content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता मोरङमा परिवारका सदस्यबाटै आफन्त मारिने क्रम बढेको छ।, नयाँ वर्षको पहिलो दिन बिहीबार बेलबारीमा छोराले बाबुको हत्या गरेको घटना सार्वजनिक भएको थियो। लगत्तै मोरङकै जहदा गाउँपालिकामा पतिले पत्नीको हत्या गरेको घटना सार्वजनिक भएको छ।, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गरेर पत्नी ३२ वर्षीया पानो टुडुको हत्या गरेका हुन्।, नारायणले मादक पदार्थ सेवन गरेर गत चैत २९ गते पत्नीलाई कुटपिट गरेर घाइते बनाएको र उनको उपचारको क्रममा मृत्यु भएको हो।, बिहीबार राति ११ बजेतिर विराटनगरको कोसी अस्पतालमा पानोको मृत्यु भएको प्रहरीले जनाएको छ। पत्नीलाई मरणासन्न बनाएपछि नारायण फरार छन्।, बिहीबार मोरङको बेलबारी नगरपालिका–७ का ३१ वर्षीय बासुदेव कार्कीले घरको आँगनमा पछारेर बुवा ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेका थिए। उनले जग्गा अंशवण्डासम्बन्धी विवादका क्रममा बाबुको हत्या गरेको प्रहरी भनाइ छ।,
दुई दिनको बीचमा मोरङमा आफन्तबाटै मारिए दुई जना
|
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल र एम्बुलेन्स ठाेक्किँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार राति ८ बजे टीकापुर नगरपालीका-४ मौरनीयास्थित खक्रौलाबाट टिकापुर जाँदै गरेको से २ प २५८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे १ च २४०९ नम्बरको एम्बुलेन्स ठोक्किएका थिए।, दुर्घटनामा मोटरसाइकल पछाडि सवार जानकी गाउँपालिका-३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। , उनको उपचारको क्रममा काेहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा माेटरसाइकल चालक जानकी गाँउपालिका- ६ धर्मापुरका ५० वर्षीय राम दयाल चौधरी घाइते छन्। , घटनापछि एम्बुलेन्स चालक बर्दिया राजापुर-७ रामपुरका ३१ वर्षीय कालिराम चौधरी प्रहरी नियन्त्रणमा छन्।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।,
कैलालीमा एम्बुलेन्ससँग मोटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु
|
सेतोपाटी संवाददाता बीबीसी मास्टरसेफको फाइनलिस्ट बनेर नेपाली परिकारलाई विश्वभर चिनाउन सफल शेफ सन्तोष साहलाई नेपाल सरकारले सम्मान गरेको छ। , सातौं संविधान दिवसको अवसरमा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको हो। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पदक हस्तान्तरण गरिन्। , सिरहाको कर्जन्हामा जन्मिएका साह १५ वर्षको उमेरमा इन्डियामा गएर शेफको रूपमा काम गर्दै होटल म्यानेजमेन्ट पढेका थिए। १० वर्ष पहिले उनी बेलायत गएका थिए।, I have been awarded 🎖🎖🎖SuPrabal Jana Sewa Shree by the Government of Nepal for my contribution to Nepalese society and for promoting Nepali food to the world. Thank you Nepal government for this prestigious moment and recognition 🙏. ,pic.twitter.com/eQWHIjQuJG,
— Santosh Shah (@chefsantoshshah) ,April 15, 2022,
,
बीबीसी मास्टरसेफको फाइनलिस्ट शेफ सन्तोष साहलाई सुप्रबल जनसेवाश्री पदक
|
सेतोपाटी संवाददाता जनकपुर-जयनगर रेल सञ्चालन हुन थालेसँगै बर्दिबासका स्थानीयले भने आन्दोलन थालेका छन्।, बर्दिबास नगरपालिका-१४ मा बन्न लागेको रेल्वे स्टेशन क्षेत्रका स्थानीयहरूले आन्दोलन थालेका हुन्।, त्यो क्षेत्रमा बन्न लागेको रेल्वे स्टेशनको जग्गामा मुआब्जाको विवाद छ। सरकारले धेरै कम मुआब्जा घोषणा गरेर जग्गा अधिग्रहणको प्रक्रिया थालेको उनीहरूको आरोप छ।, स्थानीयले ‘रेल्वे स्टेशन चाहिँदैन’ भन्दै प्रदर्शनसमेत गरिरहेका छन्। स्थानीयका अनुसार पूर्व-पश्चिम राजमार्गको पाँच सय मिटर दक्षिणमा सरकारले रेल्वे स्टेशन बनाउन खोजेको छ।, त्यहाँ ६० बिगाहा जग्गा अधिग्रहणको प्रक्रिया थालिएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने मुआब्जा समितिले निकै कम मूल्यमा जग्गा अधिग्रहण थालेको स्थानीय बद्री कोइरालाले बताए।, उनका अनुसार सरकारले नापी र मालपोतमा जग्गाको लगत कट्टा गर्न पठाइसकेको छ। नेपाल रेल्वे विभागमा पठाउन बाँकी छ।, गाउँबाट पूर्वपट्टी रहेको उक्त जग्गा स्थानीयको धानखेत हो।, ‘यहाँ चलनचल्तीमा प्रतिकठ्ठा ६० देखि ७० लाखसम्म छ,’ कोइरालाले भने, ‘सरकारले १२-१४ लाख प्रतिकठ्ठामा अधिग्रहण गर्न खोजेको छ।’, अधिग्रहण गर्दा किस्ताबन्दीमा पैसा दिइने भएकाले त्यति कम पैसा लिएर स्थानीय कहाँ गएर अर्को जग्गा किन्न सक्छन्? भन्दै उनले प्रश्न गरे।, ‘चलनचल्तीको दर सरकारले देओस्, एकमुष्ट पैसा देओस्, नभए हामी यहाँ रेल्वे स्टेशन बनाउन दिँदैनौं, स्टेशन सारे हुन्छ,’ उनले भने।, जनकपुर-जयनगर रेल चलिसकेको छ। अहिले धनुषाको कुर्थासम्म रेल आइसकेको छ। महोत्तरीको रेल्वे स्टेशन स्थानीयको जग्गामा परेको छ।, महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार एक वर्षअगाडि नै मुआब्जाको निर्णय भएको हो। अहिले क्रमश: मालपोत र नापीमा लगत कट्टाको काम भइरहेको छ।, ‘गृह मन्त्रालयले निर्णय गरिसकेको कुरा हो, म आउनुभन्दा पहिले नै निर्णय भइसकेको हो,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्नेचाहिँ मेरो पालामा आएको छ।’, एक वर्षअघि स्थानीयहरू गुनासो लिएर गृह मन्त्रालय पुगेका थिए। गृह मन्त्रालयले सचिवस्तरीय पुनरावलोकन समिति गठन गर्यो। उक्त समितिले पुरानै निर्णयलाई सदर गरिदिएको छ।, त्यसपछि स्थानीयहरू फेरि प्रधानमन्त्री कार्यालयमा पुगे। प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिए। प्रधानमन्त्री कार्यालयले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लेखेर पठाएको छ।, तर, उक्त मन्त्रालयमा फाइल अड्किएको छ। , ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाम्रो माग सम्बोधन गर्ला भन्ने सोचेको छौं,’ कोइरालाले भने।, जयनगर-बर्दिबास ६९ किलोमिटर रेल्वे हो। जयनगरदेखि बिजलपुरासम्म ५२ किलोमिटर रेल्वे ट्रयाक बनिसकेको छ।, बिजलपुरादेखि बर्दिबास १७ किलोमिटर रेल्वे ट्रयाकसहित स्टेशन निर्माण गर्नुपर्ने छ।, ‘अहिले जग्गा प्राप्तिको काम भइरहेको छ, कहिले निर्माण हुने भन्ने टुंगो छैन,’ रेल्वे विभागका प्रवक्ता अमन चित्रकार भन्छन्, ‘जग्गाको मुआब्जा भन्ने कुरामा जहाँ पनि विवाद र स्थानीयको चित्त दुखाइ हुने गरेको छ।’,
रेल स्टेशन बनाउन मुआब्जा कम भएको भन्दै बर्दिबासका स्थानीय आन्दोलनमा
|
सेतोपाटी संवाददाता स्वयम्भूमा युवकको शव भेटिएको छ। , स्वयम्भूको भगवान पाउ नजिक जंगलमा २५/२६ वर्षीय युवकको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवकको अनुहारमा चोट लागेको छ।, प्रहरीलाई शुक्रबार बिहान सात बजेतिर खबर भएको थियो। खबर पुग्नासाथ कुकुरसहितको प्रहरी घटनास्थल गएको थियो।, घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनाली जानकारी दिए। महानगरीय अपराध महाशाखाको फरेन्सिक टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।,
स्वयम्भूमा युवकको शव फेला
|
नारायण खड्का दाङको तुलसीपुरमा एक जना किसानले पालेका झन्डै ६ सय बोइलर कुखुरा एकैसाथ मरेका छन्।, तुलसीपुर उपमहानगरपालिका-९ कट्कुँइयाका केशरबहादुर वलीले सल्ली वनमा पालेका ६ सय कुखुरा चैत ३० गते दिउँसो एकै साथ मरेका हुन्।, पीडित वलीले पानी ट्यांकीमा कसैले विषादी हालिदिएका कारण आफ्ना कुखुरा एकै साथ मरेको आशंका व्यक्त गरे।, उनले फार्मनजिकै पानी ट्यांकी निर्माण गरेको र त्यसैमा कसैले विषादी हालिदिएको हुन सक्ने बताए।, इलाका प्रहरी कार्यालय तुलसीपुरमा वैशाख १ गते वलीले त्यही आसयको निवेदन दिँदै घटना छानबिन गरी दोषीको पहिचान गरी आवश्यक कारबाहीको माग गरेका छन्।, ‘मैले ३० गते बिहान ११ बजे कुखुराका लागि पानी परिवर्तन गरेको थिएँ,’ वलीले भने, ‘त्यसको दुई घन्टा नबित्दै एक पछि अर्को गर्दै सबै कुखुरा मरे।’, दुईदेखि साढे दुई किलोसम्मका ६ सय कुखुरा एकै साथ मरेपछि झन्डै चार लाख रुपैयाँ क्षति भएको वलीले बताए। यतिखेर तुलसीपुरमा बोइलर कुखुराको मासु प्रतिकिलो चार सय रूपैया रुपैंया पर्छ। , कुखुरा मरेपछि वलीले उक्त ट्यांकीको पानी बोत्तलमा राखेर परीक्षण गराउन भन्दै तुलसीपुर ल्याएको भए पनि परीक्षण गर्ने ल्याब काठमाडौंमा मात्रै रहेको थाहा पाएपछि फर्केर गएको बताए।, ‘म तुलसीपुर खानेपानीको कार्यालयमा बोत्तलमा पानी लगेर पुगेको थिएँ,’ वलीले भने, ‘पानीका विषादी मिसाएको परीक्षण गर्ने ल्याब छैन भनेपछि फर्केर आएँ।’, खानेपानीका पदाधिकारीले त्यही बोत्तलको पानी फेरि अरू केही कुखुरामाथि पनि परीक्षण गर्न दिएको सुझावअनुसार वलीले आफ्नै अर्को फार्मका थप दुई वटा कुखुरालाई समेत उक्त पानी दिएका थिए।, ती दुई वटा कुखुरा पनि त्यो पानी पिएको डेढ घन्टाभित्रै मरेपछि त्यसमा बिषादी मिसाइएको रहेछ भन्ने निष्कर्षमा आफू पुगेको वलीले बताए।, वलीको एउटा फार्मका ६ सय कुखुरा मरे पनि त्यसको नजिकै उनकै करिब दुई सय जति कुखुराको अर्को फार्म पनि छ।, ‘कुखुरालाई दिने पानीका लागि मैले बाहिरै ट्यांकी बनाएको छु,’ वलीले भने ‘कसैले रिसइबी साँध्न त्यसमै विषादी मिसाइदिएको हुन सक्छ।’, गाउँका कसैमाथि पनि आफूले आशंका गर्न नमिल्ने उनले बताए।, ‘प्रहरीले अनुसन्धान गरी त्यो कुरा पत्ता लगाओस् भन्ने मेरो चाहाना हो,’ उनले भने, ‘हाम्रो लागि गाउँ घरका मानिस सबै बराबर हुन।’, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले वलीको निवेदनका आधारमा घटनाबारे अनुसन्धान सुरू गरिएको जानकारी दिए।,
एकैचोटी मरे केशरबहादुरले पालेका ६ सय कुखुरा, पानीमा विष हालिदिएको आशंका
|
