content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।, शनिबार बिहान मर्निङ वाकमा निस्केका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।, बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो।, प्रहरीका अनुसार उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो। घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको थियो। रासस,
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता मध्यपश्चिमको दुर्गम पहाडी गाउँ। स्वास्थ्य सेवाको पहुँच नपुगेको र नेपाली चिकित्सक जान हिच्किचाउने ठाउँ। अर्थात् माओवादी जनयुद्वको उद्गमथलो थबाङ। रोल्पाको थबाङमा एक दशकभन्दा लामो समयदेखि स्वयंसेवा गरिरहेका जापानी चिकित्सक हुन्–डा. रियुचिकी इशिदा।, उनको नेपाल प्रेम पुरानै हो। सन् १९६८ मा २० वर्षको लक्का जवान हुँदा एक जापानी डाक्टर पहिलो पटक नेपाल घुम्न आएका थिए। त्यसवेला उनी विद्यार्थी स्वयंसेवकको हैसियतमा क्षयरोग विरूद्धको खोप कार्यक्रममा नेपालको विभिन्न गाउँमा सहभागी भए। पोखराबाट कालीको किनारै किनार बेनी, बागलुङ भएर तानसेनसम्म हिँडेका थिए। युनाइटेड मिसन हस्पिटलको खोप कार्यक्रममा ५ दिन लगातार हिँडेका थिए। , १६ वर्षअघि सन् २००६ मा पनि रूकुमको चौरजहारीदेखि रोल्पाको घोरनेटिसम्म स्वास्थ्य सेवाका लागि हिँडेरै पुगे। सन् २००८ मा जुम्ला पनि पुगे र सन् २०११ मा थबाङ टेके। नेपालका कुना कन्दरामा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई नजिकबाट नियाले, घुलमिल भए। नेपालीको सरल जीवनशैली, सहनशील स्वाभाव र आत्मीय बानीले उनको मन छोयो।, पहिलोपटक किशोर उमेरमा आउँदै उनले निर्णय गरेका थिए, भविश्यमा फर्केर म गाउँलेको सेवामा आउनेछु। , ‘त्यस बेला मैले गाउँका मानिसलाई फर्केर स्वास्थ्य सेवामा समर्पित हुने वाचा गरेको थिएँ,’ मन्द मुस्कुराउँदै उनले सेतोपाटीसँग आफ्ना विगत सम्झिए। , विगत एक दशकदेखि जलजला अस्पताल तथा अनुसन्धान केन्द्र, थबाङमा सक्रिय छन्। थबाङबासी उनलाई मेडिकल मसिहाका रूपमा सम्मान गर्छन्। , उमेरले ७४ वर्ष टेकेका इशिदा थबाङको स्वास्थ्य सेवामा समर्पित भएको विगत एक दशक बढि समय भैसक्यो। वर्षका केही महिना उनी मातृभूमि जापान जान्छन्। परिवार भेटेर फेरि रोल्पा फर्कन्छन्। , गत वर्ष कोभिड महामारीका बीचमा श्रीमतिसहित नेपाल आएका थिए। करिब २ महिनाजति थबाङमा बसेर श्रीमति पुर्याउन जापान गएर एक्लै फर्किए।, दुर्गम गाउँ थबाङमा उनले आफ्ना छोराछोरीलाई पनि घुमाइसकेका छन्। ‘म कस्तो ठाउँमा बस्छु, के खान्छु र के गर्छु भन्ने देखाएँ’, उनीहरूलाई घुमाउनुको कारण उनले सुनाए।, थबाङप्रतिको उनको अगाध लगाबप्रति परिवारको मौन समर्थन छ तर बुढ्यौलीले गाँजिसकेकाले उनीहरू सँगै बस्न पाए हुन्थ्यो भन्छन्।, विकशित देश जापानमा जन्मेर पनि थबाङप्रतिको उनले देखाएको मायाले सबैलाई अचम्मित बनाउँछ। गाउँलेको सेवामा उनको योगदान अनुकरणीय छ। अझ भनौं, आधुनिक जीवनशैली सिको गर्दै हामी गाउँ छाडेर सहर पस्छौं, पढेलेखेका विद्वानहरू त झन तेस्रो देशतिर पलायान हुने क्रम दिनानुदिन बढिरहेको छ। तर डाक्टर इशिदाको तन र मन थबाङमै छ।, उनको कामको कदर हुन थालेको छ। गत असोज ३ गते लुम्बिनी प्रदेश सरकारले उनको कामको कदर गर्दै ‘समासेवा श्री पदक ‘ख’ बाट विभुषित गरेको छ।, पदक पाउँदा उनले प्रफुल्ल हुँदै भनेका थिए, ‘सर्वप्रथम म थबाङ गाउँपालिका र जनताले गरेको सहयोगप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु, जस बिना यो पुरस्कार सम्भव थिएन।’, पदक पाउँदा भावुक हुँदै उनले थबाङी र स्वास्थ्यकर्मी सहिद लाली रोका मगरलाई सम्झिएका थिए।, ‘सुरूसुरूमा उहाँ १२ घण्टा विरामीको सेवामा खट्नुहुन्थ्यो,’ थबाङका स्वास्थ्य ईन्चार्ज राजकुमार बुढाले भने, ‘आपतकालीन विरामीको सेवा रातदिन खट्नु हुन्थ्यो। अचेल भने जटिल बिरामीबाहेक अरूका लागि हामी दुःख दिँदैनौं।’, पोहोर श्रीमतीसँगै थबाङ पुग्दा भावुक बनेका थिए। श्रीमतीलाई इशिदाले आफ्नो जीवनका अन्तिम दिनको महत्वपूर्ण कुरा बताएका थिए।, ‘मेरो मृत्युपछि म थबाङको डाँडामा आराम गर्न चाहान्छु,’ उनले थबाङ पारी शहिद पार्क देखाउँदै श्रीमतीलाई भनेका थिए, ‘त्यहाँ सहिदहरूसँग मेरो पार्थिव शरीरको अन्तेष्टि होस् भन्ने चाहना छ।’, श्रीमतीसँग डाक्टर इशिदा, उनले त्यही डाँडाबाट थबाङ गाउँलाई हरेक दिन हेर्न र तल झकिबाङमा बनेको १५ शैय्याको अस्पताललाई अभिवावकको रूपमा सदैव निगरानी गरिरहने इच्छा सुनाए।, डा.इशिदाका कुराले उनकी श्रीमती भावुक भइन्। जीवनको उतरार्धमा थबाङमा रहे पनि उनको मरण र अन्तेष्टि मातृभूमि जापानमै होस् भन्ने परिवारको चाहना थियो। त्यसैले उनकी श्रीमतीले भारी मनले मौन सहमती जनाइन्।, छोरा–छोरीसँगको छलफल र सल्लाहअनुसार उनको शरीर थबाङमै राखे पनि अस्तु भने उनका पुर्खाहरुसँग पुनर्मिलन गराउन जापानको चिहानमा राखिने तय भएको छ। , ‘थबाङको डाँडामा आराम मर्न चहान्छु’, डा. इशिदाको उमेरले नेटो काटिसेको छ तर उनको जोस जाँगर भने त्यही २० वर्षे तन्नेरी जस्तो देखिन्छ। उनी थबाङलगायत वरीपरीको जनताको सेवामा सदैव समर्पित छन् र थाकेका पनि छैनन्।, यस क्षेत्रमा जलजला अस्पताल तथा अनुसन्धान केन्द्रले उत्कृष्ट स्वास्थ्य सेवा दिईरहेको छ। थबाङ गाउँपालिकालगायत छिमेकी पुथा उत्तरगंगा, भूमे, मादी र परिवर्तन गाउँपालिकाबाट दैनिक उपचारका लागि बिरामीहरू आउने गरेको थबाङ गाउँपालिकाका स्वास्थ्य प्रमुख टुलबहादुर पुनले जानकारी दिए। , अन्तरमुखी स्वभावका इशिदा निकै सरल छन्। नरम बोल्छन्। बिरामीसँग फाट्टफुट्ट नेपाली र मगर खाम भाषामा कुराकानी गर्छन्। सामान्य नेपाली खानपिनमा रमाउँछन्। र अस्पतालकै टिनको टहराको एक छेउको साँघुरो कोठामा सुत्छन्। बिहान–बेलुका एक घण्टा जति थबाङ गाउँ चक्कर लगाउँछन्। अनि दिनभर विरामीको सेवामा चुपचाप खटिरहन्छन्।, यी डाक्टरको दिनचर्या थबाङमा यसरी नै बितिरहेको छ।, उनको भिसा छिट्टै सकिँदैछ, नविकरणको प्रक्रियामा छ। ‘अब दुई महिनापछि परिवार भेटघाट गर्न जापान जाँदैछु। छोटो बसाईपछि पुनः फर्किन्छु र थबाङमा बिमारीको सेवा गर्नेछु,’ उनले सेतोपाटीसँग भने।, वर्षभरी उनी उपचार गर्छन्। तर प्रत्येक वर्ष भिसाको प्रक्रियाले उनलाई सधै सताउँछ। भिसाबारे सोच्दा एकछिन घोत्लिन्छन्, सायद उही झन्झटिलो र लामो प्रक्रिया सम्झेर होला! , उनलाई चिन्ता भने अर्कै छ। एकछिन टोलाएपछि उनले भने, ‘काठमाडौंमा उपचार्थ ३ जना विमारीको अवस्था कस्तो भयो होला, कुन्नी।’, ती तीन जना बिरामीलाई उनी आफैंले खर्च दिएर थप उपचारका लागि काठमाडौं पठाएका थिए। फिस्ति रोकालाई रू. ४५ हजार सहयोग गरेर पाटन हस्पिटल, खुट्टा भाँचिएको उपेन्द्र झाँक्रीलाई ७० हजार दिएर ट्रमा सेन्टर र क्यान्सर विमारी पल्मान खड्कालाई १ लाख ५ हजार दिएर सिभिल हस्पिटलमा पठाएका छन्। , उनी त्यही ३ जनाको अवस्थावारे चिन्तित देखिन्थे। उनीहरू निको भएर छिट्टै गाउँ फर्किने आशामा छन् उनी। निःशुल्क स्वास्थ्य सेवा दिइरहेका यी मनकारी डाक्टरले यस्ता धेरै बिरामीलाई निजी खर्च दिएर अन्यत्र रिफर गरेका छन्। उपचार गराएका छन्।, डा. इशिदाले थबाङ गाउपालिकाका एक एमविविएस, हेल्थ एसिस्टेन्ट, र डेन्टल हाइजिनिस्ट अध्ययनका लागि समेत आर्थिक सहयोग गरेका छन्।, जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङ (साविकको स्वास्थ्य चौकी थबाङ र जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र) समायोजन गरेर स्थानीय तह थबाङ गाउँपालिका अन्तर्गत १५ शैय्याको हस्पिटल निर्माणधिन अवस्थामा छ।, यस हस्पिटलको सुरूवातमा स्थापना, निर्माण र सञ्चालनमा थबाङी जनताको पसिनासँगै उनको मिहेनत, त्याग र करोडौं आर्थिक सहयोग मिसिएको छ। अहिले यो हस्पिटल जिल्लाकै नमुना र उदाहरणीय बन्न सफल भएको छ।, नेपाल सरकारले ‘सम्मानार्थ नागरिक’ द्वारा पुरस्कृत किन नगर्ने?, उनी हाल नेपालमा कार्य अनुमति भिसामा बस्छन् र प्रत्येक वर्ष भिसा नविकरण गर्नुपर्छ। थबाङ गाउँपालिकाका स्वास्थ्य ईन्चार्ज तुलवहादुर पुनकाअनुसार नेपालको भिसा नविकरण प्रकृया निकै झन्झटिलो र महिना दिन लामो रहेको छ। , प्रत्येक वर्ष भिसा नविकरण गर्दा विज्ञापन निकाल्नदेखि, भिसाको लागि सम्वन्धित मन्त्रालयको सिफारिस, गृह मन्त्रालयको कार्यसहमति, श्रम विभागको श्रम स्विकृति, करार सम्झौता वा नियुक्तिको पत्रलगायत आवश्यक कागजात पेश गर्नुपर्छ।, उनको वसाईमा थबाङ गाउँपालिकाले पुरा सहयोग गरेको पालिका अध्यक्ष वीर वहादुर घर्ति बताउँछन्। ‘स्थानीय सरकारबाट हुने सहयोग पुर्ण रूपले गरेका छौ, केन्द्र तहमा उनको भिसा सहजिकरण नेपाल सरकारले गरिदिए हुन्थ्यो,’ उनले सरकारलाई अनुरोध गरे। , नेपालमा दशकौंदेखि ग्रामीण गाउँ जहाँ सरकारको पहुँच नभएको र नेपाली चिकित्सकसमेत जान हिच्किचाउने दुर्गममा निःशुल्क (स्वयंसेवक) को रुपमा खटिरहने व्यक्तिलाई सरकारको परिस्कृत गर्न ढिलाई गर्न हुँदैन।, नेपालको नागरिकता नियमावली, २०६३ को दफा ८ को उपनियम ५ र ६ अनुसार नेपाल सरकारले चाहेमा विदेशी नागरिकलाई नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्ने अधिकार मन्त्रिपरिषद्लाई रहेको नियम छ। , (५) ऐनको दफा ६ बमोजिम प्रदान गरिने सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्ने अधिकार नेपाल सरकारको मन्त्रिपरिषद्लाई हुनेछ।, ‘डा. इशिदाको ऋण त हामीले यो जुनीमा कहिल्यै तिर्न सक्दैनौं। तर नेपाल सरकारले चाहेमा डा. इशिदा जस्तो स्वास्थ्य समाजसेवीको त्याग, तपस्या र नेपालप्रतिको सद्भावको मूल्यांकन गर्दै 'सम्मानार्थ नागरिक’ प्रदान गर्ने अधिकार भने पक्कै छ।, उनको निश्वार्थ योगदानको कदर गर्दै उनी जिवित छँदै सम्मानार्थ नागरिकबाट पुरस्कृत गर्ने मौका किन चुकाउने?’, थबाङ गाउँपालिकाका अध्यक्ष वीर वहादुर घर्तिले भने।, थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती मगर, यसो गर्न सके उनको समाजसेवाको उच्च सम्मान हुने थियो, उनको योगदानको कदर हुने थियो।, थबाङी जनताले बेलैमा उनको सामाजिक कार्यबारे सरकारले उचित पहिचान गरि थबाङको डाडाँमा गर्वको साथ आराम गर्ने उनको अन्तिम इच्छा पुरा होस् भन्ने चाहन्छन्।, जापानको सुखसयल त्यागेर रोल्पालीको सेवामा जुटेका उनलाई रोल्पाली ‘भगवान’ मान्छन्।, कुराकानीको अन्तिममा उनले हामीलाई पनि आफ्नो इच्छा सुनाए, ‘म पनि यही थबाङको पहाडमा सुतिरहेका सहिदहरूसँगै सधैंका लागि सुत्न चाहान्छु। यति भएमा मेरो आत्माले शान्ति पाउनेछ।’,
दशकदेखि थबाङीको उपचारमा खटिरहेका जापानी डाक्टर इशिदा भन्छन्- सेवा गर्दा गर्दै यही मर्ने इच्छा छ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन्। ४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ। नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ।, हालसम्म नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।,
नेपालमा अझै कोरोनाका ६३७ जना सक्रिय संक्रमित
|
विवेक राई २०५३ सालमा तत्कालीन राजा वीरेन्द्रको गद्दी आरोहणको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्र बैंकले २५ र २ सय ५० का दुई वटा नयाँ नोट निकाल्ने भन्यो।, ती नोट सकेसम्म नेपालमै डिजाइन गर्ने भनियो। किनकी त्यसअघिका सबै नोटहरू विदेशमा डिजाइन भएका थिए। नेपालमै नोट डिजाइन गर्ने भनिएपछि राष्ट्र बैंकले नोट डिजाइन गर्ने मान्छेको खोजी गर्न थाल्यो।, त्यहीँ बेला बागबजारका सुन्दर श्रेष्ठ पनि राष्ट्र बैंकमै जागिरे थिए।, उनी त्यहाँ डिजाइनको काम गर्थे। डिजाइनसम्बन्धी काम गर्ने भएकाले बैंकले सुन्दरलाई पनि नोट डिजाइन गर्न सक्छौ भनेर सोध्यो। उनले तुरून्तै सक्छु भन्ने जवाफ दिए। त्यसपछि नोट डिजाइन कमिटीले सुन्दरलाई नोटमा के-के कुरा समावेश गर्ने भनेर सुझाव दियो। जसमा नेपाली रैथाने गाई राख्न भनिएको थियो।, 'उहाँहरूले नोटमा कोइली गाई चाहिन्छ भन्नुभयो। मैले हुन्छ भनेर निस्किएँ तर कोइली गाई कस्तो हुन्छ भन्ने थाहा थिएन,' सुन्दरले ऊ बेलाको कुरा सम्झिँदै सेतोपाटीसँग भने, 'गाई खोज्नलाई डेढ महिनासम्म गौचरणहरू घुमें। यतिसम्म कि कसैको घरमा गाई पालेको छ भन्ने सुन्नासाथ गाईको फोटो खिच्नलाई गइहाल्थ्यौं।', सुन्दर त्यसरी खिचेर ल्याएको गाईको फोटोबाट चित्र कोरेर डिजाइन कमिटीलाई देखाउँथे। तर उनले बनाएको चित्र कोइली नभएर जर्सी गाईको हुने गर्थे। तर कमिटीले सुन्दरलाई नोटमा कोइली गाईकै फोटो राख्न भनेको थियो।, 'गाईको फोटो खिचेर ल्याएर चित्र बनायो, यो त जर्सी गाई भयो भन्नुहुन्थ्यो। पछि कोइली गाई भनेको दुब्लो-दुब्लो, रातो-रातो सानो हुन्छ भनेपछि बल्लतल्ल सातदोबाटोको खाली चौरमा चरिरहेको गाईको फोटो खिचेर ल्याएर चित्र बनाएँ,' सुन्दरले त्यो बेलाको हैरानी सम्झिँदै भने।, डेढ महिना लगाएर गाईको फोटो जुटेपछि नोटको पूरा डिजाइन तयार गर्न सुन्दरलाई अर्को एक महिना लाग्यो। त्यो बेला अहिलेजस्तो कम्प्युटर र अन्य प्रविधि नभएकाले सबै डिजाइन हातले नै गर्नुपर्दा समय लाग्ने गरेको उनी बताउँछन्। सुन्दरले महिना दिन खर्चेर डिजाइन गरेको नोट छाप्नका लागि जर्मनी पठाउनुपर्ने थियो। डिजाइनमा काम गरेकाले सुन्दरलाई पनि सँगै जर्मनी पठाउने भनियो। जर्मनी जान पाउने कुराले सुन्दर पनि दंग परे। जर्मनी पुगेपछि उनले नोट छाप्ने कम्पनीका डिजाइनरलाई आफूले सम्पूर्ण डिजाइनको काम हातले गरेको सुनाए। त्यो सुनेर उनीहरू छक्क परे। त्योबेला सम्झिँदै सुन्दर भन्छन्, 'त्यहाँ गएर सबै डिजाइन हातले गरेको भन्दा उनीहरूले अचम्म माने। त्यहाँ त नोटको विभिन्न भागको डिजाइन गर्ने मान्छेहरू छुट्टाछुट्टै हुने रहेछ। त्यसैले पनि होला मैले एक्लैले बनाएको भन्दा अचम्म माने।', सुन्दरले आफ्नो कौशलताबाट प्रभावित भएर उनीहरूले जर्मनीमै बस्न प्रस्ताव गरेको सुनाए।, 'तिमी यस्तो काम जानेको मान्छे रैछ अब यतै बस भनेका थिए तर म बस्दिनँ भनेर आएँ,' उनी भन्छन्, 'मलाईचाहिँ हामी नेपालीले जे-जति सीप जानेको छ त्यो नेपालमै खर्चिनुपर्छ भन्ने लाग्छ। म जर्मनीमा बसेको भए दुई-चार पैसा बढी कमाउँथे होला तर जति पैसा भए पनि दुई छाक खाने हो, दुई सरो लगाउने त हो।', जर्मनीमा काम गर्ने अवसर त्यागेर सुन्दर नेपाल नै फर्किए र बैंककै कामलाई निरन्तरता दिए। सुन्दर नेपाल फर्किएको अर्को वर्षतिर नयाँ दुई वटा नोटहरू जर्मनीबाट आइपुग्यो। आफूले डिजाइन गरेको नोट पहिलो पल्ट हातमा पर्दा सुन्दर पनि दंग परे।, 'हाम्रो पालामा एसएलसी पास गर्दा एकदम ठूलो कुरा हुन्थ्यो। आफूले बनाएको नोट हातमा लिन पाउँदा त्यो भन्दा पनि खुसी भएको थिएँ,' खित्का छोड्दै सुन्दरले भने।, नयाँ नोट बजारमा आएपछि किस्सा बेग्लै रहेको सम्झिँदै सुन्दरले त्यो बेला धेरै मानिसहरूले नयाँ नोट लिन नमानेको सुनाए।, 'कति जनाले चल्दैन भनेर २५ र २ सय ५० को नोट नै लिन मान्नुभएन। मेरो आमाले पनि त्यो नोट दिनुहुँदा मानिसहरूले चल्दैन भन्नुभयो रे,' उनले भने।, नोट डिजाइन गर्ने काम सफल भएपछि राष्ट्र बैंकले नोटको डिजाइनसम्बन्धी सबै काम सुन्दरलाई दिन थाल्यो। अहिले पनि अवकास पाएका सुन्दर एक्ला नोट डिजाइनर हुन्। त्यसैले राष्ट्र बैंकले अहिले पनि नोट डिजाइन गर्नुपरे उनै सुन्दरलाई सम्झिन्छ।, पछिल्लो समय जति पनि नोटहरूमा फेरबदल भएको छ, त्यो सबै काम सुन्दरले गरेका हुन्। जबकी २०५३ सालअघि प्रचलित नोटहरू विदेशमै डिजाइन हुने गर्थे। राष्ट्र बैंकका विदेशी मुद्रा व्यवस्थापन शाखाका पूर्वकार्यकारी निर्देशक कृष्णबहादुर मानन्धर भन्छन्, 'त्यो बेला नोट छाप्ने देशहरूले उतैबाट डिजाइन गरेर पठाइदिने चलन थियो। यहाँबाट यस्तो-यस्तो खालको बनाउनु भनेर भनिन्थ्यो र सोहीअनुसार डिजाइन गरेर पठाइदिने गर्थे।', अहिले भने नोट डिजाइनका सबै काम सुन्दरले गर्दै आएका छन्। सुन्दर पनि यो काम आफूले गर्न पाएकोमा भाग्यमानी महशुस गर्छन्। यो काम भोलिको इतिहास रहने उल्लेख गर्दै उनी भन्छन्, 'पछि सन्ततिहरूले पनि यो नोट मेरो बुवा, बाजेले बनाएको भन्छन् नि। त्यो सम्झेर यो काम एउटा इतिहास भयो भन्नेचाहिँ लाग्छ।',
२५ वर्षदेखि नेपाली नोट डिजाइन गरिरहेका सुन्दर (भिडिओ)
|
सेतोपाटी संवाददाता नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत पूर्वी नवलपरासीले आदेश दिएको छ।, मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै राखेर अनुसन्धान जारी राख्न अदालतले बुधबार आदेश दिएको हो।, न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।, शाहलाई बुधबार बेलुकी तनहुँतर्फ पठाइएको छ। शाहलाई वैशाख ७ मा पूर्वीनवलपरासीस्थित अदालत हाजिर हुन पनि भनिएको छ।, यसअघि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पनि शाहलाई थुनामा राख्न आदेश दिएको थियो।, शाहमाथि तनहुँ र पूर्वीनवलपरासीमा मुद्दा परेको थियो।, शाहलाई तनहुँ कारागारमा राखिएको छ।, शाहविरूद्ध अधिकतम १४ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र अदालतमा दर्ता भएको थियो।, नाबालिग गायिकाको परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका शाह १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए।,
पल शाहलाई थुनामै राख्न आदेश
|
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका आजदेखि कोभिड विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका बनेको छ।, बिहिबार ११ बजे औपचारिक कार्यक्रम आयोजना गरी कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका भएको घोषणा गर्न लागिएको छ।, नगरपालिकाको कोभिड खोप लगाउन लक्षित जनसंख्या भन्दा बढीलाई पूर्ण खोप लगाईसकेपछि आजदेखि पूर्ण खोपयुक्त घोषणा गर्न लागिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीले जानकारी दिए।, गिरीका अनुसार नगरपालिकाभित्र ९९ हजार ९०५ जनालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो। तर चैत २३ गतेसम्म १ लाख १८ हजार ९४६ जनालाई कोभिडको पूर्ण खोप लगाईसकिएको छ।, यो लक्षित संख्याको १९ प्रतिशत बढी हो। कोभिडको पूर्ण खोप लगाउनेमा पुरूषभन्दा महिला धेरै रहेको गिरीले जानकारी दिए।, वीरेन्द्रनगर नगरपालिका जिल्लाको कोभिडविरुद्धको पूर्ण खोपयुक्त पहिलो स्थानीय तह हो।, पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ स्वयम्सेविका र स्वास्थ्यकर्मी परिचालन गरी सर्वेक्षणसमेत गरिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत पर्शुराम खड्काले बताए।, ‘लक्षित जनसंख्यालाई खोप लगाईसकेपछि पनि हामीले सबै वडाका टोलहरुमा स्वास्थ्य स्वयमसेविका परिचालन गरी खोप लगाउन बाँकी मानिसको तथ्याङ्क लियौं र उहाँहरुलाई बोलाएर खोप लगायौं,’ खड्काले सेतोपाटीसँग भने, ‘त्यसपछि पनि स्वस्थ्यकर्मी नै पठाएर पूर्ण खोप लगाए/नलगाएको सर्वेक्षण गर्ने काम गरेका थियौं।’, वीरेन्द्रनगर नगरपालिकामा नगर अस्पतालसहित १९ वटा स्वास्थ्य संस्था छन्। ती सबै स्वास्थ्य संस्थामा खोप अभियान नियमित चलिरहेको उनले जानकारी दिए।, वीरेन्द्रनगरका स्थानीय र यहाँ बाहिरबाट आएर बसोबास गर्नेलाई समेत पूर्ण खोप लगाईसकेपछि कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्न लागिएको उपमेयर मोहनमाया ढकालले बताईन्।, ‘जनस्वास्थ्यका हिसाबले हामीले यसलाई उपलब्धिका रूपमा हेरेका छौं, खोप अभियान अहिले पनि जारी नै छ,’ उपमेयर ढकालले भनिन्।,
कोभिविरूद्धको पूर्ण खोपयुक्त बन्यो वीरेन्द्रनगर नगरपालिका
|
सेतोपाटी संवाददाता गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी गरेको छ।, उनी सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत थिइन्।, लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकोले उनीमाथि कारबाही गर्न लागिएको हो।, उनी गत फागुन १२ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएकी थिइन्।, पदीय जिम्मेवारी र आचरणविपरीत कार्य गरेको देखिएकोले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरिएको हो।, सजाय गर्नु नपर्ने कुनै कारण भए पेश गर्न पनि मन्त्रालयले सार्वजनिक सूचना निकालेर जानकारी गराएको छ। सात दिनभित्र कारण खुलाउनसमेत समय दिएको छ।,
इन्स्पेक्टर डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने गृहको तयारी
|
सेतोपाटी संवाददाता सर्लाहीमा एक बालकको शव हत्या गरी सेप्टिक ट्यांकीमा फ्याँकिएको अवस्थामा फेला परेको छ। , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलका अनुसार मलंगवा नगरपालिका- १२ का १० वर्षीय मिठू ठाकुरको हत्या भएको हो। उनको शव बिहीबार बिहान छिमेकीको घरको सेप्टिक ट्यांकीबाट निकालिएको छ। , हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही घरकासहित ७ जनालाई पक्राउ गरेको छ। यस्तै एक जना भने फरार छन्। , मिठू आइतबार बेलुकीदेखि सम्पर्कविहीन थिए। भोज खान गएका बालक हराएको भन्दै प्रहरीलाई खबर भएको थियो। , तर विदेशमा रहेका मामालाई मेसेन्जरमा एउटा मेसेज पनि गरिएको थियो। नयाँ अकाउन्टबाट मेसेज गरिएको थियो। त्यसमा १५ लाख रुपैयाँ माग गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए। , ‘भोज खान गएको तर फिर्ता नआएको भन्ने खबर आएको थियो। हामीले खोजिरहेका थियौं। त्यसैबीच अपहरण गरेकोजस्तो देखियो,’ उनले भने, ‘मेसेन्जरमा ‘मिर्चियामा हे, १५ लाख दो’ भनेर मेसेज गरिएको रहेछ।’, कसले कसरी मागेको हो भन्ने नखुलेपछि सर्लाही प्रहरीले नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गरेको थियो। , प्राविधिक सहयोगपछि प्रहरीले लोकेसन ट्रेसिङ, मोबाइल ट्रयाकिङको काम भएको थियो। त्यसैबीच बुधबार बेलुकी आरोपित पत्ता लागेको प्रहरी उपरीक्षक पोखरेलले बताए। , त्यसपछि प्रहरीले बेलुकी नै सात जनालाई नियन्त्रणमा लिएको थियो। सोधपुछ गर्ने क्रममा छिमेकीले आफ्नै घरमा लगेर हत्या गरेको खुलेको हो। , ‘चार-पाँच जना एउटै परिवारकै छन्। अरू बाँकी ससुरालीतर्फका व्यक्तिहरू हुन्। पीडित र पीडकको घर जम्मा २० मिटरको दूरीमा छ,’ उनले भने। , प्रहरीले पक्राउ परेका व्यक्तिहरूको पहिचान खुलाएको छैन। हत्या ल्याएकै दिन भएको प्रहरीले जनाएको छ। शव गन्हाउन थालेपछि उनीहरूले शव सेप्टिक ट्यांकीमा फालेको बयान दिएका छन्। , मृतकका बुवा कतारमा काम गर्थे। उनले घरमा पैसा पठाएको हुनसक्ने भन्दै त्यसैको लोभमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक पोखरेलले बताए। अहिले उनका बुवा फर्किइसकेका छन्। , ‘विदेशबाट बुवाले पैसा पठाएको रहेछ घरमा। त्यो लिन सकिन्छ कि भनेर हत्या गरेको देखिन्छ,’ उनले भने, ‘छिमेकीकै बच्चा भएको कारणले अपहरणपछि भनिदिने डरका कारण पनि मारेको देखिन्छ।’, सेप्टिक ट्यांकीबाट शव निकालेर प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ।,
चार दिनअघि अपहरणमा परेका बालकको शव भेटियो सेप्टिक ट्यांकीमा
|
सेतोपाटी संवाददाता ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।, बुधबार साँझ ६ बजे लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।, महालक्ष्मी नगरपालिका-८ बिसुन्डोलबाट लुभु हुँदै लामाटार तर्फ जाँदै गरेको बा १६ च ३६८७ नम्बरको कारले बालकलाई ठक्कर दिएको हो।, ठक्करबाट रामेछाप मन्थली नगरपालिका-९ घर भई लुभुकै सेराफाँटमा टहरामा बस्दै आएका दुई वर्षीय आर्यन पुरी घाइते भएका थिए। उनको उपचारको लागि किष्ट अस्पताल पुर्याइएको थियो।, उपचारको क्रममा उनको मृत्यु भएको हो।, बालकलाई ठक्कर दिएपछि लामाटार घर हुने ४१ वर्षीय चालक सुजनराज शर्मा आफैँले आमा विमला र छोरालाई राखेर अस्पताल पुर्याएका थिए।, गाडी र चालक महानगरीय प्रहरी वृत्त सातोबाटोको नियन्त्रणमा छन्।,
लुभुमा कारको ठक्करले दुई वर्षीय बालकको मृत्यु
|
सेतोपाटी संवाददाता कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको छ।, नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गतेदेखि वैशाख १ गतेसम्म १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो।, कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुनरूत्थानको लागि सडक महोत्सव गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए।, उनले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाख भन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताए। संयोजक सुवेदीले महोत्सवमा ३५ लाख खर्च हुने बताए।, ‘पछिल्लो समय नेपाली नयाँ वर्ष मनाउने प्रचलन बढेकाले आन्तरिक पर्यटक नै १७ औं फेवा नव वर्ष महोत्सवमा १ लाख भन्दा बढी कट्ने अनुमान लगाएका छौं’,उनले भने, ‘कारोबारको हिसावमा व्यापार भन्दा पनि पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ। संस्थाले घाटा नै खाएर भए पनि महोत्सव भए पनि ३५ लाख रुपैयाँ खर्च हुन्छ । ३० लाख रुपैयाँ उठि सकेको छ । बाँकी ५ लाख घाटा रहेको छ।’, त्यस्तै, होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेटमार्फत केही नीति ल्याए पनि कार्यान्वयन नगरेको बताए।, सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरु आफैं पोखराको पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताए। उनले पछिल्लो समय नेपालमा भारत लगायत अन्य देशका पर्यटन बढ्दै गएको बताए।, ‘पर्यटन प्रवर्द्धनको लागि सरकारले बजेटमार्फत व्यवस्था गरेका नीतlहरू लागू गर्न सकेको छैन। सरकारले घोषणा गरेको १० दिने पर्यटन काँज एक महिनाको निशुल्क पर्यटन भिसा केही पनि लागू भएको छैन। सरकारले बोलेका कुरा पूरा मात्रै गरे पनि हुने हो’, उनले भने, ‘बोल्ने तर चुप लागेर बस्ने काम भएको छ । देशको पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवर्द्धनन गर्ने हामी लागि परेका छौं। यो महोत्सव आयोजना गरेर राम्रो काम गरेको छ । भारतबाट पनि धेरै पर्यटक आउन थालेका छन । काठमाडौं आए पछि पोखरा जाने गरेका छन्।’’, महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुती, ख्याती प्राप्त कलाकार प्रस्तुती र हाँस्यव्यग्य समेत हुनेछ। ,
वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव
|
रासस स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। , स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सकिने उल्लेख गरे।, उनले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वस्थ बनाइने बताए।, मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखे।, ‘सबै नीतिको मूलप्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ’, उनले भने।, नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, अखाद्य पदार्थको प्रयोग, निष्क्रिय जीवनशैली, लागुऔषधलगायत रहेको उनको भनाइ थियो। , स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कार्ययोजनालाई प्रादेशिक र स्थानीय तहमा कार्यान्वयन गर्नतर्फ मन्त्रालयले ध्यान दिने बताए। राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशंकर प्रसादले स्वास्थ्य उपचार गर्न विदेश जाँदा धेरै पैसा बाहिरिने गरेको भन्दै नेपालमा उपचार हुने रोग यही नै गर्नुपर्नेमा जोड दिए। , विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश पाण्डवले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर नेपालले दीगो विकास लक्ष्य हासिल गर्नुपर्ने धारणा राखे।, मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि पाँच वर्षीय (२०७८–८२) योजना ल्याइएको बताए। ,
सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ: मन्त्री खतिवडा
|
नवीनबाबु गुरूङ आगामी शनिबारबाट सुरू हुने सेतो मच्छिन्द्रनाथको रथयात्राको लागि ३२ हाते लामो रथ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।, रथयात्रा काठमाडौंको तीनधाराबाट तानेर असन, इन्द्रचोक, वसन्तपुरहुँदै लगनटोल पुर्याएर समापन गरिन्छ।, वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिन जनबहालबाट नगरपरिक्रमा गराई दरबारमार्गस्थित तीनधारामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गराउने प्रचलन छ।, किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए।, त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो। सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको छ। , रथलाइ लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराइ रथयात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा लगिन्छ।, उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो।, वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ।, रथ यात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ।, पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ।,
सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरणमा, शनिबारदेखि जात्रा सुरू (फोटो फिचर)
|
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। , झापा गौरदह नगरपालिका-५ बस्ने ५१ वर्षीय उपेन्द्र ढुंगानालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , प्रहरीले ढुंगानालाई बिहीबार धुम्बराहीबाट पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुस २२ गते उच्च अदालत विराटनगरको इजलासले ढुंगानालाई बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। उनीमाथि १७ लाख ठगी गरेको आरोप छ। , ढुंगानालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक पठाएको जनाइएको छ। ,
,
काठमाडौंबाट बैंकिङ कसूर मुद्दामा फरार एक पक्राउ
|
युनिक श्रेष्ठ रामेछाप मन्थली नगरपालिका-९ घर भई कतार रहेका वीरेन्द्र पुरी बिहीबार मध्यरातमा काठमाडौं पुग्दैछन्। , महालक्ष्मी नगरपालिका-८ लुभुमा २ वर्षीय छोरा आर्यनलाई कारले ठक्कर दिँदा बुधबार साँझ मृत्यु भयो। त्यो खबरपछि उनी काठमाडौं आउन लागेका हुन्। उनकी श्रीमती भने लुभुकै घरमा बेहोस अवस्थामा छिन्। , उनीहरू लुभुको सेराफाँटमा डेढ वर्षदेखि टहरामा बस्दै आएका छन्।, बुधबार साँझ विमला आफ्ना ५ वर्षीय जेठा छोरालाई विद्यालयबाट लिएर घर फर्किएकी थिइन्। फर्किसकेपछि आफ्ना दुबै छोरालाई लिएर नजिकै चिया पसल सञ्चालन गर्दै आएकी दिदी देवकी पुरीको घर पुगे।, त्यहाँ पुगेर आर्यनले चाउमिन खाने भनेका थिए। , ‘चाउमिन खाने भनेको थियो। हामी यतै बसिरहेका थियौं। एक्कासि मेरो भाइ यताबाट दौडियो,’ उनले घटनास्थल देखाउँदै भनिन्,‘ढुंगामा अल्झिएपछि कारको छेउले मात्रै छोएको थियो। मैले प्रष्टसँग देखेँ।’, गाडीले छुँदा पनि आफ्नो भाइलाई केही नभएको उनी बताउँछिन्। तर पछि गाडीले ब्रेक नै नलगाई अघि बढेको उनले सुनाइन्। , ‘छोएको मात्रै थियो। भाइ रोयो पनि, त्यसपछि जानाजान पूरै पेल्दियो। छोएको मात्रै भए केही हुँदैन थियो,’ उनले थपिन्,‘चक्काले पेलेर मेरो बाबुलाई मारिदियो। एकैछिनमा मेरो भाइलाई लास बनाइदियो।’, आर्यनलाई बा १६ च ३६८७ नम्बरको गाडीले ठक्कर दिएको हो। चालक लामाटार बस्ने ४१ वर्षीय सुजनराज शर्मा हुन्। उनी नेपाली सेनाका पूर्वजमदार समेत हुन्।, उनी बिसुन्डोलको बाटो हुँदै लामाटारतर्फ जाँदै थिए। त्यतिकैमा दुर्घटना भएको हो। , दुर्घटना भएपछि चालक शर्मा आफैंले आमा-छोरालाई गाडीमा हालेर इमाडोलस्थित किष्ट अस्पताल पुर्याएका थिए।, अस्पतालले आर्यनलाई सवा ६ बजे मृत घोषणा गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। , उनका अनुसार कार र चालक दुबैलाई नियन्त्रणमा लिइसकेको छ। तर न्याय नपाउने डरले पीडित परिवारले बिहीबार बिहान केहीबेर घटनास्थलमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। , ‘कारबाही गर्नुपर्छ भनेर भेला जम्मा हुनुभएको थियो। तर धेरैबेर भएन। अवस्था सामान्य छ,’ शाहले भने।, चालकले मापसे गरी सवारी साधन चलाउँदा दुर्घटना भएको आरोप लगाएका छन्। तर प्रहरीले भने उनले मापसे नगरेको बताएको छ।, अहिले आर्यनको शव भने पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ।, उनका बुवा वीरेन्द्र आएपछि मात्रै दाहसंस्कार गर्ने देवकीले बताइन्। वीरेन्द्र विदेश गएको केही महिनामात्रै भएको थियो। , वीरेन्द्र र विमला मन्थलीको एउटै गाउँका हुन्। उनीहरूको पाँच वर्षअघि प्रेम विवाह भएको थियो। , विमला यता दुई छोरा सम्हाल्थिन्। उता विदेशमा वीरेन्द्र कमाउँथे।, आर्यनलाई पनि आउँदो वैशाखदेखि नै विद्यालय पठाउने कुरा समेत भइरहेको थियो। तर त्यतिकैमा यो घटना भएको देवकीले बताइन्।, ‘आमा हिजोदेखि बेहोस छिन्। अब अस्पताल लैजान पर्यो भनेर लागेका छौं,’ उनले भनिन्, ‘हिजो अस्पतालबाट बेहोस ल्याएका थियौं। अहिलेसम्म होस आएको रहेनछ। कोठा लिएर बच्चालाई पढाउँथिन्। वैशाखमा पढाउने कुरा थियो। सधैं मेरो घर आउने उनीहरू हिजो यो घटना घट्यो।’, यस घटनामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान अघि बढाएको बताएको छ। , यो पनि: ,लुभुमा कारको ठक्करले दुई वर्षीय बालकको मृत्यु,
वैशाखमा विद्यालय पठाउने तयारी थियो, कारको ठक्करबाट बिते दुई वर्षीय आर्यन
|
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, उनका बुवाले भनिदिए- तँ यही रूपमा आउने हो भने म बाँच्नुको अर्थ छैन।, उनले आफ्नो पहिचान छाड्न सकिनन्। बरू बुवाको घरै छाडिदिइन्।, घर मात्र होइन, सहकर्मीहरूले खिसीट्युरी गर्न थालेपछि बैंकको जागिर पनि छाडिदिइन्।, उनी हरेक वर्ष दिदीहरूका हातबाट भाइटीका लगाउँछिन् तर आफूलाई भाइ मान्दिनन्।, कुरा लैंगिक पहिचानको संघर्षको हो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा श्रृंखलामा आज हामीसँग छिन् जमिन लामा जो आफूलाई पारलैंगिक महिला भनेर चिनाउँछिन्।, ललितपुरको एक गाउँमा परिवारको कान्छो सन्तानका रूपमा छोराको शरीर लिएर जन्मेकी थिइन् उनी। तीन जना दिदीपछिका भाइ। आमाबाबु र दिदीहरूमा खुसी छाउनु स्वाभाविकै थियो। , जमिन हुर्किँदै गइन्। शरीर छोराको भए पनि सानैदेखि छोरीको जस्तो स्वभाव थियो। बालख उनलाई आफ्नो आनीबानी र हाउभाउबारे के थाहा र, उनी भन्छिन्, 'म केटीको व्यवहार गर्दो रहेछु, मलाई थाहै हुँदैनथ्यो।' , बुबाले जमिनलाई स्कुल भर्ना गराए। स्कुलमा केटाहरू मात्र पढ्थे। कक्षामा धेरै केटाहरूमाझ जमिनलाई एक्लो अनुभव हुन्थ्यो। आफ्नो साथी नै नभएजस्तो लाग्थ्यो। तर किन यस्तो भएको, उनलाई यो पनि थाहा भएन। , एक दिन जमिन र उनका मामासँग 'कोसेली' नामको फिल्म हेर्न गए। फिल्ममा कलाकार सन्तोष पन्तले पारलैंगिक पात्रको भूमिकामा अभिनय गरेका थिए। फिल्म हेरेपछि जमिनलाई आफ्नो दिमागमा केही नयाँ कुरा प्रवेश गरेजस्तो भयो। मेरो शरीर छोराको जस्तो भए पनि खासमा म छोरो मान्छे होइन कि क्या हो जस्तो लाग्न थाल्यो।, उनले यो कुरा कसैलाई भन्न सकिनन्। आफूले कुनै भेउ पाउन पनि सकिनन्।, 'कोसेली हेरेपछि केही नयाँ कुरा थाहा भएजस्तो भयो,' उनी भन्छिन्, 'म किन केटी मान्छेजस्तो गरिरहेको छु भन्ने चाहिँ थाहा भएन। मैले कसैलाई भन्न पनि सकिनँ।' , उनी केटा मान्छेकै पोशाक लगाउँथिन्। व्यवहार छोरी मान्छेको जस्तो झल्किन्थ्यो। २०५८ सालमा कक्षा दसको विद्यार्थी थिइन् उनी। कक्षाका साथीहरूले आफ्नोबारे कुरा काटेको र टीकाटिप्पणी गरेको थाहा पाइन्।, 'मेरो मन पूरै केटी नै थियो। लुगा भने केटाको लगाउँथेँ। बाहिर नखुले पनि साथीहरूले केटीजस्तो ठान्दा रहेछन्,' जमिन भन्छिन्, 'स्कुलमा सबैले केटीजस्तै भनेर जिस्क्याउन थालेका थिए। त्यसले मलाई अप्ठ्यारो बनाइदिन्थ्यो।' , उनी केटीकै हाउभाउमा केटाप्रति आकर्षित हुन्थिन्। बोलीको शैली पनि केटीकैजस्तो हुन्थ्यो। केटी बन्ने रहर पूरा गर्ने वा म शरीरले केटा भए पनि मनले केटी नै हुँ भन्ने आँट आएन। यतिकैमा स्कुले पढाइ सकियो र उनी कलेज भर्ना भइन्।, यहीँ उनको भेट भयो अमृतसँग। अमृत पनि पारलैंगिक महिला हुन्। जमिन उनलाई आजकाल 'शितल ममी' भनेर बोलाउँछिन्। , 'मैले म केटा नभई केटी हुँ भन्ने थाहा पाएकै शितल ममीले गर्दा हो,' उनले भनिन्। कलेज पुरुषको पोशाकमा गए पनि अमृतसँग भेट्दा उनलाई आफू साँच्चै केटी नै हुँ भन्ने अनुभूति हुन्थ्यो।, उनी कम्तीमा साताको एक पटक अमृतलाई भेट्न थालिन्। प्रायःजसो शुक्रबारको दिन सँगै हुन्थे। अमृत कोठामा जमिनलाई महिलाका कपडा लगाइदिन्थिन्। ओठमा लाली र आँखामा गाजल लगाएर चिटिक्क पारिदिन्थिन्। एक रात यस्तै श्रृंगार, सिलिक्क नक्कली कपाल र कुर्तासुरूवाल लगाएर उभिइन् जमिन।, त्यही बेला अमृतले फोटो खिचिदिइन्।, तस्बिर खिच्ने बेलाको समय सम्झिँदै जमिनले भनिन्, 'अहिलेजस्तो मोबाइलमा फोटो खिच्ने चलन आइसकेको थिएन। मेमोरी कार्डवाला क्यामरा पनि थिएन। रिलवाला क्यामराबाट फोटो खिचेको थियो।', एक सातापछि जमिनको हात परेको त्यो फोटो उनका लागि एकदमै महत्वपूर्ण थियो। उनले यो रूपमा खिचाएको त्यो पहिलो फोटो थियो। यसरी सिँगारिएको पनि पहिलो पटक। यति बेला उनको मन र शरीर ट्वाक्कै मिलेको थियो।, जमिनले फोटो एउटा किताबमा लुकाएर राखिन्। मौका पार्नासाथ लुकेर हेर्थिन्। खुसीले गदगद हुन्थिन्। , यसरी जमिन साताको एक दिन केही घन्टा आफूलाई साँच्चै छोरी अनुभव गर्न थालिन्। अरू बेला त सधैं केटाकै पोशाकमा।, 'म केटा होइन, केटी हुँ भन्ने थाहा थियो तर खुलेर भन्न सकेकी थिइनँ। यसले मलाई एकदमै उकुसमुकुस बनाउँथ्यो,' आफ्नो विगत बताउँदै गर्दा जमिनका आँखा रसाए, 'परिवारले मलाई स्वीकार्दैन भन्ने थाहा थियो। यसले गर्दा पनि भित्रको मनजस्तै बाहिर केटी बन्ने आँट आएन। त्यही एक दिनमा चित्त बुझाएर बस्नुपर्यो।', सन् २००६ जनवरी १ को कुरा हो।, अंग्रेजी नयाँ वर्ष मनाउन जमिन हिम्मत गरेर, महिलाको रूपमा दरबारमार्ग पुगिन्। उनीजस्तै अरू साथीहरू पनि थिए। जमघट राम्रै थियो। जमिनका अनुसार त्यही बेला प्रहरीको एउटा भ्यान आयो। उनीहरूको समूहमा केही सोधपुछ गर्यो र 'हिजडा' भनेर अपमान गर्दै अचानक लाठीले हिर्काउन थाल्यो।, 'हामी सबै तितरबितर भयौं तर मैले डेग चलिनँ,' उनले भनिन्, 'प्रहरीको ज्यादतिविरूद्ध निडर भएर आवाज उठाएँ। कुन गल्तीका लागि कुटपिट गरेको हो भनेर जवाफ मागेँ। जवाफ नपाएसम्म जहाँ पुर्याए पनि तयार छु भनेँ।', यसो गरेपछि प्रहरी टोली हच्कियो।, 'हाम्रो कुनै गल्ती नै नभई प्रहरीले हामीमाथि ज्यादति गरेको थियो,' जमिनले त्यो दिनको कुरा सुनाइन्, 'मैले निडर भएर अडान राखिरहेँ। अनि टोलीका हाकिमले माफी मागे र गाडी चढेर हुइँकिए।' , उक्त घटनाले सञ्चारमाध्यमहरूमा समाचारको स्थान पायो। समाचारको स्थान मात्र होइन, जमिनले वर्षौंदेखि लुकाउँदै आएको आफ्नो पहिचान पनि सार्वजनिक भयो। उनी पारलैंगिक महिलाका रूपमा चिनिइन्। , लुक्दै-छिप्दै आफ्नो वास्तविक पहिचानमा बाँचिरहेकी जमिनले अब लुकाउनु केही थिएन। , घरमा भने यसले खैलाबैला नै मच्चायो। तीन छोरीपछि जन्मेका छोरालाई अर्को रूपमा स्वीकार्न परिवार राजी भएन। बुवाले छोरी मानेनन्, दिदीहरू बहिनी मान्न तयार भएनन्।, अन्ततः उनले आफू जन्मे-हुर्केको घर छाडिन्।, 'बुबाले त मलाई कहिल्यै पनि स्वीकार गर्नु हुन्न। तँ यो घरमा केटीका रूपमा दैलोमा टेकेका दिनदेखि म मरेको हुनेछु भन्नुभएको छ,' जमिनले सुनाइन्, 'परिवारमा स्वीकार नभएपछि म घर छोड्न बाध्य भएँ।', अहिले पनि यो अवस्था फेरिएको छैन। कहिलेकाहीँ घर जान्छिन्, तर केटाकै रूपमा। उनका दिदीहरू उनलाई भाइ नै मान्छन्। हरेक वर्ष भाइटीकामा भाइ भनेरै टीका लगाइदिन्छन्।, 'दिदीहरू तँ केटी बनेर आए पनि हाम्रा लागि भाइ नै होस् भन्नुहुन्छ,' उनी भन्छिन्।, घर छाडेपछि पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहिन्। अहिले उनले स्नातकोत्तर तह पढाइ पूरा गरिसकिन्। यस अवधिमा उनी पारलैंगिक महिलाकै रूपमा चिनिइन्। , उनको कागजी पहिचान भने पुरूषकै थियो, छ। पुरुष पहिचानमै एउटा बैंकमा जागिरे भएकी थिइन्। काम गर्दै जाँदा उनको महिला पहिचानबारे सहकर्मीहरूले भेउ पाउँदै गए। खासखुस चल्न थाल्यो। खिसीट्युरी गरे। जमिनलाई यो सबै झेल्न मन लागेन। जागिरै छोडिदिइन्। , आफ्नो स्वरूप र पहिचानको बेमेल भएकै कारण उनी अहिले आफूलाई बदल्ने प्रयासमा छिन्। शरीर महिलाका रूपमा विकास गर्न हार्मोन प्रयोग गर्दैछिन्। शल्यक्रियाबाट लिंग हटाउन पैसा जम्मा गर्दैछिन्।, नागरिकतामा लैंगिक पहिचान पुरुष पनि बदलेर उनी महिला लेखाउन चाहन्छिन्। निवेदन लिएर जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। प्रमुख जिल्ला अधिकारीले शल्यक्रियाको कागजपत्र मागेका छन्। नागरिकतामा लैंगिक पहिचान सच्याउन पनि उनले जतिसक्दो चाँडो शल्यक्रिया गराउनु छ। , 'मलाई महिलाकै नाममा नागरिकता बनाउनु छ,' जमिन भन्छिन्, 'सिडिओले सर्जरी गरेको सर्टिफिकेट भएपछि बन्छ भनेका छन्। त्यसका लागि पैसा जम्मा गर्दैछु।', आफूले पारलैंगिक महिला पहिचानका लागि जतिसुकै संंघर्ष गर्नु परे पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रतिको दृष्टिकोण सकारात्मक बन्दै गएको उनको अनुभव छ।, उनी चाहन्छिन्, 'मजस्ता पारलैंगिक महिला वा पुरुषको भावना परिवार, साथीहरू, समुदाय र राज्यले बुझून्। कसैले पनि अपमान नगरून्।', यी पनि पढ्नुहोस्ः ,'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ',
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
|
सेतोपाटी संवाददाता बुधबार बेलुका सर्लाहीको मलंगवा नगरपालिका-९ लच्का चोकमा भारतीय नागरिकको गोली हानी हत्या भयो।, भारत बिसनपुरका ३५ वर्षीय इन्दल महतोमाथि पेस्तोलबाट दुई राउन्ड गोली प्रहार गरिएको थियो। बेलुका ७:४० बजे मोटरसाइकलमा आएको तीन जनाको समूहले मोटरसाइकलमै सवार महतोमाथि गोली चलाएका थिए।, सर्लाही प्रहरीका अनुसार महतो बिआर ३० ए ८५४५ नम्बरको मोटरसाइकलमा सवार थिए। सीमावर्ती भारतबाट करिब दुई सय मिटर टाढा आएर हतियारधारी समूहले गोली हानेको प्रहरीको आशंका छ।, ‘भारतबाट मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेपछि उतै भागेको स्थानीयले बताएका छन्,’ सर्लाहीका प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलले सेतोपाटीसँग भने।, महतोको शवको पोष्टमार्टम प्रादेशिक अस्पताल सर्लाहीमा भइरहेको छ।, घटनापछि उनका बारे प्रहरीले भारतीय प्रहरीसँग जानकारी मागेको थियो। आपराधिक पृष्ठभूमिका रहेका कारण महतो पहिलेदेखि नै ‘टार्गेट’मा रहेको बुझिएको छ।, महतो एक वर्षअघि भारतमा बालकको हत्या गरेर नेपाल बस्दै आएका थिए। पोखरेलका अनुसार बिसनपुरका पाँच वर्षीय बालक सुरेन्द्र महतोको हत्या आरोप उनीमाथि छ।, बालक महतोलाई गोली हानी हत्या गरिएको थियो। त्यो घटनामा भारतीय प्रहरीले महतोलाई खोजी गरिरहेको थियो।, भारतीय प्रहरीको निगरानीमा परेका महतो लुकिछिपी मलंगवामा बस्दै आएका थिए। उनको पेशा व्यवसाय केही पनि खुलेको छैन।, ‘भारतमा उनीविरूद्ध अपराधका थुप्रै मुद्दाहरू रहेको बुझिन आएको छ,’ पोखरेलले भने।, महतोको साथबाट मोबाइल र १३ वटा सिमकार्ड फेला परेका छन्। उनको मोबाइलमा धम्कीपूर्ण म्यासेज आएको देखिन्छ।, ‘मोबाइल र सिमकार्ड फरेन्सिक ल्याबमा पठाइएको छ,’ पोखरेलले भने।, महतोका भाइ इन्द्रजितको पनि सन् २०१६ मा भारतमा हत्या भएको थियो।, ‘भारतबाट उनकी श्रीमतीलगायत आफन्त आउँदै छन्, जाहेरी दिँदैछन्,’ पोखरेलले भने, ‘हत्या गर्ने व्यक्तिहरूको खोजी भइरहेको छ।’, घटनास्थलमा सिसिटिभी क्यामरा नभएका कारण पनि प्रहरीलाई गोली हान्ने समूहमाथि अनुसन्धान गर्न कठिन परेको छ।, ‘घटनास्थलमै एउटा पसल छ, पसलेले दिनभरि खुला राख्ने बेलुका पसल बन्द गर्दा सिसिटिभी पनि बन्द गरेर हिँड्दा रहेछन्,’ प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले भने।,
भारतमा पाँच वर्षीय बालकको हत्या गरी नेपाल आएका थिए मलंगवामा गोली हानिएका महतो
|
एजेन्सी भारतको पन्जाबमा सेक्युरिटी गार्डबाट काम सुरू गरेका व्यक्ति त्यही बैंकका म्यानेजर बनेका छन्।, ५८ वर्षीय परमजीत सिंह मठारू सेक्युरिटीको कामबाट सुरू गरेर १३ वर्षपछि सोही बैंकको म्यानेजर बन्न सफल भएको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ। , परमजीत सिंह मठारू युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डको काम गर्थे। मठारू सन् १९८२ मा १० कक्षा पास गरेर सेनामा भर्ती भएका थिए। २१ वर्षसम्म सेनामा हवल्दार भएर देशको सेवा गरे। त्यसपछि उनले सन् २००३ मा स्वेच्छाले अवकाश लिए। , परिवारको आवश्यकता बढ्न थालेपछि पेन्सनले मात्र दैनिकी धान्न मठारूलाई गाह्रो भयो। त्यसैले उनले करिब पाँच वर्ष ट्याक्सी चलाउने काम गरे। ट्याक्सी चलाएर पनि केही नभएपछि सन् २००८ मा युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डको काम गर्न थाले। , उनले बैंकमा सेक्युरिटी गार्डको काम गर्दा कर्मचारीहरूलाई काममा सहायता गर्थे। सहायता गर्ने क्रममा उनले एकदिन बैंकमा काम गर्ने अठोट लिए। , मठारूले जागिर खाँदा-खाँदै आफ्नो अठोट पूरा गर्न परीक्षाको तयारी गर्न थाले।, उनले सन् २०१३ मा परीक्षा दिए। तर पहिलोपटक नाम निकाल्न असफल भए। सन् २०१३, १४ र १५ मा परीक्षामा फेल भए। , तीनचोटिसम्म असफल हुँदा पनि उनले हार भने मानेनन्। सन् २०२१ मा पुनः पूर्ण तयारीका साथ परीक्षा दिए।, यसपटक भने उनी सफल भए। सन् २०२१ मार्चको ३१ मा सोही बैंकको म्यानेजर बनेर काम गर्न थाले।, मठारू यसै सफल भने भएका होइनन्। उनको कठोर मेहनत र प्रयत्नले गर्दा नै सफलता चुम्न सफल भएका हुन्।, मठारू जीवनमा सबै काम तन, मनका साथ मेहनतले गरे चाहेको सबै कुरा पाउन सक्ने बताउँछन्। , पहिले मठारू सोही बैंकमा सेक्युरिटीको काम गरेर झन्डै ७ हजार(भारू) तलब खान्थे। अहिले सोही बैंकमा म्यानेजर भएर ८०(भारू) हजार भन्दा बढी तलब खान्छन्। , ,
जुन बैंकका सेक्युरिटी गार्ड थिए, त्यही बैंकका म्यानेजर बने
|
सेतोपाटी संवाददाता प्रहरीले झापाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , कागेश्वरी मनोहरा नगपालिका-९ बस्ने २५ वर्षीय राजीव रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। , बिहीबार मेचीनगर नगपालिका-६ पुरानो मेची पुलस्थित प्रहरीले शंका लागि चेक गरेको थियो।, प्रहरीले उनलाई ८० ग्राम ब्राउन सुगर र पाँच हजार रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए।रायमाझी भारतबाट नेपाल आउँदै थिए।, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। ,
,
झापाबाट ८० ग्राम ब्राउन सुगरसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ६६८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८१९ जनाको पिसिआर गर्दा ७ र १ हजार ८४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , अहिले देशभर ७ सय ४७ जना सक्रिय संक्रमित छन्।, २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
४ हजार ६६८ मा परीक्षण गर्दा ७ लाई कोरोना
|
सेतोपाटी संवाददाता तीन वर्ष अगाडि मोरङको मिक्लाजुङ गाउँपालिका १ मा रहेको श्री सिर्जना आधारभूत विद्यालयमा तीन जना विद्यार्थी रहँदा पालिकाले विद्यालय नै बन्द गर्नुपर्छ भनेर दबाब दिए पनि अहिले यो विद्यालय उदाहरणीय बनेको छ। , गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य, शिक्षा विभागका प्रमुख काशीनाथ खनाललगायतको टोलीले त्यसबेला विद्यालयमा विद्यार्थी अभाव भएकाले विद्यालय ‘मर्च’ गर्ने लगायतका कुरा राख्दै विद्यालय बन्द गर्न दबाब दिएका थिए। तर, स्थानीयले विद्यालय बन्द गर्न नहुने भन्दै प्रतिकार गरे। त्यससँगै विद्यालयको पुनःनिर्माण, शैक्षिण गुणस्तर स्तरोन्नति तथा विद्यार्थीको उपस्थिति बढाउन स्थानीयबासी आफूहरू स्वयम् लागि परेपछि अहिले विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको छ। , कविसमेत रहेका स्थानीय हेमन यात्रीको पहलमा अहिले विद्यालय नमूना बनेको छ। ‘सरकार आफैं विद्यालय बन्द गर्नुपर्छ भनेर आएको अवस्थामा सरकारले सहयोग गर्ने कुनै वातावरण नै भएन,’ यात्री भन्छन्, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ भनेर स्थानीयस्तर तथा व्यक्तिगत रूपमा सहयोग उठाएर हाल विद्यालयको अवस्थामा रूपान्तरण आएको हो।’ , उनका अनुसार लथालिङ्ग अवस्थामा रहेको विद्यालयको पुनःनिर्माणका लागि देशविदेशमा रहेका सहयोगीबाट सहयोग जुटाइएको थियो। उनका अनुसार देशबाहिर रहेका तथा यहीँका कवि, लेखकहरूबाट प्राप्त भएको रकमले विद्यालयले मूर्त रुप पाएको छ। कवि यात्रीका अनुसार झण्डै ६ लाख रूपैयाँ लागतमा अहिले विद्यालयको मुहार फेरिएको छ। , झट्ट हेर्दा आकर्षक विद्यालय, वरिपरी रूखबिरूवा, खेलमैदान, कम्प्युटर ल्याव, एलइडी टेलिभिजन, उचित खेलसामाग्री, चमेनागृह तथा कक्षाकोठाभित्र कुनै निजी विद्यालय जस्तै देखिने संरचनाले अहिले यहाँका विद्यार्थीहरूको उपस्थिति पनि बाक्लिएको छ। , ‘संकटमा रहेको विद्यालय र विद्यार्थीको भविष्य उज्यालो बनाउनका लागि सहयोग अभियान थालेर विद्यालयले नयाँ रुप पाएको छ,’ यात्रीले सेतोपाटीसँग भने, ‘चार महिनासम्म निरन्तर म आफैंले पनि श्रम गरेर विद्यालय आजको अवस्थामा आइपुगेको हो, तीन वर्षअघि स्थानीय सरकारले बन्द गर्नुपर्छ भनिएको विद्यालयको परिवर्तित रुप देखेर अहिले धेरैजसो मानिसहरूले विश्वासै गर्दैनन्।’ , अहिले विद्यालयमा ६ थान कम्प्युटरसहित एउटा एलइडी टिभी पनि जडान गरिएको छ। यसबाट ‘प्ले ग्रुप’ मा अध्ययनरत विद्यार्थीलाई मनोरञ्जन सँगै सिकाईको अध्याय अगाडि सारिएको छ। , उनका अनुसार सरकारको सहयोग बिनै व्यक्तिगत रूपमा विद्यालयको स्तरोन्नति हुँदा स्थानीय हर्षित छन्। ‘त्यसबेला गाउँमा केटाकेटी रहे पनि अनेकन कारणले विद्यालय नै नआउने परम्परा थियो,’ उनले भने, ‘अहिले विद्यालयको स्वरूप फेरिएपछि केटाकेटीहरू विद्यालय आउन आकर्षित बनेका छन्।’ , त्यसबेला विद्यालय बन्द गर्नुपर्छ भनेर भनेका तीनै सरकारी अधिकारीहरू अहिले प्रशंसा गर्न थालेका छन्। बुधबार विद्यालयको २८ औँ वार्षिकोत्सव कार्यक्रममा गाउँपालिका अध्यक्ष आचार्यले भने, ‘तीन वर्ष अगाडि विद्यालय बन्द गर्नुपर्छ भनेर हामीले सोचका थियौं, आज आएर विद्यालयको जुन प्रगति भएको छ, यो हाम्रो सोचभन्दा परको कुरा हो।’ उनले इच्छाशक्ति भएको अवस्थामा जुनसुकै परिवर्तन पनि सम्भव रहेको भन्दै उक्त विद्यालयको उदाहरण दिए। , गाउँपालिकाका शिक्षा शाखा प्रमुख खनालले भने, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने पालिकाकै योजनाअन्तर्गतको कार्यक्रम भए पनि कतिपय विद्यालयहरूमा पुर्याउन नसकिएको सन्दर्भमा यस विद्यालयमा अभिभावकको आफ्नै सक्रियतामा यसरी शैक्षिक गुणस्तरको वृद्वि हुनेगरी काम हुनु सकारात्मक छ।’ , कक्षा ५ सम्म अध्यापन हुँदै आएको विद्यालयमा हाल चार दर्जन बढी विद्यार्थी, तीन शिक्षक र एक कर्मचारी छन्। जसमध्ये दुई जनाको मात्र दरबन्दी छ। , यसैबीच विद्यालयको वार्षिकोत्सवको अवसर पारेर अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताको आयोजना समेत गरिएको छ। जसमा चन्द्रोदय आधारभूत विद्यालय, सिर्जना आधारभूत विद्यालय र टाँडी मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भए। विजेतालाई नगद र प्रमाणपत्रले पुरस्कृत गरियो।,
अभिभावकले बदलेको एउटा स्कुल
|
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णमा महिलाको शव फेला परेको छ। , गोकर्ण नगरपालिका-६ स्थित जगडोल पार्क नजिकैको जंगलमा महिलाको शव फेला परेको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार शव बिहीबार बेलुका करिब छ बजेतिर फेला परेको हो। , ‘महिलाको पहिचान भने खुल्न बाँकी छ’ उनले भने ‘अनुसन्धान टोली घटना छानबिन गर्न घटनास्थल गएको छ।’, थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक मैनालीले बताए। ,
,
गोकर्णमा शंकास्पद अवस्थामा महिलाको शव फेला
|
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।, बिहीबार बिहान पर्सा बिन्दवासिनी गाउँपालिका-३ सबैठवाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-५ का ४१ वर्षीय प्रेम ठाकुर, १६ वर्षीय एक नाबालक र ५५ वर्षीय रामजी ठाकुर छन्।, सशस्त्र प्रहरी बलले उनीहरूलाई ना५७प ३६२८ नम्बरको मोटरसाइकलबाट लङ रेञ्ज दुई नाले बन्दुकसहित पक्राउ गरेको हो।, सशस्त्र प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको पर्सास्थित सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।,
पर्साबाट लङ रेञ्ज बन्दुकसहित तीन जना पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको सोल्टीदोबाटोमा मोटरसाइकललाई ठक्कर दिएर भागेका गाडी चालक पक्राउ परेका छन्।, गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको थियो। सो घटनामा फरार रहेका गाडीका चालकलाई प्रहरीले कागेश्वरी मनहरा नगरपालिका-५ डाँछीबाट बिहीबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, चालक ओखलढुंगा सुनकोशी गाउँपालिका-२ घर भई डाँछी बस्ने १९ वर्षीय मनकुमार तामाङ पक्राउ हुन्।, उनलाई प्रहरीले विविध विधी र प्रविधिको प्रयोग गरी पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।, बुधबार साढे ३ बजे काठमाडौं महानगरपालिका-१३ सोल्टिदोबाटोस्थित नेपाल इन्भेष्टमेन्ट बैंक अगाडिको सडकखण्डमा बा १७ च ४९०३ नम्बरको टाटा योद्धा भ्यानले बागमती प्रदेश. ०२-०२८ प ७७२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, ठक्करबाट मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका-२ का ३० वर्षीय किशोर सुवेदी घाइते भएका थिए।, उनको उपचारको लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको थियो।, दुर्घटनापछि चालक फरार भएका थिए। बिहीबार पक्राउ गरी सवारीज्यान अपराधमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।,
सोल्टीदोबाटोमा मोटरसाइकललाई ठक्कर दिएर भागेका गाडी चालक पक्राउ
|
राजेश घिमिरे अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै बिहीबार साँझ चितवनमा चैते छठ मनाइएको छ।, चितवनको नारायणी नदीको किनारमा साँझ भेला भएका सयौंले सूर्यलाई अर्घ्य अर्पण गर्दै यो पर्व मनाएका हुन्। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका विभिन्न जिल्लाहरुमा धुमधामका साथ मनाइन्छ।, सूर्यको उपासना गरिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाइने गरिन्छ। मनोकांक्षा पूरा भएकाहरु पञ्चेबाजासहित नारायणी नदीमा पुगेर सूर्यलाई अर्घ्य चढाएका थिए।, चैते छठ पर्व मिथिलाञ्चलका जिल्लाहरुमा चार दिनसम्म मनाइने प्रचलन छ। अन्तिम दिन शुक्रबार बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन्।, यो पर्व शरद ऋतुको कार्तिक षष्ठीका दिन पनि मनाइन्छ। त्यसपछि अर्को वसन्त ऋतु लागेपछि चैत महिनाको षष्ठीका दिन यो पर्व मनाइन्छ। ,
पञ्चेबाजा बजाउँदै मनाइयो चितवनमा चैते छठ(फोटोहरु)
|
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाले रु एक करोड ८० लाख मूल्य बराबरका ह्विल स्ट्रेचरसहितका १५ वटा शव वाहन विभिन्न अस्पताल र नगरपालिकालाई हस्तान्तरण गरेको छ।, मेयर विद्यासुन्दर शाक्यले बिहीबार शव वाहनको साँचो हस्तान्तरण गरेका हुन्। साँचो हस्तान्तरणपछि शाक्यले यसअघि पनि सामुदायिक, सरकारी र निजी अस्पताललाई सहयोग गर्दै आएको बताए।, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, नेपाल एपिएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्यविनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिका लगायतलाई महानगरले शव वहान हस्तान्तरण गरेको छ।, सम्झौताअनुसार ती शव वाहनले उपत्यकाभित्र निःशुल्क सेवा प्रवाह गर्नुपर्नेछ। कामपाले १५ शव वाहनमध्ये नेपाल एपिएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई/दुई वटा हस्तान्तरण गरेको हो।, प्रमुख शाक्यले हस्तान्तरण गरेको शव वाहनको साँचो ग्रहण गर्दै एपिएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले महानगरले दिएको शव वाहनको दुरुपयोग हुन नदिने बताएका थिए।,
काठमाडौं महानगरबाट १५ शव वाहन हस्तान्तरण
|
सेतोपाटी संवाददाता बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन काठमाडौं महानगरपालिकाभित्र छ सय खोप केन्द्र सञ्चालन गरिएका छन्।, महानगरले आफू मातहत रहेका सबै विद्यालयलाई टाइफाइडविरूद्ध खोप अभियानमा सहयोग गर्न आग्रहसमेत गरेको छ।, चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन हुने महानगरको शिक्षा विभागले बताएको छ। यस अभियानमा १५ महिना उमेरदेखि १५ वर्ष उमेरभित्रका बालबालिकाले खोप लगाउन पाउँछन्।, महानगरको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सामुदायिक र निजी गरी छ सय विद्यालयमा टाइफाइडविरूद्ध खोप लगाउन केन्द्र तोकिएको बताए।, कम्तीमा दुई सय विद्यार्थी भएका प्रत्येक विद्यालयमा खोप केन्द्र सञ्चालन गर्ने तयारी छ। सहरी स्वास्थ्य केन्द्रबाट खोप केन्द्रका लागि स्वास्थ्यकर्मी खटिनेछन्।, नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ।, नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ।, यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने भएको छ।,
टाइफाइडविरूद्ध खोप लगाउन काठमाडौंमा छ सय केन्द्र
|
सेतोपाटी संवाददाता पूर्व-पश्चिम मार्गअन्तर्गत मोरङको उर्लाबारीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, उर्लाबारी नगरपालिका–४ आइतबारेमा बिहिबार रती भएको दुर्घटनामा झापाको दमक नगरपालिका–३ का २८ वर्षीय राजन धिमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। , श्रेष्ठका अनुसार धिमालले चलाएको को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअप भ्यानले राति ८:४० बजेतिर ठक्कर दिएको थियो। , दुर्घटनामा परेर गम्भीर घाइते भएका धिमालको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा राति ९:२५ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। ,
,
उर्लाबारीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी संवाददाता गोरखाको मकैसिंङस्थित बुट्टारमा त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ।, रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो।, गण्डकीका अध्यक्ष होमबहादुर राना मगर र इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जीपलाइन उद्घाटन गरेका हुन्।, जीपलाइन सञ्चालन भएपछि आन्तरिक तथा बाह्य पर्यटक यसक्षेत्रमा बढ्ने विश्वास गाउँपालिकाले लिएको छ। जीपलाइनले दुई गाउँपालिका जोड्ने काम गरेको अध्यक्ष मगरले बताए।, रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीका अनुसार जीपलाइन पाँच सय ५८ मिटर लामो छ।, इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्टमा ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ।, नेपालीलाई एक हजार र विदेशीलाई १५ डलर शुल्क तोकिएको छ।, जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने अधिकारीले बताए।, प्रालिका कार्यकारी निर्देशक राजन सिंखडाले तीन करोड लगानीमा जीपलाइन निर्माण गरिएको बताए।,
त्रिशूली नदीमाथि जीपलाइन सञ्चालनमा
|
केदार मगर दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ।, राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो।, खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्दैछ।, ओखलढुङ्गाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि गत फागुन २३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो।, जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिए।, खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार ३०४ कित्ता, ऐसेलुखर्क गाउँपालिकाका ५२२ कित्ता र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाका दुई हजार ४०९ कित्ता जग्गा अधिग्रहणको तयारी छ।, सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गरिनेछ। सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काममा रोक लगाइएको छ।, खोटाङ तर्फको जग्गा गत असार २३ गतेदेखि नै रोक्का गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने विद्युतगृह, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने बाँध र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित गरिएको छ।, धितुङ र लामीडाँडामा थप दुई हजार रोपनी जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ। खोटाङमा मुआब्जा वितरण गर्न जग्गाको मूल्याङ्कन गर्ने काम अन्तिम चरणमा पुगेको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए।, लामीडाँडाको रभुँवाघाटस्थित कोसी किनारमा रहेको बजारमा २०० मिटर अग्लो बाँध निर्माण गरी बनाइने जलाशययुक्त जलविद्युत आयोजनाबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ।, रभुँवाघाटमा निर्माण गरिने बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा १०, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने बताइएको छ।, दूधकोसी आयोजनाबाट तीन जिल्लाका एक हजार १५० परिवार प्रभावित हुने छन्। खोटाङका ६५७, ओखलढुङ्गाका ४७९ र सोलुखुम्बुका १४ परिवार आयोजनाबाट प्रभावित हुने भएका छन्।, जापान सरकारको सहयोगमा कोसी बेशिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ सालमा पहिचान भएको दूधकोसी आयोजनाको काम अघि बढाउन सरकारलाई सिफारिस गरिएको विद्युत् प्राधिकरणले जनाएको छ।, आयोजना बनेपछि विद्युतीय सेवासँगै दूधकोसी जलाशयमा डुङ्गा शयर, माछापालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा हलेसी आउने पर्यटकलाई डुङ्गा शयर गराउन सकिने छ।, (रासस),
बन्ने भयो दूधकोशी जलविद्युत आयोजना
|
सेतोपाटी संवाददाता अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ।, नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।, संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेका थिए।, मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा 'कर्डन एन्ड सर्च'को कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ।, त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएका थिए।, घाइते सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पुर्याइएको थियो।,
कंगोमा बिते विद्रोहीको आक्रमणमा घाइते भएका नेपाली शान्ति सैनिक
|
सेतोपाटी संवाददाता नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेको छ। गएराति फोर्ब्सले सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९ औं नम्बरमा परेका छन् ।, फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ। उनको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको भनिएको छ ।, ६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ। वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ। इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ।, सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा समेत उनको लगानी छ ।, चौधरीका छोराहरु निर्वाण नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सिजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले लेखेको छ।, सन् २०१३ मा एक बिलियन डलर सम्पती रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा १.३ बिलियन डलर र २०१६ मा घटेर पुन १.१ बिलियन डलर पुगेको थियो।, यस्तै सन् २०१७ मा बढेर पुन १.३ बिलियन डलर रहेको उनको सम्पती सन् २०१८ मा १.५ बिलियन डलर र सन् २०१९ मा १.७ बिलियन डलर पुगेको थियो। , त्यसपछि सन् २०२० मा घटेको उनको सम्पती १.४ बिलियन डलर पुग्यो। २०२१ मा स्थिर रहेको उनको सम्पती पुन अहिले बढेर १.५ बिलियन डलर पुगेको हो।,
बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा १९२९ औं स्थानमा, सम्पत्ति बढेर डेढ अर्ब डलर पुग्यो
|
सेतोपाटी संवाददाता अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ।, नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।, संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेका थिए।, मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा 'कर्डन एन्ड सर्च'को कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ।, त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएका थिए।, घाइते सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पुर्याइएको थियो।,
कंगोमा ज्यान गुमाउने शान्ति सैनिक सुर्खेतका अनिल गुरूङ
|
रासस तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन्।, दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोटकी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन्।, बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले बताए। उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्।, ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय दमौलीमा खोजतलासका लागि जाहेरी दिएका छन्।, उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।,
दमौली जान हिँडेकी बालिका बेपत्ता
|
एजेन्सी इलोन मस्क विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन्। फोर्ब्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर सम्पत्ति भएका मस्क विश्वकै नम्बर एक धनाढ्य हुन्।, अमेरिकी नागरिक मस्क यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउन लागिपरेका छन्। उनले पृथ्वी र अन्तरीक्षसम्म रकेटमार्फत् यातायातमा क्रान्ति ल्याउने अभियानमा छन्। विद्युतीय कार निर्माता टेस्लामा २१ प्रतिशत सेयर लगानीकर्तासमेत रहेका उनको सम्पती अघिल्लो वर्षको तुलनामा ६८ अर्ब डलर वृद्धि भएको छ।, उनले ट्वीटरमासमेत लगानी गरेका छन्। स्पेस एक्स, मस्कको रकेट कम्पनी समेत छ। दक्षिण अफ्रिकामा हुर्किएका उनी १७ वर्षमा क्यानडामा बसाईं सरेका थिए। त्यसपछि विद्यार्थीको रूपमा अमेरिका छिरेका थिए।, विज्ञानका विद्यार्थी उनले भौतिकशास्त्रको सिद्धान्तलाई आत्मासाथ गरेको बताएका छन्। , यसअघि सन् २०२१ मा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। ,
इलोन मस्क विश्वकै सबैभन्दा धनाढ्य
|
सेतोपाटी संवाददाता नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ ।, सन् २०२१ भरिमा नेपालबाट प्रकाशित तथा प्रसारित खोजी समाचारमध्येबाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिए।, पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्थापनाकालदेखि नै स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकर छलीका चक्रबारे विस्तृत तहगत खोज गरि नेपाल सरकारको अनुसन्धान प्रक्रियामा विशेष योगदान दिएको मूल्यांकन गर्दै इन्जाले इन्जा खोजी पत्रकारिता पुरस्कार २०२२ दिने निर्णय गरेको इञ्जाद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ।, अमेरिकाको राजधानी वासिंटनमा मुख्यालय रहेको इञ्जा खोजी पत्रकारिता पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ। इञ्जाले खोजी पत्रकारिता पुरस्कारको अलावा हरेक वर्ष एक हजार अमेरिकी डलर राशीको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ भने यस वर्षवाट इञ्जा पत्रकारिता वौद्धिक पुरस्कार समेत थप गर्न लागेको छ।, विगत २७ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका बुढाथोकीले न्युज कारोबार डटकम, टक्सार आर्थिक म्यागजिन, लुम्बिनी सञ्चार डटकम अनलाइनमार्फत् १५ महिनाको अवधिमा ३५ भन्दा अधिक निरन्तर खोजी तथा फलोअप गरी नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व छली भएको विषयलाई सार्वजनिक सरोकारमा ल्याएका थिए।, भारतीय उद्योगी नकुल कमानी र अधिराजकुमारी हेलेनको साझेदारीमा नेपालमा सन् १९७७ मा खुलेको बोटलर्स नेपाल लिमिटेडको स्वामित्व सन् १९९२, २००२, २००४, २०११ र २०१४ गरी पाँच पटक किनबेच भएको बुढाथोकीले टक्सार आर्थिक म्यागजिनमा सप्रमाण खोजी समाचारको रुपमा प्रकाशित गरेका छन् ।,
एक हजार डलर राशीको इन्जा खोजी पत्रकारिता पुरस्कार बुढाथोकीलाई
|
सेतोपाटी संवाददाता हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेर झापामा टिपर चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका-५ धनुषा निवासी विकास तामाङ रहेको जनाइएको छ।, कञ्चन निर्माण सेवाको टिपर चलाउने तामाङ टिपरबाट निर्माण सामग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा बेहोस भएका थिए।, बेहोस भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल मृत्यु भएको वडा अध्यक्ष राजेन्द्र योङहाङले जानकारी दिए। , उनी कञ्चन निर्माण सेवा कम्पनीको बा १ प – ७७४७ नम्बर टिपर चालक थिए।,
टिपरबाट निर्माण सामग्री झार्ने क्रममा हाइटेन्सन तारमा ठोक्किँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले वीरगन्जबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रज्ञापन पत्र बेगर वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा लिइएका ट्रकमा ना७ख ९४२ र ना२ख ९५४३ रहेका छन्। सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो।, ना७ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको उक्त मुख्यालयले जनाएको छ।, यस्तै, ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू थिए।, प्रहरीले दुबै ट्रकलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।,
डेढ करोडको सामान बोकेका दुई वटा ट्रक प्रहरीको नियन्त्रणमा
|
रासस मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ। , जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुंगा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिक रूपमा सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । , सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालय समक्ष समय व्यवस्थापनको प्रस्ताव गरेको थियो।, हाल तेह्र किलोमिटर लामो सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ।, सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।, एम्बुलेन्स र विकास निर्माणका अत्यावश्यक सवारी साधनका हकमा सहजीकरण गरिने छ।, मालढुंगा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ। एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताए। , कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।, विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरी सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गर्दैआएको छ।, विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत निर्माण थालिएको सडक २०५२ मा सञ्चालनमा आएको हो । विसं २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण थियो। ,
मुस्ताङ र म्याग्दी जोड्ने सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
|
रासस दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरू भएको छ।, राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो।, खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको काम अघि बढ्दैछ। ओखलढुंगाको जग्गा प्राप्ति (अधिग्रहण) का लागि गत फागुन २३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो।, जलविद्युत आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिए।, खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार ३०४ कित्ता, ऐंसेलुखर्क गाउँपालिकाका ५२२ कित्ता र ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिकाका दुई हजार ४०९ कित्ता जग्गा अधिग्रहणको तयारी छ।, सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गरिनेछ।, सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काममा रोक लगाइएको छ।, खोटाङतर्फको जग्गा गत असार २३ गतेदेखि नै रोक्का गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने विद्युत गृह, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने बाँध र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित गरिएको छ।, धितुङ र लामीडाँडामा थप दुई हजार रोपनी जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ।, खोटाङमा मुआब्जा वितरण गर्न जग्गाको मूल्यांकन गर्ने काम अन्तिम चरणमा पुगेको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए।, लामीडाँडाको रभुँवाघाटस्थित कोसी किनारमा रहेको बजारमा २०० मिटर अग्लो बाँध निर्माण गरी बनाइने जलाशययुक्त जलविद्युत आयोजनाबाट १३.३० किलोमिटर हेडरेस सुरूङमार्फत् धितुङमा पानी खसालेर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ।, रभुँवाघाटमा निर्माण गरिने बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा १०, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुंगाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने बताइएको छ। , दूधकोसी आयोजनाबाट तीन जिल्लाका एक हजार १५० परिवार प्रभावित हुने छन्।, खोटाङका ६५७, ओखलढुंगाका ४७९ र सोलुखुम्बुका १४ परिवार आयोजनाबाट प्रभावित हुने भएका छन्।, जापान सरकारको सहयोगमा कोसी बेशिन अध्ययन गुरूयोजनाअन्तर्गत २०४२ सालमा पहिचान भएको दूधकोसी आयोजनाको काम अघि बढाउन सरकारलाई सिफारिस गरिएको विद्युत प्राधिकरणले जनाएको छ। , आयोजना बनेपछि विद्युतीय सेवासँगै दूधकोसी जलाशयमा डुंगा सयर, माछापालन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा हलेसी आउने पर्यटकलाई डुंगा सयर गराउन सकिने छ। ,
बन्ने भो दूधकोसी जलविद्युत आयोजना
|
सेतोपाटी संवाददाता बिजुलीको हाइटेन्सन तारबाट करेन्ट लागेर झापामा एक टिपर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका- ५ धनुषा निवासी विकास तामाङ रहेको प्रहरीले जनाएको छ।, कन्चन निर्माण सेवाको टिपर चलाउने तामाङ टिपरबाट निर्माण सामाग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा बेहोस भएका थिए।, बेहोस भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल मृत्यु भएको वडा अध्यक्ष राजेन्द्र योङहाङले जानकारी दिए। , उनी कन्चन निर्माण सेवा कम्पनीको बा १ प – ७७४७ नम्बर टिपर चालक थिए।,
,
हाइटेन्सन तारबाट करेन्ट लागेर झापामा टिपर चालकको मृत्यु
|
सबिना श्रेष्ठ एकदिन काठमाडौं, नरदेवीका मचाराजा डंगोलको घरमा अचम्मको घटना भयो।, रातको समय सबै जना सुतिरहेका थिए। मचाराजाका बुबा न्हुच्छेनारायण अकस्मात् उठे। घरका ढोकाहरूमा चुकुल लगाइएको थियो। तर उनले धकेल्नासाथ सबै ढोका घर्याक घर्याक खुले।, ढोकाको आवाजले घरका मानिस जर्याकजुरूक उठे। सबैले न्हुच्छेनारायणलाई 'यति राति कहाँ जान लागेको?' भनेर सोधे।, उनी एक शब्द नबोली सरासर बाहिर निस्किए।, उनको यस्तो अप्रत्यासित चाला देखेर पनि घरका कसैलाई आश्चर्य भएन। बरू उनीहरूले सोचे- यो त कसै न कसैलाई हुनु नै थियो! धन्न भयो!, परिवारका सबै दंग परे।, न्हुच्छेनारायण घरबाट निस्केर सिधै नरदेवी मन्दिरको आखाछेँमा पुगे।, उनी पुग्नेबित्तिकै त्यहाँको च्यानल गेट, मुख्य ढोका र भित्री ढोका सबै आफसे आफ खुले। उनी देवीका लुगा, गरगहना लगायत सामग्रीमा सजिएर बाहिर नरदेवी डबलीमा नाच्न थाले।, न्हुच्छेनारायण त्यसरी नाचेको उनको घर, आखाछेँ र वरपरका सबैले थाहा पाए। उनलाई भने कुनै होसहवास थिएन।, २०३६ सालको त्यो रात न्हुच्छेनारायणमाथि नरदेवीको ङतभुलु अजिमा, अर्थात् श्वेतकालीमाई चढेको थियो।, '२०३६ सालसम्म काठमाडौंको बाह्रवर्षे ङतभुलु अजिमाको नाच यसरी नै सुरू हुन्थ्यो,' नाचमा कुमारी र चण्डीको भूमिका गर्ने मचाराजाले भने, 'हामी देवगणमध्ये कसैलाई देवी चढ्नैपर्थ्यो। अहिले त्यो प्रक्रिया रोकिएको छ।', उनका अनुसार बाह्रवर्षे देवी नाच पहिले ठ्याक्कै १२ वर्षमा हुँदैनथ्यो। देवगणमध्ये कसैमा देवी चढेपछि मात्र नाच सुरू हुने हुँदा बाह्र, तेह्र, चौध वा जति पनि वर्षमा हुन सक्थ्यो।, देवगणमध्ये मुख्य गरी चार जनालाई देवी चढ्थ्यो– ङतभुलु अजिमा, कुमारी, भैरव वा बाराही। अहिलेसम्म एकपटक मात्र देवगणबाहेक अन्यमा देवी चढेको स्थानीयको स्मरणमा छ। २०३६ सालअघि २०२२ र त्यसअघि २००८ सालमा देवी चढेको गुठियारहरू बताउँछन्।, जुन वर्ष देवी चढ्छ, त्यही वर्षलाई १२ वर्ष मानेर ङतभुलु अजिमाको नाच देखाइन्छ। २०३६ सालयता कसैलाई देवी चढेको छैन। गुठियारहरूले कुनै वर्ष कसैलाई देवी चढिहाल्छ कि भनेर लामो समय कुरे। तीस वर्ष कुर्दा पनि नचढेपछि नाच परम्परा नै लोप हुने अवस्थामा पुग्यो।, त्यसपछि गुठियारहरूले यो परम्परालाई कसरी निरन्तरता दिने भनेर छलफल गरे।, 'देवगणका कसैमा देवी प्रवेश नभएपछि हामीले केही अनिष्ट नहोस् भनेर २०६६ सालमा पूजापाठ गर्यौं, भगवानसँग माफी माग्न क्षमापूजा गर्यौं, होम लगायौं र नाच फेरि सञ्चालनमा ल्यायौं,' मचाराजाले भने।, त्यसयता कसैलाई देवी नचढे पनि बाह्र–बाह्र वर्षको अन्तरमा नाच चलाउने परम्परा जारी छ। यसअघि २०६६ सालमा नाच देखाइएको थियो। त्यसको बाह्र वर्षपछि यसपालि देखाइयो।, ङतभुलु अजिमाको नाच लिच्छवि राजा गुणकामदेवको शासनकालमा स्थापना भएको र पछि अमर मल्लका पालामा शुभारम्भ गरिएको मानिन्छ। यसबारे लिखित कथा भने छैन।, तान्त्रिक विधिले निकालिने यो नाचको आफ्नै सिद्धान्त, समय र संगति छ। कता नाच्ने र कुन कुन ठाउँ देवगणहरूले परिक्रमा गर्ने भन्ने नियम छ।, नरदेवीमा वार्षिक रूपले पनि नाच देखाइन्छ तर बाह्रवर्षे नाच अलि फरक र विशेष हुन्छ। बर्सेनि १२ जना देवीले नाच देखाउँछन् भने बाह्रवर्षे नाचमा १९ जना हुन्छन्– करूणामय (लोकेश्वर), ङतभुलु अजिमा, कुमारी, भैरव, बाराही, चण्डेश्वरी, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रूद्रायणी, ब्रह्मायणी, महाद्यः, सिंगिनी, ब्याघिनी, कुमार, चण्डासुर दैत्य, ध्वं र खिचा।, नाचमा गणेश बन्ने राम महर्जनका अनुसार नरदेवी भन्ने नाम पृथ्वीनारायण शाहको पालातिर मात्र आएको हो। त्यसअघि यो ठाउँलाई ङतभुलु नै भन्ने गरिन्थ्यो। नेपाल भाषामा 'ङत' भनेको केन्द्र र 'भुलु' भनेको रक्षक हो। त्यही भएर ङतभुलु अजिमालाई शक्तिकी देवी र जनताको रक्षकका रूपमा पुजिन्छ।, उनलाई श्वेतकाली पनि भनिन्छ। त्यसो भन्नुको कारण उनी श्वेत अर्थात् सेतो वर्णकी हुनुले हो।, 'यी देवीले नराम्रो ऊर्जालाई राम्रो ऊर्जाले सन्तुलन गर्छिन्,' रामले भने, 'त्यही भएर वर्ष–वर्षमा देवी नाच गर्यो भने यो ठाउँ स्थिर हुन्छ र सबैको स्वास्थ्य राम्रो हुन्छ भन्ने मान्यता छ।', नाचमा चन्द्रासुर भन्ने दैत्य संहार गर्न कुमारी चण्डीका रूपमा आउँछिन्। त्यसका लागि अजिमा विभिन्न देवता, हावा, पानी लगायत सबै शक्तिलाई एकैठाउँ एकीकृत गर्छिन्।, यो नाचमा अजिमा बन्ने व्यक्तिले जीवनभर सेतो लुगा लगाउनुपर्ने नियम छ। ६० वर्षीया देवकृष्ण महर्जन यसका अजिमा हुन् जसलाई नाचको मूलधामी भनिन्छ। २०७४ सालमा उनको बुबाको निधनकै दिनबाट देवकृष्णले अजिमाको जिम्मेवारी सम्हालेका हुन्।, नाचको विशेषता के भने देवगणका कुनै सदस्यको निधन भयो वा उनले जिम्मेवारी पूरा गर्न सकेनन् भने त्यो उनकै वंशको छोरालाई जान्छ। यही क्रममा यहाँका सबै देवगणले जिम्मेवारी पाएका हुन्। उनीहरूले आफ्नो जीवनभर उक्त जिम्मेवारी निर्वाह गर्नुपर्छ।, देवगणका सबै सदस्य नियममा बाँधिएर बस्नुपर्छ। अरूको तुलनामा अजिमा बन्नेको काम बढी हुन्छ। उनले हरेक दिन नरदेवी मन्दिरमा पूजा गर्नुपर्छ। उनको हातमा नेपाल भाषामा 'चुलिया' भनिने चुरा हुन्छ जसमा देवीको मन्त्र राखिएको विश्वास गरिन्छ।, हरेक दिन मन्दिरमा पूजा गर्नुपर्ने भएकाले उनले बाहिर रात बिताउनुहुन्न। कतै बाहिर जानुपर्यो भने हातमा लगाएको चुरा खोलेर मात्र जानुपर्ने नियम छ।, 'सानोदेखि बुबाले गरेको देखेकाले यी नियम पालना गर्न खासै गाह्रो भने हुँदैन,' देवकृष्णले भने।, नाच बेला देवगणहरूले कालो टीका लगाउँछन्। विधिपूर्वक पूजा गरेर आफूले धारण गर्ने देव वा देवीको लुगा र मुकुट लगाएपछि कसैसँग बोल्न हुँदैन।, हरेक वर्ष पाहाँचह्रेको दिन नरदेवी डबलीमा देवीनाच प्रदर्शन गरिन्छ। हरेक १२ वर्षमा पाहाँचह्रेको पूर्वसन्ध्यामा देवीको मूलघरबाट नाच आरम्भ हुन्छ। त्यसपछि नरदेवी, तेंगल, बांगेमुडा, असन, जनबहाल, इन्द्रचोक, हनुमानढोका दरबार, चिंकमुगल, जैसीदेवल, क्व:हिति, भीमसेनस्थान, मरू, काष्ठमण्डप, यट्खा हुँदै पुनः देवीको मूलघर फर्किने चलन छ।, पाहाँचह्रेका दिन नरदेवी डबलीमा बाह्रवर्षे देवीनाचअन्तर्गत पहिलो नाच प्रदर्शन गरिन्छ। बाह्र वर्ष र एक वर्षका लागि छुट्टाछुट्टै आखाछेँ छ।, देवगणलाई बाजागाजासहित बाहिर निकाल्दा मान्छेहरू एउटा कलश बोकेर अगाडि अगाडि हिँड्छन्। त्यसमा सबै देवतालाई साधना गरेर राख्ने परम्परा रहेको राम बताउँछन्।, उनका अनुसार देवगणको सबभन्दा आखिरीमा पित्तलको एउटा मान्छे आकृतिको मूर्तिलाई पनि नगर परिक्रमा गराइन्छ। त्यो मूर्ति नेपाल–तिब्बत युद्धमा भाग लिने सैनिक भारदार भोटु पाँडेको हो भन्ने विश्वास गरिन्छ।, देवगणको सबभन्दा आखिरीमा पित्तलको एउटा मान्छे आकृतिको मूर्तिलाई नगर परिक्रमा गराइन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, एकपटक उनी युद्ध बेला तिब्बती फौजबाट पक्राउ परे। उनलाई बन्दी बनाइयो। त्यहाँबाट मुक्ति पाउन उनले आफ्नो इष्टदेवी श्वेतकाली अर्थात् ङतभुलु अजिमालाई आराधना गरे। त्यसपछि उनी मुक्त भए।, 'पाँडेले १६ पाइला चाल्दा जुन ठाउँमा पुगे, त्यहाँ उनले सोह्रखुट्टे पाटी बनाएको भनाइ छ,' रामले भने, 'उनले काठमाडौंका विभिन्न ठाउँमा मठ–मन्दिर, पाटीपौवा र ढुंगेधाराहरू स्थापना गरे।', ङतभुलु अजिमाको आराधना गरेर मुक्त भएकाले उनले देवी जहाँजहाँ जान्छिन्, आफू भक्तका रूपमा सेवा गर्न पाऊँ भनी बिन्ती गरे। त्यही भएर नाच बेला देवदेवीको लस्करपछि मूर्ति स्वरूपमा उनलाई देख्न सकिन्छ।, यो नाच सञ्चालन गर्न पहिले दरबारबाट सहयोग आउँथ्यो। १९६२ सालतिर राणाहरूले सबै सामग्री जफत गरेर लगेको गुठियारहरू बताउँछन्। यहाँ अहिले पाइने केही गहनामा राजा रणबहादुर शाहको नाम देखिन्छ।, एकपटक रणबहादुरकी कान्छी रानी कान्तिमतीलाई बिफर रोगले समात्यो। उनको स्वास्थ्य बिग्रँदै गएपछि राजाले देवीदेवता भाकल गरे। दान गरे, पूजापाठ गरे। तर कसैगरी रोग निको भएन। त्यही रोगका कारण उनको निधन भयो।, रानीको निधनपछि राजाले विह्वल भएर मान्दिर र पाटीपौवाहरू भत्काउन थाले। उनी मानसिक सन्तुलन गुमाएझैं भए।, 'पछि उनलाई उपचार गर्न लैजाँदा उनले गरेका कुकर्मका कारण त्यस्तो भएको थाहा भयो। त्यसपछि उनले नाच जोगाउने, मन्दिर बनाउने, गुठी बनाएर आयस्ता बढाउने लगायत काम गर्न थाले,' रामले भने, 'त्यही भएर धेरैजसो गुठीमा भेटिने गहना र विभिन्न सरसामग्रीमा उनकै नाम पाइन्छ।', केही दिनअघि सम्पन्न बाह्रवर्षे ङतभुलु अजिमा नाच करिब २४ घन्टा चलेको थियो। बाह्रवर्षे पर्व क्रममा नरदेवीबाट विवाह भएर अन्यत्र गएका महिला पनि आफ्ना इष्टदेवीको पूजा गर्न सामग्रीहरू लिएर आउने चलन छ।, यो अवसरमा देवगण नगरबाट निस्कँदा एउटा ढोका राखिएको हन्छ। त्यो ढोका सुनको थियो भन्ने भनाइ छ। अहिले भने काठको छ। इतुम्बहालबाट ल्याइएको उक्त ढोकामार्फत देवीलाई इतुम्बहालवासीले स्वागत गरेको कहावत छ।, '२०६६ सालको बाह्रवर्षे नाचमा यो विधि पूरा गर्न छुटेको रहेछ। त्यति बेला छुटेको कुरा हामीले यसपटक समावेश गरेका छौं,' रामले भने, 'पहिलोपटक ३० वर्षपछि सञ्चालन गर्दा नयाँ पुस्तालाई कति कुरा थाहा थिएन। अहिले सिक्दै, गर्दैछौं।', सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी,
अगाडि १९ जना देवगणको लस्कर, पछाडि तिब्बत युद्धमा बन्दी बनाइएका भोटु पाँडे
|
एजेन्सी रोमानियास्थित रूसी राजदूतावासको गेटमा कार ठोक्किँदा चालकको मृत्यु भएको छ। , बुधबार रोमानियाको राजधानी बुकरेस्टको प्रहरीले एक विज्ञप्ति जारी गर्दै रूसी राजदूतावासको गेटमा गाडी ठोक्किँदा चालकको मृत्यु भएको जानकारी दिएको हो।, दुर्घटनापछि कारमा आगो लागेको भिडिओ समेत सार्वजनिक भएका छन्। पछि अग्नि नियन्त्रक आएर आगलागी नियन्त्रणमा लिएको थियो। , सो घटना दुर्घटना हो वा जानाजान गरिएको हो भन्ने खुलेको छैन। , पछिल्ला केही हप्तायता युरोपस्थित कयौं रूसी राजदूतावासहरू प्रदर्शनकारीको निशानामा परेका छन्। युक्रेनमाथि आक्रमण गरेपछि आक्रोशित प्रदर्शनकारीले राजदूतावासमा आक्रमण गर्ने प्रयास गरेका हुन्। , प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको बताएको छ। कार चालकको परिचय पनि खुलाएको छैन। , रोमानियाले मंगलबारमात्रै १० रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने बताएको थियो। अन्तर्राष्ट्रिय कानुनअन्तर्गत काम नगर्नेहरूलाई निकाल्ने बताइएको हो। , रूसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता ६ लाख २४ हजार ८६० युक्रेनी नागरिक रोमानियामा पुगिसकेका छन्। अझै पनि ८० हजार युक्रेनी त्यहीँ छन्।,
रोमानियामा रूसी दूतावासको गेटमा कार ठोक्कियो, चालकको मृत्यु
|
रासस भोजपुरमा एक परिवारले आफ्नै सन्तानलाई काठको खोरमा राखेका छन्। , भोजपुरको साल्पासिछो गाउँपालिका–२ का ३३ वर्षीय डेगराज चौहानलाई विगत सात वर्षदेखि र ३७ वर्षीय डम्बर चौहानलाई दुई वर्षदेखि घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको हो। मानसिक सन्तुलन गुमेका उनीहरूको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको छ। , आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि दुबै छोरालाई खोरमा राख्नुपरेको बुबा छत्रबहादुर चौहानले बताए। , छोराको अवस्थाले आफूलाई विक्षिप्त बनाएको उनको भनाइ छ।, छोरालाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उनले भने,‘आर्थिक अवस्था कमजोर भएकाले छोरालाई पेटभरि खुवाउनसमेत नसक्ने अवस्था छ।’, अभावको पिल्सिएका चौहान परिवार यतिबेला सहयोगको अपेक्षामा छन्। , ‘आर्थिक अवस्था कमजोर छ। उपचार गर्ने पैसा छैन। कमाएर ल्याउने छोराहरूमा मानसिक रोग छ। उनीहरूलाई सम्हालेर राख्न नै समस्या छ। खोरमा राखेन भने अनेक उपद्रो गर्छन्’, उनले भने, ‘आफ्ना छोरा हुन्, माया त लाग्छ नि तर पनि पशुझैं खोरमा राख्नु परेको अवस्था छ।’, उनीहरूलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ। छोराहरूलाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने बुवा छत्रबहादुरको भनाइ छ। , ‘उपचारका लागि थुप्रै अस्पताल डुलाएँ केही सीप लागेन’, उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर छ। उपचारमै पैसा सकियो। अहिले छोरालाई फेर्ने कपडा समेत छैन। एउटै कपडामा महिनौ बिताउँछ।’ , उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति पनि सकियो। अब उनीहरूलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको विकल्प नभएको बुवा चौहानको भनाइ छ।, ‘सरोकारवाला पक्षले उपचारका लागि सहयोग गरी दिन्छन् कि भन्ने आशा छ’, उनले भने।, काठमाडौंमा रहेको पाटन अस्पतालमा उपचार गराएको भए पनि रकम अभाव भएपछि उनीहरूलाई घरमा ल्याएर राखेको बुवा चौहानले बताए।, उनीहरूलाई नियमित रूपमा औषधि खुवाउन नसकेका कारण झनै समस्या भएको उनको भनाइ छ। , लामो समयदेखि मानसिक रोगले भेटेपछि परिवारमा पीडा थपिएको उनले बताए। उनीहरूलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्ने, बरबराउनेलगायत क्रियाकलाप देखाउने गरेको बुवा चौहानले बताए।, परिवारमा भएका तीन भाइ छोरामध्ये जेठो र कान्छो छोरालाई मानसिक समस्या भएको उनले बताए।, माइलो छोरा भने छुट्टिएर गएकाले अहिले परिवारभन्दा बाहिर बस्दै आएको उनले बताए।, मानसिक समस्या भएका कारण व्यक्तिगत सरसफाइ लगायतका कुरामा अरूको सहायता आवश्यक पर्ने भए पनि राज्यले अपांगता परिचयपत्रसमेत नदिएको बुवा चौहानको दुःखेसो छ। , साल्पासिलिछो गाउँपालिका उपाध्यक्ष धनमाया राईले आर्थिक अभावमा उपचारबाट बञ्चित भएका चौहान दाजुभाइको पहिचान भएकाले अब चाँडै अपांगता परिचयपत्र बनाएर सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताइन्।, उनले भनिन्, ‘उहाँहरूको अवस्थाका बारेमा हामीलाई जानकारी भएपछि आवश्यक सहयोगमा जुटेका छौं। उनीहरूलाई राज्यबाट पाउने सुविधा दिलाउन प्रक्रिया अघि बढाएका छौं।’,
‘आफ्ना छोरा हुन्, माया त लाग्छ नि तर पनि पशुझैं खोरमा राख्नु परेको छ’
|
सेतोपाटी संवाददाता भक्तपुरबाट जुवा खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। , बुधबार बिहान २ बजे चाँगुनारायण नगरपालिका-६ नगरकोट थैरीगाउँस्थित एक घरबाट १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।, ३७ वर्षीय मनबहादुर तामाङको आफ्नै घरमा सञ्चालन भएको न्यू गन्तव्य रेष्टुरेन्ट एन्ड होटलमा कौडा खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।, सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूबाट ८ लाख २२ हजार ६० रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ।,
भक्तपुरबाट जुवा खेल्ने १३ पक्राउ
|
सेतोपाटी संवाददाता भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको छ।, ऊर्जा मन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यात गर्न स्वीकृत मिलेको जानकारी दिइन्।, यसअघि भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो। नेपालले थप बिजुली लैजान भारतलाई आग्रह गरेको थियो।, गत शनिबार नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा थप बिजुली निर्यात गर्ने विषयमा कुरा भएको थियो।, सोहीअनुसार भारतले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको हो।, प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको कुरा आजमात्रै जानकारीमा आएको बताए।, अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ। बर्खामा नेपालमा उत्पादित बढी भएको बिजुली भारतको खुला बजारमा बिक्री हुनेछ।,
नेपालबाट थप ३२५ मेगावाट बिजुली निर्यात गर्न भारतले दियो स्वीकृति
|
सेतोपाटी संवाददाता नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२६ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा थप ३२६ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको छ।, यसअघि गत कात्तिकमा पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युतगृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिक्री गर्न स्वीकृति दिइएको थियो। यी दुबै परियोजनामा भारतको लगानी रहेको थियो।, भारतले यसपालि एसियाली विकास बैंक, जर्मनीको पनि लगानी र निजी क्षेत्रबाट बनेका आयोजनाको बिजुली लैजान सहमति जनाएको हो।, यो सहमतिसँगै नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिश्पर्धी दरमा ३६५ मेगावाटसम्म विद्युत बिक्री गर्न प्रवेश पाउने भएको छ।, प्राधिकरणले दोस्रो चरणमा प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी एबाट १४० मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को ५२.४ मेगावाटको लिखु-४बाट ५१ मेगावाट गरी कूल ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।, जडित क्षमता बढी भए पनि आयोजना स्थलबाट भारतको मुजफ्फपुरसम्म पुर्याउँदा तीन प्रतिशतसम्म बिजुली खेर जाने अनुमान गरेर निर्यात हुने मेगावाट कम निर्धारण गरिएको हो। , प्राधिकरणले योसँगै ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि स्वीकृति पाएको हो। देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ।, प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणकाक्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहयोग सम्बन्धी ‘नेपाल–भारत संयुक्त भिजन’ जारी भएको थियो। दुई मुलुकका प्रधानमन्त्रीको ऊर्जा क्षेत्रमा सहयोग सम्बन्धी प्रारूपमार्फत उच्च राजनीतिक तहमा प्रतिबद्धता आएको थियो।, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि स्वीकृति पाएसँगै ऊर्जा क्षेत्रको सहयोग सम्बन्धी भिजन डकुमेन्ट कार्यान्वयनको पहिलो खुड्किलोतर्फ अगाडि बढेको बताइन्।, ‘वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी जगेडा भएमा खेर जाने अवस्था थियो, अब जगेडा विद्युत बिक्रीका लागि बजार सुनिश्चित भएको छ, यसबाट दुई देशबीचको व्यापार घाटामा केही कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने छ’, मन्त्री भुसालले भनिन्, ‘दुई मुलुकबीच उच्च राजनीतिक तहमा ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी भिजन डकुमेन्टको कार्यान्वयन पनि सुरू भएको छ, यसमा संलग्न सबैलाई बधाई र धन्यवाद दिन चाहन्छौं।’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट थप स्वीकृति सहमति प्राप्त भएसँगै नेपाल-भारतबीचको सम्बन्धमा इँटा थपिएको बताए। उनले प्रधिकरणले प्रस्ताव गरेका माथिल्लो तामाकोशी, चमेलियालगायतका अन्य आयोजनाको विद्युत पनि भारतीय बजारमा निर्यातका लागि छिट्टै स्वीकृति पाउने र अन्य आयोजनाको विद्युत बिक्रीको प्रस्ताव गरिने बताए।, भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री गर्ने छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्ने छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात हुने छ।, प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन)ले गर्ने छ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ।,
भारतमा अब बिक्री हुनेछ नेपालका यी ६ आयोजनाको बिजुली
|
रासस जातीय छुवाछूत मुद्दामा सप्तरीमा पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन्।, जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला सुनाएको हो।, जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आरोपितलाई जनही पाँच महिना कैद र रु पाँच हजार जरिवाना तथा पीडितलाई रु ५०/५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ।, सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी श्रीमती ३५ वर्षीया दुखनीदेवी दास तत्मालाई २०७४ असार १३ गते साँझ ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला आरोपितले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बर्साइन र असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। , कुटपिटबाट लिलाधरको कुमको हड्डी भाँचिएको थियो भने उनकी श्रीमती दुखनीलाई शरीरमा चोटपटक लागेको थियो।, घाइते लिलाधरको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचार गरिएको थियो। विराटनगरमा लिलाधरको कुमको शल्यक्रिया गरिएको थियो। , पीडितको राजविराजस्थित अस्पतालमा २०७४ असार १५ गते घाउ परीक्षण गरिएको थियो।, पूजा गर्न मन्दिर गइरहेका बेला ‘तँ कथित तल्लो जात (दलित) मन्दिरभित्र पस्न खोज्ने’ भनेर आरोपितले कुटपिट गर्दै पूजाको सामानसमेत फालिदिएको पीडितले बताएका छन्। , जिल्ला प्रहरी कार्यालयले आरोपितविरूद्ध ०७४ असार १४ गते जातीय छुवाछूत र कुटपिट अंगभंगमा उजुरी दर्ता गरेको थियो। आरोपित पक्राउ नपरेपछि जिल्ला अदालतले आरोपितविरूद्ध ०७४ भदौ २८ गते म्यादी पुर्जी जारी गरेको थियो।, पछिल्लो पटक जिल्ला अदालतले ०७६ असार २५ गते शारीरिक परीक्षणको आदेश गरेको थियो।,
सप्तरीमा जातीय छुवाछूत गर्ने पाँच जनालाई कैद र जरिवाना
|
सेतोपाटी संवाददाता गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै मन्त्रालयका कर्मचारीलाई दुर्व्यवहार गरेका छन्।, मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई मंगलबार दुर्व्यवहार गरेको मन्त्रालय स्रोतले बताएको छ।, शाखा अधिकृत ओझाले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थ लगायतलाई जानकारी गराएका छन्। , मुख्यमन्त्री पोखरेल, प्रमुख सचिव पन्थ, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीलगायत भने मंगलबार बाग्लुङ गएका थिए।, धौलागिरिका ४ वटा जिल्लाका सुरक्षा समन्वय बैठक बस्न उनीहरू बाग्लुङ पुगेका बेला मन्त्री मनाङेले मन्त्रालयकै कर्मचारीलाई अमर्यादित व्यवहार गरेका हुन्। , प्रमुख सचिव पन्थका अनुसार मंगलबार मन्त्री मनाङे र शाखा अधिकृत ओझावीच खटपट भएको थियो।, ‘भनाभन हुँदा अमर्यादित व्यवहार भएको भनेर हामीलाई जानकारी आएको छ, हामी बाग्लुङबाट फर्कंदैछौं,’ पन्थले भने, ‘मुख्यमन्त्री ज्यूले सत्यतथ्य बुझ्दै हुनुहुन्छ, पोखरा आइसकेपछि मात्र वास्तविकता थाहा होला।’ , पन्थले के विषयमा मन्त्री र शाखा अधिकृतबीच भनाभन भएको भन्नेबारे आफूलाई पनि जानकारी नभएको बताए।, मंगलबार उक्त घटना भएपछि ओझा बुधबार बिदामा बसेका छन्। उनको मोबाइल अफ छ। , स्रोतका अनुसार वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै रोजगारी दिने सम्बन्धमा एउटा कार्यविधि बनिरहेको थियो। कार्यविधिमा मनाङ जिल्लाका मानिसहरूलाई समेट्नै पर्ने भन्दै मनाङेले अडान राख्दै आएका थिए। , तर, कार्यविधिमा मनाङ जिल्लाका मानिसहरू नपर्ने भन्दै ओझाले त्यस्तो काम आफूबाट नहुने बताउँदै आएका थिए। त्यही विवादमा मनाङेले कर्मचारीमाथि दुर्व्यवहार गरेको बताइएको छ।,
गण्डकीका मन्त्री 'मनाङे'ले गरे कर्मचारीमाथि दुर्व्यवहार
|
सेतोपाटी संवाददाता सिन्धुलीमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।, बुधबार बिहान काठमाडौंबाट रामेछाप जाँदै गर्दा सुनकोशी गाउँपालिका-६ घुमाउने चैनपुर नजिक बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए। , मन्त्री श्रेष्ठ चढेको बा २ झ ४१२९ नम्बरको गाडीले विपरीतबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२८-प ९२८६ नम्बरको मोटसाइकललाई ठक्कर दिएको हो। मन्त्री रामेछापस्थित एक कार्यक्रमको लागि जाँदै थिए। , ठक्करबाट मोटरसाइकल चालक घाइते भएका हुन्। घाइते हुनेमा दोलखा बैतेश्वर गाउँपालिका-८ बस्ने २५ वर्षीय कृष्णप्रसाद दाहाल छन्।, उनको प्राथमिक उपचारको लागि खाल्टे पुर्याइएको थियो। त्यहाँबाट थप उपचारको लागि काभ्रेस्थित धुलिखेल अस्पताल ल्याइएको छ। , उनको दाँया हात र खुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक लामाले बताए।, ‘उनको उपचार भइरहेको छ। बोल्न सक्ने अवस्थामा छन्,’ उनले भने।, यस्तै मन्त्री र चालक अर्को गाडीमा चढेर कार्यक्रमतर्फ गइसकेका छन्। प्रहरीले गाडीलाई भने नियन्त्रणमा लिएको छ। , दुर्घटना कसरी भएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ। , ‘दुर्घटना कसरी भएको हो भन्ने अनुसन्धान गर्दैछौं,’ लामाले भने।,
,
मन्त्री श्रेष्ठ चढेको गाडीले दियो मोटरसाइकललाई ठक्कर, चालक घाइते
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो। , मिश्राका अनुसार ४ हजार ८०७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३५८ जनाको पिसिआर गर्दा १० र १ हजार ४४९ जनाको एन्टिजेन परीक्षण ३ जनामा संक्रमण पुष्टि भएको हो।, अहिले देशभर ७ हजार ६५ जना सक्रिय संक्रमित छन्।, ५७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
४ हजार ८ सय ७ मा परीक्षण गर्दा १३ लाई कोरोना
|
सेतोपाटी संवाददाता काठमाडौंको बाफलमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , बुधबार दिउँसो बाफलमा टाटा योद्धा गाडीले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। , कलंकीबाट स्वयम्भू जाँदै गरेको बा १७ च ४९०३ नम्बरको गाडीले विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर २-०२८ प ७७२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। , ठक्करबाट मोटरसाइकल चालक चन्द्रागिरि नगरपालिका-२ का किशोर सुवेदी घाइते भएका थिए। उनको उपचारको लागि मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। , यस्तै, गाडीका चालक भने दुर्घटनापछि फरार छन्। फरार रहेका चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटी र स्वयम्भूको टोलीले खोजी गरिरहेको बताएको छ। ,
बाफलमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
|
एजेन्सी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ।, इन्डोनेसियाको एक अदालतले इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा ती शिक्षकलाई सोमबार मृत्युदण्डको सजाय सुनाएको हो।, ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ।, बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो। , तर पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो। त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ। , अदालतले शिक्षक हेरी विरावनको घटनाले इन्डोनेसियालाई स्तब्ध बनाएको भन्दै देशको धार्मिक स्कूलमा बालबालिकालाई यौन हिंसाबाट जोगाउनुपर्ने आवश्यकतामाथि प्रकाश पारेको छ।, इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृत्युदण्डको सजायको मागको समर्थन गरेका थिए। तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो।, इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो मुस्लिम बहुसंख्यक देश हो। यहाँ हजारौंको संख्यामा इस्लामिक बोर्डिङ स्कुल र धार्मिक स्कुलहरु छन्। यी स्कुलहरुबाट गरिब परिवारका सन्ततीले समेत शिक्षा पाइरहेका छन् ।, शिक्षकको घृणित कार्य सार्वजनिक भएपछि इन्डोनेसियाका धार्मिक बोर्डिङ स्कुलको सुरक्षामा कतिपयले प्रश्नसमेत उठाएका छन्।,
इन्डोनेसियामा छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय
|
रासस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।, सोमबार दिउँसो ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका थामीको टाउकामा गम्भीर चोट लागेको अवस्थामा प्राथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए। , उपचारका क्रममा थामीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।,
भिरबाट लडेर मृत्यु
|
रासस मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज सुरु भएको छ।, चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन्।, पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ। शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो।, शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ।, मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ। यद्यपि शारदीय छठजति यो पर्व मनाउने भने देखिँदैनन्।, पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अर्घ दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ।, अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ। यो विधिलाई ‘भोरका अरख’ भनिन्छ। छठपर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दही सहितका सामग्री बर्तालुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन्।, छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो। यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ।, व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ। यसपालि दुई वर्षपछि सर्वसाधारणले वासन्ती छठ खुकुलो गरी मन फुकाएर गर्न पाएका छन्। यसअघिका दुई वर्ष कोभिड–१९ को विश्वव्यापी सन्त्रासले मुलुकमा ‘लकडाउन’ घोषणा गरिएकै बेला परेको हुँदा पर्वविशेषको बाहिरी चहलपहल र उल्लास थिएन।, यसपालि भने महाव्याधि सन्त्रास घटेपछि मिथिलामा चाड लागेजस्तो भएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन्। चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र (चैते दशैँ) पनि सुरु भएको छ। चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वासन्ती नवरात्र मनाइन्छ। यस अवसरमा देवीपीठहरूमा पूजाआराधना गर्ने श्रद्धालु बढेका छन्।,
मिथिलामा चैतीछठ पर्व मनाइँदै
|
रासस काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ।, महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि उद्धार गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सोमबार दिउँसो २ः३० बाट हराएकी शेर्पाको साँझ ६ः३५ बजे इनारबाट सकुसल उद्धार गरिएको बताए।, उद्धार गरिएकी शेर्पा हरि श्रेष्ठको घरमा डेरा बस्दै आएकी थिइन्।, ‘अचेत अवस्थामा रहेकी शेर्पालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो, शेर्पाको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ’, उनले भने।, शेर्पा अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।,
बूढानीलकण्ठको इनारमा खसेकी महिलाको चार घन्टापछि उद्धार
|
सेतोपाटी संवाददाता सल्यानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अर्का एक घाइते भएका छन्।, मंगलबार बिहान दारीमबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३६६ नम्बरको जीप अनियन्त्रित भएर दारीम चौरको भित्री सडकखण्डको मोडमा दुर्घटना भएको हो। दुर्घटनामा दाजु घाइते भएका छन् भने भाइको मृत्यु भएको हो।, शारदा नगरपालिका-१ दारीम चौरका २१ वर्षीय चालक खलराज ओलीले जीप चलाएका थिए भने १८ वर्षीय नारायण ओली पनि सवार थिए।, घाइते द्वयलाई उपचारको लागि कन्याम अस्पताल लगिएको थियो। नारायणको उपचारको क्रममा मृत्यु भएको र ओली सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।, प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। , , , ,
सल्यानमा जीप दुर्घटना हुँदा भाइको मृत्यु, दाइ घाइते
|
एजेन्सी भारतको एक अदालतले पाँच वर्षीय विद्यार्थी कुट्ने दुई जना शिक्षकलाई तीन/तीन वर्ष कैद सजाय सुनाएको छ। , पानी खान र पटक-पटक शौचालय जान अनुमति मागिरहेको भन्दै ती शिक्षकले पाँच वर्षीय विद्यार्थीमाथि कुटपिट गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। , मिर्जापुर अदालतका न्यायाधीश टिए भद्जाले दुई शिक्षकलाई दोषी ठहर्याई कैद सजाय सुनाए हो। , अदालतले गत हप्ता ३६ वर्षीया तरुना पर्बतिया र ४७ वर्षीया नज्मा शैखलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो। उनीहरूले धरौटीमा छाड्न माग गरेका थिए। तर अदालतले त्यसलाई खारेज गर्दै कैद सजाय सुनाएको हो। , ती शिक्षक अहमदावादको मकरबास्थित अर्जुन प्राथमिक विद्यालयमा पढाउँथे। , उनीहरूविरूद्ध सन् २०१७ जुन २२ मा मुद्दा दायर भएको थियो। , आफूमाथि दुई शिक्षकले लगातार तीन दिनसम्म कुटपिट गरेपछि ५ वर्षीय बालकले आमालाई त्यसबारे जानकारी गराएका थिए। बालकको खुट्टामा पिट्ने र चिमोट्ने गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए।, खुट्टामा निलडामहरू समेत देखिएको थियो। उपचारको लागि भिएस अस्पताल लगिएको थियो। , छोरालाई विद्यालयमा लिन जाँदा बालकमाथि कुटपिट भएको उनले देखेका थिए।, तर शिक्षकहरूले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए। , प्रहरीले ती शिक्षकविरूद्ध भारतीय दण्ड संहिताको धारा ३२३, जुभेनाइल जस्टिस एक्ट र बालकहरूको नि:शुल्क र अनिवार्य शैक्षिक अधिकारअन्तर्गत मुद्दा दायर गरेको थियो। , त्यसमा अदालतले दण्ड संहिता अन्तर्गत ६ महिना कैद र ४०० रुपैयाँ जरिवाना र जुभेनाइल जस्टिस एक्ट अन्तर्गत ३ वर्ष १० हजार जरिवाना सुनाएको हो। , त्यसबाहेक अदालतले त्यस विद्यालयमाथि छानबिन गरी २० दिनभित्र रिपोर्ट बुझाउन समेत निर्देशन दिएको छ।,
भारतमा बच्चा कुट्ने दुई शिक्षकलाई सुनाइयो तीन/तीन वर्ष जेल सजाय
|
सेतोपाटी संवाददाता उदयपुरको बेलका नगरपालिकामा एक स्कुले छात्राको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।, स्थानीय कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको मंगलबार बिहान यसोदा खोला किनारमा हत्या गरिएको अवस्थामा शव फेला परेको हो। , विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिएका छन्।, प्रहरीका अनुसार बिहान ५ बजे घरबाट ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता यसोदा खोला किनारमा मृत फेला परेकी थिइन्। उनले स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।, घटनाबारे प्रहरीले अनुसन्धान तिब्र पारेको छ। स्थानीयवासीले घटनालाई हत्या भएको भन्दै नाराबाजी गरेका छन्।, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले मंगलबार दिउँसो एक संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।, ,
उदयपुरमा स्कुल जाँदै गरेकी छात्रा मृत अवस्थामा फेला
|
रासस कर्णाली करिडोरमा नौ वटा पक्की पुल निर्माण हुने भएका छन्। कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन्।, कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो। , त्यस्तै, हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ। पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए। , ‘ठेक्का प्रक्रिया अगाडि बढेको छ’, उनले भने, ‘यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ।’, सडक खण्ड फराकिलो पारिँदै, कर्णाली करिडोरअन्तर्गत कालीकोट सडक खण्ड फराकिलो बनाउन थालिएको छ। कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम सुरू भएको हो।, सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरूले काम सुरू गरिसकेको उक्त कार्यालयले जनाएको छ।, कर्णाली करिडोर साँघुरो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले सडक फराकिलो पार्न लागिएको उक्त कार्यालयका इन्जिनियर यादवले बताए।, ‘सडक फराकिलो पार्ने पहिलो चरणको काम सुरू भएको छ’, उनले भने, ‘अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ।’, करिडोरअन्तर्गतको ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ।,
कर्णाली करिडोरअन्तर्गत नौवटा पुल बन्दै
|
नारायण खड्का आफ्नो पसलमा काम गर्ने कालीगढले ४० हजार सापटी लिएको पैसा नदिएको भन्दै उनको परिवारलाई 'बन्धक' बनाएर राख्ने एक व्यक्ति पक्राउ परेका छन्।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भई तुलसीपुरको (क) लाइनमा न्यू नेपाल सुनचाँदी पसल सञ्चालन गर्दै आएका ललितकुमार गुप्ताले आफ्नो पसलमा काम गर्ने कालीगढ र उनको परिवारलाई दस घन्टा थुनेका थिए।, थुनेको खबरपछि प्रहरीले सोमबार बेलुका उद्धार गरेको थियो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पसल धनी गुप्ताले भारतको मेघापुर जिल्ला कलकत्ता पञ्चायत वडा नं. ३ घर भई विगत चार महिनादेखि तुलसीपुरस्थित न्यू नेपाल सुनचाँदी पसलमा कालीगढको काम गर्दै आएका ३८ वर्षीय सोनु बेरा, उनकी ३३ वर्षीया श्रीमती सम्पा बेरा र उनीहरूकी ४ वर्षीया छोरी इशा बेरालाई सोमबार बिहान साढे ८ बजेदेखि साढे ६ बजेसम्म आफ्नै घरको कोठामा थुनेर राखेको अवस्थामा उद्धार गरिएको हो। , पसल धनी गुप्ताले तुलसीपुरस्थित बिएसएस पार्टी प्यालेस नजिकै रहेको आफ्नो निजी निवासको अन्डरग्राउन्डमा बेराको परिवारलाई ताल्चा लगाएर थुनेर रोखेको अवस्थामा उद्धार गरिएको इप्रका प्रमुख अर्यालले सेतोपाटीलाई बताए। , गुप्ताकै पसलमा काम गर्ने बेरा परिवार गुप्ताकै घरमा कोठा भाडामा बस्दै आएका थिए। , नाबालिकासहित उनकी आमालाई समेत बन्धक बनाएर राख्ने पसल सञ्चालक गुप्तालाई प्रहरीले बेरा परिवारको उद्धारपछि पक्राउ गरेको थियो।, पक्राउ गरिएका गुप्तालाई मंगलबार म्याद थपका लागि जिल्ला अदालत घोराहीमा पठाइएको डिएसपी अर्यालले जानकारी दिए। , ‘सापटी बापत दिएको ४० हजार रकम माग्दा नदिएको आरोपमा बेराको परिवारलाई गुप्ताले बन्धक बनाएर राखेको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी अर्यालले भने, ‘नाबालिकासहित आमा-बुवालाई दस घन्टासम्म बन्धक बनाएर राख्ने गुप्तालाई कानुन कारबाहीको प्रक्रिया थालेका छौं।’, ,
,
सापटी लिएको ४० हजार नदिएको भन्दै साहुले थुने चार वर्षीया छोरीसहित आमा-बुवालाई १० घन्टा
|
सेतोपाटी संवाददाता सगरमाथा आरोहणका लागि पहिलो पटक अश्वेत अमेरिकीको एउटा समूह नै नेपाल आएको छ।, यसपालिको बसन्त याममा सगरमाथा चढ्न ९ जना अश्वेत अमेरिकीको समूह काठमाडौं आइपुगेको हो। उनीहरूले आफ्नो टिमको नाम ‘फुल सर्कल एभरेष्ट एक्स्पिडिसन’ राखेका छन्।, सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले संसारको सबैभन्दा उच्च शिखरको पहिलो पटक आरोहण गरेका थिए। त्यसयता १० हजार बढी मानिसले सगरमाथाको चुचुरो चुमेका छन् तर तीमध्ये एकदमै थोरैमात्र अश्वेत छन्। अमेरिकाबाट त एक जनामात्रै काला जातिका मानिसले सगरमाथा चढेका छन्।, सगरमाथा आरोहणमा नयाँ रेकर्ड कायम राख्न अश्वेतहरूकोमात्रै समूह बनाएर चढ्न लागिएको टिमको निर्माण गर्ने फिलिप हेन्डरसनले बताएका छन्।, उनका अनुसार पहिलो पटक सबै अश्वेतहरूको समूह बनाएर सगरमाथा चढ्न लागिएको भए पनि त्यसमा पनि विविधता खोजिएको छ।, सगरमाथा आरोहण टिममा रोसमरी साल (२८) , एडी टेलर (३१), अबी डायन (४५), जेम्स काबाम्गी (६०), मानोह ऐनु (२५), फ्रेड क्याम्पबेल (३७), डेमोन्ड मुलिन्स (४०) र थोमस मुर (३७) छन्। उनीहरूको उमेरजस्तै पेसा व्यवसाय र पृष्ठभूमि पनि फरक-फरक छ। , हेन्डरसनले यसअघि पनि सन् २०१२ मा यस्तै प्रयास गरेका थिए तर त्यतिबेला उनको प्रयास सफल हुन सकेन।, यसपालिको योजना सफल पार्न उनीहरूले हिमाल आरोहणको तालिम र चन्दा उठाउने काम गरेका छन्। उनीहरूलाई नर्थ फेस, हेस्ट्रालगायत कम्पनीहरूले पनि साथ दिएका छन्।, सुरूमा एक्लाएक्लै आरोहणको तालिम गर्ने उनीहरूले पछि संयुक्त रूपमा तालिम गरेको हेन्डरसनले बताएका छन्।, यसपालिको बसन्त यामका लागि हिमाल आरोहणका लागि सोमबारसम्म ४१ समूहका ३४२ जनाले हिमाल आरोहण गर्न नाम दर्ता गराएका छन्। ,
पहिलो पटक सगरमाथा चढ्न लागेको अश्वेत अमेरिकीको समूह काठमाडौंमा
|
भगवती पाण्डे वडा प्रहरी कार्यालय बुटवल रामनगरको हिरासतमा रहेका एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन्।, तामाको तार चोरीको अभियोगमा शनिबार पक्राउ परेका रूद्रबहादुर नेपाली प्रहरी हिरासत भित्रै सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीले हिरासतमा रहेका नेपालीलाई घाँटी रेटेर आत्महत्या गर्न खोजेको अवस्थामा फेला पारिएको जानकारी दिए।, घटना विवरण अनुसार बुटवल औद्योगिक क्षेत्र तथा विभिन्न स्थानबाट तामाको तार चोरी भएको गुनासो बढ्दै गएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा नेपालीलाई ३ किलो तामाको तार कवाड पसलमा विक्री गर्दै गरेको अवस्थामा शनिबार साँझ पक्राउ गरेको थियो।, शनिबार राती र आइतबार दिनभर हिरासतमा सामान्य अवस्थामा रहेका नेपालीलाई सोमबार दिउँसो ३ बजेतिर घाँटीमा गहिरो चोट लागेर हिरासतभित्रै पल्टिएको अवस्थामा फेला परेका थिए।, प्रहरी नायब उपरिक्षक केसीका अनुसार मुद्दा चल्ने अवस्थाका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय बुटवलमा पठाईने भए पनि नेपालीमाथि सोधपुछ र अनुसन्धान भईरहेकोले वडा प्रहरी कार्यालयको हिरासतमै एक्लै थिए।, सोही क्रममा धारिलो वस्तुले घाँटी रेटेर आत्महत्या गर्न खोजेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।, हिरासतमा रहेको शौचालयको साईफन फुटेको र त्यसको टुक्रासमेत फेला नपरेकोले सोही साईफनको टुक्राले घाँटी काटेको हुनसक्ने प्रहरी नायब उपरीक्षक केसीले सेतोपाटीलाई जानकारी दिए।, ‘दिउँसै कम्बल ओढेर सुतेको देखेपछि गएर हेर्दा घाँटीमा गहिरो चोट लागेको फेला परेको थियो। तत्काल उनलाई उपचारको लागि अस्पताल ल्याएको हो,’ केसीले भने।, केसीले घाईते नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालको आईसियूमा भेन्टिलेटरमा राखि उपचार भईरहेकोले घटनाबारे थप सोधपुुछ गर्न नसकिएको बताए।, अन्दाजी २८ वर्षिय नेपाली लुम्बिनी प्रादेशिक अस्पतालमा सफाईकर्मीको रूपमा काम गर्दै आएका थिए।, घाइते नेपालीकी दिदी मनकुमारी नेपालीले अनुसन्धानको लागि भन्दै प्रहरीले पक्राउ गरेर राखेको व्यक्ति हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला पर्नु गम्भीर विषय भएको बताईन्।, उनले प्रहरीले कुनै पनि घटनामा संलग्नलाई कारवाही गर्नु स्वभाविक भए पनि हिरासतभित्र रहँदा उनीहरूको जिउज्यानको सुरक्षा गर्नु पनि प्रहरीको दायित्व भएकोले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताईन्।, चिउडो मुनि घाँटीमै गहिरो चोट लागेकोले घटना संकास्पद भएको उनको भनाई छ। ‘हिरासतमा रहेको व्यक्ति यस्तो अवस्थामा फेला पर्दा प्रहरीलाई नै घटना कसरी भयो भन्ने थाहा नहुनु भनेको प्रहरी कार्यालयको गम्भीर लापरवाही हो, यसको सत्यतथ्य छानविन हुनुपर्छ।’ उनले भनिन्।, मनकुमारीले उपचारमासमेत प्रहरीले चासो नदिएको बताईन्। ‘२४ घण्टा नहुँदै ३०-३५ हजार रूपैयाँ खर्च भईसकेको छ, अहिलेसम्म म आफैंले ऋण खोजेर उपचार गरेकी छु,’ उनले भनिन्।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले हिरासतमा रहेका व्यक्तिले घाँटी रेटेर आत्महत्या गर्न खोजेको अवस्थाबारे थप अनुसन्धान सुरू गरिएको जानकारी दिए।,
प्रहरी हिरासतमा रहेका एक युवा घाँटी रेटिएको अवस्थामा फेला
|
रासस सामान्यतयाः चैत-वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जंगलका लालिगुराँस ओइलाएर झर्न लागेको छ।, जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो।, मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघदेखि नै फुलेपछि यहाँका जङ्गल र लेकाली क्षेत्रहरू समयअघि नै राताम्ये भएका थिए।, समयअघि फुलेर राताम्यै भएका लालीगुराँस हेर्न, तस्बिर खिच्न, टिकटक बनाउन र रमाउन लेकाली क्षेत्रमा आन्तरिक पर्यटकहरूको भीड लागेको थियो।, पछिल्लो समयमा जलवायु परिवर्तनका कारण वातावरणमा अस्वाभाविक परिवर्तन देखिँदा बाली पाक्ने, जङ्गली फलहरू पाक्ने र गुराँसको फूल फुल्ने समयमा पनि परिवर्तन आएको छ।, जिल्लाको उत्तरी क्षेत्र घोरेपानी, शिख, घार, राम्चे, नारच्याङलगायत क्षेत्रमा केही ढिलो गरी फागुनको पहिलो सातादेखि नै लालीगुराँस फुलेको छ भने पश्चिमी क्षेत्रका अधिकांश जङ्गलमा पुसको अन्तिम सातादेखि नै फुल्न सुरु गरेको लालीगुराँस अहिले ओइलाउँदै गएर झर्न थालिसकेको स्थानीयवासीले बताए।, मौसम परिवर्तनका कारण यस वर्ष चाँडै गुराँस फुलेपछि फुल्ने समयमा ओइलाउन थालेको भकिम्लीका मनबहादुर श्रीषले बताए।, पश्चिमी क्षेत्रमा लालीगुराँस फुलेर ओइलाउँदै झर्न सुरु गरेपछि हेर्नेहरूको घोरेपानी क्षेत्रमा भीड लाग्न सुरु भएको पर्यटन व्यवसायीहरूले बताए ।, घोरेपानीका जङ्गलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भीड लागेको थियो। ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द बनाउने गरेको छ। विश्वमा पाइने लालीगुराँसका ४२ प्रजातिमध्ये म्याग्दीका जंगलमा १६ प्रजातिका गुराँस पाइन्छन् भने नेपालमा ३२ प्रजातिका गुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ।, फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य याम हो। गुराँस फुल्ने याम सुरू भएसँगै घोरेपानी क्षेत्र रातै भएको देख्न सकिन्छ। गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको स्थानीय होटल व्यवसायीहरूले बताए।, प्राकृतिक सुन्दरतासँगै ढकमक्क फुलेका विभिन्न प्रजातिका गुराँसले मनलाई आनन्दित बनाउनाका साथै शरिरमा शुद्ध अक्सिजनको माग केही क्षणका लागि भए पनि पूरा गर्न पाएकामा खुसी लागेको काठमाडौंबाट पारिवारिक भ्रमणका लागि घोरेपानी आएका वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए।, उता पश्चिमी म्याग्दीको भकिम्ली, वरञ्जा, अर्मनलगायत रघुगंगा क्षेत्रका पाखापानी, कोटगाउँ, दग्नाम, दर्मिजा क्षेत्रमा भने लालीगुराँस फुलेर ओइलाएको छ। विगतका वर्षहरूमा भन्दा यस वर्ष छिटो फुलेको लालीगुराँसको प्राकृतिक रंगमा समेत परिवर्तन देखिएको रघुगंगा गाउँपालिका–४ दग्नामका वडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए।,
जलवायु परिवर्तनको असरः माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस
|
रासस काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ। सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ। , सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ। तीन प्याकेजमध्ये अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए।, यससँगै अहिले परामर्शदाताको पनि छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ। नागढुंगा–नौबिसे सडकको लम्बाई १२ किमी र नौबिसे–मलेखु साढे ४३ किमी हो। उनले भने, ‘दुबै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ।’, नागढुंगाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ। यसका लागि नेपाली र अन्तर्राष्ट्रिय दुबै निर्माण कम्पनीले आबेदन हालेका छन्। नागढुंगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए। तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीले बताए। ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैंकलाई पठाएको थियो। उनले भने, ‘अहिले विश्व बैंकले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ।’ , हाल प्रक्रियामा रहेका दुई ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जानसक्ने प्रमुख कार्कीले बताए। ठेक्का सम्झौता पहिले कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ। त्यो नभएपछि सम्झौता गर्न सकिने उनले भने। अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उनले बताए।, सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा चार लेन हुनेछ। विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताए।, सडक विभागले यस अघि नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ। यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुंगा–मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ। यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए। बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि पहाडी क्षेत्रमा दुई लेनमा नै निर्माण गरिनेछ। मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ।, सडकमा निर्माणको काम गर्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ। बैकल्पिक सडक नहुँदा सवारीसधन अर्काेतर्फ मोड्न (डाइभर्ट) गर्न सकिने छैन । सवारीसाधन एकातर्फीरुपमा सञ्चालन गरेर अर्का तर्फबाट निर्माणको काम गरिने प्रमुख कार्कीले बताए। सडक निर्माणका क्रममा सकेसम्म नागरिकलाई कम दुःख परोस भनेर ध्यान दिइने उनले बताए। उनले भने, ‘बुटवाल–नारायणघाट सडक बनाउँदा नागरिकले दुःख पाएकाले यहाँ सकेसम्म व्यवस्थापन गर्न लागिनेछ।’ सडक विस्तारका लागि वर्षामा पहाड खन्ने काम नगर्ने प्रमुख कार्कीले बताए।, आयोजना सडक निर्माणका लागि जग्गा प्राप्तीको काममा विगत छ महिनादेखि लागेको छ। निर्माणस्थलमा केही घरटहरा रहेकामा तीनलाई क्षतिपूर्ति दिएर हटाउन लागिएको छ। बन कटानका लागि प्रक्रिया अघि बढाइएको छ र मन्त्रीपरिषद्बाट निर्णय आएपछि ठेक्का लागेपछि हटाइनेछ। उनले भने, ‘कटानको स्वीकृति भएपछि ठेक्काबाट निर्माणस्थलमा रहेका रूख हटाइनेछ।’ , नागढुंगा चेकप्वाइन्टबाट सुरू भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौं, धादिङ र चितवान गरी तीन जिल्लालाई समेट्छ। यो सडकमा विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ। सबैभन्दा बढी सवारीसाधन भित्रने र बाहिरिने नाका भएकाले सडक सुरक्षाका लागि आवश्यक कुराको निर्माणमा ध्यान दिइनेछ छ र मोड सुधार गर्ने, पुल थपिनेलगायतका काम गरिनेछ । , यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ। ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ। यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ।,
नागढुंगा–मुग्लिन सडक विस्तार वैशाखमा सुरू हुने
|
सेतोपाटी संवाददाता अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ। , नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। , उनका अनुसार शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको हो।, सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको हो।, चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि शाह थुनामा थिए। , चैत ३ गते नवलपुरमा जबर्जस्ती करणी मुद्दा दायर भएको थियो। ,
,
पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइयो
|
सेतोपाटी संवाददाता मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , केराबारी गाँउपालिका-१० का १९ वर्षीय पिलिज बिकको मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , मंगलबार केराबारी गाँउपालिका-८ स्थित को २ त ६७०० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिँदा ट्याक्टरको स्ट्रिङमा बिक च्यापिएका थिए। , घाइते बिकलाई उपचारको लागि स्थानीय सुकुना अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ। , ईलाका प्रहरी कार्यालय केराबारीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।,
मोरङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
|
रासस म्याग्दीको धवलागिरि गाउँपालिका-५ को दुर्गम बस्ती भेडिखाल्टा। यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार।, आफ्नो घर नभएको र टहराको बसाइ कष्टकर भएपछि उनको परिवार छिमेकी (माइती) गाउँमा ओत लाग्न पुगेका हुन्। उनीहरूको कुइनेखानीको बारी पहिराले बगाएको थियो।, विगत १२ वर्षदेखि विकका परिवार उनको श्रीमती लालमायाको कान्छो बुवाको घरमा आश्रय लिएर बसेका छन्।, विक दम्पतीको अनमेल विवाह भएको थियो। न्यून दृष्टिविहीन रहेकी लालमायाको ३९ वर्ष जेठा बसवीरसँग विवाह भएको थियो। अहिले लालमाया ३५ र बसवीर ७४ वर्ष पार गरेका छन्।, विक दम्पतीका चार सन्तान छन्। गरिबी, अभावको चरम सामाना गरेको यस परिवारले आश्रय लिएको घरसमेत जीर्ण अवस्थामा पुगेको छ। माइतीमा आश्रय लिएको घरबाहेक खेती–किसानी गर्ने कुनै जग्गाजमिनसमेत छैन।, मजदुरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका विक परिवारमा घरमुली बसवीर वृद्ध हुँदै गएको र उनको गत वर्ष एउटा आँखाको ज्योति गुमेपछि परिवार नै साहाराविहीन बन्न पुगेका हुन्।, ‘जेनतेन परिवार पालेको थिएँ, अघिल्लो वर्ष काम गर्ने क्रममा आँखामा ढुंगा पर्यो, समयमै अस्पतालमा उपचार गराउन जान नसक्दा आँखा नै बन्द भयो, अहिले त अर्को आँखाले पनि कम देख्न थालेको छ, पाखुरा बेचेर परिवार चलाउने मेसो पनि हरायो’, उनले भने। , उनकी श्रीमती पनि न्यून दृष्टिविहीन छिन्।, घरमूली दम्पतीले नै काम गर्न नसक्ने र दुवैको कुनै पनि आम्दानीको स्रोत नभएपछि उनीहरूको दैनिक घर खर्चदेखि छोराछोरीको पालनपोषण र शिक्षामा समेत अभावले सताउन थालेको छ।, आफूहरूले घरायसी सामान्य कामबाहेक केही गर्न नसक्ने र छोराछोरी साना भएकाले घरखर्च र पढाइलेखाइ गराउन समस्या भएको लालमायाले बताइन्। , विक दम्पतीका तीन छोरा र एक छोरीमध्ये एक जनाले स्कुल जान नै छाडेका छन्। जेठो १५ वर्षका छोरा सुविन्द्रलाई काठमाडौंको एक संस्थाले निःशुल्क पढाइदिएको छ।, स्थानीय जनज्योति आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दागर्दै ११ वर्षका माइलो छोरा राजेन्द्रले आर्थिक अभावकै कारण स्कुल जान छोडेका छन्।, घरको आर्थिक अवस्था कमजोर भएको र कापी, कलम तथा लत्ताकपडा व्यवस्था गर्न नसकेपछि राजेन्द्रले स्कुल जान छाडेर छिमेकी र गाउँलेको काम गर्न थालेको आमा लालमायाले दुःखेसो पोखिन्। , लालमायाकी १० वर्षीया छोरी सुशीलालाई पनि पढ्ने निकै रुचि छ तर उनको पढाइ पनि बीचैमा रोकिने त होइन भन्ने चिन्ता छ।, विक दम्पतीको कान्छो छोरा तेजिन्द्र भर्खर दुई वर्षका छन्।, नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट गुजारा चलाउने विक दम्पती गरिबी, अशिक्षा र अभावको चपेटामा परेका छन्। , ‘छोराछोरी साना छन्, श्रीमान ७४ वर्ष पुग्नुभयो, काम गर्न सक्नुहुन्न म पनि आँखाको कमजोरी छु, लाउने खानेदेखि लिएर पढाउन पनि धरै समस्या भएको छ, कपडा त मोगेर लगाउँछौं, बरू कुनै छाक भोकै बस्छौं, छोराछोरीको पढाइका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो’, लालमायाले भनिन्।, अहिलेसम्म त जेनतेन चलेको विक परिवारमा बिरामी भएमा कहाँ जाने भन्ने प्रश्नले पिरोलिरहन्छ। ,
‘पाखुरा बेचेर परिवार चलाउने मेसो पनि हरायो’
|
रासस राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै, कमाउँदै’ कार्यक्रमका लागि हिमालपारिको जिल्ला मनाङको लोकप्रिय मावि छनोटमा परेको छ।, जिल्लाको चामे गाउँपालिका-४ स्थित लोकप्रिय मावि कार्यक्रमका लागि छनोटमा परेको हो।, छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिने छ। लोकप्रिय माविमा कृषिसम्बन्धी पढाइ हुने गरेको छ। , पढ्दै, कमाउँदै कार्यक्रमका लागि विद्यालय छनोटमा परेको जानकारी दिँदै लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले कार्यक्रमको प्रावधानअनुसार व्यावहारिक रूपमा कार्यक्रमलाई कार्यान्वयन गरिने बताए।, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेको थियो। , केन्द्रको निर्देशक समितिको बैठकले कार्यक्रमका लागि विद्यालय छनोट गरेको हो।, कार्यक्रममा प्राविधिक शिक्षा पढाइने विद्यालयलाई प्राथमिकतामा राखिएको छ।, छनोटमा परेका विद्यालयलाई सशर्त अनुदानअन्तर्गत वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत् अनुदान रकम विद्यालयको खातामा उपलब्ध गराउने व्यवस्था गरिएको छ।, पढ्दै,कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८ मा उल्लिखित कार्य प्रक्रियाबमोजिम विद्यालयका लागि बजेट स्वीकृत गरिएको छ। विद्यालयलाई बजेट दुई किस्तामा उपलब्ध गराउने व्यवस्था गरिएको छ। , पहिलो चरणमा ५० प्रतिशत र दोस्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलब्ध गराइने छ।, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै,कमाउँदै कार्यक्रम’ का लागि १४० सामुदायिक विद्यालय छनोट गरेको छ।, स्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड रुपैयाँ विनियोजन भएको छ।, यो बजेट छनोट भएका जिल्लामा १० लाखका दरले उपलब्ध गराइनेछ। माछापालन, तरकारी खेती गर्ने जग्गा भएका प्राविधिक धारका सामुदायिक विद्यालयलाई केन्द्रले छनोट गरेको हो। ,
,
‘पढ्दै, कमाउँदै’ कार्यक्रमका लागि मनाङको लोकप्रिय मावि छानियो
|
खिलानाथ ढकाल उदयपुरको बेलका नगरपालिका-३ की १७ वर्षीया किशोरी कविता सुनुवारलाई मंगलबार बिहान सँगै पढ्ने साथीले फोन गरेकी थिइन्।, बिहान ४:१० मा उनीहरूबीच स्कुल जाने विषयमा कुराकानी भएको थियो। सोही वडाको कोसी जनता माध्यमिक विद्यालयमा कविता १० कक्षामा पढ्थिन्।, प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार साथीसँग फोनमा कुराकानी भएपछि कविता घरबाट निस्केकी थिइन्।, ‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बयान उद्धृत गर्दै प्रधानाध्यापक साह भन्छन्।, साथी पनि उनीसँगै हिँडेको बुझिएको साह बताउँछन्। तर, साथी शंकास्पद तरिकाले घर फर्किइन्। उनको साथमा कोही छोरा मान्छे थिए।, साहका अनुसार ती साथी कविताकी सबैभन्दा नजिक र घर पनि सँगै छ।, कविता घरबाट पैदल निस्केकी थिइन्। उनी प्राय: पैदल नै विद्यालय जाने गर्थिन्।, साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ। स्कुलले बिहान सवा ६ बजे अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ।, कविता यो बीचमा झन्डै २० दिन विद्यालयमा हाजिर भएकी थिइनन्। बिरामी परेकाले स्कुल नआएको बुझिएको थियो।, मंगलबार बिहान साथीले फोन गरेपछि उनी स्कुल आउन तयार भएकी थिइन्। ‘गाउँघर हो, अतिरिक्त कक्षाका लागि स्कुल ड्रेस अनिवार्य छैन,’ साहले भने।, कविता स्कुल त हिँडिन्, स्कुल पुग्नुभन्दा ६/७ सय मिटर छेऊकै जसोदा खोला मात्रै तर्न पाइन्।, वडाध्यक्ष भरतबहादुर मगरका अनुसार यसोदा खोलाको पूर्वपट्टी बाँसघारी छ। त्यहाँबाट करिब साठी मिटर तल कवितालाई घिसारेर लगिएको देखिएको छ।, ‘घिसारेर लगेर केही तल पुगेपछि टाउकोमा ढुंगा प्रहार गरिएको देखिएको छ,’ वडाध्यक्ष मगरले भने, ‘घिसारेको ठाउँमा रगत छ, घिसार्दै फेरि अर्को ठाउँमा लगेर अनुहारमा ढुंगाले बेस्सरी हिर्काइएको छ।’, ढुंगा प्रहारबाट कविताको अनुहार क्षतविक्षत छ। उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ।, ‘सवा पाँचदेखि ६ बजेभित्रको घटनाजस्तो देखिन्छ,’ प्रधानाध्यापक साह भन्छन्, ‘एकदमै क्रुर ढंगले हत्या गरेको देखिन्छ, यो स्कुलमा पढ्ने विद्यार्थी कसैलाई अहिलेसम्म केही भएको थिएन, कस्तो हिंस्रक घटना भयो।’, साहका अनुसार कविता मिहेनती र इमान्दार विद्यार्थी थिइन्। उनको पढाइ एकदमै राम्रो थियो।, ‘बिरामी भएर केही समय घर बसेकी मात्र हुन्, उनी एकदमै राम्रो विद्यार्थी थिइन्, कसैलाई दुर्बचन गर्दिनन् थिइन्,’ साहले भने।, नगरपालिकाले आफ्ना हरेक स्कुलमा विद्यालय सुधार कार्यक्रम ल्याइरहेका छन्। त्यसमध्ये अतिरिक्त कक्षा प्राथमिकतामा थियो।, ‘वैशाखको एक महिनामा बाहेक जाडो-गर्मी दुबै मौसममा अतिरिक्त कक्षा हुन्थ्यो,’ साहले भने।, वडाध्यक्ष मगरका अनुसार बुद्धचोक, कालीखोलालगायत ठाउँका विद्यार्थी प्राय: पैदल नै स्कुल जाने गरेका छन्।, कविता घरकी कान्छी छोरी थिइन्। उनकी दिदीको त्यही वडामा विवाह भएको छ। उनका १० वर्षीय भाइ छन्।, बुवा कृष्णबहादुर सुनुवार बिहानै उठेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गएका थिए। नातिनी बिरामी भएका कारण जेठी छोरीलाई साथै लिएर सुनुवार बिहान मोटरसाइकलमा धरान हिँडेका थिए।, कृष्णबहादुर र कविता हिँडेको समय उस्तैउस्तै देखिएको वडाध्यक्ष मगर बताउँछन्। ‘आमालाई भने छोरी घरबाट हिँडेको थाहा भएको रहेनछ, बुवा र दिदीलाई थाहा रहेछ,’ मगरले भने।, घटनापछि स्थानीय र विद्यार्थी आक्रोशित छन्। उनीहरूले इलाका प्रहरी कार्यालय रामपुरमा घेराउ गरेका छन्।, शान्ति सुरक्षा र दोषीमाथि कारबाही माग गर्दै उनीहरूले केहीबेर प्रहरी कार्यालय घेराउ गरेको वडाध्यक्ष मगरले बताए।, हत्या गरिएकी छात्राको शव पोष्टमार्टमको लागि बिपी प्रतिष्ठान धरान पठाइएको छ। यो हत्या बिहान जसले फोन गरेर स्कुल जाऔं भनिन्, उनैबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार अनुसन्धानका लागि ती साथी र उनका दाजु नाता पर्ने विनोद ढकाललाई पक्राउ गरिएको छ।, साथीले फोन गरेर बोलाएको र विनोद पनि पछिपछि गएर दुबैले मिलेर कविताको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, ‘साथी-साथीबीच केही समयअघि मनमुटाव भएको र त्यो निहुँ हत्यासम्म पुगेको बुझिन्छ,’ बोहराले भने, ‘विस्तृत अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने छ।’, घटनाको अनुसन्धान संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेका छन्।,
साथीले फोन गरेपछि झिसमिसेमै स्कुल हिँडेकी थिइन् कविता, तर पुग्नै पाइनन्
|
सेतोपाटी संवाददाता प्रहरीले भक्तपुरबाट भालुको पित्त र कस्तुरीको बिनासहित तीन जनालाई पक्राउ गरेको छ।, मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्रबहादुर बेगा, जुम्ला सिँजा गाउँपालिका-६ काडागाँउ घर भई हाल कोटेश्वर बस्दै आएका १८ वर्षीया गोपालबुढा क्षेत्री र पाँचथरको याङवरक गाउँपालिका-२ तिनतिम्बो घर भई जोरपाटी बस्दै आएका ४६ वर्षीय लोकेन्द्र बेगालाई पक्राउ गरेको महानगरीय अपराध महाशखाले जानकारी दिएको छ। , मंगलबार प्रहरीले क्षत्रबहादुरको घरमा कस्तुरीको बिना र भालुको पित्त कारोबार भइरहेको गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरीले उनीहरूलाई पाँच थान कस्तुरीको बिना र पाँच थान भालुको पितसहित नियन्त्रणमा लिएको हो। , थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला डिभिजन वन कार्यालय भक्तपुर पठाएको छ। ,
,
भक्तपुरमा भालुको पित्त र कस्तुरीको बिनासहित तीन पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ जनामा संक्रमण पुष्टि भएको हो। , पाँच हजार पाँच सय ८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। तीन हजार २७८ जनाको पिसिआर र दुई हजार तीन सय९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , अहिले देशभर आठ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घन्टामा ५१ जना संक्रमित निको भएका छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
पाँच हजार पाँच सय ८७ को कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि
|
सेतोपाटी संवाददाता प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। , प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट टेलिभिजनमा लाइभ चलाएका थिए। , प्राइम टाइम्स टेलिभिजनमा गरिएको उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए। , सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले जनाएको छ। , काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलताका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्ती रूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको, दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो? तपाईंबाट पटक-पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो? पत्रकारिता क्षेत्रको मर्यादा/विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो? २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशानुसार सूचित गरिन्छ।’ , धमलाले यसअघि नेपाल बार एसोसिएसनको बैठकस्थलमा अनुमतिबेगर प्रवेश गरी प्रत्यक्ष प्रसारण गर्ने प्रयास गरेका थिए। उनको त्यो कार्यको आलोचना भएको थियो।, धमला पटक-पटक विवादमा आइरहन्छन्। धमलाका टेलिभिजन अन्तर्वार्ताहरू पत्रकारिताको मर्म र भावनाविपरीत हुने गरेको आरोप लाग्ने गरेको छ। ,
प्रेस काउन्सिलले सोध्यो ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण
|
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीका विभिन्न सामान र नगदसहित एक जनालाई पक्राउ गरेको छ।, वीरेन्द्रनगरको बजार क्षेत्रका गल्लीमा पसेर पसलहरूका ताला फोडेर सामान गर्ने वीरेन्द्रनगर–३ का २८ वर्षीय हिमाल शाहीलाई मंगलबार पक्राउ गरिएको हो।, गल्लीमा रहेका विभिन्न पसलहरूको ताला तोडी पसलहरू चोरी गरी हिँडिरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए।, उनलाई नियन्त्रणमा लिएर चेक गर्दा चोरी भएका सामानहरू र नगदसमेत बरामद गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।, पक्राउ परेका युवकको साथबाट १२ हजार ४ सय ५५ रुपैयाँ नेपाली र ५ हजार ३३० रुपैयाँ भारु फेला परेको छ।, यस्तै, बच्चाको लागि तयार पारिएका पाँच थान चाँदीको बाला, १ थान ब्रास्लेट, ४ थान सिक्री, विभिन्न डिजाइनका कपडाहरू पनि उनको साथबाट बरामद गरिएको छ। एक थान रेड्मी मोबाइल र सटर तोड्न प्रयोग गरिएको रड पनि बरामद गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।, पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको काम भइरहेको उनले जानकारी दिए।,
वीरेन्द्रनगरका गल्लीका पसल फोडेर सामान चोरी गरेको आरोपमा युवक पक्राउ
|
सेतोपाटी संवाददाता नेपाली सेनाले यस वर्ष चार वटा हिमाल सफा गर्ने भएको छ। , मंगलबार सैनिक हेडक्वार्टर जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०२२’ को आरम्भ गरेका हुन्।, ‘हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ ३० जना सैनिक टोलीले हिमाल सफा गर्न लागेको हो। , ३० जना सैनिकसहित ८७ जनाको टोली हिमाल सफा गर्न जान लागेको हो। , यस वर्ष सैनिक टोलीले सगरमाथा, लोत्से, कञ्चनजंगा र मनास्लु सफा गर्न जान लागेको सेनाले जनाएको छ। यस्तै, त्यहाँबाट सफा ३५ टन फोहोर सफा गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ। , ‘चार हिमालबाट करिब ३५ टनको फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ। यो आफैंमा एउटा महान कुरा हो। प्रकृति तथा पर्यावरण अभियान संरक्षण अन्तर्गत यस सफा हिमाल कार्यक्रमको तेस्रो श्रृंखलाको सञ्चालनले पर्यावरणमा केही हदसम्म यसले सहयोग पुर्याउँछ,’ कार्यक्रममा प्रधानसेनापति शर्माले भने। , उनले नेपाली सेना विगत ४० वर्षदेखि पर्यावरण जोगाउन लागिपरेको बताए। , ‘विगत ४० वर्षदेखि नेपाली सेना केही हदमा भए पनि पर्यावरण जोगाउनेमा संलग्न हुँदै आएको छ र अहिले पनि निरन्तर रूपमा विभिन्न प्रयास गरिरहेको छ,’ उनले भने, ‘संरक्षणको कार्यमा अहिलेसम्म प्रत्यक्ष रूपमा ९ हजार १ सय ४१ फौज यही विभिन्न स्थानमा संरक्षण कार्यकै लागि खटिएका छन्।’, विलासिताको असरले पनि हाम्रो देशको हिमाल फोहोर हुने गरेको उनले बताए।, ‘प्रविधिजन्य वस्तु र विलासितातर्फ संसारका सबै मानिसहरू लागिरहेका छन्। त्यसको असर हामी नेपालीहरूमा पनि परेको हुँदा धेरैजसो फोहोर विलासिताकै कारणले हुने गरेको पाइएको छ। अध्ययनले पनि त्यसैलाई इंकित गरेको छ,’ उनले भने। , त्यसबाट उठ्ने सड्ने फोहोरलाई स्थानीय तहलाई हस्तान्तरण गर्ने र नसड्ने फोहोर विभिन्न कम्पनीहरूलाई दिन लागेको हो। यो अभियान जेठ २२ गत सकिनेछ।, नेपालमा हिमाल सफा गर्ने अभियान सन् २०१९ देखि सुरू भएको थियो। पहिलो वर्ष नै सेनाले १० टन फोहोर सफा थियो। , कोरोना भाइरसको संक्रमण फैलिएपछि स्थगित भएको सफाइ कार्यक्रम फेरि सन् २०२१ मा सुरू भएको हो। त्यतिबेला सेनाले चार वटा शवसहित २७ टन फोहोर सफा गरेको हो। , नेपाली सेनाले सरकारसँग हिमाल सफा गर्न १२ करोड ९६ लाख ७० हजार ३७२ रुपैयाँ माग गरेको थियो। तर सरकारले जम्मा ८ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ। , नेपाली सेनाका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा यो वर्षको अभियानलाई १७ प्रतिशत कम बजेट विनियोजन गरेको हो।, त्यस्तै बजेट रकमबाहेक अभियानमा प्रयोग हुने हवाई साधन, मेडिकल र संचार खर्चमा एक करोड ३० लाख रकम विनियोजन भएको छ। ,
नेपाली सेनाले सगरमाथालगायत चार हिमाल सफा गर्ने
|
सेतोपाटी संवाददाता मकवानपुरमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले स्कुलमा तोडफोड गरेका छन्। , बागमती गाउँपालिका-८ फापरबारीमा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले मंगलबार विद्यालय तोडफोड गरेको इलाका प्रहरी कार्यालय फापरबारीले जानकारी दिएको छ। , कक्षा चारदेखि आठ सम्मका विद्यार्थीमाथि गलत तरिकाले छुने गरेको भन्दै विद्यार्थीहरूले तीन जना शिक्षकविरूद्ध निवेदन दिएका थिए।, उनीहरूले गत हप्ता नै विद्यालयमा निवेदन दिँदा पनि कुनै कारबाही नगरेको भन्दै विद्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार सोही विद्यालयका शिक्षक लोकबहादुर बिक, रूद्रबहादुर बिक र हेमबहादुर बिकमाथि दुर्व्यवहार गरेको आरोप छन्। ,
,
मकवानपुरमा शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले गरे स्कुलमा तोडफोड
|
सेतोपाटी संवाददाता थुनछेक बहसका लागि नवलपुरमा लगिएको अभिनेता पल शाहको बयान सकिएको छ। , तनहुँ हिरासतबाट मंगलबार नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिए। , उनका अनुसार मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको हो। पलको करिब छ घन्टा बयान लिइएको हो।, आज बयान सकिएसँगै बुधबार थुनछेक बहस हुनेछ। सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्नेछन्। आज अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने क्षेत्रीले जानकारी दिए। , बयान लिएर शाहलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा नै राखिएको छ। , नाबालिग बलात्कार गरेको अभियोगमा नवलपुरमा चैत ३ गते उनीविरूद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको थियो।, चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि शाह थुनामा थिए। , ,
नवलपुरमा पल शाहको बयान सकियो, भोलि थुनछेक बहस
|
सेतोपाटी संवाददाता कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि आक्रमण हुँदा एक नेपाली सैनिक घाइते भएका छन्। , नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक नेपाली सैनिक घाइते भएको जानकारी दिएको छ।, नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेको थियो। मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा 'कर्डन एन्ड सर्च'को कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ। , त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएको नेपाली सेनाले जनाएको छ। , घाइतेको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ। अरू बाँकी फौजहरू सुरक्षित रहेको जानकारी दिइएको छ।,
कंगोमा विद्रोहीको आक्रमणबाट एक नेपाली सैनिक घाइते
|
सेतोपाटी संवाददाता मास्टरसेफ सन्तोष साह अर्को साता जनकपुरमा हुने पाककला प्रतियोगितामा निर्णायक बनेर भाग लिन आउँदैछन्।, यस वर्ष बिबिसी मास्टरसेफ च्यालेन्ज 'रिम्याच' का विजेता साह आफूसँगै मास्टरसेफ प्रतियोगितामा सामेल तीन सदस्यका साथ जनकपुर आउन लागेका हुन्। उनीहरू सबै निर्णायक मण्डलका सदस्य रहने छन्। यो कार्यक्रमबारे साहले नै आफ्नो ट्वीटरमार्फत् जानकारी दिएका हुन्।, मास्टरसेफ च्यालेन्ज ‘रिम्याच’ मा सन्तोषसहित चारै जनाले भाग लिएका थिए।, घरेलु स्तरको पाककला प्रतियोगितामा इटहरीदेखि पोखरासम्मका हस्पिट्यालिटी व्यवस्थापनका विद्यार्थीले भाग लिने छन्। उनीहरूले विभिन्न थरीका खाना पकाउँदै आफ्नो पाककला प्रदर्शन गर्नेछन्।, प्रतियोगिता विशेष गरी मिथिला भोजनमा केन्द्रित हुने आयोजक समूहले जनाएको छ।, The most awaited Moments have arrive. Coming to Nepal with these fantastic chefs and discovering Nepal gastronomy. ,@bartvdlee, ,@ChefPhilli, ,@chefwebb1, ,pic.twitter.com/rQaRjeuI0D,
— Santosh Shah (@chefsantoshshah) ,April 5, 2022, मास्टरसेफ साह र उनको टोली बुधबार काठमाडौं आइपुग्दैछन्। अर्को साता चैत २७ गते उनीहरू जनकपुर जान्छन्।, त्यहाँ उनी आफ्नो घर सिरहा जाने कार्यक्रम पनि छ। त्यस क्रममा आफ्नी आमाको भान्सामा गएर सन्तोषसहित चारै जनाले खाना पकाउने छन्। जनकपुरको प्रतियोगिता त्यसको भोलिपल्ट हुनेछ।, सन्तोष गत वर्ष बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता थिए। उनले त्यति बेला काठमाडौंको नेवार परिकार यःमरि चखाएर निर्णायकहरूको वाहवाही कमाए। यसपालि उनले पकाएको मधेसको स्वादले पनि निर्णायकहरूको मन जितेको थियो।, मास्टरसेफ साहले नेपालका विभिन्न जातजाति र क्षेत्रमा प्रचलित परिकारहरू र त्यसको कथा समेटिएको किताब ‘ऐला’ हालै प्रकाशन गरेका छन्। पेन्गुइन प्रकाशनले छापेको उक्त किताब पहिलो चरणमा लन्डनमा विमोचन गरिएको थियो। केही समयपछि नेपालका लागि अलग्गै प्रकाशन गर्ने तयारी छ।, यी पनि हेर्नहोस्:, मास्टरसेफ सन्ताेष साहको त्यो यादगार २४० मिनेट, १६ नेपाली परिकारसहित लन्डनमा रेस्टुरेन्ट खोल्दै मास्टरसेफ सन्तोष साह, मास्टरसेफ सन्तोष साहसँग काठमाडौंको फूड टूर (भिडिओ),
बिबिसी मास्टरसेफ 'रिम्याच' का विजेता सन्तोष साह र तीन प्रतियोगी जनकपुर आउँदै
|
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पताल सुर्खेत परिसरमा बच्चाको शव कुकुरले च्यापेर डुलिरहेको फोटो र भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।, अस्पतालको पार्किङ क्षेत्रमा बच्चाको शव च्यापेर कुकुर डुलिरहेको भिडिओ शनिबारदेखि भाइरल भएको थियो। उक्त भिडिओ कसैले मोबाइलमा खिचेका थिए।, बच्चाको शव कुकुरले लिएर हिँडेको फोटो र भिडिओ देखेर कर्णाली प्रदेश अस्पतालको आलोचना भइरहेको छ। अस्पतालले भने शनिबार नै विज्ञप्ति निकालेर बच्चाको शवबारे अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिसकेको बताएको थियो।, जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाबारे अनुसन्धान गरेपछि मृत बच्चा कसको हो भन्ने खुलेको छ।, प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार दैलेखको आठबीस नगरपालिका–९ का गोपाल विक र पवित्रा बिकको बच्चाको शव भन्ने खुलेको छ।, प्रदेश अस्पतलमा सुत्केरी हुन आएकी पवित्राबाट गत चैत १४ गते मृत बच्चा जन्मेको थियो।, अस्पतालले उनका परिवारलाई शव जिम्मा लगाएको थियो। उनीहरुले अस्पताल परिसरको जंगल भएको क्षेत्रमा मृत बच्चालाई गाडेका थिए। त्यहीबाट कुकुरले ल्याएको हुन सक्ने अनुमान छ।, शवको सनाखत गराई पुनः सुरक्षित रुपमा दाहसंस्कार गर्न बुवा गोपाललाई आइतबार नै जिम्मा लगाइएको थियो।, ‘उहाँहरु सुर्खेतमै हुनुहुँदो रहेछ, हामीले अनुसन्धान गर्ने क्रममा पत्ता लागेपछि शव जिम्मा लगाईसक्यौं,’ उनले भने।,
बच्चाको शव च्यापेर कुकुर अस्पताल परिसरमा डुलेपछि...
|
सेतोपाटी संवाददाता प्रदेश १ बाहेक देशको अन्य भू-भागमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।,
सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। , साथै तराई भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, यस्तै मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।, बुधबार दिउँसो प्रदेश १को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।,
,
प्रदेश १ बाहेक देशको अन्य भू-भागमा मौसम सफा रहने
|
रासस जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन्।, भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए।, आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको थियो। पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए।, निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उनको भनाइ छ। उनकाअनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ। जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काे रेल छुट्ने उनले बताए।, लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग भएका छन्। स्थानीय युवा सञ्जय झा रेल नियमितरुपमा चल्न थाल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा व्यक्त गर्छन्।, रेल सेवा सुरु भएसंगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने उनको विश्वास छ। उनले भने, ‘हामीले आफ्नै ठाउँमा केही गर्छुभन्दा पनि अवसर मिल्ने देखिन्छ।’, रेल नियमित सञ्चालन हुने हल्ला सुनेका जनकपुरवासी केही दिनदेखि नै उत्साहित भएका थिए। कतिपय शनिबार बिहानै त कतिपय शुक्रबार साँझदेखि स्टेशन पुगेर रेल हेर्दै थिए। कतिपयले रेलको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाले त कतिपयले आफन्तजनलाई पठाए।, जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरबाट टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए। रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन/हल्ट छन्। तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन्।, नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताए।, यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ। एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्काे स्टेशन आउँछ। यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ।, मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए। ‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ,’ उनले भने।, डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन। कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो। अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको थियो। भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो। दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरिद भएको हो। कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ।, रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ। भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए।, कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ। एसिका लागि भने त्यसको पाँच गुणा अर्थात रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ। कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ।, रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी थिइन्। यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो।, जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो। यसको एक डेढ वर्ष पछिदेखि काम सुरु भएको थियो। भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो। तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन।, सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन्। विगतमा लामो समयदेखि रेल सेवा ठप्प हुँदा रेल्वे कम्पनी पनि निष्क्रिय बनेको थियो।, सरकारले रेल सञ्चालनका लागि ब्यूँत्याइएको थियो। नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो।, विसं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन। रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो। जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत रु पाँच अर्ब भारु रहेको छ। नेपाल सरकारले रेलगाडीको मूल्य रु एक अर्ब रहेको छ। विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ।,
जयनगर–कुर्था रेल: पहिलो दिन सबै सिट भरिभराउ
|
रासस चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।, भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो।, आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।, बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ।, विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ।,
घाँस काट्न गएका सुरेशको बाघको आक्रमणबाट मृत्यु
|
सेतोपाटी संवाददाता पाल्पा- स्याङ्जा जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते भएका छन्। , स्याङ्जाको चापाकोट नगरपालिका- ८ प्याक्लुकस्थित निर्माणाधीन दामाचौर रामपुर पाल्पा जोडिने पक्की पुल आइतबार साँझ भत्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। , प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार निर्माणको क्रममा क्रेनले फलामको बिम जोड्ने काम भइरहँदा भत्किएको हो। , अचानक बिमसहित कामदारहरू खस्दा आठ जना घाइते भएका हुन्। , घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेम धन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बारा हरिहरपुर-८ बस्ने २८ वर्षीय जितेन्द्र पटेल, भारत विहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाका २३ वर्षीय सृजन परियार छन्।, घाइतेमध्ये राम निवास कुमार पटेल र धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले सेतोपाटीलाई जानकारी दिए।, सडक डिभिजन कार्यालय पाल्पामार्फत् पुल निर्माणको जिम्मा इलाइट एसपी कम्पनीले पाएको थियो।, कम्पनीका प्रतिनिधि श्याम केसीका अनुसार करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको थियो।, ‘यसको डिजाइन स्वीकृत हुन हामीलाई ६ वर्ष लाग्यो। हिजो बिम हाल्ने काम भइरहेको थियो,’ उनले भने, ‘क्रेन अपरेटरले लोड अलि धेरै उठाएका थिए। त्यही क्रममा सबै खस्यो।’, उनका अनुसार साइटमा ठूलो क्षति नभए पनि मानवीय क्षति भएको हो। कामदारहरू ९ मिटर माथिबाट खसेका थिए। , घाइतेको उपचारको सबै जिम्मा कम्पनीले नै लिने उनले बताए।, करिब २१ करोड लागतमा निर्माण भइरहेको काम केही समयपछि फेरि सुरू हुने उनले बताए।, ‘सुरूमा १५ करोड ६८ लाखको बजेट थियो। पछि बढाएर २१ करोड हुन आएको हो,’ उनले भने, ‘पोहोरबाट काम सुरू भएको थियो। ४५ प्रतिशत सकियो। हिजो नभत्किएको भए ५०-५५ प्रतिशत सकिन्थ्यो।’,
स्याङ्जा-पाल्पा जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते, दुईको अवस्था गम्भीर
|
सेतोपाटी संवाददाता कोरोनाले गर्दा विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ।, कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए।, कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको छ।, www.moest.gov.np, मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ भित्र मन्त्रालयको शिक्षा शाखाको इमेल [email protected] मा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ।, चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन पटकपटक सरकारलाई आग्रह गर्दै आएका थिए।,
कोरोनाले विदेश पढ्न जान रोकिएका विद्यार्थीले चैत २५ भित्र मन्त्रालयमा निवेदन दिनुपर्ने
|
रासस चैतेबाली धमाधम काटिन थालेपछि जिल्लाको भङ्गाहा नगरपालिका–४ पलार बस्तीका चौठी बाँतर बाली थन्क्याउने चिन्ताले पिरोलिएका छन्। , गहुँ, रहर, चना, मुसुरोसहितका चैते बाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले उनलाई पिरोलेको हो। पछिल्लो समयमा गाउँघरतिर चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहर लगायतका खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी बन्न लगभग छाडिसकेको छ। यसबाट किसानमा बाली सुरक्षित भण्डारण गर्नेबारे चिन्ता देखिएको हो।, अन्नपात सुरक्षित भण्डारणका लागि विगतमा घरघरै माटाका कोठी बनाइन्थे।, यसको अभावमा चाँडै घुन लाग्ने खाद्यान्न सुरक्षित भण्डारणमा समस्या भएको किसानको भनाइ छ।, ‘प्रत्येक घर/घरमा माटाका कोठी (भकारी) मा बाली राखेपछि घुन लाग्दैनथ्यो’ ८० वर्षीय बाँतरले भने, ‘अब पुराना कोठी फुटेर गए, नयाँ बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ।’, लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ।, ‘माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर..न पोखिने चिन्ता!’ भङ्गाहा-४ कै रामनगर बस्तीकी इजोतीया चौधरीले भनिन्, ‘अब त घरमै आफैं खान राखिने खाद्यान्न घुनबाट बचाउन पनि जानाजान विषादी मिसाउन पर्ने भयो।’, चामल, चना, रहर, गहुँ र मुसुरोजस्ता चाँडै घुन लाग्ने खाद्यान्न अब माटाका कोठी बन्न छाडेपछि विषादी मिसाएर राख्नु परेको किसानको गुनासो छ।, ‘हेर्नुस न जानाजान विष खान तयार छौं’, उनले भनिन्, ‘माटाका कोठीमा यी खाद्यान्न राखेर माटाकै ढक्कनले घ्याप्प छोपेपछि वर्षौंसम्म जस्ताको तस्तै रहन्थ्यो, खै अबका छोरी, बुहारी त के हो कोठी भन्या सोध्न थाल्याछन् , खै के भनौं!’, मिथिला क्षेत्रमा खास गरी थारु समुदायमा माटाका कोठी बनाउने कुरा कौशलको रूपमा लिने गरिन्थ्यो।, माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनसँगै यो बनाउने कुरा कौशल र थारु संस्कृतिसँग जोडिँदा बुहारी छनोट गर्दा कन्यार्थीले यो सीपबारे सोधपुछ गर्ने गरेका गौशाला नगरपालिकाको बिशरपुरका बासिन्दा अमरेन्द्र चौधरी थारुले बताए।, ‘हाम्रो जातिमा दुई दशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिँदा तिनले माटाका कोठी बनाउन, काँस (एक प्रकारको वनस्पति)को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् सोधिन्थ्यो’, उनले भने, ‘अब त ती सबै कुरा हराइसके, अनि के कोठी देखिनु?’ माटाका कोठी बन्न छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा पनि ओझलिएको उनको थप भनाइ छ।, कोठी बन्न छाडेपछि सघन थारु बसोबासका जिल्लाका भङ्गाहा, धर्मपुर, भीमगढ, बखरी, मेघरोल, मझौलिया, बनरा, गोरहन्ना, हरखपुर, विशरपुर, पर्सा, निगौल र रजखोरसहितका बस्तीका थारु पनि अब खाद्यान्न थन्क्याउन प्लाष्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन्।, ‘के गर्नु बाबु, आफ्ना नौ नाडी बसी हाले’ बखरी थारु बस्तीकी पारोवती रायले भनिन्, ‘अबका छोरी, बुहारीले यसौ सिकौं भन्ने चासो नै देखाउँदैनन्, अब केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?’, पछिल्लो पुस्ताको अरुचीले अब हस्तसीपको खास नमूना मानिने कोठी बन्न छोडेको कुरामा आम थारु सहमत देखिन्छन्।, तराई मधेश क्षेत्रमा थारु महिलाकै सामिप्यताले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिक्ने गरे पनि थारु समुदायमै यो कुरा हराउन थालेपछि अन्त के खोज्नु? भन्ने बुढापाकाको प्रतिक्रिया हुने गरेको छ।, विगतमा कस्का कस्ता कोठी भनेर सामाजिक प्रदर्शन र चर्चा नै हुने गरेको कुरा अब पछिल्लो पुस्तालाई कथा बन्न पुगेको शिक्षण पेसाबाट अवकास लिएका भङ्गाहा–७ मेघरोल बस्तीका ६५ वर्षीय चन्द्रनारायण सिंह थारु बताए। , प्रत्येक दिनको अलिकति फुर्सदको क्षण निकालेर महिनौं लगाएर तयार गरिने कलात्मक कोठी हेर्न बस्तीमा हल्लीखल्ली नै हुने गरको विगत सम्झँदै चेतन ठाकुरले भने, ‘अब यो कुरा नाति-नातिनालाई सुनाउने कथाजस्तै भयो।’, चार दशक अघिसम्म तराईमा बिघौंबिघा जग्गाका मालिक हुँदा एउटै घरमा निक्कै गहुँ, चना, रहरलगायतका फसल हुने र चामल पनि निक्कै थन्क्याउनुपर्ने भएकाले त्यतिबेला घुनबाट खाद्यान्न बचाउन कोठी बनाउने चलन रहेको बुझिन्छ तर पछिल्ला वर्षहरूमा जग्गाको स्वामित्व घट्दै गएर केही कठ्ठा बिघाको स्वामित्व बाँकी रहेपछि कोठी बनाउने कुरा प्राथमिकतामा पर्न छाडेको बताउने पनि छन्।, ‘नयाँ पुस्ताको माटोको कोठी बनाउने हस्तसीपबारे चासो नहुन त मुख्य कुरो छँदैछ’, मिथिला कला संस्कृतिबारे निरन्तर अध्ययन, अन्वेषण गरिरहनु भएका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलले भने,‘अब जग्गाको स्वामित्व खुम्चँदै गएर चैतेबाली उत्पादन मात्रा पनि परिवारमा कम हुन थालेपछि यसको आवश्यकता पनि महसुस हुन छाडिएजस्तो छ।’, मिथिला कला, संस्कृति र परम्पराका पारखीले भने मिथिलाको यो पुरानो परिचयलाई बचाइ राख्नुपर्नेमा जोड दिएका छन्।, स्थानीय परम्परा, संस्कृति, कला र साहित्य आफ्नो विशिष्ट पहिचान हुने भएकाले लोप हुँदै गएको माटोको कोठी बनाउने परम्परालाई जोगाउन नयाँ पुस्ताले चाख देखाउन पर्ने बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका प्रधानाध्यापक हरिदेव महतोको भनाइ छ।, यसका लागि आफूले साप्ताहिक एउटा अतिरिक्त कक्षा सीप जानेकाबाट माध्यमिक तहका छात्रालाई अभ्यास गराउन चाहेको उनले जानकारी दिए।, माटोको कोठीमा विषादी नमिसाई खाद्यान्न सुरक्षित हुने भएकाले स्वच्छ र स्वस्थ खानेकुराको रक्षाका लागि कोठीको प्रचार र प्रवर्द्धन अहिले पनि आवश्यक भएको मत बढ्न सके यहाँका बस्तीमा फेरि यो सिर्जनशील हस्तसीपबारे चासो बढ्ने सामाजिक अभियानकर्मी बताउँछन्।, माटोका कोठीमा राखिएका खाद्यान्न वर्षौं-वर्षसम्म सुरक्षित रहने, स्वाद नबिग्रने र स्वस्थ्यकर हुने भएकाले यो सीप प्रवर्द्धन गर्न यहाँका स्थानीय तहले पनि चासो बढाउन पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाको सुझाव छ। ,
माटाका कोठीका अभावमा किसानलाई चैते बाली थन्क्याउन समस्या
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा बसले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ।, साेमबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका-५ मा बजारबाट किनमेल गरी घर फर्किरहेकी स्थानीय मन्जु बुडाललाई ना ४ ख ४४६६ नम्बरको बसले ठक्कर दिएकाे थियो।, ठक्करका कारण उनकाे घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।, उनले सडकपार गर्ने क्रममा बसले ठक्कर दिएको थियो।, मृतक महिला कञ्चनपुरकै ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत् सई देवसिंह बुडालकी पत्नी रहेकाे प्रहरीले जनाएको छ।, घटनापछि बस चालक फरार रहेकाेले उनकाे खाेजी कार्य जारी रहेको प्रहरीले बताएको छ।,
कञ्चनपुरमा बसले ठक्कर दिँदा पैदलयात्रीकाे मृत्यु
|
रासस स्थानीय बासिन्दाबीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक चार वर्षपछि कालोपत्र भएको छ। , सात सय मिटर उक्त सडक कालोपत्र गर्नका लागि नगरपालिकाले ६० लाख रुपैयाँ बजेट विनियोजन गरी ठेक्का गरेर ढलको व्यवस्थासहित कालोपत्र गर्न बेस बिछ्याएपछि स्थानीय दुई पक्षले निकालेको विवादका कारण वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदै आएको सडक कालोपत्र भएको हो। , उक्त सडकमा वि.सं २०७४ देखिको विवाद मिलाउँदै सडकको मापदण्डभित्र परेका संरचनामध्ये घर नभत्काउने र पेटी नछाड्ने सहमति गरी सडक सीमांकन सकेर कालोपत्र गर्न सुरू भएपछि आएको नयाँ विवादका कारण कालोपत्र रोकिए पनि अहिले सहमति गरेर सडक कालोपत्र गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ जानकारी दिए। , स्थानीयबासीमध्येका एक पक्षले हाइटेन्सन लाइनलाई अन्डरग्राउन्ड गरेरमात्रै सडक कालोपत्र गर्नुपर्छ भन्ने र अर्को पक्ष विद्युत लाइनलाई अन्डरग्राउन्ड नगरी कालोपत्र गर्नुपर्छ भन्दै विभाजित भएर विरोध गरेपछि अन्डरग्राउन्ड र कालोपत्र गर्ने दुवै काम रोकिएको थियो। , सडकमा दोहोरो बेस हाल्न ल्याएको ग्राभेलसमेत बिछ्याउन नदिएपछि विरोध गर्दा सडकको बीच-बीचमा ग्राभेलको थुप्रो र कतै खाल्डा त कतै ढलको मंगल राख्ने ठाउँ खुला रहँदा निकै जोखिम बढेको थियो। खाल्डा पुरेर बेस बिछ्याइएको करिब १० महिनापछि सडक कालोपत्र भएको हो। , नेपाल विद्युत प्राधिकरणले दुई करोड रुपैयाँको बजेट खर्च गर्दै सडकभन्दा पाँच फिट तलबाट अन्डरग्राउन्ड गर्दै हाइटेन्सन लाइन लैजाने गरी स्थानीयबासीसँग सहमति गरेको थियो।, विद्युत अन्डरग्राउन्ड गर्न स्थानीय उपभोक्तासँग करिब एक करोड रुपैयाँ संकलन समेत गरिएको थियो।, विवादबीच अन्डरग्राउन्ड गर्ने काम र कालोपत्र गर्ने दुवै रोकिए पनि अन्ततः लामो प्रयासपछि स्थानीयबासीको सहमतिमै सडक कालोपत्र भएको उनले बताए। ,
,
विवादले रोकिएको सडक चार वर्षपछि कालोपत्र
|
सेतोपाटी संवाददाता सिन्धुलीको ग्वाङ खोलामा आएको बाढीले निर्माणाधीन पुल भत्काएको छ।, ग्वाङ खोलामा निर्माण भइरहको पुल आइतबार राति आएको बाढीले भत्काएको हो।, ढलानका लागि तयारी अवस्थामा रहेको पुल बेमौसमी बाढीले भत्काएको वडाध्यक्ष पूर्णबहादुर खड्काले बताए।, उनका अनुसार पुल ३० मिटर लम्बाइको थियो।, ‘तीन वर्षअघि नै ठेक्का लागेको भए पनि धेरै ढिलो गरी पुल बन्न थालेको थियो,’ वडाध्यक्ष खड्काले भने।, पुलले वडा नम्बर ५ र ६ जोड्थ्यो। सिन्धुली कारागार जाने बाटोमा पक्की पुल नहुँदा समस्या भएकाले पुल निर्माण थालिएको थियो।, पुल देवी रमण निर्माण कम्पनीले निर्माण गरिरिहेको थियो। पुल निर्माणका लागि खोलो थुनिएको र पानीको चाप थेग्न नसकेपछि भत्किएको खड्काले बताए।, निर्माण कम्पनी काममा फर्किएको एक महिना भएको थियो। आधी काम गरेपछि निर्माण कम्पनीले त्यतिकै काम छोडेको थियो।, ‘अहिले ढलान गर्न भनी खोलो थुनेर काम थालेको थियो, बाढीले पुल नै भत्काइदियो,’ खड्काले भने।, पुल भत्किएको घटनाबारे निर्माण कम्पनीसँग बुझ्ने काम भइरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।,
बेमौसमी बाढीले भत्कायो ढलान गर्न ठिक्क पारेको पुल
|
सेतोपाटी संवाददाता अनलाइन गेम बिंगो खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-६ बौद्ध प्लटिङस्थित खाजा घरबाट अनलाइन गेम बिंगो खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। , उक्त खाजा घरमा बिंगो खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ७४ हजार एक सय ५० रुपैयाँसहित पक्राउ गरेको हो।, साथै प्रहरीले उनीहरूबाट एक हजार ५०० पिस बिंगो टिकट र दुई थान स्पिकर समेत बरामद गरेको छ। , प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।,
अनलाइन गेम बिंगो खेलिरहेको अवस्थामा बौद्धबाट १६ पक्राउ
|
एजेन्सी आफ्नो सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले सबै दललाई सरकारमा आउन आग्रह गरेका छन्। , समाचार संस्था एएफपीका अनुसार राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्नो राजीनामा मागिरहेका विपक्षी दलहरूलाई सोमबार सरकारमा आउन आग्रह गरेका हुन्। , उनले सबै राजनीतिक दललाई एकजुट भएर राष्ट्रिय संकटको समाधान खोज्न समेत अनुरोध गरेका छन्। राजापाक्षेको यो आह्वानलाई विपक्षी दलले कसरी लिन्छन् भन्ने प्रष्ट हुन बाँकी छ।, यसैबीच श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निर्बाद कबरालले सोमबार पदबाट राजीनामा दिएका छन्। सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएको सन्दर्भमा आफूले पनि आज राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। , चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका थिए। आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्।, शनिबार संकटकाल घोषणा भएपछि शनिबार बेलुकादेखि कर्फ्यू लगाइएको थियो। ., राजापाक्षे सरकारले श्रीलंकाको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन्। ,
,
श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा, सबै दललाई सरकारमा आउन राष्ट्रपतिको आह्वान
|
रासस हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन।, हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रूपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन्।, हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत् जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या बनाएको छ।, सिमकोटमा रहेका सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान र जिल्ला पुग्न थप समस्या निम्तिएको हो। , सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ।, उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका छन्। नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता भएको नेपालगञ्जमा टिकट नपाएर भौंतारिरहेको विशाल परियारले गुनासो पोखे। , निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन। पर्यटक आउने मौसममा त निजी एयरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ। निजी एयरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी उडान ठप्प गरेका बताइएको छ।, नेपाल वायु सेवा निगमका उडान कम, नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट हुम्लाका लागि कम उडान भर्दै आएको छ। टिकट वितरणमा पक्षपात भएको नेपालगञ्जमा रहेका यात्रुले गुनासो पोखेका छन्।, नेपालगञ्जमा रहेका निगमका कर्मचारीले आफन्त तथा ठूलाबडाको फोनका आधारमा आफ्नो मनोमानी ढंगले टिकट वितरण गरिरहेको पाइएको छ। , सो कार्यालयका कर्मचारीले गरेको व्यवहारले लामो समयदेखि हुम्ली नागरिकले ठूलो समस्या झेल्नु परेको छ।, विभिन्न कामका लागि जिल्लाबाहिर नेपालगञ्जको राँझा एयरपोर्टमा सयौं सेवाग्राही अलपत्र परेका छन्। गत फागुन अन्तिम सातादेखि हवाई उडान नहुँदा हुम्लाका करिब ४० देखि ६० नागरिक होटलमा बस्न बाध्य छन्। , हुम्ला उडान भर्ने टिकटका लागि दैनिक नेपाल एयरलाइन्सको कार्यालय जाँदा सो कार्यालयका कर्मचारीले उल्टै धम्काउने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। , हुम्लाकै संगीता फडेराले भने, ‘गोजीमा पैसा छैन, धेरै दिनदेखि बिहानबाटै बेलुकासम्म लाइनमा बस्दा पनि निगमका कर्मचारीले सुनुवाइ गरेका छैनन्, निगमका कर्मचारीले बाहिरबाटै फोनका भरमा टिकट वितरण गर्दा अन्य हुम्लाका गरिब, निमुखा नागरिक टुलुटुलु हेरिरहनुपर्ने बाध्यता छ।’, त्यस्तै, आर्थिक अभावका कारण नेपालगञ्जमा बिरामीकै अवस्थामा रहेका ७९ वर्षीय टक्कबहादुर शाहीले फागुनको अन्तिमदेखि घर फर्कनका लागि धेरै प्रयास गरे पनि टिकटको अझै अत्तोपत्तो नभएको बताए।, टिकटका लागि गएका सिद्धबहादुर बुढा भन्छन्, ‘नेपाल एयरलाइन्सको कार्यालयमा जाँदा त्यहाँका कर्मचारीले उल्टै धम्क्याउने गरेका छन्।’ ,
,
हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प
|
सेतोपाटी संवाददाता मधेस प्रदेशमा यतिखेर चर्को गर्मी छ। वैशाख सुरू नहुँदै ३६ डिग्री सेल्सियस तापक्रम छल्न यहाँका बासिन्दा अनेकौं उपायको खोजीमा छन्। तर स्थानीय तहको चुनाव नजिकिएसँगै जनप्रतिनिधिले मतदाता फकाउन सिरक बाँड्दै छन्।, सिराहाको नगरहा गाउँपालिकाले विभिन्न चरणमा गरी १५ सय फाइबर सिरक वितरण गरिरहेको छ। चार वटा वडामा झण्डै १२ सय सिरक वितरण भइसकेको र वडा नम्बर एकमा मंगलबार वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष रामशरण यादवले जानकारी दिए।, ‘जाडो छल्न जेष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरूलाई सिरक वितरण गरिँदैछ,’ उनले भने, ‘सिरक बाँड्न गाउँ परिषदमै बजेट राखेको थिएँ। तर प्रक्रिया पुर्याउँदा-पुर्याउँदै ढिलो भयो। यसपालि ओढ्न सकेन अर्को जाडोमा काम लागिहाल्छ नि।’, बजेट गाउँ परिषदमै विनियोजन गरिएकाले चुनावकै लागि सिरक बाँडेको भन्न नमिल्ने उनको भनाइ छ।, अध्यक्ष यादवका अनुसार टेण्डरमार्फत् करिब ४० लाख रुपैयाँ बराबरको सिरक खरिद गरिएको हो। , चुनाव नजिकिएकै कारण गएको मंगलबार धनुषाको बटेश्वर गाउँपालिकाले पनि जेष्ठ नागरिकलाई सिरक वितरण गरेको थियो।, गाउँपालिकाले पाँच वटै वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई सिरक र लठी वितरण गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले बताए।, ‘वृद्ध–वृद्धाहरूको आशीर्वाद र माया पाउने जनप्रतिनिधि र कर्मचारीको चाहना थियो। योभन्दा पहिले पनि हामीले उहाँहरूलाई दोसल्ला र झुल वितरण गरेका थियौं,’ उनले भने, ‘बाँड्नुपर्ने फागुनमै थियो तर समयले साथ नदिँदा ढिलो भएछ।’, स्थानीय तहको चुनाव नजिकिएकाले मतदातालाई प्रभावित गर्न सिरक र लौरो वितरण गरिएको भन्दै स्थानीयले विरोध समेत जनाएका थिए। तर उनले भने यो आरोप निराधार रहेको बताए।, ‘यहाँका नागरिक सिरक र लौरोमा बिक्दैन,’ उनले थपे। , बिदाईको समय नजिकिएसँगै आगामी स्थानीय तहको निर्वाचनमा मतदातालाई आफूतर्फ तान्न वितरणमुखी काम गर्ने मधेसमा होड नै चलेको छ। प्रदेशका आठ वटै जिल्लामा हरेक साता केही न केही वितरण गर्ने कार्यक्रम आयोजना गरिँदैछ। पालिकाले मात्र नभई वडा कार्यालयबाट समेत जनप्रतिनिधिले स्थानीयलाई सरसमान बाँड्न थालेका छन्।, सर्लाहीको कौडेना गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष किशोरी रायले वडाका सबै परिवारलाई खाना पकाउने प्रेसर कुकर वितरण गरे। प्रतिपरिवार एक–एक थान पाँच लिटर क्षमताको प्रेसर कुकर शुक्रबार वितरण गरिएको वडाध्यक्ष रायले बताए।, ‘अहिलेसम्म २०० वटा प्रेसर कुकर बाँडिसक्यौं। अझै २०० वटा बाँड्दैछु’, उनले भने।, १० लाख रुपैयाँ बजेटमा प्रेसर कुकर खरिद गरेर वितरण सुरू गरिएको वडाध्यक्ष रायले जानकारी दिए। , त्यस्तै, प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत कक्षा ९ का छात्राले मात्र साइकल पाएकाले आफूले वडा कार्यालयबाट १० लाख रुपैयाँ बजेट साइकल वितरणका लागि समेत छुटयाएको उनले जानकारी दिए।, उनका अनुसार वडाभरका कक्षा ६, ७, ८ र १० कक्षामा पढिरहेका १५० जना छात्रालाई साइकल केही दिन भित्रै वितरण गर्ने तयारी छ।,
मधेस प्रदेशमा चुनावी सरगर्मी: गर्मीमा कतै सिरक, कतै प्रेसर कुकर बाँडिँदै
|
सेतोपाटी संवाददाता छाडा चौपायाका कारण सडक र बजार क्षेत्र नै अस्तव्यस्त बनेपछि बुटवल उपमहानगरपालिकाले छाडा चौपायालाई गौशालामा लगेर व्यवस्थापन गरेको छ।, छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि बुटवल वडा नं. ७ शिवनगरमा नन्दिनी गौशाला निर्माण गरिएको थियो।, सोमबार बुटवलका सडक किनार र बजारका चोकमा गोठ जमाएर बसेका करिब २ सय वटा गाई/गोरुलाई सोही गौशालामा लगेर राखिएको उपमहानगरपालिकाले जनाएको छ।, गौशाला निर्माण गरिए पनि सडकमा छोडिएका चौपायालाई व्यवस्थापन नगर्दा दुर्घटनाको जोखिम बढेको गुनासो बढेपछि छाडा गाई/गोरु नियन्त्रण गरिएको हो।, पशुधनीहरूले घरमा पालेका गाईलाई दूध दिन छोडेपछि, बुढो र रोगी भएपछि सडकमा ल्याएर छोडिदिने गर्दा गोठमा हुनुपर्ने गाई/गोरुले बजार र सडक भरिने गरेका छन्। जसले गर्दा सडकमा दुर्घटनाको जोखिम बढेको छ भने सवारी साधनलाई आफ्नो गति तय गर्न कठिनाइ देखिएको छ।, सडकमा छाडा छोडिएका पशु र चौपायाको व्यवस्थापन गरी सहर र सडक व्यवस्थित गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको छ। तर व्यवस्थित गौशाला र कान्जी हाउस निर्माण गर्न नसक्दा उपमहानगरपालिकाले छाडा पशु चौपायाको दीगो व्यवस्थापन गर्न सकेको छैन।, बुटवलभित्रै यसैवर्ष मात्रै निर्माण गरिएको नन्दिनी गौशालामा पनि स्रोत अभावमा धेरै चौपायाको व्यवस्थापन गर्न समस्या देखिने गरेको छ।, यसअघि नै करिब १ सय पशु चौपाया राखिएको गौशालामा सोमबार थपिएका २ सय पशु चौपाया थपिएपछि ३ सयको हाराहारी पुगेका छन्। उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरेका थिए।, करिब ६ बिगाहा क्षेत्रफलमा तारजाली गरी बनाइएको गौशालामा घामपानीबाट पशु चौपायालाई जोगाउन सेडको समेत अभाव छ।, गौशालाको मध्येभागमा १ हजार ८ वरपिपल र स्वामीका वृक्ष लगाउने र गोवर्द्धन पर्वत बनाउने योजना अनुसार गौशाला निर्माण गरिएको भए पनि स्रोतको अभावमा पूरा गर्न नसकिएको गौशाला व्यवस्थापन समितिले जनाएको छ।,
,
बुटवलका छाडा चौपायालाई गौशालामा व्यवस्थापन
|
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्।, प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यसपालि एउटा नयाँ सहमति भएको छ। ऊर्जा सहकार्यसम्बन्धी भारत-नेपालको संयुक्त दृष्टिकोण नाम दिइएको उक्त सहमति नेपालको बिजुली निर्यातका लागि निकै महत्वपूर्ण मानिएको छ।, ऊर्जा सहकार्यमा सहमति भएपछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोइन्ट भिजन स्टेटमेन्ट अन पावर को-अपरेसन भविष्यमा सहयोगको ब्लुप्रिन्ट साबित हुने बताएका थिए।, त्यही अवसरमा मोदीले भारतले नेपालबाट उत्पादित थप बिजुली किन्नेमा स्वीकृति दिन लागेको पनि जानकारी दिए।, 'यो प्रसन्नताको विषय छ कि नेपालले आफूलाई धेरै भएको बिजुली भारतमा बेचिरहेको छ। यसले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान दिनेछ,' उनले भने, 'मलाई यो भनिरहँदा हर्ष हुन्छ कि नेपालले थप बिजुली भारतमा बेच्ने प्रस्तावलाई पनि हामी स्वीकृति दिँदैछौं।', उक्त दृष्टिकोण ६ बुँदे छ। तेस्रो बुँदामा दुबै देशका प्रधानमन्त्री ४ कुरामा सहमत भएको उल्लेख गरिएको छ। नेपालमा संयुक्त रूपमा हाइड्रो पावर परियोजना विकास गर्ने, सीमापार ट्रान्समिसन लाइन पूर्वाधार बनाउने, दुबै देशको आ-आफ्नो नियमअनुसार परस्पर हितमा हुने गरी दुईतर्फी व्यापारका लागि एक अर्काको बजारमा सहज पहुँच उपलब्ध गराउने, राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा समन्वय गर्ने, नयाँ प्रविधिको आदान-प्रदानका लागि संस्थागत सहकार्य गर्ने कुरा उल्लेख छ। त्यस्तै यस्तो सहकार्य बिबिआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) फ्रेमवर्कभित्र रहेर अरू मुलुकमा पनि बढाउने बताइएको छ।, दुबै देशको राष्ट्रिय नीति र जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धताअनुसार नवीकरणीय ऊर्जा विशेष गरी जलविद्युत उत्पादन गर्नु ऊर्जा सहकार्यका लागि कोसेढुंगा हुने कुरा पनि उल्लेख गरिएको छ।, नेपालको जलविद्युतमा हुने भारतीय लगानीले दुबै देशमा रोजगारी सिर्जना गर्नुका साथै अरू औद्योगिक र आर्थिक क्षमता विकासमा सघाउने पनि उल्लेख छ।, नेपालले भारतीय कम्पनीलाई एक्लै र साझेदारीमा जलविद्युतसहित नवीकरणीय ऊर्जा परियोजनाको विकास, निर्माण र सञ्चालन गर्न आह्वान गरेको छ।, हेर्नुस् पूर्णपाठ, ,
नेपाल-भारतबीच भएको ऊर्जा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणमा के छ?
|
सेतोपाटी संवाददाता काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , चन्द्रागिरि नगरपालिका थानकोटकी अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार आइतबार बेलुका काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित स्युचाटार पुल नजिक बा.प्र.०२-०२१प ६३३१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। , प्रहरी उपरीक्षक मैनालीका अनुसार मुल सडक खण्डमा राखिएको सिमेन्टको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। , घाइते दर्नाललाई उपचारको लागि नेपाल नेशनल अस्पताल कलंकीमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। ,
,
स्युचाटारमा मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारको क्रममा मृत्यु
|
एजेन्सी कोरोनाभाइरसको संक्रमण रोक्न लकडाउन गरिएको चीनको सांघाईमा सबै मानिसको कोरोना परीक्षण गर्न सेना पनि खटाइएको छ। , २ करोड ६० लाख सहरवासीको कोरोना परीक्षण गर्न हजारौंको संख्यामा सेना र स्वास्थ्यकर्मी पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ।, सोमबार पनि कोरोना संक्रमण बढेपछि सांघाईमा सेना पठाइएको हो। , जनमुक्ति सेनाले आइतबार नै सेना, नेभी र जोइन्ट लजिस्टिक फोर्स गरी दुई हजार स्वास्थ्यकर्मी पठाएको हो। जियाङ्गसु, झिजियाङ र बेइजिङबाट पनि १० हजार बढी स्वास्थ्यकर्मी सांघाई पठाइएका छन्।, त्यहाँ सोमबार बिहानैदेखि कोरोना परीक्षणको लागि स्वाब लिने काम सुरू गरिएको छ। , सांघाईमा अहिले दुई स्टेजमा लकडाउन गरिएको छ। मार्च २८ देखि लकडाउन गरिएको हो।, आइतबारमात्रै त्यहाँ लक्षण नदेखिएका आठ हजार ५८१ जना र ४२५ लक्षण देखिएका संक्रमित थपिएका थिए।, स्थानीयलाई आफैं परीक्षण गर्नसमेत भनिएको थियो। , सांघाईमा सरकार अहिले कोभिड उन्मुलन रणनीतिलाई अपनाएर अघि बढेको छ। त्यसका लागि टेष्टिङ, ट्रेसिङ र क्वारेन्टेनिङको रणनीति अपनाइएको छ। , सांघाईले अस्पताल, जिम, अपार्टमेन्ट ब्लकहरूलाई पनि क्वारेन्टिन साइट बनाएको छ। ,
सांघाईका २ करोड ६० लाख मानिसको कोरोना परीक्षण गर्न खटाइयो सेना पनि
|
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , तारकेश्वर नगरपालिका-५ बस्ने ४२ वर्षीय डाकमान गुरूङलाई बौद्धबाट आइतबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।, बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना तोकेको थियो। उक्त फैसलापछि गुरूङ फरार थिए। , गुरूङले आफ्नो खातामा पर्याप्त रकम नभएको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएका थिए। , फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको जनाइएको छ ।,
काठमाडौंबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
|
खिलानाथ ढकाल नेपाल वायुसेवा निगमको एयरबस आरए-४०२ को दुबै टायर पड्किँदा चार दिनदेखि यात्रुहरू बैंककमा अलपत्र परेका छन्।, नेपाल वायुसेवा निगमको कमजोर व्यवस्थापनका कारण एयरबसको टायर समयमै फेर्न नसकेका कारण यात्रुहरू बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलनजिक बसिरहेका छन्।, निगम स्रोतका अनुसार शुक्रबार बैंककको स्थानीय समयअनुसार अपराह्न ५ बजे एयरबसको पछाडिका दुबै टायर पड्केका थिए।, निगमका एक वरिष्ठ पाइलटका अनुसार जहाजमा १५५ जना यात्रु थिए। जहाज क्याप्टेन प्रशान्त राई र कोपाइलट ग्रीष्म श्रेष्ठले उडाउन लागेका थिए।, तर, जहाज टेकअफ हुन लाग्दा ककपिटमा ‘ब्रेक टेम्प्रेचर हाई’ रहेको म्यासेज आयो। यस्तो अवस्थामा जहाज टेकअफ गर्नु खतरा ठानेर पाइलटले आकस्मिक रूपमा ब्रेक लगाएर जहाजलाई सुरक्षित गराए।, ‘टेकअफ गर्नै लागेको जहाजमा बेस्सरी ब्रेक लगाउँदा पछाडिपट्टिका चारमध्ये एक एक वटा टायर पड्किए,’ ती पाइलटले सेतोपाटीसँग भने।, उनका अनुसार ब्रेक सिस्टममा रहेको तेल तीन सय डिग्री भन्दा बढी ताते पाइप नै फुटेर जहाजमा आगो लाग्ने जोखिम हुन्छ। यसरी, ब्रेक सिस्टम हिट हुँदा चिस्याउने यन्त्र जहाजहरूमा पनि हुन्छ।, तर, नेपाल वायुसेवा निगमका एयरबसमा कुनै पनि चिस्याउने उपकरण छैनन्।, ‘हिमालय एयरलाइन्सको जहाजमा पनि यस्तो यन्त्र छ, विश्वभरि नै जहाजको ब्रेक तात्तिएपछि चिस्याउने यन्त्र हुन्छ। तर यी जहाज खरिद गर्दा यो पाटो हेरेको देखिँदैन,’ ती पाइलटले भने, ‘यो व्यवस्थापन पक्षको गम्भीर लापरबाही हो।’, उड्न लागेको एयरबसलाई पाइलटले बुद्धिमतापूर्वक रोकेर ठूलो जोखिम किनारा लगाएको ती पाइलटले जानकारी दिए।, ‘पाइप फुटेर तेल चुहिएको भए आगो लाग्ने सम्भावना अत्यधिक हुन्छ, धन्य धावनमार्गमै जहाजलाई कन्ट्रोल गर्न सकियो,’ उनले भने।, आइतबार राति नै पाङ्ग्रा पठाइए पनि अहिलेसम्म जहाज तयार भइनसकेको उनले बताए।, ‘चार-चार दिनसम्म पाङ्ग्रा फेर्न नपाएर यात्रु अलपत्र पार्नु लापरबाही हो,’ उनले भने।, उनका अनुसार जहाजको हरेक गन्तव्यमा आकस्मिक रूपमा चाहिने चिजहरू राखिनुपर्ने हो।, ‘नेपाल वायुसेवा निगमले त्यतिसम्म गरेको छैन, गाडीमा त एक्स्ट्रा पाङ्ग्रा राखिन्छ, हाम्रो जहाजको अवस्था यस्तो छ,’ उनले भने।, नेपालबाट पाङ्ग्रा पठाएपछि फेर्न पनि विलम्ब भएको विषय आफूले नै नबुझेको ती पाइलट बताउँछन्।, नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता ज्ञान अर्यालले भन्सार जाँचपासमा ढिलाइ भएका कारण समयमै टायर पठाउन नसकिएको बताए।, ‘टायर पठाइसकिएको छ, टायर पड्केपछि सेट नै फेर्नुपर्ने हुन्छ, अहिले प्राविधिक टोलीले काम गरिरहेको छ, चाँडै जहाज तयार हुन्छ,’ अर्यालले भने।,
बैंककमा उड्नै लाग्दा पड्किए निगमको जहाजका टायर, १५५ यात्रु चार दिनदेखि अलपत्र
|
निशा भण्डारी आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सरकारले म्यादी प्रहरीको भर्ना आवेदन माग गरेको छ।, देशभरिमा मागिएको भन्दा करिब ४ गुणा बढी आवेदन परेको छ।, यसैबीच आज म्यादी प्रहरीको लिखित परीक्षा हुँदैछ। परीक्षामा सहभागी हुन आउनेको ठूलो भीड यतिबेला काठमाडौंको कीर्तिपुर, ललितपुरको जावलाखेल र भक्तपुरलगायत देशैभरि देखिन्छ।, लिखित परीक्षाका लागि कीर्तिपुरस्थित ल्याब स्कुल केन्द्रमा लागेको भिड हेर्नुहोस् तस्बिरमा--, ,
जो म्यादी प्रहरीका लागि परीक्षा दिँदैछन् (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। २ हजार ९४२ जनाको पिसिआर र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , अहिले देशभर ८ सय ४२ जना सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घन्टामा ८९ जना संक्रमित निको समेत भएका छन्।, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थप ३३ जनामा संक्रमण पुष्टि, ८ सय ४२ जना सक्रिय संक्रमित
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.