content
stringlengths
20
64.1k
रासस मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ। , धनुषाको मिथिला बिहारी नगरपालिका-८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरू भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो।, यात्रा बिहीबार साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ। प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रमा सुरू हुने चलन छ। , परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करूणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पुर्‍याउने परम्परा रहेको मिथिला बिहारी मन्दिरका महन्थ रामनरेश दासले बताए। , उक्त डोला फागु पूर्णिमाका दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुने उनको भनाइ छ।, नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुले १३५ किलोमिटर पैदलयात्रा गर्ने गर्दछन्।, श्रद्धालुका लागि नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थलमा अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन छ ।,     , पडावस्थलमा स्वास्थ्य, बिजुलीबत्ती, भोजनलगायत व्यवस्थापनमा सहयोग गर्दै आएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यस पटक पनि विशेष सहयोग गर्ने तयारी गरेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रमुख कार्यकारी निर्देशक बलराम ठाकुरले जानकारी दिए। , मिथिला मध्यमा परिक्रमा यात्रा पुग्यो भारतको बिसौलमा
सेतोपाटी संवाददाता बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले औंल्याएको हो।, देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ। , महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९  दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।, त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम चार दशमलव ६ डिग्री र सबभन्दा धेरै  भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव चार डिग्री सेल्सियस रहेको छ। , २०७८ चैत ३ गते  (बिहीबार) , दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, राती: देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, २०७८ चैत ४ गते  (शुक्रबार) , दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, राति : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।, २०७८ चैत ५ गते  (शनिबार) , दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागका केही स्थानहरूमा मेगगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावाना छ।, राति: देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेगगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावाना छ।,  , यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
सेतोपाटी संवाददाता देशभर थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १ हजार ६५४ जनाको पिसिआर गर्दा  २२ र ३ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ४ हजार ३७६ जना सक्रिय संक्रमित छन्।, २२० जना संक्रमित निको समेत भएका छन्।, यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,  , ४ हजार ७४७ मा परीक्षण गर्दा २७ लाई कोरोना
सेतोपाटी संवाददाता डेरी उद्योग तथा पसलहरूले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरूको प्रयोग गरेर बिक्री गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ। , काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छतासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो। , उक्त अन्तर्क्रिया कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले डेरी पसलहरूमा बिना लेभलका दही, पनिर लगायतका उत्पादनहरू बिक्री/वितरण भएको बताइन्। , उनले बिना लेभलका दुग्धजन्य वस्तुहरू उत्पादन गर्दा गुणस्तरको सुनिश्चितता नदेखिने बताए। , महानिर्देशक वैद्यले विगतमा डेरी उद्योग तथा पसलहरू जथाभावी रूपमा सोडा, चिनी, साल्टहरू प्रयोग भइरहेको पाइएकाले यस्तो खालको अवैधानिक कामहरू गरेको भेटिए कानून अनुसार कडा कारबाही गर्ने बताइन्। , उनले विशेष गरेर यस्तो गर्मी महिनामा हुने गरेको बताइन्। , विभागले तत्कालीन रूपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा बनेको निर्देशिका अनुसार विशेष गरेर दूध, पानी, खाने तेललगायत दैनिक उपभोग्य वस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रूपमा विभाग लागि परेको दाबी गरिन्।, महानिर्देशक वैद्यले दुग्धजन्य पदार्थमा गुणस्तर  कायम गर्ने ऐन परिमार्जन गर्नुपर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको बताइन्। उनले अब छिट्टै प्रतिनिधि सभाबाट यो विधेयक पास हुने तयारीमा रहेको बताइन्।, यो विधेयक प्रतिनिधि सभाबाट पास भएर लागू भएमा सम्पूर्ण खाद्य श्रृंखलामा परिवर्तन आउने उनको भनाइ छ। , डेरी उद्योग तथा पसलले दूधमा जथाभावी सोडा, चिनी प्रयोग गरेर बिक्री गरेको पाइए कारबाही गर्ने
रासस बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ। यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम अब  वडा तहबाटै  गर्न लागिएको हो। , दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेदेखि सुरू हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।, दश स्थानीय तह रहेका जिल्लाका  चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ।, पहिलो चरणमा शिवनाथ, सिगास, डिलाशैनी र पञ्चेश्वर गाउँपालिकाका वडा-वडामा विवरण संकलनको काम सञ्चालन हुने उनको भनाइ थियो।  , सूचना अधिकारी भारतीले भने,‘एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण संकलन गर्छौं।’, विवरण संकलनका लागि कर्मचारी वडा  कार्यालयमै  खटाइने र यसका लागि ३५ विवरण दर्ता अपरेटर परिचालन हुनेछन्।  , विवरण संकलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ।, पहिलो चरणमा चार स्थानीय तहको विवरण संकलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडामा पनि विवरण संकलनको काम सञ्चालन हुनेछ।  , सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको विवरण संकलन हुनेछ।, राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरेका छन्।, वि.स २०७७ असोज पहिलो सातादेखि सुरू गरिएको उक्त विवरण संकलनमा हालसम्म सात हजारभन्दा बढी सहभागी भइसकेका छन्।  , राष्ट्रिय परिचयपत्रको काम अब वडाबाटै
सेतोपाटी संवाददाता रौतहटमा स्कार्पियो गाडीको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार बृन्दावन नगरपालिका वडा नम्बर ६मा स्कार्पियो गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटना बुधबार बेलुकी साढे ८ बजे भएको हो।, बा १६ च ६१६३ नम्बरको गाडीले ठक्कर दिँदा सोही ठाउँका २७ वर्षीय हरिकुमार ठाकुर र ३७ वर्षीय जितेन्द्र पटेलको मृत्यु भएको हो। , यस्तै एक जना प्रहरी जवान समेत घाइते भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए। , प्रहरी जवान मुस्तफा अन्सारीको खुट्टा फ्याक्चर भएको उनले बताए। घाइते प्रहरी जवानको उपचार वीरगन्जस्थित अस्पतालमा भइरहेको कार्यालयले जानकारी दिएको छ। , ‘गाडी अनियन्त्रित भएर दुर्घटना भएको जस्तो प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ प्रहरी नायब उपरीक्षक मल्लले भने। , चालक भने दुर्घटनापछि फरार भएका थिए। चालकको पहिचान भइनसकेको प्रहरीले जनाएको छ। , यद्यपि शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान गरिरहेको छ।    , रौतहटमा गाडीले ठक्कर दिँदा दुई जना पैदलयात्रुको मृत्यु, प्रहरी जवान घाइते
राजु अधिकारी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद् (सिनेट) बैठक सरकारले चैत २० का लागि बोलाउने तय भएपछि प्रतिष्ठानमा फेरि नयाँ खेल सुरू भएको छ।, प्रतिष्ठानका सबै पदाधिकारी बिपीको अवस्था बिगार्न दोषी पाइएको भन्दै सबैलाई सिनेटबाट कारबाही गर्न हालसम्म गठित विभिन्न समितिको सुझाव थियो। तर, सरकारले सत्ता गठबन्धननिकट पदाधिकारीलाई जोगाउने र गठबन्धन इतरका पदाधिकारी हटाउने तयारी गरेको छ। दोषी पाइएका सबैलाई हटाउनुको साटो राजनीतिक आस्थाका आधारमा कारबाही र थमौतीको प्रयास सुरू भएपछि प्रतिष्ठानमा नयाँ विवाद उत्पन्न हुने खतरा नजिकिएको छ।, प्रतिष्ठानको समस्या अध्ययन गर्न १० महिनायता गठित विभिन्न अध्ययन समितिले बिपीका सबै पदाधिकारीलाई कारबाही गर्न र त्यसका लागि तत्कालै सिनेट बैठक बोलाउन सरकारलाई सुझाव दिएका थिए। प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव बैकुण्ठ अर्याल नेतृत्वको छानबिन समितिले गएको असारमा छानबिन प्रतिवेदन बुझाएयता प्रतिष्ठानमा त्यस्ता प्रतिवेदनको चाङ लागेको छ।, प्राडा जगदीशप्रसाद अग्रवाल नेतृत्वको चिकित्सा शिक्षा आयोगको टोली, नेपाल मेडिकल काउन्सिलको टोली, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले बिपीबारे प्रतिवेदन तयार पारेका थिए। ती सबै प्रतिवेदनले बिपीको अवस्था नाजुक भएको र त्यसका लागि उपकुलपति ज्ञानेन्द्र गिरीसहितका सबै पदाधिकारी उत्तिकै दोषी देखिएको ठहर गरेका थिए। अधिकांश अध्ययनले पदाधिकारीलाई सिनेटबाट हटाउन पनि किटेरै सुझाव दिएका थिए। , आफैंले गठन गरेका विज्ञ सहभागी अध्ययन तथा छानबिन समितिले सुझाएको वैधानिक बाटो अवलम्बन गर्न छाडेर सरकारले बिपीबारे आफूखुसी निर्णय लिँदै आएको थियो। बिपीको ऐनविपरीत स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रतिष्ठानको काम गर्न अलग्गै मान्छे खटाएका थिए। पदाधिकारीलाई कारबाही नगरी त्यसरी अर्कै व्यक्तिलाई काम जिम्मा लगाउने मन्त्रीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको थियो।, सरकारी निर्णयले समस्या सुल्झाउनुको साटो झनै बल्झाएपछि र सर्वोच्चले पनि सरकारी कदम बदर गरेपछि प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सिनेट बैठक बोलाउन तयार भएका हुन्।  स्रोतका अनुसार ढिलो गरी बोलाइएको सिनेट बैठकअघि सत्तारूढ गठबन्धनभित्र नयाँ सहमति भएको छ। जसअनुसार चैत २० को सिनेटबाट सत्तारूढ गठबन्धन समर्थक पदाधिकारीलाई थमौती गर्ने र गठबन्धन इतरकालाई कारबाही गर्ने तयारी भएको छ।, ‘सरकार बिल्कुलै उल्टो बाटो हिँड्न खोज्दैछ। केहीलाई कारबाही गर्ने र केहीलाई थमौती गर्ने प्रयासमा राजनीतिक नेतृत्व लागेको देखियो,’ बिहीबार बिहान सिनेटबारे जानकारी पाएका प्रतिष्ठानका एक सिनेटरले भने, ‘त्यसो भयो भने बिपीमा समस्या चर्केर जाने निश्चित छ। छानबिन समितिले भनेबमोजिम सबैलाई कारबाही गरेर बिपीलाई निकास दिन जरूरी छ।’, ती सिनेटरका अनुसार राजनीतिक नेतृत्वले अहिलेका लागि यो विकल्पमा साथ दिन सिनेटरलाई आग्रह गरेको छ। यद्यपि त्यो ‘राजनीतिक नेतृत्व’ कुन तहको भन्नेबारे उनले खुलाएनन्।, प्रतिष्ठानकी सिनेटरसमेत रहेकी धरान उपमहानगर प्रमुख मञ्जु भण्डारी सत्ता गठबन्धनका दलले प्रतिष्ठानमा अस्थिरता निम्त्याएको र निरन्तर धराशायी बनाउन लागेको आरोप लगाइन्।, ‘बिपीका उपकुलपतिसहितका पदाधिकारीलाई काम गर्न नदिने, बजेट रोक्नेलगायत काम यो सरकारले निरन्तर गरिरहेको छ,’ भण्डारीले भनिन् ‘सिनेटबाट थप अस्थिरता निम्त्याउने निर्णय भए त्यो घातक हुनेछ।’, बिपी उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री विरोध खतिवडा अनि सत्ता गठबन्धनका नेताहरू अहिलेलाई उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीलाई मात्रै कारबाही गर्ने मनस्थितिमा छन्। उनलाई कारबाहीका लागि सघाउने (पक्षमा म दिने) सर्तमा सरकारले रेक्टर प्राध्यापक डाक्टर गुरुप्रसाद खनाल र अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलाई थमौतीको वचन दिएको छ। बहुसंख्यक सिनेटरलाई यो सर्तमा राजी गराएपछि बल्ल बैठक बोलाइएको स्रोतको भनाइ छ।, ‘उहाँहरूमध्ये रेक्टर खनाल सत्तारूढ माओवादीनिकट हुन्,’ स्रोतले भन्यो, ‘अस्पताल निर्देशक साह कांग्रेसनिकट हुन्। उहाँहरूलाई थमौती गर्ने तयारी भइरहेको बुझिएको छ।’, उपकुलपति गिरीलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका थिए। एमाले नेता ढकालकै पत्नीसमेत मुछिएको रजिष्ट्रार नियुक्ति प्रक्रिया पनि विवादमा परेको थियो। रजिष्ट्रार मोहनचन्द्र रेग्मीले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन्।, राजीनामा दिए पनि रेग्मीसहितका सबै पदाधिकारीलाई कारबाही गर्न छानबिन प्रतिवेदनको सुझाव थियो। प्रतिष्ठानको ऐन २०४९ मा बिपीका पदाधिकारीलाई सिनेटले मात्रै हटाउन सक्ने प्रावधान छ।, बिपीको सिनेट जम्मा २५ सदस्सीय छ। अहिले १८ जना मात्रै सिनेटर छन्। त्यसमा पनि दोषी भनेर आरोपित उपकुलपति गिरी, रेक्टर खनाल र अस्पताल निर्देशक साह पनि सिनेटर छन्। बिपीको ऐन अनुसार उनीहरू मताधिकारसहित बैठकमा सहभागी हुन पाउनेछन्।, यस्तो अवस्थामा आरोपितकै मत निर्णायक हुन सक्ने अवस्था आउन नदिन सरकारले सबैलाई एकै पटक कारबाही नगर्ने नीति लिएको ती सिनेटर बताउँछन्।, ‘बिपीको ऐनले सबै पदाधिकारी यतिधे रै विवादित होलान् भन्ने कल्पनै गरेको रहेनछ,’ ती सिनेटरले भने ‘अब आरोपितले पनि बैठकमा आफ्नो मत राख्ने भए। नेताहरूको भनाइ यही आयो।’, मेडिकल शिक्षा र स्वास्थ्य सेवाका लागि मुलुककै अग्रणी मानिने बिपी प्रतिष्ठान राजनीतिक भर्तीकेन्द्र बनेको, दलीय आडमा नियुक्ति लिएर आउने पदाधिकारीले प्रतिष्ठानको शैक्षिक तथा आर्थिक पाटो ध्वस्त पारेको भन्दै शुद्धिकरणको माग गर्दै प्रतिष्ठानका चिकित्सक र विद्यार्थीले २०७८ असार १ बाट आन्दोलन सुरू गरेका थिए। असार १५ मा उपकुलपति गिरीले वार्तामा बोलाउँदा उनी मदिराले लठ्ठिएको पाएपछि आन्दोलनकारीले आन्दोलन झनै चर्काएका थिए।, त्यसक्रममा उपकुलपति ज्ञानेन्द्र गिरीको प्राध्यापक पद किर्ते भएको, आर्थिक तथा शैक्षिक अनियमितता भएको आरोपसहित चिकित्सक विद्यार्थीले लामो आन्दोलन गरेका थिए। शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि वार्ता समिति बनेर सहमति भएपछि आन्दोलन मत्थर भएको थियो।, प्रतिष्ठान शुद्धिकरणको आन्दोलन ५० दिन पुग्दा साउन १९ को मध्यरातमा आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति भएको थियो। विवादमा परेका सबै पदाधिकारी हटाउने प्रक्रिया सुरू गर्ने, प्रतिष्ठानको आर्थिक अनियमितता छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, अख्तियारमा रहेका मुद्दाहरूको छिटो किनारा लगाउने, पदाधिकारी नियुक्तिका लागि यसअघि बनेका विभिन्न समिति र आयोगले निर्धारण गरेका मापदण्ड लागू गरेर नयाँ मापदण्ड तय गर्नेलगायत सहमति भएको थियो।, यसबीचमा उपकुलपति गिरीको प्राध्यापक पद फर्जी भएको प्रमाणित भइसकेको छ। अमेरिकाको कालोराडोबाट प्राध्यापक पदवी पाएको उनको दाबी गलत सावित भएपछि गिरीले नामका अघि प्राध्यापक लेख्न छाडेका छन्। सरकारले काममा रोक लगाए पनि उनी निरन्तर काममै छन्। सिनेट बैठकले बाहेक आफूलाई अरूले हटाउन नसक्ने भन्दै उनले सरकारी निर्देशन अटेर गर्दै आएका थिए।, आन्दोलनकारी विद्यार्थी र चिकित्सकसँग सरकारले २०७८ साउन १९ मध्यरातमा गरेको सहमतिमा असोज २० भित्र सिनेट बोलाउने र पदाधिकारीमाथि कारबाही गर्ने उल्लेख थियो। तर, सरकारले उक्त सहमति कार्यान्वयनमा भन्दा अर्कै काममा रूची देखायो जसलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो। अहिलेका पदाधिकारीलाई सबै काममा रोक लगाउँदै स्वास्थ्य मन्त्रालयले श्यामसुन्दर यादवलाई धरानमा सम्पूर्ण काम गर्न भन्दै पठाएको थियो। तर, बिपीका पदाधिकारी अदालत गएपछि सर्वोच्चले उनीहरूको पक्षमा फैसला गरेको थियो।, बिपी प्रतिष्ठानमा सत्तानिकट पदाधिकारीको थमौती र इतरकालाई कारबाही गर्ने तयारी
सेतोपाटी संवाददाता नवलपरासीको सुनवल नगरपालिका-१३ मा निर्माण गरिएको २२०-१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ। , बिहीबार ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको उद्घाटन गरेकी हुन्।, मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो।, उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकहरूमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रूपमा अगाडि बढिरहेको बताइन्।, रसिया र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरेकी छन्।, ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए।, नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिए।, उनले सबस्टेसन निर्माणबाट विद्युत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताए।, उनले ऊर्जालाई प्रतिस्पर्धी बनाउन सकिएमा नेपाल दक्षिण एसियाली क्षेत्रकै विद्युत हब बन्न सक्ने बताए।  , प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानी क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३-११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए।, घिसिङले नेपालको विद्युत महसुल सस्तो रहेको र मागे जति विद्युत उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरू खोल्न आग्रह गरे।, एसियाली विकास बैंक नेपाल कार्यालयको पोर्टफोलियो विभाग प्रमुख  रुडिभान डेयलले सबस्टेसन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको टिप्पणी गरे।, डेयलले स्वच्छ, विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि सबस्टेसनको ठूलो योगदान रहने बताएका छन्।, ऊर्जामन्त्रीले गरिन् न्यू बुटवल सबस्टेसनको उद्घाटन
सेतोपाटी संवाददाता जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई अदालतले दुई महिना कैद सजाय हुने फैसला सुनाएको छ।, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको छ।, कायममुकाय मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले आइतबार पाण्डेलाई दुई महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको उच्च अदालत दीपायलका सूचना अधिकारी नरबहादुर नेगीले बताए।, पाण्डेलाई जिल्ला अदालत कैलालीले २०७७ मंसिर ३० गते पाँच सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।, उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत दीपायलले दुई महिना कैद फैसला सुनाएको हो।, पाण्डेविरूद्ध पतिराम सोबसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए।, ‘जात करे उत्पात भनेको यही हो’ भन्दै वडलाई लक्षित गरी पाण्डेले सामाजिक सञ्जाल फेसबुक लेखेर जातीय विभेद गरेको आरोप लागेको थियो।, फेसबुकमा जातीय विभेद हुने स्टाटस लेख्नेलाई अदालतले तोक्यो दुई महिना जेल
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , मंगलबार धनकुटा पाख्रिवास नगरपालिका-३ का ३३ वर्षीया विनोद घिमिरेलाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , प्रहरीका अनुसार घिमिरेलाई शंका लागि चेक गर्दा उनको साथबाट २३ ग्राम ब्राउन सुगर भेटिएको हो। घिमिरे भारतबाट नेपाल आउँदै थिए।, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।, झापाबाट २३ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
सेतोपाटी संवाददाता एक जना नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली ल्याइएको छ।, जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए।, पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका थिए।, फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट पुर्‍याइएको थियो।  , तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।, गैंडाकोटमा बयान सकेर पल शाहलाई फेरि ल्याइयो दमौली
रोहित महतो सरस्वती माध्यमिक विद्यालय, कनकपट्टी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७, विद्यार्थी संख्या करिब नौ सय। शिक्षक १६ जना। यही फागुन ३० गते सोमबार दिनको करिब दुई बजेतिर चर्को घाममा विद्यार्थीहरू घर फर्किंदै थिए।, दुई बजिनसक्दै विद्यालय परिसर सुनसान थियो। सबै कक्षाकोठामा ताल्चा लागिसकेको थियो। कार्यालयमा चार जना शिक्षक भेटिए। कतिपय शिक्षक फर्किसकेका थिए, कोही आएकै थिएनन्। भेटिएका शिक्षक पनि घर फर्किन हतारिएका थिए।, दुई नबज्दै छुट्टी हुनुको मुख्य कारण थियो विद्यालय परिसरमा फैलिएको दुर्गन्ध।, सोमबार आधा दिनपछि छुट्टी भएको हो। आइतबार त विद्यालय बन्द नै थियो, कुनै सार्वजनिक बिदा परेर होइन। कारण के थियो भने विद्यालय परिसरमा आइतबार बिहानैदेखि स्थानीय एक युवकको बिहेको भोज थियो।, एक शिक्षकका अनुसार बिहे भोजका लागि युवकका परिवारजन र आफन्तहरू विद्यालयमा ठाउँका लागि आग्रह गर्न गएका थिए। विद्यालय प्रशासनले आनाकानी गरेपछि उनीहरूले वडाध्यक्ष परमेश्वर यादवको लिखित सिफारिस लिएर आए।, भोज भयो तर आयोजकले भोजमा फालिएको खाना र कुहिने अन्य फोहोर राम्ररी सफा गरेनन्। विद्यालय परिसरमै थुपारे। त्यही फोहोरको थुप्रो कुहिएर दुर्गन्ध फैलिएको हो।, विद्यालयमा गाउँलेको भोज भएको पहिलो पटक होइन। आइतबारको भोज पछिल्लो दृष्टान्त मात्रै हो।, विद्यार्थीहरूका अनुसार सोमबार थोरै शिक्षकमात्र कक्षामा गएका थिए। शिक्षक अरविन्द यादवका अनुसार तीन वटा कारणले सोमबार आधा दिनमै विद्यालय बन्द गर्नु परेको हो।, पहिलो कारण, बाह्र वर्षमाथिका विद्यार्थीहरूलाई कोरोना विरूद्धको खोप लगाइएको थियो। तीमध्ये केही विद्यार्थी ज्वरो आएकोले अनुपस्थित भए। दोस्रो, आइतबार बिहेको भोज भएकाले स्कुल दुर्गन्धित भएको छ। तेस्रो, होलीको माहोल बनिसकेकाले विद्यार्थीको उपस्थिति घटेको छ।, खोपको कारण देखाए पनि कक्षा सातसम्ममा १२ वर्ष पुगेका विद्यार्थी नगन्य छन्। खोप लगाउने धेरै जसो विद्यार्थी कक्षा आठ माथिका छन्। खोप लगाउने सबैलाई ज्वरो आएको पनि होइन। एक जना अभिभावकले शिक्षकलाई विद्यालय छुट्टी गर्ने निहुँ चाहिएको हुन्छ, सानै कुरामा पनि छुट्टी भइहाल्छ भन्ने टिप्पणी गरे।, सोमबार बैंकको काम परेको कारण देखाएर प्रधानाध्यापक सुनील मल्लिक पनि चाँडै हिँडेका थिए। हिँड्नुअघि उनले विद्यालय छुट्टी दिएका थिए।, एक जना अभिभावक भन्छन्, ‘यहाँ मास्टर (शिक्षक) को कुनै टाइम टेबल छैन। आफूलाई मन लागेको गर्छन्। कक्षामा मास्टर नआएपछि विद्यार्थी किन पढून्! घरतिर हिँडिदिन्छन्।’, एक जना अभिभावक दिनेश यादवका अनुसार विद्यालयबाट छिट्टै आएका दिन उनकी छोरी सर (शिक्षक) नआएर छिट्टै छुट्टी भएको हो भन्छिन्।, दिनेशकी छोरी नेहाकुमारी सात कक्षामा पढ्छिन्। शिक्षक र जनप्रतिनिधिले नौ सय जना विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको उनको आरोप छ।, उनी भन्छन्, ‘यहाँ पढाउने सबै शिक्षकका छोराछोरी बोर्डिङ (निजी) स्कुलमा पढ्छन्, अरूका छोराछोरी पढून् कि नपढून् कसैलाई मतलब छैन।’, दश कक्षामा पढ्ने एक जना विद्यार्थीका अनुसार शिक्षकहरू कहिल्यै पनि ठिक समयमा कक्षामा आउँदैनन्।, ‘सरहरू घण्टी लागेको १५–२० मिनेटपछि मात्र कक्षामा आउनुहुन्छ,’ उनी भन्छन्, ‘यस्तो भएपछि विद्यार्थीहरूलाई पनि पढ्न मन लाग्दैन। जति बेला मन लाग्यो, त्यति बेला हिँडिहाल्छन्।’, सरस्वती माध्यमिक विद्यालयमात्रै होइन, सोमबार वडा नम्बर- १७ कै तेतरिया गाउँस्थित मानसिंहपट्टी निम्न माध्यमिक विद्यालय पनि दिउँसो साढे एक बजे बन्द भइसकेको थियो। त्यहाँका केही विद्यार्थीहरूका अनुसार पहिलो घण्टीमा विद्यार्थीहरूको हाजिरी भयो। त्यसपछि पढाइ भएन।, करिब तीन सय विद्यार्थीमध्ये ७५ जनामात्र उपस्थित भएकाले आधा बिदा दिनुपरेको शिक्षक कासिम राइनले बताए।, उनका अनुसार नौ जना शिक्षकमध्ये छ जना उपस्थित थिए।, वडामा १२ वर्षमाथिका बालबालिकालाई कोरोना विरूद्धको खोप लगाउने कार्यक्रम रहेको र विद्यार्थीहरू नआएकोले विद्यालय बन्द गर्नुपरेको बताए।, उनले विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी १२ वर्षमुनिका रहेको पनि बताए। उनका अनुसार ठूला विद्यार्थी नआएपछि साना पनि आउँदैनन्। गाउँमा बिहे र भोजभतेर छ भने पनि विद्यार्थीको उपस्थिति ह्वात्तै घट्छ।, स्थानीय अभिभावकहरू भने शिक्षकको यस्तो कुरा मान्न तयार छैनन्।, ‘मास्टरहरू कक्षामा जाँदैनन्, अफिसमा गफ गरेर बस्छन्, विद्यार्थीहरू खेलेरै टाइम पास गर्छन्,’ स्थानीयबासी जागेश्वर यादव भन्छन्, ‘मेरो नातिलाई पनि हेर्छु, सधैं तीन नबजी घर आइपुग्छ।’, मधेश प्रदेशको राजधानीमै सामुदायिक विद्यालयहरूको यस्तो हविगत देखिन्छ।, स्थानीयबासी रामदेव गोइतको विचारमा अभिभावक र जनप्रतिनिधिले कहिल्यै अनुगमन नगरेकाले सामुदायिक विद्यालयहरू जर्जर बनेका हुन्।, ‘पढे/लेखेका सबैले छोराछोरी बोर्डिङ स्कुलमा पढाउँछन्। सरकारी स्कुलमा के हुन्छ, कसैलाई मतलब छैन,’ रामेदव भन्छन्, ‘शिक्षकहरू बसेरै तलब खाइहाल्छन्। वडाध्यक्ष र मेयरले अनुगमन गरेको मैले देखेको छैन।’, सेतोपाटीले वडाका विद्यालयहरूबारे बुझ्न खोज्दा वडाध्यक्ष परमेश्वर यादव कुरा गर्न तयार भएनन्।, उपमेयर रीता झाले आफूलाई योजनाको मात्रै अनुगमन गर्ने अधिकार भएको भन्दै विद्यालयको अवस्थाबारे अनभिज्ञता प्रकट गरिन्।,  , बिहेको भोजले दुई दिन विद्यालय बन्द
रासस आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस।  , ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ।, सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आएको हो। त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो। , सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्तासम्बन्धी कानुन जारी गरेका हुन्।, हामीले बजारबाट खरिद गर्ने सामान जोख्ने ढक-तराजुले सही मापन गर्‍यो कि गरेन भनेर कहिल्यै पनि सोचेका हुँदैनौं। पसलेले तौलकै भरमा सामान किन्दा ठगिने गरेका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि उपभोक्ताले ध्यान नदिँदा यो क्रम अझै बढेर गएको छ।, दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर खरिद-बिक्री हुने भए पनि त्यसमा प्रयोग हुने ढक-तराजु भने नियमनबाहिर रहेको पाइएको छ।, गुणस्तर तथा नापतौल विभागको निष्क्रियताले बजारमा नवीकरण नभएका र नापतौल नै प्रमाणित नभएका ढक-तराजुमात्रै होइन, प्रतिबन्धित ढक-तराजुले पनि सामान तौलने गरिएको बजारमा देखिने गरे पनि सम्बन्धित निकायले चासो नदिँदा उपभोक्ता ठगिन बाध्य भएका हुन्।, नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट बञ्चित भएका छन्।, हिमाली जिल्ला म्याग्दीमा दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक-तराजु पनि अवैध रूपमा प्रयोग भइरहेका छन्।, गुणस्तर तथा नापतौल डिभिजन कार्यालयको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ। , यसबाट व्यापारी मोटाइ रहेका छन् भने उपभोक्ता दिनहुँ ठगिरहेका छन्। त्यसैगरी एउटै सामानको मूल्य पसलैपिच्छे फरक–फरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य छन्।, व्यवसायीले सामान तौलने प्रयोजनका लागि खरिद गरेका ढक–तराजु परीक्षणबिना प्रयोग गर्न बन्देज छ। तर, उपत्यकामा ५० प्रतिशतभन्दा बढी व्यवसायीले परीक्षण नगराएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ।, परीक्षण नगरिएका ढक–तराजुबाट उपभोक्ता ठगिने सम्भावना रहने उपभोक्ता मञ्च म्याग्दीले जनाएको छ। , त्यस्तै, उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैं मारमा पर्ने गरेको सचेत उपभोक्ताको गुनासो छ।, अर्थशास्त्र विषयका प्राध्यापक तथा म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भए पनि उपभोग्य वस्तुमा हुने मिसावटले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने गरेको बताए। ,   , जिल्ला बजार अनुगमन समिति म्याग्दीले गत दसैंको अवसरमा गरेको बजार अनुगमनका क्रममा बजारमा प्रयोगमा रहेका ५५ प्रतिशत ढक–तराजु मापदण्डविपरीत रहेको पाइएको बताएको थियो।, अनुगमनका क्रममा बेनी बजार क्षेत्रका मासु व्यवसायी, तरकारी तथा फलफूलका व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको समेत भेटिएको थियो।, जिल्ला प्रशासन कार्यालय म्याग्दीका एक अधिकारीले नापतौलमा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही गरिने बताए। , उनले ढक, तराजुबाट उपभोक्तालाई ठगी गरिरहेको प्रशस्त प्रमाण फेला परेकाले अब थप बजार अनुगमनलाई कडाइ गरिने जानकारी दिए।, मासु, फलफूल, तरकारीलगायत अन्य सामान सडकमा राखिएका पसलबाट किन्दा ठगिने गरे पनि उपभोक्तामा त्यसविरूद्ध सम्बद्ध निकायमा उजुरी गर्नुपर्छ भन्ने जानकारी नभएकाले ठगिनुपरेको अधिकारकर्मीको बुझाइ छ।, कानुनी दायराभन्दा बाहिर रही व्यापारीबाट ठग्ने क्रम जारी रहे पनि त्यसलाई रोक्न सरोकारवाला निकायले कडाइ नगरे उपभोक्ता ठगिने क्रम नरोकिने उपभोक्ता अधिकार मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीले बताए।  , अधिकारकर्मीका अनुसार व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन्। एक किलोको ढकमा एक हजार ग्राम हुन्छ तर ९०० ग्राम मात्रै राखिएको ढकलाई एक किलो भन्दै सामान तौलने गरिएको विभिन्न अनुगमन रिपोर्टले देखाएको छ। त्यसैगरी एउटै सामानको मूल्य प्रत्येक पसलमा अलग अलग तिर्नुपर्दा उपभोक्ता अन्योलमा पर्ने गरेका छन्।, आइतबार बगरफाँटको एक पसलबाट रु ९० मा एक किलो चिनी किनेका उपभोक्ता तेजप्रसाद पौडेलले गाउँको पसलबाट रु ९५ मा किनेको बताए।, उपभोक्ता अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको छ। तर पनि व्यवहारमा भने उपभोक्ता सधैं ठगिरहनुपरेको सरोकारवालाको बुझाइ छ। , उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरिने भनेर संविधानमा नै उल्लेख गरिएको भए पनि यसको कार्यान्वयनको अवस्था भने दयनीय देखिएको म्याग्दीका उपभोक्ता श्याम सापकोटाले बताए।, व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन्। इलेक्ट्रोनिक्स तराजुमा सामान राखेपछि कति तौल भयो भनेर माथिपट्टि राखिएको इन्डिकेटरमा रातो अक्षरले देखाउँछ।, तराजुको सामान राख्न बनाइएको समतल भागमा जति तौलको सामान राख्यो, इन्डिकेटरले त्यति नै तौल देखाउनुपर्ने हो। तर, व्यवसायीले क्यालिब्रेसन परीक्षण गराउँदै २० देखि ५० ग्रामसम्म बढी बनाउने गरेका छन्।, यसो गर्दा यदि क्यालिब्रेसनमा ५० ग्राम बढी बनाइएको छ भने ४५० ग्राम बराबरको वस्तु राख्दा सो तराजुले पाँच सय ग्राम (आधा किलो) परिमाण देखाउँछ।, त्यसैगरी ठेला वा साइकलमा फलफूल बिक्री गर्ने धेरै व्यापारीले दुईतिर पल्ला भएको काँटावाला तराजु प्रयोग गर्छन्।, तराजुको दुईतिर रहेको पल्लाको तौल बराबर हुनुपर्छ। तर, व्यापारीले एउटा गह्रौँ र अर्को तुलनात्मक रूपमा हलुका पल्ला प्रयोग गर्छन्। हलुका पल्लामा ढक र गह्रौँ पल्लामा फलफूल राख्छन्। गह्रौँ पल्लामा थोरै फलफूल राख्दा पनि धेरै हुन्छ र उपभोक्ता ठगिने अधिकारकर्मीले बताएका छन्।, ढक–तराजुबाटै ठगिन्छन् उपभोक्ता
सेतोपाटी संवाददाता देशभर थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८३ जनामा संक्रमण पुष्टि भएको हो। , ७ हजार ८८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ७३४ जनाको पिसिआर गर्दा ५७ र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित छन्।, १३० जना संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, यस्तै काठमाडौंमा १५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १३, ललितपुरमा २ संक्रमित थपिएका छन्। भक्तपुरमा भने संक्रमित भेटिएनन्।, थपिए ८३ संक्रमित, निको भए १३० जना
