content
stringlengths
20
64.1k
रासस कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।, मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको  घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दिए। , जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको उनले बताए। , कालीगण्डकी करिडोरको सो सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो।, यसअघि पनि मुस्ताङको थासाङ गाउँपालिका–४ मा भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्न फागुन १५ गतेसम्म दैनिक ४ घण्टा उक्त सडक बन्द गरिएको थियो।, ‘फागुन २३ देखि चैत १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर घाँसा, काभ्रेभिर लगायतका स्थानमा कडा चट्टान फुटाउनुपर्ने भएको छ। यो अवधिमा बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सबै प्रकारका सवारी साधन अवरूद्ध हुने छन्’, उनले भने, ‘आवश्यक सहयोगको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरीचौकी घाँसा र तत्कालको सहयोगको लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिने छ।’, बेनी–जोमसोम सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
सेतोपाटी संवाददाता धनगढीमा घाँटीमा चाेटपटक लागेकाे अवस्थामा सडक नालीमा पहिचान नखुलेका एक जना पुरूषकाे शव फेला परेकाे छ।, साेमबार बिहान धनगढी उपमहानगरपालिकामा -५ काे जाँई सडककाे नालीमा अन्दाजी ३३ वर्षीय पुरूषकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। , ‘हत्या गरेर त्याे ठाउँमा फालेकाे हुनसक्छ, मृतकको पहिचान खुलेकाे छैन, घाँटीमा चाेटपटक छ, शव पहिचान गर्न हामीले खबर गरिरहेका छाैं, जिल्ला प्रहरी कार्यलय कैलालीका डिएसपी  बेदप्रकाश बजाेसीले भने।, मृतकको शव सेती प्रादेशिक अस्पतालमा पाेस्टमार्टमका लागि राखिएको छ।, धनगढीमा सडक नालीमा भेटियो एक पुरूषको शव
खिलानाथ ढकाल ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुकी २२ वर्षीया सुष्मा स्याङताङले शनिबार बच्चा जन्माएकी थिइन्।, प्रसूति गृहले सुष्मा र शिशुलाई आइतबार मात्रै डिस्चार्ज दिएको थियो। उनीहरू आइतबार नै नल्लु पुगेका थिए।, स्याङताङ परिवार आइतबार बेलुका खाना खाएर एकैठाउँ सुतेका थिए। कोही खाटमा, कोही भुइँमा सुतेका थिए।, बेलुका सुत्केरी सेकाउनका लागि आगो बालेका थिए। उनीहरू इँटाको गारो र टिनले छाएको घरको दुई वटामध्ये एउटै कोठामा सुतेका थिए। अर्को कोठा बन्द थियो।  , ढोका बेस्सरी लगाएका थिए। हावा नछिरोस् भनेर झ्यालमा बोराले कसेका थिए।, उनीहरू ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ, छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु थिए।, जसमध्ये अब सुभाष स्याङताङ मात्रै बाँकी छन्। सुत्केरी श्रीमती, शिशुसहित परिवारका सबै जनाको मृत्यु भइसकेको छ।, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सोमबार बिहान साढे सात बजेतिर काइँला स्याङताङकी छोरी रोशनी घलान घर आएकी थिइन्।, उनको घर केही परको बस्तीमा घर छ। सुत्केरी बुहारी र भदाहाको मुख हेर्न एकाबिहानै आएकी रोशनीले मुख्य ढोका बन्द देखिन्।, ढोका खुलेन, झ्याल बेस्सरी धकेलेर उघार्दा भित्र परिवारका सबै जना मस्त निद्रामा झैं देखिन्थे। रोशनीले बोलाइन्, कसैले प्रतिक्रिया दिएनन्।, त्यसपछि रोशनी आत्तिँदै कराउन थालिन्। नजिकका छिमेकी उनकै दाजु ३८ वर्षीय राजु स्याङताङ पहिले उठे। राजुसहितका गाउँले भेला भएपछि आफैं झ्यालबाट छिरेर ढोका उघारिन्।, यतिबेलासम्ममा वडाध्यक्ष तीर्थराज घलान आइपुगिसकेका थिए। उनले प्रहरीलाई खबर गरे। इलाका प्रहरी कार्यालय कोन्ज्योसोमलाई खबर गरेपछि प्रहरी टोली पुग्यो। टोली पुग्दा सुभाष र दुई दिनको शिशु जीवितै थिए।, टोलीले तत्काल उनीहरूलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो। शिशुको उपचारकै क्रममा मृत्यु भइसकेको छ भने सुभाषको गम्भीर अवस्थामा उपचार भइरहेको छ।, सुभाषको अहिले गणेशमान सिंह मेमोरियल अस्पताल ललितपुरमा उपचार भइरहेको छ। उनलाई आइसियूमा राखिएको छ।  , एसएसपी पोखरेलका अनुसार हावा बाहिर-भित्र छिर्न नसक्ने गरी कोठा न्यानो बनाएको देखिएको छ। कोठामा आगो बालेको देखिएको छ।, ‘कोइला बालेर सुतेको भेटिएको छ,’ पोखरेलले भने, ‘चोटपटक केही पनि देखिएको छैन।’, सुतेको ठाउँमा बान्ता भएको देखिएको पोखरेलले बताए।, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक चिकित्सकसहितको टोलीले प्रारम्भिक अनुसन्धान गर्दा निसास्सिएर मृत्यु भएको देखेको छ।, ‘कोइला बाल्दा कार्बनडाइअक्साइड अत्याधिक उत्पन्न भएको, हावा छिर्न नसक्ने गरी झ्याल-ढोका बेस्सरी लगाइएकोले  अक्सिजनको आवातजावत हुन सकेन,’ फरेन्सिक चिकित्सकलाई उद्धृत गर्दै पोखरेलले भने।, वडाध्यक्ष तीर्थराज घलानका अनुसार घरमा जम्मा सात जना हुन्। जेठा छोरा राजु स्याङताङचाहिँ अर्को घरमा छुट्टै सुतेकाले उनलाई केही हुन पाएन।, ‘मेरो फुपूको घर हो, सात जना रहेकामा जेठोचाहिँ अर्कै घरमा बसेका हुनाले केही भएन,’ वडाध्यक्ष घलानले भने।, प्रहरी र चिकित्सकसहितको टोलीले शवहरूको मुचुल्का उठाएको छ। शव पोष्टमार्टमका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने प्रहरीले जनाएको छ।, रोशनीले पाइनन् सुत्केरी बुहारी र भदाहाको मुख हेर्न
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले भन्सार छलेको आरोपमा चार जनाविरूद्ध आइतबार मुद्दा दायर गरेको छ।, विभागले पर्सा पटेर्वा घर भई हाल बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका-६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौं-५ बस्ने रविन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौं-७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको हो। , उनीहरूसँग चार करोड ४६ लाख ३७ हजार १८४ रुपैयाँ बिगो मागेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।, उनीहरूले भन्सार, अन्तशुल्क नियमावली, राजश्व चुहावट ऐनविपरीत पैठारी गरी राजश्व छलेको विभागको दाबी छ।, बख्रेल र पन्तसँग १ करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग १ करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग सात लाख ८० हजार ८१८ रुपैयाँ बिगो माग गरिएको छ।, भन्सार छलेको आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा
सेतोपाटी संवाददाता सप्तरीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , डाक्नेश्वरी नगरपालिका-३ हटेल बस्ने १९ वर्षीय चन्दनकुमार साहलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।, साहले १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। , बालिकालाई घर नजिकै पोखरीको डिलमुनी लगेर साहले बलात्कार गरेको कार्यालयले जानकारी दिएको छ। , घटनाबारे खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थबाटै साहलाई पक्राउ गरेको हो।, प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।,  , सप्तरीमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसूरमा एक जनालाई पक्राउ गरेको छ। , बारा पचरौता नगरपालिका-८ घर भई महाराजगंज बस्दै आएका ५३ वर्षीय रामएकवाल चौधरीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , प्रहरीले चौधरीलाई आइतबार लाजिम्पाटबाट पक्राउ गरेको हो। , चौधरीलाई पाटन उच्च अदालतले गत वर्षको फागुन २१ गते ८ लाख ७५ हजार र ४ दिन कैद तोकेको प्रहरी उपरीक्षक कोइरालाले बताए। अदालतको फैसलापछि चौधरी फरार थिए। , प्रहरीले फैसला कार्यान्वयन लागि सोमबार काठमाडौं जिल्ला अदालत पठाएको छ। ,  , काठमाडौंबाट बैंकिङ कसूरमा एक पक्राउ
सेतोपाटी संवाददाता चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। , ललितपुर उपमहानगरपालिका-२१ बस्ने २९ वर्षीय दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। , उनका अनुसार महर्जनले नाबालिकाको अश्लिल तस्बिर र उनीबारे अश्लिल स्टाटस फेसबुकमा अपलोड गरेका थिए। , सो गतिविधि गरेर महर्जनले नाबालिकाको चरित्र हत्या गरेको आरोप छ। सोही आरोपमा ब्युरोको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। , प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको एसएसपी अर्यालले बताए। , नाबालिगको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा पाटन ललितपुर सब-स्टेसन प्रमुख सोमप्रसाद पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पहाडीविरूद्ध सोमबार १ लाख ४० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। , अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पहाडीलाई गत पुस २९ गते पाटन ढोकाबाट घुससहित पक्राउ गरेको थियो। , बिजुलीको पोल सार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीविरूद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।, विद्युत प्राधिकरण ललितपुर सब-स्टेसनका प्रमुख सोमप्रसाद पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता देशभर थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ८८ जनामा संक्रमण पुष्टि भएको हो। , ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार १४५ जनाको पिसिआर गर्दा ६६ र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ६ हजार १५० जना सक्रिय संक्रमित छन्।, ३७६ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।, यस्तै काठमाडौंमा २९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २२, भक्तपुरमा १ र ललितपुरमा ६ संक्रमित थपिएका छन्।, थपिए ८८ संक्रमित, निको भए ३७६ जना
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। , गुल्मी घर भई बुटवल महानगरपालिका-१३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। , थापाले सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गरेर त्यसमार्फत् पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोप छ।, ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको बताएको छ।, काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। , यस्तै, ब्युरोले आइतबार नै ललितपुर बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको छ। उनीमाथि नाबालिगको अश्लिल तस्बिर तथा स्ट्याटस राखेको आरोप छ। ,  , चरित्र हत्या गरेको आरोपमा युट्युबर राहुल थापा पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले ठगी गरेर फरार रहेको आरोपमा एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ४८ वर्षीय संजय बानियालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , प्रहरीले आइतबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट बानियालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।  , वैदेशिक रोजगार न्यायाधिकरण ईजलासको मंसिर २७ गतेको फैसलाले संजय बानियालाई ३० लाख रकम जाहेरवालालाई भराउन आदेश दिएको थियो। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार बानियालाई सोही ईजलासले दुई वर्ष कैद र २ लाख जरिवाना तोकेको थियो। अदालतको सो निर्णयपछि बानिया फरार थिए। , प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ।   ,  , ठगी गरेको आरोपमा फरार एक जना काठमाडौंबाट पक्राउ
सेतोपाटी संवाददाता विभिन्न जब सेन्टरहरू स्थापना गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ।, कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।, महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव छन्।, यसैगरी, अन्य पक्राउ पर्नेमा काठमाडौं-३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन्।, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार उनीहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका र पम्प्लेटमा ‘घरमै बसेर जागिर मिल्छ’ भनी प्रचारप्रसार गर्ने गर्थे।, जागिरका लागि उनीहरूले फारम भर्ने बहानामा तीन सयदेखि पाँच सय रुपैयाँसम्म, कामको ग्यारेन्टी भन्दै एकदेखि ६ हजारसम्म रकम लिने गरेका थिए।, सर्वसाधारणबाट त्यसरी पैसा लिएपछि उनीहरू कोही भाग्ने, कसैलाई काममा लगाउने र लगाइहाले पनि तोकिएको तलब-सुविधा नदिई केही समयमै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको कुँवर बताउँछन्।, ‘कुनै एक जब सेन्टरमा फारम भर्दा दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भइसकेको छ भनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको पाइएको छ,’ कुँवर भन्छन्।, पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नयाँ बानेश्वर वृत्त र बालाजु वृत्तमा पठाइएको महाशाखाले जनाएको छ।, काठमाडौंमा जागिर दिने भन्दै फारम भराएर पैसा उठाएको आरोपमा ९ जना पक्राउ
डा. निमेश पौडेल हामीमध्ये कतिपयलाई गाडी सम्झने बित्तिकै रिंगटा लाग्ने हुन्छ। अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो। , गाडीमा यात्रा गर्दा एकातिर मस्तिस्कले कुनै गतिबिधि भएको छैन भन्छ तर गतिबिधि भइरहेको हुन्छ। यस्तो अवस्थामा रिंगटा लाग्छ। पेटमा अफ्ठ्यारो हुने पेट फुलेजस्तो हुने, चिसो हुने, पसिना आउँछ अनि वान्ता हुन्छ। कतिपयलाई धेरै हुन्छ भने कतिलाई थोरै।, अधिकांश मान्छेले कुनै न कुनै रूपमा यस्तो समस्या भोगेका हुन्छन्। तीन जनामा एक जनालाई कुनै न कुनै रूपमा यो समस्या हुन्छ।, यसलाई पूर्ण रूपमा रोक्न सकिदैन तर कम गर्न सकिन्छ। कसैलाई थोरै हुने कसैलाई धेरै हुने अनि कसैलाई यात्रा गरेको भोलिपल्ट समेत हुन्छ।, गाडीमा वान्ता हुनेले यात्रा गर्नुभन्दा पहिलानै होसियारी अपनाउनुपर्छ। लामो यात्रा गर्नुछ भने राती मजाले सुत्नुपर्छ त्यस्तै रक्सी खानु हुँदैन। रक्सीले पनि गाडीमा वान्ता हुने सम्भावना बढाउँछ।, गाडीमा यात्रा गर्दा केही औषधी लिन सकिन्छ। यात्रा अनुसारको औषधि लिनुपर्छ। अदुवाले पनि केही फाइदा गर्छ।, यसले पेटको मुमेन्टलाई सजिलो बनाउँछ। कागती अनि अमिलोजन्य खाना खादा वान्ता रोक्छ भन्ने होइन तर केही हदसम्म रोक्न सक्छ। तर मान्छे अनुसार फरक हुन्छ।, गाडीमा यात्रा गर्नुभन्दा अघि चिल्लो खान खानु हुँदैन। गुलियो खानु हुँदैन। जसले गर्दा वान्ता हुनसक्छ।, गाडीमा बस्ने ठाउँको पनि ख्याल गर्नुपर्छ। वान्ता हुनेहरू झ्यालको आडमा बस्नुपर्छ। कारमा यात्रा गर्दा अगाडिको सिटमा बस्नुपर्छ। भित्र बस्दा किताब पढ्ने, मोबाइल चलाउने गर्नुहुँदैन। यस्तो गरेमा रिंगटा कम हुन्छ। बसको बिचतिर बस्नेलाई धेरै रिंगटा लाग्न सक्छ।, जहाजमा बस्दा पनि झ्यालको आडमा बस्नुपर्छ कानमा कपास राख्नुपर्छ। जहाज जुन दिसामा उड्दैछ त्यतै हेरेर बस्नुपर्छ।, कसै-कसैलाई अरू समयमा नभए पनि कुनै एउटा यात्रामा हुनसक्छ। पहाडी क्षेत्रमा जिकज्याक छ भने वान्ता हुनसक्छ। कहिलेकाही गाडीमा गरेको यात्राका कारणले मात्रै वान्ता हुने भन्ने हुँदैन। त्यस्तो अवस्थामा भने चिकित्सकहाँ जानुपर्छ।, यात्रा गर्दा गर्दै बिचैमा छोड्न मन लाग्छ। सुरूदेखिनै वान्ता हुन्छ। त्यसको लागि सुरूमै औषधि खानुपर्छ। कहिलेकाँही अकुपञ्चरले पनि काम गर्छ।, गाडीमा यात्रा गर्दा किन वान्ता हुन्छ, यसलाई कसरी कम गर्नेलगायतका विषयमा अल्का अस्पताल, जावलाखेल र एभरेष्ट अस्पताल नयाँ बानेश्वरमा कार्यररत कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेलसँग सेतोपाटीका सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्। हेर्नुहोस्।, गाडीमा यात्रा गर्दा किन बान्ता हुन्छ? (भिडिओ)
नारायण खड्का सल्यानको छत्रेश्वरी गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि डेढ करोड बढी लगानीमा शंख पार्क निर्माण गरेको छ। , निर्मित शंखको आकृति नेपालकै सबभन्दा ठूलो आकारको भएको दाबी गरिएको छ।, श्रीस्वस्थानी व्रतकथामा सल्यानको शंखमूलको वर्णन गरेको पाइन्छ। नजिकैको पहाड छाया क्षेत्रमा सतिदेवीका सबै अंगहरू पतन भएपछि शिव भगवानले शंखमूलको कुण्डमा स्नान गरी कैलाश पर्वततर्फ निस्किएको उल्लेख छ। , त्यही भएर पार्कभित्र शिवले सतिदेवीलाई बोकेको मूर्ति पनि निर्माण गरिएको छ। पार्कभित्रै परम्परागत मौलिक प्रकृतिको खरले छाएको झुपडी पनि निर्माण गरिएको छ। चर्चित धार्मिकस्थल  शंखमूल शारदा पुलदेखि झन्डै ४ सय मिटर जति उत्तर पश्चिम राप्ती राजमार्गको नजिकै अवस्थित छ। , शंखमूलको उक्त कुण्डमा सर्वसाधारणले सदियौंदेखि पाप नाश तथा पुन्य प्राप्तिको लागि स्नान गर्दै आएका छन्। जो छाया क्षेत्र मन्दिरको नजिकै पर्छ। त्यसभन्दा ठिक माथिको झन्डै ३ किलोमिटर दूरीको पहाडमा सतिदेवीको अन्तिम अंगको पतन भएको कथाहरूमा वर्णन गरिएको छ। , स्रोतका अनुसार शंख निर्माण गर्न मात्रै ३१ लाख बढी खर्च भएको छ। काठमाडौंको शंखमूलमा निर्मित शंखभन्दा सल्यान शंखमूलको आकार ठूलो छ। शंख पार्क निर्माण गरिएपछि त्यहाँ सर्वसाधारणको भिड लाग्ने गरेको छ। , निर्मित शंख पार्क निकट भविष्यमै उद्घाटन गर्ने तयारी गरिएको छ। , गाउँपालिकाको डेढ करोड बढी लगानीमा छत्रेश्वरी ६ शंखमूलमा शंख पार्क निर्माण कार्य पूरा गरिएको गाउँपालिकका अध्यक्ष सन्तोष केसीले सेतोपाटीलाई बताए। , ‘पौराणिक धार्मिक ग्रन्थहरूमा उल्लेख भएको महत्वपूर्ण शंखमूलको अस्तित्व जोगाइ राख्न र शंखमूललाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न हामीले डेढ करोड बढी खर्चेर शंखपार्क निर्माण गरेका हौं,’ अध्यक्ष केसीले भने, ‘वरिपरि सुन्दर पहाड र नजिकै कलकल बग्ने शारदा नदीको किनारमा पक्की तटबन्ध निर्माण गरी शंख पार्क बनाएपछि आज त्यो हेर्न लायक भएको छ।’, यहाँ शंख पार्क निर्माण छत्रेश्वरी शंख पार्क धार्मिक क्षेत्र विकास समाज गठन गरी स्थानीय प्रशासनमा दर्ता पनि गरिएको छ। , शंख पार्कलाई नेपालकै प्रमुख धार्मिकस्थलका रूपमा विकास गर्न वैधानिक रूपमा स्थानीय प्रशासनमा दर्ता गरिएको अध्यक्ष केसीले बताए। , ‘गाउँपालिकाबासी सबैको राय सल्लाहमा शंखमूलको महत्व दर्शाउन शंख पार्क निर्माण गरिएको हो,’ उनले भने, ‘व्यक्तिगत रूपमा मेरो ठाउँको प्राचीन, धार्मिक र ऐतिहासिक महत्व स्थापित गर्न के गर्न सकिन्छ भनेर त्यो मेरो सपना थियो।’, छत्रेश्वरी गाउँपालिकाले नै वडा नं. ६ को लान्टीमा दश लाख खर्चेर १०८ शिवलिंग निर्माण गरेको छ। , ‘शिवलिंग निर्माण गरेपछि  आज त्यहाँ पनि  ठाउँ-ठाउँबाट मानिसहरू अवलोकनका लागि आउन थालेका छन्,’ अध्यक्ष केसीले भने, ‘त्यसले लान्टी बजारको विकास र विस्तारमा सहयोग पुग्नेछ भन्ने हामीलाई विश्वास छ।’, सत्य युगमा शिव भगवानले सतिदेवीको मृत शरीर बोकेर यात्रा गरेको पवित्र तिर्थस्थलको रूट मार्गलाई त्यही रूपमा विकास गर्न सके सल्यानले ठूलो लाभ लिन सक्ने उनले बताए। , शंख पार्क भित्रका शंख र शिव पार्वतीका मूर्तिहरू जिल्लाकै बागचौरका टोपेन्द्र डाँगीले निर्माण गरेका हुन्। , सल्यानमै नेपालकै प्रमुख धार्मिकस्थल मध्यको खैराबाङ भगवती देवीको मन्दिर पनि रहेको छ। जहाँ सर्वसाधारण मानिस सन्तानको वर माग्नेदेखि अन्य मागेका मनोकांक्षा पूरा हुने विश्वासका साथ पुग्ने गर्छन्।  ,  ,  ,  ,  , डेढ करोड बढी लगानीमा सल्यानमा शंख पार्क
सेतोपाटी संवाददाता बुढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका ३२ वर्षीय मानबहादुर रावतको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-५ का २३ वर्षीय याकुव चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन्।, बुढानिलकण्ठ नगरपालिका-५ स्थित श्रीनगर टोलमा गत मंगलबार रावतको रगताम्य अवस्थामा शव फेला परेको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। , प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानिलकण्ठ नगरपालिका-५ स्थितमा मानबहादुरसँग भेट हुँदा याकुवले लागुऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएका थिए। मानबहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले कुटपिट र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ।, लागुऔषधको निहुँमा हत्या, दुई जना पक्राउ
सेतोपाटी संवाददाता आज देशभर १०० भन्दा कम कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ९१ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ६६२ जनाको पिसिआर गर्दा ६७ र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित छन्।, शुक्रबार ३६२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्युको संख्या शून्य रहेको छ।, पछिल्लो २४ घण्टामा एक सयभन्दा कम कोरोना संक्रमित
सेतोपाटी संवाददाता पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न ५० करोड बजेट विनियोजन गरिएको छ।, सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो।, मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो। पाँचखाललाई प्राप्त पचास करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ।, निर्धारित कार्यक्रमअन्तर्गत बुधबार मन्त्रालयका प्रतिनिधि, नगर तथा विभिन्न दलका प्रतिनिधिको बैठकद्वारा योजना कार्यान्वन गर्नेबारे सहमति भएको छ। यस लगत्तै योजना सङ्कलनका लागि सरोकारवाला निकायबीच छलफल भइरहेको नगरप्रमुख महेश खरेलले बताए।, उनका अनुसार कार्य सम्पादन मूल्याङ्कनका आधारमा नगरपालिका सो कार्यक्रमका लागि छनोट भएको हो। ‘स्मार्ट सिटी’का लागि प्रक्रिया थालिएको पाँचखाललाई यस कार्यक्रमको बजेटले थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। ‘स्मार्ट सिटीका लागि सघन सहरी विकास कार्यक्रमले ठूलो मद्दत गर्नेछ,’ उनले भने।, यही फागुन पहिलो साता पाँचखाल नगरमा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ। यसका लागि नगरसँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसैसाता सम्झौता भएको हो।, समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवम् अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन-विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ।, यसका लागि निफ्राले आवश्यक सहजीकरण गर्नेछ भने पाँचखाल नगरले स्थानीयवासीसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने जनाइएको छ। निफ्राले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालि ९जेएलएल०नामक कम्पनीसँग गत माघ तेस्रोसाता सम्झौता गरिसकेको छ।, निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ। करिब पाँच हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले पाँचखाल नगरसँग गत साउन १२ गते सार्वजनिक–निजी साझेदारीमा सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार० परियोजनामा लगानी, निर्माण एवम् सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।, उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी-साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको हो। उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।, कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ। निफ्राले पाँचखाल स्मार्ट सिटी विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तथा सरोकारवाला छलफलसमेत गरेको जनाइएको छ।, ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख खरेलले बताए। उनका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ। रासस, पाँचखाल सहरी विकास आयोजनालाई पचास करोड
