content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता आज सुदूरपश्चिमबाहेक देशका सबै प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, अहिले नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।, हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ।, प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका भूभागहरूमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान,
सोमबार,
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा सामान्य देखि आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राति : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका भूभागहरूमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, मंगलबार,
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली वाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ । प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राति : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा वाँकी भूभागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, बुधबार,
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली वाँकी भूभागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा वाँकी भूभागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।,
सुदूरपश्चिमबाहेक सबै प्रदेशमा वर्षाको सम्भावना
|
नारायण अधिकारी पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन्। उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन्। त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन्।, केही समयअघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै किशोरीले वैदिक कर्म गरेर शिलान्यासको शुभारम्भ गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए। वैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद्भागवत ज्ञान महायज्ञ हो। यिनै किशोरीले देशका विभिन्न २० यस्ता यज्ञ गरिसकेका छन्। अन्य सबै खालका अनुष्ठान र कर्ममा यी किशोरीले काम गर्दै आएका छन्।, आश्रममा पाँच वर्षदेखि १९ वर्षसम्मका किशोरी छन्। उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन्। लोककल्याण सेवा प्रतिष्ठानले भरतपुर महानगरपालिका–१ देवघाटमा आश्रम सञ्चालन गरेको छ। आश्रमका अध्यक्ष सावित्री टण्डनको भनाइमा त्यहाँ पाँच किशोरी महायज्ञसम्मका कर्म गर्न सक्षम भएका छन्। वैष्णवी, स्मृति, राधिका, तुलसा र सुनिता यी कर्म गर्न सक्ने भएका हुन्। उनीहरुको नामको पछाडि लोककल्याणकारी राखिएको छ।, बेसाहारा बनेका किशोरीलाई आश्रममा ल्याएर शिक्षादीक्षासँगै हुर्काइएको हो। उनीहरुलाई दिनको समयमा नजिकै रहेको सीताराम संस्कृत माविमा पढाइदै आएको छ। एक जना छोरी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै आएकी छिन्।, अध्यक्ष टण्डनले दिनको समयमा विद्यालय र कलेज जाने किशोरीले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत पुराण, श्रीमद्देवी भागवतलगायतका धार्मिक ग्रन्थ अध्ययन गर्ने बताउँछिन्। उनीहरु बिहान र साँझको समयमा भजनकीर्तन, योग पनि गर्ने गर्दछन्। यसका अतिरिक्त दैनिक नित्य कर्ममा पनि उनीहरु सहभागी हुन्छन्।,
,
अध्यक्ष टण्डनले छोरीहरु धार्मिक अनुष्ठानमा नेतृत्वदायी सहभागी हुने गरेको बताइन्। उनीहरुले कर्म र अन्य अवस्थामा प्राप्त गरेका दान दक्षिणालाई सहकारीमा खाता खोलेर जम्मा गर्ने गरिएको छ। चितवन र छिमेकी जिल्लामा हुने कर्ममा किशोरी बोलाउने प्रचलन बढेको उनले बताइन्। त्यसो देशैभरिका धार्मिक कार्यक्रममा उनीहरु पुग्ने गरेका छन्।,
,
केही समयअघि बेलायतबाट आएका नेपाली एक परिवारले यहाँ विवाह गराउने पण्डित किशोरी नै खोजेपछि यहाँबाट काठमाडौंको सोल्टी होटलमा गएर यिनै किशोरीले विवाह गराएका थिए। महिला पण्डितको खोजी गर्दै त्यो परिवारले दुई वर्ष कुरेको अध्यक्ष टण्डनले जानकारी दिइन्। यस्ता विभिन्न कर्म गर्ने काममा किशोरी सक्रिय भएका छन्।,
,
विसं २०६७ मा आश्रम दर्ता भएको हो। सबै किशोरीको आमाको रुपमा रहेकी अध्यक्ष टण्डनले सडक बालबालिकाबाट कुटाइ खाएपछि यो आश्रमको जन्मभएको हो। यतिबेला तराईका एक दम्पती पशुपतिमा पूजाका लागि जाँदै गर्दा सडक बालबालिकालाई पैसा दिन खोज्दा सबै पैसा लुटेर लगेका थिए। लुटिएको पैसा फिर्ता गराउने मध्यस्थता गराएकी अध्यक्ष टण्डनलाई घर फर्किन लाग्दा तिनै सडक बालबालिकाले कुटपिट गरेका थिए।,
,
ती बालबालिकालाई सजाय दिनुभन्दा आश्रम खोलेर सही बाटोमा लैजानुपर्छ भनेर आफूले संस्था दर्ता गरी काम अघि बढाएको अध्यक्ष टण्डनले बताइन्। तीन जना बेसाहारा किशोरीबाट काठमाडौंबाट सुरु गरिएको यो अभियान एक वर्षपछि देवघाट ल्याईयो। अहिले यहाँको सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहयोगमा आश्रम चलिरहेको छ।,
,
संस्थाका महासचिव रामेश्वरप्रसाद खनालका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवनसहित विभिन्न दाताको सहयोगमा पक्की आवासीय भवन बन्दै छ। किशोरीका लागि दैनिक खाना खुवाउन २४८ ले आफ्ना विभिन्न कर्म पारेर दान गर्दै आएका छन्। उनीहरुको रकमबाट आधा खर्च धानिंदै आएको छ। केही रकम भरतपुर महानगरपालिकाले दिँदै आएको छ। मासिक दुई लाख हाराहारी खानालगायतको खर्च हुने गरेको छ।,
,
आश्रममा सामान्य भोजन गराउनका लागि दैनिक पाँच हजार १०० र विशेष भोजनका लागि आठ हजार ५०० दाताले उपलब्ध गराउँदै आएका छन्। आश्रममा आएपछि परिवारको पुनर्मिलन भएर ४३ जना किशोरी घर फर्किसकेका छन्। साँझ बिहान आश्रम पुग्ने जो कोही पनि ती किशोरी र तिनका कर्म देखेर प्रभावित हुने गरेको महासचिव खनाल बताउँँछन्।, जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहीन भएको प्रमाणित गरेर पठाएका किशोरीलाई आश्रममा राखिँदै आएको छ। ,रासस,
वाचक र पण्डित बन्दै बेसहारा किशोरी
|
नारायण खड्का दाङको तुलसीपुरमा पहिलो पटक साइकल यात्रुका लागि साइकल लेन निर्माण गरिएको छ ।, काठमाडौं, ललितपुर, पोखरा पछि दाङको तुलसीपुरमा छुट्टै साइकल लेन निर्माण गरिएको हो। , युएनडिपीको आर्थिक सहयोगमा नेपाल साइकल सिटी नेटवर्कले पोखराबाट आएर तुलसीपुरमा छुट्टै साइकल लेन बनाइदिएको हो।, राप्ती राजमार्गबाहेक तुलसीपुरको मुख्य बजारका विभिन्न सडकमा साइकल लेन निर्माण गरिएको छ। राजमार्गमा साइकलको छुट्टै लाइन निर्माण गर्दा सडक डिभिजनबाट अनुमति आवश्यक पर्छ ।, तुलसीपुरको घोराही चोकदेखि त्रिशिद्देश्वरी मन्दिर हुँदै मदन आश्रित चोकसम्म, गुप्त मेडिकलदेखि १९ नम्बर बाहिनी चोकसम्म, तुलसीपुरका ‘ख’ र ‘ग’ लाइन जोड्ने भित्री सडकलाई साइकल अंकित चिन्ह राखेर छुट्याइएको छ।, त्यसरी छुट्याइएको लाइन साइकल यात्रुका लागि मात्रै हुनेछन्। साइकल कुदिरहँदा अन्य सवारी साधान उक्त क्षेत्रमा गुड्न वा पार्किङ गर्न पाइने छैन।, दाङ साइकल सिटीका उपाध्यक्ष तथा तुलसीपुर साइकल सिटीका अध्यक्ष खुमबहादुर न्यौंपानेले लामो समयदेखिको आफू जस्ता साइकलप्रेमीको प्रयासले सानो आकारमा भए पनि सार्थकता पाएको भन्दै खुसी साटे। , तुलसीपुरका यसअघिका मेयर घनश्याम पाण्डेकै समयमा तुलसीपुर बजार क्षेत्रमा पाँच किलोमिटर सडक साइकलका लागि छुट्टाइएर साइकल लेन निर्माण गर्ने सहमति भएको थियो । उपमहानगरपालिकाले थप तीन किलोमिटर सडकमा डेडिकेटेट लाइन निर्माण गर्ने निर्णय गरेको छ।, तर, उपमहानगरपालिकाले आफूसँग डेडिकेटेट लाइन निर्माण गर्न आवश्यक बजेट नभएको भन्दै आफ्नो भागमा परेको तीन किलोमिटर सडकमा साइकल लेन निर्माण गरेको छैन ।, ‘उपमहानगरपालिकाले हामीलाई केही निराश बनाएको छ,’ अध्यक्ष न्यौंपानेले भने, ‘स्थानीय सरकारनै नगरबासीलाई साइकल चलाउन उत्साहित गर्न लागेको देखिएन।’, तुलसीपुरका मेयर टीकाराम खड्काले केही दिन पहिले मात्रै बिजौरी उद्योग बाणिज्य संघको कार्यक्रमलाई सम्बोधन अघिल्लो सरकारले झन्डै ३० करोड ऋणको भार थोपरेको हुँदा विकास प्रभावित हुनसक्ने चिन्ता ब्यक्त गरेका थिए।, ‘अघिल्लो सरकारले लगाएको ३० करोड ऋण नै छ, ३५ करोड राजश्व उठ्ला,’ मेयर खड्काले भनेका थिए, ‘अब आफैं भन्नुहोस् बचेको पाँच करोडले के-कस्ता काम गर्न सम्भव होला?’, पछिल्लो समय साइकल वातावरणमैत्री हुनुका साथै शारीरिक अभ्यासका लागि चलाउने जमात दाङमा बढ्दै गएको छ। तुलसीपुर र घोराही उपमहानगरपालिकामा मात्रै करिब एक सय बढीले नियमित साइकल चलाउने गरेको जिल्ला उपाध्यक्ष न्यौंपानेले दाबी गरे।, ‘साइकल चलाउँदा फाइदै फाइदा छन्,’ अर्का साइकिलिष्ट पर्बत बस्नेतले भने, ‘साइकल चलाउने ब्यक्तिको स्वास्थ्य राम्रो हुने मात्रै होइन, यसले डिजेल र पेट्रोलको खपत नगर्ने हुँदा कार्वन उत्सर्जन जस्ता कुनै पनि वातावरणीय असर गर्दैन।’, बजार क्षेत्रमा करिब दुई किलोमिटर सडकमा साइकल चालकको सुविधालाई मध्यनजर गर्दै डेडिकेटेट लाइन निर्माण गरिएपछि यहाँका साइकलिष्टहरू उत्साहित छन्।, आफूजस्ता साइकल चालकको आग्रह सुनेर ढिलै भए पनि तुलसीपुरमा डेडिकेटेट लाइन निर्माण गरिनुलाई सकारात्मक कदम मान्न सकिने साइकलिष्ट तथा निजामति कर्मचारी रश्मी अधिकारीले बताए।, ‘यसअघि साइकल चालकका लागि तुलसीपुरका सडकमा कुनै यस्तो नोटिस थिएन,’ उनले भने, ‘यसले ठूला सवारी साधन जत्तिकै साइकलिष्ट तथा सर्वसाधारण साइकल चालकको पनि सडकमा समान अधिकार हुन्छ भन्ने मान्यता स्थापित गरिदिएको छ।’, सडकमा हरियो पोतेको वा साइकलको चिन्ह देख्न थालेपछि त्यसले सर्वसाधारणमा पनि साइकल प्रतिको मोह र आवश्यकता बढ्न सक्ने उनले बताए ।, ‘हामी दैनिक लागि साइकल चलाउने साथीहरू खुसी छौं नैं,’ उनले भने, ‘गाउँ घरबाट आउने सर्वसाधारण नागरिकले पनि डेडिकेटेट लाइनमा मात्रै साइकल कुदाउन थालेका छन्।’, डेडिकेटेट लाइन भएपछि ठूला सवारी साधनबाट पेलिने, हेपिने वा दुर्घटनामा पर्न सक्ने जोखिम कम हुने अधिकारीले जिकिर गरे।,
अब दाङको तुलसीपुरमा पनि साइकलका लागि छुट्टै लेन
|
सेतोपाटी संवाददाता बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ।, महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको हो।, मोटरसाइकल चालक सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुल्वाका ३५ वर्षीय बिरूलाल यादव र भारत मोतिहारी पूर्वी चम्पारण समरपुर-२ का ३० वर्षीय मेवाचन्द्र राय यादवको मृत्यु भएको हो।, प्र.०२-०३-००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब २५ फिट तल खसेको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।, पुलबाट मोटरसाइकल खस्दा दुई जना गम्भीर घाइते भएका थिए।, कलैया अस्पतालमा उपचारका लागि पठाइएकोमा गए राति दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, शव कलैया अस्पतालमा राखिएको छ।,
बारामा पुलबाट खस्यो मोटरसाइकल, दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ।, 'स्कुल फर स्पेसल्स्' प्रोजेक्टको रूपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि सहयोग गर्ने लक्ष्य समेत राखेको छ।, स्कुल फर स्पेसल्स् प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउण्ड टेबल नेपालकै एक सदस्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्प सहित आफ्नै जग्गा खरिद गर्ने सम्मका योजनाहरू रहेका छन्, जसको पहिलो पाइलाको रूपमा यो फण्ड रेजर इभेन्ट आयोजना गर्न लागिएको हो।, आर्थिक रूपमा यस परियोजनाका सहयोगीहरूलाई दबाब नपर्ने र आर्थिक गतिविधी समेत हुने र प्रायोजकले व्यवसायिक कार्यक्रम जस्तै लाभ हाँसिल गर्न सक्ने यस्तै कार्यक्रमहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्दै जाने राउण्ड टेबल नेपालको योजना रहेको छ।, दि मल्ल होटलमा आयोजना गरिने यस कार्निभलमा बालबालिकाहरूका लागि विशेष खेलहरू समेत हुनेछन्। यसबाहेक कार्यक्रममा खानपिनको समेत व्यवस्था छ। कार्यक्रमको प्रवेश टिकट दर भने प्रति व्यक्ति एक हजार रूपैयाँ तोकिएको छ। , यस कार्निभलको आयोजनाको लागि निःशुल्क रूपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो। दि मल्ल होटलकी सहयोगी निर्देशक अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागी हुन पाउँदा आफू हर्षित भएको बताउँदै कार्यक्रमको सफलताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।, डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिवृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरूको शिक्षा तथा व्यक्तिगत विकासमा सहयोगी बन्ने अभिप्रायका साथ राउण्ड टेबलले युवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो। राउण्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेशन शीर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ।,
डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विद्यालय निर्माण हुने
|
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ।, त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रूपमा खुलाएपछि सञ्चालनमा आएको हो। , त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरू भएको बताए।, ‘ताला पूर्ण रूपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौं’, उनले भने, ‘अबदेखि हामी नियमित कार्यालयमा आउँछौं।’, तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिइनन्। उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए।, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरूले जेठ २९ गते ताला खोलेका थिए। प्रतिनिधि सभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए। , यस्तै, अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो।, त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरूले माघ २० गतेदेखि तालाबन्दी गरेका छन्। ,
१४० दिनपछि खुल्यो त्रिविको ताला
|
सेतोपाटी संवाददाता भक्तपुरमा एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , आइतबार बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडेस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधीन टहरामा एक जना पुरूषको शव फेला परेको थियो। , हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, मृतक स्थानीय ५१ वर्षीय कल्याण साहु छन्। स्थानीयले बिहान उनलाई रगताम्य अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। , खबरपछि प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगेको थियो। , घटनास्थल हेर्दा पूरै रगताम्य थियो। मृतक साहु घोप्टो परेको अवस्थामा फेला परेका थिए। नजिकैबाट काठको चिर्पट फेला परेको थियो। जसमा रगत समेत लागेको थियो।, घटनाको अनुसन्धानको लागि प्रहरीले सुरूमा चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। तर पछि एक जनाको संलग्नता नभएपछि तीन जनामाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। , पक्राउ पर्नेमा एक महिला र दुई पुरूष छन्। , भोजपुर टक्सार-९ घर भएकी ३० वर्षीया जमुना तामाङ, खोटाङ जन्तेढुंगा गाउँपालिका-६का २७ वर्षीय रमेश विक र दाङ गौरी गाउँपालिका-९ घर भएका ५८ वर्षीय गोविन्द खड्का प्रहरी हिरासतमा छन्। जमुना र रमेश श्रीमान-श्रीमती हुन्।, उनीहरू निर्माणाधीन टहरामा सुत्ने गर्थे, सामान्य मजदुरी, भारी बोक्ने काम गर्थे।, प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटना शनिबार राति ११ बजेको हो।, मृतक साहु त्यहाँ त्यतिबेला के कारणले पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। जमुनामाथि उनले यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी नायब उपरीक्षक पाण्डे बताउँछन्। , ‘प्रारम्भिक अनुसन्धानबाट महिलामाथि यौन दुर्व्यवहार भएको देखिन्छ। त्यसपछि महिलाले हारगुहार मागिन्। श्रीमान र अर्का व्यक्ति आवेगमा आएर कुटपिट गरेको देखिन्छ,’ उनले भने। , मृतक साहुको टाउको पछाडि, आँखा, कुम र पेटमा चोट देखिएको छ। यद्यपि उनको पोष्टमर्टम भइसकेको भने छैन। पोष्टमर्टम गर्न शव केएमसी अस्पताल दुवाकोटमा राखिएको छ। , मृतकका छोरा विदेशबाट आउँदै गरेको हुँदा पोष्टमर्टम भइनसकेको प्रहरीले जनाएको छ। , यस घटना सम्बन्धमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको बताएको छ। घटनाको अनुसन्धान प्रहरी वृत्त मध्यपुर थिमीले गरिरहेको छ।,
भक्तपुरमा पुरूषको हत्यामा प्रहरीको प्रारम्भिक अनुसन्धान: यौन दुर्व्यवहारको प्रतिकारमा हत्या
|
राजु अधिकारी नागरिकको सबैथरी सुरक्षाको प्रबन्ध गर्ने दायित्व राज्यको हुनेछ भनेर नेपालको संविधानमै किटान गरिएको छ।, तर, विराटनगरका करिब ३५० घरपरिवारका नागरिक यस्तो नियति भोगिरहेका छन्, जसलाई पछिल्लो दुई वर्षयता राज्य स्वयंले सताइरहेको छ। असुरक्षित पारिदिएको छ। यसो गर्नु कि उसो गर्नुको दोधारमा उभ्याइदिएर सयौं परिवारको बिल्लीबाठ बनाइदिएको छ।, विराटनगर विमानस्थल आसपासमा बसोबास गर्ने साढे तीन सय परिवारको १ हजार ४ सय कित्ता जग्गा सरकारले रोक्का गरेको दुई वर्ष पूरा भयो।, उनीहरूलाई मुआब्जा दाबी गर्न आउनु भनेर सूचना गरेकै पनि त्यत्ति नै समय बित्यो। तर, अहिलेसम्म जग्गा रोकिएका सर्वसाधारणलाई मुआब्जा दिनका लागि भने सरकारले बजेटमा कुनै प्रबन्ध नै गरेको छैन।, ‘न ठाउँ छाडेर हिँड्नु, न यहीँ व्यवस्थित भएर बस्नु अन्योलको अवस्थामा हामीलाई सरकारले पुर्याइदियो’, विराटनगर ४ गोकुल टोलकी सविना मगरले सोमबार सेतोपाटीसँग भनिन्, ‘सरकारले भए जति सम्पत्ति रोक्का गरेको छ। मुआब्जा पनि दिँदैन। जग्गा फुकुवा पनि गर्दैन। भएको थोरै सम्पत्ति पनि उपयोग गर्न नपाउँदा जीवनमा अघि बढ्ने बाटो नै रोकियो।’, राज्यले जानाजान आफ्नो अघि बढ्ने बाटो छेकेको बताउँदै सविना आन्दोलनमा उत्रिएकी छन्।, छिमेकीहरूसहित सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा भेटिएकी उनले सरकारकै कारण दिनदिनै कष्टपूर्ण जीवन भोग्न बाध्य भएको सुनाइन्।, ‘घरको पुरानो जस्ताको छानो प्वालैप्वाल परेको छ। पानी परेपछि सबै पानी चुहिएर घर बसिनसक्नु हुन्छ’, उनले भनिन्, ‘छाना फेरौं कुन दिन विस्थापनमा परिने हो टुंगो छैन। नफेरौं यो बर्खा कसरी झेल्ने भन्ने पिरलो छ। यसरी जानीजानी सरकारले हामीलाई दुःख दिन पाउँछ?’, उनको जम्मा सात धुर जमिन छ। त्यो पनि विमानस्थलका नाममा रोकिएपछि घरव्यवहार चौपट भएको उनको भनाइ छ।, २०७७ असोजमा तत्कालीन मन्त्रिपरिषदले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउने र सार्क राष्ट्रहरूमा विराटनगरबाटै हवाई उडान गराउने निर्णय गरेको थियो।, सोही निर्णयका आधारमा सरकारले २०७७ चैत २३ र २४ गते गोरखापत्रमा सूचना निकाल्दै विमानस्थल आसपासका १४ सय कित्ता जग्गा अधिग्रहणका लागि रोक्का गरिएको जनायो।, सूचनामा आफ्नो तीन पुस्ते विवरणसहित मुआब्जा दाबी गर्न आउनु भनेर पनि उल्लेख थियो।, सरकारी सूचना अनुसार स्थानीयबासीले नागरिक उड्डयन प्राधिकरण विराटनगरमा आफ्ना सम्पूर्ण कागजात बुझाए।, सरकारले त्यसबेला मुआब्जा निर्धारण समिति पनि बनाएको थियो। तर, अहिलेसम्म स्थानीयबासीलाई मुआब्जा दिन भनेर बजेट नै विनियोजन भएन।, ‘दुई वर्षसम्म निरन्तर बाटो हेर्यौं सरकारले बजेट विनियोजन गर्ला, हाम्रो समस्या समाधान गर्ला भनेर’, विमानस्थल पीडित संघर्ष समितिका संयोजक वेदराज पौडेलले भने, ‘तर, अहिलेसम्म बजेट पनि विनियोजन भएन। हाम्रो जग्गा फुकुवा पनि भएन।’, सर्वोच्च अदालतले रोक लगाएको, वातावरण विज्ञहरूले पनि नबनाउन आग्रह गरिरहेको निजगढ विमानस्थल जसरी पनि बनाउन लागिपर्ने सरकारले आफूहरूको समस्या भने देखेको नदेख्यै गरेको पीडितहरूको भनाइ छ।, जम्मा ५ धुर जमिनमा बैंकबाट ऋण लिएर दुई तलाको घर बनाएका मोहम्मद कलाउद्धिनलाई केही समययता बैंकले पैसा तिर्न निरन्तर ताकेता गरिरहेको छ। जग्गा बिक्री गरेर ऋण तिर्ने र जीवनको नयाँ अध्याय सुरू गर्ने योजनामा रहेका उनलाई राज्यले रोकिरहेको छ।, ‘बैंकबाट ऋण खाइएको छ, बैंकले अहिले तिर, भरे तिर भनेर ताकेता गरिरहेको छ’, उनले सुनाए, ‘जग्गा नबेची तिर्ने उपाय छैन। सरकार न मुआब्जा दिन्छ न रोक्का जग्गा फुकुवा गर्छ। आफ्नो नागरिकलाई यस्तो विजोग बनाइदिन पाइन्छ?’, उनीसहितका सयौं सर्वसाधारणले यही प्रश्न निरन्तर राज्यलाई सोधिरहेका छन्।, कहिले मुख्यमन्त्रीलाई, कहिले प्रधानमन्त्रीलाई अनि कहिले राज्यका अन्य निकायलाई। तर, जवाफ उनीहरूले पाएका छैनन्। त्यही जवाफ खोज्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।, आफूहरू अन्यायमा परेर न्याय खोज्दै हिँडेको बताउने उनीहरूमध्ये कोही काखे बालक च्यापेर, कोही बिरामी शरीर लिएर पनि प्रदर्शनमा सहभागी भएका छन्।, ‘दुई वर्षभन्दा लामो समयदेखि घर, जमिन रोक्का हुँदा आर्थिक संकटमा समेत आफूहरूले बैंकमा धितो राखेर रकम निकाल्न पाएनौं, अंशबण्डा, धितोपास, नामसारी, घर निर्माण गर्न लगायतका सबै कार्य रोक्का भएकाले खाँचो पर्दा बिक्री/ वितरण समेत गर्न पाइएन’, अर्की पीडित एलिसा मगरले सुनाइन्, ‘संविधानले प्रदान गरेको निजी सम्पत्तिको अधिकारबाटसमेत बञ्चित हुनु परेको छ। सम्पत्ति भएर पनि छोराछोरी पढाउन, बिहे दान गर्न, व्यापार/व्यवसाय गर्नबाट बञ्चित हुनु परेको छ।’, पीडितहरू सरकारले उपाय खोज्न सक्ने सम्भावना धेरै भएको बताउँछन्।, मुआब्जा निर्धारण नै नभएको अवस्थामा अधिग्रहण महंगो भयो अथवा रकम नै तोकेर केही व्यक्तिहरूले यतिको पैसाले अन्यत्र विमानस्थल बन्छ भन्ने दुष्प्रचार गरिरहेकाले पनि आफूहरू दुःखी भएको पीडितहरूको भनाइ छ।, ‘राज्यले निर्धारण गर्ने मुआब्जा र पीडितहरूले मागिरहेको मुआब्जाको रकममा बसेर छलफल गरी एउटा निर्णयमा पुग्न सकिने सम्भावना हुन्छ’, संघर्ष समिति संयोजक पौडेलले भने, ‘तर, सरकार न मुआब्जा दिन अग्रसर हुन्छ, न फुकुवा गर्न यसरी नागरिक अलपत्र पार्न पाइन्न।’, उनका अनुसार तीन धुरदेखि दश बिघासम्म जग्गा रोक्का भएका परिवार संख्या धेरै छ।, आफ्नै सम्पत्ति उपयोगहीन हुँदा धेरैको दैनिकी कष्टकर बनेको उनी बताउँछन्।, ,
विमानस्थलका लागि भन्दै सरकारले गर्यो दुई वर्षदेखि सम्पत्ति रोक्का
|
