content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता ६ करोड २५ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जना सञ्चालक समितिका अध्यक्षलाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , पक्राउ पर्ने काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्षहरू हुन्। , काठमाडौं-३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र काठमाडौं-१६ बस्ने शिव पाण्डे पक्राउ परेका हुन्। उनीहरूलाई ब्युरोले गत बुधबार नै पक्राउ गरेको महतोले बताए।, सहकारीका निक्षेपकर्ता सदस्यहरूले संस्थामा बचत तथा आवधिक खाता खोलेर जम्मा गरेको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ।, सहकारीबाट उठेको रकम सहकारी संस्थाको खातामा नराखी उनीहरूले आफूखुसी आफ्नै परिवार सदस्य तथा आफन्तहरूको नाममा राखेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। , प्रारम्भिक अनुसन्धानबाट १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रकम हिनामिना गरेको प्रहरी उपरीक्षक महतोले बताए।     , निक्षेपकर्ताहरूले भुक्तानी फिर्ता माग्न जाँदा सहकारी संस्थामा ताला लगाएर उनीहरू फरार भएका थिए। , ब्युरोमा जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट अन्य बचतकर्ताहरू पनि ठगिएको हुनसक्ने भन्दै ब्युरोको सम्पर्कमा आउन अनुरोध गरेको छ। , ६ करोड २५ लाख ठगी गरेको आरोपमा सहकारीका दुई अध्यक्ष पक्राउ
खिलानाथ ढकाल सोमबार राति १०:४५ मा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज कतार उड्न लागेको थियो।, क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडानको तयारी गरिरहेको थियो। त्यहीबेला एक जना युवक विमानभित्रको बिजनेस क्लासको सिटमा बिना कागजात पुगेका थिए।, विमानस्थल स्रोतका अनुसार ती युवक थिए, रौतहटका १८ वर्षीय हस्पम आलम। उनी टिकट र पासपोर्टबिनै जहाजभित्र पुगेका थिए।, उडान कर्मचारीले उनी जहाजभित्र छिरेको देखेपछि कागजात माग्न पुगेका थिए। कागजात नभेटिएपछि कर्मचारीले प्रहरीलाई बोलाएर जहाजबाट झारेका थिए। यसरी झार्दा वाइडबडी जहाज डेढ घन्टा डिले भएको थियो।, नेपाल वायुसेवा निगमका एक वरिष्ठ पाइलटका अनुसार बोर्डिङ भइरहेका बखत आलम सुटुक्क छिरेका थिए।, ‘उनी छिरेको चेकजाँचमा संलग्न प्रहरीले देखे वा देखेनन् सुरक्षाकर्मीले जानुन्,’ ती पाइलटले सेतोपाटीसँग भने, ‘तर, जहाजभित्र सिटमा बसिसकेको अवस्थामा सुरक्षाकर्मी बोलाएर उनलाई झार्नुपरेको थियो।’, यसरी संदिग्ध तरिकाले वाइडबडी जहाजभित्र छिरेका आलम यसपटक मात्रै होइन, एक महिनाअगाडि पनि त्यसरी नै उनलाई फर्काउनु परेको थियो।, आलम अहिले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा छन्। यो घटनाले विमानस्थल सुरक्षामा भने चुनौती दिएको छ।, ती पाइलटका अनुसार सात-आठ जना प्रहरी आएर आलमलाई लिएर गएका थिए। यो प्रकरणले उडान नै प्रभावित भयो र राति १२ बजेपछि मात्रै वाइडबडी कतार उड्यो।  , कोही व्यक्तिलाई आन्तरिक तथा बाह्य उडान कुनैमा कागजात र टिकटबिना जहाजस्थलभित्र छिर्न दिइँदैन। तर, उनी कागजातबिना दुई पटकसम्म कसरी अन्तर्राष्ट्रिय उडानको जहाजभित्रै पुगे भन्ने अनुसन्धानको घेरामा छ।, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले घटनाबारे अनुसन्धान भइरहेको बताए।, ‘एक जना व्यक्ति यसरी जहाजभित्र छिरेपछि कसरी पुगे भन्ने अनुसन्धानको विषय भयो नै, हामी यसबारे गम्भीर रूपमा छानबिन गरिरहेका छौं,’ ढकालले भने।, आलमलाई विमानस्थल सुरक्षा कार्यालयले पठाएपछि हिरासतमा राखिएको गौशाला वृत्त एक अधिकृतले जानकारी दिए।, ‘विमानस्थल सुरक्षा कार्यालयले यदाकदा केही घटना हुँदा हामीलाई पठाउने गरेको छ, हामीले उनलाई हिरासतमा राखेका छौं,’ उनले भने।, उनका अनुसार आलम साधारण व्यक्ति देखिन्छन्। उनी आफू विदेश जान हिँडेको बताइरहेका छन्।, ‘मानसिक सन्तुलन गुमाएको व्यक्तिजस्तो देखिन्छन्, तर स्वास्थ्य परीक्षण नगरीकन त्यो भन्न सकिएन,’ उनले भने, ‘उनी कसरी विमानस्थल पुगे भन्ने कुरा सुरक्षा कार्यालयले गरिरहेको छ।’, स्रोतका अनुसार आलम यसभन्दा अगाडि पनि गौशाला वृत्तमा पुगेका थिए। उनलाई यसअघि कारबाहीबिनै छोडिएको थियो।, ‘हामीकहाँ दुई तीन चोटि आइसकेको व्यक्ति रहेछन्, अहिले हामी पनि उनको बारेमा अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘अदालतबाट म्याद थप भइसकेको छ।’, के मुद्दामा म्याद थप भएको भन्नेबारे उनले खुलाएनन्।, ‘यी व्यक्ति विमानस्थलको कुन क्षेत्रबाट कसरी भित्र छिरे र बोर्डिङसम्म पुग्दा सुरक्षाकर्मीले किन रोक्न सकेनन् भन्नेबारे अनुसन्धान भइरहेको छ,’ ती पाइलटले भने।, विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार उनी विमानस्थलको दक्षिण क्षेत्र, जहाँ जहाजको नयाँ पर्किङ छ, त्यहाँको तारबार नाघेर आएको देखिएको छ।, ‘यो पहिलो पटकको घटना होइन, उनी दोस्रो पटक आएको बुझिएको छ,’ ठाकुरले भने, ‘उनी तारबार नाघेर आएको सिसिटिभी फुटेजमा देखिन्छ।’, तारबार मर्मतको काम भइरहेको र पूरा भइनसकेको अवस्थामा उनले त्यो ठाउँ रोजेको देखिएको ठाकुरले बताए।, ‘उनी मानसिक सन्तुलन ठिक नभएको व्यक्ति भनिएको छ, तर दोस्रो पटक आएको देखिन्छ,’ उनले भने, ‘सत्यतथ्य के हो हामी प्रहरीबाट जानकारी लिँदैछौं, यसरी विमानस्थलभित्र आउने, जहाज चढ्ने उनको वास्तविकता के हो, रौतहटको प्रहरीसँग कुरा भइरहेको छ।’, त्रिभुवन विमानस्थलमा पासपोर्ट र टिकटबिना युवक जहाजभित्र पुगेपछि खैलाबैला
सेतोपाटी संवाददाता झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , मेचीनगर नगरपालिका-८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। सोही ठाउँका १७ वर्षीय बलबहादुर मगर घाइते भएका छन्।, श्याम र बलबहादुरलाई मंगलबार राति मे १०प २२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलले ठक्कर दिँदा उनीहरू दुबै जना घाइते भएका थिए। , घाइतेहरूको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो। उपचारको क्रममा श्याम मगरको मृत्यु भएको हो।, मेचीनगर-१० का मोटरसाइकल चालक अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।, झापामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
राजु विश्वकर्मा/रासस जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन्। , सो मार्गमा चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन्।, भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरुले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई पठाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए।, ‘कोंकण र हामीबीच सहमति भएरै उद्घाटनको मिति मार्च १ तय गरेर दूतावासमा पठाएका हौं’, उनले भने, ‘तर दूतावासले उद्घाटनको मितिको प्रस्ताव नेपाल सरकारबाट आउनुपर्ने बताइरहेको छ।’, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उद्घाटनको मिति तय गर्न ढिलाइ भइरहेको उनको कथन छ।, ‘उद्घाटनको ढिलाइका कारण मात्र रेल चलाउन समस्या भएको छ’, महाप्रबन्धक झाले भने, ‘नभए रेल चलाउन कुनै समस्या अब छैन्, हामीले सबै तयारी गरिसकेका छौं।’ उद्घाटन भए लगत्तैबाट नियमित रेल चलाउँछौं, अब ढिलाइ नहुने उनले भने।, सेवा उद्घाटन नभएसम्म नियमित बिना यात्रु (ड्राई सेवा) भने गत फागुन १ गतेदेखि सञ्चालन हुँदै आएको छ। अहिले बिना यात्रु दैनिक जयनगरदेखि कुर्था र कुर्थाबाट पुनः जयनगर रेल सेवा सञ्चालन भइरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।, नियमित रेल चलाउन रेल्वे लिक कब्जा गरिएका ठाउँ खाली गराइएको छ भने हाटबजार लिकमा लगाउन बन्द गराइएको छ। अनुमति बिना रेल्वे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी काममा खटिएको छ।, रेल्वे लिकमा छाडा छाडिने पशु चौपाया, मानव आवागमन, जथाभावी बाटो लगाउने जस्ता समस्या समाधान गर्न रेल्वे ड्राई सेवा सञ्चालन गरिएको उल्लेख गर्दै महाप्रबन्धक झाले यसबाट लामो समयदेखि थन्किएको रेल सेटको अवस्था कस्तो छ त्यसबारेमा समेत प्रष्ट हुने बताए।, सञ्चालनका लागि दुबै रेलको इन्जन र बोगी एउटैमा जोडिएको छ। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो। रेल चलेपछि हालका लागि ६० जना नेपाली र १४ जना भारतीय कर्मचारी आजदेखि काममा खटिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।, भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुंगो लागेको छ । जसमा १४ जना भारतीय कर्मचारी आइसकेको र बाँकी उद्घाटनपछि आउने महाप्रबन्धक झाले बताए। रेल उद्घाटनपछि सुरूको पहिलो १५ दिन एक पटक आउने र जाने गरी रेल चलाउने र त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा २/३ पटक सम्म पनि रेल चलाउन सकिने तयारी गरेको महाप्रबन्धक झाले बताए।, भारत सरकारको आठ अर्ब ७७ करोड (नेपाली रुपैयाँ) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेल मार्गमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेसनबाट ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको थियो।, सो रेलमा एक हजार २०० देखि एक हजार ३०० यात्रुसम्म बसेर/उभिएर यात्रा गर्न सक्छन्। यात्रुबाहक रेल भएकाले यसमा यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ।, नेपालमा राणाकालमा वि.सं. १९९४ सम्म जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालमा प्राविधिक कारणले बन्द भएको थियो। झण्डै एघार वर्षपछि पुनः रेल सेवा सुरू गर्न लागेको हो।, उद्घाटनको पर्खाइमा रेल सेवा
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ गरेको छ। , ४५ वर्षीय सतिस पर्सोत्तम सजननीलाई विभिन्न देशको मुद्रासहित पक्राउ गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।, सजननी बुधबार दिउँसो साढे दुई बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ५४० द्वारा काठमाडौंबाट दुबई जान लागेका थिए। , विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मसिनमा चेकजाँच गर्ने क्रममा विभिन्न विदेशी मुद्रासहित उनलाई पक्राउ गरिएको श्रेष्ठले बताए।, सजननीको  ब्यागबाट २० हजार १५०अमेरिकी डलर, ३१ हजार ६०० नेपाली रुपैयाँ, १ हजार ३५५ युएई दिरामलगायत अन्य देशको मुद्रा पनि फेला परेको एसपी श्रेष्ठले बताए।, उनले अवैध रूपमा मुद्रा विदेश लैजान लागेको प्रहरीको भनाइ छ।, उनीमाथि थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको कार्यालयले जनाएको छ।, २० हजार अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ परे भारतीय नागरिक
सेतोपाटी संवाददाता सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन्। सुरूआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरूको भनाइ छ। , भरतपुर अस्पतालका  हेपाटोलोजिष्ट डा. रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताउँछन्। ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उनको भनाइ छ। , नेपालमा कलेजो रोगको विषयको ज्ञान भएका कमै चिकित्सक रहेका छन्। यसै विषयमा डिएम गरेका श्रेष्ठले नेपालमा नौ जनाले मात्रै हेपाटोलोजिमा डिएम गरेका चिकित्सक रहेको जानकारी दिए। वीर अस्पतालबाट डिएम सकेपछि छात्रावृत्ति करारमा यहाँ आएका श्रेष्ठले आम नागरिकलाई रोगका लक्षण देखिएमा समयमै उपचार गर्न सुझाव दिए।, बिहान बेलुकाको समयमा मौलाकालिका अस्पतालमा सेवा दिँदै आउनु भएका श्रेष्ठले भने, ‘सामान्य लक्षणलाई बेवास्ता गर्दा कलेजोको दीर्घरोग झेल्नुपर्ने अवस्था आउने गरेको छ।’ उनले अगाडि थने, ‘कलेजो रोग लागेपछि लक्षण देखिएकै हुन्छन्। तर हल्का रुपमा लिँदा पछि गम्भीर बन्न सक्छ।’ उनले अगाडि भने, ‘बिरामीले सुरुकै अवस्थामा गम्भीर रुपमा नलिँदाको परिणाम कलेजोको दीर्घरोग हुन्छ।’, सामान्य भाषामा भन्नु पर्दा जण्डिस् (पहेँलो रोग) लागेर आँखा, शरीर पहेँलो हुने, खान मन नलाग्ने, थकाई लाग्ने, आलस्यता हुने कलेजो रोगका मुख्य लक्षण भएको उनको भनाइ छ। कलेजो रोग दीर्घरोगमा परिणत भइसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रंग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षण देखिने गरेको श्रेष्ठले बताए। , कलेजो रोगबाट बच्नका लागि खानपिनमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउँदै उनले भने, ‘पोषिलो खानेकुरा खानुपर्छ। सामान्यतया हाम्रो भान्सामा पाक्ने माछा, मासु, अण्डा, गेडागुडी, सागसब्जी, फलफूल, दाल भात तरकारी सबै खान सकिन्छ। यस्ता खानेकुराले नै कलेजोलाई बलियो बनाउँछ।’ धूमपान, मद्यपान, लागुपदार्थ जस्ता वस्तुले कलेजोलाई हानी गर्ने भन्दै उनले भने, ‘कलेजो रोगका बिरामीले यस्ता वस्तु बार्नैपर्छ, अर्थात् खानै हुँदैन । यी वस्तुको सेवनले कलेजोको दीर्घरोग बनाउँछ।’, मादक पदार्थको सेवनले ‘अल्कोहलिक लिवर डिजिज’ बनाउने र पछि गएर सिरोसिस (कलेजोले कामै नगर्ने अवस्था) बन्ने श्रेष्ठको भनाइ छ। यस्तो अवस्थामा कलेजो प्रत्यारोपणको विकल्प नहुने श्रेष्ठको भनाइ छ। बालबालिकामा पनि कलेजो रोग हुने भन्दै उनले अगाडि भने, ‘जण्डिसका कारणले, जन्मजात पनि बालबालिकामा कलेजो रोग हुनसक्छ।’ बुढ्यौली उमेरमा धेरैजसो मादक पदार्थले गर्दा नै कलेजो बिग्रिने चिकित्सकको भनाइ छ। , कतिपयमा कलेजोको क्यान्सरसमेत हुन्छ। मादक पदार्थ सेवा नगर्नेमा पनि कलेजोको सिरोसिस हुनसक्नेतर्फ उनले सचेत गराए। उनले भने, ‘त्यसलाई हामी नन अल्कोहलिक फ्याटीलिवर डिजिज भन्दछौं। जाड, रक्सी नखाने मानिस तर कलेजोमा बोसो जमेर सिरोसिस हुनसक्छ।’ मोटोपन, मधुमेह, उच्च रक्तचाप भएका, कोलेस्ट्रोलको मात्रा बढी भएकोमा पनि कलेजोको रोग देखिन सक्ने उनको भनाइ छ। समय समयमा कलेजो विशेषज्ञलाई परीक्षण गराएर आफ्नो कलेजोको अवस्थाबारे जानकारी लिइरहनु राम्रो हुने चिकित्सकको सुझाव छ।, समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग
रासस हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ।, यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ। नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ।, सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ। , त्यस्तै  हिमपातका कारण  सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ। हिमपात हुँदा कृषक औधी रमाएका छन्। कृषक हरिप्रसाद जैसीले भने, ‘यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो।’ , हुम्लामा बिहानैदेखि हिमपात, हवाई सेवा अवरूद्ध
सेतोपाटी संवाददाता देशभर थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार बुधबार थप ३१२ जनामा संक्रमण पुष्टि भएको हो। , ८ हजार ६९३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार १०३ जनाको पिसिआर गर्दा २५६ र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर १० हजार ९० जना सक्रिय संक्रमित छन्।, बुधबार ९११ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ।, यस्तै काठमाडौं उपत्यकामा जम्मा ८७ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये ललितपुरमा १०, भक्तपुरमा १० र काठमाडौंमा ६७ जना संक्रमित थपिएका छन्। ,  , देशभर थपिए ३१२ कोरोना संक्रमित
नवीनबाबु गुरूङ महाशिवरात्रिलाई लक्षित गरी पशुपतीनाथ मन्दिर परिसरमा सरसफाइलगायत सजावटको कामलाई तिब्रता दिइएको छ।, भित्ताहरूमा शिव भगवानका बिभिन्न चित्रकला बनाइएका छन् भने परिसर भित्रका विभिन्न संरचनाहरमा रंग लगाउने काम भइरहेको छ। , यही फाल्गुन १७ गते मंगलबारको दिन परेको शिवरात्रीका लागि अहिले देखि नै तयारी गरिएको हो । , महाशिवरात्री नजिकिएसँगै पाशुपत क्षेत्रमा सजावट (तस्बिरहरू)
सेतोपाटी संवाददाता सोलुखुम्बुमा घोडाबाट लडेर एक बालिकाको मृत्यु भएको छ। , मृत्यु हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका-४ की ८ वर्षीया सोनाम छुटिन शेर्पा छिन्। , उनीसँगै घोडामा सवार ९ वर्षीया बालिका मिङमा कान्छी शेर्पा सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। , बुधबार बिहान दुबै जना मामाको घोडामा चडेर घर जाँदै थिए। सोही गाउँपालिका-३ को लासे दोभानस्थित हिउँमा चिप्लिएर बिहान साढे १० बजे घोडा लडेको थियो। , घोडा लड्दा दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घाइतेमध्ये सोनामको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। , मिङमाको खुम्बुकै स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कवित कट्वालले बताए।,  , घोडाबाट लडेर एक बालिकाको मृत्यु
सेतोपाटी संवाददाता अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ।, १७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्।, गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।, शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।, जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन। , १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।, तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिकालाई फकाईफुल्याई गर्ने मौका पाएको देखिन्छ।, यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध बलात्कार हो।, कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन्।, प्रहरीले त्यतिबेला सबैकुरा सुनेर\बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो।, प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्रहरी हिरासतमा हुने थिए।, आफूकहाँ महिला, बालबालिकामाथि भएको बलात्कारसम्बन्धी घटना तत्काल दर्ता गरी क्षेत्राधिकार पुग्ने रहेनछ भने सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरी पठाउने कानुनी व्यवस्था भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए।, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७ को उपदफा १मा आफूकहाँ आएको कसुरसम्बन्धी सूचना अर्को प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र पर्ने रहेछ भने उतै पठाउनुपर्ने उल्लेख छ। तर सोही दफाको उपदफा २ ले कसुर गर्ने व्यक्ति उम्कन सक्ने वा प्रमाण नष्ट गर्ने सम्भावना देखे तत्काल दर्ता गरी प्रारम्भीक अनुसन्धान समेत गरेर पठाइदिन सक्ने व्यवस्था गरेको छ।, पल शाहविरूद्ध तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता
सेतोपाटी संवाददाता श्रद्धाञ्जली अर्पण गर्न गायक तथा कलाकार जयनन्द लामाको शव भोलि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ। , कलाकार दिपाश्री निरौलाले फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गर्न लामाको शवलाई राष्ट्रिय नाचघर जमल राखिने जानकारी दिएकी हुन्। , भोलि बिहान १० बजेदेखि श्रद्धाञ्जली दिइने उनले बताएकी छन्। निरौलाले गायक लामाको निधनप्रति शोक समेत व्यक्त गरेकी छन्। , यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए।  , भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए। , प्रहरीका अनुसार लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो।, प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध गएका थिए। उनी बिहान आफ्नै घर अगाडि मृत फेला परेका हुन्।, 'राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।,  , श्रद्धाञ्जलीका लागि गायक लामाको पार्थिव शरीर भोलि नाचघरमा राखिने
सेतोपाटी संवाददाता नक्कली जग्गा धनीपुर्जा देखाएर जग्गा बैना गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखा काठमाडौंले ओखलढुंगा चम्पादेवी गाउँपालिका-८ घर भई बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ३९ वर्षीय हितबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई बुधबार पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , रामेछाप मन्थली नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने कृष्णमाया घिसिङ र बुढाथोकीबीच एक वर्षअघि चिनजान भएको थियो। , बुढाथोकीले घिसिङलाई काठमाडौंको साँखुस्थित साल्खामा रहेको ८ आना जग्गा जम्मा ३५ लाखमा मिलाइदिन्छु भनेका थिए।, गत वैशाख ८ गते बुढाथोकीले आफ्नो नामको जग्गाधनी पुर्ना र नक्साको फोटोकपी घिसिङलाई दिएका थिए। , त्यसरी उनले ३५ दिनमै राजीनामा पास गराइदिन्छु भन्दै जग्गाको बैना कागज गरिसकेका थिए। त्यसबापत घिसिङबाट उनले ३३ लाख आफ्नो बैंक खातामा जम्मा गराएको प्रहरी उपरीक्षक कोइरालाले बताए। , तर त्यसपछि भने आलटाल गरी जग्गा पास नगरी झुलाइरहेका थिए। पीडितले मालपोत कार्यालय साँखुमा गएर बुझ्दा सो जग्गा बुढाथोकीको नाममा नभएको खुलेको हो। , त्यसरी आफू ठगिएको थाहा पाएपछि उनले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। , प्रहरीले अनुसन्धान गर्दा उनले नक्कली जग्गापुर्जी बनाएर ठगी गरेको भन्दै प्रहरीले उनलाई कपनबाट पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकूमा पठाएको छ।, नक्कली जग्गा धनीपुर्जा देखाएर जग्गा बैना गरी ठगी गरेको आरोपमा एक पक्राउ
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, अछाममा हुर्केका मनोज शाही कक्षामा केटाहरूको लहरमा बस्थे। बेन्चमा खजमज्ज भएर बस्दा उनलाई सकस हुन्थ्यो। केटासँग छोइएला भनेर बेन्चमै खुम्चिन्थे। उनलाई केटाहरूसँग लाज लाग्थ्यो।, अर्को लहरमा केटीहरू बसेको देख्दा उनी सोच्थे- म त्यहाँ सजिलो गरी बस्थेँ होला।, साथीहरू पनि केटी नै बनाउन चाहन्थे। मनोजलाई त्यही बेला हो आफू केटी हुँ भन्ने पहिलो आभाष भएको।, त्यो बेला उनी जम्मा १३ वर्षका थिए। उनलाई लाली, गाजल र कुर्तासुरूवाल लगाउन मन लाग्थ्यो। कपाल लामो पाल्ने रहर थियो।, सबैलाई भन्ने मन थियो- म केटीजस्तो छु। केटीजस्तै हुन चाहन्छु।, यी सबै कुरा मनमा मात्रै लागिरहे। व्यवहारमा गर्न हिम्मत भएन। केटाकै लुगा लाए। बालक भएर जन्मेकाले अरूले पनि केटा नै देखे। मनोजले आफ्नो मन पोख्न सकेनन्।, उमेर बढ्दै जाँदा उनमा केटी भाव बढ्न थाल्यो। आफ्नो मन अझै बुझ्दै जान थाले। केटी बन्ने रहरले पनि भर्‍याङ हाल्दै गयो। रातिराति लुकेर दिदीका लुगा लाएर ऐनामा आफूलाई केटी रूपमा हेर्थे। आफू पूर्ण भएको महसुस गर्थे।, किशोर उमेर बढ्दै जाँदा केटाको शौचालय जान सकस हुन थाल्यो। तर 'महिला' लेखिएको चर्पीसम्म पुग्ने आँट आएन। कक्षामा भने बेलाबखत सानो हिम्मत बटुलेर केटीहरूको बेन्चमा गएर बसिदिन्थे। तर सजाय पाउँथे।, 'व्यवहार अप्ठ्यारो छँदै थियो, मनले पनि समस्या खडा गरिदियो,' आफूलाई अहिले मोनिका शाही भनेर चिनाउने उनले भनिन्, 'दस कक्षा पढ्ने बेलामा मेरो मन एक पुरुष साथीसँग बस्यो।', त्यो उनको पहिलो प्रेम थियो। एकतर्फी प्रेम। त्यो बेला मनोज नै रहेका उनलाई बाहेक प्रेमको कुरा कसैलाई थाहा भएन। साथीका परिवारले उनलाई छोराको मिल्ने साथी भनेर माया गर्थे।, 'म भने उनको साथी मात्र हुन चाहन्नँ थिएँ। उनलाई प्रेम गर्थेँ, बिहे गर्न चाहन्थेँ। म त केटी नै थिएँ नि, तर सबैले केटा मात्र देखे,' मोनिकाले सुनाइन्। , यो प्रेमको आँधीले उनलाई खान थाल्यो। आफू केटी भएको भए ती साथीले पनि आफूलाई माया गर्थे कि! परिवार र समाजले उनीहरूको जोडी बाँधिदिन्थे कि!, उनीभित्र तूफान मच्चिन थाल्यो। मनकी केटीलाई त्यो तूफानले बाहिर हुर्याउन थाल्यो। गुस्मिन नसक्ने भएपछि विस्तारै मनोजभित्र लुकेकी मोनिका देखा पर्न थालिन्।, तर समाजले उनको नयाँ रूपमा 'खोट' देख्यो।, 'त्यसपछि त झन् धेरै पीडा भयो। मलाई छक्का, हिजडा भन्न थाले,' मोनिकाले सुनाइन्, 'पीडा यति भयो कि मलाई आत्महत्या गर्नेसम्म सोच आयो। मलाई नचिन्ने यो दुनियाँबाट छुटकारा पाइएला भन्ने सोच्थेँ।', आफ्नो पहिचानका लागि लडिरहँदा मनोजको मन कमजोर हुन थाल्यो। पढाइमा ध्यान दिन सकेनन्। एसएलसी नदिई छाडिदिए। घरको गाली सुने। आफूले मनपराएका पुरुष साथीसँगको साथ छुट्यो।, यसैबीच उनको परिवार अछामबाट कैलाली आयो। कैलाली आएको केही समयपछि उनका आमाबाको निधन भयो। दुई दाजु र दुई दिदीका कान्छा भाइ मनोजको परिवारमा आर्थिक समस्याले सताउन थाल्यो। पढाइ छाडिसकेकाले पेट पाल्नकै लागि पनि केही काम गर्नुपर्‍यो।, तर आफ्नो पहिचानकै कारण उनलाई कमाउन मुश्किल भयो। उनी जुन रूपमा बाँच्न चाहन्थे, त्यसले उनलाई बाँच्ने पैसा दिन्थेन। त्यसैले उनले आफूलाई केटाकै रूपभित्र लुकाएर जीविकोपार्जनको बाटो खोजे। यहीबीच कराते सिके। ब्याल्कबेल्ट पाए।, 'केटाको रूप हुँदै म कराते खेलाडी भएँ। धेरै प्रतियोगितामा सहभागी भएँ। पदक जितेँ,' उनले आफू खेलाडी हुँदाका दिन सम्झिँदै भनिन्।, खेलका माध्यमबाट उनी जान्नेबुझ्ने हुँदै गए। सामाजिक मुद्दामा चासो राख्न थाले। गाँउघरमा अन्याय-अत्याचार हुँदा सबभन्दा पहिले पुगेर सल्टाउन खोजे। विस्तारै उनलाई समाजले सम्मान दिन थाल्यो। समाजले आफूमाथि विश्वास गर्न थालेको देखेर उनले राजनीतिमा बाटो देखे।, उनी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे। कमल थापासँगै राजनीतिक दलका ठूला नेतासँग भेटवार्ता भयो। बाहिर घुलमिल हुने क्रममा उनले आफूजस्तै साथीहरू भेटे। नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) सँग सम्पर्क भयो।, अनि उनलाई आफू को हुँ भन्ने यकिन भयो।, उनलाई सधैं लाग्थ्यो- आफू जे हुँ, त्यही भएर बाँच्नुपर्छ। अब म खुल्नुपर्छ। मनोज भएर होइन मोनिका भनेर चिनिनुपर्छ।, यही सोचलाई उनले कैलालीकै टीकापुरमा साकार गराए।, 'मैले त्यहाँ म केटा होइन, केटी हुँ भनेर खुलाएँ। म मनोज होइन, मोनिका हुँ भने,' मनोज नाम पन्छाएर सबैका अगाडि मोनिकाका रूपमा आफू उभिएको क्षण सम्झिँदै उनले भनिन्, 'यो कुरालाई समाज, परिवार, सबैले स्वीकारे।', यसपछि मोनिकाको आत्मविश्वास चुलियो। तर नामले मात्र गरेर उनको नयाँ पहिचान खुल्थेन। त्यसैले उनी काठमाडौं आएर मन्त्रिपरिषद बैठकमा पुगिन्। त्यहाँ गएर आफ्नो पहिचानसहितको नागरिकता बनाइदिनु पर्ने माग राखिन्।, 'लैंगिक पहिचान खुलाउने ठाउँमा अन्य लेखेर मेरो नागरिकता बन्यो,' मोनिका भन्छिन्, 'अन्यबाट नागरिकता पाउने पहिलो व्यक्ति मै हुँ।', अन्य अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय।, चार वर्षअघि यसरी नागरिकता पाएपछि मोनिकालाई खुल्न सकस भएन। उनी केटीको पोशाक लाउन थालिन्। डल्लो पारेर लुकाएको कपाल फुकाइन्। आफूलाई सिँगारिन्। लाली र गाजल लाउने सपना पूरा गरिन्।, उनको यात्रा समाजसेवा र राजनीतिमा सीमित भएन। मोनिका बनेपछि उनी कलाकार पनि भइन्। थारू भाषाको फिल्म 'जाली संसार' लगायत केहीमा हाँस्य कलाकारका रूपमा अभिनय गरिन्।, यति बेलासम्म उनले आफ्नो कागजी पहिचान पाइसकेकी थिइन्। मन महिलाको थियो। स्वरूप पनि। तर शरीर केटाकै थियो।, उनलाई फेरि लाग्यो- म महिला हुँ। शारीरिक रूपमा पनि महिला नै हुनुपर्छ।, 'यसका निम्ति लिंग हटाउनु र छाती बढाउनुपर्थ्यो,' उनले भनिन्, 'शल्यक्रियाका लागि १५ लाखसम्म चाहिने भयो। मसँग त्यति धेरै पैसा थिएन।', त्यसपछि उनले पार्टी र विदेशमा भएका साथीसंगीसँग सहयोग मागिन्। सबैले मन फुकाएर सहयोग गरे। नेपालमा यस्तो शल्यक्रिया व्यवस्था नभएकाले उनी थाइल्यान्ड पुगिन्।, यसपछि मोनिका तन-मन दुवै हिसाबले महिला भइन्। आफूले चाहेको पहिचान बोकेर मोनिका थाइल्यान्डबाट नेपाल फर्किन्। त्यही दिन उनको जीवनले नयाँ मोड लियो। , राति ११ बजेतिर विमानस्थलमा मोनिका र उनकी एक साथी ट्याक्सी खोज्दै थिए। उनीहरूलाई माछापोखरी जानु थियो। बल्लतल्ल ट्याक्सी भेटे। भाडा महँगो भएपछि मिलेर जान सकिन्छ कि भनेर उनीहरूले अर्को यात्रु खोजे।, त्यही बेला मोनिकाको आँखा एक युवकमाथि पर्‍यो। छेउमा उभिएका ती युवक पनि ट्याक्सी नपाएर आजित देखिन्थे।, मोनिकाले 'तपाईं कहाँ पुग्ने हो, हामीसँगै ट्याक्सीमा गए भाडा कम हुन्छ' भनिन्। गोंगबु पुग्नुपर्ने ती युवकले स्वीकारे। अनि तीन जना एउटै ट्याक्सीमा गए।, बाटामा उनीहरूबीच परिचय आदानप्रदान भयो। ती युवक रहेछन् डडेलधुराका रमेशनाथ योगी। रोजगार खोज्दै मलेसिया गएका उनी स्वदेश फर्किएका रहेछन्।, 'कोठा नपुग्दै हामीबीच परिचय, एकअर्काको फोन नम्बर, फेसबुक आइडी सबै साटासाट भयो,' मोनिकाले त्यो दिन सम्झिन्, 'अर्को दिनबाट हामी फोनमा कुरा गर्न थाल्यौं।', त्यो एक भेटले उनीहरूलाई निकै लामो यात्राको सहयात्री बनाउने सपना देखायो। एकअर्काले मनका भाव साट्न थाले, मनपराउन थाले। रमेशसँग मन गाँसिएपछि मोनिकाले उनलाई आफ्नो कथा सुनाइन्।, आफ्नो कथाले रमेशलाई झस्काउला भन्ने डर मोनिकाको मनमा थियो। तर रमेशले भनेछन्, 'म तिमीलाई जस्तोसुकै अवस्थामा पनि छाड्दिनँ।', 'मैले सबै कुरा भनेपछि त उनले मेरोबारेमा झन् धेरै चिन्ता गर्न थाले,' मोनिकाले भनिन्, 'म पनि आफ्नो हातमा उनको नाम लेख्न थालेँ।' , उनीहरूलाई बिस्तारै एकअर्कासँग बस्न मन लाग्न थाल्यो। बिहे गर्ने निधो गरे। दुवैको घरपरिवारबीच कुराकानी भयो। रमेश र मोनिकालाई श्रीमान-श्रीमती हुन सबैले आशीर्वाद दिए।, 'हाम्रो समुदायका महिलाले कसैको श्रीमती, बुहारी हुन पाऊँला भन्ने सपनै देखेका हुँदैनौं। यति सजिलै स्वीकार्लान् भन्ने आश कहिल्यै आउँथेन। किनकी हामीलाई समाजले कहिल्यै बुझेन। कसैले बुझ्ला भन्ने आश त हामीले कहिल्यै राखेका हुँदैनौं,' यो भनिरहँदा मोनिकाका आँखाबाट बररर आँसु झरे।, मोनिकालाई रमेशसँग बिहे गरेर साधारण जीवन बिताउने मन थियो। सपना पूरा हुँदै गएको देखेर उनी दंग परिन्।, 'म असाध्यै खुसी भएँ। मैले नील हिरा समाजमा गएर हाम्रो बिहे गरिदिन भनेँ। तर कानुनले हामीजस्ताको बिहेलाई मान्यता दिएको रहेनछ। अनि संस्थाबाट खास पहल हुने देखिनँ,' मोनिकाले भनिन्।, उनलाई आफ्नो बिहेले समाजमा सकारात्मक सन्देश दिन सक्छ भन्ने लाग्यो। चलेको संस्कारअनुसार बिहे गर्नुअघि पत्रकारको उपस्थितिमा सार्वजनिक गरे खबर बन्नेछ र धेरैलाई जानकारी हुनेछ भन्ने सोचिन्।, 'मलाई मैले चिनेजानेका मजस्तै व्यक्तिलाई सहज वातावरण बनाइदिने मन थियो,' उनले भनिन्, 'हाम्रो बिहे देखेर यस समुदायका व्यक्तिलाई ऊर्जा मिलोस् भन्ने चाहन्थेँ।', उनीहरूले रिपोटर्स क्लबमा साढे सात हजार रकम तिरेर पत्रकार सम्मेलन गरे। त्यहाँ सबैका माझ आफ्नो प्रेमकथा सुनाए। जस्तोसुकै परिस्थितिमा एकअर्काको साथ नछोड्ने वाचा गरे। एकअर्कालाई फूलमाला लगाइदिए। क्लबमा आएका मानिसहरूलाई साक्षी राखेर मोनिका र रमेश श्रीमान-श्रीमती बने।, नागरिकता लिएकै वर्ष, २०७४ सालमा मोनिका र रमेशको बिहे भएको हो।, त्यसपछि दुबै रमेशको डडेलधुरास्थित घर पुगे। घर पुग्दा मोनिकाका आँसु थामिएनन्। स्वागतका लागि फूलमाला, खादाहरू। कलशमा दुबो राखिएको। दियोमा बत्ती बालिएको। मोनिकालाई भित्र्याउन तयार रमेशको परिवार।, दुलही बनेर सजिएकी मोनिकालाई सपना आँखैअगाडि पूरा भएझैं लाग्यो।, 'मलाई त्यो बेला ओहो मलाई यस्तो माया गर्ने संसार पनि छ है भन्ने लाग्यो,' मोनिकाले सम्झिन्, 'यो खुसीले मलाई के गरौं कसो गरौं भएको थियो।' , उनको खुसीले छलाङ मार्दा त्यहीँ पछारिन्छ भन्ने उनलाई थाहै थिएन।, त्यो दिन रमेश मोनिकालाई आफन्तहरू चिनाइरहेका थिए। चिनाउँदै जाँदा मोनिकाका आँखा सिन्दूर र सारीमा सजिएकी महिलामा ठोक्किए। ती महिला नाचिरहेकी थिइन्, रमाइरहेकी थिइन्, हाँसिरहेकी थिइन्। मोनिकालाई भने उनको मन र अनुहारको भावमा फरक अनुभव भयो।,  उनले रमेशलाई सोधिन्, 'उहाँ चाहिँ को हुनुहुन्छ?', रमेश एकछिन अकमक्क भए। केही बोलेनन्। निकै बेरपछि थाहा भयो, ती महिला रमेशकी श्रीमती रहिछन्। रमेशको पहिल्यै बिहे भइसकेको रहेछ।, मोनिकाको आकाश एकैपलमा धसियो। थचक्कै भुइँमा बसिन्। गला सुक्यो। सास अड्कियो। आँखा रसाए।, आफूले माया गरेको, आफूलाई माया गर्ने सोचेको मान्छेबाट यस्तो व्यवहार होला भन्ने उनले कल्पनै गरेकी थिइनन्। अधिकारको आवाज उठाउँदै हिँडेकी उनलाई आफूले अरूको अधिकारमा बाधा हालेजस्तो लाग्यो। आफ्नै इमानमाथि प्रश्न खडा भएझैं लाग्यो।, सोधिन्, 'यति ठूलो कुरा किन लुकाएको?', रमेशले भनिदिए, 'हामीबीच यति गहिरो प्रेम थियो। तिमीले मलाई आफूभन्दा धेरै माया गर्छौ भन्ने थाहा थियो। यो कुराले म तिमीलाई चोट पुर्‍याउन सक्दिनँ थिएँ। अनि मैले झुट बोलेँ। मलाई माफ गरिदेऊ।' , मोनिकाको चित्त बुझेन। उनी रमेशलाई प्रश्न दोहोर्‍याउन थालिन्। दुईबीच भनाभन चर्कियो।, 'मलाई त्यही बेला फर्केर जाऊँ जस्तो पनि भयो। मलाई रमेशकी जेठी श्रीमती देखेर गाह्रो भइरहेको थियो। तर उहाँले यो बिहेमा म सहमत छु भनिदिनुभयो,' मोनिकाले त्यो दिन सम्झिँदै भनिन्, 'अनि मैले पनि आफूलाई केही भन्न सकिनँ। बसेँ।', बिहेपछि रमेशले जेठी श्रीमती र मोनिकालाई छुट्टाछुट्टै घरमा राखे। मोनिकाका अनुसार रमेश एक दिन जेठी श्रीमतीको घर जान्थे, अर्को दिन आफ्नो घरमा आउँथे। ओहोरदोहोर चलिरहन्थ्यो।, रमेश नभएको रात मोनिकालाई छटपटी हुन्थ्यो। आफ्नो श्रीमान सधैं आफूसँगै बसिदिऊन् भन्ने लाग्थ्यो। तर परिस्थिति र समय मोनिकाको पल्लामा थिएन। उनले यी सबै कुरा मनै राखिन्। न व्यवहारमा देखाइन्, न मुखले भनिन्।, 'म यौनिक तथा अल्पसंख्यक समुदायको भएर पनि मलाई श्रीमतीको दर्जा दिनु नै ठूलो कुराजस्तो लाग्यो,' उनले भनिन्, 'मेरा बारेमा सबै थाहा भए पनि मलाई कसैले घरकी बुहारी बनाएका थिए। मैले त्यसमै चित्त बुझाएँ।', मोनिका सासूससुरा, नन्द, देवरसँग बस्थिन्। उनलाई खाना बनाउन आउँथेन। शल्यक्रियाका कारण धेरै बल पुग्ने काम गर्न सक्थिनन्। बिहान ढिलोसम्म सुत्ने बानी थियो। कपडा आफ्नो रूचिअनुसारै लाउँथिन्।, सासूले उनलाई 'गाउँघरमा यस्तो हुन्छ, उस्तो हुन्छ' भन्दै घरका सानातिना कामकाज सिकाइन्। बिस्तारै मोनिका रमेशको परिवार र त्यो समाजको प्यारी बन्दै गइन्। , 'रमेशकी जेठी श्रीमतीको सहमतिमै हाम्रो बिहे दर्ता र नाता प्रमाणित पनि भयो। तर रमेशकी श्रीमती भएर साधारण जीवन बिताउने मेरो सपना पूरा भएन,' मोनिकाले भनिन्, 'पहिचानको कुराले होइन, सायद झुटको डोरीमा अडिएको हाम्रो सम्बन्धको गाँठो फुस्किन थाल्यो।', उनीहरूबीच असमझदारी बढ्यो। सम्बन्ध नमिठो हुँदै गयो। सँगै जीवनभर बाँच्ने कसम लिएका उनीहरू अब एकअर्कासँग बस्न नसक्ने भए। मोनिकाले कैलाली जिल्ला अदालतमा रमेश र उनको परिवारबाट अलग बस्न पाऊँ नभ्दै अंशबण्डाको मुद्दा हालिन्।, मोनिकाको पक्षमा जिल्ला अदालतका कानुनी सल्लाहकार देवीलाल चौधरीले बहस गरिदिए। फैसला मोनिकाकै पक्षमा भयो। रमेशकी श्रीमती भएकाले उनले आधा अंश पाइन्।, 'नेपालमा एलजिबिटीआइक्युआइए समुदायकी म पहिलो ट्रान्स महिला हुँ जसले अशंबण्डाको मुद्दा जितेँ,' मोनिकाले भनिन्, 'एक वर्ष भयो रमेशसँग कुराकानी भएको छैन। उनको घरपरिवारसँग भने भइरहन्छ।', मोनिका अहिले आफ्नो माइतीघर टीकापुरमा बस्छिन्। टीकापुरको महिला सञ्जालमा जोडिएर उनी घरेलु हिंसाबारे मुद्दाहरू हेर्ने र न्याय दिने काम गरिरहेकी छन्।, उनी आफ्नो कामबारे भन्छिन्, 'घरेलु हिंसा भयो भने प्रहरीलाई भन्दा पहिले मलाई फोन आउँछ।', भर्खरै मात्रै आफ्नो सहयोगबाट कैलाली जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता भएको उनले बताइन्। उनका अनुसार ती महिलाका श्रीमानले अर्को बिहे गरेर उनलाई खान-लाउन समेत दिएका रहेनछन्।, 'ती महिलाको मुद्दा दर्ता गराएर मैले न्याय दिलाएँ,' उनले खुसी हुँदै भनिन्, 'म आफूले सकेसम्म न्याय दिलाउन पहल गरिरहनेछु। मेरो अबको सपना यही हो।', उसो त उनको अर्को एउटा सपना पनि छ- सगरमाथा चढ्ने। यौनिक तथा अल्पसंख्यक समुदायबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति हुने।, यसनिम्ति आफूले सरकारलाई धेरैपटक अनुरोध गरिसकेको उनी बताउँछिन्। अनुरोध नसुनिएको गुनासो गर्दै मोनिकाले भनिन्, 'मलाई हाम्रो समुदायबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति बन्ने मन छ। मेरो समुदायका लागि प्रेरणाको स्रोत बन्ने सबै काम गर्न चाहन्छु।', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्न पाउने भएको छ।, यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही गर्न मोबाइल एप्समार्फत तत्कालै जाँच गर्न मिल्ने गरी प्रविधिको विकास गरेसँगै त्यस्ता चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको हो।, विभागले निर्माण गरेको उक्त एप्स सोमबार विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई हस्तान्तरण गरे।, कार्यक्रममा महानिर्देशक घिमिरेले एक वर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्युआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्ने बताए।, ‘एक वर्षे परीक्षणकालको अवधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गरेको रेकर्ड देखिए उक्त लाइसेन्स खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ’, उनले भने।, महाशाखाका प्रमुख जोशीले यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स जाँचका लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था उक्त एप्स निर्माणसँगै अन्त्य भएको बताए।, नक्कली लाइसेन्स बोकेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको उनको भनाइ थियो। उनले कोही कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानूनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने बताए।, नक्कली लाइसेन्स बोक्ने सवारी चालकलाई तत्काल कारबाही गरिने
सेतोपाटी संवाददाता बैतडीमा टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ।, दुर्घटनामा घाइते भएका पाटन नगरपालिका-३ का १२ वर्षीय राजु पन्तको मृत्यु भएको प्रहरीले जनाएको  हाे।, उनकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ।, पाटन नगरपालिका ३ गुरुडाबाट पाटनतर्फ आइरहेकाे बा ३ ख ४८७९ नम्बरको टिपर साेमबार दिउँसो ४ बजेतिर दुर्घटना भएको थियो।, जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा यसअघि उक्त दुर्घटनामा पाटन-३ कै ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीया ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थीकाे मृत्यु भएको हाे। मृत्यु भएका ललित, राजु र ज्ञानु विद्यार्थी हुन्। , टिपरमा ९ जना सवार रहेको बुझिएको छ। , घाइते हुनेमा स्कुले विद्यार्थी २२ वर्षका राजेश पन्त, १२ वर्षका सुनिल भट्ट, १२ वर्षका अमित विष्ट, १३ वर्षका सुदीप पन्त डडेल्धुरा अस्पतालमै उपचाररत् अवस्थामा छन्।, मृत्यु भएका तीन जना र घाइते तीन जना गरी ६ जना सिगास माध्यमिक विद्यालय गुरूडामा अध्ययनरत विद्यार्थी हुन्। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा ल्याइएको थियो।, दुर्घटनाको कारण खुलेको छैन। टिपर सडकबाट सय मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए।, घटनापछि टिपर चालक फरार रहेका छन्।, बैतडीमा टिपर दुर्घटनामा मृत्यु हुनेकाे संख्या चार पुग्याे
सेतोपाटी संवाददाता तनहुँमा ट्रकमा एक्साभेटर लोड गर्ने क्रममा करेन्ट लाग्दा सहचालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा तनहुँ ऋषिङ गाउँपालिका-५ सतङ्गुका २४ वर्षीय सोमबहादुर मगर छन्।, प्रहरीका अनुसार एक्साभेटर लोड गर्ने क्रममा हाइटेन्सन लाइनको तारले भेटेर उनी घाइते भएका थिए। घाइते भएका मगरलाई उपचारका लागि लक्ष्मीसिटी अस्पताल डुम्रे ल्याइएकोमा मृत्यु भएको थियो।, तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज अधिकारीका अनुसार पृथ्वी राजमार्ग सडकमा ग१ख ८२०८ नम्बरको ट्रकमा बा३क २६९४ नम्बरको एक्साभेटर लोड गर्दैगर्दा मगरलाई नांगो तारले छोएको थियो।, बुधबार बिहान साढे ११ बजे एक्साभेटर लोड गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।, ट्रकमा एक्साभेटर लोड गर्दा हाइटेन्सन लाइनको तारले भेट्यो, सहचालकको मृत्यु
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरको सुनाकोठीस्थित अखाद्य बिस्कुट उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ। , ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि. र श्री तारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लिमा छापा मारेको हो। , महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरीले यसका सञ्चालकलाई यसअघि नै पक्राउ गरेको थियो। काठमाडौंको ज्याठा बस्ने ४४ वर्षीय नरबहादुर श्रेष्ठलाई गुणस्तरहीन मह उत्पादन गरेको अभियोगमा पक्राउ गरिएको थियो। , उनले ती दुई कम्पनीको नामबाट अखाद्य बिस्कुटहरू समेत उत्पादन गरेको पाइएको हो। , उनले खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति नलिइ विगत ३ वर्षदेखि सो काम गर्दै आएका थिए। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनले म्याद नाघेका र बजारमा बिक्री नभई फिर्ता भएका कुकिज तथा सडेगलेको पाउरोटीलाई पुन: धूलो बनाउँथे। , धूलो बनाएर पुन: त्यसलाई कुकिज तथा बिस्कुटहरू बनाएर बिक्री गर्ने गरेको खुलेको हो। , प्रहरीले स्थानीय जनप्रतिनिधिहरू समेतको उपस्थितिमा ती अखाद्य वस्तु नष्ट गरी कम्पनी सिल गरेको छ। , खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलबाट कारबाही एवं आवश्यक अनुसन्धान अघि बढाएको छ।, उनले ३ वर्ष पुरानो म्याद नाघेको कुकिजहरूबाट बटर चकलेट, काजु कुकिज बनाएर बिक्री वितरण गरेको खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , त्यस्तै अत्यधिक सडेगलेका पाउरटीहरूलाई सुकाएर फेरि कुकिज बनाएर बेच्ने गरेको खुलेको हो।, गोदामबाट प्रहरीले ५४ कार्टुन भिनेगर, ३० कार्टुन चिनी, ७ कार्टुन क्रसर पाउडर, १० कार्टुन सुप, ३८५ बोरा अजिना मोटो, ९५ कार्टुन बेकिङ पाउडर, ३ कार्टुन कोकोआ, ४५ कार्टुन यिस्ट, ६ कार्टुन सोया सस, ३८ बोरा चिउरा, ४० बोरा चकलेट पाउडर लगायत सामग्री बरामद गरेको छ। , स्पर्श मह उत्पादकको अर्को कम्पनीमा पनि प्रहरीको छापा
सेतोपाटी संवाददाता हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार दिउँसो बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। , आज राति सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।, बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।, यस्तै बिहिबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। , देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।  , आज राति सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना
सेतोपाटी संवाददाता आफ्नी १४ वर्षीय छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत दैलेखले ४३ वर्ष कैद सजाय सुनाएको छ।, जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको शुक्रबारको ईजलासले दैलेख सदरमुकाम नजिकैका ३९ वर्षीय ती बाबुलाई ४३ वर्ष कैद र एक लाख रूपैयाँ क्षतीपुर्तिको फैसला गरेको हो।, अदालतले छोरीलाई हाडनाता करणी गरेको कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १८ वर्ष गरी ४३ वर्ष कैद सजायको फैसला गरेको हो।, अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेका अनुसार मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) र ३ (ख) बमेजिम फैसला गरिएको हो।, २२० को उपदफा २ (क) मा जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैदको व्यवस्था छ। उपदफा ३ (ख) मा १०–१४ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद हुने व्यवस्था छ।, २०७७ मंसिर १९ गते १४ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा सोही दिन प्रहरीले उनलाई घरबाट पक्राउ गरेको थियो।, पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयानलगायतको प्रमाणका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७७ पुस १६ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो।, अभियुक्त बाबुलाई पुस १६ गतेकै थुनछेक बहसबाट पुर्पक्षका लागि थुनामा राखिएको थियो।, पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र प्रतिरक्षामा दैलेख जिल्ला अदालतका वैतनिक वकील टेकबहादुर केसीले बहस गरेका थिए।, छोरीलाई बलात्कार गर्ने बाबुलाई ४३ वर्ष कैद सजाय
रासस पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ। मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत छ हजार नगद सहयोग गर्दै आएको हो।, गाउँपालिकाले मुटुरोगी २१, मिर्गौलारोगी १९, क्यान्सरपीडित १५ गरी कूल ५५ र अर्थाीक अभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक नौ गरी कूल ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए।, गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ। जुन कोषबाट विपन्न परिवारका नागरिकले एक लाख बराबरको उपचार सुविधा पाउने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए। प्रदेश सरकारबाट विनियोजन रकमबाट स्वास्थ्य उपचारका लागि एक जनालाई सिफारिस गरिएको छ।, गाउँपालिकाभित्रका आठ वडाका मुटु, मिर्गौला र क्यान्सरपीडित बिरामीका उपचारमा सहयोगस्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारी बताउछन्। रिब्दीकोट गाउँपालिका अध्यक्ष जिसीले गाउँपालिकाभित्रका वडाका रोगबाट पीडित नागरिकलाई रकम हस्तान्तरण गरिएको उनले बताए।  रासस, गाउँपालिकाद्वारा दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग
रासस चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ।, यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।, नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने उद्देश्यले नगरपालिकाले घरधुरी सर्वेक्षणसमेत सुरु गरेको छ। नगरपालिकामा रहेका ७२ स्वयंसेवक र ७२ स्वयंसेविका गरी १४४ जनालाई नौवटै वडामा खटाएर नगरपालिकाले खोप लगाउन कोही छुट भएका छन् कि छैनन्, सबैले पहिलो र दोस्रो मात्रा खोप लिएकी लिएनन्, नलिएका छन् भने तत्कालै खोप लगाउने व्यवस्था नगरपालिकाले गरेको छ। , ‘चाँगुनारायण नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ सबै वडामा खोप अभियान चलाएको छ, अहिलेसम्मको तथ्याङ्कानुसार यस पालिकामा १०४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको पूर्ण खोप पाइसकेका छन्’, नगरप्रमुख मिश्रले भने, ‘खोप लगाउन अझै कोही छुटेका छन् भने उनीहरूलाई पनि खोप लगाएर यहीँ फागुन २७ गते नगरपालिकाको स्थापना दिवसका दिनमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नेछौं।’, नगरपालिकाले खोप लगाउन छुटेका अपाङ्ग, असाहय, ज्येष्ठ नागरिक, स्वास्थ्य केन्द्रसम्म जान नसक्नेलाई घरघरमै स्वास्थ्यकर्मी पठाएर खोप लगाउने र स्वास्थ्य संस्थासम्म आउन सक्नेलाई त्यहीँ ल्याएर खोप लगाउने व्यवस्था गरेको उनको भनाइ छ।, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले नगरपालिकामा स्थायी, अस्थायी र बसाइँसराइ गरी आएका नागरिकलाई समेत खोपको व्यवस्था गरिएको जानकारी दिए। पर्यटकीय क्षेत्र भएकाले यहाँ आएका विदेशी नागरिकलाई समेत खोपको व्यवस्था गरिएको उनको भनाइ छ ।, नगरपालिकाले अस्थायीरूपमा बसेका इँटाभट्टाका कामदार, १२ वर्षमाथिका बालबालिका एवं कामदारलाई समेत भट्टामै गएर खोप लगाउने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले कोही पनि नागरिक खोपबाट बञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको उनले बताए।, चिकित्सकले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन भनेर भनेकाबाहेक सबै नागरिकलाई खोपको व्यवस्था गरिएको भन्दै उनले दोस्रो मात्राको खोप पूरा गरेकाहरूलाई तेस्रो मात्रा अर्थात् बुस्टर खोपसमेत लगाउन थालिएको बताए।, नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सत्यराम दुवालले यसअघि ७७ हजार जनसङ्ख्या रहेको यस नगरपालिकामा हालै सार्वजनिक गरिएको जनगणनाअनुसार ८८ हजार जनसङ्ख्या पुगे पनि अहिलेसम्म नगरपालिकाभित्र बसोबास गर्ने एक लाख पाँच हजार जनालाई पूर्ण खोप दिलाएको बताए।, अबको चार दिनभित्र टोलटोलमा खटिएका स्वयंसेवकबाट खोपका बारेमा थप तथ्याङ्क आउने उनको भनाइ छ ।, नगरपालिकाले आगामी फागुन २७ गते नगरपालिकाको स्थापना दिवसमा एकैपटक कोरोनाविरुद्धको पूर्ण खोपयुक्त र बालमैत्री स्थानीय शासन लागू गर्दै बालमैत्री नगरपालिका घोषणा गर्ने नगरप्रमुख मिश्रले जानकारी दिए।, बालमैत्री स्थानीय शासन लागू गर्नका लागि चालु आव २०७८/८९ का लागि नगरपालिकाले करिब एक करोड २० लाख बजेट खर्चिएर नौवटै वडामा बाल क्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेको ५१ वटा सूचकहरु प्राप्तिका लागि प्रत्येक वडाका काम तीव्र पारेको छ।, कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण
केदार मगर/रासस जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रे गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्रे गरिएको लामीडाँडा विमानस्थल प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उद्घाटन गरेका थिए।  , समिट एयरको नाइनएन–एएमजी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक भट्टराईले लामीडाँडा विमानस्थलमा नियमित उडानका लागि प्राधिकरणसँग छलफल भइरहेको बताएका थिए। तर, लामीडाँडा विमानस्थलमा परीक्षणपछि अहिलेसम्म नियमित उडान भएको छैन। , विसं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको लामीडाँडा विमानस्थलको ट«निङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्रे गरिएको छ। ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्रे गर्ने जिम्मा वाइएनएस, एसएपी र सर्य कन्ट्रक्शन प्रालिले पाएको थियो। जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई समेत सेवा दिने उद्देश्यले निर्माण गरिएको लामीडाँडा विमानस्थल यसअघि जिल्लाको निक्कै व्यस्त रहने विमानस्थलमा पर्दछ। , स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर विसं २०२६ देखि निर्माण सुरु गरेको लामीडाँडा विमानस्थल दुई वर्षपछि विसं २०२८ बाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको थियो।, ४८ वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्रे गरिएसँगै उडान बन्द हुँदा स्थानीय बासिन्दा दुखित भएका छन्। कालोपत्रे गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यता भएपछि स्थानीय बासिन्दा आक्रोशितसमेत भएका छन्।  , तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको लामीडाँडा विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको स्थानीयवासी एवं नेपाली कांग्रेस रावाबेँसी गाउँपालिका कार्यसमितिका पार्टी सभापति फटिककुमार श्रेष्ठले आरोप लगाएका छन्। उनले भने, “तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ।”, लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन्। राज्यकोषको ठूलो लगानीमा कालोपत्रे गरिएको लामीडाँडा विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ। , लामीडाँडा विमानस्थलको उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्ने गरी पहल भइरहेको प्रदेश नं १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बताए। , “लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो”, प्रदेशसभा निर्वाचनमा खोटाङ क्षेत्र नं १ (क)बाट निर्वाचित मन्त्री राईले भने, “राज्यकोषको ठूलो लगानीमा कालोपत्रे गरिएको लामीडाँडा विमानस्थलमा नियमित उडान भर्ने गरी चाँडै सम्बन्धित निकायमा पहल गर्छु।”, जिल्लामा तीनवटा विमानस्थल छन्। जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्रे गरिएका हुन्। , जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक पर्ने खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ। खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ। , नागरिक उड्डयन प्राधिकरणको सात करोड २४ हजार ३८० लागतमा कालोपत्रे गरिएको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई सहज भएको छ। , दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणको १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्रे गरिएको छ। रासस, लामीडाँडा विमानस्थल कालोपत्रे गरेपछि बन्द
