content
stringlengths 20
64.1k
⌀ |
---|
रासस हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ।, मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, गए राति हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज१च ११६४ नम्बरको पिकअपले सोनमा–३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेको वीरेन्द्रलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो।, पिकअपले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।, घटनापश्चात पिकअपका चालक फरार छन् भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।,
गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु
|
रासस काठमाडौं गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्। नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो। , नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ।, मापदण्ड पूरा गरे/नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए।, विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।,
गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने
|
रासस बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।, गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ।, राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।, राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन्।, उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ।, यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ।, उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन्।, ,
हिमपातले भीमदत्त र पहलमानसिंह स्वाँर राजमार्ग अवरूद्ध
|
सेतोपाटी संवाददाता गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौंडा-काठमाडौंतर्फको यातायात अवरूद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ।, बिहीबार राति परेको हिउँ करिब ६ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताए।, हेटौंडाबाट काठमाडौंतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।, त्रिभुवन राजपथमा यातायात अवरूद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताए। अहिले हेटौंडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।,
सिमभञ्ज्याङमा बाक्लो हिमपात, त्रिभुवन राजपथमा यातायात अवरूद्ध
|
रासस बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड-१९ विरूद्धको बुस्टर डोज दिन थालिएको छ।, सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन्। , खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। , उनका अनुसार जिल्लाका दस वटै स्थानीय तहमा अहिले कोभिड-१९ विरूद्धको खोप अभियान चलिरहेको छ। , ‘हरेक स्थानीय तहमा सातामा दुई बार खोप सेवा सञ्चालन भइरहेको छ, बुस्टर मात्रा पनि त्यसैअन्तर्गत दिइन्छ’, उनले भने, ‘६० वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने भनिए पनि दुवै मात्रा खोप लगाएर ६ महिना पुगेका ६२-६४ वर्ष उमेर समूहलाई पहिलो चरणमा खोप दिन लागिएको हो।’, उनले सरकारी नीतिअनुरूप नै जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने बताए। , यसअघि महामारीका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत गरी करिब तीन हजारलाई बुस्टर डोज दिइएको थियो।, कोभिशिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन्।, पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिसिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीले बताए। , बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले आज र मङ्गलबार ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने जनाएको छ।, नगरको स्वास्थ्य शाखा परिसरबाटै खोप सेवा प्रदान हुनेछ। अरू स्थानीय तहले पनि स्थानीय अनुकूलतामा बार तोकेर खोप अभियान सञ्चालन गरिरहेका छन्।, स्वास्थ्य कार्यालयको आकडाअनुसार जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड-१९ विरूद्ध खोपको पहिलो मात्रा लगाएका छन्।, खोपको दुवै मात्रा लगाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ।, पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ रहेको छ।, बाह्रदेखि १७ वर्षभित्रका झण्डै २७ हजार बालबालिका र किशोरकिशोरीलाई पनि मोडर्ना खोप दिन सुरू गरिएको छ।, बाह्र वर्षमुनिका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन। सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखेको छ।, सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान चलेमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्नेछ।, खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको स्वास्थ्यकर्मी बताउँछन्।, धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार पछिल्लो लहरमा कोभिड-१९ ले थलिएर अस्पताल भर्ना हुनेको संख्या न्यून छ।, ‘खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण संक्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन’, उनले भने।, हाल जिल्लामा कोभिड-१९ का सक्रिय संक्रमितको संख्या चार सय ८४ छ।, पछिल्ला दिनमा दैनिक थपिने संक्रमितको संख्या घट्दो छ। बिहीबार २२ संक्रमित थपिएका छन् भने ८५ जना कोरोनामुक्त भएका छन्।,
,
बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरूद्धको बुस्टर डोज
|
सेतोपाटी संवाददाता मधेश प्रदेशका चार जिल्लामा कोरोना भाइरस (कोभिड-१९) विरूद्ध घुम्ती खोप सेवा कार्यक्रम सुरू भएको छ।, अस्ट्रेलियाली सरकारको सहयोग, आड्रा नेपाल र बागमती सेवा समाजको साझेदारीमा धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा घुम्ती खोप सेवाको प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले शुभारम्भ गरेका हुन्।, खोप नलगाएका गर्भवती, सुत्केरी, अशक्त अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक तथा रोगी व्यक्तिहरूलाई घरमै स्टार्फ नर्स सहितको टोलीले खोप लगाउने आड्राका कार्यक्रम प्रबन्धक पंकज भट्टराईले जानकारी दिए।, उनका अनुसार बागमती सेवा समाजबाट परिचालित स्टाफ नर्सको समन्वयमा खोपबाट बञ्चित वर्गलाई स्थानीय सरकारी निकायको कर्मचारीले घर दैलोमा गई खोप लगाइनेछ।, ‘मधेशमा अझै ३७ प्रतिशतले खोप लगाएका छैन। गर्भवती, रोगी र वृद्धलाई खोप केन्द्रसम्म पुगेर खोप लगाउने अवस्था छैन। त्यसैले घुम्ती सेवा सुरू गरेका हौं,’ उनले भने, ‘यो मोडेल ठिक छ कि छैन राम्रो चल्छ कि चल्दैन चेक गर्न सुरूआती चरणमा चार महिनाका लागि यो कार्यक्रम सुरू गरेका छौं। यो अवधिमा ३० हजारलाई खोप लगाउने हाम्रो लक्ष्य छ।’, भ्याक्सिनेसन कम भएको अवस्थामा आड्राले गरेको सहयोग महत्वपूर्ण रहेको सामाजिक विकासमन्त्री साहले बताए।,
मधेश प्रदेशमा घुम्ती कोभिड खोप सेवा
|
राजेश घिमिरे नारायणगढ–मुग्लिन सडक खण्ड विस्तार भएको दुई वर्ष भयो। करिब तीन अर्ब रूपैयाँ खर्चिएर सडक फराकिलो बनाइए पनि पुल निर्माणको काम भने अझै सकिएको छैन।, यो सडकमा पर्ने १९ वटा पुलमध्ये चार वटाको काम पूरा भएको छ। बाँकी १५ वटामध्ये अहिले दस वटा निर्माण भइरहेका छन्। यीमध्ये केही अन्तिम चरणमा छन्। चार वटाको भने निर्माण सुरू नै भएको छैन।, 'नारायणगढ–मुग्लिन, नागढुंगा–मुग्लिन सडक आयोजना' का अनुसार निर्माण सुरू हुन बाँकी चार पुलमध्ये दुइटाको काम निकै कठिन छ। मुग्लिनबाट नारायणगढतर्फ अघि बढेपछिको पहिलो खोला खहरे, त्यसपछिका चिसेन्जी, तुइन र कालीखोलाको पुल निर्माण सुरू हुन सकेको छैन। , यीमध्ये चिसेन्जी र तुइन खोलामा भौगोलिक समस्या देखिएको आयोजनाले जनाएको छ।, यी दुई खोलामा हाल धेरै साँघुरा पुल छन्, ठूला गाडी दुईतर्फी चल्दैनन्। साँघुरो पुलमा रातको समयमा दुर्घटना पनि हुने गरेको छ। , यी दुईमध्ये पनि तुइन खोलामा पुल बनाउन सबैभन्दा ठूलो समस्या रहेको आयोजना प्रमुख किरण कार्कीको भनाइ छ। , उनी भन्छन्, 'तुइन खोलामा सडकको सतह र त्यसभन्दा तल पुल निर्माणका लागि ठाउँ छैन। सडकभन्दा माथिल्लो भागमा कडा चट्टानको पहरो छ, प्राविधिक रूपमा कठिन छ।', यहाँ पुल बनाउन विज्ञहरूले एक वर्षदेखि अध्ययन गरिरहेको उनले बताए।, नारायणगढ–मुग्लिन सडक तराईलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख मार्ग हो। धेरै दिन अवरूद्ध गरेर काम गर्न मिल्दैन। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यो सडकमा दैनिक दस हजारभन्दा बढी गाडी आवतजावत गर्छन्। , आयोजना प्रमुख कार्कीका अनुसार सडक लामो समय अवरुद्ध गर्न सम्भव छैन, अवरुद्ध नगरी पुल निर्माण गर्न पनि सम्भव छैन। पुलको डिजाइन केही दिनअघि स्वीकृत भएको छ र निर्माणबारे छलफल हुँदैछ।, नेपाली सेनाको सहयोग लिएर पहरो फुटाएर पुल बनाउने ठाउँ निकाल्ने विकल्पमा छलफल चलेको कार्कीले बताए। उनका अनुसार नेपाली सेनाको सहयोगमा सकेसम्म थोरै समय सडक बन्द गर्ने गरी पहरो फोर्ने विकल्प सबैभन्दा उत्तम हुने ठानिएको छ। , 'वर्षौंसम्मका लागि पुल बनाउनु छ। अहिले गाह्रो भए पनि दिगो हुनुपर्छ भनेर लागेका छौं,' उनी भन्छन्, 'पुरानो पुल पनि बचाउनु पर्यो, यात्रुलाई असर पर्नु भएन।', पुल निर्माणको काम कहिले सुरू हुन्छ भन्ने आयोजना प्रमुख कार्कीलाई पनि प्रष्ट छैन। सकेसम्म एक महिनाभित्र सुरू गर्ने प्रयास भइरहेको उनले बताए।, चिसेन्जी, खहरे र कालीखोलामा फराकिलो पुल बनाउन पनि सजिलो छैन।, 'डिजाइन स्वीकृत भए पनि यी खोलाको भौगोलिक अवस्था नयाँ पुल निर्माणका लागि सहज छैन,' सडक आयोजनाका इञ्जिनियर दीपिका घोरासैनी भन्छिन्। , चिसेन्जीमा पुल बनाउन पहरोमा बम पड्काउनु नपर्ला भन्ने आयोजनाको अनुमान छ। खहरे र कालीखोलामा 'आर्क ब्रिज' बन्दैछ। इञ्जिनियर घोरासैनीले यी तीन वटा खोलामा पुल निर्माणको काम एक महिनाभित्रै सुरू हुने बताइन्। , भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको सिमानामा रहेको रिग्दी खोलाको पुल निर्माणको काम हालै सुरू भएको छ।, नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको छ। , प्याकेज–१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज–२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन्। प्याकेज–१ को प्रगति कम भए पनि प्याकेज–२ तर्फको काम ७० प्रतिशत सकिएको आयोजनाका प्रमुख कार्कीले बताए।, प्याकेज–१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रूपैयाँमा र प्याकेज–२ का पुल ५९ करोड ५ लाख ५९ हजार रूपैयाँमा निर्माण गर्न अनक कन्स्ट्रक्सनले ठेक्का पाएको छ।, यहाँ तीन वटा पुल ९ मिटर र अरू ११ मिटर चौडा हुनेछन्। अधिकांश पुराना पुल ६ मिटर चौडा थिए। सडक कम्तीमा नौ मिटर फराकिलो भएको दुई वर्ष भइसक्दा पनि पुलहरू भने साँघुरै छन्। , यो खण्ड पार गर्न गाडीलाई हाल औसत तीस मिनेट लाग्ने गरेको र सबै पुलहरू तयार हुँदा दस मिनेट समय घट्ने आयोजनाको भनाइ छ। यो सडकअन्तर्गत मौरी, खानी, दासढुंगा र जलवीरे खोलामा नयाँ पुल बनेर गाडी चल्न थालेको छ।, काम गर्न बजेट अभावः, सडक आयोजनाले बजेटको अभावमा पनि काममा ढिला हुन थालेको जनाएको छ। आयोजना प्रमुख कार्कीले चालु आर्थिक वर्षमा १५ वटा पुलका लागि १५ करोड रूपैयाँ मात्रै बजेट प्राप्त भएको बताए। , उनले भने, 'आएको बजेट ८० प्रतिशत सकिएको छ। अबको पाँच महिना धेरै काम हुने समय हो तर निर्माण कम्पनीलाई पैसा दिन नसक्दा ढिलो हुँदै जाने देख्छु।' , आयोजनाले चालु आर्थिक वर्षकै लागि थप २३ करोड रूपैयाँ माग गरेको छ।, 'हामीले थप बजेट माग गरेर पत्र पठाएका छौं,' कार्कीले भने, 'बजेट आयो भने त निर्माण कम्पनीले पनि धमाधम काम गर्ला। आएन भने ढिलो हुनसक्छ।', बजेट अभाव नभए लक्ष्यअनुसार नै काम पूरा हुने उनले बताए। , सडक योजनाले पुल बन्दै गरेका र बन्नेक्रममा रहेका स्थानमा भएका घर/टहराहरू हटाउन सरकारको सहयोग खोजेको छ। आयोजना प्रमुख कार्कीका अनुसार करिब दुई दर्जन घर/टहराका कारण पुल निर्माणमा समस्या देखिएको छ।, 'उनीहरूलाई मुआब्जा दिएर हटाउन आवश्यक छ। हामीले एक करोड दस लाख रूपैयाँ जतिको मूल्यांकन गरेर पठाएका छौं,' उनले भने, 'सरकारले यसतर्फ पनि ध्यान दिए सजिलो हुन्थ्यो।', आगामी २०८० सालको असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी २०७६ सालको चैतमा १५ वटा पुल निर्माणको सम्झौता भएको हो। सबै पुलको डिजाइन निर्माण कम्पनीले गर्ने र निर्माणपछिको पाँच वर्ष मर्मत पनि गर्नुपर्ने गरी सम्झौता भएको थियो।, इञ्जिनियर घोरासैनीका अनुसार पुलका अतिरिक्त उक्त सडकको १७ किलो, २४ किलो र २६ किलो भन्ने ठाउँमा भासिएको सडक उकास्ने काम पनि भइरहेको छ। यही कार्यालयअन्तर्गत मुग्लिन–नागढुंगा सडक विस्तारको काम पनि सुरू भएको छ। , सबै तस्बिरः राजेश घिमिरे/सेतोपाटी,
३ अर्ब खर्चेर फराक पारियो सडक, पुल बनाउन भने सकस
|
सेतोपाटी संवाददाता गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ। राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो।, चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।, गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो। पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए। पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ।, यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरूद्ध हुन पुगेको छ। गएरातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो । हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ।, सबै तस्बिरहरूः प्रदिपराज वन्त/रासस, ,
चन्द्रागिरि डाँडामा हिमपात भएपछि हिउँ खेल्नेको घुइँचो
|
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूका ४८ वर्षीय पंचमान महर्जनलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनी कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडमा लेखा समितिका संयोजक हुन्। , त्यस संस्थाको जम्मा निक्षेप २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ पीडित व्यक्तिहरूलाई फिर्ता नगरेको भन्ने जाहेरी परेको थियो।, फिर्ता नगरी सो संस्थाका पदाधिकारी र सञ्चालकहरूलाई आर्थिक लाभ हुने गरी व्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरिदिएको आरोप थियो। , त्यसरी महर्जन लगायतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेको हुँदा ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। , त्यस मुद्दामा २०७३ असार १९ गते उनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। ,
उनलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतमा पेश गरेको छ। ,
ठगी मुद्दामा साढे ३५ लाख बढी जरिवाना भएका फरार व्यक्ति पक्राउ
|
सेतोपाटी संवाददाता बझाङमा हिउँमा ट्याक्टर चिप्लिएर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ।, शुक्रबार थलारा गाउँपालिका-३ चाखुरीमा गुडिरहेकाे ट्याक्टर उकालोमा हिउँका कारण चिप्लिएर दुर्घटना भएको हो।, चिप्लिएर दुर्घटना हुँदा साेही गाउँपालिका-२ का अन्दाजी ३० वर्षीय लालबहादुर दाहालकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।, ट्याक्टर चिप्लिएपछि सहचालक समेत रहेका दाहालले हाम्फालेका थिए। ट्याक्टर चालक भने सकुशल रहेकाे प्रहरीले जनाएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
बझाङमा हिउँमा चिप्लिएर ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
|
सेतोपाटी संवाददाता नेपालमा आधा जनसंख्याले कोरोनाको दुबै डोज खोप लगाएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक करोड ४९ लाख २७ हजार ८ सय ९८ जनाले दुबै डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५१.१ प्रतिशत हो। , यसैगरी एक करोड ७३ लाख २ हजार ७ सय ८७ जनाले पहिलो डोज लगाएका छन्। जुन कुल जनसंख्याको ६८.४ प्रतिशत हो। , बुस्टर खोप लगाउनेको संख्या ४ लाख ९४ हजार १ सय ५४ पुगेको छ।, सरकारले खोप अभियान सुरू गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसंख्यामा राखेको थियो। केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार एक सय ६४ जनसंख्या रहेका छन्। , यो हिसाबले १८ वर्ष माथिका एक करोड ९९ लाख २२ हजार एक सय ६४ जनाले खोपको पहिलो डोज लगाइसकेका छन्। ८६.९ प्रतिशत मानिसहरूले खोपको पहिलो डोज लगाएका छन्।, अब करिब आठ लाख जनाले मात्र खोप लगाउन बाँकी छ। तर त्यसमध्ये कति विदेशमा रहेकाले पनि खोप लगाउन बाँकी रहेकाहरू अझै कम हुनसक्छन्। , यस्तै, १८ वर्ष माथिका ७०.७६ प्रतिशत मानिसहरूले भने खोपको पूरा डोज लगाएका छन्।, हालसम्म ३ करोड २७ लाख २४ हजार ८ सय ३९ जना मानिसहरूले खोप लगाएका छन्। , मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ४ करोड ५७ लाख ८ हजार ६ सय ४० डोज खोप भित्रिएको छ।,
नेपालमा आधा जनसंख्याले लगाए कोरोनाको दुबै डोज खोप
|
सेतोपाटी संवाददाता मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ।, हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।, धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए।, ‘हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भयो,’ उनले सेतोपाटीसँग भने।, त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।, घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेत मरेको प्रहरीले जनाएको छ।,
मधेश प्रदेशमा हावाहुरीले दुई विद्यार्थीसहित तीनको मृत्यु
|
सेतोपाटी संवाददाता सडक निर्माण हुन नसक्दा लामो समय आलोचना खेप्दै आएको रूपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरदेखि कान्छीबजारसम्मको सडक कालोपत्रे हुने भएको छ।, बुटवल-बेलहिया ६ लेन सडकखण्डको मंगलापुर चोकदेखि पूर्व ५ किलोमिटर सडक निर्माणको लागि शुक्रबार ग्लोबल टेण्डर आह्वान गरिएको हो।, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मंगलापुर–कान्छीबजार सडकखण्ड ग्लोबल टेण्डरमार्फत् निर्माण गर्न लागिएको नगरपालिकाभित्रको पहिलो विकासे आयोजना भएको जानकारी दिए।, शुक्रबार निकालिएको ग्लोबल टेण्डरमा सडक निर्माणको लागि योग्यता पुगेका अन्तर्राष्ट्रिय निर्माण कम्पनीले पनि सहभागी हुन पाउने छन्।, सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत् निर्माण हुने यस सडकमा विश्व बैंकको आर्थिक सहयोग रहेको नगरप्रमुख घिमिरेले जानकारी दिए।, नगरपालिकाले गत वर्षदेखि नै सडक निर्माणको प्रक्रिया सुरू गरे पनि लामो प्रयास र तयारीपछि विभिन्न प्रक्रिया पूरा गरी शुक्रबार टेण्डर आह्वान गरिएको उनले बताए।, प्रकाशित टेण्डरमा निर्माण कम्पनीहरूले सूचना प्रकाशित भएको ४५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाका योजना प्रमुख ई. प्रदीप वनले जानकारी दिए।, वनका अनुसार पाँच किलोमिटर सडक निर्माणको लागि कुल ७९ करोड ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको र सोही रकम भित्रै खानेपानीका पाइप बिस्तार, विद्युत र टेलिफोनका पोल व्यवस्थापनको काम समेत हुने छन्।, ठेक्का सम्झौता गरिएको दुई वर्षभित्र निर्माण सम्पन्न गरिने सडकमा फुटपाथ, नालीसहित ४३ फुट कायम गरिएको छ।, नगरप्रमुख घिमिरे पहिलो चरणमा मंगलापुरदेखि कान्छीबजारसम्मको ५ किलोमिटर सडक निर्माण गरिने र बाँकी रोहिणी पुलसम्मको सडक निर्माणको काम आगामी वर्षमा अगाडि बढाइने बताए।, नगरपालिका मातहत रहेको सडक निर्माणको लागि पहिलो पटक ग्लोबल टेण्डर आह्वान गरिएको र अन्तर्राष्ट्रिय निर्माण कम्पनीले समेत निर्माणको लागि प्रतिस्पर्धा गर्न सक्ने भएकोले यो सडक नगरपालिकाको लागि नमूना बन्ने उनले बताए।, सडक निर्माणको लागि स्थानीय स्तरमा छलफल, वातावरणीय प्रभाव मूल्यांकन लगायतका प्रक्रिया भने यसअघि नै पूरा भइसकेका छन्।, नगरपालिकाको वडा नं. ७, ९ र १० मा पर्ने यो सडक निर्माणपछि वर्षौंदेखि भत्किएको र कच्ची सडकमा यात्रा गर्दै आएकाहरूलाई राहत मिल्ने स्थानीय माधव पन्थीले बताए।, नगरप्रमुख घिमिरेले यो सडक निर्माणको काम अगाडि बढेपछि नगरका अन्य प्रमुख सडकहरूको निर्माणको काम पनि अगाडि बढाइने बताए।, अन्य सडकहरूको स्तरोन्नति र कालोपत्रेका लागि समेत नगरपालिकाले विश्व बैंकसँग प्रस्ताव गरेको छ।, नगरपालिकाले २०७६ साउन महिनामा आगामी १५ वर्षको विकासको लक्ष्य निर्धारण गर्दै एकीकृत सहरी विकास योजना सार्वजनिक गरेको थियो। सहरी विकास योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेको छ।, सहरी विकास योजना अनुसार पाँच वर्षको अवधीमा ९९ किलोमिटर सडक कालोपत्रे गर्ने भनिएको थियो। जसअनुसार हालसम्म ६० किलोमिटर सडक कालोपत्रे भइसकेको नगरप्रमुख घिमिरेको दाबी छ।, यो सडक कालोपत्रेको ग्लोबल टेण्डर आह्वान गरिएको र बाँकी सडकको कालोपत्रे पनि चालु वर्षमा थप गर्दै जाने उनले बताए।, त्यस्तै, तिलोत्तमा रिङरोड, मेगासिटी, तिनाउ कोरिडोर र रोहिणी कोरिडोरसहितको रिङरोड निर्माण गर्ने लक्ष्य पनि लिएको छ।,
रूपन्देहीको मंगलापुर-कान्छीबजार सडक निर्माणका लागि ग्लोबल टेण्डर आह्वान
|
सेतोपाटी संवाददाता १८ करोड राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले मंगलबार अदालतमा चार जनाविरूद्ध मुद्दा दायर गरेको हो। , काठमाडौं महानगरपालिका-७ चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, व्यवस्थापक सुमन क्षेत्री, सुरेन्द्र क्षेत्री र स्टार इन्डिया प्रालि भारतका आधिकारिक बिक्रेता जुपिटर मिडा प्रालिका प्रोप्राइटर अञ्जली अरोराविरूद्ध मुद्दा दायर गरेको हो।, उनीहरूबाट विभागले जम्मा ३६ करोड ५५ लाख ६७ हजार ५०४ रुपैयाँ बिगो माग गरेको छ।, ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिले आफूले व्यवसायिक रूपमा गरेका सम्झौताअनुसार प्राप्त भएका आयलाई लुकाएर वास्तविक कारोबार समावेश नगरेको आरोप छ।, प्रालिले खोलेको बैंक खातामा जम्मा भएको रकमलाई पनि वास्तविक कारोबारमा समावेश नगरेको विभागले जनाएको छ। , त्यस्तै नपाउने खर्च समेत दाबी गरी मूल्य अभिवृद्धि कर तर्फ क्रेडिट दाबी र आयकर तर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागले जनाएको छ। , उनीहरूमाथि विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को उपदफा (क), (ज) र (झ) बमोजिम कसूर गरेको पुष्टि भएको भन्दै मुद्दा दायर गरेको छ। , मूल्य अभिवृद्धि कर रकम ६ करोड ११ लाख ५५ हजार ५१८ लाभांस कर समेत आयकरतर्फ रकम १२ करोड १६ लाख २८ हजार २३७ समेत गर्दा कुल १८ करोड २७ लाख ८३ हजार ७५२ रुपैयाँ राजश्व छलि गरेको आरोप छ। , सो बिगो असूल गरी बिगोको शत प्रतिशत जरिवाना र सजाय गरी व्याज समेत भराई पाउँ भन्दै विभागले मुद्दा दायर गरेको हो। , त्यसअनुसार विभागले जम्मा ३६ करोड ५५ लाख ६७ हजार ५०४ रुपैयाँ बिगो माग गरेको छ। ,
१८ करोड राजश्व चुहावट गरेको आरोपमा चार जनाविरूद्ध मुद्दा
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ७३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ६६५५ पिसिआर परीक्षणबाट १६०२ र ४४१८ एन्टिजेन परीक्षणबाट ९२४ जनामा संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ८४२५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ५६ हजार ४५७ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा ७४५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संंक्रमित थपिएका हुन्।,
२५२६ कोरोना संक्रमित थपिए, ८४२५ जना निको भए
|
सेतोपाटी संवाददाता पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालनगर्ने भएको छ।, शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालनगर्ने निर्णय गरेको हो। , विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए। , विश्वविद्यालयमा फिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेको छ। त्यसका लागि हाल भौतिक संरचना निमार्णको काम भइरहेको उल्लेख गरिएको छ। , यसअघि बसेको विश्वविद्यालय सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमासमेत निर्णय गरिसकेको थियो।,
छलफलमा मन्त्री पौडेलले मुख्यगरी तीन विषयमा ध्यान दिन आग्रह गरे। , भौतिकपूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक पाठ्यक्रम तयार गर्न उनको सुझाव छ। ,
विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ।, ‘सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘नयाँ योजना र नीतिगत विषयलाई जोड दिनुस्। आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु।’,
,
पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने
|
