content
stringlengths
20
64.1k
युवराज श्रेष्ठ जिल्ला अदालत तनहुँमा पल शाहविरूद्धको बलात्कार मुद्धामा बिहीबार पनि बहस जारी छ।, पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए। पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन।, जिल्ला अदालतका स्रेष्तेदार मीनबहादुर कुँवरका अनुसार आज बिहान ११ बजेदेखि वाग्लेको बहस फेरि सुरू हुनेछ।, पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।, पलका पक्षबाट बुधबार अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन्। त्यसपछि बरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले पलको पक्षबाट बहस गर्ने बरिष्ठ अधिवक्ता काफ्लेले जानकारी दिए।, थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन्। पीडितका पक्षबाट सुरूवाती बहस गरेकी अधिवक्ता राधिका खतिवडाले पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने १७ वटा कारण पेश गरेकी थिइन्।, प्रतिवादी पलले कसुर गरेको अवस्था देखिए जिकिर गर्दै उनले नाबालिग बलात्कारका अभियुक्तलाई बाहिर ल्याउँदा समाजमा आतङ्कित हुने, स्वतन्त्र न्यायको सिद्धान्त विरूद्ध हुने, पीडितलाई होस्टाइलको प्रयास हुने, अपराधमा संलग्न अरोप लागेका व्यक्तिलाई समाजबाट बाहिर राख्नुपर्ने मान्यता रहेको, जघन्य फौजदारी मुद्दाका अभियुक्त रहेको र विगतमा बलात्कारसम्बन्धी मुद्दामा अदालतबाट आएका फैसलाका नजिरका आधारमा पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने उनको जिकिर छ।, बहसका क्रममा खतिवडाले बलात्कार मुद्दाका अभियुक्तलाई लोकप्रियता वा शक्तिका आडमा छाड्न नहुने, छाड्दा प्रमाण नष्ट गर्न सक्ने लगायतका जिकिर उनले बहसमा पेश गरेकी थिइन्। बलात्कार घटना लुकिछिपी हुने भन्दै उनले प्रत्यक्षदर्शी आवश्यक नपर्ने समेत जिकिर गरेकी छिन्। पीडितको भनाइ नै सबैभन्दा ठूलो प्रमाण भएको भन्दै उनले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताइन्।, नाबालिग पीडितलाई आफन्तको घरमा लैजाने, मादक पदार्थ सेवन गराउने लगायतका कार्य अभियुक्तले स्वीकार गरिसकेकाले अपराध गर्न तयार भएको र घटना विवरण हेर्दा अपराध भएको तर्क उनले दिएकी थिइन्। खतिवडाले पेश गरेको १७ वटा कारण त्यसपछि पीडितका पक्षमा बहस गरेका अन्य कानुन व्यवसायीले पनि समर्थन जनाएका थिए।, यता, पलका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने पललाई धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन्। हिरासत बाहिर बसेर नै पलले मुद्दा लड्न पाउनुपर्ने उनीहरूको जिकिर रहेको प्रतिवादीका कानुन व्यवसायीले बताएका छन्।, बहस सकिए बिहीबार नै थुनछेक आदेश जारी हुन सक्ने जिल्ला अदालत तनहुँले जनाएको छ।, झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाका परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा पललाई हिरासतमा लिएर प्रहरी अनुसन्धान गरेको थियो।, जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।, थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय आउनेछ।, बलात्कार मुद्दा लागेका पलको पक्षमा १२ वकिलले बहस गर्ने, आजै थुनछेक आदेश आउन सक्ने
एजेन्सी भारतको कर्नाटक उच्च अदालतले वैवाहिक बलात्कारको मुद्दामा फैसला गर्दै विवाह बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स नभएको बताएको छ।, टाइम्स अफ इन्डियाका अनुसार न्यायाधीश एम नागाप्रशन्नको एकल इजलास बुधबार आफ्नै श्रीमती भए पनि महिलाको मन्जुरीबिना शारिरीक सम्बन्ध राख्नु बलात्कार हुने बताएको हो।, श्रीमतीको इच्छाविपरीत शारिरीक सम्बन्ध राख्ने अधिकार श्रीमानलाई नभएको आदेशमा उल्लेख छ।, एक जना महिलाले श्रीमानले आफूलाई बलात्कार गरेको मुद्दा हालेपछि उनका श्रीमानले इन्डियन पेनल कोडको धारा ३७६ अनुसार सँगै बसेकी श्रीमतीसँग शारिरीक सम्बन्ध राख्दा आफूले बलात्कार गरेको नठहरिने भन्दै मुद्दा फिर्ता हुनुपर्ने माग गरेका थिए।, उक्त मुद्दाको सुनुवाइपछिको आदेशमा न्यायाधीश नागाप्रशन्नले भनेका छन्- विवाह संस्थाले पुरूषलाई विशेष अधिकार दिँदैन, दिन सक्दैन। मेरो विचार विवाह कुनै बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स हो भन्ने ठान्नु हुँदैन।, श्रीमतीमाथि जबरजस्ती यौनहमला चाहे उसको श्रीमानले नै गरे पनि त्यो बलात्कार नै हुने र पुरूष सजायको भागिदार हुने आदेशमा उल्लेख छ।, 'एउटा पतिले आफ्नी पत्नीमाथि गरिने यस्तो बलात्कारले उसको अन्तरआत्मा र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ। महिलाको आत्मालाई घाइते बनाइदिन्छ। कानुन बनाउनेहरूले यो मौनताको आवाज सुन्नुपर्छ,' आदेशमा भनिएको छ।, अदालतले श्रीमानहरू श्रीमतीका शासक हुन्। श्रीमतीका देह, दिमाग र आत्माका स्वामी हुन् भन्ने पुरानो मान्यतालाई समाप्त गर्नुपर्ने आदेशमा उल्लेख गरेको छ। यस्ता पुरातन र पिछडिएका मान्यताका कारण देशमा वैवाहिक बलात्कारका घटना हुने गरेको अदालतको भनाइ छ।, वैवाहिक बलात्कारबारे कर्नाटक उच्च अदालतले भन्यो- विवाह बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स होइन
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलको राडारमा समस्या देखिएपछि उडानहरू प्रभावित भएका छन्।, बिहीबार बिहानै विमानस्थलको राडारमा समस्या देखिएको थियो। विमानस्थल कार्यालयका अनुसार अहिले त्यो समस्या समाधान भइसकेको छ।, त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार बिहान ६ बजे राडारमा समस्या आएपछि उडान केही समय प्रभावित भए पनि अहिले समाधान भइसकेको छ।, ‘राडारको समस्यासँगै भिजिबिलिटी पनि कम देखिएका कारण उडान केही समय प्रभावित भएको हो,’ ठाकुरले भने।, निजी वायुसेवा प्रदायक कम्पनीहरूले उडान प्रभावित भएको भन्दै उडानसम्बन्धी जानकारी मोबाइल एपबाट लिन अनुरोध गरेका थिए।, राडारको समस्या देखिएपछि विमानस्थल कार्यालयले वैकल्पिक व्यवस्था गरेर उडान अवतरणको प्रयास गरेको थियो।, यती एयरले भनेको छ-यात्रु महानुभावहरू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणाली तथा राडारमा खराबी आएको कारण आजका सम्पूर्ण उडानहरू ढिला भइरहेको जानकारी गराउँदछौं।’, यात्रु महानुभावहरू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणाली तथा राडारमा खराबी आएको कारण आजका सम्पूर्ण उडानहरु ढिला भइरहेकाे जानकारी गराउँदछाैं। कृपया, सहजताका लागि यात्रा गर्नुपूर्व हाम्रो कल सेन्टर ०१-५९७००७४ मार्फत् जानकारी लिनुहुन अनुरोध गर्दछाैं । धन्यवाद ।, — Yeti Airlines (@FlyYeti) ,March 24, 2022, यस्तै बुद्ध एयरले पनि उडान प्रभावित भएकोले गर्दा उडानसम्बन्धी जानकारी बुद्ध एयर मोबाइल एपबाट लिन आग्रह गरेको छ। ,  , त्रिभुवन विमानस्थलमा प्राविधिक (फ्रिकेवन्सी सम्बन्धी) समस्या देखिएको हुँदा उडान प्रभावित हुने देखिएको छ । उडानसम्बन्धी जानकारी ,#BuddhaAir, मोबाइल एपबाट लिनहुन अनुरोध छ ।, — Buddha Air (@AirBuddha) ,March 24, 2022, बिहान त्रिभुवन विमानस्थलको राडारमा समस्या देखिएपछि दिनभर उडान प्रभावित
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने बताएका छन्। , बिहीबार पत्रकार सम्मेलन गर्दै उनले लोडसेडिङ नहुने र हुन पनि नदिने बताएका हुन्।, भारतबाट आयात गर्ने बिजुली पाउन मुस्किल भएपछि केही दिनयता उद्योगहरूले भनेजति बिजुली पाउन सकेका छैनन्। , उद्योगहरूमा बिजुली आपूर्ति बन्द भएपछि व्यवसायीहरूले लोडसेडिङ गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए। ,  निर्देशक घिसिङले अहिले लोडसेडिङ नभई केही दिनको समस्या भएको र त्यसको समाधान अहिलेलाई भएको बताएका छन्।, बिहीबार राति १२ बजेबाट २० भारू अर्थात् ३२ रुपैयाँमा बिजुली किन्न लागेको उनले बताए। करसहित त्यस्तो बिजुली प्रतियुनिट नेपाली ३८ रुपैयाँसम्म पर्छ।, ‘३८ रुपैयाँमा किन्दा आज राति १२ बजेर १५ मिनेट जाँदा सिस्टम नर्मल हुन्छ। हामीले फुल रेटमा बिड गरेका छौं। तीन दिन बिडिङमा नपरेको हुँदा उद्योगहरूमा समस्या देखिएको हो,’ उनले भने, ‘यो समस्या केही समयको लागि मात्रै हुन्छ र त्यसपछि नेपालकै बिजुली बढी हुन्छ।’, यस्तै अहिले भारतबाट उच्चतम मूल्यमा किने पनि उद्योगहरूलाई बिजुलीको मूल्य नबढाउने उनले बताए। , पहिला केही समय निकै सस्तोमा पनि बिजुली किनेको उल्लेख गर्दै घिसिङले अहिले महंगो भए पनि माग पूरा गर्न घाटा खाएर किन्न लागिएको बताए। , ‘दुई रुपैयाँ ५० पैसामा पनि किनेका छौं। केही समयको लागि महंगो भएपनि किनौं भनेका छौं। लामो समय सक्दैनौं,’ उनले भने, ‘सरकार, सिमेन्ट तथा विभिन्न उद्योगीहरूलाई पनि यसबारे जानकारी गराइसक्यौं। यस्तोबेला सहयोग गरिदिन भनेर भनेका छौं।’, भारतको खुला बजारबाट नेपालले यसअघि औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो।, रूसले युक्रेनमाथि आक्रमण गरेपछि पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेपछि भारतका पावर प्लान्टले भनेजति बिजुली उत्पादन गर्न सकिरहेका छैनन्। , प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ।  खुला बजारबाट बिजुली आयात गर्न एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग  दैनिक १५० र पिटिसी इन्डियासँग ७५ मेगावाट बिजुली किन्न नेपालले एक वर्षको सम्झौता गरेको थियो। सम्झौता जुनमा सकिने भए पनि रूसले युक्रेनमाथि फेब्रुअरी २४मा आक्रमण गरेपछि उक्त सम्झौताबमोजिम फिक्स्ड मूल्यमा नेपालले बिजुली पाउन सकेन।, त्यसपछि नेपालले खुला बजारबाट बिजुली किनिरहेको थियो। भारतको खुला बजारमा १५-१५ मिनेटमा बिजुलीको मूल्य निर्धारण हुन्छ।, लोडसेडिङ हुँदैन र हुन दिँदैनौं, उद्योगको समस्या आज रातिबाट समाधान: कुलमान घिसिङ
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह चैत महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।, असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि सञ्चालनमा आउन लागेको हो। , बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह चैत महिनाभित्रै सञ्चालन हुने बताएका हुन्। समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उनले बताए।, ‘निर्माण सम्पन्न त गत असारमै भएको हो। यहाँका सरोकारवाला निकायको तयारी पनि सकिएको छ। अब हामी चाडैं उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले कामलाई तिव्रता दिइराखेका छौं,’ उनले भने।, यस सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताए।, भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उनले उल्लेख गरे।, ‘अहिले हाम्रो जति पनि सुख्खा बन्दरगाह छन्, कि चीनको नाका कि भारतको नाकासँग छ। अहिले हामी भारतीय नाकाबाट काठमाडौं आउने सामानको भन्सार चेकजाँच यही गराउने, भन्सार पास गराउने र यहाँ त्यो सुविधा प्रदान गराउने भन्ने नै उद्देश्य हो’, उनले भने, ‘अहिले हामी भारतबाट आउने सामानहरु काठमाडौं सुख्खा बन्दरगाहमा आएर यहाँ भन्सार प्रक्रिया पुरा गरेर व्यापारी, व्यवसायीको सामानहरु कन्ज्युमरसम्म पुग्ने अवस्थाबारे सहजीकरण गराउने काम गर्छौ।’, उनले सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाइदिने र जिपिएस सिस्टम जडान गरेर पठाउने बताए।, यसरी सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरू सुख्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुने उनले स्पष्ट पारे। , ‘अहिलेको हाम्रो एरेजमेन्ट चाहीँ विरगञ्जकै सुख्खा बन्दरगाहबाट मालसामान बोकेर आएको कन्टेनरमा सिल लगाइदिने, त्यसपछि जिपिएस सिस्टम जडान गरर्ने। उक्त जिपिएस सिस्टम जडान गरेर त्यहाँबाट सिल नतोडिकन जिपिएस चलिराखेको अवस्थामा चोभारको सुख्खा बन्दरगाहमा आउँछ। यहाँ आएपछि जिपिएस चेक हुन्छ। सिल चेक हुन्छ । त्यसपछि भन्सार प्रक्रिया हुन्छ । भन्सार पास हुन्छ,’ उनले भने।, बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। सबै पूर्वाधारको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहज रूपमा सञ्चालन हुने उनले बताए।, ‘सुख्खा बन्दरगाह भन्न बित्तिकै मेन हामीले भन्सार चेकजाँचको फेसिटेशन गर्ने हो। आयात पनि निर्यात पनि। त्यसको लागि भन्सार प्रक्रिया पूर्ण नभइकन न आयात हुन सक्छ न निर्यात हुन सक्छ। भन्सारको सहजीकरणको लागि चाहिएको पूर्वाधार यो सुख्खा बन्दरगाहमा हुन्छ’, उनले भने, ‘कति प्रक्रिया नपुगेको, कागजपत्र नभएको त्यस्तो अवस्थामा व्यापारी, व्यवसायीले हामी केही दिनको लागि सामान स्टोर गर्छौ भन्यो भने त्यसको लागि गोदाम उपलब्ध गराउँछौँ । कन्टेनरका लागि पार्किङ यार्ड र सवारीका लागि पनि पार्किङस्थलहरु बनाएर राखेको छौँ । बैंकको लागि स्पेश दिन्छौँ । क्वारेन्टीनको लागि स्पेश दिन्छौँ । रातिको लागि लाइटिङ सिस्टम भयो, इमर्जेन्सीको लागि फायर फाइटिङ भयो । सुरक्षाको लागि सिसी क्यामेराहरु भयो, यो सबै कुरा सुख्खा बन्दरगाहमा हुन्छ र यसले भन्सार चाँज पासको लागि सहजीकरण गर्ने भयो ।’, इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालगञ्ज र रसुवाको टिम्मुरेमा पनि सुख्खा बन्दरगाह निर्माण भइरहेको बताए। मुस्ताङ र कञ्चनपुरमा पनि बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको उनले बताए।, ‘चलिराखेको भनेको वीरगञ्जमा एउटा सुख्खा बन्दरगाह जुन रेलबाट जोडिएको छ। अर्को वीरगञ्ज एकीकृत जाँच चौकी। अर्को भैरहवामा सुख्खा बन्दरगाह भयो। काकडभिट्टामा पनि सुख्खा बन्दरगाह छ । र तातोपानीमा पनि सुख्खा बन्दरगाह छ। यति सञ्चालनमा भइरहेको संरचनाहरु हुन्’, उनले भने, ‘त्यो बाहेक नेपालगञ्जमा निर्माण भइराखेको छ। जुन भारत सरकारको सहयोगमा । त्यस्तै रसुवाको टिम्मुरेमापनि चीन सरकारको सहयोगमा निर्माण भइराखेको छ। अर्को कोरोलामा मुस्ताङमा पनि हामीले सम्भाव्यता अध्ययन गर्‍यौं र यसपालि हामी इआइए गर्दैछौँ। र विस्तृत सम्भाव्यता अध्ययन पनि गर्दैछौं।’, हाल वीरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रूपमा अगाडि बढाउन काम गरिरहेको उनले बताए।, ‘त्यस्तै अर्को हाम्रो प्रायरोटीमा दोधारा–चाँदनी पनि छ जुन सुदूरपश्चिमको कञ्चनपुर जिल्ला अवस्थित ठाउँमा सुख्खा बन्दरगाह बनाउने भनेर लागेका छौँ । त्यहाँ हामीले जग्गा एकिन गरिसकेका छौँ । त्यहाँ बातावरणिय प्रभाव मुल्यांकनको काम सुरु गरिसकेका छौँ । टिओर स्वीकृत भइसकेको छ वन तथा वातावरण मन्त्रालयबाट’, उनले भने, ‘अरु नाकाहरु किमाथांका, जलेश्वर विभिन्न ठाउँहरुमा नयाँ बन्दरगाहहरुको आवश्यकता छ कि छैन, चाहिन्छ कि चाहिदैनँ, त्यो हिसाबले उत्तरी नाका र दक्षिणी नाका दुवैतिर हामीले अध्ययनलाई निरन्तरता दिइराखेको अवस्था छ । सञ्चालन भइराखेको जतिपनि सुख्खा बन्दरगाह छ त्यसलाई अपग्रड गर्न अध्ययन गरेर अझ प्रविधिमैत्री बनाउन काम गरिराखेको अवस्था छ।’, ‘चैत महिनाभित्रै चोभारको सुख्खा बन्दरगाह सञ्चालन हुने’
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ निकै बढेकाले नेपालको मागलाई धान्न महंगोमा बिजुली किन्न लागिएको बताए।, बिहीबारमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले बिजुली ल्याउन नेपालले उच्चतम शुल्क प्रस्ताव गर्ने बताएका हुन्।, भारतको खुला बजारबाट नेपालले यसअघि औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो।, रूसले युक्रेनमाथि आक्रमण गरेपछि पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेपछि भारतका पावर प्लान्टले भनेजति बिजुली उत्पादन गर्न सकिरहेका छैनन्। , प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ।  खुला बजारबाट बिजुली आयात गर्न एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग  दैनिक १५० र पिटिसी इन्डियासँग ७५ मेगावाट बिजुली किन्न नेपालले एक वर्षको सम्झौता गरेको थियो। सम्झौता जुनमा सकिने भए पनि रूसले युक्रेनमाथि फेब्रुअरी २४मा आक्रमण गरेपछि उक्त सम्झौताबमोजिम फिक्स्ड मूल्यमा नेपालले बिजुली पाउन सकेन।, त्यसपछि नेपालले खुला बजारबाट बिजुली किनिरहेको थियो। भारतको खुला बजारमा १५-१५ मिनेटमा बिजुलीको मूल्य निर्धारण हुन्छ।, भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म तिरेर बिजुली किन्दै प्राधिकरण
सेतोपाटी संवाददाता काठमाडौंको शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , बुधबार काठमाडौं महानगरपालिका-३१ स्थित शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार भएको थियो।, ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २५ वर्षीय सुरज खड्कामाथि ८-९ जनाको समूहले खुकुरी प्रहार गरेको हो।, खुकुरी प्रहारबाट खड्का गम्भीर घाइते थिए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखाले जनाएको छ। , ज्यान मार्ने उद्योगमा पक्राउ पर्नेमा दोलखा नाम्दु गाउँपालिका-६ घर भई जडिबुटी बस्ने ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे गाउँपालिका-९ भई भक्तपुर बस्ने २३ वर्षीय प्रविन लामा, मन्थली नगरपालिका-१३ बस्ने १९ वर्षीय राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका-३ घर भई जडिबुटी बस्ने सञ्जिब मोक्तान छन्।, यस घटनामा प्रयोग भएका तीन वटा मोटरसाइकल समेत बरामद भएका छन्। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा यस घटनाको प्रमुख कारण आर्थिक लेनदेन र प्रेमसम्बन्धी विवाद हो।, ‘उनीहरूबीच आर्थिक लेनदेन पनि भएको बुझिन्छ। गर्लफ्रेन्ड कसैले लगिदियो भन्ने खालको प्रेमसम्बन्धी विवाद पनि छ,’ उनले भने, ‘विवाद त्यसरी सुरू भएर खुकुरी प्रहार भएको देखिन्छ।’, यसमा थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई बुझाएको बताएको छ।, यस घटनामा अझै केही फरार रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए। उनीहरूको खोजी भइरहेको बताइएको छ।, प्रेम विवादले गर्दा शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार, पाँच पक्राउ
रासस प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका संगठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन्।, धनगढीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरूलाई सिकाएर सहयोग पुर्‍याउनु पर्ने बताए।, प्रधानसेनापति शर्माले भने, ‘स्वदेशमै बसेर माटो खन्ने खोस्रने गर्नुस्, परिवार, समाज र देशको आर्थिक विकासमा टेवा पुर्‍याउनुस्, विदेश जाने सोचमा हुनुहुन्छ भने त्याग्नुस्।’, विदेशमा गएकाले धेरै दुःख पाएको देखेको घटना सुनाउँदै उनले भने, ‘त्यहाँ नेपाली तल्लो स्तरको काम गरेको देख्दा चित्त दुख्छ, नेपाली माटोमै केही गरेर देखाउनुस्, विदेशमा पैसा फलेको हुन्न, झन् दुःख पाइन्छ, तपाईं सक्षम हुनुहुन्छ तालिम र ज्ञानलाई यही प्रयोग गर्न अनुरोध गर्छु।’, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषमार्फत् प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको सदुपयोग गरी स्वरोजगार र आयआर्जन बढाउँदै जीवनस्तर उकास्न सुझाव दिए।, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका वरिष्ठ उपाध्यक्ष अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारी, अप्रा उपरथी शम्शेर ठकुरी र बलाध्यक्ष रथी सरोजप्रताप राणाले कोषमार्फत् सञ्चालन भएका स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत कार्यक्रमले भूपू सैनिकको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गरेका थिए।, सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो।, कार्यक्रममा यस क्षेत्रको वेषभूषा, झाँकी प्रदर्शन गरियो। कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तर्क्रिया गरेका थिए भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो।, भूपू सैनिकलाई प्रधानसेनापतिले भने- विदेश जाने सोच त्याग्नुस्
सेतोपाटी संवाददाता भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको  गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेका छन्।  , भरतपुर महानगरपालिकाको वडा नं. २९ को गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकको जमिनको लालपुर्जा दिने कामलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताइन्।  , उनले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडि बढाइएको भन्दै देशभित्र रहेका जग्गासम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडि बढ्न लागेको बताइन्। , राष्ट्रिय भूमि आयोगमार्फत् भूमिहीन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोगमात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अब अन्त्य गर्ने गरी काम भइरहेको पनि बताइन्। , वास्तविक सुकुम्बासीले मात्रै जग्गा पाउन र गैरसुकुम्बासीले जग्गा नपाउन भन्नेमा सचेत बन्न जनता र जनप्रतिनिधिहरूलाई मन्त्री श्रेष्ठले आग्रह समेत गरिन्। , मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवनको इच्छा कामना गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका र तनहुको बन्दीपुर गाउँपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई लालपुर्जा वितरण गरिसकेकी छन्। , २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जाविहीन बनिरहेकाहरूको लालपुर्जा वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले अभियानलाई तीव्र बनाएको छ ।  , भरतपुर महानगरपालिकामा लालपुर्जा वितरण
सेतोपाटी संवाददाता बुटवलको जितगढीमा बिहीबार भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो करिब १ बजेतिर बुटवल उपमहानगरपालिका वडा नम्बर १३ स्थित जितगढीमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएपछि सडकमा पल्टिएका युवालाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।  , जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका १३ बस्ने मनोज थापा  छन्।, बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवलतर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटरमा सवार थापा सडकमा पल्टिएका थिए। त्यसपछि ना १ क ४१४६ नम्बरको तिलोत्तमा क्याम्पसको बसले पुन: ठक्कर दिएको प्रहरीले जनाएको छ।, प्रहरीले मोटरसाइकल, बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।, मोटरसाइकल र स्कुटर ठोक्किँदा सडकमा लडेका युवालाई स्कुल बसले ठक्कर दियो, घटनास्थलमै मृत्यु
