content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु (बम) राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि आज बिहान यात्रुहरूलाई समेत बाहिर निकालेर 'सर्च' गरियो।, शंकास्पद वस्तु फेला नपरेपछि बिहान ११:१० बजेदेखि विमानस्थल पुन: सञ्चालनमा ल्याइएको छ।, विमानस्थलमा ९ देखि १० बजेको बीचमा दुई पटक फोन आएको थियो। फोनमा पुरूष व्यक्तिको आवाज सुनिएको थियो। छ/सात वटा बम राखिएको र दुई घन्टामा पड्कने उसले बताएको थियो।, त्यसलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले सबै यात्रुहरूलाई बाहिर लगेको थियो।, सो फोन नेपालभित्रबाटै आएको हुन सक्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम सुवेदीले जानकारी दिए। , उनका अनुसार यो फोन कुनै एपको प्रयोग गरी गरिएको अनुसन्धानबाट देखिएको छ। , ‘टोलीले अनुसन्धान गरिरहेको छ, यस्तोमा उनीहरूले एप्सको प्रयोग गरेर फोन गरेको हुन्छ। फोन गर्दा अन्तै देशको नम्बर देखाउने खालको प्रयोग गरिएको छ,’ उनले सेतोपाटीसँग भने,‘त्यसको अनुसन्धान भइरहेको छ, हाम्रो अनुसन्धानमा नेपालबाटै फोन आएको भन्ने छ।’, यस घटनाको अनुसन्धान गर्न रानीपोखरीले टोली परिचालन गरिसकेको छ। प्रहरीले फोन गर्ने व्यक्तिको खोजी गरिरहेको छ। , विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले विमानस्थलमा दुई पटक फोन आएको बताए। उनका अनुसार ९ देखि १० बजे बीच दुई पटक फोन गरेको थियो। , ‘पुरूष व्यक्तिले फोन गरेको थियो। ‘अस्सलाम वालेकुम’ दुई पटक भनेर नेपालीमै बोले,’ उनले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘त्यसपछि विमानस्थलको छ/सात ठाउँमा बम राखिएको छ। दुई घण्टाभित्र पड्किन्छ भनिएको थियो।’, अपरिचित व्यक्तिबाट फोन आएपछि प्रहरी र नेपाली सेनालाई खबर गरिसकेको थियो। , विमानस्थलबाट खबर आएपछि बम डिस्पोजल टोली खटिएको थियो। सेनाबाट तालीमप्राप्त कुकुरसहितको टोली खटाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। , ‘बम राखेको भन्ने थ्रेट कल आएको जानकारीपछि हाम्रो टोली पनि खटियो। डिस्पोजल टोलीलाई स्ट्यान्डबाइ राखेर तालिमप्राप्त कुकुरसहितको टोलीले खोजी गर्यो,’ उनले भने, ‘तर अहिलेसम्म त्यस्तो केही भेटिएको छैन। बाँकी क्षेत्रमा पनि निगरानी राख्ने काम भइरहेको छ।’, शंकास्पद वस्तु नभेटिएपछि विमानस्थल पुन: सञ्चालनमा ल्याइएको हो।,
विमानस्थलमा शंकास्पद वस्तु छ भन्दै फोन गर्नेलाई खोज्दै प्रहरी, नेपालभित्रबाटै फोन गरेको हुन सक्ने
|
सेतोपाटी संवाददाता ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्। , कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार पक्राउ परेका किशोर म्यादी प्रहरी होइनन्। तर उनका फूपूका छोरा, दाई नाता पर्ने १९ वर्षीय पूरण भट्टराई म्यादी हुन्। , भट्टराई नभएको बेलामा ती किशोरले पोशाक लगाएर दुरूपयोग गरेको प्रहरी नायब उपरीक्षक शाहले बताए। , ‘म्यादी प्रहरीको पोशाक दुरूपयोग गरेको हुँदा हामीले दुबै जनालाई पक्राउ गरेका छौं,’ उनले भने, ‘टिकटकमा भिडिओ भाइरल बनेपछि हामीले खोजेर पक्राउ गरेका हौं।’, उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। बुधबार उनीहरूमाथि अनुसन्धान गर्न म्याद थप्न जिल्ला प्रशासन कार्यालय लगेको छ। , केही दिन अघि उनले पोशाक लगाएर सेल्फी भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेका थिए। , उनले भनेका छन्,‘सागर बसन्ते किस्नेहरू अब नडरा! किन डराछस्। अब तेरो दाई मिदी भइसक्या छ नी त।’,
म्यादीको भाइरल भिडिओ बनाउने किशोरसहित दुई पक्राउ
|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टोखाका खरिदारविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, मालपोत कार्यालय टोखाको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीविरूद्ध बुधबार काठमाडौं विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनका अनुसार तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाणपुर्जी बनाउने काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए। , उजुरीपछि अख्तियारले उनलाई वैशाख ४ गते २० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।, त्यसमा उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले २० हजार बिगो कायम गरी सजायको मागदाबी गरेको छ। ,
२० हजार घुस लिएको आरोपमा पक्राउ परेका मालपोतका खरिदारविरूद्ध भ्रष्टाचार मुद्दा
|
नवीनबाबु गुरूङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा कुनै शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ। विमानस्थल स्रोतका अनुसार अज्ञात व्यक्तिले बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा बम रहेको जानकारी गराएका थिए ।, त्यसलगत्तै आन्तरिक उडानका सबै यात्रुहरूलाई बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो। तर फोनमा भनिए अनुसार त्यहाँ कुनै संकास्पद बस्तु भेटिएन।, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू भएको छ। अहिले बाहिर निकालिएका यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको छ। केही बेरमा नियमित उडान, अवतरण हुनेछ।, हेर्नुहोस् तस्बिरहरू,
विमानस्थलमा बम राखिएको हल्लामात्रै, अवस्था सामान्य (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अवरोध पुर्याएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।, ललितपुर महानगरपालिका-१३ स्थित कार्यालय परिसरमा सेवाग्राहीको काममा अवरोध पुर्याउने, अभद्र व्यवहार गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। , अनावश्यक रूपमा दु:ख हैरानी दिएको भन्ने गुनासो पछि प्रहरीको टोली खटिएको थियो। , उनीहरूलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। ,
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान पारेको आरोपमा १० पक्राउ
|
सेतोपाटी संवाददाता बुद्ध एयरको जहाजको टायर पड्किएपछि बिहान ११ बजेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण रोकिएको छ।, भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट काठमाडौंको लागि उडान गर्न रनवेमा रनिङ गरेको उडान नं ८५६ को जहाजको टायर पड्किएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी सहायक निरीक्षक होम बहादुर मिदुन मगरले जानकारी दिए।, अहिले उक्त जहाज रनवेमै रोकिएको छ भने अरू जहाजको उडान र अवतरण अवरूद्ध भएको मगरले बताए। , रनवेमा रनिङकै क्रममा जहाजको अगाडिको टायर पड्किए पनि जहाज र यात्रुहरूमा कुनै क्षति भने नभएको उनले बताए।, जहाजमा दुई जना बालबालिकासहित ७० जना यात्रु थिए।,
बुद्ध एयर जहाजको टायर पड्किएपछि रोकियो गौतमबुद्ध विमानस्थलको उडान अवतरण
|
सेतोपाटी संवाददाता प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। , नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। , मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरेका थिए। , ढुंगा प्रहार गर्दा बुवा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , घटनाको खबरपछि इलाका प्रहरी कार्यालय लुङबहानेबाट प्रहरी खटिएको थियो। सो टोलीले उनलाई पक्राउ गरेको हो।, प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।,
प्युठानमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
|
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारहरूले विकासका लागि सात संकल्पसहित चुनावी मैदानमा होमिएका छन्। , वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले सुरू गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिँदै मुख्यतः सात योजनालाई अघि सारेको हो।, ‘हामीले धेरै कुरा भनेर होइन, धेरै काम गरेर जनतालाई विकासको अनुभूति गराउनु छ,’ एमालेका बुटवल मेयर उम्मेदवार बाबुराम भट्टराईले भने, ‘५ वर्षमा मुख्य सात एजेन्डालाई लिएर बुटवलको आधुनिक विकास गरेर देखाउनेछौं।’, एमालेको पहिलो एजेन्डामा बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने भनेको छ।, आर्थिक राजधानी निर्माणका लागि प्रदेश सरकारले समेत संकल्प गरेको थियो। उपमहानगरले त्यसलाई आत्मसाथ गर्दै यो एजेन्डालाई अगाडि बढाएको हो।, आर्थिक राजधानी निर्माण गर्न उद्योग, व्यापार अनुकूल वातावरण बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यस अनुरूपका पूर्वाधार बनाउने योजना एमालेका छन्।, मोतिपुर औद्योगिक करिडोरबाट प्रभावित नागरिकको हक सुरक्षित हुने गरी कार्यान्वयन गर्न सक्दा धेरै ठूलो जनशक्ति खपत गर्न सकिने विश्वास उम्मेदवारहरूमा छ।, आर्थिक केन्द्र बनाउन निर्यातको ठूलो हिस्सा लिने उद्योगको प्रवर्द्धन गरिने मेयर भट्टराईले बताए।, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने नीति रहेको उनले बताए। स्थानीय उत्पादनलाई लेवलिङ तथा प्याकेजिङ गरी पहिचानमा जोड दिई ब्रान्डिङ गर्ने, साना तथा घरेलु उद्योगको स्थायित्व, विकास र प्रवर्द्धनका लागि सहयोग र समन्वय गर्ने नीति एमालेको छ।, स्थानीय कच्चा पदार्थको उपयोग बढाउने, बुटवलको हाटबजारलाई आधुनिक बजारको रूपमा विकास गर्न जमिनमुनि भूमिगत बजार र माथि पार्किङ रहने गरी नेपालकै नमूनायोग्य बहुउद्देश्यीय बजार केन्द्र बनाउने योजना छ।, रोजगारदाता र श्रमशक्तिबीच समन्वय गर्न स्थापित मजदुर बैंक पोर्टल एपलाई प्रभावकारी बनाइ श्रम आपूर्ति र रोजगार व्यवस्थापनको कार्य गर्ने योजना पनि छ।, बुटवलको ऐतिहासिक र पुरातात्विक महत्वलाई उजागर र संरक्षण गर्दै पुरानो बटौलीलाई परम्परागत बजारको रूपमा स्थापित गर्ने एमालेको दोस्रो एजेन्डा छ।, ‘पुरानो बुटवललाई ऐतिहासिक सम्पदा बस्तीको रूपमा विकास गरेर पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सकिन्छ। त्यो गर्नुपर्छ,’ उपमेयर उम्मेदवार साबित्रादेवि अर्यालले भनिन्, ‘अंग्रेजलाई परास्त गरेको जितगढी किल्ला र मणिमुकुन्दसेनको शितकालिन दरबार पुरातात्विक महत्वको हिसाबले अर्थपूर्ण छन्। यिनको विकास, संरक्षण र सम्बर्द्धनका लागि केही प्रयास भएका छन्। जसलाई अझै व्यवस्थित गरी नयाँपन ल्याउनुपर्नेछ।’, वर्तमान नगरपालिकाको नेतृत्वले जितगढी किल्लाको डिपिआर बनाएको छ। त्यसलाई तुरून्त कार्यान्वयन गरिने योजना आगामी नेतृत्वको हुने बुटवल एमालेले जनाएको छ।, १ करोड १० लाख वर्ष पुरानो मानव अवशेष विषयलाई स्थापित गर्दा पनि बुटवलको पहिचान बढाउन सकिने अर्यालले बताइन्।, चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्दीय सदस्य टंकप्रसाद पोखरेल बुटवलको परम्परागत सहरलाई आधुनिक र ऐतिहासिकतालाई प्रवर्द्धन गर्ने नीति जनप्रतिनिधिमा हुनुपर्ने बताउँछन्। जीतगढीलाई पर्यटनसँग जोडेर बुटवलको प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ।, एमालेले तेश्रो एजेन्डामा तिब्र रूपमा भइरहेको बसाइसराइको व्यवस्थापनलाई बनाएको छ। बसाइसराइसँगै हुने जनघनत्वलाई आवश्यक आधरभूत विकासमा योजनाबद्ध काम गर्ने नीति एमालेले बनाएको छ।, उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने, स्वास्थ्य उपचारको सहज पहुँच भएको र रोजगारीको पर्याप्त सम्भावना भएको हुँदा बुटवलमा बसाइ सरी आउनेको चाप छ। तर पर्याप्त जग्गाको अभाव छ।, भएकै जग्गालाई व्वयस्थापन गरेर आधुनिक र व्यवस्थित सहर बसाल्नुको विकल्प नभएकाले मोतिपुर र सेमलारमा आधुनिक सहर निर्माणको सम्भाव्यता खोज्ने योजना एमाले उम्मेदवारहरूको छ।, बुटवललाई विकासको मानक बनाउने चौथो एजेन्डामा बुटवललाई आधुनिक र अन्तर्राष्ट्रिय सहर बनाउने छ। त्यसको दायित्व एमाले उम्मेदवारहरूको भएको बताए। , पूर्वाधार विकास तथा मर्मत सम्भारका लागि पूर्वाधार विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने, बुटवलका मुख्य सडक र राजमार्गहरूलाई हरियाली, सफा र उज्यालो बनाउने, बुटवलदेखि एयरपोर्ट हुँदै लुम्बिनी सम्मको पर्यटकीय पर्यावरणमैत्री यातायात सेवा सञ्चालन गर्ने योजना छ।, अर्को एजेन्डा सुकुम्बासी, अव्यवस्थित बसोबास व्यवस्थापनलाई बनाएको छ।, ‘धेरैलाई लाग्छ सुकुम्बासी र अव्यवस्थित बसोबास बुटवलको समस्या हो। तर यो समस्या हैन समाधान हो,’ मेयरका उम्मेदवार भट्टराईले भने, ‘भुँई तहका मान्छेको व्यवस्थापन गर्दा यो अझै व्यवस्थित हुनसक्छ। उनीहरू यहाँ किन आउन खोज्छन् भन्दा यहाँ बाँच्न सकिन्छ। बाँच्न सक्ने वातावरण बुटवल आफैले बनाएको छ भने यसलाई थोरै मात्र व्यवस्थापन गर्दा सहरको आवश्यकता पूरा हुनसक्छ।’, यो आवश्यकता पूरा गर्न बुटवलले संघ, प्रदेश समेतलाई प्रयोग गरेर काम गर्ने एमालेको योजना छ।, सीप, योग्यता र क्षमता भएका व्यक्तिलाई विदेशिनबाट रोक्ने अर्काे एजेन्डा एमालेको छ। ती जनशक्तिलाई स्वदेशमै रोक्न सक्ने स्पष्ट खाका ल्याइने उम्मेदवारको दाबी छ।, अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको हुँदा धेरै अवसर सिर्जना हुने भन्दै त्यसबाट बुटवलले फाइदा लिने गरी योजना बनाएको मेयर भट्टराईले बताए।, ‘बुटवल नजिकै हिल स्टेशन बनाउने प्रसस्त आधार छन्। तिनाउमा जल पर्यटनको व्यवस्थापन गर्न सकिन्छ, यसमा हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बनाउनेछौं,’ उनले भने।, बुटवलको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आधुनिक बुटवल निर्माणमा पनि निजी क्षेत्र मैत्री नीति अंगिकार गरिने उनले बताए।, बुटवलमा सुरक्षा, सहज यातायात व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका एजेन्डा प्राथमिकतामा रहेको उपमेयर प्रत्यासी अर्यालको भनाइ छ। आधुनिक बुटवल निर्माणका लागि लैंगिकमैत्री वातवरण बनाउने जिम्मेवारी आफूहरूले लिने उनले बताइन्।,
बुटवलको विकासका लागि एमालेको सात संकल्प
|
सेतोपाटी टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले वैशाख ११ देखि १६ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, काठमाडौंको स्वयम्भू परिसरमा विदेशी पर्यटकहरू। कोरोना महामारीपछि पहिलो पटक नेपालमा उल्लेख्य मात्रामा पर्यटकहरूको आगमन भएको छ। तस्बिर: नवीनबाबु गुरूङ, पोखराको गौरीघाटस्थित फेवाताल छेउमा भिजिट नेपाल लेखिएको फेममा तस्वीर कैद गर्दै भारतीय पर्यटक। पछिल्लो समय पोखराको लेकसाइड लगाए आसपासका क्षेत्रमा भारतीय पर्यटकको आगमन बढ्दै गएको छ। तस्वीर: राधिका कँडेल/रासस, शिवपुरी जंगलमा गत बुधबार आगलागी भएपछि हेलिकप्टरबाट पानी झारेर निभाइँदै। यहाँ गत बर्ष पनि आगलागी हुँदा हेलिकप्टर बाट पानी झारेर निभाउन परेको थियो। तस्वीर: नवीनबाबु गुरूङ, शारीरिक अभ्यासको क्रममा आफ्नो साथीलाई काँधमा बोकेर दौडदै नेपाल प्रहरीका जवान। तस्बिर: नवीनबाबु गुरूङ, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ। तस्बिर: सेतोपाटी , , चुनावी माहोल नजिकिँदै गर्दा काठमाडौंको एक छापाखानामा पार्टीको झण्डा बनाउँदै कामदार। तस्बिर: नवीनबाबु गुरूङ, बागमती नदीको उद्गमस्थल मानिने शिवपुरीस्थित पवित्र स्थल बागद्वार। तस्बिर: नवीनबाबु गुरूङ, पाल्पा तानसेन नगरपालिकामा रहेको ऐतिहासिक रानीघाट दरबार। तस्वीर:चन्द्रकला क्षेत्री, रासस, , र्यापर बालेन शाह स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि। तस्बिर: नवीनबाबु गुरूङ , नेपाली कांग्रेसका तर्फबाट काठमाडौंको मेयरकी उम्मेदवार सिर्जना सिंह आफ्नो उम्मेदवारी दर्ता गर्न जाने क्रममा। तस्बिर: नवीनबाबु गुरूङ , नेकपा एमालेको तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गर्न गएका केशव स्थापित सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै। केही दिनअघि विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ।तस्बिर: नवीनबाबु गुरूङ। , गत सोमबार कलाकार मदनदास श्रेष्ठ राप्रपा नेपालको तर्फबाट काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन जाँदै। तस्बिर: नवीनबाबु गुरूङ,
साताका क्लिक
|
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुबाट १६ लाख नगदसहित दुई जना पक्राउ परेका छन्। , शनिबार बिहान पौने ३ बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानस्थित सडकबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , चितवन भरतपुर महानगरपालिका-११ घर भई तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने २३ वर्षीय सागर जादव पक्राउ परेका हुन्। , उनीहरू शंकास्पद रूपमा हिँडिरहेको फेला परेपछि प्रहरीले चेक गरेको थियो। , नगदको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मैनालीले बताए। , उनीहरूमाथि प्रहरी बृत्त बालाजुले थप अनुसन्धान अघि बढाएको छ।,
स्रोत नखुलेको १६ लाख नगदसहित बालाजुबाट दुई पक्राउ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ५ जनामा संक्रमण पुष्टि भएको हो। , २ हजार २१४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ६६ जनाको पिसिआर र ११४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , यस्तै अहिले देशभर २३० सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए ५ संक्रमित, मृत्यु हुनेको संख्या शून्य
|
सेतोपाटी संवाददाता घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।, चितवनको खैरहनी नगरपालिका-१३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो।, आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए। उनको घाँटीमा चोट लागेको र देब्रे तिघ्रा खाएको अवस्थामा शव भेटिएको उनले बताए।, खोजी गर्न गएको हात्तीसहित चितवन राष्ट्रिय निकुञ्ज, प्रहरी, नेपाली सेनाले आक्रमण भएको स्थानबाट एक किलोमिटर पर शव फेला पारेको अधिकारीले बताए।, यसअघि गत शुक्रबारमात्रै चितवनमा बाघको आक्रमणबाट हात्तीको माउतेको मृत्यु भएको थियो। निकुञ्जको हेडक्वाटर कसरा नजिकै माउते रमेश चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो। चौधरी कसरास्थित हात्तीसार केन्द्रमा काम गर्थे।,
चितवनमा बाघले फेरि लियो मान्छेको ज्यान
|
सेतोपाटी संवाददाता देशका विभिन्न भागमा आज (आइतबार) पनि वर्षा हुने भएको छ। आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ। , यी तीन वायुको प्रभावले प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ। , आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। , महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।,
आज देशभर पानी पर्ने सम्भावना
|
रासस जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ।, प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० किलो सुनाखरीसहित बागलुङ नगरपालिका–१ मालढुंगाबाट पक्राउ गरेको हो।, शंकास्पद रूपमा फेला परेकी केसीबाट १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।, बागलुङबाट काठमाडौं लैजाँदै गरेको उक्त सुनाखरी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय बागलुङमा पठाउने तयारी गरेको सूचना अधिकारी रानाले बताए।, बहुमूल्य जडीबुटी ओसारपसार हुन लागेको सूचनाका आधारमा प्रहरीले विशेष टोली खटाएर केसीलाई पक्राउ गरेको हो।,
बहुमूल्य जडीबुटी सुनखरीसहित महिला पक्राउ
|
रासस इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ।, इलाम नगरपालिका–८ सिङफ्रिङमा शव गाडेको अवस्थामा शनिबार फेला परेको हो।, तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।, महिला हराएपछि आफन्त र स्थानीयले खोजी गर्न थालेका थिए। खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताए। उनले पुरिएको शव निकालेको बताए।, हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।, बिनिताको श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको परिवारको भनाइ छ।, उनीहरूको चार वर्षीया एक छोरी रहेको बताइएको छ। घटना कसरी भयो भन्ने विषयमा इलाम प्रहरीले अनुसन्धान गर्ने इलामका प्रहरी प्रमुख श्रेष्ठले बताए।,
तीन दिनदेखि बेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला
|