दिपकजंग शाही प्रहरीले नियन्त्रणमा लिएका कालीकोटका एक युवकको सुर्खेतमा मृत्यु भएको छ।, शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का मिनी हमाल भनेर चिनिने कृष्ण हमाललाई मादक पदार्थ सेवन गरेको भन्दै वीरेन्द्रनगरको सुब्बाकुनाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।, नियन्त्रणमा लिएका हमालको मृत्यु भएको छ। उनलाई सुर्खेत अस्पतालले शनिबार बिहान मृत घोषणा गरेको हो। , उनलाई प्रहरीले नियन्त्रणमा लिनुअघि निर्घात कुटपिट गरेपछि मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।, भे १ क ९२२ नम्बरको ट्रकमा आएका उनलाई प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तले बताए। आफन्तका अनुसार उनी त्यो ट्रकमा किराना पसलको सामान लिएर आएका थिए।, आफन्तका अनुसार ट्रकका सहचालक, चालक र हमाललाई प्रहरीले शुक्रबार राति सुब्बाकुनामै रोकेर राखेको थियो। शनिबार बिहानमात्र सुब्बाकुना प्रहरी पोष्टले उनीहरूलाई पुर्जी काटेर छोडेको हमालाका मामा नाता पर्ने एक आफन्तले बताए।, ‘राति ट्रक कागजपत्र नभएपछि रोकिएको ट्रकका सहचालकमाथि प्रहरीले हातपात गरेछ, पछि कुरा गर्न जाँदा हमाललाई पनि कुटेछ,’ उनले भने, ‘रातभर छोडेनछ, बिहान अप्ठ्यारो भएपछि अस्पताल ल्याउँदा मृत घोषणा भयो।’, सुर्खेत अस्पताल प्रालिले सवा १० बजे हमाललाई मृत घोषणा गरेको हो।, हमालका आफन्तले शव बुझेका छैनन्। उनीहरूले वीरेन्द्रनगरका मंगलगढी र यरीचोकमा टायर बालेर आन्दोलन समेत गरेका छन्।, प्रहरीले भने घटनाबारे प्रष्ट बोलेको छैन।, ‘आन्दोलन भएकाले अहिले हामी प्रहरी परिचालनमै व्यस्त छौं, यसबारे केही भन्न सकिँदैन,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने।, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी नायब उपरीक्षक राजेन्द्रसिंह खड्काले पनि आफूलाई यसबारे औपचारिक जानकारी नआएको बताए।, ‘म पनि बिदा बसेर भर्खरै फर्किएको हो, मलाई अफिसियल जानकारी आएको छैन,’ एसएसपी खड्काले भने।, छानबिनका लागि प्रशासनले बनायो समिति, घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति समेत बनाइएको छ।, शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले छानबिन समिति बनाएको हो।, सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाइएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा समितिको सदस्य छन्। , समितिले छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।, प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्युपछि आफन्त आन्दोलित
सेतोपाटी संवाददाता नोबेल मेडिकल कलेजमा अध्ययनरत् पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गर्न माग गरेका छन्।, शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी विद्यार्थीहरूले नोबेलले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेकाले स्थानान्तरण गर्नुपर्ने माग राखेका हुन्।, पत्रकार सम्मेलनमा उनीहरूले नोबेलले लिइरहेको अतिरिक्त शुल्क आफूहरूलाई मान्य नहुने बताए।, पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थीहरूले उक्त मेडिकल कलेजमा आफूहरूको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यको नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफूहरूलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरे। उनीहरू गत मंसिर २८ गतेदेखि निरन्तर आन्दोलनरत् छन्।, कार्यक्रममा बोल्दै पीडित विद्यार्थी श्रद्धा मैनालीले तीन महिनादेखि जारी रहेको आफूहरूको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताइन्। उनले नोबेल मेडिकल कलेजबाट विद्यार्थीहरूमाथि मात्र नभएर अभिवाभकसम्ममा फोन जान थालेको बताइन्।, पत्रकार सम्मेलनमा आन्दोलनरत् पीडित विद्यार्थी तमन्ना कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।, अर्की पीडित विद्यार्थी सदिक्षा आर्चायले आफूहरूले हारगुहार गर्दा पनि राज्यले सम्बोधन नगरेको आरोप लगाइन्।, ‘हामी महिनासम्म सडकमा आउँदा पनि चिकित्सा शिक्षा आयोग किन चुप लागेर बसेको छ?,’ उनले प्रश्न गरिन्।, पीडित विद्यार्थी दिपेश पौडेलले आफूहरूको माग सरकारले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताए।, कार्यक्रममा बोल्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका पूर्वमहामन्त्री बलदेब तिमल्सिनाले चिकित्सा शिक्षाजस्तो गम्भीर विषयका विद्यार्थीहरू सडकमा आएको तीन महिना हुँदासम्म समस्याको समाधान नभएको भन्दै आक्रोश पोखे।, उनले संघर्षरत् विद्यार्थीहरुको आवाज सरकारले सुन्नुपर्ने बताए। विद्यार्थीहरूको माग पूरा गराउनको लागि आफूहरूले पहल गरिरहेको उनले बताए। तिमल्सिनाले राज्य गैरजिम्मेवार बनेको बताए।, नेकपा (एस) को विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफूहरू पीडित विद्यार्थीहरूको आन्दोलनमा सँगसँगै रहेको बताए।, यस्तै, उनले नोबेल सञ्चालक सुनिल शर्मा मेडिकल शिक्षामा सबैभन्दा हानीकारण तत्व भएको आरोप लगाए। ‘तर, अहिलेसम्म सरकारले उनलाई कारबाही गर्नु नसक्नु लज्जाको विषय हो,’ उनले भने।, नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपत्यका विशेष प्रदेश समिति सदस्य सन्जीव रेग्मीले आफूहरू हिजो र आज पनि विद्यार्थीहरूसँगै रहेको भन्दै भोलिका दिनमा सँगै रहने प्रतिवद्धता व्यक्त गरे।, नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले ८२ दिनसम्म विद्यार्थीहरुको समस्या समाधान गर्न राज्यले तत्परता नदेखाएको भन्दै सरकार तत्काल गम्भीर हुन जरुरी रहेको बताए।, नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले नोबेल सञ्चालकले देशको शासन सत्ता चलाइरहेको भन्दै सरकारले यस्तो लाचारी देखाउनु दुःखद् भएको बताए।, उनले नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले विद्यार्थीहरूमाथि लुट गरिरहेको बताए। नोबेलबाट पीडित विद्यार्थीहरू केही दिनयता माइतीघर मण्डलामा बसेर विरोध गर्दै आएका छन्।, नोबेलबाट पीडित विद्यार्थीले भने - हामीलाई तत्काल स्थानान्तरण गरियोस्
रासस मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन्।, छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन्।, शनिबार बिहानको हिमपहिरोमा परेर अझै १० वटा चौरी हराएका कृषक गौचनले बताए।, ‘चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो। हिउँले पुरिएर चौरी मरेका हुन्,’ उनले भने। चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए।, बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए। प्रहरी, कृषक र पशु सेवा प्राविधिकको टोलीले क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलतर्फ गएका थिए।, हिउँदमा चिसो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो।, मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ।, गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो।, मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए। नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए।, हिमपहिरोमा परेर मरे १५ चौरी
सेतोपाटी संवाददाता निगालो काट्न जाँदा चिप्लेर भिरबाट लडेका गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकका पुरबहादुर गुरूङ (माइला) को हेलिकप्टरबाट उद्धार गरिएको छ।, शनिबार लाप्राक गाउँको पारिपट्टी रोका झर्नानजिकै निगालो काट्न गएका बेला गुरूङ लडेर घाइते भएका थिए।, घाइते गुरूङको हेलिकप्टरमार्फत् उद्धार गरेर उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको छ।, गुरूङको उपचारका लागि स्थानीय बासिन्दाले आर्थिक सहयोग गरेका छन्।, गाउँमै ५८ हजार तीन सय ७० रकम उठेको स्थानीय भविराज गुरूङले बताए। उनको उपचारका लागि सहयोग गरिदिन उनले आग्रह गरेका छन्।, निगालो काट्न जाँदा भिरबाट लडेका गुरूङको हेलिकप्टरबाट उद्धार
सेतोपाटी संवाददाता जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन्। , जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन्।, कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा शनिबार राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी नायव उपरिक्षक दिपक रायले जानकारी दिए।, प्रहरी नायव उपरिक्षक रायका अनुसार मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५-७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएको थियो।, ‘गफ गरिरहेका उनीहरू सबै साथीहरू नै थिए। एक्सासी के कुरा मिलेन होला अनि एक जनाले गोली चलाइदिए। चिउँडोमा लागेको गोली भित्र घाँटीमा अड्किएको छ,’ प्रनाउ रायले भने। , मुखियालाई उपचारका लागि राति नै काठमाडौं पठाइएको थियो। गोली प्रहार गरिएको पेस्तोल आज बिहान घटनास्थलबाटै बरामद भएको उनले जानकारी दिए। , प्रहरी उपरीक्षक रायका अनुसार गोली प्रहार गर्ने त्यहीँका स्थानीय युवक भए पनि फरार रहेकाले खोजी भइरहेको छ।,  , जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते
विनोद सापकोटा धरानको एक होटलमा महिलालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।, धरान १८ बुद्धचोकस्थित एक होटलको १०९ नम्बरको कोठामा ३९ वर्षकी सुमित्रा तामाङ मृत फेला परेकी थिइन्।, उनको हत्या भएको आशंकामा प्रहरीले हत्यामा संलग्नलाई खोजि गरेको थियो।, तामाङ मृत फेला परेको पाँच दिनपछि उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका ६ फलाटे घर भएका २४ वर्षका दिनेश राना मगरलाई नियन्त्रणमा लिएको छ।, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले महिला हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए। दिनेशलाई प्रहरीले छगर जोरपाटी गाउँपालिकास्थित उनको ससुरालीबाट पक्राउ गरेको हो।, दिनेश केही समय पहिले इटहरीमा सिटी सफारी चलाउने गर्थे। त्यसबेला तामाङसँग भेट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, पछिल्लो समय दिनेश डोजरको सहचालक थिए। उनी भोजपुर बस्न थालेका थिए। यसबीचमा दिनेश र सुमित्राको सम्बन्धमा खटपट आएको हुन सक्ने प्रहरीको अनुमान छ।, पक्राउ परेका दिनेशलाई धरान ल्याइँदैछ। आज पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत बताउने तयारीमा प्रहरी छ।, गत मंगलबार धरानको एक होटलमा पाँचथर मिक्लाजुङ १ की ३९ वर्षीया तामाङ मृत फेला परेकी थिइन्। उनी केही वर्षदेखि इटहरी ५ तुलसा टोलमा बसोबास गर्दै आएकी थिइन्।, धरानको होटलमा महिलालाई हत्या गरेको आरोपमा युवक पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले तीन लाख ८५ हजार तीन सय ३० रूपैयाँसहित जुवातास खेल्नेहरूलाई पक्राउ गरेको छ।, ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी नगदसहित जुवातास खेल्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, एकबहादुर रानाको टहराभित्र जुवातास खेलेको सूचनापछि प्रहरी पुगेको थियो। गोरखा घर भई हाल इमाडोल बस्ने ३३ वर्षका तेजबहादुर थापासहित २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, तीन लाख ८५ हजारसहित इमाडोलबाट २४ जुवाडे पक्राउ
सेतोपाटी संवाददाता तनहुँको दमौली बजारस्थित एक घरमा आगलागी भएको छ।, ब्यास नगरपालिका ४ स्थित एक पसलमा आज बिहान १०:२५ बजेतिर लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।, जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भुपाल हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।, स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेका छन्।, दमौली बजारको हार्डवेयरमा आगलागी
सेतोपाटी संवाददाता प्रहरीको नियन्त्रणमा रहेका युवकको मृत्यु प्रकरणमा आफन्तले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।, सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने भएका हुन्।, पीडित परिवारसँग आइतबार सहमति भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।, प्रजिअ रिजालका अनुसार शनिबार बनाइएको छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको छ।, शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका-३ का मिनी हमाल भनेर चिनिने कृष्ण हमालको प्रहरीले नियन्त्रणमा राखेको भोलिपल्ट मृत्यु भएको थियो।, हमाल भे १ क ९२२ नम्बरको ट्रकमा आएका थिए। उक्त ट्रकसहित चालक र सहचलकलाई पनि प्रहरीले सुब्बाकुनामै नियन्त्रण लिएर राखेको थियो।, सहचालक र हमाललाई प्रहरीले मादकपदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तले आरोप लगाएका छन्। प्रहरीको कुटपिटबाट हमालको मृत्यु भएको भन्दै आफन्तले शनिबार वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए।, आफन्तका अनुसार हमाल त्यो ट्रकमा कालीकोटको नाग्ममा रहेको आफ्नो किराना पसलको सामान लिएर आएका थिए।, शनिबार बिहानमात्र सुब्बाकुना प्रहरी पोष्टले उनीहरूलाई पुर्जी काटेर छोडेको थियो।, ‘राति ट्रकमा कागजपत्र नभएपछि रोकिएको ट्रकका सहचालकमाथि प्रहरीले हातपात गरेछ, कुरा गर्न जाँदा हमाललाई पनि कुटेछ,’ हमालका एक आफन्तले भने, ‘रातभर छोडेनछ, बिहान अप्ठ्यारो भएपछि अस्पताल ल्याउँदा मृत घोषणा गरियो।’, सुर्खेत अस्पताल प्रालिले शनिबार बिहान सवा १० बजे हमाललाई मृत घोषणा गरेको थियो।, हमालको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। मृतकका बाबाआमासहित केही आफन्त कालीकोटबाट आज सुर्खेत पुग्दैछन्।, घटनाको छानबिन गर्न शनिबारनै चार सदस्यीय छानबिन समिति बनाएको थियो। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाइएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा समितिको सदस्य छन्। आफन्तसँगको सहमति अनुसार आज उक्त समितिमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर चन्द्रेश सिंहलाई सदस्य थप गरिएको छ।, यसअघि समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। आफन्तको आग्रहपछि उक्त समय ७ दिन बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।, प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु प्रकरणः सहमति भएपछि रोकियो पीडित पक्षको आन्दोलन
सेतोपाटी संवाददाता नेपालगन्जबाट झन्डै सात लाख रकमसहित १२ जुवाडे पक्राउ परेका छन्। , गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले शनिबार राति ११ बजेतिर नेपालगन्जस्थित सिटी प्यालेस होटेलबाट ६ लाख ९४ हजार पाँच सय बढी रकमसहित १२ जुवाडेलाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा नेपालगन्जका मनोज बिक, अनिल घरारी, रामप्रसाद गौतम, दीपक थापा, तेजबहादुर बुढा छन्। , त्यस्तै कैलालीका खगेन्द्र रावल, रामराज जैसी, नबल बुढा, अनिल शाही र खेम बुढाथोकी रहेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सेतोपाटीलाई जानकारी दिए। अधिकारीका अनुसार पक्राउ परेका सबै चिरपरिचित जुवाडे हुन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले जुवाको खालबाट पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया सुरु भइसकेको छ। , पक्राउ परेकाहरुलाई म्याद थपका लागि आइतबार नै प्रहरीले अदालतमा लैजाने जानकारी दिएको छ ।,  , नेपालगन्जबाट झन्डै ७ लाख रकमसहति १२ जुवाडे पक्राउ
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ। उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ।, त्यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत आपूर्ति लिइरहेका छन्। १३२ केभीबाट विद्युत आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ। उद्योगले आफ्नो परिसरमा सबस्टेसन भने आफैंले निर्माण गर्नु पर्नेछ। महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माण महंगो पर्दैन।, प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्र २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउ प्राधिकरणले पहल सुरू गरेको छ। बारा-पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायत क्षेत्रमा अहिले सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले  उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ।, कार्यकारी निर्देशक घिसिङले बारा-पर्सा क्षेत्र आगामी दिनमा ठूलो औद्योगिक हब बन्ने सम्भावना देखिएकोले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताए। घिसिङले विरगञ्ज, पोखरिया र सुख्खाबन्दरगाह क्षेत्रमा नयाँ उद्योग खुल्ने ठूलो सम्भावना देखिएको बताए।, ‘त्यस क्षेत्रमा खुल्ले उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी दुई हजार मेगावाट खपत हुने गरी विद्युतीय प्रणाली बनाउँदैछौं, तत्काल विद्युत माग गर्ने उद्योगलाई ११, ६६ र १३२ केभी लाइनको सुदृढीकरण गरी मागेजति थप विद्युत आपूर्ति उपलब्ध गराउने छौं,’घिसिङले भने,‘पर्साको पोखरियामा ४०० केभी र बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेका छौं।’, हेटौंडा-ढल्केबर-इनरूवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई वीरगञ्ज हुँदै पोखरियामा पुर्‍याइने छ। बाराको पिलुवा र अमलेखगञ्ज सबस्टेसनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति गरिने घिसिङले बताए। , सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा-परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने  काम भएको छ।, यसबाट प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकोले उद्योगलाई थप विद्युत आपूर्ति दिन सकिने भएको छ। उद्योगलाई भरपर्दो र गुणस्तरीय विद्युत दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम् प्रयास गरिएको छ।, बारा-पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आह्वान
डाक्टर विभूति शाह महिलाको लागि महिनावारी नियमित प्रक्रिया हो। धेरै महिलालाई महिनावारीले मानसिक समस्या गरिरहेको हुन्छ। अहिले महिलाहरू काममा धेरै व्यस्त छन्। उनीहरूको खाने, सुत्ने ठेगान छैन। जसले गर्दा महिनावारीमा गडबडी आएको छ। खानपिन सरसफाई र नियमित ध्यान योगामा समेत महिलाहरूको ध्यान पुग्न सकेको छैन।, धेरै महिलामा महिनावारी हुनुभन्दा १ साता अघिदेखि सानो कुरामा चित्त दुख्ने,मुड स्विङ हुने र इरिटेट हुने हुन्छ। यस्तो बेलामा सानो कुराले चित्त दुख्छ, रून मन लाग्छ।, महिनावारी भएको १४ दिनमा अण्डा फुट्ने समय हुन्छ। अण्डा फुटिसकेपछि हर्मोन तलमाथि भइराख्छ। त्यसपछि ब्यालेन्समा आउने बेलामा महिलालाई मुड स्विङ हुने गर्छ। त्यो बेलामा कसैलाई ठिकै खालको हुन्छ तर कतिलाई भने धेरै समयदेखि यस्तै भइरहेको हुन्छ। यस्तो बेलामा स्त्रीरोग विशेषज्ञकहाँ जानुपर्छ। तर कहिलेकाहीँ  हुनेको भने नियन्त्रण गर्न सकिन्छ।, हर्मोनको गडबडीले नै यस्तो हुने हो। महिनावारी हुनुभन्दा १ सातादेखि १० दिनसम्म यस्तो हुन्छ। महिनावारी भएपछि बिस्तारै इरिटेट हुन ठीक हुन्छ। १५ देखि ३५ वर्षमसम्मको महिलालाई यस्तो हुन्छ। यस्तो समस्या भएको बेलामा दिउसो १ घन्टा सुत्ने हो भने धेरै हदसम्म ठीक हुनसक्छ। मनतातो पानी खाने, स्वस्थ खाना खाने अनि ध्यान, योगा र व्यायामले पनि कम गर्छ। मोटोपनाले यस्तो समस्या बढाउन सक्छ।, महिनावारीको समयमा इरिटेट हुनेहरूले घरपरिवारलाई भन्नुपर्छ। सँगै आफूले आफैंलाई बुझाउनुपर्छ। यस्तो बेलामा रिस नियन्त्रण गर्नुपर्छ भने खानामा ध्यान दिनुपर्छ।, यस्तो समस्यालाई ख्याल गरिएन भने मानसिक समस्या समेत हुनसक्छ।, महिनावारीको समयमा अझै पनि महिलाहरूलाई गाह्रो छ। गाउँघरमा छुवाछुतको व्यवहार गरिन्छ। यो एउटा नियमित प्रक्रिया हो भनेर बुझाउन सक्नुपर्छ। यसले गर्दा महिलाको शरीरमा भएको अनावश्यक तत्व बाहिर जान्छ।, महिनावारीको बेलामा अरू बेलाभन्दा धेरै ध्यान दिनुपर्छ। यस्तो समयमा महिलाहरू भावनात्मक रूपमा समेत कमजोर भएका हुन्छन्। फलफूल,तरकारी र प्रोटिन भएको खाना धेरै खानुपर्छ। कम्तीमा ८ घन्टा सुत्नुपर्छ।, काम गर्ने ठाउँमा बुझ्ने खालको छ भने सजिलो हुन्छ। तर त्यस्तो ठाउँमा पनि जनचेतनाको काम गर्‍यो भने र बुझाउन सक्यो भने काम गर्ने ठाउँमा पनि बुझ्छन जस्तो लाग्छ।, सबै महिलालाई एकै किसिमको अप्ठ्यारो हुँदैन। ७० देखि ८० प्रतिशतलाई दुखाइ हुन्छ। १२ देखि २४ घन्टा दुख्छ तर धेरै दुख्यो भने भने प्यारा सिटामोल तथा ब्रुफिन खान सकिन्छ। पाठेघर र डिम्बासयमा समस्या भए औषधीले हुँदैन। यसको लागि नजिकको स्त्रीरोग विशेषज्ञकहाँ जँचाउनुपर्छ।, महिनावारीको समयमा किन इरिटेट हुन्छ, यस्तो बेलामा के गर्ने लगायतका विषयमा केन्द्रीत रहेर शुभेच्छा अस्पताल र सुखी परिवार क्लिनिकमा कार्यरत प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विभूति शाहसँग हामीले भिडिओ कुराकानी गरेका छौं।, महिनावारी हुनु १ साता अघिदेखि नै किन हुन्छ इरिटेसन? (भिडिओ)
