content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आज देशभरको मौसममा बदली देखिएको छ।, बिहान पहाडी भूभागमा आंशिक बदली हुनुका साथै दिउँसो देशभर बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।, महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ। , मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, बुधबार प्रदेश १, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, यो पनि, चुनावको दिन पानी पर्नसक्छ, सतर्कता अपनाऔं (भिडिओ), जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्।, बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आईतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरूले सुझाएका हुन्।, पछिल्लो विकसित प्रणालीबारे कुरा गर्दै जलवायुविद् धर्मराज उप्रेतीले आसानी नाम दिईएको यस आँधी  निकै तिब्र गतिमा चलेको बताए। सो आँधीको असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख  २८ गते देखि प्रभाव देखिने उनले बताए। , वैशाख  ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए।, ‘२५ गतेदेखि बंगालको खाँडीमा न्युन चापीय अवस्था समुद्री आँधीको रूपमा विकसित भएको छ। यो न्युन चापीय अवस्था वैशाख २२ गतेदेखि उत्पन्न भएको थियो। न्युन चापीय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधीको रुप लिएको छ। जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ’, उनले भने, ‘त्यो समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर वैशाख २७ गते राति देखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ।’, उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानी पर्ने अवस्था रहेको भन्दै उनले अहिले नयाँ प्रणालीले गर्दा चुनावको मुखमा पानी पर्ने र त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्नसक्ने भएकाले पूर्वतयारी गर्ने अनुरोध गरेका छन्।, ‘सबै मतदान गर्ने केन्द्रमा पानी पर्छ भन्ने होइन कतै नपर्न पनि सक्छ’, उनले अगाडि भने, ‘कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि हुनसक्छ। तर हामी तयारी अवस्थामा बस्नुपर्ने हुन्छ।’, जलवायुविद् उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिए।, ‘पानीमा मतदाता भिज्न सक्ने हुनसक्छ। मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्छ। यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु,’ उनले भने।, दुई वटा मौसम प्रणालीको प्रभावले आज मुलुकभर मौसममा बदली, मध्यम वर्षाको सम्भावना
रासस स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले मारेका छन्।, आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयले धपाउन खोज्दा मान्छेमाथि आक्रमण गरेको स्थानीय रेशम गोतामेले बताए।, घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीय दुर्गाबहादुर गोतामेलाई आक्रमण भएको थियो।, मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयले दाउराले टाउकामा हानेर मारेका हुन्।, चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोकका ४३ वर्षीय गोतामे घाइते छन्। गोतामेको कान, टाउको र हातमा चोट लागेको छ।, उनलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ।, मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ।, वन अधिकृत थापाका अनुसार पोथी चितुवा १.६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको रहेको छ।, मान्छेलाई आक्रमण गरेपछि स्थानीयले मारे चितुवा
सेतोपाटी संवाददाता सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ।, गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी दिएको छ।,  यसअघि मन्त्रिपरिषद बैठकले मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।, शुक्रबार सार्वजनिक विदा
रासस राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालक विरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।, विभागले काठमाडौं महानगरपालिका-२७ स्थित अन्तरा इन्टरनेसनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ। विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरूद्ध मुद्दा दायर गरेको हो।, विभागले १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। आरोपी अन्तरा इन्टरनेशनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ। विभागले आरोपीविरूद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।, साढे ८ करोड बढी राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालकविरूद्ध मुद्दा
सेतोपाटी संवाददाता विशेष अदालतले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई ७ करोड २४ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ।, विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र सालिकराम कोइरालाको इजलासले तीन वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला सुनाउँदै उनीहरू बाबुछोरालाई बिगो मागबमोजिम जरिवानामा तिराउने फैसला गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।, बबई नदीमाथि पुल बनाउँदा त्यसको डिजाइनदेखि निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले २०७५ असोजमा मुद्दा हालेको थियो।, अदालतमा मुद्दा परेपछि हरिनारायण प्रतिनिधि सभा सांसदबाट निलम्बित भएका थिए। २०७४ को चुनावमा उनी पर्साबाट संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए।, विशेष अदालतले सोही मुद्दामा मनोजकुमार श्रेष्ठ, भानु जोशी र राजेशकुमार यादवलाई ८ महिना कैद र २५ हजार जरिवाना तोकेको छ भने नवराज केसी र हरिबहादुर खड्कालाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।, सोही मुद्दामा कर्मा तेन्जिङ तामाङलाई ४ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ।, अख्तियारले मुद्दा हालेका दीपेन्द्रबहादुर बिष्ट, प्रेमप्रसाद चुवाई, गोविन्द गैरे र कृष्णदेव यादवले  सफाइ पाएका छन्।  , पप्पु कन्स्ट्रक्सनका रौनियार बाबु-छोरालाई ७ करोड २४ लाख जरिवाना तिराउने विशेषको फैसला
रासस काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नम्बरको स्कुटर र ना५ख १९०९ नम्बरको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीया विमलादेवी भट्टराईको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते भट्टराईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, दुर्घटनामा स्कुटर चालक भने घाइते भएका छन्। स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। , काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
एजेन्सी युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको ज्याकेट एक करोड ३७ लाख २० हजार रूपैयाँ (अमेरिकी एक सय एघार हजार अमेरिकी डलर) मा बिक्री भएको छ।, सिएनएनका अनुसार राष्ट्रपति जेलेन्स्कीले लगाएको फ्लिसको ज्याकेटमा उनले हस्ताक्षर समेत गरेका छन्। उक्त ज्याकेट बिहीबार लन्डनमा आयोजित कार्यक्रममा युक्रेनको सहयोगको लागि बिक्री भएको हो।, यसै सन्दर्भमा बेलायतको लागि युक्रेनी दूतावासले एक भिडिओ ट्विट गरेको छ। भिडिओसँगै क्याप्सनमा लेखेको छ, 'थुप्रै फ्लिसको ज्याकेटमध्ये जेलेन्स्कीको एक मात्र यो ज्याकेट, ९० हजार पाउन्डमा बिकेको छ।', भिडिओमा राष्ट्रपतिले उक्त ज्याकेट लगाएर युद्धमा हिँडेको फोटा र भिडिओ क्लिपहरू देख्न सकिन्छ।, लन्डनमा आयोजित कोष संकलन कार्यक्रमको मुख्य उद्देश्य युद्धको समयमा युक्रेनीहरूले देखाएको बहादुरीका कथाहरू सुनाउनु र यो बहादुरीलाई समर्थन गर्न कोष जुटाउनु रहेको दूतावासले जनाएको छ। , लन्डनमा युक्रेनी दूतावासले टेट आधुनिक आर्ट ग्यालरीमा 'ब्रेभ युक्रेन' कोषको आयोजना गरेको हो। जसमा युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्कीले बच्चाहरूको लागि खेलौना, स्वर्गीय फोटोग्राफर म्याक्स लेभिनले खिचेका तस्बिरहरू र जेलेन्स्कीको ज्याकेट कोषको लागि दिएकी हुन्। , उक्त कोषमा करिब ७ करोड ७४ लाख रूपैयाँ (एक मिलियन अमेरिकी डलर) संकलन भएको जनाइएको छ। दूतावासका अनुसार सो रकम विशेषत पश्चिमी युक्रेनी विशेषीकृत बाल चिकित्सा केन्द्रको मर्मतमा खर्चिनेछ।, कोषको एक कार्यक्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भिडिओमार्फत कुराकानी गर्दै उनको नेतृत्व र युक्रेनीहरूको बहादुरीको प्रशंसा गरेका थिए। , रुसले फेब्रुअरीको अन्तमा युक्रेनमा आक्रमण सुरू गरेपछि त्यहाँ भूराजनीतिक उथलपुथल र शरणार्थी संकट निम्त्याएको छ। पछिल्लो अनुमानअनुसार युद्धमा तीन हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्।, एक करोडभन्दा बढीमा बिक्यो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट
मनिका विश्वकर्मा खासमा त्यसरी बिहे गर्ने उनको रूचि नै थिएन। घरपरिवारको दबाबमा २९ वर्षको उमेरमा उनको बिहे भयो। कान्छा छोराको बिहे गरेर बुहारी भित्र्याउने आमाबाबुको रहर पूरा भयो। छोराको रहरमा भने पहिरो गयो।, एक सन्तान पनि जन्मियो। तर बिहे र सन्तानप्राप्तिबाट उनी सन्तुष्ट हुन सकेनन्। श्रीमान–श्रीमतीको मेल हुन सकेन। उनीसँग बस्न श्रीमती इच्छुक भइनन् र बिहे गरेको छ वर्षमा सम्बन्ध विच्छेद भयो। सन्तानको हेरचाहका लागि केही सम्पत्ति लिएर बिदा भइन्। , सम्बन्ध विच्छेदपछि उनी गाउँमा बस्न सक्ने अवस्था भएन। कुरा काट्ने र अनेक घोचपेचका शब्दले पिरोल्थ्यो। गोर्खाको आफ्नो गाउँघर माया मारेर चितवन पुगेपछि उनको जीवन बदलियो।, २०४० सालमा छोराका रूपमा जन्मेका उनले ३५ वर्षपछि आफूलाई महिला स्वरूप दिए। महिला पहिचान दिने गरी नाम पनि फेरे, इच्छा गुरुङ।, 'चितवन आएपछि मैले आफूभित्रको मलाई बाहिर निकाल्न पाएँ,' आफूलाई ट्रान्सजेन्डर भनेर चिनाउने इच्छाले भनिन्।, उसो त उनले आफ्नो पहिचानको जानकारी १८ वर्ष उमेर छँदै पाइसकेकी थिइन्। त्यो बेलै आफूलाई महिलाको पहिचान दिन खोजे पनि सम्भव नभएको उनी बताउँछिन्।, कान्छा छोरा भएकाले पनि होला, सानैदेखि उनको धेरै समय आमासँग मेलापातमा बित्थ्यो। परिवारको कमजोर आर्थिक अवस्थाका कारण पढाइ ६ कक्षाभन्दा माथि हुन सकेन। सानैदेखि छोरीमान्छे बन्न मन लाग्थ्यो। घरमा पनि महिलाले गर्ने भनिएकै काम गर्थे।, उमेर बढ्दै जाँदा केटी मान्छेकै कपडा लगाउन मन लाग्यो। अलिअलि गर्दै लगाउन पनि थालिन्। थोरैथोरै सिँगार पनि। उनको यस्तो स्वभावप्रति परिवारजनको ध्यान गयो। गाउँमा पनि गाइँगुइँ चल्न थाल्यो। उनको आनीबानीबारे प्रश्न उठ्न थाल्यो। , 'म त छोरो मान्छे हुँ तर किन छोरी जस्तो बन्न मन लाग्छ भन्ने अन्योलमा थिएँ,' उनले त्यो बेलाको आफ्नो मनस्थिति सुनाइन्, 'आफैंसँग अनौठो लाग्थ्यो। किन केटी जस्तो भइरहेको छु भन्ने थाहा थिएन। आमाबाबुलाई झन् के जवाफ दिने भन्ने थाहै भएन।' , १८ वर्षे इच्छा आफ्नो शरीर र स्वभावको बेमेलले छटपटीमा थिइन्। यही समय रवि गुरुङ नामका समवयी व्यक्तिसँग भेट भयो। दुवै जना साथी भए। रविको संगतबाट इच्छाले आफ्नो शरीर र स्वभावको बेमेलको कारण थाहा पाइन्। , 'रवि पनि ट्रान्सवुमन थिइन्। उनीविसँग भेट भएपछि मैले आफूलाई चिनेँ। म अर्कै समुदायकी रहेछु भन्ने थाहा पाएँ,' इच्छाले भनिन्, 'यसपछि म केटीका रूपमा खुल्न थालेँ।' , उनी आफ्नो पहिचानमा खुलिन्, मनमा सहज भयो तर गाउँघरमा सकस सुरू भयो। उनलाई जिस्क्याउने, गिज्याउने र कुराकाट्नेको संख्या बढ्यो। परिवारमा पनि उनको यस्तो परिवर्तन स्वीकार्य भएन।, इच्छाको मन बुझ्न चाहने कोही भएन। एक्ली भइन्। आमाबाबु र परिवारका अन्य सदस्यले महिलाको हुलियामा देख्न चाहेनन्। उनीहरूले त पुरुष नै देखेका हुन्, शरीर पुरुषकै थियो। त्यो बेला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा जानकारी पनि धेरैलाई थिएन।, इच्छाको स्वभाव परिवारका लागि समस्या भएर खडा भयो। दिनदिनै झगडा हुन थाल्यो। झन्डै दस वर्ष यस्तै चलिरह्यो। परिवारलाई उनको बिहे गरिदिए 'समस्या सल्टिन्छ' भन्ने लाग्थ्यो। समाजलाई पनि। अन्ततः दबाबै दबाबले घेरिएर उनी पुरुष बने। महिलासँग बिहे गरे।, 'मैले विवाह गर्दिनँ भनिरहेँ। तर रीतिरिवाज जोगाउनुपर्छ भन्दै कर गरे। छिमेकीले त बिहे नगरे तिमीले दिएको पानी खान्नौं भन्न थाले। बाआमाले कर गर्नुभयो, उहाँहरूको खुसीका अगाडि मैले केही भन्न सकिनँ, बिहे गरेँ,' त्यो बेला बाध्यतामा आएर गर्नुपरेको निर्णयले अहिले उनलाई पछुतो लाग्छ, 'म श्रीमती ल्याउने मान्छे नै होइन भन्दाभन्दै पनि बिहे गर्न बाध्य भएँ।', उनीसँग उपाय थिएन। के गरौं कसो गरौं हुन्थ्यो। पछि श्रीमतीका सामुन्ने बेलाबेला महिला हुलियामा देखा परेपछि उनकी श्रीमतीले बल्ल बुझिन्। उनले बिहे गरेका मान्छे पुरुष होइनन्। अनि उनीहरूको सम्बन्ध विच्छेद भयो। , त्सपछि एक दिन उनले घर छाडिन्।, 'आमा घाँस काट्न गएका बेला उहाँको पैसा लिएर चितवन आएँ। चितवनमा आफू जस्ता साथीहरू भेटिए,' इच्छाले भनिन्, 'अनि बल्ल आफ्नो पहिचान खुलाएर हिँड्न सजिलो भयो।', पहिचान खुलाउन सजिलो भए पनि अर्को सहरमा बाँच्न मुश्किल थियो। धेरै ठाउँमा काम खोजिन्, कसैले पत्याएन। उनका अनुसार होटलमा भाँडा माझ्छु भन्दा पनि काम पाइनन्। मान्छेहरूलाई उनको स्वरूप चित्त बुझ्दैन थियो।, आफूजस्तै साथीहरू भेटिएकाले जसोतसो भोकै लड्नु परेन। तर कमाइ नै नभइ कति दिन बस्ने!, एक दिन उनी नाच्ने कामका लागि केही साथीसँग वीरगन्ज पुगिन्। किशोरावस्थामा अलिअलि नाचेकी उनले वीरगन्जमा बिहे, ब्रतबन्ध र यस्तै अन्य अवसरहरूमा नाच देखाइन्। त्यहाँ यस्ता अवसरमा उनीहरूका समुदायका मान्छेले नाचगान गर्ने चलन अझै छ। धेरैको रोजीरोटी यसबाटै चल्छ।, इच्छा भन्छिन्, 'नाच्नु भन्नु मात्रै, सजिलो छैन। रातभरि नाच्दा थाकिन्छ। कहिलेकाहीँ पुरुषहरू जबर्जस्ती गर्न पनि आउँछन्।', वीरगन्जमा नाच्न लागेपछि उनी थोरैथोरै कमाउन थालिन्। कोठा भाडा तिरेर एक्लै बस्न र खान पुग्ने भयो। ढुक्कले बाँच्न इच्छा शरीर र मनको बेमेल अन्त्य गर्न चाहन्थिन्। नाचेर कमाएको पैसाले हर्मोन प्रयोग गरेर छाती बढाइन्। स्वर, छाला, कपाल पनि महिलाको जस्तो हुँदै गयो।, अहिले उनी महिला स्वरूपमै देखिन्छिन्। अब उनलाई आफ्नो नागरिकतामा रहेको पुरुष नाम र फोटो बदल्नु छ।, 'महिला हुलियामा पुरुषको नागरिकता देखाउँदा धेरै ठाउँमा सकस परेको छ,' उनले भनिन्। , नागरिकता प्रमाणपत्रमा महिलाको पहिचान मिलाउन जिल्ला प्रशासन कार्यालयले शल्यक्रिया गराएर महिला बनेको प्रमाण खोज्छ। कोरोना संक्रमणको समयमा निकै दुःख भए पनि आजकाल जीवन चलाउन पुग्ने कमाइ छ। शल्यक्रिया नै गराउन पुग्ने भएको छैन। , उनको पेसा नृत्य हो। बढ्दो उमेरले नाच्ने जोस कमजोर हुँदैछ। भन्छिन्, 'उमेर बढ्दै गएको छ। पहिलाजस्तो जाँगर लगाएर नाच्न सकिँदैन। अत्यास पो लाग्न थालेको छ के होला अब भनेर।', इच्छा कहिलेकाहीँ आमालाई भेट्न गाउँ जान्छिन्। गाउँमा पहिलाजस्तो असहज छैन। आफ्नो प्राकृतिक स्वभावकै कारण गाउँ छाड्नु परेकामा मनमा चोट छ। तर उनले लैंगिक पहिचानसहित ससम्मान जिउने संघर्ष छाडेकी छैनन्। , यी पनि पढ्नुहोस्ः ,'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ', 'पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
रासस काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन काम पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले आइतबार र सोमबार फोहोर व्यवसथापन गर्न समस्या भएएको काठमाडौं महानगरपालिकाले जनाएको छ।, सोमबार साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मंगलबार बिहानदेखि नियमित फोहोर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहोर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा समस्या आएको प्रमुख राईले बताइन्। यसअघि पनि पटकपटक सिसडोल भरिँदा माटोले पुरेर अन्य फोहोरलाई व्यवस्थापन गरिँदै आएको थियो।, हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर निस्किन्छ। निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहोर सिसडोल लैजाने गरिन्छ।, पासाङ ल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि १४ दिनपछि शनिबारदेखि फोहोर व्यवस्थापनको काम सुरू भए पनि स्थानको अभावका कारण अहिले फेरि समस्या आएको हो।, स्थानीयवासीसँगको छलफलमा सहमति नजुटेपछि कामपाको पहलमा तीन सय सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य शनिबारदेखि भएको थियो। पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयवासीले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौंका स्थानीय तहको फोहोर सडकमा नै थियो।, पटकपटकको छलफलमा पनि स्थानीयवासीसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त संख्यामा सुरक्षाकर्मी खटाएको हो। पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको थियो।, हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहोर रोकिएको हो।, फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमा नै फोहोर रहँदा समस्या सुरू भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागको भनाइ छ।, उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। स्थानीयवासीकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहोरको अन्तिम व्यवस्थापन हुन सकेन।, नियमित पानी पर्न सुरू भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ।  , काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ।, आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ महाशाखाले जनाएको छ। , आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , यस्तै बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/ चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/ चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, यस्बै बिहिबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन / चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका  थोरै स्थानहरूमा मेघ गर्जन/ चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ।, आज पनि देशभर मौसम बदली, चार प्रदेशमा वर्षाको सम्भावना
रासस सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ।, जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ।, स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।, सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता स्थगित
सेतोपाटी संवाददाता एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ,स्वर्ण पदक विजेता सञ्जु चौधरी, मृत अवस्थामा फेला परेकी छन्।, केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी  प्रहरीले जनाएको छ।, ‘हामीलाई बिहान साढे ५ बजे खबर आयो, घटनास्थलमा पुगेर हेर्दा मृत अवस्थामा हामीले फेला पार्‍यौं’, महालक्ष्मी प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई सन्तोष बरालले जानकारी दिए। , प्रहरीका अनुसार सञ्जु सुतेको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, बाँकेको राप्ती सोनारी गाँउपालिका स्थायी घर भएकी  २३ वर्षीया सञ्जुले काठमाडौंमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन्। , केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन उनी काठमाडौं आएकी थिइन्। एसियाली खेलकुदमा छनोट भएसँगै उनी काठमाडौंमै बस्दै आएकी हुन्।, एसियाली खेलकुदको तयारीमा रहेकी साग स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला
रासस तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन्।, बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षीय ईश्वर विक रहेको प्रहरीले जनाएको छ।, सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ। , पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुंगे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन्। अन्य दुई भने नदी तर्न सफल भएका थिए। बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पुर्‍याउन आग्रह गरेकी छन्।, अझै भेटिएनन् पौडी खेल्दा बेपत्ता भएका बालक
रासस प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ।, त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको छैठौं अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।, सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ। अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावण लगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गरिन्छ। , अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् गौतम बताए। अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको माग अनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो।, दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप भएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ। प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसंग रामायण लगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ। यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन्। , सीता उत्पत्ति भएको भए पनि आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ। यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ।, विसं २०७७ र २०७८ मा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले रामजानकी मन्दिरमा सीता जयन्तीका अवसरमा लाग्ने मेला प्रभावित भएको थियो। यस वर्ष भने कोरोना महामारी निकै कम रहेकाले मेला लागेको छ। सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान दिएको छ।, आज सीता उत्पत्ति दिवस मनाइँदै, जनकपुरमा मेला
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दामा ३६ लाख ७५ हजार जरिवाना ठहर भएका व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका-८ बस्ने ५० वर्षीय रामसुन्दर डंगोललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , ५० वर्षीय उनलाई प्रहरीले सोमबार काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको हो। , गत असोज २ गते उनले कैलाश विकास बैंक लिमिटेडको खातामा पैसा नभएको जानीजानी चेक काटेर दिएका थिए। , रकम भुक्तानी हुन नसकेपछि उच्च अदालत पाटनले वैशाख ४ गते बैंकिङ कसुरमा ७ दिन कैद र ३६ लाख ७५ रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। , फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। , बैंकिङ कसूर मुद्दामा फरार व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन्।, आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजंघा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी हुन्।, उनले आफ्नो पोष्टमा लेखेकी छन्, ‘म केही दिन बिरामी परेकी थिएँ त्यसैले आँटेको हिमाल चढ्न सक्दिनँ झै लागेको थियो। तर, जम्मा दुइ दिनमै भब्य कञ्चनजंघाको सफल आरोहण गरेँ।’, उनले आफ्नो पोष्टमा भनेकी छन्, ‘हिमाल चढ्न सहज थिएन र यसले मलाई अझै हिम्मत दिएको छ। कञ्चनजंघा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ।’ , उनले आफ्नो सफलताका पछाडि बलियो टिमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन्। निम्स दाइ लगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेका थिए।, विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइ लगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ। यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन। , कतारी राजकुमारी आश्मा कञ्चनजंघा शिखरमा पुग्ने पहिलो अरबी महिला
सीताराम कोइराला २०७६ को मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारोत्तोलनमा जितेको पहिलो स्वर्ण विशेष थियो।, सागको ३५ वर्षको इतिहासमा नेपालका लागि महिला खेलाडीले भारोत्तोलनमा पहिलो स्वर्ण जित्दै इतिहास रचेकी थिइन्। नेपालगञ्जकी सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।, पोखरामा भएको प्रतिस्पर्धामा ऐतिहासिक स्वर्ण जितेपछि उनले सबैभन्दा पहिला भेरी अञ्चल अस्पतालमा काम गर्ने आफ्ना बुबालाई फोन गरेर खुसी साटेकी थिइन्। सुरूमा उनका बुबाले छोरीले स्वर्ण जितेको पत्याएका थिएनन्।, ‘साँच्चिकै गोल्ड मेडल आयो त?,’ बुवाले सोधेका थिए।, सञ्जुले दंग पर्दै दोहोर्‍याएकी थिइन्- साँच्चै हो के बुवा।, बुवाले भनेका थिए, ‘ल ल अझै राम्रो गर्दै जाऊ।’, बुवाले भनेझैं सञ्जुले सागपछि पटक-पटक राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। नेपाली भारोत्तोलमा उत्कृष्ट खेलाडीको उपमा पाएकी उनीबाट एसियाली खेलकुदमा पदकको आसा गरिएको थियो।, उनी चीनमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएकी थिइन्। त्यसकै तयारीमा रहेकी सञ्जु एसियाली खेलकुदमा पदक जित्दै बुबालाई अर्को ‘सरप्राइज’ दिने योजनामा थिइन्।, यो योजना अब पूरा नहुने भएको छ। सञ्जुले मंगलबार संसार छाडेकी छन्। नेपाली भारोत्तोलनकी उदयीमान खेलाडी सञ्जु मंगलबार बिहान मृत फेला परिन्।, ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरको कोठाको सिलिङको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको छ।, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार उनी एसियाली खेलको छनोटको तयारिका लागि प्रशिक्षक महर्जनकै घरमा बसिरहेकी थिइन्।, गत वैशाख १६ गते छनोट भएपछि उनी प्रशिक्षणका लागि सञ्जयसँगै रंगशाला जाने गरेको श्रेष्ठले बताए।, ‘हिजो लुभुमा जात्रा भएका करण गुरूको घरमा पाहुना बोलाएको थियो। म पनि गएको थिएँ। अरू साथीहरू पनि आउनुभएको थियो। हामी सबै रमाइरहेकै थियौं। उनले हामीलाई खुवाउन सहयोग पनि गरिरहेकी थिइन्,’ श्रेष्ठले भने, ‘हिजोसम्म हामीले खुसी नै देखेका थियौं।’, साथीहरूलाई भने उनले ख्याल ठट्टामा ‘सुसाइड गर्छु’ भन्ने गरेको आफूले थाहा पाएको श्रेष्ठले बताए।, ‘साथीहरूलाई ख्याल-ठट्टा गरेरै सुइसाइड गर्छु भनेकी रहिछन्। त्यसरी पहिला पनि ठट्टा गरेको थियो रे। तर अब मजाक मात्रै गरेको जस्तो लागेको थियो,’ श्रेष्ठले भने, ‘साँच्चै नै समस्या नै भएको भनेको भए त हामी गाइडेन्स दिने थियौं।’, सञ्जुको मृत्युले नेपाली खेलकुदमा ठूलो क्षति पुगेको श्रेष्ठले बताए।, ‘हामीले उनीबाट धेरै आसा गरेका थियौं। भारोत्तोलनामा राष्ट्रको खम्बा नै थिइन्। तर दुर्भाग्यवश आज यस्तो घटना भयो। उनका सपनाहरू अधुरै रह्यो,’ श्रेष्ठले भने।, सञ्जुका साथी तथा खेलाडी प्रकाश केसीले पनि सञ्जुले कहिले पनि समस्या देखाउने नगरेको बताए।, ‘म पनि हिजो त्यहाँ गएको थिएँ। हामी रमाइरहेकै थियौं। उसैले भोज खुवाउनको लागि घरमा सहयोग गरिरहेको थियो। त्यस्तो समस्या केही थियो जस्तोचाहिँ लागेको थिएन,’ उनले भने। , प्रशिक्षक सञ्जय महर्जनले पनि दु:ख व्यक्त गरे।, ‘१५-२० दिनदेखि मेरोमै थिइन्। मलाई केही भनेकी थिइनन्। अरू साथीहरूलाई केही भनेकी थिइन् कि!,’ उनले भने।, सञ्जुले भारोत्तोलन खेल्न थालेको भने धेरै भएको छैन। पाँच वर्षअघि उनी क्रिकेट र एथ्लेटिक्स छाड्दै भारोत्तोलनमा प्रवेश गरेकी थिइन्।, स्कुल पढ्दा सञ्जुले भारोत्तोलन खेलेर नेपालाका लागि ऐतिहासिक स्वर्ण जित्छु भन्ने कल्पना पनि गरेकी थिइनन्। उनी त बरू क्रिकेटको बल र ब्याट घुमाउँथिन्। दौडिने पनि उनको सोख थियो।, स्कुलमै पढ्दाताका २०६८ मा क्रिकेट र एथलेटिक्समा राष्ट्रिय प्रतियोगिता खेलिसकेकी उनले त्यतिबेलै स्वर्ण पदक जितिसकेकी थिइन्।, एसईई पास भएपछि उनको स्कुलमात्र बदलिएन खेल पनि परिवर्तन भयो। नेपालगञ्जमा क्याम्पस पढ्न थालेपछि उनी जिम जान थालिन्। जिममा फलामका डल्ला उचाल्दाउचाल्दै उनलाई आफू बलियो हुँदै गएको महशुस भयो। राम्ररी जिम गर्ने सञ्जुलाई नेपालगञ्जका भारोत्तोलन प्रशिक्षक सकिल अमद हलवाईले भारोत्तोलनमा ल्याए।, भेरी अञ्चल अस्पतालका कर्मचारी उनका बुबा क्वार्टरमै बस्थे। छोरीले पढ्न छोडेर खेलमा मन डुलाएको उनलाई त्यति मन पर्दैनथ्यो। ‘त्यतिबेला खेलकुदमा लाग्दा बुवाले निकै गाली गर्नुहुन्थ्यो,’ सञ्जुले सेतोपाटीसँग भनेकी थिइन्, ‘भागेर र लुकेर खेल्न जान्थ्यौं।’ उनी राष्ट्रिय टिममा परिसक्दा पनि प्रशिक्षणमा जाँदा उनले बुवाका आँखा छल्नु पर्थ्यो।, पछि उनी काठमाडौं आइन्। नेपालगञ्ज हुँदा त कम खर्च भए नि हुन्थ्यो। काठमाडौंमा खानादेखि कोठा भाडा सबै व्यहोर्नुपर्थ्यो। खेल र डाइटको खर्च त छँदै छ।, ‘धेरै सामान चाहिने घरबाट मात्र पैसा मागेर नपुग्ने,’ उनले दुई वर्षअघि सेतोपाटीसँगको कुराकानीमा भनेकी थिइन्, ‘गेम खेलेर केही हुँदैन, खेलेर के हुन्छ र? बुवा भन्नुहुन्थ्यो-उल्टो घरबाट पैसा माग्छौ?’, बेलाबेला उनलाई पनि दिक्क लाग्थ्यो।  सोच्थिन्- खेलकुद छोडेर अरू नै पेसा व्यवसायमा लागौं कि क्या हो। तर  खेलकुदमा उनको मन बसिसकेको थियो चटक्कै बिर्सन सकिनन्।, राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि घर परिवारबाट उनलाई पूर्ण समर्थन आउन थालेको थियो।, भारोत्तोलनमा एकल प्रयासमा राम्रो गर्न सकिने उनको बुझाइ थियो।, भारोत्तोलन खेल्न थालेको तीन वर्षमै उनले नेपाललाई सागमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्।, तीन वर्षअघि पुलिसमा आबद्ध हुँदै भारोत्तोलन खेल्ने गरेकी सञ्जु पछिल्लो समय भने बाँके जिल्लाबाट खेल्ने गरेकी थिइन्।, एसियाली खेलकुदबाट बुवालाई अर्को ‘सरप्राइज’ दिने योजनामा थिइन् सञ्जु
रासस रूकुम (पूर्व) मा एक महिलाको शव फेला परेको छ। पुथाउत्तरगंगा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो। , सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए। शव परीक्षणका लागि रूकुम(पूर्व) अस्पताल ल्याइँदैछ। , शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। , रूकुमको जंगलमा महिलाको शव फेला
सेतोपाटी संवाददाता महिला भएकै कारण पत्रकार महिलाहरूले समस्या भोग्दै आएको प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन्। , सञ्चारिका समूहले आयोजना गरेको पत्रकार महिलाको सुरक्षा विषयक कार्यक्रममा बोल्दै बस्नेतले पत्रकार महिला सक्षम हुँदाहुँदै पनि महिला भएकै कारण हिंसा खेप्नु पर्ने बताएका हुन्।, उनले कार्यक्रममा बोल्दै भने, 'हामीले समस्याको समाधान गर्नुपर्छ। प्रेस काउन्सिलमा पर्ने उजुरीमा पनि बढी महिला भएकै कारण बढी आक्रमणमा पर्ने गरेका छन्। नक्कली फेसबुकबाट र युट्युबबाट गर्ने हिंसामा कारबाही गरेका छौं।', यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले कोरोनाबाट जागिर छुट्नेमा पनि धेरै पत्रकार महिला रहेको बताइन्। उनले भनिन्, 'महिलालाई धेरै असर गरेको छ। हामी यसको सम्बोधन गर्छौं।', कार्यक्रममा पत्रकार महिलाले आफ्ना भोगाइ पनि व्यक्त गरेका थिए। यिनै भोगाइलाई सम्बोधन गर्दै पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकार महासंघमा उजुरी नै कम पर्ने बताएका छन्। पोखरेलले भने, 'कति कुरा नभनेका कारण समस्या बनेका छन् । हामी गोपनियता कायम गरेर समाधानको प्रयास गर्छौं।', कार्यक्रममा पत्रकार दिपा दाहालले आफ्ना भोगाई बताएकी थिइन्। उनले आफूले राम्रो काम गर्दागर्दै पनि महिला भएकै कारण धेरै कुरा भोग्न परेको बताउँदै भनिन्, 'जब काममा महिलाबाटै थ्रेट फिल गर्छन् अनि समाचार कक्षमै खुम्च्याउने प्रयास गरिन्छ।' , पत्रकार महिलाको समस्या सुनिदै आएको र अब समाधानमा काम गर्नको लागि कार्यक्रमको आयोजना गरेको सञ्चारिका समूहका महासचीव वसन्ती बास्तोलाले बताइन्। उनले भनिन्, 'संचारिका समूहले अब महिला पत्रकारको समस्या सुनेर समाधान गर्ने उपाय खोज्नेछौं।', महिला पत्रकारको समस्या सुनेर समाधान गर्ने उपाय खोज्नेछौंः संचारिका समूह
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको बिजुली भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ।, प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित दुई सय मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो।, प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत पाँच महिना (असार १७ देखि कात्तिक २९ सम्म) विक्री गर्नेछ।, भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत् विद्युत व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीलगायतले बिद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।, ‘भारतीय बजारमा तीन सय ६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएका छौं, त्यसमध्ये दुई मेगावाट प्रतिस्पर्धामार्फत् जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेण्डर आह्वान गरेका हौं’, घिसिङले भने, ‘बाँकी रहेको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्ने छौं, टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरुलाई विद्युत उपलब्ध गराइने छ।’, नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ। इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ।, कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ।, भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ।, देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत  निर्यात हुने छ।, नेपालले प्राधिकरणको स्वामित्वका  त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्सको लिखु–४ बाट उत्पादित तीन सय ६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।, वर्षायामको दुई सय मेगावाट बिजुली भारतमा बेच्न टेण्डर आह्वान
सेतोपाटी संवाददाता गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।, शुक्रबार बसेको बढुवा समिति बैठकले लामालाई एआइजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।, बसन्त कुमार लामालाई एआइजीमा बढुवा गर्न सिफारिस
सेतोपाटी संवाददाता सफा हिमाल अभियान २०२२ बाट साढे १३ हजार बढी किलो फोहोर संकलन भएको छ। , नेपाली सेनाले वैशाख २१ गतेसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट १३ हजार ७८१ किलो फोहोर संकलन भएको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ।, जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने भन्दै नेपाली सेनाले चैत २२ गतेबाट सफा हिमाल अभियान २०२२ सञ्चालन गरेको थियो। , त्यसअनुसार चार हिमालबाट सो संख्यामा फोहोर संकलन भएको हो।, सगरमाथा र ल्होत्सेबाट ५८२ किलो सड्ने/कुहिने र ४ हजार ३८६ किलो नकुहिने गरी जम्मा ४ हजार ९६८ किलो फोहोर संकलन भएको छ।, कञ्चनजंघाबाट ४१८ किलो कुहिने र ५ हजार ५ सय ३१ किलो नकुहिने गरी जम्मा ५ हजार ९४९ किलो फोहोर संकलन भएको छ। , यस्तै, मनास्लुबाट कुहिने ५१३ किलो र नकुहिने २३६८ गरी जम्मा १३ हजार ७८१ किलो फोहोर जम्मा भएको निर्देशनालयले जनाएको छ।,  ,  , सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट १३ हजार बढी फोहोर संकलन
सेतोपाटी संवाददाता ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपकस्थित गोटीछाँगामा छोराले वृद्ध बुवाआमाको हत्या गरेका छन्।, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार छोरा आइतराज लिम्बूले बिहीबार बेलुका ७० वर्षीय बुवा बृखवहादुर र ७२ वर्षीया आमा फिपरानीको हत्या गरेका हुन्।, २५ वर्षीय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।, मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ।, घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा गरेका थिए। आइतराज भेडाको गोठमा बस्ने गर्थे। एकसाता अघिमात्रै भएको पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयले बताएका छन्। , आमा-बुवाको हत्या आरोपमा छोरा पक्राउ
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरूद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। , विभिन्न सञ्चार माध्यममा कोरोनाविरूद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।, केहीदिनयता विभिन्न सञ्चार माध्यममा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान केन्द्रमा कोरोनाविरूद्धको खोप लगाइने भनेर समाचार प्रकाशित भइरहेका छन्।, तर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने यस बारेमा हालसम्म मन्त्रालयबाट कुनै पनि निर्णय नभएको बताए।, न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा सहप्रवक्ता अधिकारीले मत हाल्ने दिन सबैको ध्यान मतदानमा हुने भएकोले त्यो सम्भव नदेखिएको बताए।, उनले मतदान केन्द्रमा खोप लगाउने व्यवस्थाका लागि धेरै व्यवस्थापन गर्नुपर्ने भएकोले त्यो सम्भव नदेखिएको बताए।, सहप्रवक्ता अधिकारीले मन्त्रालय चुनावलाई मध्यनजर गरेर त्यसभन्दा अगाडि सबै व्यक्तिहरूलाई खोप लगाउने कुराहरू कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरिरहको बताए।, सहप्रवक्ता अधिकारीले भने, ‘मतदानस्थलमै खोप लगाउने कुराको निर्णय अहिलेसम्म भइसकेको छैन। किनभने मत हाल्ने दिन सबैको ध्यान मतमा हुन्छ। त्यसमा हामीले खोप राख्दा धेरै व्यवस्थापन गर्नुपर्ने हुन्छ। अर्को कुरा स्वास्थ्यकर्मीहरू नै मतदान केन्द्रमा खटिने भएको हुनाले खोप केन्द्र व्यवस्थापन गर्न अलि चुनौती हुन्छ। हामीले चुनावलाई मध्यनजर गरेर त्यसभन्दा अगाडि सबै व्यक्तिहरूलाई खोप लगाउने कुराहरू कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेका छौं।’, सहप्रवक्ता अधिकारीले सरकारको अहिलेको लक्ष्य मतदान भन्दा पछिका दिनहरूमा पनि खोप लगाउनु पर्ने व्यक्तिहरू विशेषतः एकमात्रा पनि खोप नलगाएका व्यक्तिहरू, दोस्रो मात्रा लगाउनुपर्ने बेला भएकाहरू र तेस्रो मात्रा लगाउने बेला भएका व्यक्तिहरूलाई क्रमशः प्राथमिकतामा राखेर सबैलाई चाँडै खोपको दायरामा ल्याउने रहेको बताए। , मतदान केन्द्रमा कोरोनाविरूद्धको खोप लगाउने निर्णय भएको छैनः स्वास्थ्य मन्त्रालय
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ४५० जनाको पिसिआर र १ हजार ३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, १७ जना कोरोना मुक्त भएका छन्।, अहिले देशभर २१५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए १५ कोरोना संक्रमित, निको भए १७ जना
रासस बैतडीको डिलासैनी गाउँपालिका–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ। श्यामको कोदालो प्रहारबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। , शुक्रबार दिउँसो १ बजे खानेपानीको विवाद हुँदा सोही गाउँका २९ वर्षीय वीरेन्द्रसिंह ऐरले कोदालोले छातीमा हिर्काएर श्यामको हत्या गरेका हुन्।, वीरेन्द्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। , कोदालो प्रहार गरी युवकको हत्या
रासस संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।, उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ ।, विसं २०३२ मा भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट उक्त मूर्ति हराएको थियो । सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक जना दाताले उक्त मूर्ति प्रदान गरेका थिए।, उक्त मूर्ति नेपालको भए÷नभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए। न्यूयोर्कस्थित महावाणिज्य दूतावासले आर्ट ग्यालरी र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता गर्नेछ ।, नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका
नारायण खड्का वरिपरी तारबार लगाएको छ। प्रवेशद्धारमा ताल्चा झुण्डिएको छ। अहिले अर्को तारबार र गेट थपिएको रहेछ। मैले फोन गरि आफू आएको जनाउ दिएँ। उनीभन्दा पहिलै ‘टाइगर’ दौडिएर आयो। खाइलाग्दो र डरलाग्दो भएछ टाइगर।, सुँघेर उसले वरिपरी फन्को लगायो। ‘न डराउनुस्, म यही छुँ केही गर्दैन,’ लोकेन्द्र विष्टमगरले परैबाट भने।, ‘टाइगर’ रूकुम पश्चिमको हुकाम (हिमाली) भेगबाट ल्याइएको कुकुर हो।, पूर्व मन्त्री तथा नेकपा माओवादीका पूर्व नेता विष्टमगरले आफ्नो पुर्ख्यौली घरबाट डेड वर्षअघि दुई वटा कुकुरका छाउरा ल्याएका थिए।, दुईमध्ये अहिले  टाइगर मात्र छ, अर्कोलाई अस्पतालमै राखेर उपचार गर्दा पनि बचाउन सकेनन्।, तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी मैरवास्थित विष्टको ड्रागन फ्रुट बगैंचाको एक्लो रक्षक हो-टाइगर। उसले जो कोहीलाई बगैचामा प्रवेश गर्न दिँदैन।, विष्टले यहाँ ड्रागन फ्रुट खेती गरेको आउने असारमा ४ वर्ष पुग्छ।, चुनावी रन्कोबीच बगैचामा हामी पुग्दा छत्रे टोपी लगाएका ६० वर्षे पुग्न लागेका विष्ट शान्त थिए।, हामी गफिँदै ड्रागन फ्रूट बगैंचामा केहीबेर डुल्दा टाइगर अघि अघि थियो। केही बेरमा विष्टले हामीलाई स-सना तीन वटा कटेरामा पुर्‍याए। ‘लौ मेरो निवास यही हो,’उनले भने, ‘यही एभोकाडोको छाँयामुनी बसौं है।’, पूर्व मन्त्री विष्टर उनकी पत्नी गंगा यही बस्छन्। एक्ली सन्तान छोरीले बिहे गरेर गएपछि यो बगैचाको हेरचाह विष्टदम्पतीले मात्र गर्दै आएका छन्।, बाटोमै रहेको उनको बगैचा बाहिर बिभिन्न पार्टीका झन्डा बोकेका गाडीहरू लगातार ओहोर-दोहोर गरिरहन्छन्।, निर्वाचन आचार संहिता विपरित ठूला माइक राखेर चर्कौ स्वरमा गीत बजाउँदै प्रचार प्रसार गर्नेको होडबाजी चलिरहेको उनी नियमित देख्छन्।, तर, आज उनलाई यी चुनावी नारा र होडबाजी मिथ्था लाग्छ। सक्रिय राजनीतिमा ४० वर्ष विताएका विष्टपछिल्लो समय राजनीतिबाट ऐच्छिक अवकाश लिएर कृषिकर्ममा लागेका हुन्।  , जो ब्यवस्था परिवर्तनका लागि विद्रोहमा होमिए। सर्वहारा वर्गको राज्यसत्ता स्थापना गरि मुलुकमा लोकतन्त्रिक गणतन्त्र ल्याउन नेपाल र भारतका बिभिन्न कारागार १० वर्षभन्दा बढी समय जेल जीवन भोगे उनैलाई आज राजनीतिक दलका लागि उत्सव ठानिने निर्वाचन संघारमा आउँदा पनि कुनै रूची छैन। चुपचाप बगैचामा काम गरिरहेका भेटिन्छन्। , फुर्सदको समयमा उनी साहित्यीक कृति, दर्शन, राजनीति र इतिहास आदिका किताब पढ्ने गरेका छन्।, जो कोही मानिस आजीवन राजनीतिमै हुने भएकाले आफूले अहिले पनि राजनीतिक पुस्तकहरू खोजी खोजी पढ्ने गरेको बताए। विष्टलाई राजनीति भनेको जनप्रतिनिधि हुने, सरकारमा जाने र नीति निर्माणमा पुग्ने मात्रै होइन भन्ने लाग्छ। , ‘राजनीति भनेको सामाजमा राज्यसत्ता कसरी चलेको छ? ठिक छ कि छैन? राज्य सञ्चालन गर्ने विधि कस्तो छ? नीति कस्तो छ? नेतृत्व कस्तो छ? भन्ने कुरा बुझ्ने विधि र तरिकाको नाम राजनीति हो’, उनले अर्थ्याए।, ‘यस्तो राजनीतिक उत्सव छ। त्यति लामो समय राजनीति गरेको, दुई पटक मन्त्री भएको मानिस निर्वाचनको समयमा कसरी शान्त बस्न सकेको?’, भन्ने ,सेतोपाटी,को प्रश्नमा उनले भने, ‘मलाई राजनीतिमा गएर कुनै पद ओगट्नु छैन। म यो गर्छु र त्यो गर्छु भनेर उल्लु बन्नु र बनाउनु छैन। राजनीति बिना मलाई खाना रूच्दैन र निन्द्रा लाग्दैन भन्नु छैन। मैले मेरो ठाउँबाट राजनीति गरेर आइसकेँ। मेरो कोर्ष पुरा भइसक्यो। अब बाँकी जीवन शान्तपूर्वक जीउने हो।’, दलहरू यसरी होडबाजीमा उत्रिएको देख्दा उनलाई चित्त बुझ्दैन । त्यसरी होडबाजीमा उत्रनुभन्दा धेरै कुरा नगरी, खर्च पनि धेरै नगरी जति क्षमता हो त्यत्ति मात्रै भन्ने गरे मतदाताले पत्याउने उनको बुझाई छ।, रोजगारी सृजना, महंगी नियन्त्रण, कृषिमा लगानी, उद्योग कल कारखाना खोल्ने, गरिबी घटाउने जस्ता कुरा तर्फ कमैले ध्यान दिएको उनले गुनासो गरे। , विष्टले पछिल्लो समय गठन भएको पाँच दलीय गठबन्धन अत्यन्तै ‘अपवित्र’ भएको टिप्पणी गरे। , ‘लोकतान्त्रिक गणतन्त्रमा यसरी गठबन्धन गर्नु जनताप्रतिको षडयन्त्र हो,’ उनले प्रष्ट पारे, ‘किन षडयन्त्र हो भने जनताका सामु आ–आफ्ना एजेण्डा, घोषणा पत्र लिएर सरल ढंगले जाँदा उनीहरुको हैसियत मापन हुन्थ्यो ’, जनताले जसलाई जति मत दिन्छन् त्यही आधारमा मिलिजुली सरकार बनाएको भए हुनेमा उनको सुझाव छ।, 'हिजो कमरेडहरूले दुई तिहाई बहुमतको सरकार त चलाउन सकेनन्, कांग्रेस र गैर कम्युष्निट मिलेर बनेको गठबन्धनलाई कसरी पवित्र मान्नू' उनले प्रश्न गरे।, पूर्वमन्त्री विष्टपहिले रूकुमकै मतदाता थिए। २०७४ सालको निर्वाचनभन्दा पहिले उनले आफ्नो नामावली काठमाडौं सारे। काँडाघारीमा उनको घर छ। बिष्टकै शब्दमा भन्दा उनको सम्पत्ति भन्नु त्यही एउटा घर मात्रै हो। त्यहाँ अहिले उनका छोरी ज्वाँई बस्छन्। , उनले आफूकहाँ अहिलेसम्म भोट माग्न कोही नआएको दाबी गरे। ‘हामी कहाँ गेट सँधै बन्द हुन्छ,’ उनले भने, ‘त्यही भएर होकि अहिलेसम्म भोट माग्न कोही आएका छैनन्।’, झन्डै साढे तीन बिगाहा क्षेत्रफलको डाँडामा उनले विगत चार वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आएका छन्। उनले १५ वर्षलाई यो जग्गा भाडामा लिएका हुन्।, पछिल्लो समय उनको फार्म हेर्नेको लर्को लागेको छ। फार्म हेर्न आउनेले अहिले शुल्क तिर्नुपर्छ। ५० रूपैयाँ शुल्क तिरेपछि पुरै फार्म घुमाइदिन्छन्। , उनको खेती पर्यटन प्रवर्द्धनका दृष्टिकोणले पनि महत्वपूर्ण मान्न थालिएको छ। , हिजो आज उनको सिको गर्दै जिल्लाका विभिन्न स्थानमा ड्रागन खेती हुन थालेको छ। उनी त्यसैमा खुसी छन्। उनले नै उत्पादन गरेका विरूवा लगेर अरूले विस्तार गरिरहेका छन्।, ‘मैले खुसी पाएको छु। काम मज्जाले गर्‍यो खाना मज्जाले रुच्छ र मिठो निन्द्रा लाग्छ,’ जीवनमा त्यो भन्दा खुसी केही हुन नसक्ने उनले दाबी गरे। , खेती गरेर आफूले कुनै प्रतिष्ठा नगुमाएको उनी बताउँछन्। ‘कतिपयलाई राजनीति गुम्यो, पद गुम्यो भन्ने होला । मलाई कुनै प्रतिष्ठा गुमाएको जस्तो लाग्दैन,’ उनले थपे, ‘ हिजो जस्तै आज पनि म कतिपय मानिसको दिल दिमागमा बसेकै छु।’, अघिल्लो वर्ष उनलाई लुम्बिनी प्रदेश सरकारले 'प्रदेश किसान रत्न' दिने घोषणा गरेको थियो। तत्कालिन कानुन मन्त्री र अहिलेका मुख्य मन्त्री कुलप्रसाद केसी (सोनाम) ले बधाई दिँदै पुरस्कार लिन आउन निम्ता पनि दिएका थिए। तर, मन्त्री भइसकेको ब्यक्ति भएकाले आधिकारिक पत्र नपाई आफू पुरस्कार लिन नगएको उनले बताए।, आफू लिन नगएकाले त्यो पुरस्कार उतै रहेको हुनसक्ने उनले जानकारी दिए।  , राजनीतिको यस्तो उत्सवमा पनि आफ्नो कर्म नछोडेका यी नेता
सेतोपाटी संवाददाता आज मुलुका चार प्रदेशमा दिउँसो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार दिउँसो गण्डकी, बागमती, मधेश र प्रदेश १ मा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। , हाल नेपालमा स्थानीय वायु, पश्‍चिमी न्यून चापीय प्रणाली  र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ। , हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशको थोरै स्थानमा मेघ गर्जनर चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।, भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, गण्डकी, बागमती, मधेश र प्रदेश १ मा आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना
सेतोपाटी संवाददाता सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ।, वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन्।, जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो।, २ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ।, नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो।, आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको कर्णाली प्रदेश प्रहरीले कार्यालयले जनाएको छ।, घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ।, सुर्खेतमा कांग्रेस र एमालेले प्रचारमा प्रयोग गर्ने दुई वटा गाडीमा अज्ञात समूहद्वारा आगजनी
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ। , शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको जनाएको हो।, विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।, प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर पूर्वी भू-भाग, गण्डकी प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ।, जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाइँले सुदूरपश्चिम प्रदेशका पूर्वी भू-भाग, कर्णाली प्रदेशका मध्य भू-भाग, गण्डकी प्रदेशका मध्य पश्चिमी भू-भाग र प्रदेश १ को मध्य भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताए।, उनले गण्डकी प्रदेशको उत्तरी भू-भाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भू-भागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले अनुमान गरेको बताए।, उनका अनुसार प्रदेश १ को उत्तरी भू-भाग, बागमती प्रदेशको दक्षिणी भू-भाग र मधेस प्रदेशका अधिकांश भू-भागहरूमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको पनि विभागको आकलन छ।  , मौसमविद् हुमागाइँले गत वर्षमा मनसुन अवधिभर ६ वटा स्टेसनमा वर्षाको रेकर्ड तोडिएको बताए।, उनका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेसनमा पहिलाको रेकर्डलाई ब्रेक गरेर धेरै वर्षा मनसुन अवधिमा भएको हो।, उक्त मनसुन वर्षाले ७९ जनाको निधन भएको थियो, जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको बताए।, मौसमविद हुमागाइँले भने, ‘गत वर्षमा हामीले ६ वटा स्टेसनमा मनसुन अवधिभरको वर्षामा रेकर्ड ब्रेक भएको पाएका छौं। चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेसनमा पहिलाको रेकर्डहरूलाई ब्रेक गरेर धेरै वर्षा मनसुन अवधिमा भएको पाउँछौं। यो मनसुन वर्षाले गत वर्षको मनसुन अवधिमा पहिरोका घटनामा ७९ जनाको निधन भएको थियो। बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको निधन भएको थियो।’, त्यस्तै, जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठले यो वर्ष पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको बेलैमा सचेत रहन आग्रह गरिन्।, उनले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ-आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरिन्।, उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनीयता धेरै हुने गरेको र एक हप्ताभन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनीयता कम हुँदै जाने गरेको बताइन्।, त्यस्तै, वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गरिन्।, उनले विभागमा अनुसन्धानका लागि स्किल ह्युमेन रिसर्चहरूको आवश्यक रहेको बताइन्।, आगामी मनसुन सिजनमा प्रदेश १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशका दक्षिणी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको र बाँकी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ।, त्यस्तै, अधिकतम तापक्रम देशको उत्तरी भू-भाग र मधेस प्रदेशका धेरै भू-भागहरूमा सरदर हुने सम्भावना ३५ देखि ५५ प्रतिशत साथै अन्य स्थानहरूमा सरदर भन्दा कम रहने सम्भावना ३५ देखि ६५ प्रतिशत रहको विभागको आकलन छ।, त्यस्तै, विभागले न्यूनतम तापक्रम देशका उत्तरी भू-भागहरूमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र बाँकी भू-भागहरूमा सरदर रहने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहने अनुमान गरेको छ।, यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन
सेतोपाटी संवाददाता कोभिड १९ महामारीले विश्वको शिक्षा प्रणालीमा अभुतपूर्व बदलाब ल्याएको छ। , महामारीले शैक्षिक संस्थाहरू बन्द हुँदा विश्वभर वैकल्पिक पद्दतीको खोजी कार्य तिव्र भयो। विभिन्न कम्पनीले अनलाइन शिक्षण पद्दतिका फरक फरक खालका टुल्स र तरिकाहरु अबलम्बन गरे।, जुम, माइक्रोसफ्ट टिम, गुगल मिट जस्ता अनेकौं तरिकाबाट शिक्षण कार्य सुरू गर्ने काम भयो। फलस्वरूप प्रविधिमा त्यति उन्नत नभइसकेका नेपाल जस्ता देशले पनि केही हदसम्म वैकल्पिक विधिबाट पठनपाठन गर्ने काम गरे।, कोभिड महामारीले हाम्रा शैक्षिक संस्था, शिक्षक र विधार्थीलाई मात्र नभइ अभिभावकलाई समेत प्रविधीमैत्री बनाउन सकारात्मक भूमिका निर्वाह गर्‍यो। भौतिक कक्षाभन्दा कम खर्चिलो, सजिलो र सहज पहुँचका कारण अहिले अनलाइन शिक्षण पद्दती तिव्र रुपमा विस्तार भइरहेको छ।, नेपालजस्तो शैक्षिक गुणस्तर वितरणमा चुनौती रहेको मुलुकमा भर्चुअल माध्यमबाट दुर दराजका ठाउँमा गुणस्तरीय पठनपाठन गर्न सक्दा यसले मुलुकको शिक्षाको गुणस्तरलाई बढाउन पक्कै पनि टेवा पुर्‍याउने नै छ। तर पट्यारलाग्दो जुम क्लास, नेटवर्क समस्या, गतिला शिक्षकको अभाव र कमसल खालका शैक्षिक सामाग्रीहरुको प्रयोग, उत्पादन र वितरण हुन सक्ने जोखिमले गर्दा यसको दिगोपन र प्रभावकारिता माथि प्रश्नहरु उठिरहेका छन्।, यसैबीच सम्पूर्ण विद्यार्थीको हात हातमा गुणस्तरीय शैक्षिक सामाग्री न्युनतम मूल्यमा पुर्‍याउने लक्ष्यसहित काठमाडौं केन्द्रीत रहेर ‘लर्नसिक एजुकेसनले’ भर्चुअल प्रविधिमा आमूल परिवर्तन सहितको महत्वाकांक्षी योजना अगाडि सारेको छ।, विधार्थीलाई उनीहरूले चाहेको बेला रोजेको कोर्स नेपालकै सबैभन्दा उत्कृष्ट शिक्षकबाट न्यूनतम मुल्यमा पढ्न सकिने गरि कोर्सहरु उत्पादन गरिरहेको र छिट्टै नै बजारमा उपलब्ध हुने गरि काम भइरहेको कम्पनीले जनाएको छ।, आफ्नै डिजिटल स्टुडियोबाट नविनतम् प्रविधिको प्रयोग गरि दुर-दराजसम्म गुणस्तरीय शैक्षिक सामाग्री पुर्‍याउने उद्देश्यले कामहरु भइरहेको जनाएको छ।, हालै निःशुल्क एसईई तयारी कक्षा सञ्चालन गरेको लर्नसिकले एसईई पछिको तयारी कक्षाहरू प्लस टु ब्रीज कोर्स र सिटिइभिटीई कार्यक्रम अन्तर्गतका कृषि, भेटेरेनरी, ओभरसियर, नर्सिङ, हेल्थ असिस्टेन्टलगायतको कोर्सको लागि इन्ट्रान्स तयारी कक्षाहरु अत्यन्त न्यून शुल्कमा लाइभ क्लासमार्फत गराउन लागेको छ।, यसबाट ग्रामिण क्षेत्रमा बसोबास गर्ने विद्यार्थीलाई निकै सहज हुने कम्पनीका सञ्चालक रमला भण्डारीले बताईन्।, भर्चुअल लर्निङमा नयाँपन ल्याउँदै लर्नसिक
सेतोपाटी संवाददाता झापामा प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ। , विवाहमा दाइजोको विषयमा विवाद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले बेहुलालाई पक्राउ गरेको हो। , प्रहरीले शुक्रबार झापा गाउँपालिका-४ बस्ने २८ वर्षीय बेहुला डेबिट चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।, चौधरीको मेचीनगर नगरपालिका-१५ बस्ने पुष्पलाल राजबंशीकी छोरीसँग विवाह हुँदै थियो। , तर चौधरीले विवाहमा मोटरसाइकल दाइजोमा नदिएको भन्दै विवाद गरेको आरोप छ। विवाद गरेको भन्दै पुष्पालालले उनीविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।, त्यसरी जाहेरी परेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पाठकले बताए। , प्रहरीले चौधरीमाथि विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ।, चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ। त्यही कार्यालयबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , मोटरसाइकल दाइजो नदिएको विषयमा विवाद गरेको आरोपमा बेहुला पक्राउ
सेतोपाटी संवाददाता देशभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , दुई हजार ७१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ४२० जनाको पिसिआर र एक हजार २९६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। , देशभर २०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।,  , देशभर थपिए १४ जना कोरोना संक्रमित
रमेश गिरी ‘वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यही दृश्य देखिने मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा अचेल कमलको फूल फक्रेको देखिन्छ।, व्यक्तिका नाममा दर्ता भई पटकपटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरूप लेला भन्ने कल्पना पनि नगरेका यहाँका बासिन्दा यतिखेर खुसी छन्।, आफ्नै टोलको यस पोखरीमा झण्डै ५० वर्षपछि कमलको फूल फुलेको देख्दा मनै फुरुङ्ग भएको स्थानीयवासी शकुन्तला श्रेष्ठ बताउँछिन्।    , आज बिहान पोखरीको बारमा समातेर कमलको फूल हेर्दै गरेकी उनी 'दबदबे चौरमा परिणत भएको यो पोखरी फेरि सुन्दर होला, यसरी कमलको फूल फुल्ला, डुङ्गा चढ्न पाइएला भनेर कल्पना पनि गरेको थिइन तर अहिले पोखरीले पुनर्जीवन पाएर फूल फुलेको देख्दा खुसी लागेको छ' भन्छिन्।, 'गरे के सकिँदैन रैछ र? स्थानीयवासीको साथ र जनप्रतिनिधिको चाहना भए असम्भव पनि सम्भव हुँदोरहेछ, भन्ने नमूना बन्यो यो पोखरी, पोखरी नजिकैकोे कुमारी मन्दिर र पार्कले बोडेको पहिचान नै फेर्‍यो, हामी खुसी छौं', बोडेका वीरेन्द्र जयना भन्छन्।,     , तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को यस पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेञ्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिका नाममा किनबेच भएपछि पोखरी सम्याएर घरेडी बनाउन डोजर आएपछि बल्ल स्थानीयवासीले पोखरी बिक्री भएको चाल पाए र विरोधमा उत्रिए। ,     , त्यसपछि यहाँका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर नगरपालिका सहितको सहयोगमा गरिएको उजुरीमा  भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते उक्त कमलपोखरी सार्वजनिक सम्पत्ति भएको आदेश दिएपछि पोखरीको संरक्षणमा नगरपालिका जुट्यो।  , उक्त आदेशको   भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले डोजरको सहायतमा पोखरीमा सफा गरी रु ७५ लाखको लगतमा  संरक्षणका कार्य गरिएको पूर्वनगरप्रमुख  मदनसुन्दर श्रेष्ठ बताउँछन्। ,     , उनी भन्छन्, ‘म सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिका नाममा गयो भनेपछि चुप लागेर बस्न मनले मानेन, म नगरप्रमुख भएर आएपछि पोखरी जोगाउने दायित्व पनि थपियो, स्थानीयवासीसँग काँधमा काँध मिलाएर अदालत गइयो, उच्च अदालत र सर्वोच्च अदालतबाट पनि हाम्रै पक्षमा फैसला आएपछि यो पोखरीको संरक्षणमा जुटियो।’,     , नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरूपमै पुनःनिर्माण गरेको छ।, पोखरीमा दाँची अप्पा, माँअप्पा र इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुनःनिर्माण गरी वरिपरि बार लगाइएको छ।, पोखरीमा रोपिएको कमलको बिरूवाबाट फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको विकासका लागि रु पाँच लाखको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याउनाका साथै दुई हजार माछाको भुरा पनि छाडेको छ।, स्थानीयवासी जयना भन्छन्, ‘हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पछि पुरियो, फोहर भयो, वास्तै भएन, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङ वाक, साँझ इभिनिङवाक गर्ने मान्छे धेरै हुन्छन्, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तरिक पर्यटनको गन्तव्य बन्यो।’,     , पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको नगरप्रमुख श्रेष्ठ बताउँछन्।, यही पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैंमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरू गरेको कार्यले संस्कृति र परम्पराको जगेर्ना हुनाका साथै विगतमा छुटेका सबै धार्मिक परम्परा अब सञ्चालन गर्न सकिने उनको भनाइ छ।, पोखरी नजिकै नगरपालिकाले पुनःनिर्माण गरेको कुमारी मन्दिर र कुमारी पार्कले यहाँ आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्न पुगेको छ। ,रासस, बोडेको कमल पोखरीमा ५० वर्षपछि कमलको फूल फुलेपछि...