सेतोपाटी संवाददाता विभिन्न पाँच बुँदे माग राख्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराएका छन्।, आफूले राखेका माग पूरा नभए कुनै पनि बेला सत्याग्रह सुरू गर्ने चेतावनी केसीले दिएका छन्।, केसीले आफ्नो पहिलो मागमा दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख्याका आधारमा बढाउन माग राखेका छन्।, जनसंख्याको बृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर बृद्धि सुनिश्चित गर्न माग गरेका छन्।, केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग गरेका छन्। विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गणडकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण गर्न माग गरेका छन्।, आफूसँग भएको सम्झौता अनुसार डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पाँचथरमा तुरुन्त सरकारल मेडिकल कलेज निर्माण गर्न माग गरेका छन्।, यस्तै, केसीले सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गर्न माग गरेका छन्।, उनले नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज तथा अन्य कलेजहरूमा विद्यार्थीबाट अतिरिक्त रकम असुल्ने प्रयास अहिले पनि जारी रहेको भन्दै सञ्चालकहरूलाई कारबाही गर्न माग गरेका छन्।, केसीले आफ्नो मागको अन्तिम बुँदामा आफूसँग भएका सम्झौताहरू तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन्।, उनले सो बुँदामा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार नेपालको मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने, बिपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरी कारबाही गर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्ने उल्लेख गरेका छन्।,
पाँच बुँदे माग राख्दै डाक्टर केसीद्वारा सरकारको ध्यानाकर्षण
|
रासस नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ।, समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ।, स्वीकृति नलिई प्रकाशन भएमा कारबाही गरिने सूचना समितिले पात्रोमार्फत प्रकाशन गरेको छ। समितिको स्वीकृति नलिई यस वर्ष तीन पात्रो प्रकाशन भएका छन्।, नेपाल, मुक्तिनाथ र ज्वाला पञ्चाङ्ग समितिको स्वीकृति नलिई प्रकाशन भएका हुन्। यसैगरी हालसम्म नौ भित्तेपात्रो समितिको स्वीकृति नलिई प्रकाशन भएको पाइएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले बताए।, समितिका स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा गोरखा उद्योग वाणिज्य सङ्घ गोरखा, हेल्पिङ सोसाइटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ महानगरपालिका– २५ टेङ्गाल, अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्युरोड, काठमाडौँ, सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका–३ धादिङ, तिमल्सिना समाज केन्द्रीय कार्यालय काठमाडौँ, धनप्राप्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, न्युरोड, काठमाडौँ, स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखा नगरपालिका–७, धापासी, काठमाडौँ, नोक्पिन हाउस, न्युरोड, काठमाडौँ र कृष्ण मोहना गौशाला सुदूरपश्चिम प्रदेशले समितिको गठन आदेश विपरीती स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गरेको पाइएको घिमिरेले बताए।, पहिलो चरणको अनुगमनमा तीन पात्रो र नौ भित्तेपात्रो स्वीकृति नलिई प्रकाशन भएको तथ्य अनुगमन उपसमितिले फेला पारेको हो। अनुगमन अहिले पनि जारी छ । अनुगमनपछि स्वीकृति नलिई प्रकाशन भएका अरू पात्रो र भित्तेपात्रोको सूची सार्वजनिक गरिने समितिले जनाएको छ।, समितिसँग स्वीकृति लिएर हालसम्म १४ पात्रो र ८०० भन्दा बढी भित्तेपात्रो प्रकाशन भएका छन्। हाल दैनिक ५० भन्दा बढी भित्तेपात्रोले समितिसँग स्वीकृति लिएका छन्। राजधानी बाहिरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोले अनलाइनबाटै स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ।,
स्वीकृति नलिई प्रकाशन गरेका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने
|
सेतोपाटी संवाददाता ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ। बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो। पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो। सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो।, उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला सडक योजना कार्यालयका अनुसार सम्झौता भएसँगै कालोपत्रका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको छ। निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीका अनुसार केही दिनमै कालोपत्र गर्न आवश्यक पर्ने मिशिन तथा आश्यक सामग्री आइपुग्ने छ। , ठेक्का सम्झौता अगाडि नै कालोपत्र गरिसक्ने योजनाका साथ निर्माण तीव्र रुपमा अगाडि बढाइको छ। कार्यालयका सब इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग रु ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ।, दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको हो। पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र भइसकेको छ।, सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो। काफ्लेका अनुसार अहिले वार्षिक रुपमा तीन लाखको हाराहारीमा तीर्थयात्री पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन्।, सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने समितिको अपेक्षा छ। हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारी साधन नजाने हुँदा तीर्थयात्रीलाई सकस हुने गरेको छ। कालोपत्र भए पाथीभरा क्षेत्रसम्म नै गाडी पुग्नसक्ने छ। कालोपत्र भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ।,
पाथीभरा मन्दिर पुग्ने सुकेटारदेखि काफ्लेपाटीसम्मको सडक कालोपत्र थालियो
|
एजेन्सी भारतको झारखण्डमा ४६ घन्टापछि केबलकारमा अड्किएका सबैको उद्धार भएको छ।, झारखण्डको देउघर जिल्लास्थित त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए। यो सँगै केबलकारमा रहेका ४७ जना अड्किएका थिए।, भारतीय वायु सेनाको हेलिकप्टर, नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी, स्थानीय अधिकारीको सहायतामा केबलकारमा फसेकाहरूको ४६ घन्टापछि उद्धार गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ। , मन्त्रालयका अनुसार केबलकारमा फसेकामध्ये २ महिलासहित ३ जनाको ज्यान गएको छ।, केबलकारमा फसेकाहरूलाई ड्रोनको साहयताबाट खानेकुरा पठाइएको थियो।, त्रिकुट पर्वत पर रोपवे सफर के दौरान फसे हुए सभी लोगों को दूसरे दिन सकुशल बाहर निकाल लिया गया है। ,@adgpi, , ,@NDRFHQ, , ,@ITBP_official, एवं स्थानीय प्रशासन की टीम द्वारा रेस्क्यू ऑपरेशन को आज पूर्ण किया गया। आज शेष बचे 13 लोगों को सकुशल रेस्क्यू किया गया।,@HemantSorenJMM, ,@mbhajantri, ,pic.twitter.com/tFLTs3VleV,
— DC Deoghar (@DCDeoghar) ,April 12, 2022, त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।, यसैबीच भारतको केन्द्रीय गृह मन्त्रालयले एक एडभाइजरी जारी गर्दै हरेक रोपवेका मर्मतसम्हार चुस्त दुरूस्त राख्न निर्देशन दिएको छ। , MHA issues advisory in wake of ropeway accident in Deoghar, Jharkhand.,
"Op & maintenance of ropeway projects need to be scrupulously adhered to. State Govt must engage qualified firm for carrying out safety audit. For each ropeway project a maintenance manual must be prepared." ,pic.twitter.com/cM05JFVTPR,
— ANI (@ANI) ,April 12, 2022, केन्द्रीय गृह सचिव अजय भल्लाले सबै राज्य सरकारलाई आफ्नो राज्य भित्र सञ्चालनमा आएका रोपवेको सुरक्षाबारे विशेष ध्यान दिन आग्रह गरेका छन्। , उनले यस्ता घटना नदोहोरिनका लागि सबै राज्य सरकारले सम्बन्धित क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशनसमेत दिएका छन्।,
,
४६ घन्टापछि भारतको केबुलकारमा अड्किएका सबैको उद्धार, तीनको मृत्यु
|
सेतोपाटी संवाददाता ओखलढुंगामा प्रहरीहरू चढेको बलेरो जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ।, मृत्यु हुनेमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशी रहेका छन्।, बुधबार बिहान ओखलढुंगाबाट विराटनगर जाँदै गरेको बा१७च १०९४ नम्बरको बलेरो मानेभञ्ज्याङ गाउँपालिका-६ हर्कपुर भन्ने ठाउँमा भीरबाट तल खसेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताए।, उनका अनुसार बलेरोमा ९ जना सवार थिए। एक जना गाडी चालक र अन्य सबै प्रहरी थिए। उनीहरूको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत् काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल लैजाने तयारी भइरहेको खनालले बताए।, ‘चार जनाको अवस्था चिन्ताजनक रहेको बुझिएको छ, अन्य सबै घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ,’ उनले भने।, खनालका अनुसार बिहान ९ बजे बलेरो दुर्घटना भएको थियो। प्रहरीहरू हतियार मर्मतका लागि हिँडेका थिए।, घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद खनाल छन्।,
ओखलढुंगामा बलेरो दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु, सात घाइते
|
सेतोपाटी संवाददाता विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्।, प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।, ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झा पनि समातिएका छन्।, यमुनामाई गाउँपालिका-४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।, करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले दुबैलाई पक्राउ गरेको हो।,
प्रधानाध्यापक ठाकुर तीन लाख घुससहित पक्राउ
|
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र) को चुनावी पोस्टरबाट आफ्नो फोटो हटाउन भनेका छन्।, आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको कुलमानले बताए।, ‘मलाई थाहै थिएन। पार्टीको चुनावी पोस्टरमा त्यसरी मेरो फोटो राख्न मिल्दैन,’ कुलमानले सेतोपाटीसँग भने,‘मैले हटाउन भनिसकेको छु। उनीहरूले हटाउँछौं भनेका छन्।’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ।, माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो।, ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो नि:शुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ। उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ।, प्रचण्डको फेसबुकबाट यो पोस्टर आज बिहान सार्वजनिक भएपछि माओवादी नेता/कार्यकर्ताले आफ्नो वालमा सेयर गर्न थालेका छन्।, पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।, घिसिङको पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।,
माओवादीको चुनावी पोस्टरबाट मेरो फोटो हटाउन भनेको छु: कुलमान
|