सेतोपाटी संवाददाता नेपाली लेखक रामचन्द्र खत्रीको ग्राफिक उपन्यास ‘जस्टिस’ प्रकाशनका लागि अमेरिकामा सुरु भएको क्राउड फन्डिङमा एक सातामै लक्ष्यको आधा रकम जुटेको छ । , उपन्यासका लागि शुक्रबारदेखि क्राउड–फन्डिङ प्लेटफर्म किकस्टार्टरमा अभियान सुरु भएको थियो । एक महिनासम्मको समावधि राखेर सुरु गरिएको यो अभियानको प्रारम्भिक लक्ष्य ६ हजार ५ सय अमेरिकी डलर हो । तर एक सातामै त्यसको आधा रकम जम्मा भएको किकस्टार्टरले जनाएको छ । , किकस्टार्टरमार्फत रकम जुटाउन सुरु गरिएको अभियानमा खत्रीको उपन्यास प्रकाशनलाई यो प्लेटफार्मले ‘प्रोजेक्ट वी लभ’ को सूचीमा राखेको छ । पोखराका खत्रीको कृति जस्टिस नेपाली द्वन्द्वकथामा आधारित ग्राफिक उपन्यास हो । उपन्यास छपाएर बिक्री वितरण गर्नेसम्मका उद्देश्यहरु राखेर किकस्टार्टरमा अभियान चलाईएको छ ।, रामचन्द्रका अनुसार क्राउडफनडिङ एककिसिमको किताब प्रि–अर्डर क्याम्पेन हो । ‘यो मोडेल अनुसार प्रकाशक तथा लेखकले आफूले लेख्दै वा प्रकाशनको प्रक्रियामा रहेको पुस्तकको सार, प्रकाशनको योजना, अनुमानित लाग्ने खर्च आदि नाम चलेका क्राउडफन्डिङ प्ल्याट्फर्म मार्फत् सम्भावित पाठकलाई जानकारी गराउँछन्,’ खत्रीले भने, ‘पाठकले मन पराइदिए भने नयाँ सम्भावित् पाठकको संख्या पनि बढ्दै जान्छ र निश्चित अवधि पुगेपछि लेखकले प्रि–अर्डर क्याम्पेन सुरू गर्छ ।’ , अन्तर्राष्ट्रिय बजारमा सिर्जनात्मक प्रोजेक्टका लागि नाउँ चलेका क्राउडफन्डिङ प्ल्याटफर्ममा किकस्टार्टर र इन्डिगोगो भएको जानकारी पनि खत्रीले दिए । यी प्ल्याटफर्ममार्फत लाखौँ लेखकहरूले आफ्ना सफल क्याम्पेन पूरा गरिसकेका छन् । ’गुड नाइट स्टोरिज फर रेबल गल’ किकस्टार्टर मार्फत् रेकर्ड तोड्न सफल क्याम्पेनमध्येमा पर्छ । यो बालचित्र पुस्तकलाई किकस्टार्टरमा विश्वभरका पाठकले मन पराएका थिए र लाखौँ प्रति प्रि अर्डर गरेका थिए । , सन् १९९६ देखि १ दशकसम्म नेपालमा चलेको माओवादी सशस्त्र संघर्षकालको घटनामा आधारित कथामा खत्रीले ‘जस्टिस’ उपन्यास लेखेका हुन् । ग्राफिक उपन्यास एक किशोरी र उनको परिवारले न्यायप्राप्तिका लागि गरेको संघर्षमा आधारित रहेको खत्रीले जनाएका छन् । , पेस युनिभर्सिटी, न्युयोर्कबाट पुस्तक ‘प्रकाशन’मा एमएस र त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट अंग्रेजी साहित्यमा एमए गरेका खत्रीका नेपाली र अंग्रेजी भाषामा अनुदित पुस्तकहरू प्रकाशित छन् । यसअघि उनी एकेडेमिक र कमर्सियल प्रकाशनमा ‘एडुकेसनल कन्टेन्ट म्यानेजर’ र ‘प्रोजेक्ट म्यानेजर’ का रूपमा काम गरिसकेका छन् । फ्रान्ज काफ्काकृत् ‘द मेटामोर्फसिस’को नेपाली अनुवाद रामचन्द्रको पछिल्लो प्रकाशित पुस्तक हो । , ग्राफिक नोभेलका लागि संदिपन सन्त्रा चित्रकार, व्लेक होना डेभलपमेन्टल एडिटर, रेचेल स्लेमन कपि एडिटर र सहब खान लेटरर छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका सह–प्राध्यापक तारा सिग्देलका अनुसार जस्टिस नेपाली द्वन्द्वकालको इतिहासलाई चियाउने एउटा झ्याल हो । ‘एउटा कुरूप द्वन्द्वको सुन्दर चित्रण हो जस्टिस,’ उनी भन्छन् । अमेरिकी ग्राफिक नोभेल लेखक, सम्पादक र डिसी कमिक्सका पूर्वअध्यक्ष पल लेभिटका अनुसार जस्टिस ‘फरक तथा भिन्न पृष्ठभूमिमा घटेका अति नै सर्वविदित् मानवीय चुनौतीहरूको एउटा अन्वेषण हो ।’, यो पनि हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा किताब प्रकाशनका मोडेल के हुन्?,
अमेरिकामा क्राउड–फन्डिङबाट नेपालीको उपन्यासलाई रकम संकलन
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।, काठमाडौंमा १६ हजार ३, ललितपुरमा ९ हजार ३५१ र भक्तपुरमा ३८२९ जना गरि उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५ हजार ७४८ पुगेको छ।, पछिल्लो २४ घन्टामा मुलुकभर २५२६ जना संक्रमित थपिएका छन्। ८४२५ संक्रमित निको हुँदा १६ जनाले ज्यान गुमाएका छन्। , मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर र एन्टिजेन गरि ११०७३ जनामा परिक्षण गरिएको थियो। , हाल मुलुकभर ५६४५७ सक्रिय सक्रमित रहेका छन्।,
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ७४५ संक्रमित थपिए
|
सेतोपाटी संवाददाता सिन्धुलीबाट भ्लगर चेतन कार्की पक्राउ परेका छन्।, गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित राजमार्गस्थित प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।, उनलाई प्रहरीले ब्राउनसुगर र गाँजासहित १९ गते पक्राउ गरेको हो। , काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय चेतन कार्की बर्दिबासबाट धुलिखेल आउँदै थिए।, बागमती प्रदेश ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गरेको थियो। , उनीमाथि तलासी लिँदा ट्र्याकको खल्तीबाट ४.१३० ग्राम ब्राउन सुगर र गितारको कभरमा ६.९४० ग्राम गाँजासमेत फेला परेको लामाले बताए। , उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ। , उनी म्युजिक प्रड्युसर हुन्। उनको युट्युबमा ५ लाख ६९ हजार सब्सक्राइबर छन्। ,
,
भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर घट्दै गएको बताएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन्। , शुक्रबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले पहिले एक जना मान्छेमा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारिन्। , प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा पनि ओमिक्रोनको संक्रमण दर घटिरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराइन्। , उनले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराइन्। , यस्तै, नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरूद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन्।, उनका अनुसार खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरूको व्यवस्था भएको र हुँदै गएको छ। त्यसैगरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटून् भनेर सरकारले नागरिकता लगायतका डकुमेन्टहरू नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले स्पष्ट पारिन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटक/पटक अपिल गर्दै आएको छ। ,
कोरोना संक्रमण दर घट्दै गइरहेको छ: स्वास्थ्य मन्त्रालय (भिडिओ)
|
रासस चितवन भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा आज टिपर र मारुती भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ११ च ५७८८ नं को मारूती भ्यान र विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नं को टिपर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। , जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भ्यानमा सवार धादिङको गल्छी गाउँपालिका–१ की ३६ वर्षीया निशा ढुङ्गाना र उनको नौ वर्षीय छोरा निमेश ढुङ्गाना छन्।, भ्यानका चालक ३५ वर्षीय राजकुमार ढुङ्गाना र मृतककी आमा राप्ती नगरपालिका–३ की ५८ वर्षीय धिरमायाँ ओली घाइते भएका छन्।, ओलीको अवस्था गम्भीर रहेको र ढुङ्गानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।, घाइते दुबै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।, कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।, कार्यालयका अनुसार एकै परिवारका सवार भ्यानलाई ठक्कर दिने ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।,
टिपर र भ्यान ठोक्किँदा आमा-छोराको मृत्यु
|
खिलानाथ ढकाल वर्षौंदेखि परिचय पत्र हातमा बोकेर जग्गा पाउने आशमा बसिरहेका मोरङका भूमिहीन सुकुम्बासी र भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको सपना साकार हुँदैछ।, राष्ट्रिय भूमि आयोगले जग्गा दिलाउन स्थानीय सरकारसँग सम्झौता गरेसँगै उनीहरूको सपना पूरा हुने परिस्थिति बनेको हो।, स्थानीय तह र जनप्रतिनिधिहरूका अनुसार मोरङमा रहेका सुकुम्बासीहरूलाई लालपूर्जा दिने प्रक्रिया यतिबेला धमाधम अघि बढेको छ।, सुन्दर हरैंचा नगरपालिका राष्ट्रिय भूमि आयोगसँग सबैभन्दा पहिले सम्झौता गरेर काम गरिरहेको स्थानीय तह हो।, मेयर शिवप्रसाद ढकालका अनुसार स्थानीय तहको चुनावअगाडि नै सुकुम्बासी र भूमिहीन दलितहरूलाई लालपूर्जा दिलाउने गरी काम थालिएको छ।, यो नगरपालिकामा १२ वटा वडा छन्। ती १२ वटैमा सुकुम्बासी र भूमिहीन दलित छन्।, ‘सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको पहिचान गर्ने काम सकिएको छ,’ मेयर ढकाल भन्छन्, ‘स्थानीय तहको निर्वाचनअगाडि नै लालपूर्जा दिलाउने तयारी छ।’, सुन्दर हरैंचा नगरपालिकामा ६ हजार ७२ जनाले फारम भरेका छन्। उनीहरूका लागि नगरपालिकाले सलकपुरमा सेवा कार्यालय सञ्चालन गरेको छ।, ‘सेटेलाइट इमेजको व्यवस्था गरी उनीहरूको बसोबास र जग्गा यकिन गर्न थालेका छौं, जग्गा नापजाँचका लागि टोली पठाउने गृहकार्य भइरहेको छ,’ मेयर ढकालले भने।, सेवा कार्यालयले सुकुम्बासीको पहिचान, उनीहरूका समस्या, फारममा भएका त्रुटीहरू सच्याउने काम गर्छ र अन्तिम नामावली नगरपालिकामा पठाउँछ।, अन्तिम नामावली आएपछि नगरपालिकाको बोर्ड बैठकले ती नामहरूको अनुमोदन गर्छ।, नगरपालिका बोर्डमा मेयर, उपमेयर, दुई जना वडाध्यक्ष, एक दलित महिला, दुई जना कार्यपालिका सदस्य र राष्ट्रिय मान्यता प्राप्त सबै दलका एक-एक जना प्रतिनिधि हुने कानुनी व्यवस्था छ।, सर्वपक्षीय दलगत प्रतिनिधिसहितको बोर्डको परिकल्पना गरेका कारण आस्था वा विचारका आधारमा सुकुम्बासीलाई व्यवहार गर्ने छुट नरहने भएकाले भेदभावरहित ढंगले लालपूर्जा वितरण हुन्छ भनिएको छ।, २०४८ सालयता गठन भएका आयोगले सुकुम्बासीहरूलाई परिचय पत्र हातमा दिँदै आएका छन्, कतिपयले लालपूर्जा पनि पाएका छन्। तर, बहुसंख्यकले लालपूर्जा पाएका छैनन्। त्यसयता १४ वटा आयोग गठन भए पनि सुकुम्बासीले लालपूर्जा पाउन सकेका थिएनन्। जुन पार्टी सरकारको नेतृत्वमा पुग्छ, उसले भूमि आयोग गठन गर्ने तर लालपूर्जा दिन नसक्ने अवस्था रहँदै आएको छ।, ‘सुकुम्बासीको नारा दिएर दलहरूले धेरै पटक चुनाव लडे, दलगत आस्थाका आधारमा उनीहरूलाई व्यवहार गरिँदै आएको थियो, अब न सुकुम्बासी रहन्छन्, न सुकुम्बासीको नाममा भोट माग्ने चलन नै रहन्छ,’ मेयर ढकालले भने।, उनका अनुसार अहिले तीन खालका सुकुम्बासी छन्। भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासी।, यीमध्ये सबैभन्दा बढी समस्या र विवादमा आएको अव्यवस्थित बसोबासी हो। भूमिसम्बन्धी कार्यविधिले त्यस्ता बसोबासीलाई उनीहरूले चर्चेको जग्गामा आठदेखि दुई सय प्रतिशत कर लिएर जग्गा दिलाउने परिकल्पना गरेको छ।, भूमिहीन र भूमिहीन दलितको हकमा चर्चेको जग्गा बिना रोकटोक दिलाउने भूमिसम्बन्धी कार्यविधिको व्यवस्था हो।, कानेपोखरी गाउँपालिकाका सुकुम्बासीहरूले लालपूर्जा माग्दै कहिलेकाहीँ सडकमै निस्केर आन्दोलन गर्ने गरेका छन्। योभन्दा अगाडि देवी ज्ञवाली नेतृत्वको आयोग विघटन हुँदा उनीहरू लालपूर्जा पाइँदैन कि भनेर त्रसित बनेका थिए।, ज्ञवाली आयोगमै भएका बेला सुकुम्बासीहरूलाई लालपूर्जा दिनका लागि काम सुरू गरिएको थियो।, अहिले कानेपोखरी गाउँपालिकाले पनि सुकुम्बासीहरूका लागि सेवा कार्यालय शुभारम्भ गरेको छ।, यो गाउँपालिकामा ४ हजार ९७३ जनाले फारम भरेका छन्।, ‘छुटेका कोही छन् कि भनेर माघ १८ गते सूचना जारी गरी ३५ दिनको समय दिएका छौं,’ गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले भन्छन्, ‘सकेसम्म स्थानीय तहको निर्वाचनअगाडि नै लालपूर्जा दिने योजना हो, तर निकै मुस्किल छ।’, गाउँपालिकामा यसअगाडिका आयोगहरूले लालपूर्जा दिएको तर मोठ कायम नभएको अधुरो काम पनि बाँकी छ।, धनीपूर्जा पाएका तर जग्गाको मोठ कायम नभएका ३८३ सुकुम्बासी छन्। उनीहरूको जग्गाको मोठ कायम गर्न दुई महिना समय लाग्ने काफ्लेले बताए।, ‘अधुरो काम गर्न दुई महिना समय लाग्छ, नयाँलाई लालपूर्जा दिन चार पाँच महिना नै लाग्छ,’ काफ्लेले भने, ‘हामी आयोगसँग समन्वय गरेर काम गर्छौं, सकेसम्म स्थानीय तहको निर्वाचन अगाडि नै लालपूर्जा दिन्छौं।’, मोरङमा सबैभन्दा सुकुम्बासीहरूको समस्या रहेको ठाउँ पथरी शनिश्चरे नगरपालिका हो। यहाँ जो सुकुम्बासी बसिरहेका छन्, उनीहरू बसेको जग्गा अर्कैको नाममा पास भएको देखिएको छ।, ‘२०६१ सालपछि विभिन्न चरणमा सुकुम्बासी बसेको ठाउँको जग्गा अर्कैको नाममा पास भएको छ, हामी त्यस्तो डाटा संकलन गरिरहेका छौं,’ पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईले भने।, राईका अनुसार त्यस्तो जग्गा तीन सय बिगाहा भेटिएको छ। त्यसरी जालसाँजीपूर्वक सुकुम्बासी बसेको जग्गा अर्कै व्यक्तिको नाममा कसरी पुग्यो भन्ने अनुसन्धानको विषय बनेको छ।, ‘उनीहरू को हुन्, कसरी जग्गा हात लाग्यो, वास्तविक सुकुम्बासीले आफू बसेको ठाउँको जग्गा पाउनुपर्ने हो, यसले भोलि ठूलै समस्या निम्त्याउने जोखिम छ,’ राईले भने।, यहाँका ६ वटा वडामा ९ हजार ८ सय सुकुम्बासीले फारम भरेका छन्। अरू चार वटा वडामा आइतबारदेखि तथ्यांक संकलन गरिने राईले बताए।, ‘यो डाटा संकलन गरिरहेका छौं, पुरानो आयोग हुँदा नै बढी नाम इन्ट्री भएको छ, सेवा केन्द्र स्थापना पहिलेकै आयोगकै पालामा भइसकेको छ,’ राईले भने, ‘नाम संकलन र प्रमाणीकरणपछि जग्गा नापजाँच गर्दा समस्या आउँछ, बसेको एउटा छ, ऊ बसेको ठाउँको जग्गा अर्कैको नाममा पास भइसकेको छ।’, पथरीमा तीस-पैंतीस वर्षदेखि सुकुम्बासी बसिरहेका छन्। कोही खोला किनार, कोही जंगलछेऊ तथा कोही सडकछेऊ पनि बसिरहेका छन्। त्यसरी बसिरहेका सुकुम्बासीहरूलाई बसेकै स्थानमा जग्गा दिलाउन मुस्किल पर्न सक्छ। विकल्पमा के गर्नेबारे छलफल भइरहेको राईले बताए।, ‘स्थानीय तहको चुनावअगाडि लालपूर्जा नदिइकन सुख छैन, लालपूर्जा दिइएन भने जनप्रतिनिधिलाई भोट माग्न जाने परिस्थिति बन्दैन,’ राईले भने।, पथरी शनिश्चरे नगरपालिका-२ का ८१ वर्षीय भीमबहादुर गुरुङ २०५० सालदेखि लालपूर्जाको आश गरेर बसिरहेको बताउँछन्। उनी दुई छोरा, बुहारी र श्रीमती, नातिनातिनासाथ करिब तीन कठ्ठा जग्गामा बसिरहेका छन्।, ज्ञवाली आयोगसमेत गरेर उनले एक दर्जन पटक आयोगमा धाए। गत साल अन्तिमपटक भनेर फारम भरेका थिए।, ‘म डाँडापारिको घाम भइसकें, खै यसपालि त दिएलान् कि भन्ठानेको, मेरा तीन पुस्ताले कहीँकतै जग्गा जोड्न सकेनौं, यहाँ जति छ त्यसैको पूर्जा दिए हुन्थ्यो,’ गुरुङले भने।, ज्ञवाली आयोग हुँदै बेलबारी नगरपालिकाले ८० प्रतिशत काम पूरा गरेको थियो। तर, यही नगरपालिका भूमि आयोगसँग काम गर्ने सम्झौतामा छुटेको छ।, ‘सुकुम्बासीलाई जग्गा दिलाउने मामलामा राजनीति गर्ने काम भयो, हाम्रो नगरपालिका परेन, दु:खलाग्दो कुरा यही छ। अर्को पटक सम्झौतामा छुटाउँदैनौं भनेका छन्,’ उपमेयर ढाकाकुमारी पराजुलीले भनिन्।, ज्ञवाली आयोगको पालामा करिब ६ हजार सुकुम्बासीको लगत संकलन भएको उनले बताइन्। जग्गा नापजाँच गर्ने बेलामा आयोग खारेज भएको र नयाँ आयोग बनेपछि यो नगरपालिका प्राथमिकतामा नपरेको पराजुलीले बताइन्।, राष्ट्रिय भूमि आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे ‘सामना’का अनुसार मोरङका ६ वटा स्थानीय तहमा सम्झौता भई काम भइरहेको छ। ती स्थानीय तहमा जग्गा नापजाँचका लागि आयोगले अमिन र सर्वेक्षकहरू पठाएको छ। उनीहरू जिल्लामा आइपुगिसकेका छन्, छलफलपछि ती स्थानीय तहमा जान्छन्।, ‘एउटा पालिकामा दुई जना अमिन र एक जना सर्वेक्षक खटाउँदैछौं, केन्द्रबाट २० जना अमिन र सर्वेक्षक आएका छन्,’ सामनाले भनिन्।, अहिले काम भइरहेका स्थानीय तहमा बुढीगंगा गाउँपालिका, सुन्दर हरैंचा नगरपालिका, कानेपोखरी गाउँपालिका, उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र रतुवामाई नगरपालिका छन्।, ‘अघिल्लै आयोगका पालामा बढी निवेदन परेका छन्, केही छुटपुट भएको छ। अहिले नाम इन्ट्री भइरहेको छ, कोही नछुटून् कोही नदोहोरिऊन्,’ उनले भनिन्, ‘हाम्रो तयारी स्थानीय तहको निर्वाचनअगाडि नै पूर्जा दिलाउने हो, जग्गा नापजाँचमा समय लाग्छ, जति चाँडो नापजाँच हुन्छ सुकुम्बासीले लालपूर्जा त्यति छिटो पाउँछन्।’,
मोरङका सुकुम्बासीलाई लालपूर्जा दिन धमाधम काम
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा निजी सवारी साधन चलाउनका लागि लगाइएको जोर-बिजोर प्रणाली आजसम्म कायम हुने भएको छ। , काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जोर-बिजोर प्रणाली भोलिसम्म यथावत रहेको जानकारी दिएका छन्।, उपत्यकाका तीन वटै सिडिओ कार्यालयले माघ १४ गते निजी सवारी साधनमा जोर-बिजोर लागू गरिएको आदेश जारी गरेको थियो। , अब जोर-बिजोर प्रणाली के गर्ने भन्नेबारे आइतबार बैठक गरेर निर्णय लिइने भन्दै काठमाडौंका सिडिओ रिजालले भने, 'अहिलेलाई जोर-बिजोर भोलिसम्म यथावत छ। आइतबार सिसिएमसीको बैठक बस्ने भन्ने कुरा छ। त्यसैले हामी पनि आइतबार बैठक बसेर यसबारे निर्णय लिन्छौं।', उनले संक्रमण दरलाई हेरेर जोर-बिजोरबारे नयाँ निर्णय लिइने जनाए।, पछिल्लो साताको तथ्यांक अनुसार संक्रमण दर निरन्तर ओरालो लागेको देखिन्छ।, स्वास्थ्य तथा जनसंख्याको तथ्यांक अनुसार आज ११ हजार ७३ जनाको परीक्षण गर्दा जम्मा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। त्यो भनेको २२.८१ प्रतिशत संक्रमण दर हो। जबकि अघिल्लो साता संक्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो। , सरकारले संक्रमण दर उच्च रहेको भन्दै माघ ८ गतेदेखि जोर-बिजोर प्रणाली लागू गरेको थयो। तर पछि जोर-बिजोर प्रणालीले अत्यधिक भीडभाड बढाएको भन्दै आलोचना भएपछि माघ १४ गतेदेखि ट्याक्सीबाहेकका सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाइएको थियो।,
शनिबारसम्म निजी सवारीमा जोर-बिजोर यथावत, आइतबारदेखि हट्ला?
|
रासस बागलुङ बजारस्थित अस्पताल रोडका एक घरधनीले नयाँ घर निर्माणका लागि जग खन्ने क्रममा सडकमा क्षति पुर्याए। , डोजर प्रयोग गरेर घरको जग खन्दा भर्खर मात्रै कालोपत्र गरेको सडक उप्कियो, अहिले चार तलाको घर सम्पन्न भइसक्यो तर सडकको खाल्टा जस्ताको तस्तै छ। खाल्टोमा पानी जमेर यात्रुलाई सास्ती पुगेको छ। , सडकमा क्षति पुर्याएर घर निर्माण सम्पन्न दिँदासमेत केही कारबाही नगरेर धरौटी रकम फिर्ता गरेको नगरपालिकाले सडकमा क्षति नपुर्याउने घरधनीलाई समेत एउटै नियम बनाएर अघि बढेको पाइएको छ।, गत असारदेखि धरौटी रकम शतप्रतिशत नै जफत गर्ने निर्णय नगर कार्यपालिकाले गरेको छ।, गुमेको राजश्व फिर्ता ल्याउने र राजश्वको दायरा बढाउन नसकेको नगरपालिकाले रकम भने जफत गर्ने नीति ल्याएको घरधनीको आरोप छ। ,
,
घर निर्माण गर्दा सडकमा क्षति नपुर्याउने घरधनीको रकमसमेत नगरपालिकाले जफत गर्ने नीति व्यावहारिक नभएको घरधनी आशिष राजभण्डारीले बताए।, ‘नगरपालिकाले धरौटी भनेर लिइसकेपछि पूरै रकम फिर्ता हुनसर्दछ’, उनले भने।, सडकलाई कुनै क्षति नगरी घर निर्माणपछि धरौटी रकम जफत गर्ने विषय घरधनीको रकम कुम्ल्याउने नगरपालिकाको योजना पाइएको तुलसी शर्माले गुनासो गरे। , ‘नगरपालिकाले जनप्रतिनिधिको सेवा बढाउन, सवारी साधन खरिद गर्नका लागि घरधनीको धरौटी रकम जफत गरेको देखिन्छ’, उनले भने, ‘नगरपालिकाले तोकेको नक्सापास शुल्क तिरेर घर निर्माणपश्चात् धरौटी रकम लिन आउँदा जफत गर्ने कुरा असान्दर्भिक छ।’, राजश्वको मुख्य स्रोत ढुङ्गा तथा गिट्टी बालुवाको अवैध दोहन तथा चोरी भइरहेको टुलुटुलु हेर्ने नगरपालिकाले घरधनीसँग लिइएको धरौटी जफत गर्नुले नगरपालिकाको नियतमा खोट देखिएको घरधनीहरूको आरोप छ। , धरौटीबापत लिइएको जुनसुकै रकम फिर्ता गर्नुपर्ने कानुन विज्ञहरूको भनाइ छ।, नगरपालिकाले धरौटीबापत लिएको रकम घरधनीले सडक तथा नालीमा क्षति नपुर्याएको खण्डमा फिर्ता गर्नुपर्ने अधिवक्ता केशवराज पराजुलीले बताए।, ‘धरौटीबापत नगरपालिकाले लिएको रकम सडकमा क्षति पुर्याएको खण्डमा नगरपालिकाले क्षतिको मूल्याङ्कनपश्चात् घरधनीको धरौटीबाट कटाउनुपर्ने हुन्छ’, उनले भने, ‘घर निर्माण गर्दा कुनै क्षति नै नपुर्याएको अवस्थामा नगरपालिकाले पूरै रकम घरधनीलाई फिर्ता गर्नुपर्दछ।’, नियमभित्र रहेर घर निर्माण सम्पन्न भइसक्दा धरौटीबापतको रकम नगरपालिकाले फिर्ता गर्नुपर्ने उनको तर्क छ।, घर निर्माण गर्दा सडकमा क्षति पुर्याउने र नपुर्याउनेलाई नगरपालिकाले एउटै नियम लागू गर्न नमिल्ने नगरपालिकाकै कर्मचारीहरू बताउँछन्।, नगरपालिकाले कुन घरधनीले घर निर्माण गर्दा सडकमा क्षति पुर्याएको तथा नपुर्याएको, मापदण्डअनुसार घर बने नबनेको अवलोकन गर्नका लागि कर्मचारी खटाउन नसकेको घरधनीको आरोप छ। , असारअघि धरौटीको ५० प्रतिशत रकम फिर्ता गर्दै आएको नगरपालिकाले असारपछिकोे सम्पूर्ण धरौटी रकम सडक मर्मत कोषमा जम्मा गर्न थालेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए।, ‘नगरपालिकाले धरौटीबापत घरधनीबाट लिएको रकम सडक मर्मत कोषमा जम्मा गर्ने गरी नगर कार्यपालिकाबाट निर्णय भएको हो’, उनले भने, ‘कसैले घर निर्माण गर्दा क्षति पुर्याएमा हामीले नै मर्मत सम्भार गर्नेगरी धरौटी रकम जफत गर्न थालिएको हो।’,
घरधनीको धरौटी जफत गर्दै बागलुङ नगरपालिका
|
रासस रूकुम (पूर्व) को पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषि सडक खन्ने क्रममा भएको विवाद लामो समयपछि मिलेको छ।, लुम्बिनी प्रदेश सरकारबाट बजेट आए पनि दुई गाउँको बिचमा विवाद हुँदा सडकको काम अघि बढ्न सकेको थिएन। , गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले दुई सडकमा देखिएको विवाद मिलाएको छ।, पुथा उत्तरगङ्गा गाउँपालिकामा गर–गरघाट–रन्मा कृषि सडक र गरगाउँ–सतीपोले –मैकोट कृषि सडकको काम विवाद मिलेसँगै अघि बढ्ने भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। , दुवै सडकका लागि प्रदेश सरकारले रु १५/१५ लाख बजेट विनियोजन गरेको थियो। प्रजिअ बाँस्कोटाकाअनुसार रन्मा र मैकोट सडकका विषयमा विवाद भएको थियो। , सहीदमार्गको पनि डिपिआर भइसकेको छ। गरवासीले गर हुँदै मैकोटसम्म सहिदमार्गको डिपिआर भइसकेकाले फेरि अर्को सडकको आवश्यकता नभएको भन्दै अवरोध गर्दै आएका थिए। रन्मावासीले पनि जसरी भए पनि गर हुँदै कृषि सडकलाई रन्मा पुर्याउने अडान राख्दै आएका थिए।, गएको कात्तिक/मंसिरमै डिपीआरको काम सुरू हुनुपर्ने सडकको काम यही विवादको कारण अहिलेसम्म अघि बढ्न नसकेको प्रजिअ बाँस्कोटाले बताए।, विवाद समाधान गर्न तकसेरामा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती, जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली, प्रमुख जिल्ला अधिकारी बाँस्कोटा, प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्ष तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा सर्वपक्षीय बैठक सम्पन्न भएको हो।, विवाद मिलेसँगै अब सहिदमार्गसँगै दुई वटै कृषि सडक गरबाटै खनिने भएको छ। मैकोट जाने सडक गरबाट खन्न सुरू गरिने छ, भने रन्मा जाने सडक रन्माबाट खन्न सुरू गरेर गरमा जोड्न ल्याउने सहमति भएको छ। ,
विवाद मिलेसँगै रूकुममा अघि बढ्यो कृषि सडकको काम
|
रासस हिमपातका कारण अवरूद्ध बनेको बैतडीको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ। , बिहीबारदेखि अवरूद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ-गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो। , उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो।, राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको थियो।, हिउँ पन्छाएपछि उक्त सडकखण्डमा रोकिएका सवारी साधन र यात्रु आ–आफ्नो गन्तव्यतिर लागेका हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताए। , उनले भने, ‘आपत्विपद्मा नेपाली सेना भन्ने हाम्रो मूल उद्देश्यका साथ हाम्रो टोली हिउँ पन्छाउन सडकमा उत्रिएको हो, यसअघि बिहीबार बेलुका पनि हाम्रो टोलीले बीच बाटोमै रोकिएका सवारीलाई हिउँ पन्छाएर गन्तव्यमा पठाएको थियो।’, सतबाँझ– गोठलापानी खडकखण्ड सञ्चालनमा आएको भए पनि यहाँका अन्य राजमार्ग अझै अवरूद्ध रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। , यहाँको अनारखोली, खोड्पे क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपुथ्वी राजमार्गको यातायात सेवा अझै ठप्प रहेको हो।, उनले भने, ‘जेसिबी लगाएर राजमार्ग सुचारू गर्ने पहल भएको छ, हिउँ पर्ने क्रम अझै जारी रहेकाले समस्या भएको छ।’,
अवरूद्ध दशरथचन्द राजमार्ग खुलायो नेपाली सेनाले
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सोमबार देखि लागु हुनेगरी नयाँ आदेश जारी गरेको छ। , आइतबार तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरू बसेको बैठकले नयाँ आदेश जारी गरेको हो। , आदेशले कोरोना भाइरसको संक्रमणलाई मध्यनजरमा राख्दै केही पूराना आदेशहरूलाई परिमार्जन गरेको छ। तर सबै प्रकारका आमसभा, जुलुस, भला, सम्मेलन, जात्रा लगायत भिडभाड हुने कार्यहरू नगर्न आदेश दिएको छ। , फागुन १ गतेदेखि काठमाडौं उपत्यकामा शैक्षिक संस्था सञ्चालन गर्न पाउने भएको छ।, बैठकले विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय गरेको हो। , तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीको हकमा नियमित र नभएका विद्यार्थीको हकमा संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनेको छ।, विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्न आदेश दिएको हो।, साथै सबै परीक्षाहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ। तर स्वास्थ्यका मापदण्डको पालना गर्न आदेश दिएको छ। , यस्तै प्रशासन कार्यालयले उपत्यकामा जोरबिजोर प्रणाली पनि हटाएको छ। योसँगै प्रशासनले फागुन १ गतेदेखि लागुहुनेगरी नाइट क्लबहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ। , आदेश,:,
काठमाडौं उपत्यकाका प्रशासनको नयाँ आदेश, आमसभा-जुलुस गर्न निषेध (आदेशसहित)
|
सेतोपाटी संवाददाता नाबालिका ब्ल्याकमेल गरी बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाइएका छन्। , फेसबुकमार्फत् चिनजान गरी नाबालिकालाई साथी बनाएर पछि ब्ल्याकमेल गरी बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरेको हो। , काठमाडौं जिल्ला अदालतले काभ्रे पनौती नगरपालीका-१ घर भई ललितपुरको सुन्धारा बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई थुनामा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनलाई प्रहरीले गत पुस ३० गते नियन्त्रणमा लिएको थियो। , उनले फेसबुकमा सौगात महर्जनको नामबाट नक्कली आइडी खोलेका थिए। उनले तीन महिना अघि मात्रै फेसबुकमार्फत् चिनेकी एक बालिकालाई सुरूमा हैरानी दिएको प्रहरीले जनाएको छ।, बारम्बार भिडिओ कल गरी संवेदनशील अंगहरू देखाउन लगाइ कल रेकर्ड गरेको तथा विद्यालयका साथी-परिवारलाई समेत देखाइदिन्छु भन्दै धम्क्याएका थिए। , उनले त्यसरी सामाजिक सञ्जालमा समेत सार्वजनिक गर्छु भन्दै ब्ल्याकमेलिङ गरी गत पुस २७ गते बालिकालाई राति बुढानिलकण्ठमा बोलाएका थिए। , सुजनले बालिकालाई एक निर्माणाधिन घरमा बोलाएर बलात्कार गरी फरार भएका थिए। प्रहरीमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।, उनीमाथि महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरेको थियो। , वृत्तले माघ १८ गते सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत् अदालतमा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो। , त्यसअनुसार अदालतले सुजनलाई आइतबार कारागार कार्यालय, जगन्नाथदेवलमा थुनामा पठाएको हो।, महानगरीय प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा विभिन्न नक्कली फेसबुक अकाउन्ट खोली अपराधजन्य कार्य हुने गरेको र त्यसबारे आफ्ना बालबालिकालाई सचेत गराउन अनुरोध गरेको छ।,
