content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। , आइतबार दिउँसो भरतपुर महानगरपालिका-१३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी अन्दाजी ५०/५२ वर्षकी फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको हो। , दिउँसो २ बजे महिलालाई बाघले आक्रमण गरेक‍ो प्रहरीले जानकारी पाएको थियो।, त्यसपछि ३ घण्टा खोजी गर्ने क्रममा बोटेको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।, बाघको आक्रमणबाट घाँस काट्न जंगल गएकी महिलाको मृत्यु
सेतोपाटी संवाददाता मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ । , मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।, मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कनेछ। ,रासस, , मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण
सेतोपाटी संवाददाता मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्ने अर्को आरोप पनि प्रहरीले ट्र्याक गरेको छ।, ती युवतीले आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेपछि प्रहरीले उनलाई सोधिखोजी गरेको हो।, काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले उनीसँग कुराकानी गरिसकेको छ।, ‘उहाँले पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सन्जालमा लेखेपछि हामीले उहाँलाई भेटेर कुराकानी गरेका छौँ। उहाँले जाहेरी भने दिइसक्नु भएको छैन,’ उनले भने।, यो घटना भने हदम्याद भित्रकै भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख उत्तम सुवेदीका अनुसार पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले जानकारी दिएकी छन्।, ‘पाण्डेले आफूमाथि केही समयअघि मात्रै दुर्व्यवहार गरेको उहाँले बताउनुभएको छ,’ उनले भने, ‘यो घटनामा कारबाही गर्ने हदम्याद पनि नाघेको छैन।’, ८ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलकी एक प्रतिस्पर्धीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाण्डेलाई शनिबार पक्राउ गरेको थियो।, पाण्डेले आफूलाई १६ वर्षको उमेरमा ८ वर्षअघि बेहोस बनाएर बलात्कार गरेको भन्दै एक यूवतीले भिडियो सार्वजनिक गरेकी थिइन्। त्यसपछि उनलाई पक्राउ गर्न सड़क र संसदबाट आवाज उठेको थियो।, शुक्रबार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई कारबाही गर्न निर्देशन दिएका थिए।, ८ वर्षअघि भएको बलात्कारको घटनामा कानुनी हदम्यादका कारण मुद्दा दर्ता गर्न नसकेपनि पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कानुनमा टेकेर अनुसन्धान गर्न प्रहरीले तयारी गरिरहेको छ।, पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले सोमबार अदालतबाट अनुमति लिने तयारी गरिरहेको छ। बलात्कारमा भएको कानुनी हदम्याद हटाउन भन्दै अहिले दिनहुँ प्रदर्शन हुन थालेका छन्।, पाण्डेले यौन दुर्व्यवहार गरेको अर्की युवतीको पनि आरोप प्रहरीमा
रासस पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ।, भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो। उनलाई आइतबार दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो।, बाघले आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर फूलकुमारीको खोजी गरिएको थियो।, हात्तीसहितको टोलीको खोजपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।, बाघको आक्रमणबाट एकको मृत्यु
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आइतबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो।, पूर्वतर्फ गइरहेको से१त ६८२७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते भएकी छन्। घाइतेको धनगढीमा उपचार भइरहेको छ। प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। , ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
रासस काठमाडौंको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, दोङको आज उपचारका क्रममा मृत्यु भएको हो।, काठमाडौं महानगरपालिका–१६ वनस्थली चोकमा बा४ख ५७३९ नंको बस र बा५७प ३४४४ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए।, गम्भीर घाइते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। , काठमाडौंको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
सेतोपाटी संवाददाता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंकापछि जजिरा एयरलाइन्सको जहाजको उडान रोकिएको छ।, एक सय २१ जना यात्रु बोकेर कुबेतबाट आएको जजिरा एयरलाइन्सको जहाजमा गए राति पौने २ बजे अवतरण गरेको थियो।, विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जहाजको बाहिरी भागमा रगत देखिए पनि रनवेमा कतै चरा देखिएको छैन।, अवतरणको क्रममा चरासँग ठोक्किएको आशंकापछि परीक्षणको लागि जहाज होल्ड गरिएको साहले जानकारी दिए।, जहाजमा क्षति भएको छैन भने यात्रुहरु पनि सकुशल छन्।, ‘जहाजको बाहिरी भागमा रगत देखिएको छ तर चरा भेटिएको छैन,’ उनले भने, ‘चरा जहाजको इन्जिनभित्र गएको छ कि भन्ने आशंकामा होल्ड गरिएको छ।’, काठमाडौंबाट प्राविधिक आएर इन्जिनको चेकजाँच गरेपछि मात्र जहाजले उडान भर्न सक्ने साहले बताए।, जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गर्दा चरासँग ठोक्किएको आशंका
नारायण खड्का चार दिनअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२ दैलेखी बंगालाका २४ वर्षीय राजकुमार हरिजन (चमार)को मोबाइलमा फोन आयो।, ‘तपाईं विजयविक्रम शाहको को हो?’ फोन गर्नेले सोधे।, राजकुमारले उक्त नामको व्यक्तिसँग आफ्नो कुनै साइनो नभएको बताए। दिनभरि उनलाई फोन आयो। प्रश्न दोहोरियो तर फोन गर्ने मान्छेले आफ्नो परिचय दिएनन्।, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले यसअघि सेतोपाटीलाई दिएको सूचनाअनुसार जेठ ४ गते बेलुका ६:४० बज्दा जिल्ला कारागार रोल्पाको शौचालयमा पासो लगाएर आत्महत्या गरेका थिए।, कारागारको रेकर्डमा ती कैदी सुर्खेतको बराहताल गाउँपालिका-१ का २७ वर्षीय विजयविक्रम शाह हुन् भन्ने उल्लेख थियो। नम्बर भने राजकुमारको लेखिएको थियो। २७ वर्षीय शाह हातहतियार तथा खरखजनामा मुद्दामा पक्राउ परेका थिए।, रोल्पा कारागार प्रशासनले सर्खेतमा शाहका आफन्तलाई फोन गरी शव बुझ्न आउन आग्रह गर्न खोज्दा उनीहरूले शाह जेलमा नरहेको र पहिले नै छुटिसके बताए।, त्यसपछि रोल्पा कारागार प्रशासनमा हलचल भयो। प्रहरी अधिकारीहरू पनि अवाक् भए । नेपालगन्ज कारागार प्रशासनमा पनि तनावमा नहुने कुरै भएन। के गर्ने/नगर्ने अन्यौल छायो।, अन्यौलबीच शनिबार बिहानै जिल्ला कारागार बाँकेबाट फेरि राजकुमारलाई फोन आयो। फोन गर्नेले उनका भाइले जेलमा आत्महत्या गरेको कुरा गरे।  राजकुमारले विजयविक्रम शाह नामको मान्छे आफ्नो  भाइ नभएको बताए।, एकछिन पछि एकजना प्रहरी मोटरसाइकल लिएर राजकुमारलाई लिन घरमै पुगे। राजकुमारले ती प्रहरीलाई सम्झाउन खोजे। उनले मानेनन्। राजकुमार र ती प्रहरी एउटै मोटरसाइकलमा रोल्पा गए। उनीहरू बेलुका रोल्पा कारागार पुगे।, विजयविक्रम शाह भनिएका व्यक्तिको शव देखाउन राजकुमारलाई प्रहरीले रोल्पा पुर्‍याएको थियो।  , राजकुमार शव देखेपछि थुचुक्कै भुइँमा बसे। डाँको छोडी रून थाले। शव उनका कान्छा भाइ २० वर्षीय सुन्दर हरिजनको  थियो।, राजकुमारले भाइलाई अघिल्लो आइतबार मात्रै ६ हजार रुपैयाँ सापट गरेर पठाइदिएका थिए।, ‘भित्रै वकिल छ, कुरा मिलाउनलाई ६ हजार मागेको छ, त्यो पैसा भए म छिट्टै छुटिहाल्छु, दाइ,’ भाइले भनेको सम्झिँदै राजकुमारले भने, ‘भाइ निकै खुसी सुनिन्थ्यो। छिट्टै छुट्न पाउने आशमा निकै उत्साहित थियो। उसले कसरी आत्महत्या गर्न सक्छ?’, एक-दुई दिनमा छुट्छु भनेको भाइको शव देखेर राजकुमारले के गर्ने मेसो पाउन सकेनन्। अधिकारीहरूले शव बुझ्न भने।, ‘म लेखपढ नगरेको मान्छे हजुर,’ राजकुमारले भने, ‘शव त्यहीँबाटै नल्याउनु पर्ने रहेछ।’, पोष्टमार्टमका लागि शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको छ।, हरिजन परिवारले अस्पतालबाट सुन्दरको शव नबुझ्ने र न्यायका लागि लड्ने निर्णय गरेको छ।, आफूले भाइको शरिर र अनुहारमा निलडाम मात्रै देखेको राजकुमारले सेतोपाटीलाई बताए। न्यायका लागि दबाब दिन उनीहरूले समिति पनि बनाएका छन्।, ‘मेरो भाइलाई चोरी मुद्दामा १६ वर्ष नपुग्दै जेल हाल्न नपाइनु पर्ने हो,’ राजकुमारले भने, ‘अहिले पनि कर्मचारीको मिलेमतोमा अरूको मुद्दा बोकाएर फसाइएको रहेछ।’, १६ वर्षमा जेल परेका सुन्दर ४ वर्ष जेलमा बसेको राजकुमारले बताए।, चोरी मुद्दामा उमेर नपुगी जेल हाल्नेहरू र अरूको मुद्दा मिलोमतोमा भाइलाई बोकाइदिने कर्मचारीको पहिचान गरी कानुनी कारबाही हुनुपर्ने उनले माग गरे।, आफूहरू  पीडामा रहेका  बेला प्रहरीका मानिसले फोन गरेर दोषारोपण गर्ने गरेको राजकुमारले बताए।, ‘घर परिवारका तिमीहरू पनि मिलेका छौ भन्दै हामीलाई जे पायो त्यही दोषारोपण गर्ने गरिएको छ,’ राजकुमारले भने, ‘हामीले नै भाइलाई पैसाको लागि अर्काको सट्टा जेल बस्न पठायौं भन्ने उनीहरू मिथ्या कुरा गरी थप पीडा दिइरहेका छन्।’, रोल्पा कारागारका जेलर विशाल खनालका अनुसार कारागारमा सुन्दरको उमेर २४ वर्ष छ।, २०७७ मंसिर ८ गते नेपालगन्ज कारागारबाट सुन्दर र विजयलाई सँगै रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो।, खनाल जेलर भएर रोल्पा कारागारमा आएको डेढ महिना भएको छैन। त्यसमा पनि निर्वाचनमा खटिनु परेका कारण आफू तीन दिनअघि मात्रै कार्यालयमा पुगेको खनालले बताए।, यस्तो घटनामा कर्मचारीलाई मात्रै दोष दिनु गलत हुने खनाल दाबी गर्छन्।, ‘यसमा योजनावद्ध रूपमा कैदी बन्दी आपसमा मिलेका हुन सक्छन्,’ खनालले भने, ‘पाँच दिन अगाडि कारागार व्यवस्थापन विभागले छानबिन समिति गठन गरेको छ। विभागले नै छानबिन पछि सत्य तथ्य सार्वजनिक गर्ला।’, कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईंको संयोजकत्वमा गठित पाँच सदस्य छानबिन समितिले आइतबारदेखि काम थालिसकेको छ। जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाका एक/एक जना सदस्य छन्। टोलीले नेपालगन्जबाट छानबिनको काम सुरू गरेको छ। यो टोलीलाई घटनाबारे अध्ययन गरी दस दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।, भएको के थियो?, सुर्खेतका विजयविक्रम शाहलाई आपराधिक लाभ मुद्दामा जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो।, त्यस्तै सुन्दर हरिजन (चमार) लाई दुइटा मुद्दा थिए। एउटा ‘चोरी’ र अर्को ‘नकदजनी’ (मोबाइललगायत सामग्री चोरी) मुद्दामा दोषी ठहर गरेर उनलाई सजाय तोकिएको थियो।  , जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरका अनुसार बाँके जिल्ला अदालतले सुन्दरलाई पहिलो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकेको थियो। त्यस्तै अर्को मुद्दामा ३ महिना कैद र ५० हजार जरिवानाको तोकेको थियो। त्यही फैसलाकै आधारमा सुन्दर २०७६ भदौ १६ गते पक्राउ पछि कारागार चलान भएका थिए। सुन्दरले जरिवाना तिरेका थिएनन्। जसले गर्दा उनी २०७७ असोज २३ गते जेलमुक्त हुनुपर्दथ्यो। सुन्दर जेलमुक्त नहुँदै अर्को मुद्दा जोडियो। २०७५ माघ महिनाको आदेशले २०७७ असोज २३ गतेदेखि नै लागु हुने गरी थप ३ महिना कैद र ५० हजार जरिवाना हुने भयो। , जरिवाना बुझाएको भए सुन्दर २०७७ पुस २३ गते जेलमुक्त हुने थिए। उनले जरिवाना बुझाउन सकेनन्।  जरिवाना नबुझाउँदा पनि सुन्दर २०७८ असार १० गते जेलमुक्त हुन्थे। , सुन्दर र शाहको स्थानान्तरण २०७७ मंसिर ८ गते नै रोल्पा कारागारमा भइसकेको थियो।, नेपालगन्जका जेलर सोनकरका अनुसार त्यसैले यो घटना उनी आउनुभन्दा पहिलेकै हो। सोनकर २०७७ पुस ७ गते मात्रै सरूवा भएर बाँके पुगेका थिए।, त्यसको महिना दिनअघि नेपालगन्ज कारागारमा देवेन्द्र श्रेष्ठ जेलर थिए। उनी बढुवा भएर अहिले उपसचिव भएका छन्। अहिलेका जेलर सोनकरका अनुसार कागजातका आधारमा उतिखेर ४ जना कैदी बन्दीले रोल्पा जिल्ला कारागारमा सरूवाको लागि माग पत्र पेश गरेका थिए। तीमध्ये विजयविक्रम शाह र सुन्दर हरिजन (चमार)को मात्रै २०७७ मंसिर ८ गते रोल्पा कारागारमा स्थानान्तरण भएको थियो। विभागबाट सरूवा पत्र असोजमा आएको भए पनि मंसिरमा मात्रै उनीहरूलाई रोल्पा पठाइएको थियो। कारागार व्यवस्था विभागबाट रोल्पा कारागारमा ठाउँ अभाव भएको पत्रका आधारमा दुई जनाको मात्रै सरूवा भएको देखिन आएको जेलर सोनकरले जानकारी दिए। त्यसैले तत्कालीन जेलर श्रेष्ठकै पालामा शाह र हरिजनको सरूवा भएको स्पष्ट हुन्छ।, त्यसपछि रोल्पा कारागार प्रशासनको ठूलो कमजोरी वा मिलेमतो स्पष्ट हुन्छ। जतिखेर रोल्पाको जेलर कमला घिमिरे थिइन्। उनी सुब्बा तहकी कर्मचारी हुन्।, सुन्दरको नाममा विजयलाई जेलमुक्त गर्ने काम उनकै पालामा भएको हो। घिमिरेको अहिले सरूवा भइसकेको छ।, ‘विजयविक्रम शाहले सुन्दर हरिजन चमारलाई केही प्रलोभनमा पारेर सुन्दरको ५० हजार जरिवाना आफैं जिल्ला अदालत बाँकेमा बुझाएर आफू नै सुन्दर हुँ भनी झुठा विवरण पेस गरेर २०७७ पुस २३ गते छुटेको देखिन्छ,’ जेलर सोनकरले भने, ‘सुन्दर हरिजन बनेर विजयविक्रम शाह रोल्पाबाट बाँकेसम्म पुग्दासम्म तत्कालीन जेलर प्रशासनले किन थाहा पाएन भन्ने सवाल गम्भीर रूपमा खडा भएको छ।’, छानबिन समितिले काम सुरू गरेपछि केही तथ्य फेला पारेको एक अधिकारीले जनाएका छन्।, सुन्दरसँगै चोरी मुद्दामा पक्राउ परेका अर्का एकजना किशोर फेरि अर्को मुद्दामा पक्राउ परेको हुँदा धेरै कुरा सोधपुछ गरी पत्ता लगाइएको स्रोतले बतायो। ती किशोरको बयानअनुसार विजयविक्रम शाहसँग उनीहरूको जेलभित्रै चिनजान भएको थियो।, ‘चिनजानपछि सुन्दर विजयसँग यति प्रभावित भए कि बिहान उठेदेखि नै उनी विजयकहाँ पुगिहाल्थे भन्ने छ,’ स्रोतले भन्यो, ‘विजयले नै सुन्दरको खाजा नास्ताको पैसा तिर्ने गरेको ती किशोरको बयानले खुल्यो।’, विजयले प्रभाव र प्रलोभनमा पारेर सुन्दरको नाममा आफू बाहिर निस्किएको देखिन आए पनि यसमा कारागार प्रशासन तथा कर्मचारीको कमजोरी र संलग्नताको खोजी हुने स्रोतले बतायो।, ‘मेरो कैद यत्तिसम्म हो भन्ने कुरा त सुन्दरलाई थाहा हुनुपर्ने र उसले कारागार प्रशासनलाई त्यसबारे भन्नु पर्ने थियो,’ जेलर सोनकरले भने, ‘यहाँनेर त कारागार प्रशासन पनि चुकेको देखिन्छ।’, सुन्दर र विजयले आपसमा नाम परिवर्तन गरेको पनि हुन सक्ने उनले अनुमान गरे।, ‘योभन्दा अगाडि हाम्रो फोटो टाँसेर पठाउने सिस्टम थिएन,’ उनले भने, ‘सरूवा पत्रमा फोटो टाँसेर पठाएको भए यस्तो कमजोरी हुँदैन थियो कि।’, रोल्पा कारागारमा दुई कैदी स्थानान्तरण हुँदा त्यहाँका कार्यालय सहयोगीले बुझेको अभिलेख फेला परेको  छ।, अदालतको कैदी पूर्जीअनुसार नै रेकर्ड राख्ने हुँदा त्यहीबेला विजयले सुन्दरलाई प्रलोभनमा पारी नाम परिवर्तन गराएको हुन सक्ने उनले आशंका गरे।, सुन्दर हरिजनको दाइले कार्यालय सहयोगीको खातामा आइएमई गरेको  तथ्य पनि फेला परेको उनले बताए।, ‘कार्यालय सहयोगीले त्यो बुझ्न सक्थे कि सुन्दर हरिजनलाई पठाएको पैसा विजयविक्रम शाहले किन बुझिरहेको छ भनेर? यहाँनेर पनि ठूलो आशंका गर्ने ठाउँ छ,’ छानबिन समितिका एक अधिकारीले भने, ‘सुन्दर हरिजन पुस २३ गते छुटिसकेको कुरा किन कार्यालय सहयोगीले ख्याल नगरेका हुन्? भन्ने प्रश्न खडा भएको छ।’, लागुऔषधको मुद्दामा लखनऊको जेलमा रहेका एक दम्पतीले यहाँनेर भूमिका खेलेको देखिएकाले उनीहरूलाई नेपाल ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको ती अधिकारीले बताए।, पहिला त्यो दम्पतीले सुन्दरलाई पैसा पठाइरहेका थिए। पछिल्लो समय पैसा पठाउन छोडेपछि सुन्दरले अब म फस्छु भन्ने लागेर आत्महत्या गरेको हुनसक्ने पाटोबाट पनि अनुसन्धान हुने ती अधिकारीले बताए।, रोल्पा कारागारमा एक कैदीको आत्महत्याले ल्याएको हलचल
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।, आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।, असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ।, विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।, निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान
रासस कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८/०७९ मा करिब १० करोड रुपैयाँ खर्च गर्ने भएको छ।, आयोजनामा २७ करोड रुपैयाँ बजेट भए पनि विभिन्न कारणले सो रकम मात्र खर्च हुने कार्यालयले जनाएको छ। ,  , ‘अहिलेसम्म तीन करोड रुपैयाँ खर्च भएको छ, बिल भुक्तानी दिन बाँकी अन्य कार्यक्रमका लागि सात करोड रुपैयाँ थप खर्च हुने अनुमान छ’, रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले भने, ‘किसानका नाममा आएको रकम हो, व्यवस्थित गरेर खर्च गर्न खोज्दा केही ढिलाइ भएको हो।’, आफू आएपछि किसानकै खातामा रकम भुक्तानी दिने परम्पराको थालनी गरेको भन्दै जोशीले किसानले बिल भर्पाइ मिलाएर ल्याउँदा ढिलो हुने गरेको बताए।, जोशी टीकापुरमा २०७८ साल कात्तिक महिनामा आउँदा माघ अन्तिमसम्म बजेट रोक्का थियो।, ‘शीर्षकअनुसार बजेट बढी खर्च भएका कारण माघ महिनाको अन्तिमसम्म बजेट रोक्का थियो यसले गर्दामा पनि बजेट खर्चमा कमी भएको हो’, उनले भने। ,  , सिँचाइ आयोजनामार्फत् कृषि एकाइले बीउ, मल, विषादीमा अनुदान दिने गरेको छ भने कृषि यान्त्रिकीकरण, सहकारीलाई बीउ उत्पादन, भण्डारण, प्रोसेसिङ, पूर्वाधारमा सहयोग गर्ने गरेको छ।, यसैगरी केरा र च्याउ खेती तथा पशुपालनमा नश्ल सुधार र पशु स्वास्थ्य व्यवस्थापनमा किसानलाई आयोजनाले सहयोग गर्दै आएको छ।,  , विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत १२ लाख ४७ हजार अमेरिकी डलर सहयोग छुट्याइएकोमा सबै खर्च भएर करिब ८४ हजार अमेरिकी डलर मात्र बजेट बाँकी रहेको जनाइएको छ।, आयोजनामार्फत् बर्सेनि दुई हजार ५०० देखि तीन हजार किसानले लाभ लिएको देखिए पनि दोहोरिँदा तेहेरिँदा करिब एक हजार किसानले मात्र लाभ लिएको पाइन्छ। आयोजनाबाट कतिपयले पटक/पटक लाभ लिने गरेको कार्यालयका कर्मचारीको भनाइ छ।, राजनीतिक आडमा टाठाबाठाले लाभ लिन खोज्दा आयोजना क्षेत्रमा रहेका सबै किसानले समान तवरले लाभ लिन सकेका छैनन्। चर्चामा रहेको कोल्ड स्टोर निर्माण आउँदो आर्थिक वर्षबाट सुरू हुने भएको छ। , सहकारी, कम्पनीमार्फत् प्रतिस्पर्धा गराएर कोल्ड स्टोर निर्माण गरिने सम्झौता वर्ल्ड बैंकसँग भएकोमा रानीजमरा कुलरिया मूल कुला समितिमार्फत् पनि गर्न सकिने भनि भर्खरै सम्झौतामा थप गरिएको छ। यसरी सम्झौतामा थप भएपछि मूल कुला समितिले कोल्ड स्टोर निर्माण प्रक्रिया अघि बढाउन पाउने भएको छ। , मूल कुला समितिले १० प्रतिशत रकम अर्थात् ७५ लाख रुपैयाँ संकलन गरेको छ भने १५ प्रतिशत रकम टीकापुर नगरपालिकाले बेहोर्ने सहमति भएको जनाइएको छ। , रानीजमरा कुलरिया सिँचाइ आयोजना: कृषिमा १० करोड खर्च हुने