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको स्केट पार्क तथा सामुदायिक केन्द्र सञ्चालनमा आएको छ। तिलोत्तमा नगरपालिका-४ डिंगरनगरस्थित तिनाउ नदी उकास क्षेत्रमा स्केट एड नेपाल फाउण्डेसनले पार्क निर्माण गरेको हो।, तिलोत्तमा नगरपालिकासँगको अनुमतिमा करिब १० कठ्ठा क्षेत्रमा निर्माण गरिएको पार्कमा ४० लाख लगानी भएको स्केट एड नेपालले जनाएको छ।, इन्डोर स्केट पार्क बनाउने उद्देश्यले सुरु गरिएको पार्कको पहिलो चरणको काम सम्पन्न भई शनिबार उद्घाटन गरिएको हो।, शनिबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले संयुक्त रुपमा पार्कको उद्घाटन गरे।, त्यस्तै पार्कमा निर्माण गरिएको शिलालेखको भने नगरप्रमुख घिमिरे र स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष प्रोफेसर टिटस् डिटम्यानले अनावरण गरेका थिए।, प्रदेश प्रमुख शेरचनले स्केट पार्क निर्माण हुनु नेपाली र लुम्बिनीबासीका लागि गर्वको विषय भएको बताए।, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने बताए। स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिट्स डिटम्यानले स्केट बोर्ड आफैंमा साहसी खेल भएकोले यसबाट बालबालिकाहरुले लाभ लिन सक्ने बताए।, स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले स्केट पार्कको पहिलो चरणको काम सकिएकाले अब नियमित रूपमा प्रशिक्षण र खेल प्रतियोगिताहरू आयोजना गरिने बताए। पहाडीले यो पार्क नेपालमै समुदाय स्तरबाट निर्माण गरिएको पहिलो इन्डोर स्केट पार्क भएको दावी गरे।, बाहिरी मुलुकमा लोकप्रिय बनेको स्केट खेल नेपालमा पनि नयाँ पुस्ताका बीचमा लोकप्रिय बन्ने उनले बताए। ‘यूरोप, अमेरिका लगायतका देशका युवावर्गमा यो खेल निकै लोकप्रिय छ, नेपालमा भर्खर मात्र आरम्भ भए पनि युवावर्गले मन पराउनुहुने छ,’ उनले भने।, एसियन प्रतियोगितामा समावेश रहेको यो खेलमा नेपालले विभिन्न प्रतियोगितामा भाग लिदै आएको छ। सन् २०१६ मा थाइल्याण्डमा भएको मेन्स च्याम्पियन सिपमा नेपाली मिलन शाह च्याम्पियन, २०२१ मा भारतमा भएको प्रतियोगितामा समिक्षा राई महिलातर्फ च्याम्पियन र मेन्स च्याम्पियनसिपमा गजेन्द्र बर्देवा प्रथम भएका थिए। अध्यक्ष पहाडीका अनुसार काठमाडौं, धरान, पोखरा, बुटवलमा गरि नेपालमा स्केट खेलका २ सय बढि खेलाडी छन्।, पहाडीले पहिलो चरणमा स्केट पार्क मात्रै निर्माण गरि सञ्चालनमा ल्याईए पनि दोस्रो र तेस्रो चरणमा पार्कलाई इन्डोर बनाउने आफूहरूको योजना रहेको बताए। चार पाँच महिनामै पहिलो चरणको काम पुरा गरि सञ्चालनमा ल्याईएको पार्क निर्माणमा फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत तथा नेपालका समेत ६० जना बढी स्केट खेल प्रेमिहरुले श्रमदान समेत गरेको उनले बताए।, आगामी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको इन्डोर स्केट पार्कमा करिब साढे दुई करोड लागत अनुमान गरिएको छ। स्केटका लागि पार्क निर्माणमा तिलोत्तमा नगरपालिका, वडा कार्यालय र स्थानीयको समेत महत्वपूर्ण सहयोग रहेकोले निःशुल्क रूपमा बालबालिकाका लागि प्रशिक्षण सञ्चालन गरिने स्केट एड नेपालले जनाएको छ।, स्केट पार्कमा विभिन्न तालिम एवं होस्टेल, कार्यक्रम हल, पुस्तकालयसमेत निर्माण गरि निःशुल्क सेवा प्रदान गर्ने अध्यक्ष पहाडीले बताए।, दक्षिण एशियामै स्केट खेललाई व्यवसायिक बनाउने अभियानमा लागेका पहाडीको मेहनतका देखेर स्केट खेलका संस्थापक अध्यक्ष स्ट्रिट डिमेनले नेपालमा स्केट खेल भित्राउन र व्यवसायिक बनाउन सहयोग गरेका थिए।, रूपन्देहीको तिलोत्तमामा स्केट पार्क सञ्चालन
रासस कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ।, खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरूकूल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरूको अभाव भएको हो। , विसं २०७० सालमा महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरूकूल विद्यालय स्थापना गरिएको थियो।, पहिलो चरणमा कक्षा दुई सम्मको अध्यायन अनुमति जिल्ला शिक्षा कार्यालयबाट लिइएकामा हाल कक्षा ६ सम्मको अध्यापन हुने विद्यालयमा एक जना पनि संस्कृत शिक्षक नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयचन्द्र अधिकारीले बताए।, ‘विशुद्ध संस्कृत भाषाबाट विद्यार्थीलाई अध्यापन गराउन गुरूकूल विद्यालयको स्थापना गरेका हौं’, उनले भने, ‘हामीले सरकारी तथा गैरसरकारी निकायको सहयोग नपाउँदा संस्कृत शिक्षक राख्न सकेका छैनौं।’, विद्यालयमा पाँच कर्मचारी भए पनि संस्कृत पठाउने गुरू नभएको र विद्यालयको भौतिक पूर्वाधारमा पनि समस्या भएको विद्यालयका प्रधानाध्यापक शशि आचार्यले बताए।, ‘बेञ्च र डेस्क नहुँदा विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता रहेको छ’, उनले भने, ‘अहिले बजेट अभाव छ, संस्कृत भाषा अध्ययन गराउने गुरू पनि छैनन्। प्रत्येक वैशाखमा भर्ना लिई विद्यार्थीलाई खाने, बस्ने सुविधासहितको विद्यालय बनाउने सोच हो। त्यसो गर्न सकिएको छैन।’, विद्यालयमा हाल ९२ विद्यार्थी अध्ययनरत रहेको र जिल्लाका रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिकालगायत स्थानीय तहबाट विद्यार्थी भर्ना गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिए।, संस्कृत पढाउने विद्यालयमा शिक्षक अभाव
रासस काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।, उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छन्। काठमाडौँ महानगरपालिका-१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ।, क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्न्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।, उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ।, ढुङ्गेधाराको तरकारी बजारमा आगलागी,  ७० स्टल जले
सेतोपाटी संवाददाता तनहुँको दमौली बजारस्थित भुपाल हार्डवेयरमा लागेको आगो निभाउन काठमाडौंबाट सिम्रिक एअरको हेलिकोप्टर पठाइएको छ।, आज बिहान करिब १० बजेदेखि ब्यास नगरपालिका ४ स्थित हार्डवेयरमा लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन।,  बिजुली सर्ट भएर आगो लागेको अनुमान छ।, तनहुँका सांसदसमेत रहेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसान हेलिकोप्टर लिएर आगो निभाउन पुगेका छन्।, तनहुँका पत्रकार कृष्ण न्यौपानेका अनुसार हेलिकोप्टरले मादी नदीको पानी ल्याउँदै दमौलीमा लागेको आगो निभाउने गरिरहेको छ। , मन्त्री श्रेष्ठ हेलिकोप्टरले पानी उभ्याउने ठाउँ मादी किनारमा बसेका छन्।, बाटो साँघुरो हुँदा दमकल आगलागी भएको ठाउँसम्म पुग्न समय लागेको थियो। दमकल पनि पोखराबाट मगाइएको थियो।, आगलागीबाट मानवीय क्षति भएको छैन तर हार्डवेयरमा रहेका सामानहरू जलेका छन्।, हेर्नुस् तस्बिरहरू:, सबै तस्बिरहरू: कृष्ण न्यौपाने/तनहुँ, हेलिकोप्टरमा मादीको पानी ल्याएर निभाइँदैछ दमौलीको आगो (तस्बिरहरू)
सेतोपाटी संवाददाता दाङको घोराहीबाट होटेल सञ्चालकसहित दश जुवाडे पक्राउ परेका छन्। , उनीहरूको साथबाट दुई लाख २१ हजार तीन सय बढी रकम बरामद भएको छ। , पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-५ का ३० वर्षीय कृष्णबहादुर रावल, घोराही –१३ का ३९ वर्षीय मानबहादुर खड्का, घोराही – १६ का ३५ वर्षीय रमेशबहादुर कुँवर, घोराही – १३ का ४५ वर्षीय खेमराज गिरी, घोराही– ४ का ४५ वर्षीय काशिराम भट्टराई, घोराही – १५ का ५५ वर्षीय भुपबहादुर केसी, बबई गाउँपालिका – ६ का ३० वर्षीय युवराज केसी छन्।, त्यस्तै अर्घाखाँचीको सन्धिखर्च नगरपालिका वडा नं. ८ का होटेल सञ्चालक ५२ वर्षीय गोपालबहादुर कुँवर, रोल्पाको रून्टीगढी गाउँपालिका –७ का ३४ बर्षीय सरोज पुन, रुन्टीगढी –९ का ३६ वर्षीय घनश्याम वली र प्यूठानको प्यूठान नगरपालिका-५ का २८ वर्षीय जीवन नेपाली रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। , उनीहरूलाई शनिबार दिउँसो ४ बजेतिर घोराही-१५को स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटेल एण्ड लजबाट प्रहरीले पक्राउ गरेको थियो।, पक्राउ परेकाकाविरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।, घोराहीबाट होटल सञ्चालकसहित १० जुवाडे पक्राउ
सेतोपाटी संवाददाता नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।, यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो।, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।, नाबालिग गायिकाले जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजि गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए।, शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ।, गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप छ।, तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ। , गायिकाले करिब ३ महिनायता गीत-संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ। पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए।, त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ। , शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ।, यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको उल्लेख छ, पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति
सेतोपाटी संवाददाता आज देशभर १०० भन्दा कम कोरोना संक्रमित फेला परेका छन्। , आइतबार थप ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले जानकारी दिइन्।, मिश्राका अनुसार ४ हजार ९ सय २९ जनाको कोरोना परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो।, मिश्राले २ हजार ६६२ जनाको पिसिआर र १ हजार ४९४ जनाको एन्टिजेन परीक्षण गरिएको बताइन्। , पछिल्लो २४ घन्टामा मुलुकभर ५३८ जना संक्रमणमुक्त भएका हुन्। , यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ।, योसँगै हाल देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा ९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५ र ललितपुरमा ४ जना छन्।, पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमित
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ। तराईमा मौसम सामान्यतया सफा देखिन्छ।, आज राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।, शनिबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहने आँकलन गरिएको छ।, आइतबार देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा अंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेश र प्रदेश १ मा अंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
सविना कार्की राम्रा सामुदायिक स्कुल, एउटा सामुदायिक विद्यालय १७ वर्षमा राष्ट्रिय स्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो। यही बीचमा एक पटक तेस्रो भयो। उक्त अवधिमै यही विद्यालय तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो। दुई पटक बागमती प्रदेश स्तरमा उत्कृष्ट ठहरियो।, यसरी १७ वर्षमा दस पटक उत्कृष्ट ठहर भएर पुरस्कृत भएको हो संघीय राजधानी काठमाडौंको तरुण माध्यमिक विद्यालय।, शिक्षा नियमावलीमा उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था छ। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइइ) मा कम्तीमा पचास जना विद्यार्थी सहभागी गराएर कम्तीमा पचासी प्रतिशतलाई उत्तीर्ण गराउने सामुदायिक विद्यालय र सो विद्यालयको उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था शिक्षा नियमावलीमा छ। , यसैअनुसार तरुण मावि राष्ट्रिय र क्षेत्रीय स्तरमा पुरस्कृत भएको हो। , तरुण माविले 'अन्तर्राष्ट्रिय स्कुल पुरस्कार' पनि पाएको छ। प्रधानाध्यापक बाबुराम न्यौपानेका अनुसार ब्रिटिस काउन्सिलबाट उक्त पुरस्कार प्राप्त भएको हो।, उनले भने, 'एक वर्षभित्र विद्यालयले गरेका काम हेरेर काउन्सिलले आठ वटा अतिरिक्त क्रियाकलाप दिएको थियो। ती सबै काम उत्कृष्ट ठहरिएपछि हाम्रो विद्यालय सम्मानित भयो।' , काठमाडौं महानगरपालिकाले 'एक वडा एक नमूना विद्यालय' छनौट गर्दा वडा नम्बर १६ बाट तरुण मावि पर्‍‍यो। नमूना भएको विद्यालयलाई महानगरले अतिरिक्त आर्थिक सहयोग गर्छ। विशेष गरी विद्यालयको बाहिरी सजावट, हरियाली, भित्ते लेखन जस्ता कामका लागि महानगरले पैसा दिएको प्रधानाध्यापक न्यौपानेले बताए। ,  तरुण माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम न्यौपाने। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, तरुण माविमा पूर्वप्राथमिकदेखि कक्षा दससम्म पढाइ हुन्छ। हाल कुल एक हजार ९४८ जना विद्यार्थी छन्, ९४४ जना छात्र र एक हजार चार जना छात्रा। कक्षा दसमा मात्रै २७७ जना छन्, गत वर्ष २१९ जना थिए। सबभन्दा बढी कक्षा नौ मा २८१ जना र सबभन्दा कम कक्षा दुईमा ७० जना छन्। , शैक्षिक वर्ष २०७८ मा उत्कृष्टमा पर्न एसइइमा कम्तीमा २३६ जना विद्यार्थी उत्तीर्ण हुनुपर्छ। , स्कुल भवनमा जम्मा ३२ कोठा छन्। तीमध्ये २८ वटामा कक्षा सञ्चालन हुन्छ। कक्षा कोठामा सरदर ४५ जना विद्यार्थी अटाउने क्षमता छ तर ८० जनासम्म राखेर पढाउनु परेको छ। ४७ जना शिक्षक भए पनि विद्यार्थी संख्याअनुसार निकै कम भएको प्रधानाध्यापक न्यौपानेको भनाइ छ। , बालाजु बाइपास चोकबाट मुख्य सडक छोडेर भित्री ओरालो बाटो जाँदा फेला पर्छ तरुण मावि। न्यौपानका अनुसार विद्यार्थी संख्याअनुसार भौतिक संरचना निकै अपुग छ। अझ हरेक वर्ष विद्यार्थी संख्या बढ्दैछ। , बीस वर्षअघि तरुण माविमा पाँच सय हाराहारी विद्यार्थी थिए। २०५८ सालयता क्रमशः बढ्दै गयो। बीस वर्षमा विद्यार्थी झन्डै चार गुणाले बढे।, प्रधानाध्यापक न्यौपानेले विद्यार्थी बढ्नुको कारण बताए, '२०५८ सालमा तरुण मावि पहिलो पटक देशको उत्कृष्ट स्कुल ठहरियो। उक्त वर्ष एसएलसी दिएका सबै विद्यार्थी उत्तीर्ण भएका थिए। राष्ट्रिय स्तरमा एक नम्बरमा परेपछि अभिभावकहरू तरुण मावि खोज्दै आउन थाले। त्यसयता विद्यार्थी बढेका बढ्यै छन्।' , अर्को कारण छ पनि छ।, अभिभावकको मागअनुसार तरुण माविले अंग्रेजी माध्यममा पढाउन थाल्यो। सामुदायिक विद्यालयमा नेपाली माध्यममा मात्रै पढाइ हुन्छ भन्ने धारणा तरुण माविले तोडिदियो। अंग्रेजी माध्यममा पढाइ हुने भएपछि अभिभावकहरूले छोराछोरी निजी स्कुलबाट निकालेर ल्याउन थाले। , न्यौपानेका अनुसार मूल्यांकनको लेटर ग्रेड प्रणाली लागू हुनुअघि एसएलसीमा अधिकांश विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुन्थे। उनले भने, 'अंग्रेजी माध्यमबाट पढाइ र एसएलसीको उत्कृष्ट नतिजाले तरुण मावितिर अभिभावक र विद्यार्थीको आकर्षण बढ्यो।', बिन्दा सिम्खडा तरुण माविकी शिक्षक हुन्। २०७० सालमा उनी शिक्षक बनेर एउटा निजी स्कुलमा प्रवेश गरेकी थिइन्। त्यसको तीन वर्षपछि तरुण माविमा पढाउने अवसर पाइन्। उनका छोरा विश्वजित निजी विद्यालयमै पढ्थे। छोरालाई पनि कक्षा नौमा पढाउन तरुणमै लगिन्। , 'छोराको पढाइ राम्रो थियो, निजी स्कुलमै भए पनि निःशुल्क थियो,' उनले भनिन्, 'म तरुण माविमा आएपछि छोरालाई पनि यहीँ ल्याएँ। अर्को वर्ष उसले ए प्लस ग्रेडमा एसइइ उत्तीर्ण गर्‍यो।' , उनका अनुसार विश्वजित अहिले काठमाडौं विश्वविद्यालयमा एमबिबिएस पढ्दै छन्। देशकै उत्कृष्ट विद्यालयको शिक्षक हुन पाएकोमा आफूलाई गौरव लागेको बिन्दाको भनाइ छ।, 'राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नाम चलेको विद्यालयको शिक्षक हुँ भन्न पाउँदा खुसी लाग्छ,' उनी भन्छिन्, 'मन खुसी भएपछि काममा पनि लगाव हुँदो रहेछ।' , सबै कक्षामा विद्यार्थीको उत्कृष्ट नतिजाका लागि शिक्षकहरू सधैं लगनशील रहेको प्रधानाध्यापक न्यौपानेले बताए। अधिकांश शिक्षक तालिमप्राप्त छन्। मैत्रिपूर्ण वातावरण, पठनपाठन, विद्यार्थी र शिक्षक दुवैको लगनशीलता लगायतले नै स्कुल उत्कृष्ट हुन सकेको प्रधानाध्यापक न्यौपाने बताउँछन्।, तर आवश्यक सुविधा भएन भने राम्रो स्कुल पनि सोचेजसरी सञ्चालन गर्न सकिँदैन। तरुण माविको अवस्था पनि यस्तै छ। विद्यालयमा हरेक वर्ष भर्नाका लागि थेगिनसक्नु चाप हुन्छ। सीमित भौतिक सुविधाका कारण धेरै विद्यार्थी फर्काउनु पर्छ।, 'शौचालयको अभाव छ। बेलाबेलामा खानेपानीको पनि समस्या आइपर्छ,' न्यौपाने भन्छन्, 'मुश्किलले व्यवस्थापन गर्न सकेका छौं।' , एउटा कोठामा ८० जना विद्यार्थी राखेर पढाउन पनि सजिलो छैन। चञ्चले स्वभावका केटाकेटीको ध्यान केन्द्रित गरेर शिक्षण सिकाइ प्रभावकारी बनाउन शिक्षकले निकै परिश्रम गर्नुपर्छ, सिप पनि चाहिन्छ। धेरै जना एकआपसमा मिलेर बस्ने, शान्त रहने, पढाइमा ध्यान केन्द्रित गर्ने जस्ता पक्षमा विद्यार्थीलाई पनि प्रशिक्षित गराइएको न्यौपाने बताउँछन्।, तरुण माविमा दुई वर्षअघि निजीबाट आइपुगेकी विद्यार्थी हुन् कक्षा १०  मा पढिरहेकी करिना तामाङ। स्वयम्भू बस्ने उनी हरेक दिन सार्वजनिक गाडी चढेर विद्यालय पुग्छिन्। थोरै साथीसँग बसेर पढेकी करिनालाई तरुणमा बानी पर्न निकै समय लाग्यो।, 'म छ कक्षामा पढ्दा १६ जना थियौं। यहाँ त ८० जना भएको कक्षामा बस्नु पर्‍यो,' करिनाले भनिन्, 'सुरूसुरूमा धेरै गाह्रो भयो, पछि बानी पर्दै गएँ।', कक्षा ६ देखि लगातार सामुदायिक स्कुल पढेका विद्यार्थीले उच्च शिक्षामा अतिरिक्त अवसर पाउने भएकाले पनि राम्रा मानिएका सामुदायिक स्कुलमा चाप बढ्ने गरेको छ। राम्रो पढाइ र शिक्षण शुल्क नलाग्ने भएपछि सामुदायिक विद्यालयमा आकर्षण बढ्नु स्वाभाविक ठान्छन् प्रधानाध्यापक न्यौपाने। , काठमाडौंका सबैजसो सामुदायिक विद्यालयझैं तरुण माविमा पनि अधिकांश विद्यार्थी उपत्यका बाहिरबाट आएर अस्थायी बसोबास गर्नेहरू छन्। धेरैजसो कमजोर आर्थिक अवस्थाका अभिभावकका छोराछोरी छन्। सिन्धुपाल्चोक, धादिङ, काभ्रे, नुवाकोट लगायत जिल्ला र दुर्गम पहाड तथा तराईका विद्यार्थी छन्। , प्रधानाध्यापक न्यौपानेका अनुसार स्कुलका कक्षाकोठा प्रविधिमैत्री बन्दै छन्। स्मार्ट बोर्ड जडान हुँदै छ। कक्षा ८ देखि १० सम्मका दस वटा कक्षा कोठामा पहिलो चरणमा स्मार्ट बोर्ड राखेर डिजिटल माध्यमबाट पढाउने तयारी भइरहेको छ। बाँकी कक्षा कोठामा बिस्तारै काम अघि बढ्नेछ।, तरुण माविले शैक्षिक पूर्वाधारका लागि संघीय र प्रदेश सरकारबाट अनुदान पाएको छ। चालु शैक्षिक वर्षमा तरुण मावि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पनि छनोट भएको छ। यस कार्यक्रमबाट प्राप्त हुने बजेटले ४० वटा ल्यापटप किनेर स्मार्ट कक्षा चलाउने योजना छ। , 'कक्षा कोठा थप्न पहल भइरहेको छ,' प्रधानाध्यापक न्यौपानेले भने।, सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन, शिक्षक मेहनती हुँदैनन् भन्ने आमधारणाको विपरीत छ तरुण मावि। देशका अन्य सामुदायिक विद्यालयले पनि यसबाट सिक्न सक्छन्! , सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी, बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल, दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव, अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल
रासस केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ।, बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो। विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए।, ‘बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकाले उक्त बाघ अहिले चितवन ल्याइएको हो, यसलाई तत्काल जङ्गलमा छाडिँदैन, पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ,’ उनले भने।, कसरामा राखिएको बाघलाई दिनमा चारदेखि छ किलोसम्म राँगाको मासु दिइन्छ। कहिलेकाहीँ मरेको जङ्गली जनावरको मासु पनि दिइन्छ। खोरमा भएको अवस्थामा केही स्वास्थ्य समस्या परेमा चिकित्सकले यसको स्वास्थ्य परीक्षण गर्छन्।, प्रमुख संरक्षण अधिकृत आचार्यले कसरामा राखेर बाघको दैनिक बानी व्यवहारको अध्ययन गरिने जानकारी दिए। गत माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट सामुदायिक वनमा घाँस–दाउराका लागि जाँदा नरभक्षी बाघले खाएको थियो।, सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई सोही बाघले आक्रमण गरेर मारेको थियो। यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा सोही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो।, त्यस्तै केही समयअघि स्थानीय दुर्गा थारू सोही बाघको आक्रमणबाट घाइते भएका थिए। सामान्य उपचारपछि उनी घर फर्किए।, त्यसैगरी फागुन पहिलो सातामात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको थियो। त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते भए।, पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको थियो।, राप्ती सोनारी–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो।, बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले बाघलाई डार्ट गरेर (लठ्याएपछि) गाडीमा हालेर चितवन ल्याइएको हो।, बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले माघ २६ गतेदेखि आहारा प्रजाति (पाडो) राखी सामुदायिक वनका कर्मचारी, भेटेरेनरी चिकित्सक, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसहितको जनशक्ति परिचालित गरेको थियो।, बाँकेको नरभक्षी बाघलाई ल्याइयो चितवन
रासस जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ।, गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो।, बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले बताए।, उनकाअनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो।, सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ। उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ।, उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभावी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले बताए।, संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ।, चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ।, अस्पतालको उपचार कक्षमै भालु पसेपछि...