ब्ल्याकमेलिङ गरी नाबालिकामाथि बलात्कार गरेका आरोपित पुर्पक्षका लागि जेल चलान
|
सेतोपाटी संवाददाता सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो वीरेन्द्रनगर–११ धुलियाबीटमा स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो।, घरमा जोडेको बिजुलीको तर बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको हो।, ‘बाटो बनाउन लागेको भएर तार अग्लो बनाउन खोजिएको रहेछ, तार राख्न भनेर बनाइएको बाँस खाल्डोमा हाल्दा फुत्किएर बिजुलीको मुख्य तारमा परेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने,‘त्यही बाँसबाट करेन्ट लिक भएर मानिसलाई लागेछ।’, त्यही घटनामा परी स्थानीय २० वर्षका दुर्गा रोकाया घाइते भएका छन्।, उनको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको छ। डिएसपी घर्तीका अनुसार घाइतेको अवस्था सामान्य छ।,
करेन्ट लागेर युवकको मृत्यु
|
सेतोपाटी संवाददाता झापाको काँकडभिट्टास्थित एसएस फुटवेयरमा आज बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन।, बिहीबार बिहान ११ बजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।, मेचीनगर-६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युत सर्ट भई लागेको आगो साढे ३ घण्टा बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए।, ‘उद्योगभित्र रहेको जुक्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुक्ता, केमिकल लगायतका सामान पूर्ण रूपमा नष्ट भएको छ’, डिएसपी दाहालले भने,‘भवनको चारैतिरको भाग पूर्ण रूपमा जलेको छ। क्षति यकिन भन्न नसके पनि करोडौंको क्षति भएको अनुमान गर्न सकिन्छ।’, अहिले भारत र नेपालका दमकलहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।, डिएसपीका अनुसार भारतका ३ तथा झापा र मोरङका १० वटा गरी १३ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ।, आगो नियन्त्रणमा नेपाली सेना, जनपद, सशस्त्र प्रहरी र स्थानीय बिहानदेखि खटिरहेका छन्।,
अझै नियन्त्रणमा आएन झापाको जुत्ता उद्योगमा लागेको आगो
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड बराबरको सुन र मोबाइलसहित तीन जना पक्राउ परेका छन्। , प्रहरीले बुधबार विमानस्थलको आगमन टनेल गेटबाट तीन जनालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ। , पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरी नगरपालिका-७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३का ३९ वर्षीय दावा छिरिङ शेर्पा छन्। , दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको आइफोन १३ प्रो म्याक्स चार वटा बरामद गरेको थियो। त्यस्तै ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र सिक्री एउटा बरामद गरेको कार्यालयले जनाएको छ। , परियार पनि दुबईबाट हिमालयन एयरबाट बुधबार काठमाडौं आएका थिए। उनीबाट एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी बरामद गरेको छ। , यस्तै शारजाहबाट एयर अरेबियामा काठमाडौं आएका शेर्पाबाट ८३ लाख ३९ हजार २४७.५ रुपैयाँ बराबरको एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको थियो। , उनले सुनलाई अर्धठोस बनाएर तीन वटा पोका बनाएर मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको हो।, कार्यालयका अनुसार जम्मा ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको सुन बरामद गरेको हो। , पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्न कार्यालयले बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ। ,
त्रिभुवन विमानस्थलबाट झन्डै एक करोड बराबरको सुन र आइफोनसहित तीन पक्राउ
|
सेतोपाटी संवाददाता कोभिड–१९ विरुद्धको खोप अभियानमा नेपालका १८ वर्ष माथिको ७० प्रतिशत व्यक्तिहरुलाई पूर्ण खोप लगाएका छन्।, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको छ।, ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ डब्ल्यूएचओ नेपालले ट्विटरमार्फत् बधाई दिँदै भनेको छ।, Congratulations Nepal🇳🇵for reaching another crucial milestone. 7⃣0⃣ % of the adult population ( > 18 years) have now received a full COVID-19 vaccine course. (1/2) ,pic.twitter.com/ocRiojA2Wz, — WHO Nepal (@WHONepal) ,February 3, 2022, नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य सहित देशभर खोप अभियान चलाइरहेको छ।, आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको छ।, प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप र खोप’ को नीतिअनुसार अघि बढ्दा दक्षिण एशियामै कोभिडविरुद्धको खोप धेरै प्रतिशतलाई लगाउने मुलुकमा नेपाल उक्लिएको हो।, प्रधानमन्त्री देउवा सरकारको नेतृत्व लिएपछि खोप खरिद द्रुतगतिमा अघि बढेको, खोप केन्द्र आवश्यकताअनुसार बढाइएको र खोप लगाउने जनशक्तिमा व्यापक वृद्धि गरेका कारण खोप व्यवस्थापन चुस्त भएको हो।, हाल सबै प्रदेशमा कोभिसिल्ड/एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ।,
नेपालमा १८ वर्ष माथिका ७० प्रतिशतले लगाए पूर्ण खोप
|
सेतोपाटी संवाददाता काठमाडौं टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको 'मार्शल टोली' ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो। , संयुक्त अरब इमिरेट्स (युएई)को ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो।, हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरूमाथि पनि आक्रमण भएको थियो। पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ।,
ठगी आरोपमा म्यानपावर संचालक पक्राउ
|
सेतोपाटी संवाददाता उदयपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। , त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ वर्षीय बालकको डुबेर मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , दोलखा घर भई त्रियुगा नगरपालिका-७ मा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारीको मृत्यु भएको हो। , प्रहरीका अनुसार अधिकारी बिहीबार दिउँसो त्रियुगा खोलाको नहरमा खेल्दै थिए। अधिकारीकी आमाले पानीमा डुबेका छोरालाई अचेत अवस्थामा फेला पारेकी थिइन्। , घटनापछि अधिकारीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। , प्रहरीले उनको उपचारको क्रममा मृत्यु भएको बताएको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।,
उदयपुरमा पानीमा डुबेर बालकको मृत्यु
|
सविता बुढा धनगढी उपमहानगरपालिकामा पर्ने शिवगंगा नदीमा पुल बनाउन ठेक्का स्वीकृत गरेको साढे चार वर्षभन्दा बढी भयो।, तीन वर्षमा काम पूरा गर्ने कबोल गरेको ठेकेदारले कुल लागतको २२ प्रतिशत रकम लगिसक्यो तर अझै काम सुरू भएको छैन। , सरकारले २०७४ साल असार ३ गते पप्पु एड्भेन्चर जेभीलाई धनगढी उपमहानगर–१६ को पथरी र वडा नम्बर १७ को रामपुर जोड्ने पुल निर्माणको ठेक्का दिएको थियो। , कुल १४ करोड २६ लाख रुपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी सडक डिभिजन कार्यालय, महेन्द्रनगर र उक्त कम्पनीबीच ठेक्का सम्झौता भएको थियो। , सडक डिभिजन कार्यालय, कञ्चनपुरका इन्जिनियर पियूष चटौतका अनुसार ठेक्का सम्झौता भएको साढे चार वर्ष पुगे पनि निर्माणको काम सुरू भएको छैन।, उनले भने, ‘जगको डिजाइनमा समस्या देखिएका कारण निर्माणको काम सुरू नभएको भन्ने फाइलमा देखिएको छ, ठेकेदारलाई तुरून्त सच्याउन पनि भनिएको थियो तर सच्याएको छैन।’ , सडक डिभिजन कार्यालयका अनुसार ठेकेदारले फाइलिङको काम २५ प्रतिशत सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात ३ कारोड १३ लाख ७२ हजार रुपैयाँ लगिसकेको छ।, ठेक्का सम्झौताअनुसार २०७७ असार २५ भित्र निर्माणको काम सक्नुपर्ने थियो। म्याद सकिएको साढे एक वर्षभन्दा बढी भएको छ।, ठेक्काको म्याद थपका विषयमा कुनै छलफल नभएको इन्जिनियर चटौतले बताए। ठेकेदारमाथि कुनै कारबाही पनि भएको छैन।, पुल नहुँदा धनगढी नगरका बासिन्दा पानीमै पसेर नदी तर्छन्। हिउँदमा भाटाको पुल बनाउने गरेको भए पनि वर्षातमा बाढीले बगाउँछ। मानिसहरू मोटरसाइकल, अटोरिक्सा र गाडी पनि पानीबाटै वारपार गराउँछन्। , धनगढी उपमहानगर–१७ का लालबहादुर चौधरी भेडा चराउन दैनिक शिवगंगा नदी किनारमा पुग्छन्। उनी दिनभरिमा कयौं मानिसले नदी वारपार गरेको र तिनका सवारीसाधन फसेको देख्छन्। , उनी भन्छन्, ‘अहिले त हिउँद छ, धकेलेर पनि मोटरसाइकल र अटो तार्न सकिन्छ, बर्खामा सकिँदैन।’ , वर्षातमा बाढीले भाटेपुल बगाउँदान आवातजावत ठप्प हुने गरेको उनले बताए। पेशेवरहरूले शुल्क लिएर नदी तार्ने काम गर्छ। , पुल नहुँदा वडा नम्बर १६ का बासिन्दालाई बढी समस्या छ। शिवगंगापारिका बासिन्दाहरू रोजागरी, पढाइ, व्यवसाय, अन्य काम लगायतका लागि धनगढी बजारमा पुग्नु पर्छ। वर्षातमा उनीहरू समस्यामा पर्छन्। , पथरीका छोटेलाल चौधरीका अनुसार शिवगंगा नदीमा बन्ने भनिएको पुलसँगै ठेक्का सम्झौता भएका अरू पुल बनिसकेको बताए।, उनले भने, ‘धनगढी जोड्ने खुटियाको पुल चार वर्षमै बन्यो, शिवगंगाको काम कहिले सुरू हुन्छ थाहा छैन।’, पुल नहुँदा धनगढीका अस्पतालमा बिरामी पुर्याउन पनि समस्या हुने गरेको उनले बताए। , यस्तो समस्या रामपुर, चौमाला, आमबगिया लगायतका बस्तीका नागरिकलाई बढी छ।, धनगढीको पर्यटकीय स्थल बेहडाबाबा जाने पर्यटकहरू पनि समस्यामा पर्ने गरेका छन्। भारतको पलियाबाट बेहडाबाबा दर्शन गर्न भारतीयहरू आउने गरेका छन्। ,
सम्झौता भएको चार वर्षमा पनि सुरू भएन पुल निर्माणको काम, ठेकेदारले लग्यो ३ करोड
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५०९ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ संंक्रमित थपिएका हुन्।, काठमाडौं उपत्यकामा ३५ हजार ७४८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१७३६, ललितपुरमा ९३६० र भक्तपुरमा ४६५२ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६०५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार २७४२ पिसिआर परीक्षणबाट र ४३३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ८७२३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ६३ हजार २९६ जना कोरोनाका सक्रिय संक्रमित छन्।,
काठमाडौं उपत्यकामा थपिए १५०९ संक्रमित
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६०५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार २७४२ पिसिआर परीक्षणबाट र ४३३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ८७२३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ६३ हजार २९६ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १५०९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १२४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ संंक्रमित थपिएका हुन्।, काठमाडौं उपत्यकामा ३५ हजार ७४८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१७३६, ललितपुरमा ९३६० र भक्तपुरमा ४६५२ सक्रिय संक्रमित छन्।,
थपिए ३१७५ संक्रमित, निको भए ८७२३
|
सेतोपाटी संवाददाता दाङबाट पौने तीन लाख रकमसहित आठ जुवाडे पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय निराजन मल्ल, ४० वर्षीय प्रमोदकुमार खड्का, ४५ वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश रावत, बबई गाउँपालिका वडा नं. ४ का ४० वर्षीय बलिराम खत्री, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का ३० वर्षीय राजेशकुमार बोहरा, तुलसीपुर १० का ५८ वर्षीय ध्रुब शाह र छिमेकी देश भारतको बिहार घर भई हाल शान्तिनगर गाउँपालिका वडा नं. ५ बस्दै आएका ३५ बर्षीय हजरत अली रहेका छन्। , पक्राउ पर्ने अधिकांश कांग्रेसका नेता हुन्। त्यसमा एक जना वडा सदस्य पनि छन्। , जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित निराजन मल्लको घरमा जुवा तास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुरकाबाट प्रहरी निरीक्षक नबिन चुदालीको नेतृत्वमा गएको प्रहरी टोलीले बुधबार बेलुका उनीहरूलाई पक्राउ गरेको थियो। , तर, प्रहरीले बिहीबार चार दिन म्याद थप भएपछि मात्रै जुवाडेको खबर सार्वजनिक गरेको हो। , उनीहरूको साथबाट दुई लाख ८२ हजार तीन सय पाँच रुपैयाँ र तास खेल्न प्रयोग भएको तासको गड्डी बरामद भएको प्रहरीले जनाएको छ।,
जुवाखालबाट वडा सदस्यसहित आठ पक्राउ
|
राजु अधिकारी चिकित्सा शिक्षा आयोगले दिएको गाइडलाइन अनुसार विद्यार्थी भर्ना लिएर पठनपाठनमा सहभागी गराउन काठमाडौं विश्वविद्यालयले गरेको आग्रह नोवेल मेडिकल कलेजले लत्याएको छ। , विराटनगरस्थित नोवेल काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज हो। नोवेललाई काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले विद्यार्थी भर्ना गरि पठन–पाठन गराउन भन्दै माघ ११ मा पत्राचार गरेको थियो। , काठमाडौं युनिभर्सिटीले काठमाडौं मेडिकल कलेजलाई समेत पत्राचार गर्दै एमबिबिएस, बिडिएस र बिएनएस कार्यक्रम अन्तर्गतका विद्यार्थीहरुको अध्ययन अध्यापनलाई निरन्तरता दिन आग्रह गरेको थियो। काठमाडौं विश्वविद्यालयले एमबिबिएस तहमा अध्ययनरत विदार्थीका लागि होस्टल सुविधा ऐच्छिक हुने भई आएको भन्दै चिकित्सा शिक्षा आयोगलाई पत्र समेत दिएको थियो। , काठमाडौं विश्वविद्यालयको पत्र सार्वजनिक भएपछि राजनीतिक दल निकटका विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम स्थगित गरेका थिए। तर, मेडिकल कलेजका विद्यार्थीहरुले भर्ना हुन पाउनु पर्ने र पढ्न पाउनुपर्ने माग भने अझै पुरा नभएको बताएका छन्।, ‘हामीले त आन्दोलन अझै जारी राखेका छौं, हामीलाई अझै कलेज प्रशासनले भर्ना हुन दिएको छैन,’ चिकित्सा शिक्षा संघर्ष अभियानका महासचिव सौगात पाण्डेले भने, ‘काठमाडौं विश्वविद्यालयको पत्र अनुसार पनि कलेजले विद्यार्थीलाई भर्ना हुन दिनुपर्ने हो, तर दिएको छैन।’, हाल ७० जना विद्यार्थीमध्ये ३० जनालाई नोबेल मेडिकल कलेजले भर्ना नलिएको उनको भनाइ छ। ‘पढ्नका लागि त हामीलाई भर्ना गर्नुपर्यो नि,’ उनले भने, ‘भर्ना नै लिएको छैन, बाहिर संचार माध्यममा हामी काठमाडौं विश्वविद्यालयको भनाइ मान्छौं भन्छन्, त्यही आधारमा विद्यार्थी भर्ना लिन जान्छन् तर कलेजले भर्ना लिनै मान्दैन।’, उनले आफूहरुको आन्दोलन अझै नरोकिने बताए। ‘हामी आन्दोलन रोक्दैनौं, जे हुन्छ आन्दोलन निरन्तर गर्ने भन्ने छ,’ पाण्डेले भने, ‘सहमति भयो भन्ने अन्य विद्यार्थी संगठनलाई पनि लागेको थियो, काठमाडौं विश्वविद्यालयले पनि आदेश दिएपछि सबै कलेजले मान्छन् भन्ने थियो, तर त्यसको यहाँ पालना भएन। नोवेलले झुक्यायो।’, विद्यार्थीलाई भर्ना हुन दिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पनि पहल गरिरहेको छ। तर, कलेज प्रशासनले जिल्ला प्रशासन कार्यालयको पत्राचार र पहललाई नटेरेको पाण्डेको भनाइ छ। , कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले मंसिर १९ गतेदेखि संघर्ष गर्दै आएका छन्। , तोकेको शुल्क बाहेकको काठमाडौं विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफिलेसन शुल्क ९८ हजार ५७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीले बताए। यो शुल्क विद्यार्थीहरूलाई आफैं विश्वविद्यालयको नेपाल बैंक लिमिटेल र इन्भेष्टमेन्ट बैंक र काउन्सिलको एसबीआई बैंकको खातामा र होस्टेल शुल्क कलेजको बैंक खातामा जम्मा गर्न लगाउँदै आएको छ। , आन्दोलनरत विद्यार्थीहरुले भने तोकेभन्दा एक रुपैयाँ पनि बढी विद्यार्थीसँग असुल्न नपाउने र छात्रावास ऐच्छिक हुनुपर्ने माग गर्दै आएका थिए। चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ।,
तोकेको शुल्क लिन काठमाडौं विश्वविद्यालयले गरेको आग्रह नोवेल मेडिकल कलेजले लत्यायो
|
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।, समझदारी पत्रमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले बिहिबार हस्ताक्षर गरेका छन्। , ललितपुर निवासी विद्यार्थीलाई ललितपुरमा रहेका काठमाडौं विश्वविद्यालयका कलेजमा सञ्चालित प्रत्येक शैक्षिक कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा एक सिट छात्रवृत्तिको व्यवस्था गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। , ललितपुर महानगर र काठमाडौं विश्वविद्यालयको संयुक्त प्रयासमा शैक्षिक गुणस्तर सुधारका लागि अक्षयकोष खडा गर्ने पत्रमा जनाइएको छ । , साथै काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टसका कार्यक्रमबाट मौलिकता झल्कने कला संस्कृति, सम्पदाको जगेर्नाका निमित्त भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । , ललितपुर महानगरमा रहेका सामुदायिक विद्यालयको वृत्तिविकास र शैक्षिक क्षमता विस्तारका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी योजना बनाउने उल्लेख छ। , ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अनौपचारिक रूपमा काठमाडौं विश्वविद्यालयसँग महानगरले धेरै काम गरेको बताउँदै हस्ताक्षर कार्यक्रमले औपचारिक रुप अघि बढ्न मार्ग प्रशस्त गरेको बताए । उनले ललितपुर महानगरपालिकाको शैक्षिक क्षेत्रको उन्नयनका लागि यो सहकार्य महत्वपूर्ण हुने दाबी गरे । ‘काठमाडौं विश्वविद्यालयको एक्सिपटिजलाई महानगरको परिचय र गरिमा कला, संस्कृतिको खोज अनुसन्धानमा लगानी गर्न सकिन्छ,’ उनले भने। , समझदारी पत्रमा महानगरभित्रका विविध विषयमा दुई संस्थाले सहकार्य गर्ने उल्लेख गरिएको छ । , विश्वविद्यालयका उपकुलपति भोला थापाले स्थानीय तहमा विशेष पहिचान बनाएको ललितपुर महानगरसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। , स्थानीय तह र काठमाडौं विश्वविद्यालय एक अर्काका पुरक भएको बताउँदै शिक्षा स्थानीय तहको मातहतमा आएकाले स्थानीय तहले विश्वविद्यालयहरुसँग सहकार्य गरेर धेरै काम गर्न सक्ने बताए। अन्तर्राष्ट्रिय रुपमा इन्स्टिच्यूट अफ क्राफ्ट एण्ड डिजाइनको अवधारणा अघि बढिसकेको बताउँदै कला, संस्कृतिको जगेर्नाका लागि यस्ता इन्स्टिच्यूटको भूमिका महत्वपूर्ण हुने धारणा राखे। , महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले काठमाडौं विश्वविद्यालयले शिक्षालाई जीवनसँग जोडेको बताए। समाजको गतिशिलता अनुसारका जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। उनले भने, ‘दुई संस्थाबीच व्यवस्थित र प्रणालीबद्ध रुपमा काम गर्नका लागि यो कार्यक्रम आयोजना गरेका हौं।’, कार्यक्रममा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्मा, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन डीन प्रा.डा.बालचन्द्र लुइँटेल, काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट डीन प्रा.डा.देविप्रसाद विडारी, काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टसका का.मू डीन एक्कुमाया पुनको उपस्थिति थियो। , समझदारी पत्रमा उल्लेख भएका कार्यक्रम कार्यान्वयनका लागि महानगरको तर्फबाट महानगरका शिक्षा सल्लाहकार लोकबहादुर खड्का, र काठमाडौ विश्वविद्यालयको तर्फबाट एसोसियट डीन सुजन चित्रकार समन्वयकर्ताको भूमिकामा रहेन समझदारी पत्रका उल्लेख छ ।,
ललितपुर महानगर र केयुबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न सम्झौता
|
सेतोपाटी संवाददाता प्रहरीको सई हुँ भन्दै रातिमा लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ कर्जाहीका २५ वर्षीय छ्याक्ले भनिने अनिल पुन छन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पुनले माघ १७ गते राति १० बजेतिर घोराही १५ आर्मी ब्यारेक नजिकको सडकमा आफू प्रहरीको सई हुँ भन्दै मार्सल पुन मगर र सन्तोष खड्कालाई लुटपाट गरेका थिए। , प्रहरी प्रवक्ता रिजालका अनुसार सुत्न गइरहेका मगर र खड्कालाई रा ४ प ६३३० नम्बरको मोटरसाइकलमा सवार पुनसहित अर्का एक जनाले एक्कासि उनीहरूलाई रोकेर आफूहरू प्रहरीको सई रहेको भन्दै अपशब्द प्रयोग गरी हातपात गर्नुको साथै खानतलासी गरेका थिए। , त्यसक्रममा उनीहरूले मगर र खड्काको साथमा रहेको नगद चार हजार र मोबाइल समेत लुटेर लगेका थिए। त्यसबारे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दै जाँदा पुनलाई पक्राउ गरेको हो।, अर्का एक व्यक्ति भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।,
सई हुँ भन्दै लुटपाट गर्ने पक्राउ
|
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा बिहिबार असिनासहितको वर्षा भएको छ। बुधबार बाँक्लो हुस्सु र कुहिरोले चिसिएको सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा बिहीबार दिउँसो असिनासँगै वर्षा भएको हो।, वर्षाले यहाँको चिसो झन बढेको छ भने असिनाले अन्नबालीमासमेत क्षति पुर्याएको छ। , पहाडी जिल्लाको उच्च स्थान तथा हिमाली जिल्लामा हिमपात भएको छ। अहिले पश्चिम तराईका अधिकांश जिल्लामा सामान्य वर्षा हुनुका साथै केही स्थानमा असिना पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, वरिष्ठ मौसमविद राजु प्रधानाङ्गका अनुसार पश्चिम तराईका अधिकांश जिल्लामा अहिले वर्षा भइरहेको छ। आज रातीदेखि बागमती प्रदेशमा पनि वर्षा हुनेछ। यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ।, लुम्बिनी प्रदेशका बाँके र दाङमा अरू जिल्लाभन्दा केही बढी वर्षा भएको छ। त्यस्तै कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। , कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश हिमाली क्षेत्रमा हिमपातसमेत भइरहेको मौसमविदहरूले जनाएको छन्।, तराईका जिल्लामा वर्षासँगै सामान्य असिना पानी र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा अत्यधिक चियो बढेको छ। , बिहानैदेखि तराईमा हुस्सु लागेको थियो र पहाडमा कुहिरो ढाँकेको थियो। हुस्सु, कुहिरोसँगै वर्षा भएपछि यहाँका उडानसमेत प्रभावित भएका थिए। , मौसमविद प्रधानाङ्गका अनुसार भोलि देशैभर वर्षा हुने र केही स्थानमा चट्याङसहित असिना पानी पर्नेछ। , शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रूपमा सुधार हुने प्रधानाङ्गले सेतोपाटीलाई जानकारी दिए।,
पश्चिम तराईको असिनापानी र पहाडको हिमपात आज रातिदेखि बागमती आइपुग्ने
|
सेतोपाटी संवाददाता झारफुक गर्दा बालिकाको मृत्यु भएको घटनामा पक्राउ परेकी ‘माता’ पुर्पक्षका लागि जेल चलान भएकी छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हत्या आरोपित झारफुक गर्ने माता नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की बस्ने ४८ वर्षीया उमा ठकुरीलाई थुनामा पठाइएको हो। उनीसँगै एक नाबालिकलाई पनि सुधार गृहमा पठाइएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , गत पुस २४ गते बिहान सिन्धुपाल्चोक घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-७ धुन्चेपाखा बस्ने १४ वर्षीय नाबालिका रोशनी श्रेष्ठ बेहोस भएकी थिइन्। उनी 'माता' भनिने ठकुरीले झारफुक गर्दा बेहोस भएकी थिइन्। , उनलाई उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो। , त्यहाँ चिकित्सकले बालिकालाई मृत घोषणा गरेको थियो। सोही दिन एक नाबालिकासहित मातालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त स्वयम्भूले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो। , अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् गत मंगलबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। , अदालतले बिहीबार पुर्पक्षका लागि कारागार विभाग जगन्नाथदेवल पठाएको प्रहरीले जनाएको छ। , सहयोगी रहेको भनिएकी नाबालिकालाई बाल सुधार गृह भक्तपुर ठिमी पठाइएको प्रहरीको भनाइ छ।, यस्तै काठमाडौं प्रहरीले धामी झाँक्री, झारफुक जस्ता अन्धविश्वासमा नपर्न अनुरोध गरेको छ।, यो पनि: ,काठमाडौंमा 'माता' को झारफुक केन्द्रमा उपचार गराउन लैजाँदा १४ वर्षीया बालिकाको मृत्यु,
,
बालिकाको हत्या आरोपमा पक्राउ परेकी 'माता' पुर्पक्षका लागि जेल चलान
|
रासस पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थानभन्दा माथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ सुरूको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दाबी गर्छन्।, कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित उक्त जग्गामा दोस्रो वर्षदेखि त्यहाँ बसेवापत् श्रेष्ठको खेतबारीमा काम गरेर भाडाको पैसा कटाउँदै आएको उनी बताउँछन्।, तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का स्थायी बासिन्दा छन्। उनको दुप्चेश्वरमा गोसाइँकुण्ड गुठीका नाममा १७ रोपनी जग्गा छ। , श्रेष्ठले आफ्नै जग्गा भनी आफूलाई राखेको तामाङ दाबी गर्छन्। श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा सो वडाको सदस्यमा निर्वाचित भई जनप्रतिनिधिका रूपमा कार्यरत छन्।, वडा सदस्य श्रेष्ठ भने तामाङ बसेको जग्गा आफ्नो नभई पर्ति जग्गा भएको बताउँछन्। पर्ति जग्गा सरकारले कोषलाई भोगाधिकार मात्र दिएको वडा सदस्य श्रेष्ठको दाबी छ।, ‘त्यहाँ मेरा नाममा सात टहरा छन्, मोही र तल्सिङ दुवै गरी १४ रोपनी जग्गा थियो, त्यसमध्ये केही जग्गा सेलिब्रेसन को–एड स्कुललाई पनि बेचेका छौं’, उनले भने।, कोषका नाममा स्रेस्ता पुर्जा कायम रहेको जग्गा अतिक्रमण हुने क्रम बढ्न थालेपछि सार्वजनिक सूचना जारी गरी घर टहरा भत्काउन १५ दिने सूचनासहित आह्वान गरिएको छ।, कोषले बुधबार सार्वजनिक सूचना जारी गरी जग्गा अतिक्रमण गरेर निर्माण भएका साविक गोठाटार गाविस–३ (क) कित्ता नं. ५९, ८४, साविकको गोठाटार गाविस–४ (क) कित्ता नं. ८० का जग्गा केही व्यक्तिले अतिक्रमण गरी छाप्रा बनाएर बसेको सूचनामा उल्लेख छ। कोषले यसअघि पनि पटकपटक अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना प्रकाशन गरे पनि अतिक्रमणकारीले टेरेका छैनन्। , अतिक्रमणकारीलाई आफैं अतिक्रमित जग्गामा बनेका टहरा भत्काउन कोषले बुधबारदेखि १५ दिनको म्याद दिएको छ।, पन्ध्र दिनभित्र अतिक्रमणकारी स्वयंले नभत्काएमा कानुनअनुसार कोषले नै टहरा भत्काउने भएको छ। कोषले नै टहरा भत्काउँदा सामानको क्षति हुन गएमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने सूचनामा उल्लेख छ। ,
पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना
|
सेतोपाटी संवाददाता ललितपुरको ठेंचोमा एक जनाको शव गाडिएको अवस्थामा फेला परेको छ। , गत माघ १३ गते मोरङको धनपालथान- ७ बोर्डिङ टोलस्थित उखुबारीमा दुई शव फेला परेको थियो। सोही घटनामा बेपत्ता रहेका एक जनाको शव ललितपुरमा फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उनका अनुसार फेला पर्नेमा ६२ वर्षीय मोहन लिम्बू छन्। , ‘मोरङबाटै प्रहरी आउनुभएको छ। हराइरहेका लिम्बू आज ठेंचोको एक घर पछाडि गाडिएको अवस्थामा फेला परे,’ उनले भने,‘अहिले हामी शव निकाल्दैछौं।’, शव गाडिएको स्थान।, बिहीबार काठमाडौंबाट घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी प्रहरीले मोरङ पठाएको छ। उनी अनिलकुमार मण्डल हुन्।, उनले प्रदीपकुमार थापामगरको एक तले घर गोदाम चलाउने भन्दै भाडामा लिएका थिए। त्यसैघर पछाडि लिम्बूको शव गाडिएको अवस्थामा फेला परेको हो। , मोरङमा मृत फेला पर्नेमा सुनसरी धरान ३ घर भई भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भू चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।, प्रहरीले मोरङमै घटनामा संलग्न रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिएको छ। उनीहरूसँग सोधपुछ गर्दा ललितपुरमा पनि शव फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , यो पनि:, मोरङको उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुईमध्ये एक शवको पहिचान ,
मोरङको उखुबारीमा शव फेला घटना: ललितपुरको ठेंचोमा फेला पर्यो अर्को शव
|
सेतोपाटी संवाददाता बाँके र दाङमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच युवक पक्राउ परेका छन्। , पक्राउ पर्नेमध्ये बाँकेका चार र दाङका एक युवक छन्। , पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. ७ गगनगंजका २८ वर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ वर्षीय अंकित श्रेष्ठ र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का ३८ वर्षीय गणेश भण्डारी छन्। , आदित्य श्रेष्ठको घरमा प्रतिबन्धित लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई पक्राउ गरेको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसूदन न्यौपानेले सेतोपाटीलाई बताए। , त्यसक्रममा आदित्यको साथबाट ३० ग्राम ब्राउन सुगर, तौल गर्ने तराजु र नगद दस हजार तथा अंकित र भण्डारीको साथबाट एक लाख ३४ हजार नगद बरामद भएको जिल्ला प्रहरी प्रवक्ता न्यौपानले जानकारी दिए। , त्यस्तै, नेपालगञ्ज गगनगंजका २४ वर्षीय शुभम मानन्धर पनि बिहीबार दिउँसो पक्राउ परेका छन्। , मानन्धरले लागुऔषध ब्राउन सुगरको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले कोठा खानतलासी गर्ने क्रममा नौ वडा पुडियामा राखेको अवस्थामा ६ ग्राम ब्राउन सुगर र नगद १८ हजार ३ सय बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए। , त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरका २६ वर्षीय दीपेन्द्र खड्कालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। , खड्कालाई घोराही १७ गुलरिया पार्क नजिकबाट बुधबार दिउँसो पक्राउ गरिएको र उनको साथबाट ३४ वटा पुडिया बनाइराखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डिएसपी परिजालले बताए।, प्लास्टिक हटाई तौल गर्दा एक ग्राम तीन सय ८० मिलिग्राम भएको प्रहरीले जनाएको छ।,
बाँके र दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
|
सेतोपाटी संवाददाता भक्तपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार दिउँसो साढे १ बजे चाँगुनारायण नगरपालिका-७ खरिपाटीमा मिनी टाटा ट्रकले, ,मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , खरिपाटी भद्रकालीस्थित प्रदेश नम्बर ३-००१ प १४ ७७ नम्बरको मोटरसाइकल र बा ५ ख १६२५ नम्बरको मिनी टाटा ट्रक ठोक्किएको थियो। , दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-७ भद्रकाली खरिपाटी बस्ने २४ वर्षीय संजोग गिरीको घटनास्थलमै मृत्यु भएको हो। , ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ नाकुचे घर भई भक्तपुर नगरपालिका-८ लिवाली बस्ने ३४ वर्षीय राम आचार्यलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ। , प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
,
भक्तपुरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी संवाददाता हुम्लामा बिहानैदेखि हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण हवाईउडान समेत अवरुद्ध भएको छ । , नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ। हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ। , यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम एक हप्ताका लागि स्थगन गरिएको छ। ,
, माटोले पुरिएर महिलाको मृत्य , हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका–१ प्यूसकी ३४ वर्षीया देवकी शाहीको माटोले पुरिएर मृत्यु भएको छ। माटो खन्दा उनको पुरिएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अङ्गबहादुर शाहीले टेलिफोनमा जानकारी दिए।,
हिमपातले हुम्लाको जनजीवन कष्टकर
|
सेतोपाटी संवाददाता उच्च अदालत सुर्खेतको आदेश बमोजिम जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार संरक्षित क्षेत्रको पुनः नक्सांकन थालेको छ। डिभिजन वन कार्यालयले पुनः नापीका लागि पाँच सदस्यीय प्राविधिक टोली खटाएको छ।, प्राविधिक टोलीले सर्भेको काम सुरू गरिसकेको छ। काँक्रेविहार संरक्षित क्षेत्रको क्षेत्रफलसम्बन्धी विवाद सिर्जना भएपछि उच्च अदालत सुर्खेतले पुनः नक्सांकन गर्न आदेश दिएको थियो। प्राविधिक टोलीमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत, नापी अधिकृत, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, मालपोत कार्यालय र वीरेन्द्रनगर नगरपालिकाका प्राविधिकस्तरका कर्मचारी खटिएका छन्। , डिभिजनल वन अधिकृत मुनबहादुर रावतले अदालतको आदेश बमोजिम जिल्ला वन क्षेत्र समन्वय समितिले कार्य सर्त निर्धारण गरी प्राविधिक टोलीले कार्य थालनी गरिसकेको जानकारी दिए। ‘नापी विभागले अपनाएको प्रविधिअनुसार संरक्षित क्षेत्रको पुनः नाप नक्सा तयार पारिनेछ’, उनले भने, ‘यस कार्यले संरक्षित क्षेत्रको सिमा विवाद हल गर्नुका साथै वन कार्यालयलाई पनि घेरबार लगायतका योजना कार्यान्वयन गर्न सहज हुनेछ।’ प्राविधिक टोलीलाई माघ मसान्तभित्र नापीको फिल्डको काम सम्पन्न गर्न कार्यादेश दिइएको छ। , काँक्रेविहार वन क्षेत्र नेपालकै पहिलो संरक्षित क्षेत्रमा पर्छ। पछिल्ला वर्ष चारैतिर मानव बस्तीले घेरिन थालेपछि वनको जग्गा अतिक्रमणमा पर्दै गएको छ। स्थानीयबाटै जग्गा अतिक्रमणमा पर्नु, डिभिजन वन कार्यालयले संरक्षित क्षेत्रको करिब सात मिटर जग्गा छाडेर घेरबार गर्नुजस्ता कार्यले यसको क्षेत्र साँघुरिँदै गएको भन्दै उच्च अदालतमा मुद्दा परेको थियो।, सरकारद्वारा जारी राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १७५.५ हेक्टर उल्लेख छ । अब पुनः नक्साङ्कन गरिएपछि वास्तविक क्षेत्रफलको टुङ्गो लाग्नेछ।,
काँक्रेविहार वनको पुनः नक्सांकन
|
रासस नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ। माघको पहिलो हप्ता उच्च रहेको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ।, सङ्क्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ। माघ ८ गते कूल परीक्षण गरिएकामध्ये ५०.८ प्रतिशतमा रहेको सङ्क्रमण माघ १९ गते आइपुग्दा ३१.४ प्रतिशत रहेको छ। माघ ८ गते २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ मा सङ्क्रमण पुष्टि भएको थियो। हिजो माघ १९ गते बुधबार ११ हजार ५८२ परीक्षणमा तीन हजार ६३७ जनामा सङ्क्रमण भएको थियो। , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण दरको अनुपात घटेको बताए।, मानिसमा खोप लगाउने र रोगप्रतिरोधात्मक क्षमता बढेकाले सङ्क्रमणमा कमी आएको उनको भनाइ थियो। उनले सङ्क्रमण दरको अनुपात घटे पनि जोखिम भने बढेको बताए। हिजो माघ १९ गते सात हजार ५५५ जना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन्। अहिले निको हुने दर ९१.६ प्रतिशत पुगेको छ। , सबभन्दा धेरै सङ्क्रमण माघ ६ गते २७ हजार ४९७ परीक्षणमा १२ हजार ३३८ सङ्क्रमण पुष्टि भएको थियो। सक्रिय सङ्क्रमित ५७ हजार ३२८ जना रहेका थिए। उक्त दिन सङ्क्रमणको दर ४४.९ प्रतिशत रहेको थियो। सङ्क्रमण दर माघ ११ गतेदेखि ओरालो लागेको छ। माघ ११ गते कूल परीक्षण गरिएकामध्ये ४६.३ प्रतिशतमा रहेको सङ्क्रमण दर क्रमशः ओरालो लागेको मन्त्रालयले जनाएको छ। माघ १२ गते ४१.५ प्रतिशत, माघ १३ गते ३६.८ प्रतिशत, माघ १४ गते ३४.४ प्रतिशत, माघ १५ गते ३३.७ प्रतिशत, माघ १६ गते २६.९ प्रतिशत, माघ १७ गते ३२.९ प्रतिशत, माघ १८ गते ३१.६ प्रतिशत रहेको छ। , सङ्क्रमण दर कम हुन थालेपछि जनजीवन सामान्य बन्दै गएको छ। सरकारले सङ्क्रमण दर बढ्दै गएपछि माघ ६ गतेदेखि उपत्यकामा सवारीसाधनमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्रणाली लागू गरेको थियो तर अहिले भने सङ्क्रमण दर घट्दै गएपछि भने भाडाका सवारी साधनबाहेक सबैमा जोर र बिजोर प्रणाली लागू गरेको छ। ,
मानिसमा सङ्क्रमण घट्दै गए पनि स्वास्थ्यका मापदण्ड भने लागू नगरेको पाइएको छ। भीडभाडमा जाने, मास्क नलगाउने, साबुन पानीले हात नधुने तथा सेनिटाइजर प्रयोग नगर्ने, भौतिक दूरी कायम नराख्ने जस्ता क्रियाकपाल भइरहेको छ। , हाल होम आइसोलेशनमा ६७ हजार ८२५, संस्थागत आइसोलेशनमा एक हजार ४६६, आइसियुमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ। कोभिड–१९ केन्द्रीय युनिफाइड (वीर अस्पताल) अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतले अहिलै अस्पतालमा आउने सङ्क्रमितको सङ्ख्या आधाले घटेको बताए। उनका अनुसार पहिले दैनिक ३० देखि ४० सङ्क्रमित आउने गरेकामा अहिले १५ देखि २० मात्रा आउने गर्दछन्। उनी कोरोना भाइरस विरुद्धको खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गरेकाले सङ्क्रमित हुने सङ्ख्या घटेको बताउँछन्। अस्पतालमा अहिले १६३ जना सङ्क्रमितको उपचार भइरहेको छ। तीमध्ये ३५ को सघन उपचार कक्ष (आइसियु), आठको भेन्टिलेटरमा उपचार भइरहेको छ। , सशस्त्र प्रहरी बल अस्पतालमा २० हाई डिपेन्डेन्सी युनिट (एचडियु), पाँच आइसियु र एक भेन्टिलेटरमा उपचार भइरहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई आइसियु र दुई भेन्टिलेटरमा उपचार भइरहेको छ। , सरकारले निरन्तर कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले पनि १२ वर्षदेखि माथिका सबैलाई खोप लगाउनका लागि अभियान नियमित सञ्चालन छ। पहिलो र दोस्रो मात्रा तथा बुष्टर डोज दिइरहेको छ। अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मध्ये तीन करोड २४ लाख ५८ हजार २९९ मात्रा खोप लगाइएको छ। यस्तै अहिलेसम्म कोरोना भाइरस विरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइसकेका छन्। , अहिलेसम्म लक्षित जनसङ्ख्यामध्ये ८६.१ प्रतिशतले पहिलो मात्रा र ७४.४ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्। कूल जनसङ्ख्याको ५६.४ प्रतिशतले पहिलो मात्रा र ४८.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्। सरकारको आगामी चैत मसान्तभित्र लक्षित सबै जनसङ्ख्यालाई खोप लगाउने योजना रहेको छ। अहिले सार्वजनिक ठाउँमा खोप लगाएको कार्ड अनिवार्य गरिएपछि सबै नागरिकले खोप लगाइरहेका छन्। ,
सङ्क्रमणदर घट्दै, स्वास्थ्यमा मापदण्ड उल्घङ्घन बढ्दै
|
डा. सुदीप श्रेष्ठ, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ क्यान्सर रोगको अवस्था भयावह छ। प्रत्येक वर्ष विश्वमा दुई करोड क्यान्सरका बिरामी थपिन्छन्। त्यसमध्ये झन्डै एक करोडको मृत्यु हुन्छ।, नेपालको सन्दर्भमा हेर्ने हो भने सन् २०२० को तथ्यांकअनुसार झन्डै २० हजार क्यान्सर पीडित हुन्छन्। तीमध्ये १३ हजारको मृत्यु हुन्छ।, क्यान्सर बढ्नु कारण जीवनशैली नै हो। सूर्तिजन्य पदार्थ र रक्सीको सेवन, पोलेको अनि सुकाएर र डढाएर मासु खाँदा पनि क्यान्सर हुन सक्छ। प्लास्टिकमा राखिएका खानाहरू अत्यधिक खाने, व्यायाम कम गर्नु पनि यसको कारण हो।, वातावरण प्रदूषण, धुँवाधूलोले गर्दा पनि क्यान्सर हुने सम्भावना हुन्छ। यसबाहेक जति उमेर बढ्दै जान्छ, त्यति नै क्यान्सरको खतरा पनि उच्च हुँदै जान्छ।, क्यान्सरको उपचार नपाएर अथवा पूर्ण उपचार नपाएर मृत्यु हुनेको संख्या ठूलो छ। क्यान्सर उपचार र निराकरणमा जुन रूपमा सेवा पाउनुपर्ने हो त्यसमा एकदमै भिन्नता छ। क्यान्सर उपचारमा हुने दुरी कम गर्नुपर्छ भन्ने अहिले नारा नै छ।, नेपालको सन्दर्भमा हेर्ने हो भने केही यस्ता व्यक्ति छन् जसले संसारको उत्कृष्ट सेवा लिन सक्छन्। सँगै अर्कोतर्फ यस्ता जनता छन् जसले क्यान्सरको उपचारबारे अलिकति पनि थाहा पाएका छैनन्।, उनीहरू अस्पताल पुग्न समेत सक्दैनन्। त्यही भएर यो दुरी कम गर्न आ-आफ्नो ठाउँबाट पहल गरौं भन्ने हो।सचेतना मात्रै फैलाउन सकियो भने पनि धेरै सहज हुन्छ। तर दीर्घकालमा जाने हो भने राष्ट्रिय क्यान्सर नीति बनाउनुपर्छ।, सबैभन्दा पहिला बिरामीलाई अस्पताल आउने वातावरण बनाउनुपर्छ। त्यसका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ भने उनीहरूका लागि सहुलियतको व्यवस्था हुनुपर्छ।, ३० प्रतिशतभन्दा धेरै क्यान्सर सुरूको अवस्थामा पत्ता लगाइयो भने निको हुन्छ। तर नेपालको सन्दर्भमा हेर्ने हो भने थोरै मान्छे मात्रै सुरूको चरणमा अस्पताल पुग्छन्।, नेपालमा क्यान्सर उपचारको अवस्था सकरात्मक ढंगले अघि बढेको छ। यसको धेरै उपचार नेपालमा सम्भव छ। केही क्यान्सरको मात्रै नेपालमा उपचार हुँदैन।, पहिलाको अवस्थामा हेर्ने हो भने क्यान्सरबारे सचेतना पनि बढेको छ तर यो एकदमै अपुग छ। धेरैलाई क्यान्सर के हो भन्ने नै थाहा छैन। क्यान्सर हुनेबित्तिकै मरिन्छ कि भन्ने भ्रम छ। जानकारीको हिसाबले हेर्ने हो भने धेरै काम गर्न बाँकी छ।, यसको उपचार सम्भव छ, यसबाट बच्ने सम्भावना पनि धेरै छ भन्ने सन्देश दिन जरूरी छ।, (नेपाल क्यान्सर अस्पतालका संस्थापक कार्यकारी अध्यक्ष तथा सिनियर कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठसँग सेतोपाटीले गरेको भिडिओ कुराकानी),
क्यान्सर लाग्नेबित्तिकै मरिँदैनः क्यान्सर रोग विशेषज्ञ श्रेष्ठ (भिडिओ)
|
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबारसम्म मौसम प्रभावित हुने भएको छ।, बिहीबार साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो।, काठमाडौं उपत्यकामा पनि बिहीबार साँझदेखि मध्यम वर्षा भइरहेको छ।, काठमाडौंमा आज बिहान पनि मध्यम वर्षा भएको छ। देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, यस्तै शनिबार प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ।, प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत छ।, शनिबार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।,
भोलिसम्म वर्षा र हिमपात हुने
|
रासस रूकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ। जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो। हिमपातका कारण चिसो निकै बढेको छ। चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ। यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।, जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ। यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरूङले बताए। मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएपछि घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उनको भनाइ छ।, बाक्लो हिउँ जमेका कारण मैकाटका नागरिकलाई गाउँपालिकाको केन्द्र तकसेरा र सदरमुकाम रुकुमकोट झर्न समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन्। यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको मैकोटमा अर्का स्थानीयवासी विकास पुनले बताए। पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पीर किसानलाई परेको उनको भनाइ छ।, हिमपातका कारण लामो समययता विकास निर्माणका कामकाज सञ्चालन गर्न पनि नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष मग कामीले बताए। समयमै विकास निर्माणका काम सञ्चालन गर्न नसक्दा वडालाई घाटा भएको उनले बताए। यस्तै वडा नं २, ३, ५ लगायतमा पनि विकास निर्माणका काम ठप्प रहेका छन्। यस वर्ष जिल्लामा सातौं पटकसम्म हिमपात भइसकेको छ।,
रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर
|
रासस उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ।, दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ।, त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक डुबेका थिए।, अभिभावकले बालकलाई खोज्ने क्रममा: अचेत अवस्थामा डुबिरहेका भेटेपछि उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताएको छ।, उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।, बालकको मृत्युबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।,
उदयपुरमा नहरमा डुबेर बालकको मृत्यु
|
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषदले गोठाटारस्थित जग्गामा बनेका छाप्रालगायत संरचना हटाउन निर्देशन दिएको छ।, १५ दिनभित्र त्यस्ता छाप्रा र संरचना नहटाएमा कोषले आफैँ हटाउने र त्यसबाट हुने क्षति व्यक्ति स्वयमले व्यहोर्नुपर्ने कोषको भनाइ छ।, कोषको जग्गामा बनेका छाप्रा भत्काउन पटकपटक सूचना निकाले पनि अटेर गर्दै छाप्रा नभत्काएको पनि कोषको भनाइ छ।, कोषले गोठाटारस्थित जग्गा अतिक्रमण गरी बनाएका छाप्रा भत्काउन निर्देशन दिएको हो।, ‘१५ दिनभित्र छाप्रालगायत संरचना आफैँले भत्काई लैजानुहोला। अन्यथा कानुनअनुसार कोषले छाप्रा भत्काउनेछ र क्षति भए व्यक्ति जिम्मेवार हुनेछ,’ कोषले निकालेको सूचनामा उल्लेख छ।, साथै कोषले पशुपति मन्दिर जाने सडकमा छाप्रा बनाएर फूललगायत व्यापार गर्नेहरूलाई पनि हटाउने भएको छ।, १५ दिनभित्र आफैँ नहटेमा कोषले उनीहरूलाई हटाउने तयारी गरेको हो।,
१५ दिनभित्र गोठाटारका छाप्रा नहटाए भत्काइने
|
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर हल्का वर्षा भइरहेको छ। यो सँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ। , यसैक्रममा बिहीबार रातीदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरीलगायतका डाँडामा हिउँ परेको छ।, यसअघि गत ,माघ ६ गते ,र ,पुस १४ गते, पनि हिउँ परेको थियो।, हिउँ परेसँगै हिउमा रमाउन बाक्लो संख्यामा युवा युवतीको उपस्थिति हुने गर्छ।, भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , गए रातीदेखि काठमाडौं उपत्यकामा परेको पानी अहिले केही हल्का भएको छ। यद्यपी तुवालोले ढाकेको छ। वर्षासँगै हिउँ परेपछि चिसो बढेको छ।, महाशाखाले पनि वर्षा र हिमपातका कारण चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।, शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।,
,
काठमाडौं वरिपरिका डाँडामा तेस्रो पटक हिमपात
|
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चिएका छन्।, विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चिएका हुन्।, सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब पाँच वर्षको अवधिमा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिबृत्त क्याप्टेनसमेत रहेका अध्यक्ष पुनले बताए। ‘पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैं आत्मनिर्भर छन्’, उनले भने, ‘जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हुँ।’, गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ। पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि रु पाँच लाखको अक्षयकोष स्थापना गरेर एक पुजारीलाई तलबको व्यवस्था गरेका अध्यक्ष पुनले नारच्याङ आधारभूत विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन्।, परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जीनियरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्धारका काजल रोकालाई एक लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिएका पुनले करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्धारकै कृशिखा विकको उपचारका लागि रु ३० हजार सहयोग गरेर सुरु गरेको अभियानबाट रु २० लाखभन्दा बढी जुटेको छ।, गाउँपालिकाका विद्यालयमा ‘टेलिटिचिङ’ सुरु गर्न रु ५० हजार सहयोग गरेर अभियान सुरु गर्नुभएका पुनले ज्ञानप्रकाश माविलाई रु ५० हजार, मुक्तिमार्ग माविलाई रु ५० हजार, शिख माविलाई रु एक लाख, काफलडाँडाको करबाकेली संरक्षण समितिलाई रु एक लाख १० हजार, पाउद्धारको उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा रु दुई लाख ५० हजार, पाउद्धार युवा क्लबलाई मन्दिर बनाउन रु ५० हजार, फलातेमा खेलमैदान बनाउन रु ५० हजार, किन्दुको आमा समूहलाई भाँडा खरिद गर्न रु ४२ हजार सहयोग गरेका छन्।, घरापमा खानेपानी योजनालाई रु एक लाख १० हजारको पाइप खरिद गरेर उपलब्ध गराएका पुनले बजेट अभावमा अुधरो बनेको घारको खानेपानी आयोजनालाई पूर्णता दिन रु एक लाख सहयोग गरेका छन्। दोसल्लेका धनबहादुर पुनको घर पुननिर्माणका लागि जस्तापाता किन्न रु ३५ हजार सहयोग गरेका छन्। कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई रु ५० हजार, हिस्तान स्वास्थ्यचौकीलाई रु ७५ हजार सहयोग गरेका छन्।, यसै हप्ता कैलाश मावि दोबाका १५७ र टिकोट मावि हिस्तानका ७० विद्यार्थीलाई रु दुई लाख बराबरको एक–एक थान स्वीटर वितरण गरे। विभिन्न विद्यालयका उत्कृष्ट बिद्यार्थी र खेलाडीलाई पुरस्कृत गर्नुभएका पुनले जनप्रतिनिधि नभएको अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गरेका थिए। पहिरो, चट्याङ, आगलागीपीडितका साथै अर्थाभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने विपन्नका लागि पनि आफ्नो पारिश्रमिकबाट सहयोग गर्छन्। प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफैँ उद्धार र राहतमा अगुवाइसमेत गरेका छन्।, विसं २०२१ मा भारतीय सेनामा भर्ती भएर २१ वर्ष नौ महिना काम गरी निबृत्त भएका पुनः पर्यटकीयस्थल घोडेपानीको सन्नी होटलका सञ्चालक हुन्। भारतीय सेनामा रहँदा स्विमिङ र ड्राइभिङमा १० वर्ष लगातार नेशनल च्याम्पियन बनेका पुनले नवौँ र दशौं एशियन, १९७९ को कमनवेल्थ गेम, १९८२ को वल्र्ड च्यापियनसीपमा सहभागी भएर पदक दिलाएका थिए। भारतमा खेल प्रशिक्षक भएर काम गरेका उनले नेपालको राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएर पदक जितेका थिए।,
जनप्रतिनिधिको तलबवापत पाएको २० लाख सामाजिक क्षेत्रमा
|
रासस धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्।, रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो।, रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन नसकेका कारण निरास बनेका स्थानीयवासीमा अबको केही दिनमै रेल चल्ने पछिल्लो खबरले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताए।, ‘रेल्वे लिक बनेको धेरै समय भइसक्यो, रेल आज चल्छ, भोलि चल्छ भन्दै निरास भएर बसिरहेका छौँ। तर केही दिनअघि नेपाल रेल्वे कम्पनीले रेलको परीक्षण गरेको देखेपछि रेल चल्ने आशा जागेको छ,’ उनले भने।, रेल्वे लिक बनाउन आफ्नो जग्गा दिएका धनुषाको जनकनन्दनी गाउँपालिकाका रमेश मण्डलले पनि रेल चल्ने भएपछि उत्साहित भएको बताए।, ‘रेल्वे लिक बनेपछि रेल चल्छ र त्यो रेलमा चढ्न पाइन्छ भनेर आफ्नो बहुमूल्य जग्गा दिइयो। धेरै समयसम्म रेल नचलेपछि निरास थिएँ, तर पछिल्लो समय रेल चल्ने खबर आएपछि खुशी लागेको छ,’ उनले भने।, २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ।, भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।, ‘हामीले सन् २०२२ को फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ’, नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले भने, ‘रेल चलाउन अब कुनै समस्या छैन, केवल उद्घाटन हुनमात्र बाँकी छ।’, दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ।, ‘कुन मितिबाट रेल चल्छ भन्ने ठ्याक्कै म अहिले भन्न सक्दिनँ। तर हामीले फेब्रुअरीको दोस्रो वा तेस्रो साताबाट रेल चलाउने तयारी गरेका छौँ,’ उनले भने।, अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त भएका कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको उनले बताए।, ‘रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन दिनको एकपटक आउने र जाने गरी रेल चलाउँछौँ। त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा दुई–तीनपटकसम्म पनि रेल चलाउन सकिन्छ,’ उनले भने।, रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म सामान्य सिटमा रु ७० र एसी सिटमा रु ३०० भाडा निर्धारण गरिएको उनको भनाइ छ।, रेल सेवा सञ्चालन गर्ने तयारी गरिए पनि रेल्वे लिकमा रहेका क्लिप चोरी भइरहेको र ठाउँठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेको, रेल्वे लिकमै अनधिकृतरूपमा छाप्रो हालेर पसल चलाउँदै आएको र छाडारूपमा पशु चौपाया छाड्ने गरेकाले रेल सञ्चालनमा कठिनाइ भइरहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए।,
