content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधी बरामद गरेको छ।, इलामबाट झापा आउँदै गरेको मे१च ६८३३ नम्बरको पिकअप गाडीबाट प्रहरीले ६९ लाख ७७ हजार ९४४ रुपैयाँ बराबरको औषधी बरामद गरेको हो।, शुक्रबार साँझ सवा ६ बजे प्रहरीले बुद्धशान्ति गाउँपालिका-४ बुधबारेबाट औषधी बरामद गरेको हो। पिकअपका चालक सूर्योदय नगरपालिका-३ का ३० वर्षीय सइन्द्र राई पनि पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार छुर्पी र घ्यूको बोराले छोपेर प्रतिबन्धित औषधी ल्याइएको थियो।, ती औषधीमा ट्रामाडोल हाइड्रक्लोरिड, जिगोल्ड मेन र उमन सफ्ट जिलेटिन, जिनकोकेट, जिनेग्रालगायत रहेको पाठकले बताए।, औषधी पशुपतिनगर भन्सार हुँदै भारतबाट ल्याइएको आशंका प्रहरीको छ। बरामद औषधी, चालक र पिकअप औषधी व्यवस्था विभागको शाखा कार्यालय विराटनगरमा पठाउने तयारी भइरहेको पाठकले बताए।,
झापाबाट ६९ लाख बढीको औषधी र पिकअपसहित चालक प्रहरीको नियन्त्रणमा
|
डा. अरूण शाही फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। दायाँ र बायाँ गरि शरीरमा फोक्सोका दुई भाग हुन्छन्। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनलीहुँदै फोक्सोको दुवै भागमा जान्छ।, फोक्सोको क्यान्सर हुने मुख्य कारण धुम्रपान सेवननै हो। त्योबाहेक धुवा धुलोले पनि फोक्सोमा क्यान्सर हुन्छ।, नयाँ घरहरू बनाउन काम गर्ने अनि धेरै एक्सपोजर हुने ठाउँमासमेत फोक्सोको क्यान्सरको जोखिम हुन्छ। फोक्सोको क्यान्सर हुनुभन्दा पहिला विभिन्न लक्षण देखिन्छ।, यो रोग लाग्नुभन्दा पहिला खोकी लाग्छ। त्यो खोकी १-२ हप्तासम्म लाग्छ त्यसपछि सामान्य एन्टीबायोटिक खाने चलन छ। , धेरै बिरामीले नजिकको चिकित्सकलाई देखाएर औषधि खान्छन्। जुन गलत हो। त्यसपछि पनि यो समस्या ठिक हुँदैन। विस्तारै बिरामीको स्वर भासिन्छ। खकारमा रगत आउनसक्छ। खोक्दा छाती दुख्न सक्छ। त्यो अवस्थामा नचाहँदा नचाहँदै तौल घट्न सक्छ।, क्यान्सरको उपचार गर्ने विभिन्न खालका प्रविधि छन्। बेलैमा पहिचान गर्न सके अपरेसन गर्दा मात्रै पनि हुन्छ। त्यो भन्दा अलि बढ्यो भने किमो थेरापी जरूरी पर्छ। अझै बढ्दै गयो भने रेडियो थेरापी गर्नुपर्ने हुनसक्छ।, क्यान्सरबाट मृत्यु हुनेको विश्व तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी फोक्सोको क्यान्सरले मृत्यु हुन्छ। नेपालमा पनि फोक्सोकै क्यान्सर धेरैलाई देखिन्छ। महिला भन्दा पुरूषहरु क्यान्सरको धेरै जोखिममा छन्।, पहिलो त, पुरूषले धेरै सुर्तीजन्य पदार्थ सेवन गर्छन्। इँटाभट्टा, कोइला खानीलगायतमा महिलाको तुलनामा पुरूषले बढी जोखिम मोलेर काम गर्छन्।, क्यान्सरबाट जोगिन सबैभन्दा पहिला धुम्रपान छोड्नुपर्छ। त्योबाहेक धुँवाधुलोमा काम गर्दा होसियारी अपनाउनुपर्छ।, धुम्रपानजन्य पदार्थको विक्री वितरणमा धेरै कडाई गर्नुपर्छ र यसको विज्ञापनमा पनि हतोत्साही गर्नैपर्छ।, सुर्ती र सुर्तीजन्य पदार्थको सेवनले अन्य रोगसमेत निम्त्याउँछ। हाइपर टेन्सन, डाइभिटिजजस्ता रोगसमेत लाग्छन्। , सुर्तीजन्य पदार्थको सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर र २५ प्रतिशत अरू क्यान्सरबाट बच्न सकिन्छ।, फोक्सोमा क्यान्सर किन हुन्छ, कसरी जोगिनेलगायतका विषयमा केन्द्रीत रहेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ह्याम्स अस्पताल र बि.एण्ड.बि अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा अरूण शाहीसँग सेतोपाटीका लागि सन्जिब बगालेले गरेको भिडिओ कुराकानी।,
बेलैमा थाहा पाए फोक्सोको क्यान्सरबाट जोगिन सकिन्छ (भिडिओ)
|
सेतोपाटी संवाददाता दाङका ठेकेदार अनुप पाण्डेविरूद्ध ठगीसँगै बैंकिङ कसुर मुद्दाको अनुसन्धान अघि बढ्ने भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा बैंकिङ कसुरको जाहेरी दर्ता छ।, पाण्डेविरूद्ध गेहेन्द्रबहादुर बस्नेतले जाहेरी दिएका छन्। जाहेरीमा १ करोड ८ लाख ५७ हजार ७७६ रुपैयाँको चेक अनादर गरेको उल्लेख छ।, तीन-पटक चेक बाउन्स भएपछि बस्नेतले पाण्डेविरूद्ध जाहेरी दिएका थिए। प्रहरीका अनुसार पाण्डेले बस्नेतलाई पर्याप्त मौज्दात नभएको सानीमा बैंकको चेक दिएका थिए।, बस्नेतसँग पाण्डेले सवारीसाधन भाडामा चलाएका थिए। भाडाबापतको एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ पाण्डेले तिर्नुपर्ने थियो।, १ करोड ८ लाख ५७ हजार ७७६ रुपैयाँ भुक्तानी भए पनि बाँकी रकमको चेक बाउन्समा गएको थियो। जाहेरी परेपछि प्रहरीले बैंकिङ कसुर आकर्षित गरेर पाण्डेविरूद्ध कारबाही प्रक्रिया सुरू गरेको हो।, इन्जिनियरिङ एन्ण इन्फ्रा प्रालिका सञ्चालक पाण्डे तुलसीपुर-घोराही सडकका ठेकेदार हुन्।, तुलसीपुर उपमहानगरपालिका-८ का ३० वर्षीय पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शनिबार बिहान काँडाघारीबाट पक्राउ गरेको थियो।, ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार पाण्डेविरूद्ध फागुन १५ गते जिल्ला अदालत दाङले पक्राउ पूर्जी जारी भएको थियो।, जिल्ला प्रहरी कार्यालय दाङमा बैंकिङ कसुरको जाहेरी परेपछि प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको थियो।, ब्युरोले पाण्डेलाई जिल्ला प्रहरी कार्यालय दाङ पठाउने तयारी गरिरहेको छ। पाण्डेले अन्य विभिन्न व्यक्तिहरूसँग पनि ठूलो परिमाणमा रकम लिएको प्रहरीले जनाएको छ।,
ठेकेदार पाण्डेविरूद्ध एक करोड बढीको बैंकिङ कसुरमा अनुसन्धान गरिने
|
सेतोपाटी संवाददाता देशभर थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ७३ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ६२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार २३८ जनाको पिसिआर गर्दा ३० र २ हजार ८२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ५ हजार ५० जना सक्रिय संक्रमित छन्।, १९२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, काठमाडौं उपत्यकामा १७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १२, ललितपुर ३ र भक्तपुरमा २ संक्रमित थपिएका छन्।,
थपिए ७३ संक्रमित, निको भए १९२ जना
|
सेतोपाटी संवाददाता प्रहरीले महोत्तरीबाट साढे पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका-१ घरु भई हाल गौशाला नगरपालिका-५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेका छन्।, उनलाई प्रहरीले शनिबार अपराह्न ४ बजे घरैबाट पक्राउ गरेको हो। उनले आफ्नो घरको कोठामा सञ्चय गरेर गाँजा राखेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, साहलाई इलाका प्रहरी कार्यालय गौशालाले हिरासतमा राखेर अनुसन्धान थालेको छ।,
साढे पाँच किलो गाँजासहित महोत्तरीबाट एक पक्राउ
|
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, गैंडाकोटको थुम्सीमा बस र कार एकापसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको छ।, पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ९४५९ नंको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र३–०१–०२२च ५८०७ नंको कारलाई आज बिहान थुम्सीमा ठक्कर दिएको थियो।, सो दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।, दुर्घटनामा परी ललितपुर–१० कुपण्डोल निवासी ६० वर्षीय वासुदेव थापाको निधन भएको गिरीले जानकारी दिए।, थापा ललितपुर–१० को निर्वाचित वडा सदस्य भएको खुल्न आएको प्रहरी प्रवक्ता गिरीले बताए। दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।,
गैंडाकोटमा बस र कार आपसमा ठोक्किँदा ललितपुरका वडा सदस्यको मृत्यु
|
दिपकजंग शाही सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन्। , सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन्।, शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिप्रका सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। , स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्। , हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन्।,
भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
|
सेतोपाटी संवाददाता सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिका अझै फेला परेका छैनन्।, सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका शनिबार बेपत्ता भएका हुन्।, शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भए पनि हालसम्म फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोरले आजबाट खोजी गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। , स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्। , प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन्।,
,
भेरीमा बेपत्ता ३ बालबालिका अझै भेटिएनन्, गोताखोरले खोजी गर्ने
|
एजेन्सी साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ। बिबिसीका अनुसार शनिबार उनीहरूलाई झुन्ड्याइएको हो।, मृत्युदण्ड पाउनेमध्ये सात जना यमन र एक जना सिरियाका पुरूष पनि थिए। तीमध्ये कोहीमाथि स्लामिक स्टेटमा लागेको त कोहीमाथि अलकायदा र यमनको विद्रोही समूह हाउथीसँग सम्बन्धित भएको अभियोग लगाइएको थियो।, मृत्युदण्ड पाउने साउदी नागरिकमाथि महत्वपूर्ण आर्थिक क्षेत्रमा आक्रमणको योजना बनाएको, सुरक्षाकर्मीलाई हत्या गरेको, अपहरण, बलात्कार र हतियारको अवैध कारोबार गरेको आरोप थियो।, अधिकारवादी समूहहरूले तीमध्ये धेरैले सम्पूर्ण न्यायिक प्रक्रिया नपाएको बताएका छन्। यो कुरालाई साउदी सरकारले अस्वीकार गरेको छ।, साउदी अरब संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुकमा पाँचौं नम्बरमा पर्छ।, गत वर्षभरि जम्मा ६९ जनालाई मृत्युदण्ड दिएको साउदी अरब शनिबार एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको हो।, संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुकमा चीन, इरान, इजिप्ट र इराक पर्छन्।,
साउदी अरबमा एकैदिन दिइयो ८१ जनालाई मृत्युदण्ड
|
रासस सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ। राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए।, त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाउनुभएको थियो । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा हुनुहुन्थ्यो । यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा, पछि रेशम खेती) बारे थिए ।, नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले शनिबार राजधानीमा अन्तरक्रियाको आयोजना गर्यो।, कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत दुई वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताए।, पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाई थियो।, सन् १९६० मा जापानमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्केका तत्कालीन ‘जुसान’ का पूर्वअध्यक्ष हरेन्द्र वरुवाले नेपाली विद्यार्थी जापान गएर पढ्न थालेको इतिहासबारे जानकारी गराएका थिए।, त्यतिखेर नेपाली विद्यार्थीले जापानबाट उच्च शिक्षाको साथै जापानी कला संस्कृति र आफ्नो राष्ट्रियताको सम्मान गर्ने शैली पनि सिकेर फर्केको उनले उल्लेख गरे। दोस्रो विश्वयुद्धपछि जापान आधुनिकीकरण भएको तर आफ्नो परम्परा र संस्कृतिलाई भने जीवित राख्न सफल भएको वरूवाले दाबी गरे।, जुआनका अध्यक्ष डा प्रवीण श्रेष्ठ, जापान वैदेशिक सहयोग नियोग ‘जाइका’ का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो, जुआनका उपाध्यक्ष डा खड्ग केसी, महासचिव डा जीवन भट्टराई, जानका अध्यक्ष डा रामचन्द्र भुषाल, ओट्सका अध्यक्ष प्रशन्नलाल श्रेष्ठ, जाल्टानका अध्यक्ष मनिष श्रेष्ठ, फुलब्राइटका अध्यक्ष किर्तिविलाश जोशी, ब्रिटिस एलुम्नाईका अध्यक्ष डा उत्तमबाबु पन्त, आनाका अध्यक्ष अनन्त पौडेल, राईसनका अध्यक्ष डा ताराप्रसाद सापकोटा, जुआनका पूर्वअध्यक्ष डा दिनेशराज भुजु, अशोक शम्शेर राणालगायतले नेपाल जापान सम्वन्धका बारेमा चर्चा गरेका थिए।, कार्यक्रममा नेपाली बैंकको पहिलो वैदेशिक खाता जापानमा खोल्न विशेष योगदान गरेका नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शम्शेर राणालाई जुआन संस्थाको संरक्षकमा मनोनित गरेको घोषणा गरियो।, जुआनका संस्थापक अध्यक्ष इलेक्ट्रिकल इञ्जियीर पद्मसुन्दर मल्ल छन् र उनले सन् १९१६ मा जापानमा अध्ययन गरेका थिए।,
दुई वर्षदेखि जापान जान नपाएका नेपाली विद्यार्थीलाई सोमबारदेखि दूतावासले सहज बनाउने
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन्।, बिहीबार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन्।, मृत्युपश्चातको अंग दान गरेमा मिर्गौला पीडितहरूले पनि धेरै सुविधा पाउने उनले बताए।, मन्त्री खतिवडाले पहिले मिर्गौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए।, नाता पर्नेजति सबैले मिर्गौला दान गर्न सक्ने उनले स्पष्ट पारे। , उनले भने,‘मिर्गौला पीडितले आफूलाई मिर्गौला दिने, म्याच गर्ने मान्छेहरूको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरू उपचारबाट बञ्चित भएको देखिएको हो। अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मिर्गौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौं। पहिला कानुन साँघुरो थियो, फेरि यसलाई दुरूपयोग पनि भएको हुनाले हामीले कानुन बनाउनु परेको हो। अहिले दान गर्न पाउने सर्कललाई हामीले ठूलो बनाएका छौं। नाता पर्नेजति सबैले पाउँछ। हामीले मृत्युपश्चातको अंग दान पनि गर्न सक्छौं। मृत्युपश्चातको अंग दान गर्न सक्यौं भने अझ मिर्गौला पीडितहरूले धेरै सुविधा पाउन सक्नुहुन्छ।’, मन्त्री खतिवडाले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू पनि मिर्गौला नफेरेका व्यक्तिहरू जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए।, मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले चिन्तित भएर आफूलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ।, उनले भने, ‘मिर्गौला दान गर्दा पनि समस्या हुँदैन। मिर्गौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन्। त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन। दुइटामध्ये हामीले एउटा दान गर्दा पनि हाम्रो शरीरमा त्यति ठूलो समस्या आउँदैन र मिर्गौला फेरेको मान्छेहरूले पनि आफूलाई मन कमजोर बनाएर म बिरामी छु, मेरो मिर्गौला फेरेको छ भनेर चिन्तित हुनुपर्दैन। अन्य स्वस्थ मानिसजस्तै अथवा अन्य मिर्गौला नफेरेका मानिसजस्तै मिर्गौला फेरेको मान्छे पनि उत्तिकै स्वस्थ हुन्छन् र जीवनमा त्यत्तिकै योगदान गर्न सक्छन्। काम गर्न सक्छन्। सिर्जनात्मक सोच अनुसार अगाडि बढ्न सक्छन्।’, १० मार्चको दिन मनाइने विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।,
मृत्युपश्चातको अंगदान गर्न मन्त्री खतिवडाको आग्रह
|
सेतोपाटी संवाददाता सङ्खुवासभाको मादी नगरपालिका-६ मा भएको बस दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ। दुर्घटनामा परि मृत्यु हुने सबै १४ जनाको पहिचान खुलेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए।, मृतकमध्ये ९ जना पुरूष र ६ जना महिला छन्। जसमध्ये २ जना बालबालिका छन्। , दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।, सबै १४ मृतकलाई पोस्टमार्टमका लागि चैनपुर अस्पताल लगिएको छ। , बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो।, मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपका अनुसार शुरूमा बस पल्टिएपछि भीरमा बजारिएको थियो। बजारिएकै ठाउँमा ९ जनाको मृत्यु भएको पाइएको उनले जानकारी दिए। त्यसपछि बस पल्टिएर भीरमुनि पुग्दा अन्यको मृत्यु भएको हो।, मृतकहरू, ३५ वर्षिय विपिन निरौला (सवारी धनी तथा चालक) औँशीडाँडा, तेह्रथुम, ३५ वर्षिय उमेश भट्टराई (सहचालक) मादी–६, संखुवासभा, ४५ वर्षिय दीपक दाहाल- मादी ५, संखुवासभा, ५२ वर्षिय श्याम शेर्पा- मादी ५, संखुवासभा, ५५ वर्षिय भवानी दाहाल- मादी ५, संखुवासभा, ३८ वर्षीय इन्द्रबहादुर अधिकारी- मादी ६, संखुवासभा, ५ वर्षिया दिक्षा कटवाल- मादी ६, संखुवासभा, ३२ वर्षिया अन्जना कटवाल, मादी ६ संखुवासभा, ३८ वर्षीय आइतबहादुर तामाङ- मादी ४, संखुवासभा, ३५ वर्षिया सबिता राउत कार्की- मादी ४, संखुवासभा, ३० वर्षिया सीता विक- मादी ६, संखुवासभा, ६० वर्षिय बलबहादुर कार्की-मादी ४, संखुवासभा, ३१ वर्षीया समिक्षा योन्जन- ताप्लेजुङ, ८ वर्षिय सुदीप घिसिङ- ताप्लेजुङ, घाइतेहरू, ३० वर्षिय सुबास गोले – मादी ५ , संखुवासभा, ३० वर्षिय युका पोखरेल- मादी ५, संखुवासभा, २२ वर्षिय तुलसा कट्वाल- मादी ६, संखुवासभा, अम्बिका बिक-मादी ६, संखुवासभा, संखुवासभा, ५० वर्षिय डम्बरबहादुर कार्की- मादी ६, संखुवासभा,
मादी दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत (सूचीसहित)
|
रासस घरमा आगो ताप्ने क्रममा जलेर घाइते महिलाको उपचार क्रममा मृत्यु भएको छ।, पाल्पामा माथागढी गाउँपालिका-३ की ६२ वर्षीया सुमित्रा कुमालको मृत्यु भएको हो।, लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो।, उपचारका क्रममा उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए।, प्रहरीका अनुसार कुमाल गत फागुन ८ गते घरमा जलेर घाइते भएकी थिइन्।,
आगो ताप्ने क्रममा जलेर घाइते महिलाको उपचार क्रममा मृत्यु
|
सेतोपाटी संवाददाता घाँस काट्न भनी घरबाट हिँडेकी महिलाको हत्या भएको छ।, झापा मेचीनगर-५ पीपलडाँडाकी ६८ वर्षीया अम्बिका कुँवरको बुधबार करिब ७ बजे हत्या गरेको अवस्थामा शव फेला परेको हो।, अपराह्न ४ बजे घाँस काट्न भनेर कुँवर हिँडेकी थिइन्। तर, बेलुकासम्म नफर्केपछि श्रीमान् खोज्दै जाँदा घरदेखि दुई सय मिटर पश्चिम दक्षिणमा रहेको बाँझो खेतमा उनको शव फेला परेको थियो।, प्रहरीका अनुसार हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय रणबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको छ।, संघीय प्रहरी इकाइ कार्यालय धरानको डग शाखाबाट परिचालन भएको दुई वटा कुकुरसहितको टोलीले बस्नेतलाई नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।, कुँवरको शरीमा चोटपटक छ। उनको घाँटी थिचेको तथा शरीरका विभिन्न भागमा मुड्की प्रहार गरेको देखिएको पाठकले बताए।, ‘शव पोष्टमार्टमको स्वास्थ्य विधि विज्ञान प्रयोगशाला धरान पठाइएको छ,’ पाठकले भने, ‘बस्नेतले आफूले हत्या गरेको स्वीकारोक्ति बयान दिएका छन्।’,
घाँस काट्न गएकी वृद्धाको हत्या, एक पक्राउ
|
सेतोपाटी संवाददाता पर्वतारोहीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण संघ (एनएमए) को ३१औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ।, कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने सङ्घको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो। ,
,
महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले धमाधम पर्यटकीय संस्थाको साधारणसभा तथा अधिवेशन धमाधम हुन लागेको हो। यसअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ र घरबास कार्यक्रम ‘होमस्टे’ को साधारणसभा पनि चैतको दोस्रो साताका लागि तय गरिएको छ। नेपाल एशोसिएशन अफ टूर एन्ट ट्राभल एजेन्ट्स् (नाट्टा) को पनि छिट्टै वार्षिक साधारणसभा हुने जनाइएको छ।, संघका महासचिव कुलबहादुर गुरुङले संस्थाको साधारणसभाको मिति घोषणा गरेर आवश्यक तयारी भइरहेको जानकारी दिए। संस्थाको विधान परिवर्तन गरेर नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने भएकाले पनि पहिला साधारणसभा गरेर त्यसलगत्तै कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम अघि बढाइने उनको भनाइ छ।, “बोर्ड बैठकले यही मार्चभित्रै निर्वाचन गर्ने भनेर छलफल गरियो तर विधानको केही धारा र दफामा समस्या रहेकाले विधान संशोधनका लागि साधरण सकेर जुनको पहिलो सातातिर निर्वाचन गर्नेगरी तयारीमा जुटेका छौ”, उनले भने।, संघको केन्द्रीय समितिको हालैको बैठकले चैत ९ गते साधारणसभा र आगामी २०७९ असार महिनाभित्रमा कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनार्थ सोही सभामा संस्थाको विधानसमेत संशोधन गर्नुपर्ने भएकाले सबै साधारण सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।, आसन्न वषन्त ऋतु सर्वाधिक आरोहणका समय भएकाले आरोही आरोहण सकेरफर्केपछि सहज हुने गरी निर्वाचन कार्यक्रम गर्ने संघको योजना छ। संस्थाको सन् २०२० को अगष्टमा वर्तमान कार्यसमितिको कार्यकाल सकिए पनि महामारीका कारण साधारणसभा हुनसकेको थिएन। सङ्घको अध्यक्ष, पदाधिकारी र सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति रहन्छ। उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ।,
पर्वतारोहण संघको साधारणसभा चैत ९ मा
|
सेतोपाटी संवाददाता संखुवासभाको मादीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।, मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ।, यसअघि घटनास्थलमै १४ जनाको ज्यान गएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए।, दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।, बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो।, मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपका अनुसार शुरूमा बस पल्टिएपछि भीरमा बजारिएको थियो। बजारिएकै ठाउँमा ९ जनाको मृत्यु भएको पाइएको उनले जानकारी दिए। त्यसपछि बस पल्टिएर भीरमुनि पुग्दा अन्यको मृत्यु भएको हो।, मृतकहरू, ३५ वर्षिय विपिन निरौला (सवारी धनी तथा चालक) औँशीडाँडा, तेह्रथुम, ३५ वर्षिय उमेश भट्टराई (सहचालक) मादी–६, संखुवासभा, ४५ वर्षिय दीपक दाहाल- मादी ५, संखुवासभा, ५२ वर्षिय श्याम शेर्पा- मादी ५, संखुवासभा, ५५ वर्षिय भवानी दाहाल- मादी ५, संखुवासभा, ३८ वर्षीय इन्द्रबहादुर अधिकारी- मादी ६, संखुवासभा, ५ वर्षिया दिक्षा कटवाल- मादी ६, संखुवासभा, ३२ वर्षिया अन्जना कटवाल, मादी ६ संखुवासभा, ३८ वर्षीय आइतबहादुर तामाङ- मादी ४, संखुवासभा, ३५ वर्षिया सबिता राउत कार्की- मादी ४, संखुवासभा, ३० वर्षिया सीता विक- मादी ६, संखुवासभा, ६० वर्षिय बलबहादुर कार्की-मादी ४, संखुवासभा, ३१ वर्षीया समिक्षा योन्जन- ताप्लेजुङ, ८ वर्षिय सुदीप घिसिङ- ताप्लेजुङ, ३० वर्षिया युका पोखरेल- मादी ५, संखुवासभा, घाइतेहरू, ३० वर्षिय सुबास गोले – मादी ५ , संखुवासभा, २२ वर्षिय तुलसा कट्वाल- मादी ६, संखुवासभा, अम्बिका बिक-मादी ६, संखुवासभा, संखुवासभा, ५० वर्षिय डम्बरबहादुर कार्की- मादी ६, संखुवासभा,
मादी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो
|
सेतोपाटी संवाददाता देशभर थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ११२ जनामा संक्रमण पुष्टि भएको हो। , ९ हजार ३२८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ८०१ जनाको पिसिआर गर्दा ७७ र २ हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ५ हजार ३४० जना सक्रिय संक्रमित छन्।, ४२९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, यस्तै काठमाडौंमा ३२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २१, भक्तपुरमा ४ र ललितपुरमा ७ संक्रमित थपिएका छन्।,
थपिए ११२ संक्रमित, निको भए ४२९ जना
|
खिलानाथ ढकाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ र उनको परिवारविरूद्धको अनुसन्धान प्रतिवेदन विशेष अदालत सरकारी वकिलको कार्यालयमा बुझाएको छ।, विभागले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको आरोपमा तामाङ, उनकी श्रीमती सिर्जना शाक्य, छोरी प्रतिष्ठा र प्रतिज्ञाविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।, विभागले तामाङ परिवारको दुई वर्ष लामो अनुसन्धान पूरा भएको जनाउँदै प्रतिवेदन बुझाएको हो। सरकारी वकिल कार्यालयले चाँडै अदालतमा मुद्दा दायर गर्ने विभागको विश्वास छ।, विभागका अधिकारीका अनुसार अनुसन्धानमा तामाङ परिवारविरूद्ध तीन अर्ब २७ करोड बिगो माग गरिएको छ।, उक्त बिगो कसुरअनुसार तामाङ र उनको परिवारका सदस्यबीच भाग लाग्ने ती अधिकारीले बताए।, तामाङले सिभिल सहकारीबाट लिएको ऋण व्यक्तिगत सम्पत्ति आर्जनका लागि लगानी, त्यसको विस्तार र व्यक्तिगत आम्दानी बढाउन प्रयोग गरेको अनुसन्धानबाट देखिएको छ।, तामाङले आर्जन गरेको ठूलो सम्पत्ति पब्लिक सेयर र कम्पनीहरूमा देखिएको विभाग स्रोतले बतायो।, ‘सार्वजनिक सेयर र कम्पनीहरूमा ८० करोड हाराहारीको सेयर देखिएको छ,’ विभाग स्रोतले भन्यो।, यसैगरी, उनकी श्रीमती र छोरीहरूको नाममा कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटामा १५ रोपनी जग्गा फेला परेको छ। त्यहीँभित्र तामाङ आफूले थोरै जग्गा राखेको भेटिएको छ।, ‘२०७४ सालमा उनले अंशबन्डा गरी त्यो जग्गा श्रीमती, छोरी र आफ्नो नाममा राखेको पाइएको छ,’ ती अधिकारीले भने।, उक्त जग्गा र त्यहाँको घरमात्रै हालको बजार मूल्यमा ७५ करोड बढी हुन आउँछ। तर, विभागले सरकारी मूल्यमा मूल्यांकन गर्दा घर-जग्गाको बिगो न्यून भएको छ।, तामाङले आफ्ना कम्पनीहरूबाट करोडौं तलब बुझेको देखिएको विभागले जनाएको छ। त्यो करोडौंको सम्पत्ति उनले गायब पारेका छन्।, अनुसन्धानमा उनकी छोरीहरूले सिभिल सहकारीबाट करोडौं रकम निकालेर कारोबार गरेको देखिएको छ। बैंक मौज्दात मात्रै करिब १२ करोड देखिएको छ।, तामाङले मुख्यगरी सिभिल बैंकबाट कारोबार गरेको भेटिएको विभाग स्रोतले जनायो। उनले प्रभु बैंकबाट ठूलो परिमाणमा व्यक्तिगत कर्जा लिएको देखिएको छ।, ‘प्राय:जसो सबै बैंकमा कारोबार देखिन्छ,’ स्रोतले भन्यो।, केही सम्पत्ति विदेशमा लुकाएको आशंका गरे पनि विवरण प्राप्त गर्न नसकिएको र त्यसको अनुसन्धान जारी रहने विभाग स्रोतले बतायो।, सिभिल बैंकबाट उनले २०६५ सालयता ऋण निकालेर अरू कम्पनीहरू विस्तार गर्दै गएको देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन्। तर, ती सबै कम्पनी घाटामा देखिन्छन्, तामाङ भने मौलाइरहेको देखिन्छन्।, गत पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहितका व्यक्तिहरूलाई पाँच अर्ब ६३ करोड बिगो कायम गरी ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरेको थियो।, उक्त मुद्दामा तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। त्यसमा मुद्दा नचलेकी उनकी श्रीमती शाक्य र छोरीहरू भने अहिलेसम्म फरार छन्। तामाङविरूद्धको विरूद्धमाथि अहिले उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ। , तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेको अनुसन्धानमा देखिएको छ। तीमध्ये सबभन्दा बढी सिभिल होम्समा तामाङको लगानी बढी छ।, सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणबद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।, सिभिल होम्समा २०६३ पछि ११ सय वटा घर तथा अपार्टमेन्ट बिक्री भएको देखिएको छ। ती घर बिक्री भएको पैसा हिसाब गर्दा झन्डै ११ अर्ब जति हुन्छ। तर, त्यो बिक्रीको पैसा तामाङले सिभिल सहकारीमा ऋण तिरेनन्।, तामाङ समग्र सिभिल ग्रुपको अध्यक्ष भए पनि उनले ठगेको सिभिल सहकारीको जिम्मेवारीमा छैनन्। उनका मामा ससुरा केशवलाल श्रेष्ठ भने सहकारीको बोर्डमा देखिन्छन्।, श्रेष्ठसहितका व्यक्तिमाथि पनि अनुसन्धान थालिने विभागको तयारी छ। तामाङ नेकपा एमालेसँग निकट छन्। २०७० सालको संविधानसभामा उनी समानुपातिक सांसद थिए।, राजनीतिक छहारी पाएपछि तामाङले आफ्नो सम्पत्ति लुकाएको, बिनाहिच्किचाहट विस्तार गर्दै लगेको अनुसन्धान अधिकृतको बुझाइ छ।, ‘राजनीतिक आडमा अपराध गर्नेहरूलाई छुट छैन भन्ने सन्देश इच्छाराज प्रकरणले दिएको छ,’ विभागका उच्च अधिकारी भन्छन्। , इच्छाराजमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोग यसअघि लागेको थियो। सांसद पदमा बहाल रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामाङमाथि छानबिन गरेको थियो।, तर, २०७७ सालमा अभियोग पुष्टि हुन नसकेको भन्दै अख्तियारले तामाङविरूद्धको फाइल तामेलीमा राखेको थियो।, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयानमा बोलाउँदा तामाङले ‘अख्तियारले पनि क्लिनचिट दिएको’ भन्दै पत्र देखाई अनुसन्धान रोक्न अनुरोध गर्दै आएका थिए।, गत मंसिरमा कर्मचारी सञ्चय कोषले पनि तामाङसहित तीन जनाको नाममा सार्वजनिक सूचना जारी गरेको थियो।, कोषले ऋणको साँवा-ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, त्यसका सञ्चालक तामाङ, उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको थियो।, कोषका अनुसार ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा राखिएको थियो।, अन्तिमपटक ३५ दिनको सूचना जारी गर्दै कोषले लिलामीको चेतावनी दिएको थियो। तर, त्यो पनि नाघेपछि कोषले लिलामी प्रक्रिया सुरू गरिसकेको छ।, ‘मूल्यांकनकर्ताले सिभिल इस्टेट्सको सबै चलअचल सम्पत्ति मूल्यांकन गरी प्रतिवेदन दिइसकेका छन्, लिलामी प्रक्रिया सुरू भइसकेको छ,’ कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले भने।, सम्बन्धित समाचार :, इच्छाराजकी श्रीमतीका नाममा कीर्तिपुरमा भेटियो १५ रोपनी जग्गा र घर, अर्बौंको सम्पत्ति व्यवस्थापन गर्न नसकेर प्रहरी हिरासतमा पुगेका इच्छाराज, सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ, इच्छाराज तामाङले कहाँ राखे ११ सय घर/अपार्टमेन्ट बेचेको सम्पत्ति?, इच्छाराज तामाङसहित तीन जनाका नाममा ३५ दिने सूचना, सिटिसी मल लिलाम गर्ने चेतावनी, कारोबार अर्कैलाई छोडेर बेलायत जान लागेका थिए इच्छाराज तामाङ, सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान,
इच्छाराज तामाङको सम्पत्ति : सेयरमा ८० करोड, ७५ करोड घर-जग्गामा
|
रासस जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई दुई अर्ब सात करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।, अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज हस्ताक्षर गरे।, आयोजना कार्यान्वयनका लागि अर्को अनुदान सम्झौतामा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे। , उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनर्निर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ।, हाल विराटनगरका बासिन्दा दैनिक घरायसी उपयोगका लागि पानी लिनका लागि इनारमा भर पर्नुपरेको छ भने खानेपानी अभावका कारण सर्वसाधारण प्रभावित भएका छन्।, समझदारीपत्रमा हस्ताक्षर गरेपछि राजदूत किकुताले नेपाली नागरिकको जीवनस्तर उकास्न जापान सरकारले बहुआयामिक सहयोग गर्दै आएको तथा कोभिड–१९ महामारीका बेला त्यसलाई नियन्त्रण गर्न समयमै खोप सहयोग उपलव्ध गराएको बताए। , त्यसैगरी, जापानले कोभिड–१९ पश्चातको नेपालको आर्थिक स्थिरता र विकासका लागि हालै आर्थिक सहयोग गरेको उल्लेख गर्दै राजदूत किकुताले आजको सहयोग मानव जीवनका लागि अत्यावश्यक स्वच्छ खानेपानीका निम्ति भएको उपलब्ध गराएको जानकारी दिँदै विराटनगर सहरको जीवनस्तर उकास्न यो सहयोग प्रभावकारी रूपमा उपयोग हुने विश्वास व्यक्त गरे।, साथै उनले जापानको दूतावासले नेपाल र जापानका जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्ने तथा राष्ट्र निर्माण प्रयासमा नेपाललाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताए।, सचिव मरासिनीले नेपालको सामाजिक-आर्थिक विकासमा जापान सरकारबाट निरन्तर प्राप्त सहयोग एवं समर्थनका निम्ति नेपाल सरकारका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गरे।,
,
जापानले दुई अर्ब सात करोड अनुदान दिने
|
खिलानाथ ढकाल संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान सवा सात बजे छुटेको थियो।, झापाको दमक जाने उक्त बसमा १९ जना यात्रु सवार थिए। बस ७:४५ बजे सोही नगरपालिका-६ को सातघुम्ती पुगेको थियो।, छोटोछोटो घुम्ती रहेको पहिलो टर्निङ काट्न नसकेर बस करिब साढे तीन सय मिटर तल भीरैभीर खस्यो।, तीव्र गतिमा रहेको उक्त बस तेह्रथुम छथर गाउँपालिका-४ फाक्चामाराका ३१ वर्षीय विपिन निरौलाले हाँकेका थिए। सहचालक संखुवासभा मादी नगरपालिका-५ का उमेश भट्टराई थिए। बसका धनी निरौला नै हुन्।, बसका कन्डक्टर २४ वर्षीय सुवास तामाङ थिए। उनी संखुवासभा मादी नगरपालिका-४ का हुन्।, बसका स्टाफमध्ये तामाङ मात्रै जीवित छन्। उनको अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।, उनी बोल्न सक्ने अवस्थामा छन्। घटनास्थलबाट हेलिकप्टरमा उद्धार गरी चैनपुर ल्याउँदा उनले घटनाबारे केही बोलेका छन्।, संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार तामाङले चालकले यत्ति मात्रै भनेको सुने- भाग्।, गाडी यति तीव्र गतिमा थियो कि कोही पनि निस्किनै पाएनन्। तामाङ गाडीले एक बल्ड्याङ मारेपछि गाडीबाट निस्केका थिए।, ‘पहिलो बल्डयाङ खाँदा म निस्किन सकें, अरू कोही पनि निस्किन भ्याएनन्,’ तामाङको भनाइ उद्धृत गर्दै सुवेदीले सेतोपाटीसँग भने, ‘गाडीले तीन-चार बल्ड्याङ खायो।’, पहिलो बल्ड्याङ खाँदा गाडीबाट झर्न सकेकाहरू बाँचेको हुनसक्ने अनुमान गरिएको सुवेदीले बताए।, बसमा सवार १९ यात्रुमध्ये मादी नगरपालिका-६ का ५० वर्षीय डम्बरबहादुर कार्की, २२ वर्षीया तुलसा कटवाल, मादी नगरपालिका-४ की २४ वर्षीया करिश्मा तामाङ र कन्डक्टर २४ वर्षीय तामाङ घाइते छन्। उनीहरूको अवस्था सामान्य छ।, गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी मादी नगरपालिका-५ की २७ वर्षीया युका पोखरेलको उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको सुवेदीले बताए। , घटनास्थल पुगेका सुवेदीले दुर्घटना हुनुका केही कारण अनुमान गरिएको बताए। पहिलो, बाटो एकदमै भिरालो र घुम्तीका कारण दुर्घटना भएको अनुमान गरिएको छ।, दोस्रो, तीव्र गतिका कारण टर्निङ काट्न नसकेर दुर्घटना भएको अनुमान गरिएको छ। उक्त गाडी एक महिनादेखि मात्रै सञ्चालनमा आएको थियो। गाडी नयाँ थियो।, ‘अचानक ब्रेक फेल भएर टर्निङमा ब्रेक नलागी खसेको पनि हुनसक्छ। यी सबैबारे अनुसन्धान भइरहेको छ,’ सुवेदीले भने, ‘पिच बाटोमा चालकले तीव्र गतिमा चलाउनु दुर्घटनाको मुख्य कारण देखिन्छ।’, वडाध्यक्ष धननारायण तामाङले पनि तीव्र गतिका कारण टर्निङ काट्न नसकेर दुर्घटना भएको देखिएको बताए।, ‘टर्निङमा गाडी मोड्नु पर्नेमा नमोडिकन सिधै भीरमा गएको देखिन्छ,’ वडाध्यक्ष तामाङले सेतोपाटीसँग भने।, उनका अनुसार यो रूटमा नियमित चल्ने अन्य गाडीहरू छन्, तर मादी-दमक रूटमा सिधा उक्त गाडी डेढ महिनादेखि सञ्चालन हुन थालेको हो।, वडाध्यक्ष र स्थानीयहरूका अनुसार गाडीका धनी निरौला नियमित चालक थिएनन्। लाइसेन्स भएता पनि उनले कहिलेकाहीँ मात्र गाडी चलाउथे। उनी बुधबार बेलुका गाडी चलाएर मादी पुगेका थिए।, ‘नियमित चलाउने चालक बिरामी भएर छुट्टीमा बसेको बेला निरौलाले हिजो गाडी ल्याएको, आज बिहान यात्रु लिएर फर्किएको बुझिएको छ,’ वडाध्यक्ष तामाङले भने।, एकाबिहानै दुर्घटना भएर ठूलो संख्यामा मानिसहरूको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको तामाङले बताए।, मृतकहरू, ३५ वर्षीय विपिन निरौला (सवारी धनी तथा चालक) छथर गाउँपालिका-४, फाक्चामारा, तेह्रथुम, ३५ वर्षीय उमेश भट्टराई (सहचालक) मादी-६, संखुवासभा, ४५ वर्षीय दीपक दाहाल- मादी ५, संखुवासभा, ५२ वर्षीय श्याम शेर्पा- मादी ५, संखुवासभा, ५५ वर्षीय भवानी दाहाल- मादी ५, संखुवासभा, ३८ वर्षीय इन्द्रबहादुर अधिकारी- मादी ६, संखुवासभा, ५ वर्षीया दिक्षा कटवाल- मादी ६, संखुवासभा, ३२ वर्षीया अन्जना कटवाल, मादी ६ संखुवासभा, ३८ वर्षीय आइतबहादुर तामाङ- मादी ४, संखुवासभा, ३५ वर्षीया सविता राउत कार्की- मादी ४, संखुवासभा, ३० वर्षीया सीता विक- मादी ६, संखुवासभा, ६० वर्षीया बलबहादुर कार्की-मादी ४, संखुवासभा, ३१ वर्षीया समिक्षा योन्जन- ताप्लेजुङ, ८ वर्षिय सुदीप घिसिङ- ताप्लेजुङ, ३० वर्षिया युका पोखरेल- मादी ५, संखुवासभा,
ड्राइभर बिरामी परेपछि साहु आफैंले हाँकेका थिए संखुवासभामा दुर्घटना भएको बस
|
सेतोपाटी संवाददाता भक्तपुरमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, काभ्रे नमोबुद्ध नगरपालिका-९ नवलडाँडा घर भई भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीया जेनिशा नगरकोटीको हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , जेनिशाको हत्या चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती गरिएको ठाउँको टहरामा भएको थियो। , हत्या आरोपमा प्रहरीले काभ्रे भकुण्डेवेशी घर भई भक्तपुर थलाछेँ बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रे चौवास घर भई भक्तपुर बस्ने ३८ वर्षीय नवराज रिजाललाई पक्राउ गरेको हो। , उनीहरूलाई प्रहरीले बुधबार नै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। जेनिशाको शव सोमबार राति पौने १० बजे फेला परेको थियो। , उनको शव परालमा छोपिएको अवस्थामा फेला परेको थियो। घाँटी काटिएको र अर्धनग्न अवस्थामा शव फेला परेको परिसरले जानकारी दिएको थियो।, पक्राउ परेका आरोपितमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको छ।, पाण्डेका अनुसार कुमार पनि जेनिशा बस्ने घरमै कोठा लिएर बसेका थिए। यता नवराज भने कुमारका साथी हुन्। , ‘पक्राउ परेका दुई जना साथीहरू हुन्। कुमार पनि मृतक बस्ने घरमै कोठा लिएर बसेका थिए,’ उनले भने। , यसमा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ। ,
भक्तपुरमा महिलाको हत्या गरेको आरोपमा दुई पक्राउ
|
रासस जनताको सुविधाका लागि विकास निर्माणको काम गरिन्छ।, सरकारको नियम अनुसार प्रतिस्पर्धाका आधारमा निर्माण व्यवसायी छनोट गरिन्छ। व्यवसायी छनोट भएपछि कामका लागि बैंक ग्यारेन्टी राखिन्छ। त्यसको आफ्नै महत्व र अर्थ छ। तर, सोही बैंक ग्यारेन्टीलाई समेत नक्कली बनाएर राज्यको ऐन, कानुन र नियमको धज्जी कोही कसैले उडाउने प्रयास गर्छ भने त्यसलाई तपाईं के भन्नुहुन्छ ? भएको यस्तै छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरिएको मुद्दाको विवरणले त्यस्तै गैरकानुनी कार्यको फेहरिस्त सार्वजनिक गरिदिएको छ।, सडक कार्यालय दाङ अन्तर्गतको ठेक्कामा पेस्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी विटी/टौदह/फस्कु जेभी काठमाडौंले पेस गरेको बैंक जमानत नक्कली भएको आयोगले उल्लेख गरेको छ।, मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ दाङ घोराही र बोलपत्रदाता विटी/टौदह/फस्कु जेभीबीच भएको सम्झौता अनुसारको सोनापुर सिमेन्ट कारखाना सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले उपलब्ध गराएको कागजात नक्कली रहेको पाइएको छ।, नक्कली कागजात बनाउने प्रबन्धक चौधरीविरूद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर अनुसार मागदाबी गरिएको छ।, सो निर्माण व्यवसायीका तर्फबाट तत्कालीन बिटीका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर बुढाथोकी र टौदहका प्रतिनिधि पुन्नबहादुर शाहीविरूद्ध पनि आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।,
बैंक ग्यारेन्टी नै नक्कली बनाएपछि ...
