content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता अदालतले बुढानिलकण्ठ दुर्घटना प्रकरणमा सवारी ज्यानमुद्दा लागेका पृथ्वी मल्ललाई ६ महिना कैद र एक हजार जरिवाना सुनाएको छ।, जिल्ला अदालत काठमाडौंका न्यायाधीन सूर्यप्रसाद अधिकारीको इजलासले मल्ललाई उक्त कैद र जरिवानाको फैसला सुनाएको सूचना अधिकारी दीपक दाहालले बताए। उनका अनुसार फैसलाको पूर्णपाठ भने आइसकेको छैन।, सुरूमा मल्ललाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार राख्ने आदेश दिएको थियो। तर सर्वोच्च अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो।, मल्ल यसअघि नै सात महिना कारागार बसिसकेका थिए।, २०७६ मंसिर २७ गते बिहान १० बजेतिर मल्लले चलाएको कारले ठक्कर दिएर विपरीत दिशाको सडकपेटीमा हिँडिरहेकी गोरखाकी लीला देवकोटाको मृत्यु भएको थियो।, त्यसपछि प्रहरीले मल्ललाई पक्राउ गरी प्रहरीले सवारी ज्यानमुद्दामा अनुसन्धान थालेको थियो।, प्रारम्भिक अनुसन्धानमै मल्लले मादकपदार्थ सेवन गरेर कार चलाएको खुलेको थियो।, उनले आफ्नो बयानमा रातभरि रक्सी खाएको र बिहान गाडी चलाउँदा निद्रा लागेकाले दुर्घटना भएको बताएका थिए। चिरायु अस्पतालको स्वास्थ्य रिपोर्टमा समेत मल्लले मादकपदार्थ सेवन गरेको उल्लेख थियो।, प्रहरीले आफ्नो प्रतिवेदनमै मल्लले 'मादक पदार्थ सेवन गरी लापरबाही तरिकाले चलाएको कारले देवकोटालाई ठक्कर दिएको' उल्लेख गरेको थियो।, यस कारण त्रुटिपूर्ण छ बुढानिलकण्ठ 'हिट एन्ड रन' मुद्दामा सर्वोच्चका न्यायाधीशद्वयको आदेश,
सवारी ज्यान मुद्दामा पृथ्वी मल्ललाई ६ महिना कैद र एक हजार जरिवाना
|
रासस प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।, सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो। पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ।, पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ। पानी नभएको स्थानमा जीवन सम्भव छैन। यसैले पानी नै जीवन हो भन्ने गरिन्छ। जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ। पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ।, पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ। तर सबै पानी पिउन योग्य छैन। समुद्र र महासागरको पानी नुनिलो छ। जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ। २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ। यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ। ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ। जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ।, नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ। पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ। संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ। यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ।, दिवसको यस वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ रहेको छ। यो नाराका साथ आज बिहान खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायको आयोजनामा सुन्दरीजलमा विशेष कार्यक्रम गर्न लागिएको छ। कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीलगायत अधिकारीहरूको सहभागिता रहने जनाइएको छ।,
आज विश्व पानी दिवस, सरकारले सुन्दरीजलमा विशेष कार्यक्रम गर्दै
|
सेतोपाटी संवाददाता प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। , प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। , देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहनेछ।, महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ।, यस्तै बुधबार दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। , देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, बिहीबार पनि देशका पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।,
,
आज प्रदेश १ र गण्डकीमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहने
|
रासस विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ। बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो ।, विद्युत् कार्यालयको आठ लाख रूपैयाँ बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो । अहिलेसम्म पनि त्यहाँ विद्युत् जडान गर्न कुनै पहल भएको छैन भने पानीको लाइन काटिएको पनि दुई हप्ता हुन लाग्यो । आधुनिक बसपार्क बनाएपछि त्यहाँ ५२ वटा सटर भाडामा छन् । विद्युत् नहुँदा त्यहाँका होटल व्यवसाय ठप्प छन् । गर्मी मौसम सुरु भएसँगै फ्रिज चलाउन र मोबाइल पसलमा अनिवार्य विद्युत् चाहिन्छ । टिकट काउन्टरमा टिकट काट्न, शौचालय जान समस्या छ । विद्युत र पानीको समस्या समाधान गर्न कतैबाट पनि पहल नभएको स्थानीय व्यवसायीहरू बताउँछन् । ‘विद्युत् नहुँदा हाम्रो व्यवसाय नै चौपट्ट भएको छ’, सटरमा व्यवसाय गर्दै आएकी प्रमिला कठायतले भनिन् ।, विसं २०७७ देखि त्यहाँ व्यवसायीलाई सटर भाडामा प्रदान गरिएको हो । त्यतिबेला भाडामात्रै तिर्ने तर, पानी विद्युत्को नतिर्ने सहमति भएको अर्का व्यवसायी जिए नेपालीले बताए । तर अहिलेसम्म त्यहाँ कुनै विद्युत् महसुल बुझाइएको छैन । ‘यहाँको पूर्वतर्फका सटरको १० हजार र पश्चिमतर्फका सटरको आठ हजार रूपैयाँ भाडा तिर्ने सहमति भएको हो’, उनले भने, ‘तर अहिले पानी, विद्युत्को पनि हामीले तिनुपर्ने भन्ने कुरा आएको छ ।’, ठेकेदार कम्पनीले भने त्यस्तो कुनै लिखित सहमति नभएको बताएको छ। ‘पहिले पनि मैले नै ठेक्का पाएको थिएँँ’, बुढाथोकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भीमबहादुर बुढाथोकीले भने, ‘त्यतिबेला पनि सटर लिनेलाई पानी, विद्युतको मात्रै तिर्ने भन्ने कुनै लिखित सहमति भएको थिएन।’ अहिले पनि पुनः बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको छ। फागुन २० गतेदेखि बसपार्कका लागि सोही सप्लायर्सलाई काम गर्ने गरी कार्यादेश दिइएको छ । सोही कम्पनीले पनि यसअघि पनि बसपार्क पूर्वाधार शुल्क उठाउने जिम्मा लिएको थियो । तर केही समयमै त्यो सम्झौता तोडिएको थियो ।, विसं २०७८ वैशाखदेखि फागुनसम्म उपमहानगरपालिकाले नै भाडा उठाउने काम गरिरहेको थियो । पुनः पुसमा बोलपत्र खुला गर्दा त्यही बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको र ठेक्का पाएपछि सप्लायर्सले त्यहाँको व्यवस्थापनका लागि सक्रियता बढाएको छ । त्यसका लागि सम्झौता गर्न सटर भाडामा लिएकाहरूलाई चिठ्ठी पठाएको बुढाथोकीले भने। अहिलेसम्म सम्झौता गर्न नआएको उनको भनाइ छ ।, सटर भाडामा लिएकाले यसअघिका महिनाको पनि भाडा तथा विद्युत् महसुल नबुझाएकाले भाडा र महसुलसहित सम्झौता गर्न बोलाएको उनले बताए। उनका अनुसार २० प्रतिशत भाडा बढाउन मिल्ने भन्दै सोहीअनुसार आफूले भाडा बढाउन लागेको बताए। अहिले पूर्वतर्फका सटरलाई रु १४ हजार र पश्चिमतर्फका सटरलाई रु १२ हजार बनाउने गरी तयारी गरेको बुढाथोकीले बताए।, भाडा बढेमा आफूहरूले त्यो भाडा बुझाउन नसक्ने व्यवसायी रुपलाल केसीले बताए। ‘नाला, फुटपाथ पनि हटाउन सकेको छैन, गेट पनि बनाउन सकेको छैन’, उनले भने, ‘अहिले आएर भाडा बढाउने भन्ने कुरा गरेको छ, त्यो सुहाउँदो गरेर हेरफेर गर्न सकिएला, धेरै बढाए सकिँदैन।’ त्यहाँ १३ वटा प्रालिका टिकट काउन्टर पनि छन् । काउन्टरमा विद्युत् नहुँदा उत्तिकै समस्या हुने गरेको त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिका रुकुम–सल्यानका सदस्य दीपककुमार बुढाथोकीले बताए।, उपमहानगरपालिकाले पनि सम्बन्धित सटर भाडा लिएकाहरूले नै विद्युत् महुसुल तिर्नुपर्ने बताएको छ । उपमहागरपालिकाका राजस्व शाखा प्रमुख भेषराज चन्दका अनुसार कोभिडपछिकोे छुटसहित त्यसपछि दामासाहीका हिसाबले विद्युत् महसुल बुझाउनुपर्ने हुन्छ। उपमहानगरपालिकाले सार्वजनिक शौचालय, छोटो र लामो समयको पार्किङ, प्रवेश तथा निकासी शुल्क, होर्डिङ बोर्डसहित सार्वजनिक सूचना, टर्मिनल भवन, ५२ सटरको शुल्क उठाउने जिम्मा बुढाथोकी ट्रेड एण्ड सप्लायर्सलाई दिइएको छ । वार्षिक भ्याटबाहेक रु दुई करोड २३ लाख बुझाउने गरी ठेक्का सम्झौता भएको हो ।,
विद्युत् र खानेपानीको बक्यौता नबुझाउँदा तुलसीपुर बसपार्कको लाइन काटियो
|
राजु अधिकारी कुनै ठूलो विद्रोहको बेला थिएन। राजनीतिक आवरणमा हुने भीडन्तको कुनै घटना पनि थिएन। यही ‘शान्त बेला’मा प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान आइतबार मोरङको लेटाङमा ज्यान गुमाइन्। उनी अढाई वर्षदेेखि प्रहरी सेवामा कार्यरत थिइन्।, उनका दाजु भुवन पनि प्रहरी सेवामै छन्। विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक उनी बहिनीको हत्यापछि विह्वल छन्। बोल्न सक्ने अवस्थामै छैनन्।, ‘दाइ, पति सबै प्रहरीमै हुनुहुन्छ,’ कोशी अस्पताल परिसरमा सोमबार बिहान प्रहरीहरू भन्दै थिए, ‘उहाँहरू कोही बोल्न सक्ने अवस्थामा हुनुहुन्न।’ , उनीहरूका अनुसार लेटाङमा उत्पन्न तनावले उग्र रूप लिँदा उर्मिला मारिएकी थिइन्। , आइतबार मोरङको लेटाङ नगरपालिका-५ मा स्थानीयको आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते सेवामा प्रवेश गरकी हुन्। , १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङतर्फ गएको थियो। , तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए। , एकाएक अवस्था असामान्य बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो। त्यही टोलीमा उर्मिला पनि लेटाङ पुगेकी थिइन्। , यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लियो। यता गाउँलेहरू भने प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भए। , दिउँसो एक बजे नै घटनास्थल पुगेको प्रहरीलाई स्थानीयबासीले दिनभरजसो छेके। साँझतिर झडप सुरू भयो। त्यही क्रममा भीडबाट कसैले उर्मिलाको घाँटीमा चक्कु प्रहार गरेको प्रहरी भनाइ छ। , ‘उहाँको घाँटीमा चक्कु प्रहार भएपछि गम्भीर घाइते हुनुभयो,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले सेतोपाटीसँग भने, ‘उपचारका लागि ल्याउँदै गर्दा उहाँको बाटोमै निधन भयो।’ , झडपका क्रममा एक्कासी उर्मिला ‘ऐय्या...’ भनेर चिच्याएको आवाज आएको प्रहरीहरू बताउँछन्।, ‘उनले ऐय्या...भनेको सुनेपछि हेरेको घाँटीबाट भलभल रगत आइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘उनको उपचार पनि हुन पाएन। बाटैमा ज्यान गयो।’ , बुवा कुमार र आमा सीतामायाकी एक्ली छोरी उर्मिला २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मेकी थिइन्। उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी हुन्।, उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन्। इलाममा कार्यरत उनी पत्नी मारिएको घटनापछि विराटनगर आएका छन्। उनीहरूको गत वैशाख १९ गते विवाह भएको थियो। आउँदो वैशाख १९ मा उनीहरू विवाह बन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो। , ‘उहाँहरू एकै ठाउँ बस्ने तारतम्य मिलाउने प्रयासमा हुनुहन्थ्यो,’ कोशी अस्पताल परिसरमा खटिएका उर्मिलाका साथी प्रहरीहरू भन्दै थिए, ‘तर, त्यो समय नआई सदाका लागि उहाँहरूले छुट्टिनुपर्यो।’ , उत्तरी मोरङमा एकपछि अर्को बलात्कार र यौन दुर्व्यहारको घटना लगातार भइरहेका छन्। केही दिनअघि मात्रै डेढ वर्षे बालिकाको बलात्कारले ज्यान लिएको घटना नसेलाउँदै शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको घटना बाहिरिँदा स्थानीयबासी उग्र प्रदर्शनमा उत्रिएका थिए। सुन्दर हरैंचाकी डेढ वर्षे बालिकाको हत्या प्रकरणमा स्थानीयबासी प्रहरीसँग रूष्ट थिए। , ‘न्याय माग्दै सडकमा उत्रिएका सर्वसाधारणलाई गछियामा प्रहरीले दुई दिन हिरासतमा थुनेपछि सर्वसाधारण थप आक्रोशित थिए,’ लेटाङ नगरका एक जनप्रतिनिधिले भने, ‘यहाँ पनि प्रहरीले दोषी बचाउन लाग्यो भन्ने उल्टो बुझाइ हावी भयो। आक्रोशले यस्तो अवस्था ल्यायो।’ , सोमबार सुन्दरहरैंचा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। ‘दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ,’ प्रधानमन्त्री देउवाले भने। , उनले प्रहरीलाई अनुसन्धानका लागि निर्देशनसमेत दिइसकेका छन्।,
लेटाङमा बिलायो प्रहरी जवान दम्पतीको सँगै बस्ने सपना
|
सेतोपाटी संवाददाता प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यू जारी छ।, सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो। , अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। , लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ।, यसअघि प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले सोमबार घटनास्थलको स्थलगत जानकारी लिएको छ।, मोरङ प्रशासनले थप अप्रिय घटना हुन नदिन सोमबार बिहानैदेखि लेटाङमा कर्फ्यु लगाए पनि दिनभर उक्त क्षेत्र तनावग्रस्त नै रह्यो ।, प्रहरीले जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गर्यो। स्क्रिनिङका क्रममा प्रहरीले एक दर्शन युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। , मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले सोमबार कर्फ्यू उल्लङ्घन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।, खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्।, लेटाङमा बिलायो प्रहरी जवान दम्पतीको सँगै बस्ने सपना , कुनै ठूलो विद्रोहको बेला थिएन। राजनीतिक आवरणमा हुने भीडन्तको कुनै घटना पनि थिएन। यही ‘शान्त बेला’मा प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान आइतबार मोरङको लेटाङमा ज्यान गुमाइन्। उनी अढाई वर्षदेेखि प्रहरी सेवामा कार्यरत थिइन्।, उनका दाजु भुवन पनि प्रहरी सेवामै छन्। विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक उनी बहिनीको हत्यापछि विह्वल छन्। बोल्न सक्ने अवस्थामै छैनन्।, ‘दाइ, पति सबै प्रहरीमै हुनुहुन्छ,’ कोशी अस्पताल परिसरमा सोमबार बिहान प्रहरीहरू भन्दै थिए, ‘उहाँहरू कोही बोल्न सक्ने अवस्थामा हुनुहुन्न।’ , उनीहरूका अनुसार लेटाङमा उत्पन्न तनावले उग्र रूप लिँदा उर्मिला मारिएकी थिइन्। , आइतबार मोरङको लेटाङ नगरपालिका-५ मा स्थानीयको आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते सेवामा प्रवेश गरकी हुन्। , १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङतर्फ गएको थियो। , तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए। , एकाएक अवस्था असामान्य बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो। त्यही टोलीमा उर्मिला पनि लेटाङ पुगेकी थिइन्। , यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लियो। यता गाउँलेहरू भने प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भए। , दिउँसो एक बजे नै घटनास्थल पुगेको प्रहरीलाई स्थानीयबासीले दिनभरजसो छेके। साँझतिर झडप सुरू भयो। त्यही क्रममा भीडबाट कसैले उर्मिलाको घाँटीमा चक्कु प्रहार गरेको प्रहरी भनाइ छ। , ‘उहाँको घाँटीमा चक्कु प्रहार भएपछि गम्भीर घाइते हुनुभयो,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले सेतोपाटीसँग भने, ‘उपचारका लागि ल्याउँदै गर्दा उहाँको बाटोमै निधन भयो।’ , झडपका क्रममा एक्कासी उर्मिला ‘ऐय्या...’ भनेर चिच्याएको आवाज आएको प्रहरीहरू बताउँछन्।, ‘उनले ऐय्या...भनेको सुनेपछि हेरेको घाँटीबाट भलभल रगत आइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘उनको उपचार पनि हुन पाएन। बाटैमा ज्यान गयो।’ , बुवा कुमार र आमा सीतामायाकी एक्ली छोरी उर्मिला २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मेकी थिइन्। उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी हुन्।, उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन्। इलाममा कार्यरत उनी पत्नी मारिएको घटनापछि विराटनगर आएका छन्। उनीहरूको गत वैशाख १९ गते विवाह भएको थियो। आउँदो वैशाख १९ मा उनीहरू विवाह बन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो। , ‘उहाँहरू एकै ठाउँ बस्ने तारतम्य मिलाउने प्रयासमा हुनुहन्थ्यो,’ कोशी अस्पताल परिसरमा खटिएका उर्मिलाका साथी प्रहरीहरू भन्दै थिए, ‘तर, त्यो समय नआई सदाका लागि उहाँहरूले छुट्टिनुपर्यो।’ , उत्तरी मोरङमा एकपछि अर्को बलात्कार र यौन दुर्व्यहारको घटना लगातार भइरहेका छन्। केही दिनअघि मात्रै डेढ वर्षे बालिकाको बलात्कारले ज्यान लिएको घटना नसेलाउँदै शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको घटना बाहिरिँदा स्थानीयबासी उग्र प्रदर्शनमा उत्रिएका थिए। सुन्दर हरैंचाकी डेढ वर्षे बालिकाको हत्या प्रकरणमा स्थानीयबासी प्रहरीसँग रूष्ट थिए। , ‘न्याय माग्दै सडकमा उत्रिएका सर्वसाधारणलाई गछियामा प्रहरीले दुई दिन हिरासतमा थुनेपछि सर्वसाधारण थप आक्रोशित थिए,’ लेटाङ नगरका एक जनप्रतिनिधिले भने, ‘यहाँ पनि प्रहरीले दोषी बचाउन लाग्यो भन्ने उल्टो बुझाइ हावी भयो। आक्रोशले यस्तो अवस्था ल्यायो।’ , सोमबार सुन्दरहरैंचा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। ‘दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ,’ प्रधानमन्त्री देउवाले भने। , उनले प्रहरीलाई अनुसन्धानका लागि निर्देशनसमेत दिइसकेका छन्।,
,
लेटाङमा मंगलबार पनि कर्फ्यू जारी
|
सेतोपाटी संवाददाता सिन्धुलीको मरिण गाउँपालिका-६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ।, सोमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो।, बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए।, लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बम्जनले बताए।, लामा नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष थिए।, लामाको पार्थिव शरीरलाई लामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ। लामाका बुवाआमा, श्रीमती र पाँच छोरा छन्। रासस,
कार्यकक्षमै बेहोस भएका वडाध्यक्षको निधन
|
सेतोपाटी संवाददाता नेपालका माउन्टेन बाइकर मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदुरपश्चिमको हुम्ला हिल्सासम्मको एकल साइकल यात्रा सुरू गरेका छन्। नेपालको साहसिक पर्यटन प्रर्वद्धनको उद्देश्यले उनले आइतबारबाट साइकल यात्रा सुरू गरेका हुन्। , साइकल यात्रामा निस्किएका लामालाई आइतबार नेपाल पर्यटन बोर्डमा विदाई गरियो। बोर्ड र जिएचटी अन व्हीलको आयोजनामा हुन लागेको यो यात्रामा विभिन्न संघसंस्थाहरूले सहयोग गरेका छन्। , १७ सय किलोमिटरको यस यात्राका लागि शुभकामना दिँदै बोर्डका उपाध्यक्ष चन्द्र रिजालले यो अभियान साहसिक पर्यटन नेपालको पहिचान भएको बताए। , बोर्डका निर्देशक मणिराज लामिछानेले साहसिक पर्यटन प्रर्वद्धनका लागि बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै यो रुटलाई नयाँ प्रडक्टको रुपमा प्रर्वद्धन गर्न र साहसिक पर्यटनमा सहभागीलाई बोर्डले सक्दो सहयोग गर्ने आश्वासन दिए।, यस्तै बोर्डका प्रबन्धक अर्चना केसी राणाले यस प्रकारका कार्यक्रमले नेपाली पर्यटनमा नयाँ आयाम थप्ने बताइन्। , साइक्लिस्ट लामाले आफ्नो पहिचानभन्दा पनि देशको पहिचानको लागि आफू कठिन र जोखिमपूर्ण यात्रामा निस्किन लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्डसहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताए, लामाले चैत्र १८ अर्थात् अप्रिल १ गते देखि कञ्चनजंघादेखि साइकल यात्रा सुरू गरेर सो यात्रा ६० देखि ७० दिनसम्ममा सक्ने लक्ष्य लिएका छन्। यो ट्रेलमा अहिलेसम्म मान्छेले हिँडेर र दौडिएर यात्रा गरेका छन्। साइकलमा यात्रा गर्नुलाई चुनैतिपूर्ण र कष्टकर मानिन्छ। त्यही भएकाले यो यात्रा गरे भने लामा विश्वको पहिलो व्यक्ति हुनेछन्।, माउन्टेन बाइकरको रूपमा यात्रा गर्नुअगाडि लामा साइकल पसलमा मेकानिकको रुपमा काम गर्थे। बिस्तारै त्यही पसलको साइकल त्यहाँका मालिकले थाहा नपाउने गरी चलाउँदै उनी यो पेशामा लागेका हुन्। त्यसक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने मौका पाए। जसमध्ये दशवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाउँन सफल भइसकेका छन्।, सानैदेखि फरक शैलीको काम गर्ने चाहना राख्ने लामाले त्यहीक्रममा ग्रेट हिमालयन ट्रेलको यात्रा गर्न लागेका हुन्।,
१७ सय किलोमिटर साइकल यात्रामा निस्किए मंगल लामा
|
रासस महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको मृत्यु भएको छ।, मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुरको डुबेर मृत्यु भएको हो। सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ।, स्थानीयले पानीमा डुबेका ती युवालाई उद्धार गरेका थिए। उचारका लागि लैजाँदै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ।, यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ।, मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, होली खेलेर शनिबार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए।,
पोखरीमा डुबेर दुई युवाको मृत्यु
|
सेतोपाटी संवाददाता हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।, यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।, मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो ।, नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ। केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।, नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् । यस सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।, नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ । १८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब नौ प्रतिशत जनसङख्या मात्र बाँकी छ । ,रासस,
९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप
|