सेतोपाटी संवाददाता सौराहामा बाघको छाला किनबेचमा संलग्न रहेको भनेर फैसला गरिएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन्। , चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले २०६२ सालको असोज १४ गते सौराहा नजिकैबाट १ थान बाघको छाला र ४१ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेका थिए।, पक्राउ परेका गोरखाको सर्दिबास–३ का सुरेन्द्र गुरूङ, सिम्जुङका वीरबहादुर गुरूङ र अन्य २ जना आखेटोपहार किनबेचमा संलग्न रहेको भनेर निकुञ्जले मुद्दा दायर गरेको थियो। , लामो समयदेखि फरार रहेका २ जनामध्ये तनहुँको देवघाट गाउँपालिकाका विष्णुबहादुर गुरूङलाई भरतपुर–१ लिलाचोकबाट नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।, उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरेर जिल्ला कारागार भरतपुरमा बुझाइएको तिवारीले बताए। , सूचना अधिकारी तिवारीकाअनुसार बाघको छालाको किनबेचमा संलग्न भएको फैसला भएर पनि फरार रहँदै आएका गुरूङलाई १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुनेछ।,  , बाघको छाला किनबेचमा संलग्न व्यक्ति १६ वर्षपछि पक्राउ
सेतोपाटी संवाददाता महिलालाई बलात्कार गरेर गहना लुटपाट गरेकाे आराेपमा बझाङमा दुई जना पक्राउ परेका छन्।, गत चैत ४ गते केदारस्युँ गाउँपालिका–५ की एक महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोपमा प्रहरीले भारतीय दुई नागरिकलाई पक्राउ गरेकाे हाे।, पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल प्रान्त माल्दाका २९ वर्षीय विजय राजवंशी र २२ वर्षीय सन्तान मुर्मु रहेका छन्। उनीहरू बुङ्गल नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको  कालंङ्गगा हाइड्रोपावरमा काम गर्दै आएका थिए।, पक्राउ परेका उनीहरूले महिलामाथि जबरजस्ती करणी गरेर ३ तोला ४ आना जति गरगहना लुटेको पीडित पक्षले दिएकाे जाहेरीमा उल्लेख छ।, उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।, महिलामाथि जबरजस्ती करणी गरी गहना लुटपाट गरेकाे आराेपमा दुई पक्राउ
सेतोपाटी संवाददाता दैलेखमा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।, दैलेख बजारबाट चामुण्डा विन्द्रासैनी नगरपालिका जाँदै गरेको लु २ च ४५५४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारका अनुसार घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।, जीप चालक सुर्खेतको मेहलकुनाका इन्द्रप्रसाख ज्ञवाली, चामुण्डाविन्द्रासैनी नगरपालिका–६ का सूर्य शाही र वडा नम्बर ४ का पूर्ण शाहीलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो।, उनीहरूको अवस्था भने खतरामुक्त रहेको प्रहरी निरीक्षक सुनारले बताए।, बाँकी ६ जनालाई सामान्य चोटपटक लागेको उनले जानकारी दिए। गाडीमा जम्मा ९ जना सवार थिए।, बाटोमा गुडिरहेको गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएको उनले जानकारी दिए।, दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते
खिलानाथ ढकाल तीन वर्षभित्र सक्ने योजनासहित नागढुंगा-मुग्लिन सडकको टेण्डर प्रक्रिया अघि बढेको छ।, सडक विभाग अन्तर्गतको विकास सहायता महाशाखाका अनुसार विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा नागढुंगा-मुग्लिन सडकको टेण्डर गरिएको हो।, ९५ किलोमिटर नागढुंगा-मुग्लिन सडकलाई चार लेनसम्म विस्तार गरी स्तरोन्नति गर्ने गरी विभागले टेण्डर प्रक्रिया अघि बढाएको हो।, महाशाखाका अनुसार नागढुंगा-मुग्लिन सडक तीन वटा खण्डमा विभाजित गरी निर्माण योजना बनाइएको छ। तीनमध्ये दुई खण्डको टेण्डर अन्तिम चरणमा पुगेको छ।, दुबै खण्डका लागि चिनियाँ कम्पनी र नेपाली कम्पनी ज्वाइन्टभेन्चर ठेक्का प्रतिस्पर्धामा छानिएका छन्।  , पहिलो खण्डमा नागढुंगा-नौबिसे १२.२६ किलोमिटर पर्छ। उक्त खण्डको लागि जियाङ्सु-सगुन जेभीलाई दिने तयारी छ।, उक्त जेभीले १ अर्ब ३१ करोड रुपैयाँमा उक्त खण्ड सक्ने गरी आर्थिक प्रस्ताव स्वीकृत भएको महाशाखा प्रमुख रामहरि पोखरेलले बताए।, दोस्रो खण्ड अन्तर्गत नौबिसे-मलेखु ४३.५४२ किलोमिटर पर्छ। उक्त खण्डको लागि शर्मा-लामा-जेड्आइसिजी जेभी कम्पनीलाई दिने तयारी छ।, पोखरेलका अनुसार पहिलो खण्डको लागि १८ र दोस्रो खण्डका लागि १२ वटा निर्माण कम्पनीले टेण्डर भरेका थिए। तीमध्येबाट यी दुई कम्पनी प्रतिस्पर्धामा छानिएका हुन्।, ‘चैत १४ गतेसम्मका लागि ती कम्पनीमाथि दाबी वा उजुरी गर्न सूचना प्रकाशित गरिएको छ,’ पोखरेलले सेतोपाटीसँग भने, ‘त्यो मितिसम्म उजुरी नआए उनीहरूलाई ठेक्का सम्झौतामा सहभागी गराइन्छ।’, उजुरी नपरे एक महिनाभित्र छानिएको निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिने पोखरेलले बताए।, तेस्रो खण्ड मलेखु-नागढुंगाको लागि सहमतिको प्रस्ताव विश्व बैंकमा पठाइएको छ।, ‘प्रस्तावमा सहमति भएर आएपछि आर्थिक प्रस्ताव पठाउँछौं,’ पोखरेलले भने।    , विश्व बैंकको ७० र नेपाल सरकारको ३० प्रतिशत लगानीमा यो सडक निर्माण हुँदैछ। उक्त सडकको परामर्शदाताको पनि टुंगो लाग्ने क्रममा छ।, परामर्शदाता छनोटमा अष्ट्रेलियाको स्मेक इन्टरनेसनल प्रालि र प्रिंयुवा इन्जिनियरिङ जेभी पर्ने लगभग निश्चित छ।, परामर्शदाता छनोटमा परेको उक्त कम्पनीमाथि दाबी वा उजुरीका लागि महाशाखाले सूचना जारी गरेको छ।, ‘पहिले परामर्शदाता नियुक्ति गर्छौं, त्यसपछि ठेकेदार छनोट गर्छौं,’ पोखरेलले भने।, पोखरेलका अनुसार महाशाखाले जिओटेक्निकल अध्ययन गरिसकेको छ। अब परामर्शदाताले पुन: सडक खण्डको अध्ययन गर्छ।, महाशाखाको अध्ययनमा यो खण्डमा ठूलो जोखिम देखिएको छैन। मुग्लिन-नारायणगढ सडक निर्माण गर्दा सुख्खा पहिरो जाने समस्या थियो। भौगर्भिक अध्ययनमा विचार नपुर्‍याउँदा पहिरो जाने समस्याले सडक निर्माण जटिल बनेको थियो।, ‘यो खण्डमा त्यस्तो कमजोर भू-बनोटका भीर देखिएका छैनन्, मुग्लिन-नारायणगढ सडकको जस्तो भित्तो काट्नु पर्ने अवस्था देखिएको छैन,’ पोखरेलले भने।, महाशाखाकाले वातावरण प्रभाव मूल्याङ्कन गरेको छ। एकाध ठाउँमा वातावरणीय सन्तुलनमा केही समस्या देखिए पनि ठूलो जोखिम नरहेको पोखरेलले बताए।, महाशाखाका अनुसार पहिलो खण्ड दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ। दोस्रो र तेस्रो खण्ड तीन वर्षमा सक्ने योजना छ।, पहिलो खण्डको ठेकेदार कम्पनीले निर्माण सकिएपछि पाँच वर्षसम्म कार्यसम्पादनमा आधारित मर्मत सम्भार गर्नुपर्ने छ। त्यसपछि मात्रै सडक हस्तान्तरणको प्रक्रियामा गइने छ।, यस्तै, दोस्रो र तेस्रो खण्डको ठेकेदार कम्पनीले निर्माण सकिएको अरू पाँच वर्षसम्म कार्यसम्पादनमा आधारित मर्मत सम्भार गर्नुपर्ने छ।, नागढुंगा-मुग्लिन सडक ठाउँ हेरेर दुई, तीन र चार लेनमा विस्तार गर्ने लक्ष्य छ। बजार क्षेत्रमा चार लेन, एक तिहाइ भाग तीन लेन र बाँकीमा दुई लेनमा विस्तार गरिन्छ। यो सडक क्लाइम्बिङ लेनसहितको व्यवस्थाबाट बनाउने परिकल्पना गरिएको छ।, यो सडकले प्रदेश-३ को काठमाडौं, धादिङ र चितवन जिल्ला जोड्छ। काठमाडौंको नागढुंगा चेकपोस्टबाट सुरू भएर नौबिसे, खानीखोला, महादेवबेंसी, गल्छी, बैरेनी, मलेखु बेनीघाट, कुरिनटार हुँदै चितवनको मुग्लिन पुग्छ।, नागढुंगा-नोबिसे, मलेखु-मुग्लिन क्षेत्रमा सवारीसाधनको चाप बढ्दो छ। पश्चिम नेपाललाई काठमाडौंसँग जोड्ने लाइफलाइन उक्त सडकमा सवारी जाम हुने समस्या अत्यधिक छ।, मुग्लिन-नारायणगढ पहिले नै विस्तार भइसकेका कारण त्यहाँ यो समस्या छैन। तर, नागढुंगादेखि मुग्लिन सडक जामको समस्याले अस्तव्यस्त छ।  , तीन वर्षमा सक्ने गरी अघि बढ्यो नागढुंगा-मुग्लिन सडकको ठेक्का
युवराज श्रेष्ठ जिल्ला अदालत कास्की र वडा प्रहरी कार्यालय बैदामको गेट सडकको वारीपारी छ।, पोखरा शहरबाट बग्ने फिर्के खोलाले यी दुबै कार्यालयका कम्पाउण्ड छोएको छ। जिल्ला अदालत परिसरको पूर्वतर्फ प्रहरीले लागु औषध नष्ट गर्ने ठाउँ बनाएको छ।, लागुऔषधको खोजीमा रहेका पोखरा–१५ टुटुङ्गाका २७ बर्षीय दाबा (अर्जुन परियार) बुधबार मध्यरात लागु पदार्थ नष्ट गर्ने ठाउँमा पुग्छ। अदालत परिसर नजिकै फिर्के खोला किनारमा दावाले ३ थान लागु औषध भेटाए।, सिरिञ्जबाट उनले लागु औषध लिए। त्यसअघि नै मदिरा सेवनबाट लठ्ठिएका दावा त्यसपछि काँडेतारबाट छिरेर अदालत परिसर प्रवेश गरे। अदालतको मुख्य गेटमा प्रहरी तैनाथ थिए । परिसरमाको मुख्य गेटदेखि सडकतर्फका भागमा पर्खालमाथि काँडेतारले घेरिएको छ।, यसअघि विभिन्न मुद्धामा ८ पटक पक्राउ परेका दावा पैसा र लागु औषधको खोजीमा अदालत प्रवेश गरेको प्रहरीलाई बयान दिएका छन्। यसअघि पनि अदालत लैजाँदा सामाग्री राखेको देखेका उनले अदालतको इजलास नम्बर १ र फाँट नम्बर ६ मा लगाइएका ताला फोडे।, उनले ताला फोड्न प्रयोग गरेको रड त्यहीं छाडेका थिए। ढोकामा लगाइएका चाबी फोरेर भित्र पसेका दाबाले दराजमा राखिएका फाइलहरु खोतलेका थिए।, ’कोठाभित्र रहेका टेबलका घर्राहरु खोलेर कागजात यत्रतत्र छरिएको अवस्थामा भेटिएको थियो,’ कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले भने, ‘चाबी फोर्न प्रयोग गरिएको रड बाँङ्गो बनाएर त्यहीं छाडेका थिए।’, दावाले चाबी फोरेर कागजात खोतलेको इजलास जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराइको हो। जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले उक्त फाँटमा ५ सय बढी फाइल थिए।, उक्त फाइलहरु यत्रतत्र छरिएका, ढोका खुला राखिएका र टेबलका घर्रा र दराज खोलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले लिएको प्रारम्भिक बयानमा दावाले कुनै कागजात चोर्ने वा नष्ट गर्ने उदेश्य नभएको दाबी गरेका छन्।, उनले लागु औषध र पैसा भेटिन्छ कि भनेर अदालत छिरेको र त्यसैको खोजीमा चाबी फोरेर टेबल र दराज खातलेको बयान दिएका डिएसपी तिवारीले बताए। बुधबार राती चाबी फोरिएको इजलास र फाँट नम्बर ६ मा अदालतले सिसिटीभी क्यामेरा जोडिएको छैन।, अदालतका अन्य फाँट र परिसरमा सिसिटीभी क्यामेरा राखिए पनि उक्त इजलास नयाँ भवनमा भएकाले सिसिटीभी जोड्न छुटेको अदालतका सूचना अधिकारी पनेरुले बताए।, अहिलेसम्मको अनुसन्धानमा प्रहरीले कुनै कागजात नष्ट गरेको वा चोरेको सूचना पाएको छैन। अदालतका सूचना अधिकारी पनेरुले अहिलेसम्म अदालतमा राखिएको कागजात हराएको नदेखिएको बताए।, ‘हामीले कागजातको अनुसन्धान गरिरहेका छौं, सबै फाइल भेरिफाइ गर्छौ,’ उनले भने, ‘अहिलेसम्म कुनै कागजात हराएको देखिएको छैन।’, अदालतमा तोडफोडका आरोपमा बुधबार विहानैदेखि केही व्यक्तीहरुलाई निगरानीमा राखेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। उनका अनुसार दाबा अदालत भवनको परिसरबाट पछाडीबाट काँडेतार नाघेर बाहिर निस्केका थिए।, राती सडकमै बास बसेर दावा बुधबार बिहान घर गएको प्रहरीले जनाएको छ। अदालत परिसर वरीपरी मंगलबार रातीदेखि देखिएका व्यक्तिहरुलाई निगरानीमा राख्दा दावालाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ।, अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाउने तयारी गरेको एसपी थापाले बताए। प्रहरी अभिलेख अनुसार दावा २०७३ सालमा पहिलो पटक अभद्र व्यवहार मुद्धामा पक्राउ परेका थिए। त्यसपछि चोरी, पोखरा र रुपन्देहीमा लागुऔषध लगायत मुद्धामा पक्राउ परेका दावा गत फागुन २३ गते मात्र थुनामुक्त भएका थिए।, पैसा र लागु औषधको खोजीमा दावाले फोरेका थिए कास्की अदालत
सेतोपाटी संवाददाता कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका छन्।, कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको २२० पल्सरको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र ४ पैदलयात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ।, सुर्खेत घर भई हाल बत्तीसपुतली बस्ने खगेन्द्रप्रसाद अधिकारीले कार चलाएका थिए।, घटना बिहीबार दिउँसो साढे १ बजेतिर भएको हो।, घाइतेहरूको कलंकीस्थित सहिद मेमोरियलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार चालकको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, अन्य घाइतेहरूको भने पहिचान खुलिसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, कलंकीमा कारले स्कुटर र मोटरसाइकललाई दियो ठक्कर, पैदलयात्रुसहित ६ घाइते
सेतोपाटी संवाददाता नेपालगञ्जमा एक पुरूषको शव शंकास्पद रूपमा फेला परेको छ। , बिहीबार बिहान नेपालगन्ज उपमहानगरपालिका-३ स्थित विमानस्थलको पूर्वी गेटबाहिर एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए। , उनका अनुसार मृतक ३० वर्षीय बालकृष्ण वली हुन्। उनको शव प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको हुँदा शंकास्पद भएको न्यौपानेले बताए। , ‘प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको हुँदा शंकास्पद छ। तर शरीरमा अहिलेसम्म चोट देखिएको छैन,’ उनले भने।, वली पहिले पनि पक्राउ परिसकेको उनले बताए। लागुऔषधको मुद्दामा पटक/पटक पक्राउ पर्ने गरेको उनले बताए। , बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।,  , नेपालगञ्जमा फेला पर्‍यो प्लास्टिकले बेरिएको अवस्थामा शव
सविता बुढा दार्चुलाको महाकाली नगरपालिकाका केही भू-भाग २०७० सालमा आएको बाढीले महाकाली नदीपारि पुर्‍याइदिएको थियो। नदीको धार फेरिएपछि नेपालको भू-भाग भारततिर गएको थियो।, त्यसपछि सीमाबारे भारतसँग स्थानीयको विवाद बढ्दै गयो।, स्थानीय सुरेश ठगुन्नाका अनुसार महाकाली-५ स्थित गल्खै भन्ने ठाउँ त्यो बाढीपछि भारततिर गयो।, ‘यहाँ सिमानामा पिलर छैन, नदीको सिमाना हो,  गल्खैमा भारतले केही समयअघि बाँध लगाउँदा पनि विवाद भएको थियो, माथिबाट टोली आयो, छानबिन भएपछि विवाद सकिएको थियो,’ उनले भने।, अहिले फेरि महाकाली नदीको बीचमा भारतले बनाउन लागेको तटबन्ध(बाँध)का कारण नयाँ विवाद सुरू भएको छ। स्थानीयहरूले उक्त बाँधले दार्चुलाको सदरमुकाम नै जोखिम  पर्ने भन्दै विरोध जनाएका छन्।, भारतीय पक्षले महाकाली-४ को पारिपट्टी धार्चुलामा नयाँ बाँध बनाउन थालेको छ। त्यसले नदीको धार परिवर्तन गर्ने भन्दै महाकालीका स्थानीयहरू विरोधमा उत्रिएका हुन्।  , भारतले बनाउन लागेको बाँधले दार्चुलाको सदरमुकाम नै जोखिममा पर्नसक्ने उनीहरू बताउँछन्।, ‘पुरानो नक्सामा हेरे नेपालको भूमि हो, भारतले महाकालीको वहाव नेपालपट्टी परिवर्तन गरेर वारिको बाँधलाई असर पर्नेगरी बनाउँदैछ,’ ठगुन्नाले भने।, स्थानीयहरू भारतले आफ्नो भूमिमा राम्रो बाँध बनाओस् तर नेपालतर्फ असर पार्ने गरी नबनाओस् भन्ने चाहेको उनले बताए।, आफ्नो भूमिमा कटान रोक्न भारतले महाकाली नदीको बीचमा १० मिटरजति वर नेपालतर्फ बाँध बनाउन लागेकाले  स्थानीयले विरोध गर्नु परेको ठगुन्नाले बताए।, ´उसको पुरानो बाँध जहाँ छ त्यहाँ बनाउनु पर्ने, त्यहाँ बनाए हामीलाई समस्या भएन, डुंगा लगाएर बीच नदीमा वहाव रोकेर बाँध बनाउन थालेपछि विरोध भएको हो,` उनले भने। , जेसिबी ल्याएर केही दिनअघि भारतीय पक्ष नेपालको भूमिमै आएपछि स्थानीयले  ढुंगामुढा गरेका उनले बताए। उनका अनुसार अहिले पनि स्थानीय आन्दोलनमै छन्। यो आन्दोलन औपचारिक रूपमा संगठित भएर गरिएको भने होइन। बेलाबेला मान्छे जम्मा हुने र बाँध बनाउन नपाइने भन्दै विरोध जनाउने गरेको उनले बताए। उनीहरूले सरकारी निकायमा ज्ञापनपत्र पनि बुझाएको उनले बताए।, ‘ढुंगामुढा हान्दै छन्, कराउँदै छन्। तर नदी किनारमा कराएको कसले सुन्छ र`,उनले भने। प्रहरी प्रशासन र जनप्रतिनिधिले पनि यसबारे नबोलेको उनी बताउँछन्।, ‘यहाँ सुन्ने कसले हो? ज्ञापन पत्र बुझाएर कसले सुन्छ? चुनाव लाग्या छ। त्यसमा व्यस्त छन्। भारतसँग कसले सक्छ भन्छन,’ उनले भने। , यसबारे विरोध गर्ने र बोल्नेलाई पनि भारतीय एसएसबीबाट डर रहेको उनले बताए। , स्थानीयहरूले भारतीय पक्षका निर्माण कम्पनीसँग कुरा बुझ्दा ‘कुकुर भुक्दै गर्छ हात्ती हिँड्दै गर्छ’ भन्ने जवाफ दिएको उनले बताए।, ´मेयरसँग बैठक बसेको भन्ने सुनियो तर बाँध बनाउन रोकिएन,  छानबिन पनि भएन। उल्टै मेयरले काम गर भनेको भारतीय ठेकेदारले भन्ने गरेको छ`, उनले भने।, अर्का स्थानीय तिलकराज अवस्थीले नेपालको प्रशासनले यसबारे भारतसँग कुरा गर्नुपर्ने बताए।, ´जहाँ उसको पुरानो बाँध हो, आफ्नो ठाउँमा बनाए नदी फराकिलो हुन्छ, यसरी भारत र नेपाल दुबैलाई असर पुग्दैन,` उनले भने।, भारतले अहिले तोकेकै ठाउँमा तटबन्ध बनाए बस्ती नै जोखिममा पर्ने महाकालीका बासिन्दालाई चिन्ता छ। बसेको ठाउँ असुरक्षित हुने भएकोले नेपाल सरकारले त्यो हुनबाट रोक्न पहल गरोस् भन्ने उद्देश्यले कतिपय स्थानीय आन्दोलन गर्नु  परेको बताउँछन्।, उक्त तटबन्ध रोक्न त्यहाँका स्थानीयलेले माग गरिरहेका छन्। सम्बन्धित निकाय, राजनीतिक दलहरूले यो विषयलाई गम्भीर रूपमा नहेरेको स्थानीय गुनासो छ।, यसबारे स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र बुझाउदै जानकारीसमेत गराएका थिए। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ उपाध्यायले भारतले माघदेखि तटबन्ध बनाउन सुरू गरेको बताए।, ‘उनीहरूले कटान रोक्नका लागि एक किलोमिटर संरचना बनाउन खोजेको हो, त्यो भनेको दार्चुला सदरमुकाम खलंगादेखि तल पारी भारतपट्टी एक किलोमिटर पुलसम्म हो, त्यो बने यता क्षति हुन्छ भन्ने यताका मान्छेको भनाइ छ,’ उनले भने।, नेपालका तर्फबाट बनाउन नमिल्ने भनेको होइन तर प्राकृतिक वहाव परिवर्तन हुन नहुने स्थानीयको माग रहेको उनले बताए। प्रमुख जिल्ला अधिकारी उपाध्यायले भारतीय जिल्लाका अधिकारीसँग संरचना निर्माण गर्ने विषयमा कुराकानी भएको बताए।, ´हाम्रा प्राविधिकहरूलाई पनि संरचनाबारे जानकारी लिने काम भइरहेको छ। छलफलमा वहाव परिवर्तन हुने गरी र वारि असर पार्ने गरी गरिँदैन भनेका छन्,`उनले भने।, उनका अनुसार अहिले तटबन्ध निर्माण गर्ने भनिएको ठाउँमा भारतले ढुंगा भर्ने काम गरिरहेको छ।, महाकालीमा भारतले तटबन्ध बनाउन थालेपछि सदरमुकाम जोखिममा पर्ने भन्दै दार्चुलाका बासिन्दा आन्दोलित
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन आउनेले बस्नका लागि पैसा तिर्नु पर्ने कुराको चौतर्फी विरोध भएपछि आगमन कक्षबाहिर नि:शुल्क बस्न मिल्ने छुट्टै कक्ष बनाइने भएको छ।, विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले त्यसका लागि आइएमएस ग्रुपलाई मौखिक रूपमा भनिसकेको जानकारी दिए।, 'मैले उहाँहरूलाई बोलाइसकेको छु। फोनमा कुरा गर्दा उहाँहरूले ठाउँ देखाइदिनु भन्नुभएको छ। म फिल्डमै गएर पनि उहाँहरूलाई भन्छु,' उनले भने।, महाप्रबन्धक ठाकुरले आइएमसले प्रतीक्षालय बनाउन नचाहे विमानस्थल आफैंले बनाउने बताए।, उनले भने, 'उहाँहरूले गर्नुभएन भने विमानस्थलले गर्छ। यो म प्रतिवद्धता गर्छु। सकेसम्म उहाँहरूले नै गर्नुहुन्छ र गर्नुभएन भने विमानस्थलले बनाउँछ।', उनका अनुसार नयाँ बन्न लागेको प्रतिक्षालय लगभग २५ जना मानिस बस्ने मिल्ने खालको हुन्छ। उक्त प्रतिक्षालयमा कुर्सी राखेर बस्न मिल्ने गरी बनाइने र पंखा पनि जोडिनेछ।, अहिले आगमन कक्षबाहिर शुल्क नतिरी बस्न चाहनेका लागि सामान्य ओत लाग्ने गरी उभिने ठाउँ बनाइएको छ। तर शुल्क तिर्नेहरूका लागि भने एसी र सुविधासम्पन्न शौचालयसहितको कक्ष बनाइएको छ।  , सरकारले आइएमएस ग्रुपलाई विमानस्थलको नयाँ आगमन कक्ष ३० वर्षको लागि सञ्चालन गर्ने जिम्मा दिएको छ। सोहीअनुसार कम्पनीले आफन्त कुर्न आउनेहरूका लागि पचास र सय रुपैयाँ गरी दुई वटा शुल्क तोकेको छ। जसमा सुपरियर कक्षमा बस्नेका लागि पचास र डिलक्स कक्षमा बस्नेका लागि सय रुपैयाँ शुल्क तोकिएको छ।, शुल्क नतिर्नेहरू भने आगमन कक्षमा प्रवेश गर्न पाउने छैनन्। उनीहरूलाई बाहिरै सामान्य ओत लाग्ने ठाउँ बनाएर उभिने व्यवस्था गरिएको छ। अहिले सोही कुराको चर्को विरोध भएपछि त्यसलाई मथ्थर बनाउन आगमन कक्षबाहिर एउटा प्रतीक्षालय बनाउन विमानस्थलका अधिकारीहरू कस्सिएका छन्।, नयाँ प्रतिक्षालय बन्ने भए पनि पर्खिनेसँग शुल्क लिने व्यवस्था भने हट्ने छैन। सरकारले आगमन कक्ष सञ्चालनको जिम्मा निजी कम्पनीलाई दिएको भन्दै त्यसमा हस्तक्षेप गर्न नमिल्ने विमानस्थलको ठहर छ।, विमानस्थलमा आफन्त पर्खिनेसँग बसेको पैसा लिने कुराको विरोध भएपछि बाहिर छुट्टै प्रतीक्षालय बन्ने
सेतोपाटी संवाददाता भक्तपुरको लोकन्थलीमा मोटरसाइकल र शव वाहन ठक्कर खाँदा आगलागी भएको छ।, बुधबार बिहान साढे ९ बजे मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित आकाशेपुल मुनी शववाहनले मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , ठक्कर दिँदा मोटरसाइकलमा आगोलागी भएको हो। , सिन्धुपाल्चोकबाट शव लिएर पशुपति जाँदै गरेको प्रदेश ३-०१-०२३ च २३५६ नम्बरको शववाहनले बा ५२ प ५३८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। , ठक्कर दिँदा मोटरसाइकल चालक ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई भेषकुमार श्रेष्ठ घाइते छन्।, उनको लोकन्थलीस्थित समिट अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। , ‘उनी बोल्न सक्ने अवस्थामा छन्। उनको घुँडा, हातमा चोट लागेको हो,’ उनले भने। , प्रहरीले शव वाहन चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका बस्ने ३५ वर्षीय नेत्रबहादुर गिरीलाई नियन्त्रणमा लिएको छ। , ‘शवलाई अर्को शव वाहनमा राखेर पशुपति पठाइएको छ,’ पाण्डेले भने, ‘दुर्घटनामा परेको गाडी नियन्त्रणमा छ।’ मोटरसाइकल पूर्ण रूपमा क्षति पुगेको उनले बताए।  , लोकन्थलीमा शव वाहन र मोटरसाइकल ठक्कर खाँदा आगलागी
