content
stringlengths
20
64.1k
रासस चितवनको खैरहनीमा कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ।, कालिका नगरपालिका वडा नम्बर ४ घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय विश्वास गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाँडीमा बुधबार भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।, लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार चालक प्रहरीको नियन्त्रणमा छन्।, कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एक युवाको मृत्यु
सेतोपाटी संवाददाता प्रहरीले एक सय ९७ तोला २८ लाल चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैंडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन्।, कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो।, उनको साथबाट दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।, विकको साथबाट प्रदेश ०३–००२ प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए।, पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ।  , एक सय ९७ तोला चाँदीसहित एक पक्राउ
नवीनबाबु गुरूङ मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइएको छ।, शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएको थियो। पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी  परिवार तथा आफन्तजनलाई जिम्मा लगाइएको हो। कोहीले शव लगिसकेका छन् भने कोही लैजाने तयारी छन्। शव अन्त्येष्टि गर्न परिवारको जिम्मा लगाइएको हो।, तामाङ समुदायका सात जनाको उक्त दुर्घटनामा ज्यान गएको थियो। उनीहरूको शव अन्त्येष्टिका लागि स्वयम्भू लगिएको छ।, आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज थासाङ २ सानुसरेमा दुर्घटनामा परेको थियो।, दुर्घटनामा परेको जहाज सोमबार बिहान मात्र फेला परेको थियो। यार्सागुम्बा खोज्न गएकाहरूले जहाज देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए।, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको थियो। चालक दलका ३ सदस्यसहित विमान दुर्घटनामा परेर २२ जनाको निधन भएको थियो।, यो पनि:, आमा-बुवा, काका-काकी र मामा-माइजुलाई मुक्तिनाथ दर्शन गराउन लैजाँदै थिए राजन गोले, तस्बिरहरू:, जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइयो (तस्बिरहरू)
सेतोपाटी संवाददाता सिराहामा प्रहरीले इनारभित्र एक युवकको शव फेला पारेको छ। , सिराहाको गोलबजार नगरपालिका-२ टुर्कियाका ४८ वर्षीय ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। , प्रहरीका अनुसार श्रीमतीलाई औषधि लिन जाने क्रममा उनी बुधबार साँझबाट हराएका थिए। हराएका साहको शव गाउँ नजिकैको इनारभित्र फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।  , 'औषधि लिएर तुरून्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि घर फर्किएनन्। पछि खोजतलास गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ।, शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।,  , सिराहामा इनारभित्र पुरूषको शव फेला
सेतोपाटी संवाददाता रूपन्देहीको सैनामैना झिमझिमियामा घाइते अवस्थामा फेला परेको चितुवाको बिहीबार मृत्यु भएको छ।, केही दिनयता सैनामैनाको सालझण्डी, रामापुर लगायतका क्षेत्रमा डुलिरहेको चितुवा बिहीबार सख्त घाइते अवस्थामा फेला परेको थियो।, इलाका प्रहरी कार्यालय सैनामैनाका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार उक्त चितुवा बिहीबार बिहान सैनामैना-१० झिमझिमियामा फेला परेको थियो।, मौवाको रूखमुनि पल्टिएको अवस्थामा चितुवा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, प्रहरी टोली घटनास्थल पुग्दा चितुवाको घाँटीमा फलामको तार बेरिएको र तारले काटिएर घाँटीमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो।, प्रहरी टोली पुगेपछि उक्त चितुवाको घटनास्थलमै मृत्यु भएको र थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भैरहवामा पठाइएको कञ्चन सव डिभिजन वन कार्यालयका प्रमुख धनिश्वर न्यौपानेले जानकारी दिए।, यसअघि बिहान घाइते अवस्थामा फेला परेको चितुवालाई नजिकै गएर हेर्न खोज्दा स्थानीय सैनामैना-१० बेतहनीका ५५ वर्षीय रामकृष्ण थारूलाई आक्रमण गरी घाइते बनाएको थियो।, गाउँमै आएर पल्टिएको चितुवालाई नजिकै गएर हेर्न खोज्दा चिथोरेर थारूलाई सामान्य घाइते बनाएको प्रहरी निरीक्षक मरासिनीले बताए।, पछिल्लो केही दिनयता सैनामैना र कञ्चन सामुदायिक तथा राष्ट्रिय वन आसपासको क्षेत्रमा चितुवा डुलिरहेको भेटिएपछि प्रहरीले बालबालिकाहरूलाई एक्लै हिँड्डुल नगर्न र अन्य व्यक्तिहरू समेत साँझ बिहानको समयमा हिँड्डुल गर्दा सतर्क रहन सूचना जारी गर्दै आएको थियो।, सव-डिभिजन वन कार्यलय कञ्चनका प्रमुख न्यौपानेका अनुसार उक्त चितुवा अन्दाजी १० देखि १२ वर्ष उमेरको हो।, चितुवाको शरीरमा लागेको चोट र उसको अवस्थालाई हेर्दा जंगलमा कसैले राखेको पासोमा परी घाइते भएको हुनसक्ने आकलन गरिएको छ।, रूपन्देहीमा घाइते फेला परेको चितुवाको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंका मेयर बालेन शाहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएका छन्।  , काठमाडौंको मेयरमा निर्वाचित भएपछि पनि बालेनले र्‍याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए। , उनले बालेन कार्यालयको काममा निकै व्यस्त भएता पनि शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएको बताए।  , ‘बालेन मेयरका रूपमा निकै व्यस्त हुनुहुन्छ’ उनले भने, ‘आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर शोमाको जजको भूमिका निर्वाह गर्नुभएको छ। उहाँ मेयर भइकन पनि एउटा एपिसोड छाँयाकन गरिएको प्रसारण गरिसकेको बताए।’, बालेनको व्यस्ततालाई ख्याल गर्दै सुटिङको समय सजिलो हुने गरी निर्धारण गरिएको उनले बताए। , उनले कार्यक्रमको एग्रिमेन्टअनुसार नै बालेन निर्णायकको रूपमा निरन्तरता भएको बताए। , शोको निर्णायक मण्डलमा मानस घले र गिरीश खतिवडा दुई र्‍यापर समेत छन्। ग्रान्ड फिनाले असार १४ गते हुने खड्काले बताए। , काठमाडौंका मेयर बालेन शाहलाई १८ प्रश्न (अन्तर्वार्ता), मेयर बालेनले रियालिटी शो 'नेपहपको श्रीपेच' नछोड्ने
सेतोपाटी संवाददाता निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। , ‘हामीले एक साताका लागि पोखरा-जोमसोमको उडान बन्द गर्ने निर्णय गरेका छौं’, तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले ,सेतोपाटी,सँग भने,‘एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गरिएको छ।’, यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन्। काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्ता बर्तौलाले जानकारी दिए।, उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएका हुन्। , यसैबीच जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने बताएको छ। , मौसम विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरूट फोरकास्ट’ गर्न नसक्ने बताएको हो ।, यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले स्पष्ट पारेको छ।, विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ। तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।, ‘आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने छ’, विभागको सूचनामा उल्लेख छ।, सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरूट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ।, तर, त्यस्तो सूचना कसले दिने भन्नेबारे अन्योल छ । सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएका छन्।, आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ यात्रुको ज्यान गएको थियो। , तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने
सेतोपाटी संवाददाता दोलखामा प्रहरीले नदी किनारमा एक पुरूषको शव फेला पारेको छ। , तामाकोसी गाउँपालिका-५ किर्नेटार स्थित तामाकोसी किनारमा बिहीबार पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए। , उनका अनुसार तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।, फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।, घटनास्थलमा प्रहरीले अनुसन्धान गरी मृतकको शव चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखेको  केसीले जानकारी बताए।, उनले शव पूरै सडेको अवस्थामा फेला परेको र व्यक्तिको पहिचान नभएको बताए।, जिल्ला प्रहरी कार्यालयले कोही व्यक्ति हराएको भए प्रहरीमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।, तामाकोसी किनारमा भेटियो पुरूषको शव, पहिचान खुल्न बाँकी
नारायण ढुंगाना गत वर्षको भिषण वर्षासँगै सिन्धुपाल्चोकको हेलम्बुका पहाड खसेर आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेकी मेलम्ची नगरपालिका–११ की मैया दुलाललाई वर्षा सुरू हुनै लागेकाले फेरि चिन्ता बढेको छ। उही पुरानै शैलीमा मेलम्ची उर्लिने पो हो कि भने चिन्ता उनलाई छ।, आकासमा कालो बादल देख्नासाथ उनलाई त्यही त्रासदीपूर्ण दिनको भयले सताउँछ। त्यस बाढीले उनको घरको दुई तलासम्म पुरिदिएको थियो।, क्षणभरमै आएको बाढीले घर सम्पत्तिको नामोनिसानै मेटाइदिएको हेलम्बु गाउँपालिका–२ गणेशबगरका स्थानीय राम तामाङको चिन्ता पनि उस्तै छ। त्यस गाउँका ४५ परिवार क्षणभरको बाढीले घरबारविहीन भए।, उनीहरू मात्रै होइन हेलम्बु र मेलम्चीका हजारौं परिवार कतिबेला मेलम्चीमा बाढी आउने हो र विगत झैं विलखबन्दमा परिने हो चिन्तामा छन्। विगतको पीडादायी यादमा रात बिताउँदै छन् उनीहरू।, गत वर्षको असार १ गते त्यसरी भिषण बाढी आउला भन्ने कसैले कल्पना गरेको थिएन। दिनभरिजसो चहकिलो घाम लागेको त्यस साँझदेखि पर्न थालेको अबिरल वर्षासँगै मेलम्ची नदीमा उर्लिएको भेलले हेलम्बु र मेलम्चीबासीका धेरै सपना उडाएको थियो। कैयौंका थातथलो मेलम्ची नदीको बगरभित्रै बिलाए। बास उठेपछि सबैको चिल्लीबिल्ली भयो। राम्ररी भौतिक संरचना नबनेको र खोलालाई व्यवस्थित गर्न नसकिएकाले गत वर्षको घटना दोहोरिने हो कि भन्ने चिन्ता अहिले पनि कायमै छ।, विपद् व्यवस्थापन विज्ञका अनुसार जल तथा मौसम विज्ञान विभागको बढी पानी पर्ने आकलनसँगै नेपालको भू-बनोट, विगतमा आएका ठूला-ठूला बाढी, पहिराले पुर्‍याएको असर तथा जलवायु परिवर्तनका कारण नचिताएको ठाउँमा हुने गरेका आकस्मिक रूपका अतिवृष्टि लगायतका कारण यो वर्षको मनसुनी समय पनि सकारात्मक देखिएको छैन।, तीनै तहको सरकार नीति क्षेत्र तथा स्थानीय समुदायको प्रभावकारी समन्वय, आवश्यक प्रतिकार्य योजना, समयमै सूचना प्रवाह, स्थानीय समुदायमा भरपर्दाे सूचना र जानकारी तथा आवश्यक पूर्वतयारीका सामग्री र राहत, उद्धार तथा पुनःस्थापनका लागि चाहिने बन्दोवस्तीका सामान बेलैमा जोहो गर्नुपर्नेमा विज्ञहरूले सुझाएका छन्। , यसपालि मनसुन अगावै जमिन गल्ने गरी पानी परिसकेकाले केही हप्तामै नेपाल प्रवेश गर्ने मनसुनमा सामान्य पानी पर्नेबित्तिकै बाढीपहिरो जोखिम बढ्ने देखिन्छ।, मुलुकमा २०६८ सालयताको विपद्जन्य घटनाबाट भएको मानवीय क्षतिको विवरण हेर्दा गएको दुई वर्ष बाढी, पहिरो र त्यसबाट निम्तिएको अकल्पनीय विपत्तीको स्थिति सामान्य छैन। , विपद्जन्य घटनाबाट भएका वि.सं २०७७ मा ५९१ र २०७८ मा ४९० जनाको मृत्यु भएको थियो।, वि.सं २०६८ देखियताको तथ्यांकमा मृत्य ४५० नाघेको थिएन। विसं २०६६, विसं २०७१, विसं २०७३ र विसं २०७४ मा मृतक सङ्ख्या ४०० नाघे पनि अन्य वर्ष त्यसभन्दा तलै थियो। तर पछिल्लो दुई वर्षमा ह्यात्तै बढेको पाइन्छ। , यस वर्षको मनसुन (जेठ १८–असोज १४) को समयमा पनि औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरिएको छ।, नेपाल सरकारको मनसुुन प्रतिकार्य योजनामा यस वर्ष प्राकृतिक विपदबाट १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।, नेपालको पश्चिम तराई केन्द्रित वर्षा हुने र त्यसले बाढी, पहिरो र डुबानको समस्या बढाउने र विनाश निम्त्याउन सक्ने विपद व्यवस्थापन विज्ञहरूको चेतावनी छ।, विपद व्यवस्थापनविज्ञ डा कृष्णचन्द्र देवकोटा औसतभन्दा बढी पानी पर्छ भन्ने बित्तिकै हामीकहाँ बाढीपहिराको समस्या त्यसै बढ्ने बताउँछन्। उनका अनुसार केही वर्षको तथ्यांक हेर्दा केन्द्रिकृत वर्षा बढी भएको छ। , उनले विगतमा डाँडापाखामा सहज निकास हुनेमा अहिले सडक खन्दा पानी जाने प्राकृतिक बाटो खलबलिएर सडकबाट पानी गई कुनै ठाउँमा जम्मा हुने र त्यसले विस्तारै जमिनलाई कमजोर बनाएर पहिरो खसाउने गरेको बताउँछन्।, विज्ञका अनुसार २४ घण्टामा १४२ मिलिमिटर पानी पर्‍यो भने पहिरो जाने प्रक्षेपण छ। तर त्यो पानी ५/१० घण्टामा पर्‍यो भने झन् बढी जोखिम हुन्छ। विगतका हेलम्बु लगायतका केही क्षेत्रका घटनाले त्यस्तै अतिवृष्टि गराएको छ। यसपालि तराई केन्द्रित वर्षा हुने आकलन भएकाले चुरे पर्वतको जोखिम बढेर गएको र त्यहाँबाट गेगर र लेदो बढी तल्लो तहमा जानसक्छ। , यस्तो बेला यस्तो अवस्थामा नागरिक पनि आफैं सचेत हुनुपर्छ भने विपद व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, गृहको आपतकालीन कार्य सञ्चालन केन्द्रको सूचनाहरू नियमित ध्यान दिनुपर्छ, त्यही आधारमा क्रियाकलाप गर्नुपर्ने हुन्छ।, पानी आएर डुबान हुनसक्छ भन्ने सूचना प्राप्त भयो भने जलमग्न नहुने ठाउँमा स्थानान्तरण हुन सकिन्छ। उनका अनुसार स्थानीयले झपपट झोला तयारीमा राख्नुपर्‍यो, त्यसमा केही दिनलाई पुग्ने खानेकुरा, आवश्यक कागजातहरू राख्नुपर्छ। , प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सोहीअनुसारको प्रदेश तथा राष्ट्रिय प्रतिकार्य योजनाको तयारी भइसकेको बताउँछन्। विगतको प्रतिकार्य योजनाको मूल्यांकन र विश्लेषण समेत गरेर योजना बनाइएको प्राधिकरणको दाबी छ। , विगतबाट पाठ सिक्न जरूरी , विगत दुई वर्षका विपत्तिका असर अहिले पनि बाँकी नै छ। मनाङलगायत जिल्लामा बितन्डा निम्त्याइरहेका बेला प्रकृतिले हेलम्बुका पहाड खसाल्यो र मेलम्ची बजारसहितका तल्लो भेग छिनभरमै तहसनहस बनायो। मेलम्चीमा हजारौं टन गेगर थुप्रिएर बसेको छ। विगतमा पहिरो खसेको ठाउँ जोखिमयुक्त छ। सानो पानी पर्दा नै बगाएर लैजाने त्रास छ। विगतका विपत्तिका घटनाले नसोचेको परिणामहरू दिएको छ। , वि.सं २०७८ मा आकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भई अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो। नेपालीको महान चाड दसैंको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए। मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने अनुमान नभएका बेला असोज ३१ गतेदेखि मुलुकका विभिन्न जिल्लामा भारी वर्षाले थन्क्याउन ठिक्क परेको धानबालीमा ठूलो क्षति गरायो। कातिक १, २, ३ गतेको विपद्ले १०१ जनाले ज्यान गुमाए भने ४१ जना बेपत्ता भए। झण्डै २० जिल्लामा भौतिक संरचना, सडक, पुल, विद्युत्, टेलिफोन सेवा नराम्ररी प्रभावित भएको छ।, यस्तै, वि.सं २०७७ को जुगल, पर्वत, म्याग्दी लगायतका क्षेत्रमा ओइरिएको भेल, पहिरो नचिताएका घटना हुन्।, जलवायु परिवर्तन विज्ञ तथा नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा. ङमिन्द्र दाहाल भन्छन्, ‘जलवायु परिवर्तनको असरका कारण कतिबेला के हुन्छ थाहा हुन्न, मौसममा अदलीबदली चाहिँ डरलाग्दो हिसाबले भइरहेको छ।’, नेपालमा हिमाली क्षेत्र माथिबाट आएको पहिरो र त्यसपछिको बाढीले तहसनहस बनाइरहेका बेला तराईमा डुबानका साथै ठूला नदीले धार परिवर्तन गर्न खोज्नु अर्काे चुनौतीको विषय बनेको छ।, यस्तो छ वर्षाको अनुमान, जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन सार्वजनिक गरिसकेको सन्दर्भमा अझै चनाखो हुनुपर्ने देखिएको छ।, विभागले प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने बताएको छ। ती क्षेत्रहरूमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ।, यही जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आकलन सार्वजनिक गरेको हो।, विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भू-भाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भू-भाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदूरपश्चिमका उत्तरी भू-भागमा सरदरभन्दा बढी वर्षा हुनेछ। , सुदूरपश्चिमको पूर्वी भूभाग,कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ।, यस्तै, गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ।, विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षको मनसुनका अवधिमा जम्मा छ वटा मौसम प्रणाली मात्रै सक्रिय भएकामा यस पटक भने धेरैजसो क्षेत्रमा सक्रिय हुने आकलन गरिएकाले पूर्वतयारी र प्रतिकार्य योजना बनाउन जरूरी रहेको औंल्याए। , एघार वर्षलाई फर्केर हेर्दा, विसं २०६८ देखि २०७८ सम्मको ११ वर्षको विपद्जन्य घटनाको तथ्याङ्क हेर्दा भयानक परिदृष्य देखिएको छ। विपदका घटनामा समेत परिवर्तन हुँदै अकल्पनीय घटनाहरू निम्तिएका छन्। एघार वर्षको अवधिमा विपदका २८ हजार २८३ विपदजन्य घटना भएको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छ। , प्राप्त विवरणानुसार उक्त अवधिमा चार हजार ५४६ को मृत्यु भएको छ भने ८२३ बेपत्ता भए।, कुल नौ हजार १९४ घाइते भएका छन्। ती घटनाहरूबाट १२ हजार ४६१ परिवार प्रभावित भएका र ४१ अर्ब बढीको आर्थिक क्षति भएको छ । त्यसमा सबैभन्दा बढी मानवीय क्षति पहिरोले गराएको छ। पछिल्लो ११ वर्षमा २ हजार २६५ पहिरोमा परेर एक हजार ३८७ को मृत्यु भएको छ। , विपदजन्य घटनाहरूमा सबभन्दा बढी मानवीय क्षति पहिराले गराएको छ।, दोस्रोमा चट्याङले एक हजार ५५ जनाको ज्यान लिएको छ। बाढीले ८५७ र आगलागीबाट ८०२ को अकालमा ज्यान गएको छ। वि.सं २०६८ देखि २०७८ सम्म विभिन्न विपदजन्य घटनामा परेर ८८३ बेपत्ता भएका छन्। सबभन्दा बढी बाढीले ५४८ जना बेपत्ता बनायो। पहिरोमा परेर ३३० जना हराएका छन्। , वि.सं २०७८ मा बढीबाट ६३ र पहिरोबाट १८२ सहित ४९० को मृत्यु भएको छ। बाढीबाट ३४ र पहिराबाट ३३ सहित ७० जना बेपत्ता भएका छन्। वि.सं २०७७ मा बढीबाट ४२ र पहिरोबाट ३०१ सहित ५९१ को मृत्यु भएको छ।, यस्तै, बढीबाट ३७ र पहिरोबाट ६४ सहित १०१ जना बेपत्ता भएका तथ्याङ्क प्राधिकरणमा छ।, बजेटमा विपद्, यसपालिको बजेटमा नेपालको भूबनोट र जलवायु परिवर्तनका कारणबाट सिर्जित प्रतिकूल प्रभावको असरलाई न्यूनीकरण गर्दै विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा जोड दिइएको छ।, पूर्वाधार निर्माणका ठूला आयोजनामा विपद् जोखिम न्यूनीकरण गर्न जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका उपाय अवलम्बन गरिने तथा बजेटमा विपद जोखिम न्यूनीकरण गर्न बहुप्रकोपीय पूर्व चेतावनी राष्ट्रिय प्रणाली र बहुप्रकोपीय जोखिम आकलन प्रणाली स्थापना गर्ने योजना अघि सारिएको छ।, सरकारले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका लागि रु एक अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ।, प्रभावितको राहत र उद्धारलाई प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका लागि स्रोतको व्यवस्थापन गरिने, सरकारले विपद्को पूर्वतयारी, खोज, उद्धार, राहत तथा पुनःस्थापना गर्न स्थानीयको सहभागिताका बढाउन स्वयंसेवक परिचालनसमेत गर्ने कुरा पनि बजेटमा समावेश छ। , यस्तै हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन गर्ने, हिममौसमी प्रणालीलाई निरन्तर अनुमगन गर्न हाल सञ्चालित नौ हिमकेन्द्रलाई पूर्ण स्वचालित रियल टाइम प्रणालीमा स्तरोन्नति गर्ने, हिमतालहरूको सतह घटाउने लगायतका कार्यक्रम बजेटमा आएको छ। रासस, विपद्को भयले त्रसित मनहरू
रासस चाँगुनारायण नगरपालिकाले नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ।, नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शखामार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो। , नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको जानकारी दिँदै नगर प्रमुख खत्रीले रक्तदातालाई प्रोत्साहन गर्न नगरपालिकाले रक्तदातालाई दिँदै आएको रु ५० लाई वृद्धि गरी १०० रुपैयाँ दिने निर्णयसमेत गरेको जानकारी दिए।, त्यस्तै, नगरपालिकामा राजश्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरिएको छ।, चाँगुनारायणले नगरबासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने
सेतोपाटी संवाददाता पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका कन्सल्टेन्सीले वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम ठगी गर्ने गरेको पाइएको वैदेशिक रोजगार विभागले बताएको छ।, कन्सल्टेन्सीहरूले रोजगारमा पठाइदिने भन्दै लाखौं रूपैयाँ असुली गरी सञ्चालक फरार हुने गरेका उजुरी बढेको विभागले बताएको हो। , विभागले हालै इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रा.लि. र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि.ले १४४ जनाबाट साढे ४ करोड रूपैयाँ उठाएपछि वैदेशिक रोजगार न्यायाधिकरणका मुद्दा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताए।, पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये हाल ३ वटाको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको बताए।, एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगत सहित पछिल्लो एक महिनामा ४ करोड ९३ लाख रूपैयाँ दाबी र सोको हर्जनासहित सात करोड रूपैयाँका बराबरको मुद्दा दायर गरिएको छ।, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशिलता नीति अपनाउने बताए।, सचिव एकनारायण अर्याल सहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताए।, वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै पाँच करोड ठगी
सेतोपाटी संवाददाता सरकारले ल्याएको केन्द्रीय बजेटमा दलित र सिमान्तकृत समुदायलाई नसमेटिएको सरोकारवालाहरूले बताएका छन्। जागरण मिडिया सेन्टरले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन्।, सरकारले ल्याएको बजेटमा सिमान्तकृत समुदाय र दलित समुदायलाई नसमेटिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्। उक्त समुदायको बारेमा बजेटमा प्रष्ट रूपमा केही नभएको उनीहरूको भनाइ हो। , संविधानमा भएका कुरालाई पनि वेवास्ता गरेर बजेट ल्याइएको दलित अधिकारकर्मी हिरा विश्वकर्माले बताए। उनका अनुसार सरकारले ल्याएको १८ खर्ब बजेटमा देशको जनसंख्याको १४ प्रतिशत रहेको दलित समुदायको कुनै हिस्सा देखिएको छैन। , अधिकारकर्मी विजय सुवेदीले भने अब प्रदेश र स्थानीयको बजेटमा भने उक्त समुदायलाई समेट्न सकिने बताए।, प्रतिनिधि सभा सदस्य गंगा चौधरीले उक्त समुदायको बजेटको बारेमा संसदमा सबैले आवाज उठाउनुपर्ने समेत बताइन्। उनले यसरी सरकारले ल्याएको बजेटमा उक्त समुदायको बारेमा नसमेटिएको दुःख व्यक्त गरिन्।, त्यस्तै, सांसद आशा विश्वकर्माले पनि दलित र सामाजिक सुरक्षाको बारेमा सदनमा बारम्बार कुराहरू उठाइरहेको दाबी गरिन्। कार्यक्रममा सांसद, अधिकारकर्मी लगायतले बजेटमा उक्त समुदायलाई नसमेटिएकोमा असन्तुष्टि जनाएका थिए।, केन्द्रीय बजेटमा दलित र सिमान्तकृत समुदायको बारेमा नसमेटिएको भन्दै सरोकारवालाको असन्तुष्टि
नारायण खड्का नेपालगञ्जमा सहमतिबाट मात्रै राजा वीरेन्द्रको शालिक स्थापना गर्न दलहरू सहमत भएका छन्।, जिल्ला प्रशासन कार्यालय बाँकेको आव्हानमा शुक्रबार दिउँसो भएको सर्वदलीय  बैठकले सबैको सहमतिमा मात्र सालिक राख्ने निर्णय भएको हो। , राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरूको उपस्थितिमा भएको बैठकले सामाजिक सद्‌भावमा खलल नआउने गरि नेपालगञ्ज उपमहानगरमा बसि निर्णय गरेर मात्रै पूर्व राजाको शालिक स्थापना गर्ने निर्णय गरेको हो। , नगरपालिकामा बसेर निर्णय गर्ने र कसैले पनि आफू खुसी यस्ता कामहरू  नगर्ने कुरामा दलहरूबीच सहमति भएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए । , दरबार हत्याकाण्ड भएको २१ वर्षपछि जेठ १९ गतेको अवसर पारेर राप्रपाका कार्यकर्ताले शुक्रबार बिहान साढे ८ बजेतिर नेपालगञ्जको वीरेन्द्र चोकमा राजा वीरेन्द्रको सालिक स्थापना गरेका थिए। , राप्रपाले कसैलाई नसोधी, सरसल्लाहसमेत नगरी वा नगरबाट निर्णय नै नगराई एकाएक राजा वीरेन्द्रको सालिक स्थापना गरेको भन्दै त्यसको विरोध भएको थियो। त्यसपछि प्रहरी प्रशासनले सालिक केही बेरमै हटाएको थियो। , प्रहरीले सालिक हटाएपछि आक्रोशित राप्रपाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए। उनीहरूले नजिकै रहेको सहिद सेतु विकको सालिकमासमेत तोडफोड गरेका थिए। , प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हान्नुका साथै चार राउन्ड हवाइ फायरसमेत गरेको थियो। , राप्रपाका कार्यकर्ताको ढुंगा प्रहारबाट नौ जना प्रहरी सामान्य घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ। , त्यस्तै उग्रता पर्दशन गर्ने र सालिक तोडफोडमा संलग्न रहेको भन्दै चार जनालाई प्रहरीले नियन्त्रणमा लिइएको डिएसपी न्यौंपानेले ,सेतोपाटी,लाई बताए।, सहमतिबाट मात्रै नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक स्थापना गर्न दलहरू सहमत
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले सरूवा-बढुवा हुन भ्रातृ संगठनका नेता भेट्ने प्रहरीहरूको रेकर्ड राख्न थालेको बताएका छन्। , बिहीबार महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कतिपय मिडियामा यस्ता कुराहरू आएपछि त्यसबारे सत्यता बुझ्नपर्ने उनले बताए। , ‘कोही भ्रातृ संगठनका मानिससँग नजिकिएर सरूवा/बढुवा भएको भन्ने विभिन्न मिडियामा चाहिँ आउँछन्। सत्यता कति छ बुझ्नपर्ने छ,’ उनले भने।, राजनीतिक व्यक्तित्वसँग मात्रै नजिकिएर कुनै पनि प्रहरीले सरूवा/बढुवा नपाउने पनि उनले बताए। उनले त्यस्ता व्यक्तिहरूको रेकर्ड राख्ने बताएका हुन्।, ‘राजनीतिक सोर्स फोर्सले मात्रै त्यो व्यक्तिले सरूवा/बढुवा पाउँदैन। त्यस्ता व्यक्तिहरूको रेकर्ड हामीले राख्न सुरूआत गरेका छौं। जो अत्यन्त राजनीतिक व्यक्तित्वहरूसँग लाग्छ र कार्यदक्षता केही पनि छैन उनीहरूको रेकर्ड राख्न सुरू गरेका छौं,’ उनले भने।, उनले कुनै पनि सरूवा/बढुवाको विषय एउटा ब्याचीहरूबीच कार्यसम्पादन मूल्यांकनको आधारमा हुने गरेको पनि बताए। , ‘मेरिट बेसमा हुन्छ र त्यसमै गर्नुपर्छ। निजामतीमा जस्तो लेखेर ल्याउने हुँदैन। ब्याचभित्र उत्कृष्ट जो छ त्यही अगाडि आउँछ। कसैलाई टिपेर ल्याइँदैन। विभिन्न कार्यसम्पादन मूल्यांकनबाट पनि गरिएको हुन्छ। ब्याचीहरूबीच प्रतिष्पर्धा हुन्छ र उत्कृष्ट हुनेलाई वरीयतामा अगाडि ल्याइन्छ,’ उनले भने।,  , सरूवा/बढुवा हुन नेता भेट्ने प्रहरीको रेकर्ड राख्न थालेका छौं- आइजिपी सिंह
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडामा गाडीले ठक्कर दिँदा ड्युटीमा खटिएको प्रहरीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी हवल्दार कर्णाकर  भट्टको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।, ‘दुर्घटना भएको हो,’ उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ।’, बुधबार राति हवल्दार भट्टलाई ड्युटीमा रहेका बेला पहिचान नखुलेको गाडीले ठक्कर दिएको थियो।, प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। ,  , हेटौंडामा गाडीको ठक्करबाट ड्युटीमा रहेका हवल्दारको मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ५९५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ४१३ सय जनाको पिसिआर र एक हजार एक सय ८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०१ जना सक्रिय संक्रमित छन्।, बिहीबार ८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, थपिए १४ संक्रमित, निको भए ८ जना
