content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता नेपाल वायुसेवा निगमले बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका १५५ जना यात्रु उद्धार गर्न वाइडबडी जहाज पठाएको छ।, एयरबस ३२० को पांग्रा पड्केर ग्राउन्डेड भएपछि ती यात्रुलाई लिन वाइडबडी ३३० जहाज मंगलबार बैंकक गएको हो।, निगमका अधिकारीहरूका अनुसार यो रूटमा वाइडबडीको नियमित उडान छैन।, वाइडबडीमा काठमाडौंबाट यताबाट १५० जना यात्रु गएका थिए। १२४ जनाको सिट खाली राखेर गएको वाइडबडीले फर्किँदा १५५ यात्रु थपेर ल्याएको हो।, ‘धन्न बल्लबल्ल अँटाएर वाइडबडी बैंककबाट उडेको छ,’ एक वरिष्ठ पाइलटले सेतोपाटीसँग भने, ‘ग्राउन्डेड भएको एयरबस आज आउने कन्फर्म छैन।’, वाइडबडी सवा ८ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको निगमको अपरेसन विभागले जानकारी दियो।, शुक्रबार स्थानीय समयअनुसार साँझ ५ बजे एयरबस ३२० टेकअफ गर्ने क्रममा ‘ब्रेक टेम्प्रेचर हाई’ भएपछि आकस्मिक रूपमा जहाजलाई ब्रेक लगाएर जहाज रोक्नुपरेको थियो। यसक्रममा एयरबसको पछाडिका चारमध्ये दुई वटा टायर पड्किएका थिए।, आइतबार राति टायर पठाइए पनि अहिलेसम्म एयरबस ३२० उडानका लागि तयार भइनसकेको उक्त विभागले जनायो। वाइडबडी २७४ सिट क्षमताको हो।, सम्बन्धित समाचार :, बैंककमा उड्नै लाग्दा पड्किए निगमको जहाजका टायर, १५५ यात्रु चार दिनदेखि अलपत्र,
बैंककमा अलपत्र परेका १५५ यात्रु लिएर काठमाडौं फर्कियो वाइडबडी जहाज
|
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , रामेछाप साँघुटार नगरपालिका-३ घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।, श्रेष्ठलाई सोमबार विशाल नगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार श्रेष्ठले पीडितलाई फोन सम्पर्क गरी विवाह गर्ने प्रलोभन देखाउने गरेका थिए। उनले पीडितलाई विश्वासमा पार्ने र बिरामी परेका कारण अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै योजना बनाएर ठगी गर्ने गरेको आरोप छ। , श्रेष्ठले पीडितसँग ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले आफू ठगिएको भन्ने सूचना दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। , प्रहरीले श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाएको छ। ,
,
बिहे गर्छु भन्दै ४२ लाख ठगेको आरोपमा काठमाडौंबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता देशका केही भू–भागमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रदेश–१ को पहाडी भू–भागका केही स्थानका साथै वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, प्रदेश– १, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ । , विभागका अनुसार आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। , प्रदेश–१ को पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।, भोलि बुधबार दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। , प्रदेश नं १ को पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।,
,
,
बागमतीसहित तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता काठमाडौंको बुढानीलकण्ठमा इनारमा खसेकी एक महिलाको उद्धार गरिएको छ। , एक महिलाको ५० फिट गहिरो इनारबाट उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , सोमबार दिउँसो साढे २ बजे सिन्धुपाल्चोक तातोपानी घर भई बुढानीलकण्ठ नगरपालिका-३ मित्रचोकस्थित एक घरमा डेरा गरी बसेकी ४५ वर्षीया पेमा शेर्पा हराएकी थिइन्। , प्रहरीलाई उनी हराएको भन्ने मौखिक जानकारी दिइएको थियो।, महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोलीले खोजी थालेको थियो। सो टोलीले पौने ७ बजे पेमा डेरा गरी बसेकै घरको इनारमा फेला पारेको प्रहरी उपरीक्षक मैनालीले बताए। , उनी इनारभित्र अचेत अवस्थामा फेला परेकी थिइन्। त्यसपछि प्रहरी प्रधान कार्यालयको विपद व्यवस्थापन महाशाखा सामाखुसीबाट टोली बोलाइएको थियो।, सामाखुसीबाट प्रहरी निरीक्षकको कमाण्डामा १० जनाको टोलीले गरी १७ जनाको टोली खटिएको थियो।, सो टोलीले साढे ७ बजे ती महिलाको उद्धार गरेको हो। , उनको बुढानीलकण्ठस्थित करूणा अस्पतालमा उपचार भइरहेको छ। उनी अहिले बोल्न सक्ने अवस्थामा भएको मैनालीले बताए। , घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको परिसरले जनाएको छ।,
बुढानीलकण्ठमा इनारमा खसेकी महिलाको उद्धार
|
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सोलु कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको मार्गाधिकारमा पर्ने घर, जग्गा तथा अन्य संरचनाको क्षतिपूर्ति बुझ्न आउन आह्वान गरेको छ।, सिद्धिचरण नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, ८, र ११ तथा मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ९ क्षेत्रमा प्रशारण लाइनको केन्द्रबाट दायाँ ९ मिटर र बायाँ ९ मिटरभित्र प्रशारण लाइनको मार्गाधिकारभित्र पर्ने घरजग्गा तथा अन्य संरचनाको क्षतिपूर्ति लिन कार्यालयले आग्रह गरेको छ।, मन्त्रिपरिषदको माघ ६ को निर्णयअनुसार गठन भएको क्षतिपूर्ति निर्धारण समितिले चैत १९ मा घरजग्गा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरेको थियो।, जग्गाको कित्ता नम्बर र क्षतिपूर्ति रकमको पूर्ण विवरण जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, नापी कार्यालय र मालपोत कार्यालय टाँस गरिएको छ।, आजदेखि ३५ दिनभित्र सरोकारवाला व्यक्तिले क्षतिपूर्ति दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलन सम्बन्धित आवश्यक निस्सा प्रमाण र स्थानीय तहको सिफारिससहित निवेदन दिनुपर्नेछ।,
अघि बढ्यो सोलु कोरिडोर प्रशारण लाइन आयोजना, घर-जग्गाको क्षतिपूर्ति लिन आउन आह्वान
|
सेतोपाटी संवाददाता सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक सामान्य घाइते छन्।, शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलीको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। , दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो।, दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ।, उक्त जिपका चालक २१ वर्षका थलराज वली हुन्। दुर्घटनामा उनी पनि घाइते छन्। मृत्यु भएका नारायण उनका भाइ हुन्।, प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दुर्घटनामा भाइको मृत्यु र चालकसमेत रहेका दाजु सामान्य घाइते छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुलेको छैन।,
सल्यानमा जिप दुर्घटना: भाइको मृत्यु, दाजु घाइते
|
सेतोपाटी संवाददाता बूढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रभित्र पर्ने गोरखा र धादिङका साविक २७ गाविसका स्थानीयले घरगोठ, फलफूललगायत बोटविरूवाको क्षतिपूर्ति पाउने भएका छन्।, जग्गाको मुआब्जा लिइसकेकाहरू र नलिएकाहरूले पनि घरगोठलगायत भौतिक संरचना र फलफूललगायत बोटविरूवाको क्षतिपूर्ति पाउने भएका हुन्।, घरगोठ, फलफूलगायतको क्षतिपूर्तिका लागि दाबी गर्दै आजदेखि निवेदन दिन सकिने भएको छ।, धादिङतर्फका साविक गाविसहरू सलाङ, खरी, मैदी, चैनपुर, जयाम्रुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, मार्पाक, त्रिपुरेश्वरका आयोजना क्षेत्रभित्र पर्नेहरूले क्षतिपूर्ति पाउँछन्।, साथै गोरखातर्फका घ्याल्चोक, भूम्लिचोक, दर्बुङ, फुजेल, बुंकोट, नाम्जुङ, बोर्लाङ, धावा, तान्द्राङ, अश्राङ, आरूचनौटे, आरूआर्वाङ, आरूपोखरी, थुमीका स्थानीयले आयोजना क्षेत्रभित्र पर्ने घरगोठ र बोटविरूवाको क्षतिपूर्ति पाउने भएका हुन्।, चैत २१ मा बसेको क्षतिपूर्ति निर्धारण समिति बैठकले घरगोठ र बोटविरूवाको दररेट कायम गर्दै आजदेखि निवेदन लिएर क्षतिपूर्ति दाबी गर्न सक्ने निर्णय गरेको हो।, क्षतिपूर्ति दाबी गर्न सम्बन्धित जग्गा धनीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, लालपूर्जा वा आफूसँग भएको प्रमाण लिएर रू १० को टिकट टाँस गर्दै निवेदन दिनुपर्नेछ।, गोरखाको गण्डकी गाउँपालिका ८ सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण मुआब्जा वितरण तथा पुनर्वास एवं पुनर्स्थापना एकाइको कार्यालयमा गएर निवेदन दिन सकिनेछ।, आयोजनाले बोटविरूवातर्फ साल, बोटध्याइरो, बर्रो, सिसउ, चाँप, करम, खयर, उतिस, कटुस, मसला, सल्लो, हर्रो, चिलाउने, सिमल, जामुन, कर्मा, टुनी, सिरिस, गुटेल, पपलार, साजलगायत रूखको क्षतिपूर्ति दिने भएको छ।, सालको गोलिया काठको प्रतिक्युफिट एक हजार दररेट तोकिएको छ। दररेट विवरण आयोजनाले आज गोरखापत्रमा सूचना निकालेर उल्लेख गरेको छ।, यस्तो छ फलफूलको दररेट:, आयोजनाले स्थानीस्तरमा पाइने फलफूलको दररेट तोकेको छ।, उत्पादन दिन लाग्ने समय र वर्षमा उत्पादन हुन सक्ने फलको मात्राअनुसार रकम निर्धारण गरिएका छन्।, आँप विरूवा सारेको ६ वर्षपछि मात्रै फल्ने गरी प्रतिवर्ष प्रतिबोटबाट चार हजार छ सय आम्दानी हुने अनुमान गर्दै दररेट निर्धारण गरिएको छ।, लिची पनि विरूवा सारेको ६ वर्षमा फल दिने र प्रतिवर्ष प्रतिबोटले छ हजार तीन सय आम्दानी हुने दररेट कायम भएका छन्।,
बूढीगण्डकी जलविद्युत आयोजनाले दिने भयो घरगोठ र फलफूलको क्षतिपूर्ति
|
सेतोपाटी संवाददाता धरहरा चढेर काठमाडौं नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै ९ महिना कुर्नुपर्ने भएको छ।, ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण सकेर उद्घाटन गरेको एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्।, गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै कुर्नुपर्ने जनाइएको छ।, उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो।, भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको थियो। गोर्खा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको सुरुआत २०७५ पुस १२ मा भएको हो। २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत अन्य धेरै ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए।, चौथो पटक थप समयको माग, यस ऐतिहासिक सम्पदा पुनः निर्माका लागि तेस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले चौथो पटक थप समय माग गरेको छ। तेस्रो पटक थपिएको समय यही चैत मसान्तमा सकिन्छ।, दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि पूर्ण रूपमा काम सम्पन्न हुन अझै समय लाग्ने भएपछि समय थप्न आग्रह गरिएको हो।, रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीका अनुसार कोरोना महामारी र अन्य केही आन्तरिक समस्याका कारण निर्धारित समयमै काम पूरा नहुने भएपछि पुनःनिर्माण लागि पुनः चौथो पटक समय माग गरिएको हो। , नेपाली र केही भारतीय नागरिकसहित दैनिक २२० जना कामदारले अहिले नियमितरूपमा निर्माण कार्यमा जुटिरहेका छन्। धरहरा निर्माणको मुख्य काम सकिए पनि सौन्दर्य अभिवृद्धि र पार्किङको काम बाँकी भइरहेको छ। नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन्।, धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालय लगायतका सुविधा हुनेछन्। गोस्वारा हुलाक भएको स्थानमा पार्क बनाउनका लागि अहिले उक्त भवन भत्काइसकिएको छ। पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेना गृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ।, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भइरहेको छ। पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौंलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौं महानगरपालिकाको भनाइ छ। , धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ। त्यहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ।, विगतको ११ तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ९ तला रहेको थियो। ऐतिहासिक धरोहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए।,
धरहरा चढेर काठमाडौं नियाल्न अझै ९ महिना कुर्नुपर्ने
|
डा. निलम ठाकुर वंशानुगत हाम्रो रगतको कोशिकामा हुन्छ। जसलाई क्रोमोजोम भनिन्छ। मान्छेको ब्लुप्रिन्ट भनेको त्यही हो। नाक, आँखा, कान र मुख सबै बनाउने त्यही क्रोमोजोमलेनै हो।, मान्छेको शरीर क्रोमोजोमले बनेको हुन्छ । शरीरमा रहेको क्रोमोजोमको सानो रुपलाई जीन भनिन्छ । जीनमा केही त्रुटि भएमा वंशानुगत रोग हुने हुन्छ ।, थाइलेसेमिया, हेमोफिलियालगायतका रगतजन्य रोगहरू वंशानुगत रोग हुन्। ख वंशानुगत समस्याका कारण विभिन्न क्यान्सरसमेत हुन्छन्। , बच्चाहरू धेरै खेर जाने समस्या, बच्चा नबस्ने समस्या पनि यसै अन्तर्गत पर्छ। निशन्तान पनि एउटा ठूलो चुनौती बनेको छ। सुस्त मनस्थिति, फरक किसिमका बालबालिका जन्मिने समस्या हुनसक्छ। डाउन सिन्ड्रोम लगायतका समस्या पनि यसकै कारण देखिन्छन्।, बिरामी आएपछि उसको लक्षणले वंशानुगत समस्याबारे थाहा पाउन सकिन्छ। वंशानुगत रोग बिरलै हुने रोग हो। यसको लागि हरेक व्यक्तिको फरक-फरक परीक्षण गर्नुपर्छ। कतिपय लक्षण नदेखिएका तर परिवारमा रोग थियो भने थाहा पाउन सकिन्छ।, परिवारमा कसैलाई रोग छ भने त्यस्तै रोगको परीक्षण अरूलाई पनि गर्नु राम्रो हुन्छ। जस्तै- कसैलाई पेटको क्यान्सर भएको छ भने उसका सन्तानलाई पनि परीक्षण गर्नुपर्छ। यस्तो अवस्थामा उसलाई हुनसक्ने खतरा पत्ता लगाउन सकिन्छ र उपचार पनि सहज हुन्छ।, बच्चा खेर जाने, पेट क्यान्सर, स्तन क्यान्सर, सिकलसेल एनिमिया, थालसेमिया, हेमोफेलिया आदि प्रमुख रुपमा देखिएका छन् ।, वंशानुगत कारणले एकदमै धेरै इनफर्टीलीटीको समस्या देखिएको छ। किनकि, यसको धेरै परीक्षण हुँदैन। विभिन्न खालका परीक्षण गरेको हुन्छ, आइभिएफ गरेको हुन्छ ३-४ वर्षपछि मात्रै वंशानुगत समस्या भए/नभएको परीक्षण गरिन्छ।, त्यसपछि बच्चा बस्न सम्भव छ-छैन भनेर थाहा हुन्छ। बच्चा धेरै खेर जाने समस्या पनि देखिएको छ। थाइलोसेनियालगायत हुन्छ। त्यस्तै डाउन सिन्ड्रोमको समस्या बढ्दै गएको छ। अहिले ११-१२ हप्तामा यसको समस्या भए नभएको थाहा पाउन सकिन्छ। तर यसको परीक्षण हामीकहाँ छैन।, वंशानुगत समस्याको परीक्षण नेपालमा सहज छैन। पहिला त यसको परीक्षणनै हुँदैन थियो। तर अहिले नेपालमा सम्भव छ। यो आफैंमा महंगो छ। यो अत्याधुनिक प्रविधि हो त्यसैले महंगो हुनेनै भयो। विशेषज्ञ पनि हामी दुई जना मात्रै छौं।, वंशानुगत समस्या पूर्ण रूपमा निको हुन सक्दैन होला। तर त्यसलाई कम गर्न सकिन्छ। त्यसको लागि रोग पत्ता लगाउनु महत्वपूर्ण हो।, वंशानुगत समस्या के हो, यसले के कस्तो असर गर्छ र यसको उपचार कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा सेतोपाटीका लागि सन्जिब बगालेले वीर अस्पताल र ग्लोबल अस्पतालमा कार्यरत कनसल्टेन्ट क्लिनिकल जेनेटिशिस्ट डा. निलम ठाकुरसँग भिडिओ कुराकानी गरेका छन्।, हेर्नुहोस् भिडिओ,
,
वंशानुगत समस्याले बच्चा नबस्ने र खेर जाने खतरा हुन्छ (भिडिओ)
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ११ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ३६० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८३ जनाको पिसिआर र १ हजार २७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , अहिले देशभर ९ सय ४२ जना सक्रिय संक्रमित छन्।, ९० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थप ११ जनामा कोरोना संक्रमण, निको भए ९० जना
|
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।, ललितपुर महानगरपालिका- ७ ग्वार्कोमा शुक्रबार साँझ ट्याङ्करको ठक्करबाट मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। , ट्याङ्करको ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङ्करले उनलाई ठक्कर दिएको थियो।, ठक्कर दिने ट्याङ्करसहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा छन्।,
ग्वार्कोमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु
|
सेतोपाटी संवाददाता विराटनगरस्थित नाेवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्। , सप्तरीकाे राजविराज घर भएका र तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृत भेटिएका हुन्। , उनी विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए। नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।, २८ वर्षका डा. यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए। घटनास्थलमा माेरङ प्रहरीको टाेली पुगेको छ। , मृतकका आफन्तले डाक्टरकाे हत्या भएकाे भान्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नाराबाजी सुरु गरेका छन्।,
विराटनगरमा चिकित्सक मृत भेटिए
|
सेतोपाटी कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ।,
,
अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए। ,
,
उनले भने, ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुपर्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ।’, तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ।,
,
सो अस्पतालमा गएराति उपचारार्थ भर्ना भएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएको जनाइएको छ। ,रासस,
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार
|
सेतोपाटी संवाददाता मर्निङवाकमा हिँडिरहेका शिक्षकलाई गाडीले ठक्कर दिँदा ज्यान गएको छ।, झापाको अर्जुनधारा नगरपालिका महानन्द चोकका कृष्ण प्रसाद निरौलालाई शनिबार बिहान मर्निङवाक हिँडिरहेको बेला सवारी साधनले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, पुस्पलाल चौक नजिकै बिहान सवा ५ बजे प्रदेश १-०१-००१ च ५१०७ नम्बरको सवारीले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाइएको छ।, निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन्।,
मर्निङवाकमा हिँडिरहेका शिक्षकलाई गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु
|
सेतोपाटी संवाददाता नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ। , प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरूत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरूलाई नेपाल ल्याउन लागेको हो।, मौलिक संस्कृति र खानामार्फत् गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले सो टोलीलाई नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत् जनाएको छ।, पाटा नेपालका अनुसार मास्टर सेफ टोली ७ अप्रिल २०२२ मा काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ।, सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र यहाँका विभिन्न स्थानहरूमा पर्यटन प्रवर्द्धनमा सहभागी हुनेछन्।, उक्त कार्यक्रमअन्तर्गत काठमाडौंमा ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धधनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ। , त्यसैगरी, सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवर्द्धनका कार्यक्रमसमेत रहेको छ।, मास्टर सेफहरूले अप्रिल ११ मा काठमाडौंमा आयोजना हुने पाटा नेपालको ४५ औं वार्षिक साधारण सभाको औपचारिक समारोहमा पनि सहभागी हुनेछन्।, पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टू नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवर्द्धधकका रूपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरका रूपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरका रूपमा नबिल बैंक र हेल्थ पार्टनरका रूपमा सिवेक हस्पिटलले सहयोग गरेका छन्। , त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउन्ड एडभेन्चर समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन्।, ,
नेपालको मौलिक संस्कृति प्रवर्द्धनका लागि बिबिसी मास्टर सेफको टोली नेपाल आउँदै
|
रासस तीव्र गतिमा सवार मोटरसाइकल रोकिराखेको ट्याक्टरमा ठक्कर खाँदा झापाको गौरादहमा एक युवाको मृत्यु भएको छ।, गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा शनिबार साँझ दुर्घटना भएको हो।, मे २ प ३९१२ नम्बरको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को १ क २४७९ नम्बरको ट्याक्टरमा ठक्कर खाँदा गौरादह–९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।, प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको छ। ,
रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
|
रासस नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरू हुँदैछ। , सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो।, अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्तबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले बताए।, हालसम्म व्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन्। उनका अनुसार रेञ्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ।, प्रवक्ता सिल्वालले भने, 'यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेञ्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ।' , संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुँदैछन्।, तालिममा द्वन्द्वका समयमा मानव अधिकार एवं कानुनको परिपालना, जंगल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरू विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ। यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ।, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ।, अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ। दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो।,
नेपाली र अमेरिकी सेनाबीच आइतबारदेखि संयुक्त अभ्यास
|
सेतोपाटी संवाददाता महोत्तरीको औरही नगरपालिका-१ मा शुक्रबार राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजित कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु भएको हो।, महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उद्धार गरी पोखरी बाहिर ल्याएर उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई राति नै मृत घोषणा गरेको थियो भने आमा बन्दनाको अवस्था सामान्य रहेको छ।, प्रहरीले घटना पश्चात गए राति ११ बजे नै मृतक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस,
दुई छोराछोरीसहित आमाले पोखरीमा हाम्फालिन्, छोराछोरीको मृत्यु
|
रासस जयनगर–कुर्था रेल्वे खण्डमा आज बिहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदैछ।, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए।, आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।, उनकाअनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ। जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ।, जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले बताए।, जयनगर पुगेको रेल पुनः अपरान्ह ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनको भनाइ छ।, जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ। खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए।, सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ।, यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले बताए।, दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ।, त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचान पत्र लिनुपर्ने जनाइएको छ।, जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादरसमेत कायम गरिएको छ। जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ४५० भाडा निर्धारण गरिएको छ।,
जयनगर-कुर्थामा आजदेखि यात्रुसहित रेल सेवा, कति छ भाडा?
|
नवीनबाबु गुरूङ नेवार समुदायले पाहाँच:ह्रे जात्रा मनाएका छन्। शनिबार काठमाडौंको असन चोकमा नेवार समुदायका मानिसहरूको उपस्थितिमा सो जात्रा मनाइएको हो।, ‘पाहाँ’ भन्नाले अतिथि भनेर बुझिन्छ भने ‘चःह्रे’ भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यस दिनलाई ‘पिशाच चतुर्दशी’ पनि भनिन्छ। आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य:) को विशेष पूजाआराधना गरी मनाइन्छ।, किम्बदन्ती अनुसार आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरू सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्नको लागि टोल टोलबाट लिएर जाने गरिन्छ।, इन्द्रायणी आफ्नो अरू अजिमा दिदीबहिनीभन्दा निकै गरिब थिइन्। एकदिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याँकेर दिन्छन्। त्यसरी फ्याँकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गई रगत निस्किन्छ। अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिँडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किनेर लान्छिन्, तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा शर्प निस्किन्छ। इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याक्न जाँदा एक्कासि त्यो फर्सी सुनमा परिणत हुन्छ।, त्यसपछि, अर्को वर्ष फेरि दिदी अजिमाले भोज बोलाउँदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यसपटक उनको छुट्टै सत्कार गरिन्छ। तर, लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफू त्यहाँबाट बच्चाहरूसहित निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको भने खट निकालेर पूजा गरिँदैन।, इन्द्रायणीको पूजा आजभन्दा लगभग ४ महिना अघिनै बाला चतुर्दशीको दिन गर्ने गरिन्छ। आजको दिन नेवार समुदायमा मुकुण्डो लगाएर नाच देखाउने प्रचलन पनि छ।, नेवार समुदायमा भव्य भोज आयोजना गरी आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रहरूलाई घरमा बोलाउने चलन छ। यसैकारण पनि आजको दिनले पारिवारिक सम्बन्धबीचको माया, प्रेम, सद्भावना र एकतालाई थप मजबुत बनाउने मान्यता छ। , तस्बिरहरू: ,
तस्बिरमा हेर्नुस्, असनको पाहाँच:ह्रे जात्रा
|
सेतोपाटी संवाददाता २८ वर्षीय डाक्टर विजय यादव नोबेल अस्पतालको हाडजोर्नी विभागमा कार्यरत् थिए।, बंगलादेशबाट एमबिबिएस सकेपछि उनी चार वर्षयता नोबेल अस्पतालको हाडजोर्नी विभागमा काम गर्न थालेका थिए।, अस्पतालनजिकै विराटनगर-४ को नहरछेउमा उनी बस्दै आएका थिए। नोबेलका प्रवन्धक नारायण दाहालका अनुसार शुक्रबार मात्रै कटहरीमा स्वास्थ्य शिविर सकेर उनी अस्पताल फर्किएका थिए।, अपराह्न ५ बजे अस्पताल आएपछि उनी कोठा गएका थिए। ‘त्यसपछि उहाँ कहाँ-कसलाई भेट्न जानुभयो थाहा भएन,’ दाहालले भने, ‘तर, एकदमै मिजासिलो, मिलनसार, मेहनती हुनुहुन्थ्यो।’, डा. यादव प्रेम बस्नेतको घरको दोस्रो तलामा बस्ने गरेका थिए। त्यही घरको कम्पाउन्डमा शनिबार बिहान उनको शव फेला परेको थियो।, घोप्टो परेको, एउटा खुट्टामा जुत्ता रहेको अर्को नरहेको अवस्थामा यादवको शव भेटिएको थियो। नाकबाट रगत बगेको र टाउकोमा चोट लागेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।, दाहालका अनुसार हेर्दैमा यादवको मृत्युको प्रकृति असामान्य किसिमको देखिन्छ। ‘यसो हेर्दा मारेर ल्याई फालेको जस्तो देखिन्छ,’ दाहालले भने, ‘जाँड-रक्सी खाएर कोहीसँग झगडा गर्ने स्वभावको मान्छे पनि होइन।’, मोरङ प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ। संघीय प्रहरी इकाई धरानबाट गएको कुकुरसहितको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान पनि गरेको थियो।, घटना शंकास्पद देखिए पनि प्रहरीले अहिले त्यसबारे केही खुलाउन मानिरहेको छैन। मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार घटना ‘शंकास्पद’ देखिएको छ।, यो शंकास्पद घटना अनुसन्धानको एक दिनभरिमा प्रहरीले ‘क्लू’ फेला पार्न सकेको छैन।, यादव शुक्रबार अस्पतालबाट डेरा फर्केपछि केही साथीहरूसँग एयरपोर्टमोड पुगेका थिए। यादवसँग रहेकाहरूले मदिरा सेवन गरेका थिए।, मदिरा सेवन गरेपछि यादव कतिबेला डेरा फर्किए त्यो प्रहरीले खुलाउन मानेको छैन। ‘पोष्टमार्टम रिपोर्ट आएको छैन, त्यसपछि मात्रै हामी जानकारी दिनेछौं,’ उनले भने।, प्रहरी स्रोतका अनुसार सँगै बसेका दुईमध्ये एक साथीले यादवलाई राति ११ बजे स्कुटरमा घरछेउ छोडेका थिए। ‘होटल सञ्चालक र उनीहरूसँग बुझ्ने काम भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने।, एयरपोर्टमोड विराटनगरको संवेदनशील क्षेत्रभित्र पर्छ। उत्तरतर्फ कञ्चनबारी, दक्षिण बरगाछी, पश्चिम एयरपोर्ट रहेको यो क्षेत्र प्रहरीको गस्ती-निगरानी उच्च हुने क्षेत्र हो।, यादवको बस्ने डेरा जहाँ हो, त्यसको केही पूर्व कञ्चनबारी चोकमा प्रहरी युनिट छ। यो क्षेत्रमा चिकित्सक यादवको शंकास्पद मृत्युबारे प्रहरीले शनिबार बिहान मात्रै सुइँको पाएको थियो। न उनको डेराका घरबेटीले नै थाहा पाए। , यादवको घर सप्तरीको विष्णुपुर गाउँपालिका–१ हो।, तर, उखी सानै उमेरदेखि टंकिसिनवरीस्थित मामा शम्भुप्रसाद यादवको घरमा डेरा बस्दै आएका थिए।, बंगलादेशमा एमबिबिएस सकेपछि नोबेलमा काम थालेका यादव अस्पतालनजिकै बस्न थालेका थिए। , उनीसँग होटलमा बसेका साथीमध्ये एक जना हाडजोर्नीमा लगाउने स्टिलका रडहरू सप्लाइ गर्ने र अर्का साथी सिए थिए भन्ने बुझिएको छ।,
डाक्टर भएर काम थालेको चार वर्षमै रोकिए विजयका पाइला
|
रासस प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ।, कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापरबाही नभएको प्रस्टीकरण दिएको हो। अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ।, अस्पतालका प्रवक्ता डा विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरू गरेको जानकारी दिए। , डा. केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'सिसिटिभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान करिब ७:३७ मिनेटमा कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ।' , नवजात शिशुको रेकर्ड हेर्दा विगत एक सातादेखि दुई जनाको मात्र मृत्यु भएको र ती शव आ–आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न अभिभावकलाई जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ।, आज बिहान अस्पताल भर्ना भएका एक बिरामीका कुरूवाले तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गर्नासाथ अस्पतालको लापरबाही भन्दै टीकाटिप्पणी भएको थियो। , कुकुरले टाउको नभएको शिशुको शव च्यापेर हिँडिरहेको देखेपछि अस्पतालका सुरक्षा गार्डले कुकुरबाट उक्त शव खोसेका थिए। , प्रसूति वार्डबाटै कुकुरले शिशु लिएको अपवाह फैलाइएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ।,
,
नवजात शिशुको शव कुकुरले च्यापेर हिँडिरहेको घटनाबारे अस्पतालको प्रस्टीकरण
|
सेतोपाटी संवाददाता चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ।, शनिबार बेलुकी परेको चट्याङ लागेर सिरिजङ्घा गाउँपालिका वडा नम्बर २ आम्बेगुदिनका मुकेश भट्टराईको निधन भएको हो।, २३ वर्षका भट्टराईलाई शिनबार बेलुकी ९ बजे चट्याङ लागेको थियो।, चट्याङ लागेर घाइते उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्था लगिएको थियो।, उनलाई तेल्लोकस्थित स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।,
ताप्लेजुङमा चट्याङ लागेर युवाको मृत्यु
|
सेतोपाटी संवाददाता कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन्।, कालिकोटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने जीतेगडा–कोल्टी सडकखण्डबाट मिनीबस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।, आइतबार दिउँसो २ः४० मा कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए।, प्रहरीमा भएको इन्ट्री रेकर्डअनुसार उक्त गाडीमा चालक, सहचालक र एकजना महिला यात्रु थिए। उनीहरूमध्ये सहचालक बेपत्ता छन्।, ‘हाम्रोमा भएको इन्ट्रीअनुसार तीनजना मात्र देखिएको छ, त्यसमध्ये एकजना बेपत्ता हुनुहुन्छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘चालकको अवस्था बोल्न नसक्ने छ, महिलालाई सामान्य चोट लागेको छ।’, उनका अनुसार चालक कृष्णबहादुर शाही छन्। यात्रु महिला कालिकोटको पचालझरना गाउँपालिका–८ की सलानी कार्की हुन्। बेपत्ता सहचालकको पहिचान खुलेको छैन।, गाडी नदीभित्रै डुबेको उनले बताए। जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरीको टोली गइरहेको शाहीले जानकारी दिए।, उक्त गाडी पचालझरना गाउँपालिकाको लालीगाडदेखि पलाँता गाउँपालिकाको थिर्पु जाँदै थियो।,
कर्णालीमा मिनीबस खस्दा सहचालक बेपत्ता
|
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले चार नक्कली परीक्षार्थी र एक जना सक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , चैत १८, २० र २१ गते हुने एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू हुन सक्ने भन्दै प्रहरीलाई जानकारी गराइएको थियो। सो सूचनापछि महाशाखाले ‘अपरेसन इको’ सञ्चालन गरेको थियो। , त्यसअनुसार प्रहरीले शुक्रबार काठमाडौंको सिसिआरसी कलेज, एम्बिसन कलेज, ग्रामर स्कुललगायत परीक्षा केन्द्रहरूबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। , पक्राउ पर्नेमा महोत्तरीका २२ वर्षीय अमर पण्डित, सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी र सप्तरीका २६ वर्षीय राम आशिष यादव, भारत विहारका २४ वर्षीय इस्तियाख अहमद र महोत्तरीका २२ वर्षीय सन्नीकुमार साह छन्। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार पण्डित, चौधरी ललितपुरको किष्ट अस्पतालमा एमबिबिएस पहिलो वर्षमा र यादव तेस्रो वर्षमा पढ्दै थिए। , सन्नीकुमार साह भने सक्कली परीक्षार्थी नै हुन्। तर उनले इस्तियाख अहमदलाई परीक्षा दिन पठाएको खुलेको हो। , पण्डित, चौधरी र यादवलाई क्रमश: धनुषा जनकपुरका २१ वर्षीय वृकेश यादव, २२ वर्षीय आजिवकुमार यादव र रुपन्देहीका राम आशिष यादवले परीक्षा दिन पठाएका थिए। उनीहरू हाल फरार रहेको र खोजी भइरहेको महाशाखाले जनाएको छ। , पक्राउ परेका विद्यार्थीहरू छात्रवृत्तिमा एमबिबिएस पढिरहेका थिए। तर आर्थिक अवस्था कमजोर हुँदा पैसा लिएर परीक्षा दिने काम गर्ने गरेको कोइरालाले बताए। , ‘आर्थिक अवस्था कमजोर भएपछि उनीहरू नक्कली परीक्षार्थी बनेका रहेछन्,’ उनले भने। , उनीहरूले परीक्षामा नाम निकालेबापत २ देखि १८ लाखसम्मको मूल्य तोकेका थिए। यस्तै, एड्भान्स रकम ५० हजारदेखि २ लाख रुपैयाँ तोकेका थिए। , ‘सुरूमा एड्भान्स पैसा लियो। पछि रिजल्ट अनुसारको मूल्य रहेछ। छात्रवृत्तिमै नाम निस्कियो भने धेरै पैसा लिने गर्ने रहेछन्,’ उनले भने, ‘पासमात्रै भयो भने त्यसअनुसारकै पैसा दिने भयो।’, यसरी नक्कली परीक्षा दिनको लागि प्रवेश पत्रमै नक्कली फोटो टाँस्ने गरेको प्रहरीको भनाइ छ। उनीहरूले नागरिकतामा समेत नक्कली परीक्षार्थीको फोटो टाँसेर आएको पाइएको कोइरालाले बताए। , त्यस्तै, उनीहरूले सकेसम्म नक्कली परीक्षार्थी खोज्दा मिल्दोजुल्दो अनुहार भएको व्यक्तिलाई खोजेको पाइएको छ।, प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरमा पठाउने तयारी गरेको छ। ,
एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ
|
एजेन्सी चीनमा आइतबार एकैदिन दुई वर्षकै धेरै कोरोना संक्रमित थपिएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार आइतबार चीनभरि १३ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।, सन् २०२० को फेब्रुअरीपछि पहिलो पटक चीनमा एकैदिन यति धेरै संक्रमित थपिएका हुन्।, चीनमा पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण कोरोनाको संक्रमण तीव्र भइरहेको छ।, यसैबीच केही दिनयता लकडाउन गरिएको चीनको व्यापारिक केन्द्र सांघाईमा संक्रमित बुवाआमा र बच्चाहरूलाई छुट्याएर राखेर चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा एउटा अस्पतालमा धेरै बच्चाहरू राखिएको भिडिओ भाइरल भइरहको छ।, सांघाईका अधिकारीहरूले कोरोना संक्रमण पुष्टि भएपछि अनिवार्य आइसोलेसनमा बस्नुपर्ने नियम लागू गरेका छन्।,
चीनमा एकैदिन थपिए १३ हजार बढी संक्रमित, सांघाईमा संक्रमित बुवाआमाबाट बच्चालाई छुटाएको चर्चा
|
नारायण खड्का दाङको घोराहीमा सूर्यमुखी फूलको खेती गरेका एक किसान परिवारले तीन हप्तामै एक लाख २६ हजार बढी आम्दानी गरेका छन्। , घोराही उपमहानगरपालिका-८ स्यानी गाउँमा शोभा चौधरीले आफ्नै साढे ७ कठ्ठा बारीमा लगाएको सूर्यमुखी फूलको खेती भाइरल भएपछि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकेकी थिइन्। , चौधरी परिवारले तेलको लागि सूर्यमुखी फूलको खेती गरेको थियो। तर टिकटक प्रयोगकर्ताको भीड लाग्न थालेपछि चौधरी परिवारले चैत पहिलो हप्ताबाट प्रवेश शुल्क निर्धारण गरी पैसा उठाउन थालेको थियो। शनिबारबाट भने शुल्क लिन छोडिएको हो। , ‘अब फूल सुकिसकेको छ,’ शोभाले भनिन्, ‘तर मानिसहरू अझै फूल भित्रको कालो दानाको फोटो खिच्न र भिडिओ बनाउन आइरहन्छन्।’, फूल सुकेको कारण पैसा लिन छाडेको शोभाले बताइन्। यस्तै भिडिओ खिच्न आउनेहरूलाई पनि क्षति नगर्न सम्झाइबुझाइ मात्रै भित्र जान दिने गरेको उनले बताइन्।, ‘हामीले तेलको लागि सूर्यमुखीको खेती गरेका थियौं,’ शोभाले भनिन्, ‘यस्तो होला भनेर हामीले कल्पना पनि गरेका थिएनौं।टिकटक र फेसबुक प्रयोगकर्ताका कारण हाम्रो फूलखेती रातारात भाइरल भयो।’, प्रवेश शुल्कबाट अघिल्लो शनिबार एकैदिन ३२ हजार रकम संकलन भएको शोभाले जानकारी दिइन्। तीन हप्ताको अवधिमा सबैगरी एक लाख २६ हजार नगद प्रवेश शुल्कबाट संकलन भएको उनले बताइन्। , तेल बेचेर प्राप्त हुने मूल्य भन्दा कयौं गुणा बढी नगद प्रवेश शुल्कबाटै संकलन भएपछि चौधरी परिवार यतिखेर दंग छ।, थामी नसक्नु भीड लाग्न थालेपछि आउनेहरूकै सल्लाह सुझावमा आफूहरूले प्रवेश शुल्क लिन सुरू गरेकी थिइन्। , गत मंसिर पहिलो हप्ता लमहीस्थित कृषि ज्ञान केन्द्रको सहयोगमा प्रति केजी एक हजारका दरले साढे ३ केजी बिउ खरिद गरी चौधरी परिवारले स्यानी गाउँमा सूर्यमुखीको खेती गरेको थियो।, यो पनि: ,भाइरल भयो घोराहीमा शोभा चौधरीको सूर्यमुखी फूलबारी (भिडिओसहित),
टिकटक सुटिङ गर्न दिएर शोभाले कमाइन् तीन सातामै एक लाख बढी
|
सेतोपाटी संवाददाता बलात्कारको झुटा उजुरी दिएको भन्दै १९ वर्षीया किशोरीलाई साढे तीन वर्ष कैद सजाय गर्ने जिल्ला अलालत अछामको फैसला न्यायपरिषदले अध्ययन गर्न लागेको छ।, अध्ययनपछि फैसला गर्ने न्यायाधीशमाथि कारबाही प्रकृया अघि बढ्ने छ।, जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले गत चैत १४ गते अछामको रामरोशन भन्ने ठाउँका नन्दराम खनाललाई बलात्कारको झुटा मुद्दा लगाएको भन्दै ती किशोरीलाई साढे तीन वर्ष कैद सजाय गरेको थियो।, न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार उक्त फैसलाबारे समाचारहरू बाहिरिएपछि न्यायपरिषद ऐनको दफा १७ अनुसार अध्ययन गर्न सामग्री संकलन गरिरहेको छ।, ‘परिषदले कतिपय विवादित फैसला र न्यायाधीशमाथि आफैँ जानकारीमा लिएर अध्ययन/अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ। अछाम जिल्ला अदालतले हालसालै बलात्कारको झुटो आरोप लगाउने किशोरीलाई सजाय दिँदा आधार लिएको कानुन निष्क्रिय भएको समाचारपछि परिषदले अध्यनका लागि फैसला तथा मिसिल संकलन गर्दैछ,’ उनले सेतोपाटीसँग भने, ‘फैसलामा ऐनको दफा कोट गरिएको छ। त्यो केबाट गरेको हो, अध्यादेश हो जस्तो देखिन्छ, अध्यादेश पनि प्रचलनमा छ कि निष्क्रिय भयो भन्नेबारे पहिले अध्ययन हुनेछ।’, परिषदले यसबारे आफ्नो प्रारम्भिक अध्ययनको निष्कर्षका आधारमा न्यायाधीशमाथि कारबाही अघि बढाउने कि नबढाउने भनेर निर्णय गर्ने छ।, ‘अध्ययनपछि मात्र यो कुरा के हो भन्ने स्पष्ट होला त्यसपछि बल्ल के गर्ने भन्ने निर्णय हुन्छ त्यों निर्णय न्यायपरिषदले गर्ने हो,’ परिषदका प्रवक्ता कार्कीले भने।, यो मिसिल अध्ययनपछि आवश्यक देखेमा परिषदले न्यायाधीशमाथि थप अनुसन्धान गर्न सक्ने छ।, न्यायाधीश जोशीले जुन कानुनमा टेकेर ती किशोरीलाई झुटो बलात्कारको आरोप लगाएको भन्दै सजाय गर्ने फैसला गरे उक्त कानुन नै अहिले प्रचलनमा छैन।, न्यायाधीश जोशीले फैसलामा लेखेका छन्, ‘परिवर्तित नाम (ढ२) लाई झुठ्टा जाहेरी दिएर प्रतिवादीलाई झुठ्ठा मुद्दामा फसाउने प्रयत्न गरेबापतमा मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ४४ को उपदफा २ को देहाय क१ बमोजिम ३ वर्ष ६ महिना कैद हुने ठहर्छ।’, अहिले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ मा (क १) को व्यवस्था छैन। उक्त व्यवस्था मुलुकी संहिता संसोधन गर्न भनेर ल्याइएको अध्यादेशमा उल्लेख थियो। त्यसमा जवर्जस्ती करणी सम्बन्धी मुद्दाको झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जवर्जस्ती करणी सम्बन्धी कसूर गर्ने कसूरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्न बाधा नपर्ने उल्लेख छ।, १८ वर्ष माथिका महिलामाथि बलात्कार गर्नेलाई ७ देखि १० वर्षसम्म कैदसजाय हुने कानुनी व्यवस्था छ। यही सजायको आधा सजाय ती किशोरीलाई गरेका हुन्। तर फ़ैसला हुने बेलासम्म उक्त अध्यादेश निष्क्रिय भइसकेको थियो। सरकारले संसद नचलेका बेला अध्यादेश ल्याएपनि त्यसपछि बसेको संसद बैठकमा उक्त अध्यादेश पास गर्नुपर्छ।, संसदले ६० दिनभित्र उक्त अध्यादेश पारित नगरे निष्क्रिय हुन्छ। संविधानको धारा ११४ को उपाधारा २ मा सरकारले जारी गरेको अध्यादेश संसदमा पेश भएको साठी दिनमा पारित नभए स्वत: निष्क्रिय हुने व्यवस्था गरेको छ। माघको २१ गते ६० दिन पुगेको थियो। त्योबेलासम्म संसदले उक्त अध्यादेश पारीत गरेन।, अहिलेको प्रचलित कानुनमा भने झुटा मुद्दा लगाउनेलाई तीनमहिनासम्म क़ैद वाँ पाँच हज़ार जरिवाना अथवा दुवै सजाय हुने उल्लेख छ।, माघ २१ गते निष्क्रिय भएको कानुनी व्यवस्थामा टेकेर न्यायाधीश जोशीले किशोरीलाई त्यत्रो सजाय गरेको भन्दै सार्वजनिक आलोचना भइरहेको छ। महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले प्रचलनमा नरहेको कानुन प्रयोग गरेर कसैलाई कैद सजाय गर्न नपाइने बताएर।, ‘मुलुकी फौजदारी कार्यविधि संहिता संसोधन गर्न ल्याइएको अध्यादेश संसदले पारीत नगरेपछि निष्क्रिय भएको छ। उक्त अध्यादेशमा भएको व्यवस्थाअनुसार अहिले कसैलाई सजाय गर्न पाइन्न,’ उनले सेतोपाटीसँग भने, ‘प्रचलनमा नरहेको र निष्क्रिय भइसकेको कानुनको आधारमा कसैलाई सजाय गर्न पाइन्न। फौजदारी कानुनको सिद्धान्तले त्यसरी सजाय गर्न मिल्छ भनेको छैन।’, न्यायपरिषद ऐनको दफा १० अनुसार असान्दार्भिक कानुनको प्रयोग गरेर निर्णय लिए न्यायाधीशमा कार्यक्षमताको अभाव रहेको मानिन्छ। कार्यक्षमताको अभाव मात्र देखिएमा पहिलो पटक सचेतमात्र गराइने कानुनी व्यवस्था छ। तर पटकपटक यस्तो दोहोरिएमा परिषदको सिफारिसमा प्रधानन्यायाधीशले पदमुक्त समेत गरिदिन सक्ने छन्।, गएको माघ १५ गते बिहेको प्रस्ताव लिएर आएका खनालले आफूलाई सुतिरहेको खाटबाट तानेर बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन्। त्यसपछि उनी पक्राउ परे। प्रहरीसँगको बयानमा खनालले बहिनीसँग सुतिरहेकी किशोरीलाई आफूले सँगै सुत्न बोलाएको र सहमतिमै शारीरिक सम्बन्ध भएको बयान दिएका थिए। किशोरीसँग सँगै सुतेकी उनकी बहिनीले राती दिदीले मम्मी भनेर कराएपछि आफू बिउँझेको बयान दिएकी थिइन्।, आफू उठ्दा दिदीसँगै नरहेको बरु तल ओच्छाइएको खाटमा एक्लै रोएको अवस्थामा आफूले देखेको पनि उनको बयानमा उल्लेख थियो। त्यसपछि के भो भनेर सोध्दा खनालले आफूमाथि जबरजस्ती यौन सम्बन्ध राखेको भनेर दिदीले भनेको वयान बहिनीले दिएकी थिइन्। त्यसपछि सरकारी वकिलले खनालविरूद्ध बलात्कारमा सातदेखि १० वर्षसम्म कैद सजाय माग्दै मुद्दा दायर गरेको थियो। अदालतमा बकपत्र गर्दा किशोरी होस्टायल (वयान फेर्ने उल्टो बयान दिने काम) भएकी थिइन्।, उनले अदालतसमक्ष बयान गर्दा खनाललाई आफैँले बिहेको प्रस्ताव लिएर आउन भनेको, राती आफ्नै कोठाको भुईंमा ओछ्यान लगाइदिएको र राती कुरा गर्दा गर्दै सहमतिमा सम्बन्ध भएको बताएकी थिइन्।, भोलिपल्ट फोनमा कुरा हुँदा खनालले घरमा जुठो पर्यो पछि बिहे गरौँला भनेपछि बिहे नगर्ने बहाना खोजेजस्तो लागेको र रिसले आफूले जाहेरी दिएको पनि उनको बयानमा उल्लेख थियो। न्यायाधीश नवीनकुमार जोशीको इजलासले भने सबैले अदालतमा दिएको बयानका आधारमा खनाललाई सफाई दियो।, उनलाई सफाई दिएपछि झुटा मुद्दा लगाएको भन्दै किशोरीलाई नै साढे तीनवर्षको कैद सजाय सुनायो।, महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता रेग्मीका अनुसार अब ती पिडितले आफूमाथि भएको सजाय कानुनविपरीत भएको भन्दै उच्च अदालतमा पुनरावेदन दिन सक्छिन्।, उनकाअनुसार फैसला प्राप्त भएपछि सरकारी वकिलले पनि यो मुद्दामा पुनरावेदन गर्ने कि नगर्ने निर्णय गर्ने छ।,
बलात्कार मुद्दामा किशोरीलाई सजाय गर्ने अछाम जिल्ला अदालतको फैसला अध्ययन गर्दै न्यायपरिषद
|
सेतोपाटी संवाददाता उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रूपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएको बताएका छन्।, इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन्। , प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि एक सातादेखि बेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन्। , उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन्। प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो छ। , सरकार तथा विद्युत प्राधिकरण आफैंले ग्यासको खपत कम गरौं खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताए।, उनले सरकार र प्राधिरकण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताए। सरकारले उद्योगहरुमा तत्काल विद्युत उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाई छ। अग्रवालले प्राधिकरणले तत्काल रूस र युक्रेनको युद्वको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गरे।, ‘हिजोसम्म हामीलाई थाहा भएकै कुरा हो। सरकारले खाना पकाउन ग्यास प्रयोग नगरौं। खाना पकाउन विद्युतीय चुलो प्रयोग गरौं भनेर व्यापक रूपमा विद्युत प्राधिकरणले प्रचारप्रसार गरेको थियो’, उनले भने, ‘अत्यासित रूपमा उद्योगमा लोडसेडिङ भएको छ।’, उनले अहिले वर्षा सुरू हुनुभन्दा पहिले र जाडोपछि खपत बढ्ने तर नदिनालामा पानी कम हुने हुने भन्दै यही समयमा नेपालमा विद्युत खपत बढ्ने हुन्छ। तर यही बिचमा रूस र युक्रेनबीच युद्व भएको कारण भारतमा कोल आयात नभएको बताए। ‘भारतबाट विद्युत आयात गरिरहेका छौं। अहिले अप्रत्याशित विद्युत अभाव भएको छ । सरकारले उद्योगलाई कसरी विद्युत दिने भन्ने कुरामा योजना बनाउनु पर्छ । छोटो समयको लागि उद्योग चलाउन सकिन्छ । तर लोमो समय लोडसेडिङ भयो भने समस्या हुन्छ,’ उनले भने।, त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले स्पिनिङ उद्योगमा एक सातादेखि निरन्तर रूपमा विद्युत आपूर्ति कटौती भएको बताए। उनले प्राधिकरणले कुनै जानकारी विना एक हप्तादेखि वेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको बताए।, उद्योगमा लामो समयदेखि विद्युत आपूर्तिमा पटक–पटक न्युन पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै पोखरेलले १४ घण्टा लोसेडिङ हुँदा उद्योग सञ्चालनमा थप समस्या पैदा भएको गुनासो गरे। , उनले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्युन पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको उल्लेख गरे। व्यवस्थापक पोखरेलले ४ हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनुपर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताए।, उनले उद्योगमा बस्ने कर्मचारीको लागि छुटै लाइनबाट विद्युत दिएकोमा त्यो विद्युत समेत कटौती गरिएको दाबी गरे। उद्योगमा विगतमा जडान गरिएका जेनेरेटर तथा डिजेलको व्यवस्थापन लोडसेडिङ अन्त्यपछि त्यतिकै भएकाले तत्काल सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा रहेको जानकारी दिए।, ‘केही वर्षदेखि उद्योगमा लोडसेडिङ नभए पनि पटक पटक न्युन पावर ट्रिपिङ, पावर भोल्टेजका कारण उत्पादनमा कमि आउँदा समस्या भएको छ। यसमा ठूलो आर्थिक भार खेप्नुपरेको अवस्था छ’, उनले भने, ‘पछिल्लो समय केही हप्तादेखि बेलुका ६ बजेदेखि १४ घण्टासम्म विद्युत कटौतीको समस्या भोग्नुपरेको अवस्था छ। उद्योग सञ्चालनमा मात्रै नभएर उद्योगका २ हजार कर्मचारी बस्ने आवासको समेत प्राधिकरणले विद्युत कटौती गर्दा समस्या परेको छ।’, यस्तो समस्याको विषयमा पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दा समेत सुनुवाई नभएको उनले गुनासो गरे। ‘कुनै जानकारी, कुनै विद्युत कट हुने समय तालिका बिना एक्कासी रुपमा उद्योगमा लोडसेडिङ सुरू भएको छ। प्राधिकरणका निर्देशक कुलमान घिसिङले लोडसेडिङ गदैनौं भने पनि सात दिनदेखि निरन्तर रुपमा लोडसेडिङ हुँदै आएको कुनै परिर्वतन भएको छैन।’, उनले उद्योग सञ्चालनको लागि डिजेल तथा जेनेरेटर केही पनि छैन। विगत भएका जेनेरेटरहरू पनि लोडसेडिङ अन्त्य भएपछि थन्किएर बसेको भन्दै उनले श्रमिले समेत विद्युत नपाउँदा भोलि उद्योगमा नै ठूलो समस्या आउने बताए।, त्यस्तै, विराटनगरमा सन्चालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको व्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरुमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताए।, उनले १४ घण्टा उद्योगहरुले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नू पर्ने अवस्था आउने बताए। उद्योग १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै सरकारले तत्काल उद्योगलाई विद्युत सहज रुपमा आपूर्तिको व्यवस्था गर्नुपर्ने सञ्चालक अग्रवालको भनाई छ। , उनले विद्युत प्राधिरकण आफैं उद्योगीलाई ठूला ठूला उद्योग ल्याउनुस् जति पनि विद्युत दिन तयार छौ भन्ने तर प्राधिकरण आफैं १२ देखि १४ घण्टा लोडसेडिङ गर्ने कुरा व्यवहारिक नभएको बताए। सञ्चालक अग्रवालले उद्योगमा विद्युत अभावको कारण ५० प्रतिशत कच्चा पदार्थ कटैती गरेर उत्पादन भइरहेको बताए। ५० प्रतिशत मात्रै उत्पादन गरेर उद्योग चल्न नसक्ने अग्रवालको भनाई छ।, ‘एक सातादेखि विद्युत प्राधिकरणले भनेको छ । उद्योगमा १२ देखि १४ घण्टाको लोडसेडिङ हुन्छ । अहिले बैंकको ब्याज त्यति कै बढ्दै गएको छ। ढुवानीको लागत बढ्दै गएको छ। उद्योगलाई १२ देखि १४ घण्टा डिजेलमा चलाउन सकिन्छ? कुनै पनि हालतमा सम्भव छैन’, उनले भने, ‘त्यसको प्रभाव सर्वसाधरण जनतालाई पर्ने हो। उद्योगलाई विद्युत दिने कुरामा सरकार गम्भिर हुनुपर्छ। लोडसेडिङ भएर उद्योग बन्द गर्नुपर्यो भने छुट्टै समस्या देखिन्छ। जुन देशमा बेरोजगारी बढ्छ । त्यसैले उद्योगमा लोडसेडिङ गर्ने कुरा राम्रो भएको छैन।’, अहिले देशैभरका उद्योगीहरुले पूर्व जानकारी विना उद्योगमा १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइरहेका छन्। उद्योगीहरूले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने माग समेत गरिसकेका छन्। तर प्राधिकरणले कुनै पनि प्रतिक्रिया दिएको छैन। , रूस–युक्रेन युद्वको कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ। युद्वको कारण भारतमा विद्युत महंगो भएको छ। एक साता अगाडि नेपाली ३८ रूपैयाँसम्म पुगेको प्राधिकरणले बताएको थियो। , ३८ रुपैयाँमा भए पनि भारतबाट विद्युत खरिद गरेर नेपाली उद्योगलाई विद्युत आपूर्ति गर्ने प्राधिकरणले बताए पनि उद्योगमा लोडसेडिङ नहटेको उद्योगीहरुले बताएका छन्। अहिले नेपालले महंगो मूल्यमा पनि भारतबाट बिजुली आयात गर्न सकेको छैन।, करिब साढे ३ सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगमा रातिमा बिजुली काट्न थालेको बताएको छ। पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीहरुले प्राधिकरणको चर्को आलोचना गरिरहेका छन्। , विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरुको गुनासो रहेको छ। , विद्युत् आपूर्ति नियमित हुन नसक्दा सुनसरी–मोरङलगायत औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या आएको छ। प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको थियो। तर अघोषित रूपमा बिजुली कटौती गरिरहेको उद्योगी व्यवसायीहरले बताएका छन्।,
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ
|
सेतोपाटी संवाददाता डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, आइतबार साँझ ७ बजे पूर्वीचौकी गाउँपालिका-१ दौरीकोटमा साझघाटबाट गैरागाउँ जाने क्रममा से१ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो।, दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पूर्वीचौकी-३ गैरागाउँका २९ वर्षीय खेमबहादुर बोहरा र सोही ठाउँका ४५ वर्षीय पुरन बोहरा रहेका छन् ।, घटनामा ७ जना घाइते भएको र उनीहरुको उद्वार गर्ने काम भइरहेको जिल्ला प्रहरीले कार्यालय डोटीका डिएसपी भोलाकुमार भट्टले जानकारी दिए।, अहिलेसम्म घाइते यकिन सात रहेको भए पनि अझै थप हुनसक्ने उनले बताए। जीप सडकबाट अन्दाजी ६ सय मिटर तल खोलामा खसेको भट्टले बताए।, जीप चालक फरार रहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको भट्टले बताए।,
डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
|
एजेन्सी अमेरिकी राज्य क्यालिफोर्नियाको साक्रामेन्तो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।, समाचार संस्था एपीका अनुसार स्थानीय समयअनुसार आइतबार बिहानै सहरको डाउनटाउनमा एक बन्धुकधारीले गोली चलाएका हुन्।, सामाजिक सञ्जालमा पोष्ट भएका भिडिओहरूमा गोली चलेको आवाजसँगै मानिसहरू सडकमा दौडिएको देखिन्छ।, गोली चलेको स्थानमा भारी संख्यामा प्रहरी परिचालन भएको छ। गोली कसले चलाएको हो र मारिनेहरू को-को हुन भन्ने खुलिसकेको छैन।, प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।,
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता चितवनमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।, भरतपुर-१आँपटारीस्थित तौल पुल नजिकै सडक छेउको नाली सफा गर्नेक्रममा चुँडिएको तारमा करेन्ट लागेर तनहुँको देवघाट-५ बस्ने ५५ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको हो।, जिल्ला प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार मगरले उक्त क्षेत्रमा सडक विभागबाट सरसफाईको काम गर्दै आएका थिए। चुँडिएर लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको अधिकारीले बताए।, मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए।,
भरतपुरमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर सरसफाई मजदुरको मृत्यु
|
रासस पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालीलाई भाडामा दिएको नेपाल-भारत मैत्री पशुपति धर्मशालाको करार सम्झौता रद्द गरेको छ।, होटल सञ्चालन गर्न कोष र प्रालीबीच सम्झौता भएको थियो। तर त्यसमा भएका शर्तहरूको पालना नगरेको हुँदा सम्झौता रद्द गरिएको कोषले जनाएको छ। , पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकाशित गरी सम्झौता रद्द भएको जनाएको छ। , कोष र प्रालीबीचको सम्झौता रद्द भएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्राली (बतास समूह)ले बुझ्न नमानेको कोषका सदस्य सचिव डा मीलनकुमार थापाले बताए। , ‘होटल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको पाइएन। कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गर्यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा बतास समूहले बुझ्न मानेन्,’ उनले भने।, बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मशाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो।,
होटल आनन्दसँगको पशुपति धर्मशालाको सम्झौता रद्द
|
खिलानाथ ढकाल नेपाल धितोपत्र बोर्डले १० लाख लगानी गरे १० वर्षमा १० करोड दिन्छु भन्ने गोल्डम्यान इन्भेष्टमेन्टमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको छ।, गोल्डम्यानले ठगी गरेको आशंकामा धितोपत्र बोर्डले केन्द्रीय अनुसन्धान ब्युरोलाई छानबिनका लागि पत्राचार गरेको हो। बोर्डले छानबिनमा सहयोग गर्न अर्थ मन्त्रालयलाई पनि चिठी लेखेको छ।, ‘सेयर बजारसम्बन्धी कारोबार गर्ने भनी संस्थागत सेयर भन्दै गैरकानुनी तरिकाबाट गतिविधि गरेको पाइएपछि छानबिनका लागि प्रहरीलाई पत्राचार गरिएको हो,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सेतोपाटीसँग भने।, अर्थ मन्त्रालयले यसबारे के गरिरहेको छ भन्नेबारे खुलिसकेको छैन। तर, प्रहरीले गोल्डम्यानमाथि आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ।, ‘धितोपत्र बोर्डले हामीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ, ठगीको आशंका गरेर अनुसन्धान गर्न भनिएको छ,’ ब्युरोका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंहले सेतोपाटीसँग भने, ‘यस सम्बन्धमा के कसो हो हामीले अनुसन्धान सुरू गरेका छौं।’, गोल्डम्यानले इन्भेष्टमेन्टले तीन वर्षभित्र पब्लिक सेयरमा जाने भन्दै अहिलेदेखि संस्थागत पुँजी संकलनका लागि योजना सार्वजनिक गरेको छ। त्यसबारे बोर्ड आफैंले पनि अनुसन्धान गरिरहेको छ।, अनुसन्धानका सिलसिलामा व्यक्ति ठगिएको आशंका बढेपछि बोर्डले प्रहरीमा पत्राचार गरेको बोर्ड अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए।, धितोपत्र बोर्ड र कम्पनी ऐनमा संलग्न नभइकनै गोल्डम्यानले करोडौं संस्थागत सेयर संकलनको योजना बनाएको छ।, उसले आफ्नो कम्पनीको वेबसाइटमा विज्ञापन सार्वजनिक गरेको छ। त्यसमा न्यूनतम् १० लाख रुपैयाँ बराबरको संस्थागत सेयर आह्वान गरिएको छ।, सो सेयर आए १० वर्षको नाफा र प्रतिफल गरेर ५ सय प्रतिशतसम्म लाभांश दिइने भनिएको छ।, ‘यसरी बन्नुस् १० वर्षमै १० लाखबाट १० करोडको मालिक’ भन्दै विज्ञापनमा कम्पनीसँग आवद्ध हुन आह्वान गरिएको छ।, नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रमा ५० वटा कम्पनी स्थापना गरी आगामी १० वर्षमा २.५ खर्बको कम्पनी बनाउने गोल्डम्यानले प्रचार गरिरहेको छ।, गोल्डम्यानको उद्घाटन गत पुसमा भएको थियो। पाँच वर्षको अवधिमा ५० कम्पनी बनाउने भनिएको छ।, अहिले नै यो कम्पनीमा ४० जना लगानीकर्ता पुगिसकेको गोल्डम्यानका अध्यक्ष दीपेन्द्र अग्रवालको दाबी छ। पुराना लगानीकर्ता भनिएका अग्रवालको विज्ञता कुन क्षेत्रमा हो भन्ने खुलेको छैन।, अग्रवाल जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्। कम्पनी उद्घाटनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव पुगेका थिए।, २०८४ सालमा गोल्डम्यान इन्भेष्टमेन्टको ‘लकिङ’ खुल्ने र २०८६ सालमा गोल्डम्यानको एफपिओ आउने भनिएको छ।, २०८८ सालसम्म यसको नेटवर्क २५ हजार पुग्ने साथै नेपालको सबैभन्दा ठूलो कम्पनी बन्ने भनी प्रचार गरिएको छ।, गोल्डम्यानको गतिविधिमाथि शंका उठाउँदै धितोपत्र बोर्डमा उजुरीहरू आइरहेका थिए।, गोल्डम्यानले एउटा कम्पनीमा १० करोड लगानी हुने र एउटा कम्पनीको पब्लिक सेयर १ लाख कित्ता हुने दाबी गरेको छ।, धितोपत्र बोर्डमा सूचीकृतपछि प्रतिसेयरको मूल्य ५ हजार हुने भनिएको छ। सूचीकृत ५० कम्पनीको सार्वजनिक सेयर पुँजी ५०० करोड हुने दाबी गरिएको छ। ५० कम्पनीको सेयरको बजार पुँजी २५ हजार करोड हुने दाबी गरिएको छ।, गोल्डम्यान लिमिटेडले आगामी आर्थिक वर्षभित्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराउने, ५० वटा नयाँ पब्लिक कम्पनीहरू स्थापना गरी व्यावसायिक सफलता हासिल गरेर धितोपत्र बजारमा जाने भनिरहेको छ।, उसले ५० कम्पनीको विविधिकरण पनि गरिसकेको दाबी गरेको छ। गोल्डम्यानले आफ्नो चालु परियोजनामा मेगा माइनिङ लिमिटेड काभ्रेलाई देखाएको छ।, त्यसमा ६ करोड लगानी गरिएको दाबी गरिएको छ र त्यसको शतप्रतिशत काम सम्पन्न भएको भनिएको छ।, क्रसर उद्योगको फोटो राखेर मेगा माइनिङ भनिएको छ। यस्तै, एउटा काष्ठ फर्निचरलाई देखाएर आगामी योजनामा आगामी योजनामा उड प्लाष्टिक कम्पोसाइट ८ करोडको लागतमा निर्माण गर्ने भनिएको छ।, यस्तै, १० करोडको लागतमा स्मार्ट डोर लिमिटेड काठमाडौंको टोखामा सञ्चालन गरिएको र त्यसको ८० प्रतिशत काम भइसकेको भनिएको छ।, ‘गोल्डम्यानले देखाएका कुनै पनि कम्पनी विश्वासलाग्दा देखिँदैन,’ बोर्डका अर्का एक अधिकारी भन्छन्।, यस्तै, ८ करोडको लगानीमा ब्रेक सु फर कार, १० करोडको लागतमा लुब्रिकेन्टस् स्थापना गर्ने भनिएको छ।, भविष्यमा समेटिने अन्य कार्यक्रममा सूचना, शिक्षा, सेयर बजार, अस्पताल र औषधी, वित्तीय सेवा, पूर्वाधार विकास, कृषि निर्माण, हाइड्रो, रियलस्टेट रहेको बताइएको छ।, यो पनि हेर्नुहोस्, १० लाख लगानी गरे १० वर्षमा १० करोड दिन्छु भन्ने कम्पनी छानबिनमा,
१० लाख लगानी गरे १० वर्षमा १० करोड दिन्छु भन्ने कम्पनीमाथि छानबिन गर्न सिआइबीलाई पत्राचार
|
सेतोपाटी संवाददाता सुनसरीमा स्कुल बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। , ईटहरी उपमहानगरपालिका-१८ नयाँटोल बस्ने ५५ वर्षीया मेहरून खातुनको मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , कार्यालयका अनुसार आइतबार नयाँटोलस्थित कान्छीचोक-चतरा सडक खण्डमा दुर्घटना भएको हो। , कान्छीचोकबाट विद्यार्थी लिन चतरा गएको को १ क १८६६ नम्बरको बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले पैदल यात्री खातुनलाई ठक्कर दिएको हो। कार्यालयले खातुनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। , प्रहरीले सुन्दरहरैचा नगरपालिका-६ का ३६ वर्षीय बस चालक प्रेमकुमार सार्कीलाई नियन्त्रणमा लिएको छ। , कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।,
,
इटहरीमा स्कुल बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २३ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ९ सय ९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। ५ हजार ८४७ जनाको पिसिआर र १ हजार ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , अहिले देशभर ८ सय ९९ जना सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घन्टामा ६६ जना संक्रमित निको समेत भएका छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
६९०९ को कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि, ८ सय ९९ जना सक्रिय संक्रमित
|
सेतोपाटी संवाददाता खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ।, बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।, स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।, आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। मीनबहादुर पनि घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको छ।, बेलुका ७:२० मा मीनबहादुर तामाङको एकतले घरमा खाना पकाउने क्रममा ग्यास विस्फोट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।, खनालका अनुसार बेलुका ग्यास खोल्ने क्रममा एक्कासी विस्फोट भएको थियो। अहिले प्रहरी घटनास्थलमा पुगेको र ग्यास विस्फोटबारे अनुसन्धान गरिरहेको खनालले बताए।,
खाना पकाउने ग्यास विस्फोट हुँदा बाह्रबिसेमा तीन जना बालबालिकाको मृत्यु
|
सेतोपाटी संवाददाता रूपन्देहीको सैनामैना नगरपालिकाले विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरेको छ।, वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी नगरपालिकाले नमूना बस्ती नै हस्तान्तरण गरेको हो।, सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारको लागि भन्दै सैनामैना नगरपालिका वडा नं. ११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो।, तराई मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा १ शौचालय र ३ वटा कोठा रहेका छन्। , आर्थिक वर्ष २०७५/७६ बाट सुरू गरिएको बस्ती निर्माणमा १ करोड ८६ लाख ५७ हजार रुपैयाँ बजेट लगानी भएको नगरपालिकाका इन्जिनियर अरूण खनालले जानकारी दिए।, नगरपालिकाले निर्माण गरेका १० वटा घरमध्ये बिहीबार ९ वटा घर हस्तान्तरण गरिएको हो। , नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले नगरपालिकाका सबै वडाबाट एक एक जना सबभन्दा विपन्न परिवार छनोट गरी घर हस्तान्तरण गरिएको जानकारी दिए।, नगरपालिकाले उपमेयर विना रानाको संयोजकत्वमा सन्तकुमार चौधरी र पञ्जीकरण अधिकृत केशवराज अर्याल सदस्य रहेको समिति गठन गरी विपन्न परिवार छनोट गरेको थियो। वडा कार्यालय र समितिले गरेको सिफारिसको आधारमा परिवारलाई घर हस्तान्तरण गरिएको हो।, नमूना बस्तीमा घर पाउँदा आर्थिक रूपमा विपन्न भएका परिवार खुसी भएका छन्। , चक्रपथ निर्माणको क्रममा सैनामैना वडा नं. ५ मा रहेको सानो घरसमेत भत्काएर विस्थापित बनेकी राजकुमारी थारूले नगरपालिकाले घर बनाएर दिएपछि खुसी लागेको बताइन्।, विकास निर्माण गर्दा घर खेत नै गुमाउने परिवारलाई सैनामैनाले जस्तै बासको व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ। , ‘हामी त कहाँ जाने भनेर सोच्न नै सकेका थिएनौं, नगरपालिकाले घर बनाएर दिएपछि परिवार पाल्नलाई त दैनिक ज्यालादारी काम गरेर पनि सकिन्छ,’ उनले भनिन्।, विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकार नागरिकका हरेक दु:खसुखमा सँगै रहनुपर्ने बताए।, बिहीबार हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक १ सय रुपैयाँ शुल्क लिने गरी कार्यविधि बनाएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए। , घर जग्गा सबै हस्तान्तरण गर्दा विपन्न परिवारले बिक्री गर्ने र फेरि घरबारविहीनको अवस्थामा पुग्न सक्ने भएकोले नगरपालिकाले १ सय रुपैयाँ शुल्क लिएर लिजको रूपमा घर उपलब्ध गराउने गरी कार्यविधि बनाएको उनले बताए।, नगरपालिकाले सञ्चालन गरेका ठूला आयोजनाका कारण विस्थापित भएका परिवार, विपत्तिमा परेको र ठूलो रोग लागेर उपचारमा सम्पत्ति सकिएर सडकमा आउने परिस्थितिमा परेका परिवारलाई लक्षित गरेर नमूना बस्तीको अवधारणा ल्याइएको उनले बताए।, जनताको तटबन्धन कार्यक्रममार्फत कञ्चन खोलामा गरिएको तटबन्धनपछि धेरै जग्गा समेत सुरक्षित बन्दै जाने र सोही जग्गामा विपन्न परिवारका लागि बस्ती थप गर्दै लैजाने नगरपालिकाको योजना रहेको छ।, निर्माण सम्पन्न भएका १० वटा घरसहितको नमूना बस्तीमा ताल लगाएर बारिएको भए पनि कम्पाण्ड वाल लगाउने काम बाँकी रहेको छ। , नगरपालिकाले खेल मैदान बनाउने, बिजुलीको पोल विस्तार र तटबन्धनको काम समेत गर्दै जाने बताएको छ।,
सैनामैनाले दियो विपन्न परिवारलाई नमूना घर
|
सेतोपाटी संवाददाता प्रहरीले भन्सार छलेको आरोपमा हार्डवेयर तथा लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको छ।, बुधबार राति प्रहरीले वीरगन्ज महानगरपालिका-८ घन्टाघर सडकखण्डबाट ना६ख ६०३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।, प्रज्ञापत्रबिनै मालसामान ल्याएको पाइएपछि उक्त ट्रक राति साढे ११ बजे उक्त ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, उक्त ट्रकमा १ करोड २० लाख बराबरको सामान रहेको खनालले बताए। नियन्त्रणमा लिइएको ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।,
एक करोड बढीको मालसामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा
|
सेतोपाटी संवाददाता लिखु तामाकोसी गाउँपालिका रामेछापका अध्यक्ष गोविन्दबहादुर खड्कासहितका व्यक्तिविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।, विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।, सबैलाई अलग-अलग बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।, अध्यक्ष खड्कासँग चार करोड २१ लाख ७०६ रुपैयाँ बिगो माग गरिएको भण्डारीले बताए।, मुद्दामा तत्कालीन लेखापाल नोर्बु लामा, राजुप्रसाद न्यौपाने र तत्कालीन प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईं तानिएका छन्।, लामासँग दुई करोड ९४ लाख, चौलागाईंसँग तीन करोड आठ लाख रुपैयाँ न्यौपानेसँग १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ बिगो माग गरिएको छ।, यस्तै, लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङसँग १ करोड २६ लाख बिगो माग गरिएको छ।, विद्युतीकरण उपभोक्ता समितिका पदाधिकारी पनि भ्रष्टाचारमा तानिएका छन्।, वडा नम्बर ५ स्थित विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवारसँग ३५ लाख, सोही वडाका उपभोक्ता समिति अध्यक्ष सुनबहादुर तामाङ, करिष्मा परियार, दलबहादुर तामाङसँग ३७ लाख बिगो माग गरिएको छ।, वडा नम्बर ४ स्थित विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारसँग ४२ लाख रुपैयाँ बिगो मागिएको अख्तियारले जनाएको छ।, यस्तै, पाइक कन्स्ट्रक्सन कम्पनीका सञ्चालक अमृतबहादुर तामाङसँग ४२ लाख बिगो माग्दै मुद्दा दायर भएको छ।, वडा नम्बर १ का उपभोक्ता समिति अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ, सचिव युवराज सुनुवारसँग १ करोड बिगो माग गरिएको छ।, यसैगरी, सोही वडाका उपभोक्ता समिति अध्यक्ष बुद्धिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्कार र सचिव अस्मिन रोकासँग ८४ लाख बिगो माग गरी मुद्दा दायर गरिएको छ।, १ नम्बर वडाकै उपभोक्ता समिति अध्यक्ष प्रचण्ड सुनुवार, कोषाध्यक्ष घन्टिका देवी सुनुवार र सचिव क्याल्बु तामाङसँग ३२ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ।, १ नम्बर वडाकै उपभोक्ता समिति अध्यक्ष अशोककुमार सुनुवार, कोषाध्यक्ष दिलमाया थापा, सचिव प्रकाश सुनुवारसँग ६६ लाख ७० हजार रुपैयाँ बिगो माग गरिएको छ।, आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा विद्युतीकरण गर्दा योजना सम्झौताका सर्त, कार्यपालिकाको निर्ण र विद्यमान कानुनविपरीत प्राविधिक मूल्याङ्कन गरेको, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन बिना सामान खरिद-ढुवानी गरी रकम भुक्तानी लिने दिने गरेको उजुरी आएपछि अख्तियारले अनुसन्धान थालेको थियो।,
विद्युतीकरणमा चार करोड भ्रष्टाचार गरेको भन्दै लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षविरूद्ध मुद्दा
|
सेतोपाटी संवाददाता सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महादेव गाउँपालिका-२ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। , स्थानीय तहको निर्वाचन २०७९ लागी म्यादी प्रहरी भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिहरूसँग उनले रकम लिएको आरोप छ।, म्यादीमा लगाइदिन्छु भन्दै फकाएर रकम लिएको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता झापाको झिलझिलेमा अवरूद्ध भएको सडक दिउँसो २ बजेदेखि खुलेको छ।, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले दुई दिनभित्र पीडकलाई पक्राउ गर्ने बताएपछि अवरुद्ध सडक सुचारु भएको स्थानीय विनोद ढकालले बताए।, प्रहरीले पीडितको मागअनुसार दोषीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका छन्। घटनामा हामी दोसी ठहर भयो भने पनि कानुनअनुसार कारबाही भोग्न तयार रहेको पीडित तेजस्विनी बाँस्कोटाले बताइन्।, फरार रहेका युवराज खरेल, कुशल खरेल, अजय बाँसकोटा, कल्पना खरेल र चैतकुमारी खरेल प्रहरीकै संरक्षणमा रहेको तेजस्विनीले आरोप लगाइन्।, इलाका प्रहरी कार्यालय झिलझिलेभित्र भएको प्रशासन र पीडित पक्षको वार्ताले फरार रहेकालाई पक्राउ गरेर कानुनी कारबाही गर्ने लिखित सम्झौतापछि अवरुद्ध सडक संचालन भएको हो।, प्रहरीलाई दबाब दिएकै कारण फरार पक्राउ पर्ने स्थानीयले बताएका छन्। यसअघि प्रहरीले घटनाका विषयमा चासो नदिएको आरोप पीडितको छ। पीडितले मोटर साइकल, बार र अटो रिक्सा तेर्साएर सडक अवरुद्ध गरेका थिए।, सांघातिक हमलाका दोषीलाई पक्राउ गरेर छोडिदिएको विषयले उग्ररूप लिएपछि बिहीबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा पीडितले राजमार्ग ठप्प पारेका थिए।, इलाका प्रहरी कार्यालय झिलझिले अगाडि प्रहरीविरूद्ध नाराबाजी गर्दै पीडित, उनीहरूका आफन्त र सयौं स्थानीयले सडक अवरूद्ध बनाएका हुन्।,
झापामा अवरूद्ध सडक खुल्यो
|
सेतोपाटी संवाददाता सर्लाहीमा क्रेनले साइकललाई ठक्कर दिँदा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ।, बागमती नगरपालिका वडा नम्बर ७ निमीचोकको भित्री सडकखण्डमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको हाइड्रो क्रेनको ठक्करबाट साइकलमा आइरहेकी १७ वर्षीया सुमित्रा परियारको मृत्यु भएको थियो।, परियारको मृत्युपछि आफन्त र गाउँलेहरूले क्रेनमा आगजनी गरेका थिए भने सडक अवरूद्ध सडक अवरूद्ध गरेका थिए। सडक खुलाउन सर्लाही प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। घटनामा केही घाइते पनि भएका छन्।, क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैबीच गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई फोन गरेर घटनास्थलमा बल प्रयोग नगर्न भनेका छन्। उनले सबै पक्षसँग छलफल गरेर समस्याको समाधान खोजिने बताएका थिए।,
क्रेनको ठक्करबाट किशोरीको मृत्यु
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार २५ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ९५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ६२३ जनाको पिसिआर परीक्षण गर्दा २४ र १ हजार ३२८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि गरेको हो। , अहिले देशभर १ हजार ८१ जना सक्रिय संक्रमित छन्।, ८९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
४ हजार ९५१ मा परीक्षण गर्दा २५ जनालाई कोरोना
|
रासस प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ।, जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।, पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।, साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ।, यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।, नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ, आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।,
आज घोडेजात्रा
|
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिका-१२ स्थित नख्खु खोलामा एक व्यक्तिको शव फेला परेको छ।, बिहीबार बिहान नाम, थर र ठेगाना नखुलेका व्यक्तिको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।, करिब ५५ वर्षको जस्तो देखिने ती पुरुषको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ।,
गोदावरीमा बेवारिसे शव फेला
|
सेतोपाटी संवाददाता कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।, टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ।, पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो।, बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ।, साथै युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।,
१६ महिने बालिका बलात्कार आरोपमा युवक पक्राउ
|
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा अत्याधुनिक प्रकृतिको फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण हुने भएको छ।, बजार र घरका भान्साबाट दैनिक निस्किने फोहोर व्यवस्थापनका लागि नगरले केन्द्रको निर्माण गर्न लागेको हो।, शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को झारबारीमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र रहने नगरका निमित्त प्रमुख प्रसाशकीय अधिकृत प्रकाश चौधरीले बताए।, बिहीबार सो केन्द्रको नगर प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल लगायतका जनप्रतिनिधिले शिलान्यास गरे।, नगरका बजार, सडक, विद्यालय, कलकारखाना लगायतबाट निस्किने फोहोरलाई व्यवस्थापन केन्दमा लगेर प्रशोधनपछि जैविक मल पनि उत्पादन हुने निमित्त प्रमुख प्रसाशकीय अधिकृत चौधरीले बताए।, उनका अनुसार एउटै केन्द्रमा दुई वटा महत्वपूर्ण फोहोर व्यवस्थापन र प्रशोधन हुने छ।, फोहोर व्यवस्थापनका लागि उक्त जग्गा नगरले गत आव २०७५/७६ मा ९९ लाखमा खरिद गरेको थियो। उक्त जग्गामा सुरक्षित फोहोर व्यवस्थापन र प्रशोधनको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) र डिपिआर समेत तयार भएको नगरपालिकाले जनाएको छ।, नगरले तयार गरको डिपिआर अनुसार त्यस क्षेत्रमा सडक निर्माण, वेटल्याण्ड क्षेत्र निर्माण, साइड ड्रेन, फोहर छुटयाउने चेम्वर टहरा, पार्किङ सेड, कार्यालय भवन, गेट, कम्पाउण्ड वाल निर्माण, जेनरेटर, तटबन्धन, कुहिने फोहरको प्रशोधन मेशिन, नकुहिने प्लास्टिकजन्य वस्तुको प्रशोधन मेशिन, फूलबारी, बगैंचा आदि निर्माण हुने छ। यी संरचना निर्माणका लागि १२ करोड खर्च हुने भएको छ।, चालु आव २०७८/०७९ मा संघीय सरकारको विशेष अनुदानका रुपमा २ करोड ४९ लाख प्राप्त भएको थियो। नगर कार्यपालिकाको बैठकको निर्णयले सो अनुदान रकमबाट १ करोड ४९ लाखबाट उक्त क्षेत्रमा उतर-पश्चिम र दक्षिणतर्फ कम्पाउण्ड वाल निर्माण, फोहेर छुट्याउने चेम्बर टहरा र पार्किङ सेड निर्माण हुने भएको छ।, त्यसका लागि ठेक्का लागेको नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए। उक्त ठेक्का शिवसताक्षीकै शिवभक्त निर्माण सेवाले १ करोड ५ लाख ४० हजार २६५ रुपैयाँमा पाएको छ।, नकुहिने प्लास्टिकजन्य प्रशोधन मेशिन खरिदका लागि १ करोड ३७ लाखको टेन्डर सूचना समेत प्रकाशित गरेको पालिकाले जनाएको छ।, नगरमा फोहोर व्यवस्थापनसँगै प्रशोधन केन्द्र स्थापना भएपछि जैविक मल समेत उत्पादन हुने बताइएको छ। सड्ने फोहोरलाई प्रशोधन गरेर पुन: प्रयोग गर्न सकिने गरी जैविक मल उत्दान गर्ने नगरले लक्ष्य लिएको छ।,
शिवसताक्षीमा फोहोर व्यवस्थापन र प्रशोधन केन्द्र बन्ने
|
युवराज श्रेष्ठ कास्की जिल्ला अदालतले ज्यान मुद्दामा जाहेरी विपरीत बयान दिएका पोखरा-१५ का यामबहादुर गुरुङलाई पाँच हजार रुपैयाँ जरिवाना असुल गरेको छ।, जिल्ला अदालत कास्कीका न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले गत पुस १३ गते गरेको उक्त फैसलाको पूर्णपाठ बल्ल तयार भएको हो।, ‘जाहेरीका विरुद्ध अदालतमा बकपत्र गरेर सरकारी निकायलाई नै समस्या पारेको देखियो,’ जिल्ला अदालतका श्रेष्तेदार निलप्रसाद पनेरुले भने, ‘अनावश्यक रुपमा अर्को व्यक्तिलाई अनाहकमा राज्यको नियन्त्रणमा राख्यो, यसरी होस्टाइल हुनेलाई जरिवाना कारबाहीको फैसला आएको छ।’, गुरुङले आफ्ना छोरा विशाललाई गत जेठ २१ गते राती बिक्की भन्ने विक्रम भण्डारी, स्वीकार भण्डारी, सागर भण्डारी र भूमि भन्ने अमिर गुरुङले कुटपिट गरेको भन्दै जाहेरी दिएका थिए।, विक्रमको जग्गामा संयुक्त रुपमा निर्माण गरिरहेको कृषि फार्ममा विशालका साथै फार्मका कामदार नवीन आलेलाई समेत कुटपिट भएको जाहेरीमा उल्लेख थियो।, भण्डारी समूहले बाँस, ढुङ्गा र धारिलो हतियारले कुटपिट गरी विशालको एउटा आँखा फुटाइदिएको, टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको समेत जाहेरीमा उल्लेख छ। घटनाको भोलिपल्ट प्रहरीले गरेको मुचुल्कामा कुटपिटमा प्रयोग गरिएको ढुङ्गा, बाँसका टुक्रा र हम्बर फेला परेको उल्लेख छ।, गुरुङले जाहेरीमा विक्रमलगायत समूहले मदिरा सेवन गरेर बिनाकारण छोरा विशाललाई खुँडा, दाउलगायत हतियारको प्रयोग गरेर आक्रमण गर्दा नाकको डाँडीसमेत भाँचिएको उल्लेख गरेका छन्।, विशालको आँखा फुटेको सम्बन्धमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य रिपोर्टमा समेत बाहिरी चोटका कारण उनको एउटा आँखाले दृश्य गुमाएको जनाएको छ। घटनाका विरुद्ध ज्यान मुद्दा दिएको गुरुङले अदालतमा गरेको बकपत्रमा भने उक्त जाहरी आफ्नो नभएको जिकिर गरेका थिए।, बकपत्रमा गुरुङले छोरा विशालको आँखा आफ्नै हाते ट्याक्टरमा ठोक्किएर फुटेको बताएका थिए। ‘यामबहादुर गुरुङले जाहेरी व्यहोरा मेरो होइन, हाते ट्याक्टरमा ठोक्किएर आँखामा चोट लागेको भनी बकपत्रमा बताएका थिए,’ श्रेष्तेदार पनेरुले भने, ‘ज्यान मुद्दाका जाहेरवाला पनि होस्टाइल भएको देखियो।’, आँखा फुटेर दृश्य गुमाएका विशालले जाहेरीमा विक्रम भण्डारी समूहको आक्रमणबाट आँखा फुटेकाले पार्कल्याण्ड, हिमालय र मणिपाल अस्पतालमा उपचार गरेको उल्लेख गरेका थिए।, अदालतमा भने विशालले पनि उक्त व्यहोरा आफूले नभनेको र प्रहरी अनुसन्धानमा पनि बयान हेर्न नदिई हस्ताक्षर गर्न लगाएको बताएका थिए।, प्रतिवादी विक्रमले भने सुरूदेखि नै जाहेरीमा उल्लेख आरोप अस्वीकार गरेका थिए। प्रहरीले हिरासतमा लिएर अदालतमा बुझाएपछि विक्रम यही मुद्दा पुर्पक्षका लागि थुनामा गएका थिए। घटनामा संलग्न भनिएका सागर भण्डारी र अमिर गुरुङलाई ८० हजार र स्वीकार भण्डारीलाई २० हजार धरौटीमा छाडिएको थियो।, अदालतमा जाहेरी विपरीत बयान दिएपछि अदालतले गुरुङलाई ५ हजार रुपैयाँ जरिवाना दिन आदेश दिएको छ। ‘ज्यान मार्ने उद्योगमा दिएको जाहेरी व्यहोरा नै मेरो होइन भनेर अदालतमा बकपत्र गरेकाले जाहेरी झुठ्ठा देखियो,’ आदेशमा भनिएको छ, ‘झुटो बनावटी व्यहोरा लेखिएको हुनाले पाँच हजार जरिवाना ठहर्छ।’, मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ मा झुठठा कुरा लेख्ने वा बनावटी व्यहोराको बकपत्र गर्नेलाई तीन महिना कैद वा पाँच हजार जरिवाना वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ।, फैसलामा प्रतिवादी बिक्की भनिने विक्रम भण्डारीलाई २० हजार रुपैयाँ क्षतिपूर्ति दिन समेत आदेश दिएको छ।, जिल्ला अदालत कास्कीका श्रेष्तेदार पनेरुले उक्त आदेशले झुटो जाहेरी दायर गर्नेहरू निरुत्साहित हुने बताए।, ‘यो आदेशले जाहेरीमा दिएको कुरा नै अदालतमा अस्वीकार गर्ने प्रवृत्ति रोक्न मदत पुर्याउँछ,’ उनले भने, ‘प्रहरी, अदालतदेखि सरकारी निकाय र अनाहकमा व्यक्तिलाई दु:ख दिने नियत राखेर जाहेरी दिनेलाई कारबाही हुने नजिर यो फैसलाले राखेको छ।’,
ज्यान मुद्दामा होस्टाइल हुनेलाई पाँच हजार जरिवाना
|
युवराज श्रेष्ठ पोखरा महानगरले फेवाताल अतिक्रमण जोगाउने गरी आधाभन्दा बढी मापदण्ड घटाएको छ।, यसअघि तोकिएको भन्दा ३५ मिटर घटाएर महानगरले नयाँ मापदण्ड ३० मिटर जारी गरेको हो। महानगरको यो निर्णयसँगै तालको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाले वैधता पाउने बाटो खुलेको छ भने फेवातालको अतिक्रमण अझै बढ्न सक्ने संरक्षणविद्हरूले शंका गरेका छन्।, फेवातालको मापदण्ड यसअघि ६५ मिटर कायम गरिएको थियो। सरकारले २०६८ सालमा गठन गरेको फेवातालसम्बन्धी आयोगले दिएको प्रतिवेदनका आधारमा जिल्ला विकास समिति कास्कीको १५ औं जिल्ला परिषदले उक्त मापदण्ड तोकेको थियो।, परिषदले तालको मापदण्ड तोक्ने उक्त क्षेत्रमा बनेका संरचना भत्काउने र नयाँ बनाउन नदिने निर्णयसमेत गरेको थियो। त्यतिबेला स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि थिएनन्। जिल्लामा क्रियाशील राजनीतिक दल र सामाजिक संस्थाले सामूहिक निर्णय लिन्थे। फेवातालसम्बन्धी उक्त निर्णय एकमतले गरे पनि लागू गर्न कसैले चासो दिएनन्।, संघीयतापछि तत्कालीन जिल्ला विकास समितिको अधिकार स्थानीय तहमा आयो, त्यही अधिकारको प्रयोग गरेर पोखराका जनप्रतिनिधिले तालको मापदण्ड घटाउने निर्णय गरेका हुन्। यही अवधिमा फेवातालको पानीसम्मै भौतिक संरचना बनिसकेका छन्। महानगरले मापदण्ड आधा घटाएसँगै अब उनीहरूले वैधता पाउने बाटो खुलेको हो।, ताल अतिक्रमण रोक्न सिन्को नभाँचेको महानगरले नयाँ मापदण्ड लागू गरे पनि अतिक्रमित जमिन तालको नाममा फिर्ता आउनुपर्ने अभियन्ताहरूले बताएका छन्। पोखराका वातावरणीय अभियन्ता रामबहादुर पौडेलले महानगरले नयाँ मापदण्ड जारी गरे पनि अतिक्रमणकारीलाई दण्डित गर्नुपर्ने बताए।, ‘फेवातालको पानीमै होटल, रेष्टुरेन्ट चलाइएको छ, तिनीहरूलाई दण्डित गर्नुपर्छ,’ पौडेलले भने, ‘व्यक्तिले जालझेल गरेर नामसारी गरेको तालको जग्गा फिर्ता हुनुपर्छ।’, फेवातालको सीमाङ्कन, नक्साङ्कन तथा गुरुयोजना निर्माण गर्न गठित समितिले फेवातालको पानीमूनि रहेका जग्गा तालकै नाममा ल्याउन र अवैध संरचना भत्काउन प्रतिवेदन दिएको थियो। समितिले तालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी कायम गर्दै सरकारलाई प्रतिवेदन दिएको थियो। उक्त प्रतिवेदन मन्त्रिपरिषदबाट पास भएर राजपत्रमा समेत प्रकाशित छ।, यस्तै गत भदौमा समितिले फेवातालका बारेमा विस्तृत विवरणसहित संरक्षणको गुरुयोजना सरकारलाई बुझाएको छ। उक्त प्रतिवेदनमा तालभित्रका जग्गा दर्ता खारेज गर्न सिफारिस गरेको समितिका संयोजक पुण्यप्रसाद पौडेलले बताए।, ‘हामीले तालभित्रका करिब २५ सय रोपनी जग्गा तालको नाममा आउनुपर्छ भनेर सिफारिस गरेका छौं,’ पौडेलले भने, ‘महानगरले जारी गरेको नयाँ मापदण्डले अतिक्रमण जोगाउन सक्दैन।’, नयाँ मापदण्ड तोकिएपछि प्रभावकारी कार्यान्वयन हुनुपर्ने पौडेलले बताए। तालवरिपरिका रैथानेले न्याय पाउनु पर्ने उनको भनाइ छ। उनीहरूको जग्गा फेवातालको नाममा ल्याउन उचित मुआब्जा दिनुपर्ने समेत समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ।, पोखरा महानगरपालिकाले पनि यसअघि फेवातालको मापदण्ड लागू गर्न भन्दै सरकारलाई प्रतिवेदन दिएको थियो। त्यतिबेला महानगरका मेयर मानबहादुर जिसीले फेवातालको ६५ मिटर मापदण्ड लगाउन १० अर्ब बढी मुआब्जा दिनुपर्ने माग गरेका थिए।, फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतले २०७५ वैशाख १६ मा पोखरा महानगरलाई तालको मापदण्ड तोक्न परमादेश जारी गरेको थियो। फेवाताल जोगाउन संघ, प्रदेश र महानगरलाई क्षेत्राधिकार छुट्याएर दिएको आदेशमा यसअघिको अध्ययन प्रतिवेदनका आधारमा ताल संरक्षण हुने गरी मापदण्ड तोक्नुपर्ने उल्लेख छ।, फेवातालको नयाँ मापदण्ड तोक्न महानगरले भने यसअघिको अध्यनलाई आधार बनाएन। चुनावको मुखमा प्रचलित मापदण्डभन्दा आधा घटाएर व्यवसायीको मन जित्न खोजेको महानगरका विपक्षी राजनीतिकर्मीको आशंका छ।, पोखरामा नेकपा एमालेबाट मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरूङले जितेकी थिइन्। वडामा पनि दुई तिहाइ पद एमालेका उम्मेदवारले जितेका छन्। ‘मापदण्ड विपरीतका संरचना र अवैध रूपमा जग्गा कब्जा गरेर बनाइएका संरचना जोगाउन खोजेको देखिन्छ,’ कांग्रेसबाट निर्वाचित एक वडाध्यक्षले भने, ‘हाम्रो कुरा सुन्दै सुन्दैनन्, दुई तिहाइले पास गर्छन्।’, यसअघिको मापदण्डका आधारमा विगत १३ वर्षदेखि फेवाताल वरपर ६५ मिटरसम्मका जमिन मालपोतमा रोक्का छन्। तत्कालीन पोखरा उपत्यका नगर विकास समितिले मापदण्डभित्रका जग्गा रोक्का राख्न मालपोतलाई भनेको थियो। त्यतिबेलाका मापदण्डभित्र बनेका सम्पूर्ण संरचना अहिले पनि अवैध छन्। उनीहरूले महानगरबाट नक्सा पास र संरचना निर्माण स्वीकृति पाएका छैनन्।, तत्कालीन जिल्ला विकास समिति र हाल पोखरा महानगरले प्रभावकारी अनुगमन नगर्दा यसअघि मापदण्ड लागू हुन नसकेको वातावरणविद् राजु आचार्यले बताए। सरकारले वास्तविक जग्गाधनीलाई उचित मुआब्जा दिएर जग्गा तालको नाममा ल्याउन चासो नदिँदा वास्तविक जग्गाधनी पीडित भएको आचार्यको भनाइ छ। तर तालको नाममा रहेका जग्गा अवैध नामसारी गर्ने र अतिक्रमण गर्नेलाई भने हटाउनुको विकल्प नभएको उनले बताए।, ‘वास्तविक जग्गाधनी पीडामा थिए, उनीहरूलाई न्याय हुनुपर्छ,’ आचार्यले भने, ‘तर तालकाको नाममा रहेका सरकारी जग्गाका संरचना भने मापदण्ड बाहिरका पनि हटाउनुपर्छ।’, यसअघि मापदण्ड तोकेर अनुगमन नगर्दा अतिक्रमण बढेको भन्दै उनले अहिले तोकिएको मापदण्डभित्र पनि कडाइका साथ अनुगमन र कारबाही हुनुपर्ने बताए। ‘मापदण्डभित्र पनि स्थायी प्रकारका संरचना बनाउन नदिने, तालवरपर वातावरणीय सन्तुलन भत्कने खालका संरचना र गतिविधि हुन नदिने गरी कडाइ गर्नुपर्छ,’ उनले भने।, फेवातालसम्बन्धी लामिछाने आयोगले ताल किनारदेखि ६५ मिटर भित्रका १६ सय रोपनी जमिन तालको नाममा ल्याउन प्रीतवेदन दिएको थियो। त्यसपछि पोखरा महानगरले नै सरकारलाई दिएको प्रतिवेदनमा पनि ६५ मिटर मापदण्ड लागू गर्न १ हजार रोपनी बढी जमिन तालको नाममा ल्याउनु पर्ने र ५ सय बढी निजी व्यावसायिक संरचना भत्काउनु पर्ने उल्लेख छ।, यस्तै, सरकारले गठन गरेको दुषित जग्गा छानबिन उपसमितिले ८८१ कित्ता दर्ता दुषित भएको निष्कर्ष निकालेको थियो। जसमा १ हजार ४७७ रोपनी ३३ आना फेवातालको जमिन व्यक्तिले आफ्नो नाममा जालझेलपूर्ण दर्ता गरेको ठहर गरेको थियो।, २०३२ सालमा फेवातालको बाँध फुटेर पानी सुकेको बेला सरकारले नापी पठाएको थियो। त्यही मौकामा फिल्डबुकबाटै ५१८ वटा कित्तामा ५१६ रोपनी ५ आना १ पैसा १ दाम जग्गा व्यक्तिले आफ्नो नाममा पास गरेका थिए। फेवातालको जग्गा व्यक्तिका नाममा ल्याउने सिलसिला २०५८ सालसम्म चलेको नक्साङ्कन तथा सीमाङ्कन समितिको प्रतिवेदनमा उल्लेख छ।, २०३२ देखि २०५८ सालसम्म छुटदर्ताका नाममा फेवातालका १५१ कित्तामा ४७७ रोपनी १२ आना २ पैसा २ दाम जग्गा व्यक्तिले हडपिएको पनि समितिले जनाएको छ। फेवातालको जग्गा आफ्नो नाममा सार्न तत्कालीन राजादेखि अदालतको आदेशसम्म ल्याएका थिए।, महानगरका मेयर जिसीले पनि २०७७ भदौ २९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुआब्जाका लागि १० अर्ब बढी माग गरेका थिए। उनले पनि ९० साल अघिदेखि कर तिरेकालाई मुआब्जा दिने, २०३२ सालयताका दर्ता खारेजी, मापदण्डभित्रका संचना भत्काउने र सार्वजनिक जग्गा अतिक्रमण हटाउने बताउँदै आएका थिए।, महानगरले मापदण्ड घटाएसँगै अब तालको नाममा ल्याउनु पर्ने जग्गाको क्षेत्रफल पनि घट्ने निश्चित भएको छ। यसअघि १६ सय रोपनी बढी जग्गा ल्याउन ६५ मिटर मापदण्डलाई आधार मानिएको भन्दै अब ३० मिटर मापदण्ड लगाउँदा आधाभन्दा कम जग्गा मात्र तालको नाममा ल्याउन सकिने सीमाङ्कन नक्साङ्कन समितिका एक सदस्यले बताए।, पौडेल संयोजकत्वको सीमाङ्कन नक्साङ्कन समितिले प्रतिवेदनमा समावेश गर्न गत वर्ष नै महानगरलाई मापदण्ड तोक्न भनेको थियो। तर समितिको समय-सीमाभित्र महानगरले मापदण्ड तोक्न सकेन। मापदण्डबिना नै समितिले गत भदौमा सरकारलाई प्रतिवेदन बुझाएको थियो।, पोखरा महानगरले गत माघ १७ गते वडा नम्बर १७ का वडा अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा मापदण्ड निर्धारण समिति गठन गरेको थियो। महानगरका मेयर मानबहादुर जिसी मष्तिस्कघात भएर उपचारमा भएका बेला तत्कालीन कार्यवाहक मेयर मञ्जुदेवी गुरूङको संयोजकत्वमा बसेको बैठकले उक्त कार्यदल गठन गरेको थियो।, कार्यदलमा रहेका जनप्रतिनिधिकै फेवातालको ६५ मिटर मापदण्डभित्र जग्गा थिए। केहीको अवैध रूपमा व्यवसायसमेत चलाएका थिए। उनीहरूले आफ्नो जग्गा र व्यवसाय जोगाउन उक्त मापदण्ड निर्धारण गरेको हुन सक्ने महानगरकै केही जनप्रतिनिधिले बताएका छन्।, महानगरका मेयर जिसी मष्तिष्कघातको उपचारमा फर्किएपछि मापदण्ड घटाएर निर्णय गरिएको हो। बिरामी अवस्थामै रहेका जिसीलाई यस्ता विवादास्पद निर्णयबारे प्रश्न सोध्न उनको सचिवालयले रोक लगाएको छ।, महानगरका उपमेयर मञ्जुदेवी गुरूङले नयाँ मापदण्ड तोकेपछि फेवाताल वरपरका जग्गाधनीलाई राहत मिलेको प्रतिक्रिया दिइन्। यसअघिका अध्ययन प्रतिवेदनकै आधारमा मापदण्ड घटाएको दाबी गर्दै उनले भनिन्, ‘अब जग्गा रोक्का फुक्का हुन्छ, जग्गाधनीलाई राहत मिलेको छ।’, महानगरले फेवातालको मात्र होइन, पोखराका अन्य तालका पनि मापदण्ड आधा घटाएको छ। बुधबार बसेको बैठकले लेखनाथमा रहेका बेगनासताल र रूपातालको मापदण्ड ५५ मिटर कायम गरिएको छ। यसअघि यी दुबै तालका मापदण्ड १ सय मिटर तोकिएको थियो। पोखरा महानगरभित्र रहेका बाँकी तालहरूको मापदण्ड भने २० मिटर काम गरिएको छ। सिमसार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी रामसार सूचीमा पोखराका सबै ९ वटा ताल सूचीकृत छन्। यी सबै तालका मापदण्ड अध्ययन गरेरै तोकेको उपमेयर गुरूङले बताइन्।, ‘फेवातालको मापदण्ड तोक्न र लेखनाथका तालहरूको मापदण्ड तोक्न छुट्टाछुट्टै समिति बनेका थिए, त्यसैका सिफारिसका आधारमा मापदण्ड तोकेको हो,’ उपमेयर गुरूङले भनिन्, ‘अतिक्रमण जोगाउनभन्दा पनि जग्गाधनीलाई राहत दिन र तालको संरक्षण गर्न यस्तो निर्णय गरेका हौं।’, , ,
पोखरा महानगरले ३५ मिटर घटायो फेवातालको मापदण्ड, अवैध संरचनाले वैधता पाउने
|
सेतोपाटी संवाददाता काठमाडौंको भद्रकालीमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-१ का ६४ वर्षीय गुलाम महमदको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। दुर्घटना बिहीबार साँझ पौने ७ बजे भएको हो।, नयाँ सडकबाट भोटाहिटीतर्फ जाँदै गरेको बागमती प्रदेश -०३-००१ क ०५५१ नम्बर को शंकर अक्सिजन ग्यास प्राइभेट लिमीटेडको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो। बा. ६४ प ६३८० नम्बरको मोटरसाइकल ठक्कर दिएको हो। , प्रहरीले घटनापछि मोटरसाइकल चालक महमदलाई वीर अस्पताल लगिएको थियो। उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए।, उनका अनुसार चितवन गौरीगञ्ज नगरपालिका-८ घर भई बालाजु बस्दै आएका ४४ वर्षीय सन्त बहादुर गोपालीलाई ग्यास बुलेटसहित नियन्त्रणमा लिएको छ।, घटनाबारे थप अनुसन्धान महानगरीय प्रहरी बृत्त जनसेवाले गरिरहेको छ। ,
भद्रकालीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी संवाददाता डाेटीमा माटाेकाे ढिस्काेमा पुरिएर एक बालकको मृत्यु भएको छ।, बिहीबार केआइसिंह गाउँपालिका-४ कारीगाउँका १३ वर्षीय दिनेश विक घर पोत्नका लागि माटो लिन गएका थिए। उनी त्यही बेला माटाे खन्ने क्रममा ढिस्कोमा पुरिएर घाइते भएका थिए।, घाइतेपछि अस्पतालमा उपचारकै क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।,
डाेटीमा माटाेकाे ढिस्काेमा पुरिएर एक बालकको मृत्यु
|
रासस अझै तीन दिन मौसम सफा नहुने भएको छ।, भारतको बिहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताइन्।, उक्त प्रणालीको प्रभावले प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।, ‘अझै तीन दिन मौसम सफा हुने अवस्था देखिएको छैन’, मौसमविद् वासीले भनिन्। , रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने भई प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेस प्रदेशलगायत र गण्डकी प्रदेशका केही भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।, त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। ,
अझै तीन दिन मौसम सफा नहुने
|
सेतोपाटी संवाददाता पर्वतारोहणबाट साहसिक युवाको चिनारी बनाइसकेकी नेपाली चलचित्रकी अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गर्ने भएकी छिन्।, त्यसका लागि आउँदो साता उनी सगरमाथा क्षेत्रको लुक्ला प्रस्थान गर्दैछिन्।, उनलाई विभिन्न व्यक्ति र संस्थाले शुभकामना प्रदान गरिरहेका छन्।, यसैक्रममा पुन समाज नेपालले बिहीबार पोखरामा सम्मान गरेको छ। संस्थाका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गर्बुजा पुनले उनलाई पुन समाज नेपालको झण्डा हस्तान्तरण गरेका थिए। , कार्यक्रमका समाजका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर, महासचिव खिमन शेर्पाजा पुन, समाजसेवीहरू क्याप्टेन बलु पाइजा पुन, नन्द गर्बुजा पुन, राजकुमारी गर्बुजा पुन र तिलक पूर्जा पुनलगायतले शुभकामना अपर्ण गरेका थिए। , सगरमाथा आरोहणमार्फत् उनी समाजसेवा पनि गर्दैछिन्। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालको चिल्ड्रेन एण्ड युथ फाउण्डेशका लागि सहयोग संकलन गरिरहेकी छिन्। , ‘कोभिड–१९ का कारण धेरै नर्सहरूको मानसिक स्वास्थ्यमा समस्या प¥र्यो’, उनले भनिन्, ‘त्यसैले सहकर्मीहरूका लागि पनि केही गर्न चाहन्छु।’ उनी बेलायतमा नर्सिङ पेशामा संलग्न छिन्। , यस अघि उनले नेपालको मनास्लु र अर्जेटिनाको अकोनकागुवा हिमाल आरोहण गरिसकेकी छिन्। , ‘हाम्री साहसिक चेली दियाको कामबाट गौरवान्वित भएका छौं’, काफलडाँडा, म्याग्दीका समाजसेवी चामबहादुर पुनले ,सेतोपाटी,सँग भने, ‘उनका हरेक पाइलाले सफलता चुम्दै जाउन्।’ , अभिनेत्री दियाले नेपाली चलचित्रहरू ‘वीर विक्रम’, ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’मा अभिनय गरिसकेकी छिन्। मनास्लु क्षेत्रको जनजीवनमा आधारित उनको पछिल्लो चलचित्र मन्त्र वैशाखदेखि हलमा लाग्दैछ। ,
अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गर्ने
|
सेतोपाटी संवाददाता भिजिबिलिटी कम भएपछि उडानहरू प्रभावित भएका छन्।, शुक्रबार बिहानैदेखि भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ। , बिहान आठ बजेबाटै विमानहरू उड्न सकेको छैन। पोखरा, लुक्ला, भैरहवा, ताप्लेजुङ, इलामलगायत विमानस्थलमा जाने विमानहरू उड्न सकेको छैनन्। , पोखरा जाने कतिपय उडानहरू रद्द भइसकेका छन्। बिहान ८:२० को पोखराको फ्लाइट भने अहिले उड्ने तयारी गरिरहेको तर उड्न सकेको छैन। , प्रदुषणका कारण कम भिजिबिलिटी भएको जनाएको छ। , यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत भ्रमणमा जाने औपचारिक कार्यक्रम रहेकाले पनि केही समय अरू उडानहरू प्रभावित हुने विमानस्थलले जनाएको छ।,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान प्रभावित
|
नवीनबाबु गुरूङ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले काठमाडौंमा 'ट्रान्स दृश्यता' मनाएका छन्।, हरेक वर्ष मार्च ३१ मा उनीहरूले ट्रान्स दृश्यता मनाउँछन्।, ५० जना ट्रान्स वुमन र ट्रान्स म्यान मिलेर ट्रान्स दृश्यता मनाएका हुन्।, कार्यक्रममा उनीहरूले आफ्ना कथा सुनाएका थिए।, एक ट्रान्स वुमनले महिला पुरुषको मात्र कुराहरु आउने र यो समुदायको बारेमा कोही पनि संवेदनशील नहुने बताएकी थिइन्।, उनीहरूले नृत्य पनि गरेका थिए।, २००९ देखि यो दिवस मनाउँदै आएको हो।, जुनसुकै अवस्थामा पनि पहिचानको लागि संर्घष गर्ने भनेर सांकेतिक रूपमा सचेत गराउनु यो कार्यक्रमको उद्देश्य छ। नेपालमा यो दिवस तीन वर्षदेखि मनाउँदै आएको छ।, तस्बिरहरू:, ,
काठमाडौंमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाए 'ट्रान्स दृश्यता' (तस्बिरहरू)
|
विवेक राई झापाका सचिन न्यौपानेको 'पूर्वी ब्लुज' नामक युट्युब च्यानलमा ५ लाख बढी सब्सक्राइबर छन्। उनी आफ्नो च्यानलमा नेपालका विभिन्न गाउँ ठाउँका भिडिओ हाल्ने गर्छन्।, सचिनले बनाउने भिडिओ मौलिक हुने उनका धेरै दर्शकहरू बताउँछन्। उनले पनि आफ्नो मौलिक प्रस्तुतिकै कारण आज युट्युबमा सफलता पाएको जनाए। , भिडिओ बनाउने क्रममा आफू नेपालको ७० भन्दा बढी जिल्ला पुगेको सचिन सुनाउँछन्। आगामी दिनमा अझै धेरै ठाउँहरूको भिडिओ पस्किने उनको योजना छ। , युट्युब सुरू गर्नुअघि सचिन झापाकै एक स्कुल र कलेजमा पढाउने गर्थे। उनले स्कुल र कलेज गरेर झन्डै १२ वर्ष पढाए। तर पछि भिडिओ बनाउन धेरै समय लाग्ने भएपछि सचिनले कलेजलाई समय दिन सकेनन् र लकडाउनपछि कलेज नै छोडिदिए। , अहिले आफ्नो पूरा समय खर्चिएका सचिन भिडिओ बनाउनकै लागि चितवन पुगेका छन्। , हेर्नुस् उनै सचिनसँग कुराकानी गरेर सेतोपाटीले तयार पारेको यो भिडिओः,
पढाउन छोडेर गाउँ-ठाउँका भिडिओ बनाउँदै हिँड्ने 'पूर्वी ब्लुज' का सचिन न्यौपानेको कथा (भिडिओ)
|
सन्जिब बगाले प्रतिनिधि सभा सांसद एवं एमाले केन्द्रीय सदस्य आशाकुमारी बिक चार वर्षमा काठमाडौंमा चार ठाउँ डेरा सरिन्।, २०७४ सालमा सांसद भएपछि काठमाडौं बस्न सुरू गरेकी सांसद बिकसँग काठमाडौंमा डेरा खोज्ने क्रममा धेरै सास्ती व्यहोर्नु परेको अनुभव छ।, उनी सुरूमा आउँदा बझाङकै सांसद मानप्रसाद खत्री बस्ने घरमा बसिन्। त्यो घरमा होस्टेल रहने भएपछि घरबेटीले नै अर्को ठाउँमा डेरा खोजिदए। दोस्रो पटक डेरा सरेको घर पनि ठिकै थियो। तर आफ्नै कारणले डेरा सर्नुपर्यो। त्यसपछि भने कोठा खोज्ने क्रममा धेरै समस्या भोग्नु परेको उनले बताइन्।, उनले आफूजस्तै अरू थुप्रै सांसदले पनि यो समस्या भोगेको बताइन्।, ‘काठमाडौंमा कोठा खोज्ने एजेन्ट हुन्छन्। उनीहरूले हाम्रा लागि कोठा खोज्न जाँदा अरू सबै मिले पनि जात थाहा पाएपछि नदिएको कुरा सुनाउँछन्। दलितका लागि कोठा खोज्दा उनीहरू नै आजित भइसकेका हुन्छन्,’ उनले भनिन्,‘कतिपय एजेन्टले तपाईंहरूले यो कुरा संसदमा उठाउनुस् न भनेर भन्नुभएको छ। मैले त मेरो अनुभव सुनाएँ तर कतिपय सांसदले यो कुरा बाहिरसमेत ल्याउनुभएको छैन।’, सांसद बिकसँग उनले भोगेका विभेदबारे हामीले भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अश:, -म प्रतिनिधि सभामा दलित, महिला र दुर्गम क्षेत्रबाट प्रतिनिधित्व गर्दै सांसद बनेको हो। हिजो समुदायमा दलित भएका कारण भोग्दै आएका समस्या धेरै थिए। त्यो समस्यालाई छिचोल्दै राजनीतिमा लागेर यहाँसम्म आइपुगेको हो। काठमाडौंमा पनि त्यो झझल्कोले छोडेन, छायाले पछ्याइरह्यो।, -विभिन्न समयमा प्रत्यक्ष रूपमा विभेद भोग्न नपरे पनि अप्रत्यक्ष रूपमा धेरै देखियो। संसदभित्र त्यस्तो भएन। जातकै कारण र महिला भएको कारण संसदमा विभेद भोग्न परेन। सबैभन्दा धेरै समस्या कोठा खोज्न हुने रहेछ।, -तपाईं यो जात हो भने कोठा दिँदैन नभन्ने तर घुमाउरो पाराले घर सल्लाह गर्छु भन्ने भोलिपल्ट कोठा पनि खाली हुन्छ, सबै चिज मिलेको हुन्छ। तर केही न केही बहाना घरबेटीले गर्दा बाल्यकालमा भोग्दै आएको समस्या अनि विहे गरेर बझाङ गइसकेपछि भोगेको समस्याले काठमाडौंसम्म पछ्यायो भन्ने लाग्छ।, -सुरूमा आउँदाखेरि र सुरूमा कोठा खोज्दा मलाई त्यति असहज भएन। किनकी मेरै जिल्लाको सांसद मानप्रसाद खत्री बस्ने घरमा बसेको हो। एक वर्षपछि होस्टेल बनाउने भनेर अर्को घरमा सरेको हो। घरबेटीले नै डेरा खोजिदिएका हुन्। दोस्रो ठाउँमा पनि घरबेटीले जानुस् भनेका होइनन्। परिस्थितिले जान परेको हो।, - अरू ठाउँमा कोठा खोज्ने बेला अनि मजस्ता अरू धेरै साथीहरूले कोठा खोज्ने क्रममा सबैको एउटै समस्या आउँछ। काठमाडौंमा कोठा खोजिदिने मान्छे हुन्छन्। कोठा खोज्नेहरू पनि आजित भइसकेका छन्। तपाईंहरूले यो कुरा किन संसदमा उठाउनु हुन्न भन्छन्। दलित भन्नसाथ घरबेटीले केही न केही बहाना खोज्छन्। चलेको भाडा तिर्न तयार हुँदा पनि बहाना बनाउँछन्। यो कुरा तपाईंहरूले बहसको विषय बनाउनुपर्यो संसदमा भन्नुपर्यो भन्छन्। मेरा लागि, साथीका लागि कोठा खोज्दाको अनुभव हो यो।, -सिधै तपाईं दलित हो हामी कोठा दिन्नौं भन्दैनन्। पहिला कोठा हेर्यो, पानी कस्तो छ भनेजस्तो छ कि छैन भनेर हेरिसकेपछि अब ठीक छ भनेर बैना दिने बेलामा घरमा सल्लाह गर्छु भन्छन्। भोलिपल्ट उनीहरूको सल्लाह मिलेको हुँदैन।, -भाडा हामी पनि दिन्थ्यौं। सांसद हो भनेकै हो। हामी यति जना परिवार छौं भनेर भनेकै हुन्थ्यौं। तर के कुराले मिल्दैन भनेर भन्नुहुन्न। कसैले नेताहरूका धेरै मान्छे आउँछन् त्यही भएर दिन्न भन्नुहन्छ। सबै कुरा मिले पनि पछि छैन भन्नुहुन्छ।, -यहाँ पनि विभिन्न थरीका मान्छे छन्। काठमाडौंमा धेरै मान्छे बाहिरबाट आएका छन्। ५/६ तलाका घर बनेका छन्। झुपडी परिवर्तन भयो तर खोपडी परिवर्तन भएन। पढेका हुन्छन् तर सोचाइ भने विभेदको छ। यो सबै खोपडी परिवर्तन नभई हुँदैन।, -जनताको पक्षमा मैले निरन्तर काम गरिरहेको छु। जनउत्तरदायी बन्ने कोशिस गरेको छु। राजनीतिमा महिलाअघि आएको राम्रो मान्दैनन्। त्यसमा पनि दलित महिला अघि बढेको त झनै मन पर्दैन।, -जिल्लामा त यस्ता विभेद व्यापक रूपमा भोगेको हो। यसलाई चिर्दै आएको हो। एमालेले विभेद गर्न हुँदैन भनेको र आफू पनि निरन्तर लागेकोले यहाँसम्म आएको छु।, -हामी अलिकति बुझ्छौं। तर बच्चाहरूलाई मानसिक रूपमा असर परेको छ। जति दुःख भए पनि एक ठाउँमा बसौं भनरे बच्चाहरू भन्छन्। मेरो छोरीले पानीको दु:ख जे भए पनि यही बसौं, कपडा थोरै धुऔंला ममी भन्दा मन दुख्छ।, -हामी सानो हुँदा सरस्वती पूजा गर्दासमेत दलितका बच्चालाई छुट्टै राखेर प्रसाद दिन्थे। तर अहिले सुधारात्मक विभेद गर्छन्।, -पढ्दै नपढेको अनि नबुझेकाले विभेद गर्दा हामी पनि बुझ्छौं। यस्तै समाजमा हुर्कनुभयो भन्ने लाग्छ तर पढेकाहरूले विभेद गर्दा नमजा लाग्ने रहेछ।, -२१ औं शताब्दीमा विकासले यत्रो फड्को मारिसक्यो। विस्तारै विभेद हट्छ भनेको कहिले हो। मेरो पुस्ताभरि हुन्छ। पछि जेसुकै होस् भन्न खोज्नेको तर्क हो। अर्थात् विभेद कायमै राख्न खोज्नु हो।,
सांसद बनेर बझाङदेखि काठमाडौं आए पनि आशाकुमारीलाई छोडेन विभेदको छायाले (भिडिओ)
|
सेतोपाटी संवाददाता जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई विश्वसामु उठाएकोमा अमेरिकाले नेपालको प्रशंसा गरेको छ। , वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलसहित नेपाली प्रतिनधि मण्डलसँग बिहीबार वासिङ्टनमा भएको भेटमा अमेरिकी अधिकारीहरूले नेपालको प्रशंसा गरेका हुन्। , नेपाली प्रतिनिधि मण्डलमा रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीका अनुसार अमेरिकी वातावरण मन्त्रालयकी उप-सहायक मन्त्री केली केइडरलिङ सहितको टोलीसँग भेटवार्ता भएको हो। , भेटका क्रममा नेपालको वन र वन्यजन्तुको संरक्षण र जलवायु परिवर्तनकाबारे कुराकानी भएको थियो। , हालै पास भएको अमेरिकी सहयोग एमसिसी पनि वन र जैविक विविधतासँग जोडिएको उल्लेख गर्दै अमेरिकी अधिकारीहरूले जलवायु परिवर्तनका मुद्दामा नेपाल र अमेरिका सँगसँगै अघि बढ्नुपर्ने बताएका थिए। ,
,
जलवायु परिवर्तनका मुद्दा विश्वव्यापी रूपमा उठाएकोमा अमेरिकाले गर्यो नेपालको प्रशंसा
|
रोहित महतो सहरभरि फोहोर उधिन्दै डुल्न कसलाई रहर हुन्छ र! फोहोरमा डुल्नु, त्यहाँबाट कवाडमा बिक्री हुने सामान खोज्नु र दिनको हजार पन्ध्र सय रुपैयाँ कमाउनु कम सकसको काम होइन।, यसो गर्नु रहर होइन, बाध्यता हो, अन्तिम विकल्प हो।, अमरितादेवी साह यही अन्तिम विकल्पको पेसामा छिन्। टोलमा सडक तथा छेउछाउ फालिएका पोलिथिन झोला, बोतल लगायतका प्लास्टिक फोहोर टिप्दै अघि बढ्छिन्। भेटेसम्म बियर र रक्सीका बोतल पनि उठाउँछिन्।, यस्ता वस्तु कतै सजिलै टिप्न सकिने ठाउँमा भेटिन्छन् त कतै निकै जोखिमा मोलेर टिप्नुपर्छ। उनी खुट्टामा चप्पल लगाएर त्यस्ता फोहोर टिप्न नालामै पनि पस्छिन्। कहिलेकाहीँ पैतालामा सिसाले काट्छ, काँटाले घोच्छ। तै पनि अमरितादेवी साह हार मान्दिनन्।, सर्लाहीको ब्रहमपुरी गाउँपालिकाकी स्थायी बासिन्दा अमरितादेवीले जनकपुरको माछा बजारमा डेरा लिएकी छन्। बिहान खाजा बनाएर छोराछोरीलाई खुवाउने र आफू पनि खाएर फोहोरबाट पैसा आर्जन हुने सामान टिप्न एउटा ठेला ठेल्दै हिँड्नु उनको दिनचर्या हो।, फोहोर संकलनका लागि ठेला चढेर निस्केकी अमरिता।, उनी बिहानै चाँडै कोठाबाट निस्किन्छिन् र घाम अस्ताउन थालेपछि मात्र घर फर्किन्छिन्। फोहोरमा डुल्दै दिनभर कहाँ-कहाँ पुगिन्छ उनलाई थाहै हुँदैन। कच्ची र खाल्टे सडकमा ठेला धकेल्न निकै सकस हुन्छ। उनले गर्दै आएको काम यही हो। जति दुःख भए पनि काम छाड्न मिल्दैन। उनका लागि जीवन चलाउने, छोराछोरी पाल्ने उपाय यही हो।, महिला मान्छे फोहोरमा डुलेको देखेर कतिपयले कुरा काट्छन्। यसरी फोहोरमा डुल्ने काम त पुरूषको हो भन्ने ठान्छन्। यो काम थालेको सुरूका दिनहरूमा त यसरी कुरा काटेको सुनेर उनी निराश हुन्थिन्। आजकाल वास्ता गर्दिनन्।, ‘यही काम पुरूषले गर्दा कसैले केही बोल्दैन, महिलाले गर्दा नानाथरी कुरा काट्छन्,’ अमरितादेवी भन्छिन्, ‘सामान लोड गरेर ठेला चलाउँदा छाती दुख्छ। वर्षामा बाटोमा हिलो हुन्छ, पानी जमेको हुन्छ, ठेला धकेल्न गाह्रो हुन्छ।’, अमरितादेवीले पढेकी छैनन्। आफूले गर्ने काम यस्तै हो भनेर चित्त बुझाएकी छन्।, भन्छिन्, ‘म अनपढ छु, काम नगरी गुजारा चल्दैन। अर्को काम जानेको छैन।’, अमरितादेवी ३२ वर्षकी भइन्। तीन वर्षअघि अचानक उनका श्रीमान बिते। साथमा दुई छोरी र एक छोरा छन्। तीन सन्तानको पालनपोषण गर्नुपर्छ। आफू पालिनु पर्छ।, ‘मेरो त आधा जिन्दगी बित्यो। मेरा छोराछोरीले मैले जस्तो दुःख नपाऊन्, उनीहरूले राम्रो पढून्, बिजनेस गरून्’ उनी भन्छिन्, ‘यतिका लागि म दिनभर कचरा (फोहोर) मा काम गर्छु।’, यसरी फोहोर उधिनेर अमरितादेवी दिनको पाँच सयदेखि १५ सय रुपैयाँसम्म कमाउँछिन्। यही कमाइले उनको परिवार चलाउनु छ र छोरा-छोरीको भविष्य उन्नत बनाउने सपना पूरा गर्नुछ।, सडकमा घुम्दै प्लास्टिक र सिसाजन्य फोहोर टिप्न निस्केका मजदुर। , उनका अनुसार जनकपुरधाममा उनले जसरी फोहोर उधिन्दै हिँड्ने महिला झन्डै सय जना छन्। यी परिश्रमी महिलाहरू सहरभित्रमात्रै होइन, गाउँमा पनि पुग्छन्। पसलबाट बियरका बोतल खरिद गर्छन् र कवाडमा बेच्छन्।, जनकपुरमा वयस्कहरूमात्रै होइन, बालबालिका पनि फोहोर उधिन्दै गरेका भेटिन्छन्।, भमरपुरा चोकमा भेटिए नौ वर्ष उमेरका एक बालक। उनका खुट्टा खाली थिए, न चप्पल, न जुत्ता। पिठ्युँमा फोहोरबाट टिपेका प्लास्टिकले आधा भरिएको बोरा थियो।, उनी हरेक दिन बिहानै बोरा लिएर प्लास्टिकका बोतल र पोलिथिन टिप्न हिँड्छन्।, सडकपेटीमा बोरामा प्लास्टिकजन्य फोहोर टिप्दै , उनी आफूले जम्मा गरेको सामान भमरपुरा चोकको कवाडखानामा प्रतिकिलो ३० रुपैयाँमा बेच्छन्।, भन्छन्, ‘एक दिनमा चार बोरा बोतल र पोलिथिन टिप्छु। कमाएको पैसा आमालाई दिन्छु। आमालाई बिमार छ, सधैं पेट दुख्छ।’, उनका बुबा मजदुरी गर्छन्।, जनकपुरधाममा मात्रै फोहोरबाट प्लास्टिक, प्याकेजिङका कार्टुन, टिनका बट्टा टिप्ने र फलाम, पुराना किताबकापी इत्यादि संकलन गर्नेको संख्या पाँच सयको हाराहारीमा रहेको अनुमान छ।, उनीहरू जनकपुरधामसँगै धनुषाका विभिन्न बजार डुल्छन्। घुम्दै महोत्तरीसम्म पनि पुग्छन्।, कवाड व्यवसायीहरूका अनुसार गरिब र अशिक्षित बालकहरू फोहोर टिप्ने काममा लागेका छन्।, कवाड संकलनमा भारतीयहरू पनि छन्। सीतामढीका भागनारायण साहले जनकपुरमा कवाड संकलन गरेको २० वर्ष भयो। उनी जनकपुरको बजरंग कवाडका लागि काम गर्छन्।, साहुले उनलाई एउटा ठेला दिएका छन्। दिनभरमा उनी १५ सय रुपैयाँसम्म कमाउँछन्।, यसरी कवाड संकलन गर्नुलाई आफन्तहरूले राम्रो मान्दैनन्। तै पनि उनी आफ्नो श्रममा सन्तुष्ट छन्।, ‘हामी चोरी गर्ने होइन, आम्दानी हुने ठाउँमा काम गर्न केको लाज!,’ भगनारायण भन्छन्,‘सामान जोखेर बुझाउनासाथ पैसा पाइन्छ।’, जनकपुरका बासिन्दा अरूण झाका अनुसार प्लास्टिक र कवाड संकलकहरूकै कारण जनकपुर केही सफा रहन सकेको हो।, ‘यहाँबाट दिनको कैयौं ट्रक फोहोर, प्लास्टिक र बोतल पाइप फ्याक्ट्रीमा जान्छ,’ उनी भन्छन्, ‘कल्पना गरौं त यति फोहोर बाहिर नजाने हो भने जनकपुरको के दुर्दशा हुन्थ्यो होला!’, अमरिताले जनकपुरका विभिन्न स्थानबाट टिपेर ल्याएका प्लास्टिक र बोतलजन्य फोहोर कवाड पसलमा लैजान ठेलाबाट बोरामा कसेर राख्दै।, उनका अनुसार यी श्रमिकले आफ्नो गुजाराका लागि काम गरेका भए पनि समग्र जनकपुरका लागि काम गरिरहेका छन्।, स्थानीय सरकारले नगरेको काम यस्ता व्यक्तिहरूले गरिरहेकाले उनीहरूलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ।, बजरंग कवाडका साहु राजकुमार साहका अनुसार जनकपुरमा करिब एक दर्जन कवाड पसल छन्।, मजदुरले ती कवाड पसलमा दिनको चार-पाँच टन सामान पुर्याउँछन्। उनको कवाडमा दिनको झन्डै एक टन प्लास्टिक जम्मा हुन्छ। उनकोमा मात्रै सामान बेच्ने ६० जना छन्। उनी यस्तो प्लास्टिक जनकपुर र वीरगञ्जका पाइप उद्योगलाई बेच्छन्।, जोखिम मोलेर फोहोरबाट प्लास्टिक संकलन गर्नेलाई उपमहानगरपालिकाले कम्तीमा पञ्जा र बुटको व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ। यी श्रमिकहरूलाई प्रोत्साहित गर्न सके सहर सफा राख्न मद्दत पुग्ने उनको विश्वास छ।,
,
यी श्रमिक गुजारामात्रै गर्दैनन्, सहर पनि सफा बनाउँछन्
|
सेतोपाटी संवाददाता आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभावले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, हाल तराई भू-भागमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १,बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, आईतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। , सोमबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।,
भारतको बिहारदेखि बंगालको खाडीसम्म न्यून चापीय रेखा, वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता इटहरीमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का २० वर्षीय रबिन थापा, ३२ वर्षीया लक्ष्मीदेवी थापा, लमजुङ ढोडेनी गाउँपालिका-७ का २३ वर्षीय शेरजंग गुरुङ र झापा कनकाई गाउँपालिका-८ का ४३ वर्षीय खगेन्द्र खरेल रहेका छन्।, पक्राउ परेकामध्ये बम विस्फोट घटनाका योजनाकार खरेल रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।, गत १४ गते इटहरी उपमहानगरपालिका-२ स्थित डेरा गरी बस्ने ३२ वर्षीया लक्ष्मी थापाको कोठामा सुतली बम विस्फोट भएको थियो।, विस्फोट हुँदा थापाका २० वर्षीय छोरा रबिन थापा र शेरजंग गुरुङ घाइते भएका थिए।, बम विस्फोटपछि घाइते अवस्थामै उनीहरू फरार भएका थिए। बिहीबार प्रहरीले सुरूमा लक्ष्मीलाई पक्राउ गरेको थियो। त्यसपछि २० वर्षीय रबिनलाई पक्राउ गरेको थियो।, उनीहरू पक्राउ परेपछि खरेल झापा काँकडभिट्टाबाट बिहीबार नै पक्राउ परेका थिए। यस्तै, गुरुङलाई प्रहरीले काँकडभिट्टाबाट शुक्रबार पक्राउ गरेको थियो।, यो घटनामा अनुसन्धान गर्दै जाँदा उक्त सुतली बम हिमाल सुरक्षा परिषदका अध्यक्ष खरेलको नेतृत्वमा थापाको कोठामा ल्याएको बुझिएको छ।, ‘उनीहरू चार जना मिलेर कतै विस्फोट गर्ने योजना बनाउँदा कोठमै बम विस्फोट हुन पुगेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले ,सेतोपाटी,सँग भने।, हिमाल सुरक्षा परिषद हिन्दु राष्ट्रको माग राख्दै आन्दोलन गरिरहेको संगठन हो। खरेल त्यो परिषदका अध्यक्ष रहेको बुझिएको छ।, उनको नेतृत्वमा गत माघ ९ गते विर्तामोडस्थित बस स्ट्याण्ड, १३ गते दमकस्थित शिवान चर्चमा शंकास्पद वस्तु राखिएको थियो।, खरेल २०७६ साल वैशाख २८ गते झापाको कनकाई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा विस्फोटक पदार्थ राखेको आरोपमा दुई वर्ष पाँच महिना कैद भुक्तान गरी झापा कारागारबाट छुटेका थिए।, कारागारबाट छुटेपछि उनी पुन: आपराधिक गतिविधिमा संलग्न हुन थालेको पाइएको खड्काले बताए।, ‘यो बम विस्फोटको घटना पनि समाजमा आतंक फैलाउने उद्देश्यप्रेरित देखिन्छ,’ डिएसपी खड्काले बताए।, पक्राउ परेकालाई हिरासतमा राखेर विस्फोटक पदार्थको कसुर गरेको मुद्दामा अनुसन्धान थालिएको खड्काले बताए। , खरेलबाहेक पक्राउ परेका अन्य व्यक्तिको हिमाल सुरक्षा परिषदसँगको आवद्धताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। , पक्राउ परेका व्यक्तिको साथबाट पर्चासहित विभिन्न सामग्री फेला परेका छन्। ,
इटहरी बमकाण्ड : योजना बनाउँदा बनाउँदै कोठामै बम विस्फोट भएपछि ...
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार २२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ८३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ५१६ जनाको पिसिआर र १ हजार ३१९ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। , अहिले देशभर १ हजार २२ जना सक्रिय संक्रमित छन्।, ७५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
३ हजार ८३५ मा परीक्षण गर्दा २२ जनालाई कोरोना संक्रमण
|
रासस चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर आज दुई मजदुरको मृत्यु भएको छ । , मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, उनका अनुसार जग्गामा पर्खाल लगाउने क्रममा अचानक आएको ढिस्कोले पुर्दा दुई जनाको मृत्यु भएको र उनीहरूको राति ७ः३० बजेसम्म घट्नास्थलमै शवको पहिचान तथा मुचुल्का उठाउने काम भएको छ।, चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा कसको जग्गा प्लानिङ हो भन्नेबारेमा यकिन नआएकाले अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।, लामो समयदेखि जग्गाको कारोबार गर्दै आएकी चम्पा कुस्मा प्रहरीको उच्च अधिकारीको पत्नी भएकीले प्रहरीले शव छिटो लगेर घटनाको गम्भीररूपमा अनुसन्धान नगर्न खोजेको भन्दै स्थानीयले घट्नास्थलमै विरोध गरी शव लैजान रोकेको स्थानीयले जानकारी दिए । , स्थानीय प्रत्यक्षदर्शीले भने भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको जानकारी दिएका छन्। स्थानीय राजेन्द्र थापाले दिउँसो पर्खाल लगाउने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएपछि तीन ट्रक प्रहरी आएर शव लैजान खोज्दा स्थानीयले विरोध गरेको जानकारी दिए।, मजदुरको बिमा नभएको, जथाभावी प्लानिङ गरेर ज्यान गएको भन्दै उनले प्लानिङको स्वीकृति दिनेदेखि प्लानिङ गर्ने र पर्खालको ठेक्का लिने सबैको घट्नामा लापर्वाही भएको बताए।, घट्नास्थल पुगेका स्थानीयले सस्तोमा भिरको जग्गा किनेर डोजरले सम्याएर भिरमा गरिएको जग्गा प्लानिङले एकातिर दुई जनाको ज्यान गएको र यस्तो जग्गा किनेर घर बनाउने सयौँको ज्यान जोखिममा पर्ने सम्भावना रहेको भन्दै भिरपाखा मासेर जग्गा प्लानिङ गर्ने र स्वीकृत दिने निकायलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन्। , प्रहरीले घट्ना दिउँसोको भए पनि राति करिब ८ बजे शवलाई परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको छ । घट्नाबारे विस्तृत अनुसन्धान भइरहेको प्रनाउ पाण्डेको भनाइ छ ।,
भक्तपुरमा जग्गा प्लानिङको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु
|
सविना कार्की राम्रा सामुदायिक स्कुल, कक्षा दसको अन्तिम परीक्षा अर्थात् एसइई सकेपछि धेरै विद्यार्थी कम्प्युटर सिक्न इन्स्टिच्युट धाउँछन्। राम्ररी सिकाउने इन्स्टिच्युट खोज्न अभिभावकको दौडधुपै चल्छ। डिजिटल माध्यमले फड्को मारेको यो युगमा सबै काम डिजिटल प्रविधिबाटै हुने भएकाले कम्प्युटर प्रविधिमा रूचि बढ्ने नै भयो। , विद्यार्थी र अभिभावकको यही रूचि ध्यानमा राखेर शिवपुरी माध्यमिक विद्यालयले प्राविधिक शिक्षा पढाउन सुरू गरेको छ।, विद्यालयले प्राविधिक विषयअन्तर्गत कम्प्युटर इञ्जिनियरिङको पढाइ चालु शैक्षिक सत्रमा सुरू गरेको हो। कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीले प्राविधिक विषय पढ्न पाउँछन्।, प्राविधिक शिक्षाका लागि विद्यालयमा ५० वटा सिट छन्। कम्प्युटर इञ्जिनियरिङ पढाउने शिक्षक शारदा पाठकका अनुसार पढाइको नतिजा र प्राविधिक विषयमा रूचिका आधारमा विद्यार्थी छनौट गरिएको हो। , 'नयाँ विषय भएकाले विद्यार्थीहरूमा कौतुहल देखिएको छ। यो डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ जस्तै कोर्स हो। बाह्र कक्षा पूरा गरेपछि स्नातक तहमा कम्प्युटर इञ्जिनियरिङ पढ्न पाउँछन्,' पाठकले भनिन्, 'पढ्दापढ्दै अवसर पाइहाले जागिर पनि पाउँछन्।' , विद्यालय तहमा कम्प्युटर इञ्जिनियरिङ कक्षा ९ देखि १२ सम्म लागतार चार वर्ष पढाइ हुन्छ। , सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विद्यालय खोल्ने नीति लिएको थियो। सोहीअनुरूप शिवपुरी माविले प्राविधिक शिक्षा सुरू गर्न चाहेको थियो तर त्यसमा छनौट भएन।, विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीका अनुसार पछि काठमाडौं महानगरपालिकाले महानगरभित्रका तीन वटा विद्यालयलाई प्राविधिक विषय पढाउन स्वीकृति दियो।, 'सुरूमा शिवपुरी माविले प्राविधिक विषय पढाउन प्रस्ताव पेस गरेकामा छनौट भयो। लगत्तै महानगरले ५० लाख रूपैयाँ बजेट दियो,' उनले भने, 'अनि चालु शैक्षिक सत्रमै प्राविधिक शिक्षा सुरू भयो।', शिवपुरी मावि २००५ सालमा स्थापना भएको पुरानो विद्यालय हो। यहाँ देशभरका साढे १३ सय विद्यार्थी छन्। शिक्षक ६५ जना छन् जसमध्ये ४० जना सरकारी दरबन्दीका हुन्, बाँकी करारका।, यहाँ पाँच कक्षासम्म विद्यार्थी संख्या निकै कम छ। पाँचमाथि धेरै छन्। सबभन्दा बढी कक्षा नौमा १७५ जना छन्। , कुल ४० कोठा रहेको विद्यालय भवनमा २१ वटा कोठामा विद्यार्थी पढ्छन्। एउटा कोठामा कम्तीमा ४० देखि बढीमा ६० जनासम्म अटाउँछन्। प्रधानाध्यापक दूरदर्शीका अनुसार विद्यालयमा क्षमताअनुसार विद्यार्थी संख्या पूरा छ। , उनले भने, 'साना बालबालिकाहरू हिँड्न मान्दैनन्, हामीसँग विद्यालयको बस छैन। निजी विद्यालयहरू जताततै छन्, अभिभावकले विकल्प रोज्न पाउनुहुन्छ। यसकारण साना कक्षामा विद्यार्थीको संख्या कम छ।' , विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शी। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, त्यसो त सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गर्दा माथिल्लो पढाइमा राज्यले दिने सुविधामा अग्राधिकार हुन्छ भन्ने धेरैको सोच छ। कतिपय अभिभावक छोराछोरीलाई कक्षा नौमा भर्ना गर्न सामुदायिक विद्यालय लैजान्छन्। शिवपुरी माविले भने यस्ता विद्यार्थीलाई प्राथमिकतामा नराखेको प्रधानाध्यापक दूरदर्शीको भनाइ छ।, 'निजी विद्यालयबाट आएर कक्षा नौमा भर्ना हुन चाहने धेरै भएपछि यहाँका विद्यार्थी सुविधाबाट बञ्चित हुन थाले। अनि हामीले यस्ता विद्यार्थीलाई निरूत्साहित गर्यौं,' उनले भने।, उनका अनुसार छात्रवृत्तिका लागि शिवपुरी मावि रोज्नेले कक्षा आठसम्ममा भर्ना भइसक्नुपर्छ। विद्यालयले २०६४ सालदेखि अंग्रेजी माध्यममा पढाउन सुरू गरेको हो।, निजी विद्यालयले अंग्रेजी माध्यममा पढाउँछन्। अन्तर्राष्ट्रिय स्तरमा पनि अंग्रेजी भाषाकै माग बढी छ। नेपाली माध्यमकै कारण सामुदायिक स्कुलमा विद्यार्थी संख्या घट्न थालेपछि अंग्रेजी माध्यममा पढाउन थालेको प्रधानाध्यापक दूरदर्शीले बताए। , कक्षा पाँचसम्म अंग्रेजी माध्यम अनिवार्य छ। यसभन्दा माथि अंग्रेजी र नेपाली दुवै माध्यममा पढ्ने सुविधा छ। अंग्रेजी माध्यममा पढ्नेको संख्या बढी छ।, विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन विद्यालयले डिजिटल प्रविधिमा जोड दिएको छ। कम्प्युटर र प्रोजेक्टर प्रयोग गरेर पढाइ हुन्छ। दुई वटा कम्प्युटर ल्याब छन्। एउटा डिजिटल अन्तर्क्रियात्मक कोठा छ।, हरेक कक्षाकोठालाई डिजिटल कक्षा बनाउने प्रधानाध्यापक दूरदर्शीको योजना छ।, 'एउटा कक्षालाई डिजिटल बनाउन तीनदेखि चार लाख रूपैयाँ लाग्ने रहेछ,' उनी भन्छन्, 'स्रोत भयो भने माथिल्लो कक्षाबाट डिजिटल बोर्ड राख्दै जान्छौं।' , साना कक्षाका विद्यार्थीका लागि टेलिभिजन छ। खेलकुद सामग्री पर्याप्त छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिवपुरी माविले दुई पटक बजेट पायो। उक्त बजेट खानेपानी सुधार र आइसिटी (सूचना, सञ्चार तथा प्रविधि) मा खर्च गर्यो। अझै पनि शौचालयको समस्या छ, बनाउन ठाउँ छैन। , शिवपुरी मावि उत्कृष्ट विद्यालयका रूपमा सम्मानित पनि भएको छ। भौतिक र शैक्षिक दुबै पक्षमा उत्कृष्ट ठहर गरेर काठमाडौं महानगरले २०७३ सालमा सम्मान गरेको प्रधानाध्यापक दूरदर्शीले बताए।, शिवपुरी मावि महानगरको नमूना विद्यालयका रूपमा पनि छनौट भएको छ। महानगरको एक वडा एक नमूना विद्यालयअन्तर्गत वडा नम्बर ३ मा यो स्कुल छनोट भएको हो। ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कुल अवार्ड पनि पाएको उनी बताउँछन्।, यसमा प्रतिस्पर्धा गर्न ब्रिटिस काउन्सिलको कार्यक्रममा सहभागी हुनुपर्छ। शिवपुरी मावि सन् २०२० मा सहभागी भएको थियो। प्रधानाध्यापक दूरदर्शीका अनुसार सिकाइसँग सम्बिन्धित आठ वटा परियोजनामा विद्यार्थी सहभागी भएका थिए। नेपालमा प्राकृतिक प्रकोप, सरुवा रोग, नेवारी खाना, बाईबाई जंकफुड, चिनियाँ भाषा लगायत परियोजनामा शिक्षक र विद्यार्थीले प्रतिवेदन तयार पारेका थिए। , शिवपुरीले पठनपाठनसँगै विद्यार्थीलाई समयानुकूल अतिरिक्त क्रियाकलापमा सहभागी गराउँछ। हरेक शुक्रबार विद्यार्थीहरू विभिन्न खेल, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला, चित्रकला लगायतमा प्रतिस्पर्धा गर्छन्। , यस्ता क्रियाकलापले विद्यार्थीको सिकाइमा सहयोग पुग्ने प्रधानाध्यापक दूरदर्शीको भनाइ छ। विद्यार्थीको नतिजा पनि चित्तबुझ्दो रहेको उनले बताए।, 'कमजोर विद्यार्थीलाई राम्रो बनाउँछौं। हरेक वर्ष १२० जनाभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुन्छन्,' दूरदर्शीले भने, 'सबैले राम्रो नतिजा हासिल गरेका छन्।' , स्कुलको माथिल्लो तलामा पुस्तकालय छ। विद्यार्थीले आफ्नो रूचिको पुस्तक पढ्न पाउँछन्। खानेपानीका लागि 'वाटर ट्रिटमेन्ट प्लान्ट' जडान गरिएको छ। पानीका कारण विद्यार्थी बिरामी हुने समस्या अन्त्य भएको छ। , विद्यालय हातामै स्वास्थ्य केन्द्र छ। यो केन्द्र शिवपुरी माविको खास विशेषता हो। केन्द्रकी नर्स अनुपमा गिरीका अनुसार यहाँ विद्यार्थीले सामान्य उपचार सेवा पाउँछन्। खासगरी महिनावारीमा पेट दुख्ने, टाउको दुख्ने जस्ता समस्या हुने छात्राले राहत पाउँछन्। , शिवपुरी माविमा जुम्ला, हुम्ला, मुगु लगायतका पश्चिम पहाडका विद्यार्थी धेरै छन्। बिहान–बेलुका काम गरेर पढ्ने विद्यार्थी पनि छन्। यस विद्यालयमा पढेका धेरै विद्यार्थी चिकित्सा, इञ्जिनियनिरङ, प्रशासन लगायत प्रतिष्ठित स्थानमा पुगेका छन्। , प्रधानाध्यापक दूरदर्शीका अनुसार शिक्षकहरूको सामूहिक मेहनेत, विद्यालय व्यवस्थापन समितिको निरन्तरको प्रयास र विद्यार्थीको लगनशीलताका कारण शिवपुरी मावि समुदायमा राम्रो विद्यालयको रूपमा चिनिएको छ। , सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल, काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी, बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल, दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव,
उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा
|
नवीनबाबु गुरूङ देशका विभिन्न भागमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेको छ।, हावामा प्रदुषणको मात्रा बढेसँगै काठमाडौं संसारमै प्रदुषित हावा भएको सहरमासमेत परेको छ।, वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदुषण बढेको बताए।, वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) मा मापन गरिन्छ।, एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ।, एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो। , गत वर्ष काठमाडौंको एक्युआई घातकको तहमा पुगेको थियो। ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ सम्म पुगेको थियो। , हेर्नुस् आज बिहान काठमाडौंको अवस्था:,
वायु प्रदुषणले धुम्म काठमाडौं (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता टिपरले ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल क्षेत्र तनाव सिर्जना भएको छ। , बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको थियो।, बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरेका थिए। उनीहरूले टिपरमा आगजनीसमेत गरेका छन्। , अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी टोली खटिएको छ। प्रहरीले स्थानीयमाथि अश्रुग्याससमेत प्रहार गरेको छ।, बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो। उनीहरू वल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे।, टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते छन्। उनका छोरीहरू सृष्टि र श्रेयाको भने मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले बताए।, घिसिङले मोटरसाइकलमा सृष्टि र श्रेयालाई राखेर स्कुल लैजाँदै थिए। बा ४ ख ६९६५ नम्बरको खाली टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो।, चालकले टिपर ब्याक गरेको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, , , , ,
टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजलमा तनाव
|
रासस कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरूद्ध खोपको दोस्रो मात्रा लगाएका छन्।, प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्। , हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्।, निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए।, हाल सबै जिल्लामा कोरोनाविरूद्धको खोप अभियान जारी छ। कर्णालीमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ। , पछिल्लो समय कर्णालीमा कोरोना संक्रमण दर न्यून छ। हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २६ रहेको छ। ,
,
कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा
|
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ।, गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा आज बिहान टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको वडाध्यक्ष राम मानन्धरले सेतोपाटीलाई बताए।, बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो। उनीहरू वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे।, टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते छन्। उनका छोरीहरू सृष्टि र श्रेयाको भने मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले बताए।, घिसिङले मोटरसाइकलमा सृष्टि र श्रेयालाई राखेर स्कुल लैजाँदै थिए। बा ४ ख ६९६५ नम्बरको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, चालकले टिपर ब्याक गरेको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, प्रहरी निरीक्षक तामाङका अनुसार घटनास्थलमा तनावको स्थिति सिर्जना भएको छ। ,
सुन्दरीजलमा टिपरले ठक्कर दिँदा स्कुल जाँदै गरेका दिदीबहिनीको मृत्यु, बुवा घाइते
|
खिलानाथ ढकाल गोकर्णेश्वर नगरपालिका-१ श्वेतबराही मन्दिरनजिकैको तामाङ गाउँका ३१ वर्षीय रोहन घिसिङ बुधबार बिहान ८ बजे दुई छोरी लिएर बस स्टपसम्म जाँदै थिए।, बा ५१ प ८७३३ नम्बरको उनको मोटरसाइकलको पछाडि ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेया बसेका थिए। सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्।, दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो।, वडाध्यक्ष राम मानन्धरका अनुसार घिसिङ चढेको मोटरसाइकललाई घरबाट निस्केको केहीबेरमै टिपरले ठक्कर दिएको थियो।, सोही वडाको मेलम्ची चोकस्थित बराही मन्दिरछेउ पुग्दा उनी चढेको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो।, मानन्धरका अनुसार मोटरसाइकल अगाडि बढिरहेको थियो, चालकले टिपरलाई ब्याक गरिरहेका थिए।, ‘ब्याक गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो, ठक्कर दिँदा मोटरसाइकल लडेपछि टिपरका पांग्रामा परेर दुबै बालिकाको मृत्यु भएको हो,’ मानन्धरले भने, ‘धन्न, बुवालाई चाहिँ चक्काले भेटेनछ।’, उक्त टिपर त्यहीँ नजिकै रहेको क्रसर उद्योगको रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, टिपरले ठक्कर दिँदा घाइते भएका घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको परिसरले जनाएको छ।, वर्ल्ड युथ इन्टरनेसनल स्कुलका प्रिन्सिपल निराजन सेढाईंका अनुसार बस स्टपसम्म स्कुलको बस जाने गरेको थियो। त्यहाँसम्म बालबालिकालाई अभिभावकले छोड्ने गर्छन्।, ‘कहिलेकाहीँ स्कुल बस छुट्यो भने मोटरसाइकलमा उहाँ आफैं लिएर स्कुलसम्म आउनुहुन्थ्यो,’ सेढाईंले सेतोपाटीसँग भने,‘नानीहरू पनि निकै राम्रा थिए। के गर्नु यस्तो भइहाल्यो।’, दुई छात्राको मृत्यु भएपछि भोलि शोकमा विद्यालय बन्द गरिएको छ। , वडाध्यक्ष मानन्धरका अनुसार बाराही मन्दिर भन्दामुनि घिसिङको घर छ। मन्दिरभन्दा केही टाढा दोबाटोमा बस स्टेन्ड छ।, वडाध्यक्ष मानन्धरका अनुसार घटनास्थल घिसिङको घरबाट पुगनपुग एक किलोमिटर छ।, ‘घरबाट निस्केको केहीबेरमा टिपरले ठक्कर दिएको रहेछ, स्थानीयले टिपरमा तोडफोड गरेका छन्,’ मानन्धरले भने, ‘उकालो बाटोमा मोटरसाइकल गइरहेको, ब्याक गरिरहेको टिपरले पछाडि मोटरसाइकललाई ठक्कर दिएको देखिन्छ।’, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेका अनुसार घिसिङका दुई छोरी मात्रै थिए। खेती किसान गर्ने घिसिङको परिवारमा श्रीमती र दुई छोरी थिए। , ‘अर्को टिपरलाई साइड दिन ब्याक गरिरहेका टिपरका चालकले पछाडि मोटरसाइकल आएको देखे वा देखेनन् उनै जानुन्,’ चालिसेले भने, ‘ए ... ए भनेर कराउँदा कराउँदै टिपरले मोटरसाइकललाई ठक्कर दिएको रहेछ।’, मोटरसाइकल टिपरसँग ठक्कर खाएपछि दुई बालिका हुत्तिएर टिपरको पांग्रामा परेका थिए। , घटनापछि स्थानीयले नजिकै रहेको क्रसरमा गएर अन्य दुई वटा टिपरमा पनि तोडफोड गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए।, घटनापछि टिपर चालक भागेका छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ। , सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी।,
दुई छोरीलाई आज स्कुल पुर्याउन पाएनन् रोहनले
|
रासस आगामी तीन दिन देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। , तराई भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले सबैमा अनुरोध समेत गरेको छ। , हाल देशको प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्य तया सफा रहेको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६ दशमलव चार डिग्री सेल्सियस रहेको छ। , त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।,
चट्याङसहित वर्षाको सम्भावना
|
एजेन्सी भारतीय पत्रकार राना अय्युबलाई विदेश जानबाट रोकिएको छ। , उनले बुधबार ट्विटरमार्फत् आफूलाई विदेश जानबाट रोकिएको बताएकी छन्। , उनी लन्डन जाँदै थिइन्। तर उनलाई भारतीय अध्यागमनले मुम्बई विमानस्थलमा रोकेको हो। , ‘म लन्डनस्थित एक कार्यक्रममा बोल्न जाँदै थिएँ। त्यसलगत्तै इटालीमा पुगेर जर्नलिस्ट फेस्टमा भारतीय लोकतन्त्रबारे बोल्न जाने कार्यक्रम थियो,’ उनले भनेकी छन्, ‘तर मलाई भारतीय अध्यागमनले रोक्यो।’ , I was stopped today at the Indian immigration while I was about to board my flight to London to deliver my speech on the intimidation of journalists with ,@ICFJ, . I was to travel to Italy right after to deliver the keynote address at the ,@journalismfest, on the Indian democracy,
— Rana Ayyub (@RanaAyyub) ,March 29, 2022, उनले आफ्ना कार्यक्रमहरू पहिले नै तय भएको र सामाजिक सञ्जालमा हप्तौंदेखि सार्वजनिक भएको बताइन्। तर अध्यागमनमा रोकेपछिमात्रै इन्फोर्समेन्ट डाइरेक्ट्रेटले आफूलाई मेल पठाएको उल्लेख गरेकी छन्। , अय्युबमाथि मनी लाउन्डरिङ गरेको आरोप छ।, वासिङटनको इन्टरनेशनल सेन्टर फर जर्नलिस्टले पत्रकार अय्युबलाई अनलाइनमा महिला पत्रकारहरूमाथि दुर्व्यवहार शीर्षकमा बोल्न बोलाएको थियो। अनलाइनमा आफूमाथि हुने दुर्व्यवहारबारे उनले ट्विट गर्ने गरेकी छिन्। जसमा उनलाई मार्ने समेतको धम्की आउने गरेको देखिन्छ। , डाइरेक्ट्रेटले अय्युबलाई अप्रिल १ मा सोधपुछ गर्न बोलाएको छ। उनीविरूद्ध गत सेप्टेम्बरमा उत्तर प्रदेशको गजियावाद प्रहरीमा मनी लाउन्डरिङ गरेको भन्दै रिट दायर भएको थियो। , हिन्दु आइटी सेलका संस्थापक विकास संकृतियनले उनीविरूद्ध रिट दायर गरेका थिए। , सन् २०२० र २०२१ मा अय्युबले दुई करोड ६९ लाख भारू किट्टो नामक अनलाइन प्लेटफर्मबाट पैसा उठाएको भन्ने आरोप डाइरेक्ट्रेटले लगाएको छ। उक्त पैसा दान दिने उद्देश्यले उठाएको एनडिटिभीले जनाएको छ।, अय्युबले भने उठाएको रकम कतै पनि दुरूपयोग नभएको बताउँदै आएकी छन्।,
विदेश जान लाग्दा मुम्बई विमानस्थलमा रोकियो भारतीय पत्रकार अय्युबलाई
|
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , मंगलबार बेलुकी साढे ७ बजे चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले गुन्साटोल बस्ने एक पुरूषले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।, मेखबहादुर तामाङले आफ्नै ४६ वर्षीय श्रीमती सुकुमाया तामाङमाथि दाउरा र ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको उनले बताए।, गम्भीर घाइते भएकी उनलाई उपचारको लागि चौतारा अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको हो। प्रहरीले राति नै तामाङलाई नियन्त्रणमा लिएको बस्नेतले बताए। , उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिन हिरासतमा राख्न अनुमति प्रहरीले पाएको छ। ,
सिन्धुपाल्चोकमा श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता राजश्व छली गरेको आरोपमा एक भारतीय नागरिकविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। , राजश्व अनुसन्धान विभागले बुधबार विमला इन्टरनेसनल प्रालिका ३२ वर्षीय अमितकुमार अग्रवालविरूद्ध मुद्दा दायर गरेको हो।, उनीसँग तीन करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवाना माग गरी अदालतमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए। , भारत पश्चिम बंगाल घर भएका अग्रवाल काठमाडौं-१३ ताहाचलमा बस्दै आएका थिए। , उनको कम्पनीले कानुन बमोजिमको बिजक जारी नगरी अर्डर र स्टिमेट फारम, लुज बिल, गैरबिजक जारी गरी राजश्व छली गरेको आरोप लागेको छ। , विभागले अनुसन्धानका क्रममा ३ करोड १७ जार ९९ रुपैयाँ मूल्य अभिवृद्धि कर र ८० लाख १४ हजार ७५३ रुपैयाँ आयकर छलेको देखिएको बताएको छ। , उनी बसेको ठाउँबाट विभागले एक करोड पचास लाख रुपैयाँ बरामद गरेको छ। उक्त बरामद रकम जफत प्रयोजनका लागि अदालतमा पेस गरिएको विभागले जनाएको छ।,
राजश्व छली गरेको आरोपमा भारतीय नागरिकविरूद्ध मुद्दा
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार २६ जनामा संक्रमण पुष्टि भएको हो। , मिश्राका अनुसार ५ हजार १९२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ९४० जनाको पिसिआर र १ हजार २५२ जनाको एन्टिजेन परीक्षण गरिएको मिश्राले जानकारी दिइन्। , अहिले देशभर १ हजार १४६ जना सक्रिय संक्रमित छन्।, ७७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए २६ कोरोना संक्रमित, निको भए ७७ जना
|
एजेन्सी श्रीलंकामा दश घण्टा लोडसेडिङ सुरू भएको छ। , बिजनेस स्ट्यान्डर्डका अनुसार श्रीलंका सरकारले जलविद्युत अभाव भएकाले बुधबारदेखि देशभर दैनिक १० घण्टा विद्युत कटौती गरको हो। इन्धनको कमीका कारण सो समस्या उत्पन्न भएको सरकारले जनाएको छ।, विदेशी मुद्राको अभावका कारण आर्थिक तथा उर्जामा समस्या उत्पन्न भएको हो। जसकारण त्यहाँ सामान्य वस्तुहरू तथा इन्धनको मूल्य आकाशिएको छ। अहिले १० औं हजारौं मानिसहरू पेट्रोल किन्न घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। , यसअघि श्रीलंकामा सात घण्टा लोडसेडिङ हुन्थ्यो। , सार्वजनिक उपयोगिता आयोगका अध्यक्ष जनक रत्ननायकका अनुसार थर्मल पावर उत्पादन गर्न इन्धन नपाउँदा ७५० मेगावाट बिजुलीको अभाव भएको हो।, राज्यद्वारा सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसनले डिजेल किन्न बुधबार र बिहीबार इन्धन स्टेशन बाहिर लाइनमा नबस्न मोटरसाइकललाई अनुरोध गरेको हो। कर्पोरेसनले ढुवानी गरी ल्याएको इन्धनको पैसा तिर्न नसकेको जनाएको छ। सो इन्धन कहाँबाट ल्याएको हो भन्ने बारे खुलाएको छैन। , शुक्रबारबाट मात्रै इन्धन दिन सकिने कोर्पोरेसनले जनाएको छ।, ऊर्जामन्त्री गामिनी लोकुगेले सरकारले भारतीय आयल कर्पोरेसनको लंकाको सहायक कम्पनी लआइओसीबाट ६ हजार मेट्रिक टन डिजेल तत्काल खरिद गर्ने बताए ।, उनले खरिद गरिएको डिजेल आपतकालीन सेवा र विद्युत उत्पादनका लागि मात्र प्रयोग गरिने बताए। , भर्खरै कोलम्बोमा सम्पन्न भएको भ्रमणको विदेश मन्त्री एस जयशंकरले श्रीलंकाको आर्थिक पुनरूत्थान गर्न भारतले सहयोग गर्ने बताएको थिए। ,
श्रीलंकामा दश घण्टा लोडसेडिङ
|
नवीनबाबु गुरूङ आगामी स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले निश्चित समयका लागि म्यादी प्रहरी माग गरेको छ। , म्यादी प्रहरी बन्नका लागि झन्डै चार लाखले आवेदन दिएका छन्। आवेदन दिएकाहरूको धमाधाम छनोट प्रक्रिया सुरू भएको छ। म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरूको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको हो। कीर्तिपुरको ल्याबोरेटरी सेकेन्डरी हाइस्कुलको मैदानमा बुधबार म्यादी प्रहरीका उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा लिइएको हो।, ०७९ वैशाख ३० मा हुन गइरहेको स्थानीय चुनावका लागि प्रहरीले एक लाखको संख्यामा म्यादी माग गर्दै आवेदन खुलाएको थियो।, चैत ६ देखि १२ गतेसम्म आवेदन खुला गरिएकोमा उक्त अवधिमा तीन लाख ९३ हजार तीन सय १२ जनाबाट आवेदन आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी कम हुने भएपछि म्यादी प्रहरी राख्न लागिएको हो। विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए।, प्रहरीले ७७ जिल्ला प्रहरी कार्यालयबाट आवेदन माग गर्दा मागभन्दा धेरै आवेदन आएका थिए। , म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ। , सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ।, म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो। , तस्बिरहरू:,
तस्बिरमा हेर्नुस्, यसरी छानिँदैछन् म्यादी प्रहरी
|
मनिका विश्वकर्मा भरतपुर महानगरपालिकाको वडा नम्बर ३ मा नारायणी नदी किनारले नगरको फोहोरबाट केही मुक्ति पाए पनि व्यवस्थापन गर्न सकेको छैन।, नारायणीमा आउने बाढीले किनारमा खाल्डो बनाइदिएको थियो। हिउँदमा भने त्यहाँ वस्तुभाउलाई खुवाउने घाँस पलाउँथ्यो। वस्तुभाउको चरन हुन्थ्यो। ठाउँ सफा र सुन्दर देखिन्थ्यो। , यस्तो दृश्य धेरै टिक्न सकेन।, भरतपुर महानगरले नगरको फोहोर त्यही चरन क्षेत्रमा फाल्न थाल्यो। नारायणगढ बजार, मन्डी, अस्पताल, कार्यालय लगायतबाट निस्कने फोहोर त्यही फाल्न थालियो। यसबाट नजिकका बासिन्दालाई ठूलो समस्या भयो।, कुहिने र नकुहिने दुवै फोहोर महानगरले त्यहाँ फालिदिँदा घरको ढोका समेत बन्द गरेर बस्नुपर्ने अवस्था भयो। कुकुर र कागले त्यहाँको घरमै पुर्याउन थाले। यसपछि नजिकका बासिन्दाले महानगरलाई फोहोर नफाल्न आग्रह गरे। गन्ध मार्ने रसायन र कीटनाशक विषादी त प्रयोग गर्यो तर फोहोर फाल्न छाडेन। , 'बर्खामा बाढीले बगर हुने त्यो ठाउँमा हिउँदमा घाँस पलाउँथ्यो। गाईभैंसी चर्थे। फोहोर फाल्न थालेपछि गाईभैंसी चर्दै फोहोरको थुप्रोमा पुग्न थाले,' स्थानीयबासी सूर्य बरालले भने, 'हस्पिटलबाट निस्कने फोहोरले वस्तुलाई असर पुर्यायो। फोहोरकै कारण पहिला एउटा ब्राखो र पछि एउटा भैंसी मर्यो।', नदी किनारमा फोहोर फाल्नु अपराध हो भन्छन् बराल। नदी किनारका बासिन्दाले विरोध त गरे तर त्यतिन्जेलमा फोहोरको पहाड नै बनिसकेको थियो। , फोहोर फाल्न रोक्ने र प्राकृतिक वातावरण पुनर्स्थापित गर्ने उद्देश्यले केही स्थानीय बासिन्दा र संसरीमाई नगरवनमार्ग आमा समूहले फोहोरको पहाडमाथि पार्क बनाउन महानगरसँग प्रस्ताव राखे। प्रस्ताव स्वीकृत भयो। महानगरले २०७१ सालमा चार लाख रूपैयाँ बजेट दियो। , पार्क बनाउन अग्रसरहरूले एघार सदस्यीय उपभोक्ता समिति बनाए। महानगरले दिएको बजेटबाट फोहोरमाथि माटो थुपार्न थालियो। , फोहोरको थुप्रोमा माटो र गिटी राखेर बाटोसँग सतह मिलाइयो। फोहोरले छोपिएको माटोमा बगैंचाको संरचना बनाइयो। यसरी पहिलेको फोहोरमाथि पार्कको हरियाली देखियो।, आमा समूहकी सदस्य रमा तिमल्सिनाका अनुसार पार्क बनाएपछि फोहोरको गन्ध आउन छाडेको छ। नजिकका बासिन्दाहरू पार्कमा घुम्न निस्किन्छन्, तस्बिर खिच्छन्। कहिलेकाहीँ पिकनिक पनि मनाउँछन्। , पार्कले घुमफिर र मनोरञ्जनका लागि केही सुविधा भए पनि आगन्तुकहरूले पार्कमै र नदीमा फोहोर फाल्ने गरेका छन्। नजिकै बस पार्किङ पनि छ। फेरि बिस्तारै पार्कमा फोहोर जम्मा हुन थालेको छ। , पार्कनजिकै बोतल, प्लास्टिकका थाल र गिलास लगायतको फोहोर जम्मा भएको छ। पार्कमा आउनेले मात्रै नभएर वरपरका मानिसहरूले पनि नदी किनारामा फोहोर फाल्ने गरेको तिमल्सिना बताँउछिन्। , पार्कको समितिले नै फोहोरमैला व्यवस्थापन गर्न नसकेको स्थानीय बासिन्दा इन्द्रबहादुर गुरुङको आरोप छ।, उनी भन्छन्, 'पार्कमा तलब दिएर कामदार राखिएका छन्। त्यहाँ उनीहरूले फोहोरमैलाको व्यवस्थापन गर्नुपर्ने थियो तर गर्दैनन्।', माटोले पुरिएको फोहोर कुहिएर पार्क भासिँदै गएको पनि गुरुङको भनाइ छ। , पार्क उपभोक्ता समितिका सदस्य उमानाथ तिमल्सिना पार्कमा जम्मा हुन थालेको फोहोर व्यवस्थापन गर्न नसकेको स्वीकार गर्छन्। महानगरले फोहोर उठाउन सहयोग नगरेको उनको आरोप छ।, भन्छन्, 'महानगरले पार्कमा बोटबिरूवा रोप्न बजेट दियो। तर अन्य कामका लागि बजेट नभएकाले व्यवस्थापन हुन नसकेको हो।', अव्यवस्थित फोहोरले जमिन र जल दुवैलाई प्रदूषित बनाउँछ, त्यहाँका जीवहरूलाई असर गर्छ। नारायणी नदी किनारमा फालिएका फोहोरले वरिपरिको वातावरण र जनस्वास्थ्यमा असर परेको भुक्तभोगीहरू बताउँछन्। , हाल भरतपुर महानगरले पार्कको पारिपट्टि नगरवनको जंगलभित्र फोहोर फाल्ने गरेको छ। महानगरले फोहोरमैलाको व्यवस्थापन गर्न नसकेको नगरबासीको आरोप छ। नगरवनमा फालिएको फोहोरले जंगली जनावरलाई र घरपालुवा जनावरहरूको चरन क्षेत्रमा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ। , महानगरले नारायणी नदी किनारलाई 'सी बीच मोडल' मा व्यवस्थित गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखे पनि कार्यान्वयन गर्न सकेको छैन। नगरबासीहरूका अनुसार नगरको फोहोर नारायणी नदी किनारमा फाल्न थालेको करिब १५ वर्ष भयो। , नगरवन जंगल क्षेत्र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्दैन तर निकुञ्जका कतिपय जीवजन्तु चर्दै त्यहाँसम्म आइपुग्छन्। अहिले नगरवनमा फोहोरको पहाड बनेको छ। महानगरले सुख्खा मौसममा मात्रै नगरवनको जंगलभित्र फोहोर फाल्छ। वर्षातमा बढ्ने नदीको वहावले वनक्षेत्रमै फोहोर किनारा लगाउँछ। , नगरवनमा बाघ, गैंडा, चितुवा, रतुवा लगायत जंगली जनावर पाइन्छन्। जंगलमा थुपारिएको फोहोरले यी जनावरहरूलाई असर परेको राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका प्रमुख तथा गैंडा संरक्षणका जानकार डा. बाबुराम लामिछानेको भनाइ छ। , नगरको फोहोर जंगलमा फाल्नुको मुख्य असर गैंडालाई पारेको लामिछाने बताउँछन्।, उनी भन्छन्, 'चर्दा र पानी खाँदा फोहोरले जनावरलाई असर पुर्याउँछ। दुर्गन्धित पानीले गैंडालाई टक्सिल म्याटर भन्ने रोग लाग्छ।', उनका अनुसार फोहोरका कारण नदीमा पाइने माछा, डल्फिन र घडियाल गोहीको संख्या पनि घट्न थालेको छ। बाघ नदीमा पानी पिउन आएको देखिन छाडेको छ। , फोहोरले गर्दा नदीमा बस्ने गोही, डल्फिन र पानी खान नदीमा पुग्ने वन्यजन्तुमा गम्भीर असर परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षणविद् तथा गोहीविज्ञ वेद खड्काको भनाइ छ। , खड्का भन्छन्, '२०७६ सालमा नारायणी नदीमा एक सय घडियाल छाडिएका थिए। त्यसअघि थोरै समयमा एक दर्जन गोही मरेका थिए। फोहोरले गर्दा गोहीको आहार सञ्जालमा पनि समस्या भएको छ।' , गत वर्ष नारायणी नदीमा ५० वटा घडियाल छाडिएका थिए। , फोहोर फालिएको ठाउँमा रूखहरू पनि सुक्दै गएको डिभिजन वन कार्यालयका प्रमुख पदम नेपालले बताए। डिभिजन वन कार्यालयले वनमा फोहोर नफाल्न आग्रह गरे पनि सुनुवाइ नगरेको उनको भनाइ छ। जंगलमा फालिएको फोहोरका कारण वन्यजन्तु ओहोरदोहोरमा पनि असर परेको उनले बताए। , अस्पतालहरूको फोहोर पनि जंगलमै फाल्नाले जनस्वास्थ्य र जीवजन्तुमा पनि गम्भीर असर पर्न सक्ने बराल बताँउछन्। फोहोरका कारण खानेपानीमा पनि समस्या देखिएको छ। एक जना स्थानीय बासिन्दाका अनुसार केही घरमा धाराबाट पहेँलो पानी आउन आउन थालेको छ। खानेपानीको पाइप नगरवन हुँदै आउँछ। , पहेँलो पानी आएपछि २५ घरधुरीका लागि शुद्ध खानेपानीको व्यवस्था गरेको वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले बताए। , ल्यान्डफिल साइट निर्माणका लागि नेपाल सरकारले भरतपुर–२ स्थित जलदेवी सामुदायिक वनको १६ बिघा जमिन उपलब्ध गराएको छ। महानगरको वातावरण शाखाका प्रमुख विराट घिमिरेका अनुसार महानगरको गौरवका आयोजनामध्ये ल्यान्डफिल साइट पनि एक हो। ल्यान्डफिड साइट निर्माणका लागि कोरियन सरकारको आर्थिक अनुदान पर्खेको उनको भनाइ छ। , कोरियन सरकारले सम्झौता भएको पहिलो चरणमा भरतपुर महानगरको फोहोमैला व्यवस्थापनबारे अध्ययन गरेको थियो। यससम्बन्धी सबै रिपोर्ट र योजना कोरियाली सरकारले महानगरलाई हस्तान्तरण गरिसकेको घिमिरेले बताए। , उनका अनुसार नेपाल सरकार र कोरियाली सरकारबीच भरतपुर महानगरका लागि ल्यान्डफिल साइट बनाउने अनुदानसम्बन्धी प्रक्रिया अन्तिम चरणमा छ। निर्माणको कुल लागत १ अर्ब २५ करोड रूपैयाँ हुनेछ। ल्यान्डफिल साइट निर्माण नभएकाले बाध्य भएर नगरवनमा फोहोर फाल्नु परेको घिमिरेको भनाइ छ।, फोहोर व्यवस्थापन समूहका एक सदस्य देवीप्रसाद घिमिरेका अनुसार भरतपुर महानगरमा दैनिक कम्तीमा ६२ टन फोहोर निस्कने गरेको छ।, एक गैरसरकारी संस्थाले भरतपुर महानगरमा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन गरेको थियो। त्यसअनुसार महानगरका ४० प्रतिशत बासिन्दाले कुहिने र नकुहिने दुवै घरायसी फोहर महानगरलाई जिम्मा लगाउने गरेका छन्। बाँकी ३९ प्रतिशतले कुहिने फोहोर करेसाबारीमा प्रयोग गर्ने गरेका छन्। करिब १२ प्रतिशतले आफ्ना गाईवस्तुलाई खुवाउने गरेका छन्।, ,
फोहोर व्यवस्थापन गर्न नसक्ने महानगर
|
सेतोपाटी संवाददाता ललितपुरस्थित यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।, ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमती कार्यालय परिसर तथा बाहिरबाट १५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए। , शाहका अनुसार उनीहरूले व्यक्तिगत काममा आएका सेवाग्राहीहरूलाई अनावश्यक झन्झटमा पारेको भन्ने गुनासो प्रहरी कार्यालयमा आएको थियो। सो गुनासोपछि प्रहरीको टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो। , पक्राउ पर्नेमा खोटाङ घर भई ललितपुर बागडोल बस्ने १९ वर्षीया इनिमाया राई, कुसुन्ती बस्ने २५ वर्षीया निमा लामा. उदयपुरकी १९ वर्षीया कुसुम दनुवार राई, ओखलढुंगा घर भई जावलाखेल बस्ने ३२ वर्षीय अर्जुन विश्वकर्मा, गुल्मीका २१ वर्षीय अरूण मगर र ३७ वर्षीय शंकर कार्की छन्। , यस्तै, धादिङका ३० वर्षीय कृष्ण श्रेष्ठ, सर्लाही घर भई कालिमाटी बस्ने ३० वर्षीय राजिब पाख्रीन, रामेछाप घर भई बालकुमारी बस्ने २८ वर्षीय गोविन्द पाण्डे, कुसुन्तीका २४ वर्षीय उमेश लामा, रामेछाप घर भई एकान्तकुना बस्ने २६ वर्षीय दिलीप खड्का, उदयपुर घर भई कुसुन्ती बस्ने २४ पर्षीय कुमार दनुवार राई र रामेछाप घर भई एकान्तकुना बस्ने २७ वर्षीय प्रभाकर आले मगर पनि पक्राउ परेका छन्।, काभ्रे घर भई सातदोबाटो बस्ने २३ वर्षीय दिपक घोरासैनी र इमाडोल बस्ने ३० वर्षीय दिपेन्द्र खड्का पक्राउ परेका हुन्। , उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।,
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना पक्राउ
|
रासस कञ्चनपुरको बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर आज मृत्यु भएको छ।, महेन्द्रनगरको बस पार्कस्थित होटलमा काम गर्दै आएका साउद वनभोज खान भीमदत्त नगरपालिका–९ स्थित कालिताल झरनामा गएका बेला नुहाउने क्रममा तालमा डुबेका हुन्।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार तालमा डुबेका साउदलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याउनेक्रमा मृत्यु भएको हो।, साउदसँगै होटलका अन्य कामदारसमेत वनभोज खानका लागि कालिताल झर्ना क्षेत्रमा गएका थिए। ,
तालमा डुबेर युवकको मृत्यु
|
सेतोपाटी संवाददाता नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ।, खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग भएको हो।, निर्देशनालयले आज गोरखापत्रमा सूचना निकालेर विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको छ।, चार हजारमध्ये खुलातर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग भएको छ भने अरू समावेशीतर्फ मागेको छ।, आजदेखि वैशाख १६ गतेसम्म दरखास्त दिन सकिन्छ।, देशका विभिन्न भर्ना केन्द्रबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ।, फारम बुझाउँदा १५० दस्तुर लाग्नेछ।, ८ कक्षा पास गरेकाले पनि दरखास्त दिन पाउनेछन्। पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने महिलाका लागि न्युनतम ५ फिट हुनुपर्नेछ।, १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकोले दरखास्त दिन पाउनेछन्। परीक्षा भने जेठ ५ गते हुनेछ।,
चार हजार जना माग गर्दै सेनाले खुलायो जागिर
|
रासस महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ।, कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, ट्याक्टर चालक २५ वर्षीय रामबाबुले बुधबार मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।, बालकको शव परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।,
खेत जोत्ने क्रममा ट्याक्टरमा परेर बालकको मृत्यु
|
रासस सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले पत्राचार गरेको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए।, बक्यौँता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौता रकम नबुझाएका कारण बुधबार पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए।, ‘सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौँ, उहाँहरूले बक्यौँता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौँ,’ उनले भने।, पर्यटन विभागले दिएको जानकारीअनुसार रक इन्टरनेशनल प्रालि काठमाडौँको रु ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको रु ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा रु ३० करोड सरकारलाई क्यासिनो सञ्चालन बापत तीर्नुपर्ने बक्यौता बाँकी छ।, पटकपटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र/अनुमतिपत्र रद्ध गरिएको विभागले जनाएको छ।, आर्थिक वर्ष २०७६/०७७ सम्मको नियमित रोयल्टी र नवीकरण रु ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ।, हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा रु ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ।,
बक्यौता नबुझाउने तीन क्यासिनो बन्द गर्न पत्राचार
|
सेतोपाटी संवाददाता लागुऔषध ब्राउनसुगरसहित प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका-४ का ४३ वर्षीय किशोर सुनुवार र काठमाडौं-५ का ३१ वर्षीय सन्त महर्जन छन्।, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनीहरूलाई मेचीनगर-६ बाट पक्राउ गरेको हो।, काँकडभिट्टाबाट पश्चिम जाँदै गरेको प्र.३-०१-००६ख ०६२६ नम्बरको मोटरसाइकलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, दुबैको साथबाट २८ ग्राम ब्राउनसुगर फेला परेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।,
ब्राउनसुगरसहित झापाबाट दुई पक्राउ
|
दिपकजंग शाही सुर्खेतको कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिले इजरायल जान चाहने युवाका लागि तयारी कक्षा खुलेको भन्ने सूचना निकाल्यो।, २०७६ माघ २८ गतेको सूचनामा ‘सिक र गर’ कार्यक्रमअन्तर्गत ११ महिने व्यवसायिक कृषि तालिमका लागि इजरायल जान चाहिने ९० दिनको तयारी कक्षा सञ्चालन गर्ने उल्लेख थियो।, त्यही सूचना पढेर दैलेखको आठबीस नगरपालिका वडा नम्बर ७ का धीरबहादुर कठायतले इजरायल जाने सपना देखे। तालिम लिने बेला इजरायलमा आम्दानी हुने आश्वासन कलेजले दिन्थ्यो।, उनले दुई वर्षअघि गाउँका साहुसँग साढे एक लाख रुपैयाँ ऋण लिएर कोहिनुर मल्टी टेक्निकल कलेज प्रालिलाई बुझाए। उनी अहिले भारतमा छन्।, ‘पैसा बुझाएको यो चैतमा दुई वर्ष पूरा भयो। आजभोलि भन्दाभन्दै इजरायल जाने दिन आएन। दसैँपछि काम गर्न हिमाञ्चल प्रदेश गएको छ,’ धीरबहादुरका बुबा भद्रले भने, ‘साहुको ऋणको ब्याज बढ्दै गएपछि छोरो आत्तिएर भारत गयो। यता पनि छिटै इजरायल पठाउँछौँ भनेका छन्, के हुन्छ थाह छैन।’, भद्रले छोराका लागि सयको मासिक तीन रुपैयाँ अर्थात ३६ प्रतिशत ब्याज तिर्ने गरी ऋण लिएको बताए। यस हिसाबले डेढ लाख रुपैयाँको वार्षिक ब्याज ५४ हजार रुपैयाँ हुन्छ। ऋणको ब्याजमात्रै एक लाख आठ हजार नाघेको छ।, ‘साहुको एक रुपैयाँ पनि तिरेको छैन, बेलाबेला साहुले पैसा मागे पनि छिमेकी भएकाले कर गर्न सकेका छैनन्,’ भद्र भन्छन्, ‘साहुले छोड्ने होइनन्, बुझाएको ठाउँबाट फिर्ता भएको छैन,आफ्नो कमाइ पनि छैन।’, भद्रका अनुसार धीरबहादुर २८ वर्षका भए। इजरायबाट फर्केर बिहे गर्ने सोच थियो। जेठो छोरो भएकाले परिवारको खर्च जुटाउने जिम्मेवारी पनि धीरबहादुरमाथि छ।, धीरबहादुर एक्लै होइनन्। आठबीस नगरपालिकाकै आठ जना युवाले इजरायल जान कोहिनुर कलेजलाई पैसा बुझाएका छन्। उनीहरू पनि इजरायल जाने दिनको प्रतीक्षमा छन्।, दैलेखका दुई जनाले भने आफ्नो पैसा फिर्ता लिएका छन्।, ‘लकडाउन भयो भनेर हामीलाई घर पठाइयो। पछि फेरि पासपोर्ट बनाएर लमजुङको दुराडाँडामा तयारी कक्षा लिन आउनू भनेर बोलाएको थियो,’ नाम सार्वजनिक नगर्ने शर्तमा आठबीसकै अर्का एक युवकले भने, ‘मैले ५० हजार रुपैयाँ बुझाएको थिएँ। बारम्बार फोन गर्दा पनि पार नलागेपछि कलेजमै गएर लिएँ। मसँगै अर्को एकजना साथीले पनि फिर्ता लियो।’, पैसा फिर्ता नपाएका केही युवाहरू कामका लागि भारत गएका छन्। उनीहरू अधिकांशले ऋण लिएर बुझाएका हुन्। ‘उनीहरू साहुको ऋण तिर्न कालापहाड गएका छन्,’ ती युवकले सेतोपाटीसँग भने, ‘तिमीले कसरी फिर्ता लियौ, हाम्रो पनि फिर्ता गराइदिनु पर्यो भनेर बेलाबेला फोन गर्छन्।’, उनका अनुसार कोहिनुर कलेजले इजरायल जान पैसा बुझाएका युवाहरूलाई २०७६ मा सुर्खेतमा राखेर दुई हप्ता प्रयोगात्मक कक्षा गराएको थियो।, ‘फलामे रडको कुटो बनाएर दिएको थियो, गर्मीमा बाँस काट्ने र बाँसका टहरा बनाउने तालिम गरायो,’ उनले भने, ‘उखरमाउलो गर्मीमा कष्टपूर्ण काम गर्यौँ। इजरायलमा यस्तै कम गर्नुपर्छ भन्थे।’, त्यसको तीन महिनापछि फेरि बोलाएर त्यस्तै तालिम गराएको उनले बताए। कोभिड फैलिएपछि कोहिनुर कलेजले भर्चुअल कक्षा सञ्चालन गर्ने भनेको थियो।, कोहिनुर कलेजले लमजुङको आराभा मोर्डन एग्रिकल्चर कम्पनीसँग सहकार्यमा कर्णालीका ५० जना युवालाई इजरायल पठाउने भनेर सूचना जारी गरेको थियो।, ती युवकले आफूले कक्षा नलिएको र अरू युुवाहरूसँग अतिरिक्त १२ हजार रुपैयाँ लिएर केही दिन होस्टलमा राखेको बताए। केही युवाले दुई लाख रुपैयाँ बुझाएका छन्। कलेजले ५० हजार रुपैयाँ भर्ना शुल्क भनेको छ।, पैसा बुझाएको दुई वर्ष पूरा हुँदा पनि इजरायल पठाउने नपठाउने टुंगो छैन। कलेजले पैसा पनि फिर्ता पनि दिएको छैन।, गण्डकी प्रदेशका कलेजमध्ये आफ्नो कलेजले ५० जना कामदार इजरायल पठाउन अनुमति पाएको भनिएको थियो। एक वर्षमा २५ लाख रुपैयाँ कमाइ हुने आश्वासन पाएका थिए।, सूचनामा ‘मेरिट लिस्ट’ का आधारमा ५० जना कामदार छनोट गरेर इजरायल पठाउने उल्लेख गरिएको थियो। कोहिनुरमा भर्ना भएर ६२ जनाले आधा वा पूरा रकम बुझाएका छन्। पूरा रकम दुई लाख ५० हजार रुपैयाँ हो। यसरी रकम बुझाउनेमा दैलेखका २४ जना, डोल्पाका २० जथना, सुर्खेतका तीन जना, रुकुमका १० जना, जुम्लाका दुई जना, जाजरकोट, कालीकोट र सल्यानका एक–एक जना छन्।, कोहिनुरका अधिकारीले आफूहरू युवाहरूलाई इजरायल पठाउने प्रयासमा रहेको बताएका छन्। कोहिनुर कलेजका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रकेशर खनालले प्रयास जारी रहेको बताए। ‘हामीलाई भन्दा पनि यो विषय बोर्ड अध्यक्ष बखत भण्डारीजीलाई बढी थाह छ,’ खनालले सेतोपाटीसँग भने, ‘केही दिनअघि उहाँसँग सम्पर्क हुँदा म काठमाडौंमा बसेर प्रयास गरिरहेको छु भन्नुभएको थियो।’, बोर्ड अध्यक्ष भण्डारीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।, प्रयास जारी रहेको भने पनि उक्त विषयमा छलफल नभएको खनालले बताए। उनले भने, ‘हामी, मुख्यमन्त्री र मन्त्रीसमेत बसेर तालिमका लागि पैसा उठाउने निर्णय गरेका थियौँ तर इजरायल पठाउने सन्दर्भमा भने करिब डेढ वर्षदेखि हाम्रो मिटिङ भएको छैन।’, नगरपालिकाले पैसा दिने!, युवाहरूलाई इजरायल पठाउने भन्दै रकम असुलेको कोहिनुर कलेजलाई दैलेखको आठबीस नगरपालिकाले १६ लाख रुपैयाँ दिने निर्णय गरेको छ।, आफ्नो नगरका युवालाई इजरायल पठाउन लाग्ने पैसा नगरपालिकाले उक्त कलेजलाई दिने निर्णय गरेको हो। नगरपालिकाले नगरका आठ जना युवालाई इजरायल जान आवश्यक पर्ने रकम ‘नगर प्रमुख रोजगार कार्यक्रम’ बाट प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णयमा उल्लेख छ। , यी आठ जनामा धीरबहादुर पनि छन्। नगरपालिकाले आठ जना युवालाई दुई लाख रुपैयाँका दरले रकम दिने निर्णय भएको जानकारी गराउँदै कलेजलाई पत्र लेखेको छ।, नगरपालिकाको उक्त निर्णय कतिपयले कोहिनुर कलेजका अधिकारी जोगाउने चालबाजी मानेका छन्। एक युवकले भने, ‘यो त ठग कलेज र त्यसका मालिकलाई बचाउने खेल हो।’, यही २०७८ असोज २४ गते लेखिएको पत्रमा भनिएको छ, ‘यस आठबीस नगरपालिका स्थायी ठेगाना भएका व्यक्तिहरूलाई इजरायल जानको लागि तपसिलमा आवश्यक पर्ने रकम यस नगरपालिकाको नगर प्रमुख रोजगार कार्यक्रमबाट देहायका व्यक्तिहरूलाई प्रतिव्यक्ति दुईलाख रुपैयाँका दरले लागत साझेदारी उपलब्ध गराउने व्यहोरो अनुरोध छ। साथै उक्त रकम यस नगरपालिका र त्यस कलेजसँगको सम्झौतापछि उपलब्ध गराइने व्यहोरा जानकारी गराइन्छ।’, पत्रमा नगर प्रमुख खड्गराज उपाध्यायको हस्ताक्षर छ।, उपाध्यायले कलेजको बचाउ गर्न खोजेको भन्ने आरोप अस्वीकार गरे। उनका अनुसार बेरोजगार नगरबासी युवाहरूलाई रोजगारीमा सहयोग होस् उक्त निर्णय गरिएको हो।,
इजरायल पठाउन युवासँग पैसा उठाएको कलेजलाई आठबीस नगरपालिकाले दिँदैछ १६ लाख
|
एजेन्सी पाकिस्तानमा केही महिलाहरूले मदरसाकी एक जना शिक्षिकाको हत्या गरेका छन्।, अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जना महिलाले ती २१ वर्षीया शिक्षिकाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।, समाचार संस्था एएफपीका अनुसार अर्को मदरसाका ती तीन जना महिलाले प्रहरी बयानमा आफ्नी एक आफन्तले पीडित शिक्षिकाले ईश्वरको निन्दा गरेको सपना देखेको बताएकी छन्।, रिक्साबाट मदरसामा पुगेकी शिक्षिकालाई ती महिलाले आक्रमण गरेका थिए। घाँटीमा चक्कु हानेपछि उनको रगत बगेर मृत्यु भएको थियो।, पाकिस्तानमा ईश्वरको निन्दा आरोपमा मानिसको हत्या भएको यो पहिलो घटना होइन। तर सपनामा ईश्वरको निन्दा गरेको भन्दै शिक्षिका मारिएपछि प्रहरीले उनीहरूबीच केही व्यक्तिगत दुस्मनी थियो कि भनेर अनुसन्धान गरिरहेको छ।, अलजजिरा टेलिभिजनका अनुसार सन् १९९० यता पाकिस्तानमा इशनिन्दाको आरोपमा ८२ जनाको हत्या भएको छ। केही समयअघि एक जना श्रीलंकन नागरिकलाई ईश्वरको निन्दा आरोपमा कुटीकुटी हत्या गरेर जलाइएको थियो।,
सपनामा ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षिकाको हत्या
|
सेतोपाटी संवाददाता बाँकेमा अस्पतालको शौचालयबाट भागेका एक कैदीबन्दी पक्राउ परेका छन्। , जुम्लाका ३८ वर्षीय हरिमान कामी बिहीबार बिहान भेरी अस्पताल नेपालगञ्जको शौचालयबाट भागेका थिए। , बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार शौचालयबाट भागेको आधा घन्टाभित्रै प्रहरीले उनलाई फेरि नियन्त्रणमा लिएको छ। , जबरजस्ती करणी र ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका कामीले बुधबार आफू बिरामी भएको बताउँदै आएको हुँदा प्रहरीले बिहीबार बिहान साढे ८ बजेतिर भेरी अस्पताल पुर्याएको थियो। , अस्पताल पुगेपछि कामीले आफू शौच लागेको भन्दै शौचालय पसेका थिए।, ‘ट्वाइलेटभित्र प्रवेश गरी चुकुल लगाएका कामीले ट्वाइलेटको पछाडिको जाली च्यातेर हाम फाली भागेका थिए,’ एसपी अधिकारीले भने, ‘भागेको आधा घन्टाभित्रै प्रहरीले कामीलाई बोर्डर क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको हो।’, नेपाल-भारत सीमाना क्षेत्रको जंगलतर्फ प्रवेश गर्ने क्रममा उनी पक्राउ परेको एसपी अधिकारीले सेतोपाटीलाई बताए।,
अस्पतालको शौचालयबाट भागेका कैदीबन्दी आधा घन्टाभित्रै पक्राउ
|
सेतोपाटी संवाददाता सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।, माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चन्द्र राईले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।, गएराति राईले ३७ वर्षीया श्रीमती मनिला राईमाथि खुकुरी प्रहार गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो। , सोही टोलीले राईलाई पक्राउ गरेको हो। , उनीहरूबीच सामान्य विवाद हुँदा आवेशमा आएर श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।,
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
|
सेतोपाटी संवाददाता पाँचथरको फिदिमस्थित सारंगे डाँडामा सोमबार दिउँसो यात्रु बोकेको बोलेरो दुर्घटनामा पर्दा ११ जना घाइते भएका छन्। , इटहरीबाट ताप्लेजुङतिर जाँदै गरेको को १ ज २८४६ नम्बरको बोलेरो फिदिम २ स्थित सारंगे डाँडामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, ‘आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो,’ पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले भने, ‘११ जना यात्रु सबै घाइते छन्।’ , उनका अनुसार यात्रुमध्ये इटहरी ५ की मैया थापा गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा चोट देखिएको छ। पाँचथरमा प्रारम्भिक उपचारपछि सबै घाइतेलाई थप उपचारका लागि झापा पठाइएको उनले जानकारी दिए। , ‘यहाँ प्रारम्भिक उपचार गरेर झापा पठाइएको छ,’ प्रहरी निरीक्षक विश्वकर्माले भने, ‘उहाँहरू पुग्ने क्रममा हुनुहुन्छ। कसको कुन अस्पतालमा उपचार हुने टुंगो भएको छैन।’,
गाडी दुर्घटना हुँदा पाँचथरमा ११ जना घाइते
|
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा निकालेको छ।, स्थानीय तहको निर्वाचनको मुखमा प्रधान कार्यालयले ३६ डिएसपीको सरूवा निकालेको हो।, सरूवामा परेका अधिकृतमध्ये केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् कुमार मैनाली इलाका प्रहरी कार्यालय सिरहा पुगेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् रुगमबहादुर कुँवर इलाका प्रहरी कार्यालय अनारमनी झापामा पुगेका छन्।, बेदप्रसाद गौतम जिल्ला प्रहरी कार्यालय उदयपुरबाट इलाका प्रहरी कार्यालय पथरी पुगेका छन्।, ऐनबहादुर मल्ल इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सरूवा भएका छन्।, इलाका प्रहरी कार्यालय पथरीमा रहेका कृष्ण खड्कालाई अख्तियार टंगालमा सरूवा गरिएको छ।, इलाका प्रहरी कार्यालय दमकका नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय अन्वेषण योजना तथा विका महाशाखामा सरूवा गरिएको छ।, शालिग्राम शर्मालाई प्रहरी वृत्त जनसेवामा सरूवा गरिएको छ।, ,
३६ डिएसपीको सरूवा, विर्तामोडमा कुँवर, सिरहामा मैनाली (सूचीसहित)
|
रासस मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन्।, चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन्।, निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।, धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निषेधित क्षेत्र तोडेरभित्र कार्यालयभित्र प्रवेश गर्न खोज्दा पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको छ।, सिराहाको मिर्चैया नगरपालिकास्थित मारूती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको तथा चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरी बिक्री गरेको विषयमा छानबिनका लागि समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै चुरे तथा वन जङ्गल संरक्षण अभियान्ताले विरोध प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए।, अभियानका संयोजक सुनिलकुमार यादवले चुरे वन विनाश र सिराहा वन कार्यालयको अनियमितता, मारूती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ता र मधेसका भूमिहीनहरूलाई भूमिप्रतिको अधिकार दिने भनेर पटक/पटक गरेको प्रतिबद्धता कार्यान्वयन नगरेकाले आफूहरू आन्दोलनमा उत्रिएको बताए।, चुरे संरक्षण र सुकुम्बासी समस्यासँग समबन्धित मधेस प्रदेश सरकारले अभियानीहरूसँग गरेको सात बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्।, छ महिनाअघि अभियानका नेता तथा कार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनसन बस्दा मधेस सरकारले सात बुँदे सम्झौता गरेको तर कार्यान्वयन भने नगरेको अभियान्ताको आरोप छ।,
मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ पक्राउ
|
सेतोपाटी संवाददाता मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको छ। , भारतको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माणाधीन मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको हो। , सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कास्कीको लाहाचोकबाट परियोजनाको उद्घाटन गरेकी हुन्। , स्वतन्त्र भएको ७५ औं वार्षिक उत्सव मनाउन भारतले ‘इन्डिया ७५ आजादी अमृत महोत्सव’ अन्तर्गत यस परियोजनाको उद्घाटन गरिएको हो। यस वर्ष भारतले ७५ वटा परियोजनाको उद्घाटन गर्दैछ। , एक्जिम बैंकको आर्थिक सहयोगमा केपिटिएल लिमिटेड र एबिबीले यस परियोजनाको निर्माण गरिरहेका छन्।, यस परियोजनाको ४२ किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ। नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरूको निर्माण भएका छन्। , प्रसारण लाइनको निर्माण चाँडै सकिने मन्त्रालयले जनाएको छ। , भारत सरकारले नेपाललाई चार वटा प्रसारण लाइनका र सबस्टेसन परियोजनाको निर्माण गर्न ऋण सहयोग गरेको हो।, ती परियोजनामा २२० केभीको कोसी कोरिडोर १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनको ढल्केबर–भित्तामोड खण्ड छन्। , कार्यक्रममा भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसूदन नेतृत्वको टोली लगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरू उपस्थिति थिए। ,
,
मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन
|
रोहित महतो धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार सवैला नगरपालिका-१२ स्थित बरकुर्वामा भएको उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको हो।, दुर्घटनामा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु भएका चारै जना सवैला नगरपालिका वडा नम्बर २ का हुन्।, मृत्यु हुनेहरू सबै नाबालक हुन्। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय लक्ष्मी यादव, मोटरसाइकल चालक १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादव छन्।, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार दुर्घटनामा सोही वडाका १९ वर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।, सोमबार राति सवा ८ बजे दुर्घटना भएको जानकारीपछि पाँचै जनालाई गम्भीर अवस्थामा अस्पतालमा ल्याइएकोमा चार जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।, एउटा मोटरसाइकलमा बढी यात्रु सवार भएको र तीव्र गतिका कारण अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ।, धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए।,
धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जना नाबालकको मृत्यु
|
सेतोपाटी संवाददाता बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, बुहारी बलात्कार गरेको उजुरी आएपछि ४२ वर्षका जेठाजु पक्राउ परेका हुन्।, २२ वर्षकी बुहारीलाई बलात्कार आरोपमा पक्राउ परेका जेठाजुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, महिलालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित घरमा राखिएको बझाङका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।,
बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ
|
एजेन्सी आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा औषधी अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियाहरू रोकिएका छन्।, न्युजफर्स्टका अनुसार पेरादेनिया शिक्षण अस्पतालले औषधी अभावका कारण आकस्मिक शल्यक्रियाहरूमात्रै गर्ने निर्णय गरेको छ। पेरादेनिया विश्वविद्यालयअन्तर्गतको उक्त शिक्षण अस्पताल श्रीलंकामा ठूला सामुदायकि अस्पतालमध्ये पर्छ।, पछिल्लो समय विदेशी मुद्रा सञ्चिति अभावका कारण श्रीलंकाले विदेशबाट चाहिएजति सामान ल्याउन सकिरहेको छैन।, यसैबीच श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औषधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।, उनले औषधी अभावमा कसरी सहयोग गर्न सकिन्छ भनेर कोलोम्बोस्थित भारतीय हाइ कमिस्नर गोपाल बाग्लेलाई भनेको बताएका छन्।, Disturbed to see this news. Am asking High Commissioner Baglay to contact and discuss how India can help.,@IndiainSL, ,#NeighbourhoodFirst, ,https://t.co/jtHlGwxCBL,
— Dr. S. Jaishankar (@DrSJaishankar) ,March 29, 2022, किन आर्थिक संकटमा फस्यो श्रीलंका?, सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि आएको सबैभन्दा ठूलो आर्थिक संकटले २ करोड २० लाख श्रीलंकनको जीवनमा ठूलो असर पारेको छ। पेट्रोल, ग्यासदेखि दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ। सामान किन्न पसलहरूमा लामा लामा लाइन देखिन्छन्। केही अत्यावश्यक वस्तुमा सरकारले कोटा निर्धारण गरिदिएको छ। , राजधानी कोलोम्बोसहित विभिन्न सहरमा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारविरूद्ध प्रदर्शनहरू भइरहेका छन्।, तीन वर्षअघिसम्म श्रीलंकाको आर्थिक अवस्था यति नाजुक थिएन, राष्ट्रपति राजापाक्षेले पनि संकट यति बढ्ला भन्ने सोचेका थिएनन्। , श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एउटा पर्यटन हो। सन् २०१५-१६ पछि आतंकवादका कारण श्रीलंकामा पर्यटनको आवागमन घट्न थाल्यो। तीन वर्षअघि इस्टर सन्डेका दिन कोलोम्बोका चर्च र पाँचतारे होटलमा भएको आतंकवादी हमलापछि त पर्यटक आउने क्रम रोकिएजस्तै भयो।, सन् २०१९ को अन्तबाट कोरोनाभाइरसको महामारी फैलियो। कोरोनासँगै विश्वभरका अर्थतन्त्रमा धक्का लाग्यो। कोरोनाको संक्रमण रोक्न महिनौंसम्म प्रतिबन्धहरू लगाइए। श्रीलंकामा पर्यटनको मुहान नै सुक्यो।, श्रीलंका अहिलेको अवस्थामा पुग्नुमा आतंकवादी हमला र कोरोनाको पनि असर त छ तर यी दुई कारणले मात्रै यति गहिरो संकट ल्याएका होइनन्। , आर्थिक अवस्था मजबुद् हुँदा श्रीलंकाले चीनलगायत मुलुकबाट ऋण लिएर ठूला-ठूला परियोजना बनाएको थियो। ती परियोजना बनाउन लिएको ऋणको किस्ता वर्षेनी तिरिरहनुपर्छ।, पर्यटक नआएपछि विदेशी मुद्रा आर्जन कम भएर ऋण तिर्न गाह्रो हुन थालेपछि सन् २०१७ मा सरकारले हम्बोनाटोटा बन्दरगाह चीनलाई ९९ वर्षका लागि भाडामा दिएको थियो।, आर्थिक संकटबाट बाहिर निस्कन तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले त्यही वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग पैसा माग्यो। आइएमएफले सरकारी खर्च कटौती, कर वृद्धिलगायत सर्तहरू राखेर श्रीलंकालाई पैसा दिएको थियो।, सन् २०१९ को राष्ट्रपतीय चुनाव गोटवाया राजापाक्षेले जिते। उनले अर्थतन्त्र चलायमान बनाउन आइएमएफले ऋणसँग लागू गर्नुपर्ने भनेका सर्तहरूको पालना गरेनन्। कर र ब्याजदर दुबै घटाए।, श्रीलंकाले त्यो बीचमा अरू अन्तर्राष्ट्रिय ऋण पनि लियो। अहिले श्रीलंकाको अन्तर्राष्ट्रिय ऋणमध्ये करिब ३६ प्रतिशत सोभेरेन बोन्डको ऋण छ। यो ऋण कुनै सरकार वा बहुराष्ट्रिय संस्थासँग नभई निजी कम्पनीहरूसँग हो। अर्थतन्त्र कमजोर भएर क्रेडिट रेटिङ खस्कन थाल्दा त्यस्तो ऋण झन् महंगो पर्छ।, श्रीलंकाको बाँकी ऋणमध्ये जापान र चीनको झन्डै ११/११ प्रतिशत छ। सामान्यत: कुनै पनि देशलाई चीनले दिने ऋणको व्याज जापानको भन्दा महंगो हुन्छ।, राजापाक्षेहरूको पहिलादेखि नै चीनसँग घनिष्ठ सम्बन्ध थियो। सोही सम्बन्धका कारण सन् २०२१ को अन्तिमतिर चीनसँग मुद्रा सट्टापट्टा (स्वाप) गरेर केही विदेशी मुद्राको सञ्चिति बढाइयो। तर त्यसले पनि धानेन।, पछिल्लो समय गत जनवरीमा तिर्नुपर्ने ऋणको समय बढाइदिन र चिनियाँ पर्यटकलाई श्रीलंका आउन खुला गरिदिन राजापाक्षे सरकारले आग्रह गरेको छ। बेइजिङले भने अहिलेसम्म यसको जवाफ पठाएको छैन।, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले केही समयअघि गाडी र मलको आयातमा समेत बन्द गर्यो। विदेशबाट मल नआएपछि श्रीलंकाले प्रमुख निर्यात बाली चियालगायत अरू उत्पादनमा समस्या पर्यो।, यी सबका बाबजुद् श्रीलंकाले डलरमा आधारित विदेशी ऋणको किस्ता भने तिरिरह्यो। विदेशी सञ्चितिमा पैसा जम्मा हुने स्रोत सुक्दै जाँदा तिर्नु पर्ने ऋणले सञ्चिति घट्दै गयो।, श्रीलंकामा उर्जाका लागि जलविद्युतमात्रै नभई कोइला र डिजेल प्लान्ट पनि चलाउने गरिन्छ।, यसवर्ष श्रीलंकामा कम वर्षा भएका कारण जलविद्युतको उत्पादन झन् घटेको छ। उर्जाको माग पूरा गर्न श्रीलंकाले यसपालि धेरै कोइला र डिजेल किन्नुपर्ने भएको छ। त्यसले गर्दा विदेशी मुद्राको सञ्चिति घट्दै-घट्दै गएको छ।, डिजेल/कोइला किन्न नसकेर प्लान्ट चलाउन मुस्किल भएपछि अहिले श्रीलंकामा दैनिक ७ घन्टासम्म लोडसेडिङ हुने गरेको छ। लोडसेडिङले सबैखाले उद्योग र व्यवसायमा पूर्ण क्षमतामा चल्न सकेका छैनन्। लोडसेडिङका कारण श्रीलंकाको अर्थतन्त्र झन् नकारात्मक असर परेको छ।, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएको छ। त्यसपछि पेट्रोलियमलगायत उपभोग्य वस्तुको आयात गर्न श्रीलंकालाई झन् मुस्किल हुँदै गएको छ।, यति हुँदा पनि श्रीलंकाले आफ्नो मुद्राको अवमूल्यन नगरेर १ डलर बराबर २०० रुपैयाँमा राखिरहेको थियो। लामो समय श्रीलंकाको मुद्रालाई पहिलाकै अवस्थामा राखिरहन झन् सञ्चिति घट्यो। भर्खरै श्रीलंकाले आफ्नो मुद्रालाई डलरको तुलनामा १५ प्रतिशत अबमूल्यन गर्यो। मुद्रा अवमूल्यन भएपछि आयात झन् महंगो बन्दै गयो। १५ प्रतिशतले अवमूल्यन हुँदा पनि समस्या नसुल्झिएपछि ‘फ्लोट’ गरायो। आइतबार १ अमेरिकी डलर किन्न २७७ श्रीलंकाली रुपैयाँ तिर्नुपर्छ।, लामो समयसम्म अर्थतन्त्र समस्याग्रस्त हुँदा पनि राजापाक्षे सरकारले थप सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग थप ऋण लिने प्रक्रिया सुरू नै गरेनन्।, अहिले श्रीलंकाको कोषमा विदेशी मुद्रा १ अर्ब अमेरिकी डलरभन्दा कम छ भने यो वर्षमात्रै डलरमा तिर्नुपर्ने विदेशी ऋणको किस्ता साढे चार अर्ब बढी छ।, पहिलाको ऋण तिर्न फेरि ऋण लिन झन् धेरै महंगो पर्छ। सबैतिरबाट च्यापिँदै गएपछि राजापाक्षे सरकारले गत बुधबार आइएमएफलाई गुहारेको छ।, अब आइएमएफले प्रक्रिया पूरा गरेर श्रीलंकालाई उकास्न सहयोग गर्नेछ। तर आइएमएफको पैसा आउन्जेलसम्म आर्थिक संकटले दैनिक जनजीवन चलाउन आम श्रीलंकनलाई झन् कठिन हुने देखिन्छ।,
औषधी अभावले श्रीलंकामा अस्पतालमा रोकिए पूर्वनिर्धारित शल्यक्रिया
|
सेतोपाटी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ। , जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित /चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। , राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित/चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , २०७८ चैत १५ गते (मंगलबार) , दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ।, प्रदेश १ का पहाडी भू-भागहरूका थोरै स्थानहरू तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, राति: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, २०७८ चैत १६ गते (बुधबार), दिउँसो: प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, राति: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। , २०७८ चैत १७ गते (बिहीबार), दिउँसो: प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा प्रदेश २ र गण्डकी प्रदेशका भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, राति: प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। ,
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
|
सेतोपाटी संवाददाता डाेटीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे घटनास्थलमा मृत्यु भएको छ।, मंगलबार पुर्वीचौकी गाउँपालिका–७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। , दुर्घटनामा परी ट्याक्टर चालक गौरीगंगा नगरपालिका-४का ज्ञानबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो।, यस्तै ट्याक्टरमा सवार अछाम चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल घाइते छन्।, उनकाे जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ।,
डाेटीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे घटनास्थलमा मृत्यु
|
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा अदालतले कैद र जरिवाना तोकेका व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा काठमाडौं-२६ सामाखुसीका ५२ वर्षीय काजी गुरुङ रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार सामाखुसीबाट पक्राउ गरेको हो।, ब्युरोका अनुसार गुरुङलाई उच्च अदालत पाटनले चालीस लाख जरिवना र ६ दिन कैद हुने ठहर गरेको थियो।, फागुन १ गते अदालतले दोषी ठहर गरेयता गुरुङ फरार थिए। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गुरुङलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पठाइएको छ।, गुरुङले एभरेष्ट बैंक गोंगबुमा रहेको आफ्नो खाताबाट अपुग रकम भएको चेक दिएपछि पीडित प्रहरीमा पुगेका थिए।,
बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ
|
सेतोपाटी संवाददाता बाँकेमा टिपरको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ। , नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकमा ठक्कर दिँदा स्थानीय ७० वर्षीय बिरबल भण्डारीको मृत्यु भएको छ।, मंगलबार बिहान साढे ८ बजेतिर कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे १ क ६५६ नम्बरको टिपरले भण्डारीलाई ठक्कर दिएको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले भण्डारीलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बताए।, चालक र टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।,
बाँकेमा टिपरको ठक्करबाट जेष्ठ नागरिकको मृत्यु
|
सेतोपाटी संवाददाता सल्यानमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। , रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय पवन केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले केसीको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने बताए। , ड्युटी गर्ने ठाउँमा राइफल मात्रै फेला परेको हुँदा खोजी गर्ने क्रममा बिहान साढे ६ बजे भिरमुनी उनी मृत अवस्थामा फेला परेको डिएसपी खड्काले बताए। , केसीको ड्युटी मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्मको थियो।, ‘इलाका प्रहरी कार्यालय सितलपाटीदेखि १०० मिटर उत्तर तर्फ एउटा ५०-६० मिटरको भिर रहेको र त्यसैको मुनी केसीको शव फेला परेको हो,’ डिएसपी खड्काले भने, ‘केसी राति ड्युटी क्रममा कुनै कारणले भिर नजिक पुगेको र त्यहीँबाट लडेर मृत्यु भएको हुन सक्ने हाम्रो प्रारम्भीक अनुमान छ।’, रुकुमबाट केसीका परिवारका सदस्य आउन लागेको हुँदा आइसकेपछि मात्रै शव उठाइने र पोष्टमार्टमका लागि अस्पताल लगिने भएको छ।, केसी गणमुकाम सुर्खेतमा दरबन्दी भइ इलाका प्रहरी कार्यालय सितलपाटीमा कार्यरत थिए।,
सल्यानमा भिरबाट लडेर प्रहरी जवानको मृत्यु
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.