रासस गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ।, गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१०  बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।, अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । गए राति भूकम्प जाँदा अधिकांश मानिस  निद्रामा भएका बेला भूकम्पले उठाएको थियो।, यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ । जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु तीन दशमलव दुई रेक्टर  स्केलकै भूकम्प गएको थियो ।, त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो।, जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ। जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति पुर्‍याएको थियो ।, लमजुङमा पुनः भूकम्पको धक्का
सेतोपाटी संवाददाता मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधिको पहिलो उपाधि दिएको छ।, व्यवस्थापन संकायअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी पूर्णमान श्रेष्ठले मध्यपश्चिम विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि पाएका हुन्।, सुर्खेतको वीरेन्द्रनगर–५ का  श्रेष्ठ मध्यपश्चिम विश्वविद्यालयकै केन्द्रीय क्याम्पसमा सहप्राध्यापक हुन्। उनले ‘नेपाली कम्पनीको शेयरको प्रतिफलमा फर्मको विशेषता र म्याक्रो इकोनोमिक चरहरुको प्रभाव’ विषयमा शोधपत्र तयार पारेका हुन्।, श्रेष्ठले विद्यावारिधिका लागि विश्वविद्यालय अनुदान आयोगबाट पूर्ण छात्रवृत्ति पाएका थिए।, २०७५ जेठमा विश्वविद्यालयले पहिलो पटक विद्यावारिधिका लागि भर्ना आह्वान गरेको थियो।, २०६७ मा सुर्खेतमा केन्द्रीय कार्यालय रहनेगरी स्थापना भएको विश्वविद्यालयले स्थापनाको ११ वर्षपछि पहिलो विद्यावारिधि उपाधि दिएको हो।, अहिलेको विद्यावारिधि उपाधि मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक उपलब्धीमध्येमा एक भएको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए।, अब मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विद्यावारिधि उपाधि दिने बताए।, अन्तर्राष्ट्रिय जर्नलमा अर्टिकल प्रकाशित गर्ने, शोधपत्रलाई अरू देशहरुमा पठाएर प्रतिक्रिया लिनेलगायतका प्रक्रिया पूरा गरेर मात्र विद्यावारिधिको उपाधि दिने तयारीमा विश्वविद्यालय लागेको उपकुलपति सिंहले बताए।, स्थपनाको ११ वर्षपछि मध्यपश्चिम विश्वविद्यालयले दियो विद्यावारिधिको पहिलो उपाधि
सेतोपाटी संवाददाता सुनसरीको धरान–४ को जंगलमा बीभत्स अवस्थामा भेटिएको शवको सनाखत भएको छ ।, मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले सेतोपाटीलाई जानकारी दिए । , फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान-४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो। , त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो। जंगलमा घाँस काट्न गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।, इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा डग स्निफिङको टोली खटिएको थियो। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विशेषज्ञ चिकित्सक पनि खटिएका थिए।, त्यसपछि प्रहरीले टाउको र खुट्टालाई प्रतिष्ठानको शव गृहमा लगेको थियो। त्यसकै भोलिपल्ट बाँकी अंग खोज्न प्रहरीको टोली खटिएको थियो। , सो टोलीले गत बिहीबार बिहान ५ गते उत्तर धरधरे भन्ने स्थानमा अर्को झोला फेला पार्‍यो। त्यस झोलामा बाँकी शरीर पनि फेला परेको थियो। , शरीरका पूर्ण भाग फेला परे पनि ती पुरूषको सनाखत हुन नसके पछि प्रहरी उनको स्केच सार्वजनिक गरेको थियो। , सुनसरी प्रहरीका अनुसार सोमबार उनका परिवारका सदस्य आएर मृतक दिपक सिग्देल भएको पुष्टि गरेका हुन्। , एसपी थापाका अनुसार वैदेशिक रोजगारीबाट फर्केका दिपक घरबाट बाहिर हिँडिरहने गर्थे।, यसपटक कहिलेदेखि घरमा सम्पर्कविहीन थिए भन्ने खुलिनसकेको एसपी थापाले बताए। ‘हिजो सनाखत भएको छ, थप अनुसन्धान जारी छ’, उनले भने।, धरानको जंगलमा भेटिएको शवको पहिचान खुल्यो, मृतक दमकका दिपक सिग्देल
सेतोपाटी संवाददाता प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा नयाँ बानेश्वरबाट एक चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ।, प्रहरीले सोमबार राति नयाँ बानेश्वरको एक ठाउँबाट प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।, केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो।, पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।, ‘कल बाइपासमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो, यसबारे अनुसन्धान भइरहेको छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने।, पक्राउ परेकाहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू बरामद गरेको छ।, *सच्याइएको, कल बाइपास गरेको आरोपमा बानेश्वरबाट एक चिनियाँसहित ३७* पक्राउ
सेतोपाटी संवाददाता ललितपुरको जावलाखेलस्थित भोटो देखाउने ठाउँमा सवारी पार्क गर्न निषेध गरिएको छ।, ऐतिहासिक स्थानमा जथाभावी सवारी पार्किङ गर्नुका साथै खुद्रा पसल राखेर सहर प्रदूषित भएको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आजबाट सवारी पार्क गर्न निषेध गरेको बताए।, ‘ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थानमा जथाभावी सवारी पार्क गर्नुका साथी स-साना पसल राखेर ठाउँ दुषित भएपछि आजबाट उक्त स्थानमा सवारी पार्किङ गर्न रोक लगाएका छौं’, मेयर महर्जनले भने,‘ऐतिहासिक महत्वको उक्त स्थान सरसफाइ गरि फूलका गमला राखेर सफा पारिनेछ।’, ललितपुर नगर प्रहरीले यसको सरसफाई गरिरहेको छ। भोटो देखाउने ठाउँमा सवारी साधान पार्कि गर्ने ठाउँ भएपछि जावलाखेल वरपरका मानिसहरू आफ्नो सवारी साधान पार्क गर्दै आएका थिए।, ‘सवारी साधन पार्किङ गरेपछि भिडभाड देखिएको यो ऐतिहासिक ठाउँमा अब सुन्दर बगैचा जस्तो बन्ने छ। वरिपरि फलैचा राखेर मानिसहरू सुस्ताउने ठाउँ बनाउनेछौं’, नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने,‘आजबाट यहाँ आफ्नो सवारी पार्क नगरिदिनु होला। सवारी पार्किङ गर्नका लागि अन्य ठाउँहरू छुट्टाएका छौं।’, ललितपुर नगर प्रहरीले स्वच्छ ललितपुर महानगर अभियान अन्तर्गत जथाभावी सवारी पार्किङ, अव्यवस्थतित घर टहरा निर्माण, पैदल यात्रुलाई अवरोध गर्ने गरि राखिएका पसलहरू हटाउँदै आएको छ। , हालै नगर प्रहरीले जावलाखेल चोकमा नगर सूचना केन्द्रसमेत सञ्चालमा ल्याएको छ। , जावलाखेलस्थित भोटो देखाउने ठाउँमा सवारी पार्क गर्न निषेध
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ। , मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उदयपुर घर भई चन्द्रागिरि- १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको मृत्यु भएको हो। , शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शवमा कुनै चोटपटक भने नदेखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।, घटनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौं र महाशाखाको टोली खटिएको छ।, प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।      ,  , बलम्बुमा १४ वर्षीय बालकको शव फेला
रासस बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ। सोमबार अपरान्ह यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो।, दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।, सोमबार अपरान्ह भएको टिपर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।, मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन्।, राजेन्द्रको उपचारका क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।, सोही दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन्। घाइते हुनेहरूमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, १२ अमित विष्ट, १२ सुदीप पन्त र महेशप्रसाद पन्त रहेका छन्।  , उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी सिफारिस गरिएको छ भने अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।, घटनास्थलमा मृत्यु भएका तीन जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको शव डडेल्धुरा अस्पतालमा रहेको छ।, गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिपर सोमबार अपरान्ह भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो।  , विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो। दुर्घटनाग्रस्त टिपर सडकबाट ३०० मिटर तल खसेको थियो।  दुर्घटनालगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्रहरीले गरेका थिए।, टिपरका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।  , टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चारको मृत्युपछि बैतडी नगरपालिकाले दियो शोक बिदा
सेतोपाटी संवाददाता धरानको जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको घटनामा प्रहरीले शंकास्पद तीन जनालाई पक्राउ गरेको छ। , मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीले तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्जयसिंह थापाले जानकारी दिए। , ‘हामीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘परिवारकै सदस्य समेत छन्।’, पक्राउ परेका व्यक्तिहरूको पहिचान प्रहरीले खुलाइसकेको छैन। उनीहरूमाथि सोधपुछ गर्ने काम भइरहेको एसपी थापाले बताए। , मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल हुन्। उनको सुरूमा पहिचान खुलेको थिएन।, फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान-४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो। त्यस झोलाभित्र टाउको र खुट्टा फेला परेको हो। , बिहान ५ गते उत्तर धरधरे भन्ने स्थानमा अर्को झोला फेला पार्‍यो। त्यस झोलामा बाँकी शरीर पनि फेला परेको थियो। , शरीरका पूर्ण भाग फेला परे पनि ती पुरूषको सनाखत हुन नसके पछि प्रहरी उनको स्केच सार्वजनिक गरेको थियो। सार्वजनिक भएपछि मंगलबार शवको पहिचान खुलेको हो। , शवको पहिचान खुलेसँगै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।, धरानको जंगलमा शव फेला परेको घटनामा शंकास्पद तीन पक्राउ
रासस हिमाली जिल्ला मनाङमा पुल निर्माण गर्ने ठेक्का पाएको ठेकेदारले छ वर्षसम्म पनि निर्माण नगरेपछि स्थानीयबासी आफैंले काठको पुल बनाएका छन्।, छ वर्षअघि असारमा द क्याराभान कम्पनीले दूधखोलामा पुल निर्माण गर्ने ठेक्का पाएको थियो। तर ठेक्का लिएर वर्षौंसम्म काम नगरी ठेकेदारले आलटाल गरेर झुलाइदिएपछि स्थानीयबासीले खोलामा काठको पुल निर्माण गरेका हुन्।, एक वर्षभित्रै सक्ने गरी ठेक्का लिएको योजना अहिलेसम्म अलपत्र छ।, क्याराभानले मृत सञ्जीवनी र खड्का कृष्ण जेभीमा काम गर्ने सम्झौता गरेको हो। जिल्लाको थोंचेबाट तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल वि.सं २०७३ असारमा ठेक्का लागेको थियो। वि.सं २०७४ साउनमा सक्नुपर्ने सम्झौता भए पनि हालसम्म चारपटक म्याद थप भएको छ तर काममा प्रगति छैन।, भ्याटबाहेक तीन करोड ५५ लाख रुपैयाँमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब एक करोड ३२ लाख रुपैयाँ निकासा पाइसकेको छ।, क्याराभानले नै विसं २०७३ असारमा ठेक्का लिएको चार करोड ५७ लाख रुपैयाँको हुम्डे पुलसमेत अलपत्र छ। मर्स्याङ्दी नदीमाथि हुम्डेमा पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले २०७३ कै असारमा बोलपत्र आह्वान गरेको थियो।, श्री गाल्वा र क्याराभान कम्पनीले यसको ठेक्का पाए। भ्याटसहित चार करोड ५७ लाख रुपैयाँमा ठेक्का दिइएको यो पुल २०७४ माघमा सक्नुपर्ने हो।, तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छवटा पुलको ठेक्का लगाएको थियो। पिसाङ र मुङजीमा निर्माणाधीन पुल अलपत्र अवस्थामै छ।, क्याराभानले म्यार्दीखोलाको पुल भने पूरा गरेको छ। तिमाङको पनि असारको बाढीले भद्रगोल अवस्थामा छ।, सडक सञ्जाल ढिलो पुगेको मनाङका अधिकांश खोलामा अहिले पनि काठकै पुल तरेर गाडी र मान्छे आवतजावत गर्छन्। डुम्रे, बेँसीसहर, चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको तर बजेट विनियोजन भइसकेको छैन।, अहिले सडक चामेबाट कटेर भ्राताङ हुँदै उकालो लागेको छ। न सडक पक्की बनेको छ, न पुल राम्रो छ। काठे पुलकै भरमा ठूला गाडीसमेत तर्दा जोखिम बढेको स्थानीयबासी बताउँछन्।, नासों गाउँपालिका अध्यक्ष चन्द्र घले ठेकेदारको चरम लापरबाहीले नागरिक सास्ती भोग्न बाध्य भएका बताउँछन्।, ‘मोटरेबल पुल बनाउन सात वर्षभन्दा पहिले ठेक्का दिएको हो। अहिलेसम्म सम्पन्न भएन। त्यहाँका जनतालाई सास्ती छ। उनीहरू मिलेर काठको पुल बनाए’, स्थानीयबासीले भने, ‘गाह्रोसँग त्यही पुलबाट आवतजावत गरेका छन्। यो पनि जेठसम्मका लागि मात्रै हो। खोला बढेपछि पुल बगाउँछ।’, जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्कामात्रै ओगटेर काम नगरेको बताए।, ठेकेदारविरूद्ध पटक–पटक उजुरी गर्दा पनि कारबाही नभएको उनको भनाइ छ।, ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक–पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरेका थिए।, निर्माण कम्पनी क्याराभानका फिल्ड इञ्जिनियर प्रशान्त तामाङले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताए।, छ वर्षसम्म पनि पुल नबनेपछि स्थानीयबासी आफैंले निर्माण गरे काठको पुल
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको समयमा राप्ती नदीमा यति धेरै माछा थिए कि, मारेर साध्यै थिएन। थारू समुदायका मानिस हरेक चाडको पहिलो दिन माछा मार्न जाने चलन थियो। उनीहरू माछा ओसारेर भ्याउँदैनथे। स-साना कुलामा पनि माछा प्रसस्तै भेटिन्थे।, चितवनको कसरानजिकै राप्ती नदीमा यही फागुन ८ गते गोही छाडेपछि पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले भने, ‘अहिले कस्तो दिन आयो! मान्छेको त कुरै छाडौं, घडियाल गोहीले पनि माछा खान पाएन भन्नुपरेको छ।’, मानव बस्ती हुँदै बग्ने खोला र नदीमा बढ्दो प्रदूषणका कारण माछा हराउन थालेको उनले बताए।  , उनी भन्छन्, ‘निकुञ्जभित्रै उत्पति भएका खोलाहरूमा पहिलेजस्तै एकनासले पानी बगेको छ तर बाहिरबाट आउने खोलामा पानी घट्दै छ, माछा देखिँदैन। फोहोर बढेको छ।’, महतोका अनुसार नदीमा जथाभावी ढल मिसाउने, नदी किनारमा फोहोर थुपार्ने, कृषिमा विषादी धेरै प्रयोग गर्ने जस्ता कारणले माछाका प्रजाति लोप हुँदा घडियाल गोही पनि संकटमा परेको छ।, निकुञ्जभित्र रहेको घडियाल गोही संरक्षण तथा प्रजनन् केन्द्रमा रहेक बच्चाहरू। तस्बिरः राजेश घिमिरे/सेतोपाटी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य खोला र नदीहरूमा कहालीलाग्दो अवस्थामा जीवजन्तु बाँचिरहेको बताउँछन्। ‘बाढी आउँदा खोलामा प्लास्टिक र बोतलमात्रै देखिन्छ, त्यो कहाँ जान्छ होला! सबै प्रकृतिमै मिसिने हो,’ उनी भन्छन्, ‘यहाँका जीवहरू कसरी बाँचिरहेका होलान्! असाध्यै कहालीलाग्दो अवस्था छ।’, भावी पुस्ताका लागि घडियाल गोही कसरी जोगाउने भन्ने ठूलो चुनौती रहेको उनले बताए। नदी क्षेत्रमा मान्छेको गतिविधि बढ्दै जाँदा संरक्षणमा संकट बढ्दै गएको उनको भनाइ छ।  , चितवन राष्ट्रिय निकुञ्जमा ‘घडियाल गोही संरक्षण तथा प्रजनन् केन्द्र’ छ। निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार यस केद्रमा ४० वर्षको अवधिमा जन्मेर हुर्केका एक हजार ९ सय ६२ वटा घडियाल गोही देशका विभिन्न नदीहरूमा छाडिएका छन्।, यस वर्ष गत मंसिर १९ देखि फागुन ६ गतेसम्ममा १०७ वटा गोही राप्ती, नारायणी र कोशीमा छाडिए। जानकारका अनुसार यी नदीहरूमा तीन सय वटा घडियाल गोही भेट्न पनि मुस्किल पर्छ। पौडेलका अनुसार केही गोही जालमा परेर मरे, केही बग्दै भारतका नदीहरूमा पुगे।  , भाले घडियाल गोहीको साथमा पोथी गोही। तस्बिरः राजेश घिमिरे/सेतोपाटी, प्रमुख संरक्षण अधिकृत आचार्य छाडिएका गोहीमध्ये निकै कम मात्रै भेटिने गरे पनि जन्माउने, हुर्काउने र प्राकृतिक बासस्थानमा छाड्ने क्रम रोक्न नहुने बताउँछन्।, ‘गोही छाड्नुलाई गोहीको मात्रै संरक्षण भन्ने बुझ्नु हुँदैन। समग्र नदी तटीय पारिस्थितिक प्राणाली जोगाउन भूमिका हुन्छ,’ आचार्य भन्छन्, ‘घडियाल गोहीले नदीमा पानीको शुद्धताको मापन गर्न सघाउँछ, नदीमा जीवन छ कि छैन भन्ने देखाउँछ।’, विज्ञहरूका अनुसार नारायणी नदीमा छाडिएका गोही कोशी नदी र भारतका विभिन्न नदीहरूमा पुग्ने गरेका छन्। गोहीहरू हजारौं किलोमिटर यात्रा गर्छन्।, चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवका अनुसार कालिगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा पनि घडियाल गोही भेटिन्थे। प्रजनन् केन्द्रमा बच्चा हुर्काउन देवघाटभन्दा माथिल्लो क्षेत्रबाट पनि गोहीको अण्डा संकलन गरेर ल्याउने गरिएको थियो। अहिले नारायणगढस्थित नारायणी नदीको पुलभन्दा करिब चार किलोमिटर तलमात्र घडियाल गोही देख्न सकिन्छ।, यादवका अनुसार घडियाल शुद्ध पानीमा मात्र बस्छ, मान्छेले नदेख्ने शान्त ठाउँ रूचाउँछ, जिउँदो माछा मात्रै खान्छ। यादव भन्छन्, ‘नदीमा मान्छेका गतिविधि बढेपछि घडियाल संकटमा पर्छ।’ उनले नारायणी र राप्तीमा ठूला माछाका प्रजाति देखिन छाडेको धेरै भएको बताए।, घडियालले नदी किनारको बालुवा खोस्रिएर अण्डा पर्छ। फागुन महिनातिर निकुञ्जका कर्मचारीहरू गोहीको अण्डा खोज्न निस्कन्छन्। उनीहरुले चैत लागेपछि केही अण्डा गोही प्रजनन् केन्द्रमा ल्याउँछन्। प्रजनन् केन्द्रमा ७५ देखि ८० दिनमा अण्डाबाट बच्चा निस्किन्छ। केन्द्रले ती बच्चा राप्ती नदीका माछा खुवाएर हुर्काउँछ। करिब ६ वर्षका भएपछि बच्चा प्राकृतिक बासस्थानमा छाड्छ।, नदीमा छाडिएका गोहीको समय समयमा अनुगमन गर्ने गरिएको सहायक संरक्षण अधिकृत पौडेलले बताए। ‘हामीले छाडेका गोही एक–दुई वर्षमै कता पुग्छन् थाहै हुँदैन। पानीको तापक्रम, शुद्धता, आहारा अनुसार गोहीहरूले विचरण क्षेत्र बनाउँछन्,’ उनले भने, ‘नदीको पानी सफा राख्न सक्यौं भनेमात्रै हामीले छाडेका गोही हामीसँग हुन्छन्।’, विगतमा केन्द्रभित्रै घडियाल गोहीको अण्डा उत्पादन गर्ने गरिएको थियो। केन्द्रमा रहेको एकमात्र भाले गोही बुढो भएपछि केही वर्षदेखि प्राकृतिक बासस्थानबाट अण्डा संकलन गरेर प्रजनन् गराउने गरिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ४३ वर्ष पुगेको भालेको विकल्पमा अर्को ल्याउने प्रयास गरिरहे पनि अहिलेसम्म सफल हुन नसकेको बताए। उनका अनुसार भाले घडियाल जन्मिन तापक्रम मिल्नुपर्छ।, ‘प्रजननका क्रममा ३० देखि ३२ डिग्री सेल्सियस तापक्रम भएमात्रै भाले जन्मदो रहेछ। यसबाट तलमाथि भए पोथी जन्मने रहेछ,’ उनले भने, ‘भालेको संख्या असाध्यै थोरै हुन्छ। बच्चा हुर्काउन पनि सजिलो छैन, बाँच्नेको संख्या निकै कम हुन्छ।’, तिवारीका अनुसार नदीमा छाडिएका गोही नेपालको तल्लो तटीय क्षेत्र हुँदै भारत पुग्ने क्रम बढ्नुमा गण्डक ब्यारेज मुख्य कारण हो। ब्यारेजबाट गोही तल जान्छ तर माथि फर्कन सक्दैन।, राप्ती नदीमा छोडिएका घडियाल गोहीहरू। तस्बिरः राजेश घिमिरे, चितवन राष्ट्रिय निकुञ्जका अनुसार प्रजनन् केन्द्रमा एउटा गोही जन्माएर प्राकृतिक बासस्थानमा छाड्दासम्म १० लाख रूपैयाँभन्दा बढी खर्च हुन्छ। खाना, हेरचाह, कर्मचारी गरी एउटाकै लागि यति खर्च हुन्छ। प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार माथिल्लो तटीय क्षेत्रमा जनचेतना बढाउँदै नदी स्वच्छ राख्न नसक्ने हो भने निकुञ्जले जतिसुकै प्रयास गरे पनि गोही जोगाउन मुस्किल पर्नेछ।, घडियाल गोही भारत र नेपालमा मात्र पाइन्छ। अब घडियाल संरक्षण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।, ‘निकुञ्जले आफ्नो क्षेत्रभन्दा बाहिर गएर संरक्षण गर्न सक्दैन, नदीको माथिल्लो क्षेत्रमा बढ्दो प्रदूषणको असर तलैसम्म परेको छ,’ आचार्य भन्छन्, ‘अब स्थानीय तहसँग सहकार्य गरेर माथिल्लो क्षेत्रमा हुने फोहर, रासायनिक प्रदूषण, कीटनाशक औषधिको प्रयोग कम गर्न जनचेतना बढाउनु जरुरी छ।’, माछा मारेर जीवन चलाउने समुदायका लागि फरक रोजगारी सिर्जना गर्न आवश्यक रहेको पनि उनको भनाइ छ। यस्ता समुदायलाई सघाउन निकुञ्जसँग आर्थिक स्रोत नरहेको आचार्यले बताए।, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल विकासका काम गर्दा प्राकृतिक सम्पदाको संरक्षणमा ख्याल राख्नुपर्छ भन्ने जान्दाजान्दै पनि कमीकमजोरी हुने गरेको बताउँछिन्। उनले महानगरका लागि गहनाका रूपमा रहेका नदी र निकुञ्जका जीवको संरक्षणमा ध्यान दिने बताइन्।, ४० वर्षमा छाडिए करिब २ हजार घडियाल, अहिले ३ सय भेट्न मुस्किल
रासस बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ।, इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए। , पहिरामा परेर स्थानीयबासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ।, सुक्खा पहिरोले पुरिएर एकको मृत्यु
रासस केही वर्षअघिसम्म पूर्वाधार विकासमा पछाडि परेको मधेश प्रदेशमा पछिल्लो समय तीव्र गतिमा पूर्वाधार निर्माण भएका छन्।, भौतिक पूर्वाधारको विस्तारसँगै प्रदेशबासी पनि खुसी भएका छन्।  , प्रदेश सरकार गठन भएको चार वर्षको अवधिमा मधेश प्रदेशले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य सेवा, कृषि, सिँचाइलगायत पूर्वाधार निर्माणको क्षेत्रमा ठूलो फड्को मारेको हो।, सो अवधिमा प्रदेशको आठ वटै जिल्लामा एक हजार ६२३ किलोमिटर सडक विस्तार भएको जनाइएको छ। , प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयका अनुसार प्रदेशभर २२४ किलोमिटर सडक कालोपत्र, २३७ किलोमिटर सडक ढलान, ९३७ किलोमिटर सडक ग्राभेल र २२५ किलोमिटर कच्ची सडक निर्माण गरिएको थियो।, सडक निर्माण भएसँगै सवारी साधन सञ्चालनमा सहज भएको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बताए। सोही अवधिमा ३२ पुल र २९२ कल्भर्ट निर्माण गरी सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए।, ‘हामीले सडक, खानेपानी, सिँचाइ लगायत पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं’, मन्त्री यादवले भने,‘सडक र पुल निर्माणलाई तीव्रता दिएसँगै यातायातका साधन सञ्चालनमा सहज भएको छ।’  , केही वर्षभित्रै प्रदेशका अधिकांश सडक कालोपत्र गरिसक्ने लक्ष्य लिइएको उनको भनाइ थियो। , सरकारको नीति तथा कार्यक्रममा रहेका झोलुङ्गे पुलमध्ये तीन वटा निर्माण भइसकेको र बाँकी सात निर्माणको चरणमा रहेको जनाइएको छ।, आठ वटै जिल्लाका विभिन्न स्थानमा जनता आवास कार्यक्रममार्फत् नौ हजार ४५ जनता आवास भवन, नौ सरकारी भवन तथा ९७ सामुदायिक भवन निर्माण गरिएको थियो।  , केही दिनअघि प्रदेश सरकारले सार्वजनिक गरेको चार वर्षे उपलब्धि प्रतिवेदनमा सिँचाइतर्फ २४ हेडवर्क्स, १७४ किलोमिटर कच्ची नहर, २९ किलोमिटर पक्की नहर र ७८ किलोमिटर तटबन्ध निर्माण गरिएको उल्लेख छ। , उक्त मन्त्रालयका अनुसार सो अवधिमा तटबन्ध निर्माण गरी प्रदेशभर आठ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण गर्नाका साथै ५३ किलोमिटर बस्ती संरक्षण र २६ किलोमिटर घाट निर्माण गरिएको मन्त्रालयका सचिव दीपककुमार दासले जानकारी दिए। , यसबाहेक प्रदेशको ६४ वटै निर्वाचन क्षेत्रमा पाँच किलोमिटर सडक कालोपत्र गर्नका लागि बोलपत्र आह्वान भइसकेको उनको भनाइ थियो।, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई उच्च प्राथमिततामा राखेको प्रदेश सरकारले आठवटै जिल्लाका विभिन्न स्थानमा ६० बर्थिङ सेन्टर, ७६ सामुदायिक भवन, १८ धर्मशाला, तीन योग भवन, दुई शिशु सदन, २० खेलमैदान, पाँच छात्रावास, २२ विद्यालय भवन, तीन वृद्धाश्रम, नौ रङ्शाला, तीन कभर्डहल, दुई अस्पताल, दुई पुस्तकालय, सात मदरसा, तीन मस्जिद, एक बालगृह र दुईवटा शौचालय निर्माण गरिएको जनाइएको छ।, सो अवधिमा प्रदेशका विभिन्न जिल्लाको ३१ विद्यालय र दुई वृद्धाश्रम भवन मर्मत तथा स्तरोन्नति गरिएको थियो।, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रालयले सबभन्दा होचो स्थान धनुषाको मुखियापट्टी गाउँपालिकाको मुसहरनियाँमा भ्यू टावर निर्माणको काम अघि बढाउन लागेको छ। त्यसका लागि मन्त्रालयको प्राविधिक टोलीले मुसहरनियाँ पुगेर सम्भाव्यता अध्ययन गरिसकेको छ। भ्यू टावरसहित सो ठाउँलाई पिकनिक स्पोर्टको रूपमा विकास गर्नका लागि अध्ययन भइसकेको र छिट्टै अरू काम पनि अघि बढाइने मन्त्री यादवले जानकारी दिए।, सरकार गठन भएदेखि नै प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले प्रदेशको विकासमा सकारात्मक परिणाम देखापरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले बताए।, खानेपानी, सिँचाइ, सडक विद्युत, पुल, भवनजस्ता आधारभूत भौतिक पूर्वाधार निर्माण तथा विस्तार गरी प्रदेशका जनतालाई सामाजिक एवं आर्थिक रूपले समृद्ध बनाउने उद्देश्यले पूर्वाधार निर्माणमा जोड दिइएको उनको भनाइ थियो। , सहर र ग्रामीण भेगलाई जोड्न सडक पूर्वाधारलाई महत्व दिएर त्यहीअनुसारको योजना बनाइ सरकार अघि बढेको मन्त्री साहले बताए। यसरी स्थापनाको छोटो अवधिमै प्रदेश सरकारले शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले जनताको जीवनस्तर बढेको बुद्धिजीवीहरूले बताए। , मधेश प्रदेशमा तीव्र गतिमा अघि बढ्दै पूर्वाधार निर्माणको काम