सविता बुढा एकदिन दुई युवती हतार हतार उनको छेउमा आए। ती उनकै शिष्या थिए। , 'गुरू आज हामीले केही केटाहरूलाई पुलिसको जिम्मा लगाएर आयौँ,' शिष्यामध्ये एउटीले सुनाइन्। , 'के भयो?' उनी आत्तिए।, 'जबरजस्ती गर्न खोज्दै थिए। अनि हामीले किन छोड्थ्यौँ?' उनीहरूले भने। त्यसपछि घटना बेलिविस्तार लगाए। उनी मुसुमुसु हाँस्दै सुने अनि ढुक्क भएर भने - राम्रो गर्यौ। , उनी हुन् धनगढीका प्रकाश चन्द। उनले किशोरी र युवतीलाई आत्मरक्षा सम्वन्धी प्रशिक्षण दिन्छन्। ती दुई युवती यही प्रशिक्षण पाएका-लिएका मध्ये थिए।, किशोरी तथा महिलाले आफूमाथि कसैले केही गरे त हामी अब डराएर चुप लागेर बस्दैनौं, प्रतिकार गर्न सकेका छौं’ भन्ने सुनाए भने चन्द मख्ख पर्न थालेका छन्। आफ्ना शिश्यहरूले सुनाएको त्यो दिनको खबरले उनलाई खुसीमात्र बनाएको थिएन थप जिम्मेवारी पनि महसुस गराएको थियो।, खासमा चन्द राष्ट्रिय कराते खेलाडी हुन्। २०६० साल यता उनी रेफ्रीको भूमिकामा छन्।, राष्ट्रिय खेलकुद परिषदमा सहायक प्रशिक्षक रहेर करारमा काम गरिरहेका उनी अन्तर्राष्ट्रियस्तरको रेफ्री हुन्। उनले राष्ट्रिय, अन्तराष्ट्रिय तथा आमन्त्रित प्रतियोगितामा दुई दर्जन बढी स्वर्ण पदक जितेका छन्।, अहिले भने चन्द एक कुशल कराँते प्रशिक्षकका रुपमा परिचित छन्। उनले अहिलेसम्म ५० हजार बढीलाई कराँते प्रशिक्षण गराइसकेको बताउँछन्। आफूले प्रशिक्षण गराएका कयौं खेलाडीहरूले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा चिनिएर मेडल पाउँदा आफू उसैगरि मख्ख पर्ने उनले बताए। , विगतमा कराँतेका लागि मात्रै प्रशिक्षण गराउने उनी पछिल्लो तीन वर्ष यता एउटा सामाजिक अभियानमा जुटेका छन्। उनको त्यो सामाजिक अभियान हो- ‘महिला तथा किशोरीलाई आत्मरक्षा तालिम प्रदान गर्नु।’ , यस्तो अभियानमा उनी जुटेको छिमेकी जिल्ला कन्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले गर्दा हो।, साथीको घरबाट घर फर्किँदै गर्दा बलात्कारमा परेर हत्या गरिएकी पन्तको हत्यापछि दैनिक सडकमा उनको न्यायको लागि कयौं मान्छेहरू उत्रिएका थिए। यो दृश्यले उनको मन भारी भइरहन्थ्यो। प्रहरीले हत्यारा पत्ता लगाउन सकेन अहिले पनि सकेको छैन। त्यो घटनापछि यस्तो अरूलाई नहोस् भन्ने उनी चाहन्थे।, यस्ता घटनाबाट आत्मरक्षाको तालिमले केही त सहयोग पुर्याउँछ भन्ने उनलाई लाग्छ। , निकै समय पिरोलिएपछि उनले एक दिन निधो गरे- अब छोरीहरूलाई प्रशिक्षण दिने अभियान चलाउँछु। आफूले सिकेको ज्ञान समाजका छोरीहरूलाई सिकाउँछु। , ‘निर्मला मात्र नभई धेरै बालिका, किशोरी र महिलाहरू पनि बलात्कृत भएका, हिंसामा परेका, हत्या भएका घटना सुनिन्थे, त्यसैले मलाई आत्मरक्षा तालिम दिनुपर्ने सोच मनमा जाग्यो,’ उनले भने।, उनका अनुसार कराँते सेल्फ डिफन्सको एक पाटो हो। खेलले आत्मविश्वास ल्याउँछ। त्यही आत्मविश्वास समाजका छोरीहरूमा आवश्यक छ।, उनले यो अभियानबारे अन्य महिला तथा बालबालिकाबारे सरोकार राख्ने निकायसँग पनि छलफल गरेका थिए। अभियानमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने बतायो। यस्तै, धनगढी उपमहानगरपालिका र अन्यसंघसंस्थाले पनि सहयोग गरेपछि धनगढीबाट उनले यो अभियान सुरू गरे।, त्यसपछि २०७८ सालमा धनगढीको रंगशालामा ७ दिने आत्मरक्षा तालिम प्रदान गर्ने कुरा भयो।, उक्त तालिममा प्रदेशका विभिन्न जिल्लाबाट किशोरी तथा महिलाहरू सहभागी बने।, 'हामीले एक हजारलाई तालिम दिने सोचेका थियौँ, तालिममा एक सातामा २ हजार २ सयबढी सहभागी भए,’ उनले भने।, तालिममा शारीरिक र मनोवैज्ञानिक रूपमा आत्मरक्षा कसरी गर्ने भन्ने कुरा सिकाइएको थियो। , ‘सुरूमा प्रशिक्षण दिँदा थाहा पाएँ छोरीहरूलाई त असल छुवाई र खराव छुवाई के हो भन्ने पनि थाहा रहेनछ। उनीहरूलाई खराब छुवाइ हुँदा महसुस हुने भए पनि यो खराब छुवाइ हो मैले प्रतिकार गर्नुपर्छ भन्ने थाहा थिएन,' उनले सेतोपाटीसँग भने, 'हिंसाबाट कसरी बच्ने, कसरी प्रतिकार गर्ने भन्ने कुराको ज्ञान हुने त कुरै भएन।', असल र खराब छुवाई छुट्टाउन सिकाउनेदेखि प्रतिकारसम्म कसरी गर्ने भनेर सिकाए। अहिले आफ्नो प्रशिक्षण पाएकामध्ये धेरै महिला बलिया भएको उनको दाबी छ।, ‘केही समयको प्रशिक्षणपछि समस्यामा परेकाले प्रतिकार गरेर ठूल्ठूला व्यक्तित्वहरू समेतलाई कानूनी दायरमा ल्याउन सफल भए, यो साहस छोरीहरूले मेरो प्रशिक्षणबाट मिलेको जस्तो लाग्छ,' उनले भने।, त्यसपछि चन्दले यो अभियानलाई प्रदेशभरमात्र नभई देशभरि सञ्चालन गर्ने तयारी गरे। तयारी सकेर उनी कर्णाली प्रदेश, बाग्मती प्रदेशका सयौं किशोरी तथा महिलालाई आत्मरक्षा ज्ञान बाँडे।, सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तह, सामुदायिक विद्यालयमा गएर सञ्चालन गरेको उनको अभियानबाट अहिलेसम्म २२ हजार महिलाले आत्मरक्षा तालिम प्राप्त गरिसकेका छन्।, उनले अहिले ‘प्रहार’ नामक संस्था नै चलाएका छन्। यो संस्थाले किशोरी मात्र होइन किशोर र यूवाहरूलाई पनि यौन दुर्व्यवहारविरूद्धका कक्षाहरू दिलाउँछन्।, ‘हामी महिलालाई मात्र होइन किशोर तथा यूवाहरूलाई पनि राम्रो/नराम्रो छुवाई के हो, दुर्व्यवहार के हो बलात्कार के हो र यी सब कुरा किन अपराध हुन् र गर्न हुँदैन भनेर सचेत गराउने क्लासहरू दिन्छौं। महिला तथा विज्ञ टोली लगेर कानून पनि सिकाउँछौं,' उनले भने।, अभियानमा प्रशिक्षण पाएकामध्ये कतिपयले त अहिले अरूलाई पनि प्रशिक्षण दिने गरेका छन्।, उनको संस्थाले सरकारी स्कुलमा पढ्ने, अपांग, अति विपन्न, एचआइभी संक्रमित, हिंसामा परेकालाई पनि सचेत र आक्रमणबाट बचाउन आत्मरक्षा तालिम दिने गरेको छ।, ‘हाम्रो अभियान जारी छ, यो अभियानले केहि हदसम्म भए पनि समाजमा हुने जघन्य अपराधबाट छोरीहरू बँच्न सकुन् भन्ने मेरो चाहाना छ,’ उनले भने।, स्थानीय तहहरूले आफ्ना विद्यालयमा किशोरीहरूलाई आत्मरक्षा तालिम दिने र किशोरलाई गलत गर्नु हुँदैन भन्ने सचेतना क्लास दिलाउने काम गर्नुपर्ने बताए। स्थानीय तहले यस्ता कार्यक्रम ल्याए समाजमा हुने अपराध कम मात्रामा हुने उनको विश्वास छ।, चन्द यही विश्वासका साथ अहिले पनि दैनिक आत्मरक्षा तालिम प्रदान गरिरहेका छन्।, धनगढीकी देवकी कुँवरलाई असल र खराब छुवाई के हो भन्ने समेत पत्तै थिएन। अब भने उनी कसैले आक्रमण गरिहाले फाइट गर्न सक्ने भएको बताउँछिन्।, ‘मलाई गुडटच, ब्याडटचको बारेमा थाहा थिएन, तालिममा धेरै कुरा सिक्न पाएकी छु, कसैले मलाई आक्रमण गरिहाले त्यहीबेला फाइट गर्न सक्ने मनोवल पनि पाएकी छु,’ उनले भनिन्।, आफूमाथि भएको जुनसुकै किसिमको हिंसालाई तुरुन्तै प्रतिकार गर्न सके महिला र किशोरीदेखि अपराधीहरू डराउने उनको भनाई छ ।, ‘आत्मरक्षा तालिम विद्यालयमा प्रदान गर्न सके अझ धेरै हामी जस्तै सचेत बन्ने सक्छन्,’ उनले भनिन्, 'हामी बलिया भयौं भने अपराधी डराउलान्।',
किशोरीहरूलाई 'आइलागे जाइलाग्न' सिकाउने प्रकाश
|
युनिक श्रेष्ठ सोमबार बिहानै सिंहदरबार प्रहरी वृत्तमा फोन आयो। फोनमा बोल्नेले भन्दै थिए, अनामनगरको सुन पसलमा लुटपाट भयो।, काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अनामनगरको एक सुन पसलमा लुटपाटको जानकारीपछि तत्कालै प्रहरीहरू घटनास्थलतर्फ गए।, धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ घर भई ललितपुरमा बस्दै आएका अविराज दूतराजले आफ्नो सुनचाँदी पसल लुटपाट भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। उनी अनामनगरमा श्री मनकामना सुनचाँदी तथा गरगहना पसल चलाउँछन्।, पसलको भित्ता फोडेको अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन्। मनकामना सुनचाँदी पसलसँगै जोडिएको पान पसलतर्फबाट भित्ता फोडेर प्वाल बनाइएको थियो।, पान पसलबाट भित्ता फोडेर सुनचाँदी पसलमा लुटपाटको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। मान्छे छिर्न मिल्ने गरी भित्तामा प्वाल बनाइएको प्रहरी स्रोत बताउँछ।, ‘एक जना मान्छे छिर्न मिल्ने गरी भित्तामा प्वाल बनाइरहेको रहेछ,’ एक प्रहरीले भने, ‘तर भित्र पसेर सुनचाँदी भने लुट्न भ्याएको रहेनछ।’, घटनाबारे अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक पान पसल सञ्चालक भारतको बिहार मोतिहारी जिल्लाका २३ वर्षीय सन्दिप जैसवाल हुन्। उनीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।, यो घटनाको मुख्य योजनाकार भने जैसवाल नभएको प्रहरी बताउँछ। पान पसलमै काम गर्ने कामदार यो घटनाको योजनाकार रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ।, भारतको रक्सौल घर भएका २१ वर्षीय राहुल सर्राफ फरार छन्। उनी दुई महिनादेखि पान पसलमा काम गर्दै आएका थिए।, सर्राफलाई पान पसलका सञ्चालक जैसवालले सामान किन्नको लागि ६० हजार रुपैयाँ दिएका थिए। उनले जैसवालको बा ६६ प ७२८६ नम्बरको बाइक पनि चलाउने गर्दथे। राहुल पैसा लिएर फरार छन्। , ‘पान पसल सञ्चालकको पैसा लिएर राहुल भागेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो। , यसैबीच वीरगन्जको वडा प्रहरी कार्यालय बिर्ताले भारतसँगको सीमा नाकाबाट अर्का एक जनालाई यो घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।, भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३० वर्षीय सुनिल रजाक पक्राउ परेका हुन्। उनलाई राहुलले पैसा दिएर मोटरसाइकल सीमा पार गर्न लगाएको खुलेको छ। पर्सा प्रहरीले यो घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पनि सहयोग लिएको थियो।, रजाकको साथबाट प्रहरीले सात हजार र बा ६६ प ७२८६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। उनले सात हजार राहुलले नै दिएको बयान दिएका छन्।, काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अनामनगर चुनचाँदी पसलको यो घटनामा एक जनाको साथबाट मोटरसाइकल बरामद गरिएको बताए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ।,
अनामनगरमा पान पसलको भित्ता फुटाएर सँगै रहेको सुनचाँदी पसल लुट्ने प्रयास
|
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ।, रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए। , उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ।, रजिष्ट्रार प्रा डा दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए। , त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो। , मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो।, ६० पूर्णांकको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ। , त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीका कारण अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिने गर्दछ। ,
पोहोर र यसपालि प्रश्नपत्र हुबहु मिलेपछि त्रिविले गर्यो छानबिन समिति गठन
|
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ। , काभ्रेपलाञ्चोक पनौती नगपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्ने ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। , उनका अनुसार कामीलाई उच्च अदालत पाटनले २०७७ साल मंसिर २३ गते १० लाख ५० हजार रुपैयाँ जरिवाना र चार दिन कैद फैसला सुनाएको थियो। उक्त फैसलापछि कामी फरार थिए।, प्रहरीले कामीलाई गत शुक्रबार धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि सोमबार काठमाडौं जिल्ला अदालत पठाएको जनाएको छ। ,
,
काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
|
सेतोपाटी संवाददाता इटहरीको सहरी क्षेत्रमा देखिएको चितुवालाई नियन्त्रणमा लिइएको छ।, आज बिहान करिब ५ बजे स्थानीयले चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए।, चितुवालाई वन कार्यालयका कर्मचारी बोलाएर नियन्त्रणमा लिइएको हो।, चितुवालाई सुनसरीस्थित डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ। यो दुई वर्ष उमेरको भाले चितुवा भएको बताइएको छ।, इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा देखिएको चितुवा सात घन्टापछि नियन्त्रणमा लिइएको हो।,
सहर पसेको चितुवालाई लिइयो नियन्त्रणमा
|
सेतोपाटी संवाददाता प्रहरीले वीरगन्जबाट १ सय १३ वटा कछुवासहित एक जनालाई नियन्त्रणमा लिएको छ।, बाराको कलैया उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। , सोमबार वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १ सय १३ वटा कछुवासहित टेमानीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। , प्रहरीले भारतबाट नेपालतर्फ अवैध रूपमा कछुवा ल्याउँदै गरेको भन्ने गोप्य सूचना पाएको थियो।, सोही आधारमा प्रहरीले बिआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा टेमानीको झोलामा लुकाइ ल्याउँदै गरेको उक्त कछुवासहित नियन्त्रणमा लिएको जनाएको छ। , प्रहरीले टेमानीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको जनाएको छ। ,
११३ वटा कछुवासहित एक पक्राउ
|
मन्दिरा घिमिरे एम्बुलेन्स भन्नेबित्तिकै हामी यस्तो सवारी बुझ्छौं जसले आकस्मिक बिरामीलाई अस्पताल दौडाउँछ।, अचेल अत्यावश्यक स्वास्थ्य सेवा र डाक्टर-नर्ससहितका एम्बुलेन्स प्रचलनमा छन्। दुर्घटनाका घाइतेलाई अस्पताल पुग्नुअघि आकस्मिक सेवा दिएर प्राण जोगाउन सकिने हुँदा यस्तो एम्बुलेन्स प्रयोगमा आएको हो।, काठमाडौं महानगरपालिकाले यही अवधारणा पूर्वाधार क्षेत्रमा अपनाएको छ।, पूर्वाधारमा केही यस्ता समस्या हुन्छन् जसलाई तुरून्तै हल गरियो भने ठूलो रूप लिँदैन। लामो समय यत्तिकै राख्दा कुनै दिन यति ठूलो हुन्छ, त्यसलाई सुल्झाउन धेरै रकम खर्च नगरी धर पाइन्न।, कम खर्चमा सजिलै मर्मत हुन सक्ने पूर्वाधारमा ठूलो बजेट खर्चने नौबत नआओस् भनेर काठमाडौं महानगरपालिकाले सोमबारबाट 'पूर्वाधार एम्बुलेन्स सेवा' सञ्चालनमा ल्याएको छ।, सडकका खाल्डाखुल्डी, ठाउँठाउँमा फुटेका ढल लगायत पूर्वाधार आकस्मिक मर्मतसम्भार गर्न महानगरले यस्तो सेवा सुरू गरेको हो।, जसरी एम्बुलेन्समा बिरामीको आकस्मिक उपचार गर्न डाक्टर-नर्स हुन्छन्, महानगरको यो एम्बुलेन्समा बिरामी पूर्वाधारको उपचार गर्न इञ्जिनियर वा प्राविधिक रहन्छन्। उनीहरूले आफूलाई चाहिने अत्यावश्यक उपकरण सँगै बोकेका हुन्छन्।, पूर्वाधार एम्बुलेन्समा एक इञ्जिनियरसहित चार जना मजदुरको टोली छ। महानगरले दुइटा एम्बुलेन्स तयारी अवस्थामा राखे पनि पहिलो चरणमा एउटा मात्र सञ्चालनमा ल्याएको छ।, नवनिर्वाचित मेयर बालेन शाहले महानगरको पहिलो कार्यपालिका बैठकमा यो सेवा सुरू गर्ने प्रस्ताव पेस गरेका थिए।, बैठकले पारित गरेपछि गत शुक्रबार नै तयार पारिएको पूर्वाधार एम्बुलेन्स सोमबारबाट सञ्चालनमा आएको महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाले जानकारी दिए।, पूर्वाधार एम्बुलेन्सका इञ्जिनियर हरिबहादुर बुढाले महानगरको कल सेन्टरमा सर्वसाधारणबाट आएका गुनासाका आधारमा आकस्मिक मर्मतसम्भार गर्न थालेको बताए।, 'सबभन्दा पहिला सर्वसाधारणले महानगरको कल सेन्टरमा फोन गरेर सूचना दिनुहुन्छ। हामी त्यही सूचनाका आधारमा उहाँहरूले भन्नुभएको ठाउँमा जान्छौं र के समस्या रहेछ निरीक्षण गर्छौं,' उनले भने, 'निरीक्षण गरेर आएपछि मर्मतसम्भार गर्न के-कस्ता सामान चाहिन्छ भनी हिसाब निकालिन्छ अनि हामी पूर्वाधार एम्बुलेन्ससहित मर्मतसम्भार गर्न फिल्डमा पुग्छौं।', महानगरको कल सेन्टर सेवा र पूर्वाधार एम्बुलेन्स एकअर्काका परिपूरक बनेका छन्। कल सेन्टर सेवा पनि पहिलो कार्यपालिका बैठकको निर्णयकै आधारमा लागू गरिएको हो।, राष्ट्रिय सभागृहमा सुरू कल सेन्टरमा दैनिक आठ सयका दरले फोन आइरहेका छन्। अहिलेलाई धेरैजसो फोन मेयर शाह र उपमेयर सुनीता डंगोललाई बधाई दिन आइरहेका छन्। त्यसबाहेक आफ्नो टोलतिर सडक, ढल, फुटपाथ वा अन्य पूर्वाधार बिग्रे-भत्केकोबारे गुनासो गर्नेहरूको संख्या पनि उल्लेख्य छ।, पूर्वाधार एम्बुलेन्सले पूर्ण रूपमा काम सुरू गरेपछि कल सेन्टरमा आएका गुनासा सबै सम्बोधन हुने सार्वजनिक निर्माण विभागका प्रमुख थापाले बताए।, उनका अनुसार पहिलो चरणमा केही दिनयता कल सेन्टरमा आएका गुनासा समस्या सम्बोधन गर्ने काम भइरहेको छ। त्यसैमध्ये डल्लु क्षेत्रमा सडकका खाल्डाखुल्डीबारे गुनासो आएको थियो। पूर्वाधार एम्बुलेन्स टोलीले निरीक्षण गरेर आइसकेको छ। अहिले त्यहाँ खाल्डाखुल्डी पुर्ने काम भइरहेको थापाले जानकारी दिए।, ‘बाटोका खाल्डाखुल्डीमा बर्खाको पानी जमेर सर्वसाधारणलाई सास्ती भइरहेको छ। हामी त्यस्ता खाल्डाखुल्डी पुर्ने काम गरिरहेका छौं। फुटपाथमा पनि खाल्डाखुल्डी धेरै हुँदा बटुवालाई हिँड्न गाह्रो छ। त्यसलाई सुधार्ने काम हुँदैछ,' उनले भने।, कल सेन्टरमा आएका गुनासामध्ये कतिपय काम महानगरको क्षेत्राधिकारभन्दा बाहिरका हुन्छन्। उदाहरणका लागि, मूल सडकको जिम्मा महानगरको हुँदैन। त्यस्तो अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिने उनले बताए।, कतिपय काम टेन्डर निकालेर गर्नुपर्ने स्तरका पनि हुन्छन्। त्यस निम्ति छिट्टै टेन्डर आह्वान गरेर काम सुरू गरिने उनले जानकारी दिए।, ‘अहिलेलाई फुटपाथका खाल्डाखुल्डी पुर्नेजस्ता टेन्डर गर्नु नपर्ने काम पूर्वाधार एम्बुलेन्सबाट हुनेछन्,' उनले भने, 'टेन्डर निकालेर गर्नुपर्ने काम भए पनि महानगरको कल सेन्टरमा फोन गरेर सुझाव दिन सक्नुहुन्छ। यसले महानगरलाई बजेट छुट्टयाउन सहयोग पुग्नेछ।’, महानगरले पूर्वाधार एम्बुलेन्सका लागि चाहिने मर्मतसम्भारका सामान टेकुस्थित वातावरण विभाग कार्यालयमा राखेको छ। यसमा बालुवा, गिटी, सिमेन्ट, इटा लगायत छन्।, आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेकाले नयाँ बन्दोबस्त नगरी टेकु कार्यालयमै सामानहरू राखिएको थापाले जानकारी दिए।, कल सेन्टरमा फोन गर्ने कतिपयले ठाउँ राम्ररी बुझाउन नसक्दा काम गर्न कठिनाइ भइरहेको थापाको अनुभव छ।, ‘बानेश्वरको बाटोमा खाल्डाखुल्डी भएको गुनासो आयो,’ उनले भने, ‘फोन गर्नेले समस्या त टिपाउनुभयो तर लोकेसन प्रस्ट भन्नुभएनछ। लोकेसन प्रस्ट नबताइदिँदा हामीलाई फिल्डमा पुग्न कठिनाइ भयो।’, जसले फोन गर्दा पनि कमसेकम लोकेसन र कुन मार्गमा समस्या आएको हो भनेर प्रस्ट बताउनुपर्ने उनले सुझाए।, तस्बिर स्रोत: महानगर,
काठमाडौंमा कुद्न थाल्यो महानगरको पूर्वाधार एम्बुलेन्स
|
सेतोपाटी संवाददाता पर्सामा हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उनको शव गत शनिबार बिहान सवा ११ बजे जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ स्थित नारा खोलाको खोल्सामा भेटिएको थियो। , शव घोप्टो परेको र घाँटीमा गम्छा कसिएको अवस्थामा फेला परेको थियो। , हत्या आरोपमा प्रहरीले जगरनाथपुर-६का ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवीलाई पक्राउ गरेको छ।, प्रहरीले रामबालकलाई आइतबार र अरूलाई शनिबार नै नियन्त्रणमा लिएको थियो। , यस घटनासम्बन्धी जिल्ला प्रहरी कार्यालयले सोमबार सार्वजनिक गरेको हो। , प्रहरी नायब उपरीक्षक खनालका अनुसार मृतक राजेश राम जेठ २४ गते मंगलबार आफ्नी दिदीको घरमा बसेका थिए। , तर शनिबार मध्यरातमा राजेशका भिनाजु हिरामन महरा, उनका भाइ लगायत परिवारका पाँच जना सदस्य मिलेर उनको हत्या गरेको खनालले बताए। , अनैतिक क्रियाकलापमा सलंग्न भएको विषय लिएर उनको हत्या गरी शव फालेको खुलेको प्रहरीले जनाएको छ। , प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। ,
,
पर्सामा सालोको हत्या, भिनाजुसहित पाँच पक्राउ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार २११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ८६ जनाको पिसिआर र एक १२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०६ जना सक्रिय संक्रमित छन्।, १३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए १५ जना कोरोना संक्रमित
|
मनिका विश्वकर्मा माइतीघरमा शनिबार खुट्टा राख्ने ठाउँ थिएन।, सधैं हक-अधिकारका लागि आन्दोलन हुने यो चोकमा शनिबार भने कोही आन्दोलन गर्न आएका थिएनन्। त्यहाँ हर्ष र उल्लास थियो– यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरूको। तर यो हर्ष र उल्लास आफैंमा एउटा आन्दोलन नै हो।, उनीहरूले माइतीघरको सडकमा आफ्नो खुसीको इन्द्रेणी छरिदिए। त्यो इन्द्रेणी उनीहरूको समुदाय झल्काउने चिह्न हो।, अंग्रेजी क्यालेन्डरको जुन महिना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विशेष महिना हो। त्यही भएर उनीहरू गर्वसाथ यो महिनालाई 'प्राइड मन्थ' भन्छन्।, पारिलो घाम, सिरसिर चलेको हावाले माइतीघरका रूखका पात हल्लाइरहेका थिए। पातसँगै उनीहरू ठूलो इन्द्रेणी झन्डा पनि फहराइरहेका थिए। झन्डामुनि उनीहरू 'ह्याप्पी प्राइड परेड' भन्दै चिच्याइरहेका थिए।, चारैतिर प्रहरीले सुरक्षा दिइरहेका थिए। त्यहाँ आउनेहरू रमाइरहेका देखिन्थे। त्यही हुलमा बाटोमा हिडिँरहेका मान्छे पनि खुसी साट्न मिसिन्थे। यस्तो लाग्थ्यो, इन्द्रेणी रङमा उनीहरू पनि मिसिन चाहन्थे।, इन्द्रेणी झन्डामा मात्र थिएन, कसैको गालामा चित्रका रूपमा, कसैले झोलामा त कसैले लुगाका रूपमा लगाएका थिए। घाम छेक्न ल्याइएको छातामा समेत इन्द्रेणी रङ देखिन्थ्यो।, माइतीघर र त्यहाँ उपस्थितहरू सबैको इन्द्रेणीमय अनुहार।, इन्द्रेणी ब्यानरमा यौनिक तथा लैंगिक समुदायलाई माया गर, सम्मान गर लगायत लेखिएको थियो। उनीहरू नारा लगाइरहेका थिए– यो समुदाय रोग नभई प्राकृतिक स्वरूप हो।, जसरी इन्द्रेणी प्राकृतिक हो, यो समुदाय पनि प्राकृतिक हो। जसरी यसमा फरकफरक रङ छन्, यो समुदायले पनि फरक देश, जात, धर्म, लिंग, उमेरका व्यक्तिलाई प्रतिनिधित्व गर्छ।, जसरी इन्द्रेणी सुन्दर देखिन्छ, यो समुदाय पनि सुन्दर छ।, माइतीघरमा यो सुन्दरता नियाल्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय मात्रै थिएन। विभिन्न संघसंस्थाका व्यक्ति, सामाजिक अभियन्ता, युवा, किशोर–किशोरी, गर्भवती महिला सबै खुसी महोत्सव मनाउन आएका थिए। कोही सडकको डिलमा उभिएर नियालिरहेका थिए। कोही भीडमै आएर आफूलाई खुलाइरहेका थिए।, सबै रमाइरहेका बेला दुई युवती इन्द्रेणी टिसर्ट लगाएर प्लाकार्ड बोक्दै तस्बिर मोबाइलमा कैद गर्दै थिए।, हामीले उहाँहरूको नजिक पुगेर सोध्यौं, 'कस्तो लाग्दै छ आजको दिन?', युवतीहरूले भने, 'एकदम रमाइलो। हेर्नुस् न हामीले त टिसर्ट नपाएर अनलाइनबाट बल्लबल्ल मगाएर लगायौं।', यो प्राइड मन्थ मनाउन जुन महिनाको पहिलो दिनदेखि उत्साहित भएको उनीहरूले बताए। खुसीको महोत्सव मनाउन जाँदा के कपडा लगाउने, कस्तो प्लाकार्ड बनाउने, कसरी जाने भनेर तयारीको हतारमा थिए।, 'यही दिनका लागि भनेर हामीले इन्द्रेणी टिसर्ट खोजेका थियौं तर कतै पाएनौं। अनि अनलाइनबाट महोत्सवकै दिन किनेर लगायौं,' उनीहरूले भने।, उनीहरूजस्तै खुसीको महोत्सव मनाउन आएका व्यक्तिहरूले गीत गाए, कविता वाचन गरे, नाचे।, यो महिना यौनिक तथा अल्पसंख्यक समुदायका लागि विशेष हो। यो महिनालाई उनीहरू आफ्नो मनले चाहेअनुसार चाड, पर्व, महोत्सव, स्वतन्त्रताको प्रतीक जेको पनि अर्थ दिन सक्छन्।, ट्रान्सम्यान (पारलैंगिक पुरुष) एलेन भण्डारीका अनुसार नेपाली यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूले यो महिनालाई उत्सव बनाउन थालेको सन् २०१९ बाट मात्र हो।, जुन महिनालाई किन उनीहरूले गौरवको यात्रा भनेर मनाउन थाले भन्ने लामो इतिहास छ। यसलाई यो समुदायको ठूलो विद्रोहको आन्दोलनका रूपमा चित्रण गर्न सकिन्छ।, ६०औं दशकमा विश्वभरि समलैंगिकतालाई घृणाको दृष्टिले हेरिन्थ्यो। मानसिक रोग भनेर व्यवहार गरिन्थ्यो। समाजले अस्वीकार्य ठानेर हेर्थ्यो। त्यो बेला अहिलेजस्तो यौनिकताका विभिन्न आयाम र पहिचानहरू खुलिसकेका थिएनन्।, अमेरिकामा त्यो बेला समलैंगिकहरूले जन्मे-हुर्केका ठाउँमा खुल्न पाउने अवस्था थिएन। त्यसकारण उनीहरू आफ्नो पहिचान खुलाउन न्युयोर्क सहर पुग्थे। न्यूयोर्कको ग्रीनविचमा समलैंगिकहरू खुल्न सक्थे। आफ्ना समुदायका मान्छेहरूसँग बस्न सक्थे।, आफूले भोगेका दुःखपीडा भुल्न र रमाइलो गर्न उनीहरू 'स्टोनवाल' नामको बारमा गएर मदिरा पिउँथे, नाच्थे, खुसी मनाउँथे। यो बार विशेषगरी यही समुदायका व्यक्तिहरूका लागि भनेर प्रख्यात थियो। यहाँ आफूलाई बाँधेर बस्न नपर्ने भएकाले पनि धेरै मान्छे यहाँ आएर बसेका थिए।, त्यति बेला सार्वजनिक रूपमा समलिंगी व्यवहारमा संलग्न हुन (एउटै लिंगको कसैसँग हात समात्ने, चुम्बन गर्ने वा नाच्ने) नपाइने नियम थियो। त्यस कारण सन् १९६९, जुन २८ मा न्यूयोर्कको स्टोनवाल बारमा प्रहरीले छापा मार्यो। बारहरूमा मदिरा किनबेचमा धेरै संलग्न रहेको र समलिंगी व्यवहार गरेको आरोपमा केही मान्छेलाई प्रहरीले पक्राउ गर्यो।, योभन्दा अगाडि पनि प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरिरहेको थियो। तर उनीहरू केही नगरी चुपचाप सहिरहन्थे।, स्टोनवाल बारमा प्रहरीले छापा मारेर आफ्ना समुदायका मान्छेलाई पक्राउ गरेपछि भने ठूलो विद्रोह भयो। दंगा फैलियो। क्रिस्टोफर स्ट्रिटको बार बाहिर, सडकमा र नजिकैको क्रिस्टोफर पार्कमा विरोध र हिंसात्मक झडप भयो।, पक्राउ गरेको भोलिपल्टैदेखि मानव अधिकार हनन गरिएको भन्दै यौनिक तथा अल्पसंख्यक समुदायका र अरू व्यक्तिहरूले सडकमा आन्दोलन गर्न थाले। पाँच दिनसम्म चलेको आन्दोलनमा महिला अधिकारकर्मीहरूले समेत यो समुदायको अधिकार हनन नगर भन्दै राज्यलाई चुनौती दिएको थियो।, त्यसपछि विश्वका कुनाकुनामा यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिले आआफ्नै तरिकाले आन्दोलन सुरू गरे।, आन्दोलन चर्किँदै गयो। महिलावादी आन्दोलनले मिडियाबाट एकदम ठूलो विद्रोह गर्न थाले। विभिन्न संघ–संस्था खुले र यो समुदायको अधिकारका लागि प्रदर्शन र आन्दोलन गरे।, त्यो आन्दोलनमा करिब ४०० मान्छे सरिक थिए।, त्यसपछि सरकारले पक्राउ गरिएका व्यक्तिलाई रिहा गरिदियो। यो समुदायको अधिकारका लागि राज्य संवेदनशील र सजग हुन बाध्य भयो।, औपचारिक ढंगबाट न्यूयोर्कमा यस समुदायको अधिकारका लागि काम गर्ने संस्थाहरू खुल्न थाले। विश्वका विभिन्न ठाउँमा संगठन बन्न थाले।, स्टोनवाल दंगाले संयुक्तराज्य अमेरिका र विश्वभरि समलिंगी अधिकार आन्दोलनका लागि उत्प्रेरकको काम गर्यो। यसले संसारभर तरंग ल्यायो।, विद्रोहको एक वर्षपछि, जुन २८, १९७० मा यो घटनाको वार्षिकोत्सव मनाइयो।, स्टोनवाल घटनापछिको आन्दोलन, पहिलो वार्षिकोत्सव सिकागो, लस एन्जल्स, न्यूयोर्क र सान फ्रान्सिस्कोमा भएको थियो। केही वर्षभित्रै अमेरिका र विश्वभर समलिंगी अधिकार संस्थाहरू स्थापना भए। त्यो घटना सम्झिएर हरेक वर्ष जुनमा स्टोनवाल दंगाको सम्मानमा प्राइड मन्थ मनाउन थालियो।, संसारका धेरै सहरमा जुनमै प्राइड मन्थ मनाइन्छ। केही ठाउँमा भने अन्य समयमा पनि मनाइन्छ।, सुरूमा यो उत्सव एक दिन मात्र मनाइन्थ्यो। पछि पूरा जुनलाई नै यौनिक तथा अल्पसंख्यक समुदायकाहरूले गौरवको महिनाका रूपमा मनाउन थाले।, सन् १९९९ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले यो महिनालाई 'गे एन्ड लेस्बियन प्राइड मन्थ' का रूपमा औपचारिक मान्यता दिए। यसले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूका विभिन्न आयाम र पहिचान खुल्दै गए। बाराक ओबामा राष्ट्रपति हुँदा यसलाई 'एलजिबिटी प्राइड मन्थ' का रूपमा मान्यता दिइयो। जो बाइडेनका पालामा 'एलजिबिटिक्यू प्लस (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वेर र थपका रूपमा) प्राइड मन्थ' का रूपमा मान्यता दिइयो।, सन् २०१९ जुन महिनामा न्यूयोर्क सहरका प्रहरी आयुक्त जेम्सपीओ निलले सन् १९६९ मा भएको स्टोनवाल घटनाका लागि औपचारिक माफी पनि मागे। , त्यही वर्षदेखि नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि यो महिनालाई गौरवको महिनाका रूपमा मनाउन थालेका हुन्।, 'नेपालले यो विद्रोहलाई त्यति ध्यान दिएको थिएन। बिस्तारै यसबारे थाहा भएपछि 'गौरवको महिना जुन' भनेर सन् २०१९ बाट मनाउन थालिएको हो,' शनिबार माइतीघरमा आफ्नो पहिचानमा गर्व गरिरहेका एलेन भण्डारीले भने।,
जुन २८ को त्यो घटनाले संसारभर ल्याएको तरंग
|
राजेश घिमिरे कथा रामनगरको, मलाई यो स्टोरी लेख्ने हुटहुटी जागेको ठ्याक्कै चार महिना भयो।, चितवन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले गत माघ महिनामा हजार पृष्ठको एउटा किताब पढ्न दिएका थिए। किताबको नाम थियो- चितवन दर्पण।, चितवनको इतिहास र वर्तमान समेटिएको उक्त किताब जिल्ला समन्वय समितिले प्रकाशन गरेको थियो।, इतिहासमा रूचि भएकाले मैले घर पुग्नेबित्तिकै किताबका पाना पल्टाएँ।, पहिलो अध्यायमा प्राध्यापक देवीप्रसाद कँडेलले चितवनको प्रागइतिहासदेखि २००७ सालसम्मको वृत्तान्त समेटेका छन्।, उनले सूर्यमणि अधिकारीको 'तनहुँ राज्यको इतिहास' नामक किताब उद्धृत गर्दै पाल्पाका सेन वंशीय शासकहरू अहिले भारतमा पर्ने रामनगरदेखि राजपुरसम्म फैलिएको उल्लेख गरेका छन्।, पाल्पाको सेन राज्यका संस्थापक रूद्र सेन (१५५०–१५७५ विसं) का छोरा मुकुन्द सेन प्रथम (१५७५–१६१० विसं) ले आफ्नो राज्य पूर्वमा कन्काई नदी, पश्चिममा रूरू, दक्षिणमा गंगानदी र उत्तरमा मुक्ति क्षेत्रसम्म विस्तार गरेका थिए, कँडेल लेख्छन्, 'आफ्नो शासनको अन्त्यतिर मुकुन्द सेनले धर्मकर्ममा बढी ध्यान दिँदै छोरा र भतिजाहरूलाई विभिन्न क्षेत्रका प्रशासक बनाए। उनको निधनपछि ती छोरा र भतिजाहरूले आफूअन्तर्गतको क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरे र आफू त्यहाँका शासक भए।', यही क्रममा मुकुन्द सेन प्रथमको निधनपछि उनका साइला छोरा भृङ्ग सेन तनहुँका राजा भए। चितवन उनकै राज्यअन्तर्गत पर्यो। भृङ्ग सेन र उनका सन्तानले विक्रम सम्बत् १६१० देखि १८३४ सम्म एकछत्र राज गरे।, त्यसपछि राजा दामोदर सेनको पालामा तनहुँ थप फैलियो। उनले तनहुँको सीमालाई भारतमा पर्ने रामनगर, राजपुरभन्दा परसम्म पुर्याएको कँडेलले उल्लेख गरेका छन्।, यति पढिसकेपछि मलाई इतिहासको यो लहरो पछ्याउने इच्छा भयो।, के भारतको रामनगर र राजपुरमा सेन वंशीय शासकहरूका अवशेष अझै छन्?, के त्यहाँ अहिले पनि राज्य विस्तार क्रममा तत्कालीन तनहुँ वा चितवनबाट गएका नेपालीहरू बसोबास गर्छन्?, गर्छन् भने के नेपालसँग उनीहरूको नाता-सम्बन्ध जोडिएकै छ?, यिनै जिज्ञासा बोकेर मैले इतिहास अध्ययनमा सक्रिय चितवनका पुराना पत्रकार, लेखक तथा समालोचक डिआर पोखरेललाई भेटेँ। उनी यही विषय खोज्दै भारतको रामनगर पुगिसकेको मलाई जानकारी थियो।, हामीले नेपालको इतिहासको तार जोडिएको भारतको रामनगर जाने योजना बनायौं।, रामनगरबारे जानकार पर्सा, ठोरीका शिक्षक लक्ष्मण पोखरेल र चितवनका दुई जना पत्रकार रमेशकुमार पौडेल र विचित्र पौडेल पनि यात्रामा मिसिए।, जेठ २० गते बिहान साढे ७ बजे हाम्रो बस भरतपुरबाट छुट्यो। पाँच घन्टामा हामी भारतको नाका ठोरी पुग्यौं। त्यहाँबाट भारतीय सीमा भिखनाठोरीतर्फ बढ्यौं।, भिखनाठोरीबाट रामनगर जाँदा बीचमा पर्ने वाल्मीकि टाइगर रिजर्भ। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, नेपालको ठोरी र भारतको भिखनाठोरीबीच ठूटेखोला पर्छ। भारतीय सीमा प्रवेश गर्न यो खोला तर्नुपर्छ।, ठूटेखोलाले पाँच सय मिटरभन्दा चौडा भूमिलाई आफ्नो बगर बनाएको छ। बगरको बीच र छेउका केही क्षेत्रमा मात्र अहिले खोला बग्छ। खोला तर्न गाह्रो त छैन तर जुत्तामोजा फुकाल्नुपर्छ।, हामी जुत्तामोजा फुकालेर हातमा झुन्ड्याउँदै भिखनाठोरी पुग्यौं।, सीमापारीका मान्छे नेपाली भाषा राम्ररी बोल्छन्। नेपालसँग उनीहरूको व्यापारिक सम्बन्ध मात्र होइन, प्राकृतिक सम्बन्ध पनि छ।, भिखनाठोरीसँग वाल्मीकि टाइगर रिजर्भ जोडिएको छ। यो भारतले पाटे बाघ संरक्षणका लागि स्थापना गरेको निकुञ्ज हो। यहाँ नेपालको चितवन राष्ट्रिय निकुञ्जबाट गएका धेरै बाघ छन्। दुवै निकुञ्ज जोडिएका छन्।, भिखनाठोरीबाट रामनगर ६० किलोमिटर टाढा छ। निकुञ्जभित्रको साँघुरो सडक, भत्किएको कालोपत्रेमा ढल्किँदै, लच्किँदै हामी अटोरिक्सामा रामनगरतिर बढ्यौं।, रामनगर जाने योभन्दा छोटो बाटो पनि छ। नेपाल–भारत सीमास्तम्भ रहेको सोमेश्वरगढीबाट जाने हो भने २० किलोमिटर मात्रै पर्छ तर त्यता गाडी गुड्न थालिसकेको छैन। बिहार सरकारले रामनगरदेखि सोमेश्वरको फेदीसम्म १७ किलोमिटर लामो उच्चस्तरीय सडक निर्माण गर्दैछ जसको तीन किलोमिटर यही निकुञ्ज क्षेत्रमा पर्छ।, सोमेश्वरको कालिका मन्दिर भारतीयहरूका लागि पनि महत्वपूर्ण पीठ हो। चैते दसैंमा यहाँ भारतीय दर्शनार्थीको घुइँचो लाग्छ। तनहुँका सेन राजाले सोमेश्वरमा आफ्नो दरबार नै बनाएका थिए। अहिले त्यो दरबारको अस्तित्व कतै देखिन्न।, लिच्छविकालीन शासक अंशुवर्माको पालामा पनि नेपालबाट भारत छिर्न सोमेश्वरगढीकै नाका प्रयोग गरिन्थ्यो। यस आधारमा यो बाटोको इतिहास पन्ध्र सय वर्ष पुरानो देखिन्छ। नेपालले यसलाई खासै महत्व दिएको छैन। भारतको बिहार सरकारले भने सोमेश्वरधामसम्मको सडकलाई उच्च प्राथमिकतामा राखेको छ। यो बाटो बनिसकेपछि रामनगर पुग्न ठोरी र भिखनाठोरीको लामो बाटो घुम्नुपर्ने छैन।, हामी भिखनाठोरीबाट आधा घन्टामा जमुनिया हुँदै देवाडमा रहेको सुभद्रा मन्दिर पुग्यौं। अर्जुनकी पत्नी सुभद्राको पूजा गरिने यो मन्दिरलाई स्थानीयहरू आदिशक्ति मान्छन्। यहाँ निकै पुराना मूर्तिहरू छन्।, त्यहाँबाट पिपरा हुँदै गण्डकको पूर्वी नहर किनारै किनार करिब दुई घन्टामा हामी रामनगर पुग्यौं।, हामी चढेको अटोरिक्सा 'क्षणिक निवास' लेखिएको गेटअगाडि रोकियो। एक अधवैंशे पुरूष गेटमा आइपुगे।, भित्र ठूलो कम्पाउन्डसहितको आलिशान घर थियो। आँगनमा रंगीचंगी फूल फुलेका थिए।, बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा रामनगरको प्रवेश द्वार। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, भारतको रामनगरस्थित रञ्जन उपाध्यायको घर 'क्षणिक निवास'। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, 'यो कसको घर हो?' मैले डिआर पोखरेललाई सोधेँ।, 'रञ्जन बाबुको,' उनले भने, 'उहाँलाई रामनगरबारे धेरै कुरा थाहा छ।', केही बेरमा दाह्रीजुँगा हल्का फुलेका, अग्लो कदका एक व्यक्ति बाहिर निस्किए। उनै रहेछन् रञ्जन बाबु।, हामीलाई देख्नासाथ उनले मिठो नेपाली भाषामा 'धेरै बेर पर्खाएँ कि!' भन्दै माफी मागे।, हामी उनलाई पछ्याउँदै घरभित्र पस्यौं।, लहर मिलाएर राखिएका आकर्षक सोफासेटहरूले बैठक कोठा भव्य बनाएको थियो। कतै श्रीपेच लगाएका राजा त कतै निकट भारदारका तस्बिरहरूले दरबारी बैठककै झलक दिन्थ्यो।, यस्तो दरबारजस्तो महलमा बस्ने र राजा-महाराजाका तस्बिरले भित्ता सजाउने यी रञ्जनबाबु को हुन् भनेर जान्न म आतुर थिएँ।, रञ्जन बाबुले करिब एक घन्टा समय लगाएर आफू र आफ्नो पुर्खाको वृत्तान्त सुनाए।, पूरा नाम रञ्जन उपाध्याय। उनका पुर्खा तनहुँको सिम्पानीबाट सेन राजाहरूसँगै रामनगर आइपुगेका रहेछन्।, पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तार अभियानमा विक्रम सम्बत् १८३९ कात्तिक १८ गते तनहुँ राज्य पनि गाभियो। त्यहाँका राजपरिवार र सहयोगीहरू भागेर रामनगर पुगे जहाँ पहिल्यैदेखि तनहुँको शासन थियो।, तत्कालीन राजा हरकुमारदत्त सेनसँग तनहुँका थापा, कार्की, पौडेल, खनाल र श्रेष्ठ खलकका थुप्रै परिवार सहयोगीका रूपमा रामनगर आइपुगेका थिए। तीमध्ये पौडेलहरू फौजदार (राज्य प्रबन्धक) बने। उनीहरूले रामनगर पुगेपछि आफ्नो थर शर्मा लेख्न थाले। पछि उपाध्याय लेखे।, तनहुँको सिम्पानीबाट आएका पौडेल परिवारमध्ये धर्मानन्द उपाध्यायका छोरा मधुसुधन एक हुन्। उनका छोरा तारानिधि र तारानिधिका छोराहरू देवीप्रसाद र सिद्धिप्रसादले रामनगरमा सेन राजाका फौजदार भएर काम गरेका थिए।, देवीप्रसादका सातभाइ छोरा थिए भने सिद्धिप्रसादका तीनभाइ छोरा थिए। सिद्धिप्रसादका जेठा छोरा अम्बिकाप्रसादले एमए र कानुनमा स्नातक गरेका थिए। उनी पटनाको उच्च अदालतमा वकिल र पटना, बनारस र कलकत्ता विश्वविद्यालय सभाका सदस्य थिए। उनी यी तीनै विश्वविद्यालयमा नेपाली भाषा पढाउँथे।, अम्बिकाप्रसादले १९७९ सालमा प्रकाशन गरेको 'नेपालको इतिहास र रामनगरको इतिहास' नामक पुस्तकलाई तनहुँ र रामनगरका राजाहरूबारे जानकारी दिने पहिलो ग्रन्थ मानिन्छ।, नेपालमा राणाविरोधी क्रान्ति सुरू भएपछि अम्बिकाप्रसादका छोरा राजेश्वरीप्रसाद पनि त्यसमा होमिए। उनी २००५ सालमा गठित नेपाल प्रजातन्त्र कांग्रेसका कोषाध्यक्ष थिए। त्यतिखेर सूर्यप्रसाद उपाध्याय पार्टीका महामन्त्री थिए। सूर्यप्रसाद र राजेश्वरीप्रसादका आमा दिदीबहिनी हुन्। नेपाली कांग्रेसको चारतारे झन्डाको डिजाइन पनि राजेश्वरीले अर्का एक जना नेतासँग मिलेर गरेको भनाइ छ।, सात सालको क्रान्तिमा राजेश्वरीले कैलाली–कञ्चनपुर क्षेत्रको कमान्डर भएर लडेका थिए। उनी नेपाली कांग्रेसको महामन्त्री पनि भए। उनीसँगै धनमानसिंह परियार पनि महामन्त्री थिए।, राजा महेन्द्रले सत्र सालमा 'कू' गरेपछि राजेश्वरी कांग्रेसको राजनीतिबाट निष्क्रिय भए।, हामीले रामनगरमा भेटेको ५९ वर्षीय रञ्जन उपाध्याय उनै राजेश्वरीप्रसादका कान्छा छोरा हुन्।, रञ्जनप्रसाद उपाध्याय आफूले संकलन गरेको दस्तावेज देखाउँदै। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, रञ्जन आफ्नी आमा, श्रीमती, एक छोरा र एक छोरीसँग बस्छन्। उनी धेरै समय घरमै बिताउँछन्। श्रीमती विशालाक्षी उपाध्यायको माइती विराटनगर हो। उनी आचार्य परिवारकी हुन्। छोरा रमन फिजिसियन डाक्टर हुन्, रामनगरकै क्लिनकमा काम गर्छन्। छोरी सौर्या भारतको बरेलीमा दन्तचिकित्सा पढ्दै छिन्।, रञ्जनले बिहारको बेतियास्थित क्राइस्ट राजा हाइस्कुलबाट माध्यमिक, लखनउको कलविन कलेजबाट उच्चमाध्यमिक र लखनउ युनिभर्सिटीबाट स्नातक गरेका छन्। रामनगरमा उनको ३० बिघाभन्दा बढी पैतृक सम्पत्ति छ। त्यसको २५ बिघामा उखु खेती छ। केहीमा आँपको बगैँचा छ। रामनगरनजिकै हरिनगरस्थित सुगर मिलले उनले लगाएको उखु किन्छ।, उनी नेपालीभाषीहरूको संस्था सोमेश्वर साहित्य परिषदमा पनि सक्रिय छन्। उनले रामनगरको इतिहासका धेरै दस्तावेज संकलन गरेका छन्। आफ्नो पुर्खादेखि रामनगरमा शासन गर्ने सेन राजा र शाह वंशदेखि यहाँ बसोबास गर्दै आएका नेपालीहरूबारे उनको अध्ययन गहिरो छ।, उनीसँग नेपाली कांग्रेसको स्थापनाकालका गतिविधि झल्काउने तस्बिरदेखि अन्य महत्वपूर्ण दस्तावेजहरू सुरक्षित छन्।, यति मात्र होइन, हजुरबुबा अम्बिकाप्रसाद र अम्बिकाका ठूलोबुबा देवीप्रसादले लेखेका र छाडेका थुप्रै दस्तावेज रञ्जनसँग छन्। देवीप्रसाद साहित्यकार पनि हुन्। उनले सुन्दर सरोजिनी, शैव्या हरिश्चन्द्र, पतिव्रता मनसादेवी काव्य र सेमन्तकमणि उपन्यास प्रकाशित गरेका छन्।, यो परिवारको नेपाल नाता यतिमै टुंगिँदैन।, देवीप्रसादका सातभाइ छोरामध्ये जेठा छोराको नाम भगवतीप्रसाद हो। उनकी छोरी सुष्माको विवाह बिपी कोइरालाका छोरा प्रकाश कोइरालासँग भएको थियो। कलाकार मनिषा कोइराला प्रकाश र सुष्माकी छोरी हुन्।, देवीप्रसादका माइला छोरा ईश्वरीप्रसादका छोरीहरू नोना कोइराला, सरोज शर्मा र रानुदेवी अधिकारी हुन्। नोना बिपी कोइरालाका भाइ केशव कोइरालाकी पत्नी र शेखर कोइरालाकी आमा हुन्। सरोज पूर्वमन्त्री रवीन्द्रनाथ शर्माकी पत्नी हुन् भने रानुदेवी गायिका हुन्।, देवीप्रसादकै राइँला छोरा कान्ताप्रसादकी छोरी रागिनी प्रसिद्ध चित्रकार हुन्। उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान प्रज्ञासभाको कुलपति भएकी थिइन्।, अम्बिकाप्रसादका कान्छा भाइ कालीप्रसाद नेपालको सर्वोच्च अदालतका न्यायाधीश र बेलायतका लागि नेपाली राजदूत भएका थिए।, नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका बुबा रामनगर दरबारका राजपुरोहित थिए। रामनगरकी महारानीको कोपभाजनका कारण दरबारबाट निकालिएपछि भट्टराई परिवार बनारस गएको थियो। बनारसमा रामनगरका फौजदार परिवारको पुरेत्याइँ भट्टराईहरूले नै गरेका थिए।, कृष्णप्रसाद भट्टराईले कांग्रेसको सशस्त्र संघर्ष तयारी क्रममा धेरै समय रामनगरमा बिताएको रञ्जन बताउँछन्। कांग्रेस नेता गणेशमान सिंहले पनि संघर्षका दिनमा रामनगरमा केही समय बिताएको उनको भनाइ छ।, रञ्जनको मुखबाट उपाध्याय खलकको वृत्तान्त सुनेपछि हामी रामनगर क्षेत्र फन्को मार्न निस्क्यौं।, रञ्जन उपाध्यायको 'क्षणिक निवास' बाट थोरै अघि बढेपछि दायाँतिर नेपाली शैलीको एउटा मन्दिर देखियो। यो उनकै आमाले बनाएको देवी मन्दिर रहेछ। सात वर्षअघि करिब चार लाख रूपैयाँ खर्च गरेर यो मन्दिर बनाइएको थियो।, रामनगरको राजपरिवारका सदस्य अर्जुनविक्रम शाहको सुझावमा यो मन्दिर निर्माण गरिएको उनको भनाइ छ।, त्यहाँबाट करिब १० मिनेट गाडीमा हामी रामनगरको नेपाली गाउँ पुग्यौं।, बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा पर्ने यो गाउँलाई 'नेपाली टोला' भनिन्छ। यहाँ ५० घर नेपालीभाषी बसोबास गर्छन्।, रामनगरमा नेपालीभाषीहरू बसोबास गर्ने नेपाली टोला। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, रामनगरमा डेढ सय वर्षअघि सेनराजा प्रह्लाद सेनले निर्माण गराएको शिव पाञ्चायन मन्दिर। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, यहीँ हाम्रो भेट अमितकुमार उपाध्यायसँग भयो। उनी रामनगरको नर्मदेश्वर महादेव मन्दिरका पूर्वपुजारी रहेछन्। घरमा जुठो परेकाले केही महिनादेखि पूजा गर्न छाडेका रहेछन्। अचेल त्यहाँको नित्यपूजा भारतीय पुजारीले सम्हालेका छन्।, अमितले हामीलाई मन्दिर घुमाए।, एकै जगमा बनेका पाँचवटा मन्दिरलाई शिव पाञ्चायन पनि भनिन्छ। मन्दिर निर्माणको थालनी रामनगर राज्यका अन्तिम सेनराजा प्रह्लाद सेनको पालामा भएको इतिहास छ।, प्रह्लाद सेनले जीवनको अन्तिमतिर मन्दिरको जग बसालेका थिए। १९३६ सालमा उनको निधन भयो।, उनका तीनभाइ छोराको पहिल्यै मृत्यु भइसकेकाले उत्तराधिकारीका रूपमा रानी विन्ध्यवासिनी रामनगरकी रानी बनिन्।, रानी विन्ध्यवासिनीले करिब छ वर्षमा मन्दिर निर्माण पूरा गराइन्। यसमा दुई लाख रूपैयाँभन्दा बढी खर्च भएको थियो। एक सय ७९ फिट अग्लो यो मन्दिरलाई बौद्धगयापछिको बिहारकै महत्वपूर्ण मानिन्छ।, यहाँ बीचमा शिवको मूर्ति छ। वरपर दुर्गा, विष्णु, गणेश र सूर्यका मूर्ति छन्। साँझ र बिहान बढी चहलपहल हुन्छ। यहाँ हामीले केही नेपाली पनि भेट्यौं।, हामी पुग्दा ८० वर्षीया शशिकला उपाध्याय र ७१ वर्षीय सुशीलकुमार सुवेदी मन्दिर दर्शन गरेर फर्कँदै थिए।, 'यो मन्दिरले रामनगरमा बस्ने नेपालीभाषीहरूलाई एक ठाउँमा बाँध्न सघाएको छ,' सुवेदीले भने।, करिब डेढ सय वर्षअघि मन्दिर निर्माण हुँदा २५ बिघा जमिन ओगटेको थियो। जिर्णोद्वारका लागि भन्दै २० बिघा बेचियो। अहिले पाँच बिघा मात्र छ। मन्दिरसँगै एउटा धर्मशाला पनि छ। धर्मशाला बनेको ३० वर्षजति भयो।, मन्दिरको संरचना भव्य भए पनि संरक्षण राम्रो छैन। नेपालीभाषीहरूले संरक्षणमा सक्दो योगदान गरेका छन्। पहिले राजपरिवार मातहत रहेको मन्दिर व्यवस्थापनमा अहिले बाहिरका मान्छे पनि छन्। पछिल्लो जिर्णोद्वारको आर्थिक संयोजन रञ्जन उपाध्यायले नै गरेका थिए। चन्दा संकलन गरी करिब १० लाख रूपैयाँ खर्चेर जिर्णोद्वार गरिएको उनी बताउँछन्।, उनका अनुसार २०७२ को भुइँचालोले मन्दिरको त्रिशुल भाँचिएको थियो। करिब तीन वर्ष त्रिशुलविहीन बन्यो। अहिले ६८ हजार रूपैयाँमा तीन फिटको त्रिशुल राखिएको छ।, रञ्जनले बिहारका सांसदहरूसँग सहयोग मागेर मन्दिरको पर्खाल लगाउने काम पनि गरेका छन्। प्रांगणमा धूलो र हिलो पन्छाउन टायल बिछ्याउने तयारी भइरहेको उनले बताए।, मन्दिरको जिर्णोद्वार यसअघि रामनगरका शाहराजा मोहनविक्रम शाहका छोरा नारायणविक्रमले गराएको शिलालेखमा छ। त्यतिखेर जिर्णोद्वारका लागि नेपालका राजाले कालिगढ पठाएका थिए। शिलालेखअनुसार जिर्णोद्वार गर्ने कालिगढ श्यामबहादुर नेपाली हुन्।, मन्दिरबाट फर्कँदै गर्दा बाटोमा ठूलो कम्पाउन्डभित्र सुविधासम्पन्न घरहरू देखिए। त्यसलाई 'भद्र निवास' भनिँदो रहेछ। हामीसँगै गएका रामनगरबारे जानकार शिक्षक लक्ष्मण पोखरेलले ती घर यहाँका राजपरिवारको भएको बताए।, हामी राजपरिवारका कोही सदस्य भेटिन्छ कि भनेर भद्र निवास गयौं।, रातो र सेतो रङ लगाइएको 'भद्र निवास' मा अवयविक्रम शाह बस्दा रहेछन्। हामी पुग्दा घरमा थिएनन्। कर्मचारीले उनी जरूरी काम परेर बेतिया गएको बताए।, हामी भद्र निवासअगाडि फोटो खिचेर रञ्जन उपाध्यायको क्षणिक निवासतिरै फर्कियौं।, डिआर पोखरेल र रञ्जनप्रसाद उपाध्याय। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, रामनगर एक फन्को लगाएपछि मसँग थुप्रै प्रश्न थिए। रञ्जनले कत्ति झर्को नमानी सबै प्रश्नको जवाफ दिए।, मेरो मुख्य चासो नेपालबाट गएका राजाहरूले रामनगरमा के गरे र ती राजाका पुस्ता अहिले के गर्दैछन् भन्ने थियो।, उनले केही पुस्तक पढ्न सुझाए। तिनै पुस्तकका आधारमा पाल्पाका प्रथम राजा रूद्र सेन, मुकुन्द सेन प्रथम, तनहुँ राज्यका पहिलो राजा भृङ्ग सेन र त्यहाँका प्रभावशाली राजा दामोदर सेनबारे मैले माथि नै वर्णन गरिसकेको छु।, रामनगरको इतिहास खोतल्दै जाँदा मुकुन्द सेन प्रथमभन्दा अगाडि नै राजपुर, रामनगर, सोमेश्वर लगायत क्षेत्र पाल्पा राज्यअन्तर्गतका भूभाग रहेको भेटिन्छ।, मुकुन्द सेनको मृत्युपछि उनका छोरा कुवेर सेन राजपुर (चम्पारण) को राजा भएका थिए।, मुकुन्द सेन प्रथमका नाति चन्द्र सेनका वंशज मदन सेन निसन्तान भएपछि राजपुर राज्य पनि तनहुँका शक्तिशाली राजा दामोदर सेनले प्राप्त गरेका थिए। राजपुरको केन्द्र नै रामनगर थियो।, दामोदर सेनको मृत्युपछि उनका छोरा दिग्विजय सेन तनहुँका राजा भए। यसबीच भारतको बेतियाका राजालाई राजपुर तनहुँसँग गाभिएको मनपरेको थिएन। दिग्विजयले यो कुरा बुझेका थिए। उनले बेतियाको आक्रमणबाट बच्न मुगल राजासँग सम्झौता गरे।, दिग्विजयको पालामा राजपुरले मुगल शासकलाई कर तिर्न थालेको थियो। त्यसपछि राजपुरमा तनहुँका सेन राजाको हैसियत मुगल शासकअन्तर्गत अधीनस्तका रूपमा रहन गयो।, त्रिविक्रम सेन द्वितीय (विसं १८००–१८२६) को पालामा भारतमा अंग्रेजहरूले आफ्नो साम्राज्य कायम गरे। मुगल शासक अधीनस्त तनहुँका राजाहरूको जमिन्दारी अंग्रेजअन्तर्गत पर्न गयो। उनीहरूले जमिन्दारी दस्तुर अंग्रेजलाई बुझाउन थाले।, त्रिविक्रम सेनपछि तनहुँका राजा कमारिदत्त सेन बने। दुई वर्ष पनि शासन गर्न नपाउँदै गोरखा राज्यले तनहुँमाथि गरेको आक्रमणमा उनको मृत्यु भयो। त्यसपछि उनका भाइ हरकुमारदत्त सेन १२ वर्षकै उमेरमा राजा भए।, त्यति बेला नेपाल एकीकरण अभियान चल्दै थियो। बालक राजा भएकाले तनहुँलाई आफ्नो बनाउन नेपालले र तनहुँकै जमिन्दारी रहेको राजपुरलाई आफ्नो बनाउन बेतियाले प्रयास गरिरहेका थिए।, शाह राजाहरूको बारम्बार हमलामा परेर तनहुँ राज्य कमजोर भएको मौका छोपी बेतियाका राजाले नयाँ कागजपत्र र लगतहरू खडा गरे। त्यसै आधारमा अंग्रेज शासनअन्तर्गत रहेको राजपुरका १५ तप्पामध्ये साढे १२ तप्पा आफ्नो नाममा दर्ता गराउन सफल भए।, यता १८३९ कात्तिकमा हरकुमारदत्त सेनले शासन गरेको तनहुँ राज्य गुम्यो। राज्य गुमेपछि हरकुमारदत्त चम्पारण पुग्दा अढाई तप्पा जमिन मात्रै भाइ जानकीदत्त सेनको नाममा थियो।, हरकुमारदत्तले भाइको नाममा रहेको जमिन आफ्नो नाममा ल्याए र रामनगरमा दरबार बनाएर सपरिवार त्यहीँ रहन थाले।, उनलाई 'रामनगरका राजा' भन्न थालियो। अंग्रेजहरूले राजाको उत्तराधिकारीयुक्त पदवी र अढाई तप्पाबाट प्राप्त हुने राजकीय खान्गी कायमै राखिदियो।, यो राज्यको सीमा पूर्वमा चकर्सन, पश्चिममा भैंसालोटन, उत्तरमा सोमेश्वर र दक्षिणमा बेतिया राज्यको माहुली डुमरियासम्म थियो। यसअन्तर्गत ५ सय ८४ मौजा पर्थे।, त्यतिखेर नेपाल एकीकरण क्रममा राज्य गुमाएका अन्य राजाहरू पनि आश्रयका लागि रामनगर नै पुग्थे। उनीहरूलाई रामनगरले यथेष्ट आतिथ्य प्रदान गरेको इतिहास छ।, पछि रामनगरका राजा हरकुमारदत्त सेनले राजपुरको गुमेको भूमि फिर्ता ल्याउन प्रयास गरे तर सकेनन्। उनले नेपालका राजासँग सम्बन्ध बढाउने प्रयास पनि गरे।, यसबीच राजा रणबहादुर शाह काठमाडौंमा भाँडभैलो भएर १८५७ सालमा बनारस गएका थिए। हरकुमारदत्तले राजाका सहयोगीहरूलाई पत्र लेखेर नजिक हुने प्रयास गरे।, तीन वर्षपछि १८६० सालमा रणबहादुर शाह नेपाल फर्कँदा हरकुमारदत्तले आफ्ना माइला छोरा तेजप्रताप सेनलाई पनि सँगै पठाएका थिए। यसले रामनगर र नेपालबीच सम्बन्ध नजिकिँदै गयो।, रणबहादुर शाहले आफ्नी एउटी छोरीको विवाह तेजप्रताप सेनसँग गरिदिए। विवाहपछि ती राजकुमारीको नाम तेजराज्यलक्ष्मी राखियो। माइतीबाट तेजराज्यलक्ष्मीलाई चितवनको सोमेश्वर पर्वत आसपासका ९१ वटा गाउँ दाइजो दिइयो।, राजा हरकुमारदत्तको १८६२ असारमा निधन भयो। उनका जेठा छोरा अनन्तप्रतापको पहिल्यै निधन भइसकेकाले माइला छोरा तेजप्रताप रामनगरका राजा भए।, रञ्जनप्रसाद उपाध्याय। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, तेजप्रतापको समयमा बुटवल र स्युराजको विषयमा अंग्रेज र नेपालबीच विवाद भयो।, अंग्रेजले नेपालबाट भागेर आश्रय लिन भारतका विभिन्न ठाउँ पुगेका राजारजौटाहरूलाई फकाए। नेपालको भूमिमा अंग्रेजको अधिकार कायम भए पहिलेको राज्य फिर्ता गर्ने बचन दिए।, त्यो बचनको प्रभावमा तेजप्रताप पनि परे।, उनले आफ्ना भाइ अमरप्रताप सेनलाई अंग्रेजको सहयोगी बनाएर नेपाल आक्रमणका लागि पठाए।, विसं १८७१–१८७२ को नेपाल–अंग्रेज युद्ध समाप्त भएपछि गरिएको सुगौली सन्धिअनुसार सीमांकन हुँदा नेपालको चितवन र रामनगर बीचको सीमारेखा सोमेश्वर पर्वतको दक्षिण फेदीलाई मानियो।, सोमेश्वरको उत्तर र दक्षिण दुवैतर्फका गाउँ तेजप्रताप सेनकी रानी तेजराज्यलक्ष्मीलाई नेपालको दरबारले दिएका दाइजो थिए। तेजराज्यलक्ष्मी भने राजाले राम्रो व्यवहार नगरेका कारण काठमाडौं गएर बसिन्। उनको काठमाडौंमै निधन भयो।, अंग्रेजहरूले राज्य फिर्ता गराइदिन्छन् कि भन्ठानेका तेजप्रताप सेनको आशा मृगतृष्णा मात्र बन्यो।, तेजप्रतापको १८८८ सालमा निधन भयो। उनका भाइ अमरप्रताप दासीलाई लिएर भागेका थिए, त्यसैले आफू जीवित छँदै तेजप्रतापले आफ्ना चार रानीमध्ये तिलोत्तमालाई उत्तराधिकारी तोकिसकेका थिए।, अमरप्रतापले तिलोत्तमालाई राज्यको उत्तराधिकार लिन अड्चन खडा गरे।, तिलोत्तमाले उत्तराधिकारीका रूपमा आफ्नो नाम सरकारी श्रेस्तामा चढाउन दरखास्त दिइन्। अमरप्रतापले पनि आफू राजा हुन पाउनुपर्ने दाबी पेस गरे।, मुद्दा चल्यो।, उनी भाउजूलाई झुक्याएर कागज तयार पार्न सफल भए।, मुद्दा जितेर अमरप्रताप रामनगरका राजा भए। उनको निधन १८९१ सालमा भयो। उनका सन्तान थिएनन्। जीवित तीन रानीमध्ये अमरराज्यलक्ष्मी रामनगरकी उत्तराधिकारी बनिन्। अंग्रेजले उनलाई रामनगरको उत्तराधिकारी स्वीकार गर्यो।, अमरराज्यलक्ष्मीको निधनपछि रामनगरका राजा प्रह्लाद सेन बनेका थिए।, प्रह्लाद सेनको पालामा १८९६ सालमा नेपालका प्रधानमन्त्री रणजंग पाण्डेले रामनगरमा फौज पठाएर नेपालको दरबारले दाइजो दिएका ९१ गाउँमा अधिकार जमाउने प्रयास गरेका थिए।, सोमेश्वर पर्वतबाट दक्षिणतिरको २५–२६ माइल लामो र ७–८ माइल चौडा भूभाग राजकुमारीको विवाहमा नेपालको दरबारले दाइजो दिएको थियो। राजकुमारीको मृत्यु भइसकेकाले उक्त भूभाग नेपाल सरकारले फिर्ता लिएको घोषणा रणजंग पाण्डेले पठाएको फौजले गर्यो। फौजले अबउपरान्त उक्त जमिनको सबै प्रकारको कर नेपाल सरकारलाई बुझाउन उर्दी जारी गर्यो।, नेपालको यो कदम ब्रिटिस भारत सरकारलाई मन परेन। उनीहरूले यसलाई नेपालले युद्धको हाँक दिएको ठाने।, अंग्रेजले कर्नेल ओलिभरको नेतृत्वमा आफ्नो फौज रामनगर पठायो।, नेपालले अंग्रेजसँग युद्ध छेड्ने आँट गर्न सकेन। करिब एक वर्षपछि नेपालले फौज फिर्ता लग्यो। पहिलेजस्तै सोमेश्वरको दक्षिण फेदी नै सीमा कायम भयो।, त्यसअघि १८९६ सालतिरै प्रह्लाद सेनकी जेठी रानी लक्ष्मीकुमारीले रामनगरकी 'पट्टाराज्ञी' को हैसियतमा आज्ञापत्र जारी गर्दै चितवनको माडी, ठोरी क्षेत्रमा राजस्व उठाउने ठेक्का काशी गुरौ (थारू) लाई दिएकी थिइन्। त्यतिखेर ठोरी, माडी क्षेत्रको राजस्व रामनगरकै पोताखाना र राजपरिवारमा जाने गरेको थियो।, प्रह्लाद सेनको १९३६ सालमा निधन भयो। उनीपछि रानी विन्ध्यवासिनी १० वर्ष रामनगरको उत्तराधिकारी बनिन्।, विन्ध्यवासिनीकी छोरी बोधकुमारीको विवाह वनारस प्रवासमा रहेका नेपालका राजा राजेन्द्र शाहकी कान्छी रानी लक्ष्मीदेवीका कान्छा छोरा वीरेन्द्रविक्रम शाहसँग भएको थियो। यिनै बोधकुमारीबाट जन्मेका छोरा मोहनविक्रम शाहले रामनगर राज्यको अपुताली पाएका थिए।, पाल्पाका राजा मुकुन्द सेन प्रथम र उनका छोरा भृङ्ग सेनको हाँगोले तनहुँमा करिब सवा दुई सय वर्ष शासन गर्यो। उनीहरूकै वंशज रामनगरमा मुगल शासन र ब्रिटिस राजअन्तर्गत अधिनस्त राजाका रूपमा रहे। त्यसपछि भने रामनगरको शासन शाह वंशको हातमा गयो।, गोरखाली शाह राजाहरूले तनहुँ मात्र नभएर रामनगर राज्यको जमिन्दारी पनि हात पारे। राजा राजेन्द्रका वंशज अहिले पनि रामनगरमा बस्छन्।, रामनगरका शासक मोहनविक्रम शाह। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, मोहनविक्रम शाह (रामराजा) का नाममा खोलिएको महाविद्यालय। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, मोहनविक्रम शाहले २३ वर्ष रामनगरको राजकाज चलाएका थिए। त्यसपछि २७ वर्ष उनकी रानी क्षेत्रकुमारीले रामनगरको राजकाज चलाइन्। १९९४ सालमा उनको निधन भयो।, मोहनविक्रम शाहले आफ्ना काका (नेपालका राजा राजेन्द्रका माइला छोरा) उपेन्द्रका पनाति पर्ने र आफ्ना नाति पर्ने मोहनविक्रम शाह (नाम उही भए पनि उनलाई बोलाउँदा 'रामराजा' भनिन्थ्यो) लाई धर्मपुत्र बनाएका थिए। यही नाताले क्षेत्रकुमारीपछि रामराजा रामनगरका राजा भए। उनको विवाह राणा प्रधानमन्त्री जुद्धशमशेरकी छोरी सीता राणासँग भएको थियो।, उनीहरूका चार छोरा शिवविक्रम शाह, नारायणविक्रम शाह, हरिहरविक्रम शाह र मनमोहनविक्रम शाह र तीनछोरी ईश्वरी, माधवी र विजया भए। शिवविक्रमका छोराहरू मनोहर र मधुकर, नारायणविक्रमका छोरा धनञ्जय, हरिहरविक्रमकी छोरी मीरा र मनमोहनविक्रमका छोरा सञ्जयविक्रम र दुई छोरी भए।, रामराजाका विवाहिता र ल्याइते पत्नीहरूबाट २० जना छोरा थिए। उनको पैतृक जायजेथा कलैयाको बरेवामा पनि थियो।, रामनगरका राजा मोहनविक्रमको निधन २००३ सालमा भयो। त्यसको एक वर्षपछि भारत अंग्रेजको आधिपत्यबाट स्वतन्त्र भयो। गणतन्त्र भारतको नयाँ सरकारले जमिन्दारी प्रथा उन्मूलन गर्यो र योसँगै रामनगरको जमिन्दारी भारतको बिहारमा गाभियो।, रामनगरका नेपालीहरू रामराजाका सबै सन्तानलाई राजपरिवारकै हैसियतमा सम्मान गर्छन्। उनीहरूपछि भने रामनगरको राजपरिवारको इतिहास लगभग सकिन थालेको रञ्जन उपाध्याय बताउँछन्।, 'समयक्रमसँगै राजपरिवारको नयाँ पुस्तामा विकृति बढेजस्तो देखिन्छ। नयाँ पुस्तामा शिक्षा भएन तर सम्पत्ति पर्याप्त भयो। त्यही बेच्दै खाने प्रवृत्ति बढ्यो,' उनले भने, 'दरबारभित्रकै जमिन बिक्री भएका छन्। उनीहरू प्रायःको ५० बिघाभन्दा बढी जमिन छ।', रामराजाका माइला छोरा नारायणविक्रम बिहारको विधानसभा सदस्य भएका थिए। राजपरिवारकै अर्जुनविक्रम दुईपटक सांसद भए। एकपटक बिहार सरकारको खेलकुदमन्त्री बनेका थिए। त्यतिखेर उनी भारतको प्रतिनिधित्व गर्दै एसियाली खेलकुद हेर्न जापान पुगेका थिए।, राजपरिवारकै सदस्य प्रेमा शाह बिहार राज्यमा नितिशकुमार सरकारले बनाएको बाल संरक्षण आयोगको सदस्य बनेकी थिइन्।, रञ्जनका हजुरबुबा अम्बिकाप्रसाद बिहार र उडिसा एउटै प्रान्त हुँदा विधान परिषदका सदस्य थिए। रामनगरका खनालहरूमध्ये लक्ष्मीदत्त उपाध्याय २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसका कार्यकारिणी समिति सदस्य थिए। उनका भतिजाहरू रामचन्द्र उपाध्याय रामनगरका प्रतिष्ठित समाजसेवीका रूपमा चिनिन्थे। शत्रुघ्न उपाध्याय नेपाल सरकारको परराष्ट्र मन्त्रालयअन्तर्गत राष्ट्रसंघीय उच्च पदमा पुगेका थिए।, रामनगर नगर पञ्चायतमा अहिले पनि नेपालीभाषीको फाट्टफुट्ट प्रतिनिधित्व हुन्छ। चमनसिंह नेपाली र अर्चना रिमाल रामनगर नगर पञ्चायत वडा नम्बर २ को अध्यक्ष भइसकेका छन्। केही नेपालीभाषी मुखिया पनि भए।, यसरी मध्यरात १२ बजेसम्म रञ्जन उपाध्यायबाट रामनगरमा शासन गर्ने सेन र शाहवंशको वृत्तान्त सुनेपछि भोलिपल्ट हामी फेरि सहर घुम्न निस्क्यौं।, करिब आधा घन्टापछि हामी चढेको गाडी एउटा स्तम्भअगाडि रोकियो।, त्यो अशोक स्तम्भ थियो। स्तम्भको शिरमा सिंहको प्रतिमा थियो जसको टाउको एकपटक फुटेको र पछि जिर्णोद्वार गरिएको थियो।, भारतमा सम्राट अशोकले ईशापूर्व २४९ मा खडा गरेका धेरै स्तम्भमध्ये यो एक हो। यसमा पाली भाषामा लेखिएको सन्देश अहिले पनि प्रस्ट देखिन्छ। यो लौरिया भन्ने ठाउँमा छ। यहाँ आइपुगेर गौतम बुद्धले राजसी वस्त्र त्यागेका थिए।, त्यहाँबाट हामी नन्दनगढको बौद्ध स्तुप हेरेर क्षणिक निवास फर्कियौं।, रामनगरस्थित अशोक स्तम्भ। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, नन्दनगढको बौद्ध स्तुप। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, बाटोमा दायाँबायाँ उखुबारी देखिन्थ्यो। तिनै फाँटको बीचतिर रहेको एउटा घर देखाउँदै रञ्जनले भने, 'भैंसालोटनलाई वाल्मीकि नगर नामाकरण गर्न नेपालका राजालाई प्रस्ताव गर्ने भारतीयको घर त्यही हो।', नेपालको वाल्मीकि आश्रम नजिकै रहेको भैंसालोटनलाई अचेल वाल्मीकि नगर नै भन्ने चलन छ।, दुई दिनको बसाइमा हामीले रामनगर सहर, रञ्जन उपाध्यायको वंशवृक्ष र यहाँका शासकहरूबारे धेरै सूचना बटुलिसकेका थियौं। तर रामनगरको नेपाली टोलामा बसोबास गर्ने नेपालीभाषीहरूसँग कुराकानी गर्न पाएका थिएनौं। अब पुग्नुपर्ने ठाउँ त्यही एउटा बाँकी थियो।, हामी नेपाली टोलामा रहेका घर हेर्दै घरबेटीहरूसँग गफियौं। उनीहरूले बोल्ने नेपाली भाषा हाम्रोभन्दा कत्ति फरक थिएन। बोल्ने शैलीमा भने अलि अलि हिन्दी प्रभाव सुनिन्थ्यो।, अधिकांशका नयाँ पुस्ता रामनगरबाहिर छन्। कोही नेपालमा छन्, कोही अमेरिका, क्यानडा र युरोपका विभिन्न देश पुगेका छन्। अधिकांश परिवार तनहुँका सेनराजाको सहयोगी बनेर आएको रञ्जन बताउँछन्।, सेनराजाको सहयोगी बनेर रामनगर आइपुगेका खनाल थरका (काजी खलकका) केशवकुमार उपाध्याय काठमाडौं र रामनगर पालैपालो बस्छन्। बाबुबाजेको पुस्तादेखि उनीहरू उखु खेती गर्दै आएका छन्। उनले नेपाली नागरिकसँग विवाह गरेका थिए। ८० वर्षीय केशवकुमारका जेठा छोरा काठमाडौं, माइला अमेरिका र कान्छा क्यानडा बस्छन्।, नेपाली टोलाका अजय र विजय उपाध्याय सहोदर दाजुभाइ हुन्। उनीहरू पनि खनाल हुन्। उनीहरूको मुख्य पेसा कृषि नै हो। धान, गहुँ र उखु खेती गर्छन्।, 'हामी त काम गर्न नसक्ने भइसक्यौं। खेतमा काम गर्न ज्यालामा मान्छे लगाउँछौं, त्यति पनि गर्न नसक्नेले ठेक्का दिन्छन्,' अजयले भने, 'अब हामी पनि आफैं हेर्न सक्दैनौं होला।', नेपाली टोलामा रिमालको पनि एउटा घर छ। विराटनगरका पौडेलकी छोरी ममता विवाह गरेर रामनगर आएपछि रिमाल भइन्। उनका छोराछोरी नेपाल बस्छन्।, नेपाली टोलामा सबभन्दा धेरै पौडेल र खनाल छन्। अरू कोइराला, सापकोटा र भण्डारी थरका छन्। अधिकांशको वैवाहिक सम्बन्ध नेपालमै हुँदै आएको छ।, रञ्जनले रामनगरमा शिक्षाको राम्रो व्यवस्था नभएकाले नयाँ पुस्ताका नेपालीभाषी नेपाल र अन्य विभिन्न देश पुगेको बताए, भने, 'पहिले नेपालमा पढ्न पाइन्थेन। यहाँ आउने हाम्रा बुबा, हजुरबुबाहरूले भारतका विभिन्न ठाउँ पुगेर पढ्ने अवसर पाउनुभएको थियो। अहिले रामनगरमा शिक्षाको राम्रो व्यवस्था छैन। नयाँ पुस्ताले स्तरीय शिक्षाको खोजीमा रामनगर छाड्ने क्रम बढ्दो छ।', नेपाली टोलाबाट केसरियाको स्तुप घुमेर अघि बढ्दै गर्दा मैले नर्कटियागन्जको नाउँ सुनेँ।, यो नाउँ सुन्नासाथ मलाई भारतीय अभिनेता मनोज बाजपेयीको अनुहार याद आयो। उनी यही गाउँका हुन्।, मैले रञ्जनसँग मनोज बाजपेयीका बारेमा कुरा गरेँ। त्यसपछि पो थाहा पाएँ, रञ्जन र मनोज एउटै स्कुलमा पढेका रहेछन्। रञ्जनले मलाई मनोजको घर हामी जाने रूटमै पर्ने बताए।, हामी गाडीबाट देखिएका खेत, बस्ती, सहर र बोर्डहरू हेर्दै, पढ्दै, फोटो खिच्दै अघि बढ्दै थियौं, रञ्जनले एकठाउँ गाडी रोक्न लगाए।, गाडी साइड लाग्यो।, करिब दुई सय मिटर पर मनोज बाजपेयीको घर देखिने रहेछ। रातो रङको दुईतल्ले घर। मैले त्यो घर पृष्ठभूमिमा राखेर फोटो खिचाएँ।, भारतीय अभिनेता मनोज बाजपेयीको घर। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, मनभरि मनोजको सम्झना र नेपाली इतिहासको एउटा कालखण्ड साँचेर हामी त्यसै दिन साँझ ५ बजेको बसबाट नेपाल फर्कियौं।, भिखनाठोरीमा केही नेपाली चिनी किन्दै थिए। भारतले चिनी निर्यात बन्द गरेको छ। नेपालमा अभाव हुने देखेर उनीहरू चिनी जोहो गर्न भिखनाठोरी आइपुगेका थिए।, हामीले पनि पाँच-पाँच किलो चिनी किन्यौं।, जुत्तामोजा खोलेर हातमा झुन्ड्याउँदै ठूटेखोला तर्यौं।, सबै तस्बिर: राजेश घिमिरे/सेतोपाटी, सन्दर्भ सामग्रीहरू:, १. जिल्ला समन्वय समिति चितवनद्वारा प्रकाशित 'चितवन दर्पण',
२. सूर्यमणि अधिकारीको 'तनहुँ राज्यको इतिहास',
३. अम्बिकाप्रसाद उपाध्यायको 'नेपालको इतिहास',
४. विष्णुप्रसाद घिमिरेको 'पाल्पा राज्यको इतिहास',
नेपालका राजाहरूको लहरो पछ्याउँदै भारतको रामनगर पुग्दा
|
सेतोपाटी संवाददाता झापामा ट्र्याक्टरले ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ। , गौरादह नगरपालिका-१ का ९ वर्षीय गौरव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। , उनका अनुसार सोमबार साँझ ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्र्याक्टरले अधिकाराई ठक्कर दिएको हो।, घाइते अधिकारीलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो।, प्रहरी नायब उपरीक्षक पाठकका अनुसार अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो।, प्रहरीले कमल गाउँपालिका-१ का २६ वर्षीय ट्र्याक्टर चालक विनोद चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ। , ,
झापामा ट्र्याक्टरले ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु
|
सेतोपाटी संवाददाता नुवाकोटको त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा एक पुरूष झुन्डिएपछि दिनभर आयोजना बन्द गरिएको छ। , विद्युत उत्पादन बन्द गर्नुपर्दा एक करोड रूपैयाँ बढीको क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।, ककनी गाउँपालिका-७ स्थित बिजुलीको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक झुन्डिएका छन्। उनी बिहान पोलमा झुन्डिएपछि स्थानीय प्रशासनले बिजुली बन्द गर्न अनुरोध गरेको थियो। , ‘६५ मेगावाटको आयोजनामा बिजुली बन्द नगरेको भए करेन्ट लागेर मर्थ्यो। बन्द नगरी हुन्न थियो,’ उनले भने।, यसरी दिनभर बन्द गर्दा नेपालको बिजुली प्रणालीको व्यवस्थापन गर्न भारतबाट बिजुली किनिएको उनले बताए। , ‘कतै हामीले भारतबाट आयात गरेर चलाइराखेका छौं। कतै औद्योगिक लोडहरू घटाएर चलाउन लगाएका छौं,’ उनले भने, ‘अवस्था हेरेर मगाइरहेका छौं। आठ घन्टाको हाराहारीमा बन्द भइसक्यो होला।’, तत्कालै ती व्यक्तिको उद्धार नगरिएको भए अर्को एक करोड रुपैयाँ बराबरको पनि क्षति पुग्ने उनले बताए। , ‘यत्रो ठूलो पावर हाउस बन्द हुँदा त क्षति पुगिहाल्छ। अहिलेसम्ममा एक करोडको हाराहारीमा क्षति भइसकेको छ,’ उनले भने, ‘अझै बन्द भए अर्को करोड पनि क्षति हुन्छ।’, माइला बिहान १० बजेदेखि सोही प्रसारण लाइनमा झुन्डिएका थिए। उनी तल झर्न मानिरहेका थिएनन्।, प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। जसकारण पनि उनको उद्धारमा कठिनाइ भइरहेको थियो। , माइला झुन्डिएको करिब ९ घन्टापछि नेपाली सेनाले उनको उद्धार गरेको थियो।, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नुवाकोटको विकको उद्धार गर्न नेपाली सेनासँग सहयोग मागेकी थिइन्। , उनको उद्धार गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक र नेपाल प्रहरीको प्रहरी निरीक्षकसहितको टोली पनि घटनास्थलमा पुगेको थियो। , उद्धारपश्चात उनलाई पाटन मानसिक अस्पताल लगिने भएको छ।,
बिजुलीको तारमा दिनभर मान्छे बसिदिँदा १ करोड घाटा
|
सेतोपाटी संवाददाता बारा कलैयामा एक वृद्धको शव फेला परेको छ। , शुक्रबार अपराह्नमा कलैया उपमहानगरपालिका-९ रामपुरस्थित अन्दाजी ७० वर्षीय अहमद मियाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , उनी आफ्नै गोठमा मृत फेला परेका हुन्। घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली खटिएका छन्। , प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
,
कलैयामा गोठमा एक वृद्ध मृत फैला
|
रासस दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला परेका छन्।, शैल्यशिखर नगरपालिका-६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।, महाकाली लोकमार्गको गोकुलेश्वर-खलंगा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ।, शुक्रबार बेलुकीदेखि हराएका धामी शनिबार मृतावस्थामा स्थानीयबासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।, मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
दार्चुलामा एक पुरूषको शव फेला
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १७ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार १७३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार १९३ जनाको पिसिआर र ९८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०७ जना सक्रिय संक्रमित छन्।, ११ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
पछिल्लो २४ घण्टामा थपिए १७ संक्रमित
|
सेतोपाटी संवाददाता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नुवाकोटको ककनीस्थित प्रसारण लाइनमा झुन्डिएर बसेका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरेकी छन्। , उनले शनिबार अपराह्नमा फेसबुकमार्फत् नेपाली सेनालाई ककनीस्थित त्रिशूली 'थ्रि ए'को प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार गर्न अनुरोध गरेको जानकारी दिएकी छन्।, ककनी गाउँपालिका-७ स्थित प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक शनिबार बिहान १० बजेदेखि प्रसारण लाइनमा झुन्डिएका छन्। उनी तल झर्न मानिरहेका छैनन्।, ‘नुवाकोटमा त्रिशूली ‘थ्रि ए’ को प्रसारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु,’ भुसालले भनेकी छन्,‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं। उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु।’ , प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। जसकारण पनि उनको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।, बिहान स्थानीयले उनलाई पोलमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। करेन्ट लाग्न सक्ने डरले विद्युत प्राधिकरणलाई पनि खबर गरिएको थियो।, उनको उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइसकेको छ। , यी पनि: ,६ घण्टा बढी समय बित्यो, माइला अझै बिजुली तारमै: थप प्रहरी र सशस्त्र पठाउने तयारी, ककनीको विद्युत तारमा झुन्डिए एक पुरूष, तल झर्न फकाउँदै प्रहरी,
ककनीमा झुन्डिएका माइलाको उद्धार गरिदिन मन्त्री भुसालले मागिन् सेनाको सहयोग
|
सेतोपाटी संवाददाता नेपाली सेनाको उद्धार टोली ककनी प्रस्थान गरेको छ। , नुवाकोटको ककनी गाउँपालिका-७ स्थित त्रिशूली ‘थ्रि ए’ मा झुन्डिएका पुरूषको उद्धार गर्न नेपाली सेनाको टोली खटिएको हो। , काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर साँझ ६:३३ मिनेटमा उडेको सेना प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। , ‘हेलिकप्टर उडिसकेको छ। घटनास्थलमा प्रहरीको टोली पनि छ। उनीहरूसँग समन्वय भइरहेको छ,’ उनले भने,‘विपद व्यवस्थापन सहितको टोली गएको हो।’, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नुवाकोटको ककनीस्थित प्रसारण लाइनमा झुन्डिएर बसेका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विकको उद्धार गर्न नेपाली सेनासँग सहयोग माग गरेकी थिइन्। , माइला बिहान १० बजेदेखि सोही प्रसारण लाइनमा झुन्डिएका छन्। उनी तल झर्न मानिरहेका छैनन्।, प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। जसकारण पनि उनको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।, बिहान स्थानीयले उनलाई पोलमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। करेन्ट लाग्न सक्ने डरले विद्युत प्राधिकरणलाई पनि खबर गरिएको थियो।,
,
माइलाको उद्धार गर्न ककनी उड्यो सेनाको हेलिकप्टर
|
सेतोपाटी संवाददाता नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा करिब दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। , काठमाडौंबाट लगिएका दुई हजार ३ सय मेट्रिक टन फोहोर शनिबार ल्यान्डफिल साइटमा व्यवस्थापन गरेको महानगरपालिकाले जानकारी दिएको छ। शुक्रबार १५३ ट्रक फोहोर लगेर व्यवस्थापन गरिएको थियो।, बञ्चरेडाँडाका स्थानीयबासीले विरोध जनाउँदा लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको थिएन। उनीहरूसँग सहमति भएपछि पुन: फोहोर उठाउने सहमति भएको हो। , शुक्रबार र शनिबार फोहोर ढुवानी गर्न तथा विसर्जन गर्न कसैले अवरोध गरेको थिएन। , साइट इन्चार्ज इन्जिनियरका अनुसार यसरी नै फोहोरहरू व्यवस्थापन गरेमा काठमाडौंका सडक केहीदिनमै सफा हुनेछन्। , ‘यही गतिमा काम भएपछि केही दिनमै सहरका सडक सफा हुनेछन्,’ उनले भने। , काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि दीर्घकालीन योजना ल्याउने तयारी गरिरहेको छ।, फोहोरको व्यवस्थापन र उत्पादन कम गर्नको लागि महानगरले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउन अनुरोध गरेको छ। ,
,
एकैदिनमा काठमाडौंबाट उठाइयो दुई हजार ३ सय मेट्रिक टन फोहोर
|
सेतोपाटी संवाददाता नुवाकोट ककनीको त्रिशूली ‘थ्रि ए’ विद्युत प्रसारण लाइनमा झुन्डिएका माइला विकलाई ललितपुरको पाटन मानसिक अस्पताल ल्याउने तयारी भएको छ। , शनिबार बिहान करिब १० बजे ककनी गाउँपालिका-७ स्थित प्रसारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय विकलाई पाटन अस्पताल ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। , ‘नेपाली सेनाले हामीलाई जिम्मा लगाएको छ,’ उनले भने, ‘ललितपुरको पाटन अस्पताल ल्याउने तयारी भइरहेको छ।’, प्रमुख जिल्ला अधिकारीले विकलाई ललितपुर ल्याउने तयारी गरिरहेको उनले बताए। , विक मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले बताएको छ। , दिनभर प्रयास गर्दा पनि उनलाई प्रसारण लाइनको तारबाट उद्धार गर्न सकिएको थिएन। , ‘उहाँ मानसिक रूपमा अस्वस्थ भएको कारण घर परिवारले पनि छाडेको भन्ने बुझियो,’ उनले भने। , सुरूमा उनको उद्धार गर्न नेपाल प्रहरीको टोली पुगेको थियो। तर केही गर्न नसकेपछि सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकको कमान्डमा पनि टोली खटिएको थियो। , तैपनि उद्धार गर्न नसकेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनाको सहयोग मागेकी थिइन्। नेपाली सेनाको हेलिकप्टरसहित गएको टोलीले साँझ विकको उद्धार गरेको हो।,
,
प्रसारण लाइनमा झुन्डिने माइलालाई पाटन मानसिक अस्पताल ल्याउने तयारी
|
रासस महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ।, खोटाङको दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो।, किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्तरूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समूह सहभागी थिए।, साकेला उभौलीको अवसरमा किराँत समुदायले ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइ नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमि, पितृ र अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन्।, साकेला उभौली हरेक वर्ष दिक्तेल बजारस्थित किराँत ऐतिहासिक एवं पर्यटकीयस्थल मझुवागढीमा भूमि अर्थात् चुलाको औपचारिक पूजा गरेर सुरु हुने र माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन समापन गर्नेे चलन छ।, साकेला उभौली चाडका अवसरमा महिना दिनसम्म आफन्तजन, साथीभाइ, नरनाता, छरछिमेकबीच भेटघाट गर्दै शुभकामना आदान–प्रदान गर्ने चलन छ।, साकेला चाडको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ।, साकेला थान तथा चुलामा पितृको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ।, अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि महिना दिनसम्म उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म साकेला उधौली चाड मनाउने गरिएको किराँत राई यायोख्खा खोटाङका सचिव युगशन किराँतले बताए।, साकेला चाडको अवसरमा नाचिने साकेला सिलीमा मानवजातिको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गरिन्छ। साकेला चाड र साकेला सिलीको शुरुवातका विषयमा विभिन्न जिल्ला तथा ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन्। यसको शुरुवातका विषयमा किराँत समुदायमा आ–आफ्नै तर्क र भनाइहरु रहेका छन्।, यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपा, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत रहेका छन्। साकेला चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाइन्छ।, साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताए।, ‘साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ। प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किराँत र गैरकिराँत समुदायबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पुर्याउने अपेक्षा गरेका छौँ,’ उनले भने।, साकेला चाड किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले प्रमुख चाडका रूपमा मनाउने गरेका छन्। माझ किराँत भनेर चिनिने खोटाङमा पछिल्लो समय साकेला चाडलाई गैरकिराँत समुदायले समेत मनाउन थालेका छन्।, बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्छ। हातखुट्टाको चालले पङ्क्तिबद्धरूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएकोजस्ता कृषिकार्य प्रदर्शन गरिन्छ।,
मनाइयो साकेला उभौली
|
सेतोपाटी देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।, प्रदेश नम्बर १, मधेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली भई प्रदेश नम्बर १, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले औँल्याएको छ।, हाल देशभर सामान्य बदली रहेको छ।, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, रातको समयमा प्रदेश नम्बर १ र मधेस प्रदेशका धेरै स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नम्बर १, मधेस र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस छ।,
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ परेका छन्। , शनिबार बिहान कुवेतबाट काठमाडौं आएका तीन जना यात्रुका पाइन्टभित्र सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।, विमानस्थलबाट प्रकाश दुनुवार, भुमाकुमार माझी र सरोज मोची भन्ने व्यक्ति पक्राउ परेका हुन्। , उनीहरू जजिरा एअरलाइन्स जे ९ ५३९ बाट शनिबार बिहान काठमाडौं आइपुगेका थिए। , चेक गर्नेक्रममा उनीहरूको पाइन्टको भित्री भागमा सुन लुकाएर ल्याएका हुन्। उनीहरूबाट २६० ग्राम सुन बरामद भएको छ। , भट्टराईका अनुसार ती तीनै जना यात्रुलाई अन्य व्यक्तिले १/१ वटा पाइन्ट दिएर लगाउन दिएका थिए। , नेपाल पुगेपछि पाइन्ट अर्कै व्यक्तिलाई बुझाउन भनेर उनीहरूलाई पठाएको उनले बताए। , त्यसबापत उनीहरूलाई केही रकम दिने आश्वासन समेत दिएको देखिएको छ।,
,
पाइन्टभित्र सुन लुकाएर ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन पक्राउ
|
सेतोपाटी संवाददाता नुवाकोटको ककनीस्थित त्रिशूली 'थ्रि ए' प्रसारण लाइनमा झुन्डिएका माइला विकको उद्धार गरिएको छ। , नेपाली सेनाको टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। , काठमाडौंबाट सेनाको टोली हेलिकप्टर लिएर उडेको थियो। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली समेत खटिएको थियो।दिनभर उनलाई फकाएर उद्धार गर्न खोजे पनि प्रयास सफल भएको थिएन।, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उनको उद्धार गर्न सहयोग मागेपछि नेपाली सेनाको हेलिकप्टरसहितको टोली ककनी उडेको थियो।, ‘नेपाली सेनाको टोलीले भर्खरै उद्धार गर्नुभएको छ। उहाँहरूले पोलमा चढेर उद्धार गर्नुभयो,’ उनले भने। , शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रसारण लाइनको विद्युतीय पोलमा चढेका थिए। उनी चढेको देखेपछि स्थानीयले प्रशासनलाई भनेर विद्युत लाइन बन्द गराउन लगाएका थिए। , पोलपछि उनी तारमा समेत झुन्डिन पुगेका थिए। उनलाई स्थानीय तथा प्रहरीले खाना खुवाउन बोलाएर पनि तल झार्ने प्रयास गरेका थिए। तर उनी झरेनन्। , यसरी दिनभर जस्तो विद्युत आपूर्ति बन्द हुँदा नेपाल विद्युत प्राधिकरणले भारतबाट आपूर्ति गरेको थियो। दिनभर विद्युत बन्द हुँदा एक करोडको हाराहारीमा क्षति पुगेको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।, , ,
९ घन्टापछि सेनाले गर्यो माइलाको उद्धार
|
रासस चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा एक बालिका घाइते भएकी छिन्।, आठ वर्षीया रियाना थापा शनिबार साँझ चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ।, चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।, घाइते बालिकाको अवस्था खतरामुक्त छ।, बुवाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन्। त्यही बेला चितुवाले आक्रमण गरेको र बुवाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको बताइएको छ।, पछिल्लो केही वर्षयता तनहुँका विभिन्न पालिकामा चितुवाको आतङ्क छ।, सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ।, चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ।,
चितुवाको आक्रमणबाट बन्दीपुरकी ८ वर्षीया बालिका घाइते
|
सेतोपाटी संवाददाता आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्ने भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन्।, आन्तरिक ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ।, सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो ब्यागेज कन्भेयर (दुईतर्फी ब्याग लिन मिल्ने) बेल्ट हुनेछ।, पछिल्लो समयमा थपिँदै गएको आन्तरिक हवाई यात्रुको चापलाई मध्यनजर गर्दै अस्थायी टर्मिनल विकास गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ।,
त्रिभुवन विमानस्थलमा आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास
|
सेतोपाटी संवाददाता भक्तपुरमा एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। , आइतबार बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार शव रगताम्य अवस्थामा फेला परेको हो। प्रहरीलाई शव फेला परेको खबरपछि घटनास्थलमा टोली पुगेको थियो। , मृतक मध्यपुर थिमी-८ बस्ने ५१ वर्षीय कल्याण साहु रहेका छन्। उनको टाउकोमा चोट लागेको देखिएको छ। , ‘काठको फर्माले टाउकोमा हिर्काएर हत्या गरेको जस्तो देखिन्छ। घटनास्थल नजिकैबाट रगत लागेका फर्मा पनि भेटिएको छ,’ उनले भने,‘अहिले नै के भएको हो भन्ने खुलिसकेको छैन।’, उनको हत्या गरेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानबाट घटना राति नै भएको देखिन्छ। तर कतिबेला भएको हो भन्ने यकिन खुलिइसकेको छैन।, प्रहरी वृत्त थिमीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।, शवको पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ। , ,
भक्तपुरमा एक पुरूषको हत्या
|
सेतोपाटी संवाददाता मकवानपुरमा ग्यास बुलेटले ठक्कर दिँदा बुवा-छोरीको मृत्यु भएको छ। , हेटौंडा उपमहानगरपालिका-९ एचडिआइस्थित पेट्रोल पम्पनजिकै पूर्वपश्चिम राजमार्गमा शनिबार राति सवा ७ बजे भारतीय नम्बर प्लेटको बुलेट ग्यास बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो। , ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। , एनएच०१ एल २९७१ नम्बरको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, ठक्करबाट मोटरसाइकलमा सवार हेटौंडा-९ का अन्दाजी ५५ वर्षीय ईश्वरकुमार तामाङ र उनकी छोरी २६ वर्षीया अमिना तामाङको मृत्यु भएको हो।, बुलेट गाडीले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि फेरि बा १३ च ११८२ नम्बरको कारलाई पनि पछाडिबाट ठक्कर दिएको प्रहरी निरीक्षक घिमिरेले बताए। , कारको पछाडिको भागमा क्षति पुगेको छ। , प्रहरीले बुलेट चालकलाई पनि नियन्त्रणमा लिएको छ। भारतको विहारका ४२ वर्षीय गुलाब हसनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ,
मकवानपुरमा ग्यास बोक्ने बुलेट गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बुवा-छोरीको मृत्यु
|
सेतोपाटी संवाददाता बाँसको लाठीले हिर्काएर मामाको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीमा एक जनालाई पक्राउ गरेको छ।, लालबन्दी नगरपालिका-१७ बस्ने ४५ वर्षीय अशोक बिकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रबि बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। , लालबन्दी नगरपालिका-११ हिरापुर पानी ट्यांकीस्थित बारीमा तरकारी खेती गर्ने क्रममा बाँस ओसार्ने क्रममा विवाद भएको थियो। , विवाद हुँदा रबिले मामा समेत रहेका अशोकलाई बाँसको लाठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए। , घाइते बनाएको खबरपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।, घाइते अशोकको स्थानीय मोडल अस्पताल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।, प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
लाठी प्रहार गरी मामाको हत्या आरोपमा भान्जा पक्राउ
|
रासस रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ। , परिवर्तन गाउँपालिका-५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए। , उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो। , प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।,
रोल्पामा माटोको ढिस्काले पुरिएर दाजु-भाइको मृत्यु
|
रासस बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ।, आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्। उनीहरूलाई कारबाही र जरिवाना हुने भएको छ। , सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो।, यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ। , जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो। , कुनैको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।, ‘कार्यालयमा आएको उजुरीका आधारमा पनि अनुसन्धान थालिएको हो’, उनले भने, ‘केरमेट गरेको पाइएपछि किन सच्याइएका रहेछन् भनेर हेर्दा जन्ममिति बढाइ सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो।’ , जन्ममिति सच्याएर केहीले विसं २०५२ देखि तथा केहीले २०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको सूचना भारतीले जानकारी दिए।, उनले भने, ‘नागरिकतामा मिति सच्याएर कम्तीमा ३ वर्ष र बढीमा २७ वर्ष पहिलादेखि वृद्धभत्ता बुझेको पाइएको छ।’ , यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने भारतीले बताए। यस्तै, नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्तर्गत थप कारबाही हुने जनाइएको छ। , यसरी नागरिकता केरमेट गर्नेहरूको नामावली भर्ने सार्वजनिक गरिएको छैन। , उनीहरूलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। ,
बैतडीमा जन्ममिति बढाएर १४ जनाले लिए वृद्धभत्ता
|
रासस म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित छन्।, अरूले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुवाआमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ।, बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुवा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसँग विवाह गरी मञ्जुलाई छाडेर गएपछि मञ्जुको बिचल्ली भएको हो।, त्यसैगरी जिल्लाको मालिका गाउँपालिका–७ वाइन्दाफाँटका पुजन फगामीको अवस्था पनि मञ्जुको जस्तै छ।, पुजनका बुवा रिम फगामीको विसं २०७८ कात्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसँग बिहे गरेकी र पुजन अहिले साथीहरूको घरमा आश्रय लिइरहेका विद्यालयका शिक्षिका घनदेवी घर्तीले जानकारी दिइन्।, त्यस्तै, कक्षा ४ मा अध्ययनरत सृष्टि विक बुवा र आमा दुवैले अर्को विवाह गरेपछि आमाबुवा हुँदाहुँदै पनि असहाय बनेकी छन्।, मङ्गला गाउँपालिका पूर्णगाउँका बुवा सुनिल विक र आमा सविता विकले अर्को विवाह गरेर अलग–अलग भएपछि छोरी सृष्टिको बिचल्ली भएको हो।, यी तीन बालबालिका विद्यालयको असहाय प्रतिनिधि विद्यार्थीहरू मात्र हुन्।, विद्यालयमा अध्ययनरत करिब ७७ विद्यार्थीमध्ये १४ विद्यार्थीको अवस्था अञ्जु, पुजन र सृष्टिको भन्दा फरक नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताए।, ‘विद्यालय आफैं पनि समस्याग्रस्त छ, आन्तरिक स्रोत केही छैन। त्यसमाथि १४–१५ असहाय र अतिविपन्न परिवारका विद्यार्थी छन्। उनीहरू कहिले भोकै विद्यालयमा आउँछन्, सर मिसहरूले खानेकुरा किनेर खुवाउँछौं, कहिले विद्यालयको दिवाखाजाका भरमा ती विद्यार्थी दिन गुजार्न बाध्य हुन्छन्’, प्रअ पुनले भने, ‘उनीहरूको रुन्चे अनुहार र टिठलाग्दो पोशाक देख्दा साह्रै दुःख लाग्छ।’, ‘बुवाको मृत्यु भएका, आमाले अर्कैसँग विवाह गरी गएका साथै आमा र बुवा दुवैको माया नपाएका विद्यार्थीलाई देख्दा कटक्क मन खान्छ’, शिक्षिका घनदेवी घर्तीले भनिन्, ‘कोही मनकारी व्यक्तिले उनीहरूलाई आश्रय दिए वा पढाइ लेखाइको खर्च व्यहोरिदिए उनीहरूको भविष्य बन्ने थियो र सहयोगीलाई पनि ठूलो पुण्य मिल्ने थियो।’, विद्यालयमा अध्ययनरत यस्ता असहाय र अतिविपन्न बालबालिकालाई अध्यापनरत शिक्षक–शिक्षिकाले बुवाआमाको जस्तै माया दिएर पढाइरहको स्थानीयबासीले बताएका छन्।, शिक्षक–शिक्षिकाको माया र खाजा खाना पाइने लोभमा यी विद्यार्थी दैनिक रूपमा विद्यालयमा आउँछन्।, अझै दुःखको कुरा त के छ भने कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको बरण्डामै सुतेर रात बिताउने गरेको मञ्जु स्वयंले बताइन्।, दाजु मजदुरी गर्नुपर्ने कामले कहिले कहाँ, कहिले कहाँ पुग्नुपर्ने र उनी एक्लै हुँदा भोकभोकै बस्नुपर्ने समस्या छ। , ‘विद्यार्थी भोकै हुँदाको दिन विद्यालयका शिक्षक–शिक्षिकाले आफूले खाजा नखाएर भए पनि खाजामा खर्च हुने रकम ती भोका विद्यार्थीलाई खानेकुरा किनेर खुवाउने गर्नुहुन्छ’, विद्यालयका एक अभिभावकले भने, ‘दुःखी, गरिब र असहायलाई देश–विदेशमा रहेका मनकारी व्यक्तिले सहयोग गरेर त्यस्ता व्यक्तिको उद्धार भएको छ, यहाँका यी असहाय बालबालिकालाई पनि कसैले सहयोग गरिदिए कति धर्म हुँदो हो।’, कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थी अध्ययनरत छन्।, अधिकांश अभिभावक दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिँदा शिक्षक– शिक्षिका थप समस्यामा परेको बताए।, ‘सधैंभरि शिक्षक–शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन, अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ’, बगरफाँट स्थायी घर भई हाल काठमाडौं बस्ने वरिष्ठ कृषि वैज्ञानिक डा टीकाबहादुर कार्कीले भने।, अहिले तत्काल ती विद्यार्थीको व्यवस्थापनका लागि सहयोगी मन भएका व्यक्तिको खोजी गरेर सहयोग जुटाउने र त्यस्ता विद्यार्थीलाई राख्नका लागि समुदाय र सहयोगी व्यक्तिको पहलमा विद्यालयमा नै छात्रबासको व्यवस्था गर्नुपर्ने उनले बताए।, यी असहाय विद्यार्थीलाई सहयोग गर्न चाहने व्यक्तिले ९८४७६४९८६३ वा ९८६९०२००६१ मा सम्पर्क गर्नसक्ने विद्यालयले जनाएको छ।,
,
'यी विद्यार्थीको रुन्चे अनुहार र टिठलाग्दो पोशाक देख्दा साह्रै दुःख लाग्छ'
|
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको लडेर मृत्यु भएको छ।, शनिबार बेलुकी साढे ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ उत्तरबाहिनीस्थित टहरामा बस्ने एक महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, राजेन्द्र श्रेष्ठको जग्गामा टहरा लिएर बसेकी रामेछाप उमाकुन्ड गाउँपालिका-५ घर भई टहरामा बस्दै आएकी ४९ वर्षीया सुशीला खड्काको मृत्यु भएको हो।, गए राति उनी शौचालयमा जाँदा लडेर बेहोस अवस्थामा फेला परेकी थिइन्। उनकी बहिनीले लडिरहेको अवस्थामा फेला पारेपछि अस्पताल लगिएको थियो।, उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। मृत्यु भएको खबरपछि प्रहरी निरीक्षक विशाल तामाङको कमान्डमा सात जनाको टोली परिचालन भएको थियो।, शव नेपाल मेडिकल कलेजमै राखिएको छ। प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाएको छ।,
काठमाडौंको गोकर्णेश्वरमा लडेर महिलाको मृत्यु
|
राजेश घिमिरे खिमानन्द भुषालको परिवार नवलपुरको देवचुली–११ प्रगतिनगर धारापानीमा बस्न थालेको ३५ वर्ष भयो। उनको घर नारायणी नदीबाट करिब २ किलोमिटर पर छ। चितवन राष्ट्रिय निकुञ्जको जंगल र चुरे पहाड पनि उनको घरबाट नजिकै पर्छन्। त्यसैले उनले तराईको जंगल, नदीदेखि पहाड सबैलाई नजिकैबाट देख्दै आए।, ‘पहिले नारायणी नदीको किनारमा मयुर नाच्थे, नदीमा गोही, ठूला माछाहरू हुन्थे, यहीँ आएर बाघले पानी खान्थे, अन्य वन्यजन्तु पनि नदी आसपासमा प्रसस्त देखिन्थे,’ भुषाल भन्छन्, ‘अचेल त यस्ता दृष्य दुर्लभ बने। पहिले मान्छेहरू नारायणीको पानी अँजुलीमा भरेर पिउँथे। अचेल त सकिँदैन।’, खिमानन्द भुषाल अहिले त्यहाँका बासिन्दा मात्रै होइनन्, पुरै नवलपुरको जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष हुन्। जिल्लाभरका बासिन्दालाई सहजरुपमा स्वच्छ पानी खुवाउने जिम्मेवारी उनको काँधमा छ।, ‘नारायणी नदी र आसपासका जंगलमा पहिलेको जस्तो प्राकृतिक सौन्दर्यता हराएको मात्रै छैन, नदीमा बढ्दो प्रदुषण, चुरे बिनास, तालतलैयाहरु सुक्दै गएका कारण पिउने पानीको स्रोत पनि घट्दै गएको छ,’ उनले भने, ‘स्रोत घट्दै जाँदा संकट निम्तने हो कि भन्ने चिन्ता बढेको छ।’, तराई क्षेत्रमा जमिनमा बोरिङ गाडेर निकालिएको पानी पिउनेदेखि खेती, बालीमा प्रयोग गर्ने चलन छ।, भुषालकाअनुसार गएको वर्षभरि जिल्लाभरका ५ वटा बोरिङबाट पानी आउनै छाडेका छन्। सुकिनसकेका केही बोरिङले दिने पानी हरेक वर्ष घटेको छ। चुरे नजिकका गाउँहरूमा पानी निकाल्न पहिले भन्दा निकै बढी खन्नु परेको छ। नारायणी नदीको नजिकै पनि पहिले जति गाहिराईमा पानी फेला पर्दैन।, ‘नारायणी नदी नजिकै पहिले २० मिटर गहिराईमा पानी भेटिन्थ्यो। अचेल भेटिँदैन,’ उनले भने, ‘चुरेको फेदीमा त पानी निकाल्न डेढ सय मिटर खन्नुपर्छ।’, यो समस्या बढ्दै जाँदा पिउने पानीको स्रोत नै सकिने पो हो कि भन्ने चिन्ता भएको भुषाल बताउँछन्।, तराईमा पानीको स्रोत कम हुँदै जानुको मुख्य कारण यहाँका नदी, जंगल, सिमसार क्षेत्र, चुरेलगायतमा बढ्दो प्रदूषण र विनास नै रहेको विज्ञहरु बताउँछन्। यसका अलावा पहाडी क्षेत्रमा पानीको मुहान क्षेत्र बढ्दो विनास पनि यसको कारण हो। , समस्या बढ्दै गएपछि पानीको स्रोतसँग जोडिएका समस्यालाई सुल्झाउन नवलपुरको गैंडाकोटमा रहेको सहमती नामक संस्थाले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ)सँग मिलेर ‘सिमसार क्षेत्र पुनर्स्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ सञ्चालन गरेको छ। यो संस्थाका कार्यक्रम संयोजक दिनेश बस्ताकोटीले नारायणी नदीलाई प्रदूषित बन्न नदिने, सिमसार क्षेत्र थप्ने, व्यवस्थित बनाउने काम डब्लुडब्लुएफसँगको सहकार्यमा भइरहेको बताए।, यसका लागि हरेक हप्ता नारायणी नदी सफा गर्ने, नदी नजिक बसोबास गर्ने समुदायलाई जिविकोपार्जनका लागि विकल्प दिने, वन संरक्षणसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सिमसार क्षेत्रको व्यवस्थापन गर्ने, नयाँ तालहरू निर्माण गर्ने जस्ता कामहरू भइरहेको बस्ताकोटीले बताए। पिउनेपानीबाट बञ्चित समुदायका लागि घर–घरमा धारो पुर्याएर पानीको स्रोत संरक्षणमा लाग्न प्रेरित गरिरहेको उनले बताए। नवलपुरका पहाडी गाउँहरूमा पिउने पानीको समस्या अझै बढी छ। , सिमसार क्षेत्र पुनर्स्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना परियोजनाअन्तर्गत सरोकारवालालाई राखेर जलसंबाद तथा अन्तरक्रिया पनि गर्ने गरिएको छ।, ‘यसले पानीको स्रोत संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुरा सबैतहसम्म पुर्याउन मदत पुग्छ। नदी, वन, सिमसार क्षेत्रमा आश्रित सामुदायलाई पनि यसमा सहभागि गराउँदै विकल्प दिएर सघाउँदै आएका छौं,’ उनले भने।, विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ)का प्राग्राम एसोसिएट करुण देवानले २ वर्ष देवघाटदेखि त्रिवेणीसम्म नारायणी नदी र आसपासका क्षेत्रको अध्ययन गरेपछि यस क्षेत्रमा पानीको स्रोतको संरक्षणका लागि बेलैमा केही गर्नैपर्ने आवश्यकता महसुस भएको बताए।, सहरीकरण, औद्योगिकीकरण, प्रदुषण बढ्दोक्रममा रहेको, निकुञ्ज र मान्छेबीचको द्वन्द्व बढ्दोक्रममा रहेको अवस्थामा तत्कालै केही नगरे भविष्य विकराल बन्नसक्छ भनेर अग्रसरता लिइएको उनले बताए।, ‘हामीले गतवर्षबाट कार्यक्रम सुरु गर्यौं। सिमसार क्षेत्र संरक्षण, वरपरका मान्छेका लागि जनचेतना, नदी आसपासका मान्छेका लागि वैकल्पिक आयआर्जनका कार्यक्रम ल्याउँदै नदीमा आश्रित हुनेक्रम घटाउने कार्यक्रम हामीले सञ्चालन गर्यौं,’ उनले भने, ‘यसको प्रभाव बिस्तारै देखिन थालेको पनि छ।’, उनले नदीको संरक्षणका लागि चितवन, मकवानपुर र नवलपुरमा नदी आसपासका उद्योगी, होटल, रेष्टुरेन्ट व्यवसायी, निकुञ्जलगायतका सबै सरोकारवालालाई एक ठाउँमा राखेर संरक्षण अभियान सञ्चालन गर्न थालिएको बताए।, देवानले पानीको प्रयोग सबैभन्दा बढी कृषि क्षेत्रमा हुने भएकाले यसको समुचित प्रयोगका लागि किसानलाई सिकाउने काम पनि गरेको बताए।, ‘पिउने पानीको अभाव भएको ठाउँमा उपलब्ध गराउनेदेखि, पानी पर्याप्त भएर पनि व्यवस्थितरुपमा प्रयोग नभएका ठाउँमा तालिम नै सञ्चालन गरेर सिकाउने गरिएको छ,’ उनले भने। , सहमती संस्थाका बस्ताकोटीले पानीको स्रोतमा मानव चाप घटाउन १६० परिवारलाई वैकल्पिक आयआर्जनमा प्रोत्साहन गरिएको बताए। २०४ जनालाई कृषिमा प्रोत्साहित गर्नेगरी तालिम दिनुका साथै खेतीमा सहयोग गरिएको उनले बताए।, १८ देखि २५ वर्षसम्मका १४ जना महिलाहरूलाई व्युटिपार्लर र ९ जना युवालाई ड्राइभिङको तामिल दिइएको उनले बताए।, ‘बाँच्नका लागि खोला, जंगलमात्रै साहरा हो भन्नेहरू अहिले कृषिमा राम्रो गरेर व्यवसायिक किसान हुन थालेका छन्। युवाहरू स्वरोजगार हुने दिशामा लागेका छन्,’ बस्ताकोटीले भने, ‘यो क्रमलाई बढाउँदै लगेर कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य हाम्रो छ।’, यो कार्यक्रम गैंडाकोट नगरपालिकाको झरही खोलादेखि मध्यवन्दु नगरपालिकाको चिसापानी घाटसम्म नारायणी नदी आसपासमा बसोबास गर्ने बोटे, माझी, मुसहर, मगर, कुमाललगायतका सामुदायमा सञ्चालन गरिएको उनले बताए।, उनले नवलपुरका विभिन्न सामुदायिक वन क्षेत्रमा पाँच वटा नयाँ तालहरू निर्माण गरिएको बताए। दुईवटा तालहरू निर्माणको चरणमा रहेको उनले बताए।, ‘यी ताल नजिकका क्षेत्रमा अहिले पानी निकाल्न धेरै खन्न पर्दैन। ताल बन्नुअघि यही ठाउँमा जमिन मुनिबाट पानी निकाल्न ठूलो समस्या हुन्थ्यो,’ उनले भने। सहमती संस्था र डब्लुडब्लुएफले सञ्चालन गरेको कार्यक्रमले ताल निर्माणमामात्रै ५० लाख रुपैयाँ खर्च गरिसकेको छ। थप २० लाख रुपैयाँ ताल निर्माणमै खर्च गर्ने योजना छ।, बस्ताकोटीकाअनुसार सन् २०२१ को अक्टोवरबाट सुरू भएको यो कार्यक्रम २०२३ को फेब्रुवरीसम्म चल्नेछ।, यो अवधिमा डेढ करोड रुपैयाँ खर्च हुने उनले बताए।, ‘नारायणी, राप्ती नदी सरसफाईमा पैसा खर्च गर्ने गरेका छैनौं। स्वतस्फूर्तरुपमा सरसफाईमा सहभागी हुने गरिएको छ, नदीमा सरसफाईपछिको प्रगतिको विषयमा मासिकरुपमा अनुगमन पनि हुन्छ,’ उनले भने।, नारायणी नदीले नवलपुर र चितवनको भरतपुर महानगरपालिकालाई छुन्छ। भरतपुर महानगरपालिकाले महानगरभरीको फोहोर नारायणी नदीकै किनारमा लगेर फाल्ने गरेको छ। यसले संरक्षणमा असर गरिरहेको छ। बस्ताकोटीले यस विषयमा भरतपुर महानगरपालिकासँग पनि पटक–पटक कुरा भएको बताए। महानगरले छिट्टै फोहोर व्यवस्थापनको नयाँ विकल्प टुंग्याएर नारायणी नदी आसपासमा फोहोर फाल्न बन्द गर्ने आवश्वासन दिएको उनले बताए।, डब्लुडब्लुएफका देवानले वातावरण संरक्षणका विषयमा सरकारी निकायको ध्यान कम पुग्ने गरेको बताए। सबै स्थानीय तहमा वातावरण शाखा स्थापना गरिएको भएपनि ती शाखाहरूले प्राथमिकताको पहिचानै गर्न नसकेको उनले बताए।, ‘मान्छेले पानी पिउन नपाउने त ठूलो सवाल हो। यसमा थोरै माथिबाट सोच्नुपर्छ। नीतिगत तहबाटै सोच्नुपर्छ,’ उनी भन्छन्, ‘नीतिगत तहले काम गरेन भने स्थानीय स्रोत साधनको सही परिचालन हुन सक्दैन। हामीले यस विषयमा सरकारी निकायको ध्यानाकर्षण गराउने काम पनि गर्दै आएका छौं।’, उनले नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्नन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग गर्दै आएको बताए।,
नारायणी आसपासमै सुक्दैछ पानीको बोरिङ
|
सेतोपाटी संवाददाता प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। , काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छेका २० वर्षीय विकेश सोजु र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ घर भई बालाजु बस्दै आएका २० वर्षीया भोजकुमारी दाहाललाई पक्राउ गरेको साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। , उनका अनुसार सोजुले पीडित नाबालिकाको तस्बिर इडिट गरी अश्लिल भिडिओ बनाएर पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाएर नाबालिकाको चरित्र हत्या गरेको आरोप छ। , यस्तै, दाहालले पीडित महिलाको तस्बिर दुरूपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सनसहित पोष्ट गरी पीडितको चरित्र हत्या गरेको आरोप छ। , प्रहरीले सोजुलाई बुधबार र दाहाललाई बिहीबार पक्राउ गरेको हो। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।,
,
सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ
|
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको पहिचान खुलेको छ।, घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो।, सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरेको दिउँसै पहिचान भएको थियो। अर्का मृतक मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।, सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ। भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ।, ठूला सवारी पास नहुने भएकाले साना सवारीलाई काम गरेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको निरीक्षक नेपालले बताए।, यो पनि पढ्नुहोस्ः ,केशवले भेट्न पाएनन् मुग्लिनको जाममा फसेकी श्रीमती,
आँबुखैरेनी नजिक सडक भासिएर मृत्यु भएका दुवैको पहिचान खुल्यो
|
सेतोपाटी संवाददाता प्रहरीले काभ्रेपलाञ्चोकबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , रामेछाप भुम्लु गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्दै आएका ५६ वर्षीय अनिल मोक्तानलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरीले शुक्रबार मोक्तानलाई महाराजगञ्जबाट पक्राउ गरेको हो। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार मोक्तानलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार थिए।, प्रहरीले मोक्तानलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेश गरेको जनाएको छ। ,
काभ्रेपलाञ्चोकबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
|
शोभा शर्मा यौन हिंसाविरूद्ध सेतोपाटी संवाद, यौन हिंसाविरूद्ध सेतोपाटी संवादको यो दोस्रो श्रृंखलामा हामीले काठमाडौंको बालाजुस्थित तरूण माध्यमिक विद्यालयका दस जना विद्यार्थीसँग कुराकानी गरेका छौं।, पहिलो शृंखला: ,‘केटीहरूलाई राति-राति हिँड्न दिनु हुँदैन भन्छन्, त्यस्तो पनि हुन्छ?’, यौन दुर्व्यवहारबारे उनीहरूलाई के थाहा छ? समाजमा भइरहेका बलात्कार र यौन हिंसाका घटना सुनेपछि उनीहरूको मनमा कस्ता भावना आउँछन्? यसबारे कोसँग कुराकानी हुन्छ?, यस्ता प्रश्नमाथि हामीले कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरूसँग छलफल गरेका छौं।, छलफल क्रममा तीन जना विद्यार्थीले यसअघि आफूले पढेका विद्यालयमा साथीभाइले भोगेका दुर्व्यवहारका घटना सम्झेका थिए।, कक्षा १० की अनुष्का न्यौपानेले आफू सानो हुँदा भोगेको अनुभव सुनाइन्।, त्यो बेला उनी पढ्ने विद्यालयका केटा विद्यार्थीले एलकेजी पढ्ने केटीहरूको फ्रक तान्ने, हात समात्ने र जथाभाबी छुने गर्थे। साना बालिकाहरूलाई हैरान पार्थे। अनुष्काले शिक्षकहरूसँग गुनासो पनि गरे तर कसैले पत्याएनन्।, 'शिक्षकहरूले कहाँ यति सानो बच्चाले पनि त्यस्तो गर्छ, यस्तो कुरा नगर भन्नुभयो,' उनले भनिन्, 'त्यस्तो व्यवहार देखाएका बच्चाहरूलाई त यो राम्रो काम होइन भनेर ज्ञान पो दिनुपर्छ। अहिले पनि मलाई त्यो घटना सम्झँदा डर लाग्छ।', अनुष्काले अगाडि भनिन्, 'मलाई घरमै पनि सुरक्षित छु कि छैन जस्तो हुन्छ। बाहिर हिँड्दा मान्छेहरूले सिटी बजाउँछन्। ट्रकमा भएकाले बोलाउँछन्। दिउँसै त बाटो हिँडदा यस्तो डर हुन्छ, राति त हुने नै भयो।', कक्षा १० मै पढ्ने विजय लामिछानेले पनि यसअघिको स्कुलमा भएको घटना सम्झिए।, त्यो बेला उनी ७ कक्षा पढ्थे। कम्प्युटर प्रयोगशालामा जाँदा सरले आफ्नी केटी साथीलाई विभिन्न बहानामा छाती, हात लगायत अंगमा छुने गरेको उनले बताए।, 'साथीले त्यो कुरा सुनाएपछि हामी सबै स्कुलका शिक्षिकाहरूलाई भेट्न गयौं। उहाँहरूलाई सरको व्यवहारबारे बताउँदा पत्याउनुभएन। उल्टै हामीलाई चुप लगाउनुभयो,' विजयले भने, 'तिमीहरूजस्तो त उहाँको छोरी छ। त्यस्तो उहाँले कहाँ गर्न सक्नुहुन्छ! सामान्य टच गर्न पनि नहुने त होइन होला।', 'भोलिपल्ट हामीले कक्षामा होहल्ला गरेर त्यो सरलाई आउनै दिएनौं,' उनले भने।, त्यसपछि प्रधानाध्यापक आएर विद्यार्थीहरूलाई सम्झाए, 'यो कुरा यहीँ राखौं। बरू तिमीहरूले भनेझैं त्यो शिक्षकलाई निकालिदिन्छौं। तर यो कुरा आफ्ना अभिभावकलाई पनि नभन्नू, स्कुलको बेइज्जत हुन्छ।', विजयले त्यसै वर्षबाट उक्त स्कुल छाडे।, पछि उनले थाहा पाए, ती स्कुललाई स्कुलले निष्कासन गरेको होइन रहेछ। केही दिन विदामा राखेको रहेछ।, 'अब त्यस्तो मान्छेबाट विद्यार्थी सुरक्षित होलान् त?' उनले भने, 'त्यस्तो मान्छेलाई त सजाय पो हुनुपर्ने हो! मेरी बहिनी त्यहीँ पढ्दैछे। उसलाई सरले त्यस्तै गर्ला कि भनेर मलाई सधैं डर लाग्छ।', कक्षा ९ की रश्मी केसीले आफूले यसअघि पढेको स्कुलमा सिनियर दिदीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सुनाइन्।, 'म तीन-चार कक्षा पढ्दाको कुरा हो। एक जना राम्रै टिचर हुनुहुन्थ्यो। हामी बच्चाबच्चीहरू उहाँको हात समातेर हिँड्थ्यौं। तर पाँच कक्षाको दिदीलाई त उहाँले प्राइभेट पार्टहरूमा छुने अनि त्यस्तै खाले कुरा गर्न खोज्नु हुँदो रहेछ। त्यो दिदीले सबै विद्यार्थीलाई भन्नुभयो अनि विद्यार्थीले सरहरूलाई भने। यस्तो टिचरलाई निकाल्नुपर्छ भन्ने कुरा हुँदा प्रिन्सिपलले कुरा दबाउन खोज्नुभयो,' रश्मीले भनिन्, 'त्यो शिक्षकलाई क्लासमा पढाउन नदिए पनि अफिसको काम गर्न दिऊँ भन्नुभयो।', त्यसपछि भने आफूलाई पुरूष शिक्षकहरूको नजिक जानै डर लाग्न थालेको उनले बताइन्।, 'त्यत्रो सबै मिलेर भन्दा त सजाय भएन,' उनले भनिन्, 'आफूमाथि पनि केही हुने होइन भन्ने डर लागेर आयो।', छलफल क्रममा केही विद्यार्थीको यस्तो अनुभव सुनेपछि त्यहाँ उपस्थित सबैले आफूलाई पनि डर लाग्ने गरेको बताए। छात्रहरूले भने आफ्ना दिदीबहिनीमाथि यस्ता घटना हुन्छन् कि भनेर डर लागिरहने अनुभव सुनाए।, कतिपय छात्राले यस्ता घटनाबाट बच्न आमाबुवाले आफूहरूलाई राति नहिँड्न सिकाउने गरेको बताए। कसैले शरीरमा छोए, हैरान गरे वा अन्य किसिमको यौन दुर्व्यवहार गरे आफूलाई आएर भन्नू भनेर अभिभावकले सिकाउने गरेको उनीहरू बताउँछन्।, यौन दुर्व्यवहार र बलात्कारका घटना हुँदा प्रहरीलाई भन्नुपर्छ भन्ने थाहा छ कि छैन भन्ने हाम्रो प्रश्नमा कतिपयले थाहा छ भन्ने उत्तर दिए। कतिपयले भने प्रहरीले केही नगर्ने उदाहरण सुनाए।, कक्षा ९ का ईश्वर तामाङले आफ्नी आमाले टोलमा दुर्व्यवहारका घटना हुँदा वा अरू घटना हुँदा प्रहरीलाई बोलाउने गरेको तर प्रहरी दुई-तीन घन्टापछि मात्र आएको देखेका छन्। त्यसैले प्रहरीप्रति त्यति विश्वास नभएको उनी बताउँछन्।, अरू विद्यार्थीले पनि यस्ता घटनामा दोषीले सजाय पाएको उदाहरण कम सुनेको बताए।, सबैजसो बालबालिकाले विभिन्न पत्रपत्रिका, अनलाइन, फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा यौन दुर्व्यवहार र बलात्कारका घटनाबारे खबर पढ्ने गरेको सुनाए।, भिडिओ: सुसन चौधरी/सेतोपाटी, उनीहरूसँगको पूरा कुराकानी भिडिओमा हेर्नुहोस्: , यो पनि हेर्नुहोस्:, ‘केटीहरूलाई राति-राति हिँड्न दिनु हुँदैन भन्छन्, त्यस्तो पनि हुन्छ?’,
यी विद्यार्थीले सानैदेखि देखेका थिए यौन दुर्व्यवहारका यस्ता घटना (भिडिओ)
|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको विद्यालय कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। , कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुरमा विद्यालय कोषको रकम हिनामिना गरेको कसुरमा तत्कालीन प्रधानाध्यापक रामबाबु कँडेल, सहायक प्रधानाध्यापक रामलाल कँडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापामगरविरूद्ध मुद्दा शुक्रबार मुद्दा दर्ता गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए। , उनीहरूले विद्यालय भवन निर्माण गर्दा विद्यालय कोषको रकम आफूखुसी झिकेर हिनामिना गरेको आरोप पुष्टि भएपछि अख्तियारले मुद्दा दर्ता गरेको जनाएको छ।, यस्तै, उक्त रकम झिकेर भवन निर्माणमा खर्च भएको देखाएर व्यक्तिगत लाभ लिई निर्माण सामग्री लुकाएर बिक्री/वितरण गरेका थिए। , भण्डारीका अनुसार उनीहरूले १२ लाख ८४ हजार १२२ रुपैयाँ हिनामिना गरेका थिए। , उनीहरूलाई भ्रष्टाचार निवारण ऐन बमोजिम १२ लाख ८४ हजार १२२ रुपैयाँ जरिवाना तथा कैद सजाय हुन मागदाबी गरेको भण्डारीले बातए। ,
विद्यालय कोषको झण्डै १३ लाख हिनामिना गरेको कसुरमा तत्कालीन हेडसरसहित तीनविरूद्ध मुद्दा दर्ता
|
सेतोपाटी संवाददाता बाँकेमा खेलौना (टेड्डी बिअर)भित्र ब्राउन सुगर राखेर तस्करी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , शनिबार बाँके प्रहरीले ऐन्टी ड्रग अपरेसन सञ्चालन गरी पाँच जनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ। , गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट प्रहरीको टोली खटिएको थियो। , शनिबार राति भारतबाट नेपाल आउँदै गरेका मानिसहरूमाथि प्रहरीले चेक गरेको थियो। , दाङ लमही नगरपालिका-५ बस्ने सोनु श्रेष्ठ र २० वर्षीय बिशाल कुँवरमाथि प्रहरीले शंका लागेर चेक गरेको थियो। सोनुले बोकेको टेड्डीबिअरभित्र ब्राउन सुगर सात ग्राम फेला पारेको थियो। , त्यस्तै, दाङ लमही-५ बस्ने २१ वर्षीय दिवस डाँगी, १७ वर्षीय दुई जना किशोरमाथि पनि प्रहरीले चेक गरेको थियो। , डाँगीले बोकेको कालो झोलामा लुकाएर राखेको १७ ग्राम ब्राउन सुगर बरामद गरेको हो।, उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,
,
खेलौनाभित्र राखेर ब्राउन सुगर तस्करी गरेको आरोपमा पाँच पक्राउ
|
सेतोपाटी संवाददाता झापाको बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, इलामको हर्कटेमा दुर्घटना हुँदा बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको मृत्यु भएको हो।, कर्णाली सहकारी संस्थाका पदाधिकारी चढेको स्कार्पियो बिर्तामोडबाट इलामतर्फ जाँदै गर्दा साँझ ६ बजेतिर हर्कटेमा बाटोभन्दा तल झरेको सहकारीका कर्मचारी तारा राईले बताए।, दुर्घटनामा परी सहकारीका अध्यक्ष टिएस प्रधान, कोषाध्यक्ष एकराज विष्ट, सदस्य गणेश पराजुली लगायत घाइते भएका छन्। उनीहरूको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ। गाडीमा ६ जना सवार थिए।,
इलाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
|
नारायण अधिकारी कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दंग छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उहाँ दंग परेका हुन्। सुरूका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन्। पूर्ववत् आफ्ना काममा उनी जुट्दै आएका छन्।, पुनः परीक्षणका लागि चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए। गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरेका थिए। उनको कलेजो डा सञ्जयकुमार यादवको समूहले प्रत्यारोपण गरेको थियो। , ‘कलेजोको सिरोसिस भएपछि पहिलेकै अवस्थामा फर्किन्छु भन्ने लागेकै थिएन’, शाहीले भने, ‘अहिले नयाँ जीवन पाएको अनुभव गरेको छु।’ उनले स्वास्थ्य मात्रै राम्रो पाएका छैनन्, पूर्ववत् अवस्थामा नियमित काम गर्नसक्ने भएका छन्। शाहीले भने, ‘मेरो पुनर्जन्म भएको छ। यो खालको जीवन पाउँला भन्ने सोचेको पनि थिइनँ।’, कलेजो प्रत्यारोपण गर्दा लाग्ने रकम, आफन्तभित्रै कलेजो दाता खोज्नुपर्ने, रगतको समूह र अन्य कुरा मिल्नुपर्ने समस्या पार गर्दै आफ्नै श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गरेका शाहीले अहिले फूर्तिलो मात्रै छैनन्, उनले गर्दै आएको शिक्षण पेसासँगै बिहान बेलुका श्रीमतीलाई व्यापारमा सघाउँदै आएका छन्। जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले कलेजो प्रत्यारोपण गरेको छु भन्ने महुसस गर्न छोडिसकेका छन्। , ‘अहिले मेरो स्वास्थ्य सोचेभन्दा धेरै राम्रो छ’, पहिलेको जस्तै सक्रिय काम गर्ने बताउँदै उनले अगाडि थपे, ‘म अहिले दिउँसो विद्यालयमा पढाउँछु, बिहान बेलुका घरमा व्यापार छ, श्रीमतीलाई व्यापारमा सघाउँछु। स्वास्थ्यका हिसाबले कुनै गारोसाह्रो परेको छैन।’, अस्पतालबाट डिस्चार्ज हुनुअघि चिकित्सकहरुसँग फोटो खिचाउँदै भरत विक्रम शाही र उनकी श्रीमती कमला ।, कलेजो रोग लाग्ने सुरुआती चरणमा खुट्टा, पेट फुल्ने, कहिलेकाहीँ ‘फेन्ट’ (चक्कर) हुँला जस्तो हुने, एकोहोरो हुने, आफ्नै दिमाग ठीक छ कि छैन जस्तो हुने लक्षण देखिएको अनुभव उनले सुनाए। पेट फुलेर आफैंलाई लाज लाग्ने खालको भएको उनको भनाइ छ।, उनको विसं २०७८ फागुनदेखि नै कलेजोमा समस्या देखिएको थियो। त्यसपछि भारतको लखनउ गएर तीन पटकसम्म परीक्षण गराएका शाहीले जाजरकोटबाट १५–१५ दिनमा लखनउ जानुपर्ने बाध्यता थियो। त्यहाँको चिकित्सकले ८० प्रतिशत कलेजो खराब भइसकेको र औषधि खायो भने निको हुन्छ भन्ने गरेको उनले स्मरण गरे।, गत वर्ष लकडाउन भएपछि भारत जान नसकेपछि उनी नेपालगञ्जको मेडिकल कलेजमा परीक्षण गराए। त्यहाँको चिकित्सकले कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्यो भने बाँच्न सकिने नत्र बाँच्ने सम्भावना कम भएको बताएपछि उनी काठमाडौंहुँदै चितवन आइपुगेका थिए। , काठमाडौंको टिचिङ अस्पतालमा केही समयसम्म परीक्षण गराएर छिटो प्रत्यारोपणका लागि उनी चितवन मेडिकल कलेजमा आइपुगेका थिए। ‘प्रत्यारोपण गर्नुपूर्व कतै श्रीमान् श्रीमती दुवै जना अप्ठ्यारोमा पर्छाै कि? वा एक जनालाई कुनै अप्ठ्यारो हुन्छ वा जटिलता आउँछ कि? भन्ने डर लागिरहेको थियो’, उनले भने, ‘अरूको भन्दा पनि मेरो केस जटिल थियो। चिकित्सकले ९० प्रतिशत सफल हुन्छ, १० प्रतिशत फेल पनि हुनसक्छ भन्नुभएको थियो।’, आफूले जसरी भए पनि प्रत्यारोपण गरिदिनुहोस् भनेर चिकित्सकलाई अनुरोध गरेको उनले बताए। ‘अहिले हामी दुवै जना खुसी जीवन बिताइरहेका छौं’, उनले भने।, उनको प्रत्यारोपणपछि गाउँपालिकाले पाँच लाख उपचार खर्च दिने नियम नै बनाएको छ। सोहीअनुसार आफूले पनि पाँच लाख सहयोग पाएको उनले जानकारी दिए। साथीभाई, इष्टमित्रको सहयोगबाट खर्च जुटाएर कलेजो प्रत्यारोपण गराएको उनले बताए।, आफूले पाएको नयाँ जीवन शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक क्षेत्रमा बिताउने उनको योजना छ। कलेजो बिग्रिएकालाई समयमै प्रत्यारोपण गर्न उनको सुझाव छ। ‘समयमै प्रत्यारोपण गरियो भने खर्च पनि कम हुन्छ। जीवन पनि सफल हुन्छ, बाच्न सकिन्छ। प्रत्यारोपण गर्न डर मान्यो भने खर्च उत्ति नै हुन्छ, परीक्षण गर्न गइरहनुपर्छ। औषधि खाइरहनु पर्छ’, उनले भने।, डा यादव कलेजो प्रत्यारोपण गरेर पुनः पहिलेकै जस्तो स्वस्थ हुन सकिने बताउँछन्। ‘कलेजोको सिरोसिस भएर पेटमा पानी जमेको, जण्डिस भएको छ, मुखबाट रगत वान्ता भएको छ, बेहोस हुनुपर्ने अवस्था छ, रगतमा प्लेटलेसको सङ्ख्या कम छ र ७० देखि ८० प्रतिशत कलेजो ड्यामेज (खराब) भइसकेको छ भने त्यस्ता व्यक्तिको ६ महिनादेखि २ वर्षको आयु हुन्छ’, त्यस्ता व्यक्तिलाई कलेजो प्रत्यारोपण गरियो भने भरतविक्रम शाहीजस्तै सामान्य जीवनमा फर्किन सक्ने उनले बताए। ‘स्वास्थ्य मात्रै सामान्य होइन, कि आफ्नो काम र पेसामा नियमित जान सकिन्छ’, उनले भने।, कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हालसम्म ६ जनाको कलेजो प्रत्यारोपण गरिएको बताए। प्रत्यारोपणका लागि विदेश जानु नपर्ने भन्दै उनले विश्वका अन्य मुलुकमा भएका आधुनिक प्रविधि र उपकरणसहितको दक्ष चिकित्सक आफ्नो कलेजमा भएको दाबी गरे। ,रासस, यो पनि हेर्नुहोस्, , कलेजो प्रत्यारोपण अन्तिम विकल्प हो, नियमित जाँच गराए औषधिले निको हुन्छ (भिडिओ),
कलेजो प्रत्यारोपणपछिको नयाँ जीवन
|
सेतोपाटी संवाददाता मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ। काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ।, महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु र भारतको उत्तर प्रदेशसँगै विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव छ।, आज पनिदेशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ।, यस्तै महशाखाले आज दिनभर प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, , शनिबार, दिउँसो : प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।, प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, राती : प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, आइतबार, दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राति : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ।, प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, सोमबार, दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।, प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश, गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राति : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र वाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।, प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।,
यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान
|
नवीनबाबु गुरूङ सुरक्षा निकायले विभिन्न विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गरेका छन्।, मनसुन सँगै हुनसक्ने सम्भावित घट्नालाई न्यूनिकरण गर्न त्यसको तयारी स्वरूप नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार बिहान कीर्तिपुरको तौडहमा मनसुन सुरक्षा पूर्व तयारी अभ्यास गरेका हुन्।, मनसुनजन्य प्रकोपहरुबाट सिर्जित विपदका घटनाका कारण नेपालमा वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ।, त्यसैले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सुरक्षा निकायले पूर्व तयारी अभ्यास गरेको हो। , हेर्नुहोस् तस्बिरहरू,
सुरक्षा निकायले लिए मनसुन सुरक्षा पूर्व तयारी अभ्यास (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएका छन्। , आँबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो। , सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ।, शुक्रबार बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुनसक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ। , सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो। , तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले सडकखण्ड करिब २० मिटर भाँसिएकोले सडक बनाउन केही समय लाग्ने भएको हुँदा ठूला सवारीसाधन नचल्ने बताएका छन्। , सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ। शुक्रबार बिहान सडक भासिएर कार, मोटरसाइकल र स्कुटर खस्दा दुई जनाको ज्यान गएको थियो।, घटनामा परि ज्यान गुमाउनेमा गोरखाकाे सिरानचोक गाउँपालिका ५ छोप्राक घर भइ अहिले आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरकाे हेटौंडा नगरपालिका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।, सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजी कार्यलाई तीव्रता दिइरहेको छ। भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ । ,
मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना सवारीमात्रै चल्ने
|
सेतोपाटी संवाददाता फेरि पहिरो खसेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो। , पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ। पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहरीको भनाइ छ।, अहिले गाडी चापमा चलिरहेका र जाम रहेको प्रहरीको भनाइ छ। शुक्रबार बिहान पनि सोही ठाउँमा पहिरो खस्दा घण्टौंसम्म गाडी जाम भएका थिए।, दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि राति फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका छन्।,
नारायणघाट-मुग्लिन सडक खुल्यो
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस गरिएको छ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिटेमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।, केन्द्रका अनुसार ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।, भूकम्प गएलगत्तै स्थानीयमा हल्लाखल्ला भएको थियो।, भक्तपुरलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का उपत्यका आसपासका जिल्लामा पनि महसुस भएको थियो।,
भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प
|
सेतोपाटी संवाददाता काठमाडौंको लैनचौरमा ३५ लाख लुटपाट गरेको घटनामा संलग्न थप एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ। , दाङको घोराही उपमहागनरपालिका-१० का २५ वर्षीय सुदन नेपाली पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार नेपालीलाई शुक्रबार दाङ भालुवाङस्थित आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। , नेपालीसहित केही युवाहरूले काठमाडौंको लैनचौरमा जेठ ८ गते अपराह्नमा ३५ लाख लुटपाट गरी फरार भएका थिए। उनीहरूले एक जना व्यापारीलाई सस्तोमा सुन दिने भन्दै ती व्यक्तिलाई प्रलोभनमा पारेका थिए।, ३५ लाखमा धेरै सुन पाउने भएपछि पीडित व्यापारी लैनचौर पुगेका थिए। तर उनी लुटिएपछि प्रहरी वृत्त लैनचौर पुगेका थिए। , त्यसपछि प्रहरीले घटनासम्बन्धी अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमा पैसा खोसाखोस हुँदा एउटा मोबाइल पनि खसेको थियो। , सो मोबाइलबाट यस घटनामा प्रहरीको पनि संलग्नता भएको खुलेको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस घटनामा एक जना सिपाही र एक जना हवल्दारको संलग्नता रहेको खुलेको हो। प्रहरीले यस घटनामा संलग्न दुई जनालाई यसअघि नै पक्राउ गरिसकेको छ। , यसअघि पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घर भई बुढानिलकण्ठ नगरपालिका-६ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौं मालीगाउँ बस्ने ३४ वर्षीय सालिक राम नेपाली छन्।, पक्राउ परेका नेपालीबाट पनि कुनै रकम भने फेला नपरेको प्रहरी उपरीक्षक काफ्लेले बताए। उनको घरमा पनि तलासी लिन बाँकी रहेको उनले बताए। , यस्तै थप अनुसन्धानको लागि उनलाई काठमाडौं पठाउने तयारी छ।, यो पनि: ,लैनचौरमा भएको ३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता,
, ,
लैनचौरमा ३५ लाख लुटपाट घटना: दाङबाट थप एक पक्राउ
|
रासस कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ।, तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव शनिबार इनारमा डुबेको अवस्था फेला परेको हो। , श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए।, उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ।, प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। ,
तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला
|
सेतोपाटी संवाददाता घोराहीमा नक्कली प्रहरी सहायक निरीक्षक (सई) पक्राउ परेका छन्।, घोराही उपमहानगरपालिका-१३ का ३८ वर्षीय अर्जुन थापा मगर पक्राउ परेका हुन्। , थापाले आफु सादा पोशाकका प्रहरीको सई भएको भन्दै होटेलहरूमा ठगी गर्दै हिँडेको भन्ने सूचना प्रहरीले पाएको थियो। , त्यस सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।, अनुसन्धान अधिकृत सन्दिप बेलबासेका अनुसार थापाले होटल सञ्चालकहरूसँग अनुचित लाभ लिएर हिँडेका थिए। त्यसरी ठगी गरेको पाएपछि थापालाई पक्राउ गरेको उनले बताए। , ‘हामीले उहाँलाई होटलबाटै नियन्त्रणमा लिएका हौं,’ उनले भने ‘ घटनाबारे थप अनुसन्धान जारी छ।’, ,
नक्कली सई बनेर ठगी गरेको आरोपमा एक पक्राउ
|
रासस बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिम छन्। , जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा छन्।, धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। , बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहका विभिन्न वडाले बर्सेनि डुबान र कटानको समस्या भोग्दै आएका छन्।, उनका अनुसार बाढीजन्य विपद्को दृष्टिले धनुषाको पाँच पालिका मध्यम जोखिममा र छ पालिका न्यून जोखिममा छन्।, जिल्लाको जनकपुरधाम उपमहानगरापालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, विदेह नगरपालिका र औरही गाउँपालिका बाढीजन्य विपद्को दृष्टिले मध्यम जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले जनाएको छ। , यस्तै, जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका, मिथिला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, हंसपुर गाउँपालिका न्यून जोखिममा रहेको छ।, कमला खोला, जमुना खोला, औरही खोला, बहरी खोला, बसही खोला र जलाद खोलामा आउने बाढीका कारण बर्सेनि ठूलो धनजनको क्षति पु¥याउँदै आएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।, अघिल्लो वर्ष विपद्का कारण धनुषामा चार जनाको मृत्यु भएको भएको थियो भने करिब रु डेढ करोड मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।, विपदमा परेर मृत्यु भएका चारै जनाको परिवारलाई एक लाख रुपैयाँको दरले राहत वितरण गरिसकेको धनुषाका सहायक प्रजिअ भण्डारीले बताए।, यस्तै, अघिल्लो वर्षको असिना पानी, हावाहुरी तथा बाढीबाट प्रभावित धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २२१ घर परिवारलाई दुई बण्डलका दरले जस्तापाता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। , मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास, बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।, जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरेका हुन्। , जनकपुरधामस्थित गङ्गासागर पोखरीलाई जिल्लाका मुख्य नदीको प्रतिकात्मक रुपमा चार भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले बोडिङ, लाइफ ज्याकेटलगायतको सामग्रीको सहायतामा विपद्मा परेकाको उद्धारसम्बन्धी कृत्रिम अभ्यास गरेको थियो।, विपद्का समस्या पीडितलाई कसरी उद्धार गर्ने, बाढीमा पसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा कसरी लैजाने, घाइतेको प्राथमिक उपचार कसरी गर्ने, उद्धारका क्रममा सुरक्षाकर्मी आफू कसरी सुरक्षित हुने र विपद्का बेला के/के कुरामा ध्यान दिनेलगायतका विषय वस्तुलाई समेटेर सुरक्षाकर्मीले विपद् पूर्वाभ्यास प्रस्तुत गरेका थिए।,
,
मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद् कसैलाई सोधेर वा भनेर नआउने भएकाले विपद्को समयमा सचेत भई त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताए। , उनले जनकपुरधाम पनि विभिन्न नदीहरूको कारण बाढीको जोखिममा रहेकाले नदी नियन्त्रणका लागि प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्दै बाढीबाट हुने धनजनको क्षतिलाई रोक्न विपद् पूर्वाभ्यास कार्यक्रम महत्वपूर्ण कडी हुने विश्वास व्यक्त गरे।, धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले विपद् व्यवस्थापनका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहहरू पनि विपद् न्यूनीकरणका लागि आवश्यक योजना, कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। , उनले स्थानीय तहको सरकारलाई पनि विपद् व्यवस्थापनमा सक्रिय बनाउन छिट्टै पालिका प्रमुखको बैठक बनाउने जानकारी दिँदै मनसुन सक्रिय हुन थालेकाले विपद्को पूर्वतयारीमा जुट्न आग्रहसमेत गरे। ,
धनुषाका सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा
|
निशा भण्डारी यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्।, क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा सो गौरवयात्रा निकालिएको हो।, गौरवयात्रामा नेपाल सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान, तथा यौन विशेषताका व्यक्तिहरू सहभागी छन्।, शनिबार राजधानीको माइतीघर मण्डलबाट सुरू भएको गौरव र्याली बानेश्वरमा पुगी समापन भएको थियो।, विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनी ती समुदायले गौरवयात्रा मनाउँछन्।, विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो।, उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण भएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो।, यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिन्छ।, तस्बिरहरू :,
माइतीघरदेखि बानेश्वरसम्म 'नेपाल प्राइड परेड' (तस्बिरहरू)
|
डा. जगत जीवन घिमिरे बालबालिकालाई बेला बेलामा खोकी लागिरहने, स्याँ-स्याँ भइराख्ने, घ्यार घ्यार भइराख्ने, हिँड्दा श्वास फुलेजस्तो भइरहनाले ‘दम’ आम समस्या हो।, यी समस्या चाडै निको हुने र बल्झिने भइरहन्छ। कुनै बच्चालाई एक महिनामा बल्झिने हुन्छ भने केहीलाई दुई महिनामा बल्झिन्छ। कोही बच्चालाई रूघा लागेको बेलामा श्वास फुलेजस्तो हुनुलाई पनि दम भनेर बुझिन्छ।, साधाराणतया बच्चाको उमेर अनुसार लक्षण देखिन्छ।, बालबालिकालाई दम भएको थाहा पाउन चिकित्सकले स्वास्थ्य परीक्षण गर्छन्। दम भएका बच्चाको छातिमा केही संकेत देखिन्छ। त्यसपछि केही परिक्षण गरिन्छ।, साना बच्चामा फिनो परीक्षण गरेर थाहा पाउन सकिन्छ। बच्चाको उमेर अनुसार विभिन्न खालका परीक्षण गर्नुपर्ने हुन्छ। यसका लागि छातिको एक्सरेदेखि रगतको परीक्षणसम्म गर्नुपर्ने हुन्छ।, यसमा बच्चाको दमको उपचार दुई कुरामा भरपर्छ। घरीघरी बिरामी या कडा रूपले बिरामी कस्तो छ सोही अनुसार उपचार गर्नुपर्ने हुन्छ।, सामान्यतया दुई किसिमका औषधि गरिन्छ। एकथरी लामो समयसम्म श्वास प्रश्वासका नलीमा भएको शुन्नीने कम गर्ने औषधी र अर्को एकदम गाह्रो भएको बेलामा तुरून्तै आराम दिने औषधि हुन्छ। दुईथरी पम्पको प्रयोग हुन्छ।, दम भयो भन्नासाथ बुवा आमाहरू आत्तिनुहुन्छ। त्यसरी आत्तिनु भन्दा उपचारको बाटो रोज्नुपर्छ। धेरैजसो बच्चालाई ६ हप्तादेखि तीन महिनासम्म श्वासप्रश्वासबाट दिने औषधि दिदा धेरै वर्षसम्म दम नियन्त्रण हुन्छ।, ५ वर्षभन्दा सानो उमेरमा देखिएको दम ५ वर्षपछि कम हुन्छ। तीन महिना राम्रोसँग औषधिले नियन्त्रण गरेमा धेरै राम्रो हुन्छ।, दम हुनुको विभिन्न कारण छन्। वंशाणुगत, वातावरणीय लगायतका धेरै कारणले दम हुन्छन्। दम हुनै नदिने कठिन छ। धुलोले असर गर्छ भने धुलोमा नजाने, कुनै खानाले असर गर्छ भने त्यसलाई नदिने हो। त्यसैले दम पत्ता लगाएपछि उपचारमा जानुपर्छ।, दमलाई लापरबाही गरेमा बेलामौकामा गाह्रो हुनसक्छ। बच्चालाई आइसियुमै भर्ना गराउनपर्ने हुनसक्छ। त्यसैले लापरबाही भन्दा पनि उपचारमा जानुपर्छ।, कतिपयले दम र निमोनियालाई उस्तै ठानेका हुन्छन्। दम र निमोनियाको उपचारको पद्धतिनै फरक हुन्छ। त्यसैले यी दुई फरक हुन् भनेर बुझ्न जरूरी छ।, दम रोग लाग्नसक्ने कारण र यसको उपचार लगायतका विषयमा केन्द्रीत रहेर हामीले कान्ति बाल अस्पताल र अल्का अस्पतालमा कार्यरत बाल छाति रोग विशेषज्ञ डाक्टर जगत जीवन घिमिरेसँग सेतोपाटीका लागि सन्जिब बगालेले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।,
आफ्ना बच्चालाई दम भएको कसरी थाहा पाउने, के हुन्छ उपचार ? (भिडिओ)
|
रासस तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा शुक्लागण्डकी-१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। , शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएकी विकको शव शनिबार बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।, बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको उनले बताए।,
तनहुँमा खोलाले बगाउँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार मध्यान्ह पौने १२ बजे गोदावरी नगरपालिका-५ सुदुर फुट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , अत्तरियाबाट धनगढी जाँदै गरेको से १ त ३१०१ नम्बरको ट्याक्टरले सोही दिशा जाँदै गरेको अर्को ट्याक्टरलाई ठक्कर दिएको थियो। , ठक्करबाट चालक गोदावरी नगरपालिका-५ गेटी बस्ने २० वर्षीय सुबास चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि मायामेट्रो अस्पताल पठाइएको थियो। त्यहाँबाट थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो। , त्यहाँ उपचारको क्रममा सवा १२ बजे मृत्यु भएको कार्यालयले जनाएको छ। , शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ। प्रहरीले ठक्कर दिने ट्याक्टरका चालक गोदावरी नगरपालिका-८ बस्ने २५ वर्षीय ललित चौधरीलाई नियन्त्रणमा लिएको छ। , दुबै सवारीसाधन पनि प्रहरीको नियन्त्रणमा छ।,
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौंको सितापाइलामा घरबाट खसेर एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनी आफ्नै घरको पाँचौं तलाबाट खसेको प्रहरी उपरीक्षक मैनालीले बताए। , ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा उनी घाइते भएका थिए। घाइते भएका उनलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएको थियो। , त्यहाँ चिकित्सकले पौने १ बजे नै मृत घोषणा गरेको प्रहरी परिसरले जनाएको छ।,
,
सितापाइलामा पाँचौं तलाबाट खसेर एक पुरूषको मृत्यु
|
सेतोपाटी संवाददाता महोत्तरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्।, जलेश्वर नगरपालिका-६ धबौली गाउँमा बोक्सीको आरोप लगाएर कुटपिट गरेको घटनामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। , पक्राउ पर्नेमा ४५ वर्षीय भुलन राम चमार र २८ वर्षीया सोमन देवी भन्ने सोमारी देवी छन्। उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। , बिहीबार साढे १० बजे बिहान धबौली गाउँकी ५३ वर्षीया कालोदेवी र ५४ वर्षीया दुलरिया देवीमाथि बोक्सी लागेको भन्ने आरोप सोमन देवीले लगाएकी थिइन्। , बोक्सीको आरोप लगाएर सोमनलगायतले उनीहरूको चुल्ठो समातेर, हात लात्ती र लाठी समेतले कुटपिट गरेको प्रहरी निरीक्षक राईले बताए। , कुटपिट गरी घाइते बनाएपछि पीडतहरूले ज्यान मार्ने कसुर गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , प्रहरीले बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको शिर्षकमा मुद्दा दर्ता गरेको छ। , यस घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। यस घटनामा संलग्न अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।,
महोत्तरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने दुई पक्राउ
|
सेतोपाटी संवाददाता नुवाकोटमा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। , प्रहरीले बिदुर नगरपालिका-११ बस्ने २९ वर्षीय सुकुकुमार तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। , उनलाई प्रहरीले बिहीबार पक्राउ गरी बलात्कारको मुद्दामा थप अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार उनले जेठ १७ गते दिउँसो साढे १ बजे बिदुर-४की २३ वर्षीया महिलालाई डेरामा बोलाएका थिए। , डेरामा बोलाएर बलात्कार गरेको खबर पछि प्रहरीले उनलाई पक्राउ गरेको हो।, यस्तै नुवाकोटकै शिवपुरी गाउँपालिका-१स्थित २० वर्षीय सुमिन खत्रीले एक महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।, बाटोमा हिँडिरहेकी २२ वर्षीया युवतीलाई समाएर बलात्कार प्रयास गरेको खबरपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
नुवाकोटमा महिलामाथि बलात्कार आरोपमा एक पक्राउ
|
रासस बलात्कार गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ।, अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि अनाथालयका सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।, राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ। , प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन्।, उनीमाथि पनि आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ।, राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ।, ,
अनाथालयकी बालिकामाथि बलात्कार आरोपमा अध्यक्ष र सचिव पक्राउ
|
रासस कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, भीमदत्त नगरपालिका-२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक मोटरसाइकल चालकको मृत्यु भएको हो।, से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।, बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए। ,
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्। , क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्। , २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन्। , मेयर बालेन शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तर्क्रिया समेत गरे। , अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तर्क्रियापश्चात् उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरेका छन्।, उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रूपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन्। , अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्। , उनले भने, ‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन्।’, काठमाडौं महानगरका मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ? सहकार्य कसरी हुनसक्छ? वार्षिक रूपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए। , मेयर शाहले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाएका छन्। , स्वास्थ्य र सरसफाइमा महानगरले उच्च चासो दिएको बताउँदै यसको लागि नयाँ-नयाँ योजना तथा सल्लाह सुझाव लिएर आउनेसँग सहकार्य गरिने बताए। , * यसअघि समाचार शीर्षक अन्यथा पर्न गएकोले सच्याइएको छ।-सम्पादक,
,
'पैसा छैन भनेर बिरामी आउँछन् भने यहाँ निःशुल्क उपचार सेवा पाउँछन्'
|
सेतोपाटी संवाददाता नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्।, शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्। , ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्। , उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्। , ‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहनु भएको छ,’ खड्काले सेतोपाटीसँग भने।, उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ।, स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनलाई अहिले पोलबाट झर्ने प्रयास भइरहेको छ।,
ककनीको विद्युत तारमा झुन्डिए एक पुरूष, तल झर्न फकाउँदै प्रहरी
|
सेतोपाटी संवाददाता चितवन प्रहरीले भन्सार छलेर भरतपुर ल्याइएको ७७ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने कपडाहरू बरामद गरेको छ।, प्रहरीले भरतपुर–३ नारायणगढबाट लु १ ख ९५४५ नम्बरको गाडीमा राखिएका कपडा बरामद गरेको हो।, भन्सार छलेर चोरी पैठारी गरी कपडा ल्याइएको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा बुधबार बिहान ९ बजेतिर सिमेन्ट लोड गरिएको ट्रकमा कपडा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए। , बरामद गरिएको लत्ता कपडा र ट्रक गरी एक करोड बाइस लाख छ हजार आठ सय पचहत्तर रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको उनले बताए।,
भन्सार छलेर ल्याइएको ७७ लाख बढी मूल्य पर्ने लत्ताकपडा नारायणगढबाट बरामद
|
सेतोपाटी संवाददाता गत वैशाख २५ गते भरतपुरमा अनिल परियारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, स्थानीय निर्वाचनको केही दिनअघि नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका 'कान' भनिने परियारको धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको थियो। घटनापछि कांग्रेसका कार्यकर्ताहरूले भरतपुरमा प्रदर्शन गरेका थिए। , भरतपुर–७ कृष्णपुरस्थित नगर प्लटिङको भित्री सडकमा मोटरसाइकलमा आएका व्यक्तिहरूले उनको हत्या गरेका थिए। , चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले मृतकका आफन्तले दिएको किटानी जाहेरीको आधारमा तीन जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। , पक्राउ पर्नेमा भरतपुर महनागरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय विश्व भन्ने हेमन्त बाँस्तोला, वडा नम्बर १२ बस्ने २३ वर्षीय राहुल पारियार र माडी नगरपालिका घर भई हाल भरतपुर–१५ मा डेरा गरी बस्ने २५ वर्षीय रोहित सिलवाल छन्। , उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको अधिकारीले बताए।,
भरतपुरमा अनिल परियारको हत्यामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ
|
रासस सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।, बिहीबार बोदेबर्साइन नगरपालिका-३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। , उनका अनुसार वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको हो।, गाई वस्तु चराउन गएको समयमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।, वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुबैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको हो।, घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।,
सप्तरीमा एउटै छातामा ओत लागेका दुई जनाको चट्याङ लागेर मृत्यु
|
सेतोपाटी संवाददाता अछामका विनोद शाहीको मृत्यु भएको घटनामा परिवारले १३ जनाविरूद्ध जाहेरी दिएका छन्। , पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १३ जनाविरूद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए। , यस घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी नायब उपरीक्षकको टोलीले गरिरहेको छ। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। , प्रहरीले विभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्ने लगायतको काम गरिरहेको छ। केहीलाई नियन्त्रणमा लिएर राखे पनि प्रहरीले सबैको नाम सार्वजनिक गरेको छैन। , शाहीको बिहीबार जिल्ला अस्पताल मंगलसेनमा पोष्टमर्टम पनि गरिएको छ। पोष्टमर्टमपछि मृतकका परिवारले सदगद समेत गरेका हुन्। , शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए। उनको जेठ २१ गते शनिबार बिहान करिब १० बजे शव फेला परेको थियो। , उनको शव पुरानो कुच्चीस्थित भीरमा शव फेला परेको थियो। शव फेला परेको खबर पाए पनि स्थानीयले अवरोध पुर्याएपछि प्रहरी घटनास्थल पुग्न ढिलो भएको थियो। , राजनीतिक दलका नेताहरूसँग छलफल गरेपछिमात्रै प्रहरीको टोली घटनास्थलमा पुगेको हो। ,
,
,
अछाममा किशोरको मृत्यु-प्रकरण: १३ जनाविरूद्ध जाहेरी दर्ता
|
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरमा एलपिजी ग्यास सिलिन्डरमा आगो बालेर बिस्फोट गराउने चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।, गत वैशाख ३० गते बिहान २ बजे बानेश्वरको तीनकुने जाने सडक अगाडि बिस्फोट गराउने चार जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। , उनीहरूलाई बिहीबार कारागार कार्यालय, डिल्लीबजारमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , गोरखा लखन गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर महालक्ष्मी नगरपालिका बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुर घर भई चाँगुनारायण नगरपालिका बस्ने २८ वर्षीय युवराज थापा र खोटाङका ३६ वर्षीय बिके सिं भन्ने भरतकुमार राईलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।, उनीहरूले वैशाख ३० गते त्रास फैलाउने उद्देश्यले ग्यास सिलिन्डरमा आगो लगाएर बिस्फोट गराएको आरोप छ। , त्यसदिन बिस्फोट गराउन लागेको भन्ने खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। तर पुग्नु केही मिनेट अगाडिमात्रै बिस्फोट भएको थियो। , आरोपित व्यक्तिहरू भने फरार थिए। , बिस्फोटबाट बिके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्रको भवनका सिसाहरू समेत फुटेका थिए।, प्रहरीले विभिन्न विधिको प्रयोग गरी उनीहरूलाई पक्राउ गरेको बताइएको छ।,
,
,
स्थानीय तहको चुनावमा बानेश्वरमा बिस्फोट गराएको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि थुनामा
|
सेतोपाटी संवाददाता क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। , मोरङ विराटनगर-२० घर भई काठमाडौं-१० बस्ने ३६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरेको हो। उनले एक पीडितलाई वैदेशिक रोजगारको लागि क्रोएशिया पठाइदिन्छु भनेका थिए। , जसका लागि उनले दुई लाख रुपैयाँ लिएका थिए। तर त्यसपछि उनी सम्पर्कबिहीन भएका थिए। , सम्पर्कबिहीन भएपछि पीडित वैदेशिक रोजगार विभाग पुगेका थिए। विभागले पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , पक्राउ परेका दाहाललाई प्रहरीले विभागमा बुझाएको छ। ,
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता दार्चुलामा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले मुख्य आरोपितसहित तीन जनालाई पक्राउ गरेको छ। , बुधबार बिहान शैल्यशिखर नगरपालिका-१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव फेला परेको थियो।, उनको शव फेला परेपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।, प्रहरीले तीन जनालाई पक्राउ गरेको भएपनि सबैको पहिचान खुलाइसकेको छैन। , मुख्य आरोपित शैल्यशिखर नगरपालिका-१ कै ४२ वर्षीय भोजराज खडायत छन्। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। अर्का आरोपित दुई जनालाई भने भाग्दै गर्दा बुधबार पक्राउ गरेको हो।, ‘हामीले तीन जनालाई पक्राउ गरेका छौं। दुई जनालाई हिजो र मुख्य आरोपितलाई आज समात्यौं,’ उनले भने,‘सोधपुछ गर्न भ्याइसकेका छैनौं। भोलि सम्ममा प्रारम्भीक कुराहरू खुल्छन्।’, मृतक खडायतका श्रीमान ७-८ वर्षअघि नै बितेका थिए। , बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव जलाएको अवस्थामा फेला परेको थियो।,
त्यसपछि नजिकैको प्रहरीको टोली घटनास्थल पुगेको हो।, जिल्लाबाट प्रहरी नायब उपरीक्षक विष्टसहितको टोली घटनास्थलमा पुगेको थियो। ,
,
दार्चुला एकल महिलाको हत्या: मुख्य आरोपितसहित तीन जना पक्राउ
|
सेतोपाटी संवाददाता भारतको सिलगढीतर्फ जाँदै गरेको बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ।, बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले सोही बसका सहचालक सुनसरीको झुम्काका २३ वर्षका जनक दाहाललाई ठक्कर दिएको थियो।, उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, काठमाडौंबाट छुटेको बसले आज बिहान करिब ४ बजेतिर इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिक पृथ्वी राजमार्गमा सहचालकलाई ठक्कर दिएको थियो।, शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ।, बस र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन्।,
भारतको सिलगढी जाँदै गरेको बसको ठक्करबाट सहचालकको मृत्यु
|
सेतोपाटी संवाददाता भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घन्टा भित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो।, भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन्। महाराष्ट्रमा २८१३ संक्रमित फेला परेका छन् भने केरलामा २४१५ जना नयाँ संक्रमित फेला परेका छन्।, यस्तै राजधानी नयाँ दिल्लीमा ६२२ जना नयाँ संक्रमित फेला परेका छन्। , यसअघि शनिबार राजधानी नयाँ दिल्लीमा ४ सय ५ नयाँ संक्रमित भेटिएका थिए।, लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्। , जनवरीमा सुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार ९९ दिनमा पहिलो पटक बुधबार ७ हजारमाथि संक्रमित फेला परेका हुन्। , भारतमा बुधबार ७१४४ जना संक्रमित फेला परेका थिए। मंगलबार ६ हजार २८ संक्रमित फेला पर्दा सोमबार ३ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो।, भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ। यस्तै ३६९३ जना निको भएका छन्।, सरकारी तथ्यांकअनुसार हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ७३ छ। ,
भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थाल्यो, दैनिक ७ हजार बढी संक्रमित
|
सेतोपाटी संवाददाता पाकिस्तानका चर्चित टिभी प्रस्तोता तथा कराचीबाट पिटिआइ नेसनल एसेम्ब्लीका सदस्य डाक्टर आमिर लियाकत हुसैनको मृत्यु भएको छ।, पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार आमिरको स्वास्थ्य खराब भएर उनलाई कराचीस्थित अस्पताल लगिएको थियो। तर अस्पताल पुग्दाखेरी उनको निधन भइसकेको चिकित्सकहरूले बताएका छन्।, उनको मृत्युको वास्तविक कारण अहिलेसम्म यकिन नभएको पाकिस्तानी प्रहरीले जनाएको छ। आमिरको शवको पोस्टमर्टम गरिने बताइएको छ।, टिभी कार्यक्रमका प्रस्तोता रहेका आमिर पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पिटिआइमा सक्रिय थिए। धार्मिक टेलिभिजन कार्यक्रम 'आलम अनलाइन' बाट चर्चा पाएका उनी सन् २०१८ मा पिटिआइबाट टिकट पाएर सांसद बनेका थिए।, उनको मृत्युका कारण नेसनल एसेम्ब्लीको बैठक शुक्रबार साँझ ५ बजेसम्मलाई स्थगित गरिएको छ।, हालै आमिर उनको तेस्रो बिहेलाई लिएर विवादमा आएका थिए। यसपछि उनले देश छाड्ने घोषणा पनि गरेका थिए।, (बिबिसीको सहयोगमा),
पाकिस्तानका चर्चित टिभी प्रस्तोता तथा राजनीतिज्ञ आमिरको निधन
|