सेतोपाटी संवाददाता निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा बन्द गरिएको सार्वजनिक यातायात सेवा खुलेको छ।, बुधबार बिहानैदेखि सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका थिए।, जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिक र यातायात व्यवसायीबीच सहमति भएपछि १० बजेदेखि गाडी सञ्चालनमा आएका छन्।, ‘उहाँहरुले रातो प्लेट भएका निजी गाडीले यात्रु बोक्न थाले भनेर विरोध गर्नुभएको हो, अब यो विषयमा ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने कुरा भएको छ,’ सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले सेतोपाटीसँग भने, ‘यदि आवश्यक पर्‍यो भने व्यवसायीले पनि आफ्नो प्रतिनिधि अनुगमनमा खटाउन सक्ने कुरा भएको छ।’, सुर्खेत काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले प्रशासनले आफ्नो समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि आफूहरुले गाडी सञ्चालन गरेको बताए।, अघोषित रुपमा गरिएको सार्वजनिक यातायात बन्द गरिएपछि यात्रु मर्कामा परेका थिए।, निजी गाडीले मनपरी भाडा असुलेर यात्रु बोकेको र यसलाई प्रशासनले नियमन गर्ने प्रयास नगरेको भन्दै यातायात व्यवसायीहरुले सार्वजनिक सवारी नचलाउने घोषणा गरेका थिए।, निजी गाडीलाई यात्रु बोक्न नदिने सहमतिपछि खुल्यो सुर्खेतको यातायात
एजेन्सी विश्वका प्रमुख १० प्रदूषित सहरभित्र नेपाल परेको छ। राजधानी सहरमा भने काठमाडौं छैठौं स्थानमा परेको छ।, वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार नेपाल दसौं प्रदुषित मुलुकमा परेको हो।, बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश भएको छ। प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्। यस्तै चौथोमा ताजकिस्तान र पाँचौँमा भारत छ।, आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन्। सर्वेक्षण गरिएका सहरहरुमध्ये मात्र ३ दशमलब ४ प्रतिशतले मापदण्ड पूरा गरेका थिए।, ११७ देशका ६ हजार ४७५ सहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदन तयार पारिएको हो।, यस्तै नेपालको राजधानी काठमाडौं भने विश्वको छैठौं प्रदूषित शहर बनेको छ।, भारतको समग्र प्रदूषण तह खराब देखिन्छ। नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। यो सँगै दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो। विश्वका १०० प्रदूषित सहरहरुमध्ये ६३ वटा भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ।, दोस्रो खराब राजधानी सहरमा बंगलादेशको राजधानी ढाका, तेस्रोमा चाडको एन डिजामिना, चौथोमा ताजकिस्तानको दु दुसान्बे र पाँचौमा ओमानको मस्कट छन्। , यी हुन् विश्वका दश प्रदूषित देश, १) बंगलादेश, २) चाड, ३) पाकिस्तान, ४) ताजकिस्तान, ५) भारत, ६) ओमान, ७) क्रिजिजिस्तान, ८) बहराइन, ९) इराक, १०) नेपाल, यी हुन् विश्वका १० प्रदुषित राजधानी सहर, १) नयाँ दिल्ली (भारत), २) ढाका (बंगलादेश), ३) एन डिजामिना (चाड), ४) दुसान्बे (ताजकिस्तान), ५) मस्कट (ओमान), ६) काठमाडौं (नेपाल), ७) मानामा (बहराइन), ८) बगदाद (इराक), ९) बिश्केक (क्रिजकिस्तान), १०) तासाकेन्ट (उज्वेकिस्तान), काठमाडौं विश्वकै छैठौं प्रदूषित राजधानी सहर
सेतोपाटी संवाददाता सडक निर्माणका क्रममा झरेको सुख्खा पहिरोले स्काभेटर पुरिएपछि राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्ड अवरूद्ध भएको छ।, सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्ने क्रममा मंगलबार बेलुकी खसेको पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको हो।, पहिरोमा परेर स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन्। घटनास्थलमा अर्को एउटा स्काभेटर भए पनि सडक खुलाउन सकेको छैन।, प्रहरीकाअनुसार दाङबाट अर्को स्काभेटर लगेर पहिरो हटाउने तयारी छ। आज दिउँसोसम्म पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी छ।, पहिरोले स्काभेटर पुरिँदा सडक अवरूद्ध
सेतोपाटी संवाददाता भारतीय बजारमा बिजुलीको भाउ बढेपछि नेपाल विद्युत प्राधिकरणलाई आयात गर्नका लागि बिजुली किन्न मुस्किल परिरहेको छ।, प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार कोइलाको अभाव र पेट्रोलियम पदार्थको भाउ बढेकाले भारतीय बजारमा बिजुलीको भाउ  पाँच गुणासम्म बढेको छ। एक महिनाअघि रूसले युक्रेनमाथि आक्रमण गरेपछि संसारभरि नै पेट्रोलियम पदार्थको भाउ आकाशिएको छ। , ‘पहिला हामी प्रतियुनिट ५ भारूमा बिजुली किन्थ्यौं। मंगलबार ९ रुपैयाँमा किन्न खोज्दा पनि बिजुली भनेजति पाइएन,’ भट्टराईले भने,‘हिजो प्रतियुनिट ११ रुपैयाँ तिर्नेले बिजुली किन्न पाए।’, भारतमा बिजुलीको भाउ प्रतियुनिट भारू २० सम्म पुग्ने गरेको छ। नेपालमा प्राधिकरणले ग्राहकलाई १० रुपैयाँसम्ममा बिजुली बेच्दै आएको छ।, ‘भारतमा भाउ निकै महंगो भएपछि प्राधिकरणलाई बिजुली किन्न मुस्किल भएको हो,’ प्रवक्ता भट्टराईले भने,‘त्यसको असरले लोडसेडिङ त हुँदैन। हाम्रो आफ्नै उत्पादन छँदै छ। तर औद्योगिक  क्षेत्रमा भनेजति बिजुली नपुग्न सक्छ।’, नेपालले अहिले दैनिक ४ सय मेगावाटको हाराहारीमा बिजुली भारतबाट आयात गरिरहेको छ। त्योमध्ये ठूलो मात्रा खुला बजारबाट किन्छ भने केही बिजुली राज्यस्तरका निकायबाट किन्दै आएको छ।, भारतबाट आउने बिजुली महंगो भएपछि प्राधिकरणले साँझ पिक आवरमा कुलेखानी र तामाकोशी पूर्ण क्षमतामा चलाउने गरेको छ।, भारतमा भाउ बढेपछि प्राधिकरणलाई बिजुली किन्न मुस्किल
सेतोपाटी संवाददाता बहिनी बलात्कार आरोपमा बझाङमा दाजु पक्राउ परेका छन्।, आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो।, आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन्।, अभियुक्तलाई पक्राउ गरिएको छ। बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने उनलाई सुरक्षित घरमा राखिएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले आरोपीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको बताए।, बहिनी बलात्कार आरोपमा दाजु पक्राउ
एजेन्सी सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ।, सिसिटिभीका अनुसार दुर्घटनास्थलमा भइरहेको वर्षाका कारण खोजी रोक्नु परेको हो।, वर्षासँगै दुर्घटनास्थलमा सानो पहिरो पनि खसेकाले खोजी कार्यमा जटिलता थपिएको छ। सोमबार दिउँसो कुनमिङदेखि ग्वान्जाओ उडेको बोइङ ७३७-८०० एनजी मोडलको जहाज दिउँसो जंगलमा दुर्घटनामा परेको थियो।, २९ हजार फिटमाथि उडिरहेको जहाज केही सेकेन्डभित्रै ७ हजार फिटको उचाइमा पुगेको थियो। केहीबेर पाइलटले जहाजलाई फेरि उचाइमा लिन खोजेको फ्लाइटराडारको डाटामा देखिएको छ।, पाइलटको प्रयास सफल हुन नसकेपछि जहाज गुआङ्ग्सी प्रान्तको जंगलमा खसेको थियो। जहाजसँगै जंगलमा पनि आगो लागेको थियो। १२३ यात्रु र ९ जना चालक दलका सदस्यमध्ये अहिलेसम्म कसैको पनि पत्तो लागेको छैन।, उनीहरू सबै जलेको हुन सक्ने अनुमान गरिएको छ। यात्रुका पर्स र आइडी कार्ड भने दुर्घटनास्थलमा जहाजका टुक्रासँगै फेला परेका छन्। जहाजको ब्ल्याक बक्स खोज्न यसअघि ड्रोन पनि परिचालन गरिएको थियो।, ब्ल्याक बक्समा जहाजको रेकर्डहरू हुने भएकाले दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ।, चाइना इस्टर्नको जहाजको ब्ल्याक बक्स खोज्न वर्षा र पहिरोको तगारो
रासस लमजुङका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेंसीसहर नगरपालिकासँग मात्र दमकल छ। , अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता छ।, टाढा-टाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ भने दमकल रहेको नगरभित्रका पसल तथा कुनै घरमा आगलागी भएका बेलामा कहिले दमकल ढिलो पुग्ने त, कहिले बेलैमा पुगे पनि दमकलबाट पानी निकाल्न समय लाग्ने गरेको पाइन्छ। , बेंसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले भने, ‘ठूलो आगोलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेको छ। प्राय: स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि भौगौलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन।’  , आगलाागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मर्स्याङ्दी गाउँपालिकाका स्थानीय अजय तामाङले बताए।, अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको छ। , राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले भने, ‘यहाँ आगलागी भइहाले बेंसीसहरकै दमकल मगाउने गरेका छौं।’, दमकलको आवश्यकता महसुस गरे पनि खरिद भने गरिनसकेको उनको भनाइ छ।, यस क्षेत्रमा आगलागीको जोखिम कम भएको र आगोलागी भइहाले बेंसीसहर नगरपालिकाकै दमकल प्रयोग गर्ने गरेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए।, बेंसीसहर नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहले दमकल खरिद गर्ने कुनै तयारी नगरेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए।, उनले भने, ‘सबै स्थानीय तहमा दमकलको जरूरी रहे पनि विशेष गरी सहरीकण भएको नगरपालिकामा बढी दमकलको आवश्यकता रहेको छ।’, जिल्लामा सानो आगोलागी हुँदा दमकलबिनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको प्रहरीले जनाएको छ।, लमजुङका आठ स्थानीय तहमध्ये बेंसीसहर नगरपालिकासँग मात्र छ दमकल
सेतोपाटी संवाददाता काठमाडौंको शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। , बुधबार दिउँसो शंखमुल पुल नजिकै दुई जनाबीच झगडा हुँदा एक जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनीहरू दुबै जना चिनजानकै मानिसहरू रहेको मैनालीले बताए।, घाइतेको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ। , उनको उपचारको लागि सिभिल अस्पताल पठाइएको छ। प्रहरीले घाइते र खुकुरी हान्ने व्यक्तिको पहिचान भएपनि खुलाएको छैन। , ‘खुकुरी हानेर भागेका छन्। उनीहरूको पहिचान भइसकेको छ। भाग्ने मान्छेको खोजी भइरहेको छ,’ उनले भने।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। , शंखमुलमा दिउँसै युवकमाथि खुकुरी प्रहार
एजेन्सी भारतको हैदरावाद आगलागीमा परी ११ जनाको मृत्यु भएको छ। , बुधबार बिहान सिकंदराबादको बोयागुडाको गोदाममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ। , कबाडी गोदाममा आगलागी भएको हो। , स्थानीयका अनुसार आगो लाग्दा १२ जना कामदार थिए। तीमध्ये एक जना कामदार मात्र बाँच्न सफल भएको बिबिसीले उल्लेख  गरेको छ। , मृत्यु हुनेमा २० देखि ३० वर्षका ८ जना, ३० वर्ष माथिका दुई जना र ४० वर्षको एक जना रहेको जनाइएको छ। , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै यस घटनाले मर्माहत भएको बताएका छन्।, मोदीले आगलागीबाट ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा समेत गरेका छन्। ,  , भारतको हैदरावादमा आगलागी हुँदा ११ जना कामदारको मृत्यु
सेतोपाटी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।, उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।, केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, राति पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। विभागका अनुसार बिहीबार पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस छ।, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ।, २०७८ चैत ९ गते  (बुधबार) , दिउँसो: प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।, राति : देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।, २०७८ चैत १० गते  (बिहीबार) , दिउँसो: देशका पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।, राति: देशको पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।, २०७८ चैत ११ गते  (शुक्रबार) , दिउँसो: देशका पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।, राति: देशको पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक -दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
एजेन्सी भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या भएको छ। , बिरभूम जिल्लाको रामपुरहटस्थित बगुटी गाउँका उपप्रधान भडु शिखको सोमबार राति हत्या भएपछि त्यहाँ हिंसा भड्किएको टाइम्स अफ इन्डियाले जनाएको छ।, शिख तृणमूल कंग्रेस(टिएमसी)का नेता हुन्। पश्चिम बंगालमा टिएमसीको सरकार छ। , ‘यो घटनामा आठ जना मारिएका छन्। सात जनाको शव एकै घरबाट फेला परेको छ। तीन जना घाइते थिए जसमध्ये एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ,’ डिजिपी मनोज मल्भियाले टाइम्स अफ इन्डियासँग भनेका छन्। , मारिएका मध्ये दुई जना बच्चाहरू पनि छन्। सोमबार राति एक दर्जन घरमा आगो लगाइएको अग्निनियन्त्रण अधिकारीहरूले बताएका छन्।  , भडु शिखमाथि बम प्रहार गरिएको थियो। अस्पताल लग्दा उनलाई मृत घोषणा गरिएको थियो। , त्यहाँका चर्चित नेता भएको कारण आक्रोशित कार्यकर्ताले प्रतिपक्षी दलका केही घरमा आगो लगाइदिएको हुनुपर्ने आशंका गरिएको छ।, प्रतिपक्षी दलले आठ जना मारिएको घटनामा टिएमसी जिम्मेवार भएको आरोप लगाए पनि टिएमसीले त्यसलाई स्वीकारेको छैन।, घटनालाई लिएर भारतीय जनता पार्टी(भाजपा)ले त्यहाँ राष्ट्रपति शासन लागू गर्नु पर्नेसमेत माग गरेको छ। , प्रहरीले शिखको हत्यामा एक जनालाई पक्राउ गरेको छ। आठ जना मारिएको घटनामा भने २२ जना समातिएका छन्।, प्रहरीले यसमा दुई वटा छुट्टै मुद्दा दायर गरेको छ। प्रदेश सरकारले यसको अनुसन्धानको लागि विशेष अनुसन्धान टोली गठन गरेको छ। साथै दुई जना स्थानीय प्रहरी अधिकारीलाई मंगलबारदेखि ड्युटीबाट हटाएको छ। , ‘दुई समूहबीचको निजी रिसिइबीका कारण भडु शिखको हत्या भएको देखिन्छ। कुनै राजनीतिक रिसिइबी देखिन्न,’ डिजिपी मल्भियाले मंगलबार भनेका थिए। , पश्चिम बंगालमा स्थानीय नेताको हत्यापछि घर जलाएर मारिए आठ जना
सेतोपाटी संवाददाता यात्रुबाहक बसमा छुटेको साढे ३ लाख नगद प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ। , सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ सुन्दरटोल बस्ने ५३ वर्षीय दासाङ शेर्पाको नगद छुटेको थियो। , मंगलबार जोरपाटी चोकबाट नारायणटार जाने क्रममा यात्रुबाहक बसमा साढे ३ लाख छुटेको भन्ने खबर प्रहरीलाई दिइएको थियो। , महानगरीय प्रहरी वृत्त बौद्दबाट अरू प्रहरी इकाइलाई पनि खबर गरेर बसहरूमा चेक गरिएको थियो।, महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको टोलीले रत्नपार्कबाट जहरसिंह पौवासम्म चल्ने  बा ४ ख ६४३३ नं. को यात्रुबाहक बसबाट रकम फेला पारेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, उनले यस्ता घटनाहरूमा सामान सम्बन्धित धनिलाई फिर्ता गर्न मद्दत गरिदिन सार्वजनिक यातायातका चालक, सहचालकहरूसँग अनुरोध गरेका छन्।, ‘सार्वजनिक यातायातका सवारी साधनहरूमा यात्रुका सामानहरू छुट्ने गरेको सन्दर्भमा त्यस्ता सवारीसाधनका चालक, सह-चालकहरूले सामानहरू प्रहरीमार्फत सम्बन्धित धनिलाई बुझाउन सहयोग गरी प्रदर्शन गरेको सकारात्मक व्यवहारको महानगरीय प्रहरी परिसर टेकुले  सम्मान गर्छ, ’ उनले भने। , गलत नियतले छुटेको सामानहरू नबुझाएमा मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० को दफा २४१ चोरी गर्न नहुने कसुरमा पक्राउ गरिने उनले बताए। , बसमा छुटेको साढे ३ लाख नगद सम्बन्धित व्यक्तिलाई फिर्ता
रासस इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ।, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो।, प्रशासनले एक सूचना जारी गर्दै एक महिनाभित्र आ-आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।, उनका अनुसार प्रहरी कार्यालयमा बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ।, कोही–कसैले बिनाइजाजतका भरूवा तथा एअर गन राखेको भए आगामी चैत २२ गतेभित्र स्वत:स्फूर्त रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले सूचित गरेको छ।, निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।, इजाजत प्राप्त हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन
सेतोपाटी संवाददाता मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटनामा छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति गठन भएको छ। , बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालयले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन भएको हो। , उनको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए। , ‘घटना के-कसरी भयो। के कस्तो कमजोरी भए भन्नेबारेमा अनुसन्धान गर्न समिति गठन गरेको हो,’ उनले भने। , छानबिनको प्रतिवेदन बुझाउन समय सीमा  भने नतोकिएको उनले बताए। , गत आइतबार लेटाङ नगरपालिका-१ स्थित शिक्षा माविमा प्रहरी र स्थानीयबीच झडप भएको थियो। , चैत ४ गते होलीका दिन एक शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले छात्रासँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ। , त्यसै विषयमा विद्यालयमा छलफल हुँदा उग्र रूप लिएको हो। , प्रहरीले ती शिक्षकलाई पक्राउ गर्न जाँदा उनालाई बचाउन खोजेको भन्दै भीडले प्रहरीमाथि नै आक्रमण गरेको थियो। त्यसक्रममा एक महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। , त्यस्तै प्रहरी उपरीक्षक जनार्दन जिसीसहित ३० जना घाइते समेत भएका थिए। , अहिले सबै जना उपचारपछि आराम गरिरहेको जिसीले बताए। यस घटनामा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरिरहेको छ।, तर अनुसन्धानकै क्रममा रहेको उनले बताए।  , हाल लेटाङमा कर्फ्यू जारी छ। बुधबारदेखि भने कर्फ्यूलाई मोरङ प्रशासनले खुकुलो बनाएको छ।, लेटाङ घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। , ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको हो। मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो।, त्यहाँ पुर्‍याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।, मृत्यु हुनेमा नागार्जुन नगरपालिका बस्ने २६ वर्षीय समीर गिरी र काठमाडौं महानगरपालिका-१४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना छन्। , ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको मैनालीले बताए। भीरमा खसेको मोटरसाइकल प्रहरीले निकालिसकेको छ। , ‘मोटरसाइकल भीरमा अन्दााजी १५ देखि २५ मिटर तल खसेको हो। अहिले निकालिसकेका छौं,’ मैनालीले भने।, प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका-६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ। , घटनाको अनुसन्धान महानगरीय प्रहरी वृत्त कीर्तिपुरले गरिरहेको प्रहरीले जनाएको छ। ,  , चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता नेपाल प्रहरीले लेटाङ घटनाको छानबिनका लागि प्रहरी मुख्यालय काठमाडौं, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ। , आइतबार मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।, आक्रमणकारीले घाँटीमा छुरा प्रहार गर्दा गम्भीर घाइते उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। घटनामा प्रहरी र सर्वसाधारण गरी २८ जना घाइतेसमेत भएका थिए। , मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोलीले घटनाको छानबिन थालेको छ।, प्रदेश १ प्रहरी कार्यालयका एसएसपी राजेन्द्र चौधरीको  नेतृत्वमा छानबिन समिति बनाएको छ।, ‘अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान थालेको छ,’ एसपी जिसीले भने। , प्रहरीको ज्यान जाने गरी भएको आक्रमणपछि कर्फ्यू लगाइएको लेटाङ क्षेत्रबाट प्रहरीले दर्जनौं स्थानीयबासीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी राखेको छ।, बुधबारसम्ममा दुई दर्जनभन्दा बढी सर्वसाधारणलाई जिल्ला प्रहरी विराटनगरमा ल्याएर प्रहरीले सोधपुछ गरिसकेको छ।, ‘नियन्त्रणमा लिएर ल्याउने र सोधपुछ गर्ने क्रम जारी छ,’ एसपी जिसीले भने, ‘त्यसैले अहिलेसम्म कतिलाई नियन्त्रणमा लिइयो भन्ने अवस्था छैन।’ , स्रोतका अनुसार लेटाङ क्षेत्रका लागुऔषध प्रयोगकर्ताहरू प्रहरी टार्गेटमा बढी परिरहेका छन्।, लेटाङ तनाव सुरू भएलगत्तैदेखि लागुऔषध प्रयोगकर्ताहरू प्रहरीप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेको जानकारी आएको प्रहरी स्रोतको दाबी छ।  , ‘यसअघि आपराधिक पृष्ठभूमि भएका, लागुऔषधका प्रयोगकर्ताहरूमाथि शंका बढी छ,’ स्रोतले भन्यो, ‘उनीहरू सहितकालाई ल्याएर सोधपुछ गर्ने क्रम जारी छ।’, लेटाङ घटनाः लागुऔषध प्रयोगकर्ताहरू प्रहरी छानबिनको दायरामा
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली आपूर्तिमा देखिएको समस्या बुधबार राति १२ बजेदेखि समाधान हुने बताएका छन्।, सेतोपाटीसँग कुराकानी गर्दै घिसिङले मंगलबार राति अचानक भारतको बिहारबाट बिजुली आउन रोकिएपछि बुधबार बिहान केही औद्योगिक क्षेत्रमा बिजुली कम आपूर्ति भएको बताए।, प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ। पछिल्लो समय भारतमा कोइलाको अभावले पावर प्लान्टले बिजुली उत्पादन गर्न नसक्दा खुला बजारमा बिजुलीको भाउ पाँच गुणासम्म बढेको छ।, खुला बजारबाट बिजुली आयात गर्न एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग  दैनिक १५० र पिटिसी इन्डियासँग ७५ मेगावाट बिजुली किन्न नेपालले एक वर्षको सम्झौता गरेको थियो। सम्झौता जुनमा सकिने भए पनि रूसले युक्रेनमाथि फेब्रुअरी २४मा आक्रमण गरेपछि उक्त सम्झौताबमोजिम फिक्स्ड मूल्यमा नेपालले बिजुली पाउन सकेन।, त्यसपछि नेपालले खुला बजारबाट बिजुली किनिरहेको थियो। भारतको खुला बजारमा १५-१५ मिनेटमा बिजुलीको मूल्य निर्धारण हुन्छ।, नेपालले बिहारबाट पनि छुट्टै सम्झौता गरेर २०० भन्दा बढी बिजुली आयात गरिरहेको छ।, ‘मंगलबार बेलुकाचाहिँ बिहारबाट आउने २०० मेगावाट बिजुली पनि अचानक रोकिएपछि समस्या भएको हो,’ कुलमानले भने,‘बुधबार बिहानदेखि बिहारबाट पनि बिजुली आउन थालिसकेको छ।’, एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग भन्दा बिहारसँग प्राधिकरणले केही महंगोमा बिजुली किन्ने समझौता गरेको थियो।, बिहारसँगको सम्झौताकै आधारमा प्राधिकरणले खुला बजारमा पनि प्रतियुनिट भारू ८ रुपैयाँमसम्म बिजुली किन्न खोजेको छ।, तर मंगलबार नेपालले भनेजति मूल्यमा बिजुलीको भाउ आएन। दिनभरिको औसत मूल्य नै भारू ११.७५ पुग्यो।, ‘आज भाउ बढाएर भए पनि बिडिङ गर्छौं। साँझ पिक आवरमा कुलेखानी र तामाकोशी पूर्ण क्षमतामा चलाउँछौं,’ कुलमानले भने।, अहिले नेपालमा साँझको पिक आवरमा बिजुलीको माग १६ सय मेगावाटभन्दा बढी छ। साँझको माग पूरा गर्न  दिनभरि पानी जम्मा पारेर त्यही बेला पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने गरिएको छ।, अहिले कुलेखानी, मर्स्याङ्दी र तामाकोशी साँझको समयमा पूर्ण क्षमतामा चल्ने गरेका छन्।, ‘यो आयोजना दिउँसो नचलाउन हामीलाई भारतबाट बिजुली ल्याउनुपर्छ। दिउँसोको मूल्य पनि पिक आवरको जति महंगो हुँदैन,’ कुलमानले भने,‘आजबाट हामी बढी पैसा तिरेर भएपनि बिजुली ल्याउँछौं।’, हिजो बिहारले अचानक बिजुली नदिँदा समस्या भएको हो, आज राति १२ बजेदेखि समाधान हुन्छ: कुलमान