सेतोपाटी संवाददाता बाराबाट पर्यटकीय इलाम घुम्न यात्रु लिएर आएको बस दुर्घटनामा परेको छ। दुर्घटनाबाट एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। , इलाम नगरपालिका-१० स्थित मेची राजमार्गमा बस दुर्घटना भएको हो। दुर्घटनामा परेर अन्य ४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बस अनियन्त्रित भएर चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको हो। , दुर्घटनामा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ७ का ३५ वर्षीय प्रदीप कुसवाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। ४० जना यात्रु लिएर सो बस इलाम घुम्न आएको प्रहरिले बताएको छ। , ना.४ ख ६२४८ नम्बरको बस सोमबार राति ९ बजे अनियन्त्रित भएर सडकको नालीमा ठोक्किएर दुर्घटना हुने क्रममा कुसवाह झ्यालबाट हाम फाल्ने हुँदा सो बसले च्यापेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, दुर्घटनामा गम्भीर घाइते भएका अर्का ४० वर्षीय धुरुप कुसवाहाको बिएण्डसी अस्पताल विर्तामोडमा र अन्य सामान्य ३ जनाको स्थानीय मेडिकलमा उपचार भएको प्रहरीले जनाएको छ।, यात्रु लिएर इलाम घुम्न आएको बस दुर्घटना हुँदा एकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बुद्धनगरकी जानकी श्रेष्ठलाई भेट्न जाने भएका छन्। , बुद्धनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा जानकीको पसलमा क्षति पुगेको थियो। , त्यसैबारे बुझ्न प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी जानकीलाई भेट्न जान लागेका हुन्। , ‘आज दुई बजे सिडिओ र एसएसपीले भेट्न आउँछु भन्नुभएको छ,’ उनले भनिन्। , यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक गिरीले पनि आफूहरू जान लागेको पुष्टि गरेका छन्। , ‘जानुपर्ने हाम्रो कर्तव्य नै हो। हामी समय मिलाउँदैछौं,’ उनले भने। , आइतबार बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन भएको थियो। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। , बुद्धनगरमा रहेको जानकीको पसल अगाडि पनि प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको थियो। सुरूमा प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो। तर पछि प्रदर्शनकारीले पाँच प्रहरीलाई घेरा हालेर ढुंगामुढा गरेका थिए। , ती प्रहरीले जानकीको पसलभित्र पसेपछि प्रदर्शनकारीले पसलमै ढुंगामुढा गरेका थिए। जसकारण जानकीको पसलमा क्षति पुगेको थियो।, त्यसैको अवस्था बुझ्न सिडिओ र एसएसपी बुद्धनगर जान लागेका हुन्। , यो पनि:, 'प्रहरीले धन्यवाद त दिनुभयो तर मेरो घाटाको जिम्मा कसले लिन्छ?' (भिडिओ),  , प्रहरीलाई जोगाउँदा पसल तोडफोड भएकी जानकीलाई भेट्दै काठमाडौंका सिडिओ र एसएसपी
नारायण खड्का बाँकेमा आइतबार दिउँसो बाघले फेरि एक युवकमाथि आक्रमण गरेको छ।  , बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका ३० वर्षीय वकिल गद्दी बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन्।, उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले सेतोपाटीलाई  बताए। , स्थानीय मन्डफवा सामुदायिक वनमा गाईवस्तु चराउन लगेका गद्दीलाई घाँस दाउरा खोज्दै गर्दा मध्यान्ह १२ बजेतिर एकाएक बाघले आक्रमण गरेको थियो। , एक्कासि बाघले आक्रमण गरेपछि केहीबेर उनी बाघसँग भिडेका थिए। तर, बाघले उनलाई भुइँमा लडाएर घाँटीबाट रगत चुस्न थालेपछि सँगै रहेका अन्य गोठालाले होहल्ला गरेपछि बाघ भागेको थियो। , ‘घाइते पनि केहीबेर भिड्नु भयो, तर उहाँलाई लडाएर घाँटी अठ्याएपछि उहाँ बेहोस हुनु भएको रहेछ,’ डिएसपी न्यौपानेले भने,‘त्यही क्रममा सँगै रहेका अन्य मानिसहरूले होहल्ला गरेपछि गाईभैंसी पनि कराउँदै जान थालेपछि बाघ छोडेर भागेको रहेछ।’, बाघको आक्रमणबाट गद्दीको  घाँटीमा प्वाल परेका छन्।, प्रहरी प्रवक्ता न्यौपानेले घाइते गद्दीको अहिले होस आएको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिए। , शनिबार बिहानमात्रै जंगलमा घाँस दाउरा लिन गएका राप्ती सोनारी ६ का ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको थियो।, यो पनि :, बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु,  , जसले बाघसँग भिडेर जोगाए ज्यान
सेतोपाटी संवाददाता पोखरामा आइतबार दिउँसो ठूलो असिना पानी परेको छ। असिनाले पोखराका सडक सेताम्य देखिएका छन्।, प्रि-मनसुन अवधिमा नेपालमा पहाडी क्षेत्रमा हावाहुरीसँगै असिना पानी पर्ने गर्छ।, हेर्नुस् तस्बिरहरू, तस्बिर सौजन्य: अजित बरालको फेसबुक।, पोखरामा असिना पानी (तस्बिरहरू)
सेतोपाटी संवाददाता नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्। , किस्पाङ गाउँपालिका-३ किटनी बगर नजिकै बस दुर्घटना हुँदा ५६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद शाहले जानकारी दिए। , उनका अनुसार आइतबार बिहान कृष्णा गाउँपालिका-१ साल्मेबाटबाट जाँदै  गरेको बागमती प्रदेश ३-०१-०६ ख १५४१ नम्बरको बस किटनी बगर नजिक बाटोभन्दा २० मिटर तल खसेर दुर्घटना भएको हो।  , बस ओभरलोडका कारण अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए।, घाइते भएकाहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको एसपी शाहले बताए। , प्रहरीका अनुसार ७ जना गम्भीर घाइते छन्। उनीहरूमध्ये एक जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ। उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते थप दुई जनालाई पनि काठमाडौं हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।, बाँकी चार जनालाई एम्बुलेन्सबाट ल्याइसकेको छ।, नुवाकोटमा बस दुर्घटना हुँदा ५६ घाइते, एक जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
सेतोपाटी संवाददाता देशभर थप २६२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार आइतबार थप २६२ जनामा संक्रमण पुष्टि भएको हो। , पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ५७२ जनाको पिसिआर परीक्षण गर्दा २२९ जनामा र ३ हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो। , यसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। हाल देशभर १२ हजार २ ४४ जना सक्रिय संक्रमित छन्।, यस्तै, काठमाडौंमा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  , जसमध्ये भक्तपुरमा १, ललितपुरमा १२ र काठमाडौंमा ८० गरी ९३ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।  ,  , ​​​​​​​देशभर थपिए २६२ संक्रमित, काठमाडौं उपत्यकामा ९३ जना
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरमा भएको एमसिसीविरूद्धको प्रदर्शनमा ३० राउन्ड रबर बुलेट प्रहार भएको छ। , आइतबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल भएपछि संसद भवन बाहिर प्रदर्शन जारी थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। , त्यसक्रममा प्रहरीले ३० राउन्ड रबरको गोली हानेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। , त्यस्तै प्रहरीले ११५ सेल अश्रुग्यास पनि प्रहार गरिएको उनले बताए।, ‘तनावपूर्ण अवस्था सिर्जना भएपछि रबरको बुलेट पनि हानिएको थियो। तर कसैलाई लागेको भने छैन,’ उनले भने। , प्रदर्शनकारीहरूले पनि प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा समेत प्रहार गरेका थिए। सुरूमा भीडलाई तितरवितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहरा प्रहार गरेको थियो। , सशस्त्र प्रहरीको एउटासहित तीन वटा वाटर क्याननको प्रयोग गरिएको थियो। , पछि अवस्था नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र रबरको बुलेटले प्रहार गरेको हो। , दोहोरो झडप हुँदा प्रहरीको तर्फबाट १६ जना घाइते समेत भएका छन्। यता प्रदर्शनकारीको तर्फबाट ७ जना घाइते भएको प्रहरी उपरीक्षक राठौरले बताए।     ,  , बानेश्वर प्रदर्शनमा ३० राउन्ड रबर बुलेट र ११५ सेल अश्रुग्यास प्रहार
सेतोपाटी संवाददाता महोत्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानसहित दुई जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय महोत्तरीले श्रीमतीको हत्या गरेको आरोपमा भारत सीतामढी ग्राम पञ्चायत भासर मघहा-७ अनारवन गाउँका ३७ वर्षीय अजय महतो कोइरी र सर्लाही मलंगवा नगरपालिका-९ का ३४ वर्षीय प्रमोद राउतलाई पक्राउ गरेको हो।, उनीहरूमाथि भारत सीतामढी भैरबकोठी, मेहसौल टोल घर भएकी राधा भन्ने अफ्सना खातुनको हत्या गरेको आरोप रहेको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।, खातुनको शव फागुन ४ गते महोत्तरी गौशाला नगरपालिका-१२ कान्तिबजारस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र फेला परेको थियो। निर्माणाधीन रेल्वे ट्र्याकभन्दा ५६१ फिट दक्षिणमा उनको शव फेला परेको थियो। , सुरूमा उनको शवको पहिचान खुलेको थिएन। उनी अन्दाजी २७ वर्षकी महिलाजस्तो देखिन्थिइन्। , प्रहरी उपरीक्षक पंगेनीका अनुसार ती महिला गर्भवती पनि थिइन्। घाँटीमा रातो गम्छाले कसिएको थियो, नाक मुखबाट अत्यधिक रक्तश्राव भई रक्ताम्य अवस्थामा उनको शव फेला परेको थियो।, प्रहरीले शवको पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो।, त्यसको अघिल्लो दिनमात्रै प्रहरीलाई दुई जना बच्चा कसैले फेला पारेको भन्दै खबर गरिएको थियो। त्यो खबर गौशाला-१२ विषहराथान नजिकै चिया पसल सञ्चालन गर्दै आएकी मैयाकुमारी योञ्जनले गरेकी थिइन्।, उनको पसलमा दुई जना अपरिचित व्यक्तिले अन्दाजी ४ वर्षीय र साढे २ वर्षका दुई जना बालक पसलअगाडि छाडेर गएका थिए। ती अपरिचित व्यक्तिले एकैछिनमा आउने भन्दै दुई बालकलाई छाडेर गएका थिए। , प्रहरीले खबर पाएपछि बालकको उद्धार गरी नेपाल रेडक्रस सोसाइटी गौशाला उपशाखाका सभापति दिनेश महतोको घरमा सुरक्षित राखेको थियो। , ती बालक ४ वर्षीय र साढे २ वर्षीय बालक दाजुभाइ थिए।  प्रहरीले बेवारिसे रूपमा छाडेर गएका दुई बालक र महिलाबीच केही सम्बन्ध हुन सक्ने भन्दै अनुसन्धान सुरू गरेको थियो।, त्यस क्रममा प्रहरीले बालकलाई महिलाको फोटो देखाउँदा आफ्नी आमा भएको बालकहरूले जानकारी दिएको प्रहरी उपरीक्षक पंगेनीले बताए।, त्यसपछि प्रहरीले मृतकका श्रीमान कोइरीलाई खोजेर फागुन ६ गते पक्राउ गरेको थियो। उनलाई नेपाल-भारत सिमानाबाट पक्राउ गरिएको थियो। , प्रहरीका अनुसार मृतक राधा र कोइरीबीच दुई वर्षअघि चिनजान भएको थियो। कोइरी भारतमा ठेकेदारीको काम गर्थे। राधा भने उनीसँगै मजदुरी गर्थिन्। , मृतक राधा विवाहित थिइन्। भारतमै विवाह भएकी उनका दुई जना छोरा भएका थिए।, पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछि आफ्ना दुई छोरालाई लिएर राधाले कोइरीसँग विवाह गरेको प्रहरीले जनाएको छ। , विवाहपछि पनि उनी भारतमै आफ्नो माइतीमा बस्दै आएकी थिइन्। श्रीमान् कोइरीलाई राधाले आफूलाई घरमा लग्नुपर्ने अडान लिएकी थिइन्। , कोइरीले उनलाई घरमा लगे पनि घर, गाउँ र समाजले स्वीकारेको थिएन। , ‘राधालाई अस्वीकार गरी गाउँघरमा पञ्चायती बसेर २५ हजार भारू क्षतिपूर्ति दिएर छुट्टिने सहमति गरेको थियो। त्यस्तै २५ हजार भारूले गाउँका व्यक्तिहरूलाई भोज खुवाउने सहमति भएको थियो,’ जिल्ला प्रहरी कार्यालयय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने। , त्यसैको एक हप्तापछि भने राधाले त्यसलाई अस्वीकार गरिन् र पुन: कोइरीसँगै बस्न थालिन्। मलंगवा-९मा कोठा भाडामा लिएर उनीहरू बस्न थालेका थिए। , त्यसैक्रममा राधा गर्भवती ८-९ महिनाको गर्भवती भइन्। , श्रीमान् अजय महतोले कोइरीलाई आर्थिक रूपमा तनाव दिने, कोर्ट म्यारिज गर भन्ने, बच्चा जन्मिएपछि अंश र अधिकार जसरी पनि लिन्छु भनी मानसिक तनाव दिने गरेको, अंश र अधिकार नदिए जबरजस्ती करणीमा मुद्दा हालिदिने लगायतका धम्की दिने गरेकी थिइन्।, अजय महतो कोइरी र मलंगवा-९ का प्रमोद राउतसँगै काम गर्थे। फागुन २ गते काम गर्ने क्रममा कोइरीले राउतलाई आफ्नो दु:ख सुनाएपछि राधाको हत्या गरी शव जंगलमा फ्याँके समाधान हुने भन्दै सुझाव दिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। , त्यसपछि उनीहरू दुबै जनाले राधाको हत्या गरी शव जंगलमा फ्याँक्ने योजना बनाएको प्रहरीले जनाएको छ। , योजनाअनुसार फागुन ३ गते दिउँसो राधालाई मेला देखाउन लैजाने भन्दै श्रीमान् कोइरी र अर्का एक फरार व्यक्तिले टेम्पो रिजर्भ गरी लगेका थिए। त्यसक्रममा दुई जना बालकहरूलाई पनि साथमै लगेका थिए। , उनीहरू सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ श्रीनगर चोकसम्म टेम्पो चढेर गएका थिए। त्यहाँ प्रमोद राउतले आफ्नो मोटरसाइकलमा दुबैलाई पालैपालो गौशाला-१२ स्थित रेल्वे ट्र्याक पुर्‍याएका थिए।, कोइरी र हाल फरार रहेका ती पुरूषले राधालाई जंगलतर्फ लगेका थिए। यता प्रमोद राउतले आफ्नो मोटरसाइकलमा राखेर दुबै बालकलाई मैया योञ्जनको होटलमा पुर्‍याएर हिँडेका थिए। , उता कोइरी र अर्का पुरूषले राधालाई जंगलमा लगेर हत्या गरेका थिए। , हत्यापछि उनीहरू मलगंवा फर्किएका थिए। प्रहरीले अनुसन्धानकै क्रममा प्रमोदलाई शनिबार मलंगवाबाट पक्राउ गरेको थियो।, पक्राउ परेका दुबैमाथि कर्तव्य ज्यानमुद्दामामहोत्तरी जिल्ला अदालत, जलेश्वरबाट म्याद लिएर अनुसन्धान थालेको छ। , श्रीमतीको हत्या गरेको आरोपमा महोत्तरीमा श्रीमानसहित दुई जना पक्राउ, यसरी भएको थियो हत्या
युवराज श्रेष्ठ पोखरामा आइतबार असिनाले सडक अवरुद्ध भयो। मानिसहरु हिँडडुल गर्न सकेनन्। बजार अस्तव्यस्त पारिदियो। मानिस बाहिर निस्कन सकेनन्।, साँझदेखि शहर सामान्य अवस्थामा फर्कियो। असिनाको अस्तव्यस्तता समाप्त भए। यही असिनाले किसानका बाली पनि सामाप्त पारिदियो।, पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले भने, ‘असिनाले यति ठूलो क्षति पुर्‍याउँछ भनेर आकलन नै गर्न सकिएन।’, पोखरामा आइतबार बिहान राम्ररी घाम लागेन। आकाश खुल्न थालेको केहीबेरमै फेरि बादल मडारियो। सिमसिम पानी पर्न थाल्यो। मसिना असिना झरे। यत्तिमै पानी रोकिन लागेपछि रानीपौवाका किसान मेमबहादुर गुरुङ तरकारीको टनेल तर्फ लागे।, अचानक ठूला ठूला असिना झर्न थाले। टनेल प्वाल पारेर असिना भित्र छिरे। ‘निस्तो असिना यति बाक्लो पर्‍यो कि, हाँडीमा मकै पड्किएको जस्तो भएको थियो,’ गुरूङले भने।, उनी सामुदायिक विद्यालयका पूर्व प्रध्यानाध्यापक हुन्। लमजुङको समिभञ्ज्याङस्थित सम्झना माविमा ३८ वर्ष अध्यापन गरेर गुरुङले पोखराको फुलबारीमा कृषि फार्म खोलेका थिए।, उनले फार्ममा २२ वटा भैंसी पालेका छन्। १९ वटा टनेलमा तरकारी खेति लगाएका छन्। पोखरामा कृषि कर्म गर्न ४६ लाख लगानी गरेका गुरुङको बाली असिनाले उडाइदिएको छ।, पोखरामा आइतबार दिउँसो परेको भिषण असिनाले गुरुङको तरकारी बालीका टनेल असिनाले धुजाधुजा पारिदिएको छ। लामो समय परेको बाक्लो असिनाको भार भैसीं गोठको छानोले धानेन। असिना पानीसहित हावाहुरीले छानो खसाइदिएको छ।, ‘छानोले किचेर भैंसी सामान्य घाइते भएको छ, छरछिमेकका युवाहरुको सहयोगमा उद्धार गरिएको छ’ गुरुङले भने, ‘तरकारी बालीको टनेल पनि असिनाले खत्तम पारिदियो।’, उनका अनुसार तरकारी टनेलमा यही सिजनमा करिब २ लाख रुपैया बराबरको तरकारी लगाइएको थियो। गोठको छानो समेत गरेर १५ लाख बराबरको क्षेति पुगेको गुरुङको आकलन छ।, फुलबारीकै आविष्कार पौडेलको कादुरी अर्गानिक फार्मका आलु खन्ने बेलाभएको थियो। उनले बारीमा एक सय किलो आलु रोपेका थिए। आइतबारको असिनाले आलुमा सबैभन्दा धेरै क्षति पुगेको पौडेलले बताए।, ‘थन्क्याउने बेला भएको आलु असिनाले खेर फालिदियो,’ पौडेलले भने, ‘अरु तरकारीबालीका टनेल पनि क्षतविक्षत पारिदिएको छ।’, उनको फार्ममा आलु, काउली, बन्दा, सागसब्जी, फर्सी, प्याज लगायतका तरकारी थिए। यस सिजनका लागि उनले डेढ लाख रूपैयाँका तरकारीबाली लगाएको बताए।, पोखराको मालेपाटन क्षेत्रमा पनि असिनाले उस्तै क्षेति पुर्‍याएको छ। झौखेत कृषि सहकारी र मालेपाटन किसान विकास समहुका अध्यक्ष नवराज दुवाडीका अनुसार किसानले फार्ममा पुगेर असिनाले पारेको क्षति हेर्न समेत नसकेको बताए।, ‘असिना पानीमा खेतबारीमा जाने सकिएन, साँझसम्म पानी रोकिएको होइन,’ दुवाडीले भने, ‘कति क्षति भयो एकिन गर्न सकिएन।’, दुवाडी अध्यक्ष रहेको कृषि सहकारी र समुहले मालेपाटनमा करिब १ हजार रोपनी जमिनमा तरकारी खेति गरेका छन्। कृषि सहकारीमा २ सय र कृषि समूहमा १ सय जना मिलेर उनीहरुले तरकारी रोपेका हुन्। फार्ममा सागसब्जी, काउली, बन्दा, खुर्सानी लगायत छन्। भित्राउने बेला भएको आलु असिनाले पूर्ण रुपमा नष्ट पारेको उनको अनुमान छ।, ‘असिनाले बाली केही छैन, माटोमा मिलाइदिएको छ,’ दुवाडीले भने, ‘कोही भर्खर रोपिएका थिए, केही भित्राउने बेलाका थिए, सबै नष्ट पारिदियो।’, पोखरामा असिना पानी यसवर्ष अप्रत्याशित छिटो परेको दुवाडीले बताए। ‘फागुनको तेस्रो हप्तातिर पथ्र्यो, त्यतिबेलासम्म आलु निकाल्न भ्याइन्थ्यो,’ उनले भने।, महानगरका कृषि महाशाखा प्रमुख कडरियाले पोखराका सबैजसो कृषि फार्म र कौसी खेतिलाई असिनाले क्षेति गरेको बताए। पोखराको मुख्य बजार क्षेत्रदेखि लेखनाथ लगायतका स्थानमा भिषण असिना परेको कडरियाले बताए।, पोखराका कृषि फार्महरुबाट असिनाले ठूलो क्षति पुगेको जानकारी आएको उनले बताए। प्राकृतिक प्रकोप रहस्यमयी भएको भन्दै उनले भने, ‘यति भिषण असिना हामीले अपेक्षा गरेका थिएनौं।’, पोखरा महानगरले युवा स्वरोजगारदेखि, कृषि उद्यमीलाई आर्थिक र प्राविधिक सहयोग गर्ने नीति लिएको कडरियाले बताए। महानगरले शहरी खेतिका लागि कौसीमा तरकारी बाली रोप्ने किसानलाई पनि सहयोग गर्दै आएको छ। उत्पादनमा किसानलाई सहयोग गर्ने महानगरको नीति छ।, महानगरका कृषि महाशाखा प्रमुख कडरियाले असिना लगायत प्राकृतिक विपत्तिमा परेका किसानलाई क्षेतिपूर्ति वा राहत दिने कार्यक्रम भने नभएको बताए। ‘असिनाले खाएको किसानलाई आगामी योजनामा प्राथमिकता दिन सक्छौं,’ कडरियाले भने, ‘असिना वा प्राकृतिक प्रकोपको क्षेतिमा क्षेतिपूर्ति दिने योजना हामीसँग छैन।’, पोखरा महानगरसँग मात्र होइन, प्राकृतिक विपत्तिमा परेका किसानलाई प्रदेश र संघ सरकारले पनि अहिलेसम्म सहयोग नगरेको किसानको गुनासो छ। प्राकृतिक प्रकोपबाट बालीमा परेको क्षतिपूर्ति लिन कृषि बिमा उपयुक्त विकल्प रहेको कडरियाले बताए।, पोखरामा कृषि फार्म चलाइरहेका मेमबहादुर गुरुङ, आविष्कार पौडेल र नवराज दुवाडीले कृषि बिमा गरेका छैनन्। पौडेलका अनुसार ३ महिना आयु रहेका बालीको बिमा गर्न लगानी मात्र बढ्ने बताए।, ‘पोहोर तरकारीको बिमा गरेको थिए, फाइदा पाइएन,’ पौडेलले भने, ‘३ महिने बालीमा बिमा गर्दा खर्च मात्र बढ्ने रहेछ।’, तरकारीबाली र भैंसी पालेका मेमबहादुर गुरुङ र सहकारी र समुहमा कृषि गरिरहेका दुवाडीले बिमा गर्ने बेला असिना परेको बताए। उनीहरुले पनि कृषि बिमा झण्झटिलो हुने प्रतिक्रिया दिए। बिमा गर्न सजिलो भए पनि भुक्तानी पाउन असिना परेको फोटो, भिडिओ, प्राविधिक रिपोर्ट, बिमा कम्पनीको अनुगमन लगायत झण्झटिलो प्रक्रिया राखेको उनीहरुको भनाई छ।, दुवाडीका अनुसार बिमा कम्पनीमा किसानले तिर्नुपर्ने प्रिमियम सरकारले तिरिदिने बताए। तर प्रभावकारी नभएको उनको पनि अनुभव छ। कृषि बिमा कार्यक्रम प्रभावकारी रुपमा किसानको खेतबारीमा पुर्‍याउनुपर्ने उनको भनाई छ।, ‘हरेक वर्ष असिना आएकै छ, आउँछ भन्ने पनि थाहा छ,’ उनले भने, ‘प्रकोप हामीले सोचेभन्दा फरक तरिकाले आउने भएकाले बाली जोगाउन बिमा नै प्रभावकारी बनाउनुपर्छ।’, किसानले भने तीनै तहका सरकारले असिनाको क्षतिमा राहत दिनुपर्ने माग राखेका छन्। किसानको खेतबारीमा पुगेर सरकारले क्षेतिको मुल्याङ्कन गर्नुपर्ने र किसानलाई सक्दो राहत दिनुपर्ने उनको माग छ।, कृषि समुह, फार्म संचालक र कृषि सहकारी मिलेर असिनाको क्षेतिबारे सरकारको ध्यानाकर्षण गराउने दुवाडीले बताए।, ‘किसानलाई असिनाले पुर्‍याएको क्षति सरकारले हेरेर बस्नु हुँदैन,’ उनले भने, ‘हाम्रा खेतबारीमा प्राविधिक पठाएर सरकारले सकभर राहत दिनुपर्छ।’, पोखरामा अप्रत्याशित असिनाको क्षति आकलन बाहिर
सेतोपाटी संवाददाता देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।, मौसमविद्का अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। , अहिले प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ। , आज राति पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन्।, मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।, मंगलबार राती सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।, बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। , देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।, मेघगर्जन र चट्याङ्सहित वर्षा हुन सक्ने
सेतोपाटी संवाददाता कपिलवस्तु वाणगंगा नगरपालिका-१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन्।, यशोदाको गत मंसिर १० गते हत्या भएको थियो। सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो।, एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, प्रहरीका अनुसार दुईबीच शारीरिक सम्पर्कपछि विवाद हुँदा शम्भुले यशोदाको हत्या गरेको थाहा भएको छ।, आफ्नी श्रीमती माइत गएका बेला शम्भु त्यसदिन राति मादक पदार्थ सेवन गरेर यशोदाको कोठामा पुगेका थिए।, सुरूमा सहमतिमै शारीरिक सम्पर्क भएको शम्भुले बताएका छन्। दोस्रोपटक शारीरिक सम्पर्क गर्न खोज्दा यशोदाले प्रतिकार गरेकी थिइन्।, ‘प्रतिकार गरी म हल्ला गर्छु भनेपछि बोल्न नसकुन् भनी घाँटी थिचेर हत्या गरेको उनले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने।, शम्भु घर बनाउने काम गर्छन्। घटना हुनुभन्दा केही समयअघि उनकी श्रीमतीसँग झगडा भएको थियो। झगडा भएपछि उनी माइत गएकी थिइन्। यशोदाको शव फेला परेपछि प्रहरीले इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रहरी निरीक्षक केशवराज ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो।, अनुसन्धान समितिले सम्भावित व्यक्तिहरूको पहिचान गर्ने क्रममा शम्भुलाई पक्राउ गरेको भण्डारीले बताए। पोष्टमार्टम रिपोर्टमा यशोदाको स्वास नलीमा अवरोध भएर मृत्यु भएको खुलेको थियो।, पक्राउ परेका देवर शम्भुलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।, भाउजूको हत्या आरोपमा देवर पक्राउ
सेतोपाटी संवाददाता रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. २ सिर्पका ३७ वर्षीय अमृतबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।, वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले सेतोपाटीलाई बताए। , दुर्घटनामा परी टिपर चालक दाङको राप्ती गाउँपालिका वडा नं. ३ का ४३ वर्षीय दीपक केसी गम्भीर घाइते भएका छन्। , उनको टाउको, खुट्टामा चोट लागेको छ। घाइते केसीको जिल्लामै प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी बुटवलमा उपचार भइरहेको डिएसपी घिमिरेले जानकारी दिए। , मृतक वली लिफ्ट मागेर सवार व्यक्ति भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। , दाङबाट इँट्टा लिएर गएको रा १ ख १७८७ नम्बरको टिपर रोल्पाको लुङ्ग्री गाउँपालिका ४ जलुके भन्ने स्थानमा आइतबार राति दश बजेतिर दुर्घटनामा परेको थियो। , टिपर सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको डिएसपी घिमिरेले बताए।, के कारणले उक्त टिपर दुर्घटना भएको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।,  , रोल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु
मन्दिरा घिमिरे उनका चाउरी परेको हात दिनदिनै सडक छुन्छन्। कहिले गाडामा राखेर फोहोर बोक्छन्, कहिले छेउछाउका झारपात उखेलआखल पार्छन्। उनका हातले समाएका धेरै साबेल, झाडु र ठेला बिग्रिएर कता-कता पुगे। उनका हात भने ३९ वर्षदेखि ललितपुरका सडक सफा-सुग्घर पार्न लागिरहेका छन्।, लुरे खड्का ७६ वर्षका भए। उनको आधाभन्दा बढी जिन्दगी सडकको सफाइ र मर्मत सम्भार गर्दागर्दै बितेर गयो।, लुरेको जन्म २००२ जेठमा भैंसेपाटीमा भएको हो। उनको नाम लुरे हुनुका पछाडि पनि कथा जोडिएको छ।, ‘आमा सानैमा बित्नुभयो। आमाको दूध खान नपाएर लुरे देखेपछि बाले मलाई लुरे भन्न थाल्नुभयो रे!’,उनले भने ‘बाले लुरे भनेपछि सबैले लुरे नै भनेर बोलाउन थाले। त्यसपछि त मेरो नाम नै लुरे!’ , आमाले छोडेर जाँदा लुरे आठ महिनाका थिए। चार भाइ-बहिनीमध्ये कान्छा।, घरका कान्छा छोरा लुरेको पढाइमा रूची थिएन। गणितमा उनी निकै कमजोर थिए रे! प्रौढ कक्षा पढेपछि उनले पढाइ छोडिदिए। बाल्यकाल भैंसेपाटीमा घर र खेतीपाती गरेर बित्यो।, ३५ वर्षको हुँदा पुतली खड्कासँग उनको बिहे भयो। थोरै जग्गामा खेतीपाती गरेर घरबार चलाउन मुस्किल थियो। लुरेले काम खोजिरहेका थिए।, नगरपालिकामा काम गर्ने एक साथीले एकदिन नगरपालिकामा सडक विभागको लागि कर्मचारी मागेको कुरा उनलाई सुनाए।, ‘तैंले पढेको छैनस् के गर्छस्, बरू बाटो सफा गर्न गइस् भने पैसा त कमाउँछस्, काम गर,’ साथीले दिएको सल्लाह सम्झिँदै लुरेले भने,‘ म जागिर खान गएँ। सुरूमा दिनको चार रुपैयाँका दरले पैसा पाइन्थ्यो।’, उनले २०३९ मंसिर १६ गतेदेखि ललितपुर नगरपालिका हुँदा सडक विभागमा काम गर्न थालेको बताए। महिनामा सय रुपैयाँ जति कमाउने लुरे कहिलेकाहीँ पैसा बढी आउँछ भनेर शनिबार पनि काम गर्न जान्थे।, त्यो बेला अहिलेजस्तो फराकिलो सडक नभएको उनी सम्झन्छन्।, ‘कालोपत्र गरेको सडक कमै थियो। भित्री सडकमा धेरै इँटा छापेको हुन्थ्यो। कति ठाउँमा खाल्डाखुल्डी हुन्थ्यो। मान्छेलाई हिँड्न पनि गाह्रो हुन्थ्यो’, उनले भने ‘पहिले बाटो सानो थियो। त्यही सानो बाटोलाई दुईतिरबाट झाँडीले घेरेर बाटो झनै सानो बनाउँथ्यो। हामी त्यही झाडी फाँड्ने काम गर्थ्यौं।’, लुरे सानो हुँदा ललितपुरका जावलाखेल, झम्सिखेल र धोवीघाटलगायत ठाउँमा खेतीपाती हुन्थ्यो। लुरेले कुनै दिन यो ठाउँमा घरैघर ठडिएलान् र सहर बन्ला भन्ने सोचेकै थिएनन्।  , ‘पहिले बाटोमा गाडी फाट्टफुट्टमात्र देखिन्थे। गाडी देख्दा के-के न देखेजस्तो हुन्थ्यो,’ उनले भने, ‘पछि ट्रली बस सूर्यविनायकदेखि त्रिपुरेश्वरसम्म चल्न थाल्यो। ट्रली बस चल्दा अहिलेको गाडीजस्तो आवाज आउँदैन थियो। बत्ती गएपछि टक्क रोकिन्थ्यो।’, त्यही भएर लुरेलाई अहिलेका गाडी भन्दा उहिलेका ट्रली बस नै मन पर्छन्। ट्रली बसले आवाज ननिकाल्ने र धुँवा नफाल्ने भएकाले आफूलाई मन परेको उनले बताए।, आजभोलि सडकमा गाडीका ताँती देख्दा पनि उनलाई रमाइलो नै लाग्छ।, सडक सफा गर्दै र सडकमा फेरिएका गाडीका स्वरूप र संख्या हेर्दै लुरेले झन्डै २० वर्ष बिताए।  , १८ वर्षअघि उनको उमेर ५८ वर्ष पुग्यो। उमेर हदका कारण ५८ वर्षमै अवकाश पाउने नियम थियो। सरकारी कामबाट अवकाश भए पनि लुरेले पेन्सन पाउने थिएनन्।, ‘पेन्सन नपाउने भएपछि हामी अरू काम गर्न नजानेकाले कमाउन सक्दैनथ्यौं। हामीले हाकिमसँग कुरा गर्‍यौं। आफूले जानेको कामबाट निकालेपछि के गरेर खाने भन्यौं,’ उनले भने, ‘ती हाकिमले हामीले चाहेसम्म काम गर्न पाउने भनेर लेखिदिए। त्यसपछि त ढुक्कै भइहाल्यो। त्यही भएर अहिलेसम्म काम गर्न पाएको छु।’, सडककै काम गरेर लुरेले तीन जना छोराछोरी हुर्काए, बढाए, पढाए। जेठो छोरा र छोरीको बिहे भइसक्यो। कान्छी छोरी अहिले स्नातकमा पढ्दै छन्।, ‘आफू नपढेर लाटो भइयो। बच्चाहरू पढेर बाठो होऊन बनेर बोर्डिङ हालें’, उनले भने ‘तर छोराले ५ कक्षासम्म मात्र पढ्यो।, आफ्नी दुई छोरीहरूले पढे लेखेको देखेर लुरे एकदमै खुसी छन्। छोरीहरू शिक्षित भएकाले आफूले जस्तो दुःख भोग्न नपर्ने उनको विश्वास छ।, उनकी श्रीमतीलाई विभिन्न बिराम लागेका छन्।, ‘हिँड्न पनि गाह्रो छ। जतिखेर पनि दुख्यो मात्र भन्छे। डाक्टरले अपरेसन गर्नुपर्छ भनेको छ,’ उनले भने, ‘कतिले बुढेसकालमा अपरेसन गर्दा आकाशतिर जान्छे भने अनि अपरेसन गराइनँ।’, उनी हरेक दिन बिहान १० बजे काममा आउँछन्। बेलुका ५ बजे फर्कन्छन्। गाडी चढ्न थालेको दुई वर्ष मात्र भयो। त्योभन्दा पहिले उनी सधैँ भैंसेपाटीदेखि हिँडेरै पुल्चोकसम्म आउँथे।, उनको भागमा पुल्चोकको दमकलदेखि सिधा नयाँबाटोसम्म परेको छ।, यो बाटोमा उनले धेरै अनुभव गरेका छन्।  , पुल्चोकमा धेरै मानिसले पराग खाएर फोहोर गर्ने गरेको उनी बताउँछन्। त्यसैले त्यही एरियामा धेरैजसो काम गर्ने गरेको र ठाडोढुंगा र नयाँबाटोमा कहिलेकाहीँ हेरेर मात्र सफा गर्ने गरेको उनले बताए।      , घरमा बसीबसी काम गर्दा धेरै रोग लाग्ने लुरेको बुझाइ छ। शरिरले साथ दिएसम्म सडकमै काम गर्ने उनको योजना छ।, महिनाको नब्बे-सय रुपैयाँदेखि काम सुरू गरेकामा अहिले २१ हजार तलब पुग्दा उनी दंग छन्। आफूले काम गर्दा घरमा पनि सहयोग हुने र एकैजनालाई भार नहुने उनी बताउँछन्।, ‘काम गर्दा दिन काट्न पनि सजिलो हुन्छ,’ उनले भने,‘शरीर साथ दिएसम्म यही काम गरिरहन्छु।’, ३९ वर्षदेखि ललितपुरका सडक सफा गरिरहेका लुरे
