content
stringlengths 20
64.1k
⌀ |
---|
रासस दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन्।, अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ। , आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।, हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।, श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।,
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
|
सेतोपाटी संवाददाता प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको मौसमविद्ले जानकारी दिएका छन् । , आज दिउँसो पनि मुलुकका कतिपय स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , विशेषगरी प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेसका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, भोलि बुधबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। , प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस वर्ष समयभन्दा लगभग हप्ता दिनअगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो।, विभागका अनुसार यस वर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ। नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ।, विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपमले लिन नमिल्ने बताइन्।, उनले हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यस वर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताइन्। उनले बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आईतवारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको जानकारी दिइन्। गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो।, ‘यो वर्षको मौसम छिटो आएको छ। सामान्यतया हाम्रो मौसम जुन १३ पछि आउने गर्दथ्यो। यो वर्ष जुन ५ मा नै मौसम नेपाल प्रवेश गरेको छ। सबै वर्ष यस्तै हुनुपर्छ भन्ने छैन। कहिले ढिलो, कहिले छिटो हुन्छ नै’, उनले भनिन्, ‘त्यसैले यसवर्ष छिट्टै भयो, के भयो भनेर चिन्ता गर्नुपर्ने आवश्यक छैन। तीन दिनको मौसमको कुरा गर्दा प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना केही स्थानहरुमा छ। त्यसैले अलि शतर्क रहनुपर्ने देखिन्छ। बाढीको कुरा गर्दा साना खोला बढ्ने तत्काललाई ठूला नदीहरुमा त्यस्तो शतर्कता अपनाउनुपर्ने देखिएको छैन, तर बिस्तारै साना नदीहरुमा मनसुन लागिसकेकोले पानी बढ्ने क्रम हुन्छ।’,
आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ।, बाँकी पाँच जनाको पहिचान खुलेको छैन।, बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।, पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।, जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो।, बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए।, दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ।, नौ जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।,
रूपन्देहीमा बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये चार जनाको खुल्यो पहिचान
|
रासस पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ।, शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७ ३ प ७५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए।, उनकाअनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन्।, घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।, प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारी साधनको खोजी भइरहेको छ।,
गाडीको ठक्करले पनौतीमा युवाको मृत्यु
|
सेतोपाटी संवाददाता रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये छ जनाको पहिचान खुलेको छ।, बाँकी तीन जनाको पहिचान खुलेको छैन।, बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै रूपन्देहीको तिलोत्तमा नगरपालिका ९ की तुल्सी बस्याल र भारतीय नागरिक अरविन्द्र शर्माको मृत्यु भएको छ।, जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो।, बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए।, दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ।, नौ जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।,
रोहिणी बस दुर्घटनामा ज्यान गुमाएका ९ मध्ये ६ जनाको खुल्यो पहिचान
|
नवीनबाबु गुरूङ आज विश्व वातावरण दिवस। नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ। हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ।, ‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।, नेपालमा पनि सरोकारवालाले आ-आफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाउँदै छन्। , यसैबीच काठमाडौंको महेन्द्र भवन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालय परिसरमा विभिन्न प्रजातिका एक सय विरूवा रोपेर विश्व वातावरण दिवस मनाएका छन्।, विद्यार्थीहरुले काठमाडौँको नक्साल क्षेत्रमा आइतबार बिहानै प्रभात फेरि निकालेर स्थानीय प्रतिनिधिको उपस्थितिमा वृक्षारोपण गरेका हुन्।, बिग्रदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न चुनौतीको सामाना गर्न विद्यार्थीलाई सचेत गराई साना नानीबाबुलाई आजैदेखि सचेत गराउन यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पुष्पा बस्नेतले बताइन्।,
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण (तस्बिरहरू)
|
रासस दोलखाको चरीकोट जिरी सडकखण्डअन्तर्गत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ।, भीमेश्वर नगरपालिका वडा नम्बर ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१०२४ च ५९१९ को योद्धा गाडी रजिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नम्बर को मोटरसाइकलसँग ठोक्किएर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुर्याइएको र उपचारका क्रममा उनलाई मृत घोषण गरिएको थियो।, गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताए।, मृतकको शव सोही अस्पतालमा राखिएको छ।,
गाडीको ठक्करबाट दोलखामा मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी संवाददाता दोलखाको चरीकोट-जिरी सडकखण्ड अन्तर्गत गौरिशंकरवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ।, भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।, चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी र चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा पुर्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताए।,
चरिकोटमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौंमा भएको एक लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ। , जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो। , प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन। घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणमा लिइसकेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले यस घटनाको अनुसन्धान भइरहेको बताए। , ‘हामी अनुसन्धानमै छौं। भोलि (सोमबार) सम्ममा विस्तृत आउँछ,’ उनले भने।, पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्ति र लुटेरा समूहबीच सुन किनबेच गर्ने डिल भएको थियो। ती व्यक्ति सुन व्यवसायी भने होइनन्। , ‘ती व्यक्ति सुन व्यवसायी होइनन्। सस्तोमा किनेर धेरै फाइदा हुन्छ भनेपछि उनी त्यहाँ पुगेका थिए,’ एक प्रहरी अधिकृतले भने।, सस्तोमा सुन पाइने भएपछि ती व्यक्तिले ३५ लाख रुपैयाँ जुटाएको प्रहरीलाई बताएका छन्। लोकेशन पाएपछि प्रहरीले ती व्यक्ति जेठ ८ गते त्यहाँ पुगेका थिए। , त्यहाँ पुग्दा उनले सुन पाएनन्। बरू आफूले बोकेको ३५ लाख रुपैयाँ लुटिए।, मानिसलाई सुन/डलर सस्तोमा दिने लोभमा फसाएर लुटपाट गर्ने गिरोहको संलग्न रहेको एक उच्च अधिकारीले बताए। , ‘यो सुन-डलरहरू सस्तोमा दिएर लुटपाट गर्ने गिरोह हो,’ उनले भने, ‘नक्कली सुन वा डलर दिन्छु भनेर मान्छे बोलायो। त्यसपछि लुटपाट गरेर भाग्ने खालको विशेष रणनीति देखिन्छ। यसमा क-कसको संलग्नता छ भन्नेबारे अझै अनुसन्धान भइरहेकै छ।’, लुटपाट पछि ती व्यक्तिहरू फरार भएका थिए। पीडितले प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान गर्न टोली घटनास्थल पुगेको थियो।, लुटपाटको घटना देख्ने प्रत्यक्षदर्शीहरू समेत प्रहरीको सम्पर्कमा छन्। , प्रत्यक्षदर्शीहरूले लुटपाट हुँदा तानातान समेत भएको देखेको प्रहरी स्रोतले जनाएको छ। , घटनास्थलबाट एक जनाको फोन पनि खसेको अवस्थामा फेला परेको थियो। रेड्मी कम्पनीको फोन, सामसुङको स्मार्ट वाच पनि प्रहरीले बरामद गरेको छ। , त्यही फोन बरामद भएपछि प्रहरीको संलग्नता भएको खुलेको हो। यस घटनामा अहिलेसम्म दुई जना प्रहरीको संलग्नता भएको खुलेको छ।, संलग्न हुनेमा एक जना सिपाही र अर्का हवल्दार रहेको प्रहरी स्रोतले बतायो। , ‘उनीहरूको ६-७ जनाकै समूह छ। जसमध्ये दुई जना समातिए,’ स्रोतले भन्यो, ‘अरूको खोजी भइरहेको छ।’, अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरले यस घटनाको अनुसन्धान गरिरहेको छ।, पक्राउ परेका व्यक्तिहरूमाथि डाँका चोरीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट गत बुधबार पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ। , यस घटनामा संलग्न व्यक्तिहरूको पहिचानसमेत गरिसकेको एक प्रहरीले बताए। उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ।, लुटपाटमा संलग्न प्रहरी पक्राउ परे कि परेनन् भन्ने प्रहरीले खुलाउन चाहेको छैन। ,
लैनचौरमा भएको ३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता
|
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु गएको छ। , चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जंगली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ। बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ। यस्तै गैँडाको आक्रमणबाट ६ र जंगली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उनले जानकारी दिए।, गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो। त्यसमध्ये गैंडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जंगली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ।,
चितवनमा एक वर्षमा जंगली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता अछाममा एक किशोर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको छ।, काठमाडौंबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा अनुसन्धान गर्ने टोली अछाम पुगेको हो। शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका-४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोरको शव फेला परेको थियो। , स्थानीय १७ वर्षीय किशोर विनोद शाहीको शव फेला परेको हो। उनी गत १७ गतेदेखि बेपत्ता थिए। बेपत्ता भएका उनको शव फेला परेपछि नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो। , विवाद हुँदा प्रहरीको टोली पनि घटनास्थल पुग्न कठिन भएको थियो। , अनुसन्धान गर्न प्रहरीको टोली शनिबार साँझ साढे ६ बजे पुगेको थियो। स्थानीय कार्यकर्ताले प्रहरीलाई घटनास्थल जानबाट अवरोध पुर्याएपछि प्रहरीले नेताहरूलाई बोलाएर छलफल गरेको थियो। छलफल गरेपछि प्रहरीलाई घटनास्थल जान अनुमति दिएका हुन्।, प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुर पनि लगेको थियो। अहिले डग स्निफिङको काम पनि सकिइसकेको प्रहरी निरीक्षक केशव विष्टले जानकारी दिए। , ‘हामी हिजो साढे ६ बजेतिर घटनास्थल पुग्यौं। घटनास्थलको हेर्ने काम पनि गर्यौं,’ उनले भने, ‘अहिले मुचुल्का बनाउने काम भइरहेको छ। भीर भएको ठाउँ भएर रक क्लाइम्बिङको डोरी प्रयोग गरेर प्रमाणहरूको खोज्ने कामहरू भइरहेको छ।’, प्रहरीले घटनास्थलमा विज्ञ सहितको टोली पनि घटनास्थल पुगेको छ।, शवको प्रकृति हेर्दा सडिगलिसकेको अवस्थामा छ। जसकारण घटना के भएको हो भन्ने अहिले भन्न सकिने अवस्थामा नरहेको प्रहरी निरीक्षक केशव विष्टले बताए। , ‘हिजो पुगेदेखि हामी यतै छौं। बिहान कुकुरसहितको टोली आयो,’ उनले भने, ‘शव पुरै सडिगलिसकेको अवस्थामा छ।धारिलो हतियारले सानो भाग काटिएको जस्तो पनि देखिन्छ तर कुहिइसकेको हुँदा यही हो भन्न सकिएको छैन।’, यसको पहिचान पोष्टमार्टम पछि थाहा पाइने उनले बताए। , शव भीरबाट निकालिइसकेको छ। पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन पठाउने तयारी छ। करिब ५०० मिटर बोकेर लग्नुपर्ने प्रहरी निरीक्षक विष्टले बताए। , ‘करिब ५०० मिटर जति बोक्न पर्छ। त्यसपछि कुनै गाडीमा हालेर अस्पताल पुर्याउँछौं,’ उनले भने।, यस घटनामा सिआइबीको टोलीले प्राविधिक पक्षमा पनि अनुसन्धान गर्न सघाउने बुझिएको छ। , एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन्। उनीहरूबीच स्थानीय तह निर्वाचन देखि लफडा सुरू भएको थियो। त्यसैबीच शाही १७ गते बेपत्ता भएका थिए। तर प्रहरीलाई शुक्रबार मात्रै मौखिक जानकारी गराएको थियो। , पछि स्थानीयले नै फेला परेर प्रहरीलाई खबर गरेको थियो। ,
किशोरको मृत्युबारे अनुसन्धान गर्न अछाम पुग्यो सिआइबीको टोली
|
सेतोपाटी संवाददाता यस वर्षको मनसुन नेपाल आइपुगेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ।, यसपालि मनसुन एक साताअघि नै नेपाल आएको हो।, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ। यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ,‘नेपालको अन्य भू-भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ।’, बंगालको खाडीबाट होइन सोमालियादेखि आउँछ नेपालमा मनसुन, म्यानमार र दक्षिण एसियाका सात मुलुकले देशको अर्थतन्त्र चलाउन आ-आफ्नै अर्थमन्त्री नियुक्त गर्छन्। तीमध्ये केहीले अर्थतन्त्रलाई उभो लगाउँछन्, केहीले अर्थतन्त्रमा कुनै सुधार ल्याउन सक्दैनन्। कहिलेकाँही बिगार्छन्।, केही वर्षमा यी मुलुकका अर्थमन्त्री फेरिइरहन्छन्। तपाईंलाई थाहा छ, यो क्षेत्रमा कहिल्यै पनि नफेरिने अर्थमन्त्री पनि छ। जसले बजेट भाषण गर्दैन तर यो क्षेत्रका सबै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्छ।, युगौंदेखि निरन्तर आफ्नो जिम्मेवारी बहन गरिरहेको यो अर्थमन्त्री हो- मनसुन। जुन यसपालि पनि दक्षिण भारतमा आइसकेको छ। एक दुई दिनमा नेपाल पस्नेछ।, नेपालको सन्दर्भमा त अर्थमन्त्रीभन्दा बढी भूमिका मनसुनको हुन्छ।, नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ। त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ। मनसुन समयमै आए बालीनाली सप्रिन्छ। खाद्यान्न उत्पादन बढ्छ। त्यसले देशको कुल ग्राहस्थ उत्पादन बढाउँछ।, मनसुनले बालीनालीको उत्पादकत्वमात्र बढाउँदैन धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ। रनअफ दी रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ। बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन्। अर्थतन्त्र चलायमान हुन्छ।, यति महत्वपूर्ण भूमिका भएको मनसुन नेपालमा आइपुग्छ कहाँबाट?, धेरैले भन्छन्- बंगालको खाडीबाट आउँछ।, यो सतप्रतिशत सही होइन। बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन। बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ। भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरू हुन्छ, नेपाल आइपुग्ने मनसुन।, त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ।, पूर्वीअफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावाबारे बुझ्नुपर्छ।, भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ। उत्तरी र दक्षिणी गोलार्द्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ। त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ। दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए। एउटा ध्रुवमा तीन वटासम्म यस्ता जेट स्ट्रिम हुन्छन्। जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन्। मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरक-फरक भइरहन्छ।, दुबै ध्रुव नजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ। ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ। , चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दैसर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन्।, , जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलार्द्धको सवट्रपिकल जेट स्ट्रिमनजिकै तल्लो तहतिर नयाँ जेट स्ट्रिम बन्छ। जुन भूमध्यरेखाको आसपासमा रहेको अफ्रिकी मुलुक सोमालिया नजिक हुन्छ।, ‘सोमालिया नजिकको समुद्रमा बन्ने भएकाले यसलाई सोमाली जेट स्ट्रिम भनिन्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘सोमालियाबाट उत्तरपूर्वको बाटो समातेर हिन्द महासागर हुँदै करिब साता दिनमा भारतको केरला आइपुग्छ।’, नेपालमा पानी पार्ने मनसुन जुन महिनाको दोस्रो साताबाट सुरू हुन्छ। मौसम विभागले पछिल्लो तीस वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ।, केरलाबाट पनि मनसुन सिधै नेपाल आउँदैन।, केरलाबाट यो दुईतिर बाँडिन्छ।, एउटा पश्चिमी तट हुँदै अरेबियन सागरतिर माथि जान्छ, पश्चिम भारत र पाकिस्तानमा पानी पार्न। अर्को समुद्र हुँदै बंगालको खाडी आइपुग्छ। यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ।, बंगालको खाडी आएको मनसुन फेरि सजिलै नेपाल पस्न सक्दैन। त्यसका लागि उत्तरबाट आउने पश्चिमी वायूले बाटो खाली गरिदिनु पर्छ।, नेपालमा हिउँदका छ महिना पश्चिमी वायूको दबदबा हुन्छ। पश्चिमी वायू उत्तर नसरेसम्म मनसुनको केही चल्दैन।, ‘ऊ कि त उतै केरला रोकिएर बस्छ नभए बंगालको खाडीबाट यहाँ आउन खोजे पनि सक्दैन,’ मानन्धरले भनिन्,‘अप्रिल र मेमा नेपालमा यी दुई वायूको झगडा नै पर्छ।’, हावाको झगडा!, किन नि?, ‘दुबैका विशेषता फरक-फरक छन्। एउटा माथिबाट आउँछ सुख्खा हुन्छ, कम पानी पार्छ। अर्को तलबाट आउँछ धेरै जलवाष्प ल्याएको हुन्छ,’ मानन्धरले भनिन्,‘यो झगडामा मनसुन जति बलियो र पश्चिमी वायु जति कमजोर भयो हामीलाई त्यति फाइदा हुन्छ। नत्र पूर्वमा आएको मनसुन पनि पश्चिमतिर सर्नै सक्दैन।’, पश्चिमी वायुसँगको लडाइँमा मनसुनलाई तिब्बती पठारले पनि साथ दिनुपर्छ।, गर्मी सुरू भएसँगै सबट्रपिकल जेट स्ट्रिम ध्रुवतिर सर्छ। यसरी त्यो चिसो तर सुख्खा वायुमाथि सरेर चर्को घाम लागेपछि तिब्बती पठारको हावा तात्छ र माथि जान्छ। कुनै ठाउँमा सतहको हावा तातेर माथि गई बादल बन्यो भने त्यसलाई न्यून चापीय प्रणाली भनिन्छ। , ‘गर्मीमा त्यस्ता न्यूनचापीय रेखा तिब्बतमाथि दिन्दिनै बनिरहेको हुन्छन्। तिब्बतमा जति छिटो न्यून चापीय प्रणाली बन्यो नेपालमा त्यति नै छिटो मनसुन पस्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘तिब्बतमा खाली भएको त्यही ठाउँमा पुग्न मनसुनी वायु बंगालको खाडीबाट उकालो लाग्छ तर हिमालले छेक्ने भएकाले त्यो पारि जान सक्दैन। यतै झर्छ।’, कुनै मनसुनमा धेरै पानी पर्छ कुनैमा थोरै। त्यसमा मनसुन र पश्चिमी वायुसँगै प्रशान्त महासागरमा हुने दुई मौसमी घटनाको पनि भूमिका हुन्छ।, प्रशान्त महासागरमा एसियातिर र अमेरिकातिर दुई त्यस्ता ठाउँ छन् जहाँको पानी चिसो र तातो हुँदा विश्वभरिको मौसम असर पार्छ। महासागरको सतहको पानी औसतभन्दा चिसो र तातो हुने प्रक्रियालाई लालिनो र एललिनो भनिन्छ।, स्पेनिस भाषामा लालिनो भनेको सानी केटी हो। प्रशान्त महासागरको ‘ट्रेड विन्ड’ बहने ठाउँमा कहिले एसियातिर त कहिले अमेरिकातिर लालिनो हुन्छ। लालिनो हुँदा त्यो ठाउँको पानी औसतभन्दा चिसो हुन्छ।, स्पेनिसमा एललिनोको अर्थचाहिँ सानो केटो हो। एललिनो हुँदा सतहको पानी औसतभन्दा तातो हुन्छ। एललिनो हुन्छ भने सन् १६००मा दक्षिण अमेरिकाका माझीहरूले पत्ता लगाएका थिए।, ‘प्रशान्त महासागरमा लालिनो र एललिनो हुने प्रक्रिया दुईदेखि सात वर्षमा दोहोरिरहन्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रो मनसुनका लागि भने एसियातिर लालिनो भएको राम्रो। किनकी त्यसले मनुसनलाई सहयोग पुग्छ।’, यी विभिन्न अवस्थालाई अध्ययन गरेर विभागले कुन वर्षको मौसम कस्तो हुन्छ भन्ने अनुमान गर्छ।, ‘यसपालि पूर्वी क्षेत्रमा औसतभन्दा कम र पश्चिमी नेपालमा औसत मनसुनी पानी पर्ने सम्भावना छ,’ मानन्धरले भनिन्।, संसारमा दुई दर्जनभन्दा बढी मनसुन छन्। बाह्रै महिना संसारभर कहिँ न कहिँ मनसुन चलिरहेको हुन्छ। ब्राजिललगायत देशमा पानी पार्ने साउथ अमेरिकन मनसुन सेप्टेम्बरमा सुरू हुन्छ भने दक्षिण पूर्वी अफ्रिकाको मनसुन जनवरीमा सुरू भएर मार्चमा सकिन्छ।, ‘तर यी कुनै पनि मनसुन सोमालियाबाट आउने मनसुनजस्ता भर पर्दा हुँदैनन्, कहिले आउँछन्, कहिले सकिन्छन्, टुंगो हुँदैन,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रोमा आउने मनसुन यति ज्ञानी छ कि हजारौं वर्षदेखि भनेकै बेला आउँछ र फर्केर जान्छ।’,
एक साताअघि नै नेपाल आइपुग्यो मनसुन
|
भगवती पाण्डे धनुषाको हंसपुर नगरपालिका-३ का १८ वर्षीय मुफिद मन्सुरी जलेश्वर भिटामोडमा ग्यारेजमा गर्थे। सानै उमेरदेखि मोटरसाइकल मर्मत गर्न सिकेका मोफिद बुटवल आएर काम गर्न चाहन्थे।, बुटवलमा मोफिदकी भाउजुको माइती थियो। भाउजुका भाइ मोहम्मद हरिफ मन्सुरी पनि ग्यारेजमै काम गर्थे। एउटै क्षेत्रमा काम गर्ने मोफिद र मोहम्मदको कुरा मिल्यो, बुटवलमै मोफिदको लागि पनि ग्यारेजमै काम गर्ने व्यवस्था मोहम्मदले मिलाइदिने भए।, यसअघि बुटवलमा कहिल्यै नआएका मोफिद शनिबार साँझ ८ बजेतिर जनकपुरदेखि बुटवल आउने लु २ ख ३८४१ नम्बरको बस चढे। पहिलेदेखि नै गरिरहेको काम भए पनि ठाउँ र परिवेश नयाँ भएकाले उनको मनमा विभिन्न तर्कना खेलिरहेका थिए।, बसको पछाडिको सिटमा बसेका उनले बस रोकिएको स्थानमा पानी र चिसो किनेर खान्थे। साँझको खाना भने घरमै खाएर हिँडेका थिए। उनी चढेको रात्री बस गीत बजाउँदै गुडिरहेको थियो। एकातर्फ रातको अँध्यारो अर्कोतर्फ नारायणघाटदेखि पश्चिम पहिलो पटक आउँदै गरेका मोफिदलाई बस कहाँ आइपुग्यो भन्ने पनि थाहा हुँदैनथ्यो।, बिहान ४ बजेर १० मिनेटमा मोफिदले मोहम्मदलाई पश्चिम नवलपरासीको बर्दघाट आइपुगेको भन्दै फोन गरेका थिए। बुटवल पहिलो पटक आएकाले ५ बजेतिर बसपार्कमा लिन आउन भन्दै कुरा टुंग्याएका थिए।, गाडी सरासर गुड्न पाएको भए पाँच बजेभित्रै बुटवल बसपार्कमा पुगिसक्थ्यो। बुटवल नपुग्दै बस भैरहवा-परासी सडक खण्डको रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमास्थित रोहिणी नदीको पुलबाट खस्यो।, बसपार्कसम्म मोफिदलाई लिन जान तयार भएका मोहम्मदलाई पौने पाँच नहुँदै उनी दुर्घटनामा परेको खबर आयो। बसपार्क जान तयार भएका मोहम्मद भैरहवा मेडिकल कलेजमा घाइते भेट्न पुगे। रातभर निदाउने र जाग्ने गर्दै आएका मोफिद बस दुघर्टनामा पर्दा आँखा चिम्लिए पनि जागै थिए।, आफ्नै रफ्तारमा गुडिरहेको बस एक्कासी पुलको रेलिङलाई भत्काउँदै बगरमा बजारिँदा उनको होसहवास उड्यो। उनको अनुहारमा सामान्य चोट लागे पनि दुर्घटनाको भयंकर दृश्यले उनलाई बेचैनी बनाइरहेको छ। अस्पतालले अवस्था खतरामुक्त रहेको बताए पनि उनको मन भने अझै शान्त भइसकेको छैन।, ९ जना यात्रुले ज्यान गुमाएको बस दुर्घटनामा आफू बाँच्नु भाग्यको कुरा भएको उनले बताए।, ‘गाडी बगरमा बजारिँदा अब मरियो भन्ने लागेको थियो, तर भाग्यले ज्यान जोगियो,’ उनले भने।, बाराको जितपुर सिमरा उपमहानगरपालिका-१३ का १८ वर्षीय रोहन चौधरी पनि दुई जना साथीसँगै सोही बसमा भैरहवा आउँदै थिए। भैरहवामा फलामको वेल्डिङको काम गर्ने रोहनले यसपटक घरदेखि आउँदा साथीहरू सतेन्द्र चौधरी र वरूण चौधरीलाई पनि काम लगाइदिने भन्दै लिएर आएका थिए।, उनीहरू पनि बसको पछाडिको सिटमा बसेका थिए। बिहान उज्यालो भइसकेकाले उनीहरूको निद्रा खुलिसकेको थियो। आँखा भने बन्द थिए। बस एक्कासी पुलको रेलिङमा ठोक्किएको आवाजले उनीहरूका आँखा खुलेका थिए। आँखा खुल्दासम्म बस पुलमाथिबाट बगरमा बजारिइसकेको थियो। ‘पुलमा ठोक्किएको आवाज सुनेपछि नै अब बस खस्दैछ भन्ने थाहा पाइसकेको थिएँ, बस खस्दाखस्दै झ्यालको शिशा पनि खुलिसकेको थियो,’ रोहन भन्छन्।, बगरमा उत्तानो गरी बजारिएको बसको झ्याल खुल्ला भेटेपछि आफू नै सबैभन्दा पहिले बसबाट बाहिर निस्किएको उनले बताए।, ‘नजिकैको शिशा खुला भेटेपछि सबैभन्दा पहिले बसबाट म निस्किएको थिएँ, त्यसपछि सतेन्द्र, वरूण र एउटै सिटमा बसेका मोफिदलाई तानेर निकालें,’ उनले भने।, दुर्घटनाको आधा घन्टाभित्रै घटनास्थल पुगेको प्रहरीले उद्धार गरी भ्यानमा राखेर अस्पताल ल्याएको रोहनले बताए। निद्रा खुलिसकेको भए पनि आँखा चिम्लिएकाले दुर्घटना कसरी भयो भन्नेबारे जानकारी नभएको उनीहरु बताउँछन्।, अहिले उनीहरू चारैजनाको अवस्था खतरामुक्त छ। रोहनको लागि भैरहवा पुरानै भए पनि अरू तीन जना भने पहिलो पटक आउँदा नै दुर्घटनामा परेको उनले बताए। चार जनामध्ये सतेन्द्रको छातीमा र वरूणको खुट्टामा चोट लागेको छ। रोहनको अवस्था भने सामान्य नै रहेको अस्पतालले जनाएको छ। घाइते सबैको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचार भइरहेको छ।,
‘बस बगरमा बजारियो, भाग्यले बाँच्यौं’
|
भगवती पाण्डे आइतबार बिहान तिलोत्तमा नगरपालिका-८ का १४ वर्षीय आरभ बस्याल भैरहवास्थित भीम अस्पतालबाहिर सुकसुकाइरहेका थिए। सानिमाले अंगालोमा राखेर उनलाई सम्हालिरहेकी थिइन्। अस्पतालभित्र आरभकी आमा ३७ वर्षीया तुल्सी बस्यालको पोष्टमर्टम भइरहेको थियो।, उच्च शिक्षा अध्ययनको लागि छोरीलाई अष्ट्रेलिया पठाउने भन्दै कागजात बनाउन काठमाडौं गएकी तुल्सी फर्किएर घर आउन पाइनन्। न त छोरीलाई अष्ट्रेलिया पठाउने उनको चाहना नै पूरा भयो।, चार दिन पहिले छोरीसँगै काठमाडौं गएकी तुल्सी शनिबार साँझ काठमाडौंबाट घर आउँदै थिइन्। काठमाडौंबाट नारायणघाटसम्म अर्कै बसमा आएकी तुल्सी नारायणघाटदेखि भने जनकपुरदेखि बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बसमा चढेकी थिइन्।, दुई जना चालक र एकजना सहचालक रहेको उक्त बस आइतबार बिहानै सवा चार बजेतिर भैरहवा परासी सडक खण्डको रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमानामा पर्ने रोहिणी नदीको पुलबाट खस्यो।, शनिबार दिउँसो मात्रै परिवारसँग कुरा हुँदा छोरीको अष्ट्रेलिया जाने काम पूरा भएपछि मात्रै घर आउन उनलाई परिवारले सुझाव दिएका थिए। तर केही दिन ढिलो हुने भएपछि उनी छोरीलाई काठमाडौं नै छोडेर शनिबार साँझ नै घर आउन बस चढेकी थिइन्।, बुटवल-११ कालिकानगरका कृष्णप्रसाद बस्याल पनि व्यावसायिक काम लिएर तीन दिन पहिले मात्रै काठमाडौं गएका थिए। कालिकानगरमै हार्डवेयर व्यवसाय गर्दै आएका बस्याल अरू समय आफ्नै गाडी लिएर हिँड्ने गर्थे। यसपटक भने सार्वजनिक बस चढेर काठमाडौं गएका उनी बस चढेर नै बुटवल फर्किँदै थिए।, नारायणगढसम्म अर्कै बसमा आएका बस्याल पनि नारायणगढदेखि सोही बसमा चढेका थिए। ४८ वर्षीय बस्यालको पनि बस दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा परी कृष्ण बस्याल र तुल्सी बस्यालसहित ९ जनाको मृत्यु भयो। , मृत्यु हुनेहरूमा रूपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा-२ योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास र भारत जनकपुरग्राम बस्ने ४० वर्षीय अरविन्द्र शर्माको पहिचान खुलेको छ।, अन्य तीन जना मृतकको भने पहिचान खुलेको छैन। प्रहरीका अनुसार मृतक ९ मध्ये ८ जना पुरूष र १ जना महिला छन्।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार पश्चिम नेपाल बस व्यवसायी प्रालि मातहत रहेको उक्त बसमा चालक र सहचालकसहित ३३ जना सवार थिए।, तीमध्ये ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते छन्। २५ जना पुरूष, ६ जना महिला र दुई बालिकामध्ये ८ जना पुरूष र १ जना महिलाको मृत्यु भएको छ भने घाइते सबैको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।, यसअघि भीम अस्पतालमा उपचाररत घाइतेहरूलाई पनि अहिले मेडिकल कलेज लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ।, मेडिकल कलेज र भीम अस्पताल परिसरमा बिहानैदेखि मृतक र घाइतेका आफन्तहरूको भीड लागेको छ।, मृतकका आफन्तहरूको रूवाबासीले अस्पताल परिसर स्तब्ध बनेको छ। रूपन्देहीस्थित विभिन्न राजनितिक दलका नेताहरू, स्थानीय तहका प्रतिनिधिलगायत मृतकका आफन्त अस्पतालमा पुगेका छन्।, यसअघि पनि रूपन्देहीमा बस दुर्घटनाका घटना भए पनि एउटै दुर्घटनामा यति धेरै मानवीय क्षति भएको भने यो पहिलो घटना भएको प्रहरीले जनाएको छ। बस पुल माथिबाट एकै पटक रोहिणी खोलामा बजारिएर उत्तानो परेको कारण धेरै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।, दुर्घटना भएको जानकारी पाउनेबित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगे पनि बस उत्तानो परेको कारण बसका शिशा फुटालेर घाइतेहरूको उद्धार गरिएको थियो।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले चार बजेर २७ मिनेटमा नै प्रहरी कन्ट्रोलबाट बस दुर्घटनामा परेको जानकारी पाएका थिए। भैरहवादेखि ६/७ किलोमिटरको दूरीमा रहेको घटनास्थलमा उनी पौने ५ बजेभित्रै पुगिसकेका थिए। घटनास्थल पुग्दा अधिकांश घाइतेहरू बस भित्रै सिटले च्यापिएको अवस्थामा भेटिएको कुवँरले बताए।, ‘धेरैजसो घाइतेहरू बसको सिटले च्यापिएको अवस्थामा थिए, चार-पाँच वर्षका दुई जना बच्चा भने बसभित्र उभिए रोइरहेको अवस्थामा फेला पारी तत्काल बसबाट बाहिर निकालेका थियौं,’ कुँवरले भने।, उत्तानो परेको बसको केही भाग खोलाको पानीमा डुबेकाले केही घाइते भएकाहरू पानीमा डुबेको कारण पनि मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। उत्तानो परेको बसलाई तीन वटा जेसिबीको सहयोगले उठाएपछि मात्रै सबै यात्रुहरूको उद्धार सम्भव भएको थियो।, बसभित्र च्यापिएका घाइतेहरूको हारगुहार र चिच्चाहटले घटनास्थलको बिहानैको दृश्य निकै कारूणीक रहेको प्रहरी निरिक्षिक कुवँरले बताए। बसमा दुई जना चालक रहे पनि दुबैजना घाइते रहेकाले पहिलो प्रयास उनीहरूको उपचार गर्नुपर्ने भएकाले दुर्घटना कसरी हुन पुग्यो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।, यद्यपी चालकसँग सामान्य सोधपुछको क्रममा अगाडिबाट आएको गाडीले हेडलाइट बालेको र सोही लाइटका कारण सडकको किनार नदेखिएपछि पुलबाट बस उछिट्टिएको बताएको कुँवरले जानकारी दिए।,