|
सेतोपाटी संवाददाता अब विदेशबाट आएका यात्रुले कोरोनाको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ।, गत फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले हवाई मार्ग तथा स्थल मार्ग भई आउने यात्रुका लागि सो मापदण्ड बनाउने निर्णय गरेको हो।, यस्तै, त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरू गर्नु ७२ घण्टाभित्रको कोभिङ-१९ परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेस गर्नुपर्नेछ।, नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुहरूका लागि गन्तव्य मुलुकको कोभिङ- १९ सम्बन्धी स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुहरूलाई जानकारी गराउनुपर्ने अध्यागमन विभागले जनाएको छ। , नेपालबाट प्रस्थान गर्ने यात्रुहरूले पेस गर्नुपर्ने स्वास्थ्यसम्बन्धी कागजातहरू गन्तव्य मुलुकको स्वास्थ्यसम्बन्धी मापदण्ड अनुसार हुने गरी सम्बन्धित एयरलाइन्सले तोके बमोजिम हुनेछ ।, कोभिड १९ सम्बन्धमा यसअघि जारी भएका सूचना खारेज गरिएको अध्यागमन विभागले जनाएको छ।,
,
अब विदेशबाट आएका यात्रुले कोरोनाको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने
|
नारायण खड्का तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार अनुप पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। , करोडौं ठगी गरेको भन्दै विभिन्न व्यक्तिले पाण्डेविरूद्ध उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्। , पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेत एक्लैले १ करोड ४४ लाख ठगी गरेको भन्दै गत माघमा जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएका थिए। , आफ्ना छोराविरूद्ध उजुरी परेपछि नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर समेत रहेका घनश्याम पाण्डेले बस्नेत लगायतसँग छलफल गर्दै आएका छन्। उनले विभिन्न चरणमा छलफल गरेर विवाद साम्य पार्न खोजेपनि रकम नपाएपछि बस्नेतले अनुपले दिएको चेकको प्रमाण पनि प्रहरीलाई बुझाएका छन्। , ‘ठेकेदार पाण्डेविरूद्ध उजुरी अघिल्लो महिना नै परेपनि उहाँले आफैं कुरा मिलाउन खोज्दा हामीले ढिला गरी भएपनि पुग्दो प्रमाण पाएका हौं,’ एक प्रहरी अधिकारीले भने, ‘करोडौं ठगी मुद्दापछि विभिन्न पीडित व्यक्तिको जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।’, फरार रहेका भनिएका पाण्डेलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको स्रोतले जनाएको छ। , ‘प्रहरी ठेकेदार पाण्डेको खोजीमा छ र फेला पार्ना साथ नियन्त्रणमा लिन्छ,’ ती प्रहरी अधिकारीले भने, ‘कानुनको नजरमा सबै बराबर हुन्छ र सबैलाई प्रचलित कानुन अनुसार कारबाही हुन्छ।’, यसअघि उनका समाचारहरू प्रकाशित भएपछि अनुपले विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गरेका थिए। , यो पनि: ,ठेकेदार अनुप पाण्डेविरूद्ध झन्डै ६ करोड ठगेको भन्दै उजुरी,
ठगी मुद्दामा ठेकेदार अनुप पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी
|
राजेश घिमिरे इच्छाकामना गाउँपालिकाको भालुमारा भन्ने स्थानबाट नदीजन्य पदार्थको अबैध उत्खनन् गर्दै गरेका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ।, वडा नम्बर ७ मा पर्ने उक्त क्षेत्रमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको जानकारी पाएपछि प्रहरी टोली पुगेको थियो।, बिहीबार बिहान साढे ५ बजेको समयमा उत्खनन् र ओसापोसार गरिरहेको अवस्थामा २० वटा सवारी साधनहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए।, चार वटा जेसिबी, नदीजन्य पदार्थ लोड गरिएका १० वटा टिपर र ६ वटा ट्याक्टर नियन्त्रणमा लिइएको उनले बताए। नियन्त्रणमा लिइएका सवारी साधनहरू आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा बुझाइएको डिएसपी अधिकारीले बताए।, जिल्ला समन्वय समिति चितवनका प्रमुख चुडामणि शर्मा गौतमले प्रहरीले इच्छाकामनामा अबैध उत्खनन् गरेको अवस्थामा नियन्त्रणमा लिएको भनेर सवारी साधनहरू बुझाएको बताए। ‘कुन ठाउँमा, कसरी उत्खनन्, ओसारपोसार भइरहेको रहेछ भन्ने विषयमा बुझ्ने काम हुँदैछ,’ गौतमले सेतोपाटीसँग भने, ‘प्रहरीले हामीलाई रातको समयमा उत्खनन् भइरहेको पाइएपछि नियन्त्रणमा लिइएको बताएको छ।’, यसअघि सोही क्षेत्रको खगेरी खोलाबाट मापदण्डलाई मिचेर गिटी, ढुंगा उत्खनन् गरिएको थियो। इच्छाकामना गाउँपालिका, भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको सहमतीमा वन क्षेत्रमा मापदण्ड मिचेर गिट्टी, ढुंगा उत्खनन् गरिएको थियो।, भरतपुर महानगरपालिकाको विकासका लागि नदीजन्य पदार्थको अभाव भएको भन्दै उक्त सहमति गरिएको थियो। उक्त सहमतीपछि इच्छाकामना गाउँपालिकाले सगरमाथा–कृपा–रोयल जेभीलाई अमानतमा २० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिएको थियो।, गौतमले खगेरी खोलामा २० हजार घनमिटर मात्रै उत्खनन् गर्ने अनुमती दिइएका कारण उक्त परिमाणमा उत्खनन् गरिएपछि बन्द गरिएको बताए। ‘अहिले उत्खनन् भएको ठाउँको विषयमा जिल्ला समन्वय समितिलाई जानकारी छैन, उत्खननको अनुमति दिइएको भए त हामीलाई थाहा हुन्थ्यो, प्रहरीले कागजपत्र नहेरी नियन्त्रणमा लिएन होला,’ उनले भने।, ढुंगा, गिट्टी, बलुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड-२०७७ मा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत हुनुपर्ने उल्लेख छ। नदीजन्य पदार्थ उत्खनन्का लागि सम्बन्धित स्थानीय तहले उक्त प्रतिवेदन स्वीकृत गरेपछि जिल्ला समन्वय समितिले त्यसलाई सिफारिस गर्नुपर्छ। तर यस विषयमा कार्यालयलाई कुनै जानकारी नभएको गौतमले बताए।, मापदण्डमा घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर दुरीभित्रको नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने उल्लेख छ। इच्छाकामना–७ मा यसअघि र अहिले उत्खनन् भएको क्षेत्र राष्ट्रिय वनसँग जोडिएको छ।, वडाध्यक्ष बमबहादुर थापाले अहिले उत्खनन् गरिएको क्षेत्र निजी क्षेत्रको भएको बताए। २७ सय घनमिटर उत्खननका लागि गाउँपालिकालाई ५ लाख २८ हजार रुपैयाँ राजश्व बुझाएर निर्माण कम्पनीले कार्यादेश ल्याएको उनले दाबी गरे।, ‘अस्तिबाट काम सुरू गरें, गाउँपालिकाले हिजो काम नगर भनेपछि बन्द गरें, आज बिहान गाउँपालिका अध्यक्षले काम गरे हुन्छ भन्नु भएपछि खन्न थालेका थिए। प्रहरीले समातेर लगिहाल्यो,’ उनले भने।,
चितवनमा रातको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन्, २० वटा सवारीसाधन नियन्त्रण
|
सेतोपाटी संवाददाता गृह मन्त्रालयले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानुनी रूपमा सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। , मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न/नगराउन र गराएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ। , साथै, मन्त्रालयले अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई यस्तो कार्य नगर्न सचेत गराउन भनेको छ।, मन्त्रालयले कम रकमको कारोबारमा बढी रकमको कागज बनाएर सही गर्न लगाउने, ढुकुटी खेल्ने खेलाउने, अनलाइनमार्फत अवैध रूपमा गतिविधि गर्ने, मिटरब्याजमा रकम उपलब्ध गराउने, बैंकिङ प्रणालीभन्दा बाहिरबाट मुद्रा पठाउने, मगाउने जस्ता क्रियाकलाप गैरकानुनी भएकाले सचेत हुन आग्रह गरेको छ।, पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानूनी काम गरी ठगी गरेको पाइएकाले त्यस्ता प्रकारका ठगीबाट जोगिन पनि सर्वसाधारणमा आग्रह गरेको छ।, ‘त्यस्ता गतिविधि भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाइमा जानकारी गराउनु अनुरोध गरिन्छ,’ गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गैरकानुनी कार्य गरेको पाइएमा कानुन बजोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ।’, मन्त्रालयको विज्ञप्तिमा रोजगारी र काममा लगाउने भनी लोभ देखाउने, नियुक्ति पदस्थापन सरूवा बढुवा गराउने, भर्ना, छात्रवृत्ति वा अध्ययनका लागि अवसर उपलब्ध गराउन आश्वासन दिने, जग्गा र घडेरी उपलब्ध गराउने भनी लोभ देखाउने गरिएको उल्लेख छ। उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभका लागि प्रोत्साहन गर्ने, अनलाइनमा लगानी गर्न वा त्यसबाट आर्थिक आर्जन हुने भनी दुरुत्साहन गर्ने काम भइरहेको भन्दै सचेत हुन अनुरोध गरिएको छ।, ‘डिजिटल मुद्रामा लगानी गर्न लोभ देखाउने, विशिष्ट व्यक्तिसँग भेटघाट तथा सम्पर्क गराउन तथा रोकिएका काम वा मुद्दा मामिलाबाट उन्मुक्ति दिलाउने भनी लोभ देखाउने गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने भनी लोभ देखाउने गरेको थाहा पाएमा पनि सूचना दिन आग्रह गरिन्छ।’ ,
मिटरब्याज र गैरबैंकिङ कारोबार गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी
|
सेतोपाटी संवाददाता ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ-स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवम् सुधारको काम अलपत्र परेको छ।, मैलुङदेखि स्याफ्रुबेंसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवम् कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो।, एक अर्ब ४५ करोडको लागतमा लागत इष्टिमेटअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिँदा साथ यही फागुन ५ गतेदेखि काम छोडी हिँडेको गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख निरज शाक्यले बताए। ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक हिँडेपछि स्थलगत काम पूर्ण रूपमा बन्द भएको छ।, जिम्मा लिएको काम छोडी राजमार्ग विस्तारमा बाधा पुर्याएका कारण सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएकाले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।, ठेक्का रद्दका लागि चरणबद्धरूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारीसमेत भइरहेको प्रमुख शाक्यले बताए। बीचमा काम छोडी त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पुर्याउने सो कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेस्कीबापत बुझेको साढे बाह्र करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न आयोजना बाध्य हुने बताइएको छ।, नेपाली सेनाद्वारा डबल लेनमा खोलिएको सो राजमार्गमा हालसम्म सुधारका कार्य भने २३ प्रतिशत मात्र भएको प्राविधिकले जनाएका छन्। गल्छीदेखि स्याफ्रुसम्म निर्माण गर्नुपर्ने १६ वटा पुलमध्ये चार वटा सम्पन्न भई यातायात चालु भइसकेको र अन्य पक्कीपुल धमाधम निर्माण भइरहेका छन्।, यसरी सम्पन्न हुने पुलमा नुवाकोट जिल्लाको कोल्फुखोला, महेशखोला, गेर्खु खोला र रसुवा एवम् नुवाकोटको सिमाना फलाखु खोलाको पुल साइटका ससाना कामबाहेक अन्य संरचना निर्माण सम्पन्न भइसकेको बताइएको छ। मङ्सिर, पुस, माघको चिसो याममा काम गर्ने कामदारको दैनिक ज्यालासमेत उक्त भारत सिद्धीशाही कन्स्ट्रक्सनले नदिएको भन्दै ज्याला असुल उपरका लागि मजदुरबाट निवेदन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। रासस,
३५ करोड बुझेपछि ठेकेदार गायब, मैलुङ-स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र
|
सेतोपाटी संवाददाता आज मिति २०७८ साल फागुन २६ गते बिहिबार। आजका केही प्रमुख खबरहरू हामीले यहाँ प्रस्तुत गरेका छौ। , संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी १५ जनाको ज्यान जानुका साथै ४ जना घाइते भएका छन्। , मादी नगरपालिका-६ कुलुङस्थित सात घुम्तीमा बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो। , विस्तृत समाचारका लागि,, ड्राइभर बिरामी परेपछि साहु आफैंले हाँकेका थिए संखुवासभामा दुर्घटना भएको बस,
-खिलानाथ ढकाल, निर्वाचन आयोगले मतगणना गर्न सजिलो होस् भनेर मात्रै स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र र चुनाव चिन्हको रङ परिवर्तन गर्दै हरियो बनाउन लागिएको बताएको छ। , मतपत्र, चुनाव चिन्ह र स्वस्तिक छापको रङ समान हुँदा मतगणनामा अप्ठ्यारो आइपरेकोले यसपालि मतपत्र र चुनाव चिन्ह हरियो तथा मत संकेत गर्ने स्वस्तिक छापको रङ निलो राख्ने निर्णय भएको आयोगको भनाइ छ। , विस्तृत समाचारका लागि,, मतपत्रको रङ परिवर्तनबारे निर्वाचन आयोग के भन्छ?, गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ।, भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनकि भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा कडाइ गर्न थालेको हो । उक्त समस्या समाधानका लागि केही अघि कार्यदल बनी आवश्यक अध्ययन गरी प्रतिवेदन दिइएको छ। , विस्तृत समाचारका लागि,, अहिलेलाई भिजिट भिसामा जान ५ लाख आय देखाए पुग्ने, काठमाडौं ज्याठास्थित गुणाकर महाविहार (छुस्याबहा:) को सार्वजनिक जग्गामा वडा नम्बर २७ ले आफ्नो भवन निर्माण गर्न लागेकोबारे विवाद उत्पन्न भएको छ। यसबारे सेतोपाटीकर्मी सविना श्रेष्ठले विस्तृत खबर लेखेकी छन्। पढ्नुहोस् विस्तृतमा, ३५३ वर्षअघि दान दिइएको जग्गा मिचेर भवन बनाइँदै,
- सविना श्रेष्ठ, पासपोर्टका लागि भोकभोकै घण्टौं लाइनमा बस्नुपरेको खबरलाई आज मनोज सत्यालले भिडिओ स्टोरी गरेका छन्।किन रादहादी लिन सर्वसाधारणले सास्ती खेप्नुपर्छ, के भन्छ राहदानी विभाग, विस्तृतमा हेर्नुहोस् भिडिओ स्टोरी, पासपोर्टका लागि भोकभोकै घण्टौं लाइनमा (भिडिओ), -,मनोज सत्याल, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले जनताले स्थिरताका लागि टालाटुली बाटुली गठबन्धनलाई भन्दा एमालेलाई मत दिने दाबी गरेका छन्।, सेतोपाटी,सँग कुरा गर्दै रिमालले सत्ता गठबन्धनमा रहेका दलहरू एक्लै चुनावमा जानसमेत डराएको बताएका हुन्। हेर्नुहोस् रिमालसँगको भिडिओ अन्तर्वार्ता विस्तृतमा..., टालाटुली बाटुलीले केही गर्दैनन्, स्थिरता दिने एमाले हो भनेर जनतामा जान्छौं: विष्णु रिमाल (भिडिओ),
-सन्जिब बगाले, रूसले फागुन १२ गते युक्रेनमाथि सैन्य आक्रमण गरेपछि संसार तरंगित र ध्रुवीकृत भएको छ। यो युद्ध बढ्दै गएर तेस्रो विश्वयुद्ध वा आणविक युद्धको रूप लिने हो कि भन्ने सबैमा त्रास छ। संसार नै ध्वस्त हुने खालको युद्ध नभए पनि यो युद्धका कारणले बढेको तेल र ग्यासको भाउले नेपालीलाई पनि प्रभाव पार्न थालिसक्यो। अझै धेरै प्रभाव पार्ने छ।, रूसी आक्रमणको पृष्ठभूमि, यसमा को-को कति जिम्मेवार वा दोषी छन्, युद्ध कसरी अगाडि बढिरहेको छ र कसरी बढ्ला, नेपालले लिएको ‘पोजिसन’ ठीक छ कि छैन, यसले विश्व अर्थतन्त्र, विशेष गरी तेलको भाउमा पार्ने प्रभावलगायत विषयमा प्रेम ढकालले विस्तृतमा चर्चा गरेका छन्। पढ्नुहोस् पूरा समाचार..., युक्रेनमाथि रूसी आक्रमणको नालीबेली,
- प्रेम ढकाल, विकास निर्माणका काम सुस्त भएपछि निर्माण सामग्रीको माग कम भएको छ। माग कम हुँदा मूल्य पनि सस्तिएको छ। तर फलामे डन्डीको भाउ केही महिनायता लगातार बढिरहेको छ। यो क्रम अझै केही समय लम्बिने उद्योगी-व्यवसायीहरू बताउँछन्। , अब अहिलेको भाउमा एक तले घर बनाउनुपर्यो भने छडमा कति पैसा छुट्याउनुपर्ला? यस विषयमा समिक्षा अधिकारीले विस्तृतमा समाचार लेखेकी छन्। पढ्नुहोस् पूरा समाचार..., छडको भाउ बढेको बढ्यै, चार कोठे घर बनाउँदा कति लाग्छ खर्च?,
-समिक्षा अधिकारी, भारतीय प्रान्त पन्जाबको विधान सभा चुनावमा आम आदमी पार्टी (आप) ले दुई तिहाइ बढी सिट जितेको छ।, बिहीबार पाँच वटा भारतीय राज्यमा विधान सभा चुनावको मतगणना भइरहेको छ। तीमध्ये पन्जाबमा अरबिन्द केजरीवाल नेतृत्वको आपले दुई तिहाइ बढी बहुमत ल्याएको हो। पढ्नुहोस् विस्तृतमा..., दिल्लीपछि अब पन्जाबमा आम आदमीले बनाउने भयो दुई तिहाइ बढीको सरकार , साफ यू–१८ महिला च्याम्पियनसिपका लागि २३ खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा भएको छ। भारतमा आगामी मार्च १५ देखि हुने च्याम्पियनसिपका लागि बिहिबार नेपाली टोलीको घोषणा भएको हो। हेर्नुहोस् विस्तृतमा, साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा, आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीबिरुद्धको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अभ्यास खेलमा लगातार तेस्रो जित हात पारेको छ। बिहीबार नेपालले श्रीलंकन पुलिसलाई १४४ रनको फराकिलो अन्तरले पराजित गर्यो। हेर्नुहोस् विस्तृतमा, अभ्यास खेलमा नेपालले श्रीलंकन पुलिसलाई हरायो, रूसले युक्रेनमाथि सैन्य हमला गर्न थालेको आज पन्ध्र दिन भयो। दुई देशको युद्ध प्रभावले एकातिर विश्व अर्थतन्त्र उथलपुथल भएको छ, अर्कातिर आप्रवासन चक्र खलबलाएको छ। , रूसले आक्रमण गरेयता १५ लाखभन्दा बढी मानिसले युक्रेन छाडिसकेका छन्। अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइएमओका अनुसार दोस्रो विश्वयुद्धपछि युरोपमा ठूलो संख्यामा मानिसहरू विस्थापित भएको अहिले नै पहिलो पटक हो।, रूस-युक्रेन युद्धको असर नेपालको रोजगारीमा पनि पर्न थालेको छ। म्यानपावर व्यवसायीहरूका अनुसार समग्र युरोपको रोजगारीमा असर पर्न थालिसकेकाले नेपालीहरू पनि यसबाट प्रभावित हुनेछन्। नेपालीहरू धेरै जाने रोमानिया, क्रोसिया, पोल्यान्ड लगायत मुलुकमा रोजगारी अवसर खुम्चिन थालेको छ। विस्तृतमा पढ्नुहोस्, नेपालीका लागि युरोप रोजगारी खुम्चिँदै, मलेसिया र खाडीमा माग बढ्दै,
-निर्मला घिमिरे, शक्तिशाली देश रूसले युक्रेनमाथि आक्रमण गरेको आज पन्ध्र दिन भयो। युक्रेन रूससँग युद्धको सामना गरिरहेको छ। दुई देशको लडाइँबीच विश्व अर्थतन्त्र भने अन्योलमा छ। , यसको सबैभन्दा बढी असर पेट्रोलियम पदार्थ, सुन, खाद्यान्न लगायतमा देखिएको छ। यो आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) रूस र युक्रेन दुवै देश गरी १८ अर्ब ७३ करोड मूल्य बराबरका सामग्री आयात भएको भन्सार विभागको तथ्यांक छ।, युक्रेनबाट भने रूसबाट भन्दा धेरै सामान नेपाल भित्रिन्छ। खासगरी लत्ताकपडा, मेडिकल सामग्री, सूर्यमुखी दाना, मोबाइल तथा ग्याजेटहरू, धनियाँको दाना, विद्युतीय सामग्री तथा पार्टपुर्जा, भाँडाकुँडा, सौन्दर्य सामग्री, केराउ, कुकुर र बिरालोको खानेकुरा जस्ता सामान युक्रेनबाट आएको छ। विस्तृतमा हेर्नुहोस्..., नेपालमा रूसभन्दा युक्रेनबाट भित्रिन्छ १० अर्ब बढीका सामान, के-के आउँछ?,
-सुनिता सिटौला,
सेतोपाटी खबर दिनभर : यी हुन् आजका प्रमुख समाचार
|
सेतोपाटी संवाददाता ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ।, स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो। आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन। आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन्। आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन्।, आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ। थप विवरण आउन बाँकी छ। प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो। ,
ताप्लेजुङ सदरमुकाममा आगलागी
|
युवराज श्रेष्ठ नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) को पक्षमा लागेर आफूहरूविरूद्ध जथाभाबी बोल्ने र लेख्नेलाई कारबाही गर्न पीडित परिवारले माग गरेको छ।, बलात्कारविरूद्ध प्रहरीमा जाहेरी परेपछि पलका पक्षधरहरूले पीडितविरूद्ध सडकमा नाराबाजी गर्नुका साथै सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिएका थिए। यसले दिक्क भएका नाबालिगका आमाबुबाले पलको पक्ष लिएर आफूहरूमाथि जथाभाबी बोल्नेलाई कारबाहीको माग गरेका हुन्।, शाहमाथि अहिले तनहुँ र नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ।, बिहीबार कास्की प्रहरी कार्यालयमा भेटिएकी आमाले सामाजिक सञ्जालमा गरिएका गाली देखेर आफूहरू आत्तिएको बताइन्। उनले त्यसरी गाली गर्नेलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराइन्। पलसँग पीडित पक्षले पैसा खाएको, बार्गेनिङ गरेको, मुद्दा फिर्ता लिने र प्रहरी हिरासतमै विवाह गरिदिने भनेकोजस्ता कुरा झूटा भएको र त्यस्तो कुरा बोल्नेलाई कारबाही हुनुपर्ने उनको माग छ।, ‘दस/बाह्रवटा भैंसी पालियो, खेतीपाती गरेर खाइयो, अहिलेसम्म कसैको दुई पैसा खा’छैन। छोरीलाई आरआइपी, हार्दिक श्रद्धाञ्जलि लेखेको र बोलेको देख्दा एकदम आत्तियौं। गाउँघरमा पनि कुरा काट्छन्। कुरा बुझेका मान्छेहरूले भने साथ दिनुभएको छ,’ नाबालिगकी आमाले भनिन्, ‘जो जसले हाम्रो चरित्र हत्या गरे, झुटा कुरा फैलाए उनीहरूलाई कारबाही होस्।’, न्यायका लागि कानुनी उपचारमा आउनुअघि पटकपटक पीडक पक्षले मिल्न दबाब दिएको आमाको भनाइ छ।, उनका अनुसार बलात्कारविरूद्ध जाहेरी दिन पहिलोपटक गत माघ ९ गते पीडित परिवार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेको थियो। पलले फोन गरेर जाहेरी नदिन भने। अन्तिम अवस्थामा जाहेरी नदिइकन पीडित परिवार पोखरा फर्कियो।, भोलिपल्ट माघ १० गते पोखरा आएर पलले घटनामा मिलापत्र गर्न जोड लगाए। त्यस दिन पलले केही सञ्चारकर्मीसमेत लगेर बलात्कारको उजुरी नदिन र मिल्न दबाब दिएका थिए।, पीडित पक्ष नमानेपछि पलले बलात्कारविरूद्ध जाहेरी दिए आफ्नो ‘करिअर’ सकिने र नाबालिग गायिकाको पनि करिअर सकिने भन्दै पीडितलाई आफ्नो पक्षमा पार्न खोजेका थिए।, विशेष गरी आफूलाई पटकपटक फोन र भेटघाटमार्फत बलात्कार उजुरी दिनबाट रोक्न खोजेको आमालाई बताइन्। उजुरी दिनुअघिसम्म पनि धेरै जनाले फोन गरेर प्रहरीमा जानबाट रोक्न खोजेको उनको भनाइ छ।, ‘छोरीले फोन उठाएन भनेर मलाई फोन गर्थे, उजुरी दिन हुँदैन भन्थे,’ पीडित आमाले भनिन्।, उजुरी दिनुअघि निकै दबाबमा परेपनि अब भने न्याय पाउने आशा जागेको उनले बताइन्। ‘उजुरी नदिन निकै दबाब थियो।उजुरी दिइयो अब न्याय पाइन्छ भन्ने विश्वास छ,’ उनले भनिन्, ‘न्याय नपाएसम्म हामी लडिरहने हो।’, कसरी पुगे पीडित प्रहरीसम्म?, गाउँमा सामान्य किसानी गरेका आमाबुबालाई प्रभावित पार्न पलले पटकपटक भेटवार्ता गरेको पाइएको छ।, आफूमाथि भएको हिंसाबारे पीडित नाबालिगले पोखराका फिल्मकर्मी एवं पृथ्वीनारायण क्याम्पसका प्राध्यापक रेशम सापकोटालाई जानकारी गराइन्। सापकोटाले घटनाबारे अधिवक्ता टंकप्रसाद पौडेललाई जानकारी गराएर नाबालिगसँग भेटाए।, ‘पहिलो भेटमा पीडित नानी रोएका देख्दा उनलाई अन्याय भएको महसुस गरेँ,’ अधिवक्ता पौडेलले भने, ‘न्यायका लागि प्रहरीसमक्ष जान पीडितलाई आग्रह गरेँ।’, त्यति बेला पीडित नाबालिग एक्लै कास्की प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। उनलाई महिला प्रहरीले परामर्श दिइन्।, प्रहरीले पीडितका आमा र बुबालाई बोलाए। पल शाह ठूलो सेलिब्रिटी भएको भन्दै पीडित परिवारले न्यायको आशासमेत गरेका थिएनन्। कसैले साथ नदिने भन्दै पल शाह पक्षले नै चुनौती दिइरहेका थिए।, पीडित परिवारलाई न्यायिक प्रक्रियामा जानबाट रोक्न पलले हदैसम्म प्रयास गरेका थिए। कास्की प्रहरीले भने अपराधका घटना लुकाउन नहुने र न्यायमा लाग्न पीडित परिवारलाई परामर्श दिएको थियो।, घटनाको गम्भीरता हेरेर तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्का र अनुसन्धान अधिकृतलाई समेत पोखरा बोलाएर घटनाबारे विस्तृत जानकारी गराएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।, ‘हामीकहाँ जाहेरी आएको होइन, पीडितलाई संरक्षण गरेर जाहेरी दिन तनहुँ पठाएको हो,’ एसपी थापाले भने, ‘छिमेकी जिल्ला घटनास्थल भएको र नजिकै भएकाले पनि जाहेरी दिन कानुनअनुसार तनहुँ पठाएका हौं। अन्तिम अवस्थामा त्यो दिनमा जाहेरी दिनुभएनछ।’, पीडित परिवारलाई सुरक्षा दिन कुनै कसर बाँकी नराखेको थापाले बताएका छन्। उनका अनुसार पीडित परिवारको गाउँ र पोखरामा नाबालिग बसेको ठाउँसम्म प्रहरीले रेखदेख गरिरहेका छन्।, गाउँमा दिनहुँजसो प्रहरी आउने गरेको पीडित नाबालिगकी आमाले बताइन्।, पीडित परिवारको गाउँमा प्रहरीले अपराधविरूद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोली शुक्रबार गाउँ पुगेर कानुनी सचेतना, अपराध, पीडितको गोपनियताको हक लगायतबारे जानकारी गराउने डिएसपी सुन्दर तिवारीले बताए।, कास्की प्रहरीकै साथले न्याय खोज्ने आत्मबल आएको पीडित बुबाले बताए।, ‘हामीलाई केही पनि थाहा थिएन, सरहरूले नै न्याय खोज्नुपर्छ, हामी साथ दिन्छौं भन्नुभयो,’ उनले भने, ‘प्रहरीको साथले छोरीमाथि भएको अन्यायविरूद्ध लड्ने निर्णय गर्यौं।’,