सेतोपाटी संवाददाता नेपाल पर्वतारोहण संघको केन्द्रीय कार्यसमितिको निर्वाचन घोषणा गरिएको छ।, आज बसेको संघको केन्द्रीय कार्यसमितिको ७१ औं बैठकले संघको नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी जेठ अन्तिम साता गर्ने निर्णय गरेको हो। , निर्वाचन जेठ २७ र २८ (१० र ११ जुन) गते काठमाडौंमा हुने भएको हो।, निर्वाचनका लागि संघको विधानको दफा ४२ (३) बमोजिम अधिवक्ता डा गोकुल बुलाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा. रामशरण थपलीय र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन आयोग गठन समेत गरिएको छ।, यहीँ चैत ९ गते हुने २१औं वार्षिक साधारणसभाको तयारी पूरा भएको पनि संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए।,
नेपाल पर्वतारोहण संघको निर्वाचन जेठ अन्तिम साता
|
सेतोपाटी संवाददाता नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया-सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ।, रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्य लिई धमाधम काम भइरहेको छ।, २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ वटा टावरमध्ये ४४ वटाको जग हालिएको छ। पाँच वटा टावर खडा गरिएको छ। प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ। प्रसारण लाइनका उपकरणहरू आयोजनास्थलमा ल्याइसकिएको छ।, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरू, कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन भ्रमण गरेको छ। टोलीले नेपाल र भारतबीचको विद्युत व्यापारका लागि यो लाइन महत्वपूर्ण रहेकोले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएको छ।, नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५माघमा पोखरामा सम्पन्न छैटौं बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा-मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो। यसपछि २०७६कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा (सम्पत्तिया,भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले अन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको बताए।, ‘नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्वपूर्ण छ’, घिसिङले भने,‘लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुने छ, यसबाट दुई मुलुकबीचको विद्युत व्यापार थप सहज र विस्तार हुने छ।’, करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी रहेको छ। मैनहिया १३२ केभी सबस्टेसनबाट सुरू हुने प्रसारण लाइन भारतसँगको सीमा विन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ।, भारतर्फ लाइन जोड्नका लागि सबस्टेसनमा दुई वटा बे र ३/४ वटा टावर निर्माण गर्नु पर्ने आयोजनाका प्रमुख हरि पाण्डेले बताए। उक्त कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको पाण्डेले उल्लेख गर्नुभयो।, बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत रहेको छ।, १८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ वटा टावरमध्ये ५५ वटा निर्माण सम्पन्न भएको छ। १० किलोमिटर तार टांगिएको छ। बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ। मैनहिया सबस्टेसनमा राखिने १३२/३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये १ वटाको जडान भइसकेको छ। बाँकी एउटा र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ। प्रसारण लाइन र सबस्टेसन २ महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।,
नेपाल-भारत जोड्ने १३२ केभी प्रसारण लाइनको सकियो ६० प्रतिशत काम
|
सेतोपाटी संवाददाता सल्यानमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ।, खलंगाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकलले शनिबार राति ९ बजे शारदा नगरपालिका-१ पट्नेरीका २५ वर्षीय दीपेश डाँगीलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।, सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले घाइते डाँगीको उपचारका क्रममा दाङको तुसलीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राति नै मृत्यु भएको जानकारी दिए। , मोटरसाइकल चालक सामान्य घाइते रहेको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। , यसैबीच मृतकका परिवारलाई तत्काल किरिया खर्च बाफत ५० हजार क्षतिपूर्ती उपलब्ध गराउने सहमति भएको प्रहरीले जानकारी दिएको छ ।,
,
सल्यानमा मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु
|
नवीनबाबु गुरूङ स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेका लागि आजदेखि आवेदन खुलेको छ। आइतबार बिहानैदेखि प्रहरी कार्यालयअघि म्यादी प्रहरीका लागि आवेदन दिन युवाहरू लामवद्ध भएका छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादीका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।, म्यादी प्रहरी हुन् १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ। चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।, भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने विज्ञापनमा उल्लेख छ। सरकारले ४० दिनका लागि १ लाख जना म्यादी प्रहरी भर्ना गर्न लागेको छ। , म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरू हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरू हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।, भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ ।, म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।, हेर्नुस् तस्बिरहरू,
म्यादी बन्ने सपना (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर राखेपछि अभिनेत्री प्रियंका कार्की प्रहरीकहाँ पुगेकी छन्। , सामाजिक सञ्जालमा कार्कीको तस्बिरसहित विज्ञापन देखिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो। कार्कीले आफूले त्यस्तो विज्ञापन नगरेको सूचना प्रहरीलाई दिएकी थिइन्। , ‘मेरो फोटो प्रयोग गरेर क्रिप्टोकरेन्सीको एड बनाएको रहेछ। त्यसबारे छानबिन गर्न सघाउन उहाँहरूले मलाई बोलाउनु भएको हो ,’ कार्कीले सेतोपाटीसँग भनिन्,‘अहिले पनि यहीँ छु।’, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि कार्कीसँग यस विषयमा कुराकानी भएको बताएको छ। , ‘उहाँको फोटो प्रयोग भएको क्रिप्टोकरेन्सीसम्बन्धी विज्ञापन सामाजिक सञ्जालमा देखिएपछि बोलाएर खबर गरेका थियौं,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने,‘उहाँसँग अहिले कुरा भइरहेको छ।’, नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी छ। , फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो।, प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राख्न निर्देशन दिइएको हो।, नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा ताथ गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले निषेध, डिसएबल तथा कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको थियो।, ‘मन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि आएपछि हामीले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई क्रिप्टोकरेन्सीमा प्रयोग हुने सबै एप बन्द गर्न निर्देशन दिएका हौं,’ मिश्रले सेतोपाटीसँग भने।, गैरकानुनी तरिकाले विदेशी मुद्रा विनिमय हुन थालेपछि वैदेशिक मुद्रा सञ्चिति घट्दा अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको भन्दै अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत निकायहरूबाट क्रिप्टोकरेन्सीबारे अध्ययन भइरहेको छ।, अर्थ मन्त्रालयको कार्यदलले क्रिप्टोकरेन्सीबारे छानबिन गरी प्रतिवेदन लेखिरहेको छ। यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागले पनि छुट्टै कार्यदल गठन गरेर छानबिन गरिरहेका छन्। , यी पनि पढ्नुस्:, क्रिप्टोकरेन्सीको कारोबार बढेपछि चार छुट्टाछुट्टै सरकारी निकायले गर्दैछन् अध्ययन, बिटक्वाइन वरदान हो कि अभिशाप?, जसले मोबाइल एपबाट छ महिनामै ३७ करोड बराबरको डलर साटेर खेलाए जुवा, ९ करोड ७४ लाख बिगो माग्दै दुई जना क्रिप्टोकरेन्सी कारोबारीविरूद्ध मुद्दा,
क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो फोटो राखेपछि प्रियंका कार्की पुगिन् सिआइबीमा
|
सेतोपाटी संवाददाता देशभर थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए। , ४ हजार ६१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार ७९८ जनाको पिसिआर र १ हजार २६३ जनाको एन्टिजेन परीक्षण गरीएको अधिकारीले बताए। , योसँगै देशभर ३ हजार २४१ जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घन्टामा ३८२ संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
नेपालमा दैनिक कोरोना संक्रमण ५० भन्दा तल, मृत्यु हुनेको संख्या शून्य
|
सेतोपाटी संवाददाता बाँकेमा दुर्लभ वन्यजन्तु रेड पाण्डfको छाला र प्रतिबन्धित लागूऔषध चरेशसहित ६ जना पक्राउ परेका छन्।, रेड पाण्डाको छालासहित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ का २३ वर्षीय बिकेश बोहरा, वडा नं. ३ का ३६ वर्षीय हर्कबहादुर बिक र २२ वर्षीय रामकृष्ण शाही, ठूलीभेरी नगरपालिका वडा नं. १ का २५ वर्षीय सुकराम बिक पक्राउ परेका हुन्। , बाँके जिल्ला प्रहरी प्रवक्ता मधुसुदन न्यौंपानेकाअनुसार उनीहरुलाई आइतबार बिहान ११ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका १२ को कोरियनपुरस्थित अन्जना होटेल एण्ड लजबाट पक्राउ गरिएको हो।, होटलको १०५ नम्बर कोठामा खानतलासी गर्दा खाटमुनी प्लाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा दुई थान रेडपाण्डाको छाला बरामद भएको प्रवक्ता न्यौंपानेले जानकारी दिए। , त्यस्तै आइतबार दिउँसो १२ बजेतिर चरेशसहित कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ९ का २५ वर्षीय प्रविन बिष्ट, वडा नं. ७ का २३ वर्षीय राजबहादुर कार्की पक्राउ परेका छन्। , उनीहरूलाई नेपालगञ्ज-२ पुष्पलाल चोक नजिककै रहेको दंगाली – स्याङजाली होटेलको कोठा नं. ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता न्यौंपानेले जानकारी दिए। , पक्राउ परेका बिष्ट र कार्कीको साथबाट तीन किलो चरेश बरामद भएको प्रबक्ता न्यौंपानेले बताए। , पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको तथा उनीहरूलाई कसुर अनुसारको मुद्दा चलाई कानुनी कारबाहीको प्रक्रिया सुरू भएको प्रहरीले जनाएको छ।,
बाँकेमा रेड पाण्डाको छाला र चरेशसहित ६ जना पक्राउ
|
रमेश लम्साल बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ।, गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र? भन्ने जस्तो तथ्य देखिन्छ।, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ। यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन्। संशोधनतर्फ कूल चार हजार ५३९, हाल साविकतर्फ दुई हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२ र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको विवरण छ।, घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएका देखिन्छ। गत माघमा कूल एक लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ। यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ। गत माघमा कूल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए। यस्तै घर जग्गाको नामसारीतर्फ चार हजार २७७ वटा थिए। संशोधनतर्फ तीन हजार ६२२, हाल साविक दुई हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए।, बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्याङ्कले भने अस्वीकार गरेको जस्तो देखिन्छ। विभागको विवरण अनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै छ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबरको राजस्व सङ्कलन भएको छ। रजिष्ट्रेसन दस्तुरबाट तीन अर्ब ७८ करोड ११ लाख ८६ हजार ७९९,अतिरिक्त शुल्कबाट चार लाख दुई हजार ५४५ पूँजीगत लाभकरबाट एक अर्ब ४४ करोड ४६ लाख तीन हजार तीन बराबरको राजश्व उठाइएको छ।, सो महिना मात्रै घर जग्गाको कारोबारमा ५५ करोड ६५ लाख ९४ हजार ४०९ बराबरको छुट समेत पाएका छन्। बागमतीतर्फ मालपोत कार्यालय चावहिलमा फागुन महिनामा ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले ४५ करोड ३२ लाख छ हजार ३५३ बराबरको राजस्व सङ्कलन गरेको छ। मालपोत कार्यालय कलङ्कीले ३९ करोड १६ लाख ८५ हजार ५०२, मालपोत कार्यालय साँखुले १५ करोड ७४ लाख ८० हजार ५१२, मालपोत कार्यालय मनमैजुले १३ करोड २९ लाख ३२ लाख ७५६, मालपोत कार्यालय टोखाले ११ करोड २९ लाख २४ हजार ४१९ बराबरको राजस्व संकलन गरेको छ।, यस्तै, काठमाडौं उपत्यकामा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयले बढी राजस्व सङ्कलन गरेको छ। विभागको विवरणअनुसार लगनखेल मालपोतले ५४ करोड २२ लाख ११ हजार १३९ बराबरको राजस्व सङ्कलन भएको छ। यस्तै, मालपोत कार्यालय बाँकेले ११ करोड २३ हजार ४०९, मालपोत कार्यालय कास्कीले १२ करोड ४५ लाख ३० हजार ९९२, मालपोत कार्यालय चितवनले १६ करोड २८ लाख ३४ हजार ८७७ बराबरको राजस्व सङ्कलन गरेको छ। विभागका अनुसार मालपोत कार्यालय रुपन्देहीले नौ करोड १९ लाख २६ हजार ३२४, मापलपोत कार्यालय चन्द्रौटाले तीन करोड ३५ लाख ८४ हजार ३३८ बराबरको राजस्व सङ्कलन गरेको छ।, केही मालपोत कार्यालयले भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत् पनि राजस्व सङ्कलन गरेको छ। त्यसमा सप्तरीको राजविराज र कञ्चनपुर, सिराहाका दुई मालपोत कार्यालय, जनकपुरधाम, जलेश्वर, महोत्तरी, सर्लाहीका तीन मालपोत कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कोषमार्फत् रकम सङ्कलन गरेको छ। मधेस प्रदेश २ का रौतटह, बारा, पर्साका मालपोत कार्यालयमा समेत सो कोषमार्फत् घर जग्गाको कारोबार गर्दा रकम सङ्कलन गरिएको छ। त्यसबापत् चार करोड २९ लाख ५१ हजार ७९४ बराबरको रकम सङ्कलन भएको छ। ,रासस,
बैंक तथा वित्तीय संस्थामा तरलताको संकट, घरजग्गाको कारोबारमा बहार
|
सेतोपाटी संवाददाता युट्युबमार्फत् चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपाल र अलोन मिडिया च्यानलमार्फत् भ्रामक तथा अनर्गल वक्तव्यबाजी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। , उनका अनुसार सुनसरी घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० बस्ने ३० वर्षीय शर्मिला वाइबालाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले गत शुक्रबार चितवनबाट इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा पक्राउ गरेको हो। पक्राउ गरी उनलाई काठमाडौं ल्याइएको हो। , वाइबाविरूद्ध साइबर ब्युरोमा रेखा थापाकी दिदीले उजुरी दिएकी थिइन्। , उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर गरेको भन्दै काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ। , यो पनि: ,युट्युबमा रेखा थापालाई गालीगलौज गरेको भन्दै दिदीले दिइन् साइबर ब्युरोमा निवेदन,
,
युट्युबबाट चरित्र हत्या गरेको आरोपमा एक महिला पक्राउ
|
सेतोपाटी संवाददाता जग्गा बैना गरेको रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। , ललितपुर महानगरपालिका-३ घर भई धुलिखेल नगरपालिका-४ बस्दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनका अनुसार घिमिरेले जग्गा बैना गर्न दिएको रकम ठगी गरेको आरोप छ। , भक्तपुरमा रहेको चार आना जग्गाको बैना गरी उनले पीडितबाट ४५ लाख बढी रकम लिएको प्रहरी उपरीक्षक कोइरालाले बताए। , पीडितले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको पटकपटक चेक काटेर दिएका थिए।, जग्गाको बैना रकम लिएपछि घिमिरे सम्पर्कबिहीन भएका थिए। , घिमिरेले बैना लिएको उक्त जग्गा अरूको नाममा नामसारी गरेको थिए। उक्त कुरा थाहा पाएपछि पीडितले आफू ठगिएको भन्दै उजुरी दिएका थिए। , घिमिरेमाथि थप अनुसन्धान गर्न महाशाखाले उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ। ,
जग्गा बैना रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एक पक्राउ
|
सविता बुढा स्थानीय सरकार बनेको दोस्रो वर्ष बैतडीको पञ्चेश्वर गाउँपालिकाकाले एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय गर्यो। त्यतिबेला गाउँका केही बाटा मर्मतसम्भार गरिए।, गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने तयारी गर्दै गर्दा सुदूरपश्चिम प्रदेश सरकारले अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स दिने खबर आयो। यसपछि गाउँपालिकाले एम्बुलेन्स किनेन।, प्रदेश सरकारको योजनाअनुसार पञ्चेश्वर गाउँपालिकाकाले तेस्रो वर्ष एउटा एम्बुलेन्स पायो। गाउँमा एम्बुलेन्स आएपछि स्थानीयबासी खुसी भए। उनीहरूले सेवा पनि पाए।, केही महिनाअघिको कुरा हो, वडा नम्बर २ का बासिन्दा राम विककी छोरी बिरामी परिन्। जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्ने भयो। रामले सवारी साधन खोजे। गाउँको कुरा न हो, भन्ने बित्तिकै कहाँ पाइन्थ्यो?, ‘गाडी पाइएन। गाउँपालिकामा एम्बुलेन्स छैन, पहिलेको एम्बुलेन्स कहाँ छ थाहा भएन,’ रामले सेतोपाटीसँग भने, ‘धेरै बेर कुरेपछि बल्ल एउटा जिप आयो, त्यसमै छोरीलाई अस्पताल पुर्याएँ।’, उनले जिपलाई निकै महँगो भाडा तिर्नुपर्यो। अहिले गाउँमा एम्बुलेन्स छैन। रामजस्ता अरूले पनि आपतमा बिरामी अस्पताल पुर्याउनु परे जिप नै खोज्छन् र महँगो भाडा तिर्छन्।, प्रदेश सरकारले दिएको अत्याधुनिक एम्बुलेन्स हुँदाहुँदै गाउँलेहरूले किन जिपलाई महँगो भाडा तिर्नु परेको! यसको खास कारण छ।, गाउँमा एम्बुलेन्स त आयो तर गाउँको कच्ची सडकमा त्यसले राम्ररी काम गरेन। मानिसले सेवाभन्दा बढी दुःख पाए। बर्खाको समयमा गाउँको हिलो बाटोमा एम्बुलेन्स चल्दै चलेन। बाटैमा बिग्रिने र सामान्यभन्दा निकै बढी इन्धन लाग्ने भयो।, गाउँपालिकाकी उपाध्यक्ष विना भट्ट भन्छिन्, ‘ईन्धन धान्नै सकिएन, एम्बुलेन्स बाटैमा बिग्रिएर हैरान भयो।’ तै पनि बाटो हिलो नहुँदा आपतमा काम दिँदै थियो। गाउँपालिकाले अनुपयुक्त एम्बुलेन्स प्रदेश सरकारलाई नै फिर्ता गर्ने र अर्को माग्ने निर्णय गरेको थियो।, यसैबीच गत पुस ६ गते एक जना बिरामी बोकेर धनगढी पुगेको उक्त एम्बुलेन्सले एउटा मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल चालक घाइते भए। घटनापछि ट्राफिक प्रहरी कार्यालय कैलालीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लियो।, सामान्य चोट लागेका मोटरसाइकल चालक केही दिनपछि निको भए। मोटरसाइकल मर्मत भयो। एम्बुलेन्स चालक पनि रिहा भए। घटना भएको तीन महिना बित्यो, एम्बुलेन्स भने ट्राफिक प्रहरी कार्यालय, कैलालीमै छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका प्रमुख, प्रहरी निरीक्षक वकिल सिंहका अनुसार ठक्कर खाएको मान्छेले मलाई ठिक भयो, एम्बुलेन्स बुझाइदिनू भनेको छ तर अहिलेसम्म गाउँपालिकाले लगेको छैन। एम्बुलेन्स ट्राफिक प्रहरी कार्यालयको चौरमा छ।, प्रहरीले एम्बुलेन्स फिर्ता लैजान गाउँपालिकालाई जानकारी गराएको छ तर त्यहीँबाट प्रदेश सरकारलाई फिर्ता गर्ने सूचना आएको छ।, उक्त एम्बुलेन्स धनगढीबाटै प्रदेश सरकारलाई फिर्ता गर्ने गाउँपालिकाका उपाध्यक्ष भट्टले बताइन्। उनले भनिन्, ‘एम्बुलेन्स ट्राफिक प्रहरी कार्यालयमै छ। त्यहीँबाट प्रदेश सरकारलाई फिर्ता गर्ने कुरा भएको छ, कहिले फिर्ता हुन्छ भन्ने मलाई पनि जानकारी छैन।’, उता एम्बुलेन्स ट्राफिक प्रहरी कार्यालयमा थन्किएको कुरा प्रदेश सरकारलाई पनि थाहा छैन। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने, ‘एम्बुलेन्सको कुनै पनि खबर हामीकहाँ आएको छैन, प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेका एम्बुलेन्सको रेखदेख गर्ने जिम्मा पनि उसैको हुन्छ। फिर्ता गरेर अर्को माग भए प्रदेश सरकारले दिन्छ।’, सुदूरपश्चिम सरकारले १६ वटा एम्बुलेन्स खरिद गरेर वितरण गरेको थियो। पहाडी क्षेत्रका स्थानीय तह, स्वास्थ्य चौकी र अस्पताललाई दिएका केही एम्बुलेन्स पहाडी कच्ची बाटोमा उपयुक्त नभएको भन्दै प्रदेश सरकारमै फिर्ता भएका छन्।, प्रदेश सरकारले बिरामीलाई चाँडो स्वास्थ्य सेवा दिने उद्देश्यले पहिलो वर्षमै एम्बुलेन्स खरिद गरेको भए पनि ठाउँअनुकूल नभएको स्थानीयको भनाइ छ।,
एम्बुलेन्स ट्राफिक प्रहरी कार्यालयमा थन्कियो, गाउँलेलाई हैरान
|
सेतोपाटी संवाददाता धनुषामा जीप र वींगर ठोक्किँदा दुई जना न्यायाधीश घाइते भएका छन्।, गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा भएको दुर्घटनामा परी सिराहा जिल्ला अदालतका न्यायाधीशहरू पुष्पराज थपलिया र धुव्रकुमार उप्रेती घाइते भएका हुन्।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको न्यायाधीश सवार बा २ च ३९३२ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना १ ज ६५०७ नम्बरको वींगर ठोक्किएर चारनाथ पुलमा र्दुघटना भएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए।, रायका अनुसार घाइते दुबै न्यायाधीशको जनकपुरस्थित काब्य अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
सवारी दुर्घटनामा घाइते भएका दुई जिल्ला न्यायाधीशलाई हेलिकप्टरबाट पठाइयो काठमाडौं
|