सेतोपाटी संवाददाता बझाङमा जीप दुर्घटना हुँदा जीप चालककाे मृत्यु भएको छ।, बुधबार छबिसपाथिभेरा गाउँपालिकाकाे भाडेबजार नजिकैबाट जीप दुर्घटना हुँदा साेही गाउँपालिका- ३ नम्बर वडाका स्थानीय जय सार्कीकाे मृत्यु भएको हाे।, घरबाट माेरीबगर बजारमा सामान लिन आउनेक्रममा उनले चलाइरहेको जीप दुर्घटनामा परेकाे हाे।, प्रहरीका अनुसार उक्त जीपमा चालक सार्की मात्रै सवार थिए।, उनी जीपका मालिक पनि हुन्। जीप दुर्घटनामा परी जयपृथ्वी राजमार्गबाट सय मिटर तल सेती नदीमा खसेर डुबेकाे छ।, घटनास्थलमा मुचुल्का लिने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान सिंह विष्टले जानकारी दिए। जीप के कारणले दुर्घटनामा परेकाे भन्नेबारे अनुसन्धान भइरहेको छ।,
बझाङमा जीप दुर्घटना हुँदा चालककाे मृत्यु
|
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त अस्पतालबाट फरार भएका छन्।, केन्द्रीय कारागार हुँदै वीर अस्पतालमा भर्ना भएका राजेश तिरूवा मंगलबार राति भागेका हुन्। कारागार व्यवस्था विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार सिन्धुपाल्चोक जिल्ला कारागारबाट उनलाई शुक्रबार जिल्ला अस्पताल लगिएको थियो।, जिल्ला अस्पतालले उनलाई काठमाडौं रिफर गरेको प्रवक्ता ढकालले बताए। , ‘सुरूमा हाम्रो कारागार अस्पतालमा पनि उपचार गराएको थियो,’ उनले भने, ‘त्यहाँबाट वीर अस्पताल लग्न भनेपछि भर्ना गरिएको थियो।’, तिरूवालाई सिन्धुपाल्चोक जिल्ला अदालतले केही महिना अघि पुर्पक्षका लागि कारागार चलान गरेको थियो। , उनको अहिले खोजी भइरहेको विभागले जनाएको छ। ,
,
वीर अस्पतालबाट भागे बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनिएका अभियुक्त
|
सेतोपाटी संवाददाता कंगो अपरेसनमा ज्यान गुमाएका सैनिक प्युठ अनिल गुरूङको शव नेपाल ल्याइएको छ। , उनको शव मंगलबार कंगोबाट फिर्ता ल्याइएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ।, चैत २२ गते कंगोमा सञ्चालन भएको अपरेसन बालीको क्रममा विद्रोहीको फायरबाट घाइते भएका गुरूङको बुनियाँस्थित अस्पतालको उपचारको क्रममा मृत्यु भएको थियो। , गुरूङको शव नेपाल ल्याएर छाउनीस्थित वीरेन्द्र अस्पतालमा बुधबार बिहान प्रधानसेनापति प्रभुराम शर्माले श्रद्धञ्जली अर्पण गरेका थिए। उनलाई सेनापति शर्माले पार्थिव शरीरमा नेपाली सेनाको झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए। , गुरूङको शवलाई बुधबार नै नेपाली सेनाको हेलिकप्टरबाट उनको गृह जिल्ला सुर्खेत लगेर परिवारलाई हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ। , त्यहाँ तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिनेछ।, यो पनि: ,‘लौ बा पल्टनबाट फोन आउला उठाउनू, अनिलले वीरगति प्राप्त गर्यो’, तस्बिरहरू:, ,
कंगोबाट आइपुग्यो शान्ति सेनामा गएका अनिल गुरूङको शव (तस्बिरहरू)
|
राजेश घिमिरे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिलेकाहीँ घरबेटीका कारणले पनि आलोचनामा पर्छन्।, काठमाडौंमा प्रचण्डका नाममा घर छैन। पछिल्ला केही वर्षदेखि प्रचण्ड ललितपुरको खुमलटारमा भाडाको घरमा बस्छन्। त्यो घर निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको हो।, ठेकेदार अधिकारी समयमै ठेक्का नसक्ने र गुणस्तरहीन काम गर्ने भन्दै बेलाबेलामा विवादमा आइरहन्छन्। कम्युनिष्ट पार्टीका नेता त्यस्ता विवादित ठेकेदारको घरमा बसेको प्रचण्डको आलोचना हुन्छ।, अब भने प्रचण्डले आफ्नै सम्पत्तिमा घर बनाएका छन्। चितवनको भरतपुरमा अहिले प्रचण्डको घर बनिरहेको छ।, भरतपुर महानगरपालिकाको वडा नम्बर १४ स्थित शिवनगरमा प्रचण्ड टोल छ। भरतपुरको चौबिसकोठीबाट करिब आधा घन्टामा पुगिने त्यो टोल प्रवेश गर्ने ठाउँमा राखिएको बोर्डमा ‘प्रचण्ड टोल विकास संस्था तपाईंहरूको हार्दिक स्वागत गर्दछ’ लेखिएको छ।, यहाँबाट करिब २ सय मिटर दक्षिण लागेपछि दायाँतर्फ पर्खालको घेराभित्र एउटा घर बनिरहेको देखिन्छ। त्यो बन्दै गरेको घर प्रचण्डको हो।, करिब १० कट्ठा जमिनको मध्यभागतिर बन्दै गरेको घरमा केही दिनअघि मात्र पहिलो तला ढलान गरिएको छ। बन्दै गरेको घरको अघिल्तिरको एक छेउमा जस्ताले छाएको तीन कोठाको लामो टहरो बनाइएको छ। त्यो टहरो गार्ड/कर्मचारीका लागि बनाइएको हो। यहाँ केही कामदार पर्खालमा प्लास्टर गर्ने काम गरिरहेका छन्।, घर निर्माणको जिम्मा लिएका शिवनगरका बेगबहादुर गुरूङले करिब २ महिनामा काम सकिने बताए।, केही दिनअघि आफ्नो बन्दै गरेको घर हेर्न पुगेका प्रचण्ड।, ‘दुई दिनअघि ढलान भयो। अब एक महिना यत्तिकै छाड्नुपर्छ। त्यसपछिको एक महिनामा गारो लगाउने, प्लास्टर गर्ने काम सकिन्छ,’ उनले भने।, ५० फिट लम्बाइ ३५ फिट चौडाइको घरमा कति कोठा निकाल्ने अझै तय भएको छैन।, ‘माघबाटै बनाउन थालेको हो। डिजाइन परिवर्तन भइरहँदा बनाउनमा ढिलो भयो,’ उनले भने, ‘कति वटा, कत्रा कोठा निकाल्ने अझै भन्नुभएको छैन। उहाँहरूले भनेपछि त्यहीअनुसार कोठा निकालिदिन्छौं।’, अहिलेलाई एक तलामात्रै बनाउन आफूले ठेक्का लिएको गुरूङले बताए। , गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी यो घर बनाइरहेका छन्। सबै जमिनलाई घेरिएको पर्खाल भने उनले ज्यालादारीमा लगाएका थिए। अब बन्दै गरेको घरको अगाडि दुईवटा पिलर उठाएर डिजाइन निकालिने उनले बताए। त्यो उनको ठेक्का भन्दा बाहिरको हो। ,
आफ्नै छिमेकमा पूर्वप्रधानमन्त्रीको घर बनाउन पाउँदा खुसी लागेको उनले बताए।, ‘बेला-बेलामा इन्जिनियरहरू पनि हेर्न आइरहनुहुन्छ। हामी पनि मेहनत गरेर काम गरिरहेका छौं,’ उनले भने।, गत चैत ११ गते प्रचण्ड बन्दै गरेको घर हेर्न पुगेका थिए। त्यतिखेर उनले त्यसक्षेत्रमा रहेका आफन्तलाई भेटेर गफ गरेका थिए।, ‘छोरी रेनु दाहाल पनि बेला-बेलामा घर हेर्न आइराख्नुहुन्छ। अरू आफन्त पनि आउनुहुन्छ, फोटो खिच्नुहुन्छ,’ उनले भने, ‘प्रचण्डको घर भनेर चासो राख्दै बाहिरी मान्छे पनि फोटो खिच्न आइराख्छन्।’, कसैले त ‘ल राम्रो बनाऊ’ भनेर पैसा दिने गरेको उनले सुनाए।, प्रचण्ड अहिले बन्दै गरेको घरबाट नजिकै रहेको नारायणी माविमा पढेका थिए।, बन्दै गरेको घरदेखि ५० मिटर पर घर भएका प्रचण्डका भतिजा रोशन दाहालले प्रधानमन्त्री भइसकेका राष्ट्रिय नेताले आफ्नै नजिक आएर घर बनाएकोमा स्थानीय खुसी भएको पाएको बताए।, ‘ठूलो बुबा(प्रचण्ड) यहीँ हुर्किएको भए पनि अहिले घर नहुँदा मान्छेहरू चुनावको बेलामा टुरिष्ट उम्मेदवार भन्ने गर्थे,’ उनले भने, ‘उहाँलाई पनि घर भयो भने आफू आउँदा बस्न, गफ गर्न ठाउँ हुन्छ भन्ने भयो होला।’, प्रचण्डले बन्दै गरेको घर हेरेपछि ‘बुढेसकाल लागेपछि आफ्नै ठाउँमा आउनुपर्ने रहेछ’ भनेको उनले सुनाए।, ‘रेनु दिदीहरू त आइराख्नुहुन्छ। ठूलोबुबाचाहिँ एक पटक आउनुभयो। घर देख्दा खुसी हुनुहुन्थ्यो,’ उनले भने।, प्रचण्डका भतिज दाहालका अनुसार उक्त जमिन प्रचण्डको पैतृक सम्पत्ति हो। बाबु मुक्तिराम दाहालले २०४८ सालतिर यहाँको रहेको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको थियो।, ‘हजुरबुबाले पछि आफ्नो पुरानो ४ कट्ठा जमिन फिर्ता गर्नुभयो, सबै जमिन नाति प्रकाश दाहालको नाममा पास गरिदिनुभएको थियो,’ उनले भने, ‘अहिले कसको नाममा छ भन्ने त मलाई पनि थाहा छैन।’,
प्रचण्डका बाबु मुक्तिराम भरतपुर-६ वैदिक नगरमा रहेको घरमा बस्थे। उनको त्यही निवासमा निधन भएको थियो।,
घर बन्दै गरेको शिवनगर प्रचण्डले प्रतिनिधिसभामा जितेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ।, तस्बिर/ भिडिओ: राजेश घिमिरे/सेतोपाटी।,
प्रचण्डले चितवनमा बनाए घर (भिडिओ)
|
सुरेन्द्र भण्डारी/रासस कारागार (जेल)बाट छुटेकाहरू नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ।, विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, ‘लागुऔषध मुद्दाका कारोबारीदेखि विस्फोटक पदार्थ राख्दै जनजीवन त्रसित बनाउने काममा जेलबाट छुटेकाहरू नै संलग्न हुने गरेको पाइएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने।, वि.सं २०७६ वैशाख २८ गते झापाको कनकाई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग गरी प्रेसर कुकर बम राखेर आतंक मच्चाउने खगेन्द्र खरेल, लागुऔषध कारोबार मुद्दामा पक्राउ परेका गौरादह–२ का ३८ वर्षीय सुमन कार्की र वैदेशिक रोजगारी ठगी मुद्दामा पक्राउ परेका शिवसताक्षी–१ का ३२ वर्षीय शरण लिम्बू भनिने दीलकुमार सामेखाम जेलबाट छुटेलगत्तै पुनः आपराधिक गतिविधिमा संलग्न भएसँगै जेलबाट छुटेकाले नै झापामा आपराधिक गतिविधि गर्दै आएको पाइएको हो।, वि.सं २०७८ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस बिसौनी र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसरकुकर बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा उनीहरूकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको थियो।, ‘पक्राउ परेका व्यक्तिउपर अनुसन्धान गर्दा यसअघि पनि यस्तै प्रकृतिका मुद्दामा उनीहरू संलग्न रहेको पाइयो’, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘जिल्लामा घटेका केही ठूला आपराधिक गतिविधि घटाउने कार्यमा पुनः उनीहरू नै सक्रिय रहेका रहेछन्।’ , झापाका छुट्टाछुट्टै दुई स्थानमा बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा संलग्नमध्ये पक्राउ परेका व्यक्तिको चिनजान जिल्ला कारागार हुने र जेलभित्र एकआपसमा हितैषी सम्बन्ध उनीहरूबीच स्थापित हुने गरेको उनको भनाइ छ।, उनका अनुसार सोही क्रममा सुमन, खगेन्द्र र शरण क्रमशः जेलबाट रिहा भएका थिए।, जेलबाट छुटेलगत्तै खगेन्द्रले विभिन्न नक्कली फेसबुक आइडी र ग्रुपको निर्माण गरेर संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, एमसिसी खारेजलगायतका नारालाई प्रश्रय दिँदै प्रचार–प्रसार सुरू गरेको र उनले क्रमशः उक्त मुद्दामा सहमत हुनेलाई साथी बनाउँदै नयाँ पार्टी निर्माण गर्ने अभियानलाई अघि बढाएको उनले सुनाए।, सोही क्रममा उनले हिमाल सुरक्षा परिषद् नामक पार्टी नामकरण गरेर विस्तारित रूपमा आफ्ना योजना अगाडि बढाउन थाल्छन्।, उनका मुद्दामा सहमत हुनेलाई उनले सशस्त्र आन्दोलन गर्न उक्साउने गरेको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक पोखरेलले बताए।, उनकै योजनाअनुसार पहिलोपटक २०७८ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस बिसौनी र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसर कुकर बम राखेर आतङ्क सिर्जना गरिएको पोखरेलले जानकारी दिए।, बम राख्ने समूह र व्यक्तिको पहिचान गर्न प्रहरीलाई समस्या भएपछि जिल्ला कारागारबाट पछिल्लो समयमा छुटेका व्यक्तिको विवरण सङ्कलन गर्दै उनीहरुको गतिविधिलाई निगरानी गर्न सुरू गरिएको छ।