छोरीलाई अष्ट्रेलिया पठाउन पाइनन् तुल्सीले
|
रासस नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ।, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ।, ‘अहिले प्रि-मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिसन फेजमा रहेको छ, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ,’ उनले भने।, प्रदेश नम्बर १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए।, नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ।, देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ।, उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ।, उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ।, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, आज काठमाडौँको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।,
चार दिनपछि नेपाल आइपुग्दैछ मनसुन
|
सेतोपाटी संवाददाता नेपालका चार वटा हिमालबाट नेपाली सेना नेतृत्वको टोलीले ३३ टन बढी फोहोर संकलन गरेको छ। , आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित सफा हिमाल अभियान २०२२को समापन कार्यक्रममा चार वटा अग्ला हिमालबाट ३३ टन बढी फोहोर संकलन गरेको जनाएको हो। , नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको हो।, सफा हिमाल कार्यक्रमको उद्घाटन गत चैत २२ गते भएको थियो। सो कार्यक्रम आइतबार विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका थिए। , हिमाल सफा गर्न सेनाका ३० जना र ४८ जना शेर्पाको टोली खटिएको थियो। त्यस्तै चार जना चिकित्सकहरू समेत खटिएका थिए। , सगरमाथा लगायत हिमालबाट कुहिने र नकुहिने दुई थरी फोहोरको संकलन गरिएको थियो। , जसबाट कुहिने ७ हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो फोहोर निकालेको हो। , कुहिने र नकुहिने फोहोरको व्यवस्थापन छुट्टाछुट्टै गरिएको थियो। अझै केही फोहोरको व्यवस्थापन गर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। , नेपाली सेनाले सगरमाथा-ल्होत्से सफा गर्न ५५ दिन लगाएको थियो। यस्तै कञ्चनजंगा सफा गर्न ४४ दिन र मनास्लु सफा गर्न ४३ दिन लागेको थियो। , नेपाली सेनाको टोलीले यस वर्ष दुई वटा मानव कंकाल समेत फेला पारेको छ। कञ्चनजंगा हिमाल सफा गर्न गएको टोलीले सो कंकाल फेला पारेको हो। , दुइवटैको कानुनी प्रक्रिया अघि बढाएर व्यवस्थापन गरिएको सेनाले जनाएको छ। , सफा हिमाल अभियानको यो तेस्रो चरण हो। सन् २०१९ देखि सुरू भएको यो अभियान २०२०मा कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो। , त्यसयता यो अभियान हरेक वर्ष हुँदै आएको छ। सेनाको टोलीले सन् २०१९ मा १० टन र २०२१मा २७ टन फोहोर संकलन गरेको थियो।,
सगरमाथासहित यी चार हिमालबाट सेनाले संकलन गर्यो ३३ टन फोहोर
|
सेतोपाटी संवाददाता नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। , चट्याङ लागेर मध्यविन्दु नगरपालिका-६ भण्डारा बस्ने ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो।, आफ्नो घर नजिकको बारीबाट फर्किने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। , उनको उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको थियो। , त्यहाँ उपचारको क्रममा पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। , घटनाको थप अनुसन्धान अघि बढाएको छ।,
नवलपरासी पूर्वमा चट्याङ लागेर एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौंको टेकुस्थित पेट्रोल पम्पको इन्धन राख्ने ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएका छन्। , आइतबार साँझ ५ बजे काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कनक पम्पको ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको उनले बताए।, खाली भइसकेको ट्याङ्की ग्यासले भरिएको र ढक्कन वेल्डिङ गर्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ। , बिस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भई काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी शाह र १८ वर्षीय दिपककुमार शाह घाइते छन्। , किशोरीको बायाँ खुट्टा जलेर फ्र्याक्चर भएको र दाहिने खुट्टा, अनुहार दुवै हात र छाती जलेको प्रहरी उपरीक्षक मैनालीले बताए। उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको उनले बताए। , त्यस्तै शाहको बायाँ गालामा पोलेको छ। उनी पनि बोल्न सक्ने अवस्थामा छन्।, उनीहरू दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ,
टेकुमा पेट्रोल पम्पको ट्यांकी बिस्फोट, दुई जना घाइते
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ६३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ५७९ जनाको पिसिआर र १ हजार ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११० जना सक्रिय संक्रमित छन्।, ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १३ कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता नेपाली सेनाको टोलीले पहिलो पटक कञ्चनजंघा हिमालको आरोहण गरेको छ। , सफा हिमाल अभियान २०२२को क्रममा कञ्चनजंघा हिमाल पुगेका मध्ये दुई जनाले हिमालको आरोहण गरेका हुन्।, उनीहरू पुगेसँगै नेपाली सेनाले पहिलोपटक त्यस हिमालमा पुगेर आफ्नो झन्डा फहराएको हो। , नेपाली सेनाका सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले आरोहण गरेका थिए। उनीहरूले मे ७मा आरोहण गरेको नेपाली सेनाले जानकारी दिएको छ। , त्यस्तै अर्को टोलीले सगरमाथाको आरोहण पनि गरेको छ। नेपाली सेनाका क्याप्टेन गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले मे १२ मा आरोहण गरेका थिए। , सोही दिन क्याप्टेन जितेन्द्र कार्की, सिपाही खिमलाल ओली र कविराम घर्ती मगरले ल्होत्से हिमालको आरोहण गरेका थिए। , आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच सफा हिमाल अभियान २०२२को समापन गरिएको थियो। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उक्त अभियानको समापन गरेका हुन्। , नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको हो। सफा हिमाल कार्यक्रमको उद्घाटन गत चैत २२ गते भएको थियो। , हिमाल सफा गर्न सेनाका ३० जना र ४८ जना शेर्पाको टोली खटिएको थियो। त्यस्तै चार जना चिकित्सकहरू समेत खटिएका थिए। , सगरमाथा लगायत हिमालबाट कुहिने र नकुहिने दुई थरी फोहोरको संकलन गरिएको थियो। , जसबाट कुहिने ७ हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो फोहोर निकालेको हो। , कुहिने र नकुहिने फोहोरको व्यवस्थापन छुट्टाछुट्टै गरिएको थियो। अझै केही फोहोरको व्यवस्थापन गर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। , नेपाली सेनाले सगरमाथा-ल्होत्से सफा गर्न ५५ दिन लगाएको थियो। यस्तै कञ्चनजंगा सफा गर्न ४४ दिन र मनास्लु सफा गर्न ४३ दिन लागेको थियो। , नेपाली सेनाको टोलीले यस वर्ष दुई वटा मानव कंकाल समेत फेला पारेको छ। कञ्चनजंगा हिमाल सफा गर्न गएको टोलीले सो कंकाल फेला पारेको हो। , दुइवटैको कानुनी प्रक्रिया अघि बढाएर व्यवस्थापन गरिएको सेनाले जनाएको छ। , सफा हिमाल अभियानको यो तेस्रो चरण हो। सन् २०१९ देखि सुरू भएको यो अभियान २०२०मा कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो। , त्यसयता यो अभियान हरेक वर्ष हुँदै आएको छ। सेनाको टोलीले सन् २०१९ मा १० टन र २०२१मा २७ टन फोहोर संकलन गरेको थियो।,
नेपाली सेनाले पहिलो पटक गर्यो कञ्चनजंघा सफल आरोहण
|
सेतोपाटी संवाददाता रूपन्देहीको रोहिणीमा आइतबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएका नौ जनामध्ये आठ जनाको पहिचान खुलेको छ।, जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा-परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको थियो। , मृतकमध्ये एकजना पुरूषको भने सनाखत हुन सकेको छैन।, सनाखत हुनेहरूमा रूपन्देहीको तिलोत्तमा-२ योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, वडा नम्बर ८ कि ३७ वर्षीय तुल्सी पौडेल, बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका-४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन्।, त्यस्तै रौतहटका २० वर्षीया दिनेश दास तथा भारत घर भएका नागेन्द्र शर्मा, अरबिन्द्र शर्मा र सन्जय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।, बसमा दुईजना चालक र एकजना सहचालक सहित ३३ जना सवार थिए। जसमा २५ जना पुरूष, ६ महिला र दुई बालिका थिए।, बसमा सवार ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते छन्। घाइते सबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ।,
रोहिणी बस दुर्घटनामा ज्यान गुमाएका ९ मध्ये ८ जनाको खुल्यो पहिचान
|
अमित ढकाल मैले गएको बिहीबार ',सर्वोच्चको फैसलापछि निजगढ विमानस्थलको भविष्यबारे ७ बुँदे ब्रिफिङ,' लेखेको थिएँ।, पोखरा र भैरहवामा भर्खरै दुइटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि हामीलाई फेरि किन निजगढमा अर्को विमानस्थल चाहियो भनेर धेरै पाठकहरूको प्रश्न आएको छ। जंगल मासेर निजगढमै एयरपोर्ट किन बनाउनु पर्यो, अरू ठाउँ खोजे हुँदैन भन्ने प्रश्न पनि धेरैबाट आएको छ।, यी दुवै प्रश्न महत्वपूर्ण र जायज छन्। यिनै प्रश्नलाई समेटेर मैले निजगढबारे दोस्रो ब्रिफिङ तयार पारेको छु।, सबभन्दा पहिले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुरा गरौं।, भर्खरै निर्माण सम्पन्न भएको भैरहवा विमानस्थल ५३३ हेक्टर जग्गामा बनेको छ। यसमा ३ किलोमिटर लामो र ४५ मिटर चौडाइको एउटा धावनमार्ग छ। यसले वार्षिक ३० लाख यात्रुलाई सेवा दिन सक्छ।, त्यसैगरी पोखरा एयरपोर्ट २०० हेक्टर जमिनमा बनेको छ। यसमा पनि २.५ किलोमिटर लामो र ४५ मिटर चौडाइको एउटा मात्र धावनमार्ग छ। यसले धेरैमा वार्षिक १० लाखसम्म यात्रुलाई सेवा दिन सक्छ।, मैले बुद्ध एयरका म्यानेजिङ डाइरेक्टर वीरेन्द्रबहादुर बस्नेतलाई यी दुवै एयरपोर्टका बारेमा सोधेको छु। यी विमानस्थललाई वास्तवमा अन्तर्राष्ट्रिय विमानस्थल भन्न मिल्छ कि मिल्दैन, यी विमानस्थल कस्ता खालका, कति ठूला विमानले प्रयोग गर्न सक्छन्?, बस्नेत नेपालको सबभन्दा ठूलो निजी एयरलाइन्स कम्पनीका सञ्चालक हुन्। उनले थाइल्यान्ड, भारत लगायतका मुलुकबाट सिधै पोखरामा हवाई सेवा सुरू गर्न प्रयास गरेका थिए।, बस्नेतले एयरबस कम्पनीसँग पोखरा विमानस्थलमा उक्त कम्पनीका कस्ता जहाज ल्याउन सकिन्छ भनेर लामो छलफल र परामर्श गरेका थिए। एयरबस कम्पनीका प्राविधिकहरूले पोखरा विमानस्थलको अध्ययन गरेको उनले बताए। अमेरिकी कम्पनी बोइङले पनि अध्ययन गरिरहेको उनले जानकारी दिए।, 'एयरबसले आफ्नो ए-३१९ जहाजले मात्र पोखरा विमानस्थल प्रयोग गर्न सक्ने बताएको छ,' उनले भने।, ए-३१९ एयरबसको तुलनात्मक रूपमा सानो जहाज हो। यसको औसत सिट क्षमता १५० हुन्छ। त्योभन्दा ठूलो जहाज ए-३२० पोखराका लागि ठिक नहुने एयरबसले जानकारी दिएको उनले बताए।, 'पोखरा उपत्यका काठमाडौंभन्दा सानो छ। वरिपरिका डाँडाकाँडा र विशेषगरी पश्चिमपट्टिका पहाडहरूले गर्दा यो विमानस्थलका केही सीमाहरू छन्,' उनले भने, 'ठूला जहाजलाई यहाँ आउन गाह्रो हुन्छ।', पोखरा एयरपोर्टको समस्या सानो ठाउँ मात्र होइन। यसका अरू पनि अड्चनहरू छन्।, 'यहाँ ठूलो जहाज अवतरण गर्न काठमाडौंको भन्दा धेरै भिजिबिलिटी चाहिन्छ। काठमाडौं एयरपोर्टमा १६ सय मिटर भिजिबिलिटीले पुग्छ भने यहाँ ३६ सयदेखि ३८ सय मिटरसम्मको भिजिबिलिटी चाहिन्छ।', यो भनेको काठमाडौंको एयरपोर्टमा खुला आँखाले १६ सय मिटरसम्म देख्न सक्दा विमान अवतरण गर्न पायो। पोखरामा भने ३६ सयदेखि ३८ सय मिटरसम्म देखिनु पर्छ।, पोखरा विमानस्थलको अर्को समस्या भनेको यसमा जहाज तल उतार्न 'मिनिमम डिसेन्ट हाइट' काठमाडौंको भन्दा धेरै तोकिएको छ।, 'यी सबै कारणले गर्दा एयरबसले पोखरा एयरपोर्टलाई धेरै सीमा भएको र कठिन विमानस्थल भनेको छ,' बस्नेतले भने।, अर्कोतिर पोखराबाट उड्ने ए-३१९ जस्तो सानो जहाज सार्क मुलुकहरूसम्म उडाउन सजिलो भए पनि बैंककजस्ता ठाउँमा उडाउन कठिन हुने उनले बताए।, 'चीनको ग्वान्जाओ त झन् जानै सकिन्न,' उनले भने। त्यति टाढाबाट एकदमै कम यात्रु राखेर मात्र ल्याउन सकिने हुँदा एयरलाइन्सहरूलाई आर्थिक हिसाबले भार पर्छ। , अब कुरा गरौं भैरहवाको।, भैरहवा विमानस्थल तुलनात्मक रूपमा पोखराको भन्दा ठूलो र सजिलो छ। तर यसका पनि आफ्नै सीमा छन्। यसमा ठूला जहाजहरू सजिलैसँग अवतरण गर्न थोरै मात्रामा भारतीय एयर-स्पेस (आकाश) प्रयोग गर्नु पर्ने बस्नेतले बताए। अहिले भारतले हामीलाई उसको एयर-स्पेस प्रयोग गर्न दिएको छैन।, भैरहवा विमानस्थलसँग जोडिएको अर्को पनि विषय छ। भारतीय आकाश प्रयोग गरी नेपालको महेन्द्रनगरतिरबाट जहाजलाई नेपाल प्रवेश गर्ने अनुमति भारतले दिएको छैन। त्यसैलै अन्तर्राष्ट्रिय जहाजहरू भारतको आकाश प्रयोग गरी सिमराबाट नेपाल छिरेर फेरि पश्चिम भैरहवातर्फ लाग्नु पर्छ। अहिले भैरहवामा सेवा सुरू गरेको जजिरा एयरवेजले त्यसै गरिरहेको छ। त्यसो गर्दा जहाजलाई आधा घन्टादेखि ४५ मिनेट धेरै समय लाग्छ। समय र इन्धन दुवै खेर जान्छ।, 'यदि ठूला जहाजलाई सजिलैसँग भैरहवामा अवतरण गर्न भारतले आफ्नो एयर-स्पेस प्रयोग गर्न र महेन्द्रनगरतर्फबाट पनि प्रवेश गर्न दिने हो भने यो एयरपोर्ट राम्ररी सञ्चालन गर्न सकिन्छ,' बस्नेतले भने।, नेपालले अन्तर्राष्ट्रिय जहाजहरूलाई महेन्द्रनगरबाट प्रवेश गराएर भैरहवामा अवतरण गर्न भारतको स्वीकृतिका लागि लामो समयदेखि प्रयास गर्दै आएको छ। भारतले भने अहिलेसम्म कुनै सकारात्मक जवाफ दिएको छैन।, पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदा विशेष विमानबाट भैरहवा एयरपोर्टमा उत्रिने धेरैको आकलन थियो। लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा मोदीले भैरहवा आउने जहाजहरूलाई महेन्द्रनगरबाट प्रवेश गर्न दिने घोषणा गर्न सक्ने धेरै नेपाली अधिकारीहरूको आशा थियो। तर मोदीले लुम्बिनी आउँदा विमानस्थल प्रयोग नै गरेनन्। उनी दिल्लीबाट जहाजमा कुशीनगर आए र त्यहाँबाट हेलिकप्टरमा सिधै बुद्ध जन्मभूमि लुम्बिनी गए।, उत्तर प्रदेशको कुशीनगरमा भारतले भर्खरै ठूलो क्षेत्रीय विमानस्थल बनाएर प्रयोगमा ल्याएको हो। भैरहवाबाट कुशीनगर करिब १४५ किलोमिटरको सडक दुरीमा पर्छ।, भारतमै बढ्दो हवाई ट्राफिकका कारण आकाशमा जहाजको भिडभाड बढ्दो छ, त्यसैले नेपालमा आउने जहाजलाई सिमरा बाहेकका रूट दिन भारतले आनाकानी गर्छ।, बस्नेत भारतलाई जसरी भए पनि मनाएर भैरहवा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने व्यवस्था मिलाउनु पर्छ भन्छन्।, मैले सोधेँ, 'भारतले दिएन भने?', 'त्यो त हाम्रो कूटनैतिक क्षमताको कुरा भयो। हामीले भारतलाई जसरी पनि मनाउनुपर्छ,' उनले भने।, भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके नेपालबाट वैदेशिक रोजगारीका लागि काम गर्न जाने वा आउने सबै यात्रुलाई त्यहीँ पठाउन सकिन्छ भन्ने उनी ठान्छन्।, 'काठमाडौं एयरपोर्ट अहिले व्यस्त हुनुको प्रमुख कारण वैदेशिक रोजगारीका लागि बाहिर जाने र आउने नेपालीहरू हो,' बस्नेतले भने। वैदेशिक रोजगारीका लागि काठमाडौं आउन नपर्ने भएपछि काठमाडौं आउने आन्तरिक यात्रुहरूको चाप पनि कम हुने उनको जिकिर छ।, नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीका अनुसार पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा प्रयोग गरेर पनि नेपालमा बढिरहेको अन्तर्राष्ट्रिय र आन्तरिक यात्रुहरूको चाप थेग्न सकिन्न।, किन?, उनले विस्तारसँग हिसाब लगाए- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिवर्ष कुल यात्रु धान्न सक्ने क्षमता ६० देखि ७० लाख हो। सन् २०१८ को अन्त्यमा ७१ लाख यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए। नेपालमा हवाई यात्रुको संख्या अहिले बर्सेनि औसत १० प्रतिशतले बढेको छ। बीचमा दुई वर्ष कोभिडले केही शिथिलता ल्यायो। तर अब सन् २०२२ को अन्त्यसम्म काठमाडौं एयरपोर्ट प्रयोग गर्ने यात्रु संख्या एक करोड नाघ्दैछ।, 'हामीले आन्तरिक टर्मिनललाई अहिलेको अन्तर्राष्ट्रिय टर्मिनलको ठाउँमा सार्यौं, नयाँ अन्तर्राष्ट्रिय टर्मिनल बनायौं र ट्याक्सीवे विस्तार गर्यौं भने पनि काठमाडौं विमानस्थलले सहज रूपमा जम्मा ९० लाख यात्रु धान्न सक्छ,' उनले भने, ‘त्यसैले काठमाडौंको विमानस्थल विस्तार गरेर पनि धान्ने अवस्था छैन।’ , अहिले जहाजहरू आकाशमा होल्ड हुने र टर्मिनलहरूमा यात्रुको घुइँचो बढ्ने क्रम जारी छ। काठमाडौं विमानस्थलको क्षमता पूर्ण रूपमा उपयोग भइसकेको उनले बताए।, 'यो स्याचुरेटेड भइसक्यो। थोरै सुधार गरेर पनि समस्या समाधान हुँदैन, विकल्प खोज्नै पर्छ,' अधिकारीले भने।, बुद्ध एयरका बस्नेत पनि काठमाडौं विमानस्थलले अब थप जहाज धान्न नसक्ने बताउँछन्।, 'विमानस्थलले हामीलाई जहाज उडाउन दिने स्लट सकिइसक्यो,' उनले भने, 'अब चाहिएमा राति थप्ने मात्रै हो।', आउने वर्षहरूमा यात्रु संख्या झनै बढ्ने र काठमाडौं, पोखरा र भैरहवा तीनै ठाउँमा विमानस्थल पूर्ण क्षमतामा चलाए पनि नधान्ने अधिकारी बताउँछन्। काठमाडौंको ९० लाख, भैरहवाको ३० लाख र पोखराको १० लाख गरेर तीन वटा विमानस्थलको पूर्ण यात्रु क्षमता एक करोड ४० लाख हो।, अहिलेको यात्रु संख्या वृद्धिदर हेर्दा आउने २० वर्षमा काठमाडौंमा उत्रिने बाह्य र आन्तरिक यात्रुको क्षमता तीन करोड पुग्छ।, 'हामीले यी यात्रुलाई पोखरा डाइभर्ट गरे पनि, भैरहवा डाइभर्ट गरे पनि तीनवटा विमानस्थलको क्षमता जम्मा १ करोड ४० लाख हो,' अधिकारीले प्रश्न गरे 'अब बाँकी १ करोड ६० लाख यात्रुलाई कसरी व्यवस्थापन गर्ने?', त्यसैका लागि चौथो अन्तर्राष्ट्रिय विमानस्थलको खोजी अपरिहार्य भएको उनले बताए।, 'अब काठमाडौं एयरपोर्टको वैकल्पिक व्यवस्था हामीले नगर्ने हो भने राजधानी एयर-लक्ड हुन्छ, केही वर्षपछि थप जहाज आउनै सक्दैनन्,' उनले भने।, भैरहवा र पोखरा विमानस्थल विस्तार गर्ने ठाँउ हामीसँग छैन। भैरहवामा विमानस्थल बनाउँदा राज्यले सात सय बिघा र पोखरामा चार हजार रोपनी जग्गा अधिग्रहण गरेको थियो। त्यसैले यी विमानस्थल विस्तार गरेर ठूलो बनाउन र अर्को धावनमार्ग थप्न सम्भव छैन।, 'अब यी दुई सहरमा विमानस्थलका लागि अधिग्रहण गर्ने न जग्गा छ, न त त्यो आर्थिक हिसाबले सम्भव छ,' अधिकारीले भने।, अधिकारीका अनुसार हामीले अन्तर्राष्ट्रिय विमानस्थल भने पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार काठमाडौं, भैरहवा र पोखरा तीनै ठाउँका विमानस्थल पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरका होइनन्।, विश्वभर अहिले हवाई यात्रुहरूको संख्या चार अर्ब पुगेको छ। अर्को २० वर्षमा यो संख्या दोब्बर हुने प्रक्षेपण छ। त्यसको ६० प्रतिशत वृद्धि एसियामा हुनेछ। नेपाल र नेपालीको आयस्तर जसरी बढ्दै जानेछ, हवाई यात्रुको संख्या पनि पक्कै बढ्नेछ। गएको २० वर्षमा जति नेपालीले जहाज प्रयोग गरे, त्यसले पनि आउने २० वर्षको झलक दिन्छ।, अर्को २० वर्षलाई ध्यानमा राखेर त्रिभुवन विमानस्थलको विकल्पमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल कहाँ बनाउने? त्यसका लागि निजगढ नै किन छानियो? जंगल कम भएका नजिकैका अरू विकल्प किन पन्छाइयो?, कतिपयले सिमरा विमानस्थल विस्तार गर्न सकिने वा सर्लाहीको मूर्तियामा उपलब्ध ३४०० हेक्टर जग्गामा विमानस्थल बनाउन सकिन्थ्यो भन्छन्।, तर विज्ञहरूले काठमाडौंको वैकल्पिक विमानस्थल निजगढमै बनाउने सुझाव दिएका छन्। वैकल्पिक विमानस्थल कहाँ बनाउने भनेर नेपाल सरकारले सन् १९९५ मै NEPICO/IRAD कम्पनीलाई सर्वेक्षण गर्न लगाएको थियो।, उक्त कम्पनीले मुख्य सहरसँगको दुरी, वन्यजन्तु आरक्षणसँगको दुरी, रूख र जंगलको प्रकृति, जग्गा प्राप्तिको विषय, जग्गाको मूल्य, नदी तथा खोला रोकथाम, हवाई मार्ग, हवाई स्पेसजस्ता १६ वटा विषय समेटेर गरेको अध्ययन र मूल्यांकनले निजगढ सिफारिस गरेको हो।, क्यानका महानिर्देशक अधिकारी धेरै कुरा सोचविचार गरेर नै निजगढलाई सबभन्दा उपयुक्त ठहर्याइएको बताउँछन्। उनका अनुसार धेरै हिसाबले निजगढ उपयुक्त स्थान हो। त्यसमध्ये दुइटा विषय सबभन्दा महत्वपूर्ण छन्।, पहिलो आर्थिक र दोस्रो रणनीतिक।, निजगढमा नेपालको मुख्य विमानस्थल बनेपछि सबभन्दा धेरै अन्तर्राष्ट्रिय विमानहरू त्यहीँ आउने छन्। यात्रुहरू त्यहाँबाट मुलुकका अरू मुख्य सहर र अन्य ठाउँमा जाने हुन्। त्यसका लागि निजगढ धेरै दृष्टिले पायक पर्ने ठाउँ हो।, यो पूर्व-पश्चिम राजमार्ग सँगै छ। उक्त राजमार्ग एसियाली विकास बैंकको सहयोगमा चार लेनमा विस्तार हुँदैछ। भविष्यमा पूर्व-पश्चिम रेललाइन बन्दा त्यही राजमार्गको आसपासबाट जाने हो। निजगढ काठमाडौंसँग फास्ट ट्र्याकले जोडिँदै छ। यसरी निजगढबाट केही घन्टामा काठमाडौं, विराटनगर, पोखरा, नारायणघाट, बुटवल, भैरहवा लगायत मुख्य सहरहरू पुगिन्छ।, 'विमानस्थल निर्माणसँगै निजगढ मुलुकभरको आवागमन र आर्थिक विकासको एउटा हब बन्नेछ,' अधिकारीले भने, 'त्यसका लागि सबै हिसाबले उपयुक्त ठाउँ निजगढ नै हो।', रणनीतिक हिसाबले पनि विमानस्थलका लागि निजगढ छनौटको धेरै अर्थ रहेको अधिकारी बताउँछन्।, 'निजगढ यस्तो ठाउँ हो जहाँबाट जहाज उडेर कुनै मुलुकको एयर-स्पेसमा नछिरी अन्तर्राष्ट्रिय एयर-स्पेसमा पुग्छ,' महानिर्देशक अधिकारीले भने, 'पूर्व-पश्चिम फर्किएको धावनमार्ग रहने यो विमानस्थलबाट जहाज पूर्व वा पश्चिम जता उडे पनि नेपालको सीमा नाघ्नुअघि नै यति धेरै उचाइ लिइसकेको हुन्छ, त्यो सबैले प्रयोग गर्न पाउने अन्तर्राष्ट्रिय एयर-स्पेसमा प्रवेश गर्छ। त्यस्तै अरू कुनै मुलुकको एयर-स्पेस प्रयोग नगरी निजगढ विमानस्थलमा विदेशबाट आएका जहाज उत्रिन सक्छन्।', निजगढमा अवतरण गर्न आउँदा पनि पूर्व वा पश्चिम जताबाट आए पनि नेपालको आकाशमा छिरेपछि मात्र जहाज तल उत्रिन सुरू हुन्छ। त्यसका लागि अरू मुलुकको एयर-स्पेस प्रयोग गर्नु पर्दैन। अहिले काठमाडौंमा अवतरण गर्न भारतको एयर-स्पेसमै जहाजलाई विस्तारै तल झारेर नेपाल प्रवेश गर्नुपर्छ।, २९ हजार फिट माथिको आकाश कमर्सियल जहाजहरूका लागि अन्तर्राष्ट्रिय एयर स्पेस मानिन्छ।, निजगढको अर्को पनि महत्व रहेको अधिकारीले बताए।, 'निजगढमा प्रस्तावित एयरपोर्ट रहने ठाउँबाट भारतसँगको सिमाना र उत्तरमा चुरेबीच ४५ किलोमिटरको स्पेस छ,' उनले भने, 'त्यसले आवश्यक पर्दा जहाज अरू मुलुकको एयर-स्पेसमा नछिरी हाम्रै आकाशमा होल्ड गर्न मिल्छ।', आर्थिक र रणनीतिक महत्व तथा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन जग्गा प्राप्तिका हिसाबले समेत निजगढको विकल्प नभएको महानिर्देशक अधिकारीको तर्क छ।, कतिपय मानिसहरूले सुझाएजस्तो जनकपुर वा सर्लाहीमा विमानस्थल बनाउने कुरासँग निजगढको कुनै तुलना नहुने उनले बताए।, 'सुझाइएका कति ठाउँमा त एयरपोर्ट किन हुन्न भन्ने कुरा मैले अघि निजगढ किन छानियो भन्ने जे व्याख्या गरेँ त्यसैले पनि प्रष्ट गर्छ,' उनले भने।, निजगढसँग नजिकैको दुरीमा रहेको विमानस्थल सिमरा हो। यो पनि पतलैया-वीरगन्जको ६ लेनको सडकले पूर्व-पश्चिम राजमार्गसँग जोडिँदै छ। अनि त्यसैबाट फास्ट ट्र्याकसँग पनि जोडिँदै छ।, विकल्पमा सिमरा हुन सक्थ्यो कि भन्ने प्रश्नमा अधिकारी भन्छन्, 'सिमराको धावनमार्ग उत्तर-दक्षिण छ, त्यसले हामीलाई काम दिँदैन। त्यसबाहेक यो एयरपोर्ट धेरै सानो छ, जम्मा ४८ हेक्टरको छ।', सिमरा बजारमा वरिपरिको जग्गा अधिग्रहण गर्न आजका दिनमा कति कठिन र कति महँगो पर्छ कल्पना गर्न सकिन्छ। फेरि वरिपरिको जग्गाले मात्र पुग्दैन। त्यहाँ पनि केही मात्रामा जंगल मास्नै पर्छ।, निजगढमा विमानस्थल बनाउँदा पनि कति जंगल मासिन्छ भन्ने अहिले नै यकिन छैन। अहिले विमानस्थल बनाउने भनेर प्रस्तावित गरिएको ठाउँमा कति घना जंगल छ, कति छैन भन्ने पनि विवाद छ। गएको साता संसदीय समितिमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विमानस्थल बनाउने भनिएको ठाउँमा जंगल नै नभएको दाबी गरे।, (यो स्टोरीको अन्त्यमा माधव नेपालको भिडिओ हेर्नुहोस्), अध्यक्ष नेपाल निजगढ एयरपोर्टको अध्ययन गर्न बनेको संसदीय उपसमितिका संयोजक थिए। निजगढभित्र टांगिया र अरू दुइटा साना बस्तीहरूमा मानिसहरू कैयन वर्षदेखि जंगल फाँडेर बसेका छन्। ती वस्तीले ५०० हेक्टर जग्गा ओगटेको वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा उल्लेख छ।, त्यसबाहेक पनि वरिपरिको धेरै जंगल मासिइसकेको र साना बुट्यान र पोथ्राहरू रहेको नेता नेपालको दाबी छ। त्यसैले विमानस्थल बनाउन प्रस्तावित ठाउँमा अहिले कति जंगल छ, कति मूल्यवान सालका रूख छन् र तीमध्ये कति मास्नु पर्छ भन्ने यकिन गर्न फेरि अर्को मिहीन अध्ययन जरूरी देखिन्छ।, सर्वोच्च अदालतले विमानस्थलका लागि गरिएको इआइए प्रतिवेदन खारेज गर्न आदेश दिइसकेको छ। यो प्रतिवेदन हचुवाका भरमा तयार गरिएको र यसले धेरै महत्वपूर्ण कुरा नसमेटेको भनेर आलोचना भएको थियो। यो प्रतिवेदनले त विमानस्थलको चारकिल्ला तोकिएको आठ हजार हेक्टरमै जम्मा कति रूख काट्नुपर्छ भनेर समेत आंकलन गरेको छ। जबकि, चार किल्लाभित्रको सबै जग्गा प्रयोग गरेर विमानस्थल बनाउने होइन। दुई चरणमा गरेर दुइटा धावनमार्ग भएको विमानस्थल बनाउन जम्मा १३ सय हेक्टर जग्गा चाहिने निजगढ विमानस्थलको विस्तृत अध्ययन तयार गरेको कोरियन कम्पनी वर्ल्डवाइड ल्यान्डमार्कले जनाएको छ। एउटा धावनमार्ग र त्यसका लागि टर्मिनलसहित आवश्यक संरचना बनाउन त करिब एक हजार हेक्टर जग्गा भए पुग्छ। पहिलो चरणमा एउटा धावन मार्ग सहितको विमानस्थल मात्र बनाउने तयारी सरकारको हो।, यो विमानस्थल बनाउने हो भने सायद फेरि अर्को इआइए आवश्यक हुनेछ।, विमानस्थल क्षेत्रको बाढी नियन्त्रण कसरी गर्ने र त्यसले स्थानीय खोला प्रणालीमा के असर गर्छ, जंगलभित्रको पर्यावरणलाई के असर गर्छ, विमानस्थलभन्दा दक्षिणका गाउँहरूलाई सिँचाइ र बाढीका हिसाबले के असर गर्छ, त्यो सबैको विस्तृत अध्ययन हुन बाँकी छ।, निजगढमा विमानस्थल बनाउन अहिले कति लागत लाग्छ भन्ने यकिन छैन। विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन आजभन्दा दस वर्षअघि गरिएको हो। त्यो बेला गरिएको लागत अनुमान आजका दिनमा मिल्ने कुरा भएन।, कोरियन कम्पनी वर्ल्डवाइड ल्यान्डमार्कले विमानस्थल निर्माणका तीन चरण गरेर करिब साढे ६ अर्ब डलर लाग्ने अनुमान गरेको थियो। तर त्यसमा निजगढभित्रै ६०० हेक्टरमा फैलिएको स्मार्ट-सिटी पनि बनाउने कुरा थियो। सायद त्यसैका आधारमा धेरैले निजगढ विमानस्थल धान्नै नसक्ने गरी महँगो हुन्छ भनिरहेका छन्।, त्यो हिसावले निर्माण सकिने बेलासम्ममा आठ खर्ब रूपैयाँ जति पैसा लाग्ने हुँदा त्यत्रो पैसा खर्च गरेर निजगढमा विमानस्थल बनाउन नहुने, त्यसले हामीलाई ऋणको पासोमा पार्ने बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेतको तर्क छ।, उनी भन्छन्, 'त्यो विमानस्थलले त्यत्रो पैसा उठाउन सक्दैन। त्यसले हाम्रा सन्ततीलाई ऋणभार मात्रै बोकाउँछ। त्यसैले ऋण गरेर त्यो विमानस्थल बनाउनु हुँदैन। विराटनगर, धनगढीजस्ता क्षेत्रीय विमानस्थल बनाएर व्यवस्थापन गर्नुपर्छ।', महानिर्देशक अधिकारीले भने एउटा धावन मार्ग सहित विमानस्थलका लागि आवश्यक संरचना निर्माण गर्न जम्मा १.२ अर्ब अमेरिकी डलर लाग्ने बताए। ‘त्यसमा टांगिया लगायतका वस्तीका मानिसको स्थानान्तरण र काटिएका रूखको वृक्षरोपणको पैसा पनि समेटिएको छ,’ उनले भने।, यो पैसा कहाँबाट ल्याउने, कुन मोडालिटीमा एयरपोर्ट बनाउने भन्ने यकिन हुन बाँकी नै छ।, यसरी एकातिर चौथो अन्तर्राष्ट्रिय विमानस्थलको अपरिहार्यता स्पष्ट छ र निजगढ नै त्यसका लागि सबभन्दा उपयुक्त ठाउँ हो भन्नेमा तर्कहरू बलिया छन्। त्यति मात्र होइन, निजगढमा विमानस्थल नबनाउने हो भने अर्को कुनै पायक पर्ने ठाउँ खोज्न र १३ सय हेक्टर जग्गा जोहो गर्न महाभारत हुनेछ।, अर्कोतिर निजगढ विमानस्थलबारे कैयन् कुरा प्रष्ट हुन बाँकी नै छ। कसरी त्यहाँका मूल्यवान् सालका रूख जोगाएर पर्यावरणमा कमभन्दा कम क्षति गर्ने भन्ने विषय पनि उत्ति नै पेचिलो छ।, लगानी गर्ने पैसा र लगानी मोडालिटीको सुनिश्चितता नभइकन जंगल मास्न दिन नहुने, मासिएका रूखको क्षतिपूर्तिबापत् नयाँ बिरूवा रोप्ने कुरा सुनिश्चित गर्नुपर्ने जस्ता संवेदनशील विषय सर्वोच्च अदालतको पूर्ण बेञ्चसामू छन्। निजगढबारे आफ्नो ठहर मौखिक रूपमा सुनाइसकेको र लिखित आदेश दिन बाँकी सर्वोच्चले यी संवेदनशील विषयमा कसरी सन्तुलन मिलाएर लिखित राय दिन्छ, सबैको चासोको विषय बनेको छ।, हेर्नुस् माधव नेपालको भिडिओ:, यो पढ्नुहोस्: ,सर्वोच्चको फैसलापछि निजगढ विमानस्थलको भविष्यबारे ७ बुँदे ब्रिफिङ, (अमित ढकालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्),
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि किन चाहियो निजगढमा अर्को?