सेतोपाटी संवाददाता स्थानीय तहको निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको लागि भर्ना खोलेको छ।, मंगलबार एक सूचना जारी गर्दै प्रहरीले आउँदो वैशाख ३० गते हुने चुनावको लागि म्यादी प्रहरीको भर्ना खुलाएको हो। , काठमाडौं उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) र जिल्ला प्रहरी कार्यालय सबैबाट दरखास्त फारम पाइने र त्यही बुझाउने कार्यालयले जनाएको छ।  , दरखास्त चैत ६ गतेदेखि ११ गते सम्ममा दिन सकिनेछ। सार्वजनिक बिदाबाहेक अरू दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्ममा फारम लिन र दिन सकिनेछ। , म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। , म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ। , सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ। म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो। , नेपाल प्रहरीले माग्यो एक लाख म्यादी प्रहरी, तलब ३० हजार २४०
रासस अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ।, अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो।, उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा प्याराग्लाइडिङ गर्दै आएका थिए।, प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।, जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए।, मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई कारबाहीका लागि नागरिक उड्डयन कार्यालय धनगढी पठाइएको छ।, अनुमति नलिई प्याराग्लाइडिङ गर्ने अष्ट्रियाका नागरिक पक्राउ
सेतोपाटी संवाददाता गृह मन्त्रालयले तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ। , मंगलबार बसेको बढुवा समितिको बैठकले तीन जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत वसन्तकुमार पन्त, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् धिरजप्रताप सिंह र प्रधान कार्यालय, कार्य विभागमा कार्यरत् रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो। , तीन एआइजीका लागि आधा दर्जनबढी प्रहरी नायब महानिरीक्षकहरू दौडमा थिए। आकांक्षीमध्येका उत्तम सुवेदी यो बढुवामा छुटेका छन्। वरियतामा सुवेदीभन्दा तल रहेका धानुक बढुवा सूचीमा अटाएका छन्। , यसैगरी, एआइजी बढुवाको प्रतिस्पर्धामा रहेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल, वसन्त लामा, गणेशबहादुर ऐरलगायत बढुवामा छुटेका छन्।, नेपाल प्रहरीमा पाँच जना एआइजी थिए। तीन जनाको बढुवा भइसकेका कारण अब आठ जना एआइजी हुनेछन्।, अहिले थपिएको दरबन्दीमा बढुवा भएका अधिकृतमध्ये सिंह भावी प्रहरी महानिरीक्षकको दौडमा छन्।  , यसअघि एआइजीमा विश्वराज पोखरेल र सहकुलबहादुर थापा बढुवा भइसकेका छन्। उनीहरू स्वाभाविक रूपमा भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा छन्।, प्रहरी नियमावलीमा सरकारले उपयुक्त ठानिएको वरिष्ठतम् एआइजी वा उक्त ब्याचको जसलाई पनि महानिरीक्षक बन्ने ढोका खुला भएका कारण प्रतिस्पर्धा हुने ठानिएको छ।, बालुवाटार स्रोतका अनुसार पोखरेल र थापाको विकल्पमा तेस्रो व्यक्तिको खोजी भएकै कारण अहिले एआइजी दरबन्दी थपिएको हो।, अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, एआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले २०७९ वैशाख १९ मा अवकाश पाउँदैछन्।, उनीहरूको अवकाशपछि एआइजी पोखरेल, थापासँगै अहिले बढुवा भएका एआइजीहरूबीच प्रहरी महानिरीक्षकको प्रतिस्पर्धा रहने छ।, प्रधानमन्त्री देउवाले पोखरेल र थापालाई नरूचाएका कारण दरबन्दी थपबाट आएका व्यक्तिमध्ये एकलाई प्रहरी महानिरीक्षकको उम्मेदवार बनाउन खोजिएको बुझिएको छ। अहिले एआइजी बढुवामा समावेश भएका सिंह पोखरेल र थापाको चुनौती बन्नेछन्।, को कहिले बिदा हुन्छन्?, शैलेश थापा क्षत्रीको कार्यकाल सकिएसँगै अहिले रहेका तीन एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की अनिवार्य अवकाशमा जाँदैछन्।, उनीहरू अवकाशमा जाँदा भावी प्रहरी महानिरीक्षकमा पोखरेल, थापासँगै अहिले बढुवा भएकामध्ये एक जना प्रतिस्पर्धामा रहन्छन्।, तर, यदि पोखरेल महानिरीक्षक नभए उनी डिआइजी/एआइजीको ५६ वर्षे उमेर हदका कारण २०७९ साउन १९ मा अवकाशमा जान्छन्। पोखरेल प्रहरी महानिरीक्षक भए ११ महिना कुर्सीमा हुन्छन्।, उमेरका कारण एआइजी थापा भने पूरा कार्यकाल रहन्छन्, त्यो त्यही ११ महिना नै हो।, अहिले एआइजी बढुवा सूचीमा परेका सिंह पनि ११ महिना नै कुर्सीमा बस्नेछन्। , तर, धानुक एआइजी बढुवा भए पनि २०७९ असोज ७ मा उमेर हदका कारण अवकाशमा जान्छन्।, एआइजीमा बढुवामा समेटिएका पन्त हालका आइजिपी क्षत्रीसँगै वैशाखमा अवकाशमा जान्छन्।  , पन्त, सिंह र धानुकलाई एआइजीमा बढुवा गर्न गृहको सिफारिस
रासस हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी सुरु गरेको छ। ,  , गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ। ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी हेर्न दैनिक सयौँ स्वदेशी एवं विदेशी पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आउने गरेका छन्।, यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो। कोरोना महामारी कम भएपछि गत फागुन २७ गते शुक्रबारदेखि प्रदर्शनी सुरु गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो। प्रदर्शनीको उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यस्ता गतिविधिले विदेशी एवं स्वदेशी पर्यटकलाई सम्पदास्थलमा आकर्षण गर्ने बताए।, प्रदर्शनीमा नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटनाक्रमका तस्वीरको प्रतिलिपि राखिएको छ। प्रदर्शनीले त्यसबेलाको अवस्था जान्न सहयोग गर्ने विश्वास गरिएको छ। , यो प्रदर्शनीसँगै गद्दी बैठक पनि सर्वसाधारणका लागि खुला गरिएको छ। सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिइएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो। भूकम्पसँगै बन्द रहेको गद्दी बैठक सात वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो। , पृथ्वीवीरविक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दी बैठक उपयोग गरिन्थ्यो। राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो। गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रूपमा प्रयोग गरिँदै आएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाकालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिएको छ।, गद्दी बैठकमा तस्वीर प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला
सबिना श्रेष्ठ काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा आठवटा राष्ट्रिय झन्डा फहराउने भन्दै मापदण्डविपरीत निर्माण गरेको ढलान संरचना हटाउन सुरू गरेको छ।, युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुरमा यस्तो संरचना निर्माण नगर्नू भनेर पुरातत्व विभागले भनेपछि र स्थानीयको दबाबपछि महानगरले उक्त संरचना हटाउन थालेको हो।, महानगरको अनुगमन समितिले पुरातत्व विभाग र महानगरीय प्रहरी वृत्तको रोहवरमा मंगलबार बेलुकीबाट ढलानमाथि रहेको डन्डी काट्ने काम सुरू गरेको छ।, विश्व सम्पदा क्षेत्रमा मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै युनेस्कोले 'खतरा सूची' मा राख्ने चेतावनी दिइरहेका बेला काठमाडौं महानगरले वसन्तपुर डबलीमा ३५ फिट अग्लो राष्ट्रिय झन्डा राख्ने तयारी गरेको थियो।, पुरातत्व विभागले सम्पदा स्थलको संरक्षण र व्यवस्थापनविपरीत यस्तो निर्माण नगर्नू भनेर सचेत गराउँदा गराउँदै महानगरले वसन्तपुर डबलीमा एकतर्फी रूपले राष्ट्रिय झन्डा राख्न कंक्रिट संरचना निर्माण गरेको थियो।, स्थानीय तथा सम्पदा संरक्षण अभियन्ताहरूले यो योजनाको विरोध गरेका थिए।, चौतर्फी विरोधपछि महानगरकी उपप्रमुख हरिप्रभा खड्गी र पुरातत्वका अधिकारीहरूले मंगलबार बिहानै वसन्तपुर क्षेत्र अनुगमन गरे। त्यस क्रममा उपप्रमुख खड्गीले उक्त संरचनाबारे आफू अनभिज्ञ रहेको बताउँदै यो काम मेयरको एक्लौटी निर्णयबाट भएको जानकारी दिइन्।, 'यो महानगरको निर्णय होइन, मेयर सा'बको एकलौटी निर्णय हो। यहाँ के–कस्तो संरचना बन्दै छ भनेर मलाई पहिले जानकारी थिएन। हाम्रो पहिचानसँग जोडिएको झन्डा राखेर राष्ट्रिय भावना जगाउनु राम्रो कुरा हो। तर वसन्तपुरजस्तो सम्पदा क्षेत्र त्यसका लागि उपयुक्त ठाउँ होइन,' उनले भनिन्, 'सम्पदा क्षेत्रमा कंक्रिटले यस्तो संरचना बनाउन हुन्छ कि हुँदैन भनेर मेयरले विवेक पुर्‍याउनुपर्ने हो।', खड्गीले चाँडै उक्त संरचना हटाउने प्रतिबद्धता पनि जनाएकी थिइन्। त्यसैअनुरूप मंगलबार बेलुकी उनकै उपस्थितिमा डन्डी काट्ने काम सुरू भएको हो।, सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले डन्डी काट्ने काम सुरू भएकोमा सन्तोष व्यक्त गर्दै ढलान संरचना पनि चाँडै हटाउनुपर्ने बताए।, 'ढलानमाथि फलामे डन्डी ठड्याएर झन्डा राख्न मात्र बाँकी थियो। त्यसैले अहिलेलाई डन्डी काट्नु पनि ठूलो कुरा हो,' उनले भने, 'अब यहाँको ढलान संरचना पनि चाँडै हट्नेमा हामी आशावादी छौं।', पुरातत्व विभागले आफूसँग समन्वय नगरी सुरू गरिएको निर्माण 'स्थगित गर्नू' भन्दै गत फागुन ६ गते नै पत्र लेखे पनि महानगरले आठवटा झन्डा ठड्याउन रातारात कंक्रिट संरचना निर्माण गरेको हो।, 'काठमाडौं उपत्यका विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न विश्व सम्पदा समितिबाट पटक–पटक प्रस्ताव भइरहेको छ,' पुरातत्वका अधिकृत देवेन्द्र भट्टराईले महानगरलाई पठाएको पत्रमा भनिएको छ, 'नेपाल सरकारले पनि अस्वीकार गर्दै आएको परिप्रेक्ष्यमा बिनाअध्ययन स्थानीय सरकारबाटै गरिने यस्ता कार्य विश्व सम्पदा स्थलको संरक्षण एवं व्यवस्थापनविपरीत हुने भएकाले निर्माण कार्य स्थगित गरी विभागसँग समन्वय गर्न अनुरोध छ।', सम्पदा स्थलहरूको रेखदेख र सुरक्षाप्रति जवाफदेही पुरातत्व विभागले नै यसरी पत्र पठाइसकेपछि महानगरले निर्माण रोकेर समन्वय गर्नुपर्नेमा थाहै नदिई वसन्तपुर डबलीको एउटा खण्डमा ढलान पूरा गरेको थियो।, महानगरको सार्वजनिक निर्माण विभागले यो काम गरेको हो। विभाग प्रमुख रामबहादुर थापाले चौतर्फी विरोधपछि 'अहिलेलाई काम स्थगित गरेको' बताएका छन्।, 'चौतफी विरोध भएकाले हामीले काम रोकेका हौं। कतैबाट मौखिक वा लिखित रूपमा काम रोक्का गर्नू भनेर खबर आएको छैन,' उनले भने, 'अब कार्यपालिका बैठक वा महानगरबाट जे निर्णय हुन्छ, हामी त्यसैअनुसार काम गर्छौं।', उनका अनुसार काठमाडौं उपत्यकाका पाँच स्थानमा बाह्रवटा झन्डा राख्ने योजना थियो। यसका लागि करिब ७० लाख रूपैयाँ बजेट छुट्याइएको छ।, उचाइ मापदण्डका कारण वसन्तपुर डबली र स्वयम्भूमा ३५ फिट अग्लो झन्डा राख्ने तयारी थियो। वसन्तपुरजस्तै स्वयम्भू पनि विश्व सम्पदा सूचीकृत भएकाले मापदण्डविपरीत झन्डा राख्ने योजना तुरून्तै बन्द गर्नुपर्ने संरक्षण अभियन्ताहरूको जोड छ।, यसबाहेक रत्नपार्कको शान्तिवाटिकामा १०३ फिट अग्लो झन्डा राखिएको छ। त्यति नै उचाइको झन्डा तीनकुने र शंखपार्कमा राख्ने योजना छ।, यो पनि हेर्नुहोस्: , वसन्तपुर डबलीमा ८ वटा राष्ट्रिय झन्डा फहराउन महानगरले बनायो मापदण्डविपरीत कंक्रिट संरचना,  , वसन्तपुर डबली खनेर झन्डा फहराउने योजना 'अहिलेलाई स्थगित'
सेतोपाटी संवाददाता किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-२ घर भई हाल मध्यपुरथिमी नगरपालिका-६ पुरानो ठिमीमा खाजा पसल सञ्चालन गर्दै आएका २८ वर्षीय प्रदीप मल्ल ठकुरी छन्।, होटलमा कार्यरत् १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमीले मल्ललाई मंगलबार पक्राउ गरेको हो। , प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीका अनुसार ठकुरीलाई मंगलबार नै अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। रासस, किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट होटल सञ्चालक पक्राउ
दिपकजंग शाही केही महिनाअघिको कुरा हो, दैलेखकी १७ वर्षीया गुराँस (नाम परिवर्तन) आफ्ना किताब कापी र लुगा हालेको झोला बोकेर घरबाट निस्किन्। उनले घर छोड्दा एघार कक्षाको परीक्षा चल्दै थियो।, आमालाई साथीको घरमा पढ्न जाने भनेर मनाएकी थिइन्। आफैलाई भने तीन वर्षदेखि आफूमाथि भएको बलात्कार अब नसहने भनेर मनाएकी थिइन्।, यो कुरा उनले कसैलाई भन्न सकेकी थिइनन्। त्यसैले उनले घरबाट सकेसम्म टाढा बस्ने बाटो उचित देखेकी थिइन्।, सधैँ साथीको घरमा बस्न थालेपछि उनकी आमा पिरमा परिन्। साथीकैमा बसे पनि गुराँस बेलाबेला घर आउँथिन्। त्योबेला आमाले रोक्न खोज्थिन्। गुराँस सुरुसुरूमा अटेरी गरेर साथीकैमा फर्किन्। जब आमाले घरमै बस्न उर्दी गरिन् उनलाई गाह्रो पर्यो।, गएको हप्ता गुँरासकी एक संरक्षणकर्ता मानवअधिकारकर्मीले सेतोपाटीसँग भनिन्, ‘घरमा बस्नै पर्छ कि भन्ने डर भएपछि गुराँसले आमालाई सबै कुरा सुनाइछन्।’, गुराँस नौ कक्षामा पढ्थिन्। अचानक एक दिन घरमा कोही नभएको समयमा बुबाले उनको शरीरका भित्री अंगहरूमा हात लगाए। त्यो दिन उनी झस्किन्। यसपछि बाबुले घरमा कोही नभएको वा एकान्तको मौका पारेर उनको शरीर छाम्न थाले। गुराँसले साहस जुटाएर प्रतिवाद गरेकी थिइन्। तर उनका बाबुले उल्टै यस्तो त सामान्य हो, जसले पनि गर्छ भनेर चुप लगाउन खोजे। घरमा र बाहिर कसैलाई केही नभन्न उर्दी गरे।, केही समयपछि एकदिन बलात्कार नै गरे। यो कुरा पनि कसैलाई नभन्नू, भने मारिदिन्छु भनेर धम्क्याए।, ‘उनले कहिल्यै नसोचेको घटना भयो, बुबाले अरूलाई सुनाए मार्ने धम्की दिएपछि के गर्ने भन्ने मेसो पनि पाइनछिन्,’ ती अधिकारकर्मीले भनिन् ‘तीन वर्षपछि बल्ल उनले आमालाई सुनाएकी रहिछन्।’, तीन वर्षदेखि आफ्नी छोरी बाबुको बलात्कारमा परेको कुरा सुनेर आमाको अनुहार निलो भयो, छाँगाबाट खसेझैँ भइन्।, उनकी आमालाई यस्तो कुरा प्रहरीकहाँ लैजानु पर्छ भन्ने थाहा भएन। उल्टै बेइज्जत हुने डर लाग्यो। तर उनी पतिसँग दिनहुँ झगडा गर्न थालिन्। एक कान दुई कान हुँदै कुरा छरछिमेकमा पनि पुग्यो। केही छिमेकीले कुरा गोप्य राख्न र घरको कुरा घरमै मिलाउन सुझाब दिए।, गुराँस साथीको घरमा बस्न थालेको महिना दिन हुँनै लागेको थियो।, ‘घरमा मेरै कारणले झगडा पर्न थाल्यो। गाउँमा पनि सबैले थाहा पाए। म घर फर्कें तर गाउँमा मलाई हेर्ने नजर पनि फरक भयो। सबैले अचम्मका आँखाले हेर्थे खासखुस कुरा गर्थे,’ सहयोगी मानवअधिकारकर्मीले गुराँसलाई उद्धृत गरिन्, ‘फेरि एकजोर कपडाका भरमा घर छोडेर साथीकोमा गएँ।’, केही दिनपछि आमाले जोडबल गरेर छोरीलाई घर फर्काइन्।, उनीमाथि भएको घटना घर र छिमेकमा मात्रै सीमित रहेन, केही मानव अधिकारकर्मीहरूकोमा पनि पुग्यो। उनीहरूले गुराँसलाई संरक्षण दिएर सुर्खेत लगे। त्यहाँ कानून व्यवसायी र मानव अधिकारर्मीहरूसँग कुरा भयो।, अन्ततः गुराँस अपराधी बाबुविरूद्ध न्यायका लागि अदालत जाने निर्णयमा पुगिन्। सुर्खेतको संगतले उनलाई यस्तो आँट दिएको थियो।, गुराँसकी सहयोगी अधिवक्ता गीता कोइरालाका अनुसार बालबालिकाको अधिकार सम्बन्धी संस्था अनौपचारिक सेवा क्षेत्र (इन्सेक) का प्रतिनिधिहरू र अन्य केही मानव अधिकारवादीहरूको सहयोगमा गुराँसले प्रहरीमा उजुरी दिइन्।, गुराँसकी आमा मुद्दामामिलामा नजाने मनस्थितिमा थिइन्। घरतर्फका आफन्तहरूले उनलाई मुद्दामा नजान दबाब दिएका थिए। यस्तो दबाब बेवास्ता गरेर नाबालिग गुराँस अघि बढिन्। एउटा गैरसरकारी संस्थाको सहयोगमा आवासीय संरक्षण पाइन्।, गत मंसिर ९ गते प्रहरीमा उजुरी दर्ता भएको थियो। उसै दिन प्रहरीले बालात्कारी बाबुलाई पक्राउ गर्यो। फटाफट मुद्दा अघि बढ्यो। यही फागुन ९ गते दैलेख जिल्ला अदालतले अपराध ठहर गर्दै २५ वर्ष जन्मकैद सुनाएको छ। त्यसमाथि आफ्नै छोरीमाथि बलात्कार गरेको भन्दै १० वर्ष कैद थप गरेको छ। यसरी उनलाई जिल्ला अदालत दैलेखले ३५ वर्षको कैद सजाय हुने फैसला गर्यो।, बलात्कारी बाबु जेल चलान भएपछि नाबालिग गुराँसकी आमालाई आफन्तहरूले हैरान गर्न थालेका छन्।, उनीहरूका विचारमा बाबुलाई जेल हाल्ने गरी मुद्दामामिलामा जानु हुने थिएन, आफूआफूमा मिलाउनु पर्ने थियो। नाबालिग गुराँसको रक्षा गर्नुपर्ने दायित्व भएका गाउँलेले उनको परिवारलाई उल्टै सोध्न थालेका छन्, ‘कमाउने बाबुलाई जेल पठायौ, घरको जिम्मेवारी कसले लिन्छ?’, गुराँसलाई यो कुरा उनकी आमाले फोनमा सुनाउँछिन्। गुराँस अहिले एउटा संरक्षण गृहमा छिन्। उनी आमा र भाइबहिनीहरूसहित गाउँ छाडेर केही टाढा बस्न चाहिन्छन्।, कहाँ बस्ने? कसरी गुजारा गर्ने? भाइबहिनीलाई कसरी पढाउने? आफू कसरी पढ्ने? यस्ता प्रश्नहरूले उनलाई सताउँछन्।, उनको संरक्षणकर्ताको अनुमतिमा गुराँसले सेतोपाटीसँग भनिन्, ‘बाबालाई जेल पठाइस्, अब तेरो घरमा कसरी रासनपानी चल्छ, हामी पनि हेरौँ न भन्ने कुरा बाबातर्फका आफन्तले गर्नुहुन्छ रे! बाबा नभएपछि भाइबहिनीलाई कसरी पढाउँछेस्, कसरी पाल्छेस् भन्छन्। अहिले मैले आमालाई दिन सक्ने साहसबाहेक केही छैन।’, ‘गाउँमा बसिसक्नु छैन, विकल्प सुर्खेत हो। यहाँ बस्न न रोजगारी छ, न अरू आय,’ गुराँस भन्छिन्, ‘आमा गाउँ छोड्न तयार हुनुहुन्छ तर कहाँ जाने भन्ने टुंगो छैन।’, बाबुका विरुद्ध उजुरी गरेपछि उनी घर गएकी छैनन्, आमासँग भेट पनि भएको छैन। गुराँसका सहयोगी एक जना मानव अधिकारकर्मीका अनुसार उनको पढाइका लागि तीन पटक विद्यालय सार्नुपरेको छ। विद्यालय सारे पनि आर्थिक संकटका कारण नियमित हुन सकेकी छैनन्।, बाबुविरुद्ध मुद्दा दर्ता गरेपछि गुराँसले आफ्नो नागरिकताको प्रमाणपत्र बनाउन खोजिन्। घरतिरबाट नागरिकता नबनाइदिने भए।, ‘बाबुलाई जेल पठाउने छोरीलाई बाबुको पहिचान किन दिने भनेर भन्दा रहेछन्। इन्सकेको मानिसले यसमा सहयोग गर्नुभयो,’ अधिवक्ता कोइरालाले भनिन्, ‘यो कुरा सिडिओ (प्रमुख जिल्ला अधिकारी) सम्म पुगेपछि उहाँले आमालाई बोलाएर गुराँसलाई नागरिकता दिलाउनु भयो।’, नागरिकता त पाइन् तर गुँरास अब कसरी अघि बढ़ने भन्ने द्विविधामा छिन्।, बलात्कार गर्ने बाबुलाई जेल पठाइन्, परिवारलाई गाउँमा बस्नै हैरान
सेतोपाटी संवाददाता सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडियो खिचेको भन्दै मोरङ प्रहरीले एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको छ।, मोरङ सुन्दर हरैंचा-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका थिए।, त्यहीक्रममा भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहितका गाउँलेलाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्रेर रातभर हिरासतमा थुनेको हो। पत्रकार राई पूर्वी कमाण्ड अनलाइनकी पत्रकार हुन्।, सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडियो खिच्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई रातभर प्रहरी हिरासतमा राखेको गाउँलेले बताएका छन्।, मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङले ११ जना पक्राउ परेको भन्दै उनीहरू सबैको पहिचान भइनसकेको बताए। प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ।, नाबालिकाको केही दिनअघि बलात्कारपछि हत्या भएको थियो। हत्या आरोपीहरू पक्राउ परे पनि स्थानीय आन्दोलित छन्। , प्रहरी स्रोतले भने पक्राउ परेका पत्रकार र युट्युबरले पीडित परिवारको पहिचान खुलाएको आरोप लगाएको छ।, ती पत्रकारले बलात्कार पीडित नाबालिकाको परिवारका बुवाआमाको नामै किटेर समाचार सामग्री बनाएको प्रहरीको दाबी छ।, चक्काजामको भिडियो खिच्ने पत्रकार र युट्युबरसहित ११ पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरमा आकाशे पुलको उद्घाटन गरेका छन्।, बुधबार मेयर शाक्यले माइतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन्। उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रूपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए।, उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए। मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए।, ‘आकाशे पुल निर्माण अभियन अन्तर्गत हरेक वर्ष हामीले ८-९ करोड बजेट विनियोजन गरेका छौं। त्यसलाई आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ’, उनले भने, ‘धेरै ठाउँमा नीति बनायौं तर कार्यान्वयनमा अलि समस्या पनि छ। बाटो अवरोध हुने भएकोले आवश्यक ठाउँमा बनाउने भनेर तयार गर्दा पनि बनाउन नसकेको स्थान पनि छन्। र जहाँ जहाँ सम्भव छ, त्यो ठाउँमा बनाउने नीति अनुसार यो ठाउँ पनि छनोट गर्‍यौं।’, उनले सर्वोच्च अदालतमा आउनेले सडक पार गर्न गाह्रो भयो भन्ने आवाज उठेकाले आकाशे पुलको निर्माण गरेको स्मरण गरे। , ‘अहिले पनि धेरै ठाउँमा माग आइरहेका छन्, माग सब सम्बोधन गर्न नसकिरहेको अवस्था छ। नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटि साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ’, उनले भने, ‘यसले स्वास्थ्य मन्त्रालय, सिंहदरबार, सर्वोच्च अदालतमा जानेहरुलाई धेरै राहत दिने हामीले महशुस गरेका छौं। आवश्यक ठाउँमा वडा अध्यक्षले सिफारिस गरेअनुसार बनाउने नीति, कार्यक्रम र बजेट पनि हामीसँग छ।’, मेयर शाक्यले माइतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेका लागि सहज बनाउने विश्वास पनि व्यक्त गरे।, माइतीघरको आकाशे पुल उद्घाटन
रोहित महतो धनुषाको मिथिला बिहारी नगरपालिका–३ स्थित माध्यमिक विद्यालय मिथिलेश्वर मौवाहीमा १३ सय ६९ जना विद्यार्थी छन्। तर दुई जना बालविकासकासहित शिक्षक १५ जनामात्र शिक्षक छन्।, माध्यमिक स्तरका दुई र निमावि स्तरका तीन जना छन्। त्यसैगरी प्रावि तहका ८ जना शिक्षकमात्र छन्। प्रावि तहमा टिच फर नेपाल र नगरपालिकाबीच भएको सम्झौता अनुसार दुई जना शिक्षक राखिएका छन्।, १५ जना शिक्षकमध्ये प्रधानाध्यापक लालबाबु यादव प्राय:जसो विभिन्न कार्यक्रमको कागज मिलाउने र अफिस धाउनमै व्यस्त हुन्छन्।, नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ। जसअनुसार यस विद्यालयमा कम्तीमा २७ जना शिक्षक हुनुपर्ने हो। शिक्षक अभावमा विद्यार्थीका पढाइ प्रभावित भएको विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरू बताउँछन्।, शिक्षक अभावमा गुणस्तरीय शिक्षाबाट विद्यार्थी बञ्चित भएको शिक्षक देव नरायण यादवले बताए। भएका शिक्षकमध्ये पनि केही आफूले नियुक्ति पाएका बाहेकका विषय पढाउन बाध्य छन्।, एउटै शिक्षक अनुपस्थित भए विद्यालयभर कोलाहल हुन्छ।, ‘अनुपस्थित भएका शिक्षकको ठाउँमा कक्षा लिन मानिरहेका हुँदैनन्, त्यही भएर झगडा पनि पर्छ। जसोतसो मनाएर कक्षा लिन लगाउँछौं,’ उनले भने, ‘शिक्षकलाई भार धेरै छ तर बच्चाको भविष्य पनि हाम्रै काँधमा छ। हामी भन्छौं यदि देशका सेनाले ज्यान दिन तयार हुन्छ भने हामी समय किन दिन सक्दैनौं?’, शिक्षक अनुपस्थित हुँदा प्रावि तहकै शिक्षकले मावि कक्षा पनि लिने गरेको उनले बताए। यद्यपि प्रावि तहका पनि केही शिक्षक मास्टर डिग्री पढेकाले खासै समस्या नभएको उनको भनाइ छ।, शिक्षक अभावमा गुणस्तरीय शिक्षा दिन समस्या भइरहेको अर्का शिक्षक विजय कुमार यादवले बताए।, उनका अनुसार एउटै कक्षामा सय जनाभन्दा बढी विद्यार्थी ह्याण्डल गर्न शिक्षकलाई समेत हम्मे परिरहेको हुन्छ।, ‘जति शान्त गरे पनि अलि अलि विद्यार्थीले बोल्दा हल्ला हुन्छ। एकदम जोडले कराएर बोल्नुपर्छ नत्र पछाडिको विद्यार्थीले सुन्दै सुन्दैनन्। चार जना बस्नुपर्ने एउटा बेन्चमा ६ जना बस्नुपर्छ। कक्षामा ठाउँ पुगिरहेको हुँदैन,’ उनले भने।, १३ सय ६९ जना विद्यार्थी रहेको विद्यालयमा शौचालय समेत दुइटा मात्र छ।, विद्यार्थीलाई शौचालय प्रयोग गर्न समेत लाइन कुरेर बस्नुपर्छ। शौचालय अभावमै कतिपय विद्यार्थीले १० मिनेटसम्म कक्षा छोड्नुपर्ने बाध्यता रहेको शिक्षकहरू बताउँछन्।, नगरपालिका प्रमुख अनिल यादवले संघीय सरकारले दरबन्दी नथप्दा समस्या आएको बताए।, ‘यहाँ मात्र होइन देशभर शिक्षकको दरबन्दी कम भएर समस्या भएको छ। हामीले मन्त्रालयमा ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘हामीले दरबन्दी अनुसारको गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षक टिच फर नेपालसँग समन्वय गरी नियुक्त गरेका छौं।’, झन्डै १४ सय विद्यार्थीलाई पढाउन १५ जनामात्र शिक्षक
सेतोपाटी संवाददाता होलीका लागि काठमाडौं उपत्यकामा सुरक्षा दिन ३५ सयभन्दा बढी प्रहरी खटिने भएका छन्। , बिहीबार हुने होलीका विभिन्न कार्यक्रमलाई मध्यनजरमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था तयार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। , केही वर्षयता कोरोना भाइरसको महामारीका कारण होलीमा चहलपहल कम भएको थियो। तर यसपालि कुनै प्रतिबन्ध समेत नभएको हुँदा होली मनाउनेको भीड बढी नै हुने प्रहरीको आकलन छ। , त्यसैलाई मध्यनजरमा राखेर सुरक्षा व्यवस्था तयार गरेको राठौरले बताए। , होलीका लागि भनेर कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले उपत्यकाका तीनजनै प्रमुखलाई सम्भावित घटनालाई मध्यनजरमा राखेर प्रभावकारी सुरक्षा व्यवस्था तयार गर्न निर्देशन समेत दिएको एसपी राठौरले बताए।, उपत्यकामा मात्रै ३५ सयभन्दा बढी प्रहरी परिचालन गर्न लागिएको हो।, महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै १७ सयभन्दा बढी, ललितपुरबाट ६ सयभन्दा बढी र भक्तपुरमा ४ सयभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी रहेको एसपी राठौरले बताए। , ‘कोरोनाको कारण आमनागरिकले खासै होली मनाउन सकिरहेका थिएनन्। यसपालि निमिट्यान्न नै नभए पनि कम भएको कारणले यो पटक धेरै चहलपहल हुने आकलन गरेका छौं,’ उनले भने, ‘त्यसैअनुसार हाम्रो विशेष तयारी तथा सुरक्षा व्यवस्था बनेको छ।’, यस्तै, होलीका दिन सवारी साधन चलाउँदा हुने लापर्बाहीलाई मध्यनजरमा राखेर तीन सय प्रहरी खटाएको उनले बताए। , महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट चेकिङ गर्न ३ सय ट्राफिक प्रहरी खटाइने उनले बताए। , ट्राफिक चेकिङ पनि बढाइएको उनले बताए। भोलि काठमाडौं उपत्यकामा ६८ ठाउँमा चेकिङ हुने उनले बताए। , ‘एसपीकै कमान्डमा ३ सय जना प्रहरी खटिन लागेको हो,’ उनले भने, ‘भोलि पहिले भएका चेकिङ स्पटहरू त हुने नै भयो।त्यसबाहेक थप ६८ ठाउँमा विशेष ट्राफिक चेकिङ हुनेछ। लागुऔषध सेवन गरेर, ट्राफिक नियमहरू उल्लंघन गर्लान् भनेर त्यसमा ध्यान दिएका हौं।’, त्यस्तै, उच्छृंखल गतिविधि गरे सवारी साधन वा मानिसलाई नै पनि केही घण्टा होल्ड गर्ने सकिने उनले बताए। , महानगरीय अपराध महाशाखाबाट पनि एक सयभन्दा बढी सादा पोशाकमा खटाइने उनले बताए। , ४४ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सिआरभी) र ७९ वटा मोटरसाइकल गस्ती समेत गरिने प्रहरीले जनाएको छ। केही ठाउँमा साइकल गस्ती समेत गर्ने प्रहरीको तयारी छ।  , यसबाहेक पनि लापर्बाही हुनसक्ने भन्दै सामुदायिक टोलीले माइकिङ, ब्यानरहरूको माध्यमबाट जनचेतना फैलाउने कामहरू पनि गर्ने प्रहरीको तयारी छ। , प्रहरीले कसैको अनुमति र इच्छाविपरीत जबरजस्ती रङ नहाल्न र लोलाले नहाल्न अनुरोध गरेको छ। , महिला, पर्यटक, बालबालिकाहरूलाई पनि जबरजस्ती रङ दलेर अनावश्यक हैरानी नदिन अनुरोध प्रहरीले गरेको छ। , कुनै पनि घटना घटेमा प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरी जानकारी गराउन कार्यालयले आग्रह गरेको छ। , होलीमा काठमाडौं उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी खटिने, थप ६८ ठाउँमा ट्राफिक चेकिङ
रासस डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ।, मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि भरूवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो।, मृतकको शव अस्पतालमा राखिएको बताइएको छ।, त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।, नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन।, जनावर मार्न भरूवा बन्दुकको पासोमा परेर एकको मृत्यु
रासस मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। , मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय पाएर फरार जनकपुुरधाम उपमहानगरपालिका–१३ का ४२ वर्षीय रामजी पासवान र एक लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय पाएका पासवानको ३२ वर्षीया श्रीमती बिभा पासवानलाई धनुषा प्रहरी पक्राउ गरेको हो।, अदालतबाट फैसला भएपश्चात फरार रहेका दुवै जनालाई जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।, धनुषा जिल्ला अदालतले गत २०७७ माघ २२ गते दम्पतीलाई सो सजायको फैसला गरेको थियो।,  , अपहरण मुद्दाका फरार दम्पती पक्राउ
सेतोपाटी संवाददाता विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक बिरामीको पेटबाट पेटीको ‘बक्कल’ र फलामको सिक्री निकालेको छ।, भोजपुर नगरपालिका-१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र फलामको सिक्री निकालिएको हो।, परिवारिक स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैंले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए।, घटनापछि उपचारका लागि नोबेल अस्पताल ल्याइएका ती युवाको पेटबाट दुबै सामान निकालिएको हो।, बिना चिरफार इण्डोस्कोपिक विधिमार्फत् पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका विशेषज्ञ शल्यचिकित्सक डा. ध्रुवनारायण शाहले जानकारी दिए।, डा. शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो।, मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो। आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो।, पेटको शल्यक्रिया तथा क्यान्सरसम्बन्धी चिकित्सक डा.शाह, डा. मोहन खड्कासहितको टोलीले बक्कल निकालेर बिरामीलाई जोखिममुक्त बनाएको नोबेलका जनरल म्यानेजर नारायण दाहालले बताए।, बिनाचिरफार बक्कल र सिक्री निकालिएपछि अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ। स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ।, बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री
सेतोपाटी संवाददाता काठमाडौंको बिजेश्वरी करिडोर क्षेत्रमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा धादिङ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन्।, बुधबार बिहान बा ८५ प ५०६० नम्बरको मोटरसाइकल र बा ९४ प ६१२३ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।, प्रहरीका अनुसार मृत्यु हुने दुवाडी स्कुटरमा सवार थिए। दुवाडीको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।, स्कुटरको पछाडि सवार रहेका विनोद दुवाडी घाइते छन्। मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।   , बिजेश्वरी करिडोरमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा सोह्र करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ।, कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।, उनीहरूमाथि बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी लिएर मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।, उनीहरूले आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ बराबरको राजश्व छलेको पौडेलले बताए।, सौगात इन्टरनेशनलले जालसाजीपूर्वक नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक लिएर वित्ती विवरण, आय विवरण तयारी गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको अनुसन्धानमा खुलेको छ।, अनुसन्धानमा मूअकर २ करोड ५२ लाख १४ हजार ३९५ र आयकर ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँ छलेको भेटिएको विभागले जनाएको छ।, नक्कली भ्याट बिल प्रकरणमा १६ करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा
सेतोपाटी संवाददाता विराटनगरका उद्योगी महेश जाजुलाई ‘महामुर्ख’ उपाधिले सम्मान गरिएको छ।, होली पर्वको पूर्वसन्ध्यामा मारवाडी युवा मञ्चले मंगलबार राति एक कार्यक्रमका बीच ‘महामुर्ख’ उपाधि दिएको हो।, होली मिलन कार्यक्रमको आयोजना गरी जाजुलाई महामुर्ख उपाधि दिइएको मारवाडी युवा मञ्चले जनाएको छ।, मारवाडी समुदायमा होली पर्वको बेला समाजमा योगदान गरेका व्यक्तिलाई हरेक वर्ष महामुर्ख उपाधि दिइने गरिन्छ।, मारवाडी समुदायमा यसलाई ठूलो सम्मानको रूपमा लिइन्छ। रमाइलोको रूपमा पनि लिइने गरिएको उद्योगी चम्पालाल राठीले बताए।, गत वर्ष यो उपाधि पाएका राठीले जाजुलाई उपाधि हस्तान्तरण गरेका थिए।, ‘एक पटक पाएपछि एक वर्षसम्म उपाधि कायम रहन्छ,’ राठी भन्छन्। मिथिला नगरीमा पनि ‘महामुर्ख’ उपाधि दिइने गरिएको छ।  , ‘महामुर्ख’ उपाधि दिँदा बजारमा पाइने सस्तो खालको तरकारीको माला र हिरोइनको फोटो उल्लेखित ताज पहिरिने चलन छ।, उद्योगी जाजु विराटनगरमा बने यो वर्षको ‘महामुर्ख’
सेतोपाटी संवाददाता बाजुराबाट एकल महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन्। , जगन्नाथ गाउँपालिका-५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। , प्रहरीले उनलाई जगन्नाथ गाउँपालिकाको इलाकामा लुकीछिपी बसेको अवस्थामा फेला पारी ५ वर्षपछि पक्राउ गरेको हो। , शाहीले ‍पीडित एकल महिलालाई २०७४ पुस १३ गते राति जबर्जस्ती करणी गरेको आरोप छ। , ‍पीडित एकल महिलाको दुई छोराछोरी छन्। प्रहरीका अनुसार उनको बस्नको लागि घर नभएको कारण दुई छोराछोरीका साथ आफ्नै जेठीको घरमा बस्दै आएकी थिइन्। , त्यही मौका छोपी सो दिन सुतेको अवस्थामा पीडितको मुख छोपेर शाहीले जबर्जस्ती करणी गरेको कार्यालयले जनाएको छ। , प्रहरीका अनुसार शाही जबर्जस्ती करणी गरेपछी सो स्थानबाट फरार थिए। , उनी जिल्ला र मुलुक बाहिर विभिन्न स्थानहरूमा लुकीछिपी बस्दै आएको प्रहरीले जनाएको छ। , बाजुरा जिल्ला अदालत २०७६ भदौ ३ गते र उच्च अदालतल दिपायल २०७७ मंसिर ३० गते शाहीलाई दुई वर्ष छ महिना कैद फैसला सुनाएको थियो। , प्रहीले शाहीलाई सोमबार जिल्ला अदालत बाजुरामा पेस गरी कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय बाजुरामा पठाइएको जनाएको छ। ,  , जबर्जस्ती करणी गरेको आरोपका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार महिलालाई पक्राउ गरेको छ। , भक्तपुर महानगरपालिका-६ घर भई सोही वडा नम्बर-११ मा बस्दै आएकी राधा माताङ्गीलाई पक्राउ गरेको सिआइबीले जानकारी दिएको छ। , प्रहरीले माताङ्गीलाई सूर्यविनायकमा लुकीछिपी बसिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो। , उच्च अदालत पाटनले गत पुस २० गते माताङ्गीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय फैसला गरेको थियो। , माताङ्गीले २०७७ साउन २० गते सूर्यविनायकस्थित सानिमा बैंकको खातामा पर्याप्त रकम नभएको चेक जानी-जानी काटेर पीडितलाई दिएकी थिइन्।  , उक्त चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएकी थिइन्। , प्रहरीले फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको जनाएको छ। ,  , बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको हो।, योसँगै देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित छन्।, १४८ जना संक्रमित निको समेत भएका छन्। , योसँगै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, थपिए ५८ संक्रमित, निको भए १४८ जना
सेतोपाटी संवाददाता आँखामा खुर्सानीको धुलो छर्केर सुन तथा नगद डकैती गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , डकैती गर्ने गिरोहका दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , दाङ घर भई काठमाडौं महानगरपालिका-१० शान्तिनगर बस्ने २८ वर्षीय महेश विश्वकर्मा र २४ वर्षीय राजेन्द्र सिनलाई प्रहरीले पक्राउ  गरेको हो। , प्रहरीले विश्वकर्मालाई फागुन २६ गते गत बिहीबार र सिनलाई शनिबार दाङ प्रहरीको सहयोगमा पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक मैनालीका अनुसार घटना गत बुधबार भएको थियो। , राति साढे ८ बजे काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित ओम शाही टञ्च सेन्टर सुन पसलका सञ्चालक भारत घर भई चाबहिल बस्ने ३४ वर्षीय अमोल भोस्लेले पसल बन्द गरी घर फर्किन लागेका थिए। , उनले ४२ तोला सुन र १२ लाख नगद पनि बोकेका थिए। , चुच्चेपाटीस्थित एक पार्किङस्थल नजिकै पुग्दा समूहमा स्कुटरमा आएका केही व्यक्तिहरूले उनको आँखामा खुर्सानीको धुलो फ्याँके।, उनलाई कुटपिट समेत गरेर सुन तथा नगद राखेको झोला लुटेर फरार भएका थिए। , सो सूचना पाएपछि महानगरीय प्रहरी वृत्त, गौशालाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो। , प्रहरीले उनीहरूले काठमाडौं छाड्न सक्ने भन्दै नाकामा समेत कडाइ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। त्यसपछि परिसरको विशेष टोली परिचालन गरी विभिन्न विधिमार्फत् अनुसन्धान गरेको थियो। , ‘डकैतीमा संलग्न व्यक्तिहरूले तीन दिनदेखि उक्त घटनास्थल नजिकैको क्याफेमा बसेर 'रेकी' गरेका थिए। योजना बनाएर उनीहरूले लुटेका हुन्,’ मैनालीले भने। , यसमा संलग्न अरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। , प्रहरीले विश्वकर्माबाट बा ७४ प ९५६० नम्बरको मोटरसाइकल र ६६ हजार नगद बरामद गरेको छ। सिनबाट प्रहरीले रा ४ प ११२० नम्बरको मोटरसाइकल र २३१ ग्राम पहेँलो धातु, एक लाख नगद, धारिलो हतियार, एउटा तरवार बरामद गरेको छ। , उनीबाट उच्च अदालत तुलसीपुरबाट जारी भएको तारेख पुर्जी समेत बरामद भएको छ। , उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुर मुद्दामा अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।, काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।, काठमाडौंमा आँखामा खुर्सानीको धुलो छर्केर सुन डकैती गरेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता सुनसरीमा प्रहरीले मानव तस्करीको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।, भारतको बिहार सुपौलका ३२ वर्षीय मोहम्मद फिरोजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। , सीमा प्रहरी चौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई  कोसी गाउँपालिका-८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो। , प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो। फिरोज काठमाडौंमा घर बनाउने काममा संलग्न थिए।, फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।, प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।  , मानव तस्करीको आरोपमा भारतीय नागरिक पक्राउ
सेतोपाटी संवाददाता निर्माणको क्रममा दुई पटकसम्म बाढीले बगाएको गुल्मीको मुसिकोटस्थित झेदी पुलको निर्माणको काम अझै सुरू हुन सकेको छैन।, मुसिकोट नगरपालिका वडा नं. ३ र ७ लाई जोड्ने गरी बडिगाढ खोलामाथि २०७३ सालमा पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो।, ठेक्का सम्झौता अनुसार ५८ मिटर लामो उक्त पक्की पुलको निर्माण कार्य २०७५ साल असार मसान्तसम्म सकिसक्नुपर्ने थियो।, पाँच करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त पुलको ढलानको लागि दुई पटकसम्म बाढीले बगाए पनि निर्माणको लागि कतैबाट पहल गरिएको छैन।, वर्षायाममा निर्माणको काम सुरू गर्दा खोलामा आउने बाढीले दुई पटकसम्म पुल बगाएको भए पनि हिउँद याममा समेत निर्माण सुरू गरिएको छैन।, स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत निर्माण सुरू गरिएको पुल निर्माणको लागि वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरेको थियो।, २०७५ साल असारभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहे पनि पुल निर्माणमा ढिलाइ हुँदा पहिलोपटक २०७६ साल वैशाख १ गते र दोस्रो  पटक २०७७ साल वैशाख ३ गते खोलामा आएको बाढीले बगाएको थियो।, नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले पुल निर्माण भएपछि मुसिकोट नगरपालिका वडा नं. ३ र ७ लाई जोड्ने मात्र नभई नगरपालिकाको केन्द्र वामीदेखि सदरमुकाम तम्घाससम्मको दूरी समेत १० किलोमिटर छोटो हुने बताउँछन्।, सापकोटाले ढलानको लागि तयार गरिरहँदा दुईपटकसम्म पुल भत्किएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको र अब लुम्बिनी प्रदेश सरकार र भौतिक विकास पूर्वाधार कार्यालय गुल्मी मातहतमा रहने गरी पुलको निर्माण कार्य अगाडि बढाउने तयारी गरिएको बताए।, निर्माण कम्पनीसँगको सम्झौता तोडिएको भए पनि यसअघि नै २ करोड ७३ लाखभन्दा बढी रकम भुक्तान लगिसकेको छ।, यसअघिको डिजाइनमा बीचमा पिल्लर समेत नराखिएकोले पुल भत्किएकोले अब भने डिजाइन परिवर्तन गरेर भए पनि यसै आर्थिक वर्षभित्र पुल निर्माण गरिने सापकोटाले बताए।, पिल्लरहरू निर्माण भइसकेकोले टेण्डर गरिएको चार पाँच महिनामै निर्माणको काम सकिने उनको दाबी छ।, स्थानीय सडक पुल सहयोग ईकाई कार्यालयका अनुसार खोलाको जोखिम नहुने गरी डण्डीको सट्टा प्रि स्टेस केबल र स्टिल ट्रष्ट राखेर ढलान गर्ने गरि डिजाइन परिवर्तन गरिएको छ। , अझै बनेन दुई पटकसम्म बाढीले बगाएको गुल्मीको पुल
सेतोपाटी संवाददाता संरक्षणमुखी नीतिका कारण काठमा आधारित उद्योग समस्यामा परेको वन पैदावार उद्योगीहरूले गुनासो गरेका छन्।, वन क्षेत्रलाई संरक्षण गर्ने सरकारी नीतिलाई आत्मसाथ गर्दा आफूहरूका उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको गुनासो छ।, वनलाई प्राकृतिक सम्पदाका रूपमा व्याख्या गरिँदा अहिलेको अवस्था आइपरेको भन्दै वनलाई स्रोतका रूपमा व्याख्या गरिनुपर्ने उनीहरूको भनाइ छ।, महासंघका अध्यक्ष मन्जिल बाबु मास्केले काठमा आधारित उद्योगलाई नेपालमा भएको वनबाट ४ गुणा बढी कच्चा पदार्थ दिन सकिने भए पनि संरक्षण गर्ने नीतिकै कारण वन पैदावारमा परनिर्भरता हुनुपरेको बताए।, सरकारले उद्योग व्यवसायमैत्री वातावरण बनाउन नीति तर्जुमा गरेको भएता पनि सो अनुरूपको कानुनी प्रक्रिया र कार्यक्रमहरूको निर्माणमा कन्जुस्याइँ गरेको मास्केको आरोप छ।, ‘वन पैदावारमा आधारित उद्योग व्यवसायले कृषि उत्पादनमा आधारित उद्योग व्यवसाय सरहको न्यूनतम वातावरण पनि प्राप्त सकेका छैनौं,’ मास्केले भने,‘उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्न निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति बनाउन आवश्यक छ।’, महासंघका सल्लाहकार कपिलप्रसाद अधिकारीले नेपालमा वन पैदावारको सम्भावना पर्याप्त भए पनि रोजगार सृजना र देशको अर्थतन्त्रमा धेरै योगदान गर्न नसकेको दुखेसो गरे।, महासंघका निवर्तमान अध्यक्ष श्यामसुन्दर ढकालले वन नियमावली आउन ढिलाइ हुँदा उद्योग धरासायी भएको बताए।, वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले वन पैदावारलाई व्यवस्थित बनाउन नयाँ नीति ल्याउने तयारी भइरहेको बताए।, आगामी २ वर्षभित्रै मुलुकलाई वन पैदावारमा आत्मनिर्भर बनाउने गरी मन्त्रालयले नयाँ नीति ल्याउने तयारी गरिरहेको भन्दै नयाँ बन्दै गरेको नीतिले हाल विद्यमान रहेका वन पैदावारसम्बन्धी सम्पूर्ण समस्यालाई सम्बोधन गर्ने बताए।, लुम्बिनी प्रदेश वन तथा भू-संरक्षण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले उद्यम र व्यवसायीमैत्री वन नियमावली तयार भइरहेको र चैत्र मसान्तरसम्म पारित हुने जानकारी दिए।, उनले उत्पादनको विविधिकरणमा ध्यान दिन उद्योगीहरूलाई सुझाव दिए।, कपिलवस्तु वन कार्यालयका वन अधिकृत विजय सुवेदीले वैज्ञानिक वन व्यवस्थापन उपयुक्त र समय सापेक्ष योजना भए पनि सीमित व्यक्तिको स्वार्थमा लागेर गलत सावित गराउने काम भइरहेको बताए।, सुवेदीका अनुसार लुम्बिनी प्रदेशमा मात्रै वार्षिक ९० लाख सिएफटी काठ वनमा उत्पादन हुने भए पनि दुई वर्षसम्म निकासी रोकिएको छ।, दुई वर्षसम्म निकासी रोकिँदा १ करोड ८० लाख सिएफटी काठको उत्पादन रोकिएको सुवेदीको भनाइ छ।, नेपालमा वार्षिक १३ करोड क्युफिट काठ उत्पादन हुँदा साढे ६ करोड क्युफिट काठ खपत हुँदै आएको छ। , संरक्षणमुखी नीतिले काठमा आधारित उद्योगलाई समस्या
सेतोपाटी संवाददाता दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कोरियन नागरिकलाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-७ लाहुरेटोल बस्दै आएका ७३ वर्षीय दक्षिण कोरियाली नागरिक रेइ सी जुङलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनलाई ब्युरोको टोलीले सोमबार पक्राउ गरेको हो। उनी चाबहिलस्थित ओके कन्सल्टेन्सीका सञ्चालक समेत हुन्। , उनले वेल्डिङको ट्रेनिङ गराएर दक्षिण कोरियामा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गरेको आरोप छ। , पीडितले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।, प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ। , दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक कोरियन पक्राउ
सेतोपाटी संवाददाता ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन।, आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए।, ‘अचानक आइतबारदेखि लागेको आगो नियन्त्रण गर्न गए रातिदेखि नै खटिरहेका छौं, रातभर सुत्न पाएको छैन, केही बस्ती र एउटा स्कुल जोगायौं, अहिले भञ्ज्याङ आसपासमा आगो पुग्यो, यहाँका तीन वटा घर जोखिममा देखिएका छन्,’ अध्यक्ष घिमिरेले भने। उनका अनुसार उक्त घर जोगाउन अग्नि रेखा बनाइएको छ।, आगो नियन्त्रणमा स्थानीय ३०/३५ जना युवा खटिएका छन्। खोक्लिङ प्रहरी चौकीबाट प्रहरीको टोली खटिएको घिमिरेले बताए।, आगलागीले सामुदायिक वनको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ। आगलागी क्षेत्र भीरैभीर भएकाले आगो नियन्त्रणमा समस्या भएको स्थानीयले जानकारी दिए। दुम्जा र रातमाटे बस्ती आगलागीबाट जोखिममुक्त भएका छन्। मेवाखोला नजिकैबाट आगो सुरू भएको थियो।, आगलागी कसरी भयो भन्ने यकिन भएको छैन। खोक्लिङका केही वन प्राय आगलागीको चपेटामा पर्दै आए पनि जोखिम न्यूनीकरणका लागि ठोस उपाय भने भएको देखिँदैन।, जिल्लाका अन्य क्षेत्रमा वन डढेलोका घटना वर्षेनी दोहोरिने गरेका छन्। आगलागीले वन क्षेत्र सखाप हुँदै आए पनि वन सम्पदाको संरक्षणमा विशेष ध्यान कसैले नदिने गरेको स्थानीयको गुनासो छ। रासस, सामुदायिक वनमा आइतबारदेखि डढेलो, तीन घर जोखिममा
सेतोपाटी संवाददाता हेटौडामा अन्तर्राष्ट्रिय गणित दिवस तथा पाई दिवस मनाइएको छ। , १४ मार्चमा भौतिक वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसर पारी सो दिवस मनाइएको हो। , त्यस अवसरमा गणितमा विद्यार्थीको अभिरूचि जगाउने उदेश्यले नारायणी कलेज तथा तुलसी मेहर माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान थिइन्। , यस्तो कार्यक्रम नेपालमै पहिलो पटक आयोजना गरिएको नारायणी कलेज तथा तुलसी मेहर मेमोरियल विद्यालयमा प्राचार्य रघुनाथ खरालले दाबी गरे। , कार्यक्रममा १६ सय विद्यार्थी र शिक्षक सहभागी थिए। , यसप्रकारका कार्यक्रमले विद्यार्थीलाई गणित विषयमा आकर्षित गर्ने र मस्तिष्क विकसित गराउन सहयोग गर्ने कार्यक्रम निर्देशक किसन बास्तोलाले बताए। ,  , हेटौडामा मनाइयो अन्तर्राष्ट्रिय गणित दिवस
सेतोपाटी संवाददाता तनहुँमा सरकारी जग्गामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १३ जनामाथि मुद्दा चलाएको छ।, अख्तियारले सोमबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , हिमाली प्राथमिक विद्यालय तनहुँको विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार सरकारी जग्गालाई घरसारको कागजातहरू बनाएर आफ्नै घडेरी नम्बर कायम गरेको अख्तियारले जनाएको छ।, सन्तबहादुर सिजाली, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानिया, बुद्दिमाया विक, बाबुराम बानिया, लोकबहादुर माकिम, पूर्णबहादुर वि.क. र धनबहादुर विकले विद्यालय व्यवस्थापन समितिलाई एक लाख ६९ हजार ५१ रुपैयाँ दिएको अख्तियारले जनाएको छ। , त्यसरी रकम दिएर सार्वजनिक जग्गालाई भोगचलन गरेको देखिएको भन्दै उनीहरूमाथि अख्तियारले मुद्दा चलाएको हो।, अख्तियारले प्रतिवादीहरूबाट भोग हटाएर जफत गर्न माग गरेको छ। , अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही गर्न माग गरेको छ। , लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको मृत्यु समेत भइसकेको छ। , उनीहरू पनि यसमा मतियार भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र १५८ बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी रहेको अख्तियारले जनाएको छ। , सरकारी जग्गामा भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरूद्ध मुद्दा
सेतोपाटी संवाददाता प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, सोमबार भक्तपुरबाट काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका-४ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दीप गौतमलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।, प्रहरीका अनुसार गौतमले आफू विदेशी नागरिक भएको बताउँदै ठगी गरेको आरोप छ।, गौतमले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता नम्बर र आइएमआइको माध्यमबाट २९ लाख ४० हजार रुपैयाँ रकम जम्मा गर्न लगाएर ठगी गरेको आरोप छ।, गौतमले डाक्टर जोहन लरेन्स नामक फेसबुक र ह्वाट्सएप अकाउन्ट खोलेर पीडितलाई ९० लाखको चिठा परेको, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेस समेतको पार्सल पठाएको भन्ने म्यासेज गर्ने गरेको प्रहरीले जनाएको छ।, गौतमले पछि फेरि प्रताप राना सिंह नाम बताएर पीडितलाई ह्वाट्सएपमा फोन/म्यासेज गर्ने गरेको प्रहरीले बताएको छ।, गौतमले ह्वाट्सएपमा फोन गरेर पार्सल र चिठा परेको र रकम पाउनको लागि कर रकम तिर्न भनी पीडितलाई ठग्ने गर्ने गरेको  प्रहरीले जनाएको छ।,  , फेसबुक र ह्वाट्सएपमा नक्कली आइडी बनाएर ठगी गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नजिता प्रकाशन गर्नुपर्ने भएको छ।, चैतभर भने पठनपाठनलाई जारी राख्नुपर्ने शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बताएको छ।, एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका छ। यसलाईसमेत मध्यनजर गर्दै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै अनुकूल समयमा गर्नुपर्ने केन्द्रको भनाइ छ।, ‘शैक्षिक सत्र ०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्दछ,’ केन्द्रले आज सूचना निकालेर भनेको छ, ‘विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको कामसमेत वैशाखमै सक्ने।’, साथै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाखमै सुरू गर्नुपर्नेछ। जेठ १ गतेदेखि नियमित पठनपाठन सुरू गर्न पनि केन्द्रले निर्देशन दिएको हो।,  , विद्यालयका परीक्षा र नतिजा वैशाखमै, जेठ १ देखि पढाइ सुरू
युनिक श्रेष्ठ धादिङ घर भई काठमाडौं बस्ने क्याप्टेन आनन्द थापा पाइलट हुन्।, अहिले उनी अल्टिच्युड एयर हेलिकप्टर कम्पनीमा कार्यरत छन्। उनी पाइलट भएको १६ वर्ष भइसक्यो। आठ वर्ष सेनामा पाइलट भएर काम गरेपछि आठ वर्षयता उनी प्राइभेट कम्पनीमा आबद्ध छन्। मेजर पदमा पुगेर उनले सेना छाडेका थिए। , क्याप्टेन थापा आफ्नो कामबाट नेपालका विभिन्न ठाउँमा पुगिरहन्छन्। यसैबीच गत हप्ता उनी संखुवासभा पुगेका थिए। , संखुवासभामा महोत्सव भएको एक परिवारले हेलिकप्टर चार्टर्ड गरेका थिए। दुर्गम ठाउँ र धेरै समय लाग्ने हुँदा परिवारले हेलिकप्टरबाटै जाने भनेर चार्टर्ड गरे। , जम्मा ६ दिनको लागि काठमाडौंबाट हेलिकप्टर चालक दलसहित ६ जना संखुवासभाको मुडे पुगे।, कामकै शिलशिलामा मुडे पुगेका उनको जिन्दगीमा एउटा रोचक घटना घट्यो। , कुरा गत मंगलबार मार्च ८ को दिन हो। उनी संखुवासभा पुगेको केही दिन भइसकेको थियो। , त्यो दिन फ्लाइट सकेर उनले हेलिकप्टर ल्यान्ड गरेर बसिरहेका थिए। चालक दलले हेलिकप्टर नजिकै अरू कोही नजाओस् भनेर डोरी पनि बाँधेका थिए। ल्यान्ड गरेर क्याप्टेन थापा होटल जाने तरखरमा थिए। , ‘गाउँमा हेलिकप्टर खासै पुगेको हुँदैन। संखुवासभामा पनि दुर्गम क्षेत्रहरू छन्,’ उनले भने, ‘स्टाफले ल्यान्ड गराउन अरू मान्छेहरूलाई रोकेर राखेको थियो। तर त्यो दिन ठूला मान्छे भन्दा पनि स-साना बालबालिकाहरू आए।’, दिनभरी हेलिकप्टर उडाएका कारण थापा थकित थिए। त्यत्तिकैमा केही बालबालिकाहरू उनीनजिकै आए। , सामान्यतया पाइलट नजिकै कसैलाई पनि जान दिइँदैन थियो। तर त्यो दिन बालकबालिका उनी नजिकै पुगे। , ‘म नजिकै बालबालिका कुद्दै आए। स्टाफले हेलिकप्टर नजिक आउन सुरक्षित भइसकेपछि उनीहरूलाई आउन दिए,’ उनले भने, ‘म त्यही बसेर मोबाइल चलाएर बसेको थिएँ। अरूले आफ्नो काम गरिरहेका थिए त्यसैले म कुरिरहेको थिएँ।’, उनी नजिकै आएका बालबालिकाहरूमध्ये एकले क्याप्टेनले सोधे, ‘अंकल, अंकल। हेलिकप्टरमा ठूलो मान्छे मात्रै चढ्छन् हो? हामी चढ्न पाउँदैनौं?’, क्याप्टेन थापाले 'पाउने' जवाफ फर्काए। , तर त्यतिमै उनीहरूको जिज्ञासा सकिएन। ती बालकले फेरि सोधे, ‘सानो मान्छेको पैसा कति लिनुहुन्छ? सानो मान्छे मात्रै चढ्छम् नि।’, थापाले ती बालबालिकालाई लाग्ने खर्च बताएनन्। बरू एक सय रुपैयाँ भए पुग्छ भनेर जिस्किए।, ‘त्यसरी सोधेपछि के जवाफ दिनु भन्ने जस्तो लाग्यो। हेलिकप्टर चढ्ने अपरेशन त महँगो हुन्छ,’ उनले भने, ‘बालबालिकालाई ५० हजार, ९० हजार, एक लाख लाग्छ भनेर कसरी भनौं जस्तो लाग्यो। अनि मैले जिस्किएर एक सय रुपैयाँ भए पुग्छ भनिदिएँ।’, उनले जिस्किएरै भनेका थिए। त्यही बालबालिकाको हुलमा १२ वर्षीय अभियान घिमिरेले पनि त्यो कुरा सुनेका थिए। उनी खुरूखुरू घर हिँडेका रहेछन्।, घरमा गएर घिमिरेले आफ्ना बुवासँग एक सय रुपैयाँ मागेका रहेछन्। , साना बालकले एक सय रुपैयाँ मागेपछि आमाबुवाले पनि प्रश्न नगर्ने कुरै भएन। पैसा के गर्नको लागि भनेर सोध्दा उनले सरल जवाफ दिए। , हेलिकप्टर चढ्न भनेपछि आमाबुवाले पनि हाँसेर एक सय रुपैयाँ दिएर पठाए। अभियान घरबाट पैसा लिएर क्याप्टेन थापासामु आइपुगे। , ‘फेरि ती बालकहरू ग्याङ नै बटुलेर आए। अघि पनि आएका थिए। के भन्लान् भनेर मैले भिडिओ पनि खिच्न खोजे,’ उनले भने, ‘मैले सोधेँ। के भयो बाबु भन त। ती बालकले त्यसरी जवाफ फर्काउलान् भन्ने त मैले सोचेकै थिइनँ।’,  त्यो प्रश्नको जवाफले उनी चकित भए।, ‘अंकल यी लिनू एक सय रुपैयाँ। हामी बच्चाहरूलाई घुमाइदिनू,’ बालक घिमिरेले भनेको कुरा उदृत गर्दै भने, ‘पैसा दिएर हामीलाई घुमाइदिनू भनेपछि म ट्वाँ परेँ। कहाँ जाने भनेर सोधेपछि एक चक्कर लगाउने भनेर भन्यो। म त अक्कबक्क भएँ। के गरूँ, कसो गरूँ भयो।’, तर त्यो दिन हेलिकप्टरको मिसन सबै सकिइसकेको हुँदा उनले ती बालकलाई कतै लग्न सकेनन्। उनले भोलि लग्छु भनेर टारिदिए। , क्याप्टेन थापाले होटल गएर त्यसबारे सोचे। उनलाई त्यसरी हेलिकप्टर चढाइदिनू भन्दै कसैले पहिलो पटक सोधेका थिए। , त्यसपछि उनले आफ्नो वाचाअनुसार भोलिपल्ट बिहानै अभियानको घर पुगे। घर पुग्दा ती बालक सुतिरहेका थिए। , परिवारसँग अनुमति मागेर क्याप्टेन थापाले उनलाई घुमाउन लगे। ७ हजार फिटमा रहेको मुडेबाट १३ हजार ३०० फिटमा रहेको सभापोखरीमा लगेको उनले बताए।, अभियानसँगै उनकी दिदी पनि सँगै लिएर उनले सभापोखरी पुर्‍याए। जहाँ हिउँ पनि परेको थियो। , ‘म हेर्छु भनेर परिवारको अनुमति लिएर तीन जना बालकलाई राखेर लगेँ,’ उनले भने।, ३२ मिनेट हवाइ यात्रा गरेर उनीहरू सभापोखरी पुगे। त्यहाँ केहीबेर बसेपछि क्याप्टेन थापाले उनीहरूलाई एक घण्टापछि घर पुर्‍याए। , बाँकी बालबालिकाहरूलाई पनि आफू फेरि जाँदा घुमाउने भनेर वाचा समेत गरेको उनले बताए। , ‘भोलिपल्ट अरू बालकलाई पनि लग्ने विचार भए पनि उनीहरूको स्कुल खुलेको थियो। सबैलाई लग्न पाइनँ,’ उनले भने,‘एक डेढ महिनापछि जान्छु होला। त्यही बेला अरूलाई लग्ने विचार छ।’, उनले खिचेको ती बालकको भिडिओ सामाजिक सञ्जालमा पनि राखे। जुन भाइरल बन्यो। त्यसरी भाइरल बन्छ भन्ने उनले सोचेका थिएनन्।, हेलिकप्टर चढ्न एक सय रुपैयाँमात्र लिन्छु भने पनि उनले बालकसँग पैसा लिएनन्। उनी त्यही दिन काठमाडौं फर्किनुपर्ने काम भएको हुँदा त्यो उडानपछि सिधै काठमाडौं फर्किए। , यसरी आफ्ना बालकलाई हेलिकप्टर चढाइदिएपछि परिवार पनि चकित भएको उनी बताउँछन्।, अबदेखि यसैगरी अरूलाई पनि घुमाइदिने उनले बताए। , ‘यो घटनापछि मैले अरूलाई यसैगरी सय रुपैयाँमा हेलिकप्टर घुमाउने निर्णय गरेको छु। पैसा तिर्न नसकेर हेलिकप्टर चढ्न नसकेका मानिसहरूलाई म यसरी नै घुमाउने छु,’ उनले भने, ‘कतिपयको हावामा उड्ने सपना हुन्छ। तर सक्दैनन्। उनीहरूलाई मद्दत गर्नेछु।’, तस्बिरहरू:, अनि क्याप्टेन थापाले ‘सय रुपैयाँमा’ बच्चाहरूलाई हेलिकप्टरमा उडाइदिए (भिडिओ)
एजेन्सी रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (मंगलबार) २० औं दिन हो।, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि विशेष सैन्य कारबाही भनेको यो आक्रमणका कारण २५ लाख बढी युक्रेनी नागरिकले देश छोड्नु परेको छ भने सयौं मानिसहरूले ज्यान गुमाएका छन्।, संसारका धेरै मुलुकले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेका छन्। अमेरिकासहित पश्चिमा मुलुकहरूले रूसमाथि इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धहरू लगाएका छन्। रूसी आक्रमणको विरोध बाहिर मात्र होइन रूसभित्रै पनि हुन थालेको छ।, सोमबार राति भएको एउटा विरोधको घटनाले भने अहिले संसारभरि चर्चा पाइरहेको छ। बेलायती पत्रिका द गार्डियनका अनुसार रूसी सरकारी स्वामित्वको टेलिभिजन च्यानल वानमा समाचार प्रसारण भइरहेका बेला एक जना महिलाले स्टुडियोभित्र छिरेर युद्धविरोध प्लेकार्ड देखाएकी छन्।, च्यानल वानकी सम्पादक रहेकी मरिना ओभ्स्याननिकोभाले लाखौं रूसी नागरिकले हेर्ने उक्त समाचारका क्रममा 'युद्ध रोक। युद्ध चाहिँदैन। यी प्रोपोगान्डामा विश्वास नगर्नुस्, यिनीहरूले झुट बोलिरहेका छन्। रूसी जनता युद्धको विपक्षमा छन्' लेखिएको प्लेकार्ड देखाएकी थिइन्। मरिना स्टुडियोभित्र पसेर प्लेकार्ड देखाएपछि समाचार वाचिकाले चर्को स्वरमा समाचार पढेकी थिइन्।, На Первом канале в прямом эфире выбежала женщина с плакатом ,pic.twitter.com/3EMbhSdIGU, — Ярослав Конвей (@YaroslavConway) ,March 14, 2022, केही सेकेन्डसम्म मरिनाले प्लेकार्ड देखाएपछि टेलिभिजनमा अर्को रेकर्डेड सामग्री बजाइएको थियो। समाचारको बीचमा स्टुडियोभित्र छिरेकी मरिनालाई पक्राउ गरिएको छ। रूसी राष्ट्रपति पुटिनले केही दिनअघि मात्रै युक्रेनमाथि भएको आक्रमणलाई युद्ध भन्न नपाइने कानुन ल्याएका थिए।, उक्त कानुनले यो आक्रमणलाई सञ्चारमाध्यमहरूले युद्ध भनेका खण्डमा १५ वर्षसम्म जेल हुन सक्ने व्यवस्था गरेको छ। गत फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेपछि पुटिनले केही स्वतन्त्र सञ्चारमाध्यमहरूलाई बन्द गरिदिएका छन्। रूसी सरकारी सञ्चारमाध्यममा युक्रेन आक्रमणका तस्बिरहरू देखाइँदैन।, सञ्चारमाध्यममा सबथोक सामान्य रूपमा चलिरहेको देखाइन्छ। यो सबै थाहा पाउँदापाउँदै मरिनाले विरोध गरेकी हुन्। टेलिभिजन समाचारमा प्लेकार्ड देखाउनुअघि उनले एउटा भिडिओ रेकर्ड गरेकी थिइन्।, मानव अधिकारवादी मिडिया प्रोजेक्ट ओभिडी इन्फोबाट अहिले त्यो पनि प्रसारण भएको छ। उक्त भिडिओमा मरिनालाई वर्षौंदेखि रूसी प्रोपोगान्डा प्रसारण गर्दागर्दै आफू दिक्क भइसकेको बताएकी छन्।, युक्रेनी झन्डासँग मिल्ने निलो र पहेँलो रङको नेकलेस लगाएकी मरिनाले उक्त भिडिओमा आफ्नीमा आमा युक्रेनी र बुवा रूसी भएको बताउँछन्। लामो समयदेखि आफूहरूले अमानवीय शासन व्यहोरिरहेको भए पनि अहिले रूसी आक्रमणको संसारले विरोध गरेको उनले बताएकी छन्।, उनले रूसी नागरिकलाई यो आक्रमणको विरोधमा उत्रिन पनि आह्वान गरेकी छन्। मरिनाको उक्त कदमको अहिले संसारभर चर्चा भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको साहसको प्रशंसा गरेका छन्।, सामाजिक सन्जालमा उनको भिडिओ भाइरल छ। उनको फेसबुक पेजमा ४० हजार बढी मानिसले प्रतिक्रिया जनाएका छन् तीमध्ये धेरैले उनको तारिफ गरेका छन्।, रूसी टेलिभिजनमा समाचार बज्दाबज्दै स्टुडियोभित्र पसेर कर्मचारीले देखाइन् युद्धविरोधी प्लेकार्ड, भिडिओ भाइरल
रासस आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन। तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी आफूले पालेको गाई मरेपछि किरिया बसेका छन्।, भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्। गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको थियो। अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेपछि उनी किरिया बसेका हुन्। , उनले विगत १४ वर्षदेखि ती गाईको संरक्षण गर्दै आएका थिए। विगत नौ दिनदेखि उनी हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसिरहेका छन्। , ‘गौशालामा पालिएका गाई हाम्रा माता समान हुन्। गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको  छ। गाईको सेवामा नै जीवन बिताउने छु,’ उनले भने।, योगी नरहरिनाथले कोटीहोम गरेको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातका गाई ल्याएर राखिएको छ। हाल निरञ्जननाथका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आएका छन्। , गौ संरक्षण केन्द्रमा हाल करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको केन्द्रका संयोजक रामप्रसाद वस्तीले जानकारी दिए।, दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि (बूढो भएपछि) गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिँदै गएको छ।, आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक वस्तीले बताए। हालसम्म दाताहरूकै भरमा गाईको संरक्षण हुँदै आएको छ। , ‘गौ संरक्षण केन्द्रमा पालिएका गाईका लागि विभिन्न व्यक्तिले दाना, परालको व्यवस्थापन गर्दै आउनुभएको छ,’ बस्तीले भने, ‘नियमित आम्दानी नहुँदा गाईको संरक्षणमा गाह्रो हुँदै आएको छ, राज्यले यसतर्फ ध्यान दिएमा केही सहज हुने थियो।’ केन्द्रमा सामूहिक गाईपूजासहित विभिन्न समयमा गाईका लागि भण्डारा लगाउने गरिएको छ।, योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले केन्द्रमा संरक्षण गरिएका गाईलाई दीर्घकालीनरूपमा संरक्षण गरिराख्नका लागि अक्षयकोष निर्माण गरिएको जानकारी दिए। , एक करोडको अक्षयकोष निर्माण गर्ने गरी अभियान नै अगाडि बढाइएको छ। अक्षयकोषको लक्ष्यअनुरुप नै विभिन्न व्यक्ति तथा दाताले कोषमा रकम थप गर्दै आइरहेका छन्।, स्थानीय जातको गाईको दूध, गहुँत, गोबरमा औषधीय गुण हुने भएकाले समेत यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने गौ संरक्षण केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले बताए।, ‘हाम्रो स्थानीय जातको गाई जुन गाईको जुरो पलाएको हुन्छ, ती गाईको दूधसहित गहुँत र गोबरमा औषधीय गुण हुन्छ,’ उनले भने, ‘हामीले वागीश्वरीमा शुद्ध गौ अर्क निर्माण बिक्री वितरण गर्दै आइरहेका छौँ।’, स्थानीय जातको दूध तथा गहुँतको नियमित सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै क्यान्सर रोगबाट समेत मुक्ति मिल्ने उनले बताए। रासस, गाई मरेपछि किरिया!