देउवा र मोदीले उद्घाटन गरेर रेल चलाउने तयारी, भाडा ७० रूपैयाँ
|
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , मोरङ विराटनगर महानगरपालिका-६ का ४० वर्षीय सीताराम लुइँटेललाई मंगलबार पक्राउ गरेको प्रदेश नम्बर-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , प्रहरीका अनुसार प्रहरीले खोज्दै जाँदा लुइँटेललाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।, उच्च अदालत विराटनगरले लुइँटेललाई कात्तिक १० गते १० महिना ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।, प्रहरीले लुइँटेललाई मोरङ जिल्ला अदालतमा पेस गरेको छ। , उनलाई अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले बताएको छ।,
विराटनगरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
|
दिलकुमार लिम्बू ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरिन्। , आधा उमेर गइसकेपछि मात्र उनले गाडी देख्न पाइन्।, जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेकी थिइन्। अहिले घरको आँगनबाटै दैनिक १०–१२ गाडी ओहोरदोहोर गरेको हेर्दै उनी विगतका दिन सम्झिरहन्छिन्।, ‘खानेकुरा लिन धरानसम्म पैदल हिँडेरै पुग्थ्यौंं तर अहिले घर-घरमै आइपुग्दा अचम्म लागेको छ’, उनी भन्छिन्। , विगतमा दुई दिन पैदल हिँडेर माइती गएकी फक्ताङलुङ गाउँपालिका-६ फेम्बूकी बेलिता लिम्बूलाई सोमबार बिहान आफ्नो माइतीमा आमा सिकिस्त बिरामी भएको खबर भयो।, उनी आफ्नो जन्म दिने आमालाई भेट्न सोमबार बिहानै घर नजिकैबाट गाडी चढिन्। दश घण्टा गाडीमा यात्रा गरेपछि उनी आफ्ना माइतीघरमा आमालाई भेट्न सिरिजङ्गा गाउँपालिका–६ मामांखे पुगिन्। , ‘पहिले त ठूलो जङ्गल र पहाड पार गर्दै जानुपर्ने भएकाले बाटामा खाजा, खाना पहिले नै तयार गरेर आफैंले बोकेर ४७ घण्टा पैदल हिँडेपछि माइती पुगिन्थ्यो’, उनले भनिन्।, दैनिक खाद्य सामग्री लिनका लागि वर्षमा दुई पटक सदरमुकाम फुङ्लिङ पुग्ने फक्ताङ्लुङ गाउँपालिका-६ का दावा शेर्पा आजभोलि किनमेलका लागि सदरमुकाम पुग्न छाडिसके। अहिले उनकै घर आँगनमा सडक पुगेको छ। दैनिक उपभोग्य वस्तु गाडीले आँगनमै पुर्याइदिन्छ।, गत वर्षसम्म गाडी चढ्न र दैनिक आवश्यकताका सामग्री लिन सिरिजङ्गा गाउँपालिका–६ मामांखे गाउँका मानिस खाम्देम्बेसम्म एकदिनसम्म पैदल हिँडेर पुग्नुपथ्र्यो। गत हप्तादेखि मामाङ्खे गाउँमा सडक पुगेको छ। लामो समयपछि मामाङ्खे गाउँमा सडक पुग्दा गाउँबासी खुसी भएको सिरिजङ्गा–६ का वडाध्यक्ष सुखराज लिम्बूले बताए।, सिनाम–सिरिजङ्गा गाउँपालिका केन्द्र तेल्लोक हुँदै विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासम्म सडक पुर्याउने प्रदेश नं १ सरकारले परिकल्पना गरेको छ।, त्यसैले सिनाम–सिरिजङ्गा गाउँपालिका केन्द्र तेल्लोक हुँदै नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा सडकखण्डका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड दश लाख बजेट विनियोजन गरेको र काम भइरहेको वडाध्यक्ष सुखराजले बताए।, गत हप्ता सिरिजङ्गा–६ मामाङ्खे गाउँ सडक सञ्जालले जोडिएसँगै ताप्लेजुङका सबै वडामा सडक पुगेको छ।, साठी वडामा अगाडि नै सडक सञ्जालले जोडिएको थियो। गत हप्ता मात्र सिरिजङ्गा –६ वडाको सिमानामा सडक प्रवेश गरेपछि जिल्लाका सबै वडामा सडक पुगेको हो।, यसरी तीन तहका सरकारका सक्रियतामा दुर्गम र सहरी क्षेत्र सडक सञ्जालले जोडिँदै गएका छन्।, ताप्लेजुङका गाउँ-गाउँ सडक सञ्जालमा जोडिएसँगै विस्तारै सुगममा रूपान्तरण हुँदै गएका छन्।, मुलुक सङ्घीय संरचनामा गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारको निर्वाचन भएको आगामी असारमा पाँच वर्षे कार्यकाल सकिँदै छ। , ताप्लेजुङका नौ स्थानीय तहमा कुल ६१ वडा छन्। अहिले सबै वडा सडक सञ्जालले प्रत्यक्ष जोडिएको छ। मिक्वाखोला– ५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सिमानामा सडक प्रवेश गरेको छ।, मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले वडा कार्यालयसम्म पुग्न केही समय लाग्ने भए पनि आफ्नो वडा सडकले जोडिएको बताए।, स्थानीय तहले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिकता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो।, जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दिनचर्यामा सहजता आएको छ। जिल्लाका सबै वडामा सडक पुगेसँगै गाउँ-गाउँमा गाडीका लागि टिकट काउन्टर खुलेको छ।, सदरमुकामदेखि विभिन्न गाउँ-गाउँमा दैनिक सार्वजनिक ट्याक्सी लाग्ने गरेको छ। कच्ची र साँगुरो बाटो भएकाले ठूलो सिटका बस भने जान सकिरहेका छैनन्। , आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ। मेरिङ्देन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै बिर्तामोड–दमक– विराटनगर बस सेवा सञ्चालन भइरहेको छ।, सिरिजङ्घा गाउँपालिकाको खाम्देम्बे बजारदेखि विगतदेखि नै बिर्तामोड–दमक–विराटनगर बस सेवा सञ्चालन भइरहेको छ। सिदिङ्वा गाउँपालिका केन्द्रदेखि पनि अन्य जिल्लामा यातायात सेवा सञ्चालन भइरहेको छ।, चालु आर्थिक वर्षमा प्रदेश सरकारले जिल्लामा १७६ योजना छनोटमा पारेकामा २० सडक आयोजना थिए।, प्रदेशकै गौरवको आयोजनाअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिका हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने पर्यटकीय सडक आयोजना निर्माण भइरहेको छ। सो सडक आहिले सिरिजङ्गा–६ मामाखे गाउँमा निर्माणाधीन छ।, क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो गाउँपालिका फक्ताङ्लुङ–७ ओलाङ्चुङ्गोला मित्र राष्ट्र चीनसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ।, ओलाङ्चुङ्गोलादेखि २४ किलोमिटर तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ।, उता सुनसरीको चतरादेखि राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर सडक चीनसँग जोडिन २ किमी मात्र बाँकी रहेको उत्तर–दक्षिण राजमार्गको कार्यालय ताप्लेजुङका सूचना अधिकारी माधव पौडेलले बताए।, राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर अहिले चीनको सीमावर्ती क्षेत्रमा प्रवेश गरेको छ।, चीन र भारतलाई जोड्ने कोरिडोरअन्तर्गत नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङ्चुङ्गोला क्षेत्रमा काम भइरहेको छ।, कोरिडोरको अन्तिम साधारण मार्ग खोल्ने काम भइरहेको छ। आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्ने एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताए। तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँग कोरिडोरले जोडिने छ। , चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङ्चुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किमी लम्बाइ ट्रयाक चीनको निर्माण कम्पनीले दुई वर्ष अगाडि नै खोलिसकेको छ।, सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर हुँदै ताप्लेजुङ जिल्लाको फक्ताङलुङ–७ ओलाङ्चुङ्गोलाका सुकेपानी र मगावाबीचमा अहिले काम भइरहेको छ।, अहिले काम भइरहेको ठाउँदेखि गैरीपाटी पुग्न दुई किमी रहेको आयोजनाका सूचना अधिकारी पौडेलले बताए।, कोरिडोरले भारतको जोगबनीदेखि प्रदेशको राजधानी विराटनगर हुँदै भारत र चीनसँग प्रत्यक्ष सडक सञ्चालनले जोड्ने सूचना अधिकारी पौडेलले बताए।, चतारादेखि ओलाङ्चुङ्गोलासम्ममा २३० किमी पर्छ। ओलाङ्चुङ्गोलादेखि टिप्ताला नाकासम्म २४ किमी पर्छ। तमोर कोरिडोरको जम्मा २५४ किमी पर्छ। यसमा २५४ किमीमा चोतारादेखि टिप्पताला नाकासम्म पर्छ। प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगबनीदेखि ६० किमीमा चतरा पर्छ। तीन सय १४ किमीले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ।, ओलाङ्चुङगोला हुँदै चीन जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको छ। धनकुटाको मूलघाटबाट खन्न सुरू गरिएको सो सडकको अहिले ताप्लेजुङ हुँदै नेपाल–चीन सिमाना ओलाङ्चुङ्गोलासम्ममा काम भइरहेको फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए। , तीन ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट तमोर कोरिडोर निर्माण अघि बढाइएको थियो।, सबै ब्लकमा पहिलो काम ट्रयाक खुलाइएको थियो। अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङ्गोलाको सुकेपानीदेखि गैरीपाटीसम्मको दुई किमी काम मात्र बाँकी रहेको पौडेलले बताए।, करिब १८० किमी लम्बाइको सो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका-२ देखि पाँचथरको लुबुघाट–माझीटार–ताप्लेजुङ छिचोलेर ओलाङ्चुङ्गोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्नेछ।, सो सडकखण्डमा विभिन्न आकारका १० पुल निर्माण हुने क्रममा रहेको आयोजनाले जनाएको छ। , वि.सं २०६५ मा तमोर कोरिडोर निर्माण सुरू भएको थियो। त्यतिखेर सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो।, विसं २०६७ मा सो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषणा गरी निर्माण अघि बढाइएको छ।, भारत र चीनलाई जोड्ने सबभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ।, सो सडक निर्माण गर्न अहिलेसम्म ४० करोड १९ लाख ७१ हजार रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। सो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ। , तमोर कोरिडोरले प्रदेश नं १ को समृद्धिको ढोका खोल्ने सञ्चारकर्मी वसन्त लिम्बूले बताए।, अहिले पाँचथरको जोरसालदेखि धनकुटाको मूलघाट हुँदै प्रदेशको पर्यटकीय क्षेत्र भेडेटार, धरान, प्रदेश राजधानी विराटनगर हुँदै नेपाल र भारतको नाका जोगबनीसम्म दैनिक यातायात सञ्चालन हुँदै आएको छ।, रमणीय दृश्यावलोकन गर्नका साथै छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुको रोजाइमा तमोर कोरिडोर पर्दै गएको लिम्बूले बताए।, पाँचथरको माझीटारदेखि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-३ थिबा खोलासम्म ६० किमी ग्राभेलका लागि ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ।, ग्राभेल हुनेबित्तिकै ताप्लेजुङका समुदायलाई राहत मिल्ने छ। साथै ताप्लेजुङ जिल्लाको पर्यटन विकास र प्रवर्द्धनमा फड्को मार्ने ताप्लेजुङ जिल्लाबासीले विश्वास लिएका छन्। , विगतका दिनमा यातायात नहुँदा जनतालाई विशेषतः बिरामी हुँदा समयमै अस्पतालसम्म पुर्याउन समस्या झेल्नु थियो। गाउँमा सडक नपुग्दा डोकामा बोकी दुई/चार दिन पैदल हिँडेर अस्पतालसम्म पुग्नुपर्ने समस्या थियो।, समयमै अस्पताल पुर्याउन नसक्दा गाउँबासी धेरैले ज्यानसमेत गुमाउने परेको फुङ्लिङ नगरपालिका-११ का टेकबहादुर विष्टले बताए।, विगतमा आवश्यक खाद्य सामग्री ढुवानी गर्न धेरै समस्या थियो। अहिले भन विस्तारै गाउँ-गाउँमा सडक सञ्जालले जोडिएसंँगै सहजता भएको विष्टले बताए। , गाउँ-गाउँमा सडक पुगेसँगै आठ स्थानीय तहले आफ्नो गाउँपालिकाभित्रका समुदायलाई एम्बुलेन्स सेवासमेत दिँदै आएका छन्। रासस,
सडक पुगेसँगै गाउँ–गाउँमा टिकट काउन्टर
|
खिलानाथ ढकाल मोरङ पथरी शनिश्चरे नगरपालिका-२ की ९० वर्षीया जगमाया श्रेष्ठ गएको मंगलबार (माघ ११ गते) अपराह्नसम्म घर वरिपरि नै डुलिरहेकी थिइन्।, सधैं बिहानै उठेर गाउँ छिमेकमा पुग्थिन्। उमेर वृद्ध भए पनि उनी फुर्तिली र जाँगरिली थिइन्।, त्यसदिन अपराह्न उनी आफ्नो घरबाट बीस मिटर पूर्व रहेको माइला छोराको घरमा पुगेकी थिइन्।, माइली बुहारी गीता र नातिनी बुहारी सरू बारीमा काम गरिरहेका थिए।, माइली बुहारी गीता भन्छिन्, ‘बुहारी सरूलाई कपालमा मेहन्दी लगाइदेऊ भन्नुभयो। बारीमा काम गरिरहेकी सरूले मेहन्दी लगाइदिइन्।’, मंगलबार साँझसम्म वरिपरि घुमिरहेकी जगमायाको घरमा एकाएक सन्नाटा छायो। जगमायाको गतिविधि बुधबार बिहानबाट शून्य भयो।, उनी कता गइन् भन्नेबारे छिमेका खोजी भए पनि सँगै बसेका कान्छो छोरा कमल श्रेष्ठ वास्ता गर्दैनथे।, ‘कतै जानुभयो कि भन्ने लाग्यो, फर्किनुहुन्छ होला भन्ने भयो,’ गीता भन्छिन्, ‘बाहिर हिँडे पनि घर फर्किनुहुन्थ्यो, बाटो कुर्यौं आउनु भएन।’, बिहीबार बिहान जगमायाको फेरि खोजी भयो। उर्लाबारी नगरपालिकास्थित मंगलबारे बजारमा बस्ने उनका दाजु नरबहादुर श्रेष्ठको देहान्त भएको खबर जगमायाको घरसम्म आइपुग्यो।, जगमायाको घर। , दिदीबहिनीमध्ये जीवित जगमाया आएपछि मात्रै शव व्यवस्थापन गर्ने निधोमा परिवार थियो। जयमायालाई परिवारका सदस्यहरूले खोजी गरे, भेटेनन्।, उनको मोबाइलमा फोन गरे। सम्पर्क हुन सकेन।, ‘बिहान ११ बजेसम्म बहिनी आउँछिन् भनेर माइतीमा दाजुको लास हिँडाएनन्,’ जगमायाकी बुहारी गीता भन्छिन्, ‘घाटमा पुगेपछि पनि आउनुहुन्छ कि भनेर कुरेछन् तर उहाँको अत्तोपत्तो देखिएन।’, बिहीबार नरबहादुरको मृत्युपछि खोजी भएकी जगमाया फेला पर्नेवाला छैनन्। आफन्त, छिमेकी र प्रहरीका अनुसार उनी जीवित छैनन्।, उनीसँगै बसिरहेका ४८ वर्षीय कान्छा छोरा कमलले ९० वर्षीया जगमायाको हत्या गरिसकेका छन्। उनलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ।, गीताका अनुसार बुधबार बिहान राति कमल हस्याङफस्याङ गर्दै जयचोकस्थित बौद्ध मार्गीहरूको शव जलाउने ठाउँबाट निस्केका थिए।, मर्निङ वाकमा हिँडेकाहरूले त्यहाँ आगो बलेको देखेका रहेछन्। कमल त्यही आगो बलेको ठाउँबाट हातमा जुत्ता बोकेर साइकल डोर्याउँदै निस्केका थिए।, ‘मट्टितेलले शरीर गन्हाउँदै निस्किनु भएको रहेछ, आमाको खोजी हुँदा कमललाई देखेका मान्छेहरूले त्यसै भने,’ माइली बुहारी गीताले भनिन्।, यसरी जगमाया हराएको र आफ्नै कान्छो छोरा कमल ‘शंकास्पद’ तरिकाले फेला परेपछि कुरा इलाका प्रहरी कार्यालय पथरीसम्म पुगेको थियो।, जगमायाको हत्या भएको प्रारम्भमा देखिएपछि प्रहरी जलाएको ठाउँमा पुग्यो।, ‘त्यहाँ पुग्दा केही हड्डी र करङ बाँकी रहेछन्,’ इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले भने, ‘हातमा लगाएको चुरा फेला परेको छ। अहिले अनुसन्धान चलिरहेको छ।’, जगमाया, खड्काका अनुसार जलाएको ठाउँमा भेटिएका हड्डी र करङ संकलन गरी डिएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको छ।, कमललाई कर्तव्य ज्यानमुद्दामा जिल्ला अदालत मोरङबाट १० दिन थुनामा राख्ने अनुमति लिइएको छ।, सामान्य खेतीपाती गर्दै बस्ने जगमायाका श्रीमानको पहिले नै मृत्यु भइसकेको थियो। उनका चार जना छोरा छन्।, जेठो पथरी बजारमा बस्छन्। माइलो घरदेखि २० मिटर पूर्वमा बस्छन्।, साइँला छोरा शारीरिक रूपमा अपांगता भएका छन्। उनको श्रव्य शक्ति छैन। बोल्न सक्दैनन्।, छिमेकी तथा आफन्तका अनुसार कमल र जगमायाबीच जग्गासम्बन्धी विवाद थियो। जगमायाको जिउनीबापतको पाँच कठ्ठा जग्गामा ‘किचलो’ चलिरहेको थियो।, ‘दुई वर्ष पहिले आमाको नामको जिउनीको जग्गा कमलले आफ्नो छोराको नाममा पास गरिसकेका रहेछन्, पछि आमाले यो कुरा थाहा पाएपछि विवाद निस्कियो,’ बुहारी गीताले भनिन्।, वृद्ध आमाको नामको जग्गा कमलले आफ्नो बनाएको थाहा पाएपछि जेठा र माइला छोराको कानसम्म पुग्यो। त्यो कुरा थाहा पाएपछि उनीहरूले जगमायालाई मुद्दा मामिलामा जान सुझाव दिए।, ‘अदालतले आमाको जिउनीको जग्गा उहाँकै नाममा फिर्ता गर्ने फैसला गर्यो,’ उनले भनिन्।, अदालतको आदेश लिएर मालपोत कार्यालयबाट अमिनहरू आइतबार आएर जग्गाको नापजाँचको काम सुरू गरेका थिए।, ‘उनीहरू आइतबार आए, मंगलबार राति नै आमालाई कमलले मारेर जलाएको कुरा थाहा भएको छ,’ उनले भनिन्, ‘प्रहरीमा पुगेर हामीले कि आमा चाहियो कि कहाँ जानुभएको छ भन्दिन परो भन्दा उनी भन्दैनन्।’, प्रहरीका अनुसार त्यही पाँच कठ्ठा जग्गाको विवादमा कमलले आमा जगमायाको हत्या गरेकोतर्फ अनुसन्धान भइरहेको छ।, ‘डिएनए परीक्षण आएपछि हामी यो घटनाको तथ्यमा पुग्छौं,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले भने।, जगमाया आफैं मोबाइल बोक्थिन्। त्यो मोबाइलको डिस्प्ले जलाएको ठाउँमा भेटिएको छ।, उनको शव जलाएको ठाउँ।, जगमायाको हत्यामा कमलको संलग्नता यकिन भइसकेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।, ‘अहिले हामी प्रमाण संकलन गरिरहेका छौं, कमलको बयान लिइरहेका छौं,’ उनले भने, ‘कमलले हत्या गरेको स्वीकार गरिसकेको अवस्था छ।’, प्रारम्भिक बयानमा हत्या स्वीकार गरेपछि उनीमाथि कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको खड्काले बताए। कमललाई मंगलबार प्रहरीले सार्वजनिक पनि गरिसकेको छ।, ‘घाँटी थिचेर हत्यापछि चोकरको बोरामा लगेर जलाएँ’ प्रहरीका अनुसार बयानमा कमलले बुधबार बिहान ३ बजे आमालाई घाँटी थिचेर हत्या गरेको बताएका छन्।, जगमाया बिहान ३ बजे लिस्नोबाट झर्दै गर्दा कमलले मौका छोपेका थिए।, ‘तल झर्दैगर्दा समातेर घाँटी थिचेर हत्या गरेको उनले बयान दिएका छन्,’ डिएसपी खड्काले भने, ‘त्यसपछि चोकरको बोरामा पोको पारेर जलाउन लगेको बताएका छन्। सँगै मट्टितेल बोकेर गएको बताएका छन्।’, चोकरको बोरामा राखेर कमलले शव घरदेखि करिब दुई किलोमिटर उत्तर लगेका थिए। साइकलमा राखेर लगेर बौद्ध धर्मावलम्बीहरूले शव जलाउने ठाउँमा राखेका थिए।, बाटोबाट वारिपट्टी साइकल राखेका थिए। उनले त्यहीँ वरिपरिबाट टायर भेला पारेका थिए।, ‘शव जलाउने ठाउँमा रहेका काठका मुढा र टायर राखेर जलाएको बताएका छन्,’ डिएसपी खड्काले भने।, हत्या गर्नुको कारण जग्गा नै रहेको कमलले बताएका छन्। ‘कहिलेकाहीँ घरबाट निस्केर जासम्म भनेपछि आफू आवेगमा आएको कमलले बताएका छन्,’ खड्काले भने।, जगमायाको हत्याका लागि कमलले केही दिनदेखि मौका छोपेको पनि बताएका छन्।, शव जलाएर हस्याङफस्याङ गर्दै जंगलबाट निस्केका कमललाई मर्निङ वाक गर्नेहरूले देखेपछि रहस्य खुलेको डिएसपी खड्काले बताए।, ‘देख्ने मानिसहरूसँग हामीले कुरा गरेका छौं, तिनै मानिसहरूले बताएपछि जाहेरी पर्यो,’ खड्काले भने।, ,
पाँच कठ्ठा जग्गाको झगडामा ९० वर्षीया आमालाई मारेर सुटुक्क जलाएपछि…
|
रासस कोरोना संक्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनःसञ्चालन गरिने भएको छ।, अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारदेखि पुनः सञ्चालन गर्न लागेको हो। माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो। , अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा सञ्चालनमा ल्याउन लागिएको हो।, उनले भने, ‘अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप घटेसँगै स्थगित गरिएका सेवा सञ्चालन गर्न लागिएको हो।’ , चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो।, कोरोना कहरपछि शल्यक्रिया नगरे पनि हुने खालका बिरामीलाई सेवा बन्द गरिएको थियो। यसैगरी बहिरंग सेवामा चाप बढेपछि अस्पतालले बिहान ८:३० बजेबाट ओपिडी सेवा सञ्चालन गर्दै आएको थियो।, अस्पतालले एक सूचना प्रकाशन गरी कोरोना संक्रमणको जोखिम अझै कायम रहेको हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह समेत गरेको छ।, अस्पतालमा हाल ४१ जना संक्रमित भर्ना भएर सेवा लिइरहेका छन्।, अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्। यो केन्द्रीय अस्पताल हो।,
भरतपुर अस्पतालमा बिहीबारदेखि नियमित सेवा
|
सेतोपाटी संवाददाता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सबै स्थगित परीक्षाहरू सञ्चालन हुने भएको छ।, परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै स्थगित भएका सबै परिक्षाहरू पुन: सुचारू गर्ने जानकारी दिएको हो। , परीक्षा फागुन ६ गतेदेखि हुने भएको छ। , सिटिइभिटीले सम्पूर्ण परीक्षा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी सञ्चालन गर्ने बताएको छ।, यसअघि कोभिड-१९को संक्रमण तिव्र गतिमा फैलिएपछि सिटिइभिटीले परीक्षालाई स्थगित गरेको थियो। ,
सिटिइभिटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने
|
रासस नदी निकटका तीर्थस्थलको संसारभरि प्रसिद्धि सुनिन्छ। मुलुककै कैयन नदी काखका तीर्थस्थलको देशभरमा चर्चा हुन्छ। तर महोत्तरीको प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिर नदीकै कारण अस्तित्वको संकट झेल्दैछ।, अहिले भङ्गाहा नगरपालिका-५ सिद्धपुरमा पर्ने रातु र बडहरि नदीको संगममा रहेको यो अति प्राचीन शिवालय रेखदेख र सम्भार नपाएर अस्तित्वकै संकटको स्थितिमा पुगेको हो।, धेरैअघि वरपर घना वनजंगल छँदै दूधारीबाबा भनिने एक सन्तले सपनामा पाएको निर्देशनअनुसार श्रीसिद्धनाथ महादेवको शिवलिङ्ग पत्ता लगाएर पूजाआराधना सुरू गराएको मानिन्छ। , करिब ५०० वर्षअघि पत्ता लागेको मानिने हिन्दू आस्थाको केन्द्र प्राचीन यो धार्मिकस्थल अब रेखदेख र सम्भार नपाएर बगर बन्दै गरेको यस भेगका सर्वसाधारण बताउँछन्।, ‘यो प्राचीन धार्मिक धरोहर अब भावी पुस्ताले हेर्न पाउने छाँट छैन, बर्सेनि मन्दिर परिसर बगर बन्दैछ, हेर्ने कोही छन् भन्ने देखिँदैन’, भङ्गाहा-५ सीतापुरका बासिन्दा नेपाल सरकारको सहसचिव सेवाबाट निवृत्त रामबहादुर भुजेल भन्छन्, ‘मन्दिर परिसरप्रति सम्बद्ध पक्षको उपेक्षाले यो खण्डहर बन्ने देखिन्छ।’, स्थानीय तह, जिल्ला समन्वय समिति, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, प्रदेश सरकार र संघीय सरकार कसैको यो ठाउँमा आँखा नपुगेको भुजेलको थप गुनासो छ।,
,
बर्सेनि महाशिवरात्री र साउने सोमबारे मेला लाग्ने यो मन्दिरमा दर्शन गरेपछि चर्मरोग निको हुने जनविश्वास छ।, चर्मरोगले दुःख दिएका पीडित यहाँ आएर दर्शन गर्ने र भाकल गर्ने गर्छन्।, रोग निको हुन भाण्टाको भार चढाउने भाकल यहाँको परम्परा रहेको हुँदा महाशिवरात्रीमा भाकल दिनेको भीड निकै लाग्ने गर्छ। महोत्तरी मात्र नभएर आसपासका जिल्ला र छिमेकको भारतबाट पनि श्रद्धालु भक्तजन बाक्लै आउने यो मन्दिरको संरक्षण र सम्भारमा मुख्यत स्थानीय तहले पहलकदमी लिनुपर्ने सिद्धपुरका स्थानीयबासी बताउँछन्। , ‘पहिलो चासो त हाम्रै नगरपालिकाले लिनुपर्ने हो, तर खै वास्ता दिएको देखिन्न’, सिद्धपुरका निरेखन सादा भन्छन, ‘महाशिवरात्री मेलाको ठेक्का लाग्ने बेला चहलपहल गरेको देखिन्छ, त्यसपछि श्रीसिद्धनाथलाई फर्केर हेर्ने कोही देखिएनन्।’, बर्सेनि लाग्ने महाशिवरात्री मेलाको ठेक्का रकममात्रै पनि मन्दिर परिसरले संरक्षणमा नपाएको निरेखनको गुनासो छ।, ‘मेलाका बेला ठेक्का रकममा चलखेल गर्न हल्लीखल्ली गर्छन्’, सादा भन्छन्, ‘त्यसपछि वर्ष दिन फेरि कसैले यो ठाउँ सम्झदैनन्।’, पाँच/सात वर्षअघि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले एउटा सानो धर्मशाला निर्माण र राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिको जनकपुर कार्यालयले एक पटक बडहरी नदीमा एक ठाउँ छड्के बाँध्नेबाहेक त्यसयता यहाँ कोही फर्केर नआएका सिद्धपुरवासीको गुनासो छ । , दुई नदीको सङ्गमस्थलमा रहेको मन्दिर परिसरलाई रातुभन्दा बडहरी नदीले बढी क्षति पुर्याइरहेको छ।, आजभन्दा १० वर्ष पहिले मन्दिर परिसर वरिपरिको ५० बिघाभन्दा बढी क्षेत्र नदीले कटान गरेर बगर बनाइसकेको भङ्गाहा–५ का वडासदस्य परेखन सादा बताउँछन्।, ‘हामीले निरन्तर मन्दिर संरक्षणको कुरा नगरसभामा उठाउँदै आएका छौं’, परेखन भन्छन्,‘तर हाम्रो बोली जिम्मेवार तहबाट सुनुवाइ नै हुँदैन।’ , दूधारीबाबाले शिवलिङ्ग पत्ता लगाएर पूजाआराधना थालेपछि कालान्तरमा स्थानीय बासिन्दाले काठको मन्दिर बनाएका थिए।, दुई दशकअघि काठे मन्दिरका ठाउँमा पक्की मन्दिर बनेपनि त्यसयता नदी कटान नियन्त्रण हुन नसक्दा अब यो धार्मिकस्थलको अस्तित्व नै मेटिने हो कि भन्ने चिन्ता बढेको नेपाली कांग्रेस भङ्गाहा नगर सभापति रुपनारायण सिंह थारु बताउँछन्। , ‘पूर्खाले संरक्षण र सम्भार गर्दै आएका प्राचीन श्रीसिद्धनाथ मन्दिरबारे आमचासो बढ्न आवश्यक छ’, थारु भन्छन्,‘मधेस प्रदेशकै प्रसिद्ध तीर्थस्थल मानिएको यो मन्दिर संरक्षणका लागि स्थानीय तहले तत्काल पहलकदमी लिनपर्छ।’, बर्खामा नदीले कटान गरिरहँदा अब यसका लागि केही गर्नुपर्छ भन्ने र हिउँद लागेपछि कानमा तेल हालेर बस्ने प्रवृत्तिले मन्दिर उपेक्षित बन्दै गएको थारुको भनाइ छ।, यसैबीच भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले मन्दिर संरक्षणका लागि नदी नियन्त्रण व्यवस्थापन नै पहिलो काम रहेको बताएका छन्।, ‘नदीमा तटबन्ध निर्माण नै पहिलो आवश्यकता हो’, साह भन्छन्, ‘नगरको सीमित बजेटले यो काम पार लाग्दैन, प्रदेश र संघीय सरकारलाई घचघच्याइ रहेका छौं।’ , बडहरी नदीमा माथिदेखि नै तटबन्ध बनाइए मन्दिर र सिद्धपुरबस्ती कटानबाट जोगाउन सकिने र यसबारे विभिन्न निकायबीच समन्वय भइरहेको साहको भनाइ छ।,
श्रीसिद्धनाथ मन्दिर अस्तित्वको संकट झेल्दै
|
सेतोपाटी संवाददाता झापामा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , बिर्तामोड नगरपालिका-५ पञ्चकन्याका २४ वर्षीय सुनिल लिम्बुलाई सोही स्थानबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। , प्रहरीले लिम्बुलाई मंगलबार बेलुकी २९ ग्राम ब्राउन सुगर, दुई हजार नगद र २ थान मोबाइलसहित पक्राउ गरेको हो। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,
,
ब्राउनसुगरसहित एक जना झापाबाट पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ७५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा ११२३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन्।, ,
थपिए ३ हजार ६३७ संक्रमित, १२ को मृत्यु
|