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिंगे गैँडा मृतावस्थामा फेला परेको छ।, कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ। , निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैंडाबारे जानकारी पाइएको बताए।, ‘सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैंडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो’, तिवारीले भने, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्‍यो’, मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए।, यो सँगै चालु आर्थिक वर्ष २०७८/७९ मा मा ३० वटा गैंडा मृत फेला परेका तिवारीले बताए। यस वर्ष हालसम्म मरेका गैंडामध्ये २८ गैंडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैंडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ।, कावासोतीमा मृत गैँडा फेला ,चालु आर्थिक वर्षमा ३० गैडा मरे
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ। , शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो।, कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाको कारण सफल हुन नसकेको बताए।, उनले आजबाट लागू हुनेगरी शुरू भएको धुम्रपान निषेधित क्षेत्रमा शुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरीवाना तिराउने बताए। जरीवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए।, ‘यो आउटस्ट्याण्डिङ कार्यक्रम हो। नेपाल सरकारले घोषणा गर्छ तर कार्यान्वयन गर्दैन। तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छौं। दुई वर्ष अघि नै लञ्च गर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण सफल हुन सकेनौं। स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ’, उनले भने, ‘अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौं। हामी यसलाई सफल पारेरै छोड्छौं। शुरूवाती ७ दिन हामी चुरोट नखानुस् भन्छौँ त्यसपछि जरीवाना तिराउँछौं। त्यो जरीवाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौं।’, मेयर महर्जनले सरकारले विभिन्न कानून तर्जुमा गरे पनि कार्यान्वयन नगरेको दावी गर्दै  महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिवद्धता जनाए।, सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ ले सार्वजनिक स्थलमा धुम्रपान निषेध गरेको, शिक्षण संस्था र त्यसको १०० मिटर वरपर धुम्रपान गर्न, सूर्तिजन्य पदार्थ बेचविखन गर्न रोक लगाएको स्मरण गर्दै मेयर महर्जनले आजैका मितिबाट तीन क्षेत्रमा लागू गर्ने र आगामी दिनमा अन्य क्षेत्रमा विस्तार गरिने बताए।, सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।,  , पाटन, जावलाखेल र पुलचोक धुम्रपान निषेधित क्षेत्र
सेतोपाटी संवाददाता प्रहरीले गैंडा मारेर खाग चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।  , चितवन कालिका नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्दै आएका ४० वर्षीय राजन प्रजालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी दिए। , महानगरीय प्रहरी वृत्त बालाजुबाट सादा पोसाकमा खटिएको प्रहरीले प्रजालाई मंगलबार वनस्थलीबाट पक्राउ गरेको हो।  , गत असारमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग चोरी गरेको घटनामा प्रजा संलग्न थिए। त्यसपछि उनी फरार रहेका एसपी मैनालीले बताए। , प्रहरीले उनलाई थप कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाएको बताएको छ।,  , वनस्थलीबाट गैंडाको खाग चोरीमा संलग्न एक पक्राउ
रासस दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरू हुने भएको छ।, महाकाली नगरपालिका-८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। , यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ।, पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो।, नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुंगे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ। मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै मालसमान ढुवानीमा पनि सहज हुने स्थानीयबासीले आशा गरेका छन्।, गत माघ १८ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले पुल निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।, सीमा नदी महाकालीमा मोटरेबल पुल निर्माण हुने भएपछि यहाँका स्थानीयबासी भने खुसी भएका छन्।, भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा मोटरेबल पुल निर्माण हुन लागेको हो।, धेरै पहिला महाकाली नदीमा नेपाल-भारत जोड्ने पुल निर्माण हुने सुनिश्चितता हुँदा खुसी छाएको धापका स्थानीयबासी भुवन जोशीले बताए। , पुल निर्माण भएपछि सदरमुकाम आउने बाटोसमेत छोटो हुने यस क्षेत्रका स्थानीयबासीको भनाइ छ।  , जिल्लाको प्रमुख व्यापारिक केन्द्र सदरमुकामलाई लक्षित गरी निर्माण हुन लागेको पुलले नेपाल–भारतबीचको व्यापारलाई सहजता तुल्याउनेछ। पुल निर्माण स्वास्थ्य उपचारदेखि व्यापारिक हिसाबले पनि स्थानीयबासीलाई सहज हुनेछ।, महाकाली नदीमाथि मोटरेबल पुल बन्दै
सेतोपाटी संवाददाता प्रहरीले मानव बेचबिखन तथा ओसारपसार गरेको कसूरमा एक जनालाई पक्राउ गरेको छ। , मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भई हाल काठमाडौं महानगरपालिका-४ बस्दै आएका ४४ वर्षीय मोती लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी)  दिनेशराज मैनालीले जानकारी दिए। , महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका -१६ माछापोखरीस्थित रहेको होटल न्यू दक्षिणकालीबाट लामालाई पक्राउ गरेको हो। , प्रहरीले केही व्यक्तिहरूलाई मिर्गौला झिक्नको लागि भारत लैजान लागेको सूचना पाएको थियो। सोही  प्रयोजनार्थका लागि माछापोखरी इलाकामा ल्याएर राखेको भन्ने पीडितको गोप्य सूचना पाएको थियो। , लामाले सोझासाझा नेपालीलाई शरीरमा दुइटा मिर्गौला हुने र एउटा मिर्गौला झिक्दा खासै फरक पर्दैन भनेर फकाउथे। उनले एउटा मिर्गौला झिक्दा आठ लाख बराबरको रकम पाउने भनेर आर्थिक प्रलोभन समेत देखाएको एसपी मैनालीले बताए।, उनका अनुसार लामाले काठमाडौंबाट भारतसम्म लगेर मानव बेचबिखन गर्न तयार पारेका दुई जना पीडितहरूलाई समेत प्रहरीले उद्धार गरेको हो।, बुधबार मानव बेचबिखन तथा ओसार पसार उद्योग कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ। , घटनाबारे महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ। ,  , माछापोखरीबाट मानव बेचबिखन आरोपित पक्राउ
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले बिहिबार राति करिब ७ बजे ठक्कर दिएको थियो।, स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।, बालिका रौतहट घर भई ललितपुरको बालकुमारीमा परिवारसँग बस्दै आएकी थिइन्।, बालिकालाई ठक्कर दिएर फरार भएको स्कुटर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।,  , स्कुटीको ठक्करबाट ग्वार्कोमा ६ वर्षीया बालिकाको मृत्यु
रासस सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो।, निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा२क ६६१८ नंको जेसिबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , जेसिबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका–४ बस्ने वर्ष २२ को प्रकाश चौधरी भने सकुशल रहेका छन्। चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ थियो।, जेसिबी दुर्घटनामा सहचालकको मृत्यु
रासस राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ।, अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ। ,    , ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ’, आयोगका सहायक प्रवक्ता लोकनाथ वास्तोलाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमतिबिना भिडिओहरू रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडिओहरू सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरू नष्ट हुनेतर्फ विचार पुर्‍याउनु पर्दछ।’       , यस सम्बन्धमा आयोगले अनुगमन तथा सूचना संकलन गरिरहेको जनाएको छ।, यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको देखिन्छ।,  , मानव अधिकार आयोगले भन्यो- पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्नू
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ।, बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरू भने नियमित हुन सकेका थिएनन्। , आज पनि दुई घण्टा उक्त क्यालिब्रेसन फ्लाइट भएको थियो।, उक्त उडानका कारण आज पनि दुई घण्टा उडान र अवतरण हुन सकेको थिएन।, अहिले भने आजका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताए।, उनले भने, ‘क्यालिब्रेसन फ्लाइटका कारण केही समय जहाज उडान र अवतरणमा केही कठिनाइ भई आकासमै होल्ड गराएका थियौं, केही जहाज अवतरण गराएका थियौं, आजलाई सकिएको छ, अब सिमरामा हुन्छ।’, करिब दुई घण्टा भएको उक्त क्यालिब्रेसन फ्लाइटका कारण आज बिहान ११ः३० देखि १ः३० बजेसम्म धेरै जहाज आकासमै होल्ड भएका थिए भने सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकासमै घुमिरहेका थिए। , क्यालिब्रेसन फ्लाइट सकिएका कारण आकासमै होल्ड भएका जहाजहरू अहिले अवतरण भएका छन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन भएको विमानस्थल कार्यालयले जनाएको छ।, उक्त क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाज अझै केही दिन नेपालमै रहने र केही दिनपछि समय हेरेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गरिने निर्देशक ठाकुरले जानकारी दिए। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सकियो
सेतोपाटी संवाददाता देशभर थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १२६ जनामा संक्रमण पुष्टि भएको हो। , ८ हजार ९३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ९१ जनाको पिसिआर गर्दा १११ र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ७ हजार २४३ जना सक्रिय संक्रमित छन्।, शुक्रबार ३८५ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।,  , थपिए १२६ संक्रमित, निको भए ३८५ जना
सेतोपाटी संवाददाता नायिका रेखा थापा, ऋचा शर्मालगायत नायिकाहरूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा रेखा थापाकी दिदी तारा राणाले निवेदन दिएकी छन्।, 'उहाँको निवेदन आएको छ', नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले सेतोपाटीसँग भने, 'तथानाम गाली गरेको भन्दै निवेदन आएको छ। अध्ययन गरिरहेका छौं।', स्रोतका अनुसार विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन्। 'म साइबर ब्युरो गएको होइन', रेखाले सेतोपाटीसँग भनिन्, 'मेरो दिदीले वकिल लिएर साइबर ब्युरो पुगेर निवेदन दिनु भएको छ। जसमा सामाजिक सञ्जालमा जे पायो त्यही लेख्नेपनि छन्।' , नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्। रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए। 'दिदीले उजुरी दिएकोमा खुसी लाग्यो', रेखाले भनिन्, 'यो राम्रो कुरा हो।' , '२० वर्ष मुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्, समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो', थापाले लेखेकी छन्, 'कोसँग लभ छ? कति पटक यौनसम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा ब्याप्त छ।', *यसअघि समारचामा रेखा थापाले निवेदन दिएको उल्लेख भएकोमा उनकी दिदीले निवेदन दिएको देखिएकाले शीर्षक सच्याइएको छ-सम्पादक, युट्युबमा रेखा थापालाई गालीगलौज गरेको भन्दै दिदी*ले दिइन् साइबर ब्युरोमा निवेदन
सेतोपाटी संवाददाता नेपाल प्रहरीले लुटपाटमा संलग्न आठ जनालाई पक्राउ गरेको छ।, प्रहरीको महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गरेको आरोपमा आठ जनालाई शुक्रबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार छन्।, पक्राउ परेका उनीहरूले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर पसलको काउण्टरमा भएको नगद, सामसुङ मोबाइल, घडीलगायतका सामग्री लुटेर फरार भएका थिए।, पक्राउ परेकासँग प्रहरीले ११ थान मोबाइल, एक घडी, नागरिकता प्रमाणपत्र, पाँच एटिएम र दुई चेक बरामद गरेको महाशाखाले जनाएको छ।, फार्मेसी लुटेर फरार आठ आरोपित पक्राउ
युवराज श्रेष्ठ बलात्कार आरोपित अभिनेता पल शाह (पूर्णविक्रम शाह) प्रकरणमा पीडित नाबालिग गायिकाले राज्यबाट संरक्षण पाउनुपर्नेमा उल्टो पटकपटक समस्या झेल्दै आएकी छन्।, उनले कास्की प्रहरीमा एक महिनाअघि नै उजुरी दिन जाँदा प्रहरीले उजुरी लिएन। अहिले पल शाह पक्राउ परिसक्दा पनि प्रहरी कार्यालयको ढोकैमा पीडितविरूद्ध भइरहेका नाराबाजी प्रहरीले मौन भएर सुनेर बसेको छ। सामाजिक सञ्जालमा पीडितलाई थप लाञ्छित गर्ने अभिव्यक्तिहरूमाथि पनि प्रहरीले कुनै कारबाही गरेको छैन।, ती नाबालिग गायिकाले पल शाहद्वारा आफूमाथि पटकपटक बलात्कार भएको भन्दै करिब एक महिनाअघि नै गृहजिल्ला कास्की प्रहरीमा उजुरी दिएकी थिइन्। तर घटना भएको अन्तिम स्थान तनहुँ भएको भन्दै कास्की प्रहरीले उजुरी लिन मानेन। तनहुँमै उजुरी गर्न जानू भन्ने सल्लाह दिएर उनलाई फर्काइयो।, यस्तो जघन्य अपराधमा पीडितले जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सक्छन्। कास्की प्रहरीले त्यही बेला उजुरी दर्ता गरेर आवश्यक कारबाही बढाएको भए पल शाह एक महिनाअघि नै पक्राउ पर्ने थिए। उसको गैरजिम्मेवारीका कारण पीडित नाबालिग गायिका एक महिनासम्म प्रहरीकहाँ जान सकिनन्। यस अवधिमा बलात्कारजस्तो जघन्य अपराधमा मुछिएका पीडकले उल्टै पीडितलाई मानसिक पीडा हुने अभिव्यक्त दिइरहे।, 'पीडित परिवारले आफूलाई जहाँ सुरक्षित र न्याय पाइन्छ भन्ने ठान्छ, त्यहीँ जान सक्छ,' अधिवक्ता कुञ्जनी परियार 'प्यासी' ले सेतोपाटीसँग भनिन्, 'कास्की प्रहरीले एक महिनाअघि उजुरी पर्नासाथ कारबाही अघि बढाएको भए पल शाह उतिबेलै पक्राउ पर्थे। पीडितमाथि थप मानसिक आघात थपिने थिएन।', कास्की प्रहरीको निस्क्रियताको फाइदा उठाउँदै पल शाहले यो एक महिनाबीच विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा '१७ वर्षकी नाबालिगसँग यौन सम्पर्क भएको' र 'गर्भवती नभएकाले विवाहका लागि स्वीकार गर्न आवश्यक नभएको' सम्म भन्न भ्याए। प्रेममा यस्तो हुनु सामान्य भएको पनि उनले तर्क दिए।, पल शाहको यो तर्कलाई पछिल्लो समय उनका समर्थकहरूले पनि बोकेर हिँडेका छन्। उनको पक्षमा नारा लगाउने र सामाजिक सञ्जालमा लेख्नेहरूले यस्तै भनाइ अघि सारेका छन्।, तर नेपालको कानुनले यस्तो तर्क मान्दैन।, १८ वर्षभन्दा कम उमेरका नाबालिगसँग सहमति, प्रेम, विवाह लगायत कुनै पनि बहानामा राखिएको यौन सम्पर्कलाई कानुनले 'बलात्कार' भन्छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले यसरी बलात्कार गर्नेलाई १० देखि १२ वर्ष कैद सजाय तोकेको छ।, यसरी कानुनले नै बलात्कार परिभाषित गरेको घटना सामाजिक सञ्जालमा भाइरल हुँदा पनि सरकारको ध्यान गएन। कानुनले बलात्कार ठानेको घटनाका पक्ष र विपक्षबीच सामाजिक सञ्जालमा चर्चा चलिरह्यो। कानुनविपरीत नाबालिग पीडितको नाम, थर, ठेगाना र फोटोसमेत सार्वजनिक गरिए। बलात्कारजस्तो विषयमा पीडितको गोपनियता र संरक्षणको हक कसैले पालना गरेनन्।, अहिले पनि तनहुँ प्रहरी कार्यालयअगाडि दिनहुँ कानुनविपरीत पीडितलाई थप पीडा दिने र न्याय निरूपणमा खलल पुग्ने गतिविधि भइरहेका छन्। यस्ता गैरकानुनी धन्दा चलाउनेलाई प्रहरीले कारबाही गर्नुको सट्टा खुलमखुल्ला न्याय निरूपणमा अवरोध पुर्‍याउने हर्कत गर्न दिएको प्यासी बताउँछिन्।, 'यस्तो जघन्य अपराधमा पीडितको संरक्षण, गोपनियता र न्याय निरूपणमा अवरोध गर्ने खालका गतिविधि रोक्नु प्रहरीको दायित्व हो,' उनले भनिन्, 'प्रहरीले पीडितलाई पीडा दिने खालका अभिव्यक्ति नियन्त्रण गर्न सकेको देखिँदैन।', नाबालिग गायिकासँग प्रेममा रहँदा सहमतिमा यौन सम्पर्क गरेको पलले फोन रेकर्डमै स्वीकार गरेका छन्। सामाजिक सञ्जालमा भाइरल यस्ता अडिओकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेर घटनाको छानबिन गर्नुपर्ने थियो। जघन्य अपराधमा पनि उजुरी पर्खेर बस्ने र उजुरी दिँदासमेत नलिएर प्रहरी कर्तव्यबाट विमुख भएको प्यासीको भनाइ छ।, कास्कीमा उजुरी दर्ता नभएको करिब एक महिनापछि पीडित परिवार तनहुँ प्रहरीमा उजुरी दिन पुगे। तनहुँ प्रहरीमा उजुरी दर्ता हुँदै गर्दा बलात्कार आरोपी पल भने काठमाडौंमा खुल्लमखुल्ला थिए। उनी पीडित नाबालिगविरूद्ध सामाजिक सञ्जालमा बोलिरहेका थिए।, उजुरी दर्तापछि प्रहरीले पलको खोजी बढायो। पल रातारात गायब भए। उनी सामाजिक सञ्जाल चलाइरहेका थिए, विभिन्न युट्युबमा अन्तर्वार्ता दिइरहेका थिए तर प्रहरीले समाउन सकेन।, सामाजिक सञ्जालमा छाइरहेका पललाई पक्राउ गर्न प्रहरीले देशभरका प्रहरी कार्यालयमा सर्कुलर गरेको बतायो। विभिन्न टोली गठन गरेर उनको खोजी थालेको जानकारी दियो। नेपाल प्रहरीमा गम्भीर अपराध अनुसन्धानको जिम्मा पाउने केन्द्रीय अनुसन्धान ब्युरो समेत पलको खोजीमा लागिपरेको प्रचार प्रहरीले गर्‍यो।, यति गर्दा पनि बलात्कार उजुरी परेको पाँच दिनसम्म प्रहरी पलको नजिकसम्म पुग्न सकेन। पलले आफैं तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरे।, एड्भोकेसी फोरम गण्डकीका संयोजक समेत रहेकी प्यासीले पल शाह प्रकरणमा नेपाल प्रहरी पीडकप्रति नरम देखिएको दाबी गरिन्। 'प्रहरीले पाँच दिनसम्म पललाई पक्राउ गर्न नसकेको हो कि नचाहेको हो?' उनको प्रश्न छ।, कास्की प्रहरीले बलात्कारजस्तो जघन्य घटनामा जुन व्यवहार देखायो, केन्द्रीय कार्यालयले पनि उस्तै व्यवहार देखाएको उनको भनाइ छ।, नाबालिग गायिकाको बलात्कारमा मात्र होइन, कास्की प्रहरीले यसअघि अर्को मुद्दामा पनि राम्ररी अनुसन्धान नगर्दा बलात्कार पीडितलाई नै थुनामा पुर्‍याएको उदाहरण छ।, लमजुङकी बलात्कार पीडित मर्स्याङ्दी (नाम परिवर्तन) आफ्नै कार्यालयमा बलात्कारको शिकार भएकी थिइन्। उक्त घटनामा जिल्ला अदालत कास्कीले पीडकलाई दोषी ठहर गरेर कारागार चलान गरिसकेको छ।, पीडक पक्षले कार्यालयको आफ्नो टेबलको घर्रामा मर्स्याङ्दिले सही गरेर राखेको खाली चेक भेट्टायो। त्यसैमा ५३ लाख रूपैयाँ भरेर पीडित मर्स्याङ्दीविरूद्ध चेक बाउन्सको मुद्दा लगाइयो। बलात्कार मुद्दामा बयान फेरेर आफूलाई उन्मुक्ति दिन नमाने चेक बाउन्सको मुद्दा लगाइदिने भनी पीडकले धम्की दिएपछि मर्स्याङ्दी प्रहरीको शरणमा पुगेकी थिइन्।, उनले बलात्कारको घटना भएपछि आफू कार्यालय जान नसकेको र कार्यालयमा राखेको चेक देखाएर धम्की आएको भन्दै चेक फिर्ता गराइदिन प्रहरीलाई उजुरी दिएकी थिइन्।, मर्स्याङ्दीले दिएको उक्त उजुरीउपर कास्की प्रहरीले छानबिनसम्म गरेन। बरु चेक बाउन्स मुद्दामा पक्राउ गर्यो। दुई महिनादेखि उनि थुनामा छिन्। , विस्तृतमा: ,बलात्कार प्रयासविरूद्ध मुद्दा गर्दा आफैं थुनामा पुगेकी 'मर्स्याङ्दी', पल शाह प्रकरणमा पनि प्रहरीले मौनता साँधेर पीडितलाई झन् पीडा दिएको छ। प्रहरीले आफ्नै कार्यालयअगाडि पल शाहका समर्थकहरूलाई बलात्कारका पीडित नाबालिग गायिकाविरूद्ध नाराबाजी गर्न छुट दिएको छ। सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा पनि पीडितलाई नै पीडा दिने गरी अभिव्यक्ति आइरहेका छन्।, पछिल्लो फिल्ममा सँगै अभिनय गरेकी पूजा शर्माले बलात्कारको छानबिनमा रहेका पलको पक्षमा सुरूदेखि नै खुलेर फैसला दिइरहेकी छन्। बलात्कार आरोपितका पक्षमा उनले दिएको अभिव्यक्तिले अनुसन्धान प्रभावित गर्ने मात्र होइन, पीडितको संरक्षणको हकसमेत उल्लंघन गर्छ।, उनले शुक्रबार फिल्म रिलिज क्रममा भनेकी थिइन्, 'पललाई कसैले केही गर्न सक्दैन, मेरो शतप्रतिशत विश्वास छ। आज नराम्रा मान्छेहरूले खेदो खनेको होला, पलका लागि पूजा शर्माको टिम जहिले पनि स्वागत गर्छ।', पूजाले मात्र होइन, पलका पक्षमा रहेका केही व्यक्तिले सामाजिक सञ्जालमार्फत उनलाई निर्दोष भएको दाबी गरिरहेका छन्। उनीहरूले बलात्कारको उजुरी दिएकी नाबालिग गायिकाको चरित्रमा प्रश्न उठाउँदै पीडितलाई थप पीडा दिइरहेका छन्।, सामाजिक सञ्जालमा कतिपयले त छोरीलाई सार्वजनिक मञ्च वा अन्यत्र एक्लै गीत गाउँदै नाच्दै हिँड्न दिन नहुने तर्क पनि गरेका छन्। नाबालिग गायिकाको नाम र तस्बिर प्रयोग गरेर सामाजिक सञ्जाल, युट्युब लगायतमा पीडितको आलोचना गर्ने क्रम जारी छ। यस्ता अभिव्यक्तिमाथि प्रहरीले कुनै कानुनी प्रक्रिया चालेको छैन।, पीडितको गोपनियताको हक, न्याय र अपराध पीडित संरक्षण ऐनविपरीत यस्ता गतिविधि भइरहेको अधिवक्ता प्यासीको भनाइ छ। यसरी पीडितलाई झनै पीडा दिने गरी भइरहेका गतिविधि र पीडकका पक्षमा आइरहेका अभिव्यक्ति रोक्न प्रहरी अग्रसर हुनुपर्ने उनको भनाइ छ।, 'सरकारले पीडितको संरक्षण गर्न सकेन,' उनले भनिन्, 'यो प्रकरणले आगामी दिनमा बलात्कारका घटना बाहिर ल्याउन र बलात्कारविरूद्ध लडाइँ अझै कमजोर भएको देखाउँछ, पीडितविरूद्ध भइरहेका गैरकानुनी गतिविधि तत्काल रोकिनुपर्छ।', बलात्कार हुन सक्ने आशंकामा बालबालिकादेखि वृद्धसम्म कोही पनि एक्लै हिँडडुल र नाचगान गर्न पाउने अधिकारबाट वञ्चित हुने कुरा सोच्न पनि नसकिने प्यासीले बताइन्।, 'गायिकालाई एक्लै गीत गाउँदै, नाच्दै हिँड्न दिनु परिवारको गल्ती हो भन्नुको अर्थ अभियुक्तलाई सिधै चोख्याउन खोज्नु हो, अपराध पीडित संरक्षण ऐनविरूद्धको कार्य हो,' प्यासीले भनिन्, 'सरकारले पीडितलाई न्याय दिन चाहन्छ भने त्यस्ता अभिव्यक्ति दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।', यसका लागि प्रहरीले उजुरी पर्खेर बस्न नहुने उनको सुझाव छ।, तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए। अपराध पीडित संरक्षण ऐन, गोपनियताको हक र बलात्कार प्रोत्साहन हुने गरी आएका अभिव्यक्तिका विषयमा उनले केही भनेनन्। पीडितलाई थप पीडा दिने गरी प्रहरी कार्यालयअगाडि नै भइरहेका गतिविधिमा पनि डिएसपी खड्काले प्रतिक्रिया दिएनन्।, पल प्रकरणमा प्रहरीले पीडितलाई दिनुपर्ने संरक्षण गुमाएको मात्र होइन, न्यायालयको स्वतन्त्रतामा समेत हस्तक्षेप भइरहेको प्यासीले बताइन्।, 'पीडितलाई मानसिक यातना दिएको छ, सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा अदालत खडा गरेर फैसला आइरहेको छ,' उनले भनिन्, 'अभियुक्तले न्यायालयमा पेस गर्नुपर्ने प्रमाण फेसबुकमा ल्याएर न्यायालयको गरिमा र स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजेका छन्।', यो घटनामा पल शाहले नै पेस गरेको प्रमाणका आधारमा नाबालिग बलात्कार भएको पुष्टि हुन सक्ने प्यासीको दाबी छ।, सरकारले पीडित संरक्षण गर्न नसक्दा बलात्कारीलाई प्रोत्साहन हुन पुगेको उनले बताइन्। बलात्कार मुद्दा गिजोल्न नायिका पूजादेखि विभिन्न युट्युब सञ्चालक र पीडितलाई पीडा दिनेहरूलाई प्रहरीले कारबाही गर्नुपर्ने उनको माग छ।, 'अपराध घटनाका पीडितलाई संरक्षण गर्न कानुन बनेका छन्, तर यस घटनामा पीडित संरक्षणमा सरकार चुकेको छ,' प्यासीले भनिन्, 'गायिकालाई उल्टै आरोप लगाएर उम्किन खोजेको देखिन्छ, बलात्कार दुरूत्साहन र मिलाउन खोज्ने मतियारलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ।', नाबालिग गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा पलले मायाप्रेमको जालमा फसाएर पटकपटक बलात्कार गरेको उल्लेख छ। म्युजिक भिडिओ सुटिङ क्रममा पलले पोखरा, चितवन, बागलुङ लगायत स्थानमा बास बस्दा पटकपटक बलात्कार र यौन दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ।, पल शाह प्रकरण: नाबालिग गायिकाको खुलेआम अपमान र नाराबाजीमा चुपचाप प्रहरी