नारायण खड्का काठमाडौंमा लुटेको सुन र एक लाख नगदसहित प्रहरीले एक युवालाई दाङबाट नियन्त्रणमा लिएको छ।, चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटपाट भएको थियो।, लुटपाटमा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका ८ घर भई घोराही १५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिंहलाई सुन र नगदसहित प्रहरीले पक्राउ गरेको छ।, सिंहलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताए। सिंहको साथबाट २२ तोला सुन र एक लाख नगद बरामद गरिएको प्रहरीको भनाइ छ।, डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार काठमाडौं महानगरपालिका ७ स्थित चाबहिलमा एक जना सुन व्यवसायी पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा सिंहसहित समूहले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए।, गत फागुन २५ गते लुटपाटपछि सिंह लुक्न दाङ आएको सूचनाका आधारमा उनको खोजि गरिएको थियो।, काठमाडौंमा लुटेको २२ तोला सुन र नगदसहित दाङबाट पक्राउ परे युवक
भगवती पाण्डे २०३३ सालमा स्थापना हुँदा बुटवलको ‘नवीन औद्योगिक निम्न माध्यमिक विद्यालय’ का विद्यार्थीहरू टिनको छानोमुनिको टहरामा बसेर पढ्थे। बुटवलको देवीनगर, सुकुम्बासी बस्तीनजिकै रहेकोले उक्त विद्यालयमा पढ्न आउने अधिकांश विद्यार्थी पनि सुकुम्बासी बस्तीकै हुन्थे।, विद्यालय पोशाकको कुरै थिएन, विद्यार्थीका खुट्टामा चप्पल समेत हुँदैन थियो। बुटवलका शिक्षाप्रेमीहरूले विद्यालयको सुधारको प्रयास नगरेका पनि होइनन् तर आर्थिक अभावले भौतिक पूर्वाधार बढाउन नसक्दा विद्यालय ३० वर्षसम्म निम्न माध्यमिक नै रह्यो।, त्यही विद्यालयले निरन्तर अन्तर्राष्ट्रिय पुरस्कार जितिरहेको छ भने नमूना विद्यालयमा पनि दर्ज भएको छ।, स्थापनाको २० वर्षपछि नवीन औद्योगिक निम्न माध्यमिक विद्यालयमा करिब छ सय जना विद्यार्थी थिए। समाजमा छोराछोरी निजी विद्यालयमा पठाउने क्रम बढ्दो थियो। विद्यार्थी संख्या घट्दै २०६० सालमा चार सयमा झर्यो।, २०५३ सालमा शिक्षक नियुक्त भएका प्रेमबहादुर बस्नेत २०६० सालमा प्रधानाध्यापक हुँदा कदरबहादुर रायमाझी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।, विद्यालय सुधारका काममा प्रधानाध्यापक बस्नेत र अध्यक्ष रायमाझीको पोयो मिल्यो। उनीहरू विद्यालयमा शैक्षिक र भौतिक सुधार गर्न संयुक्त प्रयासमा अघि बढे। , अध्यक्ष रायमाझीले विद्यालयको सुधारका लागि दुई वर्षमा ४० लाख रुपैयाँ चन्दा संकलन गरे। व्यवस्थापन समितिले कम्तीमा १० लाख रुपैयाँ चन्दा दिने दाताको नाम विद्यालयको नाममा समावेश गर्ने निर्णय गर्यो। धेरै चन्दा दिन पनि रायमाझी नै अघि सरे। चन्दाकै रकमबाट २०६१ सालमा पक्की भवन निर्माण भयो।, विद्यालय २०६३ सालमा माध्यमिक तहमा बढुवा भयो। व्यवस्थापन समितिको निर्णयअनुसार २०६७ साल माघमा विद्यालयको नाम संशोधान गरेर ‘नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय’ राखियो। शिक्षा नियमावलीमा यसरी नाम संशोधन गर्न सकिने व्यवस्था छ।, पक्की भवनमा पढाइ हुन थालेपछि विद्यार्थी संख्या बढ्न थाल्यो। विद्यालय १० कक्षासम्ममा मात्र सीमित रहेन, २०६८ सालमा व्यवस्थापन संकायमा ११ कक्षा को पढाइ सुरु भयो। त्यसको एक वर्षपछि २०६९ सालमा कक्षा ९ मा प्राविधिकतर्फ सिभिल इन्जिनियरिङ विषयको पढाइ सुरु भयो र २०७२ सालमा १२ कक्षासम्म पुग्यो।, अहिले कक्षा ११ र कक्षा १२ मा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कानून र शिक्षा संकायको पढाइ हुन्छ।, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय २०७० सालमा देशभरका ३३ वटा उत्कृष्ट विद्यालयमध्ये उन्नाइसौँ स्थानमा पर्यो। २०७५ सालको विद्यालय शिक्षा परीक्षा (एसएइई) मा मा लुम्बिनी प्रदेशमा पाँचौँ र रुपन्देही जिल्लामा दोस्रो भयो।, उक्त विद्यालयले सन् २०१७ मा ब्रिटिस काउन्सिलले दिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड पाएको थियो। प्रधानाध्यापक बस्नेतसहित १३ जना शिक्षकले राष्ट्रिय शिक्षा पुरस्कार पनि प्राप्त गरेका छन्।, प्रधानाध्यापक बस्नेतका अनुसार शिक्षक, व्यवस्थापन समिति र स्थानीय समुदायको संयुक्त प्रयासले विद्यालय राष्ट्रियस्तरमा उत्कृष्ट र नमूना हुन सकेको हो। , ‘विद्यालय कस्तो बनाउने भन्ने कुरा शिक्षकको हातमा हुन्छ,’ बस्नेत भन्छन्, ‘आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन नदिई शिक्षकलाई जागिरमुखी मानसिकताबाट पेशामुखी तुल्याउन सके परिवर्तन सम्भव रहेछ।’, यस विद्यालयका विद्यार्थीहरूमध्ये हरेक वर्ष चार–पाँच जनाले सिभिल इन्जिनियरिङतर्फ स्नातक तहमा छात्रवृत्तिमा नाम निकाल्ने गरेको बस्नेतले बताए। उनका अनुसार गत वर्ष १२ कक्षा उत्तीर्ण गरेका पाँच जना विद्यार्थीले पुल्चोक इन्जिनियरिङ कलेजमा छात्रवृत्तिमा नाम निकाले। दुई जनाले पोखरा विश्वविद्यालयमा भर्ना पाए।, प्रधानाध्यापक बस्नेका अनुसार २०७६ सालमा कक्षा १२ मा व्यवस्थापनतर्फ उक्त विद्यालयकी छात्रा अपेक्षा चौधरीले ग्रेड प्वाइन्ट एभरेज (जिपीए) चार हासिल गरिन्। सिभिल इन्जिनियररिङतर्फ विपिन अधिकारी र सागर पाण्डेले उत्कृष्ट नतिजा ल्याए।, राम्रो नतिजा हासिल गर्न अतिरिक्त कक्षा समेत सञ्चालन गर्ने गरेको प्रधानाध्यापक बस्नेतले बताए। ‘विज्ञान संकायका विद्यार्थीलाई साँझ साढे सात बजेसम्म विद्यालयमै पढाउँछौँ, घर गएपछि राति साढे १० बजेसम्म अनलाइनमार्फत पढाउँछौँ,’ उनले भने, ‘एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि कक्षा १२ को परीक्षा लगत्तै तयारी कक्षा चलाउने योजनामा छौँ।’, व्यवस्थापनतर्फ कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूका लागि विद्यालयमै लेखासम्बन्धी तालिम चलाउने गरिएको छ। बजारमा रोजगारी प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले यस्तो तालिम चलाउने गरिएको प्रधानाध्यापक बस्नेतको भनाइ छ।, उनका अनुसार विद्यार्थीहरूले सार्वजनिक वक्तृत्वकला, उद्घोषण लगायतमा पनि तालिम पाउँछन्। कानूनका विद्यार्थीलाई अदालतमा र इन्जिनियरिङका विद्यार्थीलाई उपयुक्त निकायहरूमा प्रयोगात्मक अभ्यास गराउने गरिएको छ।, ‘हातमा सर्टिफिकेट भएर मात्र हुँदैन, व्यावहारिक ज्ञान भएन भने बजारमा प्रतिस्पर्धा गर्न सक्दैन,’ प्रधानाध्यापक बस्नेत भन्छन्, ‘यहाँबाट पास भएर निस्किने विद्यार्थी माइन्युट लेख्न, निवेदन लेख्न, सानोतिनो कार्यक्रम सञ्चालन अब्बल होस् भन्ने हाम्रो उद्देश्य हो।’, विद्यालयका विद्यार्थी सागर पोखरेलले ब्याक गियरसहितको इलेक्ट्रिक मोटरसाइकल बनाएर सफल परीक्षण गरेका थिए।, अर्घाखाँची घर भएकी विपना पुरी व्यवस्थापन विषयमा कक्षा १२ मा पढ्छिन्। उनी यो विद्यालय राम्रो छ भन्ने सुनेर आफू नौ कक्षामा भर्ना हुन आएको र सुनेको जस्तै राम्रो पाएको बताउँछिन्।, अर्की विद्यार्थी जुना परियार पनि उक्त विद्यालयमा नौ कक्षामै भर्ना भएकी हुन्। अहिले विज्ञान संकायमा कक्षा ११ मा पढ्दै छिन्। उनी शिक्षकहरूको प्रोत्साहन र हौसलाले आफूले विज्ञान विषय पढेको तथा भाषणकला र वक्तृत्वकला प्रतियोगितामा पनि सहभागी हुने गरेको बताउँछिन्।, विद्यालयले आन्तरिक मूल्यांकन प्रणाली बलियो बनाएको र पढाइप्रति विद्यार्थीको रुचि जगाउन सकेको प्रधानाध्यापक बस्नेत बताउँछन्। विद्यार्थीको शैक्षिक प्रगतिबारे जानकारी गराउन हरेक महिना अभिभावक भेला गर्ने गरिएको छ। , ‘विद्यार्थीको भविष्य, अभिभावकको लगानी र विद्यालयको प्रतिष्ठा सबै विचार गरेर हामी लागिपरेका छौँ,’ बस्नेत भन्छन्, ‘शिक्षक–अभिभावक भेलामा विद्यालयका सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीबारे छलफल गर्छौं।’, उक्त विद्यालयको अहिले बुटवल बजारको करिब मध्य भागमा कुल साढे दुई बिघा क्षेत्रफल रहेको छ। सुविधा सम्पन्न चारवटा पक्की भवन छन्। मन्टेश्वरीदेखि कक्षा १२ सम्म ६३ वटा कोठामा स्मार्ट प्रविधिबाट पढाइ हुन्छ। विद्यालयमा प्राकृतिक वातावरण बनाउन हरियाली बढाइएको छ।, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयलाई लुम्बिनी प्रदेश सरकारले २०७६ सालमा प्रदेशको ‘नमूना विद्यालय’ घोषणा गरेको छ।, नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका, २०७६ ले नमुना विद्यालय सञ्चालनको मापदण्ड तय गरेको छ। यसअनुसार नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले भौतिक पूर्वाधार, शैक्षिक सुधार, छात्रावास, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला आइसिटी, नर्स, खेलकुद प्रशिक्षक, खेल मैदान, शौचालय लगायत सबै मापदण्ड पूरा गरेको छ।, विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष कृष्णप्रसाद खरेलका अनुसार अहिले १५० जना शिक्षक कर्मचारी छन्। हाल ३ हजार ६१५ जना विद्यार्थी छन्। सरकारले ४० वटामात्रै दरबन्दी दिएको छ। बाँकी शिक्षक कर्मचारीको तलबभत्ता निजी स्रोतबाट व्यहोर्ने गरिएको छ।, प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयको सफलताको मुख्य श्रेय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रायमाझीलाई जान्छ। ‘विद्यालय यहाँसम्म ल्याउन उहाँ (रायमाझी) को योगदान महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘बिहानदेखि साँझसम्म विद्यालयमै बस्नुहुन्थ्यो। विद्यालय अवलोकनका लागि विभिन्न व्यक्तिहरूलाई ल्याउनुहुन्थ्यो।’, विद्यालय सफल हुनमा अंग्रेजी माध्यममा पढाइ हुनु पनि एक हो। बस्नेतका अनुसार अंग्रेजी माध्यमका लागि निजी विद्यालय जाने विद्यार्थी तान्न नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले पनि २०६४ सालमा अंग्रेजी माध्यममै पढाउन थाल्यो।, जीवनोपयोगी सिप विकाससहितको पठनपाठन हुने भएकाले नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा लगायत जिल्लाबाट आउने गरेका छन्। हरेक वर्ष विद्यार्थी संख्या बढ्दो क्रममा छ।,  , अन्तर्राष्ट्रिय पुरस्कार पाएको बुटवलको नवीन स्कुल देशकै नमूना बन्दै
रासस चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ।, ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु २९ लाख गुमाउनुपरेको हो।, उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन्। यो पनि त्यसैको एउटा निरन्तरता हो।, विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नु नपर्ने भनी भ्रामक सूचना दिए।, पीडितले भने रु ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट रु २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ। यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेको खुल्न आएको मानगरीय अपराध महाशाखाले जनाएको छ।, पीडितको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए।, चिठ्ठामा लोभिँदा गुम्यो २९ लाख
सेतोपाटी संवाददाता झापामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।  , इलाम सुर्योदय नगरपालिका-१ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।, उनका अनुसार सोमबार कमल गाउँपालिका-५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा पैदलयात्री राईलाई ठक्कर दिएको हो।, घाइते राईलाई लाइफ लाइन अस्पताल दमक लगिएको थियो। तर अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले बताए। , बुटवल नगरपालिका-९ बस्ने बस चालक ५२ वर्षीय पूर्णबहादुर पौडेललाई बससहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ। , झापामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नं.३० ले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। , मंगलबार काठमाडौं महानगरपालिका वडा नं.३० ले स्थापना गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन्। , ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्दै पूर्वस्वास्थ्य मन्त्री थापाले आफू स्वास्थ्यमन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने काम अघि बढेको बताए।, आफू सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको उल्लेख गर्दै उनले हाल आफ्नै सक्रियता र स्थानीय  जनप्रतिनिधिहरू समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताए।, यस केन्द्रले वडाबासीहरुको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगहरु लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिहरूको व्यवस्था गर्ने उनले जानकारी दिए।, यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्ने उनले जोड दिए।, उनले आगामी दिनमा फिजियोथेरापी सेवा पनि सुरू गर्ने उल्लेख गरे।, केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरूले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्यसम्बन्धी अनुगमन गर्ने बताएको छ।, वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिइने जनाइएको छ।, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन
एजेन्सी चीनमा थप ५ हजार २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ।, सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ। जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। , चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ। , एक करोड ७० लाख जनसंख्या भएको प्रविधिको हब मानिएको सहर शेनझेनमा पनि लकडाउन गरिएको छ। , झन्डै ३ करोड चिनियाँहरू अहिले लकडाउनमा बस्न बाध्य भएका छन्। चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन्। , ‘जिरो कोभिड’को रणनीति अपनाएर उनीहरूले लकडाउन गरिरहेका हुन्।, ६ दिनयता चीनमा दैनिक एक हजार बढी संक्रमित थपिरहेको एएफपीले जनाएको छ।, चीनमा अहिलेसम्म एक लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भएको छ। ,  , चीनमा एकैदिन ५ हजार २८० जनामा कोरोना पुष्टि, ११ सहरमा लकडाउन
सेतोपाटी संवाददाता सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा  सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ। सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।, उद्घाटन कार्यक्रममा उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउन आग्रह गरिन्।, तराई तथा मधेस क्षेत्रमा सिँचाइमा विद्युत खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरू विस्थापित गर्न आग्रह गरिन्।, ‘अहिले हामी वार्षिक २ खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौं, विद्युतको प्रयोग गरी सिँचाइ गरेर उत्पादन बृद्धि गरौं, बाँझो खेत नराखौं,’ उनले भनिन्, ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौं, कृषि गरौं र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौं।’, उनले सबस्टेसन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति भई औद्योगिकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरे। कार्यक्रममा सर्लाहीका संघीय सांसद प्रमोदकुमार साहले यस क्षेत्रका सबस्टेसनबाट विद्युत आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत पाउन थालेको बताए। उनले विद्युतीकरण नभएका क्षेत्रमा तत्काल काम गर्न प्राधिकरणलाई आग्रह गरे।, ऊर्जा सचिव देवेन्द्र कार्कीले सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको बताए। सरकारले महसुल घटाएकाले विद्युत चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कार्कीले चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरे।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेश प्रदेशको विद्युत आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताए। विद्युतीकरणका लागि बजेट अभाव नहुने स्पष्ट पार्दै उनले सबैलाई विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाए। मधेश प्रदेशमा विद्युत चुहावट बढी नै हुने गरेकोले चुहावट नियन्त्रणमा सहयोग गरिदिन सबैलाई आग्रह गरे।, लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नवलपुर सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्र न्यून भोल्टेज र ट्रिपिङको समस्याबाट मुक्त भएको उल्लेख गर्दै सबस्टेसन आम उपभोक्ताका लागि बरदान भएको टिप्पणी गरे।, सबस्टेसनमा विद्युत आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय र प्राविधिक चुहावट घटेको छ। यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो। ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो। नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बनेको छ। सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिने छ।, पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ।  सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा  ट्रान्सफर्मर राखिएको छ। यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइएको छ।, सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६मा सुरु गरिएको थियो। कोभिड-१९को महामारी कारण उपकरण ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको थियो। सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो।, कार्यक्रममा सबस्टेसन आयोजनाका कर्मचारी र ठेकेदार कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।, सर्लाहीको नवलपुर सबस्टेसन उद्घाटन, विद्युत खपत बढाउन ऊर्जा मन्त्रीको आग्रह
सेतोपाटी संवाददाता रूस-युक्रेन युद्धको असर नेपालले भारतबाट खरिद गर्ने बिजुलीको मूल्यमा पनि देखिएको छ।, युद्धयता बिजुलीको शुल्कमा ठूलो असर परिरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।, 'युद्धअगाडि बिजुलीको मूल्य औसत प्रतियुनिट दुई रूपैयाँ ७० पैसादेखि तीन रूपैयाँ हाराहारी थियो। अहिले आएर सात रूपैयाँ प्रतियुनिट पुगिसकेको छ (यो समाचार तयार पार्दासम्म)। यसले प्राधिकरणलाई आर्थिक रूपमा असर पुर्‍याइरहेको छ,' उनले भने।, युद्धयता यस्तो शुल्क कहिले घट्ने त कहिले बढ्ने भइरहेको उनले बताए। विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ उकालो लाग्ने क्रम बढेपछि विद्युतको माग बढेको र विश्वबजारमा बिजुलीको माग बढ्दा भारतबाट खरिद नेपालले खरिद गर्ने बिजुलीको मूल्य पनि बढेको उनको भनाइ छ।, 'माग बढ्नेबित्तिकै मूल्य बढ्ने नै भयो। त्यसकारण अहिले बिजुलीको मूल्य बढेको छ। त्यसैको असर प्राधिकरणमा पनि परेको हो,' उनले भने। विद्युत कम उत्पादन हुने सुख्खा सिजनमा नेपालले भारतबाट नपुग बिजुली आयात गर्दै आएको छ।, प्राधिकरणका अनुसार हाल नेपालले भारतबाट दैनिक बिजुली आयात गर्दै आएको छ।* नेपालले पनि भारतको खुला बजारमा बिजुली बिक्री गर्ने स्वीकृति पाइसकेको छ। भारतले सीमा वारपार विद्युत व्यापारसम्बन्धी नियम सच्याएपछि नेपालमा उत्पादित विद्युत भारत निर्यातको बाटो खुलेको हो।, नेपालले गत कात्तिकदेखि बिजुली बिक्री सुरू गरिसकेको छ। यसअघिको क्रसबोर्डर विद्युत आयात-निर्यातको गाइडलाइन (निर्देशिका) संशोधन गरेपछि भारतले छिमेकी मुलुकमा उत्पादित बिजुली किन्ने  नीतिअगाडि सारेको हो।, सन् २०१७ मा भारतले अन्य मुलुकहरूमा आफ्नो लगानीमा बनेका आयोजनाको बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो। जसले गर्दा नेपालमा अन्य देशका लगानीकर्ता हतोत्साहित थिए। , तर सन् २०१८ को अन्त्यमा भारतले निर्देशिका सच्यायो। नयाँ निर्देशिकाले नेपालमा लगानी गरेका विदेशी कम्पनीलाई पनि भारतमा बिजुली निकासी गर्ने बाटो खोलिदियो। भारतको राष्ट्रिय प्रसारण लाइनमार्फत् बंगलादेशमा बिजुली लैजानसक्ने बाटो खोलिदियो।, भारत निकासी गर्न कम्तीमा ५० मेगावाटको जलविद्युत आयोजना हुनुपर्ने सर्त पनि हटायो।यी नीतिगत सुधारपछि नेपालले भारतीय खुला बजारमा बिजुली बिक्री सुरू गरेको हो।, नेपालले वर्षायाममा बिजुली बिक्री गरेर हिउँदमा अपुग बिजुली भारतबाट ल्याउने योजना बनाएको छ। निर्माणाधीन करिब २ हजार ५ सय मेगावाटका जलविद्युत परियोजनाहरू आगामी ३ वर्षभित्र सकाउने लक्ष्य छ।, निर्माण सकिएपछि वर्षायाममा नेपालबाट भारत विद्युत निकासी गर्ने लक्ष्य अघि सारेको छ।, *सच्याइएको।, रूस–युक्रेन युद्धको असर नेपालले भारतबाट किन्ने बिजुलीमा पनि
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषधसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरेकाे छ।, महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटेकाे विशेष टोली लागुऔषधसहित दुई जनालाई काठमाडौं-१३ टंकेश्वरस्थित सडकखण्डमा पक्राउ गरेकाे हाे।, महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार  पक्राउ पर्नेमा जिल्ला धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौं महानगरपालिका- १२ टेकु बस्ने  २० को अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्‍ज जिल्ला वरमाभोजका १९ वर्षीय अजय गौतम छन्।, पक्राउ परेका उनीहरूकाे साथबाट प्रहरीले लागूऔषध नाइट्राभेट ९०० पिस र एण्ड्रोइड मोबाइल दुई थान बरामद गरेकाे छ।, पक्राउ परेका दुई जनालाई  लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ।, टंकेश्वरबाट लागुऔषधसहित दुई पक्राउ
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो दिनमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञले सुझाएका छन्।, सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको छ।, जलवायु विज्ञ डा. उप्रेतीले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने भन्दै सजक रहन आग्रह गरे। उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रम पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गरे।, मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु विज्ञ उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताए। नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उनले जोड दिए।, तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानी पर्ने हुँदा प्रदुषण बढ्ने र ठूलो वेगको हावा चल्दा भौतिक संरचनामा क्षति पुग्नसक्ने उनले बताए।, ‘यो पिरियडमा हावाहुरी बढी चल्ने तातो हावा चल्ने तापक्रम ३० डिग्री ४० डिग्रीभन्दा माथिको अवस्थामा रहने हुँदा वातावरण पर्यावरण सुख्खा भइ आगलागी हुनसक्ने र कम पानी परेर प्रदुषणको मात्रा बढ्ने हुन्छ’, उनले भने, ‘एकैचोटी ठूलो वेगको हावा चल्ने हुँदा छाना उडाउने र रूखहरू ढल्ने हुँदा चोटपटक लाग्नसक्ने सम्भावना रहेको हुन्छ।’, ‘हिजोसम्मको अवस्थामा नेपालको ३९ वटा केन्द्रमा जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको छ। नवलपुरको एउटा केन्द्रमा ४० डिग्री रेकर्ड भएको अवस्था छ’, उनले भने।, भारतको जुन अवस्था छ नेपालतिर त्यो सिफ्ट भइराखेको उनले बताए।, ‘कुनै तापक्रम त आज पनि ४० डिग्री पुग्न सक्छ नि। तर लगातार दुई दिन वा सोभन्दा बढी ४० डिग्री तापक्रम एकै ठाउँमा रह्यो भने त्यसलाई हिट वेव कन्डिसन भनिन्छ’, उनले भने, ‘४ दिनभन्दा बढी रह्यो भने यसलाई तातो अवस्था भनिन्छ। तर फेरि घट्छ। हावाको चाप, हावाको प्रेशर कतातिर गइराखेको छ? त्यसले फरक पार्छ।’, तातो हावा कति माथि जान्छ? माथिबाट तातो हावाले चिसो हावालाई दबाएर राख्ने र त्यो दबाएर राख्दाको अवस्थामा हाइप्रेसर र लो प्रेसरको मिक्स्चर। एकदमै सुख्खा हावा र एकदमै वाष्फिकरण हावाको टकराव र यस्तो खालको अवस्थाबाट उत्पन्न हुने अवस्था भएको हुनाले डाइनामिक हुन्छ। चलिरहन्छ । यसो हुँदा हावाहुरी चल्ने हुन्छ । यतिबेला हामी सचेत हुनुपर्ने उनले बताए।, ‘जस्तो चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गती २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ। ४० किलोमिटर प्रतिघण्टाको अवस्था छ भने त्यसले ठूलो क्षति त गर्दैन। तर रूख ढाल्न सक्ने, कृषि प्रणालीमा क्षति पुग्ने अवस्था हुन सक्छ,’ उनले भने।, उनले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सूचना दिनु आवश्यक रहेको बताए। तापक्रम वृद्धि भई अत्यधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने उनले बताए।, जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तिव्र रुपमा देखा परिरहेको बताए।, मौसम विज्ञको सुझाव- दैनिक तापक्रम बढिरहेको छ, सचेत रहनुहोला