|
रामबहादुर थापा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको परामर्शदाता समूहले आइतबार बागलुङको बलेवा विमानस्थलको अवलोकन गरेको छ।, भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ।, विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताए।, ‘विमानस्थलको स्थलगत अध्ययन, अवलोकन गर्यौँ, तत्कालै चलाउन सक्ने गरी विमानस्थल तम्तयारी अवस्था छ। सरकारले कराडौँ खर्च गरेर विमानस्थल बनाएको छ, यसलाई प्रयोगविहीन अवस्थामा राख्नहुँदैन, लगानी गरेपछि प्रतिफल आउनुपर्छ,’ उनले भने।, उनले मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, विमान सञ्चालक कम्पनीलगायतसँग विमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयस्तरमा सरोकार भएका पक्षबाट आएका सुझावका आधारमा थप छलफल गरिने उल्लेख गरे।, राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका शाहले विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थितिमा पनि वैकल्पिक प्रयोगको योजना बनाउनुपर्ने बताए।, बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले हरहालतमा विमानस्थल चलाउनुपर्ने बताए।, ‘नियमित सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने पहुँचमार्गको स्तरोन्नति गर्न सकियो भने विमानस्थल चल्छ। सबै पूर्वाधार बनेको अवस्थामा अब कसरी हुन्छ विमानस्थल चलाउनेतिर सोचौँ, पहल थालौँ,’ उनले भने।, बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले विमानस्थल नियमित सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्ने बताए।, उनले यसअघि विसं २०७४ मा विमानस्थल सञ्चालनमा आउँदा यात्रुबाट भाडादर चर्को भएको गुनासो आएको उल्लेख गरेका थिए।, ‘व्यावसायिक योजना बनाएर विमानस्थललाई दिगो ढङ्गले चलाउनुपर्छ, केही समय चलाउने अनि बन्द गर्ने अवस्था अब आउन दिनुहुँदैन। धवलागिरि क्षेत्रको आर्थिक विकासमा यसलाई जोड्नुपर्छ, विमानस्थल चल्दा पर्यटन क्षेत्र पनि आफै उकासिन्छ,’ उनले भने।, बागलुङ उद्योग वाणिज्य सङ्घका उपमहासचिव थानेश्वर सुवेदीले विमानस्थल जोड्ने मुख्य सडक कालोपत्र नहुँदासम्म पर्वतको कुश्मातर्फबाट वैकल्पिक सडक प्रयोग गर्न सकिने सुझाव राखेका थिए।, ‘कुश्माबाट यान्त्रिक पुलहुँदै यात्रुलाई विमानस्थल पुर्याउन सकिन्छ, यसो गर्दा तत्कालै विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ’, उनले भने।, विमानस्थल जोड्ने पहुँचमार्गको स्तरोन्नति या कालोपत्र पर्खन थाल्ने हो भने फेरि केही वर्ष विमानस्थल बन्दै अवस्थामा राख्नुपर्ने उपमहासचिव सुवेदीले बताए।, बागलुङको मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १३ किमि सडक अहिले पनि कच्ची छ। वर्षातका बेला उक्त सडकको यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ। सरकारले सो खण्ड कालोपत्रका लागि ठेक्का प्रक्रियामा लगेपनि काम सकिन केही वर्ष लाग्ने देखिएको छ।, बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले यसअघि धावनमार्ग कच्ची हुनु, चर्को भाडादर र पहुँच मार्गस्तरहीन हुँदा विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको बताए। विमानस्थल सोही वडामा पर्दछ।, ‘अहिले धावनमार्ग कालोपत्र भइसकेको छ, अब विमानस्थलसम्म आउजाउका लागि सहज यातायातको खाँचो छ, यात्रुको सुनिश्चितता दिएर विमान कम्पनीलाई आकर्षण गर्न सकियो भने विमानस्थल नियमित चल्छ’, उनले भने।, यसअघि नगरले आफ्नै पहलमा विमानस्थल सञ्चालनमा ल्याएपनि यात्रु सङ्ख्या घट्दै गएपछि विमानस्थल बन्द हुन पुगेको वडाध्यक्ष खत्रीको भनाइ छ।, बागलुङ नगरका उपप्रमुख राजु खड्काले विमानस्थल नियमित सञ्चालन गर्न नगरकोतर्फबाट सबैखाले प्रयास गर्ने प्रतिबद्धता जनाए।, ‘हामी सबै पक्षसँग बसेर विमानस्थल सञ्चालनको छुट्टै योजना निर्माण गर्छौं। नगरको गौरव र प्रतिष्ठासँग पनि जोडिएको विषय भएकाले हामी यसमा संवेदनशील छौँ,’ उनले भने।, सरकारको आगामी आर्थिक बर्षको बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ। बन्द भएको २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि बलेवा विमानस्थल सञ्चालनमा ल्याइएको थियो।, नेपाल र तारा एयरलाइन्सको टुइनअटर विमानले हप्ताको दुई दिन उडान गर्थे। १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरले भार व्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरबीच सम्झौता भएको थियो।, केही महिनापछि यात्रु पनि घट्ने र नगरलाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको थियो। विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर रु छ हजार ५०० तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो त्यसबेला गरेका थिए।, विसं २०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएपनि त्यसले निरन्तरता पाउन सकेन। विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो। सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए।, यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो। पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ। विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र भइसकेको छ। अब विमानस्थल नियमित चल्छ की भन्ने आशमा स्थानीय छन् तर विमानस्थल कहिले सञ्चालनमा आउँछ कुनै टुंगो छैन।, (रासस),
बलेवा विमानस्थल बन्यो, सञ्चालन गर्ने कसरी?
|
रामबहादुर थापा मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ। तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो।, ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृंङ्खला सुरु गरेको थियो।, दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘कालीगण्डकी’ कविताबाट आरम्भ गरिएको उक्त शृङ्खलामा देशभरबाट कवि जोडिएका छन्।, कालीगण्डकीको महिमागानदेखि मानवीय अतिक्रमण झेलिरहेको नदीको चित्कारसम्मलाई उनीहरुले आफ्ना रचनामा मुखरित गरेका छन्।, ‘नदी सप्तक’को एक सयौँ कविता ‘म कालीगण्डकी नागबेली बग्छु’ मा कवि ओली लेख्छन्।, ‘मान्छेसित मिलेर,
मान्छेसितै म मान्छेलाई भेट्न जाँदैछु, कता हो बाटो ?,
मान्छेलाई भेट्ने ?, म कहिले बेगिँदै, कहिले सुस्ताउँदै,
कहिले हतारिँदै, कहिले स्थिर हुँदै, पत्तो नलागेको मान्छेको,
हृदयलाई छुन संवेदनशील,
म कालीगण्डकी नागबेली बग्छु…’, हिमालय सभ्यतासँग जोडिएको पवित्र नदी कालीगण्डकीको संरक्षणका लागि सङ्घर्षरत अभियानले सिर्जनाकामार्फत रचनात्मक दबाब बढाउन कविता शृङ्खला चलाइरहेको छ। नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्ध रुपमा सम्प्रेषण गरिँदै आएको अभियानकर्मी आरके अदिप्त गिरीले बताए।, ‘आन्दोलन कविताका रुपमा यो अगाडि बढिरहेको छ, कालीगण्डकीमा चलिरहेको क्रुर दोहनको विरोधका लागि हामीले काव्यको सहारा लिएका हौँ’, उनले भने। सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि कालीगण्डकीमा दोहनको अवैध धन्दा मच्चिनै रहेको छ। मङ्गलबार राति मात्रै प्रहरीले बागलुङ नगरपालिका–१ स्थित कालीगण्डकी किनारबाट गिट्टीबालुवा झिकिरहेको अवस्थामा तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो।, नदीको अस्तित्व नै संकटमा पर्ने गरी भइरहेको मनलाग्दी दोहनका विरुद्ध सबैले बोल्ने बेला आएको अभियानकर्मी गिरीले बताए। प्रकृति, पर्यावरण र सम्पदा संरक्षणमा हरेक पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ। अभियानकर्मी गिरीले अनेक आयामबाट कालीगण्डकीमाथि कविता लेखिएको सुनाए।, ‘कुनै कवितामा नदीको वैभव, कुनैमा सङ्कट, दुःख, बेदना र सर्जकको आक्रोस छ’, उनले भने, ‘नदी र पर्यावरण संरक्षणका पक्षमा कविहरुले सचेत आवाज दिएका छन्।’ ठिक यही भावसहित हेटौँडाका कवि साम्ब ढकाल पनि ‘नदी सप्तक’ कविता शृंखलामा सामेल भए।, ‘हेरहेर तिम्रा पूर्खाको सभ्यता कहाँबाट सुरु भयो,
बुझबुझ तिमी यहाँसम्म आइपुगेको,
कुनकुन नदी तर्दै हो ?’, कवि ढकालले ‘नदी भञ्जकहरुका नाममा’ कवितामार्फत गरेको प्रश्न हो यो। उनी सोध्छन्,, ‘,नदीमाथि हुर्केको नदी सभ्यता बेमाख पार्दै,
आज नदी भञ्जकहरुले विजयोत्वस मनाइरहेछन्, नदी भञ्जकहरुलाई एउटा यक्ष प्रश्न,
के नदी सकिँदा तिमीहरुचाहिँ बाँच्छौ र ?’, नदी सङ्कटको सजिव वर्णन यसमा छ। कालीगण्डकीमाथि दोहनचक्र चलाउनेहरुका निम्ति यो एउटा प्रतिरोधी कविता हो। बागलुङका कवि गोविन्द सुवेदी भने पद्य शैलीको ‘सुन्दरी कृष्णागण्डकी’ कवितामार्फत ‘नदी सप्तक’मा जोडिए।, ‘जसको काखमा बस्दा माताको स्नेह मिल्दछ,
सेवा गरे उनैलाई पुण्यको फल लाग्दछ, स्वयंमा तीर्थ हुन् काली झन् अरु लाभ छन् कति,
हरिकी जननी यस्ती सुन्दरी कृष्णागण्डकी…’, अभियानका अनुसार कविता शृङ्खला निरन्तर चल्नेछ। पछि प्रतिनिधि कविका रचनालाई ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गरिनेछ। स्रष्टाका आवाजलाई राज्ययन्त्र र नदी दोहनकारीसम्म पुर्याउनु कविता शृङ्खलाको उद्देश्य रहेको अभियानकर्मीले जनाएका छन्।, ‘नदी सप्तक’ सुरु हुनुअघि अभियानले खुलारुपमा कविता आह्वान गरेको थियो। कालीगण्डकीमाथि लेखिएका कविता, गीत बौद्धिक सम्पत्तिकारुपमा भावी पुस्तासम्म बाँचिरहने अभियानकर्मी गिरीले बताए।, अभियानले यसअघि ‘ए कालीगण्डकी…’ बोलको गीत पनि सार्वजनिक गरिसकेको छ। प्रसिद्ध कवि श्रवण मुकारुङको रचना र सङ्गीतमा तयार भएको उक्त गीतमा लोकप्रिय गायक कर्ण दासको स्वर छ। यहाँका पर्यावरणप्रेमी युवा मिलेर डेढ वर्षअघि ‘कालीगण्डकी बचाऔँ अभियान’ सुरु गरेका थिए। नदीजन्य पदार्थ उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको अवैध दोहन रोकिनुपर्ने उनीहरुको माग छ।, अनियन्त्रित दोहन नरोकिने हो भने नदीको अस्तित्व नै नामेट हुने खतरा रहेको अधिवक्ता राम शर्माले बताए। उनले कालीगण्डकी संरक्षणको मुद्दामा लामो समयदेखि पैरवी गर्दै आउनुभएको छ। ‘मैले नै दिएको निवदेनमा सर्वोच्चले नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ’, उनले भने, ‘स्थानीय तह, प्रहरी प्रशासनलगायत राज्यका निकायले चाहे भने मनपरी ढङ्गले भइरहेको दोहन रोक्न सक्छन्।’, उनले नदीजन्य पदार्थ उत्खननका लागि जोखिम नभएका ठाउँ पहिचान गर्ने, तोकिएको मात्रामा उत्खनन गर्ने, व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याउने आदि गरेमा उत्खनन केही व्यवस्थित हुनसक्ने धारणा राखे।, ‘नदीबाट गिट्टीबालुवा झिक्नै नपाउने कुरा व्यवहारिक नहुन सक्छ, तर उत्खननलाई व्यवस्थित बनाउनुपर्यो, राज्यले कानुनी प्रबन्ध त्यही अनुसार गर्नुपर्यो”, अधिवक्ता शर्माले भन्नुभयो। पारिस्थितिक प्रणालीमै धक्का पुग्ने गरी मनपरी किसिमबाट दोहन भइरहे मानवजाति र प्रकृतिमाथि नै संकट निम्तने उनको भनाइ छ।, अभियानकर्मी गिरीले भने गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने र ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने विचार राखे।, ठूला यन्त्र, उपकरणको सहायतामा भइरहेको दोहनका कारण वर्सेनि नदी ‘बिरुप’ बन्दै गएको छ। अप्राकृतिक दोहनकै कारण वर्षात्मा नदीको धारपरिर्वतन हुँदा बाढीलगायतका विपद् निम्तिइरहेका छन्। कालीगण्डकी किनारमा बसोबास गर्ने लाखौँ मानिसको थातथलो र जीविका सङ्कटमा देखिँदै गएको छ।, कालीगण्डकी नदीमा मात्र पाइने विष्णु भगवानका रुपमा पूजिने दुर्लभ शालिग्राम शिला लोप हुने जोखिम पनि उत्तिकै बढेको छ। मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटतिर धकेलिएका छन्। हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचीन सभ्यता छ। यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ।, कालीगण्डकी क्षेत्रका फाँटमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख छ। चिनियाँहरुले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारै किनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको बताइन्छ।, कालीगण्डकी नदीलाई विश्व सम्पदामा सूचीकृत गर्नुपर्ने आवाज पनि बेलाबेला उठ्ने गरेको छ। हालै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी साँस्कृतिक महत्वको कालीगण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल लिन आग्रह गरेका छन्। ,रासस,
‘कालीगण्डकी’माथि सय कविता
|
रासस बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन्। , प्रनाउ न्यौपानेले क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने गरेको उजुरी आएकाले उनीहरूलाई पक्राउ गरिएको उल्लेख गरे। पक्राउ परेकालाई कानुनी कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको जनाइएको छ।, क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश निषेध गरिएको छ तर नेपालगञ्जका क्यासिनोले निर्वाधरुपमा नेपालीलाई प्रवेश दिइएको बताइएको छ। ,
क्यासिनोबाट सात नेपाली पक्राउ
|
सेतोपाटी संवाददाता मोटरसाइकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा परेर मोरङको रतुवामाईमा एक युवकको मृत्यु भएको छ।, रतुवामाई १ मा पर्ने आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षका राजकुमार शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मोरङ सुनवर्षी ९ का शर्मा भारत अररियाका किसनकुमार कामतलाई मोटरसाइकलमा राखेर उत्तरबाट दक्षिणतर्फ जाँदै थिए।, तीव्र गतिमा रहेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।, गम्भीर घाइते शर्मालाई उपचारका लागि रङ्गेली अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।, मोटरसाइकलको पछाडी सवार कामत पनि घाइते छन्। उनको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ।,
मोटरसाइकल दुर्घटनामा परेर रतुवामाईमा २५ वर्षीय युवाको मृत्यु
|
एजेन्सी भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ।, मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके-०४-१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो।, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी गरेका छन्।, चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको थियो।, दुर्घटना लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार रातिनै देहरादून पुगेका थिए। उनले घटनाका बारेमा जानकारी लिनुका साथै उद्धार कार्यबारे छलफल गरेका थिए। , पुरालाका एसएचओ अशोक कुमारका अनुसार हरिद्वारबाट आउँदै गरेको बस गहिरो खाडल र अन्धकारमा फसेकाले उद्धारमा केही समस्या आएको बताएका थिए।, उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको थियो। घाइतेहरुलाई थप उपचारका लागि देहरादून पठाइएको छ।, उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्। , यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्। ,
भारतको उत्तराखण्डमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गत ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ। , आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका निर्देशक विनय अधिकारीले मेलामार्फत नेपाली विद्यार्थी र अभिभावकले ३० भन्दा बढी बेलायतीका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पाठ्यक्रम, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने बताए। निर्देशक अधिकारी बेलायती शिक्षा प्रणाली र गैरआवासीय नेपाली समुदायबारे जानकार अभियानकर्मी पनि हुन्।, एसआइ युके नेपालका देशीय व्यवस्थापक अस्गर हुसेनका अनुसार फेयरमा उपस्थित हुने विद्यार्थीले त्यहीँबाट विदेश अध्ययनको प्रक्रिया सुरु गर्नसक्ने र उसले निःशुल्क आइइएलटिएस., निःशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्राप्त गर्नेछन्। वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिसँग जानकारी दिलाउन संस्थाले यस्तो मेला गर्दै आएको छ।, मेलामा तीन हजार ७५ ले एसआई युकेको वेबसाइटमार्फत सहभागिता दर्ता गरिसकेको जनाइएको छ। एसआइ युकेका कार्यालय विश्वका ४० देशमा सञ्चालन छन् भने , यसले ७९ ठाउँमा ग्लोबल अफिसमार्फत १५८ विश्वविद्यालयसँग आबद्ध भई विगत १६ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको छ।,
बेलायती शैक्षिक मेला हुने
|
सेतोपाटी संवाददाता हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेको छ।, नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यस्तै भोलि मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूरण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। , प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन प्रदेश १ मा सुरू भइसकेको छ।, महाशाखाका अनुसार यसवर्ष नेपालमा मनसुन सरदर मितिभन्दा अगाडि नै देशको पूर्वी भेगबाट प्रवेश गरेको छ।, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ। यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ,‘नेपालको अन्य भू-भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ।’, बंगालको खाडीबाट होइन सोमालियादेखि आउँछ नेपालमा मनसुन, म्यानमार र दक्षिण एसियाका सात मुलुकले देशको अर्थतन्त्र चलाउन आ-आफ्नै अर्थमन्त्री नियुक्त गर्छन्। तीमध्ये केहीले अर्थतन्त्रलाई उभो लगाउँछन्, केहीले अर्थतन्त्रमा कुनै सुधार ल्याउन सक्दैनन्। कहिलेकाँही बिगार्छन्।, केही वर्षमा यी मुलुकका अर्थमन्त्री फेरिइरहन्छन्। तपाईंलाई थाहा छ, यो क्षेत्रमा कहिल्यै पनि नफेरिने अर्थमन्त्री पनि छ। जसले बजेट भाषण गर्दैन तर यो क्षेत्रका सबै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्छ।, युगौंदेखि निरन्तर आफ्नो जिम्मेवारी बहन गरिरहेको यो अर्थमन्त्री हो- मनसुन। जुन यसपालि पनि दक्षिण भारतमा आइसकेको छ। एक दुई दिनमा नेपाल पस्नेछ।, नेपालको सन्दर्भमा त अर्थमन्त्रीभन्दा बढी भूमिका मनसुनको हुन्छ।, नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ। त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ। मनसुन समयमै आए बालीनाली सप्रिन्छ। खाद्यान्न उत्पादन बढ्छ। त्यसले देशको कुल ग्राहस्थ उत्पादन बढाउँछ।, मनसुनले बालीनालीको उत्पादकत्वमात्र बढाउँदैन धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ। रनअफ दी रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ। बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन्। अर्थतन्त्र चलायमान हुन्छ।, यति महत्वपूर्ण भूमिका भएको मनसुन नेपालमा आइपुग्छ कहाँबाट?, धेरैले भन्छन्- बंगालको खाडीबाट आउँछ।, यो सतप्रतिशत सही होइन। बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन। बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ। भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरू हुन्छ, नेपाल आइपुग्ने मनसुन।, त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ।, पूर्वीअफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावाबारे बुझ्नुपर्छ।, भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ। उत्तरी र दक्षिणी गोलार्द्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ। त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ। दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए। एउटा ध्रुवमा तीन वटासम्म यस्ता जेट स्ट्रिम हुन्छन्। जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन्। मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरक-फरक भइरहन्छ।, दुबै ध्रुव नजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ। ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ। , चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दैसर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन्।, जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलार्द्धको सवट्रपिकल जेट स्ट्रिमनजिकै तल्लो तहतिर नयाँ जेट स्ट्रिम बन्छ। जुन भूमध्यरेखाको आसपासमा रहेको अफ्रिकी मुलुक सोमालिया नजिक हुन्छ।, ‘सोमालिया नजिकको समुद्रमा बन्ने भएकाले यसलाई सोमाली जेट स्ट्रिम भनिन्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘सोमालियाबाट उत्तरपूर्वको बाटो समातेर हिन्द महासागर हुँदै करिब साता दिनमा भारतको केरला आइपुग्छ।’, नेपालमा पानी पार्ने मनसुन जुन महिनाको दोस्रो साताबाट सुरू हुन्छ। मौसम विभागले पछिल्लो तीस वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ।, केरलाबाट पनि मनसुन सिधै नेपाल आउँदैन।, केरलाबाट यो दुईतिर बाँडिन्छ।, एउटा पश्चिमी तट हुँदै अरेबियन सागरतिर माथि जान्छ, पश्चिम भारत र पाकिस्तानमा पानी पार्न। अर्को समुद्र हुँदै बंगालको खाडी आइपुग्छ। यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ।, बंगालको खाडी आएको मनसुन फेरि सजिलै नेपाल पस्न सक्दैन। त्यसका लागि उत्तरबाट आउने पश्चिमी वायूले बाटो खाली गरिदिनु पर्छ।, नेपालमा हिउँदका छ महिना पश्चिमी वायूको दबदबा हुन्छ। पश्चिमी वायू उत्तर नसरेसम्म मनसुनको केही चल्दैन।, ‘ऊ कि त उतै केरला रोकिएर बस्छ नभए बंगालको खाडीबाट यहाँ आउन खोजे पनि सक्दैन,’ मानन्धरले भनिन्,‘अप्रिल र मेमा नेपालमा यी दुई वायूको झगडा नै पर्छ।’, हावाको झगडा!, किन नि?, ‘दुबैका विशेषता फरक-फरक छन्। एउटा माथिबाट आउँछ सुख्खा हुन्छ, कम पानी पार्छ। अर्को तलबाट आउँछ धेरै जलवाष्प ल्याएको हुन्छ,’ मानन्धरले भनिन्,‘यो झगडामा मनसुन जति बलियो र पश्चिमी वायु जति कमजोर भयो हामीलाई त्यति फाइदा हुन्छ। नत्र पूर्वमा आएको मनसुन पनि पश्चिमतिर सर्नै सक्दैन।’, पश्चिमी वायुसँगको लडाइँमा मनसुनलाई तिब्बती पठारले पनि साथ दिनुपर्छ।, गर्मी सुरू भएसँगै सबट्रपिकल जेट स्ट्रिम ध्रुवतिर सर्छ। यसरी त्यो चिसो तर सुख्खा वायुमाथि सरेर चर्को घाम लागेपछि तिब्बती पठारको हावा तात्छ र माथि जान्छ। कुनै ठाउँमा सतहको हावा तातेर माथि गई बादल बन्यो भने त्यसलाई न्यून चापीय प्रणाली भनिन्छ। , ‘गर्मीमा त्यस्ता न्यूनचापीय रेखा तिब्बतमाथि दिन्दिनै बनिरहेको हुन्छन्। तिब्बतमा जति छिटो न्यून चापीय प्रणाली बन्यो नेपालमा त्यति नै छिटो मनसुन पस्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘तिब्बतमा खाली भएको त्यही ठाउँमा पुग्न मनसुनी वायु बंगालको खाडीबाट उकालो लाग्छ तर हिमालले छेक्ने भएकाले त्यो पारि जान सक्दैन। यतै झर्छ।’, कुनै मनसुनमा धेरै पानी पर्छ कुनैमा थोरै। त्यसमा मनसुन र पश्चिमी वायुसँगै प्रशान्त महासागरमा हुने दुई मौसमी घटनाको पनि भूमिका हुन्छ।, प्रशान्त महासागरमा एसियातिर र अमेरिकातिर दुई त्यस्ता ठाउँ छन् जहाँको पानी चिसो र तातो हुँदा विश्वभरिको मौसम असर पार्छ। महासागरको सतहको पानी औसतभन्दा चिसो र तातो हुने प्रक्रियालाई लालिनो र एललिनो भनिन्छ।, स्पेनिस भाषामा लालिनो भनेको सानी केटी हो। प्रशान्त महासागरको ‘ट्रेड विन्ड’ बहने ठाउँमा कहिले एसियातिर त कहिले अमेरिकातिर लालिनो हुन्छ। लालिनो हुँदा त्यो ठाउँको पानी औसतभन्दा चिसो हुन्छ।, स्पेनिसमा एललिनोको अर्थचाहिँ सानो केटो हो। एललिनो हुँदा सतहको पानी औसतभन्दा तातो हुन्छ। एललिनो हुन्छ भने सन् १६००मा दक्षिण अमेरिकाका माझीहरूले पत्ता लगाएका थिए।, ‘प्रशान्त महासागरमा लालिनो र एललिनो हुने प्रक्रिया दुईदेखि सात वर्षमा दोहोरिरहन्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रो मनसुनका लागि भने एसियातिर लालिनो भएको राम्रो। किनकी त्यसले मनुसनलाई सहयोग पुग्छ।’, यी विभिन्न अवस्थालाई अध्ययन गरेर विभागले कुन वर्षको मौसम कस्तो हुन्छ भन्ने अनुमान गर्छ।, ‘यसपालि पूर्वी क्षेत्रमा औसतभन्दा कम र पश्चिमी नेपालमा औसत मनसुनी पानी पर्ने सम्भावना छ,’ मानन्धरले भनिन्।, संसारमा दुई दर्जनभन्दा बढी मनसुन छन्। बाह्रै महिना संसारभर कहिँ न कहिँ मनसुन चलिरहेको हुन्छ। ब्राजिललगायत देशमा पानी पार्ने साउथ अमेरिकन मनसुन सेप्टेम्बरमा सुरू हुन्छ भने दक्षिण पूर्वी अफ्रिकाको मनसुन जनवरीमा सुरू भएर मार्चमा सकिन्छ।, ‘तर यी कुनै पनि मनसुन सोमालियाबाट आउने मनसुनजस्ता भर पर्दा हुँदैनन्, कहिले आउँछन्, कहिले सकिन्छन्, टुंगो हुँदैन,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रोमा आउने मनसुन यति ज्ञानी छ कि हजारौं वर्षदेखि भनेकै बेला आउँछ र फर्केर जान्छ।’,
मनसुन भित्रिएसँगै नेपालमा आजको मौसम कस्तो रहला?
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय थाहा पाउन संकेत चिन्ह तयार पारेको छ।, सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो। संकेत चिन्ह राखेपछि प्रयोगकर्तालाई शौचालयबारे जानकारी हुने बताइएको छ।, मेयर बालेन शाहका अनुसार महानगरले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेका छन्।, महानगरले आइतबार सार्वजनिक सूचना निकालेर आह्वान जारी गरेको थियो।, महानगरले सार्वजनिक शौचालय चिन्न सजिलो बनाउनका लागि गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो रङले ‘सार्वजनिक शौचालय’ लेखिएको र बीच भागमा सेतो रङमा महिला र पुरुषको चिन्ह राख्दै संकेत चिन्ह तयार पारेको छ। जसमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ पनि लेखिएको छ।,
यस्तो हुनेछ काठमाडौंमा सार्वजनिक शौचालयको संकेत
|
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार बिहान जंगलमा २०-२२ वर्षका युवा-युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।, उनीहरूको पहिचान हुन सकेको छैन। शव फेला परेको ठाउँनजिकै बिषको बट्टा पनि फेला परेको छ।, एसएसपी कुँवरका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि खटिएको छ।,
फर्पिङको जंगलमा भेटियो दुई युवा-युवतीको शव
|
डा. मेरिना श्रेष्ठ बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो।, यस्ता बच्चाको बोलीमा समस्या देखिन्छ। उनीहरूलाई बुझ्न र बुझाउन गाह्रो हुन्छ। समाजमा कसरी मिलेर बस्ने भन्ने ज्ञान हुन्न। एक किसिमको अनौठो व्यवहार देखाउँछन्।, उमेर नपुगी छिटो जन्मिएको बच्चामा, जन्मिएपछि कुनै समस्या आयो भने र उमेर धेरै भएका आमा बाबुबाट जन्मिएका बच्चामा अटिजम देखिनसक्छ। , अहिलेको अवस्थामा वातावरण प्रदूषणलेसमेत यसको खतरा बढ्छ। तर अटिजम यही कारणले हुन्छ भनेर अहिलेसम्म कुनै पुष्टि हुन सकेको छैन।, पछिल्लो १० वर्षको अवधि हेर्ने हो भने नेपालमा अटिजम हुनेको संख्या अत्यधिक बढेको छ। नेपालको सन्दर्भमा हामीसँग यकिन डाटा छैन। तर विश्व स्वास्थ्य संगठनका अनुसार हरेक सय बच्चामा एक जनालाई अटिजम हुने गरेको छ। अमेरिकाको डाटा धेरै भयावह छ। त्यहाँ हरेक ४४ बच्चामा १ जनालाई अटिजम हुन्छ।, अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरू कक्षामा पनि आफ्ना अरू साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन्।, कतिपय शिक्षकले थाहा पाएपछि बच्चालाई अस्पातल ल्याइन्छ भने कतिपय अवस्थामा अभिभावकले आफैंले थाहा पाउँछन्।, अहिले ‘मेरो बच्चा किन बोलेन?, भनेर चिकित्सककहाँ ल्याउने गरिएको छ। अटिजमबारे जनचेतना बढेको छ। यसकै कारणले पनि संख्या बढेको हो कि भन्ने लाग्छ।, जब आफ्नो बच्चालाई अटिजम हुन्छ त्यसपछि धेरैले इन्टरनेटमा यसबारे खोज्छन्। इन्टरनेटमा हजारौं सूचना हुन्छ। कति काम लाग्छन्, कति काम नलाग्ने हुन्छन्। , केही अभिभावक आफ्ना बालबच्चालाई अटिजम भएको थाहा पाउनासाथ चिन्तामा हुन्छन्। उनीहरूलाई यो स्वीकार्नै समय लाग्छ। , बच्चालाई अटिजम भयो भन्नासाथ उपचारका लागि दौडादौड हुन्छ। , अटिजम के हो भन्ने नबुझी दौडिँदा पाउनुपर्ने उपचारसमेत बालबच्चाले पाएका हुँदैनन्।, जब अटिजम भनेर थाहा हुन्छ। सबैलाई डर लाग्छ। तर त्यसबारे ज्ञान बढाउन सकियो र बुझ्न सकियो भने सामना गर्न सजिलो हुन्छ। थेरापीको लागि दौडिन भन्दा पहिला अभिभावकले अटिजमबारे बुझ्न जरूरी हुन्छ।, परिवारले ख्याल राख्ने र सामान्य हेरचाह गर्ने गर्दा पनि यो समस्याको निदान हुन्छ। तर यसलाई ठूलो समस्या या निको नहुने रोगका रूपमा लिने सामाजिक सोचले गर्दा समस्या परिवारभित्रै झन् बल्झिँदै जाने गरेको देखिन्छ।, यो रोग होइन। यो अवस्था हो। यसमा औषधि भन्दा पनि थेरापीबाट उपचार गरिन्छ। यो पूर्ण रूपमा ठीक हुन कठिन छ। हरेकमा देखिने अटिजमको लक्षण फरक फरक हुनसक्छ। थेरापीबाट अटिजमको जटिलता कम गर्न सकिन्छ।, अटिजमको उपचारको धेरै पद्धति छन्। ती उपचार पद्धतीले कसरी मद्धत गर्छ भने बुझ्न जरूरी छ।, सबैभन्दा पहिला आफ्नो बच्चालाई बुझ्न जरुरी छ। उसको क्षमता के हो कमजोरी के हो पत्ता लगाउनुपर्छ। उसका इन्द्रीयले कसरी काम गर्छन् भनेर परीक्षण गर्नुपर्छ। त्यसैले थेरापी मात्रै भनेर दौडिनु हुँदैन। , औषधिको पनि अटिजममा भूमिका छ। बच्चा धेरै आक्रमक भयो भने, निन्द्रामा धेरै समस्या भयो भने औषधिको प्रयोग गर्नुपर्छ।, अटिजमले विभिन्न खाले समस्या पारिरहेको हुन्छ।, पहिलो, कतिपय बच्चालाई कुनै सहयोगनै चाहिँदैन। दोस्रो, बच्चालाई केही सहयोग चाहिनसक्छ। तेस्रो किसिमका बच्चालाई अभिभावकको धेरैनै सहयोग चाहिन्छ। , धेरैजसो बच्चालाई ठूलो भइसकेपछि कम पनि हुँदै गएको छ। त्यसैले बेलैमा उसको हेरचाह गर्न सक्यौं भने ठूलो हुँदै गएपछि कम हुनसक्छ।, नेपालको सन्दर्भमा अटिजम भएका बच्चालाई पढाउने विद्यालय निकै कम छन्। कतिपय ठाउँमा यस्ता सुविधा पनि हुन्छ। बच्चालाई अलग्गै स्कुलमा राख्नुभन्दा थेरापिस्ट र शिक्षकको सल्लाहमा सामान्य स्कुलमै राख्न उपयुक्त हुन्छ।, आमाबुवाले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ। उनीहरूलाई रचनात्मक काममा क्रियाशील गराउनुपर्छ र आफ्नो बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनुपर्छ। किनकि जति छिटो बच्चाको अवस्था थाहा हुनसक्यो, त्यति नै उनीहरूमा भएका समस्याको पहिचान गर्न र उनीहरूमा आवश्यक अन्य सञ्चार प्रक्रियालाई सहज तुल्याउन मद्दत पुग्ने हुन्छ।, त्रिवि शिक्षण अस्पतालकी सह-प्राध्यापकसमेत रहेकी बालरोग विशेषज्ञ, डा. मेरिना श्रेष्ठ,सँग अटिजमबारे ,सेतोपाटी,का लागि ,सन्जिब बगाले,ले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।,
अटिजम भएका बालबालिकाको कसरी गर्ने हेरचाह? (भिडिओ)
|
सेतोपाटी संवाददाता जरायोको सिङसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिक्री गर्न लागिएको सिङसहित महोत्तरी गाउँपालिका– ३ का २० वर्षीय रितेश कुमार पाण्डे र जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने २० वर्षीय सोनु कुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।, जनकपुरधाम उपमहानगरपालिका– २४ स्थित वन्यजन्तुको आखेटोपहार खरिद-बिक्री हुन लागेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट रातो खैरो रङको एक थान तीनसिंगे र कालो रङको दुई सिंगे एक थान जरायोको सिङ फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदिप क्षेत्रीले जानकारी दिए।, घटनामा उनीहरूले प्रयोग गरेको ज ९ प २७३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।, दुवै जनालाई पक्राउ गरी सिङ र तथा घटनामा प्रयोग भएको मोटरसाइकल आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।,
,
जरायोको सिङसहित दुई जना पक्राउ
|
रासस एक करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। , उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले एक करोड १९ लाख ८४ हजार रूपैयाँ ठगीसम्बन्धी कसुरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले नयाँ बजारबाट पक्राउ गरेको हो।, उनलाई फैसला कार्यान्वयनका लागि शुक्रबारै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको कार्यालयले जनाएको छ।,
एक करोड १९ लाख ठगीका अभियुक्त पक्राउ
|
सेतोपाटी संवाददाता आज वर्ष र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ।, शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।, तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो। मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ।, भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ। , यसैबीच सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ। राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिवार देशभर सार्वजनिक बिदा रहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।,
आज रातो मछिन्द्रनाथको भोटो देखाइँदै, देशभर सार्वजनिक बिदा
|
सेतोपाटी संवाददाता आज दिउँसो देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। , प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ।देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।, यस्तै आज राति प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।, , यस्तै आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
आज मुलुकका विभिन्न स्थानमा पानी पर्ने सम्भावना
|
रासस संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेकी हुन्।, पक्राउ पर्नेमा भोटखोला–४ की मनिषा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।, सुवेदीका अनुसार खाँदबारी–३ को महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। बाल विकास सिकाइ विषयको परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गर्दा प्रहरीले मनिषालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले बताए।, अरुणोदय माध्यमिक लिङ्गम कक्षा १२ का विधार्थी अनुषा गुरुङको सट्टामा परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।, नक्कली परीक्षार्थी मनिषालाई परीक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए।, पक्राउ परेकी परीक्षार्थीलाई परीक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख केशव भट्टराईले बताए।,
नक्कली परीक्षार्थी पक्राउ
|
भगवती पाण्डे लुम्बिनी विकास कोषले विद्युतीय गाडी सञ्चालनका लागि कार्यविधि बनाउने तयारी गरेको छ।, विकास कोषको बिहिबार काठमाडौंमा बसेको बैठकले कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) को संयोकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ।, कार्यदलमा कोषका सदस्य विश्वराज पौडेल र राजेश शाक्य सदस्य छन्।, लुम्बिनी आउने पर्यटक लुम्बिनी भित्र र बुद्धसर्किट क्षेत्रमा घुमाउन सहज होस् भनी एसियाली विकास बैंक (एडिबी) को करिब ३५ करोड अनुदानमा डेढ वर्ष पहिले विद्युतीय गाडी लुम्बिनी आईपुगेका थिए।, वातानुकुलित, अपाङमैत्री र स्वचालित ढोकासहितका पाँच वटा सुविधासम्पन्न बस र १४ वटा ट्याक्सी लुम्बिनी आएको डेढ वर्ष पुगे पनि गाडी कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि नबन्दा खुल्ला आकाशमुनी अलपत्र अवस्थामा राखिएका छन्।, लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर विद्युतीय गाडी सञ्चालन गर्न र गाडी चार्जिङको लागि चार्जिङ स्टेशनसहित सोलार जडानका लागि सन् २०१८ जनवरी ९ तारिखमा एसियन क्लिन ईनर्जीसँग सम्झौता गरेको थियो। सम्झौता अनुसार गाडी ल्याउने, सोलार जडान गर्ने र चार्जिङ स्टेशन बनाउने सम्पूर्ण काम पुरा भईसकेका छन्।, तर एडिबीले पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयको नाममा पठाएका विद्युतीय गाडी सरकारले अहिलेसम्म लुम्बिनी विकास कोषलाई हस्तान्तरणसमेत गरेको छैन।, कोषका कोषाध्यक्ष भट्टराईले अबको पहिलो काम मन्त्रालयको नाममा रहेका विद्युतीय गाडीहरू कोषको नाममा ल्याउने र कार्यविधि बनाएर सञ्चालन गर्ने बताए।, ‘कार्यविधि बनाएर दुई महिना भित्रै गाडी सञ्चालन गर्ने हाम्रो योजना छ, त्यो भन्दा पहिले गाडीलाई कोषको नाममा ल्याउने प्रकृया सुरू हुन्छ,’ भट्टराईले सेतोपाटीसँग भने।, सरकारले लुम्बिनीका लागि आएका गाडी कोषलाई हस्तान्तरण नगर्दा कार्यविधि बनाउन र सञचालन गर्न ढिलाई भएको उनले बताए। भर्खरै मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको र लुम्बिनीमा पर्यटकहरुको चाप समेत बढ्न थालेकोले जतिसक्दो छिटो विद्युतीय गाडी सञ्चालन गर्नुपर्ने उनको भनाई छ।, ‘गाडी ल्याउँदा नै पर्यटकलाई विमानस्थलदेखि लुम्बिनी ल्याउने र लुम्बिनी वरपरको क्षेत्रमा घुमफिरको लागि गाडी प्रयोग गर्ने भनिएको थियो, विमानस्थल र लुम्बिनी सर्किटभित्रै सञ्चालन गर्ने गरि नै कार्यविधि बनाउने योजना छ,’ उनले भने।, बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रूपन्देहीकै देवदहलगायतका क्षेत्र बुद्धसर्किट अन्तर्गत रहेको र ती क्षेत्रभित्र नै सञ्चालन गर्ने गरि कार्यविधि बनाईने कोषको योजना छ।, भट्टराईले गाडी सञ्चालन हुने रूट र प्रक्रिया समेत कार्यविधिमै टुंगो लगाईने बताए।, यो पनि हेर्नुहोस्, लुम्बिनीमा थन्किए एडिबीले करोडौंमा किनिदिएका विद्युतीय गाडी (भिडिओ), कोषका सदस्यसचिव सानुराजा शाक्यले कोष आफैंले गाडी सञ्चालन गर्ने अवस्था नभएको र निजी कम्पनीलाई पनि कसरी सञ्चालन गर्ने भन्ने विषय कार्यविधि बनेपछि नै टुंगो लाग्ने बताए। ‘कोष आफैंले गाडी सञ्चालन गर्ने अवस्था नरहला, कार्यविधिका लागि समिति मात्र गठन गरिएकोले अरू पर्यटन व्यवसायीलाई पनि कसरी सञ्चालन गर्न दिने भन्ने टुंगो लागेको छैन,’ उनले भने।, एसियाली विकास बैंकले यो प्रोजेक्टमा बस र ट्याक्सीको लागि मात्रै भन्सार शुल्कसहित २१ करोड तिरेको छ। १३ करोडमा ल्याएका ५ वटा बस र १४ वटा ट्याक्सीको लागि भन्सार शुल्क मात्रै ८ करोड बुझाएको थियो। त्यसैगरि सोलार जडान र चार्जिङ स्टेशन निर्माणमा १३ करोड ९० लाख रुपैयाँ लगानी भएको छ।, अहिले एसियन क्लिन इनर्जीले बेलाबेला गाडी चार्ज गर्ने र स्टार्ट गर्दै राख्दै आएको छ। १९ सिट रहेका अन्तर्राष्ट्रिय स्टान्डर्डका बसमा कार्ड भुक्तानी गर्ने अटोमेटिक सिस्टमसमेत जडान गरिएका छन्।, ईन्धनको मूल्य वृद्धि भईरहेको अवस्थामा चार्जिङ स्टेशनसहित तयारी अवस्थामा रहेका विद्युतीय गाडी सञ्चालन भएपछि लुम्बिनी आउने पर्यटकलाई घुमफिरको लागि सहज हुने देखिएको छ।, यहाँ ल्याईएका बसलाई एकपटक फुल चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्ने कोषको दाबी छ।,
विद्युतीय गाडी सञ्चालनका लागि लुम्बिनी विकास कोषले कार्यविधि बनाउँदै
|
दिपकजंग शाही २०७४ को पहिलो स्थानीय तह निर्वाचनपछि बनेका गाउँका स्थानीय सरकारले आफ्ना थुप्रै महत्वाकांक्षी योजनाहरू बनाए।, स्थानीय नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरूमध्ये बाटो, खानेपानी, स्वास्थ्य, सिँचाइ, विद्युत, शिक्षाजस्ता कुरालाई महत्वपूर्ण योजनामा राखेर काम अघि बढाए।, कर्णालीका सडक पहुँच नभएका पालिकामा स्थानीय सरकारले सडक योजनालाई महत्वका साथ अगाडि बढाए। सडक पहुँच पुगेका क्षेत्रमा यातायातलाई महत्व दिए।, सडक पहुँच भएका केही पालिकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन एम्बुलेन्सलाई महत्व दिए।, सुर्खेतको वीरेन्द्रनगर, चौकुने, दैलेखका चामुण्डाविन्द्रासैनी लगायतका पालिकाले एम्बुलेन्स किनेर सञ्चालनमा ल्याए।, सल्यानको छत्रेश्वरी गाउँपालिकाले त ७ वटा वडाहरूमध्ये ४ वडामा चारवटा एम्बुलेन्स किनेर सञ्चालन गर्यो।, छत्रेश्वरीले सुरूमा बाह्रै महिना चल्ने सडक बनाएर सबै वडाहरूलाई सडकको पहुँचमा पुर्यायो। त्यस सँगसँगै एम्बुलेन्स पनि किन्यो। ती चारवटा वडामा अहिले पनि आवश्यकता अनुसार एम्बुलेन्सहरू उपलब्ध हुन्छन्।, स्वास्थ्य सेवामा कमजोर दुर्गममा पर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाले सडकको आंशिक पहुँच भए पनि बिरामीका लागि एम्बुलेन्स किनेर सञ्चालन गर्ने कुरा पहिलो सरकारको कार्यकालमा सोचेन।, जुनीचाँदे गाउँपालिका मात्र होइन, जाजरकोटका कुनै पनि पालिकाले एम्बुलेन्स सञ्चालन गरी नागरिकलाई सर्वसुलभ सेवा दिनेबारेमा खासै चासो दिएनन्।, जुनीचाँदे गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो कार्यकालभर वास्ता नगरेको एम्बुलेन्स सेवा अब जापानमा बस्दै आएका युवाहरूले सञ्चालन गर्ने भएका छन्।, जापान बस्ने युवाहरूको पहल र आर्थिक सहयोगमा जुनीचाँदे गाउँपालिका मातहतमा रहनेगरी पहिलोपटक एउटा एम्बुलेन्स सञ्चालन हुँदैछ।, रोजगारीको शिलशिलामा जापान गएका जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटका युवा खिमराज शाहको नेतृत्वमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको हो।, उनले जापानमा रहेका नेपाली युवाहरूसँग समन्वय गरी रकम जुटाएर एम्बुलेन्सका लागि नेपाल पठाएका छन्।, ‘स्थानीय सरकार बनेको लामो समयसम्म पनि गाउँपालिकामा एम्बुलेन्स चाहिन्छ भनेर कोही जनप्रतिनिधिले पनि वास्ता गर्नुभएन, मेरो वडाको अध्यक्षसँग यो बारेमा कुरा गर्न खोजेको थिएँ। तर उहाँ निलम्बन पर्नुभयो,’ शाहले सेतोपाटीसँग भने, ‘एक पटक त मैले गाउँपालिकाको उपाध्यक्षसँग पनि कुरा गरेको थिएँ, उहाँले वास्ता नगरेपछि आफैंले पहल गर्नुपर्छ भन्ने लागेर एम्बुलेन्सको लागि रकम जुटाउन थालेको हुँ।’, दुर्गममा पर्ने गाउँपालिकाको पनि दुर्गम गाउँहरूबाट मानिसलाई स्वास्थ्य केन्द्रसम्मा लैजान डोकोमा बोक्नुपर्ने पीडादायक अवस्थाले आफूलाई यो सोच आएको शाहले बताए।, ‘गाउँपालिकाका पदाधिकारीहरूको गाडीमा सवारी हुन्छ, बिरामीहरूलाई आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा जान पनि घण्टौं समय लाग्ने पैदल दूरी पार गर्नुपर्छ,’ उनले भने, ‘विदेशमा बसेर पनि यो अवस्थालाई कम गर्न सकिन्छ भन्ने मलाई लागेको हो, एम्बुलेन्स भएपछि सायद त्यो समस्या समाधानको सम्भव छ जस्तो लागेको छ।’, विदेशमा बसेका युवाहरूले आफ्नो कमाइको हिस्सा लगाएर एम्बुलेन्स किनेपछि यसको दीगोपना र निरन्तरताका लागि स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए।, एम्बुलेन्स किन्न ११ लाख रुपैयाँ लाग्ने भएको छ। उक्त रकममध्ये झण्डै ८ लाख (७ लाख ९४ हजार ७७७) रुपैयाँ जम्मा गरी एम्बुलेन्स विक्रेतालाई पठाइसकिएको शाहले बताए। बाँकी १ लाख रकम भने दिने प्रतिबद्धता गरेका जापानमै रहेका युवाहरूबाट उठ्न बाँकी रहेको छ।, त्यो रकम पनि चाँडै उठ्ने उनले बताए।, ‘पैसा आउने पक्का भइसकेको छ, हामीले १० लाख रुपैयाँ हाल्ने हो। बाँकी रहेको १ लाख र प्रक्रियामा लाग्ने केही खर्च गाउँपालिकाले नै ब्यहोर्ने कुरा भएको छ,’ शाहले भने, ‘एम्बुलेन्स खरिद गरेर लगिसकिएको छ, अब प्रक्रिया पूरा गरी चलाउन मात्र बाँकी छ।’, जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्रबहादुर शाहीले अबको केही समयमा जापानमा रहेको युवाहरूको पहलमा किनिएको एम्बुलेन्स गाउँपालिकामा आउने बताए। खरिदपछिका सबै प्रक्रिया पूरा गरी हस्तान्तरण हुने उनले बताए।, ‘युवाहरूले आफ्नो मेहनतको कमाइ गाउँपालिकाको नागरिकको स्वास्थ्यको लागि भनेर लगानी गर्नुभएको छ, यो कुरालाई हामीले कदर गरेका छौं,’ उपाध्यक्ष शाहीले भने, ‘उहाँहरूले उठाएको बाहेक एक/डेढ लाख अरु लाग्छ भन्ने छ, यो पनि आउँदो आर्थिक बर्षको बजेटबाट गाउँपालिकाले नै व्यवस्थापन गर्ने कुरा छ। केही दिनमा त्यो एम्बुलेन्स हामीलाई हस्तान्तरण पनि हुन्छ।’, गाउँपालिकामा एम्बुलेन्स आएपछि आवश्यकता अनुसार निरन्तर चलाउन बाटोहरूको स्तरोन्नति गरिने उनले बताए।, एम्बुलेन्स सञ्चालनका लागि पहल गरेका शाहका अनुसार ढिलोमा जेठ २७ गतेसम्म एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तर गरिने छ।, जापानमा रहेको नेपाली ४७ जना युवाहरूले जुनीचाँदेमा एम्बुलेन्स सञ्चालनका लागि आफ्नो इच्छाअनुसार सहयोग गरेका छन्। यसको पहल गरेका शाहलगायतका केही युवाले २ लाख रुपैयाँसम्म सहयोग गरेका छन्।, गाउँपालिकाले एम्बुलेन्स सञ्चालनसम्बन्धी एउटा मापदण्ड बनाउने छ।, आपतकालीन राहत कोष स्थापना गरी एम्बुलेन्सबाट भाडावापत भएको आम्दानी रकम जम्मा गर्ने, एम्बुलेन्स सम्बन्धी भाडादर गाउँपालिकाले तोक्ने, चालकको तलब गाउँपालिकाले ब्यहोर्ने, भाडा दरअन्तर्गत आयस्रोत नभएका बिरामीलाई ५० प्रतिशत छुट दिने, एम्बुलेन्स चाहिएमा खबर गर्न कल सेन्टर स्थापना गर्ने मापदण्ड गाउँपालिकाले नै बनाउनेछ।, एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरेपछि जुनीचाँदे–५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमार्फत सञ्चालन गरिनेछ।, गाउँपालिकाको अरूभन्दा सुविधासम्पन्न उक्त स्वास्थ्य केन्द्रबाट एम्बुलेन्स सञ्चालन गरिने प्राथमिक स्वास्थ्य केन्द्रका इञ्चार्ज दलबहादुर शाहीले बताए।, ‘स्थानीय युवाको सह्रानीय प्रयास छ, हामीले सम्बन्धित निकायमा आवश्यक समन्वय गर्न दुईपटक पत्र पनि लेखेका थियौं,’ इञ्चार्ज शाहीले भने, ‘अब एम्बुलेन्स तयारी अवस्थामा छ भन्ने कुरा आइसकेको छ, हामी यसलाई निरन्तरता दिनेछौं ।’, गाउँपालिकाले स्वास्थ्य केन्द्रसँगै सबै वडाहरूमा पुग्ने बाटो बाह्रै महिना चल्नेगरी स्तरोन्नति गरिदिए जापानमा बसेर युवाहरूले खेलेको भूमिकाले सार्थकता पाउने उनले बताए।, ,
जापानमा बस्ने युवाहरूको पहलमा सञ्चालन हुँदैछ जनप्रतिनिधिले वास्ता नगरेको एम्बुलेन्स सेवा
|
सेतोपाटी संवाददाता सर्लाहीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। , शुक्रबार पर्सा गाउँपालिका-६स्थित एक पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। , यादवका अनुसार सोही ठाउँ बस्ने शम्भु राम महराकी ७ वर्षीया छोरी पिंकीकुमारी महरा मृत अवस्थामा फेला परेकी हुन्। , बाख्रा चराउन गएकी उनी नफर्केपछि आफन्तहरूले खोजी गर्दा सोही ठाउँका सन्तोष साहको पोखरीमा डुबेको अवस्थामा फेला परेकी थिइन्। , शव पोखरीबाट निकालेर पछि प्रहरीलाई खबर गरिएको थियो। , प्रहरीले शवको पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।,
,
सर्लाहीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु
|
रासस बूढानीलकण्ठ नगरपालिका–१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीका संयोजकत्वमा नौसदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ।, फोहोर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न सो समिति गठन गरिएको हो। , टोलबासीको आज बिहान भएको भेलाले समितिका सदस्यमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेललाई चयन गरेको छ। , रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकलभित्र तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्काे भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेस गर्न लगाउने छ।, समितिले शान्ति सुरक्षा, फोहोर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुलीबत्ती जडान आदि कार्य गर्नाका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेस गर्ने संयोजक ज्ञवालीले जानकारी दिए।,
बूढानीलकण्ठमा फोहोर व्यवस्थापन र वातावरण संरक्षणलाई टोल सुधार समिति
|
सेतोपाटी संवाददाता तनहुँमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ। , शुक्रबार राति भिमाद नगरपालिका-९ च्यानडाँडा बस्ने शिवनारायण केसीको घरमा ग्यास सिलिन्डर पड्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। , ग्यास सिलिन्डर पड्किँदा आगलागीमा परी शिवनारायणकी ११ वर्षीया सुवेक्षा केसीको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको खड्काले बताए।, प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। ,
,
तनहुँमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ११ वर्षीया बालिकाको मृत्यु
|
रासस पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ।, लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो।, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको जानकारी दिए।, उनले भने, ‘बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन् धेरै चाप पर्यो।’, अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो। यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ।, सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ।, सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।,
आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्दै रत्ननगर अस्पताल
|
सेतोपाटी संवाददाता राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ। नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ। अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल शुरू हुन्छ।, साँझको बढ्दो सवारी चाप,यात्रुको भीड अनि फुटपाथ पसल। राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ। नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन्।, सडकमा झोला बोकेर, सिक्री,लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ। फुटपाथ बजारका कारण सार्वजनिक यातायात्र पार्क गर्न र रोक्न समेत कठीन हुने गरेको चालकहरु बताउँछन्।, दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन्। , प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै। सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ। त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको बेला चोक पुगे हुन्छ।, काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल, कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन्।, नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिवन्ध लगाउन पनि सकेको छैन। तर दिनभर भने सडक व्यापार प्रतिबन्धित छ।, हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ। साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफ्नो जिविका चलाउँछन्। र त्यही व्यपारबाट आफ्नो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागिपर्छन्।, हेर्नुहोस् न्यूज एजेन्सी नेपालले तयार पारेको यी तस्बिरहरू, ,
अस्तव्यस्त काठमाडौंको फुटपाथ, यात्रुलाई सास्ती (फोटोफिचर)
|
सेतोपाटी संवाददाता निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ।, प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन्। , बिनाविकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरूले ऐक्यवद्धतास्वरूप काठमाडौंमा शान्तिपूर्ण र्यालीसहितको प्रदर्शन सुरू गरिएको स्थानीय नवराज सञ्जेलले बताए।, उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।,
स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरूलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन्। , प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूको मुख्य माग छ।, ,
निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको पक्षमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।, होस्टलमा बस्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि होस्टेल वार्डेनको खोजी भइरहेको प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डराज न्यौपानेले जानकारी दिए। , ‘यौन दुर्व्यवहार भएको भन्ने छ। जाहेरी आइसकेको छैन,’ उनले भने, ‘बलात्कार हो भन्ने कुराहरू पनि आइरहेका छन्। तर हामीले सोधपुछ गर्न पाइसकेका छैनौं।’, तीन जना छात्रामाथि दुर्व्यवहार गरेको खुलेको उनले बताए।, पीडित छात्राका अभिभावक आज विद्यालयमा गएर उजुरी गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको हो। केहीबेर त्यहाँ तनाव समेत भएको प्रहरीले जनाएको छ। , ‘बच्चाहरूले विद्यालयमा कम्प्लेन गरेपछि हामीलाई खबर भयो,’ उनले भने, ‘हाम्रो टोली गएको छ। प्रिन्सिपलसँग कुराकानी भइरहेको छ। वार्डेनको खोजी भइरहेको छ।’, ,
जोरपाटीको सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहार आरोप, वार्डेन खोज्दै प्रहरी
|
सेतोपाटी संवाददाता अछाममा पाँच दिनदेखि हराइरहेका किशोरको शव फेला परेको छ। , शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका-४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव विष्टले जानकारी दिए। , मृत्यु हुनेमा १७ वर्षीय विनोद शाही छन्। उनी नेकपा एमालेका कार्यकर्ता समेत हुन्। , उनको शव फेला परेपछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भइरहेको प्रहरी निरीक्षक विष्टले बताए।, एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन्। , ‘एमाले र कांग्रेसका कार्यकर्ताहरूबीच विवाद भएर आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन,’ विष्टले भने, ‘हामी अनुसन्धान गर्न मंलगसेनबाट आएका थियौं तर जान सकेका छैनौं।’, टोली घटनास्थल नपुगेको हुँदा शवको प्रकृति कस्तो छ भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।, उनी १७ गतेदेखि नै हराइरहेको बताए पनि प्रहरीलाई शुक्रबारमात्रै मौखिक जानकारी दिइएको थियो।, शनिबार प्रहरी कार्यालयमा हुलियासहित निवेदन परेको थियो। , प्रहरीले मातहत कार्यालयमा पत्राचार गरेको थियो। खोजी गर्न सबै युनिटलाई लेखेर समेत पठाएको थियो।, त्यसक्रममा स्थानीयले शाहीको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। , घटनास्थलमा अनुसन्धान गर्न गएको टोली अहिले इलाका प्रहरी कार्यालय विनायकमा बसिरहेको छ। , दुबै पार्टीका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। , ‘सहजीकरण गरिदिनको लागि हामीले नेताहरूलाई मंगलसेनबाट बोलाएका छौं,’ उनले भने।, पार्टीका कार्यकर्ताहरूबीच वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनकोदेखि नै लफडा सुरू भएको प्रहरीको भनाइ छ।, शाहीको शव फेला परेपछि त्यसदिनदेखि सुरू भएको विवादले उग्र रूप लिएको हो।,
अछाममा पाँच दिनदेखि बेपत्ता किशोरको शव फेला
|
सेतोपाटी संवाददाता कैलालीमा जुवा-तास खेलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , शनिबार दिउँसो साढे २ बजे धनगढी उपमहानगरपालिका-१ स्थित बसन्तटोल बस्ने ४० वर्षीय दिपु श्रीमालको घरबाट पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , उनको घरमा जुवा-तास खेलिरहेको भन्ने सूचनाको पाएपछि प्रहरीको टोली खटिएको थियो। उनीहरूबाट ८६ हजार नगद र पाँच गड्डी तास बरामद गरेको थियो।, पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी नगरपालिका-६ घर भई धनगढी-३ बस्ने ६२ वर्षीय तेजबहादुर बोगटी, धनगढी-१ बस्ने ४८ वर्षीय धनबहादुर खड्का, ३० वर्षीय रमेश श्रीमाल, २५ वर्षीय रामकृष्ण राना र ३० वर्षीय शान्तराम चौधरी छन्।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
,
जुवा-तास खेलेको आरोपमा धनगढीबाट पाँच जना पक्राउ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १६ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार १८४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ९५७ जनाको पिसिआर र १२२७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११० जना सक्रिय संक्रमित छन्।, ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १६ कोरोना संक्रमित, देशभर सक्रिय ११०
|
रासस प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।, १७ औं जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्र लगायतका संघ-संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्यको व्यवहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए। , उनले भने, ‘जातीय भेदभाव तथा छुवाछूत भनेको घृणित, सामाजिक रूपमा अनैतिक, अमानवीय, कानुनी रूपमा गम्भीर अपराधपूर्ण कार्य हो, यसको अन्त्यसँगै सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो।’, नेपाली कांग्रेसका सभापति देउवाले सबै प्रकारका विभेदको आआफ्नो ठाउँबाट प्रतिवाद गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गरी समृद्ध समाज र राष्ट्र निर्माणको निम्ति राष्ट्रिय अभियानमा सहभागी हुन अपिल गरे। , ‘नेपालमा विद्यमान जातीय भेदभाव तथा छुवाछूतको विरूद्धमा विगत सात दशकदेखि आवाज उठ्दै आएको छ, समाजका सबै नागरिकले विना भेदभाव सम्मानित रूपमा बाँच्न पाउनुपर्छ भन्ने आन्दोलन आफैंमा शसक्त छ, मानव सृष्टि सभ्यताको विकाससँगै सुरू भएको विभेद, विकृति, विसङ्गतिले व्यक्ति, परिवार, समाज र राष्ट्रमा नकारात्मक प्रभाव पारेको छ, समाजमा विद्यमान धर्म, परम्परा र संस्कृति तथा मानवबीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदको व्यवहार हुनु आफैंमा अपमानजनक कार्य हो’, उनले भने।, वि.सं २०५८ मा छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना, २०६३ सालमा छुवाछूतमुक्त राष्ट्रको घोषणा र दलित समुदायको संवैधानिक हकको सुनिश्चितताको स्मरण गर्दै उहनले दलित समुदायको आन्दोलनले नीति निर्माणमा सरकारलाई बल पुगेको बताए।, प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा लोकतन्त्रको स्थापना र पुनःबहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्नेबारे पटक/पटक सार्वजनिक घोषणा भएका छन्, जातीय भेदभाव र छुवाछूत समाजको कलंक हो, यो कलंककै रूपमा रहनु हुँदैन, प्रत्येक नागरिकको न्यायमा समानता हुनेगरी जीवन जिउन पाउनुपर्छ।’ , ,
सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्नुस् : प्रधानमन्त्री देउवा
|
सेतोपाटी संवाददाता भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , शनिबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी टोलमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको हो। , जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार उनको आफ्नै एक तले घरमा ढलान गर्ने काम भइरहेको थियो।, ढलानको तार मिलाउने क्रममा ४ बजे अचानक करेन्ट लागेर उनी घाइते भएका थिए। , घाइते भएपछि उपचारको लागि उनलाई समिट अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको पाण्डेले बताए। , घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
,
भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन्। , उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगका शनिबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक* दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका-२ ठोसे घर भएका ३५ वर्षीय, रामजी बस्नेत छन्। , घटना बाहिरिएपछि उनी शनिबार बिहान रामेछापका लागि हिँडेका थिए। प्रहरीले थाहा पाएपछि उनलाई रामेछापको मन्थलीबाट नियन्त्रणमा लिएको हो।, उनीविरूद्ध तीन जना छात्राले जाहेरी दिने तयारी गरेका छन्। उनीमाथि कक्षा १०, ८ र ७का छात्रामाथि बाल यौन दुर्व्यवहार गरेको आरोप छ।, शिक्षालयका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै आक्रोशित अभिभावकहरू शनिबार विद्यालयमा पुगेका थिए। , अभिभावक पुगेपछि प्रहरीको टोली पनि त्यहाँ पुगेको थियो।, तर त्यहाँबाट होस्टेल वार्डेन भने फरार थिए। , यस घटनामा परिसर र प्रहरी वृत्त बौद्धले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ। यसअघि विद्यालयका प्रिन्सिपललाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। , ६ महिनादेखि छात्राहरूमाथि दुर्व्यवहार गर्दै आएको तर घटनाबारे शुक्रबारमात्रै अभिभावकलाई जानकारी भएको हो।, अभिभावकले यसबारेमा जानकारी पाएपछि शनिबार विरोध गर्न विद्यालय पुगेका थिए। , पक्राउ परेका वार्डेनलाई शनिबार राति नै काठमाडौं ल्याइएको छ।, *,सच्याइएको,
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका होस्टेल वार्डेन रामेछापबाट पक्राउ
|
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ।, नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न लागेको हो।, प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युतगृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ।, कालीगण्डकीको पनि सुरू भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्ने छ।, कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ।, वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रूपैयाँ (७ भारू) रहेको बताए।, ‘अधिकतम दर प्रतियुनिट १९ रूपैयाँ (१२ भारू), न्यूनतम २.३८ रूपैयाँ (१.४९ भारू) र औसत दर ११.२ रूपैयाँ (७ भारू) छ,’ घिसिङले भने।, आइएक्समा २४ घन्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक हुने गरेको छ।, प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारू १२ (१९.२ रूपैयाँ) र २.४९ (३.९८ रूपैयाँ) छ। त्यस दिनको औसत मूल्य प्रतियुनिट भारू ६.७२ (१०.७६ रूपैयाँ) छ।, यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रूपैयाँ (१२ भारू) र न्यूनतम ४.०८ रूपैयाँ (२.५५ भारू) मा विद्युत बिक्री गरेको छ। औसतम मूल्य ११.४८ रूपैयाँ (७.१८ भारू) छ।, नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ।,
कालीगण्डकीको बिजुली पनि भारत निर्यात सुरू
|
सेतोपाटी संवाददाता बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो पौने ४ जितपुर सिमरा उपमहानगरपालिका-२३ कोइला डिपो अगाडि वीरगन्ज पथलैया सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो। , दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , जितपुरबाट वीरगन्ज जाँदै गरेको प्र २-०३-०२२ प.५३०८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए। , मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका-६ बस्ने ३५ वर्षीय रंजित डोकानिया, पछाडि सवार चालककी ३३ वर्षीया कृति र उनका अन्दाजी ५ वर्षीय छोरा बोटला घाइते भएका थिए। , उनीहरूको उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो। , त्यहाँ उपचारको क्रममा चालक रंजितको पौने ५ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। , प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।,
,
बारामा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, आमा-छोरा घाइते
|
निशा भण्डारी वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।, मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ। यसअघि कोरोना महामारीका कारणले भोटो जात्रा भएको थिएन।, ललितपुरको जावलाखेलमा शनिबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाइएको हो। यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, मन्त्री शशी श्रेष्ठलगायत उच्च अधिकारीहरू पनि उपस्थित थिए। , तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो।, योसँगै रातो मच्छिन्द्रनाथको जात्रा सकिएको छ।, भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ। , तस्बिरहरू:, ,
भोटो देखाएसँगै सकियो रातो मच्छिन्द्रनाथको जात्रा (तस्बिरहरू)
|
भगवती पाण्डे जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।, आज बिहान करिब ४:३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको हो।, दुर्घटनाको खबर पौने पाँच बजेतिर आएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, राेहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस राेहिणी नदीमा खसेको हो।, लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पाैडेलले जानकारी दिए।, घाइतेहरुकाे उद्धार गरेर प्रहरीले अस्पताल लगेको थियो। बस दुर्घटनामा २४ जना घाइते छन्। उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ।, बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो।, चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।, मृत्यु भएकामध्ये ८ पुरूष र एक महिला छन्।,
रुपन्देहीको रोहिणी नदीमा पुलको बार भाँचेर तल खस्यो बस, ९ जनाको मृत्यु
|
रासस धादिङको थाक्रे गाउँपालिका-१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ।, शनिबार काठमाडौंबाट गजुरी आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीतबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ह १८१७ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको हो।, नीलकण्ठ नगरपालिका-५ खाल्टे घर भई बेलकोटगढी बस्ने ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनापछि राजमार्ग अवरूद्ध भएको छ।, पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरूद्ध गरेका थिए।,
धादिङमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु
|
रासस अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ मा करिब १७ वर्षका किशोर मृत भेटिएका छन्।, जेठ १७ गतेदेखि हराइरहेका करिब १७ वर्षीय विनोद शाही नजिकैको भिरमा शनिबार मृत फेला परेका थिए।, शाहीको हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले प्रदर्शनकारी तोडफोडमा उत्रेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको बताए।, ‘प्रदर्शनकारीले प्रहरीलाई घटना स्थलसम्म पुग्न नदिएर प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न थाले। बेलुका घटनास्थलमा पुगेर शव उठाउन दिइएपछि घटनाको अनुसन्धान थालिएको छ,’ उनले भने। , प्रदर्शनकारीले नगरपालिकाका प्रमुख र वडाध्यक्षले घटना घटाएको आरोप लगाएका छन्।, गत वैशाख ३० गते भएको स्थानीय चुनावका दिन सो क्षेत्रमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद र झै–झगडा भएको थियो। जेठ १७ गते पनि सो क्षेत्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको थियो।, मृतक एमाले निकटका युवा रहेको जनाइएको छ।, ‘एकअर्कामा आरोपप्रत्यारोप गरी घटनालाई राजनीतिक रङ दिन खोजिएको छ। चुनावका विषयलाई लिएर सो क्षेत्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झगडा भएको थियो, पारिवारिक झगडा पनि रहेको भन्नेछ,’ उनले भने।,
हराइरहेका अछामका किशोर भिरमा मृत भेटिए, हत्या आशंकामा प्रदर्शन
|
सेतोपाटी संवाददाता आइतबार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, विभागका अनुसार आज प्रदेश-१, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ। , हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। , सोही वायु प्रणालीको असरले सोमबार प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। , प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, यो वर्षको मनसुन केही दिनमा सुरू हुने भएको छ। सामान्यतया नेपालमा औसतमा जुन दोस्रो लसाता मनसुन सुरू हुने भए पनि यो वर्ष पहिलो साताको बिचमै मनसुन सुरु हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।,
आज प्रदेश-१, मधेस प्रदेश र बागमती प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित दुई युवा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ७ का २० वर्षीय बिशाल बुढा मगर र दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ का ३० वर्षीय रमेश पुन मगर रहेका छन्।, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मकुन्दप्रसाद रिजालले घोराही– १५ शान्तिनगर टोलस्थित एक पसलमा प्रतिबन्धित लागु औषधको कारोबार भइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए।, उनीहरुको साथबाट २ ग्राम ३० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।,
ब्राउन सुगरसहित दुई युवा पक्राउ
|
सेतोपाटी संवाददाता जयनगरबाट जनकपुर आउँदै गरेको नेपाली रेलमा आगलागी भएको छ। बिहीबार दिउँसो साढे तीन बजे जयनगर स्टेसनबाट रेल छुट्ने बेला १ नम्बर गेटको जनरल बोगीमा सामान्य आगलागी भएको हो।, सामान राख्ने र्याकमा अनजान व्यक्तिले राखेको तेजाब पोखिएर रेलमा धुँवा फैलिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले सेतोपाटीलाई जानकारी दिए।, ‘सिटमा एक जना महिलाको जिउमा एसिडजस्तो त्यो पदार्थ परेपछि पोल्यो। उनी चिच्याउन थालिन्, सबै यात्रु हल्ला गर्न थाले। महिला हटेपछि दुई थोपा तेजाब तल पोखिएपछि धुँवा फैलियो। रेलमा खासै क्षति त भएको छैन। दुई इन्चजति डढेको देखिन्छ,’ झाले भने।, ती महिला छोरीसँगै जयनगरबाट पाँच लिटरको सिलिन्डरमा ग्यास भरेर जनकपुरतर्फ आउँदै थिइन्। आमाछोरी दुवैको भूमिका शंकास्पद देखिएको भन्दै भारतीय रेलवे पुलिस फोर्सले उनीहरूलाई नियन्त्रणमा लिएको छ।, दुवै जनालाई जयनगरबाट जनकपुर ल्याउन सशस्त्र प्रहरीको टोली गएका छन्। सशस्त्रका प्रहरी निरीक्षक शम्भु कटुवालको टोली दुवै जनालाई लिएर जनकपुर फर्किन लागेको महाप्रबन्धक झाले बताए।, रेलवेलाई अनुसन्धान गर्ने संयन्त्र नभएकाले घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई नेपाल प्रहरीको जिम्मा लगाइने झाले जनाए।, ती महिलाको छेउमै बसेका अरू दुई जना शंकास्पद पुरुष भने घटनालगत्तै फरार भएका छन्। उनीहरूको समेत खोजीकार्य भइरहेको छ।,
जयनगरबाट जनकपुर आउँदै गरेको नेपाली रेलमा आगलागी
|
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट सुनको सिक्री लुटेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , कागेश्वरी मनोहरा नगरपालिका-४ नयाँ गाउँ घर भई वडा नम्बर-५ गजरकोट बस्ने ३५ वर्षीय राकेश नगरकोटीलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार बुधबार नगरकोटीले सोही नगरपालिका-५ स्थित कोलमोतेश्वर मन्दिर नजिकबाट ४० वर्षीया महिलाले गलामा लगाएको सुनको सिक्री लुटेका थिए। उनीहरूले महिलाको गलाबाट तानेर लुटेर भागेका थिए। , उक्त सिक्री झन्डै डेढ तोलाको भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , प्रहरी वृत्त बौद्दले उनीमाथि डाँका चोरी कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ। ,
सुनको सिक्री लुटेको आरोपमा काठमाडौंबाट एक पक्राउ
|
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यसपालि अर्थशास्त्र विषयको स्नातकोत्तर परीक्षाको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेपछि प्रश्नपत्र दोहोरिएको सम्बन्धमा त्रिविले छानबिन गर्ने भएको छ।, त्रिवि मानविकी तथा समाजशास्त्र संकायका डिन प्राध्यापक कुसुम शाक्यले प्रश्नपत्र हुबहु दोहोरिएकोबारे छानबिन गर्ने बताइन्।, 'के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानबिन गर्छौं,' उनले भनिन्, 'भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौं।' , उनले गत वर्षकै प्रश्नपत्र यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको बताइन्।, 'हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छौं। विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ,' उनले भनिन्, 'त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो।', मानविकी संकायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत 'पब्लिक इकोनोमिक्स' को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएको थियो।, साठी पूर्णांकको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ। प्रश्नपत्रमा 'एक्स्प्लेन' र 'डिस्क्राइब' भन्ने शब्द मात्रै तलमाथि गरिएको छ। , त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले प्रश्नपत्र दोहोरिएको स्वीकार गर्दै प्रश्नपत्र बैंकबाट छनौट गर्दा पुरानो प्रश्नपत्र परेको बताए।, 'हामीसँग प्रश्नपत्रको बैंक हुन्छ, त्यसबाट नयाँ र पुरानो मिसाएर प्रश्नपत्र तयार गरिन्छ,' उनले भने, 'परीक्षा हुनु केही दिनअघि प्रश्नपत्र बैंकबाट एउटा प्रश्नपत्र छनौट गरिन्छ। जुन प्रश्नपत्र आयो, त्यही छनौट गरेर छापिन्छ।', प्रश्नपत्र बैंकमा पहिलेका वर्षमा भइसकेका परीक्षाका प्रश्नपत्र पनि रहने भएकाले यसपालि त्यही प्रश्नपत्र दोहोरिएको उनको दाबी छ।, 'भूलवश यसपालि गत वर्षकै प्रश्नपत्र पर्यो। प्रश्नपत्र छनौट गर्ने व्यक्तिहरूलाई यो विषयमा सबै कुरा हेक्का भएन,' उनले भने, 'कोर्स बाहिरको प्रश्न परेको छैन, गत वर्षकै दोहोरिएको हो। प्रश्नहरू सामान्यत: दोहोरिरहने भए पनि यसपालि भने सेट नै दोहोरिएको हुँदा प्रश्न उठ्यो।', परीक्षा सकिइसकेकाले अब स्थगित नहुने उनले बताए।,
स्नातकोत्तर परीक्षामा हुबहु प्रश्न दोहोरिएकोबारे त्रिविले छानबिन गर्ने
|
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त रहे पनि अहिले शिक्षक पदपूर्ति नगर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ।, विद्यालयहरूमा शिक्षकको पद रिक्त रहे पनि तत्काल पदपूर्ति प्रक्रिया नगर्न केन्द्रले निर्देशन दिएको हो।, शिक्षक दरबन्दी मिलान गर्ने काम भइरहेकोले शिक्षक पदपूर्तिको काम नगर्न भनिएको केन्द्रले जनाएको छ।, केन्द्रले जेठ १९ मा पत्राचार गर्दै खुद पुल दरबन्दी शिक्षक रहेका स्थानीय तहहरूले असार १५ भित्र केन्द्रमा विवरण पठाउन निर्देशन दिएको छ।, ‘रिक्त खुद पुल दरबन्दी यस कन्द्रमा नपठाउने स्थानीय तहको हकमा खुद पुल दरबन्दी बराबरको शिक्षक तलव भत्ता निकास नहुने भएकोले खुद पुल दरबन्दी यस केन्द्रमा पठाउने व्यवस्था गरी शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न गर्न र खुद पुल दरबन्दी रिक्त रहेका तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि व्यहोराले पदपूर्ति नगर्नु नगराउनु हुन समेत अनुरोध छ,’ केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले पठाएको पत्रमा भनिएको छ।,
रिक्त रहेका विद्यालयमा पनि अहिले शिक्षक पदपूर्ति गर्न नपाइने
|
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्युरोले ‘सोर्स कोड’(कम्प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , ब्युरोले तनहुँ भिमाद नगरपालिका-१ किहुँ घर भई ललितपुरको सानेपामा म्याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका ३५ वर्षीय सन्तोष सिग्देललाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।, उनले राजश्व व्यवस्थापन नामक सफ्टवेयरको 'सोर्स कोड' अनधिकृत रूपमा पहुँच पुर्याएर चोरी गरेको आरोप छ।, चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पुर्याइ आर्थिक लाभ लिने मनसायले उनले नेपालका केही स्थानीय तहमा उक्त सफ्टवेयर बिक्री वितरण गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। , प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा बिहीबार पक्राउ गरी पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।,
,
सफ्टवेयरको 'सोर्स कोड' चोरी स्थानीय तहमा बेचेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता कारागारका बन्दीलाई माछामा लुकाएर लागुऔषध दिन खोज्ने दुई जना पक्राउ परेका छन्। , सिन्धुली कारागार कार्यालयमा माछाभित्र लुकाएर खैरो हिरोइन लगिदिएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। , जबरजस्ती करणी र बालविवाह मुद्दाका कैदी पर्सा वीरगन्ज महानगरपालिका-३२ टेढाटोल घर भएका कमरूलहक अन्सारी र लागुऔषध मुद्दामा पुर्पक्षमा रहेका पर्वत फलेवास नगरपालिका-५ घर भएका अभिनास सुवेदी भन्ने आविस्कार सुवेदीले लागुऔषध खैरो हिरोइन मगाएका थिए। , उनीहरूले गत सोमबार दिउँसो साढे २ बजे कारागारका चालक ४६ वर्षीय दिपराज श्रेष्ठलाई फोन गरी बर्दिबासबाट माछा आउँदै गरेको भन्दै जानकारी गराएका थिए।, माछा पुर्याउन बर्दिबासका ट्याम्पु चालक भुवननाथ जोगी आएका थिए। , श्रेष्ठले मंगलबार चालक भुवननाथबाट माछा ल्याएर कारागारमा लगेका थिए। तर कारागारमा शंका लागेर माछाको पेट चिरेर हेरिएको थियो। त्यसभित्र दुइटा प्लाष्टिकले बेरेको अवस्थामा खैरो हिरोइन बरामद गरेको थियो। , उनीहरूबाट ५.१२ ग्राम लागुऔषध बरामद भएको हो। अहिले श्रेष्ठ र जोगी दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।,
,
माछाभित्र खैरो हिरोइन लुकाएर कारागारभित्र लगेको आरोपमा दुई पक्राउ
|