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने विषयमा जाहेरी परे अनुसन्धान हुने बताएका छन्। , बिहीबार प्रहरी प्रधान कार्यालयमा कार्यकालको एक महिना पुगेको अवसरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले जाहेरी लिनुपर्ने बताएका छन्। जाहेरी आएपछि प्रहरीले अनुसन्धान गरेरमात्रै पक्राउ गर्ने/नगर्ने गर्नुपर्ने उनले बताए। , बुधबार सेतोपाटीमा प्रकाशित लेखमा कञ्चन न्यौपानेले आफूमाथि सामाजिक सञ्जालमार्फत् यातना दिएको उजुरी साइबर ब्युरोमा दिए पनि प्रहरीले दर्ता नगरेको उल्लेख गरेकी थिइन्। , त्यस विषयमा आज पत्रकार सम्मेलनमा कुरा उठेपछि आइजिपी सिंहले सामाजिक सञ्जालमार्फत् यातना दिएको उजुरी आए प्रहरीले दर्ता गर्नुपर्ने बताएका हुन्। , ‘मानसिक हिंसाको कुरा उठेको छ। त्यस्तो प्रहरीले मानसिक हिंसामा मात्रै होइन अन्य घटनाहरूमा पनि जाहेरीहरू नलिएको भन्ने गुनासोहरू आइनैरहन्छन्। म अन्य कार्यालयमा प्रमुख हुँदा पनि र अहिले पनि प्रहरीले जाहेरी लिएन भन्ने गुनासो आइरहेको पाएको छु ,’ उनले भने, ‘प्रहरीले जाहेरी लिनुपर्छ। साइबर ब्युरोले लिएन भने त्योभन्दा माथिल्लो निकाय काठमाडौं उपत्यका प्रहरी कार्यालयमा गएर पनि जाहेरी दिन सकिन्छ वा सिडिओ कार्यालयमा पनि दिन सकिन्छ।’, अहिलेको मुलुकी अपराध संहिताले बाध्यात्मक अवस्था सिर्जना गरेको भन्दै प्रहरीले जाहेरी नलिए हेडक्वार्टरबाटै निर्देशन दिइने बताए। , ‘अहिलेको अपराध संहिताले बाध्यात्मक अवस्था सिर्जना गरेको छ। त्यसैले जाहेरी लिनैपर्छ। पक्राउ गर्ने/नगर्ने भन्ने अनुसन्धानमा भर पर्छ। यदि कुनै त्यस्तो भएको छ भने हामी पुन: हेडक्वार्टरबाट निर्देशन गर्छौं,’ उनले भने।, यस्तै, महानिरीक्षक सिंहले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्नु पनि प्राथमिकतामा रहेको बताए।, यस घटनाको अनुसन्धान भइरहेको उनले बताएका छन्। , ‘हामीलाई सधैं खड्किने गरेको बाँकी रहेका जघन्य अपराधका अनुसन्धान जसमा निर्मला पन्तको पहिलोमा आउँछ। त्यो अनुसन्धान पनि मेरो प्राथमिकतामा रहनेछ,’ उनले भने, ‘अनुसन्धानमा प्रश्नहरू उठ्ने गरेका छन्। मेरो कार्यकालमा अत्यन्तै प्राथमिकतामा रहेको छ र त्यसमा काम पनि भइरहेको छ।’ , उनले स्थानीय निर्वाचन २०७९ को समीक्षा समेत गरे। चुनावको विरोधमा रहेका पार्टीहरू पनि मूलधारमा आएपछि चुनाव सम्पन्न गर्न सहज भएको पनि बताए। , त्यसैगरी महानिरीक्षक सिंहले संगठन प्रमुख फेरिँदैमा प्रहरीको प्राथमिकता नफेरिने बताए। , ‘संगठन प्रमुख फेरिनेबित्तिकै कसैको पनि प्राथमिकता फेरिन्न। प्राथमिकताहरू फेरियो भन्ने मिडियामा आउने कुराहरू मात्रै हुन्,’ उनले भने,‘अन्य कुनै पनि देशमा त्यस्तो हुन्न। जुन अगाडिका प्रमुखको थियो, मेरो पनि प्राथमिकता छ। प्रभावकारी कार्यान्वयनको मात्रै कमी छ। कार्यान्वयनलाई पनि प्रभावकारी बनाउँछु।’ , आइजिपी सिंहले भने- सामाजिक सञ्जालबाट मानसिक यातना दिने जाहेरी परे प्रहरीले दर्ता गर्नैपर्छ
प्रशन्न पोखरेल त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्रको मास्टर्स डिग्रीको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। , मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्।, बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्न दोहोर्‍याएको हो। प्रश्नपत्रमा ‘एक्स्प्लेन’ र ‘डिस्क्राइब’ भन्ने शब्द मात्रै तलमाथि गरिएको छ। , ६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा गरी १३ वटा प्रश्न सोधिएका हुन्छन्। ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेका छन्। , त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले प्रश्नपत्र दोहोरिएको स्वीकार गरे।, प्रश्नपत्र बैंकबाट छनौट गर्दा पुरानो प्रश्नपत्र परेको उनले बताए।, यसपालिको प्रश्नपत्र, पोहोरको प्रश्नपत्र, ‘हामीसँग प्रश्नपत्रको बैंक हुन्छ, त्यसबाट नयाँ र पुरानो मिसाएर प्रश्नपत्र तयार गरिन्छ,’ उनले भने, ‘परीक्षा हुनु केही दिनअघि प्रश्नपत्र बैंकबाट एउटा प्रश्नपत्र छनौट गरिन्छ। जुन प्रश्नपत्र आयो, त्यही छनौट गरेर छापिन्छ।’, प्रश्नपत्र बैंकमा पहिलेका वर्षमा भइसकेका परीक्षाका प्रश्नपत्र पनि रहने भएकोले यसपालि त्यही प्रश्नपत्र दोहोरिएको उनको दाबी छ।, ‘भूलवश यसपालि गत वर्षकै प्रश्नपत्र पर्‍यो। प्रश्नपत्र छनौट गर्ने व्यक्तिहरूलाई यो विषयमा सबै कुरा हेक्का भएन,’ उनले भने, ‘कोर्स बाहिरको प्रश्न परेको छैन, गत वर्षकै दोहोरिएको हो। प्रश्नहरू सामान्यत: दोहोरिरहने भए पनि यसपालि भने सेट नै दोहोरिएको हुँदा प्रश्न उठ्यो।’, परीक्षा सकिइसकेकाले अब स्थगित नहुने उनले बताए।, ‘क्यान्सिल हुने कुरा होइन। यो कत्तिको इस्यू हुने भन्ने कुरा हो। विदेशतिर प्राय: प्रश्नपत्र दोहोरिएका हुन्छन्,’ अधिकारीले भने, ‘एकै किसिमका प्रश्न भए भने मूल्यांकन प्रक्रिया अझै राम्रो हुन्छन्। तर त्रिविमा प्रश्नपत्र दोहोर्‍याउने चलन थिएन। मूल्यांकनभन्दा पनि पहिलेका प्रश्न अहिले आउन हुन्थ्यो कि हुन्नथ्यो भन्ने मात्र हो।’, पोहोरकै प्रश्न सोधेर मास्टर्सको परीक्षा लियो टियूले
सेतोपाटी संवाददाता प्रहरीले विराटनगरबाट ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित भारतीय ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ। , मोरङ विराटनगर महानगरपालिका-४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्र्याक्टरसहित सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। , प्रहरीले भारत जोगवनी-१० टिकुलीया बस्ने ३४ वर्षीय श्याम चौधरीलाई ट्र्याक्टरसहित नियन्त्रणमा लिएको हो। , प्रहरीका अनुसार उक्त ट्र्याक्टरमा मोटरपार्ट्स, छाला, मेसिन पार्ट्स र कपडा लगायतका सामान थिए।, प्रहरीले उक्त सामानको मूल्य ४० लाख बराबरको भएको जनाएको छ। , प्रहरीले उक्त सामान अवैध रूपले राजश्व छलेर विराटनगरबाट इटहरीतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।, प्रहरीले आवश्यक कारबाहीको लागि ट्र्याक्टर चालकसहित सामान राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाएको छ।  ,  , विराटनगरबाट ४० लाख बराबरको अवैध सामानसहित भारतीय ट्र्याक्टर नियन्त्रणमा
राजेश घिमिरे गत वैशाखमा एक जना १७ वर्षीया बालिका आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय पुगिन्। उनले आफूमाथि भएको घटना बेलिबिस्तार लगाएर जाहेरी लेखिन्। कार्यालयमा दर्ता गरिन्।, तर केही दिनपछि उनै बालिका त्यही कार्यालय पुगेर भन्न थालिन् ‘मलाई कसैले केही गरेको छैन। मैले दिएको जाहेरी फिर्ता लिइदिनुपर्‍यो।’, उनले जबरजस्ती करणीको आरोप लगाएर दिएको लिखित जाहेरी मौखिक रूपमा गरेको आग्रहबाट फिर्ता त भएन, तर उनको त्यो आग्रह उनैले दर्ता गरेको मुद्दालाई कमजोर बनाउने कडी भने बन्यो।, जिल्ला प्रहरी कार्यालयका एक जना अधिकारी भन्छन्, ‘ममाथि एक जना युवकले पटक–पटक बलात्कार गरे भन्दै बालिकाले घटना सुनाएपछि जाहेरी दर्ता गरियो। तर अनुसन्धान सुरू गर्दैगर्दा ती बालिका नै केही भएको छैन मुद्दा फिर्ता लिइदिनुपर्‍यो भनेर आइन्। तर पनि बलात्कारजस्तो जघन्य अपराधमा दर्ता भएको मुद्दा प्रहरीले फिर्ता लिने कुरा भएन।’ , उनले जुटाउन सकिएको जति प्रमाण जुटाएर अदालतमा पेस गरिएको बताए। ती युवकलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।, आर्थिक रूपले सम्पन्न परिवारको प्रलोभन र दबाबमा बालिकाको परिवार परिसकेको र यस्तो भयो भने मुद्दा कमजोर हुन सक्ने प्रहरी स्रोतले सेतोपाटीलाई बतायो।, त्यस्तै,अहिले पूर्वी चितवनमा आफ्नै भतिजीमाथि बलात्कार गरेको आरोप लागेका पुरूष पनि अहिले प्रहरीको नियन्त्रणमा छन्।, रत्ननगर–१० का ती पुरूषले आफूलाई बलात्कार गरेको बयान १५ वर्षीया बालिकाले प्रहरीसमक्ष दिएकी छन्।, छोरी हराएपछि आमाले खोजिदिन आग्रह गरेर प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्। खोज तलासका क्रममा भेटिएपछि बालिकाले ठूलो बुवाले गरेको दुर्व्यवहार सहन नसकेर भाग्नु परेको बताएकी थिइन्। त्यसपछि प्रहरीले ती पुरूषलाई नियन्त्रणमा लिएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, ‘यो घटना पनि अघिल्लो घटनाजस्तै कमजोर हुनेवाला छ,’ प्रहरी स्रोत भन्छ, ‘प्रहरीले अनुसन्धान गरिरहे पनि उनीहरू नै आपसमा मिले भने त मुद्दा कमजोर भइहाल्छ।’, यी दुवै घटनामा पिडित र उनको परिवारलाई पिडकले दबाव प्रभावमा पार्न सक्ने अनुमान भएपछि उनीहरूलाई राज्यले संरक्षण दिनुपर्ने हो।, तर चितवनका अधिकारकर्मीहरू यी र यस्तै घटनामा राज्यले पिडितलाई उचित संरक्षण दिन नसकेको बताउँछन्। , प्रहरी र सरकारी वकिलहरूले पिडित प्रभावमा पर्न सक्ने अवस्था देख्दा देख्दै उनीहरूको सुरक्षा गर्न असमर्थ भएका कारण पिडितले मुद्दा फिर्ता गर्न भन्ने, अदालतमा गएर बयान फेर्ने जस्ता काम गर्ने उनीहरूको भनाइ छ। , अधिवक्ता पवित्रा सुवेदी मुद्दाको चाप बढेसँगै ‘होस्टाइल’को क्रम पनि बढेको देखिएको बताउँछिन्। , ‘बलात्कारको मुद्दामा होस्टाइल हुँदा वास्तविक पीडितहरू थप जोखिममा पर्ने र अपराध बढ्ने खतरा बढेको छ,’ उनी भन्छिन्।, उनले आर्थिक प्रलोभनमा परेर, पीडकको धम्कीबाट पीडितले बयान फेर्ने गरेको बताइन्। यस्तो समस्या समाधानका लागि राज्यले पिडितको संरक्षणमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ। ,  , विद्यालयमा शिक्षक र विद्यार्थीलाई सचेतना शिक्षा, चितवनमा पछिल्ला पाँच महिनामा २१ जना बालिका बलात्कार पीडित बनेका छन्। त्यस्तै, नौ जना बाल यौन दुरूपयोगको सिकार भएका छन्।, गत चैतमामात्रै बाल यौन दुरूपयोगको अभियोगमा चितवनका चार जना शिक्षक पक्राउ परेका थिए। माडीको सोमेश्वर मावि, भरतपुर महानगरपालिकाका राष्ट्रिय मावि गंगानगर र सर्वोदय स्कुल शारदानगरका चार जना शिक्षकहरू आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए। , उनीहरू सबैलाई जिल्ला अदालतले सामान्य धरौटीमा रिहा गरेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अधिकारीका अनुसार बाल यौन दुरूपयोगको मुद्दाका दोषीलाई ३ वर्षसम्म कैद हुने कानुन छ। तर अधिकारकर्मीहरू पीडित र पीडकको सहमतिमा कानुनले तोकेभन्दा पनि कम सजाय हुने गरेको बताउँछन्। , इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीले बलात्कार तथा बाल यौन दुरूपयोगको मुद्दामा कडा सजाय हुनुपर्नेमा विभिन्न समूहको दबाबमा दुई पक्षका मिल्ने र मुद्दालाई कमजोर बनाउने काम भइरहेको बताए। , ‘यसो हुँदा अपराध गर्ने व्यक्तिलाई मलाई कानुनले केही गर्न सक्दैन भन्ने पर्छ र ऊ थप अपराधमा लाग्न सक्छ,’ उनी भन्छन्, ‘कानुनले तोकेको सजाय भयो भने मात्रै अपराधमा कमी आउन सक्छ।’  , बाल यौन दुरूपयोगका घटनामा शिक्षकहरू मुछिएका चितवनका विद्यालयहरूले त्यस्ता घटना अबका दिनमा हुन नदिन सजग बनेको बताएका छन्।, राष्ट्रिय मावि गंगानगरका प्रधानाध्यापक गणेशप्रसाद सुवेदीले घटनापछि विद्यालयले सबै शिक्षकहरूलाई सजग बनाएको बताए। , वडाध्यक्षसँग, व्यवस्थापन समितिसँग बैठक बसेर यस्ता घटना अबका दिनमा हुन नदिन आवश्यक कामहरू गर्ने निर्णय गरिएको र त्यहीअनुसार सबैलाई सचेत बनाइएको सुवेदीले बताए। , ‘अब आइन्दा विद्यार्थीमाथि दुर्व्यवहारका घटना नहोस् भनेर हामीले सबै शिक्षकलाई सजग बनाएका छौं। विद्यालयलाई बालमैत्री बनाउन सकेको प्रयास भइरहेको छ,’ सुवेदीले भने।, उनले आफ्नो विद्यालयका दुई जना शिक्षकहरू अदालतको तारेखमा छुटे पनि उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्नेगरी प्रयास भइरहेको बताए। , ‘उहाँहरू पछि यहीँ आउँदा अवस्था बिग्रन सक्छ भनेर हामीले सकेसम्म अन्यत्रै व्यवस्थापन होस् भनेका छौं,’ प्रधानाध्यापक सुवेदीले भने, ‘अहिले शान्त वातावरणमा पढाइ भइरहेको छ। यो अवस्थालाई नियमित बनाउन हामी पूर्ण सचेत छौं।’, विद्यार्थीमाथि दुर्व्यवहार गरेको अभियोग लागेका चितवनको माडीस्थित सोमेश्वर माविका शिक्षक पनि जिल्ला अदालतबाट धरौटीमा छुटेका छन्। , विद्यालयका प्रधानाध्यापक प्रेमलाल विश्वकर्माले आरोपित शिक्षकलाई विद्यालयमा पुनः आउने वातावरण नभएको बताए। , ‘उहाँको विषयमा फैसला भैसकेको छैन र उहाँ फेरि फर्किएर यही विद्यालयमा पढाउने वातावरण पनि छैन,’ प्रधानाध्यापक विश्वकर्माले भने।, उनले उक्त घटनाबाट पाठ सिक्दै आगामी दिनमा त्यस्ता घटना हुन नदिन विद्यालय सजग बनेको बताए। , अधिकारकर्मीका विभिन्न संस्थाले पनि विद्यालयमा आएर विद्यार्थी तथा शिक्षकहरूलाई सचेत बनाउने काम गरिरहेको बताए। , ‘हामीले पनि छात्राहरूलाई काउन्सिलिङ गर्ने, शिक्षकलाई विद्यार्थीहरूसँग कस्तो व्यवहार गर्ने, आफ्नो मर्यादामा कसरी बस्नेजस्ता विषयमा जानकारी गराउने प्रयास गरिरहेका छौं,’ उनले भने।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले बालबालिकालाई अपराध कर्ममा लाग्न नदिन र आफूमाथि आइपरेका समस्याहरूको जानकारी गराउन उत्प्रेरणा हुनेगरी काम गरिरहेको बताए।, ‘बालबालिकाकै लागि भनेर हामीले पाठ्य सामग्री नै तयार पारेर वितरण गर्‍यौं। भरतपुर महानगरपालिका भित्रका विद्यालयहरूमा यसको प्रभाव देखिन थालेको जानकारी हामीले पाएका छौं। अब यसलाई अन्य स्थानीय तहमा पनि पुर्‍याउँछौं,’ एसपी अधिकारीले भने। , उनले छिट्टै समीक्षा गोष्ठी राखेर उक्त पाठ्य सामग्रीलाई थप परिमार्जन गरी जिल्लाभर पुर्‍याउने बताए। , तत्कालका लागि कालिका र खैरहनी नगरपालिकाका विद्यालयमा पुर्‍याउन तयारी गरिरहेको उनले बताए।, एसपी अधिकारीले बालबालिकाहरू आफूलाई परेको समस्याको विषयमा खुल्न थाले भने दुर्व्यवहारका घटना कम हुने बताए।, किन कमजोर बन्दैछन् नाबालिक बलात्कार र बालयौन दुर्व्यवहारका मुद्दा?
सेतोपाटी संवाददाता दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित युवायुवती पक्राउ परेका छन्।, पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ का २४ वर्षीय पुजन राज कँवर र घोराही – १५ की २२ वर्षीया विष्णु बुढा मगर छन्।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार सोमबार राति करिब पौने दश बजेको समयमा उनीहरू घोराही– १७ चौघेराबाट पक्राउ परेका हुन्।, स्थानीय सुवास घर्तीमगरको घरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको ओसारपसार तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले कँवर र मगरका साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी रिजालले जानकारी दिए।, प्लाष्टिकमा बेरेर पाँच वटा पोकामा राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको र प्लाष्टिकसहित तौल गर्दा ७.८७० ग्राम र प्लाष्टिक हटाएर तौल गर्दा ६ ग्राम तौल पुगेको प्रहरीले बताएको छ।, पक्राउ परेकाहरूविरूद्ध म्याद थप भइ आवश्यक अनुसन्धान सुरू गरिएको डिएसपी रिजालले बताए।, दाङमा ६ ग्राम ब्राउन सुगरसहित युवायुवती पक्राउ
नवीनबाबु गुरूङ मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाको बाँकी शव ल्याइएको छ।, दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत् काठमाडौंको त्रिभुवन विमानस्थल ल्याइएको हो। त्यसपछि शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएको हो।, दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए।, आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।, सोमबार काठमाडौं ल्याएका १० शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो। शवहरू पोष्टमर्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ।, तस्बिरहरू:, दुर्घटना क्षेत्रबाट टिचिङ ल्याइयो बाँकी शव (तस्बिरहरू)
सेतोपाटी संवाददाता प्रधान सेनापति प्रभुराम शर्मा असार १३ गतेदेखि अमेरिका भ्रमणमा जाने भएका छन्।, अमेरिकाको औपचारिक निमन्त्रणामा उनी अमेरिका जान लागेको सेनाले जनाएको छ। उनी असार १७ गतेसम्म अमेरिकामा रहनेछन्।, भ्रमणले नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्वीपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने सेनाको विश्वास छ।, अमेरिका भ्रमण सुरू हुनुभन्दा पहिला प्रधान सेनापति शर्मा लेबनान र सिरिया जाने भएका छन्। त्यसका लागि उनी असार ४ गते त्यसतर्फ जाँदैछन्।, द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युनएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाबारे जानकारी हासिल गर्ने उद्देश्यका साथ लेबनान र सिरिया जान लागेको सेनाले जनाएको छ।, 'भ्रमणको दौरान, प्रधान सेनापति महारथी शर्मालगायतका भ्रमण टोलीले उक्त मिसनहरूको वस्तुस्थिति, अपरेशनले गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिनु भई उक्त राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ,' सेनाले भनेको छ, 'यस प्रकारको निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसलाअभिवृद्धि हुनुको साथै उच्च पदस्थ अधिकारीहरूसँगको भेटघाटबाट द्वीपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।', प्रधान सेनापति असार १३ गते अमेरिका जाने
रासस ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ।, ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो।,     , कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्यमा निर्वाचित बिराजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।, पक्राउ परेका बिराजीमाथि थप अनुसन्धान भइरहेको प्रनाउ क्षेत्रीले बताए। बिराजीलाई आजै जिल्ला अदालतमा पेस गरिने छ। , ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका वडा सदस्य पक्राउ
सेतोपाटी संवाददाता कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक मंगलबार धरौटीमा रिहा भए। , मगरले पक्राउ परेका युवकलाई फसाएको भन्दै सामाजिक सञ्जालमा विरोध र काठमाडौंको चाबहिलस्थित केएल टावरमा प्रदर्शनसमेत भएको थियो। पक्राउ पर्नेमा मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङ थिए। उनी बौद्ध भिक्षु हुन्। , मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तामाङलाई ३ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो। जबकि सोमबार मात्रै प्रशासन कार्यालयले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। , घटना आइतबार दिउँसो करिब साढे २ बजे काठमाडौंको सिभिल मलमा भएको थियो। प्रहरीका अनुसार सिभिल मलको सातौं तलाको एउटा क्याफेमा घटना भएको थियो। तामाङले त्यहाँ अभद्र व्यवहार गरेको भन्दै प्रहरीलाई खबर गरी उनलाई बुझाइएको थियो। , उक्त घटनाबारे सोमबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएका छन्। त्यसैलाई आधार मानेर आलोचना हुन थालेको थियो। , एक प्रत्यक्षदर्शीका अनुसार घटना भएको स्थान र अहिले सार्वजनिक भएका फुटेजहरू फरक ठाउँका हुन्।, घटना क्याफेमा भएको र अहिले सार्वजनिक भएको भिडिओ हलबाट निस्किने बेलाको भएको उनको भनाइ छ। , ‘अहिले बाहिर आएको फुटेजमा घटना भएको देखिन्न। घटना भएको क्याफेमा हो। जब उनले फ्यानसँग फोटोहरू खिचिरहेकी थिइन्,’ उनले भने, ‘त्यहीबेला दुर्व्यवहार भएको र थप्पड हिर्काएर, माफी माग्न लगाइएको हो। घटनापछि पनि ती युवकले मिरूनालाई छोएर आएँ भनेर हाँसिरहेको देखेपछि मात्रै फोन गरेर प्रहरीलाई बुझाइएको हो।’ , मिरूनाले पनि एक अन्तर्वार्तामा आफूमाथि पटक-पटक छुने र चिमोट्ने गरेपछि मात्रै प्रतिकार गरेको बताएकी छन्। , ‘मैले सुरूमा अगाडि फर्केर फ्यानहरूसँग फोटो खिचिरहेकी थिएँ। त्यतिबेला मलाई पछाडिपट्टी बाँयातिर छोएको महसुश भयो। त्यसपछि म अलिकति हच्किएँ। होइन होलाजस्तो पनि लाग्यो। एकचोटी भयो म अलिकति सरें। फेरि दोस्रो पटक अलि बढी भयो। त्यो पनि होइन होला नै सोचें। सार्वजनिक ठाउँमा त्यसरी हुन्छ भनेर सोचिँदैन नि त,’ उनले भनेकी छन्, ‘फ्यानहरूले पनि घेरेको बेला थियो। अनि फेरि तेस्रो पटकमा चाहिँ अलि साह्रै पक्रेर ‘पिन्च’ नै गरेर समात्यो।’, त्यसपछि अरू केही नसोची थप्पड हिर्काएको उनले बताएकी छन्। , ‘त्यस्तो हुँदा मेरो शरीरको पहिलो प्रतिक्रियास्वरूप फर्केर मैले एक थप्पड हिर्काएँ। अनि त्यसपछि देख्दा भिक्षुको भेषमा हुनुहुन्थ्यो। त्यो देखेपछि अझै रिस उठेर आयो। म आफैं  पनि बुद्धिस्ट हुँ। त्यसैले पनि धेरै रिस उठ्यो,’ उनले थपिन्। , तामाङलाई सबैको अगाडि माफी माग्न लगाएर आफू बाहिर आएको उनले बताइन्। तर पनि ती युवक हाँसिरहेको देखेपछि भने प्रहरीलाई बोलाउनु पर्ने ठानेर सम्पर्क गरेको उनले बताइन्। , ‘तपाईंले यस्तो कपडा लगाएर गर्नुपर्छ। यसले यो कपडाकै अपमान भइरहेको छ। आइन्दा कसैलाई पनि छुने होइन भनेर औंला ठड्याएर नै गाली गरेर सरी भनेर उसले कान पनि समात्यो, छाड्न खोजेको पनि हो। त्यसपछि म सहन नसक्ने भयो। लाज पनि भयो, मलाई लाज हुने कुरा त होइन तर लाज भयो। अनि बाहिर गएर रोएँ एकछिन,’ उनले थपिन्, ‘सही भएन भन्ने लाग्यो। मैले बुझ्दाखेरी ती मान्छे त्यहीँ आनन्दले डुलिरहेको त्यस्तो देखेपछि चित्त बुझेन अनि कानुनको सहायता लिनुपर्छ लागेर मैले प्रहरीलाई सम्पर्क गरेर बुझाएको हो।’, यस घटनामा केही नभएको भए पीडित प्रहरीको सम्पर्कमै नआउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, ‘घटनामा केही न केही भएको हुनाले त जाहेरी आयो। त्यसपछि हामीले अनुसन्धान गर्‍यौं र अहिले धरौटीमा छुटे,’ उनले भने, ‘यसमा पछि फैसला होला। अहिले अरू नभनौं।’, पक्राउ परेका व्यक्तिले अभिनेत्रीमाथि ‘ब्याड टच’ गरेको प्रहरी स्रोतले दाबी गर्यो। , ‘बाहिर आएजस्तो कुराहरू होइनन्। ती व्यक्तिले ब्याड टच गरेको हाम्रो अनुसन्धानबाट देखिन्छ,’ स्रोतले भन्यो, ‘अनुसन्धानचाहिँ सकिएको छैन।’, कबड्डी-४ की अभिनेत्रीमाथि ‘ब्याड टच’ भएको देखिन्छ, अनुसन्धान जारी छ: प्रहरी
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८५ जनाको पिसिआर र ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १३ जना कोरोनामुक्त भएका छन्। , अहिले देशभर ९७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, ३०४७ मा परीक्षण गर्दा ९ जनालाई कोरोना
सेतोपाटी संवाददाता म्यानमारको राजधानी याङ्गुनमा मंगलबार बम बिस्फोट भएको छ। बिस्फोटमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरू नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ।, अत्यन्त व्यस्त राजधानी याङ्गुनमा रहेको बसपार्कनजिकै स्थानीय समयअनुसार दिउँसो ३ः२० बजे बिस्फोट भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ।, 'दिउँसो करिब ३ बजेर बीस मिनेट जाँदा बसपार्क नजिकै बिस्फोट भएको हो,' प्रहरी स्रोतले भनेको छ, 'यसमा परेर एक जनाको मृत्यु भएको छ भने अरू नौ जना घाइते भएका छन्।', घटनाबारेमा थप अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ।, यो बिस्फोट कुन खालको बमबाट भएको हो भनेर पत्ता लाउन बम विज्ञको टोलीले काम गरिरहेको पनि प्रहरीले जनाएको छ। स्थानीय अखबारहरूले बिस्फोटस्थलका तस्बिरहरू सार्वजनिक गरेका छन्। ती तस्बिरहरूमा मान्छेहरू घाइते भएर लडिरहेका देखिएका छन्।, सुरक्षाकर्मीहरूले बिस्फोटस्थल नजिकै नपड्किएको ग्रिनेड पनि फेला पारेका छन्। बिस्फोटको अहिलेसम्म कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन।, म्यानमारको राजधानी याङ्गुनमा बम बिस्फोट
सेतोपाटी संवाददाता कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारको घटनामा दुई पक्षबीच मिलापत्र भएको छ। , मंगलबार मिरूना मगर र आरोपित मुगुका फुर्पा तामाङ पक्षबीच छलफल भएको थियो।, छलफलपछि आरोपित फुर्पा तामाङले गल्ती स्वीकार गर्दै अभिनेत्रीसमक्ष माफी मागेका थिए। , त्यस्तै अभिनेत्री मगरले पनि उनलाई भाइ सम्झेर माफी दिएको सार्वजनिक भएको पत्रमा उल्लेख छ। , आइतबार कबड्डी-४ फिल्म प्रमोशनको लागि मिरूना मगर लगायतको टोली सिभिल मल पुगेका थिए। त्यही बेला फ्यानहरूसँग फोटो खिचाउने क्रममा फुर्पाले अभद्र व्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। , ‘अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन्,’ मिलापत्रमा उल्लेख छ। , यस्तै अभिनेत्री मगरले पनि कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको प्रष्ट्याएकी छन्।, उनले कुनै समुदायमाथि असर पुगेको भन्दै माफी समेत मागेकी छन्। , ‘उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्,’ पत्रमा लेखिएको छ।, आइतबार पक्राउ परेका तामाङ मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि धरौटीमा रिहा भएका थिए। तामाङ ३ हजार धरौटी तिरेर रिहा भएका थिए। , अभिनेत्री मिरूना मगरले भिक्षुमाथि झुटो आरोप लगाएर थप्पड हिर्काएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। मंगलबार बिहानै चाबहिलस्थित केएल टावरमा पुगेर युवाहरूले प्रदर्शन समेत गरेका थिए। , फुर्पाले गल्ती स्वीकार्दै मिरूनासँग माफी मागेपछि दुबैबीच मिलापत्र
सेतोपाटी संवाददाता न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उनलाई प्रहरीले मंगलबार स्युचाटारबाट पक्राउ गरेको हो। , उनले दुई जना युवालाई वर्किङ भिसामा न्युजिल्यान्ड जान १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ कृषि फर्ममा काम लगाइदिने आश्वासन दिएका थिए। त्यसको मासिक तलब साढे दुई लाख हुन्छ भन्दै विश्वासमा लिएर दुई जनाबाट ३० लाख रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , ठगी गरी सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराउन भन्दै कार्यालयमा पत्राचार भएको थियो। त्यसपछि प्रहरीले पक्राउ गरी विभागमा बुझाएको बताएको छ।, न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
रासस भरतपुर महानगरपालिका–११ मा जंगली जनावरको आक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, कार्यालयका अनुसार निगुरो र च्याउ टिप्न नवजागृति सामुदायिक वनमा गएका कुमाललाई जंगली जनावरले आक्रमण गरेको थियो। जंगली जनावरको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो। , बिहान ११ः३० बजे सामुदायिक वनमा गएका कुमाललाई जंगली जनावरले दिउँसो ५ः३० बजे आक्रमण गरेको थियो। कुन जनावरले आक्रमण गरेको भन्ने कुरा पुष्टि हुन नसकेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।, जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २ साता याता लगातार परिरहेको पानीले कतै नेपालमा मनसुन सुरू भएको होइन? भन्ने जिज्ञासा लाग्नु स्वभाविक हो। , नेपालमा सामान्यतया मनसुन जुनको दोस्रो साताबाट सुरु हुने भए पनि हरेक वर्ष ठिक यही समयमा मनसुन सुरु हुन्छ भन्ने हुँदैन। यो मितिभन्दा केही दिन अगाडि र केही दिन पछाडि पनि हुनसक्ने मौसमविद्हरू बताउँछन् । , जल तथा मौसम विज्ञान विभागले मनसुनबारे मौसमी प्रणालीमा अध्ययन भइरहेको जनाएको छ। नेपालमा अहिले नै मनसुन सुरू नभएको मौसमविद् राजु प्रधानाङ्गले जानकरी दिए। , हामी अहिले मौसमी प्रणालीको अध्ययन गरिहरेका छौं। अहिले नै मनसुन भित्रिएको छैन। केही दिन लाग्नसक्छ,’ मौसमविद्  प्रधानाङ्गले भने। , सामान्यतः भारतको केरलामा मनसुन सुरू भएको सातादेखि १० दिनभित्र नेपालमा पनि आइपुग्छ मौसमविद् बताउँछन्।, ‘केरलामा मनसुन सुरू भइसकेको छ। अब नेपालमा कति समयमा आउँछ, त्यो हामी अध्ययन गरिरहेका छौं,’ उनले भने।, नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासमा रहेको न्यूनचापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको छ। , स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा कुनै पनि समय मौसममा बदली भएर हावाहुरी तथा चट्याङसहित क्षणिक वर्षा हुन्छ। यो मौसमी प्रणालीमा लामो समय पानी पर्दैन। , मनसुन सुरु भएपछि भने लामो समय देशका धेरै स्थानमा पानी पर्छ। पानी पर्दा खोला तथा नदीमा पानीको बहाव बढ्ने तथा बाढी आउने हुनसक्छ।, हाल देशको पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई  स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, भोलि बिहीबार  देशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। , प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, नेपालमा यो वर्ष कहिलेबाट मनसुन सुरू हुन्छ?