खिलानाथ ढकाल गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन जना एआइजी बढुवा सिफारिस गरेपछि तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले लोकसेवा आयोगमा उजुरी गरेका छन्।, प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गृहको सिफारिसविरूद्ध लोकसेवा आयोगमा उजुरी दिएका हुन्।, वरिष्ठता र कार्यक्षमताका आधारमा हुनुपर्ने बढुवामा मनपरी गरिएको भन्दै तीन जना डिआइजीले लोकसेवा आयोगमा उजुरी गरेका हुन्।, गृह मन्त्रालयले चैत १ गते तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको सिफारिस गरेको थियो।, सिफारिसमा डिआइजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक परेका थिए।, उक्त बढुवा नेपाल प्रहरीको नियमावलीविपरीत र स्वेच्छाचारी ढंगले भएको ठहर गर्दै डिआइजीहरू लोकसेवा कार्यालय पुगेका हुन्।, ‘यो बढुवा प्रहरी नियमावलीको विपरीत छ नै, राजनीतिक शक्तिकेन्द्रले रोजेका व्यक्तिहरू बढुवामा परेका छन्,’ एक डिआइजीले भने।, एआइजी बढुवा समितिमा प्रहरी महानिरीक्षक, गृह मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव रहन्छन्। , समितिले सिंह, पन्त र धानुकलाई एआइजी बढुवा गर्ने सिफारिस गरेका थिए। त्यो समितिमा सदस्यसचिव रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले बढुवा सिफारिसमा लाहाछाप लगाएका थिए।, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले एआइजी बढुवाउपर उजुरी परेको बताए।, ‘उजुरी आएको हो, दर्ता चाहिँ भएको छैन,’ रेग्मीले सेतोपाटीसँग भने।, बढुवा सिफारिसमा परेका पन्त कार्यक्षमतामा अत्यन्तै कमजोर मानिन्छन्। उनीभन्दा कार्यक्षमतामा बलियो मानिएका कार्कीद्वय बढुवा सूचीमा अटाएनन्।, पन्त साथै पछाडिको ब्याचमा अत्यन्तै कमजोर कार्यक्षमता भएका धानुकलाई बढुवा सूचीमा समावेश गरिएकोमा उनीहरूको आपत्ति छ।, धानुकलाई बढुवा गर्न अर्थमन्त्री जनार्दन शर्माको जोडबल थियो। शर्माले धानुकलाई समावेश गर्ने सर्तमै एआइजी बढुवाको ‘अर्थ गाँठो’ फुकाइदिएका थिए।, अर्थमन्त्री शर्माले सिफारिस गरेका धानुकलाई समेट्दा कार्यक्षमतामा अब्बल मानिएका डिआइजी उत्तमराज सुवेदी सिफारिसमा छुटेका छन्। सुवेदीलाई समेट्न प्रहरी महानिरीक्षक क्षत्रीले जोड गरे पनि गृह नेतृत्वले नमानेको स्रोतले बतायो।, तथापि, यी तीनै बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री सन्तुष्ट नभएको प्रधान कार्यालय स्रोत बताउँछ। ‘आइजिपी क्षत्री पन्तको ठाउँमा कार्कीद्वय वा अर्याललाई सिफारिस गर्न चाहन्थे र धानुकको ठाउँमा सुवेदीलाई,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘त्यसविपरीत गृह नेतृत्वबाट सूची आएपछि आइजीले खाली कागजमा सही गरेर हिँड्नुभएको हो।’, प्रहरीभित्रको समीकरण, अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, एआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले २०७९ वैशाख १९ मा अवकाश पाउँदैछन्।, उनीहरू अवकाशमा जाँदा भावी प्रहरी महानिरीक्षकमा एआइजी विश्वराज पोखरेल र सहकुल थापा प्रतिस्पर्धामा रहन्छन्।, उनीहरूकै ब्याचबाट एआइजी बढुवामा समावेश भएका सिंह र धानुक पनि प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा रहन्छन्।, गृहले एआइजी सिफारिस गरेका पन्त क्षत्रीको ब्याचमेट हुन्, उनीसँगै पन्त रिटायर्डमा जान्छन्।, त्यसपछि हुने आइजीको प्रतिस्पर्धामा पोखरेल, थापा, सिंह र धानुक हुनेछन्। वर्तमान सरकारले पोखरेल र थापालाई विश्वास नगरेका कारण उनीहरूकै ब्याचबाट सिंह र धानुकलाई बढुवामा समेटेको बुझिएको छ।, पोखरेल महानिरीक्षक नभए उनी डिआइजी/एआइजीको ५६ वर्षे उमेर हदका कारण २०७९ साउन १९ मा अवकाशमा जान्छन्। पोखरेल प्रहरी महानिरीक्षक भए ११ महिना कुर्सीमा हुन्छन्।, उमेरका कारण एआइजी थापा भने पूरा कार्यकाल रहन्छन्, त्यो त्यही ११ महिना नै हो।, अहिले एआइजी बढुवा सूचीमा परेका सिंह पनि ११ महिना नै कुर्सीमा बस्नेछन्।, तर, धानुक एआइजी बढुवा भए पनि २०७९ असोज ७ मा उमेर हदका कारण अवकाशमा जान्छन्।, एआइजीमा बढुवामा समेटिएका पन्त हालका आइजिपी क्षत्रीसँगै वैशाखमा अवकाशमा जान्छन्। र, अहिले एआइजी बढुवामा असन्तुष्टि व्यक्त गर्दै लोकसेवा आयोगमा उजुरी गरेका अर्याल र कार्कीद्वय पनि आइजी क्षत्रीसँगै वैशाख १९ गते अवकाशमा जान्छन्।,
तीन एआइजी बढुवा सिफारिसविरूद्ध लोकसेवा आयोगमा उजुरी
|
सेतोपाटी संवाददाता रौतहट देवाही गोनाही नगरपालिकाका मेयरसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित विशेष अदालतमा मेयर धर्मेन्द्रप्रसाद पटेलसहित दुई जनाविरूद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मेयर पटेलसहित सहयोगी अशोकप्रसाद पटेलविरूद्ध पनि मुद्दा दायर भएको हो। , उनीहरूले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको आरोप छ। , उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिनेक्रममा विभिन्न बहानामा सेवाग्राहीसँग पाँच लाख घुस मागेका थिए। , सूचना पाएपछि खटिएको टोलीले उनीहरूबाट ५ लाख रुपैयाँको चेकसहित फागुन १५ गते पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए। , अनुसन्धान हुँदा उनीहरूले भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै अख्तियारले उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो। , भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजायको मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो। ,
,
देवाही गोनाहीका मेयरसहित दुई जनाविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा
|
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। , काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-२ बस्ने ३६ वर्षीय नवराज धिमाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनलाई प्रहरीले आइतबार गोकर्णेश्वरबाट पक्राउ गरेको हो। , उनले प्राइम बैंक लिमिटेडको खातामा चेक नभएको भन्ने थाहा पाएर पनि चेक काटेर दिएका थिए। त्यसरी ठगेपछि पीडितले उनीविरूद्ध मुद्दा हालेका थिए। त्यसमा असोज १८ गते उच्च अदालत पाटनले उनलाई पाँच दिन कैद र २० लाख जरिवाना सजाय सुनाएको थियो। , तर उनी फरार थिए। उनलाई पक्राउ गरी सजाय कार्यान्वयनको लागि ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक महतोले बताए। ,
बैंकिङ कसुरमा २० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ
|
राजु अधिकारी आफ्नै विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयबासी र प्रहरीबीचको झडपले मोरङको लेटाङ तनावग्रस्त बनेको छ। , आइतबार दिउँसैदेखि तनावग्रस्त बनेको लेटाङ–५ को खेरूवा क्षेत्रमा अहिले साँझ गाउँले र प्रहरीबीच झडप भएको छ , झडपका क्रममा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी घाइते भएका छन्। एक जना महिला प्रहरीमाथि छुरा प्रहार भएको प्रहरी स्रोतले बताएको छ । , छुरा प्रहारबाट गम्भीर घाइते ती महिला प्रहरीको विराटनगरमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ। , लेटाङ ५ का वडाध्यक्ष भीम सूर्य मगरले दिएको जानकारी अनुसार स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र गाउँले बिहानैदेखि प्रदर्शनमा ओर्लिएका थिए। , दिउँसो एक बजेतिर ती शिक्षकलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरी टोलीले शिक्षकलाई नियन्त्रणमा लियो । तर, प्रहरीले आरोपित शिक्षकलाई बचाउन लगेको भन्दै गाउँलेले अवरोध गरे । , साँझ पाँच बजेसम्म पनि गाउँलेले प्रहरीलाई ती शिक्षक लिएर जान दिएनन्। साँझमा झडप नै हुँदा प्रहरी र गाउँले घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् ।, त्यसैगरी स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो। स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ। तर, यसबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन।, कसरी भयो घटना, प्रहरी स्रोतका अनुसार चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफूमाथि दुर्व्यवहार गरेको छात्राले बताएकी छन्।, ‘गएको तिहारदेखि यता उहाँ पटक–पटक हाम्रो घरमा आउने, मसँग पानी माग्ने र दुर्व्यवहार गर्ने गर्नुहुन्थ्यो,’ छात्राको भनाइ उद्धृत गर्दै वडाध्यक्ष मगरले सेतोपाटीसँग भने, ‘ती नानीले यसो भनेपछि हामीले प्रहरी बोलाएका हौं। प्रहरीले लगेर छानबिन गरोस् भन्ने थियो। तर, स्थानीय र विद्यार्थीलाई प्रहरीले आरोपित बचाउन लागेको भन्ने सोच्नुभयो। फलतः झडपको अवस्था आयो।’, दिउँसो आक्रोशित विद्यार्थी र स्थानीयबासीले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।, विद्यालयको अवस्था तनावग्रस्त बनेपछि पुगेको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले थुनिएकालाई उद्धार गरि सुरक्षित स्थानमा लगेको र स्थिति समान्य अवस्थामा आएको जनाएको छ ।, प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन्। एक महिला प्रहरी गम्भीर घाइते भएको स्थानीयले जानकारी दिएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घाइतेहरू अस्पताल पुगेपछि अवस्थाबारे जानकारी हुने बताए।,
मोरङको लेटाङमा प्रहरी गाउँले झडप, महिला प्रहरीको अवस्था गम्भीर
|
सेतोपाटी संवाददाता ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई ललितपुरबाट पक्राउ गरेको छ।, महानगरीय प्रहरी परिसर ललितपुरले चितवन भरतपुर महानगरपालिका-२३ घर भएका ३२ वर्षीय मनोज बास्तोलालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।, उनीमाथि आठ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। , गत कात्तिक २८ गते ललितपुर महानगरपालिकास्थित कुसुन्तीस्थित यातायात कार्यालय अगाडिको होटलमा बसेर उनले एक पीडितलाई बा १२ च ४४९९ नम्बरको हुन्डाईको ग्रान्ड आई टेन कार पास भयो भनेका थिए। , उनले ती पीडितलाई कारको ब्लुबुक समेत दिइसकेका थिए। तर त्यो ब्लुबुकमा भएको सवारीसाधन भने ती पीडितले नपाएको प्रहरी उपरीक्षक शाहले बताए। , त्यसबापत पीडितले आठ लाख ५० हजार रुपैयाँ बास्तोलालाई दिएका थिए। तर सवारीसाधन नपाएपछि पीडितले आफू ठगिएको भन्दै प्रहरी कार्यालयमा पुगेका थिए। , प्रहरीमा जाहेरी परेपछि परिसरबाट खटिएको टोलीले आइतबार बिहान ललितपुरको शंखमुलबाट उनलाई पक्राउ गरेको हो। , चेकिङ गर्ने क्रममा पक्राउ परेका उनीबाट प्रहरीले यातायात व्यवस्था कार्यालय बागमती लेखिएको सवारी दर्ता गर्ने रजिष्टर समेत बरामद गरेको छ। , ‘उनीबाट कार्यालयको रजिष्टर पनि बरामद भएको छ। त्यसमा विभिन्न सवारीसाधनहरू नामसारी दर्ता भएको देखिन्छ,’ शाहले भने, ‘यसमा हामीले अनुसन्धान गर्दैछौं।’, यातायात व्यवस्था कार्यालय बागमती लेखिएको ११०९ नम्बरको पहेलो रङको सवारी दर्ता र १६९० नम्बर अंकित ४५४० देखि ४६७९ सम्म २६ च समेत लेखिएको गुलावी रङको सवारी दर्ता किताब बरामद भएको हो। , उनीमाथि थप अनुसन्धान गर्न परिसरले ललितपुर जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। ,
ब्लुबुक दिएर सवारीसाधन नदिई ठगी गरेको आरोपमा एक पक्राउ
|
राजेश घिमिरे आइतबार बिहान जिल्ला प्रहरी कार्यालय अगाडिको भीडले भरतपुरको एनपिआई कलेजबाट फर्कँदै गरेका शिव अधिकारीको ध्यान खिच्यो। बुझ्दै जाँदा उनले त्यहाँ म्यादी प्रहरीको लागि भर्ना आवेदन दिनेहरू भेला भएको पत्ता लगाए। , उनलाई आफू पनि म्यादी बनौं जस्तो लाग्यो। घर पुगेर डकुमेन्ट ल्याएर लाइनमा उभिए। , टन्टलापुर घाममा करिब ७ घन्टा उभिएपछि उनी घरतिर लागे।, ‘आज पालो आउने भएन, भोलि बिहानै आउनुपर्ला,’ अधिकारीले भने, ‘हाम्रो देशमा सबैको अवस्था उस्तै छ, जागिर पाइन्छ भनेपछि लाइन बस्न मन त लागिहाल्छ।’, २० वर्षका उनले ३० दिनकै भए पनि काम पाउन पाए केही पढाई खर्च जुट्ने बताए।, आइतबार जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लामो लाइन लागेको थियो। यो लाइनमा अधिकांश युवा थिए। केही अधवैंशे र दूधे बच्चा काखमा च्यापेका महिला पनि लाइनमा थिए। प्रहरी कार्यालयको गेट भित्र पस्न उनीहरू ठेलमठेल गरिरहेका थिए।, ‘जागिर खोज्दै थिएँ, प्रहरी कार्यालयमा म्यादी प्रहरी मागेको विज्ञापन देखेर बिहानै आएको,’ लाइनमा उभिएका ४५ वर्षीय शंकर दरैले भने, ‘सामान्य कृषिको काम गर्दै आएको थिएँ, केही दिन भने पनि सरकारी जागिर पाइन्छ कि भन्ने आशाले यहाँ ल्याइपुर्यायो।’, तीन वर्षीय छोरा काखमा च्यापेकी एक महिला केही घन्टादेखि छाता ओढेर लाइनमा बसिरहेकी थिइन्।, ‘अर्को सालबाट त यसलाई पनि पढाउनुपर्छ। ३०-४० हजार आयो भने पनि धेरै हुन्थ्यो भनेर आएको,’ नाम नलेखिदिन आग्रह गर्दै ती महिलाले भनिन्, ‘राजनीतिक पार्टीहरूले आफ्ना मान्छेलाई मात्रै जागिर लगाउँदैछन् भन्ने हल्ला पो सुन्दैछु।’ , आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनका लागि सरकारले देशभरबाट म्यादी प्रहरी मागेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले १ हजार ७ सय ९ जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो। सोही सूचनाका आधारमा आइतबार पहिलो दिनमै हजारौं मान्छेहरू प्रहरी कार्यालय अगाडि लामबद्ध भएका हुन्।, म्यादी प्रहरीका लागि १८ वर्षदेखि ५४ वर्षसम्मका नेपाली नागरिकले निवेदन दिनसक्ने प्रहरीले जनाएको छ। चैत ११ गतेसम्म निवेदन दिन सकिनेछ।, म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरू हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरू हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।, म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।,
चालीस दिन ‘सरकारी जागिर’ खान दिनभर ठेलमठेल
|
रासस कपिलवस्तुको विजयनगर गाउँपालिका-१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ। , होलीको टीकाको विषयमा सुरू भएको विवादले विद्यालय परिसरमा आइतबार दिनभर तनावग्रस्त भएको हो।, होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आइतबार अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो। छलफल नगरी विद्यार्थीहरू आक्रोशित हुँदै ढुंगा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।, विद्यार्थीको दुई समूहबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। तनावग्रस्त भीडलाई तितरवितर पार्न प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए।, विद्यालयमा रहेका एक दर्जन बढी कम्प्युटरमा क्षति पुगेको छ भने झ्याल ढोकाहरू फुटेका छन्। झडपमा आक्रोशित विद्यार्थीहरूले ढुंगा प्रहार गरी तोडफोड गरेका थिए।, विद्यालय परिसर झन्डै तीन घण्टासम्म तनावग्रस्त बनेको थियो। झडपमा एक दर्जन सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ। अहिले अवस्था सामान्य रहेको र दुवै समूहका विद्यार्थी अभिभावकबीच छलफल गराई समस्या समाधान गरिएको छ।,
कपिलवस्तुमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार
|
राजु अधिकारी मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ।, झडपमा मोरङका प्रहरी उपरीक्षकसहित एक दर्जन घाइते भएका छन्।, आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।, छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले सेतोपाटीसँग पुष्टि गरे।, ‘घाँटीमै छुरा प्रहार भएपछि उहाँ गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हुनपुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले सेतोपाटीसँग भने, ‘मृतकको शव अहिले कोशी अस्पतालमा राखिएको छ।’, आफ्नै छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारवाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयबासीले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए । , ‘हामी यो मान्छेलाई जुत्ताको माला लगाएर लेटाङ बजार घुमाउँछौं, मोसो दल्छौं अनि तपाईंहरूले लानुहोला भन्ने गाउँलेको माग थियो,’ मोरङ प्रहरीका एक अधिकारीले दिनभरिको घटना सुनाउँदै सेतोपाटीसँग भने, ‘हामीले त्यसो गर्न हुँदैन, मिल्दैन भन्यौं। गाउँलेले हाम्रो र जनप्रतिनिधि कसैको कुरा सुन्न मानेनन्।’ , प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति खोस्ने प्रयास बारम्बार भएको र आफूहरूले त्यसो गर्न नदिएको प्रहरीको भनाइ छ। , ‘हामीले बल प्रयोग नगरेकै हो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘दिउँसो एक बजेदेखि साँझसम्म हामीलाई गाउँलेले रोके। तैपनि हामीले सम्झाउने प्रयास गरिरह्यौं। तर, अन्त्यमा हामीमाथि आक्रमण भयो।’ , प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीन राईले सेतोपाटीलाई दिएको जानकारी अनुसार घटनामा कम्तीमा नौ जना प्रहरी र केही स्थानीय घाइते छन्।, ‘को–को घाइते भए भन्ने नाम संकलन हुँदैछ, घाइतेलाई उपचारका लागि विराटनगर ल्याउने क्रम जारी छ,’ उनले भने, ‘तर को को घाइते भए भन्ने यकिन भइसकेको छैन।’, प्रहरीले घाइते भएका सर्वसाधारणको संख्याबारे केही थाहा नभएको जनाएको छ। प्रहरीले झडपका क्रममा हवाई फायरसमेत गरेको स्थानीय बताउँछन्। प्रहरीले भने घटनामा प्रहरी घाइते भएपछि भीड तितरवितर भएकाले घाइते गाउँलेबारे केही थाहा नभएको जनाएको छ।, प्रदेश प्रहरी प्रवक्ता राईका अनुसार अहिले घटनास्थलमा प्रहरी परिचालित छ। घटनास्थलको अवस्था समान्य बनेको छ।, के हो घटना?, प्रहरी स्रोतका अनुसार चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफूमाथि दुर्व्यवहार गरेको छात्राले बताएकी छन्।, ‘गएको तिहारदेखि यता उहाँ पटक–पटक हाम्रो घरमा आउने, मसँग पानी माग्ने र दुर्व्यवहार गर्नुहुन्थ्यो,’ छात्राको भनाइ उद्धृत गर्दै वडाध्यक्ष मगरले सेतोपाटीसँग भने, ‘ती नानीले यसो भनेपछि हामीले प्रहरी बोलाएका हौं। प्रहरीले लगेर छानबिन गरोस् भन्ने थियो। तर स्थानीय र विद्यार्थीलाई प्रहरीले आरोपित बचाउन लागेको भन्ने सोच्नुभयो। फलतः झडपको अवस्था आयो।’, दिउँसो आक्रोशित विद्यार्थी र स्थानीयले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।, विद्यालयको अवस्था तनावग्रस्त बनेपछि पुगेको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले थुनिएकालाई उद्धार गरी सुरक्षित स्थानमा लगेको र स्थिति समान्य अवस्थामा आएको जनाएको छ ।, प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन्।,
लेटाङ झडपमा घाइते महिला प्रहरीको मृत्यु
|
एजेन्सी भारतको पूर्वी राज्य बिहारमा मदिरा सेवन गरेर होली मनाएकामध्ये कम्तीमा ३२ जनाको मृत्यु भएको छ। , भारतीय सञ्चार माध्यमका अनुसार होली मनाउने क्रममा विषालु मदिरा सेवन गरेकामध्ये विहारका विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको हो।, मृत्यु हुनेमा भागलपुरका १६, बाँकाका १२, मधेपुराका ३, नालंदका १ जना छन्।, विषाधियुक्त मदिरा सेवनबाट दर्जनौं व्यक्ति बिरामी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ।, अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण भागलपुरमा २, बाँकामा ६ र मधेपुरामा दर्जनबढी व्यक्ति गम्भीर बिरामी भएका छन्। , बिहारमा सन् २०१६ देखि अनाधिकारिक रूपमा उत्पादन हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।, रक्सी खाएर मृत्यु भएको भनिएका उनीहरूको पोष्टमोर्टम रिपोर्ट आउन अझै बाँकी रहेकोले अहिल्यै मृत्युको वास्तविक कारण पुष्टि गर्न हतार गर्नु गलत हुने प्रहरीले बताएको छ। , घरायासी रूपमा बनाइने सस्तो मदिरा पिउँदा मदिरामा हुने बिषाक्त तत्वका कारण मृत्यु हुने गरेको स्थानीयको भनाई छ।, यसैबीच घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन्। उनीहरूले प्रहरी र व्यवसायीबीचको मिलेमतोमा घटना भएको भन्दै आक्रोश पोखेका छन्।, उनीहरूले बिहिबार राती होली मनाउने क्रममा विषाधियुक्त मदिरा सेवन गरेका थिए। मदिरा सेवनपछि बिरामी परेपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो। ,
भारतको बिहारमा मदिरा सेवन गरेका ३२ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता तराईमा शुक्रबार मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका-५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका-१ का १८ वर्षीय रिसभ चौधरीको मृत्यु भएको हो।, दुबै जनाको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको मुकारुङले बताए।, जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्र्याक्टरसहित ४१३ वटा सवारी साधनलाई कारबाही गरेको बताए।, यस्तै, मापसे गरी हो-हल्ला गरी हिँडेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस,
होलीमा लापरबाहीपूर्वक मोटरसाइकल चलाउँदा मोरङमा दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता हातमुख धुने क्रममा खोलामा डुबेर बेपत्ता भएका किशोरको मृत्यु भएको छ।, प्रहरीका अनुसार रूपन्देही बुटबल उपमहानगरपालिका-८ का १८ वर्षीय प्रशन्न पोखरेलको शुक्रबार दिउँसो मृत्यु भएको हो।, पाल्पा तिनाउ गाउँपालिका-३ भुतखोलामा साथीहरूसँग घुम्न गएका पोखरेल खोलामा डुबेर बेपत्ता भएका थिए।, प्रहरी चौकी दोभानबाट खटिएको टोलीले उनलाई उद्धार गरी अस्पताल पठाए पनि उनको अपराह्न ४:४० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, तीन जना अन्य साथीहरू भने सकुशल छन्। पोखरेल डुबेपछि उनका साथीले प्रहरीले खबर गरेका थिए।,
खोलामा डुबेर किशोरको मृत्यु
|