रासस म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्।, संघीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहर बजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसंख्यावृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ।, विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ प्रतिशत रहेकामा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३.६७ प्रतिशतमात्र बस्ने गरेको देखिन्छ।, ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले बताए।, ‘बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ,’ उनले भने।, उनले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहर बजारमा धेरै रहेको बताए। , जिल्लाको ६ वटै स्थानीय तहमा समेत वि.सं २०६८ को जनगणनाअनुसार जनसंख्याकमी रहेको देखिन्छ।, जिल्लाबाट भारतसहित तेस्रो मुलुकमा विदेसिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ। यसमा पुरूष आठ हजार ८४३ र महिला एक हजार ८७० छन्।, पच्चीस हजार ३७४ घरधुरी २९ हजार २४२ परिवार सङ्ख्याको बसोबास छ। ९५.८७ लैंगिक अनुपात, औसत परिवारको आकार ३.६७ प्रतिशत र जनघनत्व ४७ रहेको छ। , जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत छ।, वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरूषको सङ्ख्या अत्यधिक छ। पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरूषको जनसङ्ख्याको अन्तर घट्दो छ। , श्रीमान वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसंख्यापातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजीप्रसाद सुवेदीले बताए।, ‘घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएको छ, संघीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन’, उनले भने। , उनले शिक्षित र आर्थिक रूपमा सम्पन्न मात्रै नभई विपन्न परिवारसमेत गाउँबाट विस्थापित हुन थालेकामा चिन्ता व्यक्त गरे।, संघीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताले ग्रामीण बसाइँमा आकर्षित गर्ने नसकेको अवस्थामा नयाँ जनसङ्ख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको सुवेदीले बताए। , बसाइँसराइँको कारण ग्रामीण क्षेत्रका विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या कम छ।, गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तु समेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ।, ‘युवाहरू विदेशमा छन्, अशक्त वृद्धवृद्धाको सेवा गर्नेहरूको समेत कमी छ’, मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले भनिन्।, उनले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजनाहरू सञ्चालन गरे पनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेको बताए।, बसाइँसराइको कारण गाउँबस्ती पातलिँदै जान थालेपछि बिरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाइ छ।, म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्यारहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार ३७२ देखिएको छ। , ,
ह्वात्तै बढ्यो बसाइँसराइ गर्नेको संख्या
|
सेतोपाटी संवाददाता झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , बिर्तामोड नगरपालिका-६ बुट्टाबारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा मेची नगरपालिका-८ का २७ वर्षीय बमबहादुर लेप्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , दुर्घटना बुधबार बिहान साढे १० बजे भएको हो।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००-१ ख २१४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१५ प १७६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो। , दुर्घटनापछि घाइते भएका लेप्चालाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो। त्यसपछि डाक्टरले उनलाई मृत घोषणा गरेको थियो। , मृतकको शव अस्पतालमै राखिएको छ।, मृतकको मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। , ट्रक चालक मकवानपुर भिमफेदी गाउँपालिका-२ का २९ वर्षीय सन्तोष निजारलाई प्रहरीले पक्राउ गरेको छ। ,
झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता ‘मेरो डिभी परेको छ, तर कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ छैन।’, केही दिनअघि एक प्रहरीले भक्तपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ल्याबका एक बिचौलियासँग भने। , महानगरीय अपराध महाशाखालाई उनले नक्कली पिसिआर रिपोर्ट बनाइरहेका छन् भन्ने सूचना पहिले नै आएको थियो। वास्तविकता जान्न भनेर प्रहरीको टोली खटियो। , बिचौलियालाई ती प्रहरीले सोधे- मलाई कोरोना पोजिटिभ छ, रिपोर्ट नेगेटिभ बनाउन मिल्छ? , ती प्रहरीले आफ्नो डिभी परेको तर कोरोना रिपोर्टकै कारण आफ्नो डिभी रद्द हुन लागेको कुरा सुनाएपछि बिचौलियाले नेगेटिभ रिपोर्ट बनाउने गरेको बताए। , रिपोर्ट बनाएको आठ हजार रुपैयाँ लाग्ने उनले बताए।, केहीदिनमै उनको क्युआर कोडसहित कोरोना नेगेटिभ रिपोर्ट बन्यो। प्रहरीले भेरिफाइ गर्दा उनीहरूको सिस्टममा समेत देखायो। , बिचौलियाले ग्राहक बनेका ती प्रहरीलाई भने - अरूको पनि छ भने ल्याउनू। , महाशाखाले थप पाँच जनाको विवरण पठायो। त्यसबापत उनले ४० हजार रुपैयाँ मागे। , त्यही दिन बेलुका सबैको नेगेटिभ रिपोर्ट आयो। पैसा दिइनसकेको हुँदा क्युआर-कोड भोलिपल्टमात्रै हुने बिचौलियाले सुनाए।, भोलिपल्ट बिहानै बिचौलियाले क्युआर कोड पनि पठाए।, ल्याबले नक्कली रिपोर्ट बनाउने पुष्टि भएपछि प्रहरीले बिचौलियाको काम गर्ने धनुषा विदेह नगरपालिका-४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टानलाई मंगलबार बिहान साढे १० बजे पक्राउ गर्यो। , महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार छिट्टानका साथबाट आठ वटा नक्कली पिसिआर रिपोर्ट पनि प्रहरीले फेला पारेको छ।, त्यसपछि प्रहरीले भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा काम गर्ने सर्लाहीका २४ वर्षीय ल्याब म्यानेजर प्रसन्नकुमार झालाई नियन्त्रणमा लियो। , ‘एउटा ल्याबको मान्छे समातेपछि अर्को ठाउँमा पनि त्यस्तै रिपोर्ट बनाउँछ भन्यो,’ उनले भने, ‘त्यसपछि हामीले त्यही प्रक्रियाले अर्को ल्याबमा पनि बुझ्यौं।’, अर्को ठाउँ काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालि थियो। त्यहाँ पनि प्रहरीले पहिलाकै तरिका अपनायो। र नेगेटिभ रिपोर्ट हात पार्यो। , कान्तिपुर अस्पतालको ल्याबबाट प्रहरीले धनुषा घर भई काठमाडौंको गौशाला बस्ने २५ वर्षीय कर्मचारी नागेन्द्रकुमार यादव र काभ्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने २९ वर्षीय माधव मैनालीलाई पक्राउ गरेको छ। , प्रहरीले यादवबाट १७ थान नक्कली रिपोर्ट पनि बरामद गरेको छ।, प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरूको रोहबरमा दुबै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटरलगायत उपकरण र पिसिआर टेष्ट दर्ता गरिएका रजिष्टरसमेत नियन्त्रणमा लिएको छ। , ती ल्याबले पिसिआर परीक्षण गर्न कुनै स्वाब बिचौलियामार्फत् आएको भए रजिष्टरमा कोडसमेत राख्ने गरेको अनुसन्धानबाट खुलेको छ। , कुनै व्यक्ति आफैं गएर रिपोर्ट बनाए रजिष्टरमा 'सेल्फ' भनेर लेख्थे। नक्कली रिपोर्ट बनाउन परे नामको छोटकरीमा कोड बनाएर राख्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। , प्रहरीले ल्याबमा काम गर्ने कर्मचारीलाई पक्राउ गरेपछि तिनीहरूका सञ्चालक भने फरार छन्।, रौतहट राजदेवी नगरपालिका-४ घर भई भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालका पिसिआर ल्याबका सञ्चालक ४० वर्षीय भावेश मिश्र र काठमाडौं महानरपालिका-३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रालिका ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी फरार छन्। , उनीहरूको ल्याब सिल गरिएको छ। फरार सञ्चालकको खोजी भइरहेको महाशाखाले जनाएको छ।, महाशाखाका प्रहरी उपरीक्षक कोइरालाका अनुसार बिचौलियाले रिपोर्ट सक्कलीजस्तै बनाए पनि स्वाब भने आफ्नै वा अरू कसैको राखेको पाइएको छ। , ‘रिपोर्टचाहिँ क्युआर कोड सहितको बनाए। उनीहरूको सिस्टममा पनि देखिने गरी बनाए,’ उनले भने, ‘तर स्वाब जसको नाममा रिपोर्ट बनेको हो उसको नभई बिचौलिया वा अरू कसैको हाल्ने भए। त्योसँगै उनीहरूले सिटी भ्याल्यू पनि तलमाथि गरेर पोजिटिभ रिपोर्टलाई नेगेटिभ बनाउने गरेको खुल्यो।’ , यी ल्याबले धेरैजसो विदेश जाने व्यक्तिको नक्कली रिपोर्ट बनाउने गरेको महाशाखाले जनाएको छ। , पक्राउ परेका बिचौलियासँग ती अस्पतालका कर्मचारीको परिचय पत्र फेला परेको छ। , पक्राउ परेकाहरूमाथि संक्रामक रोग ऐन, २०२० अन्तर्गत अनुसन्धान अघि बढ्ने प्रहरी उपरीक्षक कोइरालाले बताए। , राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रूना झाले नक्कली रिपोर्ट बनाउने ती दुई ल्याब निलम्बन गरेको बताइन्। , ‘नक्कली पिसिआर रिपोर्ट दिने भनेको आपराधिक गतिविधि नै हो। त्योअनुसार प्रहरीले नै कारबाही गर्नुपर्छ,’ उनले भनिन्,‘हामीले मापदण्डअनुसार बने/नबनेको हेर्ने हो। प्रहरीलाई हामीले सहयोग गर्ने हो। हिजो पनि हामीलाई भनेपछि साँझसम्म सँगै थियौं।’, तस्बिरहरू:,
अरूको कोरोना रिपोर्ट नेगेटिभ निकाल्न आफ्नै स्वाब दिने बिचौलिया
|
सेतोपाटी संवाददाता नेपालमा ८७.५ प्रतिशत कोरोना संक्रमितमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ नमुनाको जिन सिक्वेन्स गर्दा २१ वटामा ओमिक्रोन र ३ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको छ।, मन्त्रालयकी प्रवक्ता डाक्टर संगता मिश्राका अनुसार नेपालमा ओमिक्रोन भेरियन्ट हरेक प्रदेशमा पाइएको छ। , मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , ११ हजार ५ सय ८२ नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७५५५ जना निको भएका छन्। यस्तै १२ जनाले ज्यान गुमाएका छन्। , मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणदर ३५.९ प्रतिशत रहेको छ। , पछिल्लो २४ घन्टामा काठमाडौंमा ८६८ जना, ललितपुरमा १७० र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको छ। ,
,
नेपालमा ८७.५ प्रतिशत कोरोना संक्रमितलाई ओमिक्रोन
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ११२३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन्।, यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ७५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन्।,
काठमाडौं उपत्यकामा थपिए ११२३ संक्रमित
|
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू फागुन १ गतेदेखि सुरू गर्ने भएको छ।, त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको छ।, विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्।, साथै वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलवी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।, विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबसाइटमै राखेको छ।, कोरोना भाइरस संक्रमित बढेसँगै त्रिविले माघ मसान्तसम्म परीक्षा तथा कक्षा सञ्चालन गरेको थिएन। माघ ११ देखि अनलाइनबाट कक्षा सञ्चालन गरिएका थिए।,
स्थगित त्रिविका परीक्षा फागुन १ देखि सुरू हुने
|
सेतोपाटी संवाददाता नक्कली प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महनगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका-२८ भद्रकालीस्थित चेकपोइन्टबाट एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, बुधबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिका-८ डोलेश्वर घर बताउने २६ वर्षीय सोनाम तामाङलाई पक्राउ गरेको हो। , उनले चेकिङमा खटिएका प्रहरी जवान लालुप्रसाद यादवलाई आफू प्रहरी सहायक निरीक्षकको परिचय दिएका थिए। , तर प्रहरी जवान यादवलाई शंका लागेर चेक गरेको थियो। उनीबाट प्रहरीले प्रहरी सहायक निरीक्षकको दर्ज्यानी समेत लगाएको पोशाक र आठ वटा पासपोर्ट साइजका फोटो समेत फेला पारेको छ। , उनीमाथि प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको छ।,
,
,
असई हुँ भन्दै हिँडेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बुधबार) देशभर मनाइएको छ। , काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होसार पर्व मनाएका हुन्। गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होसारको रौनकता छाउने भए पनि यस वर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै सांस्कृतिक कार्यक्रम हुन सकेन। , गत वर्षमा ल्होसारको रौनक फरक भए पनि यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम नरहेकोले नरमाईलो लागेको टुँडिखेल पुगेकाहरु बताउँछन्। कोरोना भाइरसका कारण यस वर्ष घरमा पनि मानिसहरु भेला भएर राम्रोसँग मनाउन नपाएको उनीहरुले बताए। , सांस्कृतिक कार्यक्रम गर्नैपर्छ भन्ने नभए पनि सधैँ गरिरहेको तर यस वर्ष नहुँदा रमाइलो नलागेको उनीहरुको भनाइ छ।, सरकारले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ।,
टुँडिखेलमा छैन ल्होसारको रौनक
|
सेतोपाटी संवाददाता गत माघ १२ गते केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्यो।, प्रारम्भिक नतिजामा विभागले स्थानीय तहहरूको प्रारम्भिक जनसंख्या पनि समावेश गरेको छ।, विभागको त्यही प्रारम्भिक जनसंख्यालाई आधार मानेर अहिले विभिन्न मानिसहरूले दुइटा प्रश्न उठाएका छन्: हाम्रो स्थानीय तहको जनसंख्या अनपेक्षित रूपमा किन कम भयो? स्थानीय तहमा मतदाताभन्दा जनसंख्या कसरी कम भयो? जबकी मतदाता बन्न १८ वर्ष लाग्छ।, यी प्रश्नको चर्चा सामाजिक सञ्जालमा मात्रै सीमित छैन। रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्षले त आफ्नो पालिकामा फेरि जनगणना सुरू गरेका छन्।, गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गत शुक्रबारदेखि गाउँपालिकाले आफैं जनगणना गर्न सुरू गरेको जानकारी दिए।, तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक गलत रहेको दाबी गर्दै गाउँपालिकाले फेरि जनगणना सुरू गरेको उनको भनाइ छ।, विभागका अनुसार खाँडादेवी गाउँपालिकाको जनसंख्या १९ हजार छ। तर गाउँपालिकाको जनसंख्या कम्तीमा पनि ३३ हजार रहेको अध्यक्ष तामाङ दाबी गर्छन्।, उनले गाउँपालिकामा मतदाता संख्या मात्र २२ हजार रहेको हुँदा अहिलेको नतिजा गलत रहेको बताए।, आफूहरूले दुई वर्षअघि गरेको जनगणनामा पालिकाको जनसंख्या ३३ हजार देखिएकोमा अहिले १९ हजारमात्रै हुनु आश्चार्यको विषय भएको उनले बताए।, विभागका महानिर्देशक नेबिललाल श्रेष्ठ भने एउटा गाउँपालिका अध्यक्षले आफैं जनगणना गर्छु भन्नु अचम्मको कुरा भएको बताउँछन्।, ‘विभागले संयुक्त राष्ट्रसंघले बनाएका स्थापित विधि र प्रक्रिया अपनाएर वर्षौं लगाएर जनगणना गर्छ। हामीले त्यसरी गरेको जनगणना नमिल्ने र उहाँहरूले आजको भोलि गरेको गणना मिल्छ भन्ने कुरा सुनेर मलाई अचम्म लागेको छ,’ महानिर्देशन श्रेष्ठले सेतोपाटीसँग भने,‘कानुनले राष्ट्रिय जनगणना गर्ने अधिकार विभागलाई दिएको छ। जनगणना बहुआयामिक कुरा भएकाले यो स्थानीय तहले गर्न सक्ने विषय नै होइन।’, आफूहरूले सकेसम्म कोही नछुटून्, कोही नदोहोरिऊन् भनेर गणना गरेकाले कुनै नगरपालिकाको मेयर वा गाउँपालिकाको अध्यक्षले मलाई यो चित्त बुझेन भन्न नहुने उनले बताए।, ‘यसमा राजनीति पनि हुन सक्छ। पालिकाहरूमा संघ र प्रदेशबाट बजेट जाँदा जनसंख्यालाई आधार मान्ने गरिएको छ। जनसंख्या बढी भए बढी स्रोत आउँछ भन्ने कुरा होला। गाउँपालिकाबाट नगरपालिकामा स्तरोन्नति हुन पनि जनसंख्या बढी चाहिने भएकाले पनि केहीले यस्तो गर्नुभएको होला,’ महानिर्देशक श्रेष्ठले भने।, विभागका सूचना अधिकारी तीर्थराज चौंलागाईं प्रारम्भिक नतिजा भएकाले कुनै ठाउँको जनसंख्या तल-माथि हुनु स्वभाविक भए पनि आफैं जनगणना गर्नु फन्डा भएको बताउँछन्।, ‘केही स्थानीय तहका जनप्रतिनिधिले दुई वर्ष आफूले गरिदिएको जनगणनालाई मान्यता दिने विभागलाई भनेका थिए। उहाँहरूले गरेको गणना हाम्रो स्ट्यान्डर्डअनुसार नमिलेपछि मान्यता दिएनौं,’ चौंलागाईंले भने,‘अब उहाँहरूको कार्यकाल सकिने बेला केही फन्डा गर्नुभएको होला। त्यसले हामीलाई केही फरक पर्दैन।’, जनगणनाका बेला गाउँपालिकाका अध्यक्षहरू नै सहजीकरण समितिमा रहेकाले अहिले उनीहरूलाई सबै प्रक्रिया थाहा रहेको चौंलागाईंले बताए।, ‘कुनै ठाउँमा साँच्चै समस्या भएको रहेछ भने हामी फेरि जान्छौं। पोस्ट इनुमेरेसनको प्रक्रिया नै बाँकी छ,’ चौंलागाईंले भने। , पोस्ट इनुमेरेसन भनेको मूल गणना भएको ३ देखि ५ महिनामा गरिने अर्को सर्वेक्षण हो। यसबाट मूल गणनामा कति छुटेका रहेछन् भन्ने थाहा हुन्छ। विभागका अनुसार पोस्ट इनुमेरेसन गर्दा २०४८ सालको जनगणनामा ११, २०५८ मा ५ र २०६८ मा तीन प्रतिशत मानिस जनगणनामा छुटेको देखिएको थियो। , यसपालि विभागले अब दुई महिनापछि पोस्ट इनुमेरेसन गर्दैछ। , रामेछापको खाँडादेवी गाउँपालिकाले यसबारे विभागसँग कुनै सम्पर्क नगरेको चौंलागाईले बताए।, मतदाता नामावली र जनसंख्या फरक पर्नु सामान्य कुरा हो। , ‘यसमा दुइटा कुरा छ। पहिलो कुरा त मतदाता नामावली राजनीतिक कुरा हो। उहाँहरूसँग जुन लिस्ट हुन्छ, त्यो अपडेटेड हुँदैन। नभए चुनावमा किन जहिले ६०-६५ प्रतिशतमात्रै मत खस्छ त?,’ चौंलागाईंले भने,‘अर्को कुरा मतदाता नामावली मानिसहरूले पुर्ख्यौली घर जहाँ हो त्यहीबाट बनाउँछन्। मनाङको कुरा आएको छ अहिले, मनाङका धेरै मान्छे काठमाडौं र पोखरामा बस्छन् तर चुनावका बेला भोट हाल्न मनाङ पुग्छन्।’, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसंख्या अध्ययन विभागका प्राध्यापक योगेन्द्रबहादुर गुरूङ पनि कुनै ठाउँको जनसंख्या र मतदाताको संख्या फरक पर्नु सामान्य कुरा भएको बताउँछन्।, ‘मैले मतदाता नामावलीका आधारमा एक-दुई ठाउँमा सर्भे गरेको थिएँ, तर नामावलीमा नाम भएका व्यक्ति गाउँमा त भेटिँदै नभेटिने। भोट हाल्न मात्रै आउने रहेछन्,’ प्राध्यापक गुरूङले भने,‘अहिलेको जनगणना अक्सर मानिस कुन ठाउँमा बस्छ भन्ने आधारमा गरिएकाले मतदाता नामावलीसँग जनसंख्या नमिल्नु स्वभाविक हो।’, यी पनि पढ्नुुस्:, के जनगणनामा धेरै मानिस छुटेका छन्?, नेपालको जनसंख्या किन पुगेन तीन करोड?, जनसंख्या वृद्धिदर कम हुनु चिन्ताको विषय हो? (भिडिओ), ,
किन आफैं ‘जनगणना’ गर्दैछ खाँडादेवी गाउँपालिका? (भिडिओ)
|
रासस सुर्खेतको पर्यटकीय महत्वको मंगलगढी–काँक्रेबिहार सडकको स्तरोन्नति सुरू गरिएको छ।, स्थानीयको अवरोध, बन्दाबन्दीलगायत कारणले गत वर्षदेखि रोकिएको स्तरोन्नति कार्य थालिएसँगै सडक क्षेत्रभित्रका ३६ घरटहराहरू भत्काइएका छन्।, वीरेन्द्रनगर-९ का वडाध्यक्ष सुरेश मानन्धरले सडक क्षेत्रभित्रको मापदण्डमा पर्ने आंशिक र पूर्ण गरी ३६ घर भत्काइएको बताए।, वडा कार्यालयको समन्वयपछि स्थानीयले सडक विस्तारका लागि घर भत्काउन सहमति दिएको उनको भनाइ छ।, घर भत्काइएपछि निर्माण कम्पनीले सडक फराकिलो पार्न तथा नाला बनाउन थालिएको छ।, त्यस्तै, विद्युतका पोलहरू पनि सार्न थालिएको छ। , कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको यो सडक चालू आवमा ग्राभेल मात्र गर्ने योजना छ।, सडक पूर्वाधार निर्देशनालयका अनुसार २५ मिटर चौडाई, दुई मिटर फुटपाथ क्षेत्र बनाइनेछ।, १८ महिनाभित्र काम सक्ने गरी १२ करोड ७६ लाख १५ हजार रुपैयाँमा अमर सिस्ने नेपाल मेघा जेभीले स्तरोन्नतिको ठेक्का लिएको हो।, कम्पनीलाई वि.सं २०८० असार १५ गतेभित्र सडक स्तरोन्नति गरिसक्नुपर्ने कार्यादेश दिइएको छ।,
मंगलगढी–काँक्रेबिहार सडकको स्तरोन्नति सुरू
|
एजेन्सी नियमित विद्युत आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी सहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।, अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुतनिकसँग भने, ‘उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ।’ , राजधानी सहर काबुलमा विद्युतको अभाव भएको गुनासोबीच मध्य एशियाली राज्यहरू उज्बेकिस्तान, कजाकिस्तान र किर्गिस्तान समावेश भएको विद्युत प्रणालीमा पाइने प्राविधिक समस्याका कारण उज्बेकिस्तानबाट विद्युत प्रसारण रोकिएको टोलो न्यूजले बतायो।, सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई आवश्यक पर्ने ऊर्जाको मात्रा ८५० मेगावाट रहेको उल्लेख गरेको थियो । छिमेकी मुलुकहरूबाट ६२० वाट ऊर्जा उपलब्ध गराइएको स्पुतनिकले जानकारी दिए।, यसअघि जनवरीमा उज्बेकिस्तानले अफगानिस्तानमा विद्युत आयात घटाएको थियो। जसका कारण अफगानिस्तानका विभिन्न प्रान्तमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको हो। जनवरी २५ मा यस क्षेत्रमा ठूलो विद्युत अवरोध हुँदा उज्बेकिस्तानले अफगानिस्तानमा निर्यात विद्युत काटेको थियो भने यसलाई मंगलबारदेखि पुनः स्थापित गरिएको छ। ,
काबुलमा नियमित विद्युत आपूर्तिमा समस्या, ५८० भन्दा बढी कम्पनी बन्द हुने अवस्थामा
|
सेतोपाटी संवाददाता खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान रावाबेशी गाउँपालिका-५ भदौरेस्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, ढुंगा बोक्न जाँदै गरेको प्रदेश २-०३-००१त ३२९४ नम्बरको ट्याक्टर सडक साइडमा कोल्टे परी दुर्घटना हुँदा रावाबेशी-५ का रोशन बिकको मृत्यु भएको हो।, ट्याक्टरबाट लडेर चक्काले किची उनको घटनास्थलमै मृत्यु भएको थियो।, ट्याक्टर र चालक रावाबेशी-३ का रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।,
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।, आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि हुने भएको हो।, आयोगले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने कार्यक्रम तोकेको हो ।, लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ।, आयोगले निर्धारित लिखित परीक्षाका परीक्षा केन्द्र तोकेर यथाशीध्र जानकारी गराइने जनाएको छ।, ,
कोरोनाका कारण रोकिएका लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ देखि सुरु हुने
|
रासस नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन्।, बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम अझै थालिएको छैन। कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने सुरू भएको छ। तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयबासीले गुनासो गरेका छन्।, गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा अहिलेसम्म पनि नियन्त्रणको काम सुरू भएको छैन।, कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ। रुपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजनाको काम भने सुरू गरिएको छ।, ‘मध्य हिउँद बितिसक्यो, अझै काम सुरू भएको छैन, हिउँदमा नदीको सतह घटेका समयमा काम हुँदैन, बर्खा लागेपछि काम सुरू हुन्छ’, बगरफाँटका जीतबहादुर कार्कीले बताए।, यसैगरी प्राकृतिक उपचारस्थलका रूपमा परिचित बेनी–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि अहिलेसम्म काम सुरू नभएको स्थानीयबासी कुमार केसीले जानकारी दिए।, ‘हिउँद बित्नै लाग्यो, अहिलेसम्म बजेटको समेत व्यवस्थापन हुनसकेको छैन’, उनले भने।, मसारमा नदी कटानबाट दुई घर भत्किएका र १५ परिवार विस्थापित थिए। दुई सय घर कटानको उच्च जोखिममा रहेका उनले जानकारी दिए। यसैगरी बेनी–२ बगरफाँटमा पनि कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन हुनसकेको छैन।, शिरानमा विशाल भिरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीव्र कटानका कारण बेनी –२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ। २०५७ सालदेखि सो नदीले कटान गर्न सुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिंदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन्।, जिल्ला नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने नदीको तीव्र गतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयबासीले बताएका छन्।, ‘गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास सधैंभरि रहिरहन्छ’, म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।, सो नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको उनको भनाइ छ।, अनुसार बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हुन्छ।, पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको छ। आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिराका कारण गाउँको शिरानमा रहेको जङ्गल नासिँदै गएको छ भने बस्ती मासिँदै गएको छ।, पहिराले गाउँ कुरूप बन्दै जान थालेको र शिरानका पाँच घर परिवारले आफ्नो घर नै छाडेर बसाइँ सरिसकेका स्थानीयबासी कृष्ण रिजालले बताए।, सिङ्गा तातोपानीको सरस्वती मावि र ज्वालामाई भगवती आमा समूहको भवनसमेत कटानका जोखिममा छ। तत्कालै नियन्त्रणको काम सुरू नगरे आउने बर्खामा सो नदीमा आउने बाढीले थप क्षति गर्ने खतरा रहेको जनाइएको छ।, सो विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले नदी नियन्त्रण योजनाका लागि बजेट व्यवस्थापन गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा जाने तयारी भएको जानकारी दिए।,
,
अझै सुरू भएन म्याग्दीमा नदी नियन्त्रणको काम
|
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, सुनसरीको धरानबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३२५५ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषधसहित सप्तरीका ४६ वर्षीय शिवचरण दासलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, उनले बोकेको झोलाबाट १ हजार २० एम्पुल लागुऔषध (डाइजेपाम, नोफिन र फेनारगन) फेला पारिएको थियो। हाल उनीमाथि औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरीवृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। , नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ , यसैबीच प्रहरीले काठमाडौँको भद्रकालीबाट आज नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ। यहाँस्थित सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ।, उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।,