नाबालिग गायिकाकी आमाबुबाले भने- उजुरी नदिन दबाब थियो, अब न्याय पाइने विश्वास छ
|
सबिना श्रेष्ठ काठमाडौं ज्याठास्थित गुणाकर महाविहार (छुस्याबहा:) को सार्वजनिक जग्गामा वडा नम्बर २७ ले आफ्नो भवन निर्माण गर्न लागेकोबारे विवाद उत्पन्न भएको छ।, महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, वडाध्यक्ष चिनियामान बज्राचार्य लगायतले गत माघ २३ मा भवन शिलान्यास गरेका थिए। महानगरले वडा कार्यालय भवन बनाउन सार्वजनिक जग्गा अतिक्रमण गर्न लागेको भन्दै स्थानीय र सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गरेका छन्।, यो स्टोरीमा हामी महानगरले अतिक्रमण गर्न खोजेको गुणाकर महाविहारसँग सम्बन्धित उक्त जग्गाबारे चर्चा गर्दैछौं।, यो कथा खोज्न अन्त कतै जानुपर्दैन।, गुणाकर महाविहार परिसरभित्र मूल मन्दिरको ठ्याक्कै अगाडि दाहिने दिशामा ३५३ वर्ष अगाडिको शिलापत्र छ जसले उक्त जग्गा कुन प्रयोजनका लागि कहिले छुट्टयाइएको थियो भन्ने विस्तृत वर्णन गर्छ।, नेपाल सम्बत् ७८८ अर्थात् बिक्रम सम्बत् १७२५ को उक्त शिलापत्रलाई पुरातत्व विभागको अभिलेख शाखामा लामो समय काम गरेका सिद्धिरत्न शाक्यले पढेर व्याख्या गरिदिए।, उनका अनुसार शिलापत्रमा लेखिएको छ, 'ध्वखा (ढोका) बहालका गुणज्योति बज्राचार्यले यहाँ महाविहार बनाएपछि लोकहितका लागि विहार अगाडि सबैले देख्ने गरी पाटी बनाए। सँगै लाछी (खुला सार्वजनिक जग्गा) पनि संकल्प गरेर राखे। कसैले यो पाटी वा विहार भत्कायो वा काठको टुक्रा पनि लिएर गयो भने पञ्च महापाप लाग्छ। संरक्षण वा हेरचाह गर्नेलाई हजारवटा विहार बनाएको र कोटीयज्ञ गरेको फल प्राप्त हुन्छ।', गुणाकर महाविहारभित्र रहेको शिलालेख। तस्बिर: आलोकसिद्धि तुलाधर, शिलापत्रमा उल्लिखित यो वर्णनबाट तीनवटा कुरा प्रस्टै बुझिन्छ।, पहिलो, गुणज्योति बज्राचार्य भन्ने व्यक्तिले ज्याठाको यो महाविहार बनाएका थिए। उनकै नामबाट यसलाई गुणाकर महाविहार भनिएको हो।, दोस्रो, उनले यहाँ महाविहार मात्र बनाएनन्, सर्वसाधारणको हितका लागि विहार अगाडि एउटा पाटी पनि निर्माण गराए। हराहर लोकेश्वर पनि स्थापना गरे।, तेस्रो, उनले पाटीसँगै जोडिएको करिब चार आना क्षेत्रफलको जग्गा सार्वजनिक प्रयोग निम्ति खुला छाडे।, यो त भयो साढे तीन सय वर्षअघिको कुरा। आजको अवस्था के छ त?, अहिले तपाईंहरू ज्याठाको गुणाकर महाविहार जानुभयो भने शिलापत्रमा लेखिएको विवरण हुबहु देख्नुहुन्न। महाविहार त जस्ताको तस्तै छँदैछ, तर त्यो महाविहारअगाडि पाटी छैन।, पहिले पाटी भएको प्रमाणका रूपमा चारवटा कलात्मक ढुंगााको अवशेष (इ ल्वँ) देख्न सकिन्छ। ती पनि गाडीको ठक्कर र संरक्षण अभावमा खिइँदै गएका छन्। धन्न पाटीको जग्गा बचेको छ। कसैले अतिक्रमण गरिसकेको छैन। पाटीको संरचना कस्तो थियो भन्ने चाहिँ कसैलाई सम्झनासम्म छैन।, अब रह्यो लाछी अर्थात् सार्वजनिक जग्गाको कुरा। त्यो चाहिँ छ कि छैन त?, तपाईं एकचोटि फुर्सत निकालेर त्यो ठाउँ आफ्नै आँखाले हेर्न जानुभयो भने त्यहाँ पाटीको अवशेषसँगै लाछी हुनुपर्ने जग्गा खाली नै देखिन्छ। यो जग्गालाई स्थानीयहरू 'बहीलाछी' भन्छन्। केही अघिसम्म यहाँ स्थानीय क्लबको सानो घर थियो। अहिले त्यही घर भत्काएर वडा कार्यालयले पाँचतले भवन ठड्याउँदैछ। यो जग्गा सार्वजनिक होइन र यसको लालपुर्जा स्थानीय क्लबकै नाममा छ भन्ने वडा कार्यालयको दाबी छ।, लालपुर्जा छ कि छैन वा भए पनि त्यो जग्गाको स्वामित्व कसरी स्थानीय क्लबको हातमा गयो भन्ने कुरा छुट्टै खोजीको विषय हो। तर लालपुर्जा वा अन्य कानुनी कागज देखाएकै भरमा ज्याठाको यो चार आना जग्गा सार्वजनिक होइन भनेर कसैले दाबी गर्न सक्दैन। किनभने, वडा कार्यालयले देखाउने जुनसुकै कानुनी कागजभन्दा ठूलो प्रमाण भनेको गुणाकर महाविहारभित्र रहेको साढे तीन सय वर्ष पुरानो शिलालेख हो जसले उक्त जग्गा गुणज्योति बज्राचार्यले सार्वजनिक प्रयोग निम्ति छुट्टयाएका हुन् भन्ने प्रस्टै बुझाउँछ।, पाटीको संरचना नभए पनि कलात्मक ढुंगाका चारवटा इँ ल्व (तस्बिरको तल्लो भागमा देखिने) बाँकी छन्। तस्बिर: आलोकसिद्धि तुलाधर, यसरी कुनै दानी, उपकारी व्यक्तिले साढे तीन सय वर्षअघि सार्वजनिक हित निम्ति छुट्टयाएर गएको जग्गा कुनै पनि अन्य काममा प्रयोग गर्न हुँदैन भन्ने कुरा घामजत्तिकै छर्लंग छ। यसमा धेरै माथापच्ची गर्नैपर्दैन।, कानुनी आँखाले हेर्दा पनि बहीलाछीको जग्गामा वडा कार्यालय भवन त के, स्थानीय क्लब त के, सानो चिया पसलधरि खुल्नु हुँदैन। गुणज्योति बज्राचार्यले केटाकेटी खेल्न, मान्छेलाई आराम गर्न संकल्प गरेको यो जग्गा त्यही कामका लागि मात्र प्रयोग हुनुपर्छ।, 'गुणाकर महाविहारको नाममा पाटी र जग्गा संकल्प गरेर राखेको भनेर शिलापत्रमा प्रस्ट लेखिएकाले यो कुनै वादविवाद गरिरहनुपर्ने विषय होइन,' शाक्यले भने।, महानगर वा वडा कार्यालयको काम सार्वजनिक जग्गा जोगाउने हो, त्यसमा आफ्नो भवन ठड्याउने होइन। वडा कार्यालयले आफ्नो भवन बनाउन अरू ठाउँमा जग्गा खोज्न सक्छ, किन्न सक्छ। तर कसैले दान गरेको जग्गा आफ्नो काममा प्रयोग गर्नु नैतिक वा कानुनी रूपले पनि उचित नहुने सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन्।, वडाले बनाउने भनेको घरको डिजाइन हेर्दा त्यो उसको कार्यालयभन्दा व्यावसायिक भवनजस्तो देखिन्छ।, भवनका पाँच तलामध्ये दुई तलामा वडा कार्यालय रहनेछ भने बाँकी तीन तला पसल, सभाहल र ज्याठा सामुदायिक क्लबलाई दिइनेछ। महानगरपालिकाले जग्गामा ठड्याएको बोर्डमा उल्लिखित सूचनाअनुसार यो भवनको लागत २ करोड ८० लाख ८१ हजार रूपैयाँ छ। यसको निर्माण ठेक्का प्रतिष्ठा–रमिता–अम्बुजा जेभीले पाएको छ।, सम्पदा क्षेत्रमा यति ठूलो भवन बनाउने योजनाले सार्वजनिक जग्गा मात्र अतिक्रमण गर्दैन, काठमाडौंबाट हराउँदै गएको लाछीको इतिहास पनि नामेट पार्नेछ।, अब हामी 'लाछी' के हो र काठमाडौं सभ्यतामा यसको महत्वबारे चर्चा गरौं।, 'अ क्लासिकल नेवारी डिक्सनरी' अनुसार लाछी शब्द लाछबाट आएको हो। यसले त्यस्तो खुला ठाउँ बुझाउँछ जहाँ विभिन्न किसिमका सामुदायिक गतिविधि हुन्छन्।, सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार यो शब्द मल्लकालमा उत्पत्ति भएको हो।, मूल सडक किनार वा व्यस्त बसोबास क्षेत्रको बीचमा कसैले सार्वजनिक प्रयोजनका लागि छुट्टयाएको जग्गालाई लाछी भनिन्छ, उनले भने, 'सामान्यतया प्रशस्त घाम लाग्ने खुला ठाउँमा लाछी बनाइन्छ। त्यही भएर यहाँ नवजात शिशुलाई तेल लगाइन्छ, बाली सुकाइन्छ। सामुदायिक कार्यक्रम र भोजका लागि पनि यस्ता खुला ठाउँ प्रयोग हुन्छन्।', सम्पदा अभियन्ता तुलाधर पनि काठमाडौं उपत्यकाका सार्वजनिक जग्गामा यस्ता लाछीको निकै महत्व रहेको बताउँछन्।, 'मैले बहीलाछीमा प्रजापति समुदायअन्तर्गतका कुमालहरूले माटाका भाँडा बनाएर सुकाएको देखेको छु,' उनले भने, 'प्राकृतिक प्रकोप बेला पनि लाछी निकै महत्वपूर्ण हुन्छ। विभिन्न जात्रापर्वमा भगवानलाई फल्चा (पाटी) मा राखेर मान्छेहरू लाछीमा आराम गर्छन्।', नेपाल भाषामा एउटा गीत पनि छ:, 'वा माया वा वा जिमिथाय् लाछी इ वा,
जीवन खुशीचाय् चाचाहिले वा...', यो गीतमा साथीहरूलाई सुला कासा (खेल), घः कासा, पिचा कासा लगायत खेल खेल्न बोलाइएको छ। यसले लाछीजस्तो सार्वजनिक ठाउँको महत्व देखाउँछ।, केही दिनअघि हामीले लाछीको महत्व विस्तृतमा बुझ्न तुलाधरसँग काठमाडौं वरिपरिका लाछीहरू खोज्दै घुमेका थियौं। त्यस क्रममा पहिलो लाछी पुग्यौं – तँलाछी।, ज्याठाबाट असनतिर निस्कने बाटोमा रहेको तँलाछी। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, तँलाछी ज्याठाबाट असनतिर निस्कने बाटोमा छ। यहाँको लाछी अहिले बाइक र सवारी साधन पार्किङ गर्ने ठाउँ बनेको छ तर कुनै संरचनाले अतिक्रमण गरेको छैन। सँगै फल्चा पनि छ जहाँ मान्छेहरू आराम गरिरहेका देखिन्छन्।, फल्चामा ढोका बनाएर २०७४ सालयता तँलाछी टोल सुधार समाज सञ्चालन हुँदै आएको छ। नजिकै हामीले फलामले बनेको वीरधाराको अवशेष पनि देख्यौं। राणा प्रधानमन्त्री वीरशमशेरले काठमाडौंका बासिन्दालाई खानेपानी खुवाउन ठाउँठाउँमा यस्ता फलामे धारा बनाएका थिए।, तँलाछी नजिकै ध्वाखाबहाः छ जसलाई तँबहाः अर्थात् ठूलो बहाल भनिन्छ। यही बहालबाट उक्त लाछीको नाम तँलाछी भएको हुनसक्ने तुलाधर अनुमान गर्छन्।, गुणाकर महाविहार (छुस्याबहा:) बनाउने गुणज्योति बज्राचार्यको घर यही ध्वाखाबहा:मा थियो। त्यसैले छुस्याबहा:लाई ध्वाखाबहाःअन्तर्गतको शाखा पनि मानिन्छ। ध्वाखाबहाःको एउटा कुनामा लिच्छविकालीन चैत्यहरू छन् जुन निकै विशेष र महत्वपूर्ण भएको तुलाधर बताउँछन्। यसले यो ठाउँको बसोबास लिच्छविकालीन रहेको प्रमाण दिन्छ।, त्यहाँबाट हामी कुसुमबियालाछीतिर बढ्यौं।, कुसुमबियालाछीमा फल्चा र लाछी सँगैसँगै छैनन्। बीचमा सवारी साधन गुड्ने बाटो छ। यहाँको लाछी यसअघि हामीले हेरेका बहीलाछी र तँलाछीभन्दा ठूलो क्षेत्रफलको छ। लाछीको बीचमा बौद्ध स्तुप र एउटा ठूलो रूख छ। यसले लाछी अलि साँघुरो देखिन्छ। तर यो ठाउँले स्थानीय र आउजाउ गर्नेहरूलाई आराम गर्ने खुला ठाउँ दिएको छ। यहाँ केही पसल पनि खुलेका छन्।, कुसुमबियालाछी। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी, कुसुमबियालाछीबाट हामी जमल नजिकैको कमलाछी पुग्यौं।, कमलाछीको पुरानो नाम कर्मीलाछी हो। कर्मीको अर्थ कामदार भन्ने बुझिन्छ। विभिन्न खालका कालिगढहरूको थलोका आधारमा यो ठाउँलाई कर्मीलाछी भनिएको हुनसक्छ।, नामै कमलाछी भएपछि यहाँ लाछी नहुने त सवालै आउँदैन। तर यहाँको लाछी हामीले सजिलै फेला पारेनौं। लाछी भेट्नुअघि हाम्रो नजर सडक किनारमा रहेको एउटा सानो मन्दिरमा गयो। मन्दिरका दुईतिर बुद्धका मूर्ति र बीचमा शिलापत्र थियो।, बिक्रम सम्बत् १८८७ को उक्त शिलापत्रमा त्यहाँ नजिकै हिति (ढुंगेधारा) र फल्चा (पाटी) भएको उल्लेख छ। उक्त हिति शिलापत्र भएको ठाउँबाट करिब ५० मिटर पर छ जसलाई अहिले पुरेर फुटबल क्लब बनाइएको छ। फल्चा बाँकी नै छ। कमलाछीको लाछी भएको ठाउँ भने नाय् टोलमा हो। यसलाई स्थानीय भाषामा क्वनाय् त्वाः भनिन्छ।, यति मात्र होइन, असनको दक्षिणतिर वलाछी छ। तुलाधरसँगको करिब दुई घन्टा यात्रामा हामीले काठमाडौंका पाँचवटा लाछी भेट्यौं। तीबाहेक अरू कति लाछी अतिक्रमणमा परेर हराइसके भने बाँकी लाछी पनि मान्छेले यसको महत्व नबुझ्दा र अतिक्रमणका कारण हराउने क्रममा छन्।, त्यसरी नै महानगरबाट अतिक्रमण भएर नामेट हुने संघारमा आइपुगेको लाछी उही गुणाकर महाविहार अगाडिको बहीलाछी हो।, हामीले यो भ्रमणबाट के बुझ्यौं भने, लाछी भनेको सडक नजिकैको खुला ठाउँ हो जहाँ सामुदायिक गतिविधि हुन्छन्। त्यहाँ सामुदायिक छलफल र क्रियाकलाप गर्न फल्चा पनि सँगै हुन्छ। अहिले सडक विस्तार र आधुनिकीकरणका कारण फल्चा र लाछी मासिँदै गएका छन्।, लाछीको यो संक्षिप्त भ्रमण वृत्तान्तपछि अब म तपाईंहरूलाई गुणाकर महाविहारमा भएको अर्को घटना सुनाउँछु जसले यो ठाउँ कसरी सडक बिस्तारको चपेटामा परेको थियो भन्ने बुझाउँछ।, त्यसअघि यो कस्तो विहार हो भन्ने बुझौं।, गुणाकर महाविहारको भित्री भाग। तस्बिर: आलोकसिद्धि तुलाधर, बहालमा भएको एउटा अर्को शिलापत्रअनुसार यो नेपाल सम्बत ७६९ अर्थात् बिक्रम सम्बत् १७०६ मा बनेको हो।, 'गुणाकर महाविहार – बुद्धिस्ट मोनास्ट्रिज अफ नेपाल' किताबमा जोन लकले लेखेका छन्, 'नेपाल सम्बत् ७८८ (बिक्रम सम्बत् १७२५) मा गुणज्योति बज्राचार्यले बहाःको आधिकारिक उद्धघाटन गरेका थिए। त्यति बेला काठमाडौंका राजा प्रताप मल्ललाई पनि उनले निमन्त्रणा दिएका थिए।', गुणज्योति ल्हासा व्यापार गर्थे। ल्हासा व्यापारबाट मनग्य धन आर्जन गरेपछि उनले पुण्यप्राप्ति र जनहितका लागि गुणाकर महाविहार र त्यसअगाडि पाटी र लाछी बनाएको बुझिन्छ।, यो महाविहारलाई मध्यकालीन उत्कृष्ट बौद्ध विहारमध्ये एक मानिन्छ। चतुर्भुज मण्डलाकार स्वरूपको यो महाविहार दुईतलाको छ। यहाँको प्रवेशद्वार, तोरण, मूर्तिसहितका टुँडाल, काठका कलात्मक झ्याल र चैत्य लगायतलाई मध्यकालीन वास्तुकला र काष्ठकलाको उत्कृष्ट नमूना मानिन्छ।, जोन लकले किताबमा लेखेका पनि छन्, 'उपत्यकामा संरक्षित बौद्ध विहारमध्ये छुस्याबहा: सबभन्दा उत्कृष्ट नमूना हो।', अन्य विहार तथा बहीमा जस्तै यहाँ पनि बीचमा मुख्य चोक छ। चोकमा देवदेवीका मूर्ति, मण्डल र चैत्यहरू छन्। यस्ता चोकमा बौद्ध धर्मसम्बन्धी अध्ययन अध्यापन, धार्मिक प्रवचन, पूजाआजा, छलफल र भोज हुन्छन्। यो चोक र यहाँको बहालमा कुनै समय स्कुल पनि सञ्चालन हुने गरेको थियो।, सन् १९७० मा जोन सि. र सुसन एल. हन्टिङटनले खिचेको फोटोमा स्कुले केटाकेटीहरू गुणाकर महाविहारको ढोकाभित्र बरण्डामा पढिरहेका देखिन्छन्। त्यसैगरी, सन् १९७० मै जिसेल हाइभर्टले खिचेको तस्बिरमा ढुंगाले बनेको हात्तीमाथि चढेर साना केटाकेटीले फोटो खिचिरहेको देखिन्छ।, तुलाधरका अनुसार पहिले यो बहालमा बौद्धिक विकास भन्ने सरकारी स्कुल थियो। पछि त्यो यहाँबाट सर्यो।, 'पहिला चोक, बहाल लगायत सार्वजनिक ठाउँमा स्कुल सञ्चालन गर्नु सामान्य थियो। न्यानो चाहिँदा चोक, लाछी लगायत सार्वजनिक स्थान र पानी पर्दा बहालभित्र पढाइन्थ्यो,' उनले भने।, महाविहारको चोकमा हामी चारवटा चैत्य देख्न सक्छौं। यहाँको ठूलो चैत्य भने पहिले विहारभित्र थिएन। शिखर शैलीमा बनेको 'रम्यकुटागार' नामक उक्त चैत्य पहिले बाहिर सडकमा थियो जसलाई यज्ञहोम गरी भित्र सारियो।, सडकबाट विहारभित्र सारिएको चैत्य। तस्बिर: आलोकसिद्धि तुलाधर, यो चैत्य बाहिर हुनुको महत्व के थियो भने, येँया (इन्द्रजात्रा) को समय उपाकू यात्रा क्रममा विभिन्न चैत्य परिक्रमा गर्दा यहाँको चैत्य पनि परिक्रमा गरिन्थ्यो। सडकमा सवारी आवतजावत गर्न असहज भएपछि उक्त चैत्य सारेर भित्र ल्याइएको तुलाधर बताउँछन्। सडकबाट सारेर भित्र ल्याइएको वर्णन त्यही चैत्यमा देवनागरी लिपिमा कुँदिएको छ।, जर्मनीका वास्तुविद् ओल्फगाङ कोर्नले २०२९ सालअघि नै यहाँ आएर यो चैत्यको नापनक्सा लिएका थिए। त्यति बेला उनले नापनक्सा लिँदा यो चैत्य सडक किनारमै थियो। पछि आउँदा पुरानो ठाउँमा चैत्य नदेखेर उनी अलमलिएछन्। वरिपरि सोधेपछि बल्ल त्यो चैत्य विहारभित्र सारिएको थाहा पाएछन्।, 'बहालभित्र फेला परेपछि उनले त्यहाँ फेरि नापनक्सा लिएका थिए,' तुलाधरले भने।, यो बहाल हुँदै सडक बन्नुअघि उत्तरपट्टिको बहीलाछीसम्मै बहाल क्षेत्र फैलिएको थियो। सडक बनेपछि लाछी र बहाल वारि र पारि भए। सवारी आवागमन बढेपछि चैत्यमा पटकपटक ठक्कर लागेका कारण सुरक्षा निम्ति भित्र सारिएको स्थानीय सम्झन्छन्।, अहिले फेरि लाछी हुनुपर्ने सार्वजनिक जग्गामा वडा कार्यालय भवन बनाएर अतिक्रमण गर्न महानगर नै अग्रसर छ।, यसरी सार्वजनिक जग्गा हस्तक्षेप गर्नुभन्दा भत्किएको पाटी बनाउन र चैत्य यथास्थानमा सार्न महानगरको ध्यानाकर्षण हुनुपर्ने तुलाधर बताउँछन्।, केही समयअघि सम्पदा संरक्षणकर्मीहरू बहीलाछीमा भवन बनाउन कस्सिएको वडा कार्यालयसँग कुराकानी गर्न गएका थिए। मल्लकालीन सार्वजनिक क्षेत्रको अवधारणामा बनेको लाछी मास्नु काठमाडौंको सम्पदा मास्नु हो भनेर उनीहरूले जनप्रतिनिधिहरूलाई बुझाउन खोजे। तर वडा कार्यालयले आफ्नो कुरा सुन्न नचाहेको र यससम्बन्धी निवेदन पनि बुझ्न नमानेको तुलाधर बताउँछन्।, 'यदि वडाले बलजफ्ती यहाँ भवन बनाउने हो भने हामी कानुनी प्रक्रियामा जान्छौं,' उनले भने।, यति मात्र होइन, ज्याठाका स्थानीयले यहाँको लाछीको महत्व बताउँदै केही समयअघि पुरातत्व विभागलाई पत्र लेखेका थिए। उनीहरूले भनेका छन्, 'बहीलाछी र पाटीले ओगटेको मौलिक स्थानमा वडा कार्यालय भवन निर्माण गर्नु वा अरू कुनै पनि आधुनिक संरचना निर्माण गर्नु भनेको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थान मास्नु हो। प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार त्यो गैरकानुनी, आपराधिक र दण्डनीय काम हो।', पुरातत्व विभागले महाविहारसँगै निर्माण हुने संरचनाले सम्पदाको महत्वमा असर पर्ने भन्दै काम रोक्न आदेश दिएको छ। तर विभागको आदेशका बाबजुद धमाधम काम सुरू हुने तरखर भइरहेकाले स्थानीय आक्रोशित छन्।, यसबीच विभागले यसै साता लाछी भएको क्षेत्र उत्खनन गर्न प्राविधिक पठाउने भनेको छ। यो उत्खननबाट यो ठाउँको ऐतिहासिकता पुष्टि हुने स्थानीयले अपेक्षा गरेका छन्।, लाछी भनेको सार्वजनिक खुला ठाउँ भएकाले उत्खननबाट कुनै ऐतिहासिक सामग्री फेला पर्छ भन्ने ग्यारेन्टी छैन। यो ठाउँको प्रयोजन नै मान्छेहरू आराम गर्ने र सुस्ताउने भएकाले यहाँ कुनै सामग्रीको अवशेष नहुन पनि सक्छ। तर कुनै अवशेष पाइएन भन्दैमा भोलि त्यसैलाई आधार देखाउँदै वडा कार्यालयले यहाँ भवन बनाउने छुट पाउँदैन।, गुणाकर महाविहारमा रहेको साढे तीन सय वर्ष पुरानो शिलालेख नै यो लाछीको ऐतिहासिकता पुष्टि गर्ने दस्तावेज हो जसले यो जग्गा सार्वजनिक हो र सार्वजनिक प्रयोगमै आउनुपर्छ भनेर वकालत गरिरहेको छ। योभन्दा ठूलो अर्को प्रमाण खोज्ने दरकार छैन।, अब यो महानगर र वडा कार्यालयका जनप्रतिनिधिहरूकै हातमा छ- पाटी वा बहीलाछी मासेर पञ्च महापाप बोक्ने, कि यसलाई संरक्षण गरेर हजारवटा विहार बनाएको र कोटीयज्ञ गरेको फल प्राप्त गर्ने!, सन् १९७० मा जोन सि. र सुसन एल. हन्टिङटनले खिचेको तस्बिर।, सन् १९७० मा जिसेल हाइभर्टले खिचेको तस्बिर।,
३५३ वर्षअघि दान दिइएको जग्गा मिचेर भवन बनाइँदै
|
सेतोपाटी संवाददाता ताप्लेजुङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ।, फुङलिङ नगरपालिका वडा नम्बर ४ कोप्चे भन्ने ठाउँमा आगलागी भएको हो। आगलागीमा परेकी एक वृद्धाको उपचारका क्रममा: मृत्यु भएको छ।, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीमा परेर ६७ वर्षकी चुलीमाया लिम्बूको मृत्यु भएको हो।, आगलागीबाट एउटा घरमा पूर्ण क्षति भएको छ भने अर्को घरमा आधा भाग क्षति पुगेको छ।, आज बिहान ७:३० बजे आगलागी सुरू भएको थियो। आगो नियन्त्रणमा लिइसकिएको उनले बताए।, के कारणले आगलागी भएको हो भन्ने खुल्न बाँकी रहेको उनले बताए।,
ताप्लेजुङमा आगलागी: एक वृद्धाको मृत्यु
|
नारायण खड्का रूकुमको सिस्ने गाउँपालिका २ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ। , गाउँबाट अलिक टाढा जंगलको ओढारमा कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको रूकुमका जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जितेन्द्र बानियाँले ,सेतोपाटी,लाई जानकारी दिए। , प्रहरी निरीक्षक बानियाँका अनुसार बमहरू बोरामा राखेर ड्रममा राखिएको र केही बम बाहिरै ओढारमा फेला परेका हुन्।, बिहिबार बेलुका ५ बजेतिर जंगलमा बस्तु चराउन गएका स्थानीयले उक्त ओढारमा लुकाइछिपाइ राखेको बम फेला पारेर वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए। , वडाध्यक्ष केसीले लगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। , ती बमहरू पुराना रहेकाले युद्वकालमै लुकाएर राखिएको हुनसक्ने प्रहरी निरीक्षक बानियाँले बताए।, बानियाँका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै गरेको छ। ,
,
रूकुमको सिस्नेमा ओढारमा लुकाइ राखेको ठूलो संख्यामा बम फेला
|
एजेन्सी क्रान्तिकारी छविका कारण विश्वभरि चर्चा पाएका चे ग्वेभारालाई मार्न गोली हान्ने बोलिभियाका सैनिकको मृत्यु भएको छ।, मारिनो तेरान नामक ती सैनिकले सन् १९६७ को अक्टोबर ९ मा ग्वेभारालाई गोली हानेका थिए। तेरान ८० वर्षका थिए। लामो समयदेखि बिरामी रहेका तेरानको बिहीबार मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ। , अर्जेन्टिनाका फिजिसियन ग्वेभारालाई बोलिभियाका सैनिकहरूले एउटा गाउँमा पक्राउ गरेका थिए। पक्राउपछि उनलाई मारिएको थियो।, घाइते ग्वेभारालाई गोली हान्ने जिम्मा त्यतिबेलाका सैनिक तेरानलाई दिइएको थियो। ग्वेभारा त्यतिबेला ३९ वर्षका थिए।, ‘त्यो मेरो जीवनको नराम्रो क्षण थियो,’ तेरानले पछि संवाददाताहरूसँग भनेका थिए,‘मैले चेलाई विशाल, धेरै विशाल देखें। उनका आँखा निकै चम्किएका थिए। उनी मेरो छेउमा आएको महशुस गरें। जब उनले मलाई नियाले म तिरमिराएँ।’, उनले आफूलाई शान्त रहन भनेको पनि तेरानले बताएका थिए।, ‘चेले मलाई ‘शान्त हुन प्रयास गर र राम्ररी निशाना लगाऊ,तिमीले एउटा मान्छे मार्दैछौ’ भने त्यसपछि मैले एक कदम पछि हटेर आँखा चिम्लेर गोली हानें,’ तेरानले भनेका थिए।, ग्वेभाराको शव अर्को दिन बोलिभियाको एउटा गाउँको नालीमा फेला परेको फोटो एएफपीका पत्रकारले खिचेका थिए। ,
चे ग्वेभारालाई गोली हान्ने बोलिभियाका सैनिकको मृत्यु
|
सेतोपाटी संवाददाता दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको भालुवाङ क्षेत्रमा बन्द गरिएको छ।, कारको ठक्करले राप्ती गाउँपालिका १ भालुवाङका ३५ वर्षीय नरेन्द्र जिसीको मृत्युपछि राजमार्ग बन्द गरिएको छ।, मंगलबार राति ९ बजेतिर लमहीबाट भालुवाङतर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको मोटरसाइकललाई र विपरीत दिशाबाट आइरहेको बा १० च २५८१ नम्बरको कारले लमही नगरपालिका वडा नम्बर ३ मा ठक्कर दिएको थियो।, शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ। कार प्रहरीको नियन्त्रणमा छ। चालक भने फरार छन्।, कार चालकलाई कारबाही र उचित राहतको माग गर्दै पूर्वपश्चिम राजमार्ग आफन्तले बन्द गराएका छन्।, प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको एसपी सुरेश काफ्लेले बताए। कार चालकको खोजि भइरहेको प्रहरीले बताएको छ।,
कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु, राजमार्ग बन्द
|
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिका-१ दहचोक थापागाउँमा चितुवा फेला परेको छ।, स्थानीय दलबहादुर बुढाले भाडामा लिई सञ्चालन गरेको कुखुराको खोरमा मंगलबार राति सवा १२ बजे चितुवा फेला परेको हो।, बिरालोलाई थापेको पासोमा चितुवा आएर पसेको र अगाडिको दाहिने खुट्टा अड्केको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, चितुवा पासोमा परेपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट प्रहरी गएका थिए। चितुवाको उद्धारका लागि वन कार्यालयलाई जानकारी गराइएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, कुखुरा मारेर बिरालोले दु:ख दिएपछि बुढाले खोरमा पासो थापेको बुझिएको छ।,
चन्द्रागिरिमा बिरालोलाई थापेको पासोमा चितुवा परेपछि...