सबिना श्रेष्ठ ललितपुरका मेयर चिरिबाबु महर्जनले गत भदौ ३ गते पाटनको पुल्चोकस्थित समय् फल्चा (पाटी) पुनर्निर्माण गर्ने 'भीष्मप्रतिज्ञा' गरेका थिए। त्यस दिन फल्चा शिलान्यासको पूर्वनिर्धारित कार्यक्रम भए पनि अघिल्लो साँझ जिल्ला अदालतबाट आएको 'स्टे अर्डर' ले काम रोकिएको थियो।, शिलान्यासका लागि भेला भएका सार्वसाधारणलाई सम्बोधन गर्दै उनले भनेका थिए, 'कसैले रोकेर फल्चा बनाउने काम रोकिन्न। आज नभए भोलि त बन्छ बन्छ। यो मेरो भीष्मप्रतिज्ञा हो।', महर्जन आफ्नो प्रतिज्ञामा अडिग रहे। अदालतको चक्कर काटे, विरोधीका विरोधहरू सहे। अन्ततः फल्चा बनाएरै छाडे।, स्थानीय जनप्रतिनिधिले चाह्यो भने मासिएको सम्पदा पनि कसरी ब्युँतिन सक्छ भन्ने राम्रो उदाहरण बनेको पुल्चोकको समय् फल्चा शनिबार उद्घाटन हुँदैछ।, यो खुसी साट्दै मेयर महर्जनले शुक्रबार सेतोपाटीसँग भने, 'लामो संघर्षपछि हामीले समय् फल्चा बनाएरै छाड्यौं। अब यो फल्चासँग जोडिएका गतिविधि स्थानीयले फेरि सुरू गर्न पाउँछन्। एकदमै खुसी लागेको छ।', समय् फल्चा पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाअगाडि छ। साढे आठ आना क्षेत्रफल जग्गामा रहेको उक्त सहकारीले फल्चाको जग्गा मिचेको थियो। उसले दक्षिण मोहडाको भवन बनाउने गरी नक्सा पास गरे पनि पूर्व फर्काएर बनाएको थियो। यसले सहकारी संस्था छिर्ने मुख्य प्रवेशद्वार फल्चाको जग्गातिर फर्किएको थियो।, सहकारीले सार्वजनिक जग्गा मिचेर गैरकानुनी ढंगले भवन बनाएको भन्दै ललितपुर महानगरले फल्चा ब्युँताउन पहल गर्यो।, त्यस क्रममा महानगरले फल्चा शिलान्यास गर्दा र पछि निर्माण गर्दा सहकारी संस्था र उक्त भवनमा भाडामा बसेका पसलहरूले अदालतमा मुद्दा हालेर काम रोक्न खोजेका थिए। यसले पुनर्निर्माणलाई असर पुर्याए पनि मेयर महर्जन फल्चा ब्युँताउन निरन्तर लडिरहे।, विभिन्न समयमा हालिएका मुद्दामा सर्वोच्च अदालतले दुईचोटि र उच्च अदालतले एकचोटि फल्चा निर्माण गर्न बाटो खोलिदिएका थिए। अन्ततः सबै मुद्दा महानगरपालिकाले जितेकाले यहाँ फल्चा बनेको हो।, महानगरले अहिले फल्चा बनाउँदा सडकको पेटीतर्फ फर्किएको सहकारी प्रवेश गर्ने बाटो बन्द भएको छ। तिनले अहिले दक्षिणतर्फ सानो बाटो खोलेका छन्।, पुल्चोकको अशोक स्तुपभन्दा दक्षिणतर्फ समय् फल्चा थियो भन्ने २०२३ सालमा खिचिएको तस्बिरबाट प्रस्ट हुन्छ। स्थानीयसँग पनि फल्चा देखेको स्मरण थियो।, समयक्रममा उक्त फल्चा मर्मतसम्भार अभावले जीर्ण हुँदै गयो तर जिर्णोद्धार गर्न कसैले वास्ता गरेनन्। उल्टो २०२९ सालतिर विदेशी पाहुनालाई वृक्षारोपण निम्ति पुल्चोक हुँदै गोदावरी लैजान खोज्दा बाटोछेउको जीर्ण फल्चा दरबारलाई शोभनीय लागेन। त्यसैले दरबारकै निर्देशनमा उक्त फल्चा भत्काइयो।, फल्चामा भएको टुँडाल, मूर्ति र शिलालेख भने नजिकै प्रहरी चौकीमा सुरक्षित राखिएको थियो। यी पुराना सामग्री पुनः फल्चामा राखिएको मेयर महर्जनले बताए।, यहाँ भेटिएको शिलालेखअनुसार यो फल्चा २ सय ६ वर्ष पुरानो हो। रातो मच्छिन्द्रनाथ जात्रा बेला यहाँ समय् बजी खुवाइने भएकाले यसको नामै समय् फल्चा रहन गएको हो।, जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र थियो। कहिले लामोपाटी, कहिले पुल्चोककै सोह्रखुट्टे पाटी त कहिले सडक किनारमै पाल टाँगेर समय् बजी खानुपरेको स्थानीय बताउँछन्।, अब फेरि फल्चा ब्युँतिएकाले ती गतिविधि फेरि सुरू हुने मेयर महर्जन बताउँछन्।, 'शनिबार उद्घाटन क्रममा हामी फल्चामा १०–१२ पाथी चिउरा, विभिन्न गेडागुडी, माछा–मासु लगायतले सजाएर ठूलो समय् बजी प्रदर्शनका लागि राख्नेछौं। त्यसलाई पछि कार्यक्रममा उपस्थित हुने मान्छेबीच बाँड्नेछौं। यसले समय् फल्चाको महत्व के हो भन्ने बुझाउँछ,' उनले भने, 'रातो मच्छिन्द्रनाथ जात्रा बेला पहिलेजसरी समय् बजी खुवाउने कामले पनि निरन्तरता पाउनेछ।', एक आना एक दाम क्षेत्रफलको यो फल्चा पुनर्निर्माणका लागि महानगरले करिब तीस लाख रूपैयाँ बजेट छुट्याएको थियो। निर्माण क्रममा यसको लागत करिब ३५ लाख पुगेको मेयर महर्जनले जानकारी दिए।, 'हामीले यो फल्चा मौलिक स्वरूपमा बनाएका छौं। यसमा प्रयोग भएका काठ, इँटा लगायत सामग्री र काममा हामीले कुनै कञ्जुस्याइँ र सम्झौता गरेनौं। त्यही भएर लागत अलिकति बढेको हो,' उनले भने, 'बजेटभन्दा बढी भएको पैसा हामीले स्थानीयसँग चन्दा उठाउने सोचेका छौं।', सबै तस्बिर: सुसन चौधरी/सेतोपाटी, ,
एउटा मेयरको लडाइँले कति फरक पर्छ सम्पदा संरक्षणमा
|
सेतोपाटी संवाददाता अछाममा सडकबाट ६७ फिट तल माेटरसाइकल खस्दा चालक मृत्यु भएको छ।, बिहीबार राति मंगलसैन नगरपालिका-९ कैलाशखाेला जेराे पाेइन्टमा से ६ प१८९९ नम्बरको सडकबाट खसेको हो।, त्यसमा सवार ३५ वर्षीय मधुसुदन शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।, मृतक शर्माले घटना हुनुभन्दा पहिले त्यहि ठाउँमा एक महिलालाई माेटरसाइकल पछाडि राखेर सवार गरेकाे पाइएकाे प्रहरीले जनाएको छ।, यस्तै घटना हुनुअघि शर्मा, ती महिला र अन्य साथीहरूसंगै एक होटलमा मादक पदार्थ सेवन पनि गरेको प्रहरीको अनुसन्धानबाट देखाएको थपलियाले बताए। , ती महिला पनि घरमा घाइते अवस्थामा फेला परेकी छन्।, शंकास्पद भएको हुँदा ती महिलालाई साेधपुछका लागि नियन्त्रणमा लिइएको थपलियाले बताए।, हाल मृतकको शव पाेस्टमाटमका लागि मंगलसैन अस्पतालमा राखिएको छ।,
अछाममा माेटरसाइकल सडकबाट ६७ फिट तल खस्दा चालक मृत्यु
|
सेतोपाटी संवाददाता कैलालीकाे अतरियामा पैसा नआएपछि एटिएम मसिनमा लात हान्ने विद्युतका दुई जना कर्मचारी पक्राउ परेका छन्। , शुक्रबार मापसे गरी एटिएम मसिनमा पैसा नआएको भन्दै उनीहरूले लात्ती हानेका थिए।, मसिनमा लात्ती हानेपछि बैंककाे गार्डले प्रहरीलाई खबर गरेकाे थियोे।, खबरपश्चात उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको प्रहरीले जनाएको छ।, हाेलीमा मादक पदार्थ सेवन गरेकाे तालमा अञ्जानमा गल्ती भएकोले उनीहरूले बैंकसँग माफी मागेका छन्।, बैंकले सहमति गरेर छाेड्न आदेश दिएपछि जरिवाना भराएर उनीहरूलाई रिहाइ गर्ने प्रहरीले जनाएको छ।, दुबै जना नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत कर्मचारी हुन्।,
पैसा नआएपछि एटिएम मसिनमा लात हान्ने दुई पक्राउ
|
खिलानाथ ढकाल बिहीबार साँझ पहाडी भेगको होलीको रमझम बिस्तारै कम हुँदै गएको थियो। साँझ ६ बजेतिर महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्र तारकेश्वर नगरपालिका-५ गोलढुंगातिरै थिए। , होलीलाई बिदाइ गरिरहेको टोलमा हल्ला चल्यो- ए मान्छे खस्यो, मान्छे खस्यो!, आफ्नो क्षेत्रमा गस्ती गरिरहेका डिएसपी गौतम तुरून्तै पुगिहाले। तीनतले घरको छतबाट तल खसेका दुई महिला रक्ताम्य थिए।, घाइते रहेको स्थानको नजिकै रेलिङ उछिट्टिएको थियो। गाउँलेहरू भेला भइसकेका थिए। होलीले रंगिएको वातावरण एकाएक भंग र भावुक बनेको थियो। , गौतमले हत्तपत्त गम्भीर घाइते अवस्थाकी ४३ वर्षीया जीवनकुमारी खड्कालाई आफू चढेको गाडीमा नेपाल प्रहरी अस्पताल पठाए। अर्को प्राइभेट गाडी खोजेर अर्की घाइते ३८ वर्षीया अञ्जु कार्कीलाई ग्रीनसिटी अस्पताल पठाए।, खड्काको टाउकोमा गम्भीर चोट थियो। उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरे।, कार्कीका हातखुट्टा भाँचिएका छन्। उनको गम्भीर अवस्थामै उपचार भइरहेको छ।, गौतमका अनुसार त्यो घर हेमराज खड्काको थियो। मृतक खड्का होलीमा आमन्त्रण गरेकी पाहुना थिइन्। घाइते कार्कीका दम्पती त्यही घरमा भाडामा बस्थे।, ‘दिनभर कहाँ कति समय होली खेले सबै कुरा बुझ्ने काम भइरहेको छ,’ मिश्र भन्छन्, ‘तर, अपराह्नपछि उनीहरू घरको छतमा बसेर रमाइलो गरिरहेका रहेछन्।’, कोही रङ दलिरहेका, कोही फोटो खिचिरहेका थिए। आफन्त-साथीभाइ उनीहरू चार जोडी श्रीमान-श्रीमती थिए।, ‘रमाइलो गर्ने क्रममै सेल्फी खिच्न दुई जना रेलिङमा अडेस लाग्न पुगेछन्,’ मिश्रले भने, ‘दुबै जना रेलिङसँगै तल झरेका थिए।’, खड्का र कार्की मोटा थिए। स्टिलको त्यो रेलिङले यी दुईलाई नै थेग्न नसकेको देखिएको मिश्रले बताए।, ‘रेलिङको सबैभन्दा तलको भाग अचानक भाँचिँदा उनीहरू झरेका देखिन्छन्,’ मिश्रले भने।, रेलिङ भाँचिँदा प्लास्टर गरिएको सिमेन्टको मसला नै चर्केर फुटेको छ। यसकारण रेलिङको तलको बनावट कमजोर थियो, स्टिलको रेलिङ पनि कमजोर नै देखिन्छ।, ‘यस घटनामा तीन वटा पक्ष देखिन्छन्, होचो रेलिङ, कमजोर बनोट र भार,’ गौतम भन्छन्, ‘अहिले हामी यी सबैबारे अनुसन्धान गरिरहेका छौं।’, मृतक खड्काको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भएको छ। उनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ।, ‘चाडवाड मनाउने क्रममा रेलिङमा अडेस लाग्ने, फोटो खिच्नेजस्ता काम घातक नै हुन्छन्,’ गौतमले भने, ‘यो घटनाबाट पाठ सिक्न जरूरी छ।’, गौतमका अनुसार यो घटना भवितव्यतर्फ पर्छ।, उता होली खेल्ने क्रममा घरको छतबाट खसेर घाइते भएकी १८ वर्षीया किशोरी विनिता चौलागाईंको उपचार भइरहेको छ।, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्थिन्। उनी बिहीबार बौद्धस्थित एक घरबाट खसेकी थिइन्। , उनको अहिले चाबहिलस्थित दीर्घायु अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, चौलागाईं साथीहरूसँग मिलेर त्यही ठाउँको एउटा घरमा होली खेल्न गएकी थिइन्। दुई तले घरको छतमा होली खेल्ने क्रममा खस्दा उनी छिमेकको अर्को घरको कम्पाउन्डमा लगाइएको फलामको बारमा बज्रिन पुगेकी थिइन्।,
रेलिङसँगै बजारियो होली मनाइरहेका चार जोडीको खुसी
|
सेतोपाटी संवाददाता कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ तेस्रो साताबाट सुरु हुने भएको छ। , राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।, सोही आधारमा बोर्डले शुक्रबार साँझ परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ। , परीक्षा समय : बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ।,
कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि २५ सम्म (तालिकासहित)
|
सेतोपाटी संवाददाता रूकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन् । , जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका-१२ राङ्सीबाट रूकुमकोटतर्फ जाँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर शुक्रबारसाँझ दुर्घटना भएको थियो। , उक्त स्थानमा फोन सम्पर्क हुन नसकेको हुँदा मृतकको पहिचान अझैं खुल्न नसकेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले बताए। , ‘घटनास्थल विकट स्थान हो र त्यहाँ फोन सम्पर्क हुन सकेको छैन,’ बिसीले सेतोपाटीसँग भने, ‘त्यसैले अहिलेसम्म मृतकको पहिचान खुलिसकेको छैन।’, घाइतेको उपचारको लागि रूकुमकोट अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।, दुर्घटनाका घाइतेहरू पुथाउत्तरगंगा गाउँपालिकाका ३२ वर्षीय विरप्रताप बुढा र अर्का एक जना घाइतेलाई थप उपचारका लागि सुर्खेतहुँदै नेपालगञ्जतर्फ लैजान लागिएको प्रहरीले जानकारी दिएको छ। , ट्याक्टर सडकबाट साढे तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन। चालक भने फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।,
,
रूकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
|
सेतोपाटी संवाददाता बैतडीमा सिँचाइ पोखरीमा डुबेर एक महिलाको ज्यान गएको छ। , मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी २३ वर्षीया भागरथी चन्द छिन्।, उनकाे शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।,
सिँचाइ पाेखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।, काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको हो । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएको थियो।, गत वर्ष २१ मार्चको काठमाडौंको अधिकतम तापक्रम २८.७ डिग्री सेल्सियस थियो, जुन उक्त महिनाको सबैभन्दा बढी तापक्रम थियो।, मौसमविद् इन्दिरा कँडेलका अनुसार पूर्वी नेपालमा तापक्रम झन् बढिरहेको छ । मार्चदेखि नै अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी रहेको उनले बताइन्। मनसुनी प्रणाली नहुँदा आकाश खुला हुन्छ तथा गर्मीयाममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सीधा भएकाले घाम तातो हुने र तापक्रम बढ्ने उनले बताइन्।, शुक्रबार सबैभन्दा बढी तापक्रम धरानमा ३७.२ डिग्री र जनकपुरमा ३७ डिग्री मापन भएको छ । जनकपुरमा बिहीबार ३५ डिग्री मात्र थियो । शुक्रबार भैरहवामा ३६.८, सिमरामा ३६.५, विराटनगरमा ३६.२, धनगढीमा ३५.२ र नेपालगन्जमा ३४.६ डिग्री मापन भएको छ । बिहीबार भैरहवामा ३३.९, सिमरामा ३४.८, विराटनगरमा ३५.५, धनगढीमा ३३.२ र नेपालगन्जमा ३३.३ डिग्री मापन भएको थियो । तर, भैरहवामा तापक्रम एक दिनमै २.९ डिग्रीले बढेको छ । अन्य क्षेत्रमा पनि तापक्रम वृद्धि भएको महाशाखाले तथ्याङ्कले देखाएको छ ।, तराई मात्र होइन, पहाडी क्षेत्रमा पनि तापक्रम बढेको छ । शुक्रबार दिपायलको अधिकतम तापक्रम ३४.२ पुगेको छ । त्यस्तै, वीरेन्द्रनगरमा ३२.६, घोराहीमा ३२.८, ओखलढुंगामा २८.४ र जुम्लामा २७ डिग्री मापन भएको छ । , हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ। भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् कँडेललाई जानकारी दिइन्। , महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। , आइतबार सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, सोमबार पनि पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।,
देशभर गर्मी बढ्यो, काठमाडौंको तापक्रम हिउँदपछिकै उच्च
|
सेतोपाटी संवाददाता शरीरमा लागेको होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ।, झापाको कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।, मृतक किशोर शिवसताक्षी नगरपालिका वडा नम्बर १० को बल्निकुन्ज माध्यमिक विद्यालयका छात्र हुन्।, उनी अन्य साथीसँग दिउँसो होली खेल्न गएका थिए। , ‘जिउमा लागेको रंग पखाल्न आयुस नदीमा नुहाउन पसेका थिए। अन्य साथी पनि नुहाउन नदीमा पसेका थिए। तर आयुस नदीमा डुबेर बेपत्ता भए। उनलाई केही क्षणमै मृत अवस्थामा भेटिएको थियो’, स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक श्रेष्ठले बताए। , घटनाको बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।,
होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु
|
सेतोपाटी संवाददाता भक्तपुरमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ।, मृत्यु हुनेमा उदयपुर गाइघाट घर भई हाल ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्की छन्।, सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेका कार्कीको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।, काठमाडौंबाट भक्तपुर जाँदै गरेको ट्याक्टरबाट मध्यपुर थिमी नगरपालिका-३ कौशलटार चोकनजिक कार्की राति ९:२० बजे सडकमा खसेका थिए।, समिट अस्पतालमा सामान्य उपचारपछि ट्रमा सेन्टर रिफर गरिएकोमा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।, ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,
भक्तपुरमा ट्याक्टरबाट खसेर युवकको मृत्यु
|
सेतोपाटी संवाददाता श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन्।, फाल्गुनन्द गाउँपालिका-३ का ३५ वर्षीय दिलीप नेम्वाङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, चैत ३ गते सामान्य घरायसी झगडा हुँदा नेम्वाङले आफ्नै ३९ वर्षीया श्रीमती निशा थेवेलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ।, श्रीमतीको हत्यापछि घर नजिक जंगलस्थित ढुङ्गाको ओढारमा शव छोपेर लुकाएको लिम्बुले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, तत्काल नेम्वाङलाई प्रकाउ गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी डम्बर विश्वाकर्माले सेतोपाटीलाई जानकारी दिए।, उनका अनुसार शुक्रबार जंगलबाट शव बरामदसँगै हत्या आरोपमा नेम्वाङ पक्राउ परेका हुन्।,
श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ, ओढारमा फेला पर्यो शव
|
डा. रोजिना मानन्धर गर्भ बसेको ५ महिनामा अल्ट्रा साउण्ड गर्दा बच्चामा कुनै खराबी छ कि छैन भनेर हेर्ने गरिन्छ। यो राष्ट्रिय मापदण्डमा पर्छ र अनिवार्य पनि छ।, तीन महिनामा अल्ट्रासाउण्ड गर्दा पनि धेरै कुरा थाहा हुन्छ। त्यो बेला बच्चा ३ देखि ५ सेन्टिमिटरसम्मको हुन्छ।, तीन महिनाको अल्ट्रासाउण्डमा मस्तिस्कमा देखिने समस्या पत्ता लगाउन सकिन्छ। त्यस्तै पेटमा हर्निया हुने मुखमा खुँडे हुनेजस्ता समस्या थाहा पाउन सकिन्छ। यसका लागि उच्चस्तरीय प्रविधि भएको अल्ट्रासाउण्ड मेसिन चाहिन्छ। , पाँच महिनामा गरिने अल्ट्रासाउण्डमा भने धेरै कुरा पत्ता लाग्छ।, यो बेलामा अनुहार, फोक्सो अस्वभाविक जस्ता समस्या पत्ता लगाउन सकिन्छ।, कतिपय गम्भीर प्रकृतिको समस्या देखियो भने समस्याको आधारमा चिकित्सकले गर्भको बच्चा राख्ने-नराख्ने सुझाव दिन्छन्।, गर्भ रहने बेलामा आमाको स्वास्थ्य अवस्थाले पनि बच्चामा समस्या देखिन्छ।, जस्तै, आमालाई गर्भवती अवस्थामा रूबेला भए कान र आँखाको समस्या हुनसक्छ। जसबाट बच्चा सुस्त मनस्थिति पनि हुनसक्छ। वातावरणीय प्रभाव र वंशाणुगत समस्याले पनि यस्तो समस्या हुनसक्छ।, आमा र बुवामा कुनै समस्या हुनसक्ने खतरा थियो भने त्यो बच्चामासमेत पर्नसक्छ। तर पेटमा रहेको बच्चामा समस्या देखिनुको कारण ६० प्रतिशत भन्दा माथि थाहा नहुनसक्छ।, कुनै बच्चा फाल्ने अवस्था आएमा पछिल्लो गर्भमा त्यो सम्भावना छ कि छैन भनेर हामी पत्ता लगाउने कोशिस गर्छौ।, धुम्रपान गर्ने महिलाका बच्चाको विकास चाडो नहुने र चाडै गर्भवती हुने सम्भावना रहन्छ।, कुनै पनि गर्भवतीलाई ‘टर्मिनेट’ गर भनेर भन्न मिल्दैन। त्यो उनीहरूको अधिकार हो। अहिले ‘डाउन सिन्ड्रोम’ छ कि छैन भनेर स्क्रीनिङ अनिवार्य जस्तै भएको छ। कुनै महिलाले डाउन सिन्ड्रोम भए पनि बच्चा जन्माउँछौं भन्छन्।, तर कोही महिलाले बच्चा र आमा दुवैलाई गाह्रो हुन्छ अरू समस्या हुने सम्भावना हुन्छ भनेर गर्भलाई निरन्तरता दिँदैनन्।, हामीले सबै सम्भावनाबारे काउन्सिलिङ गर्छौ तर निर्णय अभिभावकलेनै गर्ने हो।, बच्चा जन्माउने योजना छ भने पुरानो समस्या नियन्त्रण गरेर योजना बनाएको राम्रो हुन्छ। त्यसैले ‘प्री- प्रिगनेन्सी प्लान’ जरूरी छ। त्यस्तो भएमा बच्चालाई असर गर्ने औषधिको सट्टा वैकल्पिक औषधि खान सुझाव दिन्छौं। गर्भवती हुने योजना बनाउनुभन्दा तीन महिना अगाडिदेखि फोलिक एसिड पनि खानु राम्रो हुन्छ। , प्रिगनेन्सीको योजना बनाउनुभन्दा पहिलानै यस्तो तयारी गरे गर्भमा रहेको बच्चामा देखिने ८० प्रतिशत समस्या समाधान हुन्छ।, गर्भमा रहेको बच्चामा देखिने समस्या कसरी पत्ता लगाउन सकिन्छ र यसको समाधान कसरी गर्ने भन्ने विषयमा हामीले काठमाडौं मेडिकल कलेज (केएमसी) मा कार्यरत फिटल मेडिसिन स्पेसलिष्ट डा. रोजिना मानन्धरसँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस्..,
गर्भको बच्चामा के- कस्ता समस्या देखिन सक्छन्, कसरी पत्ता लगाउने? (भिडिओ)
|
सेतोपाटी संवाददाता प्युठानमा भएको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ। थप १५ जना घाइतेलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ।, दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको सेतोपाटीलाई बताए।, ‘प्रतिष्ठानमा ल्याएका घाइतेमध्ये एक जना बालिकाको मृत्यु भएको छ,’ डिएपसी रिजालले भने, ‘थप १५ जना घाइतेलाई घोराही ल्याइएको छ र अन्य घाइतेलाई पनि ल्याउने क्रम जारी छ।’, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको सेतोपाटीलाई बताए।, दुर्घटना शनिबार बिहान साढे १० बजेतिरको हो। प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना परेको हो।, दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।,
प्युठानमा बस दुर्घटना : एक वर्षीया बालिकाको मृत्यु, १५ जना घाइतेलाई घोराही ल्याइयो
|
सेतोपाटी संवाददाता ललितपुरका मेयर चिरिबाबु महर्जनले गत भदौ ३ गते पाटनको पुल्चोकस्थित समय् फल्चा (पाटी) पुनर्निर्माण गर्ने 'भीष्मप्रतिज्ञा' गरेका थिए। त्यस दिन फल्चा शिलान्यासको पूर्वनिर्धारित कार्यक्रम भए पनि अघिल्लो साँझ जिल्ला अदालतबाट आएको 'स्टे अर्डर' ले काम रोकिएको थियो।, शिलान्यासका लागि भेला भएका सर्वसाधारणलाई सम्बोधन गर्दै उनले भनेका थिए, 'कसैले रोकेर फल्चा बनाउने काम रोकिन्न। आज नभए भोलि त बन्छ बन्छ। यो मेरो भीष्मप्रतिज्ञा हो।', महर्जन आफ्नो प्रतिज्ञामा अडिग रहे। अदालतको चक्कर काटे, विरोधीका विरोधहरू सहे। अन्ततः फल्चा बनाएरै छाडे।, स्थानीय जनप्रतिनिधिले चाह्यो भने मासिएको सम्पदा पनि कसरी ब्युँतिन सक्छ भन्ने राम्रो उदाहरण बनेको पुल्चोकको समय् फल्चा शनिबार उद्घाटन भएको छ।, महानगरप्रमुख महर्जनले समय् फल्चा पुनर्निर्माण गर्दा महाभारत नै खेप्नुपरेको स्मरण गरे। उनले भने, ‘पाँच वर्षमा महानगरमा ७५ वटा पाटी बन्यो, ७४ वटा बनाउँदा सजिलै बन्यो, समय् फल्चा बनाउँदा महाभारत नै भयो। फल्चा बनाउन नदिन आधा दर्जनभन्दा बढी मुद्दा पर्यो।’ , यो फल्चा बनाउँद दुःख भए पनि अन्तत सम्पदाप्रेमीको जित भएको उनको प्रतिक्रिया थियो। फल्चा उद्घाटनको दिनको व्यग्र प्रतिक्षामा सम्पदाप्रेमीहरु रहेको बताउँदै उनले भने, ‘समय् फल्चा बन्न समय नै आउनु पर्नेरहेछ, आज म पनि सबै सम्पदाप्रेमी सरह खुशी छु।’ फल्चा पुनः निर्माण हुन नदिन लालीगुराँस सहकारीले मुद्दा हालेको थियो। मुलुकमा न्याय मरेको छैन भन्ने कुराको यो महत्वपूर्ण उदाहरण भएका महानगर प्रमुख महर्जनको भनाइ थियो। , ‘हामीले २०५७ सालमा समय् फल्चा पुनःनिर्माण समिति गठन गरी यसलाई अघि बढाउन लाग्दा विभिन्न अवरोध एवं आरोह खेप्नुपर्यो। २०६५ सालमा यो फल्चा महत्वपूर्ण छ भनेर सर्वोच्च अदालतले निर्णय गरिदिएपछि निर्माण प्रारम्भ गर्न खोज्दा अर्का सातवटा मुद्दा खेप्नुपर्यो,’ उनले भने। , उक्त पार्टी पुनःनिर्माण थाल्दा पुल्चोकको मूल सडक नै अतिक्रमण हुन्छ भन्ने आरोप सहनु परेको बताउँदै प्रमुख महर्जन आफूले फल्चा नजिकैको पेटीसमेत नछोएको दाबी गरे। , महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले सो पाटी निर्माण सम्पन्न गर्न सक्नु आफूहरुका लागि एक युद्व जिते सरहको आभास भइरहेको जिकिर गरे। उनले यो युद्धको कमाण्डर महानगर प्रमुख चिरीबाबु महर्जन भएको बताए। उनले भने, ‘हामी नेवार सोझा भएर २०३८ सालमै दर्ता गर्नुपर्ने फल्चाको काम अघि बढाएनौं। पछि विभिन्न अवरोध खेप्नुपर्यो तर पनि अहिले सत्यकै जीत भयो।’ , समितिका अध्यक्ष सुरेन्द्रकुमार शाक्यले सम्पदाप्रेमीका सहयोग र संरक्षणमा सो फल्चा पुनःनिर्माण सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गरे। फल्चा पुनःनिर्माण उपभोक्ता समितिका संयोजक रवीन महर्जनले प्राचीनकालदेखि रहेको सो फल्चा पहिलोपटक २०२९ सालमा भत्केको जानकारी गराए। , सो फल्चा एक आनाभन्दा बढी जग्गामा महानगरपालिकाले दिएको २९ लाख रुपैयाँमा केही थप गरी निर्माण सम्पन्न गरिएको हो।, महानगरपालिका–३ निवासी चिरीमाया महर्जनले उक्त पार्टीमा बसेर नेवार समुदायका मानिसले समय्बजी खाने भएकाले यसलाईसमय् फल्चा वा समय दिने पाटी भनिएको जानकारी दिइन्। , पाँच दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बनेपछि स्थानीयवासी खुसी भएका छन् ।