राजेश घिमिरे केही समयअघि चितवन राष्ट्रिय निकुञ्जभित्र माउतेको काम गर्ने एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भयो।, बाबु गुमाएपछि उनका छोराले निकुञ्ज प्रशासनसँग जागिर मागे। तर पाएनन्। उनी जीवन निर्वाहका लागि जाली बोकेर माछा मार्न खोलातिर जान थाले।, एक दिन निकुञ्जका प्रतिनिधिले उनले माछा मार्न लगेको जाली खोसिदिए। बदला लिने मनसायले ती व्यक्ति रातको समयमा निकुञ्ज कार्यालय गए।, कार्यालयको ढोका फोरेर भित्र रहेका कम्प्युटरहरू लिएर भागे। चितवन निकुञ्जले ती व्यक्तिले कम्प्युटर चोरी गरेको उजुरी गर्यो। मुद्दा अदालत पुग्यो। चोरीमा संलग्न व्यक्तिलाई सजायको फैसला भयो।, सोमबार सौराहामा राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ता हित संरक्षण मञ्चसँगको सहकार्यमा गरेको राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रका नागरिकको मानव अधिकार विषयको कार्यक्रममा घटनाक्रम सुनाउँदै चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले भने, ‘ती व्यक्तिका सबै कुरा, बाध्यताहरूलाई बुझ्दाबुझ्दै पनि हामीले कानुनको रक्षा गर्न सक्यौं, न्यायको सकेनौं।’, निकुञ्जका कारण क्षति पुगेका ती व्यक्तिको जीविकोपार्जनका लागि कुनै व्यवस्था समयमै भइदिएको भए त्यो अवस्था नआउने उनले बताए।, उनले जीविकोपार्जनका लागि निकुञ्ज पुग्नेले सुरक्षाकर्मीबाट कसुरभन्दा ठूलो सजाय पाउने गरेको देखिएको बताए।, ‘घोंगी खोज्न जानेलाई मृत्यु हुनेगरी कुटपिट गरिएको घटनामा त विश्वकै ध्यान गयो,’ उनले भने, ‘मान्छे किन घोंगी, निउरो खोज्न निषेधित क्षेत्रमा जान्छ भन्नेतिर ध्यान दिइएन। कानुनको रक्षा गर्ने नाममा मान्छेका व्यवहारिक समस्या, उनीहरूले पाउनुपर्ने न्यायका विषयमा ध्यान कम गयो।’, अदालतबाट न्याय सम्पादन गर्दा सकेसम्म न्याय दिने प्रयास गरेको उनले बताए।, ‘तर त्यो पर्याप्त नहुन सक्छ,’ न्यायाधीश रावलले भने। उनले धेरैजसो घटनामा वास्तविक शिकारी पक्राउ नपरी सहयोगीहरू मात्रै पक्राउ परेको गुनासो आउने गरेको बताए।, अनुसन्धान प्रभावकारी नहुँदा सहयोगी, सोझा मान्छेमात्रै थुनिइराख्ने, संरक्षणमा असर परिरहने अवस्था देखिएको उनले बताए।  , उक्त कार्यक्रममा बोल्दै राप्ती-१ ज्योतिनगरकी विना बानियाँ उप्रेतीले चितवन निकुञ्जका कर्मचारी/सुरक्षाकर्मीले मान्छेलाई जनावरलाई भन्दा पनि तुच्छ व्यवहार गर्ने गरेको दुखेसो पोखिन्।, ‘घरको पछाडि निकुञ्ज पर्छ, त्यहाँ लहलह घाँस छ। गोठमा बाँधिएका गाईवस्तु भोकै हुन्छन्,’ उनले भनिन्, ‘गाईवस्तु जंगल छिरिहाले भने हामीलाई जन्तुलाई भन्दा नराम्रो व्यवहार गर्छन्। गाईवस्तुलाई त भित्रका जनावरले हानेर मार्ला, हामीलाई त बाँचेर पनि मरेजस्तै छ।’, उनले खुला सीमा भएकाले घरपालुवा जनावर निकुञ्ज छिर्ने गरेको बताइन्।, ‘लिन जाँदा हामीमाथि यौन हिंसासमेत हुनेगरेको छ। तै पनि हामी मौन बस्छौं, समाजले के सोच्ला भनेर,’ उनले भनिन्, ‘अन्य यातना त कति हो कति।’  , लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङबोले निकुञ्जनजिक घर भएकै कारण समस्या झेल्नुपर्ने अवस्थामा धेरैको रहेको बताए।, ‘कतिपय मान्छेलाई त निकुञ्जको कानुनको विषयमा थाहा पनि छैन। उनीहरू विभिन्न बाध्यताले निकुञ्जको क्षेत्रमा पुगेका हुन्छन्,’ स्याङबोले भने, ‘यो कुरा थाहा भएर पनि कानुनको रक्षा गर्ने नाममा सर्वसाधारणलाई दुःख दिने गरिन्छ।’, उनले निकुञ्जका वन्यजन्तुले पुर्याएको क्षतिको क्षतिपूर्ति भने समय सापेक्ष नभएको बताए।, ‘मान्छे भित्र जाँदा कानुनमा भन्दा बढी सजाय हुने, वन्यजन्तुले बाहिर आएर मान्छे, घरपालुवा पशु, बालीमा क्षति पुर्‍याउँदा कम क्षतिपूर्ति पाउने व्यवस्था ठीक भइरहेको छैन,’ उनले भने, ‘संरक्षणलाई दीगो रूपमा लैजान यस्तो कुराले असर गर्छ।’, अहिले निकुञ्जका वन्यजन्तु बाहिर आएर बालीमा क्षति पुर्‍याएमा १० हजार, साना घरपालुवा जनावर मारेमा १० हजार, भैंसी मरेमा ३० हजार, मान्छेको ज्यान गएमा १० लाख रुपैयाँसम्म राहत दिने व्यवस्था छ। उनले लोथर उपभोक्ता समितिको क्षेत्रमा यस वर्षमात्रै हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएको बताए। ३ वर्षयता वन्यजन्तुको आक्रमणबाट दर्जन बढी मान्छेको ज्यान गएको उनले बताए।, माडीका श्रीप्रसाद दवाडीले २०२९ सालमा ल्याइएको निकुञ्ज ऐनलाई समयअनुसार परिमार्जन नगर्दा निकुञ्ज आसपासमा बस्ने मान्छेमाथि अन्याय भएको बताए।, उनले माडीमा बसोबास गर्नेले आवतजावतदेखि आफूले उत्पादन गरेका वस्तुहरू ल्याउन लैजानमा समस्या झेलिरहेको बताए।, ‘माडीमा माछा पोखरी छ, पोखरीका माछा भरतपुरमा रहेको परिवारलाई लगिदिन खोज्दा पनि निकुञ्जले रोक्छ,’ उनले भने, ‘माछाको बिल माग्छ। परिवारका लागि भनेर आफ्नै पोखरीबाट झिकिएको माछाको बिल खोज्न कता जाने? हामीले निकुञ्जसँग बँदेल मारेर खान देऊ, रूख काट्न देऊ त भनेकै छैन।’, उनले माडीका बासिन्दा वन्यजन्तुका कारण भयरहित कुनै रात सुत्न नपाएको बताए।, मध्यवर्ती क्षेत्र समुदायका लागि भनेर बनाइएको भए पनि निकुञ्जले त्यो पनि वन्यजन्तुकै लागि मात्रै हो भन्ने अर्थमा बुझ्दा समस्या भएको उनले बताए।, ‘सीमामा तारबार लगाएर वन्यजन्तुलाई भित्रमात्रै रहने व्यवस्था मिलाउनुपर्छ, मान्छेले आफ्ना आवश्यकताहरू मध्यवर्ती क्षेत्रमै पूरा गरे भने भित्र जान आवश्यक पर्दैन। यसले मानव–वन्यजन्तु द्वन्द्व पनि घटाउँछ।’, राप्ती–१ का वडाध्यक्ष सिद्धिलाल स्याङताङ वर्षौंदेखि निकुञ्जसँग आश्रित भएर नजिकै बसोबास गर्ने गरेको समुदायलाई जंगल नपसी जीवन चल्ने विकल्प दिइनुपर्ने बताउँछन्।, ‘दाउरा, घाँस, सागपात, माछा, घोंगी, ढुंगा, बालुवाका लागि निकुञ्ज छिर्ने मान्छेलाई राज्यले अन्य विकल्प दिनु आवश्यक छ,’ उनी भन्छन्, ‘कुनै विकल्प नै नदिई निकुञ्ज नआऊ मात्रै भनेर त समस्या बढिराख्छ।’, यिनै विषयले उनले संरक्षणमा खटिने कर्मचारी र समुदायका बीचमा द्वन्द्व बढिरहेको बताए।, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्ज पूर्खाले छाडेर गएको सम्पत्ति नयाँ पुस्ताले पनि देख्ने अवसर पाउनुपर्छ भनेर दीगो संरक्षणमा लागिरहेको दाबी गरे।, संरक्षणका क्रममा मानव अधिकार उल्लंघन नहोस् भन्नेमा आफू सचेत रहँदै आएको उनले बताए।, ‘संरक्षणका क्रममा कतिपय समयमा व्यक्तिका कारण मानव अधिकार उल्लंघनका घटना भएको हुनसक्छ। तर त्यसलाई संस्थाले मानव अधिकार उल्लंघन गर्‍यो भनेर बुझिदिन भएन,’ उनले भने, ‘संस्थाको उद्देश्य त जैविक विविधताको संरक्षण गर्ने नै हो।’, आचार्यले निकुञ्ज र समुदायकाबीचमा रहेको सीमामा काँडेतार, सोलार फेन्स, मेसजाली हुँदै अहिले कंक्रिट पर्खाल लगाउन थालिएको बताए।, ‘समुदायका लागि मध्यवर्ती क्षेत्र छ, कोर क्षेत्र वन्यजन्तुकै लागि मात्रै भयो भने संरक्षण प्रभावकारी हुन्छ भनेर लाग्दै आएका छौं,’ उनले भने, ‘धेरै मान्छेले मध्यवर्ती क्षेत्रमार्फत् लाभ पनि लिइरहेका छन्। कतिपयको बाध्यता अझै पनि निकुञ्ज भित्रै जाने खालको देखिएको छ। यसको सम्बोधन नीतिगत तहबाटै हुनुपर्ने देखिन्छ।’, राष्ट्रिय मानव अधिकार आयोगका कायममुकायम सचिव मुरारी खरेलले कानुन जति सहज बनाए पनि थप आशा गर्ने समुदायको सोच र बल लगाएरै संरक्षण गर्नुपर्छ भन्ने राज्यका निकायको सोच दुबै गलत रहेको बताए।, उनले बलको प्रयोग गरेर संरक्षण गर्छु भन्दा मानव अधिकार उल्लंघनका घटना बढिरहेको देखिएको बताए।, आयोगका अध्यक्ष तपबहादुर मगर संरक्षणको नाममा दुर्व्यवहारका घटना बढ्नु दु:खद् भएको बताउँछन्।, ‘कतिपय मान्छेहरू जन्मेदेखि नै जंगलसँग खेलिरहेका छन्। जंगलसँग उनीहरूको सांस्कृतिक, आर्थिक विषयहरू जोडिएका छन्। यो समुदायले हामीलाई अधिकारबाट बञ्चित गरियो भन्दै आएका छन्,’ उनले भने, ‘राज्यले संरक्षणका नाममा अन्य विकल्प विकल्प नदिई दुर्व्यवहारमात्रै गर्ने गर्नुभएन।’, समुदायले पनि अधिकारमात्रै खोज्न नहुने, संरक्षणप्रतिको कर्तव्य पनि पालना गर्नुपर्ने उनले बताए।  , मान्छेको गतिविधिले वन्यजन्तुको जीवनचक्रमा, वन्यजन्तु र यसको सुरक्षार्थ खटिने कर्मचारीको गतिविधिले वरपर बस्ने मान्छेको सुरक्षामा असर नपरोस् भन्नेमा सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँ बताउँछन्।, संरक्षित क्षेत्रमा भइरहेका मानव अधिकार उल्लंघनका घटनाले विश्वको ध्यान खिच्न थालेको भन्दै बानियाँले दीगो संरक्षणका लागि निकुञ्ज क्षेत्रमा मानव अधिकारको अवस्थामा सुधार आउनुपर्ने बताए।  , गत वर्ष घोंगी खोज्न चितवन निकुञ्जभित्र गएका राप्ती नगरपालिकाका राजकुमार चेपाङको सेनाको कुटाइबाट ज्यान गएको थियो।, गत वर्ष नै निकुञ्जका सुरक्षाकर्मीले हात्तीसहित गएर माडीको कुुशुमखोलामा रहेका घर भत्काइदिएका थिए।, उक्त घटनाबाट विस्थापित भएका त्यहाँका बासिन्दा माडीका विभिन्न स्थानमा सुकुम्बासीका रूपमा रहँदै आएका छन्। यस्ता घटनाले चितवन निकुञ्जमा मानव अधिकार उल्लंघनका घटना बढेको देखिएको भन्दै मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले चासो राख्दै आएका छन्।,  , जिल्ला न्यायाधीश रावल भन्छन्- हामीले कानुनको रक्षा गर्न सक्यौं, न्यायको सकेनौं
सेतोपाटी संवाददाता गैरकानुनी तरिकाले डलर सटही तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।, विभागले मंगलबार ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैयाँ बिगो माग गर्दै दुई जनाविरूद्ध मुद्दा दायर गरेको हो।, मुद्दा दायर गरिएका व्यक्तिमा मोरङ रतुवामाई नगरपालिका-७ का २८ वर्षीय पुष्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बु छन्।, उनीहरूले सामूहिक रूपमा मोबाइल एप वान एक्स बेट, बाइनान्स, एडिभी क्यास, क्वाइनबेस, प्याक्सफुल प्रयोग गरी डलर विनिमय गरेको विभागको अनुसन्धानबाट खुलेको छ।, यी एपहरू विदेशी हुन्। ती एपबाट उनीहरूले अमेरिकी डलर सटही र क्रिप्टोमा लगानीकर्ताको रूपमा रहेर नेपालका बैंकबाट ठूलो रकम विनिमय गराएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।, उनका अनुसार पुष्करले मेगा बैंकबाट ८४ लाख ८३ हजार ४२९, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख ७६ हजार ९९, एनआइसी एसिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार ८८९ र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५३९ गरी ७ करोड ५७ लाख ७१ हजार ९५८ रुपैयाँ विनिमय गराएको अनुसन्धानमा खुलेको छ।, यस्तै, लिम्बुले एनआइसी एसिया बैंकबाट दुई करोड १६ लाख ९८ हजार २४ रुपैयाँ विनिमय गराएको पाइएको छ।, नेपालमा मोबाइल एपबाट डलर विनिमय कारोबार प्रतिबन्धित छ। साथै, संस्थागत रूपमा मात्रै डलर विनिमयको कारोबार बैंकहरूलाई दिइने गरिएको छ। बैंकहरूले सीमित रूपमा व्यक्तिहरूलाई आवश्यकताको आधारमा डलर उपलब्ध गराउने गर्छन्।, श्रेष्ठ र लिम्बुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, राष्ट्र बैंकले निषेधित गरेको कसुर पुष्टि गरेको देखिएकाले बिगो जफत र तीन वर्षसम्म कैद सजाय माग गरिएको विभागले जनाएको छ।  , विभागले केही समयअघि कैलाली लम्कीचुहा नगरपालिका-३ का दिनेश खड्कासहित तीन जनाविरूद्ध ३७ करोड बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको थियो।, यी पनि पढ्नुस्:, क्रिप्टोकरेन्सीको कारोबार बढेपछि चार छुट्टाछुट्टै सरकारी निकायले गर्दैछन् अध्ययन, बिटक्वाइन वरदान हो कि अभिशाप?, जसले मोबाइल एपबाट छ महिनामै ३७ करोड बराबरको डलर साटेर खेलाए जुवा, ९ करोड ७४ लाख बिगो माग्दै दुई जना क्रिप्टोकरेन्सी कारोबारीविरूद्ध मुद्दा
सेतोपाटी संवाददाता मेची–महाकाली उल्टो पैदल यात्राको अभियानमा रहेका ३२ वर्षीय ऋषि परियारलाई दाङको राप्ती गाउँपालिको सिसहनीयाँमा स्वागत गरिएको छ।, नेपाली कांग्रेसका नेता तथा कार्यपालिका सदस्य सन्जिव छिनालले एक कार्यक्रमकाबीच ऋषिलाई सिसहनियाँ बासीको तर्फवाट स्वागत तथा आगामी यात्राका लागि शुभकामना दिएका हुन्।, स्वागत तथा शुभकामना कार्यक्रममा सिसहनियाँ उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्स, सिसहनियाँ खानेपानी तथा सरसफाई समिति, प्रहरी चौकी, ब्यवसायी, विद्यार्थी, खेलाडी, स्थानीयले उनलाई थप यात्राको शुभकामना दिएका हुन्।, त्यसक्रममा काठमाडौं टेलरीङ सेन्टरको तर्फवाट उपहारस्वरुप राष्ट्रिय पोशाक र  उद्योग वाणिज्य संघको तर्फवाट अभियानमा सहयोग पुर्‍याउन आर्थिक सहयोग गरेको थियो।, दाङ तुलसीपुर उपमहानगरपालिका –३ रानागाउँका परियारले आफू र जिल्लालाई चिनाउन स्वास्थ्यको लागि पैदल यात्रा आवश्यक रहेको सन्देश प्रवाह गर्न यात्रा थालेको बताए।, परियारले सबैको माया र सदभावले आफूलाई उर्जा प्राप्त भएको बताए।, ‘म नयाँ र रोचक केही काम गर्न चाहान्छु,’ परियारले भने, ‘त्यसैको लागि मैले अहिले उल्टो पैदल यात्राको अभियान सुरु गरेको हो।’ , परियार झन्डै डेढ महिना लामो यात्रापछि गृह जिल्ला दाङको सिसहनियाँ आइपुगेका हुन्। उनले माघ १५ गतेदेखि झापाको मेची पुलबाट आफ्नो उल्टो यात्राको सुरुवात गरेका थिए। , झन्डै चार महिनाको अवधिमा उनले यो यात्रा पुरा गर्ने लक्ष्य लिएका छन्।  सर्वसाधारणले उनको ठाउँ ठाउँमा स्वागत गर्दै आएका छन्। , पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ–नेपालगंज तथा बर्दिया निकुञ्ज क्षेत्रमा त्यसरी उल्टो पैदल यात्रा गर्नु उनको लागि जोखिमपूर्ण छ। , परियारले सन् २०२० मा ‘मोष्ट जम्पिङ ज्याक्स इन वान मिनेट’ मा विश्व कीर्तिमान कायम गरेका थिए।, तस्बिर – सौजन्ने – तिर्थराज ज्ञवाली ।, मेची– महाकाली उल्टो पैदल यात्रामा रहेका ऋषि परियारलाई राप्तीमा स्वागत
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, फागुन २९, काभ्रेको पनौती नगरपालिकाको संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाइँदैछ । यसका लागि नगरपालिकाले स्थानीयवासीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग पनि गरेको छ । , आर्थिक सहयोग प्राप्त गर्नका लागि स्थानीयवासीलाई पुरातत्व विभागले दिएको मापदण्डानुसारको पुरानो शैलीका निजी आवास बनाउनुपर्ने हुन्छ । यो योजनाअन्तर्गत वडा नं ७ का ११ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । पुरातत्व विभागले ताकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालिएको नगरपालिकाले जनाएको छ ।, ‘संरक्षित क्षेत्रमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालेका छौं’, नगरप्रमुख भीम न्यौपानेले भने। उनका अनुसार पुरानो शैलीका घर बनाउँदा महँगो पर्ने भएकाले ऐतिहासिकता जोगाउन नगरले सहयोग थालेको हो। यसका लागि ९९ हजारदेखि तीन लाख ७८ हजारसम्म प्रोत्सहान रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ। प्रमुख न्यौपानले भने, ‘प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्ने स्थानीयवासीले पुरानै शैलीमा घर बनाउन थालेका छन्।’, प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पनि पुरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेकाको नगरप्रमुख न्यौपानेले बताए। उनका अनुसार हालसम्म ७१ परिवारले पुरानो शैलीका घर बनाउने भएकाले नगरबाट सहयोगका लागि प्रस्ताव पेश गरेका छन् । काभ्रेपलाञ्चोकको उक्त नगरस्थित ७ नं वडा विश्वसम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो।, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत गरिने जनाइएको छ। ‘सूचीकृत गर्न अन्तिम प्रक्रिया थालिएको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘मन्त्रिपरिषद् बैठकको निर्णय गरेलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्ने तयारीमा छ।’  , पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएको थियो। यसपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरपालिकाले सो प्रक्रियाका लागि चालू आर्थिक वर्षमा एक करोड बजेटसमेत विनियोजन गरेको छ। , पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ। काभ्रेपलाञ्चोकको पनौती विश्वसम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिनेछ। युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरूभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ। जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ। सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ। , पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ। ती हुन्ः काठमाडौँ उपत्यका (उपत्यकाका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्।, नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ। तीमध्ये पनौती विश्वसम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ। , भारतको प्रयागमा गंगा र यमुना नदीको संगममा गुप्तरुपले सरस्वती मिसिएर नदी बहे झैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्मावती मानिँदै आइएको छ।, पनौती संघीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ। ,रासस, ऐतिहासिक सहर पनौतीमा पुरानो शैलीका घर बनाइँदै
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले जुवातास खेलिरहेको १० जनालाई पक्राउ गरेको छ।, बागलुङको खुङ्ला गाउँपालिका-८ का ३९ वर्षीय युवराज कँडेल लगायत १० जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।, तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , प्रहरीले शनिबार उनीहरूबाट १ लाख ९ हजार ७४५ रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको जनाएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।,  , काठमाडौंबाट जुवातास खेलिरहेको १० जना पक्राउ
सेतोपाटी संवाददाता आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।, नुवाकोटको ककनी गाउँपालिका-१ नयाँबस्तीकी ६५ वर्षिया कान्छी बलामीको हत्या गरेको आरोपमा ३३ वर्षीय भिमबहादुर बलामी पक्राउ परेका हुन्।, भीमबहादुरले घनले टाउकोमा हानेर आफ्नै आमाको हत्या गरेको प्रहरीले बताएको छ।, प्रहरीका अनुसार बलामीले आमाको हत्या गरी शव घरभित्र पत्करले छोपी राखेका थिए। प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो।, प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। , नुवाकोटबाट आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
सेतोपाटी संवाददाता पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीदेखि बन्दिपुर–१ को स्याउलीसम्म ३८४ रुख कटान गरिएको छ।, करिब दश किलोमिटर सडक दूरीअन्तर्गत एक हजार पाँच सय रुख कटान गर्नुपर्नेमा पहिलो चरणमा उक्त सङ्ख्याका रुख कटान गरिएको हो।, पोखराको चाइना पुलदेखि तनहुँको पूर्वी नाका मुग्लिनपुलसम्म करिब ९० किलोमिटर दूरीमा सडक विस्तार गरिने भएको छ। उक्त मार्गअन्तर्गत तीन वटा निर्माण कम्पनीले तीन प्याकेजमा सडक विस्तारका कार्य गर्नुपर्ने भए पनि हाल दुई प्याकेजमा मात्रै काम भइरहेको गजुरमुखी निर्माण कम्पनीका इञ्जिनीयर कमल श्रेष्ठले जानकारी दिए।, जिल्लाको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ किलोमिटर र जामुनेदेखि पोखराको चाइनापुलसम्म ४९ किलोमीटर दूरीमा तीन निर्माण कम्पनीले सडक विस्तारका काम गर्नेछन्।, हाल ४१ किलोमिटर दूरीभित्र सडक विस्तारका कार्य भइरहे पनि ४९ किमी क्षेत्रमा काम सुरु नभएको उनको भनाइ थियो। उक्त ४१ किमीमध्ये दश किमी गजुरमुखी निर्माण कम्पनी प्रालिले ठेक्का पाएपछि सडक विस्तारका कार्य गर्दै आएको छ।, उक्त कम्पनीका अनुसार ३४ किमी ८०० मिटरदेखि २४ किमी ८०० मिटरभित्रको बाँकी रहेको दश किमी सडक विस्तारका लागि उक्त निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको हो। , दश किमीमध्ये हालसम्म दुई किमी सडकको रुख काटिएको जानकारी दिँदै उनले भने, ‘सडक कालोपत्र बाहेक अन्य कार्य चौध महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ।’, कूल ६५ करोडमा ठेक्का सम्झौता गरी पाँच वर्ष योजना सम्पन्न गर्नुपर्ने समयसिमा छ। उक्त क्षेत्रमा अहिले दैनिक ४० देखि ५० जनासम्म जनशक्ति परिचालन गरिएको निर्माण कम्पनीका निर्देशक शान्ता महर्जनले जानकारी दिए। ,रासस, पृथ्वीराजमार्गमा सडक विस्तारका क्रममा ३८४ रुख कटान
सेतोपाटी संवाददाता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४३ औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरू भएको सो तालिमको उद्घाटन समारोहमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फौजी सङ्गठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।, उनले तालिमले व्यक्तित्व विकासमा समेत सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्यालाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानवीय तथा भौतिक स्रोतसाधनको उच्चतम् प्रयोगका लागि प्रशिक्षण फलदायी हुने जनाइएको छ। , सडक प्रयोगकर्तालाई सरल र सहजरूपमा सेवा प्रदान गरी ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनुपर्नेमा उनले जोड दिए। तालिमलाई विशेष मौकाका रूपमा सदुपयोग गर्दै अझ बढी अध्ययनशील र मेहनती भई फौजी अनुशासन कायम राख्दै बढीभन्दा बढी ज्ञान आर्जन गर्ने थलोका रुपमा उपयोग गर्न पनि उनले प्रशिक्षार्थीलाई आग्रह गरे।, तालिम संयोजक प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्यावधिको उक्त तालिममा प्रहरी हवल्दार दुई र प्रहरी जवान ७५ गरी कूल ७७ प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए। तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।  , ट्राफिक नियन्त्रण तालिम सुरु
राजेश घिमिरे वन्यजन्तुको बासस्थान तथा जैविक मार्गमा बन्ने पूर्वाधार वन्यजन्तुमैत्री बनाउनका लागि सरकारले निर्देशिका लागु गरेको छ। , लामो समय वन तथा वातावरण मन्त्रालयमा अड्किएको  ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सम्बन्धी मापदण्डसहितको निर्देशिका–२०७७’ पछिल्लो मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।  , चितवनमा पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा खनिएको खाल्डोमा फसेर एक सिंगे गैंडाको मृत्यु भएपछि उक्त निर्देशिका कार्यान्वयनमा ल्याउन सरकारलाई चौतर्फी दबाब परेको थियो।, मापदण्डसहितको यो निर्देशिका जारी भएसँगै अब राष्ट्रिय निकुञ्ज, आरक्ष, जैविक मार्ग, रामसारमा सूचीकृत सिमसार क्षेत्र, वातावरण संरक्षण क्षेत्र, संरक्षण क्षेत्र, वन संरक्षण क्षेत्र, मध्यवर्ती, विभिन्न प्रकारका वासस्थानको संगम क्षेत्र(इकोटोन) र प्रचलित कानुन बमोजिम संवेदनशील भनि घोषणा भएका अन्य क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वन्यजन्तुको आवतजावतलाई सहज हुने संरचना निर्माण गर्नुपर्छ।, निर्देशिकाले राष्ट्रिय निकुञ्ज, आरक्ष, जैविक मार्ग, रामसारमा सूचीकृत सिमसार क्षेत्रलाई अति संवेदनशील क्षेत्र भनेको छ। अन्य ६ क्षेत्रलाई संवेदनशील क्षेत्र मानेको छ।, यी क्षेत्रमा रेखात्मक प्रकृतिका सडक, रेलमार्ग, सिंचाई नहर तथा नदी नियन्त्रण सम्बन्धी संरचना, ग्यास तथा तेलका पाइप लाइन, विद्युत् प्रशारण लाइन, जलविद्युत् आयोजनाको हेडरेस नहर, हेडरेस पाइप तथा पेनस्टक पाइप र यस्तै प्रकृतिका अन्य पूर्वाधार निर्माणका क्रममा वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ।, कस्ता बन्नेछन् वन्यजन्तुमैत्री संरचना ?, ‘वन्यजन्तुमैत्री संरचना भन्नाले भायडक्ट, पूल, फ्लाइओभर, कल्भर्ट वा यस्तै प्रकृतिका पूर्वाधारको मुनिबाट वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने अण्डरपास संरचना र भिलेज रोड ब्रीज, इको ब्रीज, क्यानोपी ब्रीज वा यस्तै प्रकृतिका पूर्वाधारको माथिबाट वन्यजन्तु ओहोरदोहोर गर्ने ओभरपास संरचनालाई बझ्नुपर्छ,’ निर्देशिकाले भनेको छ, ‘क्षेत्रअनुसार र्याम्प, गाइडिङ फेन्स, गाइडिङ वाल, एभियन डिफ्लेक्टर वा यस्तै प्रकृतिका वन्यजन्तु ओहोरदोहोर सहजिकरणका लागि प्रयोग हुने संरचनाहरू बन्नुपर्छ।’, निर्देशिकाले पूर्वाधार निर्माणका लागि योजना तर्जुमा, विस्तृत आयोजना प्रतिवेदन र वन क्षेत्रको प्रयोग सम्बन्धी काम गर्दा अति संवेदनशील क्षेत्रको प्रयोग गर्नुबाहेक अन्य कुनै विकल्प नभएमा वन्यजन्तुको बासस्थान, जैविक मार्ग र पारिस्थितिकीय प्रणालीमा उल्लेखनीय प्रभाव नपर्नेगरी अध्ययन गर्नुपर्ने भनेको छ। त्यस्तो क्षेत्रमा पूर्वाधार निर्माणको प्रस्ताव गर्दा भौतिक, जैविक तथा सामाजिक–आर्थिक पक्षलाई मध्यनजरगरी दिगो विकल्पको प्रस्ताव गर्नुपर्ने र सम्भाव्यता अध्ययनका लागि वन तथा वातावरण मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ। अती संवेदशील र संवेदनशील क्षेत्रसमेत प्रयोग हुनेगरी पूर्वाधार निर्माणको प्रस्ताव गर्दा सुरूआतदेखिनै पूर्वाधारको विषयसँग सम्बन्धित सरोकारवालासँग छलफल र समन्वय गर्नुपर्नेछ।, यस्ता क्षेत्रमा पूर्वाधार तथा वन्यजन्तुमैत्री संरचना निर्माणको योजना तर्जुमा गर्दा सम्बन्धित निकाय वा प्रवर्द्धकले वन, वन्यजन्तु र वातावरण विज्ञसमेत रहेको बहुपक्षीय टोलीबाट अध्ययन गराई प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ। निर्देशिकाले वन्यजन्तुका प्रजातिलाई ५ वटा वर्गमा विभाजन गरेको छ। साना वन्यजन्तु प्रजाति, मझौला वन्यजन्तु प्रजाति, ठूला वन्यजन्तु प्रजाति, धेरै ठूला वन्यजन्तु प्रजाति र चरा प्रजाति भनेर वन्यजन्तुको वर्गिकरण गरिएको छ।, वन्यजन्तुमैत्री संरचना निर्माण गर्दा त्यस स्थानमा पाइने वन्यजन्तु प्रजातिमध्ये सबैभन्दा ठूलो आकारका वन्यजन्तुलाई लक्षितगरी योजना तर्जुमा गर्नुपर्नेछ।, अण्डरपास निर्माण गर्दा कछुवा, सर्प, गोहोरो, गोही, छेपारो, भ्यागुता, लोखर्के, खरायो, दुम्सी, सिभेट, ओत, न्याउरी मुसा, चमेरोलगायतका साना वन्यजन्तुका लागि २० मिटरभन्दा कम लम्बाईको बनाउँदा २/२ मिटर चौडाई र उचाईको हुनुपर्नेछ। २० मिटर भन्दा बढी लम्बाईको बनाउँदा चौडाई ३ मिटर र उचाई २ दशमलब ५ मिटरको हुनुपर्नेछ।, गैंडा, बाघ, भालु, ठूला मृग प्रजाति, झारल, घोरल, निलगाई, गौरी गाई अर्नालगायतका ठूला प्रजातिका लागि बनाइने अण्डरपास २० मिटरसम्म लामो बनाउँदा १० मिटर फराकिलो र ४ मिटर अग्लो हुनुपर्ने मापदण्ड लागू भएको छ। २० मिटर भन्दा लामो अण्डरपास बनाउने भए १५ मिटर फराकिलो र ४ दशमलब ५ मिटर अग्लो बनाउनुपर्नेछ।, हात्तीका लागि बनाइने अण्डरपास २० मिटरसम्म लामो बनाउने भए १२ मिटर चौडाई र ६ दशमलब ५ मिटर उचाईको हुनुपर्ने मापदण्ड बनाइएको छ। २० मिटर भन्दा लामो अण्डरपास बनाउँदा चौडाई १५ र उचाई ६ दशमलब ५ मिटरको हुनुपर्नेछ।, साना जंगली बिरालो प्रजाति, निर बिरालो, जंगली कुकुर(ढोले), स्याल, साना मृग प्रजाति, डल्फिन(सोंस) जस्ता मझौला वन्यजन्तुका लागि ६ देखि ८ मिटरसम्म फराकिलो र ३ मिटर अग्लो अण्डरपास निर्माण गर्नुपर्नेछ।, ओभरपास निर्माणगर्दा जमिनमा विचरण गर्ने हात्ती, गैंडा प्रजातिका लागि संरचनासम्मको पहुँचको भिरालोपन २० डिग्रीभन्दा बढी नहुनेगरी र चौडाई कम्तिमा २० मिटर हुनेगरी निर्माण गर्नुपर्ने मापदण्ड निर्देशिकामा छ। हात्ती, गैडाबाहेक जमिनमा विचरण गर्ने अन्य प्रजातिका लागि भिरालोपन ३० डिग्रीभन्दा बढी नहुनेगरी र चौडाई कम्तिमा १० मिटर हुनेगरी निर्माण गर्नुपर्नेछ। एउटा रुखबाट अर्को रुखमा विचरण गर्ने बाँदर, लोखर्केजस्ता प्रजातिका लागि डोरी, तार तथा अन्य सामग्री प्रयोगगरी नहर, सडक, रेलमार्ग जस्ता पूर्वाधारभन्दा कम्तीमा ५ मिटर माथि रहनेगरी क्यानोपी ब्रीज निर्माण गर्नुपर्नेछ।, सिंचाई तथा नदी नियन्त्रण संरचनामा आवश्यकताअनुसार र्याम्प निर्माण गर्नुपर्ने, जलविद्युत् आयोजनाको हेडरेस पाइप तथा पेनस्टक पाइप, पेट्रोलियम पाइप लाइनलगायत अन्य यस्तै प्रकृतिका पाइपलाइनहरु सम्भव भएसम्म जमिन मुनि गाड्नुपर्ने, विद्युत् प्रसारण लाइनको हकमा तारमा एभियन डाइभर्टर, रिफ्लेक्टर, इन्सुलेटर जस्ता उपकरण आवश्यकताअनुसार अडान गर्नुपर्ने मापदण्ड लागू भएको छ।, निर्देशिकामा वन्यजन्तुमैत्री पूर्वाधार नबन्दा निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, राष्ट्रिय वन, जैविक मार्गमा बासस्थान क्षेत्र खण्डीकरण, बासस्थान विनास हुँदै उपयोगविहीन हुने, अखाद्य मिचाहा प्रजातिको फैलावट हुने, चोरी शिकारी बढ्न सक्ने, प्रजातिको संख्या तथा संरचना परिवर्तन हुनसक्ने र संकटापन्न अवस्थामा रहेका दुर्लभ, लोपोन्मुख र संरक्षित प्रजातिको अवस्थामा परिवर्तन आउन सक्ने उल्लेख गरेको छ। साथै सिमसार पुरिने, पानी सुक्ने प्रदूषण हुने क्षयीकरण हुने, जैविक विविधतामा ह्रास आउने, सिमसारमा आश्रित स्थानीय समुदायको जीविकोपार्जनमा प्रभाव पर्ने उल्लेख छ।, चुरे तथा वातावरण संरक्षण क्षेत्रहरू र महत्वपूर्ण जैविक क्षेत्रहरूमा भूमिगत जल प्रवाहमा प्रभाव, भू–क्षय, पहिरो, पानीको बहाव परिवर्तन, तल्लो तटीय क्षेत्रमा प्रभाव पर्ने, महत्वपूर्ण प्रजातिको बासस्थान विनास तथा संकुचन हुने जनाएको छ। त्यस्तै वायु, जल, ध्वनी र माटोमा वातावरणीय प्रदूषणको प्रतिकूल प्रभाव पर्ने भएकाले वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।