रासस घोराही उपमहानगरपालिका-१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरूआत  गरिएको छ।  , नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ। , प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, ‘अहिले फोहर कम राखिएको छ। यसले गर्दा ग्यास उत्पादन कम भएको हो। केही समयपछि फोहर धेरै राखेर  उत्पादनलाई वृद्धि गरिने छ।’ , प्लान्टमा उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ।, उनका अनुसार उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घर-घरसम्म पुर्‍याउने योजना छ।, यसका लागि पाइप विस्तारको काम सुरू गरिने जनाइएको छ। उनले भने, ‘हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको हो।’ , पाइपमार्फत् ग्यास प्रयोग गरेबापत उपभोक्ताले मिटरअनुसार रकम तिर्नुपर्नेछ।, कोरोना संक्रमणका कारण निर्माण कार्य केही ढिला भएको जनाइएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र उपमहानगरपालिका बीचको त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको  व्यवस्थापक श्रेष्ठले बताए।, पहिलो चरणमा ४५० घरधुरीमा पुर्‍याउने उद्देश्यले सर्भे गरिएको छ। पछि विस्तार गरिने भएको छ। उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीयलाई परीक्षण गरिने छ। सफल भएमा उपमहानगरभित्रका सहरमा विस्तार गरिनेछ। , त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते भएको थियो। ग्यास उत्पादन गर्नका लागि पहिले करिब २० करोड रुपैयाँ लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घर-घरसम्म ग्यास पुर्‍याउनुपर्ने भएपछि करिब २२ करोड रुपैयाँ लाग्ने उनले जानकारी दिए।, यो रकम घरघरसम्म ग्यास पाइपमार्फत पुर्‍याउँदा खर्च हुनेछ। फोहरबाट ग्यास उत्पादनका लागि केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैंले बेहोर्ने सहमति भएको जनाइएको छ।  , संरचना निर्माणका लागि नगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ। उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरमा छ। फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उनले बताए।, कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ। सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ।, २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई पाँच प्रतिशत रकम दिने सहमति भएको छ। , उपमहानगरप्रमुख नरुलाल चौधरीले भने,‘नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण हुनेछ। यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र उपमहानगरपालिकाको आम्दानीको स्रोतमा वृद्धि गर्ने लक्ष्य रहेको छ।’, ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने र फोहर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए। ,  , जिल्लामा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन्।, फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो हो। जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाबाट नागरिक आउने गरेका छन्।, फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाको अपेक्षा छ। ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत हुनेछ।, उपनगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ। नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ।, यसले नगर सरसफाइमा सहयोग पुग्ने अपेक्षा उपमहानगरपालिकाको छ। उपमहानगरपालिकाले घर-घरबाट फोहर खरिद गर्न थालेको छ। बोटल र गुट्खाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन्। , उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो।, उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु दश, कपडा प्रतिकिलो रु पाँच, सूर्तीजन्य प्लाष्टिकको फोहोर प्रतिकिलो रु दुई, कापीसहित वर्गीकरणअनुसारका फोहरलाई रु दशदेखि बीससम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ।, यसरी खरिद गरिएको गल्ने फोहरलाई बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिने उपमहानगरले जनाएको छ।, फोहरबाट ग्यास उत्पादन गर्दै घोराही उपमहानगर
सेतोपाटी संवाददाता तुलसीपुरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्युरोडका ३३ वर्षीय भुपलाल विक र तुलसीपुर १८ हेमन्तपुरका २६ वर्षीय देवराज देवकोटा पक्राउ परेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। , प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा आइतबार बेलुका ५ बजेतिर पुगेको प्रहरी टोलीले विकलाई उनकै घरबाट पक्राउ गरिएको थियो।, विकको साथबाट १७ वटा पुरिया फेला परेको र प्लाष्टिक हटाएर तौल गर्दा पाँच सय मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी अर्यालले बताए। त्यसपछि विकको सूचनाका आधारमा देवकोटालाई पनि आइतबार बेलुका ७ बजेतिर उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको डिएसपी अर्यालले जानकारी दिए।, देवकोटाले लगाएको ज्याकेटबाट १५ पुरिया र कोठाको दराजभित्र लुकाइराखेको अवस्थामा प्लाष्टिक फालेर तौल गर्दा ३ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी अर्यालले जानकारी दिए। , पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, ब्राउन सुगरसहित दुई पक्राउ
सेतोपाटी संवाददाता ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्त तथा स्थानीयले घोराही-लमही सडकखण्ड अवरूद्ध गरेका छन्। , दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ३ का १९ वर्षीय अर्जुन खड्काको मृत्युपछि आफन्त तथा स्थानीयले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै घोराही-लमही सडकखण्ड अवरूद्ध गरेका हुन्। , घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१- ख-९४०४ नम्बरको ट्रकले घोराहीतर्फ आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान पौने सात बजेतिर घोराही ३ को भानु चोकमा ठक्कर दिएको थियो। , तत्काल घाइतेलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।  , घाइतेको मृत्युको खबर पाउनासाथ आक्रोशित स्थानीय र आफन्तले सडकखण्ड बन्द गराएका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बाटो खुलाउने प्रयास भइरहेको बताए। स्रोतका अनुसार ट्रक चालकले आफ्नो कुनै गल्ती नरहेको दाबी गर्दै आएका छन्।, ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि घोराही-लमही सडकखण्ड अवरूद्ध
सेतोपाटी संवाददाता सुनसरीमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान अझै खुल्न सकेको छैन। , जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतकको पहिचान नखुलेको भन्दै स्केच सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। , फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान-४ स्थित धरान धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो। , त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो। जंगलमा घाँस काट्न गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।, इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा डग स्निफिङको टोली खटिएको थियो। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विशेषज्ञ चिकित्सक पनि खटिएका थिए।, त्यसपछि प्रहरीले टाउको र खुट्टालाई प्रतिष्ठानको शव गृहमा लगेको थियो। त्यसकै भोलिपल्ट बाँकी अंग खोज्न प्रहरीको टोली खटिएको थियो। , सो टोलीले गत बिहीबार बिहान ५ गते उत्तर धरधरे भन्ने स्थानमा अर्को झोला फेला पार्‍यो। त्यस झोलामा बाँकी शरीर पनि फेला परेको थियो। , शरीरका पूर्ण भाग फेला परे पनि ती पुरूषको सनाखत हुन सकेको छैन। सनाखत नहुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको छ।, ‘शवको पहिचान हुन नसक्दा अनुसन्धान अघि बढाउन समस्या भएको छ,’ कार्कीले भने, ‘हामीले पहिचान गराउने प्रयास गरिरहेका छौं।’, धरान नजिकैको जंगलमा विभत्स अवस्थामा फेला परेको शवको अझै खुलेन पहिचान
सेतोपाटी संवाददाता बाँकेमा ओभर स्पिडको ट्रक पल्टिएर च्याप्दा ड्युटीमा रहेकी एक जना महिला प्रहरी जवानको मृत्यु भएको छ। , कोहलपुरमा चोकमा ड्युटीमा रहेकी इलाका प्रहरी कार्यालय कोहलपरमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बिसीको ना ३ ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा पल्टिँदा च्यापिएर मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार आइतबार राति दश बजेतिर तीव्र गतिमा आएको उक्त ट्रक चौराहामा मोड्ने क्रममा पल्टिन पुग्दा ड्युटीमा रहेकी प्रहरी जवान बिसीलाई च्यापेको थियो।, घटनालगत्तै तत्काल कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याएलगत्तै सवा दश बजेतिर चिकित्सकले बिसीलाई मृत घोषणा गरेको डिएसपी न्यौपानेले बताए । , बिसी प्रहरी चौकी खडैचा दरबन्दी भई हाल कोहलपुरमा कार्यरत थिइन्। , इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालका अनुसार शम्सेरगञ्जबाट कौशिलानगर बाँकेतर्फ जाँदै गरेको उक्त ट्रक मोडमा चालकले मोड्न नसक्दा  पल्टिन पुगेको हो। , ‘चालकले मैले ट्रक मोडमा मोड्न सकिनँ भन्ने कुरा गरेका छन्,’ डिएसपी खनालले भने, ‘घटनाबारे अनुसन्धान जारी छ।’, ट्रक पल्टिएर च्याप्दा ड्युटीमा खटिएकी महिला प्रहरी जवानको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा अग्रवाललाई शनिबार पक्राउ गरेको हो।, उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए।, अग्रवालविरूद्ध सञ्जय अधिकारीले ६ महिनाअघि चेक बाउन्सको जाहेरी दिएका थिए। आफूलाई दिएको पचास लाखको चेक बाउन्स भएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन्।, ‘हामी थप अनुसन्धान गर्दैछौं,’ एसएसपी गिरीले भने।, सञ्चालक अग्रवाल गत पुसमा कारोबार छोडेर सपरिवार भारत गएका थिए। उनको परिवार नै सम्पर्कविहीन भएपछि करोडौं ऋण लगानी गरेका विभिन्न बैंकले ग्रिनलाइनमा ताला लगाएका छन्।, पुस २२ गते सम्पर्कविहीन भएका उनीहरू माघ २७ गते काठमाडौं आएका थिए। काठमाडौं फर्किएपछि अग्रवालले कारोबार मिलाउने बताएका थिए।, ब्युरो स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनमा २८ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर धितोमा राखेको भेटिएको छ।, एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा राखेको छ।, मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको भेटिएको छ। त्यसको धितो ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो राखिएको छ।, ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ। त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका थिए।, ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ
राजेश घिमिरे भरतपुर अस्पतालमा जन्मिएकी छोरीलाई पहिलो पटक काखमा राख्दा बिष्णुबहादुर मल्ल दंग थिए। श्रीमती सुकमायालाई व्यथा लागेपछि अस्पताल पुर्‍याइहाले पनि अप्रेसन गर्नु परेको थिएन। कपडाले बेरिएकी छोरीलाई स्वास्थ्यकर्मीले बिष्णुको जिम्मा लगाइदिएका थिए। , बिष्णुले जब शरीरमा बेरिएको कपडा निकालेर हेरे, छोरीका दुबै हात थिएनन्। उनी झस्किए। जन्मिनुअघि उनले चितवन मेडिकल कलेजमा आमा र बच्चाको नियमित परीक्षण गराउने गरेका थिए। परीक्षणका रिपोर्टबाट आमा-बच्चाको अवस्था सामान्य छ भन्नेबाहेक अरू जानकारी पाएका थिएनन्।, उनले भरतपुर अस्पतालमा रहेका आफन्तलाई छोरीको हात नभएको सुनाए। स्वास्थ्यकर्मीसँग कुरा राखे। स्वास्थ्यकर्मीले ‘जन्म नै यस्तै भएको हो, भाग्यमै यस्तै रहेछ भनेर चित्त बुझाउनु’ भनेपछि उनले मन बुझाए।, बिष्णु र आफन्तले चित्त बुझाए पनि त्यो कुरा आमा सुकमायालाई थाहा थिएन। डिस्चार्ज भएर घर पुगेपछि मात्रै उनले छोरीबारे थाहा पाइन्। सुरूमा गाह्रो भए पनि बिस्तारै चित्त बुझाइन्।, २०७४ सालको मंसिर ८ गते जन्मिएकी सुवर्णा मल्ल गत शुक्रबार पदमपुरस्थित निजी विद्यालय चित्रवन स्कुलमा अन्य बालबालिका सरह लेखपढ गर्दै गरेकी भेटिइन्। कालिका नगरपालिका-३ स्थित घरबाट नजिकै रहेको स्कुलमा नर्सरी कक्षामा पढ्छिन् सुवर्णा।, कक्षाका अरू विद्यार्थी हातले लेख्छन् सुवर्णा गोडाका औंलामा कलम च्यापेर लेख्छिन्। कहिले इरेजर च्यापेर लेखेका कुरा मेट्छिन्, कहिले साथमा रहेको बोत्तलको बिर्को गोडाले खोलेर गोडैले पिउँछिन्। स्कुलमा खाजा पनि गोडैले खान्छिन्। साथीहरूले हातले गर्ने प्रायः कामहरू उनी गोडाले गर्छिन्।, ‘अन्य स्कुलहरूमा लैजाँदा भर्ना नलिएपछि उहाँहरू यहाँ आइपुग्नुभएको रहेछ। हामीले भर्ना लिएर पढाउन सुरू गर्‍यौं। सुरूमा गाह्रो भए पनि म्याडमहरूको मेहनतले नानीले गोडालाई हातको विकल्प बनाएर अन्यले सरह लेख्न थालेकी छन्,’ चित्रवन स्कुलका प्रिन्सिपल लक्ष्मीप्रसाद पोखरेलले भने। उनले सुवर्णाले गोडाले लेखेका अक्षरहरू अन्य विद्यार्थीका भन्दा सुन्दर हुने बताए।, प्रिन्सिपल पोखरेलले परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण सुवर्णालाई नि:शुल्क पढाउँदै आएको बताए।, ‘अपाङ्गता भएकै कारण उनी पढाइबाट बञ्चित हुनु नपरोस् भनेर हामीले नि:शुल्क पढ्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘नानीले पनि राम्रो गर्दै गएको देख्दा खुसी लाग्छ।’, सुवर्णा विद्यालयमा साथीहरूसँग मज्जैले घुलमिल भएकी छन्। उनी सहपाठीसँग खेल्छिन्, रमाइलो गर्छिन्। कसैले पनि उनको शारीरिक अवस्थाको कारण नराम्रो व्यवहार गरेको आफूले थाहा नपाएको पोखरेलले बताए।, बिष्णुको परिवार २०५० सालमा पदमपुर आइपुगेको हो। राप्ती नदीपारि हाल चितवन राष्ट्रिय निकुञ्ज रहेको क्षेत्रमा रहेको बस्ती स्थानान्तरण हुँदा यो परिवार पनि यहाँ आइपुगेको थियो। ११ वर्ष अघि उनले सुकमायासँग विवाह गरेका थिए।, बिष्णु ट्याक्टर चलाउने काम गर्छन्। सुकमाया सौराहास्थित एक होटलमा काम गर्छिन्।, ‘अचेल छोरीले पढेको, राम्रो लेखेको देख्दा साह्रै खुसी लाग्छ,’ बिष्णु भन्छन्, ‘उनलाई राम्रो पढाउन पाए हुन्थ्यो भनेर दिनरात दुःख गरेका छौं।’ उनले जन्मिएको बेलामा हात नदेख्दा दुःख लागे पनि अहिले छोरीले खुसी दिन थालेको बताए।, ‘हामो कमजोर आर्थिक अवस्थाका कारण छोरीलाई पढाउन नसक्ने अवस्था नआइदिए हुन्थ्यो भन्ने कामना गरेका छौं,’ उनले भने। , सुवर्णाले घरमा हातले गर्ने सामान्य काम गोडाले गरे पनि लेख्न भने विद्यालय गएपछि मात्रै सिकेकी थिइन्। सुकमायाले छोरीलाई सुरूमा गोडाले लेख्न गाह्रो भए पनि बिस्तारै बानी पर्न थालेको बताइन्। ‘होमवर्क गर्दा समातेर सघाउनु पर्थ्यो, अचेल आफैंले गर्छिन्। दिसा, पिसाब गर्दा समस्या हुन्छ, अरू काम त गोडाले गर्न सक्ने भएकी छन्,’ सुकमायाले भनिन्।, उनले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सुवर्णालाई धेरै पढाउन सकिँदैन कि भन्ने चिन्ता रहेको बताइन्।, ‘हामीले पढाउन सके त हात नभए पनि लेख्न, पढ्न सकिने रहेछ,’ उनले भनिन्, ‘१० कक्षासम्म त चित्रवन स्कुलले नि:शुल्क पढाइदिन्छौं भनेको छ। त्यसपछि के गर्ली भन्ने पीर लाग्छ!’, दुबै हात नभएकी छोरी जन्मिँदा झस्किएका थिए, अचेल गोडाले लेखेको देखेर दंग पर्छन् (भिडिओ)
रासस पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ।, आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो।, करिब १५ दिनअघि भएको हिमपातपछि अवरूद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ। आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन। , यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।उनका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ। , ‘यहाँ पुनःहिमपात भएपछि सवारी साधन चल्ने अवस्था छैन। भारी हिमपातले सवारी आवागमन अवरूद्ध भएको छ’, आचार्यले भने, ‘जनजीवन भने सामान्य रहेको छ।’, मनाङ ङिस्याङ गाउँपालिकाको खाङ्सार, टङ्की र मनाङ च्याखु, भ्राका, मुङ्जे, घ्यारु, ङाबल, हुम्डे, पिसाङ, नार्पाभूमि गाउँपालिकाको नार, फू, क्याङ तथा च्याखु गाउँका साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक, तिमाङ र नासों गाउँपालिकाको तिल्चे, नाचे, ताचे, ओडार गाउँ, घेराङ गाउँ, घेलाञ्चोक गाउँ, थोंचे, धारापनी र तालगाउँमा भारी हिमपात भएको छ। , पहाडी क्षेत्रमा वर्षा भएकाले जिल्लामा अझै पनि हिमपात हुनसक्ने देखिएको छ।, हिमपात एवं चिसोबाट बच्न र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयले सूचना जारी गरी स्थानीयबासीलाई अनुरोध गरेका छन्।, मनाङमा फेरि हिमपात, यातायात अवरूद्ध
सेतोपाटी संवाददाता भक्तपुरमा घरबाट खसेर एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान भक्तपुर नगरपालिका-१ सल्लाघारी यातायात कार्यालय नजिकै बस्ने वृद्ध आफ्नै घरबाट खसेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , आफ्नै घरको पहिलो तलाबाट अचानक खस्दा ७८ वर्षीय दिपककुमार भुसाल गम्भीर घाइते भएका थिए। , उपचारको लागि उनलाई डा. ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। , प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।,  , भक्तपुरमा घरबाट खसेर एक वृद्धको मृत्यु
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  , नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौं तारकेश्वर नगपालिका-७ बस्ने ३७ वर्षीय विनोद थापालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए। , उनका अनुसार आइतबार थापालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले फुटुङबाट पक्राउ गरेको हो।  , थापाविरूद्ध प्रहरीमा चेक भाउन्स जाहेरी परेपछि अदालतले गत मंसिर ७ गते सजाय सुनाएको थियो। , उच्च अदालत पाटनले  बैंकिङ कसूर मुद्दामा थापालाई १५ दिन कैद र ५१ लाख रूपैयाँ जरीवाना सुनाएको एसपी थापाले बताए। , प्रहरीले थापालाई फैसला कार्यान्वयनको लागि सोमबार ललितपुर जिल्ला अदालतमा पेश गरेको छ।,  , बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इञ्चार्ज विनोदकुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार यादवविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। , उनले केन्द्रको छाप आफूखुसी बनाएर नक्कली पिसिआर रिपोर्ट बनाइदिने गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए। , अनुसन्धानका क्रममा यादवले प्रयोग गर्ने कम्प्युटरको फरेन्सिक जाँच गरिएको थियो। फरेन्सिक जाँच गर्दा फेला परेका पिसिआर रिपोर्टहरू सबै नक्कली भेटिएको भण्डाले बताए। , पिसिआर रिपोर्टका लागि स्वाब संकलन नै नगरी रिपोर्ट दिने गरेको, परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पनि रकम लिएर नेगेटिभ भएको प्रमाण पत्र दिने गरेको पाइएको भण्डारीले बताए।, पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा गंगालाल हृदय रोग केन्द्रका तत्कालीन ल्याब इञ्चार्जविरूद्ध भ्रष्टाचार मुद्दा
रासस स्थानीयबासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाको फोहर उठाउन सकिएको छैन।, नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ।  , हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको १८ स्थानीय तहका फोहर उठाउन नसकिएको हो। , नौ दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ।  महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयबासीको अवरोध हटाइदिन माग गरेको छ।, अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास  हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ।, उनका अनुसार २०७० सालदेखि सुरू गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयबासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ।, ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, उनी भन्छिन्, ‘त्यसका लागि बाटो छिटो निर्माण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ।’ , सडक बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहर पटक-पटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ।, हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको बताइएको छ।  , कामपाले नियमित रूपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घकालीन समाधन खोज्न आवश्यक रहेको अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाइएको छ।, काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।, उक्त स्थान पनि भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो।, हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ।  ,  , उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध
रासस बागमती प्रदेशमा कोरोना संक्रमणविरूद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्।, प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरूद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ।, हेटौंडाबाट खोप अभियान सुरू भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ।, खोप अभियान तीव्र रूपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए। ,  , विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमासमेत क्षति पुर्‍याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताए।,  , मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफैं पुगेर कोरोना संक्रमणविरूद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गरेका थिए।, यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना संक्रमणविरूद्धको खोप लगाएको छ। , साथै कोरोनाविरूद्धको खोप लगाउने र स्वाब संकलन कार्य जिल्लामा जारी रहेको बताइएको छ।, जिल्लामा कोरोना संक्रमण हुनेको संख्या हालसम्म १७ हजार ९११ जना रहेको र हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या १७१ जना रहेको सो कार्यालयले जनाएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रति घट्दै गएको छ।   , बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोना खोप
सेतोपाटी संवाददाता नेपालमा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८ हजार १४० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ५ हजार २२५ जनामा पिसिआर गर्दा २४७ जनामा र २ हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन्। एक हजार २०५ जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। , अहिले देशभर ११ हजार २८२ सक्रिय संक्रमित छन्। , यस्तै काठमाडौं उपत्यकामा ९६ संक्रमित थपिएका छन्। काठमाडौंमा ७७, भक्तपुरमा ८ र ललितपुरमा ११ जना संक्रमित थपिएका हुन्।, नेपालमा थप ३८८ लाई कोरोना, काठमाडौं उपत्यकामा ९६ जना
सेतोपाटी संवाददाता १८ जिल्ला न्यायाधीशको लागि भएको लिखित परीक्षामा तीन जना मात्र उत्तीर्ण भएका छन्। , आन्तरिक खुल्ला, खुल्ला र आरक्षण गरी १८ जिल्ला न्यायाधीशको पदको लागि न्याय सेवा आयोगले विज्ञापन गरेको थियो। , उक्त पदका लागि ११६ जनाले परीक्षा दिएका थिए। जसमा जम्मा तीन जनाले मात्र लिखित परीक्षामा नाम निकालेका हुन्।, लिखित परिक्षामा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी मात्र पास भएका हुन्। उनीहरू सबैले आन्तरिक खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेका हुन्। उनीहरूले खुलाबाट पनि परीक्षा फारम भरेका थिए।, जिल्ला न्यायाधीश पदको लागि आयोगले दसैंअघि असोज १२ देखि १७ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। , उक्त लिखित परीक्षामा उत्तीर्ण भएकाहरू अन्तर्वाताका लागि छनोट भएको आयोगले सूचना जारी गर्दै जनाएको छ।, अब अन्तर्वार्तामा पास भए जिल्ला न्यायाधीश हुनेछन्।,  , १८ जिल्ला न्यायाधीश पदका लागि ११६ जनाले परीक्षा दिएकोमा तीन जना उत्तिर्ण