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको छ।, अविरल वर्षापछि गए राति सडक भासिएको हो।, भासिएको सडकबाट सवारी साधन कट्न सक्ने अवस्था छैन। मुश्किलले मानिसहरू ओहोरदोहोर गर्न सक्छन्।, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ साँखरमा सडक नै पहिरिएर मर्स्याङ्दीमा खसेको छ।, सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन्।, तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले जानकारी दिए। करिब २० मिटर सडक भाँसिएको छ।, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिँदा राजमार्ग अवरूद्ध रहेको बताए। ‘गाउँपालिकाका इन्जिनियरहरू सडक भासिएको ठाउँमा पुग्नुभएको छ,’ उनले भने, ‘बेलिब्रिज राख्ने वा भित्तो फालेर सडक फराकिलो पार्ने कुनै एक काम गरेर सडक खुलाइन्छ।’, उनले यस क्षेत्रमा वैकल्पिक मार्गसमेत नरहेको बताए।, मुग्लिङतर्फबाट तनहुँ, गोरखा, लमजुङ, कास्कीलगायत क्षेत्रमा जाने यात्रु सडकमै अलपत्र छन्। , तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सडक भाँसिएको क्षेत्र अवलोकनका लागि इन्जिनियरको टोली पठाइएको बताए।, ‘सडक तलबाट भासिएको छ। भित्तोतिर पहरो छ, तत्काल खन्न सकिन्न,’ उनले सेतोपाटीसँग भने, ‘इन्जिनियर टोलीले दिने सुझाव अनुसार हामी काम अघि बढाउँछौं। सम्भवत बेलिब्रिज राख्नुपर्ने हुन्छ।’, सडक भासिएको ठाउँमा एउटा कारको नम्बर प्लेट देखिएको प्रहरीले बताएको छ। यो कार पहिरोमा परेको हो वा होइन भन्ने अनुसन्धान जारी रहेको तनहुँ प्रहरीले जनाएको छ।, बुधबार राति चितवनको इच्छाकामना गाउँपालिकास्थित सडकमा पहिरो खस्दा बिहीबार अबेर मात्रै सडक पुन: सञ्चालनमा आएको थियो। , काठमाडौंबाट गन्तव्यमा गएका र काठमाडौं भित्रने यात्रुहरू वर्षापछि पहिरोले सडक अवरूद्ध हुँदा दुई दिनसम्म सडकमै अलपत्र परेका छन्।, , ,
मुग्लिङ-आँबुखैरेनी सडक भासिँदा यात्रु अलपत्र, वैकल्पिक मार्ग छैन
|
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।, गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो।, सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए।, करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ।,
पृथ्वी राजमार्गको तनहुँ खण्डमा भासियो सडक
|
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ।, मर्स्याङ्दी नदी किनारामा आज बिहान शव फेला परेका हुन्।, दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले यहाँ खोजी कार्य जारी राखेका छन्।, ‘मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने अनुमान छ,’ उनले भने। यहाँ बा १० च ४६७९ नम्बरको कारको नम्बर प्लेट फेला परेको छ।, अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो।, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परेको देखिएको बताए।मोटरसाइकल चालक भने सकुशल छन्।, कार भने मर्स्याङ्दी नदीमा पुगेको थियो। ‘कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलिअलि मात्रै देखिएको छ। कारमा कति मान्छे थिए भन्ने खुलेको छैन,’ उनले भने। घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन्।,
आँबुखैरेनी नजिक सडक भासिएको ठाउँमा भेटियो दुई शव
|
सेतोपाटी संवाददाता मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ। काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ।, महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु र भारतको उत्तर प्रदेशसँगै विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव छ।, हाल प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रहनेछ।, आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेससहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।, महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राति प्रदेश १ का केही स्थान र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने ठानिएको छ ।, आइतबार प्रदेश १, मधेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।, राति प्रदेश १ र मधेश प्रदेशका धेरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।,
आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा वर्षा हुने
|
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएर दुई जनाको मृत्यु भएको छ।, मृत्यु भएका दुई पुरूषको शव मर्स्याङ्दी नदी किनाराबाट निकालिएको हो।, तनहुँ प्रहरीका अनुसार मृत्यु भएका एक जनाको पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्र रेग्मीले बताए।, अर्का एकको पहिचान खुल्न बाँकी छ।, सडक भासिएको ठाउँमा बा १० च ४६७९ नम्बरको कारको नम्बर प्लेट पनि फेला परेको छ। उनीहरू उक्त कारमा रहेको अनुमान गरिएको छ। कार आँबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गर्दा सडक भासिएको ठाउँमा परेको अनुमान छ।, गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो।, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परे पनि मोटरसाइकल चालक सकुशल रहेको बताए।, यहाँ सडक खुलाउन केही समय लाग्ने भएको छ। भित्ता कटिङ गरेर एकतर्फी रूपमा सडक खुलाउने तयारी गरिएको छ।,
आँबुखैरेनी नजिक सडक भासिँदा मृत्यु भएका दुई मध्ये एकको खुल्यो पहिचान
|
सेतोपाटी संवाददाता जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो।, मृतकको पहिचान खुल्न सकेको छैन।, दुर्घटनामा ९ जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष निरौलाका अनुसार ५ जनाको अवस्था गम्भीर छ।, चार जनाको अवस्था सामान्य छ।, गम्भीर घाइतेलाई थप उपचारका लागि लैजान हेलिकप्टर पठाउने तयारी छ।, यसैबीच गृहमन्त्री बालकृष्ण खाणले जिप दुर्घटनामा परेकाहरूलाई हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन्।, दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।, गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।, जाजरकोटका प्रजिअ शाहीले नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइने बताए।,
जाजरकोटमा जिप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते
|
सेतोपाटी संवाददाता पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। , यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो।, यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो।, नेपाल आयाल निगमले आजदेखि लागू हुने गरी डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएको थियो।, इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको भन्दै विभागले २.५ प्रतिशतदेखि ३.७ प्रतिशतसम्म भाडा बढाएको हो।, विभागका अनुसार बढेको भाडा जेठ ११ गतेबाटै लागू हुनेछ।, विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको हो।, हेर्नुहोस् सूची,
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ?
|
सेतोपाटी संवाददाता पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विरूद्धमा अनेरास्ववियु रूपन्देहीले बिहान ९ देखि १० बजेसम्म एक घण्टा चक्काजाम गरेको छ। , अनेरास्ववियु रूपन्देहीले बुटवलको मिलनचोक, भैरहवा, सैनामैना, देवदह लगायतका स्थानमा मूल्यवृद्धिविरूद्ध एक घण्टा चक्काजाम गरेको हो। , पटक/पटक पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको भन्दै आन्दोलन गरिएको अनेरास्ववियु रूपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले जानकारी दिए।, उनले सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर छुट गरी जनतालाई राहत दिन माग गरे।, सरकार जनताप्रति अलिकति पनि उत्तरदायी नभएको र जनतालाई राहत दिनुको सट्टा दिनप्रतिदिन ढाड सेकिने गरी दैनिक उपभोगका वस्तुमा मूल्यवृद्धि गरेको उनले बताए। , अनेरास्ववियुले आजको जक्काजाम सांकेतिक भएको र दैनिक उपभोग्य वस्तुको मूल्य नघट्दासम्म चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुका जिल्ला उपाध्यक्ष भरत अर्यालले जानकारी दिए।,
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु रूपन्देहीले गर्यो 'चक्काजाम'
|
सेतोपाटी संवाददाता जाजरकोटमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ।, जुनीचाँदे गाउँपालिका–५ गर्खाकोस्थित बेलपइना ठाउँमा कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीप शुक्रबार बिहान दुर्घटनामा परेको हो।, जुनीचाँदे गाउँपालिका–५ मैपबाट लुहादह जाँदै गरेको उक्त जीप दुर्घटनामा परी जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, ३४ वर्षीय कालिका शाही र वडा नं. ५ की वर्षीया ४० वर्षीया पुतला गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, दुर्घटनामा अरू ८ जना घाइते भएका छन्। जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए।, दैलेखको गुराँस गाउँपालिका–७ का जीप चालक टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का वर्षीय लालबहादुर बुढा, सरिता शाही, समीक्षा शाही, विपना शाही र लालबहादुर बुढा गम्भीर घाइते भएको उनले जानकारी दिए।, उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत् कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ।, गाडीको ब्रेक फेल भएर सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको डिएसपी निरौलाले जानकारी दिए।,
जाजरकोट जीप दुर्घटनाः मृतकको संख्या ३ पुग्यो
|
रासस वैदिक सनातन धर्मावलम्बीले आ-आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ। , आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ। , चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।, सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ।,
घर घरमा तुलसीको दल राखिँदै
|
सेतोपाटी संवाददाता रूपन्देहीमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ।, रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीमा रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार विद्युत सर्ट भई बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको हो।, आगलागीपछि सैनामैना र बुटवलबाट गएका दमकलको सहयोगमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, आगलागी नियन्त्रणमा आए पनि उद्योगमा कति क्षति भयो भन्ने यकिन तथ्यांक आइनपुगेको प्रहरीले जनाएको छ।, आगलागीबाट उद्योगमा रहेको कपास, मेसिनरी उपकरणलगायत जलेर नष्ट भएका छन्।,
रूपन्देहीको कपास उद्योगमा आगलागी
|
सेतोपाटी संवाददाता प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएका मोरङ केराबारी–२ का भक्तबहादुर ठकुरीको मृत्युबारे छानबिन गर्न परिवारजनले माग गरेका छन्। , घरबाट सकुशल अवस्थामा रहेका पतिलाई प्रहरीले लैजाने बित्तिकै मृत्युको खबर आएको भन्दै ठकुरी पत्नी सकुन्तलाले छानबिनको माग गरेकी हुन्।, ‘सकुशल अवस्थामा प्रहरीले लिएर गएको मेरो पतिको एक्कासि मृत्यु भएको खबर आयो,’ पत्नी सकुन्तलाले भनिन्, ‘बीचमा के भयो केही जानकारी दिइएन। यसको छानबिन हुनुपर्छ।’, बिहीबार दिउँसो मोरङको सरकारी वकिल कार्यालयमा बेहोस भएका ठकुरीको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, उनको मृत्युको कारण खोज्दै ठकुरीका परिवारजन र गाउँले अहिले विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङमा छन्।, उनीहरुले यसबारे प्रहरी र प्रमुख जिल्ला अधिकारीसँग जवाफ माग्ने बताएका छन्। , ‘घरबाट राम्रो अवस्थामा ल्याइएको व्यक्तिको अचानक मृत्युको खबर रहस्यमय भएको छ,’ ठकुरीका छिमेकी किसन शाहीले भने, ‘छानबिन हुनुपर्छ र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने हाम्रो माग छ।’ , मृतक ठकुरीलाई पत्नीकै ज्यान मार्ने उद्योग सम्बन्धि पुरानो मुद्दामा प्रहरीले अदालतमा उपस्थित गराउन पक्राउ गरेको थियो।, बेलबारी प्रहरीले बुधबार पक्राउ गरेर ठकुरीलाई अदालत उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालयमा पेश गरेको थियो।, कार्यालयको सोधपुछ कक्षमा ४८ वर्षीय ठकुरी बेहोस भएको जिल्ला प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए। , २०७८ माघमा पत्नी सकुन्तलामाथि आक्रमण गरेर घाइते बनाएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर, उनलाई त्यो बेला कोरोना सङ्क्रमण भएपछि पछि उपस्थित गराउने शर्तमा हाजिरी जमानीमा छाडिएको थियो।, पत्नी सकुन्तला अहिले उपचारपछि ठीक भइसकेकी छन्। तर, त्यही मुद्दामा पक्राउ परेका पतिको भने मृत्यु भएको छ।,
थुनुवाको शंकास्पद मृत्युपछि छानबिन गरी क्षतिपूर्ति दिन परिवारजनको माग
|
दिपकजंग शाही निम्न वर्गीय परिवारका दर्शन शाही कक्षा १२ को परीक्षा दिएर नतिजा पर्खेर बसेका थिए।, भर्खरै सकिएको परीक्षाको नतिजा आउन केही समय लागिहाल्थ्यो। नागरिकता लिने उमेर पुगिसकेकाले नतिजा आउनुअघि यो बीचमा नागरिकताको प्रमाणपत्र लिने उनको योजना बन्यो।, जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ का दर्शन आफ्नो नागरिकता बनाउन गाउँपालिकाबाट आवश्यक पर्ने सिफारिस लिन बिहीबार सुर्खेतबाट गाउँतिर लागे। उनकी आमा कालिका शाही पनि उनको साथमा गएकी थिइन्।, बिहीबार बेलुका सुर्खेतबाट जुनीचाँदे गाउँपालिका गएको कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीपमा उनीहरूसहित ११ जना सवार थिए।, अगाडि सडक जोखिमपूर्ण भएपछि बिहीबार राति छेडागाड नगरपालिकामा पर्ने रादेउमा जीपमा सवार सबै बास बसे।, शुक्रबार बिहान जीप आफ्नो गन्तव्यतर्फ लाग्यो। बिहान ८ बजेतिर खबर आयो, सुर्खेतबाट आएको जीप दुर्घटनामा पर्यो।, दर्शनकै गाउँनजिक भएको जीप दुर्घटनामा सवार उनको घटनास्थलमै मृत्यु भयो। साथमा गएकी आमा कालिकाको पनि नजिकको अस्पताल लैजाने क्रममा मृत्यु भयो। उनीहरूसहित जीपमा सवार तीन जनाको मृत्यु भएको छ। घटनाले दर्शन र कालिकाको गाउँ नै भावविह्वल छ।, दुर्घटनामा ८ जना घाइतेमध्ये ५ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनीहरूलाई हेलिकप्टरमार्फत् सुर्खेत ल्याइएको थियो।, सवारी दुर्घटनामा मृत्यु भएपछि १७ वर्षीय दर्शनले आफ्नो नागरिकताको प्रमाणपत्र लिन पाएनन्।, ‘अब परीक्षा सकिएर बसेको, यही मौकामा नागरिकता पनि बनाइहाल्छु भनेर बाबुले सिफारिस लिन आएका थिए,’ दर्शनका काका नाता पर्ने नवराज शाहीले भने, ‘बीचमा यस्तो घटना भयो, उसका सबै सपना अधुरा रहे।’, दर्शन सुर्खेतमा रहेको उषा बालबाटिका स्कुलमा विज्ञान विषय पढ्थे। पढाइमा क्षमतावान उनी भविष्यमा डाक्टर बन्ने सोचमा थिए।, ‘परिवारको पृष्ठभूमि नर्मल हो, उसको पढाइको क्षमता हेर्ने हो भने भविष्यमा गज्जब हुनेवाला थियो,’ नवराजले भने, ‘पछि उसको डाक्टर नै बन्छु भन्ने योजना थियो। उसलाई क्षमता देखेर पढाउनकै लागि स्पोन्सरहरू पनि आउनुहुन्थ्यो।’, दर्शन अहिले पनि छात्रवृत्तिमा पढिरहेका थिए।, दर्शनपछि उनका भाइ छन्। भाइ पनि सुर्खेतमा पढ्थे। दुई जना छोराहरूलाई पढाउन भनेर दर्शनका बुवा नरबहादुर भारतमा काम गर्छन्। घटनापछि नरबहादुर जाजरकोट फर्किन थालेका छन्।, ‘बिहान दाइसँग कुरा भएको थियो, भाइ म त नेपाल आएर अब कामै भएन भनेर रूँदै हुनुहुन्थ्यो,’ उनले भने, ‘मैले सम्झाएँ, जे हुनु भइसक्यो। अब आउनुस् भनेको छु। सायद भोलिसम्म पुग्नुहुन्छ होला।’, दर्शनकी आमा कालिका पनि प्रायः श्रीमानसँग भारतमै बस्थिन्। उनी पनि छोराहरूको भविष्यका लागि भारतमै मजदुरी गर्थिन्।, दर्शनका भाइ सुर्खेतबाट एसइई दिएर बाबासँगै भारतमा गएका छन्। उनी पनि अब बाबासँगै नेपाल फर्किंदैछन्।, उक्त जीप दुर्घटनामा परी जुनीचाँदे–५ की पुतला गिरीको पनि मृत्यु भएको छ।, दैलेखको गुराँस गाउँपालिका–७ का जीप चालक टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का वर्षीय लालबहादुर बुढा, सरिता शाही, समीक्षा शाही, विपना शाही गम्भीर घाइते भएका छन्। उनीहरूको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।, गाडीको ब्रेक फेल भएर सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए।,
नागरिकताको लागि सिफारिस लिन गएका दर्शनले प्रमाणपत्र लिन पाएनन्
|
सेतोपाटी संवाददाता गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।, पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।, उनका अनुसार मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत उल्लेख छ।, मन्त्रालयले कानून विपरीतका क्रियाकलाप नगर्न पनि सुझाव दिएको छ। , यस्तै, मन्त्रालयले त्यस्ता गतिविधिहरू भएको कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध समेत गरेको छ। ,
,
गृहले भन्यो- मिटर ब्याजमा पैसा दिने, त्यसबापत ठूलो रकम ब्याज असुल गरे जानकारी गराउनू
|
सेतोपाटी संवाददाता मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ।, सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ।, ‘साना सवारी पालैपालो गरेर पास गरिरहेका छौं। बीचमा काम पनि भइरहेको छ,’ केसीले भनिन्,‘बस र ट्रक भने पठाएका छैनौं।’, सडक भासिएको ठाउँमा अब के गर्ने भन्ने अध्ययन गर्न विभागका इन्जिनियरहरूको टोली स्थलगत निरीक्षणमा रहेको उनले बताइन्।, ‘यो ठाउँमा बेलिब्रिज हाल्न मिल्दैन। तलैबाट पर्खाल लगाउने विकल्प छ। बर्खाको समय भएकाले अहिले त्यो काम गर्न जोखिम हुन्छ,’ उनले भनिन्,‘के गर्ने भन्नेबारे हामी अध्ययन गरिरहेका छौं।’, पहरो काटेर सडक बनाउने विकल्प पनि रहेको उनले बताइन्।, ‘पहरोका चट्टान पनि निकै कडा खालका देखिएका छैनन्,’ उनले भनिन्। , मुग्लिन-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडकमा शुक्रबार बिहान सडक भासिएको थियो। सडक भासिएको ठाउँमा एउटा निजी कार र दुई जनाको शव फेला परेको छ।,
पहरो काटेपछि साना सवारी साधन चल्न थाले मुग्लिन-आँबुखैरेनी सडकमा
|
सेतोपाटी संवाददाता मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी भइरहेको छ।, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सडक विभागका इन्जिनियरहरूले पहरो काट्दा एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने बताएपछि अहिले डोजरले काम गर्न थालेको छ।, ‘पहरो काटेर बाटो निकाल्न काम भइरहेको छ। साँझसम्म साना गाडीहरू पास गराउन सकिन्छ कि भन्ने छ,’ अर्यालले भने।, मुग्लिन-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडकमा शुक्रबार बिहान सडक भासिएको थियो। सडक भासिएको ठाउँमा एउटा निजी कार र दुई जनाको शव फेला परेको छ।, आँबुखैरेनीबाट मुग्लिनतिर गइरहेको कार बिहान सडक भाँसिदा सँगै खसेजस्तो देखिएको प्रजिअ अर्यालले बताए।, सडक भासिएपछि पोखरा, गोरखा, तनहुँलगायत ठाउँबाट आउने सवारी साधन रोकिएका छन्।, प्रजिअ अर्यालका अनुसार ठूला गाडी पनि चलाउने गरी सडक कसरी बनाउन सकिन्छ भन्नेबारे अहिले विभागका इन्जिनियरले अध्ययन गरिरहेका छन्।, ‘बेलिब्रिज हाल्ने कि के गर्ने भन्नेबारे उहाँहरूले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ,’ अर्यालले भने,‘जे गर्ने भए पनि यो सडकमा ठूला गाडी चल्न केही दिन लाग्ने देखियो।’, आँबुखैरेनीबाट गोरखा हुँदै धादिङको आरूघाट निस्कने कच्ची बाटो भए पनि त्यो बाटोमा ठूला गाडी चल्न नसक्ने भएकाले पोखराबाट मुग्लिन पुग्न स्याङ्जा-बुटवल-नारायणघाटको बाटो जानु पर्ने भएको उनले बताए।,
पहरो काटेर मुग्लिन-आँबुखैरेनी सडक खुलाउने तयारी
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ७० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ९१५ जनाको पिसिआर र एक हजार १५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०९ जना सक्रिय संक्रमित छन्।, ७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १७ कोरोना संक्रमित, देशभर सक्रिय १०९
|
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डको साँखरमा सडक भासिएपछि गए रातिदेखि नै बाटो अवरूद्ध छ।, यो सडकखण्ड भएर आउजाउ गर्ने सवारी साधनलाई जताबाट आएको हो उतै फिर्ता गरिएको थियो।, सडक अवरूद्ध हुँदा एम्बुलेन्सहरू पनि रोकिएका छन्।, गोरखा बारपाकका बिरामी बालशम्शेर गुरूङलाई पनि एम्बुलेन्समा राखेर काठमाडौं ल्याइँदै थियो। तर सडक अवरूद्ध भएपछि प्रहरीले सवारी साधन फर्काइदियो।, बालशम्शेरलाई दमौली लगियो। हेलिकप्टर मगाएर गुरूङका परिवारले उनलाई उपचारका लागि काठमाडौं ल्याएका छन्।, सोमबारदेखि गुरूङको स्वास्थ्यमा समस्या देखिएको थियो। ,
सडक भासिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, हेलिकप्टरबाट ल्याइयो बिरामी
|
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरू गरेको छ।, प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरू गरेको थियो।, भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो।, गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो। त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो।, शुक्रबारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्स लिमिटेडको लिखु-४बाट उत्पादित विद्युत निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत भारतीय बजारमा बिक्री सुरू भएको हो।, प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको १४० मेगावाट, मध्यमर्स्याङ्दीको ६८ मेगावाट, मर्स्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु-४बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको छ। , पानी परेसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत् दैनिक भारतीय बजारमा निर्यात भइरहेको छ।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत व्यापारका लागि कोशेढुंगा भएको बताए।, ‘स्वीकृत क्षमता अनुसारकै विद्युत निर्यात सुरू भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्त रूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ। यो दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाईसमेत कम गर्ने छ’, घिसिङले भने, ‘आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत निर्यात गरिरहेका छौं, यसबाट मुलुकभित्र उत्पादित विद्युत बिक्री गर्न नसकी खेर फाल्नु पर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ, आगामी दिनमा थप विद्युत निर्यातको लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल गरिरहेका छौं, यसको नतिजा छिट्टै देखिनेमा आशावादी छौं।’, आइएक्समा २४ घन्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ।, प्राधिकरणले शुक्रबारका लागि विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ। औसत मूल्य प्रतियुनिट ११.४२ रुपैयाँ (७.१४ भारु) रहेको छ।, भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात गरिन्छ।, प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ। एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ। ,
आजबाट अनुमति पाएजति सबै बिजुली बेच्न थालियो भारतमा
|
सेतोपाटी संवाददाता मुग्लिन-आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई तनहुँको आँबुखैरेनीमा बसोबास गर्दै आएका ३५ वर्षीय केशव घिमिरेको पहिरोमा परेर मृत्यु भएको हो।, घिमिरे आँबुखैरेनीमा इलोक्ट्रोनिक्स पसल चलाउँथे।, चितवन गएकी श्रीमती जाममा परेपछि लिन भन्दै शुक्रबार उज्यालो नहुँदै घिमिरे मोटरसाइकलमा मुग्लिनतर्फ गएका थिए। मुग्लिन पुग्न नपाउँदै साँखरमा सडक भासिँदा मोटरसाइकलसहित उनी पहिरोमा परेका थिए।, उनको शव आज बिहान सुरक्षाकर्मीले मर्स्याङ्दी नदी किनारमा फेला पारेका हुन्।, घिमिरे सवार ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला परेको छैन। सडक भासिएर मर्स्याङ्दी नदीमा पुगेको थियो।, बिहान करिब ४ बजेर ५० मिनेटमा सडक भासिएको प्रहरीको अनुमान छ।, आँबुखैरेनीका स्थानीय बासिन्दाका अनुसार घिमिरेकी श्रीमती माइत गएकी थिइन्। उनको माइत चितवन हो। चितवनबाट फर्कँदै गर्दा जाममा परेपछि उनले श्रीमानलाई बोलाएकी थिइन्।, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले मृतक घिमिरेकी श्रीमती सम्पर्कमा आइसकेको सेतोपाटीलाई बताए।, ‘उहाँको श्रीमती सम्पर्कमा आइसक्नुभएको छ। उहाँलाई नै लिन केशव मुग्लिनतर्फ जाँदा सडक भासिएर परेको भन्ने बुझिएको छ,’ उनले भने, ‘धेरै कुरा हामीले सोध्न सकेका छैनौं, उहाँ भन्न सक्ने अवस्थामा पनि हुनुहुन्न।’, घिमिरेको शव पोस्टमर्टमका लागि दमौली अस्पतालमा राखिएको छ।, सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ। प्रहरीका अनुसार सिल्भर कलरको बम्फरसहितको कारको टुक्रा फेला परेको छ, कार भने भेटिएको छैन।, यस्तै बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पनि पहिरामा खसेर बेपत्ता छ। मोटरसाइकलमा सवार व्यक्ति भने सकुशल रहेको खुलेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, बिहानदेखि अवरूद्ध मुग्लिन-आँबुखैरेनी सडक दिउँसोबाट एकतर्फी खुल्न थालेको छ। माइक्रोबस सम्मका साना सवारी कट्न सक्ने बाटो बनेको छ।, डोजर लगाएर पहरो काटेर बाटो खुलाइएको हो। ठूला सवारी साधन चल्न समय लाग्ने प्रहरीले जनाएको छ।,
केशवले भेट्न पाएनन् मुग्लिनको जाममा फसेकी श्रीमती
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.