, निर्देशिकाले वन्यजन्तुमैत्री संरचनाको ढाँचालाई आयोजनाको अभिन्न अंग मानेको छ। वन्यजन्तुको बासस्थान, जैविक मार्ग र पारिस्थितिकीय प्रणालीको मूल स्वरुपको निरन्तरता कायम राख्न बिस्तृत आयोजना प्रतिवेदनमा वन्यजन्तुमैत्री संरचना आवश्यकताअनुसार समावेश गर्नुपर्नेछ। साथै वन्यजन्तुमैत्री संरचना निर्माण गर्दा प्रचलित कानुन बमोजिम स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले औंल्याएका प्रतिकूल प्रभाव न्यूनीकरणका उपायहरु अवलम्बन गर्नुपर्नेछ।, निर्देशिका लागू हुनुपूर्व निर्माण तथा सञ्चालनमा रहेका पूर्वाधारहरुलाई वन्यजन्तुमैत्री बनाउने प्रयोजनका लागि आवश्यकताअनुसार सम्बन्धित निकाय वा प्रवर्द्धकले वन्यजन्तु विज्ञसमेत संलग्न रहेको सुझाव समिति गठन गर्नसक्ने व्यवस्था गरिएको छ। उक्त समितिले दिएको सुझाव अध्ययनगरी सम्बन्धित निकायले वन्यजन्तुमैत्री संरचनाको निर्माण, परिमार्जन तथा प्रवलीकरण गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ।  , अति संवेदनशील र संवेदनशील क्षेत्रमा पूर्वाधार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पर्दा संरक्षित क्षेत्रको हकमा प्रमुख संरक्षण अधिकृत तथा संरक्षित क्षेत्र बाहेकका वन क्षेत्रको हकमा सम्बन्धित डिभिजन वन अधिकृतको राय सुझाव समावेश गर्नुपर्नेछ।, सम्बन्धित पदाधिकारीले आयोजना स्थलमा पाइने मूख्य–मूख्य वन्यजन्तुका प्रजाति, वन्यजन्तुको आवागमन मार्गको नक्सा, कोअर्डिनेटसहितको विवरण, वन्यजन्तुको आवागमन सहजताको लागि उपयुक्त संरचनाको प्रकार, स्थान र संख्या तथा अन्य सान्दर्भिक विवरणसहित २१ दिनभित्रमा राय, सुझाव दिनुपर्नेछ।  , पूर्वाधार निर्माण गर्दा फोहोर फाल्न, कुनै तरिकाबाट माटो प्रदूषण, जल प्रदूषण, वायु प्रदूषण तथा ध्वनी प्रदूषण गर्न नपाइने, स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा तोकिएको स्थानबाहेक अन्य स्थानमा कामदार शिविर, निर्माण सामग्री भण्डारण, प्रशोधन स्थल बनाउन नपाइने उल्लेख छ। स्वीकृती लिएकाबाहेकका रूखबिरूवा कटान गर्न, काठ दाउरा संकलन गर्न, आयातित बिरूवा रोप्न वा लगाउन पाइने छैन।, पूर्वाधार निर्माणकाक्रममा कुनैपनि वन्यजन्तुलाई मार्न, लखेट्न, समात्न, तर्साउन वा कुनै प्रकारले हानी पुर्याउन, शिकार खेल्न तथा माछा मार्न पाइनेछैन। साथै अनुमती प्राप्त नभएका निर्माण सामग्री, औजार, मेसिन, उपकरण तथा विष्फोटक पदार्थ प्रयोग गर्न नपाइने व्यवस्था निर्देशिकामा उल्लेख छ।, सडक तथा रेल पूर्वाधारको किनारादेखि दायाँबायाँ कम्तिमा ३/३ मिटरसम्म झाडी, बुट्यान सफाई गर्ने तथा फोहोरमैला व्यवस्थापन गर्ने काम पूर्वाधार तथा संरचनासँग सम्बन्धित निकाय वा निर्माण कम्पनीको हुनेछ। सिंचाई तथा नदी नियन्त्रण पूर्वाधारसँग जोडिएका क्रस ड्रेनेज, र्याम्प तथा अन्य यस्तै प्रकारका संरचनाको मर्मत सम्भार गर्ने, विद्युत् प्रसारण लाइनको क्षेत्राधिकार भित्रको रूख काँटछाँट गर्ने काम पनि उसैको हुनेछ। वन्यजन्तुको बाहुल्य रहेको स्थान र वारपारका क्षेत्रमा आवश्यकताअनुसार चिन्हपट र चित्रपटलगायतका सन्देशमूलक होर्डिङ बोर्ड पनि उसैले राख्नुपर्नेछ।, पूर्वाधार निर्माण तथा विस्तार गर्दा वन क्षेत्रको प्रयोग भएबापतको क्षतिपूर्तिको व्यवस्था पनि निर्देशिकाले गरेको छ। क्षतिपूर्ति बमोजिम रकम प्राप्त भएमा सो रकम बृक्षारोपण तथा वन्यजन्तुको बासस्थान व्यवस्थापनको लागि प्रयोगमा प्राथमिकता दिनुपर्ने उल्लेख छ। निर्देशिकाले अति संवेदनशील तथा संवेदनशील क्षेत्र बाहेकका अन्य वन क्षेत्रमा पूर्वाधार निर्माणले वन्यजन्तुको आवागमनमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने देखिएमा अध्ययन, अनुसन्धानगरी प्राप्त सुझावको आधारमा आवश्यकताअनुसार वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्ने उल्लेख गरेको छ।, निर्देशिकामा उल्लेखित मापदण्ड बमोजिम वन्यजन्तुमैत्री संरचना निर्माण भए नभएको सम्बन्धमा संरक्षित क्षेत्रको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र संरक्षित क्षेत्र बाहेकका वन क्षेत्रको हकमा वन तथा भू–संरक्षण विभागको संयोजकत्वमा प्रदेश वन निर्देशनालय, स्थानीय तह, पूर्वाधारसँग सम्बन्धित निकाय वा निर्माण कम्पनीसमेतको प्रतिनिधित्वमा अनुगमनगरी प्रतिवेदन तयार पार्नुपर्नेछ।, उक्त प्रतिवेदन वन, वातावरण तथा पूर्वाधारसँग सम्बन्धित संघीय र प्रदेश मन्त्रालयमा बुझाउनुपर्नेछ। साथै वन्यजन्तुमैत्री संरचनाको प्रयोग वन्यजन्तुले गरे नगरेको सम्बन्धमा सोको नियमित अनुगमनगरी सो को प्रतिवेदन सम्बन्धित संघीय तथा प्रदेश मन्त्रालयमा पेश गर्नुपर्ने छ।, वन तथा वातावरण मन्त्रालयले यो निर्देशिका लागू भएसँगै अब भन्ने पूर्वाधारहरू वन्यजन्तुमैत्री बन्ने बाटो खुलेको जनाएको छ। पूर्वाधारको योजना बनाउँदा नै वन्यजन्तुमैत्री बनाउनुपर्ने भएकाले आगामि दिनमा त्यहीअनुसारको संरचना बन्दै जाने विश्वास मन्त्रालयको छ।, मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले निर्देशिकाको कार्यान्वयनले वन्यजन्तुको आवतजावतलाई सुरक्षित बनाउने, वन्यजन्तुबाट हुने जनधनको क्षति कम गर्ने र दीगो विकासको पूर्वाधार निर्माण हुने ढोको खोलेको बताए।, ‘पहिलोपटक यस्तो निर्देशिका लागू भएकाले सिक्दै अघिबढ्नु पर्नेछ,’ उनले भने, ‘समग्रमा भन्दा यसले वन्यजन्तु, समाज, लगानीकर्ता सबैलाई राम्रो गर्नेछ।’, संरक्षणकर्मी भन्छन्–वन्यजन्तु संरक्षणमा कोशेढुंगा, संरक्षणकर्मीले नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका लागू हुनुलाई वन्यजन्तु संरक्षणमा कोशेढुंगा भनेका छन्।, विश्व वन्यजन्तु कोष(डब्लूडब्लूएफ) नेपालका कन्ट्री रिपरेजेन्टेटिभ डा.घनश्याम गुरूङले निर्देशिका कार्यान्यनमा आउँदा वन्यजन्तुमात्रै नभएर मान्छेलाई पनि फाइदा पुग्ने बताए।, ‘निर्देशिकाले व्यवस्था गरेअनुसारका संरचना बनेभने वन्यजन्तुलाई पूर्वाधारले कुनै असर गर्दैन्। उनीहरूले ढुक्क भएर जीवन निर्वाह गर्न पाए भने मानवसँगको द्वन्द्व घट्छ,’ गुरूङले भने, ‘यसको फाइदा सबैतिर छ।’, उनले मन्त्रिपरिषद्बाट स्वीकृत भएर लागू भएका कारण सबै निकायले निर्देशिकामा अपनत्व लिने र आगामी दिनमा वन्यजन्तुमैत्री पूर्वाधारको निर्माण हुन थाल्ने विश्वास व्यक्त गरे।, ‘निर्देशिका बनाउने काममा हामी पाँच वर्षभन्दा अघिदेखि संलग्न हुँदै आएका छौं, पछिल्ला २–३ वर्ष यसमा अझ धेरै काम भए,’ गुरुङले भने, ‘अब लागू भएको छ। यस विषयमा चेतना जगाउने, निर्माण कम्पनी, विकास एजेन्सीहरुलाई बुझाउने काम अब गर्नुपर्छ।’, निर्देशिकामा उल्लेख भएका मापदण्डअनुसार काम भए सडक दुर्घटना कम हुने उनको भनाइ छ। , ‘वन्यजन्तुले सडकमा हिँडेका मान्छेलाई आक्रमण गर्नेदेखि मान्छे, सडक र सवारी साधनका कारण वन्यजन्तु मर्ने गरेका छन्। अब यो क्रम रोकिन्छ भन्ने आशा गर्न सकिन्छ,’ उनी भन्छन्, ‘सबैको इच्छा, चाहनाअनुसार निर्देशिका आएको छ। यसबाट सबैभन्दा बढी खुसी त हामी संरक्षणकर्मी भएका छौं। विकास प्रेमिलाई पनि यसले खुसी बनाउनेछ।’, उनले स्मार्ट पूर्वाधार बनाउने नमूना देशकारुपमा चिनिने अवसर नेपालसामु आएको बताए।, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव सरदचन्द्र अधिकारीले पूर्वाधारहरु वन्यजन्तुमैत्री नहुँदा दुर्घटना बढिरहेको समयमा आएको निर्देशिकाले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण हुने बताए। चितवन, पर्सा, बर्दिया र शुल्काफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माणको आवश्यकता खड्किएको उनले बताए। ‘निर्देशिका कार्यान्वयनमा आए ती क्षेत्रमा अब वन्यजन्तुले सहजरुपमा आवतजावत गर्न सक्ने संरचना बन्नेछन्। यसले संरक्षणमा राम्रो काम गर्नेछ,’ उनले भने।, सन् २०१६ मा नारायणगढ–मुग्लिन सडकमा वन्यजन्तुको आवतजावतका लागि अण्डरपास निर्माण गरिएको थियो। नेपालमा राजमार्गमा अण्डरपास बनेको यहीँ मात्रै हो। अहिले बनिरहेको नारायणगढ–बुटवल सडकमा पनि अण्डरपास बनिरहेको छ। ओभरपास भने नेपालमा अहिलेसम्म बनेको छैन।, भारतको मध्यप्रदेश र महाराष्ट्रमा पर्ने पेन्स टाइगर रिजर्भभित्र रहेको नेसनल हाइवे सेभेनका विभिन्न स्थानमा ओभरहेड पास निर्माण गरिएको छ। यहाँ निर्माण भएको १ दशमलब ३ किलोमिटर लामो ओभरहेड पास एसियाकै लामो हो।, सवारी साधनका लागि जंगलको माथिल्लो भागमा पुल बनाएपछि तल्लो क्षेत्र वन्यजन्तुका लागि सुरक्षित हुने भएकाले यो अवधारणालाई प्रभावकारी मान्ने गरिएको वन्यजन्तुमैत्री पूर्वाधार अध्येता प्रमोद न्यौपानेले बताए।, ‘उक्त निकुञ्जमा अन्य छोटा ओभरहेड पासहरू पनि बनेका छन्। यसले वन्यजन्तुलाई राजमार्ग र सवारी साधनका कारण हुने समस्या हटेको छ,’ उनले भने, ‘नेपालमा पनि केही वर्षदेखि यो अवधारणाको विषयमा छलफल चलिरहेको छ।’ उनले वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका लागू भएपछि नेपालमा पनि त्यस्ता संरचना निर्माणको बहस चल्दैजाने बताए।, नारायणगढदेखि हेटौंडा हुँदै पथलैयासम्मको १२४ किलोमिटर पूर्व–पश्चिम राजमार्ग बिस्तार हुनेक्रममा छ। संरक्षणकर्मीहरूले यो राजमार्गको बरण्डाभार क्षेत्र र आधारभार क्षेत्रमा ओभरहेड पास निर्माण गर्नुपर्ने सुझाव सरकारलाई दिँदै आएका छन्।, राजमार्ग विस्तार क्रममा भरतपुर महानगरपालिका र पूर्वी चितवनको रत्ननगर नगरपालिका बीचमा पर्ने बरण्डाभार वनको करिब ४ किलोमिटर क्षेत्रमध्ये २ किलोमिटरमा ओभरहेड पास निर्माण गर्नुपर्ने सुझाव संरक्षणविदहरूबाट आएको न्यौपानेले बताए।, त्यस्तै, वन्यजन्तुको आवतजावत बढी हुने पथलैया क्षेत्रको आधारभार वनको ६ किलोमिटर क्षेत्रमा पनि २ किलोमिटरभन्दा लामो ओभरहेड पास निर्माण गर्नुपर्ने सुझाव संरक्षणकर्मीहरूको छ। यो वन क्षेत्रमा गत वर्ष गाडीको ठक्करबाट बाघको मृत्यु भएको थियो।, ‘यति गर्न सक्यौं भने भरतपुरदेखि पथलैयासम्मको वन्यजन्तुको आवतजावत सबभन्दा बढी हुने क्षेत्र सुरक्षित हुन्छ,’ न्यौपानेले भने, ‘वन्यजन्तु संरक्षणमा यो ठूलो उपलब्धि हुनेछ।’, दुई किलोमिटर लामो ओभरहेड पास बनाउन सक्ने हो भने एसियाकै लामो ओभरहेड पास नेपालमा रहेको सन्देश जाने र यो पर्यटन विकासमा पनि महत्वपूर्ण हुने उनी बताउँछन्।, गैंडा विद् डा.नरेश सुवेदी केही नहुनुभन्दा यतिको निर्देशिका कार्यान्वयनमा आउनु पनि ठूलो कुरो भएको बताउँछन्।, ‘हात्तीसम्म छिर्नसक्ने पुलहरु बनाउने परिकल्पना निर्देशिकाले गरेको छ। हामीसँग वन्यजन्तुको आतवजावतका लागि केही पनि संरचना नरहेका कारण यति हुनुलाई पनि ठूलै कुरो मान्नुपर्छ,’ डा.सुवेदीले भने, ‘तर हामीले सोचेजस्तो वरण्डाभार वन क्षेत्रमा लामो ओभरपास बनाउने विषयमा निर्देशिकाले स्पष्ट बोलेको छैन।’, उनले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणको सुरूआत भएकाले विस्तारै त्यसतर्फ पनि ध्यान पुग्ने विश्वास गरिएको बताए।  ,  , मन्त्रिपरिषदबाट स्वीकृत भएको वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिकामा के छ ?
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा परीक्षण गरिएकोमध्ये १ प्रतिशत भन्दा कममा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार ७ हजार ९ सय ४७ जनाको परीक्षणमा ०.८१ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ३०६ जनाको पिसिआर परीक्षण गर्दा ५९ र १ हजार ६४१ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।, आइतबार १९२ जना संक्रमित निको भएका छन्। यो सँगै हाल देशभर ४ हजार ९ सय १७ जना सक्रिय संक्रमित छन्।, योसँगै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।, नेपालमा परीक्षण गरिएको मध्ये १ प्रतिशत भन्दा कमलाई कोरोना संक्रमण
मनिका विश्वकर्मा भाग्य लेख्ने कलमको खोजीमा, जति पैसा हुन्थ्यो यो गोजीमा, धन-पैसाले किन्न पाए, भाग्य लेख्ने कलम, आफैं बेची किन्ने थिएँ, भए यस्तो चलन..., यो गीत सुन्नुभएको छ? छैन भने युट्युबमा 'भाग्य लेख्ने कलम' खोज्दा सुरिलो महिला स्वरमा पश्चिमेली भाकामा सुन्न सक्नु हुन्छ। स्वर जति सुरिलो छ, गीतको मजबुन पनि त्यतिकै मार्मिक लाग्छ। , गीत गाएकी हुन् दैलेखकी धना परियारले। उनी रहरभन्दा बढी पीडाले गायिका भएकी हुन्।, २१ वर्षअघिको हो कुरा हो, २०५७ सालको। धना तीन वर्षकी थिइन्। उनकी आमा नामसरा महिनावारी भएकाले भाइलाई लिएर छाउगोठमा सुतेकी थिइन्। , जाडोको मौसम थियो। धना एकाबिहानै आमा खोज्दै छाउगोठ पुगिन्। गोठमा अँगेनो थियो। नामसराले आगो जोरेकी थिइन्। खोइ, कसरी हो, छाउगोठमा आगो लाग्यो। छानो ह्वारह्वार बल्न थाल्यो।, छानामा आगो लागेको देखे पनि सानी धना भाइलाई लिएर बाहिर निस्किन सकिनन्। भाइलाई आफ्नो जिउले छोपेर बसिन्। गोठमा आगो लागेको थाहा पाएर आमा हस्याङफस्याङ गर्दै आइन्। धना आत्तिँदै चिच्याइरहेकी थिइन्। , आमाले हारगुहार गरिन्। भेला भएका छिमेकीले आगो निभाए, साना दिदीभाइको उद्धार गरे। धनाका दुवै हातका औंला, कुम र टाउकाको केही भाग निकै नराम्ररी पोल्यो। भाइलाई भने धनाले छोपेरै जोगाइन्।, 'मलाई आगोले पोले पनि बुवाले उपचार गराउन अस्पताल लानुभएन,' अहिले २४ वर्ष लागेकी धनाले भनिन्, 'आमा अस्पताल लैजान चाहनु हुन्थ्यो रे, पैसा भएन रे।', धनाका बुवा जसवीरे लुगा सिउने काम गर्थे, गाउँमा बिहेबटुलोमा बाजा बजाउँथे। नामसरा र जसवीरेका सात सन्तान थिए, पाँच छोरी र दुई छोरा। धना छोरीमध्ये साहिँली थिइन्। जसवीरे धेरै छोरी जन्माएको भनेर नामसरालाई दोष दिन्थे, दपेट्थे । दुई जनाबीच कहिलेकाहीँ धेरै दिनसम्म बोलचालै बन्द हुन्थ्यो। , धनालाई तीन वर्षको उमेरमा आफ्नो शरीर जलेको त्यो घटनाको धुमिल सम्झना छ। त्यसपछिका दिन सम्झिँदा अहिले पनि उनका आँखा रसाउँछन्, 'मलाई आगोले पोल्दा बुबाले एकपटक पनि कस्तो छ भनेर हेर्नु भएन। छोरो भएको भए अस्पताल लैजानु हुन्थ्यो होला।', दैलेखको जनज्योति माध्यमिक विद्यालयमा चौधरी सर भनिने एक जना शिक्षक थिए। उनले मेडिकल शिक्षाको एउटा कोर्स पढेका रहेछन्। उनी गाँउघरका बिरामीलाई उपचारका लागि सल्लाह–सुझाव दिन्थे, केही औषधि पनि बाँड्थे। , नामसरा धनालाई लिएर उनै चौधरी सरकहाँ गइन्। उनले एउटा मलम दिए। धनाको घाउ केही बिसेक भयो तर राम्ररी निको भएन। आगोले जलेपछि धनाको बालसुलभ चञ्चलता घरभित्र सीमित भयो। घाउ पूरा निको भएन। उनलाई घरभित्र राखेर आमा मेलापात जान्थिन्। दिन बित्दै गयो, धना छ वर्षकी भइन्। , घरनजिकै गणेश माध्यमिक विद्यालय थियो। घरबाट विद्यालय परिसर सबै देखिन्थ्यो। घन्टी बजेको सुनिन्थ्यो। धनाका दाइदिदी पनि किताबकापी बोकेर स्कुल जान्थे। धना पनि स्कुल गएर पढ्न चाहन्थिन्, साथीहरूसँग खेल्न चाहन्थिन्। , एकदिन धनाले आमासँग स्कुल जाने भनिन्। आमाले मानिनन्। आमालाई आगोले पोलेकी छोरीलाई सबैले हेला गर्लान् भन्ने पिर थियो, घाउ निको भएपछि जालिस् भनिन्। पोलेको केही भाग निको भइसकेको थिएन। घाउमा लुगा टाँसिन्थ्यो र फेरि बल्झिन्थ्यो। , 'म झ्यालबाट बाहिर हेरिरहन्थेँ। खेल्न र स्कुल जान मन लाग्थ्यो,' धना सम्झिन्छिन्। , धनाले एकदिन ठूला दाजु अर्जुनलाई आफूलाई स्कुल लैजान भनिन्। अर्जुनले आमालाई भनेपछि धनाको इच्छा पूरा भयो। उनी दाजुदिदीसँगै स्कुल जान थालिन्। , स्कुल जाने रहर त पूरा भयो तर सोचेजस्तो सजिलो भएन। कक्षा कोठामा धना अलग्गै बस्थिन्। साथीहरू उनीसँग बस्न मन पराउँदैन थिए। उनी ढुंगो ओछ्याएर बस्थिन्। ढुंगो चिसो हुन्थ्यो, लेख्न पनि अप्ठ्यारो। , दायाँ हातमा औंला थिएनन्, बायाँ हातमा पनि तीन वटा मात्रै। सँगै पढ्ने साथीहरू धनालाई दुर्व्यवहार गर्थे। ती दिन सम्झिँदै धनाले भनिन्, 'साथीहरू मलाई भूत, राक्षस भन्थे। केटीहरूभन्दा पनि केटाहरूले बढी दुःख दिन्थे। म बस्ने ढुंगो पनि फलिदिन्थे।', उनले हिम्मत गरेर एकदिन कक्षामा शिक्षकलाई सबै कुरा सुनाइन्। शिक्षकले सबैलाई सम्झाए। धनालाई जिस्क्याउने, दुःख दिने र जेसुकै भन्नेलाई सजाय दिने चेतावनी दिए।, 'यसपछि साथीहरूले नराम्रो व्यवहार गर्न छाडे, केटाहरूले दुःख दिन पनि छाडे,' उनले भनिन्, 'मैले बेन्चमा बस्न पाएँ।', घाउ निको हुँदै गयो तर आगोले पोलेको निशान जीवनभरिलाई रह्यो। , धना मेहनती र कक्षामा अब्बल विद्यार्थी थिइन्। साथीहरूलाई गृहकार्य गर्न सघाउँथिन्। स्कुलमा अतिरिक्त क्रियाकलापका कार्यक्रम हुँदा गीत गाउँथिन्। आठ कक्षामा पढ्दै गर्दा धनाले 'बिदाइ गीत' गाइन्। यो गीत गाएपछि उनी स्कुलमा गायिकाका रूपमा चिनिन थालिन्। उनकी फुपू कमला महताराले गीत गाउन हौसला दिइन्। , दुर्गम पहाडी गाउँमा गीत गाएर अघि बढ्न सजिलो थिएन। धना भन्छिन्, 'म दलित परिवारकी छोरी, अझ आगोले पोलेर अपांग भएकी थिएँ। कसले पत्याउँथ्यो र!', स्कुल जाने र कहिलेकाहीँ गीत गाउने भए पनि घरको काम त गर्नै पर्थ्यो। यही बीचमा दिदीको बिहे भयो। धना स्कुल गएको कुरा उनका बुवालाई मन परेको थिएन। बुबा वस्तुबाख्राको गोठालो पठाउँथे।, 'दिदीको बिहे भएपछि घरको काम मलाई थपियो। बुबा स्कुल जानु पर्दैन भन्नुहुन्थ्यो। बिस्तारै मेरो पढाइ बिग्रिन थाल्यो,' उनले भनिन्।, किशोर वयकी धना रजस्वला भइन्। उनको जीवनमा पनि आमाकै नियति दोहोरियो, 'पहिलो पटक रजस्वला हुँदा मैले सात दिन छाउगोठमै बिताएँ।' , मेलापात, गोठालो, घरको काम सबै गर्दै धना कक्षा १० पुगिन्। पढाइ कमजोर हुँदै गएको भए पनि उनले २०७० सालमा एसएलसी दिइन्। दुइटा विषय मौका परीक्षा दिएर पार लगाइन्। एसएलसी उत्तीर्ण त भइन् तर पढाइ त्यहीँ रोकियो।, घरमा बसिरहेकै समयमा उनलाई अंग्रेजी विषय पढाउने शिक्षक नरबहादुर महताराले गीत रेकर्ड गर्न काठमाडौं जान आग्रह गरे। रेर्कड गर्न धेरै रकम चाहिन्थ्यो। उनीसँग पैसा शून्य थियो। कहिल्यै पनि घर नछाडेकी उनलाई काठमाडौं पुग्नु ठूलो चुनौती थियो। , 'सरले तिम्रो स्वर राम्रो छ, गीत रेर्कड गर्न आऊ भन्दा खुसीको सीमा रहेन तर मसँग पैसा थिएन,' धनाले भनिन्, 'मैले भाउजूलाई भनेँ। उहाँले दाइलाई भनेपछि, भारतबाट ४० हजार पठाइदिनुभयो।', उनका अनुसार कमाएर चाँडै फिर्ता गर्नु पर्ने शर्त दाइको थियो। यही पैसा हात परेपछि धनाको गायिका बन्ने यात्रा अघि बढ्ने भयो। आमालाई भने छोरीको पिर थियो। काठमाडौंमा एक्ली छोरीलाई के होला, कसो होला भन्ने चिन्ताले आमालाई सताएको थियो।, 'मैले आमालाई सम्झाएँ,' उनले भनिन्, 'मलाई केही हुँदैन, संघर्ष गर्न सक्छु भनेँ। बल्ल आमा मान्नुभयो।' , लगत्तै उनी एकजना छिमेकीको साथ लागेर काठमाडौं आइन्। तिनै छिमेकीको सहयोगमा बसाइको प्रबन्ध पनि भयो।, अनामनगरको स्टुडियोमा धनाको पहिलो गीत रेकर्ड भयो, देउडा गीत– सुदूरकी मैना।, 'यो गीत रेकर्ड गर्दा १७ हजार रूपैयाँ बुझाएँ। काठमाडौं जानु, स्टुडियो देख्नु, गीत रेर्कड गर्नु मेरो सपना नै थियो। मेरो खुसीको सीमा नै रहेन,' यसरी धना गायन क्षेत्रमा प्रवेश गरिन्।, लगत्तै उनका थप तीन वटा गीत रेर्कड भए। यसमध्ये दुइटाका लागि फेरि पैसा तिरिन्। 'भाग्य लेख्ने कलम' गीत तीन वर्षअघि रेकर्ड भएको हो। कमला महतराले लेखेको यो गीतले उनलाई गायिकाका रूपमा चिनायो। यसको संगीत पनि उनैले गरेकी हुन्।, यसैबीच उनी काठमाडौंको नवजीवन कलेजमा ११ कक्षामा भर्ना भइन्। उत्तीर्ण पनि भइन्। तर १२ कक्षा पूरा गर्न पैसा भएन। धनाले दाइलाई पैसा फिर्ता गर्न सकेकी थिइनन्। आफूले आगोबाट बचाएका भाइ खेमराज भारतमा काम गर्थे। धनाले तिनै भाइलाई सम्झिन्। भाइले केही पैसा पठाइदिए। अनि १२ कक्षाको परीक्षा दिइन्। , यसपछि भने काठमाडौं बस्ने उपाय भएन। गायन पनि रोकियो। अन्ततः धना गाउँ फर्किन्।, मलीन स्वरमा उनले भनिन्, 'मेरो लागि सहर नै राम्रो थियो। सहरको मान्छेले मेरो अपांगतामा माथि प्रश्न गर्थेनन्। गाउँले छिनछिनमा मार्थ्यो तर म त्यही गाउँ फर्किन बाध्य भएँ।', दाजुको पैसा फिर्ता नगरेकोमा मानसिक ताडना पनि भोग्नुपरेको उनी बताउँछिन्। त्यसैले उनले फेरि घर छाड्ने विचार गरिन्।, 'मिर्गौला बेचेर भए पनि दाइको ऋण तिर्छु, यो घरमा कहिले पनि फर्केर आउँदिनँ भनेर आमालाई भनेँ अनि घरबाट निस्किएँ,' उनले भनिन्, 'फुपूका छोरा वीरबहादुरसँग ऋण मागेर काठमाडौं हिँडे।', उनी कीर्तिपुरमा एक जना साथीसँग बस्न थालिन्। ऋण मागेर ल्याएको पैसा सकियो। थप कमाइ भएन।, 'मैले आफ्नो भागको भाडा तिर्न नसकेपछि साथीहरूले ओढ्ने-ओछ्याउने लुगा नै खोसे,' उनले भनिन्, 'म लगाउने लुगाको भरमा चिसोमा सुत्थेँ। मेरो शरीर चिसोले फुलिन्थ्यो।', उनलाई वीरबहादुरले नै सहयोग गरे। टेलरिङ काम गर्ने वीरबहादुरले बर्दियाका सानु सुमनसँग धनाको भेट गराइदिए। सानु सुमनको मद्दतले धना सञ्चारमाध्यममा पुगिन्। उनको दुःखको कथा छापियो। रेडियोमा अन्तर्वार्ता बज्यो। यसबाट उनलाई आर्थिक सहयोग जुट्यो।, दाइको ऋण तिरियो। दाहिने हातको उपचार भयो। हात राम्ररी चल्ने भयो। तर गीत गाउने उनको सपनामा 'ब्रेक' लागिरहेकै छ।, आजकाल धना किताब पढ्न थालेकी छन्। नेपालमा जात व्यवस्थाबारे, साहित्यक कृतिहरू पढ्छिन्। अध्ययनले उनलाई धेरै कुरा बुझाएको छ, 'हाम्री आमाले खुकुरीको धारमा हिँडेर हामीलाई बचाइन्। पारिवारमा आमाले धेरै पीडा भोगिन्। म आमाहरूको अधिकारका लागि लड्न चाहन्छु।' , अब धना कानुन विषय पढेर वकालतको काम गर्न चाहन्छिन्। जातीय विभेदविरूद्ध लड्न चाहन्छिन्। अपांगता भएकाहरूको अधिकारका लागि काम गर्न चाहन्छिन्। सबभन्दा ठूलो काम उनी सदाका लागि छाउगोठ भत्काउन चाहन्छिन्। , 'कोही पनि आमा र तिनका काखे छोराछोरी छाउगोठमा जल्नु नपरोस्,' उनले भनिन्, 'किनकी जलेभन्दा बढी समाजको नराम्रो व्यवहारले पोल्छ।', गायिका धना भन्छिन्ः छाउगोठमा जलेभन्दा बढी समाजको व्यवहारले पोल्छ
सेतोपाटी संवाददाता देशभर थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार आइतबार थप ६५ जनामा संक्रमण पुष्टि भएको हो। , ७ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ३०६ जनाको पिसिआर र १ हजार ६४१ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको मिश्राले बताइन्। , योसँगै देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित छन्।, आइतबार १९२ जना संक्रमित निको समेत भएका छन्। , योसँगै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।,  , देशभर थपिए ६५ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य
सेतोपाटी संवाददाता १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।, मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।, आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।, पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी गराए।, उनले घटनामा संलग्नलाई आफूहरूले १२ घण्टाभित्रै पक्राउ गरेको समेत बताए।, प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।, उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको छ।, प्रहरीका अनुसार अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा संलग्न थिए। उनी गत मंसिरमा कैद भुक्तान गरी जेलबाट छुटेका थिए।, गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।, शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।, घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।, घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो।, सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्।, ‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो,’ सिटौलाले भने, ‘उपचारका क्रममा शनिबार बिहान मृत्यु भयो।’, १८ महिनाकी बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएको ठूलो परिमाणको मेडिकल सामग्री तथा खुद्रा मालवस्तु प्रहरीले बरामद गरेको छ। , पर्सा प्रहरीले शनिबार राति वीरगञ्ज महानगरपालिका-१४ गण्डक सडकखण्डबाट एक करोड ६० लाख मूल्य बराबरको सामान बरामद गरेको हो। , प्रदेश-१-२००१ख ९२५२ नम्बरको ट्रकलाई चेक गर्दा उक्त परिमाणको सामान बरामद भएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। , बरामद सामानसहितको ट्रक आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको खनालले बताए।, भन्सार छलीका एक करोड ६० लाख बराबरको सामान बरामद
रासस बैतडीमा कालाजारका बिरामी भेटिएका छन्।, दोगडाकेदार गाउँपालिका-५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।, धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको हो।, जोशीका अनुसार कालाजार पुष्टि भएपछि ती महिलाको सम्पर्कमा रहेकाको परीक्षण गरिएको छ। , ‘कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमूना सङ्कलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २१ जनाको नमूना सङ्कलन गरेर परीक्षण गरेका छौं ’,जोशीले भने। , स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयवासीको कालाजार परीक्षण गरेको हो। जोशीका अनुसार नमूना सङ्कलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। , समुदायका अन्य व्यक्तिमा पनि कालाजारको सङ्क्रमण हुनसक्ने भएकाले परीक्षण गरिएको हो।, नमूना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समुदायमा कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कालाजार भएनभएको रगत परीक्षणबाट थाहा हुन्छ।, कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको सङ्क्रमण हुने, तौल घट्ने, थकान महसुस हुने, रक्तअल्पता हुनेलगायतका लक्षण देखा पर्दछन्। , कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाइ) ले टोकेर हुने सरुवा रोग हो।, रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ। लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो। यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।, यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ। , बैतडीमा देखिए कालाजारका बिरामी
सेतोपाटी संवाददाता बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , रौतहट गौर नगरपालिका-१ भन्सारटोल घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ३३ वर्षीय अरविन्दकुमार जैसवाल पक्राउ परेका हुन्।, उनले प्रभु बैंक लिमिटेडको चेक काटेर पीडितलाई दिएका थिए। , आफूसँग पैसा नभएको भन्ने जानीजानी चेक काटेर दिएका थिए। त्यसरी झुक्याएर ठगेपछि पीडितले उजुरी दिएका थिए। , सो मुद्दामा उच्च अदालत पाटनले गत मंसिर १४ गते जैसवाललाई बैंकिङ कसुरमा ९ लाख रुपैयाँ जरिवाना र दुई दिन कैद सजाय तोकेको थियो। , फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजी गर्न परिचालित टोलीले उनलाई पक्राउ गरेको हो। , सजाय कार्यान्वयनको लागि प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ। , बैंकिङ कसुरको मुद्दामा फरार व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। , हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय चालक बुद्धिमान वाइबालगायत तीन जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।, प्रहरीले उनीहरूलाई आइतबार मनहरी गाउँपालिका-७ मनहरी खोलाको बगरबाट १ सय ८० किलो गाँजासहित पक्राउ गरेको हो। , प्रहरीका अनुसार राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअपमा लुकाएर गाँजा ल्याइरहेको भन्ने सूचना पाएको थयो।, सोही सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।,  , मकवानपुरबाट १८० किलो गाँजासहित तीनजना पक्राउ