रासस ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठ फरार भएका छन्।, भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन्। प्रहरीले उनको खोजी गरिरहेको छ।, उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजूलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमति बिना बैना रकम लिई ठगी गरेको अभियोगमा शुक्रबार पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो।, सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायतका व्यक्तिको संलग्नता देखिएको र उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।, 'वडाध्यक्षसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको थियो। केशव अधिकारी र ईश्वर गाइजू हाल अनुसन्धानका क्रममा थुनामा छन्। अन्य चार जना भने फरार छन्,' उनले भने।, वडाध्यक्ष श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए। अधिकारी र गाइजूसहितको टोलीले चाँगुनारायण नगरपालिका–८ मा सरकारी र अन्य व्यक्तिको नाममा रहेको जग्गा जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैनाबापत करारनामा गरी पाँच करोड २० लाख रूपैयाँ ठगी गरेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राईले जाहेरी दिएका थिए। , चाँगुनारायण–७ का वडाध्यक्ष श्रेष्ठका नाममा पक्राउ पुर्जी जारी
सेतोपाटी संवाददाता मेलम्ची खोलामा आउने बाढीबाट हुन सक्ने क्षतिबाट जोगाउन मेलम्ची खानेपानी आयोजनाको सुरूङको ढोका बन्द गरिएको छ। , यही वैशाखदेखि काठमाडौंबासीका घरघरमा वितरण गरिएको मेलम्चीको पानी सुरूङको ढोका बन्द गरेसँगै यो बर्खाभर नआउने भएको छ। बर्खापछि मेलम्चीको पानी पुन: काठमाडौं ल्याइनेछ।, मेलम्चीमा पानीको सतह बढ्दो क्रममा रहेको, धमिलो हुँदै गएको र जुनसुकै बेला ठूलो बाढी आएर सुरूङमा क्षति पुर्‍याउन सक्ने भएकोले मंगलबार सुरूङको ढोका बन्द गरिएको हो।, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलामा रहेको सुरूङको ढोका बन्द गरिएको आयोजनाले जनाएको छ। यहाँबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइएको थियो।, गत वर्ष असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति पुगेको थियो। बाढीले क्षति पुर्‍याएको करिब ११ महिनापछि मात्रै मेलम्चीको पानी पुन: काठमाडौं ल्याउन सम्भव भएको थियो। , आयोजनास्थलमा अस्थायी संरचना खडा गरी पानी ल्याइएको थियो।, सरकारले पहिलो पटक ०७७ चैतमा मेलम्चीको पानी काठमाडौं ल्याएको थियो। , बाढीबाट बचाउन यसरी बन्द गरियो मेलम्चीको ढोका
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका स्नातक तह पठनपाठनका लागि शुल्क वृद्धि गरेको छ।, आयोगको मंगलबारको बैठकले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो।, आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। प्रधानमन्त्री शेरबहादुर देउवाकै सहमतिमा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रमको अध्ययन शुल्क वृद्धि गरेको छ।, आर्थिक वर्ष २०७९/०८० मा भर्ना हुने नयाँ विद्यार्थीले एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रूपैयाँ तिर्नुपर्ने हुन्छ।, उपत्यकाबाहिरका हकमा एमबीबीएस पढ्न विद्यार्थीले ४५ लाख ९५ हजार सात सय २१ रूपैयाँ बुझाउनुपर्ने हुन्छ।, जबकी यसअघि एमबीबीएस पढ्न करिब ४० लाख २३ हजार रूपैयाँ तिर्दा पुग्ने थियो।, यस्तै बिडीएस पढ्न २० लाख ९२ हजार दुई सय ४८ रूपैयाँ शुल्क लाग्ने भएको छ। आयोगका एक सदस्यका अनुसार चार वर्षदेखि चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको थिएन।, विश्वविद्यालय र क्याम्पसहरूले १० प्रतिशत शुल्क वृद्धि गरिनुपर्ने माग राखेका थिए।, आयोगले बढायो चिकित्सा शिक्षा शुल्क, एमबीबीएस पढ्न कति लाग्छ?
सेतोपाटी संवाददाता चितुवाको आक्रमणबाट गोरखाको पालुङटारमा तीन जना घाइते भएका छन्।, मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो।, चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर पाएपछि पुगेका प्रहरीलाई पनि आक्रमण गरी घाइते बनाएको छ।, प्रहरी सहायक हवल्दार सुनिल रायमाझी, पालुङटार ४ का ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षका अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।, उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। उपचारपछि उनीहरू घर फर्केको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।, जिल्ला वन कार्यालय र प्रहरी टोलीले आक्रमण गर्ने चितुवाको खोजी सुरू गरेका छन्। यसैबीच इलाका प्रहरी कार्यालय पालुङटारले यस आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई साँझपख र रातका बेला सुरक्षित रूपमा बस्न आग्रह गरेको छ।, चितुवा देखेमा प्रहरीलाई खबर गर्नसमेत इप्रकाले आग्रह गरेको छ।, चितुवाको आक्रमणबाट गोरखामा प्रहरीसहित तीन घाइते
सेतोपाटी संवाददाता बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी सशस्त्र प्रहरीकी इन्स्पेक्टर डाक्टर अञ्जु गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ।, डाक्टर गुरूङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन्।, बिना सूचना लामो समयदेखि अनुपस्थित रहेको, सम्पर्क स्थापित गर्न नसकिएको र पदीय जिम्मेवारी तथा आचरणविपरीत कार्य गरेको देखिएकोले उनलाई सेवाबाट हटाउने तयारी गरिएको छ।, उनी मोरङको केराबारी घर भई एपिएफ अस्पताल बलम्बु काठमाडौंमा कार्यरत थिइन्।, भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी गुरूङलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी छ।, विभागीय कारबाही गर्न नपर्ने कारण भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न उनलाई गृह मन्त्रालयले सचिवस्तर निर्णय गर्दै सूचना प्रकाशित गरेर जानकारी गराएको छ।, यस्तो छ सूचना:, सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा अञ्जु गुरूङलाई सेवाबाट हटाउने गृहको तयारी
सेतोपाटी संवाददाता आज बिहान काठमाडौंबाट 'स्टल सेक्टर'मा उडान हुन नसकेको यति एयरले बताएको छ।, उडान हुने गन्तव्यहरुको मौसम राम्रो भए पनि इनरुटको मौसम कसले दिने भन्ने अन्यौल रहेका कारण मौसमको जानकारी प्राप्त नभएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।, ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एयरलाइन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ,' उनले भने।, पर्वतीय उडान तथा अन्य 'नन-स्टल'का पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिए पनि उडानको अन्यौलता भएको उनले बताए।, सम्बन्धित निकाएको समन्वयविना हचुवामा निर्णय हुँदा यात्रुहरूले सास्ती बेहोर्नु परेको भन्दै उनले आक्रोश पोखे। निर्णय सहि भए पनि कार्यान्वयनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापनसँगै समन्वय गरी सुरक्षित उडान गर्ने वातावरण मिलाउनुपर्ने उनले बताए।, नेपाल नागरिक उड्डयन प्राधिकरणले अब वायुसेवा कम्पनीहरूलाई 'इनरूट'मा मौसम सफा भएपछि मात्रै उडान अनुमति दिने निर्णय गरेको छ।, यसअघि प्राधिकरणले विमान उडाइने स्थल र पुग्ने गन्तव्यको मौसमका आधारमा उडान अनुमति दिँदै आएको थियो। इनरूटको मौसमका सम्बन्धमा एयरलाइन्स आफैंले जाने कि नजाने भनेर निर्णय लिन्थे।, यो व्यवस्था भिज्युअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीमा आधारित रूटमा लागू हुनेछ। भिएफआर प्रणाली भनेको स्थान आँखाले हेर्दै उडान गर्नुपर्ने प्रणाली हो।, जल तथा मौसम पूर्वानुमान महाशाखाको रिपोर्टका आधारमा इनरुटको मौसम हेरेर उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ। उडान सुरक्षालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्ने निर्णय गरिएको प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्ण बताउँछन्।, मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको तारा एयरको ट्विनअटर जहाज दुर्घटनापछि प्राधिकरणले यस्तो निर्णय गरेको हो।, मौसमबारे समन्वय नहुँदा आन्तरिक उडान प्रभावित
रोहित महतो सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ । , आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका-१ महनौरस्थित पाल टोलका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। , उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका-४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो। , घटनालगत्तै सङ्घीय प्रहरी इकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो। घटनामा संलग्न रहेको पाइएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।, उक्त घटनामा प्रयोग भएको खुकुरी, खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएको उनले बताए।, ‘पारिवारिक रिसइबीका कारण बाबुछोराको हत्या भएको खुलेको छ। पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ बुढाथोकीले भने।, घटना कसरी भयो?, मृतक सन्तकुमार पालको जेठ ११ गते मोरङ जिल्ला बस्ने एक युवतीसँग विवाह तय भएको थियो। उक्त विवाहका लागि केटी पक्षले दाइजोस्वरूप १ लाख नगद, एउटा मोटरसाइकल र ८ आना सुन दिने सहमति भएको थियो।, सन्त पालसँग विवाह तय हुनुभन्दा पहिला ती युवतीको गोलबजार बस्ने बेचु पालको छोरा प्रदीप पालसँग विवाह गर्ने तयारी भएको थियो। उक्त विवाहको लागि केटी पक्षले विराटनगरमा घडेरी दिने, उक्त घडेरीमा घर पनि बनाइदिने र केटाले कुनै व्यापार व्यवसाय गरे त्यसका लागि लगानीसमेत गरिदिने सहमति भएको थियो। , प्रदीपले केटीको पहिला नै विवाह भएको भन्दै विवाह गर्न अस्वीकार गरेपछि उनका बाबु बेचु पालले ठूलो मात्राको दाइजोको लोभमा आफ्नो छोरालाई त्यही केटीसँग विवाह गर्न दबाब दिइरहेका थिए। , यसैबीच थोरै दाइजोमा सन्तकुमार पालसँग सोही केटीको बिहे हुने भएपछि बेचु पाललाई मृतकको परिवारसँग रिसइबी बढेको प्रहरी अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।, यस्तै साइली बुहारीको चन्द्रेश्वर र घरका अन्य सदस्यसँग सम्बन्ध बिग्रिएको थियो। छोरा विदेश गएदेखि बुहारी शान्तिदेवी पाल गोलबजारमा कोठा लिएर बस्दै आएकी थिइन्।, सासु-ससुरासँग राम्रो सम्बन्ध नभएकै कारण जेठ ११ गते हुने देवरको बिहेमा समेत ‘तिमी आउनु पर्दैन, तिम्रो चरित्र राम्रो छैन, तिमी बिहेमा आयौ भने छिमेकीहरू हाम्रो घरमा आउँदैनन् त्यसैले तिमी बिहेमा नआउनू। तिम्रो बच्चाहरूलाई मात्र पठाउनू’ भनेपछि उनी थप रूष्ट भएकी थिइन्। , सासु-ससुराले अंशसमेत नदिएको, आफूले माइतीबाट ल्याएका गरगहनासमेत नदिएकाले शान्तिदेवीको आफ्नै परिवारसँग रिसइबी बढेको अनुसन्धानका क्रममा फेला परेको छ। , यस्तै शान्तिदेवीका श्रीमानले आफू विदेश जाने बेलामा श्रीमतीको रेखदेख गरिदिनू भनी जिम्मा लगाएका व्यक्ति जनिफ मियाँसमेत घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। , जेठको पहिलो साता गोलबजारमा शान्तिदेवी र जनिफ मियाँ कुरा गरिरहेको बेला उनीहरूकै चिनजानको बेचु पालसमेत पुगेका थिए। , कुराकानीकै क्रममा मियाँले शान्तिदेवीको सासु-ससुराले उनलाई धेरै दुःख दिएको भन्दै उनको बाटोबाट हटाउनु पर्‍यो भनी बेचुसँग सल्लाह गरेका थिए।, उनीहरू शान्तिदेवीको बाटोबाट हटे भने उनले ५० हजार रुपैयाँ दिने भनेपछि बेचु पालको आफ्नोसमेत रिसइबी रहेको भन्दै योजनाका लागि तयार भएका थिए।, त्यसपछि उनीहरूले ७ गते शनिबार राति मृतकको घर छेउको मन्दिरमा भेट्ने र काम फत्ते गर्ने, हत्या गर्नको लागि जनिफ मियाँले बन्चरो ल्याउने र बेचु पालले खुकुरी लिएर जाने योजना बन्यो।, गोलबजारबाट पैदलै हिँडेर शनिबार अबेर साँझ बेचु पाल मृतकको घर अगाडिको बाटो हुँदै योजना अनुसारको मन्दिरमा पुगेका थिए। तर त्यहाँ जनिफलाई नभेटेकोले पुन: सोही बाटो फर्केर घटनास्थलको रेकी गर्दै घटनास्थलको पूर्वपट्टीको राजदेवी मन्दिरमा गएर केही समय आराम गरेका थिए।, मृतकको घरको अगाडिबाट आवतजावत गर्दा बेचु पाललाई हातमा झोला लिएर हिँडेको केही स्थानीयले समेत देखेका थिए।, बिहेको तयारी भइरहेको घरमा गीतहरू बजिरहेको र भीडभाड भएकाले केही समय मन्दिरमै आराम गरे। जब गीत बज्न बन्द भयो तब बेचु पाल मृतकको घरमा गएर खुकुरीले बाहिर गोठमा सुतेका चन्द्रेश्वर पाललाई पहिला र सन्तकुमार पाललाई पछि प्रहार गरी हत्या गरेर कोठाहरूमा बाहिरबाट चुकुल लगाएर घर पूर्वपट्टीको राजदेवी मन्दिरतर्फ लागेका थिए। , त्यसपछि राजदेवी मन्दिरमा पुगेर हातमुख राम्रोसँग धोइपखाली गरेको र बालुवाले घोटेर खुकुरीसमेत सफा गरेका थिए। त्यसपछि बेचु पाल त्यहाँबाट पैदलै हिँडेर बिहान गोलबजारस्थित आफ्नो घरमा पुगेको थिए। , प्रहरीले उनीहरूले घटनामा प्रयोग गरेको खुकुरी र खुकुरी राखेको झोला, खुकुरी बेरेर राखेको लुंगी, रगत लागेको पाइन्ट र टिसर्ट, ४ थान मोबाइल बरामद गरेको छ। , रिसइबीले बाबु-छोराको हत्या, बुहारीसहित तीन पक्राउ
सेतोपाटी संवाददाता चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले बताए। उनको सनाखत हुन सकेको छैन।, ठक्कर दिने सवारी साधनको नम्बर र किसिम खुल्न सकेको छैन। ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन्।, चितवनमा सवारी साधनको ठक्करबाट एकको मृत्यु
रासस दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । , वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए।, पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए।, महाकाली नगरका वडा सदस्यको मृत्यु
सेतोपाटी संवाददाता हरेक व्यक्तिलाई सवल बनाउने पत्रकारिता अबको आवश्यकता भएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले बताएका छन्।  , अप्टिमिस्ट इन्टरनेशनल नेपालले मंगलबार राजधानीमा आयोजना गरेको ‘कन्स्ट्रक्टिभ जर्नलिज्म’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले सवल र शसक्त नागरिक निर्माणतर्फ मिडियाले काम गर्ने बेला आएको उनको भनाई छ ।, पछिल्लो समयमा प्रविधिको व्यापकता र सहजता भएसँगै आवाजबिहिनको आवाजमा मात्र मिडिया लाग्न नहुने उनले बताए।, ‘पछिल्लो समय नेपालमा पनि प्रविधिको व्यापकता भइसकेको छ, इन्टरनेटमाथि नागरिकको पहुँच स्थापित भइसकेको छ।, यस्तो अवस्थामा आवाजहिनको आवाज दिनका लागि मात्र मिडियाको आवश्यकता नपर्न सक्छ’, पोखरेलले भने, ‘हामीले हिजोआज सामाजिक सञ्जालबाट पनि समाचारहरू पाइरहेका हुन्छौ। त्यसैले संबिधानमा व्यवस्था भएको मौलिक हकको उपयोग गर्दै नागरिकहरु शसक्त भएका छन् कि छैनन् भन्ने कुराको अनुगमन र खबरदारी गर्ने दिशामा अबको पत्रकारिता जानुपर्छ।’, प्रविधिको तिब्र विकास भएसँगै अबको पत्रकारिता ‘आवाजहिनको आवाज’ भन्ने भाष्यमा मात्र सिमित हुन नहुने उनले जिकिर गरे।, उनले अबको पत्रकारिता ‘सवल र शसक्त नागरिक निर्माणका लागि मिडियाले काम गर्छ’ भन्ने भाष्यतर्फ उन्मुख हुनुपर्ने  बताए।, सकारात्मक परिवर्तनको अपेक्षाका साथ गरिने पत्रकारिताले कहिलेकाही नकारात्मक विषय उठान गरेको भान पर्न सक्ने पनि पोख्रेलले बताए। त्यस्तो समाचारले ल्याउने सकारात्मक परिणामका बारेमा पनि सञ्चार उपभोक्ताले ध्यान दिनुपर्ने उनले बताए।, त्यसैगरी प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहालले नेपाली पत्रकारिता क्षेत्रले परिवर्तन खोजिरहेको बताए।, पत्रकारिता क्षेत्रमा लगानीकर्ताको संख्या बढ्दै जाँदा अब मिडियामा लगानीकर्ताको प्रभाव पर्नसक्ने तर्फ संकेत गर्दै उनले त्यसबाट जोगिन चुनौति रहेको औल्याए। , दाहालले पत्रकारिता क्षेत्रले निमुखाको आवाज बोलिरहेको छ कि स्वार्थ समूहको? भन्ने सवाल उठ्ने गरेकोतर्फ पत्रकारिता आफैले गम्भीर समिक्षा गर्न आवश्यक भएको समेत बताए। , ‘१९९० को दशकपछि विकास पत्रकारिताको कुरा शुरुवात भयो, त्यसपछि क्रमशः विट पत्रकारिताको विकास हुँदै गयो, शान्ति पत्रकारिता, समाधानमुखी पत्रकारिता हुँदै हामी यहाँसम्म आएका छौं,’ दाहालले भने,–‘अवको समयमा कन्स्ट्रक्टिभ जर्नलिज्मको नाममा पत्रकारितामा आबश्यक ठानिन थालिएको परिवर्तनलाई अगाडि बढाउन सकिन्छ।’, उनले राज्यका काम कारबाहीका बारेमा समिक्षा गर्नसक्ने पत्रकारिता अबको आबश्यकता रहेकोमा जोड दिए। उनले यस्तो पत्रकारिताले विनिर्माणको अभियानलाई समेत सहयोग पुराउने बताए।, यस्तै बरिष्ठ पत्रकार प्रकाश रिमालले कन्स्ट्रक्टिभ जर्नलिज्ममार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने दायित्व पत्रकारले बहन गर्नुपर्नेमा जोड दिए। , सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्फेवाले पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताइन् । , अप्टिमिस्ट इन्टरनेशनल नेपालले आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिभा पौडलले कन्स्ट्रक्टिभ जर्नलिज्म अबधारणाका बारेमा चर्चा गरेकी थिइन्। , संस्थाका गभर्नर उदय निरौलाले कन्स्ट्रक्टिभ जर्नलिज्मको अबधारणा अगाडि सार्नुका औचित्यमाथि प्रकाश पारेका थिए।, त्यसैगरी संस्थाका तर्फबाट अप्टिमिस्ट क्लब अफ काठमाडौंका अध्यक्ष पृथ्वीराज थापाले संस्थाको चिनारी र गतिबिधिका बारेमा जानकारी गराएका थिए।, अबको पत्रकारिता सवल र शसक्त नागरिक निर्माणतर्फ लाग्नुपर्छः अध्यक्ष पोख्रेल
सेतोपाटी संवाददाता कीर्तिपुरमा एक जना युवकको हत्या भएको छ। , आइतबार अपरान्हमा कीर्तिपुर नगरपालिका ढल्पाको सडकमा एक युवकको हत्या भएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले जानकारी दिए। , कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ समेत गरिसकेको छ। , उदयपुर घर भई कीर्तिपुरको मच्छेगाउँ बस्ने २९ वर्षीय अरूण खत्रीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले कीर्तिपुर नगरपालिका-३ बस्ने २६ वर्षीय अजय नापित र वडा नम्बर-१० बस्ने २२ वर्षीय सन्तोष महर्जनलाई पक्राउ गरेको छ। , अपरान्ह ४ बजेतिर दुई युवक महर्जन र नापितले खत्रीमाथि कुटपिट गरिरहेको भन्ने प्रहरीलाई खबर आएको थियो। , सो खबरपछि प्रहरीको टोली घटनास्थल पुगेर घाइते खत्रीलाई नजिकैको कीर्तिपुर अस्पताल पुर्‍याएको थियो।, अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ। , घटनास्थलबाटै प्रहरीले आरोपित दुई जनालाई पनि नियन्त्रणमा लिएको थियो। , ‘साथीहरू नै थिए। दुई जना साथीहरूले एक जनामाथि कुटपिट गरेका थिए। उपचारको क्रममा उनको मृत्यु भयो,’ पाण्डेले भने। , घटना हुनुको कारण भने लागुऔषध रहेको उनले बताए। मृतक आफैंले पनि लागुऔषधको प्रयोग गर्ने गरेको र आरोपित व्यक्तिहरूले पनि प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। , प्रहरीले मृतकबाट १६० एम्पुल लागुऔषध पनि बरामद गरेको छ। दुई युवकले त्यही लागुऔषध लुट्ने क्रममा कुटपिट गरी हत्या गरेको हुनुपर्ने प्रहरी बताउँछ। , ‘मृतक युवकले लागुऔषध बेच्न वा केही गर्न ल्याएको देखिन्छ। उनीहरू सबैले प्रयोग गर्ने गरेकोजस्तो देखिन्छ,’ उनले भने,‘लागुऔषध नदिएपछि त्यही लुट्ने क्रममा कुटपिट भएको देखिन्छ।’, प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइसकेको छ। कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भइसकेको र बुधबार म्याद थप गर्ने प्रहरीको तयारी छ। , शवको पोष्टमर्टमको ललितपुरस्थित पाटन अस्पतालमा गर्ने तयारी छ।, कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
सेतोपाटी संवाददाता काठमाडौंबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ।, जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले जानकारी दिए।, ‘जहाजमा प्राविधिक समस्या देखियो। भद्रपुर उडेको ९५३ उडान नम्बरको जहाजलाई तत्कालै फिर्ता बोलाएर काठमाडौंमा सुरक्षित अवतरण गरेका छौ’, कर्णले भने, ‘अहिले हाम्रो प्राविधिक टोलीले जहाजको निरीक्षण गरिरहेको छ।’  , ६९ यात्रु लिएर भद्रपुर जान लागेको उक्त जहाजमा समस्या आएपछि बुद्ध एयरकै अर्को जहाजबाट सबै यात्रुलाई पठाइएको कर्णले जानकारी दिए।, हवाईजहाजको टायरको केही भाग धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता बोलाइए पनि त्यही जहाजको हो होइन, अनुसन्धान भइरहेको उनले बताए। काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो।,  , भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्कियो