सेतोपाटी संवाददाता धनुषामा ट्रकको चक्काले किच्दा एक जना बालिकाको मृत्यु भएको छ। , मिथिला नगरपालिका-३ हरियरपुर बस्ने दुई वर्षीया स्नेहा थापा मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। , प्रहरीका अनुसार मंगलबार ना ४ ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मगरको घटनास्थलमै मृत्यु भएको हो। , चालक निर बहादुरले आफ्नै घर अगाडि ट्रक पार्किङ गरिराखेको थिए। उक्त ट्रक घरबाट लिएर हाइवेतर्फ निस्किने क्रममा खेल्दै गरेकी मगर अचानक ट्रकको चक्कामा पर्न गएकी थिइन्। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। , ईलाका प्रहरी कार्यालय ढल्केबरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।, ट्रकले किच्दा दुई वर्षीया बालिकाको मृत्यु
एजेन्सी सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ।, खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ।, सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ।  , बुधबार बिहान वर्षासँगै दुर्घटनास्थलमा सानो पहिरो पनि खसेकाले खोजी कार्यमा जटिलता थपिएको थियो।, सोमबार दिउँसो कुनमिङदेखि ग्वान्जाओ उडेको बोइङ ७३७-८०० एनजी मोडलको जहाज दिउँसो जंगलमा दुर्घटनामा परेको थियो।, २९ हजार फिटमाथि उडिरहेको जहाज केही सेकेन्डभित्रै ७ हजार फिटको उचाइमा पुगेको थियो। केहीबेर पाइलटले जहाजलाई फेरि उचाइमा लिन खोजेको फ्लाइटराडारको डाटामा देखिएको छ। पाइलटको प्रयास सफल हुन नसकेपछि जहाज गुआङ्ग्सी प्रान्तको जंगलमा खसेको थियो। जहाजसँगै जंगलमा पनि आगो लागेको थियो।, १२३ यात्रु र ९ जना चालक दलका सदस्यमध्ये अहिलेसम्म कसैको पनि पत्तो लागेको छैन। उनीहरू सबै जलेको हुन सक्ने अनुमान गरिएको छ। यात्रुका पर्स र आइडी कार्ड भने दुर्घटनास्थलमा जहाजका टुक्रासँगै फेला परेका छन्।, जहाजको ब्ल्याक बक्स खोज्न यसअघि ड्रोन पनि परिचालन गरिएको थियो। ब्ल्याक बक्समा जहाजको रेकर्डहरू हुने भएकाले दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ।, A black box of the China Eastern Airlines passenger plane that crashed Monday afternoon in China's Guangxi has been recovered. ,#GLOBALink, ,pic.twitter.com/mm2Q4Q0VCo, — China Xinhua News (@XHNews) ,March 23, 2022,  , झन्डै ४८ घन्टापछि फेला पर्‍यो चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स
सेतोपाटी संवाददाता नेपाल पर्वतारोहण संघको आज हुने भनिएको  ३१औं वार्षिक साधारणसभा स्थगित भएको छ।, उच्च अदालत पाटनले हिजो अल्पकालीन अन्तरिम आदेश दिएपछि साधारणसभा स्थगित गरिएको हो।, अदालतको आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए।, संघको नियमित वार्षिक साधारण सभा नगर्नु नगराउनु भनी संघका विरुद्ध अन्तरिम आदेशको माग गर्दै सोलुखुम्बुका काजी शेर्पा र आङ नोर्बु शेर्पाले दायर गरेको उत्प्रेषण मुद्धामा उच्च अदालत पाटनबाट अल्पकालिन अन्तरिम आदेश भएको थियो। , साधारणसभाबाट संघको नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगमी जेठ २७ र २८ गते काठमाडौं आयोजना गर्नका लागि आवश्यक विधान संशोधन गर्ने गरी तय गरिएको थियो।, यस्तै केन्द्रीय कार्यसमितिको निर्वाचन गर्नका लागि संघको विधानको दफा ४२ (३) बमोजिम अधिवक्ता डा गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलीय र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहनेगरी तीन सदस्यीय निर्वाचन आयोग गठनसमेत गरिसकिएको थियो।, ‘साधारणसभाको सम्पूर्ण तयारी तथा व्यवस्थापन भइसकेपछि अन्तिम अवस्थामा आएर साधारणसभा स्थगित गर्नु पर्दा संघका सदस्यहरु, पत्रकार तथा शुभेच्छुकहरु सम्पूर्णलाई पर्न गएको असुविधाप्रति संघ क्षमाप्रार्थी छौं,’ महासचिव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, नेपाल पर्वतारोहण संघको साधारणसभा स्थगित
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो। , ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको हो। , मोटरसाइकलमा सवार दुई जना घाइतेको अवस्था गम्भीर छ। उपचारका लागि उनीहरूलाई बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ।, ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको उनले बताए। भीरमा खसेको मोटरसाइकल प्रहरीले निकालिसकेको छ। , ‘मोटरसाइकल भीरमा अन्दााजी १५ देखि २५ मिटर तल खसेको हो। अहिले निकालिसकेका छौं,’ मैनालीले भने, ‘घाइतेको अवस्था बुझ्न अस्पताल जाँदैछौं।’, चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते
सेतोपाटी संवाददाता देशभर थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ३८ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ३७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार ८५५ जनाको पिसिआर गर्दा  ३४ र १ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित छन्।, २६९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, ५ हजार ३७६ मा परीक्षण गर्दा ३८ लाई कोरोना
युवराज श्रेष्ठ नाबालिगमाथि बलात्कार मुद्दा लागेका पल शाह (पूर्णविक्रम शाह) र उनका म्यानेजर कृष्ण जोशीविरूद्ध तनहुँ जिल्ला अदालतमा बुधबार बहस भएको छ।, जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भइरहेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए। बुधबार पीडितका तर्फबाट बहस भएको र बिहीबार पीडक पक्षका कानुन व्यवसायीले बहस गर्ने शर्माले जानकारी दिए।, ‘वादीको तर्फबाट आज हामीले बहस गर्‍यौं, भोलि प्रतिवादीका तर्फबाट बहस होला,’ उनले भने, ‘बहस सकियो भने भोलि नै थुनछेक आदेश जारी हुन सक्छ।’, पीडितका तर्फबाट बुधबार जिल्ला न्यायाधिवक्ता शर्मा, अधिवक्तारू मोहना अन्सारी, सरिता तिवारी, राधिका खतिवडालगायतले बहस गरेका थिए। बिहीबार पलका कानुन व्यवसायीले बहस गर्ने कार्यसूची छ।, दुबै तर्फका कानुन व्यवसायीले बहस गरिसकेपछि अदालतले थुनछेक आदेश जारी गर्नेछ। थुनछेक आदेशमा बलात्कार अभियुक्त शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमा छाड्ने आदेश जिल्ला न्यायाधीश ढुङ्गानाले निर्णय गर्नेछन्।, पीडितका कानुन व्यवसायी टंकप्रसाद पौडेलले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आउने सम्भावना बढी रहेको बताएका छन्।, ‘बलात्कार मुद्दाको नजिर हेर्दा धरौटी वा तारेखमा छाडेका घटना कमै छन्,’ उनले भने, ‘मुद्दाको गम्भीरता हेरेर थुनछेक आदेश जारी गर्दा पीडक पुर्पक्षका लागि थुनामा पठाउने सम्भावना बलियो छ।’, जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पल विरूद्ध अधिकतम १४ वर्ष र उनका म्यानेजर कृष्णलाई बलात्कार मतियारका रूपमा ७ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। मुद्दा दर्तालगत्तै अदालतले पलसँग बयान लिएको थियो भने कृष्णसँग बुधबार बयान लिएको जनाएको छ।, अदालतले लिएको बयानमा पल र कृष्ण दुबैले जिल्ला न्यायाधिवक्ता र प्रहरी अनुसन्धान अधिकृतसमक्ष दिएको बयान नै दोहोर्‍याएका छन्।, ‘अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख गरिएकै बयान प्रतिवादीले अदालतमा दिएका छन्,’ जिल्ला न्यायाधिवक्ता शर्माले सेतोपाटीलाई भने, ‘हामीलाई दिएको बयानभन्दा फरक केही छैन।’, अभियोग पत्रमा पलले बलात्कार अस्वीकार गरेका छन्। बलात्कार अस्वीकार गरे पनि अडिओमा सार्वजनिक उनको ‘र्गलफ्रेन्ड-ब्याइफ्रेन्डबीच हुनु भनेको नर्मल हो’ भन्ने अभिव्यक्ति आफ्नो भएको स्वीकारेका छन्। पीडित गायिका नाबालिग रहेको आफूलाई जानकारी रहेको र वारदात भएको स्थानमा मध्यरात बियर लिएर पीडितको कोठामा गएको पनि पलले स्वीकार गरेका छन्।, यस्तै, उनका म्यानेजर कृष्णले बलात्कार अभियोग मिलाउन पलले तलब दोब्बर मासिक ५० हजार दिएको, पीडितका आफन्तलाई ५० लाख रुपैयाँसम्मको आर्थिक प्रलोभन र मान्छे मार्न पनि पछि नपर्ने अभिव्यक्ति दिएको स्वीकारेका छन्।, झुठो प्रेमको प्रलोभनमा पारेर पटक-पटक बलात्कार गरेको भन्दै पीडित नाबालिगका परिवारले गत फागुन ११ गते तनहुँ प्रहरीमा र १५ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए। उजुरी परेपछि बेपत्ता भएका पल फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए। जाहेरीमा शाहले पोखरा, तनहुँ, नवलपुर लगायतका ठाउँमा बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्।, पल शाहविरूद्धको मुद्दामा भोलि थुनछेक आदेश आउन सक्ने
विवेक राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन आउनेले आगमन कक्षमा बसेबापत शुल्क तिर्नुपरेपछि अहिले त्यसको आलोचना भइरहेको छ। , नयाँ आगमन कक्षको सञ्चालनको जिम्मा पाएको 'आइएमएस ग्रुप' ले आगमन कक्षमा बस्न चाहनेका लागि पचास र सय रुपैयाँ शुल्क तोकेको छ। जसमा सुपरियर कक्षका लागि पचास र डिलक्स कक्षका लागि सय रुपैयाँ शुल्क तोकिएको छ। , सरकारले आइएमएस ग्रुपलाई ३० वर्षका लागि नयाँ आगमन कक्ष सञ्चालनको जिम्मा दिएको हो।, सोही अनुसार ग्रुपले आगमन कक्ष सञ्चालनको नाममा आफन्त कुर्न आउनेहरूका लागि शुल्क लिन सुरू गरेको हो। तर सो कुरा गलत रहेको विमानस्थलमा आउने सर्वसाधरणहरूको धारणा छ। , हेर्नुस् आफन्त लिन आएका कुरूवाहरूसँग कुराकानी गरेर तयार पारिएको यो भिडिओः, विमानस्थलमा आफन्त कुर्न आउनेले एक सय तिर्नुपर्ने, के भन्छन् कुरूवाहरू? (भिडिओ)
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुरको आरोपमा गीतकार दर्पण राईलाई पक्राउ गरेको छ। , सोलुखुम्बु सोताङ गाउँपालिका-३ घर भई काठमाडौं बस्दै आएका गीतकार दर्पण राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार प्रहरीले राईलाई बुधबार भैंसेपाटीबाट पक्राउ गरेको हो। , राईमाथि चेक बाउन्स गरेको आरोप छ। , राईले पीडितलाई विभिन्न समयमा गरी जम्मा ४८ लाखको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।  , राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ लगायतका गीत चर्चित छन्। ,  , ४८ लाखको चेक बाउन्स आरोपमा गीतकार दर्पण राई पक्राउ
सेतोपाटी संवाददाता मंगलबार साँझबाट लगातार बिजुली अवरूद्ध भएपछि उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्।, नेपाल उद्योग परिसंघ प्रदेश १ ले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै विद्युत अवरूद्धबारे ध्यानाकर्षण गराएका हुन्। , पत्रको बोदार्थ प्रधानमन्त्री, मन्त्रिपरिषदको सचिवालय, अर्थमन्त्री, ऊर्जामन्त्री, उद्योगमन्त्री लगायतलाई दिइएको छ।, ‘नेपालमा विद्युत उत्पादन मागभन्दा बढी भएको र खेर गइरहेको भनाइ आइरहँदा प्रदेश १ को औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति बन्द हुन पुगेको छ,’ परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले लेखेको पत्रमा भनिएको छ। , उद्योगीहरूका अनुसार सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा मंगलबारदेखि भारतबाट आइरहेको विद्युत आपूर्ति बन्द छ। भारतबाट आयात भइरहेको बिजुली रोकिएपछि औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ सुरू भएको उद्योगीहरूले जनाएका छन्। , नेपालले अहिले दैनिक ४ सय मेगावाटको हाराहारीमा बिजुली भारतबाट आयात गरिरहेको छ। त्योमध्ये ठूलो मात्रा खुला बजारबाट किन्छ भने केही बिजुली राज्यस्तरका निकायबाट किन्दै आएको छ।, भारतमा कोइलाबाट बढी बिजुली उत्पादन हुने गरेको छ। , भैरहवा, वीरगञ्ज र विराटनगरका उद्योगमा मंगलबार साँझदेखि लोडसेडिङ सुरू भएको भन्दै उद्योगीहरूले ध्यानाकर्षण गराएका हुन्। , ‘जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्ने अवस्था छैन, मैले मेरा केही उद्योग बन्द गरिसकें,’ उद्योगी महेश जाजुले सेतोपाटीसँग भने।, राष्ट्रिय प्रसारण लाइनको ९०५ मेगावाट आपूर्ति भइरहेकोमा अहिले पानीको सतह घटेका कारण न्यून आपूर्ति भइरहेको उद्योगी राकेश सुरानाले बताए। , ‘राष्ट्रिय प्रसारण लाइनको ९०५ मेगावाट आपूर्ति भइरहेकोमा अहिले न्यून आइरहेको छ, त्यसले यहाँको माग धान्न नसक्ने भएकाले औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरू भएको हो,’ सुरानाले भने। , परिसंघले नेपालमा विद्युत उत्पादन मागभन्दा बढी रहेको र खेर गइरहेको भनाइ सार्वजनिक भइरहेकामा आश्चर्यजनक तरिकाले विद्युत् आपूर्ति कम भइरहेको पत्रमा उल्लेख गरेको छ।, भारतबाट आइरहेको बिजुली रोकिएपछि बुटबल-वीरगन्ज र विराटनगरका उद्योगमा 'लोडसेडिङ'
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य बीमा गरेका बिमितहरूको नि:शुल्क उपचार नगर्ने घोषणा गरेको छ।, बीमामार्फत् प्रतिष्ठानले गरेको खर्चको भर्पाई सरकारले समयमै नगरेका कारण प्रतिष्ठानमा आर्थिक कठिनाइ उत्पन्न भएको जनाउँदै बिपीले अब बीमाबाट उपचार नगर्ने बताएको हो।, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बुधबार एक सूचना प्रकाशित गरेर गरेको यो घोषणा नसच्चिए प्रदेश १ र २ का हजारौं नागरिक बीमा सेवामार्फत् हुने उपचारबाट बञ्चित हुनेछन्।, बिपी प्रतिष्ठान प्रदेश १ कै सबभन्दा ठूलो स्वास्थ्य प्रतिष्ठान हो। दैनिक ३ हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको प्रतिष्ठानमा स्वास्थ्य बीमा गरेका नागरिकले सेवा लिँदै आएका थिए। तर, बीमाबापतको रकम भर्पाईमा सरकारले ढिलाइ गरेको भन्दै बिपी प्रतिष्ठानले उपचार सेवा नदिने घोषणा गरेको हो।, नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेका बिमितहरूलाई प्रतिष्ठानले २०७४ साउनदेखि स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो। तर, सरकारले उपचार बापतको रकम लामो समयदेखि उपलब्ध नगराएको भन्दै प्रतिष्ठानले चैत १५ देखि बीमाबाट उपचार गर्न नसकिने जनाएको हो।, ‘स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण गर्न विभिन्न समयमा स्वास्थ्य बीमा बोर्डलगायत अन्य सरोकारवालाहरूलाई पटक-पटक लिखित अनुरोध गर्दा पनि हालसम्म समाधान हुन सकेन,’ उपकुलपति गिरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ ‘यसबाट प्रतिष्ठान आर्थिक संकटमा परेको छ। शिक्षक तथा कर्मचारीलाई पारिश्रमिक दिन र दैनिक सञ्चालन खर्चमा समेत प्रतिकूल प्रभाव परेको छ।’, गिरीका अनुसार बीमामार्फत् पाइने कुनै पनि सेवा बहिरंग, आकस्मिक तथा अन्तरंग सबै विभागमा उपचार बन्द गरिनेछ।, चैत १५ देखि स्वास्थ्य बीमामार्फत् नि:शुल्क उपचार नगर्ने बिपी प्रतिष्ठानको घोषणा
युनिक श्रेष्ठ झापा बिर्तामोडको ग्रिन हिल मल्टी ट्रेडर्स प्रालिका प्रोप्राइटर लक्ष्मी थापा छुर्पी व्यापारी हुन्। , उनले छुर्पी व्यापार गर्न थालेको ६ वर्ष भइसक्यो। विभिन्न किसानहरूबाट संकलन गरी उनी अरू निर्यात गर्ने कम्पनीहरूलाई छुर्पी बेच्छन्।, उनलाई हालै इलाम चिज उद्योगबाट दुई हजार किलो छुर्पीको अर्डर आएको थियो। अर्डरअनुसार उनले तेह्रथुमको छथर दुग्ध परिकार उद्योगबाट १२५० किलो र ७५० किलो इलामको महालक्ष्मी डेरी उद्योगबाट किने। , सो छुर्पी ९ सय ३५ रुपैयाँ किलोमा किनेका थिए। त्यसलाई ९ सय ५० का दरले इलाम चिज उद्योगलाई बेच्दै थिए। , उक्त मात्राको छुर्पी जम्मा ४० बोरामा गत सोमबार प्रदेश १-०१-००१ च ९२१९ नम्बरको बोलेरो जीपमा हालेर झापाबाट इलाम पठाए। तर त्यो छुर्पी किन्ने उद्योगसम्म पुग्न पाएन। , रोङ गाउँपालिका-४ जोरकलसस्थित मेची राजमार्गमा पुगेपछि प्रहरीले जीप जाँच गर्‍यो। चालक इलाम सूर्योदय नगरपालिका-२ का निमा तामाङ थिए। उनले चेकिङ गर्न बसेका प्रहरीलाई सबै बिल देखाए। , छुर्पी जम्मा १९ लाख बराबरको थियो। , तर इलाका प्रहरी कार्यालय पशुपतिनगरले छुर्पी नियन्त्रणमा लियो। लगत्तै बुधबार अवैध छुर्पी बरामद भयो भन्दै समाचारहरू पनि आए। , प्रहरीले त्यसलाई आवश्यक अनुसन्धान गर्न भन्दै इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय पठायो। कार्यालयका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार प्रोप्राइटर थापाको छुर्पी जरिवाना तिराएर छाडिएको छ। , कार्यालयका महानिर्देशकको आदेशबमोजिम अनुसन्धान अधिकृतले उनलाई २५ हजार जरिवाना गराइ सामान छोडेको उनले बताए।  , थापाले राजश्व छली गरेको भने पाइएन। , ‘उहाँसँग बिल छ। दुई हजार किलो छुर्पी कहाँबाट आएको भनेर हामीले सोधेका थियौं। त्यसको स्रोत पनि खुल्यो,’ निरौलाले भने। , सबै बिल भए पनि एउटा त्रुटिका कारण उनी कारबाहीमा परेको निरौलाले बताए। , ‘सबै प्रक्रिया पुर्‍याए पनि तर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार व्यापारिक कम्पनीबाट अर्को व्यापारिक कम्पनीमा सामान किनबेच गर्दा बिजकको विवरण भिसिटिएस सिस्टममा प्रविष्ट गर्नुपर्ने उल्लेख छ,’ उनले भने। , भिसिटिएसको अर्थ भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम हो। त्यसमा इन्ट्री नगरेकाले थापा कारबाहीमा परेका हुन्।यसरी इन्ट्री गराउन अतिरिक्त कर नलाग्ने पनि निरौलाले जानकारी दिए।, ‘यो स्वच्छ व्यापारिक कारोबार प्रोत्साहन गर्न ल्याइएको सिस्टम हो। वेबसाइटमा गएर इन्ट्री गर्ने काम मात्रै हो,’ उनले भने, ‘त्यसो नगर्दा ५० हजारसम्मको जरिवाना हुनसक्ने प्रावधान छ। अवस्था हेरेर जरिवाना गरिन्छ।’ , उनका अनुसार भिसिटिएसमा इन्ट्री गरिसकेपछि एउटा आइडी व्यापारीलाई पठाइएको हुन्छ। त्यो प्रिन्ट फर्म वा फोनबाटै सबै बिलहरूको विवरण देखिने उनले बताए। यसले गर्दा नक्कली बिल जारी गर्नेहरू पनि निरूत्साहित हुने गरेको सूचना अधिकारी निरौला बताउँछन्। , त्यसकारण यो इन्ट्री गराउन अनिवार्य गरिएको बताए। , प्रोप्राइटर थापा पनि यो कुरामा आफूबाट गल्ती भएको स्विकार्छन्। तर प्रहरीले अवैध सामान भन्दै प्रवाह गरेको सूचनामा असन्तुष्ट छन्। , ‘यो अवैध धन्दा हो भनेर प्रहरीले हामीमाथि दुर्व्यवहार गरेको छ। यसले गर्दा किसान, व्यापारी निरूत्साहित भएका छन्,’ उनले भने, ‘मसँग सबै बिल छ। देखायौं पनि। तर प्रहरीले अवैध भन्दै नियन्त्रणमा लियो। हामीले भिसिटिएस मात्रै इन्ट्री गराएनौं। त्योबाहेक सबै थियो। इन्टरनेटको समस्याका कारण यसपालि गर्न सम्भव भएन।’, उनले थपे, ‘हामी किसानसँग संकलन गरेर अरूलाई पठाउने काम गर्थ्यौं। विदेश निर्यात गर्ने कम्पनीलाई दिने काम हो हाम्रो। मेरो कमजोरी भनेको इन्टरनेटको कारणले भिसिटिएस बनाउन सकिनँ। पहिले त सधैं गर्थेँ। यसपालि गर्न नसक्दा अवैध धन्दा गर्‍यो भनियो। ’, यस्ता खबर सुनेपछि किसानहरू पनि आफूसमक्ष निराश भएर आएको उनले बताए।, प्रहरीले किन समात्यो दुई हजार किलो छुर्पी?
युवराज श्रेष्ठ जिल्ला अदालत कास्कीका कार्यालय सहयोगीले बुधबार बिहान कार्यालय जाँदा फरक दृश्य देखे।, प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले हेर्ने १ नम्बर इजलासको ढोका खुला थियो। भट्टराई बस्ने ६ नम्बर फाँटका दुइटा ढोका पनि खुला थिए। ढोकाभित्र दराज र टेबलका घर्रा खोलेर कागजपत्र गिजोलेको दृश्य कार्यालय सहयोगीले देखे। , कार्यालय सरसफाइमा जाँदा देखेका दृश्य उनले अदालतका प्रशासन फाँटमा जानकारी गराए।  प्रशासनले प्रहरीलाई खबर गर्‍यो।, डिएसपी चिनीमाया तामाङको कमाण्डमा रहेको वडा प्रहरी कार्यालय बैदामको गेट र जिल्ला अदालतको गेट सडकको वारिपारि छ।, प्रहरी कार्यालयकै अगाडि रहेको जिल्ला अदालतको कम्पाउण्ड पर्खाल र काँडेतारले घेरिएका छन्। २४ घण्टा प्रहरी सुरक्षामा रहेको अदालतभित्र को कुन उद्धेश्यले छिर्‍यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। , अदालतभित्र छिरेका व्यक्तिले ढोकाको चाबी फोरेर भित्र छिरेको देखिएको छ। चाबी फोर्न प्रयोग गरिएको रड फेला परेको छ।, घटनाका विषयमा प्रहरीले मुचुल्का बनाएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए। , ‘घटनास्थल पुगेर हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म केही हराएको जानकारी भने छैन।’, अदालतभित्र पुगेका व्यक्तिले विभिन्न फाइल पल्टाएको देखिएको छ। तर अदालतभित्र रहेका कम्युटर लगायतका सामग्री भने सुरक्षित भेटिएको डिएसपी तिवारीले बताए।, अदालतमा पेस गरिएको मिसिल र कुनै कागजात हराएको छ कि छैन भनेर अनुसन्धान भइरहेको उनले बताए। , जिल्ला अदालतका अनुसार उक्त फाँटमा फैसला गरिएका र चालु अवस्थामा रहेका मुद्दाका पाँच सय फाइल थिए। सोही घटनाका कारण बुधबार सुनुवाइ हुनुपर्ने पाँच वटा मुद्दा प्रभावित भएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरूले बताए।, अदालत छिर्ने व्यक्तिले मिसिलबाट महत्वपूर्ण कागजपत्र चोरेको हुन सक्ने आशंका अनुसन्धान भइरहेको उनले जानकारी दिए। , ‘अदालत फोर्ने व्यक्ति धन-सम्पत्ति चोर्न पक्की आउँदैन, कागजपत्र चोरिएको आशंका छ,’ पनेरूले सेतोपाटीलाई भने, ‘हामीले पहिला सबै फाइल हेर्छौं र एक-एक पाना भेरिफाइ गर्छौं।’, यसका लागि अदालतमा रहेको सिसिटिभी फुटेज प्रहरीलाई उपलब्ध गराइसकेको उनले बताए। , अदालत जस्तो संवेदनशील क्षेत्रमा कोही व्यक्ति उद्धेश्य बिना प्रवेश गर्न नसक्ने उनको भनाइ छ।, ‘कुनै मुद्दाका महत्वपूर्ण सक्कली लिखत हराएको पनि हुन सक्छ, केही नलगेको भए किन अवैध तरिकाले अदालत छिर्‍यो भनेर अनुसन्धान हुन्छ,’ उनले भने, ‘अहिलेसम्म केही हराएको पाइएको छैन, अदालत छिर्ने व्यक्ति पनि पहिचान भइसकेको छैन।’, अदालत परिसर बाहिर लागुऔषध नष्ट गर्ने स्थान छ। लागुपदार्थ सेवनकर्ता अदालत छिरेको हुन सक्ने अनुमान पनि गरिएको छ। यसतर्फ पनि अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए। , ‘ढोका फोरेर भित्र पसेका व्यक्तिले अहिलेसम्म केही लगेको देखिँदैन,’ उनले भने, ‘कुन नियत राखेर अदालतमा को छिरेको हो भनेर खोजतलास गर्दैछौं, छिट्टै निष्कर्षमा पुग्छौं।’,  , कास्की अदालतको ढोका फोरेर कसले पुर्‍यायो पाँच सय फाइलमा पहुँच?