एजेन्सी पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोनाभाइरसको संक्रमण भएको छ।, ओबामाले सामाजिक सन्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।, आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भए पनि अरू अवस्था सामान्य रहेको उनले बताएका छन्। ओबामाले पत्नी मिसेलको कोरोनाको रिपोर्ट नेगेटिभमा आएको पनि जानकारी दिएका छन्।, ओबामाले दम्पतीले कोरोनाविरूद्धको बुस्टर डोज पनि लगाइसकेका छन्।, ‘यसले संक्रमित कम हुँदै गएको भए पनि तपाईंहरूले खोप लगाउनु भएको छैन भने खोप लगाउनु पर्छ भन्ने सन्देश दिन्छ,’ ओबामाले भनेका छन्।  , ओमिक्रोन भेरियन्टको संक्रमण कम हुँदै गएपछि अहिले अमेरिकामा दैनिक पाँच हजारको हाराहारीमा संक्रमित थपिने गरेका छन्।, अमेरिकामा अहिलेसम्म ८ करोड बढी मानिसमा कोरोना संक्रमण भएको छ भने ९ लाख ९३ हजारको मृत्यु भएको छ।, ओबामालाई कोरोना संक्रमण
सबिना श्रेष्ठ काठमाडौंका विश्व सम्पदा क्षेत्रमा मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै युनेस्कोले 'खतरा सूची' मा राख्ने चेतावनी दिइरहेका बेला काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा ३५ फिट अग्लो राष्ट्रिय झन्डा राख्ने तयारी गरेको छ।, पुरातत्व विभागले सम्पदा स्थलको संरक्षण र व्यवस्थापनविपरीत यस्तो निर्माण नगर्नू भनेर सचेत गराउँदा गराउँदै महानगरले विश्व सम्पदा क्षेत्रमा पर्ने वसन्तपुर डबलीमा एकतर्फी रूपले राष्ट्रिय झन्डा राख्न कंक्रिट संरचना निर्माण गरेको हो।, विभागसँग समन्वय नगरी सुरू गरिएको निर्माण 'स्थगित गर्नू' भन्दै पुरातत्वले गत फागुन ६ गते महानगरपालिकालाई पत्र लेखेको थियो। स्थानीय तथा सम्पदा संरक्षण अभियन्ताहरूले यो योजनाको विरोध गर्दै आएका छन्। महानगरले भने सबैलाई झुक्याउँदै आठवटा झन्डा ठड्याउने कंक्रिट संरचना रातारात निर्माण गरेको छ।, ‘काठमाडौं उपत्यका विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न विश्व सम्पदा समितिबाट पटक–पटक प्रस्ताव भइरहेको छ,' पुरातत्वका अधिकृत देवेन्द्र भट्टराईले महानगरलाई पठाएको पत्रमा भनिएको छ, 'नेपाल सरकारले पनि अस्वीकार गर्दै आएको परिप्रेक्ष्यमा बिनाअध्ययन स्थानीय सरकारबाटै गरिने यस्ता कार्य विश्व सम्पदा स्थलको संरक्षण एवं व्यवस्थापनविपरीत हुने भएकाले निर्माण कार्य स्थगित गरी विभागसँग समन्वय गर्न अनुरोध छ।’, सम्पदा स्थलहरूको रेखदेख र सुरक्षाप्रति जवाफदेही पुरातत्व विभागले नै यसरी पत्र पठाइसकेपछि महानगरले निर्माण रोकेर समन्वय गर्नुपर्नेमा थाहै नदिई वसन्तपुर डबलीको एउटा खण्डमा ढलान पूरा गरेको छ।, महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाका अनुसार काठमाडौं उपत्यकाका पाँच स्थानमा बाह्रवटा झन्डा राख्ने योजना छ। त्यसका लागि करिब ७० लाख रूपैयाँ बजेट छुट्याइएको छ।, उचाइको मापदण्डका कारण वसन्तपुर डबलीका आठवटा र स्वयम्भूमा राख्ने भनिएको एउटा झन्डा ३५ फिटका हुनेछन्। रत्नपार्कको शान्तिवाटिकामा १०३ फिट अग्लो झन्डा राखिएको छ। त्यति नै उचाइको झन्डा तीनकुने र शंखपार्कमा राख्ने योजना रहेको थापाले जानकारी दिए।, ‘राष्ट्रिय झन्डा भनेको हाम्रो प्रतिष्ठा र इज्जतको प्रतीक हो। यसले सहरको शोभा बढाउँछ। हाम्रो देशको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्छ,’ उनले भने।, झन्डा ठड्याउन ढलान गर्नुको कारणबारे सोध्दा थापाले भने, ‘हामी झन्डा फहराउन स्टिलको पोल राख्दैछौं। त्यो पोल ढलेर नोक्सान नहोस् भनेर त्यसलाई अड्याउन ढलान गरेका हौं।’, वसन्तपुरमा १५-२० दिनअघि नै निर्माण सुरू भइसकेको जानकारी दिँदै उनले भने, 'सर्वसाधारणलाई अग्रिम जानकारीसहित सूचना बोर्ड राखेकाले काममा कुनै विरोध नहुनुपर्ने हो।', यहाँका स्थानीयले भने विश्व सम्पदा क्षेत्रमा बन्न लागेको संरचनामा आपत्ति जनाएका छन्।, स्थानीय एवं इन्द्रजात्रा व्यवस्थापन समितिका उपाध्यक्ष दिपकप्रसाद श्रेष्ठ डबली लगायत वसन्तपुर क्षेत्रमा कुनै पनि संरचना बनाउँदा पुरातत्व विभाग र युनेस्कोको स्वीकृति लिनुपर्नेमा महानगरले एकतर्फी रूपमा खनेर ढलान गरेको बताउँछन्।, ‘उहाँहरू (महानगर) आएर राति राति चोरजस्तो गुपचुप काम गर्नुहुन्छ। पुरातत्व विभागले काम रोक्नू भनेर पत्र लेख्दा पनि काम रोक्नुभएको छैन,’ उनले भने, ‘पुरातात्विक मठ–मन्दिर नै छेक्ने गरी त्यति धेरै झन्डा राख्नुपर्ने आवश्यकता किन पर्‍यो। वसन्तपुर घुम्न आउने पर्यटकलाई देखाउन राष्ट्रिय झन्डा राख्न लागेको हो भने उनीहरूलाई यहाँका सम्पदा स्थल महत्वपूर्ण हुन्छ कि राष्ट्रिय झन्डा?’, अर्का स्थानीय तथा सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ वसन्तपुर डबली यस्तो संरचना बनाउन उपयुक्त स्थल नभएको बताउँछन्। महानगरले स्थानीयसँग सल्लाह नै नगरी झन्डा राख्न लागेको उनको भनाइ छ।, ‘नेपालको राष्ट्रिय झन्डाप्रति हाम्रो सम्मान कम छैन। तर झन्डा राख्न यो उपयुक्त ठाउँ होइन,’ उनले भने, ‘विभिन्न सांस्कृतिक र सामाजिक गतिविधि हुने वसन्तपुर डबली बिगारेर आधुनिक संरचना बनाउनु जायज छैन।', उनले अगाडि भने, 'महानगरले राम्रै सोचले यस्तो कार्य गरेको भए पनि यहाँको खुला दृश्य नै खल्बल्याउने गरी यस्तो संरचना बनाउनु गलत छ।', महानगरपालिकाले यति ठूलो लागतमा नयाँ संरचना बनाउनुको साटो भइरहेका पुराना संरचना संरक्षणमा जोड दिनुपर्ने श्रेष्ठले बताए।, ‘अझै पनि भुइँचालोले जीर्ण हाम्रा मठ–मन्दिरहरू टेका लगाएरै बसेको अवस्था छ। महानगरले बरू त्यो पैसाले मठ-मन्दिर जिर्णोद्धार गरेको भए सरहानीय हुन्थ्यो,’ उनले भने, ‘राष्ट्रवादका नाममा यस्ता संरचना बन्दै जाने हो भने भविष्यमा खुला ठाउँ नै नरहने गरी संरचना थपिँदै जान सक्छन्।’, विश्व सम्पदामा सूचीकृत वसन्तपुर दरबार क्षेत्रलाई युनेस्कोले आधुनिक र अग्ला संरचना निर्माणका कारण पटक–पटक खतरा सूचीमा राख्ने चेतावनी दिएको छ। नयाँ बन्ने संरचनाले विश्व सम्पदामा के–कस्तो असर पुर्‍याउन सक्छ भनेर पुरातत्व विभागलाई खबर गरेको युनेस्कोकी नव बस्नेत थापाले बताइन्।, ‘हामीले पनि आजै मात्र त्यहाँ ढलान गरेर झन्डा राख्न लागेको खबर पायौं। विश्व सम्पदा सूचीमा रहेकाले उक्त ठाउँको दैनिक गतिविधिको जानकारी राख्ने जिम्मा पुरातत्व विभागलाई छ। त्यही भएर हामीले उनीहरूलाई सूचना पठाएका छौं,’ उनले भनिन्।, वसन्तपुर डबलीमा ८ वटा राष्ट्रिय झन्डा फहराउन महानगरले बनायो मापदण्डविपरीत कंक्रिट संरचना
रासस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो बस र टाटा सुमो गाडी आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , मृत्यु हुनेमा एक महिला र दुई पुरूष छन्। , मृतकको नामथर वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइएकोमा तीनको मृत्यु भएको उनले बताए। , मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो आपसमा ठक्किएका हुन्। , घाइतेमध्ये नौलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको थियो।, दुर्घटनामा घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थापामगर, १८ वर्षीया आरती खवास र गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली रहेको प्रहरीले जनाएको छ। , यसैगरी आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएका छन्।, तनहुँमा बस र टाटा सुमो ठोक्किँदा तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता तुलसीपुर–घोराही चार लेन सडकको काममा ठगी तथा चेक अनादर मुद्दामा ठेकेदार अनुप पाण्डेलाई सातदिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। , उच्च अदालत तुलसीपुरले आइतबार पाण्डेलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भुपाल भण्डारीले जानकारी दिए । , शनिबार काठमाडौंमा पक्राउ परेका पाण्डेलाई आइतबार दाङ ल्याएपछि प्रहरीले अदालतमा उपस्थित गराएको थियो।, ‘बैंकिङ कसुर तथा चेक अनादर मुद्दाको घटना अनुसन्धान गर्न अदालतले पाण्डेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो,’ सूचना अधिकारी भण्डारीले भने । , घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरका निर्माण ब्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्रबहादुर बस्नेतले १ करोड ४४ लाख बढी ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए।, बस्नेतले आफ्ना टिपरहरु भाडामा प्रयोग गरे बापत तथा डिजेल भरेकोसमेत पैंसा नपाएको भन्दै उजुरी दिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । , तुलसीपुर उपमहानगरपालिका-८ का ३० वर्षीय पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शनिबार बिहान काँडाघारीबाट पक्राउ गरेको थियो।, ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार पाण्डेविरूद्ध फागुन १५ गते जिल्ला अदालत दाङले पक्राउ पूर्जी जारी भएको थियो।, जिल्ला प्रहरी कार्यालय दाङमा बैंकिङ कसुरको जाहेरी परेपछि प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको थियो।, ब्युरोले पाण्डेलाई जिल्ला प्रहरी कार्यालय दाङ पठाउने तयारी गरिरहेको छ। पाण्डेले अन्य विभिन्न व्यक्तिहरूसँग पनि ठूलो परिमाणमा रकम लिएको प्रहरीले जनाएको छ।, ठगी आरोपमा पक्राउ परेका ठेकेदार पाण्डेलाई सात दिन म्याद थप
सेतोपाटी संवाददाता सुनसरीमा प्रहरीले ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ।  , कोशी गाउँपालिका-८ का २२ वर्षीय मिथुनकुमार यादव र १९ वर्षीय प्रमोदकुमार सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। , प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। , प्रहरीले उनीहरूको साथबाट ९६ ग्राम ब्राउनसुगर र बिआर ३८ एस ०६२३ भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।, घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। ,  , सुनसरीमा ९६ ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ
सेतोपाटी संवाददाता नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ।, प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने गरी काम भइरहेको छ।, अहिले सम्बन्धित जिल्लाका मतदान केन्द्र कति छन्, तिनीहरूको विवरण लेखाजोखा भइरहेको छ।, ‘कुन जिल्लामा कति मतदान केन्द्र छन्, त्यहीअनुसार सम्बन्धित जिल्लाहरूले म्यादी प्रहरी भर्ना लिन्छन्,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले भने।, स्थानीय चुनावका लागि म्यादी ४० दिनका लागि भर्ना गरिने छ। म्यादी प्रहरीका लागि ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृति दिएको केसीले बताए।, ४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब-भत्ता-राशन सबै जोडेर ४३ हजार पाउँछन्।, म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन्।, दोस्रो, प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका पर्छन्।, तेस्रो, प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा जागिर छोडेर आएका पर्छन्।, चौथो, प्राथमिकतामा सुरक्षा निकायमा भर्ना हुनका लागि न्यूनतम् मापदण्ड पूरा हुन सक्ने व्यक्तिहरू पर्छन्।, ‘४० दिनपछि उनीहरू बिदा हुन्छन्, अर्को चुनावको लागि फेरि म्यादी प्रहरीको भर्ना खुलाइने छ,’ केसीले भने।, यसपालिको चुनावमा सुरक्षा निकायले सवारीसाधन खरिदका लागि बजेट माग गरेको भए पनि त्यो स्वीकृत भइसकेको छैन। आवश्यकताअनुसार अर्थ मन्त्रालयसँग समन्वय गरी खरिद अघि बढाइने प्रवक्ता केसीले बताए।  , स्थानीय चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गरिने, तलब-भत्ता ४० दिनको ४३ हजार
सेतोपाटी संवाददाता सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिए। , उनका अनुसार बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। , उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवरको मृत्यु भएको हो।, ‘उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो,’ प्रहरी निरीक्षक नेपालले भने।, बेहुला-बेहुली अर्कै गाडीमा गएका थिए। जन्ती बोकेको टिपर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक नेपालले बताए। , टिपरमा चालकसहित २८ जना सवार थिए। दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका थिए। , बाँकी चार जनाको अवस्था भने अझै गम्भीर रहेको उनले बताए। , घाइतेको उपचारको लागि दुई जनाको दुधौलीस्थित अस्पताल, चार जनालाई काठमाडौं र ८ जनालाई विराटनगर पठाइएको छ। , १० जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  ,  , सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु, चारको अवस्था गम्भीर
नवीनबाबु गुरूङ यतिबेला फूलहरूको मौसम सुरू भएको छ। अझ भनौं बसन्त बहार सुरू भएको छ।  , राजधानी काठमाडौं सहरका सडक छेउछाउका विभिन्न प्रजातिका फूलहरू ढकमक्क फुल्न थालेको छ।  , बसन्त ऋतुको सुरूआती चरणमा फुलेका यी फूलहरूले सहरको सुन्दरता बढाएका छन्।, फूलको सुन्दरता र रसको निम्ति भमरा र माहुरीहरू फूलहरूमा झुम्मिरहेको सुन्दर दृश्य देख्न सकिन्छ। यस्तै, युवायुवती पनि फूलका वरिपरि बसेर फोटो खिच्ने गरेको देखिन्छ।, राजधानीका सडक छेउ देखिएका केही सुन्दर दृश्यहरू:  , फूलै फूलको मौसम तिमीलाई...(तस्बिरहरू)
सेतोपाटी संवाददाता देशभर थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ७७ जनामा संक्रमण पुष्टि भएको हो। , ७ हजार ९८१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ६०७ जनाको पिसिआर गर्दा ६२ र २ हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ५ हजार २१२ जना सक्रिय संक्रमित छन्।, १८९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।, काठमाडौं उपत्यकामा २१ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १५, ललितपुर ४ र भक्तपुरमा २ संक्रमित थपिएका छन्।, देशभर थपिए ७७ संक्रमित, निको भए १८९ जना
सेतोपाटी संवाददाता काठमाडौंमा लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ११ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।, कारोबारीको जालो खोज्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार पनि फन्दामा परेका छन्।  , ११ जनालाई विभिन्न मितिमा ३२२.६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।, पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने २५ वर्षीय लालबहादुर बुढाथोकी छन्। उनको साथबाट प्रहरीले सय ग्राम ब्राउन सुगर बरामद गरेको छ।, काठमाडौं धुम्बाराहीस्थित गेष्ट हाउसबाट अजय तामाङलाई २९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।, अन्य पक्राउ पर्नेमा दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, झापाका अन्जान राई, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह छन्।, लागुऔषधको कारोबारमा जोडिएका सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार खगेन्द्र भुजेल हुन्। भुजेल मोरङ दुलारी घर भई हाल दुई नम्बर हेडक्वाटर झापामा कार्यरत थिए।, भुजेलको कनेक्सन भारतीय नागरिक श्याम सिंहसँग जोडिएको ब्युरो प्रमुख एसएसपी हृदय थापाले बताए।, सिंहले भुजेललाई, भुजेलले सुनिल ताजपुरियामार्फत कौशल बस्नेतलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।, यसैगरी, लालबहादुर बुढाथोकीले कौशल बस्नेतसँग खरिद गर्ने गरेको, बस्नेतले समीर गुरूङलाई बिक्री गर्ने गरेको खुलेको छ।, प्रविण भण्डारीले भारत सिलिगुडी गएर लागुऔषध खरिद गरी अजय तामाङमार्फत् अन्जान राईलाई बिक्री गर्ने गरेको खुलेको थापाले बताए। उनीहरू सबैलाई लागुऔषध मुद्दामा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।, ब्राउन सुगरको कारोबारमा सशस्त्र प्रहरी हवल्दारसहित ११ जना पक्राउ
सेतोपाटी संवाददाता साढे चार लाख बढी रकम लुटेर भागेका युवक पक्राउ परेका छन्। , दाङ घोराही उपमहानगरपालिका वडा नं. १३ की ४८ वर्षीया झुमा रोकाले बैंकबाट निकालेर घरतर्फ लैजाँदै गरेको चार लाख ६७ हजार सात सय २० रुपैयाँ लुटेको आरोपमा घोराही- ९ का २४ वर्षीय गणेशकुमार डाँगी पक्राउ परेका हुन्। , डाँगीको साथबाट लुटेर लगेको सबै रकमसमेत बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई जानकारी दिए। , रोका बिहीबार दिउँसो भारतबाट पठाएको रकम निकाल्न गएकी थिइन्।, ‘रोकाले दुइटा बैंकबाट रकम निकालेको देखेपछि डाँगीले पिछा गर्दै गएको देखिन्छ,’ एसपी काफ्लेले भने, ‘महिला पैसा निकालेर अटो रिक्सा चढेर घरतर्फ गएपछि पछिपछि गएर घरनजिकै पुगेपछि हिँड्दै गर्दा लुटपाट गरेको खुलेको छ।’, घर नजिकै पुगेपछि अटोरिक्साबाट झरेर पैदल हिँड्ने क्रममा मोटरसाइकलमा सवार डाँगीले पैसा राखेको हाते पर्स खोसेर भागेका थिए।, पैसा लुटिनासाथ रोकाले तत्कालै १०० नम्बरमा फोन गरेको हुँदा प्रहरी तत्काल परिचालन गरी डाँगीलाई रकमसहित पक्राउ गरिएको एसपी काफ्लेले बताए। , प्रहरीले डाँगीलाई घोराही १३ बाटै घटना भएको केहीबेरमै पक्राउ गरेको थियो।, ‘डाँगीको विगतको रेकर्ड लागुऔषध सेवनकर्ताको रहेको देखियो,’ एसपी काफ्लेले भने, ‘प्रहरी घटनाबारे थप अनुन्धान गर्दैछ।’ , पक्राउ परेका डाँगीविरूद्ध लुटपाट तथा चोरी अभियोगमा मुद्दा चलाएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरू गरिएको उनले बताए।, बैंकबाट पैसा झिकेको देखेर पिछा, घरनजिकै पुग्दा लुटपाट
एजेन्सी आम आदमी पार्टी (आप)ले भारतीय प्रान्त पन्जाबको विधान सभामा भारी बहुमत पाएपछि अहिले राजनीतिक वृत्तमा यसको चर्चा छ। , दिल्लीमा सरकार चलाइरहेको आपले पन्जाबमा पनि दुई तिहाइ बढी मत मात्र पाएको छैन, भुइँमान्छेहरूलाई विधान सभा सदस्य बनाएको छ।, आपबाट चुनाव जितेका ९२ मध्ये एक हुन्, लाभ सिंह उगोके। , इकोनोमिक्स टाइम्स इन्डियाका अनुसार उगोकेले आफ्नो निर्वाचन क्षेत्रमा पञ्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नीलाई हराएका छन्। उनले चन्नीभन्दा ३७ हजार ५५८ मत बढी मत ल्याएका थिए। चन्नीले अर्को निर्वाचन क्षेत्रमा पनि पराजय भोगेका छन्। , उगोक मोबाइल मर्मत पसल चलाउँथे। ३५ वर्षका उनी निकै सरल र निम्न आर्थिक अवस्थाको परिवारबाट आएका हुन्। उगोकेको बुबा चालक हुन् भने  उनकी आमा सरकारी विद्यालयमा सफाइको काम गर्थिन्।, उनी आपमा सन् २०१३ मा स्वयंसेवकका रूपमा प्रवेश गरेका थिए।, उगोकेले १२ पास गरेका छन्। तर उनी आफ्नो जित हुनेमा पहिलो दिनदेखि नै विश्वस्त थिए।, उनले चन्नीलाई आम आदमी अर्थात् सामान्य मानिसको मास्कमात्र लगाएको आरोप लगाएका थिए।,  , मोबाइल पसल चलाएर राजनीतिमा आएका उगोकेले हराए पन्जाबका बहालवाला मुख्यमन्त्री
सेतोपाटी संवाददाता मोरङबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , मोरङको गोविन्दपुर घर भई मेचीनगर नगरपालिका-१२ मा बस्दै आएका १८ वर्षीय अबिनारायण लिम्बूलाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , लिम्बूलाई प्रहरीले बिहीबार २१.३८ ग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजुसहित पक्राउ गरेको कार्यालयले जनाएको छ। , प्रहरीले लिम्बूलाई उनको घरबाट नै पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।,  , मोरङबाट झन्डै २२ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको छ।, घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिएको छ।, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्दैछौं,’ प्रहरी नायब उपरीक्षक युवराज खड्काले भने।, नाबालिगको बलात्कार गरेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।, पललाई प्रहरीले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद थप गरेर अनुसन्धान गर्ने अनुमति पाएको छ।, पल शाहका म्यानेजर जोशी पक्राउ
सविता बुढा महिनावारीका कुरा- दोस्रो शृंखला, सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिएर आएका छौं। यसमा सुदूरपश्चिमको महिनावारी अनुभव प्रकाशन गर्नेछौं।, ..., डोटीकी मधु (नाम परिवर्तन) ले तीन वर्षअघि एसइई पास गरिन्। उनलाई धनगढी पढ्न पठाउने कुरा घरमा चल्न थाल्यो। मधु फुरूंग भइन्। बस चढेर सहर जाने अनि क्याम्पस पढ्ने कुराले उनको मन रंगियो।, सहरमा महिनावारी बार्न पर्दैन भन्ने सम्झेरै पनि उनले राहतको सास फेरिन्, 'सहर गएपछि त छोइछितो बार्न पर्दैन, यहाँजस्तो छुट्टै बस्न पनि पर्दैन होला!', गाउँमा छोइछितो बार्नुपर्ने र कतिले त छाउगोठमा बस्नुपर्ने कुराले उनलाई दिक्क बनाएको थियो। सानैदेखि आमा, सानीआमा र दिदीहरू छाउगोठ बसेको देखेकी थिइन्। महिला र किशोरीले ज्यान गुमाएका खबर सुन्दा आङ सिरिंग हुन्थ्यो। यसले महिनावारी बार्ने प्रचलनप्रति प्रतिरोधी भावना साँच्दै उनी हुर्किइन्।, एकदिन मधु महिनावारी भइन्। नचाहँदा नचाहँदै छाउगोठ बस्नुपर्ने भयो। यस्तो सामाजिक जकड तोड्नुपर्छ भनेर बुबालाई सम्झाउने कोसिस पनि गरिन्।, 'बुबालाई मनाएपछि मैले छाउगोठमा बस्नु परेन। घरभित्रै एउटा कोठामा अलग्गै बस्ने अनुमति पाएँ,' उनले सेतोपाटीसँग भनिन्, 'घरकै कोठामा बस्न पाए पनि छोइछितोको चलन भने छुटाउन सकिनँ।', मधुलाई आफू गोठमा बस्न नपरेकोमा खुसी त लाग्यो। तर अरू दिदीबहिनीले पनि आफूजस्तै घरै बस्न पाए हुन्थ्यो भन्ने चाहना थियो।, 'हाम्रो गाउँमा छाउलाई एकदमै धेरै मान्छन्। घर-भान्सामा नजिक आउनै दिँदैनन्,' उनले भनिन्, 'यो चलन नराम्रो हो भन्ने चेत धेरैलाई छैन, त्यसैले डराउँछन्।', मधुलाई महिनावारी बेला दूध, दही खान नमिल्ने चलनदेखि झन् दिक्क लाग्छ। घाँस काट्न मिल्ने, मल फाल्न मिल्ने, दूध दुहुन पनि मिल्ने तर खान चाहिँ नमिल्ने, किन होला?, उनी यो प्रश्न ठूलाबडालाई सोधिरहन्थिन्। उत्तर कसैसँग थिएन। जब उत्तर हुँदैन, सबै एउटै कुरा भन्थे, 'पाप लाग्छ।' , तीन वर्षअघि मधु र उनका भाइबहिनी पढ्न धनगढी आए। कोठा नपाइन्जेल उनीहरू दिदीको घर बसे। मधु धनगढी सहरमा कोठा खोज्न दिनहुँ चक्कर काट्न थालिन्। घरघरै पुगिन्। यसरी हिँड्दा उनले आफूले नसोचेका प्रश्न सामना गर्नुपर्‍यो।, कोही भन्थे- कोठा त छ तर तिमी कुन जातको हौ?, कसैले सोध्थे- को को बस्छौ?, यो प्रश्नको उत्तर सुनेपछि धेरैले कोठा दिन मानेनन्।, 'बहिनी, भाइ र म बस्ने भन्नेबित्तिकै घरबेटीले दुई/दुई जना महिनावारी हुने रहेछौ, हुन्न भने,' मधुले सुनाइन्।, सहर गएपछि महिनावारीका कारण समस्या भोग्नुपर्दैन भनेर दंग परेकी मधु निराश भइन्।, हप्तौं खोजेपछि उनले बल्ल घरबेटी नबस्ने घरमा कोठा पाइन्। दुई वर्ष बस्दा उनीहरूलाई कुनै तनाव भएन। जसै घरबेटी फर्किए, कोठा सर्नुपर्ने भयो। कारण उही- महिनावारी।, नयाँ सरेको घरमा पनि घरबेटी बस्थेनन्। तर एक वर्षमै घरबेटीले घर मर्मत गर्नुपर्‍यो भने। मधुहरू फेरि सर्नुपर्‍यो। तेस्रो घरबेटीले भने उनलाई महिनावारी बार्नुपर्ने सर्त राखे। धारा, नल्का छुन नमिल्ने घरबेटीको नियम थियो।, 'भिजेका लुगा, भाँडा, अन्य सरसामान सुकेपछि मात्रै कोठामा ल्याउनुपर्ने नियम थियो,' मधुले भनिन्।, मधुकी बहिनीले शौचालय, धारा छुन नपाइने झन्झटले महिनावारी भएको कुरा घरबेटीलाई थाहा दिन्न थिइन्। तर घरबेटी मधुलाई यसबारे सोधे। उनले बहिनीलाई बेलाबेला महिनावारी नहुने समस्या छ भनिदिइन्। घरबेटीले उनीहरूलाई महिनावारीबारे बढी नै केराकार गर्थे।, 'महिनावारी हुने पालो कहिले, कहिले भएको भनेर झन् बढी केरकार गर्न थाले,' उनले भनिन्।, केही महिनापछि त घरबेटीले कोठा छाड नै भने। घरबेटीलाई किन कोठा छाड्ने भनेर सोधिन् मधुले। जवाफ आयो-  तिमीहरू दिदीबहिनीका कारण छाउछुत भयो। हाम्रा देउता रिसाए। , फेरि सर्नुपर्ने भएपछि मधुलाई तनाव भयो। उसैगरी सहरको चक्कर लगाउन पर्‍यो। तिनै प्रश्न खेप्नुपर्‍यो। त्यस्तै सर्त सुन्नुपर्‍यो। सम्झेरै दिक्क लाग्यो। , 'एक्कासि सर्नु परेपछि गाह्रो भयो। पैसा थिएन। कोठाका लागि अन्त कतै खबर पनि गरेको थिएन। सामान कसरी कहाँ लग्ने भन्ने पिर भयो,' उनले भनिन्।, यति धेरै अपमानित हुनु परेकामा उनलाई निकै रिस उठेको थियो। तर घरबेटीले कोठा नदिने भनेपछि के लाग्छ र? सबैतिर फोन र दिदीको सहयोगले केही दिनअघि मात्रै अर्को कोठा भेट्टाएकी छन्।, धनगढीजस्तो सहरमा पनि महिनावारीका कारण विभेद भोग्नु पर्दा उनलाई बहुत अपमानित भएको महसुस हुन्छ। मन पनि दुख्छ, रिस पनि उठ्छ। अहिलेका घरबेटीले पनि महिनावारी भएका बेला खानेपानीको धारामा नछुनू भनेका छन्। उनलाई यो कुरा चित्तै बुझिरहेको छैन।, सहरमा गाउँजस्तो गोठमा बस्नु नपरे पनि अनेक भनाइ र विभेद सहनु पर्दा उनलाई तनाव हुन्छ। आफू र बहिनीका कारण देउता रिसाएको भन्ने कुराले मन पोलेको छ।, 'हामीले के पाप गर्‍यौं र देउता रिसाउने? महिनावारी हुनु कसरी पाप हुन्छ हो?' घरबेटीलाई सोध्न नसकेको यही प्रश्न उनको मनमा खेलिरहन्छ।, भर्खरै सरेको कोठा पनि महिनावारीकै कारण कति बेला छोड्नुपर्ने हो भन्ने त्रास उनको मनमा छँदै छ। आफूले भोगेका यस्ता कुरा अरूलाई भन्न सक्ने अवस्था पनि नभएको उनी बताउँछिन्।, 'कसैलाई भन्न पनि सकिँदैन। घरबेटीको घर हो, भाडामा बस्नेले भनेअनुसार गर्नैपर्छ भन्छन्। फेरि लाज होला भनेर पनि महिनावारीका कारण भोगेको समस्या सुनाउँदै हिँड्न सकिन्न,' उनले भनिन्।, मधु र उनकी बहिनीको पढाइ पूरा हुन अझै केही वर्ष छ। बस्ने धनगढीमै हो। यो बीचमा महिनावारीकै कारण कोठा सर्न नपरे हुन्थ्यो भन्ने कामना उनीहरू गरिरहेका छन्।, दोस्रो शृंखलामा प्रकाशित स्टोरीहरू:, जब विवाहित पुरूषलाई सोधिन्छ- एक्लै बस्ने कि श्रीमतीसँग?, अनि उनले दियोमा हात राखेर कसम खाइन्- अबदेखि छाउगोठमा बस्दिनँ, महिनावारीमा छोइएला भनेर कोठा दिनै मान्दैनन् घरबेटीहरू, 'महिनावारीका कुरा' को पहिलो शृंखलामा प्रकाशित स्टोरीहरू:, मेरी छोरी भइन् भने महिनावारी बार्न लाउँदिनँ (भिडिओ), महिनावारी नबार्ने आनी (भिडिओ), 'महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो?' (भिडिओ), 'महिनावारी भएका बेला खेलाडीहरू दौडधूपले बेहोससम्म हुन्छन्', 'महिनावारीमा अझै अप्ठ्यारो किन थप्नू, बरू अलिकति चकलेट दिनू', मानुषी भन्छिन्ः आमाले चिठीमा पाठेघरको चित्र बनाएर महिनावारीबारे बुझाउनुभयो, शृंखला भन्छिन्- छाउगोठ भत्काउँदा पाप लाग्ने भए, त्यो पाप मै बोकुँला, सित्तैमा प्याड बाँड्ने र बनाउन सिकाउने डाक्टर, स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ, अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन, श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ, केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्, साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्, माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु, करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ, ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई, 'देउता रिसाए भन्दै घरबेटीले कोठा खाली गर्न लगाए'
