content
stringlengths
20
64.1k
सबिना श्रेष्ठ सहरको कथा: पनौती, पनौती सहरको बनोट त्रिभुज आकारको छ।, दुई खोला (पुण्यमती र रोशी) को बीचमा रहेको यो सहरलाई कसैले पिपलको पातमा बसेको भन्छन्। कसैले माछाजस्तो छ भन्छन् त कोही यःमरिजस्तो देख्छन्।, आकाशका बादल हेर्दै दिमागले कल्पने आकारजस्तै। एउटै बादलको आकारलाई फरक मान्छेले फरक देखेजस्तै।, जसले जस्तो देखे पनि मोटामोटी रूपमा पनौती तीनवटा कोण भएको त्रिभुजजस्तै छ।, हामी अब आकारभन्दा अलिकति पर जाऔं। किनभने, हिजोआज पनौतीको बनोट त्रिभुज आकारमा सीमित छैन।, सरकारले २०५३ माघ ११ गते पनौतीलाई नगरपालिका घोषणा गरेपछि पहिले त्रिभुज आकारमा बसेको पनौती अब 'पुरानो पनौती' भएको छ। पुरानो पनौती, सुन्थान, शारदा, टौखाल, देवीस्थान, सुब्बागाउँ, मल्पी र खोपासी गरी आठ गाविस गाभेर अहिलेको बृहत् पनौती बनेको छ।, यही त्रिभुज आकारभन्दा बाहिर पर्छ, जेलाँदे जसलाई पनौतीको प्राचीन थलो मानिन्छ।, जेलाँदेमा खेतका ठूल्ठूला फाँट छन्, नयाँ नयाँ घर पनि बनेका छन्। पुरानो इतिहास झल्काउने प्राचीन पाटी र घरहरूका अवशेष मात्र बाँकी छन्।, पुरानो पनौती वडा नम्बर ७ मा पर्छ। जेलाँदे वडा नम्बर ४, अर्थात् टौखालमा पर्छ। इतिहासकार केदारनाथ प्रधानले 'बनेपाको ऐतिहासिक रूपरेखा' किताबमा जेलाँदेलाई पनौतीको पुरानो थलो भनेर उल्लेख गरेका छन्।, उनका अनुसार त्यहाँ उडुसले निकै दुःख दिन थालेपछि मान्छेहरू कोही पवित्र तीर्थस्थल त्रिवेणीमा बसाइँ सरे, कोही भक्तपुर गएर बस्न थाले।, 'यहाँबाट भक्तपुर गएका मानिसले आफ्नो जन्मथलोको स्मरणमा सूर्यमढी टोललाई जेलाँ वा जेलाँटोल भनी सम्बोधन गर्न थालेकाले पनि (जेलाँदेको ऐतिहासिकता) पुष्टि हुन्छ,' उनले किताबमा लेखेका छन्।, पनौती कथा शृंखलाको आजको अंकमा हामी तपाईंहरूलाई पनौतीको प्राचीन थलो मानिने यही जेलाँदेबारे बताउने छौं।, प्राचीन पनौती भनिने जेलाँदेबाट देखिएको हिमशृंखला। तस्बिर: सुसन चौधरी/सेतोपाटी, यो अंक लेख्न हामी केही दिनअघि जेलाँदे घुम्न गएका थियौं। तपाईंहरू पनि आउनुस् है हाम्रो यो यात्रामा!, पनौतीका स्थानीय एवं संस्कृतिविद् तुयुकाजी ताम्राकारको पछि लागेर हामी बसपार्कबाट बासडोल पुग्ने बाटो हिँड्दै छौं। यो बाटोलाई पनौतीबाट हिँडेर साँगा हुँदै भक्तपुर पुग्ने पुरानो र छोटो बाटो मानिन्छ। पनौतीलाई नेपाल खाल्डोसँग भौतिक र आर्थिक रूपमा जोड्ने यो बाटो अहिले बिरानो छ।, इतिहासविद् योगेश राज २०७५ कात्तिक १० गते 'पनौतीका अभिलेख संग्रह' (२०५७) को संवर्द्धित संस्करण निकाल्ने सिलसिलामा यो बाटो हिँडेका थिए। भ्रमणपछि उनले 'पासूका' पत्रिकाको पूर्णांक ६७ मा 'बासडोलको वसन्तदेवको अप्रकाशित अभिलेख' भनेर लेख लेखेका छन्। बासडोलको बाटो अझै पनि योगेश राजले आफ्नो लेखमा वर्णन गरेझैं छ।, उनले लेखेका छन्, 'बासडोल लाग्ने बाटो पनाति (पनौतीको पुरानो नाम) बसर्पाकबाट अलि टाढासम्म पक्की छ। त्यसपछि कच्ची र धुलाम्मे। खोलाले काटेको बेँसी कतै फराकिलो त कतै साँघुरो। पारि ठाडो भीर जंगल देखिन्छ। वारि उकालो र ओरालो मनोरम छ। भञ्ज्याङमा चौताराका अवशेष भेटिन्छन्। छिटपुट घर देखापर्छन्। पसल छैनन् भन्दा हुन्छ। एकदुई खण्ड ज्यादै सुनसान छ। त्यहाँ राति हिँडिदैन जस्तो लाग्छ।', उनले यो ठाउँको थप वर्णन गर्दै लेखेका छन्, 'केही दशक अघिसम्म व्यापारी, गृहस्थ, सैनिक, भरिया यो बाटो हिँड्थे भन्ने कुरा हामीले पनातिमा सुनेका थियौं। पनातिबाट साँगा पुग्ने यो छोटो बाटो काठमाडौं–कोदारी जोड्ने राजमार्ग बनेपा भएर गएपछि यात्रीहरू घटदै गए। व्यापार सुक्यो। मेलमिलाप घट्यो। यताको गाउँबस्ती ओझेलमा परे।', संस्कृतिविद् ताम्राकारले हामीलाई त्यहाँका सुनसान फाँट देखाउँदै जेलाँदे यही भएको बताए।, यो ठाउँ हेर्दा यस्तो लाग्छ, यहाँ कहिले बस्ती बसेकै थिएन। पनौतीको प्राचीन थलो हुनु त परको कुरा।, ताम्राकारले हामीलाई रातो माटो भएको बारीतिर लगे। त्यहाँ टिनको छानाको गोठमा भैंसीपालन गरिएको थियो। त्यहाँबाट माथि उक्लिएपछि हामीले परपरसम्म फैलिएका फाँटहरू देख्यौं।, यो ठाउँको नाम अपभ्रंस हुँदै जेलाँदे, जलाँदे, जलाँ, जेलाँ लगायत भनिँदै आएको ताम्राकार बताउँछन्।, उनका अनुसार सूर्य उदाउँदा पहिलोपटक घाम पर्ने ठाउँ भएकाले यसलाई जेलाँदे भनिएको हो। पनौती काठमाडौं उपत्यकाको पूर्वी भागमा रहेकाले घामको किरणले पहिलोपटक छुने बस्तीका रूपमा यसको नामकरण भएको हुनसक्छ।, इतिहासको कुनै कालखण्डमा उडुसले टोकेर मान्छेहरू भागेकाले यहाँको बस्ती पूरै सखाप भएको कहावत छ।, ताम्राकार भने उडुस मात्र नभई थप तीनवटा सम्भावित कारण औंल्याउँछन् – युद्ध, आगलागी वा भुइँचालो।, 'यी तीनमध्ये कुनै एक कारणले मान्छेहरू भकाभक मरेको र उडुस पनि लाग्ने भएकाले स्थानीयले यहाँ नबस्ने सल्लाह गरेर अन्त बसाइँ सरेका हुन सक्छन्,' उनले भने।, कतिपयले उडुसलाई त्यति बेला फैलिएको कुनै महामारीको प्रतीक रूपमा पनि लिन्छन्।, केही समययता जेलाँदेमा नयाँ घर बन्ने क्रम तीव्र छ। तस्बिर: सुसन चौधरी/सेतोपाटी, जे कारणले भए पनि यहाँबाट बसाइँ सरेका मान्छे तीनतिर फैलिएका छन्। एकथरी मान्छे बासडोल हुँदै भक्तपुर पुगेका छन्। उनीहरूले पुरानो ठाउँको सम्झनामा आफ्नो नयाँ बस्तीलाई नै जेलाँटोल भन्न थाले।, भक्तपुरवासीहरू अझै पनौतीलाई आफ्नो 'ढुकु' अर्थात् खाद्यान्न भण्डार मान्छन्। आलु, धान लगायत अन्न उनीहरू यहीँबाट लग्छन्। यहाँको रातो माटो पनि घर लिप्न लग्ने गरिन्छ। भक्तपुरबाट आउने नवदुर्गा नाच बनेपा सात गाउँ अन्तर्गतका साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट, बनेपा र पनौतीमा लगिन्छ।, कसैले भक्तपुरका नवदुर्गाको मुकुन्डो नाच लिच्छविकालदेखि चलेको भन्छन्। यसको यकिन तिथिमिति छैन। नेपाल सम्बत् ६३३ मा भक्तपुरका राजा सुवर्ण मल्ल (भुवन मल्ल) ले यो नाच पुनः सञ्चालनमा ल्याएको मात्र उल्लेख छ। पनौतीमा भने आनन्ददेवकै पालामा नाच सुरू भएको विश्वास गरिन्छ।, 'काभ्रे जिल्लाका सात मुख्य बस्तीहरू आनन्ददेवले नै कलिगत वर्ष ४१९७ मा बसाएका हुँदा यस क्षेत्रमा पनि नवदुर्गा ल्याएको हुनुपर्छ,' लेखक ज्ञानकाजी मानन्धरले आफ्नो किताब 'बनेपा सातगाउँ' मा लेखेका छन्।, यो नाच मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन बनेपा ल्याएपछि त्यसको चौथो दिन पनौती ल्याइन्छ।, पहिलो दिन नवदुर्गालाई नगरवासीहरूले श्रद्धापूर्वक पूजा गर्छन्। दोस्रो दिन नवदुर्गा गणले न्हि प्याखँ (दिनभरिको नाच) र बेलुकासम्म चा प्याखँ (रातको नाच) नाच्छन्। तेस्रो दिन विभिन्न देवीहरूको नाचका साथै दिउँसो सिम्ह दुम्ह र साँझ स्वेत भैरवबाट ङा लाकेगु (माछा मार्ने) नाच हुन्छ। चौथो दिन नवदुर्गाहरू भक्तपुर फर्कन्छन्।, भक्तपुरबाट पनौती ल्याइने नवदुर्गा नाच। तस्बिर: प्रशान्त श्रेष्ठ, भक्तपुरबाट पनौती ल्याइने नवदुर्गा नाच। तस्बिर: प्रशान्त श्रेष्ठ, संस्कृतिविद् ताम्राकारका अनुसार जेलाँदेका केही मानिस भक्तपुरसँगै ललितपुरको हरिसिद्धि पुगे।, हिँड्दै हरिसिद्धि पुग्दा त्यहाँका स्थानीयले अपरिचित मान्छेहरू देखेर सोधे होलान्, 'तिमीहरू कहाँबाट आएको? किन आएको?', उनीहरूले आफ्ना पीडा सबै सुनाएपछि हरिसिद्धिका मान्छेले पाटन दरबारसम्म खबर पुर्‍याए।, त्यो बेला प्रशस्त जग्गा-जमिन भएकाले काम गर्न सधैं मान्छेको अभाव हुन्थ्यो। त्यही भएर दरबारका मान्छेले भने, 'हामी तिमीहरूलाई राख्छौं। खेतबारी पनि दिन्छौं। यहाँ आओ।', उनीहरू भोलिपल्ट झिसमिसेमै दरबारतिर हिँडे।, जो मान्छे जेलाँदेबाट हरिसिद्धि हुँदै पाटन गएका थिए, उनीहरू पुजारी वा गुठियार समुदायको हुनुपर्छ। उनीहरूले आफूसँगै आफ्नो ठाउँको भगवती देवी पनि लिएर गएका थिए जसलाई जलाँद्यः भनिन्छ। त्यो भनेको जलाँ वा जेलाँ देशको देवता हो।, हरिसिद्धिका बासिन्दाले जेलाँदेका मान्छेले ल्याएको भगवती देवीलाई आफ्नै ठाउँमा राख्न चाहे। जेलाँदेबाट आएका मान्छेलाई राम्रो व्यवहार पनि गरे।, हरिसिद्धिबाट आत्मीय व्यवहार पाएपछि उनीहरू खुसीखुसी त्यहीँ बसे। उनीहरूलाई दरबारको लोभभन्दा आफू र आफ्नो भगवानलाई राम्रो ठाउँमा पुर्‍याउने चाहना बढी थियो।, यसरी जेलाँदेबाट हिँडेको दोस्रो समूह हरिसिद्धिमै बसोबास गर्न पुग्यो।, हरिसिद्धि नाचको झलक। तस्बिर: प्रशान्त श्रेष्ठ, तेस्रो समूहका मान्छे भने अहिलेको पुरानो पनौती अर्थात् त्रिवेणी घाट नजिकै बसाइँ सरेको ताम्राकार बताउँछन्।, त्यो ठाउँलाई एउटै ढुंगामा बसेको बस्ती मानिन्छ। त्यहाँको जमिन खन्दा माटो नभई केही फिटमै ढुंगा भेटिन्छ। त्यस्तो ठाउँमा भुइँचालोको जोखिम कम हुन्छ।, '२०७२ को भुइँचालोमा पुरानो पनौती बस्ती बाहिर र जेलाँदेमै पनि थुप्रै घरहरू चर्किए, भत्किए। त्यहाँ भने खासै असर परेन। त्यसले पनि माटोभन्दा ढुंगामा घर बलियो हुन्छ भन्ने पुष्टि भयो,' ताम्राकारले भने, 'त्यो बेला पनि त्यस्तै भुइँचालो आएकाले केही मान्छे त्रिवेणी घाटतिर सरेको हुनुपर्छ।', जेलाँदेका मान्छेले पुरानो पनौतीमा नयाँ बस्ती बसाएपछि उनीहरूले हरिसिद्धि पुगेको समूहलाई खबर पठाए, 'हामीले यहाँ बस्ती बसालिसक्यौं। तपाईंहरू अब यहीँ फर्कनुहोस्। हाम्रो देवतालाई पनि यहीँ ल्याउनुहोस्।', हरिसिद्धि पुगेका मान्छे त्यहीँ रमाउन थालिसकेका थिए। उनीहरूले त्यहाँ छुट्टै बस्ती बसालिसकेका थिए।, उनीहरूले भने, 'हामीले पनि यहाँ बस्ती बसालिसक्यौं। अब हामीलाई यहीँ ठिक छ।', पनौतीका मान्छेले फेरि कर गरे, 'हामीले हाम्रो भगवानलाई त पूजा गर्न पाउनुपर्‍यो नि।', धेरै कर गरेपछि उनीहरूले १२ वर्षमा एकचोटि भगवतीलाई लिएर पनौती आउने बाचा गरे। आज पनि हरेक बाह्र वर्षमा हरिसिद्धि नाच पनौती आउने चलन रहेको ताम्राकार बताउँछन्।, हरिसिद्धिलाई 'जल' भन्ने चलन पनि छ र हरिसिद्धिबाट पनौती लगिने नाचलाई 'जलद्यः जात्रा' पनि भनिन्छ। 'द्यः' भनेको नेपाल भाषामा देउता हो।, यो नाचलाई मुकुट लगाएर नाचिने नेपालको पहिलो नृत्य मानिन्छ। करिब २४०० वर्षअघि राजा विक्रमादित्यले यो नाच प्रचलनमा ल्याएको भनाई छ। २०६२ सालमा प्रकाशित किताब ‘नेपाल मण्डलका मुकुण्डो नाच’ का अनुसार भारतको उज्जैन नगरका विक्रमादित्य नेपाल आउँदा आफ्ना कुलदेवता श्री हरिसिद्धि देवीलाई उनले कलशमा साधना गरी ल्याएर नेपालमा स्थापना गरेका थिए।, ‘हरिसिद्धिलाई त्रिशक्ति मानिन्छ र हरिसिद्धि नै महेश्वरी हुन्,’ किताबमा लेखिएको छ, ‘विक्रमादित्यले आफ्ना कुलदेवतालाई स्थापना गरेपछि नाचको सुरूआत गरेकाले यस नाचलाई नेपालको सबैभन्दा पुरानो नाच मानिन्छ।’, बीचमा यो नाच लोप भइसकेको थियो। पाटनका प्रसिद्ध तान्त्रिक गयोजुजुको सहयोगमा काठमाडौंका मल्लराजा अमर मल्लले नाच पुनः सञ्चालनमा ल्याएको मानिन्छ। पछि राजा प्रताप मल्लले विधिवत् नियम बसालेर नाच थप विस्तार गरे।, प्रत्येक बाह्र वर्षमा हरिसिद्धि नाचको पुनर्स्थापना हुन्छ जसलाई 'सिठी च्वनिगु' भनिन्छ। यसमा नयाँ कलश स्थापना, मुकुटमा रंगरोगन, नयाँ पोसाक सिलाइ, पुजारीको सट्टाभर्ना लगायत गरिन्छ।, मंसिर पूर्णिमा र फागु पूर्णिमामा हरिसिद्धि नाच हुन्छ। त्यहाँ नाच सकिएपछि अन्य सहरहरू काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, पनौती, दोलखा, बुंगमती लगायत ठाउँमा नाच लगिन्छ।, हरेक बाह्र वर्षमा हरिसिद्धिबाट पनौती ल्याइने नाच। तस्बिर: प्रशान्त श्रेष्ठ, हरेक बाह्र वर्षमा हरिसिद्धिबाट पनौतीमा नाच आउन थाले पनि बीचका ४०–५० वर्ष विभिन्न राजनीतिक तथा आर्थिक उथलपुथलले यो क्रम रोकिएको थियो। पनौतीका स्थानीयले जलद्यःलाई ल्याउनुपर्छ भनेर सक्रिय भूमिका खेलेपछि नाच पुनः सञ्चालनमा आएको छ।, २०६६ सालमा जनतासँग चन्दा उठाएर र नगरपालिकासँग मिलेर हरिसिद्धि नाचका कलाकारलाई दुई–तीन दिन बस्ने व्यवस्था र पूजाविधि मिलाई नाचगान गराइएको थियो। यो बाह्रवर्षे नाच देखाउने समय यसै वर्ष परेको छ।, यी त भए संस्कृति र किम्बदन्तीका आधारमा अनुमान गरिएका तर्कहरू। अब हामी यहाँ भेटिएका सामग्रीका आधारमा कुरा गरौं।, जेलाँदे बस्तीमा खेत खन्दा कुनै कुनै ठाउँमा इँटाका चोइटाहरू निस्कन्छन्। एकपटक एउटा डुंगासमेत फेला परेको थियो जसले यो ठाउँमा ठूलो पोखरी भएको अनुमान गरिएको छ। जेलाँमा अहिले पानीको अभाव छ। पहिले त्यही पोखरीले पानीको समस्या सामाधान गर्दो हो।, बासडोलको बाटोमा पुरानो ढुंगेधारा पनि फेला परेको छ। बासडोल उकालो लाग्ने बाटोमै एउटा फल्चा (पाटी) छ। पहिले त्यो फल्चा अलि पर थियो। जीर्ण भएपछि संरक्षण भएन। पछि त्यसको सट्टा नयाँ फल्चा बनाइएको संस्कृतिविद् ताम्राकार बताउँछन्।, त्यही फल्चा वा पाटीका कारण यो ठाउँ जेलाँपाटी भनेर पनि परिचित छ। त्यसमाथि शिवलिंग र कुलदेवता पूजा गर्ने स्थान छ।, जेलाँमा बनाइएको नयाँ फल्चा। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, जेलाँपाटीमा रहेको शिवलिंग र स्थानीयको कुलदेवता पूजा गर्ने ठाउँ। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, बासडोल जाने बाटोनजिकै भगवान डाँडा भन्ने ठाउँ छ। त्यही डाँडामाथि पनौती नगरपालिका छ। नगरपालिकाभित्र हामी गौतम बुद्धको स्तुप देख्न सक्छौं। यो स्तुपको पनि आफ्नै किस्सा छ।, एकपटक एक जना मान्छेको सपनामा भगवान बुद्ध आएछन् र भनेछन्, 'म यहाँभित्र छु। मलाई निकै दुःख–कष्ट भइरहेको छ। मलाई यहाँबाट निकाल।', उनले सपनामा देखेको ठाउँ उत्खनन गर्दा गौतम बुद्धका स–साना मूर्ति, माटो र धातुका पुराना पैसा लगायत महत्वपूर्ण सामग्री फेला परे।, यो २०१५–२०१६ सालतिरको कुरा हो। त्यति बेला नगरपालिका बनिसकेको थिएन। चौतारामा हुने स्थानीय भेलाले महत्वपूर्ण प्रशासनिक निर्णय लिन्थ्यो। भेटिएका पुराना सामग्री स्थानीयलाई नै सुरक्षित राख्न दिने निर्णय भएको थियो। अहिले यी सामग्री पुरातत्व विभागमा छ।, 'यसरी यो ठाउँमा भगवान बुद्धको मूर्ति फेला परेकाले तीन–चार वर्षअघि त्यसैको सम्झनामा नगरपालिका परिसरमा स्तुप बनाइएको हो,' ताम्राकारले भने, 'त्यो पुरानो स्तुप भने होइन।', गौतम बुद्धको स्तुप भेटिनुले जेलाँदेमा कुनै समय बौद्ध धर्मको तरंग आएको हुनुपर्ने उनी अनुमान गर्छन्।, बासडोलको बाटो हिँड्दै गर्दा इतिहासविद् योगेश राजले लिच्छविराजा वसन्तदेव (मानदेवका नाति) को विक्रम सम्बत् ५६९ को महत्वपूर्ण अभिलेख फेला पारेका छन्।, काठमाडौं उपत्यकाबाहिर पूर्वी भेगमा साँगा, नाला, बनेपा, खोपासी, भकुण्डेबेंसी, दुम्जा, पलाञ्चोक भगवतीमा एउटा–एउटा र साँखुमा दुइटा गरी हालसम्म नौवटा लिच्छविकालीन शिलालेख पाइएका छन्। साँखुमा अर्को एक लिच्छवि अभिलेख फेला परेको छ। बासडोलमा यो अभिलेख भेटिएपछि अब पूर्वी भेगका लिच्छवि अभिलेखको संख्या ११ पुगेको छ।, 'बासडोलमा पाइएको यो अभिलेख वसन्तदेवको पहिलो र यो भेगकै दोस्रो पुरानो हो,' पासूका पत्रिकामा योगेश राजले लेखेका छन्।, पनौतीको प्राचीन बस्ती भनिने जेलाँदे। तस्बिर: सुसन चौधरी/सेतोपाटी, पनौती र वरपरका क्षेत्र उत्खनन् गर्दा नवपाषाणकालीन अवशेषहरू पनि फेला परेका थिए। त्यस आधारमा पनौतीमा किराँतकालमै बस्ती बसेको हुनुपर्ने इतिहासविद्हरूको अनुमान छ। पनौतीको प्राचीन थलो मानिने जेलाँदेको भने खासै उत्खनन् भएको छैन।, सन् २०१५ मा पुरातत्व विभाग र बेलायतस्थित दुरहाम विश्वविद्यालयले यो ठाउँको भौगर्भिक सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणले पनौतीको मध्य-दक्षिणी भागमा इँटाका संरचना भएको र उत्तरी भागमा आधुनिक इँटाहरू मक्किँदै गएको बताएको छ। यहाँको सतहमा पुराना इँटाका संरचना हुनसक्ने उक्त अध्ययनले देखाएको छ।, सर्वेक्षणमार्फत् यहाँका पुरातात्विक र ऐतिहासिक ठाउँहरूको नक्सांकन पनि गरिएको छ। ती ठाउँ अहिले जोखिममा पर्दै गएका छन्।, फाँटहरू भएको ठाउँमा भने ऐतिहासिक महत्वका संरचना नहुनसक्ने अन्वेषकहरूले जनाएका छन्। यो ठाउँमा आधुनिक संरचना बन्नुअघि नै संरक्षण गर्ने हो भने केही पुरातात्विक तथा ऐतिहासिक अभिलेख फेला पर्न सक्ने उनीहरूले बताएका छन्। उनीहरूले थप सर्वेक्षण र उत्खननको सल्लाह पनि दिएका छन्।, संस्कृतिविद् तुयुकाजी ताम्राकार पनि यो ठाउँको बृहत् उत्खनन हुन सके थप तथ्य बाहिर आउनेमा आशावादी छन्।, २०२८ सालसम्म जेलाँदेको फाँटमा ताम्राकार परिवारको पनि जग्गा थियो। त्यो समय बुवाले दुई रोपनी जग्गा हजार रूपैयाँमा बेचेको सम्झँदै उनले भने, 'अहिले त सबभन्दा महँगो ठाउँ नै यही भइसक्यो। उत्खनन गर्न आए पनि अब त मान्छेले दिँदैनन् होला।', पनौती कथा शृंखलाको अर्को अंकमा हामी त्यो समयको चर्चा गर्नेछौं जब पनौती काठमाडौं-तिब्बत व्यापार मार्गको हिस्सा थियो र यसलाई यहाँको प्रमुख व्यापार केन्द्र मानिन्थ्यो।, (पनौती कथा शृंखलाको नवौं अंक बुधबार प्रकाशन हुनेछ।), पहिलो अंक: ,जहाँ गौतम बुद्धको पूर्वजन्म भएको थियो, दोस्रो अंक: ,पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?, तेस्रो अंक: ,हामीले नदेखेको दरबार, चौथो अंक: ,हाम्रै पनौतीबाट प्रभावित फ्रान्सको त्यो गल्ली, पाँचौं अंक: ,८० वर्षपछि ब्युँताइएको पनौतीकी 'गुमनाम' कुमारी, छैठौं अंक: ,यसरी सुरूआत भयो पनौतीबाट य:मरि पकाउन, सातौं अंक: ,जसको निधनपछि पनौतीमा चाडपर्वको रौनक हरायो, तीनतिर बसाइँ सरेका थिए प्राचीन पनौतीका बासिन्दा
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। , उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो।, ६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। , उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।, उनको छातीमा निमोनिया देखिएको थियो। , सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
एजेन्सी उत्तरपूर्वी चीनमा सार्वजनिक बसमा भएको बिस्फोटमा परी एक जनाको भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।, साउथ चाइना मर्निङ पोष्टका अनुसार राजधानी बेइजिङमा विन्टर ओलम्पिक भइरहेका बेला लिआओनिङ प्रान्तको राजधानी सेन्याङमा बिस्फोटको घटना भएपछि चिनियाँ अधिकारीहरूले  गम्भीर अनुसन्धान थालेका छन्।, गत शनिबार साँझ भएको बिस्फोटका कारण बसका शिशा फुटेका छन्। प्रत्यक्षदर्शीले बसमा आगो भने नलागेको बताएका छन्। प्रहरीले बिस्फोटको कारण के हो भन्नेबारे जानकारी दिएको छैन।, बिस्फोटमा परी घाइते भएका ४२ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।, संसारभरिका खेलाडी जम्मा भएर बेइजिङमा विन्टर ओलम्पिक चलिरहेका बेला भएको बिस्फोटलाई सुरक्षाका दृष्टिले निकै चासोका साथ हेरिएको छ।, उत्तरपूर्वी चीनमा बसमा बिस्फोट हुँदा एकको मृत्यु, ४२ घाइते
सेतोपाटी संवाददाता गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृतक फेला परेका छन्।, स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले आइतबार मृतकको शव फेला पारेको हो।, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालका अनुसार उनीहरूको शव धार्चे गाउँपालिका-१ कुन्द्रामा खोंचमा भेटिएको हो। , बारपाक सुलिकोट गाउँपालिका-१ का १६ वर्षीय करण घले र वडानम्बर २ का सञ्जय घलेको शव फेला परेको दाहालले जानकारी दिए। उनीहरू साथी हुन्। , हिउँले पुरिएर हराइरहेको र अहिले हिउँ पग्लिँदै गएर मृतकको शव देखा परेको दाहालले बताए।, ‘माघ २० गते उनीहरू हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक हिँडेका थिए’, उनले भने, ‘फर्केर नआएपछि स्थानीय र आफन्त सोही दिन खोज्न हिँडेका रहेछन्। आफन्तले हामीलाई तीन दिनपछि मात्रै खबर गरेका थिए।’, आफन्तले उजुरी दिनासाथ प्रहरीले उनीहरूको खोजी थालेको डिएसपी दाहालले बताए।  , घरमा र बाटोमा साथीहरूलाई भेट्दासमेत उनीहरूले लाप्राक हिउँ खेल्न जाने भनेर भनेको र फोनको लोकेसन पनि सोही स्थानमा देखाएको आधारमा प्रहरीले उनीहरूको खोजी गरेको थियो।, मृत फेला परे हिउँ खेल्न गएका दुई किशोर
रासस चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक (केएफडब्लु) को एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ। , सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ। सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ।, नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। ‘डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ। निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ। यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौं। नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ’, नगर प्रमुख गिरीले भने।, अस्पतालले काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्‍याउने छ। साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्‍याउने अपेक्षा गरिएको छ। ,     , थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ। विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ।, प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ। अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको अस्पतालका मेडिकल अधिकृत हेमनाथ शर्माले जानकारी दिए।, उत्कृष्ट कार्यसम्पादन गरेबापत नगरपालिकाको तर्फबाट हालै ५० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेको उनले भने, ‘प्रयोगशाला,  उपकरणसहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिराखेको छ।’, महामारी नियन्त्रणमा उदाहरणीय प्रयास , कोभिड–१९ को महामारीबाट नगरवासीलाई जोगाउन नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेको थियो। नगरप्रमुख गिरीले भने, ‘महामारीका सुरूआती दिनमा नै उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गामा कोरोना जाँच तथा यातायातका साधनलाई ‘डिसइन्फेट्यान्ट’ गर्ने काम थालनी भयो। यसबाट कोरोना जोखिम न्यूनीकरणमा सहयोग पुग्यो। नगरभित्रका सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्यौं। चार स्थानमा होल्डिङ सेन्टर बनाई सेवा प्रदान गर्ने काम भयो। स्वाब सङ्कलनमा नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई सहयोग गर्‍यो।  माक्स, स्यानिटाइजर वितरण गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न नगरवासीलाई जानकारी दिने काम भयो । यसबाट कोरोना नियन्त्रणमा सहयोग पुग्यो’, नगरप्रमुख गिरीले भने।, नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार नगरपालिकाले एन्टिजेन र पिसिआर गरी १० हजार ३७५ को निःशुल्क परीक्षण गर्न सहयोग पुर्‍याएको छ।, हालसम्म नगरमा आठ हजार ५८७ कोरोना पोजेटिभ देखिएकामा आठ हजार ४०० निको भएका र १०० होमआइसोलेसनमा रहेका जनाइएको छ ।  , महामारीको पहिलो र दोस्रो लहरका समयमा नगरपालिकाले आफ्नो एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदानसमेत गरेको थियो। पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम सञ्चालन गरिराखेको छ।, ‘कोरोनाविरुद्धको खोप सबै नगरवासीका पाखुरासम्म पुर्‍याउन मैले उच्च प्राथमिकतामा राखेको छु । सबै वडाका स्वास्थ्यचौकी, विद्यालय तथा अस्पतालमा खोप सेवा जारी छ।  म हरेक दिन खोप केन्द्रको निरीक्षण गर्छु । खोपको अभाव हुन दिएको छैन’, उनले भने। उनी स्वयं पनि कोरोनाबाट सङ्क्रमित भएका थिए।, नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवर्द्धन गर्न चार लाख विनियोजनसमेत गरेको छ। यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ। प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको जानकारी दिए।, नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव जगदिश्वरी अवस्थी पाण्डेका अनुसार नगरपालिकाले एक सहरी स्वास्थ्य केन्द्र, एक अस्पतालसहित १० स्वास्थ्यचौकीमार्फत स्वास्थ्य सेवा प्रदान गरिराखेको छ।, यी स्वास्थ्य संस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ। ‘समग्र स्वास्थ्यको  सूचाङ्ककमा चन्द्रागिरिको नगरपालिकाको अवस्था सुदृढ देखिन्छ’, उनले भने। , थानकोटमा एक अर्बको लगानीमा विशेषज्ञ सेवा अस्पताल बन्ने
सेतोपाटी संवाददाता झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना श्रीमानलाई पक्राउ गरेको छ। , भद्रपुर नगरपालिका-१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङलाई प्रहरीले सोमबार हत्या आरोपमा पक्राउ गरेको हो। , उनले आफ्नी ३४ वर्षीया श्रीमती अनिता लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहान साढे ५ बजे उनीहरूबीच झगडा भएको थियो। , कार्यालयका अनुसार श्रीमती लिम्बूले मोबाइल बिगारेको भन्दै श्रीमानले चक्कु प्रहार गरी हत्या गरेका हुन्। , हत्या गरी भागेका तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको थियो। , उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ। मृतकको शव पोष्टमार्टमको गर्न मेची अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। , मोबाइल बिगारेको निहुँमा श्रीमतीको हत्या, श्रीमान पक्राउ
सेतोपाटी संवाददाता मोरङमा आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको १ प्रदेश नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।, उनीमाथि आफ्नै आमाको हत्या गरेको आरोप छ। आइतबार घरायसी विवाद हुँदा ७० वर्षीय चन्द्रमाया भण्डारीमाथि दाउराको चिरपटले प्रहार गरेको कार्यालयले जनाएको छ।, चिरपट प्रहारपछि चन्द्रमाया गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको छ। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , हत्या आरोपमा गंगाप्रसादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको हो। , मोरङमा आमाको हत्या आरोपमा एक पक्राउ
राजेश घिमिरे राष्ट्रिय भूमि आयोगले चितवनका तीन स्थानीय तहमा अहिले जग्गाको नापी गरिरहेको छ।, बद्रीप्रसाद तिमिल्सिना अध्यक्ष रहेको जिल्ला समितिले भरतपुर महानगरपालिका, माडी र कालिका नगरपालिकामा दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासीले भोगचलन गर्दै आएको जग्गा नापी गर्दै निस्सा प्रदान गरिरहेको छ।, अध्यक्ष तिमिल्सिनाकाअनुसार भरतपुरमा १० हजार २९, माडीमा ६ हजार ११ र कालिकामा ५ हजार ६ सय ५९ परिवार सुकुम्बासी छन्। अन्य पालिकाले आयोगसँग सम्झौता गर्न ढिला गरेका कारण काम सुरू भएको छैन।, भरतपुरका ७ वटा वडा, माडीका ४ र कालिकाका ३ वटा वडाहरूमा प्राविधिकले जग्गाको नापी गरिरहेका छन्। यसबाहेक जिल्लामा विगतका आयोगहरूले निस्सा प्रदान गरेका १० हजार भन्दा बढी फाइल रहेको अध्यक्ष तिमिल्सिनाले बताए।, ‘यो आयोगले वर्षौंदेखि भोगचलन गर्दै आएका तर आफ्नो नाममा नम्बरी जमिन नभएका सबै सुकुम्बासीलाई लालपुर्जा दिनेगरी काम गरिरहेको छ,’ तिमिल्सिनाले भने, ‘यसबाहेक विगतका आयोगले सेतो पुर्जा दिएर लालपुर्जा दिन बाँकी रहेका सुकुम्बासी परिवारलाई पनि लालपुर्जा वितरण गर्नेछ।’, उनले नापीको काम सुरू भएको ३५ दिनभित्रैमा लालपुर्जा दिनेगरी काम सुरू भएको बताए।, ‘अहिले नापी भइरहेका ठाउँमा स्थानीय तहको चुनावअघि नै लालपुर्जा वितरण गर्नेगरी काम भइरहेको छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता लागू भएपछि जग्गा वितरण गर्न पाइँदैन। त्यतिखेर अन्य प्रक्रिया चलिराख्छन्, निर्वाचनपछि वितरण गर्न थाल्छौं।’, आयोगकाअनुसार प्राविधिकले नापजाँच गरेकै दिन जग्गाको निस्सा दिइन्छ। त्यसपछि वडाध्यक्षको संयोजकत्वमा बनेको सहजीकरण समितिले वास्तविक सुकुम्बासी भए नभएको निर्क्यौल गरेर नगरपालिकामा पठाउँछ। त्यसलाई नगरपालिकाले छानबिन गरेर आयोगमा पठाउँछ।, ‘यो सबै प्रक्रिया सकेर ३५ दिनमा आयोगले उनीहरूलाई लालपुर्जा बाँड्न थाल्छ,’ राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भने, ‘यसरी पाएको जग्गा १० वर्षसम्म बिक्री गर्न पाइँदैन।’, आयोगले चितवनमा ४० वर्षभन्दा पहिलेदेखि जमिनको भोगचलन गर्दै आएका सुकुम्बासी पनि रहेको जनाएको छ। उनीहरूसँग ३ धुरदेखि ७ कट्ठासम्म जमिन रहेको भेटिएको जिल्ला अध्यक्ष तिमिल्सिनाले बताए।, उनकाअनुसार भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने पहाडी क्षेत्रमा धनाढ्य व्यक्तिहरूले ठूलो दर्जनौं बिघा ऐलानी जमिन कब्जा गरेको भेटिएको बताए।, ‘यसरी सरकारी जमिन कब्जा गरेर व्यवसाय सुरू गर्न थालेकाहरू जिल्लाका प्रतिष्ठित उद्योगीदेखि पूर्वमन्त्रीसम्म छन्,’ उनले भने, ‘कोहीले पहाडै खनेर माटो बेचिराखेका छन्, कसैले कुखुरा पाल्न, तरकारी, फलफूल खेती गर्न थालेका छन्।’, उनले सुकुम्बासीले पाउनुपर्ने जमिनमा भू-माफियाहरूले कब्जा जमाएको बताए।, ‘सुकुम्बासीलाई रूवाएर भू-माफियालाई पोस्न सक्दिनँ। त्यस्ता मान्छेले पनि सुकुम्बासी बनेर सरकारी जमिन आफ्नो बनाउन खोज्दैछन् भन्नेमा आयोग सचेत छ,’ अध्यक्ष तिमिल्सिनाले भने।, बाँदरझुलामा पनि सुरू भयो नापी, निकुञ्जले लेख्यो आयोगलाई चिठी, आयोगले माडीको बाँदरझुलास्थित सुकुम्बासी बस्तीमा पनि नापी गर्न थालेको छ। यहाँ ७ सयभन्दा बढी परिवारले करिब एक हजार विघा जमिन उपभोग गर्दै आएका छन्।, हाल चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ठाउँमा बस्ती बस्न थालेको २०३२ सालतिरबाट हो।, तनहुँ, मकवानपुर, धादिङ, पर्सा लगायतका जिल्लाबाट आएका मान्छेले यहाँ बस्ती बसाएका थिए। अहिले यहाँ चेपाङ समुदायका मात्रै २ सयभन्दा बढी परिवार छन्।, सरकारले आयोगलाई बिग्रेको वन, बुट्यान नभएको क्षेत्रमा मान्छे १० वर्षदेखि बसोबास गरिरहेको, खनजोत गरिरहेको छ भने लालपुर्जा दिन सक्ने अधिकार दिएको दाबी गर्दै आयोग यहाँ नापी गर्न पुगेको छ। तर चितवन राष्ट्रिय निकुञ्जले भने वनको क्षेत्रमा नापी नगर्न आग्रह गरेर आयोगलाई पत्र पठाएको छ।  , ‘वन क्षेत्र, निकुञ्जको कोर क्षेत्र, मध्यवर्ती क्षेत्रको वन निकुञ्जको क्षेत्राधिकार भित्र पर्ने भएकाले यस्ता क्षेत्र जग्गा ननापेर सहयोग गरिदिनुहुन भनेर हामीले पत्र पठाएका हौं,’ चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सेतोपाटीसँग भने, ‘आयोगलाई यो कुरा थाहा नहुन पनि सक्छ भनेर जानकारी गराएका हौं।’, उनले आफ्नो क्षेत्राधिकारभित्र पर्ने ठाउँको संरक्षण गर्ने दायित्व निकुञ्जको भएकाले त्यस्ता क्षेत्रमा नापी नगर्न आयोगलाई जानकारी गराइएको बताए। कुनै एक क्षेत्रको नाम नतोकी निकुञ्जले पत्र लेखेको उनले बताए।, ‘अहिले बाँदरझुलामा के भइरहेको छ भन्ने बारेमा ठ्याक्कै कुरा त हामीलाई जानकारी छैन, उहाँहरूले तथ्यांक लिने काम गर्नुभएको होला भन्ने लागेको छ,’ उनले भने, ‘हामीले जानकारी गराउनुपर्ने कुरा गराएका छौं।’, तिवारीले लामो समयदेखि बस्ती बसेको क्षेत्र भएपनि नीतिगत रूपमै सम्बोधन गरेरमात्रै अघि बढ्नुपर्ने बताए।, बस्ती विस्तार हुँदै गए वन फडानी बढ्ने खतराप्रति निकुञ्ज सचेत रहँदै आएको देखिन्छ। जंगली जनावरका कारण हुने क्षतिको चिन्ता त छँदैछ।    , आयोगका जिल्ला अध्यक्ष तिमिल्सिनाले भने आयोगलाई सरकारले बुट्यान नभएको क्षेत्रमा १० वर्षदेखि बस्ती बसेको छ भने काम गर भनेर अधिकार दिएका कारण काम अघि बढाइएको बताए।, ‘हामी त ३५ दिन भित्रमा लालपुर्जा दिनेगरी काम गरिरहेका छौं। प्राविधिकहरू दिन–रात काममा खटिइरहेका छन्,’ उनले भने, ‘आयोगलाई चितवन निकुञ्जले पत्र पठाएको छ। वन क्षेत्रमा नापजाँच नगर्नु भनेर लेखेको छ। यो अरूजस्तो आयोग होइन, गठबन्धन गरकारले नियुक्त गरेको शक्तिशाली आयोग हो, काम गरेरै छाड्छ। जेल जान परे म जान्छु तर त्यहाँका जनतालाई निस्सा दिएरै छाड्छु।’, उनले आयोगले निकुञ्जको पत्रको जवाफ पठाइसकेको बताए।, ‘निकुञ्जका वार्डेन र विभागसँग छलफल पनि गरिरहेका छौं,’ उनले भने।, आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले बाँदरझुलाबासीलाई लालपुर्जा वितरण गर्न निकुञ्जको ऐनले नरोक्ने दाबी गरे।, ‘यहाँको ७ सय परिवारलाई अन्यत्र सार्न व्यवस्थापकीय हिसाबले सहज छैन। यहाँ बसेका बासिन्दाले निकुञ्ज र नेपाली सीमानाको सुरक्षा गरिरहेका छन्। त्यसैले त्यहीँ व्यवस्थित रूपमा बस्न दिनुपर्छ,’ उनले भने, ‘बाधा अवरोध आए निकुञ्ज ऐन संशोधन गरेर जान पहल गर्नेछौं।’, उनले स्थानान्तरण अन्तिम विकल्प रहने बताए।, भारतसँगको सीमा नजिकै पर्ने यो गाउँका बासिन्दालाई लालपुर्जाको आश्वासन दिन थालिएको धेरै वर्ष भयो। भूमिसम्बन्धी आयोग बन्दा आयोगका प्रतिनिधि र चुनावको मुखमा नेताहरू गएर यहाँका बासिन्दालाई लालपुर्जा दिने आश्वासन बाँड्न छुटाउँदैनन्।, लालपुर्जाकै लोभमा उनीहरूले विभिन्न पार्टीका नेताहरूलाई भोट हाले, तर पाउन सकेनन्।, केही महिना अघि यहाँको एक समूह लालपुर्जा माग गर्दै काठमाडौंको माइतीघर मण्डला पुग्यो। बाँदरझुलामा मानवीय बस्ती र निकुञ्जको सीमांकन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरू घर खोजिरहेका छौं, तिमीहरू बस्ती जलाउँछौं लेखेका प्लेकार्ड बोकेर उनीहरूले काठमाडौंमा आन्दोलन गरे।, केही दिनपछि उनीहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को निवासमा वार्ताका लागि बोलाइयो।, भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र माडी नगरपालिकाका मेयर ठाकुर ढकाल पनि सहभागी रहेको वार्तामा बाँदरझुलाबासीको माग सम्बोधन गर्ने सहमति भयो।, २०७८ सालको फागुन मसान्तसम्म भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन र जग्गा नापजाँचको सूचना निकाल्ने, लागत संकलनको निवेदन दिएकै दिनमा नक्सा र जग्गा नापजाँचको नक्सा वितरण गर्ने सहमति वार्तामा भएको थियो। त्यही सहमतीअनुसार आयोगले माघको अन्तिम सातादेखि नै यहाँ पुगेर नापी सुरू गरेको हो।, विगतमा बनेका आयोगहरूले लालपुर्जाको आश्वासन दिए पनि निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको यो बस्तीमा नापी गर्ने आँट गरेका थिएनन्।, चितवन निकुञ्जले २०५८ सालमा यहाँको बस्ती खाली गरेर यो ठाउँमा आफ्नो क्षेत्राधिकार रहेको दाबी गरेको थियो। त्यतिखेर निकुञ्जले सुरक्षाकर्मी र हात्ती परिचालन गरेर घर भत्काउनेदेखि आगो लगाउनेसम्म गरेर बस्ती विस्थापित गरेको थियो। निकुञ्जले खेदेपछि यहाँ बासिन्दा गाउँ छाडेर भागेका थिए।, केही महिनापछि बाँदरझुलाबासी पुनः गाउँ फर्कन थाले। गाउँमा विगतको जस्तै चहलपहल बढ्न थाल्यो। त्यसपछि पनि निकुञ्जले बस्ती खाली नगरे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने सूचना पटक–पटक जारी गरेको थियो।, हात्ती लगाएर हटाउने प्रयास फेरि गरर्‍यो। तर स्थानीयबासी निकुञ्जको आदेशलाई नटेरी बसिरहे।, निर्वाचनको प्रचारमा पुग्ने नेताहरू कसैले लालपुर्जा त कसैले स्थानान्तरणको आश्वासन दिए। तर दुबै काम हुन सकेनन्।, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा पर्छ यो ठाउँ। करिब ३ घण्टा चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट यात्रा गरेपछि पुगिने यो ठाउँमा प्रचण्ड तीन पटक पुगेका छन्।, २०७४ सालको संसदीय निर्वाचनमा विजयी भएपछि ‘प्रचण्ड’ बाँदरझुला पुगेर भनेका थिए, अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै सुकुम्बासी समस्या समाधानका लागि ठोस निर्णय गर्छ।, त्यसअघि भोट माग्दै उनले सुकुम्बासीलाई लालपुर्जा दिने वाचा गरेका थिए।, निर्वाचनको केही समयपछि प्रचण्डको माओवादी र नेकपा एमाले एकीकरण भएर शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी बन्यो। प्रचण्ड पनि पार्टी अध्यक्ष बने। अर्का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। उनले चितवनका नेता देवी ज्ञवालीलाई अध्यक्ष बनाएर भूमि समस्या समाधान आयोग गठन गरे।, अध्यक्ष बनेपछि ज्ञवाली बाँदरझुला पुगे। वस्तुस्थिति बुझेपछि सुकुम्बासीले जग्गाधनीको पुर्जा पाउने आश्वासन दिएर फर्किए। तर बाँदरझुलाबासीले जग्गा धनीपुर्जा पाएनन्। बरू प्रचण्ड र ओलीका पार्टी फुटे। प्रचण्डको जोडबलमा बनेको नयाँ सरकारले ज्ञवाली अध्यक्ष रहेको आयोग नै खारेज गरिदियो। प्रचण्ड र ज्ञवालीको आश्वासन भाषणमै सीमित बन्न पुग्यो।, २०७४ साल यताका आश्वासनप्रति बाँदरझुलाका सुकुम्बासी बढी नै आशावादी थिए। किनभने उनीहरूलाई आश्वासन दिने पार्टीले यसपटक वडा, नगरपालिका, प्रदेश हुँदै केन्द्रीय सरकारसमेत चलाएको थियो।, केही वर्षअघि राप्रपाका नेता विक्रम पाण्डे भूमिसुधार मन्त्री हुँदा बाँदरझुला बस्ती स्थानान्तरणको प्रक्रिया सुरू गरेको बताएका थिए।, विगतमा चितवनको सोही क्षेत्र (त्यतिखेरको क्षेत्र नम्बर ५) बाट निर्वाचन जितेका पाण्डेले वन मन्त्री बनेपछि चितवन राष्ट्रिय निकुञ्जको भूभाग अतिक्रमण गरेर बसाइएको बस्तीलाई अन्यत्र स्थानान्तरण गर्ने बताउने गरेका थिए।, उनले स्थानान्तरणका लागि जग्गाको खोजी समेत भइसकेको दाबी गरेका थिए। तर उनले पनि बोली पूरा गर्न सकेनन्।, २०७४ सालमा प्रचण्डको चुनाव प्रचारका लागि माडी पुगेका नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई देखाउँदै माडीलाई मणि बनाउने घोषणा गर्दा बाँदरझुलाबासीले पनि ताली पड्काएका थिए।, उनै ओलीले प्रधानमन्त्री हुँदा माडीको अयोध्यापुरीमा भगवान राम जन्मिएको दाबी गर्दै अयोध्याधाम निर्माणको घोषणा गरेका थिए। त्यसपछि साविकको अयोध्यापुरी गाविसमा पर्ने बाँदरझुलालाई अयोध्याधामकै हिस्सा बनाउँदै ‘हनुमानझुला’ नामकरण गरिएको थियो। आफ्नै वडामा अयोध्याधाम निर्माण गर्ने र आफ्नो गाउँलाई हनुमानझुलामा रूपान्तरण गरेर विकास गर्ने आश्वासन पाउँदा खुसी भएका बाँदरझुलाबासी तब निरास बने जब ओलीले भव्य राममन्दिर बन्ने भनेकै ठाउँमा उभिएर माडीको विकास अब भगवान रामले गर्नेछन् भनेर हिँडे।  , ट्याक्टर पनि चलाउन नपाउने गाउँ, चितवन निकुञ्जले उक्त क्षेत्रलाई वन्यजन्तुको आवतजावत बढी हुने क्षेत्र मान्ने गर्छ। मानव चहलपहल बढेसँगै उक्त क्षेत्रमा वन्यजन्तु कम देखिन थालेको निकुञ्ज बताउँछ।, बाँदरझुला बस्तीलाई पहिले जिल्ला वन कार्यालयले हटाउन कोसिस गरेको थियो।, उक्त ठाउँ २०५३ सालमा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेपछि निकुञ्जले पनि दुई पटकसम्म हटाउने प्रयास गर्‍यो। बाँदरझुलाको दक्षिणी सीमानामा भारतको वाल्मीकि टाइगर रिजर्भ क्षेत्र पर्छ।, यहाँ अहिलेसम्म विद्युत पुगेको छैन। यहाँ खेतीपातीका लागि ट्याक्टरको प्रयोग गर्न पनि पाइँदैन। गत पुसमा भएको वार्तामा यी दुई विषयमा पनि सहमति भएको थियो।, बाँदरझुलामा विद्युतीकरणका लागि बजेट समेत छुटाइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत् प्राधिकरण र सो कार्यको सहजीकरणका लागि सम्बन्धित निकायहरूमा सहयोगका लागि नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अनुरोध गरी तत्काल पत्राचार गर्ने सहमति वार्तामा भएको थियो।, त्यसैगरी जमिनमा ट्याक्टर प्रयोग गरी किसानहरूले सहज, सरल र सुपथ तरिकाले कृषि गर्न सहज वातावरण बनाउन नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवाला निकायलाई पत्राचार गरी सहजीकरण गरिदिने सहमति प्रचण्ड निवासमा भएको वार्तामा भएको थियो।, धमाधम जग्गाको निस्सा बाँड्दै भूमि आयोग, चितवन निकुञ्जले भन्यो–वनको क्षेत्रमा नापी नगर्नू
सेतोपाटी संवाददाता सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ।, नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११:३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ।, सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरको संख्या ३०२ वटा छ।, सोलु करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिंलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिए क्षमताको सबस्टेसन निर्माण  गरिएको छ।, सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ। तिंला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुनेछ।, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार छनोट भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रूट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको बताए।, ‘सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ, निर्माण सम्पन्न भई बर्खाको समयम पूर्ण क्षमतामा चल्न नसकेको २३.५ मेगावाटको सोलु खोला र निर्माणाधीन जलविद्युत आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत प्रवाहको समस्या समाधान भएको छ’, घिसिङले भने।, ‘आयोजनाको विद्युत सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्लामा हाम्रो आफ्नै उत्पादनबाट आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुन्छ।’, उनले तिंला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने उल्लेख गरे।, २३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ।, यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ।  , सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको विद्युत पोहोर फागुनबाट अस्थायी रूपमा ३३ केभी लाइनमा जोडिएको थियो।, प्रसारण लाइनको रूट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका-४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो।  , सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै  ठूला समस्या  र अवरोध भोगिएको र यसबाट पाठ सिक्दै अन्य आयोजना निर्माण गरिनुपर्ने आयोजना प्रमुख जनार्दन गौतमले बताए।, प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२को चैतमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७३को असोजबाट कार्यान्वयनमा आएको थियो।, सञ्चालनमा आयो सोलु करिडोर प्रसारण लाइन
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २६५ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २०३, ललितपुरमा ४५ र भक्तपुरमा १७ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौंमा ११ हजार ५४३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६६६९, ललितपुरमा ३४४८ र भक्तपुरमा १४२६ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ९८९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ६६६ पिसिआर परीक्षणबाट र ४६२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा २२१५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर २७ हजार ४४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।,  , काठमाडौं उपत्यकामा थपिए २६५ संक्रमित
सेतोपाटी संवाददाता केही साता सम्पर्कविहीन भएर काठमाडौं फर्किएका व्यापारी अमित अग्रवालले आफ्नो सुरक्षाका लागि काठमाडौं प्रशासनमा निवेदन दिएका छन्।, शुक्रबार पत्रकार सम्मेलन गर्दै अग्रवालले आफ्नो जिउज्यानको सुरक्षा खतरामा रहेकाले प्रशासनसँग सुरक्षा मागिएको बताए।, ‘व्यवसायिक कारोबारमा संलग्न विभिन्न व्यक्तिहरूले कानुनविपरीत मलगायत मेरो परिवारका सदस्यलाई मानसिक तनाव दिने, भौतिक आक्रमण गर्ने, अनाधिकृत तवरले मेरो सम्पत्ति कब्जा गर्ने धम्की दिने साथै दु:ख हैरानी दिन विभिन्न अनावश्यक मुद्दामामिला गरेका छन्,’ अग्रवालले भने,‘मलयागत मेरो घरपरिवारका सदस्यको जिउधनमा गम्भीर खतरा उत्पन्न हुने अवस्था भएकाले नेपालको संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, व्यापार व्यावसाय गर्न पाउने हकको सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेको छु।’, अग्रवालले कोरोना रोक्न गरिएको लकडाउनका कारण आफ्नो व्यापार नचलेको उल्लेख गर्दै बैंकको ऋण भने तिरिरहनु परेकाले आर्थिक समस्या भएको दाबी गरे।, ‘अनपेक्षित परिस्थितिले मेरो परिवार डिप्रेसन तथा मानसिक तनावमा रहँदै आएकोमा सोको उपचारार्थ देशबाहिर गएको अवस्थामा बैंकहरूको ऋण रकम भुक्तान नगरी सम्पर्कविहीन भएको भनी विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार प्रकाशन भएको थाहा पाउँदा मलगायत मेरो परिवार अत्यन्त दु:खी एवं मर्माहत भएका छौं,’ अग्रवालले भने।, उनले आफ्नो व्यापार फेरि चलाएर बैंकहरूको ऋण तिर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।, गत पुस २२ गते सम्पर्कविहीन भएका अग्रवाल बिहीबार काठमाडौं प्रहरीको सम्पर्कमा आएका हुन्।, यो पनि पढ्नुस्:, काठमाडौंमा ब्रान्डेड रक्सी बेच्ने परिवार सुटुक्क भागेपछिको तरंग, व्यापारी अग्रवालले मागे काठमाडौं प्रशासनसँग सुरक्षा
खिलानाथ ढकाल अमित र उनका भाइ अभिषेक अग्रवालको कारोबार बिग्रेको २०७२ सालदेखि नै थियो। जतिबेला उनीहरूले नवलपरासी जिल्लामा सागर डिस्टिलरी नमको मदिरा उद्योगको इजाजत दिएका थिए।, २०७३ सालमा उद्योग स्थापना गरे तर अर्को वर्ष उद्योगको इजाजत नवीकरण भएन। २०७७ सालदेखि त कोरोना संक्रमणले गर्दा उद्योग चल्ने कुरै थिएन।, बैंकबाट ऋण लिँदै दरबारमार्ग र जमलको ग्रीनलाइन सेन्टर चलाइरहेका थिए। उद्योग सञ्चालन गर्ने मोहले उनले गैरबैंकिङ ऋण लिन थाले।, पहिलो र दोस्रो चरणको कोरोनाका कारण त्यही ग्रीनलाइन पनि आठ महिना बन्द भयो। सरकारले विदेशी मदिरा आयातमा प्रतिबन्ध लगायो।, त्यो आठ महिनाको घाटा, स्वदेशी रक्सी उत्पादन गर्ने उद्योमा गरेको लगानीबाट फाइदा लिने बेलैमा उनलाई गैरबैंकिङ ऋण ‘मिटरब्याज’ले सताउन थाल्यो।, ‘बल्लतल्ल ह्विस्की उत्पादन हुन थालेको थियो, कोरोनाले गर्दा प्लान्ट चलाउन पाइएन, सेयर बेचेर तीन जना साथीभाइ उद्योगमा भित्र्याएँ,’ अमितले शुक्रबार भने।, अमितका अनुसार बजारमा गएको सामानको १९ करोड उठ्न बाँकी थियो,अहिले पनि छँदैछ। यहीबेला बैंकहरूले ऋणको किस्ता तिर्न ताकेता गरिरहेका थिए।, बैंकको भन्दा सयौं गुणा ताकेता ‘मिटरब्याजी’हरूले गर्न थाले। ती केही ‘मिटरब्याजी’को नाम अमितले स्वीकारेका छन्।, अमितसँग मिटरब्याज कारोबारमा जोडिएका व्यक्ति आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डे, ग्रीनलाइन पसलकै घरबेटी सुनिल श्रेष्ठ, पूर्वएसपी दीपक रञ्जितलगायत हुन्।, ‘उहाँहरूसँग मेरो बीसौं वर्षदेखि कारोबार भइरहेको थियो। १८, २० देखि २४ प्रतिशतसम्म ब्याजमा सापटी चलाउँथें,’ अमितले भने, ‘मेरो बुवा (ओमप्रकाश) त्यसलाई मिटरब्याज भन्नुहुँदो रहेछ।’, अमितले उनीहरूसँग के, कति कारोबार हो भन्ने खुलाउन नमाने पनि केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पाण्डेसँग पाँच करोड र श्रेष्ठसँग ८ करोड मिटरब्याज कारोबार छ। रञ्जितको कारोबार कति हो खुलिसकेको छैन।, ‘उनीहरूले पटक-पटक साँवा, ब्याज, स्याजदेखि प्याज उठाएको बुझिन्छ,’ ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने, ‘अन्य व्यक्तिहरू खुल्न बाँकी छ। अमितले जाहेरी दिए हामी कारबाही अघि बढाउँछौं।’, आरपी ग्रुपका पाण्डे वीरगञ्जका हुन्। ‘मसँग कारोबार भएकाहरूले हातपात नै नगरे पनि धाकधम्की दिएर हैरान पारेका थिए,’ अमितले भने, ‘हामी बाबुछोरा तीनै जना एकदमै तनावमा पुगेका थियौं, डिप्रेसनमा गइसकेका थियो।’, गत पुसमा मिटरब्याजीहरूले टिक्नै नसक्ने गरी धम्की दिएपछि ओमप्रकाश डिप्रेसनको शिकार बनेका थिए।, ‘बुवाले आत्महत्या गर्न खोज्नु भएपछि घरबाट मलाई बोलाए, बुवाको स्थिति नाजुक थियो,’ अमितले भने, ‘यस्तो अवस्थामा परिवार सम्हाल्न नसकेर म भारत हिँडेको हुँ।’, अमितका अनुसार पुस २१ गते परिवारका ९ जना माइक्रो चढेर वीरगञ्ज हुँदै रक्सौल पुगेका थिए। उनीहरू गत बुधबारसम्म रक्सौलमै बसे।, ‘पसलमा ताला लगाएर हामी हिँड्यौं, मैले बुवाको उपचार गराएँ, आफ्नो उपचार गरें, रिफ्रेसमेन्टमा थियौं,’ अमितले भने, ‘यहीबेला बैंकहरूले आएर पसलमा ताला लगाएको, हामी भागेको समाचार आएपछि म विक्षिप्त भएँ।’, अमित र उनका भाइ अभिषेक बिहीबार मात्रै रक्सौलबाट गाडी चढेर काठमाडौं आएका छन्। अरू परिवार रक्सौलमै छन्।, ‘बीचमा बैंकसँग कुरा भयो। ऋण दिएका साथीभाइसँग कुरा भयो। प्रशासनमा उजुरी दिएको छु शान्ति सुरक्षाका लागि,’ उनले भने, ‘अवस्था सहज हुने वातावरण बनेको छ।’, अमितले प्रशासनमा ‘व्यावसायिक कारोबारमा संलग्न विभिन्न व्यक्तिहरूले कानुनविपरीत मलगायत मेरो परिवारका सदस्यलाई मानसिक तनाव दिने, भौतिक आक्रमणको धम्की दिने, अनाधिकृत तरिकाले मेरो सम्पत्ति कब्जा गर्ने धम्की दिने साथै दु:ख हैरानी दिन अनावश्यक मुद्दा मामिला गरेकाले जिउधनमा गम्भीर खतरा हुने अवस्था भएकोले नेपालको संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सम्मानपूर्व बाँच्न पाउने हक, स्वतन्त्रताको हक, व्यापार व्यवसाय पाउने हकको सुरक्षार्थ निवेदन दर्ता गरेको’ बताएका छन्। , उनले आफू नभागेको र बाँचे पनि मरे पनि नेपालमै सबथोक हुने बताए।, ‘घरमा बैंकले ताला लगाएको छ, भाडामा बसेर भए पनि कारोबार मिलाउँछु, म उक्सिन्छु भन्ने लाग्छ,’ अमितले भने।, अमितले दुई तीन दिनभित्रै ग्रीनलाइन सप खुल्ने बताए। अमितका अनुसार इन्भेष्टमेन्ट बैंकसँग ग्रीनलाइनमा २८ करोड ऋण छ। त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर, झापा चन्द्रगढीको जग्गा धितोमा छ।, यस्तै, एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा छ।, यस्तै, मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको छ। ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो छ।, यसैगरी, ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ। त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका छन्।, ‘मेरो साँवा ब्याज सबै गरेर बैंकसँग ८० करोडजति ऋण छ,’ अमितले भने, ‘अरू २५ करोडजति साथीभाइको ऋण छ।’, उनका अनुसार यो बीचमा वीरगञ्ज भन्सार नाकामा सात वटा मदिराका कन्टेनर आएर बसेका छन्, तिनीहरूको भन्सार जाँचपास भएको छैन। मदिराका अरू तीन वटा कन्टेनर कलकत्तामा छन्।, ‘त्यो बिक्रीवापत् पनि आउँछ, बैंकसँग विस्तारै कारोबार मिलाउँदै जाने भनेको छु,’ अमितले भने।, आफूहरूसँग एक अर्ब पाँच करोडजति सम्पत्ति र घरजग्गा रहेको उनले बताए।, ‘म घरजग्गा बिक्री गर्दै ऋण तिर्दै जान्छु,’ उनले भने।, ग्रीनलाइन बीसौं वर्षदेखि काठमाडौंमा विदेशी ब्रान्डेड रक्सीको कारोबार गर्ने सप हो। अमित र अभिषेकका बुवा ओमप्रकाश अग्रवालले उनीहरूलाई काठमाडौंमा मदिराको व्यापारमा टेकाएका थिए।, ज्ञानेश्वरमा बस्दै आएका ओमप्रकाश, अमित, अभिषेकसहित परिवारले नेपाल छोडेपछि छोरी रजनीले परिसरमा निवेदन दिएकी थिइन्। निवेदन दिएपछि प्रहरी ज्ञानेश्वरको घरमा पुगेको थियो। , त्यहाँ पुगेर सर्च गर्दा एउटा ‘नोट’ फेला परेको थियो, जहाँ ओमप्रकाशले मिटरब्याजीका कारण ज्यान नै जोखिममा परेको उल्लेख गरेका थिए।, ‘बुवाले एकदमै भावनामा आएर, विक्षिप्त भएर लेख्नुभएको रहेछ, हामी त्यो छोडेर गयौं, बहिनीलाई पनि थाहा नदिइकन गयौं,’ अमितले भने।, ग्रीनलाइन काठमाडौं उपत्यकाका पाँचतारे होटलका रेष्टुरेन्ट, सपिङ मलदेखि हाइप्रोफाइल घरानामा मदिरा बिक्री गर्ने पसल हो।, ओमप्रकाश, अमित र अभिषेक सबै भारतीय मूलका नेपाली नागरिक हुन्। उनीहरूका तीन पुस्ताको नागरिकता धनुषा जिल्लाबाट लिएको देखिन्छ। सन् १९९० को दशकमा ओमप्रकाश भारतको हरियाणाबाट नेपाल छिरेका थिए।, काठमाडौंमा आएर उनी ड्युटी फ्री मदिराको कारोबारमा लागेका थिए। लाखौंबाट करोडमा पुग्न थालेपछि उनले कम्पनी नै स्थापना गरी कारोबार थालेका थिए। विस्तारै कारोबार छोरा अमित र नाति अभिषेकको हातमा पुगेपछि उनीहरू अर्बमा खेल्न थालेका थिए।, अमितले नेपालमै गुणस्तरको स्वदेशी मदिरा उत्पादन गरेर सबैको पहुँचमा पुर्‍याउने चाहनाले नवलपरासीमा उद्योग खोलेको बताए। , ‘अहिले ह्विस्की उत्पादन सुरू भएको छ, केही समयपछि वाइन उत्पादन सुरू गर्छु,’ उनले भने, ‘पाँचदेखि आठ हजार तिरेर रेडलेबल, ब्ल्याकलेबल पिउने सबैले सक्दैनन्, त्यस्तो गुणस्तरको मदिरा उत्पादन गरेर सुलभ मूल्यमा बिक्री गर्ने मेरो योजना छ।’, सम्बन्धित समाचार :, काठमाडौंमा ब्रान्डेड रक्सी बेच्ने परिवार सुटुक्क भागेपछिको तरंग, ग्रीनलाइनका सञ्चालक अमित अग्रवालको ‘नेपाल चाँडै फर्किने’ सन्देश लिएर रजनी पुगिन् प्रहरीमा , काठमाडौं फर्कियो सुटुक्क भारत गएको व्यापारी अग्रवालको परिवार, करोडौंको कारोबार छोडेर माइक्रो चढी रक्सौल गएका थिए ग्रीनलाइनका सञ्चालक
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ९८९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ६६६ पिसिआर परीक्षणबाट र ४६२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा २२१५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर २७ हजार ४४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा २६५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २०३, ललितपुरमा ४५ र भक्तपुरमा १७ संक्रमित थपिएका छन्।, थपिए ११२८ संक्रमित, १४ को मृत्यु
सेतोपाटी संवाददाता ठगी मुद्दामा पक्राउ परेका दाङ घोराहीका विकास पुन दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्। , कपिलवस्तु वाणगंगा ४ का तिलक थापाले साढे ४९ लाख ठगी गरेको भन्दै पुनविरूद्ध दिएको मुद्दाका आधारमा उनी माघ २ गते काठमाडौंमा पक्राउ परेका थिए। , पक्राउपछि दाङ ल्याइएका पुनलाई जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले पुर्पक्षका लागि बिहीबार दुई लाख धरौटी माग गरेको अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए। , सूचना अधिकारी शर्माका अनुसार यो बीचमा जाहेरीवाला थापाले बीचमै आएर आफूहरूको व्यवहार मिलिसकेको र बाँकी रकम फागुनमा दिने गरी कुरा टुंगिएको भनेर निवेदन दिएका थिए। , अदालतको माग बमोजिम पुनले बिहीबार नै दुई लाख रुपैयाँ दाखिला गरेका थिए। , तर, जिल्ला र उच्च अदालत तुलसीपुरबाट विगतको एउटा ज्यान मार्ने उद्योग मुद्दामा पुनलाई पाँच वर्ष जेल सजाएको फैसला भएको थियो। त्यो सजाय भुक्तानी गर्न बाँकी रहेको हुँदा तोकिएको सजाय भुक्तानीका लागि भन्दै कारागार पठाइएको थियो। , तर, पुन यो बीचमा  ज्यान उद्योगको उक्त मुद्दा दोहोर्‍याई पाऊँ भन्दै सर्वोच्च अदालतमा पुगेको प्रत्येक दिनको तीन सयको दरले पैसामा दाखिल गरी सर्वोच्चबाट निस्सा प्राप्त गरेका छन्।, सूचना अधिकारी शर्माका अनुसार सोही व्यहोरा उल्लेख गर्दै आफूलाई थुनामा राख्नु उचित होइन भन्दै पुनले शुक्रबार जिल्ला अदालतमा निवेदन पेस गरेका थिए। , पुनविरूद्ध ज्यान उद्योगको मुद्दा सर्वोच्चमा विचाराधीन नै छ।, पुनलाई पाँच वर्ष काराबास सजायको बारेमा सर्वोच्चबाट अन्तिम निर्णय भएबमोजिम नै हुने गरी जिल्ला अदालतले छोड्न आदेश दिएको हो।, यो पनि:, ठगी आरोपमा पक्राउ परे दाङका विकास पुन, दुई लाख धरौटीमा छुटे विकास पुन
सेतोपाटी संवाददाता काठमाडौंको फर्पिङमा एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले एक ‘अघोरी’लाई पक्राउ गरेको छ।, हत्या आरोपमा प्रहरीले दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनले बिहीबार साँझ अन्दाजी ४०-४५ वर्षका बोल्न नसक्ने पुरूषमाथि दाउराको चिर्पट र बाँसले टाउकोमा हिर्काएका थिए। 'अघोरी'को प्रहारबाट पुरूष गम्भीर घाइते भएका थिए।, गम्भीर भएका उनलाई प्रहरीले मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको थियो। , उनको शुक्रबार बिहान अस्पतालमा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , यस्तै इलाका प्रहरी कार्यालय फर्पिङले गिरीलाई नियन्त्रणमा लिएको छ।, गिरी लामो समयदेखि त्यस क्षेत्रमा बस्थे। अर्का पुरूष पनि त्यही ठाउँमा मागी खाने गर्थे। , प्रहरीका अनुसार उनीहरूबीच गाँजाको विषयमा पटक/पटक झडप हुने गर्थ्यो। पहिले पनि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थुनिसकेको परिसरले जनाएको छ।, बिहीबार पनि उनीहरूबीच झडप हुँदा गिरीले ती पुरूषमाथि चिर्पटले प्रहार गरेका हुन्।, पक्राउ परेका गिरीमाथि प्रहरीले मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुरमा प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ। ,  , फर्पिङमा एक पुरूषको हत्या आरोपमा 'अघोरी' पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले लमजुङ दोर्दी गाँउपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मनबहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले जानकारी दिए।, उनका अनुसार क्षेत्रीले टोखा नगरपालिका-९ आनन्द टोलबाट भालुको पित्तसहित पक्राउ गरेको हो।  , अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको छ भन्ने सूचनाको आधारमा खटिएको टोलीले क्षेत्रीलाई पक्राउ गरेको हो। , कारबाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ।, काठमाडौंबाट भालुको पित्तसहित एक पक्राउ
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा मध्यरातमा भएको आगलागीबाट  झन्डै सात करोड बराबरको धनमाल जलेर नष्ट भएको छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पीडितले दिएको निवेदनमा सात करोड जति क्षति भएको उल्लेख छ। , जुत्ता चप्पलको गोदाम र कस्मेटिकको समेत गोदाम रहेका कारण दुबैको गरी सात करोड बराबरको क्षति भएको विवरण पेस पीडितले उल्लेख गरेको डिएसपी अर्यालले बताए। , तुलसीपुर उपमहानरपालिका वडा नं. ५ को ‘ङ’ स्थित एक घरमा भएको आगलागीका कारण तीन परिवारका गरगहना समेत जलेर नष्ट भएको पाइएको डिएसपी अर्यालले जानकारी दिए। , आगलागीमा परी चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ।, दुई परिवारका पाँच जनाको मृत्यु भएको हो। ६ जना भने ज्यान जोगाउन सफल भएका थिए। , यसैबीच मृतकका आफन्तले पोष्टमार्टमपछि शव बुझेका छन्।, सम्बन्धित समाचार:, छोराछोरी बचाउन गएका बुवा फर्केर आउन सकेनन्, मध्यरातमा जुत्ता-चप्पल गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु, दाङको जुत्ता-पसलमा आगलागी: मृत्यु हुनेकाे पहिचान खुल्याे, ५ मध्ये ४ बालबालिका, दाङको जुत्ता-पसलमा आगलागी: सात करोडको क्षति भएको पीडितको निवेदन
सेतोपाटी संवाददाता चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-९ घर भई काठमाडौं-१६ बस्ने २२ वर्षीया अमिता नेपाली, नुवाकोट बेलकोटगढी नगरपालिका-८ घर भई काठमाडौं-१६ स्थित राजश्री ज्वेलर्सका सञ्चालक ४१ वर्षीय राजु सुनार छन्।, महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार उनीहरूलाई शुक्रबार पक्राउ गरिएको हो।, काठमाडौं-१६ ढुंगेधारास्थित एक घरमा डेरा गरी बस्ने महिलाको कोठाबाट आठ तोला सुनलगायत सामग्री चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, ती महिलाको कोठाबाट आठ तोला बराबरको सुन, मोबाइल, घडीलगायत सामग्री चोरी भएको थियो। नेपालीले चोरी गरेको सुन सुनारको ज्वेलर्समा बिक्री भएको प्रहरीले जनाएको छ।, सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ
सेतोपाटी संवाददाता असन्तुष्ट व्यवसायीले सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेका छन्। शुक्रबार आफ्ना मागहरू सम्बोधन नभएको भन्दै व्यवसायहीरूले कार्यालयमा तालाबन्दी गरेका हुन्।, व्यवसायीहरूलाई संघभन्दा बाहिर राखेर कार्यसमितिको लागि चुनाव घोषणा गरेको गुनासो व्यवसायीहरूको छ। चरणबद्ध आन्दोलनको घोषणा गर्दै शुक्रबार दिउँसो व्यवसायीहरूले ताला लगाएका हुन्।, संघका पदाधिकारीहरूको मंसिरमा बसेको बैठकले चैत २६ गटे निर्वाचन गर्ने घोषणा गरेको थियो।, सुर्खेत उद्योग वाणिज्य संघभित्रै पनि व्यवसायीहरूका माग सम्बोधन गर्ने/नगर्ने विषयमा मत बाझिएको छ।, संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले संस्थाभन्दा व्यवसायीहरू बाहिर भएमा दुबैलाई फाइदा नहुने बताए। ११ देखि १२ सय जना व्यवसायीहरू संस्थाबाट बाहिर भएकाले यो संस्था र व्यवसायी दुबैका लागि घाटाको विषय भएको उनले बताए।, ‘हामी केही पदाधिकारीहरू व्यवसायीहरूका माग पूरा गर्नुपर्छ भन्नेमा छौं,’ महासचिव खड्काले भने।, उनका अनुसार केही व्यवसायीहरूले कोभिडका कारण व्यवसाय नचलेकाले संघमा आवद्ध हुने कुरामा केही राहत दिन माग गरेका थिए। नवीकरण नभएका व्यवसायीहरूको हकमा जरिवाना नलगाई पुनः नवीकरण गरिदिन संघमा निवेदन दिएको खड्काले बताए।, शुक्रबार नै बसेको कार्यासमितिको बैठकबाट बहुमतले व्यवसायीहरूका माग सम्बोधन नगर्ने निर्णय गरेको थियो। त्यसपछि व्यवसायीहरूले ताला लगाएका हुन्।, संघका महासचिव लक्ष्मण कँडेलले भने हालसम्म सुर्खेतका १ हजार ८ सय भन्दा धेरै व्यवसायीले आफ्नो सदस्यता नवीकरण गरिसकेकाले बाँकीलाई फागुन २६ गतेभित्र नवीकरण गर्न सकिने बताएका छन्। तर दुई वर्षसम्म नविकरण नगरेकाहरुलाई भने पुनः नवीकरण नगर्ने जिकीर उनको छ।, उनका अनुसार अब ५ सय जनासम्मको सदस्यता नविकरण गर्न बाँकी छ। दुई वर्षसम्म नवीकरण नभएका व्यवसायी सदस्यहरूको नवीकरण गर्ने व्यवस्था विधानमै नभएकोले माग सम्बोधन गर्न नसकिने अडानमा केही पदाधिकारीहरू छन्।, केही पदाधिकारीहरूले भने विधान संशोधन गरेर भए पनि व्यवसायीका सबै माग पूरा गर्नुपर्ने अडान राखेका छन्।, व्यवसायीहरुलाई यसअघि आफ्नो सदस्यता नवीकरण गर्न पटकपटक सूचना दिँदा पनि बेवास्ता गरेकोले अहिले यस्तो समस्या आएको महासचिव कँडेलले बताए।, माग सम्बोधन नभएको भन्दै व्यवसायीले गरे सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी
सेतोपाटी संवाददाता नेपाल डेरी एशोसियशन र डेरी उद्योग संघले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन्।, निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन्।, त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ। सो मूल्यको दूधमा चार प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफको गुणस्तर कायम हुनुपर्छ।, पहिला स्ट्यान्डर्ड प्रशोधन गरिएएको दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ थियो भने अब ५०० एमएलको एक प्याकेटको खुद्रा बिक्रि मूल्य ४३ रुपैयाँ रहेको छ।, डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दूधको मूल्यबारे पटकपटक सरकार र सम्बन्धित निकायलाई सल्लाह र सुझाव दिँदासमेत बेवास्ता भएपछि आफूहरूले मूल्य घोषणा गर्न बाध्य भएको जानकारी दिए। रासस, निजी क्षेत्रले दुधमा प्रतिलिटर १० रुपैयाँ बढाउने