रासस महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रूख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ।, कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रूख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ।, ‘ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न पाँच करोड रुपैयाँमा ठेक्का भएर कामको सुरूआत गर्न भने पनि वनले गर्दा समस्या भएको छ’, महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका सबइन्जिनियर दौलत धामीले भने, ‘वनको सहमतिबिना रूख कटान गर्न सकिन्न।’, महाकाली करिडोरको ट्रयाक खोल्ने जिम्मेवारी पाएका दिवा–शनिदेव जेभीका आधिकारिक प्रतिनिधि शनिदेव भट्टले लामो समय भइसक्दा पनि वनबाट रूख कटानको सहमति नआउँदा समस्या भइरहेको बताए।, ‘साना र ठूला गरेर करिब चार हजार रूख काट्नुपर्ने देखिन्छ’, उनले भने,‘रूख कटानको अल्झनले काम गर्नै गाह्रो भयो।’, उनले ट्रयाक खोलिसक्ने बेला भइसक्दासम्म पनि कटान समस्या हुन नभएको दुखेसो पोखे।, करिडोरअन्तर्गत १४ किलोमिटर ट्रयाक खुले डडेल्धुराको जोगबुढा क्षेत्र सहजै पुगिन्छ। त्यसैगरी डडेल्धुरा क्षेत्रमा पनि करिडोरको ट्रयाक खुलाउने काम भइरहेको योजनाका सबइन्जिनियर धामीको भनाइ छ।, ४२५ किलोमिटर लम्बाइ भएको करिडोरअन्तर्गत विभिन्न प्याकेजमा निर्माणको काम भइरहेको छ।, लामो समयसम्म सो क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) हुन नसक्दा काममा ढिलाइ भएको हो।, नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको भए पनि करिडोरको काम कछुवा गतिमा छ।, डडेल्धुरामा ३८ किलोमिटरसम्म ट्रयाक खुलिसकेको सबइन्जिनियर धामीको भनाइ छ।, ‘डडेल्धुरामा ५५ किलोमिटर ट्रयाक खोल्नुपर्नेमा ३८ किलोमिटरसम्म खुलिसकेको छ’, उनले भने, ‘बाँकीमा ट्रयाक खोल्ने ठेक्का प्रक्रियाको चरणमा छ।’, त्यसैगरी बैतडीमा १५ देखि २० किलोमिटर महाकाली मार्गमा पर्छ। त्यहाँ करिब ५५ किलोमिटर ट्रयाक खुलिसकेको भए पनि अझै ६०/७० किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको उनले बताए। , चार वटै जिल्लामा ट्रयाक खोल्न अहिले ५० करोड रुपैयाँ बराबरको काम चलिरहेको उनले जानकारी दिए।, वि.सं २०६५ देखि निर्माण सुरू भएको दार्चुला तिङ्कर सडकलाई २०७२ सालमा महाकाली करिडोरअन्तर्गत गाभिएको हो। बैतडीको पञ्चेश्वर क्षेत्रमा ५७ किलोमिटर ट्रयाक खोल्ने काम चलिरहेको छ । त्यसका लागि रु १४ करोडको ठेक्का भएको छ भने २७ किलोमिटर ट्रयाक खोल्न सम्झौता भइरहेको आयोजनाको कार्यालयले जनाएको छ।, साविकको दार्चुला तिङ्कर सडकखण्डको कूल १३४ किलोमिटरमध्ये ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिङ्करसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ।, सेनाले गरिरहेको कामको केही दिनअघि प्रधानसेनापति प्रभुराम शर्माले समेत निरीक्षण गरेका थिए।, दार्चुलाको लेकम क्षेत्रमा ट्रयाक खोल्न रु १० करोडको सम्झौता भएर काम भइरहेको छ।, ‘लेकम क्षेत्रमा ३४ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको छ’, सबइन्जिनियर धामीले भने,‘व्यास गाउँपालिकामा पर्नेछ किलोमिटर सडकमा अन्य संरचना निर्माणको काम भइरहेको छ।’, करिडोरअन्तर्गत ट्रयाक खोल्ने काम भइरहेको भए पनि अझै सडक कालोपत्र भने कहीँ पनि भएको छैन।, ‘पहिलोपटक आयोजनाअन्तर्गत दार्चुलाको खलङ्गा–सुनसेरा १९ किलोमिटर र सलेतीदेखि बेदसम्म १२ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान हुँदैछ’, उनले भने, ‘३१ किलोमिटर सडक कालोपत्र गर्ने तयारी यसपालि छ।’, महाकाली करिडोरको काम कछुवा गतिमाः रूख कटान प्रमुख समस्या
सेतोपाटी संवाददाता दैलेख-सुर्खेत सडक खण्डबाट सिधै दैलेखको दुल्लु नगरपालिका जोड्ने मोटरेबल पुल निर्माण सुरू गरिएको छ।, सडक खण्डमा पर्ने चुप्रास्थित कइलकुनामा बन्न लागेको मोटरेबल पुलको शुक्रबार शिलान्यास गरिएको छ।, दैलेख निर्वाचन क्षेत्र २ (क) का सांसद सुशील थापा, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी लगायतका जनप्रतिनिधिले उक्त पुलको शिलान्यास गरेका हुन्।, कर्णाली प्रदेश सरकारको लगानीमा बन्न लागेको उक्त पुल निर्माणपछि दैलेख बजार नपुगी सिधै दुल्लु जान सकिने छ।, सांसद थापाका अनुसार दुल्लु नगरपालिकामा पर्ने कालभैरव, मालिका, छिउडीपुसाकोट, गमौडी लगायतका गाउँहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।, ५२ मिटर लम्बाइ रहेको उक्त पुल प्रदेश सरकारको क्रमागत योजनाको रूपमा रहेको छ। पहिलो चरणमा पुल निर्माणका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।, दैलेख-सुर्खेत सडकबाट दुल्लु जोड्ने मोटरेबल पुल निर्माण सुरू
सेतोपाटी संवाददाता देशभर ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको कोरोना परीक्षण गरिएको थियो। , ५ हजार १३३ जनाको पिसिआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , शुक्रबार २ हजार ४५४ जना संक्रमणबाट निको समेत भएका छन्। यसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। , देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित छन्। , काठमाडौं उपत्यकामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , काठमाडौंमा ६८ जना, ललितपुरमा १९ जना र ललितपुर २ जनामा संक्रमण भएको हो। , योसँगै उपत्यकामा ५ हजार ७८५ जना सक्रिय संक्रमित छन्। , काठमाडौंमा ३ हजार ३८६, ललितपुरमा एक हजार ८४९ र भक्तपुरमा ५५० जना सक्रिय संक्रमित छन्। ,  , देशभर ४३७ जनामा कोरोना संक्रमण
सविता बुढा महिनावारीका कुरा- दोस्रो शृंखला, सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिएर आएका छौं। यसमा सुदूरपश्चिमको महिनावारी अनुभव प्रकाशन गर्नेछौं।, ..., सुशीला धामी जम्मा छ वर्षकी थिइन्, जब उनले पहिलोचोटि महिनावारीबारे थाहा पाइन्।, महिनावारी हुँदा आफ्नी आमा, फुपू र दिदी घरभित्र नबसेर गोठमा गाईगोरूसँग बस्ने गरेको उनी देख्थिन्।, उनको गाउँमा गाईगोरू बाँध्ने गोठ घरको तल्लो तलामा बनाइएको हुन्थ्यो। गोठको एकछेउ स्याउला र पराल ओछ्याएर महिनावारी भएकाहरू बस्ने गर्थे।, सुशीलाको घरमा पनि त्यस्तै चलन थियो।, उनको जन्म बझाङको दुर्गाथली गाउँपालिका–६, चुहावनमा भएको हो। उनको गाउँमा महिनावारीका लागि अलग्गै छाउघर बनाउने चलन थिएन। गाईगोरूका लागि बनाइएका गोठ नै महिनावारी भएकाहरूले प्रयोग गर्ने छाउघर थियो।, गोठमा बस्नुपर्दा अनेक समस्या भोग्नुपर्थ्यो। गोबर, गौहतको गन्ध, सर्प र अन्य विषालु जीवको डर सामना गर्नुपर्थ्यो। जाडोमा निकै चिसो हुन्थ्यो भने गर्मीमा झिँगा, छान (मच्छर) र कीराहरूले दु:ख दिन्थे। गाईभैंसीबाट सर्ने रोगको जोखिम पनि उत्तिकै थियो।, सुशीलालाई पछि महिनावारी हुँदा त्यसरी नै बस्नुपर्छ भनेर घरकाले भन्थे। धन्न उनले त्यो अवस्था भोग्नुपरेन।, उनी नौ वर्ष पुग्दा उनको परिवार कैलालीको चुरे गाउँपालिका, बालुवागडामा बसाइँ सऱ्यो। त्यहाँ डोटी, बैतडी, बझाङ लगायत धेरै जिल्लाका मान्छेको बसोबास थियो। फरक जिल्लाका मान्छेको महिनावारी बार्ने चलन पनि फरक थियो। डोटीकाले महिनावारी भएकालाई राख्न अलग कुटी बनाएका थिए भने अछाम र बैतडीकाले छाउगोठ बनाएका थिए।, सुशीलाको छिमेकमा मगर र गुरूङ परिवार बस्थे। उनीहरू महिनावारी बार्दैन थिए। त्यसैको प्रभावले उनको घरकाले पनि छाउगोठ वा कुटी बनाएनन्।, सुशीला पहिलोपटक महिनावारी हुँदा १३ वर्षकी थिइन्। महिनावारी भएको थाहा पाएपछि भागेर जंगल गएको उनी बताउँछिन्।, त्यहाँ एउटी बहिनीलाई भेटेर उनले आफू महिनावारी भएको कुरा आमालाई सुनाइदिनू भनिन्।, आमाले थाहा पाएपछि भाइलाई बिस्कुट, चाउचाउ लगायत खानेकुरा दिएर उनी भएकै ठाउँ पठाए, सुशीलाले भनिन्, 'म जंगलमै थिएँ। कसरी घर जाने होला भनेर सोच्दै थिएँ। पछि भाइ नै खानेकुरा लिएर लिन आयो। मैले भाइलाई छुन पाइनँ। उसले दिएको खानेकुरा पनि परबाट थापेर समातेँ।', बझाङ छँदा आमा, फुपू र दिदीले गाईगोठमा अलग्गै बसेको उनले सम्झिइन्। आफू पनि त्यसैगरी बस्नुपर्ने हो कि भन्ने उनलाई चिन्ता थियो। तर उनले सोचेभन्दा केही फरक भयो।, घरकाले उनलाई गोठमा राखेनन्, बरू अर्काको बाँझो घरमा बस्न लगाए। त्यो घर अलि टाढा जंगलनजिकै थियो।, 'त्यहाँका मान्छे तराई झरेका थिए। घर बाँझो थियो, त्यसैले मलाई त्यहीँ बस्न लगाए,' उनले भनिन्, 'त्यो घर त्यति सुरक्षित थिएन। ढोका राम्रो थिएन। जंगल नजिक भएकाले जंगली जनावरको डर थियो।', उनलाई त्यहाँ बस्न घरबाट ल्याएको कम्बल, ओढ्ने र गुन्द्री दिइयो। उनले उज्यालै छँदा खाना खाइन् र सम्साँझै ओछ्यान लगाएर पल्टिहालिन्।, 'घरमा अँध्यारो थियो। मसँग टर्चलाइट थिएन। डरले रातभरि निन्द्रा लागेन। मसँग प्याड पनि थिएन। सुत्न निकै अप्ठ्यारो भयो। जंगल नजिक भएकाले डर लागिरह्यो,' उनले भनिन्।, पहिलो रात प्याड नहुँदा गाह्रोसँग काटिन्। दोस्रो दिन उनकी आमाले पुराना कपडाको टालो बनाएर दिइन्। यसले उनलाई केही राहत मिल्यो।, उनले दोस्रो दिन पनि खाना र पानी अलग थापेर खानुपर्‍यो। सरसफाइका लागि घरबाट करिब बीस मिनेट हिँडेर नदी जानुपर्थ्यो।, 'नदी पुग्न जंगलको बाटो हिँड्नुपर्थ्यो। बाहिर खुल्ला नुहाउनुपर्दा साह्रै गाह्रो भो,' उनले भनिन्।, महिनावारी भएको दुई दिनसम्म सुशीला स्कुल गइनन्। तेस्रो दिन पनि आधादिन मात्रै पढेर फर्किनुपरेको उनी सुनाउँछिन्।, उनको स्कुलमा शौचालय राम्रो थिएन। न सरसफाइ गर्न पानी थियो, न उनीसँग प्याड नै थियो। त्यसमाथि पेट धेरै दुख्न थालेपछि स्कुलबाट पढाइ छाडेर फर्किनुपर्‍यो।, यसरी उनी आठ दिनसम्म घरबाट टाढा अनेक समस्या सहेर बसिन्। पढाइ पनि बिथोलियो।, 'मैले त कहिल्यै छाउगोठमा बस्नुपरेन तर त्यसरी गोठमा बसेका अरूलाई सर्पले टोकेका घटना सुन्थेँ। आगो सल्केर घाइते भएका पनि सुन्थेँ। म घरमै बसे पनि छाउगोठमा बस्नुपरेको भए कस्तो हुन्थ्यो होला भनेर अत्तालिन्थेँ,' उनले भनिन्।, चार वर्षअघि उनको परिवार चुरे गाउँपालिकाबाट बसाइँ सरेर तराई झऱ्यो। तराईमा पनि महिनावारी बेला घरभन्दा टाढै बस्नुपरेको सुशीला बताउँछिन्।, उनी दुई वर्षअघि अध्ययन गर्न धनगढी आइन्। धनगढीजस्तो ठूलो सहर आएपछि छोइछाउबाट छुट्कारा पाइएला भन्ने उनले सोचेकी थिइन्। तर त्यस्तो भएन।, उनले धनगढीमा पनि महिनावारी बार्ने सकसबाट मुक्ति पाइनन्। सहरका मान्छे पनि छोइछाउको जकडबाट मुक्त नभएको देखेर उनी छक्क परेकी छन्।, सबभन्दा पहिला त उनलाई धनगढीमा कोठा खोज्नै सकस पर्‍यो। जहाँ कोठा खोज्न जाँदा पनि उनलाई दुइटा प्रश्नले लखेट्थ्यो- जात र महिनावारी।, चार-पाँच दिन लगातार खोजेपछि बल्लतल्ल उनले एउटा कोठा पाइन्।, 'घरबेटीहरू सुरूमा जात सोध्ने गर्थे। त्यसपछि कति जना बस्ने? कति महिना बस्ने? महिनावारी भएपछि खानेपानी भर्न पाइँदैन, नुहाउन बाहिर जानुपर्छ भन्थे। कतिले महिनावारी भएपछि तल्लो तलाको छतमा जान पाइँदैन भन्थे,' उनले भनिन्।, धनगढीमा पढ्न आएकी सुशीला यी सबै सर्त मान्न बाध्य भइन्।, महिनावारी बेला अलग्गै नुहाउने र खानेपानी नछुने सर्तमा उनले कोठा पाइन्। तर त्यहाँ उनी दुई महिना मात्रै बसिन्।, 'प्याड फाल्न गाह्रो भयो। केटा मान्छेले देख्छन् भनेर राति वा बिहानै ४ बजे नल्कामा नुहाउनुपर्थ्यो। नल्कामा पर्खाल थिएन। खुल्ला नुहाउन गाह्रो लाग्थ्यो,' उनले भनिन्।, महिनावारीकै अप्ठ्यारोले उनले डेरा छाडिन्। नयाँ कोठा खोजेकी थिइनन्, त्यसैले आफ्ना सामान साथीकोमा राखिन्।, यसपटक कोठा खोज्न उनलाई पहिलेभन्दा गाह्रो भयो।, 'चौध दिन खोज्दा पनि पाएनौं। पहिला जात सोध्ने, त्यसपछि महिनावारीको कुरा निकाल्ने। महिनावारी भएपछि अलग ठाउँमा नुहाउनुपर्छ भन्ने,' उनले भनिन्, 'जात र महिनावारीबारे किन सोध्नुहुन्छ भनेर प्रश्न गरे उल्टो गाली खाइन्थ्यो।', पन्ध्र दिनपछि उनले बल्लतल्ल कोठा पाइन्। त्यहाँ पनि बाहिर नल्कामै नुहाउनुपर्थ्यो। खानेपानी छुन पाइँदैन थियो।, 'महिनावारी हुँदा धेरै सरसफाइ चाहिन्छ, बाहिर नुहाउन गाह्रो हुन्छ, भित्र नुहाउँदा के फरक पर्छ र भनेर सोध्न मन लाग्थ्यो। तर कोठा सर भन्छन् कि भन्ने डर लाग्थ्यो। बाहिर नुहाउन अहिले पनि गाह्रै लाग्छ। वल्लोपल्लो घरका मान्छे हुन्छन्, देख्छन् भन्ने पिर हुन्छ,' उनले भनिन्, 'अहिले त मान्छे पढेलेखेका छन्। तै पनि किन यस्तो व्यवहार गर्छन् भन्ने लाग्छ।', सुशीलाले आफ्नो समस्या आमासँग पनि बाँडिन्। आमाले अर्काको घरमा बसेपछि केही कुरा मन नपरे पनि सुन्नुपर्छ, सहनुपर्छ भनेर सम्झाइन्।, महिनावारी हुँदा एकातिर पेट दुख्ने र अर्कातिर प्याड किन्न नसकेर कपडा प्रयोग गर्नुपर्ने अवस्था आउने गरेको उनले सुनाइन्।, आफू मात्र होइन, धनगढीका आफ्ना साथीहरूले पनि यस्तै समस्या झेल्दै आएको उनको भनाइ छ।, 'मेरो एक जना साथीले त महिनावारी हुँदा धारामा लुगा पखाल्यो भनेर डेरा नै छाड्नुपरेको थियो,' उनले भनिन्।, 'हामीले छोइछाउको यो भेदभावबाट कहिले मुक्ति पाउने होला खोइ?', 'महिनावारीका कुरा' को पहिलो शृंखलामा प्रकाशित स्टोरीहरू:, मेरी छोरी भइन् भने महिनावारी बार्न लाउँदिनँ (भिडिओ), महिनावारी नबार्ने आनी (भिडिओ), 'महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो?' (भिडिओ), 'महिनावारी भएका बेला खेलाडीहरू दौडधूपले बेहोससम्म हुन्छन्', 'महिनावारीमा अझै अप्ठ्यारो किन थप्नू, बरू अलिकति चकलेट दिनू', मानुषी भन्छिन्ः आमाले चिठीमा पाठेघरको चित्र बनाएर महिनावारीबारे बुझाउनुभयो, शृंखला भन्छिन्- छाउगोठ भत्काउँदा पाप लाग्ने भए, त्यो पाप मै बोकुँला, सित्तैमा प्याड बाँड्ने र बनाउन सिकाउने डाक्टर, स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ, अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन, श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ, केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्, साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्, माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु, करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ, ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई, महिनावारीमा छोइएला भनेर कोठा दिनै मान्दैनन् घरबेटीहरू
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा ८९ जनामा कोरोना पुष्टि भएको हो।  , काठमाडौंमा ६८ जना, ललितपुरमा १९ जना र ललितपुर २ जनामा संक्रमण भएको हो। , योसँगै उपत्यकामा ५ हजार ७८५ जना सक्रिय संक्रमित छन्। , काठमाडौंमा ३ हजार ३८६, ललितपुरमा एक हजार ८४९ र भक्तपुरमा ५५० जना सक्रिय संक्रमित छन्। , यस्तै, देशभर ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। , ५ हजार १३३ जनाको पिसिआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , शुक्रबार २ हजार ४५४ जना संक्रमणबाट निको समेत भएका छन्। यसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित छन्। , काठमाडौं उपत्यकामा थप ८९ जनामा कोरोना संक्रमण
सेतोपाटी संवाददाता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबार क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरू भएको छ।, थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्यान्हबाट क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) सुरू गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय रूपन्देहीका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए।, उनले भने, ‘प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुनेछ, यो समयको बीचमा आन्तरिक उडान बन्द रहनेछ। ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा आइसिबी-टुका व्यवस्थापक इञ्जिनियर प्रवीन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्यसम्पन्न भई उपकरणहरू जडान भइसकेको बताए।, उनले क्यालिब्रेसनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिए।, ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे/नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरू गरिएको न्यौपानेले बताए।, विमानस्थलको भौतिक निर्माण आयोजना (आइसिबी-वान) का प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले नाकाबन्दी, आन्दोलन, निर्माण सामग्रीको अभाव, कोभिड-१९ लगायत विभिन्न कारणले तोकिएको समयमा सोचेअनुरूप काम हुन नसकेको बताए।, उनले भौतिक निर्माण तथा उपकरण जडानका सम्पूर्ण काम सम्पन्न भइसकेको बताए। , ‘क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष विमानले शुक्रबारदेखि काम सुरू गरेको छ’, उनले भने,‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तयार गरेको मापदण्ड पूरा गर्नुपर्नेछ।’, सुरूआती चरणमा विमानस्थल निर्माण आयोजनाले विभिन्न समस्या झेलेको उनले बताए। यद्यपि सबै सरोकारवालाहरूको आपसी सहकार्यले आयोजना सम्पन्न गर्न सफल भएको उनले बताए।, सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरू गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।, एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरू
सेतोपाटी संवाददाता विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले किशु कुइँकेलसँग इन्गेजमेन्ट गरेकी छन्।, शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा फोटो राख्दै आफूहरूले इन्गेजमेन्ट गरेको उनले जानकारी दिएकी हुन्।, आजदेखि जीवनको अर्को सुन्दर यात्राको सुरू भएको उनले बताएकी छन्।, ट्वीटरका फोटो पोस्ट गर्दै उनले भनेकी छन्,‘आई एम इन्गेज्ड।’, कुइँकेलले पनि इन्गेजमेन्ट भएको जानकारी गराउनु पाउँदा निकै खुसी लागेको बताएका छन्।, यसअघि रञ्जुले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेकी छन्।  विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी हुन्।, उनी झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन्।, उनी २०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा समेत उठेकी थिइन्।, रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट
सेतोपाटी संवाददाता बुढानिलकण्ठ नगरपालिका-३ स्थित बुढानिलकण्ठ माध्यमिक विद्यालयका सुरक्षागार्ड रेशमबहादुर नेपालीलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बुढानिलकण्ठ-५ मा डेरा गरी बस्ने १९ वर्षीय निमा लामा छन्। मकवानपुर सिक्रेनी गाउँपालिका-१२ स्थायी घर भएका लामालाई प्रहरीले पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार लामालाई बिहीबार नै पक्राउ गरिएको हो। लामालाई हतियारसहित पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत कारबाही अगाडि बढाइएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, बिहीबार बिहान सवा ९ बजे विद्यालयको मुख्य प्रवेशद्वारमा नेपालीमाथि लामाले आक्रमण गरेका थिए।, विद्यालय हातामा अमर्यादित गतिविधि भइरहेको थाहा पाएर सम्झाइबुझाइ गर्न गएका सुरक्षागार्ड नेपालीलाई लामाले चक्कु प्रहार गरेका थिए।, चक्कु प्रहारबाट नेपालीको दाहिने खुट्टाको तिघ्रा, पेट तथा ढाडमा चोट लागेको थियो। नेपालीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।, बुढानिलकण्ठ स्कुलका सुरक्षागार्डलाई चक्कु हानेको आरोपमा एक पक्राउ
सबिना श्रेष्ठ सहरको कथा: पनौती, २०५३ जेठ १० गते पनौती पहिलोपटक युनेस्कोको सम्भावित विश्व सम्पदा सूचीमा परेको थियो।, करिब २६ वर्ष भइसक्दा पनि सम्भावित सूचीबाट माथि उक्लेर विश्व सम्पदा स्थलमै सूचीकृत हुने पनौतीको सपना पूरा हुन सकेको छैन।, यो श्रृंखलाका पछिल्ला अंकहरूमा हामीले पनौतीका सांस्कृतिक र ऐतिहासिक पक्षबारे चर्चा गरेका थियौं। आजको अंकमा यो सहरले विश्व सम्पदामा सूचीकृत हुन गरेको लामो प्रयासबारे चर्चा गर्दैछौं।, नेपालबाट अहिलेसम्म दसवटा ठाउँ सांस्कृतिक र प्राकृतिक महत्वका आधारमा विश्व सम्पदा स्थलका रूपमा सूचीकृत भएका छन्। सन् १९७९ मा काठमाडौं उपत्यका (पशुपतिनाथ, बौद्ध स्तुप, स्वयम्भू स्तुप, चांगुनारायण मन्दिर, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर) र सगरमाथा राष्ट्रिय निकुञ्ज पहिलोपटक सूचीकृत भएका थिए।, त्यसपछि चितवन राष्ट्रिय निकुञ्ज सन् १९८४ र लुम्बिनी सन् १९९७ मा सूचीमा जोडिए।, विश्व सम्पदामा सूचीकृत हुने लहर चलिरहेकै बेला सन् १९९६ मे २३ अर्थात् २०५३ जेठ १० गते पनौती सम्भावित सूचीमा परेको हो। यसको पहल यहाँका प्रथम निर्वाचित नगर प्रमुख सप्तकाजी बुद्धाचार्यले आफ्नो कार्यकालमा गरेका थिए।, यहाँका स्थानीय फोटोग्राफर प्रशान्त श्रेष्ठ यसको श्रेय फ्रान्सेलीहरूलाई पनि दिन्छन्।, सन् १९९१ देखि १९९८ सम्म फ्रान्सेलीहरूले पनौतीका इन्द्रेश्वर, ब्रह्मायणी, विश्वेश्वर लगायत मन्दिर जिर्णोद्धार गरे। यहाँका स्कुल, सडक, खानेपानी पाइपलाइन लगायत निर्माणमा सहयोग गरे।, 'सन् १९९१ मा पनौतीको अध्ययन गर्न छदिने कार्यशाला भएको थियो। नेपाल सरकार, नेपाल सम्पदा समाज, प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ र विश्व संरक्षण संघ लगायतको सहभागिता रहेको उक्त कार्यशालाले 'नेचुरल एन्ड कल्चरल हेरिटेज' नामक किताब निकालेको छ,' श्रेष्ठले भने, 'त्यही आधारमा यहाँ सम्पदा संरक्षणका पहलहरू भएका थिए।', विश्व सम्पदाको सम्भावित सूचीमा परेपछि यो ठाउँको दुई चरणमा अध्ययन भयो।, पहिलो चरणमा संरक्षण समिति बन्यो र २०५८ सालतिर पनौतीलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरियो। त्यसपछि एउटा सर्भे रिपोर्ट बन्यो।, त्यसबीच २०६१ सालमा पुरातत्व विभागले 'पनौती संरक्षित स्मारक क्षेत्रहरूको विवरण' संकलन गर्‍यो जसमा मन्दिर, पाटीपौवा, ढुंगेधारा र घरहरूको विवरण समावेश छ।, मठमन्दिरमा खासै समस्या नभए पनि २०५२ सालयता पनौतीका घरका स्वरूपमा परिवर्तन हुँदै गएको श्रेष्ठ बताउँछन्।, 'विश्व सम्पदामा सूचीकृत भएपछि पुरानै अवस्थाका घरमा बस्नुपर्छ भन्ने मानसिकताले मानिसमा त्रास छाउन थाल्यो। त्यही भएर धमाधम आफ्नो घरको स्वरूप परिवर्तन गर्दै लगे,' उनले भने, 'बीचमा लामो समय गुज्रिसकेको थियो। सहरको स्वरूप पहिलेभन्दा परिवर्तन भइसकेको थियो। युनेस्कोले स्थानीय घरलाई पुरानै ढाँचामा लगेर फेरि प्रस्ताव गर भन्यो।', उनले अगाडि भने, 'युनेस्कोका अनुसार पुरानो ढाँचा भन्नाले कौसी राख्न नहुने, झिँगटी राख्नुपर्ने, घर अगाडिको मोहोडा मौलिक किसिमको हुनुपर्ने, सटरहरू राख्न नपाइने लगायत थियो। यस्ता अनेक मापदण्ड पूरा नभएसम्म सूचीकृत नहुने युनेस्कोले भनेको छ।', यसरी लामो समय सूचीकृत नहुनु र घरहरूको स्वरूप परिवर्तन हुँदै जानुमा उनी सुरूआती चरणमा राम्ररी योजना नगरिनुलाई मुख्य कारण ठान्छन्।, 'एक त मान्छेलाई मौलिक शैलीमा घर बनाउनुका फाइदाबारे जानकारी दिइएन र सँगसँगै द्वन्द्वकाल र सरकारी निकायको अस्थिरताले पनि समस्या ल्यायो,' श्रेष्ठले भने।, अहिले स्थानीय सरकार बनेपछि यहाँका नगर प्रमुख भीम न्यौपानेको नेतृत्वमा पनौतीलाई युनेस्कोको विश्व सम्पदा सूचीमा पार्न पुनः प्रस्ताव लगिएको छ। यसै सन्दर्भमा हामीले पनौती नगरपालिकाका सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीसँग कुराकानी गरेका थियौं।, पनौती नगरपालिकाका सूचना अधिकारी इन्द्रप्रसाद अधिकारी। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, उनले कुराकानीको सुरूआतमै पनौतीका सांस्कृतिक र ऐतिहासिक पक्षबारे वर्णन गर्न थाले र भने, 'यो सहरमा इन्द्रेश्वर महादेव मन्दिर, ब्रह्मायणी, बद्रिनाथ, केदारनाथ, कृष्णमन्दिर, काठगणेश, मानेश्वरीजस्ता थुप्रै मठ–मन्दिर छन्। बासुकी नागले संरक्षण गरेको, एउटै ढुंगामा बसेको, ढिकी र जाँतो चलाउन नहुनेजस्ता किम्बदन्ती छन्। भूकम्पीय असर तुलनात्मक रूपमा कम हुनु यो सहरको विशेषता हो।', २०५३ सालसम्म पनौती दुई खोला (पुण्यमती र रोशी) को दोभानमा अवस्थित सानो सहर थियो। पछि नेपाल सरकारको निर्णयबमोजिम सहर बृहत बन्यो। पहिले जुन आकारको पनौती थियो, त्यो पुरानो पनौती भयो जुन अहिले वडा नम्बर ७ मा पर्छ।, त्यो वडाबाहिर पनि महत्वपूर्ण स्थलहरू भालेश्वर, धनेश्वर, फडकेश्वर महादेव, द्रौपदी देवीको स्थान, मुक्तिनाथ धाम लगायत मन्दिरहरू भएको बताउँदै अधिकारीले भने, 'यी मन्दिरहरू सम्पदा स्थलको बफर एरियामा पर्छन्। कोर एरियामा पर्ने भनेको वडा नम्बर ७ नै हो।', युनेस्कोले सम्भावित सूचीमा राखेको पनि पनौतीको कोर एरिया नै हो। यहाँका मन्दिरहरू मात्र होइन, विश्व सम्पदामा सूचीकृत हुन घरहरूको पनि उत्तिकै भूमिका छ। त्यही भएर ती घर निर्माणका लागि मापदण्ड बनाइएका छन्।, मापदण्डअनुसार कंक्रिटका स्वरूप प्रदर्शन गर्न नपाइने, बिजोरमुखी झ्याल राख्नुपर्ने, निश्चित उचाइमा बनाउनुपर्ने, झिँगटी हाल्नुपर्ने, छानालाई कौसीका रूपमा विकास गर्न नपाइने, एकतिहाइ मात्र कौसी राख्न पाइने, सटर राख्न नपाइने लगायत छन्।, यी मापदण्ड पालना गर्न नगरपालिकाले स्थानीयलाई प्रोत्साहन रकम दिने गरेको छ। यस क्रममा नौवटा घरलाई नगरपालिकाले मौलिक शैलीमा ढालिसकेको छ।, नयाँ बन्ने घरलाई पनि वर्गफिटका आधार तीन किस्ता गरेर आर्थिक सहयोग गर्छ। पुराना चर्केका घर जिर्णोद्धार गर्न पनि नगरपालिकाले पैसा दिन्छ। यसका लागि रवीन्द्र पुरी (आरपी) फाउन्डेसनले महत्वपूर्ण भूमिका खेलेको छ र बेलाबेला परामर्श पनि दिँदै आएको छ।, सम्पदामैत्री घर बनाउन त्यति सजिलो छैन। आधुनिक घर बनाउनुभन्दा सम्पदामैत्री घर बनाउन अहिलेको समयमा महँगो पर्छ। इँटाको स्तर, अधिकतम काठको प्रयोग, झिँगटीहरू व्यवस्थापन गर्नै गाह्रो हुन्छ। सम्पदामैत्री घर बनाउने डकर्मी र सिकर्मीहरूको अभाव पनि छ।, 'यसका लागि आरपी फाउन्डेसनको सहयोगमा नगरपालिकाले डकर्मी र सिकर्मीको तालिम दिइरहेको हुन्छ,' अधिकारीले भने, 'नागरिकलाई सहुलियत रूपमा काठ दिने र झिँगटी लगायत सामग्री भण्डारण गर्ने गृहकार्य पनि नगरपालिकाले गर्ने प्रयास गरिरहेको छ।', नगरपालिकाले आफ्ना नागरिकलाई सम्पदामैत्री घरको परामर्श दिन सम्पदा शाखा बनाएको छ। आर्किटेक्ट इञ्जिनियर नै राखेर कार्यक्षेत्र तोकिएको छ। यस्ता सुविधा हुँदाहुँदै सम्पदामैत्री घर बनाउनुका फाइदाबारे नागरिकलाई बुझाउन नसक्दा यो अभियान तीव्र रूपमा अघि बढ्न सकेको छैन।, 'कतिपयले कानुनी रूपमा जटिलता भयो, हामीले आफ्नो सम्पत्तिमा आफूखुसी संरचना बनाउन नपाउने भनेर गुनासो गरेका छन्,' नगरपालिकाका अधिकारीले भने, 'तपाईंहरू आफू आलिशान महलमा बस्ने र हामीलाई चाहिँ बाँध्ने भनेर कति जना त झगडा गर्न आउनुहुन्छ। नगरपालिकाले बिनाकारण दुःख दियो भन्ने कुरा पनि आउँछन्। त्यस्तो अवस्थामा उहाँहरूलाई बुझाउन पनि नगरपालिकाले मिहिनेत गर्नुपरेको छ।', कोर एरियामा घर बनाउन नगरपालिकाले पुरातत्व विभागको स्वीकृति अनिवार्य गरेको छ। काठमाडौंसम्म पुगेर पुरातत्वको स्वीकृति लिन नागरिकलाई हैरानी छ। आउनजानै गाह्रो भएकाले नगरपालिकाले पुरातत्वको सानो युनिट पनौतीमै राख्न भनेको रहेछ। तर अहिलेसम्म बनेको छैन।