content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६९२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ८५८७ पिसिआर परीक्षणबाट ११८४ र ४१०५ एन्टिजेन परीक्षणबाट ७७३ जनामा संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ५१०३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ३६ हजार १ सय ८१ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा ४५१ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।, हाल काठमाडौं उपत्यकामा १९१०४ जना सक्रिय संक्रमित रहेका छन्।,
,
२४ घण्टामा १९५७ जनामा कोरोना पोजेटिभ पुष्टि, सक्रिय संक्रमित अझै ३६ हजार
|
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ।, गत राति स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान १२: ५४ बजे उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो।, ‘उहाँको छातीमा निमोनियाको संक्रमण देखिएको हुँदा सो नियन्त्रणको लागि एन्टिबायोटिक सुरू गरिएको छ’, मंगलबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले भनेको छ। , साथै उनको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी जाँच गर्न पठाइएको अस्पताल निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए।, अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बज्राचार्यले बताए।, ,
सत्यमोहन जोशीलाई देखियो निमोनिया, अस्पताल भर्ना
|
रासस गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ। , प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो।, यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएको जनाइएको छ।, रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालका अनुसार जिपिएसबाट पूर्व अस्पताल स्वास्थ्य सेवा प्रणाली विकास गरी सेवा पुर्याउने उद्देश्य राखिएको छ।, प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक संघ संस्था र निजी अस्पतालकासमेत गरी २१६ एम्बुलेन्स सञ्चालनमा छन्। यस वर्ष १५० एम्बुलेन्समा जिपिएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिनेछ। , यस कार्यक्रमको लागि स्वास्थ्य निर्देशनालयबाट करिब ३८ लाख रुपैयाँ र नेपाल रेडक्रसले करिब ६२ लाख रुपैयाँ खर्च गर्नेछन्। , एउटा एम्बुलेन्समा जिपिएस जडान गर्न करिब १२ हजार रुपैयाँ र वार्षिक रिचार्ज गर्न करिब चार हजार ५०० खर्च लाग्ने बताइएको छ।, यही माघ २३ र २४ गते रेडक्रस र सरकारी अस्पतालका गरी २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ भने विस्तारै ११ वटै जिल्लामा यो सेवा विस्तार गरिने जनाइएको छ।, रेडक्रसका ११ जिल्ला शाखा र उपशाखामा गरी २५ एम्बुलेन्स सञ्चालनमा छन् यस कार्यक्रम अन्तर्गत ‘ग’ वर्गका एम्बुलेन्सलाईस्तर उन्नती गरी ‘ख’ वर्गमा लगिने छ।, एम्बुलेन्स चालकलाई प्राथमिक उपचारसहित पूर्व अस्पताल सेवा सम्बन्धी तीन दिन तालिम प्रदान गरिने छ भने प्रेषण केन्द्रका कर्मचारीलाई ६ दिनको तालिम दिइनेछ।, त्यसैगरी प्रत्येक जिल्लामा एक–एक दिनको अभिमुखिकरण तालिम सञ्चालन हुनेछ। प्रदेशभरिको लागि एम्बुलेन्सको लागि १०२ नम्बरमा सञ्चालनमा ल्याइएको छ। , ‘डिस्प्याच सेन्टर’स्वास्थ्य निर्देशनालयमा राखी सञ्चालन गरिने जनाइएको छ। ,
,
गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै
|
सेतोपाटी संवाददाता स्रोत नखुलेको ७० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। , मंगलबार दिउँसो स्रोत नखुलेको रकमसहित बालाजु बाइपासबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। , नुवाकोट घर भई ककनी गाउँपालिका-३ मा बस्ने २९ वर्षीय नवराज ढुंगानालाई पक्राउ गरेको हो। , गोप्य सूचनाको आधारमा रानीपोखरीबाट खटिएको सादा पोशाकको टोलीले ढुंगानालाई फेला पारेको थियो। , 'शंकास्पद रूपमा देखिएका उनलाई बाटोमा हिडिँरहेको बेलै पक्राउ गरेका हौं,' प्रहरी उपरीक्षक राठौरले भने।, उनीबाट प्रहरीले ७० लाख नगद बरामद गरेको छ। , राठौरका अनुसार उनी हुन्डीका कारोबारी भएको आशंका गरिएको छ। यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। , थप अनुसन्धानको लागि ढुंगानालाई महानगरीय प्रहरी वृत्त बालाजुमा बुझाएको छ।,
,
स्रोत नखुलेको ७० लाख नगदसहित बालाजुबाट एक पक्राउ
|
सुशिला रेग्मी पूराना धार्मिक सम्पदा मास्ने क्रम बढी रहेको छ। आधुनिक खालका घर भवन बन्ने क्रम धमाधम भइरहेको छ। ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुदा गाउँघरमा हराउन पुगेका छन्।, ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा भएपनि महत्वलाई पहिचान गर्न नसक्दा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ। पाल्पा रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुर्नः निर्माणको काम भइरहेको छ।, कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशाला विसं २०७२ को भूकम्पले भवनमा क्षति पुर्याएपछि पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम चल्दैछ।, लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आइरहेको थियो। पूर्ण जीर्णोद्धार गर्न पुरातत्व विभागको विशेष पहलमा पुनःनिर्माण प्राधिकरणको करिब रु तीन करोड छ लाख ५३ हजार ६६२ वजेट लागतमा निर्माणको काम चलिरहेको छ।, पूरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक/एक वटा बालापाली थियो भने, छानो झिँगटीले छाइएको थियो। सोहीस्वरुपमा नै श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौ देखि निर्माण भइरहेको छ। २०८० असार ५ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ।, अहिले भवनको दोस्रो तलाको काम चलिरहेको छ भने हालसम्म करिव ३० प्रतिशत काम भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउँछन्।, ‘पूरानै ऐतिहासिकता झल्काउने बहुमुल्य काठजन्य सामग्रीबाट भवन निर्माण भइरहेको छ, काठमाण्डौँ देखि निर्माण सामग्री ल्याएर काम गरिरहेका छौं, पूरानै शैलीमा भवन बनाउनुपर्ने भएको हुदा यस क्षेत्रमा अनुभवी कामदार पुरात्व विभाग अन्र्तगतकै परिचालन गरिएको छ,’ उनले भने।, उनका अनुसार भवन निर्माण कार्य सकिएपछि यसलाई संग्रहालयका रुपमा विकास गरिने भएको छ। गाउँघरमा पहिले चलनचल्तीमा आएका पूराना काठजन्य वस्तुहरुलाई संरक्षण गर्दै संग्रहालयमा राखिने भएको छ।, पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकै रुपमा लिने गरिन्थ्यो। आधुनिक जीवनशैलीमा प्रयोगमा आउन नसक्ने भएपछि यस धर्मशाला बेवारिसे जस्तै भएको थियो।,
धार्मिक सम्पदाको संरक्षण गरिँदै
|
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्।, २०५५ सालको कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वतर्फ खाडलमा गैंडा पारी मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो। उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका-२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताए।, निकुञ्जले न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो। पौडेलले वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई माघ ७ गते साँझ पक्राउ गरिएको बताए। न्यौपानेलाई काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट नियन्त्रणमा लिइएको पौडेलले बताए।, नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र माघ १७ गते रिपोर्ट नेगेटिभ आएपछि १८ गते जिल्ला कारागार भरतपुर पठाइएको पौडेलले बताए।,
चितवन निकुञ्जमा गैंडा मारेको २३ वर्षपछि काठमाडौंबाट समातिए ‘न्यौपाने माइला’
|
सेतोपाटी संवाददाता भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालय (इग्नु) बाट अध्ययन गरेर फर्किएका विद्यार्थीहरू समकक्षता पाउनुपर्ने भन्दै त्रिविविरुद्ध आन्दोलनमा उत्रिएका छन्।, विद्यार्थीहरुले मंगलबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। समकक्षता संघर्ष समितिका संयोजक तथा अनेरास्ववियुका केन्द्रिय सदस्य सुधन महतका अनुसार प्रदर्शन पछि प्रधानमन्त्री कार्यलयमा गएर ज्ञापनपत्र समेत बुझाउएका छन्।, ‘त्रिविको विषय त्रिविबाटै मिलाउनुपर्छ भनेर त्यहीँ संघर्ष गरिरह्यौं। तर, हामीलाई विभिन्न बहानामा यता र उता खेलाउने काम मात्र भयो। त्यसैले माइतीघरमा उभिन बाध्य छौं’, महतले भने। , ‘समकक्षता नदिनु शैक्षिक अपराध हो’, ‘टीयूको नीति शैक्षिक विकृति’ लगायतका नारा लगाउँदै विद्यार्थीहरूले प्ले कार्ड लिएर नाराबाजी गरेका हुन्। , त्रिभुवन विश्वविद्यालयले भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका विद्यार्थीलाई दिइँदै आएको समकक्षता सन् २०१८ बाट एकाएक बन्द गरिदियो।, प्रोफेसनल कोर्स रहेको भन्दै त्रिविले ‘सीए’ अध्ययन गरेर आएका विद्यार्थीलाई समकक्षता दिन मानेन। त्रिवि पाठ्यक्रम विकास केन्द्रले अचानक समकक्षता दिन बन्द गरेपछि विद्यार्थीहरू त्रिविप्रति रुष्ट भए। समकक्षता दिनुपर्ने माग राखेर विभिन्न निकायमा धाउन थाले। तर, उनीहरूको कुरा कसैले सुनेन।, दिँदै आएको समकक्षता पनि एकाएक किन बन्द गरियो भन्ने स्पष्ट जवाफ उनीहरूले पाउन सकेनन्। ‘हाम्रो त सूचना पाउने हक पनि हुन्छ होला नि? अघिल्लो दिनसम्म समकक्षता दिइरहेको त्रिविले भोलिपल्ट गएका विद्यार्थीलाई किन एकाएक फर्काइदियो?,’ सुधन महतले प्रश्न गरे, ‘यसको जवाफ हामीले पाउनुपर्दैन ?’, इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट एकवर्षे बीकम (लेखा र वित्त) र एक वर्षे एमकम (वित्त र कर) पढ्न सकिने व्यवस्था सीएको बोर्ड (आईसीएआई) ले गरेको छ।, जसअनुसार विद्यार्थीहरू सीए इन्टर र तीन वर्षे ट्रेनिङ सकेर एकवर्षे बीकम (लेखा र वित्त) को परीक्षा दिएर स्नातक डिग्री हासिल गर्न सक्छन्। सीए भएकाले एक वर्षे बीकम (लेखा र वित्त) को परीक्षा दिएर स्नातकोत्तर डिग्री हासिल गर्छन्। तर, यता त्रिभुवन विश्वविद्यालयले भने सीए र इन्दिरा गान्धी विश्वविद्यालयबाट पढेर आएकालाई एकाएक समकक्षता दिन नमानेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।, विद्यार्थीहरू निरन्तर आन्दोलनमा उत्रिएपछि त्रिविले इग्नुबाट अध्ययन गरेर फर्किएकालाई समकक्षता दिनुपर्ने निर्णय गर्यो। जसका लागि विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था त्रिविले गरेको थियो। , त्रिविको उक्त सूचनापछि विद्यार्थीले आवेदन फारम भरे। पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयका निर्देशक प्रा.डा. पारसनाथ यादवले त प्रत्यक्ष भेटमै अनलाइनमार्फत आवेदन दिएपछि समकक्षता मिल्नेमा आश्वस्त पारेको विद्यार्थीहरूको दाबी छ। तर, विद्यार्थीहरूले फारम भरे पनि समकक्षता पाउन सकेनन्। आवेदन दिँदा अन्य कागजातसँगै त्रिविले ‘क्यारेक्टर सर्टिफिकेट’ पनि बुझाउन विद्यार्थीलाई भन्यो। जबकि इग्नु र अन्य खुल्ला विश्वविद्यालयमा ‘क्यारेक्टर सर्टिफिकेट’ दिने प्रचलन छैन। हुँदै नभएको क्यारेक्टर सर्टिफिकेट मागेर त्रिविले हैरानी मात्र दिएको विद्यार्थीहरू बताउँछन्।,
समकक्षता पाउनुपर्ने भन्दै इन्दिरा गान्धी खुला विश्वविद्यालयका विद्यार्थीहरू त्रिविविरुद्ध आन्दोलनमा
|
सेतोपाटी संवाददाता केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरू हुने भएको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ। , हाल देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, आगामी तीन दिनको मौसम पूर्वानुमान ,
२०७८ माघ २६ गते (बुधबार),
दिउँसो : देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ।, राती : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत बागमती र प्रदेश नं १ को पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा बाकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । २०७८ माघ, माघ २७ गते (बिहीबार),
दिउँसो : देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागको मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।, २०७८ माघ २८ गते (शुक्रबार),
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि बांकी भु-भागमा मौसम सामान्यतयस सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बांकी भु-भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । ,
आजदेखि शुक्रबारसम्म फेरि वर्षा–हिमपातको सम्भावना
|
सेतोपाटी संवाददाता वाङ्मय शताब्दी पुरूष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ। छातिमा समस्या भएपछि मंगलबार दिउँसो उनलाई ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो। , छातीमा निमोनिया देखिनाका साथै हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए।, उनलाई अहिले हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले बताए।, जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा राखिएको बज्राचार्यले जानकारी दिए।, जोशी गत वैशाख ३० गतेदेखि १०० वर्षमा हिँड्दै छन्। जोशीका साथै उनकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसकेका छन्।,
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कमलपोखरीको उद्घाटन गर्ने तयारी गरेको छ। , पुनर्निर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी अबको १५ दिनभित्र उद्घाटन गर्ने तयारी रहेको महानगरका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए। कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिगत रूपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्। , 'काठमाडौं महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रूपमा विकास गरेको छ,' प्रमुख शाक्यले भने, 'ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस लगत्तै हामी पोखरीको उद्घाटन गर्नेछौं।', पोखरी उद्घाटनसँगै कमलपोखरी बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रूपमा विस्तार हुनेछ। उनले पोखरी पुननिर्माणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिलासुस्ती भएको बताए। , महानगरले पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरुप काम अघि बढाएको छ। , महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको बताइन्। , 'यो ऐतिहासिक कमलपोखरी हो,' उनले भनिन्, 'यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ।', करिब २३ रोपनी क्षेत्रफलमा पुननिर्माण भइरहेको कमलपोखरी सहरी सौन्दर्य अभिवृद्धिका लागि उपयुक्त हुनेछ।, महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा चारवटा कुनामा आकर्षक र संस्कृति झल्किने चार मण्डप र पूर्वतिर मुल ढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने जानकारी दिए।, उनका अनुसार करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको उक्त पोखरी वास्तुशास्त्रमा आधारित छ।, 'पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइएको छ,' बस्नेतले भने, 'पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ। पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौं। त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचवटा मकरधार रहने छन्।',
१५ दिनभित्र कमलपोखरी उद्घाटन गर्ने तयारी
|
सेतोपाटी संवाददाता सुनसरीको कोसी गाँउपालिका-६ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मंगलबार राति भएको दुर्घटनामा पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-५ का ५० वर्षीय दिलीप मण्डल छन्।, यस्तै, घाइतेहरूमा कंकालिनी नगरपालिका-५ कै ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय रामकुमार रजक, ४८ वर्षीया रामकुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी छन्।, घाइतेहरूको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, राति ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकिराखेको बिआर०१जिए ४४८३ नम्बरको भारतीय ट्रकमा ठोक्किएको थियो।, ट्रकमा ठोक्किएर अनियन्त्रित भएर स्कार्पियो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किएको थियो।,
दुइटा ट्रकमा स्कार्पियो ठोक्किँदा सुनसरीमा एक जनाको मृत्यु, पाँच जना घाइते
|
सेतोपाटी संवाददाता जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नाम लिएर ठगी गरेको आरोपमा एक पक्राउ परेका छन्।, प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. २ का २५ वर्षीय कमल घर्ती मगर दाङका प्रहरी प्रमुख एसपी काफ्लेको नाम लिएर सर्वसाधारणबाट अनुचित लाभ लिएको गुनासो आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।, ‘मगरले मेरो एसपीसँग राम्रो चिनजान छ र मैले भनेपछि जस्तोसुकै काम भए पनि मिल्छ भन्ने भ्रम तथा प्रलोभनमा पारेर सर्वसाधारण मानिसहरूसँग अनुचित लाभ उठाउन खोजेको गुनासोको आधारमा पक्राउ गरिएको हो,’ एसपी काफ्लेले भने, ‘पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान हुन बाँकी छ।’, मगरलाई प्रहरीले माग २० गते दाङको घोराहीबाट सर्वसाधारणको गुनासोको आधारमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। , उनीविरूद्ध बाग्लुङ जिल्लाको बुर्तिबाङकी सुकमाया बुढालाई ब्ल्याकमेलिङ गरी दुई लाख रुपैयाँ ठगी गरेको उजुरी पनि रहेको प्रहरीले जानकारी दिएको छ।,
एसपीको नाम लिएर ठगी गरेको आरोपमा एक पक्राउ
|
रासस संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका-४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। , आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी-९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। , उनका अनुसार मकालु गाउँपालिका-५ को नुममा सिमेन्ट पुर्याएर फर्कंदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हो।, मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।,
संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
|
सेतोपाटी संवाददाता चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि उद्धार गरिएको छ।, महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेको हो।, चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए। बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो।, ५ जना हराइरहेको भन्ने खबर प्रहरीलाई आइतबार बेलुकी ८:३० मा खबर भएको थियो।, त्यसपछि प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीसहित ३७ जना प्रहरी टोलीले हिउँ खेल्न जाँदा हराएकाहरूको खोजी गरेको थियो।, महादेवस्थानकी २३ वर्षकी रिता गुरूङ, १५ वर्षकी सौभाग्य गुरूङ, १३ वर्षका सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षका एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।, पाँच घन्टा खोजेपछि उनीहरूलाई चन्द्रागिरि जंगलबाट राति १:१५ बजे फेला पारिएको प्रहरीले जनाएको छ।, उनीहरूलाई सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।, ,
चन्द्रागिरिमा हिउँ खेल्न जाँदा हराएका ५ जनाको मध्यरातमा उद्धार
|
रासस सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ।, आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीय ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।, उनले घटनाको थप अनुसन्धान भइरहेको बताए।,
खुकुरी प्रहार गरेर सिन्धुपाल्चोकमा दुईको हत्या
|
सेतोपाटी संवाददाता रूपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परि दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।, सोमबार बिहान करिब ५ बजे बुटवल उपमहानगरपालिका १२, तामनगरस्थित कोरियन टेक्निकल कलेज अगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो।, ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार पराल बोकेर पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना २ ख ९७७२ नम्बरको ट्रक सडकमा रोकिरहेको बेला सोही ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोकिएको थियो।, दुर्घटनामा घाइते दुबै जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, बिहान ५ बजेतिर भएको घटनामा परी बुटवल १३ का अन्दाजी २७/२८ वर्षिय सविन चौधरी, सोही स्थान र उमेरकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।, सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ट्रक चालक फरार छन्। , घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
बुटवलमा ट्रकसँग कार ठोक्कियो, ३ जनाको मृत्यु २ घाइते
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका भित्र रहेका विद्यालयमा पढ्ने विद्यार्थीले आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्।, १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि फागुन ५ गतेसम्म फाइजरको दोस्रो मात्रा खोप लगाउन पाउने भएका हुन्।, शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ।, पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोनाविरूद्ध दोस्रो मात्रा खोप दिन लागिएको महानगरले जानकारी दिएको छ।, काठमाडौं महानगरभित्रका ३२ वटै वडामा रहेका तोकिएका विद्यालयहरूमा रहेको खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउनुपर्ने हुन्छ।, खोप लगाउनका लागि वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरेर खोप केन्द्र तोकिएका विद्यालयमा जान महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आग्रह गरेका छन्।, हेर्नुस् सूचना:,
काठमाडौं महानगरभित्रका विद्यार्थीलाई आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्रा खोप दिइने
|
सेतोपाटी संवाददाता नवनियुक्त शाखा अधिकृतहरूले पदस्थापनाका लागि निकाय/कार्यालय छनौट गर्नुपर्ने भएको छ।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार शाखा अधिकृतहरूलाई कार्यालय छनौट गर्न मंगलबारसम्मको समय दिइएको छ।, माघ १८ को निर्णयअनुसार नियुक्त भएका शाखा अधिकृतले मंगलबार अपरान्ह ५ बजेभित्र कार्यालय छनौट गरिसक्नुपर्नेछ।, अनलाइनमार्फत् कार्यालय छनौट गर्न सकिने मन्त्रालयले जनाएको छ।, रिक्त रहेका निकाय वा कार्यालय आफैँ छनौट गर्न शाखा अधिकृतहरूलाई मन्त्रालयले आग्रह गरेको हो।,
पदस्थापना हुन शाखा अधिकृतहरूले भोलिसम्म कार्यालय छनौट गरिसक्नुपर्ने
|
सेतोपाटी संवाददाता सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ।, काठमाडौं उपत्यकालगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानमा सवारीसाधनमा लागेको जोरबिजोर प्रणाली हटेको छ।, फिल्महल, जिमखाना, खेलकुद गतिविधि र मठ मन्दिर जस्ता आर्थिक तथा भौतिक गतिविधिलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो। , पछिल्लो समय कोरोना भाइरस संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।, ‘कोभिड १९ संक्रमणको पछिल्लो अवस्था हेर्ने हो भने दैनिक रुपमा संक्रमण पुष्टि हुनेहरुको संख्या कम हुँदै गएको छ। अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि सुधार हुँदै आइरहेको अवस्था छ’, उनले भने, ‘यद्यपि कोरोनाको जोखिम भने कायम छ। हामीले जोखिमबाट शतर्कता अपनाउनुपर्ने, सावधान रहनुपर्ने कुराहरु छँदैछन्।’, उनले कोरोनाका बिरामीहरू अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको स्पष्ट पारे।, ‘सबै कुराहरुको विश्लेषण गर्दा अहिले पछिल्लो अवस्था जनजीवनलाई पनि सहज बनाउँदै जनस्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना गर्दै जाँदा सबैलाई सहज हुने भन्ने सोचेर सरकारले पछिल्ला निर्णयहरु लिँदै गइरहेको अवस्था छ’, उनले भने। , सह प्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाको संख्या अनुमानित ३४ लाख रहेको र ती मध्ये ३० लाख बालबालिकाले खोपको पहिलो मात्रा लगाइसकेको बताए। , ‘हामीले बालबालिकाको कुरा गर्यौं भने पनि १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित रुपमा ३४ लाख जति खोप लगाउनुपर्नेछ। मोडर्ना र फाइजरको खोप एक मात्रा प्रयोग भएको तथ्यांक हेर्दा ३० लाखको हाराहारी प्रयोग भएको देखिन्छ’, उनले भने, ‘त्यस्तै ११ लाख जतिले दोस्रो मात्रा पनि लगाएको देखिन्छ। जुन खोप हामीले १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुलाई लगाइरहेका छौं।’, उनले यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको बताए। , सह-प्रवक्ता अधिकारीले कोरोना संक्रमण भइ निको हुनेको संख्या बढिरहेकोले उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताए।, ‘अरू जनसंख्याको हिसावले पनि हेर्यौं भने लक्षित जनसंख्याको निकै ठूलो प्रतिशतलाई हामीले खोप लगाइसकेका छौं। यसरी खोप लगाइसकिएको प्रतिशत र छोटो समयमा धेरै व्यक्तिहरु संक्रमित भएर निको बन्नुभएको हिसावले उहाँहरुसँग तत्काल प्राकृतिक रुपमा आर्जन गरिएको रोग प्रतिरोधात्मक क्षमता पनि छ’, उनले भने, ‘अर्को जनस्वास्थ्यका मापदण्डको विषयमा हामी धेरै जानकार छौं। हामीले सबै कुराहरु पालना गर्दै जान्छौँ भन्ने कुराको अपेक्षासहित जनजीवनलाई खुकुलो बनाउने सरकारले कदमहरु लिन थालेको हो । जसले जोखिमका बीचमा पनि हामी सजग भएर सुरक्षित रहनसक्ने अवस्था हुनसक्छ भन्ने हाम्रो अनुमान हो।’, सह प्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गरे।, यो पनि हेर्नुहोस्, काठमाडौं उपत्यकाका प्रशासनको नयाँ आदेश, आमसभा-जुलुस गर्न निषेध (आदेशसहित),
कोरोनाका कारण लागेका प्रतिवन्ध हट्दै, जनजीवन सहजतर्फ
|
सेतोपाटी संवाददाता पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा-छोरीको मृत्यु भएको छ।, जिराभवानी गाँउपालिका-४ भवानीपुरका ३० वर्षीया विद्यादेवी थारू र उनकी छोरी ४ वर्षीया अन्या कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।, आइतबार सुपौलीबाट पाण्डेपुरतर्फ जाँदै गरेको ना ४ त ८१४६ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जादैँ गरेको बा ५५ प ६५२८ नम्बरको मोटरसाइकलाई भवानीपुरमा ठक्कर दिएको हो।, छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको एसपी बस्नेतले बताए।, उनका अनुसार आमा विद्यादेवीको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको जनाएको छ।, दुर्घटनामा मोटरसाइकल चालक मृतक विद्यादेवीका जेठाजु अनिल महतो सामान्य घाइते भएका छन्।, ट्रयाक्टर चालक पर्साकै जगरनाथपुर गाउँपालिका-२ लक्ष्मीपुरका ५० वर्षीय सुरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।,
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु
|
सेतोपाटी संवाददाता रूकुम पश्चिममा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। , जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षीय बिने बटाला सोमबार मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुबकुमार श्रेष्ठले सेतोपाटीलाई बताए। , बटाला वडाकै राडी बजारमा बिहे भोज खान गएका व्यक्ति हुन्।, ‘उहाँले यसअघि पनि मदिरा सेवन गर्ने गरेको खुलेको छ,’ श्रेष्ठले भने, ‘बिहे भोजमा पनि मदिरा सेवनपछि बिहे घरकै पछाडि त्रिपालमा एक्लै सुतेका बटाला बिहान मृत फेला परेको खुल्न आएको छ।’, चिसोकै कारण कठ्याङ्ग्रिएर बटालाको मृत्यु भएको अनुमान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। , बिहान आफन्तले उठाउन खोज्दा बटाला हलचल नगरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको र पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।,
बिहे भोज खान गएका व्यक्ति मृत फेला
|
रासस ताप्लेजुङमा विद्युतको पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ।, पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो।, प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू छन्।, लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएका थिए। , गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो।, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि तत्काल अस्पताल पुर्याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।, यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,
,
विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु
|
सेतोपाटी संवाददाता दाङ प्रहरीले साढे सात किलो बढी चरेशसहित दुई व्यक्ति पक्राउ गरेको छ। , पक्राउ पर्नेमा रूकुम पूर्वको भूमे गाउँपालिका वडा नं. ९ चुनबाङ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहादुर कामी र भूमे-९ घोराही १८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन छन्। , जिल्ला प्रहरी कार्यालय दाङले सोमबार उनीहरूलाई बरामद भएको चरेशसहित पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। , पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विकले प्रतिबन्धित लागुऔषध चरेशको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले विकको कोठाबाट ७ किलो ७ सय ७९ ग्राम चरेश बरामद भएको जानकारी दिए। , नियन्त्रणमा लिइएका विकलाई प्रारम्भिक सोधपुछ र फोन कल विश्लेषणका आधारमा लागुऔषध चरेशको कारोबारमा पुनको समेत संलग्नता खुलेपछि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी काफ्लेले बताए। , विक र पुनलाई सोमबार राति साढे ९ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, आगुऔषध नियन्त्रण ऐन अन्तरगत दुई किलो ग्रामदेखि दश किलो ग्रामसम्मको परिमाणमा लागुऔषध फेला परे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।,
साढे सात केजी बढी चरेससहित दुई पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ३६५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार १०२२ पिसिआर परीक्षणबाट र ५४८ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ६१४६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ४० हजार १११ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३५०, ललितपुरमा ५९ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्।, ,
थपिए १५७० संक्रमित, १३ को मृत्यु
|
मन्दिरा घिमिरे २०७२ सालको संविधान बनेपछि देश विधिवत् रूपमा संघीयतामा गयो। संघीय व्यवस्थाअनुसार २०७४ मा स्थानीय निर्वाचन भयो। २० वर्षपछि भएको उक्त स्थानीय चुनाव २०५४ सालमा भएको चुनावजस्तो थिएन।, चुनावपछि ‘गाउँ-गाउँमा सिंहदरबार’ आएको चर्चा भयो। नेपालीको मनमा सिंहदरबारका दुई छाप छन्। एक, यो निकै भव्य छ। तिहारमा देउसी भैलो खेल्दा ‘यो घर कत्रो- सिंहदरबार जत्रो’ भनिन्छ। अर्थात् यो भव्यताको मापक हो।, दोस्रो, सिंहदरबार यस्तो ठाउँ हो जहाँ देश कसरी चलाउने भन्ने निर्णय गरिन्छ। अर्थात् यो शासनको प्रतीक हो।, देश संघीयतामा गएपछि सिंहदरबारबाट हुने यही शासन जनताको घर-आँगनमा पुगेको व्याख्या भएको हो।, झन्डै पाँच वर्षअघि स्थानीय चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिले आफूले पाएको शासनको अधिकारमार्फत् जनताको घरदैलोमा कति सेवा पुर्याए र सुविधा दिए भन्ने कुरा पालिकाअनुसार फरक-फरक होला। धेरै जनप्रतिनिधिले पाँच वर्षमा आफ्नो ‘सिंहदरबार’ भने ठड्याएका छन्।, हामीले केही प्रतिनिधि पालिकासँग नयाँ भवनबारे कुराकानी गरेका छौं।, नयाँ भवन बनाउनेमध्येकै हो, गोरखाको बारपाक सुलिकोट गाउँपालिका। पालिकाका प्रोजेक्ट इन्जिनियर अभिनव गौतमले गत कात्तिकबाट सुलिकोट गाउँपालिका भवन बनाउन सुरू गरेको बताए। उनका अनुसार सम्झौता अवधि अनुसार नै ठेकदारले यही मंसिरमा नै काम सकाएको हो।, गौतमका अनुसार कार्यालय भवन बनाउन संघीय सरकार, गण्डकी प्रदेश सरकार र जिल्ला समन्वय समिति गोरखाले सहयोग गरेका छन्। झन्डै सवा ५ करोड रुपैयाँ खर्चेर बनाइएको भवनमा अझै काम गर्न बाँकी रहेको गौतमले बताए। , ‘कार्यालयमा भित्री सजावटको काम भइरहेको छ,’उनले भने ‘त्यसैले अहिले २०७६ मा बनाएको अस्थायी भवनबाट नै सेवा-सुविधा दिँदै आइरहेका छौं।’, काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पनि नेवारी संस्कृति झल्किने मौलिक एवं साँस्कृतिक कलात्मक आँखीझ्याल सहितको भवन बनाएको छ। भवनको आज (सोमबार) औपचारिक उद्घाटन गरिएको छ।, नगरपालिका भवन बनाउन ७ रोपनी जग्गा जिल्ला समन्वय समिति काठमाडौंले दिएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए। कार्यालय भवन ३ रोपनीमा बनाइएको छ भने ४ रोपनीमा बगैंचा बनाइएको छ। नगरपालिकाले भवन बनाउँदा बगैंचालाई समेत प्राथमिकता दिएको मेयर गिरीले बताए।, उनका अनुसार नगरपालिको भवन बनाउन २५ करोड रुपैयाँ खर्च भएको छ। त्योमध्ये १० करोड जिल्ला समन्वय समिति काठमाडौं र बाँकी १५ करोड नगरपालिकाको आन्तरिक स्रोतबाट खर्च गरिएको हो।, ‘योजनाअनुसार एक वर्षमा नै काम सकिने थियो तर कोभिडका कारण ढिलो भएर दुई वर्षमा सकियो’ मेयर गिरीले भने,‘हामीले अहिले एकीकृत रूपमा सेवा-सुविधा दिँदै आइरहेका छौं। नगरवासीलाई सुविधा लिन पहिले फरक-फरक ठाउँमा जानुपर्थ्यो। अब एउटै भवनबाट सबै सेवा-सुविधा पाइन्छ।’, नगरपालिकाले एक वर्षदेखि आफ्नै भवनबाट सेवासुविधा दिँदै आएको छ भने डिजिटल नगर प्रोफाइलको प्रक्रिया पनि सुरू गरिसकेको छ।, केही महिनामै अनलाइनमार्फत् सेवा प्रवाह गर्ने योजना रहेको मेयर गिरीले जानकारी दिए।, नगरपालिका घोषित भएको पाँच वर्षमै स्याङ्जाको भीरकोट नगरपालिकाले आफ्नै भवन निर्माण गरेको छ। भीरकोट नगरपालिकाका सूचना अधिकारी रामप्रसाद खनालका अनुसार २०७५ को वडा दसैंमा नगरपालिका भवनको शिलान्यास गरिएको थियो। दुई वर्षमै भवन तयार भएको हो।, चार रोपनी जग्गामध्ये ३ रोपनीमा कार्यालय भवन र एक रोपनीमा बगैंचा बनाइएको खनालले जनकारी दिए।, क्षेत्रफल थोरै भएकाले भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको छ।, ‘पहिले हामी मासिक २ लाख रुपैयाँ भाडा तिरेर बसेका थियौं। छोटो अवधिमै आफ्नै कार्यलय भवन बनाएपछि अब भाडामा खर्च हुने रकम विकासका काममा लगाउन सक्छौं,’ उनले भने।, नगरपालिका भवन बनाउन प्रदेश र संघ सरकारले पनि सहयोग गरेका थिए।, खनालले भवन निमार्ण गर्न सुरूवाती चरणमा भीरकोट नगरपालिकाकै आन्तरिक स्रोतबाट डेढ करोड मात्र खर्च भएको बताए। , कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक कठ्ठा जग्गामा भवन बनाएको नगरपालिकाका योजना प्राविधिक प्रमुख दिपेन्द्र कुँवरले जानकारी दिए। सवा तीन करोड खर्चेर नगरपालिकाले भवन बनाएको हो।, ‘सरकारले पनि कार्यालय भवन निर्माणको लागि नमूनाहरू पठाएको थियो। तर हामीले भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्थानीय सरकार आउनुअगावै तयार पारेका थियौं। त्यसैले आफ्नै डिजाइनमा भवन बनायौ’, कुँवरले भने,‘हामीले लालपुर्जा नभएको सरकारी जग्गामा भवन निर्माण गरेका हौ।’, संघीय सरकारको सहयोग र नगरपालिकाको आन्तरिक स्रोत खर्च गरेर भवन बनाएको कुँवरले बताए।, कृष्णपुर नगरपालिकाले हाल आफ्नै नयाँ कार्यालय भवनबाट सेवा-सुविधा दिँदै आइरहेको कुँवरले बताए।, पालिकाहरूले यी भवनहरू आधुनिक र भव्यमात्रै बनाएका छैनन्, अहिलेका भवनहरू बाल, जेष्ठ नागरिक र अपाङ्ग मैत्री भएको जनप्रतिनिधिहरूले दाबी गरेका छन्।, आफूहरूले पालिकाको आफ्नै भवन नहुँदा भाडामा लिएर, फरक-फरक ठाउँमा बसेर काम गर्नु परे पनि अब आउने जनप्रतिनिधिले त्यस्ता समस्या झेल्न नपर्ने जनप्रतिनिधिहरूको बुझाइ छ।, हेर्नुस् केही पालिकाका भवनहरू:, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका भवन। तस्बिरः किरण थापा।, चन्द्रागिरि नगरपालिका।,
पालिकाले पाँच वर्षमा ठड्याएका ‘सिंहदरबार’
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ५९ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा १९ हजार १०४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९३९६, भक्तपुरमा २६७२ र ललितपुरमा ७०३६ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ३६५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार १०२२ पिसिआर परीक्षणबाट र ५४८ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ६१४६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, ,
काठमाडौं उपत्यकामा थपिए ४३७ संक्रमित
|
रासस झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ ।, विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।, महिनौँ लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिकलगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल भएको देखिँदैन । , विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा प्रमुख अशोक भण्डारीले तालाबन्दीका कारण केन्द्रीय कार्यालयको कामकाज ठप्प भएको बताए । ‘कार्यकारी परिषद्ले आफ्नो अधिकार प्रयोग गरी रिक्त पदमा नियुक्ति दिएका हो’, उनले भने, ‘विद्यार्थी सङ्गठनले असन्तुष्टि जनाउँदै तालाबन्दी गरे ।’ , उनले विश्वविद्यालयका क्याम्पसको अध्ययनअध्यापन भने सञ्चालनमै रहेको बताए ।,
अझै खुलेन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला
|
रासस वैदेशिक रोजगारीका लागि मलेसियाको जोहार बरुमा रहेका कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ।, नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो। मृतकको शव जोहारको अस्पतालमा राखिएको छ।, चौधरी मलेसियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा ६ वर्षदेखि कार्यरत थिए। उनी अविवाहित थिए।, ‘काकाको छोरोका विवाहका लागि केही दिनमै घर आउँदै छु। केही सामानसमेत खरिद गरेको छु भनेर मलेसियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो’, मृतकका छिमेकी बुद्धिराम चौधरीले भने, ‘फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेका छौँ।’, मृत्युको खबर सुनेपछि पूरै परिवार र छिमेकी शोकमग्न भएको उनले बताए। मृतकको शव नेपाल ल्याउन मलेसिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको चौधरीले बताए। रासस,
मलेसियाबाट ‘केही दिनमै घर आउँछु’ भनेका थिए, सवारी दुर्घटनामा परेर बिते!
|
सेतोपाटी संवाददाता नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।, पश्चिमी वायुकाे प्रभावका कारण देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ।, महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ। , यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे छ। अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेकाे छ। , आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेकाे छ ।, देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाे माैसमविद्ले जानकारी दिएका छन् । , यस्तै बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।, कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, बिहिबार प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ।, प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।,
पश्चिमी वायुको प्रभाव कायमै, प्रदेश १ मा हल्का वर्षाको सम्भावना
|
युनिक श्रेष्ठ चिसो मौसममा झरी पर्नेबित्तिकै काठमाडौं उपत्यका वरिपरिका डाँडामा हिउँ पर्छ। हिउँ परेपछि नरमाउनु पनि कसरी!, न्यानो कपडा, बाक्लो जुत्ता र पञ्जा लगाएर नजिकैको कुनै गन्तव्यमा हिउँ खेल्न जानेको लर्को नै लाग्छ। अचेल यसरी हिउँ खेल्न चाहनेहरू कि त फुल्चोकी जान्छन् कि चन्द्रागिरि। अलि टाढा पुग्नुपरे नगरकोटसम्म पुग्छन्।, कतिपय आफ्नो सवारीसाधन लिएर जान्छन्, कतिपय हिँडेरै ‘हाइकिङ’ जान्छन्।, चन्द्रागिरि नगरपालिका-६, महादेवस्थान बस्ने प्रकाश गुरूङका छोराछोरी पनि शुक्रबार र शनिबार चन्द्रागिरिमा हिउँ परेपछि आइतबार हाइकिङ गएका थिए।, प्रकाशका ठूला छोराछोरी पहिले पनि हाइकिङ गइरहन्थे। चन्द्रागिरिबाट हिँडेर फर्पिङ निस्किने गर्थे। त्यसैको सिको गर्दै परिवारका अरू केटाकेटी त्यस दिन हाइकिङमा निस्किए।, चन्द्रागिरि हाइकिङ जाने टोलीमा २२ वर्षीया रिता गुरूङ, १५ वर्षीया सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविन थिए। उनीहरू आइतबार दिउँसो करिब १२ बजेतिर केबुलकारमुनि भएको सिँढी चढ्न थाले।, ‘हिउँ मात्रै खेल्न जाने हो भने त केबुलकारबाट पनि पठाउन सकिन्थ्यो तर उनीहरू हिउँ सँगसँगै हाइकिङ गर्न चाहन्थे,' प्रकाशले भने, 'सुरूमा त हामीले नजानू नै भनेका थियौं। हाम्रा केटाकेटी पहिले पहिले पनि हाइकिङ गइरहेकाले छिट्टै घर फर्किन्छन् भन्ने लागेको थियो। हिँडेरै माथिसम्म पुग्छन् भन्ने त सोचेकै थिएनौं।' , दिउँसो पनि फोन गरेर छिट्टै फर्किनू भनेको प्रकाशले बताए।, ‘हामी ३ बजेदेखि नै उनीहरूको सम्पर्कमा थियौं। हामीले फर्किएर आउनू, त्यहाँ बाघ-भालू आउँछ भनेर भनेका पनि थियौं,’ प्रकाशले भने।, यसरी साथीभाइसँग हिउँ खेल्न वा हाइकिङ जाँदा रमाइलो त हुन्छ, तर त्यसबीच बाटोमा कतिपय हराउँछन् पनि। पहिले पहिले फुल्चोकीमा हिउँ खेल्न जाँदा मानिस हराएको भन्ने सुनिन्थ्यो। फुल्चोकीले त कतिको ज्यानै लिएको छ। , अहिले चन्द्रागिरिमा पनि हराएका र चिसोले कठ्याङ्ग्रिएर ज्यान गएका खबर आउन थालेका छन्।, त्यस्तै घटना आइतबार भयो।, चन्द्रागिरि हाइकिङ गर्न गएका ती केटाकेटी बाटोमै हराए। , बाटो हराए पनि मोबाइल सम्पर्क भइरहेकाले उनीहरूको आवाज अभिभावकसम्म पुगिरहेको थियो। तर त्यो घना जंगलमा उनीहरू कता छन् अत्तोपत्तो थिएन।, अपराह्न ३ बजे टेलिफोन सम्पर्क हुँदा 'अब हामी फर्कियौं' भनेका केटाकेटी अबेरसम्म घर नआइपुगेपछि घरपरिवार तथा छरछिमेक गरी १५-१८ जनाको टोली राति नै खोज्न हिँडेको प्रकाशले बताए।, 'हाइकिङ गएका केटाकेटीले फोनमा भनेअनुसार उनीहरू गएकै बाटो फर्किन खोजेका थिए तर कुन ठाउँमा पुगेर बाटो बिराए पत्तो पाएनन्,' प्रकाशले भने, 'यस्तो अवस्थामा हामीलाई पनि कहाँ खोज्न जाने अलमल भयो। त्यसपछि हामीले राति साढे ८ बजेतिर प्रहरीलाई खबर गर्यौं।', प्रहरीलाई भनिएको थियो, ‘पाँच जना बच्चाहरू चन्द्रागिरिको जंगलमा हराएका छन्। उनीहरू सबै जना सम्पर्कमै छन् तर कहाँ छन् फेला पार्न सकिएको छैन।’, त्यसपछि घटनास्थल नजिकै थानकोटको प्रहरी टोली खटियो। प्रहरीले पनि हराएका केटाकेटीसँग सम्पर्क गरिरहेको थियो। तर उनीहरूले आफू कहाँ छन् भन्ने यकिन जानकारी प्रहरीलाई दिन सकेनन्।, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय पनि हराएकाहरूको खोजीमा मिसिए।, उनीहरूको लोकेशन थाहा पाउन प्रहरीले विभिन्न तरिका अपनायो। पाण्डेयले बालबालिकाहरूलाई चिच्याउन भने। प्रहरीले तलबाट साइरन बजाएर उनीहरूलाई त्यसको आवाज सुने/नसुनेको पनि सोधे।, उनीहरूले आवाज सुनेको जवाफ दिए।, यति गरेपछि उनीहरू कहाँ छन् भन्ने अनुमान प्रहरीले गर्यो। त्यसबीच उनीहरूको फोन घरि लाग्ने घरि नलाग्ने भइरहेको थियो। , ‘स्थानीयको टोली पनि गएको थियो। तर उहाँहरू आवाजकै भरमा जानुभयो। बत्ती लग्नुभएको थिएन,’ प्रहरी नायब उपरीक्षक पाण्डेयले भने, ‘खोज्न गएका आफन्तहरू कोही फर्किए, कोही त्यहीँ अड्किए।’, यसबीच फुल्चोकीमा हुने घटना नदोहोरियोस् भनेर महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी र प्रहरी उपरीक्षक दिनेशराज मैनालीको समन्वयमा विपद् व्यवस्थापन टोलीसँग सम्पर्क गरियो।, ‘फुल्चोकीमा पनि मानिसहरू हराएर दुर्घटना भएका घटना छन्। त्यस्तै नदोहोरियोस् भनेर विपद्को टोलीसँग पनि समन्वय गर्यौं,’ प्रहरी उपरीक्षक मैनालीले भने, ‘बच्चाहरू सँगै छन् वा छैनन् भन्ने कुरा महत्वपूर्ण थियो। धन्न उनीहरू सबै सँगै थिए।’, परिसरले सामाखुसीस्थित विपद् व्यवस्थापन गुल्मको टोली बोलायो। प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली खटिएको थियो। त्यो टोली दुईवटा जेनेरेटर, डोरी, ठूला लाइटहरू बोकेर घटनास्थल पुगेको थियो।, यति बेलासम्म प्रहरीको मात्रै ३७ जनाको टोली चन्द्रागिरिमा खटिसकेको थियो। उता परिवारबाट पनि १५-१८ जनाको टोली खटिएको थियो। , प्रहरीको एउटा टोली पैदल हिँड्यो। अर्को दुइटा टोली केबुलकारमाथि चढेर हेर्न हिँड्यो। , ‘हामी माथि जाँदा २०-२५ मिनेट लगाएर हेर्यौं। फर्किने क्रममा चार नम्बर टावरमा आएर रोकियौं,’ पाण्डेयले भने, ‘त्यहाँ रोकिँदा तल जंगलको पूर्वी क्षेत्रमा चिच्याइरहेको सुन्यौं। मोबाइलका केही स-साना लाइटहरू पनि देखिए।’, केबलकार चढेर हेर्दा बालबालिकाहरू भएको क्षेत्र पत्ता लाग्यो।, ठाउँ यकिन भएपछि टोली तल फर्कियो। , सुरूमा प्रहरी निरीक्षकसहित गएको टोली अर्कै बाटो हिँडेको थियो। फेरि प्रहरी नायब उपरीक्षक पाण्डेयसहितको टोली अर्कै बाटो हुँदै त्यहाँ गयो। , बालबालिकाहरू पनि आफ्नो उद्धार छिट्टै होस् भनेर चिच्याइरहेका थिए। , ‘उनीहरू एकसाथ एक, दुई, तीन भन्दै चिच्याउँदै थिए,’ प्रकाशले भने।, यसरी बालबालिकालाई भएको ठाउँ पत्ता लगाउँदासम्म मध्यरात भइसकेको थियो। स्थानीयसहित गएको टोली पनि नजिकै पुगिसकेको थियो। , ‘प्रहरीले माथि केबलकारबाट हेरिरहेको थियो। त्यतिबेलासम्म हाम्रा भाइहरूले पनि उनीहरूलाई भेटाइसकेका थिए,’ प्रकाशले भने, ‘तर उनीहरूलाई त्यो बाटोबाट ल्याउन भने निकै गाह्रो भयो। सकेनन्।’, यता प्रहरीको टोली विपद् व्यवस्थापनमा प्रयोग हुने सबै सामग्रीसहित हिँडेको थियो। त्यो टोलीले बालबालिकाहरूलाई राति करिब सवा १ बजे फेला पार्यो।, ‘बच्चाहरू एकदमै अप्ठेरो ठाउँमा फसेका थिए। तलबाट गएका स्थानीयले पनि फेला पार्न त पारिसकेका थिए तर एकदमै अप्ठेरो ठाउँ,’ प्रहरी नायब उपरीक्षक पाण्डेयले भने, ‘बाटो बिराए। बाटोको ट्र्याक छोड्यो भने अन्त सबै भिर नै थियो।’, चिसोका कारण केही समस्या आउन सक्छ भनेर प्रहरीले एउटा एम्बुलेन्स पनि तैनाथ राखेको थियो। तत्कालै उनीहरूको उद्धार गरी बलम्बुस्थित ओम समाज अस्पताल लगियो। , त्यहाँ जाँच गर्दा बालबालिकाको अवस्था सामान्य थियो। त्यसपछि उनीहरूलाई प्रहरी वृत्तमा ल्याइयो। , बालबालिकाले निरन्तर चिच्याउँदा र उनीहरूको मोबाइल फोनको ब्याट्री नसकिनाले पनि धेरै सहयोग भएको प्रहरीले जनाएको छ। प्रहरीले झन्डै पाँच घन्टा खटिएर उद्धार गरेको परिसरले जनाएको छ। , सबै परिवार र प्रहरीहरू फर्किंदा बिहान ३ बजेको थियो। , आफ्ना बालबालिका बाटोको ट्र्याक स्पष्ट नहुनाले पनि हराएको प्रकाश गुरूङ बताउँछन्। , ‘प्रहरी र स्थानीय भाइहरू सबै मिलेर फेला पार्नुभयो। धेरै धन्यवाद छ,’ उनले भने, ‘तर त्यहाँका ट्र्याक स्पष्ट भएनन्। त्यसलाई पनि व्यवस्थित बनाउनुपर्यो।’, उद्धार गरेर ल्याइसकेपछि केटाकेटीले आफूहरू कसरी हराए भनेर परिवारलाई बताएका छन्। उनीहरूको चहाना चन्द्रागिरि मन्दिरमा पुगेर हिउँ खेल्ने थियो। तर उनीहरू त्यहाँसम्म पुग्न पाएनन्। समय अभावले बीचबाटै फर्किए तर आउँदा आउँदै बाटो बिराए।, परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक मैनाली यो घटनाबाट पाठ सिकेर कसैलाई पनि लहैलहैमा नलाग्न अनुरोध गर्छन्। , ‘हामी प्राय: लहैलहैमा लागिरहन्छौं। कतै जानैपर्ने भए एउटा राम्रो योजना बनाएर जाँदा राम्रो हुन्छ। समयमै पुग्ने र समयमै फर्किने गरी गयो भने राम्रो,' उनले भने, 'अभिभावकसँग पनि आफ्ना बालबलिकालाई आँखाअगाडि नै राख्न विनम्र अनुरोध गर्न चाहन्छु।’, त्यस्तै प्रहरीका चेतनामूलक अनुरोध मात्रै पालना गरे पनि दुर्घटनाबाट जोगिन सक्ने उनको भनाइ छ।, ‘कोही व्यक्ति हराएकै छ भने हामीलाई जतिसक्दो छिटो खबर गरेको राम्रो। हामी छिटोभन्दा छिटो रेस्क्यू गर्न खटिन्छौं। हिजोको घटनामा परिवारले थाहा पाउनबित्तिकै हामीलाई खबर गरेको भए छिटो उद्धार हुन्थ्यो,' उनले थपे, 'प्रहरी अधिकारीहरूको राम्रो टिम वर्कले धन्न सकुशल उद्धार भयो।’, , , ,
यसरी भयो चन्द्रागिरिको घना जंगलमा हराएका पाँच जनाको उद्धार
|
सविता बुढा डेढ वर्षअघि बेलौरीपारि लालझाडीका ६० वर्षीय सादुराम राना दोदा नदी तर्ने क्रममा बगेर बेपत्ता भए।, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले खोजी गरे तर सादुराम पनि फेला परेनन् ।, गत वर्षातमा मजदुरी गरेर फर्किंदै गरेका एकजना स्थानीयवासी दोदा तर्दै गर्दा उनको साइकल नदीले बगायो। आफू जसोतसो जोगिए।, लालझाडीबाट बेलौरीका स्कुल जाने विद्यार्थीहरू पुल नहुँदा घुमाउरो बाटो हिँडन बाध्य छन्। लालझाडीबाट बेलौरी आउजाउ गर्ने सबैलाई दोदा नदी समस्याका रूपमा रहेको छ ।, बेलौरी नगरपालिका–५ भकुन्डाकी स्थानीय शिक्षिका जानमती राना भन्छिन्, ‘पुल नहुँदा नदी तर्न र सामान ओसारपसार गर्न समस्या छ, खेतीका लागि वारिपारि गर्नुपर्नेहरूलाई बर्खामा ठूलो समस्या हुन्छ।’, आफू सानो छँदा पनि भकुन्डामा दोदा नदी तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको सुनेको बताइन्।, नदीमा स्थानीयबासी रामअवतार रानाले काठको पुल लगाएका छन्। रामअवतारले विगत पाँच वर्षदेखि हरेक वर्ष निजी खर्चमा काठको पुल बनाउँदै आएका छन्। पुलबाट मोटरसाइकल तारेको ३० रुपैयाँ र साइकलको १० रुपैयाँ तिर्नुपर्छ।, जानमती भन्छिन्, ‘वर्षामा त पानीमै पसेर तर्नुपर्छ। तर्न नसक्नेले पौडिनेहरूसँग सहयोग माग्नुपर्छ।’, लालझाडी गाउँपालिका रानाथारूको आरक्षण क्षेत्रका रूपमा मानिन्छ। यहाँका ९८ प्रतिशत वासिन्दा रानाथारू रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको भनाइ छ ।, बेलौरी र लालझाडी जोड्ने मुख्य नाका भकुन्डा हुँदै जाने बाटो हो। लालझाडीबाट कञ्चनपुरको महेन्द्रनगर जान र बेलौरीबाट कैलालीको धनगढी पुग्न पनि पुल नभएर समस्या छ।, बेलौरी–५ का बासिन्दा तथा नेपाली कांग्रेसका क्षेत्रीय सचिव बिसराम राना दोदा नदीमाथि पुल नहुँदा आफ्नो समुदायको धार्मिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा असर परेको बताउँछन्।, बेलौरीमा रानाथारू संग्रहालय छ। संग्रहालय ५ करोड ३६ लाख रुपैयाँको लागतमा बनेको हो। बेलौरीको कालेश्वर महादेव मन्दिरमा माघी, दसहरा, शिवरात्रि र रानाथारुको होलीमा मेला लाग्छ। नदीमा पुल नहुँदा यी उत्सवहरूमा सहभागी हुन समस्या पर्ने गरेको छ।, भकुन्डाका किसानको ३५ बिघाभन्दा बढी उखुखेती लालझाडीमा पर्छ । पुल नहुँदा यी किसान पनि समस्यामा पर्ने गरेका छन्।, बिसाराम भन्छन्, ‘उखु बोक्न ट्याक्टर हिँड्ने बाटो छैन। अहिले पनि पानी तरेरै ढुवानी गर्नुपरेको छ।’, बेलौरी र लालझाडी जोड्ने पुलभन्दा पछि ठेक्का भएको अर्को पुल बनिसकेको छ।, लालझाडी गाउँपालिकाको वडा नम्बर २ र बेलौरी नगरपालिकाको वडा नम्बर ५ जोड्ने पुल बनाउने ठेक्का २०७२ सालमै भएको हो तर काम सकिएको छैन।, ठेकेदारको लापरबाहीले निर्माणमा ढिलाइ भएको बासिन्दाहरूको आरोप छ। ठेकेदार कम्पनीले समयमा सामान जुटाउन नसकेको उनीहरूको भनाइ छ।, निर्माणको काम गर्ने एक जना मिस्त्रीका अनुसार सबै सामान फटाफट जुट्ने हो भने तीन महिनामा काम सकिन्छ तर यस्तै अवस्थामा जति समय पनि लाग्न सक्छ।, सुदूरपश्चिममा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका विकट बस्तीमा पुल नहुँदा त्यहाँका बासिन्दाहरूको सास्ती भौग्नु परेको छ।, सरकारले वर्षौं पहिले बजेट छुट्याएर ठेक्का सम्झौता गरेका पुल पनि बनेका छैनन्। यस्ता धेरै पुल निर्माणको म्याद सकिएको छ तर काम सकिएको छैन।, भकुन्डामा दोदा नदीमाथि पुल बनाउन २०७२ साल पुस २६ गते २६ करोड रुपैयाँ बजेटमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७५ पुसमा पुल तयार भइसक्नु पर्ने थियो ।, ठेक्का सम्झौता भएको ६ वर्ष पूरा भएको छ। पछिल्लो पटक थपिएको म्याद आगामी चैत मसान्तमा सकिँदै छ तर काम सकिने छाँट छैन। पुलको लम्बाइ २५५ मिटर छ।, निर्माणको ठेक्का शर्मा थेगिम नागार्जुन जेभीले पाएको छ। पुलको डिजाइन ‘रिभ्यू’ गर्नु परेकोले निर्माणमा ढिलाइ भएको ठेकेकार कम्पनीका अधिकारीको भनाइ छ।, कम्पनीका साइट इन्जिनियर दिनेश बटालाले सुरूमा ३ वर्षको योजना भए पनि छेउका दुइटा र बीचका पिलरको उचाइ फरक परेपछि डिजाइन रिभ्यू गर्नु परेको बताए। रिभ्यूका कारण २०७४ सलामा मात्रै काम सुरू भयो।, उनका अनुसार डिजाइन रिभ्यूमा बीचका पिलरको उचाइ बढाएपछि काम भइरहेको छ।, अहिले पुलको पाँचौं स्पानको काम भइरहेको छ। चौथो स्पान ढलानको तयारी भएको बटालाले बताए। हालसम्म ठेकेदार कम्पनीले १६ करोड रुपैयाँ भुक्तानी लिएको छ।, बटालाका अनुसार आउने चैत मसान्तसम्ममा मुख्य काम सकिनेछ र असारसम्ममा पुल तयार हुनेछ।, सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर पियुस चटौत भने डिजाइन रिभ्यूले ढिलो भएको भन्ने कुरा मान्न तयार छैनन्। निर्माण कम्पनीका कारणले पनि ढिलो भएको उनको भनाइ छ।, उनले कोरोनाको संक्रमणका कारण केही ढिलो भएको हुन सक्ने बताए। अहिले धमाधम काम भइरहेकाले आगामी असारभित्रै सकिने उनको विश्वास छ। ,
तीन वर्षको काम छ वर्षमा पनि सकिएन, ठेकेदारको बहाना- डिजाइन 'रिभ्यू'
|
सेतोपाटी संवाददाता बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको सोमबार ८ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ।, बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।, बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्रा जेनेका ,#कोभिड१९, खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ। खोपले काम गर्छ । यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ।,@mohpnep, ,#VaccinesWork, ,pic.twitter.com/XIT3lqhg9O,
— NicolaPollitt (@NicolaPollittUK) ,February 7, 2022, उनका अनुसार आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने छ। अहिलेसम्म नेपालमा चार करोड ६६ लाख मात्राभन्दा बढी खोप नेपाल आइसेकेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३ करोड ४० लाख ८४ हजार ८६८ मात्रा खोप नेपाल आइसकेको छ। जसमध्ये कुल जनसंख्याको ७०.६ प्रतिशतले कम्तिमा एक मात्रा र ५३.३ प्रतिशतले दुबै मात्रा खोप लगाइसकेका छन्।, यस्तै लक्षित जनसंख्याको ८८.४ प्रतिशतले पहिलो मात्रा र ७२.७ प्रतिशतले दुबै मात्रा खोप लगाइसकेका छन्। ,
बेलायतबाट आयो साढे आठ लाख डोज एस्ट्राजेनेका खोप, थप १३ लाख डोज आउँदै
|
रासस नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग) को मृत्यु भएको छ।, शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो।, ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जंगलमा मृत रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ ।, उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिए। हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो। एक वर्षको मृत मृग खाडलमा पुरिएको छ। , शिकार आरक्षको बुकी क्षेत्रमा बाक्लो हिउँ पर्ने हुँदा माथिल्लो क्षेत्रमा रहने जङ्गली जनावर जाडो छल्न ढोरपाटन उपत्यकामा झर्छन्। तल्लो क्षेत्रमा झरेको बेला बाक्लो हिउँ पर्दा जङ्गली जनावर चिसोका कारण मर्ने गरेका छन्। लामो समय हिउँ नपग्लिएपछि कतिपय जनावर भोकको कारण पनि मर्छन्।, अत्यधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ। शिकार आरक्ष जाने बुर्तिवाङ–ढोरपाटन शिकार आरक्ष केन्द्र सडकखण्डको सुप्राङबाट ढोरपाटन उपत्यकासम्मको खण्ड पूर्णरूपले अवरुद्ध बनेको छ । यातायात सञ्चालन पूर्ण अवरुद्ध भएको रेन्जर रेग्मीको भनाइ छ। ,
ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग
|
एजेन्सी भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ।, महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए।, कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितको संख्या एकाएक बढेको थियो। संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार १ सय ८५ जना संक्रमित फेला परेका छन्। जुन अघिल्लो दिनको तुलनामा २० हजारले कमि हो। अघिल्लो दिन भारतमा ८३ हजार ८७६ जना संक्रमित भएका थिए। , यस्तै विगत २४ घन्टा भित्र भारतमा १ लाख ७५ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छन्। अघिल्लो दिन सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या एक लाख ९९ हजार ५४ रहेको थियो। , एउटै अवधिमा नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या दोब्बर भन्दा बढी रहेको छ। त्यसैले सक्रिय संक्रमितहरुको संख्या पनि घट्दै गएको छ। , भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या ९ लाख ८८ हजार ३ सयमा झरेको छ। पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले ११७१ जनाले ज्यान गुमाएका छन्। यो सँगै भारतमा कुल ५ लाख ४ हजार ७८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।,
भारतमा दैनिक संक्रमितको संख्या ६३ हजारमा झर्यो, संक्रिय संक्रमित १० लाखभन्दा तल
|
नारायण न्यौपाने सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ। स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ ।, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले खेलकुदलाई राष्ट्रिय एकता सुदृढ तुल्याउने र अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय पहिचान स्थापित गर्ने प्रमुख माध्यमकारूपमा विकास र विस्तार गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै अघि बढाइने बताए। ‘खेल विधा एउटा क्रियाकलाप मात्र होइन, राष्ट्रियता र राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, देशप्रति लगाव एवं अरु देशसँग सम्बन्ध विस्तार गर्ने औजार हो,’ उनले भने।, विश्वव्यापी मूल्य, मान्यता र प्रविधिको संयोजनबाट नागरिकलाई रोजगारको अवसर सिर्जना गर्न, खेल पर्यटनका माध्यमबाट दिगो विकासका शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता तथा आर्थिक वृद्धिलगायतका लक्ष्य हासिल गर्न स्थानीय तहदेखि नै खेलकुदको संस्थागत विकास गर्न विभिन्न कार्ययोजना बनाएर मन्त्रालय अघि बढेको छ। व्यक्तिको शारीरिक तन्दुरुस्ती, सामाजिक, मानसिक र संवेगात्मक पक्षको सन्तुलित विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ।, विश्वका प्रत्येक राष्ट्र खेलकै माध्यमबाट क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायसँग जोडिदै आएको र नेपाल पनि अन्तर्राष्ट्रिय तथा आफ्नै मौलिक खेल विधाद्वारा विशिष्टता हासिल गरिरहेको सचिव रेग्मीले उल्लेख गरे। विश्वका चर्चित खेल फुटबल, भलिबल, क्रिकेट, जुडो, कराते, तेक्वान्दोमा समेत मुलुकको पहिचान स्थापित गरेको नेपालले पर्वतीय सहासिक खेल विधामा अरुका सामु अब्बल सावित गरिसकेको छ।, एक–अर्काे देशबीचको सम्बन्धलाई दर्बिलो तुल्याउने माध्यमका रूपमा रहेका खेलकुद विधाका माध्यमबाट सम्बन्ध विस्तार गर्न र देशको श्रीवृद्धिका लागि परराष्ट्र, अर्थ, युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद्, खेल सङ्घ, खेलाडी, प्रशिक्षकको महत्वपूर्ण भूमिका रहनेछ। नेपालले हाल खेलकुद विधाकै माध्यमबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग सङगठन (सार्क) तथा अरु एशियाली मुलुकसहित अन्तर्राष्ट्रिय जगत्मा देशको झण्डा फहराउने र राष्ट्रियगान घन्काउँदै आएको छ।, तत्तत् देशका खेलाडी स्वयं, मन्त्रालय–मन्त्रालय, खेलकुद परिषद्, विषयगत खेलकुद सङ्घ, समर्थक क्लब (फ्यानक्लब), समर्थक, प्रशिक्षकबाट पनि त्यत्तिकै अग्रसरता र चासोले विश्व खेलकुद क्षेत्रका नवीनतम् अभ्यास भित्र्याउन तथा खेल क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न योगदान पुग्ने सचिव रेग्मी बताउँछन्।, विश्वका कयौं मुलुकले खेलकुदकै माध्यमद्वारा पहिचान स्थापित गर्न सफल भएकाले नेपाललाई सागरमाथा र गौतमबुद्धका अतिरिक्त सहासिक खेलकुदका माध्यमबाट पनि परिचय स्थापित गर्ने सम्भावना प्रशस्त रहेको तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय प्रशिक्षक दीपेन्द्र ढकालले बताए।, सरकारले खेलकुद पूर्वाधारको विकास, विस्तार र स्तरोन्नति गर्दै खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी र व्यावसायिक तुल्याउन तथा सबै क्षेत्रमा खेलकुदलाई मूलप्रवाहीकरण गर्ने उद्देश्य राखेको छ । खेल क्षेत्रका विकास र विस्तारका लागि पूर्वशर्तका रूपमा खेलाडी पहिचान, पूर्वाधार विकास र प्रतिस्पर्धालाई लिँदै आएको छ । मन्त्रालयले एण्टिडोपिङ, म्याच फिक्सिङ तथा बल टेम्परिङजस्ता गैरकानुनी कार्यलाई निरुत्साहन गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।, प्रतिभावान खेलाडी पहिचान, खेलाडी प्रशिक्षक प्रोत्साहन र सामाजिक सुरक्षाको सुनिश्चिता, खेल सहर विकास, खेलकुद क्षेत्रलाई प्रवर्द्धन, व्यावसायिक र मैत्रीपूर्ण खेल प्रतियोगिता र खेल विशेष विज्ञता हासिल गरेका मुलुकसँगको सहकार्य र समझदारीलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ।, सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशालासहित खेलमैदान, उच्च भू–भागीय खेलकुद तालिम केन्द्र, सार्वजनिक–निजी साझेदारी खेल पूर्वाधार विकास, सङ्घसंस्था सुदृढीकरण, खेल शैक्षिक संस्था स्थापना र प्रतिष्ठान स्थापनालाई जोड दिँदै आएको छ।,
खेलकुद विधालाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयास
|
सेतोपाटी संवाददाता प्रहरीले कपिलवस्तुबाट पाँच हजार किलो केराउ बरामद गरेको छ।, सोमबार राति प्रहरीले यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो।, भारत गइरहेको युपी ५५ टी २२९५ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त परिमाणको केराउ बरामद भएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।, ट्रक चालक भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरिलाई नियन्त्रणमा लिइएको भण्डारीले बताए।, तेस्रो मुलुकबाट निकै सस्तो मूल्यमा नेपालमा आउने केराउ व्यापारीको मिलेमतोमा भारततर्फ तस्करी हुँदै आएको छ।, बरामद केराउको मूल्य ५ लाख रुपैयाँ रहेको भण्डारीले बताए। नियन्त्रणमा लिइएको ट्रक र केराउको मूल्य १७ लाख मूल्यांकन गरी भन्सार कार्यालय सुठौली पठाउने तयारी भइरहेको उनले बताए।,
पाँच हजार किलो केराउसहित कपिलवस्तुबाट भारतीय ट्रक नियन्त्रणमा
|
रासस हवाईमार्गबाट पवित्र तीर्थ गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन्। हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन्।, एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ।, सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेनसमेतका हेलिकोप्टर कम्पनीले आइतबारका दिन तय गरेको धार्मिक उडानसमेत हिमहुरी चलेका कारण स्थगन गरेका थिए।, दुई दिनअघि परेको हिमपातले गोसाइँकुण्ड ताल पूरै बरफ भएको छ। डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन्। अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चार वटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार तामाङले बताए।, धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने गोसाइँकुण्ड तीर्थमा पैदलमार्गबाट जान नसक्नेका लागि पछिल्लो समय मौसमको अवस्था हेरी हेलिकोप्टर कम्पनीले उपलब्ध गराएको हावाई सेवाबाट स्थानीय भक्तजन प्रफुल्लित हुँदै आएको पुरोहित टंकप्रसाद ढकालले बताए। अत्यधिक हिमपातका कारण पैदलमार्गबाट गोसाइँकुण्ड जाने भक्तजनको ओहोरदोहोर रोकिएको छ।, विशेषगरी चन्दनबारीबाट माथिल्लो भाग लौरीविनायक, बुद्व मन्दिर, तेरसो ककरोभिर हुँदै कुण्डसम्मको धार्मिकमार्ग हिमपातले पूरै छोपेको छ।, पानीका पाइपसमेत हिउँले छोपिएका कारण चोलाङपाटीबाट लौरिविनायक एवं गोसाइँकुण्डका होटलसमेत बन्द भएका स्थानीयवासी बताउँछन्। यस्तै सदरमुकाम धुञ्चेसमेतका तल्लो क्षेत्रमा यही शुक्रबार र शनिबार परेको हिउँ भने पग्लिँदै गएको छ।, समुद्री सतहबाट करिब चार हजार फिटसम्मका हिउँ पग्लिएपछि पैदलयात्रीलाई सहज भएको स्थानीय रेशम तामाङले बताउनुभयो । होचो स्थानका हिउँ पग्लिएपछि चरण क्षेत्र खुला भई पशु आहारामा समेत सहज हुँदै आएको पशुपालक किसानले जानकारी दिएका छन् ।,
हिउँहुरीका कारण हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित
|
रासस गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ। पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो। मर्मत भएको सडक कच्चीरूपमा खोलिएको, एकतर्फी सडक सञ्चालनमा आएको बताइएको छ। पहिरो झरेको माथिल्लो भागको भित्तो कोपरेर सवारीसाधन गुड्ने गरी सडक निर्माण गरिएको छ ।, तत्कालका लागि मालवाहक सवारी एकतर्फीरूपमा मात्र सञ्चालन हुने गरी सडक निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।, उनका अनुसार जोखिम कायमै रहेकाले दिउँसो मात्र सञ्चालन गर्न सहज हुने छ। मेची राजमार्गमा पहिराका कारण सडक झरेपछि ताप्लेजुङ, पाँचथरलगायतबाट इलाम हुँदै झापा तथा काठमाडौँसम्म सञ्चालन हुने साना तथा ठूला सवारी इलाम बजार भएर नै गुड्ने गरेका थिए। अब भने इलाम बजारको जामसमेत हट्ने भएको छ।, करिब तीन महिनायता ठेक्का लागेर निर्माणाधीन पक्की सडक भने सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ। सो सडक मर्मतको काम डिभिजन सडक कार्यालय इलामले गरिरहेको छ। मर्मतका लागि मेची राजमार्गमा पक्की पुल नै निर्माण हुने भएकाले समय लाग्ने बताइएको छ । , गत असोज १६ गतेदेखि सडकमा पहिरो खस्न सुरु भएपछि अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि साना सवारी इलाम बजार भएर एकतर्फीरूपमा चल्दै आएका थिए। ठूला मालवाहक सवारी भने रातको समयमा मात्र गुड्ने गरेका थिए।, पाँचथर, ताप्लेजुङलगायत जिल्लाका उत्तरी र पश्चिमी क्षेत्रबाट आएका ठूला सवारी धोबीधारा, झापा र सुनसरीलगायतबाट आएका ठूला सवारी जिरोकिलोमा पार्किङ गरी राखेर रातको समयमा ओहोरदोहोर गरिँदै आइएको थियो। ,
चार महिनादेखि पहिरो गएर अवरुद्ध मेची राजमार्ग खुल्यो
|
सेतोपाटी चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैंडा मृतावस्थामा फेला परेको छ। , बाघको आक्रमणबाट गैंडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।, गैंडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए। निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैंडा मरेका छन्। रासस,
मृतावस्थामा गैंडा फेला
|
रासस हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौं दिनपछि सञ्चालनमा आएको छ। सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हो। विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो।, पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्य सम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ।, हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ। नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन्।, यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ। पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ। सीता र तारा एयरले जिल्लाका लागि उडान भरेका थिए।, जिल्ला प्रशासन कार्यालयको सेवा पुनः सुरु, एक हप्तादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारदेखि सञ्चालनमा आएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको थियो।, निमित्त प्रजिअ राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सञ्चालन भएको जानकारी दिए। स्वास्थ्य मापदण्डअनुसार तोकिएको समयमा आइसोलेशन बस्ने अवधि सकिएको र कोरोनामुक्त भएपछि कार्यालय सञ्चालन गरिएको उनले बताए।, कार्यालयले सम्पूर्ण सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई सहज भएको छ। कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने, नयाँ नागरिकता प्रदान गर्न, प्रतिलिपि दिन, अन्य सिफारिस दिन सुरु गरेको छ। सेवा लिँदा सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, खोपकार्ड र सामाजिक दूरी कायम गरिएको हुनुपर्ने उनले बताए।, सेवा बन्द हुँदा जिल्लाका सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो । ,
विमानस्थलको हिउँ पन्छाएपछि सिमिकोटमा पाँचौं दिनपछि हवाई सेवा सुरू
|
सेतोपाटी संवाददाता गोरखामा हिउँ खेल्न गएका दुई जना किशोर बेपत्ता भएका छन्। , पाँच दिनदेखि दुई जना किशोर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। , बारपाक सुलिकोट गाउँपालिका-१ का १६ वर्षीय करण घले र २ का सञ्जय घले माघ २० गते देखि बेपत्ता छन्। उनीहरू दुबै जना साथीहरू हुन्। , उनीहरू हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक जाने भनेर हिँडेका थिए। , ‘उनीहरू २० गते घरबाट लाप्राकमा हिउँ खेल्न भनेर बिहान खाना खाएर १० बजेतिर हिँडेका रहेछन्,’ प्रहरी नायब उपरीक्षक दाहालले भने, ‘त्यस दिनदेखि सम्पर्कविहीन छन्। अन्यत्र पो गएका हुन् कि भनेर पनि अनुसन्धान गर्दैछौं।’, बारपाकदेखि लाप्राकसम्म कच्ची बाटोमा हिँडेर ३-४ घण्टा लाग्ने उनले बताए। , उनीहरू गत बिहीबारदेखि नै बेपत्ता भएपछि आफन्त तथा स्थानीय आफैंले खोजी गरेका थिए। तर उनीहरू फेला नपरेपछि आफन्तले प्रहरीलाई आइतबारमात्रै खबर गरेका थिए। , ‘उहाँहरू आफैंले खोज्नुभएको रहेछ सुरूमा, हामीलाई आइतबारमात्रै खबर भएको हो,’ उनले भने।, स्थानीय र प्रहरी मिलेर उनीहरूको खोजी गरिरहेका छन्। , ‘हामीले उहाँहरूको हुलिया सबै ठाउँ पठाइसकेका छौं,’ दाहालले भने, ‘प्राविधिक विश्लेषण पनि गरिरहेका छौं। कल डिटेल्स पनि मगाएका छौं।’, यता काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ खेल्न हिँडेका पाँच जना बालबालिका बेपत्ता भएका थिए। , चन्द्रागिरिको जंगलमा बेपत्ता भएको खबर पाएपछि प्रहरीको टोलीले उनीहरूलाई मध्यरातमा उद्धार गरेको थियो। ,
गोरखामा हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि बेपत्ता
|
दुर्गा देवकोटा/रासस कैलालीकी रुपा हिजोआज सम्मानजनक व्यवहारका कुरा गर्छिन्।, १३ वर्षको उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन्। तीन सन्तानकी आमा उनले श्रीमानबाट कहिल्यै राम्रो व्यवहार पाइनन्।, पतिले उनलाई कहिल्यै राम्रो बोलिबचनसम्म गरेनन्। सन्तान नहुर्कुञ्जेल रुपाले यी व्यवहार सहेर बसिन्। सन्तान हुर्किसकेपछि उनलाई श्रीमानले गर्ने दुर्व्यवहाविरुद्ध आवाज उठाउन मन लाग्यो।, वैवाहिक जीवनको २३ वर्षपछि उनले अलग हुने निर्णय गरिन्।, ‘मलाई श्रीमानले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिएनन्। खान लाउन दिए, धन सम्पत्ति दिए तर इज्जत दिएनन्। दम्पत्ती भनेका जोडी हुन्। जोडी बराबर भए पो जीवन सजिलो हुन्छ। मैले सधैँ मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर उनले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने,’ उनले भनिन्।, रुपा श्रीमानले दास सम्झने व्यवहारकै कारण आफू मिलेर बस्न नसकेको दाबी गर्छिन्।, ‘उहाँ अरु केही गलत हुनुहुन्नथ्यो, म आत्मसम्मान गिरेको महसुस गर्न थालेँ, उहाँले कहिल्यै बुझ्नु भएन। मनमुटाव विस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय गर्यौँ,’ सम्बन्ध विच्छेदपछि हाल उनी सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन्।, उनी हिजोआज सामाजिक जीवनमा सक्रीय छन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन्।, कैलालीकै रमा धामीलाई पनि श्रीमानको व्यवहार मन पर्दैन। उनी श्रीमानले जीवनसाथीको जस्तो व्यवहार गरुन भन्ने चाहन्छिन्। प्रेम विवाह गरेकी उनले सुरुआति दिनमा श्रीमानबाट साथीजस्तै व्यवहार पाउँथिन्। विवाहपछि व्यवहार बदलियो।, ‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौँ, परिवारको सहमतिमा विवाह भयो। भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमानको नाम लिएर बोल्ने सभ्यता नभएकी रहेछ भनी कुरा काटे,’ उनले भनिन्।, परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो पर्यो। उनले बोलीचनमा सुधार गरिन्। परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गर्न थालिन् तर श्रीमानले थप बोली र व्यवहार बिगारे। तिमी भनेर बोल्ने श्रीमान् तँ भनी सम्बोधन गर्न थाले।, ‘हामी विवाहपछि बराबरी रहेनौँ, हाम्रो हैसियत समेत बदलियो’, उनले भनिन्। दम्पत्ती भनेका जीवनसाथी हुन्। जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ।', तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन्। सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन्।, ‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ। श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसामात्र गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ’, शिक्षक झपट कडायत भन्छन्, ‘परिवारका सदस्यले पनि दम्पत्तीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ।’, बलियो र दीगो सम्बन्धका लागि जसरी श्रीमतीले श्रीमानलाई साथ दिन्छिन् यसैगरी श्रीमानले समेत साथ दिन आवश्यक छ।, अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम सदियौँदेखि चलिरहँदा समाजमा महिलाहरु महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछिन्।, ‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ। यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पत्ती र परिवारले नै लिन नसकेको देखिन्छ। आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको संख्या समेत बढेको देखिन्छ। सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन्,’ उनले भनिन्।, अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्ध विच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउँछन्।, ‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्ध विच्छेदका भएका छन्। सम्बन्ध विच्छेदले परिवार विखण्डन भएको छ। परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्वाद हुन्छ। उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन्,’ उनले भने।,
‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘तँ’ भन्दा...
|
रोहित महतो फागुन १ गतेदेखि नेपालमा रेल चल्ने भएको छ।, जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिनेछ।, अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ। दिनमा एक पटक रेल चलाउने तयारी छ।, यात्रु नबोकी फागुन १ देखि दिनमा एकपटक रेल चलाउन लागिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।, उनकाअनुसार जयनगरदेखि जनकपुर उपमहानगरस्थित कुर्थासम्म रेल सञ्चालन गर्न लागिएको छ।, अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, संचार सुविधा लगायतका व्यवस्थापन भइरहेको पनि उनले बताए।, ‘ट्रयाक क्लियर हुन सकेको छैन। ठाउँ–ठाउँमा हाट बजार लागिरहेको छ, टहरा बनाइएको छ। हामी ट्रली चढेर जाँदा पनि मान्छे लिकमै हिँडिरहेका देखिए। रेलको प्राविधिक अवस्था कस्तो छ भन्ने बुझ्न पनि अहिले यात्रु नराखी रेल चलाउन खोजेका हौं,’ उनले भने।, रेल सेवाको औपचारिक उदघाटनको मिति तय भएको छैन।, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ। फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ।, जयनगरदेखि कुर्थासम्म रेल संचालनका लागि ८४ जना कर्मचारीलाई जनकपुरमा तालीम दिइँदैछ । ५८ जना नेपाली र २६ जना भारतीय कर्मचारीलाई तालीम दिइरहेको महाप्रबन्धक झाले बताए।, माघ २९ गते तालीम सकिएपछि उनीहरू काममा जानेछन्।, पाइलट, को-पाइलट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट लगायतका पदमा कर्मचारी नियुक्त गरिसकिएका छन्।, प्रत्येक स्टेसनमा एक/एक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारी राखिएको छ।, भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो। ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन्।, भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक तयार पार्दैछ। ३ चरणमा निर्माण कार्य भइरहेको छ।, पहिलो चरणमा जयनगर–कुर्था ३६ किमी, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १८ किमी र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमी लिक तथा विभिन्न स्टेशन निर्माण हुँदैछ।, तीमध्ये जयनगर–कुर्थासम्म ३६ किमी ब्रोडगेज तीन वर्षअघि नै तयार भइसकेको छ। बाँकी खण्डमा पनि लिक निर्माण तीव्र गतिमा भइरहेको छ।,
फागुन १ देखि रेल चल्ने तर यात्रु नबोक्ने
|
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाले माघ २४ देखिदेखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।, जिल्ला खोप समन्वय समिति काठमाडौँको माघ २० को निर्णयअनुसार फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो।, महानगरको स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।, यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ।, सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ।, खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ।, कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ। माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर अहीले क्रमिक रुपमा घटिरहेको छ।,
काठमाडौंमा भोलिदेखि फाइजर खोपको दोस्रो मात्रा लगाइने
|
रासस प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ।, यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ।, विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन्।, लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ।, यसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ।, वसन्त श्रवण, यस अवसरमा हुनुमान ढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ।, वसन्त श्रवणको लागि बिहान १०ः३० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।, वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हुनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले बताए।, यो पाठ १५ श्लोकको रहेको छ। आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ।, वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ।,
आज सरस्वती पूजा
|
रासस जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ।, हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको मृत्यु भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए।, उनकाअनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनको माघ २१ गते मृत्यु भएको हो।, ‘पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,’ उनले भने, ‘गाउँ नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो।’, सो घटनास्थल सदरमुकाम जुम्लाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उनले बताए।,
हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु
|
रासस प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन्।, उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।, प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल (बीओपी) ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो।, पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ
|
सेतोपाटी संवाददाता कोभिड–१९ र यसका कारण नेपालमा परेको प्रभावबीच रगत अभाव हुन नदिन शनिबार काठमाडौंको बसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। , सामाजिक उत्तरदायित्व वहन गर्दै लायन्स क्लव, रोटरी क्लव, किवानिज क्लव, र अप्टिमिस्ट क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए।, कोरोना संक्रमणका कारण अस्पतालमा विरामीको उपचारका लागि रगतको कमि भएर असहज अवस्था सिर्जना हुन थालेको र देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न रक्तदान कार्यक्रम गरिएको एभरेष्ट अप्टिमिस्ट क्लवका प्रेसिडेण्ट बिजु बज्राचार्यले बताए।, रक्तदानमा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थित रहेको आयोजक संस्था अप्टिमिस्ट इन्टरनेशनल क्लब नेपालका गभर्नर उदय निरौलाले जानकारी दिए।, लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको थियो। कार्यक्रमका बागमती प्रदेशका उर्जा मन्त्री बसन्तप्रसाद मानन्धरले ओमिक्रोन त्रासबीच सामाजिक दुरि कायम गर्दै रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे। , रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औंल्याए। नेपाल सरकारले अब उप्रान्त बिपन्न तथा असहायहरुको लागि रगत किन्नु नपर्ने व्यवस्था गर्नलागेको समेत जानकारी दिए। , कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई मन्त्रि मानन्धरले प्रसम्सापत्र तथा मायाको चिनोको बितरण गर्दै परोपकारी क्लबहरुलाई धन्यवाद दिए । ,
बसन्तपुरमा रक्तदान
|
नारायण खड्का इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याललाई शनिबार बेलुकी ९ बजेतिर फोन आयो। फोनमा टेकबहादुर विक बोले। उनी तुलसीपुर ८ दुधेनाका हुन्।, उनले सल्यान कालिमाटी वडा नम्बर ४ का ४० वर्षका खिमबहादुर वली (नवीन) तुलसीपुरबाट अपहरणमा परेको डिएसपीलाई जानकारी गराए र खोजी गरिदिन भने। वली एक मन्दिरका कर्मचारी हुन्।, अपहरणमा परेका भनिएका वलीको मोबाइल नम्बरसमेत विकले डिएसपी अर्याललाई टिपाइदिएका थिए।, तुरून्तै डिएसपी अर्यालले वलीको नम्बरमा फोन गरे।, ‘मलाई तुलसीपुर बजारबाट चार जनाले निलो कारमा राखेर जंगलमा ल्याई राखेका छन्। यहाँ नजिक बस्ती पनि छैन, मलाई बचाउनुस्,’ डिएसपी अर्याललाई वलीले टेलिफोनमा भने।, अपहरणमा परेका भनिएका व्यक्तिले नै डिएसपी अर्याललाई घटनाबारे थप जानकारी दिएपछि प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई पनि घटनाबारे जानकारी गराइएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय घोराही, तुलसीपुरलगायतबाट प्रहरीहरू खटाइएका थिए। करिब ४० जना प्रहरी वलीको खोजीमा खटाइएको थियो।, एसपी र डिएसपीले लगातार फोन गर्दा वलीले फोनमा कुरा गरिरहेका थिए।, प्रहरीले आइतबार राति साढे २ बजेसम्म पनि वलीलाई फोन गरिरहेको थियो। आफू तुलसीपुरको एकान्त होटलमा खाना खाएर निस्केपछि चार जनाले अपहरण गरेको भनेर वलीले त्यसबेलासम्म पनि प्रहरीलाई भनिरहेका थिए।, उनले अपहरणकारीले आफूसँग २० हजार मागेको र आफूसँग १० हजारमात्रै रहेको बताएका थिए भने पैसा नदिए मारिदिने भनेकोसमेत प्रहरीलाई जानकारी गराएका थिए।, प्रहरीले बजार क्षेत्रमा रहेका सिसी क्यामेसाका फुटेजसमेत हेर्न थालेको थियो। तर सिसी क्यामेरामा हेर्दा वली होटलबाट खाना खाएर पैदल नै १० बजेर ३६ मिनेटमा बाहिर निस्केको देखियो।, उनी हिँडेरै वीरेन्द्र चोकसम्म गएको सिसी क्यामेरा फुटेजमा देखिएपछि वली अपहरणमा परेका होइनन् भन्नेमा प्रहरी पुग्यो। तैपनि प्रहरी वलीको खोजीमा लागिरहेको थियो।, प्रहरीले फोन गर्दा वली सम्पर्कमै थिए। , आज बिहान ३ बजेतिर वलीले आफू दमार गाउँ नजिकै रहेको खबर प्रहरीलाई दिए। यो तुलसीपुर वडा नम्बर ३ मा पर्ने ठाउँ थियो। तत्काल प्रहरी उनको खोजीमा त्यसतर्फ गयो।, प्रहरी त्यहाँ पुगेर उनलाई नियन्त्रणमा लियो। उनी बाटोमा हिँडिरहेका बेला पक्राउ परेका हुन्। उनी हिलाम्मे अवस्थामा थिए भने उनले मापसे गरेका थिए। वलीले भनेजस्तै उनको साथमा १० हजार पनि थियो।, प्रहरीले वलीलाई गाडीमा राखेर तुलसीपुर ल्याउनुभन्दा पहिले राप्ति प्रादेशिक अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसक्रममा उनले मापसे गरेको देखियो।, सोधपुछका क्रममा: वली आफैँ अपहरणमा परेको नाटक गरेको तथ्य खुल्यो। उनी मन्दिरका कर्मचारी हुन्। मन्दिरका लागि रसिद बनाउन तुलसीपुर आएका वलीले मदिरा सेवन गरेका थिए।, ‘होटलमा रक्सी पिएपछि मलाई लाग्यो। मैले के के गरे थाहा छैन,’ उनले प्रहरीसँग भनेका थिए, ‘मैले गाउँलेहरूलाई फोन पनि गरेँ, अपहरणमा परेको नाटक गरेको छु।’, एसपी सुरेश काफ्लेले घटनाबारे थप अनुसन्धान भइरहेको र एक जनाको झुठो खबरले रातभर प्रहरीले दु:ख पाएको बताए।,
मन्दिरका कर्मचारीले जब अपहरणमा परेको नाटक गरे...
|
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ।, अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो।, यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ। यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो।, हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले रु. एक करोड भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरिएको बताए।, ‘महभिरदेखि घराम्दी–प्यारीभारानी हुदै घोडेपानी जोड्ने छोटो दुरिको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि छ।बैकल्पिक सडकबाट घोडेपानी आवत जावत हुन थालेको छ। धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ,’ उनले भने।, घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैया चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुदै ठुलाखर्क पुर्याइएको सडक गत बर्ष थप रु पाँच लाख खर्चेर प्याराभारानी ताल पुर्याइएको उनले बताए।, यसैगरी गाउँपालिकाको रु १२ लाख र प्रदेश सरकारको रु आठ लाख अनुदानमा टिकोटबाट मथेनी हुदै ठुलाखर्क जोड्ने करिब पाँच किमी सडक निर्माण भएको छ।, डिभिजन वन कार्यालयको रु २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीन/तीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ।, घराम्दीका तिर्थबहादुर फगामीले सडक यातायातको सुबिधासँगै पर्यटकीय महत्वको पेरी भरानी तालमा भक्तजन र पर्यटकको आगमन बढेको बताए।, ‘जनैपूर्णिमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ। करिब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक र मनमोहक छ,’ उनले भने।, गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ।,
एक करोड बढी चन्दा उठाएर बनाइयो १८ किमी सडक
|
सेतोपाटी संवाददाता गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरूद्ध भएको छ। यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ।, मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ। साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ। , हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए। विमानस्थलमा दैनिक १५ सम्म उडान हुने बताइएको छ। ,
बाक्लो हिमपातले हवाई सेवा अवरूद्ध
|
रासस भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ। गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो।, सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ। सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिए।, यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ। सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुङ्गाले जेसिबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ। स्थानीयवासी ङिमा ग्लाल्जेन शेर्पाका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो।, यसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेको सावरीसाधन ओखलढुङ्गाको ठाढे, टोड्के, विपलाटेलगायतका स्थानमा तीन दिनदेखि रोकिएका छन् भने सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका–११ बेलिडाँडामा रोकिएका छन्।, सवारीसाधन गन्तव्यमा पुग्न नसक्दा सयौँ यात्रुको बिचल्लीमा परेका छन्। सवारी रोकिएसँगै खानबस्नको समेत समस्या भएको यात्रुहरूले गुनासो गरेका छन्। विशेषगरी असक्त, बालबालिका, वृद्धवृद्वा यात्रु समस्यामा परेको बताइएको छ। जन्तीसमेत ठाडे क्षेत्रमा रोकिएका सल्लेरीका दीपक राजभण्डारीले बताए। आफ्ना, आफन्तसमेत जन्ती आउँदै गरेको भए पनि अहिले सडकमा जमेको हिउँका कारण सवारी सञ्चालन हुन नसक्दा बीचबाटोमै रोकिएको उनको भनाइ छ।, काठमाडौँदेखि सोलुसम्मका यात्रामा शुक्रबार नै निस्केको भए पनि ओखलढुङ्गाको टोट्केमै रोकिएर बस्नुपरेको दीपक केसीले बताए। हिमपात भएको बेला सामान्य भए पनि यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कटवालले जानकारी दिए।, सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कन उहाँले आग्रह समेत गरे। आज दिउँसोसम्ममा सडक सुचारु गराउन प्रयास सडक डिभिजन कार्यालयले जनाएको छ।,
सोलुमा हिमपात : तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध
|
रासस कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन्। मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन थालेको जानकारी दिए।, ‘हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएको छ, त्यहाँ हेलिकोप्टर बस्न सक्ने अवस्था छैन’, मुख्यमन्त्री शाहीले भने, ‘भोकबाट बचाउन तत्काल उनीहरुका लागि खानेकुरा खसाल्ने तयारी छ।’ कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले त्यहाँको स्थिति थाहा पाउनका लागि तातोपानी गाउँपालिका–८, जुम्ला टोप्लागाउँका स्थानीय सुरतबहादुर शाहीसहित चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको बताए।, स्थानीयवासी शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन्। उनीहरु सेतक चिनी (खिरौंला) संकलन गर्न त्यहाँ गएका हुन् । शाहीका अनुसार उहाँकी बुहारी जैकुवाँरा शाही र तातोपानी–७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ।, जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिको उद्धारको तयारी भइरहेको बताए। तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका व्यक्तिका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जोहो गरिएको तर हेलिकोप्टरबिना खाद्य सामगी त्यहाँ पुर्याउन असम्भव भएको बताए।,
जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै
|
रासस हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ। सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न रोकिएको थियो। , राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् । यात्रुसमेत अलपत्र परेका छन् ।, अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, ‘दुई जेसिबीको प्रयोग गरी राजमार्ग सञ्चालन गर्न हिउँ पन्छाउन थालिएको छ, बाक्लो हिउँ जमेकाका कारण ढिलाइ भएको छ, आज अपरान्ह्पछि सञ्चालनमा आउन सक्छ।’ यसअघि बिहीबारदेखिनै अवरुद्ध रहेको यहाँका दशरथचन्द र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सञ्चालन भएका थिए ।, यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ। हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो।, वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन र यो समयमा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।, साथै लामो यात्रा ननिस्कन पनि आग्रह गरिएको कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानाकारी दिए। यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो। ,
अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन
|
सेतोपाटी संवाददाता विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र भित्र रहेको ऐतिहासिक भिमसेन मन्दिरको पुनर्निर्माण सकिएको छ।, भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिमार्फत समुदायको अगुवाईमा तीन वर्ष भित्रमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो। ,
मन्दिर पुनर्निर्माणमा ४ करोड ९३ लाख रकम खर्च भएको समितिले जनाएको छ। , पुनर्निर्माणको लागि एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट बैंक र ललितपुर महानगरपालिकाले १-१ करोड रूपैयाँ दिएका थिए।, यस्तै ललिपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसाल र क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जन र वाग्मती प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्यको सांसद् विकास कोषबाट आर्थिक सहयोग उपलब्ध गराएका थिए।, बाँकी विभिन्न संघसंस्था, सर्वसाधारण नागरिकको सहयोगबाट रकम जुटाइएको समितिले जनाएको छ।, मन्दिर पुनःनिर्माणमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) ले प्राविधिक सहयोग गरेको थियो।, भूकम्पले क्षतिग्रस्त दरबार क्षेत्रका मन्दिरमध्ये भिमसेन मन्दिर समुदायले अपनत्व गरी पुनर्निर्माण सकेको पहिलो मन्दिर भएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले बताए।, मन्दिर पुनर्निर्माणले समितिले अघि सारेको ‘हाम्रो सम्पदा, हामी आफैं बनाऔं’ भन्ने नारा व्यवहारतः स्थापित भएको समितिका अध्यक्ष महर्जनले बताए।, भूकम्पले क्षतिग्रस्त पाटनका अन्य पाँच सम्पदा कृष्ण मन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर मणिमण्डपका दुई पाटीको पुनर्निर्माण भइसकेको छ। ती मन्दिरहरु काठमाडौं उपत्यका संरक्षण कोष ‘केभिपिटी’ ले विभिन्न दातृ निकाय, राजदूतावासको सहयोगमा पुनःनिर्माण गरेको थियो ।, काठमाडौं उपत्यकाका उद्यमी, व्यवसायीले भिमसेन अर्थात ‘भिन्ध्यो’ लाई आफ्नो इष्ट देवताका रुपमा पुज्दै आएका छन्।, भिमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापार फलिफाप हुने आम व्यवसायीको विश्वास छ।, ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय उद्यमी व्यवसायी, मंगल टोल सुधार समिति, समाजसेवी, जातीय खलःपुचःका प्रतिनिधि समावेश गरी भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति गठन गरिएको थियो। , ‘सम्पदा निर्माणमा स्थानीयको अपनत्व सबैभन्दा महत्वपूर्ण कुरो हो । पुनःनिर्माणको दिगोपनासँगै यसको संरक्षण, सम्बर्द्धनमा स्थानीय जनताको महत्वपूर्ण भूमिका रहन्छ। समुदायकै अगुवाईमा र महत्वपूर्ण लागत रहने गरी भएको पुनःनिर्माणले सम्पदा पुनःनिर्माणले एउटा महत्वपूर्ण सन्देश प्रवाह गरेको छ,’ विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रका ९० प्रतिशत बढी सम्पदा पुनःनिर्माणको अगुवाई गर्नुहुने केभीपीटीका निर्देशक रोहित रञ्जितकारले भने।,
विश्व सम्पदा सूचीकृत भिमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५६६ जनामा कोरोना पुष्टि भएको हो।, जसमध्ये काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन्। , योसँगै उपत्यकामा २१ हजार ८७९ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ९ हजार ८५८, ललितपुरमा ८ हजार ८६१ र भक्तपुरमा ३ हजार १६० जना सक्रिय संक्रमित छन्।, देशभर पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , योसँगै नेपालमा ४५ हज २४८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन्। , यसको संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन्। ,
,
काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरिएको छ।, कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो।, अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु थियो।, आफूले ट्याक्सीलगायत सवारीमा रहेको जोर-बिजोर प्रणाली हटाउन सरकारसँग पटक-पटक आग्रह गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।, जोर-बिजोर प्रणाली हटे मानिसहरुलाई आवागमनमा सहज हुने विश्वास सिटौलाले व्यक्त गरे। , साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।, रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।,
जोर-बिजोर प्रणाली हटाउन सिसीएमसीको सिफारिस, विद्यालय फागुन १ देखि खुल्ने
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) छलफल गर्न बैठक बस्ने भएका छन्।, आइतबार ५ बजे बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। , बैठकमा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका सिडिओहरू सहभागी भई आदेश जारी गर्ने उनले बताए। , उपत्यकामा निजी सवारीसाधनमा लागु जोरबिजोर प्रणाली, शैक्षिक संस्थाहरू लगायतका विषयमा छलफल हुने रिजालले बताए। , ‘अहिले छलफल भइसकेको छैन। पाँच बजेतिर बस्छौं। सिसिएमसीको पनि केही सिफारिस आउला,’ उनले भने, ‘अघिल्लो आदेशले रोकेको संस्थाहरूको विषयमा पनि छलफल होला। आजै आदेश आउँछ।’, सिसिएमसीले निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ। , यस्तै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिन पनि सिफारिस गरेको हो। , कोरोना भाइरसको संक्रमण बढेपछि माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।,
काठमाडौं उपत्यकाका सिडिओहरूको बैठक आज बस्दै
|
रासस गएको बिहीबार रातिदेखि परेको भारी हिमपातले यहाँका अग्ला डाँडा सेताम्मे बनेका छन्। जिल्लाको लेखफाँट, शालिजा, बनौं, भुकताङ्ले, देउपुर, पञ्चासे, डहरेदेउराली, क्याङ, चिसापानी, गोल्र्याङलगायत ठाउँमा भारी हिमपात भएको छ। शुक्रबार दिनभरजसो वर्षा र हिमपात भयो । शनिबार बिहानदेखि मौसममा सुधार आएसँगै हिउँ खेल्न जानेको लर्को नै लागेको छ । , सदरमुकाम र आसपासका गाउँदेखि हिउँ खेल्न आउनेको लर्को नै लागेको स्थानीयवासीले बताएका छन्। कतिपय आफ्नै सवारीसाधन लिएर त कतिपय गाडी रिजर्व नै गरेर भए पनि हिउँ खेल्न आएको जलजला गाउँपालिका–९ बनौंका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए।, उनका अनुसार शनिबार बनौमा मात्रै सयौं सवारीसाधनमा मानिस हिउँ खेल्न आएका थिए। यो हिउँ झण्डै एक सातासम्म नपग्लने भएकाले खेल्न आउनेको सङ्ख्या अझै बढ्ने उनको भनाइ छ। शनिबार बिदाको दिनसमेत परेकाले हिउँ खेल्न आउनेको सङ्ख्या अत्यधिक रहेको पुनले बताए।, त्यस्तै लेखफाँटको फलामेडाँडा, क्याङको हलहले, पञ्चासे क्षेत्रमा पनि आसपासका गाउँ र सदरमुकाम कुश्मा, बागलुङ तथा पोखराबाट समेत हिउँ खेल्नका लागि आउनेको सङ्ख्या उल्लेख्य रहेको थियो ।,
,
हिउँ खेल्ने, तस्बिर खिचाउने र टिकटक बनाउने पारखी बढी मात्रामा हिउँ खेल्न गएको स्थानीय बुद्ध पुनले जानकारी दिए।, सामाजिक सञ्जालमा समेत हिउँ खेलेका तस्बिर र टिकटकले भरिएको पाइएको छ । यहाँ हरेक वर्ष उच्च पहाडी भेगमा हिउँ पर्ने गर्छ। वर्षमा एकपटक मात्र हिउँ पर्ने भएकाले पनि हिउँ खेल्न जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ। ,
पर्वतका डाँडामा हिउँ खेल्नेको लर्काे
|
सेतोपाटी संवाददाता नेपालमा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना पुष्टि भएको हो। , ९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , योसँगै नेपालमा ४५ हजार २४८ जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन्। , यसको संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन्। ,
,
थप १३ सय ८६ जनामा कोरोना संक्रमण
|
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीस्थित गाई संरक्षण केन्द्रका १४ गाई एकै दिन मरेका छन्। , शुक्रबार १४ र शनिबार थप एउटा गरी दुई दिनमा १५ वटा गाई मरेका छन्। , योगी आदित्यनाथ फाउन्डेसन केन्द्रका गाईहरू धमाधम मरेपछि जिल्लास्थित सरकारी अधिकारीहरूले चासो व्यक्त गरेका छन्। , केन्द्रका अध्यक्ष अनिल बिष्टले आइतबार पशु सेवा कार्यालय घोराही र तुलसीपुरका पशु प्राविधिक आएर मरेका गाईको पोष्टमार्टम गरिरहेको जानकारी दिए। , प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितका अधिकारीहरू गाई मरेको खबरपछि स्थलगत अनुगमनमा गएका छन्। , ‘चिसो र खान नपाएर गाईहरू मरेको भन्ने सुनेको छु,’ रेग्मीले भने, ‘अहिले मरेका गाईको पोष्टमार्टम भइरहेको छ।’, अध्यक्ष बिष्टले दुई दिनसम्म परेको असिना पानीका कारण गाईहरू मरेको हुनसक्ने बताए। , ‘दुई दिनमा १५ गाई मरेका हुन्,’ उनले भने, ‘हिउँदमा भएको वर्षाले गाई मरे। यो प्रकृतिले पनि गर्नु गर्यो!’, एक स्थानीयले भने गाई संरक्षण केन्द्रले जथाभावी रूपमा गाई हुलेर राख्ने र खान पनि नदिने गरेको गुनासो गरे। , ‘एकैदिन दर्जन बढी गाई मर्नुले नाम मात्रैको संरक्षण केन्द्र हो भन्ने प्रष्ट हुन्छ,’ उनले भने। , राम्रो उद्देश्यले संरक्षण केन्द्रको थालनी गरिएको भए पनि त्यो अनुरूपको संरक्षण नभएको उनको भनाइ छ। , केन्द्र सञ्चालन गरेको केही समयमात्रै भएको र आफूहरूसँग अनुभव नभएकाले पनि यो अवस्था आएको हुनसक्ने केन्द्रका अध्यक्ष विष्टले बताए। , छाडा-चौपायाको संरक्षण गर्ने उद्देश्यले यो गाई संरक्षण केन्द्र गत भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन उद्घाटन गरिएको थियो। , नेपाल संस्कृत विश्वविद्यालयको ४५ बिगाहा जग्गा वार्षिक ९ लाख ६३ हजार दिने सर्तमा तीन वर्षका लागि भाडामा लिइएको हो।अध्यक्ष बिष्टका अनुसार त्यसमा वार्षिक दस प्रतिशत वृद्धिको सर्त छ। , त्यही खुला चउरमा ४० मिटर लम्बाई र २४ मिटर चौडाइको ट्रष्ट निर्माण गरिएको छ। वरिपरि खुल्ला ठाउँमा माथिबाट जस्ता पाता लगाइएको छ। , अध्यक्ष बिष्ट उक्त ट्रष्टमा दुई सय जति गाई मात्रै अट्न सक्ने क्षमता रहेको बताउँछन्। तर त्यहाँ अहिले साढे तीन सय गाई राखिएका छन्। , ‘हाम्रोमा क्षमताभन्दा धेरै गाई भए,’ बिष्टले भने, ‘ठाउँ अभाव भए पनि कच्याककुचुक्क पारी राखिएको छ।’, ठाउँ-ठाउँबाट गाई-गोरु धपाउँदै केन्द्रमा ल्याउन थालेपछि क्षमताभन्दा बढी गाई राख्न बाध्यकारी अवस्था आएको उनले बताए।, ‘हाम्रो अप्ठेरो कसैले बुझ्दैन र गाई-गोरू खेदेर ल्याउँछन्,’ उनले भने, ‘धेरे गाई-गोरू हुँदा घाँस परालदेखि ट्रष्टको समेत अभाव भएको छ।’, उनका अनुसार संरक्षण केन्द्रका गाई-गोरू हेर्ने दुई जना हेरालुलाई जनही मासिक साढे १३ हजारका दरले र एक जना गोबर फाल्ने व्यक्तिलाई मासिक सात हजार तलब दिने गरेको छ। , संरक्षण केन्द्रमा यतिखेर गाई-गोरूले खाने घाँस परालको पनि अभाव छ।, गत वर्ष प्रतिट्याक्टर एक हजार पाँच सय पर्ने पराल यो वर्ष तीन हजार रुपैयाँ पुगेको तथा सिस्तैमा पाइने र आगो लगाएर जलाउने तोरीको भुससमेत किन्नु पर्ने अवस्था रहेको बिष्टले बताए।, यसअघिसम्म दाङ देउखुरीकै टिकुलीगढबाट साइलेज (प्याकिङ घाँस) किनेर ल्याइन्थ्यो। तर त्यहाँ पनि अभाव भएको हुँदा अब छिट्टै चितवनबाट ल्याउने तयारी भइरहेको उनले बताए।, त्यो साइलेज घाँस विशेष गरी बुढा पाका र पराल चपाउन नसक्ने गाई गोरूलाई दिने गरिन्छ।, ‘सहर बजारका छाडा चौपाया संरक्षण गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘एक किसिमले भन्नुपर्दा यो गाई-गोरू संरक्षण गर्ने वृद्धाआश्रम जस्तै हो ।’, दुर्घटना हुनबाट जोगियोस्, घाइते अपाङ्ग भएका गाई-गोरूले पीडा भोग्नु नपरोस भनेर संरक्षण केन्द्र सञ्चालन गरेको उनले बताए। , गाई संरक्षण केन्द्रलाई तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले जनही पाँच-पाँच लाख गरी दश लाख आर्थिक सहायता गरेको छ। , ‘हालसम्म तुलसीपुर र घोराहीबाट मात्रै आर्थिक सहायता प्राप्त भएको छ,’ अध्यक्ष विष्टले भने ‘हामीले तुलसीपुर र घोराहीका सबै वडाहरूलाई समेत आग्रह गरेका छौं। भविष्यमा थप सहयोग मिल्छ कि भन्ने आशा छ।’,
संरक्षण केन्द्रमा दुई दिनमा मरे १५ वटा गाई
|
सेतोपाटी संवाददाता लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन्। जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा २.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।, गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पका धक्का महसुस हुने गरेको छ । सो यता हालसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।,
लमजुङमा पुनः भूकम्पको धक्का
|
सेतोपाटी संवाददाता बाँकेमा भएको एउटा अपहरणपछि हत्या आरोपित प्रतिवादी दस वर्षपछि पक्राउ परेका छन्। , नेपालगंज उपमहानगरपालिका-१० भृकुटी नगरका ३० वर्षीय सौभाग्य मल्ल दस वर्षपछि पक्राउ परेका हुन्। , बाँके प्रहरीको समन्वयमा मल्ल गोरखाबाट शुक्रबार पक्राउ परेका थिए। उनलाई पक्राउपछि बाँके ल्याएर आइतबार प्रहरीले सार्वजनिक गरेको हो। , मल्लले २०६७ साल वैशाख ३ गते नेपालगंज उपमहानगरपालिका-१ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढालाई अपहरणपछि बन्धक बनाई हत्या गरेको आरोप छ। , उनलाई बाँके जिल्ला अदालतमा पेश गरिएको छ। अदालतको आदेशले तोकिएको सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।,
दस वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी
|
वासुदेव पौडेल/रासस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएको कास्कीको पर्यटकीय गाउँ सिक्लेस जाडो याममा हिउँ खेल्ने गन्तव्यका रूपमा पनि विकास हुने देखिएको छ।, जाडो याममा लगातर पानी परेसँगै हिउँ पनि पर्न थालेसँगै यस ठाउँलाई जाडोको याममा पोखराबाट नजिकै रहेको हिउँ खेल्ने गन्तव्यका रूपमा विकास गर्न सकिने देखिएको हो।, गुरूङ कला संस्कृतिको जीवन्त संग्रहालयजस्तै बनेको सिक्लेसमा एक वर्षअघि हिउँ परेकोमा यस वर्ष पनि पुनः हिउँ परेको सिक्लेस युवा क्लबका पूर्व सचिव देवीजङग गुरूङले जानकारी दिए।, दुई दिनयता लगातारको चिसोसँगै बिहीबार साँझदेखि पानी पर्न थालेकोमा आज बिहानदेखि हिउँ परेको उनले जानकारी दिए।, पोखराबाट नजिकै रहेका कारण यस ठाउँमा हिउँ परेसँगै आन्तरिक पर्यटक पोखराबाट पुग्ने गरेका छन्।, समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको उल्लेख गर्दै उनले वरिपरिको हरियो वनजङ्गलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमीलाई यो ठाउँले लोभ्याउने गरेको बताए। , १५/२० दिनअघि गाउँमाथिको ऋषिङ डाँडासम्म हिउँ पर्दा हर्षित बनेका यहाँका स्थानीयबासी बिहानदेखि गाउँमा नै हिउँ फुसफुसाउन थालेपछि निकै खुसी बनेका छन्।, लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरूङ गाउँका रूपमा परिचित छ।, यातायातका साधन हुँदै पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने यो गाउँमा पुग्नासाथ ढुङ्गाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमूना बस्ती देख्न सकिन्छ।, गाउँका बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिने यो ठाउँ मानव सभ्यता र संस्कृतिको ज्वलन्त उदाहरण जस्तै बनेको छ।, गुरूङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरूङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरूङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवं विदेशी अनुसन्धाता पनि यहाँ पुग्ने गरेका छन्। , त्यस्तै यहीबाट कफुचे हिमताल पुग्न सकिन्छ। सिक्लेसमाथिको कफुचे हिमतालसम्मका क्षेत्र हिउँ परेका कारण सेताम्य देखिँदा यहाँको सुन्दरता मनमोहक देखिएको छ।, यहाँस्थित सिक्लेस ईको म्युजियमले आउने जोकोहीलाई आकर्षित गर्ने गरेको छ। गुरूङ संस्कृतिको भेषभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रूपमा झल्काउने सामग्रीले सङ्ग्रहालयको गरिमा र महत्व अझै बढाएको छ।, सङ्ग्रहालयमा गुरूङ जातिका भेषभूषा तथा संस्कृतिको जानकारी गराउने सामग्रीका साथै यस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडिबुटी आदिलाई सङ्ग्रह गरेर राखिएको छ।, सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षणसँगै जाडोको याममा समय समयमा पर्ने हिउँले यो ठाउँलाई पोखरा नजिकैको हिउँ खेल्ने गन्तव्यका रूपमा पनि देखाएको सिक्लेस होटेल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गुरूङले जानकारी दिए।, ‘आज बिहान गाउँमा नै हिउँ परेपछि आएका पर्यटक पनि हर्षित बनेका छन्’, उनले भने, ‘अहिले गाउँमाथिको पार्कमा हिउँ परिरहेको छ, हिउँ खेल्नका लागि पर्यटक थपिन सक्ने अपेक्षा गरेका छौं।’, यहाँको पार्कबाट लमजुङ हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४ का साथै वरिपरिको पहाडी भू–भागको एक साथ दृश्यावलोकन गर्न सकिन्छ।, सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटल उपलब्ध छन्।, सिक्लेससहित कपुचे हिमताल क्षेत्रसम्म गरी २६ वटा होटल तथा २० वटा होमस्टे सञ्चालनमा आएको गुरूङले जानकारी दिए। , पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरेकोमा अहिले पदयात्राका साथै हिँड्न नसक्ने गाडीबाट पुग्ने गरेका छन्।, गाडीबाट काँहुखोला, ढाडबेँसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै सिक्लेस पुग्न सकिन्छ। यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ। ,
सिक्लेस बन्यो हिउँ खेल्ने गन्तव्य
|
सेतोपाटी संवाददाता कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरू भएको छ।, शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो। प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ।, सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासङ्घका अध्यक्षा कमला तुलाधरलगायतको सहभागिता थियो । , नेशनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आधारमा आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सिसिएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिइएको छ। यहीँ माघ २५ गतेसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले निचोड निकालेको छ ।, काठमाडौंलगायत विभिन्न जिल्ला प्रशासन कार्यालयले यही माघ मसान्तसम्म शिक्षालयलगायत सेवा बन्दको आदेश जारी गरेका छन् तर गोकर्णेश्वरलगायत नगरपालिकामा आफुखुशी विद्यालय खोल्न थालिएको छ।,
फागुन १ गतेदेखि शिक्षालय खोल्न सुझाव
|
सेतोपाटी संवाददाता सुनसरीको लौकहीमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा कम्तिमा १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको जलेर मृत्यु भएको प्रहरीले आशंका गरेको छ।, भोक्राह नरसिंह गाउँपालिका र कोशी गाँउपालिकाको सीमामा पर्ने खुनिया पुलमा शुक्रबार राति ९ बजे भएको दुर्घटनामा भएको हो।, प्रहरीका अनुसार शुक्रबार राति ७.२० तिर काकडभिट्टाबाट यात्रु लिएर काठमाडौं हिँडेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बसले पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रकलाई ठक्कर दिएर ट्रक मुनी छिर्दा आगलागी भएको हो।, सुनसरी प्रहरीका प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार बस र ट्रक एक आपसमा ठोकिएपछि आगो लागेको थियो। आगलागी हुँदा बसमा बढी क्षति भएको छ।, आगलागीमा परी कम्तिमा १६ जना यात्रु घाइते भएका छन्। त्यसमध्ये केहीको जलेर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। , सुनसरी प्रहरी प्रमुख सञ्जय सिंह थापाका अनुसार घटनामा १६ जनाभन्दा बढी घाइते भएका छन्। त्यसमध्ये केहीको मृत्यु भएको आशंका छ। घाइतेलाई उद्धार गरि अस्पताल पुर्याइएको थापाले जानकारी दिए। , उनले क्षतिको प्रारम्भिक अनुमान मात्रै भएकाले पूर्ण विवरण आइनसकेको बताए।, प्रहरीले दुई घण्टाभित्र आगो नियन्त्रणमा लिएपनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगो नियन्त्रणमा आएसँगै बस र ट्रकलाई क्रेन लगाएर अलग अलग गरिएको जानकारी दिइयो।,
सुनसरीको लौकहीमा बस र ट्रक ठोकिँदा आगो लाग्यो, कम्तिमा १६ जना घाइते
|
सेतोपाटी संवाददाता राहदानी विभागको अनलाइन फारम किर्ते गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित विभागको हाता बाहिर अनलाइन फारम किर्ते गरी सेवाग्राहीहरूबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। , उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भई काठमाडौंको टोखा बस्ने ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेका ३६ वर्षीय यमबहादुर थापामगर छन्। , उनीहरूले किर्ते गरी सेवाग्राहीबाट रकम असुल गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यसअनुसार खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको छ। , मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६को किर्ते गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ। , प्रहरीले यससम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। उनीहरूबाट प्रहरीले ४० हजार नगद, ल्यापटप, ५० थान किर्तेका कागज लगायत केही सामग्री बरामद गरेको छ। ,
राहदानी विभागको अनलाइन फारम किर्ते गरेको आरोपमा तीन पक्राउ
|
रासस माघे झरी परेर चिसो वातावरण बने पनि माधवनारायणका बर्तालुलाई दोस्रो तीर्थयात्राका लागि रोकेन। राजधानीकै अग्ला पहाडमा हिउँ परिरहेका बेला माघे झरीमा भिज्दै बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी आज बेलुकी पनौती पुगेका छन्। दिउँसो साँखुबाट बर्तालु पैदल यात्रा शुरु गर्दा साँखु माथिका कात्तिके, नगरकोटलगायत डाँडामा हिउँ परिरहेको थियो।, प्रत्येक वर्ष माघ शुक्ल तृतीयाका दिन माधवनारायणका बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी पनौतीमा गएर बास बस्ने परम्परा छ। माघे झरी, हिउँ परे पनि तृतीया तिथिकै दिन गरिने यो यात्रा रोकिँदैन। जस्तोसुकै परिस्थितिमा पनि यात्रा जारी राख्नुपर्ने भएकाले माघे झरी र हिउँ परिरहेका बेला पनि कार्यक्रम नरोकिएको यात्रा संयोजक विजयकृष्ण भाष्करले जानकारी दिए।, एक महिने माधवनारायणका बर्तालुको यो दोस्रो तीर्थ यात्रा हो। यसअघि तीर्थयात्राका लागि सोमबार बिहान शालिनदीबाट हिँडेका बर्तालु बुधबार राति तीन दिने कार्यक्रम सम्पन्न गरी साँखु फर्किएका थिए। पहिलो चरणको तीर्थ यात्राका क्रममा बर्तालुले बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए। , दोस्रो चरणको तीर्थ यात्राका लागि आज पनौती पुगेका बर्तालुले शनिबार बिहान त्रिवेणीघाटमा स्नान गरी इन्द्रेश्वरलगायत मन्दिरमा पूजा आराधना गर्ने कार्यक्रम रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले राससलाई जानकारी दिए।, पनौतीमा यस वर्ष १२ वर्षे मेला पनि चलिरहेकाले विशेष पूजा आराधना हुने उहाँले बताउनुभयो। माघ २२ गते शनिबार दिउँसोको भोजन बनेपामा गरी बर्तालु साँखु फर्कने छन्। पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ।, तेस्रो चरणको तीर्थ यात्राका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन्। द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ। चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ।, माधवनारायणका बर्तालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा गुल्टँदै सहस्रधाराको जलबाट स्नान गर्छन्। यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ। माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुले शालिनदी किनारमा बसेर खिर खाने परम्परा छ।, पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ। साँखु शालिनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन्। माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ। , सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ। त्यसबेलादेखि नै माधवनारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा शुरु भएको विश्वास गरिन्छ।, माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गर्छन्। समापनको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालिनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिरहेका प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।,
माघे झरीले रोकेन माधवनारायणका बर्तालुको पनौती यात्रा
|
सेतोपाटी संवाददाता हिमपात र वर्षा गराउने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा जारी छ। जसका कारण यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ।, यस क्रममा प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, आइतबार दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। , यस्तै सोमबार दिउँसो प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका मध्य तथा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ। , शुक्रबार कहाँ कति पानी पर्यो? ,
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाले जारी गरेको विवरण अनुसार काठमाडौंमा शुक्रबार ४१ मिलिमिटर वर्षा भएको छ। बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ। फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ।, काठमाडौँ उपत्यकामा शुक्रबार दिनभर घाम नदेखिएकाले निकै जाडो भएको थियो। शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ९ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस थियो। , शुक्रबार सबैभन्दा बढी नेपालगन्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ।,
आज पनि वर्षा–हिमपात नरोकिने, तराईमा भोलिदेखि मौसम सुध्रिने सम्भावना
|
सेतोपाटी संवाददाता प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ६ जनाकाे मृत्यु भएकाे छ। बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।, नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्याइएको छ। बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियाे।, जिल्ला प्रहरी प्रमुख डिएसपी थापाका अनुसार बाटोमा झरेको पहिरोको कारण जिप दुर्घटनामा परेको हो। राती भएका कारण मृतक कसैको पनि सनाखत भइसकेको छैन। , रातीको समय भएकाले विस्तृत विवरण आइनसकेको थापाले जानकारी दिए।, थप विवरण आउन बाँकी छ।,
प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना : ६ जनाकाे मृत्यु, बेहुलासहित ७ गम्भीर घाइते
|
रासस यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले शुक्रबार राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङलाई भेटेर सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका हुन् ।, यातायात मजदुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा अन्य ऐनका श्रमिक प्रतिकूल दफाहरु संशोधन गर्न माग समेत गरेका हुन् । सवारी साधन दुर्घटनापछि घाइतेको औषधोपचार खर्च तीन लाख रुपैयाँको हदमा नबढ्ने गरी भुक्तानी दिने व्यवस्था संशोधन गर्न र सडक दुर्घटनाको अनुसन्धान र न्युनीकरणका लागि सरोकारवाला सम्मिलित संयन्त्र बनाउन माग गरिएको नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए ।, मजदुरहरुले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ का कतिपय दफाहरुसँग बाझिने गरी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन बनाएको भन्दै त्यसलाई खारेज गरी सङ्घीय ऐन र नियमावलीसँग नबाझिने गरी निर्देशिका बनाउन प्रदेश सरकारलाई अधिकार दिनुपर्ने बताएका छन् ।, यस्तै, ट्याक्सी भाडा प्रयोजनार्थ मिटर जडान गर्ने नापतौल विभागको ट्याक्सी टेम्पु इकाइलाई यातायात मन्त्रालय मातहत ल्याउन, बीमा समितिलाई यातायात मन्त्रालय मातहत ल्याउन र साना सवारीसाधनको गल्तीले हुने दुर्घटनाको क्षतिपूर्ति ठूला सवारीसाधनलाई भुक्तान गराउने गलत प्रथाको अन्त्य गर्दै कानुनी संशोधन गर्नसमेत माग गरेका छन् । यसैगरी, सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी प्रावधानमा ई–रिक्सा चालकका लागि विशेष व्यवस्था गर्नुपर्ने, सडक दुर्घटनामा घाइते तथा अङ्गभङ्ग भएका श्रमिक तथा सर्वसाधारण जनताको राहतका लागि कोषको व्यवस्था गर्नुपर्ने बताइएको छ ।, ज्ञापनपत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्ने मालबाहक साना तथा ठूला सवारी साधनका लागि प्रत्येक शहरमा आवश्यक पूर्वाधारसहित पार्किङस्थलको व्यवस्था गर्नुपर्ने, सडक दुर्घटनापछि यातायात श्रमिकलाई अनुसन्धानको लागि छुट्टै हिरासत कक्षमा राख्ने र हतकडी नलगाउने व्यवस्था गर्नुपर्ने माग पनि सङ्घ सङ्गठनले गरेका छन् ।,
यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग
|
सेतोपाटी संवाददाता प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। , प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मृत्यु हुनेमा ५ महिला र २ पुरुष गरि ७ जना छन्।, मृतक कसैको पनि पहिचान नखुलेको उनले सेतोपाटीलाई जानकारी दिए। भुसालका अनुसार बेहुलासहित ६ जना घाइतेको उपचार भइरहेको छ। सोही गाडीमा सवार बेहुलीको अवस्थाबारे जानकारी नआएको प्रजिअ भुसालले बताए।, जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो। ,
जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ। घाइते सबैको प्यूठान जिल्ला अस्पतामा उपचार भइरहेको छ।, घटनाको थप विवरण आउन बाँकी छ।,
बेहुला-बेहुलीसहित जन्ती जिप दुर्घटनाः ७ जनाको मृत्यु, बेहुलासहित ६ घाइते (अपडेट)
|
नारायण खड्का प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटनामा ज्यान गुमाउने आठ जनामध्ये बाबु छोरीको पहिचान खुलेको छ। , प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार जिल्लाको नौंमुखी गाउँपालिका वडा नं. ६ जिनावबाङका ३९ वर्षीय बुवा वसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको छ। , यी बाहेक अन्य ६ जना मृतकको पहिचान खुल्न बाँकी रहेको डिएसपी थापालले ,सेतोपाटी,लाई बताए । , जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा परि पाँच महिला र तीन पुरूषसहित आठ जनाको मृत्यु भएको छ। , छ जनाको घटनास्थलमै र २ जनाको अस्पताल पुर्याएपछि मृत्यु भएको प्रवक्ता गैरेले जानकारी दिए।, बेहुला बेहुलीसहित पाँच घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बेहुला-बेहुली दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख थापाले जानकारी दिए। , दुर्घटनास्थल निकै विकट भएकाले घाइतेको उद्धार गर्न तथा अस्पताल पुर्याउन कठिन भएको प्रहरीले जनाएको छ। , नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।, जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ। , रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अहिले भने वर्षा रोकिएको छ।,
प्युठानमा जन्ती जिप दुर्घटनाः मृतक ८ मध्ये २ जनाको सनाखत, बेहुला बेहुलीसहित ५ गम्भीर घाइते
|
नारायण खड्का प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। , जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो।, ‘अहिलेसम्म अस्पतालमा दुई जनालाई मात्रै ल्याउन सकिएको थियो र अस्पताल ल्याइएका दुबै जनालाई मृत घोषणा गरियो,’ गैरेले सेतोपाटीसँग भने, ‘ ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते पाँच जनालाई अस्पताल ल्याइँदै छ।’, दुर्घटनास्थल निकै विकटस्थल भएको हुँदा घाइतेको उद्धार गरि अस्पताल ल्याउन ढिलाई भएको प्रहरीले जनाएको छ। , मृतक कसैको पनि पहिचान खुलेको छैन। सोही गाडीमा बेहुला बेहुली पनि सवार थिए। बेहुला बेहुलीको अवस्था अझैं खुलेको छैन। , नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो। , जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।,
बेहुला-बेहुलीसहित जन्ती जिप दुर्घटनाः मृतकको संख्या ८ पुग्यो (अपडेट)
|
राजेश घिमिरे सेवाग्राहीको भीडले जिल्ला प्रशासन कार्यालय, चितवनको नागरिकता फाँटको झ्याल छोपिन थालेको छ। कोरोना संक्रमणको त्रासले केही दिन जिल्ला प्रशासनले अति आवश्यक सेवामात्र दिएको थियो।, यो हप्ता नागरिकता, राहदानी लगायतका सेवा पनि दिन थालेपछि कार्यालयमा एकाएक चाप बढेको छ।, जिल्ला प्रशासन कार्यालयमा देखिएको यस्तो भीडले २५ जनाभन्दा बढी मान्छे एक ठाउँमा भेला हुन रोक लगाएको उसकै निर्णयलाई गिज्याइरहेको देखिन्थ्यो।, त्यो भीडदेखि केही पर एउटा नौलो दृष्य देखिन्थ्यो। कार्यालयको चौरमा एक किशोर र एक किशोरी पल्टिरहेका थिए।, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी ती दुई जनालाई हेर्दै तिनका अभिभावकसँग कुरा गर्दै थिए। एक कर्मचारी त्यहीँ फारम भराउने र ल्याप्चे लगाइदिने काम गर्दै थिए। , केहीबेरमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले ती किशोर-किशोरीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिए। हातमा नागरिकता परेपछि उनीहरू त्यसमा टाँसिएको आफ्नो फोटो हेरेर मुस्कुराए।, जिल्ला प्रशासन कार्यालयको चौरमा सुतेरै नागरिकता बुझ्नेहरू हुन् १८ वर्षीय सन्तबहादुर चेपाङ र १७ वर्षीया राममाया चेपाङ।, इच्छाकामना गाउँपालिका–२ को डुलेडाँडा गाउँमा छ सन्तबहादुरको घर।, चेपाङ समुदायको मात्र बसोबास रहेको उक्त गाउँबाट गाडी चल्ने बाटोमा पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ। त्यो अनकन्टार पहाडी गाउँमा जन्मिएका सन्तबहादुर जन्मजातै अपाङ्गता भएका व्यक्ति हुन्।, उनी उठ्न र बोल्न सक्दैनन्।, राममायाको गाउँ इच्छाकामना–२ को बल्र्याङ हो। उनी पनि सन्तबहादुरजस्तै जन्मेदेखि नै ओछ्यानमै छिन्। उनीहरू दुवै जनालाई खाना खान पनि अर्को व्यक्तिको सहारा चाहिन्छ।, वडाध्यक्ष पञ्चबहादुर चेपाङको सहयोगमा उनीहरूले चार वर्षअघिदेखि अपाङ्गता भत्ता पाउँदै आएका थिए। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता बुझ्ने बेलामा झमेला आइपर्यो।, उनीहरू दुबै जनाको नागरिकता पाउने उमेर भइसकेका कारण भत्ता पाउन नागरिकता प्रमाणपत्र चाहिने भयो।, नागरिकता प्रमाणपत्र बनाउन जिल्ला सदरमुकाम भरतपुर जानुपर्ने भयो। यही मंगलबार सबेरै पृथ्वीमानले आफ्नी श्रीमतीको पछ्यौराले बेरेर छोरा सन्तबहादुरलाई बोकेर गाडी चल्ने ठाउँ बल्र्याङ पुर्याए। त्यहाँ उनीहरूको भेट राममाया र उनका बाबु चन्द्रबहादुरसँग भयो।, वडाध्यक्ष पञ्चबहादुरले बाटो खर्च दिएर चारै जनालाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पठाए।, पञ्चबहादुरले भरतपुरका चिनेजानेका साथीभाइलाई फोन गरे। जिल्ला प्रशासन कार्यालय पुगेर सहयोग गरिदिन आग्रह गरे।, बल्र्याङबाट करिब दुई घण्टा कच्ची सडकमा गाडीमा यात्रा गरेपछि पृथ्वी राजमार्गमा पुगिन्छ। त्यहाँबाट अर्को करिब दुई घण्टामा भरतपुर पुगिन्छ।, ‘अपाङ्गता भएका व्यक्तिहरू नागरिकता बनाउन आएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले राम्रो सहयोग गर्यो। प्रमुख जिल्ला अधिकारी आफैंले सहजीकरण गरिदिए। किशोर, किशोरी दुवैले कुनै झन्झटबिना नागरिकता प्रमाणपत्र पाए’, वडाध्यक्ष पञ्चबहादुर चेपाङ भन्छन्, ‘नागरिकता बनेपछि अब उनीहरूको भत्ता नरोकिने भयो, म असाध्यै खुसी छु।’, सन्तबहादुरका बाबु पृथ्वीमान थोरै पाखो बारीमा अन्न उब्जाउँछन्। त्यो अन्नले पाँच जनाको परिवारलाई तीन महिनाजति खान पुग्छ। अरू महिना अन्न, नुनतेल, लत्ताकपडा र अन्य आवश्यक वस्तु जुटाउन सकस पर्छ।, पृथ्वीमानलाई छोरा सन्तमानको भत्ताले भरथेग गरेको छ। उनी मासिक चार हजार रुपैयाँ पाउँछन्। पृथ्वीमान भन्छन्, ‘यही छोरोको भत्ताले गर्जो टरेको छ।’, उता चन्द्रबहादुरलाई पनि अपांगता भएकी छोरी राममायाको भत्ताले परिवार पाल्ने टेको दिएको छ। ‘एक जनाको दिन त उस (रामाया) को स्यहार गर्दैमा बित्छ। धन्न, सरकारले भत्ता दिएको छ र सजिलो भएको छ।’, चन्द्रबहादुरलाई छोरीको स्याहार सुसारमा पनि सजिलो भएको छ। , वडाध्यक्ष पञ्चबहादुर भन्छन्, ‘सन्तबहादुर र राममायाले पाएको भत्ताले उनीहरूको परिवारको उद्धार भएको छ।’, पञ्चबहादुर अपांगता भएका व्यक्तिको दुःख राम्ररी बुझ्छन्। उनको एउटा गोडामा अपांगता छ। उनी केही वर्षअघि ‘अपाङ्ग समाज’ को गाविस सचिव पनि भएका थिए। त्यस बेला उनले गाउँका अपाङ्गता भएका व्यक्तिहरूको ‘अपाङ्गता परिचयपत्र’ बनाउन सहयोग गरे। , उनका अनुसार इच्छाकामना–२ मा ५० जनाभन्दा बढीले अपाङ्गता भत्ता पाउँछन्। उनीहरूले अपाङ्गताको अवस्थाअनुसार मासिक २ हजारदेखि ४ हजार रुपैयाँसम्म बुझ्ने गरेका छन्।, सन्तबहादुर र राममाया सुरूमा गाविसबाटै मासिक ५ सय रुपैयाँ भत्ता बुझ्थे। बढ्दै बढ्दै ४ हजार रुपैयाँ पुग्यो। , वडाअध्यक्ष पञ्चबहादुरका अनुसार उनी तीन महिनामा एक पटक बैंकको टोली गाउँमै बोलाउँछन्। भत्ता बुझ्नेहरू वडा कार्यालय पुग्छन्।, उनी भन्छन्, ‘बैंकका कर्मचारीका लागि आउने-जाने भाडा र खाना म र वडाका कर्मचारी मिलेर व्यक्तिगतरूपमा व्यहोर्ने गरेका छौं।’, आफूले अपांगता भएका भएका व्यक्तिहरूको समस्या बुझेको हुनाले बैंकबाट गाउँमै भत्ता बुझ्ने व्यवस्था मिलाएको पञ्चबहादुरको भनाइ छ।,
जो ओछ्यानबाटै परिवार पाल्छन्!
|
नारायण खड्का प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन्।, दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो। , मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए। , त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्। , अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन्। , अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।, अध्यक्ष गिरीले रातीको समयमा दुर्घटना हुनु, उद्धारमा ढिलाई हुनु जस्ता कारणले धेरैको हताहती भएको बताए। , जन्ती गएकाहरू दुर्घटनामा पर्नुले गाउँपालिकामा सन्नाटा छाएको उनले बताए। , प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले मानवीय क्षति बढी भएको बताए। उनले ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि अस्पताल पुर्याएलगत्तै मृत्यु भएको जानकारी दिए।, नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।, जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ । , रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ।,
प्यूठान जन्ती जीप दुर्घटनाः एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित मृतक ८ जनाकै सनाखत
|
राजु विश्वकर्मा/रासस जनकपुरधाम नगरपालिकाले सञ्चालन गरेको अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन्। , जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन्।, मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना वर्षाौंसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगर क्षेत्रको विभिन्न वडामा सञ्चालित योजना समयमै सम्पन्न हुन थालेपछि स्थानीयबासीले विकास भएको अनुभूतिसमेत गर्न थालेका छन्। , जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ।, मधेश प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेश सहिद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर वीरेन्द्रकुमार यादवले बताए। , ढल्केवर–जनकपुर छ लेन सडकको मुजेलियामा निर्माणाधीन मधेश सहिद गेटमा रङ लगाउने, भगवान् राम र सहिदको प्रतिमा स्थापनाको कामबाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए।, जनकपुरधाम उपमहानगरपालिकाको करिब चार करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सहिद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इञ्जिनीयर यादवको भनाइ छ।, धार्मिक पर्यटकीय नगरीका रूपमा परिचिति मधेश प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको सहिद गेट निर्माण गर्न लागेको छ। , जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेश आन्दोलनका सहिदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको सहिद गेट निर्माण गर्ने निर्णय गरेका थिए।, त्यही निर्णयका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो सहिद गेटको शिलान्यास गरेका थिए। , जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरू गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो। त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरूप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इञ्जिनियर अमरकुमार साहले जानकारी दिए। , ठेक्का अवधिभन्दा अगाडि नै गेटको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि कोभिड– १९ सङ्क्रमणका कारण केही ढिलाइ भएको इन्जिनियर साहले बताए।, ‘गेटको काम करिब/करिब सकिएको छ’, उनले भने, ‘अब गेटको माथिल्लो भागमा १४ फिटको भगवान रामको प्रतिमा र तीन वटा पिलरमाथि सहिदहरूको प्रतिमा राख्न मात्र बाँकी छ।’ त्यो पनि केही दिनभित्रै सम्पन्न गरिने उनको भनाइ छ। , ३१ फिट अग्लो द्वारको सबभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहने छ भने तीन वटा पिलरमा सहिदहरूको प्रतिमा र सिंगोद्वार धनुष आकृतिको बनाइएको छ।, सो गेटको दुबै किनारामा राखिने मधेश आन्दोलनमा सम्पूर्ण सहिदहरूको प्रतिमाहरू बनाउने काम तीव्र रूपमा भइरहेको र केही दिनभित्रै प्रतिमा स्थापना गरिसक्ने उनले बताए। , ,
जनकपुरमा चार करोडमा बन्दै धनुष आकारको सहिद गेट
|
प्रा.डा गौरव राज ढकाल मेरूदण्डको नशा च्यापिने रोग धेरैलाई हुनसक्छ। , कुरकुरे हड्डी पछाडि सरेर नशामा दबाब सृजना भएपछि नशा च्यापिने हुन्छ। यो बाहेक नशा च्यापिनुका अरू कारण पनि हुन्छ।, कहिलेकाही क्यान्सरले गर्दा नशा च्यापिन्छ भने कहिलेकाही संक्रमण अनि उमेर बढ्दै जाँदा यस्तो हुन्छ।, नशा च्यापियो भने बिरामीलाई, ढाँड, गर्धन दुख्न सक्छ। नशा च्यापिने बित्तिकै दुःखाई ढाँडबाट खुट्टातिर सर्छ। यदि तल्लो भागको ढाँडमा नशा च्यापिएको छ भने त्यस्तो हुन्छ। गर्धनको नशा च्यापिएको छ भने त्यो दुखाई गर्धनबाट हाततिर फैलिन्छ।, ढाँड र गर्धनको दुःखाई हात र खुट्टामा फैलिने बित्तिकै चुप लागेर घरमा या अफिसमा बसिरहन हुँदैन। मेरूदण्ड रोग विशेषज्ञलाई देखाउन जरूरी हुन्छ। स्वास्थ्य परीक्षणपछि एक्सरे र एमआरआई गरेपछि कुन नशा कहाँ च्यापिएको भन्ने थाहा हुन्छ। सबैभन्दा पहिला समस्या पत्ता लगाउनुपर्छ। त्यसपछि उपचार गर्न सजिलो हुन्छ। ९० देखि ९५ प्रतिशतलाई अपरेशन चाहिँदैन। औषधि र थेरापी गरेपछि निको हुन्छ। २ देखि ३ प्रतिशतलाई मात्रै अपरेसन चाहिन्छ।, बिरामीलाई दुःखाइ उग्र रूपमा छैन, दिशा पिसापमा समस्या छैन, धेरै कमजोरी छैन भने २,३ महिना दबाइ र थेरापी गर्नुपर्छ। त्यो बिचमा पनि भएन भने मात्रै सर्जरी गर्नुपर्छ।, आफैंले औषधि पसलमा गएर दबाई खान हुँदैन। लामो समयसम्म खायो भने किड्नीलाईसमेत असर गर्छ।, मेरूदण्डको नशा च्यापिने समस्या कम गर्न आफ्नो दैनिकीमा भर पर्छ। शारीरिक व्यायामको कमी, खानपान र धुम्रपानको कुलतले यस्तो हुन्छ। स्वस्थ्य जीवनशैली अपनायो भने केही हदसम्म कम हुनसक्छ।, मेरूदण्ड नशा च्यापिने समस्या किन हुन्छ, यसको उपचार कसरी गर्ने भन्ने लगायतका विषयमा केन्द्रीत रहेर राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत मेरूदण्ड रोग विशेषज्ञ (स्पाइन सर्जन) प्रा.डा गौरवराज ढकालसँग हामीले भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ,
मेरूदण्डको नशा च्यापिएको उपचार कसरी गर्ने? (भिडिओ)
|
सेतोपाटी संवाददाता मोरङ उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका वडा नं.३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने १८ वर्षीय एक जना युवक छन्।, प्रहरीका अनुसार उनीहरू 'लो प्रोफाइल'का मान्छे हुन्। , ‘उनीहरू लो प्रोफाइलमा मान्छे हुन्। थोरै पैसा भए पनि लोभिएर हत्यामा संलग्न भएको देखिन्छ’, प्रहरी उपरीक्षक जनार्दन जिसीले भने।, उनीहरूलाई सप्तरीका शम्भुकुमार चौधरी र सुनसरीका राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी खाल्डो खनी गाडेको कसूरमा प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको जनाएको छ।, उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।, मोरङको उखुबारीदेखि ललितपुरको घरपछाडि गाडिएका शवको कनेक्सन, माघ १३ गते मोरङको धनपालथान गाउँपालिका-७ बोर्डिङ टोलस्थित उखुबारीमा किसानले खाल्डा देखे। उखु काट्न गएका किसानले खाल्डा देखेपछि प्रहरीलाई खबर गरे। , खनेर हेर्दा त्यहाँ एक जना पुरूषको शव भेटियो। भोलिपल्ट ३० मिटर पर अर्को खाल्डो देखियो। त्यो खाल्डोमा पनि अर्का पुरूषको शव गाडिएको थियो। , खाल्डामा गाडिएकाहरू सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भु चौधरी हुन्।, उनीहरूको पहिचान सुरूमा खुलेको थिएन। राजेन्द्रकुमारको शव फेला परेपछि उनको साथबाट पर्स पनि फेला परेको थियो। , पर्समा भएको स्मार्ट लाइसेन्सले उनको पहिचान खुल्यो। शम्भुको भने कपडा र हातमा राखी लगाइएको थियो। त्यसैबाट मृतककी श्रीमतीले उनको पहिचान गरिन्। , शंकाष्पद रूपमा शव फेला परेपछि अनुसन्धान गर्न मोरङबाट प्रहरीको टोली काठमाडौं आयो। टोलीले महानगरीय अपराध महाशाखासँग मिलेर अनुसन्धान गर्दै थियो। , त्यसैबीच सिरहाको सिरहा नगरपालिका घर भई बल्खु बस्दै आएका अनिलकुमार मण्डल पक्राउ परे। उता मोरङको जहदा गाउँपालिका-४ बस्ने दिनानाथ सोनार र धनपालथान गाउँपालिका बस्ने नजिर आलम पनि पक्राउ परे। , घटनामा अहिलेसम्म तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।, उनीहरूलाई मोरङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। , पक्राउ परेका आरोपित।, उनीहरूसँग प्रहरीले सोधपुछ गर्दै जाँदा अर्का एक व्यक्ति समेतको हत्या भएको खुल्यो। उनी केही समयदेखि हराइरहेका थिए।, ती थिए तेह्रथुम घर भई काठमाडौंको गोठाटार बस्ने ६२ वर्षीय मोहनप्रसाद लिम्बू। शव कहाँ छ भनेर सोध्दा उनले ललितपुरको गोदावरी नगरपालिका-१२ मा स्थित एक घरपछाडि गाडिएको बताए।, ठेचोंको त्यो घर प्रदीपकुमार थापा मगरको हो। , मण्डलले गोदाम चलाउने भन्दै प्रदीपको घर भाडामा लिएका थिए। उनले त्यो घर केही महिनाअघि मात्रै भाडामा लिएका थिए।, शव त्यहाँ छ भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल पुग्यो। घर पछाडि झन्डै पाँच फिट खनेर शव गाडिएको भेटियो। , गाडिएको शवलाई छिटो गलाउन नुनको प्रयोग गरिएको थियो भने माथिबाट ढलान गरिएको प्रहरीले जनाएको छ। , मण्डललाई सोधपुछ गरेका एक प्रहरी अधिकारीका अनुसार उनले सुरूमा घरभित्रै शव गाड्न खोजेका थिए। तर भित्रको ढलान फोड्न नसकेपछि उनले घर पछाडि गाडेका हुन्। , प्रहरी उपरीक्षक जिसीका अनुसार तीन जना मृतक र मण्डल व्यापारिक पार्टनर हुन्। , ‘यस विषयमा धेरै कुराहरू छन्। तीन जना नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘पैसाकै लागि हत्या भएको देखिन्छ। आर्थिक कारोबार र पैसा बाँडफाँटमा कुरा नमिलेको हो।’, लिम्बूको शव सबैभन्दा अन्तिममा फेला परेको हो। तर उनको हत्या सबैभन्दा सुरूमा भएको थियो। , उनको हत्या मंसिर २८ गते भएको जिसीले बताए। मण्डललगायतले मिलेर सुरूमा घाँटी कसेर हत्या गरेको खुलेको छ। , मोहनप्रसाद लिम्बूको शव गाडिएको स्थान।, उनीहरूले त्यसरी हत्या गरेपछि घर पछाडि गाडेको उनले बताए।, ‘समूह नै छ। मान्छे बोलाएर हत्या गरेको देखिन्छ,’ उनले भने,‘उनीहरूले जग्गादेखि विभिन्न आर्थिक कारोबार गर्ने गरेको देखिन्छ। उनीहरूले विभिन्न कम्पनी खोलेर काम गरेको देखिन्छ। सोधपुछ गर्दा कोही भर्खर-भर्खर जोडिएको कोहीचाहिँ लामै समयदेखि सँगै काम गरेको देखिन्छ।’, प्रहरीले सोधपुछ गर्दा पनि मण्डलले पैसाको कुरा नमिलेकै कारणले हत्या भएको बताएका छन्। यसमा थप अनुसन्धान गर्दा खुल्ने कार्यालयले जनाएको छ। , सुरूमा मण्डलको समूहले लिम्बूको हत्या गरेपछि मंसिर २९ गते नै राजेन्द्रप्रसाद र शम्भुसहित मोरङ पुगेको देखिन्छ। , मोरङमा पुगेर उनीहरूले राजेन्द्रको पुस ५ गते र शम्भुको ७ गते हत्या गरेको प्रहरी उपरीक्षक जिसीले बताए। , ‘हत्या गर्दा उनीहरूले योजनाबद्ध रूपमै गरेको देखिन्छ। पहिले उनीहरूले हत्या गर्नुपूर्व नै कहाँ गाड्ने भनेर योजना बनाए,’ उनले भने, ‘त्यसपछि घाँटीमा कसेर हत्या गरेको भनेका छन्। गाड्नको लागि खाल्डो र मान्छेहरू तयार बसिरहेका थिए। अरू कसरी हत्या गरेको रिपोर्ट आएपछि अरू कुरा थाहा छ।’, प्रहरी स्रोतका अनुसार उनीहरूले काठमाडौं*मा ५० करोडमा जग्गा बैना गरेको देखिएको छ। त्यसबापत उनीहरूलाई ३ प्रतिशत कमिसन पनि आउने कुरा थियो। , त्यो पैसा बाँडफाँट गर्नुभन्दा उनीहरूलाई सिध्याइदिए आफैंलाई फाइदा हुने सोचले हत्या गरेको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन्।, ‘आर्थिक कारोबारकै विषय हो। उनीहरूले पार्टनरसिपमा काठमाडौं*मा ५० करोडमा जग्गा बैना गरेको देखिन्छ। त्यसको ३ प्रतिशत कमिसन पनि आउने र पार्टनरसिपमा अरूलाई बाँड्नुभन्दा सिध्याउनु राम्रो भन्ने सोच एउटा छ,’ महाशाखा स्रोतले भन्यो, ‘अर्को हाइड्रोपावरलगायत विभिन्न ठाउँमा लगानी गर्ने कागजात पनि फेला परेका छन्। सक्कली हो वा नक्कली भन्ने अनुसन्धानबाट खुल्छ तर मुख्य कारण आफूलाई फाइदा गर्न पार्टनरलाई सिध्याएको देखिन्छ।’, ती प्रहरीका अनुसार मण्डलको केही आपराधिक व्यक्तिहरूसँग पनि सम्बन्ध रहेको देखिन्छ। , अरू धेरै जना संलग्न छन् भन्ने प्रहरीको भनाइ छ। उनीहरूको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ। , प्रहरी स्रोतका अनुसार मण्डलले हत्या गर्न भारतबाट केही व्यक्तिलाई पनि बोलाएका थिए। त्यसको लागि उनले २० लाखसम्म खर्चिएको बताएका छन्। , लिम्बूको शव ललितपुरमा फेला परेको हुँदा महानगरीय प्रहरी परिसर ललितपुरले पनि छुट्टै अनुसन्धान गर्ने प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए। , ‘अहिले मोरङले अनुसन्धान गरिरहेको छ। त्यहाँ सकेपछि हामी यता ल्याएर पनि थप अनुसन्धान गर्छौं,’ उनले भने।, यो पनि: ,'व्यवहार मिलाउन' भन्दै घरबाट हिँडेका साथीहरूको शव उखुबारीमा भेटिएपछि, मोरङको उखुबारीमा शव फेला घटना: ललितपुरको ठेंचोमा फेला पर्यो अर्को शव, ,
मोरङ उखुबारी हत्याकाण्ड: थप दुई पक्राउ
|
सेतोपाटी संवाददाता ०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो।, बस्ती-बस्तीमा नयाँ नयाँ घर बने। तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ वर्षपछि पनि अझै टेकोमा अडिएको छ।, ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटन ढोकाका टोलमा घरमा लगाइएको टेको हटेको छैन। कतिपय ठाउँमा लगाइएको टेको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ।, सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफ्नो समयावधी सकिएर खारेज भइसक्यो। यसरी लगाइएका टेकाहरू किन हट्न सकेन, टेको लगाइएका घरहरूको पुनर्निर्माण किन भएन? खोज्नुपर्ने विषय छ।, तस्बिरहरू:,
टेकोमा अडिएको पाटनका बस्ती (तस्बिरहरू)
|
युनिक श्रेष्ठ माघ १३ गते मोरङको धनपालथान गाउँपालिका-७ बोर्डिङ टोलस्थित उखुबारीमा किसानले खाल्डा देखे। उखु काट्न गएका किसानले खाल्डा देखेपछि प्रहरीलाई खबर गरे। , खनेर हेर्दा त्यहाँ एक जना पुरूषको शव भेटियो। भोलिपल्ट ३० मिटर पर अर्को खाल्डो देखियो। त्यो खाल्डोमा पनि अर्का पुरूषको शव गाडिएको थियो। , खाल्डामा गाडिएकाहरू सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भु चौधरी हुन्।, उनीहरूको पहिचान सुरूमा खुलेको थिएन। राजेन्द्रकुमारको शव फेला परेपछि उनको साथबाट पर्स पनि फेला परेको थियो। , पर्समा भएको स्मार्ट लाइसेन्सले उनको पहिचान खुल्यो। शम्भुको भने कपडा र हातमा राखी लगाइएको थियो। त्यसैबाट मृतककी श्रीमतीले उनको पहिचान गरिन्। , शंकाष्पद रूपमा शव फेला परेपछि अनुसन्धान गर्न मोरङबाट प्रहरीको टोली काठमाडौं आयो। टोलीले महानगरीय अपराध महाशाखासँग मिलेर अनुसन्धान गर्दै थियो। , त्यसैबीच सिरहाको सिरहा नगरपालिका घर भई बल्खु बस्दै आएका अनिलकुमार मण्डल पक्राउ परे। उता मोरङको जहदा गाउँपालिका-४ बस्ने दिनानाथ सोनार र धनपालथान गाउँपालिका बस्ने नजिर आलम पनि पक्राउ परे। , घटनामा अहिलेसम्म तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।, उनीहरूलाई मोरङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। , पक्राउ परेका आरोपित।, उनीहरूसँग प्रहरीले सोधपुछ गर्दै जाँदा अर्का एक व्यक्ति समेतको हत्या भएको खुल्यो। उनी केही समयदेखि हराइरहेका थिए।, ती थिए तेह्रथुम घर भई काठमाडौंको गोठाटार बस्ने ६२ वर्षीय मोहनप्रसाद लिम्बू। शव कहाँ छ भनेर सोध्दा उनले ललितपुरको गोदावरी नगरपालिका-१२ मा स्थित एक घरपछाडि गाडिएको बताए।, ठेचोंको त्यो घर प्रदीपकुमार थापा मगरको हो। , मण्डलले गोदाम चलाउने भन्दै प्रदीपको घर भाडामा लिएका थिए। उनले त्यो घर केही महिनाअघि मात्रै भाडामा लिएका थिए।, शव त्यहाँ छ भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल पुग्यो। घर पछाडि झन्डै पाँच फिट खनेर शव गाडिएको भेटियो। , गाडिएको शवलाई छिटो गलाउन नुनको प्रयोग गरिएको थियो भने माथिबाट ढलान गरिएको प्रहरीले जनाएको छ। , मण्डललाई सोधपुछ गरेका एक प्रहरी अधिकारीका अनुसार उनले सुरूमा घरभित्रै शव गाड्न खोजेका थिए। तर भित्रको ढलान फोड्न नसकेपछि उनले घर पछाडि गाडेका हुन्। , प्रहरी उपरीक्षक जिसीका अनुसार तीन जना मृतक र मण्डल व्यापारिक पार्टनर हुन्। , ‘यस विषयमा धेरै कुराहरू छन्। तीन जना नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘पैसाकै लागि हत्या भएको देखिन्छ। आर्थिक कारोबार र पैसा बाँडफाँटमा कुरा नमिलेको हो।’, लिम्बूको शव सबैभन्दा अन्तिममा फेला परेको हो। तर उनको हत्या सबैभन्दा सुरूमा भएको थियो। , उनको हत्या मंसिर २८ गते भएको जिसीले बताए। मण्डललगायतले मिलेर सुरूमा घाँटी कसेर हत्या गरेको खुलेको छ। , मोहनप्रसाद लिम्बूको शव गाडिएको स्थान।, उनीहरूले त्यसरी हत्या गरेपछि घर पछाडि गाडेको उनले बताए।, ‘समूह नै छ। मान्छे बोलाएर हत्या गरेको देखिन्छ,’ उनले भने,‘उनीहरूले जग्गादेखि विभिन्न आर्थिक कारोबार गर्ने गरेको देखिन्छ। उनीहरूले विभिन्न कम्पनी खोलेर काम गरेको देखिन्छ। सोधपुछ गर्दा कोही भर्खर-भर्खर जोडिएको कोहीचाहिँ लामै समयदेखि सँगै काम गरेको देखिन्छ।’, प्रहरीले सोधपुछ गर्दा पनि मण्डलले पैसाको कुरा नमिलेकै कारणले हत्या भएको बताएका छन्। यसमा थप अनुसन्धान गर्दा खुल्ने कार्यालयले जनाएको छ। , सुरूमा मण्डलको समूहले लिम्बूको हत्या गरेपछि मंसिर २९ गते नै राजेन्द्रप्रसाद र शम्भुसहित मोरङ पुगेको देखिन्छ। , मोरङमा पुगेर उनीहरूले राजेन्द्रको पुस ५ गते र शम्भुको ७ गते हत्या गरेको प्रहरी उपरीक्षक जिसीले बताए। , ‘हत्या गर्दा उनीहरूले योजनाबद्ध रूपमै गरेको देखिन्छ। पहिले उनीहरूले हत्या गर्नुपूर्व नै कहाँ गाड्ने भनेर योजना बनाए,’ उनले भने, ‘त्यसपछि घाँटीमा कसेर हत्या गरेको भनेका छन्। गाड्नको लागि खाल्डो र मान्छेहरू तयार बसिरहेका थिए। अरू कसरी हत्या गरेको रिपोर्ट आएपछि अरू कुरा थाहा छ।’, प्रहरी स्रोतका अनुसार उनीहरूले झापामा ५० करोडमा जग्गा बैना गरेको देखिएको छ। त्यसबापत उनीहरूलाई ३ प्रतिशत कमिसन पनि आउने कुरा थियो। , त्यो पैसा बाँडफाँट गर्नुभन्दा उनीहरूलाई सिध्याइदिए आफैंलाई फाइदा हुने सोचले हत्या गरेको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन्।, ‘आर्थिक कारोबारकै विषय हो। उनीहरूले पार्टनरसिपमा झापामा ५० करोडमा जग्गा बैना गरेको देखिन्छ। त्यसको ३ प्रतिशत कमिसन पनि आउने र पार्टनरसिपमा अरूलाई बाँड्नुभन्दा सिध्याउनु राम्रो भन्ने सोच एउटा छ,’ महाशाखा स्रोतले भन्यो, ‘अर्को हाइड्रोपावरलगायत विभिन्न ठाउँमा लगानी गर्ने कागजात पनि फेला परेका छन्। सक्कली हो वा नक्कली भन्ने अनुसन्धानबाट खुल्छ तर मुख्य कारण आफूलाई फाइदा गर्न पार्टनरलाई सिध्याएको देखिन्छ।’, ती प्रहरीका अनुसार मण्डलको केही आपराधिक व्यक्तिहरूसँग पनि सम्बन्ध रहेको देखिन्छ। , अरू धेरै जना संलग्न छन् भन्ने प्रहरीको भनाइ छ। उनीहरूको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ। , प्रहरी स्रोतका अनुसार मण्डलले हत्या गर्न भारतबाट केही व्यक्तिलाई पनि बोलाएका थिए। त्यसको लागि उनले २० लाखसम्म खर्चिएको बताएका छन्। , लिम्बूको शव ललितपुरमा फेला परेको हुँदा महानगरीय प्रहरी परिसर ललितपुरले पनि छुट्टै अनुसन्धान गर्ने प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए। , ‘अहिले मोरङले अनुसन्धान गरिरहेको छ। त्यहाँ सकेपछि हामी यता ल्याएर पनि थप अनुसन्धान गर्छौं,’ उनले भने।, यो पनि: ,'व्यवहार मिलाउन' भन्दै घरबाट हिँडेका साथीहरूको शव उखुबारीमा भेटिएपछि, मोरङको उखुबारीमा शव फेला घटना: ललितपुरको ठेंचोमा फेला पर्यो अर्को शव, , ,
मोरङको उखुबारीदेखि ललितपुरको घरपछाडि गाडिएका शवको कनेक्सन
|
सेतोपाटी संवाददाता सबै नागरिकको पहुँचमा कोभिडविरूद्धको खोप पुर्याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिनुपरेको सरकारले स्पष्ट पारेको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरूद्धको खोप लिन मानिसहरू नआउने क्रम बढेपछि सरकारले उनीहरूलाई खोपको दायरामा अनिवार्य रूपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको प्रष्टयाएकी हुन्। , उनले यो नीति लिएपछि कोभिडविरूद्धको खोप लगाउनेहरूको भीड नै लाग्न सुरू गरेको पनि स्मरण गराइन्। , प्रवक्ता मिश्रले सरकारले लिएको यो नीति मिडियामा आएजस्तो नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्न नभएको स्पष्ट पारिन्।, उनले भनिन्,‘खोप कार्ड अनिवार्य किन गर्यो भनेर हामीले बुझ्नु पर्दछ। यो जनतालाई सास्ती दिनका लागि पनि होइन। विगतको एक्सपेरियन्सले के देखाएको छ भने भ्याक्सिनेसनको रेट बढाउँदा पनि कतिपय व्यक्तिहरू भ्याक्सिनेशन लिन नआएको अवस्था पनि छ। यदि तपाईंले पछिल्लो तथ्यांक हेर्ने हो भने ओमिक्रोनभन्दा पहिलाको तथ्यांक हेर्ने हो भने यो केन्द्रहरू सञ्चालन गर्दा पनि मान्छे खोप लिन नै आएनन्। ओमिक्रोनको इन्फेक्सन बढिरहँदाखेरी भ्याक्सिन लिनलाई भीड भयो। यो खोपमा पहुँच बढाउन राज्यले लिएको नीति हो। यो मिडियामा प्रचार भएजस्तो कसैलाई विभेद गर्न वा सेवा निषेध गर्नका लागि लिएको चाहिँ रहेनछ।’, सार्वजनिक सेवा दिने ठाउँ नजिकै कोभिडविरूद्धको खोप केन्द्रको व्यवस्था गरेर सो सेवा लिनुअघि कोभिडविरूद्धको खोप लिन सहज हुने व्यवस्था सरकारले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ।, प्रवक्ता मिश्रले इम्युनिटी रेस्पोन्स गर्न सहज हुने भएकाले जुनसुकै खोप लगाएका नागरिकहरूले पनि बुष्टर खोपको लागि फरक खोप लगाउन पाउनेगरी पछिल्लो निर्णय आएको पनि स्पष्ट पारिन्। , कोभिडको ‘रिसर्च’ र ‘डाटा’ दैनिक चेन्ज हुने भएकाले यसका निर्णय पनि नेपाल सरकारले परिवर्तन गरिरहनु परेको सरकारको स्पष्टीकरण छ। , प्रवक्ता मिश्रले गत माघ ७ गते बसेको डब्लुएचओ अन्तर्गतको स्ट्राटिजिक एडभाइजरी बोर्डको बैठक र त्यसको लगत्तै बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले नै भेरोसेल वा जुनसुकै खोप लगाएको भए पनि बुष्टर खोप लगाउँदा हुने निर्णय गर्नुपरेको स्पष्ट पारिन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न र कोभिड खोप लगाउन सबै नागरिकलाई पटक पटक अपिल गर्दै आएको छ। प्रवक्ता मिश्रले त्यसका लागि खोपको अभाव नहुने स्पष्ट पारिन्। ,
कोभिड खोप कार्डबारे स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण (भिडिओ)
|
सेतोपाटी संवाददाता विद्युत प्राधिकरण वितरण केन्द्र गोठलापानी बैतडीमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्।, कार्यालयमा मिटर रिडिङको काम गर्दै आएका दशरथचन्द नगरपालिका–२ का अन्दाजी ४३ वर्षीय मानसिंह रावत मृत फेला परेको प्रहरीले जनाएको छ।, उनी शुक्रबार साँझ सोही ठाउँको सैरेने गडामा पल्टेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।, प्रहरीका अनुसार उनी २० गतेबाट घरबाट सम्पर्कविहीन थिए।, घटनास्थल कार्य गरेर उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखेको प्रहरी जनाएको छ।, घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।,
दुई दिनदेखि बेपत्ता विद्युत प्राधिकरण बैतडीका कर्मचारी मृत फेला
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ४६३ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २५ हजार ९९५ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १३०८६, ललितपुरमा ९३२६ र भक्तपुरमा ३५८३ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ५१३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ११०३ पिसिआर परीक्षणबाट र ६११ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ४७७१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, ,
काठमाडौं उपत्यकामा थपिए ४६३ संक्रमित
|
रासस गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन्।, गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो।, हेलम्बु गाउँपालिका-२ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो।, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो। , करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ।, ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ।, बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेर्होदै आएका स्थानीयबासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौंलगायतका स्थानमा जान सजिलो भएको छ। ,
गृहमन्त्री खाणले गरे मेलम्ची खोलाको पुल उद्घाटन
|
रासस पाल्पाको तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रूख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो। , तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए। परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्दार गरिएको बताइएको छ।, अस्पतालमा लगिएका परियारलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए।,
पाल्पामा चिसोले गर्दा एकको मृत्यु
|
रासस शनिबार स्याङ्जामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।, बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जीप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।, जीप सडकबाट झन्डै ५०० मिटर तल खसेको छ। घटनास्थलबाट प्रहरीले शव सङ्कलन गरी शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरी प्रवक्ता अधिकारीले बताए। ,
स्याङ्जामा जीप दुर्घटना हुँदा दुईको मृत्यु
|
नारायण खड्का प्युठानमा शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दुर्घटनामा पर्यो।, जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा सडकबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको हो।, दुर्घटनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्कासहित ८ जनाले ज्यान गुमाए। ४ जना घाइते भएका छन्। घाइतेमध्ये बेहुलीसहित ३ जना गम्भीर छन्।, २५ वर्षीय दानबहादुर खड्काको बिहेबाट फर्किंदै गरेको जीप गौमुखी गाउँपालिकाका ६ ओखरपाटामा दुर्घटना हुँदा सोही वडाको लिवाङका ३९ वर्षीय उपसभापति खड्कासहित ८ जनाको मृत्यु भएको हो। , दानबहादुर वसन्तका काकाका छोरा हुन्।, घर परिवार भित्रकै मानिसमात्रै बिहेमा जाने कुरा भएकाले सीमित व्यक्ति जन्ती गएका थिए। दानबहादुरका बुवा आमा भने बिहेमा गएका थिएनन्।, नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्का, बेहुली लिएर फर्किंदै गर्दा दुर्घटनामा वसन्तकी श्रीमती ३९ वर्षीया वसन्ती र उनीहरूकी ११ वर्षीया छोरी एलिसाको मृत्यु भएको छ। वसन्तका १२ वर्षीय छोरा भिषण खड्का जन्ती नगएकाले घरमै छन्।, लिवाङका दीपक वलीले ,सेतोपाटी,लाई दिएको जानकारी अनुसार वसन्तीको घटनास्थलमै र वसन्त तथा उनकी छोरीको अस्पताल पुर्याएपछि मृत्यु भएको हो।, ‘बिहान हामीले उद्धार गर्दासम्म बाबु-छोरीको ढुकढुकी तातै थियो,’ वलीले भने, ‘एम्बुलेन्स पनि पाइएन अरू गाडी खोजेर अस्पताल पुर्याउन नै ढिला भयो।’, दुर्घटनामा मृत्यु हुने अधिकांश नजिकका नातेदार छन्। कांग्रेस उपसभापति वसन्तका साला ३२ वर्षीय खिमबहादुर खत्री, वसन्तकी बुहारी तथा बेहुला दानबहादुरकी दिदी २९ वर्षीया केशरी खड्का, वसन्ती, भाउजु ५२ वर्षीया नन्दी खड्काको मृत्यु भएको छ।, जीप चालक ५२ वर्षीय बलबहादुर बुढा मगर पनि सोही गाउँका हुन्।, ६ जना परिवारभित्रकै सदस्य र एक जना चालकसहित सात जना एकै गाउँका मानिसको मृत्यु भएको गाउँका एक युवक दीपक वलीले जानकारी दिए।, त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएकी बेहुली १९ वर्षीया रीमा जिसीकी बहिनी नौबहिनी ६ लुङकी १८ वर्षीया बिपना जिसीको पनि मृत्यु भएको छ।, त्यस्तै घाइते बेहुलाका सहोदर भाइ १७ वर्षीय नरेश खड्काको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ। , यो खबर तयार पार्दासम्म बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढामगर र २५ वर्षीया साबित्रा जिसीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। बेहुलीको एउटा हात नै चुँडिएको छ। बेहुलाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।, लिवाङमा कसैको घरमा चुलो बलेको छैन – दीपक, लिवाङ गाउँका घर परिवारभित्रकै ६ जनासहित ७ जनाको मृत्यु र अन्य आफन्त गम्भीर घाइते भएपछि लिवाङ गाउँमा सन्नाटा छाएको छ।, ‘बेहुली भित्र्याउने तयारीमा रहेको घरको उल्लास कस्तो हुन्छ र आज सोही गाउँबाट ७ जनाको शव निकाल्नुपर्दा कस्तो कारूणिक अवस्था होला, तपाईं आफैं कल्पना गर्नुहोस्,’ वलीले सेतोपाटीसँग भने, ‘गाउँमा कसैको घरमा आगो बलेको छैन। नरूँने कोही छैन। गाउँमा सन्नाटा छाएको छ।’, वलीका अनुसार सबै गाउँले अहिले पनि दुर्घटनास्थल ओखरपाटामै भेला भएका छन्।, ‘हामी सारा गाउँले शोकमा छौं,’ वलीले भने, ‘गाउँमा यति ठूलो बज्रपात पर्ला भन्ने कल्पना पनि गरिएको थिएन।’, वलीका अनुसार दुर्घटनामा ज्यान गुमाएका वसन्त खड्का र उनी निकै मिल्ने साथी हुन्। शुक्रबार बेलुका ७ बजेतिर वलीसँग आफ्नो फोनमा कुरा भएको उनले बताए।, ‘म हिजो दिनभर व्यक्तिगत कामले फोन सम्पर्क नहुने ठाउँमा पुगेँ र बेलुकीमात्रै मैले उपसभापतिज्यूलाई फोन गरेको थिएँ,’ वलीले भने, ‘एक जना गाउँकै भाइले गाउँपालिकाको अहेबमा नाम निकालेकोमा उहाँले खुसी व्यक्त गर्नुभएको थियो र राति वा भोलि बिहान घर फर्किन्छु भन्नुहुन्थ्यो। उहाँलाई बिहान अचेत अवस्थामा उद्धार गर्नुपर्दा मैले आफूलाई सम्हाल्नै सकिनँ।’, वलीले घर परिवारका सीमित मानिसमात्रै जन्ती जाने निर्णय हुनु र आफू पनि फोन सम्पर्क नहुने ठाउँमा काम विशेषले पुगेको हुँदा उपसभापतिसँग छुटेको बताए।, ‘यदि घर परिवारबाहेक गाउँका अरू मानिस पनि जाने हुँदा म पनि जाने थिएँ र त्यस्तोमा हामी सायद मोटरसाइकलको यात्रा गर्ने थियौं होला,’ उनले अगाडि भने, ‘त्यसले उहाँलाई जोगाउँथ्यो कि! हाम्रो दाजु भाइकोभन्दा निकट सम्बन्ध थियो। उहाँ जहाँ जाँदा पनि मलाई सोध्नुहुन्थ्यो र म पनि उहाँलाई सोध्ने गर्थेँ।’, मृतक सबैको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको वलीले जानकारी दिए। घटनास्थलदेखि बिजुवार अस्पताल पुग्दा गाडीमा दुई घन्टा लाग्ने उनले बताए।, पोष्टमार्टमपछि शव बुझेर अन्त्येष्टि गर्नेबारे छलफल गर्ने उनले बताए।, ‘जे-जस्तो बज्रपात परे पनि अब छातीमाथि ढुंगा राखेर हामी मृतकहरूको अन्तिम संस्कार गर्नेछौं,’ वलीले भने, ‘ बेहुली भित्र्याउने उल्लासमा रहेको लिवाङका गाउँलेहरू यतिखेर सात शव बोकेर घाट जानुपर्ने बाध्यता आइलागेको छ।’,
'बेहुली भित्र्याउने उल्लासमा रहेको गाउँ, शव बोकेर घाट जानुपर्ने बाध्यता आइलाग्यो'
|
रासस दिदीको छोराको बिहेमा रूकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन्। बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो।, सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँडेकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो। ८ महिनाको छोरीसहित घर हिँडेकी उनलाई समयमै घर नपुगिने कुराले चिन्तित बनाएको थियो। जाडोयाममा बच्चासँगको यात्रा गर्न बाध्य उनलाई बेलुकाको बास कहाँ हुने हो भन्ने चिन्ता थियो।, जिल्ला सदरमुकाम लिवाङबाट गङ्गादेव गाउँपालिका हिँडेका मनोजकुमार वली चढेको गाडी रोल्पा नगरपालिका–७ निम्रीस्थित सडकमा रहेको हिलोमा भाँसियो। उनले गाडीका स्टाफ र अन्य यात्रुसँगै हिलोमा फसेको गाडी तान्न तम्सिए। लगातार एक घण्टा डोरी लगाएर तानेपछि हिलोमा फसेको गाडी निस्कियो। , आचार्य, थापा र वली मात्र हैन सदरमुकाम लिवाङबाट पश्चिम रोल्पाका चार स्थानीय तहसहित रूकुमपूर्व र रूकुमपश्चिम आवतजावत गर्ने यात्रुहरू अचेल यस्तै समस्या भोग्ने गर्दछन्। यसको मुख्य कारण हो रोल्पा नगरपालिका–७ मा पर्ने निम्री सडक।, सो सडकले जिल्ला सदरमुकाम लिवाङलाई पश्चिम रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रूकुमपूर्व र पश्चिम दुई जिल्लालाई समेत जोडेको छ।, दैनिक दर्जनौं गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरूलाई कष्टपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन्।, डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ। बाटोको अस्तव्यस्तताले यात्रासमेत अनिश्चित हुने गरेको छ। अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरूसमेत बाटोको अवस्थाले कैयौं अवसर गुमाउने गरेका छन्।, बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन्।, सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौं रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन।, सोही सडक भएर पश्चिम रोल्पाका थवाङ, परिवर्तन, गङ्गादेव, त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरु जिल्ला समन्वय समितिको बैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्दछन्।, सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ।, जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ।, जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झन्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन्। सङ्घीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ।, विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन हुन नसकेको जिल्लाबासीको गुनासो छ।, ‘संघ, प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता देखिँदैन’ स्थानीय यातायात व्यवसायी भीम घर्तीले भने, ‘जतिभन्दा पनि सरकारले सुन्दै सुन्दैनन्।’, सडकमा भएका खाल्डाखुल्डी पुरे पनि यातायात व्यवसायीलाई राहत मिल्ने उनको भनाइ छ।, दसवर्षे सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिहरूका नाममा ती सडकको नामकरण गरिएको छ।, सहिद मार्ग नामकरण गरिएका ती सडक आफैं सहिद भएको बताउँछन् रुन्टीगढी गाउँपालिकाका स्थानीय युवा नन्दराम खड्का।, ‘बाटोको अवस्था हेर्दा सहिदमाथि अन्याय भएको छ’, उनले भने, ‘यो बाटोमा यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन्। तर पनि सरकारले कुनै चासो देखाएको छैन।’, उक्त सडकबाट यात्रा गर्दा धेरै पटक मृत्युको मुखबाट बचेको बताउँदै उनले कष्टपूर्ण यात्रा गर्नु यहाँका लागि कुने नौलो विषय नभएको बताए। , ‘विकासमा पछाडि पारिएको भन्दै रोल्पाबाट जनविद्रोह गरेका नेताहरू सत्तामा पुगे पनि विकासमा तात्विक अन्तर देखिएको छैन’, स्थानीय महिला अगुवा तीर्था आचार्यले भनिन्, ‘सडक सञ्जालका नाममा डाँडाकाँडा छियाछिया भए पनि गुणस्तरीयताको अभावमा सडकहरू मृत्युमार्गका रूपमा देखिएका छन्।’, उनले दस वर्ष बन्दुकको त्रास भोगेका रोल्पाली अहिले सडक त्रासमा बच्न बाध्य भएका छन् भन्दै अप्ठ्यारो, असहज र अनिश्चित यात्राले महिलाहरू थप प्रताडित हुने गरेका छन्। तर यसतर्फ कसैको ध्यान नगएको बताइन्।, लामो समयदेखि सोही सडकमा गाडी चलाउँदै आएका जीपचालक दीपक थापाका अनुसार सुधारिएको सडकमा कहिल्यै गाडी चलाउन पाइएन।, ‘यात्रा सधैं यस्तै कष्टकर हुने गर्दछ’, उनले भने, ‘हिउँदमा सामान्य पानी पर्दा पनि पहिरो झर्ने र बाटो हिलाम्य हुने गर्दछ। बाटामा भएका ठूल्ठूला खाल्डाखुल्डी र ढुङ्गालाई छल्दै गाडी चलाउनुको विकल्प छैन।’, सडक मर्मतमा सम्बन्धित निकायको लापरबाहीका कारण नागरिकहरू यस्ता समस्या भोग्न बाध्य छन्।, यात्राको मारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी मात्रामा पर्ने गर्दछन्। असहज यात्रा, समयमा घर नपुगिने चिन्ता र असुरक्षाले उनीहरूको यात्रा कष्टकर बन्ने गर्दछ।,
सहिद मार्ग नामकरण गरिएका सडक आफैं सहिद!
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ५१३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ११०३ पिसिआर परीक्षणबाट र ६११ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ४७७१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ५२ हजार ७८० जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा ४६३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।, , ,
थपिए १७१४ संक्रमित, निको भए ४७७१
|
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रूपमा सञ्चालनमा रहेका अस्थायी टहरा हटाउने भएको छ।, पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रूपमा बनाइएका अस्थायी टहरा हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए।, उनले शनिबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहरा हटाउन लागिएको स्पष्ट पारे।, प्रवक्ता अधिकारीले भने, ‘यसलाई हटाउने भन्ने विषयहरू मिडियामा आइराखेको छ। यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दा पनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नुपर्दछ भन्ने मलाई पहिलो कुरा लाग्दछ। पशुपति क्षेत्रको आफ्नै ऐन, कानुन छ। त्यस अनुसार कुन ठाउँमा केलाई व्यवस्थित गर्ने, कुन ठाउँमा दर्शनार्थीलाई के सुविधा दिने भन्ने कुरा हाम्रो पोलिसी अन्तर्गत त्यहाँ पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरूका लागि फूलप्रसाद, त्यहाँ चढाउने मालाहरूको लागि केही पसलहरूको व्यवस्थापन गरेका छौं।’, त्यसबाहेक अन्यत्र जस्तो जथाभावी पसल खोल्ने आफूहरूको नीति नभएको उनले स्पष्ट पारे।, 'छैन र हुनु पनि हुँदैन। केही अरू नि पसलहरू राखिएको थियो। व्यवस्थित ठाउँ बनाएपछि ती टहराहरूलाई हटाउन लागिएको हो।’ , कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरूका लागि आवश्यक फूलमाला, प्रसादी, चिनो लगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ। , कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरूको दर्शनका लागि आवश्यक पूजा सामग्री लगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताए।,
पशुपति क्षेत्रमा अनधिकृत रूपमा बनाइएका अस्थायी टहरा हटाइने
|
नारायण खड्का प्युठानमा सवारी दुर्घटनामा ज्यान गुमाएका आठ जनाको जात अनुसार अलग/अलग चिता जलिरहेको छ। , आ–आफ्नो थर र रितिरिवाज अनुसार दुर्घटनामा मृत्यु भएका आठ जनाको अलग/अलग अन्तिम संस्कार गरिएको हो।, गौमुखी गाउँपालिका वडा नं. ६ का ३२ वर्षीय खिमबहादुर खत्रीको झिम्रुक खोला अन्तर्गत शालिविसौना घाटमा चिता जल्दैछ। , त्यस्तै ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का, ११ वर्षीया छोरी एलिशा खड्का, मृतक वसन्तकी बुहारी तथा उपचाररत घाइते २५ वर्षीय बेहुला दानबहादुर खड्काकी दिदी २९ वर्षीया केशरी खड्का र बेहुला दानबहादुरकी ठूली आमा तथा वसन्तकी भाउजु ५२ वर्षीया नन्दी खड्कासहित पाँच जनाको झिम्रुक खोला अन्तर्गतको भन्च्याङ्खोला घाटमा जलाइएको छ।, त्यस्तै सोही वडाका जिप चालक ५२ वर्षीय बलबहादुर बुढामगरको लिवाङकै गुप्तीचौर घाटमा अन्त्येष्टि भइरहेको छ। , बुढा मगरमा जलाउने र गाड्ने दुवै संस्कार भएको हुँदा कसरी अन्तेष्टि गर्ने भन्ने एकीन नभएको स्थानीय दीपक वलीले ,सेतोपाटी,लाई बताए। , त्यस्तै गम्भीर घाइते भइ उपचाररत दुलही १९ वर्षीया रीमा जिसीकी बहिनी नौबहिनी गाउँपालिका ६ लुङकी १८ वर्षीया बिपना जिसीको अन्त्येष्टि उनकै गाउँमा गरिने वलीले सेतोपाटीलाई जानकारी दिए। , शोकमा चिसो नभनी र रातदिन नभनी सबै गाउँले एकै ठाउँमा भेला भएको वलीले बताए। ‘हाम्रो संस्कार हो, दुःखको क्षणमा यताउता पुग्ने,’ वलीले भने, ‘हामी एक पटक यताको चिता जलाउन र त्यसपछि अर्को तर्फको चिता जलाउन सहभागी हुँदैछौं।’, गाउँ पुरै शोक र सन्नाटामा रहेको हुँदा चिता जलाउन लैजाँदाको क्षण शब्दमा उल्लेख गर्न सम्भव नरहेको स्थानीय दीपक वलीले तर्क गरे। , पोष्टमार्टम गर्न ढिला भएपछि बेलुका मात्रै शव अन्त्येष्टीको तयारी गरिएको वलीले जानकारी दिए।, प्युठान जन्ती जीप दुर्घटना- 'बेहुली भित्र्याउने उल्लासमा रहेको गाउँ, शव बोकेर घाट जानुपर्ने बाध्यता आइलाग्यो',
जातअनुसार प्युठानमा जल्दैछन् अलग-अलग चिता
|
सेतोपाटी संवाददाता भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँव्लकमा रहेका भूमिहीनहरुलाई आज लालपूर्जा वितरण गरेकी छन्। मन्त्री श्रेष्ठले गाउँपालिकाको ३६ परिवारलाई लालपूर्जा वितरण गरेकी हुन्। , मन्त्री श्रेष्ठले देशभरका गाउँव्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान सञ्चालन गरेको बताइन्। हालसम्म करिब १२ हजार घर परिवारलाई लालपूर्जा वितरण गरी सकिएकोे पनि उनले जानकारी दिइन्। , भूमिहीन दलित, भूमिहीन सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न विभिन्न स्थानीयतहसँग सम्झौता गर्ने उनले बताइन्। , मन्त्री श्रेष्ठले भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न प्रतिबद्धता व्यक्त गरिन्। ,
विस २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई वितरणमा जोड दिँदै आएकी छन्।, राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्न सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ। ,
,
सरकारले दियो १२ हजार भूमिहीनलाई लालपूर्जा
|
भगवती पाण्डे प्युठानको नौबहिनी गाउँपालिका-६ लुङका सुदन जिसी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसको डिलक्स एसी वार्डमा आइतबार बिहान ओहोर-दोहोर गरिरहेका थिए। मेडिकल कलेजको तेस्रो तलामा रहेको उक्त वार्डको बेडमा सुदनकी श्रीमती सावित्रा, बहिनी रिमा र नवविवाहित बहिनीज्वाइँ दानबहादुर खड्कालाई लस्करै सुताइएको थियो।, मेडिकल कलेजको तेस्रो तल्लामा रहेको डिलक्स एसी वार्डको १७ नम्बर बेडमा रिमालाई राखिएको छ। सँगै रहेको १६ नम्बर बेडमा दानबहादुर छन्। सोही वार्डको अर्को बेडमा बेहुलीकी भाउजू (ठूलो बुवाकी बुहारी) सावित्रालाई राखिएको छ।, सुदन शनिबार बिहान प्युठानको गौमुखी गाउँपालिका-६, लिवाङ ओखरपाटामा जन्ती बोकेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा परी घाइते भएकी बेहुली रिमाका दाजु (ठूलो बुवाका छोरा) हुन्।, नयाँ जीवनको सुरूवात गर्ने भन्दै विवाह गरेका जोडी अहिले दुर्घटनामा घाइते हुँदाको गहिरो पीडा र आफन्त गुमाउँदाको शोकका साथ अस्पतालको बेडमा पल्टिएको छ। उनीहरूलाई राखिएको वार्डभित्र र बाहिर आफन्त मलिन अनुहार लिएर बसिरहेका छन्।, १८ वर्षीया रिमा कक्षा १० पढ्दै थिइन्, २५ वर्षीय दानबहादुर भने रोजगारीको लागि विदेश गएर केही महिना पहिले फर्किएका थिए। पक्षघातका कारण आमाको एउटा हात नचल्ने भएपछि रिमा धेरै टाढा विवाह गर्ने पक्षमा थिइनन्। यसअघि दाङबाट विवाहको कुरा भए पनि टाढा हुने भन्दै उनले इन्कार गरेकी थिइन्।, रिमा र दानबहादुरको विवाहबारे भने तीन-चार दिन अघिमात्रै कुराकानी भएको थियो। रिमा नौबहिनी गाउँपालिका-६ लुङकी हुन्। दानबहादुरको घर गौमुखी गाउँपालिकाको लिवाङ हो। रिमाका ठूलो बुवा ईश्वर जिसीका अनुसार लुङ र लिवाङ हिँडेरै गए पनि दुई घन्टाको बाटो भएकाले बेलाबेला पक्षघातबाट थलिएकी आमाको रेखदेख गर्न पनि सजिलो हुने भन्दै रिमा विवाहका लागि राजी भएकी थिइन्।, विवाह गर्न राजी भए पनि माइती पक्षले 'अहिले पानी परिरहेकाले मौसम ठीक नभएको र लगन पनि त्यति राम्रा नभएको' भन्दै फागुन लागेपछि मात्रै विवाह गर्ने प्रस्ताव गरेका थिए। बेहुला पक्षले अहिले नै विवाह गर्ने भनेपछि माइती पक्ष पनि सहमत भएका थिए।, ‘हामीले त अहिले मौसम पनि ठीक छैन, लगन पनि त्यति राम्रो छैन। फागुन लागेपछि विवाह गरौंला भनेका थियौं। तर घरपट्टीबाट धेरै टाढा छैन केही हुँदैन भन्नुभएपछि तयार भयौं,’ ईश्वरले भने।, शुक्रबार साँझ विवाहको साइत जुराइएको थियो। ईश्वरका अनुसार शुक्रबार दिउँसो ४ बजेका लागि जन्ती बोलाइए पनि ७ बजेतिर मात्रै उनीहरू आइपुगेका थिए।, बेहुलीलाई सिन्दुर लगाइदिने र अन्य पूजापाठको काम बेहुलाको घरमै लगेर गर्ने भनेपछि माइती पक्षले सामान्य टीकाटालो र खानपिन गराएपछि राति ११ बजेतिर बेहुली लिएर जन्ती फर्किएको थियो।, पानी परिरहेको र रात पनि छिप्पिइसकेकाले शनिबार बिहान मात्रै जन्ती फर्किन माइती पक्षले आग्रह गरेका थिए। तर शनिबार बेहुली भित्र्याउन राम्रो नहुने भन्दै राति नै जन्ती हिँडेको थियो।, ‘हामीले त भोलि बिहान मात्र जानुहोला भनेर धेरै अनुरोध गरेका थियौं। जन्ती पट्टिकाले मान्नुभएन, यस्तो हुनलाई रहेछ,’ ईश्वरले भने।, ११ बजेतिर दुलही अन्माएर सुतेका आफूहरू बिहान उज्यालो नहुँदै जन्ती बोकेको जीप दुर्घटनामा परेको सुनेपछि शोकमा डुबेको उनले बताए।, ‘११ बजे हिँडेका जीप दुई बजेतिर दुर्घटनामा परेछ। अप्ठ्यारो बाटो पार गरिसकेकोले अझै १५ मिनेट अगाडि गएको भए बेहुलाको घरमै पुगिने थियो,’ उनले भने।, जीपका चालकसहित ८ जनाको मृत्यु भइसकेको र घाइते अवस्थामा रहेका पनि आफन्त गुमाउँदाको शोक र घाइते हुँदाको पीडाको कारण दुर्घटना कसरी भयो भन्ने अवस्थामा छैनन्।, सावित्राकी दिदी मन्जु जिसीका अनुसार हिउँ परिरहेकाले बाटो चिप्लो भएको र बाटोमा रहेको माटोको थुप्रोलाई तर्काएर गाडी अगाडि बढाउँदा दुर्घटना भएको हुनसक्ने बताइन्।, ‘बहिनी सावित्रा, दुलहा र दुलही जिपको सबैभन्दा पछाडिको सिटमा थिए रे। एक्कासि जिप तल खसेको मात्र थाहा पायौं त्यसपछि केही थाहा पाइएन भन्छन्,’ घाइतेहरूलाई उद्धृत गर्दै मन्जुले भनिन्।, मन्जुका अनुसार बेहुला दानबहादुर जीप पल्टिएपछि माथि नै झ्यालबाट बाहिर खसेका थिए। जीपबाट बाहिर खसेपछि केहीबेर बेहोस भएका दानबहादुरले होस खुलेपछि आफैंले चिच्चाएर वारिपारिका घरमा गुहार मागेका थिए।, ‘सबैभन्दा पहिले दुलहाको होस् आएको रहेछ, उहाँले चिच्चाएर गुहार मागे पनि राति भएकाले धेरै पछि मात्रै गाउँले थाहा पाएका रहेछन्,’ मन्जुले भनिन्।, राति भएकाले समयमा उद्धार नहुँदा धेरैको ज्यान गएको उनले बताइन्। ‘दिउँसोको समय भए त दुर्घटना पनि हुने थिएन होला, राति सबै निदाएको र हिउँ परिरहेकाले उद्धार हुन पनि समय लाग्यो,’ उनले भनिन्।, दुर्घटनामा परी ६ जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी ८ जनाको मृत्यु भएको छ। पाँच जना घाइते छन्। ईश्वरका अनुसार बेहुला दानबहादुरका भाइ नरेश खड्काको अवस्था गम्भीर छ। दानबहादुर र सावित्राको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ।, अर्की घाइते २१ वर्षीया हरि बुढामगरको पनि देब्रे खुट्टामा गहिरो चोट लागेको छ। हरि दुर्घटनामा परी मृत्यु भएका जीपका मालिक बलबहादुर बुढाकी छोरी हुन्। जीपका चालक घर गएकाले आफूले पनि जीप चलाउन जानेकाले बलबहादुर आफैंले जन्ती लिएर गएका थिए। जन्ती छोडेर घर फर्किँदा एक्लै हुने भन्दै उनले छोरी हरिलाई साथी लिएर गएका थिए।, बेहुली रिमाको दाहिने हात नाडीदेखि तल काटिएको छ। दुबै खुट्टाको घुँडामा चोट लागेको छ भने शरीरका विभिन्न भागमा थिलथिलिएको छ। ‘पक्षघात भएकी आमालाई सहारा दिन्छु भन्थी, उसकै एउटा हात गुम्यो,’ ठूलो बुवा ईश्वरले भने।, रिमाले घरबाट अन्मिएर जान लागेपछि भाउजु र बहिनीलाई पनि लैजाने भनेपछि उनीहरू पनि सँगै हिँडेका थिए। भाउजु सावित्री घाइते भई ज्यान जोगिए पनि बहिनी १६ वर्षीया विपना जिसीको भने घटनास्थलमै मृत्यु भइसकेको छ।, ‘बहिनीको मृत्यु भएको कुरा त रिमालाई भनेका पनि छैनौं, उसले पनि कसैसँग केही सोधेकी छैन,’ ईश्वरले भने, ‘एउटा छोरीको शनिबार राति दाहसंस्कार गरी भाइ छोरीको काजकिरियामा बसेको छ। म अर्की छोरी, बुहारी र ज्वाइँको रेखदेखमा छु।’, वल्लोपल्लो बेडमा रहेका रिमा र दानबहादुर आपसमा पनि बोल्न नसक्ने अवस्थामा रहेको मन्जुले बताइन्। मागी विवाह भएको कारण बेहुला बेहुलीबीच धेरै कुराकानीसमेत हुन पाएको थिएन।, ‘के भनेर बोल्ने भनेर होला, हेराहेर भए पनि बोल्न भने सक्नुभएको छैन, अहिले त रिमाको अप्रेसन गर्ने भन्दै तल लैजानुभएको छ,’ उनले भनिन्। शनिबार चुँडिएको हातको पुनः अप्रेसन गर्ने भन्दै उनलाई आइतबार बिहान शल्यकक्षमा लगिएको थियो। दानबहादुर भने मुख ढाकेर सुतेका थिए।, दुर्घटनामा परी गौमुखी गाउँपालिका ६ लिवाङका ३९ वर्षीय बसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया बसन्ती खड्का र ११ वर्षीया छोरी एलिसा खड्काको घटनास्थलमै मृत्यु भएको छ। मृतक बसन्त खड्का नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति समेत हुन्।, त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, जीप चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौवहिनी गाउँपालिका ६ की १६ वर्षीया विपना जिसीको मृत्यु भएको छ। एउटै गाउँ र परिवारभित्रैका व्यक्तिको मृत्यु भएपछि अहिले लिवाङ र लुङ गाउँ शोकमा डुबेको छ।, ‘बेहुली भित्र्याउने तयारीमा जुटेको गाउँबाटै सात वटा शव निकाल्नु परेपछि त्यहाँको अवस्था कस्तो होला आफैं कल्पना गर्नुस् न,’ ईश्वरले भने।,
बोल्ने कुनै शब्द छैन वल्लो-पल्लो बेडमा पल्टिएका दानबहादुर र रिमासँग
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ट्याक्सी र निजी सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ। , आइतबार बसेको तीन जिल्ला प्रमुख अधिकारीको बैठकले भोलिदेखि लागु हुने गरी उपत्यकामा जोरबिजोर प्रणालीलाई हटाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिसालले जानकारी दिए। , यसअघि प्रशासन कार्यालयले निजी सवारीसाधन र ट्याक्सीमा जोरबिजोर प्रणाली लागु गरेको थियो। सार्वजनिक सवारीसाधनमा भने हटाएको थियो। , आइतबार नै बसेको सिसिएमसीको बैठकले पनि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।त्यसअनुसार तीन जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाएको हो। , यस्तै प्रशासन कार्यालयले फागुन १ गतेदेखि पार्टी प्यालेशमा एक सय जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिएको छ। नाइट क्लबहरू पनि फागुन १ गतेदेखि सञ्चालन गर्न पाउने भएको हो। ,
काठमाडौं उपत्यकामा हट्यो सवारीसाधनमा जोरबिजोर प्रणाली
|
सेतोपाटी विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ।, आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले जानकारी दिइन्।, ‘आइतबारदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुन:अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ’, उनले भनिन्। , राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।, तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औंल्याएको छ। , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री र अधिकतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस छ।, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। ,रासस,
फेरि अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ: मौसमविद्
|
सेतोपाटी संवाददाता फागुन १ गतेदेखि काठमाडौं उपत्यकामा शैक्षिक संस्था सञ्चालन गर्न पाउने भएको छ।, आइतबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय गरेको हो। , तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीको हकमा नियमित र नभएका विद्यार्थीको हकमा संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनेको छ।, विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्न आदेश दिएको हो।, साथै सबै परीक्षाहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ। तर स्वास्थ्यका मापदण्डको पालना गर्न आदेश दिएको छ। , यस्तै प्रशासन कार्यालयले उपत्यकामा जोरबिजोर प्रणाली पनि हटाएको छ। योसँगै प्रशासनले फागुन १ गतेदेखि लागुहुनेगरी नाइट क्लबहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ। ,
फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चालन गर्न सकिने
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एक बालिकाको मृत्यु भएको छ।, शुक्रबार दिउँसो कृष्णपुर नगरपालिका–१ पहरियास्थित बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टामा बेरिएर कुमगाडाकी ११ वर्षीया ललिता खत्रीको घटनास्थलमै मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर साहले खेल्ने क्रममा बालिका मिलको पट्टामा बेरिएर घटना भएको हुनसक्ने बताए।, मिल कृष्णपुर नगरपालिका–१ का वडा अध्यक्ष मोहन बहादुर बस्नेतको हो।, मृतक बालिकाको शव जाँचका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ।,
मिलको पट्टामा बेरिएर ११ वर्षीया बालिकाको मृत्यु
|
सेतोपाटी संवाददाता सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।, बिहीबार बेलुका बनगाड कुपिण्डे नगरपालिका–७ लाम्साराकी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।, घटनास्थलमा प्रहरी पुगेको छ। चट्याङ लागेर भएको थप क्षतिको विवरण आएको छैन।, सल्यानमा बिहीबारदेखि चट्याङ र वर्षा भएको थियो।, कर्णाली प्रदेशका जिल्लाहरूमा आज पनि वर्षा भइरहेको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएका छन्।, ,
सल्यानमा चट्याङ लागेर महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ।, हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन्।, बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत देहिमाण्डौ क्षेत्रमा सडकमा हिउँ जमेको छ।, हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले हिउँ हटाउने काम गरेका छन्।, यस्तै जुम्लामा भारी हिमपात भएको छ।, जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले गर्दा चल्न सकेका छैनन्।, हिमपातले रुकुम– बागलुङ हुँदै पोखरा जोड्ने लोकमार्ग अवरुद्ध भएको छ। रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठका अनुसार भारी हिमपातपछि बिहीबारदेखि लोकमार्ग अबरुद्ध भएको हो।, ‘सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैनन्,’ उनले भने।, काठमाडौंलगायत क्षेत्रमा पनि बिहीबारदेखि वर्षा भइरहेको छ। शनिबारसम्म मौसम प्रभावित हुने र त्यसपछि मौसम सफा हुने बताइएको छ।, देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, तस्बिरहरू:, डोटीमा परेको हिउँ। तस्बिर: रासस, बैतडीमा हिउँ हटाउँदै नेपाली सेना: तस्बिर: विनोदसिंह विष्ट/रासस।, जुम्लामा हिमपातले रोकिएका सवारी साधन। तस्बिर: विजय रावत/रासस।, गोरखाको लाप्राकस्थित गुप्सीपाखामा परेको हिउँ। तस्बिर: जेसन गुरूङ, शिवपुरीमा परेको हिउँ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।, ,
हिमपातले राजमार्ग अवरूद्ध (तस्बिरहरू)
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.