सेतोपाटी संवाददाता एमसिसी परियोजनाअन्तर्गत सब-स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ।, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ।, आज सूचना निकालेर एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सब-स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ।, ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।, चार सय केभी रातमाटे सब-स्टेशनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो।, जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरूसमेत निर्धारण भई सोको विवरण तथा जग्गाको लगतकट्टा एवं नामसारीसमेत भइसकेका घरजग्गा खाली गर्नुपर्ने भएको हो।, अघि बढ्यो एमसिसी, सबस्टेशन बनाउन अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्न सूचना
सेतोपाटी संवाददाता भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका तीन जनालाई पक्राउ गरिएको छ। , जिल्ला प्रहरी कार्यालय कैलालीले उच्च अदालत दिपायलबाट पुर्पक्षको लागि पठाउन आदेश भएका तीन जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , बर्दिया ठाकुरबाबा नगरपालिका-३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलाली लम्कीचुहा नगरपालिका-३ बस्ने २८ वर्षीय विकास खड्का र बर्दगोरिया गाउँपालिका-२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवरलाई पक्राउ गरेको हो। , प्रहरीले घटनापछि तत्कालै पक्राउ गरेको तर जिल्ला अदालत कैलालीले उनीहरूलाई धरौटी तारेखमा छाडेको थियो। , ‘जिल्ला अदालतले पक्राउ परेका १२ जनामध्ये ९ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो,’ जोशीले भने, ‘तीन जनालाई धरौटी तारेखमा राखेको थियो। पीडित पक्ष पुन: उच्च अदालत जानुभएपछि त्यहाँबाट पुर्पक्षमा पठाउन आदेश भएको हुँदा हामीले पक्राउ गर्‍यौं।’, मुद्दा पुनरावेदनमा जाँदा उच्च अदालतले तीनै जनालाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो। सो आदेशअनुसार इलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो। , आदेश कार्यान्वयनको लागि मंगलबार उनीहरूलाई जिल्ला अदालतमा पेस गरिँदैछ। , लम्कीचुहा नगरपालिका बस्ने २३ वर्षीय भूपेन्द्र बडुवालको गत पुस २३ गते टीकापुर नगरपालिका-१ मा हत्या भएको थियो। , पीडित परिवारले यो घटनमा २१ जनाविरूद्ध जारी दिएको थियो। जसमध्ये ८ जना भने अझै फरार छन्। गत फागुन २६ गते एक अभियुक्तले अदालतसामू आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक जोशीले बताए। उनी पनि पुर्पक्षको लागि कारागारमा छन्।, यो पनि: ,लम्कीका भूपेन्द्र बडुवालको हत्या दुई ग्याङको रिसइबीले भएको प्रहरी निष्कर्ष,  , भूपेन्द्र बडुवाल हत्या प्रकरण: धरौटीमा छुटेका तीन जना फेरि पक्राउ
नारायण खड्का रूकुम घर भई तुलसीपुरमा बस्दै आएका एक युवकलाई बेपत्ता भएको दुई दिनपछि प्रहरीले जंगल क्षेत्रबाट उद्धार गरेको छ।, रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भई हाल तुलसीपुर-४ मा परिवारसहित बस्दै आएका २४ वर्षीय जनक देवकोटाबेपत्ता भएको खबर प्रहरीले चैत ६ गते साढे ४  बजेतिर पाएको थियो।, प्रहरीका अनुसार देवकोटासोमबार बिहान ८ बजेतिर लमही नगरपालिका वडा नं. ९ स्थित अमेलिया क्षेत्रको जंगलको सडक छेउमा फेला परेपछि उद्धार गरिएको हो। , ‘हामीले सापकोटालाई फेला पार्दा मैले खाना खान पाएको छैन र म निकै कमजोर भएको छु भन्दै थिए,’ एक प्रहरी अधिकारीले भने, ‘तर, प्रारम्भिक अनुसन्धानबाट त्यो नाटक गरेको खुलेको छ।’, देवकोटातुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ गाउँस्थित हरि रिजालको ड्रागन फ्रुटको फार्ममा काम गर्ने कर्मचारी हुन्। रिजालको हस्पिटल, कलेज लगायत विभिन्न क्षेत्रमा लगानी छ। , देवकोटाश्रीमती र छोरीको साथमा रिजालकै फार्ममा बस्दै आएका थिए।, ‘श्रीमती र रिजालको मोबाइलमा बार्गेनिङ गर्दै विभिन्न खाले म्यासेजहरू पठाएको प्रमाणहरू भेटिएका छन्,’ ती प्रहरी अधिकारीले भने, ‘अनुसन्धानबाट सापकोटाको पनि त्यसमा संलग्नता खुलेको छ।’, सापकोटाको श्रीमती र रिजाललाई तिम्रो श्रीमान हामीसँग सुरक्षित छ र जोगाउने भए ५० लाख पैसा लिएर आउनू भन्ने खाले म्यासेज फेला परेको ती प्रहरी अधिकारीले बताए। , ‘छुट्टै अर्को सीम कार्डबाट आफैं वा अरू केही व्यक्तिको सहयोगमा रिजालबाट पैसा लिन आफैंले नाटक गरेको आशंका भइरहेको छ,’ ती प्रहरी अधिकारीले भने, ‘हामीले थोरै सोधपुछपछि सापकोटालाई तुलसीपुरबाट अहिले जिल्ला प्रहरी कार्यालय घोराहीमा ल्याएका छौं।’, प्रहरी स्रोतका अनुसार अपहरणमा परेको नाटक गरेका सापकोटाकै मोबाइल ती बार्गेनिङसहितका म्यासेजहरू पठाउन प्रयोग भएको हुन सक्ने आशंका छ।, ‘सापकोटाले नयाँ सिमकार्ड किनेको पसल पनि हामीले फेला पारिसक्यौं,’ ती प्रहरी अधिकारीले भने, ‘उसले स्वयम् मबाट गल्ती हुन गयो भन्ने कुरा आइसकेको छ।’, अब यो घटनामा अरू क–कसको मिलेमतो छ भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , घटनाबारे थप अनुसन्धानपछि बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरी अधिकारीले जानकारी दिएका छन्।, जसले साहुबाट रकम असुल्ने बहानामा आफैं अपहरणमा परेको नाटक गरे
सेतोपाटी संवाददाता आज गणेश चौथी। वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी मनाउने प्रचलन छ।, भगवान गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ।, नेपालमा पनि विभिन्न गणेश मन्दिरहरुमा आज मेला लाग्ने गर्दछ।, काठमाडौंको कमलादीस्थित गणेशस्थानमा पनि विशेष पूजा आराधना गर्ने भक्तजनहरुको भीड लागेको छ। मंगलबार भगवान गणेशको व्रत बस्ने व्रतालुहरुले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गर्दछन् भने कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नुअघि हिन्दु धर्म संस्कारमा भगवान श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ।, भगवान श्री गणेशलाई मंगलकारक देवता मानिन्छ। गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्। आजको दिन श्रद्धापूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ।, भगवान गणेशको जन्म भाद्र शुक्ल चतुर्थीका दिन भएको थियो। त्यसैले वर्षमा मंगलवार पर्ने चतुर्थी तिथीलाई गणेश चौथीको रुपमा पूजा आराधना गर्ने वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको परम्परा रही आएको छ। , आज गणेश चौथी, गणेश मन्दिरहरूमा मेला
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका-१६ बालाजुबाट पक्राउ गरको हो । , प्रहरी उपरीक्षक मैनालीका अनुसार श्रेष्ठ पीडितको जग्गा प्लटिङ गरेर बिक्री गरेर आएको  २ करोड ५६ लाख  रुपैयाँ नदिई फरार थिइन्।, श्रेष्ठले उक्त जग्गा बेचेर प्रतिफल बाँडफाँट गर्ने भनी विश्वास दिएकी थिइन्। श्रेष्ठले पीडितलाई झुक्यानमा पारेर ठगी गरेको आरोप छ। , पीडितले श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीमा जाहेरी दिएकी थिइन्। , श्रेष्ठमाथि आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाएको जनाइएको छ। ,  , साढे २ करोड ठगी गरेको आरोपमा काठमाडौंबाट एक पक्राउ
रासस दुर्लभ एक सिंगे गैंडा स्थानान्तरणका लागि अध्ययन सुरू गरिएको छ।  , चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य  गैंडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ।, यो समितिले गैंडासँगै बाह्रसिंगे स्थानान्तरणका लागि अध्ययन गर्नेछ। कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ। अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ।, अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैंडाको संख्या धेरै छ।, ती गैंडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो।, कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैंडा लैजाने विषयमा अध्ययन थालिएको हो।, विभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, कोसीटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, इकोलोजिष्ट गणेश पन्त, राष्ट्रिय प्रकृति संरक्षण कोषका नरेश सुवेदी, जेडएसएलका भगवानराज दाहाल, विश्व वन्यजन्तु कोषका कञ्चन थापा र सहायक इकोलोजिष्ट हेमराज आचार्य रहेको अध्ययन समिति बनाएको छ।, समितिले चितवन र कोसीटप्पुको पहिलो चरणको अध्ययन गरेको छ।, ढकालको भनाइमा कोसीटप्पु, बर्दिया र शुक्लाफाँटामा गैंडा स्थानान्तरणको विषयमा अध्ययन भइरहेको छ।, विज्ञ समूहहरू पठाएर थप अध्ययन गरिने उनको भनाइ छ। बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैंडा छन्।, चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैंडा छन्। पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा छन्।, चितवन र पर्सा जोडिएकाले गैंडा यताउता गरिरहने हुँदा गैंडाको सङ्ख्या घटबढ हुने गर्दछ।, पछिल्लो गणनामा देशभरका यी निकुञ्जमा कूल गैंडाको संख्या ७५२ पुगेको छ।, ढकालले तीन/चार महिनामा अध्ययन पूरा गरेर विभागमा प्रतिवेदन बुझाउने बताए।, यो वर्ष अध्ययनमा समय लाग्ने भएकाले आउँदो वर्ष स्थानान्तरण गर्न सकिने उनको भनाइ छ।, गैंडा स्थानान्तरण गर्न हिउँद पर्खनुपर्छ। विगतमा कोसीमा गैंडा रहेको भन्दै उनले त्यो ठाउँ गैंडाका लागि उपयुक्त हुनसक्ने बताए।, उनले भने, ‘हतारमा हामी काम गर्दैनौं। विस्तृत अध्ययन गरेर सरोकारवालासँग छलफलसमेत गरेर टुंगो लगाउँछौं।’ , कोसी गैंडाका लागि उपयुक्त देखिएमा प्रदेश नम्बर १ र मधेश प्रदेशका लागि पर्यटकीय गन्तव्यसमेत हुने उनको भनाइ छ।, यससँगै गैंडाको बासस्थान विस्तारमा यो महत्वपूर्ण हुन सक्छ।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य निकुञ्जको पश्चिमी क्षेत्रमा जोखिममा रहेका गैंडा आन्तरिक रूपमा स्थानान्तरण गर्नुपर्ने देखिएकाले अध्ययन थालिएको बताउँछन्।, वि.सं २०७४ मा बाढीका कारण धेरै गैंडा बगेर भारत पुगेका थिए। केही गैंडा उद्धार गरी फिर्ता ल्याए पनि अरू केही ल्याउन सकिएको छैन।, आचार्यले एकै ठाउँमा धेरै गैंडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम समेत बढेको बताए।, उनको भनाइमा बासस्थानको बिस्तार गरी केही गैंडा पूर्व ल्याउन सकेमा उपयुक्त हुन्छ।, अध्ययन समितिले यो विषयमा विस्तृत रूपमा अध्ययन गर्दैछ।, घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैंडा पूर्व लैजान लागिएको हो।, निकुञ्जमा गैंडाको सङ्ख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन सङ्ख्याको आधारमा गर्न नसक्दा समस्या देखिएको छ।, विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले समितिले प्रतिवेदन दिएपछि मन्त्रालयले आवश्यक निर्णय गर्ने बताए। , उनले भने, ‘सम्भवत: अर्को वर्ष स्थानान्तरण गर्ने गरी अध्ययन यो वर्ष सकिन्छ।’, गैंडा, अर्ना, बाह्रसिंगे र कृष्णसार स्थानान्तरण गर्नका लागि अध्ययन थालिएको उनले बताए।, पूर्वी चितवनको टिकौलीमा कृष्णसार ल्याउनका लागि अध्ययन गरी समितिले प्रतिवेदन दिइसकेको छ।, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटा र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट कृष्णसार ल्याउन, कोसीटप्पु राष्ट्रिय निकुञ्जबाट अर्ना ल्याउन र शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याउनका लागि अध्ययन सुरू गरिएको हो।, पूर्वी चितवनको टिकौली चौरमा कृष्णसार ल्याउनका लागि यसअघि नै अध्ययन गरिसकिएको छ।, सो ठाउँमा १६ देखि १८ वटा कृष्णसार ल्याउन सकिने गरी अध्ययन गरेर प्रतिवेदन बुझाइसकिएको छ।, खुला खोर (पूर्वाधार) निर्माण गरी कृष्णसार ल्याउन सकिने अध्ययनले देखाएको छ।, ‘सोलार फेन्स’ गरेर बीचको भागमा माटाका थुप्रा बनाउनुपर्ने हुन्छ। सर्वसाधारणले अवलोकन गर्नसक्ने गरी स्थानान्तरण उपयुक्त हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ।,  , निकुञ्जमा यसअघि ल्याइएका सात वटा बाह्रसिंगेमध्ये छ वटा मरिसकेका छन्।, तत्कालीन समयमा दुई भाले र पाँच पोथी बाह्रसिंगे शुक्लाफाँटाबाट ल्याइएको थियो। निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुला खोरमा अर्नासँगै बाह्रसिंगे राखिएको थियो। सो खोरमा हाल तीन वटा अर्ना रहेका छन्।, तत्कालीन समयमा कोसीटप्पुबाट १३ वटा र सदर चिडियाखानाबाट दुइटा अर्ना ल्याइएको थियो। ल्याइएका अर्ना मरेर तीन वटा बच्चामात्रै बाँकी छन्। ती यही जन्मिएका बच्चा हुन्।,  , ठूलो संख्यामा अर्ना ल्याएर वर्षाको समयमा बथानमा खुला छोड्ने गरी अर्ना स्थानान्तरणको योजना बनाइएको छ। वर्षातको समयमा एकै ठाउँमा राख्दा समस्या देखिएपछि हिउँदमा केही समय खोरमा राखेर छाड्ने गरी स्थानान्तरण गर्ने योजना बनाइएको हो।, एकै ठाउँमा वन्यजन्तु रहँदा कुनै महामारी रोगव्याधि भएमा वंश विनाश हुनसक्ने भएकाले विभिन्न ठाउँमा स्थानान्तरण गर्न लागिएको कँडेलले जानकारी दिए। यसअघि यहाँबाट दुर्लभ एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएको थियो।, गैंडा स्थानान्तरण गर्न थालियो अध्ययन
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव समूहमा रहेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले मणिक लामालाई पक्राउ गरी हिरासतमा राखेको छ।, एमसिसीको विरोध गर्ने बहानामा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिक तीन वटा प्रेसर कुकर बम राखेको आरोपमा लामालाई प्रहरीले हिरासतमा लिएको हो।, लामा एमाले सांसद नविना लामाका बुवा हुन्।, तीन साताअघि नै प्रहरीले लामालाई भक्तपुरबाट पक्राउ गरेको थियो। भक्तपुर परिसरले अभद्र मुद्दामा अनुसन्धान गरेको थियो।, परिसरका अनुसार जिल्ला प्रशासन कार्यालयबाट मुक्त हुनेबित्तिकै लामालाई पक्राउ गरी पुन: महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको हो।, दुई सातायता बानेश्वर वृत्तको हिरासतमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, उनीमाथि बम तथा विस्फोटक पदार्थको कसुरमा अनुसन्धान गरिएको र अहिले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन गर्ने तयारी गरिरहेको बुझिएको छ।, पेप्सीकोलामा बम फेला परेपछि नेपाल प्रहरीको विशेष ब्युरोसमेतले अनुसन्धान गरेको थियो। अनुसन्धानमा लामा जोडिएपछि अदालतबाट अनुमति लिएर प्रहरीले हिरासतमा राखेको थियो।, ‘हाम्रो अनुसन्धान लगभग सकिएको छ, अहिले सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्ने तयारी गरिरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने।, लामा पहिले विप्लव माओवादीमा केन्द्रीय सल्लाहकार थिए। लामा तामाङ मुक्ति मोर्चाको अध्यक्ष पनि थिए। अहिले उनी कुन हैसियतमा छन् भन्ने यकिन हुन सकेको छैन।  , लामालाई बम राख्ने, धम्क्याउँदै चन्दा संकलन गर्ने गरेको आरोप पहिलेदेखि नै थियो। पार्टी नीतिविपरीत काम गरेको आरोप पनि लामालाई छ।, पेप्सीकोलामा बम राखेको आरोपमा विप्लव माओवादीका मणिक लामा प्रहरी हिरासतमा
सेतोपाटी संवाददाता श्रीलंकामा सरकारले पेट्रोल पम्पहरूमा  सेना पठाउन आदेश दिएको छ।  , हिन्दुस्तान टाइम्सका अनुसार सरकारले सेनालाई पेट्रोल पम्पहरूमा पठाउन आदेश दिएको हो। अहिले श्रीलंकामा ७० वर्षयताकै सबैभन्दा खराब इन्धन संकट भइरहेको छ। , मंगलबार श्रीलंकाका सयौं पेट्रोल पम्पमा सैनिक परिचालन भएका छन्। सेनाले हरेक पेट्रोल पम्पमा कम्तीमा दुई जना सैनिक खटिने जनाएको छ।, पेट्रोल र मट्टीतेल लिन श्रीलंकामा घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ। केही दिनअघि लाइनमा उभिँदाउभिँदै दुई जना वृद्धको मृत्यु भएको थियो।, किन आर्थिक संकटमा फस्यो श्रीलंका?, टापु राष्ट्र श्रीलंका अहिले इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ। समस्या यति जटिल छ कि श्रीलंका विद्यालयको परीक्षा गर्न प्रश्न छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न नसक्ने अवस्थामा पुगेको छ।, शनिबार श्रीलंकाका शिक्षा अधिकारीले कागज नभएकाले लाखौं विद्यार्थीको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको बताएका छन्। यो निर्णयसँगै श्रीलंकाका झन्डै ४५ लाख विद्यार्थीले यस वर्षको परीक्षा दिन नसक्ने सम्भावना बढेको छ।, सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि आएको सबैभन्दा ठूलो आर्थिक संकटले २ करोड २० लाख श्रीलंकनको जीवनमा ठूलो असर  पारेको छ। पेट्रोल, ग्यासदेखि दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ। सामान किन्न पसलहरूमा लामा लामा लाइन देखिन्छन्। केही अत्यावश्यक वस्तुमा सरकारले कोटा निर्धारण गरिदिएको छ।   , राजधानी कोलोम्बोसहित विभिन्न सहरमा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारविरूद्ध प्रदर्शनहरू भइरहेका छन्।, तीन वर्षअघिसम्म श्रीलंकाको आर्थिक अवस्था यति नाजुक थिएन, राष्ट्रपति राजापाक्षेले पनि संकट यति बढ्ला भन्ने सोचेका थिएनन्।  , श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एउटा पर्यटन हो। सन् २०१५-१६ पछि आतंकवादका कारण श्रीलंकामा पर्यटनको आवागमन घट्न थाल्यो। तीन वर्षअघि इस्टर सन्डेका दिन कोलोम्बोका चर्च र पाँचतारे होटलमा भएको आतंकवादी हमलापछि त पर्यटक आउने क्रम रोकिएजस्तै भयो।, सन् २०१९ को अन्तबाट कोरोनाभाइरसको महामारी फैलियो। कोरोनासँगै विश्वभरका अर्थतन्त्रमा धक्का लाग्यो। कोरोनाको संक्रमण रोक्न महिनौंसम्म प्रतिबन्धहरू लगाइए। श्रीलंकामा पर्यटनको मुहान नै सुक्यो।, श्रीलंका अहिलेको अवस्थामा पुग्नुमा आतंकवादी हमला र कोरोनाको पनि असर त छ तर यी दुई कारणले मात्रै यति गहिरो संकट ल्याएका होइनन्।  , आर्थिक अवस्था मजबुद् हुँदा श्रीलंकाले चीनलगायत मुलुकबाट ऋण लिएर ठूला-ठूला परियोजना बनाएको थियो। ती परियोजना बनाउन लिएको ऋणको किस्ता वर्षेनी तिरिरहनुपर्छ।, पर्यटक नआएपछि विदेशी मुद्रा आर्जन कम भएर ऋण तिर्न गाह्रो हुन थालेपछि सन् २०१७ मा सरकारले हम्बोनाटोटा बन्दरगाह चीनलाई ९९ वर्षका लागि भाडामा दिएको थियो।, आर्थिक संकटबाट बाहिर निस्कन तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले त्यही वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग पैसा माग्यो। आइएमएफले सरकारी खर्च कटौती, कर वृद्धिलगायत सर्तहरू राखेर श्रीलंकालाई पैसा दिएको थियो।, सन् २०१९ को राष्ट्रपतीय चुनाव गोटवाया राजापाक्षेले जिते। उनले अर्थतन्त्र चलायमान बनाउन आइएमएफले ऋणसँग लागू गर्नुपर्ने भनेका सर्तहरूको पालना गरेनन्। कर र ब्याजदर दुबै घटाए।, श्रीलंकाले त्यो बीचमा अरू अन्तर्राष्ट्रिय ऋण पनि लियो। अहिले श्रीलंकाको अन्तर्राष्ट्रिय ऋणमध्ये करिब ३६ प्रतिशत सोभेरेन बोन्डको ऋण छ। यो ऋण कुनै सरकार वा बहुराष्ट्रिय संस्थासँग नभई निजी कम्पनीहरूसँग हो। अर्थतन्त्र कमजोर भएर क्रेडिट रेटिङ खस्कन थाल्दा त्यस्तो ऋण झन् महंगो पर्छ।, श्रीलंकाको बाँकी ऋणमध्ये जापान र चीनको झन्डै ११/११ प्रतिशत छ। सामान्यत: कुनै पनि देशलाई चीनले दिने ऋणको व्याज जापानको भन्दा महंगो हुन्छ।, राजापाक्षेहरूको पहिलादेखि नै चीनसँग घनिष्ठ सम्बन्ध थियो। सोही सम्बन्धका कारण सन् २०२१ को अन्तिमतिर चीनसँग मुद्रा सट्टापट्टा (स्वाप) गरेर केही विदेशी मुद्राको सञ्चिति बढाइयो। तर त्यसले पनि धानेन।, पछिल्लो समय गत जनवरीमा तिर्नुपर्ने ऋणको समय बढाइदिन र चिनियाँ पर्यटकलाई श्रीलंका आउन खुला गरिदिन राजापाक्षे सरकारले आग्रह गरेको छ। बेइजिङले भने अहिलेसम्म यसको जवाफ पठाएको छैन।, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले केही समयअघि गाडी र मलको आयातमा समेत बन्द गर्‍यो। विदेशबाट मल नआएपछि श्रीलंकाले प्रमुख निर्यात बाली चियालगायत अरू उत्पादनमा समस्या पर्‍यो।, यी सबका बाबजुद् श्रीलंकाले डलरमा आधारित विदेशी ऋणको किस्ता भने तिरिरह्यो। विदेशी सञ्चितिमा पैसा जम्मा हुने स्रोत सुक्दै जाँदा तिर्नु पर्ने ऋणले सञ्चिति घट्दै गयो।, श्रीलंकामा उर्जाका लागि जलविद्युतमात्रै नभई कोइला र डिजेल प्लान्ट पनि चलाउने गरिन्छ।, यसवर्ष श्रीलंकामा कम वर्षा भएका कारण जलविद्युतको उत्पादन झन् घटेको छ। उर्जाको माग पूरा गर्न श्रीलंकाले यसपालि धेरै कोइला र डिजेल किन्नुपर्ने भएको छ। त्यसले गर्दा विदेशी मुद्राको सञ्चिति घट्दै-घट्दै गएको छ।, डिजेल/कोइला किन्न नसकेर प्लान्ट चलाउन मुस्किल भएपछि अहिले श्रीलंकामा दैनिक ७ घन्टासम्म लोडसेडिङ हुने गरेको छ। लोडसेडिङले सबैखाले उद्योग र व्यवसायमा पूर्ण क्षमतामा चल्न सकेका छैनन्। लोडसेडिङका कारण श्रीलंकाको अर्थतन्त्र झन् नकारात्मक असर परेको छ।, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएको छ। त्यसपछि पेट्रोलियमलगायत उपभोग्य वस्तुको आयात गर्न श्रीलंकालाई झन् मुस्किल हुँदै गएको छ।, यति हुँदा पनि श्रीलंकाले आफ्नो मुद्राको अवमूल्यन नगरेर १ डलर बराबर २०० रुपैयाँमा राखिरहेको थियो। लामो समय श्रीलंकाको मुद्रालाई पहिलाकै अवस्थामा राखिरहन झन् सञ्चिति घट्यो। भर्खरै श्रीलंकाले आफ्नो मुद्रालाई डलरको तुलनामा १५ प्रतिशत अबमूल्यन गर्‍यो। मुद्रा अवमूल्यन भएपछि आयात झन् महंगो बन्दै गयो। १५ प्रतिशतले  अवमूल्यन हुँदा पनि समस्या नसुल्झिएपछि ‘फ्लोट’ गरायो। आइतबार १ अमेरिकी डलर किन्न २७७ श्रीलंकाली रुपैयाँ तिर्नुपर्छ।, लामो समयसम्म अर्थतन्त्र समस्याग्रस्त हुँदा पनि राजापाक्षे सरकारले थप सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग थप ऋण लिने प्रक्रिया सुरू नै गरेनन्।, अहिले श्रीलंकाको कोषमा विदेशी मुद्रा १ अर्ब अमेरिकी डलरभन्दा कम छ भने यो वर्षमात्रै डलरमा तिर्नुपर्ने विदेशी ऋणको किस्ता साढे चार अर्ब बढी छ।, पहिलाको ऋण तिर्न फेरि ऋण लिन झन् धेरै महंगो पर्छ। सबैतिरबाट च्यापिँदै गएपछि राजापाक्षे सरकारले गत बुधबार आइएमएफलाई गुहारेको छ।, अब आइएमएफले प्रक्रिया पूरा गरेर श्रीलंकालाई उकास्न सहयोग गर्नेछ। तर आइएमएफको पैसा आउन्जेलसम्म आर्थिक संकटले दैनिक जनजीवन चलाउन आम श्रीलंकनलाई झन् कठिन हुने देखिन्छ।, श्रीलंकाका पेट्रोल पम्पमा सैनिक तैनाथ
सेतोपाटी संवाददाता नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पल शाहविरूद्ध जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता भएको छ। , मंगलबार सरकारी वकिल कार्यालयमार्फत् शाहविरूद्ध बलात्कार मुद्दा दायर भएको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। , सोमबार जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। , बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ। , यस्तै प्रहरीले उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई मतियारको रूपमा खडा गरेको छ। उनलाई पनि शाहको भन्दा आधा सजायको मागदाबी गरेको छ।  , एक नाबालिग गायिकाले एक वर्षदेखि शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन्। नाबालिगका परिवारले फागुन ११ गते उजुरी दिएपछि शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए। , पीडित नाबालिगले फागुन १५ गते नै नवलपुरमा प्रहरीमा समेत बलात्कार उजुरी दिएकी थिइन्।, प्रहरीले यस घटनामा होटलको सिसिटिभी फुटेज, कागजात, कल डिटेल्स, अडियो टेप, अस्पतालको स्वास्थ्य परीक्षण लगायत प्रमाणको रूपमा पेस गरेको छ। , नवलपुर प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बलात्कार मुद्दा दायर गरिसकेको छ।, नवलपुरस्थित एक रिसोर्टमा एक वर्षअघि भएको बलात्कारको मुद्दा दायर गर्ने हदम्याद सकिनै लागेकाले नवलपुरले छिटो मुद्दा दायर गरेको प्रहरीले जनाएको छ। , नवलपुरमा दर्ता भएको अभियोगपत्रमा शाहलाई अधिकतम सजाय माग गरिएको छ। , फागुन १५ गते प्रहरी नियन्त्रणमा पुगेका शाहलाई त्यही दिन ७ दिन, फागुन २१ गते १२ दिन र चैत ४ गते ५ दिन म्याद थप गरेको थियो।, पल शाहविरूद्ध तनहुँ अदालतमा पनि मुद्दा दर्ता, १४ वर्ष जेल सजाय माग