, सोही क्रममा प्रहरीले तिनका गतिविधिलाई निगरानीमा राखेर अनुसन्धान सुरू गरेको छ।, सोही क्रममा खरेलको सम्पर्क शरण लिम्बूसँग बारम्बार देखिएपछि प्रहरीले दमकस्थित लिम्बू बसेको घरमा छापा मार्दा सो स्थानबाट प्रहरीले २३ ग्राम लागुऔषध बरामद गरे पनि लिम्बू फरार हुन्छन्।, उनी भारतको पञ्जाब गएर वेटरको काम गर्न सुरू गरेका छन्। , सामाजिक सञ्जालमार्फत खरेलसँग उनको दिनहुँजसो सम्पर्क हुन्छ। प्रहरीले खरेलको खोजी तीव्र पारेसँगै उनी पनि भारतको नक्सलवाडी गएर बसेको प्रहरीको अनुसन्धानबाट खुल्छ।, लिम्बू र खरेलले नेपालमा गतिविधि बढाउन कार्कीको सहायतामा योजना सञ्चालन गरिरहेका हुन्छन्।, सोही क्रममा उनीहरूले बिर्तामोड र दमकमा बम राखेपछि सो कार्यमा संलग्न पक्राउ गर्न झापा प्रहरी सफल भए पनि मुख्य योजनाकारका रूपमा रहेका खरेललाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन।, प्रहरीले गौरादहका ३८ वर्षीय सुमन कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९का ५० वर्षीय देवी बाँस्कोटा गुरागाईं, कनकाई–३ का ५८ वर्षीय कुमार भनिने यमदत्त सिटौला, शिवसताक्षी–१ का शरण लिम्बू, सङ्खुवासभा खाँदवारी–१० का २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज–३ का आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार हलुवाईलाई पक्राउ गरेको छ । प्रहरीले मुख्य योजनाकारका रूपमा रहेका खरेललाई माघ १० गतेबाट तीव्ररूपमा खोजी गर्न सुरू गरेको छ ।, खरेलले गौरीगञ्जबाट भारतमा रहेको कल्याणगञ्जलाई मुख्य थलोका रूपमा उपयोग गर्दै नेपालमा आतङ्क सिर्जना गर्ने गतिविधिलाई तीव्रता दिएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको छ।, उक्त विषयको जानकारी खरेलले विभिन्न व्यक्तिबाट पाएसँगै उनले आफ्नो स्थानलाई परिवर्तन गर्दै नक्सलवाडीलाई रोजे। लम्जुङको ढोडेनी गाउँपालिका–७ का २३ वर्षीय शेरजङ्ग गुरुङलाई एक स्थानमा बम राखेवापत रु एक लाख ५० हजार दिने प्रलोभन देखाएर जोगमनी नाका हुँदै नेपाल पठाउन उनी सफल हुन्छन्।, गुरूङ भारतबाट इटहरी–२ की ३२ वर्षीया आशा ठकुरी भनिने लक्ष्मीदेवी थापा ठकुरी र उनका छोरा रविन थापाको सम्पर्कमा पुग्छन् । गुरूङ उनीहरुकै घरमा बसेर झापा, मोरङ र सुनसरीका सहरमा आतङ्क सिर्जना गर्ने योजनामा रहेका थिए।, खरेलकै योजनामा गुरूङले इटहरीस्थित अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने र सोही ठाउँबाट बम विष्फोट गराउने योजनाअनुसार गुरूङ विस्फोटक पदार्थ बनाउँदाबनाउँदै अचानक विस्फोट हुँदा घाइते भएका थिए।, लगत्तै प्रहरीले सो घरमा छापा मार्दा हिमाल सुरक्षा परिषद्का गतिविधि फेला पारेसँगै सो घटनामा संलग्न गुरूङसहितका पक्राउ परेका थिए।, झापा, मोरङ, सुनसरी तथा प्रदेशका अनुसन्धानमा सक्रिय प्रहरीको साझेदारीमा खरेललाई पक्राउ गरी नेपाल ल्याउन प्रहरी सफल भएको छ।, प्रहरीले मुख्य योजनाकार खरेललाई पक्राउ गरेर अहिले अनुसन्धान जारी राखेको छ।, उनले हालसम्म आफू नै मुख्य योजनाकार भएको स्वीकार नगरे पनि उनका गतिविधि र प्रहरीको लामो अनुसन्धानपश्चात उनी नै मुख्य योजनाकार रहेको प्रहरी स्रोतले जनाएको छ।,
जेलबाट छुटेपछि पनि अपराधमा संलग्न
|
रासस जिल्ला प्रशासन कार्यालय मनाङले वर्षौंदेखि अलपत्र दुई मोटरेबल पुल निर्माण तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई गत फागुनमा निर्देशन दिएको थियो। , जिल्लाको ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण सुरू भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि प्रशासनले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायलाई निर्देशन दिएको हो तर प्रशासनले निर्देशन दिएको एक महिना हुँदासम्म पनि निर्माणाधीन मोटरेबल पुल निर्माण भने अझै सञ्चालन भएको छैन।, सरकारी निकाय र निर्माण व्यवसायी दुवैले अख्तियारीको दुरूपयोग गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। , उनले भने, ‘ङिस्याङ-४ हुम्डे र मुङ्जेमा मर्स्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र अवस्थामा छ। सरकारी रकम खर्चेर तोकिएको समयमा काम गर्ने गराउने सम्झौता गरेका सरकारी निकाय र निर्माण व्यवसायी दुवैले समयमै काम सम्पन्न नगरी अख्तियारीको दुरूपयोग गरेको छ। यो चरम लापरबाही भयो। हामीले दिएको निर्देशनसमेत मानेको छैन। अटेर गरेर बसेका छन्। पटक/पटक ताकेता गर्दै आए पनि ठेकेदारले मानेको छैन।’, ङिस्याङ–४ हुम्डे र वडा नं ३ ङावल जोड्ने मर्स्याङ्दी नदीको मोटरेबल पुल र वडा नं ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षाैंदेखि निर्माण अलपत्रे छ।, करिब पाँच वर्षअघिबाट निर्माण सुरू भएको हुम्डे ङावल पुलको करिब ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो।, काठमाडौंस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले रु चार करोड ५१ हजारको लागतमा निर्माण सुरू गरेको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरू गरे पनि हालसम्म सम्पन्न नभएको स्थानीयले बताएका छन्।, पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो।, संघीयता कार्यान्वयनसँगै २०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो। यसपछि मनाङमै पूर्वाधार कार्यालय स्थापना भएपछि लमजुङबाट पनि जिम्मेवारी सरेको थियो। त्यसैगरी मनाङ्गो माथिल्लो क्षेत्र पुग्ने मुख्य मार्गअन्तर्गत मुङजेमा पनि वर्षौंदेखि निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा छ। आर्थिक वर्ष २०७४/०७५ मा सम्झौता भई निर्माण सुरू भएको सो ती पुल निर्माण अवधि दुई वर्ष भए पनि चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।, सो मोटरेबल पुल निर्माणका लागि स्वच्छन्दा क्याराभान जेभीले जिम्मा पाएको हो।, कम्पनीले नौ करोड रकममा निर्माण गर्ने गरी सम्झौता गरेको थियो। कोरोना संक्रमण जोखिमसँगै सोही बहाना बनाएर कम्पनीले निर्माण अवधि लम्ब्याउँदै गएको स्थानीयले गुनासो गर्दै आएका छन्। , पुल निर्माण ढिलाइ गर्ने र प्रशासनको निर्देशनसमेत नमान्दा प्रशासनले कानुनबमोजिम कडा कारबाही गर्ने पुनः चेतावनीका साथ निर्देशन दिएको छ।, साथै उक्त दुवै पुलको काम यथाशीघ्र सुरू गरी समयमा काम सम्पन्न नगरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ।,
मोटरेबल पुल तत्काल सम्पन्न गर्न निर्देशन
|
सेतोपाटी संवाददाता बाँकेमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , कोहलपुर नगरपालिका-१२ का ३० वर्षीय मुन्ना भन्ने जगत केसीलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।, मंगलबार कोहलपुर नगरपालिका रोहिनी खोलास्थित सडक खण्डमा ब्राउन सुगर कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो।, प्रहरीले चेक गर्ने क्रममा केसीको साथबाट ८० ग्राम ब्राउन सुगर फेला पारेको हो। , प्रहरीले उनलाई भे १२ प. २९० नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। ,
,
बाँकेमा ब्राउन सुगरसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आफ्ना कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको नि:शुल्क रूपमा स्वास्थ्य बीमा गरेको छ।, नेपाल सरकार स्वास्थ्य बीमा बोर्डअन्तर्गत प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको अनिवार्य स्वास्थ्य बीमा गरिएको हो।, प्रतिष्ठानले ३५६ जनाको अनिवार्य स्वास्थ्य बीमा गरेको हो। प्रतिष्ठानका अनुसार १७२ जना कर्मचारी, ५ जना चिकित्सक, ५० जना शिक्षक र १२९ जना विभिन्न विषयका विद्यार्थीहरूको बीमा गरिएको हो।, प्रतिष्ठानले गरेको स्वास्थ्य बीमाबाट कर्मचारी तथा विद्यार्थीहरूको परिवारका अन्य सदस्यसमेत लाभान्वित हुने प्रतिष्ठानका डा. पुजन रोकायाले बताए।, प्रतिष्ठानले अपनाएको यो कार्यक्रमले कर्मचारीहरूलाई प्रोत्साहनका साथै थप जिम्मेवार बनाउने उनले बताए।, ‘प्रतिष्ठानमा कार्यरत शिक्षकहरू जुम्लामा बस्न कठिनाइ मानिरहेको अवस्थामा यस कार्यक्रमले केही हदसम्म भए पनि शिक्षकहरू प्रोत्साहित हुनेछन्, नेपाल सरकारसँग आबद्ध शिक्षण अस्पतालहरूमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सम्पूर्ण विद्यार्थी तथा कर्मचारीहरूको स्वास्थ्य बीमा गर्ने पहिलो अस्पताल हो,’ डा. रोकायाले भने।, प्रतिष्ठानले कार्यरत सम्पूर्ण कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको स्वास्थ्य उपचारवापतको रकममा थप गरी प्रिमियम तिरिदिने अवधारणाले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिएको उनले बताए।, प्रतिष्ठानले गरेको बीमा कार्यक्रममार्फत् ९ हजार १६९ परिवार तथा ५५ हजार ५९२ जना व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको डा. रोकायाले बताए।,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरिदियो कर्मचारी र विद्यार्थीको स्वास्थ्य बीमा
|
सेतोपाटी संवाददाता पाँचथरको फिदिममा आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्।, फिदिम नगरपालिका-५ मा आफ्नै बुवाले १२ वर्षकी छोरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, ४३ वर्षीय बुवाले आफ्नै १२ वर्षकी छोरीलाई बलात्कार गरेर फरार भएका थिए। बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ हो। , घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।,
छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट अवैध पैसासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। , भारतीय नागरिक कन्हैया लाललाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। ,
,
मंगलबार इन्डिगो एयरको उडानमार्फत् काठमाडौंबाट भारतको दिल्ली जान लागेका लाललाई विभिन्न देशका मुद्रासहित पक्राउ गरेको हो। , अन्तर्राष्ट्रिय उडानतर्फको एक्स रे मेसिनमा चेक गर्दा उनको झोलाबाट एक लाख ८ हजार ५०० भारू र छ लाख ५४ हजार नेपाली रुपैयाँ लुकाएर भारत लैजान लागेको अवस्थामा पक्राउ गरेको श्रेष्ठले बताए। , घटनाबारे थप अनुसन्धान तथा कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको जनाइएको छ। ,
त्रिभुवन विमानस्थलबाट अवैध पैसासहित भारतीय नागरिक पक्राउ
|