सेतोपाटी संवाददाता सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा पठनपाठन गर्दै आएका नेपाली विद्यार्थीहरूलाई पुन: चीन जाने व्यवस्था मिलाएको छ।, कोरोना महामारीका बेला नेपाली विद्यार्थी चीनबाट स्वदेश फर्के पनि त्यसपछि उनीहरू त्यहाँ जानबाट रोकिँदै आएका थिए।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीलाई पुन: चीन जाने व्यवस्था मिलाएको छ।, लकडाउनका कारणले चीन फर्किन नपाएका दुई सय ८१ जना नेपाली विद्यार्थीलाई पहिलो चरणमा चीन पठाउन लागिएको छ।, नेपाली विद्यार्थीको पढाइलाई निरन्तरता दिन उनीहरूलाई ती विश्वविद्यालय फर्किने व्यवस्था गरिएको हो।, चीन फिर्ताका लागि विद्यार्थीहरूले मन्त्रालयको वेबसाइटमा राखिएको गाइडलाइनमा उल्लेखित व्यहोराबमोजिम पुन: भिसा प्राप्तिका लागि निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ।,
कोरोनाले रोकिएका नेपाली विद्यार्थी अब चीन जान पाउने
|
सेतोपाटी संवाददाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ।, इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ।, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागको भनाइ छ।, बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित गुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।, मोटरसाइकललगायत साना-ठूला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ।, साउन १ गतेपछि ट्राफिक प्रहरीले सडकमा चेकजाँच गर्ने र इम्बोस्ड नम्बर प्लेट राखेको नपाइएमा कारबाही गरिने चेतावनी विभागको छ।, यस्तो छ सूचना:, , ,
सवारी साधनमा इम्बोस्ड नम्बर नराखे साउन १ देखि कारबाही गर्ने चेतावनी
|
सेतोपाटी संवाददाता अहिले दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज राति प्रदेश-१ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।, प्रदेश १ का केही स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।, नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।, भोलि शनिबार प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
आज प्रदेश १ मा वर्षाको सम्भावना
|
रासस मोटरसाइकल चोरी आरोपमा झापामा आठ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित बिहीबार सार्वजनिक गरेको हो।, पक्राउ परेका आरोपितहरूमा गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय विष्णु भण्डारी, करण मण्डल, विर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, १८ वर्षीय समुन विहारी, सप्तरी टुकली नगरपालिका–५ का २७ वर्षीय करण महमद र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ छन्।, केही महिना अगाडिदेखि इलाका प्रहरी कार्यालय अनारमनीमा मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरीले टोली खटाएर सूक्ष्म रूपमा अभियुक्तको पहिचान तथा खोजतलास गर्ने काम गर्दै आएको थियो। आरोपितहरूले मोटरसाइकल चोरी गर्दै ग्यारेजमा थुपार्ने गरेको पाइएको छ।, खोजतलास गर्दै जाँदा प्रहरीले अर्जुनधारा–८ कदमगाछीस्थित अशोक विहारीको घरमा रहेको ग्यारेज र वडा नं १० स्थित विमल हुमागाईंको घरमा सञ्चालित करण महमदको मोटरसाइकल ग्यारेजबाट र अन्य विभिन्न स्थानबाट चोरीका १२ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको थियो।, पक्राउ परेका सबै आरोपितलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ।,
१२ मोटरसाइकलसहित आठ जना पक्राउ
|
रासस नेपाल वायुसेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ।, प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो।, हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ।, एक इन्जिन हेलिकप्टरमा दुई पाइलट राख्दा पारिश्रमिकमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए।, नौ सिट क्षमताभन्दा माथिका हेलिकप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ।, हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकप्टरले व्यावसायिक उडान भर्दै आएका छन्।, दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकप्टर उडाउँदै आएका छन्।,
वायु सेवा सञ्चालक संघले भन्यो- सिङ्गल इन्जिन भएका हेलिकप्टरमा दुई पाइलट राख्न सकिन्न
|
सेतोपाटी संवाददाता दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ।, तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ। , मुग्लिङ–पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको छ।, आइतबारदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ-पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने उनले बताए।, अर्को सूचना जारी नहुन्जेल राति ११ बजेदेखि बिहान ४ बजेसम्म यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि आयोजनाले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।, नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भएकोले दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको हो।, २०२६ मा रेखाङ्कन भएको यो सडक खण्डमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो।, चार लेनको सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ।, डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।, सडक चार लेनको बने अहिले भएका पुलको ठाउँमा नयाँ पुल बनाइनेछ।, आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गरिने बताइएको छ।, यस्तो छ सूचना:,
आइतबारदेखि दैनिक पाँच घण्टा बाटो बन्द गरेर मुग्लिन-पोखरा सडक विस्तार गरिँदै
|
सेतोपाटी संवाददाता डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ।, गए राति भएको आगलागीबाट प्रशासनिक भवनमा रहेका शोफा र किताबलगायत सामग्री जलेको छ।, आगो कसले लगाएको भन्ने खुलेको छैन।, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश भट्टले आगलागीबाट शोफालगायत जलेको सेतोपाटीलाई बताए। ‘महत्वपूर्ण कागजात जलेका छैनन्,’ उनले भने।, उनकाअनुसार बाहिरबाट कसैले आगो लगाएकोजस्तो देखिन्छ। ‘सूचनापाटी रहेको ठाउँमा पनि अलिकति आगलागी भएको छ,’ उनले भने, ‘बिजुली सर्ट भएर आगो लागेको होइन, कसैले लगाएकोजस्तो देखिन्छ।’, कार्यालय रेखदेखमा रहेका कर्मचारीले आगो निभाएका कारण थप क्षति हुन नपाएको उनले बताए। ‘भवन नजिकै बस्ने कर्मचारीले थाहा पाएपछि आज बिहान करिब ४ बजेतिर आगो निभाएछन्,’ उनले भने।, घटनास्थलमा प्रहरी पुगेको छ। ,
डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी
|
सेतोपाटी संवाददाता काठमाडौंमा एक युवक मृत भेटिएका छन्। , बाजुरा बुढीगंगा गाउँपालिका-९ घर भई कोटेश्वर बस्दै आएका २२ वर्षीय धर्म शाही मृत भेटिएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार बिहीबार कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी लक्ष्मीनारायण मन्दिर पछाडि शाही मृतक भेटिएका हुन्। , प्रहरीका अनुसार शाही काँडाघारीस्थित मोटरसाइकल वर्कशपमा कार्यरत थिए।, प्रहरीले पोस्टमर्टमका लागि शव पाटन अस्पताल पठाएको जनाएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। ,
, ,
काठमाडौंको मूलपानीमा मृत भेटिए युवक
|
सबिना श्रेष्ठ काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा मेयर बालेन शाहले छवटा प्रस्ताव पढेर सुनाएका थिए। ती प्रस्तावमा फोहोरमैला व्यवस्थापन, महानगरको सेवा लिन कल सेन्टर सञ्चालन, भौतिक पूर्वाधार एम्बुलेन्स लगायत सुरू गर्ने एजेन्डा थिए।, एजेन्डाको चौथो बुँदा सार्वजनिक शौचालयको व्यवस्थाबारे थियो। काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय भएको छ। यसका लागि चिकेन स्टेसन, बर्गर स्टेसन लगायत केही होटल तथा रेस्टुरेन्टसँग छलफल गरिसकेको मेयर बालेनले बैठकमै बताए।, 'यसले रेस्टुरेन्टको व्यवसाय बढ्न सक्छ। शौचालय प्रयोग गर्न जानेले एक कप चिया खान सक्छन् तर खानैपर्छ भन्ने छैन,' मेयरको शपथ लिएकै दिनको बैठकमा उनले भने, 'यो उनीहरूको तर्फबाट सर्वसाधारणलाई दिइने सेवा हो।', बालेनले यसो भनेको दुई दिनभित्रै काठमाडौंको ठमेलस्थित एक रेस्टुरेन्टले आफूकहाँ भएको शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको सूचना दियो।, यो सकारात्मक सुरूआत हो। मेयर बालेनका अनुसार महानगरले सार्वजनिक शौचालय सञ्चालन हुने होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पमा साइनबोर्ड राख्नुका साथै टाढैबाट देखिने रातो बत्ती जडान गरिनेछ। त्यस्ता शौचालयलाई महानगरले प्रमाणित गरेर गुगल-म्यापमा सूचना दिनेछ। नि:शुल्क सेवा दिएबापत होटल-रेस्टुरेन्टलाई के सुविधा दिने भन्ने निर्णय भने महानगरले गरिसकेको छैन।, बालेनले बैठकमा आफ्ना एजेन्डा प्रस्ताव गरेपछि उपमेयर सुनिता डंगोलले रेस्टुरेन्ट-होटलमा निःशुल्क शौचालय सेवा दिने आइडिया महानगरले पहिले नै ल्याएको बताइन्। यो सेवा सुरू गर्न खोजे पनि कार्यान्वयन भएको थिएन।, करिब तीन वर्षअघि महानगरले 'स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज' नामको प्रतियोगिता गराएको थियो। त्यसमा काठमाडौंका समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे नयाँ आइडिया ल्याउनुपर्थ्यो। उक्त प्रतियोगितामा प्रथम भएको आइडिया नै यही थियो।, 'यो आइडियाको प्रस्ताव अहिले पनि छ। त्यसलाई हेर्यौं र आइडिया सुधार गर्दै लग्यौं भने काम गर्न झनै छिटो हुन्छ,' उपमेयर सुनिताले बैठकमा भनिन्।, उक्त आइडियाका सर्जकहरूसँग सेतोपाटीले तीन वर्षअघि कुराकानी गरेर स्टोरी गरेको थियो।, भक्तपुरका विनय महत र उनका साथीहरू मिलेर 'एनी टाइम ट्वाइलेट' नामक मोबाइल एप बनाएका थिए। त्यही एपले प्रतियोगिता जितेको थियो। एन्ड्रोइड फोनमा चलाउन सकिने उक्त एपमा आपत परेका बेला कहाँको शौचालय जान सकिन्छ भनेर हेर्न सकिन्छ। एपमा सूचीकृत ठाउँमा सहजै शौचालय प्रयोग गर्न सकिने व्यवस्था हुन्छ। तर यो सेवा आधिकारिक रूपमा सञ्चालन र कार्यान्वयन हुन नपाई बन्द भयो।, एप निर्मातामध्ये एक विनय महतसँग हामीले बिहीबार फेरि कुरा गर्यौं। यो आइडिया कार्यान्वयन हुन नसक्नुका तीनवटा कारण रहेको उनी बताउँछन्।, पहिलो, कोरोना महामारी।, 'हामीले सन् २०२० मा हुन लागेको पर्यटन वर्षमा यो आइडिया सञ्चालनमा ल्याउने सोचेका थियौं। तर कोरोनाका कारण कार्यान्वयन हुन पाएन। काम नभएपछि हाम्रो समूह अलग्गियो,' विनयले सेतोपाटीसँग भने। उनी आफैं पनि अध्ययनका लागि अस्ट्रेलियाको मेलबर्न पुगिसकेका छन्।, विनय महत, दोस्रो कारण– सेवा दिएबापत रेस्टुरेन्ट-होटलहरू लाभान्वित हुन नसक्नु।, एनी टाइम ट्वाइलेटले राष्ट्रिय परियोजना आयोगसँग मिलेर आफ्नो काम गरेको थियो। महिना दिनमा होटल-रेस्टुरेन्टलाई शौचालय सफा गर्न चाहिने ब्रस, हर्पिकजस्ता सामग्री प्रदान गर्ने कुरा थियो। तर त्यो कामले निरन्तरता पाएन।, 'त्यति बेला हाम्रो दिगो रूपमा काम गर्ने आधार बनिसकेको थिएन। त्यसैले ती सबै सेवा आफैं दिऊँ न त भन्ने क्षमता पनि भएन,' विनयले भने।, अर्को कारण यो सेवा दिन रेस्टुरेन्ट-होटललाई प्रेरणा नमिल्नु।, कुनै पनि रेस्टुरेन्ट, होटल सञ्चालकले आफूकहाँ भएको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिन्छु भन्ने सोचेको हुँदैन। शौचालय उनीहरूको ग्राहकका लागि हो। अरू मान्छे आफैं पनि यस्ता ठाउँका शौचालय प्रयोग गर्न पाइन्छ भन्ने सोच्दैनन्। हिचकिचाउँछन् पनि। यो स्वाभाविक हो। त्यसैले यस्ता शौचालयलाई सेवामूलक बनाउन मुश्किल हुन्छ।, 'हामीले यो काम सेवामूलक होला, मान्छेहरू होटल-रेस्टुरेन्टको शौचालय प्रयोग गर्न जालान् भन्ने सोचेका थियौं, त्यसो भएन,' उनले भने।, विनय र उनका साथीहरूले कलेज पढ्दाताका यो आइडिया फुराएका थिए। उनीहरू सेन्ट जेभियर्समा 'बिएसडब्लु' (ब्याचलर्स इन सोसियल वर्क) पढ्दै थिए। पढाइअन्तर्गत विभिन्न प्रतिस्पर्धामा सहभागी भइरहन्थे। एकपटक आइसेक नेपाल नामको संस्थाले 'एक्सन फर एसटिजी (सस्टेनएबल डेभलपमेन्ट गोल)' प्रतिस्पर्धा गर्यो।, उनीहरूले स्वच्छ वातावरण विधा छाने र एउटा अवधारणा बनाएर बुझाउने तयारीमा थिए। अन्तिम समयमा उनीहरूको योजना फेरियो। चिया खाँदै आइडियाबारे कुरा गर्दा काठमाडौंमा शौचालय समस्याको कुरा निस्कियो।, विनयले आफूलाई जन्डिस हुँदा धेरै पानी खानुपरेको र बारम्बार शौचालय जानुपर्दाको आपत सम्झे। उनीहरूले शौचालयसम्बन्धी काम गर्ने योजना बनाए।, छलफलपछि उनीहरूले निचोड निकाले- एउटा एप बनाउने। सुरूमा रेस्टुरेन्टहरूसँग सम्झौता गर्ने र आफ्नो एप प्रयोगकर्तालाई रेस्टुरेन्टसँग निःशुल्क सहकार्य गराइदिने। यसको बदलामा रेस्टुरेन्टको ब्रान्डिङ हुने उनीहरूले सोचे।, यसनिम्ति महानगरपालिकासँग प्रस्ताव राख्ने र शौचालय समस्यामा सहयोग गरेबापत रेस्टुरेन्टहरूले केही छुट पाउने व्यवस्थाका लागि पहल गर्ने योजना बन्यो।, उनीहरूले यही योजना एक्सन फर एसटिजीको प्रतिस्पर्धामा उतारे र विजेता बन्दै ५० हजार रूपैयाँ जिते। त्यही पैसाले एप बनाएर गुगल प्लेस्टोरमा राखे। केही होटल-रेस्टुरेन्टसँग कुरा गरेर मनाए।, यसरी बिस्तारै आफ्नो काममा लागिरहेका उनीहरूलाई एउटा राम्रो अवसर जुर्यो। काठमाडौं महानगरले 'स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८' आयोजना गर्यो। विभिन्न विधाका समूह विजेता बन्दै सात लाख रूपैयाँ जिते।, त्यसपछि अझ तीव्र रूपमा काम गर्ने र एप सुधार्दै लैजाने योजना थियो उनीहरूको। काठमाडौं उपत्यकामा एनी टाइम ट्वाइलेटमार्फत होटल-रेस्टुरेन्ट र अन्य ठाउँ गरी करिब १५० शौचालय प्रयोग गर्न पाउने गरी सहकार्यसमेत गरेका थिए।, तर विनयले भनेझैं कोरोना महामारी, कार्यान्वयनमा सहकार्यको अभाव र होटल तथा रेस्टुरेन्टलाई यो सेवा दिएबापत् प्रेरणा मिल्ने कुनै कामकारबाही नहुनाले योजना सफल भएन।, अहिले महानगरले यही योजना फेरि सुरू गर्ने भनेको छ। यसमा पहिले आफूहरू असफल भए पनि असम्भव नभएको विनय बताउँछन्।, 'होटल-रेस्टुरेन्टसँग सहकार्य गरेर, उनीहरूलाई प्रेरणा दिएर गर्न सकिन्छ। सेवा दिनेलाई फोहोर, सुरक्षा लगायत विविध समस्या भने हुन्छ,' यी सबै कुरा समेटेर अगाडि बढ्नुपर्ने भन्दै उनले आफ्नो अनुभवको आधारमा सुझाव दिए, 'सबै होटल-रेस्टुरेन्टको मुख्य उद्देश्य राम्रो खाना दिनु हो, शौचालय बाँड्नु होइन। त्यसैले उनीहरूलाई कसरी लाभान्वित गर्ने भनेर सोच्नुपर्छ। नभए यो सेवा केही समयका लागि मात्र हुनेछ।', यो सेवा सञ्चालननिम्ति आफूहरूले बनाएजस्तो एप वा डिजिटल प्लेटफर्मको महत्वपूर्ण भूमिका हुने उनी बताउँछन्।,
कसरी आयो रेस्टुरेन्टमा सार्वजनिक शौचालय चलाउने आइडिया?
|
रासस कैलालीको टीकापुरमा जथाभावी निर्माण सामग्री राख्नाले नागरिकको स्वास्थ्यमा समस्या पर्न थालेको छ।, सहरका अधिकांश खुला मैदान ढुंगा, बालुवा र माटोले भरिएका छन्।, वरिपरि घर, बीचमा रहेका खुला मैदानमा बालुवा र ढुंगा थुपार्दा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको जनाइएको छ। टीकापुरको सिटी बसपार्कसहित टीकापुर अस्पतालको परिसर र विभिन्न ब्लकमा रहेका खुला मैदान ढुंगा, माटो र बालुवाले भरिएका छन्। , यसरी ढुंगा, माटो र बालुवा थुपार्दा स्थानीयलाई हिँड्डुल गर्नसमेत समस्या हुन थालेको छ।, यसरी थुपारिएका निर्माण सामग्री हावाहुरीले उडाउँदा घरभित्र पस्ने गरेको स्थानीय बताउँछन्। बालुवा र माटो उड्दा घरभित्रै बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।, खुला क्षेत्रमा बालबालिका खेल्न सक्ने वातावरणसमेत नरहेको स्थानीयको गुनासो छ। स्थानीयले बारीमा लगाएका तरकारीसमेत धुलोधुवाँले नष्ट हुन थालेका छन्। यसरी थुपारिएका सामग्री राख्दा र उठाउँदा ध्वनि प्रदूषण भई रातिको समयमा सुत्नसमेत समस्या हुने गरेको स्थानीय रामप्रसाद ढुंगानाले बताए।, ‘सिटी बसपार्क भने पनि बस आउँदैनन्, बस बिसौनी भएको ठाउँमा बालुवाको थुप्रो छ’, उनले भने, ‘नगरपालिकाले निर्माण सामग्री राख्ने उचित स्थानको व्यवस्था गर्नुपर्छ।’, उनले खुला ठाउँमा निर्माण सामग्री नराखभन्दा कतिपयले व्यक्तिगत दुश्मनीका रूपमा लिने गरेको बताए। , खुला मैदानमा मानिस साँझ र बिहानको समयमा रमाउने, हरियाली, बगैंचा भएको वातावरण बनाइनुपर्ने हो तर त्यसो हुन सकेको छैन। जसले गर्दा मानिसलाई खुला ठाउँमा हिँड्नसमेत समस्या हुने गरेको स्थानीयबासी खगेन्द्र विनाडीको गुनासो छ।, ‘मानव बस्तीको बीचमा माटो, बालुवा र ढुंगाको थुपार्नु सरासर गलत हो’, उनले भने, ‘धुलोले नागरिकलाई पार्ने असरका बारेमा निर्माण सामग्री राख्ने व्यक्तिले पनि बुझ्दैनन् र स्थानीय सरकारले पनि चासो देखाएको छैन।’,
,
यसरी राखिएका निर्माण सामग्रीले प्रदूषण बढाउँछ। यसले वायु प्रदूषण, पानीमा प्रदूषणसमेत बढाउने भएकाले रुघाखोकी, श्वासप्रश्वासको समस्या, निमोनिया हुनसक्ने जोखिम रहन्छ। पानी र खाना दूषित हुँदा झाडापखाला लाग्ने, हेपाटाइटिसको समस्या, छाला तथा पेटको समस्या हुनुका साथै बालीनालीमा नोक्सान हुने टीकापुर अस्पतालका चिकित्सक संवाद खरेल जानकारी दिए।, ‘मानिस निरोगी रहन धुलोधुवाँबाट टाढा रहने, बाहिरबाट आउने बित्तिकै हातखुट्टा धुने, मास्कको प्रयोग गर्नेजस्ता कुरामा ध्यान दिन आवश्यक छ’, उनले भने, ‘गर्मी मौसममा पनि रुघाखोकी र श्वासप्रश्वासका समस्या भएर बालबालिका उपचारमा आउने गरेका छन्।’, टीकापुर नगरपालिकाले जथाभावी निर्माण सामग्री राखिएपछि गत वर्ष जथाभावी निर्माण सामग्री राख्नेको विवरण संकलन गरेको थियो।, संकलनपछि निर्माण सामग्री थुपार्नेलाई नगरपालिकामा बोलाएर १५ दिने अल्टिमेटम दिए पनि सामग्री नहटाएको र यसपछि नगरपालिकाले कारबाही प्रक्रियाअघि नबढाएको नगर प्रहरीका संयोजक पहल शाहले बताए। , टीकापुर नगर प्रमुख रामलाल डगौरा थारुले खुला मैदानमा भएको अतिक्रमण हटाएर टीकापुरलाई हरियो सहर बनाउने जानकारी दिए।, ‘कार्यभार सम्हाल्दा नै टीकापुरलाई हरियो सहर बनाउने निर्णय गरेका छौं, अब सबै अतिक्रमण हटाएर सबै खुला मैदानमा वृक्षरोपण गरिनेछ’, उनले भने, ‘अब खुला मैदानमा आँप, लिची, अम्बा, फूल रोपेर बगैंचा बनाउने काम सुरू हुन्छ। सबै खुला मैदान मानिस रमाउने खालका उद्यानका रूपमा विकास हुनेछन्।’ ,
सडकमा जथाभावी निर्माण सामग्रीको थुप्रो, सर्वसाधारणलाई हिँड्नै समस्या
|
सेतोपाटी संवाददाता सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ।, वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्।, स्थानीय चुनावको तयारी गर्नुअघि महतो विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयमा काम गर्थे। उनी बागमती प्रदेशका संयोजक थिए।, चुनावका लागि उनी गत असोजदेखि गाउँमै बस्न थालेका थिए। गाउँमा बस्दा कलिला नानीहरूले भागेर विवाह गर्ने गरेको आफूले देखेको उनले बताए।, ‘यहाँ ६०/७० प्रतिशत बालविवाह हुन्छ। त्यसमा पनि भागी विवाहको अवस्था भयावह छ। १४-१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ,’ महतोले भने,‘५० हजार रुपैयाँ दिने निर्णयले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ।’, एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश जान्छ।, ‘यसले दिर्घकालीन समाधान दिन सक्छ। हिसाब गर्दा गाउँपालिकालाई पनि त्यति ठूलो आर्थिक भार पर्ने दखिन्न,’ अध्यक्ष महतोले भने।, बालविवाह एवं भागीविवाह नियन्त्रण गर्न र छोरीलाई धेरैभन्दा धेरै पढाउन समुदायका सबै पक्षसँग छलफल थाल्ने उनले बताए।, ‘आखिर यो समस्या किन बढ्दैछ। समाधान कसरी गर्ने विषयमा विद्यार्थी, अभिभावक, समाजका अगुवा, प्रहरी, प्रशासन सबैसँग अन्तरक्रिया गर्छौं र समाधानको उपाय खोज्छौं। शिक्षाको स्तर यहाँ जर्जर छ, विद्यालयमा अनुशासन छैन त्यसले पनि समस्या बढको छ,’ महतोले थपे।, यो कार्यक्रम नयाँ आर्थिक वर्षदेखि लागू हुनेछ।, अध्यक्षका हैसियतमा आफ्नो पहिलो प्राथमिकता नै गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार रहेको उनले बताए।, ‘बाहिरबाट जसरी हेटौंडा, काठमाडौं, विराटनगरमा इन्ट्रान्स दिएर सरकारी स्कुल पढाउन जान्छन्, त्यसरी नै यहाँ पनि गाउँका मात्र होइन बाहिरका विद्यार्थी पढ्न आउने वातावरण बनाउँछु,’ महतोले भने, ‘१२ कक्षासम्म गाउँमै विद्यार्थीले विज्ञान पढ्न पाउनेछन्। साइन्स सम्भव नभए तत्काल एजुकेसन र म्यानेजमेन्टमै भए पनि ब्याचलर्स लेभलको पढाइ पनि गाउँबाटै सुरू गर्छु।’, अध्यक्ष महतोले आफ्नो दोस्रो प्राथमिकतामा स्वास्थ्य सेवा रहेको बताए।, ‘सुविधा र राम्रो उपचार नहुँदा स्वास्थ्य संस्थामा सेवा लिन कसैले मान्दैन। अबदेखि सरकारी संस्थामा सबै उपचार पाइने अवस्था बनाउँछु,’ उनले भने, ‘जनरल फिजिसियन र सर्जन लेभेलको डाक्टर यहीँ राख्ने हाम्रो सोच छ। विशेषज्ञ सेवा सधैँ सम्भव छैन। तर ३/३ महिनामा नियमित रूपमा राख्न सकिन्छ।’, रोजगारी उनको तेस्रो प्राथमिकतामा छ। धेरै पोखरी र तरकारी खेती हुने गरेकाले यहाँ कृषिको राम्रो सम्भावना रहेको उल्लेख गर्दै महतोले त्यसै अनुसारका रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको सुनाए।, ‘कृषि उद्योग यहाँ स्थापना गर्न सकिन्छ। कृषिलाई आधुनिकिरण र व्यवसायीकरण गर्नुछ। उत्पादनलाई जिल्लाभित्र मात्र नभई काठमाडौं र अन्य सहरमा पनि पुर्याउनु छ,’ उनले भने।,
१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार दिने
|
सेतोपाटी संवाददाता गत जेठ १५ गते पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको नाइन एनएईटी ट्वीनअटर विमान दुर्घटनामा पर्यो। , आइतबार सम्पर्कबिहिन भएको जहाज भोलिपल्ट मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।, जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिकको निधन भयो। दुर्घटनामा निधन भएकाको शव पोस्टमार्टम गरेर बिहीबार परिवारलाई जिम्मा लगाइएको छ। , घटना अझै सेलाएको छैन। हरेक नेपालीहरू शोकमग्न र त्रसित छन्। अहिले नेपालमा रहेको प्रिमनसुनका कारण पनि हवाई यात्रा गर्न आनाकानी गर्ने अवस्था सिर्जना भएको छ। लगभग अबको दुई महिना नेपालमा प्रिमनसुन रहनाले हवाई यात्रामा कठिन हुने निश्चित छ। त्यसो त नेपालको मौसम अन्य सिजनमा पनि फरक फरक हुनसक्छ। , नेपाल हिमाल, पहाड र तराईका क्षेत्रमा बाँडिएकाले पनि मौसम यस्तै भइहाल्छ भन्न सकिहाल्ने अवस्था छैन। मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटना आलो र प्रतिकात्मक दुर्घटना हो। यसअघि पनि धेरै विमानहरु प्रतिकुल मौसमका कारण दुर्घटना भएका छन्। यद्यपी जोमसोमका लागि उडेको तारा एयरको विमान प्रतिकुल मौसमका कारण नै भएको हो भन्ने अनुमान मात्रै छ, यो अनुसन्धान पछि आएको आधिकारिक जानकारी भने होइन। , सरकारले घटनाको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाएको छ। अबको केही दिनमा नै छानबिन समितिले यसबारेमा जानकारी गराउने छ। , जोमसोम उडान भरेको तारा एयरको विमान दुर्घटनालाई लिएर विज्ञहरुले विभिन्न तर्कहरु अघि सारेका छन्। कसैले खराब मौसम त कसैले पुरानो विमानलाई दुर्घटनाको कारण पहिल्याएका छन्। , यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व अध्यक्ष राजकुमार क्षेत्रीले पोखराबाट जोमसोम उडान गरेको तारा एयर मौसमका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने बताए। , नेपालको मौसमको भर नहुने भएकोले मौसमलाई ध्यान दिएर मात्रै उडान भर्नुपर्ने अवस्था रहेको बताएका छन्।, उनले अब सरकार र विमानस्थल साथै सम्बन्धित निकायले मौसम छलेर कसरी सुरक्षित उडान गर्ने भन्ने कुरामा सोच्न आवश्यक रहेको बताए। , उनले खराब मौसम छल्न कुन उपाय गर्ने? जस्ता कुराहरु विस्तृत रुपमा अध्ययन गरेर सरकार, मौसम विभाग र विमानस्थलले सामुहिक रुपमा कार्य गर्नुपर्ने बताए।, ‘दुर्घटना हुनु नै राम्रो कुरा होइन। यद्यपि हाम्रोमा केही बढीजस्तो देखिएको छ। तर हाम्रो टोपोग्राफिकल कण्डिशन, वेदरको प्याट्रन छिनछिनमा चेन्ज हुने, ठाउँठाउँमा चेन्ज हुने, यी कुराहरुले हाम्रोमा अलि धेरै दुर्घटना अन्य देशको तुलनामा धेरै देखिएको मात्रै हो,’ उनले भने।, उनले दुर्घटना हुनु दुखद् भएको तर दुर्घटना के कति कारणले भयो? मानवीय त्रुटी थियो वा मौसम बाधक थियो, ट्रेनिङको कमी थियो भन्ने बारेमा सरकारबाट विस्तृत अध्ययन गरेर दुर्घटना हुन नदिने पहल चाल्न आवश्यक रहेको बताए।, उनले छानबिन समितिले दिएको प्रतिवेदन पाइलट, विमानस्थल, सिभिल एभेसन लगायत सरोकारवाला सबै निकायहरुले पालना गर्नुपर्ने बताए। , पूर्व अध्यक्ष क्षेत्रीले पछिल्लो समय अध्ययन समितिले पूरा अध्ययन गरेर मात्रै प्रतिवेदन दिने गरेको र अब सबै समसामयिक कुरालाई ध्यानमा राखेर काम अघि बढाउन आवश्यक रहेको बताए।, ‘दुर्घटना जहाँकहीँ हुन्छ तर के कारणले भयो? मानवीय वा प्राविधिक त्रुटी के हो ? मौसम बाधक हो कि, पाइलट वा त्यसमा सहभागी जनशक्तिको ट्रेनिङको कमी हो कि? के हो त्यो कुरालाई हामीले राम्रोसँग छानबिन समिति गठन भएको छ, उहाँहरुले राम्रोसँग केलाएर दिनुपर्छ । त्यो कुरालाई नियामक निकाय एयरलाइन्स, सिभिल एभेसनले सबैले लागू गर्नुपर्छ। मैले आफूले काम शुरु गर्दा सुनेको थिएँ, छानबिन समितिले दिएको रिपोर्ट घर्रामा राखिन्छ। हेर्दा पनि हेरिँदैन, फेरि त्यही घटना दोहोरिन्छ,’ उनले भने, ‘तर मैले काम गर्न थालेपछि के देखेँ १५/१६ वर्ष यता समितिले काम गर्दा पनि पर्फेक्ट गर्नुभएको छ । उहाँहरुले दिएको रिपोर्टलाई लुकाउन मिल्दैन। दोस्रो कुरा लागू पनि गर्नुपर्ने हुन्छ । त्यो कुरा लागू नभए सिभिल एभेसनलाई पनि आरोप आउँछ। विगतमा के भयो थाहा छैन अब लागू हुन्छ। के कति कारणले दुर्घटना भएको छ, त्यो कारणलाई नदोहोरियोस् भनेर हामीले हेक्का राख्नैपर्छ । समसामयिक सुधार गर्नुपर्छ।’, उनले एयरलाइन्स बिजनेसमा एयरलाइन्स भन्दा पनि नियामक निकायको बढी भूमिका रहने भन्दै नियामक निकायले अनुसन्धान कार्य गरिरहेको बताए। अहिले भइरहेको नियामक निकायलाई अझै प्रभावकारी बनाइ सुधार गर्नुपर्ने बताए। पछिल्लो समय पाइलटमाथि विमान संस्थाले दिने गरेको दबावलाई उठाइए पनि पाइलटलाई दबाव दिने काम कुनै एयरलाइन्सबाट नहुने उल्लेख गरे।, पूर्व अध्यक्ष क्षेत्रीले नेपालमा १५ वर्षभन्दा पुरानो रेजिस्टर भएको विमान ल्याउन नपाइने कानून बनेको र विमान पुरानो नहुने बरू त्यसको लाईफ टाइम हुने बताए। उनले मौसमविज्ञान, विमानस्थल टावर र पाइलटबीचमा इन्टर रिलेशन कम हुँदै गएको बताए , यता वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा पनि पुरानो विमानका कारण दुर्घटना हुन नसक्ने बताउँछन्। उनले पुरानो विमानका कारण दुर्घटना नहुने र विमान पुरानो अर्थात् उड्ने समय सकिएपछि चल्दै नचल्ने अवस्थामा पुग्ने दाबी गर्छन्।, ‘एयरक्राफ्ट बुढो हुँदैन, समय सकिएपछि चल्दै चल्दैन। उहाँसँग थुप्रै अप्सनहरु थिए। प्रभाकर घिमिरे आफैं नै तारा एयरको सेफ्टी डाइरेक्टर हुनुहुन्थ्यो। सेफ्टीको बारेमा राम्रो व्याख्याता हुनुहुन्थ्यो। सेफ्टी भनेको क्लाउडबाट हटाउने मात्रै होइन, आज मलाई सन्चो छैन वा मलाई मन लागेन भनेर पनि अरू कसैले फ्लाइट गर्यो भने त्यो पनि सेभमा पर्छ। एयरलाइन्सले प्रेस दिएर कोही पाइलट उड्दैन।’, उनले विश्वका घटनाहरु हेर्दा पनि मात्र ८ वर्ष पुराना एयरक्राफ्टहरु ४० प्रतिशत दुर्घटना हुने गरेको तथ्यांक रहेको बताए। उनले उडान भरिसकेपछि सबै अधिकार पाइलटको हातमा हुने भएकोले समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा प्राविधिक कुरा नरहेको बताए। , पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणले वर्षमा दुई पटक एयर ट्राफिक कन्ट्रोलरको तर्फबाट सिभिल एभेसनले परीक्षणमुलक कार्यक्रम सञ्चालन गरिरहेको र त्यसमा अझै सुधार गर्नुपर्ने पूर्व अध्यक्ष क्षेत्रीले बताए।, ‘इन्टर रिलेशन कम भएकै हो। मौसमविज्ञानको प्राविधिक टिमसँग, एयरलाइन्सका क्याप्टेन, इन्जिनियरसँग, सिभिल एभेसनसँग समयमै जानकारी नहुने समस्या भएको हो । टिआईएमा हामीले अहिले वर्षमा दुई पटक एयर ट्राफिक कन्ट्रोलरको पार्टबाट सिभिल एभेसनले एउटा इन्ट्रयाक्शन कार्यक्रम राखेको हुन्छ’, उनले भने, ‘त्यसमा सम्बन्धित एयरलाइन्सको पाइलटहरु, इन्जिनियर र मौसम विभागको टिमहरुको कार्यक्रम हुन्छ। त्यसमा केमा सुधार गर्ने भन्ने कुरा हुन्छ। यसमा पनि त्यतिले हुँदैन। कमीकमजोरीलाई कसरी परिपूर्ति गर्ने? जहाज उडेपछि गन्तव्यस्थलसम्मको रुटमा कुन ठाउँमा जोखिम छ? त्यो ठाउँमा सबै मिलेर एउटा क्यामेराको व्यवस्था गर्नुपर्छ।’, उनले अगाडि भने, ‘टावरसँग, पाइलटको ककपिटमा कनेक्ट हुनुपर्छ। अब हामी वेदर बिग्रियो फ्लाइट नै क्यान्सिल गरेर बसेर पनि हुँदैन। बरू यसमा डाउट लागेमा क्यान्सिल गर्ने, ड्राइभर्ट गर्ने गर्नुपर्छ। नयाँ टेक्नोलोजीलाई विकास गरेर कसरी सुरक्षित बनाउने त्यसमा पनि हामी जानुपर्छ। हाम्रो सेफ्टी पहिलाभन्दा राम्रो भएको छ।’, पाइलटको सेफ्टीमा कहिल्यै पनि कसैले जोखिम नमोल्ने उनले जिकिर गरे। जोमसोम उडान गरेको विमानमा क्याप्टेन (स्व. प्रभाकर घिमिरे) स्वयं नै स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टको विज्ञ रहेको उनले बताए। उनले नेपालमा स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टमा विज्ञ स्व. पाइलट घिमिरेसरहको कमै भएको दाबी गरे। , मौसम पूर्वानुमान महाशाखा र विमानस्थल टावरले मौसमसम्बन्धी पूर्ण रिपोर्ट दिएको तर बीचमा अचानक आएको प्रतिकुल मौसमलाई तालमेल गर्न नसक्दा दुर्घटना भएको हुनसक्ने उनले बताए।, ‘अर्को कुरा पाइलटको सेफ्टीको कुरा हो। सेफ्टीमा हामी कम्परमाइज गर्दैनौं। सेफ्टी हाम्रो परमकर्तव्य हो। त्यसमा कम्परमाइज गरेपछि एभिएसन अपरेटर पनि रहेन। त्यो पाइलट पनि रहेन । जोमसोम उडेको घटना भन्ने हो भने उहाँ क्याप्टेन प्रभाकर घिमिरे त्यो स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टमा विज्ञ नै हो। उहाँ जत्तिको विज्ञ सायदै छन्,’ उनले भने, ‘अन फर्चुनेट्ली घटना भयो। उहाँले मेट्रोलोजी डिपार्टमेण्टले दिएको मौसम वा टावरले दिएको मौसम रिपोर्टहरु पूर्ण छन् तर रिपोर्टहरु अचानक फेरियो। इनरूटमा त्यो वेदरलाई उहाँले पूर्ण रुपमा म्यानेज गर्न सक्नुभएन।’, अध्यक्ष थापाले नेपालको मौसम बुझ्नसक्दा सम्पति र बुझ्न नसक्दा समस्या हुने किसिमको रहेको बताए। उनले स्व. क्याप्टेन घिमिरेले इनरूटमा अचानक आएको प्रतिकुल मौसमको अवस्थालाई म्यानेज गर्न नसक्दा यो दुर्घटना भएको हुनसक्ने बताए।, उनले इनरुटमा आएका समस्याहरुको पाइलट स्वयंले नै समाधान गर्नुपर्ने र गर्नसक्ने बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले मुस्ताङमा भएको विमान दुर्घटनाप्रति दुःख प्रकट गर्दै पाइलटले खराब मौसममा नपसेर नजिक रहेको पोखरा फर्किने वा वागलुङको विमानस्थलमा जाने प्रक्रिया चाल्न सकेको भए दुर्घटनाबाट बच्न सकिने बताए।, उनले स्व. पाइलट घिमिरे तारा एयरको सेफ्टी डाइरेक्टर भएको र जुनकुनै विमानको पाइलटले उडान भर्ने वा नभर्ने, क्लाउडमा पस्ने नपस्ने, इनरूट परिवर्तन गरेर क्लाउड क्षेत्र (बादलले घेरेको) पार गर्ने वा मौसम अनुकुल नभए उडान भर्दिनँ भन्ने अधिकारसमेत पाइलटकै हातमा रहेको बताए।, ‘यो घटनामा इनरुटमा जाँदाको अवस्थामा उहाँले वेदरलाई पूर्ण रुपमा म्यानेज गर्न सक्नुभएन भन्ने नै लाग्छ। यदि त्यस्तो थियो भने उहाँले डाइभर्ट गर्न सक्नुहुन्थ्यो। नजिकका एयरपोर्ट पोखरा वा वागलुङ फर्किन सक्नुहुन्थ्यो। त्यो उहाँले गर्नुभएन कन्टिन्यु गर्नुभएछ’, उनले भने, ‘त्यो गर्दागर्दै एयरक्राफ्टमा जडित जिपीडब्ल्यूएस हुन्छ। ग्राउण्ड प्रोक्षिमिटि वार्निङ सिस्टम हुन्छ। त्यसले चेतावनी दिएपछि उहाँले करेक्शन गर्न खोज्दा दुर्घटना भयो भन्ने हाम्रो बुझाई छ। यो टोटल्ली फ्लाइटको कमाण्ड पूरा उडानभर पाइलटकै हुन्छ। पाइलट कमाण्डको डिसिजन नै अन्तिम डिसिजन हुन्छ।’, अध्यक्ष थापा उडान भरिसकेपछिका समस्या अनुभवको आधारमा नै समाधान गर्नुपर्ने बताउँछन्। उनले हरेक विमानको आफ्नै लाईफ हुने भएको र तोकेको समयपछि विमान चल्न नसक्ने बताए।, ‘८ वर्ष पुराना भएका एयरक्राफ्टको रेस्युमा ग्लोवली हेर्दा पनि ४० प्रतिशत दुर्घटना भएको ८ वर्ष पुराना एयरक्राफ्ट छन्। यो ह्युम्यन रिलेटेडको आधारमा सञ्चालन हुने हो । एयरवर्दी छ भनेर विमान उडाइसकेपछि कम्पनीका मालफंक्शन बाहेकका कुरा टेक्नीकल्ली रिलेटेड हुँदैनन्। ह्युमन रिलेटेड हुन्छन्। यी सबै कुरा पाइलटको म्याच्योरेटीमा भर पर्छ । हरेक एयरक्राफ्टको फरक फरक लाईफ हुन्छ, लाईफ सकिएको दिनबाट विमान चल्दैन,’ उनले भने।, उनले पहिला मनसुनको बारेमा नागरिक उड्डयन प्राधिकरणको पहलमा धेरै जानकारी र अपडेटहरु आउने गरेको भए पनि त्यो क्रमशः कम हुँदै गएको बताए। , उनले एयर ट्राफिक कन्ट्रोलर र पाइलटहरुको बीचमा मौसमको बारेमा जानकारीको कमी हुनु पनि दुर्घटनाको माध्यम बन्न सक्नेतर्फ सचेत गराए।, ‘नागरिक उड्डयन प्राधिकरणकै पहलमा प्रि मनसुन ब्रिफिङ प्रशस्तै हुन्थे। एयर ट्राफिक कन्ट्रोलर र पाइलटहरुको बीचमा त्यो अहिले कम भएको पाएको छु। तत्काल आउने इनरुटका समस्याहरुलाई फेस गर्नेकाम पाइलटको हो,’ उनले भने।, यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ १७ गते उडान गरेको विमानस्थलबाट गन्तव्यस्थलसम्मको इनरुटको मौसम प्रतिकुल भएपछि मात्रै उडान भर्न पाउने बताएको थियो। साथै प्राधिकरणले विमान चालकहरुले उडान भर्दा आफूले पाउने मौसमको अधिकारलाई विमानस्थलको अुनमतिपछि मात्रै उडान भर्न पाउने निर्णय गरेको थियो। त्यस्तै प्राधिरकरणले सम्भावित दुर्घटनालाई कम गर्न हेलिकोप्टरमा पनि दुई जना पाइलट अनिवार्य गर्नुपर्ने बताएको थियो।,
जहाज दुर्घटनाबारे के भन्छन् विज्ञ
|
रासस गत साल निर्माण गरेलगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्ची खोला वारपार गर्न बाध्य थिए।, हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरूलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ।, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल निर्माण भएपछि ती बस्तीमा सहजै आवातजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बताए।, उनका अनुसार गत साल असार र साउनको बाढीले निर्माण गरेको लगत्तै पक्की पुल बगाएकाले ती बस्तीमा तुइनको सहारामा मानिसले आवातजावत गरिरहेका थिए।,
,
स्थानीय बासिन्दाका साथै मुलुककै नमूनाको रूपमा चिनिने मेलम्ची घ्याङ माध्यमिक विद्यालयसमेत रहेको मेलम्ची घ्याङ बस्तीमा टाढा-टाढाका साना विद्यार्थीलाई विद्यालय आउन/जान कठिनाइ परेकोले प्राथमिकतामा राखी तीन महिनामै पुल निर्माण गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।,
,
उनले भने, ‘अब तुइनको जोखिम यात्रा गरेर मेलम्ची खोला तर्नुपर्ने समस्या टरेको छ। यस कार्यका लागी सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभारी छु। यस वर्ष पनि बाढीले पुर्याउन सक्ने क्षतिप्रति हामी सचेत छौं।’, अध्यक्ष शेर्पाका अनुसार उक्त पुल निर्माणपश्चात् बस्तीका बासिन्दा र विद्यालयका विद्यार्थीमात्र नभई मेलम्ची घ्याङको बाटोबाट ठाडेपाटी हुँदै गोसाइँकुण्डसम्म जाने तीर्थयात्री र पर्यटकको लागि पनि सहज भएको छ।,
अब तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु पर्दैन
|
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका-९ सल्ले घर भई मध्यपुर ठिमी नगपालिका-६ बस्ने ५१ वर्षीय ईन्द्रकुमार राईलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनका अनुसार २०७७ साल माघ २४ गते राईले ग्लोबल आइएमई बैंक लिमिटेडको चेक काटेर पीडितलाई दिएका थिए। उक्त चेक बाउन्स भएको प्रहरी उपरीक्षक महतोले बताए।, प्रहरीले राईलाई शुक्रबार चाबहिलबाट पक्राउ गरेको हो।, उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उनलाई गत वैशाख ५ गते चार दिन कैद र १६ लाख ५० हजार रुपैयाँ फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार थिए। , प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेस गरेको जनाएको छ। ,
,
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।, उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन्।, त्यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको उनले बताए।, मेयर शाहले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरू गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।, ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। मल र ग्यास पनि बनाइन्छ। त्यसका लागि ३ महिना लाग्छ। केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ’, उनले भने, ‘बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो। सड्ने र नसड्ने फोहोर छुट्टयाउने। त्यसबाट मल र ग्यास निकाल्ने हो। सड्ने र नसड्ने फोहोर छुट्टयाउन काठमाडौं महानगरपालिकाले घर-घरमा जनचेतना फैल्याउने काम गर्नेछ।’, मेयर शाहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरे।, त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे। , स्थानीयको सबै समस्या समाधान हुने र फोहोर विसर्जन गर्न अवरोध गर्न नहुने उनको भनाइ थियो।, मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटक/पटक दोहोर्याए।, यता, स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका छन्। ,
काठमाडौंका मेयर शाहले भने- एक हप्ताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउँछौं
|
विवेक राई फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई पाँच वर्षअघि सगरमाथाको आधार शिविर जाने अवसर जुर्यो। हिमाली जिल्ला गोरखामा जन्मे हुर्के पनि त्योभन्दा अगाडि उनले कहिल्यै हिमाल टेकेकी थिइनन्।, त्यसैले पूर्णिमा सगरमाथा आधार शिविर जाने कुराले हौसिएकी थिइन्। तर जुनबेला उनी आधार शिविर पुगिन्, उनलाई सेताम्मे हिमश्रृंखलाले मात्र लोभ्याएन, एक्कासि हिमाल चढ्ने हुटहुटी जागेर आयो।, 'एक वर्ष त मैले सगरमाथाभन्दा अरू केही पनि देखिनँ। कसरी सगरमाथा जाने भन्ने मात्र दिमागमा थियो। त्यतिधेरै भूत चढेको थियो,' त्योबेला स्मरण गर्दै उनले सुनाइन्। , तर हिमाल चढ्न इच्छा गरेर मात्र हुँदैन भन्ने पूर्णिमालाई राम्रो थाहा थियो। किनभने हिमालमा जाँदा लाग्ने खर्चबारे उनी पहिल्यै जानकार थिइन्। त्यसमाथि सामान्य किसान परिवारमा जन्मेकी उनका लागि हिमाल चढ्ने खर्च बन्दोबस्त गर्न चानचुने कुरा थिएन। उनी दिनरात खर्च कसरी जुटाउन सकिन्छ भनेर सोच्थिन्। फोटो पत्रकारिताबाट आएको पैसा खानपानमै ठिक्क थियो। त्यसैले उनले अरूबाट सहयोग लिनुको विकल्प ठानिनन्।, त्यसका लागि उनले सुरूमा आफ्नो जिल्लालाई सम्झिइन्। आफ्नो ठाउँको चलेका नेता, व्यवसायी, समाजसेवी सबैलाई भेटिन्। तर तीमध्ये धेरैले उनलाई सहयोग गर्न चाहेनन्। पहिलो कुरा त उनले ज-जसलाई आफू सगरमाथा चढ्न लागेको भनेर सुनाइन्, उनीहरू कसैले पनि उनले हिमाल चढ्न सक्छन् भनेर पत्याएनन्। किनभने पूर्णिमा सानो गाँठीकी थिइन्। , 'गोर्खाली हो, मलाई सहयोग गरिहाल्छन् नि भनेर नेता, व्यवसायीहरूलाई भेटेँ। तर चाहेर पनि उहाँहरूले सहयोग गर्नुभएन। किनभने देख्दा पनि म सानो थिएँ। अनि उहाँहरूले भोलि केही भइहाल्यो भने अपजस मात्र हुन्छ भनेर सहयोग गर्नुभएन,' उनले सुनाइन्। , तर पूर्णिमालाई भने जसरी पनि हिमाल चढ्नु छ भन्ने थियो। त्यसमाथि कसैले नपत्याइरहेको स्थितिमा झन् उनी आफूलाई प्रमाणित गर्नुपर्छ भनेर झन् कस्सिइन्। जसरी हुन्छ खर्च जुटाउनेतिर लागिन्।, खर्च जोहो गर्न त्योबेला खेपेको कष्ट सम्झिँदै उनले भनिन्, 'कसैले कफी खाम न भन्यो भने पनि त्यो कफीको पैसा बरु मलाई दिए हुने नि भन्ने लाग्थ्यो। त्यस्तोसम्म सोच आउँथ्यो।', जेनतेन खर्च जुटेपछि पूर्णिमा सगरमाथा आरोहणका लागि तयारीमा जुटिन्। सगरमाथा चढ्नुअघि ६ हजार मिटर अग्लो हिमाल चढ्नुपर्ने नियम अनुसार कुन हिमाल चढ्ने भनेर सोच्दै थिइन्। तर त्यहीबेला उनको योजनामा फेरबदल आयो।, ६ हजार मिटर हिमाल चढ्नुको सट्टा अर्को कुनै ८ हजार अग्लो हिमाल चढ्ने र पछि नेपालमा रहेका ८ मिटर अग्ला सबै हिमाल चढ्ने योजना बनाइन्। , सगरमाथा चढ्ने योजनाबाट उनको हिमाल आरोहणको सपना झन् ठूलो भयो। तर त्यसका लागि चाहिने ठूलै खर्च चाहिँ कसरी जुट्छ भन्नेमा उनलाई कुनै भेउ थिएन। जसरी हुन्छ हिमाल चढ्ने एकोहोरो सोच मात्र दिमागमा थियो। , ८ हजार मिटरको हिमाल यात्रा पूर्णिमाले आफ्नै गोरखामा रहेको मनास्लुबाट सुरू गर्ने निधो गरिन्। नभन्दै उनले २०७४ मा मनास्लुको सफल आरोहण गरिन्।, मनास्लुको शिखरमा पुग्दाको खुसी पूर्णिमा आज पनि बयान गर्न सक्दिनन्।, 'सात वटा हिमाल चढिसकेको खुसीभन्दा पनि मनास्लुको चुचुरोमा पुग्दाको क्षणले छुट्टै आनन्द दिन्छ। किनभने त्योबेला मलाई कसैले पत्याएका थिएनन्। यतिसम्म कि मैले मनास्लुको फोटो फेसबुकमा राख्दा कति मान्छेले हैन होला भन्दै जूम गरीगरी हेरे रे,' उनले भनिन्। , मनास्लुको सफल आरोहणपछि हिमालप्रतिको मोह पूर्णिमामा झन् बढेर गयो। लगत्तै उनले २०७५ मा सगरमाथाको आरोहण गरिन्। त्यसपछि उनले अन्नपूर्ण र धौलागिरि चढिन्। र अन्नपूर्ण र धौलागिरि चढ्ने उनी पहिलो नेपाली महिला बनिन्। , पछिल्लोपटक भने उनले कञ्चनजंघा, लोत्से र मकालुको आरोहण गरिन्। गएको महिनाभित्र उनले यी तीनवटै हिमालको आरोहण गरेकी हुन्। योसँगै उनले नेपालको ८ हजार मिटर अग्ला हिमाल चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमान कायम गरेकी छन्। , विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छ। ती ८ मध्ये चोयु भने तिब्बततर्फबाट चढ्नुपर्छ। भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन। अब पूर्णिमाले यही एउटा चोयुको आरोहण गर्न बाँकी छ। , उनी भन्छिन्, 'नेपालबाट पनि चोयु खुलाउने कुरा भइरहेको छ। त्यो भयो भने यही वर्षमा चोयु पनि चढ्छु।', नेपालको सबै ८ हजार मिटर अग्ला हिमाल चढिसकेपछि के गर्ने भन्नेमा अहिले कुनै योजना नरहेको पूर्णिमा बताउँछिन्। यद्यपि हिमाल आरोहण क्षेत्र र पत्रकारितालाई भने सँगसँगै लैजाने उनको सोच छ। साथै भोलिका दिनमा राम्रा सहयोग आएको अवस्थामा विदेशको हिमालहरू पनि चढ्ने सोच रहेको उनले बताइन्। , 'नेपालमा यस्तो छ, विदेशमा कस्तो हिमाल होला भन्ने हुन्छ। पछि सबै कुरा राम्रो हुँदै गयो भने विदेशको हिमालहरू पनि चढ्ने सोच छ,' उनले भनिन्।,
विश्वकै अग्ला ७ हिमाल चढेकी साहसी पूर्णिमा (भिडिओ)
|
सेतोपाटी संवाददाता रोल्पा कारागारमा मृत्यु घटनाको अनुसन्धान सुरू गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। , रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको कैदीको मृत्यु भएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले बिहीबारबाट अनुसन्धान सुरू गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।, उनका अनुसार आयोगले उक्त घटनालाई गम्भीर रूपमा लिएको र जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिएर नेपाल सरकार लगायत सम्बद्ध निकायबाट भइरहेका कार्यहरूको नजिकबाट अनुगमन गरिरहेको छ। , पोखरेलले मोबाइल चोरीको आरोपमा नाबालक अवस्थामा कारागार चलान भएका हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेको अवस्थामा आत्महत्या गरेको जानकारी आयोगलाई प्राप्त भएको बताए।, गत मंगलबार गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाइको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो।,
रोल्पा कारागारमा मृत्यु प्रकरण: मानव अधिकार आयोगले गर्यो अनुसन्धान सुरू
|
सेतोपाटी संवाददाता पूर्वपदाधिकारीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णयविरूद्ध नागरिक समाजले पोखरामा प्रदर्शन गरेको छ।, 'राजनीति सेवा हो, पेशा होइन' भन्दै प्रदर्शनकारीले पूर्वपदाधिकारीलाई सुविधा दिने निर्णय खारेज गर्न माग गरेका छन्। , गण्डकी सरकारको जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपदाधिकारीलाई सुविधा दिने कानुनी मस्यौदा बनाउन कार्यदल गठन गरेको थियो।, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक तथा प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ र कानुन मन्त्रालयका सचिव सदस्य छन्।, कार्यदललाई गण्डकीका पूर्वपदाधिकारीलाई के/कस्तो सुविधा उपलब्ध गराउने विषयमा यकिन गर्ने, सुविधा उपलब्ध गराउन नेपाल सरकार र अन्य प्रदेशले पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्थालाई आधार बनाएर कानुन मस्यौदा गर्न मन्त्रिपरिषद्ले कार्यादेश दिएको छ। , प्रदेश सरकारले पूर्वपदाधिकारीका नाममा पूर्वमुख्यमन्त्री, प्रदेशका पूर्वसभामुख र पूर्व प्रदेश प्रमुखलाई सुविधा दिने भनेको छ।, गण्डकीमा हालसम्म एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पूर्वमुख्यमन्त्री छन् भने पूर्व प्रदेश प्रमुख बाबुराम कुँवर र सीता पौडेल छन्।, गण्डकी सरकारले गठन गरेको कार्यदलले दिएको कानुन मस्यौदा सदनबाट पारित भएमा तत्काल उनीहरू तीन जनाले पूर्वपदाधिकारीका नाममा सुविधा पाउनेछन्। , शान्तिका लागि नागरिक समाज सञ्जाल पोखरा र गैरसरकारी संस्था महासंघको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले पूर्वपदाधिकारीलाई राज्यकोषबाट कुनै पनि सुविधा दिन पाइँदैन, बढ्दो मूल्यवृद्धि नियन्त्रण गर, आम नेपालीको चाहना भ्रष्टाचारको अन्त्य, विधिको शासन लगायतका प्लेकार्ड बोकेका थिए।, प्रदर्शनपछि बोल्दै शान्तिका लागि नागरिक समाज सञ्जाल पोखराका पूर्वसंयोजक विष्णुप्रसाद बरालले प्रदेश सरकार पनि जनविरोधी काममा तल्लीन हुन थालेको बताए। , ‘राजनीतिक दलहरू जनताका भावना, दु:ख र वेदनालाई सम्बोधन गर्नुका सट्टा सत्तालाई भागबण्डा लगाएर खान अग्रसर भएका छन्,’ उनले भने, ‘सुविधा लिन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्।’, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले राज्यकोषको दोहन गर्न सरकारपक्ष र प्रतिपक्ष मिलेको आरोप लगाए।, उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष मिलेर राज्यकोष दोहन गर्दैछन्, यसलाई रोक्न नागरिक खबरदारी आवश्यक छ।’,
पूर्वपदाधिकारीलाई सुविधा दिने गण्डकी सरकारको निर्णयविरूद्ध पोखरामा प्रदर्शन
|
सेतोपाटी संवाददाता ठगी मुद्दामा चार वर्षदेखि फरार एक स्वास्थ्य ब्यवसायीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।, सिर्जना मेडिकल हलका सञ्चालक जीवन कुमार केसीलाई पक्राउ गरिएको एसएसपी बसन्त कुँवरले सेतोपाटीलाई जानकारी दिए।, २०७५ सालमा गोकर्ण विष्ट श्रम मन्त्री हुदाँ मलेसिया कामदार पठाउने ३६ मेडिकलहरुमाथि प्रहरीले छापा मारेको थियो।, त्यसबेला उनको मेडिकलमा पनि प्रहरीले छापा मारेको थियो। कामदारसँग चर्को रकम लिएर बायोमेट्रिक गरेको आधारमा उनीमाथि मुद्दा दायर भएको थियो।, त्यसताकादेखि नै फरार उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको महाशाखाले जनाएको छ। उनलाई अदालत बुझाउने तयारी भइरहेको महाशाखाले जनाएको छ।,
ठगी मुद्दामा चार वर्षदेखि फरार एक स्वास्थ्य ब्यवसायी पक्राउ
|
सेतोपाटी संवाददाता कैलालीमा बालिका बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , चुरे गाउँपालिका-६ का २६ वर्षीय दोगेन्द्र विष्टलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार विष्टले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। , आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।,
१४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परी एक महिलाको मृत्यु भएको छ। , मृत्यु हुनेमा सुर्मा गाउँपालिका -१ नाउलाकी ३० वर्षीया सिन्की बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। , उनका अनुसार बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परी बोहराको मृत्यु भएको हो।, प्रहरी नायब उपरीक्षक विष्टका अनुसार उनीसँग रहेका अरू भने भागेर बाँच्न सफल भएका छन्।, मृतक बोहराको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।, बझाङमा वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरू घरमा ताला लगाएर यार्सा संकलनका लागि लेक गएका थिए।,
बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परी एक महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २६ जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , चार हजार ५२८ जनाको पिसिआर र एक हजार ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १११ जना सक्रिय संक्रमित छन्।, शुक्रबार ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए २६ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य
|
नवीनबाबु गुरूङ यस वर्ष अघिल्लो वर्षमा भन्दा केही समयअघि नै वर्षाको मौसम सुरू भएको छ।, वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ। , पानी परे पनि पहाडी भेगमा भने खेत रोपाइँ गर्ने समय अझै आइसकेको छैन भने तल्लो तटीय क्षेत्रमा रोपाइँ सुरू भएको देख्न सकिन्छ। , किसानहरू खेत खन्ने, बिउ बिजन छर्ने, उमार्ने तयारीमा जुटिरहेका छन्।, राजधानी वरपर रहेका विभिन्न तटीय क्षेत्रमा पनि रोपाइँ भैरहेको देख्न सकिन्छ।, काठमाडौंको शंखरापुर क्षेत्रस्थित शाली नदीको तटीय क्षेत्रमा यतिबेला धमाधम रोपाइँ भैरहेको देख्न सकिन्छ। , किसानका अनुसार यसै पनि यस क्षेत्रमा रोपाइँ अरू क्षेत्रमा भन्दा छिट्टै हुन्छ। यसपालि वर्षा चाँडै हुँदा रोपाइँ पनि चाँडै नै गरिएको उनीहरू बताउँछन्।, वर्षाको साथले गर्दा सिँचाइलाई केही सहज भएको छ भने कतिले खोलाबाट मोटरको सहायताले पानी तानेर भने पनि रोपाइँ भने सकेको स्थानीय बताउँछन्। , रोपाइँ सकिसकेको शंखरापुर साँखुका तटीय क्षेत्रमा शुक्रबार रोपाइँको केही रमाइलो दृश्य देख्न सकिन्थ्यो।, बस्ती वृद्धि हुने क्रममा खेतीयोग्य जमिन मासिँदै गएकोमा अबको केही समयपछि रोपाइँ गर्ने ठाउँ नहुनेमा स्थानीय बुढापाका चिन्ता व्यक्त गर्छन्। , केही तस्बिरहरू :, ,
रोपाइँमा व्यस्त किसान (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता किशोरीलाई अपहरण गरी सामूहिक बलात्कारमा संलग्न रूपन्देहीको कन्चन गाउँपालिका रुद्रपुरका ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मंगलबार साँझ कपिलवस्तुको बाणगंगाबाट १४ वर्षीया किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ४ रुद्रपुरमा ल्याई सामूहिक बलात्कार गर्ने ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।, पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिन्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र सौरभ थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए।, छ जनै युवा १९ वर्षका रहेको पनि उनले जानकारी दिए।, शाहका अनुसार स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी किशोरीलाई अपहरण गरी लगेको सूचनाका आधारमा खोजी गर्दै जाँदा उनीहरूलाई रुपन्देहीबाट नियन्त्रणमा लिएको हो। उनीहरूले किशोरीलाई अपहरण गरी कन्चन गाउँपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मण रसाइलीको घरमा लगेर सामूहिक बलात्कार गरेका थिए।, मंगलबार राती नै अपहरण गरी लगेको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक शाहको नेतृत्वमा टोली परिचालन गरी खोजी कार्यलाई सक्रिय बनाएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए।, कार्कीका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट अनुमति लिई शरीर बन्धक, अपहरण तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिएको छ। पीडित किशोरीलाई भने स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ।,
