content
stringlengths
20
64.1k
एजेन्सी अमेरिकी खाद्य तथा औषधि प्रशासनले सबैभन्दा कम उमेरका बालबालिकामा फाइजर र मोडर्नाद्वारा विकसित कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि शुक्रबार अनुमति प्रदान गरेको छ । अधिकांश मुलुकमा रोग प्रतिरोध क्षमताको पर्खाइमा रहेको यो अन्तिम उमेर समूह हो ।, एजेन्सीले छ महिनादेखि पाँच वर्षका बालबालिकाका लागि मोडर्नाको दुई मात्रा खोप र छ महिनादेखि चार वर्षबीचका केटाकेटीका लागि फाइजरको  तीन मात्रा लिनसक्ने अनुमति दिएको हो । , अमेरिकी खाद्य तथा औषधी प्रशासन प्रमुख रबर्ट क्यालिफले भने, “थुप्रै आमाबाबु, हेरचाह गर्ने र चिकित्सकहरूले साना बालबालिकाको लागि खोप सेवा पर्खिरहेका छन् र यस कार्यले छ महिना नपुगेका शिशुको सुरक्षासमेतमा मद्दत गर्नेछ । हामी आशा गर्छौं कि साना केटाकेटीका लागि खोपले अस्पतालमा भर्ना हुनपर्नेु र मृत्यको मुखमा पुग्नुपर्ने अवस्थाबाट सुरक्षा प्रदान गर्नेछ ।'', यद्यपि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले खोपहरू प्रयोग गर्नुभन्दा पहिले अनुमति दिनुपर्छ । यो अन्तिम ग्रीनलाइट हो जुन विशेषज्ञहरूको सल्लाहकार समितिको बैठकपछि दिइनेछ । यो बैठक छिट्टै आयोजना हुने आशा गरिएको छ ।, तर अमेरिकी सरकारले एफडीएको निर्णय हुनेबित्तिकै तत्काल देशभर १० लाख मात्रा पठाउन सकिने बताएको छ । त्यसपछिका हप्ताहरुमा करोडौँ बढी खोपका मात्रा पठाउन सकिने बताइएको छ । , ६ महिनादेखि ५ वर्षका बालबालिकालाई फाइजर र मोडर्ना खोप प्रयोगमा अमेरिकाको अनुमति
सेतोपाटी संवाददाता आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो काठमाडौं। भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ।, काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन्। तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी? र कहिले? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ।, हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ। शहरमा शिक्षित मानिसको बसोवास रहे पनि नैतिकता भनेकै देखिन्छ। शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ। जनचेतना भएर पनि प्रयोगात्मकरूपमा कमजोर छन् शिक्षित शहरका मानिसहरू। , यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौं उपत्यकाका केही पोखरीहरुको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ। देशको संघीय राजधानी हो काठमाडौं। मल्लकालीन सभ्यता र कलाको नगरीकारूपमा परिचित काठमाडौं पहिचन बोकेको शहर हो। तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित् छ।, काठमाडौं उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन। करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ।, खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरू अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ।, पोखरीवरपर उत्तिकै झारपात उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ। राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ। , यस्तैखाले क्रियाकलाप र जनसंख्याको चापका कारण पोखरीहरु दुषित भइरहेका छन्। हुनतः काठमाडौंमा पोखरीमात्रै अव्यवस्थित छैनन्, सडक, पेटी, सवारी, पसल, मानिस वा भनौं यो सम्पूर्ण शहर नै अव्यवस्थित बनेको छ। राज्यपक्ष, स्थानीय निकाय यसमा पुनःनिर्माण गर्न र व्यवस्थित बनाउन गफमा नै तल्लिन छन्। , ‘नजिकको तीर्थ हेला’ नेपालीमा रहेको यो प्रचलित उखान ठ्याक्कै काठमाडौंवासी र नेपाली राजनीतिक दलका नेतृत्वहरुलाई सुहाउँ, चरितार्थ हुन्छ। किनभने राजनीतिक दलका नेताहरूडाँडामा भ्यूटावर बनाउन पुग्छन् तर नजिकको सभ्यता, संस्कृति, पहिचान, कला र पर्यटकीय गन्तव्यहरूलाई बिर्सिएर अझ भनौं आफैंमा रहेको वासनालाई कस्तुरीले खोज्दै हिँड्ने गरेझैँ त्यही बाटोमा अघि बढ्दैछन्। , अझै हाम्रो सभ्यता, संस्कृति, पहिचान, कला जोगाउन नसके हामीले देशकै पहिचान जोगाउन सक्दैनौँ ।, तसर्थ पनि इतिहास बोकेका सैरचना बचाउँदै, भत्केका र जीर्ण रहेका तालतलैया, पोखरीको मर्मतसम्भार गरेर आफ्नो पहिचान र शिक्षित वर्गको परिचय हामी शहरीवासीले नै दिनुपर्छ। किनभने प्राकृतिक स्थल मानिसको मात्रै हो भन्ने हुँदैन, त्यहाँ रहने भौतिक चराचर जीवजन्तुको पनि वासस्थान हो । त्यसैले अब वातावरणीय समस्याहरू कम गर्न सम्पूर्ण आम सरोकारवालाहरू पनि जागरूक हुनुपर्छ। प्रदुषित वातावरणले मानव स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई नराम्रो असर पारिरहेको छ। मानवको समुन्नत भविष्य निर्माण पनि वातावरण संरक्षणसँग जोडिएको छ । हामिले आफ्नो अधिकार आफै हनन् गर्दै आएका छौँ।, त्यसैले संविधानले नै दिएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकका लागि सम्बन्धित सबैको ध्यान केन्द्रित हुनुपर्छ । भौतिक सुविधा तथा सेवाको उपलब्धताले मानव बसोवासको व्यापक दबाबमा परेको शहरी क्षेत्रको व्यवस्थित शहरीकरण गर्नुपर्ने आवश्यकता नेपालजस्ता विकासोन्मुख मुलुकमा छ। साथै शहरी क्षेत्रमा नैतिकताको जनचेतना जगाउनु पर्ने देखिन्छ ।, सबै तस्बिरहरू- न्यूज एजेन्सी नेपाल, खिचापोखरी, हरिसिद्दी , हरिसिद्धी पोखरी, हरिसिद्धि, नागदह, धापाखेल, बुद्ध पोखरी, ठेँचो, भक्तपुरको भाज्या पुखु (पोखरी), भक्तपुरको मध्यपुर गार्चामा रहेको स्वगां पुखु (पोखरी), भक्तपुरको मध्यपुर ठिमी उकालोको वालकुमारी पुखु (पोखरी), भक्तपुरको मध्यपुर ठिमी स्वगुं पुखु (पोखरी), सप्तपाल पोखरी लगनखेल, हरिसिद्धि पोखरी, हरिसिद्धि, बालकुमारी पोखरी, कमल पोखरी, चापागाँउ, कमलपोखरी, काठमाडौं, अझै बेवास्तामा छन् उपत्यकाका पोखरीहरू (फोटो फिचर)
रासस पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।, भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए शुक्रबार राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा शनिबार बिहानदेखि दुवैतर्फी रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।, यस्तै, हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा भने अझै यातायात सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखि अवरुद्ध सडकखण्डमा यातायात सञ्चालनको लागि पहिरो हटाउने कार्य भइरहेको छ ।, हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।, पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्ड खुल्यो, सिस्नेरी सडकखण्ड अझै अवरूद्ध
सेतोपाटी संवाददाता जाजरकोटको छेडागाड नगरपालिकाका प्रारम्भिक बालविकास शिक्षकहरूको प्रथम भेलाले सामूहिक घोषणापत्र जारी गरेको छ।, संघीयतापछि देशमै पहिलोपटक पालिकास्तरमा जेठ २ र ३ गते भएको बालविकास शिक्षकहरूको सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गरेको हो।, बालविकासका बारेमा भएका असल अभ्यास, चुनौती तथा आगामी योजनाका बारेमा छलफल गरी भेलामार्फत सामूहिक घोषणापत्र जारी गरिएको हो।, सामूहिक घोषणपत्रमार्फत् प्रारम्भिक बालविकास शिक्षक, अभिभावक, जनप्रतिनिधि, बालबालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेन तथा यसका साझेदार गैरसरकारी निकायहरूले बालविकास र बालबालिकाको सिकाइ सुधारको प्रतिबद्धता जनाएका छन्।, बालविकास उमेरका सबै बालबालिकाहरूलाई बालविकास केन्द्रमा भर्ना गरी निरन्तरताको सुनिश्चितता गर्ने, वर्षमा कम्तीमा पनि २२० दिन बालविकास केन्द्र खुल्ने, १९२ दिने पठनपाठन क्रियाकलापहरू सञ्चालनको सुनिश्चितता घोषणापत्रमार्फत् गरिएको छ।, बालबालिकाहरूको दैनिक उपस्थिति ९० प्रतिशतभन्दा बढी सुनिश्चित गर्ने, बीचमै विद्यालय छोड्ने दरलाई शून्यमा झार्ने, बालविकास केन्द्रबाट अनुभवी बालबालिकालाई कक्षा १ मा जाने दर शतप्रतिशत गर्ने, नगरपालिकाबाट आवश्यकता अनुसार बालविकास केन्द्रहरूको विकास र विस्तार गर्ने सामूहिक प्रतिबद्धता घोषणापत्रमार्फत् गरिएको छ।, बालविकास केन्द्रका शिक्षकहरूको आधारभूत तथा प्रारम्भिक साक्षरता र गणितीय सीपसम्बन्धी तालिम एवम् घुम्ती बैठकमार्फत् क्षमता अभिवृद्धि गर्ने, गरपालिकाका सबै बालविकास केन्द्रहरूलाई नमूना बालविकास केन्द्रको रूपमा विकास गर्न बालविकास केन्द्रहरूको सिकाइ सामग्रीको व्यवस्थापन गर्ने, कम्तीमा एक वडा, एक नमूना बालविकास केन्द्रहरूको स्थापना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमार्फत् गरिएको छ।, नगरपालिकाका सबै वडामा अभिभावक शिक्षा, गृह विद्यालय, गृह शिक्षक, घरमै प्रारम्भिक साक्षरता र गणित तथा घरमै विद्यालय कक्षाहरूको विस्तार गर्ने, बालबालिकाहरूको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्ने, वर्षको दुईपटक बालविकास केन्द्रहरूको अनुगमन गरी नमुना बालविकास केन्द्रहरूलाई पुरस्कृत गर्ने, बालविकास केन्द्रहरूको न्यूनतम मापदण्डको सुनिश्चितता गर्न सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग र सहकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि घोषणापत्रमार्फत् गरिएको छ।, प्रारम्भिक बालविकास केन्द्रको नयाँ पाठ्यक्रम २०७७ अनुसार दैनिक पाठयोजनाको आधारमा कक्षालाई बालमैत्री बनाउने, विषयगत सीप सिकाइका क्षेत्रलाई पूर्णरूपमा समेटेर कार्यान्वयन गर्ने, प्रारम्भिक बालविकास केन्द्रहरूको गुणस्तर सुधार गर्न नगरपालिकास्तरीय एकीकृत रणनीतिक योजना र बालविकास केन्द्रका न्यूनतम मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत् गरिएको छ।, प्रारम्भिक बालविकासमा लगानी अभिवृद्धिका लागि सामूहिक प्रतिबद्धता
सेतोपाटी संवाददाता गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। , गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। , पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको हो। उनको शवको पेटको भागमात्रै बाँकी रहेको खनालले बताए। , उनका अनुसार घटना गएराति ११ देखि १२ बजेको बीचमा भएको आशंका छ। घटनाबारे शनिबार बिहान मात्रै थाहा भएको हो। प्रहरीलाई पनि बिहान साढे ७ बजे मात्रै खबर भएको हो। , ‘घर जंगलको बीचमा छ। त्यस घरलाई अन्य घरबाट नदेखिने रहेछ,’ प्रहरी उपरीक्षक खनालले भने,‘ग्यास लिक भएर आगलागी भएर मृत्यु भएको जस्तो देखिन्छ। शरीरको ३ प्रतिशतमात्रै बाँकी छ।’ घरमा पनि पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।, मृतक वस्ती सो घरमा एक्लै बस्थिन्। उनका छोरा नजिकै खाप्ली भन्ने ठाउँमा पसल थापेर बसेका छन्। बिहान उनी गाइ वस्तु हेर्न घर आएका बेलामा मात्रै घर जलेको अवस्थामा देखेको प्रहरी उपरीक्षक खनालले बताए। , प्रहरीले घटनास्थलबाट वृद्धा महिलाको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल गोरखा पठाएको छ।, गोरखाको एक घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु
सेतोपाटी संवाददाता रोल्पामा भिरबाट साइकलसहित तीन सय मिटर तल खसेका युवकको मृत्यु भएको छ। , जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ खेसाबाङका २१ वर्षीय दिनेश वली साइकलसहित भिरबाट करिब तीन सय मिटर तल खसेका थिए।, शुक्रबार बेलुका साढे ६ बजेतिर बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई भिरबाट साइकलसहित खसेका वलीको गम्भीर अवस्थामा उद्धार गरिएको थियो। स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले जानकारी दिए।, मृतकको शव पोष्टमर्टम गर्न अस्पतालमा राखिएको छ ।, साइकलसहित भिरबाट तीन सय मिटर तल खसेका युवकको मृत्यु
नारायण खड्का दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस घटनामा संलग्न दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दोघरेकै २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अर्जुन परियार फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। , तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया ती युवतीमाथि असार २ गते राति ९ बजे बलात्कार भएको हो। पीडित युवतीको मनस्थिती सुस्त भएको प्रहरीले जनाएको छ। , उनलाई दोघरेस्थित एक निर्माणाधीन घरमा लगेर चार जनाले बलात्कार गरेको खुलेको हो। , पीडितलाई कमल चौधरी फकाएर लगेका थिए। उनले आफ्ना तीन जना साथीहरूलाई पनि बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ।, घटनापछि पीडित युवती घर फर्किएपछि घटनाबारे बाहिरिएको हो। आफन्तले उनीमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। , परिवारले चार जना विरूद्ध इलाका प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइसकेका छन्।, प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।, तुलसीपुरमा युवतीमाथि सामूहिक बलात्कार आरोपमा दुई पक्राउ, दुई फरार
सेतोपाटी संवाददाता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई नियन्त्रणमा लिएको छ। , जजिराकाे जहाजबाट आएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आएका पाल्पा रिब्दिकाेटका राजेन्द्र कुँवर सुनका गरगहनासहित पक्राउ परेका हुन्।, कुँवरलाई मोजामा लुकाएर ल्याएको अवस्थामा १ सय २२ ग्राम सुनका गहनासहित पक्राउ गरिएको प्रहरीले  जनाएको छ।, जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा ३ वटा सिक्री र १ वटा ब्रासलेट गहना बरामद भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानले जानकारी दिए।  , उक्त गहनाकाे अन्दाजी मूल्य ९ लाख ९० हजार हुने विमानस्थल भन्सारले जनाएको छ।, बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो।  , वैधानिक रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाइने व्यवस्था रहे पनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनुपर्ने भए पनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ।, पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि राखिएको छ।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक पक्राउ
सेतोपाटी संवाददाता नुवाकोटमा एक जना पुरूषको हत्या भएको छ। , बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।, ककनी गाउँपालिका वडा नम्बर ८ बस्ने तामाङ आफ्नो ससुरालीमा मृत फेला परेका हुन्।, गत बिहीबार बिहान करिब ६ बजे उनको शव फेला परेको हो। प्रहरीले उनको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ।, हत्या आरोपमा प्रहरीले मृतककी ३५ वर्षीया श्रीमती ज्ञानमाया, ६७ वर्षीय ससुरा चन्द्रबहादुर भन्ने ज्ञानबहादुर, ३४ वर्षीय दुखिराम र १४ वर्षीय बालकलाई पक्राउ गरेको छ। , प्रहरी नायब उपरीक्षक खड्काका अनुसार घटना बुधबार मध्यराति भएको थियो। ससुरालीमा श्रीमती लिन आएका एकबहादुरमाथि कुटपिट गरी हत्या गरिएको हो।, ‘ससुरालीमा श्रीमती लिन आएका रहेछन्। श्रीमती माइतीमै बस्ने गर्थिन्। श्रीमान बेलाबेलामा श्रीमती लिन आउँथे,’ प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘त्यो दिन पनि श्रीमती लिन आउँछु भनेर आएका थिए। तर श्रीमती नमानेपछि विवाद भएको रहेछ। त्यसैक्रममा घटना भयो।’ , ज्ञानमाया त्यहाँ ८-१० वर्षदेखि माइतीमै बस्दै आएकी थिइन्। , स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो। , त्यसक्रममा उनीहरूले एकबहादुरको हात-खुट्टा बाँधेर दाउराको चिर्पटले कुटपिट गरी हत्या गरेको खुलेको हो।, नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,  ,  , नुवाकोटमा श्रीमती लिन गएका एक पुरूषको हत्या, ससुरासहित चार पक्राउ
सेतोपाटी संवाददाता चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ।, शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो। , इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक कार्यालयको समन्वयमा अवरोध हटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले बताए।, सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध
रासस दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। , उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन्। , काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन्। राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए। , उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम छ। ,  , दुबईका राजकुमार नेपाल आइपुगे
सेतोपाटी संवाददाता रूपन्देहीमा प्रहरीले १४ वर्षीया बालिका बलात्कार गरे‍को आरोपमा एक जनालाई पक्राउ गरेको छ।  , सैनामैना नगरपालिका-३ मुर्गियाका ६० वर्षीय मइते थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार बुधबार बालिकाको परिवारले दिएको उजुरीको आधारमा थापालाई पक्राउ गरेको हो। पीडितले थापाले आफूलाई लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीसामु बताएकी छन्।, बालिकालाई ललाईफकाई बलात्कार गर्दै आएका थापाले घटनाबारे कसैलाई भने राम्रो नहुने भन्दै बालिकालाई धम्की दिँदै आएको खुल्न आएको प्रहरीले जनाएको छ।  , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।, रूपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता रोल्पामा एक जना जनप्रतिनिधि बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।, त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य ३५ वर्षीय मोहन केसीमाथि १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।, पक्राउ परेका केसी नेपाली कांग्रेसबाट गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका व्यक्ति हुन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले जेठ ३० गते जिल्लाको माडी गाउँपालिका वडा नं. १ की १४ वर्षीया  बालिकामाथि बलात्कार गरेको उजुरीपछि वडा सदस्य केसीलाई सोही दिन राति पक्राउ गरिएको जानकारी दिए। , पक्राउ परेका केसीबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान कार्य अगाडि बढेको डिएसपी घिमिरेले बताए।, केसीविरूद्ध इलाका प्रहरी कार्यालय घर्तीगाउँमा मुद्दा चलाइएको  छ। , घर्ती गाउँका प्रमुख प्रहरी निरीक्षक देबराज भट्टराईले कक्षा ९ मा अध्ययनरत ती बालिकाको घरमै मध्यान्ह साढे १२ बजेतिर वडा सदस्यले जबरजस्ती करणी गरेको भनेर पीडितले जाहेरी दिएको जानकारी दिए।, पक्राउ परेका केसीको बयान भइनसकेको प्रहरीले जनाएको छ।, १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ
सेतोपाटी संवाददाता नेपालमा मंकीपक्स भाइरससँग लक्षण मिल्ने बिरामी फेला परेका छन्।, उनी हालै विदेशबाट नेपाल आएका हुन्।, एक युवामा मंकीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको हो।, शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका एक डाक्टरका अनुसार ती युवाको परीक्षण गर्ने तयारी छ।, ‘विदेशबाट आएका एक नेपाली युवाको हातमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखा परेपछि परीक्षण गर्न लगेका छौं,’ ती चिकित्सकले भने।, विदेशबाट आएका नेपाली युवामा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखियो, परीक्षण गरिँदै
सेतोपाटी संवाददाता बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि चितवनमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको शव उठाइएको छ।, प्रहरीले अहिले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगेको बताएको छ।, बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।, निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए। , प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए। उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान भन्दै विरोध गरेका थिए। , चितवनमा बाघको आक्रमणबाट पछिल्लो तीन महिनामा १० जनाको मृत्यु भएको छ। केही दिन अघिमात्रै बाघको आक्रमणबाट भरतपुर-२३ र राप्ती नगरपालिकामा १/१ जना घाइते भएका थिए।, यसैबीच, चितवन राष्ट्रिय निकुञ्जको टोली हात्तीमा चढेर बाघ खोज्न जाने तयारी गर्दैछ।, उक्त टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी छन्।, बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि उठ्यो शव
सेतोपाटी संवाददाता प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरेका छन्।, बिहीवार प्रतिनिधि सभामा सांसदहरूले उठाएको मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर परिर्वतन गर्दा कुनै किसिमको राष्ट्रघात नगरेको बताए।, उनले राजश्वका दरहरू परिवर्तन गर्ने आवश्यक प्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरू र सचिवहरु सहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको बताए।, ‘करका दरहरू परिर्वतन गर्ने सन्दर्भमा आवश्यक पक्रियाहरु छन्। परिर्वतन गर्दा सम्बन्धित विभागीय प्रमुख र सचिवहरुको कमिटीले बसेर करका दर परिर्वतन गर्ने प्रचलन छ। त्यो अनुसार भएको करका दरहरु प्रति म पूर्ण जिम्मेवारी छु। जवाफदेही छु’, उनले भने, ‘कतै राष्ट्रघात र गद्धारी भएको छ भने त्यसको पूर्ण जिम्मेवार लिन तयार छु। यहाँ कुनै राष्ट्रघात भएको छैन।’, मन्त्री शर्माले राजश्वका दर परिर्वतन गर्ने प्रचलनअनुसार परिर्वतन गरेका दर रेटहरूप्रति आफू पूर्ण जिम्मेवार र जवाफदेही रहेको बताए। उनले देशको डलरको सञ्चिति, आयात, उत्पादन र  औद्योगिक वातावरण लाई कसरी अगाडि बढाउने भन्ने विषयलाईसमेत ध्यानमा राखेर करका दरहरु परिर्वतन गरेको दाबी गरे। , ‘देशको डलरको सञ्चिति, देशको आयात, उत्पादन र देशको औद्योगिक कुरालाई कसरी अगाडि बढाउने भन्ने कुरालाई समेत ध्यान दिएर करका दरहरु परिर्वतन भएको कुरा म स्पष्ट पार्न चाहन्छु,’ मन्त्री शर्माले भने, ‘सेनेटरी प्याडमा छुट दिएको सन्दर्भमा गत वर्ष कुनै दर बढाईएको थिएन। नबढाएको करको दरमा माईतीघर महिलाहरुको ठूलो रातो करमा माग गर भन्दै आन्दोलन भएको थियो। त्यो भएर कुनै व्यवसायीहरु आएर बोल्नु भएको थिएन। सबै वस्तुमा करका दर परर्वतन गर्दा विदेशी मुद्रा सञ्चितिलाई ध्यान दिएर परिर्वतन गरिएको हो। यसरी करका दर परिर्वतन गरेकोमा म जिम्मेवार छु।’, मन्त्री शर्माले करका दर परिर्वतन गर्दा कुनै पनि मान्छेभित्र नपसेको स्पष्ट पारे। , ‘सचिव र महानिर्देशकहरु बसेर बजेट बनाएकाले त्यसमा कुनै अन्यथा भएको छैन। कुन मान्छे बाहिर गए, कुन मान्छे भित्र गए भन्ने कुरा मलाई थाहा हुने कुरा होइन। म साढे ११ बजेपछि पौने १२ बजे मन्त्री क्वाटर गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालयमा गएको जानकारी गराउँछु।’, अर्थमन्त्री शर्माले कोरोना बीमा बापत पाउने रकम भुक्तानीको लागि बीमा कम्पनीसँग छलफल भइरहेको बताए।, मन्त्री शर्माले बीमा कम्पनीहरुसँग भएको छलफल अनुसार छिटै रकम भुक्तानी दिने प्रक्रियाको तयारी गरिरहेको जानकारी दिए।, अर्थमन्त्रीको संसदमा जवाफ- मैले करको दर परिवर्तन गरेर राष्ट्रघात गरेको छैन
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार २६८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ३८ जनाको पिसिआर र एक २३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ९५ जना सक्रिय संक्रमित छन्।, १४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, २ हजार २६८ को परीक्षण गर्दा १६ कोरोना संक्रमित थपिए
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघ खोजिरहेको छ।, उक्त टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी छन्।, बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।, निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए। , प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए। उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान दिन भन्दै विरोध गरेका थिए। , बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि महिलाको शव उठाएर पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।, नरभक्षी बाघ खोज्दै निकुञ्ज टोली
सेतोपाटी संवाददाता चितवनमा एक युवतीलाई आक्रमण गरेको १० घण्टापछि नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।, चितवन राष्ट्रिय निकुञ्जको टोलीले भरतपुर-२७  मेघौली नजिककै राधाकृष्ण सामुदायिक वनभित्र बाघ भेटाएको हो।, टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी थिए।, दोस्रोपटक डार्ट गरेर बाघ बेहोस भएपछि पिँजडामा राखिएको हो।, अहिले उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा लगिएको छ। त्यहाँ इन्क्लोजरमा राखिने निकुञ्जले जनाएको छ।, बिहीबार बिहान बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।, निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए। , प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए। उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान दिन भन्दै विरोध गरेका थिए। , बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि युवतीको शव उठाएर पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको थियो।, गत जेठको २४ गते चितवनकै घैलाघारी भन्ने ठाउँमा एक जना महिलालाई बाघले आक्रमण गरेको थियो। आक्रमणबाट ती महिलाको मृत्यु भएको थियो।, त्यही बाघले यहाँ आएर आक्रमण गरेको निकुञ्जले जनाएको छ।,  ,  ,  , आक्रमणको १० घण्टापछि डार्ट गरेर नियन्त्रणमा लिइयो नरभक्षी बाघ
रासस कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन। तर काठमाडौंको एक कन्सल्टेन्सीका सेयरधनी नै ठगिएका छन्।, काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीय केशवप्रसाद अधिकारीले तीन करोड ५० लाख रूपैयाँ ठगी गरेको उजुरी परेपछि अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।, अधिकारीले सो प्रालिको सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मञ्जुरीनामा दिइसकेका अवस्थामा पटकपटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी प्रकाश पाण्डेलाई बेचेको पाइएको छ।, अधिकारीले हाल उक्त कन्सल्टेन्सी शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेलाई बिक्री गरिसकेका छन्। अध्यक्ष पाण्डेले आफूले कम्पनी रजिष्ट्रारको कार्यालय र कानुनी अवस्था बुझेर अधिकारीसँग कम्पनी लिएको र तामाङले त्यसअघि किन्न रकम दिएको भन्ने हाल मात्रै थाहा पाएको बताए।, अधिकारीमाथि अन्य कीर्ते र ठगीका मुद्दा पनि प्रहरीसमक्ष आउन थालेका छन्। सरकारी जग्गासमेत बैना गरी ठगी गरेका विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्वीरसहित घटना विवरण सार्वजनिक गरेको थियो।, पीडित तामाङले अधिकारीले आफूलाई सेयर स्वामित्व हस्तान्तरण नगरी कम्पनी अर्कैलाई बेचेको थाहा पाएपछि आफू कानुनी उपचारका लागि प्रहरीसमक्ष पुगेको बताए।, शैक्षिक कन्सल्टेन्सीका सेयरधनी नै ठगिएपछि
युनिक श्रेष्ठ काठमाडौंबाट लागु औषध नियन्त्रण ब्युरोले सेतो हेरोइनसहित सात दक्षिण अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ। , पक्राउ परेका सात जनालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरू सबै जना दक्षिण अफ्रिकन हुन्।, उनीहरूबाट प्रहरीले ठूलो मात्रामा लागु औषध हेरोइन बरामद गरेको हो।, ब्युरो प्रमुख तथा प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार ५१ किलो हेरोइन बरामद भएको हो। ४९ किलो सेतो र दुई किलो खैरो हिरोइन बरामद भएको हो। , यो नेपाल प्रहरीको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै मात्रामा बरामद भएको उनको भनाइ छ। , ब्युरोले नेपाल प्रहरीका विभिन्न इकाइसँग समन्वय गरी अपरेसन सञ्चालन गरेको छ।, प्रहरीले यस घटनाको अनुसन्धान गर्न पछिल्ला केही घटनाक्रमलाई केलाएको थियो। प्रहरीले ‘क्रिमिनल प्रोफाइलिङ’ गरेको थियो। त्यसैलाई आधार बनाएर प्रहरीले ‘अपरेसन ह्वाइट डस्ट’ सञ्चालन गर्‍यो। , यो अपरेसन अझै पनि जारी नै रहेको ब्युरोले जनाएको छ।, ‘विगतमा पक्राउ गरिएका अनुभवका आधारमा हामीले निगरानी राख्दै आएका थियौं,’ उनले भने,‘त्यसरी हामीले अपरेसन नै सञ्चालन गर्‍यौं। त्यसपछि अहिलेसम्मकै सबैभन्दा धेरै मात्राको लागुऔषध हेरोइन बरामद भयो। सात जना दक्षिण अफ्रिकी महिला पक्राउ परे।’, प्रहरीले सातै जनालाई काठमाडौंबाटै पक्राउ गरेको हो।, पक्राउ पर्नेमा २९ वर्षीया सिबिसी ठान्डिकिले, ४६ वर्षीया मुरेल क्वेडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीय साबालाला खान्यिसिलि भोन्नी र ३६ वर्षीया रोजिना नोन्क्ले जान्त्जिइ छन्। , यस्तै २९ वर्षीया महलाको मौरिन मथिबा, ३७ वर्षीय मोरोसी सुजान कोफु र ३० वर्षीया मार्लिस बाडेनहोर्स्टलाई पनि पक्राउ गरिएको हो। , पक्राउ पर्नेहरू सबै जना महिला नै छन्। , महिलालाई नै किन प्रयोग गरियो त भन्ने प्रश्नमा श्रेष्ठले भने,‘यी महिलाहरू आफ्नो देशमा मार्केटिङ, सामान डेलिभरी गर्ने जस्ता काम गर्ने देखियो। एक जना कूक समेत देखिन्छ। महिला सहभागी हुँदा सुरक्षाको हिसाबले सजिलो हुने। पुरूषलाई भन्दा कम शंकास्पद रूपमा हेरिने। ओसारपसारमा सहयोग हुने हुँदा प्रयोग भएको हुनसक्छ।’, उनीहरू भिजिट भिसामा काठमाडौं आएको देखिएको छ।, प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार जेठ २९ गते दक्षिण अफ्रिकाको जोहान्नेसबर्गबाट दुबई हुँदै सिबिसी र मुरेल काठमाडौं आइपुगेका थिए।, साँझ पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रहरीले उनीहरूको गतिविधिमाथि शंका गर्‍यो। , त्यसपछि प्रहरीले उनीहरूलाई पछ्याउँदै गयो। उनीहरू सो दिन काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित होटलमा बसेका थिए।, ब्युरोको टोलीले भोलिपल्टै एउटै होटलबाट उनीहरूलाई पक्राउ गर्‍यो। दुबैबाट आठ/आठ किलो हेरोइन बरामद गर्‍यो।, ब्युरोले अपरेसनलाई त्यतिमै टुंगाएन। अनुसन्धान अघि बढाउँदै सोही दिन ठमेलकै होटलबाट साबालालालाई पक्राउ गर्‍यो।, उनी सोही दिन साँझ साढे ६ बजेमात्रै काठमाडौं आइपुगेकी थिइन्। उनीबाट पनि प्रहरीले आठ किलो हेरोइन बरामद गर्‍यो। , ठमेलकै अर्को होटलबाट रोजिनाको साथबाट आठ किलो र मौरिनकोबाट सात किलो हेरोइन बरामद गरेको हो। , मौरिन भने जेठ २६ गते नै दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आइपुगेकी थिइन्। उनी नेपाल आएर सुकुटेको रिसोर्ट समेत पुगेको खुलेको हो।, प्रहरीले जेठ ३१ गते सुजन भन्नेलाई पनि ठमेलको होटलबाट पक्राउ गर्‍यो। उनीबाट सेतो हिरोइन ४ र खैरो हेरोइन २ गरी जम्मा ६ किलो बरामद गर्‍यो। त्यही साँझ ६ बजे मार्लिसलाई प्रहरीले पक्राउ गरेको थियो। उनीबाट पनि सेतो हिरोइन ६ किलोग्राम बरामद गर्‍यो। , उनीहरू सबैलाई प्रहरीले ठमेलकै होटलबाट पक्राउ गर्‍यो। प्रहरीका अनुसार उनीहरू बस्नको लागि भनेरै अनलाइन बुकिङ गरिएको थियो। केहीले भने नेपाल आइसकेपछि मात्रै बुकिङ गरेको खुलेको हो।, मुरेल नेपाल आएको पहिलो पटक होइन। उनी यसअघि फेब्रुअरी र मार्चमा पनि आएकी थिइन्। तेस्रो पटकमा भने उनी पक्राउ परेकी हुन्। , यसरी ठूलो मात्रामा एकैपटक पक्राउ पर्नु पछाडिको कारण भने यसअघि पक्राउ परेको घटनाले हो। यसअघि ब्युरोले सात किलो सेतो हेरोइनसहित केही मानिसलाई समातेको थियो। त्यसैलाई नै पछ्याएर अनुसन्धान गर्दा यो पनि सफल भएको प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन्। , सुटकेशहरूमा फल्सबटम, ल्यापटपका कभरहरूमा लुकाएर उनीहरूले नेपाल ल्याएको देखिएको छ।, उनीहरूले नेपाल ल्याइसकेपछि आफूले ल्याएको सामान सुरक्षित छ भन्दै फोटो समेत पठाउन भ्याएका थिए। , प्रहरीका अनुसार उनीहरूले सो फोटो दक्षिण अफ्रिकाकै एक व्यक्तिलाई पठाएको देखिन्छ। , तर नेपाल ल्याइएका लागुऔषध भने नेपालकै लागि भने होइन। , ‘ट्रेन्ड हेर्दा यी लागुऔषध नेपालका लागि होइनन्। यी सबै भारतमै लग्नको लागि ल्याइएका हुन्,’ श्रेष्ठले भने,‘यसअघि हामीले भारतबाट लिन आएका मानिससहित समातेका थियौं। त्यसकारणले पनि हामी भन्न सक्छौं। यो भारतकै लागि हो। नेपाललाई ट्रान्जिट मात्रै बनाइएको हो।’, उनले थपे, ‘हाम्रो नेपालमा लागुऔषध प्रयोगकर्ताहरूको यो खालको मात्रामा प्रयोग गर्ने हुँदैनन्। बाहिर नै लग्ने हो।’ , सो लागुऔषध लिन पनि अर्कै व्यक्ति आउने र ती व्यक्तिसँग सुटकेश साटेर ओसारपसार गर्ने गरेको देखिन्छ।, गत वर्ष भदौ ३ गते २ र वैशाख ३ गते ब्युरोले केही मानिसलाई पक्राउ गरेको थियो। त्यसैलाई नै आधार बनाएर प्रोफाइलिङ गरेको उनले बताए।, ‘प्रोफाइलिङ गर्दा कस्ता व्यक्तिहरूलाई पठाउँछन्। कस्तो ट्रेन्डबाट ल्याउँछन् भन्ने अध्ययन गर्दा यो भेटियो,’ उनले भने।, उनका अनुसार विश्वमा लागुऔषधको कारोबार धेरै हुन्छ। नेपालको लागि धेरै मात्रा बरामद भए पनि अरूको राष्ट्रको लागि भने यो मात्रा थोरै नै भएको उनले बताए।  , बरामद भएको हेरोइनको अवैध बजारमा मूल्य एक अर्ब दुई करोड रुपैयाँ रहेको उनले बताए। एक ग्रामकै २० हजार पर्ने उनको भनाइ छ। , यसरी बरामद भएको हेरोइनलाई प्रहरीले केही मात्रा राखेर अन्य जनप्रतिनिधिको रोहबरमा नष्ट गर्ने कानुनी प्रावधान रहेको ब्युरोले जनाएको छ। , ‘बरामद भएको सेतो हेरोइनमा मोर्फिन भन्ने पाइएको छ। यो अफिमबाट बन्छ। यो एकदमै कडा खालको लागुऔषध हो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘केही सीमित प्रयोगमै यसले लत बस्छ। शारिरीक तथा मानसिक रूपमा असर पुर्‍याउँछ। अपाङ्गता हुने समेतको असर देखिन्छ।’, प्रहरीले उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। उनीहरूबाट बरामद भएको मात्रा अनुसार उनीहरूलाई जन्मकैद सम्मको सजाय हुने कानुन छ। ,  , 'अपरेसन ह्वाइट डस्ट': प्रहरीले कसरी बरामद गर्न सफल भयो एक अर्ब बराबरको हेरोइन
डाक्टर रूपक भारी आँपमा शरीरलाई चाहिने खनिज, भिटामिन, पानी, पोटासियम, क्याल्सियम लगायत पाइन्छ। अहिले आँपको मौसम छ। आँपमा अरू फलफूलमा भन्दा धेरै प्राकृतिक चिनी हुन्छ।, आँप सामान्यतः हरेक व्यक्तिले मात्रा मिलाएर खानुपर्छ। स्वस्थ र स्वादिलो भन्दैमा जथाभावी केही पनि खान हुँदैन। , कतिपयले सुगर (मधुमेह) का बिरामीले आँप खानै हुँदैन पनि भन्छन्। स्याउ खान हुन्छ, आँप खान हुँदैन भन्ने होइन। वा स्याउ खान हुँदैन सुन्तला खान हुन्छ भन्ने पनि होइन। जे पनि धेरै खाएमा सुगर बढ्छ। आँप खाएर सुगर बिग्रिने भन्ने होइन।, आँपमा शरीरलाई चाहिने धेरै कुरा पाइने भएकाले यसको फाइदा मात्रै छ। बेफाइदा छैन। कुनै पनि फलफूल मात्रा मिलाएर खानुपर्छ। त्यो भनेको बढीमा दुई सय ग्राम (एक पाउ) सम्म खाने हो।, सुगरका बिरामीले गुलियो मात्रै खान हुँदैन भन्ने होइन। हामीले खाएको सबै खाना भित्र गएर सुगर नै बन्छ, त्यसैले सुगरको बिरामीले खान हुँदैन भन्दा पनि कति खाने भन्ने हो। सुगरका बिरामीले एक दिनमा बढीमा एक सय पचास ग्राम आँप खान मिल्छ। स्याउ, सुन्तला, मेवा, केरा, आँप मिलाएर खान पनि सकिन्छ। वा कुनै एकथरी मात्रै खान पनि हुन्छ। तर बढीमा एक सय ५० ग्राम मात्रै खानु राम्रो हो।, खाने कुरा खानका लागि मोटो वा दुब्लो भन्ने पनि हुँदैन। दुवैले आफूलाई चाहिने मात्रामा खाने हो। हामी सामान्यतया चाहिनेभन्दा अत्यधिक खाना खान्छौं। हाम्रो खुवाइ ठीक छैन। भात धेरै खान्छौं। व्यायाम गर्ने फुर्सद हुँदैन। आफ्नो तौलको ख्याल हुँदैन। यसले गर्दा सुगर मात्रै होइन अन्य रोग समेत लागेको छ।, धेरै खानु भनेको रोग बढाउनु हो। धेरै खाएमा मोटोपन बढ्छ। मोटोपन बढेपछि विभिन्न रोग लाग्छ। सन्तुलित आहार खाएमा केही हुँदैन।, हामी धेरै हल्लाको पछि लागेका हुन्छौं। आफ्नो विज्ञता नभएको विषयमा पनि बोल्नै पर्ने हाम्रो बानी छ।यसबारेमा सोचेर बोल्दा राम्रो हुन्छ। जसले सल्लाह दिएको छ, उसलाई यो कुराको ज्ञान छ कि छैन भनेर हेक्का राख्नुपर्छ।, सुगर भएका बिरामीले जे खानु हुँदैन, त्यो सुगर नभएकाले पनि खानु हुँदैन। रक्सी, चुरोट, धेरै चिल्लोले कसैलाई पनि राम्रो गर्दैन। स्वस्थ खानेकुरा रोग नभएका र भएका दुवैले खान हुन्छ। दाल, भात, माछा, मासु र सागसब्जी मात्रा मिलाएर सन्तुलित रूपमा खान हुन्छ।, तपाईं स्वस्थ रहन चाहनु हुन्छ भने आधा पेट खान सुझाव दिन्छु। म अझै यति खान सक्छु भन्ने हुँदैमा उठ्नुपर्छ। बरू दिनमा पाँच-छ पटक खानुहोस्, थोरै खानुहोस्। हरेक दिन आधा घन्टा व्यायाम गर्नुहोस्। , यत्ति कुरामा ध्यान दियौं भने हामी धेरै रोगबाट बच्न सक्छौं।, (आरूस लाइफस्टाइल अस्पतालमा कार्यरत मधुमेह रोग विशेषज्ञ डाक्टर रूपक भारीसँग सेतोपाटीका ,सन्जिब बगाले,ले गरेको कुराकानी हेर्नुहोस् भिडिओमा), सुगरका बिरामीले आँप खान हुन्छ कि हुँदैन? (भिडिओ)
सेतोपाटी संवाददाता एक हप्तादेखि काठमाडौंमा अनसन बसिरहेकी महोत्तरी, जलेश्वरकी निहारिका सिंह राजपुतको मुद्दामा आरोपितलाई झिकाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ।, धनुषा जिल्ला अदालतको फैसलाविरूद्ध निहारिकाले ०७८ फागुन १५ गते उच्च अदालत जनकपुरमा दर्ता गराएको जबरजस्ती करणी मुद्दामा उच्चले बिहीबार यस्तो आदेश दिएको हो।, न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपित क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउने आदेश दिइएको उच्च अदालत जनकपुरले जानकारी दिएको छ।, श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन अदालतले पत्र समेत पठाइसकेको छ।, श्रेष्ठले फकाएर बलात्कार गरेपछि गर्भ बसेको दाबी गर्दै निहारिकाले यसअघि धनुषा जिल्ला अदालतमा मुद्दा दिएकी थिइन्।, तर ०७८ माघ १४ गते न्यायाधीश पशुराम भट्टराईको इजलासले आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो।, निहारिकाको मुद्दामा आरोपितलाई झिकाउन उच्च अदालत जनकपुरको आदेश
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारस्थित एक पार्टी प्यालेसमा भइरहेको बिबाह भोजका क्रममा झगडा गरी खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, छिमेकी पार्टी प्यालेसमा मादक पदार्थ सेवन गरेका मानिसहरूबीच असार १ गते झगडा भएको थियो। घटनाको खबरपछि प्रहरी बृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोलीले घटनास्थल पुग्दा एक जना घाइते फेला परेका थिए।, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ घर भई कपन बस्ने ३५ वर्षका धनबहादुर श्रेष्ठको टाउकोमा खुकुरी प्रहार भएको थियो। उनलाई प्रहरीले अस्पताल लगेको थियो।, बिबाहको पार्टीमा भएको सामान्य झगडाको नहुँमा रिसईवी राखेर श्रेष्ठको टाउकोलगायत ठाउँमा खुकुरी प्रहार भएको पाइएको प्रहरीले जनाएको छ। प्रहरी पुग्दा खुकुरी प्रहार गर्ने व्यक्तिहरू घटनास्थलबाट फरार भइसकेका थिए।, तर प्रहरीले तीन जना आरोपीलाई नियन्त्रणमा लिइसकिएको बताएको छ।, काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ घर भई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ जोरपाटीमा बस्दै आएका ३० वर्षका शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बु नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय कविराज तामाङ र सिन्धुपाल्चोक हेलम्बु वडा नम्बर ४ का २० को सुजन श्रेष्‍ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।, उनीहरूको साथबाट खुकुरी एक थान, मोबाइल एक थान बरामद गरिएको पनि प्रहरीले जनाएको छ। उनीहरूविरूद्ध प्रहरीले ज्यानसम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान जारी राखेको छ।, बिबाह भोजमा झगडा हुँदा खुकुरी प्रहार गर्ने तीन जनालाई पक्रियो प्रहरीले
सेतोपाटी संवाददाता हाल काठमाडौं उपत्यकासहित मुलकका अधिकांश स्थानमा वर्षा भइरहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित  हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, आज दिउँसो पनि वर्षाको सम्भावना रहेको छ। , प्रदेश १ र मधेश प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको विभागले जानकारी दिएको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ।, वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत विभागले भनेको छ। , हाल प्रदेश–१, मधेस प्रदेश, बागमी प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ।, मनसुन सुरू भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ। खासगरी पूर्वी नेपालका नदी तथा खोलामा पानीको बहाव धेरै बढेको छ।, पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ताप्लेजुङको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ।  यस्तै मुलघाटस्थित तमोर नदीले पनि सतर्कता तह पार गरेको छ।, बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।, तमोर नदी माझिटारमा समेत सतर्कता तह पार गरेको छ, सो क्षेत्रमा यसअघि SMS Alert पठाईसकिएको छ।,#floodalert, ,https://t.co/hJKVAmx2ju, ,pic.twitter.com/w1w5zYSpgn, — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) ,June 16, 2022, क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाइसकिएको विभागले जनाएको छ। उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क हुन विभागले आग्रह गरेको छ। , प्रदेश–१ र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना छ। उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको छ। नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । , काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा, बढ्न थाल्यो नदी र खोलामा बहाव
विनोद सापकोटा भारतको पश्चिम बंगालमा पर्ने पानीट्याङ्कीमा रेलको ठक्करबाट एक जना नेपालीको मृत्यु भएको छ।, झापाको मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको रेलको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ।, भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार बेलुकी करिब ८:१० बजेतिर ठक्कर दिएको थियो।, घटनापछि भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।, पश्चिम बंगालमा रेलको ठक्करबाट नेपालीको मृत्यु
सेतोपाटी संवाददाता ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ।, वर्षासँगै बिहीबार बेलुकी ११ बजेतिर झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारीको मृत्यु भएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्रकुमार लिम्बुले सेतोपाटीलाई जानकारी दिए।, हिजो राति ११ बजेतिर आएको पहिरोमा परेको सासु बुहारी बेपत्ता हुनुभएको थियो। आज बिहान उहाँहरूको शव फेला पर्‍यो’, लिम्बुले भने।, तुलसा सासु र यशोदा बुहारी हुन्। यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएका थिए।, पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ।, अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो झरेका छन्।, पहिरोमा पुरिएर ताप्लेजुङमा सासु–बुहारी मृत्यु
विनोद सापकोटा ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो। अर्का एक जना घाइते भएका छन्। , घाइते मृतक तुलसाका श्रीमान् बिष्णु अधिकारी हुन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरेको डिएसपी राईले जानकारी दिए।, घाइते अधिकारीले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताए। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ। , खेवाङसहित ताप्लेजुङका तीन ठाउँमा गए राति भीषण पहिरो गएको प्रहरीले जनाएको छ। जिल्लाको मामांखे र फक्तालुङमा पनि पहिरो गएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।, ‘जिल्लाका तीन वटै ठाउँमा गएको पहिरोको विवरण संकलन, राहत तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी तथा स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको  छ’, उनले भने। , घटनाका बारेमा थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गए राति ठुल्ठूला पहिरो झरेका छन्।, ताप्लेजुङमा भीषण पहिरो : एकै घरका २ जनाको मृत्यु, एक घाइते
भगवती पाण्डे सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। , बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।, कार्यालय प्रमुख जयलाल मरासिनीका अनुसार रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको हो।, त्यस्तै पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको डाइभर्सन पनि बाढीले बगाएको छ।, मरासिनीले घोडाहा खोलाको डाइभर्सन मर्मत गर्ने काम सुरू गरिएको र तुरिया खोलामा बेलिब्रिज बिहिबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरि काम भईरहेको जानकारी दिए। , बेलिब्रिज सञ्चालनमा आए पनि भारबाहक गाडीको लोड थेग्न नसक्ने भएकोले ठूला मालबाहक सवारी सञ्चालन नगर्न आग्रह गरेका छन्।, अहिले बुटवलबाट पूर्व जाने सबै गाडीहरू भैरहवा-परासी-भुमही सडक हुँदै आवतजावत गरिरहेका छन्।, सडक निर्माणको क्रममा बनाइएका डाइभर्सन बगाएपछि गत वर्ष पनि दर्जनौं पटक बुटवल बर्दघाट सडकखण्ड अवरूद्ध भएको थियो।, डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध
रासस कालीगण्डकी नदीमा  र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ। , पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए।, डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।, स्थानीयवासी र डुंगा चालकले बेपत्ताको उद्धार गरेका हुन्। वर्षायाम सुरू भएकाले डुंगा नचलाउन सुझाव दिएको उनले बताए।, कालीगण्डकीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको उद्धार
रासस न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ।, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर गए राति निहारिकाले अनशन तोडेकी हुन्।, प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको छ।, सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिका लगायतले हस्ताक्षर गरेका छन्। , पाँच बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन
सेतोपाटी संवाददाता ताप्लेजुङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिने भएको छ।, ताप्लेजुङको सिरीजंघा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ।, गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रदेश १ का प्रमुख सशस्त्र नायब महानिरीक्षक कमल गिरी, नेपाल प्रहरीका प्रदेश १ का निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविनराज राई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईलाई टेलिफोन गरेर घाइतेहरूको छिटो उद्धार गर्न निर्देशन दिएका थिए।, ताप्लेजुङका प्रजिअ पोखरेलले हेलिकप्टर आइसकेको र पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई अस्पताल लगिने बताए।, पहिरोमा परेर ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको छ।, ताप्लेजुङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिँदै
सेतोपाटी संवाददाता आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मी प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।, कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले घटना १५ दिन पहिलेको भए पनि अभिभावकले ढिलोगरी उजुरी दिएपछि बुधबार मात्रै ती शिक्षकलाई पक्राउ गरिएको जानकारी दिए।, ‘घटना जेठ १७ गतेको रहेछ, तर अभिभावकले बुधबारमात्रै जाहेरी दिनुभयो, जाहेरी प्राप्त भएपछि बुधबार नै उनलाई पक्राउ गरिएको छ,’ प्रहरी नायब उपरीक्षक खरेलले भने।, खरेलले बुधबार पक्राउ परेका शिक्षक उपर बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धानको काम सुरू गरिएको बताए।, पीडक शिक्षक र पीडित भनिएकी छात्रा एउटै विद्यालयको भएकोले प्रहरीले आरोपितको समेत नाम गोप्य राखेको छ।, गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
रासस नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ।, तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।, उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा ९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो।, घटनास्थलभन्दा ५०० मि तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।, उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रूपमा कार्यरत थिइन्।, स्कुटरसहित भिरबाट खसेर शिक्षिकाको मृत्यु
युनिक श्रेष्ठ मुगुको डिभिजन वन कार्यालय परिसरमा केही दिनदेखि कालो र खैरो रङ मिसमास भएको कुकुरले डेरा जमाएको छ।, ऊ धेरैजसो समय एकैठाउँ चुपचाप बस्छ। बेलाबेला वरिपरि घुम्छ। तर कार्यालय परिसर छाडेर कहीँ जाँदैन।, चौबीसै घन्टा वन कार्यालयमा बस्न थालेको यो कुकुरलाई यहाँका कुनै कर्मचारीले पालेको होइन। कार्यालय रखवारी गर्न राखिएको पनि होइन। तर जुन दिनबाट ऊ यहाँ आइपुग्यो, यहीँको भयो।, उसको रेखदेख वनरक्षक टेकबहादुर रोकायले गरिरहेका छन्। बिहान-बेलुकी मासु-भात खुवाउने जिम्मा उनकै छ। आवश्यक पर्दा औषधिसमेत खुवाउँछन्।, टेकबहादुरलाई कुकुरको नाम थाहा छैन। यत्ति थाहा छ, ऊ आफ्नो मालिकको पर्खाइमा छ।, फागुन २६ गते पहिलोपटक वन कार्यालयमा आइपुगेको यो कुकुरको मालिक को हो जसलाई ऊ तीन महिनादेखि कुरिरहेको छ?, कार्यालयका अनुसार तीन महिनाअघि प्रहरीले घोरल सिकार गर्ने तीन जनालाई मुगमकार्मारोङ गाउँपालिका–१, चितैकुनाबाट पक्राउ गरेको थियो। घोरल मार्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, प्रहरी पुग्दा तीन जना पक्राउ परे भने एक जना फरार भए। ती फरार व्यक्तिले आफ्नो कुकुर अरू साथीहरूसँगै छाडेका थिए। प्रहरीले तीन जना सँगसँगै कुकुर पनि समातेर ल्याएको थियो।, वन्यजन्तुसम्बन्धी मुद्दामा अनुसन्धानको काम डिभिजन वन कार्यालयले गर्छ। घोरल सिकारको घटनामा पनि अनुसन्धान गर्न आरोपित व्यक्तिहरूलाई फागुन २६ गते डिभिजन वन कार्यालयको जिम्मा लगाइयो। त्यसै दिन कुकुर पनि वन कार्यालय आइपुग्यो।, वन कार्यालयले कुकुर पनि सिकारमा प्रयोग भएको हो कि भन्ने शंका गरेको थियो।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ अनुसार सिकारी कुकुर प्रयोग भएको खुलेमा मुद्दा किनारा लाग्नुभन्दा अगाडि नै मार्न सकिने उल्लेख छ। तर त्यो कुकुर सिकारमा प्रयोग भए-नभएको खुलेन। वन कार्यालयले आफ्नो अनुसन्धान क्रममा कुकुरलाई प्रतिवादी पनि बनाएन।, वन कार्यालयले पक्राउ परेका तीन र फरारसमेत गरी चार जनाविरूद्ध मुद्दा चलायो। उनीहरू त्यही गाउँका चेम्पा तामाङ, टासी तामाङ, छिमेक तामाङ र दावा छोर्देन तामाङ हुन्। कुकुर चाहिँ दावा छोर्देन तामाङको हो।, जिल्ला अदालत मुगुले जेठ १२ गते ती चारै जनालाई छाडिसकेको छ।, डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाका अनुसार फरार अभियुक्त दावा अदालतमा उपस्थित भएका थिए। अदालतले उनी र चेम्पालाई ७० हजार रूपैयाँ धरौटीमा र अरू दुई जनालाई साधारण तारेखमा छाडेको थियो।, धरौटीमा छुटेपछि पनि दावा सम्पर्कमा नआएकाले उनको कुकुर अझै वन कार्यालयमै रहेको देवकोटा बताउँछन्।, 'सरकारी वकिल कार्यालय मुगुले त्यो कुकुर मालिककै जिम्मा लगाउन राय दिएको छ। तर दावा सम्पर्कमै नआएपछि हामीले कार्यालयमै संरक्षण गरेर राखेका छौं,' उनले भने।, ‘सरकारी वकिल कार्यालयले कानुनी प्रक्रिया पूरा गरेर कुकुर जिम्मा लगाउनू भनेको छ। यसअनुसार हामीले मालिकलाई नै जिम्मा लगाउनुपर्ने हुन्छ। अरूलाई जिम्मा लगाएर पछि मालिकले खोज्यो भने समस्या आउन सक्छ।’, वन कार्यालयले कुकुरलाई सिकारी ठानेर थुनामा राखेको हो कि भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको छ। देवकोटा भने यो अस्वीकार गर्छन्।, ‘सिकारी कुकुर हो भने मार्न सकिनेसम्मको कानुन छ। तर हामीले अनुसन्धान गर्दा घोरलको सिकार कुकुरले नै गरेको हो भन्ने खुलेन। त्यसैले हामीलाई जिम्मा लगाइयो। फरार मालिक पनि कुकुर लिन आउनुभएको छैन,’ उनले भने, ‘अहिले हामीले उपचार गराएर राखेका छौं। मालिकलाई सम्पर्क गर्न पनि खोजिरहेका छौं।’, मालिक फेला नपर्दासम्म कुकुरको जिम्मा वन रक्षक रोकायले सम्हालेको उनले जानकारी दिए। उसको हेरचाहमा अहिलेसम्म के कति खर्च भयो भन्ने यकिन भइसकेको छैन।, वन कार्यालयमा तीन महिनादेखि आफ्नो मालिक कुरिरहेको एउटा कुकुर
रासस तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीलाई सेवा प्रवाह सञ्चालन केन्द्रबाट सबै प्रक्रिया पूरा गरी सेवा दिन सुरू गरेको छ।, सेवाग्राहीले कार्यालयमा बिना झन्झट सेवा लिन पाउँदा नगरवासी खुसी छन्।, कुन फाइल कुन फाँटमा कसरी लैजाने, सही कसले गर्ने हो भन्ने अप्ठ्यारो हुन्थ्यो तर अहिले एकै ठाउँमा बसी बसी सेवा पाउँदा खुसी लागेको वडा नं ८ को ढोरफिर्दीका क्याप्टेन ललितप्रसाद प्रधानले बताए। , कुन ठाउँमा जानुपर्छ होला भनेर कर्मचारीलाई नै सोध्दै जानुपर्थ्यो अहिले सहज रूपमा सेवा पाउँदा नगरपालिकावासी खुसी भएको उनको भनाइ थियो।, सार्वजानिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन केन्द्र सञ्चालनमा ल्याएर सेवा दिन थालिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। , सेवा लिन विभिन्न शाखामा जानुपर्ने र कर्मचारीलाई बुझाउन झन्झट हुँदा समस्या खेप्दै आएका सेवाग्राहीको काम अब कर्मचारी स्वयमले काम गर्ने हुँदा सेवाग्राहीलाई सहज हुने विश्वास गरेको उनको भनाइ थियो।, नगरपालिकामा आएपछि कुन कामका लागि कसलाई भेट्ने थाहा नहुने भएकाले सेवाग्राहीलाई सोफामा राखेर पानी र चिया खुवाएर सबै काम कर्मचारीले नै गर्ने गरी व्यवस्था मिलाइएको नगरप्रमुख पण्डितले बताए।, नगरपालिकाको  केन्द्र मुख्य प्रशासनिक भवनको भुइँ तलाको बीच भागमा स्थापना गरिएको छ।, केन्द्रको बाहिरी घेरा वरिपरि सेवा लिन आउने नागरिकलाई आरामदायी सुविधा सम्पन्न प्रतीक्षा कक्ष (स्थल) मा बस्ने व्यवस्था मिलाइएको छ।, कामका लागि जनता कर्मचारीको ठाउँमा जाने नभई कर्मचारी नै आवश्यक परेको खण्डमा जनतासामु गएर काम गर्ने वातावरण सिर्जना गर्न केन्द्र सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विक (राजु) ले बताए।, सुरूदेखि सेवा प्राप्तिसम्म तोक आदेश, दर्ता, सम्बन्धित शाखामा पेस र अन्तिम सेवा नागरिकको हातमा हस्तान्तरणसम्मको कार्य कर्मचारीले नै गर्ने गरी व्यवस्था गरिएको छ। , सेवाग्राहीले निवेदन बुझाइसकेपछि कर्मचारीले नै लिएर जाने भएकाले धेरै सहज भएको उनको भनाइ थियो।, काम हुन नसक्ने अवस्था भए कारण खुलाएर पत्र दिने र सो अनुसारको कागजपत्र पूरा गरेर ल्याउन लगाइने उपप्रमुख विकले बताए।, सेवाग्राहीले सेवासँग सम्बन्धित कागजातसहितको फाइल केन्द्रमा रहेका कर्मचारीलाई हस्तान्रण गरिसकेपछि बाँकी कामको सबै प्रक्रिया पूरा गर्न सम्बन्धित शाखा, उपशाखा, इकाइसँग समन्वय गरी कर्मचारीले नै पूरा गरी सेवाग्राहीलाई प्रदान गर्ने व्यवस्था मिलाइएको छ। , सेवा प्रवाहमा जटिलता वा अन्यौल सृजना भएमा प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका कर्मचारी आफैँ सेवा केन्द्रमा उपस्थित भई समाधानका लागि सहजीकरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्भव न्यौपानेले   बताए।, अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा सहायक स्तरका कर्मचारीहरु केन्द्रमा राखी जनशक्ति व्यवस्थापन गरिएको प्रमुख उनको भनाइ थियो।, जिल्लाका अन्य पालिकाले पनि उक्त सेवालाई अवलम्बन गर्ने सोच बनाएको बताइएको छ। , एकै ठाउँबाट सेवा पाउँदा खुसी छन् शुक्लाका सेवाग्राही
सेतोपाटी संवाददाता मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।, तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीमा विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै  काठमाडौं उपत्यकामा थप विद्युत प्रवाहका लागि विश्वसनीय  प्रसारण सञ्जाल तयार भएको बताए।, ‘हाल चालू रहेको मर्स्याङ्दी-स्यूचाटार १३२ केभी सिंगल सर्किट मात्रै थियो जुन लाइनबाट करिब एक सय मेगावाटभन्दा बढी विद्युत प्रवाह हुन सक्दैन थियो, मर्स्याङ्दी-काठमाडौलाई तत्कालका लागि १३२ केभीमा सञ्चालममा ल्याएससँगै अब थप करिब २ सय मेगावाटसम्म विद्युत काठमाडौं उपत्यकामा प्रवाह हुन सक्छ’, कार्यकारी निर्देशक घिसिङले भने।, ‘भरतपुर-हेटौंडा १३२ केभी सिंगल सर्किट मात्रै भएकोले त्यहाँ पनि विद्युत प्रवाहका लागि समस्या थियो, कुलेखानी नचलेको बेला मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइनमार्फत् विद्युतलाई काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप विद्युत प्रवाह गराउन सकिन्छ, यो लाइन काठमाडौं उपत्यकामा विद्युत प्रवाहका लागि लाइफ लाइन हो।’, मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडसँग १६ असार २०७३ मा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। आयोजना निर्माण भदौ २०७३  सुरू भएको थियो। तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौं जिल्लामा पर्ने प्रसारण लाइनमा २३३ टावर रहेका छन्। प्रसारण लाइनको परामर्शदाता सेवा पावर ग्रिड कर्पोरेसन अफ इन्डिया र नेपालको जेड कन्सल्टले दिएका थिए।, प्रसारण लाइनको रूटको विभिन्न ठाउँमा स्थानीयको अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको हो। सबैभन्दा बढी समय धादिङको सिद्धलेक गाउँपालिका-७ स्थिति पिपलटारमा स्थानीयको अवरोध हुँदा निर्माण प्रभावित भएको आयोजना प्रमुख लक्ष्मण फुँयालले बताए।, आयोजना अन्तर्गत काठमाडौंको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसनहरू निर्माणाधीन छन्। सबस्टेसनहरूको निर्माण सम्पन्न भएपछि प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइने छ। नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना निर्माण गरिएको हो।, बन्यो मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन
रासस बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ।, ३५० जनाको क्षमता रहेको कारागारमा हाल ७५३ जना कैदीबन्दी राख्नुपरेको नेपालगञ्ज कारागारका प्रमुख रामकुमार सोनकरले जानकारी दिए। , उनका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण गर्मी समयमा अलि बढी समस्या हुने गरेको छ।, नेपालगञ्जमा यतिबेला अत्यधिक गर्मी भएका कारण कैदीबन्दीमा लुतो लगायतका सरूवा रोग र शौचालयको समस्या हुने गरेको छ।, जीर्ण अवस्थामा रहेको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्नुपर्दा छालालगायत विभिन्न सरूवा रोगको समस्या देखिएको कारागारका स्वास्थ्य शाखा प्रमुख कविराम बुढाथोकीले जानकारी दिए।, अहिले गर्मीका कारण कैदीबन्दीहरू दैनिकजसो बिरामी पर्ने गरेको उनको भनाइ छ।, क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राख्नु परेकाले उनीहरूले न्यूनतम सुविधासमेत पाउनबाट बञ्चित बनेका छन्।, कैदीबन्दीलाई व्यवस्थित रूपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका–३ नौंबस्तामा तीन हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण सुरू गरेको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको कारागार प्रमुख सोनकरको भनाइ छ।, उनले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाइ हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको बताए।,  , कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा चुनौती
एजेन्सी बेलायत विकिलक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका पठाउने भएको छ।, बेलायतकी गृह मन्त्री प्रिती पटेलले शुक्रबार असान्जलाई अमेरिका सुपुर्दुगी गर्ने आदेशमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ।, बेलायत सरकारको उक्त निर्णयविरूद्ध असान्ज पुनरावेदन गर्न सक्नेछन्। त्यसका लागि उनलाई १४ दिन समय दिइएको छ।, सन् २०१० र २०११ मा सरकारका गोप्य कागजात सार्वजनिक गरेका असान्जलाई अमेरिकाले वान्टेडको सूचीमा राखेको छ।, उनलाई अहिले बेलायतको कारागारमा राखिएको छ।, बेलायतले अमेरिका पठाउने भयो जुलियन असान्जलाई
दिपकजंग शाही दैलेखको नौमुले बजारका व्यवसायी विक्रम हमाल बारम्बार बिजुली अवरूद्ध हुने समस्याले हैरान छन्। , नौमुलेमा उनका धेरै वटा पसल छन् जहाँ छुट्टाछुट्टै वस्तु र सेवा उपलब्ध हुन्छ।, विक्रमको इलेक्ट्रोनिक सामानको पसल र फोटो स्टुडियोमा अन्य पसलमा भन्दा बढी विद्युत खपत हुन्छ। बारम्बार विद्युत अवरूद्ध हुँदा यी पसलमा काम नै रोकिन्छ।, ‘दिनहुँ बिजुली अवरूद्ध भइदिँदा कामै रोकिन्छ,’ विक्रम भन्छन्, ‘हामी विद्युत गृह भएको ठाउँका मानिस हौँ, तै पनि जिल्लामा अन्यत्रभन्दा यहाँ बिजुलीको समस्या धेरै छ।’, बेला-बेलामा बिजुली जाने, कहिले दिनभरि बिजुली नआउने र एक दिनभन्दा बढी नआउने समस्याले नौमुलेका अर्का व्यवसायी रमेश गहतराज पनि दिकदार छन्। , उनले वैकल्पिक ऊर्जाको व्यवस्था पनि गरेका छन्। , बिजुलीभन्दा वैकल्पिक ऊर्जा बढी प्रयोग हुने गरेको उनको भनाइ छ।, रमेश भन्छन्, ‘दैलेखमा अन्तभन्दा नौमुलेमा विद्युतको समस्या बढी छ। हावाहुरी चल्यो, पानी पर्‍यो भने दुई–तीन दिनसम्म पनि बिजुली आउँदैन।’, दैलेखको नौमुले त्यस्तो ठाउँ हो, जहाँ कर्णाली प्रदेशभरमा सबैभन्दा पहिले राष्ट्रिय प्रसारणमा योगदान गरेका विद्युत आयोजना छन्। , नौमुलेमा सञ्चालनमा रहेका दुई वटा आयोजनाबाट ८ दशमलव ५५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जान्छ।, कर्णालीबाट राष्ट्रिय प्रसारण लाइनमा योगदान गर्ने आयोजना यी दुइटा मात्र हुन्।, ‘यहाँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको विद्युत आयोजना भएर के गर्नु, हामीलाई बिजुलीको समस्या विगतदेखि उस्तै छ,’ विक्रम भन्छन्, ‘यहाँको विद्युत देशभर खपत हुन्छ, हामी भने बारम्बार लोडसेडिङ भोगिरहेका छौँ। कहिलेकाहीँ त दुई–तीन दिनसम्म बिजुली नआउनेगरी बन्द भइदिन्छ।’, उनका अनुसार कहिलेकाहीँ त विद्युतकै समस्याले नौमुले र आसपासका बिरामीले समयमै स्वास्थ्य सेवासमेत पाउँदैनन्।, विक्रम भन्छन्, ‘यहाँ त कयौं समय भिडिओ एक्सरे गर्न आएका बिरामीहरू बिजुली नभएर दुई–तीन दिनसम्म पर्खिनुपर्छ, बिजुली आएपछि मात्र बिरामीको समेत उपचार हुने अवस्था छ।’, नौमुलेका मात्र होइन, कर्णाली प्रदेशमा राष्ट्रिय विद्युत प्रसारण खपत गरिरहेका सबै उपभोक्ताहरू बिजुली अनियमित हुने समस्याले आजित छन्।, अहिले कोहलपुर–सुर्खेत प्रसारण लाइनमार्फत् कर्णालीका सात जिल्लाका सदरमुकाम र आसपासमा विद्युत पुगेको छ। कम क्षमता भएको र भरपर्दो संरचना नभएकाले कर्णालीमा विद्युत उपभोग गरिरहेकाहरूले हैरानी खेप्नुपरेको छ।, कर्णाली प्रदेशमा थुप्रै जलविद्युत आयोजना छन्। डोल्पाको जगदुल्ला जलविद्युत आयोजना, जाजरकोटको नलगाड जलविद्युत आयोजना, दैलेखको माथिल्लो कर्णाली, कर्णालीको फुकोट र सुखेतको बेतानलगायत कर्णालीका ठूला क्षमताका आयोजना हुन्।, यी आयोजनामध्ये केही लामो समयदेखि चर्चामा छन्। केही आयोजनाको कामै सुरू भएको छैन। केही आयोजना सुरू भएर बीचैमा काम रोकिएका छन्। केहीमा काम गति सुस्त छ।, जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको कर्णालीमा ठूला आयोजनाहरू अधुरै रहे पनि नौमुलेका दुइटा साना आयोजनाले भने राष्ट्रिय प्रसारणमा योगदान गर्छन्। राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी नौमुलेमा थप दुइटा विद्युत आयोजना बन्दै छन्।, दैलेखको नौमुले गाउँपालिकामा पर्ने ‘द्वारीखोला साना जलविद्युत आयोजना’ र ‘पदमखोला साना जलविद्युत आयोजना’ बाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारणमा लाइनमा जोडिएका छन्।, द्वारीखोला हाइड्रोपावरबाट ३ दशमलव ७५ मेगावाट र पदमखोला हाइड्रो पावरबाट ४ दशमलव ८ मेगावाट विद्युत नियमित रूपमा राष्ट्रिय प्रसारण लाइनमा जान्छ।, पदमखोला जलविद्युत आयोजनाका प्लान्ट इन्चार्ज वसन्त जिसीका अनुसार द्वारीखोला र पदमखोला आयोजनाको विद्युत पदम खोलाको विद्युत गृहमा ल्याएर राष्ट्रिय प्रसारण लाइनमा पठाइन्छ।, पदम खोलाको विद्युत गृहमा रहेको ‘स्वीचयार्ड’ मार्फत् दुवै आयोजनाको विद्युत दैलेख सदरमुकाममा रहेको सब–स्टेसनमा जोडिएको छ। , नौमुलेमा बन्ने अरू दुइटा आयोजनाको विद्युत पनि पदम खोलाकै स्वीचयार्डमार्फत् राष्ट्रिय प्रसारण लाइनमा पठाइनेछ।, नौमुलेमा अन्य दुइटा विद्युत आयोजना पनि राष्ट्रिय प्रसारणमा जोडिने गरी बन्दैछन्। नौमुलेको माथिल्लो लोहोरेमा एउटा आयोजना निर्माणाधीन छ। तल्लो लोहोरे खोलामा आयोजनाको सर्वे भइरहेको छ।, अहिले सञ्चालनमा रहेको पदम खोला साना जलविद्युत आयोजनाबाट सुख्खा समयमा पाँच किलोवाटमात्र विद्युत उत्पादन हुन्छ। खोलामा पानी पर्याप्त हुँदा ४ दशमलव ८ मेगावाट उत्पादन हुने गरेको जिसीले बताए।, यस्तै द्वारीखोला साना जलविद्युत आयोजनाबाट सुख्खा समयमा ४७५ किलोवाट विद्युत उत्पादन हुन्छ।, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीमार्फत् निर्माण गरिएको द्वारी खोला साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २०७४ वैशाख २३ गते राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। , यो आयोजना सन् २०५० सम्म निर्माण कम्पनीले सञ्चालन गर्ने छ। त्यसपछि नेपाल सरकारलाई हस्तान्तरण हुनेछ।, यस्तै, दोल्ती पावर कम्पनीमार्फत् बनाइएको पदम खोला साना जलविद्युत आयोजना २०७६ पुस ८ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। यो आयोजना सन् २०५३ सम्म निर्माण कम्पनीले सञ्चालन गर्नेछ। त्यसपछि सरकारमा हस्तान्तरण हुनेछ।, प्रदेशमा आवश्यक पर्ने विद्युतको झन्डै आधा उत्पादन आन्तरिक नै भए पनि कमजोर संरचनाका उपभोक्ताले हैरानी खेप्नुपरेको नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रदेश प्रमुख शम्भु यादवको भनाइ छ।, उनका अनुसार कर्णाली प्रदेशमा हाल अधिकतम् २० एमभिए (मेगा भोल्ट एम्पियर) विद्युत माग छ। यो माग विद्युत खपत हुने मुख्य समयको हो। अन्य समयमा १२ एमभिए  विद्युत पर्याप्त हुन्छ। एक मेगा भोल्ट एम्पियर भनेको १० लाख भोल्ट एम्पियर हो।, ‘कोहलपुरदेखि मुगुसम्म एउटै लाइन छ, त्यो पनि भरपर्दो संरचना छैन,’ यादवले भने, ‘यदि राम्रो संरचना हुन्थ्यो वा एउटा अवरूद्ध हुँदा अटोमेटिक अन हुने अर्को पनि प्रसारण लाइन हुन्थ्यो भने विद्युतको समस्या हुने थिएन।’, उनका अनुसार कोहालपुर–सुर्खेत ३३ केभिए (किलो भोल्ट एम्पियर) प्रसारण लाइनमार्फत् २० एमभिएभन्दा बढी नै विद्युत आपूर्ति हुन्छ। , एक किलो भोल्ट एम्पियर भनेको एक हजार भोल्ट एम्पियर हो।, विद्युत प्राधिकरणको तथ्यांकअनुसार कर्णाली प्रदेशको कुल जनसंख्याको ४५ प्रतिशत विद्युतको पहुँचमा छ।, हुम्ला र डोल्पाको सदरमुकाममा विद्युत प्रसारण लाइन पुगिसकेको छैन। मुगुमा लाइन जोडिएको छ। मुगु चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताइएको छ।, अरू सात जिल्ला सुर्खेत, रूकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, कालीकोट र जुम्लामा सुर्खेत हुँदै स्टेशनमार्फत् राष्ट्रिय विद्युत प्रसारण पुगेको छ।, दैलेखमा उत्पादन हुने विद्युत आइसोलेसन मोडमा राखेर जिल्लाभित्र वितरण गर्न मिल्ने बनाइएको छ तर त्यो प्रणालीले निरन्तरता पाएको छैन। , सुर्खेत हुँदै दैलेख पुगेको विद्युत प्रसारण लाइन बीचमा बिग्रिएमा नौमुलेको विद्युत आइसोलेसन गरी जिल्लाभित्र लाइन जोडिएको ठाउँमा दिन मिल्छ।, पदम खोला जलविद्युत आयोजनाका प्लान्ट इन्चार्ज वसन्त जिसीका अनुसार यो प्रणाली सञ्चालनको केही समयमै मुख्य ट्रान्सफर्मरमा समस्या आएपछि अन्तरजिल्ला विद्युत दिने काम निरन्तर हुन सकेको छैन।, 'यहाँको विद्युत देशभर खपत हुन्छ, हामी भने बारम्बार लोडसेडिङ भोगिरहेका छौं'
सेतोपाटी संवाददाता सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको थियो। , गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटना हुँदा दुई जना त्यही ट्रकमा च्यापिएका थिए। उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। , उनीहरूको सनाखत पनि भएको छ।, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ बस्ने २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका-१२ बस्ने २४ वर्षीय मिलन गुरूङको मृत्यु भएको हो। भीमबहादुर सो ट्रकका चालक हुन्। , प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो।, प्रहरीले दुई जना ट्रकमुनी च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनको मद्दतबाट शव निकालेको हो।, सो ट्रक दाङबाट सिमेन्ट र र सरिया लोड गरी उक्त जाजरकोटका लागि छुटेको हो।,  , सुर्खेतमा ट्रक दुर्घटना हुँदा च्यापिएका दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।, मंगलबार दिउँसो साढे १ बजे सुरक्षागार्डमाथि खुकुरी प्रहार भएको थियो।, घाइते भएका सुरक्षा गार्डलाई प्रहरीले उद्धार गरी मोडेल अस्पताल पुर्‍याएको थियो। उनको बायाँ कानमुनि चोट लागेको छ। उनको उपचारपछि डिस्चार्जसमेत भइसकेको छ।, प्रहरीका अनुसार घटनामा सोही कलेजका मानविकी संकाय अन्तर्गत कक्षा ११ मा पढ्ने विद्यार्थीहरू संलग्न देखिएका थिए।, म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा र टोखा बस्ने १८ वर्षीय सञ्जिव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।, जोसन बानियाँले सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ।, १० दिन अघि कलेजमा बास्केट बल खेल्दा विद्यार्थीहरूबीच बिबाद भएको थियो। त्यही विषयलाई कलेजमा मंगलबार दुई पक्षबीच झगडा हुन लागेपछि रोक्न पुगेका सुरक्षागार्डमाथि आक्रमण भएको थियो।, घटनाको थप अनुसन्धान प्रहरी वृत्त सिंहदरबारले गरिरहेको छ।, सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा ट्रिनिटी कलेजका चार विद्यार्थी पक्राउ
नारायण खड्का लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री बिमला खत्री वलीले गरेको हर्कतपछि मंगलबार दिनभर उनको चर्को विरोध भयो। , प्रहरी प्रशासनलाई आक्रोशित स्थानीय शान्त पार्न निकै सकस खेप्नुपर्‍यो।  , मंगलबार बिहान करिब ८ बजे अंगरक्षकसहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका-५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरि उनकी पत्नी मिना र नाबालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो।, राज्यमन्त्रीलाई आक्रोशित स्थानीयले बस्नेतकै घर भित्रै थुनेर राखेको खबर पाउना साथ पुगेको प्रहरी टोलीले उनलाई उद्धार गरि ल्याएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले सेतोपाटीलाई जानकारी दिए।, उत्तेजित भिडले राज्यमन्त्री वली घरभित्रै रहेको र बाहिर दर्जनौं सर्वसाधारण मोसो लगाउनका लागि ठिक्क परी बसेको अवस्थामा ‘उद्धार’ गरी ल्याउनु परेको उपाध्यायले जानकारी दिए।, ‘मिना भण्डारी बस्नेतको घरमा प्रवेश गरी उहाँहरूमाथि कुटपिट गर्नुका साथै दराज खोलेर सरसामान फालिदिएको हुँदा बाहिर मानिसहरू जम्मा भई मोसो दल्ने वा कुटपिटको तयारी भइरहेको रहेछ,’ डिआइजी उपाध्यायले भने, ‘त्यहीबेला प्रहरी पुगेर उहाँलाई उद्धार गरिएको हो।’, त्यहाँबाट भिड छिचोल्दै प्रहरीले राज्य मन्त्री वलीलाई झन्डै साढे ३ घन्टा जति इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेको थियो।, तर, राज्यमन्त्रीको ब्यवहारबाट आक्रोशित स्थानीय इप्रकामै पुगेर राज्यमन्त्री विरूद्ध नाराबाजी गर्दै कारबाहीको माग गरे। , घोराहीबाट जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले आफैं खबर सार्वजनिक हुनासाथ तुलसीपुर पुगिसकेका थिए। , तनावपूर्ण वातावरण मत्थर पार्ने प्रयास सफल नहुने देखेपछि मध्यान्ह १२ बजेतिर प्रहरीले कडा सुरक्षा बिच राज्यमन्त्री वलीलाई घोराही लगेको थियो। , राज्य मन्त्री वली बेलुका अबेरसम्म त्यही बसेको एसपी काफ्लेले जानकारी दिए। प्रहरी अधिकारीका अनुसार राज्यमन्त्री वलीले आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा आफ्नो पैंसासमेत नदिएकोले आवेगमा आएर बस्नेतको घर पुगेको उनले प्रहरीसमक्षा बताइन्।, ‘एक राज बस्नेत र उहाँको बीचको आन्तरिक सम्बन्धको कुरा पनि होला,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘मुख्य कुरा आपसी लेनदेन रहेको प्रहरी समक्ष बताउनुभएको छ।’, वाइसिएलका नेता बस्नेत पेसाले काठ ब्यवसायी हुन्। उनको तुलसीपुरमा काठमिल पनि छ। प्रहरी अधिकारीका अनुसार घटना हुनुभन्दा केही दिन पहिले बस्नेत काठको खोजीमा अर्घाखाँची पुगेका थिए। , राज्य मन्त्री वली र बस्नेतका बिचमा भएको भनिएको लेनदेन कति हो? त्यो स्पष्ट नभएको ती प्रहरी अधिकारीले बताए। , ‘राज्यमन्त्रीज्यूले लेनदेन कतिको हो भन्ने बारेमा हिसाब गर्नुपर्छ भनेर भन्नु भएको थियो,’ ती प्रहरी अधिकारीले भने, ‘विस्तारै तथ्य कुरा खुल्दै जाला।’, हाल राज्यमन्त्री वली बुटवल पुगिसकेकी छन्। उनका प्रेमी भनिएका बस्नेत पनि  प्रहरी सम्पर्कमा आइसकेका छन्। , ‘उहाँलाई हामीले बोलाएका छौं,’ एसपी काफ्लेले भने, ‘आज उहाँ प्रहरीको सम्पर्कमा आउँछु भन्नु भएको छ।’ , घटनापछि बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले इलाका प्रहरी कार्यालयमा राज्यमन्त्री बिरूद्ध उजुरी दिएकी छन्। , उजुरी दिए पनि दर्ता भएको छैन। हदम्याद भित्र प्रहरीले उजुरी दर्ता गर्ने एक अधिकारीले बताए। ‘हामीले बाहालवाला मन्त्रीलाई पक्राउ गर्न र थुन्न पाउने कानुन छैन,’ ती प्रहरी अधिकारीले भने, ‘ब्यवस्थापिका संसद चलिरहँदा सभामुखको पत्र वा आदेश बिना हामीले केही गर्न सक्ने अवस्था रहँदैन।’, प्रशासन र सभामुखबाट पत्राचार वा समन्वयमा मात्रै उजुरी दर्ता लगाएतका प्रक्रिया अगाडि बढ्ने ती अधिकारीले जानकारी दिए। , राज्यमन्त्रीको हर्कत सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। नेकपा एमालेले उनलाई राज्यमन्त्रीबाट बर्खास्त गर्न माग गरिसकेको छ।, सम्बन्धित समाचार: , महिला र बालिका कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ, लुम्बिनीको स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन, मुख्यमन्त्रीको फोनपछि राज्यमन्त्री वलीलाई पठाइयो बुटवल, राज्यमन्त्री विमला वलीलाई बर्खास्त गर्न एमालेको माग, राज्यमन्त्री वलीले बस्नेतको घरमा गरेको हर्कतको कारण ‘लेनदेन’ पनि
भगवती पाण्डे रुपन्देहीको गैडहवा गाउँपालिका–७, सूर्यपुरामा रहेको अभिषेक आयल सप्लायर्समा २०७७ साल चैत २९ गते आगलागी भयो भलवारीस्थित आयल निगमको डिपोबाट तेल बोकेर गएको लु२ख २८७५ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा अचानक आगो सल्कियो। ट्यांकरको तीन नम्बर च्याम्बरबाट चार हजार लिटर पेट्रोल अन्डर ग्राउन्ड ट्यांकीमा खन्याएर दुई नम्बर च्याम्बरमा रहेको थप चार हजार लिटर खन्याउने क्रममा आगलागी भएको थियो। तत्कालै दमकल आइपुग्न सकेकाले केही बेरमा आगो नियन्त्रण भयो।, यसअघि २०७७ साल कात्तिक ३ गते सिद्धार्थ नगरपालिका–८ स्थित एभरेस्ट आयल सप्लायर्समा आगो लाग्यो। राति करिब ८ बजेतिर पेट्रोल खन्याउने क्रममा ट्यांकरमा आगलागी भएको थियो। ट्यांकरमा लागेको आगो इन्धन भण्डारमा सल्किन नपाउँदै नियन्त्रणमा गर्न सकेकोले धेरै ठूलो क्षति हुन पाएन। बस्तीको बीचमा रहेको उक्त पम्पको भूमिगत ट्यांकीमा आगो सल्किएको भए त्यसबाट अकल्पनीय क्षति हुन सक्थ्यो।, जेठ १३ गते रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपोभित्र दुई वटा ट्यांकरमा आगलागी भयो। घटना दिउँसो भएकाले बुटवल, तिलोत्तमा र भैरहवाबाट पुगेका दमकलले आगो नियन्त्रणमा लिएका थिए।निगमका ट्यांकीमा तेल खनाउने क्रममा आगलागी हुँदा लु२ख २६५६ नम्बरको ट्यांकर जलेर पूर्णरूपमा क्षति भयो। लु२ख ५६८५ नम्बरको ट्यांकरमा सामान्य क्षति भयो। ट्यांकरका हेल्पर तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरी घाइते भए।, भलवारी डिपोभित्र २०७७ साल कात्तिक ६ गते पनि इन्धन बोकेको ट्यांकरमा आगो लागेको थियो। लु१ख ८१४५ नम्बरको ट्यांकर भारतबाट ल्याएको पेट्रोल डिपोमा जाँच गरेर निस्कने क्रममा गेटमै आगलागी भएको थियो। दिउँसो दुई बजेतिर लागेको आगो डिपोभित्रै रहेको दमकलले नियन्त्रणमा लिएको थियो। ट्यांकरको क्याबिन पूर्णरूपमा जले पनि पेट्रोल भने जोगिएको थियो।, उल्लिखित घटनाहरू प्रतिनिधि मात्र हुन्। यस्तै आगलागीका अन्य घटना पनि भएका छन्। सरकारले बनाएको मापदण्ड मिचेर सञ्चालित डिपो र पेट्रोल पम्पमा ठूलो आगजनी भए खुद व्यापारी मात्र होइन सिंगो सहर र सर्वसाधारण समेत दुर्घटनामा पर्ने देखिन्छ। , तर व्यवसायीहरू र आयल निगम भने सम्भावित दुर्घटनाप्रति उदासीन देखिन्छन्।, नेपाल आयल निगमको पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ को विनियम १६ (क) बमोजिम पूर्व–पश्चिम राजमार्गको हकमा ३ हजार ३ सय वर्ग मिटर वा १० कठ्ठा र राजमार्गतर्फको मोहडा ५० मिटरको हुनुपर्ने प्रावधान छ। राजमार्ग र अन्य सडक तथा स्थानहरूका लागि भिन्न भिन्न मापदण्ड तोकिएको छ।, बुटवल–भैरहवा ६ लेन सडकखण्ड अन्तर्गत तिलोत्तमा–७, भलवारीमा रहेको आयल निगमको डिपो नै यो मापदण्ड भित्र सञ्चालित छैन।  , यो डिपोलाई सार्नु पर्ने भन्दै स्थानीयवासीले माग गर्दै आएका छन्। , २०३९ सालमा आयल निगमको डिपो स्थापना हुँदा वरिपरि बस्ती पातलो थियो। बितेका चालीस वर्षमा बस्ती निकै बाक्लो भएको छ। सडक ६ लेनमा बिस्तार भई आयल निगमको प्रवेशद्वारमै पुगेको छ।, बस्ती बाक्लिएपछि भलवारी डिपो स्थानान्तरण गर्न स्थानीयवासीले माग गर्दै आएका हुन्। तिलोत्तमा नगरपालिकाले स्थानीय बस्तीको सुरक्षाका लागि डिपो स्थानान्तरण गर्न आग्रह गर्दै आएको छ।, नगरपालिकामा जनप्रतिनिधिको नयाँ नेतृत्व निर्वाचित भएको पहिलो महिनामै दुई वटा ट्यांकरमा आगलागी भएको छ। यी घटनापछि डिपो सार्न फेरि आवाज उठ्न थालेको छ। यसमा आयल निगमले चासो दिएको छैन।, नेपाल आयल निगम, भलवारी डिपो प्रमुख नवविनोद पोखरेल डिपो अन्यत्र सार्ने योजना रहे पनि तत्काल सार्ने अवस्था नरहेको बताउँछन्।, उनले भने, ‘एउटा घर सारेजस्तो होइन। अहिले यसैलाई सुरक्षित बनाएर सञ्चालन गर्दै बिस्तारै अन्यत्र लैजाने प्रक्रिया अघि बढाउन सकिएला।’, निगमको डिपो स्थानान्तरणका लागि स्थानीयवासीले संघर्ष समिति बनाएर दबाब दिन थालेका छन्।, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले निगममा शनिबार यही विषयमा छलफलमा  भएको बताए। डिपो प्रमुख पोखरेलले निगमका महाप्रबन्धक र आपूर्ति मन्त्रालयका सचिव आएपछि छलफल गरेर स्थानान्तरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको मेयर खाँणले जानकारी दिए।, स्थानान्तरणका लागि रोहिणी खोलानजिकै साढे १४ बिघा जमिन व्यवस्था भएको छ।, खाँणले जग्गा व्यवस्था भए पनि पूर्वाधार निर्माण गर्न समय लाग्ने भएकोले त्यतिन्जेल सुरक्षित रूपले डिपो सञ्चालन गर्न आग्रह गरिएको बताए। उनले भने, ‘डिपो अहिले नै स्थानान्तरण गर्नु पर्‍यो भनेर सारिहाल्ने अवस्था छैन, यहाँ रहँदा पनि सुरक्षित उपाय अपनाइयोस् भनेका छौं।’, भलवारी डिपोमा पेट्रोल, डिजल र मट्टीतेल गरी झन्डै ३७ लाख लिटर इन्धन भण्डारण हुने क्षमता छ। सबैभन्दा धेरै ३० लाख ४० हजार लिटर डिजल, पेट्रोल ५ लाख १९ हजार लिटर र मट्टीतेल १ लाख ४० हजार लिटर भण्डारण गर्ने क्षमता छ।, कुल चार बिघा चार कठ्ठा जग्गामा रहेको भलवारी डिपोबाट अहिले दैनिक ३ लाख लिटर पेट्रोल, १२ लाख लिटर डिजेल र ६ हजार लिटर मट्टीतेल वितरण हुने गरेको छ। डिपोले रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ र स्याङ्जाका गरी करिब साढे तीन सय पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने गरेको छ।, आयल निगमको डिपो मात्र होइन बुटवल, भैरहवा लगायत बजारका अधिकांश पेट्रोलपम्पहरू आयल निगमले तोकेको मापदण्डविपरीत सञ्चालित छन्।, नेपाल आयल निगमको पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ को विनियम १६(क) बमोजिम पूर्व–पश्चिम राजमार्गको हकमा ३ हजार ३ सय वर्ग मिटर वा १० कठ्ठा र राजमार्गतर्फको मोहडा ५० मिटरको हुनुपर्ने प्रावधान छ। राजमार्ग र अन्य सडक तथा स्थानहरूको लागि भिन्न भिन्न मापदण्ड तोकिएको छ।, यसअघि २०५४ सालमा लागु गरिएको मापदण्डमा पनि पेट्रोल पम्प र सडकको दूरी कम्तीमा २५ मिटर हुनु पर्ने, आवासीय क्षेत्रनजिक राख्न नपाइने, पम्पमा सार्वजनिक शौचालय, प्राथमिक उपचारको व्यवस्था, स्नानगृह लगायत सुविधा भनिएको थियो।, बुटवल र भैरहवाका कतिपय पेट्रोल पम्पहरू भने घरको सटरमा राखिएका छन्। सडक बिस्तार भएर ६ लेन हुनुपूर्व सडक किनारामा रहेका पेट्रोल पम्पहरू सडक बिस्तारसँगै घरको सटरमा पुगेका हुन्। नियमनकारी निकायहरू भने यसतर्फ मौन छ।, बजार क्षेत्रमा रहेका अधिकांश पेट्रोल पम्पले पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ अनुसारको कुनै पनि मापदण्ड पालना गरेको देखिँदैन। उक्त नियमावलीमा पम्प परिसरमा चियाफकी पसल, एटिएम, हावा भर्ने, पार्किङ लगायतका सुविधा हुनु पर्ने मापदण्ड तोकिएको छ।, रुपन्देहीका बुटवल, भैरहवा, सैनामैना, तिलोत्तमा, देवदह, लुम्बिनी लगायत विभिन्न बजार तथा सडक किनारमा गरी १८१ वटा पेट्रोल पम्प छन्। तीमध्ये सबैभन्दा धेरै र जोखिम पनि बुटवल, तिलोत्तमा र भैरहवामा छ।, लहरै जोडिएका घरको बीचमा अति प्रज्वलनशील पदार्थको ओसारपसार र बिक्री–वितरणका कारण आगलागीको घटनाले ठूलो क्षति हुने जोखिम रहेको छ।, पेट्रोल पम्प सञ्चालनको मापदण्ड र सुरक्षा अनुगमन गर्ने जिम्मेवारी नेपाल आयल निगम र स्थानीय तहको रहे पनि दुबै निकाय निष्प्रभावी देखिएका छन्। आयल निगमको भलवारी डिपोप्रमुख पोखरेल बस्तीको बीचमा पेट्रोल पम्पहरू हुनु देशकै समस्या भएकोले यसलाई केन्द्रीय तहबाटै सम्बोधन गर्नुपर्ने बताउँछन्।, तिलोत्तमा नगरपालिकाका प्रमुख खाँणले आफू भर्खरै निर्वाचित भएर आएकोले अनुगमनपछि केही भन्न सक्ने बताए। ‘भलवारी डिपोमा हालै आगलागी भएकोले अहिले हाम्रो ध्यान त्यता गएको छ,’ उनले भने, ‘नगरभित्रका पेट्रोल पम्पहरूको अनुगमन गरेपछि सोही अनुसार निर्देशन दिने छौं।’, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले पनि पेट्रोल पम्पहरूको अनुगमनपछि मात्रै तिनको व्यवस्थापनबारे भन्न सकिने बताइन्। पेट्रोल पम्पहरूमा आगलागीका घटना बढ्न थालेकोले व्यवसाय र बजारको सुरक्षामा ध्यान दिनु पर्ने उनको भनाइ छ। ,  , मापदण्ड विपरीतका पेट्रोल पम्पले जोखिममा सहर
रासस संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेका छैनन्।, मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए।, उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन्। कैलालीबाट उनकी श्रीमती कमला संखुवासभा आइपुगेकी छन्।   ‘घट्नाको सत्यतथ्य छानबिन हुनुपर्छ”, कमलाले भनिन्।, महतराको शव जिल्ला अस्पतालमा राखिएको छ।, महतरा गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्न सङ्खुवासभा आएका थिए। अरुण तेस्रोले राहत उपलब्ध गराउनुपर्ने महतरा परिवारको माग छ।, उनकी श्रीमतीले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा घटनाको छानबिनका लागि माग गरेकी छिन्। मृतकका परिवारलाई उचित राहत दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।, घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज कोइरालाले बताए।, अरुण तेस्रोमा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन्।, अरुण तेस्रो जलविद्युत आयोजनामा मृत्यु भएका मजदुरको शव बुझ्न मानेनन् परिवारले
रासस लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुष हराएको २७ वर्षपछि फेला परेका छन्।, कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारलाई प्रहरीको सहयोगमा उद्धार गरिएको हो।, गत जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो। त्यसका आधारमा खोजतलास गर्दा परियार भारतको उत्तर प्रदेश वासपत जिल्लामा भेटिएका हुन्।, परियारको उद्धार गरी ल्याइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।, प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, दिल्लीस्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुरको सहयोग र समन्वयमा परियारको उद्धार गरी नेपाल ल्याएको हो।, परियारलाई प्रहरीले उनका आफन्तको जिम्मा लगाएको छ।, हराएको २७ वर्षपछि फेला परे लमजुङका किसान परियार
रासस माछा मार्ने क्रममा करेन्ट लागेर बागलुङको बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ।, स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले बताए।, बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको वडाध्यक्ष शेरचनले बताए।, करेन्ट लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन्। यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन्।, माछा मार्ने क्रममा करेन्ट लाग्दा बागलुङमा युवाको मृत्यु
रासस बाढीले तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका २ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ।, बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो।, बाढीले पुलमा क्षति पुर्‍याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीय राजेश कार्कीले बताए।, बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका ५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।, उक्त पुलको पर्खाल मर्मतका लागि मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ।, जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्‍याएको थियो।, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो।, बाढीले भत्कायो तनहुँमा पुल
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छन्।, आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।  , बुद्ध एयरको उडानमा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले बोकेको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा गोली फेला पारेको प्रहरीले जनाएको छ। , उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।  ,  , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीलाई जिम्मेवारीबाट हटाइएका छन्। , निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई भेट्न सुन्धारास्थित कारागारमा गएको खुलेपछि उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको थियो।, उनीमाथि छानबिन भइरहेको हुँदा स्वयम्भूबाट उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तानिएको छ।, उनको सट्टामा स्वयम्भूमा अरू कसैलाई पठाइएको छैन।  , ‘त्यहाँ अर्को कसैलाई पठाइएको छैन। छानबिन हुन्जेल उनलाई रानीपोखरी राखिएको हो,’ परिसर प्रमुख एसएसपी सुदीप गिरीले भने ,‘छानबिन भइरहेको बेलामा कमान्डरको जिम्मेवारी दिइरहँदा काममा असर पर्न सक्ने हुँदा तानिएको हो।’, सुन्धारा कारागारमा रहेका बस्नेतलाई भेट्न केसी आइतबार पुगेका थिए। उनी के कारणले बस्नेतलाई भेट्न गएका थिए भन्नेबारेमा बुझ्न मंगलबार परिसरले समितिसमेत गठन गरेको छ।, प्रहरी उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो। तीन दिन भित्र उक्त समितिले प्रतिवेदन बुझाउनुपर्नेछ।, समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन्। उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्।, कारागारमा रहेका समीरमानसिंह बस्नेतलाई भेटेपछि स्वयम्भूका डिएसपी केसीलाई तानियो रानीपोखरी
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको मृत्यु भएको छ। , मंगलबार दिउँसो टोखा नगरपालिका-६ धापासी डाँफे कोलोनीनजिक सडकमा दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रदेश १-०२१ च २९५६ नम्बरको कार र प्रदेश २-०३५ प ०५२० नम्बरको स्कुटर ठोक्किएका थिए। , दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-६ धापासी बस्ने १९ वर्षीया प्रबिना नेपालका भतिज पाँच वर्षीय प्रियन्स उप्रेतीको मृत्यु भएको हो। , दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।, दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  ,  , टोखामा कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्। , बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्। , ‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई-तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने।, काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ। ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उनले बताए। , ‘कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं। जस्तै: हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं। गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ उनले भने,‘किनभने मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो।’, उनले थपे,‘ब्रुमर बिग्रियो भन्नुभयो। तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ। आजदेखि चलिसक्यो। रेडी भइसक्यो। रकेट साइन्स केही पनि थिएन।’, बुधबारदेखि काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको हो। भोलिदेखि थप चार वटा गरी नौ वटाले सफा गर्न थालिने उनले बताए। , टेकुको फोहोरबाट विद्युत उत्पादन प्लान्ट बनाउन करोडौं लाग्दैन, दुई-तीन लाखमै बन्छ- मेयर बालेन
सेतोपाटी संवाददाता पहिरो खसेपछि पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार खण्ड अवरूद्ध भएको छ।, अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको यात्रुहरूले बताएका छन्।, पहिरो पन्छाउने प्रयास भइरहेको छ।, पहिरो खसेर सडकमा लेदो र गेग्रानसमेत जमेकोले सवारी साधन आवागमन हुन सकेका छैनन्। यात्रुहरू गन्तब्यमा जान सकेका छैनन्।, पहिरोले पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार खण्ड अवरूद्ध
एजेन्सी रूसले बेलायती मिडियाका २९ जनालाई प्रतिबन्ध लगाएको छ। , द गार्जियनका पाँच जना पत्रकारसहित २९ जनालाई रूस प्रवेश गर्न प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले जनाएको छ।, पश्चिमी राष्ट्रले रूसमाथि लगाएको प्रतिबन्धको जवाफमा रूसले यो कदम लिएको हो।, रूसको बारेमा भ्रामक सूचना फैलाउने र बेलायती सरकारको रूस विरोधी कार्यका कारण प्रतिबन्ध लगाएको द गार्जियनले जनाएको छ। , ‘रूसबारे र युक्रेनमा भइरहेका घटनाबारे गलत र एकतर्फी सूचना प्रकाशन गरेको हुँदा बेलायती पत्रकारहरूलाई पनि सूचीमा राखिएको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।, सैनिक अधिकारी, एरोस्पेस तथा सांसदलगायत सुरक्षा निकायसँग सम्बन्धित २० जनालाई पनि प्रतिबन्ध लगाएको छ।, रूसले द गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनर, शअन वाकर, लुक हार्दिन लगायत पत्रकारहरूलाई प्रतिबन्ध लगाएको हो। , बीबीसी, द सन्डे टाइम्स, द डेली मेल, द इन्डिपेन्डेन्ट, डेली टेलिग्राफ, स्काइ न्युज र अन्य मिडियाहरूलाई पनि प्रतिबन्ध लगाएको छ।, गार्जियनसँगै टाइम्स, द टेलिग्राफ, डेली मेल र इन्डिपेन्डेन्टका प्रधानसम्पादकलाई पनि प्रतिबन्ध लगाएको छ।, रूसले गत फेब्रुअरी २४ युक्रेनमाथि आक्रमण गरेयता रूसी तथा विदेशी स्वतन्त्र मिडियाहरूलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ। , युद्ध सुरू भएपछि रूसी सेनाबारे गलत सूचना फैलाउने मिडियाहरूलाई अपराधीकरण गर्ने कानुन समेत ल्याएको थियो।, त्यसपछि धेरै मिडियाहरू रूसबाट चल्न बन्द भएका थिए। रूसले पत्रकारहरूलाई १५ वर्षसम्मको जेल सजाय दिने कानुन ल्याएको थियो। , रूसले लगायो बेलायती मिडियाका २९ जनालाई प्रतिबन्ध
रासस दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।, प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिन्छु भनी सात लाख रूपैयाँ ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौंको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।, काठमाडौंको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालकसमेत रहेका कार्कीले दुबईको आर्म्स गार्डमा एक लाखसम्म मासिक तलब हुन्छ भनी पीडितसँग सात लाख ठगी गरेकाले निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।, दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
सञ्चिता घिमिरे काठमाडौं उपत्यकालगायत देशभरका ठूला सहरहरूमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहोर विसर्जन गरिने भएको छ।, सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहोर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरूसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो।, प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाक्रीले ठूला सहरहरूमा फोहोरमैला व्यवस्थापन समस्याका रूपमा रहेको बताइन्।, व्यक्तिले फोहोर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धित पैसाबाट नै गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उनले बताइन्।, फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भएको र दुई स्थानीय तहको निर्वाचन भए पनि अहिलेसम्म ठूला सहरमा समस्या ज्यूँका त्यूँ भएको उनको भनाइ थियो।, उनले भनिन्, ‘अहिले हामीले समन्वय गरेर फोहोर व्यवस्थापनमा लागेका छौँ।’, मन्त्रिपरिषद्ले स्थानीय तहमा फोहोरमैला व्यवस्थापनमा प्राविधिक सहायता उपलब्ध गराउन मन्त्रीको अध्यक्षतामा फोहोरमैला व्यवस्थापनका लागि प्राविधिक केन्द्र बनाएको छ।, कुन फोहोरलाई कसरी विसर्जन गर्ने भनी सहायता गर्ने उद्देश्य रहेको सो केन्द्रको सङ्गठन र व्यवस्थापन (ओएन्डएम) बन्ने क्रममा रहेको उनले जानकारी दिइन्। , मन्त्रालयले बञ्चरेडाँडामा निर्माण गरेको फोहोर व्यवस्थापन केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गरिने र स्थानीयवासीका समस्या समाधन गर्दै अघि बढ्न आफूले समन्वय गरिरहेको मन्त्री झाक्रीले बताइन्।, नुवाकोटको सिसडोलमा दुई वर्षका लागि बनाइएको ठाउँमा १७ वर्षसम्म फोहोर फाल्दा समस्या आएको जनाइएको छ।, यस्तै स्थानीयवासीको स्वास्थ्य लगायतका समस्या समाधानमा लागिएको जनाइएको छ। नास्टको अध्ययनका आधारमा गन्ध हटाउन महानगरपालिकाले काम गर्ने छ।, उनले भनिन्, ‘अहिले १० शय्याको अस्पताल बनाउन ठाउँ खोजिएको छ, एक महिनामा कहाँ बनाउने भनी अध्ययन सकिनेछ।’ , बञ्चरेडाँडामा निर्माण सुरू गरिएको भए पनि विभिन्न कारणले सुस्त रहेको ‘ल्यान्डफिल साइट’ को निर्माण समस्या समाधान गरेर अघि बढाइएको छ । असारसम्ममा सोसम्बन्धी निर्माण सम्पन्न गर्न लागिएको उनले जानकारी दिइन्।  , विगतमा सरकारले स्थानीयवासीसँग सम्झौता धेरै गरे पनि  कार्यान्वयन नहुँदा पटक पटक फोहोर व्यवस्थापनमा कठिनाइ भएको छ।, अहिले फोहोरमैला व्यवस्थापनकै लागि सडक स्तरोन्नति गर्ने र फोहोर बोक्ने डेडिकेडेट सडक बनाउने जनाइएको छ। बञ्चरेडाँडामा सिसडोलको कथा दोहोरिन नदिने गरी विसर्जन गरिने मन्त्री झाक्रीको प्रतिवद्धता छ। रासस,  , ठूला सहरमा स्रोतमा नै वर्गीकरण गरेरमात्रै फोहोर विसर्जन गरिने
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतमा बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध मुद्दा दायर भएको छ। , बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा लगेको हो।, उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।, ‘दुई वटा मुद्दामा हामीले अभियोग पत्र दर्ता गराएका छौं,’ उनले भने।, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको पौडेलले बताए। , कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया (तत्कालीन समयमा) किशोरीलाई बलात्कार गरेको आरोप छ। उनले जेठ पहिलो साता आफूमाथि बलात्कार भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्। , सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको थियो। यस विषयमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै छानबिन गरी कारबाही गर्न निर्देशन दिएका थिए। , त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। बलात्कारको घटनामा हदम्याद सकिएको हुँदा समितिले विज्ञहरूसँग छलफल गरेको थियो। , त्यसपछि मानव बेचबिखनको कसुरमा मुद्दा अघि बढाउन सक्ने राय दिएपछि प्रहरीले त्यसअनुसार अनुसन्धान अघि बढाएको हो। , त्यसैबीच अर्की एक युवती पनि प्रहरीको सम्पर्कमा आएकी थिइन्। उनले पनि आफूमाथि बालयौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। , अनुसन्धान कार्यालयको प्रहरीले पाण्डेलाई जेठ ७ स्वयम्भूबाट पक्राउ गरेको थियो। थप अनुसन्धानको लागि उनलाई जिल्ला परिसर काठमाडौं बुझाइएको थियो। , परिसरले अनुसन्धान सकेर प्रतिवेदन गत शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएको थियो। , पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।, मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।, उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले 'तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ' भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए। , 'लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,' उनले भनेकी छन्, 'अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक्स गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।', यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।, बिहान घर जाने बेलामा पाण्डेले 'यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु' भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।, पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्। उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। पाण्डेले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।, आफ्ना साथीले पाण्डेलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।, उनको भिडिओ सार्वजनिक भएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो।, १०-१५ वर्ष सम्मको जेल सजायको मागदाबीसहित मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता
सेतोपाटी संवाददाता पहिरो खसेपछि अवरूद्ध पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडकखण्ड खुलेको छ।, अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको थियो।, पहिरो हटाएपछि अपरान्ह साढे ३ बजेदेखि सडक पुन: सञ्चालनमा आएको छ।, पहिरो खसेपछि सडकमा लेदो र गेग्रानसमेत जमेको थियो।, करिब डेढ घन्टापछि सडक पुन: सञ्चालनमा आएको यात्रुहरूले बताएका छन्।, सडक पुन: सञ्चालनमा आएसँगै यात्रुहरू गन्तब्यमा जान पाएका छन्।, पहिरो हटाएपछि खुल्यो मुग्लिन-कुरिनटार सडक
रासस चितुवाको आक्रमणबाट मृत्यु भएका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई बन्दीपुर गाउँपालिकाले राहत उपलब्ध गराएको छ।, गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधबार मृतकका बुबा प्रेम बगाले मगरलाई ५० हजार हस्तान्तरण गरेका थिए।, चितुवाको आक्रमणबाट मंगलबार बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो। उनको शव जङ्गलमा फेला परेको थियो।, गत आइतबार पनि सोही वडामा एक बालिका र एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए।, तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ।, डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्यालले चितुवाको आक्रमण बढेपछि सो क्षेत्रका सामुदायिक वनमा पासो थापिएको छ।, डिभिजन वन कार्यालयले काजकिरिया बापत मृतकका परिवारलाई रु ५० हजार सहयोग गरेको छ। ‘रु नौ लाख ५० हजार छिट्टै प्रदान गर्छौं”, उनले भने।, चितुवा आक्रमण घटना: मृतक बालकको परिवारलाई दिइयो राहत
सेतोपाटी संवाददाता आज बिहान प्रदेश १ र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित  हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, यस्तै प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको विभागले जनाएको छ। , प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।, यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, विभागका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।, प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।, साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन भनेको छ।, यस्तो छ तीन दिनको मौसम, बिहीबार, दिउँसो :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । , राती :   प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र  अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।, शुक्रबार, दिउँसो :  प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।, राती :   प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र  अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।, शनिबार, दिउँसो :  प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।, राती :   प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र  अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।, प्रदेश १, मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता झापामा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।, झापा गाउँपालिका ३ कत्लामारीको भित्री सडकमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो।, उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।, उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको मे १ त ४४१८ नम्बरको ट्याक्टरले बुधबार ठक्कर दिएको थियो।, ट्याक्टर चालक भने फरार छन्। उनको खोजी जारी रहेको प्रहरीले बताएको छ। लाइसेन्स नभएकोले चालक फरार रहेको हुन सक्ने प्रहरीको अनुमान छ।, ट्याक्टरको ठक्करबाट झापामा युवकको मृत्यु
राजेश घिमिरे लामो प्रयासपछि चितवनमा आउन लागेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) केन्द्र अन्यौलमा परेको छ।, प्रयोगात्मक परीक्षाका लागि मापदण्ड तय गर्दै प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न ट्रायल सेन्टरहरुलाई आह्वान गरिएको थियो।, बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय भरतपुरले माग गरेको प्रस्तावमा चितवनका ६ वटा ट्रायल सेन्टरले प्राविधिक र आर्थिक प्रस्ताव पेश गरेका थिए।, यातायात व्यवस्था कार्यालयले गत वैशाख २ गते परामर्श सेवाको प्रस्ताव आह्वानसम्बन्धी सूचना जारी गर्दै प्रचलित कानूनबमोजिम दर्ता भई सञ्चालनका लागि इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट प्रति सेवाग्राही न्यूनतम के कति दररेटमा सवारी साधनसहित प्रयोगात्मक परीक्षास्थल उपलब्ध गराउन सकिने हो सो कुरा खुलाई प्राविधिक तथा आर्थिक प्रस्ताव दर्ता गर्न आह्वान गरेको थियो।, उक्त सूचनाका आधारमा ६ वटा संस्थाले यातायात व्यवस्था सेवा कार्यालयमा प्रस्ताव दर्ता गरेका थिए। कार्यालयले ती मध्येबाट प्राविधिक प्रस्ताव मूल्याङ्कन गरी दुई संस्थालाई मपदण्ड पुगेको ठहर गरेको थियो।, महालक्ष्मी ट्रायल सेन्टर प्रालि भरतपुर–८ र सदगुरु ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालि भरतपुर–४ ले मापदण्ड पूरा गरेको सूचना कार्यालयले जेठ ३१ गते प्रकाशित गरेको थियो।, सोही सूचनामा प्राविधिक मूल्याङ्कनमा सफल भएका संस्थाको आर्थिक प्रस्ताव असार ७ गते जिल्ला प्रशासन कार्यालयमा खोल्ने पनि उल्लेख थियो। तर यो निर्णयमा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेको छ।, श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय भरतपुरले निर्णय सार्वजनिक गरेकै दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै वैशाख २ गते प्रकाशित परामर्श सेवाको प्रस्ताव आह्वानसम्बन्धी सूचनाअनुसार प्राप्त हुन आएका आर्थिक तथा प्राविधिक प्रस्तावको बोलपत्र मूल्याङ्कन कार्य अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि स्थगन गर्न निर्देशन दिएको हो।, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो।, प्राविधिक मूल्याङ्कनमा सफल भएका ट्रायल सेन्टरका सञ्चालकहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आर्थिक प्रभावमा परेको आरोप लगाएका छन्।, ‘प्रकृयागतरुपमा प्राविधिक मूल्याँकन सकिएर आर्थिक प्रस्ताव खोल्ने निर्णय भइसक्दा प्रकृया नै स्थगन गरिनु दुखद छ,’ एक सञ्चालकले भने, ‘प्राविधिकरुपमा मापदण्ड पूरा नगर्ने संस्थाको प्रभावमा मन्त्रालय परेको स्पष्ट देखिन्छ।’, यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले प्राविधिक/आर्थिक प्रस्ताव पेश गर्ने कुनै संस्था वा व्यक्तिले आफू छनोट हुनैपर्ने दम्भ राख्दा समस्या आएको हुनसक्ने बताए।, ‘हामीले सबै काम प्रकृयागत रूपमा अघि बढाएका छौं। छनोटमा नपरेका कोहीलाई आफू पर्नैपर्ने दम्भ भएर स्थगन गर्न बाध्य पारेको हुनसक्छ,’ पौडेलले भने, ‘मन्त्रालयले यस विषयमा हामीसँग जानकारी माग्ला। सबै कुरा बुझेपछि समस्या आउँदैनजस्तो लाग्छ।’, प्रदेश सरकारले यातायात व्यवस्था सेवा कार्यालयको सेवा बढाएर यातायात व्यवस्था कार्यालय बनाएको र नागरिकलाई सहजरुपमा सेवा दिन भरतपुरमै प्रयोगात्मक परीक्षाको व्यवस्था गर्न लागेको भन्दै उनले कोही व्यक्तिको कारणले प्रकृया अवरुद्ध हुन नसक्ने बताए।, ‘प्राविधिक कुराहरु बुझ्नका लागि केही दिन स्थगन गरिएको हुनसक्छ,’ पौडेलले भने, ‘२–४ दिन ढिलो होला प्रकृया त अघि बढिहाल्छ।’, उनले मूल्याङ्कन प्रकृयामा असन्तुष्टी रहे मन्त्रालयले छानबिन गर्नसक्ने बताए।, ‘तर हामीले निर्देशिकामा टेकेर आवश्यक मापदण्डहरु तय गरेका थियौं। त्यही मापदण्डको आधारमा प्राविधिक मूल्याङ्कन गरिएको हो,’ उनले भने, ‘सबै कुरा हामीले चितवनका सबै स्थानीय तहमा सञ्चालनमा रहेका ट्रायल सेन्टरलाई पहिल्यै जानकारी गराइसकेका थियौं।’, चितवनमा सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा केन्द्र चितवनमा सञ्चालन गर्न यातायात व्यवसायीहरुले माग गरेको धेरै वर्ष भयो।, देश संघीयतामा गएपछि बागमती प्रदेशको सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा केन्द्र चितवनमा ल्याउन चर्को लबिङ भएकोे थियो। तर राजधानी हेटौंडामै रह्यो।, यस वर्षदेखि यहीँ लाइसेन्सको परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था कार्यालय भरतपुरले गरेको थियो। बागमती प्रदेशको अहिलेको सरकारमा श्रम, रोजगार तथा यातायात मन्त्री चितवनका घनश्याम दाहाल छन्।, भरतपुरमा लाइसेन्स ट्रायल सेन्टर सञ्चालनमा आर्थिक चलखेलको आशंका
सेतोपाटी संवाददाता चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक महिलालाई बाघले बेपत्ता बनाएको छ ।, भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित ९-१० जना महिला निउरो टिप्न गएका थिए।, इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली बस्नेतको खोजीका लागि गएको छ।, हालसम्म उनलाई फेला पार्न नसकेपछि जंगलभित्र थप खोजीका लागि हात्ती मगाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, चितवनमा निउरो टिप्न गएकी महिला बेपत्ता, बाघले लगेको आशंका
सेतोपाटी संवाददाता काठमाडौंको त्रिपुरेश्वरमा गत सोमबार एक जना युवकको शव फेला परेको छ। , सोमबार बिहान करिब ६ बजे बारा सिम्रौनगढ नगरपालिका-८ घर भई ललितपुरको सानेपा बस्ने अन्दाजी २२ वर्षीय अभिषेक जैसवालको शव फेला परेको हो। , आइतबार रातिबाट हराएका उनी सोमबार बिहान त्रिपुरेश्वरको निर्माणाधीन १० तले भवन कम्पाउन्डमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, शव फेला परेपछि प्रहरीलाई बिहानै ६ बजेतिर फोन आएको थियो।, घटनाको अनुसन्धान गर्न परिसर, प्रहरी वृत्त कालिमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली खटिएको थियो। प्रहरीले केनाइनबाट तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा लगेको थियो। , प्रहरीको अनुसन्धानबाट उनी सोही भवनबाट खसेको देखिएको छ। उनी राति करिब ९-१० बजे सो भवनमा चढेको सिसिटिभी फुटेजमा समेत देखिएको छ। घरमा झगडा गरेर बाहिर हिँडेका उनको भोलिपल्ट शव फेला परेका थियो।, उनी थापाथलीस्थित इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढ्दै गरेका विद्यार्थी थिए। उनी तेस्रो सेमेष्टरमा अध्ययन गरिरहेका थिए। , त्रिपुरेश्वरमा मृत फेला परे एक विद्यार्थी
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ।, मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो।, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान करिब साढे ४ बजे पुलबाट खसेर खोलामा पुगेको थियो। , टिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।, ‘टिपरमा चालकबाहेक अरू कोही भए नभएको खुलेको छैन,’ उनले भने। तीव्र गतिका कारण अनियन्त्रित भई टिपर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।, आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट खस्यो टिपर, चालकको मृत्यु
सेतोपाटी संवाददाता गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ।, सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का साह बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत छन्।, उनी वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।, पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गृहको तयारी छ।, कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र सफाइ पेश गर्न पनि गृहले साहलाई समय दिएको छ।, सशस्त्रका इन्स्पेक्टर डाक्टर सुजितलाई कारबाही गर्ने गृहको तयारी
सेतोपाटी संवाददाता धनगढीबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँका २१ वर्षीय रामदास राना र  १८ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरू नातामा मामा-भान्जा हुन्। , धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँमा रानाले बि युनिक नामक फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन्।     , वडा-३ स्थित सडकमा किशोरले चलाएको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री घाइते भएका थिए। उक्त यात्रीको उपचार गरेको पैसा तिर्ने क्रममा एक थान नक्कली नोट फेला परेको प्रहरील‍े जनाएको छ। , यस्तै, सोधपुछको क्रममा सो नोट रानाले छाप्ने गरेको बताएपछि रानालाई समेत नियन्त्रणमा लिएको कार्यालयले‍ जनाएको छ। , प्रहरीले उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसीका डब्बा, एक थान रंगीन प्रिन्टर, एक थान मनिटर, एक थान सिपियू, एक थान लेमिनेसन मेसिन, एक थान किबोर्ड बरामद गरेको प्रहरीले जनाएको छ । , धनगढीबाट नक्कली नोटसहित मामा-भान्जा पक्राउ
रासस त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारका मनिष प्रजा अल्पसंख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जिनियर बनेका छन्।, सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जिनियरिङ कलेजबाट उनले सिभिल इञ्जिनियर उत्तीर्ण गरेका छन्।, संस्थानाले एक महिनापछि ‘मार्कसिट’ दिनेछ।, मनिष सानैदेखि पढाइमा अब्बल थिए। उनले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अङ्क ल्याएका थिए।, त्यसपछि विज्ञान विषय लिई अध्ययन गरेका मनिषले कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अङ्कप्राप्त गरेका थिए।, नेपाल चेपाङ सङ्घ शिक्षा विभागको संयोजनमा चेपाङ समुदायका ५० बालबालिकालाई संस्थागत विद्यालयहरूको सङ्गठन प्याब्सन र एनप्याब्सनमार्फत सञ्चालित विद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको छ।, सरकारको सिफारिसमा छात्रवृत्तिसहित अध्ययन गरेका उनी नोबल एकेडेमीमा ८४ प्रतिशत ल्याएर उत्तीर्ण भएका थिए।, भविष्यमा सफल सिभिल इञ्जीनियर बनेर स्वदेशकै ग्रामीण सडक, पुल, जलविद्युत्, सुरुङ निर्माण क्षेत्रमा सेवा गर्न उनी चाहन्छन्।, उनले लोकसेवा आयोग प्रतिस्पर्धा गरेर सरकारको पहिलो मुख्यसचिव बन्ने लक्ष्य लिएको बताए।, चेपाङ समुदायकै पहिलो सिभिल इञ्जिनियर बने मनिष
सेतोपाटी संवाददाता नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माणमा युवाको भूमिका अपरिहार्य रहेको निष्कर्ष सरोकारवालाहरूले निकालेका छन्।, छवटा प्रदेशका २३ पालिकाहरूको युवा, मिडिया र नागरिक समाज संस्थाहरूले नेपालको समावेशी विकासका लागि स्थानीय नीति/निर्माण र कार्यान्वयनमा युवाको भूमिका अपरिहार्य रहेको ठहर गरेका हुन्।, दायित्व नेपाल जनप्रशासन फेलोसिप २०२२ अन्तर्गत भएको भर्चुअल कार्यक्रर्ममा सुदूरपश्चिम, कर्णाली,लुम्बिनी, बागमती, गण्डकी र प्रदेश न. १ का स्थानीय युवा, मिडिया र नागरिक समाजका प्रतिनिधिहरूबीच स्थानीय युवाहरूको भूमिका र सलंग्नतालाई कसरी संस्थागत गर्ने भन्ने विषयमा गहन छलफल भएको थियो।, छलफलको क्रममा स्थानीय नीति निर्माण प्रक्रिया, सुशासन,  युवा रोजगारी, उद्यमशीलता विकास, युवा नेतृत्व,जस्ता समयसापेक्ष मुद्दाहरू उठाइएका थिए।, कार्यक्रममा सहभागी युवा तथा नागरिक समाजका प्रतिनिधिहरूले मिडियाले युवा, स्थानीय उद्यमशीलता र अन्य संवेदनशील विषयहरूमा कम ध्यान दिएको गुनासो गर्दै स्थानीय तहमा मात्र नभएर राष्ट्रिय तहमै युवाहरूको प्रयास, सफलताका कथाहरूलाई समेट्न आग्रह गरे।, मिडियाका प्रतिनिधिहरूले भने ग्रामीण नेपालमा मिडियालाई समाजले हेर्ने दृष्टिकोण नै धेरै फरक रहेको र सूचनाको स्रोत कम रहेकोले काम गर्न निकै असहज हुने गुनासो गरे।, मिडियामाथि उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने क्रममा उनीहरूले सरकारीलगायत अन्य सयंन्त्रबाट सूचनाको प्रवाह उचित ढंगले भए सबै प्रभावकारी विषयको समाचार सम्प्रेषण हुने बताए।, स्थानीय नीति निर्माण तथा कार्यान्वयनमा युवाको आवाजलाई संस्थागत गर्नका निम्ति युवा आफैंले प्रभावकारी पहलहरूलाई सम्बन्धित निकायसम्म पुर्याइ बारम्बार घचघचाउनु पर्ने, नागरिक समाजले युवाहरुलाई सम्बन्धित निकायसम्म पुग्नलाई मदत गर्नुपर्ने र मिडियाले युवाहरूका ती पहलहरूलाई स्थानीय एवं राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्नुपर्ने निचोड यस आन्तर्क्रिया कार्यक्रमले निकालेको छ।,  , 'समावेशी विकासका लागि युवाको भूमिका अपरिहार्य'
सेतोपाटी संवाददाता मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेग गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको छ।, दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेश, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  , हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ।, भोलि बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ।, बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ । ,  , आज प्रदेश एकमा भारी वर्षाको सम्भावना
सेतोपाटी पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ।, वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो।, आज बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी, भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।, आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो।, शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन हुँदै आएको थियो।, शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ।, साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।, पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ। दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ।, यात्रुवाहक सवारी साधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारी साधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ।, पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक पुन: सञ्चालन
रासस साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल भित्र्याउन सुरु गरेको छ।, १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्री कक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ।, कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो। डिएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ।, ‘१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डिएपी आफ्ना डिपो/बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ। बाँकी तीन हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ,’ कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले भने।, मल प्रतिबोरा ५० केजीको हुन्छ। उनकाअनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्ने छ।, ‘२२ हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ। स्वेदेश आउनेबित्तिकै डिपो/बिक्री कक्षमार्फत बिक्री वितरण सुरु हुन्छ,’ उनले भने।, रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा कर्पाेरेशनले लिएको छ।, कर्पाेरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो। विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वाेत्कृष्ट मानिन्छ। सरकारले यसपटक कर्पाेरेशनलाई कूल एक लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो। यो कूल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो। बाँकी अर्काे सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ।, कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब रु ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको जनाइएको छ। माटोको उर्वरा शक्ति बढाउन डिएपीको प्रयोग गरिन्छ। रोपाइँपूर्व अर्थात् खेतमा धान रोप्नुअगाडि सो मल हालिन्छ भने रोपिएका बिरुवालाई सपार्न र हलक्क बनाउन युरियाको प्रयोग गरिन्छ। ती दुवै मल अन्न बालीका उत्पादकत्व बढाउन अति आवश्यक मानिन्छ।, ‘कर्पाेरेशन सरकारले सुम्पिएको दायित्वलाई पूरा गर्न अग्रणी छ। आयातित मलबाट थोरै भए पनि किसान लाभान्वित हुनेछन्। आगामी दिनमा सरकारले अनुदानको मलको कोटा थपिदिएमा यसको जिम्मेवारी बहन गर्न कर्पाेरेशन सक्षम छ,’ उनले भने।, कृषि मन्त्रालयका अनुसार विशेषगरी यस मौसम (सिजन)का धान र मकै बालीका लागि मात्र दुई लाख मेट्रिक टन रासायनिक मल (डिएपी र युरिया)को आवश्यक पर्दछ भने वार्षिकरूपमा पाँच लाख मेट्रिक टन मल खपत हुने गर्दछ।, नेपालका ७० प्रतिशत बढी नागरिक कृषि पेशामा संलग्न छन्। नेपालको कूल ग्रार्हस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ। कृषि उत्पादनको मुख्य बाली धानबाली हो र जिडीपीमा धानको योगदान सात प्रतिशत छ।, धानबालीलगायत अन्य बालीको उत्पादन वृद्धिका लागि रासायनिक मल नभइ हुँदैन। किसानलाई मल प्रदान गर्न खडा भएका सरकारी डिपो सबै मलविहीन छन्। मनसुन सक्रिय सरकार निष्क्रिय बन्दा किसान मारमा परेको जनाउँदै सदनले आइतबार सरकारलाई तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देशसमेत गरेको थियो।, डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ: साल्ट ट्रेडिङ
रासस गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ।, बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो।, गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ।, देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो। समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको थियो।, गण्डकी प्रदेश सरकारले बागमती प्रदेशसँगको सहकार्यमा सार्वजनिक–निजी लगानीमा त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल पवित्रभूमि देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागेको हो।, सरकारले तीनमुखे पुल निर्माणकार्य आरम्भ गरी धार्मिक तथा व्यावसायिक पर्यटन प्रवर्द्धनका लागि आयोजना सञ्चालन गर्ने लक्ष्य लिएको छ।, देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुलको अवधारणा ल्याइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले बताए।, देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटामात्रै पिलरले धान्ने पुल निर्माण गरिने उनले बताए। चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रूपमा लिइएको छ।, देवघाटमा तीनमुखे पुल निर्माण गरिने
रासस पाल्पाको तानसेनमा फोहोर व्यवस्थापन चुनौती बनेको छ।, फोहोर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन।, तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयबासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन।, फोहोर व्यवस्थापनमा स्थानीय तहले तीन करोड रुपैयाँभन्दा बढी लागतमा ल्याण्डफिल साइट निर्माण गरेको थियो। फोहोरमैला बस्ती नजिकै फालिने गर्दा मानव स्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै स्थानीयबासीले विरोध गरेका हुन्। , सामुदायिक वनमा फालिएको फोहोरले बाटोमा ओहोरदोहोर गर्ने यात्रुलाई दुर्गन्धले वारपार गर्न अप्ठ्यारो महसुस हुने गरेको छ।, तानसेन क्षेत्रबाट मात्र दैनिक साढे दुई टन फोहोर उत्पादन हुन्छ।, लामो समयदेखि चुनौतीको विषय बनेको फोहोर व्यवस्थापनको समस्यालाई कुन माध्यमबाट समाधान गर्न सकिन्छ, त्यसको अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताउँ, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ।  , उनी भन्छन्, ‘सरोकारवाला सबैको समन्वयमा पहिला ल्याण्डफिल साइटको अध्ययन गर्नेछौं, तयार गरिसकेको संरचनाबाट फोहोरको समस्या समाधान प्रक्रिया नहुने भएमा वैकल्पिक स्थान खोज्नेछौं।’, तानसेनको ल्याण्डफिल साइट प्रयोगविहीन
रासस महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।, मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, घाइते ढुंगेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।, सोही घटनामा परेर टेम्पो चालक बर्दिबास नपा–३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे  घाइते भएका छन्।, उनीहरूको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ।, गए राति बर्दिबास नपा–३ स्थित स्मृतिपार्क नजिकैबाट पाटुतर्फ जाँदै गरेको ज १ ह ३५०१ नंको टेम्पोलाई विपरीत दिशाबाट आउँदै गरकोे नम्बर नखुलेको बोलेरो पिकअपले ठक्कर दिँदा दुर्घटना भएको थियो।, टेम्पोलाई पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु, छ घाइते
सेतोपाटी संवाददाता नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि भारतको मुम्बई विश्वविद्यालयमा पुग्ने गरेका छन्। मुम्बई विश्वविद्यालय भारतको सबैभन्दा पुरानो र प्रमुख विश्वविद्यालयहरू मध्ये एक हो। , मुम्बई विश्वविद्यालयका उपकुलपति प्रा. सुहाष पेड्नाकरका अनुसार यहाँ नेपाली विद्यार्थीका रोजाईका विषयहरू पठनपाठन हुने गर्छ। , काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै उनले भने, 'मुम्बई विश्वविद्यालय विश्व स्तरका सुविधाहरू सिर्जना गर्न र कायम राख्न प्रतिबद्ध छ। अहिलेसम्म जति नेपाली विद्यार्थीले यहाँबाट उच्च शिक्षा हासिल गरेका छन्, उनीहरू यस विश्वविद्यालयका ब्रान्ड एम्बेसडरका रूपमा रहेको पाएका छौं।', मुम्बई विश्वविद्यालय अन्तर्गत हाल ५६  विभागसहित १२ विशेष केन्द्रहरू, ७८१ सम्बद्ध कलेजहरू, २ मुख्य क्याम्पसलगायत ‘स्कुल अफ इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस’ सञ्चालनमा रहेको विश्वविद्यालयका नेपाल प्रतिनिधि तथा प्रमुख एम्बेसडर जीतेश नौलखाले जानकारी दिए। उनका अनुसार मुम्बई विश्वविद्यालयमा नेपाली युवा विद्यार्थीको पछिल्लो समय आकर्षण बढ्दो छ। , नेपाली विद्यार्थी सहित सार्क मुलुकका विद्यार्थीका लागि मुम्बई विश्वविद्यालयमा सस्तो शुल्क पर्छ। यसबाहेक विश्वविद्यालय विभिन्न छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ। , नेपाली विद्यार्थीलाई मुम्बई विश्वविद्यालयको आकर्षण बढ्दो
सेतोपाटी संवाददाता मोरङमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। , विराटनगर महानगरपालिका-१४ का ६० वर्षीय मजेबुलको मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।, प्रहरीका अनुसार मंगलबार विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका मजेबुललाई ठक्कर दिएको हो। , घटनापछि मजेबुलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , भारत मझपुरका ५९ वर्षीय मोटरसाइकल चालक विन्देश्वर रामलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। ,  , मोरङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले केही समयका लागि  नयाँ नक्सा दर्ता कार्य स्थगित हुने जनाएको छ। , महानगरपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै नयाँ नक्सा दर्तासम्बन्धी कार्य असार १५ गतेसम्मको लागि स्थगित गरेको सहरी विकास योजना महाशाखाका प्रमुख श्रीकुमार महर्जनले जानकारी दिए। , उनका अनुसार गत जेठ १६ गते सरकारले बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड नेपाल राजपत्रमा प्रकाशित गरेको थियो। , सो राजपत्रमा प्रकाशित मापदण्ड कार्यान्वनका लागि महानगरपालिकाले जेठ १८ गते सूचना जारी गर्दै जेठ ३१ गतेसम्म नयाँ नक्सा दर्तासम्बन्धी कार्य स्थगित गरेको थियो। तर तोकिएको समयसम्म पनि इ-बिपिएसमा समावेश तथा दर्ता प्रक्रियामा रहेका नक्सा दर्तासम्बन्धी कार्य सम्पन्न नभएकाले नयाँ नक्सा दर्तासम्बन्धी कार्य रोक्नुपरेको उनको भनाइ छ। ,  , ललितपुर महानगरमा असार १५ सम्म नयाँ नक्सा दर्ता स्थगित
नवीनबाबु गुरूङ जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि तत्कालीन राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ।, त्यसैको पछाडि राजा सिद्धिनरसिंह मल्लको समयको पौभाः चित्र राखिएको छ। हरेक वर्ष ज्या पुन्हीका दिन सिंहासन र पौभाः चित्रसँगै कृष्ण मन्दिर अगाडि परम्परागत भजन सुन्न पाइन्छ। , करिब चार सय वर्ष पुरानो उक्त भजन राजा सिद्धिनरसिंहले लेखेका हुन्। गीतको पछाडि सिद्धिनरसिंहको नाम आउने हुनाले उनले लेखेको भनेर चिन्न सजिलो भएको भजन खलःमा आबद्ध मानिसहरू बताउँछन्। उनका प्रायः भजनमा कृष्ण महिमा, प्रकृति उपासना र नारीको वर्णन छ।, पौभा: चित्रमा कृष्णकै चित्र बढी कुँदिएका छन्। त्यसबेलाको पहिरन र समाजको झल्को पनि आउँछ। ती चित्र मिथिला सभ्यताबाट प्रेरित छ। ,  , चार सय वर्ष पुरानाे सिंहासन र पौभा: चित्र (तस्बिरहरू)
राजेश घिमिरे केही महिलाहरू एक ठाउँमा बसेर कोही पिठो मुछ्दै थिए, कोही पिठोका सासाना डल्ला बनाउँदै थिए त कोही ती डल्ला काठको चौकामा बेल्दै सानो रोटीको आकार दिँदै थिए। कोही रोटीभित्र किमा हालेर पोको पार्दै त्यसलाई कराहीमा तातेको तेलमा तार्दै थिए।, उनीहरू भरतपुरको गौरीगञ्जस्थित उमा अधिकारीको घरको छतमा बसेर समोसा बनाउँदै थिए।, उनीहरू थिए ४२ वर्षीया सरस्वती शर्मा पौडेल, ३५ वर्षीया लक्ष्मी सुवेदी, ३२ वर्षीया पूजा कुमाल, २७ वर्षीया माया सापकोटा लगायतका १२ जना। समोसा बनाउने तालिमको अन्तिम दिन थियो।  , मलाई शकुन्तला पोखरेलले यही साताको आइतबार बिहान फोन गरेर अपराह्न दुई बजेका लागि उक्त घरमा डाकेकी थिइन्। शकुन्तला ‘नेत्रहीन महिला संघ नेपाल’ की केन्द्रीय सदस्य हुन्, राष्ट्रिय माध्यमिक विद्यालय, तोरीखेतमा पढाउँछिन्।, झट्ट हेर्दा नयाँ घटना केही पनि थिएन। केही नेत्रहीन महिलालाई तालिम दिइयो। त्यो सकियो। औपचारिकरूपमा आज समापन हुँदै छ। यति नै थियो कुरा। , तालिममा सहभागी महिलाहरूसँग छुट्टाछुट्टै कुरा गर्न थालेपछि भने थाहा पाएँ उनीहरू सबैका कहानी दर्दनाक  रहेछन्। सबैका कुरा सुन्न समय पुगेन। उनीहरूमध्ये चार जनाको जीवनको एउटा पाटो भने जान्न पाएँ।, २०३७ सालमा गुल्मीमा जन्मिएकी सरस्वतीको परिवार तीन दशकअघि बसाइँ सरेर चितवन आएको थियो। आमाबुबाका सातभाइ छोरा र तीन छोरी थिए। बाबु पुरुषोत्तम शर्मा पौडेल त्यतिखेरै ७० वर्षका थिए।, सरस्वती र उनका एक भाइमा आँखाको ज्योति छैन। ज्योतिविहीन भए पनि सरस्वतीमा आत्मविश्वासको कमी छैन। उनी एक्लो जीवन चलाउँदै छिन्।  , सरस्वतीका आफन्त नभएका होइनन्।  उनका वरिपरि आफ्न्त प्रशस्तै छन्।  दाजुभाइका सुविधासम्पन्न घर छन्, आर्थिकरूपले सम्पन्न छन्। सरस्वतीको जीवन भने एक्लो छ।, परिवारबाट सकारात्मक व्यवहार पाउन छाडेपछि दश वर्षअघिदेखि डेरामा बसेको उनले बताइन्।, ‘आफ्नै परिवारका मान्छेले पहिलेको जुनीमा ऋण खाएजस्तो व्यवहार गर्न थाले। घरमा टिक्न सक्ने वातावरण नै भएन,’ उनले भनिन्, ‘आँखा नदेख्ने हुँदा आफ्नो छुट्टै दुःख छ, त्यसमाथि आफ्नाले नै तनाव थप्न थालेपछि मैले घर नै छाड्ने निधो गरेँ।’, उनले दाइको घरनजिकै डेरा लिइन्। त्यही डेरामा बसेर स्नातकोत्तर उत्तीर्ण गरेको पनि चार वर्ष भयो।, लक्ष्मी सुवेदी, सरस्वतीले पूर्वी चितवनको झुवानीमा छ कक्षासम्म पढिन्। भरतपुरको नारायणी नमुना माविबाट एसएलसी उत्तीर्ण गरिन्। उच्च शिक्षा सप्तगण्डकी बहुमुखी क्याम्पसबाट पूरा गरिन्।, ‘पहिले टीका लगाएर पाएको पैसाले पढेँ, पछि मैनबत्ती र अगरबत्ती बेचेर पैसा जुटाउँदै पढेँ,’ उनले भनिन्, ‘बरु बाहिरकाले सहयोग गरे, हौसला दिए तर आफ्नाको कहिल्यै सहयोग पाइनँ। आँखा देख्दिन भनेर हेला मात्रै गरिरहे।’, सरस्वतीले जसोतसो पढाइको धोको त पूरा गरिन् तर उनले प्राप्त गरेका प्रमाणपत्र काममा आएनन्। शैक्षिक प्रमाणपत्र बोकेर धेरै कार्यालयहरू धाइन्। शिक्षक सेवा आयोगको परीक्षा दिइन्, नाम निस्किएन। राहत कोटाको शिक्षकका लागि पनि प्रयास गरिन्, सफल भइनन्।, दुई वर्षअघि ४० वर्ष नाघेपछि उनले सरकारी जागिरको सपना देख्न छाडेकी छन् तर शैक्षिक प्रमाणपत्रको फाइल सिरानीमुनी राख्न छाडेकी छैनन्।, ‘सरकारी नपाए पनि प्राइभेट जागिर त पाइएला कि भन्ने आशा बाँकी नै छ,’ उनी भन्छिन्, ‘आफू नदेख्ने भए पनि देख्नेलाई पढाउन सक्छु भन्ने आत्मविश्वास लिएर धेरैतिर धाएँ तर भाग्यमै नलेखिएको रहेछ क्यारे, अवसर पाइनँ।’, सरस्वती शर्मा पौडेल, पूजा कुमाल (बिचमा) र माया सापकोटा, सरस्वतीसँग आत्मविश्वासमात्रै छैन महत्वाकांक्षा पनि छ। उनी नेकपा माले चितवनकी सदस्य हुन्। २०७४ र यस वर्षको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर ४ बाट महिला सदस्य पदको उम्मेदवार बनेकी थिइन् तर पराजित भइन्।, ‘धेरै कुरा गर्न सक्छु जस्तो लाग्छ तर समाजले मेरो आत्मविश्वास स्वीकार्न सकेन,’ उनी भन्छिन्, ‘आँखा नदेख्नेले मिहिनेत गरेर अगरबत्ती बनाएर बिक्री गर्न जाँदा पनि मान्छेहरू माग्न आएको जस्तो ठान्छन्। असाध्यै चित्त दुख्छ।’, सरस्वतीले नेत्रहीन महिला संघले दिएको तालिममा खानाका विभिन्न परिकार बनाउन जानेपछि यसैबाट केही गर्न सकिन्छ कि भन्ने नयाँ आत्मविश्वास पलाएको बताइन्।, भरतपुर–१८ गुञ्जनगर घर भएकी लक्ष्मी सुवेदी यही तालिमबाट चक्कु चलाउन जान्ने भएकी छन्। पहिले घरमा जसोतसो चुलेँसीले तरकारी काट्न आँट गर्ने उनी अब चपिङ बोर्डमा काट्न सक्ने भएकी छन्।, ‘घरको सरसफाइ गर्ने, कपडा धुनेजस्ता काम गर्नसक्थेँ तर काट्ने, पकाउने गर्न समस्या थियो,’ उनले भनिन्, ‘तालिमले मलाई काट्नमात्रै होइन, पकाउन पनि सिकायो।’, आफूले जानेको कामबाट व्यावसायिक बन्ने उनको अठोट छ तर राज्यका निकायले नेत्रहीनले बनाएका सामग्रीको बजार व्यवस्था मिलाइदिन आवश्यक भएको उनले बताइन्। ‘हामीले काम जानेरमात्रै हुँदो रहेनछ। बजारले हाम्रा उत्पादन स्वीकार्न सक्नुपर्‍यो,’ उनले भनिन्, ‘बिक्री भइदिने हो भने त हामी काम गर्न सक्छौँँ।’, लक्ष्मीले बाह्र कक्षा उत्तीर्ण गरेकी छन्। बुझ्ने हुँदा आफ्नो आँखामा ज्योति छैन भन्ने थाहा पाइन्। बिस्तारै उनलाई पढ्न सकेँ भने केही न केही काम पाउँछु, त्यसैबाट जीवन चल्छ भन्ने लाग्न थाल्यो।  , सोचेजस्तो भएन। लक्ष्मीले पढेर जुटाएका प्रमाणपत्र काम लागेनन्। उनी तालिम लिएर घरमै अगरबत्ती बनाउन थालिन्। करिब छ वर्ष अगरबत्ती बोकेर घरघर डुलिन्। गुजारा चल्ने गरी बिक्री भएन।, लक्ष्मीका दुई दिदी र दुई भाइ छन्। उनकी एक दिदी र एक भाइ पनि आँखा देख्दैनन्। दिदी घरमै छिन्, भाइ विद्यालयका शिक्षक हुन्, गोरखाको एक विद्यालयमा पढाउँछन्।, माया सापकोटा, पूजा कुमाल गीत गाउँछिन्। दुई वर्ष कम उमेरकी बहिनी आरती र पूजाको रुचि सानैदेखि गायनमा थियो। गायक बन्ने सपना बोकेर उनीहरूले संगीत पनि सिकेका छन्।  आफैँले बनाएका केही गीत छन् उनीहरूसँग तर रेकर्ड गर्न सकेका छैनन्।, यी दिदीबहिनीले २०७१ सालमै स्नातक तह पूरा गरेका हुन्। समाजका लागि केही गरौँला भन्ने सोचका साथ उनीहरूले समाजशास्त्र विषय पढे। उत्तीर्ण भएको आठ वर्षसम्म उनीहरूले धेरै उपाय खोजी गरे तर पत्ता लगाउन सकेनन्।, ‘समाजका लागि केही गर्ने चाहना थियो तर हामीलाई स्वीकार्न चाहने मान्छे भएनन्,’ पूजा भन्छिन्, ‘हाम्रालागि सबैका ढोका बन्द छन् जस्तो लाग्न थालेको छ।’, धेरैले आवाज सुमधुर छ भनेपछि यी दिदीबहिनी कामको खोजीमा चितवनका विभिन्न एफएम स्टेसन धाए। काम पाएनन्। कामकै खोजीमा उनीहरू सरकारी र निजी संस्थातिर पनि धेरै धाए।, ‘अब त जति धाए पनि केही हुँदैन भन्ने महसुस भएको छ। धाउन छाडेका छौँ,’ पूजाले भनिन्, ‘लोकसेवा आयोगका लागि तयारी गरिरहेका छौँ, आशा अलिकतिमात्रै बाँकी छ।’ लोक सेवा आयोगका पुस्तक ब्रेल लिपिमा नभएकाले तयारीमा समस्या भएको उनले बताइन्।, गीत, संगीतका पारखी यी दिदीबहिनीले नाम चलेका कलाकारहरूको स्टेज कार्यक्रममै पुगेर गीत सुनेका छन्। ती कलाकारलाई मान्छेले माया गरेको थाहा पाउँदा उनीहरूको गायक बन्ने हौसला थप बढेको थियो।, ‘त्यो माया पनि हामीजस्ता देख्न नसक्नेका लागि होइन रहेछ भन्ने बुझ्दैछु,’ पूजाले भनिन्, ‘साङ्गहरूका लागि पैसा फाल्न तँछाड मछाड गर्नेहरू अपाङ्गता भएकाले सडकको पेटीमा बसेर उस्तै सुमधुर गीत गाउँदा पनि माग्ने भनेर हेला गर्छन्।’, समाज परिवर्तनशील छ। देशले धेरै परिवर्तन हासिल गर्यो भन्ने कुरा भाषणमा राम्रो सुनिने गरे पनि वास्तविक समस्यामा परेकाका लागि कुनै परिवर्तन नभएको पूजाको निष्कर्ष छ।, ‘म एक पटक कुनै कामले राष्ट्रिय वाणिज्य बैंक छिर्न लागेकी थिएँ, त्यहाँका गार्डले भित्र छिर्नै दिएनन्,’ उनले भनिन्, ‘अपाङ्गता भएका मान्छे कुनै कार्यालय छिर्न खोज्यो भने माग्ने आएझैँ गर्ने सोच कहिल्यै हराउने भएन।’, यी दिदीबहिनी पहिले बढी उज्यालोमा अक्षर देख्न सक्थे। पढ्ने भोकले उनीहरू मध्याह्नको चर्को घाममा पनि चौरमा बसेर पढ्न थाले। ‘हामी चितवनको घाममा पसिना काढ्दै पढ्थ्यौँ। मान्छेहरू हामीलाई देखेर छक्क पर्थे,’ पूजाले भनिन्, ‘बढी उज्यालोमा किताब हेर्दा हेर्दै अलिअलि भएको ज्योति पनि गुमेछ। अहिले त पूरै अन्धकार छ।’, सरस्वती शर्मा पौडेल, उनले शैक्षिक प्रमाणपत्रले काम नगरे अन्तिम विकल्प हुन्छ भनेर खाना पकाउने तालिम लिन थालेको बताइन्।, नवलपुर गैंडाकोट–८, किसानचोक घर भएकी माया सापकोटा आगोले पोल्छ भनेर भान्सा कोठामा पस्दिन थिइन्। चुल्होमा आगो सल्काउनु त उनका लागि असाध्यै कठिन  काम थियो।, नेत्रहीन संघले दिएको तालिमले उनलाई भान्साका धेरै काम सिकायो। घरका लागि मात्रै नभएर व्यवसायका लागि पनि सक्षम बनायो।, माया जन्मदै रातमा नदेख्ने थिइन्। उनको आँखाको ज्योति बिस्तारै झन् कमजोर बन्दै गयो। सात वर्षअघि दिउँसो पनि नदेख्ने भइन्।, तैपनि उनले पढ्न छाडिनन्। गैँडाकोटस्थित जनक कलेजबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरिन्।, ‘पढेको कुरा काम नलाग्ने भएपछि अरू तरिकाबाट केही गर्न सकिएला भनेर लागेकी छु,’ उनले भनिन्, ‘मान्छेहरू यसले केही काम गर्न सक्दिन भन्थे। अब त केही जानेँ, आत्मविश्वास पलाएको छ।’, उनले तालिममा समोसा, आलु चिप्स, खुर्मा र अन्य केही परिकार बनाउन सकिन्। तरकारी काटेर सुकाउन सिकिन्। भन्छिन्, ‘साथ दिनेहरू भेटिए भने एउटा पसल खोलेर चलाउन सक्छु जस्तो लागेको छ।’, मायाले आँखा परीक्षण गराउँदा विशेषज्ञहरूले हजुरआमामा भएको वंशाणुगत गुण सरेको भनेका थिए। उनले आफ्ना दाइका छोराहरूको दृष्टिमा पनि समस्या देखिएको बताइन्।, दृष्टिविहीन अन्य महिलाका पनि यी चार जनाका जस्तै दर्दनाक कथा होलान्। उनीहरूका पनि अनेक इच्छा, चाहना र सपना होलान्।, नेत्रहीन महिला संघ नेपालकी केन्द्रीय सदस्य शकुन्तलाले दृष्टिविहीन महिलाहरूले भोग्नु परेका समस्या समाधानका लागि राज्यका विभिन्न निकायमा पुगेर झकझक्याउने काम भइरहेको बताइन्।, त्यस्तै प्रयासबाट बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्ट्रेलियास्थित पुण्य फाउन्डेसनको सहयोगमा दृष्टिविहीन महिलाका लागि सुख्खा खाद्य परिकार बनाउने तथा दिनचर्या र गृहविज्ञानसम्बन्धी तालिम दिन सकिएको उनले बताइन्।, यस्तो तालिमले दृष्टिविहीन महिलालाई आत्मनिर्भर बनाउन सघाउने विश्वास नेत्रहीन महिला संघकी अध्यक्ष सीता सुवेदीको छ।  , शैक्षिक प्रमाणपत्र सिरानीमुनी राखेर समोसा बनाउन सिक्ने सरस्वतीहरू
सेतोपाटी संवाददाता काठमाडौंको बसन्तपुर डबलीमा एक युवती न्याय माग्दै अनसन बसेको पाँच दिन भएको छ। उनीसँगै जस्मिन ओझा र देव शर्मा पनि अनसनरत छन्। , २०७६ कात्तिक ६ गते साँझ आफू नाबालिग हुँदा धनुषाको क्षिरेश्वर नगरपालिका-३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको उनको भनाइ छ। आफूमाथि बलात्कार गर्नेलाई अदालतले सफाइ दिएकाले न्याय माग्दै उनी अनसन बसेकी हुन्। , पीडित र जस्मिनको स्वास्थ्य अवस्था कमजोर हुँदै आएको उनकी समर्थक विनु यादवले जानकारी दिइन्। , ‘म पनि त्यस्तै घटनाकी पीडित हुँ। समर्थन गर्न आएको। अनसन बसेकी पीडित र जस्मिन दुवैको अवस्था खराब हुँदै आएको छ,’ उनले भनिन्, ‘स्वास्थ्य अवस्था बिहानसम्म ठिकै थियो। अहिले बिग्रिँदैछ। एकदमै गाह्रो भइरहेको छ।’, चिकित्सकको टोली नभएको हुँदा पनि समस्या भएको उनले बताइन्। , ‘मेडिकल टिम, डाक्टरहरू कोही पनि भएनन्। उहाँहरू टाइममा पनि नआइदिएको हुँदा समस्या भयो,’ उनले भनिन्,‘अघिदेखि सम्पर्क गर्न खोजिरहेका छौं। तर आउनु भएको छैन।’, देव शर्माको अवस्था भने सामान्य नै रहेको उनले जानकारी दिइन्। , महोत्तरीको जलेश्वर नगरपालिका–८ की ती युवती अनसन बसेको मंगलबार पाँचौं दिन हो। यसअघि माइतीघरमा अनसन बसेकी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिँदा आफू र आफ्नो बच्चालाई प्रहरीले लछारपछार पारेको भन्दै उनले फेसबुक लाइभ गरेकी थिइन्।  , त्यसपछि उनीहरू बसन्तपुरमा अनसन बसेका हुन्।, उनीहरूले पाँच वटा माग राखेर अनसनमा बसेका हुन्। लामो समयदेखि आफ्नो न्यायको माग गर्दै विभिन्न निकायमा धाउँदा पनि नपाएपछि अनसनको बाटो रोजेको उनीहरू बताउँछन्। , आफ्ना २१ महिने बच्चाको डिएनए जाँच हुनुपर्ने उनको माग छ।  त्यस्तै चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने उनले माग गरेकी छन्।, जिल्ला अदालत धनुषाले  उनीमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो। सो फैसलाविरूद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ। , त्यस्तै, उनले शिवराजलाई पक्राउ गर्नुपर्ने, आफ्नो मुद्दालाई कमजोर बनाउने वकिल, प्रहरी र न्यायाधीशलाई कारबाही गर्नुपर्ने र आफ्नो बालकको हेरचाह, शिक्षा लगायतको जिम्मा सरकारले लिनुपर्ने माग राखेकी छन्।, न्याय माग्दै बसन्तपुरमा अनसन बसेको पाँचौं दिन: कमजोर बन्दै पीडित युवतीको स्वास्थ्य
नारायण खड्का अर्काको घरभित्रै पसेर मंगलबार बिहान एक महिला र उनकी नाबालिक छोरीमाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बुटवल पठाइएको छ। , दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी पत्नी मिना र नाबालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई  नियन्त्रणमा लगेको थियो। , लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले भने उत्तेजित भिडले राज्यमन्त्री वली घरभित्रै रहेको र बाहिर दर्जनौं सर्वसाधारण मोसो लगाउनका लागि ठिक्क परी बसेको अवस्थामा 'उद्धार' गरी ल्याउनु परेको बताए। , ‘मिना भण्डारी बस्नेतको घरमा प्रवेश गरी उहाँहरूमाथि कुटपिट गर्नुका साथै दराज खोलेर सरसामान फालिदिएको हुँदा बाहिर मानिसहरू जम्मा भई मोसो दल्ने वा कुटपिटको तयारी भइरहेको रहेछ,’ डिआइजी उपाध्यायले भने, ‘त्यहीबेला प्रहरी पुगेर उहाँलाई उद्धार गरी इलाका प्रहरी कार्यालय तुलसीपुर ल्याइएको हो।’, स्रोतका अनुसार बडी गार्ड र गाडीसहित राज्यमन्त्री विमला त्यहाँ पुगेको देखेपछि स्थानीय पहिले नै सशंकित बनिसकेका थिए। , त्यसैमाथि राज्यमन्त्री मिनाको घरभित्र प्रवेश गरी प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मिना र उनकी अढाइ वर्षीया छोरीलाई कुटपिट गर्नुको साथै सरसमान यत्रतत्र फालिदिएको थाहा पाएपछि स्थानीय जम्मा भएर उनलाई घरभित्रै थुनेर राखेका थिए। त्यो सूचना पाएपछि प्रहरीले राज्यमन्त्री वलीलाई उद्धार गरी ल्याएको थियो। , वातावरण केही शान्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा आपसमा छलफल गराई विवाद साम्मे तयारी गरिरहेको बेला खबर बाहिरिएपछि स्थानीय सर्वसाधारण पनि राज्यमन्त्रीविरूद्ध उत्रिए। , इप्रकाको गेटमा राज्यमन्त्री विमलाविरूद्ध नाराबाजी र प्रदर्शन हुन थालेपछि माहोल बिग्रन सक्ने ठानेर प्रहरीले दिउँसो पौने १ बजेतिर राज्यमन्त्री विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्‍याएको थियो।, केहीबेरमा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रहरी अधिकारीलाई फोन गरेर विमलालाई बुटवल पठाउन निर्देशन दिएका थिए।, परिस्थिति सबै सहज भएको र मुख्यमन्त्रीले पनि बुटवल पठाइदिन आग्रह गरे पछि उनलाई बुटवल पठाइएको ती प्रहरी अधिकारीले भने।, राज्यमन्त्री विमलाले त्यस्तो हर्कत गर्नु पछाडिको कारण के थियो? भन्ने बारेमा स्पष्ट जवाफ प्रहरी प्रशासनले पनि दिन सकेको छैन। , मिनाले बिमलाविरूद्ध दिइन् उजुरी , तुलसीपुर–५ स्थित एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले राज्यमन्त्री विमला खत्री वलीविरूद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर उजुरी दिएकी छन्। , मिनाले विमलाविरूद्ध आफू र छोरीमाथि अनाहक घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभावी फालिदिएको भन्दै किटानी जाहेरी दिएको डिआइजी उपाध्यायले बताए। , विमलाको प्रेमी भनिएका मिनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।, सम्बन्धित समाचार: , महिला र बालिका कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ, लुम्बिनीको स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन, मुख्यमन्त्रीको फोनपछि राज्यमन्त्री वलीलाई पठाइयो बुटवल
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ३४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ७४३ जनाको पिसिआर र आठ ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ९३ जना सक्रिय संक्रमित छन्।, १६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, २ हजार ३४१ को परीक्षण गर्दा १२ कोरोना संक्रमित थपिए
सेतोपाटी संवाददाता पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।, ठगी आरोपमा काठमाडौंको बालुवाटार घर भई टोखा बस्ने ३५ वर्षीय रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार बालुवाटारबाट पक्राउ गरेको हो। , उनले पीडित व्यक्तिहरूलाई आफूले बालुवाटरमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेको र त्यस संस्थाको केन्द्रीय अध्यक्ष समेत भएको भन्दै चिनाएका थिए। , त्यसरी उनले पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले पीडितलगायत आफन्तहरू जाने भए पठाइदिने र त्यहाँ पुगेपछि काममा लगाइदिने भन्दै विश्वासमा लिएका थिए। , त्यसरी प्रलोभनमा पारेर भिसा तथा हवाई टिकटको लागि आठ जना पीडितबाट ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक आचार्यले बताए। , अनुसन्धानको क्रममा उनले दिएको हवाई टिकट तथा भिसा समेत नक्कली देखिएको हो। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको कार्यालयले जनाएको छ।, उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। , पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता कक्षा ८ मा पढिरहेकी १२ वर्षीया नाबालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोगमा ओखलढुंगा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , पछिल्लो एक महिनाको अवधिमा विभिन्न प्रलोभन र डरधाक देखाउँदै ती बालिकालाई चार जनाले जबरजस्ती गरेको उजुरी परेपछि प्रहरीले ओखलढ्ंगा सिद्धिचरण नगरपालिका वडा नम्बर ३ का चार जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो। , जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले ,सेतोपाटी,लाई दिएको जानकारी अनुसार सिद्धिचरण–३ का ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ४० वर्षे  पूर्णप्रसाद फुयाल, ३२ वर्षका डम्बरबहादुर भुजेल र ३१ वर्षका केवल भुजेल पक्राउ परेका हुन्। उनीहरुमध्ये तीन जना सोमबार नै पक्राउ परेको र मंगलबार ७६ वर्षीय दाहाल पक्राउ परेका हुन्। ,  , ‘विभिन्न प्रलोभन र डरधम्की देखाएर नाबालिगलाई बलात्कार गरेको उजुरी आएपछि हामीले अभियुक्तलाई नियन्त्रणमा लिएका हौं’, प्रहरी निरीक्षक दासले भने, ‘उनीहरुले पछिल्लो एक महिनाभित्र विभिन्न समयमा जबरजस्ती गरेको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ , प्रहरीका अनुसार फरक समयमा ती चारै जना पुरुषले नाबालिगमाथि बलात्कार गरेपछि पीडितले परिजवारमा घटना सुनाएकी थिइन्। त्यसपछि परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।, १२ वर्षीया बालिका बलात्कार अभियोगमा ओखलढुंगामा चार जना पक्राउ
रोहित महतो वर्षौंदेखि भारतको पञ्जाबमा मजदुरी गरेर महोत्तरीको भंगहा नगरपालिका–५, सिद्धपुरका जुगलकिशोर मण्डलले स्थानीय अनुरुद्ध साहसित २२ कठ्ठा जग्गा किने। पत्नी मालतीदेवी मण्डलको नाममा त्यो जग्गा दर्ता भयो। त्यही जमिनको उब्जनीले उनीहरूको परिवारको गुजारा चल्न थाल्यो।, परिवार ठूलो हुँदै गएपछि त्यसको आम्दानीले पुगेन। नाति/नातिना पढाउने बेला भयो, खर्च बढ्न थाल्यो। उनीहरूका छोरा रमेश वैदेशिक रोजगारीका लागि मलेसिया जाने भए। विदेश जान घरमा पैसा थिएन। गाउँमा तुरून्त बैंकबाट ऋण लिन सम्भव भएन। मालतीलाई बैंकबाट पहुँचवाला मानिसले मात्र ऋण पाउँछन् भन्ने लाग्छ।, आफ्नै गाउँका अनुरुद्ध साहले गाउँलेहरूलाई ऋण दिने गरेको मालतीदेवीले थाहा पाइन्।, पैसाको उपाय नलागेपछि मालती र जुगल दुवै जना गएर अनुरुद्धसँग ऋण मागे। सयकडा मासिक तीन रुपैयाँ अर्थात् ३६ प्रतिशत ब्याजमा ऋण दिने भए। उनले मालतीको नाममा रहेको २२ कठ्ठा जग्गा दृष्टिबन्धक अर्थात् धरौटी राख्नु पर्ने शर्त राखे।, साहुको सबै शर्त मानेर मालती र जुगलले ऋण लिए। कपाली तमसुक बन्यो। मालती र जुगल दुवै निरक्षर छन्। उनीहरूले साहुले भनेअनुसार ल्याप्चे लगाइदिए। एक लाख रुपैयाँ ऋण लिए। यो घटना हो २०७१ साल असारको।, मालतीका अनुसार उनीहरूले जग्गा धरौटी राखेका हुन्, साहुलाई आफ्नै नाममा दर्ता गर्न दिएका होइनन्। अनुरुद्धले उक्त २२ कठ्ठा जग्गा आफ्नै नाममा दर्ता गराएछन्।, मालतीले भनिन्, ‘मलाई त दृष्टिबन्धक गरेको भन्यो। न मैले पढेको छु न श्रीमानले। उसलाई विश्वास गरेर हामीले जहाँ-जहाँ भन्यो त्यहीँ सही गरिदियौं। उसले त जग्गा आफ्नो नाउँमा पास (दर्ता) गराइसकेको रहेछ।’, च्यातिएको तमसुकको टुक्रामा जुगलकिशोरको नाममा १२ लाख रुपैयाँ ऋण दिएको भन्ने लेखिएको देखिन्छ।, जग्गा साहुले आफ्नो नाममा पारेको थाहा पाएपछि मालती र जुगलको होसहवास उड्यो। उनीहरू अर्को ऋण खोजेर वर्ष दिनभित्रै ऋण तिर्न गए। साहुले साढे चार लाख रुपैयाँ हिसाब देखाए। साहुकै हिसाबअनुसार पैसा बुझाएर जग्गा फिर्ताका लागि आग्रह गरे।, ‘छ वर्षअघि मेयर सञ्जीव साहसँग ऋण लिएर साढे चार लाख रुपैयाँ दिएँ। उसले भोलिपल्टै तमसुक च्यातिदिने भन्यो तर कागज च्यातेन,’ मालतीले भनिन्, ‘धेरै हारगुहार लगाएपछि कागज त च्यातिदियो तर आजसम्म मेरो जग्गा फिर्ता गर्न मानेको छैन।’, मेयर साहले पनि मालतीले आफूसँग साढे चार लाख रुपैयाँ ऋण लिएको बताए।, ‘पैसा तिरिनँ भने बर्बाद भइहाल्छु भनेर मसँग उहाँ (मालती) ले अनुरुद्धलाई नै दिने भनेर पैसा लिनु भएको हो,’ साहले भने, ‘उसैलाई दिएको हुनुपर्छ तर पैसा दिने बेला म साक्षी थिइनँ।, मालतीका अनुसार एक वर्षभित्र ब्याजसहित ऋणको साढे तीन गुणा बढी रकम बुझाए पनि अनुरुद्धले जग्गा खाली गर्न मालतीलाई दबाब दिएको दियै छ। पैसा तिरेर पनि जग्गा फिर्ता नपाएपछि जुगलले तनाव सहन सकेनन्। उनको मानसिक सन्तुलन गुमेको मालतीले बताइन्।, ‘जिन्दगीभरको हाम्रो कमाइमा अनुरुद्धले बेइमानी गरेपछि मेरा श्रीमान टेन्सनले पागल हुनुभयो र घरबाट निस्कनुभयो। कहाँ जानुभयो थाहा छैन,’ मालतीले भनिन्, ‘धेरै खोजेँ तर उहाँ भेटिनुभएन।’, विदेशमा कमाइ नभएपछि मालतीका छोरा रमेश केही दिनमै फर्किए। गाउँमा बेरोजगार भएपछि कुलतमा फसे। जग्गा फिर्ता पाउने आशमा उनी अनुरुद्धसँग नजिक हुन थाले।, रमेशले घर खर्च भनेर घर परिवारलाई थाहै नदिई २०७५ चैत अन्तिमतिर फेरि अनुरुद्धबाटै ५० हजार रुपैयाँ कर्जा लिएछन्। ब्याज उही, सयकडा मासिक तीन रुपैयाँ अर्थात् ३६ प्रतिशत।, ऋण बढ्दै गएपछि रमेश फेरि खाडीको सहर दुबई उडे। घरमा मालती थिइन्, २०७७ असोज २ गते अदालतबाट रमेशको नाममा आदलतको पुर्जी आयो। अनिरुद्धले लेनदेन मुद्दा दिएका रहेछन्।, ‘मेरो छोराले साहुसँग पैसा लिएको हामीलाई भनेकै थिएन। मैले सोध्दा ५० हजारमात्र लिएको भन्यो,’ मालतीले भनिन्, ‘मेरो जग्गा बेइमानी गरेको टेन्सनमा म दिनदिनै बिरामी पर्छु। यो मुद्दा सुनेपछि मेरो दिमागले काम गर्न छोड्यो।’, अनुरुद्धले रमेशबाट साँवा ब्याजसहित ४ लाख २८ हजार २६४ रुपैयाँ असुल गरी पाऊँ भनेर महोत्तरी जिल्ला अदालतमा २०७७ असोज २२ मा मुद्दा दिएका रहेछन्।, अनुरुद्धले २४ असार २०७५ को मितिमा रमेशले ३ लाख ५० हजार रुपैयाँ लिएको भनेर तमसुक बनाएका रहेछन्।, महोत्तरी जिल्ला अदालतले कागजी प्रमाणको आधारमा अनुरुद्धका पक्षमा फैसला सुनाएको छ। दिएको पैसाभन्दा बढीको कागज बनाएर अन्याय गरेको भन्दै मालती जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत जनकपुर पुगिन्। मुद्दा विचाराधीन छ।, मुद्दामा अदालत धाउँदा पाँच लाख रुपैयाँभन्दा बढी खर्च भएको मालतीले बताइन्। छोराहरूले मजदुरी गरेर कमाएको सबै पैसा अदालत धाउनमा खर्च भएको उनको भनाइ छ। , ‘जग्गा फिर्ता गरिदिन उस (अनुरुद्ध) को खुट्टा समाएर हामी दुबैजना (मालती र जुगल) रोयौँ। उसले गाली गरेर भगाइदिए। अनुरुद्धले हाम्रो जिन्दगी बर्बाद गरिदिए,’ मालतीले भनिन्, ‘म सबैलाई गुहार गर्छु, मेरो जग्गा फिर्ता दिलाइदिनुस्।’, यसरी अनुरुद्धले चर्को ब्याजमा वास्तविक ऋणभन्दा निकै बढी रकमको तमसुक बनाएर ऋण दिई अरुबाट पनि जग्गा हडप्ने गरेका छन्।, अनुरुद्धबाट लिएको ऋणले उठिबास हुने अवस्थामा पुगेकी अर्की महिला हुन् सिद्धपुरकै सञ्जिला मण्डल।, आफ्ना ज्वाइँलाई वैदेशिक रोजगारीमा पठाउन सञ्जिलाले अनुरुद्धबाट २०७७ साउनमा सयकडा मासिक पाँच रुपैयाँ अर्थात ६० प्रतिशत ब्याजमा ५० हजार रुपैयाँ ऋण लिइन्।, एक वर्षभित्रै सावाँब्याज तिर्नुपर्ने शर्त थियो। ज्वाइँले दुबईबाट पैसा पठाएपछि सोही वर्ष कात्तिकमा ६० हजार रुपैयाँ फिर्ता गरेको सञ्जिलाको भनाइ छ। ऋण तिरे पनि साहुले तमसुक कागज फिर्ता गरेनन्।, ‘साहु (अनुरुद्ध) ले कागज जनकपुरमै राखेछु भोलि ल्याएर च्यातिदिन्छु भन्नुभयो। मैले भर्पाइ माग्दा उहाँले भर्पाइ पर्दैन, कागजै च्यातिदिन्छु भन्नुभयो,’ भक्कानिँदै सञ्जिलाले भनिन्, ‘मंसिर महिनामै अदालतबाट मुद्दाको पत्र आयो । म धेरै रोएँ। उनले त ब्याजसहित ९ लाख ९० हजार रुपैयाँ तिर्न मुद्दा गरेछन्।’, सञ्जिलाका अनुसार अनुरुद्धले ९ लाख ९० हजार रुपैयाँ ऋण लिएको भनेर तमसुक बनाएछन्।, सञ्जिला ऐलानी जग्गामा बस्छिन्। अंशबण्डा नभएको हुँदा सबै दाजुभाइको जग्गा रोक्कामा परेको उनले बताइन्। जग्गा रोक्का भएपछि दाजुभाइबीच तनाव भयो। तिम्रो ऋणले हाम्रो जग्गा रोक्का भयो भनेर देवरदेवरानी रिसाए। पछि मुचुल्का हुँदा सञ्जिलाको ठहर भएन र फुकुवा भयो।, अहिले जिल्ला अदालतमा लेनदेन मुद्दा चलेको छ। सञ्जिलाले अनुरुद्धविरूद्ध ठगी मुद्दा लगाएकी छन्।, भंगहा नगरपालिकाका मेयर सञ्जिव साह अनुरुद्धको ठगीबारे जानकार छन्। उनले ऋणका नाममा अनुरुद्धले धेरैको उठिबास गराएको गुनासो आएको बताए।, उनले भने, ‘बहुसंख्यक मान्छेले उसले अत्याचार गरेको भनिरहेको छ, उचित छानबिन गरी दोषी ठहरियो भने कडा कारबाही गर्नुपर्छ।’, अनुरुद्ध साहको ठगीविरुद्ध गत वर्ष केही पीडितहरू संगठित पनि भएका थिए। अनुरुद्धमाथि कारबाहीको माग गर्दै १४ जना पीडितहरू धेरै पटक जिल्ला प्रहरी र जिल्ला प्रशासनमा पुगेका थिए। उनीहरूले सामूहिक उजुरी पनि दिए। कारबाही नगरे आन्दोलन गर्ने चेतावनीसहित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाए।, जिल्ला प्रहरी कार्यालय, महोत्तरीले २०७७ फागुनमा अनुरुद्धविरुद्ध जिल्ला अदालत महोत्तरीमा ठगी मुद्दा दर्ता गरायो।, प्रहरीकै मिलेमतोमा अनुरुद्ध अदालतमा हाजिर भएर १ लाख ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रहेको पीडितहरूको भनाइ छ।,  , साहु अनुरुद्धको ठगीधन्धा : एक लाख ऋणमा १२ लाखको कागज, २२ कठ्ठा जग्गा पनि हडपे
सेतोपाटी संवाददाता सेतोपाटीले यौन दुर्व्यवहारविरूद्ध थालेको संवादको पहिलो श्रृंखलामा हामीले कान्जीरोवा नेसनल सेकेण्डरी विद्यालयका नौ र दश कक्षा पढ्ने विद्यार्थीसँग गरेका थियौं।, उक्त विद्यालयका १० विद्यार्थीसँग बसेर हामीले यौन दुर्व्यवहारका घटनाले उनीहरूमा पार्ने असरबारे सोधेका थियौं।, त्यस्तै, उनीहरूले यस्ता घटनाबारे आफ्ना आमाबुवासँग बसेर के कुरा गर्छन्, आमाबुवाले उनीहरूलाई के सिकाउँछन्, बलात्कार, यौन दुर्व्यवहारजस्ता अपराधमा हुने सजायजस्ता विषयमा कुराकानी गर्यौं।, कान्जीरोवाका १० विद्यार्थीमध्ये अधिकांशले यौन दुर्व्यवहार भनेको के हो भन्ने कुरा आफ्ना आमाबुवाले सिकाएको बताए।, कसैगरी आफूहरूलाई पनि यस्ता घटना भए सबभन्दा पहिले उनीहरूले आफ्ना आमाबुवालाई नै सुनाउने बताए।, उनीहरूलाई  प्रहरीमा उजुरी गर्नुपर्छ भन्ने त थाहा रहेछ तर यस्ता घटनामा सजाय भएकोबारे थाहा पाएका रहेनछन्।, उनीहरूसँग गरेको कुराकानीको संक्षिप्त सम्पादित अंश : , कान्जीरोवाका विद्यार्थी भन्छन्: बलात्कारका घटना भएको सुनिन्छ, सजाय पाएको थाहै हुन्न (भिडिओ)
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिकामा अमृता खत्री टण्डनको शंकास्पद मृत्युको घटना सेलाउन नपाउँदै तिलोत्तमा वडा नं. ६ की सुविना गिरीको पनि शंकास्पद मृत्यु भएको छ।, तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया गिरी सोमबार राति करिब १ बजेतिर आफ्नै होटलमा झुण्डिएको अवस्थामा फेला परेको उनको परिवारले जनाएको छ।, होटलमा झुण्डिएको अवस्थामा फेला परेको भनिएकी गिरीलाई परिवारले राति २ बजेतिर तिलोत्तमा मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।, मृतक गिरीका माइती पक्षले भने परिवारले झुण्डिएको बताए पनि आफन्त र छिमेकी कसैलाई जानकारी नगराई अस्पताल लगिएको भन्दै घटना शंकास्पद रहेको बताएका छन्।, मृतक गिरीका मामा अमृत गिरीले परिवारले सुविनालाई झुण्डिएको अवस्थामा फेला पारेको बताए पनि आफन्त र छरछिमेकी कसैले नदेखेकोले घटना शंकास्पद रहेको बताए।, मृतककी फुपू क्षमा गिरीका अनुसार झुण्डिएको भनिएकी सुविनाको शरीरभरि नीलडाम रहेकोले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।, माइती पक्षले सुविनाका परिवारले उनलाई कुटपिट गरेर हत्या गरी झुण्डिएको बहाना बनाएको दाबी समेत गरेका छन्।, माइती पक्षले दुई जना नाबालक छोराछोरीलाई छोडेर सुविनाले आत्महत्या गर्न नसक्ने भन्दै यो सुनियोजित हत्या नै भएको दाबी गरेका छन्।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सुविनाको शवलाई अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।, प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ।, तिलोत्तमा नगरपालिकामा मात्रै १० महिनाको अवधिमा तीन जना युवतीको शंकास्पद मृत्यु भएको छ। यसअघि गत चैत ३० गते तिलोत्तमा २ जानकीनगरकी २६ वर्षीय अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको थियो।, तीन चार सय मिटरकै दुरीमा रहेको माइतीबाट घर गएकी अमृताको एक घण्टापछि नै मृत्यु भएको भन्दै उनका श्रीमान प्रेम टण्डनले अस्पतालबाट माइतीलाई फोन गरेका थिए।, माइती पक्षले अमृताको आत्महत्या नभई परिवारले हत्या गरेको दाबी गर्दै आएको छ।, अमृताको शव ६२ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालकै शव गृहमा रहेको छ।, त्यस्तै, गत भदौ २० गते तिलोत्तमा ५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेल पनि शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्। श्रीमानसँगै कोठामा सुतेकी सीता झुण्डिएको अवस्थामा बिहान फेला परेकी थिइन्।, भण्डारीको मृत्यु पनि शंकास्पद भएको भन्दै माइती पक्षले आन्दोलन गरेपछि ४६ दिनपछि मात्रै उनको अन्त्येष्टि भएको थियो।, भौतिक विकास तथा सुशासनमा दुई पटकसम्म देशकै उत्कृष्ट नगरपालिका घोषित भएको तिलोत्तमामा महिला हिंसाका घटना बढिरहेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ।, तिलोत्तमाकी सुविना गिरीको शंकास्पद मृत्यु
मन्दिरा घिमिरे बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा काठमाडौं र काठमाडौंवासीलाई गाली गर्दै समय र ऊर्जा खर्च गरिएकाले आफूहरू बीचमै हिँडेको मेयर बालेन शाहले बताएका छन्।, स्थानीय जनप्रतिनिधिहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा एक दिन मात्र बसेर फर्केका मेयर शाहले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौं राजधानी मात्रै होइन, अझ बागमती प्रदेशका लागि त एउटा पालिका मात्रै हो। काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छाडेको हुँ।’, अब प्रश्न उठ्छ- उक्त कार्यक्रममा काठमाडौं र काठमाडौंवासीलाई गाली गर्ने चाहिँ को हो?, उनीहरूले त्यस्तो के भनेका थिए जुन सहन नसकेर मेयर शाह र उपमेयर डंगोल सोमबारै काठमाडौं फर्किए?, हामीले यसबारे मेयर सचिवालयका स्वकीय सचिव भुपदेव शाह र सहायक सचिव नवीन भण्डारीसँग कुरा गर्‍यौं।, उनीहरूका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रमको विषयवस्तुभन्दा बाहिर गएर काठमाडौंको फोहोरमैला उठ्न नसेककोबारे स्थानीय सरकारलाई आरोप लगाएका थिए।, स्थानीय सरकार सञ्चालनसम्बन्धी तालिम दिने कार्यतालिका तोकिए पनि फोहोरमैलाको कुरा उठाएर काठमाडौंमाथि आरोप लगाउने काम मात्र भएको उनीहरूको भनाइ छ।, ‘जुन विषयवस्तु निम्ति कार्यक्रम सञ्चालन गरिएको हो, त्यसैमा केन्द्रित भएर कुरा गर्नुपर्यो नि!’ भण्डारीले भने, ‘त्यहाँ त आरोप-प्रत्यारोप मात्र भयो। यो कुरा मेयरसाबलाई मन परेन र कार्यक्रमको बीचमै फर्किनुभयो।’, नवनिर्वाचित जनप्रतिनिधिहरूले स्थानीय तहमा कसरी काम गर्ने र प्रदेशसँग कसरी समन्वय गर्ने भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको थियो। तर छलफल विषयवस्तुभन्दा बाहिर गएको र बागमती प्रदेशको एउटा पालिका काठमाडौंमाथि मात्र केन्द्रित भएको मेयर शाहको सचिवालयले जनाएको छ।, कार्यक्रममा १३ जिल्लाका स्थानीय तहहरूका प्रमुख र उपप्रमुख सहभागी थिए।, अरू स्थानीय तह छाडेर मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री शालिकराम जमकट्टेलले काठमाडौंको फोहोरमैलाको विषयमा मात्र आरोप लगाएको सचिवालयले जनाएको छ।, मुख्यमन्त्री पाण्डेले काठमाडौं महानगरले आफ्नो फोहोर आफैं व्यवस्था गर्नुपर्ने तर्क गरेको भण्डारीले बताए।, काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेर धादिङ र नुवाकोटका जनतालाई पीडा दिन नहुने पाण्डेको भनाइ थियो।, ‘मेयरसाब संस्थाको मानमर्यादा राखी कार्यक्रममा उपस्थित भए पनि विषयवस्तुभन्दा बाहिर रहेर कुरा गर्नु उचित होइन,’ उनले भने, ‘त्यसमाथि उहाँ यस विषयमा केन्द्रित रहेर पहिलो दिनदेखि काम गरिरहनुभएको छ।’, बालेनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताएका छन्।, ‘मर्यादापालन गरेर कार्यक्रममा गएको तर फजुल कुरा गर्दा समय खेर गयो,’ सचिवालयले भनेको छ, ‘काम नपाएर त गएको होइन, उहाँलाई अहिले पाँच मिनेट पनि महत्वपूर्ण छ।’, सोमबार बेलुकी मेयर शाहले फेसबुकमा स्ट्याटस राख्दै 'बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लागेको' उल्लेख गरेका थिए।, कार्यक्रम बीचमै छाडेर काठमाडौं किन फर्किए मेयर बालेन?
सेतोपाटी संवाददाता काठमाडौंको प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीमाथि छानबिन हुने भएको छ। , सुन्धारा कारागारमा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई आइतबार भेट्न गएको घटनामा छानबिन हुने भएको हो। , केसीले बस्नेतलाई भेट्न गएको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।, परिसरले तीन सदस्यीय समिति गठन गरेको छ।, ‘मैले पनि भेट्न गएको कुरा थाहा पाएपछि के रहेछ बुझ्नको लागि छानबिन समिति गठन गरेको छु,’ उनले भने,‘उहाँको मनसाय, व्यावसायिक हो कि होइन के हो भनेर एसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।’, छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। प्रतिवेदनको आधारमा कारबाही गर्ने/नगर्ने भन्ने खुल्ने उनले बताए। , समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य आरोपित हुन्। उनी सोही हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा छन्।, आइतबार अर्का एक जना व्यक्तिसँग कारागारमा गएर भेट्न गएको कुरा खुलेपछि प्रहरीले छानबिन अघि बढाउन लागेको हो। , व्यवसायी शरदकुमार गौचनका हत्या आरोपित कैदी भेट्न जेल गएपछि डिएसपीमाथि छानबिन
रासस बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन्। चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयको टोलीले करणीपश्चात फरार रहेका बिकलाई पक्राउ गरेको हो।, बिकले बालिकालाई यही जेठ २३ गते रिब्दीकोट–२ जंगलमा करणी गरेका थिए। पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।, बालिका करणी आरोपमा एक जना पक्राउ
सेतोपाटी संवाददाता तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट पाँच वर्षका सुपिम्र रिलामीको मृत्यु भएको छ।, मंगलबार घरको आँगनमा खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो।, बालकको शव चितुवाले चिथोरेको अवस्थामा घर नजिकै छपेली सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ।, चितुवाले बालकको घाँटीमा चिथोरेको थियो। पछिल्लो समय तनहुँमा फेरि चितुवाको आतंक बढेको छ।, गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर वडा नम्बर १ र ४ मा दुई जना घाइते भएका थिए।, २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाइसकेका छन्।, चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवा नियन्त्रण गर्न खोरसमेत राखिएको छ।, चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु
सेतोपाटी संवाददाता आज बिहान प्रदेश १, मधेश र बागमतीका अधिकांश स्थानमा वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ। , यस्तै प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले अनुमान गरेको छ। यसबाट दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।, वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, ‍हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, बुधबार, दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। , राती :  प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र  अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका  का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा  सामान्य बदली  तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । , बिहीबार, दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । , राती :   प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका थोरै र  अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । , शुक्रबार, दिउँसो : प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । , राती :   प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका थोरै र  अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । , कर्णाली र सुदूरपश्चिमबाहेक अन्य स्थानमा वर्षा हुने, सतर्कता अपनाउन महाशाखाले अनुरोध
रासस तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आइतबार दुई जनाको मृत्यु भएको छ। चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरूको ज्यान गएको हो।, मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए।, खोलामा डुबेर दुई जनाको मृत्यु
रासस धादिङको ईजारा र सिस्नेखोलामा मंगलबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, धादिङको निलकण्ठ नगरपालिका–३ ईजारामा बा१८च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।, दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरूको धादिङ अस्पतालमा उपचार भइरहेको डा मधुकर दाहालले जानकारी दिए।, उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको बताइएको छ।, यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेशी नगरपालिका– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। नौबिसेबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ७३८६ नम्बरको मालबाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा३क ३४०४ नम्बरको मिनि ट्रक र बा८२प ५६४५ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ।, धादिङको निलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो।, दुर्घटनामा घाइते निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौंमा उपचार भइरहेको छ।, छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
रासस नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो। , प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेका थिए।, पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि श्रीषलाई पक्राउ गरेको हो। आरोपितलाई पक्राउ गरी आवश्यक अनुसधान सुरु गरिएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ। , दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत, एक पक्राउ
रासस नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सबै विद्यार्थीलाई सहुलियत दरमा विद्युतीय चुल्हो व्यवस्था गर्न माग गरेको छ।, नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीहरूलाई वितरण गर्न माग गरिएको हो।, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुल्हो दिने निर्णयको नेविसंघले स्वागत गर्दै आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको हो।, नेविसंघका अध्यक्ष शेर्पाले विद्यार्थीको आधारभूत आवश्यकता विद्युतीय चुल्हो भएकाले सहुलियत दरमा उपलब्ध गराउन केन्द्रलाई आग्रह गरेका हुन्।, सबै विद्यार्थीलाई सहुलियत विद्युतीय चुल्हो व्यवस्था गर्न नेविसंघको माग
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। , मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा मानव ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। उक्त मुद्दाको अनुसन्धान सकेर काठमाडौंको सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , 'केही दिनअघि अनुसन्धान सकेर कार्यालयमा बुझाइएको छ। अब थप प्रक्रिया अघि बढ्छ,' उनले भने। , प्रहरीले उनलाई जेठ ७ गते काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो। उनीविरूद्ध दुइवटा जाहेरी परेको थियो। , उनीमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया (तत्कालीन समयमा) किशोरीलाई बलात्कार गरेको आरोप छ। युवतीले यही जेठ पहिलो साता आफूमाथि बलात्कार भएको घटनाबारे भिडिओमार्फत् सार्वजनिक गरेकी थिइन्। , यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए। , पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।, मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।, उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले 'तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ' भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए। , 'लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,' उनले भनेकी छन्, 'अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक्स गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।', यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।, बिहान घर जाने बेलामा पाण्डेले 'यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु' भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।, पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्। उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। पाण्डेले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।, आफ्ना साथीले पाण्डेलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।, उनको भिडिओ सार्वजनिक भएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो।, यो पनि: ,कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक , १६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी,  , बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेको मुद्दा सरकारी वकिल कार्यालयमा
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरबाट कछुवासहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ।, वन्यजन्तुको अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका-९ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला छन्।, आइतबार राति पौने ८ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा वन्यजन्तुको अवैध कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनापछि प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरीले उनीहरूबाट १० वटा कछुवाका बच्चा बरामद गरेको छ। , तीन वटा मोबाइल र एउटा बा ९९ प ४९४४ नम्बरको बाइक पनि बरामद गरेको छ।, प्रहरी प्रभाग कोटेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।, कोटेश्वरबाट १० वटा कछुवाका बच्चासहित दुई पक्राउ
सेतोपाटी संवाददाता सुनसरीको इटहरीस्थित बजार क्षेत्रमा सोमबार बिहान एक चितुवा देखा परेको छ।, इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा चितुवा देखिएको हो।, ‘चितुवा जुट विकास क्षेत्रमा यताउता गरिरहेको छ। नियन्त्रणका लागि वन कार्यालयसँग समन्वय भइरहेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले सेतोपाटीसँग भने।, चितुवा देखिएका क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ। चितुवा पानीले भिजेको अवस्थामा छ। चितुवाले अहिलेसम्म कसैलाई पनि आक्रमण गरेको छैन।, चितुवा भएको ठाउँमा भिडभाड गर्न नदिइएको उनले बताए। आज बिहान चितुवा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।, इटहरीको बजार क्षेत्रमा देखियो चितुवा