content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कुटिएका छन्। , प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कुटपिट गरेका हुन्। , कुटपिटबाट तीन जना घाइते समेत भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घाइतेको ग्रीन सिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने खुलिसकेको छैन।, ‘केही पीडित व्यक्तिहरू मेनपावरमा गएका थिए,’ उनले भने,‘केही युट्युबर साथीहरू पनि क्यामेरा लिएर त्यहाँ पुग्नुभएको रहेछ। त्यसैबीच कुटपिट भएको देखिन्छ।’, उनका अनुसार मेनपावरबाट पीडित भएका व्यक्तिहरूले पनि प्रहरीलाई जानकारी गराएका थिएनन्।, घटना भएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ।  , मेनपावर कम्पनीभित्र कुटपिट भएको भिडिओ समेत बाहिरिएको छ। त्यस भिडिओमा एक जना व्यक्तिको टाउको फुटेको देखिन्छ। यस्तै अर्का व्यक्तिमाथि भने लखेटेर कुटपिट गरेको देखिन्छ। , घटनाको महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको बताएको छ।, सामाखुसीमा पीडितसँग मेनपावर कम्पनी पुगेकामाथि कुटपिट, तीन जना घाइते (भिडिओ)
सेतोपाटी संवाददाता झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालले कोरोना परीक्षण र उपचारका क्रममा निर्धारित शुल्कको सीमा मिचेर मनखुसी असुली गरेको पाइएको छ।, बिएन्डसी एमालेका केन्द्रीय सदस्य रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अस्पताल हो।, उक्त अस्पतालले कोरोना परीक्षण र उपचारमा जथाभावी असुली गरेको पीडित बिरामी र तिनका आफन्तले बताएका छन्।, गत सोमबार पेटमा समस्या भएर आमालाई उपचारका लागि लिएर गएका झापाको बुद्धशान्तिका रमेश अर्यालसँग अस्पतालले दुई पटक कोरोना परीक्षण गरी ३ हजार ७ सय रुपैयाँ  लियो।  , अस्पतालमा भर्ना हुन आउने हरेक बिरामीका लागि कोरोना परीक्षण अनिवार्य गराएको अस्पतालले एन्टिजेन र पिसिआर दुवै विधिबाट परीक्षण गर्ने गरेको छ।, ती दुवै परीक्षणमा सरकारले तोकेकोभन्दा बढी रकम लिने गरेको छ।, सरकारले निजी स्वास्थ्य संस्थाहरूलाई कोरोनाको पिसिआर परीक्षणका लागि अधिकतम एक हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ।, बिएण्डसीले भने पिसिआर परीक्षणका लागि दुई हजार रुपैयाँ असुलिरहेको छ। त्यस्तै सरकारले कोरोनाकै एन्टिजेन परीक्षण शुल्क १ हजार कायम गरेको छ तर बिएण्डसीले १ हजार ७ सय रुपैयाँ लिइरहेको पाइएको छ।, रमेशले अस्पतालले सबैभन्दा पहिले एन्टिजेन परीक्षण गर्न लगाएको र त्यसक्रममा १७ सय रुपैयाँ लिएको बताए।, ‘रिपोर्ट नेगेटिभ आयो, अनि उपचार सुरू भयो,’ रमेशले भने ‘उपचारका क्रममा केही दिन भर्ना गर्नुपर्छ भनियो। चिकित्सकले भनेपछि हामीले मान्यौं। भर्नाको प्रक्रिया सुरू भयो।’, एन्टिजेन नेगेटिभ आएर उपचार सुरू भइसकेको बेलामा भर्नाका लागि पिसिआर रिपोर्ट अनिवार्य भनिएपछि त्यो जाँच पनि गरियो।, ‘त्यसको शुल्क दुई हजार लिइयो,’ रमेशले भने ‘पिसिआर पनि नेगेटिभ नै आयो।’, उनले सरकारले तोकेभन्दा बढी रकम लिएको थाहा पाए पनि अस्पतालले भनेपछि तिर्न बाध्य भएको बताए।, एक साताअघि बच्चा बिरामी भएपछि बिएण्डसी शिक्षण अस्पताल लिएर पुगेका थिए एक अभिभावक।, ‘एक वर्षको बच्चाको स्वास्थ्यमा समस्या भएपछि अस्पताल लिएर गयौं,’ ती अभिभावकले भने ‘पुगेर परीक्षण गरेपछि भर्ना गर्नुपर्ने बताइयो। भर्ना गरेर पाँच दिन राख्दा पत्याउनै नसकिने शीर्षकमा हामीबाट रकम असुली भयो।’, उनले सेतोपाटीलाई अस्पतालको रसिद उपलब्ध गराएका छन्।, कोरोना परीक्षण र उपचारका क्रममा कुन-कुन  शीर्षकमा कति रकम लिइएको हो उक्त रसिदमा उल्लेख छ।, सुरूमा अस्पतालका चिकित्सक दिलकुमार लिम्बूको सिफारिसमा बच्चाको एन्टिजेन परीक्षण भयो। त्यसबापत अस्पतालले १ हजार सात सय रुपैयाँ लियो।, (हेर्नुहोस् रसिद), लगत्तै बिरामी बच्चाको पिसिआर पनि परीक्षण गर्नुपर्ने सिफारिस डा. लक्ष्मण ठाकुरले गरे।, ‘चिकित्सकले सिफारिस गरेपछि गर्दिनँ भन्न पाइएन, गर्यौं,’ ती अभिभावकले भने, ‘तर, सरकारले पिसिआर शुल्क १५ सयभन्दा बढी लिन नपाइने भनेको आधारमा शुल्कबारे सोध्दा यहाँ दुई हजार नै हो भन्ने जवाफ दिए।’, (हेर्नुहोस् रसिद), कोरोना पोजेटिभ देखिएपछि बच्चालाई त्यहीँ भर्ना गरेर उपचार गराउनुपर्‍यो।, परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको अस्पतालले भर्ना भएका बिरामीबाट अन्य शीर्षकमा पनि धेरै रकम असुलेको छ।, रसिदमा उल्लेख भए अनुसार ‘कोभिड मटेरियल चार्ज’ भनेर एक दिन पाँच हजार र त्यसको पाँच दिनपछि फेरि पाँच हजार लिइएको छ।, (हेर्नुहोस् रसिद), रसिदमा लेखिएअनुसार अनुसार भर्ना भएका कोभिड बिरामीको ‘मोनिटर चार्ज’ स्वरूप हरेक घण्टाको ८० रुपैयाँको दरले अतिरिक्त शुल्क पनि बिएण्डसीले लिएको छ।, त्यसैगरी भर्ना भएका हरेक बिरामीबाट दिनदिनै पिपिई चार्ज भनेर ४ हजार ५ सय रुपैयाँ पनि लिएको पाइएको छ।, ‘त्यहाँ धेरै जना बिरामी भर्ना भएका थिए’, ती बालकका अभिभावकले भने, ‘हरेक बिरामीसँग दिनहुँ ४ हजार ५ सय रुपैयाँ पिपिईका नाममा असुलियो।’, अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिस गिरीले भने एन्टिजेन शुल्क घटाइएको दाबी गरे।, ‘पिसिआर रिपोर्ट गर्ने सुविधा हाम्रो अस्पतालमा नभएका कारण अन्यत्र लैजानुपर्छ। त्यही भएर दुई हजार लिइएको हो,’ उनले भने।, त्यसैगरी प्रत्येक बिरामीबाट हरेक दिन पिपिई सेटका नाममा रकम असुलिएकोबारे प्रश्न गर्दा उनले स्वास्थ्यकर्मीहरू ‘सिफ्टवाइज’ खटिने भएको ले र हरेक सिफ्टका लागि फरक पिपिई चाहिने बताए।, ‘सिफ्टवाइज स्वास्थ्यकर्मी परिचालित हुने भएका कारण पिपिई धेरै लाग्ने भएको हो,’ उनले भने।, बिएन्डसीले कोरोना संक्रमित बिरामीसँग दैनिक उठाउँछ पिपिईको चार हजार पाँच सय
एजेन्सी नाइजेरियाका मोहम्मद अवाल मुस्तफा भर्खर नौ वर्षका भए। उनलाई नाइजेरियामा संसारकै कान्छा अर्बपति भनेर चिनिन्छ।, सामाजिक सञ्जालका सेलिब्रिटी मुस्तफालाई धेरैले मोम्फा जुनियर भन्छन्। मोम्फा आफ्नै निजी हवाईजहाजमा संसार घुम्छन्। उनीसँग थुप्रै बंगला र सुपरकारहरू पनि छन्।, इन्स्टाग्राममा उनका ३९ हजार ४ सय जना फलोअर्स छन् भने उनले त्यसमा जम्मा ६ वटा फोटो हालेका छन्। ती फोटो उनले विभिन्न ब्रान्डका गाडी, महँगा कपडा र हवाईजहाजमा बसेर खिचाएका हुन्।, उनी सानो उमेरमै धनी हुनुको कारण उनका बुबा हुन् जसका लागि उनी सधैं आभारी रहने बताउँछन्।, सन् २०१९ मा मोम्फा जुनियर ६ वर्षको हुँदा उनलाई उनका बुबा इस्माइलिया मुस्ताफाले बंगला उपहार दिएका थिए। उनका बुबाले सामाजिक सञ्जालमा आफ्ना छोरालाई बंगला उपहार दिएको उल्लेख गरेका छन्। उनको दुबई र लाओसमा घरहरू छन्।, ‘बधाई छ छोरा नयाँ घरका लागि। तिम्रो जन्मदिनको उपहार बुबाका तर्फबाट,’ उनले लेखेका छन्।, एउटा इन्स्टाग्राम पोस्टमा मोम्फा जुनियर र उनकी सानी बहिनी फतिमा दुवैले भर्साचे क्लोथिङ ब्रान्डको कपडा लगाएको देखिन्छ। यसले उनीहरूको दैनिक जीवनको झलक दिन्छ।, द मिररका अनुसार मोम्फा जुनियरका बुबा मुस्ताफा गत महिना पक्राउ परे। उनीमाथि आफ्नो कम्पनी इमालोब ग्लोबल इन्भेस्टमेन्ट लिमिटेडबाट ७ करोड ९० लाख डलर ठगेको आरोप छ।, उनीमाथि साइबर अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दासमेत छ। अदालतले मुस्तफालाई हिरासतमा राख्न आदेश दिएको छ।, यी हुन् संसारकै कान्छा अर्बपति
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १९०७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ संक्रमित थपिएका हुन्।, यसैगरी काठमाडौं उपत्यकामा ४४ हजार ५३१ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २९५२०, ललितपुरमा ९७२३ र भक्तपुरमा ५२८८ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १७ हजार ६७४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ३६५७ पिसिआर परीक्षणबाट र  १९२६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ८२६७ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ७४ हजार ६५३ जना कोरोनाका सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए १९०७ संक्रमित
सेतोपाटी संवाददाता नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गर्ने शोधार्थीहरूले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन्।, विश्वविद्यालय अनुदान आयोगले आह्वान गरेको छात्रवृत्ति तथा अनुदानका प्रस्ताव लिएर कार्यालयमा पुगेका शोधार्थीलाई आयोगका कर्मचारीले विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ औं  वर्षमा अध्ययन नभएका) मा अनुसन्धान कार्यमा सहभागी शोधार्थीले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने बताएपछि उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन्। , यसका साथै हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने जस्ता अभिव्यक्ति दिएपछि उनीहरू असुन्तुष्ट बनेका हुन्। , उनीहरूले शिक्षामन्त्री, कुलसचिव, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका शिक्षाध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका अनुसन्धान केन्द्र निर्देशक, विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरका अध्यक्षलाई ध्यानाकर्षण पत्रसहित त्यसबारे वास्तविकता जानकारी दिन माग पनि गरेका छन्। , विश्वविद्यालय अनुदान आयोगमा विद्वत वृत्तिका लागि आवेदन दिने व्यवस्था मिलाउन, आयोगद्वारा शोधार्थीलाई प्रदान गरिने विद्वत वृत्ति तथा अन्य छात्रवृत्तिहरूमा विभेदपूर्ण व्यवहार नगर्न र यसरी प्राप्त गर्ने विद्यावारिधि अन्य विश्वविद्यालयद्वारा प्रदान गरिने विद्यावारिधि सरह मान्यता प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्न उनीहरूले माग गरेका छन्।, विश्वविद्यालय अनुदान आयोगद्वारा पहिलेदेखि प्रदान गर्दै आएको विद्वतवृत्ति अनुदान कार्यक्रम हाल हटाइएको छ। , नेपाल संस्कृत विश्वविद्यालयका आधुनिक विषयका पूर्ववर्ती अध्येताहरूले विद्वत वृत्ति अदालतको आदेशअनुसार न्यायसंगत रूपमा हासिल गरेका थिए। , शोधार्थीले बुझाएको ध्यानाकर्षण  पत्रमा पाँच दिनभित्र माग पूरा नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ। , गत पुस २३ गते विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले  उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न शोधार्थीलाई छात्रवृत्ति तथा अनुदानको लागि प्रस्ताव आह्वानसम्बन्धी सूचना प्रकाशन गरेको थियो। , त्यसका साथै हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने जस्ता कुराहरू सार्वजनिक भएपछि शोधार्थी विद्यार्थी त्यसको विरोधमा उत्रनु परेको एक शोधार्थी शंकर भण्डारीले जानकारी दिए।, विभेद गरेको भन्दै नेपाल संस्कृत विश्वविद्यालयका शोधार्थीले दिए आन्दोलनको चेतावनी
सेतोपाटी संवाददाता मोरङमा एक व्यक्ति आमाको हत्या आरोपमा पक्राउ परेका छन् । , पथरी शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।, श्रेष्ठलाई ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । यही माघ १२ गतेदेखि घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धालाई हत्या पछि जलाएको अवस्थामा भेटिएको थियो ।, अनुसन्धानका क्रममा  प्रहरी टोलीले हत्यामा छोरा नै संलग्न भएको आशङ्का गर्दै श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई  श्रींमतीको नाममा बनाएका थिए । सोही कुरा आमालगायत अन्य भाइलाई जानकारी भएपछि अदालतमा मुद्दा परेको थियो ।, अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । त्यही रिसमा श्रेष्ठले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।, मोरङका एक व्यक्ति आमाको हत्या आरोपमा पक्राउ
रासस तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।, मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ।, प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।, ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाको भनाइ छ।, तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ।, यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।, पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन।, समितिका कार्यकारी निर्देशक वसन्त लामा यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होसार मनाउन लागिएको बताउँछन्।, विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिने गरिएको थियो।, दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने गरिएकामा त्यो पनि स्थगित गरिएको जनाइएको छ।, स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होसार मनाइने बताइएको छ। देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ।, आज सोनाम ल्होसार मनाइँदै, सरकारले दियो बिदा
रासस नारायणहिटी दरबार संग्रहालयभित्र बुधबारदेखि सुरू गर्ने भनेको सतीश्राप मुक्ति महायज्ञ कोरोना भाइरस संक्रमणका कारण हाललाई स्थगित गरिएको छ।, माघ १९ गतेदेखि २९ गतेसम्म नारायणहिटी दरबार संग्रहालयभित्रको पूजा कोठामा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न समितिको बैठकले पुस १२ गतेको बैठकले स्वीकृति दिएको थियो।, कोरोना महामारी जारी रहेको र सरकारले २५ जनाभन्दा बढी मानिस उपस्थित हुन नपाउने आदेश जारी गरेका कारण महायज्ञ स्थगित गरिएको हो।, नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन, सञ्चालन विकास समितिका कार्यकारी निर्देशक डा सुरेशसुरस श्रेष्ठले मंगलबार सूचना जारी गर्दै महायज्ञ स्थगित गरिएको उल्लेख गरेका छन्।, पूजा कोठा राजतन्त्र रहुञ्जेल तत्कालीन राजपरिवारको पूजा कोठामा रहेको थियो।, ‘कोरोनाका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मानिसको भीडभाड हुने कार्यालय बन्द गर्ने गृहमन्त्रालय, जिल्ला प्रशासनको आदेशबमोजिम नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिअन्तर्गत रहेको पूजा घरमा माघ १९ गतेदेखि २९ गतेसम्म लगाउने भनिएको सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ तत्कालका लागि स्थगित गराउन हुन निर्णयानुसार अनुरोध छ’, सूचनामा भनिएको छ।, यसअघि समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो।, महायज्ञ सती श्राम मोक्ष धाम, मेचीनगर–१२ झापाले गर्न लागेको जनाइएको छ।, नारायणहिटीभित्र आयोजित महायज्ञ स्थगित
अशोक घिमिरे अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ।, आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन।, विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्।, इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ।, पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर सात रुपैयाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर आठ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर सात रुपैयाँ ४८ पैसा बढेको छ।, एलपी ग्यासमा प्रतिसिलिण्डर ८१ रुपैयाँ ६२ पैसा घटेको छ। निगमले गए राति १२ बजेदेखि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु तीन रुपैयाँले वृद्धि गरेको छ।, यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ।, मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२ पुगेको छ। पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो।, यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु १४० पुगेको थियो। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्‍याएको छ।, त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्‍याइएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक रु साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ।, मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब रु दुई अर्ब २३ करोड घाटा रहेको प्रवक्ता उपाध्यायको भनाइ छ। मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा रु ४३ करोड, डिजेलमा रु एक अर्ब एक करोड र एलपी ग्यासमा करिब रु एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ।, निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ। पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट रु दुई करोड, हवाई इन्धन (आन्तरिकतर्फ) रु तीन करोड र हवाई इन्धन (बाह्यतर्फ) रु १६ करोड नाफा हुने निगमको आकलन छ।, डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ।, मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र बाह्य इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा छ।, मूल्य समायोजन गरे पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको सहप्रवक्ता पुष्कर कार्कीले बताए।, निगमसँग सञ्चित बचत शून्यमा झरेपछि मूल्य समायोजनपश्चात पनि प्रतिमहिना रु पाँच अर्ब ऋण लिनुपर्ने अवस्था आएको उनको भनाइ छ।, सञ्चित रकम र अन्य दायित्व रकम सबै पेट्रोलियम पदार्थ खरिदमा सकिएपछि निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो।, सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट समेत रु एक अर्ब ८० करोड लिएर निगमले आइओसीलाई पठाएको थियो।, नेपालमा पेट्रोलियम पदार्थको मूल्य चर्को भएको भनेर आलोचना भइरहँदा सीमावर्ती भारतीय क्षेत्रको भन्दा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ।, मूल्य समायोजनपश्चात भारतको सीमावर्ती बजार रक्सौलभन्दा वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा, डिजेल २५ रुपैयाँ ३१ पैसा, एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा र हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकाताको भन्दा काठमाडौंमा प्रतिलिटर २८ रुपैयाँ ७९ पैसाले सस्तो रहेको निगमले जनाएको छ।, (रासस), आयल निगम मासिक साढे चार अर्ब घाटामा
सेतोपाटी संवाददाता पुल निर्माण गर्न राखिएका सामग्री चोर्दाचोर्दै प्रहरीले झापाको गौरादहबाट एक जनालाई पक्राउ गरेको छ।, ट्याक्टर लिएर पुगेका ४० वर्षका रतन साहलाई छडलगायत सामग्री चोर्दाचोर्दै प्रहरीले पक्राउ गरेको हो।, गए राति साहलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, गौरादह ९ को दुधे बैगुन्धुरा भित्री सडकखण्डअन्तर्गत कमल खोलामा पुल निर्माणका लागि राखिएको छड चोरी गर्दैगर्दा मे १ त ४७२८ नम्बरको ट्याक्टरसहित साह पक्राउ परेका हुन्।, उनलाई छड ट्याक्टरमा लोड गर्दैगर्दा प्रहरीले पक्राउ गरेको हो। अन्य तीन जना भने फरार रहेको प्रहरीको भनाइ छ।, यो समूहले दुई दिनअगाडि पनि ४० थान छड लगेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।, पुल निर्माण गर्न राखेका सामग्री चोर्दाचोर्दै पक्राउ
सेतोपाटी संवाददाता तुलसीपुर–घोराही चार लेन सडक विस्तार परियोजनामा निर्माण व्यवसायीका रूपमा काम गरेका अनुप पाण्डेले आफूलाई ठगी आरोप लगाइनु गैरन्यायिक हुने बताएका छन्।, कुनै संस्थासँग भएको सम्झौतालाई त्यसका प्रतिनिधिसँग जोडेर ठगीको आरोप लगाउनु गैरन्यायिक भएको उनले मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ।, पाण्डेविरूद्ध गत माघ १४ गतेसम्म १६ जनाले जिल्ला प्रशासन कार्यालयमा चार करोड ४५ लाख ठगी गरेको भन्दै निवेदन दिएका थिए।, साथै व्यवसायी गेहेन्द्र बस्नेतले पनि १ करोड ४४ लाख पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवदेन दिएका थिए।, पाण्डेले विज्ञप्तिमा बस्नेतले उठाएका सवालबारे मात्रै उल्लेख गरेका छन्। उनले बस्नेतले आफूलाई काम दिन भनेको पनि पत्रमा लेखेका छन्। काम दिँदा सहजीकरण मात्रै गरिदिएको पाण्डेको दाबी छ।, त्यस्तै पाण्डेले सञ्चारमाध्यममा एकपक्षिय ढंगले समाचार आएको भन्दै त्यसबाट आफ्नो चरित्रमा असर गरेको पनि उल्लेख गरेका छन्। पाण्डे तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डेका छोरा हुन्।, तर आफूले गरेका काममा बाबुको नाम जोडेर समाचार आएकोमा उनले आपत्ति जनाएका छन्।, यो पनि:, ठेकेदार अनुप पाण्डेविरूद्ध झन्डै ६ करोड ठगेको भन्दै उजुरी, काममा सहजीकरण गरेको हुँ, ठगी गरेको छैन: अनुप पाण्डे
सेतोपाटी संवाददाता बुधबार रातीदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भुभागमा बदली, हिमपात र असिना/चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ।, आज दिनभर हल्का घाम लागे पनि रातीबाट प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।, यी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशमा मौसम आंशिक बदली रहनेछ।, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।, महाशाखाका अनुसार बुधबार रातिदेखि देशका केही स्थानमा असिनासहितको वर्षा हुने सम्भावना रहेको छ। यस्तो मौसमी अवस्था आगामी आइतबार बिहानसम्म कायम रहनेछ।, यस प्रणालीको प्रभावले बिहिबार सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। , शुक्रबार देशका देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।, उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। , शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। , आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।, पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली अहिले नेपाली आकाशमा विकास भएको छ। सोही प्रणालीले असिनासहितको वर्षा र हिमपातको सम्भावना विकसित गरेको हो। , यो मौसम प्रणाली आइतबारदेखि कमजोर बन्दै जानेछ।, यस्तो छ तीन दिनको मौसम, बिहिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भु-भाग तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, सुदूर-पश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, बिहिबार राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही भू-भागमा मेघ गर्जन मेघ गर्जन/चटयाङ सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।, शुक्रबार दिनभर घाम लाग्ने छैन। देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। मध्य र पूर्वी क्षेत्रमा भने यसको असर कायम रहनेछ।, शनिबार दिउँसोदेखि भने सुदूरपश्चिमबाट आकाश खुल्न थाल्नेछ। , भोलिदेखि आइतबारसम्म असिनासहित वर्षा हुनसक्ने
राजेश घिमिरे सडक निर्माणमा राष्ट्रिय निकुञ्ज र सडक विभागको दोहोरी, चितवनमा सडक विस्तारका क्रममा नालीसँगैको खाल्डोमा फसेर एउटा गैँडा मरेपछि वन क्षेत्रमा बन्ने संरचनाहरू वातावरणमैत्री हुनुपर्छ भन्ने आवाज जोडतोडका साथ उठेको छ।, अघिल्लो स्टोरी ,(हेर्नुहोस्: ,जनावर हिँड्न बनाइएका अन्डरपास डम्पिङ साइट बन्दै,), मा हामीले वन क्षेत्रमा वातावरणमैत्री संरचना कस्तो हुनुपर्छ, वातावरणमैत्री संरचना नहुँदा कस्तो क्षति व्यहोर्नुपरेको छ लगायत प्रश्नको जवाफ खोज्ने प्रयास गरेका थियौँ। नेपालमा बनेका वातावरणमैत्री केही संरचनाको अवस्था पनि देखाएका थियौं।, यो स्टोरीमा हामी नेपालमा वन क्षेत्रसँग जोडिएर बनेका पूर्वाधारहरू किन वातावरणमैत्री बनाउन सकिएन? त्यस्ता पूर्वाधार निर्माणका लागि आगामी दिनमा के गर्नुपर्ला? यस्ता प्रश्नको जवाफ खोज्ने प्रयत्न गरेका छौं।, कुरा अहिले निर्माण भइरहेको हुलाकी राजमार्गको प्रसंगबाट सुरू गरौं।, राष्ट्रिय गौरवको आयोजना भनिएको हुलाकी राजमार्ग निर्माणको काम सुरू भएको करिब पाँच वर्ष भयो। सडक विभागअन्तर्गतको ‘हुलाकी राजमार्ग आयोजना निर्देशनालय’ मार्फत सञ्चालित राजमार्ग निर्माणको काम आगामी आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने हो। , करिब डेढ वर्ष बाँकी छँदा यो राजमार्गको कतिपय खण्डमा त रेखांकनसमेत भएको छैन। दर्जनौं पुलको डिजाइन स्वीकृत भएको छैन। करिब एक हजार किलोमिटरमा कालोपत्रे हुन बाँकी छ। कतिपय खण्डमा ठेक्का लाग्नै बाँकी छ।, जुन ठाउँमा वन क्षेत्र छ त्यहाँ यो राजमार्गको काम अघि बढाउनमा समस्या देखिएको छ। निर्देशनालयका अनुसार वन क्षेत्रबाट रेखांकन गर्ने गरी डिजाइन गरे पनि त्यहाँ जग्गा प्राप्त गर्न नसक्दा विभिन्न खण्डको निर्माण रोकिएको छ।, यो राजमार्गको १२५ किलोमिटर राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ। चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रेखांकनका लागि नै स्वीकृति प्राप्त भएको छैन। , धेरै पटक प्रयास गर्दा पनि सम्बन्धित निकुञ्जहरूले अनुमति नदिएको निर्देशनालयका कर्मचारीहरू बताउँछन्। निर्देशनालयका एक अधिकारी भन्छन्, ‘डिजाइनअनुसार बनाउन खोज्दा कारबाहीको धम्की आउँछ। यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ र!’ , करिब एक वर्षअघिको कुरा हो। हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख थिए इन्जिनियर रोहितकुमार विसुराल। उनले चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा निकुञ्ज र बर्दियाको खाता करिडोरलगायतका क्षेत्रमा रोकिएको राजमार्ग निर्माणको काम अघि बढाउन अनेक प्रयास गरे।, चितवनमा २३ किलोमिटर र नवलपरासीमा ६५ किलोमिटर गरी कुल ८८ किलोमिटर सडक चितवन निकुञ्जको क्षेत्रमा मात्रै पर्ने भएकाले सबैभन्दा बढी प्रयास उनले यतै गरे। वीरगञ्ज–ठोरी खण्डको केही हिस्सा वन क्षेत्रमा प्रक्रिया पूरा गरेर सडक निर्माण गर्न खोज्दा निकुञ्जले तीनपुस्ते विवरण मागेर पत्र पठाएपछि विसुराल झस्किए।, ‘हामीले आइइई र इआइए सबै गरेर बस्ती र निकुञ्जले तारबार गरेको बीचको सडकमा काम गर्न खोजेका थियौँ तर निकुञ्जले त समातेर थुनिहाल्छु जस्तो गर्न थाल्यो,’ विसुराल भन्छन्, ‘भारत सरकारको बजेटमा काम भएकाले धेरै समय पर्खन सकिएन, वन क्षेत्र बाहिरको वीरगञ्ज–ठोरी खण्डको काम सक्यौं। निकुञ्जले काम गर्न नदिएपछि बाँकी भागको ठेक्का नै लाग्न सकेन।’ , यसपछि निकुञ्जभित्रको कुनै पनि ठाउँमा राजमार्गको काम अघि बढ्न नसकेको उनले बताए।, विसुराल हाल कालिगण्डकी करिडोरको आयोजना प्रमुख छन् । उक्त सडक निर्माणमा पनि वन क्षेत्रका कारण ढिलाइ भएको उनले बताए। , ‘सडक निर्माणका लागि रूख काट्न अनुमति दिनुपर्‍यो भनेर विभाग र मन्त्रालय धाउँदा हैरान भइन्छ तर अनुमति पाइँदैन,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा कसरी समयमा काम सक्ने! सडक पूर्वाधार निर्माणमा ढिलाइ हुने मुख्य कारण नै वन र निकुञ्ज क्षेत्र पर्नु हो।’, उनका अनुसार वन र निकुञ्जको छुट्टाछुट्टै कानुनका कारण पूर्वाधार विकासको काममा असर परेको छ।, वन क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्न समस्या भइरहँदा वातावरणमैत्री संरचनाको कुरा धेरै परको भयो। यस्तो अवस्थामा मानिस र वन्यजन्तु दुबैलाई सहज हुने संरचना निर्माण गर्न कसरी सम्भव होला?, विसुरालको विचारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सडक विभागका आयोजनाहरूमा उदारतापूर्वक सहयोग गर्नुपर्छ। यसो भयो भने अन्डर पास वा ओभरहेड पास जुन ठाउँमा जे चाहिएको हो, सडक विभागले बनाइदिन्छ। होइन भने निकुञ्ज आफैंले वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्छ। , उनी भन्छन्, ‘एउटा रूख कटानको सहमति पनि नदिने निकुञ्जको लागि ओभरहेड र अन्डरपास बनाउन सडक विभागलाई पनि जाँगर चल्दैन।’, विसुराल अन्डरपास सहित बनेको राजमार्ग नारायणगढ–मुग्लिन सडक आयोजनाको तत्कालीन प्रमुख पनि हुन्। उनले उक्त सडक निर्माणको क्रममा वन विभाग, निकुञ्जलगायतका सरोकारवालासँग परामर्श गरेर वन्यजन्तुको आवतजावतका लागि अन्डरपास निर्माण गरेको बताए। , सन् २०१६ मा नारायणगढ–मुग्लिन सडक विस्तार गर्दा भरतपुर महानगरपालिकाको आँपटारी र रामनगरमा रहेका जलदेवी र सतनचुली सामुदायिक वनमा चार वटा अन्डरपास निर्माण गरिएका थिए। प्रारम्भिक अध्ययनले ती अन्डरपासबाट गैँडा, बाघ र हात्तीजस्ता ठूला बाहेक अन्य धेरै वन्यजन्तुहरू ओहोरदोहोर गरेको पाइएको थियो।, विसुरालका अनुसार आँपटारी र रामनगरको  सकारात्मक अनुभवपछि सडक विभागले पूर्वाधार निर्माणमा वन क्षेत्र छ भने आवश्यकताअनुसार अन्डरपास बनाउने योजना समावेश गर्न थाल्यो। उनी भन्छन्, ‘हाल नारायणगढ–बुटवल सडकमा ५० वटा जति अन्डर पास बन्दै गरेको त्यही सिकाइको आधारमा हो।’ , विसुरालले आफू हुलाकी राजमार्ग निर्देशनालयमा रहँदा बर्दियाको खाता करिडोरमा ओभरहेड निर्माणका लागि काम अघि बढाएको बताए। भारत र नेपालको राष्ट्रिय वन क्षेत्र हुँदै अघि बढेको हुलाकी राजमार्गका केही ठाउँ असाध्यै संवेदनशील देखिएकाले ओभरहेड पास बनाउन आफूले काम अघि बढाएको उनको भनाइ छ।  , ‘त्यसमा सबैतिरबाट सहयोग पनि भयो,’ उनले भने, ‘तर निकुञ्जको क्षेत्रमा त्यहाँका मान्छेसँग लडेर काम गर्न जाँगर कसैले गर्दैन।’, निकुञ्जका पनि आफ्नै समस्या छन्। विश्व सम्पदा सूचीमा समावेश रहेका क्षेत्रमा पूर्वाधार निर्माणको काम गर्दा मापदण्ड पूरा गर्नुपर्छ। विकास आयोजनाबाट पर्न सक्ने वातावरणीय प्रभावको मूल्यांकन गरी सम्बन्धित वन वा निकुञ्ज कार्यालयले अनुमति दिनुपर्छ।, संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को पनि सहमति चाहिन्छ। यसै कारण निकुञ्जका अधिकारीहरू आफ्नो कार्यक्षेत्रमा विकास पूर्वाधार निर्माणमा सहमति दिन चाहँदैनन्।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग भने आफ्नो क्षेत्रसँग जोडिएका ठाउँमा पूर्वाधार निर्माणका लागि बनेको निर्देशिकाको पर्खाइमा छ। विभागका महानिर्देशक रामचन्द्र कँडेलले मस्यौदा बनेर कार्यान्वयनको चरणमा रहेको वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका पर्खिरहेको बताए। , ‘निर्देशिका आएपछि त्यसैअनुसार पूर्वाधार निर्माणको अनुमति दिन सकिन्छ। निर्देशिका कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रालयले प्रक्रिया पूरा गर्दै छ,’ कँडेलले भने, ‘विकास निर्माणका काम हुनुपर्छ तर वन र वन्यजन्तुको संरक्षणलाई ध्यानमा राख्नुपर्छ भन्नेमा हामी सचेत छौं।’, वन्यजन्तुको वासस्थान क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्दा तिनको सुरक्षाको ख्याल राख्नुपर्ने उनको भनाइ छ। , विभागका सूचना अधिकारी वेदकुमार ढकालका विचाारमा संरक्षणका विषयमा बुझाइको कमीले गर्दा ‘सडक विभाग राम्रो, निकुञ्ज नराम्रो’ जस्तो देखिने गरेको छ। , ‘हामीले नेपाल सरकारले दिएको कानुनमा टेकेर काम गर्ने हो। संरक्षणमा यति पनि काम नगरेको भए नेपालको प्राकृतिक स्रोतको अवस्था कस्तो हुन्थ्यो होला!,’ उनी भन्छन्, ‘हामीले काम गर्न दिएनौं भन्ने कुरामा सत्यता छैन। प्रक्रिया पूरा गरेर आऊ भन्ने गरेका छौं।’, वन क्षेत्रमा पूर्वाधार निर्माणको योजना बनाएर ठेक्का लगाइसकेपछि स्वीकृति लिन ठेकेदारहरू निकुञ्ज पुग्ने गरेको ढकालको आरोप छ।, उनका अनुसार सडक विभाग र आयोजनाका अधिकारीहरूले काम थाल्नुअघि नै सम्बन्धित निकुञ्ज र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय गर्ने र सबै मापदण्ड पूरा गर्ने हो भने स्वीकृति प्राप्त हुन्छ। , ‘मापदण्ड पूरा गरेर काम गर्नेलाई हामीले रोक्नै पर्दैन,’ ढकाल भन्छन्, ‘इआइए र आइइई नगरी योजना अघि बढाउन खोजेपछि समस्या आउँछ।’, पहुँचवाला कर्मचारी र राजनीतिक नेतृत्वको निर्देशनमा विकासमा व्यक्ति केन्द्रित प्रवृत्ति हाबी हुँदा समस्या हुने गरेको निकुञ्जका अधिकारीहरूको भनाइ छ।, ढकाल भन्छन्, ‘दीर्घकालीन सोचले विकास गर्ने हो सबै मापदण्ड पूरा गरेर मानिस र वन्यजन्तु दुबैको हित हुने गरी संरचना बनाउनु आवश्यक छ।’ , उनका अनुसार वन क्षेत्रमा संरचना बनाउँदा वन र वन्यजन्तुमा पर्नसक्ने असर ध्यानमा राखेर सर्वोच्च आदालतले बेला–बेलामा आदेश पनि दिएको छ । अदालतको आदेशले धेरै ठाउँको संरक्षणमा सहयोग पुगेको उनले बताए।, निकुञ्ज कार्यालय, युनेस्को लगायतका सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म चितवन निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनेर सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो।, यो आदेशसँगै हुलाकी राजमार्ग अन्तर्गतको वीरगञ्ज–ठोरी, ठोरी–भरतपुर, निकुञ्जभित्र पर्नेगरी बन्ने भनिएको रेलमार्ग, दुम्कीबास–त्रिवेणी सडक, माडी–बाल्मीकि आश्रम सडक र ठोरी–मलेखु सडकको काम रोकिएको छ। , यी सडक निर्माण भएमा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज खतरामा पर्ने सर्वोच्चको परमादेशमा उल्लेख गरिएको थियो।, चितवन राष्ट्रिय निकुञ्जले यही आदेशका आधारमा वीरगञ्ज–ठोरी सडक खण्डको केही भाग निर्माणमा रोक लगाएको थियो।  , सूचना अधिकारी ढकालका अनुसार हाल वन मन्त्रालयमा रहेको वातावरणमैत्री पूर्वाधार निर्देशिका मन्त्रिपरिषद्बाट जारी भएपछि पूर्वाधार निर्माणमा धेरै कुरा सहज हुनेछ। , ‘निर्देशिका लागु भएपछि पूर्वाधार निर्माणमा खर्च केही बढ्ला तर यसले संरक्षणमा राम्रो गर्छ भन्ने विश्वास छ,’ उनी भन्छन्, ‘सरोकारवाला सबै मन्त्रालय र विभागको पनि सहभागितामा निर्देशिका बनेकाले कार्यान्वयन असहज होला जस्तो लाग्दैन।’, वातावरणमैत्री पूर्वाधारसम्बन्धी अध्येता प्रमोद न्यौपाने सडक विभाग र निकुञ्ज बीच समन्वय नहुँदाको परिणाम वन्यजन्तुले भोग्नु परेको बताउँछन्।, ‘चितवनमा सडकको खाल्डोमा परेर गैँडा मरेको त एउटा घटना भयो। नेपालमा वर्षेनी एक सयभन्दा बढी यस्ता घटना भइरहेका छन्,’ न्यौपाने भन्छन्,‘वन क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री संरचना बनाउन जति ढिला गर्छौं त्यति नै बढी क्षति व्यहोर्नुपर्छ।’, चितवनको बरण्डाभार, पथलैयाको आधारभार तथा बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा वन्यजन्तुका लागि सडक वारपार गर्ने संरचना बनाउन ढिलो गर्न नहुने न्यौपानेको भनाइ छ। , ‘ती संरचना गतिलो बनाउन सरोकारवाला निकायहरूका बीचमा समन्वय हुनु आवश्यक छ,’ उनी भन्छन्, ‘नेपालका लागि वन र वन्यजन्तुको महत्व सबैले बुझ्दा मात्रै समस्या समाधान हुँदै जान्छ।’, सम्बन्धित समाचार:, जनावर हिँड्न बनाइएका अन्डरपास डम्पिङ साइट बन्दै, बन्दै गरेको सडकको नालीमा परेर मर्‍यो गैंडा, वन्यजन्तु आवतजावत हुने ठाउँमा ओभरहेड वा अन्डरपास नबनाउँदा ज्यान गयो एकसिंगे गैंडाको, लापरबाहीपूर्ण तरिकाले सडक विस्तार गर्दा गैंडा मर्‍यो: निकुञ्ज, नालीमा परेर गैंडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी, गैंडा मृत्यु प्रकरण छानबिन गर्न कार्यदल गठन, गैंडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेको भन्दै निर्माण व्यवसायी महासंघको आपत्ति, सडक विभाग भन्छ- निकुञ्जले एउटा पनि रूख काट्न दिँदैन, कसरी काम गर्ने?