|
रासस नुवाकोटको बेलकोटगढी नगरपालिका-३ कुमरीबाट धादिङको धुनीबेंशी नगरपालिका-४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ।, तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो।, वि.सं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन/जयबाबा/काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए। , उनका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ। , गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइन अनुसार नभएकाले त्यसलाई भत्काएर पुनर्निर्माण गर्न’ उल्लेख गरिएको छ। भत्काउनुपर्ने पुलको स्पान दूरी ३० मिटरको छ।, ‘गतवर्ष फागुनमा स्पान निर्माणको क्रममा गुणस्तरहीन बालुवाको प्रयोग र तोकिएको परिमाण भन्दा कम सिमेन्टको प्रयोग गरेर ढलान गरिएको पाइएको प्राविधिक अध्ययनमा देखिएको छ’, उनले भने, ‘ढलान गरिएको स्पानको डोरी तन्काउँदा पड्किएसँगै पुल जोखिम बनेकाले त्यसलाई सुधार गर्न भने पनि अटेर गरेर थप निर्माण गरेसँगै भत्काएर अर्को बनाउन अहिले निर्देशन दिइएको हो।’, यसअघि मौखिक र पत्रमार्फत् दिएको निर्देशनको अटेर गरेर निरन्तर पुल बनाएसँगै अहिले कुमरी–जीवनपुर सवारी साधन सञ्चालन गर्न सकिने अवस्थामा पुर्याइएको छ।, तोकिएको सम्झौताभन्दा विपरीत जोखिम संरचनाको पुल बनाएर सञ्चालनमा ल्याएसँगै यसबाट दुर्घटना हुनेसक्ने हुँदा अहिलेको संरचना जतिसक्दो चाँडो भत्काएर अर्को स्पान राख्न निर्माण व्यवसायीलाई भनिएको छ।, ‘दिइएको निर्देशनको पालना नगरे निर्माण व्यवसायीलाई कारबाही र ठेक्कासमेत रद्द हुने कानुनी व्यवस्था भएकाले त्यसतर्फ जान बाध्य हुन्छौं’ डिभिजन प्रमुख रिमालले भने।, पुल निर्माणका लागि छ वर्ष अघि आठ करोड १४ लाख रुपैयाँको ठेक्का लगाइएकामा निर्माण व्यवसायीले छ करोड २३ लाख रुपैयाँमा बनाउने जिम्मेवारी पाएको थियो। ,
,
मापदण्डविपरीत भएपछि पुल भत्काएर फेरि बनाउन निर्देशन
|
दिपकजंग शाही सुर्खेतको बराहताल गाउँपालिका-२ रानीघाटकी पूर्णकली विकको अहिलेको दैनिकी सहज छैन।, दिनभर भेरीको पानीमा आधा डुबेर उनी बालुवा निकाल्छिन्। पानीमा डुबेर निकालेको बालुवा बेचेपछि उनको परिवारको खर्च टर्छ।, ‘परिवारको छाक टार्न कमाइ हुनुपर्यो, कमाउनका लागि काम त नगरी भएन,’ पूर्णकलीले भनिन्, ‘घरखर्च चलाउने नै बालुवा भएपछि पानीमा जान्नँ भनेर कहाँ भयो त, मेसिनले निकाल्न लागेपछि किनारमा बालुवा छँदै छैन नि।’, पूर्णकलीको रानीघाटमा रहेको जग्गामध्ये आधा जग्गा २०७१ सालको बाढीले बगाइदिएको छ। अहिले बाँकी भएको जमिनको उब्जनीले केही महिना मात्र खर्च धानिन्छ।, रानीघाटलगायत यो क्षेत्रका भेरी नदी आसपासका केही गाउँका महिलाहरूको आम्दानीको मुख्य स्रोत नदीको बालुवा हो। नदी किनारबाट बालुवा निकालेर बिक्री गर्ने गरेका उनीहरू ३ वर्षयता नदीमै पसेर बालुवा निकाल्ने बाध्यतामा पुगेका छन्।, ठेक्का लिएर व्यवसायीहरूले मेसिनबाट बालुवा उत्खनन् गर्न थालेपछि बालुवा निकालेरै घरखर्च चलाउने स्थानीयहरूलाई नदीमा जानुपर्ने बाध्यता सिर्जना भएको हो।, ‘मेसिनले नलिए त हामीलाई राम्रै हुन्थ्यो नि, पानीमा डुबेर निकाल्नै पर्थेन। किनारमै बालुवा हुन्थ्यो,’ पूर्णकलीले भनिन्, ‘ठेकेदारले एक साइडबाट हामीजस्ता गरिबका लागि छोडिदिए त हाम्रो जीविका चलाउन सजिलो हुन्थ्यो नि।’, बालुवा निकाल्न बिहानदेखि बेलुकासम्म पानीमा रुझ्दा बिरामीसमेत पर्ने गरेको उनले बताइन्। कहिलेकाहीँ बिरामी हुँदा बालुवाबाट भएको कमाइ औषधि गर्न सकिने गरेको उनले बताइन्।, गाउँका महिलाहरू भेरी नदी घट्न सुरू भएदेखि नै पानीमा पसेर बालुवा निकाल्छन्। उनीहरूका लागि कात्तिकदेखि असारसम्मको समय बालुवा निकाल्ने मुख्य सिजन हो।, बराहताल-२ माझगाउँकी ललिसरा विकलाई अहिले पानीमा रुझेको नतिजा उमेर ढल्किएपछि देखिएला भन्ने चिन्ता छ।, ‘अहिले त शरीरमा अलिअलि रगत भएर होला बिरामी परिएको छैन, अहिले दिनभर नदीमा पसेको नतिजा पछि बुढेसकाल लाग्दै गर्दा पो देखिने हो कि,’ उनले भनिन्, ‘यसरी दिनभर चिसोमा पस्नु भन्दा त पाखैमा रोजगारी गर्न मन थियो, तर उपाय नै छैन।’, नदीमा पसेर बालुवा निकाल्न टायरमा प्रयोग हुने ट्युब प्रमुख माध्यमका रूपमा छ। हावा भरिएको ट्युबमाथि टिन राखेर नदीको आफू नडुब्ने भागसम्म पुगेर बालुवा निकालेर किनारमा ल्याइन्छ।, पानीमा डुबेर दुई जनाले निकालेको बालुवा डेढ दिनमा एक ट्याक्टर पुग्छ। छिमेकका एक/एक जना महिला मिलेर बालुवा निकाल्छन्। एक ट्याक्टर बालुवा बढीमा १ हजार ५ सय रुपैयाँ ट्याक्टरवालाले दिएर लैजान्छन्।, कात्तिकदेखि यता बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म नदीमा पसेर बालुवा निकाल्ने गरिएको माझगाउँकै विस्ना विकले बताइन्।, ‘यसरी बालुवा निकाल्यो भने डेढ दिनमा एक ट्याक्टर हुन्छ, कहिलेकाहीँ त १२ सय रुपैयाँमा बिक्री गरेर दुई जनाले बाँड्नुपर्छ,’ उनले भनिन्, ‘पुस-माघमा त बेलुकापख कठ्याङ्ग्रिँदै घर जानुपर्छ।’, वीरेन्द्रनगर-२ फलाँटेका महिलाहरुको पेशा पनि यही हो। असारदेखि कात्तिकसम्म रोजगारीको विकल्प नभएको फलाँटेकी रीता कुँवरले बताइन्।, ‘घरमा थोरै बाख्रा छन्, त्यो सहायक आम्दानी हो,’ उनले भनिन्, ‘नदीमा आएर बालुवा निकाल्ने त हाम्रो पेशा नै भइहाल्यो।’, मेसिनले नदीबाट बालुवा निकाल्न थालेपछि नै आफूले निकाल्ने बालुवाको बिक्रीदर घटेको फलाँटेकी देवीसरा विकले बताइन्।, मेसिन नदीमा पसेको देखेर सबै गाउँले आत्तिएर एकैपटक बालुवा निकाल्न थालेपछि मूल्य घटेको उनले बताइन्।, ‘हामीले अलिकति भए पनि गाउँलेका लागि ठाउँ छोड्दिनुस् भनेर ठेकेदारलाई आग्रह गरेकै हो, उहाँहरूले मान्नुभएन,’ देवीसराले भनिन्, ‘पहिले त एक ट्याक्टर बालुवाको २५ सय रुपैयाँ दिन्थे, मेसिनले निकाल्न थालेपछि गाउँका धेरैले आत्तिएर बालुवा निकालेर थुपार्न थाले। प्रतिस्पर्धा भएर त्यतिबेला घटेको रेट अहिले जस्ताको तस्तै छ।’, मेसिनले नदी उत्खनन् गर्न थालेपछि गाउँलेका दु:ख बढेको उनले बताइन्।, यो पेशा गर्ने महिलाहरूलाई पछिल्लो समय आम्दानीभन्दा दु:ख धेरै हुने गरेको देवीसराले बताइन्।,
दिनभर नदीमा पसेर बालुवा निकाल्ने महिला भन्छन्- आम्दानी थोरै, दु:ख धेरै
|
सेतोपाटी संवाददाता २०७८ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ।, कोभिड-१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली- ३ बी जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ। आयोजनाको निर्माण असोज २०८० भित्र (सेप्टेम्बर २०२३) सम्पन्न गर्ने लक्ष्यकासाथ काम धमाधम भइरहेको छ।, नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदार कोभिड–१९का कारण फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रूपमा काम भइरहेको आयोजनाको निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो। आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुन: सुचारू भएकोमा कोभिड-१९को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो। साथै, मुख्य सुरूङमा पूर्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो। ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरूङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ।, आयोजनाको प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले ३८०५मिटर लम्बाइ भएको मुख्य सुरूङमध्ये २८६५ मिटर खनिएको बताए। , ‘सतही विद्युत गृह खन्ने कार्य सम्पन्न भई संरचनाको कंक्रिटिङ सुरू भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरूको जडान गर्दै पहिलो चरणको कंक्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यकासाथ काम भइरहेको छ,’ गौतमले भने, ‘चीनसँगका भन्सार नाकाहरू अझै पूर्ण रूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्री ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको थिएन, केरूङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरण ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी पाएका छौं।’, इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन। माथिल्लो त्रिशूली ३ एको विद्युत गृहबाट विद्युत उत्पादनपश्चात निस्किएको पानीलाई आयोजनाको सुरूङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ।, उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द्रटार-त्रिशूली ३ बी हब प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ।, सेयरबापतको बाँकी रकम छिट्टै संकलन, आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निष्कासन गरेको सेयर बापतको बाँकी रकम छिट्टै संकलन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गरी प्रतिसेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो। जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ सेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयरबापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ।, ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकाले सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि छिट्टै आह्वान गरिने छ साथै सर्वसाधारण समूहमा रहेका अन्य सेयर पनि निष्काशन प्रक्रिया अघि बढाइने छ’, प्रबन्ध सञ्चालक गौतमले भने।, आयोजनाका प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०-३० प्रतिशत संस्थापक सेयर छ। कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ। अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ रहेको आयोजनाको निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ। आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ।, आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ।,
माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको निर्माण धमाधम, निर्माण प्रगति ५८ प्रतिशत
|
सेतोपाटी रूखबाट खसेको फल उडेर आकाशतिर जाँदैन। हावामा तैरिएर पनि बस्दैन। त्यो खसेर भुइँमै झर्छ।, उचाइबाट झर्नेहरू भुइँमा पछारिनु प्रकृतिको नियम हो। वैज्ञानिक सर आइज्याक न्युटनले प्रकृतिको यही नियमका आधारमा गुरूत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरे।, विज्ञानले कथा-किम्बदन्ती भन्दैन। विज्ञान सत्यमा आधारित हुन्छ। तर भौतिक विज्ञानमा एउटा यस्तो किम्बदन्ती छ जुन संसारभरका विद्यार्थीले पढ्छन् र विश्वास गर्छन्।, यो किम्बदन्ती सर आइज्याक न्युटन र उनले प्रतिपादन गरेको गुरूत्वाकर्षण सिद्धान्तसँग सम्बन्धित छ।, किम्बदन्ती यस्तो छ- एक दिन आइज्याक न्युटन आफ्नो बगैंचामा डुलिरहेका थिए। त्यही बेला उनले रूखबाट स्याउ खस्दै गरेको देखे। यसरी रूखबाट स्याउ खस्नु सामान्यभन्दा पनि अतिसामान्य दृश्य थियो। संसारमा स्याउ खसेको देखेर सायदै कसैको मथिंगल हल्लिएला। तर आइज्याक न्युटन अपवाद हुन्। यो दृश्यले उनको मथिंगल यस्तरी हल्लियो, उनले यही दृश्यका भरमा पृथ्वीको गुरूत्वाकर्षण शक्ति हुन्छ र त्यही शक्तिका कारण हरेक वस्तु माथिबाट तल झर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे।, यो कथामा शंका गर्नेहरू धेरै छन्। तर महान् लेखक भोल्टायरले आफ्नो किताब 'एसे अन इपिक पोयट्री' मा यो प्रसंग यस्तरी वर्णन गरिदिए, झन्डै तीन सय वर्षअघि संसारबाट विदा भइसकेका न्युटनको स्याउको कथा इतिहासका रूपमा दर्ज भएको छ।, तर के तपाईंलाई थाहा छ, न्यूटनको यो कथासँग जोडिएको स्याउको रूख दुई साताअघि यो संसारबाट विदा भएको छ।, तपाईंहरूलाई यस्तो रूख साँच्चिकै थियो र भन्ने लाग्छ भने सबभन्दा पहिला थाहा पाउनुहोस्, आइज्याक न्युटनले जुन रूखबाट स्याउ खस्दै गरेको देखेर गुरूत्वाकर्षण सिद्धान्त पत्ता लगाए भनिन्छ, त्यो रूख बेलायतको लिंकनसायरस्थित वुल्सथोर्प म्यानर हाउसमा थियो। यो न्युटनको जन्मघर हो जुन अहिले सरकारी स्वामित्वमा छ। त्यो रूखलाई मान्छेहरू 'न्युटनको रूख' भनेर चिन्थे।, न्युटनको यही रूख बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको बगैंचामा पनि थियो। एकै रूख कसरी दुईतिर भयो भनेर नझुक्किनु होला। न्युटनको घरमा भएको रूखबाटै क्लोनिङ गरेर अर्को रूख बनाइएको थियो। क्लोनिङ गरेर बनाइएको नयाँ रूखलाई नै क्याम्ब्रिज विश्वविद्यालयको बगैंचामा सारियो। कुनै पनि प्राणी वा वनस्पतिको डिएनएबाट अर्को त्यस्तै प्राणी वा वनस्पति निकाल्नुलाई क्लोनिङ भनिन्छ। वैज्ञानिकहरूले मूल रूखबाट बनाइएको नयाँ रूखलाई पनि 'न्युटनको रूख' भनेरै नामकरण गरेका थिए।, बिबिसीका अनुसार यो नयाँ रूख सन् १९८४ मा क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेनमा रोपिएको थियो। कति बर्खा, हावाहुन्डरी, चट्याङ र आँधी सहेर ६८ वर्षदेखि यो रूख बगैंचाको प्रवेशद्वारमा उभिएर शोभा बढाइरहेको थियो।, गत फेब्रुअरी २१ मा भने एक्कासि सोच्दै नसोचेको घटना भयो। न्युटनको त्यो रूख ढल्यो।, बगैंचाका स्याहारकर्ता डाक्टर सामुअल ब्रोकिङटनका अनुसार तीव्र तूफानका कारण त्यो रूख ढलेको हो। इयुनिस नामको तूफान त्यो साताको शक्तिशाली तूफानमध्ये एक थियो जसका अगाडि न्युटनको रूखको जोर चलेन। जरैसमेत उखेलिएर ढल्यो।, यो रूख ढलेको दृश्य हेर्न न्युटन जिउँदा हुन्थे भने सायद उनले अर्को सिद्धान्त प्रतिपादन गर्थे, हुन्डरीको शक्तिका अगाडि पृथ्वीको गुरूत्वाकर्षणले पनि रूखलाई ढल्नबाट रोक्न सक्दैन।, त्यसो भए न्युटन र विज्ञानमा चासो राख्ने नयाँ पुस्ताले के अब न्युटनको रूख देख्न पाउने छैनन्?, धेरैले यस्तो चिन्ता व्यक्त गरेका छन्। उनीहरूका लागि राहतको खबर छ। न्युटनको अर्को रूख पनि छ। यो रूख पनि न्युटनको घरमा भएको मूलरूखबाट क्लोन गरेर तयार पारिएको हो। बगैंचा व्यवस्थापनका अनुसार अब यो रूखलाई क्याम्ब्रिज विश्वविद्यालयको त्यही बगैंचामा लगेर रोपिनेछ।, झन्डै सात दशकदेखि उभिएको रूख ढल्दा आफूलाई निकै दुःख लागेको डाक्टर सामुअलले बताएका छन्। यो स्याउको रूखमा मौरीको ढुसी अत्यधिक भएकाले ढल्न सक्ने आशंका उनीहरूले पहिल्यै गरेका थिए।, 'हामीले अब यो रूख मर्छ भन्ने अनुमान लगाइसकेका थियौं,' उनले बिबिसीलाई भनेका छन्, 'विज्ञान र प्रविधिका कारण हाम्रो संकलनमा न्युटनको रूख सधैं रहिरहन सक्नेछ भन्नेमा आशावादी छौं।', कुनै दिन तपाईंहरू पनि क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेन जानुभयो भने पक्कै न्युटनको रूख देख्न पाउनु होला।,
ढल्यो वैज्ञानिक न्युटनको स्याउको रूख
|
सेतोपाटी संवाददाता जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ। जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ।, यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन। तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताएका छन्।, बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महाप्रबन्धक झाले यस्तो बताएका हुन्। उनले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए।, ‘रेल परीक्षण गरेर सम्पूर्ण तयारी पूरा गरेका छौं। सरकारले चाहेका बखतमा हामीले रेल चलाउन सक्छौं। सरकार पनि रेल सञ्चालन गर्ने विषयमा सकारात्मक छ। मन्त्रालय पनि यो विषयमा सकारात्मक छ। रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ’, उनले भने, ‘रेल सञ्चालनको लागि नेपाल सरकारले विगतदेखि निरन्तर रुपमा सहयोग गर्दै आएको छ। पछिल्लो समय केही प्राविधिक समस्याहरु भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौं।’, महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनको लागि भाडा निर्धारण तथा कानून समेत बनाइ सकिएको बताए। रेल्वे सेवा अहिले सञ्चालनमा आउँछ भनेर उत्साहित रहेको भन्दै उनले रेल चल्न सुरु भएसँगै यात्रुलाई यातायातमा सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने दाबी गरे। महाप्रबन्धक झाले कम्पनी नयाँ भएकाले स्थापित गराउन सरकारले सहयोग गर्नुपर्ने बताए।, ‘रेल सञ्चालन कहिले हुन्छ भनेर नागरिकहरु उत्साहित छन्। जसरी यात्रुहरू रेल चढ्न उत्साहित हुनुहुन्छ। त्यो अनुसारले रेल सञ्चालनमा आउँदा घाटामा विल्कुल जाँदैनौं। कम्पनी सुरूमा स्थापित हुनको लागि सरकारको लगानी चाहिन्छ’, उनले भने, ‘घाटामा जादैन भन्ने विश्वास छ। कम्पनीले नेपाल सरकारका अन्य कम्पनीले नाफा कमाए भन्दा राम्रो लाभ हुन्छ। रेल कम्पनीले नाफा कमाउन र जनतालाई यातायातको माध्यमलाई सहज बनाउने दुई वटै भूमिका खेल्नेछ।’, रेल दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको छ।, रेल खरिद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको रेलको गत पुसमा परीक्षण गरेर राखिएको छ। अहिले पनि रेल जनकपुरमै त्रिपालमुनी थन्किएर बसेको छ। रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भए पनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन।, भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ। रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आम नागरिकको चासो रहेको छ। वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै यात्रा गर्न आम नागरिक प्रतिक्षामा बसिरहेका छन्।,
जनकपुर- कुर्था रेल एक वर्षमा नाफामा लैजान्छौँ : महाप्रवन्धक झा (भिडिओ)
|
सेतोपाटी संवाददाता निक्षेपकर्ताको पैसा हिनामिना गरी ठगेको आरोपमा पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङविरूद्धको मुद्दामा बुधबारदेखि अदालतमा सुनुवाइ सुरू भएको छ।, उनीसहित पक्राउ परेका अन्यविरूद्धको मुद्दामा बुधबार उच्च अदालत पाटनमा सुनुवाइ सुरू भएको हो।, अदालतभित्र सुनुवाइ भइरहेका बेला सहकारीबाट पीडितहरूले अदालतबाहिर प्रदर्शन गरेका थिए।, ‘संगठित अपराधीलाई कारबाही होस्, सरकारले बचतकर्ताको पैसा फिर्ता दिलाउनै पर्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।, तामाङलाई गत असोजमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। उनीविरूद्ध ४६ करोड रुपैयाँ ठगी गरेको भन्दे जाहेरी परेको थियो।, तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ।, सर्वसाधारणको ८ अर्ब रुपैयाँ निक्षेप लिएर इच्छाराजले ७ अर्ब रुपैयाँभन्दा बढी आफैंले कर्जा लिएका छन्।,
अदालतभित्र इच्छाराज तामाङको मुद्दामा सुनुवाइ, बाहिर पीडितको प्रदर्शन
|
सेतोपाटी संवाददाता देशभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार बुधबार थप २२४ जनामा संक्रमण पुष्टि भएको हो। , १० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ९३६ जनाको पिसिआर गर्दा ६८ र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित छन्।, बुधबार २५१ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए २२४ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य
|
सेतोपाटी संवाददाता सरकारले हात्तीपाइले रोगको जोखिममा रहेका जिल्लामा हात्तीपाइले रोग विरूद्धको औषधी खुवाउने भएको छ।, हात्तीपाइले रोग उन्मूलनको लागि १२ वर्ष पहिलेदेखि औषधी सेवन अभियान सञ्चालन गरे पनि कतिपय जिल्लामा संक्रमणको जोखिम उच्च रहेकोले अभियानलाई निरन्तरता दिइएको हो।, लुम्बिनी प्रदेशमा पनि कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्ला यो रोग संक्रमणको उच्च जोखिममा रहेकोले यही फागुन २८ गतेदेखि औषधी सेवन अभियान सञ्चालन गर्ने भएको हो।, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार देशभरका १२ वटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेकोले ती सबै जिल्लामा फागुन २८ गतेदेखि औषधी खुवाउने अभियान सञ्चालन गर्न लागिएको हो।, दुई सातासम्म सञ्चालन गरिने अभियानको क्रममा सबैलाई पायक पर्ने खोप केन्द्र, स्कुल तथा घर-घरमा पुगेर समेत औषधी खुवाइने छ।, लुम्बिनी प्रदेशका चार वटा जिल्लासँगै झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, र कैलाली हात्तीपाइले संक्रमणमा रहेका जिल्लाहरू रहेको महाशाखाले जनाएको छ।, पछिल्लो तथ्यांक अनुसार कपिलवस्तुमा हात्तीपाइले रोगका बिरामी आठ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्यकर्मी बताउँछन्।, बुद्धभूमि स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालले सरकारले यसअघि १२ औं पटकसम्म औषधी खुवाउने अभियान सञ्चालन गरे पनि समुदाय स्तरमा संक्रमणको दर उच्च नै रहेकोले यस वर्ष पनि अभियान सञ्चालन गरिएको बताए।, सरकारले सन् २०३० सम्म नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिए पनि ६३ जिल्ला अझै पनि जोखिममा रहेको पाइएका छन्।, तीमध्ये ४८ वटा जिल्लामा समुदाय स्तरमा संक्रमण नदेखिएको भए पनि १२ जिल्लामा भने समुदायस्तरमै संक्रमण देखिएपछि औषधी सेवन अभियान सञ्चालन गरिएको हो।, हात्तीपाइले विरूद्धको औषधी एकैपटक धेरै सेवन गर्नुपर्ने भएकोले औषधी सेवनतर्फ नागरिकको सहभागिता कम हुने गरेको छ।, महाशाखाका अनुसार विगतका अभियानमा कतिपय जिल्लामा ६५ प्रतिशतले मात्र औषधी सेवन गरेको पाइएको छ।, आगामी आठ वर्षसम्म हात्तीपाइले रोगलाई उन्मूलन गर्ने सरकारको लक्ष्य रहे पनि सबै नागरिकलाई औषधी सेवन गर्नेतर्फ आकर्षित गर्न नसक्दा सरकारलाई उक्त लक्ष्य पूरा गर्न चुनौती देखिएको छ।, दाङमा पनि ४ प्रतिशत बढी नागरिकमा हात्तीपाइलेको संक्रमण हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ।, स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार जिल्लामा सबैभन्दा धेरै सिसहनियाँमा ४ दशमलव ७ प्रतिशतमा संक्रमण देखिएको छ।, यसपटकको औषधी अभियानपछि जिल्लामा हात्तीपाइलेको संक्रमण दुई प्रतिशतभन्दा कममा झार्ने लक्ष्य रहेको शाहीले बताए।, हात्तीपाइले रोगलाई सामान्य आंकलन गर्नु, औषधी सेवनमा लापरबाही र औषधी सेवनका बारेका गलत सूचना रोग निवारणका लागि चुनौतीको रूपमा रहेका छन्।, हात्तीपाइले रोग निवारणका लागि यसअघि सेवन गर्दै आएका टिइसी र अल्बेन्डाजोलसँगै आइभर मेक्टिन नामक औषधी समेत थप गरिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।, हात्तीपाइले रोगको संक्रमण हुँदा एक्कासि खुट्टा सुन्निएर रातो हुने र दुखाइ बढ्दै जाने हुन्छ। त्यस्तो समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गर्न उनीहरूको सुझाव छ।,
फागुन २८ गतेदेखि हात्तीपाइले विरूद्धको अभियान सञ्चालन गरिँदै
|
सेतोपाटी संवाददाता युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका-४ बस्ने २७ वर्षीय निशान चिलवाल रहेका छन्।, नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार परियार नेपाल मिडिया नामक युट्युब च्यानल सञ्चालन गर्थे।, यसैगरी, चिलवाल विशाल नेपाल नामक युट्युब च्यानल चलाउँथे। उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले बताए।,
काठमाडौंबाट दुई जना युट्युबर पक्राउ
|
रासस जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई आज दिउँसो समिति सदस्यले कार्यकक्षमै थुनेका छन्।, जिल्ला समन्वय समितिका सदस्य सीतादेवी भण्डारीसहितका सदस्यको एक टोलीले कार्यालय प्रमुख चौधरीले समितिका पदाधिकारी र कर्मचारीको तलब/भत्ता दिन आनाकानी गर्नुका साथै लामो समयदेखि समन्वय नगरी हिँडेकाले कार्यकक्षमै थुनेको बताइन्।, ‘कार्यालयमा कुनै प्रकारको समन्वय नगर्नुका साथै गत पुसयता तलबभत्ता दिनसमेत बेवास्ता गरेपछि हामीले आधा घण्टा थुनेका हौं’, सदस्य भण्डारीले भनिन्, ‘एउटा कर्मचारी भएर जनप्रतिनिधिलाई बेवास्ता गर्दै हिँडेपछि कार्यालयको कामकाजमा समेत अप्ठ्यारो हुन थाल्यो।’, गत पुस महिनाको दोस्रो साता कार्यालयमा चौधरी प्रमुखको रूपमा हाजिर भएयता जनप्रतिनिधि र कर्मचारीले सेवा सुविधा नपाएको भण्डारीको आरोप छ।, करिब आधा घण्टापछि समन्वय समिति पुगेको प्रहरी टोलीले कार्यालय प्रमुखको ढोकामा लगाएको ताला फुटाएको छ।, ‘समन्वय समितिको बैठक पनि चौधरी आएपछि बस्न सकेको छैन’, उनले भनिन्, ‘यहाँ चौधरी र समन्वय समितिका प्रमुखबीच खटपट हुँदा कार्यालयको कामकाज नै प्रभावित बन्यो।’, त्यसैगरी समन्वय समितिका कार्यालय प्रमुख खेमप्रसाद चौधरीले भने कर्मचारी र प्रशासनको काममा समन्वय समितिका प्रमुखसहित पदाधिकारी हाबी हुँदा समस्या भएको दाबी गरे।, ‘आफन्तलाई जागिर खुवाउने अनि महिनामा एकै पटक हाजिर लगाएर तलब खुवाएको देखियो’, चौधरीले भने, ‘अहिले पनि समितिका कति जना करारमा भर्ना गरिएका छन् त्यसको जानकारी अहिलेसम्म मलाई दिइएको छैन।’, उनले पदाधिकारी र कर्मचारीको तलब खुवाउने विषयमा केन्द्रमा समेत आफूले पहल गरिरहेको बताए।, ‘तलब खुवाउने विषयमा कोष तथा लेखा नियन्त्रणको कार्यालयमा अख्तियारबाट फोन आयो’, उनले भने, ‘त्यसपछि केही समयदेखि त्यो विषयमा अलमल भयो।’, कार्यालय प्रमुखको कक्षको ताला खुलेको केही बेरमा नेपाल विद्यार्थी सङ्घका नेता तथा कार्यकर्ताले समन्वय समितिका प्रमुख फैरु तामाङको कार्यकक्षमा ताला लगाएका थिए।,
कार्यकक्षमै थुनिए प्रमुख
|
सेतोपाटी संवाददाता भारतीय दूतावासको सहयोगमा मधेश प्रदेशका रौतहट, सर्लाही, सप्तरीका अति विपन्न परिवारलाई ग्यास चुल्हो र ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराइने भएको छ।, भारतीय दूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको छ।, दूतावासले नेपाल-भारत महिला मैत्री समाजमार्फत् सो सामग्री वितरण गर्न लागेको हो।, तीन जिल्लाका झण्डै ३ हजार परिवारलाई सामग्री वितरण गरिने समाजकी अध्यक्ष एवम् सांसद चन्दा चौधरीले सेतोपाटीलाई बताइन्। यसका लागि दूतावासले २ करोड ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ।, यस्ता कार्यक्रमले विपन्न परिवारको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा आफूहरूले गरेको चौधरीले बताइन्।,
मधेशका तीन जिल्लाका झण्डै तीन हजार अति विपन्न परिवारलाई ग्यास चुल्हो र सिलिण्डर वितरण गरिने
|
युवराज श्रेष्ठ १६ वर्षअघि धरानबाट मजदुरी गर्न पोखरा आएका थिए, २० वर्षीय रोजन राई।, उनले पोखराको सातमुहानेस्थित खुदी खोलामा ग्याबिनको तारमा ढुङ्गा भर्ने काम गर्थे। २०६३ वैशाख २९ गते राई साथीहरूसँग बसेर मदिरा सेवन गरे। मदिराको नशामा उनीहरूको आवाज ठूलो भयो, होहल्ला सुनिन थाल्यो। , स्थानीय अशोक गुरूङले होहल्ला गरेको भन्दै मजदुरलाई कुटपिट गर्न थाले। मदिरामा लठ्ठिएका मजदुर भाग्न थाले। गुरूङको कुटपिटबाट गम्भिर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भयो। त्यसपछि गुरूङ फरार भए। , राईको मृत्युको कारण टाउकोमा लागेको चोट रहेको चिकित्सकले पोष्टमार्टम रिपोर्टमा लेखेको थियो। फरार गुरूङ उक्त घटना पश्चात काठमाडौंमा ३ महिना लुके।, ‘काठमाडौंमा फरक/फरक होटलमा बसेको देखियो, एउटा होटलमा बढीमा ७ दिन मात्र बसेछन्,’ घटनाको १६ वर्षपछि अभियुक्त सार्वजनिक गर्दै कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘नजिकका मान्छेसँग मात्र फोनमा सम्पर्क गर्दा रहेछन्।’, त्यतिबेला हत्या अभियुक्त गुरूङलाई प्रहरीले पक्रन सकेन। प्रहरीको आँखा छल्दै १६ वर्ष देश विदेश पुगे।, प्रहरीका अनुसार गुरूङ त्यतिबेला मध्यरातमा पोखरा पनि आउजाउ गरेका रहेछन्। पोखरा आएर उनले १० हजार रुपैयाँ लिएर भारत गए। भारतबाटै कुवेत पुगे। , कुवेतमा २ वर्ष काम गरेर फेरि नेपाल फर्किए गुरूङ। उनलाई त्यतिबेला पनि प्रहरीले पक्राउ गर्न सकेन। हत्या अभियोग लागेका गुरूङको फाइल कास्की प्रहरीमा त्यत्तिकै थन्कियो। , ‘कुवेतबाट फर्केर अभियुक्त काठमाडौंमै धेरै बस्दा रहेछन्,’ कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले भने, ‘त्यसपछि उनी बहराइन पुगे, जहाँ अभियुक्तले आफूलाई सुरक्षित ठाने।’, २०६५ सालमा बहराइन पुगेपछि गुरूङ नेपाल फर्केनन्। प्रहरीले पनि उनको खोजतलास गर्न छाडिदियो। पीडित परिवार न्याय खोज्न आएनन्। , कास्की प्रहरी प्रमुख रमेश थापाले उक्त घटनाका फेरि अनुसन्धान अघि बढाउन निर्देशन दिए।, प्रहरीले घटनाका प्रत्यक्षदर्शीसँग फेरि बयान लिन थाल्यो। अनुसन्धानका क्रममा कटुसको दाउराले राईलाई प्रहार गरेको र छुट्याउन खोज्दासमेत गुरूङले नछाडेको एक जना प्रत्यक्षदर्शीले बयान दिए।, मादक पदार्थ सेवन गरेका गुरूङले राईलाई सुरूआतमा थप्पड हाने।, 'तँ को होस्' भन्दै थप कुटपिट गर्न थालेपछि राई भागे। प्रत्यक्षदर्शीका बयान अनुसार गुरूङले भागिरहेका राईलाई लघारी लघारी दाउरा प्रहार गरेका थिए।, डिएसपी तिवारीका अनुसार त्यसपछि राईको टाउको गम्भीर चोट लाग्यो। उपचारका क्रममा मृत्यु हुन पुग्यो। , घटनाका अभियुक्त अशोक गुरूङ रहेको र उनी बहराइनमा रहेको थाहा लागेपछि उनलाई पक्रिन प्रहरीले कास्की जिल्ला अदालतबाट गत असोज ७ गते अनुमति लियो।, नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) को माध्यमबाट गुरूङलाई पक्रिन इन्टरपोलको सहयोगमा ‘रेड नोटिस’ जारी भयो। मंसिर २८ गते रेड नोटिस जारी भएको साता नपुग्दै बहराइन प्रहरीले पुस १ गते गुरूङलाई पक्राउ गर्यो। , अन्तरदेशीय कूटनीतिक प्रक्रिया पूरा गरेर गुरूङलाई नेपाल ल्याउँदा केही ढिलाइ भएको एसपी थापाले बताए।, ‘पीडितको पक्षमा राज्यले काम गर्छ, अभियुक्त जहाँ पुगे पनि कानुनको कठघरा बाहिर जान सक्दैन,’ थापाले भने, ‘अपराधमा संलग्नले सजाय पाउँछ।’, प्रहरीले घटनाका अभियुक्तलाई बहराइनबाट पोखरा ल्याएर कारबाही अघि बढाएको छ।, घटनाको अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ। उनलाई मुलुकी ऐनको दफा १३ र अपराध संहिताको दफा १७७ अनुसार सजाय मागदाबी गरेर अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ। , घटनाको १६ वर्षपछि प्रहरीले बहराइनबाट अभियुक्त पक्राउ गर्न सफल भए पनि पीडित परिवार भने अहिलेसम्म भेटिएका छैनन्।, घटनाको मुचुल्काका आधारमा मृतक राईको ठेगाना पत्ता लागे पनि पीडित परिवार फेला नपरेको कास्की प्रहरी प्रमुख एसपी थापाले बताए। , ‘हामीले पीडित परिवारको खोजी गरिरहेका छौं,’ उनले भने, ‘सम्बन्धित जिल्लाका प्रहरीसँग समन्वय गरेर मृतकका आफन्तको खोजी गरिरहेका छौं।’,