, स्थानीयले आफ्नो घर भत्काउँदासमेत नगरपालिकालाई खबर गर्नुपर्छ। कानुनले नै एक सय वर्ष पुराना संरचना सम्पदा हुन् भनेर भनेको छ। त्यस्ता पुराना घर पनौतीमा धेरै छन्। त्यो सर्वसाधारणका लागि अर्को हैरानी हो।, 'सम्पदामैत्री घर बनाउन विश्व सम्पदामा सूचीकृत हुने प्रक्रिया पूरा भइसकेको छैन। आफ्नो ढंगले बनाऊँ भने सम्पदासम्बन्धी कानुनले उहाँहरू स्वतन्त्र हुनुहुन्न। त्यो एक किसिमले हैरानी नै हो,' अधिकारीले भने, 'यदि विश्व सम्पदा स्थल भनेर यो ठाउँलाई घोषणा गर्ने हो भने त्यसले स्थानीय जनता हैरानीबीच पनि उत्साहित हुँदा हुन्।', केही घरमा समस्या भए पनि यहाँका सार्वजनिक मठमन्दिरका सन्दर्भमा भने कुनै समस्या छैन। नगरपालिकाले अमूर्त सम्पदा मानिने जात्रापर्व पनि प्रवर्द्धन गरिरहेको छ। लोपोन्मुख जात्रा पुनः जागृत गर्न, पुनर्जीवन दिन र पुन: सञ्चालन गर्न 'पनौती जात्रा व्यवस्थापन समिति' बनाइएको छ। नगरपालिकामा हुने बाह्रवर्षे मकर मेला, ज्या पुन्हि र जात्रा तथा नाचहरू यो समितिले व्यवस्थापन गर्छ।, यी प्रयासका बाबजुद पनौती विश्व सम्पदामा नपर्नुमा उनी पनि सरकारी निकायको फेरबदल र द्वन्द्वलाई नै कारण मान्छन्। कतिपय फाइल सरकारी तहबाटै गायब भएको र पुनः फाइल पेस गर्नुपरेको उनी बताउँछन्।, विश्व सम्पदामा सूचीकृत हुँदा यो सहरलाई विश्वले चिन्छ। विदेशी पर्यटकको आवतजावत बढ्छ। यसले विभिन्न किसिमका रोजगार अवसर सिर्जना गर्छ। यसका लागि नगरपालिकाले विदेशीको बसाइँ लम्बाउने, होमस्टे, होटल, क्युरियो पसल लगायत प्रवर्द्धन गर्ने काम गरिरहेको छ।, यहाँका मूर्त–अमूर्त सम्पदालाई कार्भेमा मात्र नभई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भनेर नगरपालिकाले सबै मापदण्डको सूची बनाएर यो वर्ष फेरि युनेस्कोलाई प्रस्तावना पठाएको छ।, 'पछिल्लो समय मन्त्रिपरिषदमा प्रस्ताव दर्ज भएको छ। मन्त्रिपरिषदले सैद्धान्तिक निर्णय गरेसँगै युनेस्कोमा यसको हार्ड कपी जान्छ,' अधिकारीले भने, 'हामीलाई लाग्छ, यो वर्ष युनेस्कोबाट मिसन आउँदैछ जसले पनौतीको स्वरूप अध्ययन गर्छ। उनीहरू फर्किएपछि नेपाल सरकारसँग सैद्धान्तिक सहमति हुने र सम्भवत: आगामी वर्षभित्र पनौती नगरपालिकाको कोर एरिया (वडा नम्बर ७) विश्व सम्पदामा सूचीकृत हुनेछ। त्यो खबर सुन्न हामी आतुर छौं।', अहिलेसम्म विश्व सम्पदामा सूचीकृत ठाउँहरूमा मठमन्दिर धेरै छन्, मानव बस्ती कम छ। पनौती भने बस्ती बढी भएको ठाउँ भएकाले चुनौतीपूर्ण छ।, त्यसमाथि विश्व सम्पदा सूचीकृत ठाउँहरूलाई पनि बेलाबेला युनेस्कोले खतराको सूचीमा राख्दै हटाउनसक्ने भनेर चेतावनी दिइरहेको हुन्छ। कतिपय प्रस्तावनामा राखेका ठाउँलाई युनेस्कोले हटाइसक्यो।, यस्तोमा पनौती अझै सूचीमा रहनु आफैंमा ठूलो कुरा भएको बताउँदै स्थानीय प्रशान्त श्रेष्ठले भने, 'हामीले पाएको कुरा नै के हो के हो भन्ने स्थितिमा छ। नयाँ त झन् खोइ? तर पनि हामी अझै आशावादी छौं।', (पनौती कथा शृंखलाको एघारौं अंक आगामी साता प्रकाशन हुनेछ।), पहिलो अंक: ,जहाँ गौतम बुद्धको पूर्वजन्म भएको थियो, दोस्रो अंक: ,पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?, तेस्रो अंक: ,हामीले नदेखेको दरबार, चौथो अंक: ,हाम्रै पनौतीबाट प्रभावित फ्रान्सको त्यो गल्ली, पाँचौं अंक: ,८० वर्षपछि ब्युँताइएको पनौतीकी 'गुमनाम' कुमारी, छैठौं अंक: ,यसरी सुरूआत भयो पनौतीबाट य:मरि पकाउन, सातौं अंक: ,जसको निधनपछि पनौतीमा चाडपर्वको रौनक हरायो, आठौं अंक: ,तीनतिर बसाइँ सरेका थिए प्राचीन पनौतीका बासिन्द, नवौं अंक: ,कुनै समय आधा रातसम्म व्यापार चल्थ्यो पनौतीमा, २६ वर्षदेखि पूरा हुन नसकेको पनौतीको एउटा सपना
सेतोपाटी संवाददाता विर्तामोड बसपार्क र दमकस्थित सिवान चर्चमा बमजस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समूहका ९ जना पक्राउ परेका छन्।, प्रहरीले फरक-फरक मिति र विभिन्न स्थानबाट पक्राउ परेका ९ जनालाई झापाले सार्वजानिक गरेको हो।, पक्राउ पर्ने झापा गौरादह नगरपालिका-२ का ३८ वर्षीय सुमनकुमार कार्की बम आतंक मच्चाउने समूहका योजनाकार रहेको प्रहरीले जनाएको छ।, यस्तै, झापा कनकाई नगरपालिका-३ का ४१ वर्षीय भीष्म थापा, दमक-९ की ५० वर्षीया देवी बास्कोटा (गुरागाईं), कनकाई-४ कोटीहोममा पुजारीको काम गर्ने ५८ वर्षीय यमदत्त सिटौला, सिवसताक्षी-१ का ३२ वर्षीय दिलकुमार सामेखाम छन्।, त्यसैगरी, संखुवासभा खाँदबारी-१० घर भई हाल सुन्दरहरैचा-६ मोरङ बस्ने २९ वर्षीय मनमोहन दाहाल, झापा गौरीगञ्ज-३ का ३२ वर्षीय अनन्तप्रसाद गिरी, गौरादह-५ का ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज-३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेका छन्।, विर्तामोड-४ स्थित पश्चिम बस स्ट्याण्डमा ९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषदको नामको पर्चाहरू फेला परेको थियो।, यसैगरी, दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा माघ १३ गते सोही प्रकृतिको शंकास्पद वस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चा फेला परेको थियो।, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले घटनाको मा अनुसन्धान गरी उक्त अपराधिक गतिविधिमा संग्लग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।, पक्राउ परेका व्यक्तिहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैंकको चेकबुक २ थान, केन्द्रीय कमिटी, कोसी अञ्चल, मेची अञ्चल कमिटीको हस्ताक्षर मात्र भएका छापहरू १० थानलगायत बरामद गरेको छ।, पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, झापामा नक्कली बम आतंक, ९ जना पक्राउ
सेतोपाटी संवाददाता ओखलढुंगाको मोलुङ गाउँपालिका-४ स्थित भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोलुङ-४ घले गाउँकी ३८ वर्षीया मीना सुनुवार छिन्।, शुक्रबार अपराह्न पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटेर घर फर्कंदै गर्दा भीरबाट लडेर उनी घाइते भएकी थिइन्।, प्रहरीका अनुसार सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएको थियो।, उनको उपचारको क्रममा राति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।, भीरबाट लडेर महिलाको मृत्यु
सेतोपाटी संवाददाता सुनसरी, मोरङ र इलामका छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा शुक्रबार तीन जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोसी राजमार्गमा को२०प ९८९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ।, मोटरसाइकल अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका चालक विराटनगर-१४ का ३० वर्षीय श्याम कामतको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगर अस्पतालमा मृत्यु भएको हो।, यस्तै, मोरङको जहदा गाउँपालिका-६ स्थित भित्रीसडक खण्डमा सडकमा राखेको गोरुगाडामा मोटरसाइकल ठोक्किँदा विराटनगर-१९ का २६ वर्षीय लक्ष्मी सरदारको मृत्यु भएको छ।, को३५प ३४०५ नम्बरको मोटरसाइकल गोरुगाडामा ठोक्किँदा सरदार गम्भीर घाइते भएका थिए।  उपचारको लागि कोसी अस्पताल पुर्‍याउउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, यसैगरी, इलामको सुर्योदय नगरपालिका-३ स्थित फिकल-पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सुर्योदय नगरपालिका-१ का २३ वर्षीय सौगात राई छन्। शुक्रबार अपराह्न पशुपतिनगरतर्फ जाँदै गरेको को१ज ३५८९ नम्वरको बलेरोले मे११प ८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, ठक्करबाट सौगात राई र पछाडि सवार २५ वर्षीया सम्झना राई घाइते भएका थिए। घाइते दुबैलाई उपचारको लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो।, दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ।, दुर्घटनामा तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता बाँकेमा घास-दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ।, प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका-६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान मृत्यु भएको हो।, चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।, चलाउनेलाई बाघले घिसारेर लगेको थियो। उनको शव १० बजेतिर फेला परेको थियो। , बाँकेमा असोजयता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।, बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
विजेशराज घिमिरे क्यान्सर, टाउकोदेखि खुट्टासम्म शरीरका जुनसुकै भागमा हुने रोग हो। क्यान्सर के कारणले हुन्छ भन्ने ठ्याक्कै थाहा हुन्न। , शरीरमा सेलभित्र एउटा डिएनए हुन्छ। त्यो डिएनए भित्र खराबी पैदा हुन्छ। त्यसले राम्रो शेल पैदा गर्नुको सट्टा नराम्रो खालको सेल पैदा हुन्छ। त्यो सेल आफ्नो तरिकाले बढ्दै जान्छ। त्यसले वरिपरीको भागमा फैलिन्छ। त्यसपछि क्यान्सर हुनसक्छ।, मुखको क्यान्सर हो भने मुखमा घाउ हुने गाँठो हुने केही कुरा निल्न गाह्रो हुने हुनसक्छ। फोक्सोको क्यान्सर हो भने खकारमा रगत आउने श्वास फेर्न गाह्रो हुने हुनसक्छ। , पेटको क्यान्सर हो भने दुप्लाउँदै जाने दिसामा रगत देखिने पेट दुख्ने हुन्छ। यस्ता विभिन्न कारणले क्यान्सरको लक्षण यही हो भन्ने हुँदैन। , अरू रोग जस्तै गरेर क्यान्सरको लक्षण सुरू हुन्छ। त्यो लक्षण बढ्दै गयो भने क्यान्सर होकि भनेर पत्ता लगाउन परीक्षण गर्नुपर्छ। त्यही भएर यही कारणले भन्दा पनि हाम्रो शरीरमा कुनै पनि लक्षण देखियो र त्यो चाहिनेभन्दा अलि बढी समयको लागि भयो भने त्यसलाई क्यान्सर हो कि, भनेर परीक्षण गर्नुपर्छ।, संसारकै तथ्यांक हेर्ने हो भने पुरूषमा हुने अधिकांश क्यान्सरको कारण सूर्तिजन्य पदार्थसँग सम्बन्धित हुन्छ।, नेपाल जस्ता विकासोन्मुख देशमा पाठेघरको मुखको क्यान्सर धेरै देखिन्छ। विकसित ठाउँमा महिलामा स्तन क्यान्सर धेरै हुन्छ।, महिलाभन्दा पुरूषमा धेरै क्यान्सर हुन्छ। पाठेघरको मुखको क्यान्सर खोप लगाएर ठीक हुन्छ स्तन क्यान्सरको पनि उपचार गरेर ठीक हुन्छ।, धुम्रपान मात्रै नहुँदो हो भने ३३ प्रतिशत क्यान्सर कम हुन्छ। धेरैजसो क्यान्सर यही कारण हुन्छ भन्ने छैन तर धेरै बिरामी सुर्तीजन्य पदार्थको सेवनकै कारण हुन्छन्।, नेपालको सन्दर्भमा यो झनै धेरै छ। ठ्याक्कै यति भनेर भन्न सकिँदैन। तर पुरूषमा हुने अधिकांश क्यान्सर फोक्सो र घाँटीका छन्। समग्रमै पुरुषहरुलाई धेरै क्यान्सर फोक्सोको कारण हुन्छ। ७५ देखि ८० प्रतिशतालाई धुम्रपानकै कारण फोक्सोको क्यान्सर हुन्छ।, जति जति स्वच्छताबाट टाढा जान्छौं त्यति धेरै क्यान्सरको समस्या हुन्छ।, क्यान्सरको उपचारभन्दा पनि यसको कारण पत्ता लगाउन जरूरी छ। सुरूको अवस्थामा थाहा पाएमा धेरैजसो क्यान्सर निको पार्न सकिन्छ। धुम्रपान, मदिरापानलाई कम गर्दै लैजानुपर्छ। अर्को कुरा आफू स्वस्थ्य भएको बेलामा समेत समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ।, महिलाले बेला मौकामा पाठेघरको स्तनको स्क्रिनिङ गरेर थाहा पाउन सकिन्छ।, क्यान्सरको उपचार तीन किसिमबाट हुन्छ। एउटा शल्यक्रिया अर्को विकिरण र किमो थेरापीबाट गर्न सकिन्छ। किमो थेरापी पनि धेरै किसिमका छन्।, ५-१० वर्षको अवधिमा क्यान्सरको उपचारमा धेरै फड्को मारेको छ। मानिसले क्यान्सरबारे चासो राख्न थालेका छन्। उपचारका लागि अस्पताल खुल्न थालेका छन्। उपचारका प्रविधि थपिएका छन्। तर अझै पनि अपुग छ। अब केही वर्षमा क्यान्सरको उपचारको लागि विदेश जान पर्दैन भन्ने अपेक्षा छ।, क्यान्सर रोग र यसको उपचारबारे नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर मेडिकल अंकोलोजिष्ट विजेशराज घिमिरेसँग हामीले भिडियो कुराकानी गरेका छौ।, ७५ प्रतिशतभन्दा बढी क्यान्सर सुर्तीजन्य पदार्थको सेवनले हुन्छ
सेतोपाटी संवाददाता भक्तपुरमा आफ्नै घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा  भक्तपुर मध्यपुर ठिमी न.पा.२ सानोठिमी स्थित मगरगाँउमा बस्ने ७८ वर्षीय शिवराम श्रीमालीको रहेका छन्।, आफ्नै एक तल्ले घरको भर्‍याङबाट अचानक लड्दा घाइते भएपछि उनलाई कोरियन अस्पताल भक्तपुर लगिएको थियो।, शुक्रबार राति ९:४५ बजे उनलाई  चिकित्सकले मृत घोषणा गरेका हुन्।, घटनास्थलमा  महानगरीय प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। , भक्तपुरमा घरको भर्‍याङबाट लडेर एकको मृत्यु
सेतोपाटी संवाददाता भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।, मृत्यु हुनेमा उदयपुर घर भई मध्यपुर ठिमी नगरपालिका-२ बस्ने ४० वर्षीय गणेश मगर, उदयपुर कटारी-९ का ३५ वर्षीय सुरज तामाङ  छन्।, नाम थर नखुलेका अर्का एक व्यक्तिको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ। , महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मगर ट्वाइलेटमा शुक्रबार बिहान राति सवा २ बजे अचेत अवस्थामा फेला परेका थिए।, श्रीमती र स्थानीयले मगरलाई कोरियन अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको परिसरले जनाएको छ। महानगरीय प्रहरी वृत्त ठिमीले घटनाबारे अनुसन्धान गरिरहेको छ।, परिसर प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बिहान साढे ५ बजे उदयपुर कटारी-९ का ३५ वर्षीय सुरज तामाङ मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि अचेत अवस्थामा फेला परेका थिए।, घोप्टो परेको अवस्थामा अचेत फेला परेका उनलाई कोरियन अस्पताल लगिएकोमा पौने ७ बजे मृत्यु भएको श्रेष्ठले बताए।  ठिमी वृत्तको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।, शनिबार नै बिहान सवा ७ बजे सूर्यविनायक नगरपालिका-९ नङखेलस्थित भाराली खोलामा एक पुरूषको शव फेला परेको छ।, करिब ४४/४५ वर्षको देखिने गोरो वर्ण र उचाइ ५ फिट भएका ती पुरूषको नाम थर खुलेको छैन। महानगरीय प्रहरी वृत्त जगातीको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ।, भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता नेपालमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ३५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ९६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ५३८ जनामा पिसिआर गर्दा १९८ जनामा र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन्। एक हजार २७२ जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। , अहिले देशभर १३ हजार ३५७ सक्रिय संक्रमित छन्। , यस्तै काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका छन्। काठमाडौंमा ५१, भक्तपुरमा ४ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।, थपिए ३५० कोरोना संक्रमित, काठमाडौं उपत्यकामा ६२
सेतोपाटी संवाददाता लामो समयदेखि खुखुराको आहारा (दाना) उत्पादन गर्दै आएको काठमाडौंको टोखा नगरपालिका-६ स्थित टोखारोडमा रहेको सगरमाथा पोल्ट्रीफिड प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ।, तोकिएको मापदण्ड तथा गुणस्तरहीन दाना बनाएको भेटिएपछि विभागले सगरमाथा पोल्ट्रीफिडलाई कारबाही गरेको हो।, उद्योगले गुणस्तरहीन दाना उत्पादन गर्दै बजारमा लैजाने गरेको उजुरीपछि विभागले केही समयअघि छापामारी दानाको परीक्षणको लागि ल्याबमा पठाएको थियो।, अनुसन्धानमा सगरमाथा पोल्ट्रीफिडले गुणस्तरहीन दाना उत्पादन गरेको पुष्टि भएपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए।, उनका अनुसार सगरमाथासँगै विभागले न्यून गुणस्तर र दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग र फर्मविरूद्ध मुद्दा दायर गरेको छ।, चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।, सगरमाथा पोल्ट्रीफिडविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा
भगवती पाण्डे बालबालिकालाई स्कुल बसबाटै अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-५ का ३५ वर्षीय खेमबहादुर पौडेल छन्।, पौडेललाई झापा अनारमनी विर्तामोडबाट पक्राउ गरी बालबालिकालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, सैनामैना-६ दुधराक्षस्थित घरबाट सैनामैना-४ बुद्धनगरको प्रभात बोर्डिङ स्कुल गएका १२ वर्षीय प्रसिद्ध दाहाल र उनकी ९ वर्षीया प्रशन्न दाहाल फागुन ५ गतेदेखि हराइरहेका थिए।, जिल्ला प्रहरी कार्यालयले शनिबार पत्रकार सम्मेलन गरी पौडेललाई सार्वजनिक गरेको छ।, प्रहरी उपरीक्षक मनोज केसीका अनुसार लु१ख ६५६८ नम्बरको बसमा चढेर गएका उनीहरू साँझ घर नपुगेपछि अभिभावक स्कुलमा पुगेका थिए।, तर, बसका स्टाफले दुबै बालबालिकालाई फोटो खिच्न भनी अभिभावकले बसबाट उतारेर लगेको बताएका थिए।, ‘अन्य विद्यार्थीले पौडेलले लिएर गएको बताएपछि प्रहरी उनको पछि लागेको थियो,’ केसीले भने।, इलाका प्रहरी कार्यालय रन्यौरामा घटनाबारे अभिभावकले जानकारी दिएपछि प्रहरी परिचालन भएको थियो।, केसीका अनुसार पौडेलले प्रयोग गर्दै आएको मोबाइल नम्बर त्यसदिन ३:४० बजे बुटवलबाट स्वीचअफ भएको देखिएको थियो।, केसीका अनुसार त्यसदिन बालबालिकालाई लिएर पौडेल बुटवलबाट विर्तामोड छुट्ने बस काउन्टरमा पुगेका थिए।, टिकट काटेर उनी विर्तामोड पुगेका थिए। त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बुटवलबाट आउने गाडीको निगरानी गरेको थियो।, बुझ्ने क्रममा पौडेललाई बालबालिकासहित बसपार्कमा फेला पारिएको थियो। पौडेललाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान सुरू गरिएको प्रहरी उपरीक्षक केसीले बताए।, केसीका अनुसार पौडेल बालबालिकाका फुपाजू हुन्। उनीहरूको पारिवारिक दुश्मनी थियो।, केही दिनअघि पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो।, ‘छुटेपछि माइती पक्षसँग मिलेर आफूलाई थुनाएको भन्दै पौडेलले बदला लिने योजनाका साथ बालबालिकाको अपहरण गरेको खुलेको छ,’ केसीले भने।, पौडेल विगत २० वर्षदेखि भारत बस्दै आएका थिए। त्यसबाट उनले बालबालिकालाई भारत पुर्‍याउन खोजेको मनसाय देखिन्छ।, स्कुल बसबाट उतारेर दाजुबहिनीको अपहरण, विर्तामोडबाट पक्राउ परे आफ्नै फुपाजू
सेतोपाटी संवाददाता प्रजातन्त्र दिवसको अवसर पारेर शनिबारदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ।, कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शैयाको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो।, अस्पतालका लागि पाँच वटा भवनलगायत आवश्यक पूर्वाधार निर्माण गरी आजदेखि अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए।, अरनिको राजमार्गसँगै जोडिएको नगरपालिकाको वडा नम्बर ८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी जमिनमा पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गरेर अस्पताल सञ्चालनमा ल्याएको हो।, अस्पताल निर्माण समितिका संयोजकसमेत रहेका वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले अस्पतालमा आजैदेखि बिरामी राखेर उपचार गरी सेवा सुरू गरिने बताए।, ‘अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स-रेलगायत आवश्यक सबै सेवा दिने गरी व्यवस्थापन गरेका छौं, अस्पतालमा नयाँ तथा आधुनिक प्रविधि पनि जडान गरेका छौं,’ उनले भने।, नगरपालिकाले दधिकोटस्थित नगर अस्पतालमा रहेका चिकित्सकसहितको टोली, विभिन्न वडामा रहेका स्वास्थ्य चौकीका अतिरिक्त स्वास्थ्यकर्मी, नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरू गरिएको जानकारी दिँदै वडाध्यक्ष थापाले अहोरात्र आफूहरु खटिएर अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताए।, ‘अस्पतालमा २४सै घण्टा सेवा सञ्चालन हुन्छ, अरनिको राजमार्गसँगै जोडिएको हुनाले नगरवासीका साथै यस जिल्ला, काभ्रेपलाञ्चोक, सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेकाकोसमेत छिटो, सहज एवं सुलभ उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याएका छौं, यो अस्पताललाई अझै बिस्तार र अत्याधुनिक बनाउने हाम्रो योजना छ,’ उनले भने।, एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारले देशभर ३९६ वटा अस्पताल एकैपटक शिलान्यास गर्दा शिलान्यास गरिएको यस अस्पतालमा नगरपालिकाको रकम र सांसद महेश बस्नेतको सांसद विकास कोषको रकमबाट अस्पताल सञ्चालनमा ल्याइएको हो।, नगरपालिकाको आठ करोड र सांसद विकास कोषको ७५ लाख लागनीमा भवन निर्माण गरी सुरु भएको अस्पताल अहिले २५ शैयाको रहेकामा आगामी दिनमा प्रदेश सरकारसँग शय्या थपको स्वीकृति लिएर ५० शैया हुँदै १०० शैयासम्म पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ थियो। नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउने भएको छ। रासस, प्रजातन्त्र दिवसको अवसरमा जगातीमा २५ शैयाको अस्पताल सञ्चालन
रासस बागमती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर उठाइएको छ।, बागमती सफाइ महाअभियानको ४५८ औं हप्तामा आज बागमती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिक टन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।, विगत केही दिनदेखि काठमाडौं महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्दा सडक किनार, चोकमा फोहर थुप्रिएको छ।, फोहरका कारण राजधानी काठमाडौं दुर्गन्धित बन्न थालेको छ। फोहर व्यवस्थापनमा महानगरपालिकाले ध्यान नदिँदा बेलाबेलामा समस्या आउने गरेको छ।, बागमती मनोहरा दोभानको सफाइमा नेपाली सिने जगतका कलाकार पुजा शर्मा, पल शाह, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, काठमाडौं महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न सङ्घसंस्थाको सक्रियता थियो।  , बागमती सफाइका क्रममा आज माला खरेल एवं दुर्गा रावलको जन्मदिनको उपलक्ष्यमा नदी किनारमा वृक्षरोपण गरिएको थियो। सफाइ अभियानकर्मीको जन्मदिन परेका दिन नदी किनारमा वृक्षरोपण गर्ने गरिएको छ।  , अर्को हप्ता शनिबार पनि बागमती मनोहरा दोभानमै बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म सफाइ गरिने जनाइएको छ।, बागमतीको शङ्खमूल क्षेत्रमा अझै फोहरको थुप्रो देखिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए। फोहरको थुप्रो देख्दा नौ वर्षदेखि के गरियो भन्ने प्रश्न उब्जिएको उनको भनाइ थियो। , गुह्येश्वरीमाथिको बागमती सफाइको ४२६ औं हप्तामा गोठाटार पुलको नदी क्षेत्रमा सफाइ गरिएको छ।, मुहानदेखिकै बागमती सफाइ गर्दै आएको बागमती सुन्दरता सरोकार मञ्चको सक्रियतामा यस क्षेत्रको अभियान चल्ने गरेको छ । ‘फोहर शून्य नदी किनार सम्भव छ’ भन्ने नाराका साथ मञ्चले सफाइ गरिरहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।, मनोहरा सफाइ अभियानको २५७ औं हप्तामा काठमाडौं महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित मनोहरा पुलमुनि दुई घण्टा सफाइ गरिएको छ।, विभिन्न संस्थाका ५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए।, यसैगरी आज काठमाडौं उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, बागमतीका विभिन्न स्थान, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ।,  , यसैगरी बागमती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौं उपत्यका बाहिरका प्रमुख सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ।, हाल काठमाडौं उपत्यका बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ।, बागमती मनोहरा दोभानबाट पाँच मेट्रिक टन फोहर उठाइयो, भएन व्यवस्थापन
नारायण खड्का प्रेमीसँग योजना बनाएर पतिको हत्यापछि पत्नीले नै प्रहरीमा खोजी गरिदिन प्रहरीमा निवेदन दिएको घटना सार्वजनिक भएको छ। , दाङको राप्ती गाउँपालिका वडा नं. ३ वसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरीले आफ्ना पति ५४ वर्षीय लप्टेन चौधरी हराएको भन्दै प्रहरीमा खोजी गरिदिन भन्दै निवेदन दिएकी थिइन्। , फागुन ५ गतेको निवेदनमा उमादेवीले आफ्ना पति लप्टेन फागुन १ गते बिहान साढे ६ बजे काममा गढवा गाउँपालिका वडा नं. ३ गोवरडिया जान्छु भनी गएको भए पनि घर नर्फिएको र गाउँघर, आफन्तकहाँ खोजी गर्दा फेला नपरेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्। , सोही दिन खोजी गर्ने क्रममा लप्टेनको शव प्रहरीले गढवा गाउँपालिका-२ कोठरीस्थित राप्ती नदीमा फेला पार्‍यो। शवको सनाखत श्रीमती उमादेवी र आफन्तले गरेका थिए। , शव देखेपछि इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टको मनमा आशंका उब्जियो।, गाउँले तथा आफन्तले पनि लप्टेनको हत्या भएको आशंका गरे। केही गाउँले नै उमादेवी र उनका पतिको बीचमा राम्रो सम्बन्ध नभएको र उमादेवीको अर्कै व्यक्तिसँग प्रेम सम्बन्ध रहेको सुराक दिए। , त्यसपछि प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा उमादेवीले झूट लुकाउन सकिनन्। गढवा गाउँपालिका वडा नं. ३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीसँग उमादेवीको अवैध प्रेम सम्बन्ध रहेको तथ्य उजागर भयो। , अनि प्रहरीले हनुमानलाई घटना अनुसन्धानका लागि झिकाएर सोधपुछ गर्ने क्रममा लप्टेन हत्याको तथ्य पत्ता लागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।  , उमादेवी र हनुमानको अवैध प्रेम सम्बन्धबारे पहिलेदेखि नै गाउँघरमा चर्चा रहेको हुँदा त्यही कारण लप्टेनले गाउँघरमा बेइज्जत गरेको तथा उमादेवीलाई कुटपिट समेत गर्ने गर्दथे। , माघ २९ गते पनि पति लप्टेनले पत्नी उमादेवीलाई ज्यानमार्ने धम्की दिएको तथा आफूमाथि हातपात गरेको भनेर उमादेवीले हनुमानलाई फोनमा बताइन्। , हनुमानले लप्टेनको अवस्था कस्तो छ? भनेर सोधे।  , उमादेवीले आफ्ना पति नशामा लठ्ठ रहेको हनुमानलाई बताइन्। दुबैका बीचमा लप्टेनको हत्या योजना बन्यो। , योजना अनुसार उमादेवीले घरको दक्षिण तर्फको कोठा खुला नै राखेर १२ वर्षीया छोरीलाई लिएर अर्कै कोठामा सुत्न गइन्। , उनीहरूको योजना अनुसार माघ २९ गते राति हनुमान सोही दक्षिणतर्फको कोठाबाट घरभित्र प्रवेश गरी मुड्किले लप्टेनको छातीमा आक्रमण गरेपछि उनी छटपटाउन थाले। , त्यसपछि भुइँमा लडाइ हनुमानले लप्टेनको घाँटी थिचेर हत्या गरेको देखिन आएको एसपी काफ्लेले बताए। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार लप्टेनको हत्यापछि हनुमानले मध्यरातमा आफैंले  शव बोकेर लप्टेनको एक जोर जुत्ता समेत बोकेर लगि राप्ती नदीमा फालेको प्रहरी समक्ष स्वीकार गरेका छन्। , त्यसपछि उमादेवी र हनुमानबीच सल्लाह भयो। आफू जोगिनका लागि उमादेवीले नै पति लप्टेन बेपत्ता भएको भन्दै प्रहरीमा खोजी गरिदिन फागुन ५ गते निवेदन दिएको खुल्न आएको प्रहरीले जनाएको छ। , प्रहरीले उमादेवी र हनुमान दुबैलाई नियन्त्रणमा लिइसकेको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।, प्रेमीसँग मिलेर पतिको हत्या! खोजी दिन भन्दै पत्नीले दिएकी थिइन् प्रहरीमा निवेदन