एजेन्सी पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा शुक्रबार आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।, पाकिस्तानी समाचार पत्र द डनका अनुसार कोचा रिसालदार क्षेत्रको सिया मस्जिदमा भएको बिस्फोटमा परी ५० जना बढी घाइते भएका छन्।, बिस्फोटमा दुई जना आत्मघाती संलग्न रहेको बताइएको छ। उनीहरूले मस्जिदको सुरक्षामा रहेका प्रहरीमाथि गोली हानेका थिए। गोली हानाहानमा एक जना प्रहरी र आक्रमणकारीको मृत्यु भएको थियो। त्यहीबेला अर्का आत्मघाती मस्जिदभित्र छिरेर बम बिस्फोट गराएका थिए।, आक्रमणको जिम्मा कसैले लिएको छैन। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिस्फोट निन्दा गरेका छन्।  , पाकिस्तानमा मस्जिदभित्र आत्मघाती बिस्फोट, कम्तीमा ३० जनाको मृत्यु
सेतोपाटी संवाददाता दैलेखमा निस्सासिएर दुई जनाको मृत्यु भएको छ।, ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश वादी घरभित्र मृत फेला परेका हुन्।, बिहीबार राति भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।, ‘खरले छाएको घरभित्र भान्सामा चुलोदेखि करिब डेढ फिट नजिक सुतेका रहेछन्, उनीहरूले ओछ्याएको गुन्द्री र सिरक चुलोतिर पुगेर आगो सल्केको पनि पाइयो,’ दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले भने, ‘उनीहरूको शरीरको केही भाग पोलिएको पनि छ।’, उनका अनुसार ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको छ भने १८ वर्षीय रमेशको हात जलेको छ।, ‘पोलिएर भन्दा पनि धुवाँ धेरै भएर निस्सासिएर मृत्यु भएको जस्तो देखिन्छ,’ डिएसपी साहले भने।, घटनाको बारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इन्द्रजीत सुनारको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको उनले बताए।, दैलेखमा निस्सासिएर आमा-छोराको मृत्यु
रासस मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ।, धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताए।, सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किलोमिटर र शान्तिगरदेखि बाहुनडाँगीसम्मको १० किलोमिटरको ठेक्का निर्माण व्यवसायी श्री श्रेष्ठ–मोतिदान जेभी काठमाडौंले लिएको छ। ,     , तीन प्याकेजमा ठेक्का लिएको जेभीले हालसम्म कूल भौतिक प्रगतिको १२ प्रतिशत रहेको जनाएको छ।, सडक निर्माणमा विभिन्न समस्या आइरहेका कारण पनि काममा ढिलाइ भइरहेको उनको भनाइ छ।, उनले राजमार्गस्तरको सडक भनिए तापनि हालसम्म सडक सीमा निर्धारण नहुँदा जग्गा अधिग्रहण हुन नसकेको, सडक सीमाको जग्गाको भूस्वामित्व जनताकै नाममा रहेको हुँदा सडक निर्माणको सीमा सुरक्षामा कठिनाइ रहेको बताए।  , सूचना अधिकारी शर्माले सडक क्षेत्रभित्र पर्ने रूख कटानको प्रक्रिया लामो तथा झन्झटिलो हुँदासमेत निर्माण कार्यमा ढिलो भइरहेको बताए।, उनका अनुसार विसंं २०७६/०७७ मा सुरू भएको योजना विसं २०८१/०८२ मा सम्पन्न गरिसक्नुपर्नेछ। , यो सडक तीन खण्डमा निर्माण हुने गरी ठेक्का सम्झौता भइसकेको छ भने बाँकी खण्डको डिपिआर सकिएर ठेक्का लगाउने तयारी छ। , पहिलो खण्ड पूर्वको प्रस्थान बिन्दु झापाको मेचीडाँगीदेखि बुद्धशान्तिको शान्तिनगरसम्मको १० किलोमिटर रहेको छ। संघीय सरकारको बजेटबाट निर्माण हुने यो राजमार्ग दुई लेनको हुनेछ। बहुवर्षीय योजनाअनुसार यो राजमार्ग बन्न लागेको हो। , एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा सुर्खेतको बोटचोर, डोटीको सिमचोर, बिपीनगर, कैलालीको सहजपुर, हुँदै डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ।, सो सडकखण्डको ३१ पुलको निर्माण कार्य जारी रहेको उनको भनाइ छ। सो सडकखण्डमा ११ ठूला पुल छन्। ती पुलको निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ। , रूख काट्ने प्रक्रिया ढिलो हुँदा मदन भण्डारी राजमार्ग निर्माण कार्यमा समस्या
सेतोपाटी संवाददाता महाशिवरात्रीका अवसरमा बिहीबार पोखरा- २० मौजामा स्थानीय युवा क्लबले साँस्कृतिक कार्यक्रम आयोजना गर्‍यो।, कार्यक्रममा सहभागी हुन पुगेका लामडाँडाका ३७ वर्षीय चोकेन्द्र गुरूङसँग लामडाँडाकै २९ वर्षीय प्रकाश गुरूङ, लामाखेतका २५ वर्षीय  निशान गुरूङ र डिलबहादुर गुरूङले  विवाद गरे। , उनीहरूबीच सुरूआतमा चोकेन्द्रले ‘तँ’ भनेकाले विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।, कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सामान्य विषयमा विवाद सुरू भएपछि उनीहरूबीच झगडा भएको थियो।, सामान्य विवाद बढ्दै गएपछि युवाहरूको समूहले चोकेन्द्रको हत्या गरेको डिएसपी तिवारीले बताए।, ‘झगडाको सुरूआत सामान्य विवादबाट भएको देखिन्छ’, डिएसपी तिवारीले भने, ‘विवाद बढ्दै गएपछि हत्याको घटना भएको अभियुक्तले स्वीकारेका छन्।’, उनीहरूले चक्कु प्रहार गरेर चोकेन्द्रको हत्या गरेको प्रहरीले जनाएको छ।, घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ। उनीहरूका साथबाट घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको डिएसपी तिवारीले बताए। , घटनाको थप अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।, 'तँ' भनेको निहुँमा हत्या
रासस काठमाडौंको बुढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्।, यही १६ गत विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।,  , बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित बसपार्कनजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय विद्यालयमा कक्षा-७ मा अध्ययनरत छन्।, फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।, उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्धस्थित ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारी आफन्तको जिम्मा लगाएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ।, उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। , विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए
सविता बुढा महिनावारीका कुरा- दोस्रो शृंखला, सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिएर आएका छौं। यसमा सुदूरपश्चिमको महिनावारी अनुभव प्रकाशन गर्नेछौं।, ..., सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट थुप्रै युवाहरू पढाइ र जागिर सिलसिलामा राजधानी धनगढी आउने गर्छन्। सुदूरपश्चिमकै ठूलो र व्यस्त बजार भएकाले बर्सेनि गाउँ-गाउँबाट बसाइँ सरेर आउनेहरूको ताँती लाग्छ।, यसरी कामको सिलसिलामा अस्थायी रूपले आउने वा बसाइँ सरेर आउनेहरूले आश्रय लिने भनेको डेरामा हो। तर धनगढीमा कोठा पाउन एउटा ठूलो समस्या छ। त्यो समस्या महिलाहरूले त झेल्नुपर्छ नै, विवाहित पुरूषहरूलाई पनि त्यही समस्याले कोठा पाउन गाह्रो पर्छ।, महिला-पुरूष दुवैले समान रूपमा झेल्नुपर्ने समस्या हो, महिनावारी।, 'महिनावारीका कुरा' शृंखलाको आजको अंकमा हामी पुरूषहरूले भोग्नुपरेको समस्याबारे चर्चा गर्दैछौं।, दार्चुलाका बिर्खे बिष्ट (नाम परिवर्तन) एक निजी कम्पनीमा जागिर पाएपछि तीन महिनाअघि धनगढी आएका हुन्। बस्ने थलो निश्चित गरेपछि मात्रै श्रीमती र छोराछोरी ल्याउने भन्दै उनी सुरूमा एक्लै आएका थिए।, उनी केही समय मामासँग बसे। काम सुरू भएपछि कोठा खोज्नुपर्ने भयो। उनले कोठा खोज्न मामासँग सबै बस्ती चहारे। जहाँ सोध्दा पनि घरबेटीबाट एउटै प्रश्न सामना गर्नुपर्थ्यो।, 'पहिला घरबेटीले कोठा खाली छ भन्थे, पछि श्रीमती पनि सँगै बस्ने हुन् भनेपछि महिनावारीको कुरा उठाउँथे,' उनले भने।, गाउँमा महिनावारीको दु:ख देखेका बिष्टले धनगढीमा पनि छोइछितो गरिन्छ भन्ने सोचेकै थिएनन्। महिनावारीका कारण कोठै पाउन गाह्रो पर्ला भन्ने त कल्पनासम्म थिएन।, यही सिलसिलामा उनी एउटा घरमा पुगे। त्यहाँ कोठा खाली छ भन्ने उनलाई थाहा थियो। घरबेटीहरू धेरै दिनदेखि डेरावालको खोजीमा छन् भन्ने उनले सुनेका थिए। त्यसैले उनलाई कोठा पाइन्छ भन्ने ठूलो आस थियो।, जसै उनले 'कोठा खाली छ?' भनेर सोधे, घरबेटीले खुसी हुँदै भने, 'खाली छ।', कोठा खोज्दा खोज्दा हैरान भएका बिर्खेको खुसीको सीमा रहेन। उनी अब चाहिँ मामाको घरबाट निस्केर आफ्नै कोठामा बस्न पाइने भयो भनेर दंग परे।, घरबेटीले उनलाई सोधे, 'तपाईं एक्लै बस्नुहुन्छ कि परिवार छ?', बिर्खेले जवाफ दिए, 'दुई महिनापछि श्रीमती र छोरी पनि आउँछन्।', यस्तो जवाफ सुन्नेबित्तिकै घरबेटीको अनुहार अमिलो भयो। उनले मुख बिगार्दै भने, 'श्रीमती पनि सँगै बस्न आउने भए त हुँदैन बाबु। महिनावारीको कुरा आउँछ। हामीलाई छाउछुत भए सन्चो हुँदैन। तपाईं एक्लै भए दिइहालिन्थ्यो, श्रीमती पनि बस्ने भए त हुन्न।', बिष्ट नाजवाफ भए र रित्तो हात फर्के।, त्यसपछि दुई महिना लगातार कोठा खोज्दा पनि उनलाई महिनावारीको प्रश्नले छाडेन। घरबेटीपिच्छे अनेक बहानामा कोठा दिन आनाकानी गरेको सुनेर बिष्ट हैरान भए। मामाको घर छाडेर साथीसँग बस्न थाले।, 'कति ठाउँमा महिनावारी बेला पानी छुनुहुन्न, कोठामा बस्न पाइन्न, बार्नुपर्छ भने,' उनले भने, 'कतिले चाहिँ एउटा-दुइटा कोठा लिँदा छाउछुत लाग्ने हुँदा पूरै फ्ल्याट लिनुपर्छ भन्थे। फ्ल्याट लिए महिनावारी बार्न सजिलो हुन्छ, अरूलाई छाउछुत पर्दैन भन्ने उनीहरूको तर्क हुन्थ्यो।', विवाहित पुरूषले एक्लै बस्ने भए कोठा पाउने तर श्रीमतीलाई सँगै राख्ने भए कोठा नपाउने प्रवृत्तिले उनलाई सोच्न कर लाग्यो, 'महिलाहरूले हरेक महिना यो समस्या कसरी झेल्दा हुन्!', 'महिनावारी बेला दिदीबहिनी, आमा, श्रीमतीलाई गाह्रो हुन्थ्यो होला। उनीहरूले अहिलेसम्म त्यसको गुनासो गरेनन्। मैले पनि उनीहरूको समस्याबारे कहिल्यै सोचिनँ,' उनले भने, 'सहरमा त यतिविधि छोइछितो रहेछ भने गाउँमा उनीहरूलाई कति ठूलो समस्या पर्दो हो?', उनले अगाडि भने, 'श्रीमती सँगै बस्छन् भनेर विवाहित पुरूषलाई कोठा दिइँदैन भने केटी मान्छेले एक्लै बस्न कसरी कोठा पाउलान्?', धनगढीमा डेरा खोज्दाको यो अनुभवले अचेल बिष्टलाई महिनावारीको विषयमा गम्भीर बनाएको छ। यो त महिलाहरूले प्रत्येक महिना भोग्नुपर्ने समस्याको पहाड पो रहेछ भन्ने उनले बुझेका छन्। घरबाट टाढा बस्ने महिलाहरूलाई यो समस्या अझ बढी रहेको उनको अनुभव र बुझाइ छ।, 'गाउँदेखि सहर बजारसम्म छोरीहरूलाई महिनावारीकै कारण विभेद गरिने हो भने उनीहरूको क्षमता कसरी बढ्छ? उनीहरूले समान अवसर कसरी पाउँछन्?' उनले भने, 'मलाई ठूल्ठूलो कुरा थाहा छैन तर यति चाहिँ बुझेँ, महिलाहरूलाई पुरूषसरह समान अवसर दिने हो भने सबभन्दा पहिला महिनावारीको छोइछाइ अन्त्य हुनुपर्छ। हरेक महिना चार-पाँच दिन छोइछाइ गरेपछि के को समानता? के को समान अवसर?', बिर्खे बिष्टले गत साता मात्रै एउटा घरमा कोठा पाए। त्यहाँ पनि श्रीमती आउने भए महिनावारी बेला नल्का छुन नपाइने घरबेटीले सर्त राखेको छ।, उनले अब कम्तीमा एक वर्ष श्रीमती र छोरीलाई गाउँबाट नल्याउने मनस्थिति बनाइसकेका छन्।, 'महिनावारीको कुरा नउठाउने घरमा कोठा पाएँ भने मात्र श्रीमती र छोरीलाई छिटो बोलाउँछु, नभए अब अर्काे वर्ष मात्रै उनीहरूलाई धनगढी ल्याउने विचारमा छु,' उनले भने।, दोस्रो शृंखलामा प्रकाशित स्टोरीहरू:, अनि उनले दियोमा हात राखेर कसम खाइन्- अबदेखि छाउगोठमा बस्दिनँ, महिनावारीमा छोइएला भनेर कोठा दिनै मान्दैनन् घरबेटीहरू, 'महिनावारीका कुरा' को पहिलो शृंखलामा प्रकाशित स्टोरीहरू:, मेरी छोरी भइन् भने महिनावारी बार्न लाउँदिनँ (भिडिओ), महिनावारी नबार्ने आनी (भिडिओ), 'महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो?' (भिडिओ), 'महिनावारी भएका बेला खेलाडीहरू दौडधूपले बेहोससम्म हुन्छन्', 'महिनावारीमा अझै अप्ठ्यारो किन थप्नू, बरू अलिकति चकलेट दिनू', मानुषी भन्छिन्ः आमाले चिठीमा पाठेघरको चित्र बनाएर महिनावारीबारे बुझाउनुभयो, शृंखला भन्छिन्- छाउगोठ भत्काउँदा पाप लाग्ने भए, त्यो पाप मै बोकुँला, सित्तैमा प्याड बाँड्ने र बनाउन सिकाउने डाक्टर, स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ, अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन, श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ, केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्, साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्, माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु, करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ, ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई, जब विवाहित पुरूषलाई सोधिन्छ- एक्लै बस्ने कि श्रीमतीसँग?
सेतोपाटी संवाददाता नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो।, केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिए।, उनले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट महिलाको सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको जानकारी दिए।, यस विधि अनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानव निर्मित भल्व मुटुभित्र छिराएर एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ।, प्रत्यरोपण भएको भल्वले तुरुन्तै काम सुरू गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ।, केन्द्रले ती बिरामी महिलाको सोमबार भल्व प्रत्यारोपण गरेर आज शुक्रबार डिस्चार्ज गरेको हो।, मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्दछ। उक्त एओर्टिक भल्व बयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा भने शल्यक्रिया गर्न असहज भएको भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ।, मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ।, यस्ता रोग लागेमा बिरामीको पाँच वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत, तीन वर्षमा मृत्यु हुने सम्भावना ५० प्रतिशत र दुई वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत हुने गर्दछ। यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्व प्रत्यारोपण गरिने विधि हो। तर वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने गर्दछ।, ती महिलाको भल्व प्रत्यारोपण केन्द्रले दुई महिनाको अथक प्रयासपछि केन्द्रले सफल भएको हो। ‘दुई महिनाको नियमित परीक्षण पछि हामीले प्रत्यारोपण गर्न सफल भएका हौँ,’ उनले भने, ‘भल्वको सिटी स्क्यान गरेर कम्पनीमा पठायौं र सोहीको आधारमा भल्व बनाई नेपाल पठाइएको हो। लामो सल्लाहपछि भल्व प्रत्यारोपण गर्न हामी सफल भयौँ।’, बिरामीको मुटुमा २३ एमएमको भल्व राखिएको छ। बिरामीलाई २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका भल्व राख्ने गरिन्छ।, उनले नेपालमा नै उक्त भल्वको सफल प्रत्यरोपण गरेपछि अब भल्व परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महङ्गो खर्च गरेर जान नपर्ने बताए। केन्द्रका निर्देशक डा. अधिकारीका नेतृत्वमा रहेको २२ जनाको चिकित्सकसहित टोली सफल भल्वको प्रत्यारोपण गरेको हो। कृत्रिम भल्व नेदरल्याण्डबाट खरिद गरी ल्याइएको हो।, ‘भल्व प्रत्यारोपण सफल गराउनु ठूलो चुनौती थियो। मैले यसभन्दा अघि पनि नेपालमा पहिलो पटक हुने ठूला-ठूला शल्यक्रिया गरेको थिएँ,’ उनले भने।, यस किसिमको प्रत्यारोपणले अब नेपालमा हुने भएपछि धेरै बिरामीको उपचार गर्न सकिने उनले बताए।, सन् २००२ देखि यस किसिमको कृत्रिम भल्व फ्रान्समा पहिलो पटक गरिएको थियो। कृत्रिम भल्व प्रत्यारोपण भारतमा ६० देखि ८० लाख रुपैयाँ लाग्ने र नेपालमा २० देखि २५ लाखमा गर्न सकिने केन्द्रका निर्देशक डा. अधिकारीले बताए। रासस, नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण
सेतोपाटी संवाददाता महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउनुभएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ।, महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन्।, संस्थानले बिहीबार र शुक्रबा साधुसन्तलाई बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिइन्।, गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको संस्थानले जनाएको छ। बिदाइका अवसरमा फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गरेको सामग्रीसहित दक्षिणा पनि दिइएको उनले बताइन्।, संस्थानले रु ९०० देखि रु आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ। नागाबाबालाई आठ हजार र अन्यलाई  ९०० भन्दामाथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताए।, यसैगरी कोषले पनि १०५ देखि रु पाँच हजार १०० सम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ। , धेरै साधुसन्तलाई बिहीबार नै बिदाइ गरिएकामा केही छुटपुट साधुसन्तलाई भने शुक्रबार बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।, कोषले अहिलेसम्म करिब तीन हजार ५०० जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ।, महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको बिदाइ
सेतोपाटी संवाददाता यस वर्षको प्रि–मनसुन सुरू भएको छ।, नेपालमा ‘विन्टर’ अर्थात् हिउँद याम सकिएर ‘प्रि–मनसुन’ सुरु भइसकेको मौसमविद्ले बताएका छन्। , अंङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । , प्रि–मनसुन भनेको हिउँद सकिएको र मनसुन अर्थात् वर्षा याम सुरु हुनुभन्दा अघिको समय हो।  , योसँगै अब देशभर तापक्रम बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले सेतोपाटीलाई जानकारी दिइन्।, ‘अब बिस्तारै अधिकतम/न्यूनतम तापक्रम बढ्दै जाने हुन्छ’, मौसमविद् बासीले भनिन्, ‘अब मौसम गर्मीतर्फ ढल्कियो।’ , जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् बासीले बताइन्। , ‘तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो’, उनले भनिन्। , तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने उनले बताइन्। , प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपरान्ह तथा साँझापख पहाडी भूभागका केही स्थानमा फाट्टफुट्ट वर्षा हुने सम्भावना हुन्छ।, यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ। , पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन। यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ।, यसैबीच देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । , अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । , मौसमविद्का अनुसार आज राति देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । , नेपालमा जाडो सकियो, प्रि–मनसुन सुरू
सेतोपाटी संवाददाता बाँकेमा मान्छेलाई आक्रमण गर्ने एउटा पाटे बाघलाई नियन्त्रणमा लिइएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो।, पछिल्लो समय गत फागुन ८ मा बाघले राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई आक्रमण गरेको थियो।, साथै फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ।, त्यसअघि राप्ती सोनारी ६ फत्तेपुर ६ का २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ की ५३ वर्षीया लीला विष्टको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो।, बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुरमा समेत एकेक जनाको मृत्यु भएको थियो।, भदौ अन्तिम यता बाघले बाँकेका राप्ती र नरैनापुरमा गरी ५ जनाको ज्यान लिएको थियो।, बाघले पटकपटक स्थानीयलाई आक्रमण गरेपछि बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना, बाँके निकुञ्ज समेतको सहकार्यमा बाघलाई नियन्त्रण लिइएको छ।, बाँके निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले भाले बाघलाई नियन्त्रणमा लिइएको बताए। बाघलाई आज बिहान नियन्त्रणमा लिइएको हो।, मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट २५ जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई पक्राउ गरिएको हो। , मंगलबार राति महालक्ष्मी नगरपालिका-४ ओचुहाइटस्थित बिनोदकुमार श्रेष्ठले संचालन गरेको ओचु ब्याडमिन्टन क्लब रहेको घरबाट उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूबाट प्रहरीले ४ लाख २९ हजार ५९० रुपैयाँ बरामद गरेको छ। त्यस्तै ३० बुक तास पनि बरामद गरेको छ।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, जुवा खेलेको आरोपमा ललितपुरबाट २५ जना पक्राउ
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ। , बाँके जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो। , शिवरात्रीको बिदाका कारण पूर्व-मन्त्री समेत रहेका बानियाँलाई बुधबार मात्रै अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए।, बाँके प्रहरीमा जुम्लाकी ४० वर्षीया शिक्षिकाले बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्। ती महिलाको जाहेरीपछि सांसद बानियाँ फरार थिए। , फरार रहेका बानियाँलाई प्रहरीले सोमबार बाँकेस्थित राँझा विमानस्थलबाट पक्राउ गरेको थियो। , यो पनि: ,बलात्कार आरोप लागेका एमाले सांसद मोहन बानियाँ पक्राउ, बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँलाई ५ दिन थुनामा राख्न अनुमति