किशोरीको अपहरण गरी सामूहिक बलात्कार गर्ने ६ युवा पक्राउ
|
सेतोपाटी संवाददाता आफ्नै छात्रामाथि बलात्कार गरेको आरोप लागेका सुनसरी इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्का कारागार चलान भएका छन्। , सुनसरी जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। २०७२–७३ सालताका स्कुलमा अध्ययनरत एक विद्यार्थीलाई उनले पटकपटक बलात्कार गरेको पीडितले बताएकी छन्। घटना कसैलाई सुनाए पढाइ बर्बाद पारिदिने, स्कुलबाट निकालिदिने धम्की दिँदै प्रिन्सिपल खड्काले उनीमाथि पटकपटक दुर्व्यवहार गरेको अभियोग छ। , सिन्धुली जिल्लाको कमलामाइ–७ घर भएका खड्का पछिल्लो समय काठमाडौंमा स्कुल चलाएर बसेका थिए। पीडित विद्यार्थीले चार वर्षअघि नै सुनसरी प्रहरीमा जाहेरी दिएपछि खड्काले इटहरी छाडेका थिए। त्यसयता प्रहरीबाट जोगिँदै आएका थिए। प्रहरीले उनलाई 'फरार' सूचीमा राखेको थियो। घटनाबारे प्रहरीले चासो दिएको थिएन।, यसपटक भने सौन्दर्य प्रतियोगिताका क्रममा आफूमाथि भएको अत्याचारविरूद्ध एक युवतीले सार्वजनिक रूपमा मुख खोलेपछि इटहरीकी पीडितले पनि आफ्नो पीडा सार्वजनिक गरेकी थिइन्। लगत्तै दोषीमाथि कारवाही थाल्न ठूलो दबाब सिर्जना भएको थियो।, लगत्तै खड्काको खोजीमा जुटेको प्रहरीले उनलाई काठमाडौंको त्रिपुरेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो। यसपछि उनलाई सुनसरी ल्याइएको थियो। सोमबार सुनसरी जिल्ला अदालत सुनसरीमा बुझाइएका उनलाई न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।, अदालतका श्रेस्तेदार मोहनबहादुर अधिकारीले दिएको जानकारी अनुसार खड्काको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको हो। खड्कालाई झुम्का कारागार चलान गरिएको हो।, सम्बन्धित समाचारः, पाँच वर्षपछि पक्राउ परे सुनसरीको ब्लुमिङ स्कुलका बलात्कार आरोपित प्रिन्सिपल, ,
बलात्कार आरोपित प्रिन्सिपल पुर्पक्षका लागि थुनामा
|
सेतोपाटी संवाददाता खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन्। , खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गर्ने काम बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए।, ‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केही दिनभित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ। अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाइभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको छ’, मन्त्री चौधरीले भने।, उनले मेलम्चीको नदीबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि विकल्पको रूपमा बागमती नदीबाट र भूमिगत स्रोतबाट पूर्ति गरिने बताए। , वर्षायाम समाप्त हुने बित्तिकै मेलम्चीको पानी पुनः पथान्तरण गरी काठमाडौंमा वितरण गरिने भन्दै मन्त्री चौधरीले आयोजनाको सुरक्षाको लागि सुरूङको ढोका बन्द गर्दा आम उपभोक्तामा पर्न गएको असुविधाप्रति माफी मागेका छन्। , उनले भने, ‘मेलम्चीको पानी पुन: पथान्तरण गर्नको लागि दीर्घकालीन रूपमा हेडवर्क्सको मर्मत गरी दीगो रूपमा पानी आपूर्ति गर्न एसियाली विकास बैंकको सहयोगमा तयार भएको अध्ययन प्रतिवेदनको आधारमा वर्षायाम सकिने बित्तिकै कार्यान्वयन गरिने छ।’, काठमाडौंको पानीको समस्यालाई दीगो रूपमा समाधान गर्न सरकारले याङ्ग्री, लार्के, सिस्नेरी, ठोस्ने खोला, महादेव खोला लगायतका सम्भाव्य सबै स्रोतबाट पानी उपलब्ध गराउन कार्यक्रम क्रमश: कार्यान्वयन गर्दै लैजाने मन्त्री चौधरीले बताए। , आयोजनाले मंगलबार आयोजनाको सुरूङ डाइभर्सनको १ नम्बर ढोका बन्द गरेको थियो भने बुधबार १८ नम्बर ढोका बन्द गरेको छ। , मन्त्री चौधरीले गत वर्ष मेलम्ची नदीमा आएको बाढी पहिरोबाट क्षतिग्रस्त सडक निर्माण, नदी नियन्त्रण र पहिरो नियन्त्रणका लागि सडक विभाग र सिँचाइ विभागलाई बजेट व्यवस्था गरे बमोजिम हाल तीव्र गतिमा काम भइरहेको जनाए। ,
,
मेलम्चीको पानी बन्द गरे पनि वैकल्पिक स्रोतबाट राजधानीबासीलाई पानी दिन्छौं: मन्त्री चौधरी
|
सेतोपाटी संवाददाता प्रहरीले बेवारिसे अवस्थामा फेला परेका सात वर्षीय बालकलाई अभिभावकको जिम्मा लगाएको छ। , बुढानीलकण्ठ नगरपालिका-१० ज्योतिनगरका ७ वर्षीय जेदेन गुरूङलाई अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार सोमबार काठमाडौं महानगरपालिका-२९ न्यूप्लाजा सडकखण्डबाट बा १ ज १९५९ नम्बरको ट्याक्सी चालकले सडकमा हिँडिरहेका बालक फेला पारेका थिए। चालकले बेवारिसे अवस्थामा फेला पारेका सो बालकलाई प्रहरी वृत्त सिंहदरबारमा बुझाएको प्रहरी उपरीक्षक मैनालीले बताए।, उनका अनुसार बालकलाई सोधपुछ गर्दा उनले आफ्नो र आफन्तको बारे केही बताउन सकेनन्।, बालकले केही पनि नबताएपछि प्रहरीले हुलियासहितको विवरण प्रहरी कन्ट्रोल कक्षमार्फत काठमाडौं उपत्यकास्थित सम्पूर्ण प्रहरी वृत्त तथा प्रभागहरूमा सर्कुलर गरेको थियो। , प्रहरीले अभिभावक खोज्ने कार्य जारी राख्दा पनि नाबालकका आफन्त कोही सम्पर्कमा नआएको उनले बताए। , अभिभावक फेला नपरेपछि प्रहरीले बालबालिका खोजतलास समन्वय केन्द्रमा बुझाउन सम्पर्क गरेको थियो। त्यहाँ बालकका अभिभावकले हुलिया टिपाएको जानकारी पाएपछि जिम्मा लगाएको थियो। , बुबा रविन गुरूङसँग सम्पर्क गरी बालकलाई जिम्मा लगाएको प्रहरी उपरीक्षक मैनालीले बताए। , घरमा रंग लगाउने काम भइरहेको र घरको गेट खुल्ला रहेको अवस्थामा घरबाट निस्किँदा बालक हराएको प्रहरीको भनाई छ। ,
,
अभिभावकको जिम्मा लगाइयो काठमाडौंमा बेवारिसे फेला परेका ७ वर्षीय बालक
|
राजेश घिमिरे चितवन मेडिकल कलेजमा ४१ दिनकी बालिकाको मुटुको शल्यक्रिया भएको छ। उनी गत चैत २५ गते आमाको गर्भमा बसेको ७ महिनामै जन्मिएकी थिइन्।, नारायणी सामुदायिक अस्पतालमा जन्मिएलगत्तै उनको स्वास्थ्य खराब हुन थाल्यो। जन्मँदा उनको तौल मुस्किलले १ किलो थियो। तुरून्तै एनआइसियुमा राख्नुपर्ने भयो। परिवारले उनलाई भरतपुर अस्पतालको एनआइसियुमा लगेर राख्यो।, स्वास्थ्य जाँच गर्दा उनको मुटुमा खराबी देखियो। मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने भयो। नवजात शिशुको शल्यक्रिया गर्नुपर्ने जानकारीले कमजोर आर्थिक अवस्था भएका बुवा अनिल पुरीलाई चिन्तित बनायो। उनीसँग छोरीको शल्यक्रिया गर्ने खर्च त थिएन नै, उनले धेरै आशा राखेको भरतपुर अस्पतालमा मुटुको शल्यक्रिया सेवा पनि थिएन। शल्यक्रिया गर्न सक्ने अन्य अस्पतालमा उनको पहुँच पनि थिएन।, छोरीको अवस्थाका कारण चिन्तित पुरीको परिवारको अन्ततः चितवन मेडिकल कलेजले हात थाम्यो।, यहाँको स्वास्थ्यकर्मीहरूको समूहले करिब ८ घण्टा लगाएर यी बालिकाको शल्यक्रिया गरे। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको शल्यक्रियाको नेतृत्व गरेका डाक्टर अनिल आचार्यले बताए।, ‘अक्सिजन लगाएर आएकी बालिकालाई शल्यक्रियापछि एक दिन भेन्टिलेटरमा राखियो ३ दिनपछि त सामान्य अवस्थामै भरतपुर अस्पताल नै पठाउन सक्यौं,’ डाक्टर आचार्यले भने, ‘अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ। तौल बढ्दै गएको छ। छिट्टै डिस्चार्ज भएर घर फर्कन सक्ने हुन्छिन्।’, चितवन मेडिकल कलेजका मुटु, फोक्सो र रक्तनली शल्यक्रिया विभाग (सिटिभिएस)का सर्जन डा.आचार्यका अनुसार यो शल्यक्रिया जटिल भने होइन। तर मुटुको शल्यक्रिया गर्ने चिकित्सक, बिरामीलाई बेहोस बनाउने र एनआइसियुका जनशक्ति दक्ष नहुँदासम्म यस्तो शल्यक्रिया सुरू गर्न सहज हुँदैन।, ‘बच्चाको फोक्सो र रक्तनलीको बीचमा रहेको कनेक्सन (पिडिए) जन्मिएपछि बन्द हुनुपर्छ, तर त्यो नभएर यी बालिका एक महिनादेखि एनआइसियुमै अड्किरहेकी थिइन्। उनलाई अक्सिजन, एन्टिबायोटिक चाहिराख्ने भएको थियो,’ डा.आचार्यले भने, ‘सरकारी अस्पतालबाट रिफर भएर यहाँ आयो। हामीले अपरेसन गरेर पठायौं।’, बालिकाका बुवा पुरीले छोरीको सुरूको अवस्था देख्दा र जन्मिने बित्तिकै अपरेसन गर्नुपर्ने भयो भन्ने सुन्दा चिन्तित भए पनि शल्यक्रिया सफल भएर छोरीलाई निको हुँदै जाँदा खुसी भएको बताए।, डा.आचार्यले अस्पतालले जुनसुकै उमेर समूहका व्यक्तिको उपचारका लागि आवश्यक स्रोत र साधन उपलब्ध गराएका कारण उपचारमा सहज भएको बताए। , अस्पतालले चार दिनअघि २ वर्षीय बालकको पनि मुटुको शल्यक्रिया गरेको छ।, उक्त अस्पतालले चार दिनअघि २ वर्षीय बालकको पनि मुटुको शल्यक्रिया गरेको डा.आचार्यले बताए।, ‘उपचारका लागि काठमाडौं जान लागेका नवलपरासीको सुनवलका बालकको परिवार हाम्रो सम्पर्कमा आइपुगे, हामीले उनको सफल शल्यक्रिया गरेर आजमात्रै घर पठायौं,’ उनले भने।, शल्यक्रियामा डा.आचार्य, डा अलका सिंहलगायतका चिकित्सकसहितको स्वास्थ्यकर्मीको समूह सहभागिता थियो।, अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले उनीहरू दुबै जनालाई विपन्न वर्गको सुविधा उपलब्ध गराएर नि:शुल्क शल्यक्रिया गरिएको बताए।, उनका अनुसार विपन्न वर्गको स्वास्थ्योपचारका लागि अस्पतालले एक लाख रुपैयाँसम्मको उपचार नि:शुल्क गर्ने गरेको छ।, देवकोटाले चितवन मेडिकल कलेजले डेढ महिनादेखि ७० वर्षसम्मकाको मुटुको शल्यक्रिया गरिसकेको बताए।, यस अस्पतालमा गत साउनबाट मुटुको शल्यक्रिया सुरू भएको थियो। यो अवधिमा १९ जनाको ओपन हार्ट सर्जरी र १७ जनाको क्लोज हार्ट सर्जरी गरिएको डाक्टर आचार्यले बताए। यस अस्पतालले मुटु, फोक्सो, रक्तनलीको समस्या भएका बिरामी १८० जनाको शल्यक्रिया गरिसकेको डा.आचार्यले बताए।, मुटुको शल्यक्रिया काठमाडौंका मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा हुन्छ। यी अस्पतालबाहेक काठमाडौं बाहिरका केही अस्पतालले मात्रै मुटुको शल्यक्रिया गर्ने गरेका छन्।, काठमाडौंका दुई सरकारी अस्पतालहरूले १४ वर्ष मुनिका, ७५ वर्ष माथिका र मुटुको बाथ रोग भएका बिरामीहरूको उपचार नि:शुल्क गर्छन्। यी बाहेकका अस्पतालहरुले भने शुल्क लिएर उपचार गर्छन्।, डा.आचार्यले सरकारले काठमाडौंका अस्पतालहरूलाई जस्तै सुविधा मेडिकल कलेजलाई पनि दिए धेरै बिरामीले राहत पाउने बताए।, ‘देशभरका बिरामीले सहज र सुलभ रूपमा उपचारका लागि काठमाडौंका दुई अस्पतालको भरपर्नु परेको छ। तर हाम्रो जस्तो उपचारका लागि योग्य अस्पतालबाट पनि त्यस्ता सुविधा उपलब्ध गराउन सके धेरै बिरामी लाभान्वित हुने थिए,’ डा.आचार्य भन्छन्।, यस अस्पतालमा दैनिक एक जना बिरामीको मुटुको शल्यक्रिया गर्नसक्ने क्षमता रहेको उनले बताए।, ‘हामी जुनसुकै उमेर समूहका बिरामीको मुटुको अपरेसन गर्न सक्षम छौं। सरकारले दिने सुविधाहरू यहाँ पनि उपलब्ध भए बिरामीलाई सहज हुन्थ्यो भन्ने लाग्छ,’ डा.आचार्य भन्छन्।, चितवन मेडिकल कलेजमा पूर्वी, पश्चिम तराई तथा पहाडी जिल्लाका धेरै बिरामीहरु मुटुको समस्या लिएर उपचारका लागि आउने गरेको प्रमुख कार्यकारी अधिकृत देवकोटाले बताए।,
चितवन मेडिकल कलेजले गर्यो डेढ महिनाकी बालिकाको मुटुको शल्यक्रिया
|
सेतोपाटी संवाददाता आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।, विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरिएको छ ।, भोलि शुक्रबार प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। , प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
आज चार प्रदेशमा वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइने भएको छ।, शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएको थियो। पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी आज परिवार तथा आफन्तजनलाई जिम्मा लगाउने तयारी छ। शव अन्त्येष्टि गर्न परिवारको जिम्मा लगाउन लागिएको हो।, आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज थासाङ २ सानुसरेमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको जहाज सोमबार बिहान मात्र फेला परेको थियो। यार्सागुम्बा खोज्न गएकाहरूले जहाज देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए।, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको थियो। चालक दलका ३ सदस्यसहित विमान दुर्घटनामा परेर २२ जनाको निधन भएको थियो।,
तारा एयरको जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइँदै
|
रासस हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ।, प्रभु बैंकले क्यूआर कोड सेवा सञ्चालन गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवर्द्धन गरिएको हो। , नेपाल राष्ट्र बैंक पोखरा कार्यलयका प्रमुख रामशरण खरेलले नेपालको बैंकिङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत् सरलता र सहजता आएको बताए। , उनले प्रभु बैंक र फोन–पेको संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेको बताए। , प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए।, उनले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र भक्तजनहरूको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए।, प्रायः मठमन्दिरमा चढाइने भेटीका कारण नोटको आयु घट्ने गरेकाले नोट बचाउन पनि यो प्रविधिको प्रयोग उपयुक्त रहेको बैंकको बुझाइ छ। ,
मुक्तिनाथलाई भेटी अब बैंक खातामा
|
सेतोपाटी संवाददाता बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। , बुधबार दुई वटा छुट्टाछुट्टै पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , कोल्हबी नगरपालिका-११ बेलवा बस्ने ५२ वर्षीय वीरनाथ चौधरी र कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने ९ वर्षीय यस्तफा अंसारीको मृत्यु भएको हो। , चौधरीको घर नजिकैको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको हो। घाँस काट्न गएका उनी अबेर सम्म पनि नफर्किएपछि शव डुबेको अवस्थामा फेला परेको थियो। , त्यस्तै अंसारी चार-पाँच जना बालकहरूसँग मियाँ टोलमा रहेको पोखरीमा पौडी खेल्न गएका थिए। स्थानीयले देखेपछि बालकलाई निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। , उपचारको अन्सारीको मृत्यु भएको हो। ,
,
बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेच्न थालेको छ।, बुधबार राति १२ बजेदेखि भारतीय बजारमा बिजुली पठाउन थालिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।, ‘२४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत गृहको बिजुली हिजोदेखि भारतीय बजारमा पठाउन थालेका छौं,’ प्रवक्ता भट्टराईले भने,‘एक-दुई दिनमा अरू आयोजनाको बिजुली पनि पठाउँछौं।’, बर्खायाम सुरू भएसँगै नेपालका नदीहरूमा पानीको सतह बढेर बिजुली उत्पादन बढेपछि मागभन्दा उत्पादन धेरै भएको हो।, भारतले गत चैतमा नेपालबाट थप ३२६ मेगावाट बिजुली बेच्न नेपाललाई स्वीकृति दिएको थियो।, भारतले एसियाली विकास बैंक, जर्मनीको पनि लगानी र निजी क्षेत्रबाट बनेका आयोजनाको बिजुली लैजान सहमति जनाएको हो।, प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी एबाट १४० मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को ५२.४ मेगावाटको लिखु-४बाट ५१ मेगावाट गरी कूल ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।, प्राधिकरणले योसँगै ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि पठाउने छ। देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुन्छ।, भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री गर्छ।, प्राधिकरणका प्रवक्ता भट्टराईले अहिले औसतमा नेपालले प्रतियुनिट ६ रुपैयाँ ३० पैसा भारूमा बिजुली बेचेको बताए।, प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात हुन्छ।, प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन)ले गर्छ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।,
भारतलाई बेच्न थालियो बढी भएको बिजुली
|
सेतोपाटी संवाददाता २०५८ जेठ १९ गते शुक्रबार राति।, करिब पौने नौ बजे।, त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे।, सुरुमा सिलिङ र पश्चिम भित्तामा।, केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा वीरेन्द्रलाई फायर गरे।, वीरेन्द्र लडे। उनलाई बहिनी शोभाले समातिन्। शाही नातेदार राजीव शाही पनि दौडँदै आए र वीरेन्द्रलाई उठाए।, अचानक वीरेन्द्रले पेस्तोल झिके। शोभाले ‘यो छाडिबक्स्योस्’ भन्दै च्याप्प थुतिन्।, शोभाको हातमा म्याग्जिन आयो।, फ्याँकिदिइन्।, त्यसपछि करिब पौने नौदेखि नौबजेभित्र १५ मिनेटमा दीपेन्द्रले नारायणहिटी राजदरबारमा जुन वितण्डा मच्चाए, त्यसले १६ वर्षअघिको त्यो कालो रातलाई नेपाली इतिहासका सर्वाधिक भयानक दिनमध्ये एक बनाइदिएको छ। त्यो दिनको घटना सम्झिँदा अहिले पनि शरीर थरर काँप्छ।, त्यो पन्ध्र मिनेटको त्रासदीमा तत्कालीन राजा वीरेन्द्र, युवराज दीपेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीसहित दस जनाको ज्यान गएको थियो। त्यो रात दीपेन्द्रको पहिलो फायरिङपछि नै वीरेन्द्रले हातमा निकालेको पेस्तोल शोभाले नखोसिदिएको भए के हुन्थ्यो ?, फेमस ग्राउजका केही निट पेग, गाँजा र अन्य लागू पदार्थ खाएर होसहवास गुमाइसकेका दीपेन्द्रको मस्तिष्कमा प्रेमिका देवयानी राणासँग सम्बन्ध गाँस्न परिवारले गरेको आनाकानीले झनै आगो बालिदिएको थियो। होसहवास गुमाएर जथाभावी फाइरिङ गर्दै हिँडेका दीपेन्द्रलाई नै आफूलाई गोली लागिसकेपछि वीरेन्द्रले गोली प्रहार गर्थे वा गर्थेनन् ?, दीपेन्द्रसँग त्यो रात चारवटा हतियार थिए, दुइटा राइफल, अर्को बाह्र बोरको बन्दुक र ह्यान्डगन।, सैनिक कम्ब्याटमा चारवटा हतियार लिएर अचानक बिलियार्ड हल छिरेका दीपेन्द्रले गोली बर्साउन थालेपछि अरु कसैलाई हतियार निकाल्ने होस नै भएन।, वीरेन्द्रले भने पेस्तोल निकालिसकेका थिए। तर, शोभाले च्याप्प समाइन् र म्याग्जिन थुतिदिइन्।, वीरेन्द्रको हातबाट शोभाले म्याग्जिन नथुतिदिएको भए सम्भवतः नेपाली राजतन्त्रको इतिहास नै बदलिन्थ्यो ! … त्यतिबेला नारायणहिटी राजदरबारमा हरेक महिना तेस्रो शुक्रबार पारिवारिक जमघट हुन्थ्यो। तत्कालीन युवराज दीपेन्द्रको खोपी रहेको त्रिभुवन सदनमा हुन्थ्यो त्यो पारिवारिक जमघट। त्यो दिन निम्त्याइएका २४ जनामध्ये तीन जना आएनन् – प्रेक्षा, मोहनबहादुर शाही र विमला सिंह। अरु २१ जना साँझ आठ बजे आसपास त्रिभुवन सदन पुगिसकेका थिए।, साँझ साढे सात बज्नुअघि नै दीपेन्द्रले बिलियार्ड हलमा बसेर फेमस ग्राउज ह्विस्कीको दुई पेग मारिसकेका थिए – एक्लै बिलियार्ड खेल्दै। साढे सात बजे बोलाइएका शाही नातेदार बिस्तारै आउन थालेका थिए। आमा कोमल, बहिनी प्रेरणा, पत्नी हिमानीसहित पारस ७ः४० मा निर्मल निवासबाट नारायणहिटीमा रहेको बिलियार्ड हल आइपुगे। त्यो दिन ज्ञानेन्द्र भने पोखरामा थिए।, पारसले सुरुमै आउँदा दीपेन्द्रलाई मातिसकेको देखेका थिए। मातेका दीपेन्द्रले देवयानीलाई संकेत गर्दै पारसलाई भने, ‘बिहेको कुरा भएको छ, मुमाले हुँदैन भन्नुभयो। अब पर्सि बुबासँग कुरा गर्छु।’, दीपेन्द्र–देवयानी सम्बन्धको गहनता र जटिलता दुवै नारायणहिटीको चौघेराबाट आम जनताको कानसम्म पुगिसकेको बेला थियो। तत्कालीन मुमा बडामहारानी रत्न त्रिभुवन सदन नजिकैको महेन्द्र मञ्जिलमा बस्थिन्। आठ बजे दीपेन्द्र बिलियार्ड हलबाट बाहिर निस्के र आफैं मोटर चलाउँदै महेन्द्र मन्जिलबाट रत्नलाई लिएर त्रिभुवन सदन फर्के।, रत्न मुख्य जमघटस्थल बिलियार्ड हल पस्दिनथिइन्। त्यो दिन पनि उनी अधिराजकुमारी हेलेनसँग आडैको सानो बैठकमा बसिरहिन्। बिलियार्ड हल बिस्तारै गुल्जार हुँदै गयो। मातिसकेका दीपेन्द्रले आफैं पाहुनाहरुलाई ड्रिंक्स सर्भ गरे। सबैभन्दा ढिलो साढे आठ बजे राजा वीरेन्द्र आफ्नो कार्यालयबाट पैदलै जमघटस्थल आइपुगे। सबैभन्दा पहिला सानो बैठकमा छिरेर आमा रत्नको दर्शन गरे, एकछिन भलाकुसारी गरे र त्यसपछि बिलियार्ड हल प्रवेश गरे।, ***, वीरेन्द्र बिलियार्ड हल छिर्नुभन्दा केही मिनेटअघि दीपेन्द्रले पाश्ववर्ती गजेन्द्र बोहोरालाई भने, ‘चुरोट ल्याऊ।’ गजेन्द्रले आदेश दिएअनुसार अर्दली रामकृष्ण केसीले गाँजा र नाम नखुलेको कालो पदार्थ मिसाएको शिखर चुरोट बिलियार्ड कोठाको पूर्वढोकामा गएर पारसलाई जिम्मा लगाए, दीपेन्द्रलाई दिन आग्रह गर्दै।, यसअघि ८:१२ मा दीपेन्द्रले देवयानीलाई फोन गरेका थिए, १ मिनेट १४ सेकेन्ड। छ मिनेटपछि देवयानीले दीपेन्द्रलाई फोन गरिन्। ४ मिनेट १४ सेकेन्ड कुरा भयो। कुरा भइरहँदा नै दीपेन्द्रको स्वर लर्बराइरहेको थियो। पूरा कुरा हुन पनि पाएन। नसालु चुरोटको मातले दीपेन्द्र झनै माते र बेहोसै भएजस्तो गरी ढले। बिलियार्ड हलमै दीपेन्द्र ढलेपछि पारस, गोरख, निराजन र राजीवले उठाए। यी चार जना मिलेर दीपेन्द्रलाई उनको खोपीमा पु¥याए तर मूल ओछ्यानमा सुताउन सकेनन्। भुइँको सानो ओछ्यानमै दीपेन्द्रलाई सुताइदिएर उनीहरु बिलियार्ड हलमै फर्केर रमाइलो गर्न थाले। देवयानीले दीपेन्द्रका पाश्ववर्ती बोहोरा र राजु कार्कीलाई फोन गरेर सोधिन्, ‘युवराजधिराजको स्वर लर्बराइरहेको छ, सञ्चो छैन कि ?’, बोहोराको आदेशअनुसार अर्दली रामकृष्ण र द्वारेआमा जमुना अधिकारी दीपेन्द्रको खोपीमा पुग्दा उनी भुइँमा पल्टेर शरीरको माथिल्लो भागका कपडा खोल्न खोज्दै थिए। रामकृष्ण र जमुनाले उनलाई कपडा खोल्न सघाए। दीपेन्द्र बाथरुम छिरे। जमुनाले उनले वाक्वाक गरेको आवाज सुनिन्।, बाथरुमबाट निस्केपछि दीपेन्द्रले रामकृष्ण र जमुनालाई भने, ‘तिमीहरु जाओ।’, बिलियार्ड हलमा पार्टी चल्दै थियो। दीपेन्द्रले खोपीबाटै देवयानीलाई फोन गरे। भने, ‘अब म सुत्न लागेँ।’, देवयानीको जवाफपछि दीपेन्द्रले भने, ‘गुडनाइट, भोलि कुरा गरौंला।’ ३२ सेकेन्डमात्र चलेको त्यो नै दीपेन्द्र र देवयानीको अन्तिम संवाद थियो।, ***, देवयानीलाई ‘सुत्छु’ त भने तर दीपेन्द्र सुतेनन्। सैनिक कम्ब्याट लगाए। हातहतियार बोके र खोपीबाहिर निस्किए।, अर्दली रामकृष्णलाई लाग्यो, ‘कहिँ बाहिर सवारी हुने रहेछ कि क्या हो !’ उनले दीपेन्द्रलाई सोधे, ‘इमर्जेन्सी ब्याग टक्र्याउँ सरकार ?’, दीपेन्द्रले भने, ‘पर्दैन अहिले।’, दीपेन्द्र सैनिक कम्ब्याटमा दुइटा राइफल, बाह्र बोरको बन्दुक र ह्यान्डगन भिरेर बिलियार्ड हल छिरे।, कालो रङको हतियारले हलको सिलिङ र पश्चिम भित्तामा फायरिङ गरे।, राजा वीरेन्द्रले भने, ‘के गरेको ?’, बिलियार्ड टेबुलको पूर्वउभिएर नातेदारसँग कुरा गर्दै तत्कालै दीपेन्द्रले आफ्ना बुबा राजा वीरेन्द्रलाई फायर गरे।, फायर गर्दै पछाडि सरे र कोठाबाहिर भित्री बगैँचा छेउको उत्तरतर्फ भर्याङमा बाह्र बोरको बन्दुक फ्ँयाके र फेरि बिलियार्ड हल छिरे। बत्ती र टेलिस्कोपसहितको अर्को राइफल सोझ्याएर राजा वीरेन्द्र, कुमार गोरखशमशेर, धिरेन्द्र र कुमार खड्गविक्रमलाई फायर गरे। फेरि पछाडि सरे।, तेस्रोपटक जथाभावी फायरिङ गरे। श्रुती, शारदा, शान्ति र जयन्तीलाई लाग्ने गरी।, त्यसपछि दीपेन्द्र बिलियार्ड कोठाबाहिर रहेको भित्री बगैँचामा पछाडि सर्दै गए। रानी ऐश्वर्या र अधिराजकुमार निराजन बगैँचामा दीपेन्द्रको पछिपछि दौडिए। निलकाँडाको झ्याङ नाघी सानो चौरमा उभिएर दीपेन्द्रले फेरि गोली चलाए। निराजनलाई त्यहीँ गोली लाग्यो र उनी ढले।, त्यतिञ्जेल राजा वीरेन्द्रलाई अस्पताल लगिसकिएको थियो।, दीपेन्द्रको सनक उत्कर्षमा पुगिसकेको थियो। उनले आफ्नो खोपी जाने सानो पोखरीको पुलबाट उत्तर लागी मुख्यद्वार हुँदै भित्री भ¥याङको सातौं खुटकिलामा रानी ऐश्वर्यालाई फायरिङ गरे। गिदी बाहिर निस्क्यो र छरपस्ट भयो। दात र बंगारा पनि झरे। रातो टीका, कानको टप, रातो चुरा जताततै छरिए।, त्यसपछि त्रिभुवन सदनअगाडि बगैँचाको पोखरीको पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वारघ्वार आवाज निकालिरहेको अवस्थामा दीपेन्द्र भेटिएका थिए। उनले आफैंलाई गोली हानेका थिए।, वीरेन्द्र, ऐश्वर्या, निराजन, श्रुती, शान्ति, शारदा, जयन्ती, कुमार खड्गविक्रम घटनास्थलमै मारिए। गोली लागेर घाइते भएका दीपेन्द्र र धिरेन्द्रको तीन दिनपछि सैनिक अस्पतालमा निधन भयो।, घटनामा कोमल, शोभा, गोरखशमशेर, केतकी घाइते भए। घटनास्थलमा ५.५६ क्यालिबरको अटोमेटिक राइफलका ४७ वटा गोली भेटिए। मेसिनगन र अटोमेटिक पिस्तोल प्रयोग गरेको अनुसन्धानबाट खुल्यो।, ***,
३० वर्षीय दीपेन्द्रको सनकले यसरी नेपाली इतिहासको एउटा कालो दिनको कथा लेखियो। १५ मिनेटमा शक्तिशाली हतियारले फाइरिङमाथि फाइरिङ गरेका दीपेन्द्रलाई कसैले रोक्न सकेन। वीरेन्द्रले भने दीपेन्द्रको पहिलो प्रहारपछि नै पेस्तोल निकालिसकेका थिए। तर, उनले पनि त्यो हतियार आफू र परिवारका सदस्यको सुरक्षाका लागि प्रयोग गर्न पाएनन्।, बहिनी शोभाले उनको हातबाट पेस्तोल खोसेपछि त्यो रात पन्ध्र मिनेटमै दीपेन्द्रले आधुनिक नेपाली इतिहासको सर्वाधिक त्रासद रक्तपात गराइदिए। बुबाआमा, भाइबहिनी, काका, फुपुसहित नौ जनाको ज्यान लिए र आफूलाई पनि गोली हाने।, (२०५८ जेठ १९ गतेको घटनासम्बन्धमा तथ्य जाहेर गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय समितिले तत्कालीन राजा ज्ञानेन्द्रलाई बुझाएको प्रतिवेदनमा आधारित। सेतोपाटीमा यसअघिनै छापिएको अर्काइभ स्टोरीलाई पुनः प्रकाशन गरेका हौ-सम्पादक,),
वीरेन्द्रको पेस्तोल शोभाले नखोसेको भए...
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.