रोजन राईका हत्या आरोपितलाई १६ वर्षपछि यसरी पक्रन सफल भयो प्रहरी
|
सेतोपाटी संवाददाता दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।, गैरीशङ्कर गाउँपालिका-४ झ्याकु गोर्पाङमा ना६त २७७५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।, दुर्घटनामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घाइते भएको दोलखा प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।, घाइतेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चोट लागेको कारण सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ भने अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ।, गाउँपालिका वडा नं ४ गोर्पाङबाट ढुङ्गा लिएर झ्याकु जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई करिब २०० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस,
दोलखाको झ्याकुमा ट्याक्टर दुर्घटना, एकको मृत्यु चार घाइते
|
सेतोपाटी संवाददाता नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठ अमेरिकी विदेश मन्त्रालयको ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आइडब्ल्युओसी) २०२२’ बाट सम्मानित भएकी छन्।, एलजिबिटिक्युआई+ (यौनिक तथा लैंगिक अल्पसंख्यक) समुदायको जीवनमा सुधार ल्याउने कामप्रतिको समर्पणका लागि भूमिकालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।, दूतावासका अनुसार यो पुरस्कार नेपालीले प्राप्त गरेको यो लगातार दोस्रो वर्ष हो। गत वर्ष यो पुरस्कार एसिड हमलाविरूद्धको कामका लागि मुस्कान खातुनले पाएकी थिइन्।, वार्षिक रूपमा हुने आइडब्ल्युओसी पुरस्कार कार्यक्रम अमेरिकी विदेश मन्त्री एन्टोनी जे. ब्लिंकनले एक भर्चुअल समारोहमार्फत आयोजना गर्नेछन्। फागुन ३० गते सोमबार साँझ ७:४५ बजे ,www.state.gov ,मा प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा अमेरिकी प्रथम महिला डा. जील बाइडनले मन्तव्य व्यक्त गर्ने पनि दूतावासले जनाएको छ।, 'हाल १६ औं वर्षमा रहेको र अमेरिकी विदेश मन्त्रीद्वारा प्रदान गरिने आइडब्ल्युओसी पुरस्कारले प्रायःजसो ठूलो व्यक्तिगत जोखिम र त्यागसहित शान्ति, न्याय, मानव अधिकार, लैंगिकक समता तथा समानता र सबै खाले विविधतासहितका महिला तथा किशोरीहरूको सशक्तिकरणको वकालत गर्ने साहस, शक्ति र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्छ,' दूतावासले भनेको छ।, सन् २०२२ को आइडब्ल्युओसी पुरस्कार समारोहमा सबैका निम्ति उज्ज्वल भविष्य निर्माण गर्न कार्यरत विश्वभरका १२ जना महिलाको सम्मान गरिनेछ। सन् २००७ को मार्च महिनादेखि हालसम्म अमेरिकी विदेश मन्त्रालयले ८० भन्दा धेरै देशका १७० भन्दा बढी महिलालाई यो पुरस्कारबाट सम्मानित गरिसकेको छ।, पढ्नुहोस् भूमिका श्रेष्ठबारे सेतोपाटीले गरेको स्टोरीः , 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', 'विश्वभरका नौ हजार व्यक्तिको नाम मनोनयन हुँदै छ। तपाईंको नाम पनि छ। तर तपाईंको नाम फाइनलमा पुग्छ कि पुग्दैन भन्ने थाहा छैन। जुन २६ सम्म यो कुरा गोप्य राख्नू होला।', सन् २०१९ मा भूमिका श्रेष्ठको इमेलमा यस्तो सन्देश आयो। , उक्त सन्देश बेलायती संस्था 'एपोलिटकल' ले लैंगिक समानताका लागि संघर्षरत सय जना प्रभावशाली व्यक्तिहरूको नाम सार्वजनिक गर्ने सम्बन्धमा थियो। , नभन्दै भूमिका फाइनलमा पुगिन्। सन् २०१९ मा 'एपोलिटिकल्स' को लैंगिक समानतासम्बन्धी सय जना प्रभावशाली व्यक्तिहरूको सूचीमा छानिइन्। , विश्वका केही प्रसिद्ध व्यक्तिहरूसँगै आफ्नो नाम परेपछि भूमिकामा खुसीको सीमा रहेन। आफ्नो संघर्षको सम्मान भएको ठानिन्।, 'लैंगिक समानताको क्षेत्रमा नीति निर्माणका लागि मैले निर्वाह गरेको सकारात्मक भूमिकाको आधारमा मेरो नाम उक्त सूचीको फाइनलमा छनोट भएको थियो,' उनले सेतोपाटीसँग भनिन्। , भूमिका सहजै उक्त सूचीमा समावेश भएकी होइनन्। अनेक अपमान र हप्की सहँदै, हन्डर र ठक्कर खाँदै त्यहाँ पुगेकी हुन्। , सामाजिक सञ्जालमा 'भूमिका श्रेष्ठ' लेखेर खोज्दा उनको विवरण फरर देखा पर्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा उनी 'आइडल' नै मानिएकी छन्। , हालको चन्द्रागिरि नगरपालिकामा पर्ने नैकापको एक नेवार परिवारमा ३४ वर्षअघि एक बालकको जन्म भयो। छोरो जन्मियो, परिवारमा खुसी छायो। बालकको नाम राखियो कैलाश श्रेष्ठ। , कैलाश जसै हुर्किँदै गए, उनको आनीबानी परिवर्तन हुँदै गयो। पाँच वर्षकै उमेरमा दिदीको स्कर्ट लगाएर सजिन र ओठ लिपिस्टिकले रंगाउन मन पराउँथे। सुरूका यी दिनमा परिवारजनले बालसुलभ व्यवहार ठाने, त्यसमा खासै ध्यान दिएनन्। , नेवार समुदायमा रजस्वला हुनुअघि छोरीलाई 'गुफा राख्ने' परम्परा छ। कैलाश पनि गुफा बस्छु भन्थे। , शारीरिक रूपमा कैलाश छोरा थिए तर उनी छोरीजस्तै बन्न चाहन्थे। मनमा छोरी बन्ने चाहना भए शरीर त छोराकै थियो। खासमा उनी म आफू छोरो हुँ कि छोरी भन्नेमै अलमलमै थिए।, उमेर बढ्दै जाँदा कैलाशको मनभित्र छोरीजस्तै बन्ने चाहना दिनप्रतिदिन गाढा हुँदै गयो।, छोराको स्वभावबाट अन्योलमा परेकी आमाले एक दिन भनिन्, 'राम्रो पढेर राम्री बुहारी ल्याउनुपर्छ।', कैलाशले फ्याट्टै भनिदिए, 'म त बुहारी होइन, ज्वाइँ ल्याउँछु।', 'आमाले बुहारी ल्याउनुपर्छ भन्दा म बुहारी होइन ज्वाइँ ल्याउँछु भन्थेँ,' उनले सानै बेलाको कुरा सुनाउँदै भनिन्, 'मेरो कुराले आमा झस्किनुभएको थियो। अरू पनि अचम्म परे। परिवारमा अन्योल नै छायो।' , आमाको मन न हो, हैरान थियो। आमाले छोराको आनीबानी र मनोभाव गहिरोसँग नियाल्न थालिन्। छोरालाई बुझ्ने र घरमा वातावरण सहज बनाउने प्रयास गरिन्।, कैलाशका लागि समाज, साथीसमूह र विद्यालय भने सहज हुन सकेनन्। , 'घरबाट निस्किएपछि बाटोमा मलाई छक्का, हिजडा, पुलिंग भन्दै उपहास गर्थे,' भूमिकाले त्यो बेला आफूहरूले सुनेका शब्दहरू सुनाइन्, 'ती शब्दका अर्थमा पनि म अनभिज्ञ थिएँ। तर मलाई नै भनेको हो भन्ने थाहा पाउँथेँ।', नौ कक्षामा पढ्दै गर्दा कैलाश विद्यालयबाट निष्कासित गरिए। कारण- उनको प्राकृतिक शरीरसँग नमिल्ने विपरीत स्वभाव।, विद्यालयबाट निकालिएपछि उनी विचलित भए। आफूलाई समाल्न कठिन हुँदै जाँदा आत्महत्याको प्रयाससमेत गरे।, 'म खाली भगवानलाई दोष दिन्थेँ। शरीर केटाको अनि आत्मा किन केटीको बनाइदिएको भन्थेँ। म कसरी बाँच्ने? यस्तै प्रश्नले सताइरहन्थे,' भूमिकाले भनिन्, 'त्यो बेला मरेको भए सायद आज म जे छु त्यो हुने थिइनँ। खै, के कुराले रोक्यो। बाँच्नुपर्छ भन्ने सोच आयो, आत्महत्या गरिनँ।', विद्यालयबाट निकालिएपछि उनको पढाइ सधैंका लागि टुंगियो। रन्थनिँदा रन्थनिँदै १६ वर्षको उमेरमा एक दिन उनी निलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) की अध्यक्ष पिंकी गुरुङसँग भेट गर्न पुगे। , पिंकी पुरुषबाट महिला बनेकी पारलिंगी व्यक्ति हुन् भन्ने उनले थाहा पाए। शरीर र स्वभाव परस्पर विपरीत देखिने आफूजस्ता अरू व्यक्तिहरू पनि भेटे। महिलाबाट पुरुष र पुरुषबाट महिला बनेका व्यक्तिहरू भेटे।, 'यो संसारमा म एक्लै होइन रहेछु भन्ने थाहा पाएँ,' उनले भनिन्, 'आत्मबल बढ्यो, जिउने आशा बलियो हुँदै गयो।', नीलहीरा समाजको सम्पर्कमा पुगेपछि कैलाशले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्ति हुँ भन्ने थाहा पाए। समुदायका व्यक्तिहरू 'एलजिबिटिआइक्यू' भनेर संगठित भएको पनि थाहा पाए। , एल– लेस्बियन (समलिंगी महिला), जी– गे (समलिंगी पुरुष), बी– बाइसेक्सुअल अर्थात् उभयलिंगी, टी– ट्रान्सजेन्डर, आई– इन्टरसेक्स अर्थात् अन्तरलिंगी र क्यू– क्याएर अर्थात् खुल्न नसकेका। , 'मैले म आफू यसैभित्रको टी अर्थात् ट्रान्सजेन्डर (पारलिंगी) वुमन हुँ भन्ने थाहा पाएँ,' उनले भनिन्, 'यसपछि मैले आफ्नो अधिकारका लागि लड्ने अठोट गरेँ।' , यो अठोटसँगै कैलाशले नाम फेरेर भूमिका राखे। प्राकृतिक शरीरले पुरुष देखिने कैलाशले आफ्नो प्राकृतिक स्वभावअनुसार भूमिका बनेपछि आफ्नो लैंगिक पहिचान पनि 'पुरुष' बाट महिला बनाए।, निलहीरा समाजसँग जोडिएपछि भूमिका नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय गइन्। उनी नाम भूमिका श्रेष्ठ र लैंगिक पहिचान महिला राखेर नागरिकता बनाउन गएकी थिइन्। , उनले सोचेजस्तो सजिलो कहाँ हुन्थ्यो र! उनलाई नागरिकता बनाएर तुरुन्तै राहदानी पनि बनाउनु थियो। निलहीरा समाजको एक कार्यक्रममा सहभागी हुन विदेश जानुपरेको थियो। , उनले त्यति बेलाको स्थानीय निकाय र जिल्ला प्रशासनका अधिकारीहरूलाई कुरा बुझाउने प्रयास गरिन्। आफू एलजिबिटिआइक्यू समुदायको हुँ भनेर सबै खुलासा गरिन्। सरकारी अधिकारीहरू उनलाई महिला मान्न तयार भएनन्। , आफ्नो समयसीमाभित्र नागरिकता प्रमाणपत्र बन्ने भएन, कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था भयो। उनले जिकिर गर्नमा समय खेर फाल्न चाहिनन्। उही पुरानै नाम र पुरुष पहिचानमै नागरिकताको प्रमाणपत्र लिइन्। सोहीअनुसार राहदानी बनाइन्। , नागरिकता प्रमाणपत्र र राहदानी पुरुष पहिचानको छ, चालढाल महिलाको। यसोभएपछि उनी एयरपोर्टमा केरकारमा परिन्। परिस्थिति स्वीकार र सामना गर्नुको विकल्प थिएन। , 'विमानस्थलमा केरकार मात्रै भएन, शारीरिक जाँच पनि भयो,' उनी सम्झिन्छिन्, 'यस घटनाले मलाई साह्रै दुःखी बनायो।', एलजिबिटिआइक्यू समुदायको अधिकारको संघर्षसँगै भूमिकाले राजनीतिमा पाइला चालिन्। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भइन्।, पहिलो संविधानसभामा नेकपा संयुक्तको तर्फबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सुनिलबाबु पन्त सभासद बनेका थिए। उनी समुदायको पहिचान र अधिकारका अभियानी समेत थिए। उनले २०७० सालमा एलजिबिटीआइक्यू समुदायका ३६५ जनालाई पार्टीमा प्रवेश गराएका थिए। , भूमिका सुनिलबाबुको राजनीतिक सक्रियताबाट प्रेरित थिइन्। उनी राजनीतिमा सक्रिय त भइन् तर पहिचानको अन्योलले त्यहाँ पनि पनि समस्या पर्न थाल्यो। , भूमिकाले महिला पहिचानसहितकै नागरिकता बनाएरै छाड्ने अठोट गरिन्। प्रशासनका अधिकारीहरू भूमिकाको अठोटमा सहमत भएनन्। उनको लैंगिक पहिचान 'अन्य' मा राखिदिने भए। , भूमिका किन पछि हट्थिन् र! उनले आफ्नो माग मन्त्रिपरिषदमा पुर्याइन्। अन्ततः सुनुवाइ भयो। मन्त्रिपरिषदले उनको लैंगिक पहिचान परिवर्तन गरी महिलाको नाममा नागरिकता बनाइदिन जिल्ला प्रशासनलाई स्वीकृति दियो। , यस्तो अठोट र संघर्षपछि लैंगिक पहिचान 'अन्य' बाट महिला अनि नाम भूमिका श्रेष्ठ लेखेर नागरिकता प्रमाणपत्र बन्यो। आफ्नो पहिचानका लागि संघर्षका ती दिन सम्झिँदा आज पनि भूमिकाका आँखा रसाउँछन्। , 'मैले त अलि धेरै पहुँचको कारणले आफ्नो पहिचानसहितको नागरिकता पाएँ। मजस्ता व्यक्तिहरू अरू पनि छन्, आफू के हुँ भन्ने थाहा छैन,' भूमिका भन्छिन्, 'म उनीहरूका लागि आइडलका रूपमा स्थापित हुन चाहन्छु।' , आफूजस्ता अल्पसंख्यकको पहिचान र अधिकारका लागि संघर्षशील रहने भूमिकाको अठोट छ। , यही अठोटको पृष्ठभूमिमा आत्मकथा लेखेकी छन्, जसको नाम पनि 'भूमिका' नै राखेकी छन्। उनको पुस्तक सार्वजनिक भएको तीन वर्ष पूरा भयो। अभिनेता रमेश उप्रेती, अभिनेत्री रेखा थापा, पूर्वमिस नेपाल माल्भिका सुब्बा लगायतले उनको आत्मकथा सार्वजनिक गरेका थिए। , 'बजारका आत्मकथाहरू कि महिलाका छन्, कि पुरुषका। नेपाली समाजमा महिला र पुरुषबाहेक अर्को समुदाय पनि छ भनेर धेरैलाई थाहा छैन,' भूमिका भन्छिन्, 'हाम्रो समुदायको पहिचानकै लागि मैले आत्मकथा लेखेकी हुँ।', आत्मकथाले भूमिकालाई लेखकका रूपमा पहिचान दियो। एलजिबिटीआइक्यू समुदायका व्यक्तिहरूलाई ऊर्जा दियो।, त्यस्तै भूमिका 'मिस पिंक' प्रतियोगितामा पनि सहभागी भएकी भइन्। त्यहाँ सहभागी हुनु मात्रै पनि उनका लागि उपलब्धिको कुरा थियो। तर भूमिका विजयी नै भइन्।, 'जित्छु भन्ने त विश्वास नै थिएन तर उत्कृष्टमा छानिएछु,' भूमिकाले त्यो दिन स्मरण गरिन्, 'मेरो शिरमा मिस पिंकको ताज थियो। यति खुसी थिएँ कि स्कुटर चढेर घर जाँदा हेल्मेट नलगाई ताज नै लगाएर गएँ।', भूमिकाले नेपाली फिल्म 'हाइवे' र 'कान्छी' मा अभिनय पनि गरेकी छन्। तर यो क्षेत्रमा अघि बढिनन्। , उनलाई नेपाल सरकारले जनसेवा श्री २०७८ बाट पनि विभूषित पनि गरेको छ।, कुनै बेला थियो जब भूमिकालाई यो संसारमा म एक्लै छु भन्ने लाग्थ्यो। आज आफूजस्ता धेरैको पहिचान र अधिकारका लागि आवाज उठाउँदैछिन्। उनका कदम र कथाहरूले विदेशी सञ्चारमाध्यममा समेत स्थान पाइरहेका छन्।,
भूमिका श्रेष्ठले पाइन् अमेरिकी विदेश मन्त्रालयको पुरस्कार
|
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि सवा लाख म्यादी प्रहरीको माग गरेको छ।, यस विषयमा अर्थ मन्त्रालयसँग सघन छलफल चलिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, ‘म्यादी प्रहरीको भर्नाका लागि संख्या निर्धारण भइरहेको छ, कम्तीमा सवा लाख म्यादी प्रहरी चाहिन्छ भन्ने हाम्रो अनुमान हो,’ प्रहरी महानिरीक्षकको सचिवालय स्रोतले सेतोपाटीलाई भन्यो, ‘अहिले अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ, चाँडै टुंगो लाग्छ भन्ने विश्वास लिएका छौं।’, छलफलमा प्रहरी प्रधान कार्यालयले कम्तीमा १ लाख १८ हजार म्यादी प्रहरी चाहिने बताएको छ। अर्थ मन्त्रालयले संख्या र बजेटबारे निर्णय र सहमति दिइसकेको छैन।, ‘एकै चरणमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले विगतको भन्दा बढी संख्या माग गरिएको हो,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिएपछि मात्रै संख्या तोकिने छ।’, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले अहिले म्यादी प्रहरी भर्नाका लागि बजेट स्वीकृत भइनसकेकाले संख्या यकिन गर्न नसकिने बताए।, ‘बजेट स्वीकृत भएर आएको छैन, हामीले लाख भन्दाबढी चाहिने भनी पठाएका छौं,’ केसीले सेतोपाटीसँग भने, ‘छलफलकै क्रममा रहेकाले अहिले संख्याबारे भन्ने अवस्था छैन।’, स्थानीय निकायको निर्वाचन वैशाख ३० मा तोकिएको छ। तोकिएकै समयमा निर्वाचन गर्ने प्रतिवद्धता सरकारको छ।, निर्वाचन आयोगलाई अर्थ मन्त्रालयले स्थानीय निकायको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट खर्च गर्ने सहमति दिएको छ।, सामाजिक सञ्जालहरूमा प्रहरी प्रधान कार्यालयले संख्या तोकेर म्यादी प्रहरीको भर्ना खुलाएको भन्ने प्रसंग सत्य नभएको प्रधान कार्यालयले जनाएको छ।,
स्थानीय तहको निर्वाचनका लागि १ लाख १८ हजार म्यादी प्रहरीको माग, अर्थ मन्त्रालयसँग छलफल हुँदै
|
एजेन्सी बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ।, द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो।, उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन। उनमा बंगुरको मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूले अनुसन्धानपछि मात्रै यसबारे प्रतिक्रिया दिने बताएका छन्।, बेनेटको दुई महिनापछि मृत्यु भए पनि उनमा भएको बंगुरको मुटु प्रत्यारोपणलाई वैज्ञानिकहरूले विज्ञानको फड्को मानेका छन्। यो घटनाले मुटु प्रत्यारोपण क्षेत्रलाई एक कदम अगाडि बढाएको उनीहरूको ठम्याइ छ।, मेरिल्यान्डका बेनेट मुटुसम्बन्धी समस्याका कारण हप्तौंदेखि अस्पतालमा थिए। उनको उपचारका लागि चिकित्सकहरूले सबै विधि अपनाएका थिए। बेनेटको स्वास्थ्य यति कमजोर थियो कि उनी मान्छेको मुटु प्रत्यारोपणका लागि अयोग्य ठहरिए।, अमेरिकामा अहिले पनि १ लाख ६ हजारभन्दा बढी मानिसहरू विभिन्न अंग प्रत्यारोपणका लागि कुरिरहेका छन्। अर्गान डोनर डट जिओभीका अनुसार मुटु, कलेजो, किड्नीलगायत अंगहरू नपाएर दैनिक १७ जना मानिसले ज्यान गुमाउँछन्।, बेनेटका हकमा भने मान्छेको मुटु प्रत्यारोपण गर्ने विकल्प पनि बाँकी थिएन। तर उनी बाँच्न चाहन्थे। उनको बाँच्ने जिजिविषा देखेरै चिकित्सकहरूले नयाँ विकल्प सुझाए, बेनेटमा बंगुरको मुटु प्रत्यारोपण गर्ने। गत अक्टुबरमा चिकित्सकहरूले 'ब्रेन डेथ' भइसकेकी महिलामा बंगुरको किड्नी प्रत्यारोपण गरेका थिए।, मान्छेमा जनावरका अंगहरू प्रत्यारोपण गर्न थालिएको धेरै पहिलादेखि हो। जनावरका अंग मानवमा प्रत्यारोपण गर्नुलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ।, सन् १९६० को दशकमा केही मानिसहरूमा चिम्पान्जीका किड्नी प्रत्यारोपण गरिएका थिए। चिम्पान्जीको किड्नी राखेका एकजना मान्छे नौ महिनासम्म बाँचेको थिए। अरू त्यो भन्दा कम समयमै बितेका थिए। सन् १९८३ मा बेबी फाय नामकी बालिकामा बबुनको मुटु प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनी २० दिनभन्दा बढी बाँचिनन्।, पछिल्लो समय वैज्ञानिकहरूले बंगुरका अंगहरूलाई मानव शरीरले स्वीकार्ने सम्भावना बढी भएको पत्ता लगाएका थिए। बंगुरहरू हुर्काउन पनि सहज हुने र ६ महिनामै उसका अंगहरू वयस्क मानिसका लागि सुहाउँदा हुने भएकाले पनि वैज्ञानिकहरूले बंगुरमा जोड दिएका थिए।, यसअघि वैज्ञानिकहरूले बंगुरका मुटु ५० वटा बबुनमा प्रत्यारोपण गरेका थिए। बंगुरको मुटुका भल्भहरू मान्छेको मुटुमा राख्ने क्रम त पछिल्लो समयमा निकै बढेको छ।, बेनेटको शरीरमा मुटु प्रत्यारोपण गर्न लागिएको बंगुर जेनेटिक इन्जिनिरिङबाट तयार पारिएको थियो।, भर्जिनियाको ब्लाक्सबर्गस्थित रिभाइभिकर कम्पनीले उक्त बंगुर तयार पारेको थियो। मानव शरीरमा बंगुरको मुटुले राम्ररी काम गरोस् भनेर बंगुरमा १० वटा जेनेटिक परिवर्तनहरू गरिएको थियो। बंगुरमा हुने चार वटा जिनलाई निष्क्रिय पारिएको थियो भने मानव शरीरले बंगुरको मुटु सहजै स्वीकारोस् भनेर मान्छेका छ वटा जिन बंगुरमा राखिएको थियो।, निष्क्रिय पारिएको बंगुरको जिनमध्ये एउटा मानव शरीरमा आक्रामक रूपमा अस्वीकार हुने अणु बनाउने थियो भने अर्को मुटु मानवमा प्रत्यारोपण गरिसकेपछि पनि आकार नबढोस् भनेर गरिएको थियो।, अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले डिसेम्बर ३१ मा बंगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्न अनुमति दिएको थियो।, बेनेटको शल्यक्रियाको नेतृत्व डाक्टर बार्टली ग्रिफिथले गरेका थिए। उनी युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरको मुटु प्रत्यारोपण कार्यक्रमका प्रमुख पनि हुन्।, एफडिएको अनुमतिपछि डाक्टर ग्रिफिथले बंगुरको मुटु प्रत्यारोपणको अन्तिम तयारी थालेका थिए।, ‘मैले बेनेटलाई मान्छे मुटु दिन सक्दैनौं तर बंगुरको मुटु प्रयोग गर्न सक्छौं भनें,’ डाक्टर ग्रिफिथले भने,‘यसअघि कहिले पनि यस्तो गरिएको छैन तर हामी सक्छौं भन्ने लाग्छ।’, बेनेटले आफ्नो कुरा बुझ्दैनन् कि भन्ने उनलाई डर थियो।, बेनेटले भनिदिए- हुन्छ, त्यसपछि म बंगुरजस्तै कराउँछु होइन?, अप्रेशनको अघिल्लो दिन बेनेटले बाँच्ने आशमा आफूले बंगुरको मुटु लिएर अँध्यारोमा तिर हानेको बताएका थिए।, ‘कि मर्नु पर्ने कि यो प्रत्यारोपण गर्नुपर्ने अवस्था भयो। म बाँच्न चाहन्छु। मलाई थाहा छ, यो अँध्यारोमा हानिएको तिर हो तर यो नै मेरा लागि अन्तिम विकल्प हो,’ बेनेटले भनेका थिए।, सबै तयारी पूरा भएपछि बंगुरको मुटु निकालेर विशेष भाँडोमा राखिएको थियो। डाक्टर ग्रिफिथको टिमले आठ घन्टा लगाएर बंगुरको मुटु बेनेटको शरीरमा राखेको थियो।, बेनेटको मृत्युपछि डाक्टर ग्रिफिथले उनको साहसको प्रशंसा गरेका छन्।, 'उनले आफूलाई अन्तिमसम्म लड्ने साहसिक बिरामीका रूपमा प्रमाणित गरे। बेनेटको बाँच्ने साहस र दृढ इच्छाका कारण संसारभरिका मानिसले उनलाई चिने,' डाक्टर ग्रिफिथले भने।,
बंगुरको मुटु राखेर दुई महिनासम्म बाँचेका पुरूषको निधन
|
रासस नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन्।, अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएका हुन्।, प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको जानकारी दिइन्।, यस्तै महासचिवमा छ जनाले उम्मेदवारी दिएका छन्।, महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका हुन्।, कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन्।, आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५ जनाको उम्मेदवारी परेको छ।,
नेपाल बारको अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी
|
रासस असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ।, चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए।, चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ।, अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको छ।, गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए।, मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ।, असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको सपना पर धकेलिएको छ।, आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए।, मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंक (एडिवी)ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले बताए।, सुरुङमा थुुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताए।, ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले बताए।,
चैतभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी मर्मतलाई तीब्रता
|
नवीनबाबु गुरूङ काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै होली पर्व शुरू भएको छ। , बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो। , चीर ठड्याएसँगै आजदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।, चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।, हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरूखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ ।, आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुयाई दाहगरेपछि होली समाप्त हुन्छ।, फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र तराई मधेसका जिल्लाहरूमा चैत ४ गते होली पर्व परेको छ।, होलीमा सरकारले सार्वजनिक बिदा दिने गर्दछ।,
आजदेखि होली सुरू, बसन्तपुरमा चीर ठड्याइयो (तस्बिरहरू)
|
खिलानाथ ढकाल अमेरिकी सहयोग परियोजना एमसिसीको अनुदानमा मर्मत हुने सडकमा नयाँ प्रविधि प्रयोग गरिने भएको छ।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिव खोलासम्मको ७७ किलोमिटर सडकमा फुल डेप्थ रेक्लामेसन नामक नयाँ प्रविधि प्रयोग गर्न लागिएको हो।, यो प्रविधिले सडकको अहिलेको बेसलाई नै फुटाएर नयाँ बेसमा सिमेन्ट हालेर झन् बलियो बेस बनाउने छ।, त्यसो गर्दा अहिले सडकमा भइरहेका सामग्रीलाई नै पुन: प्रयोग गरिनेछ। यो प्रविधिमा अहिलेको सडकमा भएको सामानलाई फेरि प्रयोग गर्न मिल्ने बनाउने मेसिन हुन्छ। जुन मेसिन विदेशबाट मगाउनु पर्छ।, ‘ठेक्काको बोलपत्र आह्वान गर्दा नै हामी उक्त प्रविधिको प्रयोग गरेर काम गर्न सक्ने हुनुपर्ने उल्लेख गरिदिन्छौं,’ अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समितिका सूचना अधिकारी राजिव दाहालले भने, ‘चाहिने मेसिन ठेकेदारले नै ल्याएर आउँछन्।’, सडकको माथि सुपरपेभ नयाँ अस्फाल्ट वेअरिङ कोर्स हालिनेछ। जुन परम्परागत अस्फल्ट भन्दा बलियो र टिकाउ हुन्छ।, यो प्रविधि प्रयोग गरेर सडक बनाउँदाको एउटा उदाहरण हेर्नुस् भिडिओ:, धान-खोला, शिव खोला ७७ किलोमिटर खण्डलाई दुई भागमा विभाजन गरिएको छ। धानखोला-लमही ४० किलोमिटर सडक खण्डलाई पाइलट आयोजनाको रूपमा काम भइरहेको छ। अहिले परामर्शदाता छनोट भएर डिजाइन को काम भइरहेको दाहालले बताए।, सडकलाई १२ मिटर चौडा बनाउने, जसमा ७ मिटर गाडी गुड्ने क्यारिज्वे डबल लेन र साढे २ मिटर दायाँ-बायाँ सोल्डर हुनेछन्। सहरी क्षेत्रमा १-१ मिटर नाली र ग्रामीण क्षेत्रमा दुई-दुई मिटर नालीसहित १४ मिटर र १६ मिटर चौडा हुनेछ।, यो प्रविधिबाट पूर्व-पश्चिम राजमार्ग मर्मत हुने भएपछि सडक विभाग अन्तर्गको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले दुई दर्जन बढी इन्जिनियरलाई तालिम दिएको छ।, पन्ध्र र पाँच दिन गरी दुई चरणमा इन्जिनियरलाई केन्द्रले हालै तालिम दिएको हो।, फुल डेप्थ रेक्लामेसन प्रविधि नेपालमा नयाँ हो। इन्जिनियरका अनुसार यो प्रविधिबाट कम लागतमा सडक बन्छ, बेसदेखि नै सडक दर्बिलो हुन्छ तथा वातावरणमैत्री हुन्छ।, ‘यो प्रविधिमा हरेक लेयरमा रहेको सामग्री खनेर पुन: प्रयोगका लागि तयार पारिन्छ, तलको ग्राभेलदेखि माथि पिचसम्मको सामग्रीलाई फेरि प्रयोग गर्न मिल्छ,’ केन्द्रका प्रमुख कैलाशकुमार श्रेष्ठले भने, ‘यसो गर्दा कम लागत हुने, निर्माण सामग्री पनि कम प्रयोग हुने भयो।’, अहिलेसम्म नेपालमा दुई तरिकाले सडक मर्मत हुन्थ्यो। पहिलो, भएकै पिचमाथि पिच थप्ने। अर्को, भत्काएर नयाँ बनाउने। , यसो गर्दा पहिले पुरानो सामग्री पुन: प्रयोगचाहिँ हुन्थ्यो। तर, धेरै सामग्रीहरू काम लाग्दैनथे। हरेक तह छुट्याएर तिनलाई पुन: प्रयोगका लागि तयार पार्ने प्रविधि थिएन। त्यसो गर्दा निर्माण सामग्री बढी लाग्थ्यो।, नयाँ प्रविधिमा सबैभन्दामुनिको तहमा सिमेन्ट पनि प्रयोग गरिने भएको छ। कम्तीमा पाँच प्रतिशत सिमेन्ट राखेर सडकको बेसलाई बलियो पार्ने काम गरिन्छ।, ‘अहिले निर्माण सामग्री पनि अभाव हुन थालेको छ, निर्माण सामग्री धेरै चाहिने भएकाले खर्च बढ्ने भयो,’ उनले भने, ‘यो प्रविधिमा कम खर्चमा काम हुने अपेक्षा छ।’, नयाँ प्रविधिबाट सडक निर्माण गर्दा प्रयोग हुने एउटा मेसिन पनि एमसिए-नेपालले सडक विभागलाई दिएको छ। फलिङ वेट डिफ्लेक्टोमिटर नामको मेसिन एमसिए नेपालले विभागलाई दिएको हो।, यो मेसिनले सडकको जुनसुकै तह जाँच गर्न सक्छ। यो प्रयोग गर्दा सडकको अवस्था कहाँ, के, कस्तो छ र कति मर्मत गर्नुपर्ने हो थाहा पाउन सकिन्छ।, एमसिए-नेपाल ले सडक विभागलाई ल्याब इक्विप्मेन्टहरू पनि दिएको छ।, सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजंग बस्नेतका अनुसार दक्षिण एसियामै नयाँ प्रविधि नेपालले अपनाउँदैछ।, ‘अमेरिकनहरूले मात्रै यस्तो विधिबाट सडक बनाउने गरेका थिए, यसो गर्दा कम खर्च हुने र टिकाउ हुने भनिएको छ,’ उनले भने, ‘हामीले प्रयोग गरिनसकेको हुनाले अहिले नै यसको ग्यारेन्टी गर्न चाहिँ सकिएन।’,
एमसिसीअन्तर्गत बन्ने सडकमा प्रयोग हुने प्रविधि दक्षिण एसियामै नौलो
|
सेतोपाटी संवाददाता संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको छ।, आज बिहान करिब ८ बजेतिर मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्ती भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।, घटनामा परी १३ जनाको ज्यान गएको मादी नगरपालिकाका मेयर बिदुर कुमार लिंथेपले सेतोपाटीलाई जानकारी दिए। यस्तै घटनामा परी ८ जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई लिन हेलिकप्टर आउँदै गरेको मेयर लिंथेपले जानकारी दिए।, बस सडकबाट ५०० मिटर तल खसेको छ।, आफू घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।, ‘यात्रुहरू घाइते छन् भन्ने खबर आएको छ, प्रहरी घटनास्थल पुगेपछि थप विवरण आउनेछ,’ उनले भने।, उक्त बसमा करिब २५ जना यात्रु रहको अनुमान छ। स्थानीयले केही यात्रुलाई उद्धार गरेका छन्। दुर्घटनामा परेर मृत्यु हुनेको संख्या यकिन हुन बाँकी छ।, दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।,
संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना, १३ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरूबाट नलिएको दाबी गरेको छ।, कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको दाबी गरेको हो।, एमबिबिएस शुल्कमा नोबेलले आयोगले तोकेको भन्दा बढी शुल्क उठाएको भन्दै विद्यार्थीहरू आन्दोलित छन्। यो प्रकरणमा नोबेल मेडिकल कलेजमाथि आयोगले छानबिन पनि गरिरहेको छ।, ‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शीर्षकहरूमा तोकिएको भन्दा कुनै बढी शुल्क माग नगरिएको र नलिएको व्यहोरा जानकारी गराउँछौं,’ कलेजका प्राचार्य डा.रामहरि घिमिरेद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको सूचना प्रवाह नगर्न विद्यार्थीहरूलाई आग्रह गर्दछौं र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नु हुन सबैमा अनुरोध छ।’, नोबेल मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबीच २०७८ पुस ३० गते भएको लिखित सहमतिलाई अक्षरश पालना गर्न कलेज प्रतिवद्ध रहेको विज्ञप्तिमा भनिएको छ।, त्यस्तै, कलेजले विद्यार्थीहरूलाई कलेजमा उपस्थित भई अध्ययन गर्न कुनै बाधा व्यवधान नरहेको पनि नरहेको बताएको छ।, हालसम्म नियमित अध्ययन प्रक्रियामा समावेश नभएका विद्यार्थीहरूलाई चाँडो कलेजको सम्पर्कमा आएर अध्ययनमा सहभागी हुने वातावरण मिलाइदिन नोबेलले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई अनुरोध गरेको छ।, शिक्षा मन्त्रालयसँग भएको वार्तामा नोबेल सञ्चालकले बढी शुल्क नलिने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेपछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले कारबाही गर्न गृह मन्त्रालयसँग माग गरेका छन्। गृह मन्त्रालयले भने नोबेल सञ्चालकमाथि कारबाही गरिसकेको छैन। ,
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नमागेको नोबेलको दाबी
|
सेतोपाटी संवाददाता संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।, आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।, बसमा करिब २५ जना रहेको अनुमान छ।, बस दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए।, पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ। तीन जना गम्भीर घाइते छन्। उनीहरूलाई हेलिकोप्टर मगाएर उपचारका लागि लैजाने तयारी छ।, साथै गृहमन्त्री बालकृष्ण खाणले घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन्।, बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।, ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो।,
संखुवासभामा बस दुर्घटना: १४ जनाको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै
|
रासस स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियु बन्द भएको छ।, बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डेन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आइसियु बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। , अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको बच्चाको आइसियु मेसु सरूवा भएलगत्तै बन्द भएको अस्पतालका कर्मचारीले बताएका छन्। , अस्पतालका तत्कालीन मेसु डा गौतमले भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा प्रसव पीडामा रहेका महिला र बच्चाको ज्यानै जाने अवस्था अन्त्य गर्न २० शय्याको एनआइसियु र १६ शय्याको अर्को आइसियु सञ्चालनमा ल्याइएको भए पनि आफ्नो सरूवा भएको केही दिनपछि नै बच्चाको आइसियु (एनआइसियु) बन्द भएको सुन्दा दुःख लागेको डा गौतमले बताइन्।, अस्पतालले बच्चाको आइसियु सञ्चालन गर्न थप छ जना नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन गरेकाले बन्द सेवा पुनः सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। , जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नवराज गेलालले नमूनाका रूपमा सञ्चालित भक्तपुर अस्पतालमा बन्द आइसियु तत्काल सञ्चालनमा ल्याउनुपर्ने र अस्पतालबाट बिरामी निजी अस्पतालमा रिफर गर्ने कार्य रोक्नुपर्ने बताए। ,
,
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीधर ढुङ्गेलले अस्पतालले विगतमा तयारी नै नगरी एनआइसियु सञ्चालन गरेकाले बन्द गर्नुपरेको जानकारी दिए।,
भक्तपुर अस्पतालमा खुलेको आइसियु सेवा बन्द
|
डा. भोजराज लुइटेल मिर्गौला हाम्रो शरीरको निष्कासन प्रणालीसँग सम्बन्धित अंग हो। यसले शरीरका विकारयुक्त कुरा फाल्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम गर्छ। यो एकदमै महत्वपूर्ण अंग हो। भगवानले हरेक मानिसलाई जन्मजात दुइटा मिर्गौला दिनुभएको हुन्छ। यिनीहरू पेटको पछाडिको भागमा हुन्छन्। मिर्गौला सिमी आकारका हुन्छन्।, मिर्गौलाको रोग कसरी लाग्छ?, कतिपय अवस्थामा मिर्गौलाका रोग जन्मजात हुन्छ। कोही उमेर बढ्दै जाँदा रोगी हुन्छन्। बच्चाहरूमा जन्मजात रूपमा एउटामात्रै मिर्गौला हुने, मिर्गौलाको रगतको नशा च्यापिएको वा बिग्रिएको हुने, मिर्गौलामा सिस्ट बन्नेलगायतका समस्या देखिन्छन्। पिसाब उम्लिएर गएर संक्रमण गराउने,पिसाबको थैली र नलीका रोगले पनि बच्चाको किड्नीलाई असर गरिरहेको हुन्छ।, वयष्क मान्छेमा मिर्गौलाको समस्या हुनुका प्रमुख दुई कारण उच्च रक्तचाप र मधुमेह हुन्। मिर्गौलामा रोग देखिने अन्य कारणमा मिर्गौलाको हुने पत्थरी, ट्युमर, मिर्गौलामा लाग्ने चोटपटकलगायत छन्। , मिर्गौलालाई स्वस्थ कसरी राख्ने?, बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ। हरेक ६ महिना/१ वर्षमा रक्तचाप, क्रियाटिन, पिसाबको परीक्षण र अल्ट्रासाउण्ड (भिडियो एक्सरे)गर्नुपर्छ। यी सबै स्क्रिनङ परीक्षण हुन्। मिर्गौलाको रोग अरू रोगजस्तो सजिलै पत्ता लाग्दैन किनभने क्रियाटिन बढ्नलाई मिर्गौला ७० देखि ८० प्रतिशत बिग्रिनुपर्छ। त्यसैले पिसाब, रगत सबैको परीक्षण गरे मिर्गौला रोगलाई सुरूकै स्टेजमा पत्ता लगाउन सकिन्छ।, उच्च रक्तचाप हुनेहरूले नियन्त्रण गर्नुपर्छ। सम्बन्धित फिजिसियनकहाँ गएर बेलाबेलामा परीक्षण गर्नुपर्छ। डाइविटिजका बिरामीले पनि खानामा ध्यान दिने अनि व्यायाम गर्नुपर्छ। रगतको नसा स्वस्थ राख्न कोलस्ट्रोल नियन्त्रण गर्न व्यायाम गर्नुपर्छ। धुमपान गर्नु हुँदैन। धुमपानले फोक्सोलाई मात्र असर गर्ने होइन,मिर्गौलामा जाने रगतको नशा पनि सुकाइदिन्छ। धुलो, धुँवा वातावरणीय प्रदुषणबाट मुक्त रहेर विष, लिड, मर्करीबाट मुक्त रहन सकियो भने मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ।, प्रशस्त पानी पिउनु पनि महत्वपूर्ण छ। पानी धेरै पिउँदैमा मिर्गौला स्वस्थ हुन्छ भन्ने होइन। कुनै पनि ठाउँको मौसम अनुसार पानी पिउनु पर्छ। सामान्य रूपमा दैनिक दुईदेखि साढे दुई लिटर पिसाब बाहिर आउने गरी पानी पिउनु पर्छ। काठमाडौंलगायतका चिसो ठाउमा यो मात्राले पुग्छ भने तराईलगायतका अन्य क्षेत्रमा त्यही अनुपातमा पानी पिउनुपर्छ।, सजिलो भाषामा भन्ने हो भने मुटुलाई स्वस्थ जस्तो खानाले राख्छ त्यस्तै खाना खानुपर्छ। फलफूल हरियो सागसब्जीको मात्रा बढाउनु पर्छ। जसले रोग प्रतिरोधात्मक एन्टीअक्सिडेन्टको मात्रा बढाउँछ। रक्सी, चुरोट, ड्रग्सबाट सधैं टाढै रहनु पर्छ। सन्तुलित भोजन गर्नुपर्छ, जंक फुडलाई बन्द गर्नुपर्छ। खाडी राष्ट्रमा रोजगारीमा जानेले पानीभन्दा कोक, फेन्टा बढी खाने भएकाले त्यसको असर परेको छ। जंक फुड, जंक ड्रिंक्सले मिर्गौलालाई हानी गर्छ।, सबैभन्दा राम्रो शुद्ध पानी पिउनु हो। कागती पानी, दही मोहीले मिर्गौलालाई फाइदा गर्छ। अत्यधिक व्यायामले पनि मिर्गौलालाई असर गर्न सक्छ। नियमित व्यायाम चाहिन्छ। वर्षमा एक पटक मसल च्यातिने गरि व्यायाम गरे त्यसले किड्नीलाई असर गर्छ। सन्तुलित व्यायाम गर्ने तर एक्कासी धेरै गर्ने होइन। कुनै पनि अतिले खति गर्छ। व्यायाम गर्नुस्, हरेक दिन गर्नुस् अथवा हप्ताको एक-दुई चोटी मिलाएर गर्नुस् तर एकै पटकमात्र धेरै गह्रौं व्यायाम नगर्नुस्।, मिर्गौला रोगका लक्षण, मिर्गौला रोगका कतिपय लक्षण दुखेर हुन्छ कतिलाई नदुखी पनि हुन्छ। पत्थरी रहेछ भने कोखा दुख्ने, पिसाबमा रगत जाने हुन्छ। यस्तो बेलामा पिसाबमा रगत जाने र उल्टी हुन सक्छ। तर धेरैजसो 'साइलेन्ट ड्यामेज' हुन्छ। यस्तो भए अत्यधिक टाउको दुख्छ। उच्च रक्तचापले टाउको दुख्छ भने त्यहाँ भएको युरियालगायत पानी सोडियमले गर्दा उल्टी हुने हुन्छ।, त्यसपछि अनुहार, आँखाका कोषिका, गोडा, अण्डकोषको छाला सुन्निने हुन्छ। कतिपयलाई छाती दुख्ने अनि स्याँ..स्याँ... हुने हुन्छ। शरीर पहेँलो हुँदै आउँछ। यी सबै धेरै बिग्रिसकेपछि देखिने लक्षण हुन्। सुरुवाती चरणमा त केही थाहा हुँदैन। मिर्गौला ७०/८० प्रतिशत बिग्रिएपछि मात्रै लक्षण देखिन्छ। पिसाबको रङ परिवर्तन हुनु, पिसाब धेरै गन्हाउनु पनि मिर्गौला रोगकै लक्षण हुन्।, मिर्गौला रोगको उपचार, यो रोगका विभिन्न चरणहरु हुन्छन्। रिस्कमा पर्नु, चोट लाग्नु, मिर्गौला फेल, मिर्गौलाको काम गर्ने क्षमताको ह्रास र 'इन्डस्टेज' गरी पाँच वटा चरण छन्। यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ। दुइटै किड्नी अथवा पिसाबको नलीमा पत्थरी पर्यो, ट्युमर देखियो भने त्यसलाई फाल्नुपर्छ। यो पनि उपचारको एउटा पद्धती नै हो। ट्युमर छ भने त्यसलाई निकाल्नुपर्छ।, पिसाब उम्लेर गएको छ भने त्यसलाई नउम्लिने बनाइदिनुपर्छ। उपचार गर्न मिल्ने कारणहरूको उपचार गर्ने हो। सुगर, प्रेसर नियन्त्रणमा राख्ने हो। जथाभावी नदुख्ने औषधीहरु खानु हुँदैन। पानी ठिक्क मात्रामा पिउनु पर्छ। सन्तुलित रूपमा प्रोटिन मिसिएका खाना खानुपर्छ। अण्डा, माछा, मासु सबै खान हुन्छ तर 'डाइटिसियन'को सल्लाहमा।, सुरूवाती चरणमा यसरी नियन्त्रण गर्न सकिए पनि अन्तिम अवस्थामा पुगेपछि भने डायलासिस वा मिर्गौलाको प्रत्यारोपणमा जानुपर्छ। , (उपप्राध्यापक डाक्टर भोजराज लुइटेल त्रिवि शिक्षण अस्पताल र ग्राण्डी अस्पतालमा कार्यरत छन्।),
मिर्गौला कसरी जोगाउने? (भिडिओ)
|
सेतोपाटी संवाददाता प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई ६ वर्षपछि पक्राउ गरेको छ। , सिरहा बिसनपुर गाउँपालिका-५ का विक्की मुस्कान नाम गरेका भोगेन्द्र यादवलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा कतारबाट कतार प्रहरीको सहयोगले यादवलाई नेपाल ल्याएको हो। , यादवमाथि २५ वर्षीया श्रीमती आरती परियारको हत्या गरेको आरोप छ। , यादवले ललितपुर लेले-९ फैडोलमा रहेको पीआइए जाने बाटोको जंगलमा धारिलो हतियारले घाँटीमा प्रहार गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , प्रहरीले परियारको हत्या गरेको अवस्थामा शव फेला पारेको थियो। घटना २०७२ साल वैशाख १५ गतेको हो। , प्रहरीले आवश्यक कानुनी कारवाहीका लागि महानगरीय प्रहरी वृत चापागाउँबाट पठाएको छ। , ,
श्रीमतीको हत्या आरोपित ६ वर्षपछि पक्राउ
|
सेतोपाटी संवाददाता नाबालिग बलात्कार आरोपमा पक्राउ परेका चिनियाँ नागरिक ली झियुआन जेल चलान भएका छन्।, पोखराकी एक नाबालिगलाई फकाएर प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लागेका झियुआनलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको हो। , विगत केही समययता ३३ वर्षीय झियुआनले १८ वर्षभन्दा कम उमेरकी नाबालिगलाई फकाएर गरी विवाह गर्ने प्रलोभनमा पारेर बलात्कार गरेको पीडित पक्षको आरोप छ।, पीडित परिवारले दिएको जाहेरीमा गत माघ २ गते राति ८ बजेतिर नाबालिग किशोरीको कोठामा पुगेर बलात्कार गरेको उल्लेख छ।, पीडित नाबालिगका आमाले माघ २४ गते बलात्कार आरोपमा जाहेरी दिएकै दिन प्रहरीले झियुआनलाई पक्राउ गरेको थियो।, प्रहरी अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालय मार्फत् गत शुक्रबार अदालतमा मुद्दा दायर गरेको थियो।, मुद्दामा झियुआनलाई मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ अनुसार सजायको माग गरिएको छ।, उक्त मुद्दामा जिल्ला अदालत कास्कीले अभियुक्त झियुआनलाई पुर्पक्षका लागि जेल चलान गरको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए।, पोखरामा उनीहरूबीच चिनाजानी भएपछि चिनियाँ नागरिक झियुआनले नाबालिगलाई घुमाउने, प्रेम गरेको बहाना गर्ने गरेको देखिएको उनले बताए।,
नाबालिग बलात्कार आरोपित चिनियाँ नागरिक पुर्पक्षका लागि थुनामा
|
सेतोपाटी संवाददाता भन्सार छलेर भारतबाट ल्याइएको ट्रक र कन्टेनरसहित प्रहरीले दुई जना चालकलाई नियन्त्रणमा लिएको छ।, पर्सा प्रहरीले करिब ९० लाख रुपैयाँ बराबरको सामान बोकेका ट्रक र कन्टेनरलाई आइतबार र सोमबार नियन्त्रणमा लिएको हो।, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार आइतबार ना६ख ९९९५ नम्बरको मालबाहक कन्टेनर नियन्त्रणमा लिइएको छ।, भन्सार छलेर ल्याइएका मालवस्तु र हार्डवेयरका सामान बोकेको उक्त कन्टेनर वीरगन्ज महानगरपालिका-१५ बाट आइतबार साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको हो।, सो कन्टेनरमा ४० लाख रुपैयाँ बराबरका सामान थिए। चालकसहित उक्त कन्टेनरलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।, यसैगरी, वीरगञ्जबाट लत्ताकपडा, जुत्ता र खुद्रा मालवस्तु लोड गरेर रुपन्देही लैजाँदै गरेको अवस्थामा सोमबार दिउँसो एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज-८ घन्टाघर चोकबाट ना३ख २९४४ नम्बरको ट्रक दिउँसो साढे १ बजे नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतले बताए। उक्त ट्रकमा ५० लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान रहेको उनले बताए। ट्रक र चालकलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको बस्नेतले जानकारी दिए।,
९० लाख बराबरको भन्सार छलीको सामानसहित कन्टेनर र ट्रक पर्सा प्रहरीको नियन्त्रणमा
|
सेतोपाटी संवाददाता नाबालिग बालिकालाई बलात्कार गरेको आरोप लागेका चिनियाँ नागरिक लि झियुआन जेल चलान भएका छन्।, पोखराकी एक नाबालिग बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लागेका झियुआनलाई जिल्ला अदालत कास्कीले पुर्पपक्षका लागि थुनामा पठाएको हो।, उक्त मुद्दामा जिल्ला अदालत कास्कीले अभियुक्त झियुआनलाई पुर्पक्षका लागि जेल चलान गरको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए।, विगत केही समययता ३३ वर्षीय झियुआनले १८ वर्षभन्दा कम उमेरकी नाबालिगलाई विवाह गर्ने प्रलोभनमा पारेर बलात्कार गरेको पीडित पक्षको आरोप छ।, पीडित परिवारले दिएको जाहेरीमा गत माघ २ गते राति ८ बजेतिर नाबालिग किशोरीको कोठामा पुगेर बलात्कार गरेको उल्लेख छ।, पीडित बालिकाकी आमाले माघ २४ गते बलात्कार आरोपमा जाहेरी दिएकै दिन प्रहरीले झियुआनलाई पक्राउ गरेको थियो।, प्रहरी अनुसन्धानपश्चात् गत शुक्रबार अदालतमा मुद्दा दायर गरिएको थियो। मुद्दामा झियुआनलाई मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ अनुसार सजायको माग गरिएको थियो।, पोखरामा उनीहरूबीच चिनाजानी भएपछि चिनियाँ नागरिक झियुआनले नाबालिगलाई घुमाउने, प्रेम गरेको बहाना गर्ने गरेको देखिएको प्रहरी अनुसन्धानले देखाएको थियो।,
नाबालिग बालिकालाई बलात्कार गरेको आरोप लागेका चिनियाँ नागरिक कारागार चलान
|
खिलानाथ ढकाल काठमाडौं-२० जैसीदेवल बस्ने २२ वर्षीया पूजाकुमारी पोदारको गत फागुन १७ गते सिरहामा शव फेला पर्यो।, पोदारको शव राति १० बजे कर्जन्हा नगरपालिका-७ स्थित कमला नदी किनारको काँसघारीमा भेटिएको थियो।, शव फेला परेपछिको प्रारम्भिक अनुसन्धानमा पूजा काठमाडौं बस्थिन् भन्नेसम्म प्रहरीले पत्ता लगायो। उनको पहिरन तराईको भेषभूषासँग मिल्थ्यो। , काठमाडौं बस्ने पूजा सिरहासम्म कसरी पुगिन्, उनलाई त्यहाँसम्म कसले डोर्यायो र हत्यासम्म गर्यो? प्रहरी अनुसन्धान यसैमा केन्द्रित थियो। , अनुसन्धान गर्दै जाँदा पूजाको हत्याको पृष्ठभूमिमा उनलाई केही समयअघि बिहे गरेका प्रेमी देखिए। , प्रहरीका अनुसार सिरहा कर्जन्हा नगरपालिका-७ प्रेमनगरका अमर राउत (प्रेमी)लाई शनिबार पक्राउ गरियो। , पक्राउ परेपछिको स्वीकारोक्ति बयानका आधारमा प्रहरीले राउतलाई मुख्य आरोपी किटान गर्यो। प्रहरीले आइतबार राउतलाई सार्वजनिक गर्यो। , राउत पक्राउ परेसँगै पूजा हत्याको अनुसन्धानले गति लिएको प्रहरीको भनाइ छ।, राउतकै बयानका आधारमा पूजाको हत्यामा सहयोगी भूमिका निभाएका सिरहा कल्याणपुर नगरपालिका-४ जमुवा बस्ने २६ वर्षीय मन्तोषकुमार साह पक्राउ परेका छन्। , सोमबार पक्राउ परेका मन्तोषकुमारलाई प्रहरीले सार्वजनिक गरिसकेको छ। मन्तोषकुमार अमरका साथी रहेको र हत्यामा उनले पूजाको खुट्टा समातेर सहयोग गरेको खुलेको छ। , सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार पूजाको परिवार भारत बिहारको हो।, करिब ३०/३५ वर्षपहिले भारतबाट काठमाडौंमा आएर उनको परिवार ग्यास चुल्हो, प्रेसर कुकर मर्मत तथा बिक्री वितरण गर्दै आएको थियो। उनको परिवारमा बुवा, दाजु-भाउजू र भाइ छन्।, पूजाले राउतलाई फेसबुकबाट चिनेकी थिइन्। वैदेशिक रोजगारीका लागि कतारमा रहेका राउतसँग फेसबुककै माध्यमबाट सम्बन्ध स्थापित भएको थियो।, पूजा एलएलबी पढ्दै थिइन्। ल फर्महरूमा काम गर्दै आएकी थिइन्। अमर भने प्लस टु पढ्दापढ्दै वैदेशिक रोजगारीमा गएका थिए। , ‘पूजासँग राउतको एक वर्षअघि फेसबुकबाट चिनजान भएको रहेछ,’ प्रहरी उपरीक्षक तिमिल्सिनाले सेतोपाटीसँग भने, ‘अनुसन्धानमा उनीहरू नियमित सम्पर्कमा रहेको र नेपाल फर्केपछि बिहे गर्ने सल्लाह भएको देखिन्छ।’, फेसबुकबाट चिनजान हुँदै राजीखुसीमा बिहे गर्ने सल्लाह कार्यान्वयन गर्न अमर गत माघ १३ गते काठमाडौं आए। भद्रकाली मन्दिरमा पूजालाई बिहे गरे। बाफलमा छुट्टै कोठा भाडामा लिएर दुबै बस्न थाले।, यो विवाहको बारेमा अमरले आफ्नो घरमा कुराकानी गरिरहेका थिए। तर, परिवारले स्वीकार गर्न सकेको थिएन।, ‘परिवारलाई सहमत गराउँछु भनी अमर फागुन पहिलो साता घर हिँडे, तर निकै दिन काठमाडौं फर्केनन्,’ एसपी तिमिल्सिनाले भने।, राउत नआएपछि पूजा शंकित भइन्। भर्खरै बिहे भएका श्रीमानलाई आफैं खोज्दै फागुन १६ गते सिरहा पुगिन्। बस्तीपुर चोक पुगेर अमरलाई फोन गरी आफूलाई लिन आउन भनिन्।, ‘म अहिले बाहिर छु, लिन आउँछु,’ अमरले भने।, तिमिल्सिनाका अनुसार यता अमरको परिवारमा भने अर्कै कार्यक्रमको योजना तय भइसकेको रहेछ।, धनुषा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाकी युवतीसँग अमरको विवाहको तयारी भइरहेको थियो। फागुन १९ गते अमरको विवाहका लागि आफन्त-नातागोता निम्त्याइएको थियो।, यो माहोलमा अमर परिवारलाई धोका दिने वा प्रेमिकालाई भनी बिलखबन्दमा पर्छन्। पूजाको आगमनले बिहे भाँडिने निश्चित ठान्छन्। , बिहे गर्न लागेकी युवतीको घर, आफ्नो घर दुबैलाई समस्या पर्ने बुझ्छन्। मनमा यस्ता कुरा खेलाउँदै जाँदा पूजाको हत्या गर्नुपर्ने निष्कर्षमा पुग्छन्।, ‘यो केटीले मेरो विवाह बिगार्ने भई अब यसलाई मार्नुपर्छ भनी योजनाबद्ध रूपमा उनी बस्तीपुर चोक आउँछन्,’ तिमिल्सिनाले भने, ‘साथी मन्तोषसँग सरसल्लाह गरेर हिँड्छन्। घर लैजाने बहाना बनाउँदै कमला नदी किनार पुर्याउँछन्। घाँटी थिचेर पूजाको हत्या गर्दा मन्तोषले खुट्टा समाएर सहयोग गर्छन्।’, तिमिल्सिनाका अनुसार पूजाको हत्यापछि आफ्नो बिहे सम्भव देखेका अमर शव छोडेर निर्धक्क बस्न भने सकेको देखिँदैन। पूजाको हत्यापछि अमरले युवतीको परिवारमा फोन गर्छन् - म यो बिहे गर्न सक्दिनँ। १९ गते आउन पनि सक्दिनँ। , ‘टेलिफोन कुराकानीको विवरणसमेत अध्ययन गर्दा अमरले जुन योजनासाथ पूजाको हत्या गरे, अर्की युवतीलाई अंगाल्न हिच्किचाए, हत्यापछि उनको मनोविज्ञान अचानक परिवर्तन भएको देखिन्छ,’ तिमिल्सिनाले भने।, फोन कुराकानीमै युवतीको परिवारलाई ‘बिहे रोक्न’ भन्दै भागेका अमर सिरहा जिल्लामै लुकिछिपी बसिरहेका थिए। शनिबार प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले अमरलाई पक्राउ गरेको थियो।, पूजाको हत्यामा अमरका साथी मन्तोषसँगै अर्का एक जना पनि संलग्न छन् कि भन्ने आशंका प्रहरीको छ।, पक्राउ परेका दुबैलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान सुरू गरिएको तिमिल्सिनाले बताए।, ‘एलएलबी पढ्दै गरेकी पूजाको धेरै सपना थिए होला, तर प्रेम सम्बन्ध स्थापित गर्न खोज्दा उनी नै रहिनन्,’ तिमिल्सिना भन्छन्, ‘यो हत्याबाट सामाजिक सञ्जालमा चिनजानकै आधारमा र कोही व्यक्ति नजिकिएकै आधारमा सम्बन्ध स्थापित गर्न तयार हुनु घातक देखिएको छ।’,
एउटा फेसबुक प्रेमको दु:खान्त कहानी- भद्रकालीमा विवाह, महिना दिनमै सिरहामा हत्या
|
सेतोपाटी संवाददाता नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक नहरमा दुई जनाको शव फेला परेको छ।, सोमबार दिउँसो पौने १२ बजे प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र नजिकै गण्डक नहरमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , ५.६ फिट उचाइ भएका अन्दाजी ४०-४५ वर्षीय र ५.७ फिटका उचाइ भएका अन्दाजी २५-३० वर्षीय पुरूषको शव फेला परेको हो।, पहिलो शवभन्दा पूर्वपट्टि डेढ सयदेखि दुई सय फिटको दूरीमा अर्को शव फेला परेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए। , उनीहरू दुबै जनाको सनाखत हुन सकेको छैन। यद्यपि केही कागजात भेटिएको शाहीले बताए।, घटना शंकास्पद भए/नभएकोबारे पनि अनुसन्धान भइरहेको हुँदा यकिन साथ अहिले नै भन्न नसकिएको उनले बताए। , ‘अहिले नै ठ्याक्कै यही हो त भन्न सकिन्न,’ उनले भने, ‘हामीले अनुसन्धान गर्दैछौं। कागजातहरू केही भेटिएका छन्। त्यसलाई भेरिफाइ गर्दैछौं।’, सनाखत हुन नसकेको हुँदा कोही हराएको वा आफ्ना आफन्त भएमा प्रहरीको सम्पर्कमा आउन कार्यालयले अनुरोध गरेको छ। , प्रहरीको हटलाइन नम्बर १०० र कार्यालयको कन्ट्रोल रूम ९८५७०४५४०३ नम्बरमा फोन गरी जानकारी दिन अनुरोध गरेको हो।, दुबै शव पानीबाट निकालेर पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पतालमा राखिएको प्रहरीले बताएको छ। , पोष्टमार्टमले पनि घटना शंकास्पद भए/नभएको खुल्ने प्रहरीले जनाएको छ।,
,
नवलपरासी पश्चिमको एक नहरमा दुई जनाको शव फेला
|
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोट डाँडापौवाको एक घरमा एक जना व्यक्ति मृत फेला परेका छन्।, त्यो घरका अन्य चार जना गम्भीर अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार सोमबार राति घरमा रहेका पाँचमध्ये एक जना मृत अवस्थामा फेला परेका हुन्।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार गम्भीर रहेका चार जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।, मृत्यु हुनेमा २८ वर्षीय सुवर्णमान प्रधान छन्। यसैगरी, गम्भीर हुनेमा ३३ वर्षीया मन्दिरा प्रधान, ३८ वर्षीय भीममान प्रधान, ६३ वर्षीया इन्द्रमाया प्रधान र ११ वर्षीया सुब्रिना प्रधान छन्।, ‘एकैघरका पाँचमध्ये एकको मृत्यु भएको र अन्य चार जनालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको विवरण आएको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले ,सेतोपाटी,सँग भने।, प्रारम्भिक अनुसन्धानमा त्यो परिवारका व्यक्तिले सामूहिक आत्महत्या गर्ने मनसायले विष सेवन गरेको देखिएको पालले जानकारी दिए।, महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार घरको चेनगेट लगाएर उनीहरूले विष सेवन गरेको देखिएको छ। , ‘घटनास्थलमा विषका केही प्याकेटहरू भेटिएका छन्, ती विष के-का हुन् अहिले अनुसन्धान भइरहेको छ,’ केसीले सेतोपाटीलाई भने। , केसीका अनुसार परिवारका अन्य सदस्यसँगै सुवर्णमान गम्भीर अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि मनमोहन अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। , प्रारम्भिक अनुसन्धान गरी प्रहरीले मृतकको शव पोष्टमार्टमको लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।,
नागार्जुनको रामकोटमा एकै परिवारका पाँचमध्ये एक मृत फेला, चार गम्भीर
|
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोट डाँडापौवाको एकै घरका पाँच जनाले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेको देखिएको छ।, घटनास्थलमा पुगेका प्रहरी अधिकृतका अनुसार सोमबार राति करिब साढे ९ बजे घटनाबारे जानकारी आएको थियो।, घटनास्थलमा पुग्दा एकै परिवारका पाँच जना सख्त बिरामी अवस्थामा फेला परेका थिए। उनीहरूले विष सेवन गरेको देखिएको छ।, महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार प्रहरी पुग्दा घरको चेनगेटमा ताला लागेको थियो।, त्यो दुई तले घर उद्धव गिरीको हो। दोस्रो तलामा पाँच जनाको परिवार डल्लुबाट भाडामा बस्न गत कात्तिक महिनामा आएका थिए।, मृत्यु हुनेमा २८ वर्षीय सुवर्णमान प्रधान छन्। उनी हाल उपचाररत् ६३ वर्षीया इन्द्रमाया प्रधानका भतिजा हुन्।, अन्य गम्भीर अवस्थामा उपचाररत् ३८ वर्षीय भीममान प्रधान, उनकी श्रीमती ३३ वर्षीया मन्दिरा प्रधान र उनीहरूकी ११ वर्षीया छोरी सुब्रिना प्रधान छन्।, ‘उनीहरू सबैले विष सेवन गरेको देखिएको छ, उनीहरू गिरीको घरको दोस्रो तलाको एउटै फ्ल्याटमा बस्थे,’ केसीले सेतोपाटीसँग भने।, विष सेवन गर्नुको कारण खुलिनसकेको केसीले बताए। परिवारमा के समस्या थियो भन्ने खुलिनसकेको केसीले बताए।, ‘फ्लाटमा सबै जना लडिरहेका थिए, मुखमा फिँज काडिरहेका थिए, फ्ल्याटमा सामानहरू यत्रतत्र असरल्ल थिए,’ केसीले भने, ‘हामीले उठाएर सबैलाई मनमोहन मेमोरियल अस्पताल पुर्यायौं, त्यहाँ पुर्याउँदा सुवर्णमानको मृत्यु भयो, अरूको उपचार भइरहेको छ।’, घटनास्थलमा विषका प्याकेटहरू फेला परेको केसीले बताए। तर, ती प्याकेटहरू के-कस्तो विषका हुन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।, ‘सामूहिक तरिकाले आत्महत्या गर्नका लागि विष सेवन गरेको देखिएको छ,’ केसीले भने, ‘विषका पोकाबारे अनुसन्धान भइरहेकाले अहिले यही हो भनेर भन्ने अवस्था छैन।’, प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान गरिरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी प्रहरीको छ।,
चेनगेटमा ताला लगाएर प्रधान परिवारका पाँचै जनाले विष सेवन गरेका थिए: प्रहरी
|
नारायण खड्का मोटरसाइकलको ठक्करले बाँकेमा एक प्रहरी हवल्दारको मृत्यु भएको छ।, नेपालगञ्जमा भएको दुर्घटनामा प्रहरी जवान घाइते छन्।, राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार २९ वर्षीय भूपेन्द्रबहादुर शाहीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते हवल्दार शाहीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।, ड्युटीमै रहेका प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी पनि मोटरसाइकलको ठक्करले घाइते छन्। उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ।, उनीहरू इलाका प्रहरी कार्यालय मातहत राँझा विटमा कार्यरत थिए।, मंगलबार बेलुकी सवा ८ बजेतिर नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ड्युटीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो।, मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको अनुमान छ।, मोटरसाइकल चालक बर्दिया राजापुरका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
ड्युटीमा रहेका प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु, जवान घाइते
|
सेतोपाटी संवाददाता भक्तपुरमा परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ।, चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती भएको जग्गामा रहेको टहराभित्र महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, करिब ४० वर्षीया महिलाको शव परालले छोपेको अवस्थामा सोमबार बेलुकी १० बजेतिर फेला परेको हो।, महिलाको पहिचान भइसकेको छैन।, महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट र शरिरको अन्य भागहरूमा पनि चोटहरू देखिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।, महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
भक्तपुरमा परालले छोपेको अवस्थामा महिलाको शव फेला
|
सेतोपाटी संवाददाता महोत्तरीमा सुमो गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।, गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालक गौशाला नगरपालिका २ का २२ वर्षीय सञ्जित मण्डल र सम्सी गाउँपालिका १ पर्साका १२ वर्षका धिरज मण्डलको मृत्यु भएको छ।, औरही नगरपालिका ४ कठुधारस्थित माइस्थानमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र–०२–००१ च.०८४१ नम्बरको सुमो गाडी ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका थिए।, जलेश्वर अस्पतालमा उपचारका क्रममा: गए राति उनीहरूको मृत्यु भएको हो।, दुवैको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नावय उपरीक्षक प्रकाश विष्टले बताए।,
गाडीको ठक्करबाट महोत्तरीमा २ को मृत्यु
|
रासस तनहुँको व्यास–४ स्थित मुख्यचोकमा आइतबार भएको आगलागीबाट क्षति भएको विवरण सङ्कलनका लागि व्यास नगरपालिकाले समिति गठन गरेको छ।, आगलागीबाट हार्डवेयरको गोदाम र व्यक्तिको घरमा भएको क्षतिको विवरण सङ्कलनका लागि नगरपालिकाले तीन सदस्यीय समिति गठन गरेको हो।, नगरपालिकाका घरनक्शा शाखाका प्रमुख इञ्जीनियर अमृत केसीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सचिव माधव न्यौपाने सदस्य रहेको समिति गठन गरिएको छ।, गोदाम, व्यक्तिका घरलगायतमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी यही फागुन २६ गतेभित्र पेश गर्न समयावधि तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए।, आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्स, क्या बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठको घरमा क्षति पुगेको छ।, बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो।,
दमौली आगलागीको क्षति विवरण संकलन गर्न समिति गठन
|
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।, व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ।, आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ क २६६३ नम्बरको मिनीट्रकलाई सोही दिशाबाट मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापा कुटपिट गरेका थिए।, उनीहरुले उक्त ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए।, घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु ७२ प १३०६ नम्बरको स्कुटर र प्र०२–००–०००३प १८९१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।,
मध्यरातमा ट्रक रोकेर चालकलाई कुटपिट गर्ने युवाहरू पक्राउ
|