सेतोपाटी संवाददाता संखुवासभाको चैनपुरमा माटोको ढिस्कोले दुई जना मजदुर पुरिएका छन्। , बुधबार मध्यान्ह करिब १२ बजेतिर चैनपुर नगरपालिका-१ नुनढाकीस्थित गुफापोखरी जाने सडकको माटोको ढिस्कोले दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। , सडक छेउमा ग्याबियन वाल राख्ने काम भइरहेको थियो। पाँच-छ जना कामदाहरूले त्यहाँ काम गरिरहँदा माटोको ढिस्को खसेको सुवेदीले बताए। , अरू कामदारहरू भागे पनि दुई जना भने भाग्न सकेनन्। , त्यहाँ पुरिनेमा सुनसरी धरान उपमहानगरपालिकाका ३५ वर्षीय रामकुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिकाका २० वर्षीय हेमबहादुर मगर छन्। , ‘बाटोमा वाल लगाउने क्रममा माटोको ढिस्को खस्यो। अरू भागे दुई जना पुरिए,’ उनले भने। , अहिले प्रहरीले पुरिएकाहरूलाई निकाल्ने काम गरिरहेको उनले बताए। दुबै जनाको अवस्था चिन्ताजनक भएको सुवेदीले बताए। , ‘अहिले हामी निकाल्ने काम गरिरहेका छौं। दुबै जनाको अवस्था चिन्ताजनक छ,’ उनले भने।,  , संखुवासभाको चैनपुरमा माटोको ढिस्कोले दुई मजदुर पुरिए, अवस्था चिन्ताजनक
सेतोपाटी संवाददाता संखुवासभाको चैनपुरमा माटोको ढिस्कोले पुरेका दुई जना मजदुरको मृत्यु भएको छ। , बुधबार दिउँसो करिब १२ बजे चैनपुर नगरपालिका-१ नुनढाकी स्थित गुफापोखरी जाने सडकको माटोको ढिस्कोले दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। , सुनसरी धरान उपमहानगरपालिकाका ३५ वर्षीय रामकुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिकाका २० वर्षीय हेमबहादुर मगर पुरिएका थिए। उनीहरूको मृत्यु भएको सुवेदीले बताए।, ‘शव निकालेर चैनपुर अस्पतालमा पठाएका छौं। मृत्यु भइसकेको छ,’ उनले भने। , सडक छेउमा ग्याबियोन वाल राख्ने काम भइरहेको थियो। चार-पाँच जना कामदाहरूले त्यहाँ काम गरिरहँदा माटोको ढिस्को खसेको सुवेदीले बताए। , अरू कामदारहरू भागेपनि दुई जना भने भाग्न सकेनन्। , ‘बाटोमा वाल लगाउने क्रममा माटोको ढिस्को खस्यो। अरू भागे दुई जना पुरिए,’ उनले भने। , माटोको ढिस्कोले पुरिँदा संखुवासभामा दुई मजदुरको मृत्यु
रासस पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुई वटा संगठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ।, प्याब्सन पर्सा र एन-प्याब्सन पर्साका अनुसार हाल  शैक्षिक सत्र आरम्भ भएको बेला स्कुलको शुल्क तिर्न नसकेका अभिभावकले आफ्नो बच्चालाई एक विद्यालयबाट अर्को विद्यालयमा भर्ना गराउने गरेको पाइएकाले विद्यालयको हस्तान्तरण प्रमाणपत्र अनिवार्य गरिएको  हो। , एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थी उक्त विद्यालयको सहमति बिना अन्य विद्यालयलाई भर्ना हुँदा विद्यालयलाई वार्षिक लाखौं रुपैयाँ घाटा लागिरहेको भन्दै दुवै संस्थाले यस्तो सहमति गरेका हुन्।, अबदेखि  एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको हस्तान्तरण प्रमाणपत्र लिएरमात्र अन्य विद्यालयमा भर्ना गर्न पाउने गरी सहमति भएको एन-प्याब्सन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठले बताए।, दुवै संस्थामा गरी पर्सामा करिब सय हाराहारीमा निजी विद्यालय आबद्ध रहेका छन् । , एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य 'हस्तान्तरण प्रमाणपत्र'
सेतोपाटी संवाददाता मुगुमा यार्सा संकलनको सुरक्षार्थ खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ।, मुगम कार्मारोङ गाउँपालिका–२ ठूलीकोशी रिमार लेकमा यार्सा संकलनमा खटिएका सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाई मंगलबार बिहानदेखि टाउको दुख्नुका साथै श्वासप्रश्वासमा समस्या आएको थियो।, उनीसँग यार्सा संकलन सुरक्षार्थ खटिएका अरू प्रहरीले उनको उद्दार गरी मुगुकै सीमा प्रहरी चौकी पुर्‍याएका थिए। त्यहाँबाट थप उपचारका लागि बुधबार बिहान साढे ११ बजे हेलिकप्टरमार्फत् नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो।, कोहलपुरमा उपचारको क्रममा सवा २ बजे सहायक प्रहरी हवल्दार सिंहको मृत्यु भएको कर्णाली प्रदशे प्रहरी कार्यालयले जनाएको छ।, बाँकेको कोलपुर–११ का सिंह २०६७ सालदेखि प्रहरी सेवा प्रवेश गरेका थिए। उनी २०७७ देखि मुगु जिल्लामा कार्यरत थिए।, यार्सा संकलन सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५ जनामा संक्रमण पुष्टि भएको हो। , चार हजार ८ सय ४२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार नौ सय २९ जनाको पिसिआर र ९ सय १३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै ११ जना कोरोनामुक्त भएका छन्। , अहिले देशभर ९८ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए १५ जना कोरोना संक्रमित, अझै ९८ सक्रिय संक्रमित
सेतोपाटी संवाददाता मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार रहेका २२ मध्ये २१ जनाको शव फेला परेको छ।, थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार जहाज दुर्घटनामा परे पनि सोमबार बिहान फेला पारिएको थियो।, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१ जनाको शव फेला परेको सेतोपाटीलाई जानकारी दिए। सो जहाजमा तीन जना चालक दलसहित २२ जना सवार थिए। , त्यसमध्ये एक जनाको शव भने खोज्ने काम भइरहेको उनले बताए। १० जनाको शव कोवाङमा ल्याइसकेको छ। , शवलाई पोखरा वा काठमाडौं ल्याउने प्रशासनको तयारी छ। शवको पहिचान भने भइसकेको छैन।, तारा एयरको जहाज दुर्घटना भएको क्षेत्रबाट २१ शव फेला
सेतोपाटी संवाददाता ललितपुरको लेलेमा मोटरसाइकल दुर्घटनामा परी एक जना पुरूषको मृत्यु भएको अवस्थामा शव फेला परेको छ। , गोदावरी नगरपालिका-६ स्थित फैडोलको खोंचमा पुरूषको शव फेला परेको ललितपुर जिल्ला परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए।, मृतक वडा नम्बर ११ चापागाउँका अन्दाजी ३४ वर्षीय विज्ञान देसार छन्। , उनको प्रदेश ३–०२–००७ प ६३८५ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल ढलको लागि खनेको खाल्डोमा लडेको अवस्थामा शव फेला परेको हो। सोमबार बिहान सवा ८ बजे प्रहरीलाई खबर आएको थियो। मोटरसाइकलको पछाडिको भाग कुच्चिएको अवस्थामा छ। , प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको प्रहरीको भनाइ छ। यद्यपि यसबारेमा पोष्टमर्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरी उपरीक्षक शाहले बताए। , उनका अनुसार मृतक देसार आफ्ना साथीहरूसँग राति १० बजेसम्म सँगै थिए।, चापागाउँ प्रहरी स्रोतका अनुसार वडा नम्बर ५ मा आइतबारमात्रै उनले सुन पसलको ओपनिङ गरेका थिए। साथीहरूसँग खानपिन गरी बसेका उनको घर फर्किने क्रममा दुर्घटना भएको आशंका प्रहरीको छ।, शवको पोष्टमर्टमको लागि पाटनस्थित अस्पताल लगिएको छ। ,  , ललितपुरको लेलेमा मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा भेटियो पुरूषको शव
सेतोपाटी संवाददाता नेपालका माउन्टेन बाइकर मंगल कुमार लामाले १७ सय किलोमिटर साइकल यात्राको तेस्रो चरण पार गरेका छन्। अप्रिल १ अर्थात् चैत १८ गतेबाट पुर्वको कञ्चनजंगा, बेस क्याम्पदेखि सुरू गरेको यात्राको ४० औं दिन (मार्च २८) लास्ट रिसोर्टमा एक कार्यक्रम गर्दै लामाले तेस्रो चरण पार गरेको जानकारी दिएका हुन्। , तीन चरणको यात्रामा उनले सुरूको २० दिनमा दुइटा ६ हजार मिटर र ४५०० सय मिटरको पास पार गरेका थिए। ६१९० मिटरमा रहेको वेस्ट कोल भन्ने ठाउँमा पुगेपछि उनले यात्राक्रममा चाहिने केही सामाग्री र स्लिपिङ ब्याग हराए। यसकारण यात्रा केही समय यात्रा रोक्नुपर्यो। मे ७ मा पुनः यात्रा सुचारू भयो। , त्यसपछि ५ हजार मिटरमाथिका अन्य चार मुख्य पास पार गरेर उनी थप २० दिन (मे २६) मा लास्ट रिसोर्ट आइपुगे। यही मे २९ गतेदेखि यात्रा पुनः सुचारू गरेका लामाले सेतोपाटीसँग यात्रा अनुभव साट्दै भने, ‘कहिले ढुंगाहरू बुरूरू झर्ने ठाउँबाट साइकल लग्नुपर्थ्यो त कहिले हिमनदीको सामना गर्नुपर्थ्यो। एक ठाउँमा त डोरी लगाएर आफू अनि साइकललाई तान्नुपरेको थियो। यस्ता यावत कारणले यात्रा चुनौतीपूर्ण थियो। अबको यात्रा केही सहज हुने अपेक्षा राखेको छु।’, अब उनको यात्रा गोसाइकुण्ड, रसुवा, गणेश हिमाल, मनास्लु, मनाङ, अन्नपुर्ण, थोरोङला पास, कागबेनी, जुम्ला, डोल्पा हुँदै हुम्लामा पुगेर अन्त्य हुनेछ। करिब ३० दिनमा बाँकी यात्रा सक्ने उनले लक्ष्य राखेका छन्।, ‘पानी पर्यो वा मौसम खराब भयो भने यात्रा अलि लम्बिन सक्छ,’ उनले भने। , लामाले करिब ८० दिनमा आफ्नो यात्रा सक्ने अनुमान गरेका छन्। यो यात्रा उनले नेपालको साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरू गरेका थिए। साहसिक मानिने यो ट्रेलमा अहिलेसम्म मान्छेले हिँडेर र दौडिएर यात्रा गरेका छन्। साइकलमा यात्रा गर्नुलाई चुनैतिपूर्ण र कष्टकर मानिन्छ।, माउन्टेन बाइकरको रूपमा यात्रा गर्नुअगाडि लामा साइकल पसलमा मेकानिकको रूपमा काम गर्थे। बिस्तारै त्यही पसलको साइकल त्यहाँका मालिकले थाहा नपाउने गरी चलाउँदै उनी यो पेशामा लागेका हुन्। त्यसक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाए। जसमध्ये दशवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाउँन सफल भइसकेका छन्।, सानैदेखि फरक शैलीको काम गर्ने चाहना राख्ने लामाले त्यहीक्रममा ग्रेट हिमालयन ट्रेलको यात्रा गरेका हुन्।, ‘यो ट्रेलको यात्रा गर्नु एक वर्षअघिसम्म सपनाजस्तो लाग्थ्यो,’ उनले भने, ‘गएको ६ महिनामा साथीभाइको सहयोग र सरसल्लाहले त्यो सपना विपना बन्दैछ। ढृढ चाहना भयो भने असम्भव लाग्ने कुरा पनि सम्भव हुन्छ भन्ने अनुभव यो यात्राले दिएको छ।’, 'ग्रेट हिमालयन ट्रेल' को यात्रा गर्नु सपना जस्तो लाग्थ्यो: मंगल लामा
सेतोपाटी संवाददाता गत शुक्रबार एक भारतीय जोडी छोराछोरीसहित नेपाल घुम्न आयो। काठमाडौं आएको जोडीको नेपालमा घुमाउने जिम्मा पाएको थियो, कैलाश भिजन ट्रेक्सले।, शुक्रबारको रात काठमाडौंमा बिताएका भारतीय शनिबार पोखरा गए। उनीहरूको गन्तव्य जोमसोम थियो। उनीहरू मुक्तिनाथको दर्शन गर्न आएका थिए। हजारौं किलोमिटर टाढाबाट आएका उनीहरू गन्तव्य पुग्न केही किलोमिटर मात्रै बाँकी थियो। उनीहरू चढेको तारा एयरको ट्विनअटर जहाज सम्पर्कविहीन भयो।, सोमबार बिहान मुस्ताङमा पहाडमा ठोक्किएको अवस्थामा जहाज भेटिएको छ। अहिलेसम्म १६ जनाको शव फेला परेको छ। बाँकीको शव खोजी हुँदैछ।, तारा एयरको जहाजमा नेपालका पनि दुई परिवारका ११ जनाको मृत्यु भएको छ। संयोग नै मान्नुपर्छ, ज्यान गुमाउने चार भारतीय पनि एकै परिवारका छन्।, वैभवी बान्डेकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र ऋतिका त्रिपाठी जहाज दुर्घटनामा परेका हुन्।, काठमाडौंस्थित भारतीय दूतावासका अनुसार त्रिपाठी परिवार मुम्बईदेखि आएको हो।, द इन्डियन एक्प्रेसका अनुसार ५१ वर्षीया वैभवी मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा काम गर्थिन्। उनका श्रीमान् ५३ वर्षका अशोककुमार ओडिसामा काम गर्थे। २४ वर्षका धनुष र १५ वर्षकी ऋतिका आमासँग मुम्बईमै बस्थे।, वैभवी र अशोककुमार वैवाहिक जीवनबाट अलग भएका थिए।, वैभवीकी बहिनीको भनाइ उद्धृत गर्दै इन्डियन एक्प्रेसले अदालतले वर्षमा १० दिन छोराछोरीले बाबुसगै बिताउनु पर्ने आदेश दिएको उल्लेख गरेको छ।, ‘त्यही १० दिनको समयमा उनीहरूले यसपालि नेपालको मुक्तिनाथ पुग्ने योजना बनाएका थिए,’ वैभवीकी बहिनीले स्थानीय प्रहरीलाई भनेकी छन्।, समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार वैभवीकी ८० वर्षकी आमा सिकिस्त बिरामी छन्। आमाको गम्भीर स्वास्थ्य अवस्थाका कारण जहाज दुर्घटनाको खबर उनलाई नसुनाएको बहिनीले बताएकी छन्। , वैवाहिक जीवनबाट अलग्गिएर छुट्टाछुट्टै बस्ने भारतीय जोडी सँगै गएको थियो जोमसोम
सविना कार्की राम्रा सामुदायिक स्कुल, काठमाडौंको कुनै सामुदायिक विद्यालयमा कति जिल्लाका विद्यार्थी पढ्लान्! , संघीय राजधानी भएकाले देशभरका मानिसको बसोवास हुने नै भयो। यहीअनुसार यहाँका विद्यालयमा धेरै जिल्लाका विद्यार्थी जम्मा हुने नै भए तर कति जिल्लाका!, कलंकीस्थित जनपथ माध्यमिक विद्यालयमा ६५ जिल्लाका विद्यार्थी छन्।, प्रधानाध्यापक जितबहादुर लामिछानेका अनुसार सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म हिमाली, पहाडी र तराई क्षेत्रका विद्यार्थीहरू छन्। , कलंकी चक्रपथबाहिर मूल सडकमा रहेको बाबा पेट्रोलपम्पबाट बाँयातर्फ बल्खु खोलाको बाटो हिँड्दै जाँदा छिनभरमै पुगिन्छ जनपथ माध्यमिक विद्यालय। निकै भव्य र आकर्षक भवनका चिटिक्क परेका कक्षाकोठा विद्यार्थीले खचाखच छन्। हरेक कक्षाकोठाको दाँयातर्फ 'बुक कर्नर' छ।, बुक कर्नरमा पाठ्यपुस्तक र अन्य केही पुस्तकहरू छन्। विद्यार्थीहरूले आवश्यकता र रूचिअनुसार बुक कर्नरबाटै पुस्तक निकालेर पढ्न पाउँछन्। विद्यालयमा पुस्तकालय छँदैछ। बुक कर्नर चाहिँ कक्षा कोठाको लघु पुस्तकालय हो। , कक्षा कोठामा शिक्षक अनुपस्थित रहेको अवस्थामा बुक कर्नर निकै उपयोगी भएको छ। विद्यार्थीका लागि मात्र होइन, बुक कर्नरले शिक्षकलाई तत्कालै सन्दर्भ सामग्री प्राप्त गर्न सजिलो भएको छ। , प्रधानाध्यापक लामिछानेका अनुसार बुक कर्नरमा सम्बन्धित कक्षाका पाठ्यपुस्तक र सहयोगी पुस्तकसँगै कथा, कविता, उपन्यास लगायतका साहित्यिक कृतिहरू छन्।, लामिछाने भन्छन्, 'बुक कर्नरले शिक्षक र विद्यार्थी दुवैलाई सहयोग पुर्‍याएको छ। यहाँ हामी समयअनुसार फरकफरक पुस्तक पनि राखिदिन्छौं।', विद्यालय परिसरमा हरियाली वातावरण छ। गमलामा विभिन्न प्रजातिका बिरूवाहरू सजाइएका छन्। पठनपाठनका लागि विद्यालय परिसरको वातावरणले प्रभाव पर्ने भएकाले हरियाली कायम गरेको प्रधानाध्यापक लामिछानेको भनाइ छ। , बुक कर्नर, हरियाली वातावरण र आकर्षक भवन जनपथका माध्यमिक विद्यालयका विशेषता हुन्। , नयाँ भवनमा सरेपछि थोरै समयमै विद्यार्थी संख्या ह्वात्तै बढेको छ। लामिछानेका अनुसार विद्यालयको विद्यार्थी संख्या बढ्नमा भौतिक वातावरण सहयोगी भएको छ।, 'केही वर्षअघिसम्म पाँच सयभन्दा कम विद्यार्थी थिए। अहिले एक हजार हाराहारी छन्,' उनले सेतोपाटीसँग भने, 'विद्यालय भवन नयाँ र ठूलो भएपछि विद्यार्थी संख्या बढेको हो।' , २०१२ सालमा स्थापना भएको यो विद्यालय खासमा 'लाम्पाटी स्कुल' भनेर चिनिन्थ्यो। कलंकीमाई मन्दिरनजिकै सोल्टीमोडतर्फ सडकको पश्चिमी किनारमा थियो विद्यालय भवन। त्यो ठाउँ लाम्पाटी भनिन्थ्यो। , कलंकी–सोल्टीमोड सडक विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिकाले २०६० सालमा विद्यालय भवन भत्कायो र भाडा तिरेर व्यक्तिको निजी भवनमा विद्यालय सार्‍यो। त्यस बेला साढे तीन सय जति विद्यार्थी थिए। भाडाको भवन पर्याप्त भएन। डेरा सरेजस्तो सर्नु पर्‍यो।, मूल सडकसँग जोडिएको पुरानो भवनमा विद्यार्थी संख्या घट्न थालेको थियो। भवनबाहेक खाली ठाउँ थिएन। गाडीको चर्को आवाजले पठनपाठनमा असर गरेको थियो। कक्षाकोठा अभाव हुँदा बिहानी र दिवा सत्रमा विभाजन गरेको पढाउनु पर्थ्यो।, भवन निर्माणका लागि विद्यालय र काठमाडौंं महानगरपालिका बीच सम्झौता भएपछि २०६८ सालमा निर्माणको काम सुरू भयो। पाँच वर्षपछि २०७३ सालमा विद्यालय आफ्नै आधुनिक र आकर्षक भवनमा सर्‍यो। विद्यार्थीहरू खुसी भए। खेलकुदका लागि ठाउँ भयो। विद्यालय परिसरमा चारैतिर हरियाली छायो।, प्रधानाध्यापक लामिछानेले भने, 'बल्ल विद्यालय जस्तो भयो। यति भएपछि हामीले धेरै केही गर्नु परेन। विद्यार्थी र अभिभावको आकर्षण बढ्यो।' , विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ, विद्यार्थी संख्या ९३९ छ। कक्षाकोठा ३२ वटा छन् जसमध्ये २० वटा कोठामा पढाइ हुन्छ। , एउटा कक्षाकोठामा ५० जना विद्यार्थी अटाउने क्षमता छ। कक्षागत हिसाबले कम्तीमा ४० जनादेखि बढीमा सयजना विद्यार्थी छन्। नयाँ भवनमा सरेपछि विद्यार्थी संख्या बढ्न थालेको हो। , लामिछानेका अनुसार विगतमा घरेलु कामदारका रूपमा बसेका र निकै कमजोर आर्थिक अवस्थाका विद्यार्थी बढी थिए। विपन्न परिवारका विद्यार्थीलाई विद्यालयले आवासीय सुविधासमेत उपलब्ध गराएको छ। हाल यस्तो अवस्थाका विद्यार्थी थोरै छन्। , यति धेरै जिल्लाका विद्यार्थी जम्मा हुनुको कारण के होला! काठमाडौंका स्थायी बासिन्दाहरू छोराछोरी निजी विद्यालयमा पढाउन रूचाउँछन्। उपत्यका बाहिरबाट आएर साधारण मानिसहरू छोराछोरी सामुदायिक विद्यालयमा पुर्‍याउँछन्।, एउटा कक्षाकोठाको क्षमता ५० जनासम्म हो। त्योभन्दा बढी संख्या भएका कक्षालाई समूहमा विभाजन गराएर दुई वटा कक्षामा राखिएको छ। एउटा कक्षामा कम्तीमा ४० र बढीमा सय जना विद्यार्थी छन्। विद्यार्थी संख्या बढी भएका कक्षा विभाजन गरिएका छन्।, विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ। प्रधानाध्यापक लामिछानेका अनुसार २०६८ सालमा अंग्रेजी माध्यम सुरू भएको हो। अभिभावक र विद्यार्थीको चाहनाअनुसार अंग्रेजी माध्यम सुरु गरेको उनको भनाइ छ।, 'सुरूमा कक्षा एकदेखि तीनसम्म अंग्रेजीमा पठनपाठन थाल्यौं र क्रमशः बढाउँदै दस कक्षासम्म पुरर्‍यायौं,' लामिछानेले भने, 'अहिले अधिकांश विद्यार्थी अंग्रेजी माध्यममा पढ्छन्। विद्यार्थीहरू मेहनती छन्। हरेक वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्।' , शिक्षण सिकाइको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरू पनि हरतरहबाट लागिपरेको उनले बताए। उनका अनुसार शिक्षकहरू विद्यार्थीप्रति समर्पित र जिम्मेवार छन्। हाल विद्यालयमा १२ कक्षासम्म कुल ४५ जना शिक्षक छन्। यीमध्ये सरकारी दरबन्दीका ३१ जना छन्।, विद्यालयले पूर्वप्राथमिक तथा कक्षा ११ र १२ का विद्यार्थीबाट शुल्क उठाउँछ। अन्य विद्यार्थीबाट पनि 'स्वेच्छिक शैक्षिक शुल्क' उठाउने गरेको छ। यो रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च हुन्छ। , विद्यालयका सहायक प्रधानाध्यापक किरणशाली घिमिरेका अनुसार शिक्षणमा विद्यार्थी केन्द्रित छलफल र प्रश्नोत्तर विधिमा जोड दिइएको छ। आधुनिक प्रविधिको प्रयोगले पनि सिकाइ प्रभावकारी बनाएको छ। उनका अनुसार जनपथमा पढेका थुप्रै विद्यार्थी मुलुकका उच्चस्थानमा पुगेका छन्।, काठमाडौंका धेरै जसो सामुदायिक विद्यालय डिजिटल बोर्ड प्रविधितर्फ फड्को मार्दैछन्। जनपथका कक्षाकोठा पनि प्रविधिमैत्री बन्दैछन्। विद्यार्थीको क्षमता विकासका लागि पनि समयअनुसार चल्नु पर्ने प्रधानाध्यापक लामिछानेको भनाइ छ।, 'पहिले भवन नै थिएन, जसोतसो चलेका थियौं। अहिले विद्यालयमा सबै सुविधा छ,' उनी भन्छन्, 'विद्यार्थीलाई डिजिटल प्रविधिबाट पढाउन खोजेका छौं।', विद्यालयले संघ र प्रदेश सरकारबाट सूचना–सञ्चार र प्रविधि (आइटी) का लागि ५० लाख रूपैयाँ पाएको थियो। त्यो रकमले एउटा कम्प्युटर कक्षा तयारी, प्रयोगशाला, प्रोजेक्टर, स्मार्ट डिजिटल बोर्ड र सिसिटिभी जडान लगायतको काम हुँदै छ। , राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयले दुई पटकमा साढे छ लाख रूपैयाँ पाएको थियो। यो बजेट डिजिटल पुस्तकालय अर्थात इ–लाइबेरी प्रबन्ध हुँदैछ। यसमा सफ्टवेयर मार्फत केही पुस्तकालयसँग सहकार्य हुनेछ। विद्यार्थीले कम्प्युटरमा पुस्तक पढ्न पाउने छन्। इ–लाइब्रेरी आगामी असारमा सुरू हुनेछ। , विद्यालयमा बहुआयामिक सभाकक्ष अर्थात मल्टिपर्पज हल छ। , जनपथ काठमाडौं महानगरको नमूना विद्यालयमा छनौट भएको छ। महानगरको 'एक वडा एक नमूना' विद्यालय अन्तर्गत वडा नम्बर १४ मा जनपथ परेको हो। भौतिक र शैक्षिक अवस्था, विद्यालय परिसरको वातावरण, खानेपानी, शौचालय आदिको मूल्यांकनपछि महानगरले नमूना विद्यालयका छनौट गरेको प्रधानाध्यापक लामिछानेले बताए।, नमूना छनोट भएबापत पाएको दुई लाख रूपैयाँ हरियाली प्रवर्द्धनमा खर्च गरेको पनि उनले बताए।, विद्यालयले पढाइसँगै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा जोड दिएको छ। संयोजकले अतिरिक्त क्रियाकलापको योजना र कार्यक्रम बनाउँछन्। हरेक शुक्रबार शैक्षिक र खेलकुदका अतिरिक्त क्रियाकलाप आयोजना हुन्छ।, जनपथले अतिरिक्त क्रियाकलापमा अन्तरविद्यालय प्रतियोगिता पनि गराउने गरेको छ। यसमा निजी विद्यालयहरू पनि सहभागी हुन्छन्।, प्रधानाध्यापक लामिछानेका अनुसार हाल साधरण शिक्षातर्फ मात्र रहेको जनपथले प्राविधिक शिक्षा पनि समावेश गर्ने सोच बनाएको छ।, झन्डै देशभरिका विद्यार्थी पढाउने जनपथ माध्यमिक विद्यालय साँच्चै नमूना बनेको छ।  , सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल, उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा, काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी, बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल, दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव, काठमाडौंको एउटा 'नमूना' सामुदायिक स्कुल जहाँ छन् ६५ जिल्लाका विद्यार्थी