सेतोपाटी संवाददाता ओखलढुंगा दुर्घटनामा थप एक जना प्रहरी जवानको मृत्यु भएको छ। , घाइते भएका ६ जना प्रहरीलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो। त्यसमध्ये एक जना प्रहरी जवानको मृत्यु भएको हो। , खोटाङ घर भई सोलुमा कार्यरत प्रहरी जवान रूपक विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए। , बुधबार बिहान साढे ८ बजे मानेभञ्ज्याङ गाउँपालिका-६ हर्कपुर भडारे खोलामा जीप दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परी तीन जना प्रहरीको मृत्यु र तीन जना गम्भीर घाइते भएका छन्। , गम्भीर घाइते सहित ६ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको नेपाल प्रहरीको अस्पतालमा उपचार गर्न पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खनालले बताए। त्यसमध्ये जवान विष्टको मृत्यु भएको हो। , उनका अनुसार जीपमा चालकबाहेक अरू सबै प्रहरी थिए। , बा १७ च १०९४ नम्बरको गाडीमा प्रहरी निरीक्षकसहित ९ जना सोलुखुम्बुबाट प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगर जाँदै थियो। सिद्धिचरण राजमार्ग हुँदै गइरहेको जीप भडारे खोलास्थितबाट १५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक खनालले बताए।, खनालका अनुसार उनीहरू हतियार मर्मत गर्न विराटनगर जाँदै थिए। दुर्घटनाको कारण भने खुलिनसकेको छैन। , ‘दुर्घटनाको कारण खुलेको छैन। प्राविधिक कारण पनि हुनसक्छ,’ खनालले भने, ‘चालक पनि घाइते भएको हुँदा कुरा हुन सकेको छैन। उकालो-ओरालो घुम्ती खालको बाटो छ।’, दुर्घटनामा परी झापाको मेचिनगर नगरपालिका-८ इट्टाभट्टा बस्ने २२ वर्षीय प्रहरी जवान मानिक राजवंशी र सोलु घर भई झापाको मेचीनगर-२ बाहुनडाँडा बस्दै आएका ३६ वर्षीय प्रहरी हवल्दार भूपेन्द्र कार्कीको पनि मृत्यु भएको हो। , घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाल छन्।, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार प्रहरी जवान मानिक हालसालै प्रहरीमा भर्ना भएका थिए। , उनको नियुक्ति केही महिना अघि मात्रै भएको थियो। , ‘प्रहरी जवान हालसाल मात्रै पास भएर नियुक्त भएको देखिन्छ,’ प्रहरी निरीक्षक यादवले भने, ‘भर्खरकै युवा हुनुहुन्थ्यो। पास भएर यहाँ आउनुभएको दुई-तीन महिना मात्रै भयो। हवल्दारचाहिँ धेरै भइसकेको थियो।’, उनका अनुसार हवल्दार भूपेन्द्रका परिवार सम्पर्क आइसकेका छन्। उनका भाइ प्रदीप कार्की सम्पर्कमा आएका हुन्।, उनी आउँदो चुनावको लागि म्यादी प्रहरी भर्नाको छनोटमा परेका छन्। , दुर्घटनामा परेपछि तालिमका लागि आएका भाइलाई आफूहरूले बोलाएर दुर्घटनाबारे जानकारी गराएको यादवले बताए। , ‘म्यादीमा तालिम लिन आउनुभएका भाइसँग सम्पर्क भएको हो। हामीले उहाँलाई दुर्घटनामा परेको भनेर खबर गरिसकेका छौं,’ उनले भने,‘अर्को परिवारलाई पनि जानकारी गराउने काम भइरहेको छ।’, उनका अनुसार दुर्घटनामा परेको जीप निजी गाडी हो। प्रहरी निरीक्षक ऋषिराज ढकाल रवाना लिएर जाँदै थिए। कार्यालयमा भएका दुबै गाडी त्यहीँ आवश्यक हुने हुँदा निजी लगेको प्रहरी निरीक्षक यादवले बताए।, ‘यहाँ चल्ने दुईटा मात्रै गाडी छन्। एउटा डाँडामा चढ्न नसक्ने खालको गाडी हो,’ यादवले भने, ‘अर्को एउटा पनि छ। त्यो यतै आवश्यक भएको हुँदा निजी गाडीमा गएको हो।’, घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
ओखलढुंगा दुर्घटना: हवल्दारसहित तीन प्रहरीको मृत्यु, हेलिकप्टरबाट काठमाडौं ल्याइयो घाइतेलाई
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार १९ जनामा संक्रमण पुष्टि भएको हो। , अधिकारीका अनुसार ४ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३४९ जनाको पिसिआर र १ हजार ३६६ जनाको एन्टिजेन परीक्षण गरिएको अधिकारीले जानकारी दिए। , अहिले देशभर ५ सय २० जना सक्रिय संक्रमित छन्।, ४९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १९ संक्रमित, सक्रिय ५ सय २०
|
भगवती पाण्डे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हुने भनिएको परीक्षण उडान रोकिएको छ।, आगामी जेठ २ गते बुद्धपूर्णिमाको अवसर पारी व्यवसायिक रूपमा उडान सुरू गर्ने तयारी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भनिएको थियो। तर उक्त उडान स्थगित गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने भन्ने यसअघि जानकारीमा आएको भए पनि अहिले किन स्थगित गरियो भन्ने प्राधिकरणलाई जानकारी नभएको बताए।, ‘हामी त अर्कै काममा लागिरहेका छौं, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै जानकारी होला हामीलाई त थाहा छैन,’ उनले भने।, उनले यसअघि पनि नेपाल वायुसेवा निगमले परीक्षण उडान गर्ने भन्ने प्राधिकरणलाई आधिकारिक जानकारी नभएको र अहिले पनि किन रोकियो भन्ने पनि थाहा नभएको बताए।, प्रवक्ता कर्णले प्राधिकरणको डकुमेन्टमा समेत परीक्षण उडान गर्नुपर्छ भन्ने कतै नभएको र यो विषय कहाँबाट आयो भन्ने समेत थाहा नभएको बताए।, ‘हाम्रो लागि परीक्षण उडान गर्नुपर्ने आवश्यकता होइन, परीक्षण उडान गर्ने भन्ने बीचमा आएको कुरा हो, हाम्रो डकुमेन्टमा पनि परीक्षण गर्नुपर्छ भन्ने छैन,’ कर्णले भने।, यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले गरेको क्यालिब्रेसन फ्लाइट नै परीक्षण उडान रहेको उनको भनाइ छ।, ‘क्यालिब्रेसन फ्लाइट भनेकै परीक्षण उडान हो, जब क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि परीक्षण उडान भयो भनेर बुझ्नुपर्छ,’ उनले भने।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले केही दिन पहिलेसम्म वैशाख १ गते वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भन्ने जानकारी गराइएको भए पनि अहिले किन रोकियो भन्ने जानकारीमा नरहेको बताए।, ‘भोलि परीक्षण उडान हुन्छ, हुँदैन भन्ने अहिलेसम्म माथिबाट त्यस्तो जानकारी गराइएको छैन,’ रावतले भने।,
किन रोकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान?
|
सेतोपाटी संवाददाता प्रहरीले भारतबाट आइरहेका दुई वटा गाडीबाट ४० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ। , झापा प्रहरीले बुधबार विर्तामोड नगरपालिका-४ भद्रपुर रोडबाट कपडा, मोटरगार्ड, मोटरपार्ट्स लगायत सामग्री बरामद गरेको हो। ,
डब्लुबी७४पी १४५५ नम्बरको कार र को१ज २४४० नम्बरको पिकअप गाडीबाट भन्सार छलेका सामान बरामद गरेको हो।, बरामद सामान आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , यसैगरी, प्रहरीले झापा बुधबारेबाट बुधबार अपराह्न ५ लाख बराबरको सुपारीसहित मे१ज ४९८० नम्बरको पिकअप नियन्त्रणमा लिएको छ।, भ्याट बिल नभएको अवस्थामा पिकअप र दुई सय किलो सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ।, ,
भन्सार छलीको ४० लाख बराबरको सामान बरामद
|
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दाको कसुरमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रूपनी गाउँपालिका-५ का २१ वर्षीय रामप्रवेश खंग, सोही ठाउँका २० वर्षीय दीपककुमार खंग र २१ वर्षीय जयराम खंग छन्।, उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्ष माधवप्रसाद काफ्लेले बताए।, रूपनी गाउँपालिका-५ का २५ वर्षीय अन्सारूल मियाँको गत चैत १० गते पोखरीमा शव फेला परेको थियो।, शवको मुचुल्का लिएर अनुसन्धान थालिएकोमा उनीहरूले हत्या गरी पोखरीमा शव फालेको पुष्टि भएपछि पक्राउ गरिएको काफ्लेले बताए।, पक्राउ परेका सबैलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको उनले बताए।,
अन्सारूल मियाँको हत्या आरोपमा सप्तरीबाट तीन जना पक्राउ
|
सेतोपाटी संवाददाता दुबईबाट नेपाल आएका तीन जना नेपाली सुनसहित पक्राउ परेका छन्।, पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका-१ का ३२ वर्षीय सुकुराम लामा, नौकण्ड गाउँपालिका-६ का २७ वर्षय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन्।, उनीहरूको साथबाट साथबाट जनहीँ ९९.९६ ग्राम गरी २९९.८८ ग्राम सुन फेला परेको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ।, एयर अरेबियाको जहाजबाट शनिबार आएका उनीहरूको साथबाट उक्त परिमाणका सिक्री फेला परेका थिए।, बरामद सिक्री त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।,
२९९ ग्राम सुनसहित तीन पक्राउ
|
सेतोपाटी संवाददाता दहचोक–सिस्ने खोला सुरूङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले तोडफोड गरेका छन्।, खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरूङमार्ग आयोजनाकाे कार्यालयमा स्थानीयले तोडफोड गरेका हुन्।, दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको चन्द्रागिरि २ का समाजसेवी भाइकृष्ण तामाङले बताए।, आक्राेसित स्थानीयले आयोजनाको कार्यालयको सिसा फुटाएका छन्।, चन्द्रागिरि वडा-२ का अध्यक्ष गोपी सुर्खेतीले सुरूङ मार्गका कारण खानेपानीको मुहान सुकेको र खानेपानीको व्यवस्थापन गर्ने भनेता पनि आयोजकले सुनुवाइ नगरेको भन्दै स्थानीय आक्रोसित भएको बताए। , उनलेे भने,‘आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरे पनि पूरा नभएपछि आन्दोलन फेरि गर्नु परेकाे छ।’, नागढुंगा सुरूङ मार्ग प्रभावित सराेकार समन्वय समितका संयाेजक समेत रहेका सुर्खेतीले आयाेजनाले पटक/पटक उठाएकाे माग कागजमै सीमित राखी सम्बाेधन नगरेकाेले कार्यालय परिसर घेराउ गर्ने अवस्था सृजना भएकाे बताए। , आन्दोलन कर्ताले कार्यालयकाे सिसा ताेडफाेड गरेपछि महानगरीय प्रहरी वृत्तकाे टाेली घटनास्थल पुगेकाे छ।,
खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरूङमार्ग आयोजनाकाे कार्यालयमा तोडफोड (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २२ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ९७२ जनाको पिसिआर र १ हजार १७२ जनाको एन्टिजेन परीक्षण गरिएको हो।, अहिले देशभर ५६८ जना सक्रिय संक्रमित छन्।, ४६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए २२ संक्रमित, निको भए ४६ जना
|