राजेश घिमिरे चितवनको खैरहनीका किसान सूर्यबहादुर बोगटीले गत फागुनको अन्त्यतिर 'राइस प्लान्टर' मेसिन लगाएर चैते धान रोपे।, उनले २ विघामा लगाएको धान हर्लक्क बढेर बाला लाग्न थालेको छ।, यो बेला धानमा रोग, किरा लाग्न नदिन विषादी राख्नुपर्ने हुन्छ। बोगटीको धान खेतमा गत सालसम्म खेताला खोजेर दुई, तीन दिन लगाएर विषादी छर्ने गरिन्थ्यो। तर यसपालि उनले यो झण्झटबाट मुक्ति पाए।, उनले दुई विघा खेतमा लगाएको धानमा ड्रोनले विषादी छरिदियो। , 'जब धानमा विषादी छर्ने समय आउँछ, खेताला खोज्दैको हैरान हुन्छ। खर्च पनि उस्तै लाग्छ,' बोगटीले भने, 'यसपालि ड्रोनबाट विषादी छर्दा कुनै झण्झट भएन। एकैछिनमा काम तमाम भयो।', उनले ड्रोनबाट विषादी छर्दा समय र खर्चको बचत भएको बताए। मेसिनको प्रयोगगरी धान रोप्ने, विषादी छर्ने र काट्ने गर्दा प्रतिविघा २० हजार रुपैयाँभन्दा बढी लागत घट्ने बोगटीले बताए।, गत शनिबार बोगटी र खैरहनी-१४ हर्नरीका १२ किसानको करिब ३ विघा धानमा ड्रोनबाट विषादी छरिएको थियो। यहाँ जमिन चक्लाबन्दी गरेर साढे २३ बिघा जमिनको ब्लक बनाइएको छ। यसको केही हिस्सा क्षेत्रलाई अहिले परीक्षणका रुपमा लिइएको छ। , तरकारी तथा अन्नबालीमा खाद्यतत्व तथा विषादी छर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाइ चितवनले एउटा ड्रोन भित्र्याएको छ। त्यही ड्रोनले चितवनमा देशमै पहिलो पटक धान बालीमा विषादी छर्न थालेको हो। , परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख धनबहादुर थापाले ड्रोनको प्रयोगबाट विषादी छर्दा उत्पादन लागत घट्ने र धानको उत्पादन बढ्ने बताए। यसको प्रयोगले विषादीबाट मान्छेमा हुन सक्ने जोखिम पनि कम गर्ने उनले बताए। , उनले परियोजना कार्यान्वयन इकाइले कृषिको आधुनिकीकरणका लागि प्रविधिको प्रयोग बढाउन काम गरिरहेको बताए।, 'कार्यालयले धान रोप्ने र काट्ने मेसिन यसअघि नै सञ्चालनमा ल्याइसकेको छ। अहिले विषादी छर्ने ड्रोनको परीक्षण गरिँदैछ,' उनले भने, 'यसैगरी धान गोड्ने लगायतका अरु प्रविधि पनि भित्र्याउँदै जानुपर्नेछ। उपलब्धीका आधारमा किसानलाई थप मेसिन वितरण गर्दै जानेछौं।', उनले निर्वाहमूखी कृषिलाई व्यवसायिक बनाउन यो प्रविधि महत्वपूर्ण हुने बताए।, परियोजना कार्यान्वयन इकाइका सूचना अधिकारी माधव पौडेलकाअनुसार सामान्यतया किसानले हाते उपकरणबाट प्रति विघा २० ट्यांकी विषादी हाल्ने गरेकोमा ड्रोनको प्रयोग गर्दा एक ट्यांकी नै काफी हुन्छ।, 'हाते उपकरणको प्रयोग गर्दा किसान नै विषादीबाट स्वास्थ्यमा जोखिम हुनसक्छ। ड्रोनको प्रयोग गर्दा यो जोखिम हट्छ,' पौडेल भन्छन्, '२० भाँडो प्रयोग हुने ठाउँमा १ भाँडोले पुग्ने हुँदा खर्च पनि घट्छ।', उनले अहिले किसानले एक कट्ठा बालीमा प्रयोग गर्ने गरेको विषादीले ड्रोनको प्रयोग गर्दा एक बिघा जमिनलाई पुग्ने बताए। , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाइ चितवनले यो ड्रोन पश्चिम चितवनमा सामूहिक तरकारी खेती गर्दै आएको युवा आधुनिक सामूहिक खेतीसँगको सहकार्यमा खरिद गरेको हो।, कुल १५ लाख २५ हजार रुपैयाँ खर्च गर्दा उक्त समूहले १५ प्रतिशत खर्च व्यहोरेको छ। पौडेलले तरकारी, धान, केरा लगायतको खेतीमा ड्रोनको प्रयोग फलदायी हुने दाबी गरेका छन्। , 'धानमा यसपटकबाट सुरु गरिएको छ। यसको उपलब्धी केही समयमै देखिन्छ,' उनले भने, 'राम्रो भयो भने थप ड्रोन खरिद गरेर किसानलाई उपलब्ध गराउने तयारी छ।' उनले केही किसान र प्राविधिकलाई ड्रोनबाट विषादी र खाद्यतत्व छर्ने तालिम दिन लागिएको बताए। , युवा आधुनिक सामूहिक खेतीका सचिव सुमन सुवेदीले ड्रोनको प्रयोग गर्दा उत्पादन लागत खर्च घटेको अनुभूति गरेको बताए।, 'विशेष गरेर लहरे बालीमा तलबाट मान्छेले विषादी राख्न गाह्रो भइरहेको थियो, माथिबाट ड्रोनले हाल्न मिलेपछि धेरै सजिलो भएको छ,' उनले भने, 'यसको प्रयोगपछि खर्च कम उत्पादन बढी भएको महसुस गरेका छौं।' उनले १०० बिघाभन्दा बढी तरकारी खेतीमा ड्रोनबाट विषादी हाल्ने तयारी भइरहेको बताए।, खैरहनी नगरपालिकाका नवनिर्वाचित मेयर शशिकुमार खनियाले कृषिको प्रवर्धनका लागि आधुनिक प्रविधि भित्र्याउनमा प्रयास गर्ने बताए। तरकारी तथा अन्नबाली उत्पादनमा खैरहनीले प्रगति गर्दै गएको भन्दै उनले अब नयाँ प्रविधि भित्र्याउँदै किसानको लागत घटाउने र उत्पादन बढाउनेतर्फ केन्द्रित हुने बताए। , खैरहनीमा जमिन चक्लाबन्दी गरेर सामुहिक खेती अभियान चलिरहेको वडा नम्बर-१३ का वडाध्यक्ष कुलप्रसाद भुषालले युवाहरु कृषि क्षेत्रमा आउन चाहिरहे पनि सरकारले प्रोत्साहन गर्न नसकेको बताए।, 'सरकारी निकायले कृषिको विकासका लागि उपयोगी कार्यक्रम ल्याउन सके उनीहरु यो पेशामा टिकिराख्न सक्छन्,' भुषालले भने।, चितवनमा ड्रोनबाट छरियो धानमा विषादी
सेतोपाटी संवाददाता रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई पक्राउ गरेको छ।, मिठाइ खान दिने लोभमा फकाइफुलाई गरी बुटवल-११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले रंगशालानजिकै तिनाउ नदीको किनारबाट बलात्कारमा संलग्न पुरूषलाई पक्राउ गरिएको जानकारी दिए।, बुटवल उपमहानगरपालिका ११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ नै घटनास्थलबाटै  पक्राउ गरिएको र सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको  केसीले बताए।, उनका अनुसार पक्राउ परेका ढकालले बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटक-पटक बलात्कार गरेको स्वीकारेका छन्। आइतबार साँझ बालिका चिच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी अभिभावकको साथमा घर पठाइएको केसीले जानकारी दिए।, बुटवलमा १२ वर्षकी बालिका बलात्कृत
सेतोपाटी संवाददाता जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मानव बेचविखन तथा ओसार पसारको कसुरमा पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अदालतले सोमबार अनुमति दिएको हो।, आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।,  ,  ,  , सम्बन्धित समाचार:, बलात्कार आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ,  ,कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक , बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई माल्भिकाले भनिन्- त्यो बेला सहयोग गर्न नसकेकोमा माफी चाहन्छु, , १६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी, १६ वर्षमा बलात्कारमा परेकी युवतीको घरमा पुग्यो प्रहरी टोली, समाज हल्लाउने बलात्कारको घटनाविरुद्ध माइतीघरमा पोखियो आक्रोश (भिडिओ), आठ वर्षअघिको बलात्कार घटनामा युवतीले यो कानुन टेकेर दिन सक्छिन् अहिले जाहेरी, मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति
सेतोपाटी संवाददाता साढे दुई वर्षदेखि कोरोनाभाइरसको महामारीसँग जुधिरहेका संसारभरिका मान्छेका कान अहिले एउटा अर्को संक्रामक रोगको नाम सुनेर ठाडा भएका छन्।, केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मंकिपक्स नामक भाइरसको चर्चा हुन थालेको छ।, झन्डै ६५ वर्षअघि पत्ता लागेको यो भाइरस अहिले एकाएक संसारका १३ देशमा पुगेको छ।, विश्व स्वास्थ्य संगठनले मंकिपक्सको यो फैलावटले जोखिम सिर्जना गर्न सक्ने भन्दै चनाखो हुनुपर्ने बताएको छ।, अमेरिका, युरोप र अष्ट्रेलिया पुगेको यो भाइरस नेपाल पनि आउन सक्नेबारे स्वास्थ्य अधिकारीहरूले चासो व्यक्त गरेका छन्।, सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो।, त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला-बेलामा देखिने गरेको थियो।, यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेला-बेला यो भाइरसको संक्रमण हुन्थ्यो। अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन। बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको हुनाले स्वास्थ्य अधिकारीहरूले यो चनाखो हुनुपर्ने विषय भएको बताएका छन्।, अहिले यो भाइरस अष्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, स्विडेन, बेलायत, अमेरिका र इजरायलमा फेला परिसकेको छ।, विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन्। शरीरका विभिन्न भागमा बिबिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका भने हुँदैनन्।, संक्रमितलाई निको हुन ६ देखि १३ दिनसम्म लाग्छ। कसैलाई निको हुने २१ दिनसम्म लाग्न सक्छ।, मंकिपक्सको छुट्टै उपचार छैन। चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन्। संक्रमितहरूलाई डाक्टरले अवस्था हेरेर उपचार सिफारिस गर्छन्। बच्चा र गर्भवती महिलालाई संक्रमण भए अरूभन्दा बढी गाह्रो हुन सक्छ।, मंकिपक्सको मृत्युदर न्यून छ। नाइजेरियामा अहिलेसम्मको तथ्यांकमा संक्रमितमध्ये ३.३ प्रतिशतले ज्यान गुमाएका छन्।, मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ। अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ।, (न्युयोर्क टाइम्सलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणमा आधारित।), अफ्रिकाबाट यसपालि युरोप, अमेरिका र अष्ट्रेलिया पुगेको मंकिपक्स भाइरस
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। , मंगलबार बेलुकी सवा ९ बजे मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए। , उनका अनुसार बाग्मती प्रदेश ०२-०२३ प ०४९१ नम्बरको मोटरसाइकल कोटेश्वरबाट ग्वार्को गइरहेको थियो। उक्त मोटरसाइकलले ग्वार्को नजिकै रहेको नमस्ते पेट्रोल पम्प अगाडि पैदल यात्रीलाई ठक्कर दिएको हो।, घाइते पैदलयात्रीलाई उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।, प्रहरीले ललितपुर महानगरपालिका-२५ नख्खुडोल बस्ने ४२ वर्षीय देबबहादुर थापालाई नियन्त्रणमा लिएको परिसरले जनाएको छ।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, ललितपुरको ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
राजु अधिकारी आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिने फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको छ।, जिल्ला अदालत सुनसरीबाट उनलाई सफाइ दिइएको फैसला बदर गर्दै उच्च अदालतले प्रमाण हेरे पुनः फैसला गर्न आदेश दिएको छ ।, मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश  किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गर्दै पुनः प्रमाण जाँच गर्न आदेश गरेको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए।, २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई सफाइ दिएको थियो। सहमतिमा भएको यौन सम्पर्कलाई बलात्कार भन्न नमिल्ने भन्ने फैसला गरेपछि पीडित महिला उच्च अदालत गएकी थिइन्।, उनका अनुसार उच्च अदालतले पीडित र पीडकबीचको भ्वाइस कल परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित तथा पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश दिएको हो।, २०७६ कात्तिक ४ गते राति आफूलाई बलात्कार गरेको भन्दै पीडित महिलाले मङ्सिर ११ मा उजुरी गरेकी थिइन्।, २०७६ पुस १४ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो।, ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालीन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। जिल्लाको फैसलापछि भने उनी कारागारबाट आश्रम फर्किएका थिए।, बलात्कारको अभियोग लागेका 'सिद्धबाबा'लाई सफाइ दिने फैसला बदर
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरमा सिलिन्डर बिस्फोट गराएको आरोपमा चार जना पक्राउ परेका छन्। , निर्वाचनको दिन बिहान २ बजे काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरबाट तीनकुनेजाने सडकमा ग्यास सिलिन्डर आगो लगाएर बिस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा गोरखाका लखन गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रे तेमाल गाउँपालिका-९ घर भई ललितपुरको टिकाथली बस्ने  २८ वर्षीय करण श्रेष्ठ, भोजपुर रामप्रसाद राई गाउँपालिका-६ घर भई भक्तपुर दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङ कोटेहाङ गाउँपालिका-८ का ३६ वर्षीय विके सिं भन्ने भरतकुमार राई छन्।, वैशाख ३० गते बिहान २ बजे बानेश्वरको सडकमा अज्ञात व्यक्तिहरूले एलपिजी ग्यास सिलिन्डरमा आगो लगाएर बिस्फोट गराउन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो।, त्यसपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोली पुग्नु केही मिनेट अघि मात्रै बिस्फोट भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , ‘टोली पुग्नु केही मिनेट अघि मात्रै विस्फोट भयो,’ उनले भने, ‘प्रहरीको ठूलो क्षति हुनसक्थ्यो। जोगियो।’, घटनामा संलग्न व्यक्तिहरू फरार थिए। बिस्फोटपछि बिके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्र लेखिएको भवन तथा साइन ग्लोबल एडुकेसनल कन्सल्टेन्सी रहेको घरको सिसा फुटेको थियो। , प्रहरीले यस घटनापछि ‘अपरेन इको सेइर्रा’ सञ्चालन गरेको थियो। , प्रहरीले विभिन्न प्रविधिको प्रयोग गरी सुक्ष्म अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरीले तीन जनालाई ३१ गतेनै समातेको थियो। भरतकुमार राईलाई भने मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो। , उनी यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। यसअघि हाहतियार, बैंकिङ कसूर र कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको प्रहरी उपरीक्षक मैनालीले बताए।, उनीहरूले फेसबुकमा पनि कम्युनिष्ट पार्टी अफ नेपाल सिवादीको आइडि समेत खोलेका छन्।, ‘उनीहरूले जनतामा डर, त्रास फैलाउने काम गर्ने गरेको पाइयो। स्थानीय चुनाव पनि बिथोल्ने र भूमिगत गिरोहको नाममा जनतामा आतंक मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको देखियो,’ मैनालीले भने।, विस्फोट गराएको स्थानबाट नेपाल कम्युनिष्ट पार्टी सिवादी लेखिएको पर्चा, पम्प्लेट फेला परेको थियो। , उनीहरूमाथि विस्फोटक पदार्थ सम्बन्धी दफा १४१ को कसूरमा थप अनुसन्धान अघि बढाएको छ। , काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको हो।, बानेश्वरमा ग्यास सिलिन्डर बिस्फोट गराएको आरोपमा चार पक्राउ
नवीनबाबु गुरूङ संघीय राजधानी काठमाडौं यतिबेला फोहोरमाडौं बनेको छ। संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरमा फोहोर थुप्रिने पुरानै रोग हो।  हिजोआज काठमाडौंको चोक-चोकमा थुप्रिएको फोहोरले यात्रुहरूलाई सास फेर्नसमेत गाह्रो भाएको छ।  , महानगरले फोहोर व्यवस्थापन गर्न नसक्दा मानिसहरूले घरमा जम्मा भएको फोहोर चोक-चोकमा ल्याएर फाल्दा काठमाडौं दुर्गन्धित बनेको हो।  , काठमाडौंको मुख्य बजार क्षेत्रमै यस्तो हुँदा दुर्गन्ध फैलिइरहेको छ।  बजार र मानिसहरूको आवतजावत हुने ठाउँ भएकोले फोहोर थुप्रेकै ठाउँमा खानेकुराको समेत व्यापार भैरहेको छ जसले गर्दा गर्मीको समय महामारीसमेत फैलन सक्ने डर देखिन्छ। ,  , काठमाडौंको बांगेमुडा, असन, क्षेत्रपाटी, ठमेल,सोह्रखुट्टे आदि मुख्य बजार क्षेत्रमा मानिस नाक थुनेर हिँडिरहेका देखिन्छ भने व्यापारिक तथा पर्यटकीय क्षेत्र भएकोले फोहोर थुप्रिनु संवेदनशील देखिन्छ। , बुधबार देखिएका केही दृश्य:, काठमाडौंका सडकभरि थुप्रियो फोहोर (तस्बिरहरू)
सेतोपाटी संवाददाता रोल्पाको कारागारमा एक कैदीबन्दी मृत फेला परेका छन्। , सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. १ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह जिल्ला कारागार रोल्पाको शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। , जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार शाह बुधबार बेलुका पौने ७ बजेतिर कारागारको शौचालयभित्र झुण्डी आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्। , गलबन्दीले पासो लगाई आत्महत्या गरेको अवस्थामा शाह फेला परेको डिएसपी घिमिरेले बताए। , नेपाली सेना र नेपाल प्रहरीको साँझ दैनिक गरिने चेक जाँच तथा गन्तीका क्रममा एक जना नपुगेपछि शाहको खोजी सुरू भएको प्रहरीले जानकारी दिएको छ।, खोज्ने क्रममा शाह शौचालयभित्र मृत फेला परेका थिए। , शव राति नै पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको तथा घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।, रोल्पामा कारागारको शौचालयभित्र कैदीबन्दी मृत फेला
सेतोपाटी संवाददाता मिस ग्लोबल इन्टरनेसनल -२०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्।, उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।, मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालकले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।, उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले 'तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ' भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई 'लेमोनेड' खान दिए। , 'लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,' उनले भनेकी छन्, 'अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।', यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डे थरका ती व्यक्तिले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।, बिहान घर जाने बेलामा ती व्यक्तिले 'यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु' भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।, पाण्डे थरका ती कन्सल्टेन्सी सञ्चालकले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्। , उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।, आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।, यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले बताएकी छन्।, उनले मोडल र अभिनेत्री बन्न चाहने नयाँ पुस्ताका किशोरी तथा युवतीलाई मान्छेहरू भेट्न जाँदा सुरक्षित भएर जान, एक्लै नजान सुझाएकी छन्।, आफूसँग भएका सबै प्रमाण आफूले धेरैपछि डिलिट गरिदिएकाले आफूलाई बलात्कार गर्ने ती व्यक्तिको थर मात्रै सार्वजनिक गरेको उनले भिडिओमा बताएकी छन्। यो घटनाबारे थाहा भएर पनि धेरैले आफूलाई सहयोग नगरेको उनले भिडिओमा भनेकी छन्। आफूमाथि भएको बलात्कारबारे बताउँदा एक पूर्व मिस नेपालले ‘तिम्रो समस्या हो’ भन्दै बेवास्ता गरेको युवतीले बताएकी छन्। , उनको भिडिओ सार्वजनिक भएपछि पूर्व मिस नेपाल शृंखला खतिवडाले भने ती युवतीमाथि भएको घटना सुनेर आफूलाई दु:ख लागेको बताएकी छन्। इन्स्टाग्राम स्टोरी र ट्विटमार्फत उनले आफू उनको साथमा रहेको बताएकी छन्। आफू लगायतको समाजले उनलाई सुरक्षा र उनीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने वातावरण दिन नसकेकोमा खतिवडाले दुख व्यक्त गरेकी छन्।, कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक
सेतोपाटी संवाददाता सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। , बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्की छन्। , उनको टाउकोमा हाँगा खस्दा गम्भीर घाइते भएको मैनालीले बताए। उपचारका लागि उनलाई तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो। , उपचारको क्रममा राति सवा ११ बजे कार्कीको मृत्यु भएको मैनालीले जानकारी दिए। शवको पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल राखिएको छ।, सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका कर्मचारीको मृत्यु
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।, नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ। , विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्मको मौसम पूर्वानुमान यस्तो छः, २०७९ जेठ ६ गते (शुक्रबार), दिउँसोः प्रदेश १, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही  देशका  बाँकी  भू-भागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। , राती: प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका  बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।, २०७९ जेठ ७ गते (शनिबार), दिउँसोः प्रदेश १, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही  देशका  बाँकी  भू-भागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। , राती : प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना छ।,  २०७९ जेठ ८ गते (आइतबार), दिउँसोः देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही  देशका  बाँकी  भू-भागमा आंशिक बदली रहनेछ। प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानमा मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ।, रातीः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही  देशका  बाँकी  भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना  छ।, शुक्रबारदेखि आइतबारसम्म कस्तो हुनेछ मौसम?