सेतोपाटी संवाददाता आजदेखि ३ दिनसम्म मौसम सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन।, महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।, अहिलेसम्मको अनुमानका आधारमा करिब एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। , देशमा कतै छिटपुट पानी परिहाल्यो भने बेग्लै कुरा हो नभए एक सातासम्म उल्लेखनीय वर्षा र हिमपात गराउने मौसम प्रणाली विकासको सम्भावना नभएको मौसमविद् पौडेलले भने।, सोमबारसम्मको मौसम अनुमान, माघ २९ गते शनिबार, दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, राति : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, फागुन १ गते आइतबार, दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, राति : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, फागुन २ गते सोमबार, दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, राति : प्रदेश नं १, बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।, आजदेखि मौसम सफा हुने
सेतोपाटी संवाददाता आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ।, आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समयसम्म परियोजनाले गति लिन नसकेको तथा बजेट समेत प्रभावकारी रूपमा खर्च हुन सकेको छैन।, अर्थ मन्त्रालयले गरेको अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवको आयोजनाका सम्बन्धमा छुट्टै कानुनी व्यवस्था नहुँदा कार्यान्वयनमा प्रभावकारिता आउन नसकेको ठहर गरेको छ। हाल विभिन्न २५ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनका रूपमा सूचीकृत गरिएको छ।, ती आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्रै निर्माण सम्पन्न भएको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असारदेखि सञ्चालनमा आएको हो।, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणको अन्तिम चरणमा छ। सो आयोजनाको सञ्चालनका लागि परीक्षण उडानको तयारी भइरहेको छ। यस्तै, कार्यप्रगतिका हिसाबमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अगाडि देखिएको छ। त्यसबाहेक अन्य आयोजनाको प्रगति खासै प्रभावकारी देखिँदैन।, अर्थ मन्त्रालयले आयोजनाको पूर्वतयारीका कार्यहरू पूरा नहुँदै खरिद प्रक्रिया सुरू हुनुलाई पनि समस्याको रुपमा सूचीकृत गरेको छ। आयोजनाका कार्यान्वयनका सन्दर्भमा प्रदेश तथा स्थानीय तहसँगको कार्यगत समन्वय राख्न स्पष्ट मापदण्ड तयार नुहुन र आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई प्रर्याप्त जानकारी गराउने एवम् उनीहरूलाई आयोजनाका सम्बन्धमा अपनत्व गराउने कुनै पनि काम नहुनु पनि अर्को समस्याका रूपमा रहेको छ।, आयोजनाबाट प्राप्त हुने लाभ र आर्थिक सामाजिक रुपान्तरणका विषयमा स्थानीय बासिन्दासँग प्रर्याप्त छलफल नहुँदा अवरोधको सामना गर्नुपरेको तथ्यलाई भूलन नहुने अर्थ मन्त्रालयको बुझाइ छ। आयोजनाको मोडालिटी, लागत समयावधिजस्ता आधारभूत पक्षको निक्र्योल नभई राष्ट्रिय गौरवको आयोजनाका रूपमा वर्गीकरण गरी खरिद प्रक्रिया अगाडि बढाउँदा समयमा नै निर्वाध कार्यान्वयन हुन सकेको छैन।, अन्तर सरकारी निकायको समन्वयका अभावमा वातावरणीय प्रभाव मूल्याङ्कन, वन क्षेत्रको उपयोग, रुख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्रीको आपूर्तिजस्ता समस्याले आयोजनाको निर्वाध कार्यान्वयन हुन नसकेको अर्थमन्त्रालयको अध्ययनबाट देखिएको छ। दक्ष जनशक्ति र श्रमिकको समयमा नै आपूर्ति हुन नसक्दा समस्या ज्यूँका त्यूँ रहन पुगेको तथ्यलाई पनि नजरअन्जाद गर्न नसकिने अर्थको बुझाइ छ।, त्यस्ता आयोजनाका काम गर्ने कर्मचारीलाई स्पष्ट कार्य विवरण तोकी सोही बमोजिम कार्य सम्पादन सम्झौता गरी जिम्मेवार र जवाफदेही बनाउन नसक्नु, समय सीमाअनुसार एकीकृत अनुगमन गरी प्राप्त भएको सुझावलाई कार्यान्वयन गर्ने पद्धतिको विकास हुन नसक्नु अर्को समस्याको रुपमा देखिएको छ।, आयोजना निर्माण कार्यको प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता र समयमा नै कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई समुचित रूपमा परिचालन गर्न नसक्नु पनि समस्याको रूपमा देखिएको छ। अर्थ मन्त्रालयले समस्याको समाधानका लागि केही उपाय पनि सुझाएको छ। त्यसमा गौरवका तथा ठूला आयोजना छनौट र कार्यान्वयनमा प्रभावकारिता ल्याउन स्पष्ट कानुनी व्यवस्था गरी र विकास ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताएको छ। पूर्वतयारी र भौगर्भिक अध्ययन तथा क्षेत्रीय सन्तुलनको विश्लेषण गरी विस्तृत परियोजना प्रतिवेदन टुङ्गो लागेपछि मात्र राष्ट्रिय गौरवका आयोजनाको रूपमा घोषणा गर्नुपर्ने बताएको छ।, ती आयोजना कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँगको कार्यात्मक समन्वय कायम राख्न स्पष्ट मापदण्डसहित उपयुक्त संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। जग्गाको मुआब्जा, क्षतिपूर्ति, बस्ती स्थानान्तरण र पुर्नवाससम्बन्धी विषयलाई व्यवस्थित गर्ने विषयमा आवश्यक कार्य योजना बनाइ नीति र कानुनी व्यवस्था गर्नु आवश्यक देखिएको छ। अन्तर निकायको समन्वयका लागि पनि उपयुक्त संयन्त्रको आवश्यकता देखाएको छ।, ती आयोजनाबाट प्राप्त हुने लाभ, आर्थिक सामाजिक रुपान्तरणका विषयमा निरन्तर छलफलको आवश्यकता अर्थमन्त्रालयले देखेको छ। स्रोत एवम् सहायता परिचालन कार्यान्वयन मोडालिटी, लागत समयावधिको निक्र्योल गरे पश्चात् मात्र खरिद प्रक्रिया अगाडि बढाउनुपर्ने एवं आयोजना निर्माण अवधिभर आवश्यक पर्ने बच्च पदार्थ, श्रमिक, वन क्षेत्रको उपयोग जस्ता विषयको सुनिश्चितता उपलब्ध हुनुपर्ने आवश्यकता औंल्याइएको छ।, आयोजनामा खटिएका प्रशासनिक नेतृत्वलाई आयोजना अवधिभरका लागि स्पष्ट कार्य विवरण तोकी जिम्मेवार र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौता गर्नुपर्ने अर्थ मन्त्रालयको ठहर छ। नतिजा खाकासहितको अनुगमन मूल्याङ्कन गर्ने छुट्टै संयन्त्र निर्माण गरी कार्यान्वयन गर्ने र प्राप्त सुझावका आधारमा निरन्तर सुधार गर्ने प्रणालीको विकास गर्ने, आयोजनाका लागि प्राविधिक, वित्तीय क्षमता र तोकिएको समय सीमाभित्र कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई समुचित परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।, तोकिएका राष्ट्रिय गौरवका आयोजनामध्ये निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पश्चिम सेती आयोजनाको कुनै पनि प्रगति देखिदैन। गौरवको आयोजनाका रूपमा राखिएको मिलेनियम च्यालेञ्ज अकाउण्ट नेपालको ४०० केभी क्षमताको डबल सर्किट ३१२ किलोमिटर लामो प्रसारण लाइनको काम समेत अगाडि बढेको छैन। सरकारले चालू आर्थिक वर्षका लागि सो आयोजनामा नौ अर्ब १० करोड २३ लाख बजेट विनियोजन गरेकामा गत पुस मसान्तसम्म ३१ करोड ६७ लाख खर्च भएको छ। रासस, सरकारको नजरमा यस्ता छन् राष्ट्रिय गौरवका आयोजनाको १२ समस्या
युनिक श्रेष्ठ ललितपुर, सुनाकोठीमा शुक्रबार बिहानैदेखि चहलपहल थियो। बाजागाजाको तालमा स्थानीयहरू कुनै उत्सव मनाइरहेझैं देखिन्थे।, यो सुनाकोठीको जात्राको याम होइन। तर स्थानीयको मुड जात्राको भन्दा कम पनि थिएन।, सुनाकोठीमा उत्सवको रौनक ल्याउने काम बालकुमारीले गरेकी थिइन्। आजभन्दा बीस दिनअघि, माघ ९ गते, सुनाकोठीको बालकुमारी मन्दिरबाट अन्दाजी तीन सय वर्ष पुरानो मूर्ति चोरिएको थियो।, आफूले नित्य पूजा गर्दै आएको भगवान हराएपछि स्थानीय बेचैन थिए। कतिले रातको निद्राधरि गुमाए।, यसैबीच शुक्रबार घामको किरणसँगै बीस दिनदेखि हराइरहेका भगवान फेला परे। ललितपुर महानगर-१५, हात्तीवनमा बालकुमारीको मूर्ति भेटियो।, फेला पार्नेलाई पाँच लाख रूपैयाँ इनाम दिने घोषणा गरिएको यो मूर्ति कसरी फेला पर्‍यो त?, ग्वार्को बस्ने सुरेश महर्जन शुक्रबार आफ्ना दुई जना साथीसँग मर्निङ वाकमा निस्केका थिए। हिँड्दा हिँड्दै उनी हात्तीवन गैरीगाउँको करूणा मन्दिरतिर पुगे। सुरेश ललितपुर महानगर-२६ का वडाध्यक्षसमेत हुन्।, करूणा मन्दिरमा एक जना बूढी आमासँग उनीहरूको जम्काभेट भयो। मन्दिरको पेटीमा एउटा बोरा लडिरहेको थियो।, ती आमैले उनीहरूलाई देख्नेबित्तिकै कहाँबाट आएको भनेर प्रश्न गरिन् र भनिन्, 'म बिहान पूजा गर्न आउँदैदेखि यो बोरा यहाँ लडिरहेको छ। के हो थाहा छैन। कसले ल्याएको हो थाहा छैन। एकचोटि खोलेर हेरिदिनुहुन्छ?', आमैले यसो भनेपछि सुरेश र उनका साथीहरूले बोरा खोलेर हेरे।, जसै उनीहरूले बाँधबुँध पारेर राखिएको बोरा खोले, उनीहरूका आँखा खुलेका खुल्यै भए। सबैका अनुहारमा हर्षको लहर नाच्न थाल्यो।, बोराभित्र उही बीस दिनदेखि हराइरहेको बालकुमारीको मूर्ति थियो।, सुरेशले मूर्ति देख्नेबित्तिकै वडा नम्बर २७ का अध्‍यक्ष बाबुराज महर्जनलाई फोन गरे। बालकुमारी मन्दिर उनकै वडामा पर्छ।, बाबुराज खबर पाउनेबित्तिकै हाँपदाँप गर्दै करूणा मन्दिर पुगे।, 'सुरेशजीले मूर्ति भेटिएको छ, छिट्टै आउनुपर्‍यो भनेर फोन गर्नुभएपछि म तुरून्तै हेर्न गएँ,' बाबुराजले सेतोपाटीसँग भने, 'मैले देख्नेबित्तिकै यो हाम्रै बालकुमारी माईको मूर्ति हो भनेर ठोकुवा गरेँ।', त्यसपछि वडाध्यक्षद्वयले ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेललाई फोन गरे। अरू प्रहरी तथा स्थानीयलाई पनि खबर गरे।, मूर्ति भेटिएको ठाउँमा चोरको सुराक हुन सक्ने आकलन गरेर उनीहरूले त्यहाँ डोरी बाँधेर घेरा लगाइदिए। प्रहरी नआउञ्जेल त्यो ठाउँ सुरक्षित रहोस् भनेर त्यसो गरेको बाबुराज बताउँछन्।, उता बालकुमारी माईको मूर्ति भेटियो भनेर सुनाकोठीमा खबर फैलिइसकेको थियो।, बालकुमारी मन्दिरनजिकै आफ्नै घरमा चिया पसल चलाउँदै आएकी ६० वर्षीया तुलसीमाया महर्जनले पनि यो खबर सुनेकी थिइन्।, 'बिहान म चिया पसलमै बसिरहेकी थिएँ,' उनले भनिन्, 'पसलमा आएका मान्छेहरूले माँ भेटियो रे भनेर सुनाए।', खबर सुनेपछि उनी केही बोल्नै सकिनन्। आँखाभरि खुसीको आँशु भरियो। उनी हत्तपत्त आफ्ना छोरालाई 'माँ' भेटियो भनेर सुनाउन गइन्।, 'मलाई पनि भेटिएको ठाउँसम्मै गएर माँलाई लिन जान मन थियो। तर मेरो खुट्टा दुखेको छ। जान नपाएकोमा थकथकी छ। बिहान माँ भेटियो भनेर सुन्नेबित्तिकै खुसीले आँशु थाम्नै सकेकी थिइनँ। जिउ नै कामेजस्तो कस्तो-कस्तो भयो। मुटु नै काम्यो। हराएको दिनमा पनि यस्तै भएको थियो,' उनले भनिन्।, तुलसीमाया आफैं 'माँ' लाई लिन जान नसके पनि सुनाकोठीका थुप्रै स्थानीय गएका थिए।, त्यो भीडमा बाबुराज पनि उभिइरहेका थिए। उनलाई अचानक रिंगटा लागेजस्तो भयो। उनी त्यहीँ ढले।, 'हामीले सम्मान गरिराखेको माईलाई आज बोरामा लावारिस देखेपछि मैले आफूलाई थाम्नै सकिनँ। मलाई अलिअलि रिंगटा लाग्यो,' उनले भने, 'मेरो आँखाले बिस्तारै देख्नै छाड्यो। म भीडबाट निस्केर बस्ने ठाउँ खोजिरहेको थिएँ, अचानक लडेँ। एउटा साथीले देखेर च्याप्पै समातेछ।', त्यसपछि उनलाई त्यहाँबाट सुमेरू अस्पताल लगियो। झन्डै दुई घन्टा अस्पतालमा राखेपछि उनी डिस्चार्ज भए।, बालकुमारी माई हराएकै दिनदेखि आफूलाई निद्रा लाग्न छाडेको बाबुराज बताउँछन्। उनको घर मन्दिरनजिकै छ। दिनहुँ मन्दिर अगाडिको बाटो हिँड्छन्। बालकुमारी माईको मूर्ति चोरी भएदेखि कहिले भेटिन्छ भन्ने चिन्ता लाग्ने गरेको उनले बताए।, 'जाँदा-आउँदा माईको यादले मलाई टर्चरजस्तै भइसकेको थियो,' उनले भने, 'म सुत्नै सक्दिन थिएँ। सानैदेखि उहाँको आस्था गर्दै आएकाले होला उहाँ हराएपछि निद्रा पनि हरायो। बिहान मूर्ति देखेपछि यति खुसी भएँ, त्यही खुसीले होला म त आफूलाई सम्हाल्नै नसकेर ढलेछु।', उपचारमा संलग्न चिकित्सकहरूले पनि अनिद्राकै कारण त्यस्तो भएको बताएका छन्।, यसबीच घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर बालकुमारीको मूर्ति महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेल ल्याएको थियो। त्यहाँ कानुनी प्रक्रिया पूरा भएपछि पत्रकार सम्मेलन गरिएको थियो जसमा ऊर्जामन्त्री पम्फा भुसाल, ललितपुरका मेयर चिरिबाबु महर्जन, बालकुमारी गुठीका जेष्ठ सदस्यहरू तथा स्थानीय भेला भएका थिए।, प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सम्मेलनमै उक्त मूर्ति गुठियारलाई हस्तान्तरण गरे। गुठियारका जेष्ठ सदस्यले पूजा गरेर मूर्ति ग्रहण गरेका थिए।, उनले मूर्ति ग्रहण गर्नेबित्तिकै एकैछिनमा त्यहाँको माहौल जात्रामय भयो।, स्थानीयले बाजागाजासहित जावलाखेलबाट सुनाकोठीसम्म पैदलयात्रा गरेर बालकुमारी मूर्तिलाई मन्दिरसम्म ल्याइपुर्‍याए र पूजा गरेर प्रतिस्थापन गरे।, यहाँ जुन दिन मूर्ति चोरियो, त्यही दिनदेखि मूर्तिको सट्टा मुकुट राखिएको थियो। स्थानीयले मुकुटलाई नै बालकुमारी माईको सम्झनामा पूजा गरिरहेका थिए। अब फेरि मूर्तिलाई नै पूजा गर्न पाउने भएपछि स्थानीयको खुसीको सीमा छैन।, वडाध्यक्ष बाबुराजका अनुसार मूर्ति चोरी भएपछि मन्दिर परिसरमा सिसिटिभी जडान गरिएको छ। पन्ध्र लाख रूपैयाँ बजेट तय गरी सुनाकोठीका प्रमुख ठाउँहरूमा पनि सिसिटिभी जडान गरिएको उनले जानकारी दिए।, 'हामीकहाँ भएका अन्य मूर्ति पनि चोरी नहोस् भनेर सिसिटभी जडान गरिसकेका छौं। यसअघि पनि सिसिटिभी राख्ने योजनामै थियौं तर कोरोनाले ढिलाइ भयो,' उनले भने, 'प्रहरी, प्रशासन र स्थानीयको मिहिनेतले दबाव सिर्जना भएर मूर्ति फिर्ता आएको छ। खुसी छु।', प्रहरीले भने अनुसन्धान बाँकी रहेको बताएको छ। मूर्ति भेटिए पनि चोर फेला नपरेसम्म अनुसन्धान नसकिने प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले बताए।, 'जबसम्म चोर फेला पार्दैनौं, हाम्रो अनुसन्धान सकिँदैन। यो त एउटा प्रेसर भएर, प्रहरी नजिक पुग्यो भन्ने भएर मूर्ति फिर्ता गर्‍यो होला,' उनले भने, 'चोर फेला नपरेसम्म हामी शान्तिले बस्दैनौं।', माघ ८ गते मध्यरात मन्दिरका चारवटा ढोकाका ताल्चा फोडेर बालकुमारीको मूर्ति चोरी भएको थियो। चोरले फोडेको ताल्चासमेत लगेको थियो।, भोलिपल्ट बिहान ४ बजेतिर गुठियार प्राणनाथ महर्जन मन्दिर सफा गर्न पुगेका थिए। उनले प्रवेशद्वारदेखि माथिल्लो तलासम्मै ढोका खुल्लै देखेका थिए।, मूर्ति चोरी भएको थाहा पाएपछि वडाध्यक्ष बाबुराजले नै प्रहरीलाई खबर गरेका थिए। यो घटनामा अनुसन्धान गर्न प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोली खटिएको थियो।, स्थानीयले पनि शंकास्पद ठाउँहरूमा गएर आफैंले खोजी गरेका थिए।, मूर्ति चोर खोज्न विभिन्न विधिबाट अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। मूर्ति चोरीमा पेशेवरहरू नै लागेको हुनुपर्ने प्रहरीको अनुमान छ।, 'पेशेवरहरू नै लागेको हुनुपर्छ। अहिले मूर्ति फेला परेपछि जनता खुसी त भए तर फेरि चोरी हुनसक्छ। त्यसैले चोर पत्ता लगाउनु जरूरी छ,' पोखरेलले भने।, सबै तस्बिर: निशा भण्डारी, भगवान भेटिएपछि कोही खुसीले रोए, कोही बेहोसै भए
डा केदार खड्गी एक्सरे भनेको रेडिएसनको एउटा प्रकार हो। जसलाई विकिरण पनि भनिन्छ। रोगको निदानको उद्धेश्यका लागि शरीरको कुनै अंगमा रेडियसन पठाएर त्यो अंगको 'इमेज' तयार पार्ने एउटा मोडालिटी हो।, कुनै पनि भाँचिएको हड्डीको अवस्था के कस्तो छ भन्ने पहिचान गर्न समेत एक्सरे गरिन्छ। निमोनिया पत्ता लगाउन पनि एक्सरे गरिन्छ। शरीरको धेरै अंगको एक्सरे गर्न सकिन्छ।, छातीको एक्सरे कस्तो अवस्थामा गर्ने?, छातीको संक्रमण हेर्न एक्सरे गरिन्छ। श्वासप्रश्वास सम्बन्धी समस्याको लक्षण देखिएमा एक्सरे गरिन्छ। फोक्सोमा कुनै समस्या छ कि छैन भनेर पत्ता लगाउन समेत यस्तो गरिन्छ।, त्यसको साथै अरू रोगको पहिचान गर्न पनि एक्सरे गरिन्छ। छातीमा पानी जम्मा भएको, हावा भरिएको पत्ता लगाउन एक्सरे गरिन्छ।, छातीको एक्सरे अनावश्यक रूपमा गर्न हुँदैन। छातीको समस्या देखिएको अवस्थामा मात्रै गर्नुपर्छ। सामान्य अवस्थामा आत्तिएर चिकित्सकको परामर्श बिना एक्सरे गर्नु हुँदैन। त्यसले विकिरणको अनावश्यक जोखिम बढाउन सक्छ।, कोभिड-१९ को तेस्रो लहरमा छातीको समस्या कम देखियो, कोभिड-१९ को तेस्रो लहर (डेल्टा भेरियन्ट) को समयमा एकै दिनमा सय भन्दा बढीलाई एक्सरे गरिएको थियो। त्यो बेलामा छातीको समस्या धेरै नै देखिएको थियो। छातीमा सेतो दाग देखिने जस्ता समस्या थिए। त्यो समस्या फोक्सोको पेरिफेरीमा देखिएको थियो।, कोभिड-१९को तेस्रो चरण (ओमिक्रोन) चरणमा भने छातीको संक्रमण धेरै कम देखियो। हामीले एक्सरे गरेको आधारमा भन्ने हो भने ओमिक्रनको समयमा छातीका बिरामी निकै कम भए। यसकै आधारमा पनि डेल्टा भेरियन्ट भन्दा ओमिक्रोन कमजोर रहेको भन्न सकिन्छ।, कोभिड-१९ का बिरामी सबैले छातीको एक्सरे गर्न पर्दैन। बिरामीमा धेरै लक्षण देखिएन, श्वासप्रश्वासको समस्या भएन भने छातीको एक्सरे गर्न जरूरी हुन्न।, जेष्ठ नागरिक, दीर्घ रोगी र श्वास प्रश्वासमा समस्या देखिएकाले एक्सरे गरेको राम्रो हो।, कस्तो अवस्थामा सिटी स्क्यान गर्ने , छातीको एक्सरेभन्दा सिटी स्क्यानमा धेरै विकिरण फ्याकिन्छ। छातीको एक्सरे गर्दा स्पष्ट भएन भने मात्रै सिटी स्क्यान गर्नुपर्छ। दुई-तीन पटक पिसीआर गर्दा पनि पोजेटिभ आयो तर लक्षण कोभिड-१९ को थियो भने त्यस्तो अवस्थामा समेत सिटी स्क्यान गर्नुपर्छ। कोभिड १९ ठीक भएर गएका तर लामो समयसम्म भेन्टिलेटरमा रहेका बिरामीको पनि सिटी स्क्यान गरिन्छ।, छातीको एक्सरे र सिटी स्क्यान किन अनि कस्तो अवस्थामा गर्ने भनेर हामीले कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. केदार खड्गीसँग भिडिओ कुराकानी गरेका छौ।, छातीको एक्सरे र सिटी स्क्यान किन गर्ने? (भिडिओ)
सेतोपाटी संवाददाता पर्वतको कुश्मा नगरपालिका-४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।, बागलुङ जिल्ला बागलुङ नगरपालिका-६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन्।, शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।, उनका अनुसार मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ। प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा (हँसिया) पनि नियन्त्रणमा लिएको छ।, यसअघि पनि पटक-पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेका थिए। शुक्रबार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए।, मृतकका एक छोरा र एक छोरी छन्। तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन्। शुक्रबार साँझमात्रै आफन्तले किटानी उजुरी दिएको र आज उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ। रासस, हँसिया प्रहार गरी श्रीमतीको हत्या
सेतोपाटी संवाददाता जहदा गाउँपालिका-४ स्थित लोहन्द्रा खोलाको पुलमुनि घाइते अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ।, मृत्यु हुनेमा ३५ वर्षीय राजेश ऋषिदेव रहेका छन्। शुक्रबार बेलुका करिब ७ बजे उनी घाइते अवस्थामा भेटिएका थिए।, सीमा प्रहरी चौकी पोखरियाबाट खटिएको प्रहरी टोलीले ऋषिदेवको उद्धार गरी कोसी अस्पताल विराटनगर पुर्‍याएको थियो।, मोरङ प्रहरीका अनुसार घाइते ऋषिदेवको शनिबार बिहान मृत्यु भएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरिरहेको छ।, पुलमुनि घाइते भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।, शुक्रबार प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी उपरीक्षकहरूको काज सरुवा गरेको हो।, चितवन जिल्लामा नवराज अधिकारीलाई काज खटाइएको छ। चितवनका एसपी ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।, यस्तै, महोत्तरीमा प्रहरी उपरीक्षकमा कृष्ण पंगेनीको सरुवा भएको छ। त्यहाँ कार्यरत् दिनेश आचार्यको महानगरीय अपराध महाशाखामा सरुवा भएको छ।, यस्तै, बर्दिया जिल्लामा अख्तियारमा कार्यरत् वीरेन्द्रबहादुर शाहीको सरुवा भएको छ। बर्दियाका एसपी ईश्वर कार्कीको कार्य विभागमा सरुवा भएको छ।, साधारणतया, एक वर्ष कार्यसम्पादन गरिसकेपछि जिल्ला प्रहरी प्रमुखहरूको सरुवा हुने गरेको छ।, ६ जना एसपीको काज सरुवा, चितवनमा नवराज अधिकारी
सेतोपाटी संवाददाता स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियू सेवा आइतबारदेखि सुरू हुने भएको छ।, अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो। अब सो अवस्थाको अन्त्य हुने भएको छ।, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआइसियू सञ्चालनमा ल्याउन सफल भएको बताइन्। ‘प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो, अब त्यसको अन्त्य भएको छ, २० शय्याको एनआइसियु सञ्चालनको तयारी पूरा भएको छ,’ उनले भनिन्।, आगामी फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दामुनिकाका लागि १० शय्याको  भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउने गौतमले जानकारी दिइन्।, अस्पतालमा डेढ वर्षदेखि भेन्टिलेटरसहितको १६ आइसियु सञ्चालनमा छ।, मेसु डा गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आइसियू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटरसहितको १० शय्याको आइसियू अरु बिरामीका लागि प्रयोग भइरहेको छ।, आइतबारदेखि बच्चाको २० शय्याको आइसियु सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आइसियू सञ्चालन हुनेछ। ‘भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आइसियु छैन, डाक्टर छैनन्, सुविधा छैन भनेर अन्यत्र जानु पर्दैन, भक्तपुर अस्पताल बिरामीलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्षम भएको छ,’ उनले भनिन्।, नेपालमा कोरोनाको पहिलो लहर सुरू भएपछि भक्तपुर अस्पतालमा डा गौतमले ६ शय्याको आइसियु सञ्चालनमा ल्याएर कोभिडका बिरामीको उपचार सुरू गरेकी थिइन्। अस्पतालले अक्सिजनसमेत उत्पादन सुरू गरेको छ। अस्पतालले सञ्चालनमा ल्याएको लिक्विड प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने फागुन २ गतेदेखि ग्याँस अक्सिजन पनि उत्पादन सुरू गर्नेछ। रासस, ११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियू सेवा
सेतोपाटी संवाददाता बाँके र बर्दियामा डाँका चोरी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भारत रुपैडियाहाका २६ वर्षीय डब्लु मनिहार र बाबाजंगको बाबाकुटीका २८ वर्षीय निजामुद्दिन कबडिहा रहेका छन्।, उनीहरूलाई इलाका प्रहरी कार्यालय खुद्रा खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले शनिबार कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो।, पक्राउ परेका भारतीय नागरिकले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितलबजारका पर्शुराम सार्कीको घरमा पेस्तोल देखाएर शनिबार बिहानी पख तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए।, त्यसअघि माघ १७ गतेपनि यही समुहले बाँकेको खजुरा गाउँपालिका ‘डी’ गाउँका हरिप्रकाश विकको घरमा पेस्तोल देखाउर नगद ५० हजार, तीन तोला पाँच आनाको सुनका गरगहना र मोटरसाइकल लुटेर लगेका थिए। , उनीहरूले चोरी गरेको २५० सिसीको पल्सर मोटरसाइकल माघ १८ गते साँझ बर्दियाको बढैयाताल गाउँपालिका-५ बढैयातालनजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको बाँके प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए।, पक्राउ परेकाहरू उपर डाँका चोरी मुद्दा लगाउने तयारी प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी न्यौपानले बताए।, पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर २६ हजार १०२ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन्।, यसैगरी काठमाडौं उपत्यकामा १० हजार ६७७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६०४८, ललितपुरमा ३२८० र भक्तपुरमा १३४९ सक्रिय संक्रमित छन्।,  , एक हजारभन्दा कम कोरोना संक्रमितको संख्या
रासस काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।, मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारी साधनको घुइँचो लागेपछि अरनिको राजमार्ग खण्डको भक्तपुरको सल्लाघारीबाट पनौतीसम्मको सार्वजनिक तथा निजी सवारी आवागमन अस्तव्यस्त बनेको हो।, महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राम केसीले मकर मेला भर्न जाने र फर्कने रिजर्भ तथा निजी र सार्वजनिक सवारीसाधनको चाप अत्यधिक भएपछि बिहानैदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत सल्लाघारी–साँगा सडकमा घण्टौं सवारी जाम हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जानकारी दिए।, अरनिको राजमार्गमा घण्टौं जाम भएपछि यस राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको भक्तपुरको च्यामासिं, ताथली, नाला हुँदै बनेपा जाने सडकमा समेत सवारी चाप बढेको छ।, यो मार्ग भएर आज बिहानैदेखि लामो रुटका सवारीसाधन, मेलामा जान रिजर्भ गरिएका र निजी सवारीसाधनको चाप बढेपछि यो मार्गमासमेत सवारी जाम भएको छ।, मुख्य अरनिको राजमार्गमा भएको सवारी जामले अलपत्र यात्रु गन्तव्यमा पुग्न सास्ती भएको प्रहरीको भनाइ छ।, साँझसम्मै सडक जाम हुने अवस्था आएपछि सडक जाम खुलाउन प्रहरीको टोली सल्लाघारीबाट काभ्रेको सिमाना साँगासम्म प्रहरी परिचालन गरिएको बताइएको छ।, पनौती मकर मेलाले दिनभर राजमार्गमा घन्टौं जाम
सेतोपाटी संवाददाता झापाको दमक-८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ।, दमक-८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाख बढी ऋण रकम लिएर फरार भएको बाहिरिएको हो।, उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन्।, अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखितरूपमा जानकारी गराएका थिए।, अध्यक्ष बेपत्ता भएपछि दमक-७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ।, पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको २५ लाख ७० हजार १३३ सहित दमक-८ का ज्ञानेन्द्र श्रेष्ठको २१ लख, दमक-५ का राजु गौतमको चार लाख, दमक-९ का टेकबहादुर योञ्जनको आठ लाख, दमक-९ का रामकुमारी श्रेष्ठको १२ लाख, दमक-६ का डिल्लीराम प्रसाईँको दुई लाख, कमल गाउँपालिका-४ का गौरी राईको दुई लाख र कमल-४ कै दुरेन्द्रबहादुर नेम्वाङको छ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन्।, सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले एकाएक घटना बाहिर ल्याउनुपरेको पीडित कमल-४ का दुरेन्द्र नेम्वाङले बताए। सामाजिक सञ्जालमार्फत पीडितले न्यायका लागि सहयोग पुर्‍याइदिन अपिल गरेका छन्। रासस, सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता
रासस चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ।, साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको छ। , नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच काठमाडौंमा सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति भएको हो।,  कोरियाको न्याय मन्त्रालयसँगको समन्वयमा भगिनी सम्बन्ध अगाडि बढाइने भएको छ।, सो अवसरमा नगरप्रमुख गिरीले आफ्नो कार्यकालमा समृद्ध चन्द्रागिरि नगरपालिका बनाउन आवश्यक पूर्वाधार, नगरपालिकासहित वडा कार्यालयका भवन निर्माण, ऐन नियम, शिक्षा र स्वास्थ्यमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए। ,  , चन्द्रागिरि र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम हुने
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन्।, यसैगरी काठमाडौं उपत्यकामा १० हजार ६७७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६०४८, ललितपुरमा ३२८० र भक्तपुरमा १३४९ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, काठमाडौं उपत्यकामा थपिए २०७ संक्रमित
रासस हावाहुरीका कारण अवरूद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित भएको छ।, नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरूद्ध हवाई सेवा नियमित भएको जनाएको छ।, हावाहुरीले एक दिन उडान अवरूद्ध भएको थियो। , हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो।, समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन्। सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ। , हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एयरको जहाज फिर्ता भएको थियो। त्यस्तै तारा र समिट एयरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो। ,  , हुम्लामा अवरूद्ध हवाई सेवा फेरि सुरू
सेतोपाटी संवाददाता भोलिदेखि शैक्षिक संस्था खुल्ने भएका छन्।, कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्न पाउने निर्णय गरेको थियो। सोही निर्णय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा सर्कुलर गरेको हो।, 'विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फागुन १ गतेबाट सञ्चालन गर्ने,' केन्द्रले जारी विज्ञप्तिमा भनेको छ।, यसका साथै विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्न भनिएको छ।, भोलिदेखि शैक्षिक संस्था खुल्ने
सेतोपाटी संवाददाता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरू गरिएको छ। , निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरू गरिएको हो। राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्य थालनी भएको छ। , निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रलाई बाघ सर्वेक्षणको लागि २ किलो मिटर लम्बाइ तथा २ किलोमिटर चौडाइ भएका २ सय ६० वडा ग्रीडमा विभाजन गरिएको छ। , निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट सर्वेक्षण गर्न लागिएको बताए।, तीन सातामा बाघ गणना सम्पन्न हुनेछ।, बाघ सर्वेक्षणका लागि कुल ५ सय २० थान क्यामेरा, ७० जना प्राविधिक र ५ ओटा हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले बताएको छ।, शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ। , सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने सरकारको लक्ष्यअनुरूप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ। , शनिबार उक्त कार्यक्रम शुभारम्भ गर्न कञ्चनपुर पुगेका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ सर्वेक्षण कार्यक्रमले देशभर बाघको संख्या पत्ता लाग्ने बताए। , संख्यापछि जैविक विविधतामा पर्ने असर लगायतमा महत्वपूर्ण कुरा सर्वेक्षणबाट थाहा हुने कुरा जानकारी दिए।, निकुञ्जमा यसअघि गरिएको राष्ट्रिय सर्वेक्षण अनुसार १६ वटा बाघ भेटिएका थिए। , शुक्लाफाँटामा बाघ सर्वेक्षण सुरू
अमृत भादगाउँले ऐतिहासिक सम्पदाले भरिपूर्ण पनौतीमा बाह्रवर्षे मकर मेलाको रौनक छ। यही मौकामा तिर्थारूहरूलाई लक्ष्य गरेर पनौतीका स्थानीय कलाकार जयराम मानन्धरले लायकू (दरबार) क्षेत्रमा छ्वाली कला प्रदर्शन गरिरहेका छन्।, पनौतीको त्रिवेणीघाटमा नुहाउँदा शरीर र मनका रोग नाश हुन्छन् भन्ने विश्वासले मेला भर्न आउनेहरू जयरामका कलाकृतिमा आँखा टाँसेर आनन्दित हुन्छन्।  , जयरामले आफ्नो छ्वाली कलाबाटै नाम र दाम कमाए। पनौतीमा घडेरी पनि जोडे। बजारनजिकै फाँटमा खेत किनेका छन्। त्यो घडेरीमा चाँडै नै कलात्मक घर बनाउँदैछन्।, 'सबभन्दा ठूलो कुरा छोरीहरू हुर्किए,' ४२ वर्षीय जयराम भन्छन्, 'पैसाभन्दा नाम कमाएँ।', उनका दुई छोरीहरू याश्ना र विश्व छन्। कलाकर्ममा श्रीमती रेणुको पनि ठूलो सहयोग छ।, जयरामले बनाउने छ्वाली कलाका ग्राहक धेरैजसो नेपाली नै हुन्। घर तथा होटलमा सजाउन र इष्टमित्रलाई उपहार दिन यस्ता कलाकृतिको प्रयोग हुन्छ। 'मायाको चिनो दिन ५ हजार मूल्यसम्मका चित्रको माग बढी हुन्छ,' जयराम भन्छन्, 'काठमाडौं, पाटनदेखिका सहकारी संस्थाबाट पनि अर्डर आउँछ।' , उनी बिहान ७ बजेदेखि साँझ अबेरसम्म 'बिजेएस ह्यान्डिक्राफ्ट एन्ड सोभिनियर हाउस' मा काम गर्छन्।, श्रीमती रेणु, छोरीहरू याश्ना र विशका साथमा कलाकार जयराम।, तीन दाजुभाइ विजयराम, जयराम र श्रीरामको नामका सुरूको अक्षर मिलाएर उनले आफ्नो कम्पनीको नाम जुराएका हुन्। उनले ५० रूपैयाँदेखि चार लाखसम्मका कलाकृति बनाएका छन्। सबभन्दा सस्तो ५० रूपैयाँमा पोस्टकार्ड बेच्छन्। , छ्वाली कला सजिलो छैन। गहुँको सुकेको बोटलाई छ्वाली भनिन्छ। त्यसलाई सफा गरेर चकलेटको बट्टाको बिर्कोले घोटिन्छ।, 'जति घोट्यो उति चम्किन्छ,' जयरामले भने, 'त्यसलाई चित्रअनुसार नेपाली कागजमा टाँसिन्छ।'   , प्राकृतिक रूपमा सेतो र सुनौलो दुई रंगमा छ्वाली पाइन्छ। आवश्यकताअनुसार कहिलेकाहीँ अन्य रङ पनि प्रयोग गरिन्छ।, पहिला पहिला कपडामा टाँसेर चित्र बनाइन्थ्यो। अचेल नेपाली कागजमा फेविकोलले छ्वालीलाई टाँसिन्छ।   , कत्तिको टिकाउ हुन्छन् त यस्ता चित्र?, 'मैले नेपाल भ्रमण वर्ष १९९८ मा बनाएको त्रिवेणीघाटको चित्र आज पनि दुरूस्तै छ,' जयराम भन्छन्, 'घामपानीबाट जोगायो भने पचासौं वर्ष टिक्छ।', जयराम छ्वालीकलामा रमाउन थालेको सन् १९९८ देखि हो।, उनी पनौती बजारकै पुण्य माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्थे। तिनताका गाउँघरका विद्यालयको एसएलसी परीक्षा केन्द्र पनौतीमा पर्थ्यो। त्यसैले गाउँका विद्यार्थी सहरका डेरामा ८–१० दिन बसेर परीक्षा दिन्थे। र, गाउँ फर्किन्थे। , उनको घरमा पनि दाप्चातिरका दुई जना विद्यार्थी बसेका थिए। एसएलसी सकिएपछि ती डेरा भाडा नतिरी गाउँ फर्केछन्।, केही महिनापछि जयरामको परिवारले कोठाको ताल्चा फोड्यो। त्यहाँ एउटा चित्र भेटियो– गोरखा दरबारको। , छ्वाली टाँसेर बनाइएको त्यो चित्रले जयरामको मथिंगल घुमायो। उनले त्यसकै सिको गरे र छ्वाली टाँसेर बल्लबल्ल मनकामना मन्दिर बनाए।, 'त्यो चित्र २५० रूपैयाँमा बेचेँ,' जयरामले सम्झिए, 'अहो कमाइ हुँदो रहेछ भन्ने लाग्यो। अर्को चित्र गुलाबको फूल बनाएँ, त्यसको पनि डेढ सय रूपैयाँ पाएँ।', उनले नेपाल भ्रमण वर्ष–१९९८ मा बनाएको त्रिवेणीघाटको चित्र पाँच सय पचास रूपैयाँमा बेचे। त्यति बेलै काठमाडौंका किरण सायमिले एकैपटक ६ वटा चित्र किनिदिए।, अनि त उनको हौसलाले शिखर चुम्यो।, पनौती त्रिवेणीघाटस्थित ब्रम्हायणी मन्दिर परिसरमा मकर मेला। मेला माघ महिनाभर चल्छ। , यसरी जयरामको व्यावसायिक कलायात्रा त सुरू भयो तर कला बजार ठूलो थिएन। आक्कलझुक्कल आउने चित्रको कमाइले पुग्दैनथ्यो।, यसबीच उनले विवाह गरे। त्यति बेला उनी फिल्म डिस्ट्रिब्युसनको काम गर्थे। जागिरको धपेडीले कला सिर्जनामा समय दिन भ्याएनन्।, 'बिहेपछि जागिरले नधान्ने भयो। आफैं केही गर्नुपर्छ भन्ने लाग्यो,' जयरामले आफ्नै सीप तिर्खाने योजना बनाए, 'अनि छ्वाली कलातिरै फर्किएँ।', आज उनी आफ्नो कामबाट सन्तुष्ट छन्। उनले ललितकला प्रज्ञा प्रतिष्ठान, घरेलु कार्यालय लगायत संघसंस्थाबाट थुप्रै राष्ट्रियस्तरका पुरस्कार पाइसके।, उनमा समाजप्रति दायित्वबोध छ। धेरैलाई निःशुल्क छ्वाली कला सिकाएका छन्। केही त राम्रा कलाकारका रूपमा चम्किइसके।, 'कमाइ हुने देखेर सिक्न खोज्छन् तर धेरैले निरन्तरता दिन सक्दैनन्,' जयरामको अनुभवले भन्छ, 'दिनभर एकैठाउँ बसेर काम गर्नुपर्छ। धैर्य नहुनेहरू यसमा टिक्दैनन्।', जयराम व्यक्तिगत रूपमा सन्तोकी छन्। सरकारसँग भने एउटा गुनासो छ।, 'नेपालमा सयौं कलाकार छन्। तर सरकार बर्सेनि करोडौं मूल्यका उपहार विदेशबाट खरिद गर्छ,' जयराम सुझाउँछन्, 'नेपाल सरकारले विदेशबाट किन्नुको साटो नेपाली कलाकारसँग किनेमा हामीलाई ठूलो प्रोत्साहन मिल्थ्यो।', उनले पनौतीमा तीनपटक र काठमाडौंमा एकपटक एकल प्रदर्शनी गर्न भ्याइसके। अब युरोप/अमेरिकातिर प्रदर्शनी गर्ने उनको सपना छ।, 'बाँचुन्जेल कलाकारितामै रम्छु', जयराम भन्छन्, 'चान्स पाए विदेशमा नेपालीपन झल्काउने चित्रहरूको एकल प्रदर्शनी गर्नेछु।', उनले जीवनमा अनेकौं चित्र बनाए। तिनमा लायकूको प्रदर्शनीमा राखिएका ६० चित्रमध्ये १३ वटाको विषयमा यहाँ चर्चा गरिएको छ।, नेपालको नक्सा, आफ्नो मातृभूमि सबैलाई प्रिय लाग्छ। संघसंस्थाहरूले 'टोकन अफ लभ' दिन नेपालको नक्सा अंकित चित्र खोज्छन्। त्यसैले जयरामले यस्ता धेरै चित्र बनाइसके।, गणतन्त्र नेपाल सात प्रदेशमा बाँडिएको छ। त्यही कुरा उनको चित्रमा झल्काइएको छ। दुई दिन लगाएर बनाइएको यो चित्रको मूल्य ३५ सय रूपैयाँ पर्छ।, पशुपतिनाथ, हिन्दुमार्गीका आराध्यदेव हुन्, पशुपतिनाथ। बागमती किनारमा बसेका पशुपतिनाथ पर्यटकीय आकर्षण पनि हुन्।, चित्रमा जयरामले मूल मन्दिर क्षेत्र झल्काएका छन्। काठमाडौंका एक व्यवसायीले पहिलो लकडाउनअघि ५० हजार रूपैयाँ बैना दिएर पशुपतिनाथको चित्र अर्डर गरेका थिए। लकडाउनपछि उनी सम्पर्कविहीन छन्।, महिना दिन लगाएर बनाइएको यो चित्रको मूल्य १ लाख ५० हजार रूपैयाँ हो।, पनौती, माघ महिनाभर चल्ने मकर मेलामा प्रदर्शन गर्नकै लागि भनेर उनले पनौतीको लायकू क्षेत्र झल्काउने चित्र बनाएका छन्।, जन्मथलोको चित्र बनाउँदा आत्मगौरवको अनुभूति भयो उनलाई। पहिला पनि यस्तै चित्र बनाएका थिए, बिक्री भयो। त्यसैले मेलाका लागि नयाँ बनाएका हुन्।, पच्चीस दिन लगाएर बनाइएको चित्रको मूल्य १ लाख ३० हजार रूपैयाँ राखेका छन्।, स्वयम्भूनाथ, बौद्धमार्गीको महान तीर्थ हो काठमाडौंको स्वयम्भूनाथ। अग्लो डाँडामा विराजमान स्वयम्भूनाथले काठमाडौं उपत्यकाको संरक्षण गरिरहेझैं अनुभूति हुन्छ।, जयरामलाई पशुपतिनाथ र स्वयम्भूनाथका चित्रको माग धेरै आउँछ। महिना दिन लगाएर बनाइएको चित्रको मूल्य १ लाख ५० हजार रूपैयाँ राखेका छन्।, यसमा चित्रको फ्रेममै ४८ हजार रूपैयाँ परेको जयराम सुनाउँछन्।, मयूर झ्याल , पाँचमुखे आँखीझ्याल (सँझ्या) को बीचमा मयुर बनाइएको छ। यो चित्र उनले चार महिनाको मिहिनेत लगाएर बनाएका हुन्।, उनले घरमा फ्रिज किनेर ल्याएका थिए। त्यो सँगै (सेतो फोम) थर्मोकोट आएको थियो। त्यसैलाई काटकुट पारेर झ्यालको रूप दिए। र, त्यसमा छ्वाली टाँसे।, यसको मूल्य ३ लाख ७५ हजार रूपैयाँ हो।, धुलिखेल, आन्तरिक पर्यटकमाझ रोमान्टिक विकेन्ड डेस्टिनेसनका रूपमा चर्चित धुलिखेल प्रकृति, संस्कृति र इतिहासको त्रिवेणी हो।, पनौतीसँग जोडिएको धुलिखेल बजारको पुरानो नेवार बस्तीलाई उनले कलामा उतारेका हुन्। एउटा किताबमा विदेशीले खिचेको तस्बिर देखेपछि त्यसैलाई हेरेर उनले चित्र बनाए।, मकर मेलाका लागि भनेर २५ दिनमा बनाइएको चित्रको मूल्य १ लाख ३० हजार रूपैयाँ राखेका छन्।, भक्तपुर , सांस्कृतिक सहर भक्तपुरको ऐतिहासिक गाथा गौरवपूर्ण छ। उनको चित्रमा दरबार क्षेत्र, पचपन्न झ्याले दरबार, गोल्डेन गेट र राजा भूपतिन्द्र मल्लको सालिक झल्काइएको छ।, यत्तिको चित्र बनाउन पहिला पहिला धेरै दिन लाग्थ्यो, अचेल १५ दिनमै तयार पार्छन्।, यसको मूल्य ४० हजार रूपैयाँ राखेका छन्। , स्ट्याचू अफ लिबर्टी, स्ट्याच्यू अफ लिबर्टी अमेरिकाको न्यूयोर्कस्थित सालिक हो। यसमा देवीको दाहिने हातमा मसाल छ भने देब्रेमा पुस्तक।, उनले १२ वर्षअघि यो मूर्ति बनाएका हुन्। चिल्ड्रेन्स होम चलाउने एउटी दिदीले दिएको किताबमा तस्बिर देखेपछि त्यसलाई हेर्दै मूर्ति बनाएका थिए।, मेला महोत्सवमा यो मूर्तिसँग धेरैले सेल्फी खिच्छन्। नौ महिना लगाएर बनाइएको मूर्तिको मूल्य ४ लाख रूपैयाँ राखेका छन्।, ताजमहल, हरेक मान्छे प्रेमिल हुन्छ। भारतको आगरा सहरमा बनाइएको ताजमहललाई प्रेमको प्रतीक मानिन्छ। मुगल सम्राट शाहजहाँले आफ्नी रानी मुमताजको सम्झनामा ताजमहल बनाएका हुन्।, उनले यो चित्र बनाएको अढाई वर्ष भयो। त्यसभन्दा पहिला स-साना आकारमा बनाउँथे। १५ दिनमा बनाइएको यो चित्रको मूल्य ४० हजार रूपैयाँ राेखका छन्।  , ज्ञानेन्द्र शाह, राजनीतिक हिसाबले कलाकार जयराम प्रजातन्त्रवादी हुन्। एउटा राजालाई फ्याँकेर मुलुकमा गणतन्त्र स्थापना गरेसँगै धेरै राजा जन्मेकामा उनको चित्त बुझेको छैन।, मकर मेलामा पूर्वराजा ज्ञानेन्द्र शाह आउलान् र उपहार उनैलाई दिउँला भनेर उनले यो चित्र बनाएका थिए। बिक्री भइहाले पूर्वराजालाई अर्को बनाएर दिने योजना छ।, सात दिनमा बनाइएको यो चित्रको मूल्य ९ हजार रूपैयाँ राखेका छन्।   , केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई छ्वाली कला प्रोत्साहन गर्ने नेताका रूपमा उनी सम्मान गर्छन्। विगतमा ओलीले पटकपटक आफ्नै निवासमा बोलाएर कलाकृति किनेको अनुभव छ उनीसँग।, विशेषतः इष्टमित्रलाई उपहार दिन दरबार क्षेत्र र महिलाले घैला बोकेका चित्र ओलीले किन्ने गरेको उनी सुनाउँछन्।, तिनै ओलीलाई उपहार दिन भनेर उनले यो चित्र बनाएका हुन्। प्रदर्शनीमा बिक्री भइहाले अर्को बनाएर दिने योजना छ।, सात दिनमा बनाइएको यो चित्रको मूल्य ९ हजार रूपैयाँ राखेका छन्।, जो बाइडेन, अमेरिकाका राष्ट्रपति जो बाइडेनसहित संसारका शक्तिशाली २५ देशका राष्ट्रपति/प्रधानमन्त्रीका चित्र बनाएर मकर मेलामा प्रदर्शन गर्ने उनको योजना थियो। तर भ्याएनन्।, उनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट चित्र बनाउन सुरू गरेका थिए। बाँकी चित्र पछि बनाउने छन्।, सात दिनमा बनाइएको यो चित्रको मूल्य ९ हजार रूपैयाँ राखेका छन्।, गणेश , हिन्दु मान्यताअनुसार घर तथा मठमन्दिरमा सबभन्दा पहिला गणेशको दर्शन गरिन्छ। तिनै लम्बोदर गणेशको चित्र बनाएका हुन् उनले।, यसमा गणेशको एउटा हातमा बन्चरो, अर्कोमा कमल र अर्कोमा ओम् लेखिएको छ। कोभिड–१९ का कारण मुलुकमा पहिलो लकडाउन भएपछि उनले एक साता लगाएर बनाएको यो चित्रको मूल्य ३२ हजार रूपैयाँ राखेका छन्।, सम्पर्कः जयराम मानन्धर–९८४१४५६१५६,,पनौती , चार लाखसम्म बिक्छ जयरामले बनाएका छ्वाली चित्र
सेतोपाटी संवाददाता चितवनको सरकारी कोभिड-१९ परीक्षण ल्याबका पूर्वकर्मचारीले नक्कली पिसिआर रिपोर्ट तयार पारेर बिक्री गर्ने गरेको भेटिएको छ।, भरतपुरस्थित देव अस्पतालका हेल्थ असिस्टेन्स सन्दीप सापकोटासँग मिलेर कोभिड ल्याबका पूर्वकर्मचारी प्रकाश न्यौपानेले नक्कली रिपोर्ट तयार पारेको भेटिएको हो।, नक्कली रिपोर्टमा उनीहरूले भरतपुर अस्पतालको छाप दुरूपयोग गरेको भेटिएको प्रहरीले बतायो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालका अनुसार उनीहरूले भरतपुर अस्पतालको छाप र कोभिड ल्याबका प्रमुखको हस्ताक्षर नक्कली प्रयोग गरेर रिपोर्ट तयार पार्ने गरेका थिए। , नक्कली पिसिआर रिपोर्ट बनाएको विषयमा सूचना प्राप्त भएपछि भरतपुर-१३ घर भएका सापकोटा र रत्ननगर-६ का न्यौपानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताइन्।, 'अपरेसनअघि बिरामीको पिसिआर रिपोर्ट नेगेटिभ चाहिने भएकाले उनीहरूले नक्कली रिपोर्ट बनाएर दिने गरेका रहेछन्। देव अस्पतालका बिरामीको रिपोर्ट नक्कली भएको सूचना पाएपछि हामीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' प्रहरी निरीक्षक नरालले भनिन्, 'उनीहरूले कति जनाको नक्कली रिपोर्ट बनाए भन्ने कुरा बुझ्दैछौं।', उनीहरूले पिसिआर परीक्षणबापत बिरामीबाट २ हजार रुपैयाँ लिएका थिए। त्यसका लागि अस्पतालमा कार्यरत सापकोटाले स्वाब संकलन गर्थे। बिरामीबाट लिएको २ हजारलाई दुई जनाले बाँडेर लिने गरेका थिए। , प्रहरीका अनुसार न्यौपानेले कोभिड ल्याबमा काम गर्दा पनि देव अस्पतालका बिरामीको रिपोर्ट उपलब्ध गराउँथे।, 'अहिले पनि त्यही काम गर्ने ठानेर अस्पतालले विश्वास गरेको हो कि के हो भन्ने विषयमा अनुसन्धान हुँदैछ,' उनले भनिन्, 'यो काममा को-को संलग्न छन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।', सापकोटाले अस्पतालले मोबाइलमा पठाउने रिपोर्टलाई मिलाएर मोबाइलबाटै नक्कली रिपोर्ट तयार पार्ने गरेको भेटिएको उनले बताइन्।, अस्पतालको छाप दुरूपयोग गरेर नक्कली पिसिआर रिपोर्ट
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ८८० जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार १०१३ पिसिआर परीक्षणबाट र ३५६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा २२३८ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर २९ हजार ४ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा ३२९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ६४  र भक्तपुरमा ३० संक्रमित थपिएका छन्।, १ हजार ३ सय ६९ लाई कोरोना, १२ को मृत्यु
सेतोपाटी संवाददाता नाबालकको कानको मुन्द्रा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंमा नाबालकको सुन लुटपाट गर्ने र लुटिएको सुन किन्नेलाई पक्राउ गरेको हो। , लुटेको आरोपमा गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण बस्ने ३८ वर्षीय नारायण श्रेष्ठ र लुटिएको सुन किनेको आरोपमा मोरङ पथरी शनिश्चरे नगरपालिका-८ घर भई गोकर्णेश्वर-६ स्थित न्यू लक्की सुन चाँदी पसल सञ्चालन गर्ने ३० वर्षीय राजकुमार बराइलीलाई पक्राउ गरेको हो।, माघ ८ गते काठमाडौं महानगर-६ बौद्धमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको तीन वर्षीय बालकबाट सुन लुटिएको प्रहरी उपरीक्षक मैनालीले बताए। , श्रेष्ठले ती बालकलाई चकलेट दिई आफू मामा हुँ भन्दै फकाएर समता स्कुल पछाडि लगेका थिए। त्यहाँ लगेर उनले बालकले लगाएको दुई-दुई आनाको सुनको मुन्द्रा लुटेर लगेको प्रहरीले जनाएको छ। , त्यो सुन किन्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको परिसरले बताएको छ। , मामा हुँ भन्दै बालकको सुनको मुन्द्रा लुट्ने आरोपितसहित दुई पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंबाट नवलपरासी पुगेका एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, कपिलवस्तु शुद्धोधन गाँउपालिका-१ उच्डीहवा घर भई काठमाडौं महानगरपालिका-२७ असनमा बस्ने ३५ वर्षीय विजय चौधरीको हत्या आरोपमा ६ जनालाई पक्राउ परेका हुन्। , पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।, नवलपरासीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार चौधरी असनमा भाडा, वर्तन र हार्डवेयरको व्यापार गर्थे।, उनको हत्या आरोपमा रामग्राम नगरपालिकाका बस्ने राजु शाह भन्ने मन्जुर आलम देवान, उनकी श्रीमती हदिसुन नेसा, तलत अलि खान, जितबहादुर श्रेष्ठ, शारदादेवी केवट र उनका श्रीमान् बसन्तकुमार सहानीलाई पक्राउ गरेको छ। , चौधरीको शव माघ ८ गते रामग्राम नगरपालिका-९ जोकवारस्थित सडक छेउको नालीमा फेला परेको थियो। , त्यतिबेला चौधरीको पहिचान खुलिइसकेको थिएन। अन्दाजी ३० देख ३५ वर्षको उमेरका पुरूषको शव छ भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। , शाहीका अनुसार मृतकको दुबै हात पछाडिबाट प्लाष्टिकको डोरीले कसेर बाँधिएको थियो। त्यस्तै अनुहार पनि गम्छाले बेरिएको र घाँटीमा गलबन्दीले  कसेको अवस्थामा फेला परेको थियो। , प्रहरीले शवको पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखेको थियो। उनको पहिचानका लागि प्रहरीले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् तस्बिर सार्वजनिक गरेको थियो। , सार्वजनिक गरेकै दिन मृतकका साथीहरू निवेदनसहित जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पुगेका थिए। त्यसपछि उनको पहिचान खुलेको हो। , अनुसन्धान गर्दा मृतक चौधरीसहित आठ जना साथीहरू काठमाडौंबाट भैरहवा पुगेको तथ्य खुलेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।, ती साथीहरूमा काठमाडौं बस्ने तलत अलि खान, मोहनबिक्रम श्रेष्ठ, मनश्याम खड्गी, विके शाही, दिनेश कार्की, जितबहादुर श्रेष्ठ र केशव सुवेदी थिए। , माघ ६ गते तलत अलि, मोहनविक्रम, मनश्याम र मृतक चौधरी काठमाडौंको मुग्लिन हुँदै भैरहवा पुगेका थिए। बाँकी अरू हेटौडाबाट त्यहाँ पुगेका थिए।, ‘जग्गाको बैनापट्टा गर्न उनीहरू भैरहवा पुगेका थिए। त्यहाँ उनीहरू होटलमा बसे,’ शाहीले भने। , त्यसको भोलिपल्ट साँझ चौधरी, तलत अलि र राजु भैरहवास्थित यति होटल नजिकै एक चिया पसलमा भेटेका थिए।, चौधरीले त्यो दिन जग्गाको बैना गर्न २० लाख रुपैयाँ  बोकेका थिए। त्यो रकममध्ये केही काठमाडौंबाट गएका अरू साथीहरूको पनि थियो।, प्रहरीका अनुसार चौधरीलाई राजुले जग्गाको बैनापट्टा गर्न बोलाएका थिए। तर राजुले जग्गा देखाउन नभई पैसा लुट्ने योजनामात्रै बनाएको प्रहरी नायब उपरीक्षक शाहीले बताए। , ‘राजुले आफ्नो घर धितोमा राखेर ऋण लिएको थियो। श्रीमतीको नामबाट पनि विभिन्न सहकारी र समूहबाट ऋण लिएको रहेछ,’ शाहीले भने, ‘त्यही ऋण तिर्न नसकेर उसले विजयलाई बोलाएको देखिन्छ। योजना बनाएर तलत अलिको माध्यमबाट विजयबाट २० लाख लिने र हत्या गर्ने भन्ने उद्देश्य देखियो।’, राजुको कति ऋण थियो भन्ने उनले खुलेको छैन। प्रहरी स्रोतका अनुसार उनको एक करोड जति ऋण छ। , भेटेकै राति अन्दाजी ८ बजे भैरहवाबाट बैनाका लागि राजुले विजयलाई मोटरसाइकलमा राखेर परासीस्थित आफ्नो घरमा लगेका थिए। त्यहाँ उनकी श्रीमती हदिसुन नेसा पनि थिइन्। , राजु र उनकी श्रीमतीले सेतो गम्छाले मुख छोपेर, प्लाष्टिकको डोरीले दुबै हात कम्मरमा बाँधेर, गलबन्दीले घाँटी कसेर हत्या गरेको आरोप छ। , हत्यापछि राजु र उनकी श्रीमतीले शवलाई मोटरसाइकलमा बोकेर रामग्राम नगरपालिका-९ जोकवारस्थित सडक छेउमा फालेको प्रहरी नायब उपरीक्षक शाहीले बताए। साथै विजयले लगाएको गरगहना तथा मोबाइललाई प्लाष्टिकमा राखेर नजिकैको गहुँबारीमा फालेका थिए।, विजयबाट लिइसकेको पैसा राजुले सोही नगरको वडा २ बस्ने आफ्नी दिदी शारदादेवी केवटलाई राख्न दिएका थिए। उनले पनि सो पैसा श्रीमान बसन्तकुमार सहानीलाई दिएकी थिइन्। बसन्तकुमारले त्यो पैसा एउटा मोबाइल पसलमा राख्न दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाए छ।, प्रहरीले मोबाइल पसलबाट १५ लाख ३३ हजार ५ सय रुपैयाँ र बसन्तकुमारको घरबाट २ लाख रुपैयाँ बरामद गरेको थियो।, घटना भएकै दिनदेखि नै राजु र उनकी श्रीमती हदिसुन फरार थिए। उनीहरूलाई खोज्न प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको थियो।, भारतीय प्रहरीको समन्वयमा गत माघ २५ गते नवलपरासी पाल्हिनन्दन गाउँपालिका-१ महेशपुरस्थित नेपाल-भारत सीमाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए। , माघ २४ गते राजुकी दिदी शारदादेवी र उनका श्रीमान बसन्तकुमार पक्राउ परेका थिए।, घटनामा संलग्न तलत अलि खान, जितबहादुर श्रेष्ठलाई प्रहरीले माघ २० गते पक्राउ गरेको थियो। प्रहरीले काठमाडौंबाट त्यहाँ पुगेका साथीहरूलाई पनि सम्पर्कमै रहन भनेको छ। यस्तै जितबहादुरको भूमिकाबारे प्रहरीले अहिले खुलाएको छैन।, उनीहरूमाथि जिल्ला अदालत नवलपरासी (पश्चिम)बाट मुलुकी अपराध संहिता, २०७४ बमोजिम ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान गर्न म्याद थप गरेको छ। , जग्गा बैनाको बहानामा व्यापारीको हत्या गरी २० लाख लुट्ने ६ जना पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३२९ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ६४  र भक्तपुरमा ३० संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा १२ हजार ६५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७१७०, ललितपुरमा ३४३१ र भक्तपुरमा १४६४ सक्रिय संक्रमित छन्।,  , काठमाडौं उपत्यकामा थपिए ३२९ संक्रमित, सक्रिय १२ हजार ६५
राजेश घिमिरे चितवनमा निर्माणाधीन सडकको खाल्डोमा फसेर एकसिंगे गैंडाको मृत्यु भएको विषयमा गठित छानबिन समितिले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूलाई समेत कारबाहीको सिफारिस गरेको छ।, वन विभागका उप–महानिर्देशक डा. राजेन्द्र केसी संयोजकत्वको छानबिन समितिले वन तथा वातावरण मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा गैंडाको मृत्युमा निकुञ्ज र डिभिजन सडक कार्यालयका कर्मचारी र सडक निर्माण गर्ने कम्पनीको गल्ती औंल्याइएको छ।, निकुञ्जका कर्मचारीले निजामती सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेको उल्लेख गर्दै समितिले उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो। साथै, सडक निर्माण क्रममा इन्डो सगुन जेभीले पर्याप्त सावधानी नअपनाएको र चरम लापरबाही गरेका कारण गैंडाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।, निर्माण कम्पनीको गम्भीर त्रुटीका कारण गैंडाको मृत्यु भएकाले सम्बन्धित व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार मुद्दाको अनुसन्धान तथा तहकिकात गरी कारबाही किनारा गर्नुपर्ने प्रतिवेदनमा छ।, निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ गर्न चितवन निकुञ्जले पक्राउ पुर्जी जारी गरे पनि उनलाई पक्राउ गर्न सकिएको छैन।, छानबिन समितिले सडक डिभिजन कार्यालय भरतपुरले सुरक्षाको प्रबन्ध नमिलाई असावधानीपूर्वक काम गराएको, सरोकारवाला निकायहरूसँग समन्वय नगरेको भन्दै प्रतिवेदनमा उक्त कार्यालयका कर्मचारीलाई पनि निजामती सेवा ऐनअनुसार विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।, त्यसैगरी, नेपाली सेनाको बीसहजारी पोष्ट तथा मध्यवर्ती उपभोक्ता समितिलाई आइन्दा यस्ता घटना दोहोरिन नदिने गरी सचेत गराउन भनेको छ। चितवन निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गण र समितिले यी दुई निकायलाई सचेत गराउने प्रतिवेदनमा उल्लेख छ।, प्रतिवेदनमा वन रक्षकदेखि डिभिजन वन कार्यालयअन्तर्गतका कर्मचारीलाई पनि स्पष्टीकरण सोध्न भनिएको छ।, पूर्व-पश्चिम राजमार्गको भरतपुर–गोन्द्राङ खण्ड विस्तार क्रममा नाली बनाउन खनिएको खाल्डोमा फसेर गत माघ १० गते एक भाले गैंडाको मृत्यु भएको थियो।, घटनापछि वन मन्त्रालयले डा. केसीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, निकुञ्ज विभागका योजना प्रमुख डिलबहादुर पूर्जा पुन, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदम नेपाल र चितवन निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य सदस्य रहेको छानबिन समितिले स्थलगत अध्ययन र सरोकारवाला निकायका प्रमुख र अन्यसँग छलफल गरी दुई दिनअघि मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो।, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले छानबिन समितिले दिएको प्रतिवेदन मन्त्रालयले कार्यान्वयन गर्ने बताए। उनले निकुञ्ज र डिभिजन सडकका कुन तहका कर्मचारीलाई कारबाहीको सिफारिस भएको खुलाएनन्।, ‘जो–जोलाई दोषी ठहर्‍याएर कारबाही सिफारिस गरिएको छ उसलाई कारबाही हुन्छ,’ मन्त्री यादवले सेतोपाटीसँग भने, ‘यसका लागि मन्त्रालयले प्रक्रिया सुरू गरिसकेको छ।’, वन मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले आफ्नो क्षेत्रमा अनुमति नलिई धमाधम संरचना बन्दा निकुञ्जका कर्मचारीले अनुगमन गर्ने र आफ्नो क्षेत्र निरीक्षण गर्नमा कमी-कमजोरी देखियो भन्ने आसय प्रतिवेदनमा रहेको बताए।, ‘कमजोरी देखियो भनेपछि कारबाही गर्नुपर्छ भन्ने आसय त प्रतिवेदनले सिधै नबोले पनि देखिन्छ,’ उनले भने, ‘आफ्नो क्षेत्रको कमजोरी देखिँदा स्वाभाविक रूपमा प्रमुख नै दोषी देखिन्छ।’, छानबिन समितिमा चितवन निकुञ्जका प्रमुखलाई समेत राखिएको विषयमा संसदीय समितिले आपत्ति जनाएको थियो। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले छानबिनको दायरामा ल्याउनुपर्ने निकुञ्जका प्रमुखलाई समितिमा राखिएकामा आपत्ति जनाएका थिए।, प्रवक्ता काफ्लेले सडक डिभिजन कार्यालयका हकमा पनि सडक निर्माण क्रममा नियम मिच्न खोजेको, लापरबाही गरेको देखिएकाले कारबाही सिफारिस भएको बताए।, ‘यहाँको पनि जिम्मेवार व्यक्तिलाई नै निजामती ऐनअनुसार कारबाही गर्नुपर्छ भन्ने आसय प्रतिवेदनमा छ,’ उनले भने।, प्रवक्ता काफ्लेले उक्त सडक विस्तार क्रममा सुरूमा १६ किलोमिटरका लागि वातावरणीय परीक्षणको अनुमति माग गरिएको र पछि ६ किलोमिटर मात्रै बनाउने भनेर प्रारम्भिक वातावरणीय परीक्षण मात्रै गर्ने भनी प्रस्ताव गरेको पाइएको बताए।, ‘तर त्यो पनि स्वीकृत नै नभई काम गरेको देखियो भनिएको छ,’ उनले भने, ‘प्रचलित ऐन, कानुन तोडमोड गरेर काम गर्न खोजेको देखियो भनेर प्रतिवेदनमा भनिएको छ।’, उनले वन्यजन्तुको करिडोर र राष्ट्रिय महत्वको ठाउँ भन्ने जान्दा जान्दै निर्माण कार्यको नियमित अनुगमन नगरेको, धराप संरचना छाडेको, लापरबाही गरेको भन्ने ठहर प्रतिवेदनले गरेको बताए।, ‘प्रतिवेदनमा लापरबाही गर्नेहरू सजायको भागिदार हुनुपर्छ भनिएको छ,’ काफ्लेले भने, ‘यस्ता महत्वपूर्ण ठाउँमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्छ। यसका लागि वन मन्त्रालय र पूर्वाधार विकाससम्बन्धी मन्त्रालयहरूले नीतिगत निर्णय छिटो गरून् भन्ने आसय पनि प्रतिवेदनमा छ।’, प्रतिवेदनले स्थानीय स्तरमा चितवन निकुञ्जले अनुसन्धान अधिकृत खटाएर काम गरिरहेको र अनुसन्धानबाट देखिएका दोषीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारबाही गर्नुपर्छ भनेर प्रतिवेदनमा लेखिएको वन मन्त्रालयका प्रवक्ता काफ्लेले बताए।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने छानबिन समितिले बुझाएको प्रतिवेदनबारे मन्त्रालयबाट कुनै जानकारी नआएको जनाएको छ।, ‘मन्त्रालयमा प्रतिवेदन बुझाएको कुरा त थाहा छ तर प्रतिवेदनमा के छ भन्ने जानकारी हामीलाई छैन,’ विभागका महानिर्देशक रामचन्द्र कँडेलले भने, ‘मन्त्रालयबाट विभाग आउने क्रममै होला।’, गैंडा मृत्यु प्रकरण– अनुगमन नगर्ने चितवन निकुञ्ज र डिभिजन सडक प्रमुखलाई कारबाही सिफारिस
नारायण खड्का दाङको तुलसीपुरस्थित जुत्ता चप्पलको गोदाममा मध्यरातमा लागेको आगो बिहान साढे ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बिहान साढे ६ बजेसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन । , तुलसीपुर उपमहानगरपालिका- ५ ‘ङ’ लाईनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा भएको आगलागीमा परि भित्रै केही मानिस फसेको आशंका भइरहेको छ।, ‘घर भित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुनसक्ने आशंका स्थानीयले गरेका छन्। तर, त्यसको यकिन भइसकेको छैन’, डिएसपी अर्यालले सेतोपाटीसँग भने, ‘यहाँ सबैले भित्र मान्छे छन् भन्नुहुन्छ। तर आगो र धुँवाको राले अहिलेसम्म कोही भित्र जान सक्ने अवस्था छैन।’ , नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सबै कसरी भित्र प्रवेश गर्ने भनेर उपाय खोजिरहेको उनले बताए। , ‘अहिले अब आगो त लगभग निभेको जस्तो देखिएको छ,’ उनले भने, ‘तर, धुँवा र रापले  भित्र जाने प्रयास सफल भएको छैन।’, बिहान पौने दुई बजेतिर गस्तीको प्रहरीले आगो लागेको देखेको थियो। घर धनी काठमाडौंमा बस्ने हुँदा उक्त गोदाम कसको हो भन्ने कुरा पनि अहिलेसम्म नखुलेको डिएसपी अर्यायलले जानकारी दिए।  , तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालका अनुसार उक्त जुत्ता चप्पलको गोदाम मुस्लिम समुदायका ब्यक्तिले सञ्चालन गर्दै आएका थिए। तर, भित्र को को छन् परे भन्नेबारे अझैं अन्यौंल रहेको बताए।, अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्। , पहिलो तलाबाट सुरु भएको आगो चौथो तलासम्म पुगेको छ। तेस्रो तलासम्मको आगो नियन्त्रण लिए पनि चौथो तलाको नियन्त्रणमा आइसकेको छैन। , ‘बाहिर सोरूम जस्तो छ र भित्र गोदाम रहेछ,’ डिएसपी अर्यालले भने, ‘चप्पल/जुत्तामा लागेको आगो जति प्रयास गर्दा पनि नियन्त्रणमा लिन गाह्रो भइरहेको छ।, विद्युत मिटर पड्किदा आगलागी भएको प्रहरीले आशंका गरेको छ।, मध्यरातमा तुलसीपुरमा भीषण आगलागी, मानवीय क्षतिको आशंका
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ। , त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले  रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।, क्याम्पस/विभाग/स्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उनले बताए।, कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो।, यसअघि सरकारले पनि फागुन १ गतेदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ। , त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन
रोहित महतो करिब ६ वर्षअघि सहिदनगर नगरपालिका–४ ननुपट्टिकी मनिषा मुखिया र गणेशमान चारनाथ नगरपालिका–१० स्थित डुमरियाका सञ्जित मुखिया वैवाहिक बन्धनमा बाँधिए।, गर्भवती हुँदै पहिलो श्रीमतीको मृत्यु भएपछि सञ्जितले दोस्रो विवाह गरेका थिए। तर विवाह भएको ४ वर्षपछि पनि मनिषाले बच्चा जन्माउन सकिनन्।, गाउँ–गाउँ पुगेर उनले धामी झाँक्रीसँगै अस्पतालसम्म धाइन्। तै पनि बच्चा पाउन नसकेपछि उनलाई पारिवारिक र सामाजिक दबाब बढ्दै गयो। आर्थिक विपन्नताले उनी जिल्ला बाहिर गएर उपचार गराउन सक्ने अवस्थामा थिइनन्।, आमा बन्न नसकेपछि आफ्नै श्रीमान, परिवार र समाजले उनलाई निरन्तर होच्चाइरह्यो। छोराछोरी पाउने आश मरिसकेपछि मानसिक रूपमा उनी निकै कमजोर भइसकेकी थिइन्। अन्ततः मनिषाले करिब डेढ वर्षअघि जेनतेन जनकपुरमा एउटी छोरी भेटाइन्। परिवारले उनको नाम नन्दनी राख्यो।, ‘छोरी ल्याइसकेपछि घरमा सबैजना खुशी हुनुभयो। गाईको दुध खुवाएर उहाँले छोरी पाल्नुभयो,’ मनिषाकी नन्द तेतरी मुखियाले भनिन्।, नन्दनी हाल दुई वर्षकी भइसकेकी छिन्। तर कहाँबाट उनले छोरी भेटाएको खुलिसकेको छैन। परिवारमा नन्दनीको आगमनपछि केहीहदसम्म खुशीयाली त छायो तर छोरी भएर मात्र पुगेन। आफन्तका अनुसार वंश अगाडि बढाउन जसरी पनि उनले छोरा जन्माउनैपर्ने वा कतैबाट ल्याउनैपर्ने मनिषालाई दबाब पर्न थाल्यो।, मनिषाका आफन्तका अनुसार छोरा नल्याए डिर्भोस दिएर अर्को विहे गर्ने भन्दै श्रीमानले धम्की दिए।, ‘बच्चा नहुँदा मनिषाको श्रीमानले राख्न मानेको थिएन। त्यसैले उनले जनकपुरबाट अर्काकी छोरी लगेकी थिइन्। केही दिनपछि जसरी पनि छोरा ल्याउन उनको श्रीमानले भन्न थाले,’ मनिषाकी ती आफन्तले सेतोपाटीसँग भनिन्, ‘छोरा नल्याउँदा घरमा दिनहुँ झगडा पर्न थाल्यो। श्रीमानले उनलाई कुटपिट गर्थे। घरमा बस्न नदिएपछि मनिषा भाउजुसँग जनकपुर बस्न थालिन्।’ , जनकपुरधाम उपमहानगरपालिका–८ स्थित डेरा गरि बस्दै आएकी भाउजु किरण रामसँगै करिब एक महिनादेखि मनिषा बस्दै आएकी थिइन्। त्यहाँ उनले जसरी पनि कसैको बच्चा लिएर घर पुग्ने अठोट गरेकी थिइन्।, ‘१० दिनअघि माइली बहिनीको अप्रेशन भएर बच्चा भएपछि हस्पिटलमा किरणलाई पैसा चाहियो। उनले मनिषाबाटै ५-६ हजार रूपैँया पैँचो लिएर दिइन्। त्यसको साटोमा उनले जसरी पनि कसैको बच्चा ल्याइदिन भन्ने गर्थिन,’ किरणकी बहिनी मिना रामले भनिन्, ‘तर किरणले त्यस्तो गर्न मानिनन्। यहाँ छेउछाउमा बस्ने अरू धेरैलाई पनि कसैको छोरा चोरेर ल्याइदिन उनले भन्दै आएकी थिइन्। तर कसैले नमानेपछि उनी आफैं बच्चा चोर्न हिँडिन्।’, धनुषाका एसपी बसन्त रजौरेका अनुसार बच्चा चोरेर ल्याइदिने भन्दै जनकपुधाम उपमहानगरपालिका–७ स्थित भ्रमपुराचोक डेरा गरि बस्ने २२ वर्षीय कृष्ण कुमार यादवले मनिषाबाट १३ हजार रुपैँया लिएको खुलेको छ।, ‘उनले छोरा दिने भनेर १३ हजार रूपैँया र केही चीज लिएको प्रारम्भीक अनुसन्धानबाट देखिन्छ,’ एसपी रजौरेले सेतोपाटीसँग भने।, तर कृष्णले बच्चा उपलब्ध गराउन नसकेपछि बुधबार बेलुकातीर मनिषा आफैँ हिँडेकी थिइन्।, काखमा छोरी बोकेर उनी डेराबाट करिब एक किलोमिटर टाढा वडा नम्बर ६ स्थित महराज सागर पुगिन्।, साँझ करिब ६ बजेको थियो। पोखरी छेउमै घर रहेको मोहम्द अमिर राइनका ७ महिने छोरो अख्तर राइनलाई उनकी ६ वर्षीया छोरी एलिजाले खेलाउँदै थिइन्। त्यतिबेलै मनिषाको नजर उनीमाथि पर्‍यो। उनले एलिजालाई ५० रूपैयाँ दिएर छेउमै रहेको किराना पसलमा कुरकुरे किन्न पठाएर अनि बालक लिएर भागिन्।, ‘एलिजाकी आमा घरमै काम गरिरहेकी थिइन्। बुवा बजार गएका थिए। बच्चा लिएर भागेपछि चिच्याउँदै एलिजा केही दूरीसम्म उनको पछाडि लागिन्। तर बच्चा लिएर ती महिला स्पीडमा भागेपछि चिच्याउँदै उनी घर पुगिन् र आमालाई सबैकुरा सुनाइन्,’ एलिजाका काका मोहम्मद शरिफुलले भने, ‘त्यसपछि चारैतीर बच्चा चोरेको हल्ला भयो। फेसबुकमा पनि भाइरल हुन थाल्यो, हामीले प्रहरीलाई खबर गर्‍यौं।’, घटनाको आधा घण्टापछि एसपी रजौरेसहितका प्रहरी टोली  घटनास्थल पुगेर अनुसन्धान अघि बढाए। ‘त्यहाँ विभिन्न ठाउँमा जडान भएको सिसीटिभी फुटेज प्रहरीले चेक गर्‍यो। तर कुनै फुटेजमा फेस देखिइनन्।, ‘हामीले पनि साथीभाइलाई सबैतीर खोज्न पठायौं, बोर्डर एरियामा पनि खटायौं,’ शरिफुलले अगाडि भने।, एसपी रजौरेका अनुसार मनिषाले आफ्नो छोरी नन्दनीलाई किरणको डेरामै छोडेर उक्त बालक लिएर भागेकी थिइन्। भागेर मनिषा जनकपुरधाम–१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैंसी फारम पुगिन्। तर त्यहाँ काम गर्नेले उनलाई बस्न दिएनन्। रेडिमेड दुध किनेर ती बालकलाई उनले खुवाउँदै थिइन्।, एकाबिहानै मनिषा दुई वटा बच्चा बोकेर बसेको देखेपछि स्थानीयलाई शंका लाग्यो। त्यसपछि भिडियो खिचेर फेसबुकमा हाले अनि प्रहरीलाई जानकारी गराए।, केही बेरमै फेसबुकमा उक्त भिडियो भाइरल बन्यो। बिहान करिब साढे ८ बजे भाग्दै गरेको अवस्थामा बच्चासहित प्रहरीले मनिषालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढायो।, जिल्ला प्रहरी कार्यालयमा बिहिबार दिउँसो पत्रकार सम्मेलन गरि प्रहरीले घटनाबारे जानकारी गराएको थियो।, प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनिषा, किरण र कृष्ण विरूद्ध अपहरण तथा शरीरबन्धक मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी रजौरेले जानकारी दिए।, ‘मनिषाले बालकलाई अपहरण गरेको र किरण र कृष्ण मतियारको भूमिका खेलेको देखिन्छ,’ एसपी रजौरेले भने। , छोरा मोहले यसरी भयो बालकको अपहरण, तीन पक्राउ
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।, ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा केही दिनदेखि उपचार गराइरहेका जोशीलाई बिहिबार मन्त्री आलेले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।, जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले सो अवसरमा मन्त्री आलेलाई जानकारी गराए।, मन्त्री आलेले  जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।, मन्त्री आलेद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी
सेतोपाटी संवाददाता कोरोनाको तेस्रो लहरसँगै दर्शनार्थीका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आजबाट खुला भएको छ।, काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले आझबाट मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषले जनाएको छ।, विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले भनेको छ।, यसअघि ओमिक्रोनको संक्रमण बढेपछि माघ ४ गतेदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो।, पशुपतिनाथ मन्दिर आजदेखि खुल्यो
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।, सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको छ।, देशमा पश्चिमी वायुको सामान्य प्रभाव अझै रहेकाले यतिबेला पहाडी भेगमा मौसम आंशिक बदली हुनुका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ।, बागमती प्रदेशअन्तर्गत काठमाडौंमा उपत्यकामा भने वर्षाको सम्भावना निकै कम रहेको मौसमविद् राजु प्रधानाङ्गले सेतोपाटीलाई जानकारी दिए। ‘वर्षा र हिमपात गराउने पश्चिमी वायुको प्रभाव निकै घटेको छ। डाँडातिर फाटफुट वर्षा भए पनि काठमाडौंमा आजलाई पानी पर्ने सम्भावना देखिएको छैन।’, महाशाखाका अनुसार भोलि शनिबार दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ मौसम महाशाखाले जनाएको छ। , आइतबार दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। ,  , देशमा पश्चिमी वायुको सामान्य प्रभाव: उपत्यकामा वर्षा हुने सम्भावना निकै कम
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ।, इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अहिले केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।, ‘घर भित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुनसक्ने स्थानीयले आशंका गरेका थिए। सोही अनुसार हामीले ४ पुरूष र १ बालिकाको शव निकालेका छौं’, डिएसपी अर्यालले सेतोपाटीसँग भने, ‘खोजी र अनुसन्धान जारी छ। शवलाई अस्पताल पठाइएको छ।’, इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।, बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।, विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालका अनुसार उक्त जुत्ता चप्पलको गोदाम मुस्लिम समुदायका ब्यक्तिले सञ्चालन गर्दै आएका थिए। तर, क-कसको हताहत भयो भन्नेबारे सनाखत हुन बाँकी छ।, मध्यरातमा जुत्ता-चप्पल गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु
नारायण खड्का दाङको एक जुत्तापसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। , तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता-चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान गएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा ४ बालबालिका छन्।, मृत्यु हुनेमा करिब ५-६ वर्षका अबिददिन अली, करिब १३-१४ वर्षीया सजिता खातुन, करिब १४-१५ वर्षीय हसन बकस, करिब १५-१६ वर्षीय मसिन बकस र करिब ४०-४२ वर्षीय नजरदिन अली छन्।, इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको हो।, बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।, विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।, दाङको जुत्ता-पसलमा आगलागी: मृत्यु हुनेकाे पहिचान खुल्याे, ५ मध्ये ४ बालबालिका
राजेश घिमिरे चितवनको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजबीच देखिएको जग्गा भाडा विवाद थप लम्बिने देखिएको छ। भरतपुर अस्पतालले सम्झौताभन्दा बढी रकम मागेको भन्दै पुरानो मेडिकल कलेज जिल्ला अदालत पुगेको थियो।, भरतपुर अस्पताललाई विपक्षी बनाई हालेको मुद्दामा चितवन अदालतले आंशिक दाबी पुग्ने फैसला गरेको छ। क्षतिपूर्तिको सट्टा करारको यथावत् परिपालनाको माग(दफा ५४०) अन्तर्गत हरहिसाब गराई करारको शर्तहरूको यथावत् परिपालना गराइपाऊँ भनेर दर्ता गरिएको मुद्दामा फैसला गर्दै चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले करार भंग नभएकाले निरन्तरताको विषयमा थप निर्णय दिइरहन नपर्ने बताएको छ। अदालतले महालेखाले बेरूजु देखाएको निकाय भरतपुर अस्पताल सप्रमाण दाबीसहित अदालत आएमा सोही बखत निर्णय हुने हुँदा अहिले बेरूजुबारे कुनै निर्णय गर्न परेन भनेर फैसला गरेको हो।, पुरानो मेडिकल कलेजले भरतपुर अस्पतालसँग बेरूजु हरहिसाब गराइपाऊँ, अस्पतालसँगको करारको परिपालना गरिपाऊँ, करार निरन्तरता गराइपाऊँ भनेर मुद्दा हालेको थियो।, ‘बेरूजु रकम तिर्न नपर्ने भनी मेडिकल कलेजले दाबी गरेकोमा तिर्न पर्ने वा नपर्ने वा तिरेमा कसले तिर्ने भनी कुनै पनि निर्णय गरिएन, बेरूजुको सम्बन्धमा अदालतले अहिले बोल्न परेन, भविष्यमा भरतपुर अस्पताल सप्रमाण उपस्थित भए सोही बखत निर्णय हुन्छ,’ फैसलामा भनिएको छ।, अदालतले यसअघि पनि बेरूजु रकमबारे महालेखाबाट नै सम्परीक्षण गरी निर्क्यौल निकाल्नुपर्ने भनी समस्या समाधानका लागि भरतपुर अस्पताललाई उक्त निकायसमक्ष जान भनेको थियो।, महालेखा परीक्षकको कार्यालयले भरतपुर अस्पतालसँग बेरूजु रहको रकम चुक्ताको लागि निरन्तर निर्देशन दिँदै आएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा भरतपुर अस्पतालले पुरानो मेडिकल कलेजसँग असुल गर्नुपर्ने रकम किन असुल गरेन भनेर प्रश्न गरेको छ। साथै सम्झौताअनुसार कुनै काम नभएको भन्दै सम्बन्धित पक्षलाई गम्भीर हुन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ। अस्पतालले भने मेडिकल कलेजले दिनुपर्ने रकम नदिएकाले बेरूजु भएको जनाएको छ।, गत असारमा भरतपुर अस्पतालले बेरूजु बापतको रकम २ करोड ८८ लाख ८ हजार ९ सय रुपैयाँ तिर्न भनेपछि मेडिकल कलेज करार सम्झौता विपरीत बेरूजु रकम निकालेर अनावश्यक रकम माग गरिएको भन्दै चितवन अदालत पुगेको थियो। उक्त बेरूजु रकम महालेखाले भरतपुर अस्पतालको नाममा चढाएको छ।, अदालतको फैसलापछि पनि उक्त बेरूजु रकम कसले तिर्ने भन्ने अन्यौल कायमै रहेको छ।, के हो बेरूजु विवाद?, जग्गा लिजसम्बन्धी ऐन कार्यान्वयन नगर्दा चितवनको भरतपुर अस्पतालले वर्षेनी करोडौं रकम गुमाउँदै आएको छ।, अस्पतालले आफ्नो नाममा रहेको करिब साढे ३० बिघामध्ये २० बिघा बढी जमिन विभिन्न संस्थालाई उपलब्ध गराएको छ। उक्त जमिनलाई मालपोत ऐनअनुसार लिजमा परिणत गर्न सकेको छैन।, वर्षौंअघि भोगाधिकार दिइएको जमिनलाई समयानुकूल परिमार्जन गर्न नसक्दा अस्पतालले वर्षेनी करोडौं रुपैयाँ गुमाउँदै आएको छ।, भरतपुर अस्पतालले २०५० साउन २४ गते आफ्नो नाममा रहेको ९ बिघा जमिन पुरानो मेडिकल कलेजलाई ४९ वर्षका लागि लिजमा उपलब्ध गराएको थियो। २८ वर्षअघि सम्झौता गर्दा प्रतिबिघा वार्षिक ५० हजार रुपैयाँ र प्रतिवर्ष १० प्रतिशत थपेर भाडा बुझाउनुपर्ने भनिएको थियो। पछि सम्झौता संशोधन गरी भाडा बढाएर १ लाख पुर्‍याइयो। सम्झौतामा मेडिकल कलेजले उपभोग गरेको ९ बिघा जमिनको भाडा वर्षमा ९ लाख पुर्‍याइए पनि त्यसमा हरेक वर्ष १० प्रतिशत थपेर भाडा तिर्नुपर्ने सर्त भने हटाइएको थियो।, जबकी मालपोत कार्यालय चितवनको मूल्यांकनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा उक्त स्थानको जग्गाको न्यूनतम मूल्य प्रतिकट्ठा ६३ लाख रुपैयाँ छ। यो मूल्यांकनअनुसार मेडिकल कलेजले भोग गर्दै आएको ९ बिघा जमिनको न्यूनतम मूल्य १ अर्ब १३ करोड ४० लाख हुन्छ।, मालपोत ऐन २०३४ को दफा २४(१) को प्रयोजनका लागि जारी भएको सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी (दोश्रो संशोधन) कार्यनीति २०७१ को अनुसूची १(३) ङ बमोजिम सरकारी जग्गा लिजमा परिणत भए प्रतिवर्ष न्यूनतम मूल्यको १ प्रतिशत रकम लिनुपर्ने उल्लेख छ। यसअनुसार मेडिकल कलेजले भरतपुर अस्पताललाई वार्षिक न्यूनतम १ करोड १३ लाख ४० हजार रुपैयाँ लिजबापत बुझाउनु पर्ने हुन्छ। भरतपुर अस्पतालले लिनुपर्ने भन्दा १ करोड ४ लाख ४० हजार रुपैयाँ कम रकममात्रै बुझ्दै आएको थियो।, महालेखा परीक्षकको कार्यालयले भरतपुर अस्पताललाई मेडिकल कलेजसँग लिनुपर्ने रकम किन नलिइएको हो भनेर प्रश्न सोध्न थालेको वर्षौं भइसक्यो।, भरतपुर अस्पताललाई सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ बमोजिम सम्झौता परिमार्जन र संशोधन गरी न्यूनतम लिज रकम असुल गर्न विगतमै निर्देशन दिइएको भए पनि सम्बन्धित निकायबाट काम नभएको पाइएको २०७८ सालको भदौमा तयार महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।, अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले २८ वर्षअघि तत्कालीन अवस्थालाई मध्यनजर गरेर गरिएको सम्झौता ऐन संशोधन भएसँगै खारेज भएर संशोधित कार्यनीतिअनुसार लागू हुनु पर्नेमा त्यसो हुन नसकेको बताए।, संशोधित ऐन अनुसारको पैसा बुझाउनु भनेर मेडिकल कलेजलाई अस्पताल विकास समिति र अस्पताल प्रशासनले पटक-पटक पत्राचार गरेको थियो। भाडाको विषयमा विवाद बढेपछि राष्ट्रिय सतर्कता केन्द्रको एउटा टोली आएर छनबिन पनि गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ ऐनअनुसार नगरे सबै सहयोग रोकिन्छ भनेर चेतावनीसहितको पत्र पठाएको थियो।, मेडिकल कलेजले भने भरतपुर अस्पतालसँग भएको सम्झौता अनुसारको रकममात्रै बुझाए पुग्ने, थप रकम बुझाउनु नपर्ने अडान राख्दै आएको छ। कलेजले थप रकम बुझाउनु नपर्ने भन्दै जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको हो।, अदालतबाट टुंगिएन पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालको जग्गा भाडा विवाद
रासस उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको हो ।, विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि सुक्खायामसँगै केही दिन अगाडि उक्त मूल पुनः सुकेको स्थानीय बासिन्दाले बताएका छन् । परम्परागतरूपमा नुहाउँदै आएको तातोपानी मूल सुकेसँगै तातोपानी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दामाझ चिन्ता छाएको छ ।, पर्यटकीय क्षेत्रको तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने उक्त तातोपानीको मूल सुकेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणसमेत घटेको छ । विशेषगरी प्रत्येक वर्ष कात्तिक र चैतमा नुहाउँदा शारीरिक रोग हट्ने मान्यता रहिआएको थियो । पानी पुनः फर्किएयता करिब १० हजार मानिसले नुहाइसकेका थिए ।, तातोपानीलाई व्यवस्थितरूपले उपयोग गर्न तत्कालीन समयमा कार्यरत ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआर पिएपी) मार्फत निर्माण भएका आकर्षक ढुङ्गेधारा तथा पोखरी अलपत्र परेका छन् । प्राकृतिक स्रोतका अधिकतम् उपयोग गराइ तातोपानी क्षेत्रका विपन्न व्यक्तिलाई उत्थान गर्न विसं २०५७ मै पूर्वाधार निर्माण भएको र यस्ता सामाजिक  कार्यमा  पर्यटन विज्ञ रामचन्द्र सेढाईँको अविस्मरणीय योगदान रहेको स्थानीय बासिन्दाले स्मरण गरे।, एक जना मानिसले कम्तीमा तीन दिन नुहाउने तथा पोखरीमा डुब्ने चलन र संस्थागतरूपमा पोखरी तथा धाराको व्यवस्थापनले मानिसको चाप ह्वात्तै बढ्न थालेको अवस्थामा तातोपानीको मूल भूकम्पकै असरले सुक्ने भएको थियो । मानिसको चापलाई दृष्टिगत गरी बनाइएका दर्जनौं निजी होटलसमेत खाली हुँदै गएका छन् ।, भूकम्प अगाडिको समयमा तातोपानी नुहाउन वार्षिकरूपमा २० हजारभन्दा बढी मानिस त्यस स्थानमा पुग्ने गरेको स्थानीय व्यवसायी किमो तामाङ्नीले बताए। अधिकांश समय चिसो रहने उक्त क्षेत्रमा दैनिक सयौँ स्थानीयवासीलाई समेत नुहाउन सहज हुँदै आएको थियो । विगतका समयमा रसुवाका अलावा नुवाकोट, धादिङ एवं मित्रराष्ट्र चीनको भू–भागमा बसोबास गर्ने सीमापारका छिमेकीसमेत आउने गरेका थिए ।, रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो
सेतोपाटी संवाददाता धनगढीमा जन्ती बोकेको ट्याक्टर  दुर्घटनामा परेको  छ।, बिहीबार राति १२ बजेतिर धनगढीको मनेहराबाट जन्ती बोकेर भजनी जाँदै गरेको सुप प्र ०१००२ प५३७२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।, दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको उपचार जारी छ भने ११ जना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।, बिहेको सिजन भएकाले पछिल्लो समय जन्ती सवार सवारी दुर्घटनामा पर्ने क्रम बढेको छ। , बिहीबार उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका छन्।, माघ २१ गते राति प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो भेन बेहुला-बेहुली घाइते भएका थिए। , धनगढीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना
युनिक श्रेष्ठ ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी मन्दिरको मूर्ति २० दिनपछि फेला परेको छ। , शुक्रबार बिहान पौने ८ बजे ललितपुर महानगरपालिका-१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर पेटीमा उक्त मूर्ति फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले सेतोपाटीलाई जानकारी दिए। , शाहका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो। स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा सुनाकोठीबाट हराएको मूर्ति फेला परेको हो। , ‘बोराभित्र राखेर राति नै छोडिएको छ। बिहान फेला पर्‍यो,’ प्रहरी उपरीक्षक शाहले भने,‘भेरिफाइ गर्दैछौं।’, गत माघ ९ गते ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो। , यसको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो। मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ।, ‘हामीले मान्छेहरू ल्याएर सोधपुछ गर्ने काम गरिरहेका थियौं,' शाहले भने, 'दबाब सिर्जना भएपछि छोडेर गएको जस्तो देखिन्छ।', ‘उहिले चोर पत्ता लगाउन जुन देवीको कसम खुवाउँथ्यौं, आज चोरी भयो उनैको मूर्ति’, चोरी भएको बालकुमारी मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख रुपैयाँ दिइने, सुनाकोठीको बालकुमारी माई खोज्न अनुसन्धान टोली गठन , २० औं दिनमा फेला पर्‍यो सुनाकोठीबाट चोरिएको बालकुमारीको मूर्ति
रासस हुम्लाको उत्तरी उच्च हिमाली भागमा अवस्थित नाम्खा गाउँपालिका-६ लिमी दुई सातादेखि बाह्य सञ्चार सम्पर्कमा छैन। त्यहाँस्थित वर्ल्डलिंक कम्युनिकेशनले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएको हो।, करिब दुई सातादेखि इन्टरनेटले काम नगरेपछि त्यस क्षेत्रका सेवाग्राही मर्कामा रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए।, वर्ल्डलिंक कम्युनिकेसनले काम नगर्दा वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत बन्द भएको वडाध्यक्ष तामाङले जानकारी दिए। इन्टरनेटमार्फत हुने विभिन्न काम प्रभावित भएका छन्।, नाम्खामा गत बिहीबार र शुक्रबार भारी हिमपात भएको थियो। सोही कारण इन्टरनेटले काम गर्न छाडेको हुनसक्ने वडाध्यक्ष तामाङको भनाइ छ। बाक्लो हिमपातका कारण इन्टरनेट सञ्चालनमा नआएपछि इमेल, भाइवर, फेसबुक, ह्वाट्सएप र विच्याटबाट हुने कामसमेत प्रभावित भएको वडाध्यक्ष तामाङले जानकारी दिए।, दुई सातादेखि बाह्य सम्पर्कमा छैन लिमी
सेतोपाटी संवाददाता पाल्पा रम्भा गाउँपालिका-२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इन्जिनियर रविन दमै छिनालको मृत्यु भएको छ।, पूर्वी रुकुमको भूमे गाउँपालिका-४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय छिनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।, रम्भा-१ हुँगीबाट ताहुँतर्फ आउने क्रममा लु६७प ४७८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुरूडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल सडकबाट दुई सय मिटर तल खसेको थियो।, यस्तै, पाल्पाकै रैनादेवी छहरा गाउँपालिका-२ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ। मृत्यु हुने रैनादेवी छहरा-२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेको प्रहरीले जनाएको छ। सडकबाट २५० मिटर तल मृतकको शव भेटिएको थियो।, मोटरसाइकल दुर्घटनामा इन्जिनियरको मृत्यु
सेतोपाटी संवाददाता गत माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएपछि बाजागाजासहित सुनाकोठी लगिँदै छ। , स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापना गर्न लागेको हो।, महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार मूर्ति भटेपछि मुचुल्का उठाएर पत्रकार सम्मेलन गरेको थियो। , शुक्रबार बिहान पौने ८ बजे ललितपुर महानगरपालिका-१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर पेटीमा उक्त मूर्ति फेला परेको प्रहरी उपरीक्षक (एसपी) शिद्धिबिक्रम जानकारी दिए। , एसपी शाहका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो। स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा सुनाकोठीबाट हराएको मूर्ति फेला परेको हो। , ‘बोराभित्र राखेर राति नै छोडिएको छ। बिहान फेला पर्‍यो,’ प्रहरी उपरीक्षक शाहले भने,‘भेरिफाई गर्दैछौं।’, यसको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो।, मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ।, ‘हामीले मान्छेहरू ल्याएर सोधपुछ गर्ने काम गरिरहेका थियौं,' शाहले भने, 'दबाब सिर्जना भएपछि छोडेर गएको जस्तो देखिन्छ।', तस्बिरहरू: निशा भण्डारी/ युनिक श्रेष्ठ, यो पनि:, २० औं दिनमा फेला पर्‍यो सुनाकोठीबाट चोरिएको बालकुमारीको मूर्ति, ‘उहिले चोर पत्ता लगाउन जुन देवीको कसम खुवाउँथ्यौं, आज चोरी भयो उनैको मूर्ति’, चोरी भएको बालकुमारी मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख रुपैयाँ दिइने, सुनाकोठीको बालकुमारी माई खोज्न अनुसन्धान टोली गठन , चोरिएको बालकुमारीको मूर्ति भेटिएपछि बाजागाजासहित सुनाकोठी लगिँदै (तस्बिरहरू)
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्।, कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उनले उक्त कुरा बताएका हुन्। , ‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ’, पत्रकार सम्मेलनमा उनले भनेका छन्,‘फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ।’, सुरूआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उनले बताए। त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए।, यस्तै, विगतमा जोखिमा रहेका गर्भवती महिलालाई मात्र खोप दिने नीति लिएकोमा अहिले सबै गर्भवती महिलालाई पहिलो त्रैमासिकपछि खोप दिने नीति अपनाइने उनले बताए।, यसैगरी, उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप प्रदान गर्न खोप उपलब्धताको लागि पत्रचार भइसकेको र सुनिश्चितता भइसकेको उनले बताए। , फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज (भिडिओ)
सेतोपाटी संवाददाता उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सह-न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , पदमा बस्दा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थापाविरूद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। , निलम्बित सह-न्यायाधिवक्ता थापासँग ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए। , थापा २०४५ साल असार ५ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। उनले २०७५/२०७६ सम्ममा स्रोत नखुलेको उक्त बराबरको सम्पत्ति आर्जन गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ। , यो अवधिमा उनले वैध आय १ करोड ७६ लाख ७६ हजार १२० रुपैयाँ आर्जन गरेका थिए। , तर आयको अनुपातमा सोही अवधिमा उनले सिर्जना गरेको, खर्च तथा लगानी २ करोड ३८ लाख ७८ हजार १९७ रुपैयाँ देखिएको भण्डारीले बताए। , ‘राष्ट्रसेवक भएपश्चात के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टि गर्न नसकी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको हुँदा मनासिव कारणबिना निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखियो,’ अभियोग पत्रमा भनिएको छ। , आर्जित सम्पत्ति थापाले श्रीमती अन्जु खड्का थापाको नाममा राखेको पाइएको छ। त्यस्तो सम्पत्ति ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवम् विभिन्न बैंकहरूमा जम्मा गरेको देखिएको अख्तियारको दाबी छ। , थापालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख, बमोजिम स्रोत नखुलेको सम्पत्ति असुल तथा जफत गरी पाउन माग दाबी लिइएको छ।  , मुद्दामा श्रीमतीलाई पनि प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन माग दाबी लिइएको छ।, तत्कालीन सह-न्यायाधीवक्ता सुरेन्द्रबहादुर थापासँग ६१ लाख बिगो माग्दै भ्रष्टाचार मुद्दा
रासस डोटीको जोरायल गाउँपालिका- १ गोगनपानीमा एक किशोर मृत फेला परेका छन्।, विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका-१ भुसुका १६ वर्षीय किशोर भानु नाथ मृत फेला परेको प्रहरीले जनाएको छ। , यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह-प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए।, बालक मृत भेटिएपछि स्थानीयबासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्तराजमार्ग अवरूद्ध पारेका छन्।, उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयबासी कमलबहादुर डाँगीले जानकारी दिए। राजमार्ग अवरूद्ध हुँदा लामो तथा छोटो दूरीका दजर्नौं यातायातका साधन गोगनपानीमा जाममा परेका छन्।, डोटीमा किशोर मृत फेला
रासस विराटनगर महानगरपालिकाको-१९ बैजनाथपुरमा बसोबास गरिरहेका ऋषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन्। कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण  उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।, आर्थिक एवं सामाजिक रूपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसइईसम्म पढेका छैनन्। तर पनि अहिले यो समुदायका बालबालिका नजिकैका सामुदायिक विद्यालयमा अध्ययन गर्न गइरहेका छन्। हामीलाई दैनिक जीवनयापन गर्न त समस्या छ भने कसरी छोराछोरीलाई पढाउनु उनीहरूको पीडादायी प्रतिक्रिया छ। , आर्थिक एवम् सामाजिक रूपमा पिछडिएका यो समुदायका लागि विराटनगर महानगरपालिकाले आवासगृह निर्माण गरेको छ। महानगरपालिकाको आवास कार्यक्रमअन्तर्गत ह्याविटेट नामक संस्थाले सहयोग गरेर अहिले ती समुदायका ३२ परिवारका लागि आवासगृह निर्माण गरेको छ। एक परिवारका लागि दुई वटा सुत्ने कोठा, एउटा भान्सा घर र शौचालयसहितको व्यवस्थित घर ह्याविटेटले निर्माण गरिदिएको छ।, विराटनगर महानगरपालिकाले सो बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्युबेलसमेत जडान गरेको छ।, यही भौतिक संरचनामा ऋषिदेव परिवारको दिनचर्या चलिरहेको छ भने अहिले जाडोमा उनीहरूलाई न्यानो लुगा र पोषिलो खानेकुराको समेत अभाव देखिएको छ।, ती समुदायका ३२ परिवारका लागि दुई वटा मात्र ट्युबेल छन्। एउटा बिग्रिँदा खानेपानीको लागि निकै समस्या झेल्नु परेको ५९ वर्षीय फुलो ऋषिदेवले बताए। यो घर पनि हाम्रो लागि पर्याप्त छैन। परिवारको सङ्ख्या बढ्दा बरण्डामा रात बिताउनु परेको पीडा उनको छ। ., फुलोको परिवारबाट दुई बालबालिका सामुदायिक विद्यालय जान्छन्। एउटा कक्षा पाँचमा र अर्को कक्षा सातमा पढ्दै छन्। कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोजगारी खोसिएपछि आर्थिक समस्या झेल्दै आएका नरेश ऋषिदेवले ठेला चलाएर परिवारको गुजारा गर्दैछन्। दैनिक रु ४०० भन्दा बढी आम्दानी हुँदैन, के गर्नु, अर्को उपाय पनि छैन, त्यसैले कठिन जीवनयापन गर्न बाध्य भएको उनको भनाइ छ।, उनका पनि दुई बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन्।, सरकार सेवा र सुविधा विरलै पुग्ने यो बस्तीका व्यक्तिले भने कोरोना भाइरसविरूद्धका खोप लगाएका छन्।, सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना भाइरसविरूद्धका खोप
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार ११६०३ पिसिआर परीक्षणबाट १८५१ जना र ४७५३ एन्टिजेन परीक्षणबाट ५५० जनामा संक्रमण पुष्टि भएको हो। , यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन्।, २४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १०१७ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार ११६०३ पिसिआर परीक्षणबाट १८५१ जना र ४७५३ एन्टिजेन परीक्षणबाट ५५० जनामा संक्रमण पुष्टि भएको हो। , यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन्। हाल औषत संक्रमणदर १६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। ,  , काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा एक पुरूषको शव फेला परेको छ। , गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनीस्थित बागमती नदीमा बुधबार दिउँसो १ बजे शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृतक गोकर्णेश्वर नगरपालिकाकै स्थानीय २७ वर्षीय शिशिर भण्डारी छन्। उनी २० गतेदेखि बेपत्ता थिए। , ‘गत २० गते उनी हराइरहेको भन्ने उजुरी परेको थियो,’ प्रहरी उपरीक्षक मैनालीले भने, ‘आज शव फेला परेको छ।’, आफन्तले २० गते नै महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन हालेका थिए। शव फेला परेको घटनास्थलमा वृत्तबाट अधिकृतसहितको टोली खटिएको छ।, महानगरीय अपराध महाशाखाको टोली पनि खटिएर अनुसन्धान अघि बढाएको छ। ,  ,  , ६ दिनदेखि बेपत्ता शिशिरको शव बागमती नदीमा फेला