सेतोपाटी संवाददाता बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत अवस्थामा फेला परेका छन्। , शनिबार बिहान १० बजे मधुवन नगरपालिका-३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। , प्रहरीका अनुसार गेरूवा गत बिहीबार अपराह्न ४ बजे कर्णली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। , बेपत्ता भएको खबरपछि प्रहरी चौकी कोठियाघाटबाट टोली खटिएको थियो। टोलीले डुंगा र अरू माध्यमबाट खोज्दा पनि फेला परेको थिएन। , त्यसपछि नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीयको टोलीले खोज्दा शनिबार शव फेला परेको हो। , शव डुबकै स्थानमा फेला परेको सापकोटाले बताए। ,  ,  , बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका पुरूष मृत फेला
भगवती पाण्डे बुटवल ११ तिलोत्तमा नगरका आइतबहादुर दमाईले तिनाउ नदी उकास क्षेत्रमा छाप्रो हालेर बसेको २५ वर्ष भयो।, ढुंगा र बोराले बारेर बनाएको छाप्रोमा ब्लकको गाह्रो र जस्ताले छानो राख्न सके पनि जग्गाको लालपुर्जाको लागि भने उनले हरेक वर्ष आश्वासन मात्रै सुन्दै आएका छन्।, सुमित्रा परियार पनि लालपुर्जाको आशामा तिनाउ खोला किनारको छाप्रो हालेर बसेको २० वर्ष भयो।, बुटवल ११ पुल छेउमा तीन धुर जग्गामा छाप्रो हालेर उनी बस्न थालेको २०५९ सालदेखि हो। सुमित्राको परिवारका कुनै पनि सदस्यका नाममा तीनपुस्तादेखि नै लालपुर्जा छैन।, ससुरा हर्क बहादुर दमाई आफ्नो नाममा भूमि नपाई बितेर गए। लालपुर्जा पाउँछु भन्ने आशैआशामा श्रीमान दुर्गाबहादुर दमाईको पनि पाँच वर्ष पहिले मृत्यु भयो। सुमित्रालाई पनि लालपुर्जा पाउँछु भन्ने आशा हराउन थालेको छ।, हरेक पटकका निर्वाचनमा राजनीतिक दलका नेताहरू छाना उध्रिएको छाप्रोभित्र आश्वासनका पोका बोकेर भोट माग्न पुग्दा उनलाई लालपुर्जा पाइहाल्छु कि भन्ने आशा जाग्छ। तर निर्वाचनपछि भने जितेका र हारेका कोही पनि नेता फर्किएर पुग्दैनन्।, दुई वर्ष पहिले भूमिहीन सुकुम्बासी तथा दलित परिवारलाई बसोबास गरेको आधारमा सरकारले पुर्जा दिन्छ भन्ने सुन्दा उनको खुसीको सीमा थिएन।, लालपुर्जा दिने भन्दै उनले नागरिकता, परिवारका सदस्यहरूको विवरण र हस्ताक्षर जुटाएर फारम भरेकी थिइन्। फारम भरेर पठाएपछि लालपुर्जा कहिले पाइन्छ भनेर बसेकी सुमित्रालाई चुनाव आएपछि फेरि आफूलाई जिताएर पठाए लालपुर्जा दिलाइदिने भन्दै दलका नेताहरूले फकाउन थालेका छन्।, अब त लालपुर्जाको आश्वासन लिएर जसले भोट मागे पनि भोट नै दिन नजाने सुमित्रा बताउँछिन्।, ‘अहिलेसम्म चार पाँच पटक भोट दिइसकेँ, पहिलो पटकको चुनावमा दिएको आश्वासन अहिलेसम्म पनि पूरा गर्न सकेका छैनन्, अहिले पनि त्यही आश्वासन लिएर भोट माग्न आइरहेका छन्,’ उनले भनिन्।, तिलोत्तमा नगरकै शेरबहादुर दर्जी पनि तिनाउ किनारमा ढुंगाले घेरेर बस्न थालेको २० वर्ष भयो।, बासको खोजी गर्दै ०५९ सालमा बुटवल आएका दर्जीले पनि लालपुर्जा पाउने आशामै ३ पटकका चुनावमा भोट हाले। लालपुर्जाको आशामा २० वर्षसम्म तिनाउको बगरमा बसेका उनले न त लालपुर्जा पाउन सके, न त चुनावमा नेताहरूले दिने आश्वासन नै फेरिएका छन्।, अघिल्लो पटकको निर्वाचनमा लालपुर्जा दिने भन्दै भोट मागेको दलहरू र नेताहरूलाई उनी प्रश्न गर्छन्,‘भूमिहीन सुकुम्बासीहरू के तपाईंहरूका भोट बैंक हौं?’, राजनीतिक दलहरूका बीचको सत्ता तानातानको घानमा आफूहरूलाई पार्ने गरेकोमा उनको चित्त दुखेको छ।, ‘दुई वर्ष पहिले नै लालपुर्जा दिने भनेर फारम भरेर पठायौं, अब त लालपुर्जा पाइएला भनेर आशा लागेको बेला सरकार फेरिएर रोकियो भन्ने सुनियो। के हामीहरू नेताहरूका खेलौना मात्र बन्ने हो?’ उनको प्रश्न छ।, ६३ वर्षीया सावित्री थापाको तिलोत्तमा नगरमै सानो छाप्रो छ। छाप्रो हालेको जग्गाको लालपुर्जा पाए बुढेसकालमा भए पनि जग्गाधनी भएर बस्ने रहर कहिले पूरा होला उनलाई पनि थाहा छैन।, ‘नेताहरूले भनेको गरेको भए त १५ वर्ष पहिले नै लालपुर्जा पाइसकेको हुन्थ्यौं, नेताहरू सधैंभरि चुनावको बेला हामीलाई लालपुर्जाको लड्डु देखाउँदै आउँछन्, अहिलेको चुनावमा त भोट हाल्न जानुभन्दा यही छाप्रोभित्रै सुतेर बिताउने हो,’ उनले भनिन्।, आइतबहादुर, सावित्री, सुमित्रा र शेरबहादुर त प्रतिनिधि पात्र मात्रै हुन्।, बुटवलको वडा नं. ११ का विभिन्न बस्तीमा रहेका करिब १७ हजार परिवार वर्षौंदेखि लालपुर्जाको आशमा राजनीतिक पार्टीहरूका गुलिया आश्वासन सुन्दै आएका छन्।, चुनावको बेला नेताहरूले गरेको प्रतिबद्धता चुनावपछि भुलेर गएको देख्दा उनीहरूलाई अहिले चुनावमै भोट नै नदिऊँजस्तै लागेको छ।, बुटवल उपमहानगरिपालिकामा मात्रै रहेका अव्यवस्थित भूमिहीन सुकुम्बासी निर्वाचनमा दलहरूलाई जिताउने माध्यम बन्ने गरेका छन्।, निर्वाचन हारेर फर्किने दलहरू मात्र होइन निर्वाचन जितेर गएका दल र नेताहरू पनि फर्किएर नजाने प्रवृत्तिका कारण उनीहरूको चित्त दुखेको छ।, लालपुर्जालाई हरेक निर्वाचनको प्रमुख एजेण्डा बनाउने राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि आफूले जिते अव्यवस्थित, भूमिहीन दलित सुकुम्बासीहरूलाई लालपुर्जा दिलाउने भन्दै चुनावी कार्ड फालिरहेका छन्।, बुटवल ११ बुद्धनगरका शेरबहादुर परियार सुकुम्बासीहरूलाई लालपुर्जा दिन आलटाल गरिरहेका राजनीतिक दलहरूले एक अर्कालाई आरोप प्रत्यारोप गरेर आफूहरू जिम्मेवारीबाट पन्छिने गरेको बताउँछन्।, ‘एमाले सरकारको पालोमा सुकुम्बासीलाई लालपुर्जा दिने भनेर फारम भरायो, फारम भरेपछि सरकार ढल्यो लालपुर्जा दिन सकिएन भन्यो, अहिले गठबन्धनको सरकार छ एमालेले भराएका फारम हेरेर लालपुर्जा दिए पनि हुने उसले पनि दिएको छैन। एमालेले पनि तीन वर्ष फारम भरेर बितायो, अहिले गठबन्धनले दिएन भन्छ, उनीहरूको झगडामा हामीहरू सधैं पिसिनुपर्ने!’, उनी भन्छन्।, बुद्धनगरमा २०६० सालदेखि बसेको बस्तीमा भौतिक विकासका धेरै काम भए पनि लालपुर्जा भने पाउन नसकेको उनको दुखेसो छ।, ‘हामी २०६० सालमा आउँदा बुद्धनगर पातीले ढाकिएको थियो, अहिले फराकिला बाटो-घाटो छन्, तिनाउमा पुल नभएर वारिपारि गर्न कति माथि पुगेर घुम्नुपथ्र्यो, अहिले तिनाउमा मात्रै कति पक्की पुल बनेका छन्, घर नजिकै कति राम्रा सरकारी र बोर्डिङ स्कुल छन्, खानेपानीको समस्या छैन घरभित्रै धारा खुल्छन्, स्वास्थ्य चौकी, अस्पताल सबै नजिकै छन् तर लालपुर्जाको लागि २० वर्षसम्म पर्खिनुपर्दा यी सबै विकासका काम ओझेलमा पर्ने रहेछन्,’ उनी भन्छन्।, उनी जनता नै विभाजित भएर राजनीतिक दलहरूले पनि आफूहरूलाई प्रयोग गरेको बताउँछन्।, सानो भए पनि बसिरहेको घडेरीको लालपुर्जा पाए बैंकमा राखेर भए पनि व्यवसाय गर्ने चाहना कहिल्यै पूरा हुँदैन कि भन्ने उनीहरूलाई लाग्न थालेको छ।, केपी ओली नेतृत्वको सरकारले २०७७ साल वैशाख ३ गते देवी ज्ञवालीको अध्यक्षतामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो।, रूपन्देहीमा पनि २०७७ फागुनमा बलबहादुर आचार्यको अध्यक्षतामा आयोग गठन गरी भूमिहीनहरूको तथ्यांक संकलन गरी लालपुर्जाको लागि फारम भरेर पठाइएको थियो। तर सरकार परिवर्तनसँगै आयोग समेत खारेज भएपछि आफूहरूले गरेका सबै काम बीचमै अलपत्र परेको आचार्य बताउँछन्।, वर्तमान सरकारले पनि भूमिसम्बन्धी समस्या समाधान गर्ने भन्दै आयोग गठन गरेको छ।, रूपन्देहीमा हरिबहादुर आचार्य क्षेत्रीको अध्यक्षतामा आयोग गठन गरिए पनि लालपुर्जा वितरणको काम भने अगाडि बढ्न सकेको छैन।, बुटवल उपमहानगरपालिकाका अनुसार १६ हजार ७ सय २३ अव्यवस्थित तथा भूमिहीन सुकुम्बासी परिवार छन्।, बुटवलका १९ वटै वडामा अव्यवस्थित भूमिहीन सुकुम्बासीको समस्या रहे पनि सबभन्दा बढी वडा नं. ११ मा छ। वडा नं. ११ मा मात्रै ६ हजार ४ सय ५२ परिवार भूमिहीन सुकुम्बासी छन्।, त्यसैगरी, वडा नं. १७ मा २ हजार ३ सय २९, वडा नं. १२ मा २ हजार २ सय १३, वडा नं. १ हजार ३ सय १२, वडा नं. १४ मा १ हजार २ सय ६५ परिवार लालपुर्जाविहीन छन्।, त्यस्तै, वडा नं. २ मा पनि ८ सय ९६, वडा नं. ६ मा ५ सय ३६, वडा नं. ५ मा ३ सय ४, वडा नं. १५ मा २ सय १७, वडा नं. ३ मा २ सय १५, वडा नं. ४ मा १ सय ९५, वडा नं. १८ मा १ सय ६८, वडा नं. १ मा १ सय ५१, वडा नं. १९ मा १ सय २३, वडा नं. १६ मा १ सय ६, वडा नं. ७ मा ९५, वडा नं. ९ मा ७५, वडा नं. ८ मा ३६ र वडा नं. १० मा ३५ परिवार लालपुर्जाविहीन छन्।, जुन सरकारले तथ्यांक संकलन गरी फारम भराएको भए पनि त्यसपछिको सरकारले लालपुर्जा वितरण नगरी निर्वाचनको नारा बनाएकोमा शेरबहादुरलाई चित्त बुझेको छैन।, ‘अघिल्लोे सरकारले फारम भरेर बुझाएको थियो भने अहिलेको सरकारले लालपुर्जा दिन किन सक्दैन, के सरकारले लालपुर्जा दिनलाई पनि के चुनाव पर्खिन पर्ने हो र!’ उनले भने।, ९० हजार बढी मतदाता रहेको बुटवल उपमहानगरपालिकामा सुकुम्बासी बस्ती नै कसलाई निर्वाचनमा जिताउने भन्नेमा निर्णायक बन्दै आएका छन्।, विगतका निर्वाचनमा सुकुम्बासी बस्तीका भोट आफ्नो कब्जामा पार्न सफल भएका दलहरू अहिले पनि बजार क्षेत्रभन्दा सुकुम्बासी बस्तीमा केन्द्रित हुन थालेका छन्।, मुख्यगरी सत्तारूढ गठबन्धन र नेकपा एमालेबीचमा नै प्रतिस्पर्धा हुने देखिएको बुटवलमा गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे र नेकपा एमालेको तर्फबाट बाबुराम भट्टराई नगरप्रमुखका उम्मेदवार बनेका छन्।, यी दुवै दलहरूले विशेषगरी बुटवल ११ को सुकुम्बासी बस्तीलाई केन्द्रित गरी चुनावी रणनीति बनाइरहेका छन्।,  ,  ,  ,  ,  ,  , भूमिहीन सुकुम्बासी भन्छन्- आश्वासनकै भरमा भोट हाल्न जाँदैनौं
सेतोपाटी संवाददाता पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।, चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो।, पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो।, पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।, पहिरोले अवरूद्ध भएको मुग्लिन–नारायणगढ सडक खुल्यो
रासस भोजमा बोलाएर साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , सप्तरी रूपनी गाउँपालिका-१ रूपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो। , शनिबार पत्रकार सम्मेलन गरी मियाँलाई सार्वजनिक गरेको छ। निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो।, मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गरिएको थियो। महतोको शव सप्तरीको, शम्भुनाथ नगरपालिका-१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा हत्याको भोलिपल्ट फेला परेको थियो।, शव फेला परेपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए। पक्रन प्रहरी सक्रिय भएपछि उनी फरार भई भारतको विहारमा लुकेर बस्दै आएका थिए।, आरोपित मियाँ यसअघि विसं २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका-७ बाट एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका थिए। तत्काल पुर्पक्षका लागि कारागार चलान भएका उनी जरिवानापश्चात नौ महिनापछि रिहा भएका थिए।, जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार मियाँ अवैध लागुऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने आपराधिक समूहका व्यक्ति हुन्। , भोजमा बोलाएर साथीको हत्या गरेको आरोपमा एक पक्राउ
रासस पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। शनिबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।, मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ।, मुग्लिन हुँदै नारायणढतर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फ नै रोकिएको छ। पहिरो हटाउन सुरू भने भएको प्रहरीले जनाएको छ।, पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
रासस भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। , षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।, खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाएको प्रहरीले जनाएको छ।, खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ। , भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार
रासस रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले बताए।, माडी गाउँपालिकाको घर्ती गाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उनको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।, कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।, मोटरसाइकल अनियन्त्रित भएर रोल्पामा एकको मृत्यु
सेतोपाटी संवाददाता त्रिपुरेश्वरस्थित एक कन्सल्टेन्सीले युवाहरूलाई युरोपियन मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर दुई करोड ८८ लाख ४१ हजार सात सय रुपैयाँ ठगी गरेको खुलेको छ। , जेनियस एजुकेशन एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले पोर्चुगल, स्पेन, फ्रान्सलगायत मुलुकमा आकर्षक काम र तलबको प्रलोभन देखाएर ठगी गरेको खुलेको हो। , यी मुलुकहरूमा लैजाने भनि कन्सल्टेन्सीले प्रतिव्यक्ति झन्डै १८ लाखसम्म ठगी गरेको वैदेशिक रोजगार विभागले बताएको छ। , पिडितले विभागमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा ठगी गरेको पुष्टि भएको विभागले बताएको छ। सोही आधारमा कन्सल्टेन्सी सञ्चालक सुजन भट्टराई, मेखबहादुर गुरुङ र सुनिल लम्साललाई प्रहरीले पक्राउ गरेको हो। , निजहरूले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० को प्रावधान विपरित काम गरेकाले एक करोड ४३ लाख २५ हजार ८५० रुपैयाँ हर्जनासहित जम्मा बिगो चार करोड ७ लाख २३ हजार ५० रुपैयाँ मागदाबी गरी विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दायर गरेको छ।, निजहरूलाई वैदेशिक रोजगार ऐनको दफा ४३ बमोजिमको सजायसमेत मागदाबी गरिएको छ। , पछिल्लो समय विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई परामर्श दिने उदेश्यले दर्ता भएको कन्सल्टेन्सीले रोजगारी प्रलोभन देखाएर ठगी गरिरहेको पाइएकाले सजग रहन विभागले आग्रह गरेको छ।, युरोप पठाउने भन्दै २२ जनासँग दुई करोड ४१ लाख ठगी, विभागले दायर गर्‍यो मुद्दा
रासस परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ। , नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरूआत गरेका छन्।, गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ।, घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन सुरू गरिएको हो।, अति सहनशील बानीको गधा संरक्षणबारे सचेतना ल्याउन, उपचारसहित बासस्थान व्यवस्था र गधाबारे अध्ययन गर्ने गरी विश्वमा पुनःस्थापना केन्द्र खुल्ने क्रम पनि बढेको वरिष्ठ पशु चिकित्सक डा अतिषकुमार यादवले बताए।, उनका अनुसार अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच्चड हाइब्रिड हो।, भाले गधा र पोथी घोडीको संसर्गबाट खच्चड जन्मिने हो। घोडा र खच्चडको तुलनामा गधालाई भने कम महत्वले हेरिन्छ। यो नेपालका दुर्गम पहाडी भू–भागमा सामान ढुवानी गर्न र इँटाभट्टामा इँटा बोक्ने काममा बढी प्रयोग हुँदै आएको छ।, सडकमा लावारिस छोडिएका गधालाई उद्धार गरी उपचार र स्याहार गर्न तथा सचेतनाका लागि भनेर ‘एनिमल नेपाल’ संस्थाले ललितपुरमा ‘डुकुछाप डङ्की सेन्चुरी’ नाममा गधा पुनःस्थापना केन्द्र स्थापना गरेको छ।, सो संस्थाले साताभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको संस्थाका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले जानकारी दिए।, काम नलाग्ने भएपछि लावारिस छाड्ने क्रम बढ्दो, पुनर्स्थापना केन्द्रमा हाल काठमाडौं, ललितपुर र भक्तपुरका इँटाभट्टामा प्रयोग गरी काम नलाग्ने भएपछि लावारिस छाडिएका दुई दर्जन बढी घोडा, खच्चड र गधा छन्। केन्द्रमा स्याहार र उपचारका लागि पशु चिकित्सकसहित प्राविधिक र अन्य कर्मचारी खटिएका छन्।, कार्यकारी निर्देशक जोशीले सो पुनर्स्थापना केन्द्रको अवधारणा सन् २००९ देखि इँटा उद्योगमा काम गर्ने गधा, खच्चड र घोडाका लागि औषधोपचार गर्ने र यो जनावर पाल्ने समुदायमा चेतनाको स्तर बढाउन तालिम दिने उद्देश्यले ल्याएको बताए।, संस्थाले घाइते घोडा, खच्चड र गधाको उद्धार गरी पुनर्स्थापना केन्द्रमा ल्याउने र उपचार गरी त्यही राख्ने गरेको छ।, यो उनीहरूको बारेमा थप जान्न चाहनेका लागि अध्ययन तथा सिकाइ थलो पनि बनेको उनले बताए। केन्द्रमा हाल हिकाष्ट कलेजका पशु चिकित्सक विषयमा अध्ययरत विद्यार्थीले ‘इन्टर्न’ गरिरहेका छन्।, खासगरी माटोका भाडा बनाउने कसगर, धोबी र कलन्दर समुदायले गधा पाल्ने गर्छन्।, कामको सिजनमा देशभरका इँटाभट्टामा इँटा बोक्ने काममा प्रयोग गर्ने र अन्य समयमा बाँकेको नेपालगञ्ज, महोत्तरी, रौतहट, सिरहालगायत तराई क्षेत्रमा माटाका भाँडा बजारसम्म बोक्ने तथा पहाडमा ढुवानीको साधनका रूपमा गधाको प्रयोग गर्ने गरिन्छ।, अनौपचारिक तथ्याङ्कानुसार हाल नेपालमा एक लाख ५० हजारको हाराहारीमा अश्व प्रजातिका घोडा, खच्चड र गधा रहेको अनुमान छ। तीमध्ये घोडा र खच्चडको सङ्ख्या तुलनात्मक धेरै भएपनि गधाको सङ्ख्या भने न्यून हुँदै गएको छ। यही अवस्था रहीरहे यो लोपोन्मुख जनावरको सूची हुने उनले बताए। नेपालमा गधाको प्रजनन ज्यादै न्यून हुने गरेको र अधिकांश भारतका विभिन्न स्थानबाट भित्रिने गरेको छ। घोडा र खच्चड भने नेपालका पहाडमा बढी देखिन्छन्।, एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने पहाडमा ढुवानीका लागि महत्वपूर्ण योगदान रहेको गधा संरक्षण राज्यका तर्फबाट प्राथमिकतामा पर्न नसकेको बताए। गधालाई घरपालुवा जनावरमा नराखी भारवाहक पशुका रूपमा राखिएको छ।, स्पष्ट कानुन नहुँदा बीमा गर्न समस्या, स्पष्ट कानुन नहुँदा यसको बिमा गर्न पनि समस्या रहेको अध्यक्ष शाहले गुनासो गरे।, अश्व प्रजातिका जनावर बढी पाइने र काम हुने स्थानमा पशु चिकित्सकीय सेवा र तालिम प्रदान गरी यससम्बन्धी सूचना र सचेतना बढाउन उनले माग गरे। तराईको सम्म मैदानमा बस्ने र काम गर्ने गधालाई उच्च पहाडी भू–भागमा कामका लागि लैजान नहुने उनको धारणा छ।, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्दै पशु स्वास्थ्य तथा पशु सेवा ऐनको मर्मअनुरुप पशु कल्याण सुनिश्चित गर्न पशु कल्याण निर्देशिका, २०७३ जारी गरेको सूचना अधिकारी डा प्रदीपचन्द्र भट्टराईले बताए।, यसैगरी नेपालमा हालसम्म घोडाको मात्र व्यावसायिक प्रजनन केन्द्र रहेको छ।, नेपाली सेनाले चितवनको भरतपुरमा घोडा प्रजनन केन्द्र स्थापना गरेको छ। प्रजनन केन्द्रमा हाल माउ र बच्चा गरी १०० घोडा रहेको र प्रत्येक वर्ष उमेरले परिपक्व भई चढ्नलायकका घोडा काठमाडौँ ल्याइ तालिम गराउने गरिएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले जानकारी दिए।, उनका अनुसार काठमाडौंको नारायणहिटी दरबार परिसरभित्र सेनाको उपत्यका कमाण्डअन्तर्गत नेपाल क्याभलरी रहेको र हाल त्यसमा १२० घोडा छन्। सेनासँग रहेका घोडामध्ये प्रजननअनुसार पर्सेरियन, अनुबेरियन र अरेबियन गरी तीन प्रकारका छन् भने काममा प्रयोग गरिनेअनुसार सबैभन्दा सानो घोडा ‘पोनी हर्स, त्यसभन्दा ठूलो ‘राइडिङ हर्स’ र सबैभन्दा ठूलो ‘कार्ट हर्स’ रहेका छन्।, विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