सेतोपाटी संवाददाता मिस ग्लोबल इन्टरनेसनल ब्युटि-पेजेन्ट आयोजना गर्ने एक कन्सल्टेन्सी सञ्चालकबाट बलात्कृत भएको भन्दै भिडिओ सार्वजनिक गरेकी तत्कालीन प्रतियोगीले भोग्नुपरेको शोषणबारे त्यति बेला राम्ररी कुरा नसुनेकोमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक माफी मागेकी छन्।, बिहीबार दिउँसो आफ्नो फेसबुकमा सुब्बाले लामो माफीनामा पोस्ट गरेकी हुन्। उनले आफू माफीको लायक नभएकोसमेत उक्त पोस्टमा उल्लेख गरेकी छन्।, कन्सल्टेन्सी सञ्चालकबाट छ महिनासम्म बलात्कार, धम्की र यातना भोगिसकेपछि आफूले आदर्श मानेकी सुब्बालाई सहायताका लागि फोन गरेको तर उनले 'त्यो तिम्रो समस्या हो, मलाई किन फोन गरेको' भन्दै बेवास्ता गरेको ती युवतीले भिडिओमा उल्लेख गरेकी थिइन्।, सन् २०१४ देखि २०२१ सम्म आफूले भोगेका बलात्कार, यौन दुर्व्यवहार र यातनाबारे ती युवतीले २० वटा साना साना भिडिओ क्लिपमार्फत् सार्वजनिक गरेकी छन्।, भिडिओ हेरेपछि युवतीले फोन गरेको र आफूले निकै हल्का प्रतिक्रिया दिएको सम्झना आएको माल्भिकाले स्वीकार गरेकी छन्।, उनले सामाजिक सञ्जालमा लेखेकी छन्- म घटनाबारे अत्यन्तै दु:खी छु तर म माफीको लायक छैन। मलाई विस्तृत कुरा स्पष्ट याद त छैन तर तपाईंले मलाई फोन गरेको र आफूलाई दुर्व्यवहार गर्ने पीडकबारे कुरा गर्न खोजेको राम्ररी याद छ। तपाईंलाई मेरो खाँचो परेका बेला मैले सहयोग गर्न नचाहेको पनि मलाई याद छ। मेरो त्यो व्यवहार माफीयोग्य होइन र मैले तपाईंबाट माफीको अपेक्षा पनि गरेको छैन।, त्यति बेला तपाईंको कुरा राम्ररी नसुनेकोमा, तपाईंलाई विश्वास नगरेकोमा र आवश्यक परेका बेला सहयोग गर्न अघि नसरेकोमा म अत्यन्तै दु:खी छु भन्ने तपाईंलाई सुनाउन चाहन्छु। तपाईंलाई मसँग रिसाउने र मलाई घृणा गर्ने पूर्ण अधिकार छ। किनभने मैले त्यतिखेर तपाईंको अपेक्षा पूरा गर्न पूरै असफल भएकी थिएँ। तपाईंलाई सहयोग नगरेर तपाईंमाथि भएको अन्यायको र तपाईंले बेहोर्नुपरेको पीडामा म पनि भागीदार छु भन्ने कुरा म पूर्ण रूपले स्वीकार गर्छु।, मलाई थाहा छ यो कुरा भन्न अत्यन्तै ढिलो भइसक्यो तर म आज यो कुरा भन्न गइरहेको छु- तपाईंले भोग्नुपरेको दु:खको घाउ भर्न म जुनसुकै काम गर्न तयार छु। जबसम्म तपाईंले मलाई माफ गर्न सक्नु हुने छैन, यौन हिंसाविरूद्धका कुनै पनि कार्यक्रम र फेमिनिजमसम्बन्धी कुनै प्लेटफर्ममा सहभागी हुने छैन। यसरी सार्वजनिक जीवनबाट बाहिर रहँदा तपाईंको पीडा कम हुन्छ भने म त्यो गर्नेछु। यदि तपाईं मलाई व्यक्तिगत रूपमा भेटेर आफ्नो रिस पोख्न चाहनु हुन्छ र मैले व्यक्तिगत माफी माग्दा तपाईंलाई अलिकति भए पनि सहज हुन्छ भने त्यसको निम्ति पनि तयार छु।, माल्भिकाले फेसबुक पोस्टमा भनेकी छन्, 'मैले त्यतिखेर उनीसँग लामो गफ गर्नुपर्ने थियो र उनको हात समात्दै उनलाई अंकमाल गर्नुपर्ने थियो। म उनलाई खाँचो परेका बेला उनको समीप हुनुपर्ने थियो। मैले केही न केही त गर्नुपर्ने थियो। जस्तो उनले भनेकी छन्, मैले उनलाई फोन गरेर बहिनी तिमीलाई कस्तो छ भनेर सोध्नुपर्ने थियो। तर मैले यी केही पनि गरिनँ।, पछिल्लो आठ वर्षमा मिटू अभियान सुरू भएपछि मैले उनलाई फोन गरेर सोधेको भए पनि हुन्थ्यो तर मैले त्यो पनि गरिनँ। मैले उनलाई निरास बनाएँ। मैले तपाईंहरू सबैलाई निरास बनाएँ। यी सबै कारणले एक महिला हुनुको नाताले, मानव हुनुको नाताले र अरूभन्दा अलिकति बढी प्रभावशाली हुनुको नाताले तपाईंहरू सबैलाई मैले निरास बनाएँ। त्यसैले जुन घृणा मैले पाइरहेको छु, म त्यसको लायक छु।, यो पनि हेर्नुहोस्:, कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक, बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई माल्भिकाले भनिन्- त्यो बेला सहयोग गर्न नसकेकोमा माफी चाहन्छु
सेतोपाटी संवाददाता मोरङमा एमालेको विजय जुलुसमा जान हिँडेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। , सुनवर्षी  नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटनाग्रस्त  हुँदा १३ जना घाइते भएका हुन्।, को २ च १४३७ नम्बरको बिहीबार दक्षिणबाट उत्तरतर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो।, जुलुसका सहभागी लिएर जाने क्रममा ट्याक्टर पल्टँदा  घाइते  भएकामध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर  छ।, उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी  शान्तिराज कोइरालाले जानकारी दिए।, घाइते अन्य ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाँकी घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन्।, एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते
नवीनबाबु गुरूङ काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि बलात्कारविरूद्धमा युवाहरूले प्रदर्शन गरेका छन्।, एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्।, भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्। , प्रदर्शनकारीहरूले पुँजीवादी पितृसत्ता मुर्दावाद, दोषीलाई कारबाही गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ, न्याय पाउन म्याद किन, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गरलगायत नारा लेखिएका प्लेकार्ड बोक्दै उनीहरूले प्रदर्शन गरेका थिए।, सम्बन्धित समाचार:, कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक , बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई माल्भिकाले भनिन्- त्यो बेला सहयोग गर्न नसकेकोमा माफी चाहन्छु, हेर्नुस् तस्बिरहरू: , बालुवाटारमा बलात्कारविरूद्ध प्रदर्शनमा उत्रिए युवाहरू (तस्बिरहरू)
सेतोपाटी संवाददाता आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटनामा छानबिन गर्न समिति गठन भएको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको हो।, समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्।, गृह मन्त्रालयको निर्देशनपछि शुक्रबार प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको हो।, पीडित युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्। सो कुरा शुक्रबार संसदमा पनि उठेको थियो। , सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै यसमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।, शुक्रबार नै कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालासहितको टोली पीडित युवतीलाई भेट्न पुगेको थियो। उनीहरूसँगै परामर्शदातासमेत युवतीको घरमा पुगेका थिए।, यता कार्यालयले भने यस घटनामा के गर्न सकिन्छ भन्ने बारेमा कानुन विज्ञहरूसँग आन्तरिक छलफल अघि बढाएको छ। , मिस ग्लोबल इन्टरनेसनल- २०१४ मा सहभागी ती प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी हुन्।, कन्सल्टेन्सी सञ्चालकले ८ वर्षअघि किशोरी बलात्कार गरेको घटनाबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
सेतोपाटी संवाददाता रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन्।, यमुनामाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको हो।, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई-२स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो।, मतदान स्थगित भएपछि मानिसहरूको हुल आएर जबरजस्ती प्रवेश गरी बैठाले मतपेटिका लुटेर भागेका थिए। , प्रहरीले हवाई फायर गरेपछि बैठाले सो मतपेटिका छाडेर भागेका थिए। घटनापछि फरार भएका बैठाको खोजी गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। , प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनी पूर्व प्रहरी हवल्दार समेत हुन्। , ‘उनी पूर्व प्रहरी हुन् भन्ने बुझिएको छ। प्रहरी भइसकेको हुँदा धेरै कुराहरूमा सहज हुन्छ। उनलाई धेरै कुरा थाहा रहेछ। सुरक्षा व्यवस्था कस्तो छ भन्ने पनि थाहा हुन्छ, ’ उनले भने, ‘उनी आफै पनि कति पटक खटिसकेको पनि होला।’ उनी कुन पार्टीमा आबद्ध छन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।, उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। , बैठाले नेपाल प्रहरीमा १७ वर्ष काम गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हुँदा लागुऔषध तस्करी गरेको पाएपछि उनलाई निलम्बन गरी प्रहरीबाट हटाएको थियो। ,  ,  ,  ,  , रौतहटमा मतपेटिका लुटेर भागेका पूर्वप्रहरी हवल्दार पक्राउ
सेतोपाटी संवाददाता आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा कन्सल्टेन्सीका सञ्चालकले बलात्कार गरेको घटनाकी पीडित युवतीलाई भेट्न प्रहरी उपरीक्षकसहितको टोली पुगेको छ। , शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक, परामर्शदाता लगायत पीडितलाई भेट्न पुगेका हुन्। , मिस ग्लोबल इन्टरनेसनल- २०१४ मा सहभागी एक प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्।, उनी त्यसबेला १६ वर्षकी थिइन्।, सो कुरा सार्वजनिक भएपछि शुक्रबार संसदमा पनि यस विषयमा कुरा उठेको थियो।, सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै यसमा छानबिन गर्न र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका थिए।, घटना सार्वजनिक भएपनि बलात्कारसम्बन्धी हद म्यादका कारण जाहेरी दर्ता गर्न नमिलेको पीडित युवतीले बताएकी थिइन्।, ‘पीडितको अवस्थाबारे बुझ्न, भिक्टिम सपोर्ट गर्न हाम्रो टोली त्यहाँ पुगेको छ। एसपी, डिएसपी, काउन्सेलर सहितको टोली पुगेको हो,’ कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले भने, ‘हद म्यादका कुराहरू पनि आएका छन्। के गर्न सकिन्छ भनेर हामीले आन्तरिकरूपमा कानुनविज्ञहरूसँग छलफल गरिरहेका छौं।’, यो पनि: ,१६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी, गगन थापाले गरे बलात्कारको उजुरी दिने हदम्यादबारे पुनर्विचार गर्न माग , सभामुखको रूलिङ- आठ वर्षअघि बलात्कारमा परेकी युवतीको घटनाको अनुसन्धान गर्नू (भिडिओ),  ,  ,  , १६ वर्षमा बलात्कारमा परेकी युवतीको घरमा पुग्यो प्रहरी टोली
सेतोपाटी संवाददाता मोटरसाइकलको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिकानगरमा शुक्रबार राति मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो।, ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बुटवल १० का ७२ वर्षीय पशुपति भट्टराइको मृत्यु भएको हो।, पैदल हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका भट्टराईलाई तत्काल कालिकानगरमै रहेको चौराह अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। , ठक्कर दिने मोटरसाइकल चालक बुटवल ४ आदर्शनगरका २४ वर्षीय वीरेन थापा घाइते रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, बुटवलमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु
सेतोपाटी संवाददाता डोटीमा बस दुर्घटना हुँदा १८ महिने बच्चा बेपत्ता भएका छन्।, शनिबार बिहान सवा ५ बजे शिखर नगरपालिका-१ गेरूपानीस्थित धनगढी हुँदै अछाम तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। , अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका हुन्।, प्रहरी नायब उपरीक्षक भट्टका अनुसार ना ५ ख ९६६३ नम्बरको बस सडकबाट अन्दाजी ७०- ८० मिटर तल सेती किनारमा खसेको हो। दुर्घटनामा परी १३ जना घाइते भएका छन्। जसमध्ये चार जनाको धनगढीमा उपचार भइरहेको छ। , बाँकीको दिपायलस्थित शैल्यशिखर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, ‘रिफर गरिएका चार जना घाइतेहरूमध्ये एक जना गम्भीर घाइते छन्,’ उनले भने, ‘बसका चालक पनि भागेका छन्।’, बसमा २०-२२ जना यात्रुहरू सवार थिए। बेपत्ता भएका बालकको खोजी भइरहेको छ।, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बालकको खोजी गर्ने काम गरिरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए।,  , डोटीमा सेती किनारमा बस खस्यो, १८ महिने बच्चा बेपत्ता
सेतोपाटी संवाददाता चितवनमा शुक्रबार साँझ आएको हावाहुरीले रूख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ सात बजे आएको हावाहुरीका कारण भरतपुर महानगर- ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूखले किचेको थियो।, अटो च्यापिँदा चालक भरतपुर ११ लामाटोल बस्ने अन्दाजी ५० वर्षका प्रदीपकुमार लामा र अटोमा सवार नामथर नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको छ। अटोमा  सवार अरू दुई जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरू सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको छ।, हावाहुरीका कारण ढलेको रूखले भरतपुर-११ बसेनी चोकमा विशाल चोकबाट बसेनीतर्फ आउँदै गरेको ना १ ज ६१४० नं. को म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर-११ बस्ने बर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ।, हावाहुरीका कारण भरतपुरका विभिन्न स्थानमा बिजुलीका पोल ढलेका छन्। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।, भरतपुरमा रूखले सवारी साधन किच्दा तीन जनाको मृत्यु
शोभा शर्मा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको भन्ने भिडिओ सार्वजनिक भएपछि अरू दुई जनाले पनि उक्त घटना पुष्टि हुने गरी आफ्नो भनाइ राखेका छन्।, उक्त कन्सल्टेन्सीका एक पूर्वकर्मचारीले सेतोपाटीसँग कुरा गर्दै ती युवतीले भिडिओमा वर्णन गरेको घटनाको आफू पनि साक्षी भएको बताएका छन्। उनले आफ्नो नाम भने सार्वजनिक गर्न चाहेनन्।, 'मैले त्यो बहिनीको भिडिओ हेरेँ। ब्युटी कन्टेस्ट आयोजना भएको छ महिनापछि अफिसमा भएको जुन घटना उनले सुनाएकी छन्, त्यो घटनाको एउटा साक्षी म पनि हुँ,' ती पूर्व कर्मचारीले भने।, त्यो दिन दिउँसो खाजा खाने बेलातिर ती युवती बानेश्वरको थापागाउँस्थित पाण्डेको अफिसमा आएको उनी सम्झिन्छन्।, त्यो बेला युवतीका साथमा उनले भिडिओमा भनेका खड्का थरका व्यक्ति पनि थिए। आफूले के छ भन्दै सोधेपछि उनीहरूले मनोज पाण्डेलाई भेट्न आएको बताएर बाहिरको सोफामा बसेको उनले बताए।, त्यस दिन ती युवतीको रिसाएको अनुहार आफूले अहिले पनि सम्झिरहेको उनी बताउँछन्।, उनका अनुसार केही बेरमा पाण्डे आए। युवती, उनीसँगै आएका खड्का थरका व्यक्ति र पाण्डेसहित तीनै जना उनको कार्यकक्षमा पसे। त्यहाँ उनीहरूबीच केही बेर भनाभन भयो। स्थिति बिग्रिन थालेपछि उनी पनि पाण्डेको कार्यकक्षमा गए।, त्यतिखेर ती युवतीले पाण्डेले आफूमाथि बलात्कार प्रयास गरेको बताएको उनी सम्झिन्छन्।, 'उहाँले पाण्डेजीले आफूमाथि एटेम्प्ट टू रेप गर्‍यो, ज्यानमा जताततै छुने गर्छ, मलाई कति यातना दियो, डिप्रेसनको दबाइ खान थालेको छु भन्नुभएको थियो। बलात्कार नै गर्‍यो भनेको मलाई याद छैन। तर आज भिडिओ हेरेपछि बलात्कार नै भएको भन्ने सुन्दा म स्तब्ध भएको छु,' उनले भने।, पाण्डेले भने त्यतिञ्जेल 'त्यस्तो होइन' भनिरहेका थिए। त्यसपछि युवतीसँगै आएका खड्का थरका व्यक्तिले पाण्डेलाई तीन-चार झापड लगाए।, 'पाण्डेजीले कुटाइ खाने बेलातिर अफिसमा होहल्ला भयो। त्यो बेला मोबाइलमा के-के छन् डिलिट गर्ने कुरा पनि भएको थियो। डिलिट पनि गरे क्यार, तर के-के डिलिट गरे मलाई याद छैन। वरिपरि भएका सबै मान्छे बोलिरहेका थिए। को के बोले भन्ने पनि मलाई याद  छैन,' उनले भने।, उनले थपे, 'फोटोग्राफर श्रीधर (पौडेल) जी पनि आउनुभएको थियो। एक जना अर्को त्यही अफिसको कर्मचारी हुनुहुन्थ्यो जो अहिले विदेशमा हुनुहुन्छ। अरू को को थिए भन्ने त बिर्सिसकेँ। झ्याल खुलै थियो, पारी बोइज होस्टलबाट केटाहरूले हेरिरहेका थिए। त्यो बेला अर्चना पन्थी पनि भएको मलाई याद छ। कुटाइ खाएपछि पाण्डे बाहिर निस्के। ट्वाइलेट गए कि कता गए कुन्नि। मैले त्यही बेला त्यो बहिनीलाई कानुनी प्रक्रियामा जाने हो भने जानू, मनोजलाई कठघरामा लैजानू भनेको थिएँ।', अफिसमा भएकै बेला ती युवतीले पाण्डेकी श्रीमतीलाई पनि फोन गरेर जानकारी गराएको उनले सम्झिए।, उनका अनुसार पाण्डे केही समयपछि अफिस आए। युवती र उनका साथी त्यहीँ थिएँ। त्यसपछि युवतीले अहिले एकपटकलाई छाडे पनि आइन्दा अरूलाई यस्तो गरेको थाहा पाए नछाड्ने बताएकी थिइन्।, 'उहाँले अहिले एकपटक यस्तै भयो, आइन्दा कसैलाई यस्तो गरेको सुनेँ भने मैले छाड्ने छैन भन्नुभयो। मैले पनि यस्तो हुने भए हामी अबदेखि ब्युटी पेजेन्ट नै नगर्ने, म यहाँ कामै गर्दिनँ भनेको थिएँ,' उनले भने।, उनका अनुसार त्यसपछि उक्त कन्सल्टेन्सीले ब्युटी पेजेन्ट कार्यक्रम नै आयोजना गरेन।, फोटो पत्रकार श्रीधर पौडेलले पनि ती कर्मचारीको कुरा पुष्टि गरे।, 'ब्युटी पेजेन्टको धेरै समयपछि मनोज पाण्डेको अफिसका एक कर्मचारीले बोलाएर म त्यहाँ गएको थिएँ। त्यहाँ तीन चार जना मानिस थिए। मनोज पाण्डेलाई खड्काजीले पिटिरहेका थिए,' उनले भने, 'म पुगेर के भयो भनेर सोधेँ। त्यो बहिनी (पाण्डेले आफूमाथि बलात्कार गरेको बताउने युवती) ले मलाई सेक्सुअल ह्यारेसमेन्ट गर्‍यो भन्नुभयो। त्यही बेला टेबुलमा रहेको क्यालेन्डर उठाएर मैले पनि मनोज पाण्डेलाई हिर्काएँ। त्यसपछि उसले रूँदै माफी मागेको थियो।', त्यसपछि आफूहरूले युवतीलाई प्रहरीकहाँ जान सुझाएको पौडेलले दाबी गरे।, 'उक्त कन्सल्टेन्सीमा काम गर्ने एक जना स्टाफ र मैले पुलिसमा जान भन्यौं। त्यो बहिनीले अब आइन्दा अरू केटीलाई यस्तो गरिस् र ब्युटी पेजेन्ट आयोजना गरिस् भने स्टेजमै आएर तेरो बेइज्जत गरिदिन्छु भनेपछि मनोजले हुन्छ भनेका थिए,' उनले भने, 'त्यति कुरा पछि म निस्किएको थिएँ। मलाई अरू थाहा भएन।', प्रहरीकहाँ जान सुझाउने कर्मचारीले त त्यसपछि 'म यहाँ काम गर्दिनँ' भन्दै कन्सल्टेन्सीमा काम गर्न छाडेको पौडेलले बताए। युवतीले पनि आफ्नो भिडिओमा यो कुरा भनेकी छन्।, त्यसपछि पीडित युवतीले एक पूर्व मिस नेपाललाई फोन गरेको बताएकी छन्। ती पूर्व मिस नेपाल माल्भिका सुब्बा भएको बिहीबार खुलेको थियो। त्यतिखेर आफूले घटनाबारे बताउँदा 'तिम्रो समस्या हो, मलाई किन फोन गरेको' भनेर माल्भिकाले सुन्नै चाहिनन्।, कन्सल्टेन्सी सञ्चालकबाट छ महिनासम्म बलात्कार, धम्की र यातना भोगिसकेपछि आफूले आदर्श मानेकी सुब्बालाई सहायताका लागि फोन गरेको तर उनले बेवास्ता गरेको ती युवतीले भिडिओमा उल्लेख गरेकी थिइन्।, युवतीले भोग्नुपरेको घटनाबारे त्यति बेला राम्ररी नसुनेकोमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक माफी मागेकी छन्।, पढ्नुस्ः ,बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई माल्भिकाले भनिन्- त्यो बेला सहयोग गर्न नसकेकोमा माफी चाहन्छु, आफूले सन् २०१४ देखि २०२१ सम्म भोगेका बलात्कार, यौन दुर्व्यवहार र यातनाबारे युवतीले २० वटा साना साना भिडिओ क्लिपमा विस्तार गरेकी छन्। त्यसमै उनले कन्सल्टेन्सी सञ्चालक पाण्डेले आफूलाई बेहोस हुने औषधि मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी हुन्।, उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।, मिस ग्लोबल प्रतियोगितामा छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा पाण्डेबाहेक कोही नभएको युवतीले भनेकी छन्।, उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा पाण्डेले 'तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ' भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई 'लेमोनेड' खान दिए।, 'लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,' उनले भिडिओमा भनेकी छन्, 'अहिले नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।', त्यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले भनेकी छन्।, बिहान घर जाने बेला ती व्यक्तिले 'यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु' भनेर धम्क्याएको पनि उनले बताएकी छन्।, उनका अनुसार त्यति बेला उनी १६ वर्षकी थिइन्। पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्।, उनले छ महिनापछि खड्का थरका आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। पाण्डेले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।, आफ्ना साथीले पाण्डेलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्। यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले भिडिओमा भनेकी छन्।, उनले मोडल र अभिनेत्री बन्न चाहने नयाँ पुस्ताका किशोरी तथा युवतीलाई मान्छेहरू भेट्न जाँदा सुरक्षित भएर जान र एक्लै नजान सुझाएकी छन्।, १६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी
नवीनबाबु गुरूङ ललितपुरको धापाखेलमा पुग्दा एउटा बाँसको झ्याङमा तोप चराको गुड र उनीहरूको चिरबिरे हाउभाउले निकै आकर्षित गर्‍यो। असाध्यै मेहनती मानिने यी चराहरू बडा मेहनतका साथ आफ्नो गुड बनाउँदै थिए। , निकै आकर्षक देखिने यी चराका गुडहरू हावाको वेगसँगै हल्लिरहेका थिए भने उनीहरू हावाको चालसँगै आफ्नो गति मिलाउँदै आफ्नो काममा तल्लिन देखिन्थे।  , मसिनो घाँसका त्यान्द्राहरू आफ्नो चुच्चोमा जतनका साथ ल्याउँथे र कलात्मक तरिकाले गुड बुन्थे।  , झट्ट हेर्दा कलाकारजस्तो त कहिले इन्जिनियर जस्ता लाग्ने यी चराहरूको गतिविधि निकै आकर्षित लाग्यो।, केही समय तोप चराको कलात्मक हाउभाउ नियाल्दै त्यही बसेर नियाल्दा केही तस्वीरहरूमा कैद गरियो।, तोप चराको भाले चरा बडा मेहनती हुँदा रहेछन्। पोथी चरालाई आकर्षित गर्न आकर्षक गुड बनाउन उनीहरुको होडबाजी नै चल्दो रहेछ। जसले राम्रो गुड बनायो पोथी चरा उनैको गुडमा बस्न जाने भएकाले भाले चरालाई राम्रो गुड बनाउनै पर्ने बाध्यता रहेछ।  , साधारण आँखाले हेर्दा निकै रोमाञ्चाक लाग्ने यी चराहरूको हाउभाउ केही तस्वीरमा हेरौं: , तस्बिरमा तोप चराको आकर्षक कला!