सेतोपाटी संवाददाता सम्पादकीय नोट: हामीले सहरको कथा शृंखलाअन्तर्गत काठमाडौंबाट ३२ किलोमिटर दुरीको पनौतीबारे १२ वटा स्टोरी प्रकाशन गरिसकेका छौं।, यसमध्ये ११ वटा स्टोरी सेतोपाटी संवाददाता सबिना श्रेष्ठको रिपोर्टिङमा आधारित छन् भने शृंखलाको अन्तिम स्टोरी पनौतीमाथि लामो अनुसन्धान गरेका फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँले आफ्नो अनुभवका आधारमा लेखेको लेख हो।, तोफाँ हाल फ्रान्सेली राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (सिएनआरएस) मा एमेरिटस रिसर्च डाइरेक्टर छन्।, यो शृंखलामा प्रकाशित सबै १२ वटा स्टोरी पढ्न तलका लिंक क्लिक गर्नुहोस्:, पहिलो अंक: ,जहाँ गौतम बुद्धको पूर्वजन्म भएको थियो, दोस्रो अंक: ,पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?, तेस्रो अंक: ,हामीले नदेखेको दरबार, चौथो अंक: ,हाम्रै पनौतीबाट प्रभावित फ्रान्सको त्यो गल्ली, पाँचौं अंक: ,८० वर्षपछि ब्युँताइएको पनौतीकी 'गुमनाम' कुमारी, छैठौं अंक: ,यसरी सुरूआत भयो पनौतीबाट य:मरि पकाउन, सातौं अंक: ,जसको निधनपछि पनौतीमा चाडपर्वको रौनक हरायो, आठौं अंक: ,तीनतिर बसाइँ सरेका थिए प्राचीन पनौतीका बासिन्द, नवौं अंक: ,कुनै समय आधा रातसम्म व्यापार चल्थ्यो पनौतीमा, दसौं अंक: ,२६ वर्षदेखि पूरा हुन नसकेको पनौतीको एउटा सपना, एघारौं अंक: ,'सानो तर हिराजस्तो सहर', बाह्रौं अंक: ,संसारलाई पनौती चिनाउने जेरार्ड तोफाँको अनुभव, पनौती सहरका १२ कथा- पढ्नुहोस् एकै ठाउँ
रासस लामो समयको प्रतीक्षापश्चात पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयबासी हर्षित बनेका छन्।, हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयबासीमा उत्साह बढेको हो।, विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको थियो। उक्त पुल निर्माण लागि दबाबका लागि पटक-पटक स्थानीयबासीले धर्ना तथा अनसनसमेत गरेका थिए। , निरन्तरको दबाब र धमाधम हुलाकी सडक कालोपत्र हुन थालेपछि निर्माण कम्पनीले पुल निर्माण अन्तिम चरणमा पुर्‍याएको सप्तरीको बलान बिहुँल गाउँपालिकाका स्थानीयबासी शिवदयाल यादवले जानकारी दिए।, उनले भने, ‘अहिले बलान खोलको पुल ९५ प्रतिशत काम सम्पन्न भएकाले पुलमाथिबाट आवतजावतसमेत सुरू भइसकेको छ।’ , पुल नहुँदा वर्षाैंदेखि वर्षायाममा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्दै आएका सिरहाको भगवानपुरका सरोज साहले बताए।  बाटोमा माटो ग्राभेलको काम नभएकाले सडक हिलाम्मे बन्दै गएको उनको भनाइ छ। , चार सय ७० मिटर लम्बाई पश्चिमबाट १६ स्पान र पूर्वबाट १२ स्पान रहेको नवनिर्मित बलान नदीको पुलको उद्घाटन औपचारिक रूपमा नभए पनि निर्माण सम्पन्न भएकाले सवारीसाधन चल्न थालेका छन्।, पुल निर्माणले बलान नदीको पूर्व सप्तरीको बलानबिहुँल गाउँपालिकाको चन्ही र पश्चिम सिरहाको भगवानपुर गाउँपालिकाको कल्याणपुर र भगवानपुरवासीका लागि युग नै परिवर्तन भएको स्थानीयबासीको भनाइ छ। , यस्तै, पूर्व राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब २० किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभिका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए।, बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताए। करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ। , सिरहा र सप्तरीको सीमा जोडिएको नदीमा पुल बनेपछि स्थानीयबासी हर्षित
सेतोपाटी संवाददाता एसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १००  झोला हस्तान्तरण गरेको छ।, बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी,  क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङ्गलाई प्रदान गरिएको हो।, उक्त विद्यालयका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण गरेका हुन्। कार्कीले उक्त विद्यालयका लागि झोला लगेर वितरण गर्नेछन्।, राप्रका पूर्वअध्यक्ष राणाले फाउन्डेशनले शिक्षा र विद्यालयमा पढ्ने बालबालिकाका लागि स्कुल झोला वितरण गरेर राम्रो सहयोग गरेको र आगामी दिनमा  यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गरे।, उनले यसरी सामाजिक कार्य गर्नाले विद्यार्धीको मनोबल उच्च हुने र विद्यार्थीहरुको भविष्य सुरक्षित हुने बताए।, ‘एसएस फाउण्डेशनले अस्तिबाट महत्वपूर्ण कार्यक्रम आरम्भ गरेको छ । नेपालको विभिन्न पिछडिएका स्थानका विद्यार्थीहरुलाई नभइ नहुने, स्कुलको सामग्रीको रुपमा ब्याग दिने कार्यक्रम एसएस फाउण्डेशनले निरन्तर कायम गर्ने गरेर चलाएको छ । एसएस फाउण्डेशनलाई धन्यवाद दिन्छु र भविष्यका कर्णधार विद्यार्थीहरुले राम्रो शिक्षा पाउन् भन्ने चाहन्छु,’ उनले भने।, फाउन्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो। यसअघि एसएस फाउन्डेशनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित  झिमे मालिका विद्यालयलाई पनि ८०० झोला वितरण गरेको थियो।, फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ।, दोलखाको आठ विद्यालयलाई एक्काइस सय झोला सहयोग
रासस काठमाडौं महानगरपालिका-६ सरस्वती नगरमा बा६४प १३९६ नं को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ। , मोटरसाइकल आफैं अनियन्त्रित भई पैदलयात्रीलाईसमेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।, दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्कपुर गाउँपालिकाका दुर्गाबहादुर कार्कीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा र दुर्गाबहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , काठमाडौंको सरस्वती नगरमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
ध्रुबसागर शर्मा/रासस पूर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ। जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो। , डेढ दशकअघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन्।, आयातित कृषि आंँैजारको प्रयोग गर्ने चलन सुरू भएपछि परम्परागत कृषि औजार निर्माण गरिने आरन पेसा हराउँदै गएको आरन पेसा सञ्चालन गर्ने  विश्वकर्माले बताएका छन्।, जिल्लाका ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत पुगिनसके पनि भनेको बेलामा मट्टितेल नपाइने र पहिलेजस्तो सल्लाको रूखबाट दियालोसमेत निकाल्न नपाइने भएकाले अँध्यारोमा टुकी र दियालो बाल्ने परम्परा लोप हुन लागेका हुन्।, ‘गाउँ-गाउँमा पुगेको विकासका कारण जिल्लाको ग्रामीण क्षेत्रका सर्वसाधारण हिजोआज टुकी र दियालोको साटो उज्यालोका लागि सोलार प्यानल प्रयोग गर्छन्’ धवलागिरि गाउँपालिका–७ का प्रकाश सुवेदीले भने, ‘एकपटक सोलार जडान गरेपछि अन्य कुनै खर्च नलाग्ने, आफूलाई चाहिएको समयमा तत्काल बाल्न सकिने र धेरै समयसम्म टिकाउसमेत हुने भएकाले उनीहरूको आकर्षण बढेर गएको हो।’, पुस्तौंदेखि टुकी र दियालो बालेर गुजारा गर्दै आए पनि पछिल्लो समयमा भएको विद्युत विस्तार र वैकल्पिक ऊर्जाको विकासले यी लोप भएको उनले बताए।, ८ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्ने विभिन्न क्षमताका सोलार प्यानलबाट न्यूनतम ३ देखि अधिकतम १० वटासम्म बत्ती बल्नुका साथै घरमा भएका रेडियो र टेलिभिजनसमेत चलाउन सकिने भएपछि केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा नपुगेका म्याग्दीका दुर्गम गाउँमासमेत टुकी र दियालो छोडेर स्थानीयबासीले सोलार प्रयोग गर्न थालेका रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुर्जाले बताए।, सोलार जडान गरेपछि राति छोराछोरीलाई पढ्न र आफूलाई टेलिभिजन हेर्नसमेत सजिलो भएको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीकी हिमाली छन्त्यालले बताइन्।, गाउँले वैकल्पिक ऊर्जातर्फ आकर्षित भएपछि जिल्लाका कतिपय सामुदायिक वन उपभोक्ता समूहले आम्दानीको निश्चित प्रतिशत रकम उपभोक्ताको घरमा सोलार जडान गर्नका लागि खर्च गर्ने गरेका छन्। , हराउँदै गयो आरन पेसा, पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले म्याग्दीमा आरन पेसा पनि लोप हुँदै गएको छ।, विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको तीन वर्षअघि सो पेसा छोडेर ज्याला मजदूरीका काम गर्न थालेका मालिका गाउँपालिका– ३ का श्यामबहादुर विश्वकर्माले बताए।, अहिलेको परिवेशअनुरूप उपयुक्त आम्दानी नहुने भएपछि युवाले सो पेशालाई छाड्दै गएको उनको भनाइ छ।, ‘युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन्। दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ’, उनले भने। , गाउँमा ममात्र यो पेसा एक्लै धान्दै आएको थिएँ। दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन, तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग नभएकाले पेसा नै परिवर्तन गर्नुपरेको उनले बताए।, नयाँ पुस्ताले यस्तो पेसा छाड्दै गएका कारण आरन हराउँदै गएको स्थानीयबासी तोरणलाल विकले बताए।, राज्यले अरू पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उनको भनाइ थियो।, एक पाथी अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनले बताए। सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेसामा भने परिवर्तन हुन नसकेको विश्वकर्माको भनाइरहेको छ।, आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेसा ओझेलमा पर्न थालेको बताइन्छ।, लोप भए टुकी र दियालो, देखिनै छोडे आरन
सेतोपाटी संवाददाता देशभर थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १२७ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ८७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ६७२ जनाको पिसिआर गर्दा १२३ र २ हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित छन्।, बिहीबार ३१२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।, यस्तै काठमाडौंमा ३० संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १८ भक्तपुरमा ४ र ललितपुरमा ८ संक्रमित थपिएका छन्।,  , थपिए १२७ संक्रमित, तीनको मृत्यु
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथिहरूको लागि अतिथि गृह र सभाहल निर्माण गरेको छ।, नगरपालिकाले वडा नं. ९ केवलानीमा १६ कोठाको अतिथि गृह र सभाहल निर्माण गरेको हो।, हाल सभा हलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए।, अहिले पनि कोरोना संक्रमणको जोखिम यथावत् रहेकोले अस्थायी कोरोना अस्पताल तथा स्वास्थ्यकर्मीहरूको आवास व्यवस्थापन गरिएको घिमिरेले बताए।, दुई करोड २२ लाख रुपैयाँको लागतमा अतिथि गृह र १ करोड ५७ लाख रुपैयाँको लागतमा सभाहल निर्माण गरिएको नगरपालिकाका योजना प्रमुख प्रदीप वनले जानकारी दिए।, दुई विगाह क्षेत्रमा निर्माण गरिएको अतिथि गृह र सभाहलको बुधबार उद्घाटन समेत गरिएको छ।, तिलोत्तमा नगरपालिकाले बनायो दुई करोड बढी खर्चेर अतिथि गृह
सेतोपाटी संवाददाता नियमित परीक्षा सञ्चालनको माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्।, परीक्षा दिन पुगेका बिबिए प्रमथ वर्षका पहिलो सेमेस्टरका विद्यार्थीले बिनासूचना परीक्षा सारिएको भन्दै बुधबार दिउँसो कलेजमा तोडफोड गरेका हुन्।, विश्वविद्यालयले पटक/पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरेको विद्यार्थी आनन्द सहनीले बताए।, ‘६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि हामीले दिन पाएका छैनौं,’ उनले भने, ‘११ बजे परीक्षा दिन कलेज पुग्दा स्थगित भएको सूचना टाँसिएको थियो। पहिले परीक्षा नियन्त्रक कार्यालयका सरलाई खोज्यौं, शासनलाई खोज्यौं तर कोही भेटिएन त्यसपछि नारबाजी गर्यौं। आक्रोशमा आएर तोडफोड गर्‍यौं, मेन्टली प्रेसरले कहाँ गएर पोख्ने?’, प्रहरीका अनुसार विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेका हुन्।, तोडफोड गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ।, चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।, पक्राउ गरिएका विद्यार्थीलाई रिहा गर्न माग गर्दै विद्यार्थीले जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नाराबाजी गरेका थिए ।, नियमित परीक्षा सञ्चालनको माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा तोडफोड, चार विद्यार्थी पक्राउ
रासस नेपालको चौधौदेखि १७ औं शताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ।, चोरी गरी अमेरिका पुर्‍याइएका सम्पदाले सयौं वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ।, अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहका बीच आज पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थिति थियो। , अमेरिकाको एक संग्रहालय र एक ग्यालरीमा राखिएका उक्त (तीन थान) सम्पदा कूटनीतिक पहल गरी स्वदेश ल्याइएको छ।, यसरी ल्याइएकामा काठको कलात्मक तोरण, उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ। , फिर्ता गरिएका पुरातात्विक महत्वका तीन वस्तुमध्ये ‘रुविन म्युजियम अफ आर्ट’ अमेरिकाबाट प्राप्त भएका दुइटा छन्। जसमध्ये एउटा सत्रौं शताब्दीको कलात्मक काष्टतोरण रहेको छ, जुन ललितपुरको यम्पीमहाविहार (इवही) को प्रवेशद्वारमाथि रहकोमा मर्मत गर्ने क्रममा झिकिएको थियो। सन् १९८५ पछि कुनै वर्ष उक्त वस्तु चोरी भएको थियो। , अर्काे १४ औं शताब्दीतिरको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काठको कलात्मक वस्तु रहेको छ।, उक्त सम्पदा काठमाडौं महानगरपालिका-२४ को इटुम्बहाल परिसरमा रहेको शाक्यको कूलपूजा गर्ने देवाली घरको अगाडि पहिलो तलामा रहेको दायाँतर्फको झ्यालमा रहेको थियो। , सन् १९९७ मा उक्त सम्पदा हराएको थियो। यसरी हराएको सम्पदा विभिन्न माध्यम हुँदै अन्त्यमा दातामार्फत् उपहारको रूपमा अमेरिकाको उक्त संग्रहालयमा पुगेको पाइएको छ।, उक्त वस्तु फिर्ताका लागि म्युजियमले आफ्नै प्रयासमा अध्ययन गरी स्वेच्छिक रूपमा दिने आशय प्रकट गरेपछि कूटनीतिक पहलमा ल्याइएको हो।, सम्पदा लिएर उक्त म्युजियमका कार्यकारी निर्देशक जारिट वित्स्ची र उक्त सङ्ग्रहालयका प्रबन्ध निर्देशक मिचेल वेनेट सिमोरेल्ला आएका थिए। सङ्ग्रहालयले आफ्नै खर्चमा सम्पदा ल्याएको जानकारी गराइएको छ।  , त्यस्तै, अर्काे एउटा भने अमेरिकाको न्युयोर्कस्थित तिबेत हाउस ग्यालरीबाट ल्याइएको हो।, १३ औं शताब्दीको मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ।, उक्त मूर्ति श्री सभानन्दा नामका बौद्ध अनुयायीले उक्त स्थानमा संरक्षण गरी राख्नु भनी उपहारस्वरूप छाडेर गएका पाइएको छ।, उक्त मूर्ति काठमाडौंको ओमबहालस्थित न्हुछेबहाको रहेको छपाइएको छ। त्यहाँबाट कसैले चारी गरी लगेको थियो।, उक्त मूर्तिको मूल्य ३० हजार डलर (रु ३० लाख बढी) रहेको छ। , १७ औं शताब्दीको काठको कलात्मक तोरणको मूल्य एक लाख १० हजार अमेरिकी डलर (रु एक करोड १० लाख बढी) र १४औँ सताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला २२ हजार डलर (रु २२ लाख बढी) मूल्यको रहेको पुरातत्व विभागले जनाएको छ।, विभागद्वारा आज यहाँ आयोजित सम्पदा हस्तान्तरणका क्रममा मन्त्री आलेले सांस्कृतिक धरोहर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आफ्नै खर्चमा नेपाल ल्याएर हस्तान्तरण गरेकोमा सङ्ग्रहालयका प्रतिनिधिलाई धन्यवाद दिए।, सचिव न्यौपानेले  यस्ता पुरातात्विक तथा ऐतिहासिक सम्पदा विदेशमा अझै रहेकाले त्यसलाई पनि कूटनीतिक पहल गरी ल्याउने प्रयास भइरहेको बताए।, कला सम्पदाले भरिपूर्ण नेपाल सांस्कृतिक पुरातात्विक महत्वका हिसाबले विश्वमै विशिष्ट पहिचान बोकेको मुलुक हो।, पहिचानको धरोहरका रूपमा रहेको नेपालका यस्ता सांस्कृतिक सम्पदा नाश हुने क्रम जारी छ। चोरी तस्करी सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ। , केही अघिमात्रै ललितपुरको बालकुमारीको मूर्ति चोरी भएकोमा प्रहरकिो कडा निगरानीका कारण विदेशी निकासी गर्न नसकेपछि तस्करीले छाडेका अवस्थामा भेटिएको थियो। विगतका वर्षहरूमा भने यति धेरै सुरक्षा निगरानी नहुँदा मूर्ति चोरिएका कुरा स्पष्ट छ। ,  , स्वदेश ल्याइयो हराएका पुरातात्विक सम्पदा
सेतोपाटी संवाददाता बाराको कोल्हवी नगरपालिकाका एक वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोल्हवी-११ वडा कार्यालयमा कार्यरत वडा सचिव विनोदप्रसाद साहविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनका अनुसार भ्रष्टाचारको मुद्दा बुधबार दायर भएको हो।  , जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग वडासचिव साहले घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएको थियो।सूचनाको आधारमा हेटौंडाबाट खटिएको टोलीले विनोदप्रसादलाई तीन हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा गत माघ २० गते पक्राउ गरेको भण्डारीले बताए। , अख्तियारले अनुसन्धान गर्दा उनले जग्गा नामसारी सिफारिस गरिदिन तीन हजार पाँच सय रुपैयाँ घुस लिएको खुलेको जनाएको छ। , उनीमाथि तीन हजार पाँच सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजायको मागदाबी गरिएको छ।, बाराका वडा सचिवविरूद्ध भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता सिंगापुर एयरलाइन्सको जहाजमा काठमाडौंबाट जापान जान लागेका एक व्यक्ति पक्राउ परेका छन्।, अवैध तरिकाले जापानिज येन लुकाएर लैजान लागेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।, पक्राउ पर्नेमा स्याङजा मिर्मी गाउँपालिका-६ का ४८ वर्षीय रेश्मराज भट्टराई छन्।, मंगलबार दिउँसो १ बजे उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।, भट्टराईको साथबाट १५ लाख ९० हजार जापानिज येन बरामद गरिएको उनले बताए। चेकिङ क्षेत्रको एक्सरे मेसिनले ठूलो परिमाणको नगद देखाएपछि उनको झोला तलासी गरिएको थियो।, भट्टराईलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुरमा पठाइएको ढकालले बताए।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १६ लाख जापानिज येनसहित एक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको बिशालनगरस्थित मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलको झ्याल फुटाएर सामान चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , गोरखा गण्डकी नगरपालिका-५ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २४ वर्षीय सुरेश गिरी र बाँके नेपालगन्ज उपमहानगरपालिका-५का २२ वर्षीय गणेश क्षेत्रीलाई पक्राउ गरेको हो। उनीहरू गोंगबुबाट चोरिएका सामानसहित पक्राउ परेका हुन्।  , उनीहरूले विभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, मर्मतका लागि राखिएका १५ थान मोबाइल, एउटा गितार र २५ वटा स्मार्ट घडी समेत गरी जम्मा १६ लाख १२ हजार ५०० रुपैयाँ बराबरको सामान चोरी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , घटना अनुसन्धानको लागि महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , थप कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, महाराजगन्ज पठाइएको महाशाखाले जनाएको छ।, मोबाइल पसलबाट १६ लाख बराबरको सामान चोरी गरेको आरोपमा दुई पक्राउ
नारायण खड्का बाँकेमा मान्छेलाई आक्रमण गर्ने पाटेबाघ चितवन पठाइएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सामुदायिक वनबाट ,बुधबार नियन्त्रणमा लिएको, उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा थुनेर राख्ने बाँके निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।, ‘अन्यन्त्र बाघ राख्न ठाउँ नभएकाले हामीले चितवन पठाएका हौ’, साहले भने,‘त्यहाँ जंगलमा छोड्ने होइन, संरक्षण गरेरै राख्ने हो।’, बाघले पटकपटक स्थानीयलाई आक्रमण गरेपछि बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना, बाँके निकुञ्ज समेतको सहकार्यमा बाघलाई नियन्त्रण लिइएको हो।, पछिल्लो समय गत फागुन ८ मा बाघले राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई आक्रमण गरेको थियो।, साथै फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ।, त्यसअघि राप्ती सोनारी ६ फत्तेपुर ६ का २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ की ५३ वर्षीया लीला विष्टको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो।, बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुरमा समेत एकेक जनाको मृत्यु भएको थियो।, भदौ अन्तिम यता बाघले बाँकेका राप्ती र नरैनापुरमा गरी ५ जनाको ज्यान लिएको थियो।, यो पनि हेर्नुहोस्, बालबाल बाँचे बाघको मुखमा धकेलिएका दुई पाडा, खोजी अभियान स्थगित, मान्छेले बाघको मुखमा धकेलेका पाडाको कथा, बाँकेमा नरभक्षी बाघ समात्न पाडालाई बनाइँदैछ चारो, आजदेखि बाँकेमा नरभक्षी बाघको खोजी सुरू , मान्छे आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर चितवन पठाइयो
सेतोपाटी संवाददाता ११ जनाको संयुक्त लगानीमा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी नैन्हीको टोलीले बुधबार महोत्तरीको एकडारा गाउँपालिका-३ मा खेती गरिएको गाँजा नष्ट गरेको हो।, आठ कठ्ठा जमिनमा लगाइएको चार हजार १ सय बोट गाँजा फडानी गरी जलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।, स्थानीय गंगा मण्डल, चेतन मण्डल, श्यामसुन्दर मण्डल, दिनेश मण्डल, नागेन्द्र मण्डल, गणेश मण्डललगायतले गाँजा खेती लगाएका थिए।, आठ कठ्ठा जमिनमा लगाइएको गाँजा खेती नष्ट
नवीनबाबु गुरूङ बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रूपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन्।, काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होसार मनाउने परम्परा छ। शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउने गर्छन्। , भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरू हुन्छ। यस पटक बाँदर वर्ष पूरा भई चरा वर्ष सुरू भएको छ। , शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ। , बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने विश्वास रहेको छ। ल्होसार तिब्बतीय राज परम्पराबाट आएको र ल्होसार शब्द पनि तिब्बतीयन भएको बौद्धधर्मावम्बी पासाङ लामाले बताए। , उनले ल्होसार नयाँ वर्षको रूपमा रहेको र यसले हर्ष, उमंगलाई भर्ने जनविश्वास रहेको बताए।, बौद्ध धर्मावलम्बी लामाले भने, ‘यो ल्होसार भन्नाले नयाँ वर्षलाई जनाउँछ। ग्याल्पो भन्नाले राजालाई जनाउँछ। राज परम्पराबाट चलिआएको ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ। ल्होसार भन्ने बौद्धिष्टको महायान परम्परा मान्दै आएको यो ल्होसार हामीले मनाइरहेका छौं। ल्होसार तिब्बतबाट सुरू भएको हो। यो तिब्बतीयन शब्द हो।’, ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। , काठमाडौंको बौद्ध क्षेत्रमा शेर्पा समुदायको ल्होसार उल्लास हेरौं तस्वीरमा:, तस्बिरमा हेर्नुस्, ग्याल्पो ल्होसार