सेतोपाटी संवाददाता कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्।, जुम्लाको कनिकासुन्दरी गाउँपालिका-३ का ५७ वर्षीय बिर्ख धामी शनिबार १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बासहित पक्राउ परेका हुन्।, विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त खटिएको टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ स्थित बनदेवी मन्दिरको छेउबाट भालुको पित्त फेला पारेको थियो।, अनुसन्धान गर्दा कैलालीको गोदावरी नगरपालिका-२ मा रहेको उनको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा फेला पारी धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनलाई बरामद भएको सामग्रीसमेत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।, भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ
रासस स्थानीय तहले राष्ट्रिय योजनालाई कार्यान्वयन गर्न सहजीकरण गरिदिएमा कति महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदो रहेछ भन्ने पछिल्लो उदाहरण ‘नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजना’ भएको छ। , चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन सुरूआती चरणदेखि निरन्तर स्थानीय तहमा आवश्यक सहयोग तथा समन्वय प्रदान गरेकै कारण सुरूङमार्ग निर्माणले अहिले द्रुत गति लिइरहेको छ। , नगरपालिकाले काठमाडौं तर्फको आयोजना प्रभावितलाई मुआब्जा वितरण तथा अन्य गुनासा सम्बोधन गर्न सहजीकरण गरेको थियो। , यो प्रक्रिया अहिले पनि जारी छ। नगरप्रमुख घनश्याम गिरीले भने, ‘नगरपालिकाको साथ र सहयोगको सुनिश्चिताले मात्र सुरूङमार्ग आयोजना कार्यान्वयनमा आएको हो। विशेषगरी सुरूङमार्ग बनाउन काठमाडौंतर्फको समस्या मेरो पहलबाट सम्बोधन हुँदै आएका छन्।’, नगरपालिकाका वडा नं १, ३ ५, ७ र १२ का स्थानीयबासी आयोजनाबाट बढी प्रभावित छन्। उनीहरूलाई उचित मुआब्जा दिलाउन तथा आयोजना प्रभावित क्षेत्रमा खानेपानी तथा अन्य पूर्वाधारका विकास गराउन नगरप्रमुख गिरीले विशेष चासो र सक्रियता देखाएका थिए। सुरूङमार्ग बनाउन सरकारले अधिग्रहण गरेका जग्गामध्ये काठमाडौंमा २६७ र धादिङमा १०९ रोपनी पर्छ। तीमध्ये अधिकांशले मुआब्जा पाइसकेको बताइएको छ।, उनले भने, ‘सुरूङमार्गको सम्भाव्यता अध्ययनदेखि नै स्थानीयबासीले आयोजनाका विरूद्धमा आवाज उठाउन थाले। आयोजना नै फिर्ता हुने त होइन भन्ने खतरा थियो। चन्द्रागिरि नगर तथा देशको प्रतिष्ठासँग गाँसिएको आयोजना कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो दृढ मान्यता थियो। विकास गर्दा विनाश हुनसक्छ तर स्थानीयबासीलाई संलग्न गराएर गरिने विकास दीगो हुन्छ। यही मान्यतालाई कार्यान्वयन गर्न अहोरात्र ध्यान दिएँ। आयोजना प्रभावितका उचित मागलाई सम्बोधन गराउन संघीय सरकारसँग अनेकौ तह र चारणमा वार्ता गरें। प्राथमिकताका साथ पीडितका कुरा उठाएँ। उनीहरूलाई अधिकतम मुआब्जा दिलाउन सफलसमेत भएँ। आयोजनालाई कार्यान्वयनमा उतार्न समन्वयकारी भूमिका निर्वाह गरेँ। संघीय सरकारले कार्यान्वयनमा ल्याएको आयोजनामा नगरपालिकाको भरपूर साथ र सहयोग मिलेको छ।’, सरकारले आयोजना प्रभावित क्षेत्रमा पहिलो चरणमा बाटो नपुगेको जमिनलाई समेत प्रतिआना रु १० लाख तथा अन्य जमिनलाई अधिकतम रु ४६ लाखसम्म मुआब्जा प्रदान गरेको थियो। , दोस्रो चरणमा ‘फ्लाइओभर’ बनाउने क्षेत्रका जमिनलाई न्यूनतम प्रतिआना रु ५७ लाख, पक्की घरका लागि छुट्टै, सबै जमिन परेकालाई थप १० प्रतिशत तथा घर टहरा हटाउन थप रकम प्रदान गरिरहेको जनाइएको छ। , सवारीसाधन आवतजावतका लागि निर्माणाधीन नेपालकै पहिलो सो सुरूङमार्ग आयोजनाले नगरप्रमुख गिरीकै प्रस्तावअनुसार चन्द्रागिरि–२ मा रु १४ करोडको खानेपानी योजना सम्पन्न गरिदिएको छ। , आयोजना प्रभावित वडा १ मा स्थानीयबासीका मागअनुसार खानेपानी योजना निर्माणाधीन छ भने अन्य सांस्कृतिकस्थल तथा मन्दिर संरक्षण गरिदिने आयोजनाले प्रतिबद्धता जनाएको छ। , सो सुरूङमार्ग चन्द्रागिरि–३ टोटेपाखाबाट सुरू भई धादिङको धुनिबेँसी नगरपालिका–९ सिस्नेखोला निस्कने छ। , नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६०औं वर्षगाँठका अवसरमा कार्यान्वयनमा आएको सो आयोजना विसं २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको हो। , नगरप्रमुख गिरीले भने, ‘राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा स्थानीय तहले कस्तो सहजीकरण तथा समन्वय गर्नुपर्छ भन्ने चन्द्रागिरि नगर नमूना बन्न सक्छ। स्थानीयबासीको अपनत्वले मात्र ठूला आयोजना कार्यान्वयनमा जान्छ। ठूला आयोजनाले ल्याउने समृद्धि ठूलो नै हुन्छ। यस कुरालाई आयोजना प्रभावितलाई बुझाउनुपर्छ।’, द्रुत गतिमा छ सुरूङ खन्ने काम , आयोजनाका अनुसार सुरूङमार्ग खन्ने काम धमाधम भइरहेको छ। यो सुरूङमार्गको लम्बाइ २.७ किलोमिटर हुनेछ। दुई लेनको सुरूङमार्गसँगै समानान्तर हुने गरी ‘स्केप्ट टनेल’समेत निर्माणाधीन छ। , यो प्रत्येक २५० मिटर मुख्य सुरूङमार्गसँग भित्र-बाहिर गर्न मिल्ने गरी जोडिने छ।, सुरूङमार्ग र सडक गरी जम्मा पाँच किमी लामो छ। यसमा सुरूको हिस्सा २.६८ किमी छ। तर मुख्य सुरूङसँगै अर्को आकस्मिक सुरूङ पनि निर्माणाधीन छ। केही आकस्मिक घटना भए उद्धार र सहायताका लागि दोस्रो सुरूङमार्ग प्रयोगमा ल्याइने छ।, प्रवेश मार्गसहित ५.५६ किमी सुरूङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। यसअघि जलविद्युत र खानेपानी आयोजनाका लागि लागि सुरूङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माणाधीन उक्त मार्गमा दुइटा साना ‘फ्लाइओभर’समेत बन्ने आयोजनाले जनाएको छ। , सुरूङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको हो। सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाइओभर’ पनि नेपालकै पहिलो हो।, सुरूङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेशमार्ग समेत निर्माणाधीन छन्। सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन संकलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ।, सुरूङमार्ग निर्माणका लागि वि.सं २०७६ असोज ६ गते नेपाल सरकार सडक विभाग र जापानी हाज्मा आङदो कर्पोरेसनबीच सम्झौता भएको थियो। , ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भनिएको थियो। मुआब्जा विवाद, स्थानीयबासीको अवरोध लगायतका कारण विसं २०७६ फागुनबाट निर्माण थालिएको थियो। , निर्माण सुरू हुनेबित्तिकै कोभिड-१९ का कारण केही समय काम प्रभावित भयो। जापानी सहयोग नियोग (जाइका) को आर्थिक एवं प्राविधिक सहयोगमा सडक विभागले वि.सं २०६९ माघदेखि २०७२ सम्ममा विभिन्न चरणको सर्वेक्षणका आधारमा सुरूङमार्ग निर्माणका लागि अध्ययन गरेको थियो। , सोही आधारमा पहिलोपटक नेपालले राजमार्गमा सुरूङमार्ग निर्माण सुरू गरेको थियो। ,  , द्रुत गतिमा अघि बढ्दै नागढुंगा–नौबिसे सुरूङ खन्ने काम
सेतोपाटी संवाददाता रोल्पामा आइतबार बिहान पिकअपले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , पिकअपको ठक्करबाट गम्भीर घाइते सुनिल स्मृति गाउँपालिका वडा नं. २ का ७७ वर्षीय लालबहादुर भुसालको सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहान पौने १० बजेतिर लु २ च ६८८६ नम्बरको पिकअपले उनलाई सुनिल स्मृति ४ सुलीचौर बजारमा ठक्कर दिएको थियो। , सुनछहरी गाउँपालिका २ का १९ वर्षीय चालक लालबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।, रोल्पामा गाडीको ठक्करबाट ७७ वर्षीय व्यक्तिको मृत्यु
सेतोपाटी संवाददाता भक्तपुरमा टिपरले ठक्कर दिएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ। , काभ्रे महाभारत गाँउपालिका-२ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सूर्यबहादुर मगरकी ८ वर्षीया छोरी बिनिता मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार घाइतेको प्राथमिक उपचारका लागि ख्वप अस्पताल च्यामासिंह लगिएको थियो। थप उपचारको लागि बालिकालाई मध्यपुर अस्पताल ठिमी लगिएको थियो। , त्यही उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। , शनिबार राति भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा सुडालबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ४ ख ७३५२ नम्बरको टिपरले बालिकालाई ठक्कर दिएको परिसरले जनाएको छ।  , भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मालाई सवारीसाधनसहित महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको छ।, भक्तपुरमा टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु
सेतोपाटी संवाददाता दाङमा फेला परेको प्रेसर कुकर बम डिस्पोज गरिएको छ।, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका-७ को सडक किनारमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले आइतबार बिहान ११ बजेतिर डिस्पोज गरेको हो।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार प्रेसर कुकरमा ‘नो एमसिसी’ लेखिएको थियो। बस शनिबार राति ११ बजेतिर सवारी चालकले देखेपछि प्रहरीलाई खबर गरेका थिए। , त्यसपछि प्रहरी राति नै घटनास्थल पुगेर राजमार्ग एकतर्फी सञ्चालन गरेको थियो। , नेपाली सेनाले त्यो प्रेसर कुकर बम नै भएको जानकारी दिएको छ।, दाङमा सडक किनारमा फेला परेको प्रेसर कुकर बम डिस्पोज
नवीनबाबु गुरूङ  काठमाडौंको बानेश्वरमा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहराले हानेको छ। , आइतबार १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसिसी टेबल गर्न लागेको छ। त्यसैको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराले हानेको हो। , यस्तै प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेका छन्।, आइतबार बिहान बसेको गठबन्धनको बैठकले प्रतिनिधि सभामा एमसिसी टेबल गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरूद्ध जारी राख्ने जनाएको छ।, हेर्नुहोस् तस्बिरहरू, बानेश्वरमा प्रहरीले हान्यो प्रदर्शनकारीमाथि पानीको फोहरा (तस्बिरहरू)
सेतोपाटी संवाददाता महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, स १ च १३९३ नम्बरको एम्बुलेन्सले साइकललाई पछाडिबाट ठक्कर दिँदा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।, एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा काम गरेर साइकलमा घर फर्केने क्रममा गए राति महतोलाई एम्बुलेन्सले ठक्कर दिएको थियो।, एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।, मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।, दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।, महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ।, बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०-५५ वर्षीया महिला रहेको  महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले जानकारी दिए।, एसपी शर्माका अनुसार बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको थियो।, बसको नम्बर खुल्न सकेको छैन। यद्यपी दुई तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरू गरेको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,  , बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु
एजेन्सी दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी एकैदिन परेपछि पहिरो आएको र डुबान भएको हो।, बाढी-पहिरोमा परी केही घरहरू भत्किएका छन् भने सडकमा भएका सवारी साधन बगेर गएका छन्।  मानिसहरूले विद्यालयमा आश्रय लिइरहेका छन्। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।, पछिल्लो डिसेम्बरदेखि ब्राजिलमा भारी वर्षाका घटनाहरू धेरै हुने गरेका छन्।, रूस भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सामाजिक सञ्जालमार्फत् आफूले पेट्रोपोलिसका पीडितलाई राहत दिन भनेको जानकारी दिएका छन्।, ब्राजिलमा भारी वर्षापछि आएको बाढी-पहिरोले कम्तीमा ९४ जनाको मृत्यु
एजेन्सी भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। , बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्। , उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्धित एक कार्यक्रमको लागि भेला भएका थिए। भेला भएकाहरूमध्ये केही मानिसहरू स्ल्याबमाथि बसेका थिए। , त्यसैबीच स्ल्याब फुट्दा त्यहाँ बसेका मानिसहरू इनारमा खसेका हुन्। खस्दा दुई जना महिला र ११ जना बालिकाको मृत्यु भएको  बीबीसीले जनाएको छ।, ‘स्थानीय गाउँमा विवाहको कार्यक्रम भइरहेको थियो। त्यससँग सम्बन्धित एक कार्यक्रमको लागि महिलाहरू भेला भएका थिए,’ एडिजी अखिलकुमारले भने, ‘लगभग साढे ८ बजेको थियो। इनारको स्ल्याब फुट्यो र त्यसमाथि भएका सबै मानिसहरू इनारमा खसे। स्थानीयले तत्काल सकेजति मानिसलाई उद्धार गरी निकालेका थिए र उनीहरूलाई तत्काल अस्पताल पठाइयो।’, प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रधानमन्त्री राष्ट्रिय राहत कोष’बाट प्रत्येक मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५०-५० हजार दिने घोषणा गरेका छन्।, उनले घटनाप्रति दुख व्यक्त गर्दै भने, ‘उत्तरप्रदेशको कुशीनगरमा भएको घटना हृदयविदारक छ। यसमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्छु। साथै घाइतेहरू छिटो स्वस्थ होऊन् भन्ने कामना गर्छु। स्थानीय प्रशासन सकेसम्मको मद्दत गर्न जुटेको छ।’, उत्तरप्रदेशमा एउटै इनारमा खसेर १३ जनाको मृत्यु
सेतोपाटी संवाददाता धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, बुधबार साँझ मोहना-अत्तरिया ६ लेन सडकमा धनगढी आउँदै गरेको से ५प ३९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो।, दुर्घटनामा परी मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका-५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराईको मृत्यु भएको हो।, उनको दुर्घटनामा टाउको र छातीमा गम्भीर चोट लागेका कारण उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।, धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु
सेतोपाटी संवाददाता सुनसरीको धरान-४ मा पर्ने जंगलमा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ। , कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँस काट्न गएका गाउँलेले बुधबार थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।, सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाका अनुसार घाँस काट्न गएका गाउँलेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए। , प्रहरीका अनुसार घटनास्थल पुग्दा झोलामा हालेर फालेको अवस्थामा टाउको र खुट्टा फेला परेको हो।, ‘आज त्यसको नजिकै अर्को जेब्रा झोला पनि भेटिएको छ,’ एसपी थापाले भने, ‘त्यसमा जीउ हुनसक्ने अनुमान छ। अब केहीबेरमा त्यो झोला खोल्दैछौं।’ , प्रहरीका अनुसार झोलामा टुक्रा भेटिएको शवको प्रकृति हेर्दा अन्दाजी ३०/३२ वर्षका युवक जस्तो देखिएको छ।, शव केही दिन पुरानै रहेको प्रहरीले बताएको छ।, ‘त्यसैले गन्ध आइरहेको छ। शवबारे अनुसन्धान भइरहेको छ’, उनले भने।, धरान नजिकैको जंगलमा जेब्रा झोलाभित्र भेटियो जीउबिनाको शव
रासस झापाको भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए।, २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए।, ‘हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौं,’ उनले भने, ‘ऐतिहासिक धार्मिकस्थलका रूपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ।’, मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख सहयोग उपलब्ध गराएको छ। नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनुरूप मन्दिर निर्माण गरिएको बताए।, ‘नगरकै आकर्षक धार्मिक पर्यटकीयस्थल बनाउने योजनामा स्थानीयवासी लाग्नुभएको छ,’ उनले भने, ‘यसमा नगरपालिकाले पनि सहयोग गरेको हो।’, मन्दिर निर्माणका लागि विभिन्न दाताले आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए। ‘दाताबाट सङ्कलित सहयोग पारदर्शी र मितव्ययी तरिकाले मन्दिर निर्माणमा खर्च गरिएको छ,’ उनले भने।, काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोहीअनुरूपका साना मूर्ति भारतको सिलीगुढीबाट खरिद गरेर ल्याइएको छ। सात लाखमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाईले जानकारी दिए।, भद्रपुरमा बन्यो डेढ करोड लागतमा काली मन्दिर
नारायण खड्का बाँके-बर्दियामा पाटे बाघको गणना गर्ने काम अन्तिम चरणमा पुगेको छ।  , बाँकेमा पाटे बाघ गणनाका लागि बिहीबार अन्तिम पटक क्याम्प स्थान्तरण गर्न लागिएको छ।, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले निकुञ्ज अन्तर्गतको ‘डी’ ब्लकमा बाघ गणनाका लागि बिहीबार अन्तिम क्याम्प सार्न लागिएको सेतोपाटीलाई बताए।, ‘आज मलैतिरबाट दाङतिर एउटा क्याम्प सार्दै छन्। उता दाङको घुइँयाबारी र सल्यानबाट सार्दै छन्,’ साहले भने, ‘यता बाँकेको ढकेरीबाट र ओभरीबाट पनि क्याम्प सार्दैछन्।’, अन्तिम ब्लकमा १५ दिन अगाडि राखिएका क्यामेरा त्यहाँबाट फेरि अर्को सात ठाउँमा क्याम्प सारेर अन्तिम चरणको बाघ गणना भइरहेको साहले बताए।, उनका अनुसार क्याम्प सार्ने काम बिहीबार नै सकिनेछ। शुक्रबारदेखि क्यामेरा लगाउने क्रम सुरू हुनेछ।, ‘अब कम्तीमा १५ दिन क्यामेरा दिन-रात राखिन्छ,’ उनले भने, ‘क्यामेरा सार्दा लाग्ने समय समेत गरी अबको १८-१९ दिनपछि बाघ गणना कार्य पूरा हुनेछ।’, चौथो अर्थात् डि ब्लकको अन्तिम बाघ गणना कार्य सुरू भएको संरक्षण अधिकृत साहले बताए।, बाघको आक्रमणको त्रासका कारण क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना भइरहेको र बिहीबारदेखि अन्तिम क्याम्प सुरू भएको उनले बताए।, बाघ गणना गर्न सात वटा टोलीमा ४२ जना प्राविधिकहरू खटिएका छन्।, बुधबारदेखि बाँके निकुञ्ज अन्तर्गतको सी ब्लकमा बाघ गणना कार्य पूरा भएको हुँदा क्याम्प स्थान्तरण भइरहेको हो।, बर्दिया-बाँके राष्ट्रिय निकुञ्जलाई चार वटा ब्लकमा विभाजन गरी पाटे बाघको गणना गत मंसिरदेखि सुरू गरिएको थियो।, बाघ गणनाका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई ‘ए’ र ‘बी’ ब्लकमा विभाजन गरिएको थियो। बर्दियामा गणना सकेर पुसदेखि बाँके क्षेत्रमा गणना सुरू भएको थियो।, त्यस्तै ‘सी’ ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भागलाई समेटिएको छ।, ‘डी’ ब्लक भने पूरै बाँके राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र अन्तर्गतको भू-भाग समेटिएको छ।, बाँके निकुञ्जका संरक्षण अधिकृत साहका अनुसार त्यहाँ दुइटा क्यामेरा चोरी समेत भएका छन्। मध्यवर्ती क्षेत्र खड्गबास क्षेत्रबाट समुदायका मानिसले दुइटा क्यामेरा चोरेर लगेको साहले बताए।, त्यस्तै, थप दुइटा क्यामेरा ढकेरीको कोर एरियामा जंगली हात्तीले कुल्चिएर क्षति पुर्‍याएका थिए। घाँस दाउरा गर्नका लागि वन जंगल जाने समुदायका मानिस वा सिकारी जसले पनि ती क्यामेरा चोरेको हुन सक्ने साहले अनुमान गरे।, ‘ती क्यामेरा उनीहरूका लागि कुनै प्रयोगमा आउँदैन,’ उनले भने, ‘तै पनि किन हो खै, मानिसहरू वन्यजन्तुको गणनाका लागि राखिएका क्यामेरा पनि लैजान्छन्।’, वन समुदायकै मानिसले लगेर गएको भए वन समुदायकै अगुवाबाट ती क्यामेरा फिर्ता आउन सक्ने उनले बताए।, त्यस्तै, साहले क्यामेराले पाटे बाघका थुप्रै तस्बिर खिचिएको जानकारी दिए।, ‘हामीले नियाल्दा बाघका तस्बिर क्याप्चर भएका थुप्रै फोटो देखिएका छन्,’ उनले भने, ‘गणनाको अवधि सकिएपछि ती फोटोबारे विश्लेषण गरी बाघको संख्या यकिन गर्नेछौं।’, बाघ गणनाका लागि राखिएकामध्ये बाँके-बर्दियामा हालसम्म १७ वटा जति क्यामेरा चोरी भएका छन्।  , ए ब्लकबाट सबभन्दा बढी नौ वटा क्यामेरा चोरी भएका छन्।, सी ब्लक का चार-चार वटा क्यामरा चोरी भएको जानकारी दिइएको छ। त्यस्तै ६ वटा क्यामरा जंगली हात्तीले क्षति पुर्‍याएका छन्। , राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया प्रमुख डा. रबिन कडरियाका अनुसार एउटा क्यामरालाई ४० हजार पर्छ। , सन् २०१८ को तथ्यांकअनुसार बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ रहेका छन्। बाँके–बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको संख्या वृद्धि भएको अनुमान गरिएको छ।, बाँके-बर्दियामा पाटे बाघको गणना अन्तिम चरणमा
रासस आङ सिरिंगै हुने भीरपाखा। वस्तुभाउ उकाली–ओराली गराउँदासमेत समस्या। जिल्लाकै बढी भौगोलिक रूपमा भिरालो जमिन भएको पालिका हो, बागलुङको तमानखोला गाउँपालिका। , अहिले त्यही आङ सिरिङ्गै हुने भिरमा बाह्रै महिना सवारी गुड्दै आएका छन्। तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानीकी कली छन्त्यालले यस्तो भिरपाखामा मोटर गुड्लान् भनेर कहिल्यै नसोचेको बताए।  , घर अघिबाट दैनिक सवारी गुड्दा छन्त्यालले विकासको अनुभूति गरेका छन्।  , ‘मोटरबाटोले गाउँको मुहारै फेरिएको छ, तारे भिर काटेर मोटर आउलान् भन्ने सोचेकै थिएनौं, चार वर्षअघिसम्म गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म नै ६ महिना सवारी देखिदैन्थें’, उनले भने, ‘अहिले मोटरेवल पुल बनेपछि गाउँपालिकाको केन्द्र बोङ्गादोभानमा बाह्रैमास सवारी आउँछन्, गाउँका साना–साना खोलामा समेत हिमपाइप राखिएको छ, खोला बढ्दा एक दुई दिन समस्या हुन्छ नत्र बाह्रैमास गाउँमा सवारी गुड्छन्।’, पहिला पहिला सडक नहुँदा बिरामीलाई मान्छेले डोकोमा बोकेर लैजानु परेको र समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको अवस्था थियो। , अहिले मोटरबाटोले गर्दा बिरामीहरू गाडीमै अस्पतालसम्म पुगेर उपचार गराउन पाउने भएकाले यहाँका स्थानीयबासी खुसी भएका छन्। , बागलुङको सबैभन्दा विकट मानिने तमानखोलाका सबै टोल सडक सञ्जालसँग जोडिएका छन्। , गाउँपालिका स्थापना भएको पाँच वर्षमा यहाँका २७ वटै बस्तीमै सडक पुगेको छ। गाउँपालिकाका अनुसार पाँच वर्षमा गाउँपालिकाले १२९ किलोमिटर सडक निर्माण गरेको छ।, विकास पूर्वाधारका हिसाबले स्थानीय तह गठन हुनुपूर्व यहाँका नागरिकको दैनिकी कष्टकर भए पनि अहिले सडक निर्माणले जनजीवन सहज भएको छ। बाह्रैमास सडक सञ्चालनका लागि मोटरेवल पुल र पुल नबेको खोलामा कल्भर्ट समेत बनाइएको छ।, पाँच वर्ष अघिसम्म मोटरबाटोले गाउँहरू जोडिएका थिएनन्। त्यसले गर्दा तमानखोलाबासी घण्टौं लगाएर दैनिक उपभोग्य सामान घोँडाखच्चडमा ढुवानी गर्थे। तर घोडाखच्चड हिँड्ने गोरेटो बाटो अहिले मोटरबाटोमा परिणत भएका छन्। , भौगोलिक हिसाबले पिछडिएको यस ठाउँमा सडक निर्माण गर्नु निकै चुनौतीपूर्ण रहेको थियो। गाउँपालिका, गण्डकी प्रदेश र संघीय सरकारको सहयोग र सहकार्यमा यहाँका विभिन्न सडक निर्माण भएको गाउँपालिकाले जनाएको छ। गाउँ-गाउँमा सडक पुगेपछि आमनागरिकको दैनिकी फेरिएको छ। , छ वडा रहेको तमानखोलाका वडा नं ६ नर्जाखानी, भित्रिवन र पात्ले गाउँ सबभन्दा दुर्गममा पर्छन्। , यी गाउँमा मोटरबाटो आउँला भनेर स्थानीयबासीले कहिल्यै कल्पना समेत गरेका थिएनन्। आम नागरिकको चाहना र मागबमोजिम गाउँपालिकाले सडक पुर्‍याइएको छ। , मोटरबल सडक सञ्जालमा जोडिनु पूर्व यहाँका स्थानीयबासीलाई सामान किनमेलका लागि घण्टौं लगाएर बुर्तिबाङ बजार आउनुपर्थ्यो। सडक सञ्जालमा जोडिएपछि अहिले त्यहाँका बासिन्दा एक डेढ घण्टामै बुर्तिबाङ बजार आइपुग्छन्। , सडक सञ्जालले गाउँ जोडिएपछि अहिले डोकोमा सामान बोकेर उपभोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मनबहादुर सिर्पालीले बताए। , ‘मोटरबाटो त हाम्रा लागि वरदानै सावित भयो, अन्धकारबाट उज्यालोमा आएको जस्तै भएको छ’, उनले भने। , गत वर्षसम्म गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पनि बाह्रै महिना गाडी चल्दैन्थे। , यस वर्ष भालिबाङखोला र लुकुरबनखोलामा मोटरेवल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुने भएको छ। , गाउँपालिकाअन्तर्गत २७ गाउँ बस्ती छन्। ती सबै बस्तीमा सडक सञ्जाल पुगिसकेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। , उनले यहाँका बासिन्दा घरदेखि पाँच मिनेट पैदल यात्रा गरेमा मोटर चढ्न सक्ने गरी सडक सञ्जालमा जोडिएको बताए। , गाउँपालिकाका अध्यक्ष बुढा मगरले आफूहरू जनप्रतिनिधि भएर आएपछि पालिकाभर १२९ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए। यस अवधीमा गाउँपालिकाले सडक निर्माणका लागि  १० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको जानकारी दिए। , अहिलेका सडकलाई चौडा पार्ने, नाली निर्माण गर्ने र निरन्तर सवारीका साधन चल्ने गरी काम अगाडि बढाइने उनको भनाइ छ। , ‘जनप्रतिनिधि भएर आउँदा तमानखोलाका गाउँ सडक सञ्जालसँग जोडिएका थोरै थिए, हामीले नागरिकको आवश्यकता र मागका आधारमा सडक निर्माण गर्‍यौं’, अध्यक्ष बुढामगरले भने, ‘अहिले गाउँपालिकाको २७ वटै बस्तीहरूमा सडक पुर्‍याएका छौं, अब यी सडकको स्तरोन्नतितर्फ ध्यान दिएका छौं, गाउँपालिकाको गुरूयोजना बनाएर प्रदेश र संघमा समेत बजेट माग गरिरहेका छौं।’ , ‘गाउँमा मोटरबाटो आएपछि अन्धकारबाट उज्यालोमा आएकोजस्तै भयो’