content
stringlengths 20
64.1k
⌀ |
---|
राजेश घिमिरे काठमाडौंबाट आफन्तको घरमा जान आएकी एक युवतीलाई चितवनमा महिनौंसम्म बन्धक बनाएर बलात्कार गरिएको घटना सार्वजनिक भएको छ।, काठमाडौंमा घरको ढलान गर्ने काममा मजदुरी गर्ने २७ वर्षीया युवतीको हराएको ८२ दिनपछि उपचारको क्रममा मृत्यु भएको छ।, जेठ २० गते उपचारका लागि भरतपुर अस्पताल पुग्दा ती महिलामा अत्याधिक रक्तस्राव थियो। शरीरका विभिन्न अंगमा घाउ चोट लागेको थियो। उनको जेठ ३० गते मृत्यु भयो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार ती युवती गत चैत १० गते पूर्वी चितवनको पिप्ले नजिकै दाइ-भाउजुको घर जान भनेर काठमाडौंबाट आएकी थिइन्।, पूर्व-पश्चिम राजमार्गबाट २ किलोमिटरजति भित्र नयाँबस्ती भन्ने गाउँमा बस्ने दाइ-भाउजुको घरमा उनी जाँदै थिइन्।, काठमाडौंबाट आएको गाडीबाट उनी रातिको समयमा भण्डारा बजारमा झरिन्। अँध्यारोमा दाइको घर जाने बाटो पत्ता लगाउन नसकेर रन्थन्निरहेकी उनलाई सहयोग गर्न एक जना अधवैंशे पुरूष आए।, मकवानपुरको हेटौंडा-९ घर भएका पूर्ण घलान नामका पुरूषले ‘आज रात परिसक्यो भोलि दाइ-भाउजुको घर लगिदिन्छु’ भनेर आश्वास दिँदै युवतीलाई आफैंसँग लगे।, आफूसँग लगेको २ महिना १० दिनपछि बल्ल घलानले युवतीलाई दाइको घरमा पुर्याइदिए। यो अवधिमा ती युवतीमाथि के-के भयो, उनको मृत्यु के कारणले भयो भन्ने विषयमा अहिले जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए।, युवतीमाथि अपहरणपछि बन्धक बनाएर सामूहिक बलात्कार भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए। मृतकका आफन्तले अलपत्र परेकी युवतीलाई भोलिपल्ट घर लगिदिन्छु भनेर आफूसँगै लगि बन्धक बनाएर घलान र अन्य तीन जनाले महिनौंसम्म बलात्कार गर्ने गरेको बताएका छन्। बलात्कार गर्ने समूहले युवतीलाई कसैलाई भने मार्ने धम्की दिएका थिए। , ४५ वर्षे पूर्ण घलानलाई स्थानीयबासीले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए। उनी अहिले पनि प्रहरीको नियन्त्रणमा छन्।, ‘एक जना जेठ २४ गतेबाट हाम्रो नियन्त्रणमा छन्। घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी अधिकारीले भने, ‘अन्यको पनि खोजी भइरहेको छ।’, डिएसपी अधिकारीका अनुसार युवतीको स्वास्थ्य अवस्था बिग्रिएपछि घलानले वैशाख २७ गते नै उपचारका लागि भरतपुर अस्पताल लगेको भेटिएको छ। त्यतिखेर उनले आफ्नी श्रीमती भनेर एक हप्तासम्म राखेर उपचार गराएका थिए। उपचार खर्च पनि श्रीमतीका लागि भनेर सहयोग उठाएका थिए।, एक साता अस्पतालमा उपचार गराएर उनले ती युवतीलाई फेरि आफ्नो घरमा लगेर बलात्कार गरेका थिए। यही बीचमा केही दिनअघि उनले युवतीलाई दाइको घरमा पुर्याएका थिए। , घलानले जेठ २० गते दाइको घरमा पुर्याउँदा पनि आफूलाई युवतीको श्रीमानका रूपमा चिनाएका थिए। सोधपुध गर्दै जाँदा बिहे नभएको खुलेको थियो। घलानले त्यहाँबाट निस्किएपछि बल्ल युवतीले सबै कुरा आफन्तलाई बताएकी थिइन्।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, चितवनमा ६ महिनामा २९ बलात्कारका घटना, २५ जना बालिका: इन्सेक, चितवनमा गत पुसदेखि अहिलेसम्म करिब ६ महिनाको अवधिमा २९ वटा बलात्कारका घटना भएका छन्। सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार बलात्कार हुनेहरूमा २५ जना बालिका र ४ जना महिला छन्।, इन्सेक चितवनका संयोजक दीपेन्द्र अधिकारीले पछिल्लो ५ महिनामा थप एक महिलामाथि बलात्कारको प्रयास भएको, १२ जना बालिकाहरू बाल यौन दूर्व्यवहारमा परेको भेटिएको बताए।, अघिल्लो वर्षको यही अवधिमा चितवनमा १९ वटा बलात्कारका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए। उनीहरूमध्ये १३ जना बालिका थिए। उक्त अवधिमा १० जना बालिका बाल यौन दुर्व्यवहारमा परेका थिए।,
बाटोमा अलपत्र परेकी युवतीलाई बन्धक बनाएर महिनौंसम्म बलात्कार, उपचारका क्रममा मृत्यु
|
एजेन्सी भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकारमा अड्किएका ११ जनाको उद्धार भएको छ। , सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेका थिए। साँझसम्ममा उनीहरू सबैको सकुशल उद्धार भएको इन्डियन एक्प्रेसले जनाएको छ।, गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु भएको थियो। झारखन्डको दियोघर जिल्लामा ४० घन्टा बढी अड्किँदा तीन जनाको मृत्यु भएको थियो।,
हिमाञ्चलको केबलकारमा अड्किएका सबैको उद्धार
|
सेतोपाटी संवाददाता राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।, सोमबार बसेको बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णण गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।, झालाई चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय भएको हो।, झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। उनले २०४३ सालदेखि पत्रकारिता गरेका थिए।,
राससको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
|
सेतोपाटी संवाददाता सामाजिक क्षेत्रमा क्रियाशील अप्टिमिस्ट इन्टरनेशनलले २ दिने ड्रिस्ट्रिक कन्फ्रेन्स गरेको छ।, शुक्रबारबाट चितवनको सौराहामा सुरू भएको कन्फ्रेन्सलाई बागमती प्रदेशका उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए।, कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सामाजिक क्षेत्रमा क्रियाशील रहि विभिन्न कार्य गर्दै आईरहेको संस्थालाई सरकारले उचित सहयोग गर्ने बताए। ‘जीवनदर्शनको प्रवर्द्धन गरि बालबालिका तथा युवा युवतीमा सकारात्मक सोचको विकास गरिरहेको संस्थालाई मेरो व्यक्तिगत र सरकारको तर्फबाट कुनै किसिमको सहयोग चाहिएमा सहयोग गर्न तयार रहेको आश्वासन दिए।, श्रेष्ठले अप्टिमिस्ट इन्टरनेशन नेपालले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै बागमती प्रदेश समाजको रुपान्तरणमा सहकार्य गर्न तयार रहेको बताएका हुन्। , यस्तै कार्यक्रममा सहभागी नेपाल जेसिसका पूर्व अध्यक्ष अरूणेश्वर खनालले संस्था सफलताको कामना गरे।, संस्थाका डिस्ट्रिक डारेक्टर तथा चितवन जिल्ला अध्यक्ष ऋषिश्वर थपलियाले संस्थाको बारेमा जानकारी गराएका थिए।, महासचिव पृथ्वीराज थापाले संस्थालाई विभिन्न क्षेत्रका प्रतिनिधिको रूपमा संस्थालाई भविश्यमा कसरी दिगो रूपमा लान सकिन्छ भन्नेबारे कार्यपत्र प्रस्तुत गरेका थिए। , उनले पूर्व मेचीदेखि महाकालीसम्म विभिन्न ३० जिल्लामा ३८ भन्दा बढी क्लब गठन भइसकेको र आगामी दिनमा अझै बढाउँदै जाने बताए।, ‘बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको क्लबले आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताए।, समुदाय र समुदायका सदस्यको हक हितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजना सञ्चालन गर्दै लैजाने महासचिव थापाले जानकारी दिए।, कार्यक्रममा संस्थाको आगामी कार्यदिशा र कामबारे केशव काफ्ले, शरदचन्द्र भट्टराई सुरेश थापा, निरज ढुंगेल र प्रकाश घिमिरेले स्पष्ट पारेका थिए।, संस्थाका डेपुटी गभर्नर श्यामकुमार बस्यालले संस्थाका आगामी कार्ययोजनाबारे प्रकाश पारेका थिए। , संस्थाले आफ्ना सदस्यहरुमा सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको गभर्नर उदय निरौलाले बताए।, उनले छोटो समयमा नेपाल डिस्ट्रिकले यसअघि अन्तर्राष्ट्रियस्तरको कार्यक्रम सम्पन्न गरिसकेको भन्दै आगामी दिनमा पछाडि फर्केर हेर्नुनपर्ने बताए।,
सौराहामा अप्टिमिस्ट इन्टरनेशनलको डिस्ट्रिक कन्फ्रेन्स
|
सेतोपाटी संवाददाता जाजरकोटको कुशे गाउँपालिकाका जनप्रतिनिधि र बालविकास शिक्षकहरूले प्रारम्भिक बालविकास केन्द्रमा बालबालिकाहरूको नियमित उपस्थिति र उपस्थिति दर सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।, शनिबार र आइतबार भएको प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूको पालिकास्तरीय प्रथम भेलाबाट जनप्रतिनिधि र शिक्षकहरूले बालविकास केन्द्रको सुधार, लगानी अभिवृद्धि, सिकाइ प्रभावकारिता लगायतका विषयमा सामूहिक प्रतिबद्धता जनाएका हुन्।, प्रथम भेलाबाट ९ बुँदे घोषणापत्र पनि जारी गरिएको छ।, गाउँपालिकामा प्रारम्भिक बालविकास केन्द्र उमेर समूहका सबै बालबालिकालाई बालविकास केन्द्रमा भर्ना सुनिश्चित गर्दै कम्तीमा १९२ दिन सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने, बालबालिकाको उपस्थिति दर वृद्धि गर्ने, बालविकास केन्द्रबाट अनुभव लिई कक्षा १ मा जाने दरलाई क्रमशः शतप्रतिशत गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत् गरिएको छ।, बालविकास केन्द्रका शिक्षकहरूको आधारभूत तथा प्रारम्भिक साक्षरता र गणितीय सीप विकास एवम् क्षमता अभिवृद्धि गर्ने, गाउँपालिकाभित्रका सबै बालविकास केन्द्रहरूलाई नमूना बालविकास केन्द्रको रूपमा विकास गर्दै लैजाने, वर्षमा कम्तीमा २ पटक अनुगमन गर्ने, उत्कृष्ट बालविकास केन्द्र र शिक्षकलाई पुरस्कृत गर्ने प्रतिबद्धता जनाइएको छ।, बालविकास केन्द्रहरूको स्थापना र सञ्चालनको लागि पालिकास्तरीय बालविकास केन्द्रको न्यूनतम मापदण्ड तयार गरी कार्यान्वयन गर्ने, गृह विद्यालय तथा प्रारम्भिक साक्षरता र गणितलाई घरमै आधारित सिकाइ क्रियाकलापहरू सञ्चालनको सुनिश्चित, बालविकास केन्द्रका कक्षालाई बालमैत्री बनाउने, बालविकास केन्द्रका शिक्षकहरूले उठाएका तोकिएको तलब कार्यान्वयनको माग सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत् गरिएको छ।, गाउँपालिकाका जनप्रतिनिधि, प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरू, पालिकाका सम्बन्धित विभागका प्रमुख, बाल अभियानकर्ता, गैरसरकारी दातृ निकाय लगायतले उक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन्।, जाजरकोटमा संघीयतापछि पहिलोपटक दुई वटा पालिकामा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूको सम्मेलन गरिएको छ।, असार २ र ३ गते छेडागाड नगरपालिकामा भएको भेलाबाट विभिन्न प्रतिबद्धतासहित १५ बुँदे घोषणापत्र जारी गरिएको थियो।, यी दुई सम्मेलनमा प्रारम्भिक बालविकासका लागि कर्णाली प्रदेश सभा सदस्यहरूको सहकार्य समन्वय समूहका संयोजक सीता नेपालीले सम्बोधनसँगै प्रशिक्षण दिएकी छन्।, शिक्षाविद् जीतबहादुर शाहले दुवै सम्मेलनमा सहभागी भएर प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूलाई सम्बन्धित विषयको नीति, अभ्यास र अबको योजना लगायतका बारेमा प्रशिक्षण दिएका थिए।,
बालविकास केन्द्रमा बालबालिकाको उपस्थिति दर वृद्धि गर्ने प्रतिबद्धता
|
रासस गोरखामा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु भएको छ।, सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बूको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बूलाई करेन्ट लागेको हो।, ताप्लेजुङ स्थायी घर भएका उनलाई करेन्ट लागेपछि भुँइमा खसेका थिए।, गम्भीर घाइते लिम्बूको उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ,
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
|
सेतोपाटी संवाददाता आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , प्रदेश १ को एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।, हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ। ,
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका केही भू-भागमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, भोलि बुधबार प्रदेश १ र बागमती प्रदेशको केही, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।,
,
आज प्रदेश १ का केही स्थानमा वर्षा हुने
|
रासस नेपाल प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई जनालाई पक्राउ गरेको छ।, प्रहरी वृत्त कालीमाटीको टोलीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी बिक्री गर्ने सर्लाही लालबन्दीका २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगरका २६ वर्षीय किरण श्रेष्ठलाई आइतबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरिएको कम गुणस्तर भएको पानीको जार खुलारूपमा बिक्री गर्ने कार्की र श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको बताए।, पक्राउ परेकासँग प्रहरीले पानी बोक्न प्रयोग गरेको बा ११ च ६०४५ र बा६च २८०४ नम्बरको डिआई गाडी र १९७ थान पानीको जार बरामद गरेको छ।, पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रवक्ता मैनालीले बताए।,
अरू कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्नेहरूलाई पक्रियो प्रहरीले
|
रासस मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।, अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।, भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।, सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो। , नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ।, यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो।, वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो। यही क्षेत्रबाट पुनःजागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो।,
,
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो। आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन्। , माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए। नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो। , योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो। हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ।,
अन्तर्राष्ट्रिय योग दिवस
|
सेतोपाटी संवाददाता महोत्तरीमा सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह ११६.५० ग्राम बिस्कुटसहित पक्राउ परेका हुन्।, इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।, साहले बोकेको सुनको विषयमा थप खुल्न सकेको छैन।, साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए।,
महोत्तरीमा सुनसहित एक जना पक्राउ
|
रासस उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरेको छ।, काउन्सिलको नियमन क्षेत्राधिकारमाथि चुनौती दिएर एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले आदेश दिएको हो।, जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल आज डट कमलाई कालोसूचीमा राख्दै सूचीकरणबाट हटाउने निर्णयविरुद्ध रिट दायर भएको थियो।, उक्त रिटमा काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गरिएको थियो। तर सुनुवाइपछि उच्च अदालतले काउन्सिलले विधिसम्मत काम गरेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश आवश्यक नरहेको जनाएको छ।, न्यायाधीशद्वय श्यामजी प्रधान र रमेश ढकालको संयुक्त इजलासबाट अनलाइन र न्यू मिडियाका लागि नियमन र अनुगमन गर्न बाटो खुला गर्ने गरी आदेश जारी भएको हो।, ‘उच्च अदालतबाट जुन आदेश भएको छ, यसले काउन्सिलको काम कारबाहीलाई विधिसम्मत ठहर गरेको छ। अनलाइन मिडिया अनुगमन र नियमनको दायरालाई फराकिलो बनाएको छ’, उच्च अदालतको निर्णयपछि प्रतिक्रिया दिँदै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले भने, ‘अनलाइनहरुले प्रेस काउन्सिलबाट जारी आचारसंहिताको पूर्ण पालना गर्न अनिवार्य छ भन्ने सन्देश पनि यसले दिएको छ।’, अध्यक्ष बस्नेतले समाजलाई अपाच्य हुने सामग्री दिने, सच्याउन नमान्ने र काउन्सिलको निर्देशन अटेर गर्ने प्रवृत्तिलाई गम्भीररूपमा लिई थप कारबाही गर्न अदालतले ढोका खोलिदिएको बताए।, प्रेस काउन्सिलले पछिल्लो समय विकृतिका रूपमा भित्रिएका केही अनलाइन, युट्युब च्यानलसहितमा प्रसारित सामग्रीलाई सूक्ष्म ढङ्गले अनुगमन गरी आचारसंहिता उल्लङ्घनको कारबाहीलाई सक्रिय तुल्याएको छ।, गम्भीर उल्लङ्घनकर्तालाई रकम तिर्न लगाएर आचारसंहिता कक्षा सुरुआत गरेको छ। दर्ता नगरी सञ्चालनमा आएका मिडिया र दर्ता भएर पनि आचारसंहिता पालना नगर्ने मिडियालाई कालोसूचीमा राख्ने, विज्ञापन रोक्ने, प्रेस कार्ड खिच्ने र नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गर्दै आएको छ।, काउन्सिलले एक वर्ष यता २१३ अनलाइन पोर्टललाई बन्द गराएको तथ्याङ्क छ भने २९ वटा युट्युब च्यानललाई सचेत गराएको छ। तीमध्ये १४ वटालाई अनुसन्धान र कारबाही अघि बढाउन नेपाल प्रहरीको साइबर ब्यूरोलाई लेखी पठाएको छ।, अध्यक्ष बस्नेत र काउन्सिलको पक्षमा यसअघि सर्वोच्च अदालतले समेत अन्तरिम आदेश जारी गरी मिडिया नियमनको पक्षमा बाटो खुला गरेको थियो। काउन्सिलको तर्फबाट अदालतमा अधिवक्ताहरू अनन्तराज लुइँटेल, झविन्द्र भुसाल र प्रतिभा उप्रेतीले बहस गरेका थिए।,
प्रेस काउन्सिललाई अनलाइन नियमन गर्न अदालतबाट बाटो खुला
|
सेतोपाटी संवाददाता नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको बताएको छ।, इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघले दाबी गरेको छ।, महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति निकालेर सरकारले निर्माण व्यवसायीलाई राहत दिनुपर्ने माग गरेका छन्।, ‘निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीहरूलाई कुनै राहत दिन नसकेकोबाट समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासिनता पुष्टि भएको छ,’ महासचिव दाहालले भने।, साथै उनले बिमा निर्देशिका २०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भई बिमा कम्पनीलाई सरकारले पोस्ने काम गरेको आरोप लगाएका छन्।, निर्माण व्यवसायीलाई राहत दिने गरी सरकारले तत्काल मूल्य समायोजन निर्देशिका जारी गर्नुपर्ने माग पनि उनीहरूको छ।, ‘मुलुकभर सञ्चालनमा रहेको राष्ट्रिय गौरवका आयोजनाहरू र अति आवश्यक निर्माण परियोजनाहरूसमेत बन्द गरी यसअघि स्थगित आन्दोलनका कार्यक्रमसहित एक साताभित्रै थप कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।, ,
राष्ट्रिय गौरवको आयोजनाका काम पनि बन्द गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी
|
एजेन्सी भारतमा पछिल्लो २० दिनमा पाँच गुणाले कोरोना संक्रमित बढेका छन्। , भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३९१७ संक्रमित फेला परेको भारतमा ५ जुनमा ४३६२, जुन १० मा ८३१८, जुन १५ मा १२१५४ र १९ जुनमा १२२१८ जना संक्रमित फेला परेका छन्। , पछिल्लो ५ दिनमा लगातार १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो एक सातामा मात्र भारतमा ८२ हजार भन्दा बढी संक्रमित फेला परेका छन्। , मंगलबार ८८२२ संक्रमित फेला परेको भारतमा त्यसपछि लगातार ५ दिन १२ हजारभन्दा बढी संक्रमित फेला परे।, बुधबार १२२१३, बिहिबार १२८४७, शुक्रबार १३२१६, शनिबार १२८९९ र आइतबार १२७१७ जना नयाँ संक्रमित फेला परेका छन्। सोमबार संक्रमितको संख्या घटेको छ। , पछिल्लो २४ घन्टामा ९८७५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।, यस्तै ७२५४ संक्रमित निको भएका छन् भने १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।, सबैभन्दा बढी सोमबार केरलामा २७८६ संक्रमित भेटिएका छन्। यो सँगै केरलामा संक्रिय संक्रमितको संख्या २२२७८ पुगेको छ। यहाँ १६.०८ प्रतिशत पोजेटिभ रेट रहेको छ।, यस्तै महाराष्ट्रमा २३५४ जनामा संक्रमण पुष्टि भएको छ। महाराष्ट्रमा कोरोनाको पोजेटिभ रेट १०.३६ प्रतिशत छ।, यस्तै राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा १०६० जना संक्रमित फेला परेका छन्। दिल्लीको संक्रमण दर १०.०९ प्रतिशत रहेको छ। , अहिले भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७७ हजार नाघेको छ।,
२० दिनमा पाँच गुणा बढ्यो भारतमा कोरोना संक्रमण
|
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।, यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए।, राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए।, अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताए। ‘सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गरिने तयारीमा छौँ,’ उनले भने।, कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ।, यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले बताए।, कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।, दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले एसईई परीक्षा दिएका थिए।,
एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक हुने
|
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ। , बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए। , राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए। अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताए। “सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गरिने तयारीमा छौँ, ” उनले भने। , कार्यालयले असार २० सम्ममा प्राप्तांक इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ। , यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए। कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।, दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए। ,
एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै
|
सेतोपाटी संवाददाता काठमाडौंमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपित पक्राउ परेका छन्।, काभ्रे तेमाल गाउँपालिका-९ घर भई बनेपामा डेरा गरी बस्दै आएका ३० वर्षीय भोटे भनिने विश्व तामाङलाई प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। , जेठ २९ गते राति एक २४ वर्षीया महिलालाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कारपछि लुटपाट गरेर तामाङ फरार भएका थिए।, प्रलोभनमा पारेर ती पीडितलाई काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित एक गेष्ट हाउसमा लगेका थिए। त्यहाँ लगेर पीडितलाई पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार उक्त दिन पीडितले आफूसँग १ लाख नगद, दुई तोला सुन र एउटा मोबाइल पनि बोकेकी थिइन्।, बलात्कापछि ती पुरूषले नगद, सुन र मोबाइलसमेत लुटेर फरार भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , यस घटनाबारे जेठ ३१ गते प्रहरी वृत्त कालिमाटीमा जाहेरी परेको थियो। , जाहेरी परेपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण र शारीरिक परीक्षण गराएको थियो। , ‘प्रहरीसँग ती पुरूषको हुलिया, नाम, ठेगाना केही पनि थिएन। गेष्टहाउसमा पनि महिलाकै परिचयपत्र, मोबाइल नम्बर राखेर डाटा इन्ट्री गरिएको थियो’, मैनालीले भने,‘अनुसन्धान गर्न प्रहरीसँग सूचना शून्य जस्तै थियो। तर विभिन्न तरिकाबाट अनुसन्धान गर्दै जाँदा पीडकको पहिचान खुल्यो।’, अनुसन्धानका विविध पाटा केलाउँदै पीडकसम्म प्रहरी पुगेको मैनालीले बताए।, ‘हामीले अनुसन्धानका विविध विधि र प्रविधिमार्फत अनुसन्धान गर्दै जाँदा पीडकको पहिचान खुल्न आयो,’ मैनालीले ,सेतोपाटी,सँग भने। , यसै क्रममा प्रहरी वृत्त कालिमाटीबाट खटिएको विशेष टोलीले भोटे भन्ने तामाङलाई आइतबार राति ११ बजे पक्राउ गरेको हो। , तामाङमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय २१९ को जबरजस्ती करणी गर्न नहुने र परिच्छेद-२० को देहाय २४१ को चोरी गर्न नहुने कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। , प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ। , प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।,
काठमाडौंमा बलात्कारपछि लुटपाट गरी भागेका आरोपित पक्राउ
|
सबिना श्रेष्ठ २०७६ साल पुस महिना २८ गते, पत्रिकामा एउटा समाचार छापिएको थियो– शंखमूलमा विद्युतीय शवदाह गृह राखिने।, त्यो समाचारले शंखमूलस्थित मणिडोल टोलका स्थानीय सशंकित भए। वर्षौंदेखि परम्परागत शवदाह गृहमा दाहसंस्कार गरिरहेका उनीहरूलाई विद्युतीय शवदाह ल्याउने कुरा चित्त बुझेन। उनीहरू ललितपुर महानगरपालिकालाई घच्घच्याउन गए। उनीहरूको कुराको सुनुवाइ भएन। , मेयर चिरीबाबु महर्जन र उनीहरूबीच लामै छलफल भयो।, अन्त्यमा महर्जनले उनीहरूलाई आधुनिक प्रविधि र विकासको विरोध गरेको भन्दै गाली गरे, 'अल्पबुद्धिको पराकाष्ठा।', मणिडोलका स्थानीय अझै पनि मेयरले मनमा घोच्नेगरी भनेको त्यो वाक्य झलझली सम्झिन्छन्। आफूलाई बुझ्नुपर्ने निकायले नै त्यसो भनेपछि उनीहरू सडकमा उत्रिए। नारा लगाए। आफ्नो ठाउँमा विद्युतीय शवदाह गृह नचाहिने भनेर विरोध गरे।, लामो समय नारा–जुलुस चल्यो। त्यसपछि महानगरले तत्काललाई काम रोक्ने र डिपिआर तयार भएपछि शवदाह गृह बनाउने/नबनाउने स्थानीयसँग छलफल गर्ने बतायो। बीचमा लकडाउन भयो। स्थानीयहरू पनि चुप लागे। तर गत वर्षको असोज महिनामा महानगरले टेन्डर आह्वान गर्यो।, स्थानीयसँग छलफल गर्छु भनेको महानगरले एक्कासि शवदाह बनाउने टेन्डर निकालेपछि मणिडोलका स्थानीयलाई डर भयो– अब त मेयरले पक्का बनाउँछन्!, त्यसपछि बाध्य भएर उनीहरूले कात्तिक २२ गते महानगरविरुद्ध मुद्दा हाले। महानगरलाई शवदाह गृह निर्माण नगर्न भनेर जेठ २५ गते उच्च अदालतले परमादेश जारी गर्यो।, अदालतले मणिडोलबासीको पक्षमा सुनुवाइ दिएपछि स्थानीयहरू अहिले भन्न थालेका छन्, 'अल्पबुद्धिको पराकाष्ठा हामी रहेछौं कि महानगरपालिका? को रहेछ भनेर त अदालतको निर्णयले नै बताइरहेको छ।', मेयर चिरीबाबुका अनुसार जुन ठाउँमा विद्युतीय शवदाह गृह राख्न लागिएको हो, त्यहाँका मान्छेले अवैध रूपमा घर बनाएका छन्। स्थानीयहरू यो कुरा मान्दैनन्।, मणिडोल टोल सुधार समितिका सचिव नारायण तण्डुकारका अनुसार २०६१ साउन २२ गते मणिडोलको १४५ रोपनी जग्गा अधिग्रहण गरेर यहाँ शंखमूल आवास क्षेत्र बनाइएको हो। पहिले यहाँ खेतका फाँटहरू थिए। बाटो, बत्ती, ढल लगायत विकासका कुनै पूर्वाधार थिएनन्। पछि जग्गा एकीकरण गरेर यहाँ जग्गाको प्लानिङ गरियो। बाटो अनि विकासका पूर्वाधारहरू घरघर पुगे।, 'हामीले हाम्रै खेतलाई प्लानिङ गरेर, पूर्वाधार निर्माणका लागि जग्गाहरू छाडेर बनाएको घरलाई महानगरले अवैध भन्न मिल्छ?' उनले प्रश्न गरे, 'बरू हाम्रो ठाउँमा जग्गा किनेर शवदाह बनाउने महानगर पो अवैध हो।', स्थानीय सुनिल व्यञ्जनकार पनि आफ्नो घरहरू अवैध नभई महानगरकै योजना अवैध भएको तर्क दिन्छन्। त्यो योजनाले स्थानीयलाई लामो समयदेखि मानसिक पीडा दिएको र त्रसित बनाएको उनी बताउँछन्। , 'हामीले यहाँको जग्गा बाहिरबाट किन्न आएको नै होइन। हाम्रो बुवाआमाले, बाजेबराजुदेखि खेतीपाती गर्दै आएको जग्गामा हामीले घर नबनाएर कहाँ बनाउने?' उनले भने, 'हामीले प्लानिङ गर्दा नै घाटलाई मानव बस्तीभन्दा टाढा राखेका छौं। त्यसका लागि प्रशस्त जग्गा छाडेका छौं। अनि त्यसैको छेउमा विद्युतीय शवदाह गृह किन चाहियो?', महानगर मात्र होइन, बाहिरका धेरै मानिसले पनि यहाँका स्थानीयलाई पत्रपत्रिकाका समाचार पढेर भन्ने गर्छन्, 'शंखमूलमा घाट नबनाएर कहाँ बनाउने?', तर त्यहीँ आएर यहाँको वस्तुस्थिति बुझ्ने हो भने स्थानीयहरू नै पीडित भएको कुरा छर्लंग हुने उनीहरू बताउँछन्। महानगरपालिकाले जहाँ शवदाह गृह बनाउने भनेको थियो, त्यो परम्परागत शवदाहको आडैमा हो। त्यसका लागि महानगरले एक रोपनी एक आना जग्गा व्यक्तिसँग किनेको हो। तर आधुनिक गृहको दाँजोमा परम्परागत शवदाह गृहको धार्मिक–सांस्कृतिक–सामाजिक हिसाबले पनि निकै महत्वपूर्ण छ।, मान्छेहरू मर्दा नियमसंगत, व्यवस्थित हिसाबले हुनुपर्छ भनेर पहिलेपहिले बस्तीको किनारमा खोलानजिकै घाट बनाउने चलन थियो। अझै पनि बस्तीका विभिन्न ठाउँमा त्यस्ता घाट छन् जहाँ मानिसहरूको दाहसंस्कार हुन्छ। शंखमूलमा पनि सात वटा त्यस्ता दाहसंस्कार गर्ने ठाउँ छन्। तण्डुकार, व्यञ्जनकार, खड्गी, कपाली लगायत विभिन्न समुदायको छुट्टाछुट्टै मसान छ। एउटा भइपरी मसान पनि गरेर त्यहाँ ८ वटा दाहसंस्कार गर्ने ठाउँ छ। त्यहाँ आउने मलामी र आफन्तजन बस्न छुट्टाछुट्टै फल्चा (पाटी) को पनि व्यवस्था छ। , त्यसबाहेक महर्जन, शाक्य, बज्राचार्य, अमात्य लगायतलाई समन्वय गरेर जलाउन दुइटा मसान खोलानजिकै छ।, 'पुल्चोकको मान्छे नख्खुमा जाने, च्यासलतिरको बालकुमारी, मंगलबजारतिरको शंखमूल ल्याउने भनेर नेवाः समुदायका मानिस कहाँ–कहाँ जाने भनेर घाटहरू छुट्याइएको हुन्छ,' मणिडोल टोल सुधार समितिका सदस्य विपीन महर्जनले भने, 'हाम्रो परम्परामा जस्तो पायो त्यस्तो तरिकाले शव जलाउनु त परको कुरा जहाँ पायो त्यहीँबाट शव लग्न पनि हुँदैन। मुर्दा लग्ने भनेर सि ल्वं भनेर ढुंगा राखेर मज्जाले बाटो बनाइरहेको हुन्छ।', उनले अगाडि भने, 'हामीले मान्छे मर्यो भने नजिकै पर्छ भनेर बाटैबाटो सिधा लग्न पनि मिल्दैन। नजिकैको चामुन्डा माईलाई घुमेपछि बल्ल मरेको मान्छे जलाउन ल्याउनुपर्छ।', मान्छेको अन्तिम संस्कारलाई विधि पुर्याएर गर्नुपर्ने भएकाले विद्युतीय शवदाह गृहले समुदाय र संस्कृति नै विस्थापित हुने उनी बताउँछन्।, 'हरेक समाजमा आफ्नै परम्परा छ। कसैकोमा गाड्ने, कसैको चील–कौवालाई खुवाउने। हाम्रो भने जलाउने परम्परा छ। हाम्रोमा पहिलादेखि व्यवस्थित शवदाह गर्ने ठाउँ भएकाले त्यही हाम्रो अन्तिम संस्कार गर्न पाउनु हाम्रो अधिकार हो। हामीले प्रविधिको विरोध होइन, स्थान छनोटको विरोध गरेका हौं,' उनले भने। , महानगरले शवदाह ल्याउनुको अर्को कारण बताएको थियो– वन विनाश र वातावरण प्रदूषण। , नेवार समुदायमा शव व्यवस्थापन गर्ने गुठी हुन्छ जसलाई 'सि' गुठी भनिन्छ। त्यसको सहयोगमा घाट व्यवस्थापन समितिबाट दाउरा उपलब्ध हुन्छ। व्यक्तिले पैसा तिर्नु पर्दैन। गुठीले नै व्यवस्था गरिदिन्छ। दाहसंस्कारमा जलाउने संस्कृति भएकाले वन विनाश र प्रदूषण त हुन्छ नै। त्यसलाई हटाउन विद्युतीय उपकरण ल्याउनुभन्दा वृक्षरोपणमा ध्यान दिनुपर्ने स्थानीयहरू बताउँछन्।, तस्बिर सौजन्यः सज्जु प्रधान, 'हाम्रोमा महिनामा मुश्किलले तीन–चारवटा शव आउँछ। विद्युतीय गृह ल्याउनेगरी खचाखच हुने होइन। र हाम्रोमा मरेको मान्छे जलाउने नै संस्कृति भएकाले विद्युतीय ल्याएर काम पनि छैन। फेरि विद्युतीयबाट वातावरण प्रदूषण हुँदैन भन्ने के ग्यारेन्टी? कुनै बेला त्यो बिग्रियो भने फेरि हामीलाई आपत पर्दैन?,' स्थानीय सज्जु प्रधानले भनिन्, 'यसले हाम्रो लामो समयदेखि चलिआएको परम्परालाई असर गर्छ। यो सरासर विकासको नाममा चलिआएको संस्कृति विनाश गर्ने प्रविधि हो।', शंखमूलमा विद्युतीय शवदाह राख्ने भनेर स्थानीयविरूद्ध महानगरपालिका, प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालय, सहर विकास मन्त्रालय, सिडिओ, वडा लगायत १६ जना विपक्षी थिए। उनीहरूविरूद्ध स्थानीयलाई लड्न हम्मेहम्मे परेको थियो। १६ पटक पेसी र १२ पटक बहस गर्दा हप्ता–हप्तामा अदालत धाउनु पर्थ्यो। त्यसका लागि सुरूमा पैसाकै समस्या थियो।, तर वकिलहरूले मुद्दा हाल्दाको मात्र रकम लिएको र बहस सित्तैमा गरिदिएकाले सजिलो भएको उनीहरू बताउँछन्। त्यसबीचमा उनीहरूले महानगरको २९ वडामा चिठी पठाए र ऐक्यबद्धता जुटाए। रातारात चिठी लेख्नुदेखि मुद्दामा आफूहरूले कसरी समय छुट्यायौं भनेर सम्झिँदा अहिले उनीहरू अचम्म मान्छन्।, झन् १६ वटा सरकारी निकाय विपक्षी भएको मुद्दा आफूहरूले जित्नेमा उनीहरू ढुक्क थिएनन्। अन्त्यमा अदालतले उनीहरूकै पक्षमा निर्णय गरेको हुँदा उनीहरू भन्छन्, 'कानुनले अझै सत्यको पक्षमा निर्णय गर्दो रहेछ भन्ने विश्वास दिलाएको छ।', यो महानगरलाई स्थानीयले हराएको मुद्दा मात्र होइन। धर्म–संस्कृति र समाज जोगाउन जन्ताले सरकारी निकायलाई चुनौती दिएको मुद्दा हो। यो मुद्दा एउटा नजिर पनि भएको स्थानीय प्रियविन्दु महर्जन बताउँछिन्।, 'जब स्थानीयको कुरा सरकारी निकायले टेर्दैन, भावना बुझ्दैन र बलजफ्ती गर्छ भने स्थानीयहरू एकीकृत भएर उनीहरूविरूद्ध उभिन सक्छन्,' उनले भनिन्, 'यो तानाशाह निर्णय गर्नेहरूलाई सबक पनि हो।', उनले स्थानीय निकायलाई आग्रह पनि गरिन्, 'महानगर वा कुनै सरकारी निकायले कसैको भूगोलमा केही निर्माण गर्छ भने अबका दिनमा सार्वजनिक सुनुवाइ या छलफल अनिवार्य गरोस्। ताकि हामीले पाएजस्तो दुःख पाऊन् नपरोस्।', , , , ,
ललितपुर महानगरलाई हराएर स्थानीयले जितेको मुद्दा
|
सेतोपाटी संवाददाता धनुषाको जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा भीषण आगलागी भएको छ।, मंगलबार बिहान ९ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागीबाट रेष्टुरेन्ट जलेर पूर्ण रूपमा ध्वस्त भएको स्थानीयले जानकारी दिएका छन्।, प्रहरी र वारूण यन्त्र घटनास्थलमा पुगिसकेको धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।, उनका अनुसार आगलागीको कारण खुलिसकेको छैन।,
जनकपुरको एक क्याफेमा आगलागी
|
नवीनबाबु गुरूङ आज अन्तर्राष्ट्रिय योग दिवस।, नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिकमा मनाउने गरिन्छ।, संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रश्ताव गरेका थिए।, उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले पहिलो समर्थन गरेसँगै युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए।, संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । , अन्तर्राष्ट्रिय योग दिवस मंगलबार नेपालमा पनि मनाइएको छ। योग दिवस आयोजक मूल समारोह समितिले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी भए।, औपचारिक कार्यक्रमसँगै टुँडीखेलमा योगाभ्यास पनि गरिएको थियो।, हेर्नुहोस् तस्बिरहरू, ,
योग दिवसमा प्रधानमन्त्रीदेखि बालबालिकासम्म (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता सर्लाहीमा एक युवकको शव हत्या गरिएको अवस्थामा फेला परेको छ। , कविलाशी नगरपालिका-८ बस्ने २४ वर्षीय अरविन्द ठाकुरको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। , मंगलबार बिहान साढे ६ बजेतिर उनको शव सोही वडाको खेतको कुलोमा फेला परेको थियो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। , उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। , ‘शव आज बिहान फेला परे पनि घटना हिजो रातितिरै भएको जस्तो देखिन्छ,’ उनले भने।, प्रहरीले जनकपुर प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत बोलाएको थियो। , डग स्निफिङको काम पनि सकिइसकेको छ र प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।, घटनामा संलग्न कसैलाई नियन्त्रणमा लिइसकेको छैन।, कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रवीनकुमार पोखरेलका अनुसार प्रहरीले यस घटनामा केही सुराक भने पाइसकेको छ। यसमा अनुसन्धान भइरहेको उनले बताए।, प्रहरीले पोष्टमर्टमका लागि शव अस्पतालमा पठाएको बताएको छ।,
,
सर्लाहीमा एक युवकको हत्या
|
रासस नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ।, राष्ट्रिय महिनावारी सञ्जालसँगको सहकार्य र जिआइजेडको सहयोगमा ग्लोबल एक्सन नेपाल (ज्ञान) ले प्रकाशन गरेको सो सामग्री आज राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलगायतको उपस्थितिमा सार्वजनिक भएको छ।, आयोगका सदस्य सिंहले कार्यमूलक र तथ्यपरक अनुसन्धानमा आधारित भई परम्परागत एकोहोरोपनालाई अन्त्य गर्ने गरी भएका यस्ता प्रयास आवश्यक भएको बताउँदै ती सामग्री समाजमा परिवर्तनको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे। , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रमा अर्यालले पाठ्यक्रम पद्धतिमा उक्त सामग्री नयाँ इँटा सावित हुने जनाइन्।, सञ्जालका अध्यक्ष गुणराज श्रेष्ठले महिनावारी शिक्षाको बुझाइले किशोरीहरु स्वास्थ्य र शिक्षाका लागि सहजता ल्याउने बताए।, प्रकाशित सामग्रीलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा मुलुकका सबै विद्यालयमा परीक्षण गराउने लक्ष्य लिइएको ज्ञानका निर्देशक बाबुकाजी श्रेष्ठले बताए।, सो संस्थाले उक्त सामग्रीको शिक्षण सहयोगी सन्दर्भ सामग्री (शिक्षक निर्देशिका) पनि प्रकाशन गरेको छ।,
,
महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री
|
राजु अधिकारी नियुक्त भएकै दिनदेखि विभिन्न विवादमा पर्दै आएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी आर्थिक अनियमितताको अर्को विवादमा मुछिएका छन्।, सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्देशन र आफ्नै पूर्व निर्णयसमेत लत्याउँदै प्रतिष्ठानले करोडौंको स्वास्थ्य उपकरण खरिद गरेको छ। यसरी नियम मिचेर र समितिको निर्देशनविपरीत १६ करोड रुपैयाँ बढीको सामान खरिद गरिएको आरोप गिरीमाथि लागेको छ।, सार्वजनिक खरिद पुनरावलोकन समिति सरकारी टेन्डरहरूबारे नियमन, अनुगमन र राय दिने सरकारी निकाय हो। सरकारी टेन्डरहरूबारे उसैको निर्णय आधिकारिक मानिने गरेको छ। प्रतिष्ठान नेतृत्वले भने त्यही सरकारी निकायकै निर्देशन पनि लत्याएको छ।, भेन्टिलेटर सुविधासहितको ३० बेड आइसियू तयार गर्न चाहिने उपकरण खरिद गर्ने क्रममा प्रतिष्ठान नेतृत्वले सरकारी निर्देशन अवज्ञा गर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई आधार बनाएको छ। , आइसियू सेटअपका लागि बोलपत्र पेश गरेका कम्पनीमध्ये कम मूल्य उल्लेख गर्ने कम्पनीहरूलाई पन्छाएर सबैभन्दा धेरै मूल्य उल्लेख गरेको कम्पनीबाट प्रतिष्ठानले सामान लिएको छ।, बोलपत्र स्वीकृतिको आधार मूल्य मात्रै नहुने चलन स्थापित भइसकेको छ। खरिदकर्ताले किन्न चाहेको सामानको गुणस्तर, प्राविधिक जाँच आदिबाट महँगो मूल्यकै सामग्री पनि खरिद गर्न सक्ने सम्भावना हुन्छ। बिपीमा भने कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई जुन आधार देखाएर पन्छाइयो त्यसमा सार्वजनिक खरिद पुनरावलोकन समितिले नै असहमति प्रकट गरेको छ।, त्यति मात्र होइन, सार्वजनिक खरिद पुनरावलोकन समितिले खरिद नगर्नु भनेकै कम्पनीबाट बिपीमा उपकरण खरिद भएको छ। सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्देशनबमोजिम प्रतिष्ठान नेतृत्वले खरिद सम्झौता बदर गरेको सूचना नै जारी गरिसकेको थियो। अहिले आफैंले बदर गरेको सम्झौता प्रतिष्ठानले ब्युँताएको छ।, उपकुलपति गिरीको निर्देशनमा अस्पताल निर्देशक गौरीशंकर साहसहितको टोलीले सामान खरिदको काम पूरा गरेको छ। अहिले प्रतिष्ठानमा ती सामान धमाधम भित्रिरहेको प्रमाण फेला परेको छ। प्रतिष्ठानका अधिकारीहरूले सामान बुझेको र आपूर्तिकर्ताले सामान जिम्मा लगाएको प्रमाण पनि फेला परेको छ। , सार्वजनिक खरिद अनुगमन कार्यालयले रोक लगाएकै कम्पनीबाट हतारमा सामान खरिद गर्ने प्रतिष्ठान नेतृत्वको कदमले सरकारी आदेशकै खुला अवज्ञा भएको र आर्थिक चलखेलका लागि यसो गरिएको भन्दै बिपी प्रतिष्ठानभित्र असन्तोष चुलिएको छ।, ‘प्रतिष्ठान नेतृत्वले आफैंले बदर गरेको सम्झौता उल्ट्याउँदै सरकारले खरिद नगर्नु भनेकै कम्पनीबाट १६ करोडभन्दा बढीको सामान किनेको छ’, प्रतिष्ठानका एक उच्च अधिकारीले सेतोपाटीसँग भने, ‘ठूलो आर्थिक चलेखलकै लागि यसो गरिएको छ। उपकुलपतिसहितका पदाधिकारीहरूको स्वार्थ गाँसिएका कारण हतारमा उपकरण खरिद भएको छ।’, यस्तो छ आइसियू खरिदको नालीबेली, त्यसबेला मुलुक कोरोना महामारीको उत्कर्षमा थियो। देशैभर आइसियू तथा भेन्टिलेटर अभावको सकस चुलिएको थियो। यो २०७७ फागुनको कुरा हो।, तत्कालीन मन्त्रिपरिषदले बिपी प्रतिष्ठानकै लागि भनेर महत्वपूर्ण चार वटा निर्णय गरेको थियो। त्यो बेला सरकारले गरेका निर्णयहरू पनि कोरोनाकै उपचार लक्षित थिए।, मन्त्रिपरिषदले बिपी प्रतिष्ठानमा ५० बेडको एचडियू निर्माण गर्ने, लिक्विड अक्सिजनको ट्यांक राख्ने र अक्सिजन प्लान्ट राख्ने निर्णय गरेको थियो। त्यहीबेला भएको अर्को महत्वपूर्ण निर्णय थियो, भेन्टिलेटर सुविधासहितको ३० बेडको आइसियू निर्माण। मन्त्रिपरिषदले गरेका यी चारमध्ये अक्सिजन प्लान्ट राख्ने काम पूरा भइसकेको छ भने अन्य दुई योजना अघि बढ्ने प्रक्रियामा छन्।, आइसियू तयार गर्न चाहिने सामान खरिद प्रक्रियामा भने प्रतिष्ठान नेतृत्वले जानाजान बद्नियत राखेको देखिएको भन्दै विवाद सुरू भएको हो। पदाधिकारीहरूले आफूखुसी खरिद सम्झौता कार्यान्वयन गरेपछि प्रतिष्ठानभित्र आर्थिक चलखेलको नयाँ काण्ड सार्वजनिक भएको हो।, प्रतिष्ठानले एक वर्षअघि आइसियू खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। २०७८ असार ६ गते काठमाडौंबाट प्रकाशित हुने एउटा दैनिक अखबारमा ‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेसन अफ आइसियू सेटअप एन्ड भेन्टिलेटर’ खरिदका लागि भन्दै अनलाइन बोलपत्र आह्वान भएको थियो। त्यो सूचना जारी भएपछि त्यसअघि पनि प्रतिष्ठानलाई विभिन्न उपकरणहरू ‘सप्लाई’ गर्दै आएका दुई कम्पनीले बोलपत्र पेश गरेका थिए।, सुनसरीको धरानस्थित द मेडिकल सोलुसन प्रालि र इटहरीको एमबी मेडिटेक प्रालिले बोलपत्र पेश गरेका थिए। प्रतिष्ठानको प्राविधिक समितिले बोलपत्रबारे अध्ययन थाल्यो। अस्पताल निर्देशक साहको नेतृत्वमा उपकुलपति गिरीले पाँच सदस्सीय प्राविधिक समिति गठन गरेका थिए।, जसमा एनेस्थेसियाका दुई चिकित्सक डा. एसएन सिंह र डा. जगतनारायण प्रसाद, इन्जिनियरद्वय राहुल मिश्रा र प्रदीपराज साह सदस्य थिए।, कानुन र अभ्यासअनुसार कुन बोलपत्रको कुन सामान ठीक वा बेठीक छ भन्ने राय प्राविधिक समितिले दिनुपर्दथ्यो। त्यतिमात्रै होइन, कुन बोलपत्रको सामान खरीद गर्ने वा नगर्ने, किन गर्ने र किन नगर्ने भन्ने राय पनि प्राविधिक समितिले नै प्रतिष्ठानलाई दिनुपर्थ्यो।, प्रतिष्ठानभित्रैको मूल्यांकन समितिले यसबारे प्राविधिक समितिको राय खोज्यो। लिखित रूपमा राय माग्दा पनि प्राविधिक समितिले राय नदिएको मूल्यांकन समितिका एक सदस्यले जानकारी दिए।, ‘मूल्यांकन समितिले टेन्डर अध्ययन गर्दा प्राविधिक समितिको प्रष्ट राय नभेटेपछि त्यो लेखी पठाउन अनुरोध गर्यौं’, मूल्यांकन समितिका ती सदस्यले भने ‘तर, समितिले हामीलाई राय दिएन। उसैको राय नपाएपछि हामीले टेन्डर प्राविधिक समितिमा फिर्ता पठायौं।’, नियमअनुसार हो भने मूल्यांकन समितिले फिर्ता पठाएपछि प्राविधिक समितिले मूल्यांकनले खोजे अनुसारको रायसहित पुनः उसैलाई फाइल पठाउनु पर्ने थियो। तर, उपकुलपति गिरीले त्यसमा हस्तक्षेप गर्दै मूल्यांकन समितिमा पुनः नपठाउने अडान लिए। पछि मूल्यांकन समितिको दोस्रो प्रतिवेदन नै स्वार्थ अनुकूल तयार पारिएको भेटिएको पनि स्रोतको भनाइ छ।, ‘उहाँले त्यो फाइल मूल्यांकन समितिलाई पुनःपठाउनै चाहनुभएन’, प्रतिष्ठान स्रोतले भन्यो, ‘बरू उपकुलपति गिरीले प्रदेश स्वास्थ्य तथा आपूर्ति केन्द्रस्थित बायोमेडिकल इन्जिनियरको राय माग्नतिर लाग्नुभयो। पछि मूल्यांकन समितिकै प्रतिवेदन पनि बनेछ। उहाँहरूले जे चाहनुभयो, त्यही प्रतिवेदन बन्यो।’, स्रोतका अनुसार प्रदेश स्वास्थ्य तथा आपूर्ति केन्द्रले पनि ठोस राय नदिएपछि गिरीले प्रतिष्ठानका कानुनी सल्लाहकार शान्तिराम भण्डारीसँग कानुनी राय मागे। भण्डारीले उपकुलपतिले राय मागेकै दिन आफ्नो राय दिए। कानुनी सल्लाहकार भण्डारीले बोलपत्रमा सहभागी दुईमध्ये एउटा कम्पनीलाई ‘डिस्क्वालिफाइड’ घोषणा गरेका थिए।, भण्डारीले जसै ‘द मेडिकल सोलुसन’ को बोलपत्रलाई ‘डिस्क्वालिफाइड’ भन्ने राय दिए, त्यही दिन अस्पताल निर्देशक गौरीशंकर साह नेतृत्वको प्राविधिक समिति पनि जुर्मुरायो। बल्ल लिखित राय दिँदै उसले ‘एमबी मेडिटेक प्रालि टेक्निकल्ली क्वालिफाइड’ भन्ने उल्लेख गर्यो।, प्रतिष्ठान स्रोतका अनुसार कानुनी सल्लाहकार भण्डारीले ‘डिक्क्वालिफाइड’ भनेर राय दिएको द मेडिकल सोलुसनले भेन्टिलेटरसहितको ३० बेड आइसियू तयार गर्न १२ करोड रुपैयाँ लाग्ने बोलपत्रमा उल्लेख गरेको थियो।, प्रतिष्ठानको प्राविधिक समितिले ‘टेक्निकल्ली क्वालिफाइड’ भनेको एमबी मेडिटेक प्रालिले त्यही काम गर्न १६ करोड रुपैयाँ लाग्ने उल्लेख गरेको थियो।, यसरी प्राविधिक समितिले ‘टेक्निकल्ली क्वालिफाइड’ भनेपछि उपकुलपति गिरीसहितका पदाधिकारीहरूले २०७८ मंसिर ८ मा एमबी मेडिटेक प्रालिलाई ठेक्का दिने निर्णय गरे।, आफ्नोभन्दा चार करोड बढी मूल्यको बोलपत्र स्वीकृत भएको तर आफ्नो अस्वीकृत भएको अनि सबै प्रक्रिया पूरा भएको बोलपत्रलाई ‘डिस्क्वालिफाइड’ भनिनुको कारण खोज्दै द मेडिकल सोलुसनका सञ्चालक चेतन अग्रवालले सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिए।, २०७८ मंसिर २२ मा उनले निवेदन दिएपछि पुनरावलोकन समितिले ती दुबै बोलपत्रबारे छानबिन सुरू गर्यो। उजुरीको ठ्याक्कै एक महिनापछि २०७८ पुस २२ गते यसबारे निर्णय दिँदै समितिले प्रतिष्ठानको ठेक्का बदर गरिदियो। समितिले ठेक्का बदर मात्रै गरेन, प्रतिष्ठानका कानुनी सल्लाहकारले अयोग्य भनेको द मेडिकल सोलुसनको बोलपत्रलाई पनि प्रतिष्पर्धामा सहभागी गराउन निर्देशन नै दियो।, समितिका निर्देशक सूर्यवंश शर्मा कँडेलले २०७८ पुस २२ मा बिपी प्रतिष्ठानलाई लिखित निर्देशन दिएका थिए।, सार्वजनिक खरिद पुनरावलोकन समितिले बिपी प्रतिष्ठानलाई दिएको निर्देशन।, ‘श्री एमबी मेडिटेक प्रालिको बोलपत्र छनोट गर्न मिति २०७८ मंसिर ८ मा लिएको निर्णय नमिलेको देखिएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५० को उपदफा ५ को खण्ड ख (२) बमोजिम सो निर्णय र त्यसका आधारमा भएका सबै निर्णय सम्झौताहरू बदर गरिएको छ’, समितिले प्रतिष्ठानलाई दिएको निर्देशनमा भनिएको छ, ‘प्रतिष्ठानले आपूर्ति गर्न चाहेको १५ वटा आइटममध्ये भेन्टिलेटर (टर्बाइन बेस्ड) को आइटममा मात्र अप्रभावकारी रहेको भन्ने मूल्यांकन समितिको दोस्रो प्रतिवेदन अनुसार द मेडिकल सोलुसनको बोलपत्र समेत सारभूत रूपमा प्रभावकारी देखिएको परिप्रेक्ष्यमा निजद्वारा पेश गरिएको बोलपत्रसमेतलाई समावेश गरी पुनःमूल्यांकनबाट छनोट भएका बोलपत्रदातासँग सम्झौताको प्रक्रिया अगाडि बढाउन सोही ऐनको दफा ५० को उपदफा ५ को खण्ड ख ३ बमोजिम आदेश गरिदिएको छ।’, पुनरावलोकन समितिले सम्झौता बदर गर्न आदेश दिएपछि २०७८ पुस २९ मा अस्पताल निर्देशक गौरीशंकर साहले एमबी मेडिटेक प्रालिलाई पत्र लेखेर सम्झौता बदर गरिएको जानकारी गराएका थिए।, समितिमा परेको उजुरीहरू र त्यसको पृष्ठभूमिसमेत उल्लेख गर्दै लेखिएको पत्रमा ‘सार्वजनिक खरिद पुनरावलोकन समितिको पत्र र सोसँग सम्बन्धित निर्णायानुसार तहाँसँग भएको उक्त बोलपत्रको सम्झौता बदर गरिएको’ जानकारी गराइएको छ।, बिपी प्रतिष्ठानले सम्झौता बदर गर्दै ठेकेदार कम्पनीलाई लेखेको पत्र।, आफूलाई परेको ठेक्का बदर भएपछि अन्यायमा परेको भन्दै एमबी मेडिटेक प्रालि सर्वोच्च अदालत पुग्यो। प्रालिका तर्फबाट सन्दीप राउतले सर्वोच्चमा रिट दायर गर्दै पुनरावलोकन समितिसहितलाई विपक्षी बनाएका थिए। २०७८ पुस ३० मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले ‘अन्तरिम आदेश नटुंगिएसम्म’ का लागि निवेदकसँगको सम्झौता बदर गर्ने निर्णय ‘यथास्थितिमा राख्न’ अल्पकालीन आदेश दिएको थियो। , अदालतको यस्तो आदेश आएपछि आइसियू सामान खरिद प्रक्रिया अवरूद्ध नै थियो। प्रतिष्ठान सर्वोच्चको अन्तरिम आदेशको प्रतीक्षामा थियो। तर, गएको जेठ ११ गते प्रतिष्ठानले अचानक एमबी मेडिटेक प्रालिसँगै खरिद सम्झौता गर्यो।, गोप्य रूपमा सम्झौता भएको प्रतिष्ठानका केही व्यक्तिबाहेक कसैलाई थाहै थिएन। जब खरिद गरिएका सामग्रीको पहिलो खेप प्रतिष्ठानमा आइपुग्यो, सबै चकित परे।, ‘अदालतले यथास्थितिमा राख्नु भनेको थियो, खरिद प्रक्रिया अघि बढाउनु भनेको थिएन’, प्रतिष्ठान स्रोतले भन्यो ‘तर, अल्पकालीन आदेशकै भरमा सामान खरिद गर्न थालिएको छ।’, प्रतिष्ठानले खरिद सम्झौता त्यस्तो बेलामा गरेको छ जब अस्पताल निर्देशक गौरीशंकर साहको पदावधि समाप्त हुन एक साता मात्रै बाँकी थियो। साहको अस्पताल निर्देशकको पदावधि जेठ १८ मा समाप्त हुँदैथियो, उनले जेठ ११ मै खरिद सम्झौता गरेका थिए।, जेठ १८ मा पदावधि सकिए पनि प्रतिष्ठानमा प्राध्यापकसमेत रहेका साह अहिले सार्वजनिक पहुँचमा छैनन्। उनले सधैं प्रयोग गर्दै आएको मोबाइल ‘टेम्पररली आउट अफ सर्भिस’ को अवस्थामा छ।, ‘सामान खरिदको विषय विवादमा परेपछि कोही पनि पदाधिकारीहरू सार्वजनिक पहुँचमा छैनन्’, प्रतिष्ठानका एक प्राध्यापकले भने, ‘यसबाट पनि उनीहरूको बद्नियत प्रष्ट हुन्छ।’ , नियुक्त भएकै मितिदेखि निरन्तर विवादमा पर्दै आएका उपकुलपति गिरीले पनि यसबारे कहिँकतै मुख खोलेका छैनन्। विवादमा परेकै कारण मिडियालाई निरन्तर टार्दै आएका उनी र उनको सचिवालयले यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन्।,
बिपी प्रतिष्ठानमा आर्थिक अनियमितताको अर्को काण्ड
|
सेतोपाटी संवाददाता डलर साट्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , प्रहरी वृत्त कालीमाटीको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले गत शुक्रबार राति कलंकीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार श्रेष्ठले कलंकीको सीता पेट्रोल पम्पमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-४ घर भई ललितपुर महानगरपालिका-१८ नख्खु बस्ने ६२ वर्षीय व्यक्तिलाई ठगी गरेका थिए।, पीडित व्यक्ति काठको काम गर्छन्। उनको नख्खुमा काठको पसल समेत छ। कुमार श्रेष्ठ एक दिन पीडितको पसलमा पुगेका थिए। पसल पुगेर कुमारले पीडितलाई पहिल्यै चिन्छु भनेका थिए। , तर पीडितले भने उनलाई चिनेका थिएनन्। केही दिन त्यसरी नै पसलमा पुगेपछि श्रेष्ठले पीडित व्यक्तिको विश्वास जिते।, उनलाई श्रेष्ठले एक दिन आफ्नी आमा गम्भीर बिरामी भएको र अस्पतालमा भर्ना भएको बताएका थिए। आमाको उपचारको लागि पैसाको अभाव रहेको र आफूसँग अमेरिकी डलरहरूमात्रै भएको बताएका थिए। , सो डलर साटिदिन भन्दै उनले आग्रह गरेका थिए। पैसा साट्न आउँदा पीडितले आठ लाख रुपैयाँ दिन्छु भनेका थिए। त्यसबापत आफूले १० हजार डलर दिने बताएको प्रहरीले जनाएको छ।, सो दिन ती पीडित व्यक्तिले आठ लाख रुपैयाँ बुझाए। श्रेष्ठले एउटा कपडा तथा प्लाष्टिकको थैली थमाइदिएका थिए। , थैली हेर्दा डलरको साइजमा काटिएका कागजका टुक्राहरू राखिएका थिए। त्यसरी ठगेर फरार भएपछि पीडित प्रहरी वृत्त कालीमाटीमा पुगेका थिए।, त्यसपछि प्रहरीले आरोपित पीडकलाई खोजेर पक्राउ गरेको हो। परिसरका अनुसार उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२१ को देहाय २४९ को ‘ठगी गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाएको छ। , जिल्ला अदालत काठमाडौंबाट उनलाई सात दिन हिरासतमा राख्न अनुमति लिएको छ। उनीमाथि कालीमाटीले अनुसन्धान अघि बढाएको हो। , पक्राउ परेका कुमार श्रेष्ठले अन्य व्यक्तिहरूलाई पनि ठगेको हुनसक्ने भन्दै प्रहरी वृत्त कालीमाटीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।,
डलर साट्ने भन्दै कागजको थैली दिएर आठ लाख ठगी गर्ने एक पक्राउ
|
सेतोपाटी संवाददाता ललितपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ नारायण डाँडामा सोमबार राति टिपर दुर्घटनामा परेको हो। , नारायणडाँडा उकालोमा बा ४ ख ७३३६ नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट टिपर चालकको मृत्यु भएको हो। , मृतक काभ्रे मण्डनदेउपुर घर भएका ३३ वर्षीय कपिल तामाङ छन्।, प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।,
,
लाकुरीभञ्ज्याङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
|
सेतोपाटी संवाददाता आफ्नै अपहरणको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , सप्तरी राजगढ गाउँपालिका-३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ३१ वर्षीय कृष्णकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो। , उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार उनलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो।, कृष्णकुमार असार १ गतेबाट बेपत्ता भएका थिए। उनी फर्निचरको काम गर्छन्। , त्यसदिन आइएमईबाट घरमा पैसा पठाउँछु भन्दै उनी हिँडेका थिए। तर घर फर्किएनन्। उनले मोबाइल पनि स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए।, बेपत्ता भएको भोलिपल्टै सामाजिक सञ्जाल इमोमार्फत् कृष्णकुमारले आफ्ना सालालाई केही तस्बिरहरू पठाए।, तस्बिरसँगै भनिएको थियो, ‘कृष्णकुमार अपहरणमा परेको छ। उसलाई मार्न आठ लाख पाइसकेको छु। २० लाख दिए फर्काउँछु।’, तस्बिरमा उनको कपडा च्यातिएको र रगतजस्तो लागेको देखिन्थ्यो। प्रहरीकोमा नजान भन्दै चेतावनी पनि दिइएको थियो। माग गरेको २० लाख दुई दिनभित्रै रकम बुझाउन भनिएको थियो। , ‘आफू घाइते भएको जस्ता तस्बिरहरू पठाएका थिए,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘त्यसपछि आत्तिएर परिवार प्रहरी कार्यालयमा आए।’, मार्ने धम्कीसहित फिरौती मागेपछि पीडित परिवार प्रहरी वृत्त सातदोबाटोमा पुगेको थियो। सातदोबाटो वृत्तले पनि अपहरण नै भएको हुनसक्ने भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोग माग्यो। , अनुसन्धान गर्दै जाँदा प्रहरीले कृष्णकुमारलाई विराटनगरमा सुरक्षित फेला पार्यो। सुरक्षित मात्रै होइन उनको त अपहरण नै नभएको खुल्यो। , अपहरणको नाटक गरेको थाहा पाएपछि प्रहरीले उनीसँग सोधपुछ गर्यो। , सोधपुछ गर्दा कृष्णकुमार प्रेममा परेको खुल्यो। उनी विवाहित हुन्। उनका दुई जना छोरा र छोरी पनि छन्। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार टिकटक चलाउने क्रममा उनले त्यहाँ एक ‘सुन्दर’ युवतीलाई भेटेका रहेछन्। जोसँग उनको प्रेम भयो। , ‘उनले टिकटकमा एक जना युवती भेटेका रहेछन्। उनीसँग प्रेम भएको रहेछ,’ प्रहरी उपरीक्षक कोइरालाले भने,‘ती महिलासँग विवाह गर्नको लागि पैसा चाहियो। अनि अपहरणको नाटक गरेको रहेछ।’, अर्को विवाह गर्ने पैसाचाहिँ उनले आफ्ना सालोबाट लिन खोजेका थिए। उनका साला पनि सँगै बस्छन्। दुबै जना फर्निचरकै काम गर्छन्। , प्रहरीले उनीमाथि सार्वजनिक उपद्रवाई गर्न नहुने कसूरमा थप अनुसन्धान अघि बढाएको छ। उनलाई कार्यालयले प्रहरी वृत्त सातदोबाटोमा बुझाएको छ।,
टिकटकबाट प्रेममा परेपछि जसले अपहरणको नाटक गरेर आफ्नै सालासँग मागे २० लाख
|
एजेन्सी भारतमा आइतबार एउटा जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।, आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो। उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो। उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले देखेका थिए। उनीहरूले त्यसको भिडिओ पनि बनाएका थिए। , Major tragedy averted. Engine of ,#Patna, ,#Delhi, ,#SpiceJet, flight SG725 with 185 passengers onboard caught fire soon after taking off from Patna airport. The pilot mid air took u turn, did emergency landing at Patna Airport.All passengers are safe. Big thank you to the pilots & ATC ,pic.twitter.com/l8TD38xfIy,
— Tamal Saha (@Tamal0401) ,June 19, 2022, स्पाइसजेटको बोइङ ७३७ जहाजमा १८५ यात्रु थिए। चालक दलका सदस्य र सबै यात्रु सकुशल रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। आगो लागेको इन्जिन बन्द गरेर पाइलटले जहाजलाई आकस्मिक अवतरण गराएका थिए। , आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। ,
इन्जिनमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण गरियो स्पाइसजेटको जहाज
|
सेतोपाटी संवाददाता प्रहरीले किर्ते काम गरी ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। , केन्द्रिय अनुसन्धान ब्युरोले किर्ते काम गरी ३ करोड ७० लाख रूपैयाँ मूल्य बराबरको ११ आना २ पैसा जग्गा बिक्री गरी ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए। , प्रहरीले उनीहरूलाई बुधबार देशको विभिन्न स्थानबाट पक्राउ गरेको हो। , पक्राउ पर्नेमा दार्चुलाका ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोकका ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बुका ४० वर्षीय बाबुराम कार्की, नुवाकोटका ४६ प्रेमप्रसाद खनाल र काठमाडौंका ५८ वर्षीया ममता श्रेष्ठ छन्। , प्रहरी उपरीक्षक महतोका अनुसार उनीहरूले जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौं कीर्तिपुरको ११ आना २ पैसा जग्गा बिक्री गरेका थिए।, २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बेच्न शान्तिदेवीको नक्कली मृत्यु दर्ता प्रमाणपत्र र नक्कली श्रीमान समेत खडा गरी नक्कली कागजपत्र बनाई जग्गा बिक्री गरेको खुलेको प्रहरी उपरीक्षक महतोले जानकारी दिए। , गत जेठ ५ गते नेपाल आउँदा जग्गाधनी लोहनी मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएकी थिइन्। उक्त समयमा जग्गा बिक्री भइसकेको खुलेपछि उनी प्रहरीसामू पुगेको प्रहरी उपरीक्षक महतोले बताए।, उनीहरूमाथि किर्ते काम गरी जग्गा बेचेर ठगी गरेको आरोप छ। ,
किर्ते काम गरी झन्डै पौने ४ करोड ठगी गरेको आरोपमा पाँच पक्राउ
|
रासस बैतडीमा चार दिनका लागि बिजुली सेवा बन्द हुने भएको छ।, नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार आज सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो।, विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो।, ‘नयाँ सबस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने लागेको हो। मर्मत तथा नयाँ सबस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुन्छ,’ उनले भने।, सबस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका लागि सबस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको उनले बताए।, सोमबार बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिने भएकाले बिहानैदेखि विद्युत् सेवा अवरुद्ध हुनेछ। यद्यपि वैकल्पिक लाइनमार्फत विद्युत् सेवा पुनः सञ्चालन गर्न उपाय खोजिराखेको उनले बताए।, ‘सम्भव भयो भने दिउँसोको केही घण्टा सेवा दिन्छौँ तर काम सुरु भएपछि मात्रै यो कुरा थाहा हुन्छ,’ उनले भने। बिजुली सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति विद्युत् प्राधिकरणले क्षमासमेत मागेको छ।,
बैतडीमा आजदेखि चार दिन बिजुली नहुने
|
युनिक श्रेष्ठ शान्तादेवी महतो जापानबाट काठमाडौं आएको एक महिना भयो। उनी २४ वर्षदेखि सपरिवार जापानमै बस्दै आएकी थिइन्।, काठमाडौं आएदेखि उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) धाइरहेकी छन्। किनभने उनको जग्गा थाहापत्तो नदिई अरू कसैले बिक्री गरेको छ।, शान्ताले २०६१ माघ १३ गते नेपाल आउँदा कीर्तिपुर नगरपालिका- २ मा ११ आना २ पैसा जग्गा किनेकी थिइन्।, जग्गा किनेर उनी फेरि जापान फर्किइन्।, यसपटक आउँदा उनले बायोमेट्रिक प्रणालीमार्फत् आफ्नो जग्गाको अभिलेख राख्ने सोचेकी थिइन्। त्यही सिलसिलामा जेठ १३ गते उनी कलंकी मालपोत कार्यालय पुगिन्।, त्यहाँ पुगेपछि थाहा भयो, उनलाई मृत करार गरेर उनको नामको जग्गा अर्कैका नाममा पास भइसकेको रहेछ।, सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार कित्ता नम्बर ३४४ को उक्त जग्गा २०७७ पुस १५ गते शान्ताकै श्रीमान तारानिधि लोहनीका नाममा पास गरिएको थियो।, त्यसै वर्ष फागुन १० गते लोहनीका नामबाट सुनिता कर्माचार्यको नाममा गयो। भक्तपुर नगरपालिका-११ बस्ने कर्माचार्यले ३ करोड ७० लाख रूपैयाँमा उक्त जग्गा किनेको कागजपत्रबाट देखिन्छ।, यहाँ अनौठो के भयो भने, जग्गा लोहनीका नाममा सार्दा शान्तालाई मृत घोषित गरिएको थियो। जबकि उनी जिउँदै छिन्।, लोहनी पनि धेरै समयदेखि विदेशमै छन्। उनलाई जग्गामा भएको चलखेलबारे अत्तोपत्तो थिएन।, यही सबै कुरा थाहा पाएपछि शान्ता उजुरी लिएर सिआइबी पुगिन्।, ‘उहाँ आफ्नो जग्गा नक्कली लालपुर्जा बनाएर अरू कसैले बिक्री गरेको उजुरी लिएर आउनुभयो,’ प्रहरी उपरीक्षक महतोले भने, ‘सुरूमा त हामीसँग अरू केही जानकारी थिएन। अनुसन्धान गर्दै जाँदा कुराहरू खुल्दै गए।’, अनुसन्धान क्रममा प्रहरीले थाहा पायो, तारानिधि भनिएका व्यक्तिले आफ्नी श्रीमती शान्तादेवीको मृत्यु भइसकेको भन्दै जग्गा नामसारी गराएका रहेछन्। यसका लागि ती व्यक्तिले शान्तादेवीको मृत्यु प्रमाणपत्र कीर्ते गरेका थिए।, ती व्यक्तिले आफ्नी छोरी भन्दै पवित्रा लोहनीको कीर्ते कागजात पनि बनाएका छन्। छोरीको विवाह भइसकेको हुँदा आफू एक मात्र हकवाला भएको उनले साबित गराएका रहेछन्। यसका लागि नागरिकतादेखि नाता प्रमाणपत्र नक्कली बनाएको खुलेको छ।, शान्तादेवीकी वास्तविक छोरी पनि विदेशमै बस्छिन्।, यो घटनामा प्रहरीले जेठ १ गते बुधबार पाँच जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा दार्चुला, मालिकार्जुन गाउँपालिका-७ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बस्ने ५६ वर्षीय महावीर चन्द एक हुन्। उनले यो ठगीमा नक्कली तारानिधि लोहनीको भूमिका खेलेको प्रहरी उपरीक्षक महतो बताउँछन्। उनलाई प्रहरीले मनमैजुबाट पक्राउ गरेको थियो।, ‘महावीर चन्दले नक्कली तारानिधि बनेर आफ्नी श्रीमतीको मृत्यु भइसक्यो र छोरीको विवाह भइसक्यो भन्दै नक्कली कागजपत्र पेस गरेका छन् र त्यसै आधारमा जग्गाको एक मात्र हकवाला आफू भन्दै नामसारी गराएका छन्,’ उनले भने।, महावीर नक्कली जग्गाधनी बने पनि उनलाई यो काम गराउने व्यक्ति अर्कै भएको प्रवक्ता महतोले जानकारी दिए।, महावीरले तारानिधिकै नामबाट सक्कली बैंक खाता खोलेर कारोबार गरेको खुलेको छ। नक्कली नागरिकता बनाएको हुँदा त्यसै आधारमा बैंक खाता खोल्न सकेको प्रहरीको भनाइ छ।, यो घटनामा प्रहरीले दुई जना मुख्य योजनाकारलाई समातेको छ। सिन्धुपाल्चोक घर भई ललितपुरको सुनाकोठी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल र सोलुखुम्बु घर भई बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४० वर्षीय बाबुराम कार्की पक्राउ परेका छन्।, उनीहरू दुवैलाई प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो। उनीहरूकै योजनामा कागजात कीर्ते गरी ठगी गरिएको प्रहरी उपरीक्षक महतोले बताए।, उनीहरूले खरिदकर्ता खोज्ने, आर्थिक कारोबार व्यवस्थापन गर्ने, नक्कली कागजात मिलाउने र मालपोत कार्यालयमा समन्वयसमेत गरेको ब्युरोले जनाएको छ।, खरिदकर्ता खोज्ने र बिचौलियाको काम गरेको भन्दै अरू दुई जनालाई पनि पक्राउ गरिएको छ। उनीहरू नुवाकोट घर भई काठमाडौंको वनस्थली बोहोराटार बस्ने ४६ वर्षीय प्रेमप्रसाद खनाल र ५८ वर्षीया ममता भन्ने डासीमाया श्रेष्ठ हुन्।, यो गिरोहले विदेशमै भएको व्यक्ति कसरी रोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक महतो बताउँछन्।, ‘बयान लिइसकेका छैनौं। त्यसबारे खुलिसकेको छैन। जग्गाधनीको परिवार विदेशमा छ भन्ने थाहा पाएर नै उनीहरूले यस्तो गरेको हुनुपर्छ,’ उनले भने।, प्रहरीले पक्राउ परेका व्यक्तिबाट अरू पनि कीर्ते कागजातहरू फेला पारेको छ। उनीहरू अर्को चार बिगाहा जग्गा बेच्ने तयारीमा रहेको खुलेको छ। ती जग्गाका धनीहरू प्रहरीको सम्पर्कमा आइसकेका छैनन्।, महतोका अनुसार चार बिगाहा जग्गा एउटै जिल्लाको भए पनि फरकफरक ठाउँका छन्। कुन जिल्लाको भन्ने प्रहरीले खुलाएको छैन।, ‘उनीहरूले अरू व्यक्तिलाई पनि त्यसरी नै ठग्ने तयारी गरिरहेको खुलेको छ,' महतोले भने, 'समयमै पक्राउ नगरिएको भए अरू पनि ठगिन सक्थे।’, प्रहरीले पक्राउ परेका व्यक्तिबाट चारवटा नक्कली नेपाली नागरिकता बरामद गरेको छ। नक्कली तारानिधि लोहनीको नामको जग्गाधनी पुर्जाको प्रतिलिपि पनि फेला परेको छ।, अन्य व्यक्तिका नामको नक्कली जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नागरिकताको फोटोकपी र जग्गाधनी पुर्जाको फोटोकपी सातवटा बरामद गरेको प्रहरीले जनाएको छ।, त्यस्तै विभिन्न व्यक्तिका नाममा जारी भएका १२ थान जग्गाधनी दर्ता श्रेस्ता पुर्जा तथा जग्गाको नक्साको फोटोकपी, विभिन्न व्यक्तिहरूको अटो र पासपोर्ट साइजका ६० वटा फोटो, १४ वटा फोन र २९ वटा विभिन्न कम्पनीका सिमसमेत बरामद गरिएको छ।, सिममध्ये एउटा वास्तविक तारानिधि लोहनीकै नामको भएको ब्युरोले जनाएको छ। यी सिमबाट उनीहरूले एक-दुई जनासँग मात्रै सम्पर्क गरेको खुलेको छ। एक-दुई जनासँग कुरा गरिसकेपछि सिम भाँचेर फाल्ने गरेको ब्युरोले जनाएको छ।, ‘एउटा सिमबाट एक-दुई जनासँग कुराकानी गरिसकेपछि फेरि अर्को सिम निकालेर प्रयोग गर्ने रहेछन्,’ एक प्रहरी अधिकृतले भने, ‘उनीहरूको तरिका नै यस्तै रहेछ।’, ब्युरोका अनुसार बायोमेट्रिक प्रणालीबाट जग्गाको अभिलेख राख्यो भने यसरी ठगिनबाट बच्न सकिन्छ।, ‘बायोमेट्रिक प्रणालीमा जग्गाधनीको औंठाछाप, तस्बिरहरू सबै हुन्छन्। त्यसमा गयौं भने जग्गा सुरक्षित हुन सक्छ,’ प्रहरी उपरीक्षक महतोले भने, ‘अनधिकृत व्यक्तिहरू आएर छरछिमेकको जग्गा नापजाँच गरेको देख्दा अलिकति चासो राखिदिए यस्ता ठगी योजना भताभुंग हुनसक्छ।’, यो घटनामा मालपोत कार्यालय वा अरू निकायका कर्मचारीको पनि संलग्नता छ कि भनेर अनुसन्धान भइरहेको उनले बताए।, ‘मालपोत कार्यालयको पनि संलग्नता छ कि भन्ने थियो। तर कागजातहरू सबै बाहिर नक्कली बनाएको पाइएको छ,’ उनले भने, ‘सबै तथ्य केलाएर जो जो दोषी देखिन्छन्, उनीहरू अनुसन्धानको दायरामा आइहाल्छन्।’, पक्राउ परेका व्यक्तिलाई अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।,
जग्गाधनीको नक्कली श्रीमान बनेर यसरी बेचियो कीर्तिपुरको ११ आना (भिडिओ)
|
रासस मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ।, मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो।, मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालका अनुसार मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न साइरन जडान गरिएको थियो।, मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो।,
मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान
|
रासस अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।, ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने जनाइएको छ।, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आग्रह गरेको छ।,
अमेरिकाले दियो २२ लाख मात्रा कोरोना खोप
|
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित यारू खोलामा आएको बाढीले बगाएको खच्चड बचाउन गएका एक व्यक्ति बेपत्ता भएका छन्।, चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षीय माइला गुरूङ आइतबारदेखि बेपत्ता छन्। उनको खोजी भइरहेको छ।, बाढीले खच्चडलाई बगाएपछि उनी बचाउन गएका थिए। खच्चडलाई बचाउन खोज्दा चिप्लिएर उनी भेलमा परेको प्रहरीको भनाइ छ। उनी खच्चड धपाउने काम गर्थे।, यारूखोलाको भेलबाट बगेका उनी नजिकैको बूढीगण्डकीमा पुगेपछि बेपत्ता भएको स्थानीयहरूले बताएको प्रहरीले जनाएको छ।,
यारूखोलाको भेलले खच्चड बगायो, बचाउन गएका एक बेपत्ता
|
सेतोपाटी संवाददाता जिल्ला अदालत काठमाडौंबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले तीन घन्टापछि नियन्त्रणमा लिएको छ।, जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाँदै गर्दा आइतबार सप्तरीको कचन गाउँपालिका घर भई तिलगङ्गा बस्दै आएका अनिल ठाकुर फरार भएका थिए।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत लैजाँदा फरार भएका ठाकुरलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको बताए।, तीन घन्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट ठाकुरलाई पक्राउ गरिएको हो।, काठमाडौं प्रहरीले ललितपुर र भक्तपुर प्रहरीको समन्वयमा उनको खोजी गरिरहेको थियो।,
काठमाडौं अदालतबाट फरार व्यक्तिलाई तीन घन्टापछि पक्रियो प्रहरीले
|
सेतोपाटी संवाददाता नेपालका चार प्रदेशमा मनसुनी वायुको असर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायु प्रभाव छ।, बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।, बिहान प्रदेश १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ ।, दिउँसो प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।, प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।, साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।, यस्तै मंगलबार प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । र, बाँकी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ ।, बुधबार प्रदेश १ को केही र मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
मनसुन चार प्रदेशमा सक्रिय
|
सेतोपाटी संवाददाता अविरल वर्षापछि झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन्।, गए रातिदेखि परेको अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं. ७ रेडक्रस भवन पछाडि खोला किनारको वस्तीमा कटान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य ,बिमल किस्कू , राजेश किस्कू , मनोज मास्के , भारती तामाङ , लाक्पा शेर्पा , डिकबहादुर गुरुङ र दिपक गुरुङको परिवार बिस्थापित भएका हुन्। , उनीहरुको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।, नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा विस्थापितलाई सारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए।, सोही खोलामा आज बिहान आएको बाढीले गौरादह ६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेका छन्।, मानव बस्ती डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, ‘बस्तीमा २ फिट जति पानी पसेको छ। अन्य क्षति भएको छैन,’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी पाठकले भने।, पानी घट्ने क्रममा रहेकोले मानिसहरु आफ्नै घरमा रहेको उनले जानकारी दिएका छन्।,
,
झापाको रतुवामा बाढी आउँदा १३ परिवार विस्थापित
|
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।, बढुवा समितिको आइतबारको निर्णयअनुसार डिएसपीहरूलाई एसपीमा बढुवा सिफारिस गरिएको हो।, एसपी पदमा ३७ पद रिक्त छ। रिक्त पदमा पदपूर्ति गर्न डिएसपीहरूलाई बढुवा सिफारिस गरिएको छ।, बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा जानकारी गराउन पनि सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले आग्रह गरेको छ।, को-को परे बढुवा सिफारिसमा?,
सशस्त्रका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूची)
|
रासस लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ। , मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरूद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए।, सडकखण्ड अवरूद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ। सडक अवरूद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ।, पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए। पहिरोले मकालु ५ र ३ जोड्ने अरूण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ। पहिरोले पुल आसपासको भू–भाग कटान गरेपछि अरूण नदीको पुल जोखिमा परेको उनले बताए।, लगातारको वर्षाले उत्तर दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताए। सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ।, वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ। अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन्।,
पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध
|
युनिक श्रेष्ठ १७ डिसेम्बर २०२० मा न्युयोर्क टाइम्समा एउटा समाचार छापियो। जसमा ५० जनाभन्दा बढी भारतीय नयाँदिल्लीबाट पक्राउ परेको उल्लेख थियो। ,कल सेन्टर सञ्चालन गर्ने बहानामा उनीहरूले 'स्क्याम' सञ्चालन गरिरहेको समाचारमा उल्लेख थियो।, उनीहरूले भारतमै बसेर प्रविधिको प्रयोग गरी अनाधिकृत रूपमा व्यक्तिगत विवरणमा पहुँच पुर्याएर अमेरिकी नागरिकलाई ब्ल्याकमेलिङ गरी ठगी गरेका थिए।, भारतीय मिडिया द न्युज मिनेटमा पनि गत फेब्रुअरी ४ मा यस्तै प्रकृतिको अर्को समाचार छापियो। जसमा ६ जना पक्राउ गरेको उल्लेख थियो।, यस्ता समाचारहरू नेपालको साइबर ब्युरोले पनि नोटिसमा राखेको थियो। छिमेकी मुलुक भारतबाट अमेरिकी नागरिकलाई ठगिरहेको समाचार आएपछि ब्युरोले पनि अनुसन्धान थाल्यो।, त्यसैबीच प्रहरीले एउटा 'टिप' पायो- काठमाडौंकै एउटा कल सेन्टरले पनि यस्तै धन्दा चलाइरहेको छ।, त्यही टिपको आधारमा अनुसन्धान गरेर असार ३ गते शुक्रबार ब्युरोको विशेष टोलीले काठमाडौंको धुम्बाराहीस्थित अर्बिट नेक्सस प्रालिमा छापा मार्यो। , त्यहाँबाट प्रहरीले दुई जना भारतीयसहित १३ जनालाई पक्राउ गर्यो।, 'नेपालमा थुप्रै कल सेन्टर सञ्चालनमा छन्। तर केही कल सेन्टरले गलत उद्देश्यले काम गरिरहेको भन्ने सूचना पायौं,' ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भने, 'छिमेकी भारतमा पनि आधुनिक प्रविधिसहितका कल सेन्टर सञ्चालनमा छन्। जसले कल सेन्टरको नाममा स्क्याम गरिरहेका छन्।', अर्बिट नेक्ससको कार्यालय समय बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्मको थियो। किनभने यो कल सेन्टर नेपाल केन्द्रित थिएन। यो अमेरिका, क्यानडालगायत मुलुकका नागरिकसँग कुराकानी गर्न सञ्चालनमा ल्याइएको हो।, यसका सञ्चालक काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठ हुन्। अहिले उनी प्रहरी हिरासतमा छन्। विजय आइटी व्यवसायी हुन्। उनको अर्बिट नेक्ससको वेबसाइट हेर्ने हो भने जग्गा किनबेचको समेत कारोबार गर्ने गरेको देखिन्छ।, उनी यस कम्पनीका सञ्चालक भए पनि यसमा हुने गतिविधि उनको नियन्त्रणबाहिर छन्।, भारतको महाराष्ट्र घर भई काठमाडौंको सामाखुसी बस्ने ३२ वर्षीय निसान खैरे र उत्तर प्रदेश घर भई सामाखुसी बस्ने २४ वर्षीय मनीष तिवारी पक्राउ परेका छन्। कल सेन्टर सञ्चालनमा यी दुई जनाको भूमिका महत्वपूर्ण छ।, निसान कम्पनीमा सुपरभाइजरको रूपमा काम गर्छन् भने मनीष मनिटरिङ काम गर्छन्।, 'उहाँहरू दुई जनाले सुपरभाइजिङ र मनिटरिङ गर्ने हो। मनीषले कल सेन्टरमा कार्यरत कर्मचारीहरूलाई मनिटरिङ गर्ने रहेछ। र, त्यहाँबाट आएको सूचनाहरू निसानलाई आफ्नो भारतमा रहेको कार्यालयलाई दिने रहेछ,' अर्यालले भने।, निसानले कल सेन्टरमार्फत् पाएका सूचनाहरू भारतको एउटा कार्यालयमा पठाउँथे। ती डाटामा बैंक खाताका नाम, पासवर्डलगायत हुन्थे।, 'पीडित व्यक्तिहरूका बैंकिङ डिटेल, ल्यापटप, मोबाइलमा भएका कारोबारको डाटा, नाम, पासवर्ड जस्ता डाटाहरू लिएर यहाँबाट भारतको कार्यालयमा पठाइने रहेछ,' उनले भने।, यस्ता डाटा उनीहरूले टेलिग्राममार्फत् पठाउँथे। प्रहरीले अर्बिटको अफिसमा काम गरिरहेका कर्मचारीहरूलाई पनि पक्राउ गरेको छ।, काठमाडौं-२९ रानीबारी बस्ने २२ वर्षीया आमिन खड्का, लमजुङकी २२ वर्षीया करण गुरूङ, बनेपा घर भई भक्तपुर राधेराधे बस्ने ३५ वर्षीय अनोज लामा र उदयपुर घर भई कालोपुल बस्ने २० वर्षीया आरूषी राई पक्राउ परेका छन्।, यस्तै नुवाकोट घर भई बानियाँटार बस्ने २१ वर्षीया युविना तामाङ, रानीबारी बस्ने २३ की आरस तुलाधर, दोलखा घर भई डल्लु बस्ने २६ वर्षीया सपना मग्राती, सुर्खेत घर भई लोकन्थली बस्ने १९ वर्षीय टीका राउत, झापा घर भई सिफल बस्ने २४ वर्षीय सुनिता राउत र नुवाकोट घर भई रानिबारी बस्ने सागर श्रेष्ठ पनि पक्राउ परेका छन्।, प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानअनुसार कर्मचारीहरूलाई थोरै पैसामा काम गराएको देखिन्छ। दुई जना भारतीय भने पाँचतारे होटलको सुविधा लिएर बसिरहेका थिए।, पक्राउ परेका नेपाली कर्मचारीहरूको काम अमेरिका, क्यानडालगायत देशका नागरिकहरूसँग कुराकानी गर्ने हो।, ब्युरोको अनुसन्धानबाट उनीहरूले विशेषगरी अमेरिकी नागरिकलाई निशाना बनाएको देखिन्छ। अमेरिकी नागरिकमा पनि सबैलाई भने उनीहरूले निशाना बनाउँदैनथे।, उनीहरूले पेन्सन भएर बसेका, वृद्ध-वृद्धा, एक्लै बसोबास गरिरहेका व्यक्तिलाई निशाना बनाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक अर्यालले बताए।, 'यस्ता व्यक्तिहरूलाई टार्गेट गरेर ल्यापटप, डेस्कटप, मोबाइलमा एउटा सूचना पठाउँछन्,' उनले भने, 'युवाहरूले बुझेर नक्कली हो भनेर थाहा पाउँछन् भने बुढाबुढीले थाहा नपाएर ठगिएको अवस्था छ।', त्यो सूचनामा माइक्रोसफ्ट विन्डोजको ट्याग हालेर पठाउँथे। जसमा लेखिएको हुन्थ्यो, 'पोर्नोग्राफिक अलर्ट (अश्लीलजन्य सामग्रीको चेतावनी)। सुरक्षाका कारण तपाईंको कम्प्युटरलाई ब्लक गरिएको छ।', यसरी अनाधिकृत रूपमा पहुँच पुर्याएर सन्देशसँगै एउटा नम्बर पनि दिइएको हुन्थ्यो। त्यो नम्बरमा डायल गर्यो भने काठमाडौंको धुम्बाराहीको कल सेन्टरमा फोन आउँथ्यो।, 'गिरोहले एउटा नम्बर बनाएर राखेको छ। पीडितले त्यसमा फोन गर्यो भने काठमाडौंको कल सेन्टरमा आउँथ्यो। त्यो मान्छे अमेरिकाको जुनसुकै ठाउँमा भए पनि फोन काठमाडौंमै आउँथ्यो,' अर्यालले भने।, उनीहरूले गोएजेन्ट भन्ने एपको प्रयोग गरेर यस्तो सिस्टम बनाएको उनले बताए। त्यसरी फोन आएपछि कल सेन्टरमा बसेका व्यक्तिहरूले समस्याको समाधान गर्ने भन्दै अर्को एउटा वेबसाइट खोल्न लगाउँथे।, कलसेन्टरबाट '२४७ केयर डट युएस' नामको बेवसाइट खोल्न भन्थे। त्यसलगत्तै भारतबाट ती व्यक्तिलाई एउटा कोड गइसकेको हुन्थ्यो। कोड हालिसकेपछि भने ती व्यक्तिलाई थप फसाउँदै जाने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।, 'कोड हालेपछि पीडित व्यक्तिको कम्प्युटरको स्क्रिन नै धुम्बाराहीमा बस्ने कर्मचारीको स्क्रिनमा देखिने सिस्टम हो,' उनले भने, 'यसरी देखिँदा पीडितलाई थाहा हुँदैन। फेरि कुरा गर्दागर्दै केही कारणवश फोन काटियो भने पनि फेरि अर्को प्रविधिको प्रयोग गरेर त्यही व्यक्तिलाई फोन गर्थे।', फेरि फोन गर्नको लागि उनीहरूले एक्सलाइट एपको प्रयोग गर्थे। त्यसपछि कल सेन्टरबाटै पुन: तपाईंको खाता ह्याक भएको छ भन्ने सूचना पठाइन्थ्यो। जसले गर्दा पीडित थप आत्तिने गर्छन्।, कल सेन्टरबाट कुराकानी गर्ने व्यक्तिहरूले पनि आफूहरू माइक्रोसफ्ट वा गुगललगायत कम्पनीबाट कुराकानी गरिरहेको बताउँथे। के-के भन्ने भनेर भारतबाट बुँदा बनाएर नेपाल पठाइएको थियो।, 'भारतबाट नै तयार पारेर केही बुँदाहरूको स्क्रिप्ट पठाइएका छन्। जसको पालना गर्दै गएपछि त्यो कम्प्युटर आफ्नो नियन्त्रणमा लिन सकिन्छ,' अर्यालले भने,'त्यसपछि तपाईंले आफ्नो बैंक खाता हेर्नुहोस्। कुनै आपराधिक गतिविधिमा संलग्न रहेछ भनेर विश्वास दिलाउँछ। त्यसपछि बैंक खाताको नाम, पासवर्ड, जिप कोडलगायत विवरण सबै यता कल सेन्टरमा आइसकेको हुन्छ।', त्यो विवरणहरू निसानको हातमा पर्छ। उनले त्यो विवरण भारतमा पठाएपछि बैंकबाट पैसा निकालिन्थ्यो।, यसले विश्वव्यापी आपाराधिक सञ्जालको रूपमा स्क्याम सञ्चालन भइरहेको देखाएको उनले बताए।, यसरी सञ्चालन भइरहेको धन्दामा भारतीय कम्पनीसँग कुनै सम्झौता भएको देखिन्न। तर यहाँको कल सेन्टर सबै भारतकै कम्पनीको नियन्त्रणमा छ।, यसरी उनीहरूले कयौं व्यक्तिहरूबाट लाखौं ठगी गरिसकेको प्रहरीको अनुमान छ। दुई महिनादेखि सञ्चालनमा रहेको यो कम्पनीले धेरैजसो अमेरिकी नागरिकलाई ठगेको खुले पनि यकिनसाथ कति जनाबाट कति ठगेको भन्ने खुलिनसकेको प्रहरीको भनाइ छ।, अहिले ठगिएको भनिएका अमेरिकी नागरिकहरू कोही पनि प्रहरीको सम्पर्कमा छैनन्। तर, उनीहरूले नेपालमा बसेर आपराधिक क्रियाकलाप गरिरहेको हुँदा अनुसन्धान गरी पक्राउ गरेको ब्युरोले जनाएको छ।, 'यहाँ नेपालमा बसेर यस्तो काम गर्दा सहज हुन्छ। टेक्नोलोजीसम्बन्धी भएको हुँदा प्रहरीले थाहा पाएर केही गर्न सक्दैन भनेर गरेको पनि हुनसक्छ,' अर्यालले भने।, प्रहरीले बरामद गरेको प्रमाणहरूबाट पनि यो कुरा थाहा हुने उनी बताउँछन्। प्रारम्भिक अनुसन्धानकै क्रममा भएको हुँदा यो कुरा विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए।, प्रहरीले पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाएको छ।, उनीहरूमाथि सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।, अहिले नेपालमा पनि अनलाइन सेवाहरू सञ्चालनमा आइरहेको र यस्तै स्क्यामहरू हुनसक्ने भन्दै सतर्क रहन ब्युरोले आग्रह गरेको छ।,
अमेरिकनलाई ठग्न काठमाडौंमा 'कल सेन्टर', भारतमा हेडक्वार्टर
|
सेतोपाटी संवाददाता कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन्।, प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्ने क्रममा पहिरोले बगाएको हो। भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन्। , पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।, हराएको भारतीय नागरिकको खोजी जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंङ शाहीले जानकारी दिए।,
पहिरोले बगाउँदा कपिलवस्तुमा दुई भारतीय नागरिक बेपत्ता
|
रासस भक्तपुर नगरपालिका दरबारक्वायर परिसरको पूर्वी चोकको उत्तरतर्फ रहेको ऐतिहासिक शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरानो ‘बो’ सिंह अर्थात् उड्ने सिंह पुनः स्थापना गरिएको छ। , विसं १९९० को महाभूकम्पमा भत्किएपछि शिखर शैलीको उक्त मन्दिरलाई फर्सी आकारमा निर्माण गरिएपछि फर्सी देवका रुपमा चिनिँदै आए पनि विसं २०७२ को भूकम्पले मन्दिर पुनः भत्किएको थियो।, अहिले १९९० साल भन्दा अगाडिकै स्वरुपमा शिखर शैलीमा मन्दिर पुनःनिर्माण भइरहेको छ । हाल पुनःनिर्माणको अन्तिम चरणमा पुगेको उक्त मन्दिरमा मल्लकालीन बो सिंह अर्थात् उड्ने सिंह पुनः स्थापना गरिएको हो । , राजा जयप्रकाश मल्लको पालामा विसं १७०७ मा बनेको ऐतिहासिक नीलकण्ठेश्वर महादेवका नाममा समेत चिनिने शिलु महादेव मन्दिरमा बाजागाजाका साथ बो सिंहलाई ल्याएर पुनःस्थापना गरिएको छ । भक्तपुर दरबारस्क्वायरको गोसाईं कुण्डका रुपमा समेत चिनिने यो मन्दिरको चारैतर्फ रहेको उड्ने सिंह स्थापना गरिएको थियो।, विसं १९९० सालको भूकम्पमा मन्दिर भत्किएपछि ८८ वर्ष अगाडि दुई वटा सिंहलाई भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकामा र दुई वटालाई भक्तपुर नगरपालिका–७ गोल्मढीस्थित गःहिटी (ढुङ्गे धारा)को दायाँबायाँ राखिएको थियो। , भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरको पहलमा बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको हो। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापना गरिदिएर ऐतिहासिक सिंहलाई त्यहाँबाट झिकेर पुनः शिलु महादेव मन्दिरमै पुनःस्थापना गरिएको कार्यालयकी प्रमुख अरुणा नकर्मीले जानकारी दिइन्।, मन्दिरको पेटीका पाँचमध्ये तीन तहमा जोर जनावर राख्ने परम्परा लिच्छिवी तथा मल्लकालदेखि रहँदै आएको छ। शिलु महादेव मन्दिरमा सबभन्दा तल हात्ती, त्यसको माथि दोस्रो तहमा सिंह र सोभन्दा माथि साँढे राखिएका छन्। मन्दिरका देवताको पहरेदारको रुपमा ढोका वा सिँढीमा सिंह र अन्य जनावर राख्ने ऐतिहासिक परम्परा हो। यसलाई धार्मिक आस्थासँग पनि जोडिने गरिन्छ । ,
,
नेवारी भाषामा शिलुलाई गोसाइँकुण्ड भनिन्छ। स्थानीयवासीका अनुसार गोसाइँकुण्ड जान नसक्ने बालबालिका, ज्येष्ठ सदस्य एवं अशक्त भक्तजनका लागि यो मन्दिर १७ औं शताब्दीतिर बनेको हो। , करिब चार करोडको लागतमा पुनःनिर्माण भएको यस मन्दिरको दायाँबायाँ अन्य दुई मन्दिर पनि रहेको पुराना तस्बिरमा देख्न पाइन्छ। विसं १९९० अगाडि यस मन्दिरको बायाँपट्टि कुनामा हरिशङ्करको मन्दिर रहेको थियो । जसलाई नेपाल भाषामा लाँ पाँ देग अर्थात् बाटो छेकेर बनाइएको मन्दिर वा देवल भनेर चिनिने यो मन्दिर भने अहिले यहाँ देखिँदैन । , यो मन्दिर १९९० सालको भूकम्पमा भत्किएपछि नयाँ नबनाउँदा मन्दिर देख्न पाइँदैन भने यहाँको मूर्ति राष्ट्रिय कला सङ्ग्रहालय, भक्तपुरमा राखिएको छ। शिलु महादेव मन्दिरको दायाँतर्फ भने भूइँ तलामा दक्षिणामूर्तिको मन्दिर र माथिल्लो तलामा भक्तपुरको दिगु तलेजुका मन्दिर रहेको संस्कृतिविदहरूको भनाइ छ। ,
,
विसं १९६५ र १९९० को भूकम्पमा धराशायी बनेका तीन तले माथि गुम्बज शैलीको ती मन्दिर पनि १९९० सालपछि पुनःनिर्माण नहुँदा तस्बिरमा मात्रै देख्न पाइन्छ।,
भक्तपुरको शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरोनो ‘बो’ सिंह पुनःस्थापना
|
सेतोपाटी संवाददाता बुटवलको तिनाउ नदीमा बुटवलका एक व्यक्तिको शव फेला परेको छ।, सोमबार बिहानै बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरस्थित तिनाउ नदीको किनारमा एक वयस्क पुरूषको शव फेला परेको थियो।, उक्त शव बुटवल-११ बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपालीको रहेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार शवको पहिचान भए पनि उनको मृत्यु कसरी भयो भन्नेबारे खुल्न सकेको छैन।, तिनाउ नदीको बीचमा थुप्रिएको गेग्रानमाथि नेपालीको शव घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।, सोमबार बिहानै बुटवलमा ठूलो पानी परेको र तिनाउ नदीमा आएको बाढीले बगाएर ल्याउने दायरा समात्ने जाने क्रममा नेपालीलाई बाढीले बगाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।, यद्यपि घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए।,
तिनाउमा भेटियो एक पुरूषको शव
|
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा बाटोको नयाँ ट्रयाक खन्ने क्रममा एक कसौडी गाडेको धन फेला पार्ने जेसिबी चालक छुटेका छन्। , आवश्यक परेको खण्डमा हाजिर हुने गरी चौधरीलाई छोडिएको प्रहरीले जनाएको छ। , असार १ गते दिउँसो बाटो खन्ने क्रममा तुलसीपुर– १५ मलवारका २५ वर्षीय सुवाशचन्द्र चौधरीले धातुको कसौडीमा गाडेको अवस्थमा दुई सय वर्ष पुराना सिक्का फेला परेका थिए। , गाउँलेहरूले आपसमा रकम संकलन गरी मिलेर नयाँ बाटो खन्ने क्रममा स्थानीय शोभा भण्डारीको खेतमा गाडेको धन फेला परेको थियो। , कसौडीमा फेला पारेका पाँच सय ३७ थान चाँदीका प्राचीन सिक्कामध्ये ७६ वटा भारतीय सिक्का छन्। , ती सिक्का ब्रिटिस सरकारको पालामा सिक्काहरू हुन्। त्यस्तै, चार सय ६१ वटा श्री ३ लेखेका सिक्काहरू फेला परेका छन्। , जेसिबी चालकले गाडेको धन निकाल्ने क्रममा घटनास्थलमै खसेका श्री ३ लेखेका सात वटा सिक्काहरू जेसिबीका सहचालकले फेला पारेर आफ्नो घरमा लगेर राखेको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले सेतोपाटीलाई बताएका थिए। , चौधरीको जेसिबीभन्दा पछि-पछि बाटो खन्ने काम गरिरहेका सल्यान कपुरकोटका अर्का जेसिबी चालक राजन खड्काले गाडेको धन फेला परेको कुरा जग्गा धनी भण्डारीलाई भनेका थिए। , भएको सहमति अनुसार चौधरीले भागबन्डा नदिएपछि खड्काले गाडेको धन फेला परेको र त्यो सबै धन चौधरीले लगेर गएको कुरा गाउँलेलाई भनेका थिए। , घटना बुधबारको भए पनि सूचनाको आधामार पुगेको प्रहरीले चार दिनपछि शनिबार दिउँसो चौधरीको घरबाट ऐतिहासिक सिक्का बरामद गरेको थियो।, साथै, चौधरीलाई समेत पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राख्दै आइएको थियो। , बोलाएको समयमा उपस्थित हुने गरी चौधरीलाई आइतबार बेलुकी छोडिएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक शाहीले बताए।, फेला परेका सिक्का परीक्षणका लागि पुरातत्व विभागबाट कर्मचारी दाङ आउने भएका छन्।, यो पनि:, तुलसीपुरमा बाटो खन्दा भेटियो दुई सय वर्ष पुराना एक कसौडी चाँदीका सिक्का (भिडिओ),
,
बाटो खन्ने क्रममा एक कसौडी चाँदीका सिक्का भेटाउने जेसिबी चालक छुटे
|
सेतोपाटी संवाददाता नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-७ घर भई काठमाडौंको वनस्थली बस्ने ३७ वर्षीय विकास अमगाई, काभ्रे पनौती घर भई छाउनी बस्ने ३७ वर्षीय राजकुमार हुमागाईं र गोरखा भिमसेन थापा गाउँपालिका-८ घर भई वनस्थली बस्ने ४० वर्षीय मोहन पुडासैनी छन्।, विभिन्न व्यक्तिहरूले कीर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्ने सूचना पाएपछि कार्यालयको टोली खटिएको थियो।, सो टोलीले गत शुक्रबार राजकुमार हुमागाईंलाई महाराजगन्जबाट नक्कली प्रमाणपत्रसहित पक्राउ गरेको थियो। , प्रहरीले उनीहरूबाट अर्को व्यक्तिको नामको पनि प्रमाणपत्र बरामद गरेको छ।, उनीबाट स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र बरामद गरेको छ। , त्यसपछि प्रहरीले नक्कली प्रमाणपत्र बनाउने अरूलाई बागबजारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , तीनै जनामाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ।,
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीन पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिलन केसी केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई भेटेको घटनाको छानबिन सकिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको हो। , छानबिन समितिले डिएसपी केसीलाई प्रहरी नियमावली अनुसार कारबाही गर्न सिफारिस गरेको परिसर प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए। उनलाई विभागीय कारबाहीको सिफारिस भएको हो। , छानबिन समितिले डिएसपी केसीको कारागारमा गलत मनसायले नपुगेको देखाएको छ। तर उनले पदीय दुरूपयोग गरेको ठहर गरेको छ। डिएसपी केसी आफैंले नै बस्नेतलाई नभेटेको पनि प्रतिवेदनमा उल्लेख छ। , ‘आफैंले नभेटे पनि आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई भेटाउन मान्छे लिएर जानु, आफ्नो क्षेत्राधिकार छाडेर जाँदा आफूभन्दा माथिल्लो निकायमा जानकारी गराउनुपर्छ,’ एसएसपी गिरीले भने, ‘यो कामले जाँदै छु भनेर जानकारी गराएको पनि देखिएन।’, आपराधिक पृष्ठभूमिका मानिसलाई अनुसन्धानको शिलशिलामा भने भेट्न पाइने उनी बताउँछन्। त्यसबाहेक त्यसरी कारागार गएर भेट्ने गतिविधि व्यवसायिक नदेखिएको उनले बताए। डिएसपी केसीले यस विषयलाई हल्का रूपमा लिएर कारागार पुगेको अनुसन्धान समितिको ठहर छ।, प्रतिवेदनअनुसार उनलाई कारबाही गर्ने प्रक्रिया पनि अघि बढिसकेको एसएसपी गिरीले बताए। , समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन्। उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। डिएसपी केसी जेठ २९ गते आइतबार सुन्धारास्थित कारागार पुगेका थिए।, एक जना व्यक्तिलाई लिएर डिएसपी केसी उनलाई भेट्न गएको भन्ने कुरा बाहिरिएको थियो। , त्यसपछि अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो भने अनुसन्धानको लागि उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय रानीपोखरी तानिएको थियो। , अहिले उनको सट्टामा प्रहरी वृत्त स्वयम्भूमा कसैलाई पठाइएको छैन। ,
हत्या आरोपीलाई भेट्न जेल गएका डिएसपी केसीलाई विभागीय कारबाही सिफारिस
|
रासस बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाएको छ।, बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको प्रश्नमा आयोजना प्रमुख कुलप्रसाद पौडेल र लिफ्ट खानेपानी आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रमुख वृहस्पति गौतमले उक्त प्रतिबद्धता जनाएका हुन्। , लामो समयदेखि अलपत्र परेको आयोजना समयमै पूरा नहुँदा नगर क्षेत्रमा पानीको समस्या भएपछि नगरपालिकाले चासो दिएको हो।, ‘जनताले छिटो र गुणस्तरीय पानी खान पाउनुपर्छ’ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने,‘कुनै पनि बहानामा ढिला गरिने काम स्वीकार्य छैन।’, उनले पुस मसान्तपछि एक दिन पनि जनताले कुर्न नसक्ने समेत बताए।, ठेकेदार गौतमले भने इलेक्ट्रोनिक्स सामग्री एलसी खोलेर ल्याउनुपर्ने भएकाले राज्यका निकायले एलसी खोल्ने काममा साथ दिनुपर्नेमा जोड दिए।, ‘कतिपय अवस्थामा एलसी खोल्न र सामग्री ल्याउने काममा भन्सारमा समस्या हुन्छ, त्यसैले सरकारी निकायले सहजीकरण गरिदिनुपर्छ’ उनले भने, ‘काम ८० प्रतिशत सकिएको छ, अब सामान फिटिङ र रङ्गरोगनको काम मात्र भएकाले समयमै सम्पन्न गर्न सकिन्छ।’, ठेकेदार गौतमले एलसी खोलेपछि तीन महिनामै सामान ल्याउन सकिने बताए। , आयोजना प्रमुख पौडेलले ढिला भए ठेकेदारलाई कारबाही गरिने बताए।, उनले कानुनी रूपमा कारबाही गर्नपर्ने स्थिति सिर्जना नभएसम्म दबाब मात्र दिन सकिने बताए।, ‘अब भने कानुनी रूपमा कालो सूचीमै राख्न सकिने अवस्था आउँछ’ उनले भने, ‘भौगोलिक कठिनाइका कारण कतिपय काम ढिला भएको हो।’, बानपा–३ को कैलाम पोखरीबाट लिफ्टमार्फत् भीरलाकुरी लगेर बजार क्षेत्रमा पानी खुवाउने योजना छ। , बागलुङ बजारमा हाल वितरित पानी धमिलो र गुणस्तरहीन भएकाले उपभोक्ताले विरोध गर्दै आएका छन्।, स्वच्छ पानीका लागि आन्दोलन गरेका उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि प्रशासनले स्वच्छ पानी खुवाउनका लागि पहल गर्दै उपभोक्ताको हितमा काम गर्न समितिलाई निर्देशनसमेत दिएको छ।, सदरमुकामदेखि झण्डै १२ किमी पश्चिमको भुँदीखोला र रेशखोलाबाट ल्याइएको पानी बागलुङ बजारमा वितरण गरिएको छ।, उक्त पानीको पाइपलाइन पटक–पटक बिग्रेर मर्मत गर्दा लामो समयसम्म बजारमा खानेपानी अभाव हुँदै आएको छ।, हाल पानी आइरहेको मुहान खुला भएको र पहाडी क्षेत्रबाट आउने भल सोझै पस्ने भएकाले धमिलो पानी आउने समितिका उपाध्यक्ष नीरज शाक्यले बताए।, आइतबार नगरप्रमुख श्रेष्ठ सहितको टोलीले पानीको मुहान अवलोकन गरेर तत्काल सफा पानी खुवाउने अवस्था सिर्जना गर्न समिति, प्राविधिक र आयोजना समेतलाई आग्रह गरेका थिए।,
पुसभित्र नगरवासीले पाउलान् त शुद्ध खानेपानी?
|
सुदीप श्रेष्ठ छ महिनापछि छोरीसँग सुन्धारा घुम्दा म आजको दिन सम्झिँदै हुनेछु, जब मनसुनको सिमसिमे झरीमा रूझ्दै पुनर्निर्माण हुँदै गरेको सुन्धारा क्षेत्र रिपोर्टिङ गर्न आएको थिएँ।, सुन्धारा आजभन्दा बिल्कुलै फरक छ।, यहाँ ४२ रोपनीको खुला पार्क छ जहाँ मध्यम उचाइका रूख, हरिया बुट्यान र रंगीबिरंगी फूलहरू छन्।, रूखको छहारीमा सुस्ताइरहेका बूढाबूढीको हाँसो र बल आसपास खेलिरहेका केटाकेटीको किलकारी पार्कभरि गुञ्जिएको छ।, युवायुवती कोही कम्मरमा हात बाँधेर, कोही एकअर्काका हात अँठ्याएर कछुवाभन्दा सुस्त हिँड्दै छन्।, मेरी छोरी छेउको भिडतिर इसारा गर्छे — त्यहाँ नयाँ धरहरा चढ्न टिकट काट्नेहरूको घुइँचो छ।, कतिले यसलाई झिल्के टावर भन्छन्। कतिले नक्कली धरहराको नाउँ दिएका छन्। तर यो टावरले २२ तलाको उचाइबाट काठमाडौं हेर्ने धेरैको धोको मेटेको छ।, म तलबाट देख्छु, अठारौं तलाको ‘अब्जरभेसन डेक’ मा मान्छेका छाया सल्बलाइरहेका छन्।, उनीहरूका आँखाबाट हेर्दा तल जमिनमा उभिएका हामी कीराजस्ता सल्बलाइरहेका हुँदा हौं!, ‘हामी आज धरहरा चढ्दैनौं,’ म छोरीलाई फकाउँछु र पछाडिको ठुटे धरहरातिर लैजान्छु।, यो भुइँचालोमा ढलेको ‘सक्कली’ धराहराको अवशेष हो। यसलाई भित्रभित्र रेट्रोफिट गरेर बाहिरबाहिर रसायनको लेप दलिएको छ। पहिले यो अवशेषलाई सिसाले छोपेर राख्ने भनिएको थियो। पुरातत्वविदहरूले ऐतिहासिक सम्पदा छोप्न हुँदैन भन्ने राय दिएपछि ह्वांगै छाडिएको छ र घामपानीबाट जोगाउन रसायन लेपन गरिएको छ।, ठुटे धरहरामुनि भुइँचालोमा ज्यान गएकाहरूको नाउँ कुँदेर ‘मेमोरियल’ निर्माण गरिएको छ।, हामी त्यो मेमोरियल र ठुटे धरहरा पृष्ठभूमिमा राखेर सेल्फीहरू खिच्छौं र मल्लकालीन लुँहिति अर्थात् सुन्धारातिर झर्छौं।, लुँहितिका तीनटा धाराबाट कलकल पानी आउँदैछ। केटाकेटीहरू पानी छ्यापाछ्याप खेल्दै छन्। उनीहरूको आधा ज्यान लुछुप्पै भिजेको छ। माथि तहतह डिलमा हरिया घाँस उम्रेका छन्। केटाकेटीका आमाबाबु घाँसमाथि बसेर गफिँदै छन्, सँगसँगै पानीमा रमाइरहेका नानीहरूको रखवारी गर्दैछन्।, यहाँ अचेल बाह्रैमास, चौबीसै घन्टा पानी झर्छ। मेरी छोरी केही बेर पानीसँग खेल्छे, फोटो खिच्छे।, म माथि तहतह डिलमा उभिएर छोरी रमाएको हेरी बस्छु।, छ महिनापछि सुन्धारा पुगेर यी सब अनुभव गर्दा म आजको दिन सम्झिँदै हुनेछु, जब पुनर्निर्माण हुँदै गरेको सुन्धाराबारे रिपोर्टिङ गर्न इञ्जिनियर सञ्जय नकर्मीलाई भेट्न आएको थिएँ।, निर्माण कम्पनी रमन कन्स्ट्रक्सनका इञ्जिनियर नकर्मीका अनुसार सुन्धारा पुनर्निर्माणको काम ८० प्रतिशत सकिएको छ।, तीन अर्ब आठ करोड रूपैयाँ लागतको यो आयोजनामा अहिलेसम्म दुई अर्ब २० करोडका काम सकिएको उनले जानकारी दिए।, ‘असोजसम्म संग्रहालयबाहेक सबै काम पूरा हुनेछन्,’ उनले भने, ‘आउँदो दसैंदेखि सर्वसाधारणका लागि खुला गर्ने गरी औपचारिक उद्घाटन गर्ने तयारी छ। संग्रहालयको काम भने पुससम्म सकिन्छ।', पुनर्निर्माणको अन्तिम चरणमा पुगेको सुन्धारा क्षेत्रमा अहिलेसम्म के के काम सकियो? के के बाँकी छ?, नकर्मीले यसबारे सविस्तार वर्णन गरे।, सबभन्दा पहिला लुँहितिको कुरा गरौं जहाँ पहिलेजस्तै पानी आउँछ कि आउँदैन र आए पनि कसरी आउँछ भन्ने सबैलाई चासो छ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पानी आपूर्तिका तीन विकल्प अघि बढाएको थियो।, प्राधिकरणले नयाँ धरहरासहित करिब ६० प्रतिशत काम सकेर सहरी विकास मन्त्रालयलाई जिम्मा लगाएको थियो। हस्तान्तरण गर्नुअघि प्राधिकरणले तय गरेका विकल्प यस्ता छन्–, एक, यही ठाउँमा बोरिङ गरेर भूमिगत पानी प्रयोग गर्ने।, दुई, खानेपानी पाइपलाइन जोडेर आपूर्ति गर्ने।, तीन, बर्खा बेला टुँडिखेलमा जम्मा हुने भूमिगत पानी संकलन गरी यहाँ पठाउने।, यसमध्ये बोरिङको काम पूरा भइसकेको छ। तर सम्पदा संरक्षण अभियन्ताहरूले सांस्कृतिक महत्वको सुन्धारामा बोरिङ नगर्न आवाज उठाएपछि यो विकल्पमा नजाने निर्णय भइसकेको छ।, बोरिङको पानी प्रयोग नगर्ने भएपछि दुइटा विकल्प रहन्छन् — खानेपानीको पाइप जोड्ने वा टुँडिखेलबाट आपूर्ति गर्ने, नकर्मीले भने, ‘हामी दुइटै विकल्पमा सँगसँगै काम गरिरहेका छौं।’, उनका अनुसार टक्सार विभागले प्रयोग गरिरहेको खानेपानी पाइप यहाँ पहिलेदेखि छ। त्यसैमा मेलम्ची प्रणाली जोडेर नियमित पानी आपूर्ति गर्न सकिन्छ।, ‘यसबाट तीन महिनामै सुन्धारामा पानी खसाल्न सकिन्छ,’ नकर्मीले भने, ‘दीर्घकालीन रूपले आपूर्ति गर्न टुँडिखेलको भूमिगत पानी तानेर सुन्धारामा झार्ने तयारीमा छौं।’, यसका लागि पुनर्निर्माण प्राधिकरणले टुँडिखेलको कुन भागमा पानीको सतह कति छ भनेर परीक्षण गरेको थियो। तल्लो भाग अलिकति भिरालो भएकाले पानीको सतह कम पाइएको छ। लाजिम्पाटदेखि टुँडिखेलको महांकालसम्म पानीको सतह धेरै छ।, प्राधिकरणले महांकाल मन्दिर पछाडि खनेर हेरेको थियो। करिब १७ फिट खन्दा पानी फेला परेको थियो। त्यसै आधारमा महांकाल पछाडि इनारहरू खनेर त्यहाँको पानी सुन्धारा ल्याउने तयारी भइरहेको छ।, टुँडिखेलको पानी प्रयोग गर्न थप अध्ययन जरूरी भएको नकर्मी बताउँछन्।, ‘पहिले हामीले सुख्खा याममा परीक्षण गरेका थियौं,’ उनले भने, ‘भूमिगत पानीको सतह सिजनअनुसार फरक पर्छ। हरेक महिना र हरेक सिजनमा पानी कति हुन्छ भन्ने हिसाब निकाल्नुपर्छ। सबभन्दा कम पानी हुने सिजनमा कति आपूर्ति हुन्छ र त्यसको निम्ति कति गहिरो खन्नुपर्छ भन्ने थाहा भएपछि मात्र इनार खन्ने काम अघि बढ्छ।’, टुँडिखेलमा इनार खन्न प्राधिकरणले नेपाली सेनासँग पत्राचार गरेको थियो। सहरी विकास मन्त्रालयको जिम्मामा आएपछि उसले पनि सेनासँग पत्राचार गरिरहेको छ।, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही दिनअघि सुन्धारा निरीक्षण गर्दा टुँडिखेलमा इनार खन्नेबारे प्रधानसेनापतिसँग कुराकानी भइसकेको बताएका थिए। उनले काम अघि बढाउन सेनापतिलाई ‘फोन गरिदिने’ जानकारी पनि आयोजनाका अधिकारीहरूलाई दिएका थिए।, ‘बालेन शाहले त्यसो भनेपछि सेना एक्टिभ छ। हामीले छिट्टै महांकाल पछाडि पानीको सतह जाँच्न पायौं भने इनार खन्ने काम सुरू गरिहाल्न सक्छौं,’ नकर्मीले भने, ‘विस्तृत रिपोर्ट आइसकेपछि कतिवटा इनार खन्नुपर्छ भन्ने तय हुनेछ।’, ‘त्यो पानी सुन्धारासम्म कसरी ल्याउने त?’, यो प्रश्नमा नकर्मीले भने, ‘पाइपलाइनबाट। पहिले हुन्थ्यो भने सडक खनेर पाइप बिछ्याउनुपर्थ्यो। सधैं व्यस्त रहने सडक खन्नुपर्ने भएकाले योजना थाती रहँदै आएको थियो। अब सडक खन्नुपर्दैन।’, ‘सडक नखनी कसरी ल्याउने त?’, ‘नयाँ प्रविधि आएको छ,’ उनले भने, ‘सडक खन्दै नखनी जमिन मुनिमुनिबाटै पाइप बिछ्याउन मिल्छ। यसलाई चाहिने मेसिन हाम्रो कन्स्ट्रक्सनले झिकाइसकेको छ। त्यो मेसिनको पहिलो प्रयोग सुन्धारामै हुन्छ होला।’, मान्छेको शरीरमा ‘इन्डोस्कोपी’ गर्दा जसरी मुखको बाटो हुँदै पेटसम्म पाइप घुसारिन्छ, त्यसरी नै टुँडिखेलबाट जमिनमुनि छिराएको पाइप सिधै सुन्धारामा निकाल्न सकिँदो रहेछ।, ‘यो विधि अलि खर्चिलो भए पनि समय बचत हुन्छ। व्यस्त सडकको आवागमनमा समस्या आउँदैन, काम गर्न सजिलो हुन्छ,’ उनले भने।, टुँडिखेलबाट तानेको पानी जम्मा गर्न सुन्धाराको ठ्याक्कै पछाडि ट्यांक निर्माण गरिनेछ र आवश्यकताअनुसार सुन्धारामा पानी खसाल्ने योजना छ, नकर्मीले भने, ‘टुँडिखेलबाट बाह्रै महिना पानी आपूर्ति नहुन सक्छ। त्यो बेला खानेपानी पाइप जोडेर भए पनि सुन्धारामा पानी झार्न सकिन्छ।’, यो योजना पूर्ण रूपमा कार्यान्वयन गर्न बजेटको समस्या भएको उनले बताए।, ‘पुनर्निर्माणका लागि तोकिएको कामको विवरणमा सुन्धारा सफा गर्ने, त्यहाँ टुटफुट भएका वा हराएका ढुंगा पुनर्स्थापना गर्ने र सुन्धाराका पाँच धारामध्ये तीनटामा सुनको जलप लगाउने मात्र परेका छन्। टुँडिखेलमा इनार खनेर पानी तान्ने काम मास्टरप्लानमा छ तर हामीलाई दिइएको विवरणमा छैन। त्यसैले यो काम गर्न थप समय र बजेट लाग्न सक्छ,’ उनले भने।, यसबारे मैले आयोजना निर्देशक कोषनाथ अधिकारीसँग कुरा गरेँ।, पानी आपूर्तिका सबै विकल्प तयार भए पनि कुन रोज्ने तय नभएकाले निर्माण कम्पनीलाई दिइएको विवरणमा समावेश नगरिएको उनको भनाइ छ।, ‘यो आयोजना धरहरा बनाउने र त्यस वरिपरिको पाँच रोपनी क्षेत्र पुनर्निर्माण गर्ने गरी सुरू भएको थियो,’ उनले भने, ‘समयक्रममा आयोजना विस्तार हुँदै आज ४२ रोपनीमा काम हुँदैछ। त्यसैमा सुन्धारा जिर्णोद्धार गरी पहिलेजस्तै कलकल पानी झार्ने योजना पनि परेको छ।’, उनले अगाडि भने, ‘निर्माण कम्पनीलाई दिएको विवरणमा छ कि छैन भन्नेले सुन्धारामा पानी झार्ने योजनामा समस्या आउँदैन। थोरै बजेट तलमाथि भए पनि समायोजन हुनेछ।’, ‘उसो भए सुन्धारामा कहिलेसम्म पानी झर्छ?’ मैले नकर्मीलाई सोधेको प्रश्न आयोजना निर्देशक अधिकारीलाई पनि सोधेँ।, ‘तीन महिनाभित्र सुन्धारामा पानी आउँछ,’ उनले भने, ‘सुरूमा हामी खानेपानी पाइपलाइनबाटै पानी झार्छौं। त्यसबीच टुँडिखेलको महांकालमा इनार खन्ने काम हुनेछ। टुँडिखेलमा बाह्रै महिना पानीको सतह मापन गरिसकेपछि त्यहाँबाट तानेर सुन्धारामा जोड्नेछौं।’, ‘सुन्धारामा प्राकृतिक रूपले पानी आपूर्ति गराउने बाटो यही हो। मल्लकालदेखि टुँडिखेलकै बाटो पानी झारिँदै आएको थियो। काठमाडौं मल बनाउँदा कुलो पुरियो। हामी त्यसलाई नयाँ ढंगमा पुनर्निर्माण गर्दैछौं।’, यो त भयो पानी आपूर्तिको कुरा, अब चर्चा गरौं निकासको।, कुनै पनि पोखरी वा ढुंगेधारामा पानी आपूर्तिसँगै निकासको पनि प्रबन्ध हुनुपर्छ। सुन्धारामा जम्मा हुने पानी निकास निम्ति ठाउँठाउँमा मंगाल बनाएर पहिले हुलाक कार्यालय भएको ठाउँसम्म लगिएको छ। त्यहाँ पानी जम्मा गर्न भूमिगत इनार खनिएको छ। यही इनारका कारण अहिले पनि सुन्धारामा पानी जमेको छैन।, अब प्रश्न उठ्छ, इनारमा जम्मा हुने पानी निकास चाहिँ कसरी गर्ने त?, पहिलेको योजनाअनुसार यो पानीलाई टुँडिखेलको मंगालमा पठाउने र त्यहाँबाट ढलको बाटो टुकुचामा खसाल्ने भनिएको थियो।, यसमा एउटा समस्या आयो।, सुन्धारा जमिनको सतहभन्दा तल छ। त्यसैले यहाँबाट निकास हुने पानी जम्मा गर्न जुन इनार खनिएको छ, त्यो पनि जमिनको सतहभन्दा साढे ११ मिटर गहिरो छ।, यति गहिरो इनारमा जम्मा हुने पानी मंगालमा पठाउन मेसिन प्रयोग नगरी हुन्न। पहिले दुइटा पम्पले तानेर मंगालमा पठाउने योजना थियो। स्थानीय बासिन्दा तथा सम्पदा संरक्षण अभियन्ताहरू यसमा सहमत छैनन्। पानी आपूर्ति र निकास प्राकृतिक रूपले नै हुनुपर्ने उनीहरूको माग छ। त्यसो भएन भने सुन्धाराको मौलिकता हराउने उनीहरू बताउँछन्।, विकल्प के त?, ‘यसका लागि इनारकै गहिराइमा भूमिगत ढल बिछ्याएर टुकुचा वा त्रिपुरेश्वरको विष्णुमती नदीसम्म लैजाने विकल्प छन्,’ नकर्मीले भने।, टुकुचासम्म भूमिगत ढल बिछ्याउन खर्चिलो हुनेछ। दुरी पनि लामो पर्छ। यसको दाँजोमा त्रिपुरेश्वर सजिलो विकल्प हो।, नकर्मीका अनुसार त्रिपुरेश्वरको जयन्ती पेट्रोल पम्पअगाडि अहिले नै ढलको मंगाल छ। सुन्धाराबाट पाइप बिछ्याएर त्यो मंगालसम्म पानी पुर्याउन सकिन्छ र त्यहाँबाट विष्णुमतीमा खसाल्न सकिन्छ।, सुन्धाराबाट त्रिपुरेश्वरसम्म ढल बिछ्याउने कुरा पहिले पनि उठेको थियो। यो बाटोमा जमिनभन्दा करिब चार मिटरमुनि खानेपानी र विद्युत प्राधिकरणका भूमिगत पूर्वाधार छन्। त्यही भएर साढे ११ मिटरमुनि ढल बिछ्याउन समस्या आयो।, नयाँ प्रविधिअनुसार सडक खन्दै नखनी ढल बिछ्याउन सकिने भएकाले अब यो विकल्प कार्यान्वयन गर्न सम्भव छ।, सहरी विकास मन्त्रालयले पानी आपूर्ति र निकासका सबै विकल्पबारे स्थानीय बासिन्दा, वडाध्यक्ष र परामर्शदाताहरूसँग छलफल गरिरहेको अधिकारी बताउँछन्।, ‘जमिन मुनिमुनि पाइप बिछ्याउने प्रविधि आइसकेकाले पानी आपूर्ति र निकासको व्यवस्था गर्न गाह्रो छैन,’ उनले भने।, काठमाडौं महानगरका मेयर शाह पनि पानी आपूर्ति र निकास प्राकृतिक रूपमै हुनुपर्ने धारणा राख्छन्।, उनले केही दिनअघि सुन्धारा निरीक्षण क्रममा भनेका थिए, ‘एकचोटि पानी आउन थालेपछि स्थानीयको विश्वास आर्जन हुन्छ। त्यसपछि निकास निम्ति थप प्रक्रिया अघि बढाउन सजिलो हुनेछ।’, लुँहितिपछि अब हामी कुरा गरौं धरहराको।, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्षदिनअघि नै उद्घाटन गरे पनि त्यति बेला धरहरा पूरै बनिसकेको थिएन। भर्याङ हाल्न बाँकी थियो। दुइटामध्ये एउटा लिफ्ट मात्र चालू थियो।, अहिले धरहराको काम लगभग सकिएको छ। भर्याङ पूरा भइसकेको छ भने छेउछेउमा स्टिलको ह्यान्डल राख्ने र प्रत्येक तलाको ढलानलाई तलबाट छोप्ने (फल्स सिलिङ) काम जारी छ। लिफ्ट दुइटै चालू भइसक्यो।, नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तला देखिन्छ, भित्र २२ तलाको छ। बाहिरबाट देखिने प्रत्येक एक तला बराबर भित्र दुई तला हुन्छ।, बिक्रम सम्बत् १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले यही स्वरूपको धरहरा निर्माण गराएका थिए। उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा यो स्मारक बनाएको भनाइ छ। १९९० सालको भुइँचालोमा पुरानो धरहरा भत्केपछि नौ तला मात्र पुनर्निर्माण गरियो, जुन भित्रबाट १८ तला थियो।, अहिले बाहिरी ‘आउटलुक’ जस्ताको तस्तै राखिए पनि निर्माण शैली फरक छ। विगतमा सुर्खीचुना प्रयोग गरिएको थियो। यसपालि ‘कंक्रिट’ को बनाइएको छ। सम्पदा अभियन्ताहरूले त्यही भएर यसको विरोध गर्दै आएका छन्।, नयाँ धरहराको अर्को मुख्य भिन्नता यसको भूमिगत संरचना हो।, धरहरामुनि दुई तला ‘अन्डरग्राउन्ड’ हुनेछ। सुरूमा ‘अन्डरग्राउन्ड’ झरेपछि बल्ल धरहरा चढ्ने ठाउँ पुगिन्छ। एउटा लिफ्टले आठ जनालाई माथि चढाउँछ, अर्कोले आठ जना ओराल्छ।, दुवै भूमिगत तलामा धरहराको इतिहास झल्किने सूचना सामग्रीहरू राख्ने योजना छ। यसले नयाँ पुस्तालाई धरहरा कसरी बन्यो, कुन–कुन बेला कसरी ढल्यो भन्ने इतिहास बुझाउँछ। मिनी–थिएटर पनि रहनेछ, जहाँ धरहरासम्बन्धी श्रव्यदृश्य सामग्री देखाइनेछ।, त्यस्तै सूचना केन्द्र, पर्यटकलाई धरहराका चिनो बेच्ने ‘सोभिनियर’ पसल र धरहरा चढ्नेहरूले फोटो खिच्ने स्टुडियो हुनेछ।, तपाईंहरूले दुबईको बुर्ज खलिफा, न्यूयोर्कको इम्पायर स्टेट बिल्डिङ लगायत अग्ला–अग्ला टावर चढ्नुभएको भए याद होला, त्यहाँ टुप्पोमा पुगेपछि खिचिक्क फोटो खिचिदिने मान्छे आउँछन्। तल झरेपछि फ्रेममा सजाइएको फोटो किन्न पाइन्छ। टावरकै आकृतिका ‘सोभिनियर’ बेच्ने पसलहरू पनि हुन्छन्। धरहराको ‘अन्डरग्राउन्ड’ मा ठ्याक्कै त्यस्तै बनाउने योजना छ।, दुवै भूमिगत तलामा रंगरोगन, ढलान छोप्ने र काठको काम भइरहेको नकर्मी बताउँछन्।, जमिनको सतहमा बगैंचाको संरचना र पेभिलियन निर्माणको काम जारी छ। पचास फिट अग्ला तीनटा फोहोरा बनाउने काम पनि हुँदैछ। यी सबै काम तीन महिनामा सकिनेछ।, संरचना निर्माण पूरा भएपछि बगैंचामा मध्यम खालका रूख, बुट्यान र फूलहरू रोप्ने जिम्मा नर्सरीलाई दिइनेछ। धरहरासँगै बाइस धारा निर्माण पनि हुँदैछ। यो बाइस धारा धरहराजत्तिकै पुरानो हो। पहिले सुकेको थियो, अहिले लुँहितिजस्तै ब्युँताइँदैछ।, त्यसपछि आउँछ, संग्रहालय।, पहिले जहाँ राष्ट्र बैंकको टक्सार विभाग थियो, त्यहाँ संग्रहालय बन्दै छ। तल्लो दुई तलामा ‘टक्सार संग्रहालय’ रहन्छ जहाँ पुराना सिक्का र ती सिक्का बनाउने विधि प्रदर्शन गरिनेछ। सिक्का छाप्ने पुराना मेसिन पनि प्रदर्शनमा राखिने छन्।, माथिल्ला दुई तलामा ‘भुइँचालो संग्रहालय’ रहन्छ जहाँ भुइँचालोका अवशेष सुरक्षित राखिने छन्। केटाकेटीलाई भुइँचालो कसरी जान्छ भनेर सचित्र जानकारी दिइनेछ।, संग्रहालयकै एउटा भागमा भुइँचालो अनुभव गर्ने कोठा हुन्छ जहाँ कति म्याग्निच्यूडको भुइँचालो जाँदा जमिन कसरी हल्लिन्छ र कस्तो आवाज आउँछ भनेर प्रत्यक्ष अनुभव गर्न पाइन्छ। केटाकेटीका निम्ति यो अनुभव रोचक हुनेछ।, यति मात्र होइन, धरहरा कसरी ढल्यो, काठमाडौंका अरू संरचना कसरी ढले र गाउँ–गाउँमा घरहरू कसरी ध्वस्त भए भन्ने देखाउन भिडिओ र तस्बिर प्रदर्शनमा राखिने छन्। राहत, उद्धार, पुनर्निर्माण र पुनर्स्थापना गतिविधि देखाइनेछ। भुइँचालो प्रतिरोधक घरका मोडल र बनाउने उपाय पनि प्रदर्शन गरिनेछ।, ‘अर्थ साइन्स म्युजियम’ का रूपमा बन्ने यो संग्रहालयमा जापानको प्राविधिक सहयोग रहनेछ।, उता पहिले हुलाक कार्यालय रहेको ठाउँमा ‘अन्डरग्राउन्ड’ पार्किङ बन्दैछ। यहाँ छ हजार मोटरसाइकल र छ सयभन्दा बढी कार अट्नेछन्।, ‘पार्किङमाथि जमिनको सतहमा कुनै घर बन्दैन,’ नकर्मीले भने, ‘यहाँ मुनिमुनि पार्किङ हुन्छ, माथिमाथि पार्क।’, यसबाहेक सुन्धारा क्षेत्र र कर्मचारी सञ्चय कोष भवन (काठमाडौं मल) बीचमा सडक निर्माणको काम हुँदैछ।, छ मिटर चौडा यो सडकले टुँडिखेललाई खिचापोखरीसँग जोड्छ। यहाँ एक मिटरको फुटपाथ हुनेछ। महांकालदेखि सुन्धारासम्म बिछ्याइने पानीको पाइपलाइन यही सडक छेउछेउ रहनेछ।, सडक किनार दुइटा संरचना बन्दै छन् — सेन्ट्रल युटिलिटी बिल्डिङ (सियुबी) र फुड कोर्ट। दुवै एक–एकतले भवन हुन्।, सुन्धारा क्षेत्रका लागि अग्नि नियन्त्रक, एअरकन्डिसन कन्ट्रोल र खानेपानीको सञ्चालन सियुबी भवनबाट हुनेछ। यहाँ डेढ लाख लिटर क्षमताको पानी संकलन ट्यांक छ। आगलागी भयो भने यही ट्यांकबाट स्वचालित रूपले पानी प्रवाह हुने नकर्मी बताउँछन्।, ‘यो ४२ रोपनी क्षेत्रफलमा धरहरा, संग्रहालय, फुड कोर्ट र सियुबी भवनबाहेक अरू सबै खुला स्थल हुन्,’ उनले भने।, छुट्टिने बेला मैले काठमाडौंका स्थानीय नकर्मीलाई सोधेको थिएँ, ‘सबै काम पूरा भएपछि यो ठाउँ कस्तो देखिएला त?’, जवाफमा उनले भने, ‘काठमाडौंकै सबभन्दा हेर्नलायक ठाउँ हुनेछ।’, उनले यो पनि भने, ‘म असनको मान्छे, सुन्धाराको पानीले नुहाएर हुर्केको। यहाँ फेरि कलकल पानी आउँछ र यो पूरै क्षेत्र सुन्दर बगैंचामा परिणत हुँदैछ भन्ने कल्पनाले नै म रोमाञ्चित छु।’, छ महिनापछि छोरीसँग सुन्धारा घुम्दा म पनि यहाँको दृश्य देखेर र आज नकर्मीले भनेको कुरा सम्झेर रोमाञ्चित हुनेछु।, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी,
काठमाडौंको सुन्धारामा कलकल पानी
|
सेतोपाटी संवाददाता काठमाडौंमा एक पुरूषको शव फेला परेको छ। , कागेश्वरी मनोहरा नगरपालिका-४ ढुंगेधारास्थित अन्दाजी ५० वर्षीय एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार ती पुरूषको शव ढुंगेधारास्थित खाली चौरमा आइतबार साँझ साढे पाँच बजेतिर फेला परेको हो। , ‘अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइसकेको छ,’ उनले भने, ‘शवको पोष्टमर्टमको लागि शिक्षण अस्पताल लगिएको छ।’, प्रहरी उपरीक्षक मैनालीले ती पुरूष मागेर हिँड्ने व्यक्ति भएको बताए।, घटनाबारे थप अनुसन्धान प्रहरी वृत बौद्धले गरिरहेको छ।,
काठमाडौंमा एक पुरूषको शव फेला
|
दिपकजंग शाही घरमा कोही पाहुना आउँदा अंग्रेजी भाषा बोलेर स्वागत गर्छन्। हालखबर के छ, बस्नुहोस्, पानी पिउनु हुन्छ कि– आगन्तुकलाई यस्ता कुरा अंग्रेजीमै सोध्छन्। आफ्नो परिचय अंग्रेजी भाषामै दिन्छन्। आगन्तुकको परिचय पनि अंग्रेजीमै माग्छन्।, उनी अंग्रेजी बोल्न नजान्ने वा नसक्नेका लागि नेपाली भाषामै बोल्न सहज भइदिन्छन्। उनी पनि सबै कुरा अंग्रेजीमै बोलेर पूरा गर्न सक्ने त भएका छैनन् तर सिक्ने क्रममा छन्। उनी आगन्तुकको स्वागत सत्कार गर्न; आफ्नो परिचय दिन; आफ्नो परिवार, विद्यालय र गाउँघरबारे अंग्रेजी भाषामै भन्न सक्छन्।, उनी हुन् जाजरकोटको कुशे गाउँपालिका–६, भार्मा गाउँका विनीत मल्ल।, अहिले उनी चार कक्षाका विद्यार्थी हुन् तर स्कुल जान सक्दैनन्। घरमै बसेर पढ्छन्। उनलाई पढाउन घरमै एक जना शिक्षिका आउँछिन्। ती शिक्षिकाले चार घण्टा पढाउँछिन्, केही अतिरिक्त क्रियाकलाप पनि गराउँछिन्।, विनीत १६ वर्षका भए। उनी पढ्न थालेको चाहिँ चार वर्ष भयो। सुरूमा त उनलाई आमाले बोकेर स्कुल लैजाने गरेकी थिइन्। विकट पहाडमा उनलाई बोकेर उकालो–ओह्रालो गर्न कठिन भएपछि स्कुल जान बन्द भयो। सधैं त्यस्तो फुर्सद पनि नमिल्ने भयो।, उनलाई घरमा पढाउने शिक्षिकाको व्यवस्था भने गाउँपालिका र केही संघसंस्थाले संयुक्त रूपमा गरिदिएका हुन्।, विनीत जन्मजात अपांगता भएका व्यक्ति हुन्। उनको कम्मरमुनिको भाग चल्दैन। उनलाई शरीर सम्हाल्ने काममा नै भरपर्दो सहारा चाहिन्छ।, उनकी आमा पशुपति मल्लले भनिन्, ‘सुरूमा एक वर्षसम्म त मैले उसलाई बोकेरै स्कुल लिएँ (पुर्याएँ), घरको कामले फुर्सद नमिल्दा सधैं बोकेर लिन सकिएन।’, स्कुल जान नसके पनि घरमै पढेर उच्च शिक्षा हासिल गर्ने र भविष्यमा दक्ष शिक्षक बन्ने विनीतको धोको छ।, उनी अंग्रेजी भाषाको शिक्षक हुन चाहन्छन्।, भन्छन्, ‘मलाई भविष्यमा अंग्रेजी विषयको टिचर (शिक्षक) बन्ने मन छ। अंग्रेजी मेरो रूचिको विषय हो।’, अपांगताको कारण अहिले स्कुल जान समस्या भए पनि आफू शिक्षक बन्दासम्ममा स्कुल जान सक्ने अनुकूल वातावरण बन्ने उनको अपेक्षा छ।, ‘अहिले घरमै बसेर पढ्छु,’ उनी भन्छन्, ‘म शिक्षक भएर पढाउन लाग्दासम्ममा त स्कुल जान सक्ने केही व्यवस्था होला नि।’, घरमा पढाउने शिक्षकका अनुसार विद्यालयको कक्षामा बसेर पढ्ने बालबालिकाको भन्दा विनीतको पढाइ राम्रो छ।, उनलाई पढाउने शिक्षिका विनीता हुन्। उनका अनुसार विनीत उनको कक्षाका प्रथम विद्यार्थी हुन्। उनी घरनजिकैको दुर्गादेवी माध्यमिक विद्यालयमा भर्ना भएका छन्।, ‘स्कुल एट होम’ अर्थात् ‘घरमै विद्यालय’ अवधारणा अनुसार अपांगता भएर विद्यालय जान नसक्ने बालबालिकालाई घरमै पढाउने व्यवस्था मिलाउने गरिएको छ।, त्यस्ता बालबालिका नजिकको विद्यालयमा भर्ना भएका हुन्छन्। परीक्षा पनि घरमै हुन्छ र उत्तरपुस्तिका विद्यालयमा जाँचिन्छ।, ‘मैले उहाँलाई पढाउन थालेको दुई वर्ष भयो। अंग्रेजीमा निकै रूचि छ,’ विनीता भन्छिन्, ‘विद्यालयमा गएर पढ्ने उहाँका अरू साथीहरूसँग तुलना नै हुँदैन। सबै विषयमा तगडा हुनुहुन्छ।’, विनीताका अनुसार विनीतका हात पनि राम्ररी चल्दैनन्। लेखाइ अलिक ढिलो हुने र लेखेका अक्षर अरूले बुझ्न ठाउँठाउँमा समस्या हुने भए पनि कक्षामा उनी नै प्रथम हुने गरेका छन्।, विनीता भन्छिन्, ‘हामीले बानी नपरेको बायाँ हातले लेखेको जस्तै गाह्रो हुन्छ उहाँलाई। यसरी लेख्दा कतैकतै अक्षर नबुझिने पनि हुन्छ।’, उनको उत्तरपुस्तिका परीक्षणमा हतार गर्न नहुने विनीताको भनाइ छ।, विनीता सबै विषयको तालिका मिलाएर पढाउँछिन्। घरमा सरकारी विदाबाहेक सबै दिन नियमित पढाइ हुने गरेको छ।, आफू विद्यालय जान नसके पनि घरमै पढ्ने वातावरण बनाइदिएकोमा विनीत निकै खुसी छन्। शिक्षकसँग पढेकोबाहेक दैनिक कम्तीमा दुई घण्टा स्व-अध्ययन गर्ने गरेको उनले बताए।, विनीतलाई कुर्सीमा बस्न सजिलो हुन्छ तर लेख्नु पर्दा भुइँमा बस्छन्। अभिभावकहरू घरबाहिर जाँदा उनलाई कुर्सीमा बसाएर हिँड्छन्। धेरै जसो समय भने उनी आफैं कुर्सीबाट जबर्जस्ती भुइँमा ओर्लिएर लेखिरहेका हुन्छन्।, ‘उसलाई कुर्सीमा बस्न सजिलो हुन्छ, कहिलेकाहीँ कुर्सीमै राखेर हामी काममा जान्छौं,’ आमा पशुपति भन्छिन्, ‘कामबाट फर्किंदा भुइँमा ओर्लेर लेख्दै गरेको हुन्छ। जबर्जस्ती ओर्लिंदा कहिलेकाहीँ त कुहिनामा चोट पनि लागेको हुन्छ।’, विनीत चार भाइबहिनीमध्ये तेस्रो सन्तान हुन्। तीन जना शारीरिक रूपमा सबल छन्।, विनीतको असामान्य शारीरिक अवस्थाको उपचारका लागि अभिभावकले दुई पटक भारतको सिम्ला पुर्याए।, चिकित्सकले रोग पत्ता लगाउन र यो उपचारले निको हुन्छ भनेर टुंगो गर्न सकेनन्। शक्तिबर्द्धक खानेकुरा खुवाउनू र हिँड्ने अभ्यास गराउनू भनेर पठाए।, सामान्यता विनीत पढिरहेका हुन्छन्। कडा अपांगता भए पनि पढाइमा उनको लगनशीलता देखेर आमा निकै खुसी हुन्छिन्।, ‘दुई वर्ष जति भयो, अन्त खासै ध्यान दिँदैन। घोप्टो परेर पढेकोमात्र देख्छु,’ पशुपतिले भनिन्, ‘कहिलेकाहीँ उकुसमुकुस भएर होला, घुम्न जाने भन्छ। बोकेर गाउँ डुलाउँछु।’, विनीत राम्रो विद्यालयमा कक्षा कोठामै गएर पढ्न पाओस् भन्ने पशुपतिको चाहना छ।, कुशे गाउँपालिकामा विनीत र उनीजस्ता अपांगता भएका बालबालिकालाई घरमै शिक्षक पढाएर पढाउन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ र यसका साझेदार संस्थाहरूले मद्दत गरेका छन्।, विद्यार्थीलाई शैक्षिक सामग्री र शिक्षकलाई तलब तिनै संस्थाहरूमार्फत उपलब्ध हुन्छ। पाठ्यपुस्तक विद्यालयले दिन्छ।, कुशे गाउँपालिकामा ‘स्कुल एट होम’ कक्षा ६ वटा चलेका छन्।, अपांगता भएका बालबालिका पढ्ने ती कक्षामध्ये केहीको जिम्मेवारी गाउँपालिकाले नै लिएको छ। गाउँपालिकाले अपांगता भएका अरू बालबालिका पनि खोजिरहेको छ।, गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत भन्छन्, ‘हामी बालबालिकाको खोजीमा छौं। स्कुल एट होम प्रभावकारी देखिएकोले अपांगता भएर स्कुल आउन नसक्ने सबै बालबालिकाले घरमै पढ्ने व्यवस्था मिलाउँछौं।’, ‘स्कुल एट होम’ सुविधा विनीतजस्ता देशभरका सबै बालबालिकाले पाउन सके भने शिक्षा प्राप्त गर्ने उनीहरूको हक फलदायी हुनेछ।, विनीतको आकांक्षा पूरा हुन सकोस्।,
विनीत पढ्छन् घरमा, प्रथम हुन्छन् विद्यालयमा
|
राजेश घिमिरे काजलकली ढलेको पहिलो पटक होइन। एक महिनाको अवधिमा ऊ तीन पटक ढलिसकी।, अघिल्ला दुई पटक औषधीले काम गर्यो। ऊ जेनतेन उठ्न सकेकी थिई। यसपटक काजलकली उठ्ने सम्भावना कम छ। पाँच दिनअघि ढलेकी ऊ लम्पसार अवस्थामै छ। , काजलकली चितवनको सौराहामा पालिएको पोथी हात्तीको नाम हो। केही महिना अघिसम्म ऊ कहिल्यै नदेखेका मान्छेलाई पिठ्यूँमा चढाएर जंगल घुमाउँथी। तेस्रो पटक ढलेपछि ऊ खान पनि नसक्ने अवस्थामा पुगेकी छ। उसको दुब्लो, ख्याउटे र शरीरका विभिन्न ठाउँमा घाउ छन्। मान्छेहरू उसको धड्कन हेर्दै मृत्यु पर्खिरहेका छन्।, काजलकलीलाई करिब पाँच वर्षअघि भारतबाट नेपाल ल्याइएको थियो। सौराहामा पर्यटकको व्यापक चहलपहल हुँदा जंगल सफारीका लागि उसलाई यहाँ ल्याइएको थियो। गत भदौमा साहु मधुकर रेग्मीले उसलाई बेचिदिए। पुनः भारततर्फ जाँदै गर्दा बाटैमा काजलकली समातिई।, वन्यजन्तुको खरिद-बिक्री गर्न नपाइने अन्तर्राष्ट्रिय महासन्धीमा टेकेर सर्वोच्च अदालतमा परेको रिट र अदालतले दिएको आदेशले उसको भारत जाने बाटो बन्द भयो। सौराहा फर्किएर ऊ पर्यटन व्यवसायी श्रीलाल परियारको हात्तीसारमा बस्दै आएकी थिई।, चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर हेर्ने सहायक संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार यो हात्तीको उमेर अहिले ४० देखि ५० वर्ष हाराहारीमा छ।, ‘म हात्तीको अवस्था बुझ्न पुगेको थिएँ। ऊ खान नसक्ने अवस्थामा रहेछ,’ उनले भने, ‘दाँत नभएको र पाचन शक्ति कमजोर रहेका कारण खाएको कुरा पचाउन नसकेको धेरै भइसकेको रहेछ। धेरै कमजोर भएपछि ढलेको अनुमान छ।’, उनले काजलकलीको अहिलेको अवस्था हेर्दा मृत्यु कुर्नुबाहेक कुनै उपाय नदेखिएको बताए।, ‘देशको सम्पत्ति, भीमकाय प्राणी लडेर सासमात्रै बाँकी भएको देख्दा मन रून्छ तर बचाउने उपाय केही देखिएन,’ श्रेष्ठले भने।, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्राविधिक किरण रिजालले औषधीले पनि उठाउन नसक्ने अवस्थामा काजलकली पुगिसकेको बताए।, अघिल्लो दुई पटक बाँधिएकै ठाउँमा ढल्दा काजलकलीलाई उठाउन रिजालले धेरै मेहनत गरेका थिए। उसलाई उठ्ने बनाउन ८० वटा स्लाइन, भिटामिन र इन्जेक्सन दिनुपरेको थियो।, ‘यति दिइसकेपछि जेसिबी लगाएर उठाएका थियौं। केही दिन उठेपछि फेरि ढली, दोश्रो पटक पनि औषधीले काम गर्यो, फेरि त्यसैगरी उठाइयो,’ रिजालले भने, ‘यो पटक त्यसरी उठाउन सक्ने अवस्था छैन। हामीले नियमित हेरिरहेको हात्ती भएकाले फेरि पनि औषधी दिएर उठाउन खोज्नु उसलाई अनावश्यक दुःख दिनुमात्रै हुन्छ भन्ने बुझ्यौं।’ , रिजालले काजलकली नेपाल भित्र्याउँदा नै बुढो अवस्थामा पुगिसकेको बताए।, ‘२-४ वर्षमा राम्रै कमाउँछ, त्यसपछि फेरि उतै बेचिदिए भैहाल्छ नि भनेर बुढा हात्तीहरू पनि ल्याउने चलन थियो जस्तो मलाई लाग्छ। यसलाई पनि त्यसरी नै ल्याइयो होला,’ उनले भने, ‘सौराहा ल्याएबाटै मैले नियमित रूपमा हेरिरहेकाले भन्न सक्छु यसमा अब उठ्ने ताकत छैन। बुढो भएकै कारण यसको मृत्यु हुँदैछ।’, हात्तीमा टिबी रोगको समस्या धेरै हुन्छ। रिजालले काजलकलीको परीक्षण गर्दा टिबी नदेखिएको बताए। रगतसम्बन्धी अन्य परीक्षणहरू गर्दा पनि कुनै समस्या नदेखिएको उनले बताए।, दाँत नहुने र खाएको पचाउन नसक्ने भएपछि वन्यजन्तुको आयु घट्ने उनले बताए।, खाना पचाउन सक्दाको अवस्थामा भने हात्ती धेरै उमेरसम्म पनि बाँच्न सक्छ। उनले काजलकलीको मृत्यु खाना नपाएर नभई खाना पचाउन नसकेर भएको बताए।, ‘उपचार नपाएर पनि उसको मृत्यु भएको होइन। हामीले यहाँ सम्भव हुनेसम्मको उपचार त गरेकै छौं। मान्छेका लागि जस्तो आइसियू, भेन्टिलेटरमा राखेर बचाउने भन्ने यहाँ छैन,’ उनले भने, ‘यो अवस्थामा मरण पीडादायी त हुन्छ तर यसलाई स्वीकार गर्नुको विकल्प नै देख्दिनँ म।’, स्वास्थ्यमा समस्या भएर हात्ती ढल्ने बेला-बेलामा भइरहन्छ। कम उमेरको, दाँत भएको, पाचन प्रणालीले काम गरेका हात्तीलाई ढलेपछि पनि औषधीले ढिलो-चाँडो उठाइहाल्छ।, एक हजार रुपैयाँको नेपाली नोटमा फोटो भएका जुम्ल्याहा हात्तीमध्येका लक्ष्मण पनि २०७३ सालताका काजलकली जसरी नै ढलेका थिए। चितवन निकुञ्जको दिव्यपुरी पोष्टमा चर्दै गर्दा उनी ढलेका थिए।, ‘हामी त्यहाँ पुग्दा उसको शरीरको तापक्रम निकै बढेको थियो। नियमित औषधी दिइयो, बेला बेलामा फर्काउने गरियो। धेरै मेहनतपछि ऊ १६ दिनमा उठ्न सक्यो,’ रिजालले भने, ‘तर निकुञ्जकै टिबी भएको एउटा हात्तीलाई त्यस्तै मेहनत गर्दा २९ औं दिनमा मर्यो।’, उनले धेरै समस्या भएका हात्तीहरूलाई उपचारले पनि ठीक नहुने र धड्कन रोकिन समय लाग्ने गरेको अनुभव सुनाए।, ‘काजलकलीलाई अब उपचार गराएर, जेसिबी लगाएर उठाएर झन् दुःख दिनुको अर्थ छैन,’ रिजालले भने,‘हात्ती लामो समय यो अवस्थामा पल्टिँदा शरीरमा कीरा पर्ने, धेरै घाउ आउने समस्या हुन्छ। त्यसैले हामीले कीरा पर्न नदिने औषधी लगाउने, ड्रेसिङ गर्ने, मल्हम लगाउने गरेका छौं।’, पशु अधिकारका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिहरूले भने काजलकलीको मृत्यु लापरबाहीका कारण भएको दाबी गर्दै आएका छन्।, अधिकारकर्मी सुराजन श्रेष्ठले भारतीय नागरिकलाई बिक्री गरिएको हात्ती सरकारले नियन्त्रणमा लिए पनि सरकारले नै जफत गरेर संरक्षण गर्नुपर्नेमा त्यसो नगर्दा ऊ मृत्यु हुने अवस्थामा पुगेको आरोप लगाए।, ‘सर्वोच्च अदालतले नेपालका घरपालुवा हात्तीको दर्ता गर्न र नगरिएका हात्तीहरू जफत गर्न आदेश दिए पनि यसको कार्यान्वयन भएको देखिँदैन,’ उनले भने, ‘अदालतको आदेशको कार्यान्वयनमात्रै भएको भए पनि काजलकलीले संरक्षण पाउँथ्यो होला।’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्देशनअनुसार निकुञ्जले सूचना निकालेर हात्ती दर्ताका लागि आह्वान गरेको र आएका निवेदनहरू विभागमा पठाइएको बताए।, ‘तर जफत गर्न हामीलाई निर्देशन आउनुपर्यो। त्यसका लागि विभागले काम गर्दै होला,’ उनले भने, ‘कानुन र व्यवहारिक पक्ष सबैलाई हेरेर निकुञ्जले काम गर्ने हो। यसै समात्दै हिँड्न मिल्दैन।’, उनले पशुअधिकारकर्मीहरूले वन्यजन्तु अधिकारका लागि आवाज उठाउनु जायज भए पनि विदेशको प्रयोगलाई हेरेर कुरामात्रै गर्ने, वन्यजन्तुको अधिकार प्राप्तिमा सहयोग नगर्ने गरेको गुनासो गरे।, ‘सबै प्राणीलाई सधैं बचाइराख्न सम्भव हुँदैन। काजलकलीको त अवस्था नै नाजुक छ,’ उनले भने, ‘अधिकारका कुरा गर्नेहरूले अलिअलि औषधी पनि किनेर लगिदिए हुन्थ्यो नि। खोई त्यस्तो त देखिँदैन।’, २०७८ भदौ २५ गते भारतीय व्यापारीले सौराहाको अर्थ लाइट होटलका सञ्चालक मधुकर रेग्मीसँग ४५ लाख भारतीय रुपैयाँमा खरिद गरेर काजलकलीलाई भारततर्फ लैजाँदै थिए।, जनहित संरक्षण मञ्च (प्रो पब्लिक) का तर्फबाट अधिवक्ता सञ्जय अधिकारी र अर्णव चौधरीले यो सूचनासहित हात्ती खरिद, बिक्री तथा निकासी रोक्न माग गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई यो सूचना दिएका थिए।, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह र वन मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाली सेनालाई बोधार्थ दिएर लेखिएको सोही सूचनाको आधारमा हात्तीलाई प्रशासनले नियन्त्रणमा लिएर फिर्ता ल्यायो।, त्यसअघि सौराहाका व्यापारीले केही महिनाकै अवधिमा करिब एक दर्जन हात्ती भारतका व्यापारीलाई बिक्री गरिसकेका थिए। भारतबाट भाडामा ल्याइएका हात्ती पनि कोरोना महामारीका कारण कमाइ हुन छाडेपछि फिर्ता गरिएका थिए।, नेपालमा निजी क्षेत्रले हात्ती खरिद, बिक्री गर्नेसम्बन्धी कुनै कानुन छैन।, बरू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले गैरकानुनी तवरबाट हात्तीको खरिद, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने कार्यलाई दण्डनीय कार्यको रूपमा परिभाषित गरेको छ। तै पनि धार्मिक प्रयोजनका लागि भन्दै भारतबाट हात्ती किनेर नेपाल ल्याइने गरेको थियो। नेपाल भित्र्याइसकेपछि पनि गैरकानुनी रूपमा हात्तीको किनबेच हुने गरेको छ।, कोरोना महामारीका कारण कमाइ दिनै छाडेपछि भने हात्ती सीमापारि नै बिक्री गर्ने गरिन्थ्यो।, नेपाल संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धी (साइटिस), १९७३ को पक्ष राष्ट्र हो।, पक्ष राष्ट्र भएसँगै नेपालमा संकटापन्न वन्यजन्तु र वनस्पतिका विभिन्न प्रजातिको संरक्षण र त्यसको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन र नियन्त्रण गर्न २०७३ सालमा ऐन जारी भएर २०७४ सालको वैशाखबाट लागू भइसकेको छ।, उक्त ऐनको प्रभावकारी कार्यान्वयनका लागि २०७६ सालको मंसिरमा नियमावली पनि बनेको छ।, महासन्धीको अनुसूचीमा रहेको संकटापन्न वन्यजन्तुको सूचीमा हात्ती समावेश छ।, उक्त नियमावलीमा निजी क्षेत्रले पालन पोषण गर्दै आएका हात्तीलाई वैधानिकता दिन एक वर्ष भित्रमा सबै हात्ती विभागमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको थियो।, उक्त अवधि भित्रमा दर्ता नभएका हात्ती सरकारी निकायले जफत गर्ने व्यवस्था नियमावलीमा थियो। तर नियमावली बनेको केही महिनाको अवधिमा कोरोना भाइरसको महामारी सुरू भयो।, हात्तीको बिक्री हुने क्रम बढेपछि यसलाई नियन्त्रण गर्न, नियमावलीमा व्यवस्था भएबमोजिम दर्ता नभएका हात्ती जफत गर्न, हात्तीमाथि हुने शारीरिक शोषण बन्द गर्न माग राखेर परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले एक महिनाभित्रमा हात्ती राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा दर्ता अभिलेखीकरण गर्न र नगरेमा जफत गर्न अन्तरिम आदेश दिएको थियो।,
जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता सञ्जय अधिकारी लगायतले दर्ता गरेको रिटको सुनुवाइ गर्दै अदालतले ‘संकटापन्न वन्यजन्तु हात्तीको अन्तरदेशीय तस्करी, बिक्री, हस्तान्तरण लगायतका कार्य तत्काल रोक्नु र सोको लागि प्रभावकारी रूपमा सुरक्षा प्रबन्धलगायत जे जो गर्नुपर्ने सो गर्नू र गराउनू’ भनेको छ।, अन्तरिम आदेशमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरदेशीय व्यापार नियन्त्रण नियमावली २०७६ को नियम १२ बमोजिम अभिलेखीकरण दर्ता गर्न गराउन र सो हुन नसकेका व्यक्ति, संस्था वा निकायसँग रहेका हात्ती सोही नियमावलीको नियम १५ बमोजिम जफत गरी सम्बन्धित निकायको नियन्त्रण र संरक्षणमा राख्नु भनिएको थियो।, आदेशमा अभिलेखीकरण सम्बन्धमा भए गरेका कामको प्रगति विवरण एक महिना भित्रमा सर्वोच्च अदालतमा पठाउन पनि भनिएको थियो।, यही आदेशअनुरूप विभागले निकुञ्ज र वन कार्यालयहरूलाई एक महिना भित्रमा हात्तीहरू दर्ता गर्नुपर्ने र दर्ता नभएका हात्तीहरू जफत गर्ने व्यहोराको पत्र लेखेको थियो।, यहाँका व्यापारीहरूले काजलकलीलाई फिर्ता ल्याउनुअघि हात्तीहरू ४० लाखदेखि एक करोड रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए।,
साहुले भारतीयलाई बेचिदिएकी काजलकली सौराहामा ढली
|
एजेन्सी भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीच बाटोमा अड्किएको छ। , सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेको इन्डिया टुडेले जनाएको छ। फसेका पर्यटकको उद्धार गर्न ट्रली परिचालन गरिसकेको छ। , तीन जनाको उद्धारसमेत गरिसकेको छ। केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्।, टिम्बर ट्रेल रिसोर्टका प्राविधिक टोलीहरू पनि उद्धारमा परिचालन गरिएका छन्। त्यस्तै प्रहरीले उद्धारको कामलाई निगरानीमा राखेको छ। उनीहरूको तत्कालै उद्धार नगरिए विपद्को टोली पनि बोलाइने इन्डिया टुडेले जनाएको छ। , केबलकार दुई घन्टादेखि अड्किएको छ। , गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु भएको थियो। झारखन्डको दियोघर जिल्लामा ४० घन्टा बढी अड्किँदा तीन जनाको मृत्यु भएको थियो।,
, #WATCH, Cable car trolly with tourists stuck mid-air at Parwanoo Timber Trail, rescue operation underway; tourists safe,#HimachalPradesh, ,pic.twitter.com/mqcOqgRGjo,
— ANI (@ANI) ,June 20, 2022, ,
हिमाञ्चलमा बीच बाटोमा अड्कियो ११ जना बोकेको केबलकार
|
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई सोमबार चितवनबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, खैरहनी नगरपालिका-४ बस्ने ३५ वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरेको हो। , उनीविरूद्ध उच्च अदालत पाटनले ०७७ असार ६ गते १३ लाख जरिवाना र ६ दिन कैद सजाय सुनाएको थियो। , उनलाई जिल्ला अदालत चितवनमा पेस गरिएको छ। ,
,
बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
|
सेतोपाटी संवाददाता कपिलवस्तुमा वर्षासँगै खसेको पहिरोमा पुरिएर वेपत्ता दुई भारतीय नागरिक मध्ये एक जनाको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सोमबार बिहान साढे सात बजेतिर कपिलवस्तुको शिवराज नगरपालिका-१ पैरा खोलामा झरेको पहिरोमा परि उनीहरू बेपत्ता भएका थिए।, स्वर्गद्वारी दर्शन गरि प्यूठानको भिंग्रीदेखि कपिलवस्तुको कृष्णनगर आउँदै गरेको लु २ ख २७१६ नं. को फोर्स गाडीमा सवार भारतको बालरामपुरका १७ वर्षीय निखिल कौशल र १८ वर्षिय सुरज सोनी पहिरोमा परि वेपत्ता भएका थिए।, बेपत्ता भएकको मध्ये एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ।, गाडीबाट ओर्लिएर पैरा खोला तर्ने पहिरोमा परेका उनीहरूमध्ये एक जनाको शव पहिरोले बगाएको स्थानभन्दा ४-५ किलोमिटर पश्चिम दक्षिण खोलाको बिचमा फेला परेको प्रहरीले जनाएको छ।, बेपत्ता भएका अर्का व्यक्तिको पनि खोजी जारी छ। शव फेला परेको व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।,
पहिरोमा बेपत्ता भएका एक भारतीयको शव भेटियो, अर्काको खोजी जारी
|
सेतोपाटी संवाददाता धादिङमा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको दुई ट्रक मल लुटिएको छ। , शनिबार दिउँसो काठमाडौं आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई स्थानीयले लुटेका हुन्। स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुंगानाले जानकारी दिए। , धुनिबेशी नगरपालिका-६ धार्केस्थित पूर्व-पश्चिम राजमार्ग हुँदै काठमाडौं ल्याइरहेको मल बोकेको दुई ट्रक स्थानीयले रोकेका थिए। , एकैचोटि ४०० बढी स्थानीय आएपछि ट्रकसँगै आएको दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न नसकेको वडाध्यक्ष रमेशप्रसाद आचार्यले जानकारी दिए। , ‘व्यापारीहरूले मल तराईबाट लिएर आएका रहेछ। राजश्वको टोलीले अनुसन्धान गर्नेक्रममा अवैध हो भन्ने भेटियो,’ उनले भने,‘टोलीले नियन्त्रणमा लिएर काठमाडौंतर्फ लग्दै गरेको धार्केका स्थानीयले सूचना पाए। अहिले किसानलाई मलको हाहाकार छ। यो मल हाम्रै खेतमा लगेर हाल्न पाइन्छ भन्ने उद्देश्यले जनताले नै नियन्त्रणमा लिए।’, स्थानीयहरू आफैंले नै ट्रकमा चढेर बोकेर लगेका थिए। सो ट्रकसँगै आएका दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न सकेका थिएनन्। , उनका अनुसार स्थानीयले त्यसरी लग्दै गर्दा खानीखोलाको प्रहरी आएपछि भने रोकिएको थियो। , ‘खानीखोलाबाट प्रहरी आएपछि गाडीलाई नियन्त्रणमा लिएर बाँकी भएको मललाई काठमाडौं लग्यो,’ उनले भने,‘५०-६० बोरा जति बाँकी होला। यहीँकै व्यापारीहरूले मगाएको भन्ने पनि छ। आधिकारिक थाहा भएन।’, मलको अभाव भइरहेको हुँदा स्थानीयहरूले यस्तो गरेको हुनुपर्ने उनले बताए। १५ सयमा पाउँदै गरेको मल अहिले २२ सय तिर्नुपर्ने अवस्था भएको वडाध्यक्ष आचार्यले बताए। , ‘एक बोरा मल १५ सयमा पाइन्थ्यो। अहिले २२ सय बोरा बेच्छन्। त्यो पनि भारतबाट विभिन्न तरिकाबाट आउँछ,’ उनले भने,‘साल्ट ट्रेडिङले पनि १५-२० दिनमा २० बोरा, १५ बोरा दिन्छ। अरू व्यापारीहरूले अवैध तरिकाले ल्याएर बिक्री गर्छन्। २२ सय नै तिर्छु भन्दा पनि नपाइने अवस्था छ।’, उनले थपे,‘व्यापारीहरूले नै सूचना चुहायो होला। अभावमा रहेको स्थानीयले थाहा पाएपछि हाल्न पाएहुन्थ्यो कि भन्ने भयो। प्रहरीले पनि नियन्त्रणमा लिने अवस्था भएन।’,
सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको झण्डै ४ सय बोरा मल स्थानीयले लुटेपछि... (भिडिओ)
|
सेतोपाटी संवाददाता नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले कुनैपनि नामको गठबन्धनको बाटोमा नरहेको बताएका छन्।, एमालेसँग गठबन्धन बनाउने र गठबन्धन भत्काउने कुनै फुर्सद नभएको स्पष्ट पारे।, रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई शनिबार बुटवलमा उनले केहि दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै नेपाली कांग्रेससँग बार्गेनिङ गरिरहेको उल्लेख गरे।, उनले एमालेले अहिलेका कुनैपनि दलका नेतालाई प्रधानमन्त्री स्वीकार नगर्ने स्पष्ट पारे।, ‘एमालेले अहिलेका कुनैपनि दलका नेताहरूलाई प्रधानमन्त्री स्वीकार गर्दैन, कसैसँग गठबन्धन गरेर, अहिलेको गठबन्धन भत्काएर छुपारूष्टम गर्ने फुर्सद पनि छैन,’ पौडेलले भने।, उनले नेकपाको दुईतिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गर्ने, उनीहरूसँग गठबन्धन हुने कुनैपनि गठबन्धन नहुने दोहोर्याउँदै उनले त्यस्तो भ्रमको पछाडी नलाग्न आग्रह गरे।, एकातर्फ महागठबन्धन र अर्कोतर्फ एमाले एक्लै निर्वाचनमा लड्दा पनि मतको हिसाबले अहिलेपनि एमाले पहिलो दल बनेको दावी गर्दै पौडेलले आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे।, ‘एमाले मतको हिसाबले अहिले पनि पहिलो दल हो, सिटको हिसाबले केहि पछाडी रहेपनि आगामी निर्वाचनमा सिट र मत दुबैमा एमाले पहिलो बन्छ।’, उनले एमालेसँग एक्लै निर्वाचन लड्ने हिम्मत नभएर देशव्यापी रूपमा पाँचदलिय गठबन्धन गरेको भन्दै त्यतिले मात्र पनि नपुगे आगामी निर्वाचनमा अरू दलहरूसँग पनि महागठबन्धन गरेर जान विपक्षी सत्तापक्ष दलहरुलाई व्यंग्य गरे।, पौडेलले एमाले हार्दा देश र जनता दुबैले हार्ने उल्लेख गर्दै एमालेलाई हार्ने छुट समेत नभएको बताए।, ‘एमाले पराजित हुँदा एक्लै पराजित हुँदैन देश र जनतापनि पराजित हुने छन्,’ उनले भने।, पौडेलले विदेशबाट फर्किएका नेपाली युवाहरूलाई स्वदेशमै लगानी गरी आत्मनिर्भर र आत्मसम्मानको जीवन विताउन सुझाव दिए।, उनले विदेशमा भन्दा नेपालमा लगानीको सम्भावना छ भन्ने सन्देश दिन रिटर्नीहरूले हरेक जिल्लामा सामूहिक रुपमा नमूना आयोजना संचालन गर्नुपर्ने बताए।, ‘विदेशबाट ल्याएको शिप र पूँजी दुबैलाई उत्पादनमुलक क्षेत्रमा लगाएर आफुपनि स्वरोजगार बन्ने र अरूलाई पनि रोजगारी दिने काममा लाग्न आग्रह गर्छु,’ उनको सुझाव छ।, रिटर्नी फेडेरेसन नेपालका महासचिव लक्ष्मी प्रसाद आचार्यले वैदेशिक रोजगारीले नेपालको जिडिपीमा ३२ प्रतिशत योगदान दिएको भएपनि बैदेशिक रोजगारीमा गएकाहरू परिवार र समाजबाट समेत अपहेलित हुनुपर्ने अवस्था रहेको बताए।, २०-२५ वर्षसम्म विदेशी भूमिमा रोजगारी गरेर फर्किदा परिवार र समाजको रहनसहनबाट टाढा रहनुपर्दा फर्किएर आएपछि पनि घुलमिल हुन सक्ने अवस्था नभएको उनको भनाई थियो।, आचार्यले नेपालका ५६ हजार घरधुरीको चुल्हो वैदेशिक रोजगारीबाट नै बल्ने गरेको र ५० लाख नेपाली कुनै न कुनै देशमा रोजगारीमा रहेको अवस्थामा सरकारले रिटर्नीहरूलाई स्वदेशमै फर्काउने गरी विशेष योजना बनाउनुपर्ने बताए।, लुम्बिनी प्रदेशका संयोजक हिरा खरेलको अध्यक्षतामा भएको प्रदेश भेलामा लुम्बिनीका १२ जिल्लाका रिटर्नीहरूको सहभागिता रहेको थियो।,
गठबन्धनको नाममा एमालेले कसैलाई प्रधानमन्त्री स्वीकार्दैन: विष्णु पौडेल
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ५९० जनाको पिसिआर र ९४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०४ जना सक्रिय संक्रमित छन्।, ११ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए १४ संक्रमित
|
सेतोपाटी संवाददाता सवारी चालक अनुमति-पत्रको प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन्। , काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ दक्षिढोकास्थित यातायात व्यवस्था कार्यालय, चाबहिलबाट एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। , उनी डोलकुमार थापाको सट्टामा सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए। , नागरिकताको प्रमाणपत्रमा भएको फोटो र मान्छे फरक पाएपछि प्रहरीलाई खबर गरिएको थियो। सो खबर पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनी डोलकुमार नभएको पाएपछि नियन्त्रणमा लिएको हो। उनीमाथि प्रहरीले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२५ को लिखत सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ। , काठमाडौं जिल्ला अदालतबाट ४ दिन हिरासतमा राख्ने अनुमति प्रहरीले लिएको छ।,
,
अर्कै व्यक्तिको नाममा सवारी लाइसेन्स परीक्षा दिन गएका पुरूष पक्राउ
|
रासस चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार रत्ननगर नगरपालिका–९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय उमेश दराइको मृत्यु भएको हो।, ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दराइको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकरीले जानकारी दिए।, दराइलाई ठक्कर दिने ट्रक फरार रहेको थियो। सोही दुर्घटनाको विषयलाई लिएर स्थानीयवासीले ट्रकलाई नियन्त्रणमा नलिएसम्म बाटो अवरोध गरेका थिए।, ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपलिका–१४ का ४५ वर्षीय धावा थोकरलाई ट्रकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रवक्ता अधिकारीले बताए। उनका अनुसार ट्रक चालकसहित नियन्त्रणमा लिएपछि अहिले सडक अवरोध हटाइ दुईतर्फी सञ्चालन भएको छ।,
चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
|
नारायण खड्का शनिबार दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरमा फरक दृश्य देखियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर सिमराटोलका स्थानीय सबै कार्यालय पुगेका थिए।, उनीहरू कुनै झगडा हेर्न त्यहाँ पुगेका थिएनन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पताल सम्मको नयाँ ट्रयाक खोल्ने काम भइरहेको थियो। , चार दिन अगाडि नयाँ बाटो खन्ने क्रममा जेसिबी अपरेटरले एउटा कसौडीमा केही ‘धन’ फेला पारेका थिए। त्यो धन उनैले लगे। प्रहरीले त्यसबारे जानकारी पाएपछि शनिबार खोजेर कार्यालयमा ल्यायो। , त्यो धन पुराना चाँदीका सिक्काहरू हुन्। सिक्काहरू फेला परेपछि उनीहरू खुसीयाली त्यहाँ पुगेका हुन्। त्यो दुई सय वर्ष पुराना चाँदीका सिक्काहरू भएको प्रहरीले जनाएको छ। , प्रहरी निरीक्षक बखतबहादुर शाहीले पाँच सय ३७ थान सिक्काहरू एउटा कसौडीमा राखिएको अवस्थामा फेला परेको बताए। केही सिक्काहरू १८०६ साल सम्मका रहेका छन्। , रा १ क १००२५ नम्बरको जेसिबीका अपरेटर तुलसीपुर-१५ मलवारका २५ वर्षीय सुवासचन्द्र चौधरीले बुधबार दिउँसो नयाँ ट्र्याक खन्ने क्रममा सो सिक्का फेला पारेका थिए। , उनले फेला पारेका सिक्काहरूमध्ये ७३ वटा भारतीय छन्। ती सिक्काहरू भारतमा बेलायती सरकार भएको बेलाका हुन्। , चार सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ। उनले ती सिक्काहरू आफ्नो घरमा लिएर गएका थिए।, प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले घरमा लगेर कसौडीबाट झिकेर अर्को प्लास्टिकको झोलामा राखेका थिए। अहिले उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। , , भागबन्डा नमिल्दा खुल्यो पोल, रक्षाचौरस्थित सिमराटोलको खेत हुँदै आँखा अस्पताल सम्मको नयाँ ट्र्याक खोल्न दुई वटा जेसिबी प्रयोग गरिएको थियो।, गाउँले आफैंले पैसा संकलन गरेर काम गरिरहेका थिए। एउटाका चालक सुवाशचन्द्र चौधरी छन् भने अर्कोका चालक सल्यान कपुरकोट गाउँपालिका बस्ने राजन खड्का छन्। बुधबार अपरान्ह पौने ५ बजे अगाडि-अगाडि चौधरी थिए। उनको पछाडि खड्का थिए। , बाटो खन्दै गर्दा चौधरीले जेसिबी रोकेर ओर्लिए। उनले एउटा भाँडो झिके। त्यो दृश्य खड्काले पनि देखे। चौधरीले आफ्नो जेसिबीको डिक्कीमा लगेर राखे। यता खड्काको चासो बढ्यो। उनले चौधरीका सहचालकलाई बोलाएर जानकारी लिइहाले। , त्यसपछि खड्काले पनि चौधरीलाई फोन गरे। फोन गरेर जानकारी लिँदा उनले सो कुरा स्वीकार्न मानेनन्। तर पछि खड्काले आफूलाई भाग नदिए गाउँलेलाई भनिदिने चेतावनी दिए। चेतावनीपछि उनले फेला परेको सिक्काहरूमध्ये आधा दिने सहमत भए। केहीबेरमा घर जाने भन्दै चौधरी काम छाडेर हिँडे। खड्कालाई दक्षिणतिर आउनु भनेर उनी विश्वास दिलाएर हिँडेका थिए। ,
शंका लागेर खड्काले फोन पनि गरे। तर लागेन। उनले सिम कार्ड नै भाँचिसकेका रहेछन्। खड्काले त्यस साँझ केही पनि गरेनन्। एक दिनभर मौन नै बसे। तर चौधरी सम्पर्कमा आएनन्। उनीहरूबीच पहिले चिनजान पनि थिएन। , त्यसपछि खड्काले जग्गाधनी शोभा भण्डारीलाई उनको खेतमा गाडिएको अवस्थामा धन फेला परेको भन्ने सुनाए।, जग्गाधनी।, ‘तपाईंको खेतमा त गाडेको धेरै खतरा धन फेला पर्यो भनेर मैले मजाकमै भनिदिएँ,’ खड्काले भने, ‘उहाँले खै त त्यो धन भनेर सोधेपछि मैले त्यो सबै अर्का जेसिबी चालकले लगेको सत्य कुरा भनिदिएँ।’, भण्डारीले पनि त्यो कुरा गाउँमा सुनाइन्। विस्तारै त्यो कुरा गोटीखोला अस्थायी प्रहरी चौकीका प्रहरी अधिकारी पुग्यो। , चौधरीको खोजी गर्न र फेला परेको गाडेको धन के कति हो? त्यसबारे चासो दिन प्रहरीलाई गाउँलेले आग्रह गरे। इलाका प्रहरी कार्यालय तुलसीपुरमा यो खबर पुगेपछि प्रहरीले चौधरीलाई खोज्न थाल्यो। , प्रहरीले उनको सम्पर्क नम्बर पत्ता लगाएर बोलाए। उनीमाथि सोधपुछ गर्दा पनि स्वीकारेनन्। तर उनले पछि स्वीकारे। त्यसपछि शनिबार दिउँसो प्रहरी निरीक्षक बखतबहादुर शाहीसहितको टोली उनको घर पुगेर बरामद गरेको हो। , प्रहरीले बरामद गरेको बताएपनि जग्गाधनी सबै मुद्रा बरामद भए/नभएकोमा आशंका व्यक्त गरिन्। , ‘मैले सुनेको त्यो कसौडी भरी गाडेको धन थियो रे,’ उनले थपिन्, ‘तर आज हेर्दा कसौडीको पिंधसम्म मात्रै पैसा देखियो। मलाई पटक्कै विश्वास लागिरहेको छैन।’, प्रहरी प्रशासनले यसको स्वतन्त्र रूपमा खोजी गरी सत्य कुरा सार्वजनिक गर्नुपर्ने माग गरिन्। साथै उनले फेला परेको प्राचीन मुद्रा निर्माणाधीन नयाँ बाटो बनाउन खर्चिनु पर्ने धारणा राखिन्। , ‘त्यो गाडेको धन मेरै खेतमा गाडेको अवस्थामा फेला परेको हो,’ उनले भनिन्, ‘चालकले फेला पारे पनि दुई चालक बीचमा भागबन्डा नमिलेपछि घरमै पुर्याएको धन फेला परेको हो। अब यसलाई सोही बाटो निर्माणका लगाउनुपर्छ।’, फेला परेको मुद्राको ल्याब परीक्षण समेत गराउने प्रहरीले जानकारी दिएको छ। ,
तुलसीपुरमा बाटो खन्दा भेटियो दुई सय वर्ष पुराना एक कसौडी चाँदीका सिक्का (भिडिओ)
|
नवीनबाबु गुरूङ हामीले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले जेठ २८ देखि असार ३ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार काठमाडौंमा निकालेको ‘नेपाल प्राइड परेड’ मा सहभागीहरू खुसी व्यक्त गर्दै। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी , त्रिचन्द्र कलेजको पुनर्निर्माणको माग राख्दै आन्दोलनरत विद्यार्थीहरू। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी , जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राखिएको तत्कालीन राजा श्रीनिवास मल्लको सिंहासन। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) मा आगो निभाउँदै गरेको दृश्य। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी , नेकपा एमालेले काठमाडौँमा आयोजना गरेको स्थानीय तहमा पार्टीबाट निर्वाचित प्रतिनिधिहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम । तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी , काठमाडौंमा नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको भुम्या पर्वमा एक युवती। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी , विपदबाट जोगिन र त्यसको पूर्वतयारी तथा व्यवस्थापन स्वरूप कीर्तिपुरको टौदहमा सुरक्षा निकायले गरेको कृत्रिम घटनाको अभ्यासको एक दृश्य। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी , ,
साताका सात क्लिक
|
रासस प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि विराटनगर सिफारिस गरिएको छ। , आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कुटपिट गरेपछि घाइते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालका लागि सिफारिस गरेको हो। , शिक्षिका कार्कीलाई अस्पतालले सिफारिस गरेलगत्तै गाडी रिजर्भ गरेर विराटनगर लगिएको शिक्षिकाका श्रीमान कृष्ण कार्कीले बताए। शुक्रबार दिउँसो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा सामान्य विवाद हुँदा प्रधानाध्यापक पौडेलले हानेको लात्ताले पेटमा लागेपछि गम्भीर घाइते बनेकी कार्कीलाई आफन्तले गए राति जिल्ला अस्पताल दिक्तेल लगेका थिए।, बैठकमा छलफल हुँदाहुँदै प्रधानाध्यापक पौडेलले आफ्नो पानीपेटमा लात्ताले हान्दा स्वास्थ्यमा गम्भीर समस्या निम्तिएको शिक्षिका कार्कीले बताइन्। विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि आएको १० हजार ८८५ रूपैयाँ, सीप विकासको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मत कोषको नौ हजार, छात्रवृत्तिको चार हजार ८००, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवाखाजाको ३४ हजार ५९६ लगायत गरी एक लाख ३२ हजार ९३१ रूपैयाँको आयव्ययका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताइन्।, यसअघि शल्यक्रिया गरेको ठाउँमा चोट लाग्दा शिक्षिका कार्कीको स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्ने अनुमान छ। पाठेघरसम्बन्धी समस्या रहेकी कार्कीको यसअघि तीनपटक नोबेल अस्पताल विराटनगर लगेर शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ। , जिल्ला अस्पतालमा गरिएको जाँचका क्रममा शिक्षिका कार्कीको अवस्था सामान्य देखिए पनि कुटपिटको घटना भएकाले थप समस्या आउन सक्ने सम्भावना मध्यनजर गरेर विराटनगर सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर नितु लामाले बताइन्।, घटनाको विषयमा आफूकहाँ जानकारी आएको र इलाका प्रहरी कार्यालयलाई सत्यतथ्य बुझ्न निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।,
प्रधानाध्यापकबाट कुटिएकी शिक्षिकाको थप उपचार विराटनगरमा
|
रासस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप दुर्घटना भएको छ।, दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। उनीहरू उक्त जिपको चालक तथा सहचालक रहेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का हुन्।, जिपमा चालक र सहचालक मात्र रहेका थिए।, प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो।,
भेरी नदीमा खस्यो जिप, दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।, हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। , आइतबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। , उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।, भोलि सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू भागहरूमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
,
आज देशभर सामान्य बदली रही बागमती र गण्डकी प्रदेशमा वर्षा
|
रासस ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ।, निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो।, बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए।, पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ।, वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ।, प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो।, मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका स्टेशन इन्चार्ज लिम्बूले बताए।, निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ। तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ।, लामो समयसम्म उडान अवरुद्ध हुँदा प्रत्यक्षरूपमा यात्रुलाई मार परेको छ।,
सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरूद्ध
|
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा एक युवाको हत्या भएको छ।, टोखा नगरपालिका वडा नम्बर १ मालुङ बसोबास गर्दै आएका पाँचथरका २२ वर्षीय दीपेन लिम्बूको हत्या भएको हो।, गएराति युवाहरूको कुटपिटबाट लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।, हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, घर बनाउने कामदारहरूबीच एकापसमा झगडा हुँदा लिम्बू गम्भीर घाइते भएका थिए।, उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।,
टोखामा एक युवाको हत्या
|
सेतोपाटी संवाददाता कैलालीको टीकापुरमा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।, जंगलबाट निस्केका हात्तीले कर्णाली नदी किनार सनकट्टीघाटमा आक्रमण गर्दा टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीया टङ्क सोडारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, सोडारी कामबाट घर फर्कदै थिइन्। शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको थियो। दुइटा हात्ती देखेपछि उनीसहित अरू मानिस भागेका थिए।, तर सोडारीलाई एक हात्तीले आक्रमण गरेको थियो।तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी उनको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।, हात्तीले उनलाई लछारपछार गरेर मारेको स्थानीय बासिन्दाले प्रहरीलाई बताएका थिए।, ,
कामबाट घर फर्कदै थिइन् सोडारी, हात्तीले आक्रमण गर्दा मृत्यु
|
रासस चितवन, माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई छन्।, कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित एक घरको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो इनारभित्र पसेका गुरुङ निस्सासिएका थिए। उनको उद्धारका लागि गएका राईको डोरी चुडिँदा उनीहरू पानीमा डुबेका थिए।, पानीमा डुबेका उनीहरूको अक्सिजन कम भएर मृत्यु भएको अनुमान छ। इनारको पानी फालेर उनीहरूको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ।,
इनार सफा गर्ने क्रममा दुईको मृत्यु
|
सेतोपाटी संवाददाता देशका केही नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज असार ५ गते कोशी, तमोर, सुनकोशी, नारायणी, मर्स्याङ्दी, कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीहरूको बहाव उल्लेख्य बढ्नेछ।, यी नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ। अरू प्रमुख नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने जनाइएको छ।, आज बिहानको मापनानुसार कोशीको सहायक नदी तमोरको त्रिवेणीमा जलसतह सतर्कता तह आसपास रहेको र हाल बढ्दो क्रममा छ।, यस्तै कोशीकै साहायक नदी सुनकोशी हम्पचुवारमा पनि बहाव उल्ल्खे बढेर सतर्कता तह आसपास पुगेको छ।, महाशाखाले आज पाँचथर, ताप्लेजुङ, संखुवासभा, झापा, मोरङ, सुनसरी, इलाम, यस्तै मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, बागमती प्रदेशको सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ र कास्की आसपास भइ बहने स-साना नदीहरूमा बहाव बढ्ने र केही आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान गरेको छ।, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, हेर्नुहोस् बहाव पूर्वानुमान,
मर्स्याङ्दी र कन्काई नदीमा बहाव उल्लेख्य वृद्धि, यी नदीमा आज बहाव बढ्ने अनुमान
|
सेतोपाटी संवाददाता सल्यानमा वनमा लागेको डढेलोमा परेर एक पुरूषको मृत्यु भएको छ।, सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ डाँडा कटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको डढेलोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।, बुढाथोकी सल्लाको खोटो संकलनका लागि वनमा पुगेका थिए। दुबिचौर र हलुवारे सामुदायिक वनमा लागेको डडेलोमा परेर शनिबार उनको मृत्यु भएको हो।, वनमा लागेको डढेलो निभाउन गएको प्रहरीले एक जनाको शव फेला पारेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्का बताए।,
वनमा लागेको डढेलोमा परेर सल्यानमा एकको मृत्यु
|
सेतोपाटी संवाददाता सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, पाँच यात्रु घाइते भएका छन्।, दुर्घटनाका घाइतेमध्य जिल्लाको वनगाँड कुपेन्डे नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय मोतिलाल बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।, दुर्घटनामा परेर वनडाँड ४ का ५७ वर्षीय मने बुढा, ६९ को सहदेव बुढा, ५० बर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते छन्।, घाइते सबैको उपचार सल्यानमा भइरहेको प्रहरीले जनाएको छ।, शनिबार बेलुकी साढे ८ बजेतिर कुपेन्ड–४ को देउलीबाट डोक्चेतर्फ फर्किने क्रममा भे १ ज १०२१ नम्बरको जिप दुर्घटनामा परेको थियो।, जिप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।, चालक तथा जिपका मालिक स्थानीय उदय बुढा फरार छन्।,
जिप पल्टिँदा सल्यानमा एकको मृत्यु, पाँच जना घाइते
|
सेतोपाटी संवाददाता चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन्।, उनी आज बिहान चिप्लिएर खोलामा पुगेका थिए।, इच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे खोलामा चिप्लेर कैलालीको गोदावरीका ३५ वर्षीय तेजबहादुर बोहोरा बेपत्ता रहेको प्रहरीले जनाएको छ।, उनी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक हुन्।, उनी बसबाट झरेर चाउचाउ किन्न पसलतर्फ गएका थिए। खोलामा खसेका उनको एउटा चप्पल फेला परेको छ।, उनको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ।,
नारायणगढ-मुग्लिन सडक खण्डको खहरे खोलामा खसेर सहचालक बेपत्ता
|
सेतोपाटी संवाददाता काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला परेका छन्।, उनलाई उद्धार गरेर आफन्तको जिम्मासमेत लगाइसकिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।, असार १ गते साँझ साढे ६ बजेदेखि १४ वर्षका बालक नवीन रूवाली हराइरहेका थिए।, क्रिकेट खेल्न भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट निस्केका उनी बेलुकी कोठा फर्किएका थिएनन्।, त्यसको भोलिपल्ट असार २ मा उनका दाजु भरत रूवाली सार्कीले भाइको खोजी गरिदिन प्रहरी बृत्त बानेश्वरमा निवेदन दिएका थिए।, भारतको प्रहरीसँग निरन्तर सम्पर्क र समन्वयमा बालकलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। ती बालकलाई पटनास्थित रेलबे स्टेशनबाट सकुशल रूपमा उद्धार गरिएको हो।, बालकलाई उद्धार गरी काठमाडौं ल्याएर उनका दाजु डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ घर भई काठमाडौं महानगर ३१ शान्तिनगर बस्ने भरत रूवाली सार्कीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।, ती बालकलाई कसले भारत पुर्याएको हो भन्ने खुलेको छैन।,
भारतको पटनामा फेला परे काठमाडौंबाट हराएका बालक
|
सेतोपाटी संवाददाता ललितपुरको झम्सीखेल-बखुण्डल सडक आइतबारबाट एकतर्फी भएको छ। ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म चार पाङ्ग्रे सवारी साधन वान वे गरेको हो। , महानगरपालिकाका भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि महानगरीय ट्राफिक महाशाखाको समन्वयमा झम्सिखेल चोकदेखि बखुण्डोल समिट होटल अगाडिको चोकसम्मको ६३२ मिटर क्षेत्रमा महानगरले वान वे गरेको हो।, यो सँगै कानदेवता थानबाट समिट होटलको उकालो हुँदै झम्सिखेल आउने चार पाङ्ग्रे सवारी बखुण्डोल (समिट होटल) बाट पूर्व लागेर पुल्चोक हुँदै झम्सिखेल आउनुपर्ने हुन्छ। , यस्तै सानेपाबाट अरूण थापा चोकहुँदै झम्सिखेल आउने सवारीले पनि बखुण्डोल चोक पुगेर पुल्चोक भएर आउनुपर्नेछ।, पर्खाल भत्काएर सडक चौडा पारे पनि जाम नियन्त्रणमा सम्भव नदेखिएपछि साँघुरो बाटोमा वान वे सुरू गरेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सेतोपाटीलाई जानकारी दिए।, ‘हामीले सडक किनारका पर्खाल या घर नै भत्काएर पनि जाम नियन्त्रण गर्न असम्भव भएपछि साँघुरो बाटोमा वानवे सुरू गरेका हौ’, महर्जनले भने,‘यसबाट सवारी जाम नियन्त्रण हुन्छ।’, सवारी साधनको चाप धेरै भएकाले यहाँ बाहिरबाट आउने पर्यटकसँगै अरू पैदल यात्रु र व्यवसायीलेसमेत सास्ती भोग्दै आएकोमा सवारी चाप हटाउन यस्तो निर्णय लिइएको महर्जनले जानकारी दिए।, ललितपुर महानगरपालिका भित्र सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले झम्सीखेल-बखुण्डोल क्षेत्रमा चारपाङ्ग्रे सवारी साधनलाई आइतबारबाट वान वे गर्ने निर्णय गरेको उनले बताए।, स्कुल, सपिङ मल, बैंक, होटल, रेष्टुरेन्ट भएकाले पनि स्वभाविकै रूपमा यो क्षेत्र निकै व्यस्त हुने गरेको छ।, महानगरका अनुसार अब सरस्वती मन्दिर, पुल्चोक ३ नम्बर वडा कार्यालय र सानेपा (आर्मी चिफ क्वार्टर) तिरबाट आएका सवारी मात्र झम्सिखेल चोकबाट बखुण्डोल तर्फ जान पाउनेछन्। बखुण्डोलबाट झम्सिखेल आउन पाइने छैन।, लामो समयदेखि अत्याधिक सवारी जाम हुँदै आएको यो रूट भएर हिँड्ने सवारीले अब घन्टौंसम्म जाममा बस्नु नपर्ने ललिपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले दाबी गरे।, अरू गल्लीको तुलनामा यहाँ चार पाङ्ग्रे सवारी बढीनै देखिएको उनले बताए।, यो झम्सिखेल चोकबाट बखुण्डोल (समिट होटल) चोकसम्म प्रतिमिनेट ३ वटा चारपाङ्ग्रे र ३ वटा मोटरसाइकल दोहोरो चल्छन्। अन्य ठाउँको तुलनामा यो क्षेत्रमा चार पाङ्ग्रे सवारी बाक्लो छ’, उनले भने,‘ साँघुरो बाटोमा चारपाङ्ग्रे सवारी दुबैतर्फबाट एक साथ चल्दा सवारी जाम हुने भएकाले यसलाई नियन्त्रण गर्न एकतर्फी बनाएका हौ।’ , महानगरभित्र सडकको व्यवस्थापन नहुँदा सर्वसाधारणले दुःख पाएको गुनासो बढेपछि सडक र ट्राफिक व्यवस्थापन गर्न लागिपरेको हाछेथुले जानकारी दिए। ‘वान वे पनि सडक व्यवस्थापनको एउटा महत्वपूर्ण नीति हो। घन्टौं जाममा बस्नुभन्दा ४०० मिटर घुमेर आरामसाथ गन्तव्य पुग्न सकिने हुन्छ,’ उनले भने।, महानगरको यस्तो निर्णयले हजारौं मान्छेलाई समयमै गन्तब्यमा पुर्याउन सघाउने हाछेथुले दाबी गरे।, यसअघि महानगरले ललितपुरको पाटनढोका, पाटन मंगलबजार क्षेत्रको महापाल चोकबाट इखालखु (मछिन्द्र बहाल, लगनखेल) तर्फ जाने बाटो लगायत क्षेत्र वान वे बनाइसकेको छ।, महानगर प्रमुख महर्जनले महानगरभित्र सयौंको संख्यामा सडकहरु रहेको भन्दै कुन–कुन सडकलाई वान वे बनाउने भनेर अध्ययन गर्न ट्राफिक प्रहरीसमेतको संलग्नतामा एउटा कमिटि बनाइएको समेत जानकारी दिए।, उनले बढ्दो सवारी चापका कारण भित्रि र बिजी सडकलाई क्रमशः वान वे घोषणा गर्दै लैजाने बताए।, मेयर महर्जनले आफूहरू जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधि भएकाले जनताको दुःखलाई सम्बोधन गर्दै जाने बताए। , ‘आफूले निर्वाचनकै बेला महनगरलाई नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेको थिएँ। त्यसैले महानगरका सडक व्यवस्थित नहुँदा जनताले दुःख पाएको गुनासो गरेपछि क्रमशः हामी सडक व्यवस्थित गर्न लागि परेका हौं।’, उनले महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए। ‘सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्नेछ। महानगरपालिकाका सम्पदा तथा सार्वजनिक क्षेत्रमा फोहर गर्नु भनेको असभ्यताको पराकाष्ठा हो। यस्ता स्थानमा फोहर नगर्न पटक–पटक आग्रह गरिएको छ।’,
ललितपुरको झम्सीखेल-बखुण्डोल सडक आजदेखि वान वे
|
सेतोपाटी संवाददाता तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरूद्ध भएको छ।, तनहुँको भानु नगरपालिका वडा नम्बर ८ कुडुलेफाँट सडक भत्केपछि बाटो अवरूद्ध भएको हो। त्यहाँ राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरूद्ध भएको हो।, खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो ।, साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले बताए।,
डुम्रे-वेशीसहर सडक अवरूद्ध
|
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि भएको सामूहिक बलात्कार काण्डमा अर्का एक आरोपित पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार तुलसीपुर-९ दोघरेका २० वर्षीय कान्छी भनिने अर्जुन परियार पक्राउ परेका हुन्। अब सोही ठाउँकै २२ वर्षीय अर्का अर्जुन परियार मात्रै फरार रहेको एसपी काफ्लले बताए।, सुस्त मनस्थितिकी ती युवतीमाथि भएको सामूहिक बलात्कारमा आरोपितमध्ये प्रहरीले यसअघि नै तुलसीपुर-९ दोघरेका २४ वर्षीय शंकर बिक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरिसकेको छ।, तुलसीपुर-५ की ती युवतीलाई असार २ गते राति ९ बजेतिर ललाईफकाई कमल चौधरीले दोघरेस्थित एक निर्माणाधीन घरमा पुर्याएका थिए।, चार जनाले रातभर उनलाई बलात्कार गरेको देखिएको प्रहरीले जानकारी दिएको छ। बिहान ३ बजेतिर मात्रै उनीहरूले पीडित युवतीलाई छोडेका थिए। युवती घर पुगेपछि उनीमाथि भएको सामूहिक बलात्कारबारे परिवारले थाहा पाएका थिए।, असार ३ गते नै परिवारले चार जनाविरूद्ध इलाका प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएपछि पहिलो दिन दुई जना पक्राउ परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
तुलसीपुर सामूहिक बलात्कार काण्ड: थप एक जना पक्राउ, एक अझै फरार
|
रासस गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।, यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुले लगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए।, मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो।, खरखरेमा मर्स्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।, यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ। यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि तत्काल सम्भव नभएको इञ्जीनियर अधिकारीको भनाइ छ।, यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी मनाङका स्थानीय बेँसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन्।, ,
बेसीसहर–चामे सडक अवरुद्ध
|
राजेश घिमिरे गत शुक्रबार भरतपुर महानगरपालिकाले गरेको समृद्ध भरतपुर महानगरपालिकाको आगामि कार्यदिशा विषय अन्तरक्रियामा भागलिन पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, मुख्यमन्त्री राजेन्द्र पाण्डे, संघीय तथा प्रदेश सरकारका मन्त्रीहरू, अर्थ सचिव, योजना आयोगका उपाध्यक्ष, विभिन्न विभागका महानिर्देशकको जम्बो टोली भरतपुर आइपुगेको थियो।, दोस्रो पटक भरतपुरको मेयर बनेकी रेनु दाहालले आफूले पहिलो कार्यकालमा गरेका काम देखाउने र आगामी योजनाका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकी थिइन्।, अन्तरक्रियामा नारायणी नदीमा पुल बनाउने विषयले निकै चर्चा पायो।, मेयर दाहालको पहिलो कार्यकालको पहिलो नीति तथा कार्यक्रममा भरतपुर र नवलपुरलाई जोड्ने तीन पुल निर्माण गर्ने उल्लेख थियो। तर उनको पाँच वर्षे कार्यकालमा एउटा पनि पुल निर्माणको काम अघि बढ्न सकेन। यसपटक उम्मेदवार बन्दै गर्दा उनले प्रतिवद्धतापत्रमा नारायणी नदीमा आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने उल्लेख गरेकी थिइन्।, शुक्रबारको अन्तरक्रियामा उनले सिग्नेचर ब्रिजका अलावा नारायणी नदीमा पश्चिम चितवन र नवलपरासी जोड्ने अर्को पुल पनि निर्माणका लागि बजेटको सुनिश्चितता गरिदिन संघ र प्रदेश सरकारसँग माग गरिन्।, उनको कुरा ध्यान दिएर सुनेका संघीय सरकारका प्रतिनिधिले पनि नारायणी नदीमा पुल निर्माण तुरून्तै सुरू गर्ने वचन दिन भ्याए।, ‘नारायणी नदीमा सिग्नेचर ब्रिज बनाउन कन्सेप्च्युअल डिजाइन भइसकेको छ, अब केही दिनमा हामी टेन्डर आह्वान गर्छौं,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने।, सडक विभागका मुख्य मान्छेले नै तुरून्तै टेन्डर निकालेर पुल बनाउन सुरू हुने बताउँदा कार्यक्रममा सहभागीहरू खुसी देखिन्थे। चार दशक पुरानो नारायणीको एक मात्र पुल जीर्ण बनिसकेको छ। केही दिनअघि ठूलो हावाहुरी चल्दा यो पुलका बार र पोल ढलेका थिए। त्यसपछि यात्रुहरू यो पुल हुँदै यात्रा गर्न थप सशंकित बनेका छन्। यो अवस्थामा महानिर्देशकले बोलेका कुराले चितवनवासीलाई खुसी बनाउनु स्वभाविकै हो।, उनले सिग्नेचर पुलको अर्थ र डिजाइनबारे बताउँदै हाल पुल रहेको पुल्चोकबाट नजिकै छिट्टै चार लेनको पुल बन्ने दाबी गरेका थिए।, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले महानिर्देशक थापाले भन्दा ठूला सपना देखाए।, ‘म यो सिग्नेचर पुलको कुराबाट सन्तुष्ट हुन सकेको छैन। सिग्नेचरको परिभाषा कति पर्छ मलाई थाहा छैन तर अब बनाउँदाखेरी सपनाचाहिँ ठूलो देखौं के,’ उनले भने, ‘तल गाडी, माथि वाकिङ ट्रेल, साइडमा साइकल लेन, पुलबाट बन्जीजम्प नै गर्न मिल्ने बनाउँ न।’, उनी यतिमै रोकिएनन्। नारायणी मल्टिप्रपोज पुलको बोर्ड बनाई आइपिओ निकालेर सेकेन्डरी मार्केटमा जान सकिने सुनाए।, ‘त्यसपछि त त्यसको शेयरमात्रैले नि मालामाल कमाउन सकिन्छ,’ मरासिनीले भने, ‘यो राइट लोकेशनमा छ यसको विकासमा दिमाग लगाउनुपर्यो।’, सडक विभागका महानिर्देशक थापाले सरकारको बजेटमा सिग्नेचर पुलको तुरून्तै टेन्डर हुन लागेको दाबी गरेको करिब १५ मिनेटपछि बोलेको अर्थ सचिवले त्यही ठाउँमा सिग्नेचर नभई मल्टिप्रपोज पुल ‘पिपिपी मोडल’मा बनाउनु पर्ने बताए।, जिम्मेवार दुई निकायका अधिकारीबाट आएका फरक-फरक कुराले यहाँ तत्काल नयाँ पुल बनाउन सरकार तयार भइसकेको छैन भन्ने स्पष्ट झल्को दिन्थ्यो। अर्थ सचिव मरासिनीले अमेरिका, बेलायत, अष्ट्रेलियातिर सरकारकोमात्रै मुख नताकी इनोभेटिभ फाइनान्सिङ गरेर ठूला योजना सम्पन्न हुने गरेको भन्दै जनताले दिमाग लगाउनुपर्ने बताएका थिए।, ‘परम्परागत सोच नराखौं। विदेशमा के भइरहेको छ हेरौं। दिमाग लगाउने हो, सरकारको मुख ताक्ने होइन,’ उनले भने।, जिम्मेवार अधिकारीहरूका फरक कुरा सुनेपछि सेतोपाटीले सडक विभागअन्तर्गतको पुल महाशाखाका प्रमुख उमेश विन्दु श्रेष्ठलाई सम्पर्क गरेर सोध्यो-नारायणी नदीमा सिग्नेचर पुल निर्माणको टेन्डर तुरून्तै हुन लागेको हो?, उनले भने-तत्कालै सम्भव छैन। हामीले नयाँ पुल बनाउनका लागि हालको पुल भन्दा उपल्लो भागलाई हेरेका थियौं तर त्यहाँ सडकको राइट अफ वेमा अतिक्रमण बढी भएकाले सम्भावना कम देखियो। अहिलेसम्म कहाँ बन्ने भन्ने नै टुंगो छैन।, उनले नारायणी नदीमा नयाँ पुल बनाउने कार्यक्रम सरकारले बजेटमा ल्याएको भए पनि कस्तो पुल, कति बजेटमा, कहिले बनाउन थाल्ने भन्ने अझै यकिन नभइसकेको बताए।, ‘सम्भवत: अब हालको पुलभन्दा तलतिर हेर्छौं होला। धेरै तल जाँदा चितवन राष्ट्रिय निकुञ्जले दिँदैन त्यसैले थोरै तल कस्तो हुन्छ हेर्छौं,’ उनले भने, ‘नयाँ आर्थिक वर्ष त अब सुरू हुन लाइहाल्यो, यसपालिलाई सम्भव छैन। अर्को वर्ष टेन्डर हुनसक्छ।’ , उनले सरकारले पुल बनाउने कुरामात्रै कार्यक्रममा ल्याएको र सडक विभागले सिग्नेचर पुलको कन्सेप्ट डिजाइन गरेको बताए।, ‘बनाउने भनेरमात्रै भएन, आवश्यक पर्ने जग्गा उपलब्ध हुनुपर्यो,’ श्रेष्ठले भने, ‘सुरू गरेपछि त बजेट बिस्तार आउँदै गर्ला।’, उनले पहिले पश्चिम चितवनको गोलाघाटमा नारायणी नदीमाथि पुल बनाउन खोज्दा चितवन निकुञ्जले नदिएपछि टेन्डर खारेज गर्नुपरेको सुनाए।, ‘तलतिर पुल बनाउन त सजिलो छैन, हालको पुल नजिकैचाहिँ ढिलो-चाँडो बन्ला,’ पुल महाशाखाका प्रमुख श्रेष्ठले भने।,
कस्तो बनाउने नारायणीमा नयाँ पुल?
|
नारायण खड्का दाङमा बाटो खन्ने क्रममा गाडेको अवस्थामा फेला परेको सिक्का परीक्षणका लागि पुरातत्व विभागका अधिकारी दाङ आउने भएका छन्।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुरातत्व विभागका मानिससँग कुरा भइरहेको हुँदा उनीहरू छिट्टै दाङ आउने र ती पुरातत्विक महत्वका सिक्काहरू परीक्षण हुने सेतोपाटीलाई बताए।, ‘ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सिक्काहरू फेला परेको हुँदा त्यो राष्ट्रिय सम्पत्ति हो,’ एसपी काफ्लेले भने, ‘परीक्षणपछि हामी त्यो सबै सिक्का पुरातत्व विभागका मानिसहरूको जिम्मा लगाउने छौं।’, पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सिक्का भेटिएको जानकारी विभागलाई आएको र एक-दुई दिनमै परीक्षणका लागि टोली जाने बताए। , ‘हामी साथीहरूलाई पठाउँदैछौं। उहाँहरूले हेरेर आएपछि कस्ता सिक्का हुन् कति पूराना हुन् भन्ने थाहा हुन्छ,’ उनले भने। , गत बुधबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरस्थित सिमराटोलको खेत हुँदै बाटोको नयाँ ट्रयाक खन्ने क्रममा कसौडीमा राखेर गाडेको अवस्थामा ऐतिहासिक चाँदीका सिक्का जेसिबी चालक सुवाशचन्द्र चौधरीले फेला पारेका थिए। त्यसपछि उनले ती सिक्का तुलसीपुर-१५ मलवारस्थित आफ्नो घरमा लगेर लुकाएर राखेको कुराका आधारमा प्रहरीले घरमै पुगेर शनिबार ती सिक्का फेला पारी ल्याएको थियो।, कसौडीमा फेला पारेका पाँच सय ३७ थान चाँदीका प्राचीन सिक्कामध्ये ७६ वटा भारतीय सिक्का छन्। ती सिक्का ब्रिटिस सरकारको पालाका हुन्। त्यस्तै चार सय ६१ वटा सिक्कामा श्री ३ लेखेका लेखिएको छ।, जेसिबी चालकले गाडेको अवस्थामा सिक्का फेला पारेपछि निकाल्ने क्रममा श्री ३ लेखेको सात वटा सिक्का खसेपछि जेसिबीका सहचालकले ती सिक्का आफ्नो घरमा लगेर राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले सेतोपाटीलाई बताए।, सल्यान कपुरकोटका अर्का जेसिबी चालक राजन खड्कालाई सहमतिअनुसार चौधरीले भागबन्डा नगरेपछि उनै खड्काले जग्गा धनी शोभा भण्डारीलाई गाडेको धन फेला परेको कुरा खोलेका थिए।, २५ वर्षीय जेसिबी चालक चौधरीलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। साथै प्रहरीले बाटो खनिरहेको ठाउँमा अरू त्यस्तै पुरातात्विक महत्वका वस्तु हुन सक्ने भन्दै बाटो खन्न रोक लगाइसकेको छ।, त्यति महत्वका सिक्का फेला पारेपछि चालक चौधरीले प्रहरी वा स्थानीयलाई खबर नगरी सुटुक्क घर पुर्याएको हुँदा उनीमाथि आशंका पैदा भएको एसपी काफ्लेले बताए।, ‘त्यो कसौडीमा त्यत्ति सिक्का मात्रै थियो वा अरू केही गरगहना पनि थिए। त्यसको छानबिन र अनुसन्धान हुन आवश्यक परेको हुँदा चालक चौधरीलाई थुनामा राख्नु परेको हो,’ एसपी काफ्लेले भने, ‘चालक चौधरी र सहचालकसँग थप सोधपुछ तथा अनुसन्धान गरेपछि मात्रै थप तथ्य खुल्न सक्छ।’, स्थानीयले कसौडीमा गाडेको अवस्थामा फेला परेको सिक्का त्यत्ति पिँधसम्म मात्रै हुनै नसक्ने दाबी गरेका छन्।, त्यस्तो आशंका गर्नेमध्ये एक जना जग्गा धनी शोभा भण्डारी पनि हुन। शनिबार इप्रका तुलसीपुरमै उनले पहिलेका मानिसहरूले पिँधमा मात्रै सिक्का राखेर नगाड्ने र गाडे पनि पुरै भरेर मात्रै गाड्ने चलन रहेको दाबी गरिन्। बाटो निर्माण समितिका अध्यक्ष नोखिराम वलीले गाडेको धनमा फेला पार्नेले घोटाला गरेको तथा सबै तथ्य नबोलेको आशंका व्यक्त गरे।, स्थानीय तथा नेपाली कांग्रेस दाङका पूर्वसभापति कीर्तिबहादुर खड्काले पनि पुराना मानिसहरूले कहिले पनि भाँडोमा धन-पैसा राखेर गाड्दा भरी राखेर मात्रै गाड्ने प्रचलन थियो भन्ने कुरा सुन्दै आएको हुँदा जेसिबी चालक चौधरीसहितका मानिसले गडबडी गरेको हुन सक्ने बताए।,
तुलसीपुरमा कसौडीभित्र भेटिएका दुई सय वर्ष पुराना सिक्का पुरातत्व विभागले परीक्षण गर्ने
|
सेतोपाटी संवाददाता सर्लाहीमा कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको छ। , गएराति धनकौल गाउँपालिका-५ स्थित छठी घाट पुलमा बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। , कार आफैं अनियन्त्रित भएर पुलबाट १५ फिट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी रौतहट वृन्दावन नगरपालिका-४ हरैया बस्ने ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको बुढाथोकीले बताए। , कारमा ९ जना सवार रहेको उनले बताए। , उनीहरू छतौनामा छठियारको भोज खाएर हरैया फर्किरहेका थिए। त्यसैक्रममा दुर्घटना भएको हो। कारमा सवार सात जना घाइते छन्। , उनीहरूको उपचारको लागि एड्भान्स संजिवनी अस्पताल बरहथवा लगिएको छ। एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। , घटनास्थलबाट चालक फरार छन्। बालकको शव सोही अस्पतालमा राखिएको छ।,
सर्लाहीमा कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु, सात घाइते
|
एजेन्सी श्रीलंकाकामा सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ। , इन्धनको अभावले मुलुकमा संकट आइरहेको हुँदा दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।, सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड-१९को महामारीले गर्दा दुई करोड २० लाख श्रीलंकाली आर्थिक संकटमा बस्न बाध्य छन्।, ‘इन्धन आपूर्तिको सीमा, कमजोर सार्वजनिक यातायात प्रणाली र निजी सवारीसाधन चलाउन कठिन भएको हुँदा सोमबारबाट केही कर्मचारी मात्रै कार्यालयमा आएर काम गर्नू,’ गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ। , स्वास्थ्य क्षेत्रलगायत अति महत्वपूर्ण कामका कर्मचारीले भने कार्यालयमै जानुपर्ने सर्कुलरमा भनिएको छ। इन्धन संकटसँग जुध्न यसअघि सरकारले हप्ताको चार दिनमात्रै कार्यालय खोल्ने निर्णय गरेको थियो। , श्रीलंकाका अहिले पेट्रोल पम्पहरूमा लामा लाइनहरू छन्। इन्धन भर्न १० घन्टासम्म लाइन बस्नुपर्ने अवस्था छ।आउँदो केही महिनामा खाद्यान्नको अभाव हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेको छ।,
,
श्रीलंकामा सरकारी कर्मचारीलाई दुई हप्ता घरबाटै काम गर्न सरकारको निर्देशन
|
एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार ७९ वर्षीय बाइडेन शनिबार डेलावेयरको रेहोबोथ बिचमा साइकल चलाउने क्रममा लडेका हुन्। उनी छुट्टी मनाउन त्यहाँ पुगेका थिए।, समर्थकहरूलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढेका थिए। साइकलबाट लड्दा उनलाई चोट भने लागेको छैन। लड्नासाथ उनी उठेका थिए।, 'I got my foot caught up,' said U.S. President Joe Biden after he took a spill from his bike during his visit to Rehoboth Beach, Delawarehttps://reut.rs/3xzJxZ7 ,pic.twitter.com/aCMPmoVpmZ,
— Reuters (@Reuters) ,June 18, 2022, ‘मलाई केही भएको छैन,’ उनले भने। , साइकलबाट लडेको घटनापछि बाइडेनले उपस्थित समर्थकहरूसँग केही मिनेट कुराकानी गरेका थिए।, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बाइडेनलाई कुनै उपचारको आवश्यकता नभएको बताएको छ।, बाइडेन र उनकी पत्नी जिल बाइडेनले शुक्रबार ४५ औं विवाहोत्सव मनाएका छन्।,
साइकल चलाउँदा लडे अमेरिकी राष्ट्रपति बाइडेन
|
एजेन्सी क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा पछिल्ला दिनहरूमा भारी गिरावट आइरहेको छ। , शनिबार बिटक्वाइनको मूल्यमा सन् २०२० यताकै सबैभन्दा धेरै गिरावट आएको समाचार संस्था एपीले जनाएको छ। शनिबार केही समयको लागि एउटा बिटक्वाइनको मूल्य १८ हजार डलरभन्दा तल झरेको थियो।, संसारभरि रहेका विभिन्न क्रिप्टोकरेन्सीमध्ये बिटक्वाइन मूल्य सबैभन्दा धेरै छ। शनिबार दिउँसो एउटा बिटक्वाइनको मूल्य १७ हजार ५९३ डलरसम्म पुगेको थियो। केही समयपछि थोरै वृद्धि भएर १८ हजार ५५६ डलरसम्म पुग्यो। , बिटक्वाइनको मूल्य यो तहमा यसअघि सन् २०२० को नोभेम्बरमा पुगेको थियो। त्यसपछि लगातार बढेर यसको मूल्य गत नोभेम्बरमा ६८ हजार डलरसम्म पुगेको कोइनडेस्कले जनाएको छ।, बिटक्वाइनको कारोबारमा संलग्न मानिसहरूले यसको मूल्य २० हजार डलरमुनि नझर्ने आंकलन गरेका थिए। , यसरी २० हजार डलरभन्दा कम मूल्यमा पुग्दा मानिसहरूमा क्रिप्टोकरेन्सीमाथिको विश्वास हट्दै गएको बजार विश्लेषकहरूले बताएका छन्। , नेपालमा क्रिप्टोकरेन्सी अवैध छ। नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा कारोबार नगर्न निर्देशन दिएको छ। यसअघि प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गर्नेहरूमाथि मुद्दा समेत चलाएको छ।, एल साल्भोडार र सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिएका छन्। , यो पनि पढ्नुस्:, बिटक्वाइन वरदान हो कि अभिशाप?,
६८ हजार डलर नाघेको एउटा बिटक्वाइनको मूल्य झर्यो १८ हजारमा
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २८ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ९१४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८६२ जनाको पिसिआर र २ हजार ५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२० जना सक्रिय संक्रमित छन्।, १० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
३ हजार ९१४ मा परीक्षण गर्दा २८ जनालाई कोरोना
|
रासस चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेपछि नियन्त्रणमा लिइएका बाघले खोर भरिएका छन्।, हाल कसरामा दुई वटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन।, निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन्। तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो।, दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो। निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ।, निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ। झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उनले बताए।, कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो। कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ। हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ।, ‘तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन। भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन,’ उनले भने।, यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ।, चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ। जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो। दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो।, उनकाअनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राखिएको छ। तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ।, बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो।, बाघको सङ्ख्या बढेपछि धेरै घटना भएको अनुमान गरिएको छ। सन् २०१८ मा गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए। त्यतिबेला देशभरको संख्या २३५ रहेको थियो।, यस वर्ष बाघ गणना भइसकेको छ। विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ।,
नियन्त्रणमा लिएका बाघले भरियो खोर
|
राजेश घिमिरे गत सोमबार दिउँसो मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनभित्र सडक ग्राभेल गर्ने काम चल्दै थियो। पर्यटकलाई जिप सफारी गराउने बाटो बिग्रिएकाले बनाउन एक्साभेटर काम गर्दै थियो। वनका पदाधिकारीहरू कामको अनुगमनमा थिए।, एउटा रूखमुनि बसेर गफ गर्दैगर्दा सामुदायिक वनका सहसचिव जयश्वर भण्डारीको पछाडि ठूलो गर्जनसहित बाघ उफ्रियो। बाघ देखेपछि उनी कुदेर एक्साभेटरमा चढे। भाग्ने क्रममा सामुदायिक वनका अध्यक्ष वेदनिधि सुवेदी बाटैमा लडे।, धन्य! बाघले मान्छेमाथि आक्रमण गरेन। एक्साभेटरमा चढेपछि सबैले ढुक्कको सास फेरे। जीवनदान पाएको ठानेर घर फर्के।, बाघ भेटिएको ठाउँ मेघौलीको मानव बस्तीबाट करिब पाँच सय मिटरमा पर्छ। यो ठाउँ मेघौली विमानस्थलसँग जोडिएको छ।, उक्त साँझ गाउँनजिकै बाघ रहेको कुरा एक कान दुई कान हुँदै मेघौलीभर फैलियो। मंगलबार सामुदायिक वन र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरूले नजिकैको जंगलमा बाघ देखिएकाले त्यता नजान स्थानीयबासीलाई सजग गराए।, तैपनि बिहीबार दुःखद घटना भयो। बाघको आक्रमणमा परेर यही गाउँकी एक युवतीको ज्यान गयो।, बिहान ७ बजेतिर मेघौलीका महिलाहरू झोला बोकेर निउरो खोज्न जंगल पसेका थिए। यही समूहमा थिइन्, मेघौली बजारनजिकैकी २३ वर्षीया रेखा बस्नेत।, ‘केही दिनअघि वनमा बाघ देखिएको हल्ला सुनेका थियौं। त्यही थाहा पाएर होला वन पुग्ने बेलामा रेखाले निउरो छुटे पनि साथीचाहिँ नछुटौं है भनेकी थिई,’ सँगै गएकी ५६ वर्षीया थुमाया गुरूङले भनिन्।, वन छिरेको एक घन्टाभित्रै थुमायाहरू निउरोमात्रै होइन साथी पनि छुटाएर फर्किनु पर्यो।, थुमायाले हेर्दाहेर्दै बाघ रेखामाथि जाइलाग्यो। अजंगको बाघले कोपरेर घिसार्दै झाडीभित्र लग्यो। उनले सँगै गएकी साथी फर्काउन सकिनन्। कुदेर गाउँ पुगिन् र आफ्ना आँखा अगाडिको घटना अरूलाई सुनाइन्। सुरक्षाकर्मीमा खबर पुग्यो।, केहीबेरमा चितवन राष्ट्रिय निकुञ्जको सेना, नेपाल प्रहरी, सामुदायिक वनका प्रतिनिधि र स्थानीय जुटे। हराएकी रेखालाई खोज्न वनभित्र पसे। नरभक्षी बाघ रेखाको शरीरमा दाह्रा गाडिरहेको थियो। मान्छेको चहलपहल देखेपछि बाघ रेखाको शरीर घिसार्दै अघि बढ्यो। सेनाले केही राउन्ड हवाई फायर गरेपछि शरीर छाडेर भाग्यो।, प्रहरीले घटनास्थलको मुचुल्का उठाएर वनको गेटमा शव ल्याइपुर्याउँदा सयौं स्थानीय त्यहाँ भेला भएका थिए। प्रहरी पोस्टमर्टमका लागि शव भरतपुर लैजान चाहन्थ्यो। स्थानीयबासीले लैजान दिएनन्। शव उठाउनुअघि नरभक्षी बाघ नियन्त्रणमा लिनुपर्ने माग राखे।, ‘आज मान्छे खाएको बाघ यसै छाडियो भने त्यसले हामी सबैलाई सिध्याउँछ,’ स्थानीय नारायण भुर्तेलले भने, ‘हामी यो बाघ नियन्त्रणमा नलिँदासम्म शव बुझ्दैनौं।’, बाघले अरूलाई आक्रमण गर्नसक्ने भयमा स्थानीय देखिन्थे।, रेखा गत स्थानीय निर्वाचनमा म्यादी प्रहरी बनेकी थिइन्। उनी सामुदायिक वनको निउरो बेचेर जीवन निर्वाह गर्थिन्। घरमा हेला भएपछि माइतमा बसेकी थिइन्।, उनका निकटस्थहरूका निउरो बिक्री गरेर दैनिक सरदर पाँच सय रुपैयाँ आम्दानी गर्थिन्। त्यही पैसाले आफू र तीन वर्षे छोरोको खर्च धानेकी थिइन्।, रेखाजस्तै कमजोर आर्थिक अवस्थाका अन्य महिलाले पनि सामुदायिक वनमा उम्रिने निउरोलाई जीवन निर्वाहको स्रोत बनाएका छन्। त्यसैले उनीहरू त्यो बाघका कारण आगामी दिनमा फेरि अर्को घटना नहोस् भन्नेमा सचेत छन्। , चितवन राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिने आश्वासन दिएपछि बल्ल स्थानीयको आक्रोश केही थामियो। प्रहरीले शव पोस्टमार्टमका लागि लग्यो।, केहीबेरमा चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक वार्डेन गणेशप्रसाद तिवारीको नेतृत्वमा चिकित्सक, कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक, कर्मचारीहरूको समूह आइपुग्यो। त्यतिबेला अपराह्नको चार बज्नै लागेको थियो।, उनीहरूले छोटो समयमै सबै तयारी गरे। पाँच बजेभित्रमा निकुञ्जका विभिन्न पोस्टहरू, नजिकै रहेका होटल बारही र होटल टाइगर टप्सका सात वटा हात्ती पनि आइपुगे।, राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्र, सौराहामा कार्यरत वन्यजन्तु प्राविधिक दीपप्रसाद चौधरी बन्दुक जस्तो देखिने तर बन्दुकभन्दा अली सानो हतियार बोकेर हात्तीमा चढे।, त्यो हतियार ‘डार्ट गन’ हो। त्यसमा वन्यजन्तुलाई बेहोस बनाउने औषधी लोड गरिएको हुन्छ। वन्यजन्तु प्राविधिकले निसाना लगाएपछि जन्तु बेहोस हुन्छ।, स्थानीयको भरोसा दीपप्रसाद नै थिए। उनलाई साथ दिन कर्मचारी, सेना र केही स्थानीय अन्य हात्तीमा चढे। ती हात्तीमा एउटा गद्दा र त्यसलाई बाँधिएको एउटा डोरीमात्रै थियो। त्यही डोरीको साहरामा अडिनुपर्थ्यो।, एउटा सानो खोलो तरेर हात्तीहरू जंगल पसे। दीपप्रसाद सुरूबाटै पोजिसनमा थिए। केहीबेरमै बाघको चाल पाइहाले। मान्छेको ज्यान लिएको बाघ झाडीभित्र निर्धक्क बसेको देखियो। उनले डार्ट गन सोझाएर सुई हाने तर बाघले झुक्याइदियो, दीपकुमारको निशाना चुक्यो।, डार्ट गनमा फेरि अर्को डोज औषधी लोड गर्नुपर्ने भयो। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु चिकित्सक अमिर षडौला र भेटेरिनरी प्राविधिक किरण रिजालले डार्ट गनमा दोस्रो पटक औषधी लोड गर्दा साँझको ६ बजेको थियो।, दीपप्रसादको दोस्रो निशाना ठाउँमै लाग्यो। औषधीको सुई लागेपछि बाघ जुरूक्क उठेर करिब एक सय मिटर जति पर पुग्यो र त्यहीँ रन्थनिएर ढल्यो।, ‘हात्ती चढेर थोरै अघि बढ्ने बित्तिक्कै बाघ रहेको ठाउँ पत्ता लगाइहाल्यौं। हात्तीले उसलाई घेरे। निशाना लागेपछि केहीबेर सामान्य रूपमा हिँडेको बाघ ढल्नुअघि डरलाग्दो गरी उफ्रियो,’ निकुञ्जकी गेम स्काउट कौशिला मोक्तानले डार्टको विवरण सुनाइन्।, बेहोस बनाउने औषधीले राम्ररी काम गरेको पक्का गर्न केहीबेर कुर्नु पर्थ्यो। साढे ६ बजे चितवन निकुञ्जको सबैभन्दा ठूलो हात्ती कृष्णगजको ढाडबाट दीपकुमार ओर्लिए। लौरोले बाघलाई घोचे, उसले थाहा पाएको कुनै संकेत देखिएन।, त्यसपछि बाघलाई उचालेर स्टेचरमा राखियो र बाघसहितको स्टेचर बोकेर गाडीमा राखिएको पिँजडामा हुलियो।, बेहोस भएको करिब आधा घन्टामा बाघलाई होस आउने सुई दिनु पर्दो रहेछ। पिँजडामा राखिसकेपछि वन्यजन्तु चिकित्सक अमिर षडौलाले बाघको ढाडमा होस फर्काउने सुई लगाए। पिँजडाको ढोका बन्द भयो।, बाघ नियन्त्रणमा लिएपछि चितवन निकुञ्जले त्यो बाघले कम्तीमा दुई जनालाई आक्रमण गरेको पत्ता लगायो।, गत जेठ २४ गते भरतपुर-२३ स्थित घैलाघारीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। लगत्तै त्यस क्षेत्रमा नरभक्षी बाघको फोटो खिच्न क्यामेरा जडान गरिएको थियो। बिहीबार साँझ मेघौलीबाट नियन्त्रणमा लिइएको बाघले नै ९ दिनअघि घैलाघारीमा निउरो टिप्न गएकी उमादेवी बोटेको ज्यान लिएको थियो।, चितवन निकुञ्जले घैलाघारी क्षेत्रको जंगलमा उक्त नरभक्षी बाघको खोजीमा धेरै समय खर्चियो तर फेला परेन। नरभक्षी बाघ त्यहाँबाट करिब १० किलोमिटर पर मेघौली पुगेको थियो।, ‘दुई दिन म आफैं पनि घैलाघारी क्षेत्रमा बाघ खोज्न लागिपरें। हाम्रा कर्मचारीहरू त लागेका लाग्यै हुनुहुन्थ्यो,’ निकुञ्जका सूचना अधिकारी तिवारीले भने, ‘ढिलै भए पनि बाघ नियन्त्रणमा आयो।’, चितवनमा पछिल्ला दिनमा बाघको आक्रमणका घटना बढेका छ।, गत चैतयता मात्रै चितवन निकुञ्ज र आसपासका वनहरूमा बाघको आक्रमणबाट १० जनाको ज्यान गइसकेको छ। बाघको आक्रमणबाट घाइते भएका दुई जना उपचारमा छन्।, तिवारीले आक्रमणका कतिपय घटनामा एउटै बाघको संलग्नता हुन सक्ने बताए। यस विषयमा निकुञ्जले अनुसन्धान गरिरहेको उनको भनाइ छ।, बाघको आक्रमण बढ्दै जानुमा बाघको संख्या बढ्नु र घना जंगलमा मान्छेको चहलपहल बढ्नु दुबै कारण हुनसक्ने उनले बताए।, ‘बाघ गणनाको तथ्यांक आइसकेको त छैन, अहिले क्यामेरामा रेकर्ड भएका फोटोहरू हेरेर संख्याको विषयमा विश्लेषण गर्ने काम भइरहेको छ तर हामीले हेर्दा बाघको संख्या बढेको देख्छौं,’ तिवारीले भने, ‘संख्या बढ्दा आक्रमण बढ्यो भन्ने कुरा पनि सही हुनसक्छ। वन क्षेत्रमा मानिसको चहलपहल बढ्दा पनि आक्रमण बढेको छ। अहिले मान्छेहरू निउरो टिप्ने जंगल जाने क्रम चलेको छ।’, तिवारीले नरभक्षी बाघ डार्ट गरी नियन्त्रणमा लिएर आचरण सुध्रिएको संकेत पाएपछि निकुञ्जको कोर क्षेत्रमा छाड्ने गरिएको बताए।, डार्ट गरिएका बाघ राख्न चितवन निकुञ्जको कसरामा दुई वटा र सौराहामा एउटा इन्क्लोजर छन्। ती इन्क्लोजरमा बेलसहर मध्यवर्ती सामुदायिक वन, बर्दिया राष्ट्रिय निकुञ्ज र राप्ती नगरपालिकाबाट डार्ट गरिएका बाघ राखिएका छन्।, बिहीबार नियन्त्रणमा लिइएको बाघ कहाँ राख्ने भन्नेमा निकुञ्ज प्रशासन साँझसम्म पनि अन्यौलमै थियो।, चितवन निकुञ्जका वन्यजन्तु चिकित्सक विजयकुमार श्रेष्ठका अनुसार डार्ट गरिएको बाघ होस फिर्ता ल्याउने औषधी दिइएपछि पनि केही घन्टा लठ्ठिन्छ। उनले भने, ‘शुक्रबार दिउँसोसम्म त यसले खासै मेसो पाउँदैन। त्यसपछि मात्रै सक्रिय हुन्छ।’, उनका अनुसार यसपछिमात्रै कहाँ राख्ने भन्ने टुंगो लाग्नेछ।, ,
नौ दिनमा दुई जनाको ज्यान लिने बाघलाई यसरी लिइयो नियन्त्रणमा
|
सबिना श्रेष्ठ नब्बे सालको भुइँचालोपछि सहर पुनर्निर्माण क्रममा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले एकछेउ आफ्नो पूर्णकदको प्रतिमा र अर्को छेउ प्रवेशद्वारसहित 'जुद्ध सडक' बनाए जसलाई आज हामी न्यूरोड भन्छौं।, त्यही बेला उनले आफ्नो शालिकदेखि इन्द्रचोकसम्मको सडक फराक पारे र सडकका किनारमा व्यावसायिक प्रयोजनका लागि उस्तै खालका घरहरू बनाउन लगाए। ती घरका केही अवशेष आज पनि देखिन्छन्।, नब्बे सालको त्यो पुनर्निर्माणले हामीलाई न्यूरोडको फराकिलो सडक त दियो तर केही महत्वपूर्ण सांस्कृतिक स्थल विनाश गरायो।, त्यसैमध्ये एक हो, इन्द्रचोक अर्थात् वंघ:को डबली।, न्यूरोड बनाउँदा मासिएको वंघ: डबली करिब ९० वर्षपछि फेरि ब्युँतिएको छ। काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्हि अर्थात् इन्द्रजात्रा बेला देवी नाच र अन्य सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने ऐतिहासिक वंघ: डबली बागमती प्रदेश सरकारको सहयोगमा इन्द्रचोक उपभोक्ता समितिले पुनर्निर्माण गरेको हो।, प्रदेश सांसद विराजभक्त श्रेष्ठले इन्द्रचोक जिर्णोद्धार क्रममा यो डबली ब्युँताउन लागेको बताए।, 'हामीले सडक मात्र बनाउन लागेका थियौं तर यहाँ पहिले डबली पनि थियो भन्ने कुरा आएपछि त्यसलाई ब्युँताउन पहल गरेका हौं,' उनले सेतोपाटीसँग भने।, वर्षैभरि व्यस्त रहने इन्द्रचोकको सडक एकदमै छिटो बिग्रिरहन्छ। यसलाई वर्षको दुईचोटि मात्र जिर्णोद्धार गरिन्छ। एकचोटि इन्द्रजात्रा (येँया पुन्हि) बेला र अर्कोचोटि सेतो मच्छिन्द्रनाथको यात्रा बेला। अरू बेला सडक प्राय: जीर्ण रहन्छ।, यही क्रम बर्सेनि दोहोरिँदै आएपछि २०७६ सालमा इन्द्रचोक पुनर्निर्माण उपभोक्ता समिति गठन भएको थियो। समितिले त्यसै वर्ष सडक निर्माणको पहल गरे पनि कोरोना महामारीका कारण काम रोकियो।, गत चैतमा बजेट पारित भएपछि सडक निर्माण अघि बढेको हो। अहिले पूरा हुने क्रममा छ। यसका लागि बागमती प्रदेश सरकारले ५७ लाख रूपैयाँ दिएको छ। यसको २० प्रतिशत उपभोक्ता समितिले श्रमदान गर्नुपर्ने समितिका अध्यक्ष केयुरमान सिंह बताउँछन्।, 'प्रदेश सरकारबाट आएको बजेटमा उपभोक्ता समितिले मिलेर निर्माण गरिरहेका छौं। अपनत्वको भावना होस् भनेर स्थानीय कामदार खटाएका छौं,' उनले भने।, जुद्धशमशेरको पालामा मासिएको ऐतिहासिक डबली पुनर्निर्माण गर्न पहिले डबली भएको ठाउँमा ढुंगा बिछ्याइएको छ। कालोपत्रे सडकको बीचमा ढुंगा बिछ्याइएको ठाउँले डबलीको झलक दिन्छ।, डबलीको क्षेत्रफल १८ फिट लामो र २२ फिट चौडा छ। अगाडि मण्डल राखिएको छ जहाँ दी प्याखं (देवी नाच), श्वेतकाली अजिमा लगायत नाच देखाउनुअघि सुकुन्दा बालिन्छ। छेउमा 'वंघः दबू' (इन्द्रचोक डबली) लेखेर नेपाल सम्बतमा पुनर्निर्माण मिति जनाउन ने.सं ११४२ राख्ने तयारी भइरहेको छ।, परम्परागत डबली सडकको सतहभन्दा अलि उँचो हुन्थ्यो। यो डबली भने सडककै सतहमा छ। इन्द्रचोक सधैं व्यस्त हुने भएकाले जात्रा बेला नाच देखाउन र अरू बेला सवारी साधन गुड्न सहज होस् भनेर यस्तो गरिएको सिंह बताउँछन्।, 'हामीले यहाँ पहिले डबली थियो भन्ने संकेत मात्र दिन खोजेका हौं। यो पनि ठूलो उपलब्धि हो,' उनले भने, 'पहिले सडक बनाउँदा विस्थापित भएको सम्पदालाई अहिले सडक पुनर्निर्माण गर्दा ब्युँताउन पाउनु नै हाम्रो लागि खुसीको कुरा हो।', समय-समयमा मर्मतसम्भार नगरिनाले इन्द्रचोकको बाटो जीर्ण हुने गरेको उल्लेख गर्दै अध्यक्ष सिंहले भने, 'अब चाहिँ बिछ्याइएको ढुंगा भत्कियो भने हाम्रो समितिले तुरून्तै मर्मत गर्नेछ।', यहाँ बाटो बन्न थालेको एक महिना तीन साता भयो। त्यस क्रममा चारपांग्रे सवारी निषेध गरिएको थियो। इन्द्रचोक छवटा सडकसँग जोडिन्छ। डबली भएको सडकबाट सोझै अगाडि बढे न्यूरोड पुगिन्छ। न्यूरोड पुग्ने बाटोलाई दीर्घकालीन रूपमा बन्द गर्न सके निकै राम्रो हुने सिंहको भनाइ छ।, 'हामीले सडक बनाउँदा आवागमन बन्द गरेका थियौं। मान्छेहरूले वैकल्पिक बाटो रोजे। चाह्यो भने यो बाटो सधैंका लागि बन्द गर्न सकिन्छ भन्ने यसले देखाउँछ,' उनले भने, 'त्यसो भयो भने हामीले मौलिक स्वरूपमै डबली बनाउन सक्छौं। त्यसबारे पछि छलफल गर्ने सोच छ।', इन्द्रचोक डबलीको विशेषता के भने यहाँ दी प्याखं (देवी नाच), श्वेतकाली अजिमा, १२ वर्षे नाच लगायत विभिन्न सांस्कृतिक नाच प्रदर्शन गरिन्छ। इन्द्रजात्रा (येँया पुन्हि) बेला प्रदर्शन गरिने देवी नाच डबलीमा देखाउनुपर्ने हो।, देवी नाच प्रदर्शनका लागि काठमाडौंमा सातवटा डबली छन्। कुन दिन कुन डबलीमा नाच देखाउने भनेर निश्चित छ।, किलागलको बिज्यापु डबलीमा चौथीदेखि सप्तमीसम्म नाच चल्छ। काया अष्टमीको दिन देवी नाचलाई सार्वजनिक प्रदर्शनमा लगिन्छ। यो दिन किलागलको मुख्य डबलीमा नाच देखाइन्छ।, इन्द्रजात्रा सुरू भएपछि कागेश्वरी नजिकैको डबलीमा देखाइन्छ। अहिले यो डबली मासिएकाले सडकमै देखाउनुपर्छ।, त्यसपछि कुमारी रथयात्राको पहिलो दिन जैसीदेवल (न्हूघः) डबलीमा नाच देखाइन्छ। दोस्रो दिन बांगेमुढा र इन्द्रचोक डबलीमा देखाइन्छ। इन्द्रचोक डबली मासिएकाले सडकमै नचाइँदै आएको छ।, यी पाँच डबलीका अतिरिक्त बाँकी दुइटामा पनि नाच प्रदर्शन गरिन्छ – वसन्तपुरको महादेव-पार्वती मन्दिर अगाडिको डबली र कालभैरव अगाडिको डबली।, महादेव-पार्वती मन्दिरअगाडिको डबलीमा कुमारी रथ परिक्रमा सकिनुअघि नाचिन्छ भने त्यहाँबाट फर्किंदा कालभैरवमा नाचिन्छ।, देवी नाचमा अंक सातको संयोग हुन्छ। सात देवदेवी, सात डबली, सात नाइके, सात बाजा र सात ताल। नाचको समय पनि सातै हुन्छ। देवदेवी पनि सातै जना हुन्छन् – भैरव, चण्डी, कुमारी, दैत्य, कवं (कंकाल), बेताः (बेताल) र ख्याः (ख्याक)।, देवी नाच खलःसँग आबद्ध बालकृष्ण महर्जनले डबली नहुँदा सडकमै नाच देखाउनुपर्ने बाध्यता रहेको बताए। आफ्नो खल:बाट आयोजना हुने नाचमा उनी र उनका भाइले नाचेका छैनन्। उनका बुबा, ठूलो बुबा, माइला बुबा लगायत देवदेवी भइसकेका छन्।, नब्बे सालअघि भत्काइएको डबलीको स्वरूप कस्तो थियो भनेर देख्न नपाए पनि नयाँ डबली बनेकोमा खुसी साट्दै उनले भने, 'राणाकालमा मासिएको सम्पदा हाम्रो समयमा पुनर्निर्माण गर्नु भनेको एउटा इतिहास हो। यहाँ डबली थियो भनेर थाहा नहुने नयाँ पुस्ताले पनि अब यसबारे थाहा पाउने भए। यसलाई संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो।',
९० सालको भुइँचालोपछि न्यूरोड बनाउँदा मासिएको इन्द्रचोक डबली ब्युँतियो
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स भाइरसको आशंका गरिएका २६ वर्षीय पुरूषमा कुष्ठरोग लागेको पुष्टि भएको बताएको छ।, विदेशबाट आएका एक व्यक्तिको हात लगायतमा फोका देखिएपछि बिहीबार मङ्कीपक्सको आशंका गरिएको थियो।, बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो।, उक्त व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा कुष्ठरोगको जिवाणु भेटिएको शुक्रराज ट्रफिकलकी प्रवक्ता डाक्टर संगिता कौशल मिश्राले विज्ञप्ति निकालेर जानकारी गराएकी छन्।, विज्ञप्ति:,
मङ्कीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि: स्वास्थ्य मन्त्रालय
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३४ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ६१० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २३४ जनाको पिसिआर र एक ३७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०४ जना सक्रिय संक्रमित छन्।, १५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए ३४ जना कोरोना संक्रमित, अझै १०४ सक्रिय संक्रमित
|
सेतोपाटी संवाददाता राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको देखिएको छ। , स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। , २०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए। आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए।, भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ। , आयोगले भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ। ,
नायब सुब्बाले चार वर्षमै कमाए ६ करोड २४ लाख, अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा
|
रासस महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ।, अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले आज सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ। , ‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ।, अस्पतालले २०७७ साल मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो।,
टिचिङले गर्यो स्वास्थ्य बीमा कार्यक्रम स्थगित
|
सेतोपाटी संवाददाता प्रहरीले बारामा हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, कलैया उपमहानगरपालिका-९ का ३१ वर्षीय बजरंगी साह तुरहालेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , उनका अनुसार जेठ २६ गते तुरहालेले सोही स्थान बस्ने ७२ वर्षीय अहमद मिँया चुडिहारको हत्या गरेका थिए। तुरहालेले निर्मम तरिकाले चुडिहारको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ।, ‘तुरहालेले चुडिहारलाई पैसा राख्न दिएका रहेछन्’, उनले भने,‘राख्नलाई दिएको पैसा लिनलाई अप्ठ्यारो भएपछि आवेशमा आएर चुडिहारको हत्या गरेको रहेछ।’, प्रहरीले तुरहालेलाई जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ। ,
,
बारामा हत्याको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, बारा जितपुर सिमरा उप-महानगरपालीका-१ घर भई काठमाडौं महानगरपालिका-१४ हाँडीगाउँ बस्ने ३२ वर्षीय रूपेश कार्कीलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार कार्कीले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप छ।, प्रहरी उपरीक्षक मैनालीका अनुसार कार्कीले पोखरा महानगरपालीका-१६ बिरौटाका पीडितलाई क्यानडा पठाइदिन्छु भन्दै ११ लाख ७१ हजार ठगी गरेको आरोप छ। , यस्तै, काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाका पीडितलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै ९ लाख ७५ हजार ठगी गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। , जिल्ला प्रहरी परिसर काठमाडौंले कार्कीमाथि मुलुकी अपराध ऐन २०७४ कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद गरी अनुसन्धान गरिरहेको जनाएको छ।, प्रहरीले यस्तै घटनामा अन्य व्यक्तिहरू समेत ठगी भएको भए समपर्कमा आउन अनुरोध गरेको छ।,
विदेश पठाइदिने भन्दै २१ लाख बढी ठगी गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता रूपन्देहीको होटलमा सञ्चालित पौडी पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो। , चार दिनको अन्तरमा रूपन्देहीका होटलको पौडी पोखरीमा दुई जना युवाको डुबेर ज्यान गइसकेको छ।, गत मंगलबार तिलोत्तमा नगरपालिका ३ शंकरनगरस्थित बिगचेयर होटलमा एक युवाले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै शुक्रबार भैरहवास्थित होटल पौवाको पौडी पोखरीमा अर्को एक युवाको ज्यान गएको हो।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार शुक्रबार दिउँसो साथीहरूसँग स्विमिङ गर्न गएका तुलाधर सवा पाँच बजेतिर पोखरीमा डुबेका थिए। , स्विमिङ पुलमा डुबेका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा शुभ ओम इन्भेष्टमेन्ट कम्पनी प्रालिले लिजमा लिएर स्विमिङ पुलसहितको होटल सञ्चालन गर्दै आएको छ।, पौवामा बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै स्विमिङ पुल छन्।, यसअघि गत मंगलबार तिलोत्तमास्थित बिगचियर रिसोर्टको स्विमिङ पुलमा डुबेर निजी बोर्डिङ स्कुलमा अध्यापन गर्दै आएका शिक्षक सन्दिप पौडेलको मृत्यु भएको थियो।, तिलोत्तमा १ शंकरनगरका पौडेल गर्मी छल्ने भन्दै साथीहरूसँग पौडी खेल्न गएका थिए। पौडी खेल्दा डुबेर बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो।,
स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु
|
रासस तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश बिकको शुक्रबार डुबेर मृत्यु भएको छ। , माछा मार्ने क्रममा खोलामा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए।, बिकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरेको छ। उनको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ,
डुबेर युवकको मृत्यु
|
सेतोपाटी संवाददाता मंकिपक्सको आशंका गरिएको एक जना व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्ठरोग पुष्टि भएको जानकारी दिइन्।, उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्ठरोगको जिवाणु भेटिएको हो।, दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मंकिपक्सको आशंकामा बिहीबार टेकु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। , अहिलेसम्म २९ वटा देशमा मंकिपक्स देखापरेको र एक हजारभन्दा बढी संक्रमित भएका छन्। मन्त्रालयका प्रवक्ता डा मिश्राले नेपालमा अहिलेसम्म मंकिपक्सको बिरामी नेपाल फेला नपरेको बताइन्।, दुबईबाट नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मंकिपक्सको आशंकामा टेकु अस्पतालमा पठाएको थियो। , 'मन्त्रालय विश्वव्यापी रूपमा बढ्दै गएको मंकिपक्स संक्रमणबारे सचेत र सर्तक अवस्थामा छ। यस सम्बन्धमा हामी सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई मंकिपक्सको कुनै पनि शंकास्पद संक्रमण मन्त्रालयअन्तर्गत इपिडेयोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सम्बन्धित अधिकारीलाई सूचना उपलब्ध गराउन आग्रह गर्दछौं,' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, ती बिरामी दुबई हुँदै नेपाल आएका हुन्। उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए।,
मंकिपक्स आशंका गरिएका व्यक्तिमा कुष्ठरोग
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा हनी ट्र्यापमा पारी रकम असुली गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार ६ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, उनका अनुसार विभिन्न ठाउँमा आपराधिक लाभ लिन योजनाबद्ध तरिकाले महिलाहरूको समूह नै परिचालन भइरहेको भन्ने खबर प्रहरीले पाएको थियो। , सामाजिक सञ्जालमार्फत् चिनजान गरी सम्पर्क नम्बर आदानप्रदान गरी भेटघाट गर्ने र भेटेपछि झूटा मुद्दा लगाएर फसाई रकम असुली गर्ने गरेको खबर थियो। , त्यसअनुसार कार्यालयले अपरेसन 'हनी ट्र्याप' सञ्चालन गर्यो। अपरेसन सञ्चालनको क्रममा गिरोहका ६ जनाको संलग्नता देखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए। , पक्राउ पर्नेहरूमध्ये दुई युवती र अन्य पुरूष छन्। , भक्तपुर घर भई काठमाडौंको पेप्सीकोला बस्ने १९ वर्षीया निकिता केसी, खोटाङ घर भई तार्केश्वर बस्ने ३२ वर्षीय डिकबहादुर शर्मा, दोलखा घर भई ललितपुर नखिपोट बस्ने २५ वर्षीय निमा लामा, काभ्रे घर भई कोटेश्वर बस्ने १८ वर्षीया मनिषा परियार, सुनसरी घर भई चक्रपथ बस्ने ३० वर्षीय सन्जिब दर्जी र दोलखा घर भई नख्खिपोट बस्ने ३० वर्षीय पासाङ लामा पक्राउ परेका छन्। , यो हनी ट्र्यापिङको मुख्य योजनाकार भने निमा र पासाङ हुन्। उनीहरूकै योजनामा दुई जना युवतीलाई प्रयोग गरी रकम असुली गरिरहेको खुलेको छ। , यस आपराधिक क्रियाकलापमा निकिता नक्कली पत्रकार बन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, उनले आफूलाई पत्रकार भनेर चिनाउने र समाचार लेख्ने बहाना बनाएर मान्छे भेट्ने गर्थिन्। यता डिकबहादुर पनि कहिले समाजसेवी त कहिले वकिल भनेर आफूलाई चिनाउँथे। , उनीहरूले विशेषगरी पुरूष व्यक्तिलाई छान्थे। छान्नुअघि त्यस्ता व्यक्तिहरूको व्यक्तिगत विवरण खोजी गर्थे।, कुनै मानिसबाट रकम असुली गर्नुपरे ती व्यक्तिमाथि सुरूमा निगरानी राख्ने, त्यसपछि उनीहरूको घर, ठेगाना, कार्यालय तथा सवारीसाधनको समेत विवरण पत्ता लगाउने गरेको प्रहरीले जनाएको छ। , ती विवरणहरू एउटा डायरीमा लेखेर राख्थे।, त्यसरी चिनजान गरेर ती दुबै किशोरीले कुनै रेष्टुरेन्टमा बोलाउने गर्थे। रेष्टुरेन्टमा भेटघाट गरेपछि भने आफूहरूमाथि पुरूषले जबरजस्ती गरेको भन्दै हल्लाखल्ला गर्थे।, 'दुई जना केटीहरूले रेष्टुरेन्टमा बोलाउने गर्थे। त्यसपछि त्यहाँ उनीहरूले आफूहरूमाथि जबरजस्ती गर्न खोजेको भन्दै होहल्ला गर्ने गर्थे,' कोइरालाले भने,'त्यसपछि पासाङ, निमा, सञ्जिब लगायतहरू हाम्रा बहिनीहरूलाई के गर्न खोजेको भन्दै धम्क्याउने रहेछन्।', त्यसरी ब्ल्याकमेल गरेर मानसिक दबाबमा पारी उनीहरूले रकम असुली गरिरहेको प्रहरीको भनाइ छ। , प्रहरीले उनीहरूमाथि अपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको छ। , यस घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।,
'हनी ट्र्याप'मा पारी रकम असुली गरेको आरोपमा नक्कली पत्रकारसहित ६ गिरोह पक्राउ
|
सेतोपाटी संवाददाता आज प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भगमा आंशिकदेखि सामान्य बदली रहेको छ। , हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। , शनिबार दिउँसो : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।, यता आइतबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
|
डा.अनिल आचार्य मुटुको अपरेसन विभिन्न किसिमका बिरामीको गर्नुपर्ने हुन्छ। केहीले जन्मजात नै मुटुको समस्या लिएर आएका हुन्छन्। उनीहरू जन्मदै मुटुमा कुनै समस्या हुन्छ। जसमध्ये कतिपयको जन्मिएलगत्तै अपरेसन गर्नुपर्ने हुन्छ, केहीको अल्ली पछि गर्दा पनि हुन्छ। कतिपय जन्मजात रोगको त सुरूमा थाहै हुँदैन, धेरै ठूलो उमेर भइसकेपछि अर्थात ४०-५० वर्षको उमेरमा पनि जन्मजात भएका रोगको अपरेसन गर्नुपर्ने हुन्छ।, हाम्रो जस्तो विकासशील देशमा मुटुको रोग निम्त्याउने अर्को कारण भनेको बाथ रोग हो। धेरै पहिला देखिएको बाथ रोगले गर्दा पछि मुटुमा समस्या गर्छ। त्यसले मुटुका भल्भ बिगार्छ। साँघुरो बनाउने वा लीक बनाउने गर्छ। त्यस्ता रोगमा मुटुको भल्भ मर्मत गर्ने वा भल्भ फेर्ने अपरेसन गर्नुपर्ने हुन्छ।, त्यसपछि मुटुको अर्को अपरेसन भनेको मुटुको बाइपास अपरेसन हो। यो मुटुको अपरेसनमा संसारभरि सबैभन्दा बढी गरिने अपरेसन हो। यो मुटु आफैँलाई रगत सप्लाई गर्ने नलीहरू साँघुरा भएर हर्टअट्याक भइसकेपछि वा त्यो भन्दा अगाडि नै काम गर्दा मुटु दुखेर अपरेसन गर्नुपर्ने हुन्छ। त्यसमा साँघुरो भएका नलीलाई बाइपास गरेर मुटुमा रगत पुर्याउन अपरेसन गर्छौं यसलाई हामी ‘सिएबीजी’ भन्छौं।, त्यो बाहेक मुटुका अरु रोगहरू पनि हुन्छन्। मुटुबाट बाहिर निस्कने मुख्य नलीहरू ठूला भएका, फुटेका, छातिमा पुगेर, पेटमा पुगेर नली ठूला भएका फुटेका पनि हुन्छन्, यसमा पनि अपरेसन गर्नुपर्ने हुन्छ। मुटुको चालसम्बन्धी गडबडका कारण पनि अपरेसन गर्नुपर्ने हुन्छ।, जन्मजात मुटुको रोग भयो कि त जन्मँदै निलो भएर जन्मन्छन् कि केही दिन, महिनापछि निलो हुने पनि हुन्छ। जन्मँदै स्वास फेर्न गाह्रो हुने स्याँ स्याँ हुने हुन्छ। त्यो बेलामा हामीले जाँच गरेर मुटुको समस्या छ कि भनेर थाहा पाउँछौं। ठूलो भएपछि अरू सरह हिँड्न, दौडन नसक्दा पनि मुटुको समस्या छ कि भन्ने अनुमान गरिन्छ। साना प्वालहरु रहेछन् भने धेरै ठूलो भइसकेपछि जाँच गर्दा थाहा हुने पनि हुनसक्छ।, मुटुको बाथ रोगले गर्दा भल्भ बिग्रिने मान्छेको बाथ ज्वरो हुनसक्छ, कसैलाई ज्वरो थाहा नहुन पनि सक्छ तर बिस्तारै उनीहरुलाई हिँड्न गाह्रो हुने, उत्तानो परेर सुत्न गाह्रो हुने, भारी काम गाह्रो हुने, मुटु भ्याट–भ्याट गरेर चल्ने, जीउ, पेट सुन्निने हुन्छ। त्यसपछि मुटुको समस्या रहेछ भन्ने थाहा हुन्छ। पछि मुटुका रक्तनली साँघुरो हुने रोगमा अलिकति गाह्रो काम गर्दा छाति भारी हुने, छातिमा ढुंगा राखेजस्तो हुने, छटपटी नै हुनेगरी छाति दुखेको अवस्थामा मुटुका नली साँघुरा भएछन् भनेर थाहा हुन्छ।,
अभिभावकले बच्चा हिँड्दा, दूध चुस्दा, रूँदा ओठ, हातका आँलाका टुप्पाहरु बढी निलो हुन्छन् कि हिँड्न थालेपछि अरू जति हिँड्न नसक्ने, खेल्न नसक्ने, शारीरिक विकास राम्रो भएन, फोक्सोको इन्फेक्सन बारम्बार भएमा मुटुको समस्या छ कि भनेर शंका गर्नुपर्छ। ठूला भएपछि चाहि बच्चाले मुटु ढुकढुक भयो, मलाई गाह्रो भयो भन्न सक्छ।, नेपालमा सबैभन्दा बढी समस्या बाथ रोगपछि मुटुको भल्भ बिग्रएर अपरेसन गर्नुपर्ने हुन्छ। यो किशोर अवस्थादेखि ६० वर्षसम्म पनि यो देखिन्छ। लगभग ३०–३५ प्रतिशत मुटुको अपरेसन यस्तै हुन्छ। जन्मजात रोगको पनि जन्मेको एक हप्तादेखि ४०–५० वर्ष पुगेपछि पनि अपरेसन गर्छौं। त्यसपछि बढी हुने भनेको मुटुका रक्तनलीहरु साँघुरो भएर बाइपास अपरेसन हो। यो बुढेसकालमा बढी हुन्छ। , साधारणतया ५० वर्ष कटेपछि बढी हुने हो तर अहिले संसारभरी नै रहनसहन, खानपिन, जीवनशैलीमा आएका परिवर्तनका कारण कम उमेरमै पनि समस्या देखिन थालेको छ। विकासशील देशहरुमा रक्तचाप, मधुमेह, खानपीनको समस्याले थप बढ्दै जाने अवस्था देखिन्छ। हामीले २७–२८ वर्षका युवाको पनि बाइपास अपरेसन गर्ने गरेका छौं।, पहिले मान्छेहरु प्रायः खेतबारीमा काम गर्थे अहिले कम छ, हामी व्यायाम पनि कम गर्छौ। अफिस जाने बसेर काम गर्ने फर्कने खाने, सुत्ने बढी गर्छौं। यसले पनि मुटुको समस्या बढाइरहेको छ।, मुटुको अपरेसन खर्चिलो हुन्छ। अपरेसनमा प्रयोगहरु सामान महँगा हुन्छन्। त्यसैले सबैले यो खर्च धान्न सक्दैनन्। संसारभरको कुरा गर्ने हो भने नेपाल सस्तोमा मुटुको अपरेसन गर्ने देशमा पर्छ।, मैले काम गर्ने चितवन मेडिकल कलेजले मुटुको अपरेसनमा विपन्न वर्गका मान्छेको एक लाख रूपैयाँसम्मको उपचार निःशुल्क गर्ने गरेको छ। यो सुविधा दिएर कलेजले डेढ महिनादेखि ७० वर्षसम्मकाको मुटुको शल्यक्रिया गरिसकेको छ। तर यतीमात्रै पैसाले मुटुको अपरेसन गर्न पुग्दैन। हामीकहाँ आउने बिरामी प्रायः गरिब नै हुन्छन्। , यस अस्पतालमा गत साउनबाट मुटुको शल्यक्रिया सुरू भएको थियो। यो अवधिमा १९ जनाको ओपन हार्ट सर्जरी र १७ जनाको क्लोज हार्ट सर्जरी गरिएको छ। मुटु, फोक्सो, रक्तनलीको समस्या भएका बिरामी १८० जनाको शल्यक्रिया गरिसकेको छ।, मुटुको शल्यक्रिया काठमाडौंका मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा हुन्छ। यी अस्पतालबाहेक काठमाडौं बाहिरका केही अस्पतालले मात्रै मुटुको शल्यक्रिया गर्ने गरेका छन्।, काठमाडौंका दुई सरकारी अस्पतालहरूले १४ वर्ष मुनिका, ७५ वर्ष माथिका र मुटुको बाथ रोग भएका बिरामीहरूको उपचार निःशुल्क गर्छन्। यी बाहेकका अस्पतालहरुले भने शुल्क लिएर उपचार गर्छन्।, सरकारले काठमाडौंका अस्पताललाई जस्तै सुविधा मेडिकल कलेजलाई पनि दिए धेरै बिरामीले राहत पाउने थिए। देशभरका बिरामीले सहज र सुलभ रूपमा उपचारका लागि काठमाडौंका दुई अस्पतालको भर पर्नुपरेको छ। तर हाम्रो जस्तो उपचारका लागि योग्य अस्पतालबाट पनि त्यस्ता सुविधा उपलब्ध गराउन सके धेरै बिरामी लाभान्वित हुने थिए।, यस अस्पतालमा दैनिक एक जना बिरामीको मुटुको शल्यक्रिया गर्नसक्ने क्षमता रहेको छ।, हामी जुनसुकै उमेर समूहका बिरामीको मुटुको अपरेसन गर्न सक्षम छौं। सरकारले दिने सुविधाहरू यहाँ पनि उपलब्ध भए बिरामीलाई सहज हुन्थ्यो भन्ने लाग्छ।, चितवन मेडिकल कलेजमा पूर्वी, पश्चिम तराई तथा पहाडी जिल्लाका धेरै बिरामीहरु मुटुको समस्या लिएर उपचारका लागि आउँछन्।, कतिपय रोगमा हामीले नियन्त्रण सकिँदैन। तर कतिपयमा कम गर्न सकिन्छ। बाथ रोग नै लाग्न नदिने हो भने समस्या धेरै कम हुन्छ। राज्यले गाउँ गाउँमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने, सामान्य समस्या हुने बितिक्कै डाक्टरलाई देखाउने हो भने समस्याको समाधान बेलैमा सामान्य तरिकाबाटै हुन्छ।, अर्को कुरा मुटुको समस्या हुन नदिन स्वास्थ्य जीवनशैली अपनाउन म सबैलाई आग्रह गर्छु। यसका लागि नियमित व्यायाम गर्न म सल्लाह दिन्छु। कम्तीमा हप्तामा पाँच दिन, दिनमा आधा घण्टा व्यायाम गर्नुस्। अनि हरियो सागसब्जी बढी खाने, फास्टफूड, तेलमा तारेका खानेकुरा कम खाने गर्नुपर्यो। यसले मुटुको रक्तनली साँघुरो भएर हुने समस्या कम गर्छ।, चितवन मेडिकल कलेज भरतपुरका मुटु, फोक्सो र रक्तनली सर्जन डा.अनिल आचार्यसँग सेतोपाटीका लागि राजेश घिमिरेले गरेको भिडिओ कुराकानी।,
कस्तो अवस्थामा गर्नुपर्छ मुटुको अपरेसन? (भिडिओ)
|
एजेन्सी विश्वभर विस्थापित बालबालिकाको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।, संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।, यो सङ्ख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् ।, विषेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ ।, “दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालबालिकाहरू विस्थापित भएको अहिले पहिलो पटक हो,” युनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ ।, अघिल्लो वर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ ।, विषेश गरेर हिंसात्मक घटनाहरुका कारण बालबालिकाहरु धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।, जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ ।, जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।, त्यसैगरी रूस—यूक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि यूनिसेफले जनाएको छ । रासस/एएनआई,
दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित
|
सेतोपाटी संवाददाता पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ।, वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो ।, पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।, सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदैआएको छ । ,
पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन
|
सेतोपाटी संवाददाता दाङबाट जाजरकोट जाँदै गरको ट्रक दुर्घटनामा परेको छ। शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको हो।, गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको छ।, उक्त ट्रक मुनि २ जना मानिस च्यापिएको प्रहरीले जनाएको छ। उनीहरु गाडीका चालक–सहचालक हुन् वा अरु कोही हुन् भन्ने खुल्न बाँकी छ।, ‘हामीले क्रेन पठाएका छौं, त्यो ट्रक उचालेर निकालेपछि मात्र यस बारेमा पुष्टि होला। अहिले दुई जना च्यापिएको भन्ने खबर मात्र आएको छ,’ डिएसपी कार्कीले सेतोपाटीसँग भने।, दाङबाट सिमेन्ट र र सरिया लोड गरी उक्त ट्रक जाजरकोटका लागि छुटेको हो।,
दाङबाट जाजरकोट जाँदै गरेको मालबाहक ट्रक सुर्खेतमा दुर्घटना
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.