content
stringlengths 20
64.1k
⌀ |
---|
रासस सप्तरीको सुरुंगा नगरपालिका–३ मा सोमबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।, विद्युतमा समस्या आई आगलागी भएको आशंका गरिएको छ। उक्त आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। ,
सप्तरीमा तीन घर जलेर नष्ट
|
एजेन्सी संयुक्त राज्य अमेरिकामा आफ्ना एक कर्मचारीको इच्छाविपरित जन्मदिन मनाइदिएको कम्पनीले ४ लाख ५० हजार अमेरिकी डलर जरीवाना तिर्नुपर्ने भएको छ।, आफू कार्यरत कम्पनीले आफ्नो इच्छाविपरीत जन्मदिन मनाइदिएको भन्दै केभिन बर्लिङले अदालतमा मुद्दा हालेका थिए।, यही वर्ष मार्चको अन्त्यतिर दुई दिनको सुनुवाइपछि जुरीले उनलाई ४ लाख ५० हजार डलर तिर्न कम्पनीलाई आदेश दिएको छ।, त्यसमध्ये १ लाख ५० हजार डलर तलबबापत र बाँकी ३ लाख डलर भावनात्वक पीडाका लागि भएको अदालतले भनेको छ।, पीडित व्यक्तिले जन्मदिन मनाउन आयोजना गरिने कार्यक्रमले आफूलाई तनाव बढाउने र त्यसले आफू आत्तिने भन्दै अरू कर्मचारीको जन्मदिनमा जस्तो आफ्नोमा उत्सव नमनाउन आग्रह गरेका थिए।, सन् २०१९ मा ग्र्याभिटी डाइअग्नोस्टिक्समा आयोजना गरिएको पार्टीपछि आफूलाई पटकपटक तनाव भएको र आत्तिएको दाबी उनले मुद्दामा गरेका छन्।, बर्लिङले मुद्दामा अपाङ्गताका कारण आफूलाई भेदभाव गरिएकोसमेत आरोप लगाएका थिए। तर रोजगारदाता कम्पनीले आफूले त्यस्तो कुनै अपराध नगरेको दाबी गरेको छ।, उक्त कम्पनीले अगस्ट २०१९ मा बिनाजानकारी उनको जन्मदिनको पार्टी आयोजना गरिदिएको थियो। त्यसपछि उनलाई अत्याहट भयो र तत्कालै उक्त कार्यक्रमबाट बाहिर निस्किएका थिए।, त्यसको भोलिपल्ट अफिसको एउटा बैठकमा सहकर्मीहरूले उनको आलोचना गरेका थिए। उनलाई आफ्ना सहकर्मीको खुसीप्रति बेवास्ता गरेको र सानो केटाकेटीको जस्तो व्यवहार गरेको आरोपसमेत लगाइएको मुद्दामा उल्लेख छ।, तनावपूर्ण बैठकपछि उनलाई दोस्रो पटक तनाव र अत्याहट भयो। त्यसपछि उनलाई घर पठाइएको थियो। यो सँगै कम्पनीलाई उनलाई २ दिनको छुट्टि दिएको थियो र केही दिनपछि कम्पनीले उनलाई कार्यस्थलको सुरक्षाको कारण देखाउँदै जागिरबाटै हटाएको थियो।, कम्पनीका प्रमुख सञ्चालन अधिकृत जुली ब्रजिलले कार्यस्थलमा हुने हिंसासम्बन्धी नीति उल्लङ्घन गरेका बर्लिङलाई आफ्नो कम्पनीले गरेको कामबाट हटाउने निर्णयबारे दृढ भएको बताएकी छन्। साथै अदालतको निर्यणबारे पुनरावलोकनमा जाने बताएकी छन्।,
इच्छाविपरीत जन्मदिनको पार्टी दिने अमेरिकी कम्पनीलाई ४ लाख ५० हजार डलर जरीवाना
|
सेतोपाटी संवाददाता कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गौरीगंगा नगरपालिका ४ का छम्मनप्रसाद सापकोटाको मृत्यु भएको हो। उनी ट्रक चालक रहेको प्रहरीले जनाएको छ।, ट्रकमा रहेका गोविन्द गुरूङ भने घाइते छन्। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।, गएराति मोहन्याल गाउँपालिका ५ सिंहासन सामुदायिक वनस्थित सडकमा म १ क ४०७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो।, ट्रक अनियन्त्रित भएर करिब एक सय २० मिटर तल खसेको थियो।,
कैलालीमा गए राति ट्रक दुर्घटना: एकको मृत्यु, अर्का घाइते
|
सबिना श्रेष्ठ जनकपुर डायरी- १, चार वर्षअघि सम्पदाको पहिलो रिपोर्टिङ गर्दा मैले पाटन दरबार स्क्वायरको चार चक्कर लगाएको थिएँ। मनमनै सोचेको थिएँ– यो मेरो पहिलो र आखिरी सम्पदा रिपोर्टिङ हो।, मलाई पाटन दरबार स्क्वायरको विश्वनाथ मन्दिरबारे लेख्न भनिएको थियो। जबकि म विश्वनाथ मन्दिर कुन हो भन्ने नै चिन्दैन थिएँ।, मन्दिर चिन्न त गाह्रो भएन। गुगलले एक क्लिकमै भन्दिहाल्यो। अब यसबारे विस्तृत पत्ता लाउनु थियो जुन कसलाई कहाँ सोध्नुपर्छ भन्ने मलाई थाहा थिएन।, सुरूमा म त्यहाँको संग्रहालय पुगेँ र सोधेँ, ‘यो मन्दिरबारे मलाई कसले जानकारी दिन सक्नुहोला?’, त्यहाँका मान्छेले आफूलाई थाहा नभएको बताउँदै भने, ‘सायद मास्टर बाजेलाई थाहा होला। तर उहाँ निकै उमेरको हुनुहुन्छ। सधैं–सधैं यहाँ आउनुहुन्न।’, उनीहरूसँग मास्टर बाजेको फोन नम्बर पनि रहेनछ। अब कहिलेकाहीँ मात्र आउने मान्छेलाई म कहाँ खोजूँ? कसलाई सोधूँ?, मैले मंगलबजार परिसरमै भेटिएका केही स्थानीयसँग सोधपुछ गरेँ। त्यसपछि बल्ल थाहा भयो, मास्टर बाजे त रामप्रसाद अमात्यको बोलीचालीको नाउँ रहेछ।, जे होस्, मास्टर बाजे उर्फ रामप्रसाद अमात्यसँग भेट भयो र मैले मेरो सम्पदा रिपोर्टिङको पहिलो स्टोरी लेखेँ जुन मलाई 'असाइन' गरिएको विश्वनाथ मन्दिरको थिएन।, उनलाई भेटेर मैले लेखेको पहिलो स्टोरी थियो– ,पाटनका मन्दिर कथा सुनाउँदै हिँड्ने ‘मास्टर बाजे’,।, विश्वनाथ मन्दिरको स्टोरी लेख्न भने म अरू मान्छे खोज्न थालेँ। एक जनाले मलाई पुरातत्व विभागअन्तर्गतको हेरचाह अड्डा जान सुझाए। मलाई त्यो अड्डा कहाँ छ भन्ने पनि थाहा थिएन। सोध्दै, खोज्दै पुगेँ। तर विश्वनाथ मन्दिरको हेरचाह हेरचाह अड्डाले पनि गर्दैन रहेछ। त्यहाँ पुगेपछि थाहा भयो, त्यो काम काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) ले गर्दो रहेछ।, अब केभिपिटी कहाँ छ भन्ने मैले खोज्नुपर्ने थियो। सोध्दै खोज्दै त्यो पनि पत्ता लगाएँ।, मैले पहिलोचोटि भेट्दा केभिपिटीका निर्देशक रोहित रञ्जितकार हिमालयन टाइम्सका एक पत्रकारलाई ‘भाइदेगः मन्दिर’ बारे जानकारी दिँदै थिए। म उनीहरूकै छेउमा बसेर कुराकानी सुनिरहेँ।, नब्बे सालको भुइँचालोमा भत्किएर पुनर्निर्माण गर्न लागिएको उक्त मन्दिरको कथा मलाई रोचक लाग्यो। सन् १८५३ मा हेनरी ओल्डफिल्डले बनाएको चित्रका आधारमा उक्त मन्दिर पुरानै स्वरूपमा फर्काउन लागिएको रोहित बताउँदै थिए।, विश्वनाथ मन्दिरको ,रिपोर्टिङ,पछि मैले भाइदेग: मन्दिरको रिपोर्टिङ गरेँ। पछि के थाहा पाएँ भने मैले जुन विश्वनाथ मन्दिरको स्टोरी लेखेको थिएँ, खासमा मलाई असाइन गरिएको स्टोरी त्यो होइन रहेछ। यहाँ महादेव मन्दिर धेरैलाई विश्वनाथ नै भनिँदो रहेछ। अहिले सम्झिँदा हाँसो उठ्ने कुरा चाहिँ, मलाई रिपोर्टिङ गर्न भनिएको असली विश्वनाथको मन्दिर त्यही ,भाइदेगः, रहेछ।, यसरी अलमलिएर र एउटा स्टोरी गर्छु भन्दा अर्कै स्टोरी गर्न पुगेर मेरो सम्पदा रिपोर्टिङ यात्रा सुरू भयो। र, त्यही भाइदेग: मन्दिरको रिपोर्टिङले मलाई काठमाडौं उपत्यकाका सम्पदा, संस्कृति र सभ्यतामा रूचि जगायो।, त्यसयता मैले काठमाडौं उपत्यकाका जात्रा, चाडपर्व, संस्कृति, सम्पदा र इतिहासबारे थुप्रै स्टोरी लेखेँ। सबैजसो रिपोर्टिङ मेरो व्यक्तिगत जिज्ञासाबाट सुरू हुन्थ्यो। म काठमाडौंको सम्पदा र संस्कृतिबारे जे-जे जिज्ञासा मनमा आउँछन्, ती जिज्ञासाको जवाफ खोज्न थाल्थेँ र त्यसले नयाँ नयाँ स्टोरीलाई जन्म दिन्थ्यो। मेरा जिज्ञासा अझै थुप्रै छन् र ती जिज्ञासामाथि मेरो खोजी पनि जारी छ।, यसरी काठमाडौंको नेवा: सभ्यताबारे बुझ्दै र लेख्दै जाने क्रममा एउटा अर्को सभ्यता अभिन्न रूपमा जोडिएको मैले पाएँ। त्यो थियो– मिथिला सभ्यता।, नेवाः र मिथिला सभ्यता कसरी जोडियो त?, काठमाडौं उपत्यकामा सभ्यता र संस्कृतिको जग बसाल्ने क्रम आजभन्दा तीन हजार वर्षअघिको किराँतकाल र त्यसपछि दुई हजार वर्षअघिको लिच्छविकालबाट सुरू भएको थियो। आज जुन काठमाडौंमा हामी बसिरहेका छौं, त्यसको जग किराँत र लिच्छवि दुवै युगमाथि उभिएको छ। यहाँका नेवारहरूले किराँतकालीन केही संस्कृतिलाई आजसम्म निरन्तरता दिएका छन् भने केही संस्कृति लिच्छविकालबाट आएका छन्। केही सम्पदा किराँतकालदेखिका छन् भने केही लिच्छविकालका धरोहर हुन्।, तर काठमाडौं सभ्यतालाई अहिलेको जस्तो सुसंस्कृत, रौनकपूर्ण र भव्य बनाउने श्रेय मल्ल राजाहरूलाई जान्छ।, मल्लहरू कवि थिए। साहित्य, कलामा उनीहरूको असाध्यै रूचि थियो। उनीहरूको समयसम्म राज्य सम्पन्न भइसकेको थियो। त्यसैले उनीहरूले मठ–मन्दिर, पोखरी, हिति (ढुंगेधारा) लगायत जात्रापर्व चलाउन खुब लगानी गरे। यसले काठमाडौंको सभ्यता र संस्कृतिलाई नयाँ उचाइ दियो। पुराना हराइसकेका जात्राहरू पनि ब्युँतिए। मल्लकालले सिर्जेका तिनै मन्दिरहरूमा हामी आज पनि नित्य पूजाआजा गर्छौं। तिनै जात्रापर्वको उल्लासमा हामी आज पनि रमाउँछौं।, काठमाडौं सभ्यतालाई राजनीतिक रूपमा स्विकारेर त्यसलाई निरन्तरता मात्र होइन नयाँ उचाइमै पुर्याउने मल्ल शासकहरू को थिए?, धेरैलाई लाग्छ, मल्लहरू काठमाडौंकै नेवार राजा हुन्। त्यही भएर उनीहरूले यहाँको भाषा र संस्कृतिलाई त्यति धेरै आत्मसात् गरे।, तर होइन, मल्लहरू काठमाडौं उपत्यकाका होइनन्। जसरी लिच्छविहरू भारतको वैशालीबाट काठमाडौं प्रवेश गरेका थिए, मल्लहरू मधेसबाट यहाँ आएका हुन्।, उनीहरू आउँदा काठमाडौं उपत्यकामा नेवाः सभ्यता पहिल्यै विकसित थियो। शासनमा आइसकेपछि उनीहरूले चाहेका भए त्यो सभ्यता मासेर त्यसलाई आफ्नै शैली र स्वाद दिन सक्थे। तर उनीहरूले त्यसो गरेनन्। काठमाडौं सभ्यता जस्तो थियो, उनीहरूले त्यसलाई त्यही रूपमा स्विकारे। यहीँका भाषा बोल्न थाले, यहीँका संस्कृति र चाडपर्व मनाउन थाले।, मधेसबाट आएका मल्लहरू काठमाडौंको नेवा: सभ्यतामा मिसिए, नेवा: सभ्यतालाई आफूमा मिसाए।, यस क्रममा उनीहरूले आफूसँग ल्याएको मिथिला सभ्यतालाई यहाँको भाषा, संस्कृति र कला–साहित्यमा जोड्दै गए। मैले लेखेका काठमाडौं सभ्यताका स्टोरीमा मिथिला सभ्यता पनि जोडिँदै गयो।, म केही उदाहरण दिन चाहन्छु।, चार वर्षअघि मैले ‘,मल्लराजा सिद्धिनरसिंहका ४०० वर्ष पुराना गीत,’ भन्ने स्टोरी लेखेको थिएँ। पाटनका मल्लराजा सिद्धिनरसिंहले लेखेका ३२ गीत ज्याः पुन्हि (जेष्ठ पूर्णिमा) का दिन कृष्ण मन्दिरअगाडिको कात्तिक डबलीमा सुनाइन्छ। यस गीतमा नेपाल भाषासहित मैथिली, संस्कृत, फारसी र उर्दू भाषा पनि प्रयोग भएका छन्।, त्यसै दिन पाटन संग्रहालयभित्र राखिएको त्यति नै वर्ष पुरानो पौभाः चित्र प्रदर्शन गर्ने चलन छ। त्यो चित्र मिथिला सभ्यताबाट प्रेरित छ।, मल्लकालमा राजाहरूले मिथिला राजकन्यासँग विवाह गर्ने चलन थियो। मल्लकालीन चित्रहरू हेर्ने हो भने महिलाहरूले नाकमा नथिया लगाएको, घुम्टो ओढेको देखिन्छ जुन काठमाडौंको परम्परा होइन। पुरूषहरूको पहिरन पनि मुगल बादशाहको जस्तै छ।, कात्तिक डबलीमा वार्षिक रूपले गाइने भजनबाहेक पाटनका विभिन्न भजनमा मिथिला भाषा जोडिएर आउँछ। त्यसमाथि हरेक साँझ कृष्ण मन्दिरमा गाइने भजन त पूरै मिथिला भाषामा छ।, गीतमा मात्र होइन, काठमाडौंमा मञ्चन गरिने सांस्कृतिक नाटकहरूमा पनि मिथिला जोडिएर आउँछ। पाटनको कात्तिक नाच त्यसैको उदाहरण हो। काठमाडौं उपत्यकाका डबलीहरूमा यस्ता नाटक समय समयमा मञ्चन भइरहेका हुन्छन्। यसलाई मलजल गर्ने काम मल्ल राजाहरूले नै गरेका थिए।, यति मात्र होइन, काठमाडौं र मिथिला कला एकअर्कासँग जोडिएका छन्। जसरी नेवाः समुदायले आफ्ना पूजाहरूमा मण्डल बनाउँछन्, त्यसरी नै मिथिला समुदायमा भित्ता र भुइँमा अरिपन बनाउने चलन छ। यी दुवै लगभग उस्तै हुन्छन्। झन् मिथिलालाई त कलाको सहर भन्दा फरक पर्दैन। खानामा नेवाः समुदायजस्तै सोखिन छन् मैथिलहरू।, मेरो एक जना साथी छन्– आशिष मिश्र। हाल पाटनमा बस्ने उनको मूल घर मिथिला नै हो। यहाँको समाज र संस्कृतिमा सानैदेखि भिजेका उनी नेवाः सभ्यताबारे उत्तिकै जानकार छन्। यहाँका जात्रापर्व मनाउँछन्, नेपाल भाषा पनि बोल्छन्। पुस्तौं पुस्तादेखि पाटनमा बसेका उनी मलाई हरेकचोटि भेट्दा आफ्नो पुर्खा कसरी मिथिलाबाट काठमाडौं आइपुगे भनेर सुनाइरहन्छन्।, आशिषको कथा छोटकरीमा भनिहाल्छु है!, जति बेला बुंगद्य: (रातो मच्छिन्द्रनाथ) लाई भारतको आसामबाट पाटन ल्याइयो, लगभग त्यही समयतिर आशिषका पुर्खा यहाँ आएका थिए।, त्यो बेला यहाँ खडेरी लागेको थियो। त्यही भएर तिरहुतबाट केही मैथिल ब्राह्मणलाई यज्ञ गर्न ललितपुर बोलाइयो। काम सम्पन्न गरेर फर्कनै लाग्दा तत्कालीन राजाले उनीहरूलाई यहीँ बस्न प्रस्ताव गरेछन्।, जवाफमा ती मैथिल ब्राह्मणहरूले भनेछन्, ‘हामीलाई त आँप र माछा दुवै चाहिन्छ। हामी यी दुवै पाइने ठाउँमा मात्र बस्न सक्छौं।’, आँप र माछा दुवै पाइने ठाउँ काठमाडौं नजिकको नुवाकोटमा फेला परेपछि उनीहरूलाई त्यतै बस्ने व्यवस्था गरियो। मैथिलहरू बसेकाले त्यो ठाउँलाई अहिले पनि मैथिलटार भनिन्छ। अहिले त्यहाँ सेनाको ब्यारेक छ जसलाई मैथिल ब्यारेक भनिन्छ।, नेवाः समुदायमा चाहे जन्मदिन होस् वा कुनै चाडपर्व, सगुनका रूपमा माछा नभई हुँदैन। यो चलन मिथिलाबाटै आएको आशिष बताउँछन्, भन्छन्, ‘हामी त पुरोहित भयौं। अनि हामीले नै सगुन पाउने भएपछि आफूलाई जे खान मन छ, त्यही राख्नुपर्छ भन्यौं।’, मैथिलहरूको काठमाडौं प्रवेश तीन कालखण्डमा भएको इतिहास छ।, एकथरी मिश्र, झा र ठाकुरहरू गौतम बुद्धकै पालामा काठमाडौं आएका थिए। अर्काथरी मैथिलहरू लिच्छवि राजा नरेन्द्रदेवका पालामा काठमाडौं आएका थिए। मेरो साथी आशिषको पुर्खा त्यसैमध्येको हो। तेस्रो चरणमा काठमाडौं भित्रिएका मैथिलहरू मल्ल शासकसँगसँगै आएका हुन्।, नेवा: र मिथिला सभ्यताको सम्बन्ध भाषामा पनि देखिन्छ। नेपाल भाषामा दहीलाई धौ भनिन्छ जुन मैथिलको ‘दहु’ बाट बनेको हो। पैसालाई नेपाल भाषामा ‘धेवा’ भनिन्छ भने मैथिलमा ‘धौवा’ भनिन्छ। यस्ता अनेकौं शब्द छन्।, नेवा: सभ्यताको रञ्जना लिपिसमेत मैथिल लिपिको परिस्कृत रूप भएको आशिष बताउँछन्। राजा प्रताप मल्लले आफ्नो ज्ञानको फराकिलो दायरा देखाउन हनुमानढोका दरबारको एउटा शिलालेखमा १५ वटा लिपि खोपेका थिए। त्यसमध्ये मैथिल लिपि पनि एक हो।, नेवा: र मिथिला सभ्यताबीच नाभीको सम्बन्ध गाँसिएको छ भन्ने बुझेपछि मलाई लाग्यो, मेरो काठमाडौं सभ्यताको अध्ययन तबसम्म अपुरो हुन्छ, जबसम्म जनकपुर वा मिथिला सभ्यतालाई जोडेर हेरिन्न।, मेरो मनमा हुटहुटी जाग्यो, जनकपुर जाने र मिथिला सभ्यतालाई नजिकबाट हेर्ने, अध्ययन गर्ने र त्यहाँ लुकेका स्टोरीहरू खोज्ने।, मैले आफ्नो हुटहुटी पूरा गर्न अफिसमा जनकपुर जाने प्रस्ताव राखेँ।, जसै मेरो प्रस्ताव स्वीकृत भयो, मैले आफ्नो तर्फबाट मिथिला सभ्यतामाथि अध्ययन सुरू गरेँ। मनमा उठेका जिज्ञासाहरूको जवाफ जनकपुरमाथि लेखिएका किताबहरूमा खोज्न थालेँ। जनकपुर सभ्यताबारे जानकार विज्ञहरूलाई भेट्न थालेँ।, यही क्रममा मैले जनकपुरमा जन्मिएका र त्यहाँको समाज र संस्कृति नजिकबाट बुझेका मनिष झालाई भेटेँ। उनले सेतोपाटी अफिसमै आएर मलाई जनकपुरको लामो वृत्तान्त सुनाए।, कुराकानी क्रममा उनले आफ्नै परिवारको उदाहरण दिए।, मनिषकी आमा काठमाडौंकी रैथाने हुन्। उनी काठमाडौंबाट बिहे गरेर जनकपुर गएकी थिइन्। उनले त्यहाँ पुगेर आफ्नो घरपरिवारमा नेपाल भाषा सिकाइन् भने आफूले मैथिल भाषा सिकिन्।, यो उदाहरण सुनेपछि काठमाडौंसँग ऐँचोपैंचो र बिहेवारी चल्ने मिथिला सभ्यताबारे मेरो रूचि झनै गाढा भयो।, जनकपुर सहरबारे किताबसमेत लेखिरहेका मनिषले मिथिला सभ्यताबारे खोज्न सकिने केही सम्भावित कथाहरूको सूची तयार पार्न मलाई सहयोग गरे। जनकपुर बुझ्न र यी दुई सभ्यता जोड्न को–कसलाई भेट्न सकिन्छ भनेर नाम पनि टिपाए। केही किताबको सन्दर्भ पनि दिए।, मैले त्यसपछि अरू साथीहरूसँग कुराकानी गरेँ। किताबहरू संकलन गरेँ र पढ्न थालेँ। जनकपुर र काठमाडौंमा भेट्नुपर्ने मान्छेसँग सम्पर्क बढाएँ। मोटामोटी को–को मान्छे भेट्ने र के–के कथा लेख्ने भन्ने खाका बनाइसकेपछि मैले सेतोपाटीका जनकपुर संवाददाता रोहित महतोलाई सम्पर्क गरेँ।, रोहितले त्यहाँका मान्छेहरूसँग भेट्न समय मिलाइदिएका छन्। होटल बुकिङ भइसकेको छ। आज साँझ ४ः५५ बजेको यति एयरलाइन्सको फ्लाइट पनि बुकिङ भइसकेको छ।, म थुप्रै जिज्ञासाहरू लिएर जनकपुर उड्दैछु।, अब काठमाडौं र मिथिला सभ्यताबीच जम्माजम्मी आधा घन्टाको हवाई दुरी न हो!, जनकपुर, आई एम कमिङ।,
जनकपुर, आई एम कमिङ
|
सेतोपाटी संवाददाता दाङको घोराहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान साढे १० बजेतिर घोराही उपमहानगरपालिका-१४ कपासे स्थित घोराही-तुलसीपुर सडकखण्डमा दुर्घटना भएको हो।, दुर्घटना हुँदा ट्याक्टरका मिस्त्री घोराही-१० उत्तर अम्रुई बस्ने २२ वर्षीय सुदन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। , उनका अनुसार रा १ त ३३७० नम्बरको ट्याक्टर सडकमा बिग्रिएको थियो। त्यसलाई तान्न अर्को रा १ त ४६११ नम्बरको ट्याक्टर बोलाइएको थियो। , त्यसक्रममा सो ट्याक्टर पनि पल्टिएर चौधरी च्यापिएका थिए। , ट्याक्टरमा च्यापेपछि उनी गम्भीर घाइते भए। उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ। , कार्यालयले थप कानुनी प्रक्रिया अघि बढाएको छ।,
दाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मंगलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ।, खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ। यो खटमा टुँडालदेवीलाई तीन दिनपछि मात्र फर्काइने जनाइएको छ। यसअघि मंगलबार दिउँसो लावा छरेर जात्रा गरिएको थियो। लावासहितको जात्रापछि भाटभटेनी मन्दिरमा यस क्षेत्रका महिलाको समूह निशा पुचः ले दुई घण्टा विशेष पूजा गरेको महानगरपालिका–५ का अध्यक्ष एवं जात्रा सञ्चालन समितिका अध्यक्ष रमेश डंगोलले जानकारी दिए।, टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि हाँडीगाउँ क्षेत्रमा जात्रा सुरू हुन्छ। जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको ,गहना खोजिने जात्रा, सम्पन्न गरिएको थियो।, प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी काठमाडौं महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा भव्यरूपमा गरिन्छ। जात्राका क्रममा भातको देउता बनाएर टुँडालदेवीमा लगिने विधि भने पूरा भइसकेको छ। भाटभटेनी जात्रा काठमाडौंमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ।, यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ । यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ । धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल अर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन्। स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ। त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुनका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ। त्यसै समयदेखि हराएको गहना खोज्न यो जात्रा सुरु भएको विश्वास गरिन्छ । ,रासस,
टुँडालदेवीलाई खटमा राखेर मध्यराति लगियो भाटभटेनी
|
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा छ जनाविरूद्ध मुद्दा दायर गरेको छ। , विभागले आइतबार उच्च अदालत पाटनमा ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बराबरको राजश्व चुवाहट गरेको भन्दै मुद्दा दायर गरेको हो। , पर्सा वीरगन्ज महानगरपालिका- २८ का रामेश्वर पण्डित भन्ने रामेश्वर तिवारी, काभ्रे पाँचखाल नगरपालिका-४ का ३१ वर्षीय श्यामबहादुर श्रेष्ठ, गुल्मीका विष्णु एन्ड विकेश सप्लायर्सका प्रोप्राइटर ४२ वर्षीय विष्णुप्रसाद घिमिरे, कारोबार हेर्ने व्यक्ति तथा रमाशंकर गुप्ता र ४२ वर्षीय मनोज साह कलवार छन्। , त्यस्तै काठमाडौं महानगरपालिका-१३ ताहचल बस्ने भारतीय नागरिक विमला इन्टरनेशनलको कारोबार हेर्दै आएका ३२ वर्षीय अमितकुमार अग्रवाल छन्। , श्यामबहादुर भने ना. ७ ख १६७ नम्बरको ट्रकका धनी तथा चालक हुन्।, उनीहरूमाथि राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरू काठमाडौंमा ल्याएर बेचेको आरोप छ। , विभागले उनीहरूविरूद्ध बिगो र त्यसको शतप्रतिशत जरिवाना हुनेगरी जम्मा २२ करोड ९५ हजार ४३० रुपैयाँ जरिवाना र कैद सजायको माग गरेको छ।,
,
भारतबाट कपडा ल्याउँदा राजस्व छलेको भन्दै ६ जनाविरूद्ध ४२ करोडको मुद्दा
|
दिपकजंग शाही सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह वैशाख ६ गते हुने भएको छ।, दीक्षान्त समारोहका लागि अधिकांश तयारी पूरा भइसकेको विश्वविद्यालयको प्रचारप्रसार उपसमितिले जनाएको छ।, प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन्। समारोहको प्रमुख अतिथि भने भारतका कैलाश सत्यार्थी हुने प्रचारप्रसार उपसमितिले जनाएको छ ।, प्रधानमन्त्री देउवा र सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता सुर्खेत आउने तय भइसकेको छ।, यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल पनि समारोहमा सहभागी हुनेछन्।, दीक्षान्त समारोहमा विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिने छ। जसमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना छन्।, यस्तै स्नातक तहका ४० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तिर्ण ४-४ जनालाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ।, समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तिर्ण २ जना र स्नातक तह उत्तिर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिने छ ।, यस्तै विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दिक्षित गर्न लागिएको छ। मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना स्नातक उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिने छ।, स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दिक्षित हुनेछन्।, मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी गर्ने पूर्णमान श्रेष्ठ समारोहका क्रममा दिक्षित हुँदैछन्। विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि पाएका श्रेष्ठले व्यवस्थापन संकायमा आफ्नो शोधपत्र तयार पारेका थिए।, वीरेन्द्रनगर-८ कुइनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समारोह हुनेछ।, दीक्षान्त समारोह अघि एक घण्टा विश्वविद्यालयको सिनेट सञ्चालन गरिने छ।, यो वर्ष हुन लागेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो। यसअघि २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो।, त्यसअघि विश्वविद्यालयको २०७३ भदौ २० गते विशेष दीक्षान्त समारोह भएको थियो। उक्त विशेष समारोहमा साहित्यकार झमकुमारी घिमिरेलाई विद्यावारिधि उपाधिसहित दिक्षित गरिएको थियो।,
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह मंगलबार हुँदै
|
युवराज श्रेष्ठ बलात्कार अभियोगमा थुनामा रहेका पल शाह (पूर्ण विक्रम शाह)ले बलात्कार नगरेको भन्दै पीडित नाबालिगले बयान दिएकी छन्।, जिल्ला अदालत तनहुँले लिएको बकपत्रमा नाबालिग गायिकाले बलात्कार अस्विकार गरेकी छन्। , ‘हामीसँग जाँदा बलात्कार हो भनेकी थिइन्, अदालतले बकपत्र गर्दा होइन मात्र भनिन्,’ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने, ‘हामीले पेश गरेको मिसिलमा सबै प्रमाण छन्।’, अदालतले पीडित नाबालिगसँग आइतबार बकपत्र गरेको थियो। बकपत्रमा बयान फेरिए पनि पुष्टि हुन गाह्रो हुने शर्माले बताए।, ‘पीडितले करणी नै नभएको भनेकी छिन्, बयान फेरिँदैमा पुष्टि कहाँ हुन्छ र,’ उनले भने।, अभिनेता पलले पोखरा, तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै १७ बर्षीय नाबालिगका परिवारले प्रहरीमा जाहेरी दिएको थियो।, तनहुँ प्रहरीमा फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते पीडित परिवारले जाहेरी दिएका थिए। उक्त जाहेरीको थुनछेक बहसपछि दुबै जिल्ला अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।, थुनछेक बहसमा अभियुक्त पलले नाबालिगलाई बलात्कार अस्विकार गरेका थिए भने मध्यरातमा मदिरा पिएर नाबालिगको कोठामा पुगेको स्विकार गरेका थिए।, पलको सोही स्विकारोक्तीका आधारमा तनहुँ अदालतले मध्यरातमा नाबालिगको कोठामा जानुको औचित्य पुष्टि नभएको भन्दै थुनामा पठाउने थुनछेक आदेश दिएको थियो।, पीडित नाबालिगले बयान फेरेसँगै बाह्य दबाबमा होस्टाइल भएको हुन सक्ने आशंका जन्मिएको छ। पीडितका विरुद्ध पटकपटक अभिव्यक्ति दिनेहरूलाई कारबाही हुन नसक्नु र मुद्धा प्रभावित हुने गरी भइरहेका गतिविधी रोक्न नसक्दा होस्टाइल भएको हुन सक्ने पीडित पक्षका एक कानुन व्यवसायीले आशंका व्यक्त गरेका छन्।,
पल शाह प्रकरण: पीडित नाबालिगले बलात्कार होइन भनिन्
|
रासस मुस्ताङमा एक जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।, भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीया मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए। , उनका अनुसार आइतबार मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा यामसानीको बेहोस भएकी थिइन्। , बेहोस यामसानीलाई जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको तामाङले बताए। , लेक लागेर मृत्यु भएको बताइए पनि घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।, मृतकको शव जोमसोम अस्पतालमा परीक्षण गरिएको छ।, पोखरा-जोमसोम हवाई मार्ग भएर यामसानीसहित ६० जना भारतीय मुक्तिनाथ तीर्थयात्राका लागि गएका थिए। ,
मुस्ताङमा लेक लागेर तीर्थयात्रीको मृत्यु
|
सेतोपाटी संवाददाता सोमबारदेखि वीणा उल्कावर्षा हुने भएको छ। , वैशाख ५ गते देखि १२ गतेसम्म वीणा उल्कावर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। , उनका अनुसार यो उल्कावर्षा भोलिदेखि हुने भएपनि वैशाख ९ गते राति भने सक्रिय हुनेछ। , ‘मौसमले साथ दिए वैशाख ९ गते राति नेपाली आकाशमा उल्कावर्षाको रमाइलो दृश्य देख्न सकिन्छ,’ उनले भने। , यो उल्कावर्षालाई अंग्रेजीमा लाइरिड मिटियोर सावर भनिन्छ। , उल्कावर्षाको अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने भट्टराईले बताए। , उनका अनुसार थ्याचर नामक पुच्छ्रेताराले छोडेका धूलोका कणहरू पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हँदा यो उल्कावर्षा देखिन्छ। , थ्याचर पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँछ।, ‘पुच्छ्रेतारा वा धुमकेतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरू छोड्ने गर्छन् जुन लाखौं किलोमीटरसम्म फैलिन सक्छन्। यसरी फैलिएका धूलोका कणहरूले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ,’ उनले भने, ‘परिक्रमा गर्ने क्रममा जब यी धूलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ। यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्कावर्षा भन्ने गरिन्छ।’,
सोमबारदेखि उल्कावर्षा हुने, वैशाख ९ गते नेपाली आकाशमा देखिने
|
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अस्पतालबाट डिस्चार्ज भएकी छन्। , काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचार पछि आइतबार साँझ डिस्चार्ज भएर पुलचोकस्थित मन्त्री निवास फर्किएकी हुन्।, डिस्चार्जपछि अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन्।, राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएर एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि बुधवार बिहान उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो।, ज्वरो र भोमिटिङ्गको कारण पनि स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिन सम्म अस्पतालमै राखेर उपचार गरिएको थियो। , मन्त्री रेग्मीलाई चिकित्सकले एक हप्ता आराम गर्न सुझाव दिएको मन्त्रीका स्वकीय सचिव हिमाङ्क भण्डारीले बताए। ,
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अस्पतालबाट डिस्चार्ज
|
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि सुरक्षा स्थितितको निरन्तर मूल्याङ्कन गर्न निर्देशन दिएका छन्। , वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उचित ढंगले गर्न निर्देशन दिएका हुन्। , आइतबार उनले नेपाली सेनाका विभागीय प्रमुखहरूको उपस्थितिमा चारवटै कमान्डका सेनापतिहरूलाई निर्देशन दिएको जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। , उनले आ-आफ्नो जिम्मेवारी क्षेत्रहरूको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्न भनेका छन्। , जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरू तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरूसँग असरदार रूपमा समन्वय गर्न, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्न निर्देशन दिएका छन्। , त्यस्तै उनले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना, २०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरूको पालना गर्न समेत निर्देशन दिए।,
,
प्रधानसेनापति शर्माको चुनाव लक्षित निर्देशन- सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्नू
|
रासस पूर्वी अफगानिस्तानको दुई प्रान्त खोस्ट र कुनारमा पाकिस्तानी सैनिक हवाई हमलामा परी मृत्यु हुनेको संख्या कम्तीमा ४७ पुगेको अधिकारीहरूले आइतबार बताएका छन्।, खोस्टका सूचना तथा सँस्कृति निर्देशक शबीर अहमद उस्मानीले शनिबार भएको हमलाका बारेमा भने, 'खोस्ट प्रान्तको डुरन्ड लाइन नजिकै पाकिस्तानी सेनाद्वारा हवाई आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ४१ व्यक्ति मारिएका छन्। अन्य २२ जना घाइते भएका छन्।', अन्य दुई अधिकारीले पनि खोस्टमा मृत्यु हुनेको उक्त संख्या पुष्टि गरेका छन्। उनीहरूले शनिबार कुनार प्रान्तमा छ जनाको मृत्यु भएको बताएका छन्।,
पाकिस्तानी आक्रमणका कारण अफगानिस्तानमा ४७ को मृत्यु
|
निर्मला घिमिरे त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयले 'अनअराइभल' भिसामा नेपाल आउने पर्यटकलाई साथमा दुई सय अमेरिकी डलर नगद बोकेरै आउन आग्रह गरेको छ। कोरोनाका कारण थलिएको नेपाली पर्यटन क्षेत्रमा भर्खर-भर्खर विदेशी पर्यटक आउन थालेका बेला अध्यागमन कार्यालयले यस्तो आग्रह गरेपछि आलोचना भएको छ।, विमानस्थल अध्यागमन कार्यालय प्रमुख पुष्पराज शाहीका अनुसार एक साताअघि सूचना जारी गरी अनअराइभल भिसा लिने पर्यटकलाई साथमा दुई सय अमेरिकी डलर नगद बोक्न आग्रह गरिएको हो।, अध्यागमनले भने कुनै विशेष कारणले नभई विमानस्थलमा विद्युतीय भुक्तानीमा समस्या आएकाले यस्तो निर्णय गरेको जनाएको छ। अहिले मास्टर, भिसा कार्ड चल्ने एटिएम नचलेकाले यस्तो आग्रह गरिएको उनको भनाइ छ।, विमानस्थलमा एउटा मात्र एटिएम मेसिन छ। त्यसैले धेरै भिडभाड तथा प्राविधिक समस्याका कारण रकम ननिस्किने समस्या भइरहन्छ। त्यसैले भिसा तथा मास्टर कार्डबाट पैसा निकाल्न कठिन भएको उनी बताउँछन्। , ‘यहाँको एटिएमले कामै गर्दैन। एक वर्ष भइसक्यो राम्ररी काम नगरेको। हामीले राष्ट्र बैंकलाई पटक-पटक भनिसक्यौं तर पार लागेन,’ शाहीले सेतोपाटीसँग भने, ‘साथमा डलर नभएका पर्यटकलाई प्रहरीसँगै लगाएर पठाएर बाहिरका एटिएमबाट पैसा झिक्न लगाएर मात्रै भिसा दिनुपर्ने अवस्था आएपछि यस्तो अनुरोध गरेका हौं।’, उनका अनुसार राष्ट्र बैंकको टोली आएर यहाँ एटिएमको समस्याबारे हेरेर गइसकेको छ। तर अहिलेसम्म सुधारको कुनै प्रक्रिया बढेको छैन। यहाँ प्रभु बैंकको एटिएम छ। एटिएम राख्ने ठाउँ नागरिक उड्ड्यन प्राधिकरणले उपलब्ध गराएको हो। बैंकिङ प्रणाली र प्रक्रियाको नियामकका रूपमा समस्याबारे राष्ट्र बैंकसँगै कुरा गरिने पनि शाहीले जानकारी दिए। , 'यहाँको बैंकिङ प्रणालीमा केही समस्या आए हामीले भन्ने राष्ट्र बैंकलाई नै हो,' शाहीले भने, 'अहिलेसम्म समस्या भने सुल्झेन।', विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउँछन्। राष्ट्र बैंकले भने विमानस्थलमा पर्यटकका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि चासो नदेखाएको अध्यागमन कार्यालयले बताएको छ। यसबारे हामीले राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलसँग सोध्यौं।, उनले मेसिनरी सामानले कहिलेकाहीँ काम नगर्ने समस्याका कारण पर्यटकलाई साथमा दुई सय डलर ल्याउन आग्रह गरिएको तर यसबारे थप जानकारी आफूलाई नभएको बताए। , ‘पर्यटकलाई त्यहाँ भुक्तानीमा समस्या नहोस् भनेर तत्कालका लागि यस्तो सूचना जारी गरिएको रहेछ। यस विषयमा थप कुरा मलाई जानकारी छैन,’ उनले भने।, कोरोना संक्रमण कम हुँदै गएपछि पर्यटक बढ्न थालेका छन्। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ।, तर विमानस्थलमै पर्यटकका लागि बाधा-अड्चन हुँदा सास्ती भोग्नु पर्ने अवस्था रहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछाने बताउँछन्। विमानस्थलमा पूर्वाधार व्यवस्थित नहुँदा पर्यटनमा नराम्रो असर पर्ने भएकाले तत्काल सहजीकरण गर्न बोर्डले आग्रह गरेको समेत लामिछानेले बताए।, ‘यो समस्याले पर्यटन प्रवर्द्धनमा नकारात्मक असर पर्नसक्छ। विद्युतीय भुक्तानीमा देखिएको यो समस्या तत्काल समाधान गर्नुपर्छ। त्यहाँ एउटा मात्र एटिएम मेसिन छ भने बढाएर हुन्छ कि, कसरी हुन्छ, सहज हुनुपर्छ भन्ने कुरा बोर्डले राखेको छ,’ उनले भने।,
‘हामीले एयरपोर्टमा एटिएम बनाउन बारम्बार राष्ट्र बैंकलाई भन्यौं तर पार लागेन’
|
सेतोपाटी संवाददाता नक्कली सुनको कारोबार गरेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन्।, संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर-सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका छन्।, उनीहरूलाई गोरखा नगरपालिका ६ हरमटारीबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए।, उनीहरूको साथबाट पहेँलो रङ लगाएको धातु पनि बरामद भएको छ।, फलामको टुक्रालाई पहेलो लेपन गरी सुन हो भन्दै कारोबार गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।, सुनका गहना र नगद ठगी गरेको सूचनापछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको उनले बताए। पाँच जनाले आफूहरू ठगीएको भन्दै प्रहरीकहाँ उजुरी दिएका थिए।, पक्राउ परेकाहरूलाई सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
नक्कली सुनको कारोबार गरेको आरोपमा तीन पक्राउ
|
एजेन्सी उत्तर अफ्रिकी मुलुक ट्युनिसिया नजिकैको समुद्रमा एउटा मालवाहक पानीजहाज डुबेको छ।, समाचार संस्था रोयटर्सका अनुसार ७५० देखि १ हजार टनसम्म इन्धन बोकेको उक्त जहाज गत शुक्रबार ट्युनिसियाको सीमानजिकैको समुद्रमा डुबेको हो।, इक्वेटोरियल गिनीबाट माल्टा जान लागेको उक्त जहाज खराब मौसमका कारण डुबेको बताइएको छ। ट्युनिसयाका नौसेनाहरू जहाजमा रहेका सात जना चालक दलका सदस्यको उद्धार गरेका छन्।, उनीहरूको अवस्था सामान्य छ। ५८ मिटर लामो र ९ मिटर चौडा जहाजमा रहेको इन्धन समुन्द्रमा मिसिएर उक्त क्षेत्रमा प्रदुषण हुने खतरा छ।, ट्युनिसियाको रक्षा मन्त्रालयले छिमेकी मुलुकहरूले जहाजबाट हुने खतरा रोक्न सघाउने प्रस्ताव गरेको बताएको छ।, डुबेको जहाजको अधिकारीहरूले निरीक्षण गरेका थिए। अहिलेसम्म जहाजबाट कुनै लिकेज नभएको उनीहरूले बताएका छन्।, ट्युनिसियाको रक्षा मन्त्रालयले इन्धन समुद्रमा मिसिन नदिन छिमेकी मुलुकसँग मिलेर आफ्नो देशका नौसैनिक काम गर्ने जनाएको छ।,
ट्युनिसियानजिकै डुब्यो हजार टनसम्म इन्धन बोकेको पानीजहाज
|
एजेन्सी छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ।, टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११-१७) अघिल्लो साताको तुलनामा कोरोना संक्रमण ३५ प्रतिशतले बढेको छ। भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा संक्रमण ह्वात्तै बढेको छ।, अघिल्लो साता भारतमा ४९०० संक्रमित थपिएकोमा यो साता ६६१० संक्रमित थपिएका छन्। दिल्लीमा अघिल्लो साताभन्दा यसपालि १४५ प्रतिशतले संक्रमण वृद्धि भएपछि थप सावधानी अपनाइएको छ।, दिल्लीका स्कुले विद्यार्थीहरूमा संक्रमण देखिन थालेपछि ती विद्यालयमा भौतिक पठन-पाठन बन्द गर्नेबे छलफल हुँदैछ। दिल्लीमा पछिल्लो समय बढिरहेको कोरोनाको संक्रमणबारे बुधबार दिल्ली डिज्यास्टर म्यानेजमेन्ट अथोरिटीको बैठक बस्दैछ।, भारतका अरू राज्यहरूमा भने कोरोनाको संक्रमण बढेको छैन। भारतमा अहिलेसम्म ४ करोड ३० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये पाँच लाख २१ हजारले ज्यान गुमाएका छन्।,
भारतमा फेरि बढ्न थाल्यो कोरोना
|
रासस सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–११ इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ।, करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आइतबार फेला परेको हो।, दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ।, उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो।, शव फेला परेपछि प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए।,
इन्द्रावतीमा युवतीको शव फेला
|
एजेन्सी दक्षिणमा अफ्रिकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४४३ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार क्वाजुलु-नातान प्रान्तमा बाढीले तबाही मच्चाएको हो।, उक्त प्रान्तमा केही दिनदेखि भारी वर्षा भएको थियो। बाढी र पहिरोमा परी लाखौं मानिस विस्थापित भएका छन् भने पानी र बिजुलीको आपूर्ति अवरूद्ध भएको छ।, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी पहिरोका कारण साउदी अरबको भ्रमण पर सारेको राष्ट्रपति कार्यालयले जनाएको छ।, प्रान्तका प्रिमियर सिह्ले जिकालालाले उक्त क्षेत्रमा अहिलेसम्मकै धेरै पानी परेकाले बाढी, पहिरो आएको बताएका छन्।, मौसमविद्हरूले आइतबारसम्म फेरि पानी पर्न सक्ने पूर्वानुमान गरेका छन्। फेरि पानी पर्ने कुराले आफन्त र घरबार गुमाएकाहरूमा चिन्ता थपिएको छ।,
दक्षिण अफ्रिकामा बाढी र पहिरो, ४४३ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता देशभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , सोमबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ४ हजार ६९१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। , पछिल्लो २४ घण्टामा ३ हजार ६०० जनाको पिसिआर र एक हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। , यस्तै ३४ जना संक्रमित निको भएका छन्। अहिले देशभर ३५० सक्रिय संक्रमित छन्।, ,
देशभर थप १० जनामा कोरोना संक्रमण
|
निर्मला घिमिरे अनअराइभल भिसामा नेपाल आउने विदेशीहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने भएको छ। , प्राविधिकहरूमार्फत आजै विमानस्थलको अनअराइभल कक्षमा एटिएम मेसिन जडान हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। , 'यहाँ प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै थियो। बीचमा यो मेसिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आयो। भिसा कार्ड त रिड गरिरहेको थियो। त्यो पनि रिड गर्न छाडेपछि कार्यालयले सूचना निकालेको हो, अब हामी त्यहाँ वाणिज्य बैंकको एटिएम मेसिन पनि थप्छौं,' सिटौलाले सेतोपाटीसँग भने। , समस्या समाधानका लागि एटिएम, भिसासँगै पेमेन्ट गेटवेमा अरू माध्यम पनि थप गरिने उनले बताए। प्रस्थान कक्षमा पनि राष्ट्रिय वाणिज्य बैंकको एटिएम राखिने उनले बताए। , विमानस्थलमा विद्युतीय भुक्तानी प्रणालीमा समस्या देखिएपछि विमानस्थलको अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै पर्यटकहरूलाई साथमा दुई सय डलर बोक्न आग्रह गरेको छ। हाल विमानस्थलमा एउटा मात्रै एटिएम मेसिन छ। मास्टर तथा भिसा कार्ड रिड गर्ने उक्त मेसिन नचलेकाले विदेशीहरूलाई नगद बोक्न आग्रह गरेको कार्यालयले बताएको थियो।, धेरै भिडभाड तथा प्राविधिक समस्याका कारण रकम ननिस्कने समस्या देखिएपछि नगद बोक्न आग्रह गर्दै कार्यालयले सूचना निकालेको कार्यालय प्रमुख पुष्पराज शाही बताउँछन्। उनका अनुसार हाल अनअराइभल कक्षमा प्रभु बैंकको एउटा मेसिन छ। त्यो मेसिनले एक वर्षयता काम नगरेकाले समस्या देखिएपछि बाध्य भएर सूचना नै निकाल्नुपरेको उनले बताए। , कोरोनाका कारण थलिएर भर्खरै विदेशी पर्यटक आउन थालेको बेला कार्यालयले त्यस्तो सूचना जारी गरेपछि आलोचना भएको थियो। , देशको अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय भुक्तानी प्रणाली व्यवस्थित नहुनु त्यसमाथि समस्या आउँदा सहजीकरण गर्नुको सट्टा विदेशीलाई नगदै बोकेर आउन आग्रह गर्नु लज्जास्पद भएको भन्दै आलोचना भएको हो। , चौतर्फी आलोचनापछि विमानस्थलले सुधारका लागि तयारी गरेको हो। , उता प्रभु बैंकले भने मेसिनमा लामो समयदेखि निरन्तर समस्या नभएको दाबी गरेको छ। कहिलेकाहीँ प्राविधिक समस्या आउने र त्यसमा बैंकको प्राविधिक टिमले काम गरिरहेको बैंकका एटिएम शाखा प्रमुख ऋषि न्यौपाने बताए। , 'एक वर्षदेखि बिग्रेको भनिएको छ, त्यस्तो समस्या छैन। हामी पनि सेवा दिन बसेका हौं। सकेसम्म सेवा सहज होस् भनेर काम गरिरहेका छौं। मेसिनरी सामान हो कहिलेकाहीँ त प्राविधिक समस्या भइहाल्छ,' उनले सेतोपाटीसँग भने।, यो पनि पढ्नुहोस्ः ,‘हामीले एयरपोर्टमा एटिएम बनाउन बारम्बार राष्ट्र बैंकलाई भन्यौं तर पार लागेन’, ,
त्रिभुवन विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने
|
दिपकजंग शाही समूहबाट छुटेर सुर्खेतमा एक्लिएको हिमाली गिद्धलाई नवलपरासी पठाइएको छ।, उक्त गिद्धको थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासीमा रहेको जटायु रेष्टुरेन्टलाई जिम्मा लगाइएको हो।, साढे २ महिनाअघि समूहबाट छुटेको यो हिमाली गिद्धलाई सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा राखिएको थियो। जंगलमा राखिएको गिद्धको स्याहार भने स्थानीय नवराज बोहोराको अगुवाइमा केही युवा तथा पशु चिकित्सकले गरिरहेका थिए।, सोमबार बोहोराकै जिम्मामा त्यो हिमाली गिद्धलाई जटायु रेष्टुरेन्टमा पठाइएको हो। डिभिजन वन कार्यालय वीरेन्द्रनगरले २०७८ चैत २९ गतेको मितिमा गिद्धलाई नवलपरासी पठाइएको पत्र काटेको छ।, सुर्खेतमा सामान्य उपचारपछि गिद्धलाई थप उपचारका लागि गिद्धकै लागि बनेको जटायु रेष्टुरेन्ट पुर्याउन लागिएको बोहोराले बताए।, आफ्नो समूहबाट छुटेपछि एक्लै परेको दुर्लभ पंक्षी मानिने हिमाली गिद्धलाई केही समय डिभिजन वन कार्यालय सुर्खेतमा पनि राखिएको थियो।, यो गिद्ध कसरी यहाँ आएर एक्लियो भन्ने यकिन छैन। यसलाई स्याहार गरिरहेकाहरूले सुर्खेतको आकाशमा समूहमा उडिरहेका बेला कुनै अवरोध भएपछि छुट्टिएको हुनसक्ने अनुमान गरेका छन्।, डिभिजन वन कार्यालयका अनुसार उक्त गिद्ध वीरेन्द्रनगर उपत्यकाभन्दा माथि झन्डै ३० किलोमिटर आसपासमा पर्ने जंगलमा भेटिएको हो। उड्न नसक्ने अवस्थामा भेटिएपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।, एक महिना जति काँक्रेबिहार जंगलमा राखेर गरिएको उपचारपछि गिद्धको अवस्थामा सुधार हुँदै गएको थियो। पूर्ण रूपमा उड्न नसकेपछि थप उपचार र व्यवस्थापनका लागि नवलपरासी पठाइएको डिभिजन वन कार्यालयले जनाएको छ।, यो पनिः, दुई महिनादेखि एक्लै परेको हिमाली गिद्ध,
नवलपरासीको जटायु रेष्टुरेन्टमा पठाइयो सुर्खेतमा एक्लै परेको हिमाली गिद्ध
|
सेतोपाटी संवाददाता राप्ती नदीमा माछा मार्ने क्रममा बिष्फोट हुँदा पाँच जना घाइते भएका छन्।, नदीमा बिष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न खोज्दा बिष्फोट भएर एक बालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।, बिस्फोटबाट लमही नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय प्रदीप चौधरी, २७ वर्षीय आनन्दकुमार भण्डारी, ९ वर्षीय बालक सुशान्त भण्डारी, उनका बुवा ३७ वर्षीय दीपक भण्डारी र ३४ वर्षीय दलबहादुर चौधरी घाइते भएका छन्।, घाइतेमध्ये प्रदीप चौधरीलाई थप उपचारका लागि भैरहवा लगिएको एसपी सुरेश काफ्लेले बताए। अन्य चार घाइतेको लमहीमा उपचार भइरहेको छ।, उनीहरू आइतबार अपरान्ह ५ बजेतिर राप्ती नदीमा माछा मार्न गएका थिए। माछा मार्न उनीहरूले घरायसी रूपमै बनाएको बिस्फोटक पदार्थ पड्केको अनुमान छ। घाइतेको अनुहारलगायत अंगमा चोट लागेको छ।,
राप्तीमा माछा मार्ने क्रममा बिस्फोट: पाँच जना घाइते
|
सविता बुढा धनगढी उपमहानगरपालिका–१४ की कौशिला दर्जीलाई साँझबिहानको चुलो कसरी जलाउने भन्ने चिन्ता छ। आजकाल उनको घरमा खाद्यान्न सकिएको छ। खाद्यान्नको गर्जो टार्न उनी बिसञ्चो हुँदा पनि मजदुरी गर्न जान्छिन्। उनी अर्काको खेतबारीमा काम गर्न र निर्माणस्थलमा गिट्टी, बालुवा, इँटा इत्यादि बोक्न जान्छिन्। , राम्रो काम पाएका दिन पाँच सय रूपैयाँ कमाउँछिन्। घर चलाउने उनको आम्दानी यही हो। कहिलेकाहीँ काम गरेकै दिन पैसा नपाउने पनि हुन्छ। त्यस दिन छाक टार्न मुश्किल पर्छ। कहिलेकाहीँ चाउचाउका भरमा पनि रात काट्नु पर्छ।, कौशिला भन्छिन्, 'दाल त कहिलेकाहीँ मात्रै हो, धेरै त आलु र सिन्कीको झोलसँग खान्छौं। चाउचाउको झोलसँग पनि खान्छौं।', उनका अनुसार काम नपाएको वा पैसा नभएको दिन पैसा सापटी मागेर चलाउनु पर्छ। कहिलेकाहीँ छिमेकीसँग अन्न पैंचो लिएर काम चलाउनुपर्छ। , कौशिलाको साढे दुई कठ्ठा जमिन छ। उनले त्यसमा धान रोपेकी थिइन्। काट्न ठिक्क भएको बेला गत कात्तिक पहिलो साता परेको झरीले सबै नष्ट गरिदियो। मोहना र खुटिया नदीको बाढी पस्यो। , 'राति अचानक खेतमा बाढी पस्यो, धान बचाउन सकिएन,' कौशिलाले भनिन्, 'वर्ष दिन खान पुग्ने त होइन तर आधा जति त्यो धानले चल्थ्यो। यसपालि धान र मसुरो दुवै सखाप भएर बढी गाह्रो भयो।', कौशिलाको परिवारले लकडाउनका बेला पनि भोकमरीको सामना गर्नु परेको थियो।, वडा कार्यालयले बाढीबाट प्रभावित किसानलाई राहत दिने भनेर विवरण संकलन गरेको थियो। कौशिलाले पनि आफ्नो विवरण टिपाएकी थिइन्।, 'अलिकति राहत दिन्छन् भन्ने सुनेर दिनभरि लाइन लागेर नाम टिपाएका थियौं,' उनले भनिन्, 'पाँच महिना बित्यो, केही पाइएन।' , कौशिलाकै टोलकी संगीता दर्जीको पनि पाँच कठ्ठामा लगाएको धान नष्ट भयो। नब्बे वर्षकी संगीता मागेर खान्छिन्। उनी भन्छिन्, 'चामल किन्न पैसा छैन। म बुढी काम गर्न सक्दिनँ। गाउँमा चामल माग्न जान्छु।' , वडा नम्बर १४ कै असपति चौधरीको परिवारलाई पनि बाढीका कारण खाद्यान्नको समस्या परेको छ। दस कठ्ठा खेतमा लगाएको धान आधा जति बाढीले बगाएर लग्यो। गत वर्ष उनले थोरै धान बेचेकी पनि थिइन्। यसपालि त खानै नपुग्ने भयो। , 'खेती गर्ने मान्छेलाई घाटै घाटा छ। मेहनत गर्यो, पैसा खर्च गरेर मलखाद हाल्यो, कहिलेकाहीँ सबै मेहनत खेर जान्छ,' असपति भन्छिन्, 'नेताहरू कठ्ठाको हिसाबले राहत दिने भन्थे, वडा कार्यालय गएर फारम भरेका थियौं, हाम्रो टोलमा केही पनि पाइएन।', राहत कहिलेसम्ममा पाइन्छ भनेर बेलाबेला सोधखोज गरे पनि नेताहरूले वास्ता नगरेको उनको गुनासो छ।, उनी भन्छिन्, 'फेरि राहतको कुरा गर्न हाम्रो गाउँमा कहिल्यै पनि नेताहरू आएनन्। अहिले चुनावका लागि आएका छन्। हामीलाई सहयोग गर्नुस् भनेका छन्।' , जनता भोकमरीमा रुमलिँदा मुख नदेखाउने नेताहरूले चुनाव आएपछि टोलटोलमा मानिस भेला गर्न थालेको स्थानीय करवीर दमाईको भनाइ छ।, उनी भन्छन्, 'हामीले सहयोग चाहियो भन्दा नेताहरू भाग्छन्। आफ्ना लागि भोट हाम्रा घरमै आउँछन् र तपाईंहरूको सहयोग चाहियो भन्छन्।', वडा नम्बर १ का वडाध्यक्ष तथा धनगढी उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले कृषकलाई राहत दिने विषयमा केही पनि काम नभएको बताए।, उनले भने, 'केन्द्र सरकारले भनेअनुसार क्षतिको विवरण संकलन गरेको भए पनि राहत दिने विषयमा अहिलेसम्म केही पनि काम भएको छैन।' , बाढीबाट क्षति पुगेका किसानका लागि तीन वटै तहका सरकारले केही पनि काम नगरेको उनको भनाइ छ।, 'केन्द्र सरकारले जिल्ला प्रशासन कार्यालयको खातामा पैसा पठाएपछि राहत वितरण गर्ने कुरा भएको हो । त्यो काम भएन। अब यो काम चुनावपछि होला,' उनले भने। , धनगढी उपमहानगर मात्र नभई गत कात्तिकको वर्षाका कारण सुदूरपश्चिमको अन्नभण्डार मानिने तराईका जिल्ला कैलाली र कञ्चनपुरमा अधिकांश किसानको धान क्षति भएको थियो। , सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार कैलालीमा ५२ प्रतिशत र कञ्चनपुरमा ४० प्रतिशत धानबालीमा नोक्सान भएको थियो।,
'राहत दिन्छौं भनेर ढाँट्ने नेता सहयोग चाहियो भन्दै घरघर आउँछन्'
|
सेतोपाटी संवाददाता कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन्। , श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिने लगायत समस्या बढ्दै जान थालेपछि नेपाल पत्रकार महासंघले विरोध कार्यक्रम घोषणा गरेको थियो।, त्यसअनुसार सोमबार पत्रकारहरूले कान्तिपुर टेलिभिजन परिसर अगाडि धर्ना दिएका हुन्। , उनीहरूले पत्रकार दिपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली, न्यूनतम पारिश्रमिक तत्काल लागु, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन्। , विभिन्न बहानामा निष्कासित गरिएका पत्रकारहरूलाई पनि पुनर्वहाली गर्न माग गरेका हुन्। , सञ्चार गृहसँग पटक/पटक पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत बेवास्ता गरिँदै आएको महासंघले जनाएको छ।, यस्तै सुन्धारास्थित नागरिक दैनिकको कार्यालयमा पनि वैशाख ७ र ८ गते दिउँसो १२ देखि १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएको छ।, तस्बिरहरू:, , ,
कान्तिपुर टेलिभिजनको कार्यालयअगाडि पत्रकारको धर्ना
|
रासस सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।, आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।, वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा देख्न सकिने उनले बताए। अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ।, ‘थ्याचर’ नामक पुच्छे ताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ। ‘थ्याचर’ पुच्छेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ।, पुच्छेताराले वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन्। जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन्।, यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ। यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।,
उल्का वर्षा आजदेखि
|
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। , मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका-८ बस्दै आएका २८ वर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथुम घर भई विर्तामोड-८ बस्दै आएका २७ वर्षीय धनवीर बराललाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , सोमबार दिउँसो इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका-६ स्थितबाट पक्राउ गरेको हो। , भारतबाट नेपाल आउँदै गरेका तामाङ र बराललाई चेकजाँचको क्रममा उनीहरूको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको कार्यालयले जनाएको छ। , इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। ,
,
झापाबाट ६ ग्राम ब्राउन सुगरसहित दुई पक्राउ
|
सेतोपाटी संवाददाता बाँकेमा आगलागीबाट ११ घर र ४ गोठ जलेर नष्ट भएका छन्। , राप्ती सोनारी गाउँपालिका वडा नं. २ टिकुलीपुर नयाँ बस्तीमा आगलागीबाट १५ घर/गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए। , आगलागीबाट ९७ लाख बराबरको धनमाल जलेर नष्ट भएको मल्लले बताए। जसमध्ये स्थानीय सीताराम जैसीको मात्रै झन्डै ५० लाख बराबरको क्षति भएको छ। उनको पसल, नगद र सुनका गरगहनासमेत जल्न पुग्दा ५० लाख बराबरको क्षति भएको डिएसपी मल्ले जानकारी दिए। , शुक्रबार दिउँसो दुई बजेतिर बस्तीमा आगलागी सुरू भएको थियो।, आगो नियन्त्रणमा लिन कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिकाका दमकल, स्थानीय र प्रहरीलाई तीन घन्टा बढी समय लागेको डिएसपी मल्ले बताए। , विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। , अधिकांश घरमा काठको गारा भए पनि फुसको छानो भएका कारण आगो समयमै नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ।,
बाँकेमा आगलागीबाट १५ घर/गोठ जलेर नष्ट
|
सेतोपाटी संवाददाता अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ।, बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको थियो।, शुक्रबार राति ११ बजेदेखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि आइसियूमा सारिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए। , अहिले उनमा पिसाबसम्बन्धी संक्रमण, मुटु सुन्निएको र मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको अस्पतालले जनाएको छ।, अस्पतालका अनुसार उनको उपचारमा प्रा.डा. मिलेशजंग सिजापति तथा प्रा.डा. रामभक्त कोजुको संयुक्त नेतृत्वमा चिकित्सकहरू संलग्न छन्।, चिकित्सकका अनुसार अहिले उनको अवस्था सन्तोषजनक छ।, यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो। उपचारपश्चात करिब एक हप्तापछि उनी डिस्चार्ज भएका थिए। ,
सत्यमोहन जोशी आइसियूमा
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, म्याकबुक तथा आइफोनसहित एक जनालाई पक्राउ गरेको छ। , सोमबार जजिरा एयरको उडानबाट दुबईबाट कुवेत हुँदै काठमाडौं आएका एक व्यक्तिबाट सो सामान बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। , कैलालीको कैलारी गाउँपालिका-८ घर भएका भागदेव कठरिया पक्राउ परेका हुन्। , उनको गतिविधि शंकास्पद लागेपछि विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। , चेक गर्दा उनीबाट १० लाख ४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो।, ३ लाख ४९ हजार ८ सय रुपैयाँ बराबरको ४० ग्राम सुन, एउटा दुई लाख ६० हजार बराबरको म्याकबुक र तीन वटा ३ लाख ९५ हजार बराबरको आइफोन बरामद भएको कार्यालयले जनाएको छ। , थप अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता साइकलमैत्री सहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरू 'अतिक्रमण'मा परेका छन्। , अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ। , ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ। , निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यवस्थाले साइकल यात्रीहरूलाई निरुत्साही बनाएको छ। , साइकलको सवारीतर्फ उच्च वर्गको रूचि बदलिँदै गए पनि यस प्रकारको अवरोधले पुनः धुँवा फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउँदै जानेछ।, यसै विषयलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालले ललितपुर महानगरपालिकाभित्र साइकल लेन बनाइएको विभिन्न क्षेत्रमा पुगेर खिचेका तस्बिरहरू:,
साइकल लेनको हालत! (तस्बिरहरू)
|
भगवती पाण्डे ‘दाइ म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु, म निस्किन्छु।’, चैत्र ३० गते राति ९ बजेर ३० मिनेटदेखि ३२ मिनेटको बीचमा बहिनी अमृता खत्री टण्डनले पठाएका यी म्यासेज हेरेपछि दाइ पुष्पक खत्रीले बहिनीमाथि केही नराम्रो भइरहेको छ भन्ने अड्कल काटिसकेका थिए।,
अमृता आधा घन्टापहिले साढे आठ बजे रूपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित वरपिपल पथमा रहेको माइतीबाट दुई-तिन सय मिटर परको भेटेनरी लाइनस्थित आफ्नो घर गएकी थिइन्।, घर पुगेपछि ९ बजेर १४ मिनेटमा पनि अमृताले दाइ पुष्पकको मोबाइलमा म्यासेज पठाएकी थिइन्।, ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा। चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न न दिने चेलीको फेर्ने सास गयो।’,
बहिनीका यस्ता म्यासेज देखेपछि पुष्पकले ‘तँजस्तो मान्छे मर्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइजा कुरा गरूम्ला’ भन्दै अमृतालाई म्यासेज पठाए पनि अमृताले भने जवाफ फर्काइनन्। पौने दशबजेतिर अमृताले विष सेवन गरी अस्पताल ल्याएको भन्दै उनका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गरे। ९ बजेर ३२ मिनेटसम्म दाजुसँग म्यासेजमा कुरा गरिरहेकी अमृतालाई अस्पतालले ९ बजेर ५० मिनेटमा मृत घोषणा गर्यो।, अमृताको मृत्युपछि अहिले बुटवल र तिलोत्तमा अशान्त बनेको छ। माइती पक्षले अमृताले विष सेवन गरेको नभई घरपरिवारले सुनियोजित रूपमा विषादी खुवाएर हत्या गरेको आरोप लगाएका छन्।, तिलोत्तमा नगरपालिका-२ जानकीनगर वरपिपल पथकी अमृताको नौ वर्षपहिले जानकीनगर भेटेनरीलाइनका प्रेम टण्डनसँग प्रेमविवाह भएको थियो। प्लस टु पढ्दै गरेकी अमृतालाई मन पराएको भन्दै प्रेमको परिवार आफैं माइती पक्षसँग विवाहको प्रस्ताव लिएर गएका थिए।,
प्रेमको परिवारबाट सुरूमा माग्न आए पनि अमृताको मावली टण्डन भएकोले सुरूमा उक्त सम्बन्धलाई माइती पक्षले स्वीकारेका थिएनन्। पछि प्रेमको परिवारले भगाएर विवाह गरी अमृतालाई भारतमा लगेर गए।,
विवाहको एक वर्षपछि नै अमृताले छोरा जन्माइन्। माइती पक्षले पनि ढोगभेट दिए। घरपरिवारमा सामान्य ठाकठुक भएपनि केही वर्ष सम्बन्ध ठिकै रह्यो। तीन-चार वर्षदेखि भने अमृता र घरपरिवारको सम्बन्ध सुमधुर बन्न सकेन।, घरका एक्ला छोरा प्रेम भारतमा जागिर गर्थे। जानकीनगर आएपछि बेरोजगार भएका थिए। अमृताका दाजु पुष्पकका अनुसार बेरोजगार प्रेम दुई-चार सय रुपैयाँको लागि पनि आमाबुवा माथि नै निर्भर थिए। परिवारको खर्चको व्यवस्था बुवाआमाले नै मिलाउँथे। श्रीमानले नकमाउने भएपछि अमृता पनि सासु ससुरामाथि नै निर्भर थिइन्। भागेर विवाह गरेकाले सामान्य समस्या माइतीमा लगेर सुनाउन पनि सकेकी थिइन्।,
पुष्पकले भने बहिनी र ज्वाइँको सम्बन्ध राम्रो नभएको बुझिसकेका थिए। बेलाबेला बहिनीको आर्थिक समस्या टारिदिने गरे पनि उनी बहिनीलाई घरपरिवारप्रतिको जिम्मेवारी पूरा गर्नबाट पछि नहट्न सुझाइरहन्थे। सामान्य झै-झगडालाई सामान्य रूपमै लिन भनिरहन्थे।, चैत ३० गते साँझ पनि उनले बहिनीलाई परिवारले जति नै दोष लगाउने गरे पनि आफू जिम्मेवारीबाट नचुक्न भन्दै सम्झाएका थिए।, गत भदौमा परिवारले सामान्य विषयमा पनि कमजोरी देखाएर खोट लगाउने, खाना खाँदा विभेद गर्ने, मानसिक रूपमा सधैँ टर्चर दिइरहँदा घरमा बस्न नसक्ने भन्दै वडा नं. २ को कार्यालयमा अमृताले निवेदन दिएकी थिइन। वडामा निवेदन दिएर उनी माइत गएकी थिईन्। भदौ १७ गते वडाध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरू, वडा सचिव, घर र माइती पक्षको बीचमा छलफल गरी अबका दिनमा घरपरिवारले सामान्य विषयमा खोट नदेखाउने र घरमा बस्ने वातावरण मिलाउने तथा अमृता पनि घरमै गएर बस्ने गरी दुबै पक्षले लिखित सहमति गरेका थिए।, त्यसपछि अमृता घरमै गएर बसे पनि श्रीमान र सासुसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन। उक्त सहमतिपछि अमृताले परिवारले मानसिक रूपमा पीडा दिने गरे पनि माइतीलाई भनेकी थिइनन्।, गत असोजमा पुष्पकको विवाह भयो। अमृता छोरालाई लिएर दाजुको विवाहमा माइती गइन्। जेठानको विवाह हुँदा प्रेम भने ससुराली गएनन्। पुष्पकले बहिनी र ज्वाइँको सम्बन्ध नसुधारिएको त्यतिबेला पनि पत्तो पाइसकेका थिए। घरभित्रको कुरा वडा कार्यालयमा समेत पुगेको कारण परिवारको बीचमा अझै पनि मतभेद रहेको हुन सक्ने भन्दै उनले त्यो विषयमा कुरा गर्न चाहेनन्।, दुई दाजुकी एकमात्र बहिनी अमृता माइतीमा पनि सबैभन्दा नजिक पुष्पकसँग नै थिइन्। घरपरिवारसँगको सम्बन्ध जति सुधार्न खोजे पनि राम्रो बन्न नसकेपछि उनले दाजुलाई पनि भन्न छोडेकी थिइन्। बरू दिनभरि घरमा बसेर झनै मानसिक तनाव झेल्नुभन्दा जागिर गर्ने भन्दै केही महिनादेखि तिलोत्तमा नयाँमिलस्थित फर्निचर उद्योगको लेखा शाखामा काम गर्न थालेकी थिइन्। प्रेम भने दिनभरि आमासँगै घरमै बस्थे।,
पुष्पकका अनुसार अमृता दिनभरि काममा गए पनि साँझ-बिहान घरपरिवारसँग झगडा भइरहन्थ्यो।, 'महिनाभरि काम गरेको पैसा कहाँ खर्च गर्छेस्, तैंले जागिर गरेर हामीलाई के भयो र? भन्दै तनाव दिइरहन्थे,' पुष्पक भन्छन्।, नजिकै भएकाले घरपरिवारमा भएका सामान्य झगडा पनि माइती पक्षले थाहा पाइहाल्थे। झगडा हुँदा दाजु पुष्पक र भाउजु मुना अमृताको घरमा पुग्थे र बहिनी, ज्वाइँ दुबैलाई नै सम्झाएर फर्किन्थे।, चार-पाँच दिनपहिले अमृताले आफूलाई भारत जान परिवारले दबाब दिइरहेको तर आफूलाई जाने इच्छा नभएको पुष्पकलाई बताएकी थिइन्। यहाँ हुँदा घरपरिवारले हेला गरे पनि माइतीको सहारा रहेकाले भारत जान नचाहेको बरू कुनै तेस्रो मुलुक जान पाए रोजगारीको लागि जानुपर्छ कि भनेर दाजुसँग सल्लाह गरेकी थिइन्।, चैत २९ गते साँझ पनि श्रीमानले कुटपिट गरेको भन्दै अमृताले रूँदै दाजुलाई फोन गरिन्। पुष्पक र मुना तुरून्तै घरमा पुगे। घरमा पुग्दा घर वरिपरिका मानिस जम्मा भइसकेका थिए। अमृताकी सासु दीपा टण्डनले दाजुभाउजुलाई घरमा नछिर्न भनिन्। दुई पक्षबीच केहीबेर भनाभनसमेत भयो। घर फर्किँदा पुष्पकले बहिनीमाथि कुनै नराम्रो भए आफूले नछोड्ने भनेका थिए।, चैत ३० गते बिहान अमृता फर्निचर उद्योगमा काममा जानु पहिले माइती गएकी थिएन। पुष्पकले बहिनीलाई अरू दिनभन्दा त्यो दिन बढी निराश देखेका थिए। उनी खानासमेत नखाई काममा गइन्। पुष्पक आफैंले अफिस पुर्याइदिए। साँझ फेरि झोलामा केही जोर कपडा बोकेर अमृता माइती गइन्।, आठ बजिसकेको थियो, आमा र भाउजुले खाना पकाइरहेका थिए। अमृता र पुष्पक पनि भान्सामै बसिरहेका थिए। त्यहीबेला अमृतालाई प्रेमले फोन गरिरहे। दुई-तिन पटकका फोनमा उनले टाउको दुखेको र आफू माइतीमै बस्ने भनेर फोन काटेकी थिइन्। अन्तिम पटकको फोनमा भने प्रेमले चेतावनीपूर्ण रूपमा घरमा आउन भनेका थिए।, 'वर्षको अन्तिम दिन चैतको मसान्तीमा घरभन्दा बाहिर गएर बस्यो भने परिवारको कान्छो सदस्यलाई नराम्रो हुन्छ रे,' प्रेमले भनेका थिए। घरका कान्छा सदस्य अमृताका छोरा आदित्य थिए। प्रेमले छोरालाई केही भयो भने त्यसको जिम्मेवार तँ आफैं हुनुपर्छ भनेर चेतावनी दिएपछि अमृता साढे आठ बजेतिर माइतीबाट घर फर्किएकी थिइन्।, राति भइसकेको बेला खाना नखाई माइतीबाट घर जान थालेपछि आमा, भाउजु र दाइले उनलाई घर गए पनि खाना खाएर मात्रै जान भनेका थिए। भोलि आउँछु भन्दै माइतीबाट हिँडेकी अमृताले विष सेवन गरेर अस्पताल लगेको भन्दै सवा दश बजे प्रेमले अमृताका दाजुलाई खबर गरेका थिए।, ९ बजेर ३२ मिनेटमा दाइलाई म्यासेज गरेकी अमृतालाई लुम्बिनी प्रादेशिक अस्पतालले ९ बजेर ५० मिनेटमा मृत घोषणा गरेको थियो।, इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पुर्याइएको थियो।,
अमृताका दाजु पुष्पकले ९ बजेर ३२ मिनेटसम्म म्यासेजमा कुरा गरेको बहिनीलाई अस्पतालले ९ बजेर ५० मिनेटमै विष सेवनबाट मृत घोषणा गर्नुले यो घटना शंकास्पद रहेको बताउँछन्।, अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको भए पनि अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन। उनको मृत्यु किटनाशक विषादी डिडिफैक्सको प्रयोगबाट भएको चिकित्सकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। बालीनालीमा लाग्ने किराफट्याङग्रा मार्न प्रयोग हुने अत्यन्त घातक उक्त विषादी नेपालमा बिक्री वितरण गर्न बन्देज छ।, माइतीबाट राति घर फर्किएकी अमृता आफैंले विष लिएर सेवन गर्ने अवस्था नभएकाले परिवारले नै सुनियोजित रूपमा विष सेवन गराएर हत्या गरेको भन्दै उनीहरूलाई कारबाहीको माग गरेका छन्। प्रहरीले अमृताका श्रीमान प्रेमलाई बुधबार राति र सासु ससुरालाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ।, माइती पक्षले भने प्रहरीले अमृताले आत्महत्या गरेको पुष्टी गराएर घरपरिवारलाई जोगाउने प्रयास गरिरहेको भन्दै शुक्रबार दिनभर इलाका प्रहरी कार्यालय परिसरमा प्रदर्शन गरेका थिए। घटनाको सत्यतथ्य अनुसन्धान गर्न र दोषीलाई कडा कारबाही गर्न दबाब दिन प्रहरी कार्यालय पुगेका आफूहरूलाई प्रहरीले निर्मम रूपमा कुटपिट गरेको माइती पक्षले आरोप लगाएका छन्।, पुष्पकले बहिनीलाई कुनै खाना वा पेयमा विषादी मिलाएर घरपरिवारले हत्या गरेको दाबी गर्दै सोही अनुरूप अनुसन्धान अगाडि बढाउन माग गरेका छन्।, 'प्रहरीले छिटो-छिटो पोष्टमार्टम गर्न आउनुस् भन्दै दबाब दिइरहेको छ, हामीले फरेन्सिक ल्याबसहितको विज्ञ टोली ल्याएरमात्रै पोष्टमार्टम गर्नुपर्ने बताएका छौं,' पुष्पकले सेतोपाटीसँग भने।, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आरोपितलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेकाले अनुसन्धानमाथि अनावश्यक आशंका नगर्न आग्रह गरे।,
डाक्टरले मृत घोषणा गर्नु १८ मिनेटअघि अमृताले पठाएकी थिइन् सन्देश: दाइ, म मर्न चाहन्नँ
|
रासस महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेकी थिइन्।,
,
राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ।, स्थानीयवासी तथा आफन्तले उनको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुनसक्ने अनुमान लगाएका छन्। प्रहरीले यसबारे अनुसन्धानको काम अगाडि बढाइसकिएको जनाएको छ।,
घाँस काट्न गएकी महिला मृत फेला
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ४३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ९८६ जनाको पिसिआर र २ हजार ५७ जनाको एन्टिजेन परीक्षण गरिएको हो।, अहिले देशभर ४०० जना सक्रिय संक्रमित छन्।, ४४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
४ हजार ४३ जनामा परीक्षण गर्दा ९ जनालाई कोरोना
|
रासस गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ।, प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका-१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ।, यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ। ती अगलागीका घटनामा झन्डै दुई करोड रुपैयाँको क्षति भएको छ।,
पछिल्लो २४ घन्टामा ३२ ठाउँमा आगलागी: एक बालकको मृत्यु, पाँच घाइते
|
सेतोपाटी संवाददाता दार्चुलामा एक युवकको शव फेला परेको छ।, शैल्यशिखर नगरपालिका ४ काडापारीका १९ वर्षीय जगदीश ठगुन्नाको शव फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार शनिबार शव फेला परेको हो। उनको हत्या भएको हुन सक्ने अनुमान छ। शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।, यस्तै कैलालीमा एक जनाको शव फेला परेको छ।, गोदावरी नगरपालिका ५ गेटामा राजेन्द्रबहादुर पाण्डेको शव फेला परेको हो। उनी गेटामा कोठा भाडामा लिएर बस्दै आएका थिए।, बैतडीको र्सुनाया गाउँपालिका ४ घर भएका उनको मृत्युको कारण खुलेको छैन।, प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे अनुसन्धान भइरहेको बताए।,
दार्चुला र कैलालीमा शव फेला
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक महिलाकाे मृत्युपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।, बेतकाेट नगरपालिका-६ की अन्दाजी ४३ बर्षीय रञ्चुली साउँदकाे शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको जनाएको हाे।, घटनाबारे स्थानीयले जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जनाकारी दिए।, उनका अनुसार पक्राउ पर्नेमा लामाे समयदेखि मृतक महिलाको उपचार गर्दै आएका मुख्य धामी भीमदत्त नगरपालिका- ७ हल्दुखालका ६० वर्षीय धर्मानन्द भट्ट, बेतकाेटकै सहायक धामी भएर मृतक महिलाको उपचार गरेकी कमला साउँद, अर्को धामी भीमदत्त नगरपालिका -७२ बर्षीय नारायणदत्त भट्ट रहेका छन्। यस्तै, अन्य ४ जना उनकै साउँद परिवारका रहेका छन्।, रञ्चुलीकाे मृत्यु उपचारको क्रममा धामी कमलाकाे घरमा भएको थियाे।, उनीहरूले बिहीबार मृत्यु भएको भने पनि शव कुहिएको अवस्थामा हुँदा केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीकाे भनाइ छ।, कहिले मृत्यु भएको हाे भन्नेबारे अनुसन्धान जारी रहेकाे डिएसपी शाहले जानकारी दिए।, मृतकको शव पाेष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मृतक महिला केही समय अगाडिदेखि बिरामी थिइन्।, उनकाे उपचार धामीझाँक्रीबाट भइरहेको थियाे। उनीहरूले बिरामीलाई ठिक पार्ने आश्वासन घर परिवारलाई दिँदै आएका थिए।, स्थानीयले भने महिलाको मृत्यु धामीझाँक्रीकाे कुटपिटबाट भएको हुनसक्ने प्रहरीकहाँ बयान दिएका छन्।,
महिलाकाे शंकास्पद मृत्युपछि धामी-झाँक्रीसहित ७ जना प्रहरीको नियन्त्रणमा
|
रासस बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ।, पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन्।, स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन्।, राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।, पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टायर बालेर राजमार्ग अवरुद्ध पुर्याएको उनको भनाइ छ। पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको छ।, शनिबार फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो। हाल कमलामाई नगरपालिका–५ मिलनचोकमा बस्दै आएका सृयास साथीसँग पौडी खेल्न खोला गएकामा खोलामा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको थियो।, कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा सृयासको मृत्यु भएको विषयलाई लिएर स्थानीयले दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बालकको शव बुझेका छैनन्।, पीडित पक्षले बालकको शव नबुझ्दा शव घनास्थलमै रहेको छ। सृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।,
बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध
|
सेतोपाटी संवाददाता बझाङमा जिप दुर्घटनामा परेर एक जनाकाे मृत्यु भएको छ।, गए राति १२ बजे सुर्माबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप देउलेकमा दुर्घटनामा परेकाे थियाे।, दुर्घटनामा परेर सुर्माका बिनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, नौ जना सवार रहेकाे उक्त जिपमा रहेका तीन जना घाइते भएका छन्। उनीहरुकाे धनगढीमा उपचार भइरहेको छ।, जिपमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवारका सदस्य पनि सवार थिए। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।,
बझाङमा मध्यरातमा दुर्घटना, एकको मृत्यु
|
रासस/एएफपी चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडिओ चीनले सार्बजनिक गरेको छ।, यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिसनमा सफलता हो। अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य-चालित अन्तरिक्ष कार्यक्रममा अर्बौंको बजेट राखेको छ।, चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौंको अनुभव छ।, माओको प्रतिवद्धता, सन् १९५७ मा सोभियत संघले स्पुतनिक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले भनेका थिए- हामी (चिनियाँ) हरूले पनि भूउपग्रह बनाउनेछौं।, यसका लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो।, मानव अन्तरिक्ष उडानको लागि दशकौं लागे पनि सन् २००३ मा पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न याङ लिवेइ सफल भएका थिए।, प्रक्षेपण नजिकिंदै जाँदा, मिसनको क्षमताबारेको चिन्ताले बेइजिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइहरू अन्तर्राष्ट्रि सञ्चारमाध्यमले उल्लेख गरेका थिए। यद्यपी चिन्ताबीच चिनियाँ मिसन जारी भयो। याङले सेन्झाउ–५ मा २१ घन्टे उडानको दौरान १४ पटक पृथ्वीको परिक्रमा गरेका थिए। चीनले त्यसबेलादेखि सातवटा चालक दलका मिसनहरू सुरु गरेको छ।, विशेष सपना, राष्ट्रपति सी चिनफिङका अनुसार चीनको ‘विशेष सपना’ को योजनालाई निरन्तरतामा राखिएको छ।, बेइजिङले वर्षौंदेखिको अन्तरिक्ष यात्राको प्रयासमा कोसेढुङ्गा सावित भएपछि अन्ततः अन्तरीक्ष यात्राको अभियानमा संयुक्त राज्य अमेरिका र रूससँग प्रतिस्पर्धामा पुग्ने प्रयास गरिरहेको छ।, अन्तरिक्ष स्टेशनबबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ र देशको राष्ट्रिय अन्तरिक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चन्द्र मिसन सुरू गर्नु हो।, तर सन् २०१७ मा शक्तिशाली हेभी–लिफ्ट रकेट लङ मार्च–५ वाई–२ ले सञ्चार उपग्रहहरू अक्षमा पठाउने मिशनमा प्रक्षेपण गर्न असफल हुँदा चन्द्रमाको काम निकै कम भएको थियो। त्यसले गर्दा चाङए–५ प्रक्षेपणलाई चीनले केही समय स्थगित गर्नुपरेको थियो। सन् २०१७ को दोस्रो कालमा चन्द्रमाको नमूना सङ्कलन गर्ने निर्धारित लक्ष्य चीनको रहेको थियो।, जनवरी २०१९ मा अर्को रोबोट, चाङए–४, पहिलोपटक चन्द्रमाको एउटा कुनामा अवतरण भएपछि चीनलाई चन्द्रमाको अध्ययनका लागि ऐतिहासिक सफलता मिलेको थियो। त्यसपछि गत वर्ष चन्द्रमाको भित्री भागमा अवतरण भई चन्द्रमाको सतहमा मानव उपस्थितिमा चिनियाँ झन्डा फहराउन चीन सफल भएको थियो।, मानवरहित अन्तरिक्ष यान चट्टान र माटोसहित डिसेम्बरमा पृथ्वीमा फर्किएको थियो। यो चीनले अन्तरिक्ष यात्राको चार दशकमा सङ्कलन गरिएको चन्द्रमाको पहिलो नमूना हो।, फेरि सन् २०२१ फेब्रुअरीमा मंगल ग्रहका पाँच टन पहिलो तस्वीरहरू टियानवेन–१ द्वारा पठाइएको थियो। त्यसपछि मे महिनामा मार्सियन सतहमा रोभर अवतरण भयो जसले पछि रातो ग्रह (रेड प्लानेट) को सतह पत्ता लगाउन थालेको छ।, आकाशमा दरबार, , सन् २०२१ अप्रिलमा अक्षमा राखिएको चिनियाँ अन्तरिक्ष स्टेशनको ‘टियानहे मोड्युल’सँग अक्टोबर महिनामा तीन जना अन्तरिक्षयात्रीहरू सफलतापूर्वक पुग्न सफल भएका हुन्। अन्तरिक्षयात्रीहरू शनिबारको दिन सुरक्षित साथ पृथ्वीमा फर्कनुभन्दा छ महिनाअघि स्टेशनमा पुगेका र अहिलेसम्म चीनको सबैभन्दा लामो चालक दल मिशनमा सहभागी भई पृथ्वीमा फर्किएका छन्।, चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङ ‘स्वर्गीय दरबार’ निर्माणका लागि धेरै भागहरू ल्याउन र अक्षमा एकत्रित गर्न जम्मा ११ मिशनहरूको आवश्यकता पर्नेछ।, एक पटक पूरा भएपछि, यो कम्तीमा १० वर्षसम्म हाम्रो ग्रहभन्दा ४०० देखि ४५० किलोमिटर (२५० देखि २८० माइल) माथि न्यून पृथ्वीको अक्षमा रहने आशा गरिएको छ- अन्तरिक्षमा दीर्घकालीन मानव उपस्थिति कायम राख्ने महत्वाकांक्षा चीनमा थप बलियो बन्दै गएको छ।, चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको स्केलमा विश्वव्यापी सहयोगका लागि आफ्नो अन्तरिक्ष स्टेशन प्रयोग गर्ने योजना नगरे पनि बेइजिङले भने विदेशी सहयोगका लागि खुला रहेको बताएको छ। यो सहयोग कत्तिको व्यापक हुनेछ आगामी दिनले पुष्टि गर्दै जानेछन्।,
छ महिनापछि पृथ्वीमा फर्किए तीन चिनियाँ अन्तरिक्ष यात्री
|
सेतोपाटी संवाददाता अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन भनेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्प शाहीका अनुसार एक साताअघि पर्यटकलाई यस्तो आग्रह गरिएको जानकारी दिए।, विमानस्थलमा रहेको एउटामात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुने भन्दै अध्यागमनले यस्तो आग्रह गरेको शाहीले बताए। , ‘यहाँको एटिएमले कामै गर्दैन। हामीले राष्ट्र बैंकलाई पटक-पटक भनिसक्यौं तर एटिएम बन्दैन,’ शाहीले भने,‘साथमा डलर नभएका पर्यटकलाई प्रहरीसहित पठाएर बाहिरका एटिएमबाट पैसा झिक्न लगाएरमात्रै भिसा दिनुपर्ने अवस्था आएपछि यस्तो अनुरोध गरेका हौं।’, कोरोनाका कारण रोकिएको पर्यटक आवागमन पछिल्लो समय बढेको छ। पर्यटक बढे पनि पूर्वाधार नहुँदा पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरिरहेको छ। , , ,
अध्यागमनले पर्यटकलाई भन्यो- अनअराइभल भिसाका लागि २०० सय डलर बोकेर आउनू
|
सेतोपाटी संवाददाता काठमाडौंको बुढानीलकण्ठबाट दुई वटा चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। , बुढानीलकण्ठ नगरपालिका-८ गल्फुटार र काठमाडौं महानगरपालिका-३ को सीमानाबाट चार जनालाई छालासहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा गुल्मी चन्द्रकोट गाउँपालिका-७का ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगा घर भई भक्तपुर बस्ने २९ वर्षीय फुरी शेर्पा, धादिङ घर भई भक्तपुर बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली घर भई ललितपुर बस्ने ३० वर्षीय विकास पुर्कुटी छन्।, दुर्लभ वन्यजन्तुको छाला ओसारपसार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनापछि प्रहरी प्रभाग बुढानीलकण्ठबाट शुक्रबार सवा १ बजे प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।, सो टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसमा चेक गर्दा दुई वटा छुट्टाछुट्टै झोलामा छाला बरामद गरेको हो। , त्यस्तै चितुवाको छाला नभएको खप्पर जस्तो एक थान पनि बरामद भएको मैनालीले बताए। , उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।,
,
काठमाडौंको बुढानीलकण्ठबाट चितुवाको छालासहित चार जना पक्राउ
|
सेतोपाटी संवाददाता स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। , आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका-१२ मा जिप सडकबाट तल खस्दा चार जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए। , डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसेको हो। , ‘जिप अनियन्त्रित भएर खसेको छ। चार जनाको घटनास्थलमै मृत्यु भएको छ,’ प्रहरी निरीक्षक थापाले भने, ‘तीन जना घाइते छन्। उनीहरूको उपचारको लागि पठाइएको छ।’, घाइतेको उपचारको लागि दुई जनाको वालिङस्थित प्राथमिक अस्पताल र अर्को एक जनाको गण्डकी अस्पताल पोखरामा पठाइएको छ। गण्डकी अस्पतालमा पठाइएका व्यक्तिको अवस्था गम्भीर भएको थापाले बताए। , घटनास्थलमा प्रहरी नायब उपरीक्षक सहितको टोली खटिएको छ। दुर्घटनास्थलमा खोजी समेत गरिरहेको प्रहरीले जनाएको छ। , ‘जिपमा कति जना छन् भन्ने पनि खुलेको छैन,’ उनले भने। मृतकको सनाखत भइसकेको छैन।,
,
स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
|
सेतोपाटी संवाददाता धादिङमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , आइतबार बिहान साढे ७ बजे बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। , पोखराबाट आउँदै गरेको बा ४ ख २७०४ नम्बरको यात्रुबाहक हायस गाडीले बा च ७०३६ नम्बरको कारलाई ओभरटेक गर्नेक्रममा दुर्घटना भएको हो। , हायसले कारलाई ठक्कर दिएर फेरि विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ। , हायसमा सवार तनहुँ दमौलीकी २६ वर्षीया मुना गुरूङको उपचारको क्रममा मृत्यु भएको हो। उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।, दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्। उनीहरूको उपचारको लागि काठमाडौं ल्याइएको छ। ,
,
धादिङमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता स्याङ्जामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।, आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका-१२ मा जिप सडकबाट खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले जानकारी दिए। , डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०-५० मिटर तल खसेको हो। , मृत्यु हुनेमा सोही ठाउँका ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारू, उनका अन्दाजी ७ महिना छोरा र ६१ वर्षीया कुलकुमारी कनौजे छन्। , दुर्घटनामा ६ जना घाइते छन्। उनीहरू सबैलाई गण्डकी अस्पताल पोखरा पठाइएको छ। , उनीहरूमध्ये चार जना गम्भीर अवस्थामा रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। , उनका अनुसार जिपमा ११ जना सवार थिए। ,
,
स्याङ्जा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो (अपडेट)
|
रासस कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ। , अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ।, सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्याङ्क हेर्दा दैनिक लगभग दुई हजार विदेशी पर्यटक नेपाल आउने गरेको अध्यागमन विभागले जानकारी दिएको छ।, विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन दुई हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर करिब अन्त्य जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए। , उनले भने, ‘कोरोना जोखिम शून्य जस्तै हुँदै गएको छ, अहिले पर्यटक आउनेक्रम बढेको छ, अझै पर्यटक आउने क्रम बढ्नेछ।’, यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कूल ७८ हजार १८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ। , विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिड-१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा नेपालमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त रहनेछ। , नेपाल भ्रमणमा आउने पर्यटकको संख्या दिनहुँ बढ्दै गएपछि उनीहरुको सहजताका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन समेत आग्रह गरेको छ। , पर्यटकको संख्या बढ्दै गएको र विमानस्थलमा राखिएका विद्युतीय कारोबार गर्ने सफ्टवयरले काम नगर्दा विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेको हो। ,
कोरोना कम भएपछि आउन थाले दैनिक २ हजार जनासम्म पर्यटक
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एअरको जहाज बीचबाटोबाटै काठमाडौं फर्केको छ।, जहाजको इन्जिनमा समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै जहाज फर्काइएको हो।, एनएएमपी जहाज आज बिहान ११:५ मिनेटमा काठमाडौंबाट लुक्लाका लागि उडेको थियो। जहाज उडेको १५ मिनेटमै इन्जिनमा समस्या आएको थियो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जहाजको बायाँतर्फ इन्जिनमा समस्या आएपछि जहाज काठमाडौं नै फिर्ता गरिएको सेतोपाटीलाई बताए।, जहाजमा १८ जना थिए। तीमध्ये तीन जना चालक दलका सदस्य हुन्। १५ यात्रुमध्ये १० जना विदेशी थिए भने पाँच जना नेपाली यात्रु थिए।, बायाँ इन्जिनमा समस्या देखिए पनि पाइलटहरूले सिङ्गल इन्जिनकै भरमा जहाजलाई सकुशल अवतरण गरेको प्रवक्ता सिटौलाले जानकारी दिए।, ‘जहाजमा रहेका यात्रुलाई अर्को जहाजमार्फत् लुक्ला पठाउने तयारी छ,’ उनले भने।,
इन्जिनमा समस्या आएपछि बीच बाटोबाटै फर्कियो लुक्ला उडेको समिट एअरको जहाज
|
रासस निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा आउने भएको छ। , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। , यसैगरी मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४ सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।, पुरानो एक हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए। , उनका अनुसार बुद्ध, यती, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान सुरू गर्नेछन्। अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि सुरू हुने प्राधिकरणले जनाएको छ। , यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ।, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तर्राष्ट्रिय उडान सुरू गरिने महानिर्देशक अधिकारीले बताए। , ‘हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरू गर्नेछौँ र कटान दुई महिनामा सक्ने लक्ष्य राखेका छौं,’ उनले भने।,
वैशाख ८ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिने
|
रासस जिल्ला ग्रामीण भेगका गृहिणीहरू इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन्।, गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो। गोबर पथारेर फरक–फरक आकारका इन्धन प्रयोजनका ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन्।, प्रायः जसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिएका छन्। आफ्ना वस्तुभाउ नहुने गृहिणी यसरी गोबरको खोजमा सडक, चौरमा छिटी बोकेर निस्कन्छन्।, जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेको हुँदा सबैजसो भेगका गृहिणीले ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने गरेको काम देखिएको हो।, ‘के गर्नु पकाएर खानु परिहाल्छ’, बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतोले भनिन्, ‘अहिले अन्य खेती कामको व्यस्तता नभएका बेला बर्खाभरिलाई चाहिने ‘चिपरी’ पथार्दै छु।’, जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी, गुइँठा र गोरहामा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ। योभन्दा पनि इन्धनका लागि अन्य साधनको जोहो गर्न आर्थिक अवस्थाले नसक्नेहरूका लागि त गोबरको जोहो र गुइँठा पथार्ने काम अनिवार्य नै बनेको छ।, त्यसो त स्वास्थ्यकर्मी ‘गुइठा’ मा पकाइएको खाना स्वस्थ्यकर हुने बताउँछन्।, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा गोबरका ‘चिपरी’ वा ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउँछन्।, यहाँका महिला अहिले धेरैजसो कृषि कार्यबाट अलि फुर्सदिलो समय हुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’, ‘गुइँठा’ र ‘गोरहा’ पथार्ने (गोबरको ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाउने कामलाई ‘पाथ्ने’ वा ‘पथार्ने’ भनिन्छ) गरेको बताउँछन्।, घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरी मात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ। यसरी दुई–तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई–तीन दिन लगाएर ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ पाथ्ने गरिन्छ।, सामान्यतया गोबरलाई चाक्लो पारेर घरका भित्ता–भित्तामा पथारिनेलाई ‘चिपरी’, भित्रपट्टि मसिना झिक्रा हालेर लामो डोलो बनाइने साना आकारका लाई ‘गुइँठा’ र भित्रपट्टि पराल हालेर पथारिने ठूला आकारका लाई ‘गोरहा’ भनिन्छ। यद्यपि सगोलमाभन्दा यसलाई ‘गुइँठा’ नै भनिन्छ।, यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ। यस्तो चाङ एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ।, खासगरी वन क्षेत्र टाढा भएका र घरको अर्थावस्थाले ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाइन्छ।, मध्यपूर्वी तराई क्षेत्रमा घरपालुवा पशुवस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा–जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन्।,
इन्धनका लागि ‘गुइँठा’
|
नवीनबाबु गुरूङ काठमाडौंमा भ्रष्टाचारविरूद्धको कार्टुन प्रदर्शन कार्यक्रम सुरू भएको छ। , आइतबारदेखि काठमाडौंको नेपाल आर्ट काउन्सिल, बबरमहलमा प्रदर्शनी सुरू भएको हो। , यो प्रदर्शनी वैशाख ६ गते मंगलबार सम्म हुनेछ। कार्यक्रमको आयोजना कार्टुनिस्ट क्लब अफ नेपालले गरेको हो। , आफूहरू अखबारको कोलमबाट बाहिर निस्केर प्रदर्शनी हलसम्म आइपुगेको अध्यक्ष वासु क्षितिज बताउँछन्। , ‘हामीले कार्टुन बनाउनुको पनि अर्थ छ यही अर्थ खोज्ने क्रममा हामी अखबारको कोलमबाट बाहिर निस्केर प्रदर्शनी हलसम्म आइपुगेका छौं। निश्चय पनि कलाकार आफ्ना सिर्जना प्रदर्शनीमा राख्न, त्यसलाई पारखीसम्म पुऱ्याउन सँधै लालयित हुन्छ,’ उनले भने, ‘तर हाम्रो उद्देश्य आखबारमा सानो साइजमा छापिने कार्टुन भित्तामा झुण्डाउनु मात्रै पक्कै होइन। हामी एउटा निश्चत उद्देश्यसहित अखबारका कोलमबाट निस्केर प्रदर्शनी हलसम्म आइपुगेका हौं।’, तस्बिरहरू:, ,
भ्रष्टाचार विरूद्धका कार्टुन (तस्बिरहरू)
|
रासस सदरमुकाम खलङ्गामा गर्मी बढेसँगै व्यासी सौका समुदाय ‘कुञ्चा’ सर्ने तयारीमा जुटेका छन्। छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यासको छाङ्गरु र तिङ्करमा बसोबास गर्ने व्यासी यही वैशाख दोस्रो साता ‘कुञ्चा’ सर्ने तयारीमा छन्।, कुञ्चा व्यासी सौका समुदायको भाषा हो। यसलाई नेपालीमा बसाइँसराइ गर्नु भनिन्छ। व्यास गाउँपालिका-१ को छाङ्गरू र तिङ्करका स्थानीय हरेक वर्ष वैशाख दोस्रो साता खलङ्गाबाट बसाइँ सर्ने गर्छन्। अहिले उनीहरूले गाउँ जानका लागि अहिले बहुयात्रा अनुमतिपत्र बनाइरहेका छन्।, अनुमति बनाउन जिल्ला समन्वय समिति, सीमा प्रशासन कार्यालयको सिफारिसमा भारतीय एसडिएम कार्यालयले अनुमति जारी गर्छ। यस पटक छाङ्गरु र तिङ्करका स्थानीय वैशाख १३, १४ र १५ गते बसाइँ सर्ने तयारी गरिएको व्यास-१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए।, भारतीय प्रशासनको समन्वयमा कुञ्चा सर्ने मिति तय गरिएको छ। भारतले अहिले धारचुला हुँदै कालापानीसम्मको सडकखण्ड स्तरोन्नतिको काम सँगै अघि बढाएका कारण पशुचौपायालाई समस्या हुन नदिन मिति तय गरिएको बोहराले बताए। , अहिले छाङ्गरु र तिङ्करका अधिकांशले अनुमतिपत्रको सिफारिस लिएका छन्। , जिल्ला समन्वय समितिका अनुसार सात सय ५० जनाले अनुमतिका लागि सिफारिस लिएका छन्। शुक्रबारसम्म सीमा प्रशासन कार्यालयले साढे ५ सय बढी अनुमतिको सिफारिस पठाएको नायब सुब्बा मानबहादुर खडायतले बताए।, गाउँमा गएर खेतीपाती लगाउनुपर्ने समय भएका कारण बसाइँ सर्ने तयारीमा व्यासी जुटेका हुन्।, ‘गाउँमा गएर उनीहरुले आलु, फापर, कोदो, जौ, मूला तरकारीलगायत बाली लगाउनुपर्ने हुन्छ’, स्थानीय वीरेन्द्र तिङ्करीले भने,‘खेतीपाती लगाएर स्थानीय फेरि यार्सागुम्बा संकलन गर्न जान्छन्। हाम्रा पशुचौपाया चिसोमा बस्ने गर्छन्, अहिले यता गर्मी बढेको छ ।’ , चिसोमै बस्ने चौरी झुपा, घोडा, खच्चड, गाई तथा भेडाबाख्रा व्यासीले आफूसँगै गाउँ लग्ने गर्छन्। छाङ्गरु र तिङ्करका १६० परिवार हरेक वर्ष कुञ्चा सर्ने गरेका छन्। , सदरमुकाम खलङ्गाबाट पाँच दिन लगाएर मात्रै व्यासको छाङ्गरु तिङ्कर पशुचौपायासहित पुगिन्छ। विगतदेखि नै यहाँका नागरिकले भारतीय भूमिको प्रयोग गर्दै बसाइँ सर्नुपर्ने बाध्यता छ।, भारतीय अनुमतिले मात्रै गाउँ पुगिने , ‘आफ्नै गाउँ जान भारतीय अनुमति र भारतीय भूमि प्रयोग गर्नुपर्छ। भारतले अनुमति र बाटो नदिने हो भने गाउँ पुग्नै सकिँदैन। गाउँ जानसमेत परनिर्भर हामी कसरी राज्यको अनूभूति गरौँ’, व्यास-१ तिङ्करका अगुवा महिला यशोदा तिङ्करीले भनिन्। ,
,
देशको सबैभन्दा चर्चा पाइरहने ठाउँ, राजनीतिक रूपमा झनै मुद्दा बनिरहने व्यास-१ का छाङ्गरू र तिङ्कर गाउँ पुग्न नेपालतिर बाटो छैन। मान्छे पैदल हिँड्नसमेत बाटो नभएपछि यहाँका दुई गाउँका नागरिक भारतीय बाटोमा निर्भर छन्। , यहाँका दुई गाउँका नागरिक छ महिना छाङ्गरु र तिङ्कर तथा छ महिना सदरमुकाम खलङ्गा बसोबास गर्छन्। जाडो छल्न सदरमुकाम खलङ्गा झरेका व्यासी सौका समुदाय वैशाख दोस्रो साता गर्मी छल्न गाउँ उक्लिन्छन्। गाउँ जान भारतीय अनुमति लिनुपर्छ। , ‘भारत पिथौरागढको धारचुला तहशिल एसडिएम कार्यालयबाट अनुमति नपाइने हो भने गाउँ पुग्न सकिँदैन’, तिङ्करी भन्नुहुन्छ। जिल्ला समन्वय समिति, सीमा प्रशासन कार्यालयको सिफारिसपछि भारतीय एसडिएम कार्यालयले व्यासको छाङ्गरु तिङ्कर जान अनुमति जारी गर्छ। त्यहीँ अनुमतिका आधारमा पशुचौपाया र मानिसको आवतजावत हुन्छ।, उनले सुनाए,‘पहिले त दुःख पाएकै थियौँ, सङ्घीयता आयो, सिंहदरबार गाउँ पुग्दासम्म पनि गाउँ जाने घोरेटो बाटो नबन्दा सबैभन्दा पीडादायी अवस्थामा बसेका छौँ।’ , पञ्चायतकालमा बरू नेपालतिरै घोरेटो बाटो थियो । भारतीय नागरिकसमेत नेपालकै बाटो प्रयोग गर्थे। अहिले भारतले चार पाँच घण्टामै कालापानीसम्म गाडीमा पुग्ने कालोपत्र सडक बनाएको छ।, ‘भारतले अहिले दुई लेन सडक विस्तार गरिरहेको छ’, टेलिकम दार्चुलाका कृष्णबहादुर गुरुङ भन्छन्,‘हाम्रोतिर भएको गोरेटो बाटोसमेत निसाना हराएको छ।’, गोरेटो बाटो मर्मत प्रभावकारी नहुँदा साँघुरो र जोखिमपूर्ण बाटो केही ठाउँमा छ। जुन बाटो भएर गाउँ जान पाँच दिनको समय लाग्छ। छाङ्गरुका युवा योगेश बोहरा भन्छन्, ‘हेर्दाहेर्दै जनप्रतिनिधि आएको पाँच वर्ष बितिसक्यो, छाङ्गरू र तिङ्कर जाने बाटो छैन, अझै भारत भएर जानुपर्ने अवस्था छ।’ , निर्वाचनका समयमा जहिल्यै कालापानीको एजेण्डा दलको मुख्य एजेण्डा हुन्छ। गाउँ पुग्नसमेत भारतीय अनुमति लिनुपर्ने बाध्यताले यहाँका नागरिकले अझै राज्यको अनुभूति नभएको बोहरा सुनाउँछन्।, एकातिर भारतसँग सीमा जोडिएको गाउँ हो छाङ्गरु भने चीनसँग नजिकै रहेको अर्को गाउँ तिङ्कर। यसबाहेक नेपालले नक्सामा समेटेका भारतीय अतिक्रमित नाबी, गुञ्जी र कुटीसम्म पुग्ने झन बाटो हुने अवस्था नै छैन। , व्यास-१ का वडाध्यक्ष बोहरा नेपालतर्फ गोरेटोबाटो निर्माण तथा मर्मतका लागि वर्षेनी बजेट आए पनि सदुपयोग नभएको सुनाउँछन्। दुम्लिङदेखि माथि सधैँ मर्मत हुने तर एकैवर्षमा त्यो भत्किएर जाने गरेका कारण गोरेटो बाटो सुधार हुन सकेको छैन।, छ महिनापछि गाउँको ढोका खुल्ने, उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला सुनसान छ। व्यास–१ तिङ्कर गाउँमा अहिले कोही बस्दैनन्। जौ फापर, उवा, आलुलगायतका अन्न उत्पादन हुने हिमालको काखमा रहेको यो गाउँ सुनसान भएको छ महिना हुँदैछ। , यहाँका स्थानीय गत कात्तिकमा हिमपात भएपछि सदरमुकाम खलङ्गा झरेका थिए। खलङ्गा झरेका तिङ्करी छ महिनापछि गाउँ जाने तयारीमा छन् ।, ‘वैशाख दोस्रोपछि मात्रै हाम्रा गाउँका ढोका खुल्छन्,’ स्थानीय वीरेन्द्र तिङ्करीले भने,‘छ महिना ढोकामा पूरै ताला लगाएर आएका छौँ, छाङ्गरूमा गत वर्षदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना बसोबास गर्छन्, तिङ्करमा भने न सुरक्षाकर्मी न त स्थानीय नै छन्, छाङ्गरूबाटै तिङ्कर जान चारदेखि पाँच घण्टा समय लाग्छ, तिङ्करमा राज्यकै उपस्थित छ महिना मात्रै हो।’, तिङ्करको छायालेकमा रहेको नेपाल प्रहरी अहिले छाङ्गरू झरेको छ । सशस्त्र प्रहरी तिङ्करमा बसेको छैन । बोर्डर आउट पोष्ट भवन निर्माण भए पनि सशस्त्र प्रहरी सरेको छैन। तिङ्करबाट नेपाल-चीन सीमा स्तम्भ नम्बर १ पुग्न पाँचदेखि छ घण्टा समय लाग्छ । ,
,
गर्मी बढेसँगै व्यासीको ‘कुञ्चा’ सर्ने तयारीः वर्षेनी भारतसँग अनुमती माग्नुपर्ने बाध्यता
|
रासस बिस्का जात्राको आठौँ दिन आइतबार भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ।, आइतबार बिहानैदेखि परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो।, जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरूवालमा सजिएर जात्रामा सहभागी भएका थिए।, देवीदेवतालाई सगुन पूजा गर्न आआफ्ना द्योःछें (देवघर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो। जात्राका क्रममा सहभागीले देवीदेवतालाई आआफ्ना गच्छेअनुसारका परिकार समेत चढाएका थिए। , यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख छ।, बिस्का जात्राका क्रममा बिघ्नबाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रूपमा लिने गरिएको भाषा वंशावलीमा समेत उल्लेख रहेको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिए।,
बिस्का जात्राको आठौँ दिनः द्यो स्वगं पूजा मनाइयो
|
नारायण अधिकारी चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द हुने भएको छ।, गिद्धको संख्या बढ्दै गएको र प्रजनन केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो।, सन् २००८ मा निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरिएको थियो। अन्डा र गिद्ध ल्याएर सुरू गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा हुर्किएका छन्। , १४ वर्षमा सरकारले गरेको लगानीको तुलनामा प्रतिफल कम देखिएपछि गिद्धलाई केन्द्रित गरेर जटायु रेस्टुरेन्टमार्फत् कार्यक्रम गर्न लागिएको हो। , निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हाल प्रजनन केन्द्रमा १० वटा गिद्ध मात्र छन्। , केही समयअघि त्यहाँका १० वटा गिद्धलाई नवलपरासीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा लगिएको थियो। ती गिद्धलाई केही महिना त्यहीको खोरमा राखेपछि प्रकृतिमा छाडिनेछ। , आचार्यका अनुसार ती गिद्ध छाडेपछि यहाँका १० गिद्धलाई त्यहाँ लग्ने योजना छ। यससँगै कसरामा १४ वर्षदेखि सञ्चालन हुँदै आएको प्रजनन केन्द्र बन्द हुने उनले बताए। , आगामी साउन महिनासम्ममा प्रजनन केन्द्र बन्द हुनेछ। , अघिल्ला तीन वर्ष गिद्धले अन्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन। कृत्रिम रूपमा गरिएको प्रजननभन्दा प्राकृतिकरूपमा प्रभावकारी देखिएको उनले बताए। , निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो। त्यसयता सन् २०१४ बाट प्रजनन केन्द्रमा गिद्धले अन्डा पार्न सुरू गरेको हो। पहिलो वर्ष पाँच वटा अन्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो।,
,
उनका अनुसार सन् २०१५ मा सात वटा अन्डाबाट एउटा पनि बच्चा कोरिलिएन। यस्तै सन् २०१६ मा १५ वटा अन्डाबाट नौ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो। सन् २०१७ मा २१ अन्डाबाट छ बच्चा कोरलिएको थियो। , सन् २०१८ मा २० अन्डाबाट दुई बच्चा कोरलिएकामा त्यसयता बच्चा कोरल्न सकेको छैन। सन् २०१९ मा १९ र २० मा १४ अन्डा पारे पनि बच्चा कोरल्न सफल नभएको उनले जानकारी दिए। गत वर्ष १२ वटा अन्डा पारेको भए पनि बच्चा कोरल्न सकेको थिएन।,
,
बाहिरबाट ल्याएर हुर्काइएका गिद्ध र केन्द्रमा अन्डा पारेर बच्चा कोरलेर हुर्काइएका गरी ४९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ। सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न सुरू गरिएको हो। , पहिलो वर्ष छ गिद्ध छाडिएको थियो। सन् २०१८ मा १२, २०१९ मा १३ र यस वर्ष १८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ। प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुरेन्टमा जालीमा लगेर राख्ने गरिन्छ। प्रकृतिमा रहेका गिद्धसँग घुलमिल गराएर छोड्ने गरिन्छ। , जटायु रेस्टुरेन्टमा प्रकृतिमा रहेका गिद्ध सँगसँगै खाने र उनीहरूको आनीबानी हेर्न मिल्नेगरी राखिएको हुन्छ। हाल प्रजनन केन्द्रमा पाँच भाले र पाँच पोथी गिद्ध छन्। पाँच भाले र पाँच पोथी प्रकृतिमा छोड्नका लागि जटायु रेष्टुरेन्टमा लगिएको छ।, निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले पछिल्ला वर्षमा प्रकृतिमा रहेका गिद्धको प्रजनन राम्रो र संख्या बढ्दै गएकाले प्रजनन केन्द्रमा संरक्षण गरी हुर्काउनुभन्दा प्रकृतिमा नै संरक्षणमा जोड दिएको बताए। उनका अनुसार जटायु रेस्टुरेन्टलाई व्यवस्थित गरेर प्रकृतिमा रहेका गिद्धको संरक्षणमा विभाग लागेको छ। , नेपालले विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने काम गरेको हो। हाल नवलपरासीसँगै दाङ, कैलाली र कोशीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत् गिद्धको संरक्षण गरिँदै आएको छ। यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुग्ने विश्वास लिइएको छ। , मुख्यरूपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने ‘डाइक्लोफिनाक’ नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध पनि मरेको संरक्षणकर्मी बताउँछन्। , सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो। , त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइएको छ। धेरै गिद्ध मरेपछि सरकारले संरक्षणमा जोड दिएको थियो। यो औषधिमा रोक लगाएसँगै प्रकृतिमा गिद्धको संख्या बढ्न थालेको महानिर्देशक कँडेलले बताए।,
१४ वर्षदेखि सञ्चालनमा रहेको चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्र बन्द हुँदै
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ४८९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ४५० जनाको पिसिआर र सात सय ३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , अहिले देशभर ३७५ जना सक्रिय संक्रमित छन्।, आइतबार ३६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १२ कोरोना संक्रमित, ३ सय ७५ सक्रिय
|
सेतोपाटी संवाददाता काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा फेला परेका पुरूषको सनाखत भएको छ। , गत शुक्रबार बिहान सवा ५ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाउँस्थित रेम्पोछे गुरूको मूर्ति नजिकै एक पुरूषको शव फेला परेको थियो। उनको अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो। , अहिले ती पुरूषको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृतक ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका नरेश गौतम छन्। , घटनाको अनुसन्धान मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूरमा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए। , घटनाको अनुसन्धान प्रहरी वृत्त स्वयम्भूले गरिरहेको छ। , घटना शंकास्पद भएपछि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुर्याइएको थियो। त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका चिकित्सक गोपाल चौधरी, परिसर र महाशाखाका एसएसपी समेत घटनास्थल पुगेका थिए। , पोष्टमार्टम गर्न शव शिक्षण अस्पतालमा राखिएको छ। ,
स्वयम्भूमा फेला परेको शवको खुल्यो पहिचान
|
सेतोपाटी संवाददाता नवलपुरको कलेजमा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। , आइतबार गैंडाकोटस्थित जनक कलेजका एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको र कलेजले शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए। , उनका अनुसार चार दिनअघि एक शिक्षकले छात्राहरूलाई दुर्व्यवहार गरेका थिए। उनीहरूले कलेजमा भनेर पनि कुनै कारबाही नगरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका हुन्। , तीन-चार दिन बित्दा पनि कलेजले कुनै पनि कारबाही नगरेको भन्दै उनीहरू आक्रोशित भएका हुन्। , उनीहरूले शिक्षकलाई कारबाहीको गर्नुपर्ने माग गरेका छन्। , विद्यार्थी तथा स्थानीयले कलेज परिसरमा तोडफोड समेत गरेका छन्। उनीहरूले दुईवटा मोटरसाइकलमा आगजनी गरेको प्रहरी उपरीक्षक महर्जनले जानकारी दिए। , आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको महर्जनले बताए। , ‘अवस्था नियन्त्रणमा लिन पाँच-सात राउण्ड अश्रुग्यास प्रयोग गरिएको थियो,’ उनले भने, ‘अवस्था समान्य हुन झन्डै पाँच घण्टा लाग्यो।’, घटनामा सात\दश जना प्रहरी समेत घाइते भएका छन्।, कार्यालयले थप अनुसन्धान अघि बढाएको जनाएको छ।, ,
नवलपुरमा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै कलेजमा आगजनी
|
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्।, स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ।, उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन्।, नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ। ,
डब्लुएचओका महानिर्देशक वैशाख ८ गते नेपाल आउने
|
रासस म्याग्दीका दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ। रघुगंगा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहोरदोहोर गर्न बाध्य छन्। , झोलाभरि किताब र कापी बोकेर दैनिक चार घण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरूलाई निकै सकस हुने गरेको छ।, बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै रायखोरस्थित रायखोर आधारभूत विद्यालय पुग्छन्। पहिरो, जंगल र खोला भएको अप्ठ्यारो र भिरालो बाटो हुँदै दैनिक विद्यालय आउजाउ गर्ने ठाँटी र मूलपानीका १७ बालबालिका गाउँमा प्राथमिक तहसम्मको विद्यालय नहुँदा यस्तो समस्या भोग्न बाध्य छन्। , सडक सञ्जालले नछोएको ठाटी र मूलपानीकी सजिना शेरपुञ्जा र रजिना शेरपुञ्जा मूलपानी बालविकास केन्द्र पढ्न जाने गरेका छन्। उनीहरूजस्तै गाउँका २७ परिवारका विद्यार्थीले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका रायखोरका विकास पुर्जाले बताए। टाढा भएकाले विद्यार्थी नियमित विद्यालय नआउने गरेको उनले बताए। , कक्षा १–५ रायखोर र कक्षा ६–१० का लागि विद्यार्थी पढ्न पाखापानी र छिमेकी कुइनेमङ्गलेको रितुङ मावि जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य छन्।, ‘विद्यालय पुग्न दुई घण्टा लाग्छ, बर्खाको समयमा तीन महिना नियमित विद्यालय जानै पाउँदैनन्’, पुर्जाले भने।, उनले गाउँबाट विद्यालयसम्म पुग्ने पैदलमार्गमा चार ठाउँमा पहिरो जाने भएकाले असारदेखि भदौसम्म विद्यार्थीलाई सकस हुने गरेको बताए।, ‘दैनिक चार घण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्, गाउँमै विद्यालयको आवश्यकता छ’, अभिभावक इन्द्रा पुनले भने।, भिरको बाटो भएकाले एक्लै पठाउन समस्या हुने गरेको मूलपानीकी धनकुमारी पुनको भनाइ छ।, ‘बिहान उठ्नेबित्तिकै विद्यालय जाने हतारो हुन्छ, घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ’, उनले भनिन्। , मूलपानीमा प्राथमिक तहको विद्यालयका लागि पहल भइरहेको तर विद्यार्थी सङ्ख्या थोरै भएकाले मापदण्ड पूरा गर्न नसक्दा समस्या भएको वडासदस्य लिलाबहादुर पुनले बताए।, ‘मूलपानीमा प्राथमिक तहसम्मको विद्यालय सञ्चालनका लागि माग गरेका छौं’, उनले भने।, रघुगङ्गा–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जा बस्ती छरिएकाले सबै ठाउँमा विद्यालयको अनुमति पाउन समस्या भएको बताए। मूलपानीमै कक्षा १ सम्म पठनपाठनको व्यवस्था मिलाउन लागिएको उनी बताउँछन्। बस्तीसम्म सडक खने राहत हुने शेरपुञ्जाले बताए।,
पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने!
|
एजेन्सी उत्तर कोरियाका शासक किम जोङ उनले ५० वर्ष टेलिभिजनमा समाचार पढेर रिटायर्ड भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिएका छन्। , उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन-हीलाई उनले घर दिएको भिडिओ सार्वजनिक गरेका छन्। उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको देखिन्छ। , यही साता उत्तर कोरियाको राजधानी प्योङयाङमा खुलेको आवासीय क्षेत्रमा रहेको दुई तले घर रीलाई दिइएको हो। यो आवासीय क्षेत्रमा बनेका घर सच्चा राष्ट्रभक्तहरूलाई दिने भनिएको छ। , उत्तर कोरियाली सरकारी टेलिभिजनका देखिने रीले उत्तर कोरियाका पछिल्ला ५० वर्षका सबै महत्वपूर्ण समाचार जनतालाई सुनेकी छन्। उनी गुलाबी रङको परम्परागत कोरियन पहिरन लगाएर टेलिभिजनको पर्दामा देखिन्थिन्। उत्तर कोरियालीहरू उनलाई लेबर हिरोका रूपमा चिन्थे। बाहिरी दुनियाँमा पिंक लेडीका रूपमा चर्चा कमाएकी रीलाई दक्षिण कोरियाली भने मन पराउँदैनथे।, उनी टेलिभिजनमा देखिएपछि दक्षिण कोरियाली नागरिकसँगै सुरक्षा अधिकारीका कान पनि ठाडा हुन्थे। दक्षिण कोरियामा उनी आफ्नो मुखबाट गोली प्रहार गर्छिन् भनिन्थ्यो।, उत्तर कोरियाले मिसाइल परीक्षण गरेकालगायत समाचार उनैले पढ्थिन्। उनका हजुरबुवा किम इल सङ र बुवा किम जोङ इलको मृत्यु भएको समाचार पनि उनैले पढेकी थिइन्। , उनबाट सुविधा सम्पन्न घर उपहार पाएपछि री निकै खुसी देखिएकी थिइन्।, उनले आफ्नो शासनमा सघाउने नजिकका मान्छेहरूलाई महंगा गाडी, घडीलगायत उपहार दिने गरेका छन्। ,
किम जोङ उनले दिए टिभीमा ५० वर्ष समाचार पढेकी रीलाई दुई तले घर
|
रासस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन्। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो। , मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो। टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेका थिए। उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जानकारी दिइन्।, वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ। जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पतालले जनाएको छ।,
टाउकोमा चोट लागेपछि मन्त्री रेग्मी वीर अस्पतालमा भर्ना
|
सेतोपाटी संवाददाता सुनसरीमा टेम्पो र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , धरान उपमहानगरपालिका–१७ का ३५/४० वर्षीय खड्क विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए। मृतक टेम्पो चालक हुन्। , शुक्रबार बिहान भेडेटारबाट को २ ह ७०४१ नम्बरको ट्याम्पो धरानतर्फ जाँदै थियो। को १ ख ४४८० नम्बरको बस र टेम्पो आपसमा ठोक्किँदा दुर्घटना भएको हो। , उनका अनुसार टेम्पोमा सवार ताप्लेजुङकी १५ वर्षीया उषा लिम्बू गम्भीर घाइते छिन्। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। , इलाका प्रहरी कार्यालय धरानले बससहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।,
,
सुनसरीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार ३ हजार ९०३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३० जनाको पिसिआर र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। , अहिले देशभर ४ सय ३८ जना सक्रिय संक्रमित छन्।, ५५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १४ कोरोना संक्रमित, निको भए ५५ जना
|
रासस काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ। , वर्गीकरण नगरिएका फोहोर, फोहोर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारबाहीस्वरूप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ। , कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरक/फरक दिन आउने भएकाले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ। , कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ। , पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समय/समयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहोर सडकमा नै थुप्रिएको थियो।,
फोहोर वर्गीकरण नगरे पाँच सय जरिवाना
|
सेतोपाटी संवाददाता चितुवाको छालासहित तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-२६ स्थित मित्रनगरबाट तीन जनालाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौंको गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगर-१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिलबहादुर तामाङ छन्। , उनीहरूले बोकेको झोलामा चितुवाको छाला बरामद भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , उनका अनुसार चितुवाको छाला दुई मिटर १० सेन्टिमिटर लामो र एक मिटर ३० सन्टिमिटर चौडाइको छ। , उनीहरूलाई शुक्रबार छालासहित डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ। ,
चितुवाको छालासहित तीन जना काठमाडौंबाट पक्राउ
|
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि नि:शुल्क प्रसूति सेवा सुरू भएको छ।, नवनियुक्त प्रतिष्ठानको उपकुलपति डा. विकास लामिछानेले पूर्ण रूपमा आमा सुरक्षा कार्यक्रम नि:शुल्क गरिएको जानकारी दिए। , पूर्वनिर्धारित योजना अनुसार नै अस्पतालमा प्रसूति सेवा नि:शुल्क गरिएको लामिछानेले बताए। , यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम नि:शुल्क चले पनि आवश्यक जनशक्तिको अभावमा १२ बजेपछि अतिरिक्त सेवा विस्तार योजना अनुसार सुत्केरी हुन आउने महिलाहरूले सेवा लिएबापत पैसा तिर्नुपर्ने बाध्यता थियो। , ‘अबदेखि २४ सै घन्टा नि:शुल्क प्रसूति सेवा सुरू भएको छ,’ लामिछानेले भने, ‘यसबाट सर्वसाधारण खुसी भएका छन्।’, नि:शुल्क प्रसूति सेवाको लागि जनशक्ति थपिने र तत्कालका लागि अस्पतालकै जनशक्ति परिचालन गरेर सेवा दिइने लामिछानेले जानकारी दिए । , प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम पनि नि:शुल्क दिँदै आइएको छ।,
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नि:शुल्क प्रसूति सेवा
|
युनिक श्रेष्ठ कैलालीका २५ वर्षीय अर्जुन दास गत पुस २ गते शुक्रबार घर फर्किएनन्। जानकी गाउँपालिका-९ का उनी साँझ साथीहरूसँग हिँडेका थिए। तर भोलिपल्ट शनिबार बिहानसम्म पनि उनी फर्किएनन्।, आफ्ना श्रीमान् कहाँ गए श्रीमती धर्मालाई थाहा थिएन। उनले बिहानै गएर छिमेकमा सोधिखोजी गरिन्। कसैले पनि अर्जुन कहाँ गए भन्न सकेनन्। , त्यही दिन दिउँसो उनको मोबाइलमा एउटा अडियो आयो। त्यो अडियोको कुरा सुनेर धर्मा सिधै इलाका प्रहरी कार्यालय लम्कीमा पुगिन्। , त्यसमा भनिएको थियो, ‘भाइलाई छुने भन्दै छन् नि होइन, एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ, हामीले गरेर आको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं।’ , धर्मा प्रहरीकहाँ पुगेको केही समयमै अमरावती सामुदायिक वनमा शव फेला पर्यो। , वनका कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव रूखमा बाँधिएको र टाउको छिनालिएर भुइँमा राखिएको अवस्थामा फेला परेको थियो। त्यो शवको सनाखत धर्माले गरिन्। शव अर्जुनकै थियो। , यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गर्दै थियो। कार्यालयले खोजतलासको लागि देशभरका सबै प्रहरी युनिटहरूलाई खोजी गर्न भन्दै अनुरोध गरेको थियो।, त्यस अनुरोधसँगै काठमाडौंबाट महानगरीय अपराध महाशाखाको प्रहरी नायब उपरीक्षक कृष्ण चन्दको विशेष टोली पनि जोडियो। , ‘हामीले सूचना संकलन गरिरहेका थियौं,’ महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘तत्काल घटनापछि उनीहरू भारत भागेका थिए। अहिले पक्राउ परे।’, उक्त टोलीले घटनामा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। , पक्राउ पर्नेमा सोही ठाउँका सुमित साउद, बमे भन्ने बमबहादुर बोहोरा, रोनी भन्ने दिलिप दास र मनोज भण्डारी छन्।, सुरूमा प्रहरीले सोही ठाउँका कमल साउद भन्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। धर्मालाई अडियो पठाउने व्यक्ति कमलनै थिए। , अर्जुनको हत्यामा उनको पनि संलग्नता होला भन्ने हिसाबमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। तर उनको हत्यामा कमलको संलग्नता नभेटिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।, ‘त्यो मनोजले कमलसँग कुराकानी गरेको अडियो थियो। कमलसँग कुरा भएको हुँदा आफू पनि फस्छु भन्ने डर र आफ्नो यसमा कुनै संलग्नता नभएको देखाउन उनले धर्मालाई अडियो पठाएका हुन्,’ प्रहरी उपरीक्षक कोइरालाले भने।, कमलविरूद्ध जबरजस्ती करणीको मुद्दा दायर भयो। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।, हत्यामा संलग्न नभए पनि हत्याको कथामा भने उनी पनि जोडिन्छन्। , घटना हुनु तीन दिनअघि मात्रै कमल साउदले एक युवतीसँग शारिरिक सम्बन्ध राख्दै गर्दा रंगेहात फेला परेका थिए। ती युवतीकै बुवाले फेला पारेपछि उनी आपत्तिजनक अवस्थामा भागे।, ‘उनी आपत्तिजनक अवस्थामा थियो। त्यसरी नै उनी भाग्नसक्ने अवस्था नभएपछि उनले सुमित साउदलाई बोलाए,’ प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले भने, ‘त्यो लुगा ल्याइदिएपछि कमलले लगाए। त्यसपछि दुबै जना कमलकै घरमा गए।’, धेरै अबेर भइसकेको हुँदा कमलले सुमितलाई पनि आफ्नै घर जान भनेका थिए। त्यसपछि उनीहरू कमलको घरमा गए। , भोलिपल्ट बिहान सुमित चिया खाएर कमलको घरबाट निस्किए। त्यतिबेला अर्जुन दिनैजसो कमलको घरमा काम गर्न आउँथे। ब्लक टाइल बनाउन उनी बिहान १० बजे कमलको घर पुगिसक्थे। , ‘अर्जुन प्रत्येक दिन टाइल बनाउन आउँथे। त्यो दिन पनि आए,’ प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘सुमित गइसकेपछि कमलले आफ्नो मोबाइल भेटाएनन्। त्यसपछि त्यसैले चोरेर लग्यो भन्ने सोचे।’, अघिल्लो दिन आफ्नो घरमा आएका सुमितले नै मोबाइल चोरेको आशंका कमललाई भयो। कमलले रिसाएर सुमितलाई कुटे। उनले फोन भने भेटाएनन्।, प्रहरी नायब उपरीक्षक चन्दका अनुसार कमल पब्जी समेत खेल्थे। गेम खेलेरै उनले ‘रिवार्ड’हरू पाउन लागेका थिए। धेरै महंगो पैसा तिरेर मात्रै रिवार्ड पाइन्छ। त्यसैले पनि उनलाई त्यो फोन महत्वपूर्ण थियो।, ‘सुमितले कुटाइ खाएपछि उनले गएर मनोज भण्डारीलगायत साथीहरूलाई सुनाए। नांगो अवस्थामा भेटिएको मान्छेलाई लुगा लगेर हेल्प गरिदिएँ। सुत भनेर घर ल्याएँ। पछि कुट्यो भनेर सुनाए,’ उनले भने, ‘त्यो कुरालाई मनोज भण्डारीको समूहले सामान्य रूपमा लियो।’, चोरी भएको भोलिपल्टै मोबाइल अर्जुनले लिएको सुमितले थाहा पाएछन्। अर्जुनले फोन चोरेपछि सिम भाँचेर हर्के भाटलाई दिएका थिए। , हर्केले त्यो फोन बेच्न खोजिरहेको थाहा पाएपछि आफूले बेचिदिने भन्दै सुमितले लगे। उनले मोबाइल अर्जुनले चोरेको भन्दै कमललाई लिएर बुझाइदिए। , कमलले यो कुरा बाहिर ल्याउन चाहेनन्। अर्जुनले आफ्नो काममा सघाइरहेको हुँदा त्यसलाई अहिले नै नखुलाउन भन्दै कमलले सुमितलाई सुझाए। , त्यो कुरा सुमितले आफ्ना साथी मनोजलाई गएर सुनाए। , ‘उनीहरूको एउटै ग्रुप हो। सुमितले मनोजलाई सबै कुरा सुनाएका थिए,’ प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने, ‘त्यसपछि आफ्नो साथीलाई बिनाकारण कुटेको भन्दै उनीहरू रिसाए।’, उनीहरू सबै जना लागुऔषध सेवनकर्ता समेत हुन्। , अर्जुनको हत्या भएको ठाउँमा बसेर उनीहरू लागु औषध सेवन गर्थे। यता कमल लागु औषध नाइट्राभेटको कारोबार समेत गर्थे।, त्यसपछि उनीहरूले अर्जुनलाई कुट्ने र कमलको नाइट्राभेट चोर्ने योजना बनाए। , लागुऔषध चोरी गरे प्रहरीमा पनि उजुरी गर्न नसक्ने भन्दै उनीहरूले करिब २५ हजार बराबरको नाइट्राभेट चोरेर जंगलमा लुकाए। , अर्जुन पनि उनीहरू जस्तै लागुऔषध सेवनकर्ता भएको प्रहरीको भनाइ छ। त्यही लागुऔषध सेवन गर्ने भन्दै उनी सुमितसँग जंगलमा गए। , अर्जुनलाई आफूमाथि कुटपिट हुँदै थियो वा त्यस्तो घटना हुन लागेको भन्ने थाहा थिएन। , त्यहाँ बसेर उनीहरूले लागुऔषध सेवन गर्न थाले। उनीहरू सबै जना लठ्ठिएपछि मोबाइल चोरीको कुरा निकाले।, ‘मोबाइल चोरी गर्ने तँ, कुटाइ खाने हाम्रो साथी भन्दै उनीहरूले मिलेर कुटे,’ प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘मनोजले रूखमा बाँध भनेपछि अरूले अर्जुनलाई बाँधे।’, त्यस समूहमा सुशील मयाल, बादल बिक, करण दर्नाललगायत पनि थिए। , कुटपिट गरिसकेपछि पनि उनीहरूले लागुऔषध सेवन गर्न छाडेनन्। उनीहरूले पुस २ गते शुक्रबार साँझ ६ बजेदेखि मध्यराति १२ बजेसम्म लागुऔषध सेवन गरेको बताएका छन्। , त्यसपछि उनीहरूले अब अर्जुनको हत्या गर्नुपर्छ भन्ने सोचे। , त्यो सोच आएपछि सुशील मयालसँग घरमा खुकुरी लिन गएका थिए। तर उनी घरबाट नआएको प्रहरी उपरीक्षक कोइरालाले बताए। , ‘उनको घरमा कार्यक्रम भएको हुँदा फर्किएनन्। तर खुकुरी दिएर अरूलाई पठाए,’ उनले भने।, खुकुरी ल्याएपछि सुरूमा मनोजले प्रहार गरे। उनले तीन-चार पटक प्रहार गरे। त्यसपछि क्रमश: दिलिप र सुमितले प्रहार गरेर टाउको छिनाले। , ‘घाँटी छिनालेर राख्यौं। अनि हामीले आगो बालेर फेरि त्यतै सुत्यौं,’ मनोजले दिएको बयान उदृत गर्दै एक प्रहरीले भने, ‘त्यतिबेला हामीलाई केही मतबल थिएन। हामी साढे ४ बजे उठेपछि मान्छे मारेर बसेका छौं भन्ने याद आयो। मन आत्तिन थालेपछि के गर्ने के गर्ने भयो त्यसपछि भारत भाग्ने भन्ने भयो। म सँग पैसा पनि थियो।’, प्रहरीका अनुसार त्यतिबेला मनोज भारतबाट केही दिनअघि मात्रै फर्किएका थिए। उनी काठमाडौंमा पढ्न आउने योजनामा थिए। त्यसको लागि उनले घरबाट सात-आठ हजार भारू पनि लिएका थिए। , त्यही रात उनीहरू जंगलको बाटो हुँदै हिँडेर भारत पुगे। , त्यहाँबाट उनीहरू दिल्ली भागे। दिल्लीबाट मुम्बई गए। उनीहरूले त्यही बसेर भिडिओ बनाएर सामाजिक सञ्जालमा समेत हालेका थिए। प्रहरीलाई समेत होच्याउने गरी उनीहरूले भिडिओ सार्वजनिक गरेका थिए। , तीन महिनापछि उनीहरू कामको खोजी गर्न नेपाल फर्किन लागेको सूचना प्रहरीले पायो। , ‘उनीहरू बोर्डर एरिया रूपन्देहीको सिदार्थ नगर-१ बेलहियामा आएको खबर पायौं,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘काम खोज्न भन्दै उनीहरू आएको र लुकिछिपी बसेको भन्ने सूचना आयो। त्यसपछि भैरहवाको प्रहारीसँग समन्वय गरेर हामीले पक्राउ गरेका हौं।’, महाशाखाको टोलीले बिहीबार उनीहरूलाई बेलहिया सीमा नाकाबाट पक्राउ गरेको हो। , यस घटनामा १० जनाको संलग्नता भएकोमा प्रहरीले ४ जनालाई मात्रै समातेको छ। , सुरूमा आठ जनाको मात्रै संलग्नता भएको खुले पनि पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ गर्दा १० जना भएको बताएका छन्। , पक्राउ परेका चारै जनालाई आजै कैलाली पुर्याउने महाशाखाको तयारी छ। यस्तै अरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।,
चार महिनापछि खुलेको अर्जुन दास हत्याको गुत्थी
|
सेतोपाटी संवाददाता दाङ तुलसीपुरकी एक सात महिनाकी गर्भवतीको मृत्यु भएपछि माइती पक्षले श्रीमानविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दा दिएका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरले माइती पक्षले ज्वाइँविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न ल्याएको जानकारी दिएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ की २६ वर्षीया उर्मिला केसी वली चैत ३० गते दिउँसो घरमै मृत फेला परेकी थिइन्। , उर्मिलाको एक वर्ष पहिलेमात्रै बिहे भएको थियो। , उर्मिलाको माइती घर रुकुम पश्चिमको त्रिवेणी–७ भए पनि पछिल्लो समय उनका बुवा बाँकेको ढकेरीमा बस्दै आएको उनका माइलो बुवाको छोरा लोकेन्द्र केसीले जानकारी दिए। , दाजु लोकेन्द्रले मुचुल्का उठाउँदा माइती नआउँदै स्थानीय जनप्रतिनिधिको रोहबरमा उठाइएकोप्रति आपत्ति जनाए। , त्यस्तै, उर्मिला मृत फेला परेको कोठामा पानी पोखिएको, कोठामा चुकुल समेत नलगाएको, खाटका कपडाहरू उठाइएको हुँदा आशंका गर्ने ठाउँहरू रहेको दाजु लोकेन्द्रले बताए। , ‘मर्ने मान्छेहरूले ढोका थुनेर मर्छ नि,’ लोकेन्द्रले आशंका गरे, ‘ढोका खुल्लै रहनु पनि रहस्यमय मान्न सकिन्छ।’, लोकेन्द्रले आफूहरूले घटना छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएको जानकारी दिए। , शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकको दिदी र भाउजु आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ। ,
गर्भवती श्रीमतीको मृत्यु भएपछि श्रीमानविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दा
|
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, कोरोना संक्रमणको समय थियो। चितवनको नारायणगढमा नवीना गुरुङलाई अचानक ज्वरो आयो। उनी नजिकैको सरकारी अस्पताल गइन्। , उनलाई देखेर डाक्टर छक्क परे। शरीर पुरुषको छ, पोसाक र हाउभाउ महिलाको। डाक्टरले कोरोना संक्रमणको कारण देखाएर परीक्षण हुन नसक्ने बताए। नवीनाले त्यहीँ ज्वरो आएका अरू बिरामीलाई सोधिन्। उनीहरूलाई त डाक्टरले हेरेका रहेछन्। , उनले आपत्ति जनाउँदै आफूलाई डाक्टरले परीक्षण गर्न नचाहनुको कारण सोधिन्। अन्ततः डाक्टर तयार भए। तर नवीनाले आफूसँग डाक्टरले राम्रो व्यवहार नगरेको अनुभव गरिन्।, 'मैले आफ्नो पारलैंगिक पहिचान खुलाएर महिला हुँ भनेँ। डाक्टर मान्न तयार भएनन्। महिलाका शारीरिक अंगको कुरा उठाए। तिम्रो पाठेघर छ त भनेर सोधे,' उनले अनुभव सुनाइन्, 'औषधिको नाम पनि राम्ररी नलेखेको जस्तो लाग्यो। हतारमा बिदा गरे।', तनहुँको कोट गाउँपालिकामा ३३ वर्षअघि जन्मेकी नवीना किशोरावस्थामा थिइन्। एक दिन टिर्सट र आमाको लुंगी लगाएर एकादशी मेला गइन्। उनको पहिरन देखेर उनलाई चिन्नेहरू अचम्मित भए। , नवीनालाई लैंगिकताका आधारमा परिवारले छोरा मानेका थिए। हुर्किँदै गर्दा उनमा छोरीजस्तै बन्ने रहर जाग्दै गयो। सानैदेखि छोरी बन्न मन लाग्ने उनको भित्री मन पनि छोरीकै भइदियो। मन छोरी भएसँगै शरीर र व्यवहार पनि छोरीजस्तै बनाउन मन लाग्यो। , 'म सानोमा दिदीका लुगा लगाउन खोज्थेँ। आमाको लुंगी पनि लगाउँथे। उहाँहरू मलाई बच्चा ठानेर रमाइलो मान्नुहुन्थ्यो,' नवीना भन्छिन्, 'मेरो यस्तो बानी बढ्दै गयो। बिस्तारै परिवारमा र समाजमा मलाई सकस पर्दै गयो।' , हुर्किँदै गएपछि घरमा आमा र दिदीबहिनीले गाली गर्न थाले। स्कुलमा पनि समस्या हुन थाल्यो। उनी सानैदेखि केटी साथीहरूसँग बस्न रूचाउँथिन्। बिस्तारै केटी साथीहरूसँगै खाजा खान जान र घुमफिर गर्न मन लाग्ने हुँदै गयो।, उनले भनिन्, 'म तीन कक्षामा पढ्थेँ। केटीहरूसँग बसेको भनेर सरले मलाई कुट्नुभयो। म धेरै रोएँ तर मलाई बुझ्ने कोही भएन। मलाई पनि किन यस्तो हुँदैछु भन्ने थाहा थिएन।' , गाउँमा उनी मात्र एक्ली थिइन् जसलाई आफू छोरो हुँ कि छोरी भन्ने अन्यौल थियो। शरीर र मनको तालमेल नमिल्दा हुर्किँदो अवस्थाकी नवीनालाई आफूलाई किन यस्तो भएको हो भन्ने थाहा थिएन। कुरा बुझाइदिने पनि कोही दिएन। , उमेर बढ्दै जाँदा उनले शरीर छोराको जस्तो भए पनि म छोरी नै हुँ भन्ने पक्का गरिन्।, 'म छोरीकै लुगा लगाएर हिँड्न थालेँ,' उनले भनिन्, 'मैले जे गरे पनि कसैलाई हानी भएको छैन। जे गरेकी छु ठीक गरेकी छु भन्ने लाग्न थाल्यो। अन्यौलमा भए पनि आफ्नो सुर छाडिनँ।' , उनी आफ्नो शरीर र मनबारे प्रष्ट भन्न थालिन्, 'म छोरी हुँ, छोरी जस्तै हुन चाहन्छु।', उनको यस्तो कुरा सुनेर आफ्नै साथीहरू पनि 'हिजडा' भनेर खासखुस गर्न थाले। यसले उनलाई मानसिक पीडा दिन्थ्यो। टिसर्ट र आमाको लुंगी लगाएर छोरीकै शृंगारमा मेलामा पुगको दिन उनका लागि सबैभन्दा बढी दुःखद भइदियो।, 'मेलामा भेटिएका गाउँलेहरूले थुथु नै गरे। आफ्ना जुत्ताचप्पल खोलेर घोप्टो पारे,' उनले भनिन्, 'मेलामा रमाइलो हेर्न गएकी थिएँ तर त्यो दिनले मेरो जीवनको यात्रा नै बदलिदियो।' , उनका अनुसार 'अशुभ' देख्नु परेको ठानेर मानिसहरूले त्यस्तो व्यवहार गरेका थिए। मानिसहरू थुथु गरेर थुक्नु र एकछिन जुत्ताचप्पल उल्टाउनुलाई 'अशुभ' टर्ने उपाय ठान्छन्।, मेलाबाट फर्केपछि उनले गाउँ छाड्ने निर्णय गरिन्। एकदिन आमाले नुन किन्न दिएको सय रूपैयाँ पैसा बोकेर सुटुक्क पोखरा पुगिन्। त्यति बेला उनी जम्मा १४ वर्षकी थिइन्। पोखरामा उनकी ठूलीआमा थिइन्। ठूलीआमाले उनलाई मद्दत गरिन्। उनी तीन वर्ष त्यहीँ बसिन् र नारायणगढ पुगिन्। , नारायणगढमा उनले आफूजस्तै व्यक्तिहरू भेट्ने मौका पाइन्। चितवन आएपछि उनलाई आफू पारलैंगिक महिला रहेछु भन्ने थाहा भयो। यसबाट केही सन्तोष भए पनि धेरै दुर्व्यवहार सहनु पर्यो।, 'केटा भएर केटीजस्तो हुन खोजेको भनेर धेरैले जिस्क्याउँथे। बाटोमा स्कुल र कलेजका विद्यार्थीहरूले ढुंगा पनि हाने,' नवीनाले भनिन्, 'पछि हामी बाध्य भएर स्कुल र कलेज गएर आफ्नो पहिचानका बारेमा बताउन थाल्यौं।', पारलैंगिक पहिचानका कारण डेरा पाउन पनि मुस्किल हुन्थ्यो। उनका अनुसार कोठा खोज्न जाँदा भाडा धेरै महँगो भन्थे। सुविधा पनि कम गर्थे। उनीहरूलाई एकछाक खाना जुटाउन पनि समस्या हुन्थ्यो। पैसाको समस्याले गर्दा हामी धेरै जना एउटै कोठामा बस्थे।, यस्तो दुःख र अपमानले उनलाई गाउँ फर्किँऊँ कि जस्तो पनि हुन्थ्यो। आफ्नो गाउँमा त यति साह्रो नहोला जस्तो लाग्थ्यो। फेरि उनी गाउँमा भोगेको अपमान सम्झिन्थिन् र हिम्मत हार्थिन्। अन्ततः उनले नारायणगढमै बस्ने निधो गरिन्। , उमेर बढ्दै गएपछि शरीर त झन् पुरुषकै जस्तो हुँदै गयो। दाह्रीजुँगा पलायो। स्वर धोध्रो भयो तर मन त महिलाकै छ। पुरुष अनुहार, महिला पहिरन; नारायणगढ बजारमा हाँसोको पात्र बनेको सम्झना ताजै छ।, उनले जिउ पाल्न काम खोजिन्। भाँडा माझेर भए पनि गुजारा गर्ने प्रयास गरिन्। अँहँ, कसैले सहयोग गरेन। , जीवनको यो दुःखले उनलाई आत्मनिर्भरताको बाटो हिँड्न सिकायो। उनले सिलाइ–बुनाइ तालिम लिइन्। त्यही तालिमले उनलाई पेसा दियो। अहिले सिलाइ–बुनाइ नै उनको आम्दानीको स्रोत बनेको छ। नारायणगढको एक पसलमा उनी कपडा सिलाउने काम गर्छिन्। यसबाट उनको गुजारा चलेको छ। , उनी भन्छिन्, 'काम गर्न थालेपछि म आर्थिक रूपमा आत्मनिर्भर भएँ, बोल्ने हिम्मत पनि आयो।' , नवीना आफू र आफ्नो समुदायको हकअधिकारको कुरा बुझ्न थालिन्। सहयोगी संस्थाहरू खोजी गर्न थालिन्। यही क्रममा उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको स्वास्थ्यबारे काम गर्ने संस्था 'मानव सचेत समाज' मा पुगिन्। यसपछि उनको ऊर्जा बढ्यो। एक वर्ष भयो, उनी उक्त संस्थाको अध्यक्ष छिन्। , संस्था र त्यहाँको कामले उनको आत्मविश्वास बढायो। उनी आफ्नो लैंगिक पहिचानका साथ प्रस्तुत हुन र तर्क गर्न सक्ने भइन्।, 'मेरा साथीहरूलाई कसैले दुर्व्यवहार र अन्याय गरेको थाहा पाउनासाथ म उपस्थित भएर बोल्छु। कुरा नबुझेकाहरूलाई सम्झाइबुझाइ गर्छु,' उनी भन्छिन्, 'जबर्जस्ती गरे भने प्रहरीसम्म पनि पुग्छु।' , नारायणगढमा हिँड्डुल गर्न सहज हुँदै गए पनि आमरूपमा पारलैंगिकता सम्बन्धी चेतना नहुँदा व्यावहारिक कठिनाइ भोग्नु परेको उनको अनुभव छ। , यही बीचमा उनी 'महिला' पहिचानसहितको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगिन्। प्रमुख जिल्ला अधिकारीले शल्यक्रिया गराएर 'महिला' भएको प्रमाण मागे।, नवीना भन्छिन्, 'आफ्नो त जीविकोपार्जनकै समस्या छ तर सर्जरी (शल्यक्रिया) गर्न पैसा जम्मा गर्न थालेकी छु।', उनलाई 'पुरुष' लेखिएको नागरिकतामा जुनसुकै मूल्यमा पनि 'महिला' लेखाउनु छ। उनको अहिलेको उद्देश्य यही हो।, आफू र आफूजस्ता पारलैंगिक व्यक्तिहरूको अधिकारका बारे राज्यका निकायहरू सचेत हुनुपर्ने नवीनाको धारणा छ।, उनी भन्छिन्, 'स्थानीय सरकारले हाम्रो हकअधिकार र पहिचानका लागि बोल्नुपर्छ। जान्नेबुझ्ने भनिनेहरूको व्यवहार राम्रो भएन भने अरूको पनि राम्रो हुँदैन।', हाल नवीना हर्मोनको प्रयोग गरेर स्वर नरम बनाउने र मुहारमा महिला स्वरूप झल्काउने क्रममा छिन्। पहिचानको संघर्ष जारी छ।, यी पनि पढ्नुहोस्ः ,'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्,
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
|
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद रूपमा मृत्यु भएकी अमृता खत्री टण्डनको समाचार संकलनको लागि गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ।, उक्त घटनापछि मृतक अमृताको माइती पक्षले छानबिनको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेको समाचार संकलनको लागि गएका बुटवलका पत्रकारहरू शरणकुमार कर्माचार्य, दिनेश श्रेष्ठ र डिबी सुस्लिङमाथि दुर्व्यवहार गरेको हो।, इलाका प्रहरी कार्यालय अगाडि पीडित पक्षले गरेको प्रदर्शनको तस्बिर खिच्ने क्रममा वरिष्ठ प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले हातपात र दुर्व्यवहार गरेको पत्रकार सुस्लिङले बताए।, ‘हामीले पत्रकार परिचय पत्र देखाएर प्रदर्शनको तस्बिर खिच्दै गर्दा पनि तस्बिर खिच्न पाइँदैन भन्दै मोबाइल खोसेर तस्बिर डिलिट गर्न दबाब दिइयो,’ सुस्लिङले भने।, पत्रकार कर्माचार्यले सूचना विभागको प्रेस पास देखाउँदा समेत पत्रकार कसैलाई चिन्दैनौं भन्दै घिमिरेले आफ्नो कठालो समातेको बताए।, कर्माचार्यले वरिष्ठ प्रहरी नायब निरीक्षक घिमिरेले आफ्नो कठालो समातेर कुटपिटको प्रयास गरेपछि अर्को एक प्रहरी आएर छुटाएको बताए।, ‘प्रहरी कार्यालय परिसरमै प्रेस पास देखाएर तस्बिर खिच्दा समेत हामीमाथि हातपात र दुर्व्यवहार भयो, यो स्वतन्त्र प्रेसमाथिको दमन हो,’ कर्माचार्यले भने।, पत्रकार कर्माचार्य खबरकुरा डटकमका प्रधान सम्पादक, श्रेष्ठ सम्पादक र सुस्लिङ ग्लोबल आवाज डटकमका समाचार प्रमुख हुन्।, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले प्रदर्शनकारी र प्रहरीका बीचमा भएको झडपको क्रममा धकेलाधकेलमात्रै भएको बताए।, बुधबार राति साढे आठ बजे जानकीनगरस्थित माइतीबाट घर गएकी अृमताको सोही राति करिब १० बजेतिर शंकास्पद रूपमा विष सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ।, माइती पक्षले अमृताको घरका परिवारले हत्या गरेको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन गर्दै आएका छन्।, ९ वर्ष पहिले प्रेम विवाह गरेकी अमृताको माइती र घरको दूरी ३/४ सय मिटरको मात्रै रहेको छ।, बुधबार माइतीमा बस्न गएकी अमृतालाई राति आठ बजेतिर घरबाट पटक/पटक फोन गरी घरमा बोलाएको र घर पुगेको आधा घण्टापछि नै विष सेवन गरि मृत्यु भएको बताएपछि माइती पक्षले उक्त घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएको छ।,
तिलोत्तमाकी अमृताको मृत्यु प्रकरण: प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार
|
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई प्रदान गरेकी छन्।, गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी पदक प्रतिष्ठित व्यवसायी तथा समाजसेवी डा. उपेन्द्र महतोलाई प्रदान गरिएको हो । डा. महतो गैरआवासी नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष र नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष हुन् । , प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको संयुक्त हस्ताक्षरमा प्रदान गरिएको विभूषण अधिकारपत्रमा भनिएको छ,‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईँबाट भएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीद्वारा विभूषित गरिएको । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईंलाई थप सफलता प्राप्त हुनेछ ।’ , राष्ट्रपति भवन शीतलनिवासमा वैशाख १ गते आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्री, र उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।,
उपेन्द्र महतोलाई सुकीर्तिमय राष्ट्रदीप पदक
|
शेरबहादुर सिंह/रासस कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह बन्ने चर्चा डेढ दशकअघिदेखि सुरू भए पनि कामको गति भने अहिले बढेको छ।, वि.सं २०६४ मा सरकारले दोधारा–चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सारेको हो। , स्थानीयवासीले उठीबास हुने, मुआब्जालगायत विषयमा आशंका व्यक्त गर्दै उक्त क्षेत्रमा बनाउन असहमति जनाएपछि दोधारा–चाँदनीकै मायापुरी र गौरीशङ्कर सामुदायिक वनमा सुक्खा बन्दरगाह बनाउने तय भएको थियो।, इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रको भोगाधिकार र स्रोत निश्चितताका लागि पहल भइरहेको बताए।, वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन परामर्शदाताले तयार गरिरहेको जानकारी दिँदै उनले डेढ महिनामा स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गर्ने गरी काम गरिरहेको बताए।, ‘परामर्शदाताले फिल्डमा स्थानीयवासीसित छलफल गरेर राय, सुझाव संकलन गरिसकेको छ’, गजुरेलले भने, ‘वन मन्त्रालयले स्वीकृति दिनासाथ सुक्खा बन्दगाह निर्माणको ठेक्का लगाउनेलगायत कामको बाटो खुल्नेछ।’, समितिले दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई प्राथमिकतामा राखेर काम द्रुत गतिमा अघि बढाइरहेको गजुरेलको भनाइ छ।, सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भई गुरूयोजना यसअघि नै तयार भइसकेको छ।, प्रस्तावित क्षेत्रमा करिब २८० बिघा क्षेत्रफलमा भन्सार, गोदाम, बैंक, जाँचपास सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ यार्डलगायत संरचना निर्माण गरिनेछ।, प्रस्तावित सुक्खा बन्दरगाह हाल महाकाली नदीमा निर्माणाधीन चार लनेको पक्की पुलदेखि पारिपट्टी एक हजार २०० मिटरको दूरीमा पर्छ।, त्यसैगरी, केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ।, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले केही दिनअघि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दोधारा–चाँदनी सुक्खा बन्दरगाहको विषयले प्राथमिकता पाएको जानकारी गराएका थिए।, ‘सुदूरपश्चिमकै महत्वपूर्ण योजनाबारे भएको छलफल सकारात्मक छ’, उनले भनेका छन्। , ,
दोधारा–चाँदनी सुक्खा बन्दरगाह: वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन चाँडै
|
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ।, बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए। , उनको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको नेतृत्वमा भइरहेको उनले बताए।, यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो। उपचारपश्चात करिब एक हप्तापछि उनी डिस्चार्ज भएका थिए। ,
सत्यमोहन जोशी अस्पताल भर्ना
|
सेतोपाटी संवाददाता बिबिसी मास्टरसेफका विजेता सेफ सन्तोष साहलाई सरकारले सम्मान गरेको छ। नेपाली परिकारलाई विश्वभर चिनाएका साहलाई सातौं संविधान दिवसको अवसरमा सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पदक हस्तान्तरण गरिन्।, राष्ट्रपतिबाट पदक थाप्न राष्ट्रपति भवन जाँदा साह दौरा सुरुवाल र ढाका टोपी लगाएर गएका थिए। क्रिम रङको दौरामाथि खरानी रङको कोट लगाएका साहले घाँटीमा गम्छा भिरेका थिए। प्राय: मानिसहरूले दौरा सुरुवालमा गम्छा लगाउने गर्दैनन्। , मधेसमा गम्छा लोकप्रिय छ। सिरहाका स्थायी वासिन्दा रहेका साह दौरा सुरुवाल र गम्छामा खुलेका थिए। सामाजिक सञ्जालमा साहले यो सम्मानका लागि सरकारलाई धन्यवाद दिएका छन्। , सिरहाको कर्जन्हामा जन्मिएका साह १५ वर्षको उमेरमा इन्डियामा गएर शेफको रूपमा काम गर्दै होटल म्यानेजमेन्ट पढेका थिए।१० वर्ष पहिले उनी बेलायत गएका थिए।,
पदक थाप्न राष्ट्रपति भवन जाँदा सन्तोष साहको पोशाक: दौरा सुरुवाल र गम्छा
|
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा छविराज पोखरेल नियुक्त भएका छन्।, यसअघिका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको पदमा लुम्बिनी प्रदेश सरकारले पोखरेललाई नियुक्त गरेको हो।, लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको लागि गरिएको ठेक्का प्रक्रिया विवादित बनेपछि घिमिरेले भवन निर्माणको ठेक्का प्रक्रिया समेत रद्द गर्दै राजीनामा दिएका थिए।, लुम्बिनी प्रदेश सरकारले चैत २५ गते बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकबाट पोखरेललाई नियुक्त गरिएको बताए पनि वैशाख २ गतेमात्रै पदस्थापनसँगै उक्त निर्णय सार्वजनिक गरेको हो।, पोखरेललाई पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन निर्देशन दिए।, मुख्यमन्त्री केसीले यसअघि नै प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले राजधानीको गुरूयोजना निर्माण गरिसकेकाले त्यसलाई पूर्णता दिन नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका हुन्।, लुम्बिनी प्रदेशकै प्युठान जिल्ला ओखरकोट निवासी पोखरेल लामो समयदेखि सरकारी क्षेत्रमा कार्यरत छन्।, यसअघि विद्युत विकास तथा उत्पादन कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत भइसकेका पोखरेल नेपाल इञ्जिनियर्स एसोसिएसन महासंघका निवर्तमान महासचिव समेत हुन्।, पदभार ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्रदेश सरकारले आफूलाई विश्वास गरेको दिएको जिम्मेवारी पूरा गर्न हरदम प्रयत्न गर्ने बताए।, उनले आफू पनि लुम्बिनी प्रदेशकै बासिन्दा रहेकोले लुम्बिनी प्रदेशलाई अब्बल बनाउन आफू लागिपर्ने बताए।,
,
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको सिइओमा छविराज पोखरेल नियुक्त
|
सेतोपाटी संवाददाता सप्तरीमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालयका अनुसार बोदेबरसाइन नगरपालिका-१० अमरैया टोल बस्ने ५ वर्षीय शैलेश यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, शुक्रबार अपराह्न ४ बजे शत्रुधन, मिन्टु र ओम यादव तीन दाजुभाइको संगोलमा रहेको बाँसको टाटी, जस्ता र टाइलले छाएको कच्ची गोठघरमा अचानक आगलागी भएको थियो। , आगलागी हुँदा घरभित्रको जम्मा १२ लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ। , सो घरबाट आगो सल्केर रघुनन्दन यादवको घरमा पनि आगलागी भएको थियो। उनको घरमा चार लाख बराबरको क्षति पुगेको, जागेश्वर यादवको २० हजार बराबरको क्षति पुगेको हो प्रहरीले जनाएको छ। , मृतक शत्रुधन यादवका छोरा हुन्। , प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। ,
,
सप्तरीमा आगलागी हुँदा एक बालकको मृत्यु
|
सेतोपाटी संवाददाता पर्सामा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय पर्साले बालिकामाथि बलात्कार गरेको आरोपमा बारा प्रसौनी गाउँपालिका-५ घर भई पर्सा वीरगञ्ज महानगरपालिका-१६ बस्ने ५५ वर्षीय पलट चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। , घटना चैत २६ गते दिउँसो १ बजे भएको उनले बताए। , चौधरीले पीडित बालिका खेल्न गएको मौका छोपेर जबरजस्ती करणी गरेको आरोप छ। सो घटनाबारे पीडित परिवारले शुक्रबार जाहेरी दिएका थिए। , जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।,
६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरूष पक्राउ
|
रासस दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आज आफन्तले बुझेका छन्। , बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडागाउँ गाउँपालिका-२ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो।, नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण प्राधिकरण मै कार्यरत कर्मचारीको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन्।, निजको पशुपति चौंलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।,
करेन्ट लागेर मृत्यु भएको युवकको आफन्तले बुझे शव
|
सेतोपाटी संवाददाता पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ बल्डेङगढीमा शुक्रबार दिउँसो उक्त बस दुर्घटनामा परेको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार लु १ च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो।, दुर्घटनामा परी गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षका एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ।, प्रहरी चौकी बल्डेङगढीका प्रहरी सहायक निरीक्षक शिवकुमार यादवले दुर्घटनामा परेका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जानकारी दिए।,
,
पाल्पामा बस दुर्घटना हुँदा दुईको मृत्यु
|
रासस प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरूङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ। , सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ। , प्रहरीका अनुसार वि.सं २०५२ चैत २ गते जिल्ला अदालतको फैसला बमोजिम जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरूङ खनेर फरार भएका थिए।, विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिकास्थित भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो।,
कारागारबाट सुरूङ खनेर फरार भएका प्रतिवादी पक्राउ
|
एजेन्सी अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेशनमा आक्रमण गरी भागेका व्यक्ति २९ घन्टापछि पक्राउ परेका छन्।, द न्युयोर्क टाइम्सका अनुसार प्रहरीको व्यापक खोजीपछि आक्रमणका एकमात्र आरोपी ६२ वर्षीय फ्रान्क आर जेम्स पक्राउ परेका हुन्। उनी आक्रमण भएको स्थानबाट पाँच माइल टाढा रहेको सूचना सुरक्षाकर्मीले पाएका थिए। उनका बारे सूचना दिनेलाई विभिन्न निकायले ५० हजार डलर इनाम दिने घोषणा गरेका थिए।, जेम्सलाई पक्राउ गरेपछि न्युयोर्कका मेयरले भने- न्युयोर्कवासीहरू हो, हामीले उसलाई पक्रियौं।, स्थानीय समयअनुसार मंगलबार बिहान साढे ८ बजेतिर सबवे स्टेशनमा मानिसहरूको भीडमा आक्रमणकारीले ग्रिनेड हानेका थिए भने अन्धाधुन्ध गोली पनि चलाएका थिए।, आक्रमणमा कम्तीमा दुई दर्जन मानिस घाइते भएका छन् भने तीमध्ये पाँच जनाको अवस्था गम्भीर छ।, जेम्सविरूद्ध आतंकवादी हमला गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरिएको छ। उक्त मुद्दामा उनी दोषी ठहर भए आजीवन काराबासको सजाय हुन सक्छ। उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ।,
२९ घन्टापछि पक्राउ परे न्युयोर्कको सबवे स्टेशनका आक्रमणकारी
|
सेतोपाटी संवाददाता बारामा भरूवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ। , जितपुर-सिमरा उपमहानगरपालिका-१६ डकाह टोलका २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , उनकाअनुसार मगर दुधौरा खोलामा माछा मारेर फर्किएका थिए। त्यसक्रममा नजिकै सपरू घारीमा सिकारीले जंगली जनावर मार्न राखेको धराप (भरूवा बन्दुक) पड्किँदा उनको मृत्यु भएको हो। , भरूवा बन्दुक पड्किँदा उनी घाइते भएका थिए। घाइते भएका उनलाई बयोधा अस्पताल वीरगंज लगिएको थियो। त्यसक्रममा उनको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो। , घटनास्थलमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको छ।, घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको छ। , प्रहरी नायब उपरीक्षकका अनुसार बन्दुक कसको हो भन्ने खुलेको छैन। ,
,
भरूवा बन्दुक पड्किँदा बारामा एकको मृत्यु
|
सेतोपाटी संवाददाता मोरङ प्रहरीले बुधबार राती विराटनगर १८ को नेपाल-भारत सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाजा बरामद गरेको छ।, गाडीभित्र धानको भुस, अदुवासहितको सामानमा लुकाएको अवस्थामा एक सय १० केजी गाजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।, इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको गाडीबा एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको हो।, निलो त्रिपालले छोपेको सेतो गाडीभित्र गाँजा र अदुवा फेला परेको हो।, नेपालबाट भारततिर जाँदै गरेको अवस्थामा प्रहरीले राति १० बजेतिर रोकेर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ।,
विराटनगरमा १२० किलो गाँजा बरामद
|
पूर्णप्रसाद मिश्र/रासस नयाँ वर्षको सूर्याेदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ।, यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत बागमतीको उद्गमस्थल बागद्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ।, मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो। कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थिए।, राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीयस्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको छ।, तीन वर्षअघि बागद्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बागद्वारको प्रचार–प्रसार गर्न गोकर्णेश्वर नगरपालिकोले महोत्सवको आयोजना गरेको थियो।, वि.सं २०७७ देखि भने कोरोना महामारीका कारण स्थगन गरिए पनि कोरोना शान्त भएपछि पर्यटन प्रवर्द्धनका लागि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौं र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको बागद्वार नववर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ।, आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।, सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख संक्रान्तिका दिन बागमतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वाससमेत छ।, वैशाख महिना र बागमतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारबाट बागद्वारसम्म बागमती तीर्थयात्रा गर्ने विधान छ। वि.सं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ। यस वर्ष भने बागमती तीर्थयात्रा गर्ने नगर्ने निश्चित नभएको कोषले जनाएको छ।, बागमती उत्पत्तिको कथा, बागद्वारको उत्पत्तिका विषयमा विभिन्न किंवदन्ती प्रसिद्ध छन्। सृष्टिको सुरूमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो। ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम बागमती रहेको नेपाल माहात्म्यको हिमवत्खण्ड लगायतका धार्मिकग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गरेका प्रा डा ऋषिराम पोखरेल बताउँछन्।, ‘ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिकग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट बागमती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र बागमती आदि नामले पुकारिन्छ’, उनले भने।, बागमती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको धार्मिक विश्वास छ।, बागमती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने जनविश्वास छ। यही विश्वासका कारण पनि वैशाख १ गते हजारौं मानिस स्नान र जल सेवनका लागि बागद्वारमा आउने गर्छन्।, शिवजीको बोलीबाट बागमती प्रकट भएर अरू नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औंसी आदि पर्वमा बागमतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटा बताउँछन्।, बागमती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुञ्जेल अविच्छिन्न रूपमा बागमतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल बनेका छन्।, प्राचीनकालमै तपस्या, ध्यान र साधनाका लागि सिद्धस्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिची र कार्तिकेयलगायतका ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रमा उल्लेख गरिएको छ।, आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध भए। हाल २७ वर्षदेखि टोड्के बाबा नामले परिचित एकजना साधु बागद्वारमै बसेर तपस्या गरिरहेका छन्।, यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवती अर्थात् सुन्दरीमाईका रूपमा अहिलेसम्म पनि प्रख्यात छन्।, दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयबासीको विश्वास छ।, प्रत्येक वर्ष वैशाख १ गते बागद्वारमा स्नान गर्न आउने बनेपाकी सिन्धु चौलागाईं आफूमा आनन्द बढेको र वर्षमा एकपटक मात्र भए पनि वन जंगलको मार्गमा तीन घण्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न जाने गरेको बताउँछिन्।, बागद्वार क्षेत्र सेवा समितिका अध्यक्ष अरूण ठकुरी बागमतीको उद्गमस्थलमा स्नान गरी शिवपुरी डाँडामा रहेको ३५ मिटर अग्लो शत रूद्रेश्वर शिलामा पूजा गर्ने विधि रहेको बताउँछन्। दर्शनार्थीले यसपछि विष्णुद्वारमा स्नान गरेर विष्णुपादुकामा दर्शन गर्ने विधान छ। यसो गरेमा दर्शनार्थीको मनकामना पूरा हुने जनविश्वास छ।, बागद्वार बूढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ। बूढानीलकण्ठबाट तीन घण्टा र सुन्दरीजलबाट साढे तीनदेखि चार घण्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको बागद्वार पुगिन्छ। वैशाख १ गते बागद्वार, सपनतीर्थ स्नान गरी भक्तपुरको विस्केट जात्रा हेरेमा वर्षभर रोगव्याध नलाग्ने किंवदन्तीसमेत उपत्यकावासीमा प्रचलित छ।,
बागमतीको शिर बागद्वारमा स्नान गर्नेको भीड
|
सेतोपाटी संवाददाता बारामा स्कार्पियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , जितपुर सिमरा उपमहानगरपालपिका-११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। उनी चालक हुन्। , बिहीबार बिहान जितपुर सिमरा उपमहानगर-२१ पूर्व-पश्चिम लोकराजमार्ग सडकखण्डमा बा १९ च ४३७७ नम्बरको स्कार्पियो आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो। स्कार्पियो सिमराबाट हेटौंडा जाँदै थियो। , प्रहरी नायब उपरीक्षक थापाका अनुसार स्कार्पियोमा १४ जना सवार थिए। सवारमध्ये दुई जनाको अवस्था गम्भीर भएको र अन्यको अवस्था सामान्य छ। , घाइतेहरू सबैलाई उपचारको लागि अल्पाइन अस्पताल लगिएको छ। १० जनाको थप उपचारको लागि वीरगञ्जस्थित बयोधा अस्पताल रिफर गरिएको छ।, घाइते हुनेमा २२ वर्षीया उषा सेढाई, २ वर्षीय अभय सेढाई, ४ वर्षीय अंशु सेढाई, ५३ वर्षीय लालमुनि देवी, १४ वर्षीय आशा साह, ४० वर्षीया इच्छादेवी मिजार र ४८ वर्षीय जोगी मिजार छन्। , यस्तै, २२ वर्षीया प्रेम साह, १२ वर्षीय राजु गुप्ता, २५ वर्षीय निर्मलादेवी साह, ९ वर्षीय निखिलकुमार साह, निर्मलादेवी साह र ७ वर्षीय निवेशकुमार साह पनि घाइते छन्। ,
,
बारामा गाडी दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते
|
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिका दधिकोटमा बिहीबार सखारैदेखि बिस्केट जात्रा रौनक छाएको छ।, विशेषतः नेवार समुदायले मनाउने जात्रामा सबै समुदायका स्थानीय सहभागी भएर शुभकामना साटासाट गरिरहेका छन्। , स्थानीय चँखुतिर्थमा बिहानैदेखि जात्रालुको भिड लागेको हो। उनीहरू त्यहाँ नुहाएर विभिन्न देवदेवीको दर्शन गरि मनोकामना पुरा गरिरहेका छन्। चँखुतिर्थमा राखिएका दुई वटा रथमा कुमारी, गणेश र भैरवका मूर्ति छन्।, पकाण्डोलबाट ल्याइएका श्रेष्ठ र मानन्धर गुठीका रथमा पूजा भैइहेको हो। नेवार युवामा संस्कृति मोह बढेको छ। उनीहरू सिन्दुरे जात्रा गर्दै धिमे र बाँसुरी बादनमा मस्त छन्। , यहाँ वि.सं. १९६१ वैशाख १ देखि जात्रा मनाउन थालिएको हो। थिमीबाट आएका नेवार पकाण्डोलमा बस्न थालेपछि बिस्काः जात्रा मनाउन थालिएको। यहाँ राखिएका रथ बैशाख २ गते गाउँमा डुलाइन्छ। जात्राकै अवसरमा घरबाट बाटो नाप्दै तीर्थस्थलमा शरीरमाथि १०८ बत्ति बाल्ने चलन छ। , ,
दधिकोटमा बिस्काः जात्राको रौनक (फोटो फिचर)
|
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सूचना प्रकाशन गरेको छ। , एक एआइजीको पद खाली भएसँगै बढुवा हुनको लागि मूल्यांकन फारम भरी तीन दिनभित्र गृह मन्त्रालयको बढुवा समितिको सचिवालयमा पेस गर्न भन्दै सूचना प्रकाशन गरेको हो।, एपिएफका महानिरीक्षक पुष्पराम केसीले बुधबार सूचना जारी गरेका थिए। बुधबार उनलाई मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। , उनको बढुवा भएसँगै एआइजीमा एक पद खाली भएको हो।, ‘बढुवाका सम्भाव्य उम्मेदवार रहेका प्रहरी नायब महानिरीक्षकहरू (डिआइजी) ले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न गरी मूल्यांकन फारम भरी सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र गृह मन्त्रालयको बढुवा सचिवालयमा पेस गर्नू,’ सूचनामा उल्लेख छ। , एआइजीको लागि डिआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम प्रतिस्पर्धा गर्दैछन्। , अहिले एआइजीमा बढुवा भएका व्यक्ति वैशाख १८ गतेपछि सशस्त्र प्रहरीको महानिरीक्षक हुनेछन्।, वैशाख १८ गते सशस्त्र प्रहरी महानिरीक्षक केसी ३० वर्षे सेवा अवधिको कारण अवकाशमा जानेछन्। ,
,
एआइजी बढुवाका लागि सशस्त्र प्रहरी बलले निकाल्यो सूचना
|
सेतोपाटी संवाददाता जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ । , जलवायु परिवर्तनले पारेका प्रभावको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत् भ्रमण गर्ने भएका हुन्।, बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस अभियानका बारेमा जानकारी गराएका हुन्। उनले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरुलाई न्यूनिकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व साइकल यात्रा तय गरिएको बताए।, उनले अभियानमार्फत् जलवायु परिवर्तनको असरको सम्बन्धमा सचेतना फैलाउनुका साथै १५० देशमा कार्बन उत्सर्जन न्यूनिकरणको सन्देशसहित ५०० वटा वृक्षारोपण गर्ने पनि बताए। विश्व साइकल यात्रामा आफूले इलेक्ट्रिक साइकल प्रयोग गर्ने जानकारी दिए। आगामी दिनमा स्वच्छ वातावरणका लागि पेट्रोलियम पद्धार्थको प्रयोगमा बन्द गर्नुपर्ने उनले बताए।, उनले साइकलमार्फत् नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लाओस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्मको यात्रा पहिलो चरणमा गर्ने र क्रमशः अन्य देशहरुमा यात्रा गर्ने बताए। पाँच वर्ष भित्रमा विश्वका १५० देशको यात्रा गर्ने लक्ष लिइएको उनले बताए।,
शुभप्रसाद शर्मालेविश्वका १५० देशमा साइकलमार्फत् भ्रमण गर्ने
|
सेतोपाटी संवाददाता नवलपरासी पूर्वमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा २६ जना घाइते भएका छन्। , बिहीबार बिहान साढे १० बजे विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिरनजिकै पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। , पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख ८७५९ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख ८४० नम्बरको ट्रक ठोक्किएका हुन्। , दुर्घटना हुँदा बस चालकसहित बसमा सवार यात्रुहरूमध्ये ३ जना गम्भीर छन्। ९ जना मध्यम अवस्थाका र १४ जना सामान्य घाइते रहेको पाठकले बताए। , घाइतेहरू १० जनाको मेडिकल कलेज भरतपुर र अन्य १६ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा भइरहेको छ। , दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको पाठकले बताए। ,
,
नवलपरासी पूर्वमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा २६ घाइते, तीन जना गम्भीर
|
सेतोपाटी संवाददाता पाँचथरको हिलिहाङ गाउँपालिका–६ भारपामा पार्किङ गरिएको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ।, आगजनीबाट स्काभेटरको इञ्जिनको सम्पूर्ण भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, हिलिहाङ–३ का वडाध्यक्ष एवं नेकपा (एमाले) हिलिहाङका अध्यक्ष मदन गौतमसहित हिलिहाङकै भीम लिङ्देन र प्रेम राई सञ्चालक रहेको सुरज निर्माण सेवा प्रालिको २२५ सिसीको जुसन कम्पनीको स्काभेटरमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ।, स्काभेटर हिलिहाङ गाउँपालिकाको २ लाख रुपैयाँ बजेटमा हिलिहाङ-६ को डाँडागाउँबाट ढाडगाउँ हुँदै रेग्मीगाउँ जोड्ने सडकको ट्रयाक खोल्ने कार्यमा प्रयोग भइरहेको थियो।, सडक निर्माणका लागि प्रयोग भएको स्काभेटर इन्धनका कारण केही दिनदेखि काम रोकिएको थियो। , इन्धन आपूर्ति सहज भएपछि हिजो बिहानबाट सडक निर्माणको काम हुँदै थियो।, स्थानीय राजेन्द्र काफ्लेका अनुसार हिजो बिहानबाट ट्रयाक खोल्ने काम सुरू भएर साँझ अबिरे भन्ने ठाउँ पुगेको थियो।, मध्यरात अचानक स्काभेटरमा आगो लागेको स्थानीयबासीले बताएका छन्। स्काभेटरसँगै प्लाष्टिकका ड्रममा राखिएको पाँच ड्रम डिजेल समेत आगजनीले नष्ट भएको स्थानीयबासीले बताएका छन्।, घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाएको छ।, सडक निर्माणका क्रममा कुनै पनि प्रकारको विवाद नरहेको जिल्ला समन्वय समितिका अध्यक्ष विमल सापकोटाले सेतोपाटीलाई बताए।,
अज्ञात समूहले गरे स्काभेटरमा आगजनी
|
राजेश घिमिरे गत असोज २८ गते भरतपुर महानगरपालिका–४ का भीमबहादुर विकको मृत्यु भएपछि चितवनमा दलित आन्दोलन एकाएक चुलियो। , दलित भएकै कारणले भीमबहादुरको हत्या भएको दाबी गर्दै दलितसँग सम्बन्धित संघ, संघठन आन्दोलित भए। अन्य जिल्लाका दलित अधिकारकर्मीहरू पनि यहाँ आएर आन्दोलनलाई चर्काउन सघाए।, बुवाको मृत्यु भएकै दिन छोरा किसान विकले स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठले आफ्नो बुवाको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। प्रहरीले पहिलो जाहेरी परेलगत्तै दुबै जनालाई नियन्त्रणमा लिएको थियो। दलित अधिकारकर्मीको आन्दोलन चर्किएसँगै किसानले अर्को जाहेरी पनि दिए। दोस्रो जाहेरीमा बुवाको मृत्यु हुनुका पछाडि जातीय छुवाछूत कारण रहेको उल्लेख थियो। उनले दलित भएकै कारण बस्नेत र श्रेष्ठले आफ्नो बुवाको हत्या गरेको जिकिर जाहेरीमा गरेका थिए। प्रहरीसँगको बयानमा पनि उनले यही कुरा बताएका थिए।, सामाजिक सद्भावमै खलल पुग्ने गरी दलित समुदायको आन्दोलन बढ्दै गएपछि भरतपुर-४ दुर्गाचोकस्थित दुर्गा मन्दिरमा दलित र गैरदलित समुदायको उपस्थितिमा सामूहिक पूजा गरिएको थियो।, घटना भएको करिब ६ महिना भएको छ। आवेश प्रेरित हत्या भनि मुद्दा चलाइएकोमा चितवन अदालतले भवितव्य ज्यानमा मुद्दा परिणत गर्दै बस्नेतलाई सफाइ दिएको छ। , श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिदिएको छ। कात्तिक २२ गते पुर्पक्षका लागि कारागार पठाइएका बस्नेत चैत २५ गतेको फैसलासँगै छुटेका छन्। श्रेष्ठ छुट्ने क्रममा छन्।, यो अवधिमा भीमबहादुरको परिवार उनको मृत्युमा जातीय छुवाछूत कारण थिएन भन्नेमा विश्वस्त भएका छन्। तर कुटपिटमा संलग्नलाई सामान्य सजायमात्रै भएकोमा उनीहरू दुःखी छन्। उनीहरू चितवन जिल्ला अदालतको फैसलाविरूद्ध पुनरावेदनको तयारीमा छन्।, श्रीमती विन्दु विकले श्रीमानको हत्यामा संलग्न मान्छे अविरजात्रा गर्दै गाउँ आएको सुन्दा असाध्यै पीडा भएको बताइन्। , ‘अर्को पनि एक–दुई दिनमा छुट्दै छ रे,’ उनले भनिन्, ‘श्रीमान गुमाउँदाको पीडा भए पनि अदालतले न्याय देला भन्ने आशा थियो। तर न्याय पाइएन।’ उनले अदालतको फैसला सुनेपछि निद्रा हराएको बताइन्।, छोरा किसान विकले अदालतमा आफूले दिएको बयानलाई तोडमोड गरिएको बताए। यस विषयमा कानुन व्यवसायीसँग परामर्श गरिरहेको उनले बताए। , ‘मैले बोल्दै नबोलेको विषय बोल्यो भनेर लेखिएको रहेछ। यो थाहा पाएपछि मैले कानुन व्यवसायीहरूसँग कुरा बुझिरहेको छु,’ उनले भने, ‘उही दिन साइकल चोरीको अभियोग लागेका मान्छे कारागारमै छन्, मान्छे मारेको अभियोग लागेको मान्छेलाई भने रिहा गर्ने आदेश आउनु दुःखद् कुरा भयो।’, किसानले अदालतमा दिएको बयानमा ‘बुझ्दै जाँदा सीताराम बस्नेतको कुटपिटका कारण मृत्यु भएको होइन भन्ने सुनेको छु। दुवै प्रतिवादीले कुटपिट गरेको देखेको होइन। मन्दिरमा पूजा गर्ने विषयमा भएको विवाद होइन र जातीय हिसाबले कुटपिट गरेको होइन। बुवा दिलीप श्रेष्ठको मेडिकलमा जाँदा अश्लिल शब्द बोलेकाले पिटेको भन्ने सुनेको हो देखेको होइन’ लेखिएको छ। त्यसअघि प्रहरीलाई दिएको बयानमा भने उनले बस्नेत र श्रेष्ठको कुटाइका कारण बुवाको मृत्यु भएको दाबी गरेका थिए।, ‘धेरै मान्छे आएर दलित भएकै कारण बुवामाथि कुटपिट गरेर हत्या गरिएको भनेर मेरो कान फुके। मैले त्यही कुराको विश्वास मानें,’ उनले भने, ‘पछि बुझ्दै जाँदा जातीय छुवाछूतको विषयमा कुटपिट गरिएको होइन रहेछ भन्ने थाहा पाएँ। नबुझिकन जातीय छुवाछूतको कारण भनेर जाहेरी दिइएछ भन्ने अहिले लाग्छ।’ , उनले दलित अधिकारको विषयमा कुरा उठाउने मान्छेहरू आएर कुरा गरेपछि विश्वास गरेको बताए।, ‘बुवाको मृत्यु कुटपिटबाट भएको हो तर यससँग मन्दिर र छुवाछूतको विषय जोडिएको छैन भन्नेमा परिवार स्पष्ट भइसकेका छौं,’ उनले भने, ‘कुटपिटमा संलग्नलाई यति कम सजाय दिनु भनेको हामीमाथि अन्याय गर्नु हो। हामीले न्यायको अनुभूति गर्न पाएनौं।’, प्रहरीसँगको बयानमा बस्नेतले कालो रंगको पाइपले भीमबहादुरलाई हानेको र श्रेष्ठले देब्रे हातले दाहिने गालामा हान्दा सडकमा ढलेको बयान दिएका थिए। पछि अदालतको बयानमा भने दुबैले नपिटेको दाबी गरेका थिए। , मृतकको परिवारले माघ १९ गते गृह मन्त्रालयबाट १० लाख रुपैयाँ राहत रकम पाएका थिए। राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमबहादुरको शव तीन महिनासम्म बुझेको थिएन।, पोष्टमार्टम रिपोर्टले भीमबहादुरको मृत्यु हेड इन्जुरी अर्थात् टाउकोमा लागेको बोधो चोटका कारण भएको देखाएको छ।,
चितवनका भीमबहादुर विकको परिवार भन्छ–अदालतबाट न्याय पाइएन, पुनरावेदन गर्छौं
|
रासस म्याग्दीको मालिका गाउँपालिका–२ रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन। , नेपाल विद्युत प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो।, प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रसारण लाइन, ३३–११ केभी क्षमताको रातोढुंगा सबस्टेसन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरू गरेको थियो।, रुमका नन्दबहादुर घर्तीमगरले पोल गाडेको तीन वर्ष र ट्रान्सफर्मर राखेको दुई वर्ष भए पनि बिजुली नबलेको बताए।, ‘विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, फर्निचरलगायत उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भएको छ’, उनले भने, ‘लघु जलविद्युतको बिजुलीको भरमा छौं।’, तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन।, पाँच सय घरधुरी रहेको मालिका-२ रुममा पोल गाडेको, तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताए।, मालिका गाउँपालिका–१ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बासबोट, छिस, भट्टखोला, घोर्सीका तीन सय घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझै नगाडेको खहरेका रनबहादुर पुनले बताए।, ‘सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्’, उनले भने, ‘पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबिसी केबुल आए पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन।’ , डेढ सय घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीयबासी ओमकार रोकाले बताए।, तीन वटै बस्तीका बासिन्दा लघुजलविद्युत परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताए।, ‘विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ’, उनले भने,‘मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन।’, नेपाल विद्युत प्राधिकरणमार्फत् ए टु जेड इञ्जिनियरिङले करिब आठ करोड रुपैयाँमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन, मिलनचोकबाट २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो।, नेपाल विद्युत प्राधिकरणअन्तर्गतको सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सबस्टेशन, प्रसारण लाइन र तीन वटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका–१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताए।, बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सबस्टेशनबाट तीन वटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपूर्ति गराउन समस्या भएको छ।, म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत आपूर्ति सहज बनाउन रातोढुंगा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए।, रातोढुङ्गा सबस्टेशन आयोजनाका इञ्जिनियर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताए।, ‘ठेकेदारलाई धेरैपटक ताकेता गरेर काममा फर्काएका छौं’, उनले भने, ‘बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौं।’,
,
पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार ३ हजार ३४२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार २६२ जनाको पिसिआर र १ हजार ८० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। , अहिले देशभर ४ सय ७९ जना सक्रिय संक्रमित छन्।, ५४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
३ हजार ३४२ मा कोरोना परीक्षण गर्दा ४ जनालाई संक्रमण
|
सेतोपाटी संवाददाता चौकीदार को बन्ने विषयमा सुनसरीस्थित झुम्का कारागारमा झडप हुँदा ६ जना घाइते भएका छन्।, कारागारको ‘ए’ ब्लकका कैदीबन्दीबीच बुधबार झडप हुँदा पाँच जना घाइते भएका हुन्।, ‘ए’ ब्लकका चौकीदार जोन नाल्बो लिम्बुलाई कारागार व्यवस्थापन विभागले भीमफेदी कारागार सरूवा गरिएको थियो।, लिम्बुको ठाउँमा चौकीदार बन्ने विषयमा कैदीबन्दीबीच विवाद चर्किएपछि झडप हुँदा ६ जना घाइते भएको जेलर प्रदीय शाहले बताए।, उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको शाहले बताए।, कारागार व्यवस्थापन विभागले ‘बी’ ब्लकका चौकीदार खड्गबहादुर राईसहित ६ जनालाई डिल्लीबजार र लिम्बुसहित ६ जनालाई भीमफेदी कारागारमा सरूवा गरेको थियो।, ‘बी’ ब्लकका चौकीदार राईसहित ६ जना डिल्लीबजार स्थानान्तरण भइसकेका छन्। लिम्बु भीमफेदी पुगे पनि अन्य पाँच जना भने झुम्कामै छन्। उनीहरूलाई भीमफेदी पठाउने तयारी छ।, ‘बी ब्लकमा केही समस्या आएन, ए ब्लकमा भने नयाँ चौकीदार को बन्ने विषयमा विवाद हुँदा झडप भएको हो,’ शाहले भने।, घाइतेहरूमध्ये पाँच जनालाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेको शाहले जानकारी दिए। अहिले कारागारको अवस्था सामान्य रहेको शाहले बताए।,
चौकीदार बनाउने विषयमा विवाद हुँदा झुम्का कारागारमा झडप, ६ जना घाइते
|
सेतोपाटी संवाददाता ललितपुरमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , बुधबार कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ स्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। , जयबहादुर लोप्चनको ढुंगा र माटोले बनेको दुई तले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको उनले बताए। , सो घरमा आगलागी भएको भन्ने खबरपछि प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो।, टोलीले ७२ वर्षीया कान्छीमाया लोप्चनको शव निकालेको प्रहरी उपरीक्षक शाहले बताए। घरका अन्य ७ जनाको सकुशल उद्धार गरिएको थियो। , ४ लाख बराबरको सुन, ६ तोलाको सुन लगायत गरी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।, ,
ललितपुरको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता रूपन्देहीमा एक महिलाको शव फेला परेपछि माइती पक्ष तथा स्थानीयले प्रदर्शन गरेका छन्।, तिलोत्तमा नगरपालिका-२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको बुधबार राति सवा ९ बजे शव फेला परेको थियो। , उनको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। , घटनाको अनुसन्धान गर्न प्रहरीले मृतकका श्रीमान प्रेम टण्डनलाई नियन्त्रणमा लिएको उनले बताए। उनीहरूले प्रेमको घर घेराउ गरेका हुन्।, ‘गएराति कीटनाशक विष सेवन गरी आत्महत्या गरेको भन्ने खबर आएको थियो,’ उनले भने, ‘त्यो खबरपछि बुटवलबाट टोली खटिएको थियो। तर माइती पक्षले उनको हत्या भएको हो भनेर भनिरहनुभएको छ।’, अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि त्यहाँ प्रदर्शन जारी छ। माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। , उनका अनुसार सो जाहेरी पनि दर्ता भइसकेको छ। , ‘विष सेवन गरेको भन्ने प्रारम्भिक जानकारी आए पनि पोष्टमार्टम रिपोर्ट आइसकेपछिमात्रै के भएको हो भन्ने थाहा हुन्छ,’ उनले भने, ‘उहाँहरूले कर्तव्य ज्यान कसुरमा जाहेरी ल्याउनुभएको छ। जुन कसुरमा जाहेरी दिए पनि हामीले निष्पक्ष रूपमा अनुसन्धान गर्छौं।जाहेरी पनि दर्ता भइसकेको छ।’, अनिताको शव पोष्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल लगिएको छ। तर पोष्टमार्टम नभइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , अहिले घटनास्थलमा प्रहरी नायब उपरीक्षकसहितको टोली खटिएको छ।,
रूपन्देहीमा भेटियो युवतीको शव: हत्या भन्दै आफन्तले गरे प्रदर्शन, श्रीमान् पक्राउ
|
नवीनबाबु गुरूङ आजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ।, कोरोना कहरका कारण २ वर्षसम्म नेपालीहरूले हर्सोल्लासका साथ नयाँ वर्ष मनाउन पाएका थिएनन्। यसपटक भने मानिसहरूले नयाँ वर्ष धुमधामका साथ मनाएका छन्। मानिसहरू सार्वजनिक स्थानमा भेला भएर नयाँ ठाउँ घुमघाम गरेर नयाँ वर्ष मनाइरहेका छन्। पार्कदेखि सिनेमा हलसम्म मानिसहरूको उल्लेख्य उपस्थिति छ। सरकारले नयाँ वर्षको दिन सार्वजनिक बिदा समेत दिएको छ। , , विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ।, मानिसहरू नयाँ वर्षको दिन बिहानै धार्मिक क्षेत्रहरूमा गई पूजापाठ गर्ने तथा आफन्तहरूसँग भेटघाट गरेर एक अर्कामा खुसी साटेर मनाएको मनाउँछन्।, तस्बिरहरू: ,
तस्बिरमा हेर्नुस्, नयाँ वर्षको रौनक
|
सेतोपाटी संवाददाता धनुषामा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा वडा नम्बर १ चित्रपुरका १५ वर्षका विवेककुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। , बटेश्वर गाउँपालिका वडा नम्बर २ कार्तिककुमर बजारमा बिहीबार साँझ ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको थियो।, दुग्ध संस्थान ढल्केबरको को १ घ ५३ नम्बरको नम्बरको ट्यांकरले महतो सवार ज ५ प १३८२ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो।, ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताए।, शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।, ठक्कर दिएलगतै टयांकर चालक फरार भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।,
ट्यांकरको ठक्करले धनुषामा मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुरथिमीमा शुक्रबार हर्षोल्लासका साथ भुयुसिन्ह जात्रा मनाइएको छ।, विस्केट जात्राभित्रैकै एक जात्राका रूपमा मनाइने यस जात्राका अवसरमा शुक्रबार बिहानै बालकुमारी र कालिका (बालाखु) को खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो।, ३२ खटसहितको भुयुसिन्ह जात्रा थिमीमा मनाइने गरिएको छ। थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका प्रतिनिधित्वका रूपमा ३२ वटा खट बोकेर टोलटोलमा सिन्दुर खेल्दै घुमेर सिन्दुर जात्रा मनाउने गरिन्छ ।, प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने, सिन्दुर दलेर छर्केर आपसमा रमाइलो गरी यो जात्रा मनाउने प्रचलन छ।,
तस्बिरमा हेर्नुहोस् भक्तपुरको भुयुसिन्ह जात्रा
|
सेतोपाटी संवाददाता कैलालीमा आफ्नै शरीरमा आगाे लगाउँदा एक जनाकाे मृत्यु भएको छ।, बिहीबार बेलुकी १० बजे कैलारी गाउँपालिका -२ मझेराका २९ वर्षीय अम्मर चौधरीले मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा आगो लगाएका थिए।, उनले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको अनुमान छ। आगोबाट उनी घाइते भएका थिए। , उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि पुर्याइएको थियो।, उपचारकै क्रममा आज बिहान ६ बजे चाैधरीकाे मृत्यु भएको प्रहरीले जनाएको छ। उनले के कारणले शरीरमा आगाे लगाए भन्ने खुलेको छैन।,
आफ्नै शरीरमा आगो लगाउँदा एकको मृत्यु
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.