रासस सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड अवरूद्ध छ।, बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरूद्ध गरिएको  हो।, तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा बिहीबार बेलुका रा १ ख ११२३ नंको टिपरले रा १ प ३१७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा कपुरकोट गाउँपालिका–३ का १८ वर्षीय आकाश सेनको उपचारका क्रममा प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएपछि क्षतिपूर्ति दिइनुपर्ने भन्दै प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरूद्ध पारिएको हो। , घटना भएको तीन दिन बितिसक्दा पनि घोराही सिमेन्द्र प्रालि र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडकमा मुढा राखेर अवरूद्ध पारिएको हो।, मृतकका आफन्तले घटनामा संलग्न व्यक्तिहरू सम्पर्कमा नआउँदासम्म शव परीक्षण गर्न नदिने अडान लिएपछि शव प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ।, सडक अवरूद्ध भएपछि सवारी साधनबीच बाटोमै रोकिएका छन्।, तुलसीपुरबाट सल्यान आउने तथा रूकुम–सल्यानबाट दागतर्फ जाने सवारी साधन कपुरकोटमै राखिएको स्थानीय जितप्रसाद आचार्यले जानकारी दिए। , प्रहरीले भने ठक्कर दिने टिपर र चालकलाई नियन्त्रण लिएको जनाएको छ।, सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड अवरूद्ध
रासस प्रहरीले बालिका बलात्कार अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो।, उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ ।, पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन्। , बालिका बलात्कार अभियोगमा म्यादी प्रहरी पक्राउ
निशा भण्डारी काठमाडौंको माइतीघर मण्डलमा बलात्कारविरूद्ध युवाहरूले प्रदर्शन गरेका छन्।, एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्।, भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्। , प्रदर्शनकारीहरूले महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ इज इनअफ वि विल नट टोलोरेट एनिमोर, पुँजीवादी पृत्तिसत्ता मुर्दावादलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। , यसअघि शुक्रबार युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका थिए।, उक्त घटनाबारे छानबिन गर्न शुक्रबार नै समिति गठन भएको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको हो। गृह मन्त्रालयको निर्देशनपछि शुक्रबार प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको हो।, सम्बन्धित समाचार:, कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक, बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई माल्भिकाले भनिन्- त्यो बेला सहयोग गर्न नसकेकोमा माफी चाहन्छु, १६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी, आठ वर्षअघिको बलात्कार घटनामा युवतीले यो कानुन टेकेर दिन सक्छिन् अहिले जाहेरी, माइतीघर मण्डलमा बलात्कारविरूद्ध युवाहरूको प्रदर्शन (तस्बिरहरू)
शरद् शर्मा सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन्।, लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन्। दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ।, उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन्।, यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए। तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यन्वयन गर्दै आइतबार बन्द गर्ने गरेको छ।,  , सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो।, सरकारले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकेको छ।, वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतबार बिदा हुने बताए। , ‘सरकारको निर्णयानुसार हामी अस्पताल सञ्चालन गर्दछौं’, उनले भने, ‘तर अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन भइरहेको छ। बहिरङ्ग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतबार बन्द गर्ने निर्णय गरेका हौं।’, उनी कार्यालय समय बढेकाले बिरामीको उपचार गर्न सकिने तर्क गर्छन्। , यस्तै गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार पनि अस्पताल खुल्ने बताए।, उनका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतबार पनि खुल्ने छ।, उक्त केन्द्रमा दैनिक ६०० बिरामी उपचारका लागि आउने गर्दछन्। , यस्तै, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा मनिषा थापाले सार्वजनिक बिदाका दिन आइतबार पनि बहिरंग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताइन्।, त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पूर्ववत अवस्थामा नै अस्पताल सञ्चालन भइरहने जानकारी दिए। बिरामीको अवस्थालाई मध्यनजर गर्दै अस्पताल आइतबार पनि खुल्ने बताए। , त्रिवि शिक्षण अस्पतालमा दैनिक करिब दुई हजार ५०० बिरामी उपचारका लागि आउने गर्दछन्।, निजामती कर्मचारी अस्पतालका प्रशासकीय प्रमुख कृष्ण सापकोटाले भोलिको आइतबार खुल्ने र आगामी आइतबार खुल्ने वा नखुल्नेबारेमा निजामती कर्मचारी अस्पताल विकास समितिले निर्णय गर्ने जानकारी दिए।, उनका अनुसार अस्पतालमा दैनिक एक हजार मानिस नियमित उपचारका लागि आउने गर्दछन्।, पाटन मानसिक अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आइतबार पनि अस्पताल खोलिरहेको जानकारी दिए।, उनले बिरामीलाई सेवा दिन भनिएका अस्पताल बन्द हुँदा समस्या हुने भएकाले आइतबार खोल्ने बताए।, ‘अत्यावश्यक सेवामूलक संस्था आइतबार पनि खोल्दा नागरिकलाई निकै सहज हुन्छ, आइतबार अस्पताल आएका बिरामी फर्कनु राम्रो होइन’, उनले भने। उनका अनुसार अस्पतालमा दैनिक १५० बिरामी आउने गर्दछन्। रासस, अधिकांश अस्पताल आइतबार पनि खुल्ने
सेतोपाटी संवाददाता देशको संघीय राजधानी काठमाडौं सहर सधैं व्यस्त अनि हतारमा देखिन्छ।, यहाँ हतारोसँगै बेथिति पनि दौडिरहेको हुन्छ। बेथिति चपेटमा मानिसको दैनिक जीवनमात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ। मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन।, राजधानी सडकका हरेक पेटी हरियो बनेका छन्। राता, पहेंला, बैजनी फूल फुलेर सुन्दर देखिन्छन्।, त्यसैले आजकलको राजधानी रमाइलो दखिएको छ। उपत्यकाको विभिन्न स्थान पुगेर ,न्युज एजेन्सी नेपाल,ले यिनै सुन्दर हरियाली पेटीहरूलाई आफ्नो क्यामेरामा कैद गरेको छ।, महानगरका सबै बेवास्ता सहेर हरियाली बन्दै गरेको सडकपेटी यो हप्ताको शनिवारीय फोटो फिचरमा।,  ,  , हरियाली काठमाडौंका सडक! (तस्बिरहरू)
नवीनबाबु गुरूङ किराँत समुदायले धुमधामका साथ साकेला उभौली पर्व मनाएको छ।, हरेक वर्षझैं यो वर्ष वैशाख पूर्णिमाको अवसर पारेर शनिबार किराँत समुदायले आफ्नो महान पर्व साकेला उभौली धुमधामसाथ मनाएको हो।, साकेला उभौली किराँत, राई, लिम्बू, याक्खा र सुनुवारको प्रमुख चाड हो। किराँत समुदायमा बाली लगाइने समय अर्थात् गर्मी मौसम सुरू भएपछि अन्नबाली सप्रियोस् भनेर उभौली पर्व मनाउने चलन छ।, उभौली पर्वका अवसरमा  किराँत समुदायका मानिसहरूले एकै स्थानमा जम्मा भई नाचगान गररेर एक आपसमा शुभकामना आदानप्रदान गरेका छन्।, भोजपुर, खोटाङ, धनकुटा लगायतका जिल्लामा मनाइने उभौली पर्व काठमाडौं पनि मनाइएको छ।, आज काठमाडौंको टुँडिखेलमा किराँत समुदायले साकेला नाच्दै उभौली मनाएको छ। , विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आई बसेका किराँत समुदायका मानिसले जातीय भेषभूषामा सजिएर काठमाडौंको टुँडिखेलमा जम्मा भई नाचगान गरेर उभौली मनाएका हुन्।, घेरा बनाएर गरिएको नाचगानमा बुढापाका भन्दा युवायुवती बढी सहभागी भएका छन्।, यो पर्व वैशाख पूर्णिमादेखि एक महिनासम्म मनाउने गरिन्छ।, हेर्नुस्, केही तस्वीरहरू : , टुँडिखेलमा उभौलीको रौनक (तस्बिरहरू)
सुसन चौधरी काठमाडौंको माइतीघर मण्डलमा बलात्कारको घटनामा दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन भएको छ। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्।, प्रदर्शनमा सहभागी नायिका सृष्टि श्रेष्ठ युवतीले गरेको बलात्कार घटना सार्वजनिक भएपछि भित्रैबाट सबैलाई हल्लाइदिएको बताउँछिन्।  उनी उक्त घटनाका दोषीलाई तत्काल कारवाही हुनुपर्ने पक्षमा छिन्।, ती युवतीले इन्टाग्राम मार्फत् सार्वजनिक गरेको भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्। , प्रदर्शनकारीहरूले महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ इज इनअफ वि विल नट टोलोरेट एनिमोर, पुँजीवादी पृत्तिसत्ता मुर्दावादलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। , यसअघि शुक्रबार युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका थिए। हेर्नुहोस् भिडिओ, सम्बन्धित समाचार:, कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक, बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई माल्भिकाले भनिन्- त्यो बेला सहयोग गर्न नसकेकोमा माफी चाहन्छु, १६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी, आठ वर्षअघिको बलात्कार घटनामा युवतीले यो कानुन टेकेर दिन सक्छिन् अहिले जाहेरी,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  , किशोरीको बलात्कारको घटनाविरूद्ध माइतीघरमा देखिएको आक्रोश (भिडिओ)
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  बिहीबार ४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ४६३ जनाको पिसिआर र ३५४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १७३ जना सक्रिय संक्रमित छन्।, बिहीबार १८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए ४ संक्रमित, निको भए १८ जना
नारायण खड्का दाङमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतसहित नौ जना घाइते भएका छन्।  , सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको पूर्व सामान्य प्रशासनमन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। , इलाका प्रहरी कार्यालय तुसलीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले दिउँसो साढे दुई बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राना गाउँमा बोलेरो र एम्बुलेन्स ठोक्किएका थिए। , घाइते बस्नेतलाई टाउको र पछाडिको गर्दनमा गाडीको सीसाले काटेर घाउ लागेको छ। यो खबर तयार पार्दासम्म नेता बस्नेतसहित अन्य सबै घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। , उक्त दुर्घटनामा परी बोलेरो चालक सल्यानको बाघचौर नगरपालिका वडा नं. ७ का २८ वर्षीय रमेश वली, बाघचौर –८ का ५७ वर्षीय नेता बस्नेत, कपुरकोट गाउँपालिका वडा नं. २ का २७ वर्षीय महेश घर्ती, एम्बुलेन्स चालक रूकुम पश्चिमको बाफीकोट गाउँपालिका वडा नं. २ का ३२ वर्षीय कालिभान खत्री, सोही ठाउँका ७६ वर्षीय डिलु खत्री, मुसिकोट नगरपालिका–५ का २१ सुवास शर्मा, सोही ठाउँका ३२ वर्षीय शम्भुप्रसाद शर्मा, सोही ठाउँका ४२ वर्षीय श्यामप्रसाद शर्मा र सोही ठाउँकै २६ वर्षीया राधिका शर्मा छन्। , एम्बुलेन्सले साइड पनि दिएन, हर्न पनि बजाएन –  बस्नेत , घाइते भई अस्पतालमा उपचाररत् पूर्वमन्त्री बस्नेतले एम्बुलेन्स र साइरन पनि नदिएको र हर्न पनि नबजाएको कारण दुर्घटनामा परेको सेतोपाटीलाई प्रतिक्रिया दिएका छन्। , नेता बस्नेतले एम्बुलेन्सको साइरन बिग्रेको जस्तो आफूलाई लागेको बताए।, ‘म चाहिँ अगाडिको सिटमा थिएँ र मलाई दुर्घटना भयो भन्ने लाग्यो अनि टाउको जोगाउन घोप्टो परेँ,’ घाइते बस्नेतले भने, ‘मैले घोप्टो परेर टाउको त जोगाउन सकेँ, तै पनि मलाई सीसा फुटेर टाउको र गर्दनमा काट्यो।’, घाइते बस्नेतले आफ्नो अवस्था सामान्य रहेको पनि जानकारी दिए।, गाडीमा आफूहरू तीन जनामात्रै सवार रहेको उनले बताए।, ‘तुलसीपुरमा काम परेकोले म आउँदै थिएँ र हामी केहीबेरमै फेरि मतदानका लागि सल्यान नै फर्किने योजना थियो। यस्तो भइदियो।’, पूर्वमन्त्री टेकबहादुर बस्नेत सवार गाडी एम्बुलेन्ससँग ठोक्कियो, नौ जना घाइते
सेतोपाटी संवाददाता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी भूमिका श्रेष्ठलाई सम्मान गरिएको छ।, शुक्रबार नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन्।, नेपालस्थित अमेरिकन दूतावासमा भएको कार्यक्रममा श्रेष्ठले खुसी व्यक्त गर्दै उक्त पुरस्कार सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई दर्साएको बताइन्।, साथै उनले यस समुदायको बारेमा नीति नियममा भएको कुरालाई पनि व्यवहारमा अझै पनि लागू हुन नसकेको गुनासो समेत पोखेकी थिइन्। , कार्यक्रममा बोल्दै उपविदेशमन्त्री उजरा जेयाले यो समुदायलाई सक्दो साथ सहयोग साथै सम्मान गर्नुपर्ने बताएकी थिइन्।, जेयाले उक्त सम्मानबाट भूमिकालाई आफ्नो कडा परिश्रम र बहादुरीमार्फत् नेपालमा यस समुदायको अधिकारहरूको लागि अगाडि बढ्ने बाटो र आन्दोलनको नेतृत्व गर्न मद्दत गरेको बताइन्। , अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार आफ्नो जीवन नै जोखिममा राखेर आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउनका लागि उल्लेखनीय साहस, आँट र नेतृत्वको प्रदर्शन गर्ने महिलाहरूलाई प्रदान गर्दै आएको छ।, नेपालले यो पुरस्कार लगातार दोस्रो वर्ष जित्न सफल भएको हो।, यस अघि सन् २०२१ मा एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई सम्मान गरिएको थियो।, यो वर्ष अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारमा नेपाली अभियन्ता श्रेष्ठ लगायत संसारभरका १२ जना साहसी महिलालाई सम्मान गरिएको छ।,  , 'अन्तर्राष्ट्रिय साहसी महिला' पुरस्कारबाट भूमिका श्रेष्ठ सम्मानित
सेतोपाटी संवाददाता दाङमा एक किशोरको बबईमा डुबेर मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो। , उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले साथीहरूसँग रमाइलो गर्न भनेर घरबाट गएका भट्टको दंगीशरण गाउँपालिका वडा नं. ४ स्थित बैवाङपुल नजिकै डुबेर मृत्यु भएको जानकारी दिए। , प्रहरीका अनुसार भट्ट आफ्ना साथीहरूका साथ घुम्न, रमाइलो गर्न, फोटो खिच्न र  टिकटक बनाउन भनेर बबईमा पुगेका थिए।, त्यही उनी नुहाउन भनेर पसेको र डुबेर मृत्यु भएको भन्ने खुलेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।, टिकटक बनाउन भनेर साथीहरूसँग बबई पुगेका किशोरको डुबेर मृत्यु
सेतोपाटी संवाददाता बिहीबार बबईमा डुबेर एक किशोर बेपत्ता भएका छन्। , घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भई तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरास्थित हजुरआमाको घरमा आएका १६ वर्षीय प्रशान्त वली बबईमा बगेर बेपत्ता भएका हुन्। , वली बुधबार मात्रै नारायणपुरस्थित घरबाट बेलटाकुरास्थित हजुरआमाको घरमा पूजाका लागि आएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए। , हजुरआमाको घरमा आएका वली बिहीबार दिउँसो पौडी खेल्न भनेर बबई नदीमा गएका थिए। त्यही बेला बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। , बेपत्ता वलीको खोजीका लागि इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक वीरदत्त पन्तको कमान्डमा पाँच जनाको टोली खटिए पनि फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको डिएसपी अर्यालले बताए।, बबईमा डुबेर एक किशोर बेपत्ता
सेतोपाटी संवाददाता खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल मिल्की-वे ग्यालेक्सी (आकाशगंगा) मा रहेको 'ब्ल्याक होल' को तस्बिर खिचेका छन्।, मिल्की-वे ग्यालेक्सीमा रहेको यो ब्ल्याक होलको तस्बिर खगोलशास्त्रीहरूले पहिलो पटक खिच्न सफल भएको बिबिसीले जनाएको छ। , वर्षौंदेखि रहस्यमा रहँदै आएको ब्ल्याक होलको पहिलो तस्बिर भने तीन वर्षअघि पहिलो पटक सार्वजनिक भएको थियो। अहिले वैज्ञानिकहरूले मिल्की-वे ग्यालेक्सीमा रहेको ब्ल्याक होलको तस्बिर पनि खिच्न सफल भएका हुन्।, यो विशाल ब्ल्याक होल मिल्की-वेको मध्य भागमा रहेको वैज्ञानिकहरूले बताएका छन्। यसलाई वैज्ञानिकहरूले 'साजिटेरियस ए*' नाम दिएका छन्। यसको आकार बुध ग्रहको कक्ष बराबर भएको अनुमान छ अर्थात् झन्डै ६ करोड किलोमिटर।, अनन्त अन्तरिक्षमा रहेका ब्ल्याक होलमाथि कयौं वर्षदेखि अनुसन्धान हुँदै आएको छ।, वैज्ञानिकहरूले 'दैत्य' भन्दै आएका ब्ल्याक होलले सम्पूर्ण ऊर्जा आफूतिर खिच्छ भन्ने मानिन्छ। ब्ल्याक होलमा भएको अत्यधिक गुरूत्वाकर्षणका कारण यसले आफूमा सबै कुरा खिच्ने वैज्ञानिकहरूको भनाइ छ।, अहिले तस्बिर खिचिएको ब्ल्याक होल हाम्रो सौर्यमण्डलभन्दा धेरै धेरै पर रहेको वैज्ञानिकहरूले बताएका छन्। त्यसैले यसबाट कुनै खतरा नभएको पनि उनीहरूको भनाइ छ। , अध्येताहरूका अनुसार ब्ल्याक होल दुई प्रकारका हुन्छन्- साना र ठूला। साना थरीका सूर्यभन्दा ३ देखि १५ गुणा ठूला तारा मरेर बन्छन् भने ठूला किसिमका ब्ल्याक होलको उत्पत्तिको रहस्य अझै सुल्झेको छैन। ठूला ब्ल्याक होल सूर्यको तौलभन्दा लाखौं गुणा ठूला हुन्छन्।, पृथ्वी रहेको आकाशगंगामा मात्र १० करोड ब्ल्याकहोल भएको वैज्ञानिकहरूको अनुमान छ। तर, हामी नजिकै कुनै पनि छैनन्।, ब्ल्याक होल यस्तो शक्ति हो जसले आफूमा आएको प्रकाश बाहिर जान दिँदैन। त्यसैले यो देख्न पनि सकिँदैन। उज्यालो ब्रह्माण्डबीच यो कालो देखिन्छ। ठूलो प्वाल जस्तो देखिने भएकोले यसलाई ब्ल्याक होल नाम दिइएको हो।, तस्बिरमा ब्ल्याक होलको वरिपरि आगोको लप्का उठिरहेझैं देखिन्छ। बीचमा भने आँखाको नानी जस्तो कालो गोलाकार भाग छ।, हाम्रो सौर्यमण्डल रहेको ग्यालेक्सीमा भएको विशाल 'ब्ल्याक होल' को पहिलो तस्बिर सार्वजनिक
सेतोपाटी संवाददाता नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्ग’ सार्वजनिक भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।, सरकारले सहकारी, संस्थागत, विद्यालयलगायत विभिन्न संघसंस्थाले निकाल्ने भित्तेपात्रोलाई स्वीकृति दिई नियमन गर्न पञ्चाङ्ग निर्णायक विकास समिति गठन गर्ने आदेश स्वीकृत गरिएको पनि मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए। स्वीकृति र नियमनको जिम्मेवारी समितिलाई नै दिइएको छ।, भित्तेपात्रोमा तिथिमिति, चाडपर्व, बिदालगायत विषयमा फरक परेर समाजमा भ्रम सिर्जना हुन थालेकाले यस क्षेत्रको नियमन गर्न सरकारले समितिलाई जिम्मेवारी दिएको हो।, सचिव न्यौपानेले समितिले स्वीकृति दिएको पात्रो र भित्तेपात्रो मात्र प्रयोग गर्न पनि आह्वान गरे। स्वीकृति नलिएको पात्रो र भित्तेपात्रो जफत गरी त्यो सूचना सार्वजनिक गर्न पनि मन्त्रालयले समितिलाई निर्देशन दिएको छ। , अर्को वर्षदेखि राष्ट्रिय–पञ्चाङ्ग फागुनमै प्रकाशन गर्न, गोजीपात्रो, भित्तेपात्रो पनि प्रकाशन गर्न, वर्षमा एकपटक पण्डित एवं ज्योतिषको सम्मेलन गर्न पनि सचिव न्यौपानेले समितिलाई निर्देशन दिएका छन्।, मन्त्रालयका अनुसार अन्य पात्रोभन्दा ठूलो आकार र अक्षर भएकाले यो पात्रो हेर्न सहज हुनेछ। ६० पृष्ठमा छापिएको पात्रोको मूल्य व्यक्तिगत एक सय ५० रूपैयाँ र संस्थागत पाँच सय रूपैयाँ तोकिएको छ।, सरकारले पहिलो पटक प्रकाशन गरेको पात्रो सार्वजनिक