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
|
सेतोपाटी संवाददाता जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ। राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो। , आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो।, आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३/३ वडाबाट काम सुरू गर्न लागिएको हो। सुरूआती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ। , भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ।, पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ। तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ।,
आजदेखि चितवनका सुकुम्बासीको जग्गा नापिने
|
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। , बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वागमती प्रदेशका केही स्थानमा मेघ गर्जन/चटयाङसहित वर्षा हुनेछ। अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। , यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। , चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तै शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रही देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।, शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरुपमा सुधार हुने महाशाखाले औँल्याएको । ,
आज देशभर वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
|
रासस दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो।, ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।, तीनै जना होटल सञ्चालक भए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ।, उनीहरुले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।,
नेटवर्किङ व्यवसायमा संलग्न होटल सञ्चालक पक्राउ
|
सेतोपाटी संवाददाता झापाको जुत्ता उद्योगमा आगलागी भएको छ। , जिल्ला प्रहरी कार्यालयका अनुसार मेचीनगर नगरपालिका-६स्थित एक उद्योगमा बिहीबार बिहान पौने १२ बजे आगलागी सुरू भएको हो।, श्याम खेताङले संचालन गरेको एसएस फुटवेर जुत्ता उद्योगमा आगलागी भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।, स्थानीयबासीले जुत्ता फ्याक्ट्रीमा आगलागी सुरू भएलगत्तै निभाउने प्रयास गरेका थिए। स्थानीयबासीले निभाउन नसकेपछि मेचीनगर नगरपालिकाको दमकल र प्रहरीलाई खबर गरेका थिए।, नगरपालिकाको बारुणयन्त्र बिग्रिएर थन्किएकाले क्षणभरमै आगोले उग्ररूप लिएको स्थानीयबासीले बताएका छन्।, आगलागी भएलगत्तै ७ मिनेट दुरीमा पार्किङ गरिएको दमकल नबिग्रिएको भए आगो तत्काल नियन्त्रणमा आउने स्थानीय भोजराज निरौलाले बताए।, उनले भने, ‘यो नगरपालिकाको चरम लापरबाही हो। आकस्मिक सेवाका बिग्रिएका साधन बनाएर राख्नुपर्छ।’ , आगलागीको कारण थाहा हुन सकेको छैन। ,
झापाको जुत्ता उद्योगमा आगलागी
|
सेतोपाटी संवाददाता बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।, बासगढी नगरपालिका-३ स्थित पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रारा चाउचाउ कम्पनी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। , बिहीबार बिहान सवा ३ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले बताए। , कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायात प्रालिको ना.५.ख.५३८२ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल पल्टिँदा दुर्घटना भएको डिएसपी शाहीले जानकारी दिए। , दुर्घटना भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुरका टोली घटनास्थनमा पुगेको थियो। , घटनापश्चात प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेका हुन्। , डिएसपी शाहीका अनुसार बसमा सवार ३५ जना घाइतेको उपचारको लागि कौशिल्या अस्पताल बासगढीमा लगिएको छ। , सामान्य घाइते भएका २४ जनालाई उपचार पश्चात डिस्चार्ज गरेको छ। , गम्भीर भएका ११ जनालाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पठाएको डिएसपी शाहीले बताए। , उनले कैलाली धनगढी उपमहानगरपालिका-१७ वर्षीया चालक किसन सिंह खत्रीलाई नियन्त्रणमा लिएको बताए। , प्रहरीले घटनाबारे थप अनसुन्धान अगाडि बढाएको छ।,
,
बर्दियामा बस दुर्घटना हुँदा ३५ घाइते
|
राजेश घिमिरे कोरोना संक्रमित भएर उपचार गराएका बिरामीहरूले चितवनका मेडिकल कलेजहरूले आफूसँग उपचार खर्च लिएर सरकारसँग पनि शोधभर्नाका लागि दाबी गरेको गुनासो गरेका छन्।, सरकारले गत वैशाखदेखि असार १५ गतेसम्म कोरोना संक्रमित बिरामीको नि:शुल्क उपचार गर्ने सम्झौता चितवनका दुई मेडिकल कलेजहरूसँग गरेको थियो।, उक्त सम्झौताअनुसार चितवन मेडिकल कलेजले ९ सय ६६ र पुरानो मेडिकल कलेजले १ सय ७६ जना कोरोना संक्रमितहरूको उपचार गरेका थिए।, ती बिरामीहरूलाई उपचार गरेबापतको रकम शोधभर्ना गरिदिन दुई मेडिकल कलेजले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेका छन्। , मन्त्रालयले भने रकम सिधै शोधभर्ना नगरी जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्र लेखेर वैशाखदेखि असार १५ गतेसम्म उपचार गराएका कोरोना संक्रमित बिरामीहरूको नि:शुल्क उपचार भए/नभएको छानबिन गरी पठाइदिन आग्रह गर्यो।, सोही पत्रका आधारमा प्रशासनले दुई मेडिकल कलेजहरूले उपचार गराएका कोरोना संक्रमित बिरामीहरूको सूची नै सार्वजनिक गरेर नि:शुल्क उपचार भए/नभएको उजुरी वा गुनासो भए प्रमाणसहित निवेदन दिन आह्वान गर्यो।, सूचनापछि उक्त समयमा कोरोना संक्रमण भएर उपचार गराएका बिरामीहरू उजुरी गर्न प्रशासन कार्यालय पुगेका थिए।, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार तोकिएको समयभित्र १० जनाले उजुरी दर्ता गरेका छन्।, १० वटै उजुरी चितवन मेडिकल कलेजविरूद्ध परेको उनले बताए।, उजुरी दर्ता गर्नेले मेडिकल कलेजले आफ्नो उपचारमा छुट नगरेको दाबी गरेका छन्।, ‘आफूसँग उपचार खर्च लिएको र सरकारसँग पनि पैसा मागेको थाहा पाएको भन्दै उपचार खर्च फिर्ता गर्नुपर्यो भनेर उजुरी दर्ता भएका छन्,’ पौडेलले भने, ‘ती उजुरी उपर छानबिन चल्दैछ।’, बाराको सिमारा घर भएका ४२ वर्षीय केशव न्यौपानेले १७ दिन चितवन मेडिकल कलेजको आइसियूमा उपचार गराए। त्यसबापत ८ लाख रुपैयाँभन्दा बढी बुझाएको बिल उनीसँग छ। तर मेडिकल कलेजले सरकारसँग उनको उपचार गर्दाको २ लाख ५५ हजार रुपैयाँ शोधभर्ना मागेको छ।, आफूले तिरेको बिल देखाउँदै केशव न्यौपाने, ‘वीरगञ्जमै कोरोना संक्रमण पुष्टि भएपछि केही दिन वीरगञ्ज हेल्थ केयरमा उपचार गराई चितवन आएर सिधै आइसियूमा मेरो उपचार सुरू भयो। १७ दिनमा म आइसियूबाटै डिस्चार्ज भएँ,’ न्यौपानेले भने, ‘उपचारकोमात्रै ८ लाख रुपैयाँभन्दा बढी बुझाइयो। औषधीको डेढ लाख रुपैयाँ भन्दा बढी खर्च भयो।’, उनले १७ दिन उपचार गर्दा सरकारले उपचारमा छुट दिन्छ भन्ने आफूले जानकारी नपाएको बताए।, ‘बरु स्टाफहरूले जति बढी बस्यो उति बेड चार्ज बढ्छ भन्थे,’ उनले भने, ‘खर्च बढ्न थालेपछि आइसियूबाट अर्को वार्डमा नगई घर फर्किएको थिएँ।’, प्रशासनले उजुरी दिन सूचना जारी गरेपछि बाराबाट चितवन आइपुगेको न्यौपानेले बताए। , भरतपुरका कृष्ण भण्डारी कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजको एसडियूमा ६ दिन, ८ दिन आइसियूमा र २३ दिन भेन्टिलेटरमा रहेका थिए। उनले उपचार खर्चबापत ५ लाख ८२ हजार ७ सय ८० रुपैयाँ बुझाए। औषधीका लागि पनि गरेर १३ लाख रुपैयाँभन्दा बढी बुझाएको बताए।, मेडिकल कलेजले उनको उपचार गराउँदाको ५ लाख ७ हजार रुपैयाँ सरकारसँग सोधभर्ना मागेको छ।, आफ्नो उपचारको खर्च मेडिकल कलेजले सरकारसँग मागेको थाहा पाएपछि उनी जिल्ला प्रशासनमा उजुरी गर्न पुगे।, ‘मलाई पहिले मन्त्रालयबाट पनि उपचार खर्च के गर्नुभयो भनेर फोन आएको थियो। आफैंले बुझाएँ भनें। त्यसपछि कुरा के भइरहेको छ थाहा थिएन। प्रशासन कार्यालयले निकालेको सूचनामा मेरो उपचारको खर्च पनि मेडिकल कलेजले सरकारसँग मागेको थाहा पाउँदा छक्कै परें,’ भण्डारीले भने।, भरतपुर–१२ का मानबहादुर रजाली मगर र उनकी श्रीमतीले कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा उपचार गर्दा १० लाख रुपैयाँभन्दा बढी खर्च भएको बताए।, तर अस्पतालले आफ्नो उपचार नि:शुल्क गरेको भनेर सरकारसँग दाबी गरेपछि उजुरी दिन प्रशासन पुगेको बताए।, पुरानो मेडिकल कलेजमा उपचार गराएका बिरामीको उजुरी प्रशासनमा परेको छैन। तर यहाँ उपचार गराएका केही बिरामीका आफन्तले उपचार खर्चमा कुनै छुट नपाएको बताएका छन्।, उनीहरूले सूचना प्रकाशन भएको जानकारी समयमै नपाउँदा उजुरी गर्न नसकेको बताए।, पुरानो मेडिकल कलेजले त्यहीँ कार्यरत स्वास्थ्यकर्मीहरूको उपचार खर्च पनि सरकारसँग मागेको छ।, ‘अस्पतालले कर्मचारीको उपचार नि:शुल्क गर्यो भनेर खुसी भएको त सरकारसँग माग्न पाइन्छ भनेर पो रहेछ। मेरो उपचार खर्च पनि शोधभर्नाका लागि पठाइएको थाहा पाएँ,’ एक स्वास्थ्यकर्मीले भने।, सरकार र मेडिकल कलेजहरूका बीचमा आइसोलेसनमा बसेको प्रतिदिन २ हजार, एचडियूको ३ हजार ५ सय र आइसियू र भेन्टिलेटरमा बसेको १५ हजार रुपैयाँ शोधभर्ना हुनेगरी कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने सम्झौता भएको थियो।, उक्त सम्झौताअनुसार उपचार गरेको दाबी गर्दै चितवन मेडिकल कलेजले १० करोड ९५ लाख ८ हजार र पुरानो मेडिकल कलेजले करिब एक करोड रुपैयाँ बराबरको उपचार नि:शुल्क गरेको दाबी गर्दै शोधभर्ना मागेको छ।, चितवन मेडिकल कलेजले ५२ दिन भेन्टिलेटरसहित ५६ दिन उपचार गरेको बिरामीको ८ लाख ४० हजार रुपैयाँसम्म माग गरेको छ। अन्य केही बिरामीको उपचार खर्च पनि ८ लाख रुपैयाँ भन्दा बढी मागेको छ। १२ जना बिरामीको उपचार खर्च ५ लाख रुपैयाँ भन्दा बढी लागेको विवरण उसले बुझाएको छ।, कलेजले भने बिरामीले तिरेको खर्च कोरोना संक्रमण हुनुअघि र नेगेटिभ नतिजा आएपछिको भएको दाबी गरेको छ।, दोहोरो शुल्क लिएको कुरा गलत भएको अस्पतालले बताएको छ। , पुरानो मेडिकल कलेजले एउटा बिरामीको अधिकतम दुई लाख ७० हजार रुपैयाँसम्म उपचार खर्चको शोधभर्ना मागेको छ।, यस मेडिकल कलेजले उपचारमा बढी पैसा लिएको भनेर गत वर्ष पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो।, उक्त उजुरी माथि छानबिन गरेर प्रतिवेदन केन्द्रमा पठाइसकेको प्रशासनले जनायो।, जिल्ला प्रशासन कार्यालयले दुई मेडिकल कलेजले दाबी गरेको शोधभर्नाको सम्बन्धमा उजुरी दर्ता नगर्नेको हकमा पनि अनुसन्धान भइरहेको जनाएको छ।, उजुरी परेका कागजातहरू सबै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाउने प्रशासनले जनाएको छ।,
कोरोना बिरामीको नि:शुल्क उपचार गरेको भन्दै मेडिकल कलेजले सरकारसँग मागे १२ करोड
|
सेतोपाटी संवाददाता जापानले नेपालमा कोरोना खोप भण्डारण क्षमतालाई विस्तार गर्नका लागि अनुदान सहायता उपलब्ध गराएको छ।, युनिसेफसँगको सहकार्यमा जापानले ९ वटा वाक इन कुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सिन रेफ्रिजेनेटर, एक हजार १०९ वटा भ्याक्सिन क्यारियर्स र ५३ वटा कोल्ड बक्स उपलब्ध गराएको हो। , नेपालका लागि जापानी राजदूत किकुता युताकाले हाल नेपालले कोभिड-१९ को तेस्रो लहरको सामना गरिरहेको र यो बेला खोप अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै खोप भण्डारण क्षमतालाई थप विस्तार गर्नका लागि आवश्यक उपकरण सहयोग गरिएको बताए। , जापानले यसअघि पनि कोभिड महामारीलाई लक्षित गरी नेपाललाई एम्बुलेन्स, विभिन्न प्रकारका मेडिकल सामग्री सहयोग गरेको थियो। , नेपालसँग सीमित खोप भण्डारण गर्ने क्षमता हुँदा बेला-बेला आयात भएर आउने खोपहरू भण्डारण गर्न समस्या हुँदै आएको छ।, भण्डारण क्षमता सीमित हुँदा नेपालले खरिद गरिएको र अनुदानमा पाउने खोपहरू चरण-चरण गरेर ल्याउने गरेको छ।,
नेपालमा खोप भण्डारण क्षमता विस्तारका लागि जापानको सहयोग
|
युवराज श्रेष्ठ हाँस प्रजातिको सानो र सुन्दर चरा हरिहाँस (कटन पिग्मी गुज) अचेल पोखराको खास्टे तालमा देखिँदैन।, साइबेरियाबाट नेपाल आएपछि यो चरा यतै बस्न थालेको थियो। अहिले हरिहाँस कैलालीको घोडाघोडी तालमा मात्र देखिने पन्छी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्।, कपासको भुवाजस्तो प्वाँख भएको हरिहाँसले शिरमा कालो मुकुट लगाउँछ। कालै आँखा भएको यो चराले पखेटामा पनि कालै पोतेको छ। घाँटीदेखि शरीरका अन्य भाग निख्खर सेतो प्वाँखले ढाकिएको हरिहाँस बढीमा १६० ग्राम मात्र हुन्छ।, सिमसारका सफा पानीमा पौडिँदै आहारा खोज्नु हरिहाँसको दिनचर्या हो। तालनजिकै दलदल परेको भागमा तैरिएका वनस्पति भएका ठाउँ हरिहाँसलाई मन पर्छ।, पोखराका तालमा कमल फूल फुल्दा हरिहाँस रमाउने गरेको पन्छीविज्ञ घिमिरे सम्झन्छन्। तालनजिकै सिमलको रूखमा प्वाल पारेर बासस्थान बनाउने हरिहाँस यस वर्षको गणनामा देखिएनन्।, पन्छी समाज पोखरा र टाइगर माउन्टेन लजले अन्तर्राष्ट्रिय संस्थासँग मिलेर बर्सेनि पोखराका चरा गणना गर्छन्। यस वर्ष जनवरी १०, ११ र १२ गरी तीन दिन गणना गरिएको थियो। चरा विज्ञसहित ५४ जना मिलेर पोखराका सम्पूर्ण तालतलैया र नदी आसपास खोज्दासमेत हरिहाँस नभेटिएको घिमिरे बताउँछन्।, उनका अनुसार पोखरामा हरिहाँस सन् २०१८ बाटै देख्न छाडेको हो।, साइबेरियाबाट पोखरा आएपछि हरिहाँसले खास्टे ताल मन पराएर बसेको थियो। यतै अन्डा पार्थ्यो, चल्ला कोरल्थ्यो। हुलका हुल देखिने हरिहाँस सन् २०१८ मा चारवटा मात्र देखिए। त्यति बेलै पोखराबाट हरिहाँस हराउन थालेको भनेर चराप्रेमीहरू चिन्तित बनेका थिए।, 'हामीले देख्दा देख्दै हरिहाँस हरायो,' घिमिरेले भने, 'पोखराका तालहरू हरिहाँस बस्न लायक रहेनन्।', खास्टे तालमा केही वर्षअघि देखिएको हरिहाँस (कटन पिग्मी गुज)। तस्बिर सौजन्य: मनशान्त घिमिरे, नेपाल जुलोजिकल सोसाइटी गण्डकीका अध्यक्ष हेमन्त ढकाल खास्टे तालबाट हरिहाँस हराउनुमा मान्छेको अतिक्रमण मुख्य कारक रहेको बताउँछन्।, वन्यजन्तु र वातावरणीय संरक्षणमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संस्थादेखि नेपालका सरकारी निकाय र सिमसार अतिक्रमणकारी यसका भागीदार भएको उनको भनाइ छ।, विश्व वन्यजन्तु कोषको लगानीमा पोखराका तालहरूमा 'हरियो वन कार्यक्रम' लागू भएको छ। खास्टे ताल संरक्षण गर्ने नाममा स्थानीयको एउटा समूहले ताल सौन्दर्यीकरण गर्न बजेट पाएको थियो। उनीहरूले तालको मुहानतर्फ र किनारामा तैरिएका वनस्पति निकालेर फाल्ने योजना बनाए।, सिमसारका वनस्पति फाल्न लागेको थाहा पाएर ढकालसहितको टोलीले त्यसो नगर्न सुझाव दिएका थिए। तर कसैले उनीहरूको कुरा सुनेनन्।, परिणाम, तालबाट हरिहाँस हरायो।, खास्टे ताल अतिक्रमण यतिमै रोकिएन। ताल वरिपरि पदमार्ग बनाउन पोखरा महानगर र सरकारका अन्य निकाय संलग्न भए। ताल वरिपरि डोजर चलाइयो। त्यतिले नपुगेर रिङरोड बनाउने भन्दै खास्टे तालको चारैतिर डोजर कुदाइयो। डोजरले तालको बीचबाटै बाटो लगेको छ। बाटोकै लागि सिमसारमा अन्यत्रबाट ढुंगामाटो लगेर पुरिएको छ।, 'अब खास्टे तालमा हरिहाँस कहिल्यै आउँदैनन् होला,' ढकालले चिन्ता पोखे, 'मान्छेले गरेका सबै अतिक्रमण रोकेर पुरानै स्वरूपमा सिमसार ब्युँताउन अब गाह्रो छ।', खास्टे ताल पुरेर बनाइएको मोटरबाटो। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, खास्टे तालकै हालत छ, दिपाङ तालको।, साइबेरियाबाट होस् वा चीन, ताइवान लगायत देशबाट- जाडो छल्न धेरै चरा दिपाङ ताल पुग्थे। जाडो याम सुरू हुनासाथ दिपाङ तालमा चराहरूकै साम्राज्य देखिन्थ्यो। यही तालमा धेरै चराले अन्डा पार्थे र चल्ला कोरल्थे। त्यति बेला स्थानीयले चराहरू हनिमुन मनाउन आएको भन्थे।, अब पोखरामा चराहरू हनिमुन मनाउन आउँदैनन्। चराले हनिमुन मनाउने ठाउँ मान्छेका 'डेटिङ डेस्टिनेसन' मा परिणत भएका छन्।, दिपाङ तालको क्षेत्रफल बढाउन पहिला पानी बग्ने ठाउँतर्फ बाँध लगाइएको छ। तालको छेउबाट रिङरोड बनाउन डोजर कुदाइएको छ। पिकनिक खाने ठाउँ बनाइएको छ। यतिले नपुगेर सिमसारमा तैरिएका वनस्पति सोहोरेर फालिएका छन्। यसले दिपाङ ताल चराका लागि उपयुक्त रहेन, मान्छे मात्रैको गन्तव्य बनेको छ।, फेवातालको हालत उस्तै छ। पोखराका मैदी, न्युरिनी, गुँदे र रूपा ताल पनि तीव्र गतिमा फेवातालको हालतमा जाँदैछन्।, त्यस्तै, बेगनास तालको मुहान पोखरा– ३१ स्याङ्खुदीमा रहेको सिमसारमा केही दिनअघि मात्र डोजर चलेको छ। त्यहाँ बाँध बाँधेर तालको क्षेत्रफल बढाउन ४० वर्षअघि सरकारले मुआब्जा दिएर स्थानीयको ५ सय रोपनी खेत अधिग्रहण गरेको थियो। बाँधले तालको क्षेत्रफल बढायो, सिमसार क्षेत्र पनि फराकिलो बन्यो।, खेत अधिग्रहण गरेर सिमसार बनेको ठाउँमा कोट देउराली बहुउद्देश्यीय सहकारीका नाममा माछापालन गर्न डोजर चलाइएको स्थानीयले बताएका छन्।, डोजर लगाएको ठाउँमा पानीले डुबेको दलदले छ। यहाँ पानीमा तैरिएका विभिन्न प्रजातिका वनस्पति छन्। उक्त ठाउँ खोलाबाट ढुंगा, गिटी, बालुवा लगेर पुरिएका छन्। सिमसारको बीचबीचै डोजर कुद्ने बाटो बनेका छन्।, यसरी सिमसार पुर्न पोखरा महानगर र वडा कार्यालयले नै अनुमति दिएको सहकारीका सदस्य माधव तिवारीले जानकारी दिए।, सहकारीबाट डोजर चलाउने जिम्मा पाएका उमानाथ तिवारी ३० रोपनी सिमसारमा माछापालन गर्न डोजर लगाएको बताउँछन्। उनका अनुसार सिमसारमा २६ दिनसम्म डोजर लगाउँदा ३० लाख खर्च भइसकेको छ।, सरकारले सिमसार बनाउने भनेर अधिग्रहण गरेको जमिन अरू कसैलाई माछापालन गर्न दिन मिल्दैन। जग्गा प्राप्तिसम्बन्धी ऐनले जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्योबाहेक अरू काममा लगाउन मिल्दैन भन्छ।, पोखरा महानगरले सिमसार जोगाउनभन्दा अतिक्रमणलाई सहयोग गरेको संरक्षणकर्मीहरूको भनाइ छ।, फेवातालमा व्यावसायिक प्रयोजनका लागि पुरिएको सिमसार। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, फेवातालमा थुप्रिएका फोहोर। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, चरा बस्ने ठाउँ वातावरणीय रूपमा सुरक्षित मानिन्छ। चराले पिउने पानी स्वच्छ र खाने आहार शुद्ध ठानिन्छ। ताल आसपास खेती गर्दा प्रयोग गरिएका रासायनिक मल र विषादीले पनि चरालाई अन्यत्र सर्न दबाब दिएको छ। पोखराबाट चरा हराउनुको अर्थ तालहरूमा प्रदूषण बढ्नु हो भनेर विज्ञहरू बताउँछन्।, 'चरा बस्न नसक्ने ठाउँ अन्य जीवका लागि पनि उपयुक्त हुँदैन,' ढकालले भने, 'सिमसार जोगाउनु भनेको अरूका लागि होइन, हाम्रै लागि हो भनेर सरकारले बुझिदिएन।', मान्छेका लागि चरामा गुणैगुण भएको पन्छी समाजका अध्यक्ष घिमिरे बताउँछन्।, प्रकृतिबाट चराको विनाश हुनु भनेको मान्छेका लागि खतरा भएको उनको भनाइ छ। चराले बोटबिरूवा, फलफूल र अन्नको परागसेचन गराउँछ। फलफूल र अन्नबाली खाने कीरा, फट्याङ्ग्रा खाइदिएर किसानलाई सहयोग गर्छ। वनस्पतिका बीउ अन्यत्र छर्छ। प्रकृतिलाई सन्तुलनमा राख्छ।, 'चराबिनाको प्रकृतिमा मान्छे कसरी बाँच्न सक्ला?' घिमिरेले भने, 'सिमसार विनाशको पहिलो असर चरामा देखिएको छ, तर मान्छेका लागि सबभन्दा खतरा देख्छु।', नेपालमा ८८९ प्रजातिका चरा पाइन्छन्। पोखरामा यस वर्षको चरा गणनामा ४८४ प्रजाति रेकर्ड भएको घिमिरेले बताए। नेपाल र विश्वव्यापी रूपमै लोपोन्मुख र संवेदनशील अवस्थामा रहेका चरा भने पोखराबाट बर्सेनि घट्दै गइरहेको चरा विज्ञहरूले निष्कर्ष निकालेका छन्।, पोखराका ताल संरक्षण गर्न सरकारी र गैरसरकारी क्षेत्रले मनग्गे लगानी गरिरहेका छन्। स्थानीय समुदायले पनि सहकारीमार्फत् माछापालन गरिरहेका छन्। माछापालन गर्नु चराका लागि उपयुक्त भए पनि कतिपय ठाउँमा चरा मार्ने, गुँड भत्काइदिने र भगाउने प्रवृत्ति बढेको घिमिरेले बताए। ठाउँ-ठाउँमा सिमसार मासेर व्यवसाय विस्तार गरिएका छन्।, अहिले सरकारी र गैरसरकारी क्षेत्रबाट सिमसारमा भएका लगानीले सिमसारकै विनाश गरेको उनको ठम्याइ छ।, तालमा पानीको मात्रा बढाउन बाँध बाँध्नुसम्म घिमिरे सहमत छन्। तर उनलाई पानीले ढाकेको क्षेत्रमा चारैतर्फ सिमेन्टको बाँध लगाएको मन परेको छैन। अझ पर्खालभित्र पानीमा तैरिएका वनस्पति सोहोरेर फाल्नु आपत्तिजनक भएको उनले बताए।, 'ताल संरक्षणका नाममा सिमसार मासिएको छ,' घिमिरेले भने, 'सिमसार भनेको पोखरी होइन, त्यस वरिपरिका दलदले हिलो, त्यहाँ रहेका वनस्पति र जीवजन्तु हुन्, यसको पो संरक्षण हुनुपर्छ।', पोखराका तालमा बढेको प्रदूषणमा पनि कसैको चिन्ता छैन। सबैजसो तालमा मदिराका बोतल, प्लास्टिकजन्य पदार्थ लगायत नकुहिने फोहोर थुप्रिएका छन्। यसले सिमसार र तालको पानी प्रदूषित बनाएको छ। फोहोर पानी शुद्धीकरण गर्ने सिमसारलाई नै मान्छेले फोहोर फाल्ने 'डम्पिङ साइट' बनाएको घिमिरे बताउँछन्।, फेवातालमा पानीसँगै जोडेर बनाइएको सिमेन्टको पर्खाल। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, बेगनास तालको मुहान स्याङ्खुदीमा माछापालन गर्न पुरिएको सिमसार। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, यसरी विकास र व्यवसायका नाममा भइरहेका अतिक्रमणले पोखराका ताल अन्तर्राष्ट्रिय प्राकृतिक सम्पदा सूचीबाट हट्न सक्नेतर्फ विज्ञहरूले सचेत गराउँदै आएका छन्।, पोखरामा रहेका ९ वटा ताल अन्तर्राष्ट्रिय रामसार सूचीमा पर्छन्। यो सूचीबाट जुनसुकै बेला हट्न सक्ने घिमिरेले बताए।, इरानको रामसार सहरमा सन् १९७१ मा जलपन्छी संरक्षणमा लागेका विश्वभरका वैज्ञानिकको सम्मेलन भएको थियो। सम्मेलनले सिमसार संरक्षणका लागि पारित गरेको सन्धिलाई नै रामसार महासन्धि भनियो। यही सन्धिका आधारमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र सूचीकृत गरेर रामसार क्षेत्र घोषणा गरिएको थियो।, नेपालले रामसार महासन्धि सन् १९८७ मा अनुमोदन गरेको थियो। दुर्लभ, संकटमा परेका, लोप हुने अवस्थाका पन्छी र महत्वपूर्ण वनस्पति सिमसार क्षेत्र मात्रै रामसार सूचीमा पर्न सक्ने वातावरणविद् राजु आचार्य बताउँछन्।, नेपालले सुरूआतमा पोखराका फेवाताललाई मात्र रामसार सूचीमा राख्न सिफारिस गरेको थियो। रामसार मापदण्डअनुसार फेवातालमा आश्रित वनस्पति र जीवजन्तुले मात्र रामसार क्षेत्रको मापदण्ड पूरा भएन। त्यसपछि फेवा, बेगनास, रूपा, दिपाङ, मैदी, खास्टे, गुँदे, न्युरेनी र कमलपोखरीलाई एउटै समूहमा राखेर रामसार क्षेत्र घोषणा गरिएको थियो।, रामसार मापदण्डअनुसार पोखराका तालमा झैं डोजर लगाउन, विकासका नाममा पानीको छेउछाउमा सिमेन्टको पर्खाल लगाउन, बाटो बनाउन, सिमसारका वनस्पति विनाश गर्न पाइँदैन। मापदण्डविपरीत गतिविधि तीव्र भएको र महासन्धिमा उल्लिखित जीव र वनस्पति देखिन छाडेकाले पोखराका ताल जुनसुकै बेला सूचीबाट हट्न सक्ने आचार्यले बताए।, विश्वका १६९ भन्दा बढी देशका २ हजार २२ भन्दा बढी सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन्।, रामसार महासन्धिका अनुसार विश्वका ६० प्रतिशतभन्दा बढी मानिस सिमसार क्षेत्रमा बसोबास गर्छन्। सिमसार उपयोग गरेर जीविकोपार्जन गर्छन्। पोखराका तालको विनाशले यहाँका रैथानेदेखि व्यवसायीलाई असर पार्ने उनको निचोड छ।, रामसार सूचीबाट पोखराका ताल बाहिरिँदा नेपालले प्रकृति संरक्षण गर्न नसकेको सन्देश अन्तर्राष्ट्रिय स्तरमै जाने पन्छी समाजका अध्यक्ष घिमिरेको चेतावनी छ।, 'रामसार सूचीबाट हट्दा नेपालले प्रकृति संरक्षण गर्न सकेन भन्ने सन्देश जान्छ,' घिमिरेले भने, 'नेपालले प्रकृति संरक्षण गर्दा पाउने अन्तर्राष्ट्रिय सहयोग र सद्भाव पनि कटौती हुन्छ।', पोखराका विभिन्न तालमा देखिएका चराहरू (तलका तस्बिर)। सौजन्य: मनशान्त घिमिरे, ,
अचेल चराहरू हनिमुन मनाउन आउँदैनन् पोखरा
|