सीबी अधिकारी सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ। विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ।, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै  मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन्। आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान हुँदैछ। जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।, प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले झण्डै ७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी गरिएको बताए। गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को  वाइड बडी ए ३३० जहाजले परीक्षण उडान गर्ने निगमले जनाएको छ।, नेपालमा विसं २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो। सन् १९४८ मा बीच बनाया नामक वायुयानलाई बेलायती नागिरक एच वेडलरलेले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाई यातायातको सुरुआत भएको मानिन्छ।, त्यसपछि सन् १९४९ मा पहिलोपटक काठमाडौँ गौचरणमा डकोटा–३ वायुयान अवतरण गरियो। विसं २००७ मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो।, ठूलो अत्याधुनिक विमानस्थल  ,      , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताP. उgले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि महत्वपूर्ण परियोजना भएको बताए।, कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ। यो विमानस्थल अत्याधुनिक उपकरणयुक्त छ। मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ।, नमूना आयोजना, गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको कामबीचमा निर्माण व्यवसायी कम्पनीको लापर्बाहीले अवरोध भएको थियो। पछिल्लो पटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आउन लागेको हो।, विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी करिब रु २२ अर्ब खर्च हुने प्राधिकरणले जनाएको छ। पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।, गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानपछि सबैभन्दा धेरै लाभ गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई हुने व्यवसायीको बुझाइ छ। विमानस्थल सञ्चालन भएपछि विश्वका धेरै मुलुकबाट बौद्धमार्गी सिधै भैरहवा आउन सक्नेछन्। विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ। , लुम्बिनी विकास कोषले लुम्बिनी आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ। बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सीधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ।, नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईले बुद्धिष्ट पर्यटक आकर्षण गर्न गौतमबुद्ध विमानस्थलको महत्वपूर्ण भूमिका हुने बताए। कोभिड महामारीबाट सहज बन्दै गइरहेको मुलुकको पर्यटन क्षेत्रका लागि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले विदेशी पर्यटक बढ्ने र नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने उनको विश्वास छ।, प्राधिकरणले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान योग्य भएको सूचना प्रकाशित गरेको छ। यो विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने प्राधिकरणले जनाएको छ।, प्राधिकरणले विमानस्थलको सबै विवरण रहेको पुस्तकसमेत प्रकाशन गरेको छ। आगामी अप्रिल २१ देखि विमानस्थलले अन्तर्राष्ट्रिय उडानको मान्यता पाउने बताइएको छ। प्राधिकरणले विमानस्थल उडानका लागि योग्य भयो भनी उडान गर्न चाहने एयरलाइन्स कम्पनीहरुलाई उडानका लागि ‘एप्रोच’ गर्न विमानस्थलको सबै विवरणसहितको प्रकासन जारी गरेको छ।, तीन अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान गर्ने इच्छा, गौतमबुद्ध विमानस्थलमा उडानका लागि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले उडानका लागि चासो देखाएका छन्। प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार अहिले तीन एयरलाइन्सले उडानका लागि इच्छा देखाएका छन्। गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएका हुन्। ,रासस, हवाई पूर्वाधारको अर्को फड्कोः सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
सेतोपाटी संवाददाता चितवनको ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।, प्रहरीका अनुसार शुक्रबार बेलुका करिब पाँच बजे प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।, मृत्यु हुनेमा मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरूङ र पाँच वर्षीय आर्यन गुरूङ छन्।, प्रहरीका अनुसार तृप्ति र आर्यन आमा छोरा हुन्। रविन आफन्त हुनसक्ने अनुमान छ।, घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।, चितवनमा मोटरसाइकल दुर्घटना‚ तीन जनाको मृत्यु
खिलानाथ ढकाल नेपालगञ्ज उपमहानगरपालिका-१७ की एकल महिला निर्मला कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरी टोली नेपालगञ्ज पुगेको छ।, कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कमल थापाको नेतृत्वमा चार सदस्यीय टोली नेपालगञ्ज पुगेको हो।, दुई दिनअघि नेपालगञ्ज पुगेको एसपी थापा नेतृत्वको टोलीले कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्युबारे विस्तृत अनुसन्धान गरिरहेको छ।, स्रोतका अनुसार टोलीले कुर्मीका पहिलो श्रीमानको मृत्यु र त्यसपछि उनी जीवनमाथि आइपरेका हरेक विषयवस्तुमाथि अनुसन्धान गरिरहेको छ।, कुर्मीका श्रीमान् महालु कुर्मीको २०६२ सालमा मृत्यु भएको थियो। त्यसपछि २०६६ सालमा उनका दुई छोरा पनि १०  दिनको फरकमा मृत्यु भएको थियो।, एक अनुसन्धान अधिकृतका अनुसार निर्मला प्रकरणको अहिलेको अनुसन्धान विभिन्न पाटोबाट भइरहेको छ।, पहिलो, निर्मलाका श्रीमान् बितेको, चार वर्षपछि दुई जना छोराको रहस्यमय ढंगले पनि मृत्यु भएको र त्यसको ‘केही वर्षपछि’ भारतीय नागरिक अर्जुन कुर्मीसँग निर्मलाले दोस्रो विवाह गरेर गएको देखिन्छ।, ती अधिकृतका अनुसार निर्मलाले दोस्रो विवाह गरेको २०६८ सालमा हो।, ‘बिहे गरेको केही समयमा निर्मला नेपाल आइन् र त्यसपछि उनी बेपत्ता भइन् भन्ने छ,’ अनुसन्धानमा संलग्न ती अधिकृतले ,सेतोपाटी,सँग भने, ‘उनी कसरी भारत गइन्, नेपाल कसरी फर्किइन् र बेपत्तापछि उनको मृत्यु के कति कारणले भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं।’, दोस्रो,  निर्मला नेपालगञ्जबाट २५ किलोमिटरको दुरीमा रहेको भारत जगन्नाथपुरका अर्जुनसँग दोस्रो विवाह गरेर गएको देखिन्छ।, निर्मलालाई २०६९ सालतिर प्रलोभनमा पारेर नेपाल ल्याइएको देखिएको छ।, ‘उनलाई विवाह गर्ने भारतीय नागरिक सामान्य हुन्, उनी ज्याला मजदुरी गरेर अहिले पनि भारतमै बस्छन्,’ ती अधिकृतले भने, ‘हामी अर्जुनसम्म पुग्न खोजिरहेका छौं।’, हालसम्म फेला परेका कागजातहरूले निर्मलाको मृत्यु २०७६ साल चैत १४ गते भएको देखिएको छ।, ‘त्यसअघि निर्मला उपचारका लागि नेपालगञ्जकै एउटा अस्पतालसम्म पुगेको पनि देखिएको छ,’ ती अधिकृतले भने, ‘ती सबै कुरा पत्ता लगाउने, नजिक रहेका मानिसहरूसँग सोधपुछ गर्ने, पुष्ट्याइँ गर्ने काम भइरहेको छ।’, तेस्रो, निर्मलाको मृत्युपछि उनको पोष्टमार्टम भएको छैन। पूर्वसभासद तथा नेपाली कांग्रेस बाँकेका नेता बादशाह कुर्मीले उनको पोष्टमार्टम गर्न दिएनन् भन्ने आरोप छ।, ‘पहिलो त निर्मलाको मृत्यु कसरी भयो भन्नेतर्फ हामी अनुसन्धान गरिरहेका छौं, उनको मृत्युको कारण खुलेपछि कसले के कसरी अनुसन्धानमा बाधा पुर्‍याएको भन्नेबारे निर्क्यौल हुन्छ,’ ती अधिकृतले भने, ‘तत्कालीन अवस्थामा नेपालगञ्ज प्रहरीको मुद्दा शाखामा को थिए र उनीहरूले यो प्रकरणलाई कसरी हेरे भन्ने पनि अनुसन्धानको पाटो छ।’, चौथो,अनुसन्धानमा संलग्न टोलीले त्यसबेलाका कागजातहरू खोजिरहेको छ। त्यसबेलाको परिस्थिति, कागजातहरूका आधारमा  अनुसन्धान टोली कुर्मीको मृत्यु आर्थिक कारणबाट भएको हो भन्नेमा बढी विश्वस्त छ। , निर्मलाका श्रीमान् बितेपछि उनीसँग पाँच बिगाहा जग्गा थियो। त्यो जग्गामध्ये दुई कठ्ठा छिमेकी निजामुद्दिन दर्जी (इद्रिस)की श्रीमती जुबेदा दर्जी (इद्रिस) को नाममा पास भएको देखिएको छ।, बाँकी जग्गामध्ये चार बिगाहा आठ कठ्ठा जमिन जग्गा व्यवसायी रमेश थापाकी श्रीमती रत्ना थापाको नाममा पास भएर गएको देखिएको छ।, ‘जग्गा व्यवसायीकी श्रीमतीका नाममा जग्गा कसरी पास भयो भन्ने अनुसन्धानको अर्को पाटो छ,’ ती अधिकृतले भने।, त्यो जग्गाको हालको बजारभाउ पाँच करोड बढी देखिन्छ। त्यही जग्गाकै कारण निर्मलालाई अपहरण गरियो र त्यसपछि उनको शंकास्पद तरिकाले मृत्यु भयो भन्नेतर्फ अनुसन्धान केन्द्रित छ।, निर्मला कुर्मीको अपहरणपछि हत्या गरिएको विवरणको जाहेरी बाँके प्रहरीमा विचाराधीन छ। जाहेरी अधिकारकर्मी रूबी खानले दिएकी थिइन्।, जाहेरीमाथि अनुसन्धान अघि नबढेको भन्दै अधिकारकर्मी खानलगायतको समूह गत असोज तेस्रो साता नेपालगञजबाट पैदल हिँड्दै आएर माइतीघर मण्डलामा अनसन बसेको थियो। , त्यसपछि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति गरिएको थियो।, छानबिन समितिले कात्तिक दोस्रो साता छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको थियो। तर, छानबिन अघि नबढेको भन्दै अधिकारकर्मी रूबीको समूह माइतीघर मण्डलामा आएर पुसमा दोस्रोपटक अनसन बसे।, गत पुस २० गते गृह मन्त्रालय र खानबीच अनसन तोड्ने सम्झौता हुँदा मन्त्रालयले निर्मला प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाएको थियो। लगत्तै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो।, प्रधान कार्यालयले गृहको निर्देशनमाथि छानबिन र अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशन दिएको थियो।, रूबी खानहरू पहिलो चरणमा पैदल आएर माइतीघर मण्डलामा बसिरहेकै बेला नेपालगञ्ज प्रहरीले सात जनालाई कात्तिक महिनामै पक्राउ गरी अनुसन्धान थालेको थियो।, प्रहरीले २४ दिनसम्म हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान गर्‍यो। सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पनि बुझायो।, तर, प्रमाण नपुगेपछि ती सातै जनाविरूद्ध मुद्दा अभियोजन भएन। ‘सरकारी वकिल कार्यालयबाट अनुसन्धान प्रतिवेदन फिर्ता आएपछि हामीले सामान्य हाजिरी जमानीमा सातै जनालाई छोडेका थियौं,’ बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले भने, ‘त्यसपछि अनुसन्धान अघि बढेको थिएन, अहिले केन्द्रीय अनुसन्धान ब्युरोको टोली आएर अनुसन्धान गरिरहेको छ।’, निर्मला कुर्मी प्रकरणका चार ‘रहस्य’, अनुसन्धान गर्न सिआइबीको टोली पुग्यो नेपालगञ्ज
सेतोपाटी संवाददाता विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो।, सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो। तर राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेका छन्।, ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ।, सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन। आस्था, विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ।, पुराना पुस्ता वितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरू बताउँछन्।, परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ।, सम्पदाको पुननिर्माणको यिनै कामलाई ,न्युज एजेन्सी नेपाल,का फोटोपत्रकारहरुले कैद तश्वीरहरु आजको फोटो फिचरमा। , जैशीदेवल, काठमाडौं।, तलेजुभवानी र जगन्नाथ मन्दिर, काठमाडौँ, पशुपतिनाथ, भक्तपुर, पाटन दरबार, ललितपुर, फसिदेग शिलु महादेव, भक्तपुर, बंशीगोपाल भजन, भक्तपुर, बसन्तपुर दरबार, काठमाडौं, ब्रम्हायणी मन्दिर ठेचोँ, ललितपुर, ब्रम्हायणी मन्दिर ठेचोँ, ललितपुर, माजु देवल, बसन्तपुर, यक्षेश्वर महादेव, भक्तपपुर, लक्ष्मी नरसिंह मन्दिर, भक्तपुर, हनुमान ढोका, काठमाडौं।, उठ्दैछन् सम्पदाहरू (फोटोफिचर)
सेतोपाटी संवाददाता प्रहरीले भारतीय नागरिकको हत्यामा संलग्न दुई जना आरोपितलाई पक्राउ गरेको छ। , बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँमा बस्ने २० वर्षीय भुपेन्द्र बुढालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।  , उनीहरूमाथि भारत उत्तर प्रदेश सहेजापुर घर भई धनगढी उपमहानगरपालिका-४ शिवपुरी धाम नजिकै डेरा गरी बस्दै आएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्या गरेको आरोप छ।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।, धनगढी उपमहानगरपालिका-५ केराबारीस्थित सडक किनाराको नालीमा गत सोमबार कुलदीप गुप्ताको शव फेला परेको थियो।, प्रहरीका अनुसार गुप्ता गत आइतबार धनगढी उपमहानगरपालिका-१ स्थित मिल्की फन आइसक्रिमका सञ्चालकसँग आइसक्रिम बिक्री गरे बापतको १ हजार २४० रुपैयाँ लिएर हिँडेका थिए। गुप्ता से १ घ २८६६ नम्बरको अटोमा घर जाँदै थिए। , गुप्ताले बुढाद्वयलाई प्रदेश सभा अगाडि हिँडेको अवस्थामा भेटका थिए। गुप्ताले बुढाद्वयलाई अटोमा लिएर जाने क्रममा उनीहरूबीच भाडाको विषयमा विवाद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुढाद्वयले मदिरा सेवन गरेका थिए।, उनीहरूबीच हातपात हुँदा गुप्ता सडक छेउ नालीमा खसेका थिए। पछि भुपेन्द्रले काठको टुक्रा प्रहार गरी गुप्ताको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।, उनीहरूले गुप्ताको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ। ,  , अटो भाडाको विषयमा विवाद हुँदा एकको हत्या, हत्या आरोपित दुई पक्राउ
रासस काठमाडौं उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ।, पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि आफूहरुको माग सम्बोधन नभएको भन्दै फोहर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ।, यही फागुन २३ गतेदेखि सुरु भएको स्थानीयवासीको विरोधको कारण आज पनि काठमाडौंबाट फोहर आउन नदिएको ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए।, उनका अनुसार स्थानीयासीले राखेको माग प्रभावित क्षेत्रको गुठीको जग्गा कानुनी प्रक्रियाअनुसार रैकर गर्नुपर्ने, प्रभावित क्षेत्रको उच्च प्रभावित बनेका वस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर बिसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर बिसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने रहेको छ।, ‘सरकारले प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागी उच्चस्तरीय समिति र ‘र्‍यापिड एक्सन टास्क फोर्स’ गठन गर्ने निर्णय गरे पनि त्यसमा हामीहरुको जायज मागको सम्बोधन भएको छैन’, संयोजक ढुङ्गानाले भने, ‘नयाँ माग र समस्या केही होइन, यसअघि भएको सहमतिको पालना गर्न सरकारीस्तरबाट स्पष्ट निर्णय नआएसम्म विरोध कायम रहन्छ।’, प्रभावित क्षेत्रका बासिन्दाले नुवाकोट र धादिङमा पर्ने विभिन्न गाउँ (यसअघिका विभिन्न अध्ययन प्रतिवेदनले मानव बसोबासको लागि जोखिम भनेको स्थान) का बस्ती स्थानन्तरण र उक्त क्षेत्रको करिब तीन हजार रोपनी जग्गा अधिग्रहण हुनुपर्ने माग मुख्यरुपमा उठाएका छन्।, उक्त माग सम्बोधनको लागी त्यसक्षेत्रको जग्गा पशुपति, कालमोचन भैरवलगायतका गुठीको नाममा भएकाले कानुनअनुसार रैकर हुनुपर्ने भन्दै सरोकार समितिको नेतृत्वमा गत २३ गतेदेखि उपत्यकाको फोहर बिसर्जनमा अवरोध गर्न थालिएको हो।, काठमाडौं उपत्यकाको फोहर बिसर्जनमा अवरोध
सेतोपाटी संवाददाता प्रहरीले मोरङको केराबारीबाट ६५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका-१ का ३१ वर्षीय दीपेश राई रहेका छन्।, को२३प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए।, इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका-७ मुगुटोलबाट पक्राउ गरेको थियो।, पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागुऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको मुकारूङले बताए। , ६५ किलो गाँजासहित एक पक्राउ
सबिना श्रेष्ठ काठमाडौं ज्याठास्थित गुणाकर महाविहारको सार्वजनिक जग्गा (बहीलाछी) मा पुरातत्व विभागले शुक्रबारबाट उत्खनन सुरू गरेको छ।, सार्वजनिक जग्गा मासिने गरी वडा नम्बर २७ को भवन बनाउने तयारी गरिएको उक्त ठाउँमा स्थानीयको मागअनुसार उत्खनन गरिएको पुरातत्वविज्ञ उद्धव आचार्यले बताए।, पुरातत्व विभागका पूर्वकर्मचारी आचार्य विशेषज्ञका रूपमा उत्खनन निरीक्षण गर्दै छन्। त्यहाँ प्राकृतिक माटोको तहसम्म उत्खनन हुने उनले जानकारी दिए।, 'कुनै संरचनाको जग वा पुरातात्विक सामग्री फेला पर्‍यो भने हामी त्यसैअनुसार रिपोर्ट तयार गर्छौं,' उनले भने।, स्थानीय तथा सम्पदा संरक्षण अभियन्ताहरू भने उत्खननबाट कुनै अवशेष वा पुरातात्विक सामग्री फेला नपरे पनि वडा कार्यालयले यहाँ भवन बनाउन छुट नपाउने बताउँछन्।, उनीहरूका अनुसार लाछी भनेको सार्वजनिक खुला ठाउँ भएकाले उत्खननबाट कुनै ऐतिहासिक सामग्री फेला पर्छ भन्ने ग्यारेन्टी छैन। यो ठाउँको प्रयोजन नै मान्छेहरू आराम गर्ने र सुस्ताउने भएकाले कुनै पुरातात्विक अवशेष नहुन पनि सक्छ।, गुणाकर महाविहार (छुस्याबहाः) मा रहेको साढे तीन सय वर्ष पुरानो शिलालेख नै यो लाछीको ऐतिहासिकता पुष्टि गर्ने दस्तावेज भएको सम्पदा अभियन्ता रवीन्द्र बज्राचार्यले बताए।, उक्त शिलालेखले यो जग्गा सार्वजनिक हो र सार्वजनिक प्रयोगमै आउनुपर्छ भन्छ। वडा कार्यालयले भने शिलालेखमा उल्लिखित विवरण लत्याउँदै यहाँ पाँचतले भवन बनाउन खोजिरहेको छ।, 'सबै तथ्य शिलालेखमै भएकाले उत्खननमा केही फेला परोस् या नपरोस् त्यसले मान्यता राख्दैन,' बज्राचार्यले भने, 'इतिहास भनेको सबभन्दा पहिले लेखिएको अभिलेख हो। त्यसपछि बनेका सबै कागजपत्र बदर हुन्छन्।', नेपाल सम्बत ७८८ अर्थात् बिक्रम सम्बत् १७२५ को उक्त शिलालेखबारे सोध्दा पुरातत्वविज्ञ आचार्यले भने, 'त्यसलाई छुट्टै टोलीले अध्ययन गर्नेछ।', सडकको दायाँ गुणाकर महाविहार र बायाँतर्फ बहीलाछी। तस्बिर: सुसन चौधरी/सेतोपाटी, पुरातत्व विभागकै अभिलेख शाखामा लामो समय काम गरेका सिद्धिरत्न शाक्यले केही दिनअघि हामीलाई उक्त शिलालेख पढेर व्याख्या गरेका थिए।, उनका अनुसार शिलालेखमा लेखिएको छ, 'ध्वखा (ढोका) बहालका गुणज्योति बज्राचार्यले यहाँ महाविहार बनाएपछि लोकहितका लागि विहार अगाडि सबैले देख्नेगरी फल्चा (पाटी) बनाए। सँगै लाछी (खुला सार्वजनिक जग्गा) पनि संकल्प गरेर राखे। कसैले यो पटी वा विहार भत्कायो वा काठको टुक्रा पनि लिएर गयो भने पञ्च महापाप लाग्छ। संरक्षण वा हेरचाह गर्नेलाई हजारवटा विहार बनाएको र कोटीयज्ञ गरेको फल प्राप्त हुन्छ।', शिलालेखमा उल्लिखित यो वर्णनबाट तीनवटा कुरा प्रस्टै बुझिन्छ।, पहिलो, गुणज्योति बज्राचार्य भन्ने व्यक्तिले ज्याठाको यो महाविहार बनाएका थिए। उनकै नामबाट यसलाई गुणाकर महाविहार भनिएको हो।, दोस्रो, उनले यहाँ महाविहार मात्र बनाएनन्, सर्वसाधारणको हितका लागि विहार अगाडि एउटा पाटी पनि निर्माण गराए।  यो पाटी अहिले भत्किइसकेको छ। पहिले पाटी भएको प्रमाणका रूपमा चारवटा कलात्मक ढुंगााको अवशेष (इ ल्वँ) देख्न सकिन्छ। ती पनि गाडीको ठक्कर र संरक्षण अभावमा खिइँदै गएका छन्।, तेस्रो, उनले पाटीसँगै जोडिएको करिब चार आना क्षेत्रफलको जग्गा सार्वजनिक प्रयोग निम्ति खुला छाडे। यो सार्वजनिक स्थानलाई स्थानीयहरू 'बहीलाछी' भन्छन्। केही अघिसम्म यहाँ स्थानीय क्लबको सानो घर थियो। अहिले त्यही घर भत्काएर वडा कार्यालयले पाँचतले भवन ठड्याउँदैछ।, यो जग्गाको लालपुर्जा अहिले ज्याठा युवा तथा सामुदायिक क्लब र बौद्धिक विकास प्राथमिक विद्यालयको नाममा छ। गुणाकर महाविहारभित्र रहेको शिलालेखले भने उक्त जग्गा गुणज्योति बज्राचार्यले सार्वजनिक प्रयोग निम्ति छुट्टयाएका थिए भन्ने बुझाउँछ। कुनै दानी, उपकारी व्यक्तिले साढे तीन सय वर्षअघि सार्वजनिक हित निम्ति छुट्टयाएर गएको जग्गा कुनै पनि अन्य काममा प्रयोग गर्न हुँदैन।, क्लबका अध्यक्ष इन्द्रमान महर्जन शिलालेखमा बहीलाछी कहाँ छ भनेर प्रस्ट नलेखिएको बताउँछन्। त्यही भएर यो लाछी र शिलालेखमा उल्लिखित लाछी फरक हुनसक्ने उनको तर्क छ।, 'शिलालेखमा उत्तर हो कि दक्षिण हो प्रस्ट लेखिएको छैन। हामीसँग लालपुर्जा भएकाले यो हाम्रै जग्गा हो,' उनले भने, 'हामी त टोलकै विकासका लागि क्लब र वडा बनोस् भन्ने हेतुले अगाडि बढेका हौं। यहाँको ऐतिहासिक सम्पदा मास्नु हाम्रो मनसाय होइन।', सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर भने यो मुद्दालाई बहकाउने प्रयास भइरहेको बताउँछन्।, उनका अनुसार स्थानीयको स्मरणमा बहीलाछी भनेको यही ठाउँ हो। यहाँ हुने सांस्कृतिक, धार्मिक र सामाजिक गतिविधिले त्यसलाई अर्थ्याउने उनको भनाइ छ।, 'जुन ठाउँ सांस्कृतिक, धार्मिक र सामाजिक क्रियाकलापमा उपयोग भइरहको छ, त्यही नै लाछी हो,' उनले भने, 'विभिन्न जात्रापर्वमा भगवानलाई फल्चा (पाटी) मा राखेर मान्छेहरू लाछीमा आराम गर्छन्। येँया (इन्द्रजात्रा) को उपाकू यात्राको रूट र फल्चाको अवशेषले त्यही भन्छ। क्लबले नै यहाँ इन्द्रजात्रा बेला महाकाली नाच देखाउने र सम्यबजी खुवाउने गर्छ।', उनले अगाडि भने, 'मैले बहीलाछीमा प्रजापति समुदायअन्तर्गतका कुमालहरूले माटाका भाँडा बनाएर सुकाएको देखेको छु।', गुणाकर महाविहार अगाडिको बहीलाछीमा पुरातत्व विभागबाट उत्खनन गरिँदै। तस्बिर: सुसन चौधरी/सेतोपाटी, 'अ क्लासिकल नेवारी डिक्सनरी' अनुसार लाछी शब्द लाछबाट आएको हो। यसले त्यस्तो खुला ठाउँ बुझाउँछ जहाँ विभिन्न किसिमका सामुदायिक गतिविधि हुन्छन्।, सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार यो शब्द मल्लकालमा उत्पत्ति भएको हो।, मूल सडक किनार वा व्यस्त बसोबास क्षेत्रको बीचमा कसैले सार्वजनिक प्रयोजनका लागि छुट्टयाएको जग्गालाई लाछी भनिन्छ, उनले भने, 'सामान्यतया प्रशस्त घाम लाग्ने खुला ठाउँमा लाछी बनाइन्छ। त्यही भएर यहाँ नवजात शिशुलाई तेल लगाइन्छ, बाली सुकाइन्छ। सामुदायिक कार्यक्रम र भोजका लागि पनि यस्ता खुला ठाउँ प्रयोग हुन्छन्।', महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, वडाध्यक्ष चिनियामान बज्राचार्य लगायतले गत माघ २३ गते यहाँ भवन शिलान्यास गरेका थिए।, वडाध्यक्ष बज्राचार्य आफूहरूले वडाको भवनका लागि जग्गा खोजिरहेको र क्लबले पनि नयाँ भवन बनाउन खोजिरहेकाले दुवैको सहकार्यमा काम भइरहेको बताउँछन्।, 'हामी यसअघि महाबौद्धमा रहेको क्लबमा बहाल तिरेर बसेका थियौं। यहाँको क्लबलाई पनि घर आवश्यक भएपछि सहकार्य गरेका हौं,' उनले भने।, उनका अनुसार पाँचतले भवनमा वडा कार्यालयसँगै क्लब, भोजका लागि हल लगायत हुने छन्। वडाकै विभिन्न कामका लागि ठूलो भवन बनाउनुपरेको उनले बताए। भवन निर्माणको लागत २ करोड ८० लाख ८१ हजार रूपैयाँ हो। यसको निर्माण ठेक्का प्रतिष्ठा–रमिता–अम्बुजा जेभीले पाएको छ।, यो सार्वजनिक जग्गा हो भन्ने पुष्टि भए निर्माण कार्य रोक्ने उनले बताए।, 'कुनै हकवालाको जग्गामा हामीलाई भवन बनाउन मन छैन। हामीले त महानगरले नै स्वीकृति दिएको र क्लबसँग लालपुर्जा पनि भएकाले काम थालेका हौं,' वडाध्यक्ष बज्राचार्यले भने, 'उत्खननबाट ऐतिहासिक तथ्य फेला पर्‍यो भने हामी त्यसैअनुसार अगाडि बढ्छौं।', यो पनि हेर्नुहोस्:, ३५३ वर्षअघि दान दिइएको जग्गा मिचेर भवन बनाइँदै, महानगरले भवन बनाउन खोजेको सार्वजनिक जग्गा उत्खनन गर्दै पुरातत्व विभाग
नारायण खड्का ठकेदार अनुप पाण्डे ठगी मुद्दाको जाहेरी परेपछि पक्राउ परेका छन्।, काठमाडौंमा लुकिछिपी बसेका पाण्डेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए।, पक्राउपछि पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको एसपी काफ्लेले जानकारी दिए। पाण्डेविरूद्ध विभिन्न व्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।, पाण्डे तुलसीपुर-घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार हुन्।, यो पनि : ,ठगी मुद्दामा ठेकेदार अनुप पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी , ठगीको जाहेरी परेपछि पक्राउ परे ठेकेदार अनुप पाण्डे
निशा भण्डारी वाङ्मय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित घरमा रहेको 'सत्यमोहन जोशी लोकसाहित्य संग्रहालय' को उद्घाटन गरिएको छ।, लोक साहित्य परिषद्ले लोक साहित्यको संरक्षण र प्रवर्द्धनका लागि निर्माण गरेको उक्त भवनको आज उद्घाटन गरिएको हो।, दुई वर्षअघि उक्त भवनको शिलान्यास भएको थियो।, उक्त संग्रहालयमा लोकसंस्कृतिसँग सम्बन्धित बाजा, पुस्तक राखिएका छन्। , भुइँ तलामा हुलाक टिकट, त्यसको माथिल्लो तलामा विभिन्न समयमा प्रयोग भएका मुद्रा राखिएका छन्। त्यस्तै आर्ट ग्यालरी रहेको छ। , झण्डै  एक करोड पचास लाखमा उक्त भवन निर्माण गरिएको बताइएको छ।, सांसद विकास कोष, प्रदेश सभा सांसद कोष र जनसहभागिताको सहयोगबाट उक्त भवन निर्माण गरिएको हो। ,  , तस्बिरमा हेर्नुस्, 'सत्यमोहन जोशी लोकसाहित्य संग्रहालय'
सेतोपाटी संवाददाता शुक्रबार साझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी मोरङ सुन्दरहरैंचा-७ की २१ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको छ।, घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।, घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो।, सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्।, ‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो,’ सिटौलाले भने, ‘उपचारका क्रममा आज बिहान मृत्यु भयो।’, उनले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान रहेको बताए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।, अचेत भेटिएकी २१ महिने नाबालिकाको उपचार क्रममा मृत्यु, बलात्कारको आशंका