अजयकुमार साह/रासस जनकपुरधाममा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ। , आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेसन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेसनका अध्यक्ष डा विनय शाहले जानकारी दिए।, डा शाहले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए।, उनले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो अस्पतालको शिलान्यास गर्ने जानकारी पनि उनले दिए। , फाउन्डेसनका अध्यक्ष डा शाहले भने, ‘यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको छ। उनीहरूको नवीनतम् डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ’, डा शाह भन्छन्, ‘पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ। हामी सन् २०२५ सम्ममा १०० शय्याको भवन निर्माण गरिसक्ने छौं।’, अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको जानकारी डा शाहले गरे। , बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ।, विगतमा, यीमध्ये धेरै बिरामीले क्यान्सरको उपचारका लागि आठ घण्टा वा बढी यात्रा गर्नुपर्थ्यो। यस्तो यात्राका लागि स्रोतसाधन नभएकाले उपचार नै पाउँदैनथे।, हाल जनकपुरधाम मा बिटिएफसिसी को २५ शय्याको अस्पताल सञ्चालनमा रहेको छ।, जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपतकालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन्। , डा शाहले यो दक्षिण एसियाकै आधुनिक अस्पतालका रूपमा स्थापित हुने दाबी गरे।, ‘हामी क्यान्सरको उपचारमा २१ औं शताब्दीको अत्याधुनिक टेक्नोलोजीे प्रयोग गर्नेछौं’, डा शाह भन्छन्, ‘यस अस्पतालमा डाक्टर र अनुसन्धानकर्ताले उच्च गुणस्तरको क्यान्सर उपचार प्रदान त गर्ने नै छन्, त्यसका साथसाथै यो संस्था क्यान्सर निदानका लागि उच्चस्तरको रिसर्च सेन्टरका रूपमा पनि काम गर्नेछ।’, विनयतारा क्यान्सर ट्रष्ट (बिसिटी) का अध्यक्ष डा योगेन्द्रप्रसाद सिंहका अनुसार यस क्षेत्रमा स्तरीय क्यान्सर सेन्टर खोल्नाले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि परिवर्तन ल्याउन सक्नेछ।, ‘हामी अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचारलाई मधेसमा लिएर आउँदैछौं। यसलाई मधेस परिवर्तनको अभियानका रूपमा हामीले लिएका छौं। यहाँको अर्थतन्त्र मजबुद हुनेछ, मानिसले रोजगारी पाउनेछन् र स्वास्थ्य सेवाको लागि मधेस बिरामीको गन्तव्यस्थल हुनेछ।’, विनयतारा क्यान्सर ट्रष्ट एड्भाइजरी कमिटीका अध्यक्ष, प्रसिद्ध चर्मरोग विशेषज्ञ, डा अनिलकुमार झा भन्छन्, ‘विनयतारा फाउण्डेसन क्यान्सर सेन्टरको भिजन, मिसन र लक्ष्य भनेको मधेस, सिंगो नेपाल र छिमेकी देशका सीमावर्ती क्षेत्रका क्यान्सर रोगीका लागि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्नु हो। हामीलाई थाहा छ, यो अस्पताल निर्माण तथा स्थापनामा धेरै चुनौती छन् तर बिटिसी परिवार यसलाई सम्भव र शतप्रतिशत सफल बनाउनेमा प्रतिबद्ध छौं।’, विनयतारा क्यान्सर ट्रस्ट २०७५ गैर नाफामुखी संस्थाका रूपमा स्थापना भएको हो। स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न समर्पित यस ट्रस्टले २०७५ साल मंसिरदेखि विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको छ। बिटिएफसिसीको आफ्नो भवन निर्माण गरी यसलाई अन्तर्राष्ट्रिय स्तरको अस्पतालका रूपमा स्थापित गरेपछि ट्रस्टले आफ्ना अन्य योजनालाई अगाडि बढाउने बताएको छ। विनयतारा फाउन्डेसन (अमेरिका) क्यान्सरको शिक्षा तथा उपचारका क्षेत्रमा कार्यरत गैरनाफामुखी गैरसरकारी संस्था हो।,
जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने
|
सविता बुढा कैलालीमा श्रीमानको हत्या गरेपछि एक जना महिला पाँच घन्टा हिँडेर आफैं प्रहरी चौकी पुगेकी छन्।, जिल्लाको दुर्गम मोहन्याल गाउँपालिका-१ मा पर्ने कर्णाली किनारको राक्सा गाउँकी ३३ वर्षीया थुमा थापा मगर सोमबार बिहान इलाका प्रहरी कार्यालय पन्डौन पुगेकी हुन्। , उनले प्रहरीलाई आफूले श्रीमानको हत्या गरेको बताएकी थिइन्। उनले बोरामा श्रीमानको टाउको पनि लिएर आएकी थिइन्। , जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार थुमाले प्रहरीलाई आफ्ना श्रीमानले रक्सी खाएर सधैँ कुटपिट गर्ने भएकाले हत्या गरेको बताएकी छन्। , आइतबार राति पनि आफ्ना श्रीमान् नारायण बुढामगर रक्सी खाएर आएको र झगडा परेपछि आफूले हँसियाले हानेर मारेको थुमाले उल्लेख गरेकी छन्। , राति बाह्र बजेतिर श्रीमानको हत्या गरेपछि आफू आत्मसमर्पण गर्न आएको उनले बताएको डिएसपी जोशीले बताए। , प्रहरी अनुसन्धानबाट थुमा र नारायणबीच सधैं विवाद हुने गरेको पाइएको जोशीले बताए।, ‘महिलाको बयानअनुसार श्रीमान् सधैं मदिरा पिउने, कुटपिट गर्ने, बेला-बेला झगडा परिरहेका कारण दु:ख पाउनु परेको भन्ने छ, घटनास्थलमा कार्य सकिएको छैन, यसबारे थप विवरण आउन बाँकी छ,’ उनले भने।, स्थानीयले पनि बिहानपख घटनाबारे थाहा पाए। घटना सुनाउन प्रहरी चौकीमा फोन गरेका थिए।, महिलाले पतिको टाउको छिनालेर प्रहरी चौकीमा आत्मसर्मपण गरेको यस प्रकारको घटना निकै दुर्लभ रहेको डिएसपी जोशी बताउँछन्।, प्रहरीका अनुसार थुमा र नारायणका दुई छोरा छन्। छोराको लालनपालनमा थुमा बढी खटिन्थिन्।, अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली खटिएको छ। घटनास्थल मुचुल्का सकिएपछि महिलालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।,
श्रीमानको हत्यापछि पाँच घन्टा हिँडेर आफैं प्रहरी चौकी पुगिन् महिला
|
सेतोपाटी संवाददाता काठमाडौंबाट साढे २३ लाख बराबरका भन्सार छलेका कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-२४ असनस्थित स्थानीय व्यापारीसहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा काठमाडौं-१४ बाफल बस्ने ३८ वर्षीय निरज अग्रवाल र भारतको राजस्थान घर भई काठमाडौंको नरदेवी बस्ने ३८ वर्षीय सन्दिप कुमार छन्।, हनुमान ट्रेड कन्सर्न पसलका सञ्चालक निरजले भन्सार छलेर कपडा तस्करी गरी ल्याएको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। , सोही सूचनाको आधारमा परिसर, महानगरीय प्रहरी वृत्त कालिमाटी र जनसेवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूबाट २३ लाख ५५ हजार ३ सय बराबरका कपडाहरू बरामद भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरणमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको परिसरले जनाएको छ।,
साढे २३ लाख बराबरको कपडासहित दुई पक्राउ
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ।, दोधारा चाँदनी नगरपालिका–१० की ४५ वर्षीया बालदेवी खड्काको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।, आइतबार घरकाे आँगनमा पानी तान्ने मोटर चलाउँदा उनलाई करेन्ट लागेको थियाे।, घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।,
कञ्चनपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु
|
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंले ५० हजार रुपैयाँ नगद फेला परेको हुँदा सम्बन्धित धनीले प्रमाणसहित दाबी गर्न अनुरोध गरेको छ। , तार्केश्वर नगरपालिका-१ नयाँ बस्ती आनन्द टोल रमाइलो डाँडास्थित तनहुँ छाप्दी बाराही किराना स्टोर अगाडि आइतबार दिउँसो ५० हजार रुपैयाँ फेला परेको थियो। , सोही ठाउँमा बस्ने ४० वर्षीया सम्झना पन्तले ५० हजार नगद फेला पारेकी थिइन्। उनले सो नगद महानगरीय प्रहरी वृत्त बालाजुमा आएर बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरी परिसरले उक्त नगद धनीले प्रमाणसहित महानगरीय प्रहरी वृत्त बालाजुमा सम्पर्क गर्न अनुरोध गरेको छ। ,
फेला परेको नगद प्रमाणसहित दाबी गर्न काठमाडौं प्रहरीको अनुरोध
|
सेतोपाटी संवाददाता बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। , कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वनमा एक जनामाथि बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , सोमबार बिहान वनमा चार जना घाँस काट्न गएका थिए। त्यसक्रममा जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरलाई एक्कासि बाघले आक्रमण गरेको थियो। , उनका साथीहरूले होहल्ला गरेर बाघलाई भगाएको प्रहरीले जनाएको छ। आक्रमणबाट घाइते भएका मगरलाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। , प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ। ,
बारामा बाघको आक्रमणबाट एकको मृत्यु
|
रासस पासाङल्हामु राजमार्गका स्थानीयबासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य सोमबारदेखि पुनः शुरु भएको छ।, पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम शुरु गरेसँगै अवरोध हटेपछि फोहर व्यवस्थापनमा सहज कार्य शुरु भएको हो।, अहिले फोहर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ। राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहरको गाडी सिसडोल जान पाउनेछन्।, हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन सकेको थिएन।, दश दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ। अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ। प्रमुख राईले भने, ‘आजदेखि फोहर व्यवस्थापन कार्य शुरु भए पनि सडकमा जताततै रहेको फोहर व्यवस्थापन गर्न भने अझै केही दिन लाग्नेछ।’, उनका अनुसार २०७० सालदेखि शुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ। ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उनले भने, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ।’, सडक बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ। हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको बताइएको छ।, उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो। हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको काठमाडौं महानगरको भनाइ छ।, हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ। निजी र महानगरको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन्।, हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ। हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।,
दश दिनपछि उठ्यो काठमाडौं उपत्यकाको फोहोर
|