, यो खुसी साट्दै मेयर महर्जनले सेतोपाटीसँग भने, 'लामो संघर्षपछि हामीले समय् फल्चा बनाएरै छाड्यौं। अब यो फल्चासँग जोडिएका गतिविधि स्थानीयले फेरि सुरू गर्न पाउँछन्। एकदमै खुसी लागेको छ।', समय् फल्चा पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाअगाडि छ। साढे आठ आना क्षेत्रफल जग्गामा रहेको उक्त सहकारीले फल्चाको जग्गा मिचेको थियो। उसले दक्षिण मोहडाको भवन बनाउने गरी नक्सा पास गरे पनि पूर्व फर्काएर बनाएको थियो। यसले सहकारी संस्था छिर्ने मुख्य प्रवेशद्वार फल्चाको जग्गातिर फर्किएको थियो।, सहकारीले सार्वजनिक जग्गा मिचेर गैरकानुनी ढंगले भवन बनाएको भन्दै ललितपुर महानगरले फल्चा ब्युँताउन पहल गर्यो।, त्यस क्रममा महानगरले फल्चा शिलान्यास गर्दा र पछि निर्माण गर्दा सहकारी संस्था र उक्त भवनमा भाडामा बसेका पसलहरूले अदालतमा मुद्दा हालेर काम रोक्न खोजेका थिए। यसले पुनर्निर्माणलाई असर पुर्याए पनि मेयर महर्जन फल्चा ब्युँताउन निरन्तर लडिरहे।, विभिन्न समयमा हालिएका मुद्दामा सर्वोच्च अदालतले दुईचोटि र उच्च अदालतले एकचोटि फल्चा निर्माण गर्न बाटो खोलिदिएका थिए। अन्ततः सबै मुद्दा महानगरपालिकाले जितेकाले यहाँ फल्चा बनेको हो।, महानगरले अहिले फल्चा बनाउँदा सडकको पेटीतर्फ फर्किएको सहकारी प्रवेश गर्ने बाटो बन्द भएको छ। तिनले अहिले दक्षिणतर्फ सानो बाटो खोलेका छन्।, पुल्चोकको अशोक स्तुपभन्दा दक्षिणतर्फ समय् फल्चा थियो भन्ने २०२३ सालमा खिचिएको तस्बिरबाट प्रस्ट हुन्छ। स्थानीयसँग पनि फल्चा देखेको स्मरण थियो।, समयक्रममा उक्त फल्चा मर्मतसम्भार अभावले जीर्ण हुँदै गयो तर जिर्णोद्धार गर्न कसैले वास्ता गरेनन्। उल्टो २०२९ सालतिर विदेशी पाहुनालाई वृक्षारोपण निम्ति पुल्चोक हुँदै गोदावरी लैजान खोज्दा बाटोछेउको जीर्ण फल्चा दरबारलाई शोभनीय लागेन। त्यसैले दरबारकै निर्देशनमा उक्त फल्चा भत्काइयो।, फल्चामा भएको टुँडाल, मूर्ति र शिलालेख भने नजिकै प्रहरी चौकीमा सुरक्षित राखिएको थियो। यी पुराना सामग्री पुनः फल्चामा राखिएको मेयर महर्जनले बताए।, यहाँ भेटिएको शिलालेखअनुसार यो फल्चा २ सय ६ वर्ष पुरानो हो। रातो मच्छिन्द्रनाथ जात्रा बेला यहाँ समय् बजी खुवाइने भएकाले यसको नामै समय् फल्चा रहन गएको हो।, जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र थियो। कहिले लामोपाटी, कहिले पुल्चोककै सोह्रखुट्टे पाटी त कहिले सडक किनारमै पाल टाँगेर समय् बजी खानुपरेको स्थानीय बताउँछन्।, अब फेरि फल्चा ब्युँतिएकाले ती गतिविधि फेरि सुरू हुने मेयर महर्जन बताउँछन्।, 'शनिबार उद्घाटन क्रममा हामी फल्चामा १०–१२ पाथी चिउरा, विभिन्न गेडागुडी, माछा–मासु लगायतले सजाएर ठूलो समय् बजी प्रदर्शनका लागि राख्नेछौं। त्यसलाई पछि कार्यक्रममा उपस्थित हुने मान्छेबीच बाँड्नेछौं। यसले समय् फल्चाको महत्व के हो भन्ने बुझाउँछ,' उनले भने, 'रातो मच्छिन्द्रनाथ जात्रा बेला पहिलेजसरी समय् बजी खुवाउने कामले पनि निरन्तरता पाउनेछ।', एक आना एक दाम क्षेत्रफलको यो फल्चा पुनर्निर्माणका लागि महानगरले करिब तीस लाख रूपैयाँ बजेट छुट्याएको थियो। निर्माण क्रममा यसको लागत करिब ३५ लाख पुगेको मेयर महर्जनले जानकारी दिए।, 'हामीले यो फल्चा मौलिक स्वरूपमा बनाएका छौं। यसमा प्रयोग भएका काठ, इँटा लगायत सामग्री र काममा हामीले कुनै कञ्जुस्याइँ र सम्झौता गरेनौं। त्यही भएर लागत अलिकति बढेको हो,' उनले भने, 'बजेटभन्दा बढी भएको पैसा हामीले स्थानीयसँग चन्दा उठाउने सोचेका छौं।',
ब्युँतियो २०६ वर्ष पुरानो पुल्चोकको समय् फल्चा (भिडिओ)
|
सेतोपाटी संवाददाता प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको सेतोपाटीलाई बताए।, ‘दुर्घटना साढे १२ बजेतिरको हो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी छ,’ डिएसपी थापाले भने।, प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस शनिबार मध्याह्न दुर्घटना भएको हो।, दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य चौकीमा पुर्याउने कार्य जारी रहेको डिएसपी थापाले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन।,
प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० जना गम्भीर घाइते
|
दिपकजंग शाही यस पटक सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा दुई पटक तालाबन्दी भइसकेको छ।, माघ २६ गते र फागुन ३० गते व्यवसायीहरूले उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरे।, असन्तुष्ट व्यवसायीहरूले सुरूमा संघले गरेको निर्णयविरूद्ध तालाबन्दी गरेका थिए। यो पटक भने आफूसँग त्यसपछि भएका सहमति कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गरेका हुन्।, व्यवसायीहरूले आफूहरूमाथि विधान बमोजिम हुने कारबाही विशेष व्यवस्था गरी फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन्। विधानमा लगातार दुई आर्थिक वर्ष नवीकरण नभएको सदस्यता स्वत: खारेज हुने व्यवस्था छ।, व्यवसायीले यो विषय आफूहरूले आत्मसात् गरे पनि विशेष परिस्थितिका कारण आफूहरू नवीकरण नभएको बताएका छन्। अर्को कुनै विशेष व्यवस्थाबाट अगाडि बढ्न माग राख्दै आएका छन्।, व्यवसायीका माग सम्बोधनका विषयमा सुर्खेत उद्योग वाणिज्य संघभित्रकै पदाधिकारीहरू दुईतिर भएका छन्।, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत लगायतका केही पदाधिकारी विधानमा भएको यो व्यवस्थालाई टेकेर अघि बढ्न खोजेका छन्। वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का लगायतका केही पदाधिकारी भने विशेष व्यवस्था गरेर भए पनि बाहिर हुन पुगेको व्यवसायीहरूको सदस्यता नवीकरण गर्नुपर्ने अडान राख्दै आएका छन्।, व्यवसायीका मागका कारण संघभित्र बढेको किचलो समाधानका लागि जिल्ला प्रशासनसँग पनि पुगेको थियो। प्रशासनले भने संस्थाको आन्तरिक किचलो आन्तरिक रुपमै बसेर समाधान गर्न भनिदिएको छ।, सुर्खेत उद्योग वाणिज्य संघको विधान अनुसार अहिले यसअघि संघको सदस्य रहेका १५ सय भन्दा बढी व्यवसायीको सदस्यता खारेज भएको छ। यअघिको संघको निर्वाचनमा २०४६ जना सदस्यहरू सहभागी थिए।, अघिल्लो निर्वाचनसम्म सदस्य कायम भएर अहिले खारेज भएका तिनै व्यवसायीको माग पूरा गर्ने विषयमा किन पदाधिकारी नै दुईतिर हुनुपर्यो त? यसमा विभाजित भएका दुबै पक्षका आ-आफ्नै आरोप छन्।, सुर्खेतका उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत भन्छन्, ‘व्यवसायीको हितमा काम गर्दै आएको उद्योग वाणिज्य संघ हो, केही पदाधिकारी र सदस्यहरूले विधान विपरीत माग राखेर उद्योग वाणिज्य संघलाई बन्दी बनाउन खोज्नुभएको छ।’, उनी लगायतका केही पदाधिकारी विधान बमोजिम मात्र काम गर्नुपर्ने अडान रारिहेका छन्। अध्यक्ष रावतले सदस्यता नवीकरण नगरेका व्यवसायीलाई खारेज गर्न नहुने मागलाई ‘केही पदाधिकारीले आफूले आगामी चुनावमा हार्ने डरले बखेडा झिकेको’ भनेका छन्।, ‘कार्यसमितिले आफ्नो विधानविपरीत काम गर्ने कुरै भएन नि, विधान संशोधन गर्नका लागि हाम्रो कार्यकाल नै छैन,’ उनले भने, ‘व्यवसायीका समस्या एकातिर छन्, पदाधिकारीले अनावश्यक माग उठाएर संघलाई नै समस्यामा पार्ने काम गर्नुभएको छ।’, सुर्खेत उद्योग वाणिज्य संघको कार्यसमितिको पछिल्लो कार्यकाल माघ ३ गतेबाट सकिएको छ।, व्यवसायीका माग पूरा गर्नुपर्ने पक्षमा रहेका संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यवसायीलाई संघभन्दा बाहिर राखेर अध्यक्ष लगायतको टोली एकतर्फी रुपमा अघि बढ्न खोजेको बताए।, ‘विशेष व्यवस्था गरी उहाँहरूका माग पूरा गर्न सकिन्छ, अहिलेका यतिधेरै व्यवसायीहरूलाई विधान बमोजिम भन्ने बहानामा संघबाहिर राखेर चुनाव नै घोषणा गरिहाल्नु त गलत नियत हो,’ खड्काले भने, ‘यसरी एकलौटी रुपमा अघि बढ्नु राम्रो होइन।’, माघ २८ गते सुर्खेत उद्योग वाणिज्य संघको वैठक बसी दुई वर्षसम्म नवीकरण नभएका व्यवसायीहरूको सदस्यता खारेज गर्ने निर्णय बहुमतले पारित गरिएको थियो। त्यसअघि नै व्यवसायीहरूले आफूहरूको सदस्यतालाई विशेष व्यवस्था गरी निरन्तरता दिन माग गर्दै आएका थिए।, सोही बैठकले चैत २६ गते संघको निर्वाचन समेत घोषणा गरेको थियो।, उक्त निर्णयपछि वरिष्ठ उपाध्यक्ष खड्का लगायतका पदाधिकारी तथा सदस्यहरूले हस्ताक्षरसहित विरोध जनाएका थिए।, ‘एक त चैते दसैंको दिनमा निर्वाचन मिति घोषणा गर्नु नै षड्यन्त्र थियो, त्यसैमाथि अधिकांश व्यवसायीलाई बाहिर राखेर यो निर्णय गरिएपछि हाम्रो आपत्ति हो,’ खड्काले भने।, विधानमा भएको व्यवस्था अनुसार तोकिएको मितिभन्दा तीन महिनासम्म सदस्यता नवीकरण नगरेमा तिर्नुपर्ने रकमको २५ प्रतिशतले थप रकम तिरेर नवीकरण गर्नुपर्ने हुन्छ। यदि ६ महिनासम्म नवीकरण नगरेमा तिनुपर्ने रकमको ५० प्रतिशत थप र एक वर्षसम्म नवीकरण नगरेमा तिर्नुपर्ने रकमको शतप्रतिशत थप रकम हर्जाना लिई सदस्ता नवीकरण गर्ने व्यवस्था छ।, लगातार दुई आर्थिक वर्षसम्म सदस्यता नवीकरण नगरेमा स्वतः खारेज हुने व्यवस्था विधानमा छ।, विधानमा प्रत्येक वर्ष साधारणसभा गर्नुपर्ने समेत व्यवस्था छ। असन्तुष्ट व्यवसायीहरू यही विषयलाई टेकेर आफ्नो अडान अघि सारेका छन्।, कार्यसमितिले कोभिड-१९ को प्रभाव देखाएर दुई वर्षमा एकैपटक साधारणसभा गरेपछि दुई वर्षसम्म नवीकरण नभएको सदस्यता विशेष व्यवस्थामार्फत निरन्तर हुनुपर्ने माग उनीहरूको छ।, ‘उहाँहरूलाई उचित लागेपछि विशेष कारण देखाएर एकमुष्ट साधारणसभा बस्न हुने, हामीलाई पनि त कोभिडले प्रभाव पारेको हो,’ व्यवसायी पूर्णदेव अधिकारीले भने, ‘त्यसो भए हाम्रो सदस्यता पनि विशेष व्यवस्था गरी नवीकरण गर्ने वातावरण मिलाउनुपर्यो नि!’, सुर्खेत उद्योग वाणिज्य संघको विवाद समाधानका लागि भनेर पूर्वअध्यक्षहरू सम्मिलित समितिसमेत गठन गरिएको थियो। गत फागुन २० गते सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यीय विवाद समाधान समिति गठन गरेको थियो।, उक्त विवाद समितिमा संघका पूर्वअध्यक्ष टेकबहादुर भण्डारीको संयोजकत्वमा पूर्वअध्यक्षहरू निरक केसी, विष्णुबहादुर शाही, पदमबहादुर शाही र वर्तमान अध्यक्ष धनबहादुर रावत सदस्य थिए। समितिले तीन दिनभित्र कार्यविवरण बुझाउने समयावधि तोकिएको थियो।, यो समितिले थप गरिएको मितिमा समेत आफ्नो साझा प्रतिवेदन ल्याउन सकेको छैन।, समितिले चैत २६ गतेका लागि तोकिएको निर्वाचन मिति संशोधन गरी वैशाख ३ गते सार्ने, निर्वाचन अधिकृत दुई जना राख्ने, हाल नवीकरण भएको सदस्यताहरूमाथि छानविन गर्ने, कोभिडका बेला दुई वर्षसम्म नवीकरण नभएका व्यवसायी सदस्यहरूलाई विशेष व्यवस्थामार्फत नवीकरण गर्ने साझा सहमति गरी प्रतिवेदन ल्याउनुपर्ने थियो।, गठित समिति र असन्तुष्ट पक्षबीच निर्वाचन मिति सार्ने र निर्वाचन अधिकृत दुई जना राख्ने विषयमा सहमति भए पनि बाँकी विषयमा सहमति जुटेको छैन।, संघमा तालाबन्दी भए पनि पेलेरै निर्वाचन गराउने मनस्थितिमा अध्यक्षसहितका पदाधिकारी छन्। ‘हामीले निर्वाचन अधिकृत पनि तोकिसकेका छौं, उहाँलाई सदस्यहरूको अन्तिम नामावली पनि बुझाइसकेका छौं,’ अध्यक्ष रावतले भने, ‘यदि उहाँहरूले ताला खोल्ने सहमतिमा आउनु भएन भने हामीले अन्यत्रै कार्यालय खोलेर भए पनि निर्वाचन गराउनुपर्छ, विधानमा भएका व्यवस्था अनुसार हामीले माग पूरा गरिसकेका छौं।’,
व्यवसायीका मागबारे पदाधिकारी दुईतिर हुँदा सुर्खेत उद्योग वाणिज्य संघमा किचलो
|
रासस संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ। , शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रूपमा सूचीकृत भएको छ। लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ। , दक्षिण एसियाली मुलुकमा नेपाल ८५ औं स्थानमा रहेको छ भने भारत १३६ औं स्थानमा पुगेको छ। गत वर्ष भारत १३९ औं स्थानमा थियो। दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९ औं र पाकिस्तान १०३ औं नम्बरमा पुगेको छ।, सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औं नम्बरमा रहेको छ। अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रूपमा प्रतिवेदनमा चित्रण गरिएको छ।, फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन्।,
विश्वको सर्वाधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल
|
सेतोपाटी संवाददाता देशभर थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ५४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ९९३ जनाको पिसिआर र २ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित छन्।, ४०९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, हालसम्म पिसिआरबाट ९ लाख ७८ हजार १ सय २७ र एन्टिजेनबाट १ लाख ४० हजार ७० मा कोरोना पोजेटिभ देखिएको छ भने ९ लाख ६२ हजार ५ सय ८२ हजार संक्रमणमुक्त भएका छन्।, यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ।,
देशभर थप १७ जनालाई कोरोना, मृत्यु हुनेको संख्या शून्य
|
सेतोपाटी संवाददाता तुलसीपुरको होटेलमा जुवा खेलिरहेको अवस्थामा शनिबार दिउँसो सात जुवाडे पक्राउ परेका छन्।, पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-७ का ३७ वर्षीय राजेश श्रेष्ठ, तुलसीपर-५ का ३० वर्षीय साहिद राई, २४ वर्षीय राज खान, ३४ वर्षीय ईश्वरी खान, तुलसीपर-६ का ३० वर्षीय कृष्णकुमार गुप्ता, तुलसीपुर-१२ का २९ वर्षीय टोपेन्द्र बुढा मगर र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ का २४ वर्षीय सलमान साह छन्।, तुलसीपुर-५ बसपार्कस्थित ग्रीन भ्याली होटेलबाट ७८ हजार बढी रकमसहित उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।, अर्यालका अजुसार होटेलको तेस्रो तलाबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो।, पक्राउ परेकामाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाएर आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।,
होटलमा जुवा खेलिरहेका सात पक्राउ
|
रासस वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ।, वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे १ ख ३३०२ नंको टिपर र सोही दिशाबाट आउँदै गरेको भे ७ प १७९९ नंको मोटरसाइल आज दिउँसो करिब १२ः०० बजेतिर टिपरको पछाडि ठोक्किएको थियो।, मोटरसाइकल टिपरसँग ठोक्किँदा लेकबेंसी नगरपालिका-५ सुर्खेत नेटागाउँका १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।, किशोरीको घटनास्थलमै मृत्यु भएको हो। सो दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेंसी नगरपालिका-८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।, उनका अनुसार घाइते दुवैको अवस्था सामान्य छ।, टिपर चालक बाँसगढी नगरपालिका-५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।,
टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु
|
सेतोपाटी संवाददाता कुवामा डुबेर तनहुँमा एक महिलाको मृत्यु भएको छ।, भीमाद नगरपालिका-३ पीपलभञ्ज्याङकी ४६ वर्षीया यमकुमारी थापाको शनिबार मध्याह्न मृत्यु भएको हो।, मध्याह्न १२ बजे उनी आफ्नै घरको पश्चिमपट्टी रहेको कुवामा पानी लिन गएकी थिइन्।, कुवामा डुबिरहेको अवस्थामा फेला पारेपछि उनका श्रीमानले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार थापाको शवको मुचुल्का उठाएर भीमाद स्वास्थ्य चौकीमा राखिएको छ।,
कुवामा डुबेर महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ।, आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरेको छ।, ‘सर्वोच्च अदालतबाट विज्ञापन नम्बर ७०१-२०७७-७८ देखि ८२८-०७७-७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ’, सूचनामा भनिएको छ।, चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने तयारी थियो।, त्रिवि आयोगले सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ।,
सर्वोच्चको आदेशपछि त्रिवि सेवा आयोगले स्थगित गर्यो उपप्राध्यापकको परीक्षा
|
रासस काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ।, उनीहरूको साथबाट ११ लाख रुपैयाँसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।, गएराति विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट छ लाख ९८ हजार ८४५ रुपैयाँ र २२ थान कौडा, पासा खेल्न प्रयोग हुने १९ थान लामो र सानो गोटी, त्यसमा प्रयोग हुने थर्पु कपडा बरामद गरेको छ। , यता, काठमाडौं महानगरपालिका–१५ कारखाना चोकस्थित मञ्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ नागार्जुन नगरपालिका–२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोकका ४९ वर्षीय दोर्जे तामाङलगायत आठ जना पक्राउ परेका छन्।, महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नगद तीन लाख ६१ हजार रुपैयाँ तथा तीन बुक ताससहित पक्राउ गरेको हो। , यसैगरी काठमाडौँ महानगरपालिका–९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राईलगायत १० जनालाई गए राति पक्राउ गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ।, महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु ४० हजार ९०० र तीन बुक तास बरामद गरेको छ। तीनै वटा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ। ,
काठमाडौंका जुवाखालबाट ११ लाखसहित २९ जना पक्राउ
|
सेतोपाटी संवाददाता युवतीहरूलाई अनैतिक गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले कैलालीबाट दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।, शनिबार धनगढी उपमहानगरपालिका-७ को फुडल्याण्ड र लक्ष्मी होटलबाट दुई जना सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, ती होटलमा छापा मारी प्रहरीले पाँच जना युवतीको उद्धार पनि गरेको छ। ती युवतीलाई विभिन्न प्रलोभनमा पारी होटलमा राखेर अनैतिक गतिविधिमा संलग्न गराइएको पाइएको छ।, होटल सञ्चालकलाई थुनामा राखेर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।,
युवतीलाई होटलमा राखेर अनैतिक कार्यमा संलग्न गराएको आरोपमा दुई सञ्चालक पक्राउ
|
सेतोपाटी संवाददाता नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।, तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको हो।, प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ।, प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न आउन २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो।, प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा ७ दिन भित्र वक्यौता तिर्न आउन भनिएको छ।, यदि बक्यौता तिर्न नआए कम्पनीलाई कालोसूचीमा राख्दै भविष्यमा हवाई सेवासम्बन्धी कुनै पनि कामकारबाही गर्न नदिने र सञ्चालकहरूको बैंक खाता रोक्कादेखि राहदानी रोक्कासम्म गरिने चेतावनी दिइएको छ।, क्यानले नेकोन, शिवानी, गोरखा, माउण्टेन एयर, कस्मिक, स्काईलाइन र एयर काष्ठमण्डपलाई ९ करोड १७ लाख रुपैयाँ बुझाउन भनेको हो ।, क्यानका अनुसार नेकोनका सञ्चालकहरु दीपमणी राजभण्डारी, मुकुन्दभक्त श्रेष्ठ, दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान जोशीले ४ करोड ७२ लाख, २५ हजार ३५३ रुपैयाँ बुझाउन बाँकी छ ।, साथै, शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकारले ५५ लाख ५१ हजार ५३ रुपैयाँ र गोरखा एयरका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, डा, उज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठले २० लाख ३५ हजार २९ रुपैयाँ बुझाउन बाँकी छ ।, क्यानका अनुसार माउण्टेन एयरका सञ्चालकहरु प्रज्ञान शमशेर जबरा, सिद्धिका राणा र शिवेन्द्र बहादुर बस्नेतले ६ लाख १० हजार ८३४ रुपैयाँ र कस्मिक एयरका सञ्चालक क्याप्टेन रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ बुझाउन बाँकी छ ।, साथै, स्काइलाइन एयरवेजका सञ्चालकहरु आंग छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, पेम्बा छिरिङ शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा, यादब खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानांग, उत्तम कृष्ण खरेलले ७ लाख ८० हजार ४०० रुपैयाँ बुझाउन बाँकी छ ।, त्यसैगरी एयर काष्ठमण्डपका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, उज्लव श्रेष्ठ र हमाद अली जावोर (कतार)ले गरी ७ लाख ३८ हजार ४४७ रुपैयाँ बुझाउन बाँकी छ ।, साथै प्राधिकरणले कम्पनीहरूलाई बक्यौता तिर्न नपर्ने हो भने त्योअनुसार कागजात लिएर आउनसमेत भनेको छ। हेर्नुहोस् सूचना,
सात वायु सेवा कम्पनीले तिरेनन् बक्यौता, सञ्चालकलाई कारबाही गर्ने तयारी
|
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णीमा (होली) को अवसरमा मापसे गरेर सवारी चलाउने १०६ जनालाई कारबाही गरेको छ।, दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको थियो।, महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा चेक प्वाइन्टहरु राखेर बिहानदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको थियो।, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले रङ्गको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर बिहानैदेखि चेकप्वाइन्ट राखि चेकिङ्लाई कडा पारिएको बताए।, उनले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए।, ‘बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने १०६ जनालाई कारबाही गरिएको छ,’ एसएसपी जोशीले भने, ‘बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकहरुलाई कारबाही र होल्ड गरिएको छ।’, उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकल हुईक्याउने, मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी बढाई कडाईका साथ कारबाहि गरिएको पनि महाशाखाले जनाएको छ। ,
काठमाडौंमा मापसे गर्ने १०६ जनालाई कारबाही, ९०६ सवारी नियन्त्रणमा
|
सेतोपाटी संवाददाता गोरखामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको छ।, सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई तीन लाख ९० हजार आठ सय ४० रूपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, प्रहरीकाअनुसार उनीहरूले कौडा खेलेका थिए। उनीहरूलाई गए राति करिब १ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, बारपाक सुलिकोट गाउँपालिकाअन्तर्गत पर्ने सौरपानीको स्थानीय एक घरको आँगनमा उनीहरूले जुवा खेलेका थिए।, पक्राउ परेका १९ जनाविरूद्ध कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।,