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। , हरिनगरा गाउँपालिका-१ का ३६ वर्षीय शम्सेर आलमलाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , सोमबार प्रहरीले आलमलाई सुनसरीबाट पक्राउ गरेको हो। , प्रहरीका अनुसार आलमलाई  उच्च अदालत मोरङले २०७५ फागुन २७ गते ३ महिना कैद र ७१ लाख ९० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।, सजाय भुक्तान गराउन उनलाई अदालतमा पेस गरिएको थियो। तर उनले जरिवाना तिर्न नसकेपछि थप कैद सजाय हुने कार्यालयले जनाएको छ। , प्रहरीले आलमलाई झुम्का कारागार कार्यालय पठाइएको जनाएको छ। ,  , बैंकिङ कसुर मुद्दाका फरार अभियुक्ति पक्राउ
सेतोपाटी संवाददाता ठेकेदारले सडक निर्माण नगरेको भन्दै ललितपुर सुनाकोठीका स्थानीयबासीले सडक अवरूद्ध गरेका छन्। , मंगलबार बिहानैदेखि सुनाकोठी-चापागाउँ जाने सडक स्थानीयले अवरूद्ध गरेको ललितपुर महानगरपालिका-२७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिए। , झन्डै डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले नबनाएको भन्दै सुनाकोठीका स्थानीय आक्रोशित भएका हुन्। , ‘काम जम्मा दुई दिनको छ। तर ठेकेदारले नबनाइदिएपछि स्थानीयहरू आक्रोशित भएर आज अवरोध गरेका हुन्,’ वडाध्यक्ष महर्जनले भने, ‘डेढदेखि दुई किलोमिटरको बाटोमात्रै हो।’, उनका अनुसार सडक निर्माण गरिदिन भन्दै ठेकेदारलाई पनि बोलाइएको छ। , स्थानीयले सडक अवरोध गरेपछि कम्पनीले ‘बेस’ हाल्न माटो पनि झारिसकेको उनले बताए। , यसअघि पनि सुनाकोठीबासीले सडक निर्माण गरिदिन भन्दै सडक अवरोध गरेका थिए। , स्थानीय तथा नेवाज क्लबका अध्यक्ष निरोज महर्जनले सडक अनिश्चितकालका लागि अवरोध गरेको बताए। , ‘पटक/पटक दबाब दिँदा पनि सडक बनाएनन्। त्यसैले आज स्थानीयले बिहान आठ बजेदेखि सडक अवरोध गरेका हुन्,’ उनले भने, ‘पहिलेजस्तो साँझ परेपछि सडक खुलाउने भन्ने स्थानीयको मनसाय केही छैन।’, दबाब दिने बित्तिकै सडक निर्माण गर्न आएको भन्ने सुनेपछि आफू हेर्न जान लागेको पनि बताए। , ‘दबाब दिने बित्तिकै बनाउन आइसके रे। दबाब दिने बित्तिकै सडक निर्माण गर्न आउने कस्तो निर्माण रहेछ भनेर हेर्न जाँदैछु,’ उनले भने, ‘यसरी नै पहिले पनि दुई दिन काम गरे जस्तो गरेर स्थानीयलाई झुलाइराखेका थिए।’, उनका अनुसार ठेकेदार कम्पनीले सो सडक गत वर्षमै पीच गरेका थिए। तर सो सडक तीन महिना नबित्दै भत्कियो। जसमा दुई महिना त लकडाउन नै भएको उनले बताए। , सुनाकोठी-चापागाउँ सडकखण्ड अनिश्चितकालका लागि बन्द
सेतोपाटी संवाददाता देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  मंगलबार थप ४४ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ४९५ जनाको पिसिआर गर्दा  ३५ र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित छन्।, ४८१ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको मृत्यु भएको छ।, थपिए ४४ संक्रमित, निको भए ४८१ जना
एजेन्सी ६४ वर्षीय सद्गुरूले बेलायतको लन्डनदेखि नयाँदिल्लीसम्मको मोटरबाइक यात्रा सुरू गरेका छन्। , सोमबार उनी लन्डनको पार्लियामेन्ट स्क्वायरबाट मोटरबाइकमा भारतका लागि हिँडेको एनडिटिभीले जनाएको छ। , बिएमडब्ल्यू के १६०० जिटीमा चढेर भारत आउन लागेका हुन्। उनी ‘माटो बचाऊ’ भन्ने जनचेतनामूलक अभियानअन्तर्गत उनी मोटरबाइकमा भारत आउँदैछन्। , उनी युरोप र मिडल इस्ट हुँदै भारत आउन लागेका हुन्। १०० दिनको यात्रा तय गरेका उनी एम्स्टरड्याम, बर्लिन र प्रेग पुग्नेछन्।  , ३० हजार किलोमिटर बाइकमा यात्रा गरेर भारतको ७५ औं स्वतन्त्रता दिवसमा नयाँ दिल्ली आइपुग्ने उनको लक्ष्य छ। , ‘यसमा अहिले नै केही गर्न एकदमै महत्वपूर्ण भइसक्यो। मैले २४ वर्षसम्म यसमा कुरा गरेँ, तर हरेक राष्ट्रमा सकारात्मक नीति भएमात्रै समाधान हुनसक्छ,’ उनले यात्रा गर्नुअघि पत्रकारहरूसँग भने, ‘युरोपका धेरैजसो ठाउँमा अझै पनि हिउँ परिरहेको छ र दुई पाङ्ग्रामा ती बाटो हुँदै जान सजिलो पनि छैन। यो उमेरमा त्यसरी यात्रा गर्नु रमाइलो छैन। म यो किन गरिरहेको छु त? किनकि पछिल्लो २० वर्षमा ३ लाख किसानहरूले आत्महत्या गरेका छन्। भारतमा मात्रै होइन यो विश्वको हरेक ठाउँमा हुँदैछ। त्यसका कारणमध्ये एक माटोको गुणस्तर कम हुनाले हो।’ , केही समय अघि सद्गुरूसहितको टोली मानसरोवर कैलाश दर्शन गर्न हुम्ला पुगेका थिए। ,  , सद्गुरूले सुरू गरे लन्डनदेखि दिल्लीसम्मको बाइक यात्रा
एजेन्सी सोमबार चीनमा दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स र यात्रुको खोजी कार्य आज पनि जारी छ।, दुर्घटनाको २४ घन्टा बितिसक्दा पनि जहाजमा रहेका यात्रु र चालक दलका सदस्यको शव पनि फेला परेको छैन। दुर्घटनापछि जहाज र वरपरको जंगलमा आगलागी भएकाले सबै जना जलेको हुन सक्ने अनुमान गरिएको छ।, समाचार संस्था एपीका अनुसार मंगलबार दिउँसो पनि खोजी कार्य जारी छ। अहिलेसम्म जहाजका टुक्राटाक्री सँगै केही यात्रुका पर्स र आइडी कार्ड भेटिएका छन्। तीन तिरबाट डाँडाले घेरेको दुर्घटना स्थलमा खोजी गर्न अप्ठेरो भइरहेको छ।, जहाजको सबै डाटाहरू हुने ब्ल्याक बक्स पनि अहिलेसम्म भेटिएको छैन। ब्ल्याक बक्स खोज्नका लागि ड्रोनसमेत परिचालन गरिएको छ।, ब्ल्याक बक्स भेटिए जहाज के कारणले दुर्घटनामा परेको थियो भन्ने कारण पत्ता लगाउन सजिलो हुन्छ।, कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाजमा १२३ यात्रु र ९ जना चालक दलका सदस्य थिए।, फ्लाइटराडारको डाटाअनुसार उक्त बोइङ ७३७ जहाजमा २९ हजार फिट माथि उडिरहँदा समस्या देखिएको थियो।, २९ हजार १ सय फिट माथि उडिरहेको जहाज एक मिनेटभित्रै ८ हजार फिटको उचाइमा आइपुगेको थियो। केहीबेर फेरि उचाइ लिन खोजे पनि जहाज जमिनमा झरेको थियो।, दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजको ब्ल्याक बक्स खोज्न ड्रोन पनि परिचालन
सेतोपाटी संवाददाता नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। , मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरू भएको र त्यसको प्रभाव स्वरूप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए।, मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मारमा हाल ठूलो पानी पारिरहेको र दुई, तीन दिन अझै यसको वेग बढ्ने बताए।, यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने उनले उल्लेख गरे।, शुक्रबारसम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले जानकारी दिए।, सामान्य हावाहुरी र असिना पानी परे पनि ठूलो असर भने नदेखिने उनले स्पष्ट पारे।, सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असर स्वरूप छिट्टै आँधी आएको उनले उल्लेख गरे।, नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना
रासस बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ। , डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो।, कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ।, जंगलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।, बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ। बाघको मृत्युको कारण खुल्न बाँकी छ।, बर्दियाको सामुदायिक वनमा पाटे बाघ मृत फेला
एजेन्सी सोमबार चीनमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि उक्त जहाज निर्माता कम्पनी बोइङलाई अर्को धक्का लागेको छ।, लगातार बोइङ ७३७ म्याक्स मोडलका दुइटा जहाज दुर्घटनामा परेपछि तीन वर्षदेखि अमेरिकी जहाज निर्माता कम्पनीले समस्या भोगिरहेको छ।, २०१९ मार्चमा इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनामा परेपछि संसारभरिका वायुसेवा कम्पनी उक्त मोडलका जहाज ग्राउन्डेड गरेका थिए। अमेरिकी नियामक निकायले बोइङमाथि कडा निगरानी गरेका थिए। दुर्घटनामा ज्यान गुमाएका यात्रुका आफन्तले हालेकासहित अन्य मुद्दामा बोइङले करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको थियो।, २०२० अन्त्यतिरमा मात्रै अमेरिकी नियामकले उक्त मोडलका जहाज फेरि चलाउन अनुमति दिएका थिए। त्यसका लागि बोइङले जहाजको सिस्टममा केही परिवर्तन पनि गर्नुपरेको थियो। चीनले भने गत डिसेम्बरमा मात्रै बोइङ ७३७ म्याक्स जहाज चलाउन अनुमति दिएको थियो।  , चाइना इस्टर्नको ७३७-८०० एनजी मोडलको जहाज सोमबार के कारणले दुर्घटनामा परेको हो भन्ने कारण पत्ता लगाउन केही दिन होइन महिना लाग्न सक्छ। १२३ यात्रु र ९ चालक दलका सदस्यसहित दुर्घटनामा परेको उक्त जहाजको ब्ल्याक बक्स अझै फेला परेको छैन। , यो मोडलको जहाजले पछिल्ला दशकमा संसारभरि राम्रो बजार लिइरहेका थिए। सोमबारको दुर्घटनापछि बोइङको सेयर ३.६ प्रतिशतले घटेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।, २०१८ पछि राम्ररी जहाज बेच्न नसकेको बोइङले गत वर्ष ५३५ जहाजका लागि अर्डर पाएको थियो। ७३७ म्याक्स दुर्घटनाको केही महिनापछि फैलिएको कोरोनाभाइरसको महामारीले कारण बोइङलाई झन् समस्यामा पारेको थियो।  , सोमबारको दुर्घटनापछि बोइङले चाइना इस्टर्न र चिनियाँ नागरिक उड्डयन प्राधिकरणसँग नियमित सम्पर्कमा रहेको बताएको छ।, बोइङ डाटाका अनुसार ७३७-८०० एनजी मोडलका जहाज संसारभरिका आकाशमा उड्थे। सन् १९९८ देखि २०२० सम्म बोइङले यो मोडलका ५ हजार जहाज बेचेको थियो। यात्रु क्षमता र दूरीका हिसाबले धेरै एयरलाइन्सले यो जहाजलाई आन्तरिक र छोटो दूरीको अन्तर्राष्ट्रिय उडानमा पनि प्रयोग गर्थे।, बोइङका ७३७ मोडलका जहाजका लागि चीन निकै ठूलो बजार थियो। संसारभरि अहिले भएका २५ हजार यात्रुवाहक जहाजमध्ये ७३७-८०० एनजी मोडलका जहाज १७ प्रतिशत थिए। तीमध्ये चीनमा १२ सय वटा जहाज चीनमा थिए।   , चाइना इस्टर्नको जहाज दुर्घटनाले बोइङमाथि अर्को धक्का
सेतोपाटी संवाददाता ठेकेदारले सडक निर्माण नगरेको भन्दै ललितपुर सुनाकोठीका स्थानीयबासीले सडक अवरूद्ध गरेका छन्। , मंगलबार बिहानैदेखि सुनाकोठी-चापागाउँ जाने सडक स्थानीयले अवरूद्ध गरेको ललितपुर महानगरपालिका-२७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिए। , सडक कालोपत्र गर्न माग गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि प्रदर्शनमा उत्रिएका छन्।, ‘कालोपत्र नगरेसम्म बाटो बन्द, वैकल्पिक बाटो प्रयोग गर्नुहोला’ भन्ने लेखिएको प्लेकार्ड बोकेर श्रेष्ठ सडकमा उभिएका छन्।, प्रदर्शनको तस्बिर फेसबुकमा राख्दै श्रेष्ठले लेखेका छन्, ‘दिनमा हजारौं गाडी गुड्ने सुनाकोठीको बाटो दसौं वर्षदेखि यत्तिकै छ।घाममा धुलो बाक्लिँदो, बर्षामा हिलो बाक्लिँदो, सुनाकोठीका जनताहरूको स्वास्थ्यमा रोग बाक्लिँदो, पातलो न पातलो पिच गरेर कत्ति न राम्रो सडक बनाएजस्तो गरी दिनु हुने ठेकेदार महासयहरूको खल्ती बाक्लो। सबथोक बाक्लो सिर्फ पिच मात्र पातलो।पैसा त देश बनाएर पनि कमाउन सकिन्छ। देश बिगारेर पैसा कमाउने बुद्धि कहिलेसम्म बाक्लिने हो खै...।’, झन्डै डेढदेखि दुई किलोमीटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले नबनाएको भन्दै सुनाकोठीका स्थानीय आक्रोशित भएका हुन्। , ‘काम जम्मा दुई दिनको छ। तर ठेकेदारले नबनाइदिएपछि स्थानीयहरू आक्रोशित भएर आज अवरोध गरेका हुन्,’ वडाध्यक्ष महर्जनले भने, ‘डेढदेखि दुई किलोमिटरको बाटोमात्रै हो।’, उनका अनुसार सडक निर्माण गरिदिन भन्दै ठेकेदारलाई पनि बोलाइएको छ। , स्थानीयले सडक अवरोध गरेपछि कम्पनीले ‘बेस’ हाल्न माटो पनि झारिसकेको उनले बताए। , यसअघि पनि सुनाकोठीबासीले सडक निर्माण गरिदिन भन्दै सडक अवरोध गरेका थिए। , स्थानीय तथा नेवाज क्लबका अध्यक्ष निरोज महर्जनले सडक अनिश्चितकालका लागि अवरोध गरेको बताए। , ‘पटक/पटक दबाब दिँदा पनि सडक बनाएनन्। त्यसैले आज स्थानीयले बिहान आठ बजेदेखि सडक अवरोध गरेका हुन्,’ उनले भने, ‘पहिलेजस्तो साँझ परेपछि सडक खुलाउने भन्ने स्थानीयको मनसाय केही छैन।’, दबाब दिने बित्तिकै सडक निर्माण गर्न आएको भन्ने सुनेपछि आफू हेर्न जान लागेको पनि बताए। , ‘दबाब दिने बित्तिकै बनाउन आइसके रे। दबाब दिने बित्तिकै सडक निर्माण गर्न आउने कस्तो निर्माण रहेछ भनेर हेर्न जाँदैछु,’ उनले भने, ‘यसरी नै पहिले पनि दुई दिन काम गरे जस्तो गरेर स्थानीयलाई झुलाइराखेका थिए।’, उनका अनुसार ठेकेदार कम्पनीले सो सडक गत वर्षमै पीच गरेका थिए। तर सो सडक तीन महिना नबित्दै भत्कियो। जसमा दुई महिना त लकडाउन नै भएको उनले बताए। , सुनाकोठी-चापागाउँ सडक पिच गर्न माग गर्दै मदनकृष्ण श्रेष्ठ पनि प्रदर्शनमा (तस्बिरहरू)
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा विद्यार्थी सवार बसलाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिँदा ४ विद्यार्थीसहित ६ जना घाइते भएका छन्।, पूर्व-पश्चिम राजमार्गको झिलझिले डुडामारी सडक खण्डमा स्थानीय भानु माध्यमिक विद्यालयको बसलाई तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको नेपाली कांग्रेस शिवसताक्षीका उपसभापति सन्तकुमार फेवादिनले बताए। , घाइते विद्यार्थीको विर्तामोडका अस्पतालमा उपचार भइरहेको छ। , उनीहरू सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, विद्यालय छुट्टि भएर घर फर्कंदै गरेका विद्यार्थी ओराल्न रोकिएको मे १ क ८६६ नम्बरको बसलाई पछाडिबाट आएको ना ८ ख ९२१ नम्बरको ट्रकले ठक्कर दिँदा विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ। सो बसमा शिवसताक्षी १ का देवराज श्रेष्ठ,  चिरन क्षेत्री, विराज कोइराला र १ कै श्रेया पौडेल घाइते भएका छन्।, बसका सहचालक वडा नम्बर ७ का रामकुमार राई घाइते छन्। चालक भने सकुशल रहेको ट्राफिक पोष्ट झिलझिलेका इन्चार्ज गोकुल आचार्यले जानकारी दिए। विद्यालयका अनुसार करिब २५ जना विद्यार्थी उक्त बसमा सवार थिए। , ट्रक चालक विसाल ठटाल पनि घाइते छन्। उनी शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा हुन्।, विद्यार्थी ओराल्न लाग्दा ट्रकले पछाडिबाट स्कुल बसलाई दियो ठक्कर, ६ घाइते
सेतोपाटी संवाददाता कैलालीमा खतरा लेखेर सडकमा राखिएको प्रेसर कुकरभित्र गहना फेला परेका छन्।, मंगलबार बिहान गोदावरी नगरपालिका-१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन्।, गेटअगाडि शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई  जानकारी गराएका थिए।, सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली गएको थियो। प्रहरीले सेनासँग बम डिस्पोजल टोली मगायो। प्रेसर कुकर राखिएको ठाउँमा बम डिस्पोजल टोलीसहित सेना पुग्यो।, डिस्पोजल टोलीले उक्त कुकर डिस्पोज गर्दा त्यसभित्र सुनका गरगहना फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए। , ‘कसले यसरी कुकरभित्र गहना राखेको भन्नेबारे अनुसन्धान हुदैछ,’ उनले भने।, गहनासँगै फेला परेको कागजमा नवीन साहुलाई घमण्ड नगर्न र सबैसँग मिलेर बस्न सुझाव दिइएको प्रहरीले जनाएको छ।, नवीन साहुले गत मंसिर १४ गते राति घरबाट सुनका गरगहना चोरी भएको भन्दै प्रहरीमा खाजी कार्यका लागि निवेदन दिएका थिए।, उनका दम्पती काठमाडौं गएका बेला घरमा लगाएको ताल्चा, ढोका र दराज फोडेर झुम्का, औंठी, हार, तिलहरीलगायत ८ तोलाभन्दा बढी सुनका गरगहना चोरी भएको निवेदनमा उल्लेख छ।, घटना भएको अर्को दिन साहु दम्पतीले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेका बेला यसरी फेला परेका गहना उनकै हुनसक्ने अनुमान गरिएको छ।, ‘उहाँहरूले ८ तोलाको गरगहनाको बिल ल्याएर चोरी भएको गहना र चोरलाई पक्राउ गरी कारबाहीको माग गर्दै उजुरी दिनुभएको छ, अहिले चार तोला मात्रै फेला परेको छ,’ डिएसपी पोखरेलले भने।, उजुरीका आधारमा शंकास्पद व्यक्तिका अभिभावकसँग प्रहरीले सोधपुछ गरेको थियो। शंकास्पद एकजना भारत भागेको प्रहरीको भनाइ छ।  , खतरा लेखिएको प्रेसर कुकरभित्र भेटिए चार तोला सुनका गहना
नारायण खड्का दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ गाउँस्थित हरि रिजालको ड्रागन फ्रुटको फार्ममा फागुन २७ गते बेलुका ६ बजे बम फेला पर्‍यो। जतिखेर रिजाल काठमाडौंमा थिए। , फार्मभित्र बम रहेको खबर रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भई हाल तुलसीपुर ४ स्थित रिजालकै फार्ममै श्रीमती र छोरीका साथ बस्दै आएका २४ वर्षीय जनक देवकोटाले दिएका थिए। , डेढ बिगाहाको ड्रागन फार्मभित्र बम भएको खबर पाउनासाथ रिजालले तत्काल प्रहरीलाई खबर गर्न र फार्म जान जीवन भण्डारीलाई आग्रह गरे। भण्डारी जनता समाजवादी पार्टी नेपालका संघीय परिषद सदस्य मात्रै हैनन् तुलसीपुरस्थित राप्ती लाइभ केयर हस्पिटलका निर्देशक हुन्। रिजाल पार्टीका केन्द्रीय सदस्य र हस्पिटलका अध्यक्ष हुन्। , भण्डारीले रिजालले भनेजस्तै गरी प्रहरीलाई खबर गरे। प्रहरी फार्ममा पुग्यो। डिस्पोज गर्ने भनेर नेपाली सेना पनि पुग्यो। रातिमा सम्भव नभएपछि बिहानै डिस्पोज गर्ने भनेर राति १२ बजेपछि सुरक्षाकर्मी फर्किए। , तर, अर्को दिन बिहानै पुग्दा फार्म प्रवेश गर्ने गेटभित्र अर्को त्यस्तै बम राखेको फेला पर्‍यो।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले त्यतिबेलै आशंका उत्पन्न भए पनि शंकाको भरमा कसैलाई नियन्त्रणमा लिन ठिक ठानेनन्।नेपाली सेनाले डिस्पोज गर्दा ती दुबै नक्कली बम भएको पुष्टि भयो। , त्यसपछि फागुन ३० गते सोही फार्मको गेटमा अंग्रेजीमा लेखिएको चिठी फालेको अवस्थामा फेला पर्‍यो । चिठी कम्प्युटराइज्ड गरिएको थियो। , जसमा जसपाका केन्द्रीय सदस्य रिजाल र संघीय परिषद सदस्य भण्डारीलाई दाङबाट एमसिसी पास गर्न सघाएको, देश बेचुवा, अमेरिकी दलाल लगाएतको संज्ञा दिँदै ज्यान लिनेसम्मको धम्की दिइएको थियो। , चिठीको अन्त्यतिर फार्ममा काम गर्ने केटा जनक देवकोटालाई सुरक्षित स्थानमा सार्न चेतावनी पनि दिइएको थियो। , त्यसपछि चैत ६ गते बेलुकी ६ बजेतिर रिजालको मोबाइलमा म्यासेज आयो। त्यसमा ड्रागन फ्रुटको फार्ममा काम गर्ने देवकोटा आफ्नो नियन्त्रणमा रहेको जानकारी मात्रै थिएन जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई आफूहरूविरूद्ध ट्विट गर्न लगाइएको भनेर धम्कीसमेत दिइएको थियो। , सोही दिन राति साढे ११ बजेतिर फेरि अर्को म्यासेज आयो। जसमा चैत १ गते बिहान १० बजेतिर दाङ–सल्यान सडक खण्डको तुलसीपुर–३ स्थित राम्री क्षेत्रको जंगलको मूलकोटको मुहान क्षेत्रमा ५० लाख रुपैयाँ फिरौती बापतको रकम लिएर आउन चेतावनी दिइएको थियो। त्यसमा बुटवल वस्त्रालयको साहु राजेन्द्र श्रेष्ठको अपहरण पछिको हत्या प्रसंग जोड्दै प्रहरीलाई खबर गरे आफ्नो नियन्त्रणमा रहेका युवक जनक देवकोटालाई सिध्याइदिने चेतावनी थियो। , त्यो म्यासेजले रातभर रिजाल सुत्न सक्ने कुरै थिएन। , यी सबै कुरा रिजालले प्रहरी प्रशासनसँग सेयर गरे पनि प्रहरीकै आग्रहमा कुरा गोप्य राख्दै आएका थिए। इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार सोमबार लमहीको अमेलिया जंगल क्षेत्रको सडक खण्डमा फेला परेका हुन्। , ‘देवकोटाको परिवारलाई चार लाख ऋण रहेको हुँदा नाटक मञ्चन गरी सजिलै ठूलो रकम असुल्ने लालच पालेको जस्तो देखिएको छ,’ डिएसपी अर्यालले भने, ‘यसमा अरू कसैको संलग्नता छ वा छैन? त्यसबारेमा थप अनुसन्धान हुन बाँकी नै छ।’ , तर, डिएसपी अर्यालले प्रहरी नियन्त्रणमा रहेका देवकोटाकी श्रीमतीको भने घटनामा कुनै पनि संलग्नता नदेखिएको जानकारी दिए। , देवकोटालाई थप अनुसन्धान गर्न भन्दै इप्रका तुलसीपुरबाट जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बुधबार पत्रकार सम्मेलन गरी  घटनाबारे सार्वजनिक गर्ने बताएका छन्।,  , फार्ममा नक्कली बम राख्नेदेखि ज्यान मार्ने धम्कीसम्म आएको थियो फार्म सञ्चालक हरि रिजाललाई
सेतोपाटी संवाददाता एक जना महिला प्रहरीको ज्यान जाने गरी प्रहरी र सर्वसाधारणबीच हिंसात्मक झडप भएपछि मोरङको लेटाङमा जारी गरिएको कर्फ्यू केही खुकुलो भएको छ। , जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको चार किल्ला सिमानाभित्र अनिश्चितकालीन कर्फ्यू जारी राख्ने निर्णय गरेको हो।, मंगलबारको जिल्ला सुरक्षा समितिको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित कर्फ्यू जारी राखेको हो।, मोरङ प्रशासनको नयाँ निर्णय अनुसार अब बुधबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा कर्फ्यू खुकुलो हुनेछ। , लेटाङमा एक शिक्षकले आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको घटनापछि उत्पन्न तनाव र झडपमा आइतबार एक महिला प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा आक्रोशित भिडमा सहभागी एकले धारिलो हतियार प्रहार गरेका थिए। उर्मिलाको उपचारका लागि बाटो लैजाँदै गर्दा मृत्यु भएको थियो। घटनामा एसपीसहित २८ प्रहरी घाइते भएका थिए। , त्यसपछि सोमबारबाट मोरङ प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको थियो।, लेटाङमा जारी कर्फ्यू केही खुकुलो
सेतोपाटी संवाददाता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको महाधिवेशन आज हुँदैछ।, प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।, यसअघिका सहअध्यक्ष डिके ढुंगाना अध्यक्षमा सर्वसम्मत चयन भइसकेका छन्।, अरू केही पदमा पनि निर्विरोध चयन भएका छन्।, प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ।, महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन्।, प्याब्सनको महाधिवेशन आज, अध्यक्षमा ढुंगाना सर्वसम्मत
रासस इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ।, रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो।, प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।, मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो।, जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ।, इलाममा दुई हजार किलो छुर्पी बरामद
सेतोपाटी संवाददाता याक एन्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ। , भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारकै क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।, ९२ वर्षिय सराफ विगत एक महिनादेखि नयाँदिल्लीमा उपचाररत थिए।, उनको शव चार्टर्ड विमानबाट काठमाडौं ल्याएर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।, सन् १९३० मा भारतको गुवाहाटीमा जन्मिएका सराफ काठमाडौंको दुई प्रसिद्ध पाँचतारे होटल ह्यात र याक एन्ड यतीका संस्थापक तथा सञ्चालकसमेत हुन्। उनी सन् १९६३ मा भारतबाट काठमाडौं आएर नियमित रुपमा बस्दै आएका थिए।, उनका दुई छोरा उमेश र अरुण छन्।, सराफले दरबारमार्गमा सन् १९७७ मा याक एन्ड यती होटल स्थापना गरेका थिए ।, यस्तै सन् १९९० मा सराफले तारागाउँ पर्यटन विकास बोर्डको स्वामित्वमा रहेको बौद्धस्थित तारागाउँ होटल (हायात रिजेन्सी काठमाडौं) को स्वामित्व लिएका थिए।, याक एण्ड यती र ह्यातका सञ्चालक राधेश्याम सराफको निधन
सेतोपाटी संवाददाता १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट एक जना व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो कोइरी रहेका छन्।, वीरगञ्ज महानगरपालिका-१५ भीष्वा बस्दै आएका कोइरीलाई प्रहरीले सोमबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको हो।, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार ती बालिकालाई कोइरीले आफ्नो डेरामा लैजाँदै करणी गरेको खुलेको छ।, ‘विवाह गर्ने प्रलोभनमा पारेर कोइरीले नयाँ-नयाँ ठाउँमा घुमाउने भन्दै कोठामा लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ बस्नेतले भने।, पछिल्लो पटक चैत ६ गते राति १० बजे कोइरीले कोठामा लगेर पुन: करणी गरेको भन्दै अभिभावकले जाहेरी दिएका थिए।, जाहेरी परेपछि पक्राउ परेका कोइरीलाई जिल्ला अदालत पर्साबाट पहिलोपटक पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको बस्नेतले बताए।, बिहे गर्ने बहानामा १५ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी, एक पक्राउ