सेतोपाटी संवाददाता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भन्दै आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्ने एक जना अनलाइन सञ्चालक पक्राउ परेका छन्। , दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको राप्ती पहिचान डटकमका सञ्चालक यज्ञबहादुर बुढा मगर पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुकी पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए। , गठबन्धन दलहरूले आइतबार तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा राखेको छन्। ती कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत गठबन्धन दलका शीर्ष नेताहरू दाङ आउन लागेका छन्। , मगरले आफ्नो सामाजिक सञ्जालमा ‘सकेनन् चितवनवासीले मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर स्टाटस लेखेका थिए। त्यसबारे माओवादी केन्द्रका नेताहरूबाट गुनासो आएपछि प्रहरीले अनलाइन सञ्चालक मगरलाई पक्राउ गरेको थियो। , एसपी काफ्लेका अनुसार यसअघि पनि अनलाइन सञ्चालक मगरविरूद्ध जिल्ला अदालत सुर्खेतले गत पुसमा पाँच महिना कैद र पाँच हजार जरिमानाको फैसला सुनाएको थियो। , उतिखेर मगरले पीडित राउटे समुदायका युवतीको पहिचान खुलाएर अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेखेका थिए। , पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ।, प्रचण्डलाई जुत्ता हान्छु भनेर स्टाटस लेखेको आरोपमा अनलाइन सञ्चालक पक्राउ
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ९०५ जनाको पिसिआर र १ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, २१ जना कोरोना मुक्त भएका छन्।, अहिले देशभर २०१ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, ४ हजार १० मा परीक्षण गर्दा १७ लाई कोरोना
सेतोपाटी संवाददाता लेनदेनको केस मिलाई दिने भनेर सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई)  रूपनारायण महतोमाथि मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।, गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत सई रूपनारायण महतोले लेनदेनको केस मिलाई दिने भनी सेवाग्राहीसँग ३८ हजार घुस मागेको उजुरी निवेदनका आधारमा आयोगको पोखराबाट खटेको टोलीले घुस लिइसकेको अवस्थामा उनलाई गत वैशाख ६ गते नियन्त्रणमा लिएको थियो।, अनुसन्धानको क्रममा उनले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीभन्दा बाहिर गई पदीय हैसियतको दुरूपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग ३८ हजार लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले उनलाई बिगो ३८ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’, प्रेस विज्ञप्तिमा अख्तियारले भनेको छ।,  , लेनदेनको केस मिलाई दिने भन्दै सेवाग्राहीसँग ३८ हजार घुस मागेका सईमाथि भ्रष्टाचार मुद्दा
सेतोपाटी संवाददाता जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्।, बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आईतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरूले सुझाएका हुन्।, पछिल्लो विकसित प्रणालीबारे ,न्युज एजेन्सी नेपाल,सँग कुरा गर्दै जलवायुविद् धर्मराज उप्रेतीले आसानी नाम दिईएको यस आँधी  निकै तिब्र गतिमा चलेको बताए। सो आँधीको असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख  २८ गते देखि प्रभाव देखिने उनले बताए। , वैशाख  ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए।, ‘२५ गतेदेखि बंगालको खाँडीमा न्युन चापीय अवस्था समुद्री आँधीको रूपमा विकसित भएको छ। यो न्युन चापीय अवस्था वैशाख २२ गतेदेखि उत्पन्न भएको थियो। न्युन चापीय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधीको रुप लिएको छ। जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ’, उनले भने, ‘त्यो समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर वैशाख २७ गते राति देखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ।’, उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानी पर्ने अवस्था रहेको भन्दै उनले अहिले नयाँ प्रणालीले गर्दा चुनावको मुखमा पानी पर्ने र त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्नसक्ने भएकाले पूर्वतयारी गर्ने अनुरोध गरेका छन्।, ‘सबै मतदान गर्ने केन्द्रमा पानी पर्छ भन्ने होइन कतै नपर्न पनि सक्छ’, उनले अगाडि भने, ‘कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि हुनसक्छ। तर हामी तयारी अवस्थामा बस्नुपर्ने हुन्छ।’, जलवायुविद् उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिए।, ‘पानीमा मतदाता भिज्न सक्ने हुनसक्छ। मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्छ। यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु,’ उनले भने।,  , मौसमविद् भन्छन्- चुनावको दिन पानी पर्नसक्छ, सतर्कता अपनाऔं (भिडिओ)
सेतोपाटी संवाददाता काभ्रेमा भारतीय नम्बर प्लेटको यात्रुबहाक गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको जिप ठक्कर खाँदा भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।, गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा दुर्घटनाबारे छानिबन गर्न प्रहरी नायब उपरीक्षक हरि खड्काको नेतृत्वमा समिति गठन गरिएको हो।, काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेशीमा भारतीय पर्यटक बोकेको गाडी र जिप आज ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए। मृत्यु भएका सबै यात्रु नेपाली नागरिक हुन्।, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर गृहमन्त्री खाणले घटनाबारे छानबिन गर्न निर्देशन दिएका थिए।, छानबिन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन्।, गृहमन्त्री खाणले दुर्घटनाका घाइतेलाई उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्। दुर्घटनाका घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।, काभ्रेमा भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन
रासस प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।, भारतीय सेनाको स्थलसेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएकोमा उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले दुई देशका सेनाबीचको सहयोगात्मक सम्बन्ध उनको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका हुन्।, प्रधानसेनापति शर्माले भारतीय स्थलसेनाध्यक्षलाई नेपाल भ्रमणका निम्ति गरेको आमन्त्रण स्वीकार गर्दै उनले आपसी समन्वय गरी उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।, नेपाली र भारतीय सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास
सेतोपाटी संवाददाता विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले किशु कुइँकेलसँग बिहे गरेकी छन्।, दर्शना र कुइँकेलले बुधबार विवाह गरेका हुन्। , गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए। , उनी झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन्। विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन्।, २०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौं महानगरको मेयरमा समेत उठेकी थिइन्। ,  ,  , रञ्जु दर्शनाले गरिन् बिहे
सेतोपाटी संवाददाता बर्दियामा ट्रक र इलेक्ट्रोनिक रिक्सा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , बुधबार दिउँसो पौने १ बजे ठाकुरबाबा नगरपालिका-१ सिंह बाहिनी चोकनजिकै पूर्व-पश्चिम राजमार्गमा ट्रक र ई-रिक्सा ठोक्किएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। , पूर्व-पश्चिम राजमार्गमा एकै दिशामा गुडिरहेको रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको ई- रिक्सा ठोक्किएको हो।, दुर्घटना हुँदा ई-रिक्सामा सवार ठाकुरबाबा-२ रानीपुर बस्ने पिउली धितालको मृत्यु भएको हो। घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , ट्रक चालक तुलसीपुर उपमहानगरपालिका-४ का बस्ने नेपाली र ई-रिक्सा चालक ठाकुरबाबा-८ का दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,  , बर्दियामा ट्रक र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १९ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ८२१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ३७३ जनाको पिसिआर र १ हजार ४४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १८ जना कोरोना मुक्त भएका छन्।, अहिले देशभर २१७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ छ।, थपिए १९ कोरोना संक्रमित, एकको मृत्यु
नरेन्द्रसिह कार्की व्याँस गाउँपालिका–१ खलंगाका स्थानीय आफ्ना पशुचौपायासहित गाउँ पुग्न थालेका छन्। ६ महिना गर्मी छल्न तथा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु तिंकर गाउँ पुगेका हुन्। , व्यासी सौका समुदाय सदरमुकाम खलंगाको गर्मी छल्न गाउँ पसेका हुन्। गत मंसिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिंकरीको ताला ६ महिनापछि खुल्न थालेको हो। ‘पाँच परिवार तिंकर पुगिसकेका छन्,’ स्थानीय दानसिंह तिंकरीले भने, ‘३५ परिवार खलंगाबाट मंगलबार हिँडेका छन् उनीहरु बाटोमा छन्।’ सदरमुकाम खलंगाबाट पाँचदेखि ६ दिनमा तिंकर गाउँ पुगिन्छ। , भारतीय प्रशासनको अनुमति लिएर स्थानीय हिमाली गाउँतर्फ उक्लिएका हुन्। खलंगाबाट हिँडेर पहिलो दिनमा दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुदि, पाँचौँ दिन छांगरू र छैठौं दिन तिंकर पुगिन्छ। पशुचौपायासहित कुञ्चा सर्दा ६ दिन लाग्छ। तर, हाल स्थानीय भने पाँच-छ घण्टामै गाडीमा गाउँ पुग्ने गर्छन्। , भारतीय प्रशासनले अनुमति दिन ढिलाई गर्दा यो पटक बसाइँसराइ केही ढिला भएको स्थानीय बताउँछन्। गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ। साथै जेठमा यार्सागुम्बा संकलनको कामसमेत हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन्। , तिंकर गाउँ चीनको सीमा नजिकैको गाउँ हो। तिंकर गाउँभन्दा आधा घण्टा माथि नेपाल प्रहरी बस्छ। छायालेकबाट चारदेखि पाँच घण्टाको दुरीमा नेपाल–चीन १ नम्बर सीमा स्तम्भ छ। , स्थानीय ६ महिना सदरमुकाम खलंगा र ६ महिना छांगरू तिंकर बस्छन् तर, तिंकरको छायालेकमा बस्दै आएको नेपाल प्रहरी भने अझै सदरमुकाम खलंगामै छ। यसअघि यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा ६ महिना मात्रै छायालेक बस्ने गर्दै आएको थियो। प्रहरी टोली तिंकरतर्फ जाने तयारीमा रहेको जनाइएको छ। , निर्वाचनको समय आउन पनि आठ दिन बाँकी छ। निर्वाचनको लागि मतदान केन्द्र पनि तिंकरमै तोकिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले हेलिकप्टरमार्फत प्रहरीलाई तिंकर पठाउने तयारी भइरहेको जानकारी दिए। ‘हामीले प्रक्रिया बढाइसकेका छौं,’ उनले भने, ‘तर हेलिकप्टर कहिले आउँछ भन्ने एकिन भएको छैन।’ , प्रहरीको ६ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकप्टर माग गरिएको डिएसपी विष्टले बताए। विगतमा पनि हेलिकप्टरमार्फत पठाउने गरिएको थियो। विष्टका अनुसार प्रहरीलाई वैशाख २७ गते अगावै पठाउने गरि पहल भइरहेको छ। , छांगरूमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरी बस्दै आएको छ। साथै, सशस्त्र प्रहरी टोली पनि छांगरूमै छ। गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोष्ट (बीओपी) भवन निर्माण गरिएको थियो। , गर्मी छल्न तिंकर उक्लदै खलंगाबासी
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १७ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ३७६ जनाको पिसिआर र १ हजार ४३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १५ जना कोरोना मुक्त भएका छन्।, अहिले देशभर २१७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, ३ हजार ८ सय ११ मा परीक्षण गर्दा १७ लाई कोरोना
रासस पाँच वर्षअघिसम्म सवारी साधन भेट्न पाँच घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै दैलोबाट सवारी चढ्छन्।, बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन।, सिसाखानीमा पुगेको सडकले पुन र उनका गाउँलेलाई निकै सघाएको छ। सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ। कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँले खुसी छन्।, मानिसहरू ओहोरदोहोरका लागि मात्रै होइन यहाँका सर्वसाधारणले खाद्यान्न लगायतका सामग्री गाउँ पुर्‍याउन निकै लामो समय सास्ती खेपे।, घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य सामान पुर्‍याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्रयाक्टरबाट सामान झार्छन्।, ‘मूल्य सस्तो, समयको बचत, सडक आएपछि त निकै सजिलो भएको छ’, उनले भने, ‘यति छिट्टै सडक आउला भनेर सोचिएकै थिएन।’, बडिगाडका साविकका सात गाउँ विकास समितिलाई जोडेर बनेको हो। साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भूगोल रहेको बडिगाड ओझेलमा परेको थियो। स्थानीय तह गठनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्जालको विकास निकै छोटो समयमा भएको स्थानीयवासीको बुझाइ छ।, बडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङ लगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको छ। सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि सञ्चालनमा सहजता हुने भएकाले पालिकाको १० वटै वडा केन्द्रसँगै पालिका र केन्द्रसँगको सडक सञ्जाल जोडिएको बताइएको छ। , ‘सडक पहुँच पुगेको छ’, स्थानीयबासी पुनले भने, ‘यातायात, स्वास्थ र अन्य पूर्वाधारका क्षेत्रमा पनि सहज भएको महसुस गरेका छौं।’ , ‘विकासले हाम्रो उठिबास लगायो, तर गाउँपालिकाको साथले हामीले बास पाएका छौं’, बडिगाड गाउँपालिका–९ की बाटुली विकले भनिन्, ‘सडक निर्माण गर्दा जोखिममा परेको हाम्रो गाउँ र घर अर्को ठाउँमा सरेको छ, अहिले ढुक्क छ।’ , सडक सञ्जालले जोडियो बडिगाड
सेतोपाटी संवाददाता जुम्लामा पहिरोमा पुरिँदा दुई जना तीन वर्षीय बालकको मृत्यु भएको छ। , बुधबार दिउँसो २ बजे तिला गाउँपालिका-२ स्थित रणबहादुर बोहराको घर बनाउँदै गरेको ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। , पहिरोले पुर्दा उनकै तीन वर्षीय छोरा शिशिर चन्द र दलबहादुर राउतका छोरा हिमेशको मृत्यु भएको हो। , प्रहरी नायब उपरीक्षक चन्दका अनुसार घरको जग खन्ने काम भइरहेको थियो। तल दुई जना बालक खेल्दै गर्दा माथिबाट पहिरो खसेको हो। , ‘हिजो अस्तिदेखि पानी परेको थियो। जसकारण आज पहिरो खसेको जस्तो देखिन्छ,’ उनले भने, ‘खेल्दै गर्दा पहिरो खसेर पुरिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो।’, घटनापछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए। प्रहरीको टोली घटनास्थल पुग्दा बालकहरूको मृत्यु भइसकेको थियो। , अहिले शव पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।  ,  , जुम्लामा पहिरोमा पुरिँदा दुई बालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंमा गए रातिदेखि नै वर्षा भएको छ। आज बिहान पनि वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेकोले वर्षा भएको जनाएको छ। , काठमाडौंसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।, आज दिउँसो देशका पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।, यस्तै आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, काठमाडौंमा वर्षा
सेतोपाटी संवाददाता दोलखामा भूकम्पको धक्का महशुस गरिएको छ।, भीमेश्वर केन्द्र भएर भूकम्प गएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्र रहेर भूकम्प गएको हो।, ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ।, दोलखामा भूकम्प
रासस/सिन्ह्वा विश्व स्वास्थ्य संगठनले कोभिडका अरू नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ।, अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ।, ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।, संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ।, विश्वमा कोभिडका संक्रमितहरुका संख्या घट्दै गएको पाइएको छ। साथै गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ।, यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको उक्त संगठनको भनाई छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए। यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो।, तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको संगठनले जनाएको छ।, कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : विश्व स्वास्थ्य संगठन
रासस बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्।, मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारू पौडी खेल्ने क्रममा बिहीबार डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।, उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए।, बर्दियामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता
रासस तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया बसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , ग १ ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको आज उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो। , टिपर चालक म्याग्दे गाउँपालिका–६ घर भई व्यास–१ चारकुने बस्ने ४८ वर्षीय चेतकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाविरूद्ध सवारी ज्यान मुद्दामा आज अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।, रेलिङले च्यापिएर महिलाको मृत्यु