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको भद्रकालीबाट नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ। , सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको ८ वटा पासपोर्ट साइजको फोटो फेला परेको छ। , उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, भद्रकालीबाट नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ
रासस म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन्। करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन्। गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख रूपैयाँ खर्चेर दुई वटा भेन्टिलेटरसहित पाँच शैय्या क्षमताको आइसियू कक्ष स्थापना गरेको थियो। , ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पुर्‍याउनुपर्ने हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान गुमाउनुपर्ने दुःखद अवस्था रहेको स्थानीयवासी खम थापाले बताए। 'तत्कालै आइसियूमा राख्नुपर्ने बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकप्टर चार्डर गर्नुपर्ने अवस्था छ,' उनले भने 'हेलिकप्टर चार्डर गर्न नसक्ने कतिपय बिरामीले एम्बुलेन्स र ट्याक्सीमा पोखरा जादा जादै बाटोमै ज्यान गुमाउनुपरेको छ।', दरबन्दी र जनशक्ति नहुँदा उपकरण भए पनि आइसीयू चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ। आइसियू कक्ष सञ्चालन गर्न कम्तीमा चार जना मेडिकल अधिकृत, दश जना स्टाफ नर्स, दुई जना परामर्शदाता र चार जना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले जानकारी दिए। '५० श्यया क्षमताका अस्पतालमा हाल रहेका ७  चिकित्सक र करारका सहित २४  स्टाफ नर्सलाई नियमित सेवा दिन हम्मे परेको छ,' उनले भने 'आइसीयू चलाउने हो भने मेडिकल, इमरजेन्सी, ओपिडी कक्ष बन्द गर्नुपर्ने अवस्था छ। आधारभूत सेवालाई प्राथमिकता दिनुप¥यो। आइसीयू चलाउने जनशक्तिको दरबन्दीनै छैन्। चलाउन नपाएरै उपकरण बिग्रने होकी भन्ने चिन्ता छ।',  , गण्डकी प्रदेश सरकार मातहत रहेका ११ वटै जिल्लाका अस्पतालमा भेन्टिलेटरसहितको आइसियू कक्ष बनाएर डेढ बर्षअघिनै उपकरण जडान भएका थिए। अतिरिक्त जनशक्ति नभएपछि मौजुदा जनशक्तिबाटै बालबालिका उपचार कक्षको आइसीयू कक्षलाई प्रयोगमा ल्याउने तयारी गरिएको  अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। , अस्पतालको सबै श्ययामा पलान्टबाट पाइप मार्फत अक्सिजन आपूर्ति गर्ने ब्यवस्था मिलाइएको छ। विद्यमान चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिन सकिने भएकाले बालबालिका उपचार कक्षको  आइसीयूलाई प्रयोगमा ल्याउने तयारी गरिएको हो।, जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए
रासस कञ्चनपुरमा आइतबार स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, भीमदत्त नगरपालिका-३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए।, बिचपुरीबाट नौलाखेततर्फ जाँदै गरेको से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरी निरीक्षक भट्टले बताए।, उनका अनुसार घाइतेलाई दुर्घटनापछि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। , उनको उपचारका क्रममा गएराति अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।, कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
एजेन्सी पाकिस्तानमा एक जना किशोरले इन्टरनेटमा खेलिने गेम पब्जीका कारण आमा, दाइ र दुई बहिनीको हत्या गरेको खुलेको छ।, पाकिस्तानी समाचार पत्र ,द डनका अनुसार, पन्जाब प्रान्तको राजधानी लाहोरमा केही दिनअघि एउटै परिवारका चार जनाको गोली हानी हत्या भएको थियो।, ४५ वर्षकी नहिद मुबारक, उनका २० वर्षका छोरा तैमुर सुल्तान, छोरीहरू १५ वर्षकी महनुर फतिमा र १० वर्षकी जन्नतको शव एउटै कोठामा फेला परेको थियो। घरमा नहिदका छोरा १४ वर्षका जैन अलि मात्रै जिवित थिए। उनको शरीरमा कुनै चोट-पटक पनि लागेको थिएन।, प्रहरीले विभिन्न कोणबाट हत्याको अनुसन्धान गरेको थियो। अनुसन्धान गर्दै जाँदा १४ वर्षका अलि नै हत्या गरेको खुलेको प्रहरी अधिकारीले  द डन पत्रिकालाई जानकारी दिएका छन्। अलि धेरैजसो समय आफ्नो कोठामा पब्जी खेलेर बिताउँथे। उनकी आमा पब्जी धेरै नखेल भनेर उनलाई गाली गर्ने गर्थिन्।, आफूले पब्जीमा टार्गेट पूरा गर्न नसकेपछि त्यही झोंकमा सबैलाई गोली हानेको अलिले प्रहरीलाई बयान दिएका छन्।, नहिदले आफ्नो सुरक्षाका लागि लाइसेन्स लिएर घरमा पेस्तोल राखेकी थिइन्।   , अलिले सबैभन्दा पहिला आमालाई गोली हानेका थिए। त्यसपछि उनीसँगै सुतेका दुई बहिनीहरूलाई पनि गोली हानेको र आवाज सुनेर कोठाभित्र आएका दाइलाई पनि उनले गोली हानेर मारेको प्रहरी अनुसन्धानले देखाएको छ।, सबैलाई गोली हानिसकेपछि अलिले पेस्तोल लिएर ढलमा फालेका थिए। उक्त पेस्तोल प्रहरीले अझै भेटाएको छैन। पेस्तोल ढलमा फालेपछि उनी आएर आफ्नो कोठामा सुतेका थिए। उनकी आमा र बहिनी घरको तल्लो तलामा सुत्थे भने अलिको कोठामा माथिल्लो तलामा थियो।, अनुसन्धानको सुरूमा प्रहरीले अलिलाई शंका गरेको थिएन तर अरू कसैले हत्या गरेको क्लु भेटिएन। अलिको हाउभाउ पनि शंकास्पद लागेपछि प्रहरीले उनीमाथि नै अनुसन्धान थालेको थियो। अनुसन्धानबाट गोली हान्दा रगत लागेका अलिका लुगा फेला परेका थिए। त्यसपछि उनले आमा, दाइ र बहिनीलाई गोली हानेको स्वीकारेका हुन्।, लाहोरमा पब्जीका कारण भएको यो चौथो आपराधिक घटना हो। सन् २०२० यता लाहोरमा तीन जना पब्जी खेलाडीले आत्महत्या गरेका छन्। प्रहरीले उनीहरूले आत्महत्या गर्नका पछाडि पब्जी कारण रहेको बताएका छन्।, पाकिस्तानमा पब्जी खेल्ने किशोरले आमा, दाइ र बहिनीलाई मारेको खुलासा
भगवती पाण्डे कञ्चनजंघा र त्रिवेणी (परिवर्तित नाम) गत माघ ८ गते आफूले काम गर्दै आएको प्रोजेक्टका लागि लुम्बिनी गएका थिए।, काम सकिँदासम्म दिन ढल्किसकेको थियो। घर पुग्न उनीहरूलाई २० मिनेट गाडीको यात्रा गर्नुपर्थ्यो। बिहान लुम्बिनी जाँदा सार्वजनिक सवारीमा गएका उनीहरूसँग घर फर्किने अर्को विकल्प पनि थिएन।, लुम्बिनीमा दिनैभरिजसो आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल भइरहन्छ। विभिन्न स्थानबाट आएका पर्यटकका गाडी ओहोरदोहोर गरिरहन्छन्।, कञ्चनजंघा र त्रिवेणी घर फर्किनलाई पर्सा चोकमा आएर गाडी कुर्न थाले।, त्यही बेला कालो नम्बर प्लेटको एउटा भ्यान उनीहरूको अगाडि आएर रोकियो। भ्यानबाट ओर्लिएर एक जनाले भन्यो, 'गाडी पर्खेर बसेको भए भ्यान खाली छ।', उनीहरूले गाडीभित्र हेरे। चालक मात्र थिए। यात्रु नभएको गाडीमा जाँदा कतै बिचल्ली पर्ने त होइन भन्ने कञ्चनजंघाको मनमा आएको थियो। तर उनले आफैंलाई सान्त्वना दिँदै सोचिन्, रात परिसकेको छैन, त्यसमाथि यति व्यस्त सडकमा के पो होला र!, यही सोचेर उनीहरू भ्यानमा चढे।, पर्सा चोकबाट हुइँकिएर बढेको भ्यान पाँच/सात मिनेटपछि सुनसान ठाउँमा सडक किनार घ्याच्च रोकियो।, कञ्चनजंघाले सोधिन्, 'यस्तो बस्ती नभएको बीच बाटोमा किन रोकेको?', भ्यानमा रहेको एक जनाले जवाफ दियो, 'खेतमा परालको मुठा छ लिएर जाने हो।', कञ्चनजंघाको मनमा चिसो पस्यो तर उनले आफ्नो मनको डर सँगै रहेकी त्रिवेणीलाई सुनाउन सकिनन्।, भ्यानबाट ओर्लिएका दुवै जनाले परालको मुठा उठाउन सहयोग गर्न भन्दै कञ्चनजंघा र त्रिवेणीलाई बोलाए। छेउको सिटमा बसेकी त्रिवेणी पराल उठाउन सहयोग गर्न भन्दै खेततर्फ गइन्। कञ्चनजंघा भने झरेकी थिइनन्।, यत्तिकैमा कञ्चनजंघाको छेउमै उभिएको केटाले उनको हात समातेर भ्यानबाट बाहिर निकाल्यो र उनको मुखमा कपडा कोचिदियो।, कञ्चनजंघा चिच्याउन पनि सकिनन्।, त्यही बेला उनले प्रहरीको १०० नम्बरमा फोन गर्‍यो भने तत्काल उद्धार हुन सक्छ भन्ने सम्झिइन्। उनले मोबाइल झिकेर फोन गर्न खोजिन् तर त्यो व्यक्तिले उनको हातको मोबाइल खोसेर खेततिर हुत्याइदियो।, त्यही मौकामा उनी मुखमा कोचिएको कपडा फालेर जोडसँग चिच्याइन्।, केही पर गहुँ खेतमा दुई जना युवा सिँचाइ गर्दै थिए। झमक्क साँझ परेका बेला खेतको बीचबाट युवती कराएको सुनेपछि उनीहरू दौडिँदै आए।, उनीहरूलाई दौडिँदै आएको देखेर कञ्चनजंघामाथि जबरजस्ती करणीको प्रयास गरेको युवक भ्यान लिएर भाग्यो। त्यति बेलासम्म त्रिवेणी भने बलात्कृत भइसकेकी थिइन्।, गहुँ खेतबाट दौडिँदै आएका दुई जनाले त्रिवेणीलाई बलात्कार गर्ने युवकलाई रंगेहात समाते।, रंगेहात समातिएका युवक २० वर्षीय गणेश यादव हुन्। घटनास्थलबाट भागेका युवक भने लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ बस्ने २६ वर्षीय सुवास यादव थिए जसलाई त्यसै रात ११ बजेतिर प्रहरीले महजिदिया चोकबाट पक्राउ गर्‍यो।, यसबीच कञ्चनजंघाले खेतमा फालिएको आफ्नो मोबाइल खोजिन् र प्रहरीलाई फोन गरिन्।, प्रहरी कन्ट्रोल रूमले इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीलाई तुरून्तै घटनास्थल पठायो। फोन गरेको १० मिनेटमै उनीहरूको उद्धार गरियो।, '१०० नम्बरमा फोन गर्न त पहिले नै खोजेकी थिएँ, हातमा लिएको मोबाइल फालिदिएपछि सम्भव भएन,' कञ्चनजंघाले सेतोपाटीसँग भनिन्।, यस्तो आपत् पर्दा १०० नम्बरमा फोन गर्नुपर्छ भनेर रेडियो र टेलिभिजनमा बजाइने सूचना र सार्वजनिक स्थलहरूमा टाँसिएका पोस्टर-पम्प्लेटबाट उनले थाहा पाएकी थिइन्।, 'फोन गरेँ भने तत्काल प्रहरी आउँछ भन्ने सोचाइले हिम्मत बढेर प्रतिकार गर्न सकेकी थिएँ। कमजोर भएकी भए जे पनि हुन सक्थ्यो,' उनले भनिन्, 'उसले मेरो घाँटी अँठ्याइरहेको थियो। मलाई मार्न पनि सक्थ्यो।', केही समयको घम्साघम्सीपछि आफू बलात्कृत हुनबाट जोगिए पनि सँगै गएको साथीलाई जोगाउन नसकेकोमा दुःख लागेको उनले बताइन्।, 'साथीको हालत खराब छ,' उनले भनिन्, 'घटनापछि एकोहोरो भएको छ, टाउको र पेट दुख्यो भनिरहन्छ।', आफूमाथि भएको घटना आफैंले बाहिर ल्याउन हिम्मत जुटाएकी कञ्चनजंघाले अगाडि भनिन्, 'बलात्कृत हुनुमा छोरी मान्छेको कुनै कमजोरी वा दोष हुँदैन तर समाजले हामीमाथि नै प्रश्न उठाउन थाल्छ।', यस्ता घटनामा संलग्नहरूलाई नेपालको कानुनले कस्तो सजाय दिन्छ भन्ने पनि उनलाई थाहा छैन। 'खोइ प्रहरीले पक्राउ गरेर लैजानुभएको हो, कारबाही हुन्छ होला नि,' उनले भनिन्।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनामा संलग्न दुवै जनालाई पक्राउ गरेपछि भोलिपल्टै जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई आवश्यक अनुसन्धान सुरू गरिएको बताए।, युवतीले घटनास्थलबाटै फोन गरेका कारण अभियुक्तलाई रंगेहात पक्राउ गर्न सक्दा कारबाही बढाउन सहज भएको प्रहरी उपरीक्षक केसीले बताए।, 'हामीले घटना हुनेबित्तिकै प्रहरीलाई खबर गर्नू भनेर भनिरहेका हुन्छौं तर धेरै जना हिच्किचाउने गर्छन्। बलात्कारजस्ता घटना त धेरैपछि मात्र प्रहरीकहाँ आइपुग्छन्। तत्काल खबर भयो भने अनुसन्धान गर्न सजिलो हुन्छ,' उनले भने।, उनले अगाडि भने, 'हामीकहाँ यस्तो घटनामा पीडितलाई नै दोषी देखाउने प्रवृत्ति छ। त्यसैले अहिलेसम्म धेरैले हिम्मत जुटाउन सक्नुभएको छैन। सबैले हिम्मत गर्ने र प्रहरीलाई सहयोग गर्ने हो भने समाजबाट यस्ता आपराधिक कार्य रोक्न सकिन्छ।', यो पनि हेर्नुहोस्:, युवतीले आफूमाथि जबर्जस्ती हुन लागेको भन्दै प्रहरीमा फोन गरेपछि..., 'अलिकति हिम्मत गर्दा म जोगिएँ, तर साथीलाई बलात्कृत हुनबाट जोगाउन सकिनँ'
रासस बागलुङको बागलुङ नगरपालिकाले पुलको नामकरण गर्ने व्यक्तिलाई पुरस्कार दिएको छ।  , बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट अर्को टापु जोड्ने) पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको हो। , नगरपालिकाले पुलको नामकरण गरेका बागलुङ नगरपालिका-५ मालिकाका घनश्याम सापकोटालाई २५ हजार रुपैयाँले पुरस्कृत गरेको हो। , सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका थिए।, आइतबार सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा बाङ्गेचौरमा रहेको सहिद पार्कको मध्य भागबाट पर्वत जोड्ने गरी कालिगण्डकी खोंचमा बनेको पुलको नामकरण गर्ने सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गरे।, नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना जारी गरेको थियो।, उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको थियो। सापकोटाले नाम मात्रै राखेका थिएनन्। उनले राखेको नामको विस्तृत अर्थसमेत समावेश गरेका थिए। , पाँच सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भएकाले नामकरण गरिएको हो।, बागलुङमा झन्डै पाँच सय बढी झोलुङ्गे पुल छन्। तीमध्ये यो पहिलो नामकरण भएको पुल हो । अन्य पुल सोही ठाउँ वा खोलाको नामले चिनिन्छ ।  , सहिद पार्कमा भएको कार्यक्रममा त्यहाँ रहेका सहिदको शालिकमा माल्यार्पण गरिएको थियो। , सहिदको सम्झना गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सहिदको बलिदानले नै अहिलेको व्यवस्था आएको बताए।, बागलुङ-पर्वत जोड्ने पुलको नामकरण गर्ने व्यक्ति पुरस्कृत
सेतोपाटी संवाददाता पछिल्ला केही दिन यता नेपालमा कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।, पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो सातामा संक्रमण दर ५.६ प्रतिशतले घटेको छ।, अघिल्लो साता नेपालमा गरिएको १ लाख १६ हजार ६ सय १३ पिसीआर परीक्षणमा ५५ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो।, यो साता गरिएको १ लाख १ हजार ३११ परीक्षणमा ४२ हजार ५ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। अर्थात यो साताको संक्रमणदर ४२ प्रतिशत छ। जुन अघिल्लो साताको भन्दा ५.६ प्रतिशतले कमि हो।, यता गत साता गरिएको ३२ हजार ९ सय ९६ एन्टिजेन परीक्षणमा ११ हजार ८०० जनामा संक्रमण पुष्टि भएको थियो। यो साता २०.७ प्रतिशतले एन्टिजेन परीक्षण वृद्धि गरेर ३९ हजार ८३४ जनाको परीक्षण गरिएको थियो। जसमा १४ हजार ३ सय ९५ अर्थात ३६.१ संक्रमण दर रहेको मन्त्रालयले जनाएको छ।, गत माघ ६ गते २७ हजार ४ सय ९७ को परीक्षण गर्दा नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भए यताकै सबैभन्दा धेरै १२ हजार ३ सय ३८ जनामा पुष्टि भएको थियो। मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा माघ ६ गतेदेखि कोरोना सङ्क्रमितको ग्राफ ओरालो लागेको देखिन्छ। , माघ १२ गते अर्थात् बुधबार कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ४५४ थियो। बुधबार २० हजार ३ सय ५९ जनामा पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै बिहीबार २१ हजार ८ सय ८ परीक्षणमा ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो। , शुक्रबार १९ हजार ८ सय ६९ जनाको परीक्षणमा सङ्क्रमितको सङ्ख्या घटेर ६ हजार ८ सय २७ पुग्यो। क्रमशः १५ गते १४ हजार ५ सय ६२ परीक्षणमा ४ हजार ९ सय ४ र १६ गते १३ हजार १ सय ४५ परीक्षणमा सङ्क्रमितको सङ्ख्या घटेर ३ हजार ५ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ। , पछिल्लो साता कोरोना सङ्क्रमित दर घट्दै गए पनि मृत्युदर स्थिर जस्तै छ । गएको २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ। एक साता यताको मृत्यु दर हेर्दा माघ १० गते ४ जनाको मृत्यु भयो भने  ११ गते ८  जना १२ गते ५, १३ गते १५, १४ गते १० र १५ गते ६ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ।, मिति, परीक्षण, संक्रमण, मृत्यु, माघ १६, १३१४५, ३५४०, ६, माघ १५, १४५६२, ४९०४, ६, माघ १४, १९८६९, ६८२७, १०, माघ १३, २१८०८, ८०१७, १५, माघ १२, २०३५९, ८४५४, ५, माघ ११, २५९०९, १२००८, ८, माघ १०, २१२०१, १०३१९, ४, इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेल नेपालमा कोरोना संक्रमण दर क्रमिक रूपमा घट्दै गएको बताउँछन्। उनका अनुसार पछिल्लो समय भीडभाडजन्य गतिविधि कम भएकाले संक्रमण दर घट्दै गएको हो।, 'जोर-बिजोरको धेरै आलोचना भए पनि आवगमन कम भएको हो। ठूला भेलाहरू पनि कम भएकाले त्यो कुराले काम गर्‍यो,' निर्देशक पौडेल भन्छन्, 'अर्को कुरा परीक्षण कम भए पनि गरिएकामध्येमा पोजेटिभ देखिने दर घट्दै गएको छ।', उनले सरकारको प्रक्षेपण पनि यो सातामा संक्रमण उत्कर्षमा पुगेर घट्दै जाने रहेको जनाए।, 'सरकारको प्रक्षेपण पनि यही साता उत्कर्षमा पुगेर कम हुँदै जान्छ भन्ने थियो। त्यसैले अब ठूला भेलाहरू भएनन् भने योभन्दा ह्वात्तै बढी नजाला,' उनले भने।, निर्देशक पौडेलले अहिलेसम्म अस्पतालको स्थिति पनि ठिकै रहेको हुँदा खराब स्थितिको सामना गर्नु नपर्ने जनाए। त्यसका लागि सर्वसाधरणले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ। आवगमनको यही स्थिति केही समय रहे संक्रमणदर विस्तारै घट्दै जाने उल्लेख गर्दै पौडेलले सर्वसाधरणले यो कुरालाई कडाइका साथ पालना गर्नुपर्ने बताए।, अहिल्यै नै संक्रमण घट्दै गएको भनेर ढुक्क हुने स्थिति भने नरहेको उनको भनाइ छ। किनभने अहिले संक्रमण घट्दै जानुमा अन्य पनि कारण रहेको उल्लेख गर्दै पौडेलले भने, 'अझै पनि धेरै जनाको परीक्षण भएको छैन। कम्तीमा ५० देखि ६० हजार जनाको परीक्षण गर्‍यौं भने ३५ देखि ४० प्रतिशत संक्रमण दर अझै पनि छ। त्यो भनेको थोरै होइन। अर्को कुरा अहिले धेरै जनाले एन्टिजेन परीक्षण गरेका छन् र त्यो सबैको रिपोर्ट भएको छैन।', स्वास्थ्य मन्त्रालयबाट सूचीकृत नभएका प्रयोगशालाहरूबाट पनि कोरोना परीक्षण हुने गरेको जनाएको छ । कोरोना परीक्षण गरिएका तथ्याङ्कहरू सरकारलाई पठाउन मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौसल मिश्राले बताइन्। कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न परीक्षण गर्नेहरुको आँकडा आवश्यक पर्ने भएकाले सबै संघ संस्थालाई आग्रह गरेकी छन् । यस्तै, घरमा आफैले एन्टिजेन विधिबाट गरेका परीक्षणको जानकारी समेत पठाउन उनले आग्रह गरिन्। यस्तोमा संख्या बढ्न सक्छ।, जति परीक्षण गरिएका छन्, त्यसबाट पोजेटिभ हुने संख्या घट्दै गएको उल्लेख गर्दै पौडेलले अब संक्रमण दर घट्दै जाने विश्वास व्यक्त गरे। , यही स्थितिमा संक्रमण दर घट्दै गए माघ अन्तिमदेखि अवस्था राम्रो हुने देखिन्छ। त्यसका लागि भीडभाडजन्य गतिविधिलाई रोक लगाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। सरकारले भीडभाडजन्य गतिविधिलाई कडाइ गर्न आदेश जारी गरे पनि त्यसको पूर्ण पालना हुन नसक्दा संक्रमणको जोखिम कायमै रहेको उनीहरूको भनाइ छ।, नेपालमा लागि माघ तेस्रो सातासम्म संक्रमणको जोखिमको हिसाबले अप्ठेरो स्थिति रहेको हुँदा यो बीचमा झन् सतर्कता अपाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।, नेपालमा एक सातायता निरन्तर घट्दै कोरोना संक्रमण
सेतोपाटी संवाददाता काठमाडौंमा अनलाइन जुवा खेलेको आरोपमा प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवामा संलग्न ७४ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , आइतबार साँझ ७ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित प्लटिङ नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो। , कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङको रेष्टुरेन्टमा ठूलो संख्यामा भेला भई अनलाइन बिङ्गो खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। , सो सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको टोलीले छापा मारेको प्रहरी उपरीक्षक मैनालीले बताए। , त्यहाँबाट प्रहरीले ६६ जना पुरूष र आठ जना महिलालाई पक्राउ गरेको छ। , ‘कोरोना संक्रमण बढिरहेको बेलामा उनीहरूले यसरी भेला भएर जुवा खेलिरहेका छन् भन्ने सूचना आएको थियो। त्यसपछि हाम्रो टोली गएर नियन्त्रणमा लिएको हो,’ मैनालीले भने, ‘उनीहरूले कसरी खेलाउँथे भन्ने अनुसन्धान गरिरहेको छ।’, प्रहरीले छापा मारेको ठाउँबाट खेल्न प्रयोग हुने बिङ्गोको कुपन र नगद बरामद गरेको छ। , उनीहरूबाट प्रहरीले ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको छ। , उनीहरूले एउटा बिङ्गो एप डाउनलोड गरेका थिए। त्यसरी डाउनलोड गरेपछि भेला भएका मानिसहरूले हार-जित हुनेगरी पैसा हाल्थे। , खेलाउने प्रमुख व्यक्तिको मोबाइल पनि स्पिकरमा जडान गरिएको थियो। भेला भएका मानिसहरूले कुपन किनेका थिए। , त्यसअनुसार नम्बर पर्ने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएको बौद्ध वृत्तले जनाएको छ।, हार-जित हुने गरी खेलेको हुँदा उनीहरूमाथि महानगरीय प्रहरी वृत्त बौद्धले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ। , अनलाइन जुवा खेलेको आरोपमा ७४ जना बौद्धबाट पक्राउ
रासस सर्लाहीका छात्रछात्रालाई आजदेखि कोरोना विरूद्धको मोडर्ना खोप  लगाइने भएको छ।, १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने  छ। , जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।, उनका अनुसार विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुनेछ। , जिल्लामा एक लाखभन्दा बढी विद्यार्थीले मोडर्ना खोपको पहिलो डोज लगाएका छन्। सबै पालिकामा खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले बताए। , डिसिसिएमसीको बैठकले कतिपय निजी विद्यालयले अहिले पनि पठनपाठन गराइराखेकाले यसमा निगरानी गर्ने, आमसभा, जुलुस, भेला तथा धेरै मानिस भीडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुञ्जेल सञ्चालन नगर्नेसमेत निर्णय गरेकोे प्रजिअ गौतमले जानकारी दिए। , जिल्लाका सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका ८८ हजार नौ विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहले बताए।, उनका अनुसार जिल्लाका सामुदायिक, संस्थागत, धार्मिक तथा अन्य विद्यालय गरी कूल ६७५  विद्यालयले आफ्ना विद्यार्थीले खोप लगाउन फारम भरेका र सोहीअनुसार खोप लगाइने छ।, खोप लगाउन पाँच दिन विद्यालय खुलाइने
सेतोपाटी संवाददाता गत शुक्रबार पक्राउ परेका बिइङ ह्युमनका सञ्चालक सन्तोषचन्द्र बख्रेलले अन्य सामग्री पनि भन्सार छलेर नेपाल भित्र्याउने गरेको खुलेको छ। , महानगरीय अपराध महाशाखाले अपरेसन चलाएर राजश्व छलेर विदेशी ब्रान्डेड मदिरा काठमाडौंमा बिक्री वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो।, पक्राउ पर्नेमा पर्सा घर भई काठमाडौंको कपन बस्दै आएका ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल पनि एक हुन्। , प्रहरीका अनुसार उनी नेपालको बिइङ ह्युमनका सञ्चालक हुन्। उनीमाथि महाशाखाले थप अनुसन्धान गर्दै जाँदा ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ तथा कस्मेटिकका सामान बरामद गरेको छ।   , आइतबार प्रहरीले भन्सार छलेर ल्याएका सुर्तीजन्य पदार्थहरू, खाली प्याकेटहरू, स्याम्पु, साबुन, हेयर ओइल, बडी ओइल लगायत विभिन्न कस्मेटिक, तथा विदेशी ब्रान्डका विभिन्न चुरोटहरू बरामद गरेको हो। , प्रहरीले काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित खुशिबुस्थित घर भाडामा लिएर सो परिमाण राखिरहेको फेला परेको हो। प्रहरीले त्यहाँबाट ५० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ। , ‘हामीले अनुसन्धान गर्दै जाँदा उनले अरू सामान पनि भन्सार छलेर काठमाडौं ल्याएको पायौं,’ उनले भने, ‘बरामद भएको सुर्ती पनि भारतका हुन्। उनले भारतबाट सुर्ति ल्याएर काठमाडौंमै प्याकिङ गरेर बिक्री गर्ने रहेछन्।’, प्रहरीले उनीमाथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाएको छ। थप अनुसन्धान अघि बढाएको छ। , उनले भारतबाट विभिन्न मालसामान अवैध तरिकाले काठमाडौंसम्म कसरी ल्याउँछन् भन्नेबारे पनि अनुसन्धान गर्नुपर्ने देखिएको छ। , उनले प्रहरीलाई ट्रान्सपोर्ट कम्पनीबाटै ल्याउने बताएका छन्। यद्यपि त्यसलाई प्रहरीले शंकाको घेराबाट हेरेको छ। , उनले बिइङ ह्युमनको लागि ल्याउनुपर्ने कपडा बोक्ने सवारी साधनको प्रयोग गर्ने आशंका प्रहरीको छ। , ‘उनले बिइङ ह्युमनको लागि ल्याउने कपडाको गाडीमा माथि कपडा राखेर तल लुकाएर अरू सामान ल्याउँछ कि भन्ने हाम्रो आशंका छ,’ महाशाखाका एक प्रहरी अधिकारीले भने, ‘उनी आफैंलाई पनि त्यस्तो सामान आउनेबारे कलंकी आइसकेपछि मात्रै सामान आएको छ भनेर जानकारी दिने गरेको भनेका छन्।’, यस्तै उनीविरूद्ध नै औषधि व्यवस्था विभागमा पनि उजुरी परेको खुलेको छ। , उनीविरूद्ध गत वर्ष १५ लाख बढी नियन्त्रित औषधि ट्रामाडोल अवैध तरिकाले बिक्री वितरण गरेको भन्दै उजुरी परेको थियो। तर उनी फरार थिए। यसवर्षपनि औषधि कारोबार गरेको आरोपमा विभागमा उजुरी परेको थियो। , महाशाखाले उनीसहित चार जनालाई विदेशी मदिरामा राजश्व छली गरेको आरोपमा पक्राउ गरेको थियो। , यो पनि:,१४ कार्टुन रक्सी बोकेर नारायणप्रसाद प्रहरीकोमा पुगेपछि..., मदिरामा भन्सार छली आरोपमा पक्राउ परेका बिइङ ह्युमनका सञ्चालकबाट ५० लाख बराबरको सुर्ती पनि बरामद
सेतोपाटी संवाददाता काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ। , काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित ओह्रालोमा ती  युवकको शव फेला परेको हो। आइतबार राति उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, प्रहरी पुग्दा युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। , उक्त स्थानमा आइतबार सवा ११ बजेतिर  झगडा भएको थियो। प्रहरीले घटनास्थलमा रहेका दुई जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल छन्।, झगडा गर्ने अर्का एक जना भने फरार छन्। , उनीहरूकै कुटपिटबाट युवकको मृत्यु भएको वा लडेर भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले बताए।  मृतकको परिचय पनि खुलेको छैन। , ‘झगडा भएको देखिन्छ। अहिले डिटेलमा आइसकेको त छैन। हामी सिसिटिभी रेकर्डहरू पनि खोज्दैछौं,’ उनले भने, ‘मृत्युको कारण आउन बाँकी छ। मदिरा सेवन पनि गरेको देखिन्छ।’, उनका अनुसार मृत्युको कारण पोष्टमार्टमपछि मात्रै खुल्नेछ। , पोष्टमार्टमको लागि ती युवकको शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। , पक्राउ पर्नेहरूमा मृतकका कोही साथी थिए वा थिएनन् भन्ने पनि खुलिसकेको छैन। , मित्रपार्कमा भेटियो युवकको शव, दुई जना पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ।, सुनसरी धरान उपमहानगरपालिका-१३ बाट ३१ ग्राम ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको १ प्रदेश नम्बर प्रहरी कार्यालय विराटनगरले जनाएको छ।, उनीहरूलाई सोमबार संघीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो।, प्रहरीका अनुसार धरान-१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिप मगर पक्राउ परेका हुन्। , यसैगरी धरान-१९ का २६ वर्षीय जनम मगर, धरान-३ का २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजीव मगरलाई प्रहरीले पक्राउ गरेको हो। , प्रहरीले पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान अघि बढाएको छ।, सुनसरीमा ब्राउन सुगरसहित सात जना पक्राउ
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण पेश गर्न निर्देशन दिएको छ।, कोरोनाविरूद्ध मोज्दात खोप र खोप लगाएका सबै व्यक्तिको विवरण अनिवार्य पेश गर्न मन्त्रालयले आज सूचना निकालेर आग्रह गरेको हो।, माघ २१ गते शुक्रबार अपरान्ह ३ देखि ४ बजेभित्रमा खोप लगाइसकेकाहरूको विवरण र मोज्दात खोपबारे विवरण दिइसक्नुपर्नेछ।, स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा, सातै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तहहरूले खोप लगाइसकेका र मौज्दात खोपबारे विवरण पेश गर्नुपर्ने हुन्छ।, खोप लगाएकाहरूको विवरण पेश गर्न मन्त्रालयको निर्देशन
सेतोपाटी संवाददाता कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या गर्ने छोरा पक्राउ परेका छन्।, आइतबार राति १० बजे अंशसम्बन्धी घरायसी विवाद हुँदा लालझाडी गाउपालिका-२ कञ्जका २५ वर्षीय रामविलास रानाले बुवाको हत्या गरेका थिए।, उनले घरका अन्य सदस्यको आँखै अगाडि एक्कासि बन्चरो प्रहार गरेर ४२ वर्षीय बुवा फगु रानाको हत्या गरेको प्रहरी जनाएको छ।, उनले पटक-पटक बन्चरो प्रहार गरेर अनुहार छियाछिया पारेका थिए।, घटनापछि हत्या गर्ने रामविलासलाई राति नै प्रहरीले पक्राउ गरेको थियो। , पक्राउ परेका उनीमाथि थप कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।, बुवाको हत्या आरोपमा छोरा पक्राउ
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।, सोमबार दिउँसो भीमदत्त नगरपालिका-८ जिमुवामा सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठोक्किँदा दुर्घटनामा परेको थियो।, दुर्घटनामा सोही नगरपालिका-७ हल्दुखाल बस्ने १८ वर्षीय मोटरसाइकल चालक राजेश बमको मृत्यु भएको प्रहरीले जनाएको हो।, मोटरसाइकल पछाडि सवार पुस्कर बम घाइते भएका छन्।,  , कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