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएका मालवस्तु लोड भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।, पर्सा प्रहरीले मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका-८ घन्टाघरबाट ना३ख ४३५९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।, प्रज्ञापन पत्रबिना हार्डवेयर र खुद्रा मालवस्तु लोड गरी जनकपुर जाँदै गरेको उक्त ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।, ट्रक रोकेर चेकजाँच गर्ने क्रममा ४० लाख रुपैयाँ बराबरको सामान भन्सार छलेर ल्याइएको पाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश अर्यालले बताए। ट्रक र सामान मंगलबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए।, यता प्रहरीले इलामको रोङ गाउँपालिकाबाट १९ लाख रुपैयाँ बराबरको दुई हजार किलो छुर्पी बराबद भएको छ। बिना कागजात फेला परेको उक्त सामानसहित सूर्योदय नगरपालिका-२ का निमा तामाङलाई राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ।, भन्सार छलीको ४० लाखको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा आवेदन माग गरेको छ।, आज सूचना निकालेर आयोगले तहविहीन वन रक्षक पदका लागि एक सय ६७ जना माग गरेको हो।, वन रक्षक, नेपाल वन जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग भएको छ।, सबैभन्दा धेरै खुलातर्फ ९२ जना वन रक्षक माग भएको छ भने सबैभन्दा कम पिछडिएको क्षेत्रतर्फ ३ जना वन रक्षक माग गरिएको छ।, दरखास्त दस्तुर एक सय लाग्नेछ भने चैत २९ सम्म दरखास्त दिन सकिनेछ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्।, कक्षा ८ उत्तिर्ण गरेकाले पनि आवेदन दिन सक्नेछन्।, सुदूरपश्चिम लोक सेवाले माग्यो १६७ वन रक्षक
सेतोपाटी संवाददाता प्रहरी सहायक निरीक्षक (जनपद) को परीक्षामा चिट चोर्नेहरूलाई कारबाही गरिएको छ।, लोक सेवा आयोगले लिएका प्रसनि परीक्षामा अमर्यादित गतिविधि गरेको पाइएको भन्दै परीक्षार्थीहरूलाई कारबाही गरिएको हो।, ०७८ फागुन ९ र फागुन ११ मा चलेका परीक्षामा चिट चोर्ने सात जनालाई कारबाही गरिएको छ।, खोटाङका श्रीकास राई, पोखराकी अनिता खत्री, स्याङ्जाका प्रदीप नेपाली, दैलेखका यामबहादुर कामी, पाल्पाका रोशन ढकाल, बागलुङकी लालमाया पुन र जुम्लाका अग्निप्रसाद सन्ज्याललाई लोक सेवाले कारबाही गरेको छ।, उनीहरूले फिर्ता गर्नुपर्ने प्रश्नपत्र फिर्ता नगरी भोलिपल्ट मात्रै फिर्ता गरेको पाइएको, मोबाइल फोन प्रयोग गरी उत्तरपुस्तिकामा उतारेको, शौचालयमा नोट र मोबाइल फोन प्रयोग गरेको पाइएको थियो।, साथै कापी साटफेर गरेर लेखेको र नक्कली परीक्षार्थीबाट परीक्षा दिन लगाएको पाइएपछि कारबाही गर्नुपरेको आयोगले जनाएको छ। नक्कली परीथार्थीबाट परीक्षा दिन लगाउनेलाई पाँच वर्षसम्म आयोगको परीक्षा दिन नपाउने गरी निलम्बन गरिएको छ।, प्रहरीको परीक्षामा चिट चोर्नेहरूलाई कारबाही
सेतोपाटी संवाददाता निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्।, व्यवसायीले आज अघोषित रूपमा गरेको बन्दले यात्रु मर्कामा परेका छन्।, निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध गरेका छन्।, सुर्खेत काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले रातो प्लेटका सवारी साधनले यात्रु बोक्ने गरेको बताए। यसमा प्रशासनले चासो नदेखाएपछि सार्वजनिक यातायात नै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले यसबारे यातायात व्यवसायीसँग छलफल गरिने बताए।, ‘छलफलका लागि उहाँहरूलाई बोलाएका छौं, गाडी बन्द नगर्नुस् भनेका छौं,’ उनले भने।, निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा सार्वजनिक यातायात बन्द
नवीनबाबु गुरूङ काठमाडौं उपत्यकामा तपाईँ तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार रहनुहोला।, अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध बिहान, दिउँसो र राति जुनसुकै बेला कारबाही गर्ने भएको छ।, तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो।, महाशाखाका अनुसार कोटेश्वर–सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा उक्त अभियान थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ,*,उमेशराज जोशीले जानकारी दिए।, पछिल्लो समयमा त्यस्तै चौडा सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ। त्यसैले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको उनको भनाइ छ।, यसअघि दिउँसो जाँचसहित तीव्र गतिमा सवारी चलाउने ३५/४० जना चालकलाई लेजर गनमार्फत कारबाही हुँदै आएको थियो। उक्त अभियानलाई दिउँसोमा थप प्रभावकारी बनाउँदै अब भने रातको समयमा पनि ‘नाइट भिजन लेजर स्पिड गन’ मार्फत कारबाही गर्न सुरू गरेको हो। , लेजर स्पिड गनको प्रयोगले तीव्र गति नियन्त्रणका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। , महाशाखाले लापरवाहीका साथ सवारी नचलाउन सवारी चालकलाई अनुरोध पनि गरेको छ।, दैनिक बिहान दिउँसो र बेलुका ट्राफिक प्रहरीले सवारी साधनको गति मापन गर्दै तिब्र गतिको सवारी साधनलाई आवश्यक कारबाही गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ। , यहाँ ५० किलोमिटर प्रतिघन्टा भन्दा धेरै गतिमा सवारी हाँके ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ। दुर्घटना न्यूनीकरणको लागी ट्राफिक प्रहरीले सिमीत गतिमा सवारी हाक्न अनुरोध गर्ने गरेको छ।  , हेर्नुहोस् तस्बिरहरू, सम्पादकीय नोट : ,यसअघि समाचारमा ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। यसले पाठकमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं। ,- सम्पादक,  , तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? कारबाहीमा परिएला ! (तस्बिरहरू)
सेतोपाटी संवाददाता स्थानीय निकायको निर्वाचनका लागि एक दिनमा ३० हजार आवेदन परेको छ।, प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीको भर्ना खोलेको छ।, भर्ना खुल्ला गरिएको पहिलो दिन आइतबार ३० हजार २९९ आवेदन परेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए।, म्यादी प्रहरी भर्नाका लागि हरेक जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ। प्रधान कार्यालयले एक लाख जना म्यादी प्रहरी भर्ना गर्ने अनुमति पाएको छ।, म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउँछन्। म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ।, म्यादी प्रहरी बन्न पहिलो दिन ३० हजारले दिए आवेदन
सेतोपाटी संवाददाता चितवनको माडीस्थित एक विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।, माडी-१ मा रहेको सोमेश्वर उच्च माविमा कक्षा-९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुरज लामिछाने पक्राउ परेका हुन्। , माडी-५ का ३७ वर्षीय लामिछाने उक्त विद्यालयमा लेखा विषय पढाउने गर्थे। , नाबालिकाको आफन्तले दिएको जाहेरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।, परिवारको जाहेरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको अधिकारीले बताए।, शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले विद्यालयमा प्रदर्शन पनि गरेका थिए। उनीहरूले इलाका प्रहरी कार्यालय माडीमा उजुरी पनि दिएका थिए।, माडीमा सहमति गरेर मुद्दा टुंग्याउने प्रयास गरिएपछि जिल्ला प्रहरीमा जाहेरी दिइएको बालिकाको परिवारले बतायो।, छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। , ३८ वर्षीय भारतीय नागरिक सुभम मेरालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। , मेरालाई आइबार  विमानस्थलको आगमन टनेलमा पक्राउ गरेको हो।, मेरामाथि शंका लागेपछि प्रहरीले उनलाई आगमन टनेलमा नियन्त्रणमा लिएको थियो। सुन ल्याएको हुनसक्ने आशंका पछि उनलाई शौचालय लगिएको थियो। , शौच गर्न लगाउँदा उनले मलद्वारमा एक किलो २६८ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। , प्रहरीका अनुसार मेरा दुबईबाट नेपाल एयरलाइन्सको जहाज चढेर काठमाडौं आएका थिए।, बरामद भएको सुन अर्ध ठोस भएको श्रेष्ठले बताए। , प्रहरीले घटनाबारे थप अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ। , एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ।, वि.सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीबाट सडक विस्तारको शिलान्यास गरेका थिए।, सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएको सो सडक पुनर्निर्माणको प्रगति भने निराशाजनक छ। , बुटवल-नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जंगल एवं ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ।, एक सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ। सडक विस्तारको ९० प्रतिशतभन्दा बढी काम सक्नुपर्ने समयमा बल्ल करिब १० प्रतिशत काम सकिएको छ।  , तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल खण्डलाई गैंडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो।, गैंडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने—बुटवल ४९ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले दुवै खण्डको ठेक्का पाएर काम अगाडि बढाइरहेको छ। , सडक विस्तार सुरू भएदेखि नै कामले गति लिन सकेको छैन। कछुवाका गतिमा अगाडि बढेको सडक विस्तारको काम सुरू भएदेखि यात्रुले सास्ती खेप्दै आइरहेका छन्।, सडक विस्तारको काम भएसँगै गैंडाकोट क्षेत्रमा साना पक्की पुल (माइनर ब्रिज) निर्माणका लागि सडक डाइभर्सन गर्ने काम सुरू भएको थियो। सडक विस्तारको काम सुरू भएपछि बिग्रिएको –भत्किएको बाटो मर्मतको कामसमेत ठप्प भयो। , सडक भत्किएका ठाउँमा मर्मत नहुँदा यात्रु मात्रै नभएर स्थानीयबासीले समेत सास्ती खेप्दै आएका छन्।, यस खण्डमा दैनिक सवारी साधन चलाउने चालक तथा साना व्यवसायी बाटाको कारण दिक्क भएको स्थानीय व्यवसायी विवेक थापाले बताए।, नारायणगढबाट अटोमा सामान ल्याएर मुकुन्दपुरमा व्यवसाय गर्दै आएका उनले सो सडकका कारण दैनिक आवतजावतमा निकै समस्या परेको गुनासो गरे।, ‘यो सडक दैनिक हिँड्नुपर्छ, सामानसहितको अटो डाइभर्सनमा बिग्रँदा समस्या पनि हुने गरेको छ’, थापाले भने, ‘सडकको दूरवस्थाका कारण मेरो अटोसमेत पटक पटक बिग्रिन थालेको छ।’ , बुटवल–नारायणगढ सडक खण्डको वन क्षेत्रमा सबभन्दा बढी समस्या भएको उनको भनाइ छ।, खाल्डाखुल्डीमा सवारी साधन गुडाउँदा चाँडै बिग्रिने तथा सवारी साधनमा समस्या आइरहने थापाले बताए।, कामका लागि मोटरसाइकलमा यात्रा गर्न नै अप्ठ्यारो हुने गरेको स्थानीयबासी शंकर आचार्यले गुनासो गरे।, ‘नजिकै नारायणगढ बजार भएका कारण किनमेलमा निस्कन तथा कार्यालय जानका लागि सधैं मोटरसाइकल प्रयोग गर्ने गरेको छु’, आचार्यले भने, ‘धुलाका कारण मोटरसाइकलमा यात्रा गर्नै समस्या हुने गरेको छ।’, विस्तारको क्रममा रहेको सडक चाँडै निर्माण भएर सहज यात्रा गर्न पाउने दिन आशामा आफूहरूको दिन बित्ने गरेको आचार्यले बताए। , ‘यो सडक भएर दैनिक हिँड्नुपर्छ, जङ्गल क्षेत्रमा त बिग्रिएको सडकमा पानी समेत हाल्दैनन्’, आचार्यले भने, ‘जसका कारण धुलो उडेर मोटरसाइकल चलाउनै समस्या हुन्छ भने शरीरमा लगाइएको लुगा पनि मैलो हुन्छ।’, निर्माणाधीन सडक भएर यात्रा गर्ने यात्रका साथै स्थानीयबासी धुवाँ र धुलोका कारण आजित भएका छन्।, सडक विस्तारका क्रममा केही स्थानमा पानी हालेर धुलो उड्न नदिइने गरेको भए पनि सबै ठाउँमा पानी नहाल्दा समस्या हुँदै आएको छ। , पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो उड्ने समस्याले राजमार्ग नजिक घर हुने बासिन्दा तथा व्यापारीलाई धेरै असर गर्ने गरेको गैंडाकोट–१० का व्यवसायी विष्णुप्रसाद पौडेलले बताए।, सडकबाट उडेको धुलो पसलमा गएर थुप्रिँदा व्यापार व्यवसायमा समेत प्रत्यक्ष रूपमा असर परेको पौडेलको भनाइ छ।, ‘जंगल नजिकै हाम्रो पसल छ, यही ठाउँमा धेरै स्थानमा डाइभर्सन निर्माण गरिएका कारण पनि असाध्यै धुलो उड्ने गरेको छ’, पौडेलले भने, ‘सडकमा उडेको धुलो पसलमा आउँदा ग्राहकसमेत पसलमा किनमेलका लागि आउन छाडिसकेका छन्।’ , सडक विस्तारको काम सुरू भएको केही महिनापछि नै कोभिड-१९ को महामारीका कारण सडक निर्माण प्रभावित बन्न पुग्यो।, पहिलो लहरका बेलामा सडक विस्तारको काम निकै प्रभावित भएको थियो।, सडक विस्तारमा खटिएका मजदुरले बेलाबेलामा विभिन्न माग पनि राख्दै निर्माणको काम नै ठप्प पारे।, राष्ट्रिय गौरवको आयोजना बुटवल–नारायणगढ सडक विस्तारमा ढिलाइ हुँदा बर्खामा बाढीका कारण डाइभर्सन बग्नाले समेत यात्रुले निकै दुःख पाएका थिए।, पटक–पटक डाइभर्सन नै बगेर  राजमार्ग बन्दको सास्ती पनि धेरै बेहोर्नुपरेको छ। समय हुँदा काममा आलटाल र ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले अब निर्माणको म्याद थप्नुपर्ने भन्दै हारगुहार गरिरहेको छ। , विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुने क्रमको सुरूआत गरिएको थियो।, एसियाली विकास बैंक(एडिबी)का ऋण सहयोगमा विस्तार सुरू भएको सडक निर्माणको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ। लागतको ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै लगानी छ।, दुई प्याकेजमा निर्माण भइरहेको सडकको गैंडाकोट–दाउन्ने सडकखण्डमा पर्ने ६५ किमी खण्डको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ। , नेपालको पूर्वपश्चिम फैलेको ‘महेन्द्र राजमार्ग’ले  रूपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तीन जिल्लालाई छोएको छ।, सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रूख कटान, निकास निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको नारायणगढ –बुटवल सडक योजनाका प्रमुख रमेशकुमार दिष्टीले बताए।, सडकको पूर्वी खण्डमा हालसम्म रु ६५ करोड तीन लाख लाख मात्रै खर्च भएको जनाइएको छ। , ‘समयमा निर्माणको काम नसक्ने भएपछि निर्माण कम्पनीले म्याद थपको माग गरेको छ’, योजना प्रमुख दिष्टीले भने,‘म्याद थपका लागि सम्झौतामा भएको प्रावधान अनुसार निर्माण कम्पनीले म्याद थप गर्नुपर्ने कारणसहितको कागजात पेस गरेको छ, यसबारे हामी अध्ययन गरिरहेका छौं।’ , एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक खण्डमा नेपालमै पहिलो पटक वन्यजन्तु वारपार गर्न ओभर पास निर्माण गरिने दिष्टीले बताए।, सो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ओभर पास निर्माण गर्ने तयारी गरिएको हो।, सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा पर्ने होङ्सी जक्सनमा वन्यजन्तु वारपार गर्ने गरी ओभर पास निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको दिष्टीले जानकारी दिए।, ‘यहाँ ओभर पास निर्माण भयो भने यो नेपालमै पहिलो ओभर पास हुनेछ’, दिष्टीले भने, ‘सो क्षेत्र वन्यजन्तु हिँडडुल गर्ने महत्वपूर्ण मार्गका रूपमा रहेकाले ओभरपास निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको हो।’ , नारायणगढ –बुटवल सडक योजनाको पूर्वी खण्डका आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ।  , चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जङ्गल महाभारत पर्वत शृङ्खलासँग जोडिएका स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको उनको भनाइ छ।, यहाँ उत्तर दक्षिण हुँदै बग्ने पानीको बहाबलाई राजमार्गले काटेको छ।  भूबनावटका कारण राजमार्गका विभिन्न ठाउँमा साना कल्भर्ट(सेतुमार्ग) निर्माण भएका छन्।, पछिल्लो समय सहरीकरणसँगै राजमार्गका छेउमै घर बन्दा कल्भर्ट तथा राजकुलो पुरिएका कारण बर्खामा समस्या थपिएको दिष्टीले बताए। , नारायणगढ–बुटवल सडक खण्ड विस्तारअन्तर्गत पूर्वी खण्डमा १२ ठूला पुल (मेजर ब्रिज) र साना २२  (माइनर ब्रिज) बन्ने छन्।, साना पुल सबै नयाँ बन्ने गरी निर्माणको काम अगाडि बढेकामा अहिले १५ वटाको काम भइरहेको छ।, ‘ठूला पुलको बेसमेन्टको काम सुरू भएको छ। त्यस्तै साना पुलमध्ये सात वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ’, दिष्टीले भने।, त्यसैगरी सडकका विभिन्न स्थानमा २१५ कल्भर्ट निर्माण हुनेछन्।, अहिले १०० भन्दा बढी स्थानमा कल्भर्ट निर्माणको काम भइरहेको छ। सडक विस्तारका लागि करिब ३५ हजार रूख कटान हुने दिष्टीले बताए। , सरकारसँग भएको सम्झौतानुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले आगामी २०७९ साउन २२ सम्म सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।, हस्तान्तरण गरिएको एक वर्षसम्म सडक बिग्रिएमा निर्माण कम्पनीले बनाउनुपर्नेछ। त्यस्तै, एक वर्षपछि थप चार वर्षसम्म सडक बिग्रिएका अवस्थामा ‘परफमेन्स बेस मेन्टिनेन्स’ (काम गरेअनुसार सम्भार करार) का आधारमा सडक निर्माण गर्नुपर्ने र सडक मर्मतको रकम ठेक्का सम्झौता भएको समयका आधारमा भुक्तानी हुनेछ। , दोस्रो लहरको कोरोना सङ्क्रमणपछि भने सडक विस्तारको कामले तीव्रता पाएको छ।, पछिल्लो तीन महिनाका अवधिमा सडक विस्तारको कामले गति लिएको नवलपरासी–बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।, सडक विस्तारको काम गुणस्तरीय हुनेगरी गर्न दबाब दिइएको घिमिरेको भनाइ छ।, पहिले काम गरेको अवस्था र अहिले भइरहेको अवस्था देख्दा चाहिँ कामले गति लिनेमा आशावादी हुन सकिने उनको भनाइ छ। , सडक विस्तारका क्रममा पुल बनाउन गरिएको डाइभर्सनलाई निर्माण पक्षले पिच नगरे पनि पानी हालेर धुलो उड्न नदिने वातावरण सिर्जना गर्नुपर्ने भए पनि सडकमा कहिले धेरै पानी हालेर हिलो बनाउने अनि कहिले पानी नै नहालेर बुङबुङ्ती धुलो उडाउने गरेको छ।, ‘धुलो उड्ने स्थानमा पानी हालेर उड्न नदिने भन्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौतालाई खासै चासो नदिएको गुनासो आइरहेको छ’, घिमिरेले भने, ‘डाइभर्सन गरिएका स्थानको धुलो बाटामा पानी नै नहाल्ने र हालेका अवस्थामा धेरै पानी हाल्दा सवारी साधन गुड्नै अप्ठ्यारो हुने गरेको समेत हामीले देखेका छौं।’, सबै समस्या समाधान हुने गरी चाँडो निर्माणको काम सम्पन्न गर्न निर्देशन दिइएको घिमिरेले बताए। , चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीच हरियाली हुनेछ।, तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ। हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात–सात मिटर हुनेछ। बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ।, बजार क्षेत्रको १७.६ किमी सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ।, बजार क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ।, सडकको ४२.७ किमी खण्ड चार लेन तथा दाउन्ने खण्डको चार किमी सडक तीन लेनको हुनेछ। दाउन्ने खण्डको उकालामा थप एक लेन सडक निर्माण हुनेछ।, चाइना स्टेट कन्स्ट्रक्सनका डेपुटी कन्ट्याक्ट म्यानेजर राजेश झाले आगामी २०२४ अगस्टसम्म म्याद थपका लागि निवेदन दिएको बताए।, ‘हामीले सन् २०२४ अगस्टमा काम सक्ने गरी म्याद थपको माग गरेर निवेदन दिएका छौं’, झाले भने, ‘निवेदन दिइएको एक महिना बढी भयो, परामर्शदाता कम्पनीले हाम्रो निवेदन र कामको मूल्याङ्कन गर्दैछन्।’, दुई वर्ष म्याद थप भएका अवस्थामा सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ। , ‘कति म्याद थप हुन्छ भन्नेबारे अहिले अध्ययन भइरहेको छ भन्ने हामीले बुझेका छौं’,  झाले भने, ‘बीचमा विभिन्न कारणले काममा ढिलाइ भए पनि अहिले तीव्र गतिमा काम अगाडि बढिरहेको छ।’, विस्तारको काम भइरहेका सडकमा धुलो उड्न नदिन बाटामा नियमित पानी छर्किने काम भइरहेको झाको भनाइ छ।, ‘अहिले होलीका कारण ट्याङ्कर ड्राइभर बिदामा भएकाले सडकमा पानी छर्किने काम कम भएको हो’, झाले भने, ‘हामी दैनिक बिहान र बेलुका सडकमा पानी छर्केर धुलो नउड्ने वातावरण गराउन लागिपरेका छौं।’ , गर्मी बढेको र  सडकमा अत्यधिक सवारी साधन गुड्ने भएकाले ट्याङ्करबाट पानी हाल्नेबित्तिकै पानी सुकेर धुलो उड्ने गरेको जनाइएको छ। , बुटवल-नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै
सेतोपाटी संवाददाता सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ६ स्थित शंखमूल पार्कको उद्घाटन गरिएको छ। , नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आइतबार शंखपार्कको उद्घाटन गरेका हुन्।, गाउँपालिकाको डेढ करोड बढी लगानीमा पार्क निर्माण गरिएको हो। सतिदेवीको अन्तिम अंग पतन भएपछि शिव भगवानले यही शंखमूलको पानीमा स्नान गरी कैलाश पर्वततर्फ लागेको श्री स्वस्थानी व्रतकथामा उल्लेख छ। , शंखपार्कको उद्घाटन गर्दै नेता महतले शंखपार्क निर्माणले सल्यानलाई नेपाल र विश्वभर चिनाउन तथा धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुग्ने चर्चा गरे। , ‘असल नेतृत्व भए स्थानीय आवश्यकता र महत्व बुझेर अगाडि बढ्न सजिलो हुने रहेछ,’ महतले भने, ‘छत्रेश्वरीले एउटा उदाहरणीय कार्य गरेर आफ्नो विगतको मेटिएको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ।’, कार्यक्रममा सल्यानबासी लोकगायक कृष्ण रेउलेले प्रस्तुति राख्दा कांग्रेस प्रवक्ता महत, केन्द्रीय सदस्य राजीवविक्रम शाह, गाउँपालिका अध्यक्ष सन्तोष केसीलगायत सर्वसाधारण नाचेका थिए। , ‘शंखपार्क उद्घाटन समारोह निकै उल्लासपूर्ण रह्यो,’ अध्यक्ष केसीले भने, ‘केन्द्रीय नेतादेखि स्थानीय सर्वसाधारण खुबै रमाउनु भयो।’, पार्क निर्माणपछि स्थानीय सर्वसाधारण निकै खुसी भएको अध्यक्ष केसीले दाबी गरे।,  , यो पनि:, डेढ करोड बढी लगानीमा सल्यानमा शंख पार्क, सल्यानको शंखमूल पार्क उद्घाटन
एजेन्सी चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ।, युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।, जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ। , जहाजमा १३३ जना यात्रु रहेको बताइएको छ। अधिकारीहरूले उद्धारको काम भइरहेको बताएका छन्।, घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।, चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटनामा
एजेन्सी भारतको राजधानी नयाँदिल्लीबाट कतारको दोहाका लागि उडेको कतार एयरवेजको जहाज सोमबार पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गरिएको छ।, द हिन्दु समाचार पत्रका अनुसार कतार एयवेजको फ्लाइट नम्बर क्युआर ५७९को जहाज स्थानीय समयअनुसार ३:४० मा दिल्लीबाट उडेको थियो। बिहान ७ बजेतिर आपतकाल घोषणा गरेर उक्त जहाज कराँची डाइभर्ट भएको थियो।, जहाजको कार्गो होल्डमा धुँवा निस्किएपछि जहाज डाइभर्ट गर्नुपरेको कतार एयरवेजले जनाएको छ।, जहाज कराँची विमानस्थलमा अवतरण हुँदा आपतकालीन उद्धारको सबै तयारी भइसकेको थियो।, सबै यात्रुहरूलाई सकुशल जहाजबाट निकालियो। घटनाबारे अनुसन्धान भइरहेको कतार एयरवेजले जनाएको छ।  , दिल्लीबाट दोहा उडेको कतार एयरवेजको जहाज कराँचीमा आकस्मिक अवतरण
सेतोपाटी संवाददाता बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। , सुर्नया गाउँपालिका-३ की २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।, आइतबार राति पाटन नगरपालिका–६ दशरथचन्द राजमार्ग अन्तर्गत से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो। दुर्घटनामा घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। , दुर्घटनामा सुर्नया गाउँपालिका–३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएको प्रहरी निरीक्षक शाहीले बताए। , उनीहरू पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेका थिए। मिनी ट्रक सडकको नालीमा पल्टिँदा दुर्घटना भएको हो।, पाटन नगरपालिका–४ का मिनी ट्रक चालक वीरेन्द्र खत्री फरार रहेको प्रहरी निरीक्षक शाहीले बताए।, उनका अनुसार माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। , त्यस्तै विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।, बैतडीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका छिन्चु बजार तनावग्रस्त बनेको छ।, चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो।, वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाईकललाई पछाडिबाट गएको भे १ ख ३१०२ नम्बरको टिप्परले ठक्कर दिएको थियो।, दुर्घटनामा घाईते भएकी पुलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा सोही दिन मृत्यु भएको थियो।, मृतकका आफन्तले राहतसहित दोषीलाई कारबाहीको माग गर्दै सोमबार दिउँसो १२ बजेदेखि छिन्चु बजार बन्द गराएका छन्।, बजार क्षेत्रको व्यवसायसँगै सुर्खेत–नेपालगञ्ज सडक समेत बन्द गराइएको छ।, टिपर र चालक बर्दियाको बासंगढी नगरपालिका–५ का ३१ वर्षीय राजु थापा मगरलाई प्रहरीले नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।, मोटरसाइकल चालक लेकवेशी–८ का २० वर्षीय मिलन विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।, टिपरको ठक्करबाट युवतीको मृत्युपछि सुर्खेत तनावग्रस्त, यातायात र व्यवसाय बन्द