रासस जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ। यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ।, तुलसीपुर उपमहानगरपालिका-१९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घरजति नागरिकको जग्गामा नापी कार्यालले त्रुटि गर्दा समस्या गरेको छ। घर र जग्गा भोगचलन गरिहेको एउटाले हुन्छ, तर अर्कैका नाममा पुर्जा हुँदा त्यसले गाउँलाई निकै समस्या गराउने गरेको छ।, स्थानीयबासी संगीता बस्नेत परिवारको १६ कठ्ठा चार धुर जग्गा नाममा छ। तर उनीहरूले अहिले चार कठ्ठामात्रै भोगचलन गर्दै आएका छन्। किनकि उनीहरूका नाममा जग्गा भए पनि त्यो जग्गा अर्कैले भोग गर्दै आएका छन्। त्यस्तै, दरिभान घर्तीको परिवारले वि.सं २०१६ मा त्यस स्थानमा जग्गा किनेर घरबाससमेत बनाएको थियो। तर उनीहरूले किनेको र बनाएको घर अहिले अर्कैको नाममा छ। त्यतिमात्रै होइन, त्यही ठाउँका दुर्गाकुमारी बस्नेतको परिवारले पनि त्यहाँ जग्गा किन्यो। उनीहरूले खेत भनेर जग्गा किने तर नापी गर्दा सिँचाइको सुविधासमेत नभएको पाखो जग्गा परेको रहेछ। अहिले त्यही पाखो जग्गा उनीहरूले भोगचालन गर्दै आएका छन्।, जग्गा अर्काका नाममा परेर यस्तै थुप्रै समस्या देखिएका छन्। त्यहाँका करिब ४० घरको यस्तो समस्या छ। भोगचलन गरेको जग्गा एउटा र पुर्जा भएको जग्गा अर्कैको हुँदा निकै समस्या हुने गरेको स्थानीयबासी संगीता बस्नेतले बताइन्।, ‘हाम्रो जग्गा १६ कठ्ठा चार धुर हो, तर अहिले हामीले चार कठ्ठामात्रै उपभोग गर्दै आएका छौं’, उनले भनिन्, ‘भोगचलन गर्दै आएको जग्गा पनि हाम्रो नाममा छैन, अहिले जति भोग गर्दै आएका छौं, त्यत्तिमात्रै हाम्रो नाममा आए पनि खुसी हुने थियौं।’, अहिले अर्काको जग्गामा बसोबास गर्दा आफूहरूले त्यो जग्गामा घर निर्माणदेखि बैंकबाट ऋण लिनसमेत समस्या भएको दरिभान घर्तीले बताए।, ‘हामीले किनबेच पनि गर्न पाएका छैनौं, बैंकबाट ऋण निकालेर केही काम गर्न पनि पाएका छैनौं’, उनले भने, ‘घर हालौं भने पनि समस्या छ, अर्काका जग्गामा घर हाल्दा भोलि समस्या हुने हो कि भन्ने निकै डर छ।’, घर्तीको परिवार वि.सं २०१६ मा त्यस स्थानमा बसोबास गर्न आएको हो। उनीहरूले त्यहाँ जग्गा किनेर बस्न थालेका हुन्। जतिबेला छ महिना त्यस ठाउँमा बस्ने र बाँकी छ महिना पहाडी क्षेत्रमा बस्ने चलन थियो। औलो रोगको जोखिमले पनि त्यहाँका नागरिक पहाड जाने गर्थे। त्यहाँबाट पहाडमा गएको मौकामा त्यहाँ नापी भएको स्थानीयबासी घर्तीले बताए।, ‘हामी छ महिना दाङ बस्थ्यौं, छ महिना पहाड बस्थ्यौं’, उनले भने, ‘त्यही मौकामा नापी आएर जग्गा नापेर गएछ, पछि मात्रै हामीलाई थाहा भयो।’, त्यहाँका स्थानीयबासीले यसरी जग्गा बिग्रिएको भन्ने पनि थाहा पाएका थिएनन्। वि.सं २०५२/५३ तिर जग्गा किनबेच गर्ने क्रममा मात्रै उनीहरूले जग्गा यसरी बिग्रिएको भन्ने थाहा पाए।, अहिले मालपोत एउटाले तिर्ने र भोगचलन अर्कैले गर्ने अवस्था सिर्जना भएको छ।, ‘मालपोत कर हामीले तिर्छौं’, स्थानीय मीनप्रकाश विश्वकर्माले भने, ‘तर जग्गा अर्कैले भोग गर्ने गरेका छन्।’, राजनीतिक दलहरूले मिलाउन चाहेमा यो मुद्दा मिल्ने भए पनि यस विषयमा राजनीतिक दलहरूले पनि आफ्नो स्वार्थलाई बढी ध्यान दिएको समेत उनीहरूको गुनासो छ। , त्यहाँ जग्गा किनबेच गर्दा पनि निकै समस्या देखियो। स्थानीय दुर्गाकुमारी बस्नेतको परिवारले त्यहाँ खेत भनेर किने तर, नापीका क्रममा पाखोबारी परेकाले उनीहरू पाखो बारीमा चित्त बुझाउन बाध्य भए।, ‘हामीले खेत भनेर किन्यौं, केही वर्ष जोतभोग पनि गर्यौं’, बस्नेतले भनिन्, ‘तर पछि अर्कैका नाममा भएपछि, जसको नाममा छ, उसैले दाबी गर्यो, हाम्रो भागमा पाखो बारीमात्रै पर्यो।’, अहिले जग्गा बढी परेका व्यक्तिहरूले आलटाल गर्दा पनि त्यहाँ कुरा मिल्न सकेको छैन। यस विषयमा पटक-पटक वडा, पालिका र नापी कार्यालयलाई झक्झक्याउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ।, ‘हामीले नापी कार्यालयलाई झक्झकायौं, पटक-पटक वडालाई पनि भन्यौं, उपमहानगरपालिकामा पनि गयौं’, उनले भनिन्, ‘हुन्छ–हुन्छ भन्ने भयो तर कुनै निकायबाट यसमा चासो दिइएन।’, यसले पछिल्ला सन्तानलाई निकै समस्या पर्ने भन्दै यो समस्या तत्काल समाधान गर्नतर्फ सबैले ध्यान दिनुपर्नेसमेत स्थानीयबासीको भनाइ छ। नापी कार्यालय तुलसीपुरमा भने यस विषयमा समस्या लिएर स्थानीयबासी नआएको कार्यालय प्रमुख गणेशमान विश्वकर्माले बताए।, ‘म आएदेखि अहिलेसम्म कार्यालयमा कसैले पनि समस्या लिएर आउनुभएको छैन’, उनले भने, ‘यस विषयमा स्थानीय सरकारले चासो दिनुपर्छ, त्यहाँका स्थानीयबासी पनि एकापसमा मिलेर आएमा सहज हुने देखिन्छ।’,
जग्गा एउटाको, पुर्जा अर्कैको
|
सन्जिब बगाले नेपालकी पहिलो महिला प्रहरी, त्यो बेला देशमा भर्खर प्रजातन्त्र आएको बेला थियो। ७० वर्षअघिको नेपाली समाज आजभन्दा धेरै पितृसत्तात्मक थियो। अधिकांश महिला घरको चौघेरामा सीमित थिए।, सरकारी कार्यालयमा महिलाको उपस्थिति शुन्यजस्तै थियो।, निजामति कर्मचारीमै महिला भर्ती हुन नसकेको जुगमा बन्दुक बोक्नु पर्ने, डन्डा चलाउनु पर्ने सुरक्षा निकायमा महिलाको सहभागिता धेरैले कल्पना नै गर्दैनथे।, त्यही बेला नेपाल प्रहरीमा भर्ना भएकी हुन्-चैतमाया डंगोल।, उनी पनि जानेर बुझेर प्रहरीमा गएकी भने होइनन्।, नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको कार्यालयमा लैजाने भन्दै २००८ सालमा डंगोललाई झुक्याएर प्रहरीमा भर्ना लिइएको थियो। तत्कालीन कांग्रेसका काठमाडौंका नेताहरूले उनलाई प्रहरीमा जागिर लगाइदिएका हुन्।, ‘हामीलाई त सुरूमा कांग्रेसकै कार्यालय हो भन्दै खेल्न लगाए, रमाइलो भयो। त्यसमै भुल्यौं। चार महिनापछि हामीलाई सिंहदरबारमा लगेर प्रहरी बनेको जानकारी गराइयो,’ चैतमायाले सेतोपाटीसँग भनिन्,‘सुरूमा जागिर नखाने भन्यौं तर तालिम गरेको पैसा फिर्ता दिनु पर्ने नभए जेल जाने भनेर तर्साए। बाध्य भएर प्रहरी बन्यौं।’, त्यतिबेला नेपाल प्रहरीमा महिलाका लागि २५ दरबन्दी तोकिएको थियो। चैतमायासँगै १२ जनामात्र प्रहरी बनेका थिए।, चैतमायाका श्रीमान् केदारबहादुर श्रेष्ठ व्यापार गर्थे। श्रीमती प्रहरी भएको थाहा पाएपछिले उनले जागिर छोड्न भने।, चैतमायाले खाइसकेको जागिर छोड्न मानिनन्।, जागिर नछोडेकै कारण उनी र उनका श्रीमानबीच झन्डै पाँच महिना बोलचाल नै भएन। उनी माइत गएर बसिन्।, चैतमायाले खाइसकेको जागिर नछोड्नुका पछाडि कारण प्रहरीको जागिर भए पनि केही काम गर्न पर्दैनथ्यो।, ‘हाम्रो त अफिस जाने आउनेमात्रै काम थियो। खेल्न पाइन्थ्यो। पैसा पनि आउँथ्यो। प्रहरीको ड्रेससमेत लगाउन परेन,’ उनले भनिन्,‘महिला कर्मचारी नभएको त्यो समयमा महिला प्रहरीलाई सबैले साथ दिएका थिए। सजिलो भएकैले मैले जागिर छोडिनँ।’, प्रहरीलाई त्यो समयमा पुलिस भनेर बोलाउने चलन थियो।, चैतमायालाई त झनै ‘ए पुलिस, ए पुलिस’ भनेर हैरान पार्थे रे।, ‘त्यो बेला त लाजै हुन्थ्यो। ए पुलिस, ए पुलिस भन्दै जिस्क्याउँथे। म हिर्काउन जान्थें। मान्छे भाग्थे र पो,’ उनी फिस्स हाँसिन्,‘त्यस्तो बेला काम गरेको भएरै होला अहिले पनि मान पाइरहेको छु।’, त्यो बेलामा प्रहरीलाई ड्रेस लगाउन पनि पर्ने थिएन।, १० बजे कार्यालय गएर ५ बजे फर्किन पाइन्थ्यो। काम परेको बेलामा र कुनै बेला महिलाहरूलाई पक्रिन पर्ने भयो मात्रै हिँड्नपर्थ्यो।, ३२ वर्ष प्रहरी हुँदा चैतमायाले अधिकांश समय काठमाडौंमै बिताइन्।, चुनावको समयमा मात्रै सरकारले महिला प्रहरीलाई काठमाडौं बाहिर खटाउँथ्यो।, पञ्चायतकालमा हुने चुनावमा जनताले ठूलो मान सम्मान गर्ने गरेको बताइन्। पञ्चायतकालमा धेरै जिल्लाका सदरमुकामहरू सारिएका थिए। त्यही क्रममा उनी तनहुँको बन्दीपुर गएकी थिइन्। सदरमुकाम दमौली सार्ने भएपछि बन्दीपुरका स्थानीयहरूले २२ दिनसम्म आन्दोलन गरे। प्रहरीलाई पानीसम्म रोकेको समयमा दमौली सदरमुकाम सार्ने क्रममा आफू पनि बन्दिपुर गएको उनले बताइन्।, जागिरे हुँदा उनले यस्ता थुप्रै कुराको अनुभव गर्न पाइन्।, पञ्चायतविरोधी आन्दोलनमा सहभागी महिला नेतृहरूलाई गिरफ्तार गरेकोदेखि उनीहरूलाई अस्पतालमा निगरानी गर्नेसम्ममा उनी खटिएकी थिइन्।, ‘वीपी कोइरालाको श्रीमती (सुशीला कोइराला), भाइ बुहारी(नोना कोइराला), भान्जी (शैलजा आचार्य)लगायतलाई प्रहरीले गिरफ्तार गरेर लान्थ्यो। जेलमा साँघुरो भएपछि उहाँहरू बिरामी भएँ भनेर अस्पताल जानुहुन्थ्यो,’ उनले भनिन् ,‘ हामी उहाँहरूलाई कुरेर वीर अस्पतालमा बस्थ्यौं। अस्पतालबाहिर हतियार बोकेका प्रहरी खटिन्थे।’, त्रिभुवन विश्वविद्यालय स्थापना गर्ने क्रममा कीर्तिपुरका स्थानीयले विरोध गरेका थिए।, २०१६ सालमा भएको आन्दोलनलाई नियन्त्रण लिने क्रममा पनि चैतमाया धेरै दिन त्यहाँ गइन्। उनका अनुसार कीर्तिपुरवासीले नापी मालपोतका महत्वपूर्ण कागजात नै च्यातेर आन्दोलन गरेका थिए।, ‘विश्वविद्यालयको जग्गा लिने क्रममा सरकारको धेरै नोक्सान भएको थियो। कीर्तिपुरेहरू जग्गा दिने पक्षमा थिएनन्। उनीहरूले हामीलाई लुकेर हिर्काउने लडाउने गरेका थिए,’ उनले भनिन्,‘बिहान गएर बेलुकामात्रै फर्किन्थ्यौं। धेरै दुःख गरेर युनिभर्सिटी बनेको हो।’, २००८ सालमा प्रहरी जवान बनेकी चैतमाया २०३२ सालमा प्रहरी सहायक निरीक्षक(असई) बनिन्।, उनले लामो समय असईको जागिर खाइनन्। २०३९ सालमा रिटायर्ड भइन्।, केही समय सेवामा रहेको भए प्रहरी नायब निरीक्षक (सई) बन्ने पक्का थियो। तर उनले अचानक जागिरबाटै राजीनामा दिइन्।, राजीनामा दिनुका पनि कारण थिए।, २०३९ साल मंसिरमा उनी जनकपुर गएकी थिइन्। जनकपुरबाट काठमाडौं फर्किने क्रममा रातारात काठमाडौं बोलाइयो। काठमाडौंमा रमाइलो मेला हुन लागेको रैछ।, त्यतिबेला हुने रमाइलो मेलामा रानीसहित राजपरिवारका महिला सदस्यहरू पनि जान्थे।, त्यही भएर उनलाई हतार-हतार बोलाइएको थियो। उनी रमाइलो मेलामा खटिइन्।, ‘काम गर्ने मान्छेलाई धेरै पेल्ने गरिन्छ। मलाई पनि त्यस्तै भयो त्यसपछि मैले जागिर छोडें। राजीनामा दिएको ६ महिनापछि मात्रै स्वीकृत भयो,’ उनले भनिन्, ‘मेरो घरमा पनि जागिर छोड्न पर्ने अवस्था आएको थियो। त्यसपछि जागिरमा बसिरहन मन लागेन।’, पहिलो महिला प्रहरी भएकाले अचेल धेरै कार्यक्रमहरूमा उनलाई सम्मान गर्न बोलाउँछन्।, ‘पहिलो महिला प्रहरी भनेर धेरै ठाउँमा सम्मान गर्छन् अनि तपाईंले गर्दा हामी यो ठाउँमा आउन सकेका छौं भन्छन्,’ उनले हाँस्दै भनिन्, ‘मैले राम्रै गरेको रैछुजस्तो लाग्छ।’, अहिले चैतमायामा आफन्तसँगै चावहिल आफन्तसँगै बस्छिन्।, उनका सन्तान छैनन्। श्रीमान बितेको १० वर्ष भयो।, ‘८७ वर्ष भएँ। काम गर्न केही सक्दिनँ। चुप लागेर बस्छु, खाना थोरै खान्छु,’ उनले भनिन्,‘पेन्सनबाट आउने पैसा अनि घरबहालले गर्दा दुःख छैन।', (५ भदौ २०७६ मा प्रकाशित यो स्टोरी हामीले आज पुन: प्रकाशन गरेका हौं।- सम्पादक),
‘ए पुलिस, ए पुलिस... भनेर जिस्काउँथे, म हिर्काउन जान्थें’ (भिडिओ)
|
सेतोपाटी संवाददाता भक्तपुरमा हत्या गरेको अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ।, ती महिला काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका-९ की २८ वर्षीया जेनिशा नगरकोटी भएको पुष्टि भएको हो।, महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी श्रीमानसँग भक्तपुर नगरपालिका-१० भोलाछेमा बस्दै आएकी थिइन्।, उनीहरू ज्याला मजदुरीको काम गर्थे। शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा उनका श्रीमान फेला परेपछि जेनिशाको सनाखत भएको हो। उनका श्रीमान राजु लामा रहेको खुलेको छ।, सोमबार राति ९:५० बजे चाँगुनारायण नगरपालिका-७ बागरेमा हत्या गरेको अवस्थामा जेनिशाको शव फेला परेको थियो।, तरकारी खेतीमा काम गर्नेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको टहराभित्र शव फेला परेको थियो। उनको घाँटी अगाडिको भागमा गहिरो चोट देखिएको छ, हत्यामा धारिलो हतियार प्रयोग भएको देखिएको छ।, शरीर अर्धनग्न अवस्थामा फेला परेको छ। हत्यापछि परालले शव छोपेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।, उनीहरूका एक छोरा छन्। पाँच वर्षीय छोरा काठमाडौं चाल्नाखेलस्थित मावलीमा बस्दै आएको खुलेको छ।, ‘छोरा निकै पहिलेदेखि घरमा नभएको, श्रीमान् काममा गएको अवस्थामा उनको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको छ, रिपोर्ट आएपछि बलात्कार हो/होइन भन्ने थाहा हुन्छ।’, घटनास्थलको प्रकृति हेर्दा हत्या आइतबार नै भएको अनुमान प्रहरीले गरेको छ।, श्रीमान लामाले प्रहरीसँग नगरकोटी केही दिनयता कोठामा नभएको बताएका छन्। उनी चाँगुनारायण नगरपालिका-७ सम्म कसरी पुगिन् भन्ने पाटोबाट अनुसन्धान भइरहेको श्रेष्ठले बताए।, ‘अहिले शवको मुचुल्का उठाएको र सनाखत मात्रै गर्न सकेको अवस्था हो, बाँकी कुरा अनुसन्धानमै छ,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने।, घटनास्थल बस्तीबाट केही टाढा हो। प्रहरी पुग्दा छाप्रोबाहिर एक जोर चप्पल भेटिएका छन्। ती चप्पल नगरकोटीकै हो भन्ने आशंका गरिएको छ।,
भक्तपुरमा टहराभित्र भेटिएको शव जेनिशा नगरकोटीको
|
अनुषा अधिकारी ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्।, कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो। गेमका लागि कोडहरू कसरी प्रयोग गर्ने भनेर सिक्दै गइन्। यसरी गेमिङ हुँदै कम्प्युटर कोडिङमा लागेकी उनी अहिले एक 'ह्याकर' हुन्।, काठमाडौंकी २४ वर्षीया ऐश्वर्या नेपालका थोरै संख्यामा पर्ने महिला ह्याकरमध्ये एक हुन्। करिब तीन वर्षदेखि ह्याकिङमा लागेकी उनी अहिले एक बैंकका लागि काम गरिरहेकी छन्। बैंकको सिस्टम सर्भर, नेटवर्क, वेब एप्लिकेसन र डाटाहरू बाहिरी ह्याकरबाट बचाउनु उनको जिम्मेवारी हो।, कुुनै पनि अनलाइन साइटको पूर्वाधारमा आउने जोखिमबाट बचाउने र भविष्यमा त्यो घटना फेरि हुन नदिन त्यसबारे अध्ययन गर्ने काम हुन्छ ह्याकरको। यो दुई किसिमको हुन्छ– इथिकल ह्याकिङ र अनइथिकल।, अनुमति लिएर गर्नेलाई इथिकल ह्याकिङ भनिन्छ भने कसैको स्वीकृति बिना व्यक्तिगत वा व्यावसायिक डाटा चोर्न खोज्नुलाई अनइथिकल ह्याकिङ भनिन्छ।, इथिकल ह्याकिङमा कम्पनीले स्वयम् ह्याकर राखेका हुन्छन्। ताकि सबै जानकारी सुरक्षित राख्न सकियोस्। ऐश्वर्या इथिकल ह्याकिङका तिनै कर्तव्य पूरा गर्छिन्।, एक महिला ह्याकर हुनु हाम्रो समाजका लागि आज पनि नौलो विषय हुन सक्छ। तर उनका लागि सानैदेखिको सपना पूरा हुनु हो।, 'घरको वाइफाइ बिग्रियोस् मा अन्य सामग्री, बनाउन मै अघिअघि सर्थेँ,' उनले सम्झिँदै भनिन्, 'मेरो रूचि देखेर त परिवारले आफ्नो मोबाइल बिग्रियो भने पनि मलाई नै बनाउन दिनुहुन्थ्यो।', रूचि भए पनि ऐश्वर्यालाई यसमै भविष्य कसरी बनाउने भन्ने अलमल थियो। कोडिङका लागि छुट्टै पढाइ हुन्छ भन्ने उनलाई थाहा थिएन। १२ कक्षा पढेपछि आइटी विषय पढेर धेरै काम गर्ने अवसर पाइन्छ भन्ने थाहा पाइन्। बल्ल उनको अलमल सुल्झियो।, २०७२ सालमा उनी इस्लिङ्टन कलेजमा 'नेटवर्क र आइटी सेक्युरिटी'मा स्नातक गर्न भर्ना भइन्। स्नातकको दोस्रो वर्षमा उनी कलेजको आइटी डिपार्टमेन्टमा इन्टर्नका रूपमा काम गर्न थालिन्।, बिस्तारै एक साइबर सेक्युरिटी कम्पनी हुँदै अहिले उनी बैंकका लागि इथिकल ह्याकरका रूपमा काम गरिरहेकी छन्।, ऐश्वर्याका अनुसार साइबर सेक्युरिटीभित्र पनि थुप्रै विधा हुन्छन्। जस्तै, नेटवर्क सेक्युरिटी, मोबाइल सेक्युरिटी र वेब एप्लिकेसन सेक्युरिटी। ऐश्वर्याको काम वेब एप्लिकेसन सेक्युरिटी हो।, 'यो केही वर्षमै सिक्न सकिने काम होइन। हरेक पटक काम गरेपछि नयाँ कुरा सिक्न पाइन्छ,' उनले भनिन्, 'ह्याकिङ किताबमा रहेको कुराभन्दा धेरै ठूलो छ। त्यसैले यहाँ डिग्री लिएर मात्र हुँदैन। कामको अनुभवले धेरै महत्व राख्छ।', ह्याकिङ जसले पनि गर्न नसक्नुको कारण यही हो। यो क्षेत्रमा काम गर्न सक्नेलाई धेरै अवसर छन्। नेपालको सन्दर्भमा साइबर सेक्युरिटीबारे बैंकहरू बढी सचेत रहेको देखिन्छ। यही कारण बैंक र थुप्रै सेक्युरिटी कम्पनीले ह्याकरलाई काम दिइरहेका उनले जानकारी दिइन्।, यसबाहेक ह्याकरले थुप्रै ह्याकिङ प्रतिस्पर्धामा भाग लिन सक्छन् जसबाट बाहिरी देश पनि घुम्न पाइन्छ। सन् २०१९ मा गुगलले आयोजना गरेको 'गुगल सि.टि.एफ २०१९' नामक ह्याकिङ प्रतिस्पर्धामा ऐश्वर्या पनि चुनिएकी थिइन्। त्यस क्रममा उनले लन्डन घुम्ने अवसर पाइन्।, युवामाझ ह्याकरलाई 'कुल' रूपमा हेरिने भएकाले ह्याकिङ धेरैको आकर्षणमा पर्न थालेको छ। ह्याकर शब्दबाट आकर्षित भएरै यतातिर लाग्ने युवा संख्या धेरै भए पनि बाहिरबाट हेर्दा जति 'कुल' देखिन्छ, काम गर्दा उत्तिकै गम्भीर हुनुपर्ने ऐश्वर्या बताउँछिन्।, 'इन्टरनेटमा ग्राहकको व्यक्तिगत डाटा चोरी हुने सम्भावना धेरै हुन्छ। कसैले जथाभावी प्रयोग गर्ने डर पनि। यसले कम्पनीलाई आर्थिक रूपमा मात्र घाटा नभई, बदनाम हुन सक्छ। सानो गल्तीले कम्पनीसहित ठूलो संख्यामा ग्राहकलाई असर पुग्न सक्छ,' उनले भनिन्।, त्यस्तै ह्याकर भएपछि दिनरात नभनी खटिनु पर्ने उनको भनाइ छ। तै पनि आफूलाई मन पर्ने काम भएकाले उनी निकै रमाउँछिन्।, यो काममा 'सफ्टवेयर बग' फेला पार्न सकियो भने सबभन्दा खुसी लाग्ने उनले बताइन्। सफ्टवेयर बग कम्प्युटर प्रोगाममा हुने त्रुटिलाई भनिन्छ, जुन प्रोगामको डिजाइन वा स्रोतमा हुने गल्तीका कारण उत्पन्न हुन्छ।, यी बग फेला पार्नु एक ह्याकरका लागि ठूलो कुरा हुन्छ। ऐश्वर्याका अनुसार इन्टरनेटमा अनलाइन व्यवसाय वा सुरक्षामा कयौं कमजोरी भेटिन्छन्। ती त्रुटिको दुरुपयोग नगरी आधिकारिक रुपमा खुलासा गरेर सावधान गराउनु एक इथिकल ह्याकरको जिम्मेवारी हुन्छ। यस्ता बग भेटाएबापत ह्याकरलाई पुरस्कृत गरिन्छ।, अहिले विश्व नै डिजिटल भइरहेका समयमा यस्ता थुप्रै अनलाइन जोखिम बढ्दै गएको ऐश्वर्या बताउँछिन्। अहिलेको अवस्थामा सबैजना इन्टरनेटमै संलग्न छन्। यसले गर्दा हाम्रो व्यक्तिगत जानकारी पनि डिजिटल भएको छ।, 'यस्तो बेला आफ्नो सुरक्षाका बारेमा सचेत रहन निकै जरुरी छ,' उनी सुझाउँछिन्, 'हामीले जस्तोसुकै लिंक खोल्नु हुँदैन। एउटै पासवर्ड धेरै एकाउन्टमा प्रयोग गर्नु हुँदैन। सार्वजनिक वाइफाइ प्रयोग गर्नु हुँदैन। कुनै पनि एप्लिकेसन खोल्नुअघि त्यो बारेमा बुझ्नु पर्छ। केही भएर आफ्नो इमेलमा कुनै पनि अनलाइन एकाउन्ट ह्याक भयो भने पासवर्ड परिवर्तन गरिहाल्नु पर्छ।', साइबर सेक्युरिटीमा बढ्दै गएको जोखिमबाहेक ऐश्वर्यालाई नेपाली ह्याकिङ क्षेत्रमा महिलाको संलग्नता निकै कम रहेको कुराले पनि पिरोल्छ। विश्वव्यापी साइबर सुरक्षामा महिलाको प्रतिनिधित्व २० प्रतिशत मात्रै रहेका बेला नेपालमा महिला ह्याकरको संख्या औंलामा गन्न मिल्ने छ।, 'पहिलो कुरा त यहाँ आइटी विषय पढ्ने केटीको संख्या नै थोरै छ। म आफैं कलेज पढ्दा कक्षामा मसहित दुई-तीन जना मात्र केटी थियौं,' ऐश्वर्या भन्छिन्, 'कलेजमा इन्टर्न गर्दा म एक्लै थिएँ। अहिले काम गर्ने ठाउँमा पनि एक्ली महिला ह्याकर हो।', उनलाई एक्लै केटी भएर काम गर्न कहिल्यै अप्ठ्यारो लागेन। बरू केटाहरू उल्टै उनलाई देखेर अच्चम मान्थे रे।, एकपटक उनी आफ्ना एक पुरुष सहकर्मीसँग काममा जाँदा उनलाई बेवस्ता गरेछन्। आफ्ना अर्का सहकर्मीसँग मात्र बोल्न खोजे। यस्तो अनुभव उनका लागि अचेल सामान्य भइसक्यो। काम गर्दै गएपछि मात्र मान्छेले उनलाई बुझ्छन्।, 'सुरूमा भेट्ने मान्छेले केटी देखेर कामबारे बोल्न नखोज्ने घटना अचेल केही लाग्दैन,' उनले सुनाइन्, 'यो क्षेत्रमा ह्याकरका रूपमा महिला आकृति सोच्नु परको कुरा, महिला ह्याकरले काम पाउन पनि आफ्नो क्षमताको विश्वास दिलाउनु पर्छ।', उनलाई प्रायःले ह्याकर मात्र नभनी 'लेडी ह्याकर' भनेर सम्बोधन गर्छन्, जुन उनलाई चित्त बुझ्दैन।, 'ह्याकरलाई ह्याकरै भनेर चिनिन्छ। केटीका लागि अगाडि छुटै 'लेडी' शब्द किन आउनु पर्ने?,' उनी प्रश्न गर्छिन्, 'अचेल त मैले प्रतिवाद गर्नै छाडीसकेँ। बुझ्नेले यसै बुझिहाल्छन्, नबुझ्नेका अगाडि हाँसेरै टारिदिन्छु।', अब उनको उद्देश्य नेपालको प्रविधि क्षेत्रमा महिलाको सहभागीता बढाउनु बनेको छ। अनलाइन कार्यक्रम सञ्चालन गरी यस क्षेत्रबारे ज्ञान नभएका वा भर्खर सिक्न थालेका किशोरीलाई सहज पारिदिने काम उनी गर्छिन्।, 'सुरूमा केही महिला आफैं प्रविधि विषय गाह्रो हुन्छ भनेर पढ्न खोज्दैनन्। त्यो गलत हो,' उनले भनिन्, 'केटाले पढ्न र गर्न सक्ने कुरा केटीले पनि गर्न सक्छन्। अलिकति चासो र इन्टरनेटमा खोजबिन गर्न सकियो भने यहाँ धेरै अवसर पाउन सकिन्छ।', (यो स्टोरी सेतोपाटीमा पहिलो पटक २०७७, भदौ ८ गते प्रकाशित थियो),
'ह्याकर' ऐश्वर्या
|
सेतोपाटी संवाददाता देशभर थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १९४ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार ६३८ जनाको पिसिआर गर्दा ७४ र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित छन्।, ३४८ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।, यस्तै काठमाडौंमा २३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १६ र ललितपुरमा ७ संक्रमित थपिएका छन्। भक्तपुरमा भने संक्रमितको संख्या शून्य छ।,
थपिए १९४ संक्रमित, निको भए ३४८ जना
|
सेतोपाटी संवाददाता विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरसको महामारीको अहिले तेस्रो वर्षमा चल्दैछ।, विभिन्न मुलुकमा विभिन्न समयमा संक्रमण तीव्र भएर जनजीवन अस्तव्यस्त बनाएको कोरोनाभाइरसको नेपालमा तेस्रो लहर लगभग सकिएको छ। सोमबार नेपालमा ८ हजार ६ सय ३८ जनाको परीक्षण गर्दा ८८ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो।, नेपाललगायत संसारका धेरै मुलुकमा अहिले कोरोनाको संक्रमण घटिरहेको छ। दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानमात्र होइन युरोप, अमेरिका र अफ्रिकामा कोरोना संक्रमण घटेको छ।, वर्ल्डोमिटरका अनुसार गत जनवरी २१ मा ३८ लाख बढी संक्रमित थपिएकोमा अहिले सोमबार संसारभरि १२ लाख १५ हजार ७६४ जनामा नयाँ संक्रमण थपिएका छन्। संसारभरि कोरोना घटिरहेका बेला पूर्वी एसियाली मुलुकमा भने यसको संक्रमण बढिरहेको छ।, सबैभन्दा धेरै संक्रमण दक्षिण कोरियामा छ। त्यहाँ मंगलबार २ लाख २ हजार मानिस संक्रमित भएका छन् भने जापानमा ४० हजार संक्रमित थपिएका छन्।, भियतनाममा सोमबार १ लाख ४७ हजार जनामा संक्रमित थपिएका थिए। मलेसियामा २६ हजार, १३ हजार र थाइल्यान्डमा २१ हजार संक्रमित थपिएका थिए। , युरोपेली मुलुकमध्ये जर्मनीमा अहिले पनि १ लाखभन्दा बढी संक्रमित दैनिक थपिएका छन्। , दक्षिण कोरियासहित पूर्वी एसियाली मुलुकमा अहिले ओमिक्रोन भेरियन्ट फैलिइरहेको बताइएको छ। गत शुक्रबार एकैदिन कोरियामा २ लाख ६६ हजारमा संक्रमण पुष्टि भएको थियो। , नेपाल, भारतसहित युरोप र अमेरिकामा धेरै देशमा केही महिनाअघि यही भेरियन्टका कारण संक्रमण तीव्र भएको थियो।,
संसारभरि कोरोना घटिरहेका बेला दक्षिण कोरियामा दैनिक थपिइरहेका छन् २ लाख बढी संक्रमित
|
रासस विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ। , समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौंदेखि १३ दिने पदयात्रा सुरू गरी कालापत्थर क्षेत्रमा आज विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो।, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो।, घोषणा पत्रमा जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने, जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका परिभाषित गर्न हरसम्भव प्रयास गर्ने, मानव स्वास्थ्य प्रणालीको दीगो व्यवस्थापनका लागि प्रवर्द्धन गर्न अपिल गर्ने उल्लेख छ।, यसैगरी हिमाली जनता विशेष गरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने, विश्व तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेको चिन्ताबारे ध्यानाकर्षण गराउने, हिमाल, पहाड र तराईमा बसोबास गर्ने लाखौं मानिसलाई अपार सेवा प्रदान गर्ने हिमालयन पारिस्थितिकीय प्रणालीको सुरक्षाको समर्थन गर्ने घोषणा पत्रमा जनाइएको छ।, ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले वाचन गर्नुभएको घोषणा पत्रमा विश्वव्यापी जलवायु न्याय आन्दोलनसँग हात मिलाउन आफ्नो प्रतिबद्धता व्यक्त गर्ने, हिमालयलाई प्रमुख प्रकृतिमा आधारित पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्न पहल गर्ने, परिवर्तनशील जलवायुको सामना गर्न कमजोर समुदाय विशेष गरी महिलालाई जागरूकता उत्पन्न गर्न र सक्षम बनाउन प्रतिबद्धता व्यक्त गरिएको छ।, सो अवसरमा उनले जलवायु परिवर्तनले बढी प्रभावित क्षेत्र हिमालयको कालापत्थरमा जलवायु परिवर्तन र महिला न्यायका विषयमा सरोकारवाला निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन अभियान प्रारम्भ गरिएको जानकारी दिइन्।, ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ मूल नाराका साथ प्रारम्भ गरिएको अभियानका क्रममा जलवायु परिवर्तनले विशेषगरी महिलाको जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमासमेत गम्भीर बहस गरिएको अध्यक्ष कार्कीको भनाइ थियो।, नेपालजस्ता मुलुकले विश्वमञ्चमा आवाज उठाइरहनुपर्छ, समूहमा आवद्ध सहभागीले जलवायु परिवर्तनजस्ता प्रकृतिले उब्जाएका ज्वलन्त समस्याबाट कोही पनि उम्कन नपाउने र समयमै यसको चेतावनीलाई ध्यान दिएनौं भने नेपाल जस्ता भौगोलिक जोखिममा रहेका मुलुक सबैभन्दा बढी पीडित हुनेबारेमा समयमै सचेत हुनुपर्नेमा जोड दिएका थिए।, उनीहरूले यसका लागि नेपालजस्ता मुलुकहरूले विश्वमञ्चमा यस बारेमा दबाब दिइरहनुपर्ने खाँचो औंल्याएका थिए।, पदयात्रामा प्रारम्भदेखि नै सहभागी सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले जलवायु न्यायका लागि नेपालजस्ता मुलुकले विश्वमञ्चमा आवाज बुलन्द गर्नुका साथै अब कानुनी लडाइँ पनि लडनुपर्ने बेला आएको बताइन्।, उनले नेपाल संलग्न भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता कार्यान्वयनका लागि कानुनी बाटोसमेत खोज्नुपर्ने बेला आएकामा जोड दिइन्।, बलिउडकी वरिष्ठ अभिनेत्री मनिषा कोइरालाले जलवायु परिवर्तनका असरबाट महिला बढी पीडित भएकाले यसको समाधानका लागि पहल गर्न महिला एकजुटको आवश्यकता रहेको बताइन्।, उनले जलवायु अनुकूलन र न्यूनीकरणका कार्यमा महिलाको योगदान ठूलो रहेको उल्लेख गर्दै आगामी दिनमा यस विषयलाई सार्वजनिक रूपमै उजागर गर्नुपर्ने खाँचो औंल्याइन्।, संयुक्त राष्ट्र सङ्घको महिलामाथिका सबै विभेद् अन्त्य गर्ने महासन्धिका सदस्य बन्दना राणाले पछिल्लो समय जलवायु परिवर्तनका मुद्दा पेचिलो बन्दै गएको र हाम्रै पुस्ताले विभिन्न विपद् भोग्न बाध्य भएको बताउँदै यसको समाधानका लागि विश्व नै एकजुट भएर लाग्नुुपर्ने आवश्यकता रहेकामा जोड दिइन्। , वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख डा राधा वाग्ले जलवायु परिर्वतनका असर नियन्त्रण गर्न सरकारले अनुकूलन न्यूनीकरणका कार्यक्रमलाई प्राथमकितामा राखेको जानकारी दिइन्।,
,
जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन 'कालापत्थर घोषणापत्र' जारी
|
सेतोपाटी संवाददाता बलात्कार आरोपित नायक पल शाह (पूर्णविक्रम शाह) लाई मंगलबार नवलपुर लगिएको छ।, नाबालिग बलात्कार अभियोगमा अनुसन्धान गर्न तनहुँबाट पललाई नवलपुर लगेको नवलपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप गिरीले बताए।, १७ वर्षीय नाबालिग गायिकालाई पटक/पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर प्रहरीमा पीडित परिवारले उजुरी दिएका थिए।, नवलपुर प्रहरीमा दिएको उजुरीमा नाबालिग गायिकालाई गीतको म्युजिक भिडिओ सुटिङका क्रममा पलले गत चैत ७ गते गैंडाकोटमा बलात्कार गरेको उल्लेख छ। , उजुरीमा आरोपित पलले एकै दिनमा सकिने म्युजिक भिडिओ सुटिङको काम लम्ब्याएर दुई दिन लगाएको र होटलमा मादक पदार्थ खुवाएर बलात्कार गरेको उल्लेख छ।, पीडित नाबालिगका तर्फबाट परिवारले फागुन १६ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए। त्यही दिन पीडित नाबालिगको भरतपुरमा स्वास्थ्य परीक्षण गरेको नवलपुर प्रहरीले जनाएको छ। , यता, तनहुँ प्रहरीले पनि पलविरूद्ध अनुसन्धानको काम जारी रहेको बताएको छ। तनहुँ र नवलपुरबाट एकैसाथ अनुसन्धान अघि बढाएको नवलपुर प्रहरीले जनाएको छ।, नाबालिगले तनहुँ प्रहरीमा गत ११ गते पलविरूद्ध बलात्कार उजुरी दिएका थिए। उजुरी परेपछि फरार भएका पल १५ गते तनहुँ प्रहरीसमक्ष पुगेर आत्मसमर्पण गरेका थिए।,
पल शाहलाई अनुसन्धानका लागि लगियो नवलपुर
|
रासस मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिनुका साथै यहाँ सो अवसरमा सभा–सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका–१८ सालघारीमा डेरी गरी बस्ने २७ वर्षीया रीता चौधरी भने मजदूरी काममा व्यस्त थिइन्।, चार वर्षदेखि महेन्द्रनगर बजार क्षेत्रमा घर बनाउने काममा दैनिक पाँच सय रुपैयाँमा मजदूरी गर्ने चौधरीले महिला दिवसको चर्चा सुने पनि आफूलाई भने हर्ष न विस्मात भएको बताइन्।, ‘दिनभरि मजदूरी नगरी साँझ डेरामा चुलो बल्दैन, दिवसमा बिदा छ भनेर के गर्नु?’, उनले भनिन्,‘दिवसमा हकहित र महिलामाथिको विभेदका नारा गुञ्जिए पनि हामी गरिबीको रेखामुनि रहेकालाई सधैं उस्तै हो।’, उनले महिला पनि श्रमिकको रूपमा काम गरेर विकास निर्माणको सघाउन सक्रिय रहेको भन्दै महिलाको ज्यालामा वृद्धि हुनुपर्ने बतायन्।, यहाँ मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी चौधरी कञ्चनपुरको लालझाडी गाउँपालिका–७ चान्देउकी स्थानीयबासी हुन्।, श्रीमान सुरज चौधरीसित महेन्द्रनगर मजदूरीका लागि आएकी रीताले पारिवारिक अवस्था दयनीय हुँदा आफू छोराछोरीलाई परिवारका सदस्यको जिम्मा लगाएर मजदूरीका लागि आएको दुःखेसो पोखे।, उनले महिलालाई विभिन्न आयमूलक काममा लगाउन सीपमूलक तालिम सञ्चालन हुने गरेको भए पनि त्यो आफूहरूको पहुँचबाट टाढै रहेको बताइन्।, ‘श्रीमान सवारी चालक, म मजदूरीमा छौं’, उनले भनिन्, ‘दुई जनाको मजदूरीले चामल किनमेलदेखि घरको अन्य खर्च टर्छ।’ , त्यसैगरी मंगलबार बिहान घर बनाउने काममा मजदूरी गर्न जानुअघि भगतपुरमै बसोबास गर्दै आएकी कृष्णपु्र नगरपालिका–२ बाणीकी सुष्मा चौधरीले नारी दिवसको चर्चाबारे थाहा पाइन्। तर उनलाई दिवसको दिन मजदूरीमा जानु बाध्यता रहेको सुनाइन्।, ‘हामीलाई पनि नारी दिवसको दिन घरमा बसेर मनाउन पाउँदा राम्रै हुने थियो’, श्रीमान विक्रम चौधरीसित मजदूरी गरिरहेकी पुष्पाले भनिन्, ‘नाबालिक छोरी गाउँमा छाडेर जीविका चलाउनकै लागि हामी दम्पती यहाँ आएका छौं।’, बाणी मुक्त कमैया शिविरमा सरकारले दिएको पाँच कठ्ठा जमिन मछेली नदीको किनारमा रहेकाले अन्न फल्न मुस्किल हुने गरेको उनको भनाइ छ।, ‘बलौटे खेतमा उब्जनी नभएपछि घर छाडेर हामी लामो समयदेखि ज्याला मजदूरी गरेर खर्च चलाइरहेका छौं’, उनले भनिन्, ‘हामीलाई के दिवस, के बिदा सधैं यस्तै हो।’, एक महिनाअघि मात्रै महेन्द्रनगरमा ज्याला मजदूरीका लागि आएकी पुष्पा अहिले यहाँको सालघारीस्थित आफन्तको घरमा डेरा गरी बसिरहेको बताइन्।, ‘तीन वर्षजति दार्चुलास्थित महाकाली नदीको तटबन्धमा मजदूरी गरें’, उनले भनिन्, ‘घरबाट टाढा भएकाले अब यति मजदूरी गर्ने निर्णयानुसार श्रीमान मिस्त्री र म मजदूरी काम गर्छु।’, त्यसैगरी यहाँको महाकाली नदीमा ढुङ्गा, गिट्टी र बालुवा छानेर जीविका चलाउँदै गरेकी भीमदत्त नगरपालिका–१३ का सुनादेवी सुनारले भने बगरको सङ्घर्ष मात्रै आफूलाई थाहा हुने गरेको बताइन्।, ‘सहरमा महिला हकहित र दिवसका कुरा हुँदा हुन्, हामी त बगरमा मजदूरी नगरी भोक टार्न सक्दैनौं’, उनले भनिन्, ‘हुने खानेलाई पो दिवस आउँलान् हामी त महिला भए पनि मजदूर न हौं।’, दैनिक रूपमा आउने ज्यालाले आफू घरको खाद्यान्न र छोराछोरीको लालनपालनको खर्च जुटाउने गरेको उनको भनाइ छ। ,
,
‘दिनभरि मजदूरी नगरी साँझ डेरामा चुलो बल्दैन, दिवसमा बिदा छ भनेर के गर्नु?’