गोरखामा जुवा खालबाट तीन लाख ९० हजारसहित १९ पक्राउ
|
सेतोपाटी संवाददाता सरकारले निजामती कर्मचारीका सन्तानलाई पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति दिने भएको छ।, स्नातक तह पढ्न एक पटकका लागि उक्त रकम छात्रवृत्ति पाइनेछ।, 'निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७८' मा पाँच लाखसम्म दिन सकिने व्यवस्था गरिएको छ।, २० लाख रूपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए पाँच लाख रूपैयाँ छात्रवृत्ति पाइनेछ। १५ लाखदेखि बढी २० लाखसम्म शुल्क लाग्ने भए चार लाख, दश लाखदेखि १५ लाख शिक्षण शुल्क लाग्ने भए तीन लाख छात्रवृत्ति पाइनेछ।, एक लाख रूपैयाँभन्दा कम शिक्षण शुल्क लाग्ने भए लागेको शुल्कबमोजिमको रकम छात्रवृत्ति दिने निर्देशिकामा उल्लेख छ।, विदेशमा अध्ययन गरेको र तीनै तहका सरकारबाट छात्रवृत्ति प्राप्त गरेकोले भने छात्रवृत्ति पाउने छैनन्।, छात्रवृत्ति प्रदान गर्नका लागि सचिवको अध्यक्षतामा एक समिति रहनेछ।, यस्तो छ निर्देशिका:,
निजामती कर्मचारीका सन्तानलाई सरकारले पाँच लाखसम्म छात्रवृत्ति दिने
|
सेतोपाटी संवाददाता पोखरामा विदेशी पर्यटकले फागु पूर्णिमा मनाएका छन्।, पोखरेलीसँगै विदेशी पर्यटकले पनि एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व फागु पूर्णिमा मनाएका हुन्।, रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागु पूर्णिमाको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो। पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको रुपमा कार्यक्रम आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए।, महोत्सवमा नाचगान र रङले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे। पहिलो पटक फागु पूर्णिमामा सहभागी कतिपय विदेशीहरु पनि नेपालीहरुसँगै उत्तिकै रमाइलोमा सहभागी भएका थिए। पर्यटकहरु बालबच्चाहरुसँग खुशी भएर रङ हान्न र अविर खेल्नमा ब्यस्त देखिन्थे।, पर्यटकको बढी चहलपहल हुने लेकसाइडको तीन किलोमीटर क्षेत्रमा पर्यटकलाई सहभागी गराई सामुहिक रुपमा होली खेलेर पञ्चे वाजा, गीत संगीतका साथमा फागु खेल्दै गौरीघाट, वाराहीचोक, हल्लनचोक हुँदै खहरेचोक पुगेर महोत्सव सकिएको थियो।, यस प्रकारको महोत्सवले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्र चलायमान गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले बताए।, महोत्सवको अवसरमा बिभिन्न स्थानमा कन्सर्ट राखिएको थियो। फागु पर्व मनाउने क्रममा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब ५० जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता(डिएसपी) सुन्दरमणी तिवारीले जानकारी दिए।, सुरक्षाका लागी पोखराका मुख्य चोकहरुमा ४ सय भन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।,
फागु पूर्णिमा झुमे विदेशी पर्यटक
|
भगवती पाण्डे ‘चाहिँदाको भाँडो नचाहिँदाको ....’ भन्ने नेपाली उखान बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका लागि ठ्याक्कै मेल खाएको छ। ,
कोभिड १९ को महामारी फैलिएपछि बुटवल धागो कारखानामा दुई वर्ष पहिले कोरोना विशेष अस्पताल निर्माण गरिएको थियो।, लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको निर्णयपछि बन्द रहेको धागो कारखानामा कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरिएको हो।, तर कोभिड नियन्त्रणका लागि डेढ वर्ष आश्रय दिएको धागो कारखानामा अहिले भने प्रादेशिक अस्पतालले कहिल्यै फर्किन नपर्ने गरि अस्तव्यस्त बनाएर छोडिदिएको छ। , अस्पताल निर्माणका लागि धागो कारखाना भित्र र बाहिर बनाईएका संरचना भत्काएर छोडिएको छ, भवन भित्र फोहोरको थुप्रो छ।, लुम्बिनी प्रादेशिक अस्पताल हाताभित्रै भवन निर्माण पुरा भएपछि सोही भवनमा कोरोना विशेष अस्पताल स्थान्तरण हुँदा धागो कारखानाका बेड, भेन्टिलेटर, एसीलगायत अस्पतालमा चाहिने उपकरण ल्याउँदा ल्याउन नमिल्ने अन्य संरचना समेत भत्काएर त्यसै छोडिएको छ।, आईसियू र एचडियू निर्माण गर्दा छानोमुनि राखिएको जिप्सन, शौचालयको लागि बनाईएको बारसमेत भत्काएर अलपत्र छोडिएको छ। , अस्पताल निर्माण गर्दा भवनभित्र र बाहिर संरचना फोरेर शौचालय निर्माण गरिएको थियो। तर अहिले शौचालयको सिट बाहेकको अन्य संरचना भत्काएर अलपत्र छोडिएको छ।, धागो कारखानाका कार्यालय प्रमुख डोलराज शर्माले अस्पतालमा चाहिने उपकरण र अन्य सामान लैजानु स्वभाविक भए पनि लैजान नमिल्ने संरचनासमेत भत्काएर छोड्नु गलत भएको बताए। , शर्माले ४ महिना पहिले नै धागो कारखानाबाट कोरोना विशेष अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा सारिएको भए पनि अस्पताल प्रशासनले त्यहाँको रित्तो भवनमा ताला लगाएर हिँडेको दाबी गरे।, अस्पताल निर्माण गरिएकै भवनमा धागो कारखानाका सामान र कागजातसमेत रहेकोले अस्पताललाई ताला नलगाउन र ताला लगाए पनि चाबी छोड्न भनेको थियो। तर पनि चाबीसमेत नदिएको शर्माले बताए।, ‘सबै सामान लगिसकेपछि पनि ताला लगाएर जानुभएको छ, बेलाबेला एक दुई जना मानिस आएर भित्र बाँकि रहेको जिप्सन निकाल्ने गर्नुहुन्छ,’ उनले सेतोपाटीसँग भने।, अस्पताल निर्माण गर्दा पहिले गारो लगाईएको स्थान फोडेर ढोका बनाईएको र अहिले त्यही ढोकासमेत निकाल्ने प्रयास गरिएको उनले बताए। ‘शौचालयको सिट निकाल्न नमिलेर लैजानुभएन होला, बाहिर घेरेको आल्मुनियमको बारसमेत भत्काएर लैजानुभयो।’, अस्पतालले बनाएका संरचना भत्काएर छोडे पनि फोहोर भने भित्रै थुपारिएको छ। बिरामीका लत्ताकपडा, जुत्ता चप्पल, अस्पतालजन्य फोहोर समेत भवन भित्रै छोड्दा संक्रमण फैलने खतरा रहेको शर्माले बताए।, महामारीको बेला मृत्यु भएका मानिसको शव राख्न ल्याईएको शवगृह भने अस्पतालमा ल्याउन मिल्ने भए पनि बाहिरै छोडिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले भवन निर्माणपछि अस्पतालमै कोभिड वार्ड स्थापना गर्दा धागो कारखानामा रहेका आवश्यक उपकरण र सामग्री ल्याईए भन्दै संरचना विगार्ने मनसाय अस्पतालको नभएको बताए।, ‘त्यहाँ रहेका उपकरण, बेड, पर्दा, शौचालयका आल्मुनियम फ्रेमलगायत ल्याउने भनिएको हो। जिप्सनसमेत भत्काएर छोड्ने भनिएको होईन, के रहेछ म बुझ्छु,’ ढकालले सेतोपाटीसँग भने।,
लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना अस्पतालको जिप्सन र शौचालयसमेत भत्काएर छोड्यो
|
सेतोपाटी संवाददाता रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।, पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। , तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। , असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ। होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ। हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ।, फगुवा खेल्ने अर्थात् फागु पूर्णिमामा तराई मधेसमा बेग्लै रौनक हुन्छ। एउटै उमेरसमूहका युवायुवती जम्मा भएर हर्षोल्लासपूर्ण रूपमा होली मनाउँछन्। यो पर्वले सौहार्द, सद्भावना, शान्तिपूर्ण समाज र सहअस्तित्वको सन्देश दिन्छ। जाडो सकिएको र गर्मी नबढिसकेको अवस्था भएकाले पनि रमाइलो मौसम छ यतिबेला। , होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ। त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन्। ,
आज तराईमा होली
|
सेतोपाटी संवाददाता रूपन्देहीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरू दुई जना घाइते भएका छन्।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बिहीबार दिउँसो ३ बजेतिर देवदहमा भएको दुर्घटनामा पश्चिम नवलपरासीकी २४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको छ।, पूर्वबाट पश्चिमतर्फ आइरहेको लु५८प ३९६५ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ गइरहेको लु२ख ३५७३ नम्बरको टिपरले देवदह नगरपालिका-९ भलुहीमा ठक्कर दिँदा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएकी भण्डारीको उपचारको क्रममा बिहीबार राति देवदह मेडिकल कलेजमा मृत्यु भएको हो।, उक्त मोटरसाइकल उनकै श्रीमान २६ वर्षीय हरिप्रसाद पौडेलले चलाएका थिए। दुर्घटनामा पौडेल र उनका तीन वर्षीय छोरा अर्जुन घाइते भएका छन्।, उनीहरूको अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, यस्तै, रूपन्देहीकै तिलोत्तमामा बिहीबार राति गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ।, तिलोत्तमा-३ जानकीनगरमा राति १२ बजेतिर गुडिरहेको मोटरसाइकलबाट खसेर तिलोत्तमा-१५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापाको मृत्यु भएको हो।, उनी चढेको मोटरसाइकल र चालकको भने अहिलेसम्म पहिचान भएको छैन। प्रहरीले मोटरसाइकल र चालकको खोजी गरिरहेको जनाएको छ।,
रूपन्देहीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु
|
एजेन्सी रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (शुक्रबार) २३ औं दिन हो। गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण घोषणा गरेपछि सुरू भएको युद्धमा अहिलेसम्म दुबै तर्फका हजारौं सैनिकहरू मारिएका छन्। २५ लाख बढी युक्रेनी देश छोडेर गएका छन्।, रूसले आममानिस बस्ने क्षेत्रमा पनि आक्रमण गरेपछि ठूलो संख्यामा युक्रेनी नागरिकले ज्यान गुमाएका छन्।, झन्डै साढे १ लाख रूसी सैनिकको आक्रमणलाई युक्रेनी सुरक्षा फौज र नागरिकले प्रभावकारी तरिकाले प्रतिरोध गरिरहेका छन्। कतिपय ठाउँमा रूसी सैनिक गाडी अघि बढ्न नसकून् भनेर युक्रेनी सुरक्षाकर्मीले पुल भत्काइदिएका छन्।, हेर्नुस् युक्रेनमाथि रूसले गरिरहेको आक्रमणका स्याटेलाइटबाट खिचिएका तस्बिरहरू:,
युक्रेनमाथि रूसी आक्रमणपछि स्याटेलाइटबाट देखिएका दृश्य
|
रासस नेपाल चेपाङ सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ।, महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन्।, बागमती प्रदेशमा सीमान्तकृत यस समुदायको बसोबास रहेको छ। मुख्यमन्त्री पाण्डेले यो समुदायको उत्थानमा लाग्नुपर्ने बताए।, सङ्घ, प्रदेश र स्थानीय निकायले चेपाङका समस्या पहिचान गरी समाधानतर्फ जानुपर्नेमा उनको जोड थियो। कार्यक्रममा सङ्घका अध्यक्ष जीतेन्द्र चेपाङले आफ्ना समस्याका बारेमा प्रकाश पारेका थिए।, महाधिवेशन बन्दसत्र आज चल्दै छ। बन्दसत्रले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।, विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष एक/एक तथा सचिव दुई जना गरी सात सदस्यीय पदाधिकारी चयन हुनेछ।, महाधिवेशनमा चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका २५७ प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ।, सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङका अनुसार नेपालमा चेपाङको जनसङ्ख्या ६८ हजार रहेको छ।, पहाडी क्षेत्रमा बसोबास गर्ने उनीहरु धेरैको आफ्नै लालपुर्जा छैन। भूमिहीन धेरै रहेको भन्दै उनले धेरै समस्याबाट गुज्रिएको बताए।,
चेपाङ संघको महाधिवेशन चितवनमा
|
सेतोपाटी संवाददाता मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।, हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका-६ मा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।, घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको रिमालले बताए। ,
मकवानपुरमा बस दुर्घटना: दुई जनाको मृत्यु, ९ घाइते
|
सेतोपाटी संवाददाता तराईमा शुक्रबार खेलिने होलीका अवसरमा शुक्रबार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको छ।, विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता, प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो।, तराईमा शुक्रबार हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। ,
विराटनगरमा होली मिलन कार्यक्रम (फोटो फिचर)
|
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।, त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको कुपन्डोलस्थित जनकपुर इन्जिनियरिङ कलेजले पाँच जनालाई सिभिल र चार जनालाई कम्प्युटर इन्जिनियरिङमा ५० प्रतिशत छात्रावृत्ति दिन लागेको हो।, सिभिल इन्जिनियरिङका लागि ३२ लाख र कम्प्युटर इन्जिनियरिङको लागि २० लाख छात्रावृत्ति दिने कलेजले निर्णय गरेको छ।, नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब तथा जेहेन्दार विद्यार्थीले कलेजमा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।, इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीले छात्रावृत्तिको लागि दावी गर्न सक्ने कलेजका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए।,
आविष्कार केन्द्रको पहलमा ९ विद्यार्थीले इन्जिनियरिङको लागि छात्रवृत्ति पाउने
|
सेतोपाटी संवाददाता झापाको विर्तामोड नगरपालिका-५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।, बुधवार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए।, खेमजुङको नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव भएको नभएको प्रहरीले जनाएको छ।, अस्पतालमा उपचार हुन नसकेपछि आफन्तले विर्तामोडस्थित माइती घर ल्याएकोमा उनको बिहीबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।,
श्रीमानको कुटाइबाट घाइते भएकी श्रीमतीको मृत्यु
|
सेतोपाटी संवाददाता भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ।, वेपत्ता भएकामध्ये लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको शव बुधवार भेटिएको थियो।, उनको भेरीगंगा नगरपालिका–२ मा पर्ने भेरी पुल नजिकै शव भेटिएको थियो।, यस्तै बिहीबार थप दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।, दिउँसो १ बजे भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजाली र अपरान्ह पाँच बजे सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको शव भेटिएको उनले जानकारी दिए।, उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको हो।, बिहीबार भेटिएको दुवै जना बालवालिकाको शव पोष्टमार्टमाका लागि मेहलकुना अस्पतालमा राखिएको छ।, फागुन २८ गते सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित नजिक भेरी नदीमा नुहाउने क्रममा: तीन जना बालबालिका बेपत्ता भएका थिए।,
भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो
|
सेतोपाटी संवाददाता प्रहरीले सिरहाबाट इटालियन पस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनगढी नगरपालिका-११ का ४२ वर्षीय ब्रमदेव यादव रहेका छन्।, धनगढी नगरपालिका-११ आँप चोकबाट यादवलाई बिहीबार एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।, बिआर३२एबी ०४४९ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट हतियार बरामद भएको सिरहा प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए।, यादवलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको उनले बताए।,
इटालियन पेस्तोलसहित सिरहाबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ। , मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरूद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड-१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनु नपर्ने बताए। , यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो।, सरकारले पिसिआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोकेको छ।, अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रूपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ। ,
उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने, खोप कार्ड अनिवार्य
|
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।, मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ घर भई टोखा नगरपालिका-१ भत्केको पुल बस्दै आएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनका अनुसार विश्वकर्मालाई शुक्रबार टोखाबाट पक्राउ गरेको हो।, विश्वकर्माले एक पीडितलाई मेघा बैंक लिमिटेडको पर्याप्त रकम नभएको चेक काटेर दिएका थिए।, प्रहरी उपरीक्षक महतोले उक्त चेक बाउन्स भएपछि विश्वकर्मालाई पक्राउ गरेको बताए।, उनका अनुसार उच्च अदालत पाटनले विश्वकर्मालाई फागुन १० गते बैंकिङ कसुरमा २० लाख जरिवाना र पाँच दिन कैद फैसला सुनाएको थियो। उक्त फैसलापछि विश्वकर्मा फरार थिए।, प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि शुक्रबार नै काठमाडौं जिल्ला अदालत पेस गरेको जनाएको छ।,
काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
|
रासस हिमाली जिल्ला मनाङमा पुलको निर्माण कार्य नसकिँदै अलपत्र परेको छ।, सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो।, हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मर्स्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौंले २०७५ मंसिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो।, म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन।, यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ। डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामा बताउँछन्।, गत असार पहिलो साता मर्स्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रूपबाट स्थानीयले हिँड्नुपर्ने बाध्यता छ।, उक्त पुल बन्ने हो भने १० मिनेटमै गाउँ पुग्न सकिन्छ तर पुल बनाउने भनी निर्माण थालेर अलपत्र अवस्थामा छाड्दा यहाँका बासिन्दा निराश बनेका छन्।, निर्माणाधीन अवस्थामा रहेको पुल नखस्दै तथा बाङ्गिएको समयमा निर्माण कम्पनीलाई पुल खस्न लाग्यो भनेर खबर गरे पनि अटेरी गर्दा पुल सबै मर्स्याङ्दीमा खसेको बताइएको छ।, भाँचिएर खसेको पुल सोझो बनाइनुका साथै स्टिल जडान गरिएका छन् तर, डेढ वर्षअघिदेखि उक्त पुलको निर्माण सम्पन्नतर्फ अघि नबढेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर प्रह्लाद लामिछानेले बताए। , पुल निर्माणका लागि यही चैत ३० सम्म म्याद थपिएको उनले जानकारी दिए।, इन्जिनियर लामिछानेले भने, ‘चैत ३० भित्र पुल निर्माण कार्य नसकिए कारबाही गर्छौं भनेर पत्र पठाएका छौं, कन्ट्याक्टरले असार मसान्तसम्म सकेर ह्यान्डओभर (हस्तान्तरण) गर्ने पत्र पठाएको छ।’, मनाङ ङिस्याङ गाउँपालिकाको वडा नं ४ र ३ जोड्न निर्माणाधीन ‘स्टिल गर्डर ब्रिज’ को स्टिलका सबै ‘मेम्बर’ जोडेर चार वटा मात्रै बाँकी छँदा पुल मर्स्याङ्दीमा खसेको थियो।, ठेकेदार कम्पनीले भ्याटबाहेक चार करोड ५१ हजार रुपैयाँमा पुल बनाउने जिम्मा लिएको हो। पैतीस मिटर लम्बाइ र साढे चार मिटर चौडाइको पुल खस्दा कम्तीमा ६० लाख रुपैयाँ क्षति पुगेको अनुमान गरिएको थियो।, पुल समयमै निर्माण नगर्दा पुल मर्स्याङ्दीमा खसेको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए।, निर्माण कम्पनीले भने चिसो, हिमपात, कोभिडलगायत कारण देखाउँदै आएको छ।, ,
ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र
|
एजेन्सी ब्राजिलको अमेजन जंगलमा हराएका दुई जना बालक झन्डै चार सातापछि भेटिएका छन्।, ८ वर्षीय ग्लाउको फेरेरा र ६ वर्षीय ग्लेसन फेरेरा दाजुभाइ हराएको झन्डै चार हप्तापछि भेटिएको बिबिसीले जनाएको छ। , उनीहरू अमेजनस राज्यको मनिकोरे नजिकैको जंगलमा चरा समात्न खोज्दा गत फेब्रुअरी १८ मा हराएका थिए। , झन्डै चार हप्तापछि मंगलबार उनीहरूलाई स्थानीय रूख काट्ने मान्छेले गाउँभन्दा छ किलोमिटर टाढा भेटेका हुन्।, बिबिसीका अनुसार एक जना बालकले नजिकै रूख काटिरहेको आवाज सुनेपछि सहायताको लागि चिच्याएका थिए। सोही आवाज पछ्याउदै जाँदा रूख काट्ने मान्छेले उनीहरूलाई जंगलमा भोको र कमजोर अवस्थामा फेला पारेका हुन्।, आपकालीन सेवाले फेब्रुअरी २४ देखि उनीहरूलाई खोज्न छाडेका थिए। तर स्थानीयले भने खोज जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। , ब्राजिलको लोकल मिडियाका अनुसार उनीहरूले आमाबुवालाई भेटेपछि जंगलमा हराउँदा केही पनि नखाएको र पानीमात्र खाएर बसेको बताए। , उनीहरू जंगलमा हुँदा केही खान नपाएर कुपोषणका कारण अस्पतालमा भर्ना गरिएको जनाइएको छ। , अमेजन जंगलमा मानिसहरू हराएको भने यो पहिलो पटक होइन।, गत जनवरी पाइलट एन्टोनियो सेनाले विमान दुर्घटना हुँदा ब्राजिलियन अमेजनकको दुर्गम क्षेत्रमा हराएर ३६ दिन बिताएकी थिइन्। ,
अमेजन जंगलमा हराएको झन्डै चार हप्तापछि भेटिए ६ र ८ वर्षीय दाजुभाइ
|
सेतोपाटी संवाददाता बारामा तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जस्थित आयल निगमभित्र एक ट्यांकरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।, ना ४ ख २६५६ नम्बरको पेट्रोल ट्यांकरबाट अनलोड गर्न पार्किङ गरी राखेको गाडीमा आगलागी भएको हो। ब्याट्रीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। , प्रहरी, सेना र दमकलले आगो नियन्त्रणमा लिएको थियो। , ट्यांकर सहचालक ३० वर्षीय लक्ष्मण श्रेष्ठ गम्भीर घाइते भएका थिए। भारत गोरखपुर घर भई आयल निगममा इलेक्ट्रिसियनको काम गर्ने २५ वर्षीय रामलखन प्रजापती सामान्य घाइते छन्। , उनीहरूको सुरूमा अल्पाइन अस्पताल सिमरामा उपचार गरिएको थियो। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौं ल्याइएको थियो।, उपचारको क्रममा श्रेष्ठको शुक्रबार मृत्यु भएको थापाले बताए। उनको कीर्तिपुर अस्पतालमा बिहान ८ बजे मृत्यु भएको हो।,