सेतोपाटी संवाददाता बाँकेमा राति कारले किचेर तीन जनाको मृत्यु भएको घटनाका आरोपी कार चालकलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।, कार चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।, गत चैत २७ गते बिपी चोकनजिकै थापाले चलाएको कारले किच्दा सडकमा हिँडिरहेका तीन पैदलयात्रुको मृत्यु भएको थियो। मृत्यु हुनेमा नेपालगञ्जकी ६५ वर्षीया समिना इदिसी, ५ वर्षीय मोहम्मद कासिम इद्रिसी र ६ वर्षीय मोहम्मद अली हलवाई थिए। समिना र कासिम नातेदार र अली हलवाई उनीहरूका छिमेकी हुन्। , यही मुद्दामा बाँके जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसमा न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको एकल इजलासले चालक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।, थापाले कार तीव्र गतिमा चलाएको हुँदा पैदलयात्रुलाई किचेको सिसीटिभी फुटेज तथा प्रमाण समेतको आधारमा अदालतले उनलाई थुनामा पठाएको हो। , मुद्दाको सुनवाइमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, बाँकेका जिल्ला न्यायाधीवक्ता वासुदेव शर्मा, सहन्याधीवक्ता दामोदर गौतम, अधिवक्ताद्वय विश्वजित तिवारी र पुनम श्रेष्ठ र प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ताहरू सुनिल श्रेष्ठ, लोकबहादुर शाह र गणेश थारूले बहस गरेका थिए।, बहसमा पीडितको तर्फबाट सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी लगायतको समूहले कानुनी सहयोग गरेको छ। संस्थाले गरिब तथा असहाय पीडित र न्याय नपाएकाहरूका लागि निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको छ।, सवारी तथा यातायात ऐन २०४९ को दफा १६१ (१) अनुसार चरम लापरबाही तारिकाले सवारी चलाएर जानीजानी मारेको अवस्था रहे जन्मकैदको सजायको समेत व्यवस्था रहेको अधिवक्ता बलबहादुर चन्दले बताए।, दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय, बाँकेले चालकले मादक पदार्थ सेवन गरेको देखिन आएको जानकारी दिएको थियो।, कारले किचेर तीन पैदलयात्रुको मृत्यु प्रकरणः चालकलाई पुर्पक्षका लागि पठाइयो थुनामा
रासस नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिइ पात्रो (पञ्चांग) प्रकाशन गर्नेलाई कार्यालयमा बोलाई स्पष्टीकरण सोध्न थालेको छ।,      , समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाहीको तयारीस्वरूप भौतिक उपस्थितिमै स्पष्टीकरण सोध्न थालिएको हो। , पहिलो चरणमा नेपाल पञ्चांगका पञ्चांगकार नारायण नेपाललाई कार्यालयमै बोलाएर समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले मौखिक रूपमा स्पष्टीकरण माग गरेको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले जानकारी दिए। ,  , नेपाललाई एक सातापछि फेरि कार्यालयमा मौखिक स्पष्टीकरणका लागि उपस्थित हुने गरी तारेखमा छाडिएको उनले सुनाए।समितिको स्वीकृति नलिई प्रकाशन भएको मुक्तिनाथ पञ्चांग (पात्रो) का पञ्चाङ्गकारलाई पनि कार्यालयमै उपस्थित भएर स्पष्टीकरण माग गरिने भएको छ।, मुक्तिनाथका पञ्चाङ्गकार राजधानी बाहिर रहेकाले अर्को साता स्पष्टीकरण सोधिने समितिले जनाएको छ।,       , यसैगरी समितिले अनुमति नलिई प्रकाशन भएका भित्तेपात्रोको अनुगमनलाई पनि तीव्र बनाएको छ।, अहिलेसम्मको अनुगमनका क्रममा चार दर्जन भित्ते पात्रो अनुमति नलिइ प्रकाशन भएको पाइएको छ।, अहिलेसम्म समितिसँग अनुमति लिएर प्रकाशन हुने भित्तेपात्रोको सङ्ख्या भने एक हजार नाघेको छ।, अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गर्न कार्यविधि बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ।,  , मन्त्रालयले समितिलाई कार्यविधिको मस्यौदा तयार पारी पेश गर्न निर्देशन दिएको हो।, कार्यविधि स्वीकृत भएपछि अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाही गरिने भएको छ।, मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्तेपात्रोले स्वीकृति लिनुपर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशन भएको थियो।, वि.सं २०७८ असारमा आदेश नेपाल राजपत्रमा प्रकाशन भएपछि यो व्यवस्था यसै वर्षको पात्रो र भित्तेपात्रो प्रकाशनदेखि कार्यान्वयनमा आएको हो।, स्वीकृति नलिई पात्रो प्रकाशन गर्नेलाई नेपाल पञ्चांग समितिको स्पष्टीकरण
सेतोपाटी संवाददाता कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।, १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टीकापुर नगरपालिका–१ नयाँका ३० वर्षीय दीपेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको हो। , साउदले सोही ठाउँकी ती किशोरीलाई सोमबार बलात्कार गरेको आरोप छ।, पुरूषलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।, कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ
सेतोपाटी संवाददाता राष्ट्रिय सूचना आयोगले आफ्नो १५ स्थापना दिवसको अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष उमीद बागचन्दलाई उत्कृष्ट अभियन्ताको रुपमा पुरस्कृत गरेको छ।, आयोगले आफ्नो स्थापना दिवसको अवसर पारेर ४ जना उत्कृष्ट सूचना अधिकारीहरुलाई पुरस्कृत गरेको हो।, बिहिबार आयोगले आफ्नो स्थापना दिवस मनाउँदै विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारबाट केन्द्रिय अध्यक्ष बागचन्द लगायत ४ जना अभियन्तालाई पुरस्कृत गरेको हो।,  , वागचन्दसहित दुर्गा आचार्य, कैलाश माझी, मनोज रौनियारलाई ‘विनय कसजुलाई उत्कृष्ट अभियान्ता पुरस्कार–२०७९’ प्रदान गरेको छ।, त्यसैगरी विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी (सूचना अधिकारी) ई. निर्मला लामा, दुर्गाप्रासद शर्मा, राजु आचार्य, सत्य नारायण हुजदार र गोकर्णराज वाग्लेलाई ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९’ प्रदान गरिएको छ।, त्यस्तै आयोगका कर्मचारी उपसचिव विश्ववन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायवसुब्बा हेमन्त रिज्याललाई पनि आयोगले उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ। पुरस्कारको राशि जनही ३५ हजार रूपैयाँ रहेको छ।, कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताए।, उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताए। उपराष्ट्रपति पुनले भने, ‘सूचनाको उज्यालोबाट मात्रै सुशासन, असलशासन वा हामीले चाहेको जस्तो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न सकिन्छ।’, सुशासन, लोकतन्त्र र राष्ट्रको समृद्धिका लागि सूचनाको हकको ज्यादै महत्व रहेको उल्लेख गर्दै उनले जहाँ नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाहीबारे सहज सूचना पाउँछन्, त्यो राज्यमा सुशासन र असलशासन कायम हुने बताए।, उपराष्ट्रपति पुनले संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको बताउँदै जुन राष्ट्रले जनतालाई सूचना दिएको हुन्छ, त्यो राष्ट्रमा सुशासन हुने बताए।, आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आर्थिक वर्ष २०७७/०७८ मा सम्पादीत प्रमुख कार्यमध्ये आयोगमा दर्ता भएका सबै ७५३ पुनरावेदन उपर कारवाही गरेको जानकारी दिए।, पुरस्कृत हुनेहरुका तर्फबाट सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष उमीद बागचन्दले सूचनाको हकका लागि राष्ट्रिय महासंघ कुनै सूचना अधिकारीहरुलाई अप्ठेरो पार्न नभई जनता र सरकारी निकाय बीचको विश्वासको वातावरण बनाउनका साथै सहजीकरण गर्ने उद्देश्य लिएर आएको बताए।, उत्कृष्ट अभियन्ता पुरस्कारबाट बागचन्दसहित चार पुरस्कृत
रासस प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्। , तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ (सिओवी) को आज निरीक्षण भ्रमणका क्रममा उनले उक्त निर्देशन दिएका हुन्।, भ्रमणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तर्क्रिया समेत गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत् जनाएको छ।, निर्देशनालयका अनुसार उनले आजै रूपन्देहीको मझगावा इलाकाको ‘सिओवी’को समेत निरीक्षण भ्रमण गरेका थिए।, यस्तै, प्रधान सेनापति शर्माले कास्कीको पोखरास्थित मध्ये कमाण्ड हेडक्वाटर र रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको पनि निरीक्षण गरेको निर्देशनालयले जनाएको छ।, भ्रमणका क्रममा उनले ब्याटल स्कुलको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचन सुरक्षालगायत विविध पक्षबारे जानकारी लिएका थिए।, सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
सेतोपाटी संवाददाता हाल वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।, अहिले प्रदेश नम्बर-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गणडकीका केही स्थानहरूमा एवं लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अरू भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार यस्तो तीन दिनको मौसम अनुमान, वैशाख २३ गते शुक्रबार, दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, वैशाख २४ गते शनिबार, दिउँसो : देशभर  आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, वैशाख २५ गते आइतबार, दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, आज पनि देशभर मध्यम वर्षा हुने, आइतबारसम्म कायमै रहने
रासस/एएनआई विद्युत सङकटका बीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार सहुलियतपूर्ण विद्युत माग गर्नेलाई मात्र लागू हुनेगरी दिइने व्यवस्था गरिएको बताएका छन्।  , यो नयाँ नियम अक्टोबर १ देखि लागू हुनेछ। ‘अब दिल्लीमा सस्तो बिजुलीको विकल्प हुनेछ। दिल्ली सरकारले माग गर्नेलाई मात्र विद्युत् छुट उपलब्ध गराउने भएको छ।’, आम अदमी पार्टी (आप) का नेता तथा दिल्लीका मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलनमा भने, ‘मानिसहरूलाई अनुदानमा विद्युत लिने वा नलिने बारेमा सोध्ने काम चाँडै सुरु हुनेछ।’, हाल दिल्लीका उपभोक्ताले २०० युनिटसम्म बिजुलीको ‘शून्य’ र प्रतिमहिना २०१ देखि ४०० युनिट विद्युत् खपत गर्दा ८०० रुपैयाँको छुट पाउँछन्।, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केजरीवालले दिल्ली मन्त्रिमण्डलले ‘दिल्ली स्टार्टअप पोलिसी’ पारित गरेको घोषणा गर्दै उक्त जानकारी गराए। सरकारले उपलब्ध गराएको आर्थिक सहयोगबाट दिल्लीका युवालाई दिल्लीमा व्यवसाय सञ्चालन गर्न पनि सहयोग पुग्ने केजरीवालले विश्वास व्यक्त गरे।, ‘युवाबाट उद्यमी तथा व्यापारी बनाउनु मेरो मनको कल्पना थियो। हाम्रा जवानमा ठूलो क्षमता छ। सही मौकालाई ध्यानमा राख्दै तिनीहरू संसारका जोसुकैसित पनि प्रतिस्पर्धा गर्न सक्छन्। भारत मात्र होइन, हामी दिल्ली विश्वको ‘स्टार्टअप’ गन्तव्य भएको देख्नेछौं।’ दिल्लीका मुख्यमन्त्री केजरीवालले थपे, “सरकारले धितोविना कर्जा, भाडाको वित्तीय भाग र कर्मचारीको तलब मार्फत् नयाँ उद्यमीलाई वित्तीय सहायता प्रदान गर्नेछ। यसले ट्रेडमार्क दर्तामा नयाँ उद्यमीहरूलाई निःशुल्क सहायता प्रदान गर्न र अन्य औपचारिकताहरू पूरा गर्न एजेन्सीहरू र विशेषज्ञहरूको प्यानल गठन गर्नेछ।”, हाल दिल्लीका सरकारी विद्यालयहरूमा सञ्चालित बिजनेस ब्लास्टर कार्यक्रमलाई कलेजका विद्यार्थीहरुसम्म विस्तार गरिने भएकोले उनीहरूले आफ्नो व्यवसायिक बिचारमा काम गर्न सक्ने केजरीवालले बताए।  , अक्टोबरदेखि दिल्लीमा माग गर्नेलाई सहुलियतको विद्युत
रञ्जिता अधिकारी/रासस आफूलाई ‘वनको राजा’का रूपमा चिनाउने कुसुन्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्दै आएका छन्। वनमा उत्पादन हुने खानेकुरा नै उनीहरूको खाद्यान्न हुने गरेको थियो। आधुनिकतासँगै कुसुन्डाको रहनसहन पनि फेरिएको छ। स्थायी घर र बसोबास नभए पनि कुसुन्डा जाति आफ्नो मौलिकताका धनी मानिन्छन्। , कुसुन्डाको आफ्नै मौलिकता, कला, संस्कृति र संस्कार छ। कुनै बेला फिरन्ते जीवन बाँचेका कुसुन्डा जाति थोरै संख्यामा भए पनि देशमा विभिन्न भू–भागमा छरिएर रहेका छन्।, कुनै कालखण्डमा फिरन्ते जीवन बाँचेका कुसुन्डा जातिको जीवन पहिले जंगलमै बिते पनि अहिले फेरिएको छ।, उनीहरूको खानपिन, उठबस र रहनसहन परिवर्तन भइसकेको छ। अहिले कुसुन्डा जाति वनमा फिरन्ते जीवन बिताउँदैनन्। गाउँ समाजमा बस्न थालिसकेका छन्। , छरिएर बसेसँगै कुसुन्डाको भाषा, संस्कृति र संस्कार पनि हराउँदै गइरहेको छ।, पहिचान नै जोखिममा पर्ने अवस्था आउन थालेपछि अहिले आफ्ना मौलिकता, भाषा, कला र संस्कृति संरक्षण गर्न कुसुन्डा समुदायले एकीकृत बस्ती विकासको माग गरेका छन्।, एकै थलोमा बसालेर समुदायको उत्थानमा ध्यान दिन उनीहरूले स्थानीय र केन्द्रीय सरकारसँग माग गरिरहेका छन्।, घोराही उपमहानगरपालिका–१८ अम्बापुर प्रेमबहादुर शाही उमेरले ८० वर्षको भए। उनी कुसुन्डा भाषाको वक्ता पनि हुन्। कुसुन्डाको संस्कृति बचाउन समस्या भएको हुँदा सरकारले ध्यान दिनुपर्ने उनी बताउँछन्।, लोपोन्मुख जातिका रूपमा मासिक सामाजिक सुरक्षा भत्ता पाए पनि यो पर्याप्त नरहेको उनको भनाइ छ।, ‘यसबाट दैनिक जीवन सञ्चालन गर्न केही सहज भएको छ, तर यतिले मात्रै पुग्दैन। भाषा, कला, संस्कार र संस्कृतिलाई संरक्षण गर्दै जीवनयापन सहज हुने उपाय खोज्नुपर्छ’, शाहीले भने।, कुसुन्डा भाषा बोल्न सक्ने एकमात्र व्यक्ति घोराही–१८ सुपैलाखुटीकी कमला कुसुन्डा आफ्नो शेषपछि कसले भाषालाई बचाउने हो भन्नेमा चिन्तित छिन्।, आफूमात्रै कुसुन्डा भाषा बोल्ने व्यक्ति रहेको उल्लेख गर्दै उनी यसको संरक्षण र उत्थानमा सरकारले चासो लिनुपर्ने बताउँछिन्।, ‘एकीकृत बस्ती भएमा भाषा संरक्षण हुन्छ। संस्कृति र परम्पराको अभ्यास हुन्छ’, उनले भनिन्, ‘जातिको पहिचान पनि कायम रहन्छ।’, घरमा आफू–आफूबीच कहिलेकाहीँ कुसुन्डा भाषामा कुराकानी गरे पनि अरू ठाउँमा जाँदा नेपाली भाषामै बोल्नुपर्ने अवस्था रहेकाले कसुन्डा जातिलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाउन उनले आग्रह गरिन्। ,  , स्थानीय तह निर्वाचनमा भोट माग्न आउने हरेक उम्मेदवारलाई आफूहरूको उत्थानका लागि गम्भीर बनिदिन कुसुन्डा समुदायले आग्रह गर्दैआएको छ।, ‘हामीलाई थोरै जनसङ्ख्या भनेर हेपेको हुनसक्छ, तर हामी त लोप हुने अवस्थामा पुगेका छौं, हाम्रो अस्तित्व बचाउने गरी योजना हामी दिन्छौं, त्यो योजना कार्यान्वयन गर्ने उम्मेदवारलाई हामी भोट दिने तयारीमा छौं’, कमलाले भनिन्।, घोराही–१८ सुपैलाखुटीकी शर्मिला कुसुन्डा आफ्नो समुदायको उत्थानमा स्थानीय सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्ने बताउँछिन्।, छरिएर बसेका कुसुन्डालाई एकीकृत रूपमा राख्न सकिए भाषा, कला र संस्कृति बच्ने उनको भनाइ छ।, ‘आफ्नो समुदायको भाषा, कला, संस्कृति संरक्षणका लागि राज्यले अनिवार्य रूपमा एकीकृत बस्ती निर्माण गर्न जरूरी छ’, उनले भनिन्।, स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरूले एकीकृत बस्ती र भाषा संरक्षणको माग गरेका छन्। , कुसुन्डा समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार देशभर कुसुन्डा जातिको सङ्ख्या १५४ मात्रै छ।, लोप हुने अवस्थामा पुगेको समुदायको उत्थानका लागि स्थानीय सरकारले अहिलेसम्म ठोस योजनासहित काम नगरेको उनको दुःखेसो छ।, भाषा संरक्षणका लागि केही प्रयास भए पनि अरू संस्थागत विकासमा योगदान नभएको उनको धारणा छ।, अब भोट माग्न आउने उम्मेदवारसँग आफूहरूले बारम्बार उठाउँदै आएको साझा मागलाई सम्बोधन गराउनतर्फ केन्द्रित हुने धनबहादुरको भनाइ छ। , कुसुन्डा जातिको बसोबास दाङको घोराही, तुलसीपुर, कपिलवस्तु, मकवानपुर, रोल्पा, रुकुम, प्यूठान र सुर्खेतमा छ।, एकै ठाउँमा यो समुदायको बसोबास नरहेकाले पनि उनीहरूको बसाइ व्यवस्थापनमा समस्या भएको बताइन्छ।, भाषा आयोगले कुसुन्डा जातिको भाषा संरक्षणका लागि निरन्तर भाषा कक्षा सञ्चालन गर्दै आएको छ भने स्थानीय सरकारले पनि केही बजेट विनियोजन गरेर नयाँ पुस्तालाई शिक्षादिक्षामा सहुलियत प्रदान गर्दै आएको छ।  , आफूहरूको शैक्षिक योग्यताअनुसार सरकारले रोजगारीको अवसर दिनुपर्ने अध्यक्ष धनबहादुरको जोड छ।, अहिले विभिन्न सङ्घसंस्थाको पहलमा समुदायले आफ्ना कुरा बाहिर ल्याउन सक्ने भएको उनी बताउँछन्।, कुसुन्डा समुदायको नाममा एक धुर जग्गा नभएको भन्दै उनले राज्यले दिने सेवा सुविधामा पनि धेरै भेदभाव गरेको आरोप लगाए। , 'हाम्रो अस्तित्व बचाउने गरी योजना कार्यान्वयन गर्ने उम्मेदवारलाई भोट दिन्छौं'
विमलबहादुर विष्ट जिल्लाका विभिन्न जंगलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। कुनै बेला स्थानीय नागरिकले मात्रै खाने तथा बाँकी रहेका काफल बाँदरले खाने गरेको भए पनि अहिले भने नागरिकले टिपेर धमाधम बिक्री गर्न थालेका छन्।, यहाँका जंगलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि यहाँका राजमार्ग तथा बजारमा ल्याउन थालेका छन् । काफल टिपेर बिक्री गर्न थालेपछि यहाँका नागरिकको आम्दानीको गतिलो स्रोत बन्दै गएको छ।, यतिमात्र नभई यहाँको एकमात्र प्रमुख पहाडी राजमार्ग भीमदत्त राजमार्गका विभिन्न सडकखण्डमा अहिले काफल बिक्री गर्नेहरूको ठूलो लाम लागेको देखिन्छ । उनीहरुले आफूले जंगलबाट टिपेर ल्याएका काफल एक किलोको रु २०० सम्म लिने गरेको भीमदत्त राजमार्गअन्तर्गत पर्ने गैरा बजारका मोहनबहादुर मल्लले बताए।, कोरोना महामारीका कारण गएको दुई वर्षदेखि काफल टिप्न, खान र बिक्री वितरण गर्न नपाएका यहाँ नागरिक अहिले भने आफ्नो खेतीपतीको काम छाडेर भए पनि जंगलमा काफल टिप्ने तथा बिक्री वितरण गर्ने गरेको बुडर बजारका अर्का स्थानीय भक्तबहादुर लामाले बताए।, यहाँका प्रायः सबै वन यतिबेला काफल पाकेर रातै देखिएका छन्। स्वादिष्ट फल काफल अहिले यहाँका स्कुले बालबालिकाका लागि पनि आम्दानीको राम्रो स्रोत बन्दै गएको स्थानीयवासी बताउँछन्। निम्न आयस्रोत भएका बालबालिकाले जंगलबाट काफल टिपेर ल्याउने र बिक्री गरी स्कुल खर्चको जोहो गर्न थालेको सहजपुर बजारमा काफल बिक्री गर्ने स्कुले बालक रमेश विकले बताए। ‘स्कुलमा बिदा भएको छ, अब भर्ना गर्नुपर्छ पैसा छैन, यही काफल बिक्री गरेर स्कुल भर्ना गर्छौं’, उनले भने।, जिल्लाका राजमार्ग, प्रमुख व्यापारी केन्द्र दिपायल, सिलगढी, गैरा, बुडर, सहजपुर, धारापानी, मेलखोलालगायतका ठाउँमा अहिले काफल बेच्ने थुप्रै भेटिन्छन्। काफल पाक्न सुरू भएसँगै यहाँका राजमार्गलगायतका अन्य गाउँका बजारमा काफलको व्यापार बढ्न थालेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका स्थानीयवासी रामसिंह देउवाले बताए।, उनका अनुसार अहिले यहाँका वन जंगलबाट काफल टिपेर ल्याई बजार तथा राजमार्गमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रतिगिलास १५ देखि २० तथा किलोको रु २०० सम्ममा बिक्री गर्दै आएका छन्। बालबालिकाले काफल बिक्री गर्दै आफ्नो पढाइ खर्च जुटाउने गरेका छन्। , काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका अहिले काफल टिपेर बिक्री गर्नतिर लागेको अर्का स्थानीय रमेश बोगटीले जानकारी दिए। यस वर्ष डोटीमा असिनापानी नपरेकाले जंगलमा काफल निकै भएको स्थानीय बताउँछन् ।  , यस वर्ष काफल पनि निकै स्वादिलो र रसिलो भएको स्थानीयवासी बताउँछन्। सबैभन्दा महत्वपूर्ण कुरा त अहिले यहाँका स्कुले बालबालिकाले काफल टिपेर आफ्नो कापी किताबलगायतका अन्य सामग्री किन्ने गरेको अभिभावक बताउँछन्। अहिले डोटीसहित समग्र सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा काफल निकै फलेको स्थानीयवासी बताउँछन्। दिउँसो काफल टिपेर दोस्रो दिन बिहानैदेखि यहाँका जिल्ला सदरमुकामलगायत राजमार्ग र सडक क्षेउमा काफल बिक्री गर्न आउनेको भीड बढेको भीमदत्त राजमार्गअन्तर्गत सहजपुर बजारकी स्थानीय हीरादेवी बोगटीले बताइन्।, पर्याप्त मात्रामा काफल फलेको र ग्राहक पनि प्रायः यात्रु भएकाले बिक्री वितरणमा कुनै समस्या नभएको उनको भनाइ छ। अहिले उक्त राजमार्गमा यात्रा गर्ने प्राय सबैले काफल किनेर लैजाने गरेका छन्। यतिमात्र नभई यहाँका पहाडी जिल्लामा उत्पादन गरिएका काफल बिक्री वितरणका लागि कैलालीका धनगढी तथा अत्तरिया बजारसम्म पुग्ने गरेका छन्। पहाडमा २०० रूपैयाँ प्रतिकिलो पर्ने काफल कैलालीका बजारमा लगिएपछि त्यसको दोब्बरसम्म मूल्य पर्ने परेको कैलालीको अत्तरियाका स्थानीयवासी दिनेशबहादुर मल्लले बताए। ,रासस, बालबालिकाको आम्दानीको माध्यम बन्दै काफल