जमुनावर्षा शर्मा सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण सुरू भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो।, चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का कारण विमानस्थल निर्माणको समय एक वर्ष थप गरी २०२२ जुलाई १० सम्म धकेलियो। अहिले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताइएको छ। , सन् २०२२ जुलाई नजिकिँदै गर्दा पोखरालाई विश्वसँग जोड्न महत्वपूर्ण मानिएको विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल व्यवस्थापनतर्फ समयमै नसोचिँदा अहिले यो मुख्य समस्याका रूपमा देखिएको छ।, सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्याण्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ।  , विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थल जुलाईसम्ममा सम्पन्न हुने तर ल्याण्डफिल साइटको व्यवस्थान हुन नसके उडान सम्भव नहुने बताउँछन्।, उनी भन्छन्, ‘विमानस्थलको ९१ प्रतिशत काम सकिएको छ, अब बाँकी पनि समयमै सकिनेछ तर महानगरको जिम्मेवारीभित्र रहेको ल्याण्डफिल साइट समयमै स्थानान्तरण गरिएन भने उडानमा समस्या आउने छ।’, उनले महानगरलाई यस विषयमा पटक/पटक लिखित र मौखिक रूपमा जानकारी गराइरहे पनि सोअनुरूप काम अघि बढ्न ढिलासुस्ती भइरहेको बताए।, ‘मुख्य समस्याका रूपमा रहेको ल्याण्डफिल साइडका लागि उचित स्थानको खोजी भइरहेको र छिट्टै यसको समाधान हुन्छ भन्ने आश्वासन मात्र महानगरबाट पाएका छौं’, मुनाकर्मीले भने। , पोखरा महानगरपालिका वडा नं १४ बाच्छेबडुवामा रहेको ल्याण्डफिल साइट हाल निर्माणाधीन विमानस्थलबाट करिब दुई किमीमा छ।, उडानसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतानुसार विमानस्थलबाट १० किमीभित्र ल्याण्डफिल साइट हुनुहुँदैन। ल्याण्डफिल साइट नजिक हुँदा चिल, गिद्धलगायत चराचुरूङ्गीबाट हवाई उडान जोखिममा पर्न सक्ने देखिन्छ।, लामो समयदेखि एकै स्थानमा आहारको खोजी र आसपासमा बासस्थान बनाइरहेका चरा त्यही ठाउँमा आहाराका लागि आइरहने हुँदा कम्तीमा ६ महिना अगाडिदेखि स्थानान्तरण गर्नुपर्ने मुनाकर्मी बताउँछन्।, उनले डम्पिङ साइटको स्थान टुंगो लगाएरमात्र व्यवस्थापन गर्न सकिए चराबाट उडानमा आउने समस्या समाधानका लागि बाटो खुल्ने बताए।, पुरानो ठाउँमा बाक्लो माटाले पुरेर  र बर्ड स्केरिङ डिभाइस राखेर त्यस क्षेत्रमा देखिने अन्य चराको समस्यालाई पनि व्यवस्थापन गर्न सकिने उनको भनाइ छ। , उनका अनुसार अब विमानस्थलमा ‘फिनिसिङ’का केही काम बाँकी छन्। वर्षायाम सुरूअघि नै ‘अपडेट स्ट्रक्चर’लगायत कार्य सम्पन्न गरिने उनले जानकारी दिए।  , यसबाहेक निर्माणाधीन विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडाको उचाइ ४० मिटर काट्न बाँकी नै छ, त्यससँगै विमानस्थल सञ्चालनपूर्व नै पानीको निकासमा देखिएको समस्यालाई पनि समाधान गर्नुपर्ने हुन्छ। , पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयारी कार्यदलका संयोजक विक्रम गौतम विमानस्थल क्षेत्रमा ल्याण्डफिल साइट हुँदा त्यस क्षेत्रमा आउने चराका कारणले उडान जोखिम बढाउने भएकाले छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्ने बताउँछन्।, ‘अहिलेको प्रमुख समस्याका रूपमा विमानस्थल क्षेत्रमा पर्ने डम्पिङ साइट हो, अहिले त्यस क्षेत्रमा चराहरूको जुन गतिविधि छ, त्यसले उडानलाई चुनौती थप्छ, यस विषयमा महानगरले विशेष चासो दिएर सञ्चालनपूर्व नै स्थानान्तरण गर्नुपर्ने हुन्छ तर अहिलेसम्म पनि जग्गाको टुंगो लागेर काम अघि बढेको छैन’, गौतमले भने।, उनका अनुसार महानगरको ढिलासुस्तीले उडान सञ्चालनमा चुनौती थप्ने छ।, चरा विज्ञसँगको छलफलअनुसार तत्काल यसको व्यवस्थापन गर्न सके ४० प्रतिशत चराको गतिविधि त्यहाँबाट रोक्न सकिनेछ। त्यसबाहेक पनि विमानस्थल आसपास खोलाका किनार, फोहोर, नभचर बासस्थानका कारण पनि त्यस क्षेत्रमा देखिने चरालाई पनि रोक्नुपर्ने अर्को चुनौती छ।, पोखरामा स्थानीयसँगै आगन्तुक चराको पनि चहलपहल बढी भएकाले गार्डिङ, साइरन, शिकारी र अन्य उपकरणको प्रयोग गरेर गतिविधि न्यूनीकरण गर्न सकिने गौतमले बताए।, चरा उडान शतप्रतिशत रोक्न सम्भव नहुने उनको भनाइ छ।, ‘खुला आकाशमा चरा नभएको जहाज  उडान परिकल्पना गर्न सकिँदैन, सकेसम्म चरालाई एभोइड गरेर उडान गर्नुपर्छ, बेला-बेलामा चरा जहाजमा ठोकिएको, जहाजले चरा हानेको समाचारहरू आइरहेका छन्, खुला आकाशमा जहाज र चरा उडान सँगसँगै हुने अवस्था आएमा हुन्छ,’ उनले भने।, उनले ‘एक्सेप्टेबल लेभल अफ सेफ्टी’लाई ध्यान दिएर अघि बढ्नुपर्ने बताए।, उनका अनुसार पोखरा चराका हिसाबले अत्यन्त ‘भल्नरेबल’ ठाउँ भएकाले वर्षमा केही समय एयरपोर्ट बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।, विशेष गरी सेप्टेम्बरमा धेरै चराले बच्चा पाउने र कोरल्ने गतिविधि हुने भएकाले त्यसलाई ध्यान दिनुपर्ने उनको भनाइ छ। , उनका अनुसार महानगरले प्रस्ताव गरेका स्थानमध्ये उडानको प्राविधिक नियमअनुसार भलामको पसमराम जग्गा उपयुक्त हुन्छ।  , अन्तर्राष्ट्रिय अभ्यासअनुसार विमानस्थलको १० किमी ल्याण्डफिल साइट स्वीकार गर्न मिल्दैन। एउटा दूरीले नाप्ने विषय तथा अर्को भौगोलिक विशेषता, विमानस्थल र त्यस क्षेत्रको दूरीको सम्बन्ध पनि हेर्नुपर्ने उनको भनाइ छ।, गौतमका अनुसार पोखरा विमानस्थल सञ्चालनका लागि १० समस्या रहेकामा पहिलोमा ल्याण्डफिल, दोस्रोमा रिठ्ठेपानी डाँडा कटान र तेस्रोमा नहर व्यवस्थापन तथा बाँकी सात नीतिगत समस्या छन्।, रिठ्ठेपानी डाँडाको समस्या समाधान लगभग अन्तिम चरणमा पुगेको छ।, महानगरको जिम्मेवारीभित्र रहे पनि ऊ एक्लैले मात्र सल्टाउन गाह्रो हुन सक्ने भएकाले प्रदेशका मुख्यमन्त्री तथा प्रधानमन्त्री, विभागीय मन्त्रीलाई समेत समस्याका बारेमा अवगत गराइएको उनले बताए।, ‘हामीले मुख्य समस्याका रूपमा सबैलाई ध्यानाकर्षण गराइरहँदा पनि जुन गतिमा काम हुनुपर्ने हो, त्यसअनुरूप भएको छैन। तसर्थ निर्माण अन्तिम चरणमा पुग्दा सो विषयमा गम्भीर भएर काम गर्न हामी महानगरलाई अनुरोध गर्दछौं।’ रासस, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ल्याण्डफिल साइट
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १६ हजार ८८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र  १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ८१९१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १७२२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन्।, काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित छन्।,  ,  , थपिए ५२९२ संक्रमित, निको भए ८१९१
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १७२२ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा १३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १६ हजार ८८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र  १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ८१९१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्।,  , काठमाडौं उपत्यकामा थपिए १७२२ संक्रमित
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ।, ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।, ट्रकको ठक्करबाट तनहुँमा २ जनाको मृत्यु
रासस सरकारले तोकेको मापदण्डविपरीत इच्छुमती (टुकुचा) खोला दायाँ/बायाँ जग्गा नछोडी संरचना निर्माण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घरजग्गा एवं घरबहाल करसमेत नतिरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।, काठमाडौं महानगरपालिका-११ भद्रकाली प्लाजास्थित कम्पनीका नाममा रहेको कित्ता नं २३९५ को सात रोपनी जग्गा भाडामा दिँदा मन्त्रिपरिषद्को मापदण्ड मिचेको जग्गाको घरजग्गा एवं बहाल करसमेत नतिरेको वडा अध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए।, कम्पनीले विसं २०७४ मा कम्पनीको जग्गा भाडामा लगाउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो।, बीसभन्दा बढी कम्पनीले बोलपत्र हालेकामा सबभन्दा बढी भाडा कबोल गर्ने फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिलाई मासिक १० लाख ५१ हजार रुपैयाँमा दिने सम्झौता २०७४ साल असार ७ गते गरिएको कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन्। ,  , कम्पनीले घर बहालमा लगाए पनि कर भने तिरेको छैन।, भद्रकाली प्लाजा क्षेत्रमा रहेका नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, राष्ट्रिय बीमा संस्थानले भने वडा कार्यालयले गरेको पत्राचारअनुसार नै कर तिरिरहेका छन्।, यस क्षेत्रमा रहेका अन्य कार्यालयलाई पनि कर तिर्न पत्राचार गरिएकामा नतिरेको वडा कार्यालयले जनाएको छ।, ‘कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत पदाधिकारी र बोर्ड सदस्य महानगरीय प्रहरी परिसरलाई जग्गा बेच्नुअघि वडा कार्यालयमा सिफारिसका लागि आउनुभएको थियो, मैले कर तिर्न भनें, उहाँहरूले नतिरीकन माथि माथिबाट मिलाएर जग्गा बेच्नुभएछ, महानगरीय प्रहरी परिसरले घरबाटो सिफारिस गर्दा भने छ लाख रुपैयाँ कर वडा कार्यालयले लिएको छ’, वडाध्यक्ष तण्डुकारले भने।,  , कानुनअनुसार नै बुझाउनुपर्ने कर सरकारले कार्यालयले नै नबुझाएपछि आफूले पटक-पटक कानुन परिवर्तन गरेर आउन भन्ने गरेको उनी बताउँछन्।, उच्च सरकारी अधिकारीले त्यसमासमेत ध्यान नदिएको वडा कार्यालयले जनाएको छ।, मन्त्रिपरिषद्ले २०६५ साल मंसिर १ गते काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो।, संशोधन अनुसार खोला किनारमा निर्माण गर्दा बागमती, विष्णुमती र मनोहरा खोलाको दायाँ/बायाँ २०/२० मिटर, रुद्रमती (धोबीखोला) का हकमा धोबीखोला आयोजनाले तोकेको दूरी र आयोजना नभएको स्थानमा नौ मिटरको मापदण्ड तोकिएको थियो। ,  , यसैगरी नख्खु खोलाको दायाँ/बायाँ १२/१२ मिटर, बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा छ मिटर मापदण्ड मन्त्रिपरिषद्ले तोकेको थियो।, टुकुचा, सामाखुसी र काठमाडौं उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर छोडेरमात्र निर्माण गर्न पाइने मापदण्ड खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पालना नगरेको भेटिएको छ।, संरचना निर्माण गर्दा राजकुलो छोप्न नपाइने मापदण्ड पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो।, यसको पालना नगरी कम्पनीले भाडामा दिएको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ।, कम्पनीले मनोरञ्जनात्मक कामका लागि सात रोपनी जग्गा भाडामा दिँदा कानुनबमोजिम गर्ने भनी दोस्रो पक्षसँग सम्झौता गरेको सूचना अधिकारी न्यौपानेले बताए।, कम्पनीले कानुनबमोजिम गर्ने भनी सम्झौता गरेको दाबी गरिए पनि फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिले भने नदीको दायाँ/बायाँ छोड्नुपर्ने मन्त्रिपरिषद्को मापदण्ड अनुरूपको चार मिटरको नियम पालना गरेको छैन।, यस विषयमा केही दिनअघि कम्पनीका उच्च अधिकारीले अनुगमन गरेको जनाइएको छ।,  , कर पनि तिरेन मापदण्डविपरीत संरचना निर्माण गर्ने खाद्य कम्पनीले
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच सहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा सञ्चालनका लागि सम्झौता भएको छ। , सोमबार ललितपुरमा एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सो सम्झौता पत्रमा हस्ताक्षर  गरेका हुन्। , उक्त सम्झौता पत्रमा हस्ताक्षरपछि बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सिसिटिभी जडान गर्ने नीति लिएको बताए।, उनले ललितपुर महानगरले महानगरभित्र महानगर तथा वडा स्तरमा समेत सिसिटिभी जडान र व्यवस्थापन गर्दै आएको बताए। , मेयर महर्जनले सिसिटिभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग नजिक बसेर सहयोग गर्दै आएको बताए।, उनले महानगरले जडान गरेको सिसिटिभी नेपाल प्रहरीको केन्द्रीय सिसिटिभी प्रणालीमा जडान गर्नुपर्ने बताए। यस्तो गर्दा जडान भएका सिसिटिभीहरू निर्वाध रूपमा सञ्चालन हुन सक्ने मेयर महर्जनको भनाइ छ। , उनले सिसिटिभी जडानको लागि महानगरपालिकाले २ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको बताए। अब स्थानीय निकाय नयाँ-नयाँ प्रविधि अनुसार चल्न सक्नुपर्ने पनि मेयर महर्जनले बताए।, त्यस्तै, महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले सिसिटिभी जडान कार्यले ललितपुर महानगरपालिकाको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। , उनले सुरक्षाको लागि स्थानीय सरकार अभिन्न अंग भएकाले प्रहरीलाई स्थानीय सरकारको हरेक पलमा सहयोग आवश्यक गर्ने बताए। , प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले भने,‘अहिले सुरक्षाको लागि स्थानीय सरकार अभिन्न अंग हो। त्यसैले प्रहरीले गर्ने हरेक पलमा स्थानीय सरकारको साथ बिना काम गर्न कठिन हुने भएकाले स्थानीय सरकारको सहयोगको अपेक्षा गरिन्छ। ललितपुर महानगरपालिकाले विभिन्न स्थान सिसिटिभी क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण छ। नगरपालिकाका मेयर महर्जनबाट जुन पहल भएको छ त्यो सुरक्षा र अन्य विभिन्न कुराले महत्वपूर्ण छ। यो सिसिटिभी जडान राम्रोसँग गरिने छ। सिसी क्यामेरामात्रै नभएर अन्य विविध कुरामा महानगरपालिकाबाट प्रहरीले सहयोग पाएको छ। महानगरपालिकाबाट यस्ता सहयोग धेरै भइसकेका छन्। अझै सहयोगको अपेक्षा प्रहरीले गर्छ। यो सहयोगले महानगरको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने छ।’, प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड रुपैयाँ दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण काम भएको बताए। , उनले सडकमा सिसिटिभी जडान कार्यले  सुरक्षा र अन्य विभिन्न कुराको लागि महत्वपूर्ण रहेको बताए।, ललितपुर महानगर र महानगरीय प्रहरी परिसर जावलाखेलबीच सिसिटिभी जडान सम्झौता
सेतोपाटी संवाददाता कोरोनाविरूद्ध खोप लगाउन एक स्वयंमसेविकाले वृद्धालाई बोकेर खोप केन्द्रसम्म लगेकी छन्।, गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लगेकी हुन्।, देवकली ७९ वर्षकी भइन्। उनी हिँडेर खोप केन्द्र जान सक्थिनन्। उनलाई घरबाटै स्वास्थ्य स्वयंमसेविका थापाले बोकेर खोप लगाउन स्वास्थ्यचौकी पुर्‍याएकी थिइन्।, गाउँमा यातायातको सुविधा नहुँदा बोकेरै लैजानुपरेको हो।, सरकारले चैत मसान्तभित्र सबैलाई पूर्ण खोप दिने लक्ष्य राखेको बताएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २१ भित्र मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण अनिवार्य केन्द्रमा पठाउन स्थानीय तहहरूलाई आग्रहसमेत गरेको छ।, खोप लगाउन जसले बोकेर लगिन् वृद्धालाई
नारायण खड्का तुलसीपुर घोराही फोर लेन सडक बिस्तारको जिम्मा लिएका अनुप पाण्डेविरूद्ध पौने ६ करोड बढी ठगी गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी परेको छ।, पीडितमध्ये १६ जनाले जिल्ला प्रशासन कार्यालयमा र एक जनाले जिल्ला प्रहरी कार्यालयमा पाण्डेविरूद्ध ठगी मुद्दा दिएका छन्।, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले माघ १४ गतेसम्म १६ जनाले अनुप पाण्डेविरूद्ध ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको सेतोपाटीलाई बताए।, ‘माघ १४ गतेसम्म १६ जनाले ४ करोड ४५ लाख ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा आएर निवेदन दिनुभएको छ,’ प्रजिअ रेग्मीले भने, ‘मैले ती सबै निवेदन संकलन गरी आयोजना कार्यालयमा पठाइदिएको छु।’, ठगीको आधार प्रमाण के हो? भन्नेबारे समेत आफूले निवेदकहरूलाई उल्लेख गर्न लगाएको प्रजिअ रेग्मीले जानकारी दिए।, ‘सकेसम्म मिलापत्रै गर्ने र पीडितले पैसा पाऊन् भन्ने हिसाबले सक्कली निवेदन नै मैले आयोजनाको कार्यालयमा पठाइसकेको छु,’ उनले भने, ‘आयोजनाले यो विषयलाई कसरी हल गर्ने प्रत्यत्न गर्छ त्यो हेर्न बाँकी छ।’, पीडितले आयोजनाबाट न्याय नपाए फेरि ठगी मुद्दा लिएर प्रहरीमा जानुपर्ने अवस्था आउन सक्ने रेग्मीले बताए।  , एक जना व्यवसायीले भने जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीकै आग्रहमा आफूहरू अन्यायमा परेको भनेर लिखित रूपमा निवेदन दिँदा पनि प्रशासनले ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न तथा आफूहरूलाई न्याय दिन देखाउनु पर्ने जति चासो नदेखाएको गुनासो गरे।, ‘प्रशासनकै मानिसले मेयरको आग्रहमा हाम्रा निवेदनमा नजर नै लगाएनन्,’ ती व्यवसायीले भने, ‘प्रशासनकै मानिसका बीचमा मिलेमतो हुँदा हाम्रो घर जग्गा सबै बन्धक बन्ने अवस्था आउन थाल्यो।’, पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका-१५ भरतपुरका  व्यवसायी गेहेन्द्र बस्नेतले आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेर १ करोड ४४ लाख ठगी गरेको भन्दै जाहेरी दिएका छन्।, पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका छन्।, पाण्डेले तुलसीपुर-घोराही चार लेन सडकमा आफ्ना नौ वटा टिपर प्रयोग गरेबापतको भाडा र डिजल खर्चसमेत नदिएको बस्नेतले सेतोपाटीलाई बताए।, ‘पैसा आउला र सबैतिर तिरौंला भन्ने थियो,’ बस्नेतले भने, ‘धेरै आग्रह गर्दा पनि पैसा नदिएर अहिले पाण्डे सम्पर्कविहीन भएपछि म प्रहरीमा जान बाध्य भएको हुँ।’, जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बस्नेतले दिएको उजुरीमाथि अध्ययन भइरहेको तथा दर्ता प्रक्रिया सुरू गरिएको जानकारी दिए।, ‘पीडित प्रहरीमा आएपछि हामी मुद्दा दर्ता गछौं र त्यहीअनुसार कारबाही प्रक्रिया पनि थाल्ने छौं,’ एसपी काफ्लेले भने।, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा अनुपले तुलसीपुरको हात्तीखौवादेखि घोराहीको बबई खोलासम्म चार लेन सडक बिस्तारको ठेक्का लिएका थिए।, सडक निर्माणको जिम्मा भारतको तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रालिले पाए पनि उसले आफ्नो आधिकारीक नेपाल प्रतिनिधिका रूपमा पेटी ठेकेदारका रूपमा अनुप पाण्डेलाई तोकेको थियो।, यो पनि पढ्नुस्:, तुलसीपुर-घोराही सडक विस्तार : २ वर्षमा ७ प्रतिशतमात्रै काम  , ठेकेदार अनुप पाण्डेविरूद्ध झन्डै ६ करोड ठगेको भन्दै उजुरी
सेतोपाटी संवाददाता जंगली हात्ती दिनहुँ गाउँ पस्न थालेपछि बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जीउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन्।, हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।, ज्ञापनपत्रमा विगत छ महिनादेखि स्थानीय आदर्श नमूना सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने र रात परेपछि गाउँ पसेर दुःख दिने हात्तीको दीगो व्यवस्थापनसहित स्थानीयबासीको जीउधनको रक्षाको माग गरिएको छ।, हात्ती पीडित संघर्ष समिति बुद्धशान्तिले बुझाएको ज्ञापनपत्रमा जंगली हात्तीले हालै वडा नम्बर १,२ र ३ मा २५० घर भत्काइदिएको र १२ लाख रुपैयाँ मूल्यभन्दा बढीको अन्नबाली खाइदिएको उल्लेख गरिएको छ।, हात्तीको आक्रमण हुने त्रासले लामो समयदेखि स्थानीयले रातको समयमा नसुती बस्नु पर्दा महिला तथा बालबालिकाहरूमा मनोवैज्ञानिक असर पर्न थालेको पीडितहरूले मागपत्रमा उल्लेख गरेका छन्।, उनीहरूले स्थानीयको जीउधनको सुरक्षाको प्रत्याभूति गराउन प्रभावित क्षेत्रमा सुरक्षा गस्ती टोलीको व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको वरिपरि सोलार फेन्सिङ जडान गरी दीर्घकालीन रूपमा हात्तीलाई गाउँ प्रवेशमा रोक्नुपर्ने, बस्तीमा आउने हात्तीलाई लखेट्न पहल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय र प्रशासनसँग माग गरेका छन्।, समितिका सचिव सीताराम बाँस्तोलाले हात्तीले गरेको क्षतिको क्षतिपूर्ति पाउने प्रक्रिया झन्झटिलो, राहत पर्खन लामो समय लाग्ने र क्षतिको मूल्यांकनभन्दा कम राहत राज्यले प्रदान गर्ने प्रक्रियाले पीडित झन् पीडित हुनुपरेको बताए।, हात्ती पीडित संघर्ष समितिले जायज मागहरूको सम्बन्धित निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रिने, सरोकारवाला निकायमा धर्ना दिने, तालाबन्दी गर्न बाध्य हुनुपर्ने परिस्थिति आउन नदिन समेत ज्ञापनपत्रमा सरकारसँग आग्रह गरेको छ।, समितिले आजै बुद्धशान्ति गाउँपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सशस्त्र प्रहरी बल, श्रीनाथ गण चारआली र राष्ट्रिय अनुसन्धान कार्यालय झापामा समेत ज्ञापनपत्र बुझाएका छन्।, हात्ती आक्रमणबाट झापामा हालसम्म कम्तीमा ५२ जनाको मृत्यु भएको छ।, आजै मात्र मेचीनगर–१३ मा एक जना वृद्धको ज्यान गएको छ। बुद्धशान्ति गाउँपालिकामा हात्तीको आक्रमणमा हालै दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएको बाँस्तोलाले बताए।, जंगली हात्ती दिनहुँ गाउँ पस्न थालेपछि...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणक माग गरेको छ।, महानगरअन्तर्गत गरिब परिवार पहिचान गर्न इच्छुकले सात दिनभित्र आवेदन दिन सक्नेछन्।, २१ जना सुपरिवेक्षक र २१० जना गणक माग भएको महानगरले बताएको छ।, सुपरिवेक्षकका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सक्छन्।, यस्तै गणकका लागि आवेदन दिन कम्तीमा प्लसटु पास गरेको हुनुपर्छ।, सम्बन्धित स्थानीय तहका बासिन्दालाई प्राथमिकता दिइने पनि महानगरले जनाएको छ।, हेर्नुस् सूचना:, गरिब परिवार पहिचान गर्दै काठमाडौं महानगर, माग्यो गणक
सेतोपाटी संवाददाता दंगीशरणमा एक व्यक्तिको करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।, दंगीशरण गाउँपालिका वडा नं. ७ बाँकाका ३६ वर्षीय भूपेन्द्र डाँगीको करेन्ट लागेर मृत्यु भएको हो।, डाँगी शुक्रबार बेलुका ६ बजेतिर घरमा मृत अवस्थामा फेला परेका थिए। विद्युतको नाङ्गो तारमा छुन पुग्दा डाँगीको मृत्यु भएको देखिन आएको प्रहरीले जनाएको छ।।, करेन्टका कारण हातबाट ओछ्यानसमेत जलेको अवस्था देखिएको प्रहरीले जनाएको छ।, डाँगी घरमा एक्लै बस्दै आएका थिए। गाउँमा विवाह समारोहमा सहभागी भएर उनी घर गएका थिए।, डाँगीको शव पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।, करेन्ट लागेर एक युवकको मृत्यु
सेतोपाटी संवाददाता कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्।, गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।, केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनलाई फेला पारिएको थियो।, उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए।, के कारणले उनको मृत्यु भएको हो भन्नेबारे खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।, होटलमै मृत भेटिए युवा
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ८ सय २०  जना संक्रमित थपिएका छन्। , काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित थपिएका छन्।, यस्तै, काठमाडौं उपत्यकामा ५२ हजार ७६४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३७०३४, ललितपुरमा १०१२५ र भक्तपुरमा ५६०५ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १४ हजार ५ सय ६२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ३३१८ पिसिआर परीक्षणबाट र १५८६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ५९२४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ८७ हजार ३२९ जना कोरोनाका सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए १८२० संक्रमित, सक्रिय ५२ हजार
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।, बसमा सवार १३ जना घाइते भएका छन्।, सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ७५३ नम्बरको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो।, मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।, बसको ठक्करबाट मोटरसाइकल पछाडि सवार ईश्वरपुर–१२, घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ निवासी मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन्।, उनीलाई लालबन्दीस्थित गढीमाई अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।, लालबन्दी मोडेल अस्पतालमा उपचारपश्चात सात जना डिस्चार्ज भई आ–आफ्नो घरतर्फ फर्किसकेको र बाँकी चार घाइते सोही अस्पतालमा उपचार भइरहेको छ।, एक जनालाई सिरहातर्फ सिफारिस गरिएको प्रहरीले जनाएको छ। अत्यधिक कुहिरोका कारण राजमार्गमा सवारी दुर्घना बढेको छ।, काठमाडौं आइरहेको बसको ठक्करबाट एकको मृत्यु, १३ घाइते
रासस कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ।, प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ।, यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो।, यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ।, पालिकाले सूचना जारी गर्दै वडा नम्बर १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतबार, सोमबार र मङ्गलबार समय तोकिएको छ भने वडा नम्बर ७ दखि १२ सम्मकालाई बुधबार, बिहीबार र शुक्रबार तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले बताए।, सो पालिकाले यसअघि केही कर्मचारीमा कोरोना देखिएका कारण गत बुधबारदेखि शुक्रबारसम्म सेवा स्थगन गरेको थियो।, काभ्रे प्रशासनमा अत्यावश्यकबाहेक सेवा माघ २१ सम्म बन्द
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १४ हजार ५ सय ६२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ३३१८ पिसिआर परीक्षणबाट र १५८६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ५९२४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ८७ हजार ३२९ जना कोरोनाका सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ८ सय २०  जना संक्रमित थपिएका छन्। , काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ५२ हजार ७६४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३७०३४, ललितपुरमा १०१२५ र भक्तपुरमा ५६०५ सक्रिय संक्रमित छन्।, संक्रमितभन्दा निको हुनेको संख्या बढी
सेतोपाटी संवाददाता चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।, मोहन्याल गाउँपालिका वडा नम्बर ७ का १४ वर्षका किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।, बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, बालिका र किशोरको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको प्रहरीले जनाएको छ।, कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार बालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने किशोरमाथि थप अनुसन्धान भइरहेको छ।, शुक्रबार बालिकामाथि बलात्कार भएको जाहेरीमा उल्लेख छ।, चार वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ
सेतोपाटी संवाददाता ललितपुरको सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भएको एक हप्ता बितेको छ। , गत आइतबार ललितपुर महानगरपालिका-२७ स्थित बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो। तर एक हप्ता बित्दा पनि मूर्ति भेटाउन सकेको छैन। , मूर्ति नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। , वडा नम्बर २७का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेको बताए। , ‘शुक्रबार हाम्रो गुठीको बैठक बसेको थियो। कसैले सहयोग गर्‍यो वा सुराकी दियो भने प्रोत्साहन स्वरूप पाँच लाख रुपैयाँ सम्म गुठीले दिने निर्णय भएको हो,’ गुठीका सदस्यसमेत रहेका वडाध्यक्ष महर्जनले भने, ‘प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। अब ठ्याक्कै पत्ता लगाउन सकिसकेको छैन। हामी प्रहरीसँग लागिरहेका छौं।’, यस्तै सुराकी दिने व्यक्तिको गोपनियता पनि कायम गर्ने उनले बताए।, यसमा अनुसन्धान गर्न हाल महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ। , यद्यपि अहिले केही पत्ता लागि नसकेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए। , ‘हामी लागि परेका छौं। अहिले पत्ता लागिसकेको छैन,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं।’, ‘उहिले चोर पत्ता लगाउन जुन देवीको कसम खुवाउँथ्यौं, आज चोरी भयो उनैको मूर्ति’, ​प्राणनाथ महर्जन ललितपुर महानगरपालिका-२७ सुनाकोठीका स्थानीय बासिन्दा हुन्।, सुनाकोठीको बालकुमारी मन्दिर नजिकै प्राणनाथको घर छ। सो मन्दिरको व्यवस्थापन बालकुमारी गुठीले गर्छ। गुठीमा ६०० बढी गुठीयार छन्। प्राणनाथ पनि एक गुठियार हुन्। , गुठीले मन्दिरको हेरचाह र पूजाआजा गर्ने जिम्मा आफ्ना सदस्यमध्ये सबैभन्दा जेष्ठ नागरिकलाई दिन्छ। जेष्ठ नागरिक जिवित रहुञ्जेल यो जिम्मा अरूलाई दिइँदैन।, ‘यहाँ पूजारी भनेर छैन। मन्दिरको पूजा गर्ने जिम्मा सबै गुठियारमध्ये सबैभन्दा जेष्ठ नागरिकलाई दिइन्छ,’ वडाध्यक्ष बाबुराज महर्जनले भने।, प्राणनाथका ९१ वर्षीय बुवा जगतबहादुर गुठीकै सबैभन्दा जेष्ठ सदस्य हुन्।, त्यसैले बालकुमारी मन्दिरको हेरचाह गर्ने जिम्मा उनको परिवारको हो। यसअघिका जेष्ठ सदस्य बितेपछि १४ महिनायता मन्दिरमा पूजाआजा गर्नेदेखि सरसफाइको काम सबै प्राणनाथको परिवारले गर्दै आएका छन्। त्यसैअनुसार उनीहरूले बिहान नित्य पूजा र बेलुकी आरती गर्छन्। , गत शनिबार ८ गते साँझ अन्दाजी पौने ६ बजे पनि प्राणनाथले आरती गरेका थिए। , उनैले आरती सकेर मन्दिरमा ताला लगाई घर गएका थिए। शनिबार त झन् मन्दिरसँगै जोडिएको सतलमा भोज पनि भइरहेको थियो। , जसकारण मन्दिर परिसरमा राति ११ बजेसम्मै चहलपहल थियो। , ‘ठ्याक्कै समय त याद छैन तर घाम अस्ताएपछि नै आरती गरेको हो,’ प्राणनाथले सेतोपाटीसँग भने, ‘आरती सकेर ताला लगाएर म निस्किएको थिएँ। चाबी अझै मसँग छ।’, बिहान पनि घाम नउदाउँदै मन्दिर जाने व्यक्ति प्राणनाथ नै हुन्। उनी दिनहुँजसो बिहान ४ बजे नै मन्दिरको गेट खोल्न पुग्छन्, सरसफाइ गर्छन्। , ‘बिहान ४ बजे उठेर सफा गर्नुपर्छ। सधैँजसो मै आउँछु,’ उनले भने। , आइतबार बिहान मन्दिर पुग्दा अरू दिनजस्तो थिएन। बालकुमारी मन्दिरको मूर्ति एक तलामाथि छ। त्यहाँसम्म पुग्न चार वटा ढोका छन्। , प्राणनाथले गएराति लगाएर गएका ताला त्यहाँ थिएनन्। चार वटै ढोका खुला थिए।  ढोका खुला भएपछि उनी सरासर माथिल्लो तलामा गए। त्यहाँ बालकुमारीको मूर्ति थिएन। , ‘पानी लिएर आएको थिएँ। सबै खुला थियो। माथि पुगेर भित्र हेरेको त बालकुमारी माँ हुनुहुन्न,’ उनले भने। त्यहाँ कपडाहरू पनि यत्रतत्र छरिएका थिए। , बालकुमारीको मूर्ति त्यहाँ नदेखेपछि उनी दौडिएर तल आए। मन्दिर परिसरमै बसेर उनले चिच्याएर गुहार माग्न थाले।, ‘तल आएर मैले गुहार मागेँ। म त बहुला जसरी नै कराएँ। कसरी कराएको पनि थाहा छैन। कराएपछि सबै जना उठेर आए। मेरै घर छेउमै वडाध्यक्षको घर पनि छ। उहाँ पनि तत्कालै आउनुभयो,’ उनले भने, ‘वडाध्यक्षलाई भनेपछि प्रहरीलाई खबर गरेका हुन्। अनि बिहानै अरू सबै गाउँले भेला भएका थिए।’, वडाध्यक्ष बाबुराज पनि घटनाबारे थाहा पाएपछि तत्कालै मन्दिरमा पसेनन्। बरू प्रहरीलाई खबर गरेका थिए। , नजिकैको चौकीबाट प्रहरी घटनास्थलमा आइपुगेपछि प्रहरी, प्राणनाथ र वडाध्यक्ष बाबुराजसँगै भित्र पसे।, बाबुराजका अनुसार मन्दिरबाट बालकुमारीको पित्तलको मूर्तिबाहेक अरू केही सामान चोरिएको छैन। वरिपरि भएका स-साना मूर्तिहरू तथा अरू गरगहना त्यहीँ छन्। , बालकुमारी मन्दिर सुनाकोठी क्षेत्रको प्रमुख मन्दिर हो। हरेक वर्ष मंसिर पूर्णिमा र चैत पूर्णिमामा यसको जात्रा गरिन्छ। , अहिले चोरी भएको मूर्ति २५० देखि ३०० वर्ष पुरानाहुनुपर्ने वडाध्यक्ष बाबुराजले बताए। , ‘शिलालेख वा कुनै अभिलेखमा छैन। त्यही भएर बाजेहरूबाट सुनेअनुसार यो २५० देखि ३०० वर्ष पुरानाहो,’ उनले भने, ‘अरू गहनाहरू पनि चोरिएको छैन। स-साना मूर्तिहरू पनि छोएको देखिँदैन।’ , सुनाकोठीकै एक चउरमा पनि अर्को बालकुमारीको मूर्ति छ। त्यो ढुंगाले बनेको मूर्ति हो। , मूर्ति चोरी ११ बजेदेखि ३ बजेभित्रको समयमा चोरी भएको हुनुपर्ने वडाध्यक्ष बाबुराजको आशंका  छ। , बिहान ३ बजे नै सोही मन्दिर परिसर अगाडिबाटै अर्को टोली चउरमा भएको मन्दिरको पूजाआजा गर्न जाने गरेको उनले बताए। सो टोलीले मन्दिर खुला रहेको र चोरी भएको थाहा पाएन। , चोरी भएको खबर पाएपछि पुरातत्व विभागका संग्रहालय अधिकृत निरीक्षण गर्न पुगेका  छन्। अधिकृत पुरूषोत्तम आचार्य निरीक्षण गर्न त्यहाँ पुगेका हुन्। , ‘चोरी भएको भनेपछि के भएको हो भनेर हेर्न आएको हो। अब वडाले हामीलाई चिठ्ठी पठाउँछ। त्यसैको आधारमा हामीले प्रहरी र इन्टरपोललाई यस्तो खालको मूर्ति हराएको छ। खोजी गरिपाउँ भनेर पत्र लेख्छौं,’ आचार्यले भने, ‘त्यसपछि देशभरिको प्रहरीलाई पत्राचार हुन्छ। खोज्ने काम प्रहरीले गर्छ। भेटियो भने फेरि मूर्ति सुरूमा हाम्रो विभागमा आउँछ।’, त्यसपछि वडाले प्रमाण पुर्‍याएपछिमात्रै पुन: मन्दिरमै राखिने अधिकृत आचार्यले बताए। उनले पनि यो मूर्ति ठ्याक्कै कति वर्ष पुरानाहो भन्ने यकिन गर्न कठिन भएको बताए। , ‘ठ्याक्कै कति पुरानाभन्न सकिन्न। शिलालेखहरू केही भेटिएको छैन। अन्दाजी दुई-तीन सय वर्ष पुरानो हुनुपर्छ,’ उनले भने, ‘हामीले यसको पहिचान कालक्रमको आधारमा गर्छौं। जस्तै लिच्छिविकालीन समयमा एउटा खालको बन्छ, सबै समयमा एकैनासको मूर्तिहरू बन्दैन। बनोट शैली फरक-फरक हुन्छ। त्यसको आधारमा लिच्छिविकालीन, मल्लकालीन, शाहकालीन हो भन्ने छुट्याउन सकिन्छ। फोटो हेरेर थाहा हुन्न।’, सबै मूर्तिहरूको अभिलेख राख्न नसकिएको हुँदा पनि यसबारे भन्न कठिन भएको उनले बताए। यसबारे केही किताबहरू लेखिएको भए भने खोजी गरिने उनले बताए। , आचार्यका अनुसार अहिले विभागले काठमाडौं उपत्यकामा भएका मठमन्दिरको सूचीकरण गर्ने काम सुरू गरिरहेको छ। तर बालकुमारी मन्दिरको भने गरिसकेको थिएन।  , चोरीको अनुसन्धान महानगरीय प्रहरी वृत्त चापागाउँले गर्दैछ। मन्दिर परिसरमा सिसिटिभी पनि जडान गरिएको छैन। यद्यपी नजिकैका सिसिटिभीमा हेरिएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए। , ‘वरिपरि भएका फुटेजहरू हेर्दैछौं,’ उनले भने, ‘पत्ता लाग्छ, मूर्ति भेटिन्छ। ढिलो चाँडो पाइहाल्छ। अनुसन्धान भइरहेको छ।’, १५-२० वर्षअघिसम्म यहाँका गुठियारहरू बालकुमारी मन्दिरमै गएर पनि बस्ने गर्थे। गुठीले आठ जनाको टोली छुट्याएर पालैपालो गरी मन्दिरभित्रै कुरूवा बस्ने गरेको स्थानीयवासी बताउँछन्। पछिल्लो समय कुरूवा बसिँदैन। ताला नै लागाउन थालेपछि भने त्यहाँ कुरूवा बस्ने काम रोकिएको हो। , सुनाकोठीका स्थानीयले बालकुमारी माई भन्दा ठूलो  केही नभएको विश्वास राख्ने गरेको वडाध्यक्ष बाबुराजले बताए।  , ‘सुनाकोठीमा बालकुमारी माई भनेपछि त्योभन्दा ठूलो केही छैन। सुनाकोठीलाई जोगाउने, बचाउने नै बालकुमारी माई हो। सबै आस्थाको धरोहर नै यही हो,’ उनले भने, ‘केही भयो भने सम्झिने, पूजा गर्ने नै माईलाई हो। सानो बेलामा कतै चोरी भयो भने हामी बालकुमारी माईको कसम खाऊ त भन्थ्यौं। त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथ्यो।’, मूर्ति खोज्न आफूहरू पनि लागि परेको उनले बताए। बिहानै टोलटोलमा गएर  स्थानीयलाई जानकारी दिइएको थियो।, चोरी गरिएको आशंका भए घरमा गएर खोजी गरिने उनले बताए। , ‘हामी मूर्ति हुनसक्ने सम्भावित ठाउँमा खोजी गर्छौं। प्रहरी र हामी मिलेर खोजी गर्छौं,’ वडाध्यक्ष बाबुराजले भने, ‘तीन-चार दिनमै भेटिन्छ भन्ने आश छ।’ , चोरी भएको बालकुमारी मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख रुपैयाँ दिइने
सेतोपाटी संवाददाता गत वर्ष चैत ८ गते।, नेपालका राष्ट्रिय मिडियाको ध्यान इलामको माई नगरपालिका-१० लुम्बाकस्थित एउटा सामान्य घरमा थियो। भिरालो जमिनमा अडिएको त्यो घरको भौतिक बनावट वरिपरिका अरू घरजस्तै सामान्य थियो। त्यही घरमा कैयौं हिउँद र बसन्त काटेकी धनमाया तिम्सिनाको प्रतीक्षा भने असामान्य थियो।, त्यो दिन उनको ४० वर्ष लामो एउटा प्रतीक्षा सकिएको थियो। बिना सुनुवाइ चार दशकसम्म भारतको पश्चिम बंगालका विभिन्न जेलमा राखिएका उनका जेठा छोरा दुर्गाप्रसाद त्यही दिन घर आइपुगेका थिए।, आमा-छोराको त्यो मिलन बिरलै हुने घटनामध्ये थियो।, जेठा छोरालाई फेरि भेटेको एक वर्ष नपुग्दै धनमायाले आज संसार त्यागेकी छन्। उनी ८७ वर्षकी थिइन्।, उनका नाति गोपाल तिम्सिनाका अनुसार आइतबार बिहान उनको लुम्बाकस्थित घरमै निधन भएको हो।, ‘दुई-चार दिनदेखि हजुरआमाका हातगोडा सुन्निएका थिए। म ठूलोबुवालाई लिन विराटनगर आएको थिएँ,’ गोपालले भने,‘हजुरआमा त आज बिहान बितिहाल्नुभएछ। ठूलोबुवा र म अहिले झापा पुगेका छौं।’, दुर्गाप्रसाद गोपालका ठूलोबुवा हुन्। कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेर पोहोर साल घर आइपुगेका दुर्गाप्रसाद गाउँले जीवनसँग घुलमिल हुन सकेनन्। चार दशक जेलमा बिताएकाले होला उनलाई गाउँमा निकै गाह्रो भयो। गाउँमा असहज भएपछि दुर्गाप्रसादलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको थियो।, ‘ठूलोबुवा र हजुरआमालाई अन्तिम पटक भेटाइदिम् भनेर आएको थिएँ। हामी बाटैमा हुँदा उहाँ बितिहाल्नुभयो,’ गोपालले भने,‘सायद लेखेको रहेनछ!’, चार दशकदेखि अन्यायपूर्ण तरिकाले जेलमा राखिएका दुर्गाप्रसादलाई तत्काल पाँच लाख भारू क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतले केही साताअघि पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो।, गत मंसिर २२ गते  अदालतले छ साताभित्र तिम्सिनाको खातामा पैसा हालिसक्नु भनेर आदेश दिएको भए पनि उनले अहिलेसम्म पैसा पाएका छैनन्।, ‘कलकत्तास्थित नेपाली वाणिज्य दूतावासका सरहरूले खाता प्रमाणित गरेपछि १/२ दिनमा हुन्छ भन्नुभएको थियो। मैले खाता प्रमाणित गरिसकें तर अहिलेसम्म पैसा आएको छैन’ गोपालले भने।, आमा-छोराको त्यो पुनर्मिलन, 'आमा हजुरको जेठो छोरा घर आउनुभयो नि?', आइतबार दिउँसो ८६ वर्षीया धनमाया तिम्सिनालाई यसो भन्दा उनले जवाफमा यत्ति भनिन्, 'राम्रै भयो।', धनमाया त्यति बेला घरको आँगनमै थिइन्। आँगनमा कुखुराहरू खोस्रिरहेका थिए। इलामको माई नगरपालिका-१०, लुम्बाकस्थित उनको घर रङ उडिसकेको टिनले छाएको थियो। आँगनको छेउमा कालो कराई घोप्ट्याएर सुकाइएको थियो। काठमाडौंबाट गएका पत्रकारहरूसँगै त्यहाँ छरछिमेकीको ठूलै भीड लागेको थियो।, चारआली-इलाम सडक खण्डको भालुखोपदेखि १३ किलोमिटर टाढा कच्ची बाटोछेउ पर्ने उनको घरमा त्यति टाढाबाट यति धेरै मानिस भेला भएको सायद यो पहिलोपटक हो।, त्यो भीडमा धनमायालाई न गाउँमा दिनहुँ देखादेख हुने परिचित अनुहारहरूको वास्ता थियो, न समाचारका लागि झुम्मिएका हामीजस्ता नौला अनुहारको।, बुढ्यौलीले मुर्झाएका उनका आँखा बिजुलीझैं चम्केका थिए जेठा छोरा दुर्गाप्रसादलाई देखेर, जो ४० वर्षअघि उनका आँखा छलेर ओझेल भएका थिए।, भनिन्छ- आमाबुवाले छोराछोरीलाई कति माया गर्छन् भन्ने थाहा पाउन आफैं आमाबुवा हुनुपर्छ। हुर्काएर जवान बनाएको छोरा बुढ्यौली लागेर घर फर्किँदा मनमा उर्लेको भाव धनमायाले सायद शब्दमा व्यक्त गर्न सकिनन्। हाम्रा कति भाव हामी शब्दमा व्यक्त गर्न सक्दैनौं, अनुहारको रङमा मात्र देखिन्छन्। कति भाव त अनुहारमा पनि व्यक्त हुँदैनन्।, चालीस वर्षपछि घरको आँगन टेकेका छोरालाई देख्दा धनमायाको प्रतिक्रिया यस्तै थियो।, न उनले बोल्न सकिन्, न अनुहारको भावले खुसी प्रकट गरिन्।, यतिका वर्षदेखि ममताको जुन भाव धनमायाले आफ्नो साडीको सप्कोमा गाँठो पारेर कसेकी थिइन्, ती भावहरू खहरेझैं उनका आँखाबाट उर्लिँदै थिए। आँखालाई मनको ऐना यसै भनिएको होइन!, ढाका टोपी लगाएका दुर्गाप्रसाद थरथर कामेजसरी हिँड्दै जसै धनमाया बसेको खाटमा आएर उनकै छेउ थपक्क बसे, धनमाया भावशून्य भइन्, शब्दविहीन भइन्।, उनका आँखाले भने केही पल झिम्किनै बिर्से।, धनमायाले यस्तरी हेरिरहिन्, सायद पहिलोपटक रगतमा लत्पतिएका नवजात दुर्गाप्रसादलाई आफ्नो काखमा पाउँदा उनले त्यसरी नै हेरेकी थिइन्।, आमाछोराको यो ४० वर्षपछिको भेटलाई हामी धनमायाका आँखामा पछ्याउँदै थियौं।, केही बेरको मौनपछि उनको बोली फुट्यो, नाति दीपकसँग भनिन्, 'यो त सुन्निएछ, जताततै मासु नै मासु छ। जाँदाखेरि तँजस्तै थियो दुब्लो।', धनमायालाई प्रस्टै याद छ, दुर्गाप्रसाद हलो जोत्ने उमेरको भइसकेका थिए। उनीपछिका भाइबहिनी भने सानै थिए। बाबु बितिसकेकाले खेतीपातीको जिम्मा धनमाया र जेठो छोराको काँधमा थियो। त्यही समय गाईले हानेर धनमायाको हात कुइनामुनि काट्नुपर्‍यो।, 'सधैं देश जान्छु, देश जान्छु भन्थ्यो, एकदिन त मलाई थाहै नदिइकन गइगएछ,' धनमायाले आफ्नो हात देखाउँदै भनिन्, 'मेरो हात यस्तो, हलो जोत्ने उमेरको छोरो घरबाट बेपत्ता भएपछि मैले गोरू पाल्नै छाडिदिएँ।', यति मात्र होइन, जेठो छोरा घर छाडेर हिँडेपछि उनलाई अरू लालाबाला हुर्काउन हम्मेहम्मे नै पर्‍यो।, त्यति बेला उनीहरू इलामकै एकतप्पामा बस्थे। आफन्तहरू लुम्बाकमा थिए। श्रीमानको मृत्यु र जेठो छोरा बेपत्ता भएपछि आफन्तहरूले धनमायालाई पनि लुम्बाकमै डाके।, उनी नाताको डोरी समातेर, एकतप्पाको जायजेथा बेचबिखन गरी, लालाबाला च्यापेर लुम्बाक बसाइँ सरिन्।, 'एकतप्पाको जग्गा किनिदिने मान्छे पाउन पनि मुश्किल भयो। धौधौले १० हजारमा बेचेर यहाँ आएका हौं,' उनले भनिन्।, लुम्बाकमा आएर पनि उनले सुख चाहिँ पाइनन्। अर्काकोमा काम गरेर छोराछोरी हुर्काइन्। अहिले जुन घरमा बस्दै छिन्, त्यो जग्गा पनि निकै वर्षपछि मात्र किनेकी हुन्।, धनमाया खासमा आठ छोराछोरीकी आमा हुन्, तर पछिल्ला वर्ष उनलाई आमा भन्ने चार जना मात्र थिए। माइला छोराको अघिल्लो मंसिरमा मृत्यु भएपछि तीन जना मात्र बचेका थिए। दुर्गाप्रसादको फिर्तीपछि उनलाई आमा भन्नेहरूको संख्या फेरि चार नै पुगेको छ।, यी ४० वर्षमा उनले आफ्नो एउटा विश्वास कहिल्यै मर्न दिइनन्- जेठो छोरा एकदिन अवश्य फर्केर आउनेछ भन्ने विश्वास। उनी गाउँलेहरूलाई सधैं भन्थिन्, 'मरेको मान्छेको पो आउने बाटो हुँदैन, बाँचेको मान्छे आउन त जति पनि बाटा छन्।', उनले हामीलाई पनि त्यही कुरा सुनाइन्, 'मरेको छैन भने एकदिन पक्कै आउँछजस्तो लाग्थ्यो।', सायद यो धनमायाको ममताकै शक्ति हो, जसले यतिका वर्ष बिनाकसुर भारतका विभिन्न जेलमा थुनिनुपर्दा पनि दुर्गाप्रसादको मनोबल टुट्न दिएन।, उनी दार्जिलिङमा एक महिलाको हत्या आरोपमा पक्राउ परेका थिए। अदालतले उनलाई दोषी करार कहिल्यै गरेन। दोषी त परको कुरा, उनलाई कहिल्यै अदालतमा पेसधरि गरिएन। भारतीय प्रशासनको लापरबाहीका कारण दुर्गाप्रसादले अनाहक जिन्दगीको लामो ऊर्जाशील उमेर जेलमा बिताउनुपर्‍यो।, 'हजुरको छोराले मान्छे मार्नुभयो होला त?' हामीले आमाको मन चोर्न खोज्यौं।, धनमायाले सिन्का बराबर संकोच मनमा नराखी तुरून्तै जवाफ फर्काइन्, 'यसले काँ मान्छे मार्नु, निकै सोझो थियो।', यसो भन्दा उनका आँखा दुर्गाप्रसादतिरै एकटक थिए।, यतिञ्जेल दुर्गाप्रसाद लगभग मौन थिए। कर गरेर बोल्न लगाउँदा भासिएको स्वरमा एक-दुई शब्द बोल्थे, फेरि चुप्पै लाग्थे।, उनको मुख मात्र होइन, आँखा पनि मौन थियो। उनले यसबीच कसैका अनुहार हेरेनन्।, धनमाया भने घरि यता हेर्थिन्, घरि उता।, फोटो खिच्न र भिडिओ बनाउन आएका पत्रकारले 'यता हेर्नुस्, उता हेर्नुस्', 'यसो गर्नुस्, उसो गर्नुस्' भन्दा उनी लजाउँदै, दिक्क मानेझैं गर्दै भन्थिन्,'के साह्रो, अनेक-अनेक गर्नुपर्दो रैछ हो!', कान अलि कम सुन्ने धनमाया आँखा भने राम्ररी देख्छिन्। बेलाबेला उनको काटिएको दाहिने हात बेस्कन दुख्छ। छोराछोरीका लागि उनले बायाँ हातैले काम गरिन्, तर हरेस खाएर सक्दिनँ कहिल्यै भनिनन्।, 'गरियो नि हो सबै काम, तर ८५ पूरा गरेर ८६ लागेपछि मान्छे बूढो हुँदो रैछ,' धनमायाले भनिन्, 'योपालि सकिनँ काम गर्न, गोडाले पनि बेलाबेला निहुँ खोज्छन्।', उनले केही दिनअघि सुन्निएका गोडा देखाइन्। उनका गोडामा फरक-फरक रङका मोजा थिए। ती पनि च्यातिएर थोत्रा भइसकेका। आफ्ना गोडा देखाइसकेपछि उनले फेरि दुर्गाप्रसादतिर हेरिन्।, वरिपरिका सबैले कर गरेपछि दुर्गाप्रसादले सुस्तरी 'आमा' भने।, सबैले 'अलि बेस्सरी भन्नू न' भने।, दुर्गाप्रसादले सबैले सुन्ने गरी भने, 'आ...मा।', जेठा छोराले आमा भनेको सुनेर चाउरी परिसकेको धनमायाको अनुहार चमक्क चम्कियो। उनी मुस्कुराइन्। सायद पलभरमै आफ्नो ज्यान गलेको, हात दुःखेको र गोडाले 'निहुँ खोजेको' चटक्कै बिर्सिइन्।, 'यसलाई त्यो रेल, बस सुबेनजस्तो छ, त्यही भएर यस्तो भयो,' उनलाई आफ्नोभन्दा छोराकै चिन्ता थियो, 'उपचार गर्न पर्दैन, अब यो आफैं निको हुन्छ।', साना हुँदा केटाकेटीलाई खोले खुवाएको सम्झिँदै धनमायाले भनिन्, 'अहिले पनि हामी खोले खाँदै छौं। छोरालाई पनि त्यही पकाएर खुवाउँछु।', 'मेरो छोरालाई बिहे गर्ने उमेरभरि बिनाकारण जेल राखेर बूढो बनाएर पठाउनेहरूलाई राम्रो होला त!' धनमायाले अगाडि भनिन्, 'पाप लाग्छ तिनीहरूलाई।', हुन त छोराछोरी जतिसुकै बढून्, आमाको मन आमाकै हुन्छ। तर यो उमेरमा मनले मात्र होइन, शरीरले पनि उस्तै फुर्तिलो र जोधाहा आमा बन्ने चुनौती धनमायामाथि छ।, '८६ वर्ष हुनुभयो। फर्केर हेर्दा जिन्दगी कस्तो भोग्नुभयो आमा?' हामीले सोध्यौं।, 'जिन्दगी यस्तै हो, आफ्नो दुःख अर्काले लैजाँदो रैनछ,' उनले यति गह्रौं कुरा पनि सजिलै भनिदिइन्।, रहिनन् हराएका छोरालाई ४० वर्षपछि भेटेकी धनमाया
सेतोपाटी संवाददाता कञ्चनपुरमा प्रहरीले २२ किलो चरेससहित मोटरसाइकल बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले शनिबार राति २२ किलो एक सय ५० ग्राम लागुऔषध चरेश बरामद गरेको हो।, बेलौरी नगरपालिका–३ बुटाबारीस्थित युपी ३१ एपी २२५६ भारतीय नम्बरको  मोटरसाइकलमा हरियो कट्टामा बाँधेर राखेको अवस्थामा चरेश बरामद भएको थियो।, यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, मोटरसाइकल र चरेश कसले ल्याएका हुन् भन्ने खुलेको छैन।, २२ किलो चरेश र मोटरसाइकल बरामद
युनिक श्रेष्ठ चार सेन्टिमिटरका ‍स-साना चार वटा क्युब गत बुधबार अमेरिकाबाट काठमाडौं आइपुगे। ती क्युबलाई अहिले बत्तीसपुतलीस्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)को कार्यालयमा राखिएको छ।, सोसाइटीका लागि ती साना क्युब कुनै ऐतिहासिक वस्तुभन्दा कम छैनन्। किनकी ती क्युब अन्तरिक्ष पुगेर काठमाडौं आइपुगेका हुन्। यति मात्रै होइन, यी क्युब ११ देखि २० वर्ष उमेर समूहका नेपाली विद्यार्थीले बनाएका हुन्। , सोसाइटीले गत अप्रिल १० देखि ‘क्युब्स इन स्पेस’को कार्यक्रम सञ्चालन गरेको थियो। अमेरिकी संस्था आइडिओओडिएलइडियु इन्कसँग सहकार्य गरी ‘क्युब्स इन स्पेस’ कार्यक्रम सञ्चालन गरेको हो।, कार्यक्रममा देशभरिबाट ५५ जना विद्यार्थीले सहभागिता जनाएका थिए। नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण अनलाइनबाटै सञ्चालन भयो।, विद्यार्थीहरूको लागि स्पेसमा परीक्षण गर्न डिजाइन कसरी गर्ने भन्ने प्रक्रिया सिकाउन यो कार्यक्रम सञ्चालन गरिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।, 'यो स्पेस एक्स्पेरिमेन्टको डिजाइनको प्रक्रिया, डिजाइन गर्दा के-के कुरामा ध्यान दिनुपर्छ भन्ने सिकाउन कार्यक्रम सञ्चालन गरेका हौं,' उनले भने।, कार्यक्रमका लागि नासोले ५५ जना विद्यार्थी छानेर उमेरअनुसार १५ समूहमा विभाजन गरेको थियो। तालिकाअनुसार पाँच हप्ताको कार्यक्रम भए पनि थप दुई हप्ता लम्बिएको थियो।, 'सुरूमा कसरी स्पेसमा परीक्षण हुन्छ। के-कस्तो प्लेटफर्म हुन्छ भन्ने जानकारी दियौं,' अध्यक्ष भट्टराईले भने, 'विशेषगरी हामीले दुईटा साधनबारे चर्चा गर्‍यौं।', विभाजन गरिएका आधा समूहले साउन्डिङ रकेटको लागि क्युब्स बनाएका थिए भने आधाले रिसर्च बलुनको लागि बनाएका थिए।, भट्टराईका अनुसार साउन्डिङ रकेट र रिसर्च बलुन क्युब्सलाई अन्तरिक्षसम्म पुर्‍याउने दुई साधन हुन्। कार्यक्रममा अध्यक्षसहित सहभागी भएका शिक्षकले सल्लाह-सुझाव दिँदै गएपछि विद्यार्थीहरू आफैंले डिजाइन बनाए।, १५ वटा समूहले नै डिजाइन बनाएका थिए। डिजाइन गरेपछि उनीहरूले आफ्नो डिजाइनबारे प्रस्तुति दिए। त्यसरी प्रस्तुति दिएपछि दुई वटा समूहले बनाएका परियोजना स्पेसमा पठाउन छानिएको थिए।, त्यो छान्न एउटा निर्णायक मण्डलको प्यानल पनि बनेको थियो। जसमा क्युब्स इन स्पेस, नासा र नासोका ६ जना प्रतिनिधि सहभागी थिए।  , 'समीक्षा गर्न एउटा प्यानल बनाएका थियौं। ६ जनाको प्यानलले समीक्षा गरेर दुई वटा प्रोजेक्ट छानेका हौं,' भट्टराईले भने, 'एउटा बलुन र अर्को रकेटको लागि छानेका थियौं। त्यसपछि नासाको वालोप्स फ्लाइट फ्यासिलिटी सेन्टरमार्फत् उडाएर अन्तरिक्ष पुर्‍याइ अहिले यहाँ काठमाडौं आइपुगेको हो।', यसरी स्पेसमा क्युब्स पठाउनुभन्दा पनि आफूहरूको उद्देश्य विद्यार्थीहरूलाई स्पेस डिजाइनिङको परीक्षण कसरी हुन्छ, प्रारम्भिक डिजाइन समीक्षा भनेको के हो, आलोचनात्मक डिजाइन भनेको के हो भन्नेबारे सिकाउनु भएको अध्यक्ष भट्टराईले बताए।, यसरी नेपालका विद्यार्थीहरूले पहिलो पटक यसबारे सिकेको उनले बताए।, 'भोलि मानौं कुनै विद्यार्थीले एउटा स्याटलाइट बनायो। अहिले त हामीले क्युब्स मात्रै बनाएका हौं। पछि गएर कुनै विद्यार्थीले स्याटलाइट बनायो भने बनाएर उडाउने बेलासम्मको सबै प्रक्रिया के हो भन्ने कुरा अहिले नेपालका ५५ जना विद्यार्थीले सिकेका हुन्,' उनले भने, 'यो नेपालको पहिलो ब्याच हो। हाम्रो उद्देश्य विद्यार्थीलाई प्रक्रिया सिकाउने हो।', विद्यार्थीले स्पेसमा के पठाउन हुन्छ र के पठाउन हुन्न भन्नेबारे पनि सिकेको उनले बताए।, छनोट भएका विद्यार्थीले सानो क्युबमा के राखेर पठाएका थिए?, कार्यक्रममा सहभागी श्रेया पाण्डेका अनुसार आफूहरूले पृथ्वीमा प्रयोग हुने ग्लुले अन्तरिक्षमा काम गर्छ कि गर्दैन भन्ने जान्न खोजेको बताइन्। उनको समूहमा उनीसँगै रोमी अधिकारी, सन्ध्या शर्मा र कल्पना यादव थिए।, 'हाम्रो समूहमा चार जना थियौं। उताबाट हामीलाई काम दिइएको थियो। क्युब्स इन स्पेस नासाका एडुकेटरहरूले सञ्चालन गरेको एउटा कार्यक्रम हो,' उनले भनिन्, 'अनि हामीलाई त्यहाँ परीक्षणका प्रक्रियाहरू सिकाइएको थियो। त्यसअनुसार पछि हामीले सानो क्युबमा अट्ने एउटा एक्सपेरिमेन्ट बनाउनुपर्ने थियो। त्योसँगै हामीले त्यस परीक्षणको नतिजा के आउँछ त भनेर पनि अनुमान गर्नुपर्ने थियो।', उनीहरूको समूहले बनाएको क्युब रिसर्च बलुनमार्फत् अन्तरिक्षमा पुगेको हो। आफूहरूले प्रस्तुति दिएपछि छनोटमा परेको उनले बताइन्।, 'हामीले प्रस्तुति यो कारणले गर्दा यो परीक्षण गर्ने सोच्यौं भनेर भन्यौं। अनि निर्णायक मण्डलले हामीलाई छनोट गर्नुभयो,' उनले भनिन्, ‘सामान्य जीवनमा प्रयोग गर्ने ग्लु स्पेसमा प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने हाम्रो जिज्ञासा थियो। यदि पठाउन मिल्छ भने किन यसको प्रयोग हुँदैन त? स्पेसमा छुट्टै खालको ग्लु प्रयोग हुँदो रहेछ। त्यसैले यहाँको ग्लु किन प्रयोग हुँदैन र प्रयोग गर्‍यो भनेचाहिँ के हुन्छ त भन्ने जान्नु थियो।', उनीहरूले स्पेसमा पठाएपछि त्यो ग्लु के हुन्छ त भनेर पनि अनुमान लगाएका थिए। यहाँ प्रयोग हुने ग्लुमा पानी हुन्छ र यस्तो खालको ग्लु स्पेसमा प्रयोग गर्‍यो भने त्यसमा हुने पानी सुकेर फुट्न थाल्छ भन्ने अनुमान गरेको उनले बताइन्।, पाण्डेले नेपालमा क्युब्स इन स्पेसको कार्यक्रम हुँदैछ भन्ने जानकारी एउटा विज्ञापनबाट थाहा पाएकी थिइन्। त्यतिबेला उनी भर्खरै कक्षा १२ सकेर बसिरहेकी थिइन्।, उनले काठमाडौं मोडल कलेज (केएमसी)बाट विज्ञान संकायमा कक्षा १२ सकाएकी हुन्। फेसबुकमा उनले नासोको विज्ञापन देखेपछि सम्पर्क गरेकी थिइन्।, 'मलाई खगोल विज्ञानमा पहिले देखि नै रूची थियो। अनि आफूले परीक्षण गरेको क्युब्सहरू स्पेसमा जान्छ भनेपछि म उत्साहित भएकी थिएँ,' उनले भनिन्, 'अहिले क्युब्स आइसकेको भन्ने जानकारीचाहिँ पाएँ। तर त्यसबारे थप अध्ययन गरिसकेका छैनौं।', अर्को समूहले भने क्युबमा 'ओब्लिक' राखेर रकेटमार्फत् पठाएको समूहका ओशन शर्मा कट्टेलले बताए।, 'हामीले मकैको पिठो र पानीको (कर्न स्टार्च) एउटा सोलुसन जसलाई ओब्लिक भनिन्छ त्यो पठाएका हौं। तरल पदार्थ हो तर सामान्य खालको तरल पदार्थ होइन। के हुन्छ भने यदि हामीले त्यसमा प्रेसर दियौं भने ठोस पदार्थ हुन्छ र अरूबेला सामान्य तरल पदार्थ हुन्छ,' उनले भने, 'अनि स्पेसको वातावरणमा यसलाई सुरक्षाकवचको रूपमा प्रयोग गर्न सक्छौं भनेर र कत्तिको काम गर्छ भनेर सानो नमूना क्युबमा राखेर स्पेसमा पठाएका थियौं।', उनको समूहमा सौगात केसी, धर्मनाथ साह र शाश्वत सेढाईं सहभागी थिए। आफूहरूले पनि क्युब्सहरू फर्किएको जानकारी पाए पनि थप अध्ययन गरिनसकेको बताए।, विराटनगरका कट्टेल पनि कक्षा १२ सकेर बसिरहेका थिए। त्यसैबीच उनले यसबारे थाहा पाएपछि कार्यक्रममा सहभागी भएका थिए।, 'मैले यहाँ धेरै कुरा सिकेँ। सानो उमेरमै हामीले यस्तो गर्न सक्यौं। नेपालमा अवसर छैन भन्ने गर्छन् तर अवसरहरू आउँछन् खोज्यौं भने पाउँछौं,' उनले भने।, यस कार्यक्रममा सामुदायिक विद्यालयबाट १६ वर्षीया दुर्गा गुरूङ पनि सहभागी भएकी थिइन्। यो कार्यक्रम हुँदा उनी ९ कक्षा पढ्दै थिइन्।, हाल उनी काठमाडौंको छाउनीस्थित श्री पञ्चकन्या माध्यामिक विद्यालयमा अध्ययनरत छन्।, 'पहिले विद्यालयमा कार्यक्रम गर्न नासोका सरहरू आउनुभएको थियो। त्यसैबेला चिनेको हो। क्युब्स इन स्पेसको कार्यक्रम छ भन्ने थाहा पाएपछि प्रिन्सिपल मिसले मलाई भन्नुभयो र म सहभागी भएकी हुँ,' उनले भनिन्, 'सुरूमा केही थाहा थिएन। अनि पछि त्यहाँ गएर धेरै सिकेँ। मलाई यस्तो विषयमा धेरै रूची पनि छ।' , अन्तरिक्ष घुमेर काठमाडौं आइपुगे नेपाली विद्यार्थीले बनाएका 'क्युब'
सेतोपाटी संवाददाता म्याग्दीको भाइरल तोरीबारीमा घुम्न जान रोक लगाइएको छ। , जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका-१ रत्नेचौरमा पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको हो। , कोरोनाभाइरसका संक्रमित फेरि बढ्न थालेपछि भीडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको बेनी-१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए।, वडाध्यक्ष रावलका अनुसार शनिबार तोरीबारीमा एकदमै भीड बढेपछि आइतबार जिल्ला प्रहरी कार्यालय बेनीबाट तोरीबारीमा प्रहरी टोली परिचालन गरिएको हो।, उनले आइतबारदेखि तोरीबारीमा प्रवेश गर्न कडाइ गरिएको र प्रहरीले घुम्न गएकालाई फर्काइरहेको बताए।, ‘तोरीबारीमा घुम्न आउने पर्यटकबाट स्थानीयले धेरै कुराहरू सिक्न पाइरहेका थिए। त्यसैले हामीले माघ १५ देखि २० गतेसम्म तोरी महोत्सव आयोजना गर्ने योजनासमेत बनाएका थियौं। बजेट विनियोजन गरेर जिल्ला प्रशासन कार्यलयमा अनुमति माग्दा कोभिडका कारण भीडभाड हुने कार्यक्रम सञ्चालन नगर्न आदेश आयो,’ वडाअध्यक्ष रावलले भने, ‘हामीले कार्यक्रम स्थगित गरेका छौं।’, पहेँलो तोरीबारीको बीचमा कालोपत्र गरिएको सडकको मनमोहक दृश्य देखिन्छ। यही दृश्य हेर्न मानिसहरू आउने गरेका छन्। तोरीबारीको फोटो, भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका कारण मानिसहरूको भीड बढेको वडाअध्यक्ष रावलले बताए।, फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा रत्नेचौरमा रहेको तोरीबारीको फोटो, भिडियो भाइरल भइरहेका छन्।, सिसिएमसीको एक साता अघि बसेको बैठकले सार्वजनिक स्थलमा भीडभाड नगर्न आदेश दिएको थियो।, म्याग्दीको भाइरल तोरीबारी घुम्न जान रोक, प्रहरी परिचालन
रासस ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ।, सडकको बीच भागमा रहेको रूखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ।, सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ।, सडककै कारण यतिबेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयसमेत रहेका व्यास–११ का वडाध्यक्ष निरबहादुर खड्का*ले बताए।, ‘शनिबार मात्र तनहुँसुरमा दुई हजारभन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै चर्चामा आउन थाल्यो’, उनले भने।, तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ। उक्त मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो।, अब ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ। हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ।, कूल रु १० करोडको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत ऋषि शक्ति जेभीले रु सात करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको हो।, उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो।, कालोपत्र सडकमार्फत अब तनहुँसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ।, उक्त सडकको योजना छनोटका लागि तनहुँ क्षेत्र नम्बर १ का तत्कालीन एमाले सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको छ।, *सच्याइएको, बीचमा रूखसहित दायाँबायाँ पिच भएको सडक भयो भाइरल
सेतोपाटी संवाददाता बजारमा हल्ला थियो- सस्तो मूल्यमा ब्रान्डेड रक्सी पाइन्छ। , यो हल्लालाई कसैले महानगरीय अपराध महाशाखालाई सूचनाको रूपमा दियो। सस्तोमा भन्नाले बजारको मूल्यभन्दा प्रतिबोतल एक हजार रुपैयाँ जति कम। सस्तोमा पाइने रक्सीहरूमा रेड लेबल, ब्ल्याक लेबल, एब्सोलुट भोड्का, चिभास रिगललगायत थिए। , त्यो सूचना पाएपछि महाशाखाले यसलाई शंकाको दृष्टिकोणले हेर्‍यो। पक्कै पनि केही गडबड भएको भन्दै अनुसन्धान अघि बढायो। , ‘अप्रेसन लिमा’ नाम दिएर अनुसन्धान अघि बढाएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , ‘सस्तोमा रक्सी बजारमा बेच्छन् भन्ने सूचना आयो। कति कम हुन्छ भन्ने बुझ्दा झन्डै एक हजार जति कम हुन्छ भन्यो,’ उनले भने, ‘त्यसपछि हामीले चासो राख्यौं।’, प्रहरीले यो सूचना पाएसँगै यसको सप्लाई गर्ने व्यक्तिलाई खोज्यो। सर्लाही बरहथवा नगरपालिका-९ घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरेले सप्लाई गर्ने भन्ने खबर पायो।, पसलमा अर्डर गरे नारायणप्रसादले ल्याइदिन्छ भनेपछि प्रहरी आफैंले अर्डर गर्‍यो। , ‘नारायणप्रसाद १४ वटा कार्टुन बोकेर हामी कहाँ आए,’ उनले भने, ‘अर्को सूचनाचाहिँ अन्त शुल्कको स्टिकर हुँदैन भन्ने आएको थियो। सिधै राजश्व छली गरेको देखियो।’, त्यसपछि व्यापार गर्न भन्दै रक्सी लिएर पुगेका नारायणप्रसादलाई शुक्रबार राजश्व छली गरेको आरोपमा प्रहरीले पक्राउ गर्‍यो।, प्रहरीले उनको गोदाम पत्ता लगाइसकेको थियो। उनै नारायणप्रसादलाई लिएर प्रहरी उनको गोदाममा पुग्यो।, गोदामबाट थप २८० कार्टुन रक्सी महाशाखाले बरामद गर्‍यो। त्यहाँबाट पनि अर्का व्यक्ति पक्राउ परे। , उनी पर्सा सुवर्णपुर घर भई हाँडीगाउँका २८ वर्षीय रविन पाख्रिन थिए। पाख्रिनसँग सोधपुछ गर्दा थप दुई जना पक्राउ परे। , पक्राउ पर्नेमा पर्सा घर भई कपन बस्ने ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल र कागेश्वरी मनहरा नगरपालिका-६ का ३० वर्षीय शैलेश पन्त छन्।, ‘भारतबाट बख्रेलले रक्सी झिकाउने रहेछ। उनले पन्तलाई सम्पर्क गर्ने, पन्तले पाख्रिनलाई दिने र अन्तिममा ग्राहक खोजेर सप्लाई गर्ने काम नारायणप्रसादले गर्ने रहेछ,’ प्रहरी उपरीक्षक कोइरालाले भने। , प्रहरीले सबै गरेर २९६ कार्टुन रक्सी बरामद गरेको उनले बताए। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीहरूले ती रक्सी विशेषगरि काठमाडौंका पार्टी प्यालेसमा बिक्री गर्थे। , ‘उनीहरूले हरेकले एउटा बोतलमा चार-पाँच सय नाफा खाने गरेका रहेछन्,’ उनले भने, ‘पार्टी प्यालेसमा बेच्ने रहेछन्। उनीहरूले तेस्रो पटकमात्रै ल्याएको भनेका छन्। हामीले अरू अनुसन्धान गर्दैछौं।’, बरामद भएका रक्सीको गुणस्तर पनि परीक्षण गर्न पठाएको महाशाखाले जनाएको छ।, प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न आइतबार राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ।, प्रहरीले साढे एक करोड बराबरको मदिरा बरामद गरेको महाशाखाले जनाएको छ। , १४ कार्टुन रक्सी बोकेर नारायणप्रसाद प्रहरीकोमा पुगेपछि...
रासस देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगाको निर्माण सुस्त भएको छ। यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो। , सङ्क्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन। कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरू कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुंगा सुरूङमार्ग आयोजनाले जनाएको छ। शारीरिक रूपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए।, ‘स्वास्थ्य मापदण्डका आधारमा पनि सक्छु भने पनि नेगेटिभ नआएसम्म काममा लगाउन सकिँदैन,’ शाक्यले भने। निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकामा अहिले त्यो सङ्ख्या चार सय हाराहारीमा छ। , निर्माणस्थलमा नै प्रत्येक पाँच-पाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरूबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ। आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताए।, अहिले दैनिक ६/७ मिटर मात्रै खनिरहेको छ। सुरूङ खन्न सुरु भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गत वर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए। उनले भने, ‘निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकामा अहिले सङ्क्रमण बढेकाले केही समस्या भएको छ।’, आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झण्डै डेढमहिना ढिला छ। निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए।, अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ । साउननसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम (फिनिसिङ) हुनसक्छ। अबका दिनमा अरू कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उनले बताए।  कोरोना र अरू अवरोधका कारणले बाधा पुर्‍याएमा भने अवधि सकिँदा काम बाँकी रहनसक्छ।,  ‘अहिले एक हप्ता जसरी नै ढिला भएमा अझै पछाडि जानसक्छ,’ उनले भने।, निर्माणस्थलमा जग्गाको विवाद रहेकामा अहिले त्यो समाधान भइरहेको छ। धादिङतर्फ पूरानो विवाद बाहेक नभएको र काठमाडौंतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताए। सो स्थानमा ३० करोड रूपैयाँ मुआब्जाबापत बाँडिरहेको र अब ३५ करोड रूपैयाँ आउन लागेको छ ।, त्यसपछि २० करोड आएपछि काम गर्न पर्याप्त हुने उनले बताए। धादिङमा अख्तियारमा उजूरी परेका पाँच जग्गा बाहेक अरुतिर जग्गा प्राप्तिको समस्या छैन। उनले भने, ‘सानातिना समस्या बाहेक जग्गा अधिग्रहणको धेरै समस्या समाधान भइरहेको छ।’, आयोजनासँग जोडेर बीचबीचमा स्थानीयवासीको गुनासो आउने गरेको छ। कहिले पानी सुक्यो त कहिले सडकका विषयमा स्थानीयवासीको गुनासो आउँदा सम्बोधन गर्दै निर्माण अघि बढाइएको प्रमुख शाक्यले बताए। स्थानीयवासीको पानीको समस्या समाधानका लागि पानी ट्याङ्की बनेको छ। पाइप विच्छाउने कामका लागि आयोजनाले बजेट दिएर नगरपालिकाले गर्ने भएको छ। , मुआब्जाको चित्त बुझेन भनेर पनि कहिलेकाहीँ स्थानीयवासीले गुनासो गरे पनि आयोजनाले त्यसको समाधान गरिरहेको छ। यसपछिका दिनमा बलम्बुमा जग्गा प्राप्ति भएपछि बिजुलीको लाइन सार्नुपर्ने छ। जग्गा नलिइ बिजुली सार्न नमिलेको र जग्गा प्राप्त गरेर निर्माणस्थल खाली गरिएपछि आयोजनाले अझै गति लिने उनले बताए।, आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झण्डै ५६० जना रहेका छन् । जापानीज निर्माण कम्पनीका तर्फबाट झण्डै २० र तीन जना परामर्शदाता कम्पनीका तर्फबाट छन् । निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली रहेका छन् । , विसं २०७६ असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी हाज्मा आङ्दो कर्पोरेशनसँग ठेक्का सम्झौता गरिएको थियो । सोही वर्ष कात्तिकमा आयोजनाको शिल्यान्यास भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो ।, सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रुपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ। त्यस स्थानमा धेरै सवारीसाधन र व्यक्ति अलपत्र पर्ने गरेकामा समाधान हुनेछ । सोको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।, आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । आयोजनाअन्तर्गत दुई ‘फ्लाइओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक रहेका छन् । सुरुङमार्गकै मुख र सतुङ्गलमा  ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।, अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रिदा दुइटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।, सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ भने कमजोर ढुङ्गामाटालाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क र तरकारी सङ्कलन केन्द्रलगायत कक्ष हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनीबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ । मुख्य सुरुङको लम्बाइ दुई दशमलव ६६ किमी रहेको छ । , कामदार कोरोना संक्रमित हुँदा नागढुंगा सुरूङ निर्माण सुस्त
सेतोपाटी संवाददाता नेपालमा थप ३५४० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।, ९९१० जनाको पिसिआर परीक्षण गर्दा ३०४९ जनामा र ३२३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , पछिल्लो २४ घण्टामा नेपालमा ६३५९ जना निको भएका छन्। यस्तै पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। , हाल नेपालमा ८३ हजार ९९९ जना सक्रिय संक्रमित छन्। ,  ,  , थप ३५४० जनामा कोरोना संक्रमण, ६३५९ जना भए निको
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले  धरौटी घटाइदिएपछि राजश्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर रिहा भएका छन्।, २८ करोड राजश्व छलीको आरोपमा पक्राउ परेका उमाशंकरलाई उच्च अदालत पाटनले ७५ लाख धरौटीमा मागेको थियो। उक्त धरौटी बुझाउन नसकेर उमाशंकर थुनामै थिए।, शुक्रबार सर्वोच्च अदालतले उनको धरौटी घटाएर २५ हजार बनाइदिएको थियो। , न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार धरौटी बुझाए थुनामुक्त गर्नु भन्ने आदेश दिएको हो।, शुक्रबार धरौटी बुझाउने प्रक्रिया नसकिएपछि आइतबार २५ हजार धरौटी बुझाएर उनी छुटेको उच्च अदालतका प्रवक्ता नगिन्द्र केशरी पोखरेलले बताए।, 'उहाँले २५ हजार धरौटी बुझाएपछि हामीले तारेखमा छोडेका छौं,' उनले सेतोपाटीसँग भने।  , सर्लाहीका सरोजकुमार मिश्रले उमाशंकरको नागरिकता र ल्याप्चे दुरूपयोग गरेर काठमाडौंमा ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स भन्ने कम्पनी खोलेका थिए।, मिश्रले विभिन्न कम्पनीहरूबाट १ अर्ब ४ करोड राजश्व ठगी गरेको भन्दै राजश्व अनुसन्धान विभागले १७ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा चलाएको थियो। त्यसमध्ये उमाशंकर पनि थिए। उमाशंकरको नाममा रहेका कम्पनीले भने २८ करोड राजश्व ठगेको विभागको अभियोग छ।, अनुसन्धानका क्रममा विभागले उमाशंकरलाई पक्राउ गरेको थियो।, उनले भने आफ्नो नागरिकता, ल्याप्चे र फोटो मागेर लगेपछि मिश्र बेपत्ता भएको बयान दिएका थिए। मिश्रले के/के गरे आफूलाई थाहै नभएको उनले बयानमा भनेका थिए।, सर्वोच्चले पनि मिश्रले नै उनको नाममा संस्था खोलेर आर्थिक फाइदा लिएको र उनी राजश्व चुहावटमा संलग्न रहेको नपाइएको आदेशमा उल्लेख गरेको छ।, 'निवेदकको नाउँमा व्यापारिक कारोबार गर्ने संस्था दर्ता रहेता पनि सो संस्थाको खातापातालगायत संस्था सञ्चालन गर्ने र प्रयोग गरी सम्पूर्ण लाभ लिने कार्य प्रतिवादी सरोजकुमार मिश्रले गर्ने गरेको र निजले नै वास्तविक कारोबार गरिरहेको सन्दर्भमा यी निवेदकबाट राजश्व चुहावटमा प्रत्यक्ष हानी-नोक्सानी गर्ने कार्यमा संलग्नता रहेको देखिएन,' सर्वोच्चले भनेको छ।, त्यसमाथि रायभरको आर्थिक अवस्था पारिवारिक स्थिति हेरेर उनको धरौटी ७५ लाख निकै धेरै रहेको अदालतको आदेशमा उल्लेख छ।, 'बिगोको दोहोरो दाबी अन्य मुख्य प्रतिवादीहरू उपरसमेत रहेको तथा निवेदकको आर्थिक अवस्था पारिवारिक स्थिति र कसुरबाट सिर्जित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु तथ्य र निवेदकको संलग्नताको स्थिति समेतको रोहबाट निवेदक प्रतिवादीबाट २५ हजार नगद वा जेथा धरौट माग गर्नु उपयुक्त र न्यायोचित हुनेमा,' सर्वोच्च अदालतको आदेशमा उल्लेख छ,'७५ लाख धरौटी माग गर्ने गरेको उच्च अदालत पाटनको आदेश सो हदसम्म मनासिव देखिन नआएकोले बदर गरिदिएको छ।', २५ हजार धरौटी बुझाएर छुटे २८ करोड राजश्व छली आरोपमा थुनामा रहेका उमाशंकर
सेतोपाटी संवाददाता कोरोना भाइरस परीक्षण गरेको नतिजा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी अपिल गरेको छ।, प्रयोगशाला बाहिर गरिएका कोभिड-१९ परीक्षणको नतिजाको जानकारी इमेलमार्फत जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो।, ‘कोभिड-१९ बढिरहेको सन्दर्भमा महामारी व्यवस्थापनका लागि संक्रमितहरूको यकिन तथ्यांक प्राप्त हुनु अपरिहार्य हुन्छ,’ अपिलमा भनिएको छ, ‘संस्थागत, सूचीकृत गरेकोले, प्रयोगशाला बाहिर गरिएका कोभिड-१९ परीक्षणको नतिजाको जानकारी सरकारी निकायहरूलाई हालसम्म पनि जानकारी नगराउनु भएका संघ, संस्था, निकाय, नियोगहरूले परीक्षणको नतिजा इमेल तथा कल सेन्टरमार्फत् पठाउन अपिल गरिन्छ।’, यसको जानकारी [email protected] मा इमेल वा १११५ नम्बरमा एसएमएस गरी दिन अपिल गरेको हो। , कोरोना परीक्षण गरी नतिजा सरकारी निकायलाई जानकारी गराउन स्वास्थ्य मन्त्रालयको अपिल
सेतोपाटी संवाददाता जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक निर्माण गर्दा पुराना योजनामा क्षति पुगेको छ।  , जैदीको चौरगाउँमा सडक पुर्‍याउन चालू आर्थिक वर्षमा चार लाख रूपैँया बजेट विनियोजन गरिएको थियो। सडक निर्माण हुँदा गाउँलेको घरसम्मै गाडी पुग्छ।, सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पुर्‍याएको सिँचाइ  कुलो भत्किएको छ। दुई सय वर्ष पुरानो यो कुलो केही वर्षअघि १५ लाख रूपैयाँ बढी खर्चेर पक्की बनाइएको थियो।, सडक निर्माण गर्दा ‍पुरिएको सिँचाइ  कुलोबारे भने कसैले सोचेका छैनन्।, चार लाख रूपैयाँ खर्चेर सडक बनाउँदा १५ लाख रूपैयाँमा बनेको संरचना भत्किएको छ। यस विषयमा कसैले चासो देखाएका छैनन्। , ‘चार सय मुरी धान फल्ने खेत भन्ने चलन थियो, यहाँ सिँचाइ पहिलेदेखि नै रहेकाले धानको उत्पादन पर्याप्त हुन्छ’, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने, ‘एउटा संरचना बनाउँदा अर्को बनेको संरचना बिग्रिने धेरै घटना छन्।’ , जिल्लाका अधिकांश विकासका काममा यस्ता समस्या देखिन्छ। सबैभन्दा बढी सडक बनाउँदा सिँचाइ  र खानेपानीका संरचनामा क्षति हुने गरेको छ। , बागलुङ नगरपालिका–१२ अमलाचौरको गिठेदेखि पात्लेखेत जाने सडक बनाउँदा बिग्रिएको जैमिनी नगरपालिका–१ कुश्मीशेराका चार खानेपानी आयोजना डेढ वर्ष हुँदा समेत पुनःनिर्माण भएको छैन।, करोडौं रूपैयाँ खर्च गरेर बनाइएका खानेपानीका योजना ७५ लाख रूपैयाँमा निर्माण भएको कच्ची सडकले तहसनहस बनाएको छ। , जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि कालीगण्डकी करिडोर पुग्ने सडकको स्तरोन्नती गर्दा कुश्मीशेरा बजारको खानेपानीमा क्षति पुगेको हो।, सैनिक टोल र नगरपालिकाको कार्यालयसमेत रहेको क्षेत्रमा सडक बनाउँदा विस्तार गरिएको पानीमा क्षति पुगेपछि खानेपानीको अभाव छ।, कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्ष सैनिक टोलका पदमबहादुर श्रीषले भने, ‘एउटा काम गर्दा अर्को काम बिगार्ने परिपाटी अन्त्य हुनुपर्छ, सडक बनाउँदा अरू बिग्रिने केही छ छैन भनेर हेर्नुपर्छ। बाटोले खानेपानीको योजना बिगार्छ, दुःख हामीलाई हुन्छ।’ , उपभोक्ता समितिका अध्यक्ष छायाँदत्त चापागाईँका अनुसार कुश्मीशेरा बजारदेखि कान्लेहुँदै दमेक पुग्ने सडक प्रदेश सरकारले बनाएको हो। त्यहाँ खानेपानीको योजना भत्किएपछि खानेपानीको पाइप माग्न उनी आफैं नगरपालिकामा पुगे।, योजनाबाटै मर्मत गर्न स्रोत छैन, स्टिमेटभन्दा बाहिर काम गर्न मिल्दैन’, अध्यक्ष चापागाईं भन्छन्,‘पाइप मागेर मर्मत गर्न उपभोक्ता नै कस्सिए, नभए पानी खान पाईंदैन।’ , पहिले बनाइएका संरचना नयाँ बनाउँदा क्षति पुगे पछिल्लो योजनाबाट मर्मत गर्नुपर्छ । तर उपभोक्ता समितिमार्फत हुने अधिकांश काममा क्षति पुग्ने संरचनाको स्टिमेट हुँदैन। , स्टिमेट अनुसारको मात्रै काम हुँदा मर्मतका लागि खर्चको अभाव हुने गरेको गुनासो मात्र सुन्न पाइन्छ।, सडक बनाउँदा भत्किँदै सिँचाइ र खानेपानीका योजना
युवराज श्रेष्ठ भुटानको गेलेपुमा आयोजित फुटबल प्रतियोगितामा भाग लिन जाँदा पशुपति खनाल र जयनारायण हुमागाईंले मित लगाएका थिए।, त्यसयता उनीहरूको मित्रता अटुट छ - चाहे त्यो देशबाट निकाला हुँदा होस् वा तेस्रो देश पुनर्वास क्रममा अमेरिका पुग्दा।, खनाल अहिले ७३ वर्षका भए। उनी अमेरिकाको पेन्सिलभेनिया बस्छन्। ७० वर्ष लागेका हुमागाईं भने मिनिसोटा बस्छन्। एकअर्कासँग भेट्नुपरे गाडीमा १२ घन्टा र हवाईजहाजमा डेढ घन्टा यात्रा गर्नुपर्छ।, तर दुरी लामो भए पनि उनीहरू पाँच-छ महिनाको एकचोटि भेटघाट गर्छन् र सँगै बसेर फुटबल हेर्छन्।, नेपालमा शरणार्थी जीवन बिताउँदा पनि उनीहरूको दोस्ती यस्तै थियो।, हुमागाईं झापाको बेलडाँगी शिविरमा बस्थे भने खनाल गोलढाप शिविरमा। छुट्टाछुट्टै बसे पनि भेटघाट र हिँडडुल एउटै शिविरमा बस्नेहरूको भन्दा बढी थियो।, उनीहरूको त्यो बेलादेखिको फुटबल मोह अहिले छोराहरूमा सल्किएको छ।, भुटानी शरणार्थीका रूपमा अमेरिका पुनर्वासमा पुगेका हुमागाईंका छोरा शिव अहिले 'भुटानिज युथ स्पोर्ट्स क्लब' गठन गरेर त्यसको अध्यक्ष बनेका छन् भने खनालका छोरी-ज्वाइँ गोविन्द ढुंगाना क्लबका सल्लाहकार छन्।, उनीहरू क्लबलाई चाहिने रकम जुटाउनेदेखि फुटबल टिम बनाएर विभिन्न प्रतियोगितामा पठाउने काम गर्छन्। त्यही क्रममा पोखराको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा भाग लिन उनीहरूको टिम पोखरा आइपुगेको छ।, क्लबका अध्यक्ष ३१ वर्षीय शिव फुटबल खेल्दैनन्। तर उनको फुटबलप्रति लगाव यति धेरै छ, थला परेका वृद्ध बुवालाई अस्पताल भर्ना गरेर भए पनि उनी आफ्नो क्लबलाई आहा रारा गोल्डकपमा सहभागी गराउन नेपाल आए।, शिव नेपालमै हुँदा फुटबलका फ्यान थिए। वर्ल्डकप फुटबल हुँदा साथी-समूहमा टिभी हेर्ने गर्थे, उनले भने 'नेपालमा फुटबलको फेस्टिभल नै छ नि, यहीँबाट फुटबलको फ्यान भएर अमेरिका पुगेको थिएँ।', शिव सन् २००९ मा अमेरिका गएका थिए। एसइई दिएर रिजल्ट नआउँदै १८ वर्ष उमेरमा अमेरिका पुगेका उनले २१ वर्ष उमेरसम्म नि:शुल्क पढ्न पाए।, अमेरिकाको स्कुलमा उनी फुटबल, ब्याडमिन्टन लगायत खेल हेर्थे। नेपाली युवाहरू फुटबलमा झुमेको देखेर उनी चकित भए। अझ आफूजस्तै भुटानी शरणार्थीका रूपमा अमेरिका पुगेका किशोरहरूको खेल देखेर फुरूंगै परे।, स्कुलमा मात्र होइन, बस्तीनजिकै खेल मैदान थियो। त्यहाँ पनि नेपालीभाषीहरू फुटबल र भलिबलमा झुमेका हुन्थे। सामुदायिक मैदानमा फुटबल खेल्ने शरणार्थी युवाहरूलाई बटुलेर शिवले क्लब जन्माए र नाम दिए– 'भुटानिज युथ स्पोर्ट्स क्लब।', उनले नजिकैको सरकारी अड्डामा आफ्नो क्लब दर्ता गरे। अमेरिकाभरि २० वटाभन्दा बढी नेपाली फुटबल क्लब दर्ता रहेको उनले बताए।, भुटानिज युथ स्पोर्टस् क्लबले सन् २०१३ देखि विभिन्न प्रतियोगितामा भाग लिन थाल्यो। अमेरिकामा बर्सेनि अन्तरराज्य प्रतियोगिताहरू हुन्छन्। खेल्न पाएका प्रतियोगितामा उनीहरू सहभागी हुन्छन्। तर क्लब जन्माएर फुटबललाई अघि बढाउन उनीहरूसँग पर्याप्त पैसा थिएन। खेल मैदानदेखि खेलाडीलाई जर्सी र बुट किन्न र प्रतियोगितामा भाग लिन उनीहरूले खर्च जुटाउनुपर्थ्यो।, 'हामीले अमेरिकामा रहेका भुटानी र नेपालीहरूसँग ५, १०, २० डलर माग्न थाल्यौं, धेरैले हामीलाई सहयोग गर्नुभएको थियो,' शिवले भने, 'तिहारमा देउसी-भैलो खेलेर पनि क्लबलाई चाहिने सहयोग जुटाउँछौं।', यसरी चन्दा उठाएर नपुगेको रकम शिव आफैं हाल्छन्। क्लबको वार्षिक खर्च ३ लाख डलर छ। हरेक साता दुई दिन चल्ने मेक्सिकन लिग फुटबलमा भाग लिन दुई सय डलर तिर्नुपर्छ।, सुरूआतमा अमेरिकामा रहेका नेपाली फुटबल क्लबहरूसँग खेल्दै २०१६ देखि उनीहरू अमेरिकी क्लबसँग भिड्न थाले। क्यालिफोर्नियामा बर्सेनि हुने 'हिमालयन कप' फुटबल प्रतियोगिता उनीहरूले दुई वर्षयता लगातार जितेका छन्।, भुटानिज युथ स्पोर्टस क्लबका अध्यक्ष शिव हुमागाईं (बीचमा), उनकी श्रीमती र गोविन्द ढुंगाना। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, यो क्लबले वर्षको एउटा प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ। हरेक वर्ष जुन दोस्रो साता उनीहरूले प्रतियोगिता आयोजना गर्छन् जसमा प्रथम पुरस्कार १० हजार र दोस्रो पुरस्कार ७ हजार डलर छ। यसरी प्रतियोगिता आयोजना गरेको तीन वर्ष भइसकेको छ। यो वर्ष चौथो प्रतियोगिताको तयारी भइरहेको छ।, उनीहरूले क्लब गठन गर्ने बेला प्रतियोगितामा भाग लिने र पुरस्कार जित्ने उद्देश्य राखेका थिएनन्। आफैं प्रतियोगिता आयोजना गर्ने त सोच पनि थिएन। क्लब गठनको उद्देश्य भुटानबाट नेपाल हुँदै अमेरिका पुनर्वासमा गएका युवाहरूलाई गलत प्रवृत्तिमा लाग्नबाट रोक्नु थियो। युवाहरूलाई अनुशासन सिकाउनु थियो। स्वस्थ राख्नु थियो।, 'हामी अर्को देश आएर बिग्रनु हुँदैन, लागुऔषध र मदिरामा फस्न हुँदैन भनेर खेलकुदमा लाग्ने सोच आएको थियो,' शिवले भने, 'खेल्दै जाँदा भोलिका दिनमा भाइहरूले ठूलै क्लबमा चान्स पाउँछन् कि!', यति मात्र होइन, अमेरिका पुगेका सम्पूर्ण भुटानी शरणार्थी एकताबद्ध हुनुपर्नेमा पनि उनको जोड थियो। उनी खेलकुदका माध्यमबाट युवाहरूलाई एकताबद्ध बनाउन चाहन्थे।, यसरी गठन भएको भुटानिज युथ स्पोर्टस् क्लबले पोखरामा चाहिँ कस्तो प्रदर्शन गर्‍यो त?, पोखराको आहा रारा गोल्डकप फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) सँग सिधै क्वाटरफाइनल खेलेको भुटानिज युथ क्लब पहिलो खेलमै हार्न पुग्यो। शिवका अनुसार उनको टिमका सात जना खेलाडी नेपाल आउनै पाएनन्। कहिल्यै नदेखेको र नचिनेका चार जना विदेशी खेलाडी ल्याउनुपरेको उनले बताए।, 'कोभिडका कारण हामीले आफ्ना सात जना खेलाडी ल्याउन पाएनौं, चार जना विदेशी खेलाडीलाई भिडिओमा गेम हेरेका भरमा ल्याएका थियौं,' उनले भने, 'हाम्रो टिम सेटअप आउन पाएको भए जित्न सक्थ्यौं।', नेपालमा प्रतियोगिता जित्ने मात्र आफ्नो उद्देश्य नभएको उनले बताए।, 'नेपाली खेलाडीसँग फुटबलको अनुभव लिने र क्लबहरूसँग सम्बन्ध बनाउने उद्देश्यले हामी यहाँ आएका हौं,' उनले भने।, भुटानी शरणार्थीका रूपमा अमेरिका पुगेका शिव त्यहाँ अहिले घरजग्गा कारोबार, नेपाली कपडा पसल, टेस्ट अफ नेपाल नामक रेस्टुरेन्ट, नमस्ते ज्वेलरी लगायत व्यवसाय सञ्चालन गर्छन्। जीवन बिमा एजेन्टसमेत छन्।, यतिका व्यवसाय छाडेर फुटबल भनेपछि जहाँ जान पनि तयार हुने आफ्नो बानी रहेको उनले बताए।, 'कसैलाई माउन्टेन क्लाइम्बिङ, कसैलाई पढ्ने, कसैलाई मुभी हेर्ने बानी हुन्छ नि,' उनले भने, 'म सकर (फुटबल) भनेपछि सबै काम छाडेर हिँड्न सक्छु।', अमेरिकाबाट फुटबल खेल्न आएको उनको टोलीले आयोजक सहारा क्लबले चलाएको सहारा एकेडेमीलाई १ लाख ५१ हजार र केही थान फुटबल दिएको छ। उनीहरूले झापादेखि विभिन्न जिल्लाका दर्जन क्लबलाई फुटबल, बुट, जर्सी लगायत खेल सामग्री र आर्थिक सहायता पनि गरेका छन्।, भुटानदेखि नेपाल हुँदै अमेरिका यात्रा, अमेरिकाबाट फुटबल खेल्न नेपाल आउँदा झापास्थित शरणार्थी शिविर पुगेका गोविन्द ढुंगाना, शिव हुमागाईं लगायत।, सन् १९९२ मा भुटानबाट भागेर नेपाल आउँदा शिव जम्मा १५ महिनाका थिए। आमाबुवाले दिदी र उनलाई लिएर आएका थिए। अहिले ती सबै अमेरिकामा छन्।, नेपालको शरणार्थी शिविरमा झन्डै १७ वर्ष बिताउँदा भोगेका पीडा सम्झेर अहिले पनि उनीहरू भक्कानिन्छन्।, त्यति बेला उनीहरूलाई अरू कसैले खाना दिनुपर्थ्यो। नपाउँदा भोकै सुत्नुपर्थ्यो। शिविरका शरणार्थीलाई नेपाल सरकारले १५ दिनमा ५ किलो चामल दिन्थ्यो। कहिले बन्द, कहिले हड्ताल र आन्दोलनले समयमै चामल आउँथेन। सरकारी ढिलासुस्तीले पनि समयमै चामल नपाएको उनीहरू बताउँछन्।, सरकारले दिएको चामल पकाएर पानीसँग खाएको उनलाई अझै याद छ। पानी पर्दा र हावाहुरी चल्दा शिविर नै उडाउँथ्यो। फुटबल खेल्न नेपाल आएका बेला सबै टिमलाई झापा लगेर शिविर घुमेको शिवले बताए।, भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनर्वास हुनुअघि नेपालका विभिन्न ठाउँमा सातवटा शरणार्थी शिविर थिए। अहिले बेलडाँगी र पथरीमा गरी दुईवटा शिविर छन्। यी दुई शिविरमा गरी अहिले पनि नेपालमा झन्डै ८ हजार शरणार्थी छन्।, तेस्रो देशमा पुनर्वास गएका शरणार्थी एक लाखभन्दा बढी थिए। अहिले उनीहरूको संख्या बढेर डेढ लाख पुगेको छ।, भुटानिज युथ स्पोर्ट्स क्लबका सल्लाहकार गोविन्द ढुंगानाले भुटानबाट भागेर नेपाल बस्दा र अमेरिका पुगेपछिको अनुभव विस्तृतमा सुनाए।, उनी भुटानबाट नेपाल आउँदा १५ वर्षका थिए। भुटानको चिरानमा उनीहरू नेपाली भाषामा पढ्थे। नेपाली पोसाक लगाएर हिँड्थे। एकदिन सरकारका मान्छे आएर नेपाली भाषाका किताब खोसेर जलाइदिए। भुटान सरकारले यो बर्बरता सन् १९९० देखि थालेको थियो।, भुटानी सरकारले नेपाली भाषा, भेषभुषा र संस्कृति छाडेर भुटानी भाषा, पोसाक र संस्कृति अंगाल्न आदेश दियो।, नेपालीभाषीले सरकारी उर्दी मानेनन्। उनीहरू सरकारी रवैयाविरूद्ध आन्दोलनमा ओर्लिन थाले।, यसअघिसम्म भुटानी र नेपालीभाषीबीच देखिने द्वन्द्व थिएन। भुटानीले नेपालीभाषीलाई होच्याउने व्यवहार भने गरिराखेको गोविन्द सम्झन्छन्। 'हामीलाई नेपालका मान्छे भनेर 'नेपोलिया' भन्थे,' उनले भने, 'सरकारले दबाउन थालेपछि आन्दोलन झन् झन् चर्कियो।', नेपालीभाषीले आन्दोलन छेडेपछि भुटानी राजाले सैनिक शासन लागू गर्‍यो। नेपाली पोसाक लगाएका नेपालीभाषी देख्नेबित्तिकै सेनाले गोली हान्न थाल्यो। गोविन्दको घरनजिकै सडकको बीचमा १० वर्षका एक नेपालीभाषी बालकलाई सेनाले गोली हानेको उनले बताए।, त्यति बेला भुटानको सैनिक शासन नेपालमा माओवादी युद्धमा लगाइएको संकटकालभन्दा डरलाग्दो भएको गोविन्द बताउँछन्।, 'त्यति बेला नेपालीभाषीको घरमा राति राति सेना आउँथ्यो, १५ वर्षमाथिका सबैलाई समातेर लैजान्थ्यो,' उनले भने, 'म, बुबा र दाजु साँझ परेपछि जंगलको ओढारमा गएर बास बस्थ्यौं।', सेनाले बूढाबूढीलाई पनि लैजाने, कुट्ने, यातना दिने र आन्दोलनमा नलाग्ने कसम खुवाएर छाड्ने गरेको उनले बताए।, यत्तिकैमा सरकारले नेपालीभाषीलाई देश छाड्न आदेश दियो।, झापास्थित भुटानी शरणार्थी शिविर।, गोविन्दको परिवारका तीन दाजुभाइ, तीन दिदीबहिनी, आमा र बुबा गरी आठ जना थिए। सन् १९९१ को एउटा रात उनीहरूले देश छाड्ने निर्णय गरे।, त्यति बेला गोविन्द १५ वर्षका थिए। उनका कान्छी बहिनी जम्मा १५ महिनाकी। लगातार दुई दिन जंगलै जंगल हिँडेर भारतको सीमा आइपुगे। सीमाबाट ट्रकको पछाडि बसे। त्यही ट्रकले उनीहरूलाई झापाको माईधारमा छाडिदियो। उक्त ठाउँ माईखोलाको बगरमा थियो। बगरमा भुटानबाट उनीहरूभन्दा अगाडि पनि केही परिवार आइसकेका रहेछन्।, भुटानको पहाडबाट चैतमास नेपालको तराई आइपुग्दा खपिनसक्नु गर्मी थियो। उनीहरूका लागि त्यहाँ बस्ने ठाउँ थिएन। जाने कुनै गन्तव्य थिएन। देश छाडेर आएकाले उनीहरू नेपालमा शरणार्थी बनेका थिए।, माईखोलाको बगरमा उनीहरूले प्लास्टिक बारेर झुपडी बनाए। हावाहुरीले दिनहुँ झुपडी उडाउँथ्यो। हावाको झोक्काबाट झुपडी बारेको प्लास्टिक समाउनै उनलाई हैरानी थियो। त्यसमाथि भुटानबाट भाग्दा ल्याएको खानेकुरा तीन दिनमै सकियो। उनीहरूले पैसाको जोहो गर्न थाले।, माईखोलामा नेपालीले पैसा चढाउँथे। गोविन्दका दाजु पुलमाथि बस्थे भने उनी बगरमा बसेर अरूले चढाएको पैसा टिप्ने गर्थे।, बगरमा कहिलेकाहीँ लास जलाइन्थ्यो। लासमा चढाएको पैसा टिप्न गोविन्द पुगिहाल्थे। यसरी आठ जनाको परिवारको पेट पालिएको थियो।, माईधारमा छ महिना बसेपछि नेपाल सरकारले शिविरमा लगेर राख्यो। बगरबाट शिविर पुग्दा बल्ल गोविन्दले राहत पाए।, 'शिविरमा गएर बस्न पाएपछि बल्ल बाँचिन्छ भनेर आशा जागेको थियो,' उनले भने, 'नत्र त्यति बेला कुनै दिन खान नपाएरै मर्छौंजस्तो लागेको थियो।', शरणार्थी शिविरमा गोविन्दले १८ वर्ष बिताए। एकदिन उनले चिनेका एक जना भाइलाई भुटानी सीमानजिकै रहेको आफ्नो घर हेर्न मन लाग्यो। उनीहरू झापाबाट गाडीमा चार घन्टामै पुगिने सीमामा गए।, त्यही बेला भुटानी सेनाले उसलाई पक्राउ गर्‍यो। गोविन्दका अनुसार ती व्यक्ति अहिले पनि भुटानको जेलमा छन्।, 'ती भाइ सन् २००० तिर घर हेरेर फर्कन्छु भनेर गएको थियो, समातेर जेलमा हाले,' उनले भने, 'उसका बुबाआमा अहिले क्यानडामा छ, उसलाई अझै छाडेको छैन।', तीन दाजुभाइ र तीन दिदीबहिनीमा गोविन्द माइला हुन्। उनका आमाको माइती झापा नै हो। भुटानबाट भागेर झापा आएको तीन वर्षमै आमाको निधन भयो। त्यसपछि गोविन्दको परिवारमा बज्रपात सुरू भयो।, आमाको निधनपछि उनका बुबाले दोस्रो विवाह गरे। शिविरमा तीन छोरा र तीन छोरी छाडेर कान्छी श्रीमतीसँग शिविर बाहिर बस्न थाले। त्यति बेला गोविन्दकी कान्छी बहिनी तीन वर्षकी थिइन् भने कान्छो भाइ १० वर्षका थिए।, 'भाइबहिनी मसिना थिए, हामी पनि सानै थियौं, परिवारको सबै जिम्मा हाम्रै हातमा आयो,' गहमा भरिएका आँशु पुछेर गोविन्दले भने, 'हामी चार जना कसले खान देला, कति बेला देला भनेर पर्खनुपर्थ्यो।', त्यति बेला शिविरमा खुलेका स्कुल जाँदा कहिले ढिलो हुने त कहिले स्कुल नै नजाने गरेको उनले बताए। परिवारको अवस्था स्कुलका प्रिन्सिपलले बुझेकाले यसो गर्दा पनि कुनै सजाय भोग्नु नपरेको उनको भनाइ छ।, भुटानी शरणार्थीलाई नेपालबाट तेस्रो देशमा पुनर्वास गर्ने योजना सरकारले सुनायो। अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायत युरोेपेली देशहरूमा शरणार्थी जान पाउने भए। गोविन्द दाजुभाइ र दिदीबहिनीसँगै सन् २००९ मा अमेरिका गए। झन्डै एक लाख शरणार्थी त्यति बेला अमेरिका पुगेका थिए।, अमेरिका पुगेपछि पनि गोविन्दको दु:ख कम भएन। विमानस्थलबाट उनीहरूलाई एउटा अपार्टमेन्टमा लगेर राखियो। खानेकुरा पनि राखिदिए। ती खानेकुरामा उनीहरू अभ्यस्त थिएनन्।, अपार्टमेन्टमा बसेको दुई दिनपछि अमेरिकी अधिकारीले 'वेलकम मनी' भनेर १२ सय डलर दियो। त्यसैबाट अपार्टमेन्टको एक महिनाको भाडा तिरेपछि हातमा दुई सय डलर बच्यो।, अपार्टमेन्टबाट पसल खोज्न जाँदा नेपाली अनुहारजस्ता लाग्ने मान्छेहरू भेटिए। बोल्नलाई उनीहरूले पछ्याए। तर उनीहरू नेपाली थिएनन्, मेक्सिकन थिए।, सरकारले उनीहरूलाई बस चढ्न नि:शुल्क पास दिएका थिए। महिनाभरि जति घुमे पनि बसमा पैसा लाग्दैन थियो। उनीहरू त्यही सुविधा उपभोग गर्दै घुमिरहे।, अमेरिकामा गाडी पुरिने गरी हिउँ पर्ने समय थियो त्यो। बाक्लो कपडा अमेरिकी अधिकारीले नै दिएका थिए। उनीहरू पैदल हिँड्दै काम खोज्न थाले। ४५ दिन यत्तिकै बित्यो, उनीहरूले केही काम पाएनन्।, गोविन्दले एउटा कम्पनीमा सामान मिलाउने काम पाए। काम गर्न थालेको ११ दिन भएको थियो। कम्पनीका एक अधिकारीले एउटा काम लगाउने, अर्कोले त्यो काम नगर अर्को गर भन्ने। दिनहुँ यस्तै भएपछि कुनै पनि काम पूरा भएन। उनलाई हैरानी भयो।, काम गर्न थालेको ११ दिनमै गोविन्दले जागिर छाडे।, त्यसपछि अमेरिका बसाइ निकै निरसिलो भएको उनले सम्झिए। 'त्यति बेला म डिप्रेसनमा पुगेथेँ,' उनले भने, 'मागेर खाने पनि छैन, गरेर खाने पनि छैन, नेपालमै भएको भए त तरकारी रोपौंला, केही गरौंला भन्ने त हुन्थ्यो।', हिमपातको परवाह नगरी अर्को दिन गोविन्द बाहिर निस्किए। नजिकै ग्रोसरी स्टोरबाहिर बसेर टोलाए।, एक जना अमेरिकी नागरिक त्यही बाटो भएर ग्रोसरी आए। फर्केर आउँदा पनि गोविन्द त्यही ठाउँमा हिमपात सहेर बसेको देखे।, ती अमेरिकी नागरिकले गोविन्दलाई त्यसरी बस्दा चिसो लाग्ने भन्दै ख्याल गर्न सुझाए। गोविन्दका बारेमा बुझ्न खोजे।, उनले आफ्नो व्यथा बताए।, ती अमेरिकी नागरिक नजिकै बिजुलीको कार्यालयमा काम गर्ने रहेछन्। उनले त्यही कार्यालय लगेर काम दिए।, अमेरिका गएपछि सज्जन मान्छे भेटेको त्यो क्षण सम्झँदै गोविन्दले भने, 'अमेरिकामा यति मायालु मान्छे पनि रैछ, एकदम राम्रो व्यवहार पाएँ।', अमेरिकामा छोरीसँग ढुंगाना।, झापा शरणार्थी शिविरमा गोविन्द ढुंगाना।, गोविन्दले नेपाल बस्दै अंग्रेजी माध्यममा पढेका थिए। यसले उनलाई भाषाको समस्या हुन दिएन। कम्प्युटर पनि चलाउन जानेकाले थप सजिलो भयो।, संयोगवश त्यही कार्यालयमा उनका भेना काम खोज्न गएछन्। भेनाको अन्तर्वार्ता आफूले लिन पाएको गोविन्दले सुनाए।, तीन महिना बिजुली कार्यालयमा काम गरेपछि त्यही अमेरिकी अधिकारीले गोविन्दलाई काम खोज्न सिकाए। नजिकै अस्पतालमा एक जना नेपाली भाषा अंग्रेजीमा अनुवाद गर्ने मान्छे खोजेका रहेछन्। गोविन्दले अनुवाद गर्ने जागिर पाए।, भुटानी शरणार्थी धेरै भएकै कारण अस्पतालले अनुवादक खोजेका रहेछन्। अस्पताल जाने शरणार्थी सबैले अंग्रेजी बुझ्थेनन्। यही अस्पतालमा जागिर गर्दा गर्दै गोविन्दले घरजग्गा कारोबारमा लगानी गर्न थालेको बताए।, अमेरिकामा अहिले गोविन्द र शिवको व्यवसायले छलाङ मारेको छ। तर उनीहरू अहिले पनि आफूलाई नेपाली भन्न मन पराउँछन्।, 'हामीलाई अमेरिकामा तिमीहरूको देश कुन हो भनेर सोध्छन्, हामी नेपाल भन्छौं,' गोविन्दले भने।, उनले अगाडि भने, 'मेरो हजुरबुबाले हाम्रो पुर्ख्यौली घर तेह्रथुमको कोयाखोला हो भन्नुहुन्थ्यो। आमाको माइती पनि झापा भएकाले मलाई सधैं आफू नेपाली नै हुँ भन्ने लाग्छ।', नेपालमा शरणार्थी जीवन बिताएर अमेरिका पुगेका कतिपयका आफन्त अहिले पनि भुटानमै छन्। उनीहरूसँग सम्पर्क भइरहे पनि भेटघाटको अवसर पाएका छैनन्। अमेरिका पुगेपछि उनीहरूले त्यहीँको नागरिकता लिएका छन्। तर पनि भुटान सरकारले आफूहरूलाई पर्यटक भिसा नदिएको उनीहरू बताउँछन्।, गोविन्दले पनि अमेरिकाबाट भुटान घुम्न जान नौपटक प्रयास गरिसके। तर भुटानले भिसा दिएको छैन।, 'आफू जन्मेको ठाउँ कस्तो रहेछ भनेर हेर्न त मन छ नि,' उनले भने, 'पासपोर्टमा जन्मस्थान भुटान र नेसनालिटी नेपाल लेखिएको छ, त्यही भएर हामीलाई भिसा नै दिँदैनन्।' अरू अमेरिकीलाई भने भुटानले सजिलै भिसा दिन्छ।, अमेरिका पुगेका भुटानी शरणार्थीले आफ्ना छोराछोरीलाई नेपाली भाषा र नेपालबारे जानकारी दिइराखेका छन्। उनीहरूले नेपालबाट नेपाली किताब लगेर पढाउने गरेको गोविन्द बताउँछन्। नेपालमा भन्दा अमेरिकामा उनीहरू एकजुट भएर बसेको उनको दाबी छ।, नेपालबाट तेस्रो देश पुनर्वासमा गएका भुटानी अब शरणार्थी होइनन्। उनीहरू जुन देश पुगे, त्यही देशका नागरिक बनिसकेका छन्। कोही बन्ने प्रक्रियामा छन्।, गोविन्द र शिव अमेरिकामा व्यवसाय गरेर कमाएको पैसा नेपालमा लगानी गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन्।, गत वर्ष अमेरिकाबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर सरकारसँग माग राखे पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ। अमेरिकामा रहँदा धनी बाबुको घरमा बसेको नोकरजस्तो अनुभूति हुन थालेको गोविन्दले बताए।, 'धनी बाबुको घरमा बसेको गरिब नोकर ठूलो कि गरिबै भए पनि आफ्नै झुपडीमा बसेको व्यक्ति ठूलो,' उनले भने, 'बाहिर हुँदा त्यस्तो अनुभूति आउँछ।', अमेरिकाबाट फुटबल खेल्न पोखरा आएका भुटानी शरणार्थीको कथा
रासस काभ्रेका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ। निजी आवास पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा सूचीकृत भई स्थानीय निकायसँग सम्झौता नगरी आवास नबनाउनेको नाम लाभग्राहीको सूचीबाट हटाइएको हो । , तत्कालीन प्राधिकरणले २०७२ सालको गोर्खा भूकम्पले निजी आवासमा क्षति पुर्‍याइ पुनःनिर्माणार्थ सूचीकृत गरेको तर पटक–पटक गरी २०७८ कात्तिक मसान्तससम्म म्याद थप्दा सम्झौता गर्न नआएकाको नाम लाभग्राही सूचीबाट हटाउने निर्णय गरेको थियो। सोही अनुसार काभ्रेपलाञ्चोकका पाँच हजार ३७२ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको जिल्ला कार्यान्वयन इकाई (भवन तथा आवास) प्रमुख इञ्जिनीयर सन्तोष निरौलाले बताए।, उनका अनुसार प्राधिकरणले जिल्लास्थित गतसाल पुसमा आवास पुनःनिर्माणमा सूचीकृत भई सम्झौतासमेत नगर्नेको नाम माग गरेको थियो। हालै सहरी विकास मन्त्रालयमार्फत आएको परिपत्रअनुसार आवास निर्माण अनुदानमा म्याद थप गरिएको प्रक्रियाअन्तर्गत सम्झौता गरेको तर आवास निर्माण गर्न बाँकीले मात्रै अब कबुलियत गरी ‘म आउँदो फागुन महिनाभित्र घर बनाउछु’ भनेर स्थानीय जनप्रतिनिधिसँग प्रतिबद्धता जनाउनुपर्ने भएको निरौलाले बताए।, ‘प्राधिकरणबाट लाभग्राहीमा सूचीकृत भएको तर सम्झौता नगर्नेको पाँच हजारभन्दा बढीको सूची पठाइएको थियो, सोही अनुसार लाभग्राही सूचीबाट हटाइएको हो’, उनले भने। प्राधिकरणले पुनःनिर्माणका लागि पहिलो किस्ता नलिएकाको पनि लाभग्राही सूचीबाटै हटाउने निर्णय गरेपछि उसले पुनः २०७८ साल कात्तिक मसान्तभित्र आवास अनुदान लिएर घर बनाइसक्नु पर्ने गरी गत असारमा म्याद थपेको थियो। यसअघि सम्झौता भएका भूकम्पपीडितले मात्रै प्रतिबद्धता जनाएर आवास पुनःनिर्माणको प्रथम किस्ताबापतको रु ५० हजार लैजान पाउनेछन् । दोस्रो किस्ताबापत एक लाख ५० हजार तथा तेस्रो किस्ताबापतको एक लाख रकम आवास पुनःनिर्माण सकेपछि दिने नीति छ। , हालसम्म जिल्लामा निजी आवास पुनःनिर्माणमा सूचीकृत भएका ८४ हजार ६९० भूकम्पपीडित परिवारमध्ये पाँच हजार ३७२ सम्पर्कमा नआएका हुन्। जिल्लास्थित भवन तथा आवास कार्यालयका अनुसार ७९ हजार ४४० आवास पुनःनिर्माणका लाभग्राहीमध्ये हालसम्म ६५ हजार ८७६ लाभग्राहीले निजी आवास पुनःनिर्माण गरेका छन्। पहिलो किस्ताबापतको पचास हजार लिएकामध्ये ८७ दशमलब ३६ प्रतिशत लाभग्राहीले मात्रै दोस्रो र ८३ प्रतिशतले घर निर्माण सकेर तेस्रो किस्ताको रकम लिएका छन्। दुई हजार ४०१ लाभग्राहीले विभिन्न गैरसरकारी संस्थाबाट अनुदान रकम लिएर घर बनाएको निरौलाले जानकारी दिए।, कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ८३ प्रतिशत आवास पुनःनिर्माण सकिएको जनाएको छ । कार्यालयमा हालसम्म स्वेच्छिकरुपमा ५२ जनाले आवास पुनःनिर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने सङ्घ संस्थामार्फत आवास पुनःनिर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ। , संघ संस्थाको सहयोगमा निजी आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान थियो । कार्यालयका अनुसार जिल्लाको भुम्लु गाउँपालिकामा सबैभन्दा बढी आवास पुनःनिर्माण भएको छ । छ हजार २६१ लाभग्राहीमध्ये ९३ प्रतिशत अर्थात् पाँच हजार ५६९ ले नीजि आवास निर्माण सकेका हुन् । सबैभन्दा कम बनेपा नगरपालिकामा ७१ दशमलव छ प्रतिशतले मात्रै घर निर्माण सकेका छन् । , यसैगरी, धुलिखेल नगरमा चार हजार ३६२, मण्डनदेउपुर नगरमा आठ हजार ५९, नमोबुद्ध नगरमा पाँच हजार ३५९, पाँचखाल नगरमा आठ हजार १६८, पनौती नगरमा छ हजार ५४८ ले घर निर्माण गरिसकेका छन् । यस्तै, बेथानचोक गाउँपालिकामा तीन हजार ३४०, चौंरीदेउरालीमा पाँच हजार ४८२, खानीखोलामा दुई हजार ५५२, महाभारतमा दुई हजार ७१९, तेमालमा तीन हजार ९३१ र रोशी गाउँपालिकामा पाँच हजार ५० ले घर निर्माण सकेर अन्तिम किस्ता बुझेका छन्।, काभ्रेका पाँच हजार भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाइयो
सेतोपाटी संवाददाता एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय वटा स्कुल झोला सहयोग गरेको छ।, डोटीको केआई सिंह गाउँपालिका-४ मा अवस्थित विद्यालयलाई फाउन्डेसनले झोला सहयोग गरेको हो।, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले राजनीतिज्ञ रणबहादुर बलायरलाई सहयोगको झोला हस्तान्तरण गर्नु भएको थियो।, एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ।, फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो।, फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देशभरी एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताउनुभयो।, एसएस फाउन्डेसनद्वारा डोटीको झिमे मालिका माविलाई ८ सय झोला सहयोग
रासस झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ।, जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ।, नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक/एक जना कुष्ठरोगी फेला परेको बताए।, उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ। यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ।, ‘विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन्। यसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ,’ उनले भने।, चालु आवको पुष मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए।, कुष्ठरोग निर्मूल पार्न १४ वर्ष उमेर समूहलाई विशेष रुपमा हेरिन्छ। तर दुई जना बालबालिकामा पनि कुष्ठरोग देखिनुले उनीहरु कुष्ठरोगको जोखिममै रहेको देखिन्छ।, जिल्लामा गत वर्ष १० बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ।, यसरोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ। जिल्लामा औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ।, गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई उपचारका लागि पठाइको उनले बताए।, यसरोग निवारण अभियानमा जुटेका भने कोरोना भाइरसको सङ्क्रमणका कारण रोगीको पहिचान गर्न नसकिएकाले तथ्याङ्क कम आएको बताउँछन्।, छाला र स्नायूमा असर गरी मानिसको शरीर अंगभंग हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले मात्र पनि रोगको सर्ने सम्भावना ९९ प्रतिशत घट्ने उनले बताए।, सन् २०३० भित्रमा कुष्ठरोग मुक्त मुलुक बनाउने सरकारको लक्ष्य छ।, खाडी मुलुकबाट फर्किएकाहरुमा देखियो कुष्ठरोग
सविना कार्की राम्रा सामुदायिक स्कुल, कक्षाकोठा केही सानाजस्ता देखिए पनि उज्याला छन्। एउटा कक्षामा ३० जनासम्म विद्यार्थी अटाउँछन्। कोठाका भित्तामा पाठ्यवस्तुसँग सम्बन्धित सामग्रीहरू सजाइएका छन्। एउटा कोठामा सानो पुस्तकालय पनि छ।, केही कक्षाकोठामा इन्टरनेटको प्रयोगले डिजिटल माध्यमबाटै पठनपाठन हुन्छ। सबै कक्षाकोठा विद्यार्थीका लागि सहज छन्।, विद्यार्थीका लागि कम्प्युटर ल्याब पनि छ। लायन्स क्लबको सहयोगमा विद्यालयले २०७३ सालमा कम्प्युटर ल्याब स्थापना गरेको हो। शिक्षा मन्त्रालयबाट ६ लाख ५० हजार रूपैयाँ प्राप्त भयो। त्यही रकमले विद्यालयले १६ वटा ल्यापटप किन्यो, एउटा पुस्तकालय पनि बनायो। , यो बयान काठमाडौंको नागपोखरीबाट पूर्वतर्फ रहेको नन्दी माध्यमिक विद्यालयको हो। काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको यो विद्यालय महानगरको 'नमूना विद्यालय' हो।, नन्दी माविको भवन। तस्बिरः नन्दी मावि, सडकबाटै देखिन्छ नन्दी माध्यमिक विद्यालयको पहेँलो र सेतो रङको दुई तले भवन जहाँ प्रवेशका लागि मूलद्वार छ। यहाँ एउटै भवनमा एकातिर 'नन्दी माध्यमिक विद्यालय' र अर्कातिर 'नन्दी रात्री माध्यमिक विद्यालय' लेखिएको छ। यो भवनमा यी दुई विद्यालय चल्छन्। , नन्दी माध्यमिक विद्यालयमा दिउँसो र नन्दी रात्री माध्यमिक विद्यालय मा राति पढाइ हुन्छ। एउटै भवनमा चले पनि यी अलग अलग स्कुल हुन्।, हालको भवन २०७२ सालको भूकम्पपछि बनेको हो जसमा कुल २८ वटा कोठा छन्। यीमध्ये १८ वटा कोठामा नन्दी माविको पढाइ हुन्छ। एउटा तलामा महानगरको वडा कार्यालय छ। , नन्दी माविकी प्रधानाध्यापक गीता काफ्लेका अनुसार अहिले स्कुलमा पाँच सय जना विद्यार्थी पढ्छन्। पुस्तकालय सबै विद्यार्थीका लागि खुला हुन्छ। पुस्तकालयभित्र पाठ्यक्रमसँग सम्बन्धित पुस्तक, बालबालिकाले मन पराउने पुस्तक र साहित्यिक कृतिहरू छन्। , पुस्तकालय एक जना शिक्षकको जिम्मामा छ। यसको व्यवस्थापन शिक्षक अच्युतराज थपलियाले गर्छन्। उनले यस विद्यालयमा पढाएको १५ वर्ष भयो।, 'पुस्तकालय विद्यार्थीका लागि आकर्षण हो। हरेक विद्यालयमा हुन जरूरी छ,' उनले सेतोपाटीसँग भने, 'पुस्तकालय भएर मात्र हुँदैन, विद्यार्थीले चाहेको पुस्तक पढ्न पाउनुपर्छ।', पुस्तक तीन वटा ठूला दराजमा राखिएका छन् । पुस्तकालयमा सबै कक्षाका विद्यार्थी आउँछन्। विद्यार्थीहरू आफूले चाहेको पुस्तक खोजेर पढ्छन्। पढेपछि दराजमै राख्छन्। पुस्तक घर लैजान पाउने सुविधा पनि छ । , 'कथा भएका किताब पनि छन्। पढ्न रमाइलो लाग्छ,' पुस्तकालयमा पढिरहेका एक विद्यार्थीले भने।, नन्दी माविकी प्रधानाध्यापक गीता काफ्ले। तस्बिरः सविना कार्की/सेतोपाटी, नन्दी मावि २००४ सालमा स्थापना भएको हो। सहरको बीचमा रहेको यो विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ।, वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले आफ्नी छोरीलाई यही विद्यालयमा पढाएका छन्। उनकी छोरी ७ वर्षअघि राजधानीकै एक निजी विद्यालयमा ३ कक्षामा पढ्थिन्।, 'छोरीले नन्दीमै पढ्छु भनेर जिद्दी गरेपछि कक्षा ४ मा पढाउन यहाँ ल्याएँ,' श्रेष्ठले भने, 'अहिले १० कक्षामा पुगिन्, हाम्रो अपेक्षाभन्दा राम्रो पढिरहेकी छिन्।', कतिपय विद्यार्थीहरू निजी विद्यालय छाडेर नन्दी माविमा आउने गरेका छन्। विद्यार्थीले नन्दी मावि रुचाउनुको कारण शिक्षाको गुणस्तर र विद्यार्थीप्रति समर्पित शिक्षक रहेको प्रधानाध्यापक काफ्ले बताउँछिन्। विद्यालयसँग कक्षाकोठा थोरै भएकाले विद्यार्थी संख्या बढाउन नसकेको उनको भनाइ छ। , उनी भन्छिन्, 'विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ तर हामीसँग कोठा थोरै छन्। पाँच सयभन्दा बढी विद्यार्थी राख्न सक्ने क्षमता छैन।' उनका अनुसार निकै टाढाबाट सार्वजनिक यातायातमा आउने विद्यार्थीहरू पनि धेरै छन्। , यहाँ कक्षा ११ र १२ को पनि पढाइ सुरू भएको छ।, 'एसइईपछि पनि धेरै विद्यार्थीले ११ र १२ कक्षा नन्दी माविमै पढ्ने मन गरेपछि पढाइ सुरू गरेका हौं,' प्रधानाध्यापक काफ्लेले भनिन्, 'उत्कृष्ट अंक ल्याउनेहरूले छात्रवृत्ति पनि पाएका छन्।', नन्दी माविको कक्षामा विद्यार्थीहरूलाई पढाउँदै शिक्षक। तस्बिरः सविना कार्की/सेतोपाटी, विद्यार्थीहरूसँग शिक्षकको असल व्यवहार र गुणस्तरीय शिक्षा नन्दी माविप्रति विद्यार्थीहरूको आकर्षणको मुख्य कारण रहेको काफ्लेको भनाइ छ। उनले भनिन्, 'विद्यालयमा कुनै पनि कक्षा खाली हुँदैन। बिदामा बसेका शिक्षकको कक्षा अर्को शिक्षकले लिने चलन छ।', नन्दी माविमा २०६६ सालसम्म नेपाली माध्यमबाट पढाइ हुन्थ्यो। विद्यार्थी र अभिभावकमा अंग्रेजी भाषाप्रति मोह बढ्दै जाँदा विद्यालयले २०६७ सालमा अंग्रेजी माध्यममा पढाइ सुरू गर्‍यो। पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पढाइ हुन्छ।, 'विद्यार्थीहरू निजी विद्यालयतिर तानिन थालेपछि अंग्रेजी माध्यम किन सुरू नगर्ने भन्ने सोच्यौं र त्यही वर्ष सुरू गर्‍यौं,' प्रधानाध्यापक काफ्लेले भनिन्, 'पहिले हाम्रा विद्यार्थी निजीतिर गए। अहिले निजी विद्यालयका विद्यार्थीहरू हाम्रोमा आउँछन्।', सुरूमा अंग्रेजी माध्यमबाट पढाउन केही कठिनाइ भएपछि विद्यालयले चार जना शिक्षक थप्यो। हाल विद्यालयम ३७ जना शिक्षकको दरबन्दी छ। पाँच कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ। कक्षा ६ देखि ८ सम्म चार वटा विषय अंग्रेजी र चार वटा विषय नेपाली माध्यमबाट पढाइ हुन्छ।, कक्षा ९ र १० मा भने नेपाली र अंग्रेजी दुवै माध्ययमा पढ्न पाउने सुविधा छ। प्रधानाध्यापक काफ्लेका अनुसार अंग्रेजी माध्यममा विद्यार्थीको आकर्षण बढ्दो छ। , पढाइप्रति विद्यार्थीहरू पनि खुसी देखिन्छन्। कक्षा १० की छात्रा दीक्षा कार्की भक्तपुरको लोकन्थलीबाट नक्साल आइपुग्छिन्। उनी नन्दी माविमा कक्षा ८ मा भर्ना भएकी हुन्। त्यसअघि उनी भक्तपुरकै एक निजी विद्यालय पढ्थिन्।, विज्ञान विषयका शिक्षक दिनेश रेग्मीका अनुसार धेरै विद्यार्थी अब्बल छन्। नन्दी माविबाट एसइई गरेका सरदर १० जना विद्यार्थी हरेक वर्ष कक्षा ११ मा विज्ञान विषयमा भर्ना हुने गरेको उनले बताए।, भित्तामा चित्रकला गर्दै नन्दी माविका विद्यार्थीहरू। तस्बिरः नन्दी मावि, नन्दी माविको कक्षामा विद्यार्थीहरूलाई पढाउँदै शिक्षक। तस्बिरः सविना कार्की/सेतोपाटी, 'सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र सहज छात्रवृत्ति चाहनेहरूको प्राथमिकतामा नन्दी मावि रहेको छ,' रेग्मीले भने।, विद्यालयमा काठमाडौं उपत्यकाबाहिरका विद्यार्थीको संख्या बढी छ। इलाम, झापा, नुवाकोट, धादिङ, दोलखा, रामेछाप, कैलाली लगायत जिल्लाका विद्यार्थी छन्।, सबै कक्षाकोठालाई स्मार्ट बोर्डमार्फत डिजिटल माध्यममा लैजान विद्यालयले केही प्रयास गरिरहेको प्रधानाध्यापक काफ्लेको भनाइ छ। यहाँ लेखन, वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ लगायत अतिरिक्त क्रियाकलाप पनि हुने गरेको छ। तर दुई वर्षदेखि विद्यालयले कुनै खेल आयोजना गरेको छैन। खेलका लागि उपयुक्त ठाउँ नभएको उनको गुनासो छ। , काठमाडौं महानगरपालिकाले 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत नन्दी माविलाई नमूना विद्यालय छनोट गरेको हो। महानगरले तोकेको मापदण्ड अनुसार प्रस्तावना पेश गर्नेमध्ये एउटा विद्यालय नमूना छनोट हुन्छ।, सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीले उच्च शिक्षाका लागि पाउने सुविधाका कारण अभिभावकहरूले राम्रो विद्यालय खोज्ने गरेको प्रधानाध्यापक काफ्ले बताउँछिन्। उनका अनुसार नन्दी मावि यस्ता अभिभावकहरूको रोजाइमा छ। , यी पनि पढ्नुहोस्ः ,बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल, दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव, काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी
सेतोपाटी संवाददाता प्रहरीले कोठाभित्र मकल, हिटर बालेर नसुत्न अनुरोध गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार एक सूचना जारी गर्दै कोठा भित्र हिटर, मकल, फलामका चुलो, कराईहरूमा दाउरा/ कोइला बालेर नसुत्न अनुरोध गरेको हो। , 'चिसो बढिरहेको हुँदा यसबाट जोगिन अपनाइने हिटर, कोइला बाली कोठा तातो बनाउने कार्यबाट कोठाको सम्पुर्ण अक्सिजन नष्ट हुन्छ,' सूचनामा भनिएको छ, 'त्यसपछि कार्बन मोनोअक्साइड समेत बनेर कोठाभित्र मानिसको सुरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, निस्सासिएर बेहोस हुने र पछि थाहै नपाइ निधन समेत हुने गरेको छ।', त्यसैले घरबाट बाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन नगर्न प्रहरीले अनुरोध गरेको छ। ढोका झ्यालमा बोरा, कपडा राखेर हिटरलगायत उपकरण नबाल्न, चुलो मकल, फलामका चुलो, कराइहरूमा दाउरा/कोइला बाली रातभर कोठाभित्र नराख्न अनुरोध गरिएको छ। , त्यसैगरी झ्याल/ढोका बन्द गरी ग्यास गिजरको पनि प्रयोग नगर्न भनिएको छ।, विद्युतीय उपकरणहरूका स्विच, मल्टिप्लगहरूलाई काम सकिएपछि बन्द गर्न, ग्यासको सिलिन्डरलाई कोठाभन्दा बाहिर राख्न र काम सकिएपछि बन्द गर्न प्रहरीले अनुरोध गरेको छ। ,  , कोठाभित्र मकल-हिटर बालेर नसुत्न काठमाडौं प्रहरीको अनुरोध
सेतोपाटी संवाददाता काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बागमती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ।, समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना शनिबार (हिजो) जारी गरेको हो। , मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दा पनि नदी र सडकबीचको किनारामा अनधिकृत रुपमा बनेका अस्थायी तथा स्थायी संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए।, ‘दोस्रो चरणमा हामीले गुह्येश्वरीदेखि थापाथली पुलसम्म धार्मिक स्थलहरू, मठमन्दिर, मूर्ति रहेका स्थान, स्तम्भ, पार्क बाहेक अनाधिकृत रुपमा बनेका संरचना हटाउन हामीले फेरि हिजो सार्वजनिक सूचना प्रकाशित गरेका छौं’, समितिका सूचना अधिकारी अर्यालले भने, ‘७ दिनमा स्थायी प्रकृतिका संरचनाहरु र ३ दिनमा अस्थायी प्रकृतिका संरचनाहरु हटाउन हामीले सूचना जारी गरेका छौं।’, उनले आईतबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ती नदी किनारामा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पारे।, सूचना अधिकारी अर्यालले  ती नदी किनाराका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरुको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भईरहेको पनि जानकारी दिए।, समितिका अनुसार थापाथली बागमती किनारामा मात्रै १४५ घरधुरी सुकुम्बासी बस्ती छ। त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायहरुसँग छलफल भईरहेको समितिले जनाएको छ। , ‘अहिले सुकुमबासी बस्तीको सन्दर्भमा पनि त्यहाँ रहेका समितिहरुसँग छलफल, अन्तरक्रिया गरिराखेका छौं। थापाथलीमा १४५ घरधुरी हुनुहुँदो रहेछ। त्यहाँका सबै समितिका पदाधिकारीहरुसँग अन्तरक्रिया गर्‍यौं। उहाँहरूको व्यवस्थापनका लागि भूमिहीन आयोग पनि बनेको छ। उहाँहरुको व्यवस्थापनका लागि आयोग र सम्बन्धित निकायसँग पनि हामी छलफलमा छौं। र, आयोगसँग समन्वय गरेर हामी अगाडि बढ्छौं’, उनले भने।, सो समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारामा अनधिकृत रुपमा बनेका २७ वटा संरचनाहरु हटाउने काम गरेको थियो। समितिका सूचना अधिकारी अर्यालले आज भन्दा १५ दिन अघि सो खण्डमा अनधिकृत रुपमा बनेका २७ वटा संरचनाहरु हटाउने काम गरिएको बताए।, समितिले बागमती नदीको शौन्दर्यमाथि आँच आउने अनधिकृत रुपमा बनेका सबै संरचनाहरु सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने  स्पष्ट पारेको छ। , बागमती नदी किनाराका अनधिकृत संरचना ३ दिन भित्र हटाउन सार्वजनिक सूचना
रासस काठमाडौंमा मोटरसाइकल कार र बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो काठमाडौं महानगरपालिका-६ बौद्धमा मोटरसाइकल कार र बसमा ठोक्किएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , प्र-३-०१-०२२ च ५१९५ नम्बरको कार र बा ३ ख ४८१० नम्बरको बसमा बा ३४ प ५६५७ नम्बरको मोटरसाइकल ठोक्किएको हो। , सो दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ। यद्यपि उनको पहिचान खुलिसकेको छैन। , दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई सुरूमा महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो। , प्रहरीले अनुसन्धानको लागि कार र बस चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।, बौद्धमा कार र बसमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनलायले २ वर्षअघि करारमा सेवा लिन आवेदन पेश गरेका १ सय ४३  स्वास्थ्यकर्मीको दस्तुर फिर्ता गर्ने भएको छ।, २०७६ सालको फागुन २८ र ३० गते निर्देशनालयले विभिन्न ४८ पदमा सेवा करारमा लिन विज्ञापन आह्वान गरेको थियो।, आवेदन परे पनि लगत्तै कोरोनाभाइरसको महामारी फैलिएपछि परीक्षा लिन नसकिएको निर्देशनालयले जनाएको छ।, लामो समयसम्म पनि परिक्षा लिन नसकिएपछि विज्ञापन नम्बर १।२०७६०७७ देखि ४८।२०७६०७७ सम्मका सबै कार्यक्रम रद्द गरिएको सूचना २०७७ साउन १४ गते प्रकाशित गरिएको निर्देशनालयले जनाएको छ।, त्यसको डेढ वर्षपछि आइतबार अर्को सूचना जारी गर्दै निर्देशनालयले त्यसबेला पदअनुसार ६ सय र एक हजार रुपैयाँका दरले दस्तुर तिरेका सबै उम्मेद्वारलाई दस्तुर रकम फिर्ता लैजानु भनेको छ।, निर्देशनालयका निमित्त प्रदेश स्वास्थ्य निर्देशक जगदीश जोशीले विज्ञापन गरिए पनि कोरानाले परीक्षा हुन नसकेको र राजश्वमा पैसा जम्मा भइसकेकाले तत्काल फिर्ता गर्न नसकिएको बताए। उनले यस वर्ष सो बजेट प्राप्त भएकाले दस्तुरवापतको रकम फिर्ता गर्न लागिएको बताए।, निर्देशनालयका प्रशासन सहायक व्यवस्थापक विष्णु साउदका अनुसार अहिलेसम्म पनि लोक सेवा नखुलेकाले ती पद रिक्त रहेका बताए। उनले कोरोनाकालमा केही पदमा मन्त्रालयले करारमा सेवा दिन कर्मचारी खटाएको हुनसक्ने बताए।, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले २ वर्षअघि करारको जागिरमा आवेदन दिएकाको दस्तुर फिर्ता गर्ने
रासस प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका-३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई सुनसहित पक्राउ गरेको हो। , काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा-१५ रामबजारका २५ वर्षीय रमेशलाई चारपाटे बिस्कुट आकारको एक किलो आठ ग्राम सुनसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।, उनीबाट विभिन्न बैंकका तीन थान चेकबुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।, उनीमाथि अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ। , एक किलो सुनसहित पोखराबाट एक पक्राउ
राजु अधिकारी गत बुधबार मोरङ, धनपालथान गाउँपालिकाको उखुबारीमा एउटा अप्रत्यासित घटना भयो।, उखु काट्ने क्रममा किसानले एउटा खाल्डो देखे। उनीहरूले तुरून्तै प्रहरीलाई खबर गरे।, प्रहरीले उक्त खाल्डोमा पुरिएको अवस्थामा एउटा शव फेला पार्‍यो। हत्या गरेर गाडिएको अवस्थामा फेला परेको उक्त शव कसको हो भन्ने पहिचान चाहिँ खुल्न सकेन।, घटनाले अर्को दिन बिहीबार नयाँ मोड लियो, जब त्यही खाल्डोभन्दा करिब ३० मिटर दुरीमा प्रहरीले अर्को खाल्डो फेला पार्‍यो र त्यहाँ पनि उसैगरी पुरिएको अवस्थामा अर्को शव भेटियो।, दोस्रो दिन भेटिएको शवको पहिचान तत्कालै खुल्यो। शवका साथमा रहेको कागजातका आधारमा प्रहरीले उनी राजेन्द्रकुमार श्रेष्ठ भएको पत्ता लगायो।, धरान उपमहानगर–३ घर भएका राजेन्द्र भक्तपुर बस्दै आएका थिए। पोस्टमार्टमपछि आफन्तले शुक्रबार नै उनको अन्त्येष्टि गरिसकेका छन्।, पहिलो दिन भेटिएको शवको पहिचान भने आइतबार मात्र खुलेको छ। उनी शम्भुकुमार चौधरी भएको प्रहरीले जनाएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भएका शम्भु काठमाडौं बस्दै आएका थिए।, शम्भुको पहिचान खुलेपछि प्रहरीले यो घटनासँग जोडिएका केही गुत्थी सुल्झाएको छ भने केही गुत्थी अनुसन्धानकै क्रममा छ।, अहिलेसम्मको अनुसन्धानबाट प्रहरीले के थाहा पाएको छ भने, राजेन्द्र र शम्भु दुवै साथी थिए। सँगसँगै व्यवसायसमेत गर्दै आएका उनीहरू पुस ४ गतेसम्म परिवारको सम्पर्कमा थिए। त्यसपछि दुवै एकैचोटि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।, यसबाहेक अर्को एउटा तथ्य प्रहरीले पत्ता लगाएको छ। त्यो हो, उनीहरू दुवै 'व्यवहार मिलाउन' भन्दै घरबाट हिँडेका थिए।, यसरी दुवैको शव एकैठाउँ उस्तै प्रकृतिको खाल्डोमा भेटिनु र दुवै जना पुस ४ देखि परिवारको सम्पर्कबाट टाढिनुले एकैदिन हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।, परिवारसँग अन्तिमपटकको सम्पर्कमा उनीहरूले दिएको सूचना पनि मिलेको छ। दुवैले 'यता लफडा भयो, मिलाएर फर्किन्छु' भनेका थिए।, प्रहरीका अनुसार चौधरी काठमाडौंमा निर्माण व्यवसायमा संलग्न थिए। उनले काठमाडौं–१७ मा रहेको स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनमार्फत् ठेक्कापट्टा गर्दै आएका थिए। उनले काठमाडौंसहित पश्चिम दाङ, लुम्बिनी लगायत सहरमा ठेक्का लिएर निर्माणको काम गर्ने गरेको खुलेको छ।, श्रेष्ठ भने जग्गाको कारोबार गर्थे। उनी मंसिर २८ गते 'व्यवहार मिलाउने' भन्दै काठमाडौंबाट पूर्व आएको खुलेको छ। पूर्व आएको एक साता नबित्दै 'लफडा भयो, पछि कल गर्छु' भनेर उनले श्रीमतीलाई मेसेज पठाएका थिए।, चौधरीले चाहिँ पूर्व आएपछि पैसा चाहियो भन्दै परिवारसँग दुईपटक गरी २ लाख ८० हजार रूपैयाँ मगाएको उनकी पत्नी अम्बिका चौधरीले जानकारी दिइन्।, 'पुस २ गते उहाँले पैसा चाहियो भन्नुभयो। मैले ८० हजार पठाइदिएँ। यसअघि पनि २ लाख पठाइसकेको थिएँ। पुस ४ गते अन्तिमपटक सम्पर्क भयो। व्यवहार मिलाएर फर्किन्छु भन्नुभएको थियो,' उनले भनिन्।, उनीहरू दुवैको सिमकार्ड पुस २८ सम्म चालू रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।, 'लेनदेनमा कुरा नमिलेपछि दुवैको हत्या भएको हुनसक्छ,' उनले भने, 'हामीले सबै कोणबाट अनुसन्धान गरिरहेका छौं।', प्रहरीले उनीहरूसँगै आएका विराटनगर, झापा र काठमाडौंका केही व्यक्तिसँग सोधपुछ गरिरहेको छ।, मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीका अनुसार दोस्रो शव सनाखतपछि त्यसै आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो। 'दुवै जना सँगसँगै रहेको देखिन्छ,' एसपी जिसीले भने, 'व्यावसायिक साझेदार हुन् या होइनन् भन्ने खुलेको छैन।', 'व्यवहार मिलाउन' भन्दै घरबाट हिँडेका साथीहरूको शव उखुबारीमा भेटिएपछि
तारानाथ आचार्य/रासस राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरू हुन केही समय लाग्ने भएको छ। नेपाली सेनाले ट्र्याक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो ।, राष्ट्रिय चासोको सडक भए पनि स्तरोन्नति र कालोपत्रको काममा ढिलाइ भएको हो। मालढुङ्गादेखि बलेवासम्मको खण्ड सेनाले दुई वर्षअघि हस्तान्तरण गरेको भए पनि कालोपत्रका लागि ठेक्का लगाउन दोहोरो योजनाको झन्झट छ। गत आर्थिक वर्षमा सडक विभागले सडक डिभिजन कार्यालय बागलुङमार्फत पाँच करोडमा स्तरोन्नतिको ठेक्का लगाएपछि करिडोर आयोजनाले उक्त १० किलोमिटर खण्डमा कालोपत्रको प्रक्रिया अघि बढाएको छैन ।, डिभिजन कार्यालयका अनुसार आउँदो चैत मसान्तसम्म स्तरोन्नतिका लागि जिम्मेवारी पाएको निर्माण कम्पनीको म्याद छ। समयमै काम सकिए अर्को आर्थिक वर्षमा मात्रै करिडोर आयोजनाले कालोपत्रका लागि बोलपत्र आह्वान गर्न पाउनेछ । भौतिक प्रगति ६७ प्रतिशत रहेको स्तरोन्नतिको काम समयमा सकिनेमा डिभिजन विश्वस्त छ ।, बलेवा विमानस्थल र दक्षिण बागलुङका लागि बाहै्रमास चल्नसक्ने मुख्य सडकका रुपमा रहेको यो खण्ड कालोपत्रका लागि राजनीतिक दल तथा जनप्रतिनिधिले दबाब दिएका छन् । विमानस्थल कालोपत्र भइरहेकाले यो खण्ड कालोपत्र हुँदा विमानस्थल सञ्चालनमा सहज हुने स्थानीयवासीको आश छ ।, गत असार १ गते बागलुङ नगरपालिका–१०, भकुण्डेको एक्लेसालमा आएको पहिराले क्षति पुर्‍याएको करिडोर मर्मत गरेर चलिरहेको छ । समयमा यो खण्डको मर्मत नभए आउँदो वर्षा पुनः पहिराको चपेटामा पर्ने स्थानीय विकास शर्माले बताए।, बलेवादेखि जैमिनी नगरपालिका–८, छिस्तीको पालुङ्खोलासम्मको सडक आयोजनाले लिएको ६ महिना पूरा भएको छ। बहुवर्षे योजना स्वीकृतका लागि योजना आयोगमा पठाएको फाइल हेर्न आयोगले समय लगाएपछि काम अघि नबढेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सरोज ढकालले बताए।, ‘सेनाले हस्तान्तरण गरेपछि आयोजनाको डिपिआर बनाउने काम भएको छ, कतै दोहोरो योजना हुने भएकाले काम रोकिएको छ, कुनै खण्डको बहुवर्षे स्वीकृत प्राप्त भएको छैन,’ ढकालले भने, ‘वातावरणीय परीक्षणको काम चलिरहेकाले अब छिट्टै स्वीकृत हुने पर्खाइमा छौं।’ करिडोरको ३८ किलोमिटर खण्ड बागलुङमा पर्छ । यो सडक कालोपत्र हुँदा जिल्लाको दक्षिणमा सडक सञ्जाल सहज हुनेछ।, योजना आयोगले स्वीकृति दिएपछि अर्थमन्त्रालयले करिडोरको फाइल हेर्नेछ। ‘हामीले स्वीकृति पाएर अर्थ मन्त्रालयको सैद्वान्तिक सहमति पाउँनेबित्तिकै बोलपत्रको काम अघि बढ्छ,’ आयोजना पाल्पा कार्यालयका प्रमुख कल्पना अधिकारीले भने, ‘राष्ट्रिय गौरवको आयोजना भएकाले बजेटको अभाव हुँदैन।’ अर्को वर्ष खर्च गर्ने गरी पर्याप्त बजेट रहेको उनले बताए।, पहिलो चरणमा ट्र्याक खोलेको सेनाले दोस्रो चरणमा स्तरोन्नति गरेर १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो । समयमै काम सकेर हस्तान्तरण गरेको सेनाले वर्षाको समयमा बाढीपहिराका कारण क्षति भएको सडकसमेत मर्मत गरेको छ। ‘हामीले असारमा बुझाएका हौँ, औपचारिक रुपमा असारदेखि कोरिडोर छोडे पनि सडक चल्न सक्ने बनाएर हिउँद लागेपछि हाम्रो क्याम्प त्यहाँबाट उठ्यो,’ सेनाको निर्माण कार्यदलका सह–सेनानी शालिक नेपालले भने, ‘हामीले हिउँदभरि निर्बाध चल्ने बनाएर करिडोर छोडेका छौं।’ , करिडोरको तत्काल स्तरोन्नति र कालोपत्रका लागि बागलुङका राजनीतिक दलले ध्यानाकर्षण गराउँदै आएका छन्। नेपाली कांग्रेस र नेकपा (एमाले) को बैठकले निर्णय नै गरेर करिडोरको काम चुस्त बनाउन आग्रह गरेका छन्।, कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ
हरि बास्तोला/रासस सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सञ्चालन गरेको डढेलो र वन्यजन्तु आक्रमण बीमा पीडित परिवारका लागि सहारा बनेको छ। वनमा लाग्ने डढेलो नियन्त्रण तथा वन्यजन्तुको आक्रमणका कारण ज्यान गुमाएका परिवार र घाइते व्यक्तिले महासंघले गरेको बीमामार्फत प्राप्त रकमबाट उपभोक्ताले केही हदसम्म भए पनि राहतको महसुस गरेका हुन्।, मुलुकमा बर्सेनी हिउँदका समयमा सामुदायिक वनमा लाग्ने डढेलो एवम् वन्यजन्तु आक्रमणबाट जनधनको क्षति हुने गरेको हुँदा महासङ्घले दुःखमा परेका उपभोक्ताको राहतका लागि २०७५ सालदेखि बीमाको व्यवस्था गर्दै आएको छ।, पीडित परिवारलाई एक लाख र घाइतेको उपचारका लागि १० हजारको बीमा गरिएको महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले जानकारी दिए। उनका अनुसार नेपाल सरकारबाट वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने प्रतिव्यक्तिको परिवारलाई १० लाख राहत उपलब्ध गराउँदै आएको छ। सरकार र महासंघद्वारा गरिएको बीमाको दोहोरो नपर्ने गरी पीडितले सुविधा पाउने व्यवस्था गरिएको छ।, मुलुकभरिका सामुदायिक वन समूहका उपभोक्ताको ५० जनाको मृत्यु तथा १०० जनासम्मको घाइते उपचारका लागि महासंघले वार्षिक चार लाख बराबरको प्रमु बीमा कम्पनीसँग सम्झौता गरेको उनको भनाइ छ।, महासंघले चालु आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट ज्यान गुमाएका एक जनासहित वनमा लागेको आगो नियन्त्रणमा परी सातजनाको मृत्यु भएकामा पीडित परिवारले बीमामार्फत जनही एक/एक लाख प्राप्त गरेको जनाउँदै उनले भने, ‘वन्यजन्तुको आक्रमणबाट पाँच र डढेलोबाट घाइते भएका १७ जनाले १० हजार दरले बीमाबापतको उपचार खर्च सम्बन्धित जिल्ला महासंघमार्फत प्राप्त गरिसकेका छन्।’, आगलागी र वन्यजन्तुबाट बर्दिया बाजुरा, सुर्खेत, पाल्पा, डोटी, गोरखा, मोरङ, अछाम, रुकुम पश्चिम, खोटाङ, बाँके, खर्घाखाँची लगायतका विभिन्न जिल्लाका १३ जनाको मृत्यु भएको र नौजना घाइते भएका व्यक्ति तथा परिवारले बीमाबापतको सुविधा प्राप्त गरेका थिए । जसमा आगलागीमा परी सातजनाको मृत्यु र आठजना घाइते भएका थिए भने वन्यजन्तुको आक्रमणबाट पाँचजनाको मृत्यु र एकजना घाइतेले सुविधा लिएका थिए ।  , बीमा रकम हस्तान्तरण   , महासंघले गोरखा जिल्लामा डढेलोमा परी ज्यान गुमाएका एक वृद्धाको परिवारलाई बीमाबापतको रकम प्रदान गरेको छ।, आरूघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वन समूहमा लागेको डढेलोमा परी ज्यान गुमाएका मोहनबहादुर फेवाली मगरकी धर्मपत्नी पार्वतीदेवी फेवालीलाई बीमाबापतको एक लाख राहत रकम उपलब्ध गराएको हो।, भीषण डढेलोबाट जंगलको बिच भागमा रहेको भैँसीगोठ र परालको टौवा बचाउन खोज्दा ६१ वर्षीय फेवालीको आगोले जलेर गत वैशाख ७ गते राति घटनास्थलमै मृत्यु भएको थियो।, महासंघका केन्द्रीय सदस्य नरबहादुर गुरूङ, गोरखाका अध्यक्ष कमलप्रसाद लामिछाने, खारूघाट गाउँपालिका–७ का वडाध्यक्ष रणबहादुर बराम, स्थानीय महासंघका अध्यक्ष कृष्ण काप्री लगायतले उक्त रकम बराबरको चेक पीडित पार्वतीदेवी फवालीलाई सामूहिक रुपमा हस्तान्तरण गरेको महासंघका कोषाध्यक्ष पार्वती पाठकले जानकारी दिए।, यसअघि डढेलो नियन्त्रण गर्ने क्रममा मृत्यु भएका गोरखाकै शहीद लखन गाउँपालिका घलेडाँडा रानाखोला सामुदायिक वन समूहका उपभोक्ता पहलमान श्रेष्ठको परिवारलाई पनि बीमाबापतको एक लाख हस्तान्तरण गरिएको उनको भनाइ छ।, यसअघि डढेलो नियन्त्रण गर्ने क्रममा मृत्यु भएका शहीद लगन गाउँपालिका घलेडाँडा रानाखोला सामुदायिक वन समूहका उपभोक्ता पहलमान श्रेष्ठको परिवारलाई पनि बीमाबापतको एक लाख हस्तान्तरण गरिएको थियो ।, वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन र संंरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावार सदुपयोगमा लगाएको प्रतिबन्ध हटाउन महासंघले सरकारसँग माग गरेको छ।  , डढेलो र वन्यजन्तु बीमा पीडित परिवारको सहारा बन्दै
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेको छ।, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। , शनिबार  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यस्तै आइतबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ।  , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।, त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम १९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।,  , आज हल्का वर्षा र हिमपातको सम्भावना, भोलि मौसम सफा हुने
राजेश घिमिरे स्थानीय तहहरूले दूग्ध उत्पादक किसानलाई राहत दिने भनेर उत्पादित दूधमा अनुदान दिने गरेका छन्। जिल्लाका स्थानीय तहहरू कुनैले किसानलाई प्रतिलिटर ३ रुपैयाँ, कुनैले २ रुपैयाँ अनुदान दिने गरेका छन्।, रत्ननगर नगरपालिकाले भने दूधमा नभई गाईमै अनुदान दिन थालेको छ। यस नगरपालिकाले विपन्न किसानलाई पचास प्रतिशत अनुदानमा गाई दिन थालेको छ। किसानलाई गाईमा अनुदान दिन यस वर्ष आन्तरिक स्रोतबाट एक करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको मेयर नारायण वनले बताए।, ‘केही गरौं भन्ने जाँगर भएका तर आर्थिक अभावका कारण काम अघि बढाउन नसकेका किसानलाई लक्षित गरेर गाई वितरण कार्यक्रम सुरू गरिएको छ,’ मेयर वनले भने, ‘नगरपालिकाका कर्मचारीले अनुदानमा गाई दिन आवश्यक किसानको पहिचान गरेपछि वितरण गर्ने गरेका छौं।’, नगरपालिकाले छुट्टाएको एक करोड रुपैयाँलाई ५० प्रतिशत मानेर २ सय भन्दा बढी गाई वितरण गरिने उनले बताए। यो कार्यक्रमले किसानलाई उद्यमी बन्न सघाउने दाबी मेयर वनको छ।, ‘विकास निर्माणका कामहरू धेरै भए तर जनतालाई प्रत्यक्ष फाइदा हुने काम पनि नगरपालिकाले गर्नुपर्छ भनेर यो कार्यक्रम ल्याइएको हो,’ मेयर वनले भने, ‘यो कार्यक्रमले स्वदेशमै बसेर केही गरौं भन्ने सोच भएका व्यक्तिहरूलाई सहयोग पुग्नेछ।’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले अन्य स्थानीय तहले दूधमा अनुदान दिने गरेका छन् हामी पनि त्यस्तै गर्ने कि भन्ने छलफल चले पनि अन्ततः किसानलाई गाई दिँदा उपलब्धी हुने देखेर निर्णय गरिएको बताए।, ‘पातमा औषधी छर्न भन्दा जरामै छर्ने भनेर विपन्न समुदायका लागि गाईमा अनुदान दिने कार्यक्रम ल्याइयो,’ उनले भने, ‘थोरै दूधमा अनुदान दिनुभन्दा किसानलाई गाई नै दिएपछि धेरै दूध उत्पादन गरेर बढी फाइदा लिन सक्छन्।’, यो कार्यक्रमले किसानलाई थप मेहनती बनाउने मेयर वनले बताए।, नगरपालिकाको पशुपंक्षी शाखाका प्रमुख शालिग्राम पौडेलले बिहान-बेलुका गरेर कम्तीमा १० लिटर दूध दिने ८० हजार रुपैयाँ मूल्यसम्मका गाईहरूमा पचास प्रतिशत अनुदान दिन थालेको बताए।, ‘यसरी खरिद गरिएका गाईको बीमा अनिवार्य गरिएको हुनुपर्छ। गाई हस्तान्तरणपछि नगरपालिकाले नियमित अनुगमन गर्छ,’ पौडेलले भने।, नगरपालिकाले गाईसँगै गोठ सुधारको लागि १० हजार रुपैयाँ समेत प्रदान गरेको छ। नगरपालिकाले प्रदान गरेको १० हजारमा किसानले १० हजार थप गरी २० हजारमा गोठ मर्मतको काम गर्नुपर्छ।, नगरपालिकाले यसअघि लागत साझेदारीमा बंगुर र बाख्रा पनि वितरण गरेको पौडेलले बताए। ‘पशुपालन व्यवसाय उत्पादन लागत घटाउन नगरपालिकाले घाँस खेती, बीउ, आवश्यक मेसिनहरूमा अनुदानको व्यवस्था गरिएको छ,’ उनले भने।, रत्ननगर-१४ बुद्ध टोलका उद्धव दवाडीले विभिन्न देशमा रोजगारीमा जाँदा उपलब्धी नभएपछि घर फर्किएर गाई पालन सुरू गरेको बताए। हाल दैनिक १८ लिटर दूध बिक्री गर्दै आएका उनले बिहीबार नगरपालिकाको पचास प्रतिशत अनुदानमा नयाँ गाई भित्र्याए।, ‘गाई थप्दै जाने, यहीँ केही गर्ने भन्ने सोच भएर पनि लगानी गर्न सकिरहेको थिइनँ। स्थानीय तहको सहयोगमा व्यवसाय बिस्तारमा सहयोग मिलेको छ,’ दवाडीले भने, ‘दूधको उत्पादन लागत बढी छ, यो घटाउन वा दूधको मूल्य बढाउन सरकारले सहयोग गरिदिए काम गर्ने जाँगर बढ्थ्यो।’, रत्ननगर-१३ अमिलियाकी पदमकुमारी न्यौपानेले नगरपालिकाले किसानलाई अनुदानमा गाई वितरण गर्ने कार्यक्रम ल्याएर ठूलो गुन लगाएको बताइन्।, ‘अर्काको घरमा मजदुरी गर्ने मैले केही वर्षदेखि नगरपालिकाकै सहयोगमा गाई, भैंसी, बाख्रा पाल्दै आएकी छु। यसबाट राम्रो आम्दानी हुन थालेको छ,’ उनले भनिन्, ‘अनुदानको पैसा यसै खेर गइरहेको सुनिन्छ, हामीजस्ता वास्तविक किसानले अनुदानमै गाई पाइएला भन्ने सोचेको पनि थिएनौं।’, नगरपालिकाको पशुपंक्षी शाखाका प्रमुख पौडेलकाअनुसार उक्त नगरपालिकामा हाल दैनिक ५० हजार लिटर दूध उत्पादन हुन्छ। सरकारले दूग्ध क्षेत्रलाई आत्मनिर्भर घोषणा गरिसकेकाले आत्मनिर्भर अभियानलाई सफल बनाउन स्थानीय तहले पनि काम गर्दै आएको बताए।, सरकारले गत चैतमा दूग्धजन्य पदार्थमा देश आत्मनिर्भर बनेको घोषणा गरेको थियो। केही महिनाअघि चितवनका दूग्ध उत्पादक किसानहरूले जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरेका थिए।, अरूले बाँडे दूधमा अनुदान, रत्ननगरले दियो किसानलाई गाई
सेतोपाटी सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोंचमा परेर गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ।, चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो।,  , निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो।, निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ।,  , गत आइतबार नालीको खोंचमा परेर गैंडा मरेको थियो। त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।, समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन्।,  , समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनेछ। बिहीबारबाट समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरूसँग छलफल थालेको छ।, निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग छुट्टाछुट्टै छलफल गरेको थियो। आज सामुदायिक वनका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।,  , डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो।, सोही ठेक्काअन्तर्गत सगुनले काम गरेको हो। सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाउँदै आएको छ। रासस, सम्बन्धित समाचार:, बन्दै गरेको सडकको नालीमा परेर मर्‍यो गैंडा, वन्यजन्तु आवतजावत हुने ठाउँमा ओभरहेड वा अन्डरपास नबनाउँदा ज्यान गयो एकसिंगे गैंडाको, लापरबाहीपूर्ण तरिकाले सडक विस्तार गर्दा गैंडा मर्‍यो: निकुञ्ज, गैंडा मृत्यु प्रकरण छानबिन गर्न कार्यदल गठन, नालीमा परेर गैंडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी
सेतोपाटी संवाददाता नेपाल पर्वतारोहण संघ (एनएमए)ले कुष्ट रोगबाट ग्रसित दुई सय जनालाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ। , एनएमएले जापानको ‘द निप्पोन फाउन्डेसन’ को आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर २ स्थित खोकना आरोग्य आश्रममा रहेका कुष्ट रोगबाट ग्रसित व्यक्तिहरूलाई सहयोग गरेको हो। , आश्रममा रहेको प्रत्येक व्यक्तिले ज्याकेट एक थान, डबल साइजको एक थान ब्लाङ्केट, दुई सय ३६ एमएलको एक बोतल स्यानिटाइजर, दुई वटा डिटोल साबुन र पचास पिसको एक प्याकेट मास्क प्राप्त गरेका छन्। , दक्षिणकाली नगरपालिका वडा नम्बर दुईका अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्टरोग निवारण संघका प्रशासकीय अधिकृत जितबहादुर हमाल र एनएमएका अध्यक्ष सन्तवीर लामाले कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए। सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रीत व्यक्तिहरूले खुसी व्यक्त गरेका छन्।, एनएमएका अध्यक्ष लामाले यो सहयोगले आश्रममा आश्रीत व्यक्तिहरूलाई जाडो मौसममा न्यानो हुन मद्धत पुग्ने बताए।, जुममार्फत कार्यक्रममा सहभागी भएका द निप्पोन फाउन्डेसनका वरिष्ठ निर्देशक सेको मासातोले कुष्ट रोग निवारणको अभियानमा फाउन्डेसनले लामो समयदेखि काम गर्दै आइरहेको बताए।, ‘यो हाम्रा लागि साच्चिकै महत्वपूर्ण काम हो’, निर्देशक मासातोले भने, ‘हामीलाई विश्वास छ कि यो सहयोग यहाँहरुको दैनिक जिवनमा महत्वपूर्ण सावित हुनेछन्।’, संघले यही परियोजनाअन्तर्गत आगामी महिना कोरोना भाइरस महामारीबाट प्रभावित तीन हजार पर्वतारोहीहरूलाई खाद्यान्न राहत वितरण गर्ने जनाएको छ।, पर्वतारोहण संघले गर्‍यो कपडा र स्वास्थ्य सामाग्री वितरण
सेतोपाटी संवाददाता ब्ल्याकमेलिङ गरी महिलालाई दु:ख, हैरानी दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति भन्ने मुक्तिनाथ खनाललाई पक्राउ गरेको हो। , शुक्रबार वैदेशिक रोजगारबाट स्वदेश फर्किने क्रममा: उनलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयसँग समन्वय गरी पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।, उनले एक महिलालाई दुख हैरानी दिई ब्ल्याकमेलिङ गरेको आरोप छ। , ब्युरोका अनुसार उनले आफू वैदेशिक रोजगारमा हुँदा फेसबुकमार्फत् एक महिलासँग चिनजान गरेका थिए। त्यसरी चिनजान भएपछि उनले महिलालाई मेसेन्जरमा कुराकानी गरी फकाएर, धम्क्याएर र प्रलोभनमा पारेर दु:ख, हैरानी गरेको आरोप छ। , मुक्तिनाथले महिलाको नग्न तस्बिर/भिडिओ प्राप्त गरी श्रीमान् तथा अन्य आफन्तजनलाई सार्वजनिक गर्ने भन्दै ब्ल्याकमेल गरेको प्रहरी वरिष्ठ उपरीक्षक अर्यालले बताए। , त्यसअनुसार उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै ब्युरोले मुद्दा दर्ता गरेको थियो। तर उनी फरार सूचीमा  थिए। , फरार रहेका उनलाई नेपाल फर्किनेक्रममा पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा विदेशबाट फर्केका युवा पक्राउ
सेतोपाटी संवाददाता खोलानालाबाट गैरकानुनी रूपमा ढुंगा-गिट्टी-बालुवा उत्खनन् गरेको आरोपमा प्रहरीले २१ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।, पर्सा प्रहरीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका-३२ भेडैयाबाट ती ट्याक्टर नियन्त्रणमा लिएको हो।, गैरकानुनी रूपमा उत्खनन् गरी बिक्री वितरण गर्न ल्याइएको सूचनाको आधारमा वीरगञ्ज-१६ नगवाबाट प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, ट्याक्टर र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज महानगरपालिकाको कार्यालयमा बुझाइएको खनालले बताए।, बालुवा-गिट्टी बोकेका २१ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १९ हजार ८ सय ६९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४८०७ पिसिआर परीक्षणबाट र  २०२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ५४३२ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ८९ हजार ९४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ४०  जना संक्रमित थपिएका छन्। , काठमाडौंमा २१५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ३५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८०२२, ललितपुरमा १०३१९ र भक्तपुरमा ५६९४ सक्रिय संक्रमित छन्।,  , थपिए ६८२७ संक्रमित, निको भए ५४३२
सञ्चिता घिमिरे राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण लक्ष्य लिइएको समय (आव २०७९/८०) सम्ममा सम्पन्न नहुने देखिएको छ। , निर्धारित समय सकिन डेढ वर्षभन्दा कम बाँकी हुँदा अझै कतिपय खण्डमा रेखांकन नै टुंगो लाग्न सकेको छैन भने झन्डै ७० वटा पुलको डिजाइन हुन पनि बाँकी नै छ।, वन क्षेत्रबाट रेखांकन हुने गरी डिजाइन भए पनि त्यस क्षेत्रमा जग्गा प्राप्त गर्ने अवस्था नभएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ।, झन्डै १२५ किमी निकुञ्ज क्षेत्रमा पर्ने र निर्माणका लागि पटक/पटक प्रयास गरे पनि अनुमति नपाइएको निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले बताए। , चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग पटक/पटक छलफल भए पनि निर्माणस्थल नपाउने देखिएको छ।, उनले भने, ‘त्यसको विकल्पका बारेमा निर्णय माथिबाट नै हुनुपर्छ।’, विगतका वर्षहरूमा कोभिडका कारणले पनि निर्माणमा ढिलाइ भएको निर्देशनालयले जनाएको छ। , आयोजनाको समय सकिएपछि झन्डै दुई वर्ष थप आवश्यक पर्नसक्ने उनले बताए।, वन क्षेत्रका कारणले सडक निर्माण गर्न नसकिएको खण्डमा विगतमा प्रयोगमा रहेका अरू सडकलाई विकल्पका रूपमा प्रयोग गर्ने गरी पनि विगतमा छलफल भएको थियो। , चितवन राष्ट्रिय निकुञ्ज हुँदै सडकको रेखांकन भएकाले आयोजनाले वातावरणीय अध्ययन सकेर पटक/पटक अनुमति मागे पनि पाएको थिएन।, चितवन जिल्लामा २३ किमी र नवलपरासी जिल्लामा ६५ गरी झन्डै ८८ किमी निकुञ्जभित्र पर्छ।, विश्व सम्पदा क्षेत्रमा त्यसको मापदण्डका आधारमा मात्रै पूर्वाधार निर्माण गर्न पाउने व्यवस्था छ। त्यसका लागि संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) को सहमति चाहिन्छ। , आयोजनाअन्तर्गत झन्डै साढे दुई सय पुल निर्माण गर्नुपर्नेमा झन्डै ७० पुलको डिजाइन बाँकी छ। अहिलेसम्म झन्डै एक सय पुल मात्रै सम्पन्न भएको छ।, ती ७० पुलमध्ये अहिले धेरै डिजाइन स्वीकृत हुने क्रममा रहेको प्रमुख झाले बताए।, उनले भने, ‘नारायणी, बागमती लगायत ठूला र कतिपय साना खोलामा डिजाइनमा जान बाँकी छ।’, रेखांकनमा समस्या भएको बाहेकको खण्डमा सडक सम्पन्न भए पनि पुल अबको डेढ वर्षमा सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ।, नेपालमा पुल निर्माणका लागि कम्तीमा दुईदेखि साढे दुई वर्षसम्म लाग्ने गरेको छ।, ‘सडकतर्फ, अहिलेसम्म झन्डै आठ सय किमीमा कालोपत्र सकियो भने झन्डै एक हजार किमीमा कालोपत्र बाँकी छ’, उनले भने, ‘सडक निर्माणका लागि अधिकांश ठाउँमा ठेक्का भयो, केही खण्डमा मात्र बाँकी छ।’ , चालु आवमा अहिलेसम्म वित्तीय प्रगति झन्डै ४० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको छ।, बीस प्रतिशत काम सकिएको बिल पेस गर्न बाँकी छ। चालु आवमा डेढ सय किमी सडक र १५ पुल सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। अहिलेसम्म ६० किमी सडक र नौ पुल सम्पन्न भइसकेको छ। , कोभिडका कारण विगतका वर्षहरूमा निर्माणमा बाधा पुगेको भए पनि अहिले सङ्क्रमणले निर्माणमा समस्या छैन। चालु आवमा माग भएभन्दा कम बजेट छुट्याइएको छ।, उनले भने, ‘त्यसैले गर्दा पनि लक्ष्यभन्दा बढी काम हुनसक्छ। यो आवमा आयोजनामा छ अर्ब २० करोड रुपैयाँ छुट्याइएको तथा पुस सम्ममा सवा दुई अर्ब खर्च भइसकेको छ। जम्मा ६५ अर्ब रुपैयाँ बजेट रहेकामा अहिलेसम्म ५१ अर्ब रुपैयाँ खर्च भइसकेको छ।’ , विगतका वर्षहरूमा आयोजनाका पुलमा धेरै समस्या भए पनि अहिले समाधान भइरहेको प्रमुख झाले बताए।, कमला नदीमा सिरहा र धनुषा जोड्ने पुल सम्पन्न नहुँदै भाँचिएको थियो भने  बाग्मती पुल पनि मुद्दामा थियो।, अहिले त्यसमा नयाँ ठेक्काबाट काम भइरहेको उनले बताए।, उनले भने, ‘बाँकी रहेका पुराना ठेक्कामा पनि काम भइरहेको छ।’, राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो। पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो। विसं २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो। विभिन्न कारणले त्यो स्वरूपमा काम हुन सकेन। भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेको थियो। , योजनाअन्तर्गत नै ८८१ किमी लम्बाइको ‘फिडर सडक’ को निर्माण भइरहेको छ। यसमध्ये २४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने समझदारी थियो। भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ। , राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ। हुलाकी राजमार्गको पूर्व–पश्चिम सडक निर्माणाधीन छ भने कतिपय उत्तर–दक्षिण सडक निर्माणका क्रममा छन्।, हुलाकी राजमार्गलाई तराई-मधेसको समृद्धिसँग जोडेर सुरू गरिएको हो।, मधेसमा देशभरको झण्डै आधा जनसंख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ। त्यस क्षेत्रको व्यापार, कृषि लगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ। , पूर्व-पश्चिम राजमार्गबाट सुरू भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुग्ने गरी ‘फिडर रोड’ निर्माण गरिएको छ। राजमार्गले पूवदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ।, राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि तराई-मधेश पूर्ण रूपमा सुगम हुने अपेक्षा गरिएको छ। हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिडर सडक’ बाहेक अरू निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ।, सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुनेछ।, हुलाकी राजमार्ग र ‘फिडर सडक’ दुबै दुई दुई लेनमा निर्माण अघि बढाइएको छ। सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ।, जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो।, समयमा नसकिने भयो हुलाकी राजमार्ग
सेतोपाटी संवाददाता ५३ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नुवाकोटका एक वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा पञ्चकन्या गाउँपालिका-२ का वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए। , वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरूद्ध ५३ लाख एक हजार ८५६ रुपैयाँ बिगो माग गरी अख्तियारले मुद्दा दायर गरेको हो। , पञ्चकन्या गाउँपालिका-२ को वडा कार्यालयबाट गत चैत २४ गते राति सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रूपमा हराएको थियो। हराएको भन्दै अख्तियारमा अनुसन्धान गरी पाऊँ भन्ने उजुरी परेको थियो। , त्यसमा अनुसन्धान गर्दा वडा सचिव राउत र कार्यालय सहायक गरीले बैंकबाट रकम लिएर आएका थिए। त्यसपछि कार्यालय सहयोगी मिश्रसहित उनीहरूको रोहवरमा उक्त रकम दराजको सेफमा राखिएको थियो। , अख्तियार प्रवक्ता भण्डारीका अनुसार दराजको चाबी राउत र गिरीसँग थियो। कार्यालयको मूल ढोकाको चाबी मिश्रसँग थियो।, तर सो रकम चोरी हुँदा घटनास्थलमा कुनै तोडफोड गरेको नदेखिएको अख्तियारले जनाएको छ। साथै उनीहरूले सुरक्षा निकायलाई पनि जानकारी नदिएको र सुरक्षाको लागि समन्वय नगरिएको अख्तियारले दाबी गरेको छ।, त्यसरी उनीहरूले रकम राखेर घर गएको हुँदा अख्तियारले उनीहरूमाथि सम्पत्ति बदनियत गरी हानीनोक्सानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको हो। , अख्तियारले बिगो ५३ लाख  एक हजार ८५६ रुपैयाँ असुल गर्न समेत माग गरेको छ। , गाउँपालिकाका वडा सचिवसहित तीनविरूद्ध भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ४०  जना संक्रमित थपिएका छन्। , काठमाडौंमा २१५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ३५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८०२२, ललितपुरमा १०३१९ र भक्तपुरमा ५६९४ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १९ हजार ८ सय ६९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४८०७ पिसिआर परीक्षणबाट र  २०२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ५४३२ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ८९ हजार ९४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा थपिए २ हजार ९ सय ४० संक्रमित
सेतोपाटी संवाददाता प्रहरीले पर्साबाट ८१ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ६० वर्षीय गणेश कलवार र ३४ वर्षीय सन्तोष कलवार छन्। कलवारलाई उनकै घरबाट बिहीबार राति पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, उनले घरबाट गाँजा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरी पुगेको थियो। कलवारको घरको पूर्वपट्टीको खाटमुनि गाँजा फेला परेको थियो।, पक्राउ परेका बाबु-छोरा हुन्। उनीहरूलाई हिरासतमा लिएर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको खनालले बताए।, यसैगरी, बिहीबार राति नै प्रहरीले बिनदवासिनी गाउँपालिका-४ अमरपट्टीबाट दुई जनालाई गाँजासहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका-१ का ३५ वर्षीय सुरेश दास र भारत बिहार मोतिहारी घर भएका ४२ वर्षीय दसाही दास छन्।, उनीहरूले बोकेको झोलामा ७ किलो गाँजा फेला परेको प्रहरी नायब उपरीक्षक खनालले बताए।, पर्साबाट ८१ किलो गाँजासहित चार जना पक्राउ
सेतोपाटी संवाददाता बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, बाजुरा बुढीनन्दा नगरपालिका-१ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-७ बस्दै आएका ४४ वर्षीय विष्णुबहादुर कार्की प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार बूढानीलकण्ठबाट पक्राउ गरेको हो। , महाशाखाका प्रवक्ता कोइरालाका अनुसार उनलाई विभिन्न मुद्दामा अदालतले सजाय सुनाएको छ। , उच्च अदालत पाटनले गत वर्ष माघ ६ गते उनलाई बैंकिङ कसुरको मुद्दामा ७ दिन कैद र २७ लाख जरिवाना सुनाएको थियो।, त्यस्तै, २०६० साल पुस १० गते पनि वैदेशिक रोजगार मुद्दामा तीन वर्ष कैद, २ लाख ५० हजार जरिवाना र बैंकिङ कसुरमा एक वर्ष कैद, ३० हजार जरिवाना सुनाएको थियो। , अदालतले सजाय सुनाए पनि फरार रहेका उनलाई महाशाखाले पक्राउ गरी फैसला कार्यान्वयनको जिल्ला अदालत काठमाडौंमा पठाएको छ। , त्यसैगरी उनले एयरलाइन्समा पाइलटको जागिर लगाइदिन्छु, डिमाण्ड ड्राफ्ट बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको खुलेको महाशाखाले जनाएको छ। , त्यसबारेमा पनि उनीमाथि अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता कोइरालाले बताए।, उनीबाट कोही ठगिएको भएमा महाशाखाको सम्पर्कमा आउन समेत अनुरोध गरेको छ।, झण्डै ३० लाख जरिवाना पाएका फरार व्यक्ति बूढानीलकण्ठबाट पक्राउ
रासस डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृत फेला परेका छन्।, दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए। , उनका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृत फेला परेका हुन्।, मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरूको चिरफारको काम गर्दै आएका थिए। आफन्तहरू अहिलेसम्म नपुगेकाले उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ।, डोटी अस्पतालका कार्यालय सहयोगी मृत फेला
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन्। , शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी प्रशासनले नयाँ आदेश जारी गरेको हो। , कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका हुन्।, उपत्यकामा यसअघि सबै सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउन आदेश थियो। अहिले सार्वजनिक सवारी साधनको हकमा सो प्रणाली हटाएको छ। ट्याक्सी र निजी सवारी साधनको हकमा भने लागु गरिएको प्रशासन कार्यालयले जनाएको छ। , यस्तै सार्वजनिक सवारी साधनले पनि सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यात्रुलाई मास्क अनिवार्य, चालक- सहचालकले फेससिल्ड लगाउनुपर्ने आदेशमा उल्लेख छ।, विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा नगराउन भनिएको छ। यसको लागि वैकल्पिक वा अनलाइनबाट पढाइ सञ्चालन गर्न भनिएको छ। , यस्तै जनशक्ति भर्ना परीक्षा, वैदेशिक रोजगारीका परीक्षा, चिकित्सा शिक्षा लगायतका परीक्षा जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ।  , काठमाडौं प्रशासनले जारी गरेको आदेश:, काठमाडौं उपत्यकाका प्रशासन कार्यालयको नयाँ आदेश (आदेशसहित)
सबिना श्रेष्ठ सहरको कथा: पनौती, नेपाल भाषामा 'यः' को अर्थ मनपर्ने र 'मरि' को अर्थ रोटी हो। नेवाः समुदायको मनपर्ने रोटी हिजोआज काठमाडौं उपत्यकाकै प्रिय परिकार बनेको छ। त्यसमाथि मास्टरसेफ सन्तोष साहले काठमाडौंको यो रोटीलाई विश्वव्यापी पहिचानसमेत दिलाएका छन्।, पनौती कथा शृंखलाको आजको अंकमा हामी कुरा गर्दैछौं य:मरिको, जुन हिजोआज य:मरि पुन्हीको दिन मात्र होइन, बाह्रै महिना पाक्ने नेवारी 'डिजर्ट' का रूपमा चर्चित छ।, तपाईं नेवारी खाजा खाँदै हुनुहुन्छ र अन्तिममा यःमरि खानुभएन भने केही नपुगेजस्तो खल्लोखल्लो हुन्छ। तर प्रश्न उठ्छ, यो परिकारसँग पनौतीको साइनो के? य:मरिको कथा पनौतीको कथासँग कसरी जोडिन्छ?, पनौतीलाई य:मरिको सुरूआत भएको ठाउँ मानिन्छ। आज म तपाईंहरूलाई यसैसम्बन्धी कथाहरू सुनाउँछु है!, यी कथा मलाई पनौतीका ७८ वर्षीय स्थानीय पूर्णभक्त कोङ्गा र स्थानीय लेखक सूर्यप्रसाद लाकाजूले सुनाएका हुन्। लाकाजूले बालबालिकाका लागि 'यःमरि' नामक किताब पनि लेखेका छन्।, उनीहरूले सुनाएका दुइटा कथा यस प्रकारका छन्ः, पहिलो कथा, पनौतीको एउटा किसान परिवारको घरमा एकदिन उनका ज्वाइँ काठमाडौंदेखि आएछन्। आउँदा आउँदै साँझ परिसकेको थियो।, ज्वाइँ त आए तर उनलाई खुवाउने के? किसान दम्पतीलाई आपत पर्‍यो।, उनीहरूले भर्खरै धान घरमा भित्र्याएका थिए। त्यसलाई हतारहतार कुटेर मिलमा पिसेर ल्याए। त्यही पिसेर ल्याएको पिठोको खानेकुरा खुवाउने भन्दै त्यसलाई मज्जाले मुछे। घरमा अलिकति चाकु थियो। मुछेको पिठोलाई सोलीजस्तो आकार दिएर उनीहरूले त्यसमा चाकु, तिल, नरिवल लगायत विभिन्न मसला हाले। त्यसलाई मःमजस्तै पकाए र ज्वाइँको अगाडि पेस गरे।, नौलो परिकार देखेपछि ज्वाइँले सोधे, 'यो के हो सासुआमा?', 'पहिला खानुस् अनि भन्नुस् त कस्तो छ,' सासुले भनिन्।, ज्वाइँले क्वाप्प मुखमा हाले र भने, 'मिठो रहेछ सासुआमा।', 'मनपर्‍यो नि?' सासुले सोधिन्।, 'एकदमै मनपर्‍यो।', 'हो, तपाईंलाई मनपर्‍यो भने यसको नाम नै मनपर्ने रोटी हो,' उनले नेपाल भाषामा भनिन्, 'यःमरि।', यो छोटो कथा यही समाप्त हुन्छ।, अब म यःमरिको अर्को कथा भन्छु जुन योभन्दा अलिकति लामो छ।, पनौतीका स्थानीय पूर्णभक्त कोङ्गा (दायाँ) र सूर्यप्रसाद लाकाजू। तस्बिर: सेतोपाटी, दोस्रो कथा, धेरै पहिला 'पाञ्चाल देश' भन्ने एउटा ठाउँ थियो जसलाई अहिले पनौती भनिन्छ। त्यो ठाउँको एउटा कथा मैले पहिलो श्रृंखलामा पनि भनेको थिएँ। त्यसलाई छोटकरीमा फेरि भन्नुपर्दा महासत्व नाम गरेका एक जना राजकुमारले जंगलमा भोकाएका बघिनी र डमरूहरू देखेपछि आफ्नै शरीरको मासु खुवाउँछन्।, उनै राजकुमार महासत्वका कंकाल र लुगाहरू पुरेर त्यो स्थानमा एउटा चैत्य निर्माण गरिन्छ जसलाई 'नमोबुद्ध' भनिन्छ। 'पाञ्चाल देश' अर्थात् पनौतीमै महासत्वको जन्म भएको मान्दै प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यहाँ नमोबुद्धको जात्रा लाग्छ।, महासत्व दया, करूणा, त्याग र बलिदानका प्रतीक हुन्। उनलाई गौतम बुद्धको पूर्वजन्म पनि मानिन्छ।, यो त भयो पुरानो कथाको सारांश। अब भन्न लागेको कथाले चाहिँ यी राजकुमार महासत्व मात्र होइन, यहाँका जनता पनि कति दयालु थिए भन्ने झल्काउँछ।, पाञ्चाल देशमा एक जना सुचन्द्र नाम गरेका महाजन थिए। उनी एकदमै धर्मात्मा थिए। उनकी श्रीमती पनि दयालु र लक्षणकी थिइन्।, धन र सम्पत्तिले पूर्ण यी दम्पती सुखपूर्वक आफ्नो जीवन गुजारा गरिरहेका थिए। उनीहरूलाई एउटै कुराको अभाव खट्कन्थ्यो। त्यो हो, सन्तान सुख। उनीहरूको कुनै सन्तान थिएन।, सुचन्द्र र उनकी पत्नी भगवान विष्णुका भक्त थिए। एकपटक मार्गशुक्ल पूर्णिमाको दिन सुचन्द्र दम्पतीले सरसफाइको काम सकेर शुद्ध तरिकाले यःमरि पकाउन लागे। त्यही बेला भगवान कुबेरलाई उनीहरूको परिक्षा लिन मन लागेछ।, कुबेरले सुचन्द्र दम्पतीको धेरै गुणगान सुनेका थिए। त्यही भएर उनीहरू कत्तिको दयालु रहेछन् भनेर कुबेरलाई जाँच्न मन लागेछ।, उनी भेष बदलेर गरिब ब्राह्मणको रूपमा सुचन्द्र दम्पतीका घर आए र भिक्षा माग्न थाले।, झ्यालबाट सुचन्द्रकी श्रीमतीले हेरिन्। एउटा गरिब बूढो ब्राह्मण पिँढीमा बसेर भिक्षा माग्दै गरेको देखेर उनलाई माया जायो। उनले ती ब्राह्मण रूपधारी कुबेरलाई आफ्नो घरभित्रै बोलाइन्।, ती ब्राह्मणले शरीरमा पुरानो झुत्रो लुगा लगाएका थिए। सुचन्द्रकी पत्नीले उनलाई नयाँ कपडा फेरिदिए।, विष्णुका भक्त यी दम्पतीले सोचे, 'यसै पनि ब्राह्मणको हृदयमा भगवान विष्णुको बास हुन्छ। त्यसमाथि अतिथि भनेका साक्षात् भगवान नै हुन्।', उनीहरूले अन्त ठाउँ जान हतारिएका ब्राह्मणलाई एकछिन आफ्नै घरमा बस्न अनुरोध गर्दै भने, 'एकछिन पर्खनुस् न। हामीले भर्खरै तातोतातो यःमरि पकाएका छौं। त्यसलाई चाखेर जानुस्।', यति भनेर सुचन्द्रकी पत्नी भित्र पसिन् र बफाइरहेको यःमरि लिएर आइन्।, श्रद्धापूर्वक आफूलाई भोजन गराएकाले ब्राह्मणको भेषमा आएका कुबेर प्रसन्न भए। उनी आफ्नो असली रूपमा फर्किए।, साक्षात् भगवान कुबेरको दर्शन पाएर सुचन्द्र दम्पतीको खुसीको सीमा रहेन।, कुबेरले आफ्नो परिचय दिइसकेपछि धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र आफ्नै प्रतिरूप राखी यःमरिका साथ विधिपूर्वक पूजा गर्न भने। उनले आफूसँग ल्याएको बिमिरो पनि उनीहरूका हातमा थमाइदिए र भने, 'यसलाई ढुकुटीमा चार दिन राख्नू।', त्यसपछि कुबेर अन्तर्ध्यान भए।, सुचन्द्र दम्पतीले चार दिनपछि ढुकुटी हेर्दा त्यो बिमिरो सुनमा परिणत भइसकेको थियो। त्यसपछि ती महाजन दम्पतीले पहिलेभन्दा धेरै दानधर्म गर्न थाले।, कुबेर उनीहरूको घर आएको दिन मंसिर शुक्ल पूर्णिमा थियो। उनीहरूको यो कथा अरूले थाहा पाएपछि हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन घरघरमा यःमरि पकाउने चलन सुरू भयो।, यो कथामा उल्लिखित पात्र सुचन्द्र महाजनको प्रसंग लिच्छविकालीन ग्रन्थमा पाइन्छ। अंशुवर्मा पालाको बौद्ध ग्रन्थ 'रत्नबदाने बुद्ध वचन' मा पनौतीमा सुचन्द्र महाजन दम्पती बसोबास गर्छन् भनेर लेखिएको छ।, ..., यी दुवै कथाको घटनाक्रम फरक भए पनि दुवैमा पनौतीको नाम आउँछ। त्यही भएर य:मरिको सुरूआत पनौतीबाटै भएको हो भन्ने विश्वास गरिन्छ।, तर के यत्तिको भरमा यःमरिलाई पनौतीसँग जोड्न मिल्ला र?, मेरो यो प्रश्नमा स्थानीय पूर्णभक्त कोङ्गाले भने, 'किन नमिल्नु? हाम्रोजस्तो कथा अरू ठाउँमा अहिलेसम्म छैन। त्यसैले यःमरि पनौतीबाटै उत्पत्ति भएको हो। पहिलाका मान्छेले त्यसै कथा भनेका हुँदैनन्। त्यसमा कतै न कतै वास्तविकता लुकेको हुन्छ।', पनौतीसँग यःमरि जोडिनुको कारण किम्बदन्तीमा मात्र सीमित छैन। वैज्ञानिक हिसाबले पनि पनौती र य:मरि एकअर्कासँग जोडिने संस्कृतिविद् ओम धौभडेल बताउँछन्।, 'रोशी खोला र पुण्यमतीको बीचमा बसेको पनौतीको हावापानी राम्रो छ। त्यहाँको धानको चामल पनि एकदमै मिठो हुन्छ,' उनले भने, 'पहिले त काठमाडौंका राजाले समेत पनौतीको अन्न खाने गरेका थिए।', यःमरि उत्पत्तिको कथापछि तपाईंहरूलाई म यःमरि पकाउने परम्परागत तरिका भन्छु है।, हिजोआज यःमरि मःम पकाउने भाँडामा पकाइन्छ। तर परम्परागत तरिका यो होइन।, केही वर्षअघि यःमरि पुन्हि नजिकिरहेको बेला हामीले पाटनस्थित 'रैथाने खाजाघर' मा परम्परागत शैलीमा यःमरि पकाएका थियौं। काठमाडौं नरदेवीकी शोभिता महर्जनले हामीलाई यःमरि बनाएर देखाएकी थिइन्।, उनले आफूसँग तीनवटा भाँडा ल्याएकी थिइन्– फोसी (कसौंडी आकारको तामाको भाँडा), पटासी (स–साना प्वाल भएको माटाको भाँडा) र भेगाः (माटाको छोप्ने भाँडा)।, रैथाने बाहिर चुह्लो बनाई यःमरि पकाउने कार्यक्रम सुरू भयो।, यःमरि चामलको पिठोबाट बन्छ। पानीमा पिठो मुछेपछि लाम्चो कागतीजस्तै चुच्चो परेको आकारमा ढालिन्छ। त्यसको मुख बन्द गर्नुअघि भित्र स्वादअनुसार तताएको चाकु, खुवा हाल्न सकिन्छ र आकार दिएर बन्द गरिन्छ। पूर्वतिर थारूहरूले बगिया भनेर आलु, दाल लगायत खानेकुरा यःमरिजस्तै आकारमा पकाउँछन्।, यसरी यःमरि भरेर आकार दिएपछि अब पाक्न तयार हुन्छ।, यसको आकार किन यस्तो हुन्छ भन्ने पनि कारण छ, कोङ्गाले भने, 'मंसिरमा नयाँ धान आउँछ। चामलको पिठो पिनेर ल्याएर त्यसबाट बनेको पहिलो खानेकुरा भगवानलाई चढाउनुपर्छ। जुन आकारमा भगवानलाई यःमरि चढाइन्छ, त्यो धानको थुप्रोजस्तै देखियोस् भनेर यस्तो आकार बनाइएको हो। यो भनेको सृष्टिकर्तालाई धन्यवाद र सम्मान दर्शाउने माध्यम पनि हो।', य:मरि पकाउने परम्परागत तरिका। तस्बिर: निशा भण्डारी/सेतोपाटी, यःमरि पकाउन सबभन्दा पहिले फोसीमा पानी राख्नुपर्छ। फोसीमाथि पटासी अनि पटासीमा पराल। त्यसमाथि यःमरि। यसलाई माथिबाट भेगाःले छोप्नुपर्छ।, करिब २० मिनेटपछि यःमरि पाक्छ।, शोभिताका अनुसार यःमरि पुन्हि दिन र रातको लम्बाइसँग पनि जोडिएको छ। यःमरि बनाउने रात वर्षकै लामो रात हो।, 'यःमरि बनाउँदा दिइने आकारले पनि रातको संकेत गर्छ। यसको माथिल्लो चुच्चो जति लामो भयो त्यति नै रात लम्बिन्छ भन्ने विश्वास छ,' शोभिताले भनिन्, 'धानबाट चामल कुट्ने, त्यसलाई पिनेर पिठो बनाउने अनि यःमरि पकाएर खाएको रात कति लामो थियो होला सोच्नुस् त!', त्यही भएर नेवार समुदायमा एउटा भनाइ छ– जेष्ठ शुक्ल पूर्णिमा (वर्षको लामो दिन) मा काम गरेर नपुग्ने र मंसिर शुक्ल पूर्णिमाको अघिल्लो रात सुतेर पनि नपुग्ने मान्छे जिन्दगीमा कहिल्यै सुखी हुँदैन।, यःमरि पुन्हिपछि चिसो पनि बढ्छ। यःमरि खाएपछि बाँकी तीन महिनाको ठन्डीमा न्यानो अनुभव हुने विश्वास गरिन्छ। यःमरिले शरीरलाई न्यानोपना दिन्छ। यसभित्र रहेको चाकु र तिलले शरीरको तापक्रप सन्तुलित बनाइराख्न सहयोग पुर्‍याउँछ। पौष्टिक तत्वले भरिपूर्ण, स्वस्थकर, चिल्लोरहित र चपाउन निकै सजिलो यो परिकार जुनसुकै उमेर समूहले सजिलै खान सक्छन्।, त्यस्तै राति पकाएको यःमरिले ठन्डी कति छ भन्ने संकेत पनि दिन्छ। राति पकाइएको यःमरि बिहानसम्म जति फुट्छ, त्यसकै आधारमा जाडो नाप्ने चलन छ।, काठमाडौं उपत्यकाको जनजीवनमा यःमरिको ठूलो भूमिका रहेको लेखक सूर्यप्रसाद लाकाजू बताउँछन्।, उनका अनुसार दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको जोर जन्मदिन (२, ४, ६, ८, १०, १२) मा यःमरिको माला गलामा पहिर्‍याएर खुसियाली मनाउने चलन छ।, 'उमेर बढ्दै जाँदा चाकुसहितको यःमरि भारी हुन्छ। माला गाँस्दा फुट्छ पनि। त्यसैले खाली पिठोको डल्लालाई यःमरी आकार दिएर माला लगाइन्छ,' उनले भने, '१२ वर्ष नाघेपछि भने जन्मदिनमा यःमरिको माला लगाइदिने चलन छैन।', त्यस्तै, अन्य सांस्कृतिक गतिविधिमा पनि यःमरिको विशेष महत्व छ। गर्भवती महिलालाई बच्चा जन्माउनुअघि माइतीबाट यःमरिसहित विभिन्न परिकारको भोज खुवाइन्छ। नेवार समुदायमा पाका उमेरका मान्छेको जङ्क्व (भीमरथारोहण) गर्दा यःमरि चाहिन्छ। उपत्यकामा मनाइने रातो मच्छिन्द्रनाथ र सेतो मच्छिन्द्रनाथको रथ तान्नुअघि यःमरि छर्ने चलन पनि रहेको लाकाजू बताउँछन्।, विवाह गरेकी छोरीले तिहारमा कोसेलीको भारी पठायो भने माइती पक्षले पनि छोरीलाई भारी पठाउनुपर्ने नियम रहेको पूर्णभक्त कोङ्गा बताउँछन्। 'छोरीलाई एक सय आठवटा यःमरि बनाएर भारी पठाउनुपर्छ। यःमरि पुन्हिमा छोरीहरू आएनन् भने पनि उनीहरूको निम्ति भाग पठाउने चलन छ,' उनले भने।, उपत्यकाभरि मंसिर शुक्ल पूर्णिमामा मनाइने भए पनि भक्तपुरमा भने दुई महिनाअघि नै यःमरि पकाउने परम्परा छ। संस्कृतिविद् धौभडेलका अनुसार कात्तिक शुक्ल पूर्णिमामा 'कट्ही पुन्हि' भनेर एक मुरी चामलको पिठोको दुइटा ठूला यःमरि बनाइन्छ। यी यःमरिलाई आमा र बुबाको प्रतीकका रूपमा 'मायः र बायः' भनिन्छ।, य:मरिको महिला स्वरूप वा मायः:। तस्बिर: प्रशान्त श्रेष्ठ, 'त्यो यःमरिभित्र माटोको घैंटो राखिन्छ। रञ्जितकार समूहले घैंटामा रातो, निलो, पहेँलो लगायत रङ राख्छन्। गोलमाडीको एक चैत्यमा य:मरि प्रदर्शन गरिन्छ,' धौभडेलले भने, 'त्यति बेला यःमरि भन्न नआएर स्थानीयले 'गोःमारी' भन्दा टोलकै नाम गोःमारी भएछ। पछि नाम अपभ्रंश हुँदै गोलमाडी भएको हो।', त्यहाँको चैत्यमा य:मरि राखेपछि भजनकीर्तन सुरू हुन्छ। अनि त्यही यःमरि लुछाचुँडी हुन्छ।, 'लुछाचुँडी हुँदा घैंटोभित्रको रङ सबैलाई लाग्छ,' उनले भने, 'सबैले ताली बजाउँछन्।', यसैगरी यःमरि पुन्हिमा पनि मायः र बायःको प्रतीक बनाइन्छ। पनौतीमा पनि यस्तो प्रतीक बनाउने चलन छ। यिनलाई ढुकुटीमा राखिन्छ। ती दुइटा यःमरि पूरै एक मुरीको त हुँदैन तर खाने यःमरिभन्दा केही ठूलो वा फरक आकारको हुन्छ। त्योसँगै पिठोको कुबेर, लक्ष्मी, ख्याक, सिँचा, व्याञ्चा लगायत बनाएर पूजा गरिन्छ।, 'ढुकुटीमा राखेर पूजा गर्‍यो भने अथाह सम्पत्ति बढ्ने विश्वास छ,' धौभडेलले भने।, यःमरिसँग जोडिएका धेरै गीतहरू पनि छन्। समय र ठाउँअनुसार यी गीत परिमार्जित हुँदै आएका छन्। पनौतीको गीत भने यसप्रकार छः, 'यःमरि चुई चुई, छुचुँ मरि आईं,, ब्युसाः ल्यासे मब्युसा बुरिकुति', यो गीतमा भएको शब्द ,'ब्युसाः ल्यासे मब्युसा बुरिकुति', ले भन्छ– य:मरि दियो भने तरूनी, नत्र बूढी।, नेवार समुदायमा यी गीतले प्रेमको सुरूआत पनि हुने धौभडेल बताउँछन्।, 'एक अपरिचित युवक यःमरि माग्न जान्छ। त्यो बेला युवतीसँग चिनजान हुन्छ। पछि फागुसँग पनि यो प्रसंग जोडिन्छ। त्यही लम्बिँदै विजया दशमीमा कसैको विवाह पनि हुन्छ,' उनले भने।, यःमरि पुन्हिमा देउसी-भैलीमा जस्तै घरघरमा यःमरि माग्दै हिँड्ने पुरानो चलन हो जुन अहिले हराउँदै गएको छ।, यसरी गीत गाउँदै यःमरि माग्दा कसैको प्रेम भएर विवाह भएको त यहाँका स्थानीय कोङ्गालाई याद छैन। तर साना केटाकेटीलाई झ्यालबाट यःमरि तल खसालिदिएको भने उनी अझै सम्झन्छन्।, 'पहिला पहिला साँझसम्म पनि केटाकेटी यःमरि माग्दै हिँड्थे, हामी उनीहरूलाई झ्यालबाटै दिन्थ्यौं। उनीहरू गन्जीमा थापेर लग्थे,' उनले भने।, पनौतीमा पकाएको यःमरि पहिला यहाँको खोलालाई चढाउने चलन छ। त्यसपछि ढुकुटीमा आफ्नो परिवारलाई चाहिने यःमरि राखेर पूजा गरिन्छ र भोज खाइन्छ।, पनौतीमा यःमरि पुन्हिकै दिन क्वाठ गणेशको पनि जात्रा लाग्छ। यी गणेश दक्षा/दिक्पाल टोलमा बस्छन् जसलाई आजु टोल पनि भनिन्छ। यस दिन खटमा भगवानको यात्रासँगै राँगाको भोग दिएर देशबासीलाई भोज खुवाइन्छ।, 'क्वाठ' शब्द संस्कृतको 'कोट' बाट आएको हो जसको अर्थ किल्ला वा सरक्षित ठाउँ हो। राज्यको सुरक्षा गर्न ठाउँठाउँमा क्वाठहरू बनाइएको हुन्छ।, त्यसैअनुसार यी गणेशले पनि नगरको सुरक्षा गर्ने स्थानीयहरू विश्वास गर्छन्।, पनौती कथा शृंखलाको अर्को अंकमा हामी नौ बाजा बजाउने मान्छेबारे चर्चा गर्नछौं। उनी बितेपछि पनौतीमा यो बाजा बज्नै छाडेको छ।, (पनौती कथा शृंखलाको सातौं अंक सोमबार प्रकाशन हुनेछ।), पहिलो अंक: ,जहाँ गौतम बुद्धको पूर्वजन्म भएको थियो, दोस्रो अंक: ,पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?, तेस्रो अंक: ,हामीले नदेखेको दरबार, चौथो अंक: ,हाम्रै पनौतीबाट प्रभावित फ्रान्सको त्यो गल्ली, पाँचौं अंक: ,८० वर्षपछि ब्युँताइएको पनौतीकी 'गुमनाम' कुमारी,  , यसरी सुरूआत भयो पनौतीबाट य:मरि पकाउन
सविता बुढा जब जब धनगढी-राजघाट जोड्ने मोहना नदीमाथि बन्न लागेको पुल देख्छिन् कञ्चनपुरको रैकवार बस्ने बिनादेवीको मन पोल्न थाल्छ। ५ वर्षअघि छोरी उनले छोरी गुमाएकी थिइन्।, छोरीलाई व्यथाले च्यापेपछि मोहनापारि धनगढीका अस्पतालमा लैजान राति ११ बजेतिर हतारिँदै उनी मोहना किनारमा पुगेकी थिइन्।, ‘राति डुंगा चलाउने मान्छे पाइएन, पुल थिएन, अस्पताल पुग्न सकेनौं,’ उनले भनिन्।, रातभरि छटपटाउँदै बितेपछि भोलिपल्ट डुंगामा छोरीलाई अस्पताल ल्याउन सकिएको उनले बताइन्।, ‘बिहान अस्पताल पुगे पनि ढिला भैसकेको थियो, मेरी एउटै छोरीको ज्यान गयो,’ उनले भनिन्। बोल्दा-बोल्दै उनका आँसु थामिएनन्।, मोहना नदीमा पुल बनेको भए छोरीलाई छिट्टै अस्पताल पुर्‍याउन पाइन्थ्यो अनि ऊ बाँच्थी भन्ने उनलाई लागिरहन्छ।, ‘पुल नबनेर समस्या सबैलाई छ। मैले त वारिबाट पारी अस्पताल देख्दा-देख्दै बिमारले च्याप्दै लगेकी छोरी गुमाउनु परेको थियो। ५ वर्षपछि पनि पुल बनिसकेको छैन,’ उनले भनिन्, 'त्यो पुल बनेको भए छोरी जान्नथी भन्ने सोच्दा मन थाम्न सक्दिनँ म।', स्थानीयहरूका अनुसार कञ्चनपुरका ३ सय बढी विद्यार्थी धनगढी पढ्छन्। यस्तै २ सय बढी मान्छे दूध बेच्छन्। कति त काम गर्न वारपार गर्छन्। धनगढीबाट कन्चनपुर र कन्चनपुरबाट धनगढी काम गर्न आउने जानेहरूको संख्या पनि उल्लेख्य छ।, यसै वर्ष भदौ ११ गते धनगढी–३ का पुरन राना दाजुसँगै पेन्टिङको काम गर्न मोहनापारि कञ्चनपुर गएका थिए।, दिउँसो उनी जानेबेला मोहनामा बाढी थिएन।, वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको राजघाटको पक्की पुलबाटै उनी गएका थिए। यो पुल बनिसकेको त थिएन तर मान्छेहरू भने यसको बार नाघेर वारपार गर्न सक्थे।, कृष्णपुर नगरपालिकाको चपरतल्लामा दिनभरि काम गरेर बेलुका घर फर्कंदा उनी दाजुभन्दा अघि हिँडे। पानी परिरहेकोले मोहना नदीमा बहाव बढेको थियो। केही माथितिर नदीको फलामका डण्डीले बनाइएको अस्थायी पुल बाढीले बगाइदिएको थियो।, उनी पक्की पुलको बाटो आउन खोज्दा सडक पनि भत्केको थियो। उनले नदी पार गर्न खोजे। उनको एउटा हात थिएन। नदी तर्ने क्रममा उनी बगे।, पछि आएका दाजुले उनलाई बगेको देखेर खोलामा हाम फाले। तर भेटाउन सकेनन्। उनी बगेर बेपत्ता भएको केही दिनसम्म प्रहरीले पनि खाजी गर्‍यो। उनी नभेटिएपछि परिवारले दाह संस्कार गरिसकेको छ।, ‘उनको आत्माले खाना माग्न थाल्यो, अनि खाना दियौं, दाहसंस्कार गयौं, श्राद्ध पनि गरिसक्यौं,’ उनकी भाइ-बुहारी मीना रानाले भनिन्।, त्यस दिन पुल बनिसकेको भए सायद पुरन बाँच्थे कि भन्ने उनका परिवारलाई लागिरहन्छ।, ‘पुल बनाउन बनाउने मान्छेले धेरै वर्षदेखि सकेको छैन, मैले बिहे गरी आउँदा पनि बन्दै थियो, अझै सकिएको छैन,’ मीनाले भनिन्।, उनको परिवारमा शोक परे पनि नदी तर्दा अरूले ज्यान गुमाउन नपरोस् भन्ने उनी चाहन्छिन्।, रैकवारकै रामदास चौधरीले बताए अनुसार यहाँ पुल बन्छ भन्न थालिएकै धेरै वर्ष भयो। पुन बनाउने काम थालेको पनि वर्षौं भयो।, पुल बनाउन भन्दै केही दिन मान्छेहरू आएर काम गरेजस्तो गर्छन् फेरि हराउँछन्।, ‘ठेकेदारले कहिले मेसिन बिग्रियो भन्ने, सामान आएन भन्छ, यस्तै बहाना निकालेर समय बितायो,’ उनले भने,'सरकारले पनि ठेकेदारलाई छोडिदिएको छ। सरकारले नै मनपरि गर्न दिएपछि उसले किन बनाउँछ पुल?', २०७१ साल असार ३१ गते सरकारले इलाइट एड्भेन्चर जेभीलाई धनगढी–राजघाट जोड्ने यो पुल बनाउने ठेक्का दिएको थियो।, ३ वर्षभित्र निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र उक्त कम्पनीबीच ठेक्का सम्झौता भएको हो।, ८ करोड ४२ लाख ९ सय ४६ रुपैयाँमा पुल बनाउने ठेक्का भएको थियो। तीन वर्षमा बनाउने भनेको पुल ७ वर्ष बित्दा पनि बनेको छैन।, पुल बनाउन ठेकेदारलाई सरकारले बर्सेनि म्याद थपिदिन्छ।, २०७४ असारमा बनिसक्नुपर्ने भए पनि सरकारले पटक–पटक म्याद थपेर पुससम्म बनाइसक्न भनेको र त्यो मिति पनि सकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।, सुरूमा ‘डिजाइन रिभ्यू’ गर्दा डेढ वर्ष बितेकाले काम समयमा हुन सकेन भनेर म्याद थपिएको थियो। रिभ्यू नै ढिलो भए पछि सबै काम ढिलो भयो भन्ने कारण देखाएर दोस्रो र तेस्रो पनि म्याद थपियो।, पुल किन समयमै बन्न सकेन भन्नेमा ठेकेदार कम्पनी र सरकारी कार्यालयले एकअर्कालाई नै दोष देखाउँछन्।, सडक डिभिजन कार्यालयले गत वर्षसम्म काम नसकिए ठेकेदारलाई कानुनबमोजिम कारबाही गर्ने भनेको थियो।, 'न पुल बनाएर सकिएको छ न ठेकेदारलाई कारबाही भएको छ,' चौधरीले भने, 'दुवै मिलेर काम नगर्ने कसम खाएका छन् जस्तो छ।', ठेक्का लिने कम्पनीले भने सरकारले विल पेश गरेअनुसार पैसा समयमै नदिएकाले पुल समयमा नबनेको बताउँछ।, पुलको ९१ प्रतिशत काम सकिएको इलाइट एड्भेन्चर जेभीको दाबी छ। कम्पनीका पूर्वइन्जिनियर दिनेश बटालाले कोरोना महामारीले काम रोकिएकोले पुल निर्धारित मितिमा बनिनसकेको दाबी गरे।, सडक डिभजन कार्यालय महेन्द्रनगरका साइट इन्जिनियर गणेश बुढाले अहिले पनि पुलको निर्माण जारी रहेको बताए।, ‘पुलसँग जोडिएको सडक बनाउन बाँकी छ। ठेकेदारले बनाएको सडक अनुगमन गरेपछि हामीले साँघुरो भएको भन्दै फराकिलो बनाउन भनेका छौं,’ उनले भने।, निर्माण कम्पनीले मापदण्डविपरीत पुल जोड्ने सडक बनाएपछि स्थानीय निकाय र सडक डिभिजनले ठेकेदारलाई सचेत पारेका थिए।, ‘हामीले पनि चौडाइ तोकिएअनुसार हुनुपर्ने भनेको टेरेको थिएन, अहिले अलिकति माटो हालेको होला,’ बुढाले भने।, अहिले सडक डिभिजनको अनुगमनपछि यसैमाथि माटो थपेर निर्माण कम्पनीले सडकको चौडाइ ११ मिटर पुर्‍याउने प्रयास गरिरहेको छ।, ठेक्का सम्झौता भएका यी सात वर्षमा पुल बनेन तर नदीले भने आफ्नो बग्ने बाटो फेरेको छ।, त्यसबेलाको नदीको धार हेरेर बनाइएको डिजाइन अहिले हेर्दा अर्कै देखिन्छ। अहिले खोला पुल बीचबाट बग्दैन पुलको एउटा कुनातिरमात्रै बग्छ।, नदीको बहावले पुल जोड्न बनाइएको सडकलाई असर गर्ने खतरा समेत देखिन्छ।, सडक डिभिजन कार्यालयले पनि यस्तो खतरा देखेपछि पुलको सुरक्षाका लागि एक करोड बराबरको गेभिन वाल लगाउने तयारी गरेको छ।, यो वालले पुल जोड्न सडकलाई भत्काउन बाट बचाउन पानीको बहाव पुलमुनि फर्काउने इन्जिनियर बुढाले बताए।,  , नदीले धार फेरिसक्यो, ठेक्का भएको ७ वर्षमा पनि बनेन पुल
विवेक राई पछिल्लो तीन दिनदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तीन दिनमा संक्रमण दर १२ प्रतिशतले घटेको छ।, सोमबार संक्रमण दर ४८.६७ प्रतिशत रहेकोमा आज ३६.७६ प्रतिशतमा झरेको छ। शुक्रबार कुल २१ हजार ८०८ जनाको परीक्षण गरिएकोमा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ। जबकी गत सोमबार २१ हजार २०१ जनाको परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो भनेको दुई जनाको परीक्षण गर्दा झन्डै एक जनामा संक्रमण पुष्टि हुनु हो।, इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेल नेपालमा कोरोना संक्रमण दर क्रमिक रूपमा घट्दै गएको बताउँछन्। उनका अनुसार पछिल्लो समय भीडभाडजन्य गतिविधि कम भएकाले संक्रमण दर घट्दै गएको हो।, 'जोर-बिजोरको धेरै आलोचना भए पनि आवगमन कम भएको हो। ठूला भेलाहरू पनि कम भएकाले त्यो कुराले काम गर्‍यो,' निर्देशक पौडेल भन्छन्, 'अर्को कुरा परीक्षण कम भए पनि गरिएकामध्येमा पोजेटिभ देखिने दर घट्दै गएको छ।', उनले सरकारको प्रक्षेपण पनि यो सातामा संक्रमण उत्कर्षमा पुगेर घट्दै जाने रहेको जनाए।, 'सरकारको प्रक्षेपण पनि यही साता उत्कर्षमा पुगेर कम हुँदै जान्छ भन्ने थियो। त्यसैले अब ठूला भेलाहरू भएनन् भने योभन्दा ह्वात्तै बढी नजाला,' उनले भने।, निर्देशक पौडेलले अहिलेसम्म अस्पतालको स्थिति पनि ठिकै रहेको हुँदा खराब स्थितिको सामना गर्नु नपर्ने जनाए। त्यसका लागि सर्वसाधरणले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ। आवगमनको यही स्थिति केही समय रहे संक्रमण दर विस्तारै घट्दै जाने उल्लेख गर्दै पौडेलले सर्वसाधरणले यो कुरालाई कडाइका साथ पालना गर्नुपर्ने बताए।, अहिल्यै नै संक्रमण घट्दै गएको भनेर ढुक्क हुने स्थिति भने नरहेको उनको भनाइ छ। किनभने अहिले संक्रमण घट्दै जानुमा अन्य पनि कारण रहेको उल्लेख गर्दै पौडेलले भने, 'अझै पनि धेरै जनाको परीक्षण भएको छैन। कम्तीमा ५० देखि ६० हजार जनाको परीक्षण गर्‍यौं भने ३५ देखि ४० प्रतिशत संक्रमण दर अझै पनि छ। त्यो भनेको थोरै होइन। अर्को कुरा अहिले धेरै जनाले एन्टिजेन परीक्षण गरेका छन् र त्यो सबैको रिपोर्ट भएको छैन।', अहिले घरघरमा रूघाखोकीका बिरामी रहे पनि सबैले परीक्षण नगर्ने हुँदा संक्रमणको ठ्याक्कै अवस्था कस्तो हो भनेर भन्न नसकिने निर्देशक पौडेलले बताए। जति परीक्षण गरिएका छन्, त्यसबाट पोजेटिभ हुने संख्या घट्दै गएको उल्लेख गर्दै उनले अब संक्रमण दर घट्दै जाने विश्वास व्यक्त गरे।, यही स्थितिमा संक्रमण दर घट्दै गए माघ अन्तिमदेखि अवस्था राम्रो हुने देखिन्छ। त्यसका लागि भीडभाडजन्य गतिविधिलाई रोक लगाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। सरकारले भीडभाडजन्य गतिविधिलाई कडाइ गर्न आदेश जारी गरे पनि त्यसको पूर्ण पालना हुन नसक्दा संक्रमणको जोखिम कायमै रहेको उनीहरूको भनाइ छ।, नेपालमा लागि माघ तेस्रो सातासम्म संक्रमणको जोखिमको हिसाबले अप्ठेरो स्थिति रहेको हुँदा यो बीचमा झन् सतर्कता अपाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।, सरकारले संक्रमण जोखिमलाई मध्यनजर गर्दै सवारी आवगमनमा लगाइएको जोर-बिजोर प्रणालीको भने सर्वत्र आलोचना भएको छ। जोर-बिजोरले संक्रमणको 'चेन ब्रेक' गराउने भन्दा पनि झन् भीडभाड बढाउने भन्दै चिकित्सकहरू नै त्यसको विरोधमा उभिएका छन्। त्यसैले अब जोर-बिजोर प्रणालीलाई के गर्ने भनेर नयाँ टुंगो गर्न उपत्यकाका तीनवटै जिल्ला सिडिओहरूले आज छलफल गर्ने भनिएको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले केहीबेरमा छलफल सुरू हुने भन्दै यसबारे निर्णय आउने जनाए।, नेपालमा कोरोना संक्रमण घट्दै गएको हो?
सेतोपाटी संवाददाता नेपाल प्रहरी र थानकोट जेसिजले साताव्यापी निःशुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। , समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिकाको सहकार्यमा हाल नेपालमा तीव्र रूपमा बढ्दै गइरहेको कोरोना संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको हो। , एक साता लामो कार्यक्रम चन्द्रागिरिको विभिन्न वडा थानकोट, चेकपोष्ट, बलम्बु, गुर्जुधारा, सतुंगल, तीनथाना, नैकाप, दहचोकलगायत क्षेत्रमा कार्यक्रम गरिएको थानकोट जेसिजका अध्यक्ष रोसन दानीले बताए।  , अध्यक्ष दानीले आफ्नो टोल समुदायमा जनचेतनामूलक अभियान सञ्चालन गरेकोमा थानकोट जेसिजका सदस्यहरू र प्रहरीलाई धन्यवाद व्यक्त गरे। , कार्यक्रमा बोल्दै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले पछिल्लो समय मुलुकमा बढ्दै गएको कोरोना संक्रमणबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान फलदायी हुने विश्वास व्यक्त गरे। , उनले कोरोना महामारीमा स्थानीय सरकारको भूमिका सक्रिय हुनुपर्ने बताए।, कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले समाज रूपान्तरणमा जेसिज अभियान महत्वपूर्ण सावित हुँदै गइरहेको बताए। , कार्यक्रमा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक दिल्ली नारायण पाण्डेले एक साता लामो कार्यक्रमले आम नागरिकको स्वास्थ्य सुरक्षामा प्रभावकारी भूमिका खेलेको बताए।, कार्यक्रमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष बालमुकुन्द विडारीले कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान फलदायी रहेको विश्वास व्यक्त गरे।, साताव्यापी निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा फरार रहेका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने ४९ वर्षीय कमलकुमार सिंहलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार सिंहले विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी, बहाना बनाएर साझेदारीमा जग्गा खरिद गर्ने, व्यापार गर्ने भनी झुक्याएर ६० लाख रकम लिएको खुलेको छ। , त्यसरी रकम लिएर पैसा फिर्ता गर्नेक्रममा बैंकमा रकम नभएको खाताको चेक काटेर दिँदा बाउन्स भएको प्रहरीले जनाएको छ। चेक बाउन्स भएपछि पीडितले काठमाडौं परिसरमा पुस ७ गते जाहेरी दिएका थिए। , अनुसन्धानको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।, उनीमाथि थप अनुसन्धान गर्न परिसरले शुक्रबार उच्च अदालत पाटनबाट सात दिन हिरासतमा राख्न अनुमति समेत मागेको छ। , यसअघि पनि सिंहले एक व्यक्ति यसैगरी ६१ लाख रुपैयाँ चेक बाउन्स मुद्दामा ठगी गरेका थिए। उनलाई उच्च अदालत पाटनले गत वर्ष पुस १५मा १५ लाख धरौटी मागेको थियो। तर उनले बुझाउन नसक्दा उनी डिल्लीबजार कारागार चलान भएका थिए। , उनले अरू व्यक्तिहरूलाई पनि ठगेको हुनसक्ने भन्दै पीडितहरू प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेको छ। ‍, ६१ लाखको चेक बाउन्स मुद्दामा फरार आरोपित पक्राउ
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले नागरिकता दुरूपयोग गरेर राजश्व छली गरेको अभियोग लागेका उमाशङ्कर रायभरलाई २५ हजार धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ।, न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले आज राजश्व चुहावटमा प्रत्यक्ष हानी नोक्सानी गर्ने कार्यमा संलग्नता नदेखिएको र रायभरको नाममा सरोजकुमार मिश्रले लाभ लिएको देखिएको निश्कर्ष निकालेको हो ।, अदालतले पाटन उच्च अदालतको ७५ लाख धरौटी माग गर्ने निर्णय बदर गरेको छ। आदेशमा भनिएको छ, ‘राजस्व चुहावटमा प्रत्यक्ष हानी नोक्सानी गर्ने कार्यमा संलग्नता रहेको नदेखिनुको अतिरिक्त सो विगोको दावी अन्य मुख्य प्रतिवादी उपरसमेत रहेको तथा निवेदकको आर्थिक अवस्था पारिवारिक स्थिति र कसूरबाट सृजित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु, तथ्य र निवेदकको संलग्नताको स्थितिसमेतको रोहबाट निवेदक प्रतिवादीबाट रु २५ हजार नगद वा जेथा धरौटमा गर्नु उपयुक्त छ।’, सामान्य आर्थिक अवस्था भएका र पाँच कक्षा पास गरेका रायभरलाई पाटन उच्च अदालतले ७५ लाख रूपैयाँ धरौटी बुझाउने आदेश गरेको थियो। उक्त रकम बुझाउन नसकेर रायभर गत वर्ष फागुन १९ देखि ललितपुरको नख्खु कारागारमा रहेका छन्। रायभरले आफू दोषी नभएको उल्लेख गर्दै थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।, बाराको परवानीपुर–१ मा ऐलानी जग्गामा बनेको कच्ची घरमा बस्दै आएका रायभरमाथि करिब २८ करोड राजस्व छलीको आरोप लागेको थियो। जागिरका लागि दिएका नागरिकता, फोटो र हस्ताक्षरजसहित व्यक्तिगत विवरण अर्कैले दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छलेपछि उमांशकर जेल परेका थिए।, रायभरलाई २५ हजार धरौटीमा थुनामुक्त गर्न आदेश
डाक्टर आकृति कोइराला हाँसो सबैको लागि अपरिहार्य छ। यसलाई अझै राम्रो बनाउन कस्मेटिक उपचार गरिन्छ। , कस्मेटिक उपचारले सौन्दर्य बढाउनुका साथै दाँतलाई स्वस्थ्य र बलियो बनाउँछ। , दाँतको बिचमा ग्याप छ भने त्यो ठाउँमा खाने कुरा अड्किने, गिजा सुन्निने र किराले खाने समस्या हुनसक्छ। यस्तो ग्याप भर्ने हो भने खाने कुरा अड्किने समस्या समाधान हुनुका साथै सुन्दर देखिन्छ।, कसै कसैको दाँत पहेँलो हुन्छ। यस्तो समस्या कसै कसैको जन्मजात हुन्छ भने कुनै मान्छेको खानपिनले गर्दा हुन्छ। चुरोट, सूर्ति, खैनी सेवन गर्ने व्यक्तिको दाँत पहेँलो हुन्छ। दाँत पहेँलो हुँदा एकातिर नराम्रो देखिन्छ भने अर्कोतिर यसले समस्या पार्दै जानसक्छ। यस्तो अवस्थामा पनि कस्मेटिक उपचार गर्न सकिन्छ।, भाँचिएको दाँतलाई कस्मेटिक उपचार गरेर राम्रो बनाउन सकिन्छ। कस्मेटिक उपचार भनेकै छोटो समयमा दाँतलाई कसरी राम्रो देखाउने र स्वस्थ्य बनाउने भन्ने हो। , उपचार गरेपछि यसको हेरचाह पनि उत्तिकै जरूरी छ। त्यसकै आधारमा यो कति समयसम्म टिक्छ भन्ने हुन्छ।, यसको कुनै साइड इफेक्ट छैन। किनकि, यसले दाँतलाई राम्रो मात्रै देखाउने भन्ने होइन, दाँतको कामका लागिसमेत सहयोग गर्छ। प्राकृतिक दाँत  जस्तै देखाउने यसको प्रयास हुन्छ।, हरेक ६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ। सामान्य अवस्थामा समेत ६ महिनामा परीक्षण गरेको राम्रो हो। कस्मेटिक उपचार गरेकाले पनि नियमित परीक्षण गर्नुपर्छ।, दाँतमा फोहोर जमेको हुन्छ। यदि त्यसलाई सफा गर्न सकिएन भने त्यो ढिक्का भएर जम्छ र गिजा सुनिन्छ। त्यसैले बेला बेलामा दाँत सफा गर्न जरूरी हुन्छ। दाँत र गिजा बिचको फोहोर झिक्दा केही समय दाँत हल्लिए जस्तो हुन्छ। त्यसकै आधारमा दाँत हल्लियो भन्नु गलत बुझाई हो। विस्तारै यो ठीक हुँदै जान्छ।, दाँतको कस्मेटिक उपचार किन जरूरी छ, दाँत सफा गर्दा कमजोर हुन्छ कि, हुँदैन लगायतका विषयमा केन्द्रित रहेर हामीले अल्का डेन्टल होम (अल्का अस्पताल) मा कार्यरत दन्त रोग विशेषज्ञ डाक्टर आकृति कोइरालासँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस्..., यो पनि हेर्नुहोस्, प्रत्येक १० बालबालिकामध्ये झण्डै ९ जनाको देखिन्छ दाँतमा समस्या, उपचार कसरी गर्ने (भिडिओ), बांगोटिंगो दाँतलाई कसरी मिलाउने? (भिडिओ), सफा गर्दा दाँत कमजोर हुन्छ? (भिडिओ), दाँतको दुखाइबाट कसरी जोगिने? (भिडिओ), के हो दाँतको कस्मेटिक उपचार, कसरी गर्ने? (भिडिओ)
सेतोपाटी संवाददाता सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिङ्गे गैंडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकोमा नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ।, एकसिङ्गे गैंडा मरेपछि निर्माण व्यवसायीलाईसमेत आरोपित गरी गैरकानुनी रूपमा कारबाही अगाडि बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।, निर्माण कम्पनी इन्डो-सगुन जेभीबाट सडक निर्माण गर्ने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र सम्झौता बमोजिम नै निर्माण कम्पनीले अनुशरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ।, सडक डिभिजन कार्यालय भरतपुर अन्तर्गतको आयोजनाको निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतका क्रममा भएको मृत्युको तथ्यलाई तोडमोड गरिएको महासङ्घका महासचिव रोशन दाहालले दाबी गरे। ‘तथ्य तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानुनविपरीत हुनेगरी अनुसन्धानको नाममा पक्राउ पूर्जी जारी गर्ने, दुःख, हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माणमा अहोरात्र खटिएका व्यवसायीको मनोबल गिराउने र निर्माण क्षेत्रलाई अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासङ्घको ठहर छ,’ उनले भने।, निर्माणस्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्ण रूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकाले नाली नपुरिएको र सम्झौताबमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपाय अनुशरण गरी आयोजनाको नियमित सुपरीवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेको महासंघले जनाएको छ।, यस्तो अवस्थामा प्राकृतिक रूपमा घटना भएको तथ्य जगजाहेर हुँदाहुँदै निर्माण व्यवसायीलाई नियोजित रूपमा आरोपित गरी झुठा लाञ्छना लगाई व्यवसायीलाई मानमर्दन गरिएको उसको दाबी छ।, घटनालाई लिएर निर्माण कम्पनी इन्डो–सगुन जेभीका प्रतिनिधि सहदेव खड्कालाई अनुसन्धानका नाममा झूठा लाञ्छना लगाई पक्राउ गर्ने लगायतका काम कारबाही रोक्न महासङ्घले माग गरेको छ। भविष्यमा समेत पूर्वाधार विकास निर्माण हुने क्षेत्रमा प्राकृतिक रूपमा हुने यस्ता घटनामा निर्माण व्यवसायीलाई आरोपित गर्ने कार्य नगर्नसमेत महासङ्घले नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।, विश्वमै दुलर्भ एकसिङ्गे गैंडाको मृत्युबाट महासङ्घसमेत दुःखी भएको विज्ञप्तिमा उल्लेख छ। घटनाको छानविन गर्न वन मन्त्रालयले गठन गरेको छानविन समितिमा महासङ्घका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकोसमेत संलग्नता हुनेगरी एक निष्पक्ष एवं स्वतन्त्र छानविन समिति गठन गरी घटनाको बिना कुनै पूर्वाग्रह सत्यतथ्य सार्वजनिक गर्न महासङ्घले माग गरेको छ। रासस, गैंडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेको भन्दै निर्माण व्यवसायी महासंघको आपत्ति
सेतोपाटी संवाददाता सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरूद्धको ‘बुस्टर’ डोज दिन थालेको छ।, भाइरसविरूद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।, स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ।, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको  सिफारिसका आधारमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको हो।, बुस्टर डोजअन्तर्गत पहिलो र दोस्रो मात्राअन्तर्गत कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिने, पहिला मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका दिन मन्त्रालयले पत्राचार गरेको छ।, यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, अस्ट्राजेनिका, भेरोसेल, मोडर्ना, फाइजर खोप लगाएकाको हकमा दोस्रो मात्राका रुपमा कोभिसिल्ड, अस्ट्राजेनिका खोप प्रदान गर्नसमेत अनुरोध गरिएको छ।, मन्त्रालयले माघ २ गतदेखि पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज प्रदान गरेको थियो। अहिलेसम्म बुस्टर डोज दुई लाख ९९ हजार नौ जनालाई लगाइएको छ। रासस, सरकारले दिन थाल्यो ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। , धरान उपमहानगरपालिका-९ की ७६ वर्षीया महिलाको कोरोनाका कारण शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। , ती महिला मधुमेहकी बिरामी थिइन्। कोरोना पोजेटिभ देखिएपछि शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन्। , कोरोनाको खोप लगाएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको बिपीका सहप्रवक्ता चुरामणि पोखरेलले बताए।, मृतकको शव नियमानुसार व्यवस्थापन गरिएको उनले बताए।,  , बिपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु
सेतोपाटी संवाददाता सरसफाइ सम्बन्धी न्यूनतम् मापदण्डसमेत पालना नगरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले सुनसरीको एउटा पानी उद्योग शिलबन्दी गरेको छ। , इनरुवा-२ स्थित जयप्रकाश जल उद्योगमा कार्यालयले शिलबन्दी गरेको हो। ‘जेपी’ ब्राण्डको प्रशोधित पानी उत्पादन गर्ने उद्योगले सरसफाइलमा न्यूनतम् मापदण्ड पनि पूरा नगरेको, यसअघि पनि अनुगमनको क्रममा दिइएको निर्देशन पालना नगरेको पाइएपछि शिलबन्दी गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए। उनका अनुसार शुक्रबार सो उद्योगमा शिलबन्दी गरिएको हो।, कार्यालयको टोलीले इनरुवा–४ मा रहेको आर एन डिपार्टमेन्ट स्टोरलाई जरिवाना पनि गरेको छ। भन्सार छली गरेर ल्याएको सामानहरू राखेको र ती वस्तुहरूको बिलबिजक नदेखाएपछि उपभोक्ता संरक्षण ऐन अनुसार १० हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख पोखरेलले बताए।, पछिल्लो समय खुद्रा पसल, होलसेल र डिपार्टमेन्ट स्टोरहरूमा बिस्कुट, चिनी, भुजिया, कुरकुरेलगायतका खाद्यवस्तु क्यारिङमार्फत् भन्सार छली गरी तस्करी गरेर ल्याउने गरेका छन्।, अनुगमन टोलीले धरान १७ मा रहेको सर्जिकल सप्लायर्सलाई पनि २० हजार रुपैयाँ जरिवाना गरेको छ। एडी ट्रेड एण्ड सप्लायर्सले भन्सार छली गरेर विभिन्न सामाग्रीहरू ल्याएको पाइएपछि जरिवना गरिएको कार्यालयले जनाएको छ।, सरसफाइ मापदण्ड मिच्ने पानी उद्योगमा शिलबन्दी
सेतोपाटी संवाददाता झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर शनिबार दिउँसो दुई वर्षीया छोरीको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन्।, घरमा पार्किङ गरेर राखेको मे१त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन्।, घाइते उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो।, उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।, बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ। , खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ।, महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन्। , खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १० गते जारी गरेको सूचनाअनुसार आजदेखि माघ २० गतेसम्म विद्यार्थीका लागि खोप कार्यक्रम सञ्चालन गर्नेअनुरुप कामपाले खोप कार्यक्रमका लागि स्थान निर्धारण गरेको हो।, कोराना महामारीका कारण अहिले देशभरिका विद्यालय बन्द छन्। खोप कार्यक्रमका लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन कामपाले सबै विद्यालयलाई अनुरोध गरेको छ।, हाल कामपामा १२ देखि १७ वर्ष उमेर समूहका झण्डै ६५ हजार बालबालिका छन्। झण्डै ५० हजारले पहिलो चरणको खोप प्राप्त गरेको शिक्षा अधिकारी सुवेदीले जानकारी दिए। हाल कामपामा ९० सामुदायिक विद्यालय छन् भने ५०० भन्दाबढी निजी विद्यालय छन्। रासस, काठमाडौंका १२ देखि १७ वर्षका विद्यार्थीलाई दिन थालियो खोप
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन्।, बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले सेतोपाटीलाई जानकारी दिए। , मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका-१२ घर भई काठमाडौं बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर खत्री छन्।  , उनी कीर्तिपुर नगरपालिका-१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए। , एक महिनादेखि उनी त्यहीँ भवनको पाँचौ तलामा  बस्दै आएको प्रहरी नायब उपरीक्षक पोखरेलले सेतोपाटीलाई बताए। , ‘उनी एक महिनादेखि ठेकेदारमार्फत् काम गर्न त्यहाँ बस्दै आएका थिए। कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन्,’ उनले भने, ‘रंगरोगनको काम गर्ने व्यक्ति हुन्। गएराति खाना खाएर चुकुल लगाएर सुत्नुभएको रहेछ।’, बिहीबार बिहान अरू साथीले उनलाई उठाउन खोजेका थिए। तर उनी अबेरसम्म पनि नउठेपछि प्रहरीलाई बोलाइएका थिए। , प्रहरीलाई बोलाएर भेन्टिलेटर काटेर हेर्दा खत्री मृत अवस्थामा फेला परेका हुन्।, प्रहरीले घटनास्थलबाट शव उठाइसकेको छैन। उनको मृत्युको कारण खुलिसकेको छैन।, शव उठाउन उनका आफन्तलाई कुरिरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। ,   ,  , कीर्तिपुर नगरपालिका भवनभित्र मृत भेटिए एक पुरूष
रासस सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सुरूङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्। , आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरूङ मार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।, बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।, उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारुको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुङ्गा पठाइएको छ।, आज बिहान करिब ४/५ बजेको समयमा सुरूङभित्र पेनस्टक पाइप बिछ्याउन जाने क्रममा सामग्रीसहित चार जना मजदूर चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ।, घटनामा परेका अन्य दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए।, हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य निर्माण सामग्रीका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ।, सुरूङ मार्गभित्र मानिसका साथै निर्माण सामग्री ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ।, जलविद्युत आयोजनाको सुरूङ मार्गमा मजदूर बेपत्ता
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमण कम हुँदै गएपछि प्रतिबन्धहरू हटाइएका छन्।, बिहीबार दिल्ली विपद् व्यवस्थापन निकाय (डिडिएमए)ले सप्ताहन्त कर्फ्यु हटाउने निर्णय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।रात्रिकालीन कर्फ्यू भने जारी छ।, यस्तै पसलहरू खोल्न लागु गरिएको जोर-बिजोर प्रणाली पनि हटाएको छ।  , दिल्लीका गभर्नर अनिल बैजलको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९को अवस्थाबारे समीक्षा गरेको थियो। कोरोना अझै बढ्दै गए कडाइ गर्नेबारे पनि छलफल भएको थियो।, बैठकमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि उपस्थित थिए। , बैठकको निर्णय आदेश सार्वजनिक भएपछि कार्यान्वयनमा आउनेछ। आदेश बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा आउने हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यसअघि भने पहिलेकै आदेश जारी रहनेछ। , डिडिएमएले विवाहमा २०० जना सम्ममात्रै भेला हुन पाउने निर्णय गरेको छ। यसअघि २० जना सम्ममात्रै भेला हुन आदेश थियो। , बार तथा रेष्टुरेन्टहरूले पनि ५० प्रतिशत ग्राहक राखेर सञ्चालन गर्नुपर्ने भएको छ।, विद्यालय तथा कलेजहरू भने अझै पनि बन्द रहेनछन्। ,  , दिल्लीमा हटाउन थालियो कोरोना रोक्न लगाइएका प्रतिबन्ध