रासस पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण  सुरू गरिएको छ।, जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरू भएको हो। गरिबीको रेखामुनि परेका परिवारको तथ्यांक संकलन गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन्।, अहिले जिल्लाका सात वटै स्थानीय तहमा गणक तथा सुपरीवेक्षक परिचालन गरिएको छ।, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो कार्य सुरू गरेको हो।  , गरिब परिवार पहिचान गरी उनीहरूलाई राज्यको तर्फबाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले तथ्यांक संकलन गर्न थालिएकोले सही र सत्य विवरण संकलन गर्नुपर्नेमा जोड दिइएको छ। , यसको मूल्यांकन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ।, गाउँपालिकाको कार्ययोजना अनुसार गणक तथा सुपरीवेक्षक पाँच महिनासम्म फिल्डमा खटिएर तथ्यांक संकलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए। , स्थानीय तहहरूले मातहतका बासिन्दालाई सही तथ्यांक टिपाउन आग्रह गरेका छन्। उनीहरूले जति धेरै सत्यतथ्य सूचना संकलन भयो त्यति नै धेरै राज्यलाई सहजता र प्रत्यक्ष गरिब परिवारलाई राहत पुग्ने भएकाले झूटा विवरण नदिन आग्रह गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए।  , जिल्लाभर परिचालन हुने ४१ जना गणक तथा सुपरीवेक्षकलाई जिससले तालिमसमेत दिइसकेको छ।, पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण
रासस काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ।, बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।, हस्ताक्षरपछि प्रमुख शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेका थिए।, गएको कात्तिक १६ गते बसेको कामपाको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख उपलब्ध गराउने निर्णयअनुरुप बुधबार उक्त रकम उपलब्ध गराएको हो।, ‘आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेको देखेपछि यसलाई माथिल्लो तहसम्म पुर्‍याउन हामीले लगानी गरेका हौँ’, प्रमुख शाक्यले भने।, नेपाल भाषा स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले माग गर्दै आएका छन्।, ‘विगत केही वर्ष सञ्चालन भएका कक्षापछि विद्यार्थी नभएपछि कार्यक्रम रोकियो, तीन वर्षअघि २५ विद्यार्थीले अध्ययन गर्न पाउनुपर्ने माग राख्नै निवेदन दिएका थिए’, क्याम्पस प्रमुख ज्ञवालीले भने।, अहिले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, दुई शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ।, आरआर क्याम्पसमा नेपाल भाषा पढाइ हुने
रासस झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ।, केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो।, उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो।, आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालको भनाइ छ।, दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश। ‘यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालनपालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाँहि मुस्किल भयो,’ उनले भने।, छोराले मानसिक सन्तुलन गुमाएजस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समयअघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुबा सेवुवालले बताए।, यसैबीच सोही ठाउँका सामाजिक अभियानकर्मी कैशल भण्डारीले आकाशको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेका छन्। उनले राम्रो उपचार पाए बालक ठीक हुनसक्ने भन्दै सहयोगीसमक्ष आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका छन्।, साङ्लोमा ९ वर्षीय बालक
सेतोपाटी संवाददाता राष्ट्रिय भूमि आयोगले मोरङको सुन्दर-हरैंचा नगरपालिकामा जग्गाको नापजाँच सुरू गरेको छ।, बुधबारदेखि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरू गरेको हो।, सुन्दर-हरैंचा नगरपालिका वडा-१० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच सुरू गरिएको छ।, जग्गाको नापजाँचमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौला आफैं पुगेका थिए।, उनले राज्यले भूमिहीन, अव्यवस्थित बसोबासीलाई पहिलो प्राथमिकतामा काम गरिरहेको बताए। स्थानीय तहको निर्वाचन भन्दाअघि नै सुकुम्बासीले जग्गा पाउने अध्यक्ष निरौलाले बताए।, भूमि आयोगसँग सम्झौता गरी काम थालेको सुन्दर-हरैंचा पहिलो नगरपालिका हो।, मेयर शिवप्रसाद ढकालका अनुसार जग्गा नापजाँचका लागि चार वटा समूहमा प्राविधिक टोली खटिएको छ। स्थानीय तहको निर्वाचनअगावै सुकुम्बासीलाई लालपूर्जा दिने तयारी रहेको उनले बताए।, यो नगरपालिकामा १२ वटा वडा छन्। ती १२ वटैमा सुकुम्बासी र भूमिहीन दलित छन्।, ‘सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको पहिचान गर्ने काम सकिएको छ,’ मेयर ढकाल भन्छन्।, सुन्दर-हरैंचा नगरपालिकामा ६ हजार ७२ जनाले फारम भरेका छन्। उनीहरूका लागि नगरपालिकाले सलकपुरमा सेवा कार्यालय सञ्चालन गरेको छ।, सेवा कार्यालयले सुकुम्बासीको पहिचान, उनीहरूका समस्या, फारममा भएका त्रुटीहरू सच्याउने काम गर्छ र अन्तिम नामावली नगरपालिकामा पठाउँछ।, अन्तिम नामावली आएपछि नगरपालिकाको बोर्ड बैठकले ती नामहरूको अनुमोदन गर्छ।, नगरपालिका बोर्डमा मेयर, उपमेयर, दुई जना वडाध्यक्ष, एक दलित महिला, दुई जना कार्यपालिका सदस्य र राष्ट्रिय मान्यता प्राप्त सबै दलका एक-एक जना प्रतिनिधि हुने कानुनी व्यवस्था छ।, सर्वपक्षीय दलगत प्रतिनिधिसहितको बोर्डको परिकल्पना गरेका कारण आस्था वा विचारका आधारमा सुकुम्बासीलाई व्यवहार गर्ने छुट नरहने भएकाले भेदभावरहित ढंगले लालपूर्जा वितरण हुन्छ भनिएको छ।, मोरङका सुकुम्बासीलाई लालपूर्जा दिन धमाधम काम, सुन्दर-हरैंचामा सुकुम्बासीका लागि जग्गा नापजाँच सुरू
सुसन चौधरी सामाजिक सञ्जालमा अहिले एउटा जोडीको बिहेको भिडिओ भाइरल छ।, यो जोडी हो अमेरिकाको भर्जिनिया बस्ने किरण पछाई र अनुजा दाहाल। उनीहरूले नेपाली परम्परागत शैलीमा भर्जिनियामै बिहे गरेका हुन्।, भिडिओमा बेहुली अनुजाले बेहुला किरणको खुट्टा ढोगेपछि किरणले पनि अनुजाको खुट्टा ढोग्छन्।, 'बिहेमा दुहलीले दुलाहाको खुट्टा ढोग्नुपर्छ भनिन्छ,' किरणले भने, 'अनुजाले मेरो खुट्टा ढोगेपछि मैले पनि सम्मानस्वरूप उनको खुट्टा ढोगेको हुँ।', सन् २००६ मा किरणकी आमाको डिभी परेर परिवारै अमेरिका गएका हुन्। सुरूमा उनीहरू कोलोराडो बस्थे। किरण पेसाले सफ्टवेयर इञ्जिनियर हुन्। सन् २०१६ मा उनी कोलोराडोबाट भर्जिनिया सरे। साथीहरूसँग घुम्न जाने क्रममा अनुजा र उनको भेट भयो। भेटेको झन्डै तीन वर्षपछि दुवैले घरमा बिहेको कुरा राखे र मिलेपछि फेब्रुअरीमा बिहे तय भएको हो।, बिहेको त्यो क्षण सम्झिँदै अनुजाले भनिन्, 'उनले खुट्टा देऊ भन्दा म पनि अलमल्ल परेँ। तर खुट्टा ढोगेपछि, दुवै बराबर भएको महसुस भयो। एकअर्कालाई सम्मान भएकाले खुसी लाग्यो।', अनुजाकी बहिनीले उक्त भिडिओ टिकटकमा राखिदिइन्। केही समयमै भिडिओ भाइरल भयो।, अहिले यो जोडीलाई टिकटकमा 'ढोगाढोग जोडी' पनि भनिन थालिएको छ।, यी दम्पतीको भिडिओ भाइरल भएपछि समाजशास्त्रीहरूले यसबारे सकारात्मक प्रतिक्रिया दिएका छन्।, 'महिला-पुरुषको सम्बन्ध समान हो भन्ने कुरा उहाँहरूको विवाहमा झल्किन्छ,' त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्रध्यापक प्रेम चलाउनेले भने, 'केटीले खुट्टा ढोगेपछि केटाले पनि खुट्टा ढोग्नु भनेको समान अस्तित्व झल्किनु हो।', हाल टिकटकमा उक्त भिडिओ तीन लाख बढीले हेरिसके।, मण्डपमा बेहुलीको खुट्टा ढोगेका किरण भन्छन्- अनि बराबर महशुस भयो (भिडिओ)
डाक्टर अरूण शाही ठूलो आन्द्राको क्यान्सर भन्नाले ठूलो आन्द्राको कोषिकाहरू अनियन्त्रित भएर विभाजित हुनुलाई जनाउँछ। , संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ। , नेपालमा पनि ठूलो आन्द्राको क्यान्सर भएकाहरुको संख्या दिन दिनै बढ्दो छ । विकसित देशहरुमा ठूलो आन्द्राको क्यान्सर निकै सामान्य भइसके पनि नेपालमा यसबारे जनचेतनाको अभावले र समयमा निदान तथा उपचार हुन नसक्दा ठूलो जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ ।, ठूलो आन्द्राको क्यान्सरको सुरूवात आन्द्राको भित्रपट्टिको माथिल्लो तहमा मासुको डल्लो (पोलिप) पलाउनाले हुने गर्छ। , सबै पोलिप सुरूको अवस्थामा हानिकारक हुँदैनन्, तर यि (पोलिप) हरूलाई समयमै पहिचान गरेर निकाल्न सकिएन भने, भविष्यमा यसबाट ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना रहन्छ।, जोखिमका कारण, मोटोपना, अल्छी , व्यायाम कसरत नगर्ने, अत्यधिक मात्रामा धुम्रपान र मध्यपान सेवन गर्ने, धुँवामा सेकेको खानेकुरा (सेकुवा, सुकुटी) बढी खाने , सागसब्जी कम खाने र रातो मासु बढी खाने , प्रशोधीत खानेकुराहरू, अरू केही यस्ता पनि जोखिमका कारण छन् जुन हामीले परिवर्तन गर्न सक्दैनौं। जस्तै बढ्दो उमेर इन्फलामेटी बावेल डिजीज, परिवारमा कसैलाई यस्तो रोग भएको वंशाणुगत कारण छन् भने ठूलो आन्द्रामा क्यान्सरको जोखिम हुने सक्भावना बढेर जान्छ। , यस्तो अवस्थामा होसियार हुन जरूरी छ। उमेर पुगिसकेपछि स्क्रीनिङमा जान जरूरी हुन्छ। स्क्रीनिङ जाँचले समयमै रोगको पहिचान गर्न सहयोग गर्छ। जसले गर्दा रोग समयमा निर्मुल पार्न सकिन्छ।, ययसका लागि निम्न जाँचहरू स्क्रीनिङबाट गर्न सकिन्छ।, दिसामा रगतको जाँच , दुरबिन प्रयोग बाट ठूलो आन्द्राको जाँच, सिटी कोलोनोग्राफी, कोलोगार्डद्धारा दिसामा सम्भावित क्यान्सर कोषिकाको डिएनए हेर्न सकिन्छ।, यी जाँचको संवेदनशीलता लगभग ९२ प्रतिशत हुन्छ।, हामी सबैले मान्ने नियमामक संस्था अमेरिकन क्यान्सर सोसाईटीको गाईडलाइन अनुसार ४५ वर्षको उमेरबाट सुरू गरेर सबैले प्रत्येक १० वर्षमा एकचोटि कोलोनोस्कोपी जँच गर्ने। , यसका साथै दिशामा क्यान्सर कोषिकाको डिएनए जाँच ३ वर्षमा एक चोटि गर्न सकिन्छ।, उच्च जोखिमका कारण भएको परिवारका व्यक्तिले कोलोनोस्कपी अथवा अरु स्क्रीनिङका जँच ४५ वर्षको उमेरभन्दा पछि चिकित्सकको परामर्श लिएर गर्न सकिन्छ।, लक्षणहरू, यस बिषयमा ध्यान दिन नसकेका कारण यसले भयाबह रुप लिँदै गएको छ। नेपालभर क्यान्सर परीक्षणको सुविधा नहुनु, उपचारका लागि विषेशज्ञहरुको संख्यामा कमी हुनु र यस रोगबारे अध्ययन अनुसन्धान नहुनु नै यो समस्या बढ्नुका मुख्य कारणहरु हुन्।, ठूलो आन्द्राको क्यान्सर भएमा दिशामा रगत देखिने, नाइटोमुनिको भाग दुख्ने, तौल कम हुँदै जाने, खाना खान मन नलाग्ने,  छिट्टै थकान महसुस हुने,  दिशा ठीक नहुनु  (कहिले पखाला लाग्ने कहिले कब्जीयत हुने) जस्ता लक्षणहरु देखिन्छन् ।, ठूलो आन्द्राको क्यान्सर भएको थाहा पाउन यसका विभिन्न लक्षणहरुको अध्ययनसँगै र जाँचहरु गर्नुपर्दछ ।, सुरूको अवस्थामा धेरैजसो मानिसमा यो रोगका केही पनि लक्षण नदेखिनाले सबैको उमेर पुगिसकेपछि स्क्रीनिङ जाँच महत्वपूर्ण मानिन्छ।, तर विडम्वना ढिलो अवस्थामा गएर मात्र यो रोगका लक्षण देखा पर्छन्। जस्तै पेट दुख्ने र पेट फुल्ने, दिसामा रगत देखिने, कहिले पातलो दिसा, कहिल कब्जियत हुने, दिसा राम्रोसँग निकास नहुनु, विना कारण शरीरको तौल घटनु र अनावश्यक थकान महशुस हुनु।, उपचार, नेपालमा ठूलो आन्द्राको क्यान्सरको जाँच र परीक्षण गर्ने बिषयमा जनचेतना बढाउन र यसवाट बच्ने उपाय अनि यसको उपचारको बारेमा थाहा पाउनु अति नै जरुरी छ। ठूलो आन्द्राको क्यान्सर हुनुअगावै पत्ता लगाउन सकियो भने धेरैको जीवन जोगाउन सकिन्छ।, शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी नै उपचारका मुख्य प्रविधि हुन्। , ठूलो आन्द्रको क्यान्सरको स्टेज अनुसारको उपचारका प्रविधि फरक-फरक हुन्छन्।, जोखिमका कारण न्यून गर्ने उपाय, खुशाीको खबर यो छ कि, यदि हामीले हाम्रो जीवनशैलीलाई अनुसाशित र स्वस्थ्य बनाउन सकियो भने धेरै हदसम्म यो रोग लाग्नबाट आफूलाई बचाउन सकिन्छ जसका लागि हामीले निम्न कुरामा ध्यान दिन जरूरी छ।, बोसोयुक्त खानेकुरा, रातो मासु, प्रशोधित खाना कम गर्ने, फलफूल र सागसब्जी तथा रेसायुक्त खानेकुरा आफ्नो दैनिक खानामा राख्ने।, दैनिक शारीरिक कसरत जस्तै योगा, व्यायाम गरी आफ्नो तौल नियन्त्रण गर्ने। , मध्यापन र धुम्रपानबाट टाढा बस्ने, अन्त्यमा ठूलो आन्द्राको क्यान्सरलाई यदि हामीले समयमा पहिचान गरी उपचार गर्‍यौं भने यसको निदान शतप्रतिशत सम्भव छ।, त्यसैले आजैदेखि स्वस्थ्य जीवनशैली अपनाएर उमेर पुगिसकेपछि चिकित्सकसँग परामर्श गरि नियमित स्क्रीनिङ जाँच गरौं।, यसो गर्दा हामीले आफू र हाम्रो समाज तथा देशलाई ठूलो आन्द्राको क्यान्सरमुक्त बनाउन सहयोग पुग्छ।, ठूलो आन्द्राको क्यान्सरबारे जान्नैपर्ने महत्वपूर्ण कुरा
सेतोपाटी संवाददाता बाँकेको खजुरा बजारमा शंकास्पद बस्तु फेला परेको छ।, उक्त शंकास्पद बस्तु निक्रिय बनाउन नेपाली सेनालाई बोलाइएको प्रहरीले जनाएको छ।, खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित खजुरा बजारको पृथ्बी चोकमा आज बिहान प्रेसर कुकरमा शंकास्पद बस्तु देखिएपछि निक्रिय बनाउने तयारी रहेको डिएसपी मधुसुदन न्यौपानेले बताए।, ‘शंकास्पद बस्तु निक्रिय बनाउन सेनालाई खबर गरिएको छ,’ उनले भने, ‘शंकास्पद बस्तु राख्ने समूहको खोजी भइरहेको छ।’, स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगिसकेको छ।, बाँकेको पृथ्वीचोकमा शंकास्पद बस्तु फेला
सेतोपाटी संवाददाता संखुवासभाको चैनपुर नगरपालिका–७ बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन्।, सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ बर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।, अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाइराखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरेको प्रहरी निरीक्षक खतिवडाले बताए।, श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला प्रहरी प्रहरी निरीक्षक खतिवडाले बताए।, श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।, थप अनुसन्धानका लागि रतुवा मृत चैनपुर सबडिभिजन वन कार्यालय पोखरी पठाइएको छ।, पक्राउ परेका श्रेष्ठलाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरिएको छ।, रतुवा मृग मारेको आरोपमा एक पक्राउ
निशा भण्डारी प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।, पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ।, वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्।, शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ।, फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।, माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ।, व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।, यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।, राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ।, कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ।, यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव मिलनकुमार थापाले बताए।, चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उनले बताए।, तस्बिरहरू:, पशुपतिमा शिवरात्रिको रौनक (तस्बिरहरू)
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ। पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरेर ट्राफिक व्यवस्थापन गरेको हो।, अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरुको भिडभाड अत्यधिक भई सवारी सञ्‍चालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्‍चालनको व्यवस्था मिलाएने महाशाखाले जनाएको छ।, दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्‍चालन गर्न नसक्ने अबस्था आएमा मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरि वैकल्पिक मार्गबाट सवारी सञ्‍चालनको व्यवस्था मिलाइएको छ।, बिभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ्ग र तिलगंगा करिडोरमा पार्किङ्गको व्यवस्था मिलाएको छ।, यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र बनकाली क्षेत्रमा अन्य अत्याबश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।, ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्‍जिव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएकाले चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्‍चालनको व्यवस्था मिलाइएको जानकारी दिए।, उनले तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई  सो खण्डमा निषेध गरि डाईभर्सनको प्रबन्ध मिलाइएको बताए।, महाशिवरात्री अबधीभरको ट्राफिक व्यवस्थापनलाई व्यबस्थित बनाउन करिब नौ सय ट्राफिक प्रहरी परिचालन भएको जानकारी दिए।, ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरेको छ।, आज काठमाडौंका कुन क्षेत्रमा चल्‍ने सवारी साधनले कुन बाटो प्रयोग गर्ने? (रूटसहित)
रासस कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन्।, कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ।, सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।, कर्णालीमा पौडी खेल्न गएका युवक बेपत्ता
सेतोपाटी संवाददाता धरानको एउटा गेष्ट हाउसमा महिलाको शव फेला परेको छ। हत्या गरिएको अवस्थामा पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएकी अन्दाजी ४० वर्षकी सुमित्रा तामाङको शव फेला परेको हो।, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ती महिलासँगै बसेका पुरुष भने फरार छन्।, धरान उपमहानगरपालिका-१७ स्थित कान्तिपुर गेष्ट हाउस एन्ड लजमा उनीहरू फागुन १५ गते आएर बसेका थिए।, ‘मंगलबार राति हत्या गरेर पुरुष फरार भएको बुझिएको छ,’ कुँवरले सेतोपाटीसँग भने।, कुँवरका अनुसार महिलाको अनुहारमा चोट पटक छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।, ‘मृतकका आफन्तलाई खबर गरेका छौं, आफन्त आएपछि शवको मुचुल्का तयार पारी अनुसन्धान अघि बढाउँछौं,’ कुँवरले भने, ‘फरार व्यक्ति को थिए भन्ने थाहा भइसकेको छ, उनको खोजी भइरहेको छ।’, धरानको गेष्ट हाउसमा महिलाको हत्या, सँगै बसेका पुरुष फरार
रासस स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन्।, तुलसीपुर उपमहानगरपालिका-१३ फूलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि  खानेपानीको व्यवस्था  छैन।, वि.सं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य  चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए।, ‘सबैभन्दा समस्या हाम्रो स्वास्थ्य चौकीमा खानेपानीकै छ, यहाँ पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था छ’, उनले भने, ‘यहाँ कार्यरत कर्मचारीले पनि घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ।’, बिरामीलाई पनि कहिलेकाहीँ औषधि खुवाउन कर्मचारीले नै पानी ल्याएर खुवाउनुपर्ने अवस्था छ। , धारा जडानका लागि पटक-पटक सम्बन्धित निकायमा आग्रह गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन।, कार्यालयमा स्यालो ट्युबेल जडान गर्न सकिने भएकाले यसका लागि पनि  भने छलफल अघि बढाइएको इञ्चार्ज डाँगीले बताए। , उक्त स्वास्थ्य चौकीमा एक अनमी, दुई अहेब, एक जनस्वास्थ्य निरीक्षक, एक  ल्याब असिस्टेन्ट कार्यरत छन्। त्यहाँ ल्याब, बर्थिङ सेन्टरलगायत सेवा पनि सञ्चालनमा रहे पनि मापदण्डअनुसारको भवन नहुँदा पनि समस्या भएको इञ्चार्ज डाँगीका भनाइ थियो।, ‘हामीसँग १० कठ्ठा जग्गा छ, त्यहाँ राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिन्थ्यो’,उनले भने, ‘अहिलेसम्म पुरानै भवनमा छौं, मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको छ।’, एउटा कोभिड भवन पनि आवश्यक रहेको इञ्चाज डाँगीको भनाइ थियो। , बर्थिङ सेन्टरमा मासिक छ जना  , स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा मासिक सरदर छ जनाले सेवा लिने गरेका  छन्  भने ल्याब सेवामा मासिक सरदर २०–२२ जनाले सेवा लिने गरेका छन्। ल्याबका लागि चाहिने आवश्यक सामग्रीसमेत उपमहानगरपालिकाले  उपलब्ध नगराएकाले कर्मचारीले नै  ल्याउनुपर्ने अवस्था छ। ,  , राज्यमन्त्रीको चासो , उक्त स्वास्थ्य चौकीबारे गुनासो बढेपछि बल्ल लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री(वली)ले चासो देखाएकी छन्। , उनले  स्वास्थ्य चौकीको अनुगमनपछि त्यसलाई सुधार गर्न पहल थाल्ने बताइन्।, ‘त्यहाँ पानीको पनि समस्या देखियो, सामग्री पनि आफैं खरिद गर्नुपर्ने अवस्था देखियो, भवनको पनि त्यतिकै समस्या रहेछ’,उनले भनिन्,‘यो समस्या समाधान गर्न म पहल गर्छु।’, जहाँ बिरामीका लागि घरबाटै ल्याउनुपर्छ पानी
राजेश घिमिरे सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा ३० महिना जेल बसेपछि निर्दोष साबित भएका सैनिक जवान लवकुमार गुरूङले सेनाका चार जना अधिकृतविरूद्ध आइतबार किटानी जाहेरी दिएका छन्।, गुरूङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर गणमा कार्यरत महासेनानी राजेन्द्रमणि गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्वय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन्।, गुरूङ निर्दोष साबित भएपछि २०७८ भदौ १८ गते भरतपुर कारागारबाट रिहा भएका थिए।, जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जाहेरी लिन नमानेपछि उनले आइतबार सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गराएका हुन्।, गुरूङले आफूलाई चरम यातना दिएर जबर्जस्ती दोषी साबित गराएको भन्दै न्यायका लागि सोही गणमा कार्यरत सैनिक अधिकृतहरूविरूद्ध किटानी जाहेरी दर्ता गराएको सरकारी वकिलको कार्यालयले जनाएको छ।, उनी न्यायका लागि एड्भोकेसी फोरम नेपालका कानुन अधिकृत अधिवक्ता कुमारप्रसाद थपलियालाई लिएर सरकारी वकिलको कार्यालय पुगेका थिए। गणको सैनिक हिरासतभित्र रहँदा मानसिक र शारीरिक यातना दिएर जबर्जस्ती आफूलाई दोषी ठहर्‍याइएको उनले जाहेरीमा उल्लेख गरेका छन्।, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९, हँडिया स्थायी घर भई तत्कालीन समय उक्त गणमा कार्यरत गुरूङलाई ‘केआर १००७९३’ एसएमजी (सर्ट मेसिनगन) चोरी गरेको अभियोगमा २०७५ पुस २ गते हिरासतमा राखिएको थियो। उनीसँगै सिपाही सरोज गुरूङ र चुबी गुरूङलाई पनि सोही अभियोगमा हिरासतमा राखिएको थियो।, समरी अदालतबाट कारागार चलान भएका लवकुमारलाई १० र सरोजलाई ७ वर्ष जेल सजाय तोकिएको थियो। चुबीलाई भने सेवाबाटै बर्खास्त गरिएको थियो।, कालीबहादुर गणबाट हराएको हतियार अर्कै व्यक्तिले चोरी गरेको खुलेपछि उनीहरूले सफाइ पाएका थिए। काठमाडौंको दी फेमस महिन्द्र दल गणमा कार्यरत नीलकण्ठ–१०, धादिङका भरत गुरूङको हत्या अनुसन्धान क्रममा उक्त हतियार सोही गणका गंगाधर ढकालले चोरी गरेको पाइएपछि सैनिक अदालतको फैसला गलत साबित भएको थियो।, चितवन घर भएका ढकाल विगतमा कालीबहादुर गणमा काम गरेर दी फेमस महिन्द्र दल गणमा सरूवा भएका थिए।, गत साउन ७ गते बिहान भरतपुर–१७ स्थित नालामा गोली लागेको अवस्थामा भरत गुरूङको शव फेला परेको थियो। भरतको हत्या आरोपमा चितवन प्रहरीले ढकाललाई भरतपुर महानगरपालिकाको चनौली बजारबाट पक्राउ गरेर अनुसन्धान गर्दा हत्यामा ‘केआर १००७९३’ एसएमजी नै प्रयोग भएको देखिएको थियो।, ढकालले बयान क्रममा उक्त हतियार र गोली कालीबहादुर गणबाटै चोरेर ल्याएको स्वीकारेका थिए। साथै, सोही हतियार चोरीको अभियोगमा जेलमा रहेका कसैलाई नचिनेको बयान उनले दिएका थिए।, लवकुमारले आफूलाई पक्राउ गरी हतकडी र आँखामा पट्टी बाँधेर असह्य पीडा हुने गरी कुटपिट गरिएको, कुटीकुटी बेहोस बनाएर झ्यालको डन्डीमा झुन्ड्याइएको किटानी जाहेरीमा उल्लेख गरेका छन्। अनुसन्धानकै क्रममा हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट खुर्सानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइएको पनि उनले उल्लेख गरेका छन्।, कसुर स्वीकार नगरे श्रीमतीलाई भारतको बम्बई लगेर बेचिदिन्छु, त्यही पैसाले हराएको हतियार किन्छु भनेर धम्क्याउँदै मानसिक यातना दिने गरेको उनको आरोप छ। उक्त सजायका कारण आफू अहिले मानसिक तथा शारीरिक रूपमै विक्षिप्त भएको उनले सेतोपाटीलाई बताए।, बस्न, सुत्न र उठ्न अरूको सहारा आवश्यक पर्ने अवस्थामा पुगेको भन्दै उनले सेनाले लगाउने पहिरन देख्दा पनि मन आत्तिने गरेको बताए।, उनले जाहेरीमा निर्दाेष व्यक्तिलाई दोषी साबित गरी कारबाही गराएर मानहानि गरेको भन्दै दोषीमाथि हदैसम्म कारबाही र क्षतिपूर्तिसमेत माग गरेको बताएका छन्।, २०७८ साउन ७ गते गंगाधर ढकाल दोषी देखिएपछि लवकुमार जेलमुक्त भएका थिए। हत्या आरोप लागेका गंगाधर २५ वर्ष कैद सजाय पाएर हाल कारागारमा छन्। लवकुमार भने २०७८ पुस १ देखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएर बसेका छन्। उनीसँगै छुटेका तामाङ गणमै कार्यरत छन्।, जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले लवकुमारले दिएको जाहेरीलाई सम्बन्धित गणमा पठाइएको बताए।, ‘प्रहरीले अफ्नो क्षेत्राधिकारमा नपर्ने भनेपछि हामीकहाँ आउनुभएको थियो। सैनिकले सैनिकलाई यातना दिएको जाहेरी भएकाले हामीले जाहेरी दर्ता गरेर सम्बन्धित अड्डा कालीबहादुर गणमा पठाएका छौं,’ उनले भने, ‘अब यो प्रक्रियागत रूपमा अघि बढ्दै जाला।’, न्यायका लागि एड्भोकेसी फोरम नेपालका कानुन अधिकृत अधिवक्ता कुमारप्रसाद थपलियाले गुरूङ सैनिक हिरासतमा रहँदा आफूलाई कठोर यातना दिइएको र त्यसको असर अझै बाँकी रहेको भन्दै न्यायको खोजी गर्दै संस्थामा आइपुगेपछि सहयोग गरेको सेतोपाटीलाई बताए।, ‘यातनालाई सैनिक अदालतको मात्रै विषय नबनाइयोस् भनेर नीतिगत तहमै ध्यानाकर्षण गराउन प्रयास गरिरहेका छौं। फौजदारी संहिताअनुसार यातनाको उजुरी दिने हदम्याद ६ महिनाको हुने र त्यो हदम्याद १८ गतेसम्म मात्रै हुने भएकाले हामीले दर्ता गरेका छौं,’ उनले भने, ‘अब हाम्रो संस्थाले उनको पक्षमा निशुल्क बहस पैरबी गर्ने छ।’, थपलियाले लवकुमारको अहिलेको शारीरिक अवस्थाको स्वास्थ्य जाँच पनि चलिरहेको बताए।, ३० महिना जेल बसेर निर्दोष साबित सैनिकले दिए सेनाका चार अधिकृतविरुद्ध जाहेरी
दिपकजंग शाही कर्फ्यूपछि सुर्खेतको वीरेन्द्रनगर बजार शान्त बनेको छ। एमसिसीको विरोधमा सोमबार भएको प्रदर्शनमा सहभागी केही समूह उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ।, वीरेन्द्रनगरमा रहेका विभिन्न पार्टी कार्यालयहरू र प्रहरी बीचमा प्रदर्शनकारीहरूले क्षति पुर्‍याउन थालेपछि प्रशासनले कर्फ्यू जारी गरेको हो।, कर्फ्यू जारी भएको क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।, यस्तै, आज बिहान वीरेन्द्रनगरस्थित यरीचोकमा केही मानिसले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। पसल बन्द गराउन गएको प्रहरी टोलीसँग उनीहरूले प्रतिवाद गरेका थिए। त्यसक्रममा सामान्य झडप समेत भएको थियो।, पाँच जनालाई प्रहरीले आजै पक्राउ गरेको जिल्ला प्रहरी कार्याल सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।, आज र हिजो गरी सुर्खेतमा प्रदर्शनमा उत्रिएका २३ जना प्रहरी नियन्त्रणमा छन्।, डिएसपी घर्तीका अनुसार सोमबारको प्रदर्शनका क्रममा दुई जना सर्वसाधारण घाइते भएका छन्। एमाले पार्टी कार्यालय गेटमा प्रदर्शनकारीले आगो बाल्ने क्रममा प्रहरीसँग झडप भएको थियो।, उक्त झडपमा परी पार्टी कार्यालय नजिकैको विष्णु होटलका सञ्चालक ३८ वर्षीय रणबहादुर डाँगी र शाही खाजाघरकी १२ वर्षीया सुजाता शाही घाइते भएका छन्।, प्रहरीका अनुसार रणबहादुरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। उनको टाउकोमा चोट लागेको छ।, सुजाताको भने तीन वटा दाँत झरेका छन्। उनको वीरेन्द्रनगरकै माया नर्सिङ होममा उपचार भइरहेको डिएसपी घर्तीले बताए।, यस्तै केही प्रहरी पनि घाईते भएका छन्। घाइतेमध्ये १२ जना प्रहरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।, सोमबार बेलुका प्रदर्शनकारीहरूले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको कार्यालयमा क्षति पुर्याएका छन्। माओवादी र कांग्रेस पार्टी कार्यालयमा सिसा फुटेका छन् भने एमाले पार्टी कार्यालयको बोर्ड जलाइएको छ।, सोमबार बेलुका नै कर्फ्यू आदेश जारी भएकै बेला प्रदर्शनकारीले मंगलगढी चोकमा रहेको प्रहरी बिट जलाइदिएका छन्।, क्षतिको यकिन विवरण निकाल्न प्रहरीले मुचुल्का उठाइरहेको छ।, कर्फ्यूपछि शान्त वीरेन्द्रनगर, प्रदर्शनका क्रममा घाइते भएका एक जनालाई काठमाडौं रिफर
नवीनबाबु गुरूङ नेपाली सेनाले भव्यरूपमा सेना दिवस मनाएको छ। , शिवरात्रि तथा सेना दिवसका अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको भव्य कार्यक्रममा सेनाले बढाइँ तथा सैनिक कला प्रदर्शनी गरेको छ।, समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको ब्यानर प्रदर्शनी गरिएको थियो।, कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थ सरकारी अधिकारीको सहभागिता थियो।, हेर्नुहोस् तस्बिरहरू, सेना दिवसमा बढाइँ तथा सैनिक कला प्रदर्शनी (तस्बिरहरू)
सेतोपाटी संवाददाता महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ।, बिहान आठ बजेसम्म भक्तजनले सहज रूपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए। आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो। आठ बजेपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको हो।, पशुपतिनाथको नियमित रुपमा दर्शन गर्ने भक्तजनले बिहान सात बजेअघि नै दर्शन गरिसकेका थिए।, पशुपतिनाथमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीहरुले खुशी व्यक्त गरेका छन्।, महाशिवरात्रीको अवसर पारेर मंगलबार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरुले सहज र आनन्द हुनेगरी दर्शन गर्ने व्यवस्था गरेको भन्दै खुलेर प्रशंशा गरेका हुन्। काठमाडौं कलंकीकी नारायणी खड्काले धेरै आनन्दसँग पशुपतिनाथको दर्शन गर्न पाइएको बताइन्। ज्येष्ठ नागरिकसहित दर्शन गर्न पुगेकी उनले दर्शन गर्नेले विगतमा जस्तो भिड व्यहोर्नु नपरेको अनुभव सुनाइन्।, धेरै व्यवस्थित ढंगले पशुपतिनाथको दर्शन गर्ने व्यवस्था गरेको स्याङ्जा गल्याङकी माया तिवारीले बताइन्। उनले मज्जाले दर्शन गरिएको भन्दै खुशी व्यक्त गरिन्।, आठ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। अहिले पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर नजिक, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक पुगेको उनले बताए।, महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको सुरक्षा उपसमिति संयोजकसमेत रहेका कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।, महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रुपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको छ। पशुपति क्षेत्रका १० स्थानबाट आज निःशुल्क गुर्जो चिया र धुलो वितरण भइरहेको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए।, पशुपति क्षेत्रका राममन्दिर, १५ शिवालय, मृगस्थली, तिलगङ्गा, हंसमण्डप, उमाकुण्ड, गुह्येश्वरी, गौरीघाट, भुवनेश्वरी र मित्रपार्क क्षेत्रबाट गुर्जोको चियासहित धुलोको निःशुल्क सेवा दिइएको उनले सुनाए। , प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । महाशिवरात्रिका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो। , आज रातिसम्म पशुपतिनाथमा दर्शन गर्न चाहनेका लागि सेवा दिइने कोषले जनाएको छ। पशुपतिनाथ मन्दिरमा आज चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ।, पशुपतिनाथमा दर्शन गर्न सहज, आधा घन्टामा पालो आउने
रासस महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाणले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन्।, पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाण बिहान पशुपतिनाथ गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए। महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।,  , बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजन आएका थिए।, तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो। आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने कोषले जनाएको छ। , महाशिवरात्रिका अवसरमा साढे १२ बजेसम्म करिब साढे तीन लाख भक्तजनले दर्शन गरिसकेका छन्।, आज करिब १० लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गर्ने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।, गृहमन्त्रीले गरे पशुपतिनाथमा पूजा
रासस बाँकेको खजुरामा आज बिहान फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।, खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारको मुख्य चोकमा प्रेसर कुकरमा 'नो एमसिसी' लेखेर राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। , उनका अनुसार बजारको मुख्य चोकमा शंकास्पद वस्तु रहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरी निष्क्रिय बनाउनका लागि नेपाली सेनाको भैरवप्रसाद गणमा खबर गरिएको थियो।, नेपालगञ्ज गुलरिया सडकखण्ड अन्तर्गत खजुराको बीच बजारमा बम फेला परेपछि केही समय सडक अवरूद्ध भएको थियो। सेनाले बम निष्क्रिय पारेसँगै यातायात सञ्चालनमा आएको उनले बताए।, खजुरामा फेला परेको बम निष्क्रिय
राजेश घिमिरे के तपाईं नारायणगढ–बुटवल सडकमा यात्रा गर्नुभएको छ? गर्नुभएको छ भने अवश्य पनि तपाईंको यात्रा कष्टकर भयो होला।, यदि पहिलो पटक यात्रा गर्दै हुनुहुन्छ भने मानसिक रूपमा तयार भएर निस्कनुहोला, तपाईंले गर्न लागेको यात्रा सहज हुनेवाला छैन।, निर्माणका क्रममा भत्किएको बाटो र पक्की पुल निर्माणका लागि बनाइएका डाइभर्सनका कारण सडकको यात्रा निकै पट्यार लाग्दो हुनेछ।, यो सडक खण्डलाई एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको ३६ महिना पूरा भयो। ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको प्रगति अहिलेसम्म करिब १५ प्रतिशतमात्रै छ ।, पानी पर्दा हिलो, घाम लाग्दा धुलो महिनौंदेखि यो सडकको पहिचान बनिरहेको छ। त्यसमाथि पटक–पटक डाइभर्सन नै बगेर भएको राजमार्ग बन्दको सास्ती त कति हो कति।, मोटरसाइकलमा यात्रा गर्दैगर्दा भेटिएका कावासोतीका शंकर आचार्यले सडकका कारण यात्रुले निकै दुःख पाउने गरेको बताए।, ‘कहिलेसम्म यसैगरी सास्ती भोग्नुपर्ने हो थाहा छैन। मैले हाम्रा जनप्रतिनिधिहरूलाई पनि यो बाटो बनेर कहिले सकिने हो भनेर सोधें तर उहाँहरूलाई पनि केही मेसो रहेनछ,’ उनले भने, ‘नारायणगढ पुगेर फर्किंदा कपडा अर्कै रंगको भइसकेको छ। फोहोरले आँखै भरिन लागिसक्यो।’, उनले सरकारी निकायको निगरानी नपुग्दा काममा ढिलाइ हुँदै आएको बताए।, राजमार्ग विस्तारमा भएको ढिलाइका कारण व्यापारीहरू पनि मारमा परेका छन्।, गैंडाकोट-१० का व्यापारी विष्णु प्रसाद पौडेलले व्यापार चौपट भइरहेको सुनाए।, ‘बाटोको धुलोका कारण ग्राहक नै आउँदैनन्, पसल कुर्ने बस्नेमात्रै काम भइरहेको छ,’ उनले भने, ‘कहिले बनेर सकिने हो भन्ने नै थाहा भएन।’, अर्का व्यवसायी विवेक थापाले सडक अत्यधिक जाम हुने भएकाले बिक्रीका लागि तरकारी, फलफूल समयमा पसलमा ल्याउनै नसकेको बताए।, ‘बिहान पसल खोल्न आउँदा, राति पसल बन्द गरेर घर फर्किंदा कति समय लाग्छ भर हुँदैन। बाटोमा उड्ने धुवाँ, धुलोका कारण रूघाखोकी समस्या बढ्न थालेको छ,’ उनले भने।  , २०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुन थालेको हो।, अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ।, विस्तार कार्यको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा गरेका थिए।, हाल दुई लेन रहेको नारायणगढ-बुटवल सडक खण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको छ।, गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।, १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।, यो सडकले रूपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छुन्छ। सडक विस्तारका क्रममा अहिले पुल, कल्भर्ट, निर्माण, ड्रेन निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ।, कतिपय स्थानमा सबै काम सकेर कालोपत्रे सुरू गर्ने तयारी भएको छ।, नारायणगढ–बुटवल सडक योजनाको पूर्वी खण्डका प्रमुख रमेशकुमार दिष्टीकाअनुसार पूर्वी खण्डमा १२ वटा ठूला पुल र साना २२ वटा पुल बन्ने छन्।, ठूला ६ वटा पुलको निर्माण कार्य अहिले चलिरहेको छ। १५ स्थानमा नयाँ साना पुल निर्माण भइरहेका छन्। यी पुलको काम वर्षाअघि सक्ने लक्ष्य राखिएको उनले बताए। त्यसैगरी, सडकका विभिन्न स्थानमा २१५ वटा कल्भर्टहरू निर्माण हुनुपर्नेमा अहिले १०० भन्दा बढी स्थानमा निर्माणको काम भइरहेको छ।, पूर्वी खण्डको काम अहिलेसम्म १३ प्रतिशत सकिएको दिष्टीले बताए।  , पश्चिम खण्डमा ठूला ९ पुल बनाउनुपर्नेमा ३ वटाको काम भइरहेको प्रमुख प्रदीपराज शाक्यले बताए। साना २१ वटा पुलमध्ये १२ वटामा काम भइरहेको उनले बताए। यो क्षेत्रको काम १६ प्रतिशत सकिएको शाक्यले बताए।, चार लेनमा विस्तार हुने नारायणगढ-बुटवल सडकका दुई-दुई लेनको बीचमा ‘ग्रिनरी’ हुनेछ।, तीन मिटर चौडा रहने बीच भागमा बिरूवा रोपिनेछ। हाल रहेको दुई लेनको सडक बिस्तारपछि दुवैतर्फ ७/७ मिटर फराकिलो सडक हुनेछ। बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन पनि बन्नेछ। बजार क्षेत्रको २८ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन बन्नेछ। दाउन्नेको उकालो र ओरालोको १२ किलोमिटर सडक भने तीन लेनको मात्रै बनाइँदैछ। पहाडी क्षेत्र भएकाले सडक विस्तार गर्न समस्या हुने हुनाले तीन लेनको मात्र बनाइने दिष्टीले बताए।, यो सडकमा नेपालमै पहिलो पटक वन्यजन्तु वारपार गर्न ओभर पास निर्माण गरिने भएको छ।, सो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ओभर पास निर्माण गर्ने तयारी गरिएको हो।, सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा पर्ने होङ्सी जङ्सनमा वन्यजन्तु क्रस गर्नेगरी ओभर पास निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको हो। यहाँ ओभर पास निर्माण भयो भने यो नेपालमै पहिलो ओभर पास हुनेछ।, नारायणगढ-बुटवल सडक योजनाको पूर्वी खण्डका विभिन्न ८ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेका छन्। यो सडकको केही दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको नजिकैबाट समानान्तर भएर अघि बढेको छ।, सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आगामी २०७९ सालको साउन २२ गतेसम्ममा सडक निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। तर यो मितिभित्र निर्माण सकिने सम्भावना छैन।, दुवै खण्डका योजना प्रमुखहरूकाअनुसार निर्माण कम्पनीले समयमै सडक निर्माणको काम नसकिने जानकारी गराएर कन्सल्ट्यान्टलाई म्याद थप्न पत्र पठाएको छ।, ‘निर्माण कम्पनीले सम्झौतामा भएको प्रावधानअनुसार म्याद थप गर्नुपर्ने कारणसहितको कागजात पेस गरिसकेको छ। अहिले कन्सल्ट्यान्टले उनीहरूले गरेको काम र अब काम सक्न लाग्ने समयको विषयमा मूल्यांकन गरिरहेको छ,’ दिष्टीले भने, ‘कन्सल्ट्यान्टले मूल्यांकनपछि हामीलाई जानकारी गराउँछ। त्यहीअनुसार म्याद थपको निर्णय हुन्छ।’, उनले अहिलेको गतिमा काम भए अबको २ वर्षमा यो सडक तयार भइसक्ने बताए।, ‘विगतमा विभिन्न कारणले काममा ढिलाइ भए पनि पछिल्ला महिना कामको गति बढिरहेको छ,’ उनले भने, ‘यही गतिमा काम भयो भने निर्माणको काम २ वर्षमा त जसरी पनि सकिन्छ।’, उनले विगतमा चार महिनामा एक प्रतिशत काम सकिने गरेकोमा अहिले एकै महिनामा १ दशमलव ७ प्रतिशतसम्म प्रगति भइरहेको बताए। पश्चिम खण्डको प्रगति भने मासिक २ प्रतिशत रहेको प्रमुख शाक्यले बताए।, ‘अब बढीमा २ वर्षमा काम सकिन्छ,’ उनले भने, ‘अहिले सडक विस्तारकाक्रममा कहीँ पनि विवाद बाँकी छैन। धमाधम काम भइरहेको छ।’, सम्झौतामा निर्माण सकेर सरकारलाई हस्तान्तरण गरेको एक वर्षभित्रमा सडक बिग्रिएमा निर्माण कम्पनीले बनाउनुपर्ने उल्लेख छ।, त्यस्तै, एक वर्षपछि थप चार वर्षसम्म सडक बिग्रिएको अवस्थामा परफमेन्स बेस मेन्टिनेन्स (काम गरेको आधारमा सम्भार करार) को आधारमा सडक निर्माण गर्नुपर्ने भनिएको छ।, विस्तारको काम सुरू हुनुअघि सामान्य अवस्थामा तीन घण्टा लाग्ने यो सडकको यात्रावधि विस्तारको काम सकिएपछि एक घण्टा ५० मिनेटमा छोटिने दाबी गरिएको छ। तर अहिले यो सडकमा यात्रा गर्न कम्तीमा ५ घण्टा समय लाग्ने गरेको यात्रुहरू बताउँछन्।  , यो सडक विस्तारमा अहिले दैनिक एक हजार भन्दा बढीले काम गरिरहेका छन्।, किन भयो ढिलाइ?, नारायणगढ–बुटवल सडक विस्तारका लागि डिपिआर बनेको केही वर्षपछि मात्रै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको हो। त्यसअघि पनि एक कम्पनीसँग सम्झौता भएर रद्द भएको थियो। पछिल्लो सम्झौतापछि पनि तुरून्तै काम सुरू हुन सकेन।, योजनाका प्रमुख रमेशकुमार दिष्टीकाअनुसार चाइनाको कम्पनीसँग सम्झौता भएपछि पनि राजमार्ग क्षेत्रमा रहेको वनका कारण पूर्णरूपमा काम सुरू गर्नै ११ महिना लागेको थियो।, डिपिआर बन्दा सुरूआती चरणमा वातावरणीय प्रभाव मूल्यांकनबाट ९ हजार वटा रूख काट्नुपर्ने देखिएको थियो। तर सडक निर्माणको सम्झौतापछि सो क्षेत्रमा काट्नुपर्ने रूखको संख्या अत्यधिक बढी देखियो।, ‘यो मानवीय त्रुटीका कारण भयो कि अन्य कुनै कारण भन्ने ठ्याक्कै त भन्न सकिएन तर डिपिआर गर्दा र सम्झौता गर्दाको बीचमा साना बोटहरू बढेर ठूला भएका कारण समस्या देखियो कि भन्ने लाग्छ,’ दिष्टीले भने, ‘धेरै रूख काट्नुपर्ने भएपछि प्रक्रिया मिलाउँदा झण्डै एक वर्ष लाग्यो।’, उनकाअनुसार गोलाई ३० सेन्टिमिटर भन्दा कम भएकालाई रूख नमान्ने गरिएको छ।, ‘३-४ वर्षको अवधिमा साना पोथ्रा पनि ३० सेन्टिमिटर भन्दा ठूला भए। ती पनि रूखको मापदण्डमा परेपछि काट्नमा समस्या भयो,’ उनले भने।, राजमार्गको लालपुर्जा सडक विभागको नाममा रहे पनि वनका कारण ढिलाइ भएको उनले बताए।, सडक योजनाले रूख कटानको काम सकेर डिभिजन वन कार्यालयलाई बुझाइसकेको छ। तर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका रूखहरू बुझाउनमा भने बिलम्ब भइरहेको योजना कार्यालयले जनायो।, निकुञ्ज क्षेत्रका करिब ४ हजार रूखहरू काटिएकाले बुझिदिनुहोला भनेर पटक-पटक ताकेता गर्दा पनि निकुञ्जले नबुझेको दिष्टीले बताए।  , यसबाहेक कोरोना भाइरसको महामारी र मजदूरहरूले गरेको आन्दोलनका कारण सडक निर्माणको काममा ढिलाइ भएको देखिएको योजनाको कार्यालयले जनायो।, विद्युत पोलले अड्कियो काम, सडक योजनाकाअनुसार कतिपय ठाउँमा सबै काम सकिँदा पनि विद्युत पोल सार्न नसक्दा कालोपत्रे गर्न सकिएको छैन। राजमार्गको भेडाबारी-रजहर खण्डको करिब ११ किलोमिटर सडकमा कालोपत्रे गर्नमात्रै बाँकी रहेको योजना प्रमुख रमेशकुमार दिष्टीले बताए।, तर विद्युत प्राधिकरणसँगको सम्झौताअनुसार पोल सार्न असम्भव देखिएकाले काम रोकिएको उनले बताए।, ‘प्राधिकरणले सडकको छेउमा दुई लाइन पोल गाड्ने भनेको थियो। तर यो क्षेत्रमा त्यसरी पोल गाड्दा एउटा पोलले स्थानीयको घर नै छुने देखियो,’ उनले भने, ‘सम्झौताअनुसार काम गर्दा जोखिम हुने भएकाले कि एउटा पोल राख्ने सम्झौता गर्नुपर्ने कि विद्युतीय तार जमिनमुनिबाट लैजानुपर्ने अवस्था देखिएको छ। बीचमै पोल राखेर छाड्न त मिलेन।’, उनले यस विषयमा निर्णय गर्न ढिलो हुँदा उक्त क्षेत्रमा काम रोकिएको बताए। दिष्टीले राजमार्गको छेउमै घरहरू बनेको र कल्भर्ट तथा राजकुलोहरू पुरिएका कारण समस्या देखिएको बताए।, मेलम्ची आयोजनाजस्तै हुन्छ कि भन्ने डर हट्यो, निर्माण कम्पनीसँग सम्झौता भएको लामो समयसम्म पनि काम अघि बढ्न नसक्दा ‘कतै सडक विस्तार अलपत्र पर्ने त होइन’ भन्ने भन्ने डर थियो।, ‘हामीलाई त यो योजनाले पनि मेलम्ची खानेपानीकै नियति भोग्नुपर्ने हो कि झैं लाग्थ्यो,’ योजनाका प्रमुख रमेशकुमार दिष्टी भन्छन्, ‘अब यो डर हटेको छ।’, उनले निर्माणको गतिको ग्राफ बढ्दो क्रममा रहेका कारण उक्त डर हट्न थालेको बताए।, ‘ठूलै केही हलचल भएछ भने त अलग कुरा भयो तर यही गतिमा काम भयो भने त अब २ वर्षमा सडक बन्छ,’ उनले भने, ‘सबैको नजर पुग्ने योजना हो यो, यस कारण पनि ढिला गर्ने छुट छैन।’, पश्चिम खण्डका योजना प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारको काम सुस्त भयो, धुलो बढी भयो, यात्रा कष्टकर भयो भनेर धेरै गुनासो आउने गरेको भन्दै अब काम धमाधम अघि बढेकाले केही समय पर्खन आग्रह गरे।, ‘धुलो कम उडोस् भनेर बाटोमा पानी हाल्ने काम पनि गर्न भनिरहेका छौं। अन्य काम पनि धमाधम भइरहेको छ,’ उनले भने, ‘हरेक महिना दुई प्रतिशतले प्रगति बढ्दै गएको छ। अन्य काम सक्न समय लाग्ने हो, पिच बनाउन थालेपछि त प्रगति ह्वात्तै बढिहाल्छ।’, बुटवल–नारायणगढ सडक विस्तार सकिन अझै दुई वर्ष लाग्ने, ३ वर्षमा सकियो १५ प्रतिशतमात्रै काम