सेतोपाटी संवाददाता प्रहरीले दाङको लमहीबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।, बागलुङ घुइँयाखोला घर भएका २० वर्षीय सोमु विक र रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय रुक्मान सुनार (कमल) लाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरुलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी नियन्त्रणमा लिएको हो।, विकको साथबाट पेस्तोल आकारमा निर्माण गरिएको हतियार बरामद भएको छ। उक्त हतियार उनले भारतबाट ल्याएको खुलेको छ।, उनका फुपाजु रूक्मान सुनार लमहीमा ग्यारेज चलाउँछन्। विक कहिले अभिभावकसँग भारत त कहिले फुपाजुसँग लमहीमा बस्ने गरेका छन्।, यसबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।, लमहीबाट हतियारसहित दुई जना पक्राउ
रासस पाल्पाको तिनाउ गाउँपालिका ५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुई घाइते भएका छन्।, बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नम्बरको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।, श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।, दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन्।, श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ।, घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो।, पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते
रासस कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ की चन्द्रा गुरुङ दुई सातादेखि बेपत्ता छिन्।, परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केकी थिइन्।, उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन्।, श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन्।, ‘घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन’, उनले भने। श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन्।, दुई सातादेखि महिला बेपत्ता
रासस काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी पक्राउ परेका हुन्।, काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।, उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ।, गोली र सालकको खपटासहित काठमाडौंबाट एक पक्राउ
रासस सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौंडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।,  , राजमार्गको पश्चिम खण्डको काम तीव्र रूपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ।, सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व-पश्चिम राजमार्गका रूपमा वैकल्पिक मार्गका रूपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौंडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिए।     , साथै, सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत नौ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ।, पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चौघडासम्मको कूल ११५ किलोमिटर लम्बाइ सडक रहेको छ। , वि.सं २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरी तीव्र रूपमा काम भइरहेको छ।, राजमार्गको निर्माणको जिम्मा कालिका, स्वच्छन्द र रकेन जेभी काठमाडौं र पूर्वी खण्डको जेट आइइसो शर्मा एण्ड लामाजेभीले निर्माण काम गरिरहेको छ।, एघार मिटर चौडाइ रहेको उक्त सडक दुई पक्षमा कालोपत्र भएको र यसमाथि सात मिटर चौडाइ दोस्रो लेयरमा कालोपत्र भएको उनले बताए।, सिन्धुलीको सदरमुकामस्थित  कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको छ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो।, राजमार्गको नक्सांकनका विषयलाई लिएर झण्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ।, राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भइरहेको छ। यस राजमार्गको  अन्य क्षेत्रमा नालाबाहेक कालोपत्रमात्रै ११ मिटर गरिएको छ।, मदन भण्डारी राजमार्ग: धरान–चतरा–सिन्धुली–हेटौंडा सडक अन्तिम चरणमा
सेतोपाटी संवाददाता आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। , भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७: १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकामा उपचारकै क्रममा ७:३८ बजे उनको मृत्यु भएको प्रनाउ पाण्डेले बताए।, थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, भक्तपुरमा पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिका दुई घरमा बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको छ। , सोमबारको वर्षाका कारण चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति भएको उनले बताए। , बाढी पसेको खबरपछि अपराह्न ५ बजे प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयसहित २० जनाको टोली र सेनाको टोली खटिएको थियो। बाढीमा फसेका मानिसको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। , बाढीका कारण जस्तापाताले छाएको घरमा पूर्ण रूपमा क्षति पुगेको छ। सो घरमा रहेको दुई वटा कुखुरा, दुई तोला सुन लगायत गरी सात लाख बराबरको क्षति पुगेको मैनालीले जानकारी दिए। , त्यस्तै सोही ठाउँका पूर्णबहादुर थिङको एक तले घरमा पनि बाढी पसेको थियो। घरमा सामान्य क्षति पुगेको र १२ वटा कुखुरा बगाएका छन्। , त्यस घरमा एक लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।, चन्द्रागिरिका दुई घरमा बाढी पस्यो, ८ लाखको क्षति
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मंगलबार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।, रुपन्देहीका २८ वर्षीय सरोज कार्की पक्राउ परेका हुन्।, विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ ल्याएको फेला परेको भट्टराईले बताए।, भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ।, त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको रु.१ लाख ५६५ राजस्व तिर्नुपर्ने हुन्थ्यो। तर यात्रुले भन्सार राजस्व छल्ने वद्नियतका साथ भन्सार कार्यालयमा घोषणा नगरी सुन लुकाई छिपाई ल्याएको पाइएको भट्टराईले बताए।, उनकाअनुसार भन्सार राजस्व छलेर सुन आयात गर्दा भन्सार कार्यालयले प्रचलित कानून बमोजिम त्यस्तो सुन जफत हुने र सुनको प्रचलित बजार मूल्य बराबर जरिवाना र कैद सजायसमेत हुन्छ।, मिक्सरमा लुकाएर सय ग्राम सुन ल्याएका युवक विमानस्थलबाट पक्राउ
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली भए पनि प्रदेश १ को केही स्थानमा हल्का वर्षाको भइरहेको छ।, हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभाव छ। , आज दिउँसो  पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, बुधबार पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बुधबार राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, हेर्नुहोस् तीन दिनको मौसम, २०७९ वैशाख २० गते (मंगलबार), दिउँसो :  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, २०७९ वैशाख २१ गते (बुधबार), दिउँसो : देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।, राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।, २०७९ वैशाख २२ गते (बिहीबार), दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।, राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , मधेश प्रदेश तथा बागमतीका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।, नेपालमा तीन वटा वायुको प्रभाव, आज पनि पहाडी भेग वर्षाको सम्भावना
रासस अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्।, दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।, खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए।, नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो।, बचतको साढे दुई प्रतिशत दान, यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो।, यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले बताए।, यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ। जसलाई जकात भनिन्छ। ईदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन्। जसलाई सत्कार फितर भनिन्छ।, यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ। यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ। मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ। एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उनले बताए।, एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ। बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन्। यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन्।, यस अवसरमा आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिने सचिव हुसेनले बताए। यस अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ।, आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा
सेतोपाटी संवाददाता खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ।, बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो।, डिएसपी श्यामु अर्यालका अनुसार सोमबार अपरान्ह परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो।, घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो।, परियारलाई बाढीले बगाएको खबरपछि  इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी नायब निरीक्षक केशबराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि करिब  एक सय५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको थियो।, गम्भीर अवस्थामा रहेकी उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यही उनको मृत्यु भएको हो। किशोरीका आमाबुवा भारतमा छन्।, इनार खन्ने क्रममा पुरिएकाको उद्धार हुन सकेन, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ तुलसीपुरमा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको उद्धार हुन सकेको छैन।, प्रहरीका अनुसार शनिबार बिहान साढे ११ बजेतिर साजकुटीमा इनार खन्ने क्रममा तुलसीपुर १७ जमेराका २५ वर्षीय हरि चौधरी पुरिएका थिए।, उनको उद्धारको प्रयास जारी रहेको र मंगलबार दिउँसोसम्म उद्धारको काम सकिने प्रहरीले बताएको छ। ४० फिट गहिरो कुवा खन्ने क्रममा उनी पुरिएका थिए। , खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ५०४ जनाको पिसिआर र १ हजार ५९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै २३ जना कोरोना मुक्त भएका छन्।, अहिले देशभर २१७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए ३२ कोरोना संक्रमित
रासस पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ।, पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ।, पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको छ। हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो।, काठमाडौँ महानगरपालिकाले केही दिन नेपालटार हुँदै वैकल्पिक बाटोमार्फत फोहर व्यवस्थापन गरेपनि नियमित परेको वर्षा र उक्त स्थानका स्थानीयले फोहरको गाडी लान नदिने भनेपछि अहिले फोहर लाने काम पूर्ण रुपमा ठप्प भएको छ।, लामो समयसम्म सडकमा फोहर थुप्रिदा आवतजावत गर्न समस्या भएको छ। फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन्।, उनकाअनुसार २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ।, ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ। त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ,’ उनले भनिन्।, उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो। हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ।, हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिन्छ।, उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन।, नियमित पानी पर्न सुरु गरी सकेको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ। फोहरकै करण आउने दिन उपत्यकामा ठूलो समस्या आउने भन्दै प्रमुख राईले उक्त समस्या समाधानको लागि केन्द्र सरकारले तत्काल समाधानको पाटो खोज्नुपर्ने बताइन्।, दश दिनदेखि उठेन काठमाडौंको फोहोर
रासस बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो।, विज्ञहरू भन्छन्, ‘समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो।’, यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ।, अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरू कक्षामा पनि आफ्ना अरू साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन्।, परिवारले ख्याल राख्ने र सामान्य हेरचाह गर्ने गर्दा पनि यो समस्याको निदान हुन्छ। तर यसलाई ठूलो समस्या या निको नहुने रोगका रूपमा लिने सामाजिक सोचले गर्दा समस्या परिवारभित्रै झन् बल्झिँदै जाने गरेको देखिन्छ।, अटिजमसम्बन्धी समाजको यही गलत बुझाइलाई चिर्न तथा समाजमा यो समस्याको पहिचान र निदान गर्न भ्वाइस अफ ओमन नामक संस्थाले विविध चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।, भ्वाइस अफ नेपालले अटिजम निको नहुने रोग होइन भन्ने चेतनाका साथै यसलाई समाधान गर्न सकिने उपायका बारेमा घरपरिवार, शिक्षक र समाजमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको सदस्य मोनिका मानन्धर श्रेष्ठ बताउँछिन्।, विश्व स्वास्थ्य संगठनको मान्यतामा प्रत्येक ६४ जनामध्ये एक जनामा कुनै न कुनै अटिजमको लक्षण रहेको हुन्छ। तर नेपालमा भने अहिलेसम्म यो समस्याका बालबालिका के–कति छन् भन्ने तथ्यांक भेटिँदैन।, फरक क्षमता भएका यस्ता व्यक्तिका लागि विशेष खालको व्यवहार आवश्यक पर्दछ। साथै, घरपरिवार तथा समाजले सकारात्मक दृष्टिकोण राख्ने हो भने यो समस्या धेरै सहज हुने बुझाइ श्रेष्ठको छ।, उनका अनुसार अटिजमका बारेमा परिवारका सदस्यहरू पनि खुल्नुपर्छ र आफ्ना घरपरिवारमा यस्तो समस्या भएका बालबालिका भएमा उनीहरूको समस्या समाधानका लागि लाग्नुपर्छ।, परिवारका सदस्यहरूले वास्तविकतका नबताइदिँदा वास्तविक तथ्यांक संकलन हुन नसकेको सम्बद्ध क्षेत्रमा लागेका व्यक्तिहरूको भनाइ छ।, समाजमा यी व्यक्तिको अवस्था र संख्या नै पहिचान हुन नसक्दा यस विषयमा राज्यले नीति बनाउन पनि कठिनाइ हुने गरेको बताइन्छ।, श्रेष्ठका अनुसार पछिल्लो समयमा परिवारका सदस्यहरू पनि विस्तारै खुल्दै गएका छन्।, परिवारका सदस्यहरू खुल्दा भित्रभित्रै गुम्सिएका धेरै पीरमर्का पनि हल्का हुने गर्दछ। यसरी कुनै पनि समाजमा समस्या खुलेर बाहिर आयो भने त्यसको समाधान पनि सहज बन्दै जानेछ।, नेपाली समाजमा अहिले कतिपय अभिभावकहरू आफ्ना नानीबाबुमा यस्तो समस्या देखिएमा घरभित्रै समस्या लुकाउने र बाहिर नल्याउने गर्दा समस्या झनै थुप्रिएर रहने गरेको र यसले बाबुआमा नै डिप्रेसनमा जाने गरेको पनि देखिएको छ।, आफ्ना सन्तानको भविष्यको पीरले गर्दा अभिभावक पनि प्रताडित भएको पाइने गर्दछ। जसका कारण परिवार नै विखण्डनतिर जाने गरेको देखिएको छ।, यस्ता बालबालिकाको थेरापीबाट उपचार गरे सहज हुने गर्दछ।, सामान्यतया सातामा तीन पटक थेरापी गराउने हो भने बालबालिकालाई धेरै नै सहज हुने र यसले जीवनमा परिवर्तन ल्याउने अनुभव धेरै अभिभावकको छ।, अटिजमका सामान्य लक्षण, बालबालिकामा देखिने केही सामान्य लक्षणबाट उनीहरूमा रहेको अटिजम थाहा पाउन सकिन्छ। एक्लै खेल्न मन पराउने, आँखा जुधाउन नसक्ने, अस्वाभाविक रूपमा हाँस्ने वा कराउने, उमेरअनुसार बोली नफुट्ने, आफू समान उमेरसमूहका साथीसँग घुलमिल हुन मन नपराउने, घाउचोट लाग्दा दुखाइ महसुस नहुने अटिजमका सामान्य लक्षण हुन् ।, अटिजम भएका बालबालिकाले सामान्य दुखाइ हुँदा चिच्याएर रूने, कराउने गर्छन्।, यसबाहेक उनीहरूले सांकेतिक भाषाको प्रयोग गर्न सक्दैनन्। उनीहरूमा उमेरअनुसार बौद्धिक क्षमता पनि उत्कृष्ट हुँदैन। सामान्यभन्दा कुनै ठूलो आवाज सुन्दा कान थुन्छन् र झर्को लागेजस्तो व्यवहार देखाउँछन्। यस्ता बालबालिकालाई सामान्य शिक्षण विधिबाट पठनपाठन गराउन सकिँदैन।, अटिजम भएका बालबालिकाको जीवन कसरी सहज बनाउने ?   , आमाबुवाले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ। उनीहरूलाई रचनात्मक काममा क्रियाशील गराउनुपर्छ र आफ्नो बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनुपर्छ। किनकि जति छिटो बच्चाको अवस्था थाहा हुनसक्यो, त्यति नै उनीहरूमा भएका समस्याको पहिचान गर्न र उनीहरूमा आवश्यक अन्य सञ्चार प्रक्रियालाई सहज तुल्याउन मद्दत पुग्ने हुन्छ।, अटिजम केन्द्रमा थेरापीका माध्यमबाट पनि सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ। यस्तो बेला बालबालिकाका अतिरिक्त उनीहरूका अभिभावकले पनि यससम्बन्धी थेरापी लिनु आवश्यक हुन्छ।, अटिजमको उपचार, अटिजमको कुनै औषधि छैन। यसको मुख्य उपचार भनेको थेरापी नै हो। व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ। त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक छ भनिएको हो।, अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ।, यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ।, अटिजम भएका बालबालिकाको जीवन कसरी सहज बनाउने?