सेतोपाटी संवाददाता कमलपोखरीमा बुधबार ९ वटा चैत्य राखिएका छन्। काठमाडौं महानगरको वडा १ मा रहेको कमलपोखरीको सौन्दर्य बढाउने गुरूयोजनाअनुसार राखिएका चैत्यको महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित अधिकारीले विधिपूर्वक पूजा गरेका थिए।, यसअघि पोखरीमा चैत्य राखिएको थिएन। , पूजापछि प्रतिक्रिया दिँदै मेयर शाक्यले, वेसम्भार अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर २ चरणमा काम गरेको बताए। ‘ठेकेदारले १५ दिन भित्र पहिलो चरणको काम सम्पन्न गर्ने भनेका छन्। त्यसलगत्तै पहिलो चरणमा पोखरी उद्घा‌टन गर्छौ। र दोस्रो चरणको काम थाल्छौं’, मेयर शाक्यले भने।, पोखरी सञ्चालनमा आएसँगै बिहान र साँझपख स्वच्छ हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा विकास हुने शाक्यको भनाइ थियो। , कोभिड महामारीका कारण १ वर्षपछि पोखरीको पुन निर्माण सम्पन्न हुँदैछ। ‘चैत्यसँगै यहाँको सांस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरिपरि वृक्षारोपण गर्ने, मठ–मन्दिरको संरक्षण गर्दै पोखरलाई ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउँने पर्यटकको गन्तव्य बनाउँछौँ,’ उनले भने।, कमलपोखरीको पुननिर्माण अघि संघीय र प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग लामो छलफल र परामर्श भएको शाक्यको भनाइ थियो। , महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफूलाई आनन्द महसुस भएको बताइन्।, ‘पोखरी पहिलाभन्दा व्यवस्थित भएको छ। पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सरोकारवालाको ठूलो सहयोग प्राप्त भएको छ। मेरो घर कमलपोखरीबाट नजिकै छ। मेरा लागि पनि बिहान–बेलुका स्वच्छ हावा लिदैँ हरियालीको आनन्द लिने ठाउँ तयार भयो,’ उनले भनिन्।, योजनाका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले, पोखरी बास्तुकलाको बेजोड नमुना भएको उल्लेख गरे।, पोखरी काठमाडौंको संस्कृतिसँग मिल्दो रहेको उल्लेख गरे।, काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा ४ वटा कुनामा आकर्षक र संस्कृति झल्किने ४ वटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी ५ ओटा मण्डप रहने जानकारी दिए।, यो पनि हेर्नुहोस्,  , चिटिक्क हुँदै कमलपोखरी (तस्बिरहरू), घुम्नलायक बन्यो कमलपोखरी (भिडिओ), कमलपोखरी अब उदघाटनको लागि तयार भयो- मेयर शाक्य
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेबाट सञ्चालन हुने भएको छ।, बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आगामी वैशाख ९ बाट २० गतेसम्म भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने भएको छ।, शर्माका अनुसार परीक्षा तालिका भोलि (बिहीबार) सार्वजनिक हुनेछ।, बोर्डका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई दिनेछन्। , कोभिड–१९ महामारी फैलिएपछि २०७६ र २०७७ सालका एसइई भौतिक रूपमा गर्न सम्भव भएका थिएनन्।,  , यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेबाट
सेतोपाटी संवाददाता तीन किलो चाँदी जस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन्। , दक्षिणकाली नगरपालिका-५ स्थित काठमाडौं प्रवेश नाकाबाट मंगलबार एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , वीरगंजबाट काठमाडौं आउँदै गरेको ना १ ज ६२५३ नम्बरको टाटा सुमोका यात्रुलाई प्रहरीले चेक गरेको थियो। , भारतको पश्चिम बंगाल घर भई काठमाडौंको न्युरोड बस्ने २६ वर्षीय पिण्टु मण्डललाई प्रहरीले पक्राउ गरेको हो। उनीबाट प्रहरीले चाँदी जस्तो देखिने ३ किलो सेतो धातु बरामद गरेको छ। , उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाएको छ। , यस्तै प्रहरीले गत १७ गते सोमबार पनि एक जनालाई चाँदीसहित पक्राउ गरेको थियो। , बारा कलैयाबाट काठमाडौं आउँदै गरेको ना १ ज ७२०८ नम्बरको टाटा सुमोमा यात्रुलाई चेक गर्दा १३ किलो चाँदी बरामद गरेको थियो। , बारा सिम्रौनगढ नगरपालिका-८ कचरुवा घर भएका ३८ वर्षीय राम शंकर साहलाई पक्राउ गरेको थियो। , थप अनुसन्धान गरी भन्सार कार्यालयले ९ लाख ८३ हजार ७५४ बराबरको बिगो धरौटी माग गरेको छ।,  , फर्पिङबाट तीन किलो चाँदीसहित एक पक्राउ
खिलानाथ ढकाल काठमाडौं उपत्यकाका पाँचतारे होटलका रेष्टुरेन्ट, सपिङ मलदेखि हाइप्रोफाइल घरानामा मदिरा बिक्री गर्ने जमल र दरबारमार्गको ग्रीनलाइन रिटेल सपमा तीन सातायता चार वटा बैंकले ताला लगाएका छन्।, अर्बभन्दा बढीको विदेशी ब्रान्डेड मदिरा स्टक रहेको ग्रीनलाइन सपका सञ्चालकहरू फरार भएपछि बैंकहरूले ताला लगाएका हुन्। स्टक सामग्रीको मूल्यांकनको आधारमा कर्जा लगानी गरेका बैंकहरूलाई सञ्चालक भागेपछि ऋण उठाउन समस्या परिरहेको छ।, इन्भेष्टमेन्ट, एभरेष्ट, ग्लोबल आइएमई र मेगा बैंकले ग्रीनलाइनमा तालासँगै सञ्चालकका घर-जग्गामा सूचना टाँसेका छन्।, ग्रीनलाइनका सञ्चालक बाबुछोरा अमित, अभिषेक अग्रवाल र बुवा ओमप्रकाश परिवारसहित भारत पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ।, उनीहरू भारतको कुन ठाउँ छन् भन्ने प्रहरीले मेसो पाउन सकेको छैन। ऋण धितो जोखिममा परेपछि चार वटा बैंकले ताला लगाएसँगै ग्रीनलाइनको अर्बभन्दा बढीको स्टक मदिरा अलपत्र छ।, ताला लगाएकाले त्यहाँ कति परिमाणको मदिरा छ भन्ने यकिन छैन। कानुनी रूपमा लिलामको प्रक्रिया नचलेसम्म परिमाणबारे थाहा नलाग्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्।  , सर्वसाधारणको निक्षेपबाट ग्रीनलाइनमा बैंकहरूले गरेको लगानी जोखिममा परेपछि यो प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ। सञ्चालक फरार भएको विषयमा भने महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।  , ब्युरो र परिसरका अनुसार अग्रवाल बाबुछोरा भाग्नुमा अनौपचारिक ऋण ‘मिटरब्याज’ हो। अग्रवाल बाबुछोरालाई मिटरब्याजीहरूले धम्क्याउन थालेपछि उनीहरू पसल बन्द गरेर भागेको बुझिएको छ।, काठमाडौंमा मिटरब्याजमा लगानी गर्नेहरूको आतंक नै चलिरहेको छ। मिटरब्याज कारोबार गर्नेहरूको साम्राज्य तोड्न प्रहरी पनि सफल हुन सकिरहेको छैन।, ब्युरोका एक अधिकृतका अनुसार अग्रवाल बाबुछोराले अनौपचारिक (मिटरब्याज) रूपमा २० करोड ऋण चलाएको बुझिएको छ। त्यो ऋणको साँवा, ब्याज, ब्याजको स्याजदेखि प्याजसम्म तिर्दा पनि ताकेता र धम्की नरोकिएपछि उनीहरूको उठिबास लागेको थाहा भएको छ।, ग्रीनलाइन बीसौं वर्षदेखि काठमाडौंमा विदेशी ब्रान्डेड रक्सीको कारोबार गर्ने सप हो। अमित र अभिषेकका बुवा ओमप्रकाश अग्रवालले उनीहरूलाई काठमाडौंमा मदिराको व्यापारमा टेकाएका थिए।, प्रहरीका अनुसार ओमप्रकाश, अमित, अभिषेकसहित परिवारका ९ सदस्य एक महिनादेखि फरार छन्। उनीहरू वीरगञ्ज हुँदै भारत पुगेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए।, ‘उहाँका ९ जना परिवार एकैसाथ काठमाडौं छोडेर वीरगञ्ज हुँदै भारतसम्म गएको देखिएको छ,’ गिरीले भने, ‘उहाँहरूलाई ल्याउने प्रयास भइरहेको छ, निकटहरूबाट बुझ्दा फर्किने सम्भावना बुझिन्छ।’, ज्ञानेश्वरमा बस्दै आएका ओमप्रकाश, अमित, अभिषेकसहित परिवारले नेपाल छोडेपछि छोरी रजनीले परिसरमा निवेदन दिएकी थिइन्। निवेदन दिएपछि प्रहरी ज्ञानेश्वरको घरमा पुगेको थियो।  , त्यहाँ पुगेर सर्च गर्दा एउटा ‘नोट’ फेला परेको गिरीले बताए। उक्त नोटमा ओमप्रकाश, अमित, अभिषेकसहित परिवारका पाँच जनाको हस्ताक्षर छ।, ‘म ओमप्रकाश अग्रवाल, श्रीमती उषा अग्रवाल, छोराहरू अमित अग्रवाल र अभिषेक अग्रवाल तथा परिवारका अन्य सदस्यहरूले विगत २५ वर्षदेखि मदिराको व्यापार गरिरहेका थियौं। मार्केटमा राम्रोसँग सफलताका साथ व्यापार गरिरहेका थियौं। विगत वर्षहरूमा कोभिड-१९ ले गर्दा बैंक ब्याज तिर्न तथा अन्य व्यक्तिहरूलाई ब्याज तिर्न मेरो छोरा अमित अग्रवाल मिटरब्याजीहरूको फन्दामा परी आफ्नो सम्पत्ति सिध्याइसकेका छौं,’ नोटमा भनिएको छ,‘धेरैजसो मिटरब्याजीहरूलाई साँवाको दोब्बर-तेब्बर पैसा तिरिसकेका छौं। अब हामीसँग मिटरब्याजी तथा बैंकहरूलाई तिर्न कुनै पनि साधन छैन।’, नोटमा थप भनिएको छ, ‘र, हामी कहाँ जान्छौं, बाँचिन्छ वा मरिन्छ भन्ने कुनै ठेगान छैन। बाँचे भने फेरि आउँला। र, हामीले आफ्नो नाममा रहेका घरजग्गा, व्यापार व्यवसाय त्यत्तिकै छोडेर जाँदैछौं। हाम्रो नाममा रहेका श्रीसम्पत्तिबाट बैंक तथा वित्तीय संस्था तथा साहुले रकम असुलउपर गर्नुहोला।’, आफ्नो संस्थानका हिसाबकिताब सबै यहीँ छोडेर गएको उनीहरूले नोटमा लेखेका छन्। त्यसमा साहुहरू, मिटरब्याजीहरूले धम्की दिएर गराएका कागजपत्र तथा तिनीहरूको नामावली रहेको उनीहरूले नोटमा लेखेका छन्।, ‘एउटा प्रतिष्ठित परिवारलाई आत्महत्या गर्ने अवस्थामा पुर्‍याउन लगाएका मानिसहरूलाई दण्ड सजाय दिई मेरो परिवारको आत्मालाई शान्ति प्रदान गर्न सरकारसँग माग गर्दछौं। र, कुनै व्यक्तिलाई ऋण तिर्न नसकिएकाले क्षमाप्रार्थी छु। बाँचेको खण्डमा मेरो सन्तानले ऋण तिर्ने कोसिस गर्नेछ,’ नोटमा ओमप्रकाशले लेखेका छन्।, ओमप्रकाश, अमित र अभिषेक सबै भारतीय मूलका नेपाली नागरिक हुन्। उनीहरूका तीन पुस्ताको नागरिकता धनुषा जिल्लाबाट लिएको देखिन्छ। सन् १९९० को दशकमा ओमप्रकाश भारतको हरियाणाबाट नेपाल छिरेका थिए।, काठमाडौंमा आएर उनी ड्युटी फ्री मदिराको कारोबारमा लागेका थिए। लाखौंबाट करोडमा पुग्न थालेपछि उनले कम्पनी नै स्थापना गरी कारोबार थालेका थिए। विस्तारै कारोबार छोरा अमित र नाति अभिषेकको हातमा पुगेपछि उनीहरू अर्बमा खेल्न थालेका थिए।, प्रहरीका अनुसार महत्वाकांक्षाले फन्दामा परेका हुन्। पैसा कमाउने लालच बढ्दै जाँदा उनीहरू मिटरब्याजीसम्म पुगेको हुनसक्ने आशंका प्रहरीको छ।, मिटरब्याजसँगै केन्द्रीय अनुसन्धान ब्युरोले सम्बन्धित बैंकहरूसँग सोधीखोजी गरिरहेको छ। प्रारम्भिक सोधीखोजीमा बैंकहरूबाट विवरण प्राप्त भएको छ।, ब्युरो स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनमा २८ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर धितोमा राखेको भेटिएको छ।, यस्तै, एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा राखेको छ।, यस्तै, मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको भेटिएको छ। त्यसको धितो ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो राखिएको छ।, यसैगरी, ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ। त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका थिए।, ‘बैंकका मानिसहरू बोलाएर सोध्दा धितो तथा ऋणको विवरण यस्तो पाइएको छ,’ ब्युरोका ती अधिकृतले भने, ‘अनौपचारिक लगानीबारे पनि अनुसन्धान गरिरहेका छौं। सँगसँगै बैंकिङ कसुर आकर्षित हुन्छ कि भनेर हामीले हेरिरहेका हौं।’, ती अधिकृतका अनुसार अहिले ब्युरोले विभिन्न कोणबाट ग्रीनलाइनमाथि अनुसन्धान गरिरहेको छ।, बैंकहरूको ऋण यकिन गर्न, ग्रीनलाइनका सञ्चालकको सम्पत्ति यकिन गर्न, बैंक ठगी हो/होइन वा ऋण दिँदा मिलेमतो हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको हो।, ‘बैंकमा सर्वसाधारणको निक्षेप रहने हुनाले त्यो निक्षेप ऋणको रूपमा गएर नउठ्ने अवस्थामा जनता ठगिन सक्ने भए, त्यसैले बैंकिङ कसुर हुन सक्नेतर्फ अनुसन्धान केन्द्रित छ,’ ती अधिकृतले भने।, प्रहरीले अनौपचारिक रूपमा लगानी गर्ने व्यक्तिहरू को हुन् तिनीहरूको खोजी गरिरहेको ती अधिकृतले बताए।, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा आइसकेको छैन,’ ब्युरोका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताए।, ब्युरोका अनुसार ग्रीनलाइनको सात/आठ करोड बजारबाट उठ्न बाँकी रहेको देखिएको छ। यस्तै, भन्सार नाकामा आठ वटा मदिराका कन्टेनर जाँचपास हुन बाँकी रहेको देखिएको छ।, ‘अनौपचारिक व्यक्ति, संस्था, लिगल सम्पत्ति खोज्ने काम भइरहेको छ,’ खनालले भने।, प्रारम्भिक अनुसन्धानमा अग्रवाल परिवार भाग्ने सुइँकोसम्म कसैले पाएन।, ‘आर्थिक रूपमा टाट पल्टेर भाग्ने योजना बनाएको कतैबाट नचुहिँदै उनीहरू भारत पुगे, खोजी गर्न उजुरी परेपछि र बैंकहरूले स्टक लिलाम गर्न ताला लगाएपछि मात्रै अनुसन्धान अघि बढ्यो,’ ब्युरोका ती अधिकृतले भने।, अग्रवाल परिवारले केही साझेदारका साथमा २०७३ सालमा नवलपरासीमा सागर डिस्टिलरी नामको मदिरा उद्योग स्थापना गरेका थिए। त्यसको प्लान्ट भने चलेको देखिँदैन। सेयर किनबेच भएको छ। अग्रवाल परिवारको एकदमै कम सेयर देखिन्छ।, परिवारले सुरूमा ‘ड्रिम प्रोजेक्ट’ को रूपमा स्थापना गरेको डिस्टिलरीको प्लान्ट नचल्नु र बीचमै सेयर किनबेच हुनुमा अग्रवाल परिवार आर्थिक संकट झेलिरहेको थियो भन्ने देखिएको ब्युरोका अधिकृत बताउँछन्।, ‘पछिल्लो प्रोजेक्टमा केही असफलताहरू देखिन्छन्,’ उनले भने।, पुर्ख्यौली घर भारत भए पनि अग्रवाल परिवार खासै जाने गर्दैनथे, उता गएर लामो समय बसेको पनि देखिँदैन।, ‘बैंकबाट थ्रेट नभइकन वा अनौपचारिक लगानी गर्नेबाट असुरक्षा नभइकन उनीहरू यतिको कारोबार छोडेर हिँड्दैनथे,’ ती अधिकृत भन्छन्, ‘उनीहरू किन भागे भन्ने प्रश्न निकै जटिल छ।’  , काठमाडौंमा ब्रान्डेड रक्सी बेच्ने परिवार सुटुक्क भागेपछिको तरंग
सेतोपाटी संवाददाता झापामा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ। , बुधबार दिउँसो १ बजे दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका-१ बस्ने ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, गौरादह नगरपालिका-१ गौरादह-पाडाजुङी सडकखण्डमा उत्तरबाट दक्षिण जाँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलबाट उनी अचानक लडेकी थिइन्। त्यसैबीच दक्षिणबाट उत्तर जाँदै गरेको मे १ ख २६९८ नम्बरको धान बोकेको ट्रकले उनलाई किचेको थियो। , किच्दा उनको घटनास्थलमै मृत्यु भएको कार्यालयले जानकारी दिएको छ। , मोटरसाइकल चालक नन्दलाल दाहाल भने सकुशल छन्। , हिमादेवीलाई किचेर ट्रक पनि बाटो छेउमा पल्टेको थियो। , ट्रक चालक गौरादह -१ बस्ने ३६ वर्षीय सन्तोष अधिकारीलाई नियन्त्रणमा लिएको छ। उनलाई ट्रकसहित उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगिएको छ। , प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।, यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–६ बुट्टाबारीमा भएको अर्को सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मे १ ज १९१८ नम्बर भ्यानले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। , अर्जुनधारा– ११ का ५४ वर्षीय दिलिप राजवंशी र पछाडि सवार बिर्तामोड–४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए।, गम्भीर घाइते मोटरसाइकल चालक दिलिपको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।, सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।, मोटरसाइकलबाट लडेकी महिलालाई ट्रकले किच्दा मृत्यु
खिलानाथ ढकाल ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालकका आफन्त फेरि प्रहरीमा पुगेका छन्। सञ्चालक अमित अग्रवाल, अभिषेक अग्रवाल, बुवा ओमप्रकाश अग्रवाल पसल बन्द गरेर एक महिनादेखि फरार छन्। , यसअघि उनीहरू हराएको भन्दै निवेदन दिएकी ओमप्रकाशकी छोरी रजनी अग्रवाल बुधबार प्रहरीमा पुगेकी हुन्।, उनी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा पुगेकी थिइन्, जहाँ ओमप्रकाशका परिवारका ९ सदस्य हराएको ठाडो निवेदन रजनीले दिएकी हुन्। , प्रहरीमा पुगेर रजनीले ओमप्रकाशसहित परिवारका सबै सदस्य काठमाडौं फर्किन चाहेको बताएकी थिइन्। , ‘मेरो दाइ अमितसँग कुराकानी भएको छ, उहाँहरू कुशल हुनुहुन्छ, फर्किन चाहेको बताउनु भएको छ,’ कमलपोखरी वृत्तका डिएसपी मीनबहादुर कुँवर क्षेत्रीसँगको भेटमा उनले भनेकी छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार रजनीले त्यसो भनेपछि कमलपोखरीका डिएसपी कुँवरले फोन गरेका थिए। , ‘डिएसपी साबले गरेको त्यही फोनमा रजनीसँग मेरो कुराकानी भयो,’ गिरीले भने, ‘अग्रवाल परिवार आउन कुरा गरेको उहाँले बताउनुभएको छ।’ , अग्रवाल परिवार वीरगञ्ज नाका हुँदै भारत गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। , मिटरब्याजले टाट पल्टिएपछि जमल र दरबारमार्गस्थित ग्रीनलाइन रिटेल सप बन्द गरेर उनीहरू सुटुक्क भागेका थिए। , ‘छ मिनेट फोन सम्पर्क भएछ। उहाँले आर्थिक कारोबार बिग्रिएपछि भारत आएको बताउनुभएछ, लगत्तै नेपाल आउँछौं कारोबार मिलाउँछौं भन्नुभएको रहेछ,’ डिएसपी कुँवरले भने। , ग्रीनलाइन काठमाडौंका पाँच तारे होटलका बार, सपिङ मलका रक्सी पसल तथा उच्च घरानामा ब्रान्डेड मदिरा बेचबिखन गर्ने कम्पनी हो।, बीसौं वर्षदेखि ग्रीनलाइनले राजधानीमा एकछत्र विदेशी ब्रान्डेड मदिराको बिक्री वितरण गर्दै आएको थियो। , तर, अनौपचारिक कारोबार ‘मिटरब्याज’मा फसेपछि अग्रवाल परिवार फरार भएको थियो। ज्ञानेश्वरस्थित घरमा ओमप्रकाशले एउटा ‘नोट’ छोड्दै मिटरब्याज कारोबारले आफूहरू तनावमा परेको उल्लेख गरेका छन्। , यसरी अग्रवाल परिवारै भागेपछि स्टक मदिरा धितोमा राखेर ऋण प्रवाह गरेका चार वटा बैंकले ग्रीनलाइनमा ताला लगाएर लिलामको प्रक्रिया थालिरहेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार इन्भेष्टमेन्ट, एभरेष्ट, ग्लोबल आइएमई र मेगा बैंकले ग्रीनलाइनमा तालासँगै सञ्चालकका घर-जग्गामा सूचना टाँसेका छन्।, इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनमा २८ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर धितोमा राखेको भेटिएको छ।, यस्तै, एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा राखेको छ।, यस्तै, मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको भेटिएको छ। त्यसको धितो ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो राखिएको छ।, यसैगरी, ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ। त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका थिए।, ब्युरोका एक अधिकृतका अनुसार अग्रवाल बाबुछोराले अनौपचारिक (मिटरब्याज) रूपमा २० करोड ऋण चलाएको बुझिएको छ। त्यो ऋणको साँवा, ब्याज, ब्याजको स्याजदेखि प्याजसम्म तिर्दा पनि ताकेता र धम्की नरोकिएपछि उनीहरूको उठिबास लागेको थाहा भएको छ।, बैंकहरूको ऋण यकिन गर्न, ग्रीनलाइनका सञ्चालकको सम्पत्ति यकिन गर्न, बैंक ठगी हो/होइन वा ऋण दिँदा मिलेमतो हुनसक्ने आशंकामा ब्युरोले अनुसन्धान गरिरहेको छ।, यो पनि:, काठमाडौंमा ब्रान्डेड रक्सी बेच्ने परिवार सुटुक्क भागेपछिको तरंग, ग्रीनलाइनका सञ्चालक अमित अग्रवालको ‘नेपाल चाँडै फर्किने’ सन्देश लिएर रजनी पुगिन् प्रहरीमा
सेतोपाटी संवाददाता धनुषाबाट स्रोत नखुलेको १३ लाखबढी रकमसहित एक जना पक्राउ परेका छन्।, सशस्त्र प्रहरीको छोलीले जनकपुर उपमहानगरपालिका-९ का ४२ वर्षीय सरोजकुमार सिंहलाई पक्राउ गरेको हो।, धनुषाको विदेह नगरपालिका-९ बाट उनलाई मंगलबार सशस्त्र प्रहरीले १३ लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको हो।, सशस्त्र प्रहरीका अनुसार मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा रकम फेला परेको थियो। रकमको स्रोत देखाउन नसकेपछि सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, सिंहलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।, स्रोत नखुलेको १३ लाख रकमसहित धनुषाबाट एक पक्राउ
सेतोपाटी संवाददाता कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, कोषले बुधबार जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको उल्लेख छ।, कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो। , कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जारी गरेको सूचनामा विश्वस्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ।, कोरोना सङ्क्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। रासस, पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने
सेतोपाटी संवाददाता नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी छिन्।, ४० वर्षीया ती महिलाले गत सोमबार बाँकेस्थित होटल अप्सरामा बिहानी पख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले सेतोपाटीलाई बताए।, पीडित भनिएकी महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानी पख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए।, ‘उहाँहरूका बीचमा लेनदेनको कुरा रहेको देखिन्छ,’ प्रवक्ता न्यौपानेले महिलाको जाहेरीबारे भने, ‘२५ लाख रकम दिन्छु भनेर होटेल अप्सरामा माघ १८ गते बोलाएको र त्यही बस्न लगाई बिहानी पख जबरजस्ती गरेको भन्ने छ।’, विवाहित महिला ती महिलाको जाहेरीबारे पूर्वमन्त्री तथा सांसद बानियाँलाई अवगत गराइएको र बानियाँले आफू निर्दोश रहेको भन्दै फसाउन षडेन्त्र भइरहेको दाबी गर्दै आएको प्रवक्ता न्यौपानेले बताए।, सांसद बानियाँले आफू निर्दोश रहेको र फसाउन षडयन्त्र भएको भन्ने गरे पनि प्रहरीको तर्फबाट घटना अनुसन्धानको कार्य जारी रहेको न्यौपानेले बताए।, ‘पीडित भनिने महिलाले तीन दिन अगाडि जाहेरी दिनुभएको छ,’ न्यौपानेले भने, ‘मुद्दा दर्ता भने भइसकेको छैन र प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।’, एमाले नेता बानियाँले भने आफू निर्दोश रहेको सेतोपाटीलाई बताए। ती महिलाले आफूसँग पैसाको बार्गेनिङ गरेर मुद्दा लगाएर हुन्छ कि भनेर प्रहरीमा गएको हुन सक्ने उनले प्रतिक्रिया दिए।, शीर्षक सच्याइएको : यसअघि मुगु हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। - सम्पादक, मुगुका एमाले सांसद बानियाँविरुद्ध बाँके प्रहरीमा जबरजस्ती करणीको जाहेरी
सेतोपाटी संवाददाता बझाङको थलारा गाउँपालिका-१ का ५० वर्षीय दत्त गिरी गत मंसिर ३ गतेसम्म घर नजिकैको झोलुङ्गे पुलबाट आफ्नो खेतबारीमा उत्पादन भएका कृषिउपज  बजार पुर्‍याउने र त्यहाँबाट उपभोग्य सामान किनमेल गरी ल्याउने गर्थे। , उनी मात्र होइन्, थलारा गाउँपालिका साविकको दङ्गाजी गाविस-१ का स्थानीयवासी र डोटी जिल्लाको छपालीका बासिन्दा पनि आवतजावत गर्ने झोलुङ्गे पुल गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएपछि अहिले उनीहरु समस्यामा परेका हुन्। रेगम र देउरा बजार जोड्ने सो झोलुङ्गे पुल बगाएपछि थलारा गाउँपालिका-१ का स्थानीयवासीलाई अहिले कृषि उपज बजारसम्म पुर्‍याउन कठिन भइरहेको बताइएको छ। , केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका-१ रेगमका प्रेमबहादुर बोहराले बताए। त्यही काठे पुल पनि जोखिममा रहेको छ।, सो पुलबाट यहाँका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ। अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ। , बझाङ जिल्लाको मात्रै नभई छिमेकी जिल्ला डोटीका नागरिकको पनि मुख्य बजारका रुपमा देउरा बजार भएकाले उक्त साँघुबाट धेरै मानिस चहलपहल तथा आवतजावत गर्दछन्। झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको र पुल बनाउनका लागि थलारा गाउँपालिकाले पहल गरिरहेको बताइएको छ। यसका साथै गाउँपालिकाले सो पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष आवश्यक प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए।  रासस, झोलुङ्गे पुल बगाएपछि समस्यामा थलारावासी
सेतोपाटी संवाददाता यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।, कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। , बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उनले जानकारी दिए। यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ।, हेर्नुहोस् परीक्षाको तालिका, यस वर्षको एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने (परीक्षा तालिका)
सेतोपाटी संवाददाता आज बिहिबारदेखि मुलुकभर मौसम सुधार हुने मौसमविद्ले बताएका छन्। , जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ।, बासीका अनुसार आज काठमाडौंसहित देशका अधिकांश स्थानमा घाम देखिने सम्भावना रहेको छ।, ‘मुलुकमा वर्षा र हिमपात गराउने न्यून चापीय प्रणाली कमजोर भइसकेको छ, आज घाम-बादल, घाम-बादल हुने देखिन्छ, अब २-३ दिन मौसम आंशिक बदली हुने र  क्रमशः मौसममा सुधार आउँछ’, उनले भनिन्। , बासीका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेकाले यतिबेला सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको छ।, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, बासीका अनुसार आजभन्दा भोलि अलि बढी बदली हुने सम्भावना रहेको छ।, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान , माघ २७ गते  (बिहीबार), दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, राती : प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, माघ २८ गते  (शुक्रबार), दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बांकी भु-भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।,  माघ २९ गते  (शनिबार), दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। , राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, आजदेखि मौसम सुधार हुने्, मौसमविद् भन्छन्-वर्षा र हिमपात गराउने प्रणाली कमजोर भइसक्यो
मनोज सत्याल काठमाडौंको सार्वजनिक यातायात व्यवस्थापन गर्न मेट्रो रेल सञ्चालन गर्नुपर्ने विषय उठ्दै आएको छ। कतिपय विज्ञले यसको सम्भाव्यता औंल्याइरहेका छन् भने कतिपयले लागत बढी हुने तर्क गरेका छन्।, यसै सन्दर्भमा हामीले केही समयदेखि काठमाडौंमा मेट्रो सञ्चालनको सम्भाव्यताबारे विभिन्न अध्ययन समितिको निष्कर्ष र यातायात विज्ञहरूको धारणा लेख्दै आएका छौं। , हेर्नुहोस्: ,यसरी सम्भव छ उपत्यकामा मेट्रो रेल, काठमाडौंमा मेट्रो रेल कुदाउने सपना देखेका इञ्जिनियरले यसरी सुनाए आफ्नो मास्टरप्लान, आजको अंकमा हामी नयाँदिल्लीको मेट्रो सञ्चालन अनुभवबारे चर्चा गर्दैछौं। , भारतको राजधानी नयाँदिल्लीमा पनि मेट्रो सञ्चालन सम्भव छ कि छैन भनेर अनेक बहस भएका थिए। लामो तयारीपछि बल्ल निर्माण सुरू भएको थियो। नयाँदिल्लीले मेट्रो सञ्चालन गर्ने निर्णय कसरी लियो? कस्ता-कस्ता चरण पार गरेर उनीहरूले मेट्रो सपना पूरा गरे? यसको जिम्मेवारी उठाउने व्यक्ति को थिए?, नयाँदिल्लीका यी अनुभव हाम्रा लागि पनि मेट्रो सपना पूरा गर्न पाठ हुन सक्छन्।, सन् १९८० दशकसम्म ‍नयाँदिल्लीमा मेट्रो सञ्चालन गर्ने कुरा बुद्धिविलासको विषय थियो।, झन्डै ३२ वटाभन्दा बढी अध्ययनले मेट्रो सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएका थिए। तर दिल्ली सरकारले निर्णय लिन सकेको थियो। केन्द्र सरकार पनि अलमलमा थियो।, त्यति बेला दिल्लीको जनसंख्या ५६ लाख थियो। जबकि त्यहाँ ६ सय ५२ किलोमिटर मात्र सडक थियो। , सन् १९९० सम्म आइपुग्दा दिल्लीको जनसंख्या ९४ लाख पुग्यो। जनसंख्या बढेसँगै दिल्लीले सडक विस्तारलाई प्राथमिकतामा राख्यो। सन् २००१ मा आइपुग्दा ११ सय २२ किलोमिटर सडक बन्यो।, झन्डै बीस वर्षमा दिल्लीको सडक दोब्बर भए पनि दिल्लीवासीको यात्रा सहज भएन।, निजी सवारीको बढ्दो संख्या र सार्वजनिक सवारीको कम उपलब्धताका कारण यात्रुले दैनिक सास्ती बेहोर्नुपर्यो। यात्रा सहज बनाउन ठूला र दुईतल्ले बस सञ्चालनमा ल्याइयो। निजी क्षेत्रलाई पनि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिइयो।, यी सबका बाबजुद समस्या समाधान हुनुको साटो झन् बल्झियो।, निजी क्षेत्रले थोत्रा र पुराना बस सञ्चालन गर्न थालेपछि एकातर्फ प्रदूषण बढ्यो, अर्कातर्फ निजी क्षेत्रले सार्वजनिक यातायातमा नाफा खोज्दा यात्रु कम हुने बेला कम गाडी गुड्न थाले। बढ्दो निजी सवारीले सडकमा चाप बढेपछि दिल्ली हल न चल हुन पुग्यो।, दिल्ली विश्वविद्यालयको इन्स्टिच्युट अफ इकोनोमिक ग्रोथका एमएन मूर्तिसहितको टोलीले गरेको अध्ययनअनुसार दिल्लीमा एउटा बसको एक ट्रिप सरदर १३ किलोमिटरको थियो। यसका लागि यात्रुले एक घन्टा खर्च गर्नुपर्थ्यो।, दिल्लीमा सार्वजनिक यातायात व्यवस्थापनका लागि विकल्पको खोजी सुरू भयो।, सन् १९८९ मा दिल्ली राज्य सरकार र भारतको केन्द्र सरकारले मेट्रो सञ्चालनबारे पहिलोपटक सम्भाव्यता अध्ययन गराएका थिए। भारतीय सरकारी लगानीकै रेल्वे इन्डिया टेक्निकल एन्ड इकोनोमिकल सर्भिसेस लिमिटेड (राइट्स) ले जिम्मा पाएको थियो। राइट्सलाई विगतमा भएका मेट्रो सञ्चालनसम्बन्धी १३ वटा अध्ययन समीक्षा गर्ने जिम्मा पनि दिइयो।, राइट्सले सम्भाव्यता अध्ययन गरेर दिल्लीमा मेट्रो सञ्चालन सम्भव रहेको रिपोर्ट दियो।, सन् १९९५ मा त्यही सम्भाव्यता अध्ययनमा केन्द्रित रहेर राइट्सले नै चार चरणमा मेट्रो सञ्चालन उपयुक्त हुने ठहर गर्‍यो। पहिलो चरणमा ६५ किलोमिटर बनाउन उपयुक्त हुने उसको सुझाव थियो। यसमा १३.१७ किलोमिटर जमिनमुनि बनाउन प्रस्ताव गरिएको थियो। उसले मेट्रोको डिपिआर गर्ने जिम्मासमेत पायो।, त्यस्तै, दोस्रो चरणमा ५३ किलोमिटर मेट्रो बनाउन उपयुक्त हुने उसले सुझाव दियो जसमा ९ किलोमिटर जमिनमुनि बनाउन सुझाइएको थियो।, अध्ययन अगाडि बढे पनि भारतले मेट्रो सञ्चालन गर्ने विषयमा निर्णय लिन सकिरहेको थिएन। फाइल एउटा मन्त्रालयबाट अर्को मन्त्रालय र एउटा टेबलबाट अर्को टेबलमा सरिरहेको थियो।, राइट्सको अध्ययनले सुरूआतमा दुई चरणको मेट्रो निर्माण गर्न १ अर्ब ४० करोड डलर खर्च लाग्ने देखायो। ठूलो लगानीको कुरा आएपछि निर्णय प्रक्रिया थप जटिल बन्यो। , भारतको सहरी विकास विभागका तत्कालीन सचिव एनपी सिंहले दिल्ली मेट्रो निर्माणसम्बन्धी ,एक वृत्तचित्रमा, निर्णय प्रक्रियाबारे व्याख्या गरेका छन्।, 'हामीले पठाएका प्रस्तावमा अर्थ मन्त्रालयले प्रश्न उठाउँथ्यो। मेट्रो सञ्चालन नाफामा जान सक्दैन र समय थप्नुपर्ने अवस्था आउँदा र निर्माणमा ढिलाइ हुँदा ठूलो लगानी फस्छ भन्ने अर्थको धारणा थियो,' सिंहले उक्त वृत्तचित्रमा भनेका छन्, 'भारतको अर्थ मन्त्रालयबाट योजना स्वीकृत गराउनु सजिलो काम होइन।', भारतको अर्थ मन्त्रालयले यस्तो प्रश्न उठाउनुमा पनि कारण थियो।, त्यसअघि १७ किलोमिटर लामो कलकत्ता मेट्रो निर्माण पटकपटक ढिलाइ भएर २३ वर्ष लाग्दा लागत बढेको थियो। अर्थ मन्त्रालयले प्रश्न उठाएपछि सिंहले कलकत्ता मेट्रोको समस्याबारे अध्ययन गर्न राइट्सका प्रबन्ध निर्देशक बिआई सिंघललाई जिम्मा दिए।, सिंघलले कलकत्ता मेट्रोमाथि अध्ययन गर्न समिति नै बनाए। , 'त्यो समितिले कलकत्ता मेट्रो निर्माणमा विज्ञताको अभाव देखायो,' सिंघलले भनेका छन्, 'हरेक वर्ष बजेट थपेपछि मात्र निर्माण अघि बढ्ने भएकाले काम ढिला भएको देखियो। सबै काम सरकारको नेतृत्वमा हुँदा राजनीतिक हस्तक्षेपको समस्या पनि थियो।', समितिको यस्तो निष्कर्षपछि सहरी विकास विभागका सचिव एनपी सिंहले दिल्ली मेट्रो निर्माणका लागि सर्वाधिकार निकाय बनाउन उपयुक्त हुने ठहर्‍याए।, उता अर्थ मन्त्रायलले निर्माणअघि नै सञ्चालन मुनाफाको विषय उठाएकाले सिंहले आर्थिक मुनाफामाथि विश्लेषण पनि सुरू गरे।, 'हामीले तीन दिन लगाएर आर्थिक मुनाफाको विश्लेषण गर्‍यौं,' सिंहले भनेका छन्, 'दिल्लीमा मेट्रो बनाउँदा वातावरणीय क्षति कम हुने देखियो। यातायात व्यवस्था सुधार हुने देखियो। समय बचत हुने देखियो। सडक दुर्घटनामा कमी आउने देखियो। पेट्रोलियम आयातमा लाग्ने खर्च पनि जोगिने देखियो।', सिंहले अर्थ मन्त्रालयमा पेस गर्न ४८ वटा लगानी मोडल नै तयार पारेको राइट्सका प्रबन्ध निर्देशक सिंघल बताउँछन्।, 'ती लगानी मोडलमा जापानबाट ऋण लिने कुरा थियो। अन्तर्राष्ट्रिय ऋणको कुरा आएपछि सरकारले पनि लगानी गर्ने कुरा गर्‍यो,' सिंघल भन्छन्, 'जाइकाले ६० प्रतिशत ऋण दिने भयो। केन्द्र सरकार र प्रदेश सरकारले १४/१४ प्रतिशत हाले। आन्तरिक ऋण ५ प्रतिशत लिइयो। बाँकी ७ प्रतिशत रकम घरजग्गा लगानीबाट उठाउने गरी प्रस्ताव स्वीकृत भयो।', पहिलो चरणको मेट्रो निर्माणका लागि जाइकाले २.३ प्रतिशत व्याजमा ६ हजार करोड भारू ऋण दियो। सुरूको १० वर्ष ऋणको व्याज मात्र तिरे पुग्ने व्यवस्था गरियो। जापानले दिल्ली मेट्रो निर्माणका लागि ३० वर्षमा तिरे हुने ऋण दिएको थियो।, लगानी निश्चित भएपछि मेट्रो निर्माण कुन निकायमार्फत् गर्ने भन्ने बहस सुरू भयो। यसका लागि छुट्टै कम्पनी बनाउने वा सरकारले कुनै संस्थान खोल्ने भन्ने विषय उठ्यो।, अन्तत: सन् १९९५ मा कम्पनी ऐनअन्तर्गत दिल्ली मेट्रो रेल्वे कर्पोरेसन (डिएमआरसी) बनाउने गरी संसदबाट ऐन बन्यो। , सञ्चालन निकाय खडा भएपछि नेतृत्व गर्ने व्यक्तिको खोजी सुरू भयो। दिल्ली सरकारले नेतृत्व खोज्न समिति नै बनायो।, खोज्दै जाँदा उक्त समितिले कोंकण रेल्वेमा कार्यरत इन्जिनियर ई. श्रीधरनको नाम सिफारिस गर्‍यो।, श्रीधरन। तस्बिर स्रोत: आउटलुक इन्डिया, यसअघि श्रीधरनको नेतृत्वमा भारतका तीन राज्य जोड्ने ७ सय ५० किलोमिटर रेल तोकिएको समयमै पूरा भएको थियो। उक्त रेल मार्गमा २ हजार वटा पुल र ९२ वटा सुरूङ थियो। जसलाई ८ वर्षमै सम्पन्न गरेको रेकर्ड श्रीधरनको नाममा थियो।, सन् १९६४ मा आँधीबेहरीका कारण रामेश्वरम र तमिलनाडु जोड्ने पम्बन पुल भत्किएको थियो। भर्खरै रेल्वे सेवामा जागिर सुरू गरेका श्रीधरनलाई उक्त पुल मर्मत गर्न तीन महिना समय दिइएको थियो। उनले जिम्मा पाएको ४६ दिनमै काम फत्ते गरेर देखाइदिए। यसका लागि उनले रेल्वे पुरस्कार पाए।, यिनै रेकर्ड हेरेर श्रीधरनलाई दिल्ली मेट्रो रेल्वे कर्पोरेसन प्रमुख बन्न प्रस्ताव गरियो।, उनले यस्तो प्रस्ताव आएपछि दुईवटा सर्त अगाडि सारे। आफूलाई पूरा शक्ति दिनुपर्ने उनको पहिलो सर्त थियो। कर्मचारी भर्ना र कुनै पनि निर्णय प्रक्रियामा राजनीतिक हस्तक्षेप हुन नहुने उनको दोस्रो सर्त थियो।, दुवै सर्त केन्द्र र राज्य सरकारले स्वीकार गरेपछि श्रीधरन नेतृत्व लिन तयार भए।, भारतीय रेल्वेले ६५ वर्षका श्रीधरनलाई दिल्ली मेट्रोको नेतृत्वमा ल्याउन चाहेको थिएन।तर मन्त्रिपरिषद्का तत्कालीन सचिव एसआर सुव्रमण्डयमले आफ्नो टिप्पणीमा 'यदि अटलबिहारी बाजपेयी ७८ वर्षको उमेरमा प्रधानमन्त्री भएर देश हाँक्न सक्षम छन् भने ६५ वर्षका इन्जिनियरले मेट्रो हाँक्न किन सक्दैनन्?' भनेर लेखिदिए।, यसरी श्रीधरनले १० वर्षमा ६५ किलोमिटरको तीन लाइन मेट्रो निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाए।, जिम्मेवारी सम्हाल्नेबित्तिकै श्रीधरनले सात वर्षमा मेट्रो निर्माण सम्पन्न गर्ने पहिलो निर्णय गरे।, 'दिल्लीवासीलाई मेट्रो सुविधाका लागि १० वर्ष कुराउन उपयुक्त हुँदैन थियो,' श्रीधरनले भनेका छन्, 'सात वर्षको समयसीमा सरकारले तोकेको थिएन। हामीले आफैं तोकेका थियौं।', मेट्रोको काम समयमै सक्न श्रीधरनले टेन्डर प्रक्रियादेखि नै सुधार गरे।, मेट्रोको ९८ प्रतिशत काम ठेक्कामार्फत् हुँदै थियो। लागत बढ्न नदिन र समयमै काम सक्न श्रीधरनले टेन्डर प्रक्रिया परिवर्तन गरे। सामान्यतया सरकारले कुनै पनि ठेक्काको टेन्डर खोल्दा प्राविधिक र आर्थिक दुवै कागजात एकसाथ हेर्थ्यो। दिल्ली मेट्रोले भने सुरूआतमा प्राविधिक प्रस्ताव मात्र खोल्यो। प्राविधिक रूपले छनौट हुने ठेकेदारको मात्र आर्थिक प्रस्ताव हेरियो। यसले कम रकम प्रस्ताव गर्ने योग्य ठेकेदारले मात्र ठेक्का पाए।, ठेक्काको कागजातमा कुनै सडक खण्ड रोकेर काम गर्नुपर्ने भए ठेकेदारकै जिम्मामा छाडिएको थियो। उसले नै ट्राफिक डाइभर्सन बनाउनुपर्ने व्यवस्था गरिएको थियो।, सडक खण्ड अवरूद्ध गर्न दिल्ली प्रहरीको अनुमति चाहिन्थ्यो। अनुमति पाउन गाह्रो थियो। यसका लागि दिल्ली मेट्रोले आफैं समन्वय गर्‍यो।, सडक रोकेर काम गर्न ढिलाइ भएको अवस्थामा ठेकेदारले समय थप्न बहाना पाउँथ्यो र मेट्रोले बढेको लागत बेहोर्नुपर्थ्यो। दिल्ली मेट्रो कर्पोरेसनले लागत बढ्न नदिन प्रक्रियागत काम आफैं गर्‍यो। , त्यस्तै, निर्माण गर्नुपर्ने ठाउँमा बिजुली तार, खानेपानी पाइपदेखि ढलसम्मका संरचना सार्न लामो प्रक्रिया पार गर्नुपर्थ्यो। निवेदन दिएपछि बल्ल अन्य निकायले काम सुरू गर्थे। दिल्ली मेट्रोले सबै काम आफैं गर्ने गरी अनुमति लियो। , श्रीधरनले ठेकेदारलाई कहिल्यै पैसाको कमी पनि हुन दिएनन्। ठेकेदारले बिल प्रस्तुत गरेको २४ घन्टाभित्रै ८० प्रतिशत रकम भुक्तानी पाउने छन् भनी उनले सुनिश्चित गरिदिए।, यसरी श्रीधरनले दुर्घटनाको अवस्थाबाहेक कहिल्यै दिल्ली मेट्रोको काम रोक्नु नपर्ने वातावरण बनाइदिए।, नभन्दै उनको टिमले पहिलो चरणको तीन लाइन मेट्रो निर्माण ७ वर्ष ३ महिनामै सम्पन्न गर्‍यो। समयसीमाभन्दा २ वर्ष ७ महिनाअघि नै पहिलो चरणको निर्माण सम्पन्न भयो।, अझ महत्वपूर्ण कुरा त, श्रीधरनले पहिलो चरणको निर्माण लागत जति तोकिएको थियो, ठिक त्यतिमै काम सम्पन्न गरे।, 'हामीले १० हजार ५ सय करोडमै पहिलो चरणको निर्माण सम्पन्न गर्‍यौं,' श्रीधरनले भनेका छन्, 'एक रूपैयाँ पनि लागत बढ्न दिएनौं।', लगत्तै उनले दोस्रो चरणको निर्माण अघि बढाउने अनुमति पाए। यसका लागि २४ हजार करोडमा १ सय २४ किलोमिटर बनाउने जिम्मा दिइयो। निर्माण अवधि ६ वर्ष तोकिएको दियो।, यसैबीच सरकारले सन् २०१० मा कमनवेल्थ खेल आयोजना गर्ने निर्णय लियो। कमनवेल्थ सुरू हुन ४ वर्ष बाँकी थियो। सरकारले त्योभन्दा अगाडि नै मेट्रो निर्माण सक्ने नयाँ लक्ष्य निर्धारण गर्यो।, श्रीधरन चुनौती लिन तयार भए।, 'हामीले दोस्रो चरणको अन्तिम लाइन अर्थात् छैठौं लाइनको मेट्रो कमनवेल्थ उद्घाटन हुने दिन बिहान सञ्चालन गर्न सफल भयौं,' श्रीधरनले भनेका छन्, 'कमनवेल्थ उद्घाटनको दिन हामीले ७५ हजार मानिसलाई स्टेडियमबाट एक घन्टाको समयमा उनीहरूको घर पुर्‍याउन सकेका थियौं। मेट्रोकै कारण यो सम्भव भयो।' , यसरी दिल्ली मेट्रोको दोस्रो चरणको काम चार वर्षमै सकेर श्रीधरनले विश्व रेकर्ड राखेका थिए।, त्यसपछि तेस्रो चरणको निर्माण अघि बढ्यो। अहिले पनि दिल्ली मेट्रोको नयाँ नयाँ चरणको काम जारी छ।, दिल्ली मेट्रोको सपना पूरा गर्ने श्रीधरनले व्यवस्थापनको कुनै कोर्स पढेका थिएनन्। उनले जे जति सिकेका थिए, ती सबै व्यावहारिक ज्ञान थिए। उनी हरेक सोमबार प्रमुख व्यक्तिहरूको बैठक गर्थे। यस्तो बैठकको कुनै एजेन्डा हुँदैन थियो। उनीहरू एजेन्डा नभए पनि अघिल्लो साताको समीक्षा गर्थे।, हरेक महिनाको अन्तिम सोमबार विभागीय प्रमुखसँगै दोस्रो तहका व्यक्तिलाई राखेर बैठक गर्थे। यसमा सबैले बोल्न पाउँथे। कुनै कागजी निर्णय हुँदैन थियो।, श्रीधरन आफ्ना कर्मचारीले ल्याउने प्रस्तावमा हुन्छ कि हुँदैन भन्ने जवाफ दिन्थे। उनले मेट्रोको काम कुनै दुर्घटना नभएसम्म नरोक्ने गरी अघि बढाएका थिए। उनले दिल्ली मेट्रो रेल्वे कर्पोरेसनमा कर्मचारीहरूको ट्रेड युनियन खोल्न दिएनन्। बरू स्टाफ काउन्सिल बनाउन दिए। यसले मेट्रो कर्पोरेसनलाई सुझाव दिन सक्थ्यो। उनले कर्मचारी र उनीहरूको सन्तानको विवाहमा आर्थिक सहयोग गर्ने नीति पनि ल्याए।, पहिलो चरणको निर्माण सम्पन्न भएपछि सन् २००७ मा भारतीय पत्रकार शेखर गुप्ताले श्रीधरनलाई मेट्रो निर्माणको विषयमा प्रश्न सोधेका थिए, 'कहिले वातावरण पक्षधरको विरोध, कहिले बस चलाउन उपयुक्त हुन्छ भन्ने सुझाव, कोही-कोहीबाट मोनोरेलको पनि सुझाव, तपाईंले चाहिँ किन मेट्रो रोज्नुभयो?', जवाफमा श्रीधरनले भनेका छन्, 'अभिव्यक्ति स्वतन्त्रता भएको हाम्रोजस्तो देशमा यस्तो बहस हुन्छ नै। सबैका धारणा आ-आफ्ना ठाउँमा उचित छन्। मेट्रोको आफ्नै विशेषता छ। बस सिस्टमको आफ्नै भूमिका छ। मोनोरेल र लाइट रेलका आफ्नै विशेषता छन्। यी सबै एकअर्काका परिपूरक हुन सक्छन्। तर मोनोरेल सही निर्णय होइन, खासगरी सहरी यातायातका रूपमा। मोनोरेल मनोरञ्जन क्षेत्र र पर्यटक भएका क्षेत्रमा ठिक हुन्छ। यसको टिकट महँगो हुन्छ। सबैले तिर्न सक्दैनन्। बस सिस्टम पनि कुनै नयाँ योजनाबद्ध सहर विकास गर्ने हो भने त्यस्तो ठाउँमा सही निर्णय हुनसक्छ।', शेखरले श्रीधरनलाई अगाडि सोधे, 'कतिपयले मेट्रो महँगो भएको कुरा उठाएका छन्। कतिपयले न्यूयोर्कजस्तो व्यापार र बसोबास क्षेत्र अलगअलग भएका ठाउँमा मात्र मेट्रो उपयुक्त हुन्छ भनेका छन् नि?', जवाफमा श्रीधरनले भनेका छन्, 'हो, मेट्रो महँगो हुन्छ। तर के हामीसँग अन्य विकल्प छ त? बसले ठूलो संख्यामा यात्रुलाई एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउन सक्दैन। नो लाइनको सडकमा बस सञ्चालन गर्ने हो भने पनि ठूलो संख्यामा यात्रुलाई एकैपटक बोकेर एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउन सम्भव हुँदैन। त्यसैले मेट्रोको विकल्प छैन। हामीले मेट्रोको सामाजिक र आर्थिक फाइदा पनि हेर्नुपर्छ। यसले दुर्घटनाको दर कम हुनेछ। प्रदूषण घट्नेछ। यात्राको समय बचत हुनेछ। यी सबै विचार गर्दा मेट्रोबाट फाइदा हुन्छ।', दिल्ली मेट्रोको दोस्रो चरण सम्पन्न भएर सञ्चालनमा आएपछि ,न्यूयोर्क टाइम्समा मनु जोसेफले एउटा पत्र पठाएका थिए,। उनले पत्रमा कसरी दिल्ली मेट्रोले वर्गीय विभेद कम गरेको उल्लेख गरेका थिए।, पुराना रेलमा धनीका लागि एयरकन्डिसन कक्ष र गरिबका लागि सामान्य कक्ष बनाइएकोमा मेट्रो रेलले दुवै वर्गलाई एकैठाउँ ल्याएको उनले उल्लेख गरेका छन्। आवश्यक परेको अवस्थामा बाहेक एकअर्कासँग नभेट्ने यी दुई वर्गबीच नियमित भेट हुनुलाई उनले सामाजिक परिवर्तनका रूपमा व्याख्या गरेका छन्।, दिल्ली मेट्रोको अहिले नौवटा लाइन सञ्चालनमा छ। भारत सरकारले दिल्ली मेट्रोको चौथो र पाँचौं चरणको काम अघि बढाइरहेको छ।, यसबाहेक दिल्ली मेट्रो रेल्वे कर्पोरेसनले हरेक वर्ष कम्तीमा एक लाइन मेट्रो निर्माण सम्पन्न हुने गरी योजना अघि बढाइरहेको छ।, काठमाडौंको मेट्रो सपना पूरा गर्न दिल्लीबाट सिक्नुपर्ने पाठ
विश्वनाथ ठाकुर नेपालमा पुरूषभन्दा महिलाको जनसङ्ख्या बढेको भए पनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो।, प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या नौ हजार ४०४ ले घटी हो। सर्लाहीको कुल जनसङ्ख्या आठ लाख ५७ हजार ३६० मध्ये पुरुष चार लाख ३३ हजार ३८२ र महिला चार लाख २३ हजार ९७८ रहेको छ। , सर्लाहीको २० स्थानीय तहको जनसङ्ख्याको नतिजा समुदाय स्तरमा पनि फरक पाइएको छ। सर्लाहीमा पहाडी समुदायको बाहुल्यता रहेको बाग्मती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी रहेको छ भने मधेशी समुदायको बाहुल्यता रहेको पालिकाहरुमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको पाइएको छ। , विंस २०६८ को जनगणना अनुसार सर्लाहीको जनसङ्ख्या सात लाख ६९ हजार ७२९ रहेको थियो। तीमध्ये पुरूषको जनसङ्ख्या तीन लाख ८९ हजार ७५६ अर्थात ५१ प्रतिशत र महिलाको जनसङ्ख्या ३ लाख ७९ हजार ९७३ अर्थात ४९ प्रतिशत रहेको थियो।, छोरीभन्दा छोराको बढी चाहना र दाइजो प्रथालगायतका कारण यहाँ महिलाको जनसङ्ख्या घट्दै गएको सङ्घीय जनसङ्ख्या कोष सर्लाहीका जिल्ला संयोजक बच्चालाल महतोले बताए। विशेषगरी मध्यम वर्गका व्यक्तिहरुले गैर कानुनी रुपमा लिंगको पहिचान गरी गर्भपतन गराउने गरेका कारण सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दै गएको उनको भनाइ छ। , ‘विपन्न तथा गरिब परिवारलाई आर्थिक समस्या छ, फलस्वरुप उनीहरु भिडियो एक्सरे गराउन जादैन तर मध्यमवर्गका व्यक्तिहरुले लिङ्गको पहिचान गरी गर्भमा छोरी छ भने त्यसलाई गर्भपतन गराउने गरेको देखिन्छ’, उनले भने, ‘यहाँ गैरकानुनी रुपमा लिङ्ग पहिचान गर्ने र मेरी स्टोभजस्ता नेपाल सरकारको मान्यता प्राप्त स्वास्थ्य संस्थामा बैध तथा निजी स्वास्थ्य संस्थामा अवैध रुपमा गर्भपतन गर्ने गरिएको छ।’, पछिल्लो समय लिङ्ग पहिचान गरी भू्रण हत्या गर्ने चलन यहाँ बढेको पाइन्छ। यसले छोराछोरीमा भेदभाव त भएकै छ, महिलाको स्वास्थ्यमा पनि गम्भीर समस्या देखिने गरेको उनको भनाइ छ। उनले पुरूषहरू काम विशेषले घर बाहिर गएका कारण कतिपयको जनगणनामा छुटेको पनि हुन सक्छ भन्दै पुरूषको एकिन तथ्याङ्क आएमा जिल्लामा महिलाको जनसङ्ख्या अझै घट्न सक्ने बताए।, महिला र पुरुषको जनसङ्ख्यामा देखिएको असन्तुलनको परिणाम पनि सर्लाहीमा देखिन थालेको महिला मानव रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाले बताए। लिङ्गको पहिचान गरी भ्रूण हत्या, दहेज प्रथा र घरेलु हिंसालगायतका कारण सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दै गएको उनको भनाइ छ।, छोरीलाई पढाउनुका सट्टा विवाहका लागि दहेज दिनुपर्ने गलत सोचाईका कारण छोरीलाई गर्भमै हत्या गरिँदै आएको पनि उनले बताए। ‘लिङ्गका आधारमा बढी गर्भपतन हुन थालेका छन्’, उनले भने, ‘सुरक्षित गर्भपतनको अधिकार दुरुपयोग भएको छ। यसको प्रभावकारी अनुगमन हुनुपर्छ।’, उनका अनुसार केही निजी अस्पतालका स्वास्थ्यकर्मीले लिङग पहिचानलाई पैसा कमाउने धन्दा बनाएका छन् । नाम चलेका अल्ट्रासाउन्ड (भिडीयो एक्सरे) गर्नेले बढी पैसा लिएर लिङ्ग पहिचान गरिदिन्छन्। ‘निजी स्वास्थ्य संस्थामा बढी गर्भपतन हुने गरेका छन्’, उनले भने, ‘लिङ्गका आधारमा गर्भपतन गरिँदा सर्लाहीमा २० वर्षमुनिका जनसङ्ख्यामा पुरुषको दर बढ्दै गएको छ।’ लिङ्ग पहिचान गरी भू्रण हत्या गर्नु गैरकानुनी हो भन्दै उहाँले कोही भारत गएर गर्भपतन गरेर फर्किने गरेको बताए। छोराछोरी बराबरी व्यवहारमा नभएसम्म यस्तो गैरकानुनी धन्दा चलिरहने उनको भनाइ छ। , पहिलोपटक छोरी भएमा छोराको चाहनामा लिङ्ग पहिचान गर्ने चलन बढेको हो । पितृसत्तात्मक सोंचले यस्तो भएको र वर्षमा ४/५ पटकसम्म तथा शिक्षित, धनाढ्य परिवारबाट पनि उल्लेख्य मात्रामा गर्भपतन गराउने गरेको पाइएको सर्लाही बहरथवा–१६ निवासी कैलास कुट क्याम्पस काठमाडौंका उपप्रध्यापक सविन खनालले बताए। ‘मधेसी समुदायमा सकेसम्म छोराको नै जन्म होस् भन्ने चाहना पनि हुन्छ । त्यसकारण पनि छोरी भए भ्रूण हत्या हुने गरेको देखिन्छ’, उनले भने। , जिल्ला जनस्वास्थ्य कार्यालयमा १२ हप्तासम्मको गर्भपतन गराएकाको मात्रै तथ्याङ्क हुन्छ। तर त्योभन्दा बढी समयको पनि गर्भपतन हुने गरेको छ। नौ हप्तासम्मको गर्भ औषधि र १२ हप्ताको औजारबाट फालिन्छ। जथाभावी गरिने गर्भपतनले प्रजनन स्वास्थ्यमा पार्ने गम्भीर असरबारे चेतना जगाउनु आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ। छोरी जन्मनै नपाउने अवस्थाको सिर्जना हुँदै गएको छ । यसले भविष्यमा सामाजिक, आर्थिक र लैङ्गिक बिचलन आउन सक्ने उनीहरुको भनाइ छ। , सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दोः लिंग पहिचान गर्दै भ्रूण हत्या
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।, अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।, कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो। पक्राउ परेका उनीहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।, नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ
रासस घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ।, छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको पहलमा वृद्धाको उद्धार गरी उपचार थालिएको हो। , गैह्रेले नै ती वृद्धालाई उद्धार गरी बुधबार स्वास्थ्यचौकी पुर्‍याएका छन्। गैह्रेसहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरीसमेत दिएका छन्।, प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई पक्राउ गरी दैनिकी हाजिरीमा रिहा गरेको छ। पीडितको टाउको, ढाँड र खुट्टामा चोट लागेको छ। भानु आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घाइतेको उपचार गरेका छन्। , आमालाई निर्घात कुटपिट गर्ने विक्रमलाई कारवाहीको माग गर्दै वडा नं १ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेलगायतले इलाका प्रहरी कार्यालय नारेश्वरटारमा उजुरी दिएका छन्। प्रहरीले भने विक्रम छारे रोगी भएको भन्दै दैनिक तारेखमा आउने गरी रिहा गरेको छ।, इलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रकाश भुसालले छारे रोगी भएका कारण हिरासतमा राख्न समस्या भएकाले दैनिक तारेखमा राखिएको बताए।, यसैबीच घाइते वृद्धाको थप उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तर्फबाट रु पाँच हजार उपलब्ध गराइएको छ। इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर घाइते वृद्धालाई उक्त रकम उपलब्ध गराएका हुन्।, सो अवसरमा इन्सेक प्रतिनिधि भट्टराईले घाइतेको अवस्थाका बारेमा जानकारी लिई अभियुक्तलाई कानूनी कारवाहीका बारेमा इलाका प्रहरी कार्यालय भानुका प्रमुख भुसालसँग जानकारीसमेत लिए। , छोराले मरणासन्न हुने गरी कुटपिट गरेपछि ७३ वर्षीया वृद्धाको उद्धार
रासस पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए।, श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो। , आगो ताप्दा जलेर मृत्यु
सेतोपाटी संवाददाता जनकपुरमा बच्चा चोरेर भाग्दै गरेको आरोपमा  एक महिला पक्राउ परेकी छन्।, बुधबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित माहाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई एक महिलाले लिएर भागेकी थिइन्।, प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगाएकी करिब ३५ वर्षीया महिलाले शिशु लिएर फरार भएकी थिइन्।, जिल्ला प्रहरी कार्यालय धनुषामा आधा घण्टापछि घटनाबारे जानकारी प्राप्त भएको थियो।, खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित बेंगा शिवपुरबाट हराएको बच्चासहित ती महिला फेला परेकी हुन्।, स्थानीयले सामाजिक सञ्जालमा राखेको भिडिओमा ती महिलाले अर्को पनि एक जना बालिकालाई समेत आफूसँगै राखेकी थिइन्।, अनाथ आश्रमबाट बच्चा लिएको ती महिलाले भिडिओमा बताएकी छन्। , प्रहरीका अनुसार पक्राउ परेकी ती महिला कमला नगरपालिका-१० स्थित डुमरियाकी ३५ वर्षीया मनिषा देवी मुखिया हुन्।, ‘बच्चा चोरेर भाग्दै गरेको अवस्थामा हामीले ती महिलालाई नियन्त्रणमा लियौं,’ प्रहरी स्रोतले भन्यो।, घटनाबारे थप अनुसन्धान भइरहेकाले तत्काल सम्पूर्ण विवरण दिन नमिल्ने प्रहरीले बताएको छ।, बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ
खिलानाथ ढकाल गत पुस २२ गतेदेखि सम्पर्कविहीन भएका ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू काठमाडौं फर्किएका छन्।, काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालि सञ्चालक अमित अग्रवाल र अभिषेक अग्रवालले बिहीबार काठमाडौं प्रहरीलाई सम्पर्क गरेका छन्।, ‘हामीहरू काठमाडौं फर्किएका छौं। त्यसरी जानु हुँदैनथियो भन्नुभएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने।, सेतोपाटीसँग कुराकानी गर्दै सञ्चालक अमित अग्रवालले आफूहरू भारतबाट बिहीबार काठमाडौं आइपुगेको जानकारी दिए।, ‘व्यापारको तनावले हामीहरू सबथोक छोडेर गएका थियौं। अब हामी फर्किइसक्यौं। यहाँको कारोबार मिलाउँछौं,’ अग्रवालले भने।, आफूहरूले काठमाडौं छोडेपछि विभिन्न कुराहरू बाहिर आएको उल्लेख गर्दै उनले ती विषयमा स्पष्ट पार्ने बताए।, ‘केही कुराको हामीले कानुनी उपचार पनि खोज्नुपर्नेछ। हामी त्यो पनि गर्छौं,’ अग्रवालले भने।, काठमाडौंमा ब्रान्डेड रक्सी बेच्ने परिवार सुटुक्क भागेपछिको तरंग, काठमाडौं उपत्यकाका पाँचतारे होटलका रेष्टुरेन्ट, सपिङ मलदेखि हाइप्रोफाइल घरानामा मदिरा बिक्री गर्ने जमल र दरबारमार्गको ग्रीनलाइन रिटेल सपमा तीन सातायता चार वटा बैंकले ताला लगाएका छन्।, अर्बभन्दा बढीको विदेशी ब्रान्डेड मदिरा स्टक रहेको ग्रीनलाइन सपका सञ्चालकहरू फरार भएपछि बैंकहरूले ताला लगाएका हुन्। स्टक सामग्रीको मूल्यांकनको आधारमा कर्जा लगानी गरेका बैंकहरूलाई सञ्चालक भागेपछि ऋण उठाउन समस्या परिरहेको छ।, इन्भेष्टमेन्ट, एभरेष्ट, ग्लोबल आइएमई र मेगा बैंकले ग्रीनलाइनमा तालासँगै सञ्चालकका घर-जग्गामा सूचना टाँसेका छन्।, ग्रीनलाइनका सञ्चालक बाबुछोरा अमित, अभिषेक अग्रवाल र बुवा ओमप्रकाश परिवारसहित भारत पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ।, उनीहरू भारतको कुन ठाउँ छन् भन्ने प्रहरीले मेसो पाउन सकेको छैन। ऋण धितो जोखिममा परेपछि चार वटा बैंकले ताला लगाएसँगै ग्रीनलाइनको अर्बभन्दा बढीको स्टक मदिरा अलपत्र छ।, ताला लगाएकाले त्यहाँ कति परिमाणको मदिरा छ भन्ने यकिन छैन। कानुनी रूपमा लिलामको प्रक्रिया नचलेसम्म परिमाणबारे थाहा नलाग्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्।  , सर्वसाधारणको निक्षेपबाट ग्रीनलाइनमा बैंकहरूले गरेको लगानी जोखिममा परेपछि यो प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ। सञ्चालक फरार भएको विषयमा भने महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।  , ब्युरो र परिसरका अनुसार अग्रवाल बाबुछोरा भाग्नुमा अनौपचारिक ऋण ‘मिटरब्याज’ हो। अग्रवाल बाबुछोरालाई मिटरब्याजीहरूले धम्क्याउन थालेपछि उनीहरू पसल बन्द गरेर भागेको बुझिएको छ।, काठमाडौंमा मिटरब्याजमा लगानी गर्नेहरूको आतंक नै चलिरहेको छ। मिटरब्याज कारोबार गर्नेहरूको साम्राज्य तोड्न प्रहरी पनि सफल हुन सकिरहेको छैन।, ब्युरोका एक अधिकृतका अनुसार अग्रवाल बाबुछोराले अनौपचारिक (मिटरब्याज) रूपमा २० करोड ऋण चलाएको बुझिएको छ। त्यो ऋणको साँवा, ब्याज, ब्याजको स्याजदेखि प्याजसम्म तिर्दा पनि ताकेता र धम्की नरोकिएपछि उनीहरूको उठिबास लागेको थाहा भएको छ।, ग्रीनलाइन बीसौं वर्षदेखि काठमाडौंमा विदेशी ब्रान्डेड रक्सीको कारोबार गर्ने सप हो। अमित र अभिषेकका बुवा ओमप्रकाश अग्रवालले उनीहरूलाई काठमाडौंमा मदिराको व्यापारमा टेकाएका थिए।, प्रहरीका अनुसार ओमप्रकाश, अमित, अभिषेकसहित परिवारका ९ सदस्य एक महिनादेखि फरार छन्। उनीहरू वीरगञ्ज हुँदै भारत पुगेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए।, ‘उहाँका ९ जना परिवार एकैसाथ काठमाडौं छोडेर वीरगञ्ज हुँदै भारतसम्म गएको देखिएको छ,’ गिरीले भने, ‘उहाँहरूलाई ल्याउने प्रयास भइरहेको छ, निकटहरूबाट बुझ्दा फर्किने सम्भावना बुझिन्छ।’, ज्ञानेश्वरमा बस्दै आएका ओमप्रकाश, अमित, अभिषेकसहित परिवारले नेपाल छोडेपछि छोरी रजनीले परिसरमा निवेदन दिएकी थिइन्। निवेदन दिएपछि प्रहरी ज्ञानेश्वरको घरमा पुगेको थियो।  , त्यहाँ पुगेर सर्च गर्दा एउटा ‘नोट’ फेला परेको गिरीले बताए। उक्त नोटमा ओमप्रकाश, अमित, अभिषेकसहित परिवारका पाँच जनाको हस्ताक्षर छ।, ‘म ओमप्रकाश अग्रवाल, श्रीमती उषा अग्रवाल, छोराहरू अमित अग्रवाल र अभिषेक अग्रवाल तथा परिवारका अन्य सदस्यहरूले विगत २५ वर्षदेखि मदिराको व्यापार गरिरहेका थियौं। मार्केटमा राम्रोसँग सफलताका साथ व्यापार गरिरहेका थियौं। विगत वर्षहरूमा कोभिड-१९ ले गर्दा बैंक ब्याज तिर्न तथा अन्य व्यक्तिहरूलाई ब्याज तिर्न मेरो छोरा अमित अग्रवाल मिटरब्याजीहरूको फन्दामा परी आफ्नो सम्पत्ति सिध्याइसकेका छौं,’ नोटमा भनिएको छ,‘धेरैजसो मिटरब्याजीहरूलाई साँवाको दोब्बर-तेब्बर पैसा तिरिसकेका छौं। अब हामीसँग मिटरब्याजी तथा बैंकहरूलाई तिर्न कुनै पनि साधन छैन।’, नोटमा थप भनिएको छ, ‘र, हामी कहाँ जान्छौं, बाँचिन्छ वा मरिन्छ भन्ने कुनै ठेगान छैन। बाँचे भने फेरि आउँला। र, हामीले आफ्नो नाममा रहेका घरजग्गा, व्यापार व्यवसाय त्यत्तिकै छोडेर जाँदैछौं। हाम्रो नाममा रहेका श्रीसम्पत्तिबाट बैंक तथा वित्तीय संस्था तथा साहुले रकम असुलउपर गर्नुहोला।’, आफ्नो संस्थानका हिसाबकिताब सबै यहीँ छोडेर गएको उनीहरूले नोटमा लेखेका छन्। त्यसमा साहुहरू, मिटरब्याजीहरूले धम्की दिएर गराएका कागजपत्र तथा तिनीहरूको नामावली रहेको उनीहरूले नोटमा लेखेका छन्।, ‘एउटा प्रतिष्ठित परिवारलाई आत्महत्या गर्ने अवस्थामा पुर्‍याउन लगाएका मानिसहरूलाई दण्ड सजाय दिई मेरो परिवारको आत्मालाई शान्ति प्रदान गर्न सरकारसँग माग गर्दछौं। र, कुनै व्यक्तिलाई ऋण तिर्न नसकिएकाले क्षमाप्रार्थी छु। बाँचेको खण्डमा मेरो सन्तानले ऋण तिर्ने कोसिस गर्नेछ,’ नोटमा ओमप्रकाशले लेखेका छन्।, ओमप्रकाश, अमित र अभिषेक सबै भारतीय मूलका नेपाली नागरिक हुन्। उनीहरूका तीन पुस्ताको नागरिकता धनुषा जिल्लाबाट लिएको देखिन्छ। सन् १९९० को दशकमा ओमप्रकाश भारतको हरियाणाबाट नेपाल छिरेका थिए।, काठमाडौंमा आएर उनी ड्युटी फ्री मदिराको कारोबारमा लागेका थिए। लाखौंबाट करोडमा पुग्न थालेपछि उनले कम्पनी नै स्थापना गरी कारोबार थालेका थिए। विस्तारै कारोबार छोरा अमित र नाति अभिषेकको हातमा पुगेपछि उनीहरू अर्बमा खेल्न थालेका थिए।, प्रहरीका अनुसार महत्वाकांक्षाले फन्दामा परेका हुन्। पैसा कमाउने लालच बढ्दै जाँदा उनीहरू मिटरब्याजीसम्म पुगेको हुनसक्ने आशंका प्रहरीको छ।, मिटरब्याजसँगै केन्द्रीय अनुसन्धान ब्युरोले सम्बन्धित बैंकहरूसँग सोधीखोजी गरिरहेको छ। प्रारम्भिक सोधीखोजीमा बैंकहरूबाट विवरण प्राप्त भएको छ।, ब्युरो स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनमा २८ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर धितोमा राखेको भेटिएको छ।, यस्तै, एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा राखेको छ।, यस्तै, मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको भेटिएको छ। त्यसको धितो ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो राखिएको छ।, यसैगरी, ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ। त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका थिए।, ‘बैंकका मानिसहरू बोलाएर सोध्दा धितो तथा ऋणको विवरण यस्तो पाइएको छ,’ ब्युरोका ती अधिकृतले भने, ‘अनौपचारिक लगानीबारे पनि अनुसन्धान गरिरहेका छौं। सँगसँगै बैंकिङ कसुर आकर्षित हुन्छ कि भनेर हामीले हेरिरहेका हौं।’, ती अधिकृतका अनुसार अहिले ब्युरोले विभिन्न कोणबाट ग्रीनलाइनमाथि अनुसन्धान गरिरहेको छ।, बैंकहरूको ऋण यकिन गर्न, ग्रीनलाइनका सञ्चालकको सम्पत्ति यकिन गर्न, बैंक ठगी हो/होइन वा ऋण दिँदा मिलेमतो हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको हो।, ‘बैंकमा सर्वसाधारणको निक्षेप रहने हुनाले त्यो निक्षेप ऋणको रूपमा गएर नउठ्ने अवस्थामा जनता ठगिन सक्ने भए, त्यसैले बैंकिङ कसुर हुन सक्नेतर्फ अनुसन्धान केन्द्रित छ,’ ती अधिकृतले भने।, प्रहरीले अनौपचारिक रूपमा लगानी गर्ने व्यक्तिहरू को हुन् तिनीहरूको खोजी गरिरहेको ती अधिकृतले बताए।, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा आइसकेको छैन,’ ब्युरोका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताए।, ब्युरोका अनुसार ग्रीनलाइनको सात/आठ करोड बजारबाट उठ्न बाँकी रहेको देखिएको छ। यस्तै, भन्सार नाकामा आठ वटा मदिराका कन्टेनर जाँचपास हुन बाँकी रहेको देखिएको छ।, ‘अनौपचारिक व्यक्ति, संस्था, लिगल सम्पत्ति खोज्ने काम भइरहेको छ,’ खनालले भने।, प्रारम्भिक अनुसन्धानमा अग्रवाल परिवार भाग्ने सुइँकोसम्म कसैले पाएन।, ‘आर्थिक रूपमा टाट पल्टेर भाग्ने योजना बनाएको कतैबाट नचुहिँदै उनीहरू भारत पुगे, खोजी गर्न उजुरी परेपछि र बैंकहरूले स्टक लिलाम गर्न ताला लगाएपछि मात्रै अनुसन्धान अघि बढ्यो,’ ब्युरोका ती अधिकृतले भने।, अग्रवाल परिवारले केही साझेदारका साथमा २०७३ सालमा नवलपरासीमा सागर डिस्टिलरी नामको मदिरा उद्योग स्थापना गरेका थिए। त्यसको प्लान्ट भने चलेको देखिँदैन। सेयर किनबेच भएको छ। अग्रवाल परिवारको एकदमै कम सेयर देखिन्छ।, परिवारले सुरूमा ‘ड्रिम प्रोजेक्ट’ को रूपमा स्थापना गरेको डिस्टिलरीको प्लान्ट नचल्नु र बीचमै सेयर किनबेच हुनुमा अग्रवाल परिवार आर्थिक संकट झेलिरहेको थियो भन्ने देखिएको ब्युरोका अधिकृत बताउँछन्।, ‘पछिल्लो प्रोजेक्टमा केही असफलताहरू देखिन्छन्,’ उनले भने।, पुर्ख्यौली घर भारत भए पनि अग्रवाल परिवार खासै जाने गर्दैनथे, उता गएर लामो समय बसेको पनि देखिँदैन।, ‘बैंकबाट थ्रेट नभइकन वा अनौपचारिक लगानी गर्नेबाट असुरक्षा नभइकन उनीहरू यतिको कारोबार छोडेर हिँड्दैनथे,’ ती अधिकृत भन्छन्, ‘उनीहरू किन भागे भन्ने प्रश्न निकै जटिल छ।’  , काठमाडौं फर्कियो सुटुक्क भारत गएको व्यापारी अग्रवालको परिवार
सेतोपाटी संवाददाता धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , बुधबार राति साढे ९ बजे काठमाडौं महानगरपालिका-१५ ठाडो भर्‍याङमा एक जनामाथि धारिलो हतियार प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , वीरेन्द्रनगर नगरपालिका-७ का ४८ वर्षीय मिलन खत्री र नुवाकोट विदुर नगरपालिका-१ घर भएका २२ वर्षीय विकास आचार्यबीच झगडा भएको थियो। उनीहरू दुबै जना धर्म राउतले सञ्चालन गरेको फलामको ग्रिल कारखानामा काम गर्थे। , गएराति उनीहरूले मादक पदार्थ सेवन गरेका थिए। त्यसैबीच सामान्य विवादमा झगडा हुँदा विकासले मिलनलाई जथाभावी गाली गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।, त्यसपछि मिलनले बिँड नभएको फलामको चक्कु र फलामको पत्ता जडान भएको बन्चरोले प्रहार गरेको प्रहरीले जनाएको छ। , उनले विकासको गर्धन र टाउकोमा प्रहार गरेका थिए। विकास अहिले गम्भीर घाइते छन्। , घाइते विकासलाई मनमोहन मेमोरियल अस्पतालमा उपचारपछि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको छ। , महानगरीय प्रहरी वृत्त स्वयम्भूले मिलनलाई पक्राउ गरेको छ। उनीमाथि ज्यान मार्ने उद्योगमा थप अनुसन्धान गरिरहेको बताएको छ।, काठमाडौंको ठाडोभर्‍याङमा धारिलो हतियार प्रहार गरी एक घाइते, एक पक्राउ
सेतोपाटी संवाददाता उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , उदयपुरगढी गाउँपालिका-७ नागबेलीस्थित मदनभण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना भएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , बिहीबार बिहान करिब १० बजे भएको दुर्घटनामा परी १९ जना घाइते समेत भएका छन्। , त्रियुगा नगरपालिका-१६ रातापानीबाट नेपालटारतर्फ विवाहको जन्ती बोकेर जाँदै गरेको प्र २ -०१-००१ त १०९६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। , दुर्घटनामा परी त्रियुगा-१४का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताए। ट्याक्टर आफैं अनियन्त्रित भई सडकमा पल्टिएको हो।, प्रहरीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल गाईघाट उदयपुर लगेको छ। , प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।,  , उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका छन्।, बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसइईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका हुन्।, उनले ऐनमा व्यवस्था नभई सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेश सरकारले नै एसइईको परीक्षा लिने बताए।, अध्यक्ष शर्माले अबको परीक्षाको उत्तरपुस्तिकाहरू प्रदेश सरकारले जिल्ला र केन्द्रका कुराहरूलाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेसन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्ने बताए।, उनले प्रदेश सरकारले सो अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयानुसार नतिजा प्रकाशन गर्नसक्ने पनि बताए।, अध्यक्ष शर्माले यस पटकको एसइई परीक्षामा २ हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिने बताए।, बोर्डले करिब ५ लाख विद्यार्थी यस पटकको एसइईको परीक्षामा उपस्थित हुनसक्ने अनुमान गरेको उनले बताए। , अध्यक्ष शर्माले कक्षा १२ को परीक्षाको समयतालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको बताए।, 'एसइई परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेका छौं'
सुशीला रेग्मी/रासस ‘हरियो वन, नेपालको धन’ भन्ने आहान व्यवहारमा सार्थक हुन नसकेको चासो र चर्चा बढिरहेका अहिलेका अवस्थामा वनको उपयोग र संरक्षण गर्ने उपभोक्ता र सरकारबीच द्वन्द्व बढ्दै गएको छ।, सरकार वनमा करको दायरा बढाउँदै छ भने त्यसको विरोधमा उपभोक्ता उत्रिएका छन्।, वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार सामुदायिक वन व्यवस्था भएअनुरूप यसलाई विधिवत् रूपमा समुदायमा हस्तान्तरण गरियो।, यसले वनको रेखदेख र संरक्षणमा उपभोक्ताको दायित्व बढ्दै गयो। समुदायमा हस्तान्तरणपछि संरक्षण र उपभोग गर्न पाउने नीतिका साथमा उपभोक्ता समूह दर्ता गरियो। वन संरक्षणमा उपभोक्ताले चासो र जिम्मेवारी पनि बढाउँदै गए। आर्थिक लाभ लिने बेला भने विभिन्न ऐन–नियमावलीले आफूहरूलाई  अप्ठ्यारो परिस्थिति सिर्जना आइपरेको छ।, वन उपभोगमाथि राज्यले अंकुश लगाउने नियमावली बनाएपछि यतिखेर देशव्यापी रूपमा सामुदायिक वनका उपभोक्ता आन्दोलित बनेका छन्।, मेहनतको फल लिने बेला सरकारले उपभोक्ताको अधिकार कुण्ठित पार्ने खालका नियम ल्याउन थालेको आरोप सामुदायिक वन महासंघ रामपुर, पाल्पाका अध्यक्ष मित्रा ढकाल लगाउँछन्।, ‘वनलाई हुर्काउन र संरक्षण गर्न उपभोक्तालाई त्यति सजिलो थिएन, तै पनि आफैंले जन्माएका सन्तान झैं ठानेर बिरूवा हुर्काएर वन ठूलो बनाइयो तर अहिले उपभोग गर्ने बेला राज्यले हामी उपभोक्ताको अधिकारलाई कुल्चेर कुण्ठित पार्ने काम गरेको छ’, उनले भने।, सामुदायिक वनको अवधारणा आएपछि नाङ्गा र उजाड डाँडा अहिले हरियालीमय बनेको छ।, सामुदायिक वन ऐन २०४९ ले स्वायत्त अधिकार दिए पनि अहिले राज्यले त्यसलाई कुण्ठित पार्न खोजेको आरोप लगाइएको छ।, आफैंले बिरूवा रोपी हुर्काएर ठूलो बनाएको रूख आवश्यक परेका बेला उपभोग गर्न नपाउने गरी राज्यले ल्याएको ऐन, नियमावली उपभोक्ताको हितविपरीत भएको राम्चे सामुदायिक वन समूहका अध्यक्ष दयाराम गैरे बताउँछन्।, उनका अनुसार वनमा साल प्रजातिका रूख प्रशस्तै भए पनि अहिले कटानी गर्न पाइँदैन, बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ। , संघीय सरकारले खारेज गरिसकेको १५ प्रतिशत संघीय वन पैदावार शुल्कसमेत सामुदायिक वन उपभोक्ता समूहलाई सरकारी सञ्चित कोषमा तिर्न बाध्य पारिएको छ।, सामुदायिक वनमा संघीय सरकारले आय कर तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहले १० प्रतिशत वन पैदावार शुल्क लगाउँदै आएको अवस्था छ।  , लुम्बिनी  प्रदेश सरकारले प्रदेश वन ऐन २०७८ मा सामुदायिक वनमा २५ प्रतिशत वन पैदावार शुल्क लगाउने व्यवस्था गरी कर तिर्नका लागि सबै सामुदायिक वन उपभोक्ता समूहमा ताकेता गरेको छ। , यस्ता कार्य रोकी कर फिर्ता गर्न र सामुदायिक वन पैदावार खरिदकर्ताले नै मूल्य अभिवृद्धि कर तिर्नुपर्नेमा सोसमेत समूहलाई तिर्न लगाइएकाले रोक्न उपभोक्ताको माग छ।, यसरी सामुदायिक वनमा तीन तहका सरकारले लगाएको तेहेरो कर तत्काल खारेज गर्न माग गरिएको छ।  , लुम्बिनी प्रदेश सरकारले प्रदेश वन ऐन २०७८ मा सामुदायिक वनमा २५ प्रतिशत वन पैदावार शुल्क लगाउने भनी गरिएको व्यवस्था नेपालको संविधानको धारा ६० (१) विपरीत भएको जनाउँदै प्रदेश कानुनमा गरिएको व्यवस्था तत्काल खारेज गर्न महासंघद्वारा माग गरिएको छ।, ‘संघीय सरकारले संविधान र संघीय वन ऐन २०७६ विपरीत सामुदायिक वनको अधिकार खोस्ने गरी तर्जुमा गरेको वन नियमावलीको मस्यौदा खारेज गरी ऐनबमोजिमको नियमावली तर्जुमा गर्नुपर्ने’ उपभोक्ताको जोड छ। , नेपालभरि करिब २२ हजार ४०० सामुदायिक वन छन्। पाल्पामा मात्रै ७१० समूह सामुदायिक वन तथा निजी ४६, धार्मिक चार र कबुलियती २२९ वन समूह छन्। जिल्लामा करिब ४० हजार ७८० हेक्टर क्षेत्रफल सामुदायिक वनले ओगटेको छ।  , महिलाको नेतृत्वमा सञ्चालन भएका वन समूहका गतिविधि प्रभावकारी देखिएको छ।, अहिले वन अधिकार र उपभोगका निम्ति सामुदायिक वनका उपभोक्ता ऐक्यबद्धता जनाउँदै देशव्यापी विरोधका कार्यक्रममा सक्रिय बनेका छन्।, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले उपभोक्ताको हित विपरीत राज्यले बनाएको वन ऐन, नियमावली विरोधस्वरुप महासंघको नेतृत्वमा देशव्यापी कार्यक्रम आयोजना गरिएको बताइन्।, उनले सरकारले सामुदायिक वन उपभोगमा उपभोक्ताको अधिकारमाथि अंकुश लगाउने काम गरेको बताउँदै तीन तहका सरकारमा बुझाउनुपर्ने करले उपभोक्तालाई भार थोपर्ने कार्य गरेको भनी आपत्ति जनाइन्। , प्राविधिक तथा कर्मचारीले उपभोक्ताको अधिकारलाई बेवास्ता गरी प्रभावित पार्ने काम गरेको उनी बताउँछिन्। यही माघ १० देखि सुरू भएको विरोध कार्यक्रम माघ २८ गतेसम्म रहने जनाइएको छ। , सामुदायिक वन खोसी राज्य नियन्त्रित संरक्षित क्षेत्र घोषणा तथा विस्तार रोक्नुपर्ने तथा वन पैदावारको संकलन, सदुपयोग र ओसारपसारमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लगाइँदै आएको प्रतिबन्ध हटाउनुपर्ने माग वन उपभोक्ता महासंघले गरेको छ। , उपभोक्ता समूहले  सामुदायिक वन संरक्षण र दीगो व्यवस्थापनका लागि उल्लेखनीय योगदान दिएका छन्।, वनका माध्यमबाट जैविक विविधता र वातावरणको संरक्षण, गरिबी न्यूनीकरण, वन उद्यम र पर्यापर्यटनको विकास, महिला सशक्तीकरण, सामुदायिक विकासलगायत कार्य गरी दीगो विकास र जलवायु परिवर्तन न्यूनीकरण एवम् अनुकूलनमा समेत सघाउ पुगेको छ।  , यस्तो अवस्थामा संघीय र प्रदेश सरकारबाट सामुदायिक वन उपभोक्ता समूहको अधिकार हनन हुने गरी वन नियमावली तर्जुमा गर्ने, संविधानविपरीत सामुदायिक वनमा तेहरो कर लगाउने, सामुदायिक वन खोसेर संरक्षित क्षेत्र विस्तार गर्ने, वन पैदावार उपयोगमा प्रतिबन्ध लगाउने जस्ता कार्यले उपभोक्ताले प्रत्यक्ष मार खेपिरहेका छन्।, वन समूहले गरेको कुल आम्दानीको ५० प्रतिशत सरकारलाई बुझाउने नियमावली उपभोक्ताको हितविपरीत भएको सामुदायिक वन महासंघ पाल्पाका अध्यक्ष निरञ्जन भुसाल बताउँछन्।  , सामुदायिक वन समूहमा यहाँका ६० हजार ६३६ उपभोक्ता आश्रित रहेको जिल्ला वन कार्यालयका प्रमुख दीपक ज्ञवाली बताउँछन्।, जिल्लामा रहेका २४७ सामुदायिक वनको नवीकरण हुन सकेको छैन। यसबाट बैंक खाता सञ्चालन गर्न नपाउँदा उपभोक्ताले आर्थिक कारोबार गर्न नपाएको गुनासो छ।, विसं २०१३ मा सरकारीकरण भएपछि वन मासेर जग्गा बनाउने काम भएको थियो। विसं २०४७ मा प्रजातन्त्र पुनःस्थापनापछि नयाँ प्रजातान्त्रिक वन ऐन २०४९ तथा नियमावली २०५१ अनुसार सामुदायिक वन व्यवस्था भएअनुरूप विधिवत् रूपमा समुदायमा हस्तान्तरण गरिएको हो। , वन ऐन २०४९ मा गरिएको संरक्षित वनसम्बन्धी व्यवस्थानुसार ससाना वन क्षेत्रमा लागु गर्ने व्यवस्था गरिएकामा वन ऐन २०७६ मा गरिएको वन संरक्षण क्षेत्रसम्बन्धी व्यवस्था भूपरिधि क्षेत्रमा समेत लागु गर्न सकिने भएकाले यसको प्रभाव सामुदायिक वनलाई पर्ने औंल्याइएको छ । , नेपाल संघीय संरचनामा गएसँगै सामुदायिक वनमा पछिल्लो समय चुनौती बढेको छ। वैज्ञानिक वन व्यवस्थाले गर्दा पनि सामुदायिक वन क्षेत्रमा धेरै असर गरेको छ। अहिले नीतिनियम संशोधनका नाममा सामुदायिक वनलाई विभिन्न किसिमबाट प्रहार भएको जनाइएको छ। , वन ऐन २०७६ मा मन्त्रिपरिषद्को निर्णयविना वन क्षेत्रको भू-उपयोग परिवर्तन गर्न नपाइने व्यवस्था भएता पनि भूमिसम्बन्धी र वातावरण संरक्षण कानुनमा सजिलै किसिमले वन क्षेत्रको भू-उपयोग परिवर्तन गर्न पाइने व्यवस्था गरिएकाले खासगरी बसोबास र आवासका नाममा निरन्तर वन क्षेत्रको भूउपयोग परिवर्तन हुने जोखिम सम्बोधनका लागि ऐनमा स्पष्ट व्यवस्था छैन।, संवैधानिक व्यवस्थासंँग तालमेल मिलाउने नाममा सिमसार क्षेत्रको व्यवस्थापन संघीय सरकारले गर्ने भनी गरिएको व्यवस्थाले सामुदायिक वन क्षेत्रमा रहेका सिमसार क्षेत्रको व्यवस्थापन योजना बनाउँदा समेत संघीय सरकारको सहमति लिनुपर्ने अवस्था सिर्जना भएको छ।, यसले सामुदायिक सिमसार व्यवस्थापन पद्धतिलाई प्रभावित गर्नेछ। उपभोक्ता समूहले वन व्यवस्थापन र सामुदायिक वनको स्रोत परिचालन गर्दा स्थानीय तहसंँग परामर्श र समन्वय गर्नुपर्ने व्यवस्था गरिए पनि सो प्रावधान स्पष्ट नगरिएकाले स्थानीय तह र उपभोक्ता समूहबीच विवाद सिर्जना हुन सक्ने अवस्था छ। , सामुदायिक वनमा कर वृद्धिले उपभोक्तामा असन्तुष्टि
रासस बाजुरा बूढीनन्दा नगपालिकामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा बूढीनन्दा-३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट छन्। सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो।  , घाइते विष्टको प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। रासस, बँदेलको आक्रमणबाट एकको मृत्यु
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन्।, भुकटीमण्डपभित्र रहेका व्यापारीले स्टल भाडासमेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गरेकी हुन्।, त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइन्। मन्त्री रेग्मीले सञ्चारकर्मीमाझ भृकुटीमण्डपभित्र भाँडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिइन्।, अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको उनले स्पष्ट पारिन्। ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ। त्यसकारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जोजो बस्नु भएको छ। उहाँहरुले पनि सहयोग गर्नुपर्‍यो’, मन्त्री रेग्मीले भनिन्, ‘यसलाई म व्यवस्थित गर्न चाहन्छु। धेरैले भाडा नतिर्ने गरेको पाइयो। भाडा नतिर्नेलगायत जसले अनियमितता गरेको छ, उसलाई कारबाही हुन्छ नै। अनियमितता गरेर बसेका छन् भने कारबाहीको दायरामा आउनुपर्छ।’, मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियाले गरिरहेको उल्लेख गर्दै अब सोझैं समाज कल्याण परिषदले भाडा सम्झौंता गर्ने व्यवस्था गर्न लागिएको बताइन्।, भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ।, मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरुलाई पनि सहयोग गर्न पटकपटक आग्रह गरिन्।,  , भृकुटीमण्डप क्षेत्रको अनुगमन गर्दै मन्त्री रेग्मीले भनिन्- भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही हुन्छ
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरूद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। , कोभिड-१९ विरूद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो।, छानबिन समितिले छ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई भोलिसम्म विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक डा. गुणराज लोहनीले जानकारी दिए। , मन्त्रालयले खोपको यकिन तथ्यांक नभेटेपछि यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।, यसअघि समितिले यही माघ २१ गतेभित्र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सात वटै प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो। ,रासस , भोलिसम्म खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
सेतोपाटी संवाददाता काठमाडौंमा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। , प्रहरीले बूढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधाराबाट २२.८ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।  , पक्राउ पर्नेमा कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर नगरपालिका-११ हिलेटोल बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र कञ्चनपुर भिमदत्त नगरपालिका घर भई कपन बस्ने २७ वर्षीय खगेस खत्री छन्। , पासाङ छिरिङ शेर्पाबाट प्रहरीले ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो। उनको कोठामा तलासी लिँदा सो मात्रामा ब्राउनसुगर बरामद भएको एसपी मैनालीले बताए। , गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले शेर्पालाई शंकास्पद रूपमा फेला पारेको थियो। , उनीमाथि प्रहरीले सोधपुछ गर्दा सो ब्राउनसुगर खगेस खत्रीको भएको बताएका थिए। , त्यसको आधारमा प्रहरीले खत्रीलाई पक्राउ गरेको हो। त्यस्तै, उनीसँगै प्रहरीले तेन्जिङलाई पनि गोपीकृष्ण हल नजिकबाट सोमबार पक्राउ गरेको एसपी मैनालीले बताए। , उनका अनुसार तेन्जिङबाट प्रहरीले १६.८ ग्राम ब्राउन सुगर बरामद गरेको हो।, घटनाबारे महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ।, कपनबाट झन्डै २३ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ
रासस सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप-निर्देशक देवसिंह धामीको नेतृत्वमा समिति गठन भएको छ। , उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो।, समितिले आजदेखि आफ्नो काम थालनी गरेको छ।, उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहेका छन्। शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई  जिम्मेवारीबाट हटाइएको छ। , सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताबारे छानबिन गर्न समिति गठन
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो एक सातादेखि कोरोना संक्रमण दर निरन्तर ओरालो लागिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक सातामै संक्रमण दर १८ प्रतिशतले घटेको छ। , मन्त्रालयको तथ्यांक अनुसार माघ १८ गते संक्रमण दर ३१.५८ प्रतिशत रहेकोमा सोमबार संक्रमण दर जम्मा १३.८१ प्रतिशत थियो। यो तथ्यांकले संक्रमणको जोखिम कम हुँदै गएको बुझाउँछ। , संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पनि नेपालमा कोरोना संक्रमण शान्त भएको उल्लेख गर्दै अब यो लहरमा खराब स्थिति फेरि फर्किने सम्भावना नरहेको बताएका छन्।, 'अहिले संक्रमण घटेको हो। स्थिति शान्त भएको छ। अब यो लहरमा 'यूटर्न' हुने सम्भावना देखिँदैन,' पुनले भने,'भाइरस उत्परिवर्तित हुने कुरा त सधैं नै भइहाल्छ तर अब हामी सामान्य अवस्थातिर गइरहेको भन्ने चाहिँ हो।', स्वास्थ्य मन्त्रालयले पनि नेपालमा माघको दोस्रोदेखि तेस्रो साता संक्रमण उत्कर्षमा पुग्ने र त्यसपछि घट्दै जाने प्रक्षेपण गरेको थियो। नभन्दै माघको दोस्रो सातातिर संक्रमण उत्कर्षमा पुगेको थियो। त्यो बेला संक्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो। जुन भनेको दुई जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुनु हो। , माघको पहिलो सातादेखि नै संक्रमण दर बढ्न थालेपछि संक्रमणको जोखिम औंल्याउँदै सरकारले काठमाडौं उपत्यकामा सवारी चलाउनका लागि जोर-बिजोर प्रणाली लागू गरेको थियो।, साथै, भिडभाडजन्य गतिविधि नगर्न र विद्यालय समेत बन्द गरेको थियो। तर पछिल्लो साता संक्रमण दर घट्न थालेपछि जोर-बिजोर प्रणाली हटाउनेदेखि विद्यालय पनि फागुन १ गतेदेखि सञ्चालन गर्न दिने भनिएको छ। , तर संक्रमण दर घटिरहेको अवस्थामा फेरि के संक्रमण बढ्न सक्छ? भन्ने प्रश्नमा डाक्टर पुन भन्छन्, 'अहिले पनि संक्रमितहरू देखिएका छन्। समुदायमा संक्रमण छैन भन्ने हैन तर धेरै मानिसहरू संक्रमित भइसकेका कारण र कतिपयले संक्रमणको शंका भए पनि मानिसहरू आफैं घरमा आराम गर्न रूचाउँछन्। त्यसलै तथ्यांकमा फेरि संक्रमण उकालो लाग्छ भन्ने लाग्दैन।', डाक्टर पुनले नेपालमा धेरै मानिसले खोप लगाएको उल्लेख गर्दै संक्रमणको जोखिम केही कम रहेको जनाए।, नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी मानिसले पूर्ण मात्रा खोप लगाएका छन्।, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ५३.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। साथै, एक मात्रा खोप लगाउने मानिस ७० प्रतिशत छन्।, विश्व स्वास्थ्य संगठनले नेपाल दक्षिण एसियामा धेरै खोप लगाउने देश रहेको उल्लेख गर्दै धन्यवाद दिएको थियो। , तर संक्रमण दर निरन्तर ओरालो लागेको देखिए पनि अहिले पनि अस्पतालहरूको चाप भने घटेको छैन।, अहिले पनि काठमाडौंका अधिकांश अस्पतालमा कोरोनाका बिरामीको चाप घटेको छैन। साथै, गम्भीर बिरामीको संख्या पनि उतिकै छ। यसमा डाक्टर पुन अस्पतालमा बिरामीको चाप घट्न अझै दुई साता लाग्ने बताउँछन्।, उनले अहिले अस्पतालमा रहेका बिरामीहरू केही साता अगाडि भेटिएका संक्रमितहरू रहेको उल्लेख गर्दै अब अस्पतालमा बिरामीको चाप घट्न कम्तीमा दुई साता लाग्ने बताए। , मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म देशभर २ सय ५५ जना आइसियूमा छन् भने ४२ जना भेन्टिलेटरमा छन्। तर यो संख्या पनि अघिल्लो लहरहरूको तुलनामा आधा कम हो। किनकि दोस्रो लहरमा दैनिक आइसियूमा रहने बिरामीको संख्या झन्डै ५ सय पुगेको थियो भने दैनिक २ सय जना बढीको पनि मृत्यु भएको थियो। जबकि तेस्रो लहरमा एकैदिन मृत्यु हुने संख्या २० नाघेको छैन। हिजो पनि जम्मा १३ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए। , पछिल्लो सातादेखि संक्रमण दरमा देखिएको सुधारले तेस्रो लहर बिस्तारै सामान्य अवस्थातिर गएको उल्लेख गर्दै अब सामान्य जीवनमा फर्किन सकिने डाक्टर पुनको भनाइ छ।, उनले अन्य म्युटेसनहरू सम्भावना रहे पनि अब तेस्रो लहरको उत्कर्षको समय भने सकिएको उल्लेख गर्दै अब फेरि खराब स्थिति नआउने जनाए।, 'नेपालमा कोरोना शान्त भएको छ, अब यूटर्न हुने सम्भावना छैन'
रासस मुख्य आयस्रोतका रूपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ।, प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो।, कोरोना भाइरसको महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा असर परेको प्रधानाध्यापक सुरत बानियाँले बताए।, ‘१६ जनामध्ये चार जना शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाख रुपैयाँका दरले सहयोग गर्दै आएको थियो’, उनले भने, ‘कुण्ड बन्द हुँदा ऋण खोजेर शिक्षकको तलब, भत्ताको जोहो गर्नुपरेको छ। तीन महिनामा दुई महिनाको तलब दिने र एक महिनाको पछि दिने गरी भुक्तानी गरिएको छ।’, गत वर्षसम्म १० निजी स्रोतका शिक्षक रहेकामा बेनी नगरपालिकाले दरबन्दी मिलानका क्रममा यसपालि प्रावि तहका पाँच जना शिक्षक पठाएको छ। यसअघि प्रावि तहका पाँच जना मात्र स्थायी दरबन्दीका शिक्षक थिए। , मावि तहका एक जना शिक्षण सहायता अनुदानबाट नियुक्त गरिएका शिक्षक छन्। प्राविको दरबन्दीमा नियुक्त भए पनि निमावि र माविमा पढाउनेलाई भत्ता र निजी स्रोतका शिक्षकलाई भत्ता दिन तातोपानी कुण्डलाई आयस्रोत बनाइएको थियो। , वि.सं २०६५ देखि निमावि र वि.सं २०६९ देखि मावि तह सञ्चालन भएको विद्यालयमा २५६ जना विद्यार्थी छन्।, २०७६ साल चैत महिनादेखि बन्द भएको तातोपानी कुण्ड २०७७ साल माघ १ गतेदेखि खोलिएकामा कोरोनाको दोस्रो लहर फैलिएपछि २०७८ वैशाखदेखि बन्द भयो।, गत असोज १ गतेदेखि खुलेको कुण्ड पुनः माघ महिनादेखि बन्द छ। , आर्थिक वर्ष २०७६/७७ मा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोगबाट एक करोड २१ लाख रुपैयाँ आम्दानी गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/७८ मा ४० लाख रुपैयाँ आम्दानी गरेको छ।, समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले गत वर्ष छ हजार जनाले स्नान गरेकामा चालु आर्थिक वर्षको हालसम्म जम्मा दुई हजार पाँच सय जना मात्र आएको बताए। , ३५० रुपैयाँ तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ। प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ।, बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ। , प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिसहरू आउने गर्छन्।, म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ। , एक दिनमा दुईपटक दुई/दुई घन्टाका दरले तातोपानीको कुण्डमा शरीर डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, ब्ल्याङ्केट, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिट्चिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ।, तातोपानी कुण्डमा पुरूष र महिलाहरूका लागि फरक-फरक समय तालिका बनाइएको छ। , कोठाभित्र स्नान गर्न मिल्ने बाथटब र एक, दुईपटक स्नान गर्नेहरूका लागि थप १०० जना क्षमताको दुइटा पोखरी पनि छन्।, ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बजारिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या निको हुन सहयोग पुग्ने तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य पदम बानियाँले बताए।  , यस स्थानमा बिरेनुन र गन्धक (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छ।, गन्धक आफैंमा एक प्राकृतिक ‘एन्टिबायोटिक’ भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ।, दुई सय घरधुरी भएको तातोपानीमा १२ वटा होटल छन्। सबैजसो घरमा घरबास सुविधा छ। होटलसँगै र व्यापार/व्यवसाय पनि धराशयी बनेको होटल व्यवसायी कुमार केसीले बताए। , तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसहरूको घुइँचो लाग्ने गर्छ। , सबै क्षेत्रलाई खुलाउँदै गएको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी खोप लगाएका, कोरोना परीक्षण गरेको रिपोर्ट भएका, ज्वरो, रुघाखोकी नभएकालाई कुण्डमा स्नान गर्न दिइनुपर्ने तातोपानी कुण्ड व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताए।, ‘निश्चित मापदण्ड बनाएर तातोपानी कुण्ड सञ्चालन गर्न दिनुपर्छ’, उनले भने, ‘कुण्ड सञ्चालन नहुँदा यहाँको सामाजिक, आर्थिक क्षेत्र प्रभावित भएको छ। कृषकदेखि व्यवसाय, शैक्षिक क्षेत्रमा असर पुगेको छ।’ , तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। , उनलाई मंगलबार बिहान किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले सेतोपाटीलाई जानकारी दिए। , उनको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको पाठकले बताए। , ‘उहाँको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ,’ उनले भने, ‘अहिले क्याबिनमै राखिएको छ। अवस्था सामान्य छ।’, यसबारे अस्पतालले केहीबेरमा प्रेस विज्ञप्ति जारी गर्ने बताएको छ। , सत्यमोहन जोशी अस्पताल भर्ना
सेतोपाटी संवाददाता ५० वर्षीय ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको थियो।, बागमती प्रदेश ०१-०२६ च ४००१ को कारमा सवार पोखरेललाई वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा प्रहरीले पक्राउ गरेको थियो।, ठगी गरेको उजुरी परेपछि कपिलवस्तु प्रहरीले पोखरेललाई केही समयदेखि खोजी सूचीमा राखेको थियो।, कपिलवस्तु नगरपालिका-१ मालटोलस्थित केजिएन मार्टमा गत असार १८ गते पोखरेलले ठगी गरेको उजुरी प्रहरीमा पुगेको थियो।, पोखरेलले त्यहाँ पचास हजार बराबरको किराना र कस्मेटिक लगायतको सामान किनेका थिए।, कपिलवस्तु विजयनगर गाउँपालिका-४ मा रहेको गौमुखी फिड इण्डष्ट्रिज एण्ड ट्रेडलिंकको प्रोप्राइटर बताएर उनले खरिद गरेबापतको बैंक चेक मार्टमा छोडेका थिए।, माछापुच्छ्रे बैंक तौलिहवा शाखाको उक्त चेक साट्न जाँदा खातामा रकम नभएको पाइएपछि मार्ट सञ्चालकले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए।, पोखरेल पेशाले कृषि पेशामा संलग्न भन्थे। उनी कन्स्ट्रक्सन कम्पनी पनि चलाउँछु भन्थे। उनी प्युठान तोरवाङ गाउँपालिका-६ भई हाल झिमरुक गाउँपलिका-६ बस्दै आएका थिए।, पोखरेल प्युठान, चितवन, काठमाडौं हुँदै कपिलवस्तुसम्म पुगेको देखिन्छ। उनी भेडीगोठ बाख्रा फार्म प्रालि मकवानपुर, कामधेनु गाई फार्म चितवन, प्रिसा पशुपन्छी तथा कृषि फार्म प्युठान, प्रिन्स कन्स्ट्रक्सन प्रालि काठमाडौं र गौमुखी फिड इन्डस्ट्रिज प्रालि कपिलवस्तुका प्रोप्राइटर भन्दै आएका थिए।, तर, अहिले पक्राउ पर्दा ती कुनै पनि फार्म तथा कम्पनी स्थापना र सञ्चालन नै नभएको पाइएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी बताउँछन्।, हुँदै नभएका कम्पनीको नाम उल्लेख गरेर पोखरेलले देखाउने गरेको भिजिटिङ कार्ड।, विभिन्न फार्म र कम्पनी आफ्नो बताउँदै पोखरेलले पच्चीस वर्षदेखि ठग्दै हिँडेको पाइएको भण्डारीले बताए। यो बीचमा उनले करोडौं ठगी गरेको भेटिएको छ।, उनले आफू माओवादी नेता जनार्दन शर्मा हो भनेर पनि ठगी गरेको भेटिएको भण्डारीले बताए।, पोखरेल विभिन्न समयमा पक्राउ पर्दै छुट्दै आएको व्यक्ति रहेको खुलेको उनले बताए।, भण्डारीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय बुटवलले २०५७ सालमा पहिलोपटक पक्राउ गरेको थियो।, स्थानीय जनतालाई डर त्रास देखाएको कसुरमा उनलाई त्यसबेला सार्वजनिक ऐन अन्तर्गतको मुद्दामा कारबाही भएको थियो।, इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले २०६९ पुस १६ गते उनलाई दोस्रोपटक पक्राउ गरेको थियो। , तत्कालीन साइन डेभलेपमेन्ट बैङ्कको केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई फोन उनले ‘म माओवादी नेता जनार्दन शर्मा प्रभाकर हुँ’ भनी ठगेका थिए।, ‘कामको सिलसिलामा १/२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै पीडितबाट सात लाख रुपैयाँ ठगेको पाइएको छ,’ भण्डारीले भने, ‘उनी त्यो मुद्दामा जेल चलान भएका थिए।’, यस्तै, पोखरेललाई तेस्रोपटक महानगरीय प्रहरी परिसर काठमाडौंले २०७३ सालमा पक्राउ गरेको थियो।, राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भनी १ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।, यस्तै, गत पुस ७ गते बैंक खातामा हुँदै नभएको पचास लाख रुपैयाँको चेक काटेर अर्का व्यक्तिलाई पोखरेलले ठगेका थिए। बैंकमा लिन जाँदा चेक बाउन्स भएपछि उनीविरूद्ध बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ।, ठगी गरेर पोखरेल बेपत्ता भएका उजुरीहरू प्रहरीमा थुप्रै छन्।, प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार २०६४/०६५ सालमा दाङ राप्ती गाउँपालिका वडा-२ मा साइन्स कलेज स्थापना गर्ने र सोमा जागिर लगाइदिने भनी विभिन्न व्यक्तिहरूबाट एक करोड रुपैयाँ उठाएर पोखरेल बेपत्ता भएको खुल्न आएको छ।, २०६५ सालमा कैलाली जिल्लाको धनगढीस्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनी विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूसँग लाखौं रकम ठगी गरी फरार भएको बुझिन आएको भण्डारीले बताए।, यस्तै, २०७८ सालमा पर्सा जिल्लाको वीरगञ्जमा देवेन्द्रकुमार कर्णले सञ्चालन गरेको जगदम्बा सेल्स ट्रेडिङमा गएर आफू गौमुखी फिड इन्डष्ट्रिजको सञ्चालक भनी ४७ लाख बराबरको च्यानल गेट, एङ्गल तथा रड खरिद गरी पैसा नभएको बैंक चेक दिएर फरार भएको खुलेको छ।, पोखरेल सवार कार। , यस्तै, गत माघ ५ गते गोयल कम्पनीको बिक्रेता भैरहवाको सिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँको सामान लिएर पैसा नभएको बैंक चेक दिएर फरार भएको पाइएको छ।, गत कात्तिक ३० गते पोखरेल नेपाली सेनाको ठेकेदार भन्दै चितवनको टाँडीस्थित रिजाल फुड एन्ड वेभरेज प्रालिमा पुगेका थिए। त्यहाँबाट २८ लाख रुपैयाँको सामान किनेर पैसा नभएको चेक दिई फरार भएको खुलेको छ।, यस्तै, नवलपरासीको समृद्धि स्टिल कम्पनीमा २५ लाख, प्युठान सिमेन्ट कारखानामा २० लाख, गोल्छा अर्गनाइजेसनबाट ३० लाख र काठमाडौं टेकुको निर्मणी मेशिनरी सप्लायर्सबाट एक लाख २७ रुपैयाँ बराबरको सामान लिएर चेक दिई फरार भएको पत्ता लागेको छ।, पोखरेलले ठगी गरेका अन्य थ्रुप्रै व्यक्ति रहेको हुनसक्ने आशंकामा खोजी तथा अनुसन्धान भइरहेको भण्डारीले बताए।, कहिले माओवादी नेता जनार्दन शर्मा, कहिले सेनाको ठेकेदार भन्दै ठग्थे ईश्वरीप्रसाद
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना पुष्टि भएको हो।, जसमध्ये काठमाडौंमा ३ सय ३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ जना संक्रमित थपिएका हुन्।, योसँगै उपत्यकामा १६ हजार ८ सय २९ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ८ हजार ९ सय ४२, ललितपुरमा ५ हजार २ सय ८३ र भक्तपुरमा २ हजार ६ सय ४ जना सक्रिय संक्रमित छन्।, यस्तै देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ५७ जनामा कोरोना पुष्टि भएको छ।, १२ हजार ६९२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ८५८७ पिसिआर परीक्षणबाट ११८४ र ४१०५ एन्टिजेन परीक्षणबाट ७७३ जनामा संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ५१०३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, काठमाडौं उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता बैंकिङ कसुरको मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक महिलालाई मंगलबार पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , नुवाकोट विदुर नगरपालिका-११ घर भई काठमाडौंको टोखा नगरपालिका-३ धनेश्वर बस्ने ४१ वर्षीया अम्बिका बुढाथोकी पक्राउ परेकी हुन्। , सिद्धार्थ बैंक लिमिटेडमा रहेको खातामा पैसा नभएको जानेर पनि उनले एक पीडितलाई चेक काटेर दिएकी थिइन्। पछि चेक बाउन्स भएपछि पीडितले बुढाथोकीविरूद्ध जाहेरी दिएका थिए। , त्यस मुद्दामा उच्च अदालत पाटनले कात्तिक २३ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १७ लाख ४२ हजार ८७७ रुपैयाँ जरिवाना र ६ दिन कैद ठहर गरेको थियो। तर उनी फरार थिइन्। , खोजतलास एवं पक्राउ गर्न परिचालित सिआइबीको टोलीले उनलाई ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो। , उनलाई मंगलबार नै जिल्ला अदालत ललितपुरमा पेस गरेको सिआइबीले जनाएको छ। , बैंकिङ कसुरको मुद्दामा फरार महिला पक्राउ