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन्। , ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरेको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन्। , भट्टराईका अनुसार उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए। तर त्यसलाई उनले एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्।, ‘एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्। कर्मचारीले शंका लागेर मेसिनमा हाल्दा शंकास्पद वस्तु देखियो,’ उनले भने, ‘ड्रोनको लेन्सनिर सुनको बिस्कुट रहेछ।’, सुरूमा उनीबाट १०० ग्राम सुन बरामद भएको थियो। त्यसरी सुन भेटिएपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि चेक गरेको थियो। , त्यसभित्र रहेको जुत्ता भित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु बरामद भएको भट्टराईले बताए। , ‘जुत्ता भित्र पनि ९३४ ग्राम सुन जस्तो धातु तर बाहिर चाँदीको जलप लगाइएको वस्तु फेला परेको छ,’ उनले भने, ‘त्यसको परीक्षण हुँदैछ। रिपोर्ट आइसकेको छैन।’, उनीबाट पाँच वटा फोन पनि बरामद भएको छ। , पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ। ,
ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
|
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख, शाखा अधिकृतसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, सवारी चालक अनुमति पत्रको परीक्षाको परिणाम फेरबदल गरेको भन्दै उनीहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। , कार्यालयका प्रमुख गोकुल शर्मा पौडेलले पोखराबाट २०७४ मंसिर, २०७६ कात्तिक र मंसिरमा सञ्चालन गरेको लाइसेन्स परीक्षामा फेल भएका व्यक्तिलाई पास बनाइदिएको भन्ने उजुरी अख्तियारमा परेको थियो। , त्यसमा अनुसन्धान हुँदा पौडेल लगायतले विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित परीक्षार्थीहरूलाई पास र पास भएकालाई फेल गरी प्रयोगात्मक परीक्षाको परिणाम पनि फेरबदल गरेको अख्तियारले जनाएको छ। , पौडेल हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखराका शाखा अधिकृत हुन्। , अख्तियारले उनीसँगै तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालविरूद्ध मुद्दा दायर गरेको हो।, उनीहरूले १६६ जना परीक्षार्थीहरूको इलेक्ट्रोनिक लाइसेन्स भेहिकल रेजिस्टर सिस्टममा रिजल्ट अपडेट तथा रिजल्ट अप्रुभ गर्ने क्रममा पास गराइदिएको प्रवक्ता भण्डारीले बताए।, यस्तै दुई जनाको प्रयोगात्मक परीक्षामा पास भएकाहरूलाई रिजल्ट अपडेट गर्दा फेल गराई जम्मा १६८ जनाको परीक्षा परिणाम फेलबदल गरेको देखिएको अख्तियारले जनाएको छ। , साथै, परिणाम फेरबदल गर्ने कर्मचारीहरूलाई पनि कुनै प्रकारको विभागीय कारबाही नगरेको भन्दै उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो। , भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएको भन्दै अख्तियारले अधिकतम सजाय दिन माग गरेको छ। ,
सवारी लाइसेन्समा फेललाई पास र पासलाई फेल बनाएको आरोपमा ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
|
सेतोपाटी संवाददाता देशभर थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ५१ जनामा संक्रमण पुष्टि भएको हो। ,
५ हजार ९१४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार ५९२ जनाको पिसिआर र ३ हजार ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ३ हजार ९९६ जना सक्रिय संक्रमित छन्।, २९२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए ५१ कोरोना संक्रमित, निको भए ३९२ जना
|
रासस निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक-पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको ‘चारआली–केचना सडक’को निर्माण पूरा हुन सकेन।, दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके ता पनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनियर प्रमोद खतिवडाले जानकारी दिए।, उनका अनुसार चारआली-केचना ४० किलोमिटर सडक निर्माणका लागि वि.सं २०७३ असोज १७ गते निर्माण व्यवसायी कालिका कनकाई याङथुम्हाङ जेभी र लामा ढाँफे कञ्जनजङ्घा जेभीले वि.सं २०७५ चैत १६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए। तर पटक-पटक म्याद थप गर्दासमेत सडक निर्माणको काममा ढिलाइ भइरहेको उनको भनाइ छ। , उनले सडक निर्माणको अन्तिम म्याद यही चैत ३० गतेसम्म रहेको बताउँदै भने, ‘अब सडक निर्माणका लागि भनेर म्याद थप गर्ने योजना छैन।’, तोकिएको मितिसम्म पूरा काम नगर्ने निर्माण व्यवसायीलाई कानून अनुसार कारबाही हुने उनले बताए। , उनले भद्रपुर नगरपालिकाभित्र रहेको सङ्गमचोकदेखि भानुचोकसम्मको ५०० मिटर, बनियानी र सकुनाढिकीमा ५०० मिटर गरी एक किलोमिटर क्षेत्र मात्र निर्माण गर्न बाँकी रहेको बताए।, उनले सडक निर्माण रोक्नुपर्ने कारण देखाउन आग्रह गर्दै निर्माण व्यवसायीलाई पटक–पटक पत्राचार गर्दासमेत लिखित कारण देखाउन नसक्ने र तत्काल बनाउँछौं भन्दै मौखिक जवाफ मात्र दिने गरेको बताए। , सो सडक निर्माणका लागि कार्यालयबाट चारआलीदेखि देउनियाँ खोलासम्मका लागि ४१ करोड ६५ लाख रुपैयाँ र देउनियाँ खोलादेखि कचनकवलसम्मका लागि ४२ करोड ५६ लाख रुपैयाँ ठेक्का सम्झौता रकम रहेको जानकारी दिए। ,
,
चारआली–केचना सडक निर्माण: ढिलासुस्तीले अधुरै
|
सेतोपाटी संवाददाता डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका सर्वसाधारण पक्राउको विरोधमा मोरङको गछियामा थप तनाव उत्पन्न भएको छ।, न्याय माग्दै आन्दोलनमा उत्रिएका सर्वसाधारणलाई पक्राउ गरेको विरोधमा स्थानीयबासी थप आन्दोलित भएका छन्। उनीहरुले बुधबार दिनभरि गछिया प्रहरी चौकी अगाडि प्रदर्शन गरेका छन्।, मंगलबार सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडिओ खिचेको भन्दै मोरङ प्रहरीले एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको थियो। उनीहरू सबैलाई जिल्ला प्रहरी मोरङले अभद्र व्यवहार गरेको भन्दै मुद्दा दायर गरेको छ।, पक्राउ परेकाहरूलाई प्रहरीले मुद्दा चलाएपछि स्थानीयवासी थप आक्रोशित बनेका हुन्। मोरङ सुन्दरहरैंचा-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका थिए। त्यहीक्रममा भिडिओ खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहितका गाउँलेलाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्रेर रातभर हिरासतमा थुनेको थियो। म्याद थप गरेर मुद्दा चलाएपछि उनीहरू केही दिन प्रहरी नियन्त्रणमै हुनेछन्।, मोरङ सुन्दर हरैंचा-७ की डेढ वर्षीया बालिका गएको शुक्रबार साँझ घरबाट बेपत्ता भएकी थिइन्। अपरान्ह चार बजे हराएकी बालिका त्यसको एक घन्टापछि अचेत अवस्थामा फेला परेकी थिइन्। लगत्तै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएकी उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो।, नाबालिका हत्या आरोपमा प्रहरीले सोही ठाउँका दुई जना युवालाई पक्राउ गरेको छ। प्रहरीले बालिका हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका दुई युवा दाजुभाइ हुन्।, पक्राउ परेका उनीहरूलाई प्रहरीले गाउँलेमाझ सार्वजनिक गर्नुपर्ने स्थानीयबासीको माग छ। बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने कानुन ल्याउनुपर्ने स्थानीयबासीको अर्को माग छ।, प्रहरीका अनुसार बालिकाकी आमा घरमा काममा व्यस्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चकलेट दिएर घटनास्थल बनमारा झाडीमा जबरजस्ती करणी गरेका थिए। त्यसपछि दाजु मिथुनले पनि त्यसै गरेको प्रहरीले जनाएको छ।,
डेढ वर्षीया बालिका बलात्कार-हत्या प्रकरणमा प्रहरीले गाउँले थुनेपछि तनाव चुलियो, प्रदर्शन जारी
|
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका कार्यालय अगाडि न्युरोडको बिच सडकमा भ्वाङ परेको छ।, प्रहरीले भ्वाङ परेको ठाउँलाई धेरा लगाएर सवारी साधन आउजाउको व्यवस्था मिलाएको छ।, किन र कसरी भ्वाङ परेको हो भन्ने यकीन नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।, यसअघि पनि पोखराको न्युरोडमा पटकपटक भ्वाङ पर्दै आएको छ।, बुधबार दिउँसो ३ बजे एक्कासी न्युरोडको सडकमा भ्वाङ देखिएको थियो।, महानगरपालिकाको माथिल्लो गेटअघि सडकमा भ्वाङ परेको हो। डेढदेखि २ मिटरसम्मको भागमा भ्वाङ देखिएको छ।,
पोखरा महानगरपालिका अघिको सडकमा भ्वाङ
|
सेतोपाटी संवाददाता सामुदायिक वनको पोखरीनजिकैबाट तीन नाल भरुवा बन्दुहसति दुई जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका-५ सिमरवनका ३६ वर्षीय पवनलाल माझी र वडा नम्बर-३ देवीथानका २७ वर्षीय मोहन श्रेष्ठ छन्।, सिमरवनस्थित जनजागृती सामुदायिक वननजिकै भरुवा बन्दुकमा बारुद र छर्रा लोड गरी घाममा सुकाएर बसिरहेका उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। तीन वटै बन्दुक बिना लाइसेन्सका हुन्।, दुबै जना जंगलमा वन्यजन्तु शिकारका लागि तैनाथ भएको आशंका प्रहरीको छ। पक्राउ परेकालाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
सामुदायिक वनबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ
|
सेतोपाटी संवाददाता पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, वडाध्यक्ष कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडासदस्यद्वय रफिक अन्सारी, सञ्जयकुमार पटेल र कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरूद्ध मुद्दा दायर गरेको हो। , घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका राजश्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखेर चलानी किताब कुनै पनि राजश्व चलानी नराखी राजश्व रकम हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।, उजुरीमा वडाध्यक्ष भरतप्रसाद र कार्यालय सहयोगी जितेन्द्रप्रसादले मिलेमतो रहेको उल्लेख थियो। , अख्तियारले त्यस उजुरीमाथि अनुसन्धान गर्दा ६ जनाको संलग्नता देखिएको जनाएको छ।, चौहद्दी प्रमाणित, घरबाटो सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतमा एकभन्दा बढी चलानी गरी, चलानी नगरी, लिनुपर्ने राजश्व नलिई, लिनुपर्ने भन्दा घटी/बढी राजश्व लिएर तथा आम्दानी रसिद नकाटी आर्थिक अनियमितता गरेको अनुसन्धानबाट खुलेको हो। , दाखिल गर्नुपर्ने राजश्व समेत नगरेको पाइएको हुँदा वडाध्यक्ष भरतप्रसाद, रफिक, सञ्जयकुमार र जितेन्द्रकुमारको हकमा आफ्नो कार्य अवधिमा एक लाख २ हजार ५८५ हिनामिना गरेको अख्तियार प्रवक्ता भण्डारीले बताए। , उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र बिगोको दोब्बर जरिवाना माग गरेको छ। , वडासचिव अनामिकाको हकमा उनले २०७६ साल मंसिर १९ गतेदेखि २०७८ असार ३१ गतेसम्म कार्यरत रहेको अवधिमा एक लाख ३१ हजार ९० रुपैयाँ हिनामिना गरी राजश्व चुहावट गरेको पुष्टि भएको अख्तियारको दाबी छ।, उनीमाथि पनि बिगोको दोब्बर जरिवाना र कैद सजाय माग गरिएको छ। , यस्तै, वडासचिव राजकुमारको हकमा भने २०७७ चैत ५ गतेदेखि हालसम्म ३२ हजार २३५ रुपैयाँ हिनामिना गरेको पुष्टि भएकोले सोही ऐन अन्तर्गत दोब्बर जरिवाना र कैद सजायको माग अख्तियारले गरेको छ।,
वीरगञ्ज महानगरका वडाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा
|
एजेन्सी जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ। जापानी प्रसारण संस्था एनएचकेका अनुसार उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो।, भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।, 宮城県と福島県で震度6強,https://t.co/CO3JmvpVcx,#nhk_video, ,pic.twitter.com/JqHSHpWg7C,
— NHKニュース (@nhk_news) ,March 16, 2022, भूकम्पपछि झन्डै २० लाख घरमा बिजुली अवरूद्ध भएको समाचार संस्था एएफपीले जनाएको छ। ,
जापानमा ७.३ म्याग्नेच्युडको भूकम्प
|
सेतोपाटी संवाददाता गोरखामा एक वृद्धको शव फेला परेको छ।, विगत १० दिनदेखि हराइरहेका गोरखा नगरपालिका वडा नम्बर १ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव फेला परेको हो।, शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, उनी गत फागुन २३ गतेदेखि परिवारको सम्पर्कमा थिएनन्।, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।,
दश दिनदेखि हराइरहेका वृद्धको शव फेला
|
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। , जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो। तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका हुन्। , जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। , पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानीपख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख रहेको प्रहरी बताउँछ।, बानियाँमाथि अभियोग लागेपछि उनलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको छ।,
बलात्कार आरोपी एमाले नेता बानियाँ पाँच लाख धरौटीमा छुटे
|
एजेन्सी चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।, च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन्ससमेत रहेको चेल्सीले फ्रेन्च क्लब लिलेलाई २-१ गोल अन्तरले हराउँदै समग्रमा ४-१ गोल अन्तरको नतिजा निकालेको हो।, चेल्सीले पहिलो लिगमा लिलेलाई २-० गोल अन्तरले हराएको थियो।, दोस्रो लिगमा २-१ को नतिजा निकाल्ने क्रममा चेल्सीका लागि क्रिस्टियन पुलासिक र सेजार एपिलीक्यूएटाले एक एक गोल गरेका थिए। त्यसैगरी लिलेका लागि बुराक यिलमाजले एक गोल पेनाल्टीमार्फत गरेका थिए।, खेलमा सुरूआती अग्रता फ्रेन्च क्लबले लिएको थियो। खेलको ३८ औं मिनेटमा यिलमाजले पेनाल्टीमा गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इङ्लिस क्लबले खेललाई बराबरीमा ल्यायो।, खेलको ७१ औं मिनेटमा एपिलीक्यूएटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसपछि खेलमा दुबै तर्फबाट गोल हुन नसकेपछि चेल्सीले खेल आफ्नो पक्षमा पार्यो। ,
चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
|
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण फेरि संसारभरि बढ्न थालेको छ।, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना संक्रमण ह्वात्तै बढेको बताएको छ।, अघिल्लो साताको तुलनामा गत साता (मार्च ७-१३) मा संसारभर कोरोना संक्रमण ८ प्रतिशतले बढेको छ। यो अवधिमा एक करोड १० लाख नयाँ संक्रमित थपिएको र ४३ हजारले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले जनएको छ।, सबैभन्दा बढी संक्रमण चीन र पूर्वी एसियाली मुलुकमा फैलिएको छ। प्रशान्त महासागर क्षेत्रका मुलुकहरूमा संक्रमण दर २५ र मृत्युदर २७ प्रतिशतसम्मले बढेको छ। अफ्रिकामा १२ र युरोपका २ प्रतिशतले संक्रमण बढेको छ।, अहिले सबैभन्दा धेरै संक्रमित दक्षिण कोरियामा थपिइरहेका छन्। वर्ल्डोमिटरका अनुसार बिहीबार त्यहाँ चार लाख बढी मानिसमा संक्रमण थपिएको छ भने १६४ जनाले ज्यान गुमाएका छन्।, युरोपेली मुलुक जर्मनीमा पनि बिहीबार पौने तीन लाख कोरोना संक्रमित थपिएका छन्। फ्रान्समा दैनिक संक्रमित १ लाख पुग्दा बेलायत, इटाली, नेदरल्यान्ड्समा पनि दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्।, चीनमा पनि पछिल्लो समय संक्रमित ह्वात्तै बढेका छन्। शून्य कोभिड नीति लिएको चीनले कोरोना बढेको व्यापारिक केन्द्र सेन्जेन र उत्तरपूर्वी सहर जिलिनमा कडा प्रतिबन्धहरू लगाएको छ। डब्लुएचओले फेरि बढेको कोरोनाले जटिल समस्या ल्याउन सक्ने भन्दै देशहरूलाई चनाखो हुन भनेको छ।, 'कतिपय देशहरूले परीक्षण नै कम गरेको बेला यति धेरै संक्रमित थपिनुले ठूलै खतराको संकेत गरेका छन्,' डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन्।, पछिल्लो समय संसारभर धेरै देशहरूमा प्रतिबन्धहरू फुकुवा गरिएको र जनजीवन सामान्य भएकालेओमिक्रोन भेरियन्ट र यसको सबलिनेज बिए.२ का कारण संक्रमण बढेको डब्लुएचओका अधिकारीहरूको भनाइ छ। केही विज्ञहरूले युरोपमा फेरि कोरोनाको अर्को लहर आउने चेतावनी दिएका छन्।,
संसारभरि फेरि बढ्न थाल्यो कोरोना, दक्षिण कोरियामा थपिए एकैदिन चार लाख संक्रमित
|
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ।, गस्तीमा रहेको सेनाको टोलीलाई एक सिंगे गैंडाले आक्रमण गर्न खोजेपछि जोगिन पोखरीमा हामफालेका जवानको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले निकुञ्जको खड्ग दल गणमा कार्यरत् खोटाङका २६ वर्षीय पवन कटुवालको बुधबार मृत्यु भएको जानकारी दिए।, कटुवाल निकुञ्जको कोर इलाकाको साइली माइली पोष्टबाट हुद्दा भोजबहादुर थापाको कमाण्डमा गस्तीमा खटिएका थिए।, राति पौन ८ बजेतिर गैंडाले एक्कासी आक्रमण गर्न खोजेपछि उनी अतालिएर दलदले पोखरीमा हामफालेको डिएसपी अधिकारीले बताए।,
गैंडाबाट जोगिन खोज्दा पोखरीमा डुबेर सेनाका जवानको मृत्यु
|
सेतोपाटी संवाददाता फागु पूर्णिमालाई ध्यानमा राखी हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा करिब ४ हजार प्रहरी परिचालित गरिँदै छ। ,
काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो ।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ।, महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंमा करिब २ हजार ५ सय, ललितपुरमा ७ सय र भक्तपुरमा ४ सय प्रहरी परिचालित हुनेछन् । त्योबाहेक आवश्यकताको आधारमा थप प्रहरी परिचालन गर्ने तयारी पनि भएको छ ।, होलीमा उपत्यकामा महानगरीय अपराध महाशाखाबाट सयभन्दा बढी सादा पोशाकमा खटाइने भएको छ। , त्यसैगरी प्रहरीले सार्वजनिक गरेको होलीलक्षित सुरक्षा योजनाअन्तर्गत ४५ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सीआरभी) र करिब ८० वटा मोटरसाइकल गस्ती गरिने बताइएको छ। , प्रहरी टोलीसँगै मापसे चेकिङका लागि मुख्य सडकमा ट्राफिक परिचालित हुनेछन्। यसैबीच, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रेस विज्ञप्ति जारी गरी सुरक्षा सावधानी अपनाएर शान्तिपूर्वक होली खोल्न आग्रह गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले करिब २ दर्जन स्थानमा मात्रै होली खेल्न आग्रह गरेको छ ।, प्रहरीले होलीमा विशेष रमझम हुने काठमाडौंका वसन्तपुर दरबारक्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबारक्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरेको छ । त्यस्तै तीनैवटा जिल्लाका पर्यटकीय क्षेत्र, ठूला सपिङमललगायतका स्थानमा सुरक्षा कडाइ गर्ने भएको छ।, केही वर्षयता कोरोना भाइरसको महामारीका कारण होलीमा चहल पहल कम भएको थियो। कोरोना संक्रमण घटेसँगै यो वर्ष होलीमा बढी भिडभाड हुने भएकोले आवश्यकताको आधारमा प्रहरी परिचालन गर्ने योजना बनाइएको पनि प्रवक्ता राठौरले जानकारी दिए।, प्रहरीले कसैको अनुमति र इच्छाविपरीत जबरजस्ती रङ नहाल्न र लोलाले नहाल्न पनि अनुरोध गर्दै कानुनविपरीत कुनै पनि काम गरे सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने चेतावनी दिएको छ । प्रहरीले पर्यटकमाथि अभद्र व्यवहार नगर्नसमेत आग्रह गरेको छ ।, होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीलाई बुधबार ब्रिफिङसमेत गरेका छन्। ‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणहरूको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौं’, एसएसपी उमेशराज जोशीले भने– ‘बिहानैदेखि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिनेछ ।’, उच्छ्रृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।,
आज काठमाडौं उपत्यकाको सुरक्षा कडाइ, बिहानैदेखि मापसे चेकिङ
|
पूर्णप्रसाद मिश्र/रासस वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ।, केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ। केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे।, फागु पर्व सभ्य हुन थालेपछि भने बुधबार पनि राजधानीमा युवतीको चहलपहल पूर्ववत् रह्यो। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।, वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।, २०७६ देखि भने कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्व थप सजगताका साथ मनाउन थालिएको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।, फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। विगत वर्षजस्तै यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ। साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ।, विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको कीर्तिपुरबाट नयाँबानेश्वरको कार्यालयमा आएकी रमिला महर्जनले सुनाइन्।, यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।, फागु पर्वमा चीरोत्थानको परम्परा फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व शुरु हुन्छ।, आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ।, त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।, त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।, यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्।, निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताए।, राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ।, बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ। फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ।, तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा शुक्रबार होली मनाइँदै छ। यस पर्वका उपलक्ष्यमा हिजोआज रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ।, यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुष समूह समूहमा आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन्।, यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ।, कुन देशमा कसरी मनाइन्छ फागु? , फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ।, चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ। यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ।, अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ।, श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ।, फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ। सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ। नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ।,
काठमाडौंमा सभ्य बन्दै होली, कुन देशमा कसरी मनाइन्छ?
|
प्राडा सविना भट्टराई आज होली हो। पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ। होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ। , सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती रङ पाउडरका रूपमा हुन्छन्। जसको गन्ध छैन, यस्तो रङ चलाउनु राम्रो हुन्छ।, हामीले प्रयोग नै गर्न नहुने रङहरू धेरै छन्। जसले शरीरलाई हानी गर्छन्। टल्किने खालको रङ, कालो रङ र झोलवाला रङले शरीरलाई धेरै नै असर गर्छ।, कालो रङमा लेड अक्साइड, रातो रङमा मर्करी मिसाएको हुन्छ भने हरियोमा कपरसल्फेट हुन्छ। टल्किने रङ सबैभन्दा हानिकारक हुन्छ। यस्ता रङमा माइका, सिलिकाजस्ता ‘केमिकल’ को प्रयोग धेरै गरिएको हुन्छ।, केही गरी छालामा पहिले नै घाउ भएको छ भने रगतको माध्यमबाट भित्र छिरेर कलेजो लगायतका अंगलाई नै असर पार्न सक्छ। त्योबाहेक छालामा एलर्जीको समस्या हुन्छ।, यसले प्रत्येक वर्ष बढी अनुपातमा लक्षण देखिन्छ।, धेरै ‘केमिकल’ प्रयोग गरिएका रङको प्रयोग गर्नाले छालामा असर गर्नुका साथै केहीगरी शरीरभित्र पसे श्वासप्रश्वास, किड्नी, ब्रेन, न्युरोलोजीसम्बन्धी समस्यासमेत देखिन सक्छ।, यस्तै रङ जथाभाबी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्।, नरिवलको तेल लगाएर रङ खेल्यो भने हानी हुनबाट बच्न सकिन्छ। शरीर र कपालमा तेल लगाउँदा तेलको लेयर बस्छ जसले गर्दा रङ र छालाको बीचमा असर पर्न दिँदैन। यस्तो गर्दा एलर्जी हुनबाट बचाउँछ। त्यस्तै मोस्चराइजर क्रिम लगाए पनि छालामा असर कम गर्छ।, कपडाले शरीर पुरै ढाकेर होली खेलेको राम्रो हो। किनकी जति धेरैभित्र रङ जान्छ त्यति नै असर गर्ने सम्भावना धेरै हुन्छ।, विशेषगरी बालबालिका र गर्भवतीको छाला 'सेन्सेटिभ' हुने भएकाले रङको प्रयोग गर्दा एकदमै ख्याल राख्नुपर्छ। , शरीरमा लागेको रङ पखाल्दा धेरै कडा साबुन लगाउनु हुँदैन। धेरै रगट्नु पनि हुँदैन। नुहाइसकेपछि मोस्चराइजर क्रिम लगाउनुपर्छ।, कुनै समस्या देखियो भने चिकित्सककहाँ जानुपर्छ।, केमिकल र मर्करी भएका रङमा क्यान्सर गराउने तत्व हुन्छ। धेरै केमिकल भएको रङ प्रयोग नगर्नु नै राम्रो हो।, होलीको कारण थुप्रैलाई समस्या परेको हुन्छ। उनीहरूमध्ये धेरैलाई एलर्जी नै भएको छ। छाला सुन्निनेलगायत समस्या छन्। आँखा सुन्निने गाला सुन्निने पनि हुन्छ। रङको प्रतिक्रिया खेलेको दिनमा मात्रै नभएर २/४ दिनमा समेत देखिनसक्छ।, (छालारोग विशेषज्ञ प्राडा सविना भट्टराई लभाना स्किन एन्ड हेयर क्लिनिकमा कार्यरत छन्।),
होली कसरी खेल्ने, कस्तो रङ प्रयोग गर्ने?
|
रासस हेटौडाको सिमेन्ट उद्योगमा एक युवकको मृत्यु भएको छ। , उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जनाकारी दिए। , हेटौडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा उनको मृत्यु भएको हो।, अख्तरको सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरी निरीक्षक सापकोटाका अनुसार मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको थियो। उपचारको क्रममा अख्तरको मृत्यु भएको हो।, प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ।, ,
हेटौडाको सिमेन्ट उद्योगमा एक युवकको मृत्यु
|
सेतोपाटी संवाददाता फागु पूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।, धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागेको हो। , फागु पूर्णिमाका दिन भीमसेन देवताको विधिवत्रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नाका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ।, आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजा, धाँ बाजालगायतका टोली भीमसेन मन्दिर जाने गर्छन।, भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था, पसलेलगायतले बलिसहितको पूजा चढाउँछन्।, देवताको पूजाअर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ। त्यसलाई स्थानिय भाषामा भिसिंह पूजा भन्ने गरिन्छ। , स्थानीय महिला हाकुपटासीमा सजिएर भीमसेन देवताको पूजापछि सम्येबजी खाएर एकापसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ।, भक्तपुरमा साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको बेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ।, यसरी लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती पनि रहेको छ। रासस,
,
फागु पूर्णिमाको अवसरमा भीमेसन मन्दिरमा भक्तजनको घुइँचो
|
नवीनबाबु गुरूङ महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ।, होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ।, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक एकाइका प्रमुखलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीलाई आज व्रिफिङसमेत गरेका छन्।, बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएकाे छ। , उच्छिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ।, यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ। महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ।, हेर्नुहोस् तस्बिरहरू, ,
होलीमा उपत्यकामा सुरक्षा कडाः जथाभावी रङ दल्नेलाई कारबाही, ठाउँ-ठाउँमा चेकिङ
|
राजेश घिमिरे बुधबार फागु पूर्णिमा (होली) को अघिल्लो दिन। थारू सांस्कृतिक संग्रहालय बछौली नजिकै रहेको घरको बराण्डामा पहार तापेर बसिरहेका थिए ८८ वर्षीय सुखलाल चौधरी। तीन भाइ छोरा, बुहारी, नाती, नातिना आ–आफ्ना काममा व्यस्त थिए। साना पनातीहरु आँगनमा दौडिरहेका थिए।, सुखलालकाअनुसार उनको गाउँमा पहिले पूर्णिमाभन्दा पन्ध्र दिन अघिदेखि नै होलीको रौनक सुरु हुन्थ्यो। तर अचेल उनले होलीकै दिन पनि पहिलेको जस्तो रमाइलो देखेका छैनन्।, ‘यतिखेर त हामी डम्फु (बाजा) तयार पारेर नाचगानका लागि तयार भइरहेका हुन्थ्यौं। घरमा मिठा–मिठा परिकार बनिरहेका हुन्थे,’ सुखलालले विगत सम्झिए, ‘सुक्लपक्ष सुरुभएबाटै गाउँले सबै राति एक ठाउँमा भेला भएर नाचगान गरिन्थ्यो।’ थारु समुदायले होलीलाई विशेष पर्व मान्ने गर्छ। यो अवसरमा डम्फु बजाएर गीत गाउँदै नाच्ने चलन छ।, पूर्णिमा र त्यसपछिका दुई दिन विशेषरुपमा मनाइने यो पर्वका लागि घर–घरमा डम्फु तयार गरिन्थ्यो। जंगलबाट खोजेर ल्याइएको मयुरको प्वाँखले त्यो डम्फु सजाइन्थ्यो। ‘कसैको घरमा त व्यक्तिपिच्छेका डम्फु तयार हुन्थे, एक घरमा एक डम्फु त नहुने कुरै भएन,’ सुखरामले सुनाए, ‘पूर्णिमाको अघिल्लो दिन यसरी चुप लागेर घरमा को बस्थ्यो र।’, थारु समुदायमा पूर्णिमाको दिनमा ‘चीर पोल्ने’ चलन छ। यो दिन साँझ आरध्य देवताको थानमा बाँस गाडेर खर, तोरीको सुकेको नलले छोपिएको ठाउँमा पूजा गरेर बेल, पोथी कुखुरा, अण्डा राखेर आगो लगाउने चलन छ। यसलाई थारु समुदायले चीर पोल्ने भन्छन्। भोलिपल्ट बिहान त्यहाँ पुगेर खरानीको टिका लगाइ विजयको बर माग्ने चलन छ।, पूर्णिमा र त्यसपछिका दुई दिनरात गाउँका घर–घरमा गएर नाचगान गर्ने, एक अर्कालाई रंग लगाएर सद्भाव व्यक्त गर्ने, खानपिनमा रमाउने चलन रहेको उनले बताए। अन्तिमदिनलाई चैत्वारी भन्ने गरिन्छ। यो दिनले अब चैत लाग्यो भन्ने सन्देश दिन्छ।, सुखलालले पुर्खादेखि चल्दै आएको चलनले छोराको पुस्तासम्म निरन्तरता पाएपनि नाती पुस्ताबाट हराउन थालेको बताए। ‘छोराहरुले त हाम्रो सिको गरे तर नातीहरुले सकेनन्। अब पनातीहरुले त के गर्लान् र खोई?,’ उनले भने, ‘पर्वमध्येकै सबैभन्दा उल्लासको पर्व यही थियो। अब त हराउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ।’ , सुखलालका छोरा बासुदेव चौधरी ६६ वर्षका भए। बछौली माविका पूर्व प्रधानाध्यापक, थारु सांस्कृतिक संग्रहालयका संरक्षक, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सल्लाहकार उनी थारु समुदायको संस्कृति जोगाउन तल्लिन देखिन्छन्। तर उनमा पनि फागुको संस्कृति जोगाउने बिषयमा बाबुमा जस्तै चिन्ता देखिन्छ। ‘हामीले त बुबाहरुले गरेको देख्यौं, उहाँहरुबाट सिक्यौं, आफूले पनि गर्यौं। तर नयाँ पुस्ताले यसतर्फ त्यति ध्यान दिएको छैन,’ उनले भने, ‘पहिले गाउँ होली मनाउने धेरै समूह हुन्थे। अचेल धेरै गाउँको एकै ठाउँमा गरेर औपचारिकता पुरा गर्न थालिएको छ।’, थारू समुदायले लौरी, डम्फु बजाएर सौराहामा पर्यटकलाई आफ्नो संस्कृति देखाउने गर्छन्। ती गीत, नृत्यहरु उनीहरुका विभिन्न चाडपर्वसँग सम्बन्धित छन्। ‘व्यवसायिकरुपमा आफ्नो संस्कृतिको प्रदर्शन गर्नेहरुले नै अचेल चाडपर्वमा गाउँमा गीत, नृत्य प्रस्तुत गर्ने गर्छन्,’ बासुदेव चौधरी भन्छन्, ‘पहिले सबै मान्छे डम्फु बोकेर निस्कन्थे, अचेल त्यस्तो हुँदैन। डम्फुलाई नै कसरी जोगाइराख्ने भन्ने चिन्ता छ।’ उनले करिब एक दशकयता धेरैले फागुका लागि भनेर डम्फु बनाउन छाडेको बताए।, बासुदेवका भतिज नरेशले थारु समुदायको होली पनि अन्य समुदायको जस्तै हुन थालेको बताए। ‘चिर पोल्ने, नाचगान गर्ने त गरिन्छ तर हामी सानो छँदा देखेजस्तो होली त अचेल देखिँदैन,’ उनले भने। सुखलालका २ पनाती, १ पनातिनी छन्। उनका बाबु बिका चौधरी पनि बछौलीमै जन्मिएका थिए। हजुरबुबा रतन फौजदार पनि यहीँ बसेका थिए। , खैरहनी–९ वैरहनीका ६० वर्षीय विरेन्द्रकुमार चौधरीले विगतमा मनोरञ्जनका कुनै पनि साधन नहुँदा थारु समुदाय होलीमा निकै रमाउने गरेको बताए। ‘सामान्य रेडियोसमेत हुन्थेन, सधैं खेतीपातीमा तल्लिन हुने समुदायले यो पर्वलाई मनोरञ्जनको पर्वकारुपमा उल्लासमय बनाउने गरेको थियो,’ उनले भने, ‘दुई हप्ता अघिबाटै मनाउन थालिन्थ्यो, यति धेरै समय अरु कुनै पर्व मनाइन्थेन।’, माघे सँक्रान्तिदेखि फागु पूर्णिमाको दुई दिनपछिसम्म थारु समुदायले निकै रमाइलोसँग बिताउने गरेको उनले सुनाए। ‘घरघरमा हली राख्ने चलन थियो, हलीले पनि यो समयमा विदा पाउँथे। यो अवधिमा रमाउँदै काम परिवर्तन गर्ने निर्णय गर्थे,’ उनले भने, ‘फागु पर्व सकिएपछि सबैको ध्यान फेरि कामतिरै जान्थ्यो।’, उनले पूर्णिमाको दिनमा होलिकाको रुपमा चीर पोल्ने गरिएको र रोटी, रक्सी, सर्वत पानी खाने, गीत, गाउने, नाच्ने गरेर करिब दुई हप्ता निकै रमाइलो गर्ने गरिएको उनले सुनाए। ‘नयाँ पुस्ताले मनोरञ्जनका लागि धेरै कुरा पाए। इन्टरनेटमार्फत मनोरञ्जन लिन थाले, आम्दानी बढ्दै गएकाले मिठो खानका लागि चाडपर्व कुर्नु परेन,’ वीरेन्द्रकुमार भन्छन्, ‘पुर्खाहरुको चलन कम हुँदै जानुको मूख्य कारण यही हो जस्तो लाग्छ।’, उनकाअनुसार होली मनाउँदा मान्छेहरुकाबीचमा झैझगडा निकै हुन्थ्यो। यो परम्परा जस्तै बनेको थियो। ‘मान्छेहरु वर्षभरीको रिस यही समयमा निकाल्थे, अरु बेलामा भएका स–साना विवादहरु होली मनाउने बेलामा निकालेर भिड्थे,’ उनी भन्छन्, ‘खेतीपातीकाक्रममा सामान्य विवाद हुँदा पनि मान्छेहरु होलीमा बदला लिन्छु भन्थे। झगडा नहुने त होली नै हुन्थेन जस्तो लाग्छ।’ थारु समुदाय वर्षभरीको कारोबार होलीकै समयमा मिलाउने।, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य चन्द्रा चौधरी होली पर्वमा महिलाहरु पनि सकृयरुपमा सहभागी हुने गरेको बताइन्। महिलाहरु मिठा खानेकुरा पकाउने, खाने, गीत गाउने, नाच्ने गरेर रमाउने गरेको उनले बताइन्। ‘अचेल बरु रंग खेल्दा दूव्र्यवहार होला कि भनेर महिलाहरु डराउँछन्, पहिले त त्यस्तो हुन्थेन। बच्चादेखि वृद्धवद्धासम्म रमाएको देखिन्थ्यो,’ उनी भन्छिन्, ‘अचेल नयाँ पुस्ताले नयाँ तरिकाले मनाएको पनि देखिन्छ। हामी हाम्रो संस्कृति बचाउनुर्छ, चाडपर्वहरु बारे नयाँ पुस्तालाई पनि सिकाउनुपर्छ भनेर लागेका छौं।’, होलीबाहेक राम नवमी, कृष्ण जन्माष्टमी, बढ्के आइतबार, जितिया, यमोसा, ठूलो एकादसी, माघे संक्रान्ति थारु समुदायका ठूला पर्वहरु हुन्। दसैं, तिहार पनि उनीहरु आफ्नै तरिकाले मनाउँछन्। , चितवनको खैरहनी, रत्ननगर, माडी नगरपालिकामा थारु समुदायको बाक्लो बसोबास छ। पुस्तौंदेखि यहाँ रहँदै आएका उनीहरु चितवनका आदिवासी मानिन्छन्।,
थारू समुदायमा पहिलेजस्तो रौनक छैन होलीमा
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १०८ सवारीसाधन कारबाहीमा परेका छन्। , बिहीबार होलीको दिन उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने १०८ सवारीसाधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए। , १०४ दुई पाङ्ग्रे र चार वटा पाङ्ग्रे गाडी कारबाहीमा परेको उनले बताए। , कारबाहीमा पर्नेहरूमा मापसे गर्ने, सवारीचालक अनुमतिपत्र नबोक्नेहरू रहेको महाशाखाले जनाएको छ। , यद्यपि कुन कारणले कारबाहीमा परेको संख्या बेलुकीमात्रै आउने उनले बताए। , होलीमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजरमा राख्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था तयार पारिएको छ। , त्यसअनुसार महाशाखाले काठमाडौं उपत्यकामा ६८ ठाउँमा विशेष चेक पोइन्ट राखेको छ। , उच्छिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ।, यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार होलीको लागि उपत्यकामा ३५ सय बढी प्रहरी परिचालित छन्। ,
,
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १०८ सवारीसाधन कारबाहीमा
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.