सेतोपाटी संवाददाता रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्।, सोमबार राति त्रिवेणी गाउँपालिका-१ स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।, घाइतेहरू तीन जना माओवादी केन्द्रका उम्मेदवार समर्थक छन् भने तीन जना स्वतन्त्र उम्मेदवारका समर्थक हुन्। तर घटना कुनै राजनीतिक विषयमा नभएको सोतीले बताए। , ‘झैझगडा भएको हो। सामान्य झगडाबाट सुरू भएको हो,’ उनले भने,‘पछि बढ्दै गएर ६ जना घाइते भए। मासु काट्ने धारिलो हतियार पनि प्रयोग भएको छ।’, प्रहरीलाई घटनाबारे राति ११ बजे खबर गरिएको थियो। घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको भने कोहलपुरमा उपचार भइरहेको छ। , एक पक्षका घाइतेहरू दलबहादुर पुन, हेमबहादुर पुन र चेतन दाहल छन्। अर्को पक्षका धमेन्द्र सुनार, जीवन पुन र टीकाजंग मल्ल छन्। , ‘खास ठूलो कारण केही पनि देखिएको छैन। कुनै प्रचारप्रसारको क्रममा भएको देखिन्न,’ उनले भने,‘बाटोमा आउँदा चेतन दाहलले जिस्काएको भन्ने विषयमा भएको बताएका छन्।’,  , रूकुम पश्चिममा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते
सेतोपाटी संवाददाता बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।, इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटेको संयुक्त प्रहरी टोलीले शंकास्पदरूपमा हिँडिरहको अवस्थामा सिंहलाई नियन्त्रणमा लिएको थियो। प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो।, सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हार, मङ्गलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औंठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको गहनाको अन्दाजी मूल्य रु ६२ लाख बराबरको रहेको छ।, प्रहरीले प्रारम्भिक अनुसन्धानबाट सिंहले यही वैशाख ४ गते भारतको बैंलौरस्थित सुन पसलबाट चोरी गरेको बुझिएको छ। यसका लागि भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।, प्रहरीका अनुसार अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न व्यक्ति पक्राउ नपरेको हुँदा मालसामान धनीहरूको नाम गोप्य राखेको जनाएको छ। ,रासस, भारतबाट चोरी गरी ल्याएका १ किलो सुनका गहनासहित एक पक्राउ
रासस कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ। माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो।, अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए।, उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ। बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।, पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ। पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो। बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो। पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए। सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए। , बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ। सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खंदा कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति कृषक विश्वत हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ। अनुगमनमा कडाइ हुन नसकेका कारण रोग फैलिएको हो। , बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. शरण  पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा बिक्री गर्दा रोग फैलिएको बताए। जैविक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उनको भनाइ थियो।, यो प्रदेशमा सबभन्दा बढी चितवन र त्यसपछि काठमाडौंमा रोग फैलिएको छ। सचिव डा. पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत् तीव्र परीक्षण गर्ने काम गरिरहेको र  परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उनले बताए। , नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनका लागि अनुमति नदिँदा ठूलो नोक्सानी बेहोर्नु परेको बताए।, छिमेकी मुलुकहरूमा भ्याक्सिन लगाइरहे पनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उनको भनाइ थियो। पूर्वी क्षेत्रमा रोगको प्रकोप निकै बढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको  बताए।, नेपालमा पोल्ट्री व्यवसायमा रु  एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको अनुमान छ। , नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ। धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो।, पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्यांक नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए।, रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले  पुनः कुखुरा पाल्नसमेत नसक्ने अवस्थामा कृषक पुगेको उनको भनाइ थियो। हालसम्मकै संकटग्रस्त अवस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए। , चार महिनामा चितवनका ३१ स्थानमा बर्डफ्लु
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरूले मान्न जरुरी नरहेको बताएका छन्। निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको उनकाे भनाइ छ।, विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्ताे बताएका हुन्। , ‘प्रविधिलाई मात्रै हेरेर राज्यले कानुनहरू बनाउँदै गर्दा त्यसले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गर्दोरहेछ भन्ने अनुभूति हामीलाई भएको छ। भर्खरै निर्वाचन आयोगले जुन एउटा आचारसंहिता बनाएको छ, त्यसलाई हेर्ने हो भने प्रविधिसँग डराउँदै गर्दाखेरी नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई पनि संकुचन हुने ढंगका प्रावधानहरू त्यहाँ राखेको छ’, उनले भने, ‘हामीले भन्यौं निर्वाचन आयोगको जुन आचारसंहिता छ, त्यसलाई हामीले आचारसंहिताको रूपमा मान्नु जरुरी छैन । हाम्रो आफ्नै आचारसंहिता छ। त्यो त हामीसँग गरिएको अपेक्षा मात्रै हो। त्यो अपेक्षा हामीले कति पूरा गर्ने भन्ने कुरा हामीले हाम्रो आचारसंहिताको जगमा उभिएर निर्क्याैल गर्ने हो र त्यो आधारमा हामीले आफूलाई प्रस्तुत गर्ने हो हामीले भनिराखेका छौं।', राज्यले प्रविधिलाई मात्रै हेरेर कानुनहरू बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उनले आयोगको आचारसंहिता पत्रकारहरूले मान्न जरुरी नरहेको बताए। उनले पत्रकारहरूको आफ्नै आचारसंहिता रहेको पनि स्पष्ट पारे ।, अध्यक्ष पोखरेललले राज्यले सधैंभरी प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखेको बताए। उनले पत्रकारितालाई श्रमको दृष्टिले पनि सबल र समुन्नत बनाउनुपर्नेमा जोड दिए।, निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामीले मान्न जरुरी छैन- महासंघ अध्यक्ष पोखरेल
सेतोपाटी संवाददाता बाँके प्रहरीले छिमेकी देश भारतबाट चोरी गरी ल्याएको अवस्थामा ६२ लाख बराबरका सुनका गरगहनासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. १ को पिमी कैशालका २८ वर्षीय अशोकबहादुर सिंह छन्। , प्रहरीले सिंहलाई जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ एल गाउँ सुबेदी चोकबाट वैशाख १८ गते राति सवा ९ बजेतिर पक्राउ गरेको एसपी अधिकारीले सेतोपाटीलाई बताए। , ‘चोरी गरी आएको सिंह आफ्नो दाजुको घरमा जाँदै थिए,’ एसपी अधिकारीले भने, ‘तर, झोला बोकेर पैदल हिँडिरहेका सिंहको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई सोधपुछ र खानतलासीका क्रममा ठूलो मात्रामा सुनका गरगहना फेला पार्न सफल भएको हो।’, सिंहलाई इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। , सिंहले बोकेको झोलामा हार, मंगल सूत्र, बाला, दाना, झुम्की, रामलिला, ब्रासेलेट, कानपासा, औंठी, टप, फूली, पथ्थरका टुक्रा र माला लगाएका सुनका गरगहना बरामद भएको एसपी अधिकारीले जानकारी दिए। , सिंहबाट बरामद भएका गरगहना तौल गर्दा ८०२ ग्राम ७३ मिलिग्राम पुगेको एसपी अधिकारीले बताए। जसको हालको बजार मूल्य अन्दाजी ६२ लाख रुपैयाँ बराबर छ। , एसपी अधिकारीका अनुसार सिंहसहित दुई जना नेपाली र दुई जना भारतीय नागरिक मिलेर वैशाख ४ गते भारतको बैंगलुरूस्थित सुनपसलबाट ती गरगहना चोरी भएको थियो। , ‘६० लाख बढी सुनका गरगहना चोरी गरी नेपाल प्रवेश गरेका व्यक्तिहरूमध्ये एक जनाको शंकास्पद गतिविधि देखेर प्रहरीले पक्राउ गरेको हो,’ एसपी अधिकारीले भने, ‘दुई जना नेपाली र दुई जना इण्डियन मिलेर चोरेको खुलेको छ र यी सिंह सुन लुकाउन भनेर आएका रहेछन्।’, नचिनेको व्यक्ति नयाँ ठाउँमा झोला बोकेर आएको देखेपछि प्रहरीले सोधपुछ गर्ने क्रममा शंका लागेर चेक गर्ने क्रममा तथ्य पत्ता लगाउन सफल भएको एसपी अधिकारीले बताए। , इन्टरपोल, इण्डियन एम्बेसी र इण्डियन पुलिसमार्फत् खबर पठाएको एसपी अधिकारीले जानकारी दिए। , घटनाबारे थप अनुसन्धान जारी रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको दुबै देशका प्रहरीबाट खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।, भारतको सुन पसलबाट चोरी गरी ल्याएका ६२ लाख बराबरका गरगहनासहित एक पक्राउ
रासस लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन्।, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गए राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।, उनकाअनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैध लागुऔषध फेला परेको थियो।, पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।, लागुऔषधसहित दुई भारतीय युवक पक्राउ
सेतोपाटी संवाददाता महिलामाथि हुने घरेलु हिंसा र शोषणले गर्दा लेख लेख्न प्रोत्साहन मिलेको महिला लेखकहरूले बताएका छन्।, मंगलबार आयोजित एक कार्यक्रममा संयुक्त अधिराज्य बेलायती राजदुत निकोला पोलिटसँग आफ्नो लेखको चुनौतीबारे कुराकारीमा महिला लेखकहरूले यस्तो बताएका हुन्।, सानैदेखि कविता लेख्न रुचाउने मातृभाषा साहित्य विभागकी प्रमुख लक्ष्मी मालीले महिलामाथि हुने शोषण र विभेद देखेर नै कविता लेख्न सुरू गरेको बताएकी थिइन्। उनले राजदुत पोल्लिटसँग आफ्नो अनुभव सुनाइन्।, पारिश्रमिकमा पनि महिलालाई विभेद भइरहेको, जातीय छुवाछुतको कारण उनले ती कुराहरूको विरोध गर्दै सडक आन्दोलनमा कविता सुनाउँदै आएको बताइन्।, त्यस्तै, लेखक सानु चौधरीले पनि आफ्ना दुखेसोबारे बताएकी थिइन्। चौधरीलाई पनि आफूमाथि भएको शोषण, दमनको कारण लेखतिर धकेलिएको हो।, बाल्यअवस्थामा विवाह गर्न बाध्य भएकी चौधरीको चार महिने सन्तान काखमा हुँदै खेरी श्रीमानको मृत्यु भएको थियो। श्रीमानको मृत्युपछि उनको दोस्रो विवाह भयो। तर उनीमाथि हुने विभेद भने रहिरह्यो। जति पनि समस्या रहेपनि आफ्नो लेखलाई झन् बलियो गर्दै लैजाने उनले बताइन्।, वि.सं २०४५ बाट फुटकर कविता लेख्न सुरू गरेकी सोभा दुलाललाई पनि महिलामाथि हुने शोषणले विद्रोह कविता लेख्न सिकायो। जनयुद्धमा समेत सामेल रहेकी दुलालले महिलाप्रतिको शोषण, विभेदको विरोधलाई प्रमुख पारेर कविताहरू लेख्दै आएको बताइन्।, सांग्रिला बुकले आयोजना गरेको राजदुतसँगको छलफलमा नौ जना महिला लेखकहरूले आफ्ना अनुभवहरू बताएका थिए।, महिला शोषण देख्दा विद्रोह लेख लेख्न सिकायोः महिला लेखक
रासस रुकुम पूर्वमा विद्युत र टेलिफोन सेवा अवरूद्ध भएको छ। जिल्लामा एकै पटक टेलिफोन र विद्युत सेवा अवरूद्ध हुँदा नागरिक मर्कामा परेका छन्। , सोमबारदेखि अवरूद्ध भएको टेलिफोन र विद्युत सेवा अहिलेसम्म सुरू हुन नसक्दा सेवाग्राही मारमा परेका हुन्। अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सूचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ।, रुकुम पश्चिमको जन्तीबस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुम पूर्वमा टेलिफोन सेवा अवरूद्ध भएको दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए। चट्याङबाट तार जलेको छ। मर्मतको काम सम्पन्न भएको कार्यालयले जनाएको छ। टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताए।, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले हावाहुरीका कारण विद्युत सेवा अवरूद्ध भएको जनाएको छ। हावाहुरीले सल्यान र रुकुम पश्चिममा रुख ढलेका कारण सेवा अवरूद्ध भएको वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए।, रुकुम पश्चिमको धैरेनीचौरस्थित सबस्टेसन सञ्चालनमा आएपछि समस्या समाधान हुने बताइएको छ।  , रुकुम पश्चिमले काममा ढिलासुस्ती गर्दा रुकुम पूर्वमा विद्युत अनियमित हुने समस्या हट्न नसकेको वितरण केन्द्र रुकुम पूर्वले जनाएको छ।, टेलिफोन र विद्युत सेवा अवरूद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ।, स्थानीय तह  चुनाव नजिकिँदै गर्दा विद्युत र टेलिफोन सेवा ठप्प हुँदा कामकाजमा बाधा पुगेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए।, रुकुम पूर्वमा टेलिफोन र विद्युत सेवा अवरूद्ध
सेतोपाटी संवाददाता शंकास्पद वस्तु राखिएको हल्लापछि केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालन गर्ने तयारी भएको छ। , नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी गरिएको हो।, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको र केहीबेरमा उडान पुन: सञ्चालन गरिने सेतोपाटीलाई बताए।, बुधबार करिब साढे १० बजे विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतिक्षालयमा बम रहेको बताएका थिए।, त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेर सर्च अपरेसन सुरू गरेको थियो।, विमानस्थल बिहान ११:१० बजेदेखि सञ्चालनमा ल्याइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।, शंकास्पद वस्तु भएको हल्ला भए पनि केही भेटिएन, विमानस्थल पुन: सञ्चालनमा
सेतोपाटी संवाददाता तीन मौसमी प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, काठमाडौं उपत्यकासहित देशका  केही स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।, नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका केही र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, यस्तै बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।, यस्तै शुक्रबार पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। , देशको पहाडी भू-भागका केही र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, काठमाडौंसहित पहाडी भेगमा बिहानैदेखि वर्षा, कस्तो रहला आजको मौसम?
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षा बढाइएको छ।, अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको भनेर फोनमा जानकारी आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ। , अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसनमा लागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी निमित्त प्रमुख डिआईजी उत्तम सुवेदीले ,सेतोपाटी,लाई जानकारी दिए।, ‘अज्ञात व्यक्तिले विमानस्थलका ड्युटी अफिसरलाई शंकास्पद बस्तु रहेको भन्दै फोन गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। विमानस्थलमा प्रहरीहरू खटिएका छन्’, उनले भने।, केही समयका लागि आन्तरिक उडान बन्द गरिएका छन्। अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ।, त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका यात्रु बाहिर निकालियो
रासस कञ्चनपुरस्थित नाइन इलेभन होटलको कोठामा आज एक जना युवक मृत फेला परेका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा  मृतावस्थामा फेला परेका हुन्।, पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए। , कञ्चनपुरको एक होटलमा युवक मृत फेला
रासस चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ।, पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो। , निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन। , थप शक्ति परिचालन गरेर सो बाघलाई नियन्त्रणमा लिइएको हो।, अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ। बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उनले जानकारी दिए।, बाघ राख्न कसरा र सौराहामा खोर छ। कसराका खोरमा दुइटा बाघ रहेका छन्।, एउटा बाँकेबाट ल्याइएको हो भने अर्काे स्थानीय देवनगरबाट ल्याइएको हो।, सूचना अधिकारी तिवारीका अनुसार वि.सं २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ।  निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो। , चितवन राष्ट्रिय निकुञ्जले लियो मान्छे मार्ने बाघलाई नियन्त्रणमा
सञ्चिता घिमिरे वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मच्छिन्द्रनाथको रथ तान्न थालिएको छ।, चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ।, आज रथलाई तानेर गाबहाल पुर्‍याइने गुठी संस्थान ललितपुर शाखाका प्रमुख हरि सुवेदीले बताए।, उनका अनुसार रथ तान्नका लागि विभिन्न किसिमको तयारी भइरहेको छ।, आज जावलाखेल–पुल्चोक सडक बिहानैदेखि एकातर्फबाट मात्रै सञ्चालन गरिएको छ।, उनले भने, ‘सकेसम्म सवारी आवागमनमा कम असर पुगोस् भनेर ध्यान दिइएको छ।’ , बिजुली, केबल र इन्टरनेटको तारका कारण रथ तान्न समस्या हुनसक्ने उनले बताए।, रथ तान्दा नगर प्रहरीले रथलाई अवरोध गर्ने खालका तार काटेपछि रथ अगाडि बढाइनेछ।, उनले भने, ‘रथको सुरक्षा र त्यहाँभित्र रहेका मानिसको सुरक्षाका लागि पनि त्यहाँको अवरोध हटाउनुपर्छ।’, विगत दुई वर्ष कोभिडका कारणले जात्रा नियमित रूपमा सञ्चालन हुन नसकेको प्रमुख सुवेदीले बताए। , संक्रमणको जोखिमका कारण सांकेतिक रूपमा मात्रै रथ तानिएकामा यो वर्ष विधिपूर्वक गर्न लागिएको हो। त्यसैले पनि स्थानीयवासी हर्षित र उत्साहित भएको प्रमुख सुवेदीले बताए। , एकातिर सिंगो मुलुकमा स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ललितपुर महानगरपालिकामा भने जात्राको पनि रौनक छ। निर्वाचनकै दिनमा पनि रथ तान्नुपर्ने उनले बताए।, उनले भने, ‘रथ यात्राका क्रममा कुनै झगडा नहोस् भनेर हामीले दलहरूसँग पनि समन्वय गरिरहेका छौं।’, चार दिन पहिले (वैशाख शुक्ल प्रतिपदा) का दिनमा रथारोहण भएपछि आज तानिएको हो।, आजै गाबहालमा छोयलाबु गरिनेछ। भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गल बजार आसपास पुर्‍याइनेछ।, मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ। मच्छिन्द्रनाथको यो यात्रा गुरू बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ।, यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ।, ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौं र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ।, रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौंका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्र देव सँगसँगै जानुले पनि जात्रामा काठमाडौं र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौंवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन्।, किसान रथचक्र, गुरू बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्र देवको सम्झनामा रथ यात्रा हुने गरेको छ। , गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्र देवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ।, अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौंवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ।, पहिले-पहिले काठमाडौंबासी र भक्तपुर पनि रथ तान्न आउने गरेको ललितपुरका ज्येष्ठ नागरिक बताउँछन्।, फरक/फरक मान्छेले रथ तान्दा सुरक्षित नभएपछि अहिले त्यो हटिसकेको छ। , मच्छिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ।, यो वर्ष झण्डै ५० लाख खर्च हुने कार्यालयले अनुमान गरेको छ। मच्छिन्द्रनाथको पर्व, पूजा, रथ निर्माण लगायतका कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ।, रथ नियमित रूपमा र अवरोध नभई सञ्चालन हुँदा कम खर्च लाग्ने भए पनि बीचमा रथ बिग्रिएमा थप रकम लाग्ने उनले बताए।, उनले भने, ‘बीचमा बिग्रिएर मर्मत गर्दा बढी रकम पनि लाग्नसक्छ।’, जंगलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उनले बताए।, देवतालाई  पाटन ल्याएदेखि नै रकमेहरूको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ। कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका भेटिने गर्छन्। , जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ।, घरमा बुवा हजुरबुवा नसक्ने हुँदै जाँदा सन्तानले त्यो जिम्मेवारी लिने गरेका छन्। सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उनले बताए।, जात्राका लागि विभिन्न किसिमका काठ, बाँस, बेतलगायतका कुरा आवश्यक पर्छ।, कतिपय देशभित्रै पाइन्छ भने कति भारतबाट ल्याउनुपर्ने प्रमुख सुवेदीले बताए। देशभित्रै र विदेशबाट लोपोन्मुख जातका रूख, बिरूवा ल्याउन समस्या पर्ने गरेको उनले बताए। रासस, रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानिने
सेतोपाटी संवाददाता भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ।, भारतीय तीर्थयात्री बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो।, प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। ‘एक बालकसहित पाँच जनाको मृत्यु भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘१८ जना घाइते छन्।’, युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। दुर्घटनामा एक यात्रुको अवस्था गम्भीर छ भने १६ जना सामान्य घाइते छन्। , ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने।, दुर्घटनामा परेर सिन्धुली कमलामाई नगरपालिका ७ का ३० वर्षका विक्रम श्रेष्ठ, वडा नम्बर ४ का ४५ वर्षका हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षकी प्रमिला नेपाली, रामेछाप खडादेवी गाउँपालिका ८ की ३० वर्षीया सम्झना भुषाल र उनका सात वर्षका छोरा संगीत भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा १० जना भारतीय नागरिक घाइते छन्। , प्रहरी नायब उपरीक्षक खड्काका अनुसार भारतीय नागरिक बोकेको गाडी काठमाडौंबाट जनकपुरतर्फ जाँदै थियो। ‘जिप तीव्र गतिमा रहेकोले अनियन्त्रित भएर भारतीय नम्बर प्लेटको गाडीसँग ठक्कर खान पुगेको देखिन्छ,’ उनले भने।, भारतीय पर्यटक बोकेको गाडी र जिप काभ्रेमा ठक्कर खाँदा ५ जनाको मृत्यु (अपडेट)