|
नवीनबाबु गुरूङ राति नै रूसले आक्रमण गरिसकेको थियो। युक्रेनका मिलिटरी बेसका राडार ध्वस्त भैसकेका थिए। फागुन १२ गते बिहान उज्यालो नहुँदै युक्रेनमा कोकोहोलो मच्चिसकेको थियो। त्यही कोकोहोलोमा फसेका थिए डाक्टर पवन तिवारी।, युक्रेनमा 'एमएस जनरल सर्जरी' पढ्न पुगेका पवनलाई रूसले आक्रमण गर्ने छनक थियो। अन्तर्राष्ट्रिय मिडियामा रूसले युक्रेनमाथि हमला गर्ने समाचार आइरहेकै थिए। पवनलाई पनि विश्वविद्याललये मिलिटरी बेसमा स्थापना गरिएका अस्पतालमा बेलाबेला सर्जरी गर्न खटाएको थियो। मिलिटरी बेसमा पुग्दा पवनलाई आक्रमण भए असुरक्षित भइन्छ भन्ने लागकै थियो।, त्यसैले आक्रमण हुनुअघि नै युक्रेनको चेर्नोभिस्टीस्थित बुकोभेनियन स्टेट मेडिकल युनिभर्सिटीसँग उनले नेपाल फर्किने अनुमति मागेका थिए। विश्वविद्यालले नेपालमा फर्किएपछि 'प्राक्टिस' गर्न पाउने सुनिश्चितता खोज्यो। पवनले नेपाल मेडिकल काउन्सिललाई इमेल लेखे। इमेलको जवाफ आएन। जवाफ पर्खिएर बसिरहेकै बेला रूसले युक्रेनमाथि हमला गर्यो। , बिहानै मिसाइल र बन्दुकको आवाज आएपछि चेर्नोभिष्टीमा भागदौड मच्चिसकेको थियो। मानिसहरू बजारमा भेटेजति सामान किनिरहेका थिए। बैंकका एटिएमबाट पैसा निकाल्नेको लाइन थियो। पवन र उनका साथीले पनि बैंकबाट पैसा निकाल्न खोजे तर सफल भएनन्। बजारमा बल्लतल्ल एउटा पसलबाट सामानसम्म किन्न भ्याए। , रूसी आक्रमणलगत्तै युक्रेनले मार्सल कानून लागू गरेको थियो। १८ देखि ६० वर्षका नागरिकलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो। सामान्य नागरिकलाई नै सेनाले हतियार उपलब्ध गराइरहेको थियो। एक अर्कालाई देख्दा नै शंका गर्ने वातावरण युक्रेनमा थियो। पवन र उनका साथीहरूले पनि त्यस्तै अवस्थाको सामना गर्नुपर्यो। खानेकुरा किन्न बाहिर निस्किएका बेला एक युक्रेनियन नागरिकले उनलाई चक्कु देखाए।, 'म उभिराखेको थिएँ। दुई जना आए। एक जनाले चक्कु देखायो। तँ अपराधी होस्, छुरा हान्दिछु भन्यो। उसले मलाई कागजात देखाउन भन्यो', पवनले भने, 'मेरा साथीहरू सामान किन्न सपिङ मलमा छिरेका थिए। म एक्लै चौरमा थिएँ। उसले भनेपछि मैले टाढैबाट कागजात देखाएँ। उसलाई कागजात दिएको भए लगेर जान सक्थ्यो भन्ने डर मलाई थियो। सँगै आएको उसको साथीले प्रहरीलाई खबर गरिसकेको थियो। एकैछिनमा प्रहरी, एम्बुलेन्स र आगलागी नियन्त्रण गर्ने गाडी आइपुगे।', त्यसपछि प्रहरीले घेरा हाल्यो। पवन र उनका दुई साथीलाई प्रहरीले सोधपुछ गर्यो।, 'त्यो मान्छेले चक्कु देखाउँदा त अगाडि जाने कि पछाडि जाने भयो। मलाई त म अब बाँच्दिनँ होला भन्ने लाग्यो', पवनले भने, 'प्रहरीले हाम्रो मोबाइल खोसेर कुनै रूसी एप छ कि छैन भनेर हेरे। रूसको कुनै कन्ट्याक्ट छ कि छैन भनेर जाँच गरे।' , रूससँगको कुनै साइनो नभेटिएपछि प्रहरीले उनीहरूलाई छाडिदिए। युद्धमा रहेको देशमा सबैतिरको शंकामा बाँच्न गाह्रो हुन थालेपछि पवन नेपाल फर्किने उपाय खोजिरहेका थिए। भारत र अन्य देशले आफ्ना विद्यार्थीलाई गाडीमा देशको झन्डा राखेर सीमासम्म पुर्याइरहेका थिए। पवन नेपालमा भएको परिवार सम्झिरहन्थे।, युद्ध सुरू भएको दुई-तीन दिनपछि मात्र नेपाल मेडिकल काउन्सिलले पवनको इमेलको जवाफ दियो। प्राक्टिस गर्ने विषयमा होइन कति मेडिकल पढ्ने विद्यार्थी छन् युक्रेनमा भन्दै सोधखोजका लागि।, 'हामीले म (डाक्टर पवन तिवारी) र डाक्टर गणेश बिष्ट छौं भनेर जवाफ दियौँ', पवनले भने, 'उहाँहरूले दूतावासमा सम्पर्क गर्न भन्नुभयो।', युक्रेनमा नेपालको राजदूतावास छैन। पवनलाई मेडिकल काउन्सिलले जर्मनीको दूतावासमा सम्पर्क गर्न सुझाव दियो। त्यसो त जर्मनीस्थित नेपाली राजदूतावासले नेपालीलाई सम्पर्क आउन सूचना प्रकाशित गरिसकेको थियो। , 'हामीलाई चाहिएको कागजात उपलब्ध गराउने भनेर उहाँहरूले भन्नुभयो। अनि नजिकैको बोर्डरमा पुग्न सुझाव दिनुभयो', पवनले भने, 'हामी बसेको ठाउँबाट रोमानियाको बोर्डर ३० किलोमिटरमा रहेछ।', पवन र गणेश एकसरो कपडा र थोरै खानेकुरा बोकेर बोर्डरका लागि निस्किए। युक्रेनमा शंकाको वातावरण यस्तो थियो कि रोमानियाको बोर्डरमा पुग्न ट्याक्सी चढ्दा समेत केही मान्छेले उनीहरुको फोटो खिचे। , रोमानियाको बोर्डरमा पवन । तस्बिर : पवन तिवारी, 'बोर्डर पुग्न लामो जाम थियो। हामी ट्याक्सीबाट उत्रियौं। बिहान ९ बजेबाट हिँडेर दिउँसो २-३ बजे बोर्डर पुग्यौं', पवनले भने, 'बोर्डर नखुलेकाले ४-५ दिनदेखि मान्छेहरू कुरेर बसिराखेका रहेछन्। इन्डियनहरूले स-सानो समूहमा महिला र बालबालिकालाई सबैभन्दा पहिला उद्धार गर्ने काम गरिराखेका थिए। हाम्रो केही थिएन।', नेपालको हो भनेपछि कसैले पनि वास्ता नगर्ने अवस्था त्यहाँ थियो।, ‘जर्मनीस्थित दूतावासले कागजात बनाइदिए पनि त्यहाँ बोर्डरमा कुनै कागजातको काम थिएन', पवनले भने, 'अफ्रिकनहरूले जान देऊ भनेर हल्ला गरिराखेका थिए। बोर्डर प्रहरीले उनीहरूलाई आज बोर्डरपारि लैजान्छु भनिराखेको थियो। हामी पनि इण्डियन र एसियन छाडेर अफ्रिकनको भीडमा छिर्यौं। चार दिनदेखि यहाँ बसेको भनेर हल्ला गर्यौं। त्यसपछि कागजात चेक गरेर बोर्डर क्रस गर्यौं।', रोमानियामा भने उनीहरूलाई खासै समस्या भएन। त्यहाँ स्वयंसेवकले उनीहरूलाई खाने बस्ने व्यवस्था मिलाएका थिए। उनीहरूलाई शरणार्थी शिविरमा बस्न स्वयंसेवकले भनिराखेका थिए। तर पवन र गणेशले नेपाल जाने बताएपछि स्वयंसेवकले एयपोर्टसम्म ल्याइदिए। तर जहाज पाएनन्। फेरि स्वयंसेवकले नै पैसा दिएर उनीलाई अर्को एयरपोर्टसम्म पुग्ने व्यवस्था मिलाइदिए। , 'हामीसँग भएको पैसाले हामीले फ्लाइ दुबईको टिकट किन्यौं', पवनले भने, 'तर त्यहाँको एयरपोर्टले हामीलाई नेपालको नियम अनुसार पिसिआर नेगेटिभ भएको रिपोर्ट माग्यो।', पवन र गणेश फसादमा परे। , 'हामीले त्यो नियम हाम्रा लागि हटाइदेऊ र नेपाल छिर्न दिन्छौं भनेर पत्र लेखिदिन भनेर दूतावासलाई भन्यौँ। दुतावासले राम्रो रेस्पोन्स गरेन', पवनले भने, 'त्यसपछि हामीले एउटा अस्पतालमा गएर पिसिआर गर्यौं। रिपोर्ट आयो। रिपोर्ट आएपछि जहाज चढ्न पाइयो।' , पवन र गणेश एक साता अघि मात्र नेपाल आइपुगेका छन्।, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पवन र गणेश। तस्बिर : पवन तिवारी, हेर्नुहोस् भिडिओ-, ,
,
युक्रेनबाट फर्किएका पवन भन्छन्- रूसी जासुस ठानेर युक्रेनीले चक्कु हान्न खोजे (भिडिओ)
|
सेतोपाटी संवाददाता कास्की लेखनाथमा मजदूरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्याका आरोपी बहराइनबाट पक्राउ परेका छन्। , कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङलाई प्रहरीले मंगलबार बहराइनबाट नेपाल ल्याएको हो। , प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको टोलीले गुरूङलाई ल्याएर आवश्यक कारबाहीका लागि कास्की जिल्ला पठाएको छ। , २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो। , गुरूङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएकोका थिए। उनीविरूद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो। , बहराइनको प्रहरीले पक्राउ गरेपछि प्रधान कार्यालयको टोली गुरूङलाई लिन गएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए।,
कर्तव्य ज्यान मुद्दामा रेड नोटिस जारी भएका व्यक्ति बहराइनबाट पक्राउ
|
सेतोपाटी संवाददाता एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ। , कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने २३ वर्षीय अमर राउतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। , राउतमाथि काठमाडौं नगरपालिका-२० जैशिदेवल बस्ने २२ वर्षीया पुजा सिंह भन्ने पुजा कुमारी पोदारको हत्या गरेको आरोप छ। , प्रहरीका अनुसार मृतकका परिवार काठमाडौंमा व्यापार गर्थे। , मृतक पोदार कानून पढ्दै थिइन्। उनी ल फर्महरूमा समेत काम गर्दै आइरहेको प्रहरीले जनाएको छ। , पोदार र राउतको एक वर्षअघि फेसबुकमार्फत् चिनजान भएको थियो। त्यतिबेला वैदेशिक रोजगारीको लागि राउत कतारमा थिए। , गत माघ १३ गते राउत नेपाल फर्किए। विदेशबाट फर्केर उनीहरूले २७ गते काठमाडौंको भद्रकाली मन्दिरमा गएर विवाह गरे। , पोदार र राउत विवाह पश्चात बाफलमा छुट्टै कोठा भाडामा लिएर बसेका थिए। तर राउतले विवाहबारे घरमा बताएका थिएनन्। घरमा आफूहरूले विवाह गरेको जानकारी गराएपछि परिवारले सो विवाहलाई नस्विकारेको प्रहरीले जनाएको छ। , ‘उनीहरूले फेसबुकबाटै चिनजान गरेर विवाह त गरे तर घरमा जानकारी गराइसकेका थिएनन्,’ प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने, ‘घरमा विवाहबारे जानकारी गराएपछि नस्विकारेका हुन्।’, घरपरिवारलाई मनाउनुपर्ने भन्दै उनी सिरहास्थित घरमा गए। तर त्यसपछि राउत काठमाडौं फर्किएनन्। , लामो समयसम्म नफर्किएपछि श्रीमती पोदार आफैं श्रीमान राउतलाई खोज्दै फागुन १६ गते सिरहा पुगिन्। , श्रीमतीले सिरहाको बस्तिपुर चोकमा पुगेर राउतलाई फोन गरेर आफू आइसकेको जानकारी दिए। र त्यहाँ उनले आफूलाई लिन आउन भनिन्।, तर राउतले आफू बाहिर भएको र साँझ लिन आउने भनेर जानकारी दिएका थिए।, राउतको परिवार उनीहरूको विवाहबाट असन्तुष्ट थिए। जसकारण राउतको फागुन १९ गते अर्को विवाह गर्ने तय समेत भइसकेको थियो। तयारी चलिरहेकै बेलामा काठमाडौंबाट पोदार आएपछि राउतले हत्या गर्ने योजना बनाएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। , राउतले आफ्ना साथीहरूसँग सल्लाह गरेर हत्याको योजना बनाए। बस्तिपुर चोकमा पुगेर पोदारलाई आफ्नो घर लैजाने बहानामा कमला नदीको किनारमा लगेका थिए। त्यही एकान्त स्थलमा अमर राउतलगायत मिलेर पोदरको हत्या गरेको प्रहरीले जनाएको छ। , ‘मुख्य व्यक्ति समाएका छौं। अरूको खोजी भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने। , प्रहरीले राउतलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। ,
श्रीमान खोज्न सिरहा पुगेकी महिलाको हत्या, आरोपित श्रीमान पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको ताहचलबाट साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूलाई प्रहरीले आइतबार ताहचलबाट पक्राउ गरेको हो।, पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी छन्। , उनीहरूबाट एक करोड ५० लाख बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। यस्तै खड्गी नक्कली सुनका गहना व्यापारी भएको प्रहरीले जनाएको छ।,
साढे १ करोड नगदसहित काठमाडौंबाट दुई जना पक्राउ
|
सेतोपाटी संवाददाता म्याग्दीको भिरखर्क सामुदायिक वनमा लागेको डढेलोमा परेर मंगलबार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।, डढेलोमा परेर स्थानीय २६ वर्षीय मबहादुर बोहोराको मृत्यु भएको म्याग्दी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र गुरूङले जानकारी दिए।, उनका अनुसार डढेलोबाट घाइते भएका २१ वर्षीय मनबहादुर बोहोराको उपचार गर्न हेलिकप्टरमार्फत् पोखरा ल्याइएको छ। , मालिका गाउँपालिका-५ स्थित भिरखर्क सामुदायिक वनमा आइतबार साँझदेखि डढेलो लागेको थियो। वडा सदस्य समेत रहेका स्थानीय मिम पुनका अनुसार वन क्षेत्रमै रहेको खरबारीबाट जंगलमा डढेलो सल्किएको थियो। , ‘आइतबार डढेलो निभ्यो भनेका थियौं, तर आगो बाँकी नै रहेछ,’ उनले भने, ‘हिजोदेखि त पूरै जंगल आगोले छोप्यो।’, पुनका अनुसार उनीहरू दुबै जना एकै घरका दाजुभाइ हुन्।, अर्को गाउँ जाने क्रममा उनीहरू डढेलोमा फसेको पुनले बताए। डढेलो निभाउन खोज्दा आफैं आगोमा परेको उनको भनाइ छ।, सामुदायिक बनमा फैलिएको आगो अझै नियन्त्रणमा ल्याउन नसकेको इन्स्पेक्टर गुरूङले बताए।, उनका अनुसार आगो भिरतर्फ गएको र अहिले गाउँ खतरामुक्त छ। स्थानीय रुन्मा गाउँका बासिन्दाले उक्त सामुदायिक वन प्रयोग गर्थे।, डढेलो लाग्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ।,
,
डढेलो निभाउन खोज्दा दाइको मृत्यु, भाइ घाइते
|
सेतोपाटी संवाददाता भक्तपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, आइतबार राति पौने ७ बजे सूर्यविनायक नगरपालिका-४, दधिकोट चित्रपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, उनका अनुसार ६५ वर्षीय श्रीमान श्याम गुभाजुले ६० वर्षीय श्रीमती पूजामाथि केमिकल प्रहार गरेका हुन्। उनी अहिले प्रहरी हिरासतमा छन्। केमिकलको नाम भने नखुलेको उनले बताए।, श्यामले घरायसी विवादका कारणले श्रीमतीमाथि कुटपिट गरी रसायन प्रहार गरेको प्रहरीले जनाएको छ।, 'कुनै काठमा प्रयोग हुने रसायन हो कि भनेर हामी बुझ्ने काम गर्दैछौं। यो एसिड होइन भनेर डाक्टरले पनि भन्नुभएको छ,' पाण्डेले भने।, प्रहरीले घाइते पूजालाई कीर्तिपुर अस्पताल लगेको छ। उनको अवस्था सामान्य र जलन कम रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।,
भक्तपुरमा श्रीमतीमाथि 'केमिकल' प्रहार, ६५ वर्षीय श्रीमान पक्राउ
|
रासस तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारसँग माग गरेका छन्।, आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्।, कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ।, ‘भीषण आगलागी नियन्त्रणका लागि सहयोग पुर्याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै क्षतिको यथार्थ मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।, यसैगरी एमाले तनहुँले आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ। एमाले जिल्ला उपसचिव प्रदीपराज अधिकारीले दुःखको घडीमा सहानुभूति प्रकट गर्दै क्षतिको यकिन मूल्याङ्कन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।, आइतबार बिहान १० बजेदेखि लागेको आगो दिउँसो २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट करोडौँ क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार आगलागीबाट भूपाल हार्डवेयरको गोदाम पूर्णरुपमा क्षति भएको छ। त्यस्तै ज्योतिकुमार श्रेष्ठको तीनतले पक्की घरको पछाडि भाग आंशिक र गोदाम पूर्णरुपमा क्षति भएको छ।, यसैगरी बलराम रानाको तीनतले पक्की घरको पछाडि एक साइड जलेर आंशिक, कृष्णबहादुर थापाले सञ्चालन गरेको तनहुँसुर मिनी मार्केटको दुई सटर आंशिक, होमबहादुर गुरुङको तीन तले घरको पछाडि भागको झ्यालढोकालगायत गाह्रोमा क्षति, राममाया गुरुङको तीनतले पक्की घरको पछाडि भागको झ्यालढोकालगायतमा क्षति, लालबहादुर गुरुङको चारतले पक्की घरको पछाडिको भाग झ्याल ढोका जली आंशिकरुपमा क्षति भएको छ।, यस्तै लिलबहादुर विकको दुईतले पक्की घरको पछाडिको झ्यालको चौकोस जली आंशिक क्षति, नवीन गुरुङको चारतले पक्की घरको पछाडिको झ्याल ढोका जली आंशिक, दीपककुमार श्रेष्ठको तीनतले पक्की घरको पछाडिको झ्यालको सिसा फुटेको वीरदेव धमेलको तीन तले पक्की घरको पछाडि झ्यालको चौकोस सामान्यरुपमा जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।,
दमौली आगलागी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेस र एमालेको माग
|
सेतोपाटी संवाददाता भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा स्थानीय एक युवाको मृत्यु भएपछि आइतबार साँझ कपिलवस्तुको ओदारी क्षेत्र तनावग्रस्त बन्यो। , कपिलवस्तुको बाणगंगा ११ ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई आईतबार साँझ ठक्कर दिएपछि मोटरसाइकलमा सवार स्थानीय अनिल मगरको घटनास्थलमै मृत्यु भएको थियो। , तौलिहवाबाट जितपुरतर्फ आउँदै गरेको भारतीय ट्रकले विपरित दिशातर्फ आईरहेको मोटरसाइकललाई ठक्कर दिएपछि ५० मिटर जति घिसार्दै लगेको घटनाको प्रत्यक्षदर्शीले बताएका छन्। , चालकले लापरबाहीपूर्ण तरिकाले ट्रक चलाउदा मोटरसाइकललाई ठक्कर दिएको र ठक्कर दिएपछि पनि ५० मिटरजति घिसार्दै लगेको उनीहरूले बताएका छन्।, दुर्घटनापछि मृतकका आफन्त र स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि घटनास्थल केही समय तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले स्थानीयको भिड र प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रुग्याँससमेत प्रहार गर्नुपरेको थियो।, प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको जनाएको छ।,
कपिलवस्तुमा भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवाको मृत्यु
|
सेतोपाटी संवाददाता विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन माग भएको छ।, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले आज सूचना निकालेर आवेदन दिन १५ दिने समयसमेत दिएको छ।, एक अध्यक्ष र एक महिलासहित तीन सदस्य पदमा नियुक्तिका लागि आवश्यक न्यूनतम योग्यता पुगेकाले आवेदन दिन सक्छन्।, आवेदन पेश हुन आउने उम्मेदवारहरूमध्ये कार्ययोजना मूल्यांकनबाट छनौट भई संक्षिप्त सूचीमा परेका ५ जना उम्मेदवारहरूलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल वा टेलिफोनबाट सूचित गरिने पनि जनाइएको छ।,
विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यमा आवेदन माग
|
सेतोपाटी संवाददाता नवजात शिशुको हत्या आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन्।, पक्राउ पर्नेमा कालिका नगरपालिका-१० की २१ वर्षीय मञ्जु चेपाङ छिन्।, गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका-१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो।, प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गरी फालेको खुलेको छ।, चेपाङलाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।,
नवजात शिशु हत्या आरोपमा आमा पक्राउ
|
सेतोपाटी संवाददाता पेस्तोल र ब्राउन सुगरसहित तीन जना युवालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।, खजुरा गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी राधापुरका प्रमुख प्रहरी नायब निरीक्षक रवीन्द्र बमको नेतृत्वमा खटिएको टोलीले आइतबार ९० ग्राम ब्राउन सुगर र एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको हो।, उनीहरूलाई खजुरा गाउँपालिका वडा नम्बर १ स्थित रवीन्द्र थापाको घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, सेतो प्लास्टिकमा बेरेर राखेको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाइराखेको अवस्थामा स्वचालित पेस्तोलसहित सोही घरका २५ वर्षीय रवीन्द्र थापा, खजुरा २ का २७ वर्षका मनिष थापा र नेपालजञ्ज १३ का २८ वर्षका सुरेश रोकालाई प्रहरीले पक्राउ गरेको छ।, उनीहरूलाई ब्राउन सुगर सेवन गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ। उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।,
पेस्तोल र ब्राउन सुगरसहित बाँकेबाट तीन युवा पक्राउ
|
सेतोपाटी संवाददाता नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनाव यही फागुन २७ मा हुने भएको छ।, अध्यक्षसहित कार्यसमितिका १२ पदमा ६२ जना प्रतिस्पर्धामा छन्। फागुन २७ गते बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ। प्रदेशअनुसार मतदान केन्द्र तोकिएका छन्।, नेइएको अध्यक्षसहित सबै पदमा पाँच समूहबाट उम्मेदवार भिड्ने भएका छन्। पाँच प्यानलबीच प्रतिस्पर्धा हुने भएको हो।, लोकतान्त्रिक इन्जिनियर समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका ऋषि कोइरालाले फागुन २७ मा नेइएको चुनाव हुने बताए।, पाँचवटै समूहका उम्मेदवारहरूले आफ्ना प्रतिवद्धतासहित चुनावी तयारी गरेका छन्।,
नेपाल इन्जिनियर्स एशोसिएसनको चुनाव फागुन २७ मा हुने
|
सेतोपाटी संवाददाता अर्घाखाँचीमा छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।, मालारानी गाउँपालिका ७ हंसपुरको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले बताए।, खनालका अनुसार शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। , शिक्षकले १५ वर्षीया नाबालिका छात्रालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक खनालले बताए। , प्रहरीले जबरजस्ती करणी आरोपमा पक्राउ परेका शिक्षक र विद्यालयको नाम भने खुलाएको छैन।, शिक्षक र विद्यालयको नाम खुलाउँदा बालिकाको समेत पहिचान खुल्न सक्ने भएको र घटनाबारे अनुसन्धान भइरहेकोले नाम गोप्य राखिएको प्रहरीले बताएको छ।, ‘पीडितको तर्फबाट जाहेरी परेपछि आरोपितलाई पक्राउ गरे पनि बयान लिने र थप अनुसन्धान गर्न बाँकी छ,’ खनालले भने।, पीडितको तर्फबाट प्रहरीमा दिएको जाहेरीमा स्थानीय जंगलमा लगेर पहिलो पटक गत पुष १९ गते र त्यसयता पटकपटक जबरजस्ती करणी गरेको उल्लेख छ।, साथै जबरजस्ती करणीपछि नाबालिका गर्भवती भएको र गर्भपतन समेत गर्नुपरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ।, आरोपित शिक्षकलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।,
छात्रालाई बलात्कार आरोपमा शिक्षक पक्राउ
|
रासस शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन्।, निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चार वटा क्यामेरा हराएका छन्। , ‘बाघ गणनाका लागि राखिएका ठाउँमा क्यामेरा फेला परेका छैनन्’, उनले भने, ‘कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्नेबारे अनुसन्धान भइरहेको छ।’, उनका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ।, बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो।, शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको २६० वटा ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य अगाडि बढाइएको थियो। , निकुञ्जले ५२० वटा स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरेको छ। , निकुञ्जअन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी चार स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी चार र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखेर बाघ गणनाको कार्य गरिएको छ।, जम्मा २० क्याम्पमा ७० प्राविधिक र पाँच वटा हात्ती खटाएर गणना कार्य गरिएको अधिकृत अर्यालको भनाइ छ।, माघ २९ देखि २१ दिनसम्म बाघ गणनाको कार्य गरिएको हो। , बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेराले खिचेका फोटो ग्रिडअनुसार छुट्याउने कार्यमा प्राविधिकको टोलीले काम अगाडि बढाएको छ। , अधिकृत अर्यालले भने, ‘फोटो छुट्याउने कार्य सम्पन्न भएपछि विश्लेषणका लागि विभागमा पठाउँछौं।’, फोटो विश्लेषणका आधारमा विभागले बाघको संख्या यकिन गरी सार्वजनिक गर्ने उनले बताए। , गत वर्षको तुलनमा बाघको उपस्थिति उत्साहजनक रहेको उनको भनाइ छ।, गत वर्षको गणनामा निकुञ्जमा १७ बाघ देखा परेका थिए। निकुञ्जमा बाघ गणना सन् २००९ देखि हुँदै आएको छ। सरकारले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य लिएको छ।, शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्ज, थोरै क्षेत्रफलमा धेरै बाघ भएको क्षेत्रका रूपमा समेत परिचित छ। ,
बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए
|
खिलानाथ ढकाल ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका छन्।, कोन्ज्योसोम गाउँपालिका-४ नल्लुको एउटा घरका चार जना सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन्। दुई जना घाइते छन्।, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको बताए।, ‘घटनास्थलमा हामी पुग्दैछौं, फरेन्सिक डाक्टरसहितको टोली लिएर हिँडेका छौं,’ उनले भने। , मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ रहेका छन्। , छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु बेहोस् अवस्थामा फेला परेका छन्। , बुहारी सुष्मा सुत्केरी भएका कारण कोठामा आगो बालेर सुतेको र त्यहीँ उनीहरू मृत भेटिएको पोखरेलले बताए।, ‘उनीहरू खाना खाएर सुतेका थिए,’ पोखरेलले भने, ‘घटनास्थलमा आगो बालेको कोइला र केही वान्ता भएको पनि देखिएको छ।’, सुभाष र दुई दिनको शिशुलाई उद्धार गरी उपचारका लागि पाटन अस्पताल ल्याइएको छ।, घटना अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट टोली खटिएको छ। टोलीमा फरेन्सिक चिकित्सक पनि छन्।,
ललितपुरमा एकै घरभित्र चार जना मृत फेला
|
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ। संघीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो।,
,
महानगरले ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैयाँ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ।, संघीय सरकारबाट ३५ करोड रुपैयाँ र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ। रकम नपुग भएमा महानगरपालिकाले थप गर्ने छ। भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सो भवन १४ हजार १५२ वर्गमिटरको हुनेछ।,
,
महानगरको आफ्नो खर्चले धान्न मुस्किल हुने भएपछि संघ र प्रदेशबाट रकम जुटाएर भवन निर्माणको प्रक्रिया थालिएको हो। , महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले भवन ३० महिनाभित्र सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको जनकारी दिए।, भवनको भूमिगत तलामा ५० कार र २५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ।, दुई बिघा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवन बाहिर पनि पार्किङ र बगैंचा निर्माण गर्न ठाउँ रहने गरी भवन बनाउन लागिएको उनको भनाइ छ।,
,
भवनमा दुई लिफ्ट हुनेछन्। ज्येष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल, हरेक तलामा दुई/दुई बैठक कक्ष हुने उनको भनाइ छ।, भवनमा १५८ सानाठूला कार्य कक्ष रहने छन् भने २२१ कोठा रहने छन्। भवनका हरेक तलामा अपागमैत्री शौचालयसहित प्रत्येक तलामा पुरूष र महिलाका लागि अलग्गै शौचालय रहने छ। पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्सांकन गरिएको सुवेदीले जानकारी दिए। हाल महानगरमा तीन लाख ६९ हजार जनसंख्या रहेको छ।,
,
महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले भवन निर्माण भएसँगै महानगरबासीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकिने बताइन्।, हाल पुरानो र साँघुरो भवनबाट सेवा दिन परिरहेको छ। कतिपय महाशाखा र शाखा फरक फरक ठाउँमा हुँदा नगरबासीले झन्झट बेहोर्नुपरेको उनको भनाइ छ।, उनले भने, ‘अब आउने जनप्रतिनिधिले आधा कार्यकाल नयाँ भवनबाट सेवा दिन सक्नेछन्।’, भरतपुर क्षेत्रको उच्च ठाउँमा भवन हुने हुँदा महानगरको सहरी क्षेत्रको दृश्यावलोकन गर्न सक्ने आकर्षक भवन बन्ने उनको भनाइ छ।,
,
महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जनप्रतिनिधिको मेहनतका कारण संघ र प्रदेशबाट बजेट सुनिश्चतता भएकाले भवन निर्माण गर्न आर्थिक अभाव नहुने बताए।, उनको भनाइमा आन्तरिक आम्दानीबाट पूरै खर्च बेहोर्नुपर्ने अवस्था आएको भए धान्न मुस्किल हुने र विकास बजेट कटौती गर्नुपर्ने अवस्था आउने थियो।,
नयाँ भवन बनाउँदै भरतपुर महानगर
|
रासस केही सार्वजनिक अपराध र विविध कसूरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ। , कार्यालयबाट विशेष टोली खटाई सार्वजनिक अपराध मुद्दाका फरार पनौती नगरपालिका–३ का २३ वर्षका सन्तराम तामाङ र सोही वडाका २७ वर्षीय सुवास तामाङलाई सोही स्थानबाट आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ।, उनीहरूलाई अदालतले २०७३ असार ६ गते केही सार्वजनिक अपराध कसूरमा जरिवाना तथा सजाय फैसला गरेको थियो। , यस्तै, विविध कसूरमा धुलिखेल नपा–४ को पोडिनी सार्कीलाई सोही स्थानबाट पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।, उनका अनुसार कार्यालयद्वारा जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न, दण्डहीनताको अन्त्य र कानुनी तथा विधिको शासन स्थापित गर्ने उद्देश्यले प्रहरीको विशेष टोली खटाई फरार प्रतिवादीको खोजी अभियान सञ्चालन गरिएको छ। ,
पाँच वर्षदेखि फरार तीन पक्राउ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.