सेतोपाटी संवाददाता चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट एक जना पुरूष घाइते भएका छन्। , भरतपुर महानगरपालिका–२८ गोलाघाटका ३७ वर्षीय मनबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको हो।, बिहान ९ बजेतिर मिस्त्री काम गर्न जाँदै गर्दा घरबाट चार सय मिटर अगाडि मकैबारीमा कुमाललाई गैंडाले आक्रमण गरेको हो। , उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उनको पेट र खुट्टामा चोट लागेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।,
गैंडाको आक्रमणबाट चितवनमा एक पुरूष घाइते
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २० जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ५०८ जनाको पिसिआर र ७ सय १४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , यस्तै अहिले देशभर २२१ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए २० जना कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।, निसीखोला गाउँपालिका-४ का ५१ वर्षीय डिलमणि थापाको मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। , उनका अनुसार आइतबार थापाको निसीखोला भिरबाट लडेर मृत्यु भएको हो।, प्रहरीका अनुसार घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जंगलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लडेका हुन्। थापा गोरेटो बाटोदेखि दुई सय मिटर तल खसेका थिए।, उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। थापाको टाउकामा गहिरो चोट लागेको थियो।, थापाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ।,
बागलुङमा भिरबाट लडेर एकको मृत्यु
|
नारायण खड्का रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन्। , कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका छन्। घाइतेहरूको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने तयारी भइरहेको छ। , वाइसिएलका कार्यकर्ताहरूको समूहले कांग्रेस उम्मेदवार र कार्यकर्तामाथि एकाएक आक्रमण गरेको स्रोतले बताएको छ।, घटना आइतबार बिहान ९ बजेतिरको हो। वाइसिएलका कार्यकर्ताले उम्मेदवार बुढा लगायतका कांग्रेस नेताहरूमाथि आक्रमणपछि उनीहरूको घरभित्रको अन्नपात तथा अन्य सामग्रीमा समेत तोडफोड गरेको पीडित पक्षको आरोप छ। घरका ढोकासमेत तोडफोड गरिएको छ। प्रहरी घटनास्थलमा अबेर मात्र पुगेको थियो।, स्रोतका अनुसार कांग्रेस कार्यकर्ता अमर बोहराकी श्रीमती दीर्घ रोगी रहेको र उनलाई भेटघाट गर्न पुगेका समयमा उम्मेदवार बुढा लगायतका नेता कार्यकर्तामाथि एकाएक आक्रमण भएको थियो। , रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले माओवादी कार्यकर्ताको आक्रमणबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार लगायत कार्यकर्तामाथि आक्रमण भएको भन्ने खबर आएको जानकारी दिए। , डिएसपी सोतीका अनुसार वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर बुढा मनोनयन दर्ता हुनुअघि माओवादीका कार्यकर्ता थिए। यही बीचमा कांग्रेस प्रवेश गरेपछि उनले वडाध्यक्षको टिकट पाएका हुन्। , ‘आक्रमण राजनीतिक प्रतिशोधका कारण भएको देखिन्छ,’ डिएसपी सोतीले भने, ‘पहिले एउटै पार्टीका नेता-कार्यकर्ताका बीचमा स्थानीय चुनावकै विषयमा विवाद भएको र झडप भएको खबर आएको छ।’ , डिएसपी सोतीले घटनास्थल सदरमुकामदेखि झन्डै ७/८ घन्टा पैदल दुरीमा पर्ने हुँदा ढिला गरी खबर आएको र प्रहरी ढिला गरी पुगेको जानकारी दिए। , ‘प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ,’ डिएसपी सोतीले भने, ‘वडाध्यक्ष उम्मेदवारको अवस्था सामान्य छ। उहाँका एक जना साथीको भने टाउकोमा चोट रहेको भन्ने छ।’, घटना अनुसन्धानपछि दोषीलाई कारबाही हुने र निर्वाचन भयरहित तथा निष्पक्ष बनाउन प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने उनले बताए। , रुकुम पश्चिममा केन्द्रको भन्दा फरक राजनीतिक गठबन्धन छ। गठबन्धनको मर्म विपरित यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका बीच चुनावी तालमेल छ। नगरपालिकादेखि सबै ठाउँको प्रमुखका नेपाली कांग्रेस र उप्रमुखमा एमालेले तालमेल गरी उम्मेदवारी दिएका छन्। , माओवादी केन्द्रको यहाँ एकल उम्मेदवारी परेको छ।,
रुकुम पश्चिममा कांग्रेसका वडाध्यक्ष उम्मेदवार र कार्यकर्तामाथि आक्रमण
|
एजेन्सी मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरतर्फ जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान एउटा ठूलो आँधीमा फस्यो।, घटनापछि विमानमा सवार करिब ४० यात्री घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसमध्ये १० जनाको स्थिति गम्भीर छ।, ठूलो आँधीबीच पाइलटले विमानलाई सुरक्षित अवतरण गराएका थिए। विमान अवतरण लगत्तै घाइतेलाई तत्कालै अस्पताल पुर्याइएको थियो। उनीहरूले उपचार भइरहेको छ।, आइतबार दिउँसो विमान दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा ल्याण्ड गर्न लागेको बेला आएको तुफानमा जहाज फसेको थियो। , त्यसपछि जहाज जोडसँग हल्लिएको थियो। क्याबिनमा राखेका समानहरू झर्न थालेका थिए। विमान ठूलो दुर्घटनाबाट बच्यो। , हिन्दुस्तान टाइम्सका अनुसार पाइलटले सिट बेल्टको साइन अन गरेका थिए। यो सँगै फुड ट्रलीसँग ठोक्किएर दुई यात्रु गम्भीर घाइते भएका थिए। , स्पाइसजेटका प्रवक्ताले घटनामा परी घाइते भएका यात्रुको सिघ्र स्वास्थ्य लाभको कमना गरेका छन्। घाइतेको उपचारमा कुनै कसुर बाँकी नराख्ने उनले बताए।, चैत वैशाखमा पूर्वी भारतमा मेघ गर्जनका साथ चट्याङ पर्नुका साथै तिब्र गतिमा हावा चल्ने गर्छ। यसको असर भारतको झारखण्ड, बिहार, पश्चिम बंगाल र ओडिशा राज्यमा धेरै पर्ने गरेको छ।,
भारतमा स्पाइसजेट बोइङ ठूलो दुर्घटनाबाट बच्यो, ४० यात्रु घाइते
|
सेतोपाटी संवाददाता प्रहरीले रूपन्देहीबाट विभिन्न हात-हतियारसहित चार जनालाई पक्राउ गरेको छ। , देवदह नगरपालिका-६ सताकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेत बहादुर दर्लामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। , उनका अनुसार शनिबार देवदह नगरपालिका-६ भलुही स्थित उजेरी पाल्पाली सामुदायीक वनबाट उनीहरूलाई पक्राउ गरेको हो , प्रहरीले वनमा उनीहरू भरूवा बन्दुक सहित हिँडिरहेको भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरीले उनीहरूलाई सात नाल भरूवा बन्दुक र त्यसमा लाग्ने १२१ पिस छर्रा, ३२७ ग्राम वारूद, ७५ पिस केप र दुर्ई थान फलामको चक्कुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। ,
,
रूपन्देहीबाट विभिन्न हात-हतियारसहित चार पक्राउ
|
नवीनबाबु गुरूङ ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहण गरिएको छ। , हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलअनुसार आइतबार रथारोहण गरिएको हो।, लोकेश्वरसमेत भनिने रातो मछिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा पर्व सुरू भएको मानिन्छ। नेपालमा मनाइने जात्रा मध्यको लामो जात्रा मानिन्छ।, केही वर्ष अघि देखि कोरोना भाइरसको संक्रमणका कारण जात्रामा पनि असर परेको थियो। , मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन छ। , मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो छ। पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ।, मूर्तिलाई रथमा राखेको तीन दिनमा सक्खरको सर्वत खुवाएर पुल्चोकमा राखिन्छ। त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ।, मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यसपछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ।, जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ।, तस्बिरहरू:,
मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ।, मेघ गर्जनसहित पानी परेको हो।, हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको पनि महाशाखले जनाएको छ।, प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ।, यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।, प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।,
काठमाडौंमा बिहानैदेखि वर्षा
|
सेतोपाटी संवाददाता काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गए राति भएको दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने करिब २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएकको छ।, उनको उपचारको क्रममा वीर अस्पतालमा गए राति २ बजे मृत्यु भएको हो।, बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो।, स्कुटर नालीमा पल्टिएसँगै गम्भीर घाइते भएका श्रेष्ठलाई प्रहरीले अस्पताल पुर्याएको थियो।,
बबरमहलमा स्कुटर दुर्घटना, एकको मृत्यु
|
सेतोपाटी संवाददाता मोरङको कानेपोखरीमा आइतबार साँझ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१६ का अन्दाजी २९ वर्षीय रुपक श्रेष्ठ छन्। , प्रहरीका अनुसार ना ३ ख ६७६ नम्बरको ट्रकले आइतबार साँझ साढे ६ बजे श्रेष्ठ सवार प्रदेश १–०२–०४९ प नम्बरको मोटरसाइकललाई कानेपोखरी गाँउपालिका–७ मा ठक्कर दिएको थियो। , ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो । , ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।,
मोरङको कानेपोखरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
|
रासस मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ।, जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त भएका हुन्। , जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको थियो। एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ।, यार्सागुम्बा सङ्कलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था पनि छ ।, जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। उनीहरुलाई अहिले आयस्रोत जुटाउने र निर्वाचनमार्फत प्रतिनिधि चयन गर्नुपर्ने दोहोरो चटारो छ।, यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गरेका छन्। जडीबुटी सङ्कलनको समय भएकाले यहाँको सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए।, ‘यार्सागुम्बा सङ्कलन क्षेत्रमा सुरक्षाकर्मी पुग्नुपर्ने हुन्छ’, उनले भने ‘निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउन जुटेका छौंँ।’ , नाम्केखर्क, नारफु, माथिल्लो मनाङको खाङ्सार खर्कदलगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिँदै आएको एक्याप इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। , असार अन्तिम हप्तासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ। मनाङवासीलाई नागरिकता वा बसाइँसराइको प्रमाणपत्रका आधारामा यार्सागुम्बा सङ्कलनको पूर्जी दिइन्छ। , यार्सागुम्बा सङ्कलनको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिइने गौतमले बताए।, मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्य रुपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ। , दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री हुन नसक्दा जिल्लाको राजस्व घटेको थियो। यसवर्ष जडीबुटी सङ्कलन भइरहेकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ। ,
मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो
|
रासस चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ। ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो। , निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो। ती दुई नदीमा भेटिएकामध्ये आठ वटा गुडका अण्डा ल्याइएको छैन। ती दुई नदीबाट गत वर्ष ४३६ वटा अण्डा ल्याइएको थियो। ती अण्डाबाट २५८ वटा बच्चा कोरलिएका थिए। , विगत दुई वर्षदेखि प्रजनन् केन्द्रमा पारेका अण्डाबाट बच्चा कोरलिएका छैनन्। त्यहाँ २०३५, २०३६ र २०३७ सालका एक भाले र १२ वटा पोथी गोही छन्। त्यसयताका साना ठूला गरी ५३१ गोही रहेको पौडेलले जानकारी दिए। , प्रजनन् केन्द्रमा भाले बुढो भएका कारण बच्चा नकोरलिएको हुनसक्ने अनुमान छ। प्रजनन् केन्द्रमा रहेका अन्य गोही साना भएकाले भाले पोथी पहिचान हुन सकेका छैनन्। पौडेलका अनुसार राप्ती र नारायणी नदीमा भने पाँच वटा भाले गोही देखिएका छन्।, नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबइबाट एउटा भाले ल्याइएको थियो। राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।, हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एकहजार ६९२ गोही छाडिसकिएको छ। निकुञ्जले विसं २०३५ मा गोही प्रजनन् केन्द्र स्थापना गरी प्रजनन् केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ। ,
गोहीका ५१९ अण्डा सङ्कलन
|
सेतोपाटी संवाददाता काठमाडौंको स्वयम्भूमा हत्या गरी फरार आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, सिन्धुली दुधौली नगरपालिका-१ डकाहा बस्ने २६ वर्षीय प्रकाश तिमिल्सिना र फिक्कल गाउँपालिका-१ घर भई काठमाडौंको बनस्थली बस्ने २९ वर्षीय राजेश सुनुवार पक्राउ परेका हुन्। , उनीहरूमाथि ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभू घर भएका २८ वर्षीय नरेशकुमार गौतमको हत्या गरेको आरोप छ। , वैशाख २ गते बिहान गौतमको शव काठमाडौं महानगरपालिका-१५ भगवान पाउस्थित सडक किनारामा फेला परेको थियो।, उनको शव अनुहारमा चोट भएको अवस्थामा फेला परेको थियो। , त्यसमा अनुसन्धान गर्दा प्रकाश तिमिल्सिनासहित दुई जनाले नरेशमाथि कुटपिट गरी हत्या गरेको खुलेको हो। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले प्रकाशलाई आइतबार गोरखाको चुमनुब्री गाउँपालिका-३ जगतबाट पक्राउ गरेको हो।, गत बुधबार प्रहरी वृत्त स्वयम्भूले सिन्धुलीका राजेश सुनुवारलाई बनस्थलीबाट पक्राउ गरेको हो। , प्रकाशले लगाएको चाँदीको सिक्री हराउँदा हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘प्रकाशले लगाएको चाँदीको सिक्री हराएको थियो। हराएको सिक्री मृतक नरेशकुमारले चोरेको भन्दै दुबैजनाले मिलेर कुटपिट गरेर हत्या गरेको खुलेको छ,’ उनले भने।, उनीहरूले अघिल्लो रात नै लागु औषध समेत सेवन गरेको प्रहरीको भनाई छ। , कर्तव्य ज्यान मुद्दामा प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान अघि बढाएको छ। ,
चाँदीको सिक्री हराउँदा स्वयम्भूमा पुरूषको हत्या, आरोपित गोरखाबाट पक्राउ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ९ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार २५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३३३ जनाको पिसिआर र ९ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै २१ जना कोरोना मुक्त भएका छन्। , अहिले देशभर २११ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए ९ जना कोरोना संक्रमित,अझै २११ सक्रिय संक्रमित
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, पोखरालगायत गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ।, स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसमविद् सलिना शाक्यले जानकारी दिइन्।, लुम्बिनी प्रदेशबाट सुरू भएको वर्षा गण्डकीहुँदै बागमती प्रदेशसम्म आइपुगेको शाक्यले बताइन्। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भइरहेको उनले बताइन्।, ‘लगातार पानी पर्ने होइन, पर्दै रोकिदै गरेको छ। यो प्रक्रिया अझै २-३ दिनसम्म चल्नेछ’, उनले भनिन्,‘लगातार वर्षा नभए पनि गण्डकी र बागमतीमा रोकिदै केही बेर पर्दै आएको छ। ’, कस्तो रहनेछ आगामी तीन दिनको मोसम?,
२०७९ वैशाख १९ गते (सोमबार),
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि बदलि रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती : प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, २०७९ वैशाख २० गते (मंगलबार),
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।,
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।, २०७९ वैशाख २१ गते (बुधबार),
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।,
काठमाडौं र पोखरामा वर्षा, कस्तो रहनेछ आगामी तीन दिनको मौसम?
|
सेतोपाटी संवाददाता सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ।, पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रूपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर ‘पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढिरहेको छ। विश्वव्यापी रपमा संक्रमण घटेको भए पनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ। त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ’, उनले भने, ‘हाम्रोमा एकदमै चाँडै त्यही अवस्थामा आउँछ। हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ। भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ।’, बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन्।, उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशनसमेत दिइसकेको बताए।, सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए। सोमबार ,न्युज एजेन्सी नेपाल,सँग कुरा गर्दै उनले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताए।, ‘पछिल्लो समय हाम्रो आम व्यवहार, बुझाइ हेर्यौं भने कोभिड १९ संक्रमण सकियो कि भन्ने जस्तो देखिँदैगएको छ। साथै जनसंख्याको मापदण्डको उल्लंघन बढी नै भएको देखिन्छ’, उनले भने, ‘भेटघाट अलि बढी भएको, मास्कको प्रयोगमा अलि बढी ख्याल नगरेको,भौतिक दूरीमा ख्याल नगरिएको हो कि भन्नेजस्तो देखिरहँदा अर्कोतिर हाम्रै नजिकमा छिमेकमा संक्रमण एकदमै बढ्दै जाँदा हामी अझ बढी जोखिममा छौँ।’, सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिए।, ‘तपाईले लगाउने मास्क, गर्ने व्यवहार, कायम गर्ने भौतिक दूरी र तपाई हामीसँग जोडिएका मान्छेहरु संक्रमण बढी भएको ठाउँबाट फर्केर आउँदा समस्या हुनसक्छ,’ उनले भने, ‘अहिले विविध कारणले यो अवस्था देखिएको छ। चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ। यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ। यति गरेमा हामीले सम्भावित जोखिमलाई टार्न र केही समय पर धकेल्न सक्छौँ।’, सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए। उनले यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताए।, सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनु पर्ने बताए। उनले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने बताए।, ‘अहिले फैलिरहेको संक्रमण ओमिक्रोनकै एउटा प्रजातिकै रुपमा अहिलेसम्मको प्रारम्भिक तथ्यहरुबाट त्यही आइरहेको छ। पछिल्लो तथ्यांकहरु प्रारम्भिक छन् त्यसैले धेरै कुराहरु आउन बाँकी नै छ’, उनले भने, ‘तर जति आएका छन् त्यस तथ्यले संक्रामक छ, त्यसलाई रोकथाम गर्नका लागि हामीले विगतमा गरेका उपायहरु प्रभावकारी छन्। कोभिड १९ बिरुद्धको खोप नै प्रभावकारी छ । यसको जोखिमका सन्दर्भमा हामीले समयमै सावधानी अपनाउन सके अस्पताल भर्ना, मृत्यु र अङ्गभङ्ग हुने कुरा जस्ता जोखिमलाई कम गर्न सकिन्छ।’, सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे।, उनले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिए।, ,
भारतमा कोरोना संक्रमणको दर फेरि बढ्न थाल्यो, हामी सतर्क हुनुपर्यो- स्वास्थ्य मन्त्रालय
|
सेतोपाटी संवाददाता फास्ट ट्रयाकमा लोडर दुर्घटनामा परी तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ। , मकवानपुरको बकैया गाउँपालिका-११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सेतोपाटीलाई जानकारी दिए। , सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने क्रममा ५० मिटर तल खसेको थियो। त्यसमा सवार एक नेपालीसहित ६ जना चिनियाँ नागरिक घाइते भएका थिए। , उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। उपचार क्रममा गम्भीर घाइते भएका तीन जना चिनियाँ नागरिकको मृत्यु भएको सिलवालले बताए।, बाँकी तीन जनाको उपचार भइरहेको सेनाले जनाएको छ। थप विवरण आउने क्रममा रहेको सिलवालले बताए।,
फास्ट ट्रयाकमा लोडर दुर्घटना हुँदा तीन चिनियाँको मृत्यु, तीन घाइते
|
सेतोपाटी संवाददाता सरकारले अहिलेसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ।, बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिलेसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिइन्। , उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी कार्य भइरहेको बताइन्। , राहदानीसम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उनले बताइन्। , उनले राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि बताइन्।,
२ लाख ३० हजारभन्दा बढी इ-पासपोर्ट जारी
|
भगवती पाण्डे राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।, दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्याण्ड भएको हो। यसअघि जहाज रनवेबाट फर्किन सकेको थिएन। तर केही समयमै फर्काइएको थियो।, विमानस्थल पुगेपछि जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो। अहिले जहाजबाट ओर्लिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव लगायतलाई स्वागत गरिएको छ। उनीहरूलाई खादा, माला लगाएर विमानस्थल प्रशासनले स्वागत गरेको छ।, प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकतापूर्वक पर्खिएर बसेका थिए।, जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत पूरा क्षमतामा यात्रु बोकेर उडेको हो। जहाजको सिट क्षमता दुई सय ७४ छ।, जहाजले ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गरेको हो। नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको हो।, नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विश्वभरका एयरलाइन्सले उडान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि वाइडबडी जहाजबाट परीक्षण उडान गरेको हो।, नेपालकै एक ठाउँबाट अर्को अहिलेसम्म ठूला जहाज उडान/अवतरण गरिएको थिएन। काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत रूपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ।, जजिरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ। अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।, गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान/अवतरण गर्नेछन्। यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ। , सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले केही समय अवरोध भएको थियो। , पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो।, एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।, अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ।, कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।, ,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता सुनसरीमा बसले मोटसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , हरिनगरा गाउँपालिका-४ नुनिया टोल बस्ने ४९ वर्षीय प्रदीप साहको मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। मृतक मोटरसाइकल चालक हुन्। , बिहीबार नुनिया टोलस्थित हुलाकी राजमार्गमा दुर्घटना भएको हो। को २३ प ६६६७ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थियो। विपरीत दिशाबाट आइरहेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। , घाइते साहलाई उपचारको लागि नोबेल अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ,
विराटनगर-१ का ३३ वर्षीय चालक मोहमदरेम अन्सारीलाई बससहित इलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिएको जनाएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।,
सुनसरीमा बसले मोटसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
|
भगवती पाण्डे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रन वेबाट नेपाल एयरलाइन्सको वाइडबडी फर्किन सकेको छैन। , रनवे बाट ट्याक्सी वेमा आउने लिंक रोडभन्दा केही अगाडि गएर रोकिएको छ। त्यहाँबाट मोड्दा डोमेस्टिक एप्रोनमा जान्छ तर त्यहाँ रोकिन ठाउँ पुग्दैन।, रन वेबाट तानेर ल्याउने तयारी गरिएको विमानस्थल प्रशासन अधिकृत विनोद सिंह रावतले जानकारी दिएका छन्।, प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकता पूर्वक पर्खिएर बसेका छन्।, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५:५५ बजे ल्याण्ड भएको थियो। तर रन वेबाट जहाज फर्किन सकेन।, दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।, जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत पूरा क्षमतामा यात्रु बोकेर उडेको हो। जहाजको सिट क्षमता दुई सय ७४ छ।, जहाजले ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गरेको हो। नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको हो।,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रन वेबाट फर्किन सकेन नेपाल एयरलाइन्सको वाइडबडी
|
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , बर्दिया बारबर्दिया नगरपालिका-१ जमुनिया घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएका ३४ दिनेशभक्त वलीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनका अनुसार वलीले पीडितलाई विभिन्न बैंकको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएका थिए। , प्रहरीले उनलाई बिहीबार ग्वार्कोबाट पक्राउ गरेको हो।, गत फागुन १६ र १७ गतेको उच्च अदालत पाटनले बैंकिङ कसूरका मुद्दामा १२ दिन कैद र २४ लाख ६५ हजार ४३४ रुपैयाँ जरिवाना फैसला तोकेको थियो। उक्त फैसलापछि वली फरार थिए। , प्रहरीले फैसला कार्यान्वयनको लागि वलीलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ। ,
,
ललितपुरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ४ हजार ८८२ जनाको पिसिआर र ९९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , यस्तै अहिले देशभर २४९ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १५ संक्रमित, २४९ सक्रिय
|
सेतोपाटी संवाददाता मुस्ताङमा तिर्थयात्री बोकेको बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।, बिहीबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ मा दुर्घटना हुँदा स्थानीय पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार यानीले जानकारी दिए। , उनका अनुसार विराटनगरबाट तिर्थायात्री बोकेर आएको ना ५ ख २१४९ नम्बरको बस दुर्घटनामा परेको हो। बस तिर्थयात्रीलाई दर्शन गराएर विराटनगर फर्किँदै थियो। , ‘घुम्ती ओरालो छ। घुम्तीमा बस चिप्लिएर दुर्घटना भयो। त्यसपछि पैदलयात्रीलाई लागेर मृत्यु भयो,’ प्रहरी नायब उपरीक्षक यानीले भने। , बसमा सवार घाइतेहरूको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको छ। , घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ,
मुस्ताङमा तिर्थयात्री बोकेको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
|
सेतोपाटी संवाददाता हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। , सर्केगाड गाउँपालिका-६ घर भई सिमकोटमा बसेका ४४ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। , उनका अनुसार बुधबार मतदान केन्द्रमा सबैलाई खटाइएको थियो। उनले हिजो साथीको डेरामा बस्न गएको बताए।, ‘ढोका बन्द गरेर सुतेको रहेछ। ढोका नखुलेपछि घरबेटीले आज ५ बजेतिर हामीलाई खबर गरेको थिए’, उनले भने,‘रोकायाको शव भुइँमा मृतक अवस्थामा भेटिएको हो।’, प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।,
आफ्नै कोठामा मृत भेटिए म्यादी प्रहरी
|
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नगरभित्रका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ।, महानगरको पूर्व योजना अनुसारनै नगरभित्र निःशुल्क एम्बुलेन्स, दमकल, शववाहन सुरू गरेको महानगरपालिकाका निवर्तमान मेयर चिरीबाबु महर्जनले बताए।, महानगरले २४ सैं घण्टा दमलकसँगै एम्बुलेन्सले पनि निः शुल्क सेवा दिने महर्जनले जानकारी दिए। , हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरूलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन महानगरले आफ्नै खर्चमा एम्बुलेन्स खरिद गरि दमकलसँगै निःशुल्क सेवाको सुविधा उपलब्ध गराउन सुरू गरेको हो।, महानगरमा बसोवास गर्ने बिरामीलाई सहज रूपमा अस्पतालसम्म लैजान–ल्याउन आफूहरूले निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए। ‘२४ सैं घन्टा हामी महानगरबासी बिरामीलाई निःशुल्क सेवा दिन्छौं’, हाथेछुले भने, ‘महानगर भित्रका कसैलाई समस्या परेमा हामीलाई निःशुल्क ललितपुर नगर प्रहरीको हटलाइन नम्बर ११३१ को व्यवस्था गरेका छौं, जुन २४ सैं घन्टा उपलब्ध हुन्छ।’, उनले अब नगर प्रहरीले एकै ठाउँबाट दमकल, एम्बुलेन्स, सुरक्षा, शववाहन लगायत महानगरबासीको अत्यावश्यक सेवा उपलब्ध हुने बताए।, ‘हामीले दमकल जस्तै एम्बुलेन्स पनि स्टाण्डबाई राखेका छौं। एम्बुलेन्सले महानगरको भौगोलिक क्षेत्र भित्र निःशुल्क सेवा दिनेछ’, उनले भने, ‘रोगको प्रकृति हेरि प्राथमिकीकरण गरी सेवा प्रदान गर्नेछ। यसमा हृदयघात, मृगौला रोगी, आकस्मिक सेवाको पहिलो प्राथमिकता पाउनेछन्।’, एम्बुलेन्सको सञ्चानको सबै जिम्मेवारी नगरप्रहरीले लिएको छ।,
ललितपुर महानगरद्वारा २४ सैं घन्टा निःशुल्क एम्बुलेन्स सेवा सुरू
|
मन्दिरा घिमिरे काठमाडौंको प्रमुख पर्यटकीय स्थल हो चोभार। डेटिङदेखि चलचित्र र म्युजिक भिडिओ सुटिङका लागि पनि धेरैको रोजाइमा पर्छ चोभार डाँडा। पिकनिक खाने र मञ्जुश्री गुफा हेर्न पुग्नेको पनि चोभारमा घुइँचो हुन्छ।, चोभार जानुभयो भने अब तपाईं घोडामा चढेर घुम्न पनि सक्नुहुन्छ।, भोट्टी र बब्ली नामका कालो र खैरो घोडाले दिनदिनै पर्यटकलाई चोभार घुमाउँछन्। , यी घोडा कीर्तिपुर नगरपालिका-६ चोभारमा जन्मिएका ५० वर्षीय ज्ञानेन्द्र थापाले इलामको जौबारीबाट ल्याएका हुन्।, बुवा आमाका एक्ला सन्तान थापाले जिन्दगीमा धेरै हन्डर खाइसकेपछि चोभारमा पर्यटकलाई घोडामा राखेर घुमाउने काम थालेका हुन्।, ‘म ८ वर्षको हुँदा बुबा बिते। आमाले छोडेर गइन्’, थापाले सेतोपाटीसँग भने ‘त्यसपछि मलाई काकाकाकीले पाल्नुभयो, हुर्काउनुभयो। १० कक्षासम्म पढाउनुभयो।’, २०४५ साल उनको विवाह भयो। घरबार सम्हाल्नुपर्ने भयो।, थापाले सुरूमा घर नजिकैको चोभार सिमेन्ट उद्योगमा काम गरे।, ‘२०४९ सालबाट हिमाल सिमेन्ट उद्योगमा काम गर्न थालें’, उनले भने, ‘तर २०५७ सालमा उद्योग बन्द भयो।’, बेरोजगार भएर घर चलाउन र बालबच्चा पढाउन धौ धौ भयो। उनले व्यवसाय गर्ने सोच बनाए।, काठमाडौंदेखि रेडिमेड सामानको व्यापार गर्न इलामको पशुपतिनगर हुँदै दार्जिलिङसम्म पुगे। उनको त्यो व्यापार चलेन। त्यसपछि विकल्पको खोजीमा अरू युवाझैं उनी पनि वैदेशिक रोजगारीका लागि २०६४ सालमा पहिलो पटक दुबई गए।, काठमाडौंबाट उड्दा उनको मनमा ठूला सपना थिए। दुबई पुगेपछि थाहा भयो, सपना पूरा गर्न सोचेजति सजिलो रहेनछ।, ‘दुबईमा आर्थिक बन्दी लाग्यो। जसका कारण ओभरटाइम गर्न पाइएन’, उनले भने ‘२०६६ सालमा नै नेपाल फर्किएँ।’, थापा विकल्पको खोजी गर्न थाले। सोही खोजीको क्रममा केही सीप भए काम गर्न सकिन्छ भन्ने लाग्यो। अनि थापाले कुकिङ सिकेर मलेसिया जाने सोच बनाए।, ‘कुकिङ सिक्ने क्रममा भारत पुगें’, उनले भने ‘तर त्यहाँ लफडा भयो। ट्रेनिङको अवधि नसकी घर फर्किएँ।’, त्यसपछि उनी मलेसिया गए। आफ्नासँग पर बस्न उनलाई सकस भयो। तीन वर्षपछि स्वदेश नै फर्किए।, मलेसियाबाट फर्केपछि उनलाई नेपालमा नै केही गर्छु भन्ने भयो। तर के गर्ने मेसो पाएनन्।, पशुपतिनगर जाँदा उनले मानिसहरू घोडामा चढेर रमाएको देखेका थिए। त्यहाँ मानिसहरू घोडा चढ्ने, फोटो खिचाउने र टिकटक बनाउने गर्थे।, चोभारमा पनि मानिसहरू घुम्न आउने गरेका उनले बच्चैदेखि देखेका थिए। चोभारमा पनि घोडा भए मानिसहरू रमाउने र आफ्नो व्यापार पनि हुने उनले ठाने।, उनले चोभारमा घोडा चलाउने योजना बनाए। कुन जातको घोडा कहाँबाट ल्याउने भन्ने उनलाई आइडिया थिएन। विभिन्न ठाउँमा गएर जानकारी लिए।, ‘मारवाडी घोडा राजस्थानबाट मगाउँदा ३ देखि ४ लाखसम्म पर्ने रहेछ,’ उनले भने, ‘त्यस्तो घोडा ल्याउँदा सोहीअनुसार खानपान र स्याहारमा खर्च गर्नुपर्थ्यो। त्यही भएर नेपालकै घोडा काठमाडौं ल्याउने सोच बनाएँ।’, उनी घोडाको खोजीमा इलामतिर लागे। तीन दिनको लगातार खोजीपछि उनले घोडा भेटे।, ‘धेरै ठाउँ धाएँ। तर यो भोट्टी नै मन पर्यो,’ थापाले भने, ‘यो सोझो रहेछ। पुच्छरमा समाउँदा पनि केही गरेन। चढ्दा पनि अरू जस्तो उफ्रिने केही गरेन।’, धेरै घोडामध्ये उनले भोट्टीलाई नै रोजे। गाडीमा राखेर उसलाई इलामदेखि काठमाडौं ल्याए।, उनले भोट्टीलाई २०७६ माघमा ल्याएका हुन्। भोट्टी ल्याएको दुई महिनामा नै कोरोना महामारी सुरू भयो।, बेच्ने साहुलाई घोडा दुई जिउको भएको थाहा रहेनछ।, ‘एउटा घोडाको दाम तिरेर ल्याएको थिएँ तर त्यो त गर्भवती पो रहेछ’, उनले भने ‘पहिलो लकडाउनमा उसले बच्चा जन्माई। मलाई भैंसी किन्दा पाडो उपहारजस्तै भयो।’, अहिले उनीसँग भएको घोडा पोनी साइजको हो। पोनी साइजको घोडा भए पनि यो लोकल प्रजातिको नेपाली घोडा भएको बताए।, अहिले ८ वर्षकी भोट्टीले मात्र मानिस बोक्ने गर्छे। बब्लीले केही समयअघिसम्म मान्छे बोक्थी। अहिले बब्लीको घुँडामा चोट लागेको छ।, ‘प्लटिङ गरेको जग्गामा चरिरहेको बेला कसैले भाटाले हानेको जस्तो छ’, उनले भने, ‘चोट लागेका कारण केही हप्तादेखि यो यतिकै बसिरहेको छ।’, उनले ठूलो चौरमा घोडा चढेर एक फन्को मार्दा एक सय लिने गरेको बताए। घोडा चढ्न डर लाग्नेले फोटो मात्र खिच्दा ५० रुपैयाँ लाग्छ।, घोडामा चढ्न सक्नेहरू डुलेर रमाउने गरेको र डर लाग्नेहरू पनि फोटो खिचेर र टिकटक बनाएर मज्जा लिने गरेको उनले बताए। , जाडोको समय पिकनिक खान आउनेहरू धेरै हुँदा राम्रो आम्दानी हुन्छ। शनिबारबाहेक अरू दिन खासै कमाइ हुँदैन।, थापाले घोडासँगै चोभारमा चिया पसल पनि खोलेका छन्। घरमा गाईवस्तु पालेका छन्। बिहानै ५ बजेर उठेर कुँडोपानी गरेर घर-घरमा दूध बेच्न पनि आफैं जान्छन्।, जति कमाइ होला सोचेर उनले घोडा ल्याएका थिए, त्यो भने पूरा हुन सकेको छैन। घोडाको कमाइले उनीहरूलाई खुवाउनै ठिक्क हुने उनले बताए, ‘घोडाले बिहान दुई किलो मकै खान्छ र दिउँसो चर्छ,’ उनले भने, ‘बेलुका गहुँको चोकर र भिजाएको चना खान्छ। अहिले त यिनीहरूको कमाइले यिनीहरूलाई नै खुवाउन पनि धौधौ छ। बिस्तारै कमाइ बढ्ला कि!’,
अब घोडामा चढेर घुम्न पाइन्छ चोभार
|
राजेश घिमिरे राजमार्गमा गुडिरहेको ट्रक कब्जामा लिएर खुद्रा सामान र लत्ताकपडा चोरी गर्ने गिरोहका केही व्यक्तिलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। , वीरगञ्जबाट आउँदै गरेका दुइटा ट्रकमा लोड गरिएका खुद्रा सामान र लत्ताकपडा बुधबार पूर्व–पश्चिम राजमार्गको नयाँ बस्ती भन्ने ठाउँमा लुटिएका थिए।, ट्रकका चालकले घटनाको विषयमा जानकारी गराएपछि तुरुन्त प्रहरी परिचालन गरी ट्रक, लुटिएका सामान, लुटपाटमा प्रयोग भएका सवारी साधनसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए।, अधिकारीका अनुसार राप्ती नगरपालिका–१ मा पर्ने राजमार्गमा ५/७ जनाको नकाबधारी समूहले आफ्नो गाडी ट्रकको अगाडि रोकेर चालकलाई धम्काएका थिए। उनीहरुले ट्रक चालकलाई नियन्त्रणमा लिएर लोड गरिएका सामानहरु कब्जामा लिएको अनुसन्धानबाट देखिएको एसपी अधिकारीले बताए। , ‘सूचना पाएलगत्तै जिल्ला, इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी र भण्डाराबाट व्यापक रूपमा प्रहरी परिचालन गरियो। राजमार्गमा ट्रकलाई रोकेर धम्की दिई लोड गरिएका सामानहरू आफ्नो गाडीमा लगेका रहेछन्,’ अधिकारीले भने। , लुटिएका सामान खोजतलास गर्नेक्रममा बागमती प्रदेश ०३–००१ च ०६६२ नम्बरको सवारी साधन, त्यसका चालक पवन भट्टराई र त्यसमा सवार मनिष केसीलाई राप्ती–८ वीरेन्द्रनगरबाट र प्रदेश २–०३–००१ च ०८४७ नम्बरको सवारी साधन र चालक ऋषिराम शर्मालाई खैरहनी–९ सिमलटाँडीबाट नियन्त्रणमा लिइएको उनले बताए। पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ गर्दा डाँकागरी लगेका लत्ता कपडाहरु रत्ननगर–१४ लौरीघोल स्थित गाई फारमबाट बरामद गरिएको थियो। , जिल्ला प्रहरीले ना ३ ख ७६२९ र ना ३ ख ७६५६ सम्बरका ट्रक र चोरी गरिएका बाहेकका लत्ताकपडा आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।, पक्राउ परेका व्यक्तिहरूलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।, पक्राउ परेका १९ वर्षीय भट्टराई खैरहनी–२ सिमलघारी, २४ वर्षीय केसी राप्ती–८ खुरखुरे र ३९ वर्षीय ऋषिराम शर्मा खैरहनी–९ सिमलटाँडीका हुन्। लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको अधिकारीले बताए। , बरामद गरिएको कपडा र चोरीमा संलग्न सवारी साधन जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्।,
ट्रक नै कब्जा गरी लत्ताकपडा चोरी गर्ने गिरोह चितवन प्रहरीको नियन्त्रणमा
|
सेतोपाटी संवाददाता ललितपुरमा मेलम्चीको पानी वितरण सुरू भएको छ।, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ललितपुर शाखाका अनुसार खुमलटारस्थित नयाँ पानी पोखरीबाट रिङरोड भित्र मेलम्चीको पानी वितरण गर्न सुरू भएको हो। , काठमाडौ उपत्यका भित्र पुरानै पाइप र धाराबाट पानी वितरण गरिरहेको केयूकेएलले ललितपुरमा भने नयाँ पाइपलाइन र धाराबाट पानी वितरण गर्न सुरू गरेको हो। , केयूकेएल ललितपुर शाखाका अनुसार पानी वितरण तालिका अनुसार हरेक दुई दिनको फरकमा ठाउँ हेरि २ देखि ४ घण्टासम्म पानी वितरण हुनेछ।, केयूकेएल ललितपुरले जेठ मसान्तसम्मकै तालिका सार्वजनिक गरेको छ।, यसअघि पनि पानी वितरण सुरु गरिए पनि मेलम्चीमा आएको भीषण बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि वितरण बन्द भएको थियो।, हेर्नुहोस् कहाँ कतिबेला पानी आउँदैछ?,
ललितपुरमा मेलम्चीको पानी वितरण सुरू, हेर्नुहोस् कहाँ कतिबेला आउँछ पानी
|
एजेन्सी दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी बोगोटाका बासिन्दाले अहिले एउटा अनौठो समस्या सामना गरिरहेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार बालसिलास नदीमा उत्पन्न भएको फिँज उडेर सहरका सडक र घरमा आइपुगेको छ।, पानी प्रदुषणका कारण बनेको फिँजको गन्ध निकै कडा छ। स्वास्थ्यलाई खतरापूर्ण भएकाले मानिसहरू फिँज नछोइकन हटाउन प्रयास गरिरहेका छन्।, Toxic foam covered parts of a river in a small town near Colombia's capital, Bogota. According to the local government, the foam floating on the Balsillas river comes from detergent wastes dumped into the river ,pic.twitter.com/koOsd9vgHu,
— Reuters (@Reuters) ,April 28, 2022, नदीबाट यति धेरै फिँज उडेर आएको छ कि एउटा सडक नै ब्लक भएको छ।, बालसिलास नदीमा त्यहाँका बासिन्दाले फोहोरसँगै रसायन र डिटरजेन्टहरू फालेको र अहिले पानी परेपछि धेरै नै फिँज बनेको वातावरण अधिकारीहरूले बताएका छन्।, बोगोटाका मेयर जियान गेरोमेताले नदीमा उम्रिएका बिरूवाका कारण पानी बग्न बन्द भएकाले पनि अहिलेको समस्या देखिएको बताएका छन्।, हेर्नुस् तस्बिरहरू:, ,
जब कोलम्बियाको राजधानीका सडकमा फिँजको बादल लाग्यो (तस्बिरहरू)
|
रासस काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ।, उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो।, कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गरेका थिए।, उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए।, उनले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गरेका छन्।, कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।,
ट्राफिक जरिवाना अब क्युआर कोर्डमार्फत तिर्न सकिने
|
रासस धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलासिस कक्ष सञ्चालनमा आएको छ।, प्रतिष्ठानमा यसअघि रहेका आठ शय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलासिस कक्ष सञ्चालनमा ल्याइएको हो । , अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरे।, उपकुलपति गिरीले २० शय्यासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। , पूर्वी नेपालको सबभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रूपमा रहेको प्रतिष्ठानमा यसअघि डायलाइसिस गर्ने मेसिनको कमी हुँदा बिरामीले सास्ती बेहोर्दै आएका थिए।, बीस शय्यामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहज रूपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चुडामणि पोखरेलको भनाइ छ। ,
,
अहिले प्रतिष्ठानमा दैनिक करिब १२० बिरामीले नियमित डायलासिस गर्दै आएका छन्। यसअघि रहेका आठ मेसिनले प्रतिष्ठानमा आएका बिरामीलाई सेवा दिन नसक्दा करिब ५० जनाले डायलासिस सेवा लिन सकेका थिएनन्।, प्रतिष्ठानमा डायलाइसिस सेवा सुरू भएको २३ वर्ष भइसकेको छ। , सन् १९९९ मा तत्कालीन उपकुलपति डा शेखर कोइरालाको कार्यकालमा प्रतिष्ठानमा डायलासिस सेवा सुरू भएको थियो।, दुई शय्याबाट सुरू गरिएको उक्त सेवा अपुग भएपछि त्यसबेला मेडिसिन विभागका डा सञ्जीवकुमार शर्माले सोही अस्पतालबाट आफैंले घर बसेर गर्ने सिएपिडी प्रविधिको डायलासिस सेवाको सुरूआत गरेका थिए। , सन् २००२ देखि प्रतिष्ठानमा सुरू भएको यो विधि पाँच वर्षसम्म अरू कुनै अस्तालमा हुन सकेको थिएन।, सन् २००४ मा डा. शर्माकै पहलमा बेलायतस्थित रोयल लण्डन अस्पतालबाट ११ थान डायलासिस मेसिन ल्याइएपछि अस्पतालको मेडिकल विभागअन्तर्गत डायलासिस युनिटको स्थापना गरिएको थियो। ,
बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलासिस मेसिन
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको हो। , २ हजार ७७१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ७७८ जनाको पिसिआर गर्दा १३ र ९९३ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो। , यस्तै, अहिले देशभर २४३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।, यस्तै कोरोनाबाट १९ जना निको भएका छन्।,
२ हजार ७७१ मा परीक्षण गर्दा १४ जनालाई कोरोना
|
भगवती पाण्डे बुटवलको ड्रिम प्रोजेक्टको रूपमा निर्माण सुरू गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माणको काम अन्तिम चरणमा पुगेको छ।, आकाशबाट हेर्दा चन्द्र-सूर्य अंकित नेपालको झण्डा आकारमा निर्माण गरिएको सम्मेलन केन्द्र डिजाइन गरिएजस्तै आकर्षक देखिएको छ।, पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ बुटवल रामनगरमा सम्मेलन केन्द्र निर्माण गरिएको हो।, २०७१ साल माघ १५ गते सम्मेलन केन्द्रको शिलान्यास गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि रूख कटानमै २७ महिना अल्मलिएपछि ढिलो गरी निर्माण थालिएको थियो।, त्यसपछि पनि झण्डै २ वर्ष कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित बन्यो। यद्यपि पहिलो चरण अन्तर्गत सम्मेलन केन्द्रको भौतिक संरचना निर्माणको काम भने गत आर्थिक वर्षमै सम्पन्न भएको छ।, दुई चरणमा गरी ठेक्का सम्झौता गरेको सम्मेलन केन्द्रमा १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ।, पहिलो चरणमा माथिबाट हेर्दा सूर्य आकारमा देखिएको संरचना निर्माणको लागि रविना समानान्तर चन्द्रसूर्य जेभी कम्पनीले २३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी गत आर्थिक वर्षमै निर्माणको काम पूरा गरिसकेको छ।, पहिलो चरणमा ११ सय क्षमताको मुख्य सभाहल रहेको भवन, दुइटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।, त्यस्तै, दोस्रो चरणमा चन्द्र आकारको भवन, रङरोगन, सजावट, कुर्ची टेबल, विद्युत, सिसिटिभी जडान, प्रवेशद्वार लगायतका संरचना निर्माणका लागि आशिष निर्माण सेवाले ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।, आशिषले पनि ९४ प्रतिशत काम पूरा गरिसकेको आयोजना प्रमुख पन्थीले बताए।, सम्मेलन केन्द्र परिसरको ग्रिनरी सहितको बाटो, फुटपाथ, क्यान्टिन, शौचालय, कर्मचारीहरूको लागि आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचा लगायतका संरचना पनि दोस्रो चरण अन्तर्गत निर्माण गरिएका हुन्।, आयोजना प्रमुख धर्मेन्द्र पन्थीले अहिले पहिलो चरणको काम सकेर दोस्रो चरण अन्तर्गत सम्मेलन केन्द्र कुर्ची जडान, साउण्ड सिस्टमको काम र सरसफाइको काम भइरहेको बताए।, पन्थीले दोस्रो चरणको काम पनि ९४ प्रतिशत पूरा भइसकेको र सम्मेलन केन्द्र भित्रको सरसफाइ, बाहिर बगैंचामा दुबो लगाउने जस्ता मसिना काममात्रै बाँकी रहेको बताए।, ‘सुरूआतमै रूख कटानमा अवरोध नभएको भए दुई वर्ष पहिले नै काम सम्पन्न हुने थियो, २७ महिना त रूख कटान गर्न नपाएर रोकिनुपर्यो, त्यसपछि फेरि कोभिड महामारीले रोकिन पर्यो,’ पन्थीले भने।, पन्थीले दोस्रो चरणको कामको लागि असार मसान्तसम्म ठेक्का सम्झौता अवधी रहेकोले त्योभन्दा पहिले नै पूरा गर्ने बताए।, ‘कोभिडको कारण ६ महिना समय थप भएर असार मसान्तसम्म सम्झौता अवधी पुगेको छ, हामीले असार ७ गतेसम्म पूरा गर्छौं भनेर लागेका छौं,’ उनले भने।, सम्मेलन केन्द्रको सम्पूर्ण काम पूरा भएपछि सञ्चालनका लागि भने बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ।, भौतिक संरचनाको काम पूरा भइसकेपछि सतहबाट हेर्दा ब्लक अनुसार फरक-फरक संरचना देखिए पनि माथिल्लो तहबाट हेर्दा भने सम्मेलन केन्द्रका तीनवटै ब्लकहरू आपसमा जोडिएर नेपालको झणडा आकारमा आकर्षक देखिएको छ।, लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवर्द्धन गर्ने भन्दै तत्कालीन सरकारले ग्रेटर लुम्बिनीको अवधारणा अनुरूप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो।, योजना निर्माण गर्दा दोस्रो प्राथमिकतामा परेको सम्मेलन केन्द्र निर्माणको योजनालाई योजना आयोगबाट पहिलो प्राथमिकतामा पारी निर्माण प्रक्रियाको काम अघि बढाइएको थियो।, यस क्षेत्रका संघीय सांसद, पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र त्यसदेखि पश्चिमतर्फ निर्माण भइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलाई बुटवलका ड्रिम प्रोजेक्टको रूपमा अगाडि बढाएका थिए।, बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण गरिएको छ भने पश्चिम तर्फको ६ दशमलव ४ बिघा क्षेत्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ।, एक अर्ब दुई करोडको लागतमा क्यापासिट इन्फ्रा प्रोजेक्ट्स (गौरी–पार्वती जेभी कम्पनी) ले ठेक्का सम्झौता गरी प्रदर्शनी केन्द्रको काम गरिरहेको छ।, २०७६ साल जेठ १३ गते शिलान्यास गरिएको प्रदर्शनी केन्द्रको काम पनि २७ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर सम्मेलन केन्द्र जस्तै प्रदर्शनी केन्द्रमा पनि रूख कटानमै समस्या भएपछि निर्माणमा ढिलाइ भएको पन्थीले बताए।, प्रदर्शनी केन्द्रको अहिले ५५ प्रतिशत काम पूरा भए पनि कतिपय सामग्री बाहिरबाट ल्याउनुपर्दा अझै ढिलाई हुन सक्ने पन्थीको अनुमान छ।, ‘प्रदर्शनी केन्द्रको स्ट्रक्चरको काम धेरै पुरा भएको छ, छानो लगाउने जस्तापाता, मार्बल लगायतका वस्तु बाहिरबाट ल्याउनुपर्छ, अहिले एलसी खोलेर बाहिरबाट ल्याउन रोकिएको छ। कुनै व्यवधान नभए २०८० भित्रै निर्माण पूरा गर्ने हाम्रो लक्ष्य हो,’ पन्थीले भने।, सहरी विकास तथा भवन निर्माण विभागमार्फत् निर्माण भइरहेको प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ। , अहिले प्रदर्शनी केन्द्रका पनि तीन वटै ब्लकको ट्रस्ट निर्माणको काम पूरा भएको छ भने बि र सि ब्लकको पनि काम भइरहेको छ।, बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरी २०६५ सालमा सरकारले निर्णय गरेको थियो।, वर्षौंदेखि बसपार्क, सडक डिभिजन परिसर लगायतका क्षेत्रमा औद्योगिक प्रदर्शनी केन्द्र तथा व्यापार मेला आयोजना गर्दै आएका यहाँका उद्योगी व्यवसायीलाई प्रदर्शनी केन्द्र निर्माणपछि राहत मिल्ने छ।, निर्माणाधीन प्रदर्शनी केन्द्रको तीन वटा ब्लकमा ८ सय ३८ स्टल सहभागी हुन सक्ने छन्। कबर्ड स्टल रहने भएकोले जुनसुकै मौसम र समयमा पनि प्रदर्शनी आयोजना गर्न सकिने छ।, बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकता अनुसार अलग/अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ।, प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्ने छन् भने २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकैपटक खाजा खान सक्नेगरी फूड कोर्ट निर्माण गरिँदै छ।, यस्तै, एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय मोटरसाइकल र चार सय चार पांग्रे गाडी पार्किङ गर्न मिल्ने गरी सभाहल र सम्मेलन केन्द्रको बीचमा पार्किङस्थल तयार गरिँदै छ।,
आकाशबाट देखिएको बुटवलको ड्रिम प्रोजेक्ट-अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
|
राजेश घिमिरे चितवनको गड्यौलीकी सुजिता भण्डारीको मृत्यु सम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले अभियोगबाट सफाइ पाएका छन्।, न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ हुने फैसला सुनाएको हो।, राप्ती-३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी चितवन प्रहरीमा जाहेरी परेको थियो। घटनाको दोषी आफ्नै ठूलोबुबाको छोरा सचिनलाई बनाई सुजिताको आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्। , गत असार २२ गते सुजिताको आमा अम्बिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या भनी नाम किटान नगरी जाहेरी दिएकोमा पछि नामै किटान गरी आत्महत्या दुरूत्साहन गरेको जाहेरी दिएकी थिइन्।, आत्महत्या दुरूत्साहन मुद्दा लागेका सचिन भण्डारीसँग चितवन अदालतले साउन ३२ गते ५० हजार धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेर उनी कारागार चलान भएका थिए। , काठमाडौंमा रहँदा बस्दा दाजुबहिनीबीच गहिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते बिहे गर्न भनेकोमा आफूले हुन्न भनेको सचिनले अदालतमा बयान दिएका थिए। , दिदीको घर जान्छु भनी हिँडेकी सुजिता भण्डारी काठमाडौं गएर केही समय दिदीकोमा बसेपछि सचिनले कोठा खोजी बोलाएका र दुबै जना सँगै बसेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो। त्यसपछि आत्महत्या दुरूत्साहन आरोपमा पारिवारिक नातागोता अर्थात् मृतकको ठुलोबुवाको छोरा झापा जिल्लाका सुकदेव (सचिन) भण्डारीलाई प्रहरीले मुद्दा चलाएको थियो। , सुजिताको परिवारले गत असार ११ गते आफ्नो मोबाइलबाट फोन तथा एसएमएस गरी हराएको जानकारी गराएको भन्दै अपहरण भएको भन्दै खोज्न आग्रह गरेका थिए।, असार २० गते राप्ती नगरपालिका वडा नम्बर ३ कै ब्रम्हास्थान सामुदायिक वन स्थित आँपगैरी खोल्सामा सुजिताको शव भेटिएको थियो।,
सुजिता भण्डारी मृत्यु प्रकरण: सुकदेव भण्डारीले पाए सफाइ
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन्। , दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान भित्र सरसफाइ गर्ने क्रममा विमानको शौचालय भित्र फोहरसँगै रहेको सुनका विस्कुटहरू लिएर बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा पाँचथर याङवरक गाउँपालिका-४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका-५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका-२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका-४ का ३६ वर्क्षीय ताराकान्त चौधरी रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए। , बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थानमा आई निजसँगै काम गर्ने सहकर्मी साथी सुमनलाई सुनको बिस्कुटहरु बाँडी लग्ने क्रममा पक्राउ गरेको हो , माबोले बिमानको शौचालय भित्र फोहरसँगै फेला पारेका सुनका विस्कुटहरू बाहिर फोहोर जम्मा गर्ने स्थानमा आएर उनीसँगै काम गर्ने सुमन तामाङसँग बाँडेका थिए।, त्यसपछि सुनका बिस्कुट आ-आफ्नो मनि पर्समा लुकाएर विमानस्थलको फलामे गेटहुँदै बाहिर निस्कने क्रममा स्क्रिनिङ गर्दा दुबैको साथबाट समान १०-१० वटा सुनको बिस्कुट फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुबैको साथबाट समान ११६६ ग्राम सुन फेला परेको हो।, उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप तीन जना संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।, उनीहरूलाई नियन्त्रणमा लिएर बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।,
विमानको शौचालयमा फेला परेको झन्डै साढे २ किलो सुनसहित पाँच पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, वीरगञ्ज महानगरपालिका-५ घर भई ठेंचो बस्दै आएका ३३ वर्षीय विकास तामाङ र मोरङ रतुवामाई नगपालिका-९ घर भई शान्तिनगर बस्दै आएका २० वर्षीय विक्रम मिश्रलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार उनीहरूले ५ जनालाई प्रतिव्यक्ति एक लाख ९० हजार रुपैयाँका दरले ठगी गरेका थिए। उनीहरूले नौ लाख पचास हजार रुपैयाँ ठगी गरेको आरोप छ। , प्रहरीले विकासलाई बिहीबार चुच्चेपाटी र तामाङलाई शुक्रबार जावलाखेलबाट पक्राउ गरेको हो।, उनीहरूले भिजिट भिषामा दुबई पठाएर त्यहाँ तीन हजार दिराम पाउने जागिर लगाइदिने प्रलोभन देखाई ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको जनाएको छ। ,
,
जागिर लगाइदिने प्रलोभन देखाएर नौ लाख ठगी आरोपमा काठमाडौंबाट दुई पक्राउ
|
विवेक राई बिहीबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी 'एयरबस ३३०' जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाजले 'अप्रेसनल पफर्मेन्स टेस्ट फ्लाइट' गरेको हो। , बिहीबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५ बजेर ५५ मिनेटमा भैरहवा अवतरण गरेको थियो। अवतरण हुँदा विमानस्थल वरपर जहाज हेर्न मानिसहरू भेला भएका थिए। , विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार आगामी जेठ २ गतेदेखि जजिरा एयरले उक्त विमानस्थलबाट साताको तीन दिन उडान भर्ने छ। , बाँकी एयरलाइन्स कम्पनीहरू पनि उडान गर्न इच्छुक रहेको उल्लेख गर्दै दाहालले दुई-चार महिनाभित्रै दैनिक १० वटा उडान हुने जनाए। , हेर्नुस् सेतोपाटीले भैरहवा पुगेर तयार पारेको यो भिडिओः,
जब देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज पुग्यो... (भिडिओ)
|
रासस कोरोना कहरले थला पार्दैनथ्यो भने संसारभरका पर्यटक यतिबेला नेपालका विभिन्न सहरमा पुगिरहेका हुने थिए।, काठमाडौंको ठमेल, कास्कीको लेकसाइड, चितवको सौराहा, रूपन्देहीको लुम्बिनीमा हजारौं पर्यटकले नेपालको बारेमा प्रशंसा गरिरहेका भेटिन्थे। कोही ‘ह्वाइट वाटर र्याफ्टिङमा रमाइरहेका भेटिन्थे। कोही सराङ्कोटमा प्याराग्लाइडिङको मज्जा लिइरहेका हुन्थे। , कोही अन्नपूर्णको फेदीतिर हिमाल र हिउँको वर्णन गर्दै पुलकित भइरहेका हुन्थे भने कोही सगरमाथाको आधार शिविर पुगेर आफू भाग्यमानी भएको अनुभूति गरिरहेका हुन्थे।, कोही खप्तडतिर, कोही रामारोशनतिर, कोही बर्दियातिर बाघसँग लुकामारी गरिरहेको अवस्थामा भटिन्थे।, सन् २०१९ को डिसेम्बरदेखि सुरू भएको कोरोना कहरले संसारका धेरै देश र त्यहाँका नागरिकजस्तै नेपाल पनि प्रभावित भयो।, मान्छे-मान्छेसँग डराउनुपर्ने, सामाजिक रूपमा घुलमिल हुन नपाउने अवस्था देखा पर्यो। पर्यटक बनेर संसार डुल्ने मानिस कोही घरैभित्र सीमित भए। कोही अस्पताल पुगे। कोही फर्किएर घर आए भने कोहीले त्यही जीवनलीला अन्त्य गरे। आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकसित भएको पर्यटन क्षेत्र ओरालो लाग्दा नेपालले पनि ठूलो क्षति व्यहोर्नु परेको छ। चालु आवको आठ महिनामा मात्रै १८.५ प्रतिशतले विदशी मुद्राको सञ्चिति ओरालो लागेको छ। दुई वर्ष त कोरोनाका कारण सबै क्षेत्र प्रभावित भयो। , पर्यटन र विप्रेषणबाट भित्रने वैदेशिक मुद्रामा चाप परिरहेको छ। अर्बौं लगानी गरिएका होटल, रेष्टुरेन्ट तथा पर्यटकीय क्षेत्र सुनसान बन्दा हजारौंको रोजगारीसमेत खोसियो। प्रत्यक्ष रूपमा रोजगारी पाएका १० लाख बढी नेपालीमध्ये कोरोनाका कारण झण्डै सात लाखले काम छाड्न बाध्य भए।, ती मासिनलाई रोजगारीमा पुनः फिर्ता ल्याउनुपर्ने चुनौती छ। सरकारले पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि यसअघि पहल नगरेको भने होइन। तर, कोरोनाका अनेकन भेरियन्टका कारण सरकारको सार्थक पहलले पनि यस क्षेत्रलाई पुनः जागृत गराउन सकेन। , मार्चले दिएको सकारात्मक सन्देश , यद्यपि, पछिल्ला दिनमा नेपाल भित्रने पर्यटकको संख्यामा प्रगति भइरहेको छ। कोरोना महामारीपछि सबभन्दा बढी पर्यटक सन् २०२२ को मार्च महिनामा नेपाल आएका छन्।, यसबाट पनि नेपाल पर्यटकका लागि आर्कषणको केन्द्र छ, रहन्छ र रहिरहनेछ भन्ने स्पष्ट भएको छ। अध्यागमन विभागका अनुसार सो महिनामा कूल ४२ हजार ६ जना पर्यटक नेपाल आएका छन्। जनवरीमा कूल १६ हजार ९७५ जना, फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल आएको पाइएको छ। , पछिल्ला दिनमा रूस र युक्रेन संघर्षका कारण पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक असर परेको छ।, केही देशमा कोरोना कहर अझै पनि बाँकी नै छ। बिहानले दिनको संकेत गर्छ भने जस्तै, सन् २०२२ सुरू भएदेखि नै सकारात्मक बन्दै गएको नेपालको पर्यटन बजार अझै विस्तारित भएर जाने अवस्था सिर्जना भएको छ।, सरकारले पनि पर्यटन क्षेत्रलाई थप विस्तार गर्न, बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन तथा उनीहरूलाई राम्रो आतित्थता प्रदान गर्नका लागि चरणबद्ध रूपमा कार्यक्रम र अभियान सञ्चालन गरिरहेको छ। , सरकारकै चासो र खुकुलो नीतिका कारण पर्यटकको आवागमनमा वृद्धि भइरहेको र विश्व बजारमा नेपाल खुला छ भन्ने सन्देश गएका कारण पनि अवस्था सहज बन्दै गएको छ।, सहज बन्दै गएको वातावरणलाई थप विस्तार र विकसित गर्न पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा सन् २०२२ जनवरी २७ मा ‘राष्ट्रिय पर्यटन पुरूत्थान निर्देशक समिति’ गठन गरियो।, समिति मातहत रहने गरी पर्यटन पुनरूत्थान प्राविधिक समितिसमेत गठन गरियो। सोही समितिले आज पर्यटनमन्त्री आलेलाई ‘राष्ट्रिय पर्यटन पुनरूत्थान कार्यक्रम प्रतिवेदन’ हस्तान्तरण गरेको छ। , यस वर्ष पाँच लाख, अर्को वर्ष १० लाख पर्यटक, समितिले तयार पारेको प्रतिवेदन अनुसार सन् २०२२ मा कूल पाँच लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ।, यस्तै, सन् २०२३ मा कूल १० लाखभन्दा बढी पर्यटक नेपाल आउने वातावरण तयार पारिनेछ। पर्यटन क्षेत्रबाट रोजगारी गुमाएका सात लाख मानिसलाई पुनः यसमा जोडिनेछ।, त्यस्तै, सात वटै प्रदेशमा गुणस्तरीय तालिम तथा सीप विकासका लागि विशेष अभियान सञ्चालन गरिनेछ। प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार नेपालको दीगो पर्यटन विकासका लागि नयाँ अभियानका साथ ‘रि ब्राण्डिङ’ गर्न आवश्यक छ। त्यसले देशलाई एक प्रमाणिक, समावेशी र प्ररेणादायी मन्तव्यको रूपमा पुनः स्थान दिन्छ। , पर्यटन ऐन, २०३३, नागरिक उड्डयन ऐन जस्ता प्रचलित ऐन वा नीतिहरू परिमार्जन गर्न आवश्यक रहेको ठहर गर्दै समितिले सिल्भर भिसाको व्यवस्थाका अलावा माइस टुरिजमलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ।, अन्तर्राष्ट्रिय बैठक, प्रोत्साह सम्मेलन एवं प्रदर्शनी तथा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना नेपालमा आयोजना गर्नका लागि प्रेरित गर्नुपर्ने समितिको सुझाव छ।, पर्यटकीयस्थलमा सुधार, आधुनिक वासरूम, सरसफाइ र उचित व्यवस्थापनलगायत नेपाल छिर्नेबित्तिकै प्राप्त गर्ने सेवामा गुणात्मक सुधार गर्नुपर्ने देखिन्छ।, विमानस्थलमा रहेका अध्यागमन कार्यालयमा द्रुत सेवा, एटिएम, सिमकार्ड तथा मानवीय व्यवहारसमेत सहज हुनुपर्ने र पर्यटकमैत्री हुनुपर्ने, पर्यटन सेवाको गुणस्तर, आतिथ्य र रेष्टुरेन्टको स्तर वृद्धि, खोजी नगरिएका दुगर्म क्षेत्रमा नयाँ गन्तव्य र सुविधाा, अनुसनधान, पहिचानका साथै ती मार्गको अनुमति तथा आधारभूत पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने समितिको ठहर छ। , यस्ता छन् अवसर , पर्यटन क्षेत्र पुनः विस्तारित भएका अवस्थामा थप रोजगारीका अवसरको सिर्जना हुनेछ र गुमेका रोजगारी पुनः प्राप्त हुनेछ। विश्वव्यापी रूपमा नेपालको अद्वितीय छविलाई पुनःब्राण्ड र पुनःस्थापित हुनेछ। पर्यटन व्यवसाय र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना हुने र नयाँ उचाइबाट विकासको बाटोमा अगाडि बढ्नेछ।, विदेशी मुद्राको सञ्चितिमा चाप परिरहेको बेला त्यसलाई सम्बोधन गर्न थप सहयोगी हुनेछ। विश्वको पर्यटन क्षेत्रको नक्सामा नेपालको छविलाई एक पटक घुम्नैपर्ने प्रमुख गन्तव्यको रूपमा पुनःस्थापित हुनेछ। ,
, अब के गर्ने? , मन्त्री आलेलाई बुझाइएको प्रतिवेदन अनुसार तत्काल नै नेपालको बलियो पक्षहरूको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि एक व्यावसायिक मार्केटिङ टोली गठन गरी, विशेष जिम्मेवारीसहित परिचालन गर्नु आवश्यक छ।, तीव्र रूपमा सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ। , अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका नेपालको प्रचारप्रसारलाई योजनाबद्ध प्रयत्न गर्नु आवश्यक छ। बीबीसी, सिएनएन, सिजिटिएन, अल जजिरा जस्ता अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा नेपालको पर्यटकीय गन्तव्यको श्रव्य दृश्य सामग्री प्रचारप्रसार गर्ने वातावरण मिलाउनु आवश्यक छ। , त्यस्तै, नेपालका राजदूतावास रहेका देशमा पर्यटन अधिकारी नियुक्त गरी विशेष जिम्मेवारी दिनुपर्ने सुझाव पनि समितिले दिएको संयोजक गिरीले जानकारी दिए। , प्रतिवेदन बुझ्दै मन्त्री आलेले नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन के-कस्ता काम गर्नुपर्छ त्यसका लागि सरकार र निजी क्षेत्रले सार्थक रूपमा साझा प्रयत्न गर्नुपर्ने बताए।, विमानस्थलमा रहेका सरकारी निकाय जस्तै, अध्यागमन, भन्सार लगायतमा सरलीकृत सेवा प्रदान गर्न अन्तरमन्त्रालय समन्वय, सरसफाइमा विशेष ध्यान दिँदै समयमै सेवा दिने गरी वायु सेवा प्रदायक कम्पनीले पनि तालिका तय गर्नुपर्ने मन्त्री आलेको भनाइ थियो।, उनले भौगोलिक क्षेत्रमा आधारित लक्षित पर्यटन बजारको प्राथमिकता पहिचान गर्दै सरकार त्यसमा क्रियाशील हुने बताए। ,
कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई यसरी गरिँदैछ पुनः जागृत
|
रासस गाउँका अरू युवाझैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिए र झण्डै १३ वर्ष पराइ भूमिमा बिताए।, वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टीमा गाउँमा छन्।, उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि उनलाई सुझेको छैन।, घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनका लागि खर्च जुटाउन उनी विदेशिन बाध्य छन्।, एक दशकभन्दा बढी परदेशको अनुभव बटुलेका उनलाई आफ्नै परिवारसँग बसेर स्वदेशमै व्यवसाय गर्ने धोको छ। , आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू घरदैलो गर्न थालेका छन्।, कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत आवश्यकता जोहो गर्ने योजनाका साथसाथै उनीहरूले युवा, ज्येष्ठ नागरिक, बालबालिका र महिलाका लागि पनि विभिन्न कल्याणकारी र आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन्।, देश र समाजका लागि सेवा गर्ने भावना भएर पनि काम गर्ने वातावरण नहुँदा युवा जमात विदेशिन परिरहेको छ।, अब जनताबाट चुनिएर जाने जनप्रतिनिधिले युवा जमातका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रममार्फत् गाउँमै स्वरोजगारको ढोका खोलिदिनुपर्ने श्रेष्ठ बताउँछन्। , उनी भन्छन्,‘निर्वाचनका बेला मत माग्ने निहुँमा आकर्षक योजना लिएर उम्मेदवारहरू घर-घरमा आउँछन्,जितेर गएपछि बिर्सन्छन्। कमसेकम खाडीमा जान बाध्य हामीजस्ता युवालाई गाउँमै बस्ने वातावरण बनाइदिए विदेशिन पर्ने थिएनन् नि।’ , वैदेशिक रोजगारका लागि राहदानी बनाउने युवाको संख्या दिन प्रतिदिन बढ्दो छ।, उनले थपे, ‘चुनावै पिच्छे नेताले युवालाई गाउँमै रोजगारी दिन्छौं भनेर भाषण दिन्छन्, सत्तामा पुगेपछि बोले अनुसार काम गरेको पाइँदैन। रोजगारीका लागि विदेश जानै पर्ने अवस्था छ। गाउँमै रोजगारीका यथेष्ट अवसर भइदिए विदेशिने छैनन्। स्थानीय सरकारले अब युवामुखी कार्यक्रमलाई पहिलो प्राथमिकता दिनुपर्नेछ।’, गएको पाँच वर्षको अवधिमा स्थानीय सरकारले सोचे अनुसार युवाका लागि काम गर्न नसकेको असन्तुष्टि यहाँका युवामा छ। केही गर्छु भन्ने जोश भएका युवालाई व्यापार वा व्यवसाय गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिए विदेश पलायन हुने स्थिति नआउने उनको भनाइ छ।, अब चुनिएर आउने नेताले जनमतको कदर गर्दै राहदानी बनाउन लामबद्ध युवालाई खाडीमा जानबाट रोक्न गाउँमै रोजगारको आधार खडा गरिदिनुपर्नेमा युवा जमातको जोड छ।, विकास निर्माणका काममा पारदर्शिता कायम गर्न चुस्त अनुगमन र निरन्तर खबरदारी हुनुपर्ने उनीहरू बताउँछन्।, विगतमा व्यावसायिक दक्षता र सम्भावनालाई हेरेर भन्दा व्यक्ति हेरेर सहयोग गर्ने प्रवृत्ति स्थानीय तहमा हाबी भएको स्थानीय युवा कमल पाण्डेय गुनासो गर्छन्।, विदेशबाट फर्केर गाउँमै केही गरौं भन्ने अठोट बोकेर केही युवाले पछिल्लो समय गाउँमै विभिन्न उद्योग, व्यापार र व्यवसाय सञ्चालनमा ल्याएका छन्।, ती युवालाई व्यवसाय वर्गीकरणका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिनुपर्ने पाण्डेयको माग छ। , रामपुर नगरपालिकाले कृषि र पशुपालनका साथै अन्य उद्यम र पेशा व्यवसायमा आबद्ध युवालाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने आम धारणा छ।, ‘व्यवसाय गर्छु भन्नेका लागि स्थानीय सरकारले सहुलियत रूपमा लगानी गरिदिनुपर्यो, सबैले एकै खालको व्यवसाय गरेरमात्रै पनि हुँदैन, ठाउँ र युवाको रूची अनुसारको व्यवसाय गर्ने युवालाई लगानीमा केही सहुलियत भइदिए गाउँमै युवाले उद्यम गर्नेछन्,’ उनले भने।, स्थानीय सरकारले ल्याएका युवा लक्षित कार्यक्रममा पहुँचवालाकै बोलवाला बढी हुने गरेको गुनासो सुन्न पाइन्छ। , कतिपय पालिकाले ल्याएको युवा स्वरोजगार कार्यक्रममा ऋणका लागि अनिवार्य धितो राख्नुपर्ने व्यवस्थाले युवालाई हतोत्साही बनाएको छ। , जग्गाधनी प्रमाणपत्र धितो राखेरमात्रै सहुलियतमा ऋण पाउने व्यवस्थाले यसप्रति युवाको आकर्षण घटेको बताउँछन्, मेघराज न्यौपाने।, उनी पनि करिब तीन वर्ष विदेश बसेर स्वदेश फर्केका हुन्। अहिले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्।, उनी भन्छन्, ‘रामपुर नगरपालिकाले ल्याएको युवा स्वरोजगार कार्यक्रम अत्यन्तै राम्रो छ तर, सो कार्यक्रममा सहभागी हुन जग्गाधनी प्रमाणपत्र आफ्नो नाममा चाहिँदो रहेछ। आफ्नो नाममा केही छैन, यसले अप्ठ्यारो पारेको छ। जग्गा नभएकाहरू पनि यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था अब चुनिएर आउने जनप्रतिनिधिले गर्नुपर्छ।’ , गाउँघरमा उपलब्ध स्रोत र साधनको सही उपयोग हुन सकिरहेको छैन।, ,
'चुनावका बेला मत माग्ने निहुँमा आकर्षक योजना लिएर उम्मेदवारहरू घर-घरमा आउँछन्, जितेर गएपछि बिर्सन्छन्'
|
एजेन्सी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। , ह्यारिसले मंगलबार आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी थिइन्। , एक साता लामो क्यालिफोर्निया भ्रमणबाट फर्किएपछि कोभिड-१९ परीक्षण गर्दा ह्यारिसमा संक्रमण पुष्टि भएको हो। उनको एन्टिजेन परीक्षण गरिएको थियो। , Today I tested positive for COVID-19. I have no symptoms, and I will continue to isolate and follow CDC guidelines. I’m grateful to be both vaccinated and boosted.,
— Vice President Kamala Harris (@VP) ,April 26, 2022, ह्यारिसले कोरोना भारइसविरूद्ध पूर्ण डोज खोप लगाएको थिइन्। आफूले बुस्टर डोज पनि लगाएको उनले उल्लेख गरेकी छन्। , उनलाई कोरोनाको लक्षण भने देखिएको छैन। चिकित्सकको सिफारिसमा ह्यारिसले फाइजरको एन्टिभाइरल चक्की प्याक्सलोभिड सेवन गरिरहेको ह्यारिसका प्रेस सचिव कर्स्टन एलेनले बताएका छन्। उनी अहिले क्वारेन्टिनमा छिन्।, विश्व स्वास्थ्य संगठनका महानिर्देशकटेड्रोस अधानोम गेब्रेयससले ह्यारिसको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। ,
अमेरिकी उपराष्ट्रपति ह्यारिसलाई कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता वैशाखको मध्य महिनामा सौर्यमण्डलका चार वटा प्रमुख ग्रहहरू एकसाथ नांगो आँखाले हेर्न सकिने भएको छ। , विपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी र विज्ञान संग्राहलयका कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माका अनुसार सौर्यमण्डलका प्रमुख चार ग्रहहरू नेपालको आकाशबाट एकैसाथ खाली आँखाले अवलोकन गर्न सकिनेछ।, उनका अनुसार प्रदुषण न्यून भएको स्थानबाट सूर्योदय अगाडि पूर्व-दक्षिण दिशामा खाली आँखाले वृहस्पति, शुक्र, मंगल र शनि ग्रहहरू देख्न सकिन्छ। चन्द्रमा पनि अर्ध चन्द्रकार रूपमा देखिने उनले बताए। , ग्रहहरू पंक्तिवद्ध देखिए पनि चित्रमा एकैसाथ कैद गर्न कठिन हुने शर्माले बताए। ,
,
सौर्यमण्डलका चार वटा प्रमुख ग्रह एकसाथ नाङ्गो आँखाले हेर्न सकिने
|
एजेन्सी भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ।, रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ पुगेपछि करेन्ट लागेको थियो। घटनामा परी १५ जना घाइते भएका छन्।, मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। , तन्जापुरका आइजी वि बालकृष्णका अनुसार कालीमेडु मन्दिरमा ९४ औं अप्पर गुरूपूजा उत्सव मनाउने क्रममा दुर्घटना भएको हो।, ९ फिट अग्लो रथलाई रंगीचंगी फूल र लाइटले सिंगारिएको थियो। रथको लाइटलाई बिजुली दिनका लागि एउटा जेनेरेटर पनि सँगै थियो। , यसैबीच तमिलनाडुका मुख्यमन्त्री एम के स्टालिनले पीडित परिवारलाई जनही ५ लाख सहायता दिने बताएका छन्।, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।,
,
भारतमा रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु
|
सेतोपाटी संवाददाता बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ।, बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ।, उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन्।, घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ। सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको छ। पसल राख्न भन्दै घर भाडामा लिएर उक्त व्यक्तिहरूले चोरी गरेको आशंका छ।, योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए। भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको आशंका छ। कपडा पसल राख्न भाडामा लिएकै घरमा सुन पसल पनि थियो।, सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए। पटकपटक सुनचाँदी पसलमा चोरी हुने घटना भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरू बताउँछन्।, यसअघि सैनामैना रानीबगियामा सुन पसलमा लुटपाट गर्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएका थिए। बुद्धनगरमा एक महिलाको सुन लुटेको घटना पनि सार्वजनिक भएको थियो।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजि भइरहेको बताए।,
बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी
|
सिबी अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ।, विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए। प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो। यसले काठमाडौं विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ। , ‘तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौं, यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ’, महानिर्देशक अधिकारीले भने।, अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सैं घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ। ‘अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४ सैं घण्टा चल्छ’, उनले भने।, अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ। यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ। विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४२० उडान भइरहेको छ। अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन। हामीले सेवा दिन सक्दैनौं भन्नुपर्ने अवस्था छ।’, नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन्। नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ। छिमेकी मुलुक भारत र चीन तथा एशिया प्रसान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन् । पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन् ।, वार्षिक कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन। महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ। उडान चाप बढ्नु सुखद् पक्ष हो। हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ।, यस्तो छ एयरलाइन्सको तयारी , प्राधिकरणले तराईका रात्रिकालीन उडानयोग्य विमानस्थल राति १२ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै आन्तरिक उडानमा सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान विस्तारको तयारी थालेका छन्।, बुद्धएयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले प्राधिकरणको रात्रिकालीन उडान विस्तार गर्ने निर्णय सकारात्मक भएको र यसले आन्तरिक उडानलाई थप सहज हुने विश्वास व्यक्त गरे। ‘हामीले राति १० बजेसम्म उडान गरिरहेका छौं, १२ बजेसम्म उडान गर्दा एयरलाइन्स र यात्रु दुवैलाई सहजता हुन्छ, त्यसका लागि आवश्यक सुरक्षा, यातायातलगायतको प्रबन्ध जरूरी छ।’, उडान तालिका थप्दा यात्रुको सङ्ख्या कति रहने र उनीहरूलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा छलफल गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। उनले प्राधिकरणको निर्णयले नियमितसँगै चार्टर्ड उडान गर्न चाहनेका लागि सहज हुने बताए।, ‘उडानअवधि बढाउनु स्वागतयोग्य हो, यसलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउन जरूरी छ । रात्रिकालीन उडान गर्ने जहाजलाई ल्यान्डिङ, पार्किङलगायतमा सहुलियत गरेर प्रोत्साहित गर्ने तथा यात्रुको सुविधालाई ध्यान दिन सकिए फलदायी हुन्छ’, प्रवक्ता बर्तौलाले भने।, अहिले सामान्यतायः ८ देखि ९ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने गरेको छ। रात्रिको समयमा यात्रु कम पाउने भए पनि दिउँसो प्रतिकूल मौसम, उडान ढिलालगायत कारणले उडान समयमै नभएका यात्रुका लागि उपयोगी हुने कम्पनीको विश्वास छ। विमानस्थलबाट यातायातको सहजता बढाउन र यात्रुको सुरक्षालाई ध्यान दिनसकिएको खण्डमा रात्रिकालीन उडान प्रभावकारी हुने एयरलाइन्सको भनाइ छ।, श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरलले रात्रिकालीन उडानका लागि एयरलाइन्स तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि तयारी गरिनुपर्ने धारणा राखे।, एयरलाइन्सको अनुभवमा अहिले पनि रात्रिकालीन उडानमा यात्रुको ‘मुभमेन्ट’ राम्रो छ। तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्जबाट यात्रु बढी नै पाइने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाई सेवा प्रदायकले उडान भर्दै आएका छन् । ,रासस,
बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी
|
सेतोपाटी संवाददाता काठमाडौंको म्हेपीमा नगद र गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको छ। , काठमाडौं महानगरपालिका-१७ म्हेपीस्थित तीन तले घरमा मंगलबार साँझ चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएकी महिलाको डेरामा चोरी भएको हो। , प्रहरी उपरीक्षक मैनालीका अनुसार १२ लाख ५० हजार रुपैयाँ र सुनका गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको हो। , डेरामा कोही नभएको बेलामा चोरी भएको हो। , घटनाको प्रहरी वृत्त सोह्रखुट्टे र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। ,
काठमाडौंको म्हेपीमा चोरी भयो साढे १२ लाख नगद र सुनका गरगहना
|
भगवती पाण्डे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ।, आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको दिन अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको विमानस्थलमा यसअघि वैशाख १ गते नयाँ वर्षको दिन गर्ने भनिएको परिक्षण उडान रोकिएको थियो।, बिहीबार भने नेपाल वायुसेवा निगमको ३३० एयरबसले परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।, विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले बिहीबार दिउँसो ३ बजे परीक्षण उडान गर्ने जानकारी दिए।, यसअघि नयाँ वर्षको पहिलो दिन उडान गर्ने भनिए पनि तयारी नपुगेका कारण उडान रोकिएको उनले बताए।, बिहीबारको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले पनि आउने कार्यक्रम तय गरिएको उनले जानकारी दिए।, परीक्षण उडानको लागि यसअघि नै प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकहरूलाई अष्ट्रियाको भियना र एरो थाईका प्राविधिकहरूले परीक्षण उडानको लागि उपकरण सञ्चालनसम्बन्धी तालिम दिइसकेका छन्।, त्यस्तै, नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङका सामान पनि यसअघि नै विमानस्थलमा ल्याइसकेको छ।, अन्तर्राष्ट्रिय उडानको लागि समेत अब १६/१७ दिनमात्रै बाँकी रहेकोले विमानस्थलभित्र पार्टेसन, फर्निचर व्यवस्थापन तथा अध्यागमन कार्यालयले समेत आवश्यक तयारीको काम गरिरहेको रावतले जानकारी दिए।, नेपाल वायुसेवा निगमको जहाजबाट परीक्षण उडान भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्नेछ।, यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो।, यान्त्रिक परीक्षण उडान सफल भएपछि सबभन्दा पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि चासो दिएको थियो।, सोही अनुसार जजिराले जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ।, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जजिरासँग हप्ताको तीन दिन उडान गर्ने गरी सम्झौता गरिसकेको छ।, यस्तै, अन्य वायुसेवा कम्पनीहरूले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ।, नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले पनि चासो देखाएका छन्।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई पहिलो ६ महिना ल्याण्डिङ र पार्किङ शुल्कमा शतप्रतिशत र दोस्रो ६ महिनामा ५० प्रतिशत छुट दिने योजना प्राधिकरणको छ।, ७३ वर्ष अघि २००६ सालदेखि सुरू गरिएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अगाडि बढाइएको थियो।, ठेक्का सम्झौता गर्दा निर्माण सुरू गरेको तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि २०७१ सालमा शिलान्यास गरिएको यो विमानस्थल ७ वर्षपछि मात्रै निर्माण सम्पन्न भएको हो।, भौतिक पूर्वाधार निर्माण र प्राविधिक उपकरण जडानको काम गरी दुई चरणमा निर्माण गरिएको विमानस्थलका लागि एसियाली विकास बैंकले ऋण अनुदान उपलब्ध गराएको हो।, चिनियाँ निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब ८२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा विमानस्थलको भौतिक संरचना निर्माण गरेको थियो भने थाइल्याण्डको एरो थाई कम्पनीले ५० करोड लागतमा मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका उपकरण जडान र परीक्षणको काम सम्पन्न गरेको थियो।, यसअघि एक हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको यो विमानस्थलमा अहिले तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग निर्माण गरी शुभारम्भ समेत भइसकेको छ।, विमानस्थलमा भौतिक संरचना निर्माण, उपकरण जडान, परीक्षण, विमानस्थल आसपासको जग्गा अधिग्रहणका लागि बुझाइएको मुआब्जा लगायत गरी ३० अर्बभन्दा बढी लगानी भएको छ।, विमानस्थल निर्माणको लागि आसपासका करिब २३ सय घरधुरीलाई मुआब्जा वितरणमा मात्रै २२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा निर्माण गरिएको यो विमानस्थल निर्माणका लागि नेपाल सरकारको ३७ दशमलव ४ र एसियाली विकास बैंकको ६२ दशमलव ६ प्रतिशत लगानी रहेको छ।, २०२३ सालमा भारत सरकारको सहयोगमा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलको क्षेत्रफल २०६१ सालसम्म जम्मा ८४ विघा ३ कठ्ठा थियो।, अहिले आइपुग्दा यसको क्षेत्रफल १० हजार ५ सय रोपनी पुगेको छ। जुन अहिले रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा धेरै क्षेत्रफल हो।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले आगामी ५० वर्षसम्मको अन्तर्राष्ट्रियस्तरको उडान र अवतरणलाई थेग्ने गरी निर्माण गरिएको यो विमानस्थलबाट अब बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्ने बताए।, जेठ २ गते विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू भएपछि सुरूमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने प्राधिकरणले लक्ष्य लिएको दाहालले बताए।, विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि एकसाथ प्रतिघण्टा करिब ४ सय ५० जना यात्रुले सेवा लिन सक्नेछन्।,
गौतमबुद्ध विमानस्थलमा बिहीबार परीक्षण उडान हुँदै
|
सेतोपाटी संवाददाता सप्तरीमा विवाहमा गएकाहरूबीच कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। , खडक नगरपालिका-४ पन्सेरा टोलका २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। , सोमबार राति पन्सेरा टोलमा सन्तलाल र अन्य अपरिचित व्यक्तिहरूबीच झडप भएको थियो। , विवाहमा डिजे बाजा रोक्ने विषयमा उनीहरूबीच झडप भएको काफ्लेले बताए। , त्यसक्रममा सन्तलालमाथि कुटपिट भएको थियो। उनको शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए। , इलाका प्रहरी कार्यालय कडरवानाका अनुसार त्यस टोलमा तीन जोडीको विवाह थियो। रामचन्द्र पासवानकी छोरी र अर्विन्द चौधरीकी छोरीको विवाह हुँदै थियो। , ‘तीन जोडीको विवाह थियो। अर्को एउटाको चाहिँ यससँग सम्बन्ध छैन,’ प्रहरी निरीक्षक वालिस्टर सिंहले भने, ‘चौधरी समूहले डिजे बजाएर गाउँमा लग्न खोजेको थियो। तर पासवान समूहले डिजे गाउँमा लग्न दिएनन्। त्यसै विषयमा झडप भएको हो।’, उनको उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा सन्तलालको बिहान १० बजे मृत्यु भएको काफ्लेले बताए। , प्रहरीले घटनामा संलग्न रहेको आशंकामा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ। अरू थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,
बिहेमा डिजे बाजा रोक्ने विषयमा झगडा हुँदा एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।, काभ्रेपलाञ्चोक पनौती-११ घर भई सुन्धारा बस्दै आएका ३९ वर्षीय सुमन नेपालीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार नेपालीलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो।, फागुन १७ गते उच्च अदालत पाटनले नेपालीलाई छ लाख जरिवाना फैसला तोकेको थियो। सो फैसलापछि उनी फरार थिए। , प्रहरीले नेपालीलाई जिल्ला अदालत काठमाडौं पेस गरेको जनाएको छ। ,
,
बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ
|
सेतोपाटी संवाददाता नेपालले भारतबाट आयात गर्ने बिजुली आपूर्तिमा फेरि समस्या भएको छ। भारतको खुला बजारबाट प्रतिष्पर्धी दरमा नेपालले बिजुली नपाउने र बिहार राज्यबाट आउने बिजुली पनि रोकिएपछि नेपालमा मागअनुरूप बिजुली पुर्याउन समस्या भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।, ‘बिहारले पनि हामीलाई पुग्दै पुगेन दिन सक्दैनौं भन्यो। प्रतिष्पर्धी बजारमा पनि बिजुली नपाउने भएपछि उद्योगहरूलाई मागेजति बिजुली दिन सकेका छैनौं,’ घिसिङले भने,‘हामीले सकेसम्म उद्योगलाई बिजुली दिने गरेका छौं। केही दिन समस्या हुन्छ होला।’, प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ। खुला बजारबाट बिजुली आयात गर्न एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग दैनिक १५० र पिटिसी इन्डियासँग ७५ मेगावाट बिजुली किन्न नेपालले एक वर्षको सम्झौता गरेको थियो। सम्झौता जुनमा सकिने भए पनि रूसले युक्रेनमाथि फेब्रुअरी २४मा आक्रमण गरेपछि उक्त सम्झौताबमोजिम फिक्स्ड मूल्यमा नेपालले बिजुली पाउन सकेको छैन।, त्यसपछि नेपालले खुला बजारबाट बिजुली किनिरहेको थियो। खुला बजारमा पनि नेपालले बिड गरेको मूल्यमा बिजुली पाउन नसकेको घिसिङले बताए।, नेपालले बिहारबाट पनि छुट्टै सम्झौता गरेर २०० भन्दा बढी बिजुली आयात गरिरहेको छ।, एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग भन्दा बिहारसँग प्राधिकरणले केही महंगोमा बिजुली किन्ने समझौता गरेको थियो। बिहारले पनि आफूलाई नपुगेको भन्दै बिजुली दिन नमानेपछि समस्या भएको घिसिङले बताए।,
फेरि समस्या भयो भारतबाट आउने बिजुलीमा, उद्योगले पाएनन् भनेजति बिजुली
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार ११ जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार ८९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , चार हजार ११९ जनाको पिसिआर र एक हजार ७७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २५२ जना सक्रिय संक्रमित छन्।, बुधबार १७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए ११ संक्रमित, निको भए १७ जना
|
मनिका विश्वकर्मा गत शुक्रबार जावलाखेल सदर चिडियाखानामा नयाँ जनावर देखिए। पाँच वर्षअघि नै यहाँ आएका भए पनि तिनलाई सर्वसाधारणका लागि त्यो दिनदेखि मात्र औपचारिक प्रदर्शनीमा राखिएको हो।, ती जनावर हुन् चिम्पान्जी, चम्पा र चिम्पु नामका। फराकिलो फलामे घरमा हाहु गर्दै कराइरहेका यी भालेपोथी चिम्पान्जीलाई हामीले पनि त्यही दिन देख्यौं। चम्पा र चिम्पु राखिएको ठाउँलाई चिडियाखानाले घर भन्ने गरेको छ।, रंगीबिरंगी बेलुनले सजिएको घरभित्र बेलाबेला चम्पा चिम्पुलाई अगाँलो हाल्दै हातले सुम्सुम्याउँथी। परैबाट मान्छेहरू भिडिओ, तस्बिर खिच्न व्यस्त भए।, एक व्यक्ति भने चिम्पान्जीका टाउको मुसार्दै थिए। उनी रहेछन् रामकाजी पहरी। विगत पाँच वर्षदेखि रामकाजी उनीहरूको स्याहारमा खटिएका छन्। उनैले यिनलाई हुर्काएका हुन्। शुक्रबार अरू मान्छेले परबाट हेरिरहे पनि रामकाजी चम्पा-चिम्पुसँगै घरभित्रै थिए।, चिडियाखानाले चिम्पान्जीका निम्ति खरबुजाको केक बनाएको थियो। रामकाजीले त्यसमै भएको अंगुर झिकेर खुवाइदिए। बाहिरी मान्छेको भीडसँग डराएजस्ता देखिएका उनीहरू अलि सहज भए। उमेरले जेठी चम्पा एकछिनमै शान्त भई। चिम्पु भने डराइरहेजस्तो देखिन्थ्यो।, रामकाजीले उनीहरूलाई सजिलो बनाउन खोजे।, 'यी मान्छेजस्ता नै हुन्छन्। सबै थाहा पाउँछन्,' पछि सेतोपाटीसँग कुराकानी गर्दै रामकाजीले भने।, रामकाजीको आड पाएपछि बिस्तारै चिम्पान्जीहरू घर छुन थाले। मान्छेको भीड नियाले। निकै बेरसम्म एकअर्काको हात समातेर, अँगालो हालेर बसे। यताउता हाँपदाँप गरे। कहिले खानेकुरा भएका ठाँउतिर, कहिले घरको ढोकानजिक।, आम मान्छेसँग यी चिम्पान्जीको पहिलो भेटघाटको अनुभव कस्तो रह्यो कुन्नि? मन नपरे पनि अब यो उनीहरूको दैनिकी हो।, यी चिम्पान्जी नेपालका होइनन्। उनीहरूको जन्म काठमाडौंबाट ८ हजार २ सय २६ किलोमिटर परको अफ्रिकी देश नाइजेरियामा भएको हो। , रामकाजीलाई राम्रो सम्झना छ, यहाँ आउँदा यी साह्रै साना थिए। चम्पा छ महिनाकी, चिम्पु ३ महिनाको। हातका औंलामा राम्रोसँग रौं पलाएका थिएनन्। तालु रित्तो थियो। राता औंला चुसिरहने यिनीहरू ठ्याक्कै मान्छेको बच्चाजस्ता देखिन्थे।, चिडियाघरमा ल्याएपछि उनीहरूको हेरचाहमा रामकाजी खटे। कलिला हात, नयाँ शिशुको जस्तो कोमल छाला देख्दा रामकाजीलाई दया लागेको थियो।, 'यी बचरालाई आमाबाट छुटाएर कसले, किन यसरी ल्याएको होला भन्ने लाग्थ्यो,' ती दिन सम्झिँदै उनी भन्छन्।, रामकाजी पहरी चिम्पान्जीहरूसँग।, रामकाजीका अनुसार सुरूसुरूमा उनीहरू साह्रै दुखी देखिन्थे। आफैं खान सक्थेनन्। दूधदानीबाट दूध खुवाउनुपर्थ्यो। सानो बच्चालाई जस्तै स्याहारसुसार गर्नुपर्थ्यो। गर्मी ठाउँका यी चिम्पान्जीलाई चिसो हुनेबित्तिकै निमोनिया देखिन्थ्यो। रामकाजीलाई कसरी हुर्काउने भन्ने ध्यान मात्र थियो। बिरामी हुँदा उनी आधा रातसम्म आफ्नै काखमा च्यापेर सुताउँथे। एक बेला त बचाउन नसकिने हो कि जस्तो पनि भयो। बिस्तारै उनीहरूको बढेको तौलले बचाउने सक्ने हौसला दिलायो। , चिम्पान्जी हुर्काउने तरिका बुझ्दै गएका रामकाजीलाई सुरूमा यिनीहरूका बारेमा केही थाहा थिएन। बिस्तारै यी मान्छेजस्तै हुन् भन्ने लाग्न थाल्यो। उनी आफ्नो काखमा यिनीहरूलाई राख्थे। बेलाबेला उनीहरू उनको काखमै दिसा गरिदिन्थे। रामकाजी झिँजो नमानी सफा गर्थे। फेरि काखमै राख्थे।, चिम्पु र चम्पा जिद्दी पनि थिए। उनीहरूले चाहेको खेलाउने कुरा नपाए, खानेकुरा नपाए रिसाउँथे। घुर्की लाउँथे। तीन वर्षसम्म रामकाजीले फकाउँदै, फुल्याउँदै उनीहरूलाई आफ्नै हातले खानेकुरा खुवाए। पछि भने आफैं खान थाले। , उनका अनुसार यी चिम्पान्जी आठ घन्टा सुत्छन्। सुत्ने बेलामा मान्छेले झैं कपडा ओढ्छन्। सुत्दा पनि औंला चुस्दै एकअर्काको हात छोड्दैनन्।, मान्छेको बच्चालाई आमाबाबुको आवश्यकता जति हुन्छ जनावरलाई पनि उति हुने रामकाजी बताउँछन्। आफूले जति स्याहार गरे पनि आमाबाबु जसरी स्याहार्न नसक्ने महसुस उनले गरेका छन्।, 'आमासँग भएका भए अझ राम्रो हुन्थ्यो। आमाको दूध खान पाएको भए अझै ठूला हुन्थे होला। मान्छेले हेरेको र आमाले पालेकोमा धेरै फरक हुन्छ,' उनी भन्छन्। यी एकै आमाका बच्चा भने होइनन् भन्ने उनको अनुमान छ।, यी चिम्पान्जी पनि रामकाजीबाहेक नयाँ मान्छे देख्दा डराउँथे। कराउँथे। आक्रमण भने गर्थेनन्। तर कोरोना महामारीमा रामकाजी बिरामी भएर डेढ महिना बिदा बस्नुपर्यो। यो अवधिमा उनीहरूले आफूलाई भुले होलान् भन्ने उनलाई लागेको थियो। , 'मलाई उनीहरूले बिर्सेजस्तो लागेको थियो। सञ्चो भएर फर्किँदा त घरमा छोराछोरी आमाबाबु आएर रमाएजस्तै झ्याम्मिए। मेरा हात छुने, अँगालो हाल्न खोजेजस्तै गरे। त्यो बेला मेरा आँखा भरिए। त्यसपछि त यिनीहरूलाई छाडेर जानै मन लागेन। मैले मेरा छोराछोरीलाई पनि यति स्याहारसुसार गरिनँ। एकदम धेरै माया लाग्छ यिनीहरूको।', यी चिम्पान्जीले पनि आफ्नो भर गरेकोजस्तो रामकाजीलाई लाग्छ। 'हाम्रो कोही छ है' भन्ने आड महसुस गरेका छन् जस्तो लाग्छ।, यी चिम्पान्जी आमाबाट कसरी छुटे त?, पाँच वर्षअघि नाइजेरियाबाट क्रेटभित्र कुचुक्क परेर केही सुँगा, बाँदर, तितरसहित चम्पा र चिम्पु पनि नेपाल भित्रिएका थिए। चोरीशिकारी गरी अवैध रूपमा उनीहरूलाई भित्र्याइएको थियो। २०७४ असोज ३१ गते बाँसबारी सल्लाघारीबाट सिआइबीले उनीहरूको उद्धार गरेको थियो।, अवैध रूपमा जनावर ओसारपासर गर्ने ६ जनामाथि संरक्षित वन्यजन्तु पशुपंक्षीको अवैध ओसारपोसार निकासी पैठारी सम्बन्धी मुद्दा चल्यो। जिल्ला अदालतले तत्कालका लागि ती जनावरको संरक्षणका निम्ति चिडियाखानामा राख्न भन्यो। मुद्दा सर्वाेच्च अदालतसम्म पुग्यो। सर्वोच्चले दोषीलाई सजायको फैसला गर्यो तर अवैध रूपमा ल्याइएका जनावर कहाँ राख्ने भनेर फैसला गरेको छैन।, त्यसैले यतिका वर्षसम्म यी चिम्पान्जीलाई चिडियाखानाले औपचारिक रूपमा सार्वजनिक गरेको थिएन। यिनको अवस्थाबारे बुझ्न खोज्दा विस्तृत जानकारी पनि दिइएन। उनीहरूको स्वास्थ्य राम्रो भएको मात्रै बताउँदै आएको थियो। , गत शुक्रबार भने औपचारिक रूपमै चिडियाखानाले यिनीहरूलाई बाहिर ल्याएको हो।, त्यो दिन कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले धेरै देशबाट चिम्पान्जी हाम्रो हो, हामीलाई फिर्ता गर भन्ने माग आएको तर कूटनैतिक हिसाबले यो विषय टुंगाएको बताए। चिडियाखानाले भने यसबारे विस्तृत जानकारी दिएको छैन।, चिडियाखानाकी सूचना अधिकारी लिना चालिसेका अनुसार कोरोनाका कारण चिडियाखानालाई आर्थिक संकट परेको छ। त्यसैले चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरू गरेको छ। यही अभियान अन्तर्गत चिम्पु र चम्पाको अभिभावकत्व प्रभुसमशेर जबरा तथा राजी राणाले लिएका छन्। उनीहरूले यिनीहरूको हेरचाहका लागि वार्षिक दस लाख रूपैयाँ उपलब्ध गराउने भएका हुन्।, चिम्पु र चम्पा साढे दुई वर्षका हुँदादेखि डा. पर्वतजंग थापाले स्वास्थ्य परीक्षण गर्दै आएका छन्। उनका अनुसार अहिले यी चिम्पान्जी स्वस्थ छन्। सुरूका वर्षमा जस्तो बिरामी हुँदैनन्। तर अनुकूल वातावरण व्यवस्थापन गर्न नसके विभिन्न समस्या देखा पर्न सक्छ। त्यसैले उनीहरू बस्ने ठाउँमा तापक्रम मिलाएर एसी जडान गरिएको उनले बताए।, शुक्रबार चिम्पान्जी नजिकै बसेका थापाले भने, 'मलाई पनि यिनीहरूले चिनिसके। कहिलेकाहीँ काम गरिरहेका बेला मेरो कम्प्युटरमाथि आएर बस्थे। साना बच्चाजस्तै थिए। माया लाग्छ।', बेलाबेला स्वास्थ्य जाँच्ने डाक्टरलाई त उनीहरूको यति माया छ, झन् काखैमा राखेर हुर्काएका रामकाजीको मन उनीहरू भनेपछि हुरूक्क हुन्छ। उनले अब यी चिम्पान्जीसँग पहिलेजस्तो समय बिताउन पाउँदैनन्। प्रदर्शनीका लागि छोड्नुपर्दा उनलाई बच्चालाई पार्कमा छोडिदिएजस्तै लागेको छ।, रामकाजी भन्छन्, 'मेरो अध्ययनमा चिम्पान्जीहरू पाँच वर्षसम्म आमासँग टाँसिने र पछि बिस्तारै अलग्गै हिँड्ने जनावर हुन्। त्यसैले अब यिनीहरू मसँग पनि टाँसिएर बस्दैनन् होला।', सबै तस्बिरः नवीनबाबु गुरुङ, भिडिओः सुसन चौधरी, , ,
आमाबाट छुटेका चम्पा र चिम्पुको कथा (भिडिओ)
|
सेतोपाटी संवाददाता उद्योगमा केही दिनदेखि राति विद्युत आपूर्तिमा डिस्टर्ब छ। विद्युत पाएको बेला दिइरहेका छौं। भएन पनि अघिल्लो दिन बेलुका ६ बजे भोलि यो यो हुन्छ भनेर जानकारी गराउँछौ। यति यति बजे काट्छौं भन्न सक्दैनौं किनभने कति विद्युत ल्याउन सकिन्छ भन्ने टुंगो नै हुँदैन।, कुनैबेला स्वीकृति लोडअनुसार नै २४ सै घन्टा विद्युत उपलब्ध गराएका छौं। कुनैबेला १२ घन्टा, १८ घन्टा दिनु पर्ने हुन्छ। आयातको आपूर्ति चेन कसरी हुन्छ सोही आधारमा उद्योगलाई विद्युत आपूर्ति हुन्छ। यो समस्या १०/१५जति होला जस्तो छ।, त्यसलै केही समस्या आयो भने बेलुका बिहान केही ठाउँमा विद्युत कटौती गर्नु पर्ने अवस्था हुन सक्छ। यो लामो नहुन सक्छ। बिहारले पनि एक/दुई दिनमा मिलाउँछौं भनेको छ। मिलेको बेलामा एक घन्टाअगाडि जानकारी दिएर बिहारले विद्युत दिइनैरहेको छ।, हिउँ पग्लिएर खोला नालामा पानीको बहाव बढ्ने भएकोले हाम्रो आन्तरिक उत्पादन पनि बढ्ने भएकाले हामीलाई आन्तरिक उत्पादनले नै पुग्ने छ। हामीले अहिले अपुग भनेको ३ सय मेगावाट हो। गत वर्ष यो बेला दैनिक ८ सय मेगावाट विद्युत आयात भएको थियो। यो करिब ६० प्रतिशत आयात भएको थियो। तर, यो वर्ष माथिल्लो तामाकोसी आएकोले आयात घटेको छ र पिक ऊर्जाको व्यवस्थापन गर्न अत्यन्तै सुविधाजनक छ। पिकमा आयात कम गछौं। २००-२५० मेगावाटको हाराहारीमा मात्र आयात हुन्छ।, महंगोमा ल्यायो भन्ने हल्ला मात्र, आयातको मूल्य महंगो त भयो तर बाहिर चर्चा गरिएको जस्तो ३८ रुपैयाँ प्रतियुनिटचाहिं होइन। भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा किनेको भनेर बाहिर धेरै आयो। यो कुनै पनि हालतमा होइन।, भारतको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धा गर्न पाउने अधिकतम् २० भारतीय रुपैयाँ (३२ रुपैयाँ)लाई ३८ रुपैयाँमा आयात गरियो भन्दै हल्ला गरियो।, एक दिन हामीले १५ मिनेटको ब्लकमा २० भारु प्रतियुनिट मूल्य कोट गरेका थियौं। त्यसमा १८ भारु (२८.८ नेरु) परेको रहेछ त्यो पनि १५ मिनेको ब्लकमा। यसभन्दा हामीले माथि कोट गरेकै छैन। अहिले १२ भारु प्रतियुनिटको सीमा लगाइदिएकोले त्यसभन्दा बढी कोट गर्ने कुरै भएन। अहिले हामी उत्कृष्ट मूल्य हुने गरी मूल्य कोट गछौं। ‘अप्टिमाइज इम्पोर्ट’ कसरी हुन्छ त्यतातर्फ ध्यान दिएर हामीले विद्युत आयात गरिरहेका छौं। हामीले मंसिरसम्म विद्युत आयात गर्नु परेको थिएन। अलिअलि निर्यात नै गरिरहेका थियौं। आयात पुसबाट सुरू भएको हो। पुसतिर जाडोको कारण हाम्रो माग बढी थियो भने भारतको कम। पुसमा विद्युत आयात गर्दा प्रतियुनिट औसत मूल्य तीन भारु (४.८ रुपैयाँ) भन्दा कम थियो। पिकमा अहिले बढी आउँथ्यो। माथिल्लो तामाकोसीले धान्ने भएकोले साँझ र बिहान पिकमा आयात नै गर्नु पर्दैन थियो। बिहारबाट प्रतियुनिट ६.१८ भारु (९.८८ रुपैयाँ)मा आयात गथ्यौं। त्यसैले भारतीय प्रतिस्पर्धी बजारमा योभन्दा बढी कोट नै गर्दैन थियौं। ६.१८ भारुलाई आधार मूल्य तय गरी प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्थ्यौं। एक दिन त औसत मूल्य प्रतियुनिट १.८३ भारु (२.९२) आएको छ। पुस, माघ, फागुनसम्ममा आयातित विद्युतको प्रतियुनिट औसत मूल्य ३ भारु (४.८ रुपैयाँ)भन्दा कम छ।, यसमा प्रसारण लाइन शुल्क ५३ पैसा थप्दा औसत ३.५३ भारु छ। रातिको मूल्य सस्तो भएकोले सोही समयमा आयात गरेकोले औसत मूल्य कम भएको हो। माथिल्लो तामाकोसीलाई पिकिङ गरी पिक समयको महंगो विद्युत कहिले पनि किन्दैन थियौं। राती ९९ पैसा भारुमा किनेर आयात गरेका छौं, २ सय देखि ३ सय मेगावाटसम्म। फागुनसम्म ३.५३ भारुको हाराहारीमा थियो। चैतमा आएपछि भारतमा विद्युतको मूल्य दैनिक रूपमा एक्कासी बढ्यो। तर, पनि त्यतिबेलासम्म आन्तरिक रूपमा व्यवस्थापन गरी हामीले पिकमा किनेनौं।, चैतमा भारतीय बजारमा मूल्य बढेका कारण यस अवधिसम्मको औसत मूल्य केही बढ्यो। बिहारबाट फागुनसम्म विद्युत ल्याएनौं। प्रतिस्पर्धी बजारमा सस्तोमा पाउँदापाउँदै बिहारबाट ६.१८ भारुमा किन ल्याउने? प्रतिस्पर्धी बजारमा सस्तो थियो। यसरी हामीले ‘अप्टिमाइज इम्पोर्ट’ गरेका हौं। चैतसम्ममा आयातित विद्युतको प्रतियुनिट औसत मूल्य ४.५० भारुको हाराहारीमा छ।, वैशाखको १५ गतेसम्ममा औसत मूल्य केही बढेको छ। किनभने हामीले औसत मूल्य नै प्रतियुनिट १२ भारु थियो। तर, धेरै परिमाणमा आयात भएको छैन। पुसदेखि अहिलेसम्मको औसत मूल्य प्रतियुनिट करिब ५.२० भारु छ। सो प्रसारण शुल्क सबै जोडेर भएको मूल्य हो। कुनै बेला सस्तो किनेको छ कुनै बेला महंगो भयो त्यसको औसत मूल्य हेर्नु पर्ने हुन्छ। आन्तरिक उत्पादनले नधान्ने भएकोले करिब एक महिना पाएसम्म भारतबाट आयात गर्नु पर्ने हुन्छ। बाँकी अवधिकोसहित आयातित विद्युतको प्रतियुनिट मूल्य औसतमा ६ भारुको हाराहारीमा हुन्छ। महंगोमा बिजुली किनेकै छौं। द्विपक्षीय सम्झौता गरेर महंगोमा किनेको भए आरोप सही हुनसक्थ्यो। प्रतिस्पर्धी बजारमा तय भएको दरमा किनिएको हो। बिहारबाट पनि किन्नु पर्ने भएकोले औसत मूल्य केही माथि गएको हो।, सस्तोमा बेच्यो भन्ने आरोग पनि गलत छ। गत सेक्टेम्बर र अक्टोरबरमा बिहारलाई दियौं। बिहारमा बिक्री गरिएको विद्युतको प्रतियुनिट मूल्य ६.१८ भारु हो। जति मूल्यमा आयात भयो त्यतिमै निर्यात गरिएको हो। इनर्जी एक्सचेन्ज मार्केटमा नोभेम्बरबाट डिसेम्बरको मध्यसम्म बिक्री गर्न पाएको हो। ३९ मेगावाट डेढ महिना बिक्री गरेको हो। त्यसपछि त आन्तरिक उत्पादनले नधान्न थालेपछि आयात सुरू गरिएको हो। त्यतिबेला खपत गरेर बचत भएको करिब ५/६ सय मेगावाट अतिरिक्त ऊर्जा थियो।, दशैंको बेला त ८ सय मेगावाटको हाराहारीमा थियो। त्यतिबेला १ हजार ८ सय मेगावाटको उत्पादन ८ सय मेगावाटको विद्युत माग थियो। औसतमा ३/४ सय मेगावाट खपत गर्न नसकी खेर गएकै हो। हामीले भारतबाट स्वीकृति पाएपछि ३९ मेगावाट एक्सचेन्ज बजारमा बिक्री गरेका हौं। हामीले जति कोट गरे पनि विद्युत बिक्री भएन भने शून्यमा आउनु पर्छ नि। डेढ महिनाको ३९ मेगावाटको ३.५० भारु औसत मूल्य पाएका हौं। दीर्घकालीन विद्युत खरिद बिक्री सम्झौताअनुसार नभएर ९६ वटा ब्लकमा प्रतिस्पर्धी दरमा तय भएको रेटमा बिक्री गरिएको हो। अहिले हामीसँग अतिरिक्त ऊर्जा भएको भए प्रतियुनिट औसत मूल्य १२ भारु पाउँथ्यौं।, आज भाउ बढाएर भए पनि बिडिङ गर्छौं। साँझ पिक आवरमा कुलेखानी र तामाकोशी पूर्ण क्षमतामा चलाउँछौं।, अहिले नेपालमा साँझको पिक आवरमा बिजुलीको माग १६ सय मेगावाटभन्दा बढी छ। साँझको माग पूरा गर्न दिनभरि पानी जम्मा पारेर त्यही बेला पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने गरिएको छ।, अहिले कुलेखानी, मर्स्याङ्दी र तामाकोशी साँझको समयमा पूर्ण क्षमतामा चल्ने गरेका छन्।, यो आयोजना दिउँसो नचलाउन हामीलाई भारतबाट बिजुली ल्याउनुपर्छ। दिउँसोको मूल्य पनि पिक आवरको जति महंगो हुँदैन। आजबाट हामी बढी पैसा तिरेर भए पनि बिजुली ल्याउँछौं।, (बुधबार संवाददाताहरूसँग कुलमानले गरेको कुराकानीको सम्पादित अंश।), ,
भारतबाट चाहिएजति बिजुली नआएपछि के भन्छन् कुलमान?
|
भगवती पाण्डे गुल्मी मजुवाका डिलबहादुर सुनारको सानैदेखिको सपना थियो बुटवलमा ठूलो सुनचाँदी पसल चलाएर बस्ने।, उनी सानो छँदा नै बुवा नन्दबहादुरले गाउँघरमै सुनचाँदीका गरगहनाको पसल चलाएका थिए।, गाउँघरमा खेतीपातीको लागि सामान्य जग्गाजमिन थियो। खानलाउन जग्गा जमिनबाटै पुगे पनि घरपरिवारको अन्य खर्चपर्च र भैपरी आउने कामहरूको लागि भने गरगहना बनाएको ज्यालाबाट गर्जो टर्थ्यो।, बुवाले गाउँघरमा गरेजस्तो काम गरेर सहरमा ठूलो सुनचाँदीको पसल चलाउने डिलबहादुरको योजना पूरा हुँदैनथ्यो।, सहरमा आएर पसल चलाउन पनि उनीसँग पैसा थिएन।, डिलबहादुरले योजना बनाए ‘केही वर्ष विदेश जान्छु, अनि त्यहाँ दु:ख गरेर कमाएको पैसाले नेपालमा सुनपसल चलाउँछु।’, २० वर्ष पहिले उनी सुखी भविष्यको लागि भन्दै रोजगारीको लागि दुबई गए।, दुबईमा पनि उनले राम्रै काम पाए, घरपरिवार छोडेर गए पनि राम्रो कमाइ थियो।, उनले दुई चार वर्ष होइन, दुबईमा पन्ध्र वर्ष बिताए। डेढ दुई वर्षको बीचमा बिदा लिएर घर आउँथे, बिदा पूरा भएपछि उनी फेरि फर्किएर दुबई जान्थे।, पाँच वर्षअघि भने उनले अब नेपालमै बसेर आफ्नै व्यवसाय चलाउने निधो गरे। सानैदेखिको उनको चाहना र पुर्ख्यौली पेशा सुनचाँदी व्यवसाय भएकोले उनले बुटवल–६ बिपीचोकमा घरभाडामा लिएर पसल सुरू गरे।, १५ वर्ष दुबईमा काम गरेर कमाएको पैसामा बैंकबाट डेढ करोड जति ऋण लिएर उनले पसल सुरू गरेका थिए। बुवा नन्दबहादुरको नाममा दर्ता गरी उनले पसलको नाम राखे ‘कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल।’, डिलबहादुरको सुन पसल।, बिपीचोक र अमरपथ बुटवलको सबभन्दा व्यस्त हुने बजार क्षेत्र पर्छ। बुटवलका अधिकांश सुनचाँदीका पसल तथा बैंकहरू समेत यही स्थानमा रहेकोले बिपीचोक र अमरपथलाई सुरक्षाको हिसाबले पनि अलि संवेदनशील क्षेत्रको रूपमा लिइन्छ।, डिलबहादुरले डा. योगेन्द्र अग्रहरीको घरको तल्लो तलाको सटर भाडामा लिएर पसल चलाइरहेका थिए।, दुई वर्षसम्मको कोरोना महामारीको कारण थलिएको व्यवसाय त्यसमाथि सुरक्षा चुनौती, जेनतेन चलिरहेको थियो।, सुनचाँदी खरिद गर्ने र बाहिरी व्यवस्थापनको काम डिलबहादुरले गर्थे, पसलमा बस्ने काममा भने बुवा नन्दबहादुर र श्रीमती अमृताले सघाउँथे।, अन्य साताको सोमबारजस्तै गत सोमबार पनि बुटवलका अधिकांश पसलहरू बन्द थिए। विवाहको लगन चलिरहेकोले सुनचाँदीका पसलहरूमा भने ग्राहकको भिडभाड नै थियो। देशभरजस्तै बुटवलमा पनि दिनभरजसो चुनावी माहोल थियो।, स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार दर्ता गर्ने अन्तिम दिन भएकोले राजनीतिमा संलग्न मात्र होइन सर्वसाधारण समेतको ध्यान त्यतै केन्द्रित थियो।, डिलबहादुरले पनि साँझ चाँडै नै पसलमा भएका गरगहना लकरमा राखेर सटरमा चाबी लगाएर निस्किएका थिए।, भोलिपल्ट बिहान पसलमा जाँदा भने अघिल्लो दिन लकरमा राखेका र बाहिर शो गरिराखेका सबै गरगहना र काँचो सुन समेत चोरी भएको छ। सटरमा लगाएको ताला र लकरमा समेत वेल्डिङ मेसिनको प्रयोग गरी चाबी फोरेर राति २ बजेको समयमा सम्पूर्ण सुनचाँदीका गरगहना चोरी गरिएको डिलबहादुरले बताए।, उनका अनुसार कतिपय विवाहको लागि अर्डर गरी तयार गरिएका र पसलमै तयारी अवस्थामा राखिएका ३ सय ६० तोलाका गरगहना र २३ तोला काँचो सुनसहित तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको बताए।, सिसिटिभी फुटेज।, तयारी गरगहना, काँचो सुन र नगद गरी करिब ५ करोड मूल्य बराबरको धनमाल चोरी भएको उनले बताए।, डिलबहादुरले २० वर्ष कमाएको र साथीभाइ तथा बैंकबाट ऋण खोजेर सुरू गरेको पसलको सम्पूर्ण गरगहना चोरी भएकोले अब के गर्ने भन्ने सोच्नै नसकिएको उनले बताए।, ‘के भयो, अब के गर्ने भन्ने नै सोच्न सकिएको छैन, अहिलेसम्मको कमाइ मात्र होइन जमानी राखेर बैंकबाट निकालेको ऋणसमेत कसरी तिर्ने!’ उनले भने।, पसल चोरीबारे सुनचाँदी व्यवसायी संघ रूपन्देहीले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा डिलबहादुरले आफूमाथि परेको बज्रपात मुखले व्यक्त गर्न नसके पनि उनको अनुहार र आँखामा देखिएको पीडाले व्यक्त गरिरहेको थियो।, उक्त घटनापछि पसलमा राखिएको सिसिटिभी क्यामेरा फुटेज हेर्दा दुई जना भारतीय नागरिकले चोरी गरेको देखिएको उनले बताए।, प्रहरीले पनि सोही सिसिटिभी क्यामेरामा देखिएको फुटेजको आधारमा अनुसन्धान सुरू गरेको जनाएको छ।, पछिल्लो एक सातादेखि डिलबहादुरको सुनचाँदी पसलको छेउमा खाली रहेको सटरमा कपडा पसल खोल्ने भन्दै दुई जना व्यक्तिले तयारी गरिरहेका थिए। , भारतीय नागरिक उनीहरूले घरधनी डा. योगेन्द्र अग्रहरीसँग एक वर्षको अग्रिम पैसा बुझाएर सटर भाडामा लिएका थिए।, सटरमा रंगरोगन र अरू डेकोरेसनको काम भइरहेको थियो। उनीहरू र डिलबहादुरको देखादेख भए पनि हेलमेल हुनेगरी बोलीचाली भने भएको थिएन। खाली रहेको सटरमा घरधनीले राम्रै व्यक्तिलाई व्यवसायको लागि भाडामा दिए होलान् भनेर उनी पनि ढुक्क थिए।, डिलबहादुरका अनुसार कपडा पसल चलाउने भनेका भारतीय ती व्यक्तिहरूले घरधनीलाई आधार कार्ड बुझाएर भाडा सम्झौता गरेका थिए।, उक्त आधार कार्डमा ती व्यक्तिको नाम राजीव शर्मा र ठेगाना किशन पुरा पुलिस चेक पोष्ट न्यू मुल्तान नगर मेरठ उल्लेख छ।, सुनचाँदी व्यवसायी संघ रूपन्देहीले भने पहिचान नखुलेका भारतीय नागरिकलाई घर भाडामा दिनु घरधनीको गम्भीर लापरबाही भएको बताएको छ।, पसलका सञ्चालक डिलबहादुरले योजनाबद्ध रूपमा चोरी गर्ने उद्देश्यले सटर भाडामा लिएको हुनसक्ने बताए।, उनले आफ्नो घरमा कस्तो व्यक्तिले भाडामा लिएको छ भन्ने कुरा घरधनीलाई समेत थाहा हुनुपर्ने बताए।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजी भइरहेको बताए।, उनले सिसिटिभी क्यामेराको फुटेजमा देखिएका व्यक्तिको हुलियाको आधारमा नेपालभित्र र सीमामा समेत खोजी भइरहेको बताए।, ‘चोरीमा संलग्नहरूको खोजीका लागि हामीले सुरक्षा संयन्त्र परिचालन गरेका छौं, केहीलाई शंकाको घेरामा राखेर पनि अनुसन्धान गरिरहेका छौं, आशा गरौं छिटोभन्दा छिटो उनीहरू पक्राउ पर्ने छन्।, प्रहरी नायब उपरीक्षक पौडेलले चोरीमा संलग्नहरूको खोजी कार्य र अनुसन्धान भइरहेको बताए पनि यसअघिका घटनालाई हेर्दा व्यवसायीहरू यो घटनामा पनि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न नसक्ने बताउँछन्।, सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले पटक-पटक सुनचाँदी पसलमा चोरी हुने गरे पनि संलग्नहरू भने पक्राउ नपरेको गुनासो गरे।, उनले रूपन्देहीमा सुनचाँदी पसल चोरीका घटना यसअघि पनि भइरहेकोमा सोमबार भएको चोरीको घटना भने रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए।, यसअघि सैनामैना रानीबगियामा सुन पसलमा लुटपाट गर्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएका थिए। बुद्धनगरमा एक महिलाको सुन लुटेको घटना पनि सार्वजनिक भएको थियो।, निर्वाचनको मुखमा सुरक्षा व्यवस्था कडा पारिएको भनिए पनि व्यस्त बुटवलमा भएको यो घटनाले बुटवलको सुरक्षा व्यवस्था कति कमजोर रहेछ भन्ने प्रष्ट पारेको बताए।, ‘यस्तो कमजोर सुरक्षा अवस्था छ, व्यवसायीहरूले कसरी ढुक्कले व्यवसाय गर्ने,’ उनले भने।, चोरीको घटनापछि बुटवलका सुनचाँदी व्यवसायीहरूले बुधबार सबै पसल बन्द गरेका छन्।, उनीहरूले झण्डै ५ करोड बराबरको सुनचाँदीका गरगहना र धनमाल चोरी भएको विरोधमा सबै सुनचाँदी पसल बन्द गरेका हुन्।, संघका अध्यक्ष विश्वकर्माले चोरीमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको बताए।,
१५ वर्ष दुबईमा कमाएको पैसाले सुन पसल खोलेका थिए डिलबहादुरले
|
रासस सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट बुधबार एक युवकको मृत्यु भएको छ। खडक–४ पंसेराका रामआशिष पासवानका २७ वर्षीय छोरा सन्तलाल पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। कुटपिटका आरोपितमध्ये स्थानीय दिलीप चौधरी पक्राउ परेका प्रहरीले जनाएको छ। , घटनाको अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए।, सोमबार राति विवाहमा डिजे बाजा बजाएर नाचेको र जन्तीलाई रोकेका विषयमा दुई पक्षबीच झगडा भएको स्थानीयवासीले बताएका छन्। गाउँलेले झगडा छुटाएपछि पुनः अबेला राति हुल बाँधेर आएका आरोपितले सन्तलाललाई नियन्त्रणमा लिएर कुटपिट गरेको परिवारका सदस्यले बताएका छन्।, कुटपिटबाट पासवानको शरीरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भएका थिए। विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेकामा बुधबार चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए।, आरोपितलाई कडा कारवाही गर्न माग गर्दै गाउँलेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमाहा चोकमा बुधबार अपराह्न आधा घन्टा चक्काजाम गरेका थिए।, मृतकको विराटनगरस्थित कोसी अस्पतालमा बुधबारै शव परीक्षण भएको छ। शव गाउँ ल्याउने तयारी भइरहेको मृतकका परिवारका सदस्य छतिशलाल पासवानले बताए।,
कुटपिटबाट एक युवकको मृत्यु
|
रासस म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए।, किसानको घटनास्थलमै मृत्यु भएको हो।, मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ। बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो।, उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ।,
सडकबाट सय मिटर तल खस्यो मोटरसाइकल, चालकको मृत्यु
|
सेतोपाटी संवाददाता पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक जना बिरामीले हाम फालेर आत्महत्या गरेका छन्।, लडेर घाइते भएका पाल्पाको रामपुर ७ कठानका गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घरनजिकै नालीमा लडेर घाइते भएका ४२ वर्षीय सोमैको अस्पतालमा उपचार भइरहेको थियो। श्रीमती र छोरीले अस्पतालमा कुर्न बसेका पनि थिए। तर मंगलबार राती अस्पतालको पाँचौं तलाबाट सोमैले हाम फालेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार गत वैशाख ९ गते भाइको घर गएका उनी फर्किँदा घरनजिकैको सडकको नालीमा लडेर घाइते भएका थिए।, नालीमा घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो। तर मंगलबार राती उनले आत्महत्या गरेका हुन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेको जनाएको छ।,
अस्पतालमा उपचाररत बिरामीले पाँचौं तलाबाट हाम फालेर गरे आत्महत्या
|
सेतोपाटी संवाददाता गृह मन्त्रालयले अनुगमनको नाममा परीक्षा हलमा पटक/पटक प्रवेश नगर्न र फोटो/ भिडिओ नखिच्न अनुरोध गरेको छ। , बुधबार मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै अहिले अनुगमनको नाममा परीक्षा हलमा प्रवेश नगर्न अनुरोध गरेका हुन्। , परीक्षा हलमा प्रवेश गरी वातावरणलाई अस्वस्थ बनाउने गरेको पाइएकोले त्यस्तो नगर्न विज्ञप्तिमा भनिएको छ। , अहिले कक्षा १० का विद्यार्थीको एसइई परीक्षा जारी छ। , निरीक्षकले परीक्षा दिँदै गरेका विद्यार्थीहरूको तस्बिर तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा हाल्ने गरेको पाइएको छ। , ‘परीक्षार्थीहरूलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व एवं परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागिबाहेक अन्य कुनै पनि प्रकारले तस्बिर वा भिडिओ नलिनू,’ विज्ञप्तिमा उल्लेख छ, ‘तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो संख्यामा बाह्य व्यक्तिहरू एकैपटक वा पटक/पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न जानकारी गराइन्छ।’,
परीक्षा अवधिभर फोटो/भिडिओ नखिच्नू, अनुगमनको नाममा वातावरण अस्वस्थ नबनाउनू: गृह
|
सेतोपाटी संवाददाता गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नागढुंगाबाट एक जना बलात्कार आरोपितलाई बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, कैलाली लम्कीचुहा नगरपालिका-२ मोतीपुर घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगा बस्ने ३५ वर्षीय सागर शाहीलाई पक्राउ गरेको हो। , उनीमाथि गर्भवती महिलालाई बलात्कार गरेको आरोप छ।, गत चैत ८ गते नागढुंगास्थित महिलाको कोठामा कोही नभएको मौकामा सागर पुगेका थिए। उनले डर त्रास देखाएर धम्की दिई बलात्कार गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। , बलात्कार गरी फरार भएका उनलाई बुधबार पक्राउ गरेको हो। , उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा थप अनुसन्धान गर्न प्रहरी वृत्त थानकोट, काठमाडौं पठाएको कार्यालयले जनाएको छ। ,
,
गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा एक जना नागढुंगाबाट पक्राउ
|
सेतोपाटी संवाददाता चितवनको भरतपुरस्थित कमलनगर चोकका घरमा आगलागी भएको छ।, गए रातिदेखि नै लागेको आगो बिहान नियन्त्रणमा लिइएको छ।, आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ। आगलागीबाट पाँचभन्दा बढी पसलमा क्षति पुगेको छ।, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन।,
भरतपुरको कमलनगरमा आगलागी
|
सेतोपाटी संवाददाता गत चैत ३० गते राति शंकास्पद मृत्यु भएकी तिलोत्तमाको जानकीनगरकी अमृता खत्री टण्डनको अझै अन्त्येष्टि हुन सकेको छैन।, माइती पक्षको सहमतिपछि वैशाख ४ गते उनको पोष्टमार्टम गरिए पनि उनको अन्त्येष्टि हुन सकेको छैन।, रूपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि मृतकका माइती पक्ष पोष्टमार्टमका लागि सहमत भएका थिए। , अमृताको माइती पक्ष आन्दोलनमा छ भने घरतर्फका सबै हिरासतमा भएकाले अन्यौलता बढाएको स्थानीय प्रशासनले बताएको छ।, ´माइती पक्षको माग बमोजिम प्रहरीको केन्द्रीय अनुसन्धान टोलीबाट घटनाको अनुसन्धान भइरहेको छ, अब उहाँहरूले अन्त्येष्टि गरेर अनुसन्धानमा सघाउँदा राम्रो हुन्थ्यो,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले सेतोपाटीसँग भने।, मृतकका श्रीमान्, सासु र ससुरा गरी परिवारका तीन जना प्रहरी हिरासतमा छन्।, ‘घटनाको अनुसन्धान भइरहेको छ, त्योबाहेक अरू काम अदालतबाट हुने हो हामीबाट हुने काम सबै भइसकेको छ,` केसीले भने।, अमृताको माइती पक्षले भने सिद्धार्थ राजमार्गको बुटवल बेलहिया सडकखण्डको जानकीनगरमा हरेक दिन अपरान्ह ५ बजेदेखि बेलुकी ७ बजेसम्म नाराबाजी र दीप प्रज्जवलन गर्दै आएका छन्।, मृतक अमृताका दाजु पुष्पक खत्रीले बहिनीको आत्महत्या नभई परिवारबाटै हत्या भएकोले हत्यामा संलग्नमाथि कारबाही हुने सुनिश्चितता नभएसम्म अन्त्येष्टि गर्ने अवस्था नभएको बताए।, ´हामीले अनुसन्धानमा असर नपरोस् भनेर पोष्टमार्टम गर्न सहमत भएका हौं, न्याय पाइन्छ भन्ने निश्चित नहुँदासम्म अन्त्येष्टि गर्दैनौं,’ खत्रीले भने।, गएको चैत ३० गते तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २९ वर्षीया अमृताको रहस्यमय ढंगले मृत्यु भएको थियो।, सोही दिन बेलुकी करिब ८ः३० बजे माइतबाट सकुशल घर पुगेकी अनिताको ९ः५० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।, माइती पक्षले हाँसीखुसी ८ः३० बजे माइतबाट घर जानु, घर पुगेको १ घण्टामा बाँच्न चाहेको भन्दै गुहार मागेर दाजुलाई म्यासेज पठाउनु, घटनास्थलमा नेपालमा बिक्री बितरण गर्न प्रतिवन्धित विषादीको बट्टा फेला पर्नु, विष सेवन गरेको भनिएको कोठाको ढोका खुल्लै रहनुले अमृताको हत्या भएको आशंका गरेका छन्।, यो पनि हेर्नुहोस्, डाक्टरले मृत घोषणा गर्नु १८ मिनेटअघि अमृताले पठाएकी थिइन् सन्देश: दाइ, म मर्न चाहन्नँ, ‘दाइ म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु, म निस्किन्छु।’, चैत्र ३० गते राति ९ बजेर ३० मिनेटदेखि ३२ मिनेटको बीचमा बहिनी अमृता खत्री टण्डनले पठाएका यी म्यासेज हेरेपछि दाइ पुष्पक खत्रीले बहिनीमाथि केही नराम्रो भइरहेको छ भन्ने अड्कल काटिसकेका थिए।,
अमृता आधा घन्टापहिले साढे आठ बजे रूपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित वरपिपल पथमा रहेको माइतीबाट दुई-तिन सय मिटर परको भेटेनरी लाइनस्थित आफ्नो घर गएकी थिइन्।, घर पुगेपछि ९ बजेर १४ मिनेटमा पनि अमृताले दाइ पुष्पकको मोबाइलमा म्यासेज पठाएकी थिइन्।, ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा। चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न न दिने चेलीको फेर्ने सास गयो।’,
बहिनीका यस्ता म्यासेज देखेपछि पुष्पकले ‘तँजस्तो मान्छे मर्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइजा कुरा गरूम्ला’ भन्दै अमृतालाई म्यासेज पठाए पनि अमृताले भने जवाफ फर्काइनन्। पौने दशबजेतिर अमृताले विष सेवन गरी अस्पताल ल्याएको भन्दै उनका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गरे। ९ बजेर ३२ मिनेटसम्म दाजुसँग म्यासेजमा कुरा गरिरहेकी अमृतालाई अस्पतालले ९ बजेर ५० मिनेटमा मृत घोषणा गर्यो। ,थप समाचार पढ्नुहोस्,...,
१५ दिन बितिसक्दा पनि शंकास्पद मृत्यु भएकी अमृताको अन्त्येष्टि भएन
|
सेतोपाटी संवाददाता चितवनको नारायणगढस्थित कमलनगर चोकका केही पसलमा गए राति दुई बजेबाट लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार कमलनगरस्थित तुलसिराम सापकोटाको घरको पहिलो तल्लामा रहेका पसलहरुमा आगलागी भएको थियो।, आगोले विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको एक्प्रेस मोवाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोेनिक्स, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सीमा क्षति पुगेको छ।, प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।, बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको अधिकारीले बताए।, आगलागीबाट करोडौं मूल्य पर्ने सामानको क्षति भएको स्थानीय बताउँछन्।, प्रहरीले भने क्षतिको विवरण संकलन भइरहेको बताएको छ।,
पाँच घन्टापछि नियन्त्रणमा आयो कमलनगरका पसलमा लागेको आगो
|
सिबी अधिकारी/रासस मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ।, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो।, उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब ४५ मिनेटको उडानपश्चात् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।, जुन नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भर्न लागेको हो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।, उनले भने, ‘नेपालको भूमिमध्ये काठमाडौंबाहेक अन्य भूमिमा पहिलोपटक वाइडबडी जहाज अवतरण गर्दैछ। नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षे इतिहासमा यो कोशेढुङ्गा भएको छ। अहिलेसम्म ठूला जहाज काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए।’, प्राधिकरणका अनुसार आजदेखि नै तराई क्षेत्रका आन्तरिक विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुँदैछन्।, गौतमबुद्ध विमानस्थलमा पनि आजदेखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ। महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताए।, नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विश्वभरका एयरलाइन्सले उडान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि वाइडबडी जहाजबाट ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गर्न लागिएको हो।, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत रूपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ। जजिरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ। अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन्।, गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान–अवतरण गर्नेछन्। यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ। गौतमबुद्ध विमानस्थल रूग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो।, राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ।, सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो। , पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।, विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो।, एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।, अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ।, कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।, बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो।, टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। ,
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी जहाज अवतरण हुँदै
|
सेतोपाटी संवाददाता भरतपुरमा दूध बोक्ने ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, मध्यान्ह १२ बजेतिर भरतपुर-११ शान्तिमार्गस्थित पदमपुर-भरतपुर सडक खण्डमा ट्यांकरले साइकललाई ठक्कर दिएको हो।, भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नम्बरको ट्यांकरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल चालक बारा महागढीमाई-५ बस्ने २० वर्षीय प्रमित भन्ने आदित्य जैसवालको मृत्यु भएको हो।, उनको उपचारको लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो।, ट्यांकर र चालक प्रहरीको नियन्त्रणमा छन्।,
ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु
|
सेतोपाटी संवाददाता गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ। , दाङको तुलसीपुरमा हुने कार्यक्रमका लागि जाने क्रममा कार दुर्घटनामा परेको हो।, बिहीबार बिहान फेसबुकमार्फत् आफू दुर्घटनामा परी घाइते भएको जानकारी दिए। , ‘हिजो साँझ काठमाडौंमा रेकर्डिङ सकेर नेपालगञ्जको फ्लाइटबाट दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राति १ बजे होटल पुग्न १० मिनेट अघि मात्रै आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो,’ उनले लेखेका छन्। , उनका अनुसार कार रोडको पर्खालमा ठोक्किन पुगेको थियो। दुर्घटनापछि उनी बेहोस भएका थिए।, ‘दुर्घटनापश्चात् कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बसाउँदा मात्र झन्डै ४५ मिनेटपछि मेरो होस आएछ। त्यसपछि पनि करिब ५/७ मिनेट कहाँबाट आएँ, कहाँ छु पत्तै पाइनँ,’ उनले भने, ‘गाडीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगायो।’, दुई जना आयोजक पनि घाइते भएको उनले जानकारी दिए।, घाइते भएका उनीहरू बिहीबार बिहान ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आइपुगेको बताएका छन्। , बाहिर चोट देखिए पनि भित्री चोट भने नदेखिएको उनले बताए। , ३-४ दिनका लागि सबै रेकर्डिङ र अन्य कार्यक्रम स्थगित गरेको जानकारी दिए। ,
कार दुर्घटनामा परेका प्रमोद खरेल भन्छन्- सिट बेल्ट र एयर ब्यागले ज्यान जोगायो
|
सेतोपाटी संवाददाता भक्तपुरमा पर्खाल माथिबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ। , मोरङ सुन्दर हरैंचा नगरपालिका-९ बिराटचोक घर भई हाल थिमी नगरपालिका-५ कमेरेटार बस्दै आएका ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार घरनजिकै रहेको पिपलको रूखको फेदमा ५० मिटर अग्लो पर्खाल लगाएको छ। सोही पर्खालको माथिबाट हाम फाल्दा बुधबार मनमायाको मृत्यु र ४९ वर्षीय मातुराम घाइते भएका हुन्। मृतक मातुरामकी आमा हुन्।, घाइते मातुरामलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो। वीर अस्पतालमा थप उपचार भइरहेको जनाइएको छ। , डिप्रेसनका बिरामी उनीहरूले लामो समयदेखि औषधी सेवन गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको नायब उपरीक्षक पाण्डेले बताए। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,
,
भक्तपुरमा पर्खाल माथिबाट हाम फाल्दा आमाको मृत्यु, छोरा घाइते
|
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले महिलाको चरित्र हत्या गरेको भन्दै ७० हजार रुपैयाँ धरौटी माग गरेको छ। , अदालतले काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने २६ वर्षीय अकिल अख्तरसँग ७० हजार धरौटी माग गरेको हो।, उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको थियो। , जिल्ला प्रहरी परिसर काठमाडौंले अख्तरलाई चैत २० गते पक्राउ गरेको थियो। , महिलासँगको गोप्य तस्बिर श्रीमानलाई पठाएर चरित्र हत्या गरेको र फोटो सामाजिक सञ्जालमा भाइरल बनाउने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनीमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत् अदालतमामा वैशाख १२ गते मुद्दा दार्ता गरिएको थियो।, त्यस मुद्दामा अदालतले अख्तरसँग मंगलबार ७० हजार धरौटी माग गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। ,
महिलाको चरित्र हत्या र ब्ल्याकमेल गर्ने व्यक्तिसँग ७० हजार धरौटी माग
|
रासस बागलुङको भकुन्डे र बौरअन्तर्गत ओझेलमा परेका पर्यटकीयस्थलहरूलाई समेटेर बागलुङ बजार–भकुन्डे–बौर पर्यटक पदमार्ग पहिचान भएको छ।, विश्व भेगन अर्गनाइजेसनले ग्रामीण रहनसहन र संस्कृति अध्ययन गर्न र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्ले सो पदमार्ग पहिचान गरेको हो। सो पदमार्ग छ दिनको हुनेछ। , पदमार्गमार्फत् पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन गर्न रूचाउने विदेशी पर्यटकलाई ल्याउनका लागि नयाँ पदमार्गको पहिचान गरी पर्यटन क्षेत्रको विकास गर्न थालिएको छ।, पशु तथा पशुजन्य पदार्थ सेवन र प्रयोग दुबै नगर्ने विश्व भेगन समूहले नयाँ पदमार्गको अध्ययनसँगै विदेशी पर्यटकलाई यहाँको ग्रामीण जीवनशैली र रहनसहन, संस्कृति र विशुद्ध शाहाकारी जीवनशैलीमा रमाउनका लागि बागलुङलाई रोजेको पाइएको छ। , दुई वर्ष अघिदेखि बागलुङ आउन थालेका भेगन समूहका विदेशी पर्यटक कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण रोकिएका छन्।, बागलुङ बजार बसेर कालिका मन्दिर दर्शनसँगै अर्को दिन बागलुङको पर्यटकीय गाउँ भकुन्डेमा पुगेर घरबासमा बसेका पर्यटकले यहाँको सम्भावनासँगै यहाँको बसाइँ लम्याउनका लागि काठेखोला गाउँपालिकाको रेशसम्म आफ्नो पदमार्ग र बसाइँ लम्ब्याउने गरी अध्ययन गरेको अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेश शर्माले जानकारी दिए।, दुई दिनको बसाइँ छ दिन पुर्याउनका लागि पदमार्ग र बौरलाई भकुन्डेसँग जोडेको उनले बताए।, ‘पशु तथा पशुजन्य पदार्थको प्रयोग नगर्ने विश्वप्यापी सञ्जालमा जोडिएका पर्यटकलाई बागलुङमा ल्याउनेगरी पदमार्गको अध्ययन तीन वर्ष अधि नै भइसकेको थियो, भुकन्डे बागलुङबाट यातायात र पदमार्गमार्फत् दुबै तरिकाले जानसक्ने छौं’, शर्माले भने, ‘भकुन्डेसम्मको यात्रा भेगनका दुई समूहले गरिसकेको र अत्यन्तै रमाइलो र आकर्षक क्षेत्रका रूपमा यसलाई ल्याएकाले हामीले पदमार्गलाई लामो बनाएर रेशको बौरसम्म पुर्याएका छौं, अब बागलुङ बजारदेखि बौर पुगेर बागलुङ आउँदा विदेशी पर्यटकले छ दिन बिताउन सक्ने हाम्रो निष्कर्ष हो।’, बागलुङ घर भई लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध महादेव शर्माको पहलमा भेगन समूहमा आवद्ध विदेशी पर्यटकलाई पहिलो पटक सन् २०१९ मा बागलुङ बजार हुँदै भुकुन्डे पुर्याइएको थियो।, यसको सम्भावनाका विषयमा विश्वभर चर्चा भइसकेको र पुनः भेगनका विदेशी पर्यटक यहाँ आउन रुचाइएका कारण पदमार्गसँगै विदेशी पर्यटकको बसाइँ लम्ब्याउन, बागलुङ बजार, भुकन्डेदेखि बौरसम्मको पदमार्ग कायम गरिएको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए।, पदमार्गमार्फत् गाउँले परिवेश बुझ्दै यात्रा गर्ने विदशी पर्यटकका लागि बागलुङ बजारदेखि भकुन्डे हुँदै बौरसम्मको यात्रा निकै स्मरणीय हुने विश्व भेगन अर्गनाइजेसनका अध्यक्ष ज्याकले बताए।, ज्याकका अनुसार पटक-पटकको अध्ययनपछि यहाँ पर्यटकीय सम्भावना बुझेर मात्रै विदेशी पर्यटक ल्याउन थालिएको हो। आगामी नोभेम्बरबाट पुन: यो पदमार्गमा विदेशी पर्यटक ल्याइने छ। , विश्वमा चर्चा पाएपछि पर्यटक आफैं आउने ज्याकको अपेक्षा रहेको छ।, खासगरी विशुद्ध शाहाकारी पर्यटकले यसलाई ‘भेगन पदमार्ग’का रूपमा विकास गर्ने योजनाका साथ बागलुङलाई रोजेको पर्यटन व्यवसायी बताउँछन्।, उनीहरूले घरबासमा भेगन समूह आउँदा पशु तथा पशुजन्य उत्पादन प्रयोग नगरी खानालाई विशुद्ध शाहाकारीसँगै स्वादिष्ट र अर्गानिक बनाउने विषयमासमेत घरबासका सञ्चालकलाई तालिम दिइसकेको बताएका छन्। , सुरूमा दुई रात बिताउने गरी विदेशी पर्यटक आएकोमा आगमी दिनमा छ रात बिताउने गरी बागलुङ बजार, भुकुन्डे हुँदै बौरसम्मको पदमार्ग पहिचान गरी विकास गरिएको छ।, यस क्षेत्रमा चिसो हावापानी र अर्गानिक सागपात, फलफूल तथा गेडागुडी उत्पादन हुने भएकाले भेगनले यस क्षेत्रलाई रोजेका हुन्।, विषादीरहित उत्पादन र छोटो यात्रामै विभिन्न हावापानी, हिम शृङ्खला अवलोकन, ग्रामीण जीवनशैली र संस्कृति अध्ययन गर्न पाइने भएकाले यहाँको पदमार्ग मुख्य आकर्षण बनेको हो।, पहिलो सामुदायिक घरबासको रुपमा सञ्चालनमा आएको भकुन्डे र निकै रमणीय रहेको र बौरलाई जोडेर पदमार्गमार्फत पर्यटक ल्याउँदा यहाँका आर्थिक विकासमासमेत टेवा पुग्ने स्थानीयवासीको अपेक्षा रहेको छ। ,
बागलुङ बजार र बौर जोड्ने नयाँ पदमार्ग
|
सेतोपाटी संवाददाता दमक स्पाइन क्लवले पूर्वमा स्पाइन इन्जुरीकी सहज उपचारको लागि अभियान सुरू गर्ने भएको छ।, दमक स्पाइन क्लवले आफ्नो अभियान अन्तर्गत शनिबार दमकमा गरेको इस्टन स्पाइन कोर्ष नामक १ दिने गोष्ठीसमेत सम्पन्न गरेको छ।, गोष्ठीमा देशभरबाट ९० चिकित्सक भेला भएका थिए।, देशभरिबाट यतिधेरै चिकित्सक पहिलोपटक जम्मा भएको दमक स्पाइन क्लवका संरक्षक डा.गौरब ढकालले जानकारी दिए।, 'यसको मुख्य उद्धेश्य सुदूर पूर्वमा स्पाइन इन्जुरी उपचारको उपलब्धता होस् भन्ने हो। हामीले पूर्वलाई यसको हव बनाउन खोजिरहेका छौ,’ उनले भने, ‘उपचार केन्द्रको अभावमा यहाँबाट भारत जान बाध्य बिरामीलाई रोक्ने हाम्रो प्रयास हुनेछ।', दमक स्पाइन क्लवले यसबारे सचेतना कार्यक्रम अझै बढाउने क्लवका संयोजक डा अनुप पोखरेलले बताए। , दमक स्पाइन क्लवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा गणेश बहादुर गुरूङलाई इस्टन स्टार अवार्डबाट सम्मानित गरेको छ।,
दमक स्पाइन क्लवले पूर्वमा स्पाइन इन्जुरीको सहज उपचारका लागि अभियान सुरू गर्ने
|
सेतोपाटी संवाददाता मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगलागी भएको छ। स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौंको सामान जलेर नष्ट भएको छ। , मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ।, महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए।, गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामानलगायतका सामान जलेर नष्ट भएको जानकारी दिँदै उनले प्रारम्भिक अनुसन्धनमा करिब छ करोड बराबरको क्षति भएको बताए। क्षति भएका सामानको विवरण र क्षतिको यथार्थ विवरण भने दिउँसो मात्रै आउने उहाँले जानकारी दिए।,
ग्रिनवेयर स्यानिटरी गोदाम, भक्तपुरमा भीषण आगलागी
|
सेतोपाटी संवाददाता सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमाल सफाई गर्ने टोली आधार सविर पुगेको छ।, नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली योजनानुसार आ-आफ्नो आधार शिविर पुगेका हुन्। , सफाइ अभियान अन्तर्गत सगरमाथा/ल्होत्सेमा खटिएका टोली वैशाख १ गते, कञ्चनजंघामा खटिएका टोली वैशाख ८ गते र मनास्लुमा खटिएका टोली वैशाख ९ गते आधार शिविर पुगेका हुन्। , आधार शिविरमा पुगेका टोलीले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्चात स्थानीय संस्कार अनुसारको पूजाआजा गरेका छन्। बेशक्याम्प पुगेपश्चात उक्त टोलीले फोहोर संकलन गर्ने काम शुरू गरेको नेपाली सेनाले जानकारी दिएको छ।, हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन गर्नेछ।,
,
सफा हिमाल अभियान टोली आधार शिविरमा
|
सेतोपाटी संवाददाता ललितपुरको मलपोखरीस्थित एक फर्निचर उद्योगमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको छ। , ललितपुर महानगरपालिका - ३ मलपोखरी अफनडोलस्थित निशु फर्निचर उद्योगमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। , शाहका अनुसार सोमबार बिहान करिब १ बजेदेखि लागेको आगो बिहान सवा पाँच बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो। , आगलागी भएको खबर पाउनासाथ तत्काल प्रहरी घटनास्थल पुगेको थियो। नेपाली सेना ३३ जना , नेपाल प्रहरी ३२ जना, शसस्त्र प्रहरी २५ जना, स्थानीय करिब १०० जना , सात वटा दमकल र ८ वटा पानी ट्याङकरको सहयोगमा आगो नियन्त्रणमा लिएको शाहले जानकारी दिए। , प्रहरी उपरीक्षक शाहका अनुसार शिला मास्केको जग्गामा सुनिल भुसालले जस्ताको टहरो हालेर सञ्चालन गरेको फर्निचर उद्योगमा एक्कासी आगो लागेको हो।, आगलागीबाट नजिकै रहेको दिपेन्द्र मिश्रले सञ्चालन गरेको सत्यदेवी इन्टरनेशनल प्रा.लिमा पनि आगो सल्सदा पसलमा रहेका विभिन्न मोटर पार्टसका सामानमा जलेको शाहले बताए। , आगलागीबाट करिब ७ करोडको क्षति भएको प्रारम्भीक अनुमान गरिएको जानकारी दिए। , घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।,
ललितपुरको फर्निचर उद्योगमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा
|
सेतोपाटी संवाददाता हाल प्रदेश १ मा आंशिक बदली हुँदा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशको पहाडी भू-भागमा स्थानमा स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।, मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।, बुधबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।, प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। ,
प्रदेश–१ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता गोरखा भूकम्पको सातौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। , विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।, बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।, अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो । सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो । , विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो। दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्बाट सुरक्षित बनाउने सरकारको लक्ष्य छ। नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ। यस अवसरमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।,
आज सातौं भूकम्प स्मृति दिवस मनाइँदै
|
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरको डेरा कोठामा चार राउन्ड गोली र नक्कली सुन फेला परेको घटनामा फरार रहेका दुई पक्राउ परेका छन्। , प्रहरीले यस घटनामा फरार रहेका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँटस्थित एक घरमा डेरा गरी बसेका प्रमिला तामाङ र विशाल गुरूङलाई प्रहरीले पक्राउ गरेको हो। , लामो समयदेखि उनीहरू नफर्किएपछि काठमाडौं महानगरपालिकाको प्रतिनिधि र प्रहरी सहितको टोली डेरा कोठा खोल्न गएका थिए।, तर त्यहाँबाट चार राउन्ड गोली र एक किलो सुन जस्तो धातु बरामद भएको थियो। तर सुन चाँदी व्यवसायीले सो सुन नभएको पुष्टि गरेको थियो। , गोली र नक्कली सुन बरामद भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। , ‘विभिन्न प्रविधि र विधिको प्रयोग गरेर हामीले अनुसन्धान गर्दै जाँदा दुई जनालाई फेला पारेका छौं,’ प्रहरी उपरीक्षक मैनालीले भने। , उनीहरूलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो। प्रहरीले यसबारे सोमबार सार्वजनिक गरेको हो।, प्रहरीले प्रमिलामाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-६ हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ।, त्योसँगै उनी र विशालमाथि ठगी गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाएको छ। , ‘उनीहरूले नक्कली सुन देखाएर ठगी गरेको हुनसक्छ। त्यसैले ठगी गरेको भएमा प्रहरी वृत्त बानेश्वरमा सम्पर्क गर्न अनुरोध छ,’ मैनालीले भने।, प्रहरीले उनीहरूको डेराबाट सेनाको जर्सी, नसिलाएको सेनाको कम्ब्याट पोशाक लगायत सामान पनि बरामद गरेको छ। , घटनाको थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।, यो पनि:,कोटेश्वरमा डेरा खाली गराउन जाँदा भेटियो चार राउन्ड गोली र एक किलो नक्कली सुन,
कोटेश्वरको डेरामा गोली र नक्कली सुन फेला परेको घटनामा फरार दुई पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंमा श्रीमानले आगो लगाएर जलाउँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। , बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा नजिकै रहेको एक टहरामा गत चैत ११ गते श्रीमानले श्रीमतीमाथि आगो लगाएका थिए। , सिरहा लहान नगरपालिका-७ का ४२ वर्षीय प्रविन चौधरीले आफ्नी ३० वर्षीया श्रीमती अस्मिता चौधरीमाथि तारपिनको तेल खन्याएर आगो लगाइदिएका थिए। सुतिरहेको बेलामा उनीमाथि आगो लगाइदिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। , प्रहरीले थाहा पाएपछि अस्मिताको उपचारको लागि सुष्मा मेमोरियल अस्पताल साँखु लगिएको थियो। प्रहरीले सोही बेला श्रीमान प्रविनलाई पक्राउ गरेको थियो। , आइतबार राति अस्मिताको उपचारको क्रममा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , यता प्रविन ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा थिए। , घाइतेको मृत्यु भएपछि प्रहरीले मुलुकी अपराध संहिता परिच्छेद १२ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाएको छ।, यस घटनाको अनुसन्धान प्रहरी वृत्त बौद्धले गरिरहेको परिसरले जनाएको छ।,
काठमाडौंमा श्रीमानले आगो लगाउँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु
|
रासस नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। , राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प २०७२ सालमा आजैका दिन (वैशाख १२) आएको गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ।,
,
ताप्लेजुङको ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ७७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार ६४२ जनाको पिसिआर र एक हजार १३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २७१ जना सक्रिय संक्रमित छन्।, सोमबार १७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए २१ कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ। , भन्सार जाँच पास परीक्षण कार्यालयमा कार्यरत देवीबहादुर थापाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनका अनुसार थापाले २० वर्षको अवधिमा एक करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँको सम्पत्ती गैर कानुनी रूपमा आर्जन गरेको पाइएको हो। , भण्डारीले उनका परिवारमा सदस्यको नाममा चलअचल सम्पत्तिहरू खरिद, विभिन्न उद्योग तथा फर्महरूमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा एवं घर निर्माण लगायतका शिर्षकहरूमा तीन करोड ८९ लाख ४५ हजार ५८८ खर्च गरेको देखिएको जनाएको छ। , भण्डारीले थापाको आयस्रोत जम्मा २ करोड एक लाख ९८ हजार ४३९ हुँदा आयस्रोत भन्दा बढि खर्च भएको बताए।, त्यसैले १ करोड ८७ लाख ४७ हजार १४९ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको देखिएपछि अख्तियारले उनीविरूद्ध आरोपत्र दायर गरेको भण्डारीले जानकारी दिए। , थापा भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुने काठमाडौंमा नायब सुब्बा पदमा कार्यरत छन्। हाल उनलाई निलम्बन गरिएको भण्डारीले बताए। , कार्यालयमा सेवामा निवृत्त २०५६ सालदेखि २०७५ सालसम्मको जाँच अवधिमा सो रकम अनियमितता गरेको देखिएको आयोगले जनाएको छ। , भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग गरेको छ। , साथै गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आमा, बुवा र श्रीमतीको नाममा समेत गरेको हुँदा सो सम्पत्ति पनि जफत गर्न आयोगले मागदाबी गरेको छ। ,
भन्सारका नायब सुब्बाविरूद्ध एक करोड ८७ लाख बराबरको भष्टाचार मुद्दा
|
रासस बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ।, सर्लाहीको बसबरिया गापा–४ धनगढामा आज चकलेट टिप्न जाँदा डिजेसहितको रथले किचिएर गोडैता नगरपालिका–१० सिसौटिया निवासी प्रेम पण्डितकी करिब ७ वर्षीया छोरी लक्ष्मी पण्डितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। , बसबरिया गापाको धनगढा निवासी भागिरथ राय कुर्मीको छोरा विकेश राउतको बिहेमा आज साँझ बाँडिएको चकलेट टिप्ने क्रममा बालिकाको रथले किचिएर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।, बालिका धनगढास्थित आफ्नो मामा घर आएकी थिइन्। त्यही बेला बिहेमा चकलेट टिप्न जाँदा दुर्घटनामा परेर ज्यान गुमाएकी हुन्। डिजे रथ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्।,
बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा बालिकाको मृत्यु
|
रासस कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ।, आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्।, स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन्।, मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ रहेका छन्।, कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ।, प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन्। हुम्लामा पाँच, मुगुमा छ, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन्।, मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीविका विभिन्न जातहरूबाट हुने गर्दछ। ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवि सर्ने गर्दछन्।, मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवि रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन्।, औलो रोगका परजीवि भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरु देखा पर्दछन्।, निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, किटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ।, निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्ष्य गरी यस वर्ष दुई हजार ६७१ थान झुल वितरण गरिएको बताए।, नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण अैलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ।, ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ सोमबार विश्व औलो दिवस मनाइएको थियो।,
कर्णालीमा औलो: ३२ बिरामी, छ स्थान उच्च जोखिममा
|
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटो चोकमा सोमबार राति टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।, चारदोबाटो चोकमा नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा प्र.०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो ।, दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षीय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।, दुवै सवारी साधन र टिपर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए।,
भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
|
एजेन्सी संसारकै सबैभन्दा बढी उमेरकी महिला बितेकी छन्।, जापानको स्वास्थ्य मन्त्रालयका अनुसार ११९ वर्षकी काने तानाकाको वैशाख ६ गते निधन भएको हो। उनी सन् १९०३ जनवरी २ मा जन्मिएकी थिइन्।, गिनिज वर्ल्ड रेकर्डले तानाकाको निधनले स्तब्ध भएको जनाएको छ। सन् २०१९ जनवरीमा गिनिज बुकले तानाकालाई संसारकी सबैभन्दा बढी उमेर भएकी जिवित मान्छेका रूपमा रेकर्ड राखेको थियो।, उनी संसारमा सबैभन्दा बढी समय बाँच्ने दोस्रो व्यक्ति हुन्। उनीभन्दा अघि जिन काल्मेन्ट मात्रै छन्। उनी १२२ वर्ष बाँचेर सन् १९९७ मा बितेकी थिइन्।,
११९ वर्ष बाँचेर बितिन् जापानकी तानाका
|
रासस अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुर थिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन्।, मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक-६ घर भई हाल चाँगुनारायण-३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।, स्कुटर पछाडि सवार म्याग्दी बेनी-४ घर भई हाल चाँगुनारायण -३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठको मध्यपुर अस्पतालमा उपचार भइरहेको पाण्डेले जानकारी दिए। दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा-४ घर भई हाल मध्यपुरथिमि-७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरू गरेको जनाइएको छ।,
भक्तपुरमा फेरि लियो टिपरले स्कुटर चालकको ज्यान
|
रासस चिटिक्कको विद्यालय भवन, त्यससँगै नयाँ निर्माण गरिएको विज्ञान प्रयोगशालाको छुट्टै भवन र नजिकै रहेको शौचालय पनि नयाँ देखिन्छ। , शौचालयमा धाराको टुटी जोडेर राखिए पनि टुटीबाट पानी भने कहिल्यै झर्दैन। यो अवस्था काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको हो।, सो क्षेत्रकै सबैभन्दा जेठो र विद्यार्थी संख्याको हिसाबले पनि राम्रो रहेको उक्त विद्यालयका विद्यार्थीले भने पानीको अभावमा शौचालय राम्रोसँग प्रयोग गर्न पाएका छैनन्।, सिंगो कोलाती गाउँमै खानेपानीको समस्या भएकाले विद्यालयका विद्यार्थीले शौचालयमा पानीकोे अभाव मात्रै झेल्नु परेको छैन, पिउने पानी पनि घरबाट लगेर प्यास मेटाउनुपर्ने बाध्यता छ। , विद्यार्थीले खानेपानीका लागि घरबाट नै बोकेर लैजानुपर्छ। गाउँमै पानीको समस्या रहेकाले खानेपानी बोकेरै लानुपर्ने बाध्यता रहेको कक्षा ६ मा अध्ययनरत अञ्जना नेपालीले बताइन्।, ‘हामी सबै साथीले पिउने पानी यसरी नै घरबाट बोतलमा बोकेर लैजाने गरेका छौं’, उनले भनिन्,‘हाम्रो त घरनजिकै विद्यालय भएको कारण पनि सजिलो छ। कहिलेकाहीँ बिर्स्यो भने पनि घरमा नै गएर खाने गरेका छौं।’, सोही विद्यालयका कक्षा ७ मा अध्ययनरत विक्रम नेपाली र कक्षा ९ मा अध्ययनरत नकुल नेपालीले पनि खानेपानी र शौचालयमा प्रयोग गर्ने पानीको व्यवस्थापन नहुँदा निकै समस्या हुने गरेको बताए।, खानेपानीदेखि शौचालय जानुपर्ने अवस्थामा घरमै पुगी फर्केर आउने गरेको विद्यार्थीको अन्य विद्यार्थीको पनि भनाइ थियो।, विद्यालय सहयोगी सोमाया पहरीले विद्यालयमा आफूले काम गर्न थालेदेखि नै खानेपानीका लागि गाउँदेखि तल रहेको खोल्साबाट पानी बोकेरै ल्याउनुपरेको बताइन्।, ‘काम गर्न थालेको १८ वर्ष भयो, त्यही बेलादेखि बिहानै धाराबाट बोकेर ल्याएर पानी घरमा राख्ने अनि विद्यालय खोल्ने समय भएपछि लगेर ख्वाउने गर्दै आएको छु’,उनले भनिन्, ‘पछि गाउँमा नजिकै धारा आए पनि पर्याप्त नभएका कारण अहिले पनि त्यसरी नै बोकेर नै ख्वाउने गरेको छु।’, धेरै विद्यार्थी संख्या भएकाले दिनको दुई चार गाग्री ल्याएको पानीले सुरू-सुरूमा खान आउने विद्यार्थीलाई पुगे पनि सबैलाई व्यवस्थापन गर्न गाह्रो भएको विद्यालय सहयोगी पहरीको भनाइ थियो।, पानीको मुहान नजिक नभएका कारण सधैंभरी बोकेर समस्या समाधान गर्न कठिन भएको उनले बताइन्।, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष क्रान्ति लामाले यस भेगकै सबैभन्दा पुरानो विद्यालयमा पछिल्लो समयमा शैक्षिक वातावरण सुधार हुँदै आए पनि अझै खानेपानीको समस्या समाधान गर्न भने चुनौती नै रहेको बताइन्।, करिब ३०० विद्यार्थी अध्ययनरत विद्यालयमा खानेपानी समस्या समाधानका लागि भौगोलिक जटिलताकै कारण पनि कठिन भएको उनको गुनासो थियो।, पानी अभावका कारण विद्यार्थीलाई मात्रै नभएर शिक्षकलाईसमेत शौचालय प्रयोग गर्नका लागि समस्या भएको विद्यालयले जनाएको छ। , पछिल्लो समयमा खानेपानी समस्या समाधानका लागि वडा नं ५ सल्लेबाट थोरै पानी आइरहे भए पनि आफूहरूले उपभोग गर्दै आएको पानी कोलाती बासिन्दाले लगेको भन्दै विरोध गरेर सल्लेबासीले रोकिदिएका थिए।, विद्यालयमा आफू व्यवस्थापन समितिको अध्यक्ष भएर आएपछि विज्ञान प्रयोगशाला सामग्री, कम्प्युटर ल्याबको व्यवस्था, विद्यालयमा नर्स र विज्ञान प्रयोगशाला भवन निर्माण गरिए पनि खानेपानीको समस्या भने अहिलेसम्म पूरा गर्न नसकिएको अध्यक्ष लामाले बताइन्।,
शौचालय राम्रो छ तर पानी छैन
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.