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा मंगलबारदेखि पुनः पानी पठाइने भएको छ। , मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोली सुरूङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने भएको हो।, असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो।, मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा आज प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो।, तर निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नपाएको खानेपानी मन्त्रालयले जनाएको छ।, खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको पुनः उद्घटना गर्ने भएका छन्।, मन्त्रालयले मेलम्चीको अम्बाथानस्थित अडिटमा पुगेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।, मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएको छ। अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो। , गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो।, मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए।, ‘सुन्दरीजलमा ट्रिटमेन्ट भएर काठमाडौंका धारामा आइपुग्न एक-दुई दिन लाग्ला,’ आचार्यले सेतोपाटीसँग भने।, अम्बाथान पुग्नुअघि प्रधानमन्त्री देउवा र मन्त्री चौधरी सुन्दरीजल जाने कार्यक्रम थियो। त्यहाँ सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो।, भट्टराईको प्रधानमन्त्रीकालमा २०४८ सालमा मेलम्चीको पानी काठमाडौं ल्याउने अवधारणा आएकाले सरकारले सुन्दरीजलमा उनको शालिक बनाउने भएको हो। , त्यसपछि देउवा र चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, खानेपानी मन्त्रालयका सचिवलगायतको टोली अम्बाथान पुग्ने कार्यक्रम राखिएको थियो। , मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले अनुसार अस्थायी रूपमा पानी ल्याउनका लागि सबै संरचना तयार भएको बताए।, अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम सकिएपछि मन्त्रालयले त्यहीँ उद्घाटनको कार्यक्रम राखेको छ।, मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्।, आयोजनाले कफरड्याम पनि अस्थायी नै बनाएको छ। चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार थियो।, गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो।, गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।, सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।, मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ। त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ।, मेलम्चीको माथिल्लो भागको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको थियो। एसियाली विकास बैंकको समन्वयमा टोलीले भौगर्भिक अध्ययन गरिसकेको छ। ,
आजदेखि मेलम्चीको पानी काठमाडौं आउने, धारामा आइपुग्न एक-दुई दिन लाग्ने
|
रासस जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ।, गोरखा घर भएका ३२ वर्षीय थापाको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो।, कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको बताए।, उनकाअनुसार थापालाई उच्च रक्तचाप भएपछि सोमबार साँझ जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएको थियो।, प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको थियो।, ,
मनाङमा कार्यरत सहायक प्रहरी हवल्दारको मृत्यु
|
सेतोपाटी संवाददाता अटोमेटिक पेस्तोलसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, रामानन्द चोकबाट अस्पताल रोडतर्फ जाँदै गर्दा प्रादेशिक अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए।, उनका अनुसार ज ७ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हतियारसहित दुबैजना हिडेको गोप्य सूचनाका आधारमा उनीहरुलाई खानतलासी गरिएको थियो।, दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।,
पेस्तोलसहित जनकपुरबाट दुई युवा पक्राउ
|
भगवती पाण्डे बुटवलका टिकाराम पौडेल २०६४ सालयताका तीन वटा निर्वाचनमा सहभागी भए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० सालको अर्को संविधानसभा र २०७४ सालमा भएका तीन वटै निर्वाचनमा उनी बुटवल सिद्धेश्वरी मतदान केन्द्रबाट मतदानमा सहभागी भएका थिए। , न्यून दृष्टि भएका कारण मतदान अधिकृतको सहयोगमा मतदानमा सहभागी भएका टिकारामलाई आफ्नो मत आफूले चाहेको र भनेको उम्मेदवारलाई पर्यो होला भनेर अहिले पनि विश्वास लागेको छैन। , तिलोत्तमाका टिकाराम घिमिरे पूर्ण दृष्टिहिन हुन्। घिमिरे पनि २०७४ सालको तीनै तहको मतदानमा सहभागी भए। आफ्नै बुवाको सहयोगमा मतदानमा सहभागी भएका घिमिरे पनि बुवाले आफूले भनेकै उम्मेदवारलाई मतदान गरिदिए होलान् भनेर ढुक्क छैनन्।, निर्वाचनमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु हरेक मतदाताको नैसर्गिक अधिकार हो। तर, पूर्ण दृष्टि गुमाएका, न्युन दृष्टि भएका, सांकेतिक भाषाको प्रयोग गर्ने, बौद्धिक अपाङ्गलगायतका सबै खालका अपाङ्गता भएका मतदाता अधिकारबाट बञ्चित हुँदै आएका छन्। , हरेक पटकको निर्वाचनमा सबै खालका अपाङ्गता भएका मतदाताले मतदान त गर्दै आएका छन्, तर उनीहरू टिकाराम पौडेल र घिमिरेले भनेजस्तो मतदानमा लगिएको सहयोगी आफूले भनेकै उम्मेदवारलाई मतदान गरिदिए होलान् भन्नेमा ढुक्क छैनन्।, निर्वाचन कार्यालयले दृष्टिहिन, न्यून दृष्टि, न्युन श्रवणशक्ति र हरेक प्रकारका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरपरिवारको एक जना सदस्य वा मतदान अधिकृतलाई सहयोगीको रूपमा लगेर मतदान गर्न दिने व्यवस्था गरेको छ।, तर, न्युन दृष्टि र पूर्ण दृष्टिहिन मतदाताले भने टिकारामजस्ता आफूले चाहेको व्यक्तिलाई नै मतदान भयो भनेर बिश्वस्त हुने आधार छैन। सहयोगी लैजानु पर्ने अवस्थाका मतदाताले आफुले रोजेको सहयोगी लैजान पाउनुपर्ने भए पनि मतदान अधिकृत वा घरपरिवारको एक जना सदस्यलाई लैजानुपर्दा आफूले चाहेको व्यक्तिलाई मतदान गर्न नसकिएको उनीहरूको अनुभव छ।, ‘सहयोगीले मतदान गर्दा मैले भनेको उम्मेदवारलाई नदिएर उसले चाहेको व्यक्तिलाई पनि मत दिएको हुनसक्छ, अर्को कुरा परिवारका सदस्यलाई यसैलाई भोट दिनु पनि भन्न सकिदैन। हिम्मत जुटाएर आफूले चाहेको व्यक्तिको नाम भन्यौं भने पनि सबैलाई थाहा हुन्छ,’ घिमिरेले भने।, पौडेल पनि गोप्य मतदान भनिए पनि आफूहरू जस्तै व्यक्तिको मतदान गोप्य हुन नसकेको बताउँछन्। ‘भन्नलाई त मतदानलाई गोप्य भनिएको छ, तर आफूजस्तै अरूको सहारामा मतदान गर्नेको मत गोप्य हुन सकेको छैन,’ पौडेलले भने।, नेत्रहीन युवा संघ नेपाल रूपन्देहीका अध्यक्षसमेत रहेका पौडेलले अपाङ्गता भएका मतदाताका लागि सहयोगीका रूपमा एकाघरका परिवार सदस्य वा मतदान अधिकृतलाई सिमित गर्नुको सट्टा मतदाताले इच्छाएको व्यक्तिद्वारा मतदान गर्न सक्ने व्यवस्था लागू गर्नुपर्ने बताउँछन्।, न्युन दृष्टि भएका मतदातालाई चुनाव चिन्ह ठूलो भएको मतपत्र, त्यही किसिमको स्वस्तिक छापको व्यवस्था गरिनुपर्ने उनको माग छ। ‘चुनाव चिन्ह र मतपत्र ठूलो भइदिएको भए म आफैंले मतदान गर्न सक्थे, तर सानो मतपत्र भएका कारण अरूकै सहारा लिनुपर्यो, मेरो मत सदुपयोग भयो होला भन्नेमा म ढुक्क छैन’, उनी भन्छन्।, पत्रकारसमेत रहेका घिमिरे राज्यका हरेक सेवा सुविधाबाट बञ्चित अपाङ्गता भएकाहरू मतदान गर्नबाट पनि बञ्चित हुनुपरेको बताउँछन्। , विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था भए आँखाको दृष्टि नभएकाले आफैं मतदान गर्न सक्ने उनले बताए। शारीरिक अपाङ्गता भएका मतदातालाई मतदानस्थलसम्म सहज रूपमा जाने/आउने र व्हिलचियर सहजै गुडाउन पर्याप्त स्थल नहुने उनले जिकिर गरे। ‘श्रवणशक्ति नभएका तथा न्यून भएका मतदातालाई सांकेतिक भाषाको दोभासे व्यवस्था छैन, न्युन दृष्टि भएकालाई मतपत्रका चिन्ह देखिने म्याग्रिफाइङ ग्लासको व्यवस्था हुनुपर्ने, दृष्टिबिहीनका लागि छामेर मत पेटिकामा मतपत्र खसाल्न मतपेटिकामा ट्याक्टाइल स्टिकर टाँस्नुपर्ने, ब्रेललिपी र ठूला छापामा मतपत्र निर्देशिका बनाइनुपर्छ,’ उनले भने।, मतदाता नामावली दर्ता गर्दा नै अपांगता भएका मतदाता कति छन् र उनीहरूलाई कस्ता किसिमका सहायता आवश्यकता पर्छ? भन्नेबारे तथ्यांक समेत संकलन गर्नुपर्ने उनीहरूको माग छ। , अपांगता भएका मतदातालाई मतदानस्थलसम्म लैजाने व्यवस्था नहुँदा जुन उम्मेदवार वा राजनीतिक दलले ल्याउने लैजाने व्यवस्था गर्छ उसैका निम्ति मतदान गर्न नतमस्तक हुनुपर्ने परिस्थिति रहेको उनीहरुको अनुभव छ। , राजनीतिक दल, निर्वाचन आयोग, सरकार कसैले पनि आफूहरूको आवाज नसुनेको उनीहरुको गुनासो छ। , १० वर्ष पहिलेको तथ्यांक अनुसार, नेपालभरि सम्पूर्ण खालका अपाङ्गता भएकाको जनसंख्या ५ लाख माथि छ। ती मध्ये १ लाख भन्दा धेरै दृष्टिबिहीन रहेको नेत्रहीन संघको दाबी छ।, रूपन्देहीमा पनि सबै प्रकारका अपाङ्गता भएकाहरू १० हजार र दृष्टिविहिन र न्यून दृष्टि भएका मात्रै २ हजार १ सय १ जना दृष्टिहिन र न्यून दृष्टि भएकाको संख्या रहेको पौडेलको दाबी छ।,
दृष्टिविहिन भन्छन्- इच्छाएको व्यक्तिबाट मतदान गर्न पाउनुपर्छ
|
सेतोपाटी संवाददाता प्रहरीले विराटनगरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, ३८ वर्षीया शिवकुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पञ्चायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँका २७ वर्षीय अविनाश मुखिया रहेका छन्।, उनीहरूलाई विराटनगर महानगरपालिका-१५ रानी सीमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रकम फेला पारेको थियो।,
स्रोत नखुलेको तीन लाख भारूसहित चार जना पक्राउ
|
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा पाँचखाल नगरपालिका-१ की लोसाङ डोल्मा तामाङ रहेकी छिन्।, बालिकालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो।, प्रदेश-०२-०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफैं दुर्घटना हुँदा बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।, बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको परिसरले जनाएको छ।, दुर्घटनामा बालिकाका बुवा २२ वर्षीय बुद्ध तामाङ र उनकी आमा २१ वर्षीय सुस्मिता तामाङ घाइते भएका थिए। उनीहरू डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि घर फर्केका छन्।,
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु
|
एजेन्सी भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुन सकेको छैन।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।, केबलकारमा अड्किएकाहरूको मंगलबार बिहानसम्म उद्धार हुन नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ५ वटा ट्रलीमा अहिले पनि १५ जना अड्किएका छन्।, जसमा पर्यटकसहित एक जना एयरफोर्सका जवान छन्। हालसम्म ट्रलीबाट खसेर तीन जनाको मृत्यु भइसकेको छ। , अहले सुबह त्रिकुट पर्वत पर रोपवे सफर के दौरान फसे हुए लोगों को एयरफोर्स, इंडियन आर्मी, एनडीआरएफ, आईटीबीपी एवं स्थानीय प्रशासन की टीम द्वारा रेस्क्यू ऑपरेशन शुरू कर दिया गया है, ताकि शेष फसे हुए लोगों को सुरक्षित निकाला जा सके।,@HemantSorenJMM, ,@mbhajantri, ,pic.twitter.com/OejJbX6L9S,
— DC Deoghar (@DCDeoghar) ,April 12, 2022, त्रिकुट पर्वत पर रोपवे सफर के दौरान फसे हुए लोगों को एयरफोर्स, इंडियन आर्मी, एनडीआरएफ, आईटीबीपी एवं स्थानीय प्रशासन की टीम द्वारा रेस्क्यू किया जा रहा हैं। आज कुल 32 लोगों को रेस्क्यू किया जा चुका हैं। आज और कल मिलाकर कुल 02 लोगों की मृत्यु हुई है।,@HemantSorenJMM, ,@mbhajantri, ,pic.twitter.com/zna4Jy3D04,
— DC Deoghar (@DCDeoghar) ,April 11, 2022, अड्किएका पर्यटकको उद्धार गर्ने क्रममा एयरफोर्सका एक जना जवान पनि ट्रलीमा फसेका छन्। खबरअनुसार २० नम्बर ट्रलीमा बच्चासहित ५ जना, १९ नम्बर र ७ नम्बर ट्रलीमा २-२ जना, ६ नम्बर ट्रलीमा २ बच्चासहित ५ जना र ४ नम्बर ट्रलीमा एयरफोर्सका जवान फसेका छन्।, सुरक्षाकर्मीले हालसम्म ट्रलीमा फसेका ४८ मध्ये ३३ जनाको उद्धार गरेको छ। , केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्याइएको छ। , भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।, त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।,
भारतमा आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन, तीनको मृत्यु
|
रासस पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन एसियाको पहिलो तीनमुखे झोलुंगे पुलको काम अन्तिम चरणमा पुगेको छ। , स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो।, कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ। पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको छ।, नेपालकै चारधाममध्येको एक धाम रूरूक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्।, कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्नका लागि आन्तरिक पर्यटकको पछिल्लो समयमा चहलपहल बढेको हो।, निर्माण थालनी गरिएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरूत्साहित बनेका थिए। तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गतिमा लिएकोे हो।, अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको छ।, आगामी वैशाख महिनाभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारीमा रहेको लभलीना कन्स्ट्रक्शनका निर्माण व्यवसायी सुशान्त यादवले बताए। कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न झमेला भएको उनले बताए।, रु नौ करोड ८८ लाख २६ हजार ३३२ मा नयाँ बाटो रुबिना मना जेभीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभागअन्तर्गतको झोलुंगे पुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो।, पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ। स्थानीय बासिन्दा विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन्।, कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरी सो पुलमा पुगी रमाइलो गरी गन्तव्य फर्किन थालेको उनले बताए।वि.सं २०७१ मंसिर १५ गते निर्माण थालिएको थियो।,
तीनमुखे झोलुंगे पुल निर्माण अन्तिम चरणमा
|
सेतोपाटी संवाददाता चोर बाटो हुँदै अमेरिका पुगेका ८ जना नेपालीलाई नेपाल फर्काइएको छ।, अमेरिकी सरकारले विमान चार्टर्ड गरेरै उनीहरूलाई नेपाल डिपोर्ट गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरूलाई गल्फ स्ट्रिम जहाजको भिएन ७४० एसएसले केही दिनअघि नेपाल छोडेको थियो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क प्रमुख पुष्प शाहीका अनुसार उनीहरू धेरैजसो ट्राभल हिष्ट्री भएका व्यक्ति छन्। उनीहरू दुबई, रसिया, कोलम्बिया, मेक्सिको हुँदै अमेरिका पुगेका थिए।, उनीहरू गत वर्ष चैतमा अमेरिका पुगेका थिए। कागजातबिनै अमेरिका पुगेका उनीहरूलाई दूतावासले ट्राभल डकुमेन्ट बनाएर नेपाल डिपोर्ट गरेको हो।, मेक्सिकोबाट अमेरिका पुग्नेबित्तिकै उनीहरूलाई त्यहाँको प्रहरीले थुनामा राखेको थियो। अमेरिकी कानुनअनुसार गैरकानुनी रूपमा पुगेका व्यक्तिलाई थुनामा राख्ने र डिपोर्ट गराउने चलन छ।, ‘हामीलाई ८ जना नेपाली आउँदैछन् भन्ने खबर आएको थियो, विमानस्थलबाट सोझै हाम्रो कार्यालय लिएर आयौं,’ नेपाल प्रहरी मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले सेतोपाटीसँग भने।, मल्लका अनुसार उनीहरूलाई आवश्यक कानुनी परामर्श दिएर घर पठाइएको छ। उनीहरूलाई गैरकानुनी बाटो हुँदै अमेरिका पुर्याउने दलालको खोजी भइरहेको छ।, ‘अहिले हामी अनुसन्धान गरिरहेका छौं, पीडित घर पुगेर फर्किन थालेका छन्,’ मल्लले भने, ‘दलालको खोजीका लागि हामीले पीडितहरूसँग बयान लिइरहेका छौं।’, गैरकानुनी तरिकाले अमेरिका पुर्याइएका आफ्ना नागरिकबारे प्रहरीले निकै प्राथमिकतासाथ अनुसन्धान गरी दलाललाई पक्राउ गर्ने गरेको छ।, प्रारम्भिक अनुसन्धानमा उनीहरूले कहिले गाडीमा, कहिले पानीजहाजमा, कहिले हिँड्दै गरेर गत वर्षको चैतमा अमेरिका पुगेको बताएका छन्। तर, कसले त्यहाँसम्म पुर्यायो भन्नेबारे विस्तृतमा खुलाएका छैनन्।, ‘उनीहरू कसरी पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, अमेरिकाको कानुन अनुसार थुनामा परेका विदेशी नागरिकलाई अध्यागमनले आफ्नै खर्चमा पठाउँछ प्लेन चार्टर्ड गरी पठाउने गरेको छ,’ अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने।, महानिर्देशक भट्टराईका अनुसार कानुनी रूपमा अमेरिका छिर्न कठिन हुने भएकाले दलालहरूको सम्पर्कमा मानिसहरू पुग्छन्। दलालले लाखौं रुपैयाँ असुल गरेर नेपालीलाई मेक्सिकोको बोर्डरबाट अमेरिका छिराउने गर्छन्।, यसमा राष्ट्रिय-अन्तर्राष्ट्रिय दलालहरूको सञ्जाल प्रयोग भइरहेको छ। ‘पहिलो कुरा गैरकानुनी बाटोबाट जाँदा दु:ख पाइन्छ भन्ने बुझ्नुपर्ने हुन्छ, जेल बस्नुपर्ने, भनेको समयमा आफ्नो देश फर्किन गाह्रो हुने धेरै समस्या आइपर्छन्,’ प्रहरी उपरीक्षक मल्लले भने।,
मेक्सिको हुँदै अमेरिका छिरेका ८ नेपालीलाई अमेरिकाले जहाज चार्टर्ड गरेर पठाइदियो फिर्ता
|
सेतोपाटी संवाददाता खोलामा डुबेर झापामा एक जना महिलाको मृत्यु भएको छ।, शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बच्चाबरगी ६० वर्षीय सञ्चमाया विकको झरना खोलामा डुबेर मृत्यु भएको स्थानीय शिक्षक ज्ञानेन्द्र बहादुर विश्वकर्माले बताए। खोलाको दहमा करिब २ फिट पानी जमेको थियो।, स्थानीयका अनुसार नानीलाई विद्यालय पुर्याएर आउँदा विक दहमा परेकी थिइन्। शिक्षक विश्वकर्माका अनुसार अरूबेला पनि मापसे गरिरहने विकले आज पनि बिहानै मापसे गरेकी थिइन्। नसाको सुरमा उनी दहमा परेको हुन सक्ने शिक्षक विश्वकर्माले बताए।,
खोलामा डुबेर एकको मृत्यु
|
सेतोपाटी संवाददाता मेलम्ची नदीको पानी पुन: सुरूङमा पठाइएको छ। मंगलबार अम्बाथानस्थित १ नम्बर डाइभर्सन गेटबाट सुरूङमा पानी पठाइएको हो।, खानेपानी मन्त्री उमाकान्त चौधरीले १ नम्बर गेटबाट पानी पठाएर ३८ नम्बर गेट खोली मेलम्ची खानेपानी आयोजनाको दोस्रोपटक उद्घाटन गरेका हुन्।, सुरूङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए।, सुरूङबाट पठाइएको पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आउने छ। त्यहाँबाट केही दिनमै काठमाडौंका धाराहरूमा पानी आइपुग्ने बताइएको छ।, सरकारले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंमा झार्ने घोषणा गरेको थियो। त्यसका लागि मेलम्ची आयोजना क्षेत्रमा अस्थायी संरचनाहरू निर्माण गरिएको छ।, गत वर्ष चैत १७ गतेदेखि मेलम्चीको पानी काठमाडौंमा ल्याइएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिए पनि असार १ गते मेलम्ची नदीमा बाढी आएपछि आयोजनामा क्षति पुगेको थियो।, असार १ गते परीक्षणका लागि सुरूङ बन्द गरेको थियो। त्यही दिन मेलम्चीमा बाढी आएर आयोजनामा क्षति पुगेको थियो। सुरूङ बन्द नभएको भए मेलम्चीमा ठूलो क्षति हुने थियो।,
फेरि काठमाडौं पठाउन थालियो मेलम्चीको पानी
|
नवीनबाबु गुरूङ चैतको चर्को घाम गर्मी र सुख्खा मौसमबीच किसानहरू खेतमा व्यस्त छन्।, यतिबेला चैते धान रोप्ने चटारोमा किसानहरू छन्। चैतमा रोपेर असारमा भित्र्याउने धान रोप्न धादिङका किसानहरू व्यस्त छन्।, अधिकांश ठाउँमा रोपाइँ सकिए पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेववेशी वरपर चैते धान रोप्दै गरेको मनमोहक दृश्य देख्न सकिन्छ। , स्थानीयका अनुसार चैतको शुरुवातमै धान रोपिसक्नु पर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाईं गर्नु परेकोले केही ढिला भएको हो।, अब यो धान असारमा पाकेपछि फेरि अर्को धान नै रोपिन्छ।,
चैते धान रोप्ने चटारो (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता आफ्नो छोरालाई परीक्षामा उपस्थित नै नगराई पास गराउन खोज्ने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।, जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयको प्रावि तहमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली माध्यामिक विद्यालय, जुम्लाका तत्कालीन केन्द्राध्यक्ष मिनराज शर्मा, प्रभात शाही र शेखर माझीविरूद्ध मुद्दा दायर भएको हो।, कलानन्दका छोरा शेखर सोही विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत थिए। २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीबाट सञ्चालन भएको अंग्रेजी र फिजिक्सको परीक्षामा पास गराउन खोजेको आरोप छ।, उनले आफ्ना छोरालाई पास गराउन सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहित कन्ट्रोल लिष्ट सच्चाएका थिए। जबकी उनी परीक्षामा सामेल नै नभएको भन्ने उजुरी अख्तियारमा परेको थियो।, सो उजुरीमाथि अनुसन्धान हुँदा बुवा कलानन्दले आफ्नो छोराको सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा विद्यार्थीको नाम थर पनि फेरेको अख्तियारले जनाएको छ।, अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विज्ञान संकायमा पहिले नै कक्षा ११ र १२ परीक्षा पास गरिसकेका प्रभात शाहीले परीक्षा दिएका थिए।, कर्णाली माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्मामाथि कलानन्दसँग मिलेमतो गरेको आरोप छ।, ‘कलानन्दसँगको मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा प्रभात शाही र शेखर माझी उल्लेख भएको दुईवटा कन्ट्रोल लिष्ट बुझी अंग्रेजी र फिजिक्सको शेखर माझीले दिनुपर्ने परीक्षा प्रभात शाहीले दिएको भन्ने जानकारी हