content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता दिल्ली गएर छिमेकी हत्या गरेको आरोपमा पक्राउ परेका आरोपी पुर्पक्षका लागि थुनामा पठाइएका छन्। , सोमबार बाजुरा बुढीगंगा नगरपालिका-७ बस्ने १९ वर्षीय देवेन्द्र बिक भन्ने देवेन्द्रबहादुर लोहारलाई पुर्पक्षका लागि बाजुरा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले जानकारी दिए। , उनीमाथि बुढीगंगा नगरपालिका-७ कै ३८ वर्षीय मंगले लोहारको हत्या गरेको आरोप छ। मंगले काम गर्न दिल्लीमा बस्दै आएका थिए। उनी देवेन्द्रका छिमेकी समेत हुन्।, प्रहरीका अनुसार मंगलेको हत्या गर्न भन्दै देवेन्द्र फागुन १५ गते कंचनपुरको गड्डाचौकी नाका हुँदै दिल्ली पुगेका थिए। , हत्या गर्न उनले योजना बनाएका थिए। त्यसअनुसार दिल्ली पुगेर फागुन १६ गते मंगलेको हत्या गरेको ओझाले बताए। , मंगले नयाँ दिल्लीको चाँदनीचोक सदर मार्केटस्थित एक घरमा बस्थे। त्यहाँ सुतिरहेको बेलामा देवेन्द्र पुगेर काठको मुङ्ग्रोले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको ओझाले बताए। , ‘पहिले मंगलले देवेन्द्र, उनका बुवा समेतलाई हेप्ने गरेको भनेका छन्। भारतबाट गुन्डा बोलाएर पिटेको रिसिइबीका कारण हत्या गरेको बताएका छन्,’ प्रहरी नायब उपरीक्षक ओझाले भने।, हत्या गरी फरार रहेका देवेन्द्रविरूद्ध मंगलेका छोराले चैत १५ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए। , जाहेरी परेको दुई सातापछि देवेन्द्रलाई गड्डाचौकीबाट इन्टरपोलको सहायतामा पक्राउ गरेको कार्यालयले जनाएको छ। , जिल्ला न्यायाधीवक्ता समक्ष देवेन्द्रले दिएको बयानमा रिसिइबी साँध्न हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ओझाले बताए। भारतीय प्रहरीको सहयोगमा पाएको प्रमाणबाट पनि देवेन्द्रले नै हत्या गरेको देखिएको उनले बताए। ,
रिसिइबीका कारण दिल्ली पुगेर छिमेकीको हत्या, आरोपी पुर्पक्षको लागि थुनामा
|
सविता बुढा आइतबार कैलालीको कैलारी गाउँपालिका–७, विपतपुरका हिँगुराम चौधरीका छोरा सञ्जय म्यादी प्रहरीको तालिम सकेर खाना खान घर फर्केका थिए। उनी पुग्दा घर दनदनी बल्दै थियो। सँगैका अरू घर पनि त्यसरी नै जल्दै थिए। मानिसहरूको हुलमा उनले बुवाआमालाई देखेनन्। उनी साह्रै डराए।, आत्तिँदै छोराले हिँगुरामलाई फोन गरे। गाउँमा आगो लागेको कुरा सुनाए। उनीहरू त ताटा बटुल्न जंगल गएका रहेछन्। शरीरमा आँधीहुरी चलेजस्तो भयो। हस्याङ फस्याङ गर्दै पुगे।, गाउँका घरमा आगो दन्केको थियो। हुरी पनि चलेको थियो। एक घरबाट अर्को घरमा आगो सल्किँदै गाउँ नै जल्दै थियो। गाउँलेहरू आगो निभाउने प्रयासमा थिए तर सम्भव थिएन। उनीहरू रूवाबासी गर्दै आफ्ना घर जलेको टुलटुल हेर्न बाध्य थिए।, हिँगुरामका अनुसार हारगुहार गरेर आगो निभाउने कुनै पनि प्रयास सफल भएन। कसैले प्रशासनमा त कसैले गाउँपालिका कार्यालयमा खबर गरे।, खबरपछि टीकापुर र गौरीगंगा नगरपालिका तथा धनगढी उपमहानगरपालिकाका दमकल पुगे। गाउँमा दमकल पुग्न लगभग साढे दुई घण्टा लाग्यो। दमकलले पानी खन्याउन थालेपछि पनि आगो नियन्त्रण हुन कम्तीमा आठ घण्टा लाग्यो।, आइतबार दिउँसो सोही वडाको अर्को गाउँ रामपुरका बासिन्दाले खेतमा गहुँको नलमा आगो लगाएका थिए। त्यही आगो हावाले उडाएर गाउँमा सल्केको हो कि भन्ने अनुमान स्थानीय प्रशासनको छ।, यो आगोले विपतपुरका बासिन्दाका घरमात्रै जलाएन, उनीहरूका सपना पनि खरानी पारिदियो।, सरकारले कमैया मुक्तिको घोषणा गरेपछि जमिनदारको घरमा बसेकाहरूलाई बासको समस्या भयो। यिनै मध्येका केही मुक्त कमैया विपतपुरवासी हुन्।, हिँगुरामा भन्छन्, ‘जहाँ बस्न प्रयास गरे पनि मानिसहरूले धपाउँथे। जहाँबाट आएका हौ, त्यही जाऊ भन्दै लखेट्थे।’, धेरै ठाउँबाट ठक्कर खाँदै २०६३ साल भदौमा उनीहरू कैलारी गाउँपालिका–७, विपतपुर पुगे।, हिँगुरामका अनुसार त्यति बेला त्यहाँ जंगल थियो। जंगल फाडेर ६३ घरपरिवारको बस्ती बसेको थियो। त्यहाँ उनीहरूले अनेकौं विपत् सामना गर्नुपर्यो। यही कारण गाउँको नाम पनि ‘विपतपुर’ रह्यो।, विपतपुरमा बस्ती बसेको दुई वर्षपछि सरकारले कमैयालाई दिने भनेको सेवा सुविधा उनीहरूले पनि पाए। जम्मा ५२ परिवारले त्यो ठाउँमा पाँच कठ्ठाका दरले जग्गा पाएका थिए।, ‘भूमिसुधार (कार्यालय) बाट मान्छेहरू आए। कित्ताकाट भयो, बस्ती बसेको दुई वर्षपछि पुर्जा पायौं, नक्सा अहिलेसम्म पाएका छैनौं। मालपोत कार्यालयमा पनि नक्सा छैन, कर्मचारीहरू खोज्दैछौं भन्छन्,’ हिँगुरामले भने, ‘नक्सा निकाल्न धेरै पैसा खर्च गर्यौं, एक घरको १५ सय उठाएर खर्च गर्यौं तर नक्सा पाएको छैन।’, अहिले गाउँमा ७१ घरधुरी छन्, १३ घरपरिवार ऐलानीमा छन्।, विपतपुरका बासिन्दाले खेतीपाती, भारतमा रोजगारी, मजदुरी जस्ता काम गरेर परिवार पाल्छन्।, ‘पोहोरसाल कात्तिकमा बाढीले धान लग्यो। यो साल गहुँ काटेर घरमा राखेका थियौं, आगो लाग्यो। अब भोकमरी पर्ने भयो,’ हिँगुराम भन्छन्, ‘सरकारले राहत दिन्छ कि भन्ने आशा छ।’, हिँगुराम गाउँका ‘भलमन्सा’ हुन्। थारू समुदायमा गाउँका मान्छेलाई आपतविपतको समयमा सहयोग जुटाउन र गाउँको भलाइको काम गर्न छानिएको अगुवा व्यक्ति भलमन्सा हो। भलमन्सा समुदायले चयन गर्छ।, आँखाबाट आँसु बगाउँदै उनले भने, ‘म गाउँको भलमन्सा हुँ, यो घटना (आगलागी) ले म आफैं रोइरहेको छु, अरूलाई कसरी सम्झाऊँ, मन थाम्न सकेको छैन। घरमा लागेको आगोले भित्री मन बेस्सरी पोलेको छ।’, उनको घरमा त राति अबेरसम्म पनि आगो निभेको थिएन। दमकलले एकातिर पानी खन्याए पनि अर्को छेउबाट दन्किन्थ्यो। घरभित्रका सबै सामान गरगहना, कागजपत्र, कपडा, अन्नपात सबै जल्यो।, हिँगुरामका जेठा छोराले केही दिनअघि खेत जोत्ने पावर टिलर किन्न भारतबाट भारतीय रुपैयाँ ७५ हजार पठाएका थिए।, घरमा जोरजाम गरेको ५० हजार रुपैयाँ थियो। पावर टिलर किन्ने सपना घरसँगै खरानी भयो।, हिँगुरामले पालेको एउटा माउ बंगुर जलेर मर्यो, भर्खरै जन्मेका एघार वटा पाठा थिए। उनलाई ती पाठा हुर्काउन समस्या परेको छ। माटो, टायल टिनका छाना भएका ७१ मध्ये आधा जति घर जलेका छन्। घरभित्रका सामान मात्र नभई बाहिरका गोरु, बंगुर, अन्य जनावर र पावर टिलरजस्ता सामान पनि जलेको उनले बताए। , घटना आइतबार साँझको हो। घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहित रेडक्रसको टोली राहतका केही सामान बोकेर घटनास्थलमा पुगेको थियो।, उक्त टोलीले त्रिपाल, चाउचाउ, बिस्कुट र अन्य खानेकुरा वितरण गरेको थियो। घटनापछि अग्नि पीडित गाउँलेहरू खेत, स्कुल, बाटो नजिक त्रिपाल लगाएर बसेका छन्। उनीहरू राहतमा अन्नले संयुक्त रूपमा खाना खाँदैछन्।, दुःख गरेर बनाएका घर जलेर खरानी भए। पीडितहरू तुरून्तै अर्को घर बनाउन सकिने होइन, अब कहाँ बस्ने भन्ने चिन्तामा देखिन्छन्।, विपतपुरवासी विपत परेकै बेला चुनाव आएकाले आफूहरूको समस्यामा राज्यको नजर नपर्ने हो कि भन्ने चिन्तामा पनि छन्।, हिँगुराम भन्छन्, ‘अहिले गाउँमा कसको घर कहाँ नेर थियो भनेर चिन्नै गाह्रो छ। सरकारले जंगलबाट काठ, छानो र सालभरि खाने अन्न सरकारले दियो भने घर आफैं काम गरेर बनाउने थियौं।’, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगलागीबाट भएको क्षतिको विवरण लिने काम भइरहेको छ।,
'घरमा लागेको आगोले मन पोलिरहन्छ'
|
सेतोपाटी संवाददाता धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।, क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। , राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जना युवकको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।, बिहान करिब साढे ३ बजे प्रादेशिक अस्पताल जनकपुरमा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।, मृत्यु हुने जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र नाम खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।, उनका अनुसार मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन। , मोटरसाइकल ठोक्किएको ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।,
धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु
|
रासस कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको संक्रमण रहेको पाइएको छ।, आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्।, स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन्।, मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ रहेका छन्। , कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ।, प्रदेशमा सबभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन्। हुम्लामा पाँच, मुगुमा छ, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन्।, मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीवीका विभिन्न जातहरूबाट हुने गर्दछ । ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवि सर्ने गर्दछन्।, मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवी रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन्।, औलो रोगका परजीवी भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरू देखा पर्दछन्।, निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, किटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ।, निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्ष्य गरी यस वर्ष दुई हजार ६७१ थान झुल वितरण गरिएको बताए।, नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण औलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ।, ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ भन्ने नाराका साथ सोमबार विश्व औलो दिवस मनाइएको थियो।,
कर्णालीमा औलो: ३२ जना बिरामी, छ स्थान उच्च जोखिममा
|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुका वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , अख्तियारले सोमबार भ्रष्टाचार गरेको भन्दै मंगलबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , डिभिजन वन कार्यालय, मुगुका वन अधिकृत भरतबहादुर बुढा थापा, सब-इन्जिनियर गोरसिंह बढुवाल, डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सब-इन्जिनियर (सब-ओभरसियर) रवीन्द्र शाही, निर्माण उपभोक्ता समितिका अध्यक्ष बाँस्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , सोरू गाउँपालिका-१ जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको बढी मूल्यांकन गरी झूटा बिल बनाएर योजनाको विनियोजित रकम पूरै भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो। , त्यसमा अनुसन्धान हुँदा काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माण गर्न डिभिजन वन कार्यालय, मुगुबाट आ/व २०७५/०७६ मा रकम विनियोजन गरेको थियो।, उक्त काम गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरे अनुसार कार्य नगरेको अख्तियारले जनाएको छ। त्यस्तै, भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरमा आठ लाख ८७ हजार ६५३ रुपैयाँ भ्रष्टाचार गरेको प्रवक्ता भण्डारीले बताए। , उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना मागदाबी गरेको छ। ,
मुगुका वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १० जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , चार हजार ६४ जनाको पिसिआर र एक हजार १६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २६१ जना सक्रिय संक्रमित छन्।, मंगलबार १८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए १० संक्रमित, निको भए १८ जना
|
सेतोपाटी संवाददाता नेपाल प्रहरीले हालै बढुवा भएका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदस्थापन गरेको छ। साथै चार जना डिआइजीको सरूवा समेत गरेको छ। , शुक्रबार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएका चार जनाको पदस्थापन गरेको हो। , केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान महाशाखामा कार्यरत नलप्रसाद उपाध्यायको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङमा पदस्थापन भएको छ। , प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयका मोहनकुमार आचार्यको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा कार्यरत राजेन्द्रप्रसाद चौधरीको अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल र नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा कार्यरत मसाउद आलम खाँको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा पदस्थापन भएको हो।, यस्तै, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरमा रहेका मुकुन्दराज आचार्यको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालयमा सरूवा भएको छ। , प्रधान कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत पूजा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरूवा भएको छ। , उनको ठाउँमा मधेस प्रदेश प्रहरी कार्यालयमा रहेका उमेश रन्जितकारलाई पठाइएको छ। , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा रहेका पुरूषोत्तम कँडेलको केन्द्रीय अनुसुन्धान ब्युरोमा सरूवा भएको छ।, पदस्थापन:, सरूवा:,
आठ डिआइजीको पदस्थापन र सरूवा (सूचीसहित)
|
सेतोपाटी संवाददाता जुम्लामा घरमा आगलागी हुँदा चार बालवालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो।, आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो। मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्कीको मृत्यु भएको हो। यस्तै उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार शुक्रबार राति सवा ११ बजेतिर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीलाई पौने १२ बजे खबर पुगेको उनले जानकारी दिए।, घरमा लागेको आगो नियन्त्रण्मा लिईसकिएको छ। डिएसपी चन्दका अनुसार जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँसहितको टोली नै घटनास्थल पुगेको छ।, ‘आगलागीबारे राति ११:४५ बजे हामीलाई जानकारी भयो’, प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो।’, आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए। आगलागीबाट टिनले छाएको घरको तेस्रो तलासम्म पूर्ण रुपमा क्षति भएको डिएसपी चन्दले जानकारी दिए ।, मानसिंह र उनका श्रीमति फागुनी, बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनीहरुको अवस्था सामान्य रहेको डिएसपी चन्दले बताए। आगलागीपछि उनीहरु बेहोस भएका थिए ।, ‘उहाँहरु बाहिर निस्किएको भन्ने छ, त्यही बेला आगलागी हुँदा घरमा भएका बालवालिकाको मृत्यु भएको बुझिएको छ,’ उनले सेतोपाटीसँग भने ।, मृतकहरुको शव पनि पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने भएको छ।, आगलागी कसरी भयो भन्ने बारेमा सूचना प्राप्त नभएको डिएसपी चन्दले सेतोपाटीलाई बताए ।,
जुम्लाको कुडारीमा आगलागी हुँदा एकै परिवारका चार बालवालिकाको मृत्यु
|
सेतोपाटी संवाददाता हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिबार दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।, हनुमाननगर कंकालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।, सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए । ,
दुई वटा मोटरसाइकल ठोकिँदा तीनको मृत्यु
|
नवीनबाबु गुरूङ मानिस स्वस्थ्य रहन शारीरिक व्यायाम जरूरि हुन्छ। शरीर तन्दुरूस्त रहे हरेक काममा सक्रिय रहन सकिन्छ। , स्वस्थ्य रहनकै लागि आजभोलि खेलकुद र व्यायाम सबैको पहिलो रोजाइमा पर्दै आएको छ। , शहरमा हिजोआज ब्यायामको निम्ति थुप्रै किसिमका क्लब जिम तथा योगा आश्रम खुलेका छन्।, शुल्क तिरेर क्लब जिम धाउन नसक्नेका निम्ति मर्निङ वाक, शारीरिक ब्यायामको लागि पार्क र भित्री सडक रोजाइमा पर्ने गरेका छन्। , यद्यपि प्रसस्त ठाउँमा पार्क र खुल्ला स्थान नहुँदा मानिसहरू खुलेर ब्यायाम गर्न पाउदैनन्।, मानिसको शरीर संरचना र प्रकृति, हिँडडुल गरिरहनु र अंगहरूलाई चलायमान बनाइरहनु पर्ने किसिमको छ। यसका मांशपेशी, भित्री अंग, रगत, रासायनिक तत्व, ज्ञानेन्द्रीय, कर्मेन्द्रीय, दिमाग, स्नायु, जोर्नी, हड्डी, पाचन प्रणाली आदि सबैले शरीर चलायमान भएमा मात्र राम्रोसँग आ–आफ्नो काम गर्नसक्दछन्। , हामी धेरैले अनुभव गरेका हौँला, जो वैज्ञानिक अनुसन्धानले पनि प्रमाणित गरेको छ— मानिस अल्छी, विलासी, हिँडडुल गर्न र नियमित ब्यायाम गर्न नचाहने भयो भने अंगप्रत्यंग शिथिल र प्रायः निष्कृय हुनथाल्दा अनेक रोग वा शारीरिक समस्याले आक्रमण गर्न थाल्छन्। , त्यसमाथि अधिक चिल्लो, अति पोषक र धेरै खाने हो भने शरीर अतिमोटो हुने समस्या (ओबेसिटी) हुन्छ। यसकारण शारीरिक ब्यायामले मानव शरीरमा अत्यन्त महत्व राख्दछ। ब्यायाम वा शारीरिक सक्रियता स्वस्थ हुनका लागि खानपान, निद्राजस्तै जरूरी आवश्यक ठहराइएको छ।, शरीरको तौल ठीक राख्ने, मुटुका रोगलगायत भित्री अंगका रोग हटाउने, हृदयाघात घटाउने, पाचन प्रणालीको विकास, अनिद्रा, मानसिक समस्या, डिप्रेसन, तनाब, चिन्ता आदि हटाउने, शरीरको रोगप्रतिरोधक क्षमताको विकास, शरीरको लचिलोपन् र शारीरिक बल तथा मनोबलको विकासका लागि ब्यायाम सर्बोत्तम उपाय हो ।, काठमाडौंको शंखपार्कमा शनिबार बिहान शारीरिक ब्यायाम र खेलकुद गर्दै गरेका केही तस्बिरहरू हेर्नुहोस्--,
स्वस्थ रहन दैनिक शारीरिक ब्यायाम!
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका बिभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ।, शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन्। झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका संदेश प्रवाह गर्नको लागि कोरिएका हुन्।, सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु आजको फोटो फिचरमा राखेका छौं।, भित्तामा कोरिएका चित्रहरु सत्या मिडिया र आर्टुडियो लगायतका संस्थामा आबद्ध कलाकारहरुले बनाएका हुन्।, काठमाडौं उपत्यकाका सडकका भित्ताहरु कोरिएका कलात्मक चित्रहरू- ,सबै तस्बिरः न्यूज एजेन्सी नेपाल, ,
सडक पेटीका भित्ताहरू बोल्छन्
|
सेतोपाटी संवाददाता पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। , चैत १८ गते पोखरा-१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको डोरी पासो बाँधेर रूखमा झुण्ड्याएर मारेको आरोप छ। , झुण्ड्याएर मारेपछि सेती नदीको खोंचमा फालेको र त्यसको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको कार्यालयले जनाएको छ। , अनुसन्धान गर्दा उनको मोबाइल तथा उनको फेसबुकमा समेत उक्त भिडिओ पाएको प्रहरीले जनाएको छ। , ‘अहिले किन मारेको हो भन्ने खुलेको छैन। हामीले बयान लिन पाएका छैनौं,’ कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले भने, ‘सामाजिक सञ्जालमा उनले आफैंले भिडिओ हालेका थिए। हामीले देखेपछि अनुसन्धान गरेर पक्राउ गरेका हौं।’, उनीमाथि पशुपंक्षीसम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत कास्कीबाट नौ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। ,
कुकुर मारेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ। , शनिबार दिउँसो सवा १ बजे मेलम्ची नगरपालिका-६ बतासे पाराङ टोलमा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , विद्युतीय पोलसँगै जोडिएको धारामा जाँदा सोही ठाउँका ३० वर्षीय लालबहादुरलाई करेन्टले लागेको थियो। , उनको घटनास्थलमै मृत्यु भएको बस्नेतले बताए।, घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ,
,
सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पुरूषको मृत्यु
|
सेतोपाटी संवाददाता महोत्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। , धनुषा घर भई महोत्तरी भंगहा नगरपालिका-६ हातिसर्वा मामा घर बस्दै आएका राम आशिष महतोका १० वर्षीय छोरा शिवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। , सोही ठाउँमा रहेको शिव मन्दिर छेउमा रहेको पानी खाने कल चलाउने क्रममा अचानक करेन्ट लगेर बालकको मृत्यु भएको हो।, त्यस कलमा मोटर जडान भएको हुँदा त्यहाँबाट करेन्ट प्रवाह भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। , घटनाको खबर पछि प्रहरीको टोली खटिएको थियो।, शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ। ,
,
महोत्तरीमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु
|
रासस बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन्। बडीमालिका नगरपालिका–८ मा रूख चढेर काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। , घाइते हुनेमा बडीमालिका नगरपालिका–८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल छन्। उनीहरू करिब ५ बजेतिर सोही वडाको खर्रामा काफल खान गएको प्रहरीले जनाएको छ। , घाइते भएका सातमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर अवस्था रहेका कमल रावल, भीम रावल र कमल रावल छन्। घाइते बालकहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।,
रूख ढल्दा सात बालक घाइते
|
सेतोपाटी संवाददाता देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ९४७ जनाको परीक्षण गरिएको थियो।, ३ हजार ६९१ जनाको पिसिआर र १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर विधिबाट १८ जनामा संक्रमण पुष्टि भएको हो।, यस्तै १७ जना संक्रमित डिस्चार्ज भइसकेका छन्।, देशभर अझै २८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।,
देशभर थप १८ जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ।, जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।, परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।, यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।, दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ।,
कक्षा १२ को परीक्षा समय परिवर्तन
|
सेतोपाटी संवाददाता पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) की प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ। , क्यान्सर रोगबाट पीडित झाको उपचारका क्रममा गए राति काठमाडौंमा निधन भएको लोसपा नेता सुरेन्द्रकुमार झाले जानकारी दिए।, पछिल्लो दुई वर्षदेखि उनी क्यान्सरबाट पीडित थिइन्।, संविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन्।, डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन्।,
पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन
|
सेतोपाटी संवाददाता मेलम्चीबाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौंका घरघरमा पठाइने भएको छ।, गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो।, क्षति भएका संरचना निर्माण गरेर काठमाडौं ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो।, खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरू हुनेछ।, गत चैत २९ मा मेलम्चीबाट पानी काठमाडौं पठाउन सुरू गरिएको थियो।, गत माघ १४ गतेदेखि मेलम्ची आयोजनाको मर्मत गरिएको थियो। दुई महिनामा मर्मत सकेर पानी काठमाडौं ल्याइएको छ।, मेलम्चीको पानी काठमाडौं आएपछि यहाँ देखिएको पानी संकट समाधान हुने मन्त्री चौधरीले बताउने गरेका छन्। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।, यसअघि ०७७ चैतमा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो। त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा मेलम्ची पानी वितरणको शुभारम्भ गरेकी थिइन्।,
मेलम्चीको पानी आजदेखि फेरि काठमाडौंका घरघरमा
|
राजेश घिमिरे औषधि उत्पादकले नेपालमै उत्पादन गर्न सकिने औषधि विदेशबाट ल्याउन रोक्नुपर्ने माग गरेका छन्।, भरतपुरमा जारी नेपाल फर्मा एक्सपो–२०२२ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसँग भएको एक अन्तरक्रियामा औषधि उत्पादकले आयात बढ्दै जाँदा नेपाली औषधि उद्योगहरु धरासयी बन्ने बताए।, ‘नेपालमै उत्पादन हुने औषधि विदेशबाट ल्याउनुपर्ने आवश्यकता छैन। बरू यहाँका उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातमा सहुलियत आवश्यक छ,’ नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले भने, ‘यसो गर्न सक्दा विदेशी मुद्राको सञ्चिती बढ्छ, देशलाई औषधिमा आत्मनिर्भर बन्न पनि सहयोग पुग्छ।’, उनले हाल नेपालमा वार्षिक ३० अर्ब रुपैयाँको औषधि (खोप बाहेक) आयात भइरहेको बताए। यसको ठूलो हिस्सा भारतबाट आयात हुन्छ। अहिले औषधिको मागको ५० प्रतिशतमात्रै नेपाली उद्योगले उत्पादन गरिरहेका छन्। यसलाई अहिलेकै अवस्थामा ७५ प्रतिशत पुर्याउन सकिने दाहालले बताए। , संघकाअनुसार नेपालमा अहिले ७२ वटा औषधि उद्योगहरु छन्। थप ३२ वटा स्थापनाको चरणमा छन्। पूर्व अध्यक्ष दाहालले राज्यले गम्भीर भएर नीति नबनाए अर्बौं लगानी भएका औषधि उद्योगहरु डुब्ने बताए। ‘हामी राज्यले निःशुल्क बाँढ्ने औषधिहरु यहीँ पर्याप्त उत्पादन गर्नसक्छौं। ती औषधिहरु आयात बन्द गरेर लगानीअनुसारको मूल्य तोकिदिनुपर्यो,’ उनले भने, ‘राज्यबाट आधारभूत संरक्षण चाहियो।’ उनले औषधिमा पाँच अर्बको कच्चा पदार्थ आयात गर्दा २० अर्ब रुपैयाँ बराबरको औषधि उत्पादन हुने गरेको बताए।, संघले औषधिको परीक्षणका लागि प्रविधियुक्त औषधि अनुसन्धानशाला स्थापना गर्न सरकारसँग माग गरेको छ। औषधि व्यवस्था विभागका सेवालाई प्रभावकारी बनाउन, औषधि उत्पादनका लागि आवश्यक मेसिनको खरिदमा सहुलियतमा ऋण, अनुदान, हाल नेपालमा नबन्ने औषधि तथा स्वास्थ्य सामग्रीका उद्योग स्थापनाका लागि आवश्यक निर्माण सामग्रीको आयातमा भन्सार छुटको माग संघले राखेको छ।, विभागका प्रवक्ता सन्तोष केसीले जनशक्तिको अभावमा विभागका कामहरु प्रभावकारी हुन नसकेको बताए। हाल विभागमा १ सय १५ जनामात्रै जनशक्ति रहेकोमा ६० प्रतिशतमात्रै प्राविधिक जनशक्ति रहेको भन्दै उनले यति जनशक्तिले चाहेर पनि सुधार गर्न नसक्ने बताए। ‘औषधि व्यवस्था विभागका कामहरु प्रभावकारी बनाउँदै उद्योगहरुका समस्या समाधान गर्न उच्च स्तरीय राजनीतिक प्रतिबद्धता आवश्यक देख्छु,’ उनले भने, ‘अहिले त जनताले हामीबाट ठूलो आशा गर्ने, हामी थोरै मात्र गर्न सक्ने अवस्था छ।’, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले औषधिमा स्थानीय उत्पादनलाई बढाउनुपर्छ भन्नेमा आफू सकरात्मक रहेको बताए। कच्चा पदार्थमात्रै आयात गर्दा फाइदा छ भन्ने जान्दा जान्दै पनि यसमा प्रोत्साहन गर्न नसक्नु राज्यको कमजोरी रहेको उनले बताए। ‘म यस विषयमा तपाईहरुसँग विशेष छलफल गर्न चाहन्छु। एक्स्पो सकिएलगत्तै हामी बसेर छलफल गरौं,’ उनले भने, ‘केही न केही गर्न सकिन्छ। सबै तथ्यांकसहित ठोस विषय लिएर आउनुस्।’, चितवनस्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा भएको एक्स्पोको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। भरतपुरमा भइरहेको आठौं संस्करणको नेपाल फर्मा एक्स्पोमा नेपालका साथै बहुराष्ट्रिय औषधि कम्पनीहरु पनि सहभागी रहेको संयोजक जिनारायण बहादुर क्षेत्रीले बताए। उनले अहिले स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने अवसर पनि भएको बताए।, एक्स्पोमा १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका १ सय ६० वटा स्टल छन्। ,
सरकारसँग औषधि उत्पादकको माग–यहीँ उत्पादन गर्न सकिने औषधिको आयात रोक्नुपर्यो
|
रासस प्रहरीले लागुऔषध सात किलो सेतो हेरोइनसहित दुई विदेशीलाई पक्राउ गरेको छ। नेपाललाई ट्रान्जिट बनाई लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ। , वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट कतारको दोहा हुँदै काठमाडौं आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेस जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उनले सुटकेसमा फल्स बटम बनाई लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो।, उक्त लागुऔषध लिन आएका भारतका ललनुनपुईलाई पनि पक्राउ गरिएको जनाइएको छ। दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको छ।, उक्त लागुऔषधको बजार मूल्य १४ करोड रूपैयाँ रहेको ब्युरोले जनाएको छ। , हुलाकमार्फत पनि लागुऔषध ओसारपसार, यसैबीच प्रहरीले हुलाकमार्फत पनि लागुऔषध ओसारपसार भएको फेला पारेको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बेलायतबाट आएको हुलाक पार्सलमा लागुऔषध फेला परेकाले उक्त घटनामा संलग्न रहेका पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ। , अनुसन्धानमा हुलाकमार्फत आएको क्यान्डी चकलेटमा गाँजा र चरेसको मात्रा फेला परेको र उक्त सामग्री डेलिभरी गर्ने क्रममा गुप्ताले लिएको फेला परेको जनाइएको छ।, अनुसन्धानका क्रममा उनको घरमा बेलायतबाट पार्सल गरी आएको ५०० ट्याब्लेट फेला परेको र त्यसको परीक्षण गर्दा एम्फेटामिन रहेको पत्ता लागेको थियो। लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान गरी पठाएको उक्त मुद्दामा गुप्ता पुर्पक्षका लागि कारागार चलान भएका छन्।,
१४ करोड रूपैयाँ बराबरको सेतो हेरोइनसहित विदेशी पक्राउ
|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ताप्लेजुङ मालपोत अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ। , अख्तियारले झापा बुद्ध शान्ती गाउँपालिका-२ घर भई मालपोत कार्यालय ताप्लेजुङको निवासमा बस्ने ४९ वर्षीया लेखा पनेरू महतलाई पक्राउ गरेको हो। , उनलाई अख्तियारले आइतबार फुङलिङ नगरपालिका-४ कोप्चेबाट पक्राउ गरेको हो। उनी २०५७ भदौ २ गते सेवामा प्रवेश गरेकी थिइन्।, उनीबाट एक लाख ५० हजार घुस रकम बरामद भएको अख्तियारले जनाएको छ।, ससुरा बुवा र ससुरा बाजेको नाममा रहेको फक्ताङलुङ गाउँपालिका-७ मा रहेको विभिन्न कित्ताका जग्गाहरू अंशियारबीच भागभण्डा भएको थियो। , ससुरा धर्के शेर्पाको नामबाट दाखिल खारेज गरी सेवाग्राहीको नाममा दर्ता कायम गर्न जाँदा मालपोत अधिकृत लेखा पनेरू महतले त्यसबापत एक लाख ५० हजार घुस माग गरेकी थिइन्। , सो घुस रकम लिइसकेको अवस्थामा अख्तियारले उनलाई पक्राउ गरेको हो। ,
,
ताप्लेजुङका मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउ
|
सेतोपाटी संवाददाता नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सात किलो सेतो हिरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।, ब्युरोले पक्राउ परेका दुई जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा ३५ वर्षीया जाम्बियन नागरिक कापुतुला अबिशर्ग र ३५ वर्षीय भारतीय नागरिक लालनुनपुई छन्।, ब्युरोले उनीहरूलाई वैशाख ३ र ४ गते नै समातेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। , लागु औषध ओसारपसार गर्न नेपाललाई यसअघि पनि ट्रान्जिट बनाइएको थियो। त्यसैलाई आधार बनाएर फेरि पनि तस्करी गर्ने समूहले नेपाललाई ट्रान्जिट बनाएर भारत पुर्याउन सक्ने प्रहरीको आशंका थियो। , त्यसक्रममा प्रहरीले एक महिला दक्षिण अफ्रिकाबाट नेपाल आउन लागेको थाहा पाएका थिए। , ‘पहिले पनि त्यसरी नै ल्याएको हुँदा हामीले निगरानी गरिरहेका थियौं,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने। , त्यसक्रममा वैशाख ३ गते बिहान ९:४२ बजे कतार एयरवेजमा दक्षिण अफ्रिकाको जोहानेशबर्गबाट दोहा हुँदै काठमाडौं आइपुगिन् जाम्बियन नागरिक अबिशर्ग। , प्रहरीले सुरूदेखि नै शंका गरिरहेको हुँदा उनको सुटकेशमा जाँच गर्यो। , ‘सुटकेशको भित्र र दुई वटा ह्यान्ड ब्यागमा लुकाएर ल्याएको अवस्थामा पायौं सेतो हेरोइन पायौं,’ श्रेष्ठले भने,‘नेपाललाई ट्रान्जिट बनाएर यसरी ल्याएको यो अहिलेसम्मकै सबैभन्दा धेरै मात्रा हो।’ , ती महिलाबाट प्रहरीले सात किलो सेतो हिरोइन बरामद गरेको हो। जुन १४ करोड बराबरको भएको उनले बताए। , ती जाम्बियन महिलालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। , त्यसक्रममा सो सुटकेश लिन दिल्लीबाट अर्कै व्यक्ति आउँदै गरेको खुल्यो। , जाम्बियन महिला पक्राउ परेको भोलिपल्टै भारतबाट लालनुनपुई आएका थिए। उनी आइसकेको थाहा पाएपछि प्रहरीले काठमाडौं महानगरपालिका-२को लाजिम्पाटस्थित एक होटलबाट नियन्त्रणमा लिएको थियो। , प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार भारतीय महिला लालनुनपुई यसअघि पनि लागु औषध तस्करीमा संलग्न थिए।, तर जाम्बियन नागरिक अबिशर्ग भने पहिलो पटक यस काममा संलग्न भएकी हुन्।, भारतीय महिलाको ट्राभल हिस्ट्री पनि थुप्रै रहेको ब्युरोले जनाएको छ। उनी भारतको एक होटलमा काम गर्थिन्। , यता जाम्बियन नागरिक अबिशर्ग भने स्नातक पढ्दै गरेकी विद्यार्थी हुन्।, प्रहरीलाई ती महिलाले आफ्नो झोलामा लागु औषध भएको बारे थाहा नभएको बताएकी छन्। तर प्रहरीले भने यसबारे उनी जानकार नै भएको बताएकी छन्।, उनलाई नेपालमा आफ्ना प्रेमीले पठाएका थिए। प्रेमीकै भनाई अनुसार उनी नेपाल आइपुगेको बताएकी छन्। , यस्तै प्रेमी भने केही दिन पछि मात्रै नेपाल आउने र घुम्ने योजना बनाएको प्रहरीले जनाएको छ। , उनीहरू दुई वर्षदेखि प्रेममा रहेको प्रहरीलाई बताएकी छन्। , नेपाल आएर उनीहरू मे २ तारिकमा मात्रै फर्किने टिकट रहेको ब्युरोले जनाएको छ। , ‘आफ्ना प्रेमीले भने अनुसार नै सुटकेश कसलाई दिनेदेखि कहाँ जाने सबै भनिएको छ,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘उनलाई आफ्नो झोलामा लागुऔषध छ भन्ने कुरा थाहा नहुने कुरा नै हुन्न।’ , प्रहरीले यसमा थप अनुसन्धान अघि बढाएको छ। , उनीहरूमाथि प्रहरीले लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सेतो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। ,
दुई विदेशी नागरिकबाट १४ करोड बराबरको सेतो हेरोइन बरामद
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरू गरिएको छ।, आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमबीच मेलम्ची खानेपानीको पुनः वितरण सुरू गरेका हुन्।, मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरू भएको भए पनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो।, मेलम्ची खानेपानीको पुनः वितरण सुरू भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ।, खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनको लागि एसियाली बिकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए।, उनले वर्षायाममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सूचना दिन अर्ली एलर्ट मेसिन जडान गरिएको बताए। मन्त्री चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई व्यवस्थापन गर्न मन्त्रालयमा सचिवको संयोजकत्वमा कोअर्डिनेशन कमिटी गठन गरेको उल्लेख गरे।, उनले वर्षायाममा मेलम्चीको पानीको विकल्पको रूपमा बागमती नदिको पानी शुद्धिकरण गरी ल्याउने प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए।, मन्त्री चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरेका छन्।, ओलीले वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै उनले ओलीलाई मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिन पिउन आग्रह गरे।, ‘केही महिनाअघि मात्र वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिनुहुने पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीज्यू जस्तो जिम्मेवार व्यक्तिले शुक्रबार मात्र फेरि मेलम्चीको पानी कुनै हालतमा काठमाडौंमा नआउने र आए पनि मेलम्चीको टनेलबाट बाढी मात्र आउने, पानी आउँदैन भनेर कपोकल्पित, भ्रामक, झुठ र असत्य सूचना प्रवाह गर्नुभएको छ’, उनले भने, ‘म आज पूर्वप्रधानमन्त्री ओलीज्यूलाई सुन्दरीजलमा रहेको ट्रिटमेन्ट प्लान्टबाट शुद्ध गरी काठमाडौंबासीको घर–घरमा जोडिएको पाइपबाट आएको मेलम्चीको पानी पिउन आग्रह गर्न चाहन्छु।’, उनले अगाडि भने, ‘म त यही धरतीको पानी खाँदै आएको छु। तर उहाँ सायद विदेशबाट मगाएर पानी खानु हुन्छ कि? कहाँको पानी खानुहुन्छ मलाई थाहा छैन। मेलम्चीको पानी शुद्ध छ। गुणस्तरीय छ कि यो बाढीको छ भन्ने अनुभव लिन एक पटक पानी पिउनको लागि उहाँलाई आग्रह गर्न म चाहान्छु।’, उनले खानेपानीको नाममा राजनीति नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह समेत गरेका छन्। मन्त्री चौधरीले वर्षाको पानी संकलन, जलाधार संरक्षण गरी पानीको मुल फुटाउ अभियान र पानीको गुणस्तर परीक्षण अभियान सञ्चालन गर्न मन्त्रालयले कार्ययोजना तयार गरी अघि बढ्ने नीति लिएको स्पष्ट पारे।,
काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरू
|
सेतोपाटी संवाददाता काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, आइतबार बिहान सवा ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सडकखण्डको ग्रिनविच स्कुल नजिकै खहरेबाट पेप्सीकोला जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो।, बा ५० प ९९३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नम्बर ६ घर भई बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय कमल आले मगर र २१ वर्षीय गोपाल आले मगरको मृत्यु भएको हो।, उनीहरू दुबैको टाउको र शरीरको भित्रि भागमा चोट लागेर घाइते भएपछि तत्काल ट्रमा सेन्टर लगिएको थियो।, उनीहरूको उपचारको क्रममा सवा ६ बजे मृत्यु भएको परिसरले जनाएको छ।, मोटरसाइकल कसले चलाएका थिए खुलेको छैन। घटनासम्बन्धी आफन्तलाई जानकारी गराइसकेको छ। घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ।,
बिजुलीको पोलमा मोटरसाइकल ठक्कर खाँदा पेप्सीकोलामा दुई जनाको मृत्यु
|
प्रकाश सिलवाल/ रासस जापानबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थी सहभागी भएका छन्। , यस परीक्षामा जापानबाट समेत १९ जना नेपाली विद्यार्थी सहभागी भएका छन्। जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन्। , सो केन्द्रमा जापानस्थित नेपाली दूतावासले अनुगमन गरिरहेको छ। उक्त विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम लागु गरिएकाले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका बमोजिम परीक्षा सञ्चालन भएको हो। , त्यहाँका विद्यार्थीका लागि नेपालबाटै प्रश्नपत्र पठाइएको छ भने विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको राष्ट्रिय परीक्षा बोर्ड मातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का कामु परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। , यही वैशाख ९ गतेदेखि सुरू भएको परीक्षामा ललितपुरबाट समेत पाँच जना विदेशी विद्यार्थीले नेपालमा रहेर परीक्षा दिइरहेका छन्। ,
एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशीको सहभागिता
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार २५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार १४४ जनाको पिसिआर र एक हजार १११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , अहिले देशभर २६९ जना सक्रिय संक्रमित छन्।, आइतबार २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए १३ कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता दाङमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , घोराही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय दिपक वलीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। , घोराही उपमहानगरपालिका-१८ मुसलवान डाँडाबाट प्रहरीले ४ सय ८० मिलिग्राम ब्राउन सुगरसहित वलीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। , प्रहरीले मुसलवान डाँडामा ब्राउन सुगर बेचबिखन गरिरहेको भन्ने विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले वलीलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ। ,
,
दाङमा ४८० ग्राम ब्राउन सुगरसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार ३ हजार ५४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८३ जनाको पिसिआर र एक हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।, अहिले देशभर २ सय ९८ जना सक्रिय संक्रमित छन्।, ३२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १५ संक्रमित, निको भए ३२ जना
|
सेतोपाटी संवाददाता ललितपुरको औद्योगिक क्षेत्रमा भएको विष्फोटको छानबिन गर्न समिति गठन भएको छ। , बिहीबार बिहान १० बजे ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा दुई जनाको मृत्यु भएको हो।, उद्योगमा कार्यरत मजदुर भारतको चम्पापुरन रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। , त्यसको छानबिन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको हो।, मन्त्रालयले सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा छ सदस्यीय समिति गठन गरेको छ। समितिलाई छानबिन गरी प्रतिवेदन सात दिनभित्र बुझाउन निर्देशन दिइएको छ।, घाइते भएकाहरूको उपचारको खर्च सरकारले व्यहोर्ने जनाएको छ। घटनामा घाइते भएका ६ जना डिस्चार्ज भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए। , साथै अक्सिजन आपूर्ति गरिरहेका निकायलाई अक्सिजन ग्यासको अभाव हुन नदिन मन्त्री दिलेन्द्रप्रसाद बडूले निर्देशन दिएका छन्। , यस्तै. परिसरले पनि प्रहरी नायब उपरीक्षक दीपक भारतीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको छ। अहिले घटनाको क्षति विवरण पनि आइनसकेको प्रहरी उपरीक्षक शाहले बताए। ,
ललितपुरको औद्योगिक क्षेत्रमा भएको विष्फोटको छानबिन गर्न समिति गठन
|
सेतोपाटी संवाददाता डाइपरमा लुकाएर ल्याएको अवस्थामा एक महिला सुनसहित पक्राउ परेकी छन्। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेको विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , दोलखाकी २४ वर्षीय एक महिलालाई प्रहरीले बुधबार राति ७ बजे पक्राउ गरेको हो।, कतार एयरवेजबाट दोहाबाट काठमाडौं आएकी उनले ४२ थान बच्चाको डाइपर बोकेर ल्याएकी थिइन्। त्यसभित्र ३१७ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको भट्टराईले बताए।, २५० वटा सानो रिङ आकारको सुन बरामद गरेको हो। , ती महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। ,
डाइपरमा लुकाएर ल्याएको अवस्थामा सुनसहित महिला पक्राउ
|
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने पत्रकारलाई सदस्यता त्याग्न आग्रह गरेको छ। , महासंघका महासचिव रोशन पुरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेका हुन्। , बिहीबार भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बसेको पाँचौं पूर्ण बैठकले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आह्वान गरेको उनले जानकारी दिए । , महासचिव पुरीका अनुसार महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने बैठकले निर्णय गरेको बताए।, निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिइएको समेत उनले जानकारी गराए।,
स्थानीय तह निर्वाचनमा पत्रकार उम्मेदवार बने सदस्यता स्वतः खारेज हुने
|
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु भएको छ। , बिहीबार बिहान ६ बजे चौतारा साँगाचोकगढी नगरपालिका-६ पिपलडाँडास्थित चौतारा नवलपुर सडकमुनी म्यादी प्रहरी मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय दुर्गा सिंह बस्नेत छन्। , उनी बुधबार अपराह्न साढे ४ बजे म्यादी प्रहरीको प्रशिक्षण समेर घर फर्किएका थिए। तर बिहीबार बिहान उनी सडकको डिलबाट ४० मिटर तल मृत अवस्थामा फेला परेका हुन्। , प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। ,
,
सिन्धुपाल्चोकमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु
|
सेतोपाटी संवाददाता गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन्।, बैंकिङ कसुरको मुद्दामा फरार रहेका उनलाई बिहीबार चन्द्रागिरिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। , वरिष्ठ उपरीक्षक गिरीका अनुसार ६८ लाख रूपैयाँको चेक बाउन्स मुद्दामा उपाध्याय फरार थिए। , फरार रहेका उनलाई पक्राउ गरी बिहीबार नै उच्च अदालत पाटनमा बुझाएको गिरीले बताए। , 'हामीले पक्राउ गरी आज अदालतमा बुझाएका थियौं,' उनले भने, 'आज बयान भएको थियो। सकिएन। भोलि फेरि हुन्छ।',
६८ लाखको चेक बाउन्स मुद्दामा फरार उपाध्याय पक्राउ
|
सेतोपाटी संवाददाता शुक्रबारदेखि सुरू हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि लुम्बिनी प्रदेशका सबै जिल्लाहरूको तयारी पूरा भएको छ। कोभिड महामारीका कारण विगत दुई वर्षका एसइई परीक्षाको मूल्यांकन विद्यालयहरू आफैंले आन्तरिक रूपमा गरेका थिए। यस वर्ष भने भौतिक रूपमै परीक्षा सञ्चालन हुँदैछ।, राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसइईमा देशभरबाट पाँच लाख १४ हजार ९ सय ६७ जना विद्यार्थी सहभागी हुँदै छन्। यस वर्ष छात्रभन्दा छात्राहरूको संख्या ८ सय ७१ ले बढी छ।, यसपालि दुई लाख ५७ हजार ९ सय २४ जना छात्रा छन् भने छात्र दुई लाख ५७ हजार ५३ छन्।, लुम्बिनी प्रदेशबाट पनि यस वर्ष ८६ हजार ६ सय २४ जना परीक्षार्थी एसइईमा सहभागी हुँदै छन्।, शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले लुम्बिनी प्रदेशबाट २ हजार ८ सय ६६ जना प्राविधिक धारका र दुई जना दृष्टिबिहीन गरी ८६ हजार ६ सय २४ परीक्षार्थी एसइईमा सहभागी हुने जानकारी दिए।, लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रूपन्देहीबाट सबैभन्दा धेरै परीक्षार्थी सहभागी हुँदै छन्। ५५ केन्द्रबाट हुने परीक्षामा १८ हजार २ सय ५४ परीक्षार्थी सहभागि हुने उनले बताए।, रूपन्देहीपछि दाङबाट १३ हजार १ सय ५२, बाँकेबाट ९ हजार २ सय ८९, बर्दियाबाट ८ हजार ५ सय ९१ र कपिलवस्तुबाट ८ हजार ८३ जना परीक्षार्थी सहभागी हुँदै छन्।, त्यस्तै पश्चिम नवलपरासीमा ६ हजार ३ सय २६, पाल्पामा ४ हजार ८ सय ४१, गुल्मीमा ४ हजार ८ सय २३, प्यूठानमा ४ हजार ४ सय २२ जना विद्यार्थी सहभागी हुँदै छन्।, रोल्पामा पनि ४ हजार १ सय १७ जनाले एसइई दिँदै छन्।, अर्घाखाँचीमा ३ हजार ५ सय ८५ परीक्षार्थीले एसइई दिँदा सबभन्दा कम रुकुम पूर्वमा जम्मा १ हजार १ सय ४१ जना परीक्षामा सहभागी हुने निर्देशक गैरेले बताए।, परीक्षा सञ्चालनका लागि प्रदेशभरिका ३ सय २७ वटा केन्द्र तोकिएको र सबैमा एक-एक जना गरी ३ सय २७ जना केन्द्राध्यक्ष, ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष र ४ हजार ३ सय ४५ जना निरीक्षक परिचालन गरिएको छ।, रूपन्देहीका शिक्षा समन्वय इकाई प्रमुख दीपेन्द्र ढकालले जिल्लाका सबै केन्द्रहरूमा उत्तरपुस्तिका पुगिसकेको र प्रश्नपत्र समेत सम्बन्धित केन्द्रको कार्यक्षेत्रभित्र प्रहरी चौकीमा पठाइसकिएको जानकारी दिए।, ढकालले सबै परीक्षार्थीलाई नआत्तिकन सहभागी हुन र मर्यादित रूपमा परीक्षा दिन आग्रह गरे।,
,
लुम्बिनी प्रदेशबाट ८६ हजार ६ सय २४ जना परीक्षार्थी एसइईमा सहभागी हुँदै
|
राजेश घिमिरे सुवास गुरुङको परिवार धादिङबाट बसाइ सरेर चितवनको मेघौली आएको छ दशक बढी भयो।, ३६ वर्षे उनी अहिले मेघौलीमा रहेको बाराही जंगल लजको अपरेसन म्यानेजर हुन्। यहाँ लामो समय रहँदा उनले घर नजिकैबाट बग्ने नारायणीमा डल्फिन नाचेका कथा धेरै सुने। तर वर्षौंसम्म देख्न पाएनन्।, पाँच वर्षअघि नवलपरासीको अमलटारीदेखि त्रिवेणीसम्म हिउँदे चराको गणना गर्न जाँदा यो नदीमा पहिलोपटक डल्फिन देखेका थिए।, बिहीबार त अचम्मै भयो।, गोलाघाटभन्दा दुई किलोमिटर उत्तरतिर पर्ने आफ्नै गाउँ नजिक नारायणी नदीमा डल्फिन देखिएको खबर उनको कानमा पर्यो। उनले यो कुरा लजमा रहेका दस विदेशी र पाँच जना नेपाली पाहुनालाई सुनाए। उनीहरूलाई पनि लिएर डल्फिन हेर्न पुगे।, भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ को सीमा क्षेत्रमा पर्ने मेघौलीको न्युरेचोक नजिकैको स्यालबास पोस्टअगाडि नारायणी नदीमा पौडिरहेको डल्फिन हेर्न बिहीबार दिनभर मान्छेको भीड लागेको थियो।, 'सुनेको तर कहिल्यै नदेखेको कुरा आफ्नै ठाउँमा प्रत्यक्ष देख्न पाउँदा मेरो खुसीको सीमा रहेन। स्वदेशी, विदेशी पाहुनाहरू पनि निकै खुसी हुनुभयो,' गुरुङले भने।, मेघौली क्षेत्रका संरक्षणकर्मी मनेषकुमार लिम्बुका अनुसार मंगलबार नवलपरासीको अमलटारी क्षेत्र, बुधबार राप्ती र बिहीबार दिनभर नारायणीको दोभान गोलाघाट क्षेत्रमा देखेको स्यालबास क्षेत्रमा डल्फिन देखिएको स्थानीयले बताएका छन्।, डल्फिन हेर्न यहाँ संरक्षणकर्मी, नेचर गाइड, पर्यटक र स्थानीयबासीको भीड लागेको लिम्बुले जानकारी दिए।, यो ठाउँ गोलाघाटबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्छ। गत पुसमा चितवन निकुञ्जको त्रिवेणी क्षेत्रमा एउटा डल्फिन देखिएको थियो।, २०२९ सालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जको रेकी गर्न आएका निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवले निकुञ्ज स्थापना भएयता गोलाघाटको उत्तरतर्फ डल्फिन कहिल्यै नदेखेको बताए।, २०४२, २०४५, २०५१ सालमा पाँच वर्षभन्दा लामो समय चितवन निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका यादव निकुञ्जको कसरा, त्रिवेणी, तमासपुर, खोरियामुहान लगायत ठाउँमा डल्फिन देखिए पनि गोलाघाटको उत्तरतर्फ यति पर कहिल्यै नदेखिएको बताउँछन्।, 'गोलाघाटभन्दा दक्षिणतर्फको खोरियामुहान क्षेत्रमा आठ वर्षअघि मैले डल्फिन देखेको थिएँ। त्यसभन्दा उत्तरतर्फ नारायणीमा म यहाँ छँदा देखिएको थाहा छैन,' उनले भने, 'यो त अचम्मै भयो। असाध्यै खुसीको कुरो सुनियो।', यादवले राप्ती नदीमा भने कसरासम्मै डल्फिन देखेका थिए। , पहिले पहिले डल्फिनहरू कालीगण्डकी र त्रिशुलीको संगमस्थल देवघाट क्षेत्रसम्म पनि देखेको पुराना मान्छेहरूबाट उनले सुनेका थिए।, 'पछि मान्छेको चहलपहल बढ्दै गयो, प्रदूषण बढ्यो, माछा मान्छेले खाइदिएपछि आहारा घट्न थाल्यो। डल्फिनहरू पनि ओरालो लाग्न थाले,' यादवले भने, 'अहिले फेरि उपल्लो क्षेत्रमा देखिन थाल्नु त सकारात्मक सन्देश हो।', चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नारायणी नदीको स्यालबास क्षेत्रनजिक डल्फिन देखिएको पुष्टि गरे।, उनका अनुसार यो डल्फिन भारतको गंगा नदीका सहायक नदीहरूमा पाइने ग्यान्जेटिक जातको हो। यो विश्वमै लोपोन्मुख मानिएको डल्फिनको एक जात हो। नेपालका साथै भारत र बंगलादेशमा मात्रै यो डल्फिन देखिन्छ।, यसको कुल संख्या बढीमा ३ हजार ५ सय रहेको मानिन्छ। नेपालमा यो जातका डल्फिन एक सयभन्दा कम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको डल्फिन संरक्षण कार्ययोजनामा उल्लेख छ।, आचार्यले सन् २०१० मा गोलाघाट आसपासमा डल्फिन रेकर्ड भए पनि यति माथि आधिकारिक रेकर्ड नभएको बताए। यो डल्फिन आहारा खोज्दै उपल्लो क्षेत्रमा आइपुगेको हुनसक्ने उनले बताए।, 'यिनीहरू नदीमा पानीको बहाव बढ्दै जाँदा उपल्लो क्षेत्रमा बसाइ सर्छन्। अहिले पानीको बहाव बढ्न थालेर माथि आएको हो। आहार खोज्दै आएको पनि हुन सक्छ। जे सुकै कारणले आएको होस् यो खुसीको कुरो हो,' प्रमुख संरक्षण अधिकृत आचार्यले सेतोपाटीसँग भने, 'जोडी आएको भए त अझै राम्रो हुन्थ्यो। प्रजननको सम्भावना हुन्थ्यो। अहिलेसम्म एउटा मात्रै देखिएको जानकारी छ।', आचार्यले गण्डक ब्यारेजको संरचनाका कारण नेपालबाट बगेर गएका डल्फिन, गोहीहरूलाई फर्किएर आउन समस्या हुने गरेको बताए।, गण्डक ब्यारेजमा उपयुक्त संरचना नबनाइँदा नेपालका धेरै दुर्लभ प्राणी स्थायी रूपमै भरत पुग्ने गरेको उनले बताए।, 'पहिलो कुरो त हाम्रा नदीहरूमा प्रदूषण बढ्दो छ। मानव चहलपहल बढिरहेको छ, माछा मार्ने क्रम नियन्त्रण भएको छैन,' उनले भने, 'यति हुँदाहुँदै पनि केही डल्फिन अझै नारायणीमा देखिन्छन्। ब्यारेजको संरचना यी प्राणी पुनः नेपाल फर्कन सक्ने खालका बनाउन सकियो भने अझ राम्रो हुन्थ्यो।', कोसी र कर्णाली नदीमा नारायणीमा भन्दा बढी डल्फिन देखिन्छन्।, संरक्षणकर्मी हठन चौधरीले कोसी नदीमा एकै दिनमा २० वटासम्म डल्फिन देखिएको बताए।, '१०–१५ वषअघि त मैले कोसी नदी आसपासका बजारमा माछा भनेर डल्फिन बेचेको पनि देखेको थिएँ। पछि नेपाली सेनालाई भनेर यसमा कडाइ गरियो,' चौधरीले भने, 'कोसीमा अहिले पनि डल्फिन राम्रै देखिन्छ।', दस वर्षअघितिर कोसीको बाँध फुट्दा धेरै डल्फिनहरू माथिल्लो क्षेत्रमा देखिएको उनले बताए।, 'त्यसअघि डल्फिनको संख्या धेरै थियो, बाँध फुट्दा धेरै बगेर गए,' उनले भने, 'संरक्षणमा चासो नपुगेकाले होला सबैतिर घट्दो क्रममा छ।', चौधरीले कर्णाली नदीमा भने एक दिनमा दुईवटासम्म डल्फिन देखेको बताए।, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले कर्णालीको सहायक नदी गेरुवा र कैलालीको मोहना नदीमा पनि डल्फिन देखिने गरेको बताए।, 'डल्फिन संरक्षणकै लागि भनेर छुट्टै विशेष योजना छैन। निकुञ्जको क्षेत्रभित्र हामीले संरक्षण गर्छौं। म विभागमा छँदा मेरो पनि सहभागितामा संरक्षणका लागि कार्ययोजना बनाइएको थियो,' उनले भने, 'विश्वका लापोन्मुख प्राणीमा सूचीकृत भएकाले संरक्षणका लागि विशेष कार्यक्रम भए अझ राम्रो हुन्थ्यो।',
,
जब वर्षौंपछि नारायणीमा झुल्कियो डल्फिन
|
सेतोपाटी संवाददाता महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ। दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।, पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो। उनी घटनापछि फरार थिए। थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो। , थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।, पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ। ,रासस, ,
महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ
|
नवीनबाबु गुरूङ शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ। परीक्षा आज बिहान ८ बजेबाट सुरू भएको हो। , विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो।, यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। , जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ। , प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। , एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।, हेर्नुहोस् तस्बिरहरू,
दुई वर्षपछि भौतिक उपस्थितिमै एसईई (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । , विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो।, यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। , जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ। , प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। , एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।, राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा सञ्चालनका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ। , सरकारले यस वर्षदेखि एसइई परीक्षा सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएको छ। बोर्डको समन्वयमा प्रदेशले परीक्षा सञ्चालन गर्नेछ। , बोर्डका अनुसार परीक्षा सञ्चालनको जिम्मा प्रदेशले पाए पनि प्रश्नपत्र निर्माण र नतिजा प्रकाशन भने बोर्डबाटै हुनेछ। प्रदेशले उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, उत्तरपुस्तिका संपरीक्षण गर्नेछ।, बोर्डले यस वर्षदेखि १४ वर्ष उमेर पुगेकाले मात्र एसइई परीक्षा दिन पाउने व्यवस्था पनि हटाएको छ। अब जतिसुकै उमेरकाले, परीक्षा दिन पाउनेछन्। यसअघि १४ वर्ष उमेर पुगेकाले मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो।, एसइई परीक्षाको नतिजा आगामी साउनअघि नै प्रकाशित गर्ने बोर्डको योजना छ।,
एसईई आजबाट सुरू, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै
|
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। , गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए।, भण्डारीका अनुसार पार्कमा बिहान मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि आफूलाई खबर गरेका थिए।, मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा छ।, ‘जानकारी आउनासाथ आफू घटनास्थल पुगेर हेर्दा मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक गल लगाएर उखेलेर फालिएको अवस्थामा थियो,’ उनले सेतोपाटीसँग भने।, भण्डारीका अनुसार पार्कमा रहेका अन्य संरचना भने यथावत छन्। ‘त्यहाँ रहेका गमला, बत्ती र सँगै रहेको बुद्धको शालिक केही नगरिनु र यी दुई शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य हो’, भण्डारीले भने, ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सायद चाडै अपराधि पत्ता लाग्छ होला।’,
२० महिना अगाडि करिब २० बिगाहा क्षेत्रफल समेटर पार्क निर्माण गरिएको अध्यक्ष भण्डारीले बताए। ,
हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड
|
राजु अधिकारी सहरको कथा– विराटनगर, विराटनगर कथा शृंखलाको दोस्रो अंक त्यहीँबाट सुरू गरौं, जहाँ मैले ,अघिल्लो अंक, अन्त्य गरेको थिएँ — राजा विराट ऐतिहासिक पात्र हुन् कि होइनन्?, यो प्रश्नको जवाफ भेडियारीको जमिनमुनि दफन छ।, विराटनगरको ट्राफिक चोकबाट १० किलोमिटर दक्षिणमा पर्ने भेडियारी बस्तीमा एउटा फराक चउर र चउरको बीचमा एउटा अग्लो ढिस्को छ भन्ने मैले अघिल्लो अंकमै उल्लेख गरिसकेँ। स्थानीयहरू यो ढिस्कोमुनि महाभारतकालीन विराट राजाको दरबार छ र चउरमुनि तत्कालीन राज्यका अवशेषहरू छन् भनी विश्वास गर्छन्। तिनै विराट राजाका नाउँमा विराटनगर सहर नामाकरण भएको कथा पनि सुनाउँछन्।, भेडियारीमा भनिने–सुनिने यी कथाको ऐतिहासिकता अध्ययन गर्न पुरातत्वविद तारानन्द मिश्रले आजभन्दा ५० वर्षअघि नै यहाँका विभिन्न ठाउँ उत्खनन गरेका थिए। अर्का पुरातत्वविद भाष्कर ज्ञवाली र उनको टिम अहिले पनि उत्खनन गर्दै छन्।, दुवै उत्खननमा फेला परेका माटो, ढुंगा र काठका सामग्री तथा प्राचीन सिक्का र मूर्तिहरूबाट एउटा कुरा प्रमाणित भएको छ – भेडियारी क्षेत्रमा आजभन्दा दुई हजारदेखि बाइस सय वर्षअगाडि नै मानव बसोबास थियो। बसोबासको ढाँचा हेर्दा त्यो सानोतिनो गाउँ होइन, त्यति बेलाको व्यवस्थित सहरकै रूपमा विकसित थियो।, यी दुवै अनुसन्धानबाट यहाँ कुनै बेला विराट राजाको शासन थियो र उनी महाभारतकालीन राजा हुन् भन्ने चाहिँ पुष्टि हुँदैन।, पहिलो कुरा त, महाभारत आफैंमा इतिहास हो कि कल्पित ग्रन्थ भन्ने यकिन छैन। त्यसैले विराट राजा पनि ऐतिहासिक पात्र हुन् भनेर प्रमाणित गर्ने आधार पाइँदैन।, अर्को कुरा, महाभारत इतिहास नै भए पनि त्यो कम्तीमा तीन हजारदेखि पाँच हजार वर्षभन्दा पुरानो घटना हो। त्यसैले विराटनगरका विराट राजालाई महाभारतकालीन मान्न सकिँदैन। किनभने अहिलेसम्मको अनुसन्धानबाट भेडियारीको इतिहास त्यति पुरानो समयसम्म तन्किएको छैन।, त्यसो भए विराटनगरको स्मृतिमा बाँचेका यी विराट राजा को हुन् त?, किम्बदन्ती त्यसै बन्दैन। इतिहासको कुनै घटनाक्रममा फूलबट्टा भर्दै जाँदा त्यसले किम्बदन्तीको रूप लिन्छ। विराट राजाको किम्बदन्तीका पछाडि पनि दुईवटा अवस्था हुनसक्ने हामी आकलन गर्न सक्छौं।, पहिलो, आजभन्दा बाइस सय वर्षअगाडि यस क्षेत्रमा जुन राजाले शासन गर्थे, तिनको नाम पनि विराट नै हुनसक्छ। महाभारतकालीन विराट राजासँग उनको गोरू बेचेको साइनोधरि नहोला तर समयक्रममा स्मृति धमिलिँदै जाँदा कुनै कालखण्डका मानिसले यहाँ शासन गर्ने विराट राजा महाभारतकालीन नै हुन् भनेर भनेका हुन सक्छन्। यही भनाइ त्यसपछिका पुस्तामा सर्दै आएको हुनसक्छ।, दोस्रो, आजभन्दा बाइस सय वर्षअगाडि यहाँ कुनै अर्कै नामका राजाको शासन थियो होला। उनी शूरवीर हुँदा हुन्। पराक्रमी हुँदा हुन्। जनतामाझ निकै लोकप्रिय हुँदा हुन्। तिनै राजाको व्यक्तित्वलाई दैवीकरण गर्ने क्रममा महाभारतका विराट राजासँग दाँजेर अलौकिक पात्र बनाइएको हो कि! के बेर!, ती राजा को थिए भनेर थाहा पाउन चाहिँ इतिहासको पत्र उधिन्नै पर्नेछ। भेडियारीको जमिनमुनि दफन अवशेषहरू खोतल्नै पर्नेछ।, विराटनगरको भेडियारी बस्ती। तस्बिर: राजु अधिकारी/सेतोपाटी, यसरी इतिहासकार र पुरातत्वविदहरूले विराट राजा थिए कि थिएनन् वा भेडियारीको ढिस्कोमुनि उनको दरबार दफन छ कि छैन भनेर वैज्ञानिक रूपले प्रमाणित नगरे पनि विराटनगरवासीलाई त्योसँग कुनै सरोकार छैन। उनीहरू पुरातात्विक रूपले प्रमाणित यहाँको प्राचीन बसोबासबारे उतिसाह्रो रूचि देखाउँदैनन् तर राजा विराट र उनको दरबारप्रति स्थानीयको अगाध मोह र अगाध विश्वास छ। यो मोह र विश्वासको कारण मान्छेको स्वाभाविक बानी हुनसक्छ जसले ऊ आफ्नो जन्मस्थल वा आफू बस्ने सहरप्रति गर्व गर्न अनेक बहाना खोजिरहन्छ।, स्थानीयको यही विश्वासले नै होला, प्रदेश सरकारदेखि विराटनगर महानगरपालिकाको विकास योजनामा समेत ‘विराट राजाको दरबार जोगाउने’ योजनाले महत्व पाउँछ। दरबार संरक्षणको कुरा हरेक पाँच वर्षमा चुनावी मुद्दा बन्छ। तर यति नै महत्व दुई हजार वर्ष पुरानो प्राचीन बसोबास, त्यतिखेरका सम्पदा स्थलहरू र तिनको संरक्षणले पाइरहेको छैन।, इतिहासकारहरूले प्रमाणित गरेको तथ्यभन्दा पर जनसाधारणको मौखिक कथामा पनि इतिहासको युग बाँचिरहन्छ। जसरी विराटनगरमा राजा विराट र उनको युग आजसम्म ज्यूँदै छ, त्यो युग अझै लामो समय जनमनमा ज्यूँदै रहिरहनेछ।, यो स्टोरीमा हामी विराट राजासँग जोडिएका तिनै कथा–किम्बदन्तीबारे चर्चा गर्दैछौं।, महाभारतकालमा युद्ध लड्नु र जुवा खेल्नुलाई क्षत्रीय धर्म मानिन्थ्यो। कसैले युद्धको हाँक दियो वा जुवाको खालमा बस्न लल्कार्यो भने त्यसलाई अस्वीकार गरेर हिँड्ने छुट क्षत्रीयहरूलाई हुँदैनथ्यो। त्यस्तो हाँक पन्छाउनेलाई कमजोर मानिन्थ्यो, कायर मानिन्थ्यो।, महाभारत कथाअनुसार पाण्डव पक्षका सबभन्दा जेठा दाजु युधिष्ठिर आफैंमा जुवाप्रेमी थिए। उनको जुवामोह महाभारतमा बारम्बार प्रकट भएको छ। हस्तिनापुर राजसभामा युवराज दुर्योधनसहित कौरव पक्षसँग जुवा खेल्दा युधिष्ठिरले आफ्नो सर्वस्व हार्नुपर्यो। कौरवहरू सधैं पाण्डवहरूलाई राजपाठबाट बेदखल गर्न मौका ताकिरहन्थे। यही क्रममा उनीहरूले जुवा हारेका पाण्डवहरूलाई बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवासमा पठाए।, गुप्तवास बसेका बेला पाण्डवहरूको पहिचान भयो वा उनीहरू लुकेको ठाउँ पत्ता लाग्यो भने त्यही क्षणबाट पुनः बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवास बस्नुपर्ने सर्त थियो।, वचनका पक्का युधिष्ठिरले आफ्ना चार भाइ भीम, अर्जुन, नकुल, सहदेव र पत्नी द्रौपदीसहित बाह्र वर्षको वनवास त पूरा गरे तर एक वर्षको गुप्तवास कहाँ बस्ने होला भन्ने अन्यौल थियो। उनीहरू यस्तो ठाउँमा गएर बस्न चाहन्थे जहाँ कौरवहरूको छायाँ पनि नपुगोस्।, वर्षदिनसम्म कौरवहरूबाट जोगिएर बस्ने ठाउँको खोजीमा उनीहरू विराट राजाको ‘मत्स्य देश’ पुगे। वरिपरि घना जंगलले ढाकिएको र हस्तिनापुरबाट निकै टाढाको यो राज्यमा कौरव र उनीहरूका गुप्तचरको नजर पर्दैन भन्ने निर्क्यौल गर्दै पाण्डवहरूले भेष बदलेर त्यहीँ आफ्नो गुप्तवास सुरू गरे।, यस क्रममा युधिष्ठिरले ‘कंक’ नाम धारण गरेका थिए। कंकका रूपमा उनी राजा विराटसँग जुवा खेल्ने र राज्य सञ्चालनमा सरसल्लाह दिने काम गर्थे। गदाधारी भीमको छद्मनाम बल्लभ थियो। उनी विराट राजाको सेनालाई कुस्ती सिकाउँथे र भोजन बनाउने काममा पनि खटिन्थे। गाण्डिवधारी अर्जुन वृहन्नलाका रूपमा राजा विराटकी छोरी उत्तरालाई नृत्यकला सिकाउँथे।, त्यस्तै, नकुल ग्रन्थिकका रूपमा दरबारका घोडाहरूको रेखदेख गर्थे भने अरिष्टनेमीको रूप धारण गरेका सहदेव दरबारका गाईगोठको जिम्मेवारी सम्हाल्थे।, पाण्डवपत्नी द्रौपदी सैरन्द्री बनेकी थिइन्। उनी महारानी सुदेक्षणाको शृंगारपटार पनि गर्थिन्।, यसरी पाण्डवहरूले आफ्नो एकवर्षे गुप्तवास काट्न रोजेको विराट राज्य नै अहिलेको विराटनगर हो र भेडियारी त्यसको राजधानी हो भन्ने यहाँका स्थानीयको जनविश्वास छ।, यो विश्वास यति गहिरो छ, उनीहरू इतिहासको प्रमाणित तथ्यलाई बरू त्यति महत्व दिँदैनन्, जति आफ्नो विश्वासलाई दिन्छन्। त्यसैले महाभारत कथालाई आफूसँग जोड्न भेडियारीमा अनेकौं किम्बदन्ती प्रचलित छन्। ती किम्बदन्तीले विराट राजाको विराट स्वरूप निर्माण गरेको छ।, विराट राजाको दरबार संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादवले सुनाएको कथाअनुसार त्यो बेला मत्स्य देश उत्तरमा धरानको विजयपुरदेखि दक्षिणमा गंगा नदीको तटसम्म फैलिएको थियो। पाण्डवहरू भेष बदलेर विराट राजाको दरबारमा बस्दा उनीहरूले प्रयोग गरेका विभिन्न पोखरी, इनार र पूजास्थलका अवशेष अहिले पनि भेडियारी क्षेत्रमा बाँकी रहेको यादव बताउँछन्।, पुरातत्व विभागले उत्खनन गरिरहेको ढिस्कोलाई राजा विराटको दरबार क्षेत्र भनिएजस्तै उत्खननस्थलबाट करिब चार सय मिटर उत्तरपश्चिममा रहेको ग्राम देउताको थानलाई विराट राजा र पाण्डवहरूको पूजास्थल मानिन्छ। त्यहाँबाट पनि अझै उत्तरतिर नृत्यशाला रहेको विश्वास गरिन्छ। अर्जुनले राजकुमारी उत्तरालाई नृत्यकला सिकाउने ठाउँ यही हो भन्ने किम्बदन्ती छ।, कमलकिशोर यादवले मलाई भेडियारी क्षेत्रको विस्तृत नक्सा बनाइदिएका थिए जसमा उनले ‘महाभारतकालीन’ पोखरी, इनार र मन्दिर कुन कुन ठाउँमा छन् भनेर चिनो लगाइदिए। म त्यही नक्साका आधारमा पोखरी, इनार र मन्दिर खोज्न निस्केँ। यसको निम्ति मलाई भेडियारी क्षेत्र बुझेका स्थानीय व्यक्तिको खाँचो थियो जसले मलाई ती स्थलहरू कहाँ कहाँ छन् देखाइदिन सक्थे। मैले केही परिचित व्यक्तिहरूसँग सहयोग मागेँ। एक स्थानीय किशोर मेरो लोकल गाइड बन्न तयार भए। उनको एउटा सर्त थियो, ‘तपाईंले मेरो नाम चाहिँ लेख्न पाउनुहुन्न। मेरो फोटो पनि कतै राख्न पाउनुहुन्न।’, ‘किन?’ मैले सोधेँ।, ‘भो, लाज लाग्छ,’ उनले छोटो उत्तर दिए।, म सर्त मान्न राजी भएँ।, त्यसपछि सुरू भयो हाम्रो भेडियारी सम्पदा यात्रा। तपाईंहरू पनि यो यात्रामा म सँगसँगै आउनुहोस् है!, भेडियारी क्षेत्रको नक्सा बनाउँदै कमलकिशोर यादव। तस्बिर: राजु अधिकारी/सेतोपाटी, कमलकिशोर यादवले बनाइदिएको भेडियारीको नक्सा।, भेडियारी क्षेत्रमा करिब एक दर्जन साना–ठूला जलाशय छन्। तीमध्ये धेरै त अहिले संरक्षण अभावमा झाडीले झ्याम्म छोपिएका छन्। कतिपय पोखरीमा एक थोपा पानी छैन भने कतिपय पोखरी छिपछिपे दलदलमा परिणत भएका छन्। आफूलाई विराट राजाको सहर भनेर गर्व गर्ने विराटनगर महानगर र प्रदेश सरकारले दुई हजार वर्ष पुरानो कथा–किम्बदन्ती जोडिएका यी सम्पदा स्थलहरू संरक्षण गर्न एक सुका लगानी गरेको छैन। यहाँ बाहिरी सतहमा नदेखिएको विराट राजाको दरबार संरक्षण गर्ने कुरा चुनावी मुद्दा बन्छ तर भौतिक रूपले नै उपस्थित पोखरीहरूको संरक्षणमा स्थानीय र प्रदेश सरकारको ध्यान जाँदैन।, पाँच वर्षअघि निर्वाचित स्थानीय सरकारले यी सम्पदा संरक्षण गर्न केही गरेन, अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरूको आँखा खुल्छ कि!, विराटनगरको ऐतिहासिक अभिलेख राख्ने क्रममा यी साना–ठूला जलाशयहरू यस कारण पनि महत्वपूर्ण छन्, किनभने यी जलाशयका आ–आफ्नै कथा यहाँका जनताको स्मरणमा बाँचेका छन्। यी सम्पदा मासिनु भनेको जनताको स्मृति मासिनु हो। आउने पुस्ताले सुन्ने र सुनाउने कथाहरू मासिनु हो।, भेडियारीको यो सम्पदा यात्रामा म ती कथा तपाईंहरूलाई बीच्चबीच्चमा सुनाउँदै गरूँला है। बोर हुन दिन्नँ, मेरो ग्यारेन्टी!, यात्राको सुरूआतमै एउटा रमाइलो घटना भयो।, मेरो हातमा कमलकिशोर यादवले कोरिदिएको नक्सा थियो। उनले उत्खननस्थल नजिकै ‘धरवा पोखरी’ छ भनी चिनो लगाइदिएका थिए। तर कति टाढा पर्छ लेखेका थिएनन्।, मैले बाइक स्टार्ट गरेँ। बाटो देखाउन आएका स्थानीय गाइडले भन्दै थिए, ‘बाइकमा जानुपर्दैन, तीँ नजिकै हो।’, मैले जान्ने पल्टेर ‘जाऊँ जाउँ बाइकमै जाऊँ’ भन्दै उनलाई पछाडि राखेर एक्सिलेटर बटारेँ।, बटारेको एक्सिलेटर छाडेकै थिइनँ, पछाडि बसेका मेरा लोकल गाइडले ‘रोक्नुस् रोक्नुस्’ भनिहाले।, ‘के भो?’ मैले ब्रेक मार्दा मार्दै सोधेँ।, उनले देब्रेतिर हातले इसारा गर्दै भने, ‘उ यही हो धरवा पोखरी।’, धरवा पोखरी। तस्बिर: राजु अधिकारी/सेतोपाटी, उत्खननस्थलबाट जम्मा ४० मिटर दक्षिणमा पर्दो रहेछ यो पोखरी। यसो लम्कियो भने दस पाइला पनि नलाग्ने। दस पाइलाका लागि बलजफ्ती बाइक कुदाएकोमा आफैंलाई लाज लाग्यो।, म बाइकबाट ओर्लेर उनले भनेको ठाउँतिर अघि बढेँ। दायाँबायाँ हेरेँ तर पोखरीजस्तो संरचना कहीँ कतै देखिनँ। एउटा फराकिलो खाल्डोमा हरियो झाडी झ्यांगिएको थियो। त्यो झाडीको बीचबीचमा छिपछिपे पानी हुँदो हो तर बाहिरबाट हेर्दा त्यहाँ पानी छ कि छैन यसै भन्न सकिन्थेन।, मैले अचम्म मान्दै सोधेँ, ‘साँच्चै यही हो?’, उनले भने, ‘खेल्दै हुर्केको ठाउँ हो, झुक्किनु के छ र!’, साढे १८ कठ्ठा क्षेत्रफलमा फैलिएको धरवा पोखरीलाई विराट राजाको धरोहर मानिन्छ। यसलाई स्थानीयहरू धरोहर पोखरी पनि भन्छन्। विराट राजाको धरोहर यस्तरी मासेको देखेर मलाई उदेक लाग्यो।, यो पोखरीसँग जोडिएको किम्बदन्ती मलाई कमलकिशोर यादवले सुनाएका थिए। विराट राज्यका बासिन्दालाई जब घरमा पाहुनाहरू आउँदा अतिरिक्त भाँडाबर्तन चाहिन्थ्यो, उनीहरू यही पोखरीनजिक आउँथे र आफूलाई चाहिएका भाँडाबर्तन दरबारसँग माग गर्थे। पाहुना विदा भएपछि भाँडाबर्तन दरबारलाई फिर्ता गर्नुपर्ने नियम थियो।, राजदरबारमा प्रयोग हुने भाँडाबर्तन बहुमूल्य हुन्थे। त्यस्ता बहुमूल्य सामान आफ्नो आवश्यकताअनुसार लैजाँदै, चलाउँदै गर्न थालेपछि मान्छेहरू क्रमशः लोभिँदै गए। अरू बेला काम सकिनेबित्तिकै ती सामान फिर्ता दिने सर्वसाधारणले बिस्तारै फिर्ता गर्न छाड्दै गए। ज–जसले लगे, उनीहरूले दरबारका भाँडाबर्तन आफूसँगै राख्न थाले।, यसरी दरबारका भाँडाबर्तन जनताका घरघरमा थुप्रिन थालेपछि राजपरिवारलाई नै आफ्नो भान्सा चलाउन समस्या हुँदै गयो। अन्ततः दरबारको धरोहर रित्तियो।, यो घटनापछि जनताले दरबारबाट भाँडाबर्तन पाउन छाडेको कथा कमलकिशोर मात्र होइन, भेडियारीका अन्य स्थानीय पनि स्वादले सुनाउँछन्।, ‘अब त कसैले भाँडाबर्तन पैँचो लिनुपर्दैन क्यारे!’ मैले मेरा लोकल गाइडलाई भनेँ, ‘पोखरी किन सग्लो राख्नुपर्यो, होइन?’, उनी फिस्स हाँसे।, सायद उनको हाँसो पाँच वर्षदेखि पोखरी संरक्षण गर्न माखो नमारेका स्थानीय जनप्रतिनिधिहरूतर्फ लक्षित थियो!, मैले फेरि आफ्नो नक्सा पल्टाएँ। धरवा पोखरीबाट दक्षिण-पश्चिमतर्फ अगाडि बढेर दाहिने मोडिएपछि एउटा प्राचीन इनार आउँछ भनेर कमलकिशोरले चिनो लगाइदिएका रहेछन्। त्यसलाई ‘घेघा इनार’ भनिन्छ।, हामी घेघा इनारतिर बढ्यौं।, यसपालि चाहिँ मोटरसाइकलमै जाऊँ भनेर मेरा गाइडले सुझाए।, ‘अलि परै छ दाइ, टाइम लाग्छ,’ उनले भने, ‘फेरि मोटरसाइकल लिन किन फर्केर आइरहनू।’, घेघा इनार। तस्बिर: राजु अधिकारी/सेतोपाटी, नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा पर्ने यो इनारलाई लिएर पनि एउटा किम्बदन्ती प्रचलित छ।, विराट राजाको पालामा गलगाँड आउनु राज्यको निम्ति ठूलो स्वास्थ्य समस्या बनेको थियो। गलगाँड निको पार्ने उपचार विधि उनीहरूले थाहा पाइसकेका थिएनन्।, एकचोटि कुनै अर्को राज्यबाट घेघा नामका एक सिद्धऋषि विराट राज्य आइपुगेछन्। ऋषिको स्वागत–सत्कारमा राजा विराटले कुनै कसर छाडेनन्। उनी जति दिन बस्न चाहे, त्यति दिनसम्मै उच्च मानमनितोका साथ दरबारभित्रै विशेष अतिथिकक्षमा राख्ने व्यवस्था मिलाइयो।, अतिथिसत्कारबाट प्रसन्न ऋषिले विदावारी हुने बेला राजा विराटसँग भने, ‘म तिम्रो सत्कारबाट प्रसन्न भएँ राजन, यसको बदलामा तिमी मबाट के चाहन्छौ?’, सिद्धऋषिले यस्तो भन्नेबित्तिकै राजा विराटले हात जोडेर भने, ‘ईश्वरको कृपाले शक्ति र समृद्धिमा हामी कोहीभन्दा कम छैनौं। तर हाम्रो एउटै समस्या छ– हामीकहाँ बर्सेनि थुप्रै जनता गलगाँडको समस्याले पीडित हुन्छन्। यसले सिंगो राज्यको स्वास्थ्यमा बाधा पुगेको छ। हजुर हामीबाट प्रसन्न हुनुहुन्छ भने यो रोग निदानको उपाय बताइदिनुपर्यो।’, राजाको यस्तो बिन्ती सुनेपछि घेघा ऋषिले लगभग पाँच मिनेट आँखा चिम्ले। त्यसपछि हावामा हात लहराउँदै भने, ‘तिम्रो राज्यमा एउटा अत्यन्तै महत्वपूर्ण इनार छ। त्यो इनारमा जुन पानी रसाउँछ, त्यो सोझै गंगा नदीबाट पृथ्वीको गर्भगृह हुँदै बग्दै आएको पवित्र पानी हो। जो व्यक्ति त्यो इनारको पानीले नुहाउला, उसको शरीरबाट गलगाँड निको हुनेछ। उसलाई अरू कुनै रोगव्याधिले पनि सताउने छैन।’, ऋषिले यति भनेपछि विराट राज्यमा ज–जसलाई गलगाँड थियो, उनीहरू त्यही इनारमा नुहाउन गए। नभन्दै सबैको गलगाँड निको भयो। उनीहरूको शरीरमा भएका अरू घाउखटिरा पनि बिलाए। उनीहरू पहिलेभन्दा स्वस्थ र फुर्तिला भए।, त्यसउप्रान्त उनै घेघा ऋषिको सम्झनामा यो इनारको नामै घेघा इनार रहन गयो। वरपर अरू राज्यबाट पनि मानिसहरू यहाँ नुहाउन आउन थाले। अहिले पनि यो इनारको पानीले नुहाए रोगव्याधि लाग्दैन भन्ने जनविश्वास छ। यही विश्वासका कारण यहाँ पूजापाठ गर्ने चलन पनि छ।, अचेल आयोडिनयुक्त नुन खाने चलनले गलगाँड रोग झन्डैझन्डै लोप भइसक्यो। सायद त्यसैले, इनार संरक्षण गर्न कसैको ध्यान पुगेको छैन। इनार झट्ट हेर्दा झाडीले भरिएको खाल्डोजस्तो देखिन्छ। मान्छेहरू त्यही खाल्डोमा आफ्नो पुर्खाले साँचेको स्मृति सम्झेर पूजा गर्छन् र सन्तोक मान्छन्।, के यो इनार संरक्षण गर्न विराटनगरमा फेरि गलगाँडको महामारी नै आउनुपर्ने हो र!, सम्पदा विनाशको नमीठो अनुभव लिँदै मैले बाइक स्टार्ट गरेँ। हामी फेरि अघि आएकै बाटो फर्कियौं र धरवा पोखरी नाघेर पूर्वतिर बढ्यौं।, भेडियारी उत्खननस्थलबाट करिब एक किलोमिटर पूर्व एउटा अर्को पोखरी छ जसलाई ‘किचकवध पोखरी’ भनिन्छ। गुप्तवास बस्ने क्रममा भीमले किचकको वध गरेर उनको शव यही पोखरीमा अन्त्येष्टि गरेको भनाइ छ। किचकको शव अन्त्येष्टि गरेकैले यो पोखरीको नाउँ किचकवध रहन गएको स्थानीय विश्वास गर्छन्।, विराटनगरको भेडियारीमा रहेको किचकवध पोखरी। महाभारतमा भीमसेनले किचकलाई मारेर यही पोखरीमा अन्त्येष्टि गरेको जनविश्वास छ। तस्बिर: राजु अधिकारी/सेतोपाटी, तीन बिघा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो पोखरी कुनै जमानामा लबालब पानी भरिँदा साह्रै सुन्दर देखिन्थ्यो। अहिले त यसको सुन्दरता पनि स्थानीयको स्मरणमा मात्र बाँकी छ। घाँसैघासले टम्म ढाकिएको किचकवध पोखरीमा हिजोआज नाम मात्रको छिपछिपे पानी देखिन्छ।, ‘के भीमले यही पोखरीमा किचकवध गरे होलान्?’, मैले नाक खुम्च्याएको देखेर मेरा गाइडले हाँसो थाम्न सकेनन्, भने, ‘अहिले भइदिएका भए किचकको शव अन्त्येष्टि गर्न पनि मिल्दैन रहेछ, हगि दाइ?’, खुसीको कुरा चाहिँ, यसअघि हेरेको धरवा पोखरी र घेघा इनारभन्दा किचकवध पोखरी मैले ठिकठाकै पाएँ। कम्तिमा यहाँ छिपछिपे भए पनि ठाउँ–ठाउँमा पानी देखिन्छ। पानीको सतहमा घामको किरण टिलिक्क टल्कन्छ। स्थानीय सरकारले अलिकति ध्यान दिने हो भने यसलाई पुरानै स्वरूपमा ब्युँताउन कुनै गाह्रो पर्ने छैन।, पोखरीसँग जोडिएको महाभारतको कथा ज्यूँदो राख्न पनि संरक्षण जरूरी भएको स्थानीय बताउँछन्।, महाभारत कथाअनुसार किचक विराट राजाका सालो थिए। एकचोटि उनी आफ्नी दिदी महारानी सुदेक्षणालाई भेट्न आएका बेला उनको नजर महारानीको शृंगारपटार गर्ने सैरन्द्रीमाथि पर्छ जो वास्तवमा पाण्डवपत्नी द्रौपदी थिइन्। सैरन्द्रीको सौन्दर्यबाट मोहित भएर किचक उनलाई दिनरात पछ्याउन थाल्छन्। उनले सैरन्द्रीसँग बिहेको प्रस्ताव राख्छन्। सैरन्द्री प्रस्ताव इन्कार गर्छिन्।, कामवासनाले वशीभूत किचक जसरी भए पनि सैरन्द्रीको शरीर भोग्न लालायित रहन्छन्। सैरन्द्रीले गरेको इन्कारलाई किचक आफ्नो अपमान ठान्छन् र लगातार उनलाई पछ्याउने र दुःख दिने क्रम जारी राख्छन्।, किचकको यस्तो व्यवहारबाट दिक्क बनेकी द्रौपदीले सारा घटना भीमलाई सुनाउँछिन्।, भीम रिसले चूर हुन्छन्।, किचकलाई सजाय दिन सैरन्द्री बनेकी द्रौपदी र भीमले एउटा योजना बनाउँछन्। योजनाअनुसार एक रात द्रौपदीले किचकलाई आफूकहाँ बोलाउँछिन्। किचक मनभरि लड्डु फुटाउँदै द्रौपदीको कक्षमा आउँछन्। जसै उनी कक्षमा प्रवेश गर्छन्, उनको सामना भीमसँग हुन्छ जो पहिल्यैदेखि किचकलाई कुरेर बसेका हुन्छन्।, त्यसपछि भीम र किचकबीच घमासान लडाइँ हुन्छ। लडाइँमा भीम किचकको वध गर्छन् र पोखरीमा लगेर उनको शव अन्त्येष्टि गर्छन्।, यस्तै कथा बोकेको अर्को पोखरी झापामा पनि छ जो त्यहाँको एक मुख्य पर्यटन तथा धार्मिक स्थल हो।, किचकवधसँग जोडिएको अर्को एउटा कथा भेडियारीका बासिन्दा सुनाउँछन्। कथाअनुसार यहाँ कुनै समय बाबा हरिशरण सिंह नामका व्यक्ति थिए। उनले भेडियारी क्षेत्रमा मान्छेको निकै ठूलो दाँत फेला पारेर लगेका थिए। उनले त्यो दाँत कहाँ लगेर राखे भन्ने कसैलाई अत्तोपत्तो छैन। त्यो दाँत किचकको हुनसक्ने यहाँका स्थानीयको अनुमान छ।, भेडियारी क्षेत्रमा रहेको अर्को पोखरी ‘भन्सिया पोखरी’ हो। उत्खननस्थलबाट सात सय मिटर पूर्वमा रहेको यो पोखरी १९ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको छ।, यो पोखरी विराट राजाका पालामा भातभान्सा निम्ति प्रयोग हुने जनविश्वास छ। पाण्डवहरूले समेत गुप्तवास बस्दा आफ्नो भातभान्साको काम यही ठाउँमा गरेको भनाइ छ। त्यही भएर यसलाई ‘भन्सिया पोखरी’ भनिएको स्थानीय बताउँछन्।, भन्सिया पोखरीसँगै अर्को पोखरी छ जसको नाउँ ‘थरधुवा पोखरी’ हो। राजा विराटको भान्सामा प्रयोग हुने भाँडाबर्तन यही पोखरीको पानीले माझ्ने गरिन्थ्यो भन्ने किम्बदन्ती छ। पाण्डवहरूले पनि आफ्नो भातभान्सा सकेपछि यही पोखरीमा भाँडा माझ्ने गरेको कथा अहिले पनि स्थानीय सुनाउँछन्।, पोखरीको सूची यतिमै सकिँदैन।, दरबार दफन छ भनी विश्वास गरिने थुम्कोबाट करिब एक किलोमिटर पूर्वमा रहेको अर्को पोखरीलाई ‘गुहिया पोखरी’ भनिन्छ। मैले नाम सुन्नेबित्तिकै मुसुमुसु हाँस्दै मेरा लोकल गाइडलाई सोधेको थिएँ, ‘यो पोखरीको पानी चाहिँ शौच कर्मका लागि प्रयोग गरिन्थ्यो कि क्या हो?’, उनले मेरो अनुमानमा सही थापे।, मैले त्यसपछि आफूलाई भेडियारी क्षेत्रका पोखरीहरू देखाउँदै हिँडेका ती स्थानीय गाइडलाई भनेँ, ‘पोखरी सकियो कि अझै छ?’, ‘अर्को पनि एउटा छ तर त्यो नेपालमा पर्दैन,’ उनले भने, ‘पहिले नेपालमै थियो रे, अहिले चाहिँ भारततिर पर्छ।’, भारतीय सीमामा पर्ने त्यो पोखरीलाई ‘चौरी पोखरी’ भनिन्छ। किम्बदन्तीअनुसार त्यहाँको पानी विराट राज्यको सहर निर्माणका लागि इँटा उत्पादन गर्न प्रयोग गरिन्थ्यो। त्यहाँ ‘राजाजी ग्राम’ भनिने तीर्थस्थल पनि छ जहाँ ५६ करोड देवीदेउताको आराधना गर्न सकिने विश्वास गरिन्छ। सबै देवीदेउताको पूजा गर्ने ठाउँ भएकाले राजाजी ग्राम भनिएको स्थानीय बताउँछन्।, यसबाहेक भोला पोखरी, डोबिया पोखरी लगायत सानातिना धेरै पोखरी भेडियारी क्षेत्रमा छन् जसलाई यहाँका सर्वसाधारणले कुनै न कुनै रूपमा विराट राजासँग जोडेकै हुन्छन्।, कमलकिशोरले मलाई एउटा अर्को कथा पनि सुनाएका थिए। एक वर्षको गुप्तवासका लागि विराट राज्यमा प्रवेश गर्नुअघि पाण्डवहरूले नगरको सीमामा रहेको त्रिभुवनेश्वरी देवीको पूजाअर्चना गरेका थिए। अहिले भेडियारीको सीमामा जुन बाघेश्वरीदेवीको मन्दिर छ, त्यो नै पाण्डवहरूले पूजा गरेको त्रिभुवनेश्वरी देवीको थान हो भन्ने भनाइ छ।, ‘यहाँ टाढाटाढाबाट मान्छेहरू पूजा गर्न आउँछन् र सबैले यसलाई पाण्डवहरूले पूजा गरेको त्रिभुवनेश्वरी देवीकै मन्दिर भन्छन्,’ कमलकिशोरले भने।, त्रिभुवनेश्वरी देवीको मन्दिर। तस्बिर: राजु अधिकारी/सेतोपाटी, यी जलाशय र मन्दिरबाहेक विराटनगरसँग जोडिएको सीमावर्ति भारतीय बजार जोगबनीको नाता पनि महाभारत कथासँग छ।, भेडियारीबाट पश्चिमोत्तर दिशामा रहेको जोगबनी त्यस बेला घना जंगल थियो जसलाई योगवन भनिन्थ्यो। पाण्डवका साहिँला भाइ अर्जुन धनुर्विद्या र युद्धकौशलमा पारंगत थिए। उनै अर्जुनले दिव्यास्त्र प्राप्त गर्न योगवनमा योगसाधना गरे। कठोर योगसाधनापछि उनले दिव्यास्त्र प्राप्त गरे जुन महाभारत लडाइँमा कौरवविरूद्ध प्रहार गरेको भनाइ छ।, यसरी अर्जुनले योगसाधना गरेर दिव्यास्त्र पाएकोे ठाउँ भएकाले यसलाई पहिले ‘योगवन’ भनियो। समयक्रममा ‘योगवनी’ हुँदै अहिलेको ‘जोगबनी’ मा परिणत भएको कमलकिशोर बताउँछन्।, जोगबनी सँगसँगै अर्को सीमावर्ति भारतीय बजार बथनाहलाई पनि राजा विराटसँग जोडिन्छ।, ‘यो ठाउँ विराट राज्यका कृषकहरूले आफ्ना गाईवस्तु चराउने क्षेत्र थियो,’ कमलकिशोरले भने, ‘सधैं गाईवस्तुको बथान देखिने भएकाले यसलाई बथनाह भनिएको हो।’, यी त भए भेडियारीमा प्रचलित कथा–किम्बदन्ती जसले यो ठाउँलाई महाभारतको विराट राज्यका रूपमा चित्रण गर्छ। तर मैले सुरूमै भनिसकेँ, भेडियारीमा जीवन्त यी कथा–किम्बदन्ती र विराट राजासँगको नातालाई इतिहासकार र पुरातत्वविदहरूले अहिलेसम्म प्रमाणित गरेका छैनन्।, भेडियारीमा जारी पुरातात्विक अन्वेषणले आगामी दिनमा वास्तविक कथा उजागर गर्दै जाला। महाभारतका विराट राजा नभए पनि आजभन्दा दुई हजार वर्षअघि यो ठाउँमा शासन गर्ने कुनै अर्को राजा (जसको नाउँ विराट पनि हुनसक्छ) सँग यी ठाउँहरूको सम्बन्ध जोडिन्छ भनेर प्रमाणित गर्ने हो भने त्यो भेडियारी र सिंगो विराटनगरकै लागि महत्वपूर्ण ऐतिहासिक खोज साबित हुनेछ।, तर त्योभन्दा अगाडि विराट राजाको नाम गुँथेर कथा–किम्बदन्ती हालिएका यहाँका पोखरी, इनार र मन्दिरहरूको संरक्षण स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्छ। ऐतिहासिक खोजको महत्व त्यति बेला मात्र हुन्छ, जब त्यो खोजलाई जीवन्त राख्ने सम्पदा स्थलहरू बाँकी रहन्छन्।, सम्पदा स्थल भनेका इतिहासका जीवन्त भौतिक स्वरूप हुन्। जीवन्त स्वरूपलाई संरक्षण नगरी इतिहासमा गर्व गर्नुको तुक छैन। यस मानेमा अबको स्थानीय तह निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिहरूले विराटनगरलाई दुई हजार वर्ष अगाडिको इतिहाससँग सम्बन्ध जोड्ने यी सम्पदा स्थलहरूको संरक्षणमा काम गर्नुपर्छ। प्रत्येक पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउने र त्यो पोखरीसँग जोडिएको कथा लिपिबद्ध गरेर साइनबोर्ड टांग्ने हो भने यहाँका दर्जन पोखरीहरू पर्यटन क्षेत्र बन्न सक्छन् जसको लाभ स्थानीयले पाउने छन्। पोखरी संरक्षणमा भक्तपुर र ललितपुरको अनुभव विराटनगरको निम्ति पनि अनुकरणीय हुनसक्छ।, अब कथा–किम्बदन्तीको कुरा छाडौं। कम्तीमा दुई हजार वर्ष पुरानो यहाँको प्राचीन नगरको स्वरूप झल्काउने केही प्रमाणित इतिहास पनि हामीसँग छन्।, विराटनगर कथा शृंखलाको अर्को अंकमा हामी तिनै प्रमाणित इतिहासबारे चर्चा गर्नेछौं।, (विराटनगर कथा शृंखलाको तेस्रो अंक आगामी साता प्रकाशन हुनेछ।), यो पनि हेर्नुहोस्:, पहिलो अंक: ,दुई हजार वर्ष पुरानो विराटनगर खोज्दै,
के महाभारतका पाण्डव लुकेको ठाउँ हो विराटनगर?
|
नवीनबाबु गुरूङ बसन्त ऋतुको आगमनसँगै काठमाडौं सहर यतिबेला बैजनी रङले ढकमक्क देखिएको छ। ज्याकारान्डाका फूल फुलेपछि सडकमा बैजनी रङ देखिने ठाउँ बढेका हुन्। , काठमाडौंका सडक, पार्क, सार्वजनिक स्थान बैजनी रङले सुन्दर बगैंचाजस्तो देखिएका छन्। , दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबार वरिपरि तथा चक्रपथका दायाँ-बायाँ फुलेका ज्याकारान्डाको दृश्य मनमोहक देखिन्छ।, सडक तथा पार्कमा सर्वसाधारणले ज्याकारान्डाका फूलसँग तस्बिर तथा भिडिओ खिचिरेहेको देखिन्छ। , यसअघि अन्यथा भएकोले सच्याइएको छ-सम्पादक, हेर्नुस् तस्बिरहरू:, ,
ज्याकारान्डाका फूलले बैजनी बनेको सहर (तस्बिरहरू)
|
रासस महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ।, दुई महिलालाई भारतको मुम्बई कोठीमा लगेर बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।, पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र २५ हजार जरिवाना सजाय भएको थियो।, उनी घटनापछि फरार थिए। थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो। , थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।, पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ।,
महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ
|
सेतोपाटी संवाददाता अष्टिमिष्ट ईन्टरनेशनलको एसिया प्यासेफिक सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।, सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित संस्थाको एशिया प्यासेफिक सम्मेलन पहिलोपटक काठमाडौंमा भएको हो।, सम्मेलनलाई प्राध्यापक डाक्टर सुरेशराज शर्माले उद्घाटन गरेका थिए।, सम्मेलनमा नेपालभरका ३८ क्लबका १२० जनाभन्दा बढी सदस्य र अन्तर्राष्ट्रिय व्यक्तित्वकोसमेत उपस्थिति रहेको अप्टिमिष्ट ईन्टरनेशनल नेपालका महासचिव पृथ्वीराज थापाले जानकारी दिए।, सम्मेलनले नेपालमा दोस्रो जुनियर अप्टिमिष्ट क्लबसमेत गठन गरेको छ। १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका रहेको क्लबमा १२ जना सदस्य छन्। , काठमाडौं जुनियर अप्टिमिष्ट क्लबलाई अन्तर्राष्ट्रिय जुनियर अप्टिमिष्टका अध्यक्ष मायाँ क्वेकले भर्चुअल माध्यमबाट सपथ ग्रहण गराउँदै क्लबको मान्यता दिएका छन्।, सम्मेलनलाई अन्तर्राष्ट्रिय अष्टिमिष्टका केन्द्रीय अध्यक्ष पेट्री ग्रामरले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए। , उनले सम्बोधनका क्रममा नेपालले छोटो समयमा यति धेरै प्रगति गरेको भन्दै आफू नेपाल डिष्ट्रिक्टको कार्य सम्पादनबाट खुसी भएको बताए।, यस्तै कार्यक्रममा सहभागी हुन अमेरिकाबाट काठमाडौं आएका निवर्तमान अध्यक्ष मार्क वेन सफ्टले छोटो समयमा नेपाल शाखाले गरेको प्रगतिबाट आफू अत्यन्त खुसी भएको र यसलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गरे।, ‘नेपालले एसियामा मात्र नभएर विश्वमै यति छोटो समयमा धेरै प्रगति गरेको छ, आगामी दिनमा यस्तै निरन्तरता पाओस् शुभकामना’, उनले भने।, उनले कुनै पनि काम अरूबाट अपेक्षा गर्नुभन्दा आफूले अरू व्यक्तिलाई के दिन सक्यौं भनेर काम गर्नुपर्ने सुझाव दिए।,
‘अरूबाट आशा गर्नुभन्दा हामी अरू व्यक्तिको आशा पूर्ति गर्ने व्यक्ति हुनु नै अप्टिमिष्टको सदस्यको कर्तव्य हो’, उनले भने, ‘अरूको कुरा काट्नुभन्दा आफ्नो व्यवहार सुधार गर्नु राम्रो हो।’, सहभागीलाई प्रशिक्षण दिँदै अधिवक्ता एवं सहायक प्राध्यापक सरोजकुमार घिमिरेले बालबालिकालाई नेतृत्व विकासमा कसरी सकारात्मक सोचका साथ अगाडि बढ्न सकिन्छ भन्ने कुराको बारेमा अवगत गराए।, यस्तै विश्वरमण न्यौपानेले संस्थाको सफलताक सूत्र बताएका थिए।, सहभागीमध्येबाट रमेश सिटौला, विजय सत्याल, बिजु बज्राचार्य, भगिरथकुमार मिश्र, सुभर्ण प्रभा गुरागाईले सम्मेलनलाई सम्बोधन गर्दै एक वर्षे अवधिमा भए गरेका कामबारे अवगत गराए।, यस्तै जुनियर अप्टिमिष्टका तर्फबाट दिवा घिमिरे र पृशा थापाले सम्बोधन गर्दै यस्तो कार्यक्रममा सहभागी भएर आफूहरूले धेरै राम्रा कुरा सिक्ने मौका पाएको बताए।, नेपाल डिष्ट्रिक गभर्नर उदयकुमार निरौलाले छोटो समयमा नेपाल डिस्ट्रिकले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम सम्पन्न गरेकोमा सहभागी सदस्यहरूलाई धन्यवाद दिए।, ‘नेपालले डिष्ट्रिक मान्यता पाएको एक वर्ष पुरा भएको अवसरमा काठमाडौंमा सम्मेलनको सफलतापूर्वक आयोजना हुनु राम्रो कुरा हो’, उनले भने।, कार्यक्रमका निर्देशक प्रकाश घिमिरेले संस्थाको आगामी योजना र उद्धेश्य प्राप्तिका लागि गर्नुपर्ने कामको बारेमा स्पष्ट पारे।, यस्तै डिष्ट्रिक संयोजक ऋषेश्वर थपलियाले काठमाडौं बाहिर पूर्व मेचीदेखि महाकालीसम्म विभिन्न ३० जिल्लामा ३८ भन्दा बढी क्लब गठन भइसकेको र आगामी दिनमा अझै बढाउँदै जाने बताए।, ‘बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको क्लबले आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताए। , समुदाय र समुदायका सदस्यको हक हितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजना सञ्चालन गर्दै लैजाने महासचिव पृथ्वी राज थापाले बताए।, ‘सकारात्मक दृष्टिकोणद्वारा निर्देशित आशावादी जीवन दर्शनको प्रवर्द्धन गर्दै बालबालिका, किशोर–किशोरी तथा युवापिँढीको चौतर्फी विकासका निम्ति आवश्यक कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यले यस संस्था सक्रिय छ’, नेपालमा पहिलो पटक भएको सम्मेलनले नेपालमा पछि परेका महिला बालबालिका तथा किशोर-किशोरीको विकासमा यसले टेवा पुर्याउनेछ,’ थापाले भने।, सम्मेलनमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, डाक्टर सरोज धिताल, डाक्टर भगवान कोइराला, अप्टिमिष्ट इन्टरनेशलका स्ट्राट्रेजिक ग्रोथ निर्देशक जीम बोइडलगायतले सम्बोधन गरेका थिए।, अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएको हो। , हालसम्म विश्वका विभिन्न ३० देशमा आफ्नो शाखा विस्तार गरिसकेको यस अप्टिमिष्ट इन्टरनेशनलले नेपाल शाखालाई एसियामै पहिलो पटक ‘डिस्ट्रिक मान्यता दिएको हो।, संस्थाले आफ्ना सदस्यहरुमा सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्य सहित बालबालिका तथा युवा केन्द्रित विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ।,
काठमाडौंमा पहिलो पटक एसिया प्यासिफिक अप्टिमिष्ट सम्मेलन
|
रासस भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ। , हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए।, गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उनले जानकारी दिए। सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ। , ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौं’, उनले भने।, खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए।, सो सीमा क्षेत्रबाट चार हजार ८०० खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन्। , स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताए।, संक्रमण बढेको अवस्थामा जिल्लामा कयौंको मृत्यु भएको थियो। भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा. संकेत कुमार रिसालले अहिलेसम्म कोभिड संक्रमणको बिरामी नआएकाले शून्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताए।, ‘अहिलेसम्म कोभिडको कुनै बिरामी आएको छैन’,उनले भने।, नेपालमा पनि संक्रमण बढेपछि सरकारले सीमा क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिएको थियो। ,
रुपैडिया क्षेत्रमा उच्च सतर्कता
|
रासस जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।, बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो। , चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो।, मन्दिरमा सुटुक्क विवाह गर्ने तथा उमेरको सोधीखोजी गरिँदैन भन्ने सोचका कारण उमेर नपुगेकाले पनि मन्दिरमा विवाह गर्ने गरेको गुनासो आएपछि सो व्यवस्था गरिएको उनको भनाइ छ। , अहिले उमेर पुगेका मात्र विवाह गर्न मन्दिरमा आउन थालेको समितिले जनाएको छ। विवाह गर्न आएकाहरूको अभिभावकलाई अनिवार्य उपस्थित हुन समितिले आग्रह गरेको छ।, उमेर नुपगेकालाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउने गरिएको आचार्यले बताए। यसरी सम्झाउँदा पनि अभिभावकले नमाने स्थानीय प्रहरी चौकीको जिम्मा लगाउने गरिएको छ। ,
मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य
|
नवीनबाबु गुरूङ अनामनगरस्थित नेपाल ग्यासको डिपोअगाडि रित्ता सिलिन्डर लिएर बिहिबार बेलुकादेखि सर्वसाधारण लाइनमा बसेका छन्।, सरकारले दैनिक उपभोग्य वस्तु अभाव नभएको बताइरहेको छ। भारतबाट आउने ग्यास, पेट्रोलियम पदार्थ पनि नियमितरुपमा आइरहेको छ। तर, मानिसहरु धमाधम खाद्य वस्तुहरु जोहो गर्न दौडधुप गरिरहेका छन्।, यस्तै एक दिन ग्यास नआएको भरमा हल्लैहल्लामा सर्वसाधारण उपभोक्तमा खाना पकाउने एलपी ग्यासका सिलिण्डर लिएर लाइनमा बसेका छन्।, यति धेरै लाइन लागेको नेपाल ग्यासको अनामनगरस्थित डिपो सञ्चालकले समेत ग्यास अभाव नभएको र नआत्तिन उपभोक्तालाई आग्रह गरे पनि लाइन निकै लामो भएको छ।, ‘ग्यासको अभाव छँदै छैन’ सञ्चालकले भने, ‘अभाव छैन, लाइन लाग्नुपर्दैन भनेका छौ, तर कसैले पनि हाम्रो कुरा नसुनेर खाली सिलिन्डरको लाइन लगाउनु भएको छ।’, यस्तै वाणिज्य विभागले पनि नेपालमा ग्यास अभाव नभएको दाबी गरेको छ। ,
हल्लाकै भरमा ग्यासको सिलिण्डर बोकेर लाइनमा (फोटोफिचर)
|
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, उनी एक दिन दिउँसो बजार गए। मेकअपका सामान किनेर ल्याए। सुटुक्क आफ्नो कोठामा पसेर सामान लुकाए।, रात पर्यो। सुत्ने बेला भयो। झ्याल ढोका सबै बन्द गरे। मन डराएजस्तो भयो। हात कामेजस्तो भयो। सुस्तरी मेकअपका सामानको झोला खेले। अगाडि ऐना राखेर एकपछि अर्को गर्दै आफूलाई केटी मान्छेझैं सिँगार्न थाले। , ओठमा लिपिस्टिक लगाए, गालामा लाली र आँखामा गाजल। कानमा झुम्का उने। कपाल पनि छोरीको झैं चिटिक्क बान्की दिएर बाँधे। अनि धेरै बेर आफूलाई ऐनामा हेरिरहे। आफूलाई ठ्याक्कै केटी रूपमा देखेर उनी मन्द मुस्कुराए।, आफैंलाई देखेर गौरव मगर (उनले सार्वजनिक गर्न चाहेको नाम) का आँखाका डिलमा हर्षाश्रु रसाए।, गौरव सानै थिए। उनकी दिदी अलिक ठूली थिइन्। दिदी आफूसँगै भाइलाई पनि मेकअपले सजाउँथिन्। गौरवले चौध वर्षको उमेरमा आफू समलैंगिक पुरुष हुँ भन्ने थाहा पाए। , 'चौध वर्षको उमेरमा मलाई शारीरिक रूपमा आकर्षण हुन थाल्यो,' उनले भने, 'स्कुलमा पढ्दा एक जना केटा साथी मन पराएको थिएँ तर कुरा मनमै दबाएर राखेँ।', उनलाई चाहिँ केटीजस्तै सिँगार गर्न मन लागे पनि शारीरिक बनावट भने केटा नै मन पर्छ। केटातिरै आकर्षित हुन्छन्। सानै उमेरमा आमाबाबुको निधन भएपछि गौरव ठूली दिदीको सहारामा हुर्किए।, उमेर बढ्दै जाँदा गौरवमा परिवारको जिम्मेवारी बोध पनि बढ्दै गयो। सानो भाइको हेरचाह गर्नु र ठूली दिदीको बिहे गर्नु आफ्नो जिम्मेवारी सम्झन्थे। पारिवारिक जिम्मेवारीका कारण उनी बाह्र कक्षाको परीक्षा सकेर जागिर गर्न चाहन्थे। जागिरको खोजीमा उनी हरेक पत्रिकाको विज्ञापन पल्टाउँथे। आफ्नो पहिचान पनि खुलाउन चाहन्थे। , एक दिन उनले एउटा पत्रिकामा काठमाडौंमा मासिक १५ हजार रूपैयाँ पाउने गरी रोजगारी अवसरको विज्ञापन देखे। उनको घर हेटौंडा थियो। काठमाडौंसम्म आउन खर्च पनि थिएन। दिदीले जुटाइदिइन्।, काठमाडौंमा आफन्तको घर भएकाले उनलाई केही दिन सजिलै भयो तर विज्ञापनले झुक्यायो मात्रै।, 'म काठमाडौं आएँ तर विज्ञापनमा भनिएजस्तो जागिर पाएइन,' उनले भने, 'केही महिना जागिरकै खोजीमा भौंतारिएँ। आफ्नो पहिचान खुलाउन पनि सकिनँ।' , उनले एउटा कपडा पसलमा काम सुरू गरे। सधैं आफन्तको घरमा बस्ने कुरा भएन। भाडाको कोठामा सरे। आफ्नो कोठामा पहिलाजस्तै महिला सिँगार गर्न थाले।, गौरव दिनभरि काम गरेर बेलुका कोठामा फर्किन्थे। एक दिन कोठा फर्किने क्रममा बाटोमा आफूजस्तै केही व्यक्तिसँग भेट भयो। उनीहरूसँग संगत बढ्यो। गौरव खुसी भए।, उनीहरूले गौरवलाई नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को सम्पर्कमा पुर्याए। नीलहिरा समाज यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितका लागि काम गर्ने संस्था हो भन्ने उनले थाहा पाए। , नीलहीरा समाजले उनलाई काम खोजिदियो। कपडा पसलको काम छाडेर उनी संस्थामै आबद्ध भए। संस्थाको सम्पर्कमा पुगेर पनि गौरवले आफ्नो लैंगिक तथा यौनिक पहिचान सार्वजनिक गर्न सकेनन्।, उनका सीमित साथी र संस्थामा आबद्ध व्यक्तिलाई मात्र उनको पहिचान थाहा थियो।, 'आफू यो समुदायको हुँ भन्ने थाहा भएर पनि खुल्न सकिनँ। सार्वजनिक रूपमा खुल्दा जागिरबाट बञ्चित हुन सक्थेँ,' उनले भने, 'जागिर नभए परिवारलाई सहयोग गर्न सक्ने थिइनँ।', अझै पनि परिवार र स्थानीय समाजमा गौरवले आफ्नो लैंगिक तथा यौनिक पहिचान खुलाएका छैनन्। परिवारमा के भन्लान्, आफन्त र छरछिमेकीले के ठान्लान् भन्ने डर छ।, पहिचान सार्वजनिक नभएकै कारण गौरव राति एक्लै वा सीमित साथीका माझ मात्रै सिँगार गर्छन्। उनी भन्छन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ।', उनी अझै पनि राति महिला सिँगार गर्छन्।, संस्थाले चितवनमा उनलाई कामका लागि पठायो। हाल उनी चितवनमै संस्थाको शाखा 'मानव सचेत समाज' मा जोडिएका छन्। चितवनमा पनि उनी खुल्न सकेका छैनन्। संस्थाका सदस्यहरूलाई मात्रै थाहा छ। घरबाट गौरवलाई दिदीको फोन आउँछ। दिदी बिहेको कुरा गर्छिन्। गौरव २५ वर्षका भए। उनलाई परिवारबाट बिहे गर्न दबाब छ।, भन्छन्, 'मलाई बिहे गर्ने मन छैन। बिहेको कुरा सुरू भएपछि म अन्तै मोडिदिन्छु।', गौरवले आफ्नो लैंगिक तथा यौनिक पहिचान सार्वजनिक नगरे पनि उनलाई सधैं देख्ने, चिनारू र छरछिमेकीले शंकाको नजरले हेर्छन्।, उनी भन्छन्, 'मेरा साथीहरू पनि मजस्तै छन्। उनीहरूसँगको संगतका कारणले पनि अरूले शंका गरेका हुन सक्छन्।' , गौरव चितवनमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकऔअधिकारका लागि सचेतना कार्यक्रममा सहभागी छन्। उनी आफ्नो वास्तविक पहिचानमा सार्वजनिक हुन चाहन्छन्। त्यो दिन चाँडै आउने विश्वास उनलाई छ।, यी पनि पढ्नुहोस्ः ,'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्,
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'
|
सेतोपाटी संवाददाता पटक-पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा आउने शनिबार नै हुने भएको छ।, निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचार संहिता लागु हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि ६६० भन्सार एजेन्टको परीक्षा वैशाख १७ मै हुने भएको हो।, भंसार एजेन्टको परीक्षा तोकिएकै मितिमा हुने भएकोछ, अर्थात् यहि बैशाख १७ गते ! गुड लक! ,pic.twitter.com/njjqFkEmVk,
— Madhu K. Marasini (@madhumarasini) ,April 22, 2022, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ चैत १६ मा दरखास्त आह्वान गरेको थियो।, सुरूमा कोरोना र पछि विभिन्न कारण देखाउँदै परीक्षा स्थगित भइरहेको थियो।, , ,
६६० भन्सार एजेन्टका लागि वैशाख १७ गते नै परीक्षा हुने
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १८ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार १३३ जनाको पिसिआर र एक हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , अहिले देशभर २८२ जना सक्रिय संक्रमित छन्।, शुक्रबार २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १८ संक्रमित, २५ जना निको भए
|
रासस नयाँ वर्षको आगमनसँगै सदर चिडियाखानाले सर्वसाधारणको लागि पहिलो पटक एक जोडी चिम्पाञ्जी अवलोकन कक्षमा राखेको छ।, जावलाखेलस्थित सदर चिडियाखानाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी चम्पा (पोथी) र चिम्पु (भाले) नाम गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो।, यो एक दुर्लभ प्रजातिको वन्यजन्तु हो।, चार वर्षअघि अवैध रूपमा ल्याइएका चिम्पाञ्जीलाई विसं २०७४ असोजमा केन्द्रीय अनुसन्धान ब्युरोले उद्धार गरी सदर चिडियाखानालाई दिएको हो।, सोही अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चिडियाखाना परिसरमा चिम्पाञ्जीको नवनिर्मित घरको पनि उद्घाटन गरेका थिए। , उक्त जनावरको जोडीलाई राजी राणा ट्रष्टले वार्षिक रु १० लाख उपलब्ध गराएर अभिभावकत्व लिएको छ।, मुख्यतया अफ्रिकामा पाइने यस जनावरको प्राकृतिक वासस्थान नदीतटीय, घाँसे मैदान, वन तथा झाँडी हो। यसको औसत तौल ४० देखि ६० केजीसम्म रहेको छ। , यसले फलफूल, रूखका बोक्रा, बीउ र फूल खाने गर्छ भने यसको गर्भाधारण अवधि आठ महिना हो भने आयु ४५ वर्ष रहेको पाइएको छ। , चिडियाखानाकी प्रमुख व्यवस्थापक रचना शाहले चिम्पाञ्जी अवलोकनका लागि राखेसँगै यहाँको आकर्षण बढेको भन्दै अवलोकनकर्ता बढ्ने विश्वास व्यक्त गरिन्। , चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जनावर रहेका छन्। जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा रहेका छन्।, ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ। , अब चिडियाखाना जाँदा पहिलेजस्तो टिकट काट्नको लागि लाइन बस्नुपर्दैन।, अग्रिम अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ। चिडियाखानाको वेबसाइट वा इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको व्यवस्थापकको भनाइ छ।, ,
सदर चिडियाखानाले पहिलो पटक अवलोकनका लागि राख्यो चिम्पाञ्जी
|
सेतोपाटी संवाददाता कान्तिपुर टेलिभिजन लिमिटेड र पत्रकार महासंघबीच तीन बुँदे सहमति भएको छ।, शुक्रबार कान्तिपुर टेलिभिजनको व्यवस्थापनको तर्फबाट मानव संशाधन विभाग प्रमुख परमान्द खनाल र नेपाल पत्रकार महासंघतर्फबाट महासचिव रोसन पुरीबीच तीन बुँदे सहमति भएको हो।, कान्तिपुर टेलिभिजन लिमिटेडमा कार्यरत श्रमजीवी पत्रकारको समस्या र संस्थामा कार्यरत पत्रकार दिपा दाहालको पुनर्स्थापनाको माग राख्दै महासंघले आन्दोलन गर्दै आएको थियो। , सहमतिमा कान्तिपुरले संस्थामा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक आउँदो मसान्तसम्म दिन तत्पर रहेको, संस्थामा कार्यरत पत्रकारको सूचना तथा प्रसारण विभागबाट जारी हुने पत्रकार परिचयपत्र दिने वातावरण तयार गर्ने जनाएको छ। , यसैगरी पत्रकार दिपा दहालले पाउनुपर्ने सेवा सुविधा पनि एक साताभित्र दिने उल्लेख गरेको छ। , छलफलमा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठक, नेपाल पत्रकार महासंघका सचिव सिर्जना अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी र कान्तिपुर टेलिभिजनका पत्रकार दिपा दाहाल उपस्थित थिए।, ,
कान्तिपुर टेलिभिजन र पत्रकार महासंघबीच तीन बुँदे सहमति
|
सेतोपाटी संवाददाता कैलाली खाेलामा डुबेर एक जनाकाे मृत्यु भएको छ।, मृत्यु हुनेमा कञ्चनपुरकाे भीमदत्त नगरपालिका-८ तिलाचौरका अन्दाजी २५ वर्षीय विजय भट्ट रहेका छन्।, उनी शुक्रबार कैलाली गोदावरी नगरपालिका-१२ ओलानीस्थित मछली खोलामा एक्कासि चिप्लिई पानीमा डुबेका थिए।, उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
खाेलामा डुबेर एक जनाकाे मृत्यु
|
सेतोपाटी संवाददाता दाङको लमहीस्थित एक मस्जिदमा मुस्लिम समुदायका बीचमा आपसी झडप हुँदा ६ जना घाइते भएका छन्। , शुक्रबार दिउँसो दुई बजेतिर लमही नगरपालिका वडा नं. ५ स्थित सुन्नी जामे मस्जिदमा झडप भएको हो।, उक्त मस्जिदका अध्यक्ष जमात अलीले राजीनामा दिनुपर्छ भन्दै एक समूहले हो-हल्ला गरेपछि दुबै समूहबीचमा झडप हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए। , ‘जमात अली सात वर्षदेखि मस्जिदको अध्यक्ष रहँदै आएको हुँदा युवाहरूले अब उहाँले राजीनामा दिनुपर्छ भन्दै हो–होल्ला गरेपछि दुबै पक्षबीच झडप भएको देखिन्छ,’ एसपी काफ्लेले भने, ‘राजीनामा दिनुपर्छ र दिनुहुन्न भन्ने पक्ष-विपक्षबीच झडप हुँदा ६ घाइते भएको भन्नेछ।’, मस्जिदमा नवाज पढिरहेको समयमा राजीनामा दिनुपर्छ भन्ने एक पक्ष पुगेर होहल्ला गर्दै आक्रमणमा उत्रिएको अर्को पक्षले आरोप लगाएको छ। , झडपमा परी लमही नगरपालिका ५ का ६४ वर्षीय गुठे कुरेसी, ५२ वर्षीय मोहम्मद कासिम, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २९ वर्षीय सकिल अली, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन घाइते भएको प्रहरीले जानकारी दिएको छ। , झडपमा परी सात/आठ जनालाई सामान्य चोटपटक लागेको पनि प्रहरीले जानकारी दिएको छ।, घाइतेहरूको लमहीमै उपचार भइरहेको छ। , एसपी काफ्लेका अनुसार घाइते दुबै पक्षले आफैं उपचारपछि फेरि नेतृत्व फेर्नेबारे छलफल गरी टुंग्याउने सहमति गरेको उनले जानकारी दिए।,
मस्जिदमा नवाज पढिरहेको बेला दुई पक्षबीच झडप हुँदा ६ घाइते
|
सेतोपाटी संवाददाता अष्टिमिष्ट ईन्टरनेशनल नेपालको आयोजनामा प्रथम एसिया प्यासेफिक अप्टिमिष्ट सम्मेलन काठमाडौंमा सुरू भएको छ। , सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनलको एशिया प्यासिफिक सम्मेलन सुरू भएको हो।, शुक्रबार सम्मेलनलाई प्राध्यापक डाक्टर सुरेशराज शर्माले उद्घाटन गरेका हुन्। , सम्मेलनमा नेपालभरका ३८ क्लबका १२० जनाभन्दा बढी सदस्यको उपस्थिति रहेको अप्टिमिष्ट ईन्टरनेशनल नेपालका महासचिव पृथ्वीराज थापाले जानकारी दिए।, सम्मेलनलाई बुढानिककण्ठका मेयर उद्धवप्रसाद खरेल, डाक्टर सरोज धिताल, डाक्टर भगवान कोइराला, अप्टिमिष्ट इन्टरनेशलका निवर्तमान अध्यक्ष मार्क वेन सफ्ट र स्ट्राट्रेजिक ग्रोथ निर्देशक जीम बोइडले सम्बोधन गरेका थिए।, अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएको हो। हालसम्म विश्वका विभिन्न ३० वटा देशमा आफ्नो शाखा विस्तार गरिसकेको यस अप्टिमिष्ट इन्टरनेशनलले नेपाल शाखालाई एसियामै पहिलो पटक ‘डिस्ट्रिक मान्यता दिएको हो।, यो सँगै डिस्ट्रिक्ट गर्भनरमा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका अध्यक्ष उदय कुमार निरौलालाई सर्वसम्मत चयन भएका छन्।, त्यस्तै डेपुटी गर्भनरमा अप्टिमिष्ट क्लब अफ नवलपरासीका अध्यक्ष श्याम कुमार बस्याल, डिस्ट्रिक्ट महासचिवमा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका सञ्चालक पृथ्वी राज थापा चयन भएका थिए।, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३८ वटा जिल्लामा क्लब गठन भइसकेको महासचिव थापाले जानकारी दिए।, बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने क्लबको उद्धेश्य रहेको छ।, समुदाय र समुदायका सदस्यहरुको हकहितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजनाहरु संचालन गर्दै लैजाने महासचिव थापाले बताए। , ‘सकारात्मक दृष्टिकोणद्वारा निर्देशित आशावादी जीवन दर्शनको प्रवद्धन गर्दै बालबालिका, किशोर–किशोरी तथा युवापिँढीको चौतर्फी विकासका निम्ति आवश्यक कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यले यस संस्था सक्रिय छ’, नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनले नेपालमा पछि परेका महिला बालबालिका तथा कोशोर-किशोरीको विकासमा यसले टेवा पुर्याउनेछ,’ थापाले भने। ,
काठमाडौंमा एशिया प्यासिफिक अप्टिमिष्ट सम्मेलन सुरू
|
निरा गौतम/रासस नेपाली फौजले अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बुधबार जितगढी किल्लामा विजय दिवस मनाइएको छ।, बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको थियो। विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेजलाई हराएको थियो।, विजय उत्सव दिवसका अवसरमा जितगढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रुपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताए।, ‘हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने संकल्पका रूपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौ’, उनले भने। शिवगढी, दाउन्नेगढीलगायतका सामरिक महत्वका गढीलाई जितगढीसँग जोडेर पर्यटकीय प्रवर्द्धन गर्ने बताउँदै उनले ऐतिहासिकता लेखिएको स्थललाई भावी सन्ततिले देख्ने र गर्व गर्ने गरी संरक्षण गरिनुपर्ने बताए।, उपप्रमुख गुमादेवी आचार्यले यो गढीको संरक्षणका लागि गुरूयोजना बनाउने काम भएको जानकारी गराउँदै यहाँ बन्ने गुरूयोजनाका बारेमा सरोकारवालाको सुझाव लिएर काम अघि बढाएको उल्लेख गरिन्।, पर्यटन विकासका लागि स्थानीयवासीले अपनत्व गर्ने र स्थानीय बासिन्दाको समृद्धिसँग जोडिने गरी जितगढीको विकासका काम अगाडि बढाइने उनको भनाइ छ ।, नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको दिनको सम्झना गर्दै उपमहानगरपालिकाले गत वर्षबाट वैशाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवसका रुपमा मनाउन सुरू गरेको हो। किल्लालाई संरक्षण गर्दै उपमहानगरपालिकाले गुरूयोजना बनाएको छ। गुरूयोजनाअनुरूपका काम अहिले धमाधम भइरहेका छन्। जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ।, उपमहानगरपालिकाले यसको गुरूयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना बनाएको छ। उपमहानगरपालिकाको योजना अनुसार जितगढी किल्ला रहेको भागको दक्षिण र उत्तर भागमा भौतिक संरचना बन्नेछन्। जितगढी किल्लासँगै रहेका कभर्ड हल र वडा कार्यालयलाई हटाइएको छ। किल्लाको वरिपरि रहेको सार्वजनिक जग्गामा मनोरम बगैंचा र राजमार्गभन्दा उत्तरको भागलाई सङ्ग्रहालय, रात्रीकालीन बजार, कोशेली पसलहरु, बगैंचा बनाउने उपमहानगरपालिकाको योजना रहेको नगरप्रमुख शिवराज सुवेदीले बताए।, ‘बटौली युद्वकालीन सङ्ग्रहालय बनाएर त्यो बेला युद्वमा प्रयोग गरिएका तोपहरूको सङ्ग्रह गर्ने, मणिमुकुन्दसेन शीतकालीन दरबार, युद्वको बेलामा हतियार भण्डारण गर्ने काठेगढी र नुवाकोटगढीसँग जोडेर विकास गरिनेछ’, उनले भने, ‘युद्वका क्रममा शहादत्त प्राप्त गर्ने ९ जनाको नाम खुलेको छ र अरू सेनाको पनि नाम खोजेर शालिक निर्माण गरिनेछ, यसैबाट बुटवलको पर्यटनमा टेवा पुग्नेछ।’, जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी गुरूयोजनाअनुरुपका काम अगाडि बढेको उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिए।, गुरूयोजनाअनुसार दुई बिगाहा दुई कट्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन्। जितगढी बटौली युद्व सङ्ग्रहालयको समेत निर्माणकार्य चलिरहेको छ। नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) सुरू भएकै बेलामा अंग्रेज र नेपालबीच सिमानामा विवाद सिर्जना भएको थियो। विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधि तत्कालीन अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगे पनि विवाद समाधान हुन सकेन। सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो।, सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सिमाना अवधसम्म पुगेको थियो। पाल्पाबाट भागेर गएका राजखलक र भारदारले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए। त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो। बिग्रिएको सम्बन्ध अन्ततः युद्वमै परिणत भयो। सुरूका युद्वमा हारेको नेपालले विसं १८७२ वैशाख ७ मा भएको युद्वमा भने तत्कालीन अंग्रेजलाई पराजित गर्यो।, अमरसिंह थापा (साना) का नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनकै नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्व लडेको थियो। कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनामाथि विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ।, उपमहानगरपालिकाले बनाएको जितगढी गुरूयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको छ। ‘यो अत्यन्तै महत्वको स्थल हो, यसको संरक्षण र व्यस्थापनका लागि हामीले उपमहानगरपालिकासँग सहकार्य गरेका छौं’, नेपाली सेनाको गरूडदल गण बुटवलका प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले भने।,
अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जितगढी किल्लामा विजय दिवस मनाइयो
|
रासस गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको छ। , विश्व सम्पदा दिवसको अवसरमा नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र संरक्षणका लागि सरोकारवालाबीच छलफल गर्दै युनेस्कोको लिष्टमा भएका सम्पदालाई सूचीकृत गर्दै थप सम्पदाको खोजीका लागि आग्रह गरेको हो। , कार्यक्रममा पुरातत्व विभाग सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलले गण्डकी प्रदेशमा कैयौं प्राकृतिक सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा रहेकाले ती सबैको पहिचान र संरक्षणको आवश्यकता औंल्याए।, उनले सम्पदा कुनै पनि देशको विशेष सम्पत्ति भएकाले यसको संरक्षण र सम्वर्द्धनमा सरकारसँगै नागरिकको पनि उत्तिकै चासो र अग्रसरता आवश्यक हुनेमा जोड दिए। उनका अनुसार हालसम्म विश्वसम्पदा सूचीमा आठ वटा सांस्कृतिक र दुइटा प्राकृतिक गरी १० वटा सम्पदा सूचीकृत छन्। त्यसैगरी युनेस्कोले नेपालमा १५ वटा सांस्कृतिक सम्पदालाई ‘टेन्टेटिभ लिष्ट’मा राखेको छ। , त्यसमा गण्डकी प्रदेशअन्तर्गत मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला, गोरखास्थित मध्यकालीन दरबार क्षेत्र र लोमान्थाङ वालसिटी रहेका छन्। यसका अतिरिक्त गण्डकी प्रदेशका लमजुङ, तनहुँ, पर्वत, बागलुङ लगायतका जिल्लामा ऐतिहासिक धार्मिक, सांस्कृतिक महत्वका स्थल रहेका र ती क्षेत्र उत्खनन र संरक्षणको प्रयास भइरहेको प्रमुख पौडेलले जानकारी दिए।, उनले भने, ‘सम्पदाका रूपमा अभिलेख गर्न पुराना संरचना नमासिएको र उस्तै स्वरुप झल्कने हुनुपर्दछ तर सम्पदाको महत्व बुझ्न नसक्दा मासिने, अतिक्रमण हुने, स्वरूप परिवर्तन हुने क्रम बढ्दै जाँदा सम्पदाको अस्तित्व हराउन पुगेको छ।’ , प्राध्यापक डा नारायणप्रसाद अधिकारीले कालीगण्डकी नदीको सभ्यताको महत्व दर्शाउँदै सम्पदाको रुपमा सूचीकृत गर्नुपर्नेमा जोड दिए।, कालीगण्डकी सभ्यता आस्था र भावनाको धरोहरसँगै यहाँ पाइने शालिग्राम, जीवाशेषका प्रमाणले पनि जीवको सृष्टि यहीँबाट भएको हो भन्ने पुष्टि हुने भएकाले यो सम्पदाको सूचीकृत गर्नुपर्ने उनको भनाइ थियो।, शालिग्राम दिन प्रतिदिन चोरी निकासी हुँदै गएको जनाउँदै समयमै यसको अध्ययन अनुसन्धानसहित सूचीकृततर्फ ध्यान दिन उनको आग्रह गरे। , त्यसैगरी दामोदर कुण्ड भौगोलिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक हिसाबले महत्व पाएको स्थान भएकाले पनि विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्नुपर्ने उनको भनाइ छ। , पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले विश्वका पर्यटक ऐतिहासिक, सांस्कृतिक प्राकृतिक सम्पदाको अवलोकनका लागि नेपाल आउने भएकाले आ–आफ्नो क्षेत्रमा रहेका सम्पदाको खोजी र संरक्षणमा महत्वपूर्ण हुने बताए।, नाट्टा गण्डकीले आफ्नो प्रदेशको सम्पदाको खोजी र सूचीकृतका लागि देखाएको चासो प्रसंशनीय रहेको जनाउँदै सम्पदा संरक्षणमा परिषद्ले पनि हातेमालो गरेर अघि बढ्ने उनले बताए। , नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रदेशका सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक धार्मिक, भौगोलिक महत्व राख्ने सम्पदाको खोजी गरेर गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा राखे। , फेवाताल अतिक्रमण बढ्दै गएको तर्फ सङ्केत गर्दै उनले आउने पुस्ताले फेवाताललाई कुन स्वरूपमा देख्ने हुन् भन्ने विषयमा अहिले नै चिन्तन आवश्यक रहेको बताए। ,
गण्डकी प्रदेशका सम्पदा सूचीकृत गर्न आग्रह
|
सेतोपाटी संवाददाता नुवाकोटमा भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।, बेलकोटगढी नगरपालिका-१२का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। , उनी सोही वडाको घट्टे फोगडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेको उनले बताए। , घटना शनिबार वैशाख ३ गतेको हो। , ‘उहाँ म्यादी प्रहरी हुन्। हाम्रोमा तालिमका लागि आउँदा भिरबाट लडेर मृत्यु भएको देखिएको छ,’ उनले भने, ‘बिहान आठ बजेदेखि तालिम हुन्छ। तर शव बेलुकी मात्रै फेला परेको थियो।’, परिवारले खोज्दा राति उनको शव फेला पारेको हो। , शवको पोष्टमार्टम त्रिशूली अस्पतालमा गरिएको थियो। परिवारले शव बुझेर दाहसंस्कार गरिसकेको छ। ,
नुवाकोटमा भिरबाट लडेर बिते म्यादी प्रहरी
|
रासस जनकपुरको जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। गोठमा भैंसी बाँध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्तापाता लागेको थियो। ,
,
गम्भीर घाइते उनीलाई गए राति नै परिवारले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएका थिए। उपचारकै क्रममा मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।,
हुरीले उडाएको जस्तापाताले लागेर मृत्यु
|
युनिक श्रेष्ठ नेपालको अध्यागमन विभागमा अमेरिकी नागरिक र उनकी पूर्व-श्रीमतीबीच छोरीलाई लिएर तानातान भएको छ।, अमेरिकी पासपोर्ट भएका करण गोयल आफ्नी ८ वर्षीय छोरीको लागि भिजिट भिसा लिन मंगलबार विभागमा पुगेका थिए।, उनी आफ्नी छोरी समेतलाई लिएर त्यहाँ पुगेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। , त्यस्तै मंगलबार नै बालिकाकी आमा तथा ती अमेरिकी नागरिकका पूर्वश्रीमती कनिका गोयल पनि विभाग पुगिन्। , दुबै जना त्यहाँ पुगेपछि उनीहरूबीच छोरीलाई लिएर तानातान भएको थापाले बताए। , कनिका भने भारतीय नागरिक हुन्।, कनिकाले दिल्ली प्रहरी कार्यालयका आफ्ना श्रीमान र उनकी आमाविरूद्ध छोरीलाई अपहरण गरेको आरोपमा एफआइआर दायर गरेको इन्डिया टुडेले जनाएको छ। अपहरण गरी आफ्नी छोरीलाई नेपालमा ल्याएको भन्दै उनले एफआइआर दिएकी थिइन्।, दिल्ली प्रहरीले नेपालको दूतावास र अमेरिकी दूतावास समेतलाई जानकारी गराई अनुसन्धान गरिरहेको उक्त समाचारमा उल्लेख छ।, थापाले भने बालिकालाई अपहरण गरेर नेपाल ल्याएको भन्ने कुरा आफूलाई जानकारी नभएको बताए। , ‘विभागले भिसा लिन आउनेलाई दिने काम गर्ने हो। त्योबाहेक अपहरण गरेको भन्ने विषय हाम्रो अधिकार क्षेत्र बाहिरको कुरा हो,’ उनले भने, ‘मंगलबार अमेरिकी पासपोर्ट भएका नागरिक आफ्नी छोरीको लागि भिसा लिन आउनुभएको थियो। अनि आमा पनि आउनुभएको थियो।’, उनले थपे, ‘त्यसबीच उहाँहरूबीच मेरो बच्चा मेरो बच्चा भनेर तानातानको स्थितिचाहिँ आएको हो।’, बच्चा तानातान भएपछि अध्यागमनले काठमाडौंस्थित अमेरिकी र भारतीय दूतावासका अधिकारीहरूलाई बोलाएको थियो। , उनीहरूलाई बोलाएर छलफल गरेको थापाले बताए। , ‘दुबै देशका राजदूतावासका मान्छेलाई बोलाएर हामीले छलफल गर्यौं। छलफलपछि बालिकाको बुवाले लिएर जानुभयो,’ उनले भने, ‘त्यसबाहेक आफ्नो कार्यक्षेत्रको कुरा भएन।’, इन्डिया टुडेको समाचारका अनुसार करण र कनिका अलग भएको केही समय भइसकेको छ। दिल्लीस्थित एक अदालतको आदेशअनुसार कनिकाले आफ्नी छोरीलाई बुवा र हजुरआमालाई भेटाउन लगेकी थिइन्। , उनले पाँच तारे दिल्ली एरोसिटी होटलमा पुर्याएपछि निरन्तर सम्पर्कमै थिइन्। , एकदिन आफ्नी छोरीसँग सम्पर्क हुन नसकेपछि भोलिपल्टै कनिका होटल पुगिन्। तर उनीहरू त्यहाँ थिएनन्। , सिसिटिभी फुटेज हेर्दा उनीहरू अघिल्लो रात नै ट्याक्सी चढेर गएको देखिएको थियो।, कनिकाले प्रहरीलाई खबर गरेपछि उनीहरू नेपाल आएको खुलेको हो। , नेपाल प्रहरीको इन्टरपोल शाखा स्रोतका अनुसार उनीहरू अप्रिल १६ मा गाडीबाट सूदुरपश्चिम हुँदै काठमाडौं आइपुगेका हुन्। , ‘अमेरिकामा पनि मुद्दा परेको भन्ने कुरा सुनिएको छ। आधिकारिक कुरा आएको छैन,’ थापाले भने, ‘तर बच्चालाई अदालतले बुबासँग राख्न भनेको रहेछ। फेरि बुवा भारत आउँदा आमाले पनि मुद्दा हालेको रहेछ। भारतको अदालतचाहिँ छोरी आमासँग राख्न दिने र बुवालाई भेट्न दिने भन्ने कुरा गरेको रहेछ। त्यही भेट्न दिएको बेला बुवाले नेपाल ल्याएको भन्ने बुझियो।’,
अध्यागमन विभागमा अमेरिकी बाबु र भारतीय आमाबीच छोरी ‘तानातान’
|
राजेश घिमिरे चेपाङ समुदायमा अझै पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना बलियो छैन। पढाउनुपर्छ भन्ने जानेर पनि गरिबीका कारण विद्यालय पठाउन नसक्नेहरू धेरै छन्।, विकासको लहर गाउँ-गाउँमा पुग्न थालेको समयमा त अवस्था यस्तो छ भने तीन–चार दशक अघि कस्तो थियो होला!, अनकन्टार गाउँका सबै बाधा–व्यवधान झेल्दै पढेका रामकृष्ण प्रजा भने चेपाङ समुदायका एक उदाहरणीय पात्र बनेका छन्।, उनी हाल एक माध्यमिक विद्यालयमा प्रधानाध्यापक छन्। चेपाङ समुदायबाट माध्यमिक विद्यालयमा उनी नै पहिलो प्रधानाध्यापक हुन्।, चेपाङ समुदायको बसोबास रहेका जिल्लामध्ये एक हो चितवन। चितवनको इच्छाकामना गाउँपालिका, राप्ती र कालिका नगरपालिकाका पहाडी क्षेत्रमा चेपाङ समुदायकै बाहुल्य छ। धादिङ, मकवानपुर र गोरखा जिल्लामा पनि चेपाङ समुदायको बसोबास छ।, यी जिल्लाका चेपाङ बाहुल्य क्षेत्रका आधारभूत विद्यालयहरूमा सोही समुदायका प्रधानाध्यापक र शिक्षकको संख्या बढ्दै गए पनि माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुने रामकृष्ण एक्ला हुन्।, उनी अहिले राप्ती नगरपालिकाको पहाडी गाउँ यौरालीटारस्थित गणेश माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन्।, प्रजा २०६६ सालमा उक्त विद्यालयमा शिक्षक नियुक्त भएका हुन्। त्यस बेला आठ कक्षासम्म पढाइ हुन्थ्यो। विद्यालयको भौतिक संरचना असाध्यै कमजोर थियो। एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता थियो। शौचालय थिएन। खानेपानी थिएन। उनी केही वर्षमा विद्यालयको प्रधानाध्यापक भए।, माध्यमिक तहको पढाइ सुरू भएको तीन वर्ष भयो। अहिले विद्यालयमा कक्षा कोठाको अभाव छैन। पिउनेपानी र शौचालयको राम्रो व्यवस्था छ। विज्ञान प्रयोगशाला छ, पुस्तकालय छ। छात्रावास पनि छ। विद्यालय भवन पक्की छ। प्रदेश सरकारको करिब दुई करोड बजेटमा विद्यालय बनेको हो। ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत आइसिटी ल्याब निर्माणाधीन छ।, ‘मेरो समयमा चेपाङ समुदायका बालबालिका विद्यालय जानु नै ठूलो कुरो थियो। पाँच कक्षाभन्दा माथि पढ्न पाउनु त सपनामात्रै हुन्थ्यो। त्यसलाई चिर्दै पढाइ अघि बढाउन सकेँ,’ रामकृष्ण भन्छन् ‘आफूमात्रै शिक्षित भएर त भएन। म आफ्नो ठाउँमा शिक्षाको ज्योति फैलाउँदै बालबालिकाको पढ्ने चाहना पुरा गर्नुपर्छ भनेर लागिपरेको छु।’, प्रधानाध्यापक भएपछि उनले समुदाय र विद्यालयको अवस्थाबारे जानकारी गराउँदै आवश्यक संरचना निर्माणका लागि बजेटको व्यवस्था मिलाइदिन सरकारी निकायहरूसँग हारगुहार गरे। बिस्तारै उनको कुरा सुनुवाइ हुन थाल्यो। थोरै थोरै काम हुन थाल्यो।, गणेश माध्यमिक विद्यालयमा हाल ३५० जना विद्यार्थी छन्। तीमध्ये १७२ जना अर्थात करिब आधा विद्यार्थी चेपाङ समुदायका छन्। बाँकी तामाङ समुदायका छन्।, ‘मैले चाहेको केही कुरा पूरा भएको छ। अझै धेरै काम गर्न बाँकी छ,’ रामकृष्ण भन्छन्, ‘म माध्यमिक विद्यालयको पहिलो हेडसर हुनुमात्रै ठूलो कुरो होइन। यो पदमा रहँदा मैले यहाँको शिक्षामा कति परिवर्तन गर्न सक्छु भन्ने कुरा महत्वपूर्ण हुन्छ। म विद्यालयमार्फत समाजमा परिवर्तन ल्याउन दिनरात खटेको छु।’, राप्ती नगरपालिकाको बाक्राङमा २०३६ सालमा जन्मिएका रामकृष्णको बाल्यकालको धेरै समय बाख्रागोठालो र मेलापातमा बित्यो।, उनी आठ वर्षको उमेरमा विद्यालय भर्ना भए। गाउँको विद्यालयमा दुई कक्षासम्म पढाइ हुन्थ्यो। फुर्सदका दिन पढ्न जान्थे। दुई कक्षा पास हुनु नै उपलब्धि थियो। यसपछि धेरैले पढाइ छाड्थे। रामकृष्णको पनि त्यही हुनेवाला थियो।, उनका बाबु मानबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँले राजनीतिमा लागेका थिए तर निरक्षर थिए, सही गर्न पनि जान्दैनथे। एक दिन सरकारी कामको सिलसिलामा सदरमुकाम भरतपुरको एक कार्यालय पुगेका थिए। त्यहाँ उनले एउटा कागजमा सही गर्नु पर्ने भयो।, उनले आफू सही गर्न नसक्ने कुरा बताए। एक कर्मचारी प्याच्च बोले, ‘मान्छे मात्र राम्रो भएर के गर्नु! सही गर्न पनि जानेको रहेनछ।’, ती कर्मचारीको बोली गाउँमा नेता हुन थालेका मानबहादुरको मनमा बिझ्यो। यही घटनापछि मानबहादुरले इख राख्दै आफू नपढे पनि छोरोलाई पढाउने अठोट लिए।, बाबुले रामकृष्णलाई यौरालीटारस्थित एउटा प्राथमिक विद्यालयमा भर्ना गराए। घरबाट विद्यालय पुग्न दुई घण्टा हिँड्नु पर्थ्यो। दस वर्ष उमेरको बालक दैनिक चार घण्टा हिँड्नु चानचुने कुरा थिएन। चार घण्टा हिँडेर उनले तीन कक्षाको पढाइ पूरा गरे। त्यही वर्ष उनको गाउँमै पाँच कक्षासम्म पढाइ हुने भयो।, पाँच कक्षा पढेपछि चेपाङ विद्यार्थीको पढाइ सकिन्थ्यो। पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फको पहाडमा पाँच कक्षामाथि पढाइ हुने विद्यालय नै थिएन। हिँडेर सहरका विद्यालय पुग्न सम्भव थिएन। छोराछोरी सहरमा राखेर पढाउन सक्ने आर्थिक हैसियत थिएन।, मानबहादुरले धादिङको महादेवस्थानमा रहेका आफन्तको घरमा राखेर छोरो पढाउने उपाय निकाले। त्यहाँको पिलभञ्ज्याङमा सात कक्षासम्म पढाइ हुने विद्यालय थियो। रामकृष्ण हजुरबुबा नाता पर्ने ज्ञानबहादुर प्रजाको घरमा बसेर कक्षा छमा पढ्न थाले। रामकृष्ण ज्यालादारी काम गरेर पढाइ खर्च जुटाउँथे।, ‘यतिखेरसम्ममा मभित्र राम्रो पढेर गाउँमा केही काम गर्नुपर्छ भन्ने सोच विकास हुन थालेको थियो। हाम्रो चेपाङ समुदाय शिक्षाकै अभावले पछाडि परेको रहेछ भन्ने बुझ्न थालेको थिएँ,’ उनले भने, ‘पढाइ खर्च जुटाउन शनिबार दिनभर काम गर्थें। अरू दिन पढ्थेँ।’, दुई वर्ष धादिङमा पढेपछि थप पढाइका लागि उनी चितवनकै साविकको पिप्ले गाविसको गड्यौली (हाल राप्ती नगरपालिका) पुगे। त्यहाँ पनि उनका हजुरबा नाताका रामबहादुर प्रजा बस्थे। उनैको घरमा बसेर बुद्धशान्ति माध्यमिक विद्यालयमा आठ कक्षामा पढ्न थाले।, रामकृष्णले २०५५ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे। लगत्तै उनी त्यतिखेरको लोथर गाविसको हर्राबिसौनीमा रहेको आधारभूत विद्यालयमा निजी स्रोतमा शिक्षक नियुक्त भए। शिक्षणसँगै सप्तगण्डकी बहुमुखी क्याम्पसमा शिक्षा शास्त्रमा भर्ना भए।, दुई वर्ष निजी स्रोतबाट पढाएपछि उनले आफ्नै गाउँको आधारभूत विद्यालय बाक्राङमा सरकारी दरबन्दीमा नियुक्ति पाए।, उनले गाउँका चेपाङ बालबालिकालाई पढाइमा प्रेरित गर्दै विद्यालय स्तरीय बनाउन मेहनत गरे।, ‘आफू पढेको गाउँकै विद्यालयमा पढाउन पुग्दा मलाई सपना पूरा भएजस्तो लागेको थियो तर मान्छेको सपना त कहिल्यै पूरा नहुने रहेछ,’ उनले भने, ‘पाँच कक्षासम्म पढेपछि पढाइ छाड्नुपर्ने बाध्यता अझै पनि हटेको थिएन।’, उनको गाउँबाट दुई घण्टा पैदल दूरीको यौरालीटारस्थित गणेश निम्न माध्यमिक विद्यालयलाई माध्यमिक बनाउने संकल्प बोकेर उनी २०६६ सालमा सोही विद्यालयमा सरूवा भए।, हाल रामकृष्णको परिवार शिक्षित परिवारका रूपमा परिचित छ। उनकी बहिनी ज्ञानी चेपाङले नर्सिङमा स्नातक गरेकी छन्। छोरी सपना भण्डारा माध्यमिक विद्यालय नर्सका रूपमा कार्यरत छिन्। अर्की छोरी सिर्जना रामकृष्णसँगै गणेश माविमा पढाउँछिन्। उनी अहिले स्नातक तहमा विद्यार्थी छिन्।, छोरी शुभेच्छा सोही विद्यालयमा कक्षा १० मा छोराहरू शीतल कक्षा आठमा र अम्बर कक्षा चारमा पढ्दैछन्। श्रीमती सुनिता पनि पूर्वप्राथमिक शिक्षिका थिइन्। अहिले गृहिणी छन्।, रामकृष्ण चेपाङ समुदायका लगायत सबै बालबालिकालाई विद्यालय पुर्याएर पढाउनमा तल्लीन छन्।, उनी अभिभावकलाई आत्मनिर्भर बन्न पनि सिकाउँदै छन्। उनले आफ्नो घरमा मौरी पालन गरेका छन्। आँगनमै ५० घार मौरी पालेर उनी वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्छन्।, ‘अभिभावकलाई समय व्यर्थमा खेर नफाल्न आग्रह गर्ने गरेको छु। म आफूले गरिरहेको कृषि कर्म उहाँहरूलाई देखाउँछु,’ रामकृष्ण भन्छन्, ‘मैले गर्दा भएको छ भने तपाईंहरूले गर्दा पनि हुन्छ, नपढेको मान्छेले पनि पैसा कमाउन सक्छ, तरिका सिक्न आउनुहोस् भन्ने गरेको छु। कतिपयले मेरो सिको पनि गर्नुभएको छ।’, अभिभावक आर्थिक रूपमा बलियो भएमात्र बालबालिका विद्यालय जाने वातावरण बन्छ भन्ने प्रधानाध्यापक रामकृष्णको मान्यता छ।, ‘बालबालिका विद्यालय भर्ना भए पनि नियमित पढ्न नआउने समस्या धेरै छ। उनीहरू पैसा कमाउने काममा जान्छन्। अभिभावक सबल नभई यो समस्या समाधान हुँदैन। म आफ्नोतर्फबाट प्रयासरत छु,’ उनी भन्छन्, ‘स्वरोजगार बढाउन स्थानीय, प्रादेशिक र संघीय सरकारको सहयोग आवश्यक छ।’, गाउँमा शैक्षिक विकासका लागि व्यावसायिक बाख्रापालन, मौरीपालन, तरकारी खेती लगायतमा लगानी बढाउनुपर्ने उनको भनाइ छ।, रामकृष्ण प्रधानाध्यापक भएपछि विद्यालय अग्रगतिमा छ। उनले चाहेर पनि गर्न नसकेका कामहरू पनि छन्।, विद्यालयमा १४ जना शिक्षकको दरबन्दी छ तर सबै शिक्षकहरू प्राथमिक तहको दरबन्दीमा छन्।, निम्न माध्यमिक र माध्यमिक तहको दरबन्दी पाउन उनले गरेको प्रयास सफल भएको छैन।, यहाँको अर्को समस्या शिक्षक व्यवस्थापन हो। शिक्षकहरू स्थानीयबासीभन्दा बाहिरका बढी छन्। पहाडी क्षेत्र भएकाले टाढाबाट आएका शिक्षक टिकाउनै समस्या छ।, ‘यहाँ पढाउने योग्यता भएका स्थानीय शिक्षक छैनन्, टाढाबाट आउनेलाई डेराकै समस्या छ,’ रामकृष्ण भन्छन्, ‘बाहिरबाट आएका शिक्षकलाई आवासको व्यवस्था गर्न पाए टिकाउन सकिन्थ्यो। शैक्षिक गुणस्तर पनि बढ्थ्यो।’, रामकृष्ण छात्रावासमा खाद्यान्न र विद्यालयमा दिवा खाजा जुटाउने प्रयासमा छन् तर सफल भएका छैनन्।, उनी भन्छन्, ‘स्थानीय तहले ३५ जना विद्यार्थी बस्न मिल्ने छात्रावास त बनाइदियो तर विद्यार्थीहरू त्यहाँ के खाएर बस्ने भन्ने भएको छ।’, कहिलेकाहीँ ‘गामबेसीको चेपाङ संरक्षण केन्द्र’ र ‘दि हिमालयन लाइफ’ जस्ता संस्थाले खाद्यान्न सहयोग गर्छन् तर स्थायी व्यवस्था हुन सकेको छैन।, गणेश माध्यमिक विद्यालयबाट यस वर्ष १६ जना विद्यार्थीले एसइईमा सहभागी हुँदैछन्।, ‘बल्ल-बल्ल सञ्चालन गरिएको माध्यमिक विद्यालयमा बिस्तारै शैक्षिक पूर्वाधारहरूको विकास भइरहेको छ।, अब शैक्षिक गुणस्तर विकास गर्नुपर्छ भनेर हामी लागिपरेका छौं,’ उनले भने, ‘केही वर्षमा विद्यालयलाई नमूना बनाउने सपना छ। यसैका लागि बिदा पनि नभनी दिनरात विद्यालयमै खटेको छु।’, पिछडिएको समुदायका एक जना शिक्षकको दृढता र परिश्रमले समुदायमा शैक्षिक जागरण फैलाउँदैछ।,
,
इखले पढेर प्रधानाध्यापक बनेका रामकृष्ण चेपाङ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ५२८ जनाको पिसिआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, अहिले देशभर ३१८ जना सक्रिय संक्रमित छन्।, बुधबार २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
३ हजार ८ सय ७७ मा कोरोना परीक्षण गर्दा १३ लाई संक्रमण
|
सेतोपाटी संवाददाता सिन्धुलीको बिपी राजमार्गमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका छन्। , कमलामाई नगरपालिका-२ का स्थानीय र प्रहरीबीेच झडप हुँदा ११ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।, बिपी राजमार्गको सिन्धुली-खुर्कोटखण्ड पिपलभन्ज्याङमा बोलेरोको ठक्करले पैदलयात्रीको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध गरेका हुन्। , प्रहरी नायब उपरीक्षक मनोज लामाका अनुसार अवरूद्ध राजमार्ग खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप हो।, अवरूद्ध राजमार्ग खुलाउन बल पनि प्रयोग भएको प्रहरी नायब उपरीक्षक लामाले बताए। , ‘राजमार्ग खुलाउने क्रममा अश्रुग्यास र हवाई फायर पनि प्रयोग गरिएको छ’, लामाले भने, ‘मलाई पनि चोटपटक लागेको छ। बाँकी विवरण आउन केही समय लाग्छ।’, गम्भीर घाइते भएका तीन जना प्रहरीलाई काठमाडौं रिफर गरिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। , ‘अहिले राजमार्ग खुलिसकेको छ’, न्यौपानेले भने, ‘तर प्रहरीहरू घटनास्थलमा हुनुहुन्छ।’, मंगलबार राति प्रदेश ३-०१-०२४ च १४१९ नम्बरको बोलेरोले कमलामाई नगरपालिका-२ का ३९ वर्षीय पैदलयात्री विजय मोक्तानलाई सिन्धुली-खुर्कोटखण्डको पिपलभन्ज्याङमा ठक्कर दिएको थियो।, गम्भीर घाइते भएका मोक्तानको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोज लामाले बताए। , लामाले मोक्तानको मृत्यु भएपछि दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै स्थानीयले राजमार्ग अवरूद्ध गरेको बताए। राजमार्ग अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन समेत रोकिएका थिए। , प्रहरीले चालकलाई बोलेरोसहित नियन्त्रणमा लिएको जनाएको छ। ,
सिन्धुलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी घाइते, गम्भीर तीनलाई काठमाडौं रिफर
|
रासस भक्तपुरको प्रतीक्षालयमा एक पुरूषको शव फेला परेको छ। , बुधबार चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरूष मृतावस्थामा भेटिएका हुन्।, ती पुरूषको सनाखत भइनसकेको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ। , करिब ३५ वर्षीय पुरूषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ।, प्रहरीले शव परिक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास सुरू गरेको जानकारी दिएको छ।,
भक्तपुरको प्रतीक्षालयमा एक पुरूषको शव फेला
|
रासस सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुंगा–गिटी निकासीमा रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ।, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार उक्त परमादेश गरेको हो।, परमादेशमा भनिएको छ, 'प्राकृतिक स्रोतको दोहन गरी गिटी, ढुंगा, बालुवा आदि निकासी गर्ने कार्य सम्बन्धमा संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म सो अनुसारको निकासी गर्ने गराउने कार्य नगर्नू/नगराउनू।', अदालतको आदेशसँगै सरकारले कानुन बनाएर मात्र ढुंगा–गिटी निकास गर्न पाउनेछ।, अदालतले वातावरण संरक्षणको प्रभावकारी व्यवस्था मिलाउन र प्राकृतिक स्रोत साधनको प्रयोगका लागि नीतिगत पुनरावलोकन गर्न तथा वातावरण संरक्षणको सन्दर्भमा प्रभावकारी संयन्त्र निर्माण गर्नसमेत भनेको छ।, शैलेन्द्रप्रसाद अम्वेडकरसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए। सोही निवेदनमा उक्त परमादेश भएको हो।,
ढुंगा–गिटी निकासी रोक्न सरकारलाई सर्वोच्चको परमादेश
|
सेतोपाटी संवाददाता कपिलवस्तुस्थित नेपाली सेनाको शमसेर दल गण भित्र गोली चलेको छ। बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी छन्।, बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गण भित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते भएको स्रोतले बताएको छ। , स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।, प्रहरीले भने उक्त घटनाको विषयमा कुनै तथ्य सार्वजनिक गरेको छैन। राजवंशी आफैंले गोली चलाएको दाबी गरिएको स्रोतले जनाएको छ।, छातीमा लागेको गोली पिठ्युँ छेडेर बाहिर निस्किएको श्रोतले जानकारी दिएको छ।,
कपिलवस्तुस्थित सेनाको गणभित्रै चल्यो गोली, सैनिक जवान घाइते
|
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरबाट चार राउन्ड गोली र एक किलो नक्कली सुन फेला परेको छ।, बुधबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँटस्थित सुनमाया श्रेष्ठको घरको डेराबाट गोली र नक्कली सुन फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , श्रेष्ठको घरमा प्रमिला तामाङ भन्ने व्यक्तिले लिएको कोठाबाट सो सामान बरामद भएको हो। , लामो समयदेखि तामाङ सम्पर्कमा नआएपछि कोठा खोल्न महानगरपालिकाबाट प्रतिनिधि पुगेको थियो। खोल्ने क्रममा त्यहाँबाट गोली तथा नक्कली सुन बरामद भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , सुन जस्तो धातु बरामद गरेपछि प्रहरीले सुनचाँदी व्यवसायीका प्रतिनिधिलाई घटनास्थलमा ल्याएर परीक्षण गराएको थियो। ती प्रतिनिधिले पनि सो धातु सुन नभएको पुष्टि गरेको मैनालीले बताए। , त्यहाँबाट पेस्तोलमा प्रयोग हुने ९ एमएम लेखिएको चार राउन्ड गोली, युइपेङ गोल्ड १ किलो फाइन गोल्ड लेखिएको पहेँलो रंगको धातु, नेपाली सेनाको जर्सी, कम्ब्याट पोसाक, राहदानी लगायत सामान बरामद भएको हो।, त्यस्तै विभिन्न व्यक्तिका नाममा चेक, नागरिकता, कपाली तमसुक, जन्मकुण्डली लगायत कागजात पनि प्रहरीले बरामद गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ।,
कोटेश्वरमा डेरा खाली गराउन जाँदा भेटियो चार राउन्ड गोली र एक किलो नक्कली सुन
|
सेतोपाटी संवाददाता धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। , बुधबार बिहान करिब १० बजे स्थानीयले जनकपुर उपमहानगरपालिका-२१ स्थित रामनारायण महासेठको पोखरीमा डुबिरहेको अवस्थामा एक युवकको शव फेला पारेको हो।, अन्दाजी २५ वर्षीय पुरूषको पहिचान भइनसकेको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।, शवको हात, मुख र खुट्टा बाँधिएको अवस्थामा फेला परेको उनले बताए।, ‘पहिचान नहुँदा अनुसन्धान गर्न सहज भएको छैन,’ उनले भने। , ,
धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला
|
सेतोपाटी संवाददाता सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनलको एशिया प्यासिफिक सम्मेलन भोलि शुक्रबारदेखि काठमाडौंमा हुँदैछ।, सम्मेलनमा नेपालभरका ३८ क्लबका १२० जनाभन्दा बढी सदस्यको उपस्थिति हुने अप्टिमिष्ट ईन्टरनेशनल नेपालका महासचिव पृथ्वीराज थापाले जानकारी दिए।, कार्यक्रममा सहभागि हुनका लागि निवर्तमान अध्यक्ष मार्क वेन सफ्ट र स्ट्राट्रेजिक ग्रोथ निर्देशक जीम बोइड नेपाल आइसकेका छन्। , दुई दिनसम्म चल्ने सम्मेलनमा प्रध्यापक डाक्टर शुरेसराज शर्मा, डाक्टर भगवान कोइराला, डाक्टर सरोज धिताल, विश्वरमण न्यौपाने, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल लगायतले सम्बोधन गर्नेछन्। , अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएको हो। हालसम्म विश्वका विभिन्न ३० वटा देशमा आफ्नो शाखा विस्तार गरिसकेको यस अप्टिमिष्ट इन्टरनेशनलले नेपाल शाखालाई एसियामै पहिलो पटक ‘डिस्ट्रिक मान्यता दिएको हो।, यो सँगै डिस्ट्रिक्ट गर्भनरमा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका अध्यक्ष उदय कुमार निरौलालाई सर्वसम्मत चयन भएका छन्।, त्यस्तै डेपुटी गर्भनरमा अप्टिमिष्ट क्लब अफ नवलपरासीका अध्यक्ष श्याम कुमार बस्याल, डिस्ट्रिक्ट महासचिवमा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका सञ्चालक पृथ्वी राज थापा चयन भएका थिए।, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३८ वटा जिल्लामा क्लब गठन भइसकेको महासचिव थापाले जानकारी दिए।, बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने क्लबको उद्धेश्य रहेको छ।, समुदाय र समुदायका सदस्यहरुको हकहितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजनाहरु संचालन गर्दै लैजाने महासचिव थापाले बताए। , ‘सकारात्मक दृष्टिकोणद्वारा निर्देशित आशावादी जीवन दर्शनको प्रवद्धन गर्दै बालबालिका, किशोर–किशोरी तथा युवापिँढीको चौतर्फी विकासका निम्ति आवश्यक कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यले यस संस्था सक्रिय छ’, नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनले नेपालमा पछि परेका महिला बालबालिका तथा कोशोर-किशोरीको विकासमा यसले टेवा पुर्याउनेछ,’ थापाले भने। ,
,
भोलिदेखि काठमाडौंमा एशिया प्यासिफिक अप्टिमिष्ट सम्मेलन हुँदै
|
सेतोपाटी संवाददाता काठमाडौं, वैशाख ८, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउँदै छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको विशेष निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे काठमाडौं आउने कार्यक्रम रहेको छ।, परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक टेड्रोसका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारी नेपाल आउनेछन्।, , तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । , उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्। ,
डब्लूएचओका महानिर्देशक आज नेपाल आउँदै
|
सेतोपाटी संवाददाता आज दिउँसो मुलुकका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा दिनभर जस्तो मौसम बदली रहनेछ।, आज राति गण्डकी प्रदेश , कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश १ को पहाडी भूभागमा वर्षाको सम्भावना छ। , देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव छ।, देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ।, देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्नसमेत महाशाखाले सतर्क गराएको छ। ,
आज पहाडी भूभागमा मेघ गर्जनसहितको वर्षा हुनसक्ने
|