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि आफन्तले बन्द गराएको सुर्खेतको छिन्चु बजार र सुर्खेत-नेपालगञ्ज राजमार्ग खुलेका छन्।, सहमतिको नजिक पुगेपछि आफन्तले बजार र यातायात खोलेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।, ‘यहाँ जिल्ला प्रहरीमा सबै पक्षबीच छलफल भएको थियो। लगभग सहमति भइसकेपछि उहाँहरूले आन्दोलन फिर्ता लिनुभएको हो,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने, ‘सहमति केके भयो भन्ने आइसकेको छैन।’, वीरेन्द्रनगर प्रवेश गर्ने सुर्खेतको मुख्य नाका छिन्चु बजार सोमबार दिउँसोदेखि तनावग्रस्त बनेको थियो।, चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो।, वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाइकललाई पछाडिबाट गएको भे १ ख ३१०२ नम्बरको टिप्परले ठक्कर दिएको थियो।, दुर्घटनामा घाइते भएकी पुलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा सोही दिन मृत्यु भएको थियो।, मृतकका आफन्तले क्षतिपूर्तिसहित दोषीलाई कारबाहीको माग गर्दै सोमबार दिउँसो १२ बजेदेखि छिन्चु बजार बन्द गराएका थिए।, प्रहरीले टिपर र चालक बर्दियाको बाँसगढी नगरपालिका–५ का ३१ वर्षीय राजु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मोटरसाइकल चालक लेकवेशी–८ का २० वर्षीय मिलन विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।, युवतीको मृत्युपछि बन्द गरिएको छिन्चु बजार र राजमार्ग खुल्यो
एजेन्सी चीनमा सोमबार यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ।, युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।, चीनको नागरिक उड्डयन प्राधिकरणले जहाजमा १२३ जना यात्रु र ९ जना चालक दलका सदस्य रहेको पुष्टी गरेको छ।, दुर्घटनामा पहाडको जंगलमा आगो लागेको भिडिओ चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले इन्टरनेटमा राखेका छन्।, #LATEST, A China Eastern Airlines's Boeing 737 plane carrying 132 people crashed, confirmed by Civil Aviation Administration of China. ,pic.twitter.com/c6pVSNENnd, — Shen Shiwei 沈诗伟 (@shen_shiwei) ,March 21, 2022, ग्लोबल टाइम्सका अनुसार स्थानीय समयअनुसार दिउँसो सवा १ बजे कुनमिङबाट उडेको जहाज तीन बजेर ७ मिनेटमा ग्वान्जाओ पुग्ने समय तालिका थियो।, साढे ६ वर्षदेखि उडान थालेको उक्त जहाजमा १६२ सिट थिए।, चीनले पछिल्लो समय हवाई उड्ययनलाई निकै सुरक्षित बनाएको थियो। सोमबारको दुर्घटना वर्षौंपछि चिनियाँ आकाशमा भएको ठूलो दुर्घटना हो।     , जंगलमा दुर्घटना भएको चिनियाँ जहाजमा थिए १२३ यात्रु र ९ चालक दलका सदस्य
सेतोपाटी संवाददाता नाबालिग बलात्कार उजुरी परेपछि तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको छ।, तनहुँ प्रहरीले अनुसन्धान पूरा गरेर रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले जानकारी दिए। , ‘प्रहरीबाट रायसहित अनुसन्धान मिसिल आएको छ, हामीले अध्यनय गर्दैर्छौं,’ शर्माले सेतोपाटीसँग भने, ‘भ्याएसम्म आजै मुद्दा दर्ता गर्छौं, नभ्याए भोलि।’, एक नाबालिग गायिकाले एक वर्षदेखि नायक शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन्। नाबालिगका परिवारले फागुन ११ गते उजुरी दिएपछि शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए। , पीडित नाबालिगले फागुन १५ गते नै नवलपुरमा प्रहरीमा समेत बलात्कार उजुरी दिएकी थिइन्।, नवलपुर प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बलात्कार मुद्दा दायर गरिसकेको छ।, नवलपुरस्थित एक रिसोर्टमा एक वर्षअघि भएको बलात्कारको मुद्दा दायर गर्ने हदम्याद सकिनै लागेकाले नवलपुरले छिटो मुद्दा दायर गरेको प्रहरीले जनाएको छ। , नवलपुरमा दर्ता भएको अभियोगपत्रमा शाहलाई अधिकतम सजाय माग गरिएको छ। , फागुन १५ गते प्रहरी नियन्त्रणमा पुगेकाका शाहलाई त्यही दिन ७ दिन, फागुन २१ गते १२ दिन र चैत ४ गते ५ दिन म्याद थप गरेको थियो।, पल शाह प्रकरणको अनुसन्धान सकियो, मुद्दा दर्ता गर्ने तयारी
सबिना श्रेष्ठ सम्पादकीय नोट: हामीले सहरको कथा शृंखलाअन्तर्गत काठमाडौंबाट ३२ किलोमिटर दुरीको पनौतीबारे १२ वटा स्टोरी प्रकाशन गरिसकेका छौं। यसमध्ये ११ वटा स्टोरी सेतोपाटी संवाददाता सबिना श्रेष्ठको रिपोर्टिङमा आधारित छन् भने शृंखलाको अन्तिम स्टोरी पनौतीमाथि लामो अनुसन्धान गरेका फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँले आफ्नो अनुभवका आधारमा लेखेको लेख हो।, यो शृंखलामा प्रकाशित सबै १२ वटा स्टोरी पढ्नुहोस् एउटै पिडिएफमा:, एउटै पिडिएफमा पढ्नुहोस् पनौती सहरका १२ कथा
राजु अधिकारी आफूसँगै दिनरात कर्तव्य पालनामा खटिने साथीलाई अन्तिम बिदाइ गर्नुपर्दा प्रहरी जवान उर्मिला श्रेष्ठका सहकर्मीहरू सोमबार भावुक देखिन्थे। कोशी अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिँदा भेला भएका प्रहरीहरू मलिन अनुहार लिएर कार्यक्रममा सहभागी थिए।, मोरङको लेटाङ तनावमा ज्यान गुमाएकी उर्मिलालाई प्रहरी संगठनले अन्तिम बिदाइ गरेर शव परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रहरी संगठनले अन्तिम सलामी अर्पण गरेको थियो।, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार जिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए।, प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिवारले शव लिएर गएको छ। उनको अन्त्येष्टि उदयपुरमै गर्ने तयारी छ।, एकपछि अर्को यौनहिंसाका घटनाको दुष्चक्रमा पर्दै आएको मोरङमा फेरि त्यस्तै घटना नै प्रहरी जवान उर्मिलाको ज्यान लिने मुख्य कारण बनेको थियो। स्थानीयबासी र प्रहरीसहित दर्जनौं घाइते हुने र सिंगो गाउँ कर्फ्यूको कहरमा रहनुपर्ने कारक पनि यही घटना नै भयो।, यो उत्तरी मोरङको लेटाङ–५ को घटना हो, जहाँ एक शिक्षकले आफ्नै छात्रामाथि गरेको दुर्व्यवहार यति ठूलो तनावको कारण बन्यो। आइतबार प्रहरीको ज्यान जाने गरी भीडन्त भएको लेटाङमा सोमबार दिनभर प्रशासनले कर्फ्यू आदेश जारी गर्नुपर्यो। ‘हामी गाउँमै छौं, कर्फ्यूले सबै घरघरै थुनिएको अवस्थामा छौं,’ लेटाङ-५ का वडाध्यक्ष भुमसूर्य मगरले भने, ‘गाउँ अझै पनि आतंककै छायामा छ।’, लेटाङमा आइतबार भएको घटनामा दर्जनौं प्रहरी र गाउँले घाइते भएका थिए। यो घटनापछि लेटाङ क्षेत्रमा प्रहरीको बाक्लो पहरा छ। गाउँमा सन्नाटा जस्तो अवस्था व्याप्त रहेको वडाध्यक्ष मगरले जानकारी दिए।, उर्मिला २०७६ साउन १ गते प्रहरी  सेवामा प्रवेश गरकी हुन्।  १ नम्बर  प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङको तनाव साम्य पार्न त्यसतर्फ लागेको थियो। तर, फर्कंदा उनका अरू साथीहरू घाइते थिए भने उनको भने शवमात्रै फर्किएको थियो।, तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए। त्यही क्रममा तनाव बढेपछि  भीडबाट कसैले उर्मिलाको घाँटीमा चक्कु प्रहार गरेको प्रहरी भनाइ छ। घाँटीमा गहिरो चोट बोकेकी उर्मिलाको बाटैमा निधन भएको थियो।, यो पनि:, लेटाङमा बिलायो प्रहरी जवान दम्पतीको सँगै बस्ने सपना , विराटनगरमा प्रहरीले गर्‍यो उर्मिलाको अन्तिम बिदाइ, उदयपुरमा अन्त्येष्टि गरिने
एजेन्सी सोमबार दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका १२३ यात्रु र ९ जना चालक दलका सदस्य सबैको मृत्यु भएको आशंका गरिएको छ।, साउथ चाइना मर्निङ पोष्टका अनुसार दुर्घटनास्थलमा पुगेका स्थानीयले जहाजका केही टुक्राटाक्री मात्रै फेला पारेकाले सबै मारिएको हुन सक्ने बताएको छ। चिनियाँ अधिकारीहरूले भने अहिलेसम्म मृतकको संख्याबारे औपचारिक जानकारी दिएका छैनन्।, फ्लाइटराडारको डाटाअनुसार उक्त बोइङ ७३७ जहाजमा २९ हजार फिट माथि उडिरहँदा समस्या देखिएको थियो।, २९ हजार १ सय फिट माथि उडिरहेको जहाज एक मिनेटभित्रै ८ हजार फिटको उचाइमा आइपुगेको थियो। केहीबेर फेरि उचाइ लिन खोजे पनि जहाज जमिनमा झरेको थियो।, स्थानीयले जहाजका कारण जंगलमा आगो लागेको बताएका छन्।, चिनियाँ राष्ट्रपति सी चिनफिङले दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गर्दै उद्धारमा तदारूकताका साथ खटिन हवाई सुरक्षामा ध्यान दिन निर्देशन दिएका छन्।, २९ हजार फिट माथिबाट खसेको थियो चाइना इस्टर्नको जहाज, १३२ कै मृत्यु भएको आशंका
युवराज श्रेष्ठ घरजग्गा बिक्री गर्न नमानेको भन्दै छोराले आफ्नै आमाको हत्या गरेका छन्।, आमाको हत्या गर्न साथीलाई एक लाख रुपैयाँ दिने प्रलोभन समेत दिएको प्रहरी अनुसन्धानमा खुलेको छ।, पोखरा–१२ शितलादेवीमा घरमै सुतिरहेको अवस्थामा छोरा ओमबहादुर नेपालीले आफ्नी ६७ वर्षीया आमा नौमाया नेपालीको हत्या गर्न साथी कुमार गुरूङलाई एक लाख रुपैयाँ प्रस्ताव गरेको प्रहरीले बताएको छ।, मध्यरातसम्म मदिराले लठ्ठ ओमबहादुर र कुमारले राति सुतिरहेको अवस्थामा आमा नौमायाको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।, आमा सुतिरहेको कोठाको चुकुल खोलिदिएर ओमबहादुरले आमाको हत्या गर्न कुमारलाई घरभित्र पठाएका थिए। नौमायाको हत्यापश्चात् ओमबहादुरले एक लाख रुपैयाँ दिने प्रस्ताव गरेको कुमारले प्रहरी बयानमा स्वीकार गरेका छन्। , कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार चैत ४ गते बिहान छोरा ओमबहादुरले नै आमाको हत्या भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।  , ‘म घरमा नभएको बेला आमाको कसले हत्या गर्‍यो भनेर ओमबहादुरले हामीलाई खबर गरे,’ डिएसपी तिवारीले भने, ‘अनुसन्धान गर्दै जाँदा उनै ओमबहादुरको योजनामा हत्या भएको रहेछ।’, छरछिमेकमा समेत आमाको हेरचाह गरेको छवि बनाएका ओमबहादुरलाई यसअघि कसैले पनि आमाको हत्या गरेको शंका गरेका थिएनन्। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरू दुबै जनाले कसुर स्वीकारेको डिएसपी तिवारीले बताए।, हत्या हुनुभन्दा केही दिनअघि नै ओमबहादुरले आमाको हत्या गर्न कुमारलाई एक लाख दिनेगरी सहमति गरेका थिए।, प्रहरीका अनुसार आमाको हत्यापश्चात् घरजग्गा बिक्री गर्ने र त्यसपछि रकम भुक्तानी दिने उनीहरूको सहमति थियो। , ओमबहादुरले घटनाका बारेमा जानकारी गराएपछि घटनास्थल पुगेका प्रहरीले आमाको मृत्यु नभई हत्या भएको आशंका गरेको थियो।, आमाको घाँटी थिचिएको डाम बसेको थियो भने अनुहारमा आलो घाउ देखिएको डिएसपी तिवारीले बताए। , घटनापश्चात् प्रहरीले छरछिमेकमा बुझ्दा नौमायाको हत्याबारे कसैले पनि सूचना दिएका थिएनन्।, घरजग्गा बिक्रीका विषयमा आमा-छोरा विवाद पर्दा छोराले कुटपिट गर्ने र खाना नदिएको भन्दै केही समयअघि सामुदायिक प्रहरी माटेपानी पुगेर आमा नौमायाले गुनासो गरेकी थिइन्। , सामुदायिक प्रहरीमा रेकर्डमा रहेको त्यही गुनासोका आधारमा छोरा ओमबहादुर र घटना भएको मध्यरातसम्म सँगै रहेका साथी कुमारलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।, दुई जनालाई छुट्टा–छुट्टै राखेर बयान लिने क्रममा उनीहरूका भनाइ बाझिएको थियो।, बाझिएका बयान सुनाएपछि सुरूमा कुमारले घटना स्वीकार गरेपछि छोरा ओमबहादुरले पनि आफ्नो योजना स्वीकारेको डिएसपी तिवारीले बताए। , आमाको हत्यापश्चात् ओमबहादुर पनि कुमारको कोठामा गएर बसेका थिए।, चैत ५ गते पक्राउ परेका दुबै जनालाई अदालतले अनुसन्धानका लागि ६ दिन म्याद दिएको छ।, अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार ज्यानसम्बन्धी कसुरमा उनीहरूविरूद्ध मुद्दा दायर गर्ने प्रहरीले तयारी गरेको छ।, जसले आमाको हत्या गर्न एक लाखको योजना बनाए, उसैले खबर गरेका थिए प्रहरीलाई
सविता बुढा कुरा यही फागुन १९ गतेको हो। राति साढे ११ बजेको थियो। बैतडीको पञ्चेश्वर गाउँपालिकाकी अनिता धानुकलाई उनका भतिजाले डडेल्धुरा अस्पताल पुर्‍याए।, उनलाई सुत्केरी व्यथाले च्यापेको थियो तर बच्चा जन्मिन सकेको थिएन। जिल्ला अस्पताल बैतडीबाट रिफर भएर ल्याइएकी धानुक प्रसव पीडाले अर्धचेत अवस्थामा थिइन्। तीस वर्ष उमेरकी धानुक पाँचौं सन्तान जन्माउन प्रसव पीडामा थिइन्।, गम्भीर अवस्थाकी गर्भवती आएपछि आकस्मिक कक्षका स्वास्थ्यकर्मीका सामु ठूलो चुनौती आइलाग्यो। प्रसूति कक्षमा जाँच सुरू भयो। लगातार रगत बगिरहेको थियो, रक्तचाप धेरै घटेको थियो। परीक्षणले गर्भमै बच्चाको मृत्यु भइसकेको थाहा भयो।, महिलाको अवस्था निकै गम्भीर ठहर भएपछि एक जना नर्सले स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सुरेन्द्र भट्टलाई फोन गरिन्।, डा. भट्ट तुरून्तै आए। निकै प्रयत्नपछि चिकित्सक टोली मृत बच्चा निकाल्न सफल भयो तर रक्तस्राव रोकिएन। रक्तस्राव रोक्ने कुनै पनि प्रयास सफल भएन।, रातको साढे एक बज्यो। डा. भट्टले आइसियू वार्डका डाक्टर सुनील पन्तलाई बोलाए। डा. पन्त छिनभरमै अस्पताल पुगे।, उनले भने, ‘तुरून्तै आइसियूमा राखेर ब्लड प्रेसर (रक्तचाप) सामान्य बनाउने औषधि चलायौं, रगत बग्न रोकिएको थिएन।’, धानुकको अवस्था झन् गम्भीर भयो। उनलाई बचाउन तुरून्तै रगत चढाउनु पर्ने भयो। उनको रक्त समूह ‘बि पोजिटिभ’ रहेछ। साथमा एक जनामात्रै आफन्त आएका थिए। सुत्केरी धानुकका श्रीमान कामका लागि भारतमा थिए।, अस्पतालका कर्मचारीले रगतका लागि रेडक्रसमा फोन गरे तर बि पोजिटिभ रगत पाइएन। महिलाको ज्यान जाने खतरा बढ्दै गयो।, डा. पन्तका अनुसार चिकित्सक टोली ती सुत्केरी महिलाको ज्यान बचाउन पाठेघर निकाल्नु एकमात्र विकल्प हुने निष्कर्षमा पुग्यो। पाठेघर निकाल्ने शल्यक्रियाका लागि पनि रगत चाहिने नै भो।, अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूको रक्त समूह धानुकसँग मिल्ने थाहा भयो। राति नै डाक्टर पवन सापकोटा, डाक्टर निमेसलगायत चार जना  रक्तदानका लागि रेडक्रस कार्यालय गए। रगत त भयो तर धानुकमा हेमोग्लोबिनको मात्रा एकदमै कम देखापर्यो। शल्यक्रिया कक्षमा पुर्‍याउँदा हेमोग्लोबिन जोखिमपूर्ण रूपले कम थियो।, थप चिकित्सकहरू जम्मा भए। सुत्केरीको पाठेघर निकालियो र शरीरमा रगत चढाउन थालियो। यतिञ्जेलमा सुत्केरी आफैं पर्याप्त सास फेर्न नसक्ने अवस्थामा थिइन्।, डा. पन्तले भने, ‘उनले आफैं सास फेर्न सक्ने अवस्था थिएन, भेन्टिलेटरमा राख्यौं, औषधि चलायौं र रगत चढाउँदै गयौं।’, उपचारपछि स्वास्थ्यकर्मीहरूको समूहसँग फोटो खिचाउँदै अनिता धानुक। तस्बिर सौजन्य: डाक्टर सुनिल पन्त, भोलिपल्ट धानुकको शरीरको तापक्रम र रगतको पिएच स्तर घट्न थाल्यो। बिरामीमा यस्तो हुनु नराम्रो संकेत हो।, डा. पन्तले कोठामा हिटर चलाए, बिरामीलाई सिरक ओढाए। परिस्थिति झन् जटिल भयो, बिरामीको मुटुले काम गर्नै छोड्यो। यसपछि सिपिआर (छाती थिचेर मुटु चलाउने प्रयास) अन्तिम विकल्प थियो। मेडिकल टोली यही प्रक्रियामा गयो।, ‘हामीले पाँच चक्कर सिपिआर गर्यौं, त्यसपछि बिस्तारै मुटुको चाल आयो,’ डाक्टर पन्तले भने, ‘सामान्यतया यस्तो अवस्थामा मुटुको चाल फर्किने त हजारमा एकलाई हुन्छ ।’, धानुक हजारमा एक भइन्। मेडिकल टोलीमा खुसीयाली छायो। उनी तीन दिनसम्म भेन्टिलेटरमै रहिन्। चिकित्सकले आकस्मिक औषधिहरू चलाइरहे।, भेन्टिलेटरबाट निकालेर आइसियूमा राखियो र निरन्तर अक्सिजन दिइयो। उनमा बिस्तारै सुधार हुँदै आयो, पूर्ण होसमा आइन्। नवौं दिनमा साधारण वार्डमा सारियो। एघारौं दिनमा उनी अस्पतालबाट डिस्चार्ज भइन्।, डा. पन्त भन्छन्, ‘एउटा ज्यान बच्यो, मेरो करियरका लागि यो महत्वपूर्ण सिकाइ हो।’, डाक्टर पन्त डडेल्धुरा अस्पतालमा आएको सात महिना भयो। उनी एमबिबिएस पढाइ सकेर सरकारी अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने प्रावधान अन्तर्गत यहाँ आएका हुन्।, धानुकको उपचारका लागि एनेस्थेसियामा डा. रोशन शाह र नर्सहरूको सहयोग गरे।, डा. पन्त भन्छन्, ‘ठूला अस्पतालको तुलनामा डडेल्धुरामा सीमित सुविधा छ, यस्तोमा पनि गम्भीर बिरामीलाई बचाउन सकेकोमा गर्व लागेको छ।’, गर्भमै शिशुको मृत्यु कसरी भयो भन्नेबारे चिकित्सकहरू अनभिज्ञ छन्।, डाक्टर पन्तका अनुसार बच्चा पेटभित्रै मर्ने विभिन्न कारण हुन्छन्। गह्रौं भारी बोक्नु, कुनै कारणले चोटपटक लाग्नु, पाठेघरसम्बन्धी रोग हुनु वा अन्य शारीरिक कारणले पनि बच्चा गर्भमै मृत हुन सक्छ।, ‘उनलाई त अस्पताल नपुगी बाटैमा मर्छु कि जस्तो लागेको थियो रे,’ डा. पन्तले भने, ‘निको भएर मुस्कुराउँदै घर गइन्।’, डिस्चार्ज हुने दिन उनका श्रीमान पनि भारतबाट आइपुगे।, डा. पन्तका अनुसार ती पुरूष आफ्नी श्रीमतीको गम्भीर अवस्था थाहा पाएर रोए। जाने बेला सबैलाई धन्यवाद दिए। अस्पतालले ती महिलाको आइसियूको खर्च छुट गरिदियो। केही औषधि पनि निःशुल्क दियो। ,  , हजारमा एक भएर बाँचिन् मुटु बन्द भएकी सुत्केरी
रासस नेपाल पञ्चांग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चांग) लाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ।, समितिले गठन गरेको बजार अनुगमन उपसमितिले हालसम्म नेपाल पञ्चांग, ज्वाला पञ्चांग र मुक्तिनाथ पञ्चांग स्वीकृति नलिई प्रकाशन गरेर बजारमा बिक्री वितरण भइरहेको अवस्थामा फेला पारेको थियो।, यी पञ्चांगमा शास्त्रीय मान्यताविपरीत व्रतबन्धजस्ता शुभ साइत दिइएको फेला परेको समितिले जनाएको छ।, ज्वाला पञ्चांगले अपरान्हपछि पनि व्रतबन्धमा मन्त्रदानको साइत दिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, शास्त्रीय मान्यता अनुसार व्रतबन्धमा मन्त्रदानको साइत अपरान्ह १२ बजेभन्दा अघि नै दिनुपर्छ। तर ज्वाला पञ्चांगले भने १२ः३१ बजे मन्त्रदानको साइत दिएको छ।, समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो किनेर त्यसका आधारमा हेर्ने तिथि, नक्षत्र, योग, करणलगायत मुहूर्त, साइतमा फरक परेमा समिति जवाफदेही नहुने भएकाले सचेत हुन आह्वान गरेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। , समितिले यसवर्ष १४ वटा पात्रोलाई स्वीकृति दिएको र तिनमा समितिको स्वीकृति पत्र पनि छापिएकाले आधिकारिक पात्रो हेरेर खरिद गर्न उनले सर्वसाधारणमा आह्वान गरेका छन्।, समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो प्रयोग गरेर गरिने कर्मका विषयमा सरकार जवाफदेही हुन नसक्ने स्पष्ट पारिएको छ।, समितिबाट स्वीकृति लिएका १४ पात्रो,  , विसं २०७९ का लागि समितिले तोयनाथ पन्तको पञ्चांग, बाबुराम पञ्चांग, नरनाथ पञ्चांग, हिमाल पञ्चांग, अठोला पञ्चांग, तारकेश्वर पञ्चांग, सूर्य पञ्चांग, आकाश दर्शन पञ्चांग, बगलामुखी पञ्चांग, शुभ पञ्चांग, बाबा गोरखनाथ पञ्चांग, कीर्ति पञ्चांग, सिद्धि पञ्चांग, खप्तड तारानाथ पञ्चांग गरी १४ वटालाई स्वीकृति दिएको छ।, समितिले प्रकाशन गर्ने ‘राष्ट्रिय पञ्चांग’सहित १५ पात्रो आगामी वर्षका लागि उपयोग गर्न सकिने अध्यक्ष अधिकारीले बताए।, स्वीकृति नलिनेलाई बिक्री वितरणमा रोक लगाउने प्रक्रिया सुरू, समितिको गठन आदेश २०७७ को दफा ‘ञ’ मा कुनै पनि पात्रो वा भित्तेपात्रोले प्रकाशन पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। गठन आदेश मन्त्रिपरिषद्को २०७७ पुस २० गतेको बैठकले पारित गरेको थियो। , यसैगरी आदेशको दफा ‘ठ’ मा स्वीकृति नलिई प्रकाशन हुने पात्रो वा भित्तेपात्रोलाई बिक्री वितरणमा रोक लगाउने व्यवस्था छ। स्वीकृति नलिई प्रकाशन भएका तीनै वटा पात्रोको बिक्री वितरणमा रोक लगाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत् गृह मन्त्रालयमा पत्राचार गर्न लागिएको कार्यकारी निर्देशक ढुंगेलले सुनाए। ,   , समितिले पञ्चांग प्रकाशन गर्दै आएको नेपाल संस्कृत विश्वविद्यालयलाई पनि पत्राचार गरेर गठन आदेश बमोजिम स्वीकृति लिन अनुरोध गरेको छ।, समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोमा विश्वविद्यलायका प्राध्यापकलगायत सरकारी ओहोदामा रहेका पदाधिकारी एवं कर्मचारीसमेत सल्लाहकारलगायत भूमिकामा देखिएका छन्।, समितिले यस वर्षदेखि ‘राष्ट्रिय पञ्चांग’ प्रकाशनका लागि तयारी अन्तिम चरणमा पुर्‍याएको छ।, यही चैत महिनाको अन्तिमसम्म ‘राष्ट्रिय पञ्चांग’ प्रकाशन भइसक्ने छ। गठन आदेश बमोजिम समितिले नौ जनाको संगठन संरचना तयार पारी मन्त्रालयमा पेस गरेको छ। समितिको संगठन संरचना अहिले संस्कृति मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेको छ।, स्वीकृतिपछि समितिमा जनशक्ति पनि थपिने छ। थप जनशक्ति पूर्ति भएपछि पात्रो एवं भित्तेपात्रोलाई व्यवस्थापन एवं नियमन गर्न सहज हुनेछ।, समितिले भित्तेपात्रो स्वीकृति दिने प्रक्रियालाई पनि अघि बढाएको छ। हालसम्म सवा सयभन्दा बढी भित्तेपात्रोले प्रकाशनका लागि समितिसँग स्वीकृति लिएका छन्। , भित्तेपात्रोमा राज्यको ठूलो कोष खर्च हुने गरेको छ। एउटै कार्यालयका शाखा, शाखा एवं संगठन नै पिच्छे भित्तेपात्रोको प्रकाशन हुने र चाडपर्व, बिदालगायत विषयमा फरक/फरक तथ्या उल्लेख गर्दा जनतामा भ्रम हुने गरेकामा यस वर्षदेखि नियमन सुरू भएको छ।, सरकारले घोषणा नगरिकन बिदालगायत विषय राखेर समितिको स्वीकृति नलिई प्रकाशन गर्नेलाई अनुगमन गरेर कारबाहीको प्रक्रिया अघि बढाउन लागिएको छ। यस्ता विषयमा समितिको कार्यालयमा सूचना दिन पनि समितिले आह्वान गरेको छ।, स्वीकृति नलिने नेपाल, ज्वाला र मुक्तिनाथ पञ्चांग कारबाहीको प्रक्रियामा
सेतोपाटी संवाददाता देशभर थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  , ४ हजार ७५२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार ९७८ जनाको पिसिआर र १ हजार ७७४ जनाको एन्टिजेन परीक्षण गरिएको हो। , योसँगै देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।, पछिल्लो २४ घन्टामा १४७ संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थप ४५ लाई कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य
सेतोपाटी संवाददाता राहदानी विभागले इ-पासपोर्ट वितरण सेवालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरेको छ। , राहदानीको उच्च माग र त्यसलाई कसरी व्यवस्थापन गर्ने विषयमा विभागले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, राहदानी विभागका महानिर्देशक, निर्देशक तथा प्राविधिक कर्मचारीहरू र सम्बन्धित जिल्लाका राहदानी शाखाका कर्मचारीसँग छलफल गरेको हो।  , विभागले छलफलको क्रममा वैदेशिक रोजगारी, वैदेशिक शिक्षाका लागि जाने संख्या बढ्नुका साथै राहदानीको नवीकरण गर्ने मानिसहरूको कारण राहदानीको माग अत्यधिक बढेको जनाएको छ। , ‘विभागबाट यन्त्रबाचक राहदानीको तुलनामा आवेदकको संख्या दोब्बर गरिएको तर कर्मचारीको अभाव, प्राविधिक उपकरण आदि जस्ता कारणले सोभन्दा बढी विभागबाट लाइभ इनरोलमेन्ट गर्न कठिन हुने देखिएको छ’, सोमबार भएको छलफलमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, ‘यसको विकल्पमा जिल्ला प्रशासन कार्यालयबाट उत्पादन बढाइ वितरण प्रभावकारी बनाउनु पर्नेछ।’, त्यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारीले कर्मचारीको कमीले मागअनुसारको सेवा दिन कठिनाइ भएको बताए।, उनले समय समयमा आउने प्राविधिक समस्यालाई समाधान गर्दै सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए। , काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीले केही प्राविधिक समस्याका बाबजुद् पनि हाल उत्पादनको संख्या बढाइएको र कार्यालय समय अघिपछि पनि सेवा प्रवाह गर्ने गरेको बताए। , छलफलमा जिल्लामा तयारी भएका राहदानी हप्ताको दुई पटक विभागबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा वितरणका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरिएको छ। , विभागले भीड व्यवस्थापनका लागि समेत बुकिङ गरेको मिति र समयलाई कडाइका साथ पालना गर्ने र गराउने पनि बताएको छ। , त्यस्तै, निर्णयलाई प्रभावकारी बनाउन विभागका महानिर्देशक, निर्देशक तथा प्रमुख जिल्ला अधिकारीबीच नियमित रूपमा सूचना तथा जानकारी आदानप्रदान गर्ने निर्णय गरेको छ। ,  , इ-पासपोर्ट वितरण सेवालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे विभागले गर्‍यो छलफल