सेतोपाटी संवाददाता सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन्।, मध्यराति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।, उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्।, औरही गाउँपालिका वडा नम्बर ४ स्थित मतदातालाई पैसा बाँड्न आएको भन्दै अध्यक्षका उम्मेदवार यादवलाई कांग्रेस र जसपाका कार्यकर्ताले घेराउ गरेका थिए। त्यसै क्रममा दुईतर्फी झडप हुँदा रड प्रहारबाट माओवादी कार्यकर्ता घाइते भएको सिरहाका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।, कुटाकुट भएपछि उम्मेदवार यादवसहित थप दुई जनालाई नियन्त्रणमा लिइएको उनले बताए।, झडपमा परी घाइते हुनेको नाम भने खुल्न सकेको छैन। ती युवकको टाउको फुटेपछि सिरहाकै अस्पतालमा उपचार भइरहेको छ।, सिरहामा माओवादीका गाउँपालिका अध्यक्ष उम्मेदवार पक्राउ
सेतोपाटी संवाददाता पक्राउ परेका गाउँपालिका अध्यक्ष उम्मेदवार सिद्धार्थ यादवलाई प्रहरीले तत्कालका लागि छाडेको छ। , सिरहा, औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार यादवलाई भोलि हाजिर हुने गरी छाडिएको सिरहाका एक प्रहरी अधिकृतले बताए।, उजुरी आएपछि थप कारबाही प्रक्रिया अघि बढाइने ती प्रहरीको भनाइ छ।, मध्यराति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।, उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्।, औरही गाउँपालिका वडा नम्बर ४ स्थित मतदातालाई पैसा बाँड्न आएको भन्दै अध्यक्षका उम्मेदवार यादवलाई कांग्रेस र जसपाका कार्यकर्ताले घेराउ गरेका थिए। त्यसै क्रममा दुईतर्फी झडप हुँदा रड प्रहारबाट माओवादी कार्यकर्ता घाइते भएको सिरहाका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।, कुटाकुट भएपछि उम्मेदवार यादवसहित थप दुई जनालाई नियन्त्रणमा लिइएको उनले बताए।, झडपमा परी घाइते हुनेको नाम भने खुल्न सकेको छैन। ती युवकको टाउको फुटेपछि सिरहाकै अस्पतालमा उपचार भइरहेको छ।,  ,  , पक्राउ परेका गाउँपालिका अध्यक्ष उम्मेदवारलाई तत्कालका लागि छाडियो
निशा भण्डारी शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १०३ वर्ष पुगेका छन्।, वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका जोशी आज १०३ वर्षमा प्रवेश गरेका हुन्।, जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्।  उनको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन्। , पछिल्लो समय उनको स्वास्थ्य अवस्था त्यति राम्रो छैन। त्यसकारण उनले जन्मदिन कुनै कार्यक्रम गरी मनाउन नपाएको बताए। , त्यस्तै चुनावका कारण पनि उनका शुभचिन्तकहरूले उनीकहाँ पुगेर शुभकामना दिन पाएनन्। , जोशी आफैं पनि अस्वस्थताका कारण निर्वाचनमा सहभागी हुन सकेका छैनन्।, 'भोट दिन नपाएकोमा दुःख लागेको छ,' शुक्रबार सेतोपाटीसँग उनले भने, 'बिरामी भएँ। अरूले सहयोग गर्छु भनेका थिए। तर भोट भनेको गोप्य हो। त्यसैले सहयोग लिन खोजिनँ।', सधैंजसो औपचारिक कार्यक्रम गरेर जन्मदिन मनाउने गरेका उनी यसपालि भने बिस्तारामै आराम गरिरहेका छन्।, जोशीले भने, 'अझै राष्ट्रका लागि केही गर्न पाए हुन्थ्यो भन्ने छ।', १०३ वर्ष पुगे सत्यमोहन जोशी, भन्छन्- भोट हाल्न पाइनँ, दुःख लागेको छ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शुक्रबार मतदान सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ।, ट्राफिक प्रहरी महाशाखाका अनुसार मतदान अझै नसकिएकाले सार्वजनिकसहित सबैखाले यातायातका साधन सञ्चालन गर्न सबै  मतदान प्रक्रिया पूरा हुनुपर्नेछ।, महाशाखाका सहायक प्रवक्ता डिएसपी बालनरसिंह राणाले मतदान सकिएपछि मात्र उपत्यकामा यातायातको साधन चल्न दिइने बताए। , उनले आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै मतदान प्रक्रिया सकिएपछि छाडिने बताए।, उपत्यकामा मतदान सकिएपछि मात्र यातायातका साधन चलाउन पाउने
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।, दुर्घटनामा परेर घाइते भएका ११ जनालाई उपचार गर्न पोखरा लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए। , वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो।, अखलाबासको मतदाता मतदान केन्द्र पुग्न हिँडेर करिब डेढ घण्टा लाग्ने स्थानीयले बताएका छन्। मतदान केन्द्र टाढा भएकाले जीप चढेर उनीहरू मतदान केन्द्रतर्फ गएका थिए।, मतदाता चढेको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।, मृतक र घाइतेको सनाखत हुन बाँकी छ।, स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, ११ जना घाइते
सेतोपाटी संवाददाता सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार विरेन्द्रनगर नगरपालिका २ रानीघाटका लालबहादुर पुलामीको हावाहुरीले किचेर मृत्यु भएको हो।, दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो। सोही रूखले किचेर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै हावाहुरीले रेडियो सुर्खेत एफएमको टावरसमेत ढलाएको छ। टावर ढलेपछि रेडियोको प्रशारण रोकिएको छ।,  , सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङमा यात्रुबाहक जीप दुर्घटना भएको छ।, सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना भएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए। , उनका अनुसार जीपमा १८ देखि २० जना सवार थिए।, वालिङ नगरपालिका–१४ पंचमुलमा सडकबाट ५ सय मिटर तल खसेको डिएसपी खनालले जानकारी दिए। दुर्घटनाबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ। , ‘दुर्घटनास्थलमा प्रहरी टोली जाँदैछ,’ डिएसपी खनालले भने, ‘क्षतिको विवरण आइसकेको छैन।’ , निर्वाचनका दिन जीपले मतदाता बोकेको हुन सक्ने प्रहरीको आशंका छ।, स्याङ्जामा यात्रुबाहक जीप दुर्घटना, क्षतिको विवरण आउन बाँकी
रमेश लम्साल, अशोक घिमिरे र कृष्णराज गौतम उमेर साढे आठ दशक। शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौं वनस्थलिका मानसिंह विष्ट। , यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटिक्कै मन छैन तर उनले रोक्न पनि सक्दैनन्।, निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारी साधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए। छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए।, ‘विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन। आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु पर्‍यो,’किसनले सुनाए।, आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको मानसिंहलाई थाहा छ। मत दिने मन त उनलाई पनि छ तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाई नगरी उनी घरमै बस्न सकेनन्। , ‘छोरा घर फर्केर आउँदा खुसी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ’ मानसिंहले गहभरी आँसु पार्दै भने, ‘यो बाध्यतालाई देश बनाउँछु भन्नेहरूले बुझिदिए कत्ति राम्रो हुन्थ्यो होला।’, स्थानीय निर्वाचनका कारण सवारी साधन नचलेकाले धेरै टाढा-टाढादेखि अनेकन दुःख गरेर विमानस्थल आइपुगेको बताउनेहरू धेरै थिए। तर, अन्य दिन भन्दा विमानस्थलमा आज चाप अलिक कम थियो। , हरेक दिन सपना बोकेर उड्नेहरू कोही सकुशल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर।, रोजगारीको खोजीमा भौंतारिएकाहरू मलिन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ। , औपचारिक तथ्यांका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिरहेका छन्।, श्रम र पसिना बिक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ।, विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धर्मराउन लागेको तथ्य पनि हाम्रासामु छ। तर, देशभित्र महत्वपूर्ण चाड चलिरहेको बेला विदेशिनुपर्ने बाध्यता आफैंमा हृदयविदारक दृश्यभन्दा फरक थिएन। धेरै मानसिंहले बुढेसकालका सहारालाई विदेश पठाएर प्रतिक्षाका दिनहरू भित्तेपात्रोमा गनेर बसेका छन्। , निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि आज राति १० बजे कतार उड्न लागेका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुसी थिएन।, उनको काका नै प्रमुखको उम्मेदवार हुन्।, ‘देशभित्र रोजगारी छैन, खानु पर्‍यो परिवार पाल्नु पर्‍यो, निर्वाचन भनेर बस्ने अवस्था पनि रहेन’ यादवले भने, ‘सामान्य झोला भिरेका यादवले भने, ‘म र मजस्ताको दुःख सम्बोधन गर्ने गरी यस पटकको निर्वाचनले नेतृत्व छानिदिए अर्को पटक म पनि विदेश जान्न थिएँ।’, धनुषादेखि बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर संघीय राजधानी उत्रनु भएका यादवसँगको कुराकानीकै क्रममा मलिन सुनिए। उनको गला अवरूद्ध भइरहेको थियो।, ‘परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ हजुर, बाध्यता।’ , पाँच महिनाको छुट्टी लिएर आएका यादव कतारमा टाइम किपरको काम गर्छन्। , उनको अपेक्षा छ, विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने गरी निर्वाचित हुनेले काम गरिदिए आफूलाई असाध्यै खुसी लाग्ने बताए।, कतार एयरबेजल यादवलाई राति १० बजे मात्रै बोकेर उड्छ। खाना न पानीका साथ विमानस्थलको प्रस्थान कक्ष अगाडिको घडीमा कहिले आँखा पुग्छ त कहिले आफूजस्तै विदेश जान आएकाको भिडमा। , एउटै समूहमा भेटिएका मोरङ उर्लाबारी अशोक राउत, झापा हल्दीबारीका गंगा कटुवाल र उदयपुरका नगेन्द्र मगर।, बिहीबारलाई दुबईको जहाज नआएपछि होटलमा बस्नु परेको यर्थाथ सुनाउँदै राउतले भने, ‘निर्वाचन भनेर बसेर पनि भएन। यहाँ रोजगारी छैन, कमाई खाने बाटो छैन। यो बाध्यता छ हामीलाई।’, बहराइनमा विगत पाँच वर्षदेखि चालकको रूपमा कार्यरत राउतले भने,‘निर्वाचनले हामीजस्ता परदेशीलाई स्वदेशमा नै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ।’, तीनै जनाको ‘लगेज’ एउटै ट्रलीमा घिसारिरहेका नगेन्द्र मगरलाई राजनीतिक नेतृत्वले देश विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेको कुरा पटक्कै मन परेको रहेनछ।, ‘निर्वाचनको दिन विदेश उड्न त मन थिएन नि। तर, राजनीतिक नेतृत्वले कहिल्यै हामीहरू जस्ताको चाहना र आवश्यकताको सम्बोधन गर्न सकेन।’, ‘देशभित्रै रोजगारी होओस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ। तर, कहिल्यै त्यो अवसर आएन’ मगरले भने।, झापा हल्दीबारीका कटुवाललाई झापामा आज भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको छ।, ट्रली धकेल्दै उनले भने, ‘निर्वाचन भनेर भएन। हाम्रो दुःख बुझिदिने कुनै नेता भएनन्। प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल भएको उनको गुनासो छ। , सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सकेको अवस्थामा विकासको शिखरमा पुग्न कुनै आइतबार कुर्नु नपर्ने उनको भनाइ छ।, विमानस्थलमा कोही आफ्ना छोरा बिदाई गर्न आएका आमाहरू भेटिए। कोही श्रीमान बिदाई गर्न लालाबाला बोकर आएकाहरू पनि भेटिए।, देशमा लोकतन्त्रको अभ्यास भइरहेको बेला विमानस्थलमा भेटिएका कोही कसैको मनमा पनि  खुसी देखिँदैनथ्यो।, निराश, हतास अनि मलिन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा भने गरेका थिए। दुखित मन लिएर उड्नेहरू कति खुसी भएर फर्केलान् कति अझै दुःख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन। तर, यसरी देशमा चुनाव भइरहेकै बेला विदेशिने रहर भने कसलाई पो होला र?  ,रासस, मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंहहरू...
नवीनबाबु गुरूङ भोलि (सोमबार) वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती। शान्तिको दूत गौतम बुद्धको २५६६ औँ जयन्ती विश्वभर मनाइँदै छ। , बुद्ध जयन्तिको अवसरमा काठमाडौँको बौद्धनाथमा बौद्ध स्तुपालाई रङ्ग रोगन गरिएको छ भने नयाँ लुंदरहरू फेरिएको छ।, बुद्ध जयन्तीको अवसरमा भक्तजनले दान गरेको रङ र लुंदर फेरिएको हो। , भक्तजनले आफ्नो तथा आफ्ना आफन्तहरूको नाममा रङ तथा लुंदर चढाउने गर्दछन्। , बुद्ध जयन्ती मात्र नभई हरेक पूर्णिमा र दशमीमा यहाँ बौद्ध धर्मावलम्बीहरुले दान दक्षिणा दिने गर्दछन्। यसैले हरेक पूर्णिमामा यहाँ नयाँ रङ्ग लगाउने तथा लुंदर फेर्ने गरिन्छ। , बुद्ध जयन्तीको अवसरमा बौद्धनाथमा रङ्ग रोगन (तस्बिरहरू)
एजेन्सी अमेरिकाको न्युयोर्कमा शनिबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्।, गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।, उनी अश्वेतलाई गोली हान्नकै लागि उक्त स्टोरमा गएको देखिएको छ। गोली लागेका १३ मध्ये ११ जना अश्वेत थिए।, प्रहरीले ती बन्दुकधारीको परिचय खुलाएको छैन। तर उनले शरिर अरू हतियार  पनि निकै व्यवस्थित तरिकाले राखेको बताएको छ।, अमेरिकाको न्युयोर्कमा गोलीकाण्ड: १० जनाको मृत्यु
सेतोपाटी संवाददाता शुक्रबार भएको मतदानपछि झडप हुँदा सोलुखुम्बुको सोताङ गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।, सोताङ वडा नम्बर ३ मा भोट खसाल्न आएकी दमकी विरामी वृद्धा महिलाको मतदानलगत्तै मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो।, शुक्रबार साँझ भएको घटनामा घाइते भएका माओवादी केन्द्रका कार्यकर्ता ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए। , घटनामा संलग्न तीन जना कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।, सोलु झडपमा घाइतेको मृत्यु
नवीनबाबु गुरूङ आज वैशाख शुल्क पूर्णिमा अर्थात् २५६६ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ।, शान्तिका दूत गौतम बुद्धको जयन्ती नेपाललगायत विश्वभरका बुद्ध धर्मावलम्बीहरूले बौद्ध स्तुपा, चैत्य, गुम्बाहरूमा पूजा पाठ गरी मनाइरहेका छन्।, बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन्।, काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा यो दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ।, बुद्ध धर्म र गौतमबुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन्।, नेपालमा बौद्धमार्गीहरूले मात्र नभएर हिन्दु धर्मावलम्बीहरूले पनि बुद्ध जयन्ती मनाउने गरेका छन्। गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीले भगवान विष्णुका १० अवतारमध्ये एक अवतार मान्दछन् ।, संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ। , काठमाडौँको स्वयम्भूनाथ वरपर आज (सोमबार) देखिएको केही तस्बिरहरू-, २५६६ औँ बुद्ध जयन्ती मनाइँदै (तस्बिरहरू)
सेतोपाटी संवाददाता मितिनी नेपालको आयोजनामा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइने भएको छ। सोमबार पत्रकार सम्मेलन गरेर मितिनी नेपालले उक्त दिवस भोलि (जेठ ३ गते) मनाइने जानकारी दिएको हो।, महिला समलिंगी, द्धयलिंगी र ट्रान्सजेन्डर व्यक्तिहरूको मानव अधिकार र सम्मानका लागि काम गर्दै आएको मितिनी नेपालले मे १७ अर्थात् भोलि उक्त दिवस मनाउन लागेको हो।, ‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ भन्ने विश्वव्यापी नाराका सााथ दिवस मनाइने मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले जानकारी दिइन्।, उपराष्ट्रपतिको प्रमुख अतिथिमा गरिने कार्यक्रममा सातै प्रदेशका दश-दश जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू आउने केसीले बताइन्। उक्त दिवस हरेक वर्ष मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले मनाउँदै छन्। , सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक नभएर प्राकृतिक प्रक्रिया भनेर घोषणा गरेको थियो। सोही दिनदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्दै उक्त दिवस मनाउँदै आएको छ। यो समुदायको प्रतिनिधित्व हुनु भनेको रोग नभई प्राकृतिक प्रक्रिया रहेको भन्दै उक्त दिवस मनाउन लागेको उनले बताइन्।, पत्रकार सम्मेलनमा बोल्दै मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले एउटा महिलाले अर्को महिलाप्रति आर्कषित हुनु भनेको मानसिक रोग नभई भावना रहेको बताइन्। त्यसकारण यस समुदायका व्यक्तिलाई स्विकार गर्ने परिवार र समलिंगी जोडीलाई पनि भोलिको कार्यक्रममा सम्मानित गर्न लागेको उनले जानकारी दिइन्।, यस्तै, उक्त दिवस देशभरमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन्।, होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
सेतोपाटी संवाददाता वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङगल नर्सिङ अवार्ड २०७९ बाट सम्मानित भएकी छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा श्रेष्ठलाई पचास हजार एक रुपैयाँ नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको हो।, हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रालि, एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स र नेपाल भेन्टिलेटर्सले संयुक्त रूपमा अवार्ड प्रदान गरेका हुन्। यी संस्थाले हरेक वर्ष नर्सिङ दिवसको अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन्।, पहिलो पटक श्रेष्ठलाई यस किसिमको अवार्ड प्रदान गरिएको हो। आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राध ापौडेलले श्रेष्ठलाई सम्मान गरेकी हुन्। , श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि सेवा दिँदै आएकी छन्। हाल उनी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जमा नर्सिङ प्रमुख,आइसियु विभागमा कार्यरत छिन्। ,  , नाइटिङगल नर्सिङ अवार्ड २०७९ विमला श्रेष्ठलाई
सेतोपाटी संवाददाता दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।, साेमबार बिहान ९:३० बजे शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा शे १ ज २७० नम्बरको जीप दुर्घटनामा परेकाे हाे।, जीप सडकबाट पाँच समय मिटर तल खसेको  छ।, घटनाबारे विस्तृत जानकारी बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले जानकारी दिए।, दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको हार/जितमा खसी बाजी राख्ने दुई जना पक्राउ परेका छन्। , खोटाङमा दुई जनालाई सोमबार दिउँसो ३ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए। , पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ का २८ वर्षीय विजय फुँयाल र ३१ वर्षीय रमेश खड्का छन्। , 'काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको हार/जितमा खसी बाजी राखेको भन्ने सामाजिक सञ्जालमा आएको थियो। त्यसपछि हामीले पक्राउ गरेका छौं,' लम्सालले भने। , उनीहरूले २८ किलोको खसी वा सो बराबरको रकम लिनेदिने सहमति गरेका थिए। , बालेन शाहले जितेमा रमेशले खसी दिने सहमति गरेका थिए। , प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। ,  , बालेनको हार/जितमा खसी बाजी राख्ने युवाहरूलाई पक्रियो प्रहरीले
सेतोपाटी संवाददाता झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। , सोमबार दिउँसो पौने ४ बजे मेचिनगर नगरपालिका-९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको आक्रमणबाट मृत्यु भएको हो। , टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा आक्रमण गरेका थिए। , आक्रमणबाट घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो। , त्यसक्रममा उनको पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ,  , झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ७८५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ५४६ जनाको पिसिआर र एक २३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १३९ जना सक्रिय संक्रमित छन्।, सोमबार ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए ९ संक्रमित, संक्रिय १३९ जना
नवीनबाबु गुरूङ आज किराँत समुदायले धुमधामका साथ उभौली पर्व मनाएका छन्।, प्रकृतिपूजक किराती समुदायले वालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सु-स्वास्थ्य रहोस् र प्राकृतिक प्रकोपहरू नआउन् भनेर प्रकृतिको पूजा उभौली मनाएका हुन्।, यस चाडमा सुनुवार र राईहरू साकेला  शिली नाच्छन् भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पूजा गर्दछन्। कतिपय स्थानमा उभौली चाडलाई बाली पूजाका रूपमासमेत मनाउने चलन छ।, बैशाखे पूर्णिमाका दिन काठमाडौँको गोकर्णमा सुनुवार समुदायले धुमधामका साथ साकेला नाचेर प्रकृतिको पूजा गरेर उभौली पर्व मनाउँछन्।, तस्बिरहरू:, मनाइयो उभौली, नाचियो साकेला (तस्बिरहरू)
रासस जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा सुरू गर्ने भएको छ।, यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो।, यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको छ। कुवेतस्थित नेपाली दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने जनाएको छ।, वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडीमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने दूतावासको विश्वास छ।, गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने दूतावासले जनाएको छ।, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज जेठ २ गते बिहान आइपुग्ने भएको छ।, एयरवेजले मंगलबार उडान तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समयअनुसार साँझ १८ः३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने जनाएको छ।, सो जहाज सोही दिन बिहान २ः३० बजे कुवेतका लागि प्रस्थान गर्नेछ। जजिराले साताको आइतबार, मङ्गलबार, बिहीरबार कुवेतबाट नेपालका लागि उडान भर्नेछ। यस्तै सोमबार, बुधबार र सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर फर्कने छ।, जेठ २ देखि जजिरा एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सुरू गर्ने
सेतोपाटी संवाददाता भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ।, गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए।, उनको उपचारका क्रममा मृत्यु भएको थियो। मौलाकालिका अस्पतालले उपचारमा लापरबाही गरेर मृत्यु भइसकेपछि कुरुवालाई थाहै नदिई भरतपुर अस्पताल पुर्‍याएको भन्दै आफन्तले प्रदर्शन गरेका थिए।, मृतकका आफन्त र अस्पताल प्रशासनका बीचमा भएको वार्तामा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ।, उपचारमा संलग्न डाक्टरको समूहलाई अस्पताल प्रशासनले तुरुन्त कारबाही गरी सार्वजनिक गर्ने सहमति भएको मृतकका भाई प्रजापति तिवारीले बताए। कारबाही प्रचलित कानुनअनुसार गर्ने सहमति भएको उनले बताए।, तिवारीले मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन अस्पताल सहमत भएको बताए।, अस्पतालका प्रबन्ध निर्देशक डाक्टर केशवराज भुर्तेल, चिकित्सकहरु र मृतकका परिवारले हस्ताक्षर गरेको सहमति पत्रमा बिरामीको मृत्युपछि परिस्थिति खराब हुन्छ भनेर परिवारसँग सल्लाह नै नगरी सरकारी अस्पताल लैजानु आफ्नो कमजोरी भएको अस्पतालले स्वीकार गरेको छ।, सहमति पत्रमा बायाँ खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नको लागि उपचारको क्रममा आएका तिवारीलाई अपरेशन कक्षमा लठ्याउने क्रममा अस्पतालबाट अपनाउनुपर्ने सबै सुरक्षाका उपायहरु नअपनाएका कारण बिरामीको मृत्यु भएको उल्लेख गरिएको छ।, मृतक तिवारी चितवन राष्ट्रिय निकुञ्जको बघौडा मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष हुन्।, गत चैत ११ गते स्थानीय सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उनी रूखको जरामा अल्झिएर लडेका थिए। लगत्तै माडीको बघौडा अस्पतालमा सामान्य उपचार गरेर उनलाई मौलाकालिका अस्पताल ल्याइएको थियो।, खुट्टाको भाँचिएको हड्डी रडले जोडेपछि उनी वैशाखीको सहारामा हिँड्न सक्ने भएका थिए। पाँच दिन अस्पताल बसेर डिस्चार्ज भएका तिवारी ४५ दिनपछि रड झिक्न आएका थिए।, यो पनि: , भाँचिएको खुट्टामा राखिएको रड निकाल्न अस्पताल आएका बिरामीको मृत्यु भएपछि..., भाँचिएको खुट्टामा राखेको रड निकाल्दा बिरामीको मृत्यु भएपछि चिकित्सकलाई कारबाही गर्ने सहमति
राजेश घिमिरे भाँचिएको खुट्टामा राखिएको रड निकाल्न मौलाकालिका अस्पतालमा भर्ना भएका एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु भएको छ।, माडी-५ बेलुवाका रामप्रसाद तिवारीलाई उनका ज्वाइँ डिल्लीराम आचार्यले मंगलबार बिहान मौलाकालिका अस्पतालमा भर्ना गरेका थिए। भर्ना गरेको करिब २ घण्टामा उनको भरतपुर अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो।, 'घरबाट वैशाखी टेकेर एम्बुलेन्समा पुग्नुभएको थियो। बिहान साढे ८ बजेतिर अस्पताल ल्याएर भर्ना गरें, १ घण्टापछि अपरेसन कक्षमा छिराएको मात्र थाहा छ,' आचार्यले भने।, उनकाअनुसार अपरेसन कक्षमा राखेको केही समयमा स्वास्थ्यकर्मीले हस्याङफस्याङ गर्दै बिरामीलाई स्ट्रेचरमा निकालेका थिए।, 'बिरामीलाई एम्बुलेन्समा हाले, मलाई निजी कारमा चढ भने। कुनै जानकारी नदिई भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याए,' आचार्यले सुनाए। , आकस्मिक कक्षमा छिराएको केही मिनेटमै मृत्यु भएको घोषणा गरिएको उनले बताए।, 'म आफैंले बिरामी लिएर आएको छु, कुनै जानकारी नदिई अर्को अस्पताल लैजाँदा नै मलाई शंका लागेको थियो,' उनले भने, 'यता आफन्तले तोडफोड गर्छन् भनेर सरकारी अस्पताल लगेर मृतक घोषणा गरेका रहेछन्।', मृतकका भाइ प्रजापति तिवारीले वैशाखी टेकेर हिँड्न सक्ने मान्छेको खुट्टाको रड झिक्दा मृत्यु हुनु चिकित्सकको लापरबाही भएको बताए।, '६ हप्तामा रड झिक्न आउनु भनेका थिए, समयमै आएर भर्ना गरियो। अरू कुनै समस्या थिएन,' उनले भने, 'मौलाकालिकामा भर्ना भएका बिरामीलाई एक्कासि भरतपुर अस्पतालमा पुर्‍याइयो भन्दा आश्चर्यमा परियो। सामान्य अवस्थामा देखेको मान्छेको मृत्यु भयो भन्दा त होस हवासै उड्यो।', उनले अस्पतालले मृत्युको चित्तबुझ्दो कारण दिन नसकेको बताए।, मौलाकालिका अस्पतालका सञ्चालक डा.केशवराज भुर्तेलले अपरेसनका क्रममा अचानक जटिल समस्या देखिँदा बिरामीको मृत्यु भएको बताए।, 'सामान्य अपरेसन थियो तर गर्दैगर्दा रगत बग्ने नसाबाट बोसो बगेर फोक्सोमा रोकियो। बिरामीलाई सास फेर्न गाह्रो भयो,' डा.भुर्तेलले भने, 'निकै प्रयास गर्दा पनि नभएपछि हतारमा भरतपुर अस्पताल लगियो।', उनले मौलाकालिकामा भन्दा ठूलो उपचार समूह रहेकाले सरकारी अस्पताल लगिएको बताए।, मृतकका आफन्तहरुले भने रिफरको कागज नबनाई, कुरूवालाई जानकारी नै नदिई सरकारी अस्पताल लैजानुलाई शंका गरेका छन्।, उनीहरूले राम्रो अस्पताल नखोजी कुरूवालाई जानकारी नै नदिई सरकारी अस्पताल पुर्‍याइएको बताए। , मृतक तिवारी चितवन राष्ट्रिय निकुञ्जको बघौडा मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष हुन्।, गत चैत ११ गते स्थानीय सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उनी रूखको जरामा अल्झिएर लडेका थिए। लगत्तै माडीको बघौडा अस्पतालमा सामान्य उपचार गरेर उनलाई मौलाकालिका अस्पताल ल्याइएको थियो। खुट्टाको भाँचिएको हड्डी रडले जोडेपछि उनी वैशाखीको सहारामा हिँड्न सक्ने भएका थिए। ५ दिन अस्पताल बसेर डिस्चार्ज भएका तिवारी ४५ दिनपछि रड झिक्न आएका थिए।, 'सामाजिक काम गर्दा खुट्टा भाँचिए पनि धन्न ज्यान जोगियो भनेर खुसी नै थियौं तर अस्पतालले ज्यान लिएरै छाड्यो,' मृतकका भाइ प्रजापति तिवारीले भने।, भाँचिएको खुट्टामा राखिएको रड निकाल्न अस्पताल आएका बिरामीको मृत्यु भएपछि...
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कँदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए।, उनकाअनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन्। घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ।, प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ।, सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो।, नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।, म्याग्दीमा ट्रक दुर्घटना: दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ। बुधबार बिहान तीन बजेतिर टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो।  , महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अनिलकुमार घिमिरेका अनुसार बा ५ ख ७३४५ नम्बरको टिपरले दिशाबाट आइरहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक धादिङ धुनिवेशी नगरपालिका-२ का दिवाकर अधिकारीलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो।, उपचारका क्रममा उनको मृत्यु भएको डिएसपी घिमिरेले बताए। टिपर र टिपर चालक लीलाबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, कलंकीमा टिपरले लियो मोटरसाइकल चालकको ज्यान
एजेन्सी संसारका धनाढ्य व्यक्तिहरूमध्येका एक माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ।, सामाजिक सञ्जाल ट्विटरमार्फत् गेट्सले आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण रहेको जानकारी दिएका छन्।, I've tested positive for COVID. I'm experiencing mild symptoms and am following the experts' advice by isolating until I'm healthy again., — Bill Gates (@BillGates) ,May 10, 2022, फोर्ब्स पत्रिकाका अनुसार गेट्स अहिले संसारको चौथो धनी व्यक्ति हुन्। उनीसँग १२६.६ अर्ब डलरको सम्पत्ति छ।, ६६ वर्षीय गेट्सको गत वर्ष मेलिन्डा फ्रेन्चसँग पारपाचुके भएको थियो।, बिल गेट्सलाई कोरोना संक्रमण
रासस झाडापखालाबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ। चार जना बिरामी परेका छन्।, तुलसीपुर उपमहानगरपालिका–११ उरहरिका अनमोल पुनको मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले बताए।, अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी छन्।, उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले बताए। उनकाअनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ।, बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ। बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले बताए।, बिरामी उपचारका लागि ढिला गरी मंगलबार बेलुका मात्र अस्पतालमा आएको बताइएको छ। गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको छ।, झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी
सेतोपाटी संवाददाता २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।, जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ।, भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत् भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो।, लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार भारतीय एयरफोर्सको आइएल ७६ इलुसिन विमानमार्फत् ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आइपुगेका छन्।, भट्टराईले भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि तयारीको लागि अति विशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारी साधन र बन्दोबस्तीका सामग्री लिएर चार दिन पहिले नै सैनिक अधिकारीहरूको टोली लुम्बिनी आइपुगेको जानकारी दिए।, उक्त टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ। गत वैशाख १५ गते नेपाली वायुसेवा निगमको जहाजले परीक्षण उडान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पहिलो अन्तर्राष्ट्रिय विमान समेत यही भएको छ।, बिहान १० बजेतिर विमानस्थलमा अवतरण गरेका भारतीय सैनिक अधिकारीहरूलाई विमानस्थलका कर्मचारीहरूले स्वागत गरेका थिए।, प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन्। मोदी हेलिकप्टरबाट लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम छ। , लुम्बिनीमा पूजाअर्चनापछि मोदीले भारतीय लगानीमा बन्न लागेको गुम्बाको शिलान्यास गर्ने छन्। मोदीसँग परराष्ट्र मन्त्री नारायण खड्काले शिष्टाचार भेट गर्नेछन्। , मोदी र प्रधानमन्त्री देउवाबीच सोही दिन दुई पक्षीय औपचारिक वार्ता पनि हुनेछ। वार्ताका क्रममा केही सम्झौता हुन सक्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।, मोदी सोही दिन भारत फर्कने कार्यक्रम छ। ,  , भारतीय सैनिक विमान भैरहवामा
रासस बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।, भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ।, भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ।, भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ। यसअघि यही वैशाख ६ गते पनि सुदूरपश्चिमकै सैनपसेला केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो। , सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस
सेतोपाटी संवाददाता श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ।, बुधबार काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।, ‘जहाज सकुशल अवतरण भइसकेको छ। विस्तृत विवरण आउन बाँकी छ,’ उनले भने।, काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज एउटा इन्जिन फेल भएपछि फर्कियो
तारानाथ आचार्य/रासस बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ। त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ।, दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयवासीले दैनिकी गर्न भ्याउँदैनन्। खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राति ४ बजेदेखि कुरेर पानी भर्दा बिहानभर लाग्ने गरेको गुनासो गरे।, तीस वर्षअघि बनेका ५० वटा धाराको भरमा वडा नं १ को सबै बस्तीमा अझै पानी वितरण छ। पानी सुक्दै गएपछि स्थानीयवासीले राति ४ बजेदेखि नै उठेर लाइन बस्दा पनि चाहेजति भर्न नपाएको गुनासोसमेत गरेका छन्। तीस वर्षअघि तुम्डाँडाका प्रेमलाल पोखरेलले १२ किमी परको तारेभिरमा पुगेर पानीको मुहान भेटेका थिए।, विश्व सेवा लुथ्रन नामक संस्थाले यो आयोजना निर्माण गरेको थियो। पोखरेल अहिले ७५ वर्षका भए।, उनी हिँडेर मुहानसम्म पुग्न सक्दैनन्। गाउँलेले अझै अर्को मुहान भेटेका छैनन्। पहिलाको जनसङ्ख्या बढेर दोब्बर भइसक्यो। ‘एक घर, एक धारा’को अभियान पनि सुरू भयो तर पुरानो पानी घट्दै गएको छ। त्यसैले सरसफाइ अभियानलाई खानेपानी चुनौती बनेको छ।, तुम्डाँडाकी सीता विकले पानी खेप्ने हतारोले छोराछोरी समयमा विद्यालय जान नपाएको गुनासो गरिन्। पानी भरिसकेपछि मेलापात, खेतीपाती गर्नु त छँदैछ। उनको टोलमा १० घरलाई एउटामात्रै धारो छ। दगागाउँको वडाभवन नजिकैको धारामा त १५ घरले पानी थाप्नुपर्छ। रातिदेखि लाइन बस्छन्।, कसैले पालो मिचेमा झगडासमेत हुन्छ। समयमा उठ्न सकिएन भने त पानी थाप्नै नपाइने भुजेलले बताइन्।, ‘पानी खेपेर २०० लिटरको ड्रम भरेर भित्र राखेपछि मात्रै ढुक्क हुन्छ’, भुजेलले भनिन्, ‘नत्र खानेपानीदेखि शौचालयसम्मको समस्या छ।’, बारीमा तरकारी फलाउने, गाईभैंसीलाई खुवाउने काममा त झनै धेरै पानी चाहिन्छ। दैनिक एक हजार लिटर पानी नभएसम्म दैनिकी नचल्ने भुजेलले बताइन्।, टुटीफेद, गहते, सिमलचौरलगायतका बस्तीमा पनि पानीको सास्ती छ।, पुरानो मुहान धेरै स्थानमा भत्केको छ। पानीको चुहावट छ, त्यसैले यहाँ नियमित पानीसमेत आउँदैन। स्थानीयवासीकै पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानी खुवाउने काम भने थालेको तर टुक्रे बजेटले यो अभियान पूरा हुन नसकेको हो।, ‘केही ट्यांकी त निर्माण भइरहेका छन्, तर बजेट अभावले पूरा भएका छैनन्’, स्थानीयवासीले भने, ‘पूर्ण सरसफाइयुक्त वडा बनाउन लागेका छौं, पानीकै समस्या भयो।’ , स्थानीय मूल सुक्दै गएकाले तारेभिरबाटै पानीको स्रोत बढाएर ल्याउनुपर्ने बाध्यता भएको स्थानीय बोमबहादुर थापाले सुनाए।, हाल निर्माणाधीन आयोजनामा पुगेर मर्मत गर्नसमेत एक दिनमा नसकिने उनले बताए।, ‘बिहानै गएका कामदार दिउँसो पुग्छन्, दुई घण्टा काम गरेर फर्कन हतार हुन्छ’, थापाले भने, ‘तारेभिरमा बस्न खानाको समस्या समेत छ।’, दुई महिनाअघि यहाँ निर्माणाधीन आयोजनाबाट लडेर एक कामदारको मृत्यु भएपछि स्थानीय जानसमेत डराउँछन्। तारेभिर वडा नंं ३ सिसाखानी र वडा नंं ४ जलजलाको सिमानामा पर्छ।, पानीकै अभावले ७०० विद्यार्थी रहेको खड्गदेवी माविमा शौचालय फोहोर छ। एउटा धाराको भरमा पानी वितरण गर्दा खाने, सरसफाइलगायतमा अपुग भएको शिक्षकहरूले गुनासो गरे। , कतिपय बालबालिका शौच गर्नसमेत घर–घरमा जाने गरेका छन्।, ‘पानी नभएर घरमै आएर शौचालय जान्छन्’, स्थानीयवासी दुर्गा थापाले भनिन्, ‘पानीकै कारण खुला दिसामुक्त अभियान सफल पार्न कठिन भएको छ।’, आनीबानी परिवर्तन गरेर पूर्ण सफाइ वडा घोषणाको तयारी गरे पनि पानीले चुनौती थपेको उनले गुनासो गरे।, तीस वर्ष भयो, धारा सुक्दै गयो!
भगवती पाण्डे सबैतिर स्थानीय तहको निर्वाचनको माहोलको तयारी भइरहँदा लुम्बिनीमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि व्यापक तयारी गरिएको छ।, आगामी जेठ २ गते परेको २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय गरिएको छ।, बुद्धपूर्णिमाका दिन भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने तय भएपछि स्वागतसँगै सुरक्षा व्यवस्थापनको लागि विभिन्न तयारी थालिएको छ।, मोदी यसअघि पनि लुम्बिनी आउने कार्यक्रम तय भएर अन्तिममा रोकिए पनि यसपटक भने आउने पक्का भएपछि भारतीय सैनिकको टोली समेत लुम्बिनी आइपुगेको छ।, बुधबार बिहान सवा १० बजे भारतीय प्रधानमन्त्री मोदी र अतिविशिष्ट पाहुनाहरूको बन्दोबस्तीका सामग्रीसहित ३० जना भारतीय सैनिकको टोली लिएर भारतीय वायुसेनाको इलुसियन विमान आइसी ७६ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो।, भारतीय सैनिक, सवारी साधन र अन्य बन्दोबस्तीका सामग्री लिएर आएको विमान भने बुधबार नै दिल्ली फिर्ता हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। भारतीय सैनिकहरूको टोली भने जेठ ३ गतेसम्म नै लुम्बिनीमै रहने छ।, प्रधानमन्त्री मोदी आउने भएपछि लुम्बिनी क्षेत्र वरिपरिको सुरक्षा तथा अन्य व्यवस्थापनको लागि भारतबाटै सैनिकहरूको टोली आएको हो। उक्त टोलीले कार्यक्रम स्थल, मोदी बस्ने होटल लगायत वरपरको सुरक्षा व्यवस्थापन मिलाउने बताइएको छ।, मोदी जेठ २ गते सोमबार हेलिकप्टरमार्फत् लुम्बिनी आउने छन्। हेलिकप्टर अवतरणको लागि लुम्बिनी निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल नजिकै चारवटा हेलिप्याड बनाइँदै छ। अन्तर्राष्ट्रिय सभाहल नजिकै इँट्टा बिच्छाएर माथि ढलान गरी हेलिप्याड बनाइँदै छ।, हेलिप्याडबाट अन्तर्राष्ट्रिय सभाहलसम्म आउनको लागि ढुंगा बिच्छाएर बाटो निर्माण भइरहेको छ।, देशभर स्थानीय तहको निर्वाचनको माहोल तातिरहेका बेला लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरू भने भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारीमा जुटेका छन्।, यसअघि समेत मोदी लुम्बिनी आउने तय भए पनि स्थगित भएको कारण लुम्बिनी विकास कोषले मोदी आउने पक्का नहुँदासम्म मोदीको लुम्बिनी आगमनबारे औपचारिक रूपमा जानकारी दिएको थिएन।, मोदी लुम्बिनी आएपछि भारत सरकारले निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ।, उक्त बिहारको भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने बताइएको छ।, प्रधामन्त्री देउवा आफैंले पर्यटनमन्त्रीको कार्यभार सम्हालेका बेला बसेको लुम्बिनी विकास कोषको बैठकले बौद्ध बिहार निर्माणका लागि भारतीय सरकारलाई एउटा प्लट दिने निर्णय गरेको हो।, ८० मिटर बाई ८० मिटर क्षेत्रफलमा निर्माण हुने बिहारको कुल लागतको १० प्रतिशत धरौटी र ५ प्रतिशत सेवा शुल्क आइबिसीले लुम्बिनी विकास कोषलाई बुझाइसकेको छ।, अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आइबिसी) मार्फत् निर्माण गरिने बिहारसम्म पुग्ने बाटो र कम्पाउण्ड वाल बनाउने काम अहिले भइरहेको छ।, मोदीका लुम्बिनी आगमनलाई केन्द्रित गरि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि लुम्बिनी क्षेत्रको सुरक्षा निगरानी बढाएका छन्।, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले मोदी आउने कार्यक्रम पक्का भएपछि स्वागतको लागि तयारी तीव्र बनाइएको बताए। भट्टराईका अनुसार मोदीको अवतरणका लागि चार वटा हेलिप्याड बनाइँदै छ ।, अन्तर्राष्ट्रिय सभा हलको पश्चिम तथा दुई नम्बर गेटको दक्षिणमा गरि दुई वटा हेलिप्याड बनाइँदै छ भने बिजुली बस चार्जिङ स्टेसन अगाडि एउटा र अर्को होक्के होटल अगाडि बनाइँदै छ। मोदीसँग चार वटा हेलिकप्टर आउने बताइएको छ।, लुम्बिनीमा हेलिकप्टरमार्फत् आउने मोदीले मायादेवी मन्दिरमा पूजाआजा, अशोक स्तम्भमा दीप प्रज्ज्वलन र पुष्करणी पोखरी दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्ने कार्यक्रम तय गरिएको छ।, जेठ २ गते नै दुई देशका सरकारी उच्च अधिकारीबीच छलफल र वार्तापछि दिउँसो २ बजे हुने बुद्धजयन्ती मूल समारोह कार्यक्रममा सहभागी हुने छन्।, कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीले सम्बोधन गर्नेछन्। मोदी भारतको कुशीनगर हुँदै लुम्बिनी आउने र सोही दिन भारत फर्कने कार्यक्रम रहेको भट्टराईले बताए।, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सभाहल तथा बौद्ध ध्यान केन्द्रको उद्घाटन समेत गरिने जानकारी दिए।, २०७३ सालमा २५६० औं बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय गोष्ठीको लागि निर्माण गरिएको अस्थायी टेन्टलाई कार्यक्रमको अघिल्लो दिन हावाहुरी र वर्षाले भत्काएर कार्यक्रम नै बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही सभाबाट लुम्बिनीमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने घोषणा गरेका थिए।, सोही अनुरूप २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको शिलान्यास गरेकी थिइन्।, चार विगाह क्षेत्रमा दुई चरणमा गरि निर्माण गरिएको सभाहलका लागि करिब ७० करोड रुपैयाँ लगानी भएको छ।, सम्मेलन केन्द्रको निर्माणपछि बौद्ध सम्मेलन तथा सार्क, विमष्टेक जस्ता सम्मेलनहरू समेत लुम्बिनीमा आयोजना गर्न सकिने छ।, लुम्बिनीमा हिउँदयाममा शितलहर पर्ने र गर्मीयाममा अत्यन्त गर्मी हुने भएकोले सम्मेलन केन्द्रभित्र मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ५० एमएमको इपिसएस स्याण्डबिच प्यानल प्रयोग गरेर छाना लगाइएको छ।, तीन वटा मुख्य प्रवेशद्वार राखिएको सभाहलभित्र प्रवेशका लागि ५५ वटा ढोका र ५५ वटै गोलाकार आकारका झ्याल बनाइएको छ। कलात्मक शैलीमा निर्माण गरिएको सम्मेलन केन्द्रले लुम्बिनी क्षेत्रको आकर्षण समेत थपिएको छ।,  ,  ,  ,  ,  , लुम्बिनीमा मोदीलाई स्वागत गर्न तयारी तीव्र (तस्बिरहरू)
सेतोपाटी संवाददाता श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ।, बुधबार काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।, काठमाडौं विमानस्थलबाट २५ नटिकल माइल उडेपछि ८० यात्रु लिएर उडेको जहाजको बाँया इन्जिनमा समस्या आएको सिटौलाले बताए।, ‘त्यसपछि एउटा इन्जिनको भरमा जहाज काठमाडौं फर्कियो र १२ बजेर ८ मिनेटमा सफल अवतरण भयो,’ उनले भने।, जहाजको अहिले प्राविधिक परीक्षण भइरहेको छ। उक्त जहाजमा धनगढी जान लागेका यात्रुलाई आजै अर्को जहाजमा पठाउने कि के गर्ने भन्नेबारे छलफल भइरहेको श्री एयरलाइन्सले जनाएको छ।, २५ नटिकल माइल उडेपछि बायाँ इन्जिनमा समस्या आएको थियो श्री एयरलाइन्सको जहाजमा
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना पाएका फरार व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , प्रहरीले मंगलबार काठमाडौंको मनमैजुबाट उनलाई पक्राउ गरेको हो। , खड्कीले २०७७ साल साउन १४ गते प्रभु बैंकमा रहेको आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर पीडितलाई दिएका थिए। , चेकको रकम भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा गत चैत २५ गते तीन दिन कैद र १० लाख जरिवाना हुने ठहर गरेको थियो। , सो फैसला कार्यान्वयन गर्न ब्युरोले उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ।, बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना पाएका फरार व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार २१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ७८८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार ७० जनाको पिसिआर र ७१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १८७ जना सक्रिय संक्रमित छन्।, बुधबार १६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए २१ संक्रमित, निको भए १६ जना
राजेश घिमिरे २०७७ सालको पुसमा पूर्व–पश्चिम राजमार्गको अमलेखगञ्ज–पथलैया सडकमा कारको ठक्करबाट पाटेबाघको मृत्यु भएको थियो। त्यसअघि सोही राजमार्गको कर्णाली–अम्रेनी सडकखण्डमा बसको ठक्करबाट बाघले ज्यान गुमाएको थियो।, कारले ठक्कर दिएको क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज र बसले ठक्कर दिएको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्छन्। यी दुई निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भएर बनेका राजमार्ग तथा अन्य सडकमा सवारी साधनको ठक्करबाट धेरै वन्यजन्तुको मृत्यु हुने गरेको छ।, राजमार्गमा सवारी साधनको उच्च गतिका कारण मानवीय क्षति हुनेक्रम पनि उस्तै छ। दुर्घटना भएको समयमा न्यूनीकरणका विषयमा बहस हुने गरे पनि त्यो गफैमा सीमित बन्ने गरेको थियो।  , पछिल्ला केही महिनामा मधेस प्रदेश सरकारको सहयोगमा मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरेका कामहर भने वन क्षेत्रसँग जोडिएका सडकमा हुने दुर्घटना कम गर्न प्रभावकारी देखिएका छन्।, यस कार्यालय मातहतका विभिन्न पाँच स्थानमा राखिएको ‘राडर गनसहितको सिसिटिभी’ दुर्घटना नियन्त्रणमा सहयोगी बनेको छ।, मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नान्तिराज गुरूङले मधेस प्रदेश सरकारबाट प्राप्त राडर गनसहितको सिसिटिभी क्यामेरामार्फत् निगरानी बढाएर सवारी साधनको गति नियन्त्रणमा लिइएको बताए।, उनका अनुसार प्रदेश कार्यालय पथलैया, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी, सिराहा, महोत्तरी र बाराले निगरानी गर्ने गरी विभिन्न ठाउँमा सिसिटिभी र राडर गन जडान गरिएको छ।, बारा जिल्लामा पथलैयाबाट केही मिटर पश्चिम र पूर्वमा, सप्तरी र सिराहामा पनि पूर्व–पश्चिम राजमार्गमा र महोत्तरीको बर्दिबास–काठमाडौं सडकमा यो राखिएको छ। त्यसको निगरानी गर्न सम्बन्धित कार्यालयहरूमा ‘स्क्रिन डिस्प्ले’ राखिएको एसपी गुरूङले बताए।, ‘तालिम प्राप्त ट्राफिक प्रहरी जनशक्तिले यसको चौबिसै घण्टा निगरानी गर्छन्,’ उनले भने, ‘उच्च गतिमा सवारी हाँक्ने चालकहरू दैनिक दर्जनौं कारबाहीमा पर्ने गरेका छन्।’, एसपी गुरूङले निरन्तरको निगरानीबाट वन क्षेत्रसँग जोडिएका सडकहरूमा दुर्घटनामा कमी आउन थालेको बताए।, पथलैया बजारभन्दा करिब पाँच सय मिटर पश्चिममा राखिएको राडर गनसहितको सिसिटिभी क्यामेराको निगरानी मधेस प्रदेश प्रदेश ट्राफिक कार्यालयले गर्छ।, कार्यालयमा रहेका ठूलो स्क्रिनले पूर्व–पश्चिम राजमार्गमा चलेका सवारी साधनहरूको गति देखाउँछ। त्यही स्क्रिनले देखाएको उच्च गतिको आधारमा यस कार्यालयले करिब डेढ महिनाको अवधिमा ३ सय २ जना सवारी चालकलाई कारबाही गरेको छ। त्यसअघि पथलैया क्षेत्रमा उच्च गतिमा सवारी हाँकेका कारण कारबाही हुने गरेको थिएन।, सिसिटिभी र राडर गनको निगरानीमा कारबाहीमा पर्ने सबभन्दा बढी निजी कारका चालक छन्। प्रतिघण्टा ६० किलोमिटर भन्दा बढी गतिमा सवारी साधन हाँक्ने निजी कारका चालक १ सय ५३ र यात्रुबाहक बस, मिनिबस, सुमोका चालक १ सय ३० जना कारबाही परेका छन्। वन क्षेत्रमा प्रतिघण्टा १ सय १५ किलोमिटरसम्म कार हाँक्ने गरेको भेटिएको छ।, वन क्षेत्रमा ४० किलोमिटर प्रतिघण्टा सवारी हाँक्नुपर्ने नियम भए पनि सुरूआती अवस्थामा सचेत गराउनेगरी केही छुट दिइएको एसपी गुरूङले बताए।    , पाँचै ठाउँमा राखिएको यो प्रविधिको प्रयोग गरी चैत र वैशाखको दोस्रो सातामा गरेर १ हजार ६२९ सवारी चालक कारबाहीमा परेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, कारबाहीमा पर्नेमा सबभन्दा बढी कार चालक छन्। १ हजार २३९ जना कार चालकहरू उच्च गतिमा हाँकेका कारण कारबाहीमा परेका छन्।, बस, मिनिबस र सुमो चालक ३ सय २१ जना कारबाहीमा परेका छन्। यो अवधिमा ६० जना मोटरसाइकलका चालक र ९ जना मालबाहक ट्रक, टिपर र ट्याक्टर चालकहरू कारबाहीमा परेको कार्यालय प्रमुख गुरूङले बताए।, मधेस प्रदेश सरकारले करिब एक करोड रुपैयाँ खर्च गरेर राखिदिएको राडर गनसहितको सिसिटिभी क्यामेरामार्फत् करिब डेढ महिनाको अवधिमा १० लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको एसपी गुरूङले बताए।, ‘हाम्रो लक्ष्य राजश्व उठाउने भन्दा पनि सडकमा हुने दुर्घटना नियन्त्रण गर्नु हो। तर यस क्रममा प्राप्त राजश्वको केही हिस्सामात्रै प्रयोग गर्ने हो भने पनि दुर्घटना नियन्त्रणमा प्रभावकारी हुने देखियो,’ गुरूङले भने, ‘यस्ता प्रविधिको प्रयोग बढाउँदै लैजान सके दुर्घटना तथा अपराध नियन्त्रणमा सहयोग पुग्छ।’, उनले कार्यालयमा रहेको स्क्रिनमा उच्च गतिमा गाडी हाँकिएको देखिएपछि नजिक ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई खबर गरेर नियन्त्रणमा लिइने गरेको बताए।, ‘उच्च गतिमा सवारी नहाँक्न सल्लाह दिने, सचेत गराउने र आवश्यक परे कारबाही गर्ने गरेका छौं,’ उनले भने।, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखिए यहाँ जोडिएको राडर गनसहितको सिसिटिभी क्यामेराबाट सवारी साधनको पूर्ण विवरण पत्ता लगाउन सकिने र यो अपराध नियन्त्रणमा पनि सहयोगी हुने उनले बताए। तर अहिले इम्बोस्ड नम्बर प्लेट धेरै सवारी साधनमा नभएका कारण गति नियन्त्रणमा मात्रै ध्यान दिइएको गुरूङले बताए।, यस कार्यालयले कतिपय सडकमा हाते राडर गनमार्फत् पनि सवारी साधनको गति जाँच गर्दै आएको छ।, गत साउनदेखि वैशाखको तेस्रो सातासम्ममा ४ हजार १७४ सवारी चालकलाई उच्च गतिमा सवारी हाँकेका कारण कारबाही गरिएको छ।, हाते राडर गनमार्फत् कारबाहीमा पर्ने चालक सबभन्दा बढी मोटरसाइकलका छन्।, मोटरसाइकल चालक २ हजार ६७८, निजी कारका चालक ६ सय ३४ जना, बस, मिनिबस, सुमोका चालक ४ सय ६८ जना, मालबाहक ट्रक, टिपर, ट्याक्टर चालक ३ सय ९४ जना कारबाहीमा परेका छन्। ती चालकबाट २६ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको एसपी गुरूङले बताए।  , गत साउन महिनायता मधेस प्रदेशका सडकमा ४ हजार ५५२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५ सय जनाले ज्यान गुमाएका छन्।, दुर्घटनामा २ हजार ६९ जना गम्भीर घाइते भएको र ५ हजार ५९२ जना सामान्य घाइते भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।, यी सबै दुर्घटनामा सवारी साधनमा ९ करोड रुपैयाँभन्दा बढी लागतको क्षति भएको उक्त कार्यालयले जानकारी दियो। यहाँ हुने गरेका दुर्घटनाको मुख्य कारण सवारी साधनको उच्च गति नै रहेको एसपी गुरूङले बताए।, ‘चेकजाँच, निगरानी बढाएपछि दुर्घटना घट्दो क्रममा छन्,’ एसपी गुरूङ भन्छन्।, सवारी साधनको चाप र उच्च गतिका कारण राष्ट्रिय निकुञ्जका जनावरहरूले सास्ती भोग्नु परेको छ। अण्डरपास, ओभरहेड पास नभएको राजमार्गमा वन्यजन्तु पनि सडकबाटै वारपार गर्ने गर्छन्।, पूर्व-पश्चिम राजमार्गको दुबैतर्फ पर्सा राष्ट्रिय निकुञ्जको जंगल छ।, यो जंगलको एकतर्फ रहेको बाघले अर्कोतर्फ जान ठूलो संघर्ष गर्नुपरेको स्टोरी हामीले प्रकाशित गरेका थियौं।, यो पनि :, बाटो काट्न निषेधाज्ञा कुर्‍यो एउटा बाघले! ,  , पथलैया क्षेत्रमा कारको ठक्करबाट बाघ मरेपछि राखिएका राडर गन र सिसिटिभी बन्दैछन् प्रभावकारी
सेतोपाटी संवाददाता शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। , जेठ १ गतेदेखि लागू हुनेगरी बुधबार सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। , हिउँदे बिदा, वर्षे बिदा र पर्व बिदा कटौती गरी शनिबार र आइतबार बिदा दिने मन्त्रिस्तरीय निर्णय भएको हो। , प्रवक्ता शर्माका अनुसार हप्ताको दुई दिन बिदा दिने निर्णयसँगै शुक्रबार भने पूरा दिन पढाउने निर्णय गरेको हो। , वार्षिक रूपमा हुने ५० दिने हिउँदे, वर्षे बिदाहरू कटौती गरी जम्मा २५ दिनसम्म मात्रै दिन पाइने भएको उनले बताए। , यसअघि सरकारले सबै कार्यालयमा हप्ताको दुई दिन प्रशिक्षणको रूपमा जेठ १ गतेदेखि बिदा दिने निर्णय गरेको थियो। तर विद्यालयहरू के गर्ने भन्ने निर्णय गरिसकेको थिएन। , विद्यालयहरूमा पनि आइतबार बिदा हुने
सेतोपाटी संवाददाता मुलुकका पाँच प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। , देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।, महाशाखाका अनुसार आज प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूररपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।, आज राति प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ। अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।, त्यस्तै शुक्रबार प्रदेश नं १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, शनिवार प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, पाँच प्रदेशमा आज पनि पानी पर्ने सम्भावना
सेतोपाटी संवाददाता उपत्यका नगरपालिका फोरमको कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ।, बुधबार मध्यपुरथिमि नगरपालिका–३ स्थित गठ्ठाघरमा रहेको फोरमको कार्यालयमा तोडफोड भएको नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए।, कार्यालयको ताला फुटाएर ढोका फोडिएको, कार्यालयभित्रका दराजलगायतका सामान फुटाइएको, सामान यत्रतत्र छरिएको अवस्थामा भेटिएको उनको बताए।, थिमिस्थित महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षक निर्मल थापाले चोरी गर्ने समूहले कार्यालय फुटाएको हुनसक्ने बताए। उनले नगरपालिका फोरमको कार्यालय र त्यही भवनमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पनि फुटाएको जानकारी दिए।, सहकारीबाट एक हजार ८०० रूपैयाँ चोरी भएको र सोही भवनमा रहेको फोरमको कार्यालय पनि फुटाएको अवस्थामा भेटिएकाले चोरी गर्ने समूहले नै कार्यालय फुटाएको हुनसक्ने उनको जिकिर थियो।, प्रहरी निरीक्षक थापाले प्रहरीको विशेष टोलीले दुवै कार्यालयको घटनास्थलको निरीक्षण गरी क्षतिको विवरण लिएको, घटनाबारे अनुसन्धान भइरहेको र कार्यालय तथा सहकारी फुटाउनेको खोजी भइरहेको जानकारी दिए।, प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरीले प्रहरी एवं सुरक्षाकर्मी निर्वाचनमा खटिएको मौका पारेर चोरी गर्ने समूह सक्रिय भएको हुनसक्ने भएकाले सबैमा सचेत रहनसमेत आह्वान गरे।, उपत्यका नगरपालिका फोरमको कार्यालय तोडफोड
सेतोपाटी संवाददाता बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। , ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले अज्ञात समूहले बम बिस्फोट गराएको बताएका छन्।, बिस्फोट गरिएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौं भन्ने सन्देश लेखिएको कागज फेला परेको केसीले बताए।, स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम बिस्फोटको घटनाले बुटवलको सुरक्षा अवस्थालाई चुनौती दिएको छ।, बुटवलको मिलनचोकमा बम बिस्फोट
सेतोपाटी संवाददाता कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। , बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोलीले जनाएको छ।, प्रहरीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरूमध्ये सामान्य घाइते भएकाको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिएको छ।, घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।,  , कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना
राजेश घिमिरे चैत २४ गते दिउँसो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा जिल्ला प्रहरी कार्यालयले भरतपुर महानगरपालिकाको सहयोगमा तयार पारेको चेतनामूलक विद्यालय पाठ्यसामग्री विद्यालयहरूलाई हस्तान्तरण गर्दै थियो। , जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीलाई एउटा खबर आइपुग्यो– राष्ट्रिय मावि गंगानगरमा छात्राहरूमाथि शिक्षकबाटै दुर्व्यवहार भयो।, उक्त विद्यालयका दर्जनौं विद्यार्थीहरू आफैंलाई पढाउने शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अघिल्तिर आइपुगे। दुई जना शिक्षकविरूद्ध जाहेरी दिए।, प्रहरीले त्यही दिन दुवै शिक्षकलाई नियन्त्रणमा लिएर हिरासतमा राख्यो। हिरासतमा त्यसअघि नै माडीको सोमेश्वर उच्च माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सोही विद्यालयका शिक्षक र भरतपुर–१९ स्थित सर्वोदय बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययनरत छात्रामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोग लागेका अर्का शिक्षक थिए।, उनीहरू कसैलाई छात्रालाई अश्लील फोटो, भिडिओ म्यासेज पठाएको, कसैलाई पढाउनेक्रममा यौनजन्य गतिविधि गरेर बाल यौन दुर्व्यवहार गरेको आरोप थियो। अर्का एक जना छिमेकमा डेरा लिएर बस्ने बालिकालाई पढ्नेक्रममा यौन दुर्व्यवहार गरेको आरोप लागेका पुरुष थिए।, 'बालबालिकामाथि हुने विभिन्न किसिमका हिंसा, उनीहरूले अन्जानमा गर्ने लागुऔषध सेवन, धूमपान, मद्यपान, साइबर अपराध बढिरहेका छन्। यस्ता विषयमा उनीहरूलाई बेलैमा सचेत बनाउन सक्नुपर्छ भनेर पुस्तक प्रकाशन गरी प्रधानाध्यापकहरूलाई हस्तान्तरण गर्दै थियौं, नयाँ घटनाको खबर आइपुग्यो,' एसपी अधिकारीले भने।, उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बालयौन दुराचारका पाँच, गत वर्ष दस र यस वर्ष सात मुद्दा दर्ता भएका थिए।, उनले बालबालिकाहरू लागुऔषध दुर्व्यसनीमा फस्नेक्रम पनि बढ्दो रहेको बताए। जिल्ला प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध दुर्व्यसनीमा संलग्न दुई जना बालबालिकालाई पक्राउ गरिएकोमा यस वर्षको फागुनसम्ममा पाँच जना पक्राउ परेका छन्।, तीन वर्षको अवधिमा लागुऔषध दुर्व्यसनीको अभियोगमा पक्राउ गरिएका ३४० जनामध्ये ३२.४ प्रतिशतले १५ वर्षभन्दा कम उमेरमा पहिलो पटक सेवन गरेको देखिएको छ। ४८.९ प्रतिशतले १५ देखि १९ वर्षमा पहिलो पटक सेवन गरेको भेटिएको छ।, अपराधका घटनामा बालबालिकादेखि युवा अवस्थाका विद्यार्थीहरू प्रभावित हुन थालेपछि प्रहरी कार्यालयले चेतनामूलक पाठ्यसामाग्री तयार पारेको छ।, 'यसका साथै प्रविधिमा पहुँच बढ्दै जाँदा सामाजिक सञ्जाल बालबालिकाहरूका लागि जोखिमपूर्ण बन्दैछ। साइबर अपराधका घटनामा बालबालिका मुछिन थालेका छन्,' एसपी अधिकारीले भने, 'सुरूआतमा शिक्षक तथा विद्यार्थीलाई सचेत बनाउन सके उनीहरूमार्फत समाज सुरक्षित बन्दै जाने भएकाले प्रहरी कार्यालयले अग्रसरता लिएर पाठ्यसामग्री प्रकाशनमा ल्याएको हो।', जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले उक्त पाठ्यसामग्रीमा महिला तथा बालबालिकाविरूद्ध कस्ता अपराध हुन सक्छन्, सामाजिक अपराध भनेको के हो, घरेलु हिंसा र उजुरी दिने कार्यविधि के हो, आत्मरक्षा र बच्ने उपायहरू कस्ता हुन्छन्, ट्राफिक नियम कस्तो हुन्छ, आत्महत्या के हो, यसको संकेत र बचाउने उपाय के हुन्, असल मानिसका कर्तव्य र जिम्मेवारी कस्ता हुन्छन् जस्ता विषय समेटिएको बताए।, उनका अनुसार कुनै घटना भइहाले जानकारी गराउन सम्बन्धित निकायहरूको सम्पर्क नम्बर पनि पाठ्यक्रममा समावेश छ।, उक्त पाठ्यसामग्री पहिलो चरणमा भरतपुर महानगरपालिकाका सबै सरकारी, निजी विद्यालय र क्याम्पसका प्रमुखहरूलाई हस्तान्तरण गरिएको छ। बिस्तारै अन्य स्थानीय तहहरूसँग सहकार्य गर्दै जिल्लाभरका विद्यालयमा पुर्‍याउने लक्ष्य प्रहरी कार्यालयको छ।, 'उहाँहरूले हामीले तयार पारेको सामग्रीलाई पाठ्यक्रममा समावेश गरेर विद्यार्थीहरूलाई सुसूचित गराउने प्रतिबद्धता व्यक्त गरी सम्झौता गर्नुभएको छ,' अधिकारीले भने, 'उहाँहरूले प्रतिबद्धता पूरा गर्नुभयो भने सुरक्षित समाज निर्माण गर्ने हामी सबैको अभियानमा ठूलो सहयोग पुग्छ।', शारदा मावि, शारदानगरकी प्रधानाध्यापक एन्डिला रिजालले प्रहरी कार्यालयले उपलब्ध गराएको पाठ्यसामग्रीको प्रभाव बालबालिकामा देखिन थालेको बताइन्।, 'एक दिन म यो पुस्तक लिएर कक्षामा पुगेँ। प्रहरी चारित्रिक (चालचलन) प्रमाणपत्रको विषयमा लेखिएका कुराहरू विद्यार्थीलाई सुनाएँ। त्यो कुरा सुनेपछि केही विद्यार्थीले निकै गम्भीर भएर प्रश्न गरे,' उनले भनिन्, 'उनीहरूलाई हामीले खराब काम गर्दा त्यसको रेकर्ड प्रहरीमा बस्ने रहेछ, त्यो रेकर्डले आफ्नो भविष्यलाई नै असर गर्ने रहेछ भन्ने कुराको बोध भयो।', केही विद्यार्थीले फेसबुकमा 'जे पायो त्यही', अनुमतिबिना अरूको फोटो खिचेर पोष्ट गर्न नहुने रहेछ भनेर साथीहरूलाई सुनाएको थाहा पाएको उनले बताइन्। जानेर वा नजानेर अवाञ्छित क्रियाकलापमा लागेका, अपराधमा फसेका बालबालिकालाई सुधार्न यो पाठ्यसामग्रीले महत्वपूर्ण भूमिका खेल्ने प्रधानाध्यापक रिजालले बताइन्।, 'यसलाई लागू गर्दा त्यस्ता बालबालिकाहरू आफ्ना समस्या खुलेर व्यक्त गर्न सक्छन्। अरूले उनीहरूमाथि गर्ने व्यवहारप्रति सचेत बन्छन्,' रिजाल भन्छिन्, 'बालिकाहरू पनि शिक्षकलाई समस्या सुनाउन सक्ने हुन्छन्। किशोरकिशोरीलाई विशेष फाइदा पुग्ने देख्छु।', आफू कसरी पीडित भइरहेको छु भन्ने कुरा नै थाहा नपाइरहेका र पाएर पनि अभिव्यक्त गर्न नसकेका बालबालिकामा यसको अध्ययनले डर र दकस भागेर आँट र भरोसा पैदा गर्ने प्रधानाध्यापक रिजालले बताइन्।, यो विद्यालयले तहअनुसार स्थानीय विषय, नैतिक शिक्षा र सामाजिक शिक्षासँग जोडेर उक्त पाठ्यसामग्री अध्यापन गराउने तयारी गरेको छ।, भरतपुरस्थित सनराइज इंग्लिस स्कुलले पनि पाठ्यक्रम नै बनाएर एक हप्ता, पन्ध्र दिनमा कम्तीमा एक पटक पढाउने तयारी गरेको छ। उक्त विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेले विद्यार्थीमा पलाउन सक्ने अपराध मनोवृत्तिलाई निस्तेज पार्न सक्ने पाठ्यसामग्रीको आवश्यकता खड्किरहेको समयमा विद्यालयहरूले प्रहरी कार्यालय र महानगरपालिकाबाट उत्कृष्ट उपहार प्राप्त गरेको बताए।, 'शिक्षक र प्रशासनको तहबाट बालबालिकालाई हिंसा, अपराधसम्बन्धी सामान्य ज्ञान त बेलाबेलामा दिने गरिएकै थियो,' बगालेले भने, 'अब पाठ्यसामग्रीमै समावेश गर्न सकिने भएको छ।', सप्तगण्डकी बहुमुखी क्याम्पसले यो पाठ्यसामग्रीको केही प्रति पुस्तकालयमा राखेको छ। शिक्षक र विद्यार्थीहरूलाई यसको विषयमा जानकारी गराउन पनि थालेको क्याम्पस प्रमुख मणिराज महतोले बताए।, 'प्रहरी कार्यालयले अहिले १९ वर्षसम्मका किशोरकिशोरीलाई लक्षित गरेर पाठ्यसामग्री प्रकाशित गरेको रहेछ। मैले स्नातक तहसम्म पढ्ने विद्यार्थीहरूलाई लक्षित गरेर यसमा परिमार्जन गर्नुपर्‍यो भनेर सुझाव दिएको छु,' क्याम्पस प्रमुख महतोले भने, 'उच्च मावि र स्नातक तहमा अध्ययन गर्ने धेरैमा आपराधिक मनोवृत्ति विकास हुँदै गएको म देख्छु। यस्ता सामग्रीले उनीहरूलाई मानसिकता बदल्नमा सहयोग पुग्न सक्छ।', विद्यालय र क्याम्पस तहमा पढ्नेहरूलाई देशको सामान्य कानुनको विषयमा जानकारी गराउन पनि यस्ता सामग्री महत्वपूर्ण हुने उनले बताए।, चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले नेपालमा विकासका लागि सडक बनाउने, अन्य संरचना निर्माणमा मात्रै जोड दिने गरिएको तर बालबालिकालाई असल बनाउन कमै योजना बन्ने बताए।, 'बालबालिकालाई असल र उनीहरूको चरित्र नैतिकवान बनाउन सके मात्रै वास्तवमा देशको विकास हुन्छ,' उनले भने, 'हामीसँग उनीहरूलाई असल बनाउने शिक्षाको अभाव भएको महसुस भयो। प्रहरीले यसमा केही भूमिका खेल्न सक्छ कि भनेर पाठ्यसामग्री बनाउने सोच आएको हो।', एसपी अधिकारीले यो पाठ्यसामग्रीको कार्यान्वयन हुँदा बालबालिकालाई कुलत, विकृतिको दिशाबाट बचाउँदै असल नागरिक बनाउन सहयोग गर्ने बताए।, 'लेटाङमा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरे भनेर त्यत्रो घटना भयो। गैंडाकोटमा पनि त्यस्तै घटना भयो। चितवनमै यौन दुर्व्यवहारमा संलग्न शिक्षकहरू पक्राउ परेका पर्‍यै छन्,' अधिकारीले भने, 'हामीले त्यस्ता सबै तथ्यांक विश्लेषण गरेर पाठ्यसामग्रीमा समावेश गरेका छौं। यसलाई प्रधानाध्यापकमार्फत शिक्षक, विद्यार्थी, अभिभावक हुँदै समाजमा पुर्‍याउने हाम्रो लक्ष्य छ।', एसपी अधिकारीले शैक्षिक सत्रको अन्त्यतिर विद्यालयहरूसँग सम्झौता गरिएको बताए। अहिले चुनावको माहोल भएकाले आगामी शैक्षिक सत्रबाट पाठ्यसामग्रीमै समावेश गरेर विद्यार्थीलाई पढाउने प्रतिबद्धता विद्यालयहरूबाट प्राप्त भएको उनले जानकारी दिए। पाठ्यसामग्री समयअनुसार परिमार्जन गर्दै लगिने पनि उनले बताए।, भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौड्यालका अनुसार यो पाठ्यसामग्रीलाई सबैको हात–हातमा पुर्‍याउने लक्ष्य छ।, विद्यार्थीलाई अपराधबाट जोगाउन चितवन प्रहरीको जुक्ति
सेतोपाटी संवाददाता उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खे भन्ने ठाउँमा बम जस्तो शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरी टोली परिचालन भएको छ। , सोही क्षेत्रमा बुधबार राति विष्फोटको आवाज आएपछि स्थानीयवासी आतंकित बनेका छन्। , ‘प्रेसर कुकरमा तार जोडेको वस्तु देखिएपछि सेना र प्रहरी टोली मिक्लाजुङ गएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने,‘तर, विकट ठाउँ भएकाले टोली अझै पुगेको छैन। टोली पुगेपछि सबैकुरा थाहा हुनेछ।’ , शंकास्पद बस्तु भेटिए पनि विस्फोटबारे थाहा नभएको उनले बताए । , उनले मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको पुष्टि गरे। , विष्फोट गराइएको र शंकास्पद वस्तु भेटिएको स्थान आसपासमै रहेको हुनसक्ने स्थानीयले बताए। विष्फोट गराएको भोलिपल्ट बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित एवम् आतंकित भएका छन् । , मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठले राति ११ देखि १२ बजेको बीचमा विष्फोटको ठूलो आवाज आएको जानकारी दिए।, उत्तरी मोरङको मिक्लाजुङमा शंकास्पद वस्तु फेला
रासस शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।, जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर बिहीबार बिहान ६ बजेदेखि आगामी जेठ १ गते आइतबार राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए।, त्यससँगै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित बातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने जनाइएको छ।, त्यस्तै उक्त कार्यालयले निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यही वैशाख २६ गतेदेखि ३१ गतेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाइसकेको छ।, तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र उपभोगलाई पूर्णरूपमा निषेध गरिएको हो।, जिल्लामा १३ वटा स्थानीय तहका १८९ मतदानस्थल ३८१ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्दैछन् ।, काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक
सेतोपाटी संवाददाता सेभ द हार्टले १० वर्षमा ९९ हजार व्यक्तिलाई स्वास्थ्य शिविरमार्फत सेवा दिएको छ।, सेभ द हार्टले आफ्नो स्थापनाको एक दशक पार गरेको अवसरमा संस्थाका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले संस्थाले विगत दश वर्षमा देशभरका ९९ हजार व्यक्तिलाई स्वास्थ्य शिविरमार्फत सेवा दिएको बताए।, संस्थाको पहलमा देशभरका २३ जिल्लामा ९६ वटा स्वास्थ्य शिविर आयोजना भएको छ। सिविरमा १ हजार ३ सय ३६ जना शल्यक्रिया आवश्यक भएका बिरामी पहिचान गरेको डा भट्टराईले जानकारी दिए। , सेभ द हार्टको सहयोगमा यसबीचमा ५ सय ४७ जनाले निःशुल्क मुटुको शल्यक्रिया गराएका छन्। एकजना बिरामीलाई इटालीमा पठाएर संस्थाले निःशुल्क शल्यक्रियाको व्यवस्थासमेत गरेको भट्टराईले जानकारी दिए।, संस्थाले सातै प्रदेशमा स्वास्थ्य शिविर र सचेतनाका कार्यक्रम गरेको अध्यक्ष डा. भट्टराईले जानकारी दिए। , दशौं वार्षिकोत्सव समारोहका अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संस्थाले दश वर्षमा गरेका कामको प्रशंसा गरेका थिए। , कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले राज्यका तर्फबाट नसर्ने रोगको रोकथाम र सचेतनाका क्षेत्रमा लगानी बढेको भए पनि त्यो यथेष्ट र प्रभावकारी हुननसकेको तर्फ ध्यानाकर्षण गराए। , नेपालमा ओपन हार्ट सर्जरी सुरु भएको २५ वर्ष पुगेको स्मरण गर्दै डा. कोइरालाले नेपालले पनि मुटुरोग उपचारमा ठूलो फडको मारेको बताए।, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले आफ्नो अस्पतालले पनि संस्थासँगको सहकार्यमा विपन्न, गरिब र दूरदराजका मुटुरोगीको निःशुल्क र सहुलियत उपचारमा योगदान गर्न पाएको बताए। , १० वर्षमा सेभ द हार्टको स्वास्थ्य सिविरबाट ९९ हजारले पाए सेवा
सेतोपाटी संवाददाता स्थानीय तहको चुनावमा ३ दिन विद्यालय विदा हुने भएको छ।, मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन्।, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन आग्रह गरेको छ।, सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएसँगै विद्यालयमा पठनपाठन नहुने भएको हो।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र बमोजिम आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बसन्त प्रसाद कोइरालाका अनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुने भएको हो।, यस्तै ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णय भएकाले र जेठ २ गते बुद्धजयन्ती परेकाले ३ गते मात्र विद्यालय खुल्ने भएको छ।, चुनावमा ३ दिन विद्यालय विदा
सेतोपाटी संवाददाता ताप्लेजुङमा गएराति एक युवक मृत भेटिएका छन्।, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मिक्वाखोला गाउँपालिका-१ का २५ वर्षीय विमल कार्की मृत भेटिएका हुन्।, प्रहरीका अनुसार तेल्लावङ कन्स्ट्रक्सनमा जेसिबी चालक कार्की बुधबार साँझ दोभानबाट घर जाने भनेर हिँडेका थिए।, ‘कामबाट घर जान्छु भनेर हिँडेको मान्छे अबेरसम्म पनि आएनछन्। फर्किएनन् भनेर हामीलाई साढे ११ बजे खबर भयो,’ प्रहरी नायब उपरीक्षक राईले भने। , खबर पाएपछि आफन्त, स्थानीय, प्रहरी र सशस्त्र सहितको टोलीले उनीहरूको खोजी गरेको थियो। , खोजी गर्दा साढे १२ बजे सडकभन्दा अन्दाजी ३०० मिटर तल भिरमा लडेको अवस्थामा फेला परेको राईले बताए। , ‘घर पुग्नुभन्दा नजिकै हो। ५-७ मिनेट पैदल हिँडेर जाँदा घर पुगिने ठाउँको भिरमा फेला परेको हो,’ उनले भने, ‘हिमाली जिल्ला हो। अन्दाजी ३०० मिटर तल खसेको भनेका छन्।’, घटना शंकास्पद भए/नभएको अहिले नै भन्न सकिने अवस्था नरहेको उनले बताए। प्रारम्भिक रूपमा हेर्दा सडकबाट भिरमा खसेको देखिएको उनले बताए।, ‘प्रारम्भिक रूपमा बाटोबाट खसेर मृत्यु भएको देखिन्छ। बाँकी शंकास्पद हो वा होइन भन्ने कुरा अनुसन्धानपछि मात्रै थाहा होला,’ उनले भने, ‘डकुमेन्टेसन गर्न गएको टोली फर्किइसकेको छैन। फर्किएपछि डकुमेन्टहरू हेरेरमात्रै भन्न सकिन्छ।’ , प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेको छ। शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरिएको प्रहरी नायब उपरीक्षक राईले बताए।, यता नेकपा (एमाले) का सचिव योगेश भट्टराईले भने कार्कीको अपहरणपछि हत्या भएको बताएका छन्। , सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै  भट्टराईले भनेका छन्- २०७९ वैशाख २८ गते साँझ ताप्लेजुङ जिल्ला मिक्वाखोला गाँउपालिका- १ खोक्लिङमा भोलि हुने निर्वाचनमा मतदान गर्न जाने क्रममा हाम्रो पार्टीका कार्यकर्ता विमल कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक र मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरेका छन्। निर्वाचनको अघिल्लो दिन भएको हत्या शंकास्पद छ र राजनीतिक पनि रहेको आशंका छ।, उनले अपराधी र हत्यारालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।,  , ताप्लेजुङमा भिरमा भेटियो युवकको शव
एजेन्सी उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ।, उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो।, कति जनालाई कोरोना संक्रमण भएको छ भन्ने खुलाइएको छैन। , उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको स्वीकारेका हुन्।, सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरू गरेको थियो। यो बीचमा कोरोना संसारभरि फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देशमा कोरोना आइनपुगेको दाबी गर्दै आएको थियो। , पहिलो पटक कोरोना संक्रमित भेटिएपछि अहिले उत्तर कोरियामा देशभरि लकडाउन घोषणा गरिएको छ।, उत्तर कोरियाली शासक किम जोङ उनले वर्कर्स पार्टीको बैठकमा देशभरि लकडाउन गर्न निर्देशन दिएका हुन्। , कोरोनाका एक जना पनि संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाले नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन पनि लगाएको छैन।  कोभ्याक्स र चीनले भ्याक्सिन दिन खोज्दा उसले अस्वीकार गरेको थियो।, उत्तर कोरिया पुग्यो कोरोना, देशभरि लकडाउन घोषणा
रासस मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ।, दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो।, हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ।, गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।, ‘सुरूङभित्रै बाढी नपसोस् भन्ने उद्देश्यले वर्षा सुरू हुनुअगावै बन्द गर्नुपर्ने छ’, उनले भने। काठमाडौं उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन्। , कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरे पनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ।, वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ। , गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण सुरू गरेका थिए। पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरू भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो। , गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरू गरिएको थियो। उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरूङको परीक्षणका लागि असार १ गतेबाट सुरूङ बन्द भएको थियो। सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगे पनि मुख्य सुरूङमा धेरै क्षति पुगेको थिएन। , असारमा पटक-पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो।, वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन।, सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो। , अस्थायी रूपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन। आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन। दातृ निकाय एसियाली विकास बैंक (एडिबी) ले यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ। बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ। ,  , वर्षाअघि नै मेलम्चीको पानी बन्द गरिने
सेतोपाटी संवाददाता चितवनको भरतपुरमा एक जना युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।, आइतबार बेलुकी करिब ७:३० बजे भरतपुर महानगरपालिका वडा नम्बर १२ का २८ वर्षीय अनिल परियारको हत्या भएको प्रहरीले जनाएको छ।, भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर खेलमैदान नजिकै परियारमाथि छुरी प्रहार भएको थियो।, हतियार प्रहारबाट गम्भीर घाइते भएका परियारलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। चिकित्सकहरूल उनको मृत्यु भइसकेको बताएका थिए।, उनको शव भरतपुर अस्पतालमा राखिएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले परियारमाथि हतियार प्रहार गर्ने समूहको खोजि भइरहेको सेतोपाटीलाई बताए।, उनलाई आक्रमण गर्ने समूहको पहिचान भइसकेको छैन।, परियार गत वर्ष चितवन कारागारमा कैद सजाय भोगेर छुटेको बताइएको छ। उनी नेपाली कांग्रेसनिकट थिए।, चितवनमा युवकको हत्या
सेतोपाटी संवाददाता क्युबाको हवानास्थित होटल साराटोगामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।, विस्फोटपछि भग्नावशेषमा दर्जनभन्दा बढी मानिस अझै बेपत्ता छन्। भग्नावशेषमा उनीहरूको खोजी भइरहेको छ। , हवानाको प्रतिष्ठित होटल साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिएको जनाइएको छ। घटनामा परेर ८१ जना घाइते भएका छन्।, मृत्यु र बेपत्ता हुनेमध्ये अधिकांश होटलमा काम गरिरहेका व्यक्ति थिए। त्यस्तै विस्फोटमा परेर होटलमा नबसेका एक पर्यटकको मृत्यु भएको छ भने अरू दुई घाइते भएका छन्।, शुक्रबार होटलमा ग्यास लिक भएपछि विस्फोट भएको थियो।, ९६ कोठाको यो होटल १९ औं शताब्दीको संरचना हो। कोरोना महामारीका कारण दुई वर्ष बन्द भएको होटलमा हाल मर्मतसम्भारको काम भइरहेकाले होटलमा पाहुना भने थिएनन्। मर्मत सकेर आगामी मंगलबारदेखि होटल पुनः खोल्ने तयारी थियो।,  , क्युबाको होटल विस्फोटमा मृत्यु हुनेको संख्या २७ पुग्यो, उद्धार जारी
सेतोपाटी संवाददाता लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ।, राँगोले हानेर गम्भीर घाइते उनको सुरूमा जिल्ला अस्पतालमा उपचार गरिएको थियो।, त्यसपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।, थप घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर मारेको छ।, सो राँगोले केही दिनअघिबाटै बिरामीजस्तो देखिएको थियो।, आफैँले पालेको राँगोले केही नगर्ला भनेर घरधनीले राँगा समात्न खोज्दा सो घटना हुन पुगेको स्थानीयको भनाइ छ।, घरधनी मार्ने राँगालाई प्रहरीले हान्यो गोली
रासस सुक्खा मौसम सुरू भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएको छ। जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो।, उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरू भएको ईश्वरपुर नगरपालिका– १२ का बासिन्दा रामबाबु थिङले गुनासो गरे। उनका अनुसार धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरूले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेको भए पनि अहिले ती कुवा पनि सुक्न थालेपछि खानेपानीको समस्या भएको हो।, ईश्वरपुर–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालिञ्जोर तथा लालबन्दी नगरपालिका–१५ का धुसेनी, देउराली, तिनघरे, वडा नं १२, १३ र १४ का अधिकांश बस्तीका साथै हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ।, जिल्लाको कर्णाली भनेर चिनिने यी स्थानका बस्तीमा अरू समयमा पनि सहजै शुद्ध पिउने पानी पाउन समस्या हुने गरेको भए पनि सुक्खा मौसम सुरू भएपछि खानेपानीको थप समस्या देखिएको इश्वरपुर–१२ की जानकी माया विकले बताइन्।  जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै खानेपानीको समस्या सुरु हुन्ने गर्छ।, स्थानीय सरकारलाई यो विषयमा जानकारी भएको भए पनि समस्या समाधान गर्न स्थानीय सरकार लागि नपरेको ईश्वरपुर–१२ का जीवन तामाङले बताए।, यसवर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका स्रोत चाँडो सुक्न थालेका प्राविधिकले बताएका छन्। हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रका अरु बस्ती भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोला लगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भए पनि त्यो समस्या समाधान गर्न स्थानीय सरकार लागि नपर्दा सो क्षेत्रका सयौँ बस्तीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीय युवा तेज तामाङले बताए।, उनका अनुसार एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन्। ‘गाउँका सयौँ घरधुरीका लागि अहिले खानेपानीको जोहो गर्न निकै समस्या हुने गरेको हो। ‘गाउँमा एउटा मात्रै कुवा छ, त्यही कुवामा पनि हिजोआज रातभर जम्मा भएको पानीले दुई-चार घरलाईसमेत पुग्दैन’, लालबन्दी–१४ नारायणखोलाका जीतबहादुर रानाले भने।, फागुन/चैत, वैशाख र जेठमा चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको लालबन्दी–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गरे। खानेपानीको अभाव टार्न दुई वर्षअघि बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पुर्‍याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीको भनाइ छ।, सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या
सेतोपाटी संवाददाता सुन्धारास्थित सिटिसी मल लिलाम हुने भएको छ। कर्मचारी सञ्चय कोषले सोमबार सूचना जारी गर्दै ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गर्ने जनाएको हो।, सिभिल इस्टेट्स प्रालिले कोषबाट लिएको ऋण नतिरेकाले लिलामी गर्न लागेको हो।, आजदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ।, सिटिसी मलमा  घरजग्गा व्यवसायी इच्छाराज तामाङको लगानी छ। गत मंसिरमा कर्मचारी सञ्चय कोषले पनि तामाङसहित तीन जनाको नाममा सार्वजनिक सूचना जारी गरेको थियो।, कोषले ऋणको साँवा-ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, त्यसका सञ्चालक तामाङ, उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको थियो।, कोषका अनुसार ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा राखिएको थियो।, सिभिल सहकारीका निक्षेपकर्ता  ठगी गरेको अभियोगमा तामाङलाई गत असोजमा प्रहरीले पक्राउ गरेको थियो।, लिलाम हुने भयो सिटिसी मल