सेतोपाटी संवाददाता गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणमा कार्यरत सैनिक जवानलाई थप उपचारको लागि काठमाडौं लगिएको छ। , गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह- १ कि २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको अवस्थामा बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएको थियो।, बुटवलमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो।, उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो।, बुधबार साँझ ७ बजेतिर भएको उक्त घटनापछि उनको छाती र पेटमा दुई वटा गोली लागेको छ।, सैनिक स्रोतले राजवंशी आफैंले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाईएको छैन।, घाइते राजवंशीलाई उपचारको लागि नेपाली सेनाको टोली आफैंले ,अस्पताल ल्याएको, लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। ,
गणभित्रै गोली चल्दा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं लगियो
|
सिबी अधिकारी/रासस काठमाडौं, वैशाख ८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत रूपमा सञ्चालनमा आएको हो। , नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए। ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत रूपमा सञ्चालन आएको छ। ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो। परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छौं,’ उनले भने।, महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो १ हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ।, आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ। तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन्।, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भिडिओ टुर,-, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिए। नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उनले उल्लेख गरे। उनले भने, ‘सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो। अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौं।’, यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ। जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ। हालसम्म औपचारिकरूपमा जजीराले अनुमति लिएको छ। अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन्। विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन्। छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ।, गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन्। यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउँछन्।, आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवतरूपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन्। नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ। , बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन्।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ। गौतमबुद्ध विमानस्थल रूग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ।, सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो ।, विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ ।, कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।, बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । , प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको छ। उनले कोरोना महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँ विमानस्थललाई २४सैं घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए।,
७४ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
|
एजेन्सी भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः तिब्र रूपमा बढ्न थालेको छ।, यो सँगै राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ। दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो।, मास्क नलगाउनेलाई ५ सय भारू जरीवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।, बुधबार दिल्लीमा एकै दिन १ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यसअघि मंगलबार ६३२ जनामा कोरोना संक्रमण भएको थियो।, कोरोना संक्रमण बढे पनि तत्काललाई शैक्षिक संस्था बन्द गर्ने तथा सामाजिक जमघटमा प्रतिबन्ध लगाउनेलगायतका निर्णय हालसम्म भएको छैन। , दिल्लीसँगै भारतका अधिकांश राज्यमा कोरोना संक्रमितको संख्या बढिरहेको छ।, पछिल्ला कही दिनयता दिल्लीमा संक्रमितको संख्या बढेको थियो। कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भइसकेको छ। ,
,
भारतमा पुनः बढ्न थाल्यो कोरोना, दिल्लीमा मास्क नलगाउनेलाई ५ सय जरीवाना
|
सेतोपाटी संवाददाता ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। , उनका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल पुर्याइएको छ। , ‘अक्सिजन भर्ने क्रममा विष्फोट भएको हो। एक जनाको मृत्यु भएको छ,’ उनले भने। , मृतक भारतीय नागरिक छन्। प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार मृतक भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका ४५ वर्षीय वृज महतो छन्। , घाइतेको उपचारको लागि पाटन अस्पताल लगिएको छ। एक जनाको अवस्था गम्भीर भएको प्रहरी उपरीक्षक शाहले बताए। ,
ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु, ६ जना घाइते
|
रासस जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। ट्राफिक निमय उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व संकलन भएको हो। , विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो।, साउनमा दुई लाख ६३ हजार रुपैयाँ, भदौमा चार लाख ४४ हजार रुपैयाँ, असोजमा चार लाख सात हजार रुपैयाँ, कात्तिकमा ६ लाख ५३ हजार रुपैयाँ, मंसिरमा सात लाख दश हजार रुपैयाँ, पुसमा तीन लाख ७८ हजार रुपैयाँ, माघमा तीन लाख ७९ हजार रुपैयाँ, फागुनमा तीन लाख ६३ हजार रुपैयाँ र चैतमा तीन लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए। , ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारीसाधनका चालकलाई कारबाही गरिएको हो। , यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए। ,
नौ महिनामा खोटाङ ट्राफिक प्रहरीले ३९ लाख ५२ हजार राजश्व उठायो
|
एजेन्सी भारतको राजधानी नयाँदिल्ली सत्तारूढ भारतीय जनता पार्टीका स्थानीय नेताको गोली हानी हत्या गरिएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार पूर्वीदिल्लीमा बुधबार साँझ भाजपाका स्थानीय नेता जितु चौधरीलाई अज्ञात समूहले गोली हानेको थियो। गोली लागेका चौधरी छटपटाइरहेको स्थानीयले देखेका थिए। त्यहीबेला प्याट्रोलिङमा रहेको प्रहरी टोली घटनास्थल पुगेको थियो।, घाइते चौधरीलाई निजी गाडीमा राखेर अस्पताल पुर्याइएको थियो। अस्पतालमा डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए।, चौधरी भाजपाका जिल्ला मन्त्री थिए। प्रहरीले उनीमाथि गोली हान्नेहरू पत्ता लगाउन सिसिटिभी फुटेज अध्ययन गरिरहेको बताएको छ।,
दिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या
|
रासस बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयबासी त्रसित हुन थालेका छन्। , दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन्।, आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छन्।, उनले बुधबार राति भोजराज बाँस्तोलाको बाख्रा मारेको, दीपक बाँस्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताए। , चितुवाले अञ्जु प्रधानको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ।, ‘एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो’, उनले भनिन्,‘ज्यान जोगाउनै गाह्रो भयो।’ , चितुवाले गाउँमा दुःख दिन थालेपछि डिजिभन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दासमेत कोही नआएको उनको दुःखेसो छ। , डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताए।, उनले स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताए।, उनले भने, ‘तत्काल खोरको व्यवस्था गरेर नियन्त्रणमा लिन्छौं।’ , हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघलगायतका जंगली जनावरको निरीक्षण गरिरहेको छ। , चितुवासँगै हात्ती आतंक, लामो समयदेखि सो क्षेत्रमा जंगली हात्तीले समेत दुःख दिइरहेको छ। प्रायः बालीनाली पाकेको मौका छोपर गाउँ पस्ने हात्तीले गए रातिमात्र स्थानीय कुलप्रसाद पौडेलको पाक्न लागेको मकै खाइदिएको छ।, उनको पाँच कट्ठामा लगाइएको मकै खाइदिएको छ भने सावित्रा दङ्गालको मकै र बर्खे धान कुल्चिएर क्षति पुर्याएको आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलले जानकारी दिए।,
‘एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो’
|
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी विकास समितिले बागमती किनारमा बस्नेहरूलाई वैशाख ६ गते (मंगलबार) देखि सावधान रहन अनुरोध गरेको छ।, समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफाइ क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने भएकाले सावधान रहन सूचना जारी गरेको हो।, सुन्दरीजलदेखि तल बागमती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन समितिले अनुरोध गरेको छ।, समितिद्वारा जारी सूचना अनुसार २०७८ चैत २९ गतेबाट अस्थायी रूपमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालन भएको छ। हाल नियन्त्रित दरबाट सुरुङ भरिने काम भइरहेको पनि समितिले जनाएको छ।, वैशाख ६ गतेबाट भने सुरुङ सफाइ क्रममा बागमतीमा पानी छाडिने भएकाले सतर्क रहन सूचना जारी गरिएको हो। ,
,
वैशाख ६ गतेदेखि बागमती किनारमा बस्नेलाई सावधान रहन मेलम्ची खानेपानीको अनुरोध
|
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पहाडी भेगमा आंशिक बदली भए पनि देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। , पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव जारी रहेको नेपालमा आज दिउँसो प्रदेश १ लगायत देशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। , यस्तै पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र देशका बाँकी ठाउँमा आंशिक बदली रहने छ। , आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। , यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, प्रदेश १ लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ।, देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।,
नेपालमा पश्चिमी साथै स्थानीय वायुको प्रभाव जारी, कस्तो रहला आजको मौसम?
|
सेतोपाटी संवाददाता सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आज हुँदैछ।, दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भईसकेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए।, प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन्। उनी प्रत्यक्ष रुपमा सुर्खेतमै उपस्थित हुने भनिएको थियो। तर प्रधानमन्त्रीको सुर्खेत आउने कार्यक्रम रद्द भएको उपकुलपति सिंहले बताए।, ‘हिजोसम्म आउने भन्ने कुरा थियो, तर केही घण्टाअघि उहाँको यो तालिका रद्द भएको जानकारी प्राप्त भएको छ,’ उपकुपति सिंहले भने, ‘उहाँको भर्चुअल रुपमा अध्यक्षता हुन्छ, प्रमुख अतिथि र सहकुलपतिज्यूको उपस्थितिमा समारोहलाई भव्य बनाउँछौं ।’, समारोहको प्रमुख अतिथि भने भारतका कैलाश सत्यार्थी भने सोमबार नै सुर्खेत आईसकेका छन्। सत्यार्थी सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता हुन्। उनी भारतको पहिलो नोवेल पुरस्कार पाउन व्यक्ति पनि हुन्। , दीक्षान्त समारोहमा विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिने छ। जसमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना छन्।, यस्तै स्नातक तहका ४० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तिर्ण ४–४ जनालाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ ।, समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तिर्ण २ जना र स्नातक तह उत्तिर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिनेछ।, यस्तै विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दिक्षित गर्न लागिएको छ। मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना स्नातक उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिने छ।, स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दिक्षित हुनेछन् ।, मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी गर्ने पूर्णमान श्रेष्ठ समारोहका क्रममा दिक्षित हुँदैछन्। विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि पाएका श्रेष्ठले व्यवस्थापन संकायमा आफ्नो शोधपत्र तयार पारेका थिए।, वीरेन्द्रनगर–८ कुइनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समारोह हुनेछ । दीक्षान्त समारोह अघि एक घण्टा विश्वविद्यालयको सिनेट सञ्चालन गरिने छ ।, यो वर्ष हुन लागेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो । यसअघि २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो ।, त्यसअघि विश्वविद्यालयको २०७३ भदौ २० गते विशेष दीक्षान्त समारोह भएको थियो । उक्त विशेष समारोहमा साहित्यकार झमकुमारी घिमिरेलाई विद्यावारिधि उपाधिसहित दिक्षित गरिएको थियो ।,
आज मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै, प्रधामन्त्री सुर्खेत नआउने
|
सेतोपाटी संवाददाता बझाङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ।, बझाङस्थित सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो।, आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।, बझाङ र छिमेकी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो।,
बझाङमा भूकम्प
|
रासस गएको चैत २९ गते मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरूङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ।, सुरूङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले जानकारी दिए। पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो। च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो ।, गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको छ ।, अहिले वाग्मती धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताए । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो । क्षति भएको संरचना पुनःनिर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो ।, मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनले बताए । मेलम्चीको पानी सुन्दरीजल आएसँगै आज बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीले अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।,
मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
|
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीमा रिक्त रहेको ५६ प्रहरी नायब उपरीक्षकमा प्रहरी निरीक्षकलाई बढुवा सिफारिस गरेको छ।, सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको सोमबारको बैठकले बढुवा सिफारिस गरेको हो।, बढुवा सिफारिस गरिएको सूचना प्रकाशित गरिएको छ। बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन्।, ,
सशस्त्र प्रहरीका ५६ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस
|
सेतोपाटी संवाददाता कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका दुई बालकमध्ये एक मृत फेला परेका छन्।, पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का ६ वर्षीय अभिषेक जैसी मृत भेटिएको प्रहरीले जनाएको छ।, सोही ठाउँका ११ वर्षीय विराज जैसी अझै बेपत्ता छन्। उनको खोजी भइरहेको छ।, उनीहरु सोमबार कर्णाली नदीमा नुहाउने भन्दै गएका थिए।,
कर्णालीमा पौडी खेल्न गएका एक बालक मृत फेला, अर्को अझै बेपत्ता
|
रासस धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ। कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया-दिपायल द्रुतमार्गको ट्रयाक पूरा भएको हो।, धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ। कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाका इञ्जीनियर दिनेश रैखोलाले जानकारी दिए।, विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्ने कार्य थालिएको थियो। त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो।, अहिले सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम सुरु भएको छ। खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३।४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम सुरु भएको हो।, ठेक्का सम्झौताअनुसार धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयबाट स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्र गरिने इञ्जीनियर रैखोलाले बताए। उनले गत आर्थिक वर्षको असार २० गते आउँदो ३० महिनामा कालोपत्र गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताए।, धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालु आवमा धनगढीबाट १३।४ किलोमिटर र डोटीको दिपायलबाट ९।५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ। आयोजनाका इञ्जीनियर रैखोलाका अनुसार धनगढी–स्याउ सडकखण्ड कालोपत्रका लागि अहिले सो सडकखण्डको दायाँबायाँ दुवैतर्फ नाली निर्माण गरी सडकको तह मिलाउने काम भइरहेको छ।, यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टले सोमबार सो सडकखण्डको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा सो द्रुतमार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि थप स्त्तरोन्नतिको कार्यले गति लिने उनले बताए।,
डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो
|
सेतोपाटी संवाददाता राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनोट भएका ‘म्यादी प्रहरी’ लाई उद्यमशीलता तालिम दिएको छ।, तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ।, स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी वनाउन छनोट भएका म्यादी प्रहरी ४० दिनपछि बिदा हुनेछन्। विदा भएपछि उनीहरु पुन: वेरोजगार बन्नेछन्।, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, 'निर्वाचन सकिए लगत्तै वेरोजगार बन्ने युवा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्वरोजगार वन्न प्रेरित गर्न हामीले उद्यमशीलता तालिम दिएका हौं।' परिषदले भक्तपुर र धादिङका १२५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजिकरण, वित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएको छ।, तालिमको दौरानमा नेपाल सरकारद्वारा जारी गरिएको 'सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्वन्धि सम्वन्धि एकीकृत कार्यविधि -२०७५' मा केन्द्रित रहेर तालिम दिइएको परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताए। तालिमबाट स्वदेश भित्रै स्वरोजगार बन्न म्यादी प्रहरीका सहभागीहरु निकै उत्साहित भएको शर्माले बताए।, अहिलेसम्म भक्तपुरमा अलगअलग समूह बनाएर ५५० जना म्यादी प्रहरीलाई उद्यम तालिम दिइएको छ। तालिम कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत उपस्थिति रहेको थियो।, यस्तै धादिङमा विभिन्न समूह बनाएर ७०० जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषदका तालिम शाखा प्रमुख दिनेस घिमिरेले बताए। धादिङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल समेत सहभागी भएका थिए।,
राष्ट्रिय युवा परिषदद्वारा १२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम
|
सेतोपाटी संवाददाता रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , गौर नगरपालिका–८ पुरेन्वा दरबारका ३० वर्षीय अलि महमदको मृत्यु भएको ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले जानकारी दिएको छ।, कार्यालयका अनुसार घाइते भएका महमदको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो। , सोमबार रौतहटको राजपुर नगरपालिका-३ अजाद चोकमा मोटरसाइकल दुर्घटना भएको हो। भारतीय नम्बरको मोटरसाइकल गौरबाट कोप्वा जाँदै थियो। , दुर्घटनामा एक जना घाइते भएका मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय धिरेन्द्रप्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। ,
,
रौतहटमा मोटरसाइल दुर्घटना हुँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ।, विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो।, उक्त सूचनाको चौतर्फी बिरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको अध्यागमन कार्यालयले जनाएको छ। विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन सोमबार जडानको काम सुरू भइसकेको र अब पर्यटकहरुले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। , विमानस्थलले अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने प्रावधान हटाइएपछि नेपाल आउने विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा लिइएको छ।, विमानस्थलको अध्यागमन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको सहजताका लागि भन्दै राष्ट्रिय वाणिज्य बैंकका दुई वटा एटिएम मेशिन र दुई वटा पिओएस मेशिन थप गर्न लागिएको छ।, यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेशिन मात्रै भएको र उक्त मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो।, अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।,
विदेशी पर्यटकले ‘अन अराइभल भिसा’का लागि नगद बोक्नुपर्ने प्रावधान हट्यो
|
एजेन्सी २१ वर्षको एक अमेरिकी कुकुरले सबैभन्दा धेरै समयसम्म बाँचेर गिनिज बुकमा नाम लेखाएको छ। , चिहुआहुआ प्रजातिको टोबीकीथ नामको उक्त कुकुरले संसारको सबैभन्दा धेरै समयसम्म बाँचेर विश्व कीर्तिमान बनाएको हो। , गिसेला शोरले २१ वर्ष अगाडि ल्याएको उक्त कुकुर अरू कुकुर जस्तै भए पनि उत्कृष्ट डाइट र वातावरणमा हुर्किएकाले धेरै समयसम्म बाँचेको हो। , गिनीज बुक रेकर्डका अनुसार साधारणतया एउटा कुकुरको आयु १० देखि १३ वर्ष हुने गर्छ। तर टोबीकीथ २१ वर्ष ६६ दिन भए पनि अझै स्वास्थ्य र एक्टिभ छ।, टोबीकीथलाई पाल्ने गिसेलाका अनुसार उनी आफ्नो कुकुरलाई भात, तरकारी र प्रोटीन दिने गर्छिन्। ‘यो उमेरमा पनि एकदम तन्दुरूस्त छ। सानो र प्यारो ऊ मेरो बडिगार्ड हो, उसले अरू कुकुरसँग खेल्न र बाहिर घुम्न मन पराउँछ’, गिसेलाले भनिन्।, चिहुआहुआ कुकुरको सबैभन्दा सानो प्रजाति हो। यो प्रजाति मुख्य रूपमा मेक्सिकोमा पाइन्छ। मेक्सिकोकै एक राज्यको नामबाट यसको नाम राखिएको हो। चिहुआहुआ जातिको यो कुकुर आम कुकुरभन्दा धेरै नै सानो भए पनि समझदार हुन्छन्। यसको तौल २.४ किलो देखि ४.१ किलोसम्म हुने गर्छ।, , , , , View this post on Instagram, , , , , , , , , , , , A post shared by Guinness World Records (@guinnessworldrecords), ,
यो हो संसारकै लामो समयसम्म बाँच्ने कुकुर, गिनिज बुकमा लेखायो नाम
|
रासस म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । , म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो। , मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको जानकारी दिए। यसअघि गत माघ १० गतेदेखि बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैतै दसैंमा मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकको चाप बढेपछि चैत १५ गतेदेखि हटाइएको थियो। , बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणको कामलाई तीव्रता दिन र सुरक्षालाई ध्यानमा राखेर सवारी साधन र काम गर्ने समयतालिका बनाइएको बताए।, विसं २०७४ मा सुरू भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ।, हालसम्म मुस्ताङको ६ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ। ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये ६ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्। ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारवटामध्ये एक वटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा छ। , आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन्। थप एउटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन्। थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजनाले जनाएको छ । , आयोजनाअन्तर्गत बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि वैशाख ३ गतेदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ। २०७९ साल वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिनेछ। बिहान ११ देखि दिउँसो ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ।,
बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’, दैनिक चार घण्टा यातायात बन्द
|
सुशीला रेग्मी रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ। गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन्। पचास शैय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ।, यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ। यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा विजय परियारको भरमा उपचार सेवा जारी छ।, “जनशक्ति अभावमा म एक्लै २४ सैँ घण्टा बिरामीको सेवामा खटिनु परेको छ, बिरामीको चाप बढ्दो छ, गर्मी समय भएकाले ज्वरो, झाडापखाला, श्वासप्रशास, दुर्घटना, गर्भवति महिला, फिजियोथेरापीलगायतका बिरामी बढी आउने गरेका छन्, दिनरात नभनिकन सेवामा तल्लिन छु” उनले भने।, यहाँ एक हप्ताका अवधीमा मात्रै १५ झाडापखाला कै बिरामीलाई भर्ना गरेर राख्नु परेको छ। अस्पतालमा कार्यरत स्थायी दरबन्दीका मेडिकल अधिकृत डा कपिल ज्ञवाली, डा कुशल खनाल, डा विकास शर्माले अध्ययन बिदा देखाउँदै यही वैशाख १ गतेदेखि लागू हुने गरी पत्र बुझाएको अस्पतालले जनाएको छ।, मेडिकल सुपरिण्टेडेण्ट डा परियार भने,‘अस्पतालमा गत चैत २९ गते तीन स्थायी दरबन्दीका चिकित्सकले अध्ययन बिदा पत्र र तीन जना करार सेवाका डाक्टरको राजीनामापत्र आएको छ, तर प्रशासनले भने स्थायी सेवाका डाक्टरलाई स्वीकृत गरेको छैन, सो पत्र माथिल्लो निकायमा पठाइएको छ, अहिलेसम्म सम्बन्धित निकायको राजीनामा स्वीकृती पत्र हामीलाई पनि प्राप्त भएको छैन, एकै पटक स्थायी दरबन्दीमा कार्यरत डाक्टरको राजीनामाले अस्पतालको सेवा प्रवाहमा समस्या पारेको छ।’, करारमा कार्यरत तीन जना मेडिकल अधिकृत डा साकार ढकाल, मोहम्मद सर्फराज आलम र डा आयुष पौडेल राजिनमापत्र बुझाएर वैशाख १ गतेदेखि अनुपस्थित छन्। हाल अस्पतालमा ३०० बढी बिरामी उपचारमा आउने गरेका छन् भने आकस्मिक सेवामा ५० भन्दाबढी नै छन्। एक डाक्टरले बिरामीको उपचारमा खटिनु पर्दा प्रशासनिक काममा समय दिन नपाएको मेडिकल सुपरिण्टेडेण्ट डा परियारको गुनासो छ।, रामपुर अस्पताल चार जिल्लाका नागरिकले स्वास्थ्योपचार सेवा लिने थलो हो। कालीगण्डकी वेशीका पाल्पा, स्याङ्गजा, तनहुँ र सुस्ता पूर्वनवलपरासी (नवलपुर)का नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन्। तर जनशक्ति अभावमा एक चिकित्सकले मात्रै २४ सैँ घण्टा सेवा दिनुपर्ने बाध्यता छ।, जनशक्ति अभाव रहेपनि यहाँ रहेका स्वास्थ्यकर्मी २४ सैँ घण्टा बिरामीको सेवामा तल्लिन छन्। अस्पतालमा भर्ना भएर बस्दा राम्रो स्वाथ्योपचार सेवा पाएको रामपुर नगरपालिका बाङ्गेपसल बस्ने ७४ वर्षीय कृष्णमाया श्रेष्ठले भने।, ‘अस्पतालमा काम गर्ने डाक्टरले छोडेर गए भन्ने सुनेको छु, तर पनि यहाँ खट्नुभएका डाक्टरले रातदिन सेवा दिइरहनुभएको छ, श्वासप्रश्वाससम्बन्धी समस्या भएर भर्ना भएर बसेको छु, जनशक्ति नहुँदा पनि हामीले अहिलेसम्म सेवा राम्रै पाइएको छ’, उनले भने।, तत्कालका लागि चार जना मेडिकल अधिकृत तहका चिकित्सकको व्यवस्थापन भएमा यहाँबाट दिने सेवा दुःखले भए पनि यथावत दिन सकिनेछ। निर्वाचन आचारसंहिता लागू भइसकेको हुदा पनि मुख्यमन्त्री कार्यालयबाट सहमती नभइकन कर्मचारी व्यवस्थापन गर्न समस्या छ।, कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकार, मन्त्रालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय पाल्पामा पत्राचार गरिसकिएको र अहिलेसम्म वैकल्पिक व्यवस्थापनको विषयमा कुनै जानकारी नआएको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकालले बताए।, उनले भने, ‘करारमा कर्मचारी नियुक्ति गरेर भएपनि जनतालाई सेवा दिनुपर्छ भनेर हामी लागि परिरहेका छौँ, निर्वाचन आचारसंहित लागू भइसकेकाले बाधा पुर्याउँछ कि भन्ने छ, स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा सम्बन्धित निकायले वैकल्पिक व्यवस्थापनको लागि बिशेष ध्यान दिनुपर्नेछ।’, सरकारले चिकित्सकलाई अध्ययन बिदा दिँदै गर्दा उसले कार्यरत संस्थामा वैकल्पिक व्यवस्था नगरिकन बिदामा बस्ने परिपाटीले नागरिकले सास्ती खेप्नु परिरहेको छ। यस्ता उदाहरण दुर्गमका धेरै स्वास्थ्य संस्थामा भेटिन्छन्।, स्थायी दरबन्दीमा कार्यरत कर्मचारीले आफूले पाउने अध्ययन बिदा आवश्यक परेपनि सम्बन्धित निकायले स्वीकृत बिना संस्थालाई बाधा पर्ने गरी बिदामा बस्न पाइँदैन। स्थायी जागिरे भएको दुई वर्षको समयावधि पश्चात् दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अध्ययन बिदा पाउने व्यवस्था छ। त्यसकारण पनि यहाँको अस्पतालमा दुई वर्ष कार्यरत पश्चात् माथिल्लो तहको अध्ययनका लागि भन्दै चिकित्सक अध्ययन बिदामा जाने गरेका छन्।, यस अस्पतालमा हाल नौ जना स्थायीसहित जम्मा ७० जना कर्मचारी कार्यरत छन्। स्थानीय अन्तर्गत प्रशासनिक क्षेत्रमा प्रमुख एक, सहायक एक, चार मेडिकल अधिकृत, एक नर्सिङ कर्मचारी, लेखापाल एक, मेडिकल अधिकृत रेकर्डस् एक जना कर्मचारी छन्। बाँकी कर्मचारी करार प्रकृतिका छन्।, मेडिकल सुपरिण्टेडेण्ट डाक्टर बिनेश झा विगत दुई वर्षदेखि यहीँ अस्पताल मातहत तलव सुविधा लिने गरी अध्ययन बिदामा छन्। यहाँको अस्पतालमा आउने चिकित्सक अध्ययन बिदा देखाउँदै जाने गरेका छन्। यो समस्या नागरिकले वर्षौदेखि खेप्दै आइरहेका छन्।, जनशक्ति अभावकै कारण शल्यक्रिया मार्फत प्रसूति सेवा पनि ठप्प छ। शल्यक्रियाका लागि सम्पूर्ण उपकरण भएपनि प्रयोगमा ल्याउन सकिएको छैन। यहाँ पाउने सेवा उपलब्ध नहुँदा सदरमुकाम तानसेन, पोखरा, बुटवललगायतका विभिन्न बजारका अस्पतालमा बिरामी जानुपर्ने समस्या छ।, अस्पतालमा नौ विशेषज्ञ डाक्टरको दरबन्दी छ। प्रसूति, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्सरे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (अप्रेसन गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन्ट सर्जन, कन्सल्टटेन्ट साइक्याट्रिक्स (दिमागसम्बन्धी)जस्ता विशेषज्ञ सेवा तोकिएको छ। तर दरबन्दी अनुसारका डाक्टरको अभावमा विशेषज्ञ सेवा दिन सकिएको छैन।, अस्पतालमा एघारौँ तह (एक जना प्रमुख मेडिकल सुपरीटेण्डेन) डाक्टरको दरबन्दी छ। पचास शैय्याको सरकारी अस्पताल नामाकरण भएपनि पन्ध्र शैय्याकै भवनबाट सेवा प्रवाह भइरहेको छ। गाउँमै दरबन्दी भएर पनि सेवा सुबिधा नपाउँदा पटकपटक अन्यत्र धेरै धनराशी खर्चिएर उपचार गर्न जानुपर्ने समस्या बिद्यमान नै छ।, पचास शैय्याकै भवनबाट अस्पताल सञ्चालन भएपछि नागरिकलाई एक त सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ आर्थिक भार पनि पर्ने थिएन। रामपुर नगरपालिका क्षेत्रमा सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि नागरिकले औषधि उपचारमा राम्रो सुबिधा उपभोग गर्न पाउनेछन्।, औषधि उपचारका निम्ति विभिन्न शहरमा धाउने नागरिकले अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुबिधा पाउने अपेक्षा पनि लिएका छन्। विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो। सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा पन्ध्र शैय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल ०७२ मा पचास शैय्याका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ।, सरकारको रु २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा टेन्डर आह्वान भएकोमा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिव रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ।, आर्थिक वर्ष ०७२\०७३ को पुसबाट निर्माणकार्य सुरु गरिएको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। विसं २०७५\०७\१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम ती रहेपनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ। भवन अभाव पनि स्वास्थ्य सेवाको बाधक बनेको छ। ,रासस,
एक चिकित्सकको भरमा ५० शैय्याको अस्पताल
|
सेतोपाटी संवाददाता देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ४ हजार ४०३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ५८ जनाको पिसिआर र एक हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।, यस्तै ३६ जना संक्रमित निको भएका छन्। अहिले देशभर ३३४ सक्रिय संक्रमित छन्।,
देशभर थप १० जनामा कोरोना संक्रमण, ३३४ सक्रिय संक्रमित
|
सेतोपाटी संवाददाता सञ्चारिका समूहले जिल्लाका महिला पत्रकारलाई मेन्टरसिप तालिम दिएको छ। सञ्चारिका समूहको आयोजना र अमेरिकी दूतावासको सहयोगमा तालिम सञ्चालन गरिएको हो। लेखक तथा सम्पादक मोहन मैनाली र वरिष्ठ पत्रकार हरिकला अधिकारीले तालिममा प्रशिक्षण गरेका थिए। , तालिमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सबै क्षेत्रमा विविधताको प्रतिनिधित्व नगरी कुनै पनि समाज आफ्नो क्षमताका रूपमा अगाडि बढ्न नसक्ने बताए। बेरीले सञ्चार माध्यममा विविधताको प्रतिनिधित्वले सबै पक्षका मुद्दा उठाउन सहयोगी हुने बताए।, 'यस किसिमको कार्यक्रमले मिडियामा महिलाको सहभागिता बढाउन र सशक्तिकरण गर्न सहयोगी हुनसक्छ,' बेरीले कार्यक्रममा भने।, बेरीले प्रजातन्त्रलाई बलियो बनाउन मद्दत गर्ने गलत कार्य र शक्तिको दुरुपयोगको पर्दाफास गर्न मिडियासँग आग्रह गरेका छन्। उनका अनुसार पत्रकारिता जिज्ञासु, निष्पक्ष र समाजको हितका लागि सन्तुलित हुनुपर्छ। उनले भने, 'सन्तुलित समाचार उत्पादन गर्न पत्रकारले आचारसंहिता जान्नै पर्छ। त्यसैले सत्यलाई कहिल्यै विकृत नगर्ने।' , त्यस्तै, यशोदा तिमिल्सिनाले महिला पत्रकारलाई अंग्रेजी भाषा सिकाइमा दूतावासले सहयोग पुर्याउनुपर्ने बताइन्। , सोमबार र मंगलबार देशभरका २० महिला पत्रकारले महिला नेतृत्वसम्बन्धी तालिम लिएका हुन्। ती सहभागीहरूबाट छनोट भएका केहीले राम्रो कथा लेखनका लागि तीन महिनाको मेन्टरसिप पाउने सञ्चारिका समूहका महासचिव बसन्ती बाँस्तोलाले जानकारी दिइन्। सहभागीहरूलाई वरिष्ठ पत्रकार हरिकला अधिकारी, बबिता बस्नेत र यशोदा तिमिल्सिनाले मार्गदर्शन गर्नेछन्।,
२० महिला पत्रकारले लिए सञ्चारिका समूहले दिएको मेन्टरसिप तालिम
|
सेतोपाटी संवाददाता फ्रि-फायर गेममार्फत् नाबालिकासँग चिनजान गरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , १३ वर्षीय नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका-८ स्थित मातातीर्थबाट २७ वर्षीय महेश उदासलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मैनालीका अनुसार १३ वर्षीया बालिका हराएको हुँदा खोजी पाऊँ भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए। , त्यसबारे काठमाडौं परिसर, मातहत वृत्त र प्रभागहरूले बालिकाको खोजी थालेको थियो। प्रहरीले विभिन्न विधिको प्रयोग गरी उदासलाई मातातीर्थमा फेला पारि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। , बालिका र उदासको चिनजान अनलाइन गेम फ्री-फायरबाट भएको थियो। उनीहरू एक वर्षदेखि फ्री-फायर गेम खेल्थे। , पछि उनीहरूबीच फेसबुक, मेसेन्जरमार्फत् कुराकानी हुन थालेको प्रहरी उपरीक्षक मैनालीले बताए। , विवाहको आश्वासन दिएर चैत २९ गते पाल्पाबाट उदासले नाबालिगलाई मोटरसाइकलमा राखेर काठमाडौं ल्याएका थिए।, चैत ३० गते राति काठमाडौंको टोखा नगरपालिका-६ बसुन्धारास्थित होटलमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप छ। , प्रहरीले जाहेरी दिएसँगै महाराजगन्जस्थित प्रहरी वृत्तले अनुसन्धान अघि बढाएको बताएको छ।,
फ्री-फायर गेमबाट चिनजान, बिहेको आश्वासन दिएर १३ वर्षीया बालिकामाथि बलात्कार!
|
सेतोपाटी संवाददाता मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको अध्यक्षतामा दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको हो।, समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पौडेलले जिम्मेवार नागरिक उत्पादन गर्ने महत्वपूर्ण शैक्षिक थलोका रूपमा मध्यपश्चिम विश्वविद्यालयलाई व्यवस्थित गर्न आग्रह गरे। , शिक्षा क्षेत्रमा सरकारको लक्ष्यसँगै अनिवार्य, नि:शुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने संविधानको मर्मलाई पूरा गर्न मध्यपश्चिम विश्वविद्यालयले भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए।, नेपाल सरकारले समयअनुसारको गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिएको शिक्षामन्त्री पौडेलले बताए।, शिक्षामन्त्रीको अध्यक्षतामा भएको विश्वविद्यालयको प्रमुख अतिथि रहेको भारतका कैलाश सत्यार्थीले शिक्षा व्यक्तिगत स्वतन्त्रताको प्रमुख अंग भएको बताए। , शिक्षा आफूलाई आत्मनिर्भर मात्र नभई आफूलाई सुरक्षित बनाउने एक हतियार भएको उनले बताए।, सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थीले समारोहमा दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै आफूले प्राप्त गरेको शिक्षालाई समाजको जिम्मेवारीका रूपमा लिन आग्रह गरे।, उनले भने, ‘तपाईंको हातमा आज परेको प्रमाणपत्र डिग्रीका मात्र होइन, यसमा तपाईंको अभिभावकको परिश्रम र समाजको अपेक्षा मिसिएको छ। तपाईंको हातमा डिग्रीको प्रमाणपत्र मिल्नुको अर्को अर्थ समाजको लागि निभाउनुपर्ने जिम्मेवारी थपियो भन्ने बुझ्नुहोस्।’, उनले नेपालसँग ४० वर्षदेखि आफ्नो सम्बन्ध जोडिएको बताए। नेपालबाट बेचबिखनमा परेका कतिपय बालबालिकाको उद्दार आफ्नो अभियानबाट गरिएको उनले बताए।, दोस्रो दीक्षान्त समारोहबाट विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ। जसमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना छन्।, यस्तै, स्नातक तहका २० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तीर्ण ४–४ जनालाई उपकुलपति पदक प्रदान गरिएको हो।, समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण २ जना र स्नातक तह उत्तीर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिएको छ।, विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दिक्षित गरिएको छ। मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना स्नातक उत्तीर्ण विद्यार्थीलाई दिक्षित गरिएको हो।, स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दीक्षित भएका छन्। , मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी उपाधि लिएका एक जनालाई पनि दीक्षित गरिएको छ।, वीरेन्द्रनगर–८ कुइनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भएको समारोह अघि विश्वविद्यालयको सिनेट पनि सञ्चालन गरिएको थियो।, यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो। यसअघि २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो।, त्यसअघि विश्वविद्यालयको २०७३ भदौ २० गते विशेष दीक्षान्त समारोह भएको थियो। उक्त विशेष समारोहमा साहित्यकार झमकुमारी घिमिरेलाई विद्यावारिधि उपाधिसहित दीक्षित गरिएको थियो।, ,
मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न
|
मनिका विश्वकर्मा आफ्नो प्रेम सम्बन्धलाई कसले पो सुरक्षित राख्न नचाहला! यो भाव जनाउने अनेक तरिका छन्, यसमध्ये एक हो सार्वजनिक ठाउँमा ताल्चा मार्नु।, ताला मार्ने! अलमल नहुनु होला। फोटा, फिल्मका दृश्य वा गएकै बेला पनि इटालीको राजधानी रोम सम्झिनुहोस्। त्यहाँ सार्वजनिक ठाउँका पुल, पर्खाल, रूख लगायत जेमा मिल्दो हुन्छ, त्यहाँ ताला मारेको देख्न सकिन्छ।, विशेषगरी युरोपमा मायाको प्रतीकका रूपमा यसरी ताल्चा मार्ने चलन छ। अचेल यो चलन संसारका विभिन्न कुनामा फैलिसक्यो। , प्रेमको चिह्न भएकाले यस्तो तालालाई अंग्रेजीमा 'लभ प्याडलक' भनिन्छ। जोडी वा एक्लै पनि कसैको सम्झनामा ताल्चा झुन्ड्याउने अनि साँचो कतै फालिदिने, मिलेसम्म नजिकको नदीमा!, यस्तै चलन अहिले जावलाखेल कुनाको एउटा सडकमा सुरू भएको छ।, चिडियाखानापछाडिको दोबाटोसँगै टाँसिएको पर्खालको भित्तामा राखिएको तारे जालीमा सयौं ताल्चा छन्। साना-मध्यम आकारका रंगीबिरंगी ताल्चाहरूले मायाका विभिन्न रंगहरू झल्काउँछ। , विभिन्न कलाकृति कोरिएको भित्ता, सानो मन्दिर, चिडियाखानाका रूखहरूको हरियाली र छहारीसँगै मायाको राग छाडिरहेका यी ताल्चाले यो सडकमा बेग्लै रौनक थपेको छ।, आज रमाइलो ठाउँ बनेको यो सडक सधैं यस्तो थिएन। अन्धकार, सुनसान, दुर्गन्धित र लुटपाटको जोखिम मानिन्थ्यो। मानिसहरू यो बाटो हिँड्नै डराउँथे। , दुई दशकअघिसम्म यो सडकको यस्तै अवस्था देख्ने स्थानीय व्यक्ति हुन् अवदेश विष्ट। उनी नेपाल प्रहरीमा डिएसपी छन्।, 'पहिले यहाँ फोहोरको थुप्रो थियो, गनाउँथ्यो। हरेक रातजसो लुटपाट हुन्थ्यो। दिउँसै पनि हिँडडुल गर्न डर थियो,' उनले त्यो बेलाको यो सडक सम्झिए, 'यहाँ सानो चौतारो त थियो, तर सँगै झाडी पनि थियो। यसले गर्दा टोलबासीलाई पनि समस्या भयो।', टोलको बासिन्दा भएकाले अवदेशको परिवारलाई सडक सुधारको जिम्मेवारी महसुस भयो। यसको पहल गरे उनका बुवा दिवाकरले। २०६४ सालको एक दिन दिवाकरले यहाँ महालक्ष्मीको मन्दिर बनाए। दुर्भाग्य भनौं वा मन्दिर नै उनको अन्तिम रहर थियो, मन्दिर खुलेको भोलिपल्टै उनको निधन भयो। , 'बुवाको निधन भएपछि जेठो छोरा भएकाले यसको रेखदेख जिम्मा मलाई नै आयो,' अवदेशले भने।, मन्दिर बनाएपछि त्यहाँ फोहोर फाल्न कम भयो। सडक गनाउन छाड्यो, किचिमिची कुल्चिन परेन। फोहोरलाई त महालक्ष्मीले रोकिन्, डर भने उस्तै रह्यो। लुटपाट चली नै रह्यो।, अवदेश त्यो बेला जागिर सिलसिलामा बाहिरै थिए। तर आफ्नो टोलको खबर आउने नै भयो। त्यसमाथि प्रहरी भएकाले सुरक्षाबारे झन् धेरै चासो भइहाल्यो। अझ मुख्य कुरा बुवाले सुरू गरेको काम!, अवदेशलाई यो सडकको कायापलट कसरी गर्ने भन्ने लागिरह्यो। दिक्कलाग्दो ठाउँ गुलजार बनाउने उपाय सोचिरहे। यसैबीच एकपटक उनी कामकै सिलसिलामा इटाली पुगे। भेरोना सहर घुम्दै गर्दा त्यहाँ उनले हजारौं रंगीबिरंगी ताल्चा झुन्डिएका देखे।, 'मैले पनि त्यहाँ मेरो र श्रीमतीको नामको पहिलो अक्षर कोरेर ताल्चा लगाइदिएँ। अनि त्यहीँको नदीमा साँचो फालेँ,' अवदेशले सम्झिए। , अवदेशले त्यहाँ ताला मार्दै गर्दा उनको दिमागको ताला भने खुल्यो। फर्केर उनले बुवाले मन्दिर बनाएको सडकमा यस्तै ताला मार्ने ठाउँ बनाउने सोचे। फर्केर श्रीमती अमृतासँग कुरा गरे। उनलाई पनि यो उपाय मनपर्यो।, अनि एक वर्षअघि उनीहरूले महालक्ष्मी मन्दिर छेउकै भित्तामा निलो पृष्ठभूमि रंगाए।, सेतो अक्षरले लेखे- हाम्रो प्रेम अमर रहोस्! , अनि आयातकार जाली बनाएर झुन्डाए एउटा ताल्चा- अवदेश र अमृताको प्रेमको नाममा।, 'सातौं पुस्तासम्म हाम्रो प्रेम अमर रहोस् भनेर ताल्चा मार्यौं,' अवदेशले सम्झिए, 'अनि साँचो नदीमा बगाइदियौं।', विदेशमा मात्र चलेको चलन, सुरूमा त हिँडडुल गर्नेहरूले 'यो के गर्या होला' भन्ठाने। अचम्म मानेर हेरे। यही बाटो हिँड्ने केही विदेशीलाई भने यसले तान्यो। उनीहरूले बुझिहाले। केही जोडीले ताल्चा ल्याएर झुन्ड्याइ नै दिए।, अवदेश र अमृता विष्ट, यहाँ पाँच वटाजति ताल्चा भएपछि त झन् रमाइलो किस्सा भयो।, 'केही व्यक्तिले ताला पाइने पसल हो भनेर सोधे,' उनले भने, 'हामीले होइन, प्रेम बन्धन सातौं पुस्तासम्म रहोस् भनेर यहाँ ताला लगाउँछन् भनेर बुझायौं। यसरी बुझाएपछि सोध्नेमध्ये अधिकांशले ताल्चा लगाउन थाल्नुभयो।', बिस्तारै यसबारे बुझेका युवायुवती यहाँ आउन थाले। अवदेशका अनुसार एक वर्षमा यहाँ दुई हजारभन्दा बढी ताल्चा भइसके।, 'ताल्चा लगाउने बनाएपछि मानिसको चहलपहल हुन थाल्यो। एकपछि दुई हुँदै अहिले धेरै प्रेम जोडी आउन थालेका छन्,' उनले भने।, यहाँ अविवाहित प्रेम जोडीसँगै विवाहितहरू पनि आउँछन्। आफ्नो प्रेमको अमरता कामना गर्दै ताल्चा कसेर साँचो कसैले नदेख्ने ठाउँमा फालिदिन्छन्। हालसम्म कुनै जोडी साँचो खोल्न नआएको अवदेशलाई जानकारी छैन।, ताल्चा लगाउनेहरूले सामाजिक सञ्जालमा भिडिओ, फोटो हाल्नाले पनि यसको प्रचार भएको उनले बताए।, 'नेपालमा कतै पनि यस्तो ठाउँ छैन। त्यसैले काठमाडौं बाहिरका मानिसको ध्यान पनि केन्द्रित भएको छ।', यसरी यहाँ मान्छे ढुक्कले हिँड्ने वातावरण बन्यो। तर यो केही समयका लागि मात्र हुन्थ्यो। त्यसैले अवदेशकी श्रीमती अमृताले जुक्ति फुराइन्, कफी सप खोल्ने।, मन्दिर संरक्षण र मानिसको चहलपहल बढेसँगै सुरक्षित पनि हुने भएकाले कफी सप खोल्ने आइडिया आएको अमृता बताउँछिन्।, 'हामीकहाँ अलि बेग्लै तरिकाले कफी पाक्छ। प्रेसरकुकरमा,' उनले भनिन्, 'कुकरमा सिठ्ठी लाग्दा सुरूसरूमा छिमेकीले मन्दिरमा भोज हो भनेर सोधे पनि। अचम्म मान्दै हेर्न आए। बिस्तारै थाहा हुँदै गएपछि सामान्य भयो।' , कफी सप नाफाका लागि नखोलिएकाले मूल्य कम राखिएको उनी बताउँछिन्। यहाँ कफीसँगै कोल्ड कफी, हट चकलेट, लस्सी, आइस हर्लिक्स, भिभा, बोर्नभिटा पनि पाइन्छ। यिनको मूल्य ५० देखि ८० रूपैयाँसम्म छ।, अवदेश भने बिहानदेखि बेलुकासम्म ड्युटीमै हुन्छन्। हाल उनको काम प्रधान कार्यालय नक्सालमा छ। कफी सप अमृताले सम्हाल्दै आएकी छन्।, बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म कफी सप खुल्छ। कफी सप नहुँदा मूर्ति चोरी हुने डरले मन्दिर पूजा गर्ने बेला मात्र खोलिन्थ्यो। अहिले बिहानदेखि बेलुकासम्मै खुल्छ।, कुनै बेला डराउँदै गुडुडु कुद्न पर्ने सडकमा अचेल ढुक्कले महालक्ष्मीलाई ढोग्न सकिन्छ। मुस्काउँदै सेल्फी-भिडिओ खिच्न सकिन्छ। बसेर कफी पिउन सकिन्छ।, ,
झुन्डिएका ताल्चाले फेरेको जावलाखेल कुनाको एउटा सडक
|
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) सवार गाडी बोलेरो गाडीसँग ठोक्किएको छ।, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेनजिकै मन्त्री लामा चढेको कर्णाली प्रदेश ००१ झ ००७६ नम्बरको गाडी भे १ २४७४ नम्बरको बोलेरो जीपसँग ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, मंगलबार दिउँसो मन्त्री लामा वीरेन्द्रनगर–१४ मा पर्ने स्टे भ्यालीभ्यू होटलमा आफ्नै मन्त्रालयद्वारा आयोजित कार्यक्रममा जान लागेका थिए। त्यहीक्रममा विपरीत दिशाबाट आएको बोलेरो जीपसँग ठोक्किएको हो।, दुर्घटनामा मानवीय रूपमा कुनै चोटपटक लागेको छैन। ठक्कर दिने बोलेरो र त्यसका चालक प्रकाश अधिकारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।, घटनापछि अर्को गाडीमा चढाएर मन्त्री लामालाई कार्यक्रमस्थल पठाइएको प्रहरीले जनाएको छ।,
कर्णालीका पर्यटनमन्त्री सवार गाडी दुर्घटना
|
सेतोपाटी संवाददाता काठमाडौंको नागार्जुन नगरपालिका-७ स्थित इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिसहित दुई जना पक्राउ परेका छन्। , सोमबार बिहान चोरिएका मूर्तिसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका-४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेंशी नगरपालिका-४ घर भएका ५६ वर्षीय कान्छा मगर छन्।, नागार्जुन फस्कुस्थित सडकमा एक पुरूष बोराभित्र चोरिएका सामान बोकेर हिँडिरहेको भन्ने सूचनापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिंग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान बरामद गरेको छ। , उनीहरूमाथि चोरी तथा डाँका गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ।,
नागार्जुनको इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिसहित दुई पक्राउ
|
रासस प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।, प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा संलग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिकाका २६ वर्षीय राहुल चचानलाई मंगलबार पक्राउ गरेको हो।, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनियम, निर्देशन, आदेश विपरीत प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा लागेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, काठमाडौंको महाबौद्ध, न्युरोड, कलंकीलगायत क्षेत्रमा उनीहरू क्रिप्टोकरेन्सीको वित्तीय कारोबारमा सक्रिय रहेकाले विद्युतीय उपकरणसहित प्रहरीले पक्राउ गरेको हो। उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार रूपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।, पक्राउ परेका उनीहरूसँग बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ।,
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन पक्राउ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.