सेतोपाटी संवाददाता अर्घाखाँचीमा प्रहरीले जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरको छ। , मालारानी गाउँपालिका-७ भेडीखोराका ३८ वर्षीय कमल महतलाई पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ। , शुक्रबार दिउँसो महतले ७ वर्षकी नाबालिकालाई फकाएर चकलेट खाने बहानामा गोठमा लगेका थिए। महतले नाबालिकालाई जबरजस्ती करणी गर्न खोजेको प्रहरीले जानाएको छ। , प्रहरीले अर्घाखाँची जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। ,  , अर्घाखाँचीमा नाबालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता श्रीमतीको हत्यामा संलग्न सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई केन्द्रीय कारागार सुन्धारामा जेल चलान गरिएको छ। , गत शुक्रबार बानेश्वरबाट पक्राउ परेका कोइरालालाई सोमबार जेल चलान गरिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले गत जेठ १२ गते उल्ट्याइदिएको थियो।, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडालको संयुक्त इजलासले कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो।, कोइरालाले पत्नीको हत्या गर्ने समयमा मुलुकी ऐन अनुसार जन्मकैदको फैसला २० वर्षको हुन्थ्यो। प्रधानन्यायाधीश जबरा नेतृत्वको इजलासले साढे ११ वर्ष घटाएर उनी साढे ८ वर्ष कैद बसे पुग्ने भनेको थियो।, कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकन गरेको थियो।, सर्वोच्च अदालतले जेल सजाय घटाएपछि कोइराला कैदमुक्त भएका थिए।, कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला 'चर्को पर्न जाने' भन्दै २०७७ असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाइदिएको थियो।, कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए।, गीताले नै रिस उठाएका कारण रञ्जनले मारेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्व सहितको जन्मकैद जायज भएपनि सजाय भने घटाइदिएको हो।, कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेका हुन्।, कोइराला लामो समयपछि घर जाँदा उनकी श्रीमती गीताले व्यापार गर्ने पैसा मागेका कारण विवाद उठेको र रिसको आवेगमा आई धकेल्दा मृत्यु भएको भन्दै सर्वोच्चले कोइरालाको जन्मकैद घटाएर साढे ८ वर्षमा झारिदिएको हो।, उनलाई 'सर्वस्वसहित जन्मकैदको फैसला चर्को पर्ने हो कि भन्ने चित्तमा परेको' भन्दै सजाय घटाइएको फैसलाको पूर्णपाठमा उल्लेख छ। नयाँ मुलुकी संहितामा सर्वस्व (व्यक्तिको नाममा भएको सम्पत्ति) लिने व्यवस्था नभएकाले तल्ला अदालतले रोक्का राखेको अंश, जायजेथा फुकाइदिन पनि सर्वोच्चले भनेको छ।, 'वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थिति हेर्दा मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखियो। निजको मृत्युपश्चात नबालक छोराहरूको संरक्षण एवं शिक्षादीक्षा अभिभावक विहीनताका कारण अनिश्चय हुन गई उनीहरूको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले,' फैसलामा भनिएको छ, 'उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा मुलुकी ऐनको १८८ नं बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ।', मुलुकी ऐनको १८८ नम्बरमा प्रमाणले कर्तव्य गरी मारेको देखिए पनि भवितव्यले त्यस्तो हुन गएको न्यायाधीशको चित्तलाई लागेमा सजाय घटाइदिन सक्ने उल्लेख छ।, सर्वोच्च अदालतले रिसको आवेगमा मारेको भन्ने व्याख्या गरे पनि ढकालका बुवा हरेरामले दिएको जाहेरीमा भने कोइरालाले छोरीलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको उल्लेख छ। जाहेरीका अनुसार कोइरालाले पहिले पनि श्रीमतीलाई कुटपिट गर्थे।, कोइराला श्रीमती मारेको अभियोगमा जेल परेको २०६८ माघ ८ गते हो। , दुई छोरा जन्मिसकेपछि कोइराला र ढकालको वैवाहिक सम्बन्ध बिग्रिन थालेको सर्वोच्चको फैसलामा उल्लेख थियो। उनीहरूको बिहे २०५० सालमा भएको थियो।, घटनापछि मृतक ढकालका बुवाले दिएको जाहेरीमा कोइरालाले पटकपटक गीतालाई मार्ने धम्की दिएको, सम्बन्ध विच्छेद र अंश चलनको मुद्दा हालेको पनि जाहेरीमा उल्लेख छ। ढकालले पनि मानाचामलको मुद्दा हालेकी थिइन्। तारा रेग्मी नाम गरेकी महिलासँग कोइरालाले सम्बन्ध राख्न थालेपछि उनीहरू छुट्टाछुट्टै बस्न थालेका थिए।, रेग्मीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। रेग्मीले पनि रञ्जनको षड्यन्त्रमा साथ दिएको भन्दै उनलाई १ वर्ष सजाय भएको थियो।, घटना हुनुअघि कोइराला लामो समय चीनमा भएको एक तालिमबाट फर्केका थिए। २०६८ पुस २१ गते फर्केका उनी पुस २७ गते गीता बस्ने बुढानिलकण्ठस्थित घरमा गएर कान्छो छोरालाई लिएर निस्केका थिए। यसको जानकारी आफूहरूलाई छोरीले फोनमा दिएको उनका बुवाको जाहेरीमा उल्लेख छ।, त्यसको भोलिपल्ट माइतीले फोन गर्दा गीताको मोबाइल अफ थियो। त्यसको पनि भोलिपल्ट उनीहरू छोरीको घर गए। त्यहाँ उनी थिइनन्। त्यसपछि उनले आफ्नी छोरीलाई बेहोस बनाएर कोइरालाले बन्धक बनाएको भन्दै माघ ६ गते प्रहरीमा जाहेरी दिए।, त्यसको दुई दिनपछि उनीहरूले छोरी गीता ढकालको शव महाराजगन्जस्थित अस्पतालमा छ भन्ने थाहा पाए। अनि रञ्जनविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिए। त्यही दिन कोइरालालाई प्रहरीले पक्राउ गर्‍यो।, पुस २८ गते नै मकवानपुरको टिष्टुङ जंगलमा आधा जलेको ढकालको अस्थिपञ्जर भेटिएको थियो। रञ्जनले ढकाललाई मारी प्लाष्टिकमा पोको पारेर जंगलमा लगेर जलाएको प्रहरी अनुसन्धानबाट देखिएको थियो।, घटनामा भेटिएका प्रमाण र तथ्यहरू विश्लेषण गरी सरकारी वकिलले सर्वस्वसहित जन्मकैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। काठमाडौं जिल्ला र पुनरावेदनले कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए।, रञ्जन कोइराला केन्द्रीय कारागार चलान
रासस गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसँग सहकार्य गरी सञ्चालन गरिने भएको छ। , आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरी महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालसँग सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनका लागि व्यवस्था मिलाउने घोषणा गरिएको हो।, कैलालीको गेटास्थित मेडिकल कलेज सञ्चालन सरकारको नीति तथा कार्यक्रममा समावेश नभएपछि चौतर्फी विरोध गरिएको थियो। त्यसपछि दुई अस्पतालसँग सहकार्य गरी मेडिकल कलेज सञ्चालन बजेटमा समावेश गरिएको हो।, ‘गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पताल बीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ’, बजेट वक्तव्यमा भनिएको छ।, भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेजको सञ्चालन प्रारूपमा अझै अनिश्चित छ।, गेटा मेडिकल कलेजलाई प्रतिष्ठान, विश्वविद्यालय मातहत सञ्चालन गर्नु वा नेसनल मेडिकल कलेजका रूपमा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो।, सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत रहनेगरी प्रादेशिक अस्पतालसितको सहकार्यमा सञ्चालन गर्ने व्यवस्था गरेपछि सञ्चालन अन्योल पनि हटेको छ।, सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र गेटा मेडिकल कलेज बनाउने घोषणा गरेको थियो। , त्यसअनुसार सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालनमा आइसकेको छ। कञ्चनपुर क्षेत्र नं ३ का सांसद दीपक प्रकाश भट्टले दुई प्रादेशिक अस्पतालसितको सहकार्यमा मेडिकल कलेज सञ्चालनका लागि बजेटमा व्यवस्था गरिनु राम्रो भएको बताए।, ‘सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत दुई अस्पतालसितको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनमा आउँछ’, उनले भने, ‘यसलाई राम्रो मान्न सकिन्छ।’, सांसद भट्टले २०७४ को आम निर्वाचनमा महाकाली अस्पताललाई मेडिकल कलेजका रूपमा सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए।, गेटा मेडिकल कलेजलाई नेशनल मेडिकल कलेज बनाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवासम्म पहल गरिएको थियो।, सुदूरपश्चिम प्रदेशका सांसदहरूले माग राखेपछि प्रधानमन्त्री देउवा सकारात्मक देखिएको बताइएको छ।, उनले बजेटमा नेसनल मेडिकल कलेज बनाउने माग सम्बोधन गर्ने आश्वासन दिएका थिए। , प्रादेशिक अस्पतालसँग सहकार्य गरी गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने
सेतोपाटी संवाददाता दैलेखको विद्यालयमा व्यवस्थापन गर्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।, आठबिस  नगरपालिका-८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिलकुमार शाहीविरूद्ध आरोपपत्र दायर भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनका अनुसार उनीहरूले दैलेखको आठबिस नगरपालिका-८ मा रहेको श्री गणेश आधारभूत विद्यालय विशालामा आइसिटी व्यवस्थापन गर्ने भनेर भ्रष्टाचार गरेको आरोप छ। , गत आर्थिक वर्ष २०७६\७७ मा सामान विद्यालयका लागि सामान खरिद गरेको भन्दै उनीहरूले भुक्तानीको लागि आठबिस नगरपालिका नक्कली बिल पेश गरेको भण्डारीले बताए। , उनीहरूले विद्यालयमा विनियोजन नै नभएको बजेटलाई विभिन्न समयमा आइसिटी व्यवस्थापन गर्न र सोलार खरिद गर्न कोटेसन आह्वान गर्ने काम गरेका थिए। उनीहरूले कोटेसन छनोट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरी सकेको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय गरी सोही निर्णयको आधारमा झूटा बिल कागजात तयार गरी भ्रष्टाचार गरेको आरोप छ।  , भण्डारीले दैलेख, आठबिस नगरपालिका-८ का कार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनि सिफारिस समेत गरेको आयोगका प्रवक्ता भण्डारीले बताए। , आयोगका अनुसार उनीहरूले सरकारी रकम खाने, मास्ने उद्देश्यका साथ ४ लाख ९८ हजार गैरकानूनी लाभ लिन गलत लिखित तयार गर्न खोजेको थिए। , उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम माग दाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भ्रष्टाचार निवारण ऐन अन्तर्गत आरोपपत्र दायर भएको जनाइएको छ।   ,  , दैलेखको विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरूद्ध आरोपपत्र दायर
सेतोपाटी संवाददाता प्रहरीले काभ्रेपलाञ्चोकबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , रामेछाप सुनापाती गाउँपालिका-५ घर भई भक्तपुर नगरपालिका-८ लिवाली बस्दै आएका ४६ वर्षीय कृष्णभक्त मानन्धरलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , प्रहरीले सोमबार मानन्धरलाई बनेपा नगरपालिका-१ नालाबाट पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक थापाका अनुसार मानन्धरले २०७७ मंसिर १८ गते एनआइसी एसिया र माछापुच्छ्रे बैंक लिमिटेडको चेक काटेर पीडितलाई दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएका थिए।  , उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७८ पुस २ गते ९ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन कैद फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार थिए।, प्रहरीले मानन्धरलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत पेश गरेको जनाएको छ। ,  , काभ्रेपलाञ्चोकबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता तारा एयर जहाज दुर्घटना सम्बन्धमा अनुसन्धान गर्न दुर्घटना जाँच आयोग गठन भएको छ। , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ। , वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमन यस आयोगका जाँच इन्चार्ज छन्। , क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन्। , आइतबार बिहान पोखराबाट जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको थियो।, सोमबार बिहान मुस्ताङ थासाङ गाउँपालिका-२ स्थित सानुसरे भन्ने स्थानमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।, त्यस सम्बन्धमा छानबिन तथा अनुसन्धान गर्न आयोग गठन गरेको हो।     , तारा एयर जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन
युनिक श्रेष्ठ मुस्ताङमा आइतबार बिहान दुर्घटना भएको तारा एयरको जहाज पाइलट प्रभाकर घिमिरेले चलाएका थिए। , जहाजमा सहायक पाइलट उत्सव पोखरेल  एयर होस्टेस कृष्मी थापा मगर पनि थिए। उनीहरू १९ जना यात्रुलाई लिएर मुस्ताङको जोमसोम जाँदै थिए।  , जोमसोम पुग्न केही मिनेटमात्र बाँकी रहेका बेला बिहान १०:०७ बजे जहाज सम्पर्कविहीन भयो। , १४ हजार ५०० फिटमा उडिरहेका बेला जहाज पहाडमा ठोक्किएर दुर्घटनामा परेको थियो। सोमबार साँझसम्म जहाजमा रहेका २१ जनाको शव फेला पारिसकेको छ। त्यसमध्ये एक जनाको शव भने खोजी भइरहेको छ। , दुर्घटनामा परेको जहाज ६२ वर्षीय अनुभवी पाइलटले चलाएका थिए। , तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उनी सन् २००४ देखि तारा एयरसँग आवद्ध थिए। , उनले ट्विनअटरमात्रै १७ हजार ५ सय घन्टा बढी उडान गरिसकेका थिए। , उनी प्रशिक्षक पाइलट समेत थिए। , ‘२००४ देखि आवद्ध हुनुहुन्थ्यो। १७ हजार ५ सय घन्टा बढी उडान गर्नुभएको थियो। उहाँ प्रशिक्षक पाइलट पनि हो। ट्वीनअटरमा मात्रै उडाउनुभएको हो,’ उनले भने, ‘हाम्रो संस्थामा आवद्ध हुनुअघि उहाँ सिभिल एभिएसनमा एटिएसी हुनुहुन्थ्यो। एभिएसनकै पाइलटको रूपमा उहाँले काम गर्नुभएको थियो। सेफ्टी डिपार्टमेन्ट (उडान सुरक्षा विभाग)मा बसेर काम गर्नुभएको थियो।’, टेबहालमा जन्मे-हुर्केका उनी पछिल्लो समय उनी कीर्तिपुरको ट्याङ्लाफाँट बस्दै आएका थिए। उनी घरका कान्छो छोरा हुन्।उनका दुई जना बहिनी र तीन जना दाइ  छन्। उनका दाइ ज्योति घिमिरे गायक हुन्।, ‘हामी १४-१५ वर्षको हुँदादेखि नै साथी थियौं। मैले पछि टेबहालमा बस्न छाडेँ,’  घिमिरेका साथी नवीन तन्डुकारले सेतोपाटीसँग भने, ‘उ टेबहालमै बस्थ्यो तर पछिल्लो समय ट्यांग्लाफाँटमा बस्दै थियो। भेट नभएको पनि धेरै भइसकेको थियो। छिटफुट भेट हुन्थ्यो। एक-दुई महिना अघि पछिल्लो भेट भएको थियो।’, उनका अनुसार घिमिरे सानैदेखि पढाइमा पनि अब्बल थिए। एसएलसी सकाएपछि उनले आफूहरूलाई पाइलट बन्न तिर लाग्ने कुरा सुनाएका थिए। , ‘हँसीमजाक गर्नुपर्ने स्वभावका थिए। उहाँकै बुवा पनि त्यस्तै खालको हुनुहुन्थ्यो,’ उनले भने,‘हिजो घर फर्किएर सामाजिक सञ्जाल खोल्दा आफ्नो साथी दुर्घटनामा परेको सुनियो। तै पनि हामी आश गरेर बसेका थियौं तर आज शवहरू भेटिएको कुरा आयो।’ , उनका अर्का साथी शैलेश शाक्यका अनुसार घिमिरे राम्रा फुटबल खेलाडी समेत थिए। , संकटा क्लबबाट उनले ए डिभिजन फुटबलसमेत खेलेको उनले बताए। , ‘उनी संकटा फुटबल क्लबबाट ए डिभिजन खेलेका खेलाडीसमेत हुन्। २५-३० वर्ष अगाडि उनी संकटा क्लबको लागि खेल्थे,’ उनले भने,‘उनी एकदमै राम्रो फुटबल खेल्थे।’, पछि सन् १९९१ मा घिमिरे अमेरिकामा पाइलट अध्ययन गर्न गएको उनले बताए। त्यहाँबाट प्रशिक्षण लिएर आएपछि नागरिक उड्डयन प्राधिकरणका लागि काम गरेका थिए। , ‘सिभिल एभिएसनमा २५ वर्षसम्म जागिर गरेका थिए,’ उनले भने, ‘धेरै नै काम गरिसकेको हुँदा टोलबासीले पनि अब पुग्यो भनिरहेको थिए।’, उनको र शाक्यको भेट डेढ हप्ता अगाडिमात्रै भएको थियो। , ‘एक डेढ हप्ता अगाडि मात्रै न्यू रोडमा भेटेको थिएँ। पाइलट जस्तो मान्छेसँग धेरै भेट पनि नहुने। अब हिजो एक्कासी यस्तो खबर आयो। त्यसरी खबर आएपछि मैले उनका दाइलाई पनि फोन गरेको थिएँ,’ उनले भने,‘कसैको मृत्यु भएपछि हामी बिचा हेयका भन्छौं। (हार्दिक श्रद्धान्जली) तर मैले उहाँको खबर आएपछि फेसबुकमा टेबहालका छोरालाई सबैले सम्झनेछ भनेको थिएँ। एकदमै मिजासिलो मान्छे हुनुहुन्थ्यो।’, लामो समय तारा एयरमा काम गरेका उनको कुनै पनि दुर्घटनाको रेकर्ड थिएन। बरू उनी अरूको दुर्घटना हुँदा छानबिन समितिमै बसेर काम गर्थे।, ‘अहिलेसम्म उहाँको कुनै दुर्घटनाको रेकर्ड थिएन। अरू-अरूको दुर्घटना हुँदा पनि उहाँ छानबिन समितिमा बसेर काम गर्नुहुन्थ्यो,’ तारा एयरका प्रवक्ता बर्तौलाले भने। , उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुर्घटना मौसमका कारण भएको देखिन्छ। यसबारे थप अनुसन्धान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन समेत गरेको छ।   , ‘अहिले हामीले प्रारम्भीक रूपमा हेर्दा मौसमकै कारणले भएको हो भन्ने देखिन्छ। तर विस्तृतमा दुर्घटना जाँच आयोगले छानबिन गरी भन्ला,’ उनले भने।, सम्बन्धित समाचार: , अमेरिकाबाट छुट्टी मनाउन आएका थिए दिदीबहिनी, आमाबाबुसहित परे दुर्घटनामा, एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी कृष्मी, एक वर्षमै नेपाली आकाशमा अस्ताए चौरजहारीका पहिलो पाइलट, आमा-बुवा, काका-काकी र मामा-माइजुलाई मुक्तिनाथ दर्शन गराउन लैजाँदै थिए राजन गोले, 'तेलको गन्ध पछ्याउँदै गएर हामीले जहाज भेट्यौं', मुस्ताङमा अस्ताए साढे १७ हजार घन्टा उडान भरेका पाइलट
निशा भण्डारी आइतबार बिहान मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउने १० जनाको शव काठमाडौं ल्याइएको छ।, सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको हो। शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए। , मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार २१ जनाको शव फेला परिसकेको छ। तीमध्ये १० जनाको शव कोवाङ, पोखरा हुँदै काठमाडौं ल्याइपुर्‍याइएको हो। , एक जनाको खोजी भइरहेको छ। यस्तै मृतकहरूको पहिचान हुने अवस्थामा रहेको शर्माले बताए। दुर्घटनापछि आगलागी नभएको हुँदा शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेको उनले बताए। , तस्बिरहरू: ,  ,  , दुर्घटना क्षेत्रबाट ल्याइयो १० वटा शव (तस्बिरहरू)
नारायण खड्का आइतबार बिहान मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजमा रहेका १४ जनाको शव फेला परेको छ। बाँकीको खोजी कार्य जारी छ।  , यो खबरले रूकुम पश्चिमको चौरजहारी नगरपालिका-३ लापुते गाउँ यतिबेला शोकमा डुबेको छ।, मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परेका २५ वर्षीय पाइलट उत्सव पोखरेल अब फर्केर आउने छैनन् भन्ने सुनेर लापुते गाउँ शोकमा परेको हो। , उत्सव चौरजहारीले पाएका पहिलो र एक मात्र पाइलट हुन्।, गत वर्ष वैशाखमा तारा एयरमा आवद्ध भएका उनले फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेका थिए। दुर्भाग्य उत्सवले एक वर्षमात्रै नेपाली आकाशमा उडान भर्न पाए।, उत्सवका ठूला बुवाका छोरा दिवश पोखरेलका अनुसार उत्सवले कक्षा १० सम्मको पढाइ चौरजहारीकै भ्याली पब्लिक स्कुलबाट पूरा गरेका थिए।, त्यसपछि काठमाडौंको भिएस निकेतनबाट प्लस टु गरेर पाइलट पढ्न फिलिपिन्स गए। फिलिपिन्समा पाइलट कोर्स पूरा गरेर उत्सव एक वर्षअघि स्वदेश फर्किएर तारा एयरको फर्स्ट अफिसर पाइलटका रूपमा काम सुरू गरेका थिए।, उत्सवका दाजु उमेश पनि हाल फिलिपिन्समा पाइलटको तालिम लिइरहेका छन्। बुवा मनिराम पोखरेल जाजरकोटको नलगाड नगरपालिकामा शिक्षा स्रोत व्यक्तिको रूपमा कार्यरत छन्। आमा उषा, दाङ तुलसीपुरको बिजौरीस्थित एक विद्यालयमा पढाउँछिन्। उनको माइती बिजौरी नै हो।, छोराहरूको सजिलोको लागि उनीहरूले दाङको बिजौरीमै घर बनाइरहेका थिए। उनीहरूको एउटा घर नेपालगञ्जको गणेशपुरमा पनि छ। , छोरा उत्सवले उडाएको जहाज सम्पर्कविहीन भएको खबर पाएपछि आमा उषा दाङबाट र बुवा मनिराम जाजरकोटबाट नेपालगञ्ज हुँदै आइतबार राति नै काठमाडौं पुगेका छन्। पोखरेल दम्पतीका दुई छोरा मात्रै हुन्।  दुबै अविवाहित छन्।, दिवश पनि प्रायः नेपालगञ्जमै बस्ने हुँदा उत्सवसँग भेट भइरहन्थ्यो। नभए सामाजिक सञ्जालमा उनीहरू गफिन्थे।, ‘बुढो भइस् त केटा बिहे कहिले गर्छस् भनेर जिस्किन्थें,’ दिवसले भने, ‘ऊ दाइकै बिहे भएको छैन, उहाँको पालो त मिच्नु भएन नि भन्थ्यो।’, पोखराको उडान सकेपछि उनले नेपालगन्ज आउने बताएका थिए।, ‘भेट्नुपर्छ दाइ भनेको थियो। अब ऊ कहिल्यै नभेटिने गरी गएछ,’ दिवशले भने।, पाइलट उत्सव भक्तपुरको लोकन्थलीमा डेरा गरी बस्दै आएका थिए।  स्थानीय तहको निर्वाचन सकिएपछि सतिस आचार्य पनि हप्ता दिनदेखि उत्सवसँगै कोठामा बस्दै आएका थिए। सतिस उत्सवका फुपुको छोरा हुन्।, उत्सव र सतिस सँगै हुर्किएका हुन्। बुधबार दिउँसो १२ बजेतिर उत्सवलाई लिन अफिसको गाडी आयो।, ‘उत्सवले आफ्नो क्यारियर ब्यागेज आफैं लिएर बाइ भन्दै गएको थियो,’ सतिसले सेतोपाटीसँग भने, ‘तर, ऊ कहिलै नफर्किने गरी गएको रहेछ।’, बुधबारदेखि आइतबारसम्म उत्सवले प्लेन उडाउनु पर्थ्यो।, बुधबार पोखरा पुगेर बिहीबार त्यहीँ बसेर शुक्रबार, शनिबार र आइतबारका उडान भरेर भक्तपुरको लोकन्थलीस्थित डेरामा फर्किने उनको योजना थियो।, दुर्घटनाको अघिल्लो रात पनि उत्सव र सतिसबीच भिडिओ कुराकानी भएको थियो।, ‘कोठामा बोर नहुनू, नआत्तिएर बस्नू। म दिउँसो दुई बजेसम्म कोठामा आइपुग्छु भन्दै थियो,’ सतिसले थपे, ‘तर ऊ त आउँदै आएन, उसले चलाएको प्लेन मिसिङ भएको कुरा पहिलो पटक सुन्दा रिंगटा लागेझैं भएको थियो।’, सतिसलगायत आफन्तले उत्सवलाई अलि ठूलो प्लेन उडाउन आग्रह गर्दा उत्सव करियर यसैमा रहेको भन्दै अझैं दुई-तीन वर्ष सानै प्लेनमा काम गरेपछि मात्रै त्यसबारे सोच्ने बताउँथे।, ‘म उड्ने आकाश डेन्जर रूटमा पर्छ र मौसमले च्यालेञ्ज गरे जतिखेर पनि समस्या निम्तिन सक्छ,’ उत्सवसँगको कुरा सम्झदै सतिसले भने, ‘ऊ आफ्नो करियर मात्रै सोचिरहन्थ्यो।’, सतिसकै शब्दमा पाइलट उत्सव निकै मिलनसार, सहयोगी थिए।, आफू उड्नुभन्दा पहिला सकभर उत्सव बुवा आमा र आफन्तलाई सम्झन्थे। उनले उडाएको प्लेन दुर्घटना परेको दिन बिहानै पौने ५ बजे उत्सवले बुवा मनिरामलाई भिडिओ कलमा कुराकानी गरेका थिए।, बुवा मनिरामले सेतोपाटीसँग भने, ‘उसले बिहान पौने पाँच बजे नै भिडिओ कल गरेको थियो। साढे पाँच बजे पोखरादेखि जोमसोम उड्दैछु भने पनि मैले शुभ यात्रा बाबु मात्र भनेको थिएँ।’, सम्बन्धित समाचार:, एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी कृष्मी, एक वर्षमै नेपाली आकाशमा अस्ताए चौरजहारीका पहिलो पाइलट, आमा-बुवा, काका-काकी र मामा-माइजुलाई मुक्तिनाथ दर्शन गराउन लैजाँदै थिए राजन गोले, 'तेलको गन्ध पछ्याउँदै गएर हामीले जहाज भेट्यौं', एक वर्षमै नेपाली आकाशमा अस्ताए चौरजहारीका पहिलो पाइलट
सेतोपाटी संवाददाता प्रहरीले ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। , भिजिट भिसामा नेपालबाट दुबई पठाएर ठगी गरेको आरोपमा पाँच जनालाई नेपालको विभिन्न स्थानबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , पक्राउ पर्नेमा लम्जुङ राईनास नगरपालिका-३ का ४७ वर्षीय मधुबिलास बाँस्कोटा, सोलुखुम्बु दूधकुण्ड नगरपालिका-८ का ५४ वर्षीय होमबहादुर खड्का र कागेश्वरी मनोहरा नगरपालिका-७ का ३५ वर्षीया रंजना ढकाल प्याकुरेल छन्। , यस्तै, रूपन्देही देवदह नगरपालिका-५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल र कागेश्वरी मनोहरा नगरपालिका-७ का ४० वर्षीय सन्तोष प्याकुरेल पनि छन्। , अहिले पक्राउ परेका व्यक्तिहरू विभिन्न भूमिकामा काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक थापाले बताए।, ‘होमबहादुर वैदेशिक रोजगारमा जाने व्यक्तिको खोजी गर्ने मध्येका मुख्य योजनाकार हुन्। उनी पीडितहरूको कागजात संकलन गर्ने र अन्तर्वार्ताका लागि तयारी गराउने गर्दा रहेछन्,’ प्रहरी उपरीक्षक थापाले भने, ‘त्यस्तै रन्जनाले आर्थिक कारोबार हेर्ने गरेको खुलेको छ।’, यस्तै राजु, मधुबिलास र सन्तोष वैदेशिक रोजगारमा जाने व्यक्तिको खोजी गर्ने र सो कार्यबाट कमिसन लिने गरेको पाइएको प्रहरी उपरीक्षक थापाले बताए।, ‘अहिले जम्मा ५ जनामात्र पक्राउ परेका छन्,’ प्रहरी उपरीक्षक थापाले भने, ‘मुख्य प्रतिवादी कोमलराज उपाध्याय फरार छन्।’, कोमलराज उपाध्याय दुबईस्थित त्रिनेत्रा म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीका संचालक हुन्। उनी यस गिरोहका मुख्य प्रतिवादी भएको प्रहरी उपरीक्षक थापाले बताए। , ‘उपाध्याय विदेशमा नै लुकेर बसेका छन्,’ उनले भने, ‘उनको खोजी कार्य भइरहेको छ।’ , यस ठगी गर्ने गिरोहमा ३१ जना संलग्न रहेको उनले बताए। , दुबईमा रहेको कन्सल्टेन्सीले आर्मस गार्डमा ५ सय जनाको भ्याकेन्सी खुलेको भन्दै पीडितहरूलाई तीन हजार दिरामसम्म तलब पाउने भन्दै ठगी गरेको प्रहरी उपरीक्षक थापाले बताए। , उनीहरूले पीडितलाई नेपालबाट भिजिट भिसामा दुबई पठाएर काम लगाउने भन्दै ठगी गरेको पाइएको छ। , त्यस गिरोह समूहले पीडितसँग प्रतिव्यक्ति ३ लाख ५० हजार देखि ८ लाख रुपैयाँसम्म ठगी गरेको आरोप छ। , ‘उनीहरूले फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाएर विज्ञापन राख्ने गर्छन्,’ उनले भने, ‘सोही सामाजिक सञ्जालको पेजमा मोबाइल नम्बर राख्दै जान चाहनेले सम्पर्क गर्नु भन्ने जस्ता भ्रामक सूचना प्रवाह गर्ने गर्दा रहेछन्।’, नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल र दुबईस्थित विभिन्न संस्थाहरूको सहयोग तथा सहकार्यमा पीडित व्यक्तिहरू नेपाल फिर्ता ल्याइएको छ। , ब्युरोका अनुसार ७६ जना पीडितबाट जम्मा दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ ठगी गरेको आरोप छ। पीडितको संख्या अझ धेरै हुन सक्ने उनको आशंका छ।  , उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडिबसेका र सर्वसाधारण व्यक्तिहरूलाई समेत विभिन्न समयमा भिजिट भिसामा दुबई पुर्‍याएर बिचल्ली बनाउने गरेका छन्।, सो कार्यपश्चात् उनीहरू फरार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।, ‘अहिलेसम्म ७६ जना पीडित व्यक्तिहरूले ४५ वटा जाहेरी दर्ता गर्नुभएको छ,’ उनले भने, ‘यस्ता पीडित अझ धेरै हुनुपर्छ। हामीले अन्य यस्तै पीडित भए सम्पर्कमा आउन पनि आग्रह गरेका छौं।’ , उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जनाइएको छ। , भिजिट भिसामा दुबई पठाउने भन्दै सामाजिक सञ्जालको पेजमा राख्थे, पूर्वप्रहरीदेखि सेनासम्म 'टार्गेट ग्रुप'
सेतोपाटी संवाददाता आज काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको मौसममा सामान्य बदली रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले मौसममा बदली भइरहेको हो।, प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार बाँकी प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।, आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।, मंगलवार राति  प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।, भोलि बुधबार  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।, काठमाडौं उपत्यकासहित देशभर आज पानी पर्ने सम्भावना
युवराज श्रेष्ठ आइतबार दिउँसो पोखरा विमानस्थलको प्रतीक्षालयमा एउटी युवती घरीघरी रोइरहेकी थिइन्। छेउमा उभिएका अरूका पनि आँखा रसाएका थिए। , प्रतीक्षालयमा पर्खिरहेका आँखाहरू जहाजकी एयरहोस्टेस कृष्मी थापालाई खोजिरहेका थिए। तीमध्ये केही कृष्मीजस्तै एयरहोस्टेस थिए।, आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको घन्टौं बित्दा पनि अत्तोपत्तो थिएन। उनीहरू भने कृष्मी फर्केर आउँछन् कि भन्ने झिनो आशा बोकेर कुरिरहेका थिए। , सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उनीहरूको आशाको दियो निभेको छ। उनीहरूकी साथी कृष्मी अब कहिल्यै फर्केर नआउने भएकी छन्। , साथीहरूमाझ सधैँ हँसिली र फुर्तिली कृष्मीले आफ्नो जीवनमा भने धेरै दु:ख र संघर्ष गरेकी थिइन्। स्याङ्जा चापाकोटकी कृष्मीका बुवा थापा मगर हुन् भने आमा दलित परिवारकी। कृष्मी जन्मिएपछि बुवाले आमालाई घरबाट निकालिदिए। कृष्मीलाई बोकेर आमा नजिकै रहेको माइत गइन्। माइतीमै कृष्मी हुर्किन्, पढिन्। , कृष्मीका मामाकी छोरी शर्मिला रुपालका अनुसार कक्षा १० सम्म गाउँमै पढेकी कृष्मीले प्लस टु स्याङ्जाको वालिङमा पढिन्। त्यसपछि एयर होस्टेस बन्न पोखरा आइन्। पोखरास्थित एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालेर उनी २०१५ मा भर्ना भइन्। ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि कृष्मीले केही महिना पोखराकै एभिया क्लबमा काम गरिन्। , लगत्तै यति एयरलाइन्सले एयर होस्टेसका लागि विज्ञापन निकाल्यो। उनी पास भइन्। यति एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो। विगत ५ वर्षदेखि उनी तारा एयरमा एयर होस्टेसका रूपमा काम गरेकी थिइन्।, एयर होस्टेस कोर्स पूरा गर्न कृष्मीका मामा आएर शुल्क बुझाएको एकेडेमीका म्यानेजिङ डाइरेक्टर शोभा केसीले बताइन्। जब उनी तारा एयरमा काम गर्न थालिन्, परिवारको आर्थिक जिम्मा उनैले सम्हालेकी थिइन्। , मामाघर बसेर हुर्केकी कृष्मीका लागि आमा र हजुरआमाको खुसीभन्दा माथि केही थिएन।, हजुरआमाले मादल बजाउँदै गीत गाएको भिडिओ क्लिप फेसबुकमा राख्दै उनले २०२१ नोभेम्बर ११ मा यस्तो लेखेकी थिइन्: ‘हजुरले जीवनमा धेरै कुराको अनुभव गर्दै आउनुभएको छ त्यही अनुभवबाट हामीलाई सिकाउँदै, बुझाउँदै आउनु भएको छ, हजुरजस्तो आमा, सासूआमा र हजुरआमा (बुडीमम्मी ) पाउनु हामी सबै परिवारको सौभाग्य हो, विशेषगरी म आफूले आफूलाई एकदम भाग्यशाली सम्झिएकी छु। म सानो हुँदा हजुरको काखमा हुर्किन पाएँ हजुरको स्याहार–सुसार पाएँ जब ठूलो भए एउटा नारी भएँ त पनि कसरी निडर भएर जीवनमा संघर्ष, आत्मविश्वास, आत्मबल र हिम्मतका साथ अगाडि बढ्न सक्नुपर्छ। समय चलिराख्ने चिज हो हरेक औंसीपछि पूर्णिमा आउँछ त्यसैले हरेस कहिले नखानु  म कुनै दिन कमजोर भए भनि हजुरको कुरालाई याद गर्छु! मेरो प्रेरणा र हिम्मतको स्रोत हो हजुर सधैंभरि यसरी हाँसेको देख्न पाम, हजुरको सेवा गर्न पाम र हजुरले जति खुसी माया दिनु भएको छ त्यसको हजार गुना दिन सकूम् यही मेरो जीवनको लक्ष्य हो.......।’, कृष्मीले परिवारका भाइबहिनीको शिक्षाको जिम्मा आफूले लिएकी थिइन्। मामाका छोरी शर्मिला र उनका भाइलाई पोखरा राखेर पढाएकी थिइन् भने अर्का भाइलाई काठमाडौंमा विज्ञान पढाएकी थिइन्। मामाकी छोरी शर्मिलालाई पनि कहिलेकाहीँ एयर होस्टेस बन्न सुझाव दिन्थिन्। शनिबार भेटेर पनि उनलाई कृष्मीले राम्रो मान्छे बन्न भनेकी थिइन्।, विमानस्थलको प्रतीक्षालयमा भेटिएकी शर्मिलाले आँशु पुछेर भनिन्, ‘हिजो राती पनि तिमीहरू राम्रोसँग पढ, राम्रो मान्छे बन्नुपर्छ, म छु, भन्नुभयो, आज उहाँ कहाँ हुनुहुन्छ।’, शनिबार साँझ कृष्मी, उनका बहिनी शर्मिला, एयर होस्टेस साथी सलिना राणा लगायत लेकसाइड घुमेर फर्किएका रहेछन्।, लेकसाइडमा खानपिन गरेर कृष्मी एयरलाइन्सको क्याम्पमा फर्कने बेला घर पुगेर फोन गर्न भनेको सलिनाले बताइन्। , ‘हिजो बेलुका राम्रोसँग जा है, घर पुगेर फोन गर् भनेको थियो,' उनले भनिन्, ‘के भयो के भयो। मनिषा एकदम राम्रो मान्छे हो के।’, नागरिकतामा कृष्मी थापा लेखिएको उनलाई घरपरिवार र साथीले मनिषा भनेर बोलाउँथे। , तारा एयरअन्तर्गत जोमसोम, लुक्ला र नेपालगञ्ज उडानमा कृष्मीले एयर होस्टेसको काम गर्थिन्। मुस्ताङबाट फर्किएर आइतरबार नै काठमाडौं जाने र सोमबार अर्कै रूटमा जाने उनको कार्यादेश थियो। तर उनी मुस्ताङबाट फर्किन सकिनन्।, कृष्मी हराएको थाहा पाउनासाथ झन्डै चार वर्ष सँगैं बसेकी उनकी एयरहोस्टेस साथी दिपाली सिंह विदा मागेर पोखरा आएकी छिन्। उनी पनि कृष्मीका अन्य साथीसँगै विमानस्थलको प्रतीक्षालयमा बसेकी थिइन्।, दिपाली र कृष्मीको भेट काठमाडौंमा साथीमार्फत् भएको थियो। जब उनीहरू भेटे, सँगसँगै बस्न तयार भए। अहिले उनीहरू आ–आफ्नै कामको शिलशिलामा छुट्टिएका छन्। तर उनीहरूको सामिप्यता छुट्टिएको छैन। , ‘कृष्मी मेरो रुममेट हो, हामी दु:खसुखका कुरा गर्थ्यौं, भाइबहिनीलाई पढाउन सकेकोमा एकदम गर्व गर्थिन्,’ दिपालीले भनिन्, ‘निराश भएर बस्ने खालकी थिइनन्, आफ्नो काममा एकदम खुसी थिइन्।’, समय पाउनासाथ घुम्ने र रमाइलो गर्ने कृष्मीको बानी थियो। साथीहरूलाई पनि उनले घुम्न जाम् भनिरहन्थिन्। दिपालीका अनुसार उनले साथीहरूलाई परिवारको सदस्य र साथीका आफन्तलाई आफ्नै मान्छे ठान्थिन्। , कृष्मीले सधैं आफ्नै दिदीको व्यवहार गरेको पोखराकी प्रमिला घलेले सम्झिइन्। प्रमिलाकी बहिनी पनि एयर होस्टेस हुन्। बहिनीकी साथी कृष्मी।, ‘मेरो बहिनीको साथी कृष्मीले मलाई दिदी भन्थिन्, आफ्ना दु:खसुख नलुकाई बताउँथिन्,’ उनले भनिन्, ‘मलाई मेरो बहिनीभन्दा फरक कहिल्यै लागेन।’, एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीका म्यानेजिङ डाइरेक्टर शोभाले पनि कृष्मीको त्यही बानी आफूलाई मन परेको बताइन्। आफ्नो विद्यार्थी भए पनि कृष्मीले साथी र अभिभावकका रूपमा आफूलाई सम्झिने गरेको उनले बताइन्।, ‘म काठमाडौं जाँदा कृष्मीसँग बस्थें, उनी पोखरा आउँदा हामी भेट भइराख्थ्यौं,’ उनले भनिन्, ‘कृष्मी एकदम सच्चा दिलकी थिइन्, इमान्दार मान्छे, केही छलकपट थिएन।’, एयर होस्टेस पास भएपछि कृष्मीले नागरिकता पाउन पनि संघर्ष गर्नुपरेको शोभाले सम्झिइन्। आमाको नाममा नागरिकता नदिने प्रशासनले बुवाका नाममा नागरिकता बनाउन भन्यो। तर उनका बुवा उनी र उनका आमाबाट धेरै टाढा पुगिसकेका थिए।, ‘कृष्मीको नागरिकता बनाइदिन बुवाले मानेका थिएनन्, धेरैपछि मानेका हुन्,’ उनले भनिन्, ‘यति धेरै दु:ख गरेर पनि एकदम खुशी थिइन्, आफ्नोभन्दा अरूको खुशी चाहन्थिन्।’ , हराएको घन्टौंसम्म पनि जहाज फेला नपरेपछि दुर्घटना भएको अनुमान गरिएको थियो। यो चिSSSसो कृष्मीका साथीहरूका मनमा पनि पसिकेको थियो। उनी अब फर्केर आउने सम्भावना थिएन। कृष्मीले एयर होस्टेस पढेको एकेडेमीकी म्यानेजिङ डाइरेक्टरले भनिन्, ‘राम्रो मान्छेलाई भगवानले छिटो लैजाने रहेछ!’, सम्बन्धित समाचार:, एक वर्षमै नेपाली आकाशमा अस्ताए चौरजहारीका पहिलो पाइलट, आमा-बुवा, काका-काकी र मामा-माइजुलाई मुक्तिनाथ दर्शन गराउन लैजाँदै थिए राजन गोले, 'तेलको गन्ध पछ्याउँदै गएर हामीले जहाज भेट्यौं', एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी कृष्मी
निर्मला घिमिरे पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज प्रतिकूल मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार भएको संसदको अन्तर्राष्ट्रिय समितिमा खराब मौसमका कारण जहाज दुर्घटना भएको प्रारम्भिक अध्ययन प्राप्त भएको जानकारी गराए।, महानिर्देशक अधिकारीले खराब मौसमका कारण दायाँ मोड्नु पर्ने जहाज बायाँ मोडिएको र गएर भित्तामा ठोक्किएको प्रारम्भिक अध्ययनले देखाएको बताए। जाँच-बुझ आयोग गठन गरी घटनाको थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने उनले बताएका छन्।, यो रूटमा यसपालिको सहित पाँच दुर्घटना भएका छन्। यी दुर्घटनामा अहिलेसम्म ७७ जनाले ज्यान गुमाएका छन्।, यसअघि २०७२ फागुन १३ गते यो रूटमा दुर्घटना भएको थियो। त्यस बेला तारा एयरकै विमान म्याग्दीको दाना गाविसमा दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २३ जना यात्रुको मृत्यु भएको थियो।, त्यस्तै २०७० सालमा नेपाल एयरलाइन्सको जहाज यो रूटमा दुर्घटना भयो। त्यसमा २१ जना घाइते भए। जहाज पुथाङ विमानस्थलको धावनमार्गबाट कालीगण्डकी नदीमा खसेको थियो।, २०५९ जेठ १ मा अग्नि एयरको जहाज जोमसोम विमानस्थलनजिकै पानीट्यांकी डाँडामा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। ६ जना घाइते भएका थिए। उक्त जहाज पनि डाँडामा ठोक्किएको थियो।, २०५९ भदौ ३ गते जोमसोमबाट पोखरा उडेको सांग्रिला एयर दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो।, यसरी पछिल्ला बीस वर्षमा यो रूटमा पटक–पटक दुर्घटना हुँदा ठूलो मानवीय तथा आर्थिक क्षति भएको छ। प्रतिकूल मौसम हुँदाहुँदै पनि जहाज उडाउने तथा रूटमा टावर र सिग्नलको समस्याका कारण पनि दुर्घटना भएका टिकाटिप्पणी आइरहेका छन्।, नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो रूटमा एक ठाउँमा 'लाइन अफ साइट कम्युनिकेसन ग्याप' छ। यो भनेको जहाज सम्पर्कबिहीन हुने अवस्था हो। पार गर्न करिब तीन मिनेट लाग्ने डाँडामा छेकिने ठाउँ (बफर जोन) भएकाले यो अवस्था आउने प्राधिकरणको भनाइ छ। यो ठाउँमा पुगेपछि पाइलट र एयर ट्राफिक कन्ट्रोल (एटिसी) बीच सम्पर्क हुँदैन।, यसरी टावरसँग सम्पर्क टुट्दा जहाज उडाउन जोखिमपूर्ण हुन्छ भनेर कतिपयले तर्क गरेका छन्। यो रूटमा पटकपटक दुर्घटना हुनुमा सम्पर्क नहुनु पनि कारण रहेको केहीले बताएका छन्।, हामीले यस सम्बन्धमा यो रूटमा २०४९ सालदेखि जहाज उडाउँदै आएका क्याप्टेन सन्तोष शाहसँग कुरा गरेका छौं। उनी २०४९ सालमा यही रूटमा नेपाल एयरवेजको जहाज चलाउँथे।, त्यो रूटमा तीन मिनेट सम्पर्क नभएकै कारण दुर्घटना हुने अवस्था भने नरहेको उनी बताउँछन्।, उनले भने, 'यो रूटमा मात्र होइन, हाम्रो देशका धेरै रूटमा यस्ता ठाउँ छन् जहाँ १० मिनेटसम्म पनि पाइलट र टावरबीच सम्पर्क हुँदैन।', रोल्पा, चौरजहारी, जुम्ला, बाजुरा, रारा, जोमसोम, लुक्ला, फाप्लुजस्ता विकट स्थानमा जहाज चलाउँदा धेरै स्थानमा सम्पर्क टुट्ने उनले बताए। विगत २३ वर्षयता तारा एयरसँग आबद्ध भएर पोखरा–जोमसोमसँगै अन्य दुर्गम स्थानका रूटहरूमा उनी काम गरिरहेका छन्।, उनका अनुसार पोखरा–जोमसोम रूटमा उड्ने विमानको म्याग्दीको घोरेपानी कटिसकेपछि तातोपानी र लेतेको बीचमा करिब तीन मिनेट टावरसँग सम्पर्क विच्छेद हुन्छ। त्यसपछि फेरि टावरसँग सम्पर्कमा आउँछ र अवतरण हुन्छ।, ताराको यसपालि दुर्घटनामा परेको ९ एन एइटी विमान पनि बफर जोन पार गरेर टावरमा सम्पर्क आएपछि बेपत्ता भएको बताइएको छ।, 'हामी यसबारे पूर्व जानकार हुन्छौं। विकट स्थानमा सिग्नल वा टावर नटिपे केही समस्या पर्दैन। बरू म काठमाडौं आउँदै छु, यहाँ म सम्पर्कबिहीन भएँ भने समस्या पर्न सक्छ। अर्को जहाजसँग ठोक्किने जोखिम हुन्छ,' उनले सेतोपाटीसँग भने।, दुर्गम स्थानमा उड्ने बाटो ठाउँको मौसम, अवतरण हुने ठाउँको मौसम र अवतरण गर्न नसकिने अवस्थामा असहज भए अर्को विकल्प ठाउँको मौसमसमेत बुझेर मात्रै उडान गरिने उनले बताए।, 'हामी सजग भएर उडान भर्दा पनि बीच बाटोमा जाँदाजाँदै मौसम बदलिदिन्छ,' क्याप्टेन शाह भन्छन्, 'त्यसरी मौसम बदलीको जिम्मा त कसले लिन सक्छ र?', प्राधिकरणका प्रवक्ता देव चन्द्रलाल कर्ण पनि पोखरा–जोमसोम रूटमा तीन मिनेट जहाज र टावरबीच सम्पर्क नहुँदा दुर्घटना ननिम्तिने जिकिर गर्छन्।, 'यो रूटमा बीचमा पहाड आउँछन् जसले गर्दा लाइन अफ साइट कम्युनिकेसन ग्याप हुन्छ। केही समय सम्पर्क टुट्छ। तर सम्पर्क टुट्दैमा दुर्घटना हुने भन्ने हुँदैन,' उनले भने।, डाँडाले छेकिँदा टावर र सिग्नल नटिप्ने ठाउँमा उपकरण जडानका लागि प्राधिकरणले केही गरिरहेको छ कि छैन? भन्ने प्रश्नमा उनले भने, 'म यो विषयको विज्ञ नभएकाले मलाई यसबारे जानकारी छैन।', तर प्राधिकरण नेपालको हवाई सुरक्षामा विशेष संवेदनशील रहेको उनले दाबी गरे। त्यसबीच पनि प्रतिकूल मौसम लगायत विभिन्न कारण जहाज दुर्घटना हुनु दुखद भएको उनी बताउँछन्।, के जहाज र ट्राफिक कन्ट्रोलबीच सम्पर्क टुट्ने अवस्था आउने ठाउँ हामीकहाँ मात्र छ?, प्रवक्ता कर्णका अनुसार बीचमा सम्पर्क नहुने (लाइन अफ साइट कम्युनिकेसन ग्याप) को अवस्था विश्वका अरू मुलुकका हवाई रूटमा पनि छन्। यस्तो ठाउँमा एक किसिमको प्रविधि (एचएफ फ्रिक्वेन्सी) प्रयोग गरेर सम्पर्क गर्न सकिने उनको भनाइ छ।, 'जहाजसँग सम्पर्क गर्न भिएचएफ (भेरी हाई फ्रिक्वेन्सी) र एचएफ (हाई फ्रिक्वेन्सी) गरी दुई प्रविधिका विकल्प हुन्छन्। खोंच तथा पहाडले छेकेको ठाउँमा भिएचएफले काम नगरेको अवस्थामा एचएफ फ्रिक्वेन्सी प्रयोग गर्न सकिन्छ,' उनले भने, 'सम्पर्क नहुने कुरा सामान्य समस्या हो।', अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि यसबारे केही नतोकेको उनले बताए।, 'यस्तो समस्या सबैतिर हुने हो। यसमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि प्रश्न गर्दैन,' उनले भने।, आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा सोमबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। यात्रुमा १३ नेपाली, दुई जर्मन र चार भारतीय नागरिक थिए। यी २२ जनामध्ये २१ जनाको शव फेला परिसकेको छ।, पोखरा-जोमसोम हवाई रूटमा कतिपय ठाउँमा टावरसँग सम्पर्क नहुनु कति खतरापूर्ण?
सेतोपाटी संवाददाता पोखरा विमानस्थल भित्र धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएको छ।, आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्यांकर पल्टिएको हो ।, धावनमार्ग वरिपरिको सडकमा तेलको ट्यांकर पल्टिएपछि उडान तथा अवतरणका कार्य रोकिएका छन्। , विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले सेतोपाटीलाई दिएको जानकारीअनुसार 'पेरिमिटर रोड' को नजिकै पल्टिएको ट्यांकर हटाउने तयारी भइरहेको छ।, ‘अहिले उडान र अवतरण कार्य रोकिएको छ,’ सुवेदीले भने, ‘दुइटा क्रेन ल्याएर ट्यांकर उठाइन्छ त्यसपछि विमानस्थल खुल्छ।’, पल्टिएको ट्यांकर बिहान ९ बजेसम्म हटाइसक्ने गरी काम अगाडि बढेको उनले बताए। ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो। पोखिएको इन्धन सफा गर्ने काम भइरहेको छ।, हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएको थियो।, विमानस्थल केही समयका लागि अवरूद्ध हुँदा विहानी सेवाका उडान तथा अवतरण रोकिएका छन्। , पोखरा विमानस्थलको धावनमार्ग नजिक पल्टियो तेल बोकेको ट्यांकर
सेतोपाटी संवाददाता मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरूको थप शव काठमाडौं ल्याउने तयारी गरिएको छ।, नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको थियो। दुर्घटनास्थलमा रहेका चार शवलाई आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ। कोवाङमा रहेका शवलाई आज काठमाडौं ल्याउने तयारी छ।, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले दुर्घटनास्थलबाट थप चार वटा शव कोवाङ झारिएको सेतोपाटीलाई बताए।, ‘आज चार वटा शव कोवाङ झारिएको छ। कोवाङमा रहेका सबै शवलाई काठमाडौं लैजाने तयारी छ,’ उनले भने। उनकाअनुसार एउटा शव खोजी कार्य जारी छ।, जहाजमा रहेका २२ मध्ये २१ यात्रुको शव फेला परिसकेको छ। एक शव खोजीका लागि सुरक्षाकर्मीहरू बिहानैदेखि दुर्घटना स्थलमा परिचालन गरिएका छन्।, आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।, सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो। , तारा एयर दुर्घटना स्थलबाट थप शव काठमाडौं ल्याउने तयारी, एउटा अझै भेटिएन
सेतोपाटी संवाददाता आफ्नै घरमा श्रीमानबाट शारीरिक यातना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। , चितवनको खैरहनी नगरपालिका–१० की गीता माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्।, प्रत्यक्षदर्शीकाअनुसार श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेकाअनुसार मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्‍ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट ३८ वर्षीया माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो।  , स्थानीयबासिन्दाले थाहा पाएपछि श्रीमानलाई प्रहरीको जिम्मा लगाएर गीतालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। अस्पतालले उनको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो। , सोमबार दिउँसो उनको शल्यक्रिया गरिएको थियो। तर राति १२ बजेतिर उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। , गीताका ४० वर्षीय श्रीमान रामचन्द्र माझी प्रहरीको नियन्त्रणमा छन्। उनीविरुद्धमा प्रहरीमा उजुरी परेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले गम्भीर प्रकृतिको घटना भएका कारण प्रहरीको प्रतिवेदनकै आधारमा अनुसन्धान गरिरहेको जानकारी दिए। , गीताका तीन छोरी छन्। एउटीको विवाह भइसकेको छ। दुई जना नवलपरासीस्थित मामाघरमा बस्दै आएका थिए। खैरहनीको माझी बस्तीमा बस्ने यो परिवार नजिकै रहेका खोलामा माछा मारेर जीवन चलाउने गर्दथ्यो। स्थानीय ज्ञान्ती पासवानकाअनुसार पहिले पनि गीता र रामचन्द्रका बीचमा मदिरा सेवनपछि झगडा हुने गर्दथ्यो।, ‘यो पटक त गीताले सहनै नसक्ने यातना पाइन्,’ स्थानीय जनप्रतिनिधिसमेत रहेकी पासवानले भनिन्, ‘श्रीमानलाई प्रहरीमा बझाएका छौं। उसलाई कडा कारबाही होस्।’, श्रीमानको यातनाबाट घाइते खैरहनीकी महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु
कमल खत्री मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ।, तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ।, विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनकाअनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ।, दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए।, कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ। तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।, भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो। थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ।, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए। सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए।, उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए। ,(रासस), भेटियो दुर्घटनामा परेको तारा एयरको ब्ल्याकबक्स
रासस सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा उनकै देवर पक्राउ परेका छन्।, बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साहलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो।, गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो।, भाउजुको हत्या आरोपमा पक्राउ परे देवर
रासस मानव बेचबिखन तथा जबर्जस्ती करणीको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी पक्राउ परेका हुन्।, वीरगञ्ज–८ स्थित एउटा रेस्टुरामा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज ल्याएर बसपार्कस्थित एउटा होटलमा पटक–पटक करणी गरेको प्रहरीको आरोप छ।, जेठ १० गते लक्ष्मीले युवतीलाई विवाह गर्छु भनेर झुक्याई हरिचन्द्रनाथको जिम्मा लगाएको प्रहरीको दाबी छ।, वीरगञ्ज–१६ फूलबारी टोलमा डेरा गरी बस्ने हरिचन्द्रनाथले युवतीलाई कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटक–पटक जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ।, जेठ १४ गते राति ९ बजे पीडित युवती सो स्थानबाट भागेर आफन्तको सम्पर्कमा पुगेपश्चात सो घटना बाहिर आएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, प्रहरीले तीनै जनालाई जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ।, जवरजस्ती करणीको आरोपमा एक महिलासहित तीन पक्राउ
सेतोपाटी संवाददाता पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुन: सुरू भएको छ।, धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएपछि आज बिहान विमानस्थल बन्द गरिएको थियो।, आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्यांकर पल्टिएको थियो।, विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले 'पेरिमिटर रोड' को नजिकै पल्टिएको ट्यांकर हटाइसकिएको जानकारी दिए।, ‘पल्टिएको ट्यांकर हटाएपछि विमानस्थल खुलेको छ,’ उनले सेतोपाटीसँग भने।, ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो। पोखिएको इन्धन सफा गरिएको छ।,  , पल्टिएको ट्यांकर हटाएपछि खुल्यो पोखरा विमानस्थल
सेतोपाटी संवाददाता मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ।, दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी छ।, ‘दुर्घटनास्थलमा सबै शव फेला परेको छ। सोमबार १० शव काठमाडौं लगियो। अब थप १२ शव आज काठमाडौं पठाउने तयारी छ,’  जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले सेतोपाटीसँग भने।, दुर्घटनास्थलमा रहेका दुइटा शव कोवाङ झार्ने तयारी छ। मौसम खराब भएकोले केही ढिलाइ भएको उनले बताए।, दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए।, आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।, सोमबार काठमाडौं ल्याएका १० शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो। शवहरू पोष्टमर्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ।, तारा एयर दुर्घटनामा परेका सबैको शव फेला
सेतोपाटी संवाददाता कैलालीमा श्रीमान-श्रीमतीको शव फेला परेको छ। , मंगलबार बिहान गोदावरी नगरपालिका-७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५५ वर्षीया पद्मा ऐरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , उनका अनुसार हेमबहादुरको शव झुन्डिएको र श्रीमती पद्माको शव हत्या गरिएको अवस्थामा फेला परेको हो। , बिहान साढे ५ बजे स्थानीयले हेमबहादुर रूखमा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो। , मृतक हेमबहादुरको शव घर नजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परेको थियो। उनको घरमा प्रहरी पुग्दा श्रीमती पद्माको पनि हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक जोशीले बताए। , ‘हामीलाई सुरूमा मान्छे झुन्डिएको छ भनेर खबर आएको थियो,’ उनले भने, ‘तर पछि अनुसन्धान गर्दै उनको घरमा पुग्दा श्रीमतीको हत्या गरिएको अवस्थामा शव फेला पर्‍यो।’, सुत्ने कोठामा पद्माको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको उनले बताए। , प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरी पोष्टमर्टमको लागि शवलाई सेती प्रादेशिक अस्पताल लैजान तयारी गरिरहेको छ। , प्रहरीका अनुसार सो घरमा दुई जना श्रीमान-श्रीमतीमात्रै बस्थे। उनीहरूका छोरा-छोरीहरू कामको सिलसिलामा भारत र जिल्ला बाहिर छन्। अहिले उनका छोराहरूलाई पनि खबर गरिसकेको प्रहरीले जनाएको छ। , यो घटनमा सुरूमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। , ‘घटना हेर्दा सुरूमा श्रीमानले श्रीमतीको हत्या गरेकोजस्तो देखिन्छ। हामीले घटनास्थलबाट खुकुरी पनि बरामद गरेका छौं,’ उनले भने, ‘अनि पछि उनले पनि आत्महत्या गरेकोजस्तो देखिन्छ।’, श्रीमान हेमबहादुरले श्रीमती पद्मामाथि शंका गर्ने गरेको स्थानीयले प्रहरीलाई बताएका छन्। तर यकिनसँग यही कारणले हो भन्ने नखुलेको प्रहरी नायब उपरीक्षक जोशीले बताए। , ‘के कारणले मार्न सक्छ भनेर बुझ्दा श्रीमानले श्रीमतीमाथि शंका गर्ने गर्थे। कसैसँग बोल्न नहुने शंका गर्ने खालका थिए रे,’ उनले भने, ‘त्यसैले त्यस्तै केही कुरामा विवाद भयो कि भन्ने आशंका चाहिँ छ। प्रकृति हेर्दा पनि अरूले गरेको भए दुबैलाई पनि गर्न सक्थ्यो। हामी बुझ्ने काम गरिरहेका छौं।’, प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।, कैलालीमा श्रीमान झुन्डिएको र श्रीमतीको हत्या गरिएको अवस्थामा फेला पर्‍यो शव
सेतोपाटी संवाददाता कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ।, मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध केही युवाले प्रदर्शन गरेका हुन्। , कबड्डी-४  सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो। , अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्। , प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन्।ती युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई नि:शर्त रिहा गर्नुपर्ने माग राखेका छन्।, प्रदर्शनको क्रममा उनीहरूले कबड्डी-४ को पोष्टर समेत जलाएका थिए। हाल त्यहाँ ६०-७० जना व्यक्तिहरू भेला भएको प्रहरीले जनाएको छ।, तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।, कबड्डी ४ की अभिनेत्रीविरूद्ध केएल टावर अगाडि प्रदर्शन
सेतोपाटी संवाददाता नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ।, सिद्धार्थनगर नगरपालिका वडा नम्बर-१२ स्थित जग्गाको हाल साविक गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिँदै गर्दा रायमाझीलाई उनकै निवासबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए।, नापी कार्यालय भैरहवाका अमिन घुससहित पक्राउ
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दामा एक करोड  जरिवाना तोकेको फरार प्रतिवादी पक्राउ गरेको छ। , कागेश्वरी मनोहरा नगरपालिका-१ का ४८ वर्षीय रामेश्वर चौलागाईंलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरीले चौलागाईंलाई बिहीबार काठमाडौं महानगरपालिका-३१ भिमसेनगोलाबाट पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार उच्च अदालत पाटनले वैशाख ४ गते एक महिना कैद र एक करोड रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। अदालतको सो फैसालापछि चौलागाईं फरार थिए। , प्रहरीले थप अनुसन्धानको लागि शुक्रबार काठमाडौं जिल्ला अदालत पठाएको जनाएको छ। ,  , बैंकिङ कसुर मुद्दामा एक करोड जरिवाना पाएका फरार व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा रिहा भएका छन्।, मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।, तामाङलाई तीन हजार रुपैयाँ धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।  , फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको मिरूनाले आरोप लगाएकी थिइन्।  उनले तामाङलाई थप्पड समेत हानेकी थिइन्।, उक्त घटनाका भिडिओहरू सामाजिक सञ्जालमा आएपछि तामाङमाथि गलत आरोप लगाएको भन्दै विरोध भएको थियो।, मंगलबार काठमाडौंको चाबाहिलस्थित केएल टावरमा तामाङ पक्षधरले विरोध प्रदर्शनसमेत गरेका थिए। , भिक्षुसमेत रहेका तामाङलाई नि:शर्त रिहा गर्नुपर्ने र मिरूनाले माफी माग्नुपर्ने उनीहरूको माग थियो। , कबड्डी-४ का निर्माता पक्ष र आरोपित व्यक्तिका पक्षबीच मंगलबार बिहान छलफलसमेत भएको थियो।, कबड्डी-४ की अभिनेत्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा छुटे
रासस जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ।, सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भिड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो।  , पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भिड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।, दुई दिन बिदा भएपछि सेवाग्राहीको भिड बढ्दै गएको भारतीको भनाइ छ।, उनले भने, ‘टाढा-टाढाबाट सेवाका लागि आउने गरेका छन्। कार्यालय समय सकिए पनि अबेरसम्म पनि सेवा दिन थालेका छौं।’, जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र बनाउने, नाबालिग परिचयपत्र बनाउनेदेखि लिएर अन्य सेवाका लागि पुग्नेको भिड बढेपछि रातिको समयमा सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।, सूचना अधिकारी भारतीले भने, ‘सेवाका लागि पुगेका नागरिकले सेवा प्राप्त गरेर मात्रै फर्किऊन् भन्ने हाम्रो उद्देश्य हो। जसरी पनि सेवा प्राप्त होस् भनेर कार्यालय समयबाहेक पनि हामीले सेवा दिने गरेका छौं। कुनै दिन राति १० बजेसम्म सेवा दिइएको छ।’  , जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समयमा सेवाग्राहीको भिड बढ्दै गएको छ।, जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ।, पुरानो नागरिकता भएमा राष्ट्रिय परिचयपत्रको सफ्टवेयरले नलिने भएकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ।, जिल्लाका सबै वडामा हाल राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम भइरहेको छ । हाल दैनिक नयाँ नागरिकता र प्रतिलिपि गरेर १५० सेवाग्राही प्रशासन कार्यालय आउने गरेका छन्। ,  , सरकारले दुई दिन बिदा दिने गरेको तथा हप्तामा पाँच दिन मात्रै कार्यालय सञ्चालन हुने भएकाले सेवाग्राहीको चाप बढ्दै गएको प्रशासन कार्यालयले जनाएको छ । , –––, बैतडी प्रशासन कार्यालयले राति पनि सेवा दिने
सविता बुढा चुरे पहाडको फेदबाट सुरू हुन्छ कैलालीको समथर भू-भाग। कृषिमा निर्भर जनसंख्या ठूलो भए पनि सुकुम्बासी, भूमिहीन र ऐलानी जग्गामा बस्नेहरू यहाँ धेरै छन्। अन्न फलाउन जमिन नभएपछि खेती गर्ने समयमा कमाइको उपाय खोज्दै  भारत पस्छन्।, लम्कीचुहा नगरपालिका–६, बाघमाराका पूर्णप्रसाद खनालको आउँदो हप्ता भारत जाने साइत छ। उनले गाडीभाडाका लागि दुई वटा बाख्रा बेचे। यसपटक उनीसँगै श्रीमती शारदा पनि भारतीय सहर बैङ्लुरू जाँदैछिन्।, त्यहाँ उनीहरू अपार्टमेन्टमा झाडुपोछा अर्थात सरसफाइको गर्छन्।, पन्ध्र वर्षको छोरो घरमा एक्लै छोडेर रहरले नभई बाध्यताले जान लागेको पूर्णप्रसादको भनाइ छ।, पूर्णप्रसादको घरछेउमा चुरेबाट झरेको खहरे बग्छ। विगतमा धेरैपटक बर्खायाममा उर्लेर आएको खहरेले दुःख दिएकाले पूर्णप्रसादलाई बर्खायाममा छोरो एक्लै छोडेर भारत पस्ने मन छैन तर बाध्यता छ।, उनी भन्छन्, ‘जंगलबाट बगेर आउने पानीले घर नै बगाउला कि भन्ने चिन्ता छ। एक–दुई वर्ष भारत बसेर आएपछि अन्तै घरबास सार्ने सोच छ।’, उनी दैलेखबाट बसाइँ सरेर सात–आठ वर्षअघि बाह्रबिघा, सिरानी टोल आएका हुन्। उनले देउराली सामुदायिक वनको नजिकै किनारनेर छ कठ्ठा ऐलानी जमिन किनेका थिए।, उनीसँगै दाजुभाइका चार घर थिए। जंगल र बस्तीको बीचमा गोरेटो बाटो थियो। त्यही बाटो भएर चरैला नदीको त्रिवेणीमा रहेको घाटमा दाहसंस्कारका लागि मान्छेहरू आवतजावत गर्थे।, पछिल्लो पाँच वर्षयता भने त्यो बाटो पहिलेको जस्तो रहेन। चुरेको फेदको जंगलमा वर्षा हुनासाथ आउने भेलबाढी बस्तीमा पस्न थालेपछि बाटो बगि सकेको छ। बाटो भएको ठाउँमा बर्खे भेल बग्छ।, त्यही खहरे मासमै आउने बाढीले उनका भाइ चक्र खनालको घर बगाउन लागेपछि अर्कै ठाउँमा सरे।, ‘बर्खामा राति पुरै बस्ती जागा रहन्छ, कोही पनि सुत्दैनौँ। एक–दुई घण्टामै ठाउँठाउँमा कटान हुन्छ,’ पूर्णप्रसाद भन्छन्, ‘धेरै घरका पुरुषहरू भारतमा हुन्छन्, गाउँमा यहाँ बस्ने साना केटाकेटी र बुढाबुढीहरू समस्यामा पर्छन्।’, बाढीले धेरै दुःख दिन थालेपछि गाउँलेहरू मिलेर नगरपालिकामा हारगुहार गर्न गए। सहयोगको आश्वासन पनि पाए तर योजना पाएनन्। उनीहरू धाउन छाडेनन्। गत वर्षमात्रै पनि स्थानीयबासीहरू नगरपालिका कार्यालय पुगे र काम हुने आश्वासन लिएर फर्के।, ‘मैले धेरै पटक पालिकामा तटबन्धका लागि कुरा गरेको छु, रानीजमरा आयोजनालाई पनि निवेदन हालेका छौँ,’ पूर्णप्रसादले भने, ‘म त भारत जाँदैछु। भारत गएपछि यता बर्खामा घर बग्ने हो कि भन्ने चिन्ता हुन्छ।’, पूर्णप्रसादलाई नेपालमा कमाउने अवसर छैन, काम पाइँदैन भन्ने लागेको छ। थाप्लामा ऋण छ, नतिरी हुँदैन। उनी भन्छन्, ‘ऋण लागेको छ, घर बसे ऋण थपिँदै जान्छ। भारतमा अलिअलि कमाइ हुन्छ तर उता गएपछि यता घरको चिन्ता हुन्छ।’, जयसरा खत्री पनि यस्तै पीडित बासिन्दा हुन्। आफ्नो बस्तीको कटान नियन्त्रणका लागि बोलिदिने मान्छे कोही नभएको उनको दुखेसो छ।, उनका अनुसार यसपटक नगरपालिकाका प्राविधिकहरू आएर उक्त स्थलगत अध्ययन गरेर गएका छन्। नगरपालिकालाई विपद व्यस्थापनमा मद्दत गर्दै आएको अमेरिकी सहयोग नियोगको नेपाल परियोजनासँगको सहकार्यमा खोल्सा नियन्त्रणको काम सुरु भएको छ।, खहरे नियन्त्रणका लागि बायो इन्जिनियरिङ र तारजाली तटबन्धको काम भएको छ। अहिले बस्तीको उत्तरतिर तीन सय मिटर तटबन्ध गरिएको छ।, खोल्सामा ठाउँठाउँमा चेकड्याम बनाइएका छन्। किनारमा घाँस र विरुवा रोपिएको छ। यसले कटान र वस्ती बग्ने जोखिम रोकथाम हुने आशा स्थानीयबासीको छ।, जयसरा भन्छिन्, ‘यतिले मात्रै हुँदैन। यस्तै तटबन्ध नदीसम्मै भए चिहानसम्म जानेलाई बाटो पनि बन्थ्यो, नगरपालिकाले थप बजेट हालेर दिगो हुने गरि काम गरिदिनुपर्छ।’, दिनेश विकको परिवार त्यही ठाउँमा बसेको तीवस वर्षभन्दा बढी भयो। कोभिड–१९ को समयमा भारतबाट फर्केपछि उनी अहिले घरमै छन्।, ‘नजिकैको जंगलबाट बरु जनावरको डर छैन तर बर्खामा एक्कासी आउने भेलबाढीले बस्ती बगाउने थियो,’ उनले भने, ‘यस पटक घरअगाडि बाटो र तटबन्ध बनानेको छ। पोहरपरारको जस्तो डुबान नहोला भन्ने उनलाई आशा लागेको छ।’, दिनेशका अनुसार पानी पर्न थालेको एक घण्टामै बाढी आउँछ र पानी रोकिएको एकघण्टामै सुक्छ पनि। त्यही खरहरे बाढीले ठूलो जोखिम गराउँछ। उनका विचारमा यो जंगल र पहाडका फेदबाट आउने पानी खोलासम्म निकासी हुन सके समस्या धेरै समाधान हुन्थ्यो।, बस्तीमा जम्मा ७३ घरधुरी छन्। पछिल्लो दुई वर्षमा मात्रै छ वटा घर बाढीले विस्थापित भए।, बस्तीको उत्तरर्फ चुरे पहाड छ। त्यसको फेदमा रहेको वनमा वर्षामा पहाडको पानी खहर बनेर आइपुग्छ। यसरी आएको पानी नदीसम्म पुग्ने निकास नपाएर बस्तीमा पस्छ।, यस्तो भेलले पछिल्लो केही वर्षमा बस्तीमा खोल्साहरू बनाएको छ। खहरे र खोल्साहरूले तीव्र कटान गरिरेहेको लम्कीचुहा नगरपालिकाका इन्जिनियर भरतराज जोशीले बताए।, उनका अनुसार खोल्सामा बग्ने वर्षाको भेलले बस्ती असुरक्षित बनाएको छ। भेलले भूक्षय बढाएपछि खोला नदि र वनको किनारमा रहेको यो बस्ती जोखिममा छ।, भूक्षय रोक्न उपयुक्त व्यवस्थापनका लागि गएको गत वर्षदेखि जैविक तटबन्ध र खोल्सा नियन्त्रणको काम सुरु गरेको जोशीले बताए।, उनका अनुसार यस वर्ष पहिले जसरी बाढी बस्तीमा नपस्ला भन्ने अपेक्षा छ। विरुवा भर्खर रोपिएका छन्। रूख र घाँस हुर्केपछि त्यसले माटो बग्न रोक्छ। चेक ड्यामले कटान रोक्छ। माटो थिग्रिन्छ, पानीमात्रै बग्छ।, बस्तीका बासिन्दाहरू पनि यस्तै अपेक्षामा छन्। , ‘आफू भारत पुगौँला, यता खहरेले घर बगाउला’
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाले बर्खाभर पानी काठमाडौंमा नपठाउने भएको छ।, मेलम्ची खोलामा पानी धमिलो हुन थालेको र बाढी आएर सुरूङमा क्षति पुर्‍याउन सक्ने भएकोले पानी पथान्तरणको कार्य रोक्ने तयारी गरिएको छ।, ‘मेलम्चीको पानी ल्याउने कार्य बर्खाभर बन्द गर्ने तयारी छ। हामी औपचारिक सूचना निकालेरै जानकारी दिन्छौं,’ आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, ‘मेलम्ची खोलाको पानी धमिलो हुन थालेको छ। सुरूङमा क्षति नहोस् भनेर पानी ल्याउन रोक्न लागिएको हो।’, आयोजनाले सम्भवत: आजै खानेपानी मन्त्रालयसँग समन्वय गरी बर्खाभर पानी ल्याउन नसकिने सूचना जारी गर्नेछ।, पन्तका अनुसार मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदै आइएको थियो।, ‘मेलम्चीमा पानी बढ्दै जाँदा सुरूङ लगायतमा क्षति हुन सक्ने जोखिम रहन्छ। त्यसैले पानी ल्याउने कार्य बन्द गर्न लागिएको हो,’ उनले भने।, बर्खापछि पुन: मेलम्चीको पानी काठमाडौं पठाइने उनले बताए।, मेलम्ची सुरूङभित्र बालुवा, गेग्रान पस्न सक्ने जोखिम रहेकोले सुरूङको ढोका बन्द गर्न लागिएको छ।, मेलम्चीको पानी काठमाडौं नआउँदा पानीको माग धान्न गाह्रो हुनेछ।, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले मेलम्चीको पानी बर्खाभर नआउने अनौपचारिक जानकारी पाइएको बताएको छ।, केयुकेलको महाकालचौर शाखाले मेलम्चीको पानी आउन छाडेको बताएको छ।, मेलम्चीको पानी आउन छाडेकोले आजदेखि पानी वितरण तालिकासमेत परिमार्जन गरिएको उक्त शाखाले सूचना निकालेर उल्लेख गरेको छ।, केयुकेलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी आउन बन्द हुनेबारे औपचारिक सूचना प्राप्त भइनसकेको बताए।, उनका अनुसार मेलम्चीदेखि सुन्दरीजलसम्म मेलम्ची खानेपानी आयोजनाले नै हेर्ने गर्छ।, बर्खामा मेलम्चीको पानी नल्याउनेबारे अनौपचारिक जानकारी आएकोले त्यसैअनुसार केयुकेलका शाखाहरूले सूचना निकालेको उनले बताए।, ०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंका घर-घरमा वितरण गर्न थालिएको थियो।, ०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति गरेपछि लामो समयदेखि पानी ल्याउन सकिएको थिएन।, मेलम्चीमा अस्थायी संरचनाबाट पुन: पानी ल्याउन थालिएको थियो। वैशाख दोस्रो सातादेखि काठमाडौंका घर-घरमा पुन: मेलम्चीको पानी आउन थालेको थियो।, काठमाडौंले पिउन पाउने छैन बर्खाभर मेलम्चीको पानी
सेतोपाटी संवाददाता कैलालीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। , धनगढी उपमहानगरपालिका-३ बिसालनगर बस्ने १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , उनका अनुसार धनगढी उपमहानगरपालिका-३ स्थित आइतबार दिउँसो उनीहरू नुहाउन चटकपुर-राजघाट जोड्ने पुलको मुनतिर मोहना नदीमा गएका थिए।, उनीहरूको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए।, कैलालीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु
सेतोपाटी संवाददाता तारा एयरको हराइरहेको जहाजको खोजी कार्य जारी राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ।, न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी र टिटितालमा खोजी जारी राखिएको प्राधिकरणले जनाएको छ।, आज बिहान ९:५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको जहाज १०:७ बजे सम्पर्कविहीन भएको थियो।, नेपाली सेना, नेपाल प्रहरी तथा हिमालयन उद्धार संघका जवानहरूलाई पनि जहाज खोजीका लागि परिचालन गरिएको छ।, नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट पनि खोजी कार्य जारी राखिएको छ।, आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको थियो।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।, जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।, यी पाँच ठाउँमा खोजिँदैछ हराइरहेको तारा एयरको जहाज
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ३५६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ३६६ जनाको पिसिआर र ९ सय ९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १३ जना कोरोना मुक्त भएका छन्। , अहिले देशभर ११० सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, देशभर थपिए १२ जना कोरोना संक्रमित
नारायण खड्का लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकारले दाङ तुलसीपुरस्थित टरिगाँउ एयरपोर्टको धावनमार्ग विस्तार गर्ने बताएका छन्।, आइतबार प्राविधिकसहित एयरपोर्टको अनुगमनपछि चौधरीले अहिलेसम्म टरिगाँउ एयरपोर्ट विस्तारका लागि धेरै खर्च लाग्छ भनेर गलत कुरा फैलाइएको भन्दै ४०/५० करोडमा धावनमार्ग विस्तार गर्न सकिने बताए।, ‘हामी संघीय सरकारलाई गुहार्ने छौं,’ मन्त्री चौधरीले भने. ‘संघले बेवास्ता गरे प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यबाट धावन मार्ग विस्तार गरिनेछ।’, पहिला ९ देखि २० अर्ब लाग्छ भनेर आफूहरूलाई गतल सूचना दिइएको र अहिले प्राविधिकसँग बुझ्दा २० देखि ४० करोडको लगानीमा धावनमार्ग सहजै विस्तार गर्न सम्भव भएको तथ्य पत्ता लागेपछि प्रदेश सरकारको पहलमा धावन मार्ग विस्तार गरिने मन्त्री चौधरीले बताए।, ‘हामीलाई पहिले अर्बौं रकम लाग्छ, धेरै घर भत्काउनु पर्छ भनियो। त्यो गलत रिपोर्टिङ रहेछ,’ चौधरीले भने, ‘कुनै घर नभत्काए पनि अर्बभन्दा कम लगानीमा टरिगाँउ एयरपोर्ट सहजै विस्तार गर्न सम्भव रहेछ।’, टरिगाँउ विमानस्थल लागि बजेट छुट्याउन प्रधानमन्त्री र अर्थ मन्त्रीलाई आग्रह गरिएको जानकारी दिँदै मन्त्री चौधरीले संघीय सरकारले बजेट नछुट्याए पनि लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयको नेतृत्वमा विमानस्थल विस्तारको काम सुरू गरिने उनले बताए।, बुधबार मात्रै टरिगाँउ एयरपोर्टमा काठमाडौंबाट इन्धन भर्न ११ हजार लिटर क्षमताको बाउजर आइपुगेको छ। इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख बिपिनकुमार श्रेष्ठले हवाई इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।, हाल ३० हजार लिटर क्षमताको ट्यांकलाई फाउन्डेसनमा राखेर फिटिङको काम चलिरहेको छ।, प्रमुख श्रेष्ठले बाँकेको नेपालगञ्जबाट २० हजार लिटर क्षमताको हवाई इन्धन (एटिएफ) ल्याएर तयारी अवस्थामा राखिएको बताए।, २०११ सालदेखि हवाई सेवा सञ्चालनमा आएको टरिगाँउ एयरपोर्टको धावन मार्ग पछिल्लो समय लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा छुट्याइको बजेटले ३० मिटर चौडाइ र ७ सय ५० मिटर लम्बाइ मात्रै कालो पत्रे गरिएको छ। जसले गर्दा यहाँ ठूला जहाज अवतरण गर्न सक्दैनन्।  जिल्लाको एक मात्र यो विमानस्थलमा अहिले १९ सिटे सानो जहाजले मात्रै सेवा दिँदै आएका छन्।,  , टरिगाँउ एयरपोर्ट अब लुम्बिनी सरकारले विस्तार गर्छ: प्रदेश पर्यटन मन्त्री चौधरी