भगवती पाण्डे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान)का लागि फागुन ९ गते विमान अवतरण गर्ने गरी तयारी गरिएको आइसिबी टु अन्तर्गतको निर्माण कम्पनी एरोथाइले बताएको छ।, भर्खरैमात्र निर्माण कार्य सम्पन्न भएको विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउण्डको परीक्षणका लागि तीन चार दिनयता एरोथाइका प्राविधिकहरू भैरहवामा छन्।, प्राविधिक परीक्षण भइरहेको बेला प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरलाई लिएर निरीक्षणको लागि आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई विमानस्थलको अवस्थाबारे जानकारी गराउँदै एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले मौसम अनुकूल भए क्यालिब्रेसन फ्लाइटका लागि फेब्रुअरी २१ (फागुन ९ गते) तारिखमा थाइल्याण्डदेखि जहाज ल्याण्ड गर्ने जानकारी दिएका हुन्।, श्रेष्ठले तीन वर्षको भैरहवाको मौसमलाई अध्ययन गर्दा भिओएफआरमा जहाज उड्न मिल्ने भएकोले मौसम नबिग्रिए फागुन ९ गते जहाज ल्याण्ड गर्ने जानकारी दिएका हुन्।, श्रेष्ठका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ।, अहिले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा परीक्षण उडान सञ्चालन तयारीका लागि आएको थाइल्याण्डको प्राविधिक टिमले विमानस्थलमा जडान गरिएका उपकरण, विमानस्थलको ग्राउण्ड तथा यहाँको पछिल्लो तीन वर्षको मौसमको अवस्था अध्ययन गरिरहेको छ।, क्यालिब्रेसन फ्लाइट विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने विधि हो।, यसका लागि पाँच/सात सिट भएको विमानले विमानस्थललाई केन्द्रित गरी उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसन लगायतका सूचना ठीक छ छैन भनी परीक्षण गरिन्छ।, क्यालिब्रेसन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अरू जहाजको उडान र अवतरण सुरू गरिन्छ।, क्यालिब्रेसन फ्लाइटका लागि बनाइएको योजना अन्तर्गत विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणहरूको जाँच गरिने, क्यालिब्रेसन फ्लाइट सुरू गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रूटको जाँच, उडान र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षण हुनेछ।, अनुगमनको क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आगामी बुद्धजयन्ती सम्ममा विमानस्थल सञ्चालनमा आइसक्ने गरी काम गर्न निर्देशन दिए।, मन्त्री आलेले निर्माण कार्य सम्पन्न भए पनि मौसम अनुकूल नभएका कारण परीक्षण उडानमा ढिलाइ भइरहेको भन्दै मौसम अनुकूल हुने वित्तिकै परीक्षण उडान गरिने बताए।, ‘यो विमानस्थलप्रति विश्वकै ध्यान केन्द्रित भएको छ, अब कुनै ढिलाइ हुनु हुँदैन’, मन्त्री आलेले भने, ‘बुद्ध जयन्ती अगावै ठूला-ठूला विमान उडेर सञ्चालन भएको देख्न पाइयोस्,’ उनले भने।, २०७४ साल पुस मसान्तभित्रै निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरू गरिएको रूपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ५ वर्ष ढिलो गरी सम्पन्न भएको हो।, २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गर्दा विमानस्थलको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको थियो।, तर विभिन्न अवरोधको बहानामा निर्माण कार्यमा ढिलाइ भएको भन्दै ८ पटकसम्म म्याद थप गरी अहिले भौतिक संरचना, सञ्चार उपकरण जडान लगायतका काम सम्पन्न भएका छन्।, आइसिबी वान र आइसिबी टु गरी दुई चरणमा निर्माण गरिएको विमानस्थलमा अहिले जडान गरिएका उपकरणहरूले काम गरे नगरेको जाँच प्राविधिकहरूले गरिरहेका छन्।, भौतिक निर्माणका कामहरूमा पनि रंगरोगन, फिनिसिङ लगायतका साना-तिना र छुटफुटका कामहरू भइरहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।, विमानस्थलको फ्लाइट क्यालिब्रेसनका लागि आइसिबी टु अन्तर्गतको कामको निर्माण कम्पनी एरो थाईका प्राविधिक टोलीले मंगलबारदेखि नै जडान गरिएको उपकरणहरू र ग्राउण्ड चेक गरिरहेको आइसिबी टु को योजना प्रमुख प्रविन न्यौपानले जानकारी दिए।, प्राविधिकहरूले परीक्षण गरेपछि फ्लाइट क्यालिब्रेसन सुरू गर्ने र त्यसैको रिपोर्टका आधारमा बल्ल नेपाल वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्नेछ।, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घण्टौंसम्म एयर ट्राफिक जाम हुने गरेकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्यसको विकल्पको रूपमा हेरिएको छ।, बुद्ध जन्मस्थल लुम्बिनीसँगै जोडिएर निर्माण भइरहेको गौतमबुद्ध विमानस्थललाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको थियो भने लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार मानिएको छ।, एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भएको विमानस्थलको आइसिपी वान अन्तर्गत गरिएको भौतिक संरचना निर्माणको सम्पूर्ण काम चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ।, उपकरण जडान लगायत आइसिबी टु को निर्माणको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरिरहेको छ।, आइसिपी वान अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल बिल्डिङलगायत संरचना निर्माण भएका छन्।, आइसिपी टु अन्तर्गत हवाईजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्राविधिक काम भइरहेको छ।, आयोजनाका अनुसार आइसिबी वान अन्तर्गत नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिए पनि २०७५ साल मंसिरमा कस्ट भेरियसन हुँदा ६० करोड रकम वृद्धि भएको थियो।, जहाज उडान र अवतरणको लागि आवश्यक भिजिबिलिटीका थप काम पनि आइसिबी वान अन्तर्गत राखिएकोले भेरियसन गरी ६० करोड रकम थप गरिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए।, आइसिबी टु अन्तर्गत एरोथाईले ५० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिरहेको छ।, यी काम भइरहँदा विमानस्थलको पश्चिमतर्फ ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी कार्गो निर्माणको काम भइरहेको छ।, विमानस्थल निर्माणको लागि महत्वपूर्ण काम जग्गा अधिग्रहण भएकोले विमानस्थल आसपासका करिब २३ सय घरधुरीलाई मुआब्जा वापत २२ अर्ब ४० करोड रुपैयाँ वितरण गरिएको छ।, मुआब्जा, भौतिक संरचना निर्माण र उपकरण जडान सम्पूर्ण कामको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि ३० अर्बभन्दा बढी लगानी भएको आयोजनाले जनाएको छ।, विमानस्थलमा भएको लगानीमा एडिबीको ६२ दशमलव ६ प्रतिशत र नेपाल सरकारको ३७ दशमलव ४ प्रतिशत लगानी छ।, गौतमबुद्ध विमानस्थल भारत सरकारको सहयोगमा २०२३ सालमा निर्माण भएको थियो। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा धेरै क्षेत्रमा फैलिएको यो विमानस्थलको क्षेत्रफल १० हजार ५ सय रोपनी पुगेको छ।, अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नतिसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङ ७७७, एयर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्न सक्ने नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए।, २०६१ साल अघिसम्म भने विमानस्थलको क्षेत्रफल ८४ बिघा तीन कठ्ठा थियो। अहिले निर्माण गरिएको विमानस्थलका भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रियस्तरको उडान र अवतरण थेग्ने उनले जानकारी दिए।,
फागुन ९ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान तयारी
|
एजेन्सी छिमेकी मुलुक भारतमा सरकारले नै डिजिटल मुद्रा निकाल्ने भएको छ। मंगलबार लोकसभामा नयाँ बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२ मा नै डिजिटल मुद्रा ल्याउने प्रस्ताव गरेकी हुन्।, इकोनोमिक टाइम्सका अनुसार ब्लकचेन प्रविधि प्रयोग गरेर रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)ले डिजिटल मुद्रा निकाल्ने प्रस्ताव गरिएको छ।, डिजिटल मुद्रा निकाल्दा मुद्रा व्यवस्थापन सहज र किफायती हुने अपेक्षा गरिएको छ।, पछिल्लो समय विश्वभर क्रिप्टोकरेन्सीको लोकप्रियता बढ्दै गएको छ। कुनै पनि सरकारी निकायको नियमनमा नरहेका क्रिप्टोकरेन्सीले पनि ब्लकचेन प्रविधि प्रयोग गर्ने गरेका छन्।, सुरूमा भारतमा क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध लगाइएको थियो। सर्वोच्चमा मुद्दा पुगेपछि अहिले क्रिप्टोकरेन्सीमा लगानी गर्न खुला गरिएको छ।, मंगलबार संसदमा प्रस्तुत गरिएको बजेटमा क्रिप्टोकरेन्सीबाट हुने कमाइमा ३० प्रतिशत कर लगाउने व्यवस्था गरिएको छ।, नेपालमा भने क्रिप्टोकरेन्सीमा लगानी गर्नु प्रतिबन्धित छ। ,
भारतमा नयाँ बजेट: सरकारले नै डिजिटल मुद्रा निकाल्ने प्रस्ताव
|
सेतोपाटी संवाददाता बैतडीमा एक महिला मृत फेला परेकी छन्।, सोमबार राति १ बजे दोगडाकेदार गाउँपालिका–२ की अन्दाजी ४२ वर्षीय चन्द्रा महरा मृत फेला परेको प्रहरीले जनाएको हो।, प्रहरीका अनुसार उनी सोमबार बिहानदेखि घरबाट सम्पर्कविहीन थिइन्।, स्थानीयले उनको खोजी गर्दा सोही ठाउँको मान्छे नबसेको छिमेकीको घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।, घटनालेबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।,
बैतडीमा एक महिला मृत फेला
|
सेतोपाटी संवाददाता नवलपुरमा एक अटो चालक मृत अवस्थामा फेला परेका छन्। , मंगलबार बिहान करिब ९ बजे कावासोती नगरपालिका-१३ नवलपुरमा ५२ वर्षीय अटो चालक माधवप्रसाद गिरि मृत अवस्थामा फेला परेका हुन्। उनी सोही वडाका हुन्।, दलदल भएको ठाउँमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। महर्जनका अनुसार घटना शंकास्पद देखिएको छ। , ‘उनको अटो पनि फेला परेको छ। हामी अनुसन्धानको लागि खटिएका छौं,’ महर्जनले सेतोपाटीसँग भने, ‘घटना हेर्दा शंकास्पद देखिन्छ।’, मृतकको परिवार प्रहरीको सम्पर्कमा आइसकेका छन्। , वडा नम्बर १३ का वडाध्यक्ष विनोद रानामगरका अनुसार शव दलदलमा गाडिएको अवस्थामा फेला परेको थियो। , ‘दलदलमा गाडिएको अवस्थामा फेला परेको हो। माथिबाट कर्कलोको पातले छोपिएको थियो,’ उनले भने,‘बिहान स्थानीयले अटो सडकको नालीमा खसिरहेको देखे। अनि कागजपत्र पैसाहरू पनि छरिएको अवस्थामा रहेछ। सुरूमै शव देखिएको थिएन। पछि रगत अनि लडेको जस्तो देखिएपछि प्रहरीलाई खबर गरेको रहेछन्।’, अटो फेला परेको ठाउँ भन्दा एक सय मिटर पर शव फेला परेको उनले बताए। , उनका अनुसार मृतकको टाउकोमा चोट लागेको छ। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ। ,
नवलपुरमा एक अटो चालक मृत अवस्थामा फेला
|
सेतोपाटी संवाददाता डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभु शमशेरले गैरकानुनी असुली र अवैध स्रोतको आम्दानीबाट घरजग्गा जोडेको भन्दै पुरक उजुरी दिएका छन्।, उनले दुई वर्ष यता काठमाडौंको ठमेलस्थित १०८५ कित्ता नम्बरको आठ आना घर जग्गा र गोठाटारस्थित १२४ र ३३ कित्ता नम्बरको साढे तीन रोपनी जग्गा जोडेको उजुरीमा उल्लेख छ।, ३० करोड बढी मूल्य पर्ने ती घरजग्गा प्रभु शमसेरले गैरकानुनी असुली र अन्य अवैध स्रोतको आम्दानीले किनेको डाक्टर केसीको उजुरीमा उल्लेख छ।, 'चोलेन्द्र शमसेरका भाइ प्रभु शमसेरको नाममा गैरकानुनी असुली र अन्य अवैध स्रोतको आम्दानीबाट ठमेल र गोठाटारमा ३० करोड रूपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरू रहेको तथ्य अवगत हुन आएको हुँदा सो सम्बन्धमा र निजको परिवारका सदस्यहरू,नातेदारहरू,तथा भ्रष्ट गिरोहमा आवद्ध सदस्यहरूका सम्बन्धमा समेत,' डाक्टर केसीको उजुरीमा उल्लेख छ, 'छानबिन गर्न, तत्काल सम्पत्ति रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न तथा अवैध सम्पत्ति जफत गरी दोषीलाई कानुन बमोजिम हदै सम्मको सजाय गर्ने सम्बन्धमा आवश्यक कारवाही गर्न अनुरोध छ।', यसअघि केसीले प्रधानन्यायाधीश राणाको परिवार र नातेदार लगायतको अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए।, त्यसपछि उनले राणा पत्नी रेजी राणाको नाममा काठमाडौंको ठमेल, धुम्बाराही र भाटभटेनीका घरजग्गाको विवरण खोजेर तिनको समेत अनुसन्धान गर्न विभागमा निवेदन दिएका थिए।,
प्रधानन्यायाधीशका भाइ प्रभु शमसेरविरूद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी
|
सेतोपाटी संवाददाता मंगलबार छिमेकी मुलुक भारतकी वित्त मन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरिन्। सीतारमणले लोकसभामा पेस गरेका बजेटका दुई कुराले धेरैको ध्यान तानेको छ।, बजेटमा वित्त मन्त्री सीतारणमले भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले डिजिटल मुद्रा निकाल्ने प्रस्ताव गरेकी छन् भने क्रिप्टोकरेन्सीमा गरिएको लगानीबाट हुने आम्दानीमा तीस प्रतिशत कर लाग्ने घोषणा गरेकी छन्।, सरकारले नै डिजिटल मुद्रा निकाल्ने कुरा दक्षिण एसियामै नौलो विषय हो भने क्रिप्टोकरेन्सी पछिल्लो समय संसारभरि चर्चामा रहेको विषय हो। यी दुबै कुरा आपसमा जोडिएका छन्।, नेपालमा भने क्रिप्टोकरेन्सीमा लगानी गर्नु अवैध छ।, नेपालमा अवैध भए पनि पछिल्लो समय संसारभरि क्रिप्टोकरेन्सीको लोकप्रियता बढ्दो छ। बिटक्वाइन, इथेरियम, बाइनान्स क्वाइन, रिपललगायत सयौं क्रिप्टोकरेन्सीको कारोबार भइरहेको छ। तीमध्ये सबैभन्दा लोकप्रिय बिटक्वाइनको मूल्य प्रतिक्वाइन ३८ हजार चार सय डलरभन्दा बढी छ। अर्थात् तपाईंसँग एक बिटक्वाइन छ भने त्यसको मूल्य आज ३८ हजार डलरभन्दा बढी हुन्छ।, अज्ञात व्यक्तिबाट सुरू भएको बिटक्वाइनको १४ वर्षे यात्रा, सन् २००८ मा सातोसी नाकामोतो नामका एक व्यक्ति इन्टरनेटमा बिटक्वाइनको श्वेतपत्र प्रकाशित गरे। उक्त श्वेत पत्रमा उनले बिटक्वाइनका तीन विशेषता रहेको बताएका छन्।, पहिलो, यो मुद्रा कुनै सरकार र सरकारी निकाय (नेपालमा राष्ट्र बैंक) को नियन्त्रणमा नभई प्रयोगकर्ताको नियन्त्रणमा हुन्छ। दोस्रो, यो आदान-प्रदान गर्न कुनै वित्तीय संस्था (अहिले एक देशबाट अर्को देशमा पैसा पठाउन दुबै देशका बैंकमार्फत् गर्नुपर्छ) चाहिँदैन। बीचमा तेस्रो संस्था नचाहिने भएकाले निकै छिटो र कम शुल्कमा पैसा आदान-प्रदान गर्न सकिन्छ। तेस्रो, इन्टरनेटमा भए पनि यो निकै सुरक्षित छ।, नाकामोतोले सुरूमा नै संसारभरि २ करोड १० लाख वटा बिटक्वाइन माइनिङ गर्न सकिने भनेर संख्या तोकेका थिए। पहिला नै संख्या तोकिएकाले यसको मूल्य अवमूल्यन नहुने उनको भनाइ थियो।, नाकामोतोले नै सबैभन्दा पहिला जनवरी २००९ मा पहिलो बिटक्वाइन माइनिङ गरेको ठानिन्छ। त्यो क्वाइन नै संसारको पहिलो क्रिप्टोकरेन्सी हो।, सुरूमा नाकामोतोको यो कुरा धेरैले पत्याएका थिएनन्। त्यसैले लामो समयसम्म यसको खासै चर्चा भएन। विस्तारै बिटक्वाइनको चर्चासँगै मूल्य पनि बढ्न थाल्यो। कुनै बेला त एक बिटक्वाइनको मूल्य ६८ हजार डलरसम्म पुगेको थियो।, अहिलेसम्म अमेरिका, युरोपियन युनियन, क्यानडा, अष्ट्रेलियाका सरकारले बिटक्वाइनको कारोबारलाई वैधानिकता दिएका छन्। ल्याटिन अमेरिकी मुलुक एलसाल्भाडोरका राष्ट्रपति नाइब बुकुलेले सन् २०२१ को जुनमा आफ्नो देशमा बिटक्वाइनलाई अरू मुद्राजस्तै कानुनी मान्यता दिएका थिए।, नाकामोतो नाम सुन्दा उनी कुनै जापानी नागरिक हुन् कि जस्तो लाग्छ। उनी को हुन् भन्नेचाहिँ अहिलेसम्म रहस्यकै पर्दाभित्र छ। विभिन्न समयमा विभिन्न मानिस र संस्थाले फरक-फरक मानिसलाई नाकामोतो हुन सक्ने अनुमान गरेका छन्। अहिलेसम्म कुनै पनि व्यक्तिले त्यो श्वेतपत्र जारी गर्ने आफू हो भनेर स्वीकार गरेका छैनन्। १४ वर्षसम्म नाकामोतो को हुन् भन्ने खुल्न नसकेपछि उनको मृत्यु पो भइसक्यो कि भन्ने अड्कल पनि गर्न थालिएको छ।, बिटक्वाइनको लोकप्रियता कतिसम्म छ भने हंगेरीको राजधानी बुडापेस्टमा बिटक्वाइनका समर्थकले सातोसी नाकामोतोको सालिक नै बनाएका छन्।, क्रिप्टोकरेन्सीको लोकप्रियता र स्वीकार्यता बढ्दै गएपछि अहिले धेरै व्यक्ति र संस्थाहरूले विभिन्न नामका क्रिप्टोकरेन्सी बनाइरहेका छन्। अहिले संसारभर ६ हजारभन्दा बढी क्रिप्टोकरेन्सी रहेको बताइन्छ। तीमध्ये सबैभन्दा लोकप्रिय बिटक्वाइन नै हो। विभिन्न एप्सहरूमाफर्त क्रिप्टोकरेन्सीको कारोबार भइरहेको छ। कतिपयले सेयरमा लगानी गरेजसरी भविष्यमा बढ्ने आशामा क्रिप्टोकरेन्सीमा लगानी गरेका छन्। छिमेकी भारतमा पनि क्रिप्टोकरेन्सी किनबेच गर्नु वैधानिक छ। सुरूमा आरबिआईले क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध लगाएको थियो। मार्च २०२० मा भारतीय सर्वोच्च अदालतले उक्त प्रतिबन्ध खारेज गर्दै क्रिप्टोकरेन्सीमा लगानी गर्नु कानुनसम्मत भएको फैसला गरेको थियो।, बिटक्वाइन माइनिङका लागि उच्च क्षमताका कम्प्युटरहरू चाहिन्छन्। ती कम्प्युटरमा खर्च हुने बिजुली निकै बढी भएपछि अहिले बिटक्वाइन माइनिङले वातावरणमा पार्ने असरका बारे पनि बहस हुन थालेको छ। , निर्धारित २ करोड १० लाख बिटक्वाइनमध्ये १ करोड ९० लाख माइनिङ भइसकेका छन्।अबको केही समयपछि नै बाँकी २० लाख बिटक्वाइन माइनिङ भएपछि यसको कारोबारमात्रै हुनेछ। बिटक्वाइनबाहेक अरू क्रिप्टोकरेन्सीको माइनिङ भने जारी हुनेछ।, (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।),
भारतले कारोबारमा तीस प्रतिशत कर लगाएको, नेपालले प्रतिबन्ध गरेको क्रिप्टोकरेन्सीको १४ वर्षे यात्रा
|
रासस 'घट्दै छन्, रूख छैन आश्रय तथा पाइन्न खाने फल,
छैनन् जंगल बस्नलायक घटे तिम्रा सुरक्षास्थल ,
घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि,
चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी।',
(वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरी), तालैतालको बगैंचा सहर लेखनाथका खास्टे, दिपाङ र न्युरेनीमा विगतमा जस्तो जलचरा अहिले देख्न पाइन्न। विश्व सम्पदा सूचीमा सूचीकृत ती ताल वरपर रहेका सिमसार क्षेत्र संकटमा पर्दै गएपछि त्यहाँका चरा गुँदेतालतिर सरेका छन्। , सिमसार क्षेत्र संकटमा पर्दै गएपछि बर्सेनि जलचराको संख्या घट्दै गएको छ।, पोखराकै जलचरा पर्याप्त पाइने फेवातालमा पनि बर्सेनि जलचराको संख्या घट्दो छ।, फेवातालको सिमसार क्षेत्रको जग्गाको झण्डै ९५ प्रतिशत व्यक्तिका नाममा भएका कारण पनि सिमसार लोप हुने अवस्थामा पुगिरहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्। , पोखरामा हालै गरिएको जलपंक्षी गणनाबाट पनि सिमसार क्षेत्र जोखिममा पर्दै जाँदा चराको बासस्थान नै परिवर्तन हुन थालेको पाइएको हो।, नेपालमा सन् १९८७ देखि बर्सेनि नियमित रूपमा जलपंक्षी गणना गरिँदै आएको छ। सन् २००४ देखि कास्कीको पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको घिमिरेले जानकारी दिए।,
,
प्रत्येक वर्ष ग्रेगोरियन पात्रोको जनवरी पहिलो हप्तादेखि तेस्रो हप्तामा जलचरा गणना गरिन्छ।, चराको बासस्थान सिमसार क्षेत्रका संरक्षणमा स्थानीय चासो पुगोस् भन्ने उद्देश्यका साथ स्थानीयबासीका साथै जनप्रतिनिधि समेतलाई आमन्त्रण गरिएको थियो।, यस वर्ष पुस १७-माघ ५ (जनवरी १–१९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी तालतलैया र नदीका भागमा जलचराको गणना गरिएको गणनाका क्षेत्रीय प्रतिनिधि घिमिरेले जानकारी दिए।,
,
दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनका अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा जलचरा गणना सुरू गरिएको थियो।, पछिल्ला वर्षमा केही चरा पथप्रदर्शक, नेपाल पक्षी संरक्षण संघ पोखरा र पोखरा पंक्षी समाजका संलग्नतामा जलचरा गणना हुँदै छ।,
,
पोखरा र आसपासका विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी, वेगनास र रूपा तालमा र दोस्रो दिन फेवातालमा जलपंक्षी गणना गरिएको थियो।, हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका जलचरा अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका देखिएको छ।, पछिल्ला वर्षमा ताल संरक्षणका नाममा जथाभावी बाँध निर्माण गर्ने क्रमले पनि सिमसार क्षेत्र सङ्कटमा परिरहेको सरोकार पक्ष बताउँछ।, लेखनाथको मैदी तालमा बाँध तयार भएसँगै धान खेत मात्रै बाँकी रहेको र सिमसार क्षेत्र प्रभावित भएको देखिएको छ। रूपा तालमा पनि बाँध बन्ने क्रममा रहेको र त्यसले सिमसार क्षेत्र पुर्ने देखिएको घिमिरेले बताए।, पछिल्ला वर्ष चराको संरक्षणका लागि विभिन्न पहल भएका छन्। संस्थागत रूपमा सरकारले नै लाटोकोसेरो, गिद्ध, डाँफे आदि चराको संरक्षणका लागि गुरूयोजना तयार गरी काम अघि बढाइएको छ।,
गण्डकी प्रदेश चरा पर्यटनको गन्तव्य
|
भगवती पाण्डे रूपन्देहीको मणिग्राम र मोतिपुर जोड्न तिनाउ नदीमाथिको पक्की पुल ११ वर्षपछि निर्माण पूरा हुने आशा पलाएको छ। , दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६७ असार २५ गते एलिट कन्स्ट्रक्सन प्रा.लि.सँग ठेक्का सम्झौता भएको थियो।, तिनाउ नदीले विभाजन गरेको मणिग्राम र मोतिपुर जोड्न उक्त पुल निर्माण थालिएको थियो। सडक विभाग पुल महाशाखाका अनुसार १० करोड ३८ लाख ९७ हजार रूपैयाँमा ठेक्का सम्झौता गरी काम थालेको निर्माण कम्पनीले दुई वटा पिलर उठाएर तेस्रोको लागि जग खन्दा जमिनमुनि चट्टान भेटिएपछि निर्माण कार्य रोकेको थियो।, ६ वटा फाउन्डेसन रहने गरी डिजाइन गरिएको पुलका ३ वटा फाउन्डेसनमा चट्टान भेटिएको थियो। सडक विभाग पुल महाशाखाले वर्षौंसम्म अलपत्र पुलको प्राविधिक अध्ययन गरी पुलको वैकल्पिक डिजाइन स्वीकृत गरेपछि २०७७ भदौदेखि पुनः निर्माणको काम थालिएको थियो।, पुल विभागका सिनियर डिभिजनल इञ्जिनियर जीवेन्द्र मिश्रले वैकल्पिक डिजाइन पछि पुनः सुरू गरिएको पुल निर्माणको कामले अहिले गति लिएको जानकारी दिए।, ‘सुरूमा गरिएको डिजाइनमा वेल फाउन्डेसन (कुवा जस्तो) डिजाइनमा स्वीकृत भएकोमा फाउन्डेसनमै कडा चट्टान भेटिएपछि वेल फाउन्डेसनलाई परिवर्तन गरी पाइल फाउन्डेसन (किला गाडेर बनाउने फाउन्डेसन) मा निर्माण सुरू गरिएको हो,’ मिश्रले भने।, पुल निर्माणको सम्झौता र डिजाइनअनुसार फाउन्डेसन जमिनबाहेक १७ मिटर गहिरो हुनुपर्नेमा कडा चट्टान भेटिएपछि १० मिटर पनि गहिरो फाउन्डेसन बन्न सकेको थिएन। , मिश्रले यसअघिको वेल फाउन्डेसनकै सपोर्टमा किला गाडेर फाउन्डेसन तयार गरी काम भइरहेको बताए।, मिश्रले अब पुलमा कुनै समस्या नभएकोले आगामी असारसम्म निर्माणको काम सम्पन्न हुने जानकारी दिए।, डिभिजन सडक कार्यालय बुटवल मातहत निर्माण भइरहेको पुलका साईट ईञ्जिनियर मुम पल्लीका अनुसार वेल फाउन्डेसनको डिजाइनमा ठेक्का सम्झौता गरिए पनि फाउन्डेसनको डिजाइन परिवर्तन गरिएकोले लागत रकम केही थप भएको छ।, भौगोलिक कारण फाउन्डेसननै परिवर्तन भएपछि पुल ठेक्का रकममा ७ प्रतिशत लागत थप गरी निर्माण थालिएको पल्लीले जानकारी दिए।, निर्माण कम्पनीले ४२ प्रतिशत निर्माण पूरा गरेपछि काम रोकिएकोले यसअघि नै ५० प्रतिशत भन्दा बढी ५ करोड २८ लाख ७७ हजार रुपैयाँ भुक्तानी लगिसकेको थियो।, बुद्धजन्मस्थल लुम्बिनी र बुद्धको मावली देवदहलाई जोड्ने सिधा मार्गको रूपमा रहेको लुम्बिनी परिक्रमा सडकमा पर्ने यो पुलको निर्माण सम्पन्न भएपछि लुम्बिनी जाने आन्तरिक एवं बाह्य पर्यटक सिधा पुग्न सक्ने छन्।, लुम्बिनी परिक्रमा सडकको देवदहदेखि लुम्बिनीसम्मको ४२ किलोमिटर सडकको निर्माण कार्य पूरा भइसकेको छ। यो पुल निर्माण भएपछि लुम्बिनी जाने मात्र नभई मोतिपुर, शुद्धोधनबाट तिलोत्तमा आउने सडकको दूरी पनि घट्ने छ।,
दुई वर्षमा पूरा हुनुपर्ने तिनाउको पुल ११ वर्षमा पूरा हुँदै
|
रासस कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइदिएको छ। , पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो।, घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको वस्तुनिष्ट प्रमाण नभएको र त्यसलाई पुष्टि गर्ने आधार पनि नभएको भन्दै विसं २०७७ असार १५ गते प्रतिवादीलाई सफाइ दिएको थियो। तर उच्च अदालतले सो फैसला उल्टाउँदै प्रतिवादी बोहरालाई १२ वर्ष कैद हुने ठहर गर्नाका साथै पीडितलाई रु पाँच लाख क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ।, उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ (३) (घ) बमोजिम १२ वर्ष कैद र सोहीसंहिताको दफा २२८ बमोजिम प्रतिवादीबाट पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने गरी फैसला गरेको हो। , यस्तै, अर्को एक बलात्कारको मुद्दामा कैलालीको जिल्ला अदालतले अभियोगीलाई एक वर्ष पाँच महिना कैद र रु पन्ध्र हजार जरिवानाका साथै रु २५ हजार क्षतिपूर्ति भराउनु पर्ने गरी गरेको फैसला पनि उक्त उच्च अदालतले उल्टाइदिएको छ। , सो मुद्दामा अभियोगीलाई बीस वर्ष कैद गर्नाका साथै निजबाट रु पाँच लाख क्षतिपूर्ति भराउने फैसला भएको छ।, आफ्नै सौतेलो बाबुले सात वर्षकी नाबालिकालाई घरमा कोही नभएका बेला बारम्बार जबरर्जस्ती करणी र हाडनाता करणी गर्ने गरेको भन्ने जाहेरीमा जिल्ला अदालतले हाडनाता करणीमा जिकिर नपुग्ने भन्दै जबरर्जस्ती करणीतर्फ मात्रै मुलुकी अपराधसंहिता, २०७४ को दफा २२५(३) बमोजिम एक वर्ष पाँच महिना कैद गर्नुपर्ने आदेश दिएको थियो।, आइतबार उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश कुँवर र न्यायाधीश थापाको संयुक्त इजलासले मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९(३)(क) बमोजिम बीस वर्ष कैद र रु पाँच लाख क्षतिपूर्ति भराउने गरी फैसला गरेको थियो।,
,
दिपायल उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १७ हजार ६७४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ३६५७ पिसिआर परीक्षणबाट र १९२६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ८२६७ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ७४ हजार ६५३ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १९०७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ संक्रमित थपिएका हुन्।, यसैगरी काठमाडौं उपत्यकामा ४४ हजार ५३१ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २९५२०, ललितपुरमा ९७२३ र भक्तपुरमा ५२८८ सक्रिय संक्रमित छन्।, , ,
१७ हजार ६७४ लाई कोरोना परीक्षण गर्दा ५५८३ मा संक्रमण
|
सेतोपाटी संवाददाता सुदूरपश्चिमको दार्चुला र भारतलाई जोड्न महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ।, मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।, सचिव श्रेष्ठका अनुसार पुल बनाउने सबै जिम्मा भारतीय पक्षको हो। भारतले अनुदानमा पुल बनाइदिन लागेको हो।, ‘हाम्रो तर्फबाट जग्गा उपलब्ध गराइदिने, रूख कटान गर्नुपर्ने भए त्यसको व्यवस्था गरिदिने, पुल निर्माणमा आउने भारतीय कामदार र सामानलाई सहज बनाउने कुरामात्रै छ,’ सचिव श्रेष्ठले सेतोपाटीसँग भने,‘लगानीदेखि ठेक्कापट्टासम्मको काम सबै भारतीय पक्षले नै गर्छ।’, भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार भइसकेको र छिटै काम सुरू हुने जानकारी दिएको श्रेष्ठले बताए।, ‘उहाँहरूले त्यसको डिजाइन, डिपिआर केही समयमै हामीसँग सेयर गर्नुहुन्छ,’ सचिव श्रेष्ठले भने,‘उहाँहरूले नै लगानी गर्ने भएकाले अहिले ठेक्कापट्टाको काम उहाँहरू नै गर्नुहुन्छ।’, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नगरपालिका-८ असिगडामा पुल बन्न लागेको जानकारी दिए।, उक्त पुलले असिगडा र भारतको छारछुङलाई जोड्ने छ।, ‘अहिले दार्चुला र धार्चुला जोड्ने झोलुंगे पुल छ। मोटरेबल पुल बन्न लागेको ठाउँ सदरमुकामदेखि ८-१० किलोमिटर टाढा छ,’ प्रजिअ उपाध्यायले भने,‘धेरै ठाउँ हेरेपछि त्यहाँ पुल बनाउने निधो भएको हो।’, पुल निर्माण कहिलेदेखि सुरू हुन्छ भन्नेबारे यही साता भारतको पिथौरागढका अधिकारीहरूसँग हुने वार्तामा कुरा हुने उपाध्यायले बताए।, काठमाडौंस्थित भारतीय दूतावासले पुल निर्माणको काम चाँडै सुरू हुने बताएको छ।, ‘यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता-जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता-जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको छ।’, केही दिनअघि भारतको केन्द्र सरकारले महाकालीमाथि पुल बनाउने निर्णय गरेको थियो। ,
दार्चुलामा महाकालीमाथि पुल बनाउन भारतसँग सम्झौता
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.