सेतोपाटी संवाददाता सम्पर्कविहीन भएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको स्थानीयले बताएका छन्।, सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटना भएको जानकारी आएपछि सेनाका खोजी टोली त्यतैतिर लागेको बताए।, ‘स्थानीयले खबर गरेपछि जमिनबाट सैनिक टोली त्यतातिर लागेको छ। त्यहाँ पुग्न तीन-चार घन्टा लाग्छ होला,’ सिलवालले भने,‘हामी हेलिकप्टरबाट पनि  पुग्न प्रयास गर्दैछौं।’, योबाहेक अरू ठाउँमा पनि जहाजको खोजी भइरहेको छ।  न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी र टिटितालमा खोजी जारी राखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।, आज बिहान ९:५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको जहाज १०:७ बजे सम्पर्कविहीन भएको थियो।, नेपाली सेना, नेपाल प्रहरी तथा हिमालयन उद्धार संघका जवानहरूलाई पनि जहाज खोजीका लागि परिचालन गरिएको छ।, नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट पनि खोजी कार्य जारी राखिएको छ।, आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको थियो।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।, जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।, तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटना भएको जानकारी आएपछि खोजी टोली जाँदैछ: सैनिक प्रवक्ता
सेतोपाटी संवाददाता लमजुङमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो सवान ३ बजे मध्यनेपाल नगरपालिका-७ मध्यपहाडी लोकमार्गस्थित सिपी खोला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। , बा ४ ख ७७८१ नम्बरको टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरी निरीक्षक रेग्मीले बताए। , उनका अनुसार टिपरमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो। , चालकको शव उछिटिएको अवस्थामा फेला परेको छ। उनीबाहेक अरूको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। , ‘चालकको शव उछिटिएको छ। उनको पहिचान खुल्यो,’ रेग्मीले भने,‘अरूको शव टिपरबाट निकाल्ने काम भइरहेको छ। सनाखत गर्दैछौं।’, चालक धादिङ गजुरी नगरपालिका-६ घर भई मध्यपहाडी लोकमार्गमा कार्यरत अन्दाजी २६ वर्षीय आकाश घिमिरे छन्। , टिपरमा ढुंगा लोड गरेर सडक निर्माणस्थलमा लग्दै थियो।  ,  , लमजुङमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
सेतोपाटी संवाददाता सदर चिडियाखाना, जावलाखेलले गत वैशाख ९ गतेदेखि दुइटा चिम्पान्जीलाई औपचारिक प्रदर्शनीमा राख्यो। पाँच वर्षअघि अफ्रिकाबाट तस्करी गरी नेपाल ल्याइएका यी चिम्पान्जीको सुरक्षाका निम्ति चिडियाखानामा राखिएको थियो।, प्रहरीले फेला पार्दा यी चिम्पान्जी ३ महिना र छ महिना उमेरका थिए। यिनीहरूको नाम चम्पा र चिम्पु राखिएको छ।, यी दुई चिम्पान्जीको प्रभुसमशेर जबरा तथा राजी राणाले अभिभावकत्व लिएका छन्। उनीहरूले सन् २०२२ जनवरी १६ देखि चम्पा र चिम्पुको अभिभावकत्व गरेका हुन्। चम्पा र चिम्पुको हेरचाहका लागि उनीहरूले वार्षिक दस लाख रूपैयाँ दिने घोषणा गरेका हुन्। राजी राणाले यसअघि पनि चिडियाखानाको बाघलाई खाना र खोरका लागि सहयोग गर्दै आएकी थिइन्।, चिडियाखानाकी सूचना अधिकारी लिना चालिसेका अनुसार कोरोनाका कारण चिडियाखानालाई आर्थिक संकट परेको छ। त्यसैले चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरू गरेको हो।, उक्त रकमले चम्पा र चिम्पुको खाना, औषधि-उपचार र खेलौना खर्च मात्रै पुग्ने चालिसेले जानकारी दिइन्। मान्छेको बच्चालाई जसरी हुर्काइबढाई गर्नुपर्ने भएकाले उनीहरूको हेरचाहमा वार्षिक १५ लाख खर्च हुने उनले बताइन्। , उनले भनिन्, ‘चम्पा र चिम्पु अझै पनि दूध खान्छन्। उनीहरूले खाने दूध हामीले भारतबाट ल्याउनुपर्छ। बच्चा नै रहेकाले पनि उनीहरूको अन्य जनावरभन्दा छुट्टै प्रकारले हेरचाह गर्नुपर्छ।’, चार-पाँच वर्षसम्म आमासँगै टाँसिएर हिँड्ने जनावर भएकाले यिनीहरूलाई अझै पनि विशेष हेरविचार चाहिने उनी बताउँछिन्।, चिडियाखानामा राखिएका साना जनावरहरूमध्ये चम्पा र चिम्पुकै खर्च बढी लाग्ने उनले बताइन्। , 'सानै भएकाले अझै पनि चम्पा र चिम्पुको हेरचाहका लागि चौबिसै घन्टा हेरचाहकर्ता राखिएको छ,' उनले भनिन्। , अभिभावकत्व अभियानअन्तर्गत अहिलेसम्म १२७ व्यक्ति तथा संस्थाहरूले अभिभावकत्व लिइसकेको पनि उनले जानकारी दिइन्।, पढ्नुस् चम्पा र चिम्पुबारे सेतोपाटीले गरेको स्टोरीः, आमाबाट छुटेका चम्पा र चिम्पुको कथा (भिडिओ), गत शुक्रबार जावलाखेल सदर चिडियाखानामा नयाँ जनावर देखिए। पाँच वर्षअघि नै यहाँ आएका भए पनि तिनलाई सर्वसाधारणका लागि त्यो दिनदेखि मात्र औपचारिक प्रदर्शनीमा राखिएको हो।, ती जनावर हुन् चिम्पान्जी, चम्पा र चिम्पु नामका। फराकिलो फलामे घरमा हाहु गर्दै कराइरहेका यी भालेपोथी चिम्पान्जीलाई हामीले पनि त्यही दिन देख्यौं। चम्पा र चिम्पु राखिएको ठाउँलाई  चिडियाखानाले घर भन्ने गरेको छ।, रंगीबिरंगी बेलुनले सजिएको घरभित्र बेलाबेला चम्पा चिम्पुलाई अगाँलो हाल्दै हातले सुम्सुम्याउँथी। परैबाट मान्छेहरू भिडिओ, तस्बिर खिच्न व्यस्त भए।, एक व्यक्ति भने चिम्पान्जीका टाउको मुसार्दै थिए। उनी रहेछन् रामकाजी पहरी। विगत पाँच वर्षदेखि रामकाजी उनीहरूको स्याहारमा खटिएका छन्। उनैले यिनलाई हुर्काएका हुन्। शुक्रबार अरू मान्छेले परबाट हेरिरहे पनि रामकाजी चम्पा-चिम्पुसँगै घरभित्रै थिए।, चिडियाखानाले चिम्पान्जीका निम्ति खरबुजाको केक बनाएको थियो। रामकाजीले त्यसमै भएको अंगुर झिकेर खुवाइदिए। बाहिरी मान्छेको भीडसँग डराएजस्ता देखिएका उनीहरू अलि सहज भए। उमेरले जेठी चम्पा एकछिनमै शान्त भई। चिम्पु भने डराइरहेजस्तो देखिन्थ्यो।, रामकाजीले उनीहरूलाई सजिलो बनाउन खोजे।, 'यी मान्छेजस्ता नै हुन्छन्। सबै थाहा पाउँछन्,' पछि सेतोपाटीसँग कुराकानी गर्दै रामकाजीले भने।, रामकाजीको आड पाएपछि बिस्तारै चिम्पान्जीहरू घर छुन थाले। मान्छेको भीड नियाले। निकै बेरसम्म एकअर्काको हात समातेर, अँगालो हालेर बसे। यताउता हाँपदाँप गरे। कहिले खानेकुरा भएका ठाँउतिर, कहिले घरको ढोकानजिक।, आम मान्छेसँग यी चिम्पान्जीको पहिलो भेटघाटको अनुभव कस्तो रह्यो कुन्नि? मन नपरे पनि अब यो उनीहरूको दैनिकी हो।, यी चिम्पान्जी नेपालका होइनन्। उनीहरूको जन्म काठमाडौंबाट ८ हजार २ सय २६ किलोमिटर परको अफ्रिकी देश नाइजेरियामा भएको हो। , रामकाजीलाई राम्रो सम्झना छ, यहाँ आउँदा यी साह्रै साना थिए। चम्पा छ महिनाकी, चिम्पु ३ महिनाको। हातका औंलामा राम्रोसँग रौं पलाएका थिएनन्। तालु रित्तो थियो। राता औंला चुसिरहने यिनीहरू ठ्याक्कै मान्छेको बच्चाजस्ता देखिन्थे।, चिडियाघरमा ल्याएपछि उनीहरूको हेरचाहमा रामकाजी खटे। कलिला हात, नयाँ शिशुको जस्तो कोमल छाला देख्दा रामकाजीलाई दया लागेको थियो।, 'यी बचरालाई आमाबाट छुटाएर कसले, किन यसरी ल्याएको होला भन्ने लाग्थ्यो,' ती दिन सम्झिँदै उनी भन्छन्।,  , रामकाजी पहरी चिम्पान्जीहरूसँग।, रामकाजीका अनुसार सुरूसुरूमा उनीहरू साह्रै दुखी देखिन्थे। आफैं खान सक्थेनन्। दूधदानीबाट दूध खुवाउनुपर्थ्यो। सानो बच्चालाई जस्तै स्याहारसुसार गर्नुपर्थ्यो। गर्मी ठाउँका यी चिम्पान्जीलाई चिसो हुनेबित्तिकै निमोनिया देखिन्थ्यो। रामकाजीलाई कसरी हुर्काउने भन्ने ध्यान मात्र थियो। बिरामी हुँदा उनी आधा रातसम्म आफ्नै काखमा च्यापेर सुताउँथे। एक बेला त बचाउन नसकिने हो कि जस्तो पनि भयो। बिस्तारै उनीहरूको बढेको तौलले बचाउने सक्ने हौसला दिलायो। , चिम्पान्जी हुर्काउने तरिका बुझ्दै गएका रामकाजीलाई सुरूमा यिनीहरूका बारेमा केही थाहा थिएन। बिस्तारै यी मान्छेजस्तै हुन् भन्ने लाग्न थाल्यो। उनी आफ्नो काखमा यिनीहरूलाई राख्थे। बेलाबेला उनीहरू उनको काखमै दिसा गरिदिन्थे। रामकाजी झिँजो नमानी सफा गर्थे। फेरि काखमै राख्थे।, चिम्पु र चम्पा जिद्दी पनि थिए। उनीहरूले चाहेको खेलाउने कुरा नपाए, खानेकुरा नपाए रिसाउँथे। घुर्की लाउँथे। तीन वर्षसम्म रामकाजीले फकाउँदै, फुल्याउँदै उनीहरूलाई आफ्नै हातले खानेकुरा खुवाए। पछि भने आफैं खान थाले। , उनका अनुसार यी चिम्पान्जी आठ घन्टा सुत्छन्। सुत्ने बेलामा मान्छेले झैं कपडा ओढ्छन्। सुत्दा पनि औंला चुस्दै एकअर्काको हात छोड्दैनन्।, मान्छेको बच्चालाई आमाबाबुको आवश्यकता जति हुन्छ जनावरलाई पनि उति हुने रामकाजी बताउँछन्। आफूले जति स्याहार गरे पनि आमाबाबु जसरी स्याहार्न नसक्ने महसुस उनले गरेका छन्।, 'आमासँग भएका भए अझ राम्रो हुन्थ्यो। आमाको दूध खान पाएको भए अझै ठूला हुन्थे होला। मान्छेले हेरेको र आमाले पालेकोमा धेरै फरक हुन्छ,' उनी भन्छन्। यी एकै आमाका बच्चा भने होइनन् भन्ने उनको अनुमान छ।, यी चिम्पान्जी पनि रामकाजीबाहेक नयाँ मान्छे देख्दा डराउँथे। कराउँथे। आक्रमण भने गर्थेनन्। तर कोरोना महामारीमा रामकाजी बिरामी भएर डेढ महिना बिदा बस्नुपर्‍यो। यो अवधिमा उनीहरूले आफूलाई भुले होलान् भन्ने उनलाई लागेको थियो। , 'मलाई उनीहरूले बिर्सेजस्तो लागेको थियो। सञ्चो भएर फर्किँदा त घरमा छोराछोरी आमाबाबु आएर रमाएजस्तै झ्याम्मिए। मेरा हात छुने, अँगालो हाल्न खोजेजस्तै गरे। त्यो बेला मेरा आँखा भरिए। त्यसपछि त यिनीहरूलाई छाडेर जानै मन लागेन। मैले मेरा छोराछोरीलाई पनि यति स्याहारसुसार गरिनँ। एकदम धेरै माया लाग्छ यिनीहरूको।', यी चिम्पान्जीले पनि आफ्नो भर गरेकोजस्तो रामकाजीलाई लाग्छ। 'हाम्रो कोही छ है' भन्ने आड महसुस गरेका छन् जस्तो लाग्छ।, यी चिम्पान्जी आमाबाट कसरी छुटे त?, पाँच वर्षअघि नाइजेरियाबाट क्रेटभित्र कुचुक्क परेर केही सुँगा, बाँदर, तितरसहित चम्पा र चिम्पु पनि नेपाल भित्रिएका थिए। चोरीशिकारी गरी अवैध रूपमा उनीहरूलाई भित्र्याइएको थियो। २०७४ असोज ३१ गते बाँसबारी सल्लाघारीबाट सिआइबीले उनीहरूको उद्धार गरेको थियो।, अवैध रूपमा जनावर ओसारपासर गर्ने ६ जनामाथि संरक्षित वन्यजन्तु पशुपंक्षीको अवैध ओसारपोसार निकासी पैठारी सम्बन्धी मुद्दा चल्यो। जिल्ला अदालतले तत्कालका लागि ती जनावरको संरक्षणका निम्ति चिडियाखानामा राख्न भन्यो। मुद्दा सर्वाेच्च अदालतसम्म पुग्यो। सर्वोच्चले दोषीलाई सजायको फैसला गर्‍यो तर अवैध रूपमा ल्याइएका जनावर कहाँ राख्ने भनेर फैसला गरेको छैन।, त्यसैले यतिका वर्षसम्म यी चिम्पान्जीलाई चिडियाखानाले औपचारिक रूपमा सार्वजनिक गरेको थिएन। यिनको अवस्थाबारे बुझ्न खोज्दा विस्तृत जानकारी पनि दिइएन। उनीहरूको स्वास्थ्य राम्रो भएको मात्रै बताउँदै आएको थियो। , गत शुक्रबार भने औपचारिक रूपमै चिडियाखानाले यिनीहरूलाई बाहिर ल्याएको हो।, त्यो दिन कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले धेरै देशबाट चिम्पान्जी हाम्रो हो, हामीलाई फिर्ता गर भन्ने माग आएको तर कूटनैतिक हिसाबले यो विषय टुंगाएको बताए। चिडियाखानाले भने यसबारे विस्तृत जानकारी दिएको छैन।, चिडियाखानाकी सूचना अधिकारी लिना चालिसेका अनुसार कोरोनाका कारण चिडियाखानालाई आर्थिक संकट परेको छ। त्यसैले चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरू गरेको छ। यही अभियान अन्तर्गत चिम्पु र चम्पाको अभिभावकत्व प्रभुसमशेर जबरा तथा राजी राणाले लिएका छन्। उनीहरूले यिनीहरूको हेरचाहका लागि वार्षिक दस लाख रूपैयाँ उपलब्ध गराउने भएका हुन्।, चिम्पु र चम्पा साढे दुई वर्षका हुँदादेखि डा. पर्वतजंग थापाले स्वास्थ्य परीक्षण गर्दै आएका छन्। उनका अनुसार अहिले यी चिम्पान्जी स्वस्थ छन्। सुरूका वर्षमा जस्तो बिरामी हुँदैनन्। तर अनुकूल वातावरण व्यवस्थापन गर्न नसके विभिन्न समस्या देखा पर्न सक्छ। त्यसैले उनीहरू बस्ने ठाउँमा तापक्रम मिलाएर एसी जडान गरिएको उनले बताए।, शुक्रबार चिम्पान्जी नजिकै बसेका थापाले भने, 'मलाई पनि यिनीहरूले चिनिसके। कहिलेकाहीँ काम गरिरहेका बेला मेरो कम्प्युटरमाथि आएर बस्थे। साना बच्चाजस्तै थिए। माया लाग्छ।', बेलाबेला स्वास्थ्य जाँच्ने डाक्टरलाई त उनीहरूको यति माया छ, झन् काखैमा राखेर हुर्काएका रामकाजीको मन उनीहरू भनेपछि हुरूक्क हुन्छ। उनले अब यी चिम्पान्जीसँग पहिलेजस्तो समय बिताउन पाउँदैनन्। प्रदर्शनीका लागि छोड्नुपर्दा उनलाई बच्चालाई पार्कमा छोडिदिएजस्तै लागेको छ।, रामकाजी भन्छन्, 'मेरो अध्ययनमा चिम्पान्जीहरू पाँच वर्षसम्म आमासँग टाँसिने र पछि बिस्तारै अलग्गै हिँड्ने जनावर हुन्। त्यसैले अब यिनीहरू मसँग पनि टाँसिएर बस्दैनन् होला।', सबै तस्बिरः नवीनबाबु गुरुङ, भिडिओः सुसन चौधरी,  ,  , चम्पा र चिम्पुको हेरचाहमा वार्षिक १५ लाख लाग्ने
सेतोपाटी संवाददाता सप्तरीमा स्कारपियो गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। , बोदे बर्साइन नगरपालिका-५ जाँजरका ६० वर्षीय सुवेदार मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। , आइतबार हुलाकी राजमार्ग अन्तर्गत जाँजरमा पूर्वतर्फ आउँदै गरेको प्र २-०१-००१ च ००२२ नम्बरको स्कारपियो गाडीले पैदलयात्री मियाँलाई ठक्कर दिएको हो।, ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ।, दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, सप्तरीमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्।, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रामकुमार दानीले आज बिहान ५ बजेदेखि जहाज खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको सेतोपाटीलाई बताए।, आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन छ।, आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पारेका थिएनन्।, डिएसपी दानीका अनुसार आज बिहान सेनाको हेलिकप्टरबाट पनि खोजी कार्य जारी छ। ‘मौसम सफा नहुँदा हेलिकप्टरबाट खोजी कार्यलाई निरन्तरता दिन कठिनाइ भइरहेको छ, कुहिरो लागेको छ। केहीबेरमा मौसम सफा होला,’ उनले भने।, आज थप हेलिकप्टर मगाएर सम्पर्कविहीन जहाजको खोजी गरिने पनि उनले बताए। उनकाअनुसार कोवाङ आसपास धौलागिरि हिमाल रेन्जतर्फ खोजी कार्यलाई केन्द्रित गरिनेछ।, ‘जमिन र आकाशबाट खोजी कार्यलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘स्याटेलायट इमेज मगाएर सम्भावित स्थानमा खोजी कार्य जारी छ।’, तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।, जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।, भिडिओ:, हराइरहेको तारा एयरको जहाज खोज्न बिहानैदेखि सेना र प्रहरी परिचालन
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका लगायतका क्षेत्रमा सोमबार बिहानैदेखि हल्का वर्षा भइरहेको छ।, सोमबार बिहानैदेखि काठमाडौं, ललितपुर, भक्तपुरका साथै अन्य क्षेत्रहरूमा पनि वर्षा हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ।, विभागका अनुसार बागमती प्रदेशसहित गण्डकी, मधेश र प्रदेश १ का थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।, विभागका अनुसार अहिले नेपालमा तीन प्रकारका वायु चलायमान छन्। , जसको प्रभावस्वरुप विगत केही दिनअघिदेखि वर्षा भइरहेको छ। , हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागको मौसम सफा रहने विभागले जानकारी दिएको छ। , बागमती प्रदेशसहित गण्डकी, मधेश र प्रदेश १ का थोरै स्थानमा आज राति पनि पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।, मंगलबार  पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। , प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा मेघ गर्जन/ चट्याङ  र  हावा  हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।,  , काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, देशभरको मौसम कस्तो छ?
सेतोपाटी संवाददाता आइतबार बिहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज अहिलेसम्म पनि फेला पर्न सकेको छैन। , दिनभर नै खोजी गर्दा पनि सम्पर्कबिहीन भएको तारा एयरको जहाज कहाँ गयो भन्ने पत्ता लगाउन सकेका छैनन्। , आइतबार साँझसम्म पनि नभेटिएपछि नेपाली सेना लगायतको टोलीले खोजी कार्य स्थगित गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।, उनका अनुसार भोलि बिहानै देखि खोजी गर्ने काम थालिनेछ। यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पनि संसदमा जहाज हराएकोबारे जानकारी गराएका छन्। , तारा एयरको जहाज खोज्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोली खटिएको छ। खोजतलास गर्ने टोलीले स्थलमार्ग र हवाईमार्गबाट सम्भावित क्षेत्रहरूमा खोजी थालेको थियो। , तर रात पर्न थालेपछि खोजी गर्ने काम रोकिएको हो। , मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार धौलागिरि हिमालको रेन्जमा खोजी कार्यलाई केन्द्रित गरिएको छ। मौसम प्रतिकूल हुँदा हेलिकप्टर उडान निरन्तर रूपमा गर्न सकेको थिएन। , भोलि बिहानैदेखि खोजी गर्न पोखरा विमानस्थलमा तीन वटा हेलिकप्टर र जोमसोममा दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।, अहिलेसम्म हामीले थाहा पाएका तथ्य:, हराइरहेको जहाज खोज्न हिँडेको टोलीले रातिसम्म फेला नपारेपछि खोजी कार्य स्थगित, नेपाली सेना लगायतको टोलीले भोलि बिहानैबाट खोजी थाल्ने, NA has halted all efforts of search and rescue for today due to loss of daylight and adverse weather. The search will be resumed early in the morning tomorrow both from air and ground. Our search and rescue team with HC is on standby at Jomsom., — NASpokesperson (@NaSpokesperson) ,May 29, 2022, The plane has not yet been located. We are trying to reach the place where locals have allegedly seen something burning. Once our troops reach the location then only we can verify the findings officially and independently. Our rescue effort from ground and air is relentless...., — NASpokesperson (@NaSpokesperson) ,May 29, 2022, यसअघि मानापाथी हिमालको फेदमा जहाज रहेको भन्ने स्थानीयले जानकारी दिएपछि नेपाली सेनाको टोली त्यतातिर लाागेको थियो। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्रधिकरणले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाजको खोजी भइरहेको जनाएको छ। , प्रेस बिज्ञप्ति ,pic.twitter.com/Ftkte27tOK, — Civil Aviation Authority of Nepal (@hello_CAANepal) ,May 29, 2022,  , काठमाडौंस्थित भारतीय दूतावासले जहाजमा आफ्ना चार नागरिक रहेको भन्दै उनीहरूको परिवारसँग सम्पर्कमा रहेको बताएको छ।, Tara Air flight 9NAET that took off from Pokhara at 9.55 AM today with 22 people onboard, including 4 Indians, has gone missing. Search and rescue operation is on. The embassy is in touch with their family., Our emergency hotline number :+977-9851107021. ,https://t.co/2aVhUrB82b, — IndiaInNepal (@IndiaInNepal) ,May 29, 2022,  , पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो।, तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।, जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। चालक दलका सदस्य र यात्रुको विवरण सेतोपाटीलाई प्राप्त भएको छ।  , आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए।, जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए। ‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले सेतोपाटीसँग भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’ समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो। जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।, फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसासिखा क्षेत्रबाट हराएको देखिन्छ।, हराइरहेको तारा एयरको जहाजबारे अहिलेसम्म थाहा भएका तथ्य
सेतोपाटी संवाददाता पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज खोज्न हिँडेको नेपाली सेनाले उद्दार गर्ने कार्य स्थगित गरेको छ।आइतबार दिउँसोबाट खोजी तथा उद्धार गर्न खटिएको टोलीले रात परेकाले खोजी स्थगित गरेको हो।, टोलीले भोलि बिहानैबाट खोजी काम पुनः सुरू गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। , ‘खोजी गर्ने काम आजलाई रोकेका छौं। भोलिबिहान जति चाँडो छिटो उद्धारको काम सुरू गर्छौं,’ उनले सेतोपाटीसँग भने, ‘आज अध्याँरो भएको हुनाले रोक्यौं। टोली जहाँसम्म पुगेको छ त्यही उपयुक्त ठाउँ खोजेर बस्छ।’, नेपाली सेनाको मुस्ताङको घासास्थित पोष्टबाट ६५ जनाको टोली पैदल खोजी गर्न परिचालन भएको थियो। त्यस्तै नेपाली सेनाकै हेलिकप्टर पनि काठमाडौंबाट पठाइएको थियो। , मौसमका कारण हेलिकप्टरबाट खोजी गर्न कठिन भएको थियो। , पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ। तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।, जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। चालक दलका सदस्य र यात्रुको विवरण सेतोपाटीलाई प्राप्त भएको छ। , फ्लाइटराडारको तथ्यांकअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसासिखा क्षेत्रबाट हराएको देखिन्छ।,  , ताराको जहाज खोजी कार्य रोकियो, सेनाले भोलि बिहानैदेखि खोज्ने
सेतोपाटी संवाददाता लमजुङस्थित मध्यपहाडी लोकमार्गमा आइतबार दिउँसो भएको टिपर दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ। , गोरखा नगरपालिका-१२ का २४ वर्षीय रवीन्द्र सेडाइँ, तनहुँ व्यास नगरपालिका-७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान कमाख गाउँपालिकाका २२ वर्षीय पारस शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। , उनका अनुसार मृतकमध्ये तीनजनाको सोही टिपरले च्याप्दा मृत्यु भएको थियो।, धादिङ गजुरी गाउँपालिका २७ वर्षीय टिपर चालक आकाश घिमिरेको यसअघि नै पहिचान खुलिसकेको छ। उनको शव उछिटिएको अवस्थामा फेला परेको थियो। , प्रहरी र स्थानीयवासीले उनीहरूको उद्धार गरेका थिए।, साँघुरो सडक र अधिक भारका कारण दुर्घटना हुँदा टिपर सडकबाट ३० मिटर तल खसेको थियो।, सबै जना मध्यनेपालस्थित मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरहरु रहेको प्रहरी निरीक्षक रेग्मीको बताए।, मृतक चारजनाकै शव परीक्षणका लागि तनहुँको दमौली अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ।, मध्यनेपालस्थित भोर्लेटारबाट सोही पालिका-७ तर्फ आउँदै गरेको बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको थियो। ,  ,  , लमजुङ टिपर दुर्घटनाका मृतक चारै जनाको पहिचान खुल्यो
सेतोपाटी संवाददाता सरकारले शैक्षिकसत्र सुरू हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ।, अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरू हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए।, यस्तै उनले ४० वर्षभन्दा माथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक नसर्ने रोगको निःशुल्क स्क्रिनिङको बजेटमा व्यवस्था गरिएको बताए।, रक्तसञ्चार सेवालाई सर्वसुलभ र व्यवस्थित बनाउनका लागि सबै प्रदेशमा सहकारी स्वामित्वका ब्लडबैंक स्थापना गर्ने बताए।, सबै प्रदेशका सङ्घीय अस्पतालमा क्याथल्याबसहितको आकस्मिक मुटुको रोगको उपचार गर्ने व्यवस्था मिलाएको बताएका छन्। , शैक्षिकसत्र सुरू हुनु अघि विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।, उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।, ‘सानोसरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ उनले सेतोपाटीसँग भने, ‘अहिले मोबाइल लागिरहेको छैन, थप विवरण केहीबेरमा आउँछ।’, Crash site: Sanosware, Thasang-2, Mustang ,pic.twitter.com/OcN93N1Qyb, — NASpokesperson (@NaSpokesperson) ,May 30, 2022, आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।, तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।, जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।,  , तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो: सैनिक प्रवक्ता
सेतोपाटी संवाददाता तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ। , नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो। , ‘हालसम्म हाम्रो उद्धार टिमले १४ जनाको शव भेटेको छ। १२ जनाको छरिएको अवस्थामा र २ जनाको चेपिएको अवस्थामा फेला परेको हो, अन्यको खोजी भइरहेको छ’, नागरिक उड्ययान प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्र लाल कर्णले ,सेतोपाटी,लाई जानकारी दिए।, कर्णको अनुसार अन्य खोजी कार्य जारी छ। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान शंकलन गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट पहिले कोवाङ ल्याउने योजना छ।, आइतबार बिहान हराएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानो सरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। जहाजलाई यार्सा खोज्न गएका स्थानीयको टोलीले भेट्टाएका हुन् ।  , तारा एयर जहाज दुर्घटनाः १४ जनाको शव फेला, अन्यको खोजी जारी
सेतोपाटी संवाददाता मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।, यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए।, आइतबार बिहानदेखि हराइरहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।, थासाङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको सेतोपाटीलाई बताए।, उनकाअनुसार यार्सा टिप्न गएकाहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गरेका हुन्।, ‘सुमित गौचनलगायत टोलीले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गर्नुभएको हो। उहाँले फोटोसमेत पठाउनुभएको छ,’ वडाध्यक्ष शेरचनले भने, ‘उहाँ वडा नम्बर ३ लेतेको बासिन्दा हो। जहाज हराएको भन्ने खबर पाएपछि उहाँ हिजो खर्क जानुभएको थियो। यार्सा खोज्न गएकाहरूसँग राति गोठमा बसेर उहाँसहितले आज बिहान करिब दुई घन्टा माथि पुग्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि खबर गर्नुभयो।’, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले यार्सागुम्बा खोज्न गएका विशाल घर्तीले पनि दुर्घटनाग्रस्त जहाजको तस्बिर र जहाज फेला परेको जानकारी दिएको बताए।, ‘उहाँले टेलिफोन गरेर जहाज फेला परेको भन्नुभयो। जहाजको दुर्घटनाग्रस्त फोटो पनि पठाउनुभएको छ,’ उनले सेतोपाटीसँग भने, ‘उक्त क्षेत्रमा सुरक्षाकर्मी पठाइएको छ। हिँडेर जान करिब सात घन्टा लाग्छ। फिस्टेल एयरको हेलिकप्टरबाट पनि सुरक्षाकर्मी पठाइएको छ।’, गाउँबाट जहाज दुर्घटनाग्रस्त भएको ठाउँमा पुग्न करिब चार घन्टा लाग्ने उनले बताए। मौसम सफा हुँदै गएकोले जहाज दुर्घटनास्थल वरपर हेलिकप्टरबाट जाने तयारी गरिएको छ।, नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पनि तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।, आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।, तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।, जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।, यार्सागुम्बा खोज्न गएकाहरूले फेला पारे दुर्घटनाग्रस्त ताराको जहाज, पठाए तस्बिर
सेतोपाटी संवाददाता उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, सोमबार बिहान साढे २ बजे कटारी नगरपालिका-१४ भदौरेस्थित सिद्धिचरण राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।, पथलैयाबाट सिमेन्ट लोड गरी सोलु हाइड्रोपावरको लागि जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटनामा परेको हो।, ट्रक अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको आचार्यले बताए।, 'अहिले यत्तिकै भन्न सकिने अवस्था छैन के कारणले दुर्घटना भयो भनेर,' उनले भने।, मृतकहरू चालक बारा सिम्रौनगढ उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय सुदिप घलान, सहचालक २५ वर्षीय निकेश खड्का, १७ वर्षीय अनोज लामा र ३७ वर्षीय राजन तामाङ छन्।, उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।, घटनापछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकसहितको टोली पुगेर शवहरू निकालेको छ। पोष्टमार्टमको लागि शव कटारी नगर अस्पताल लग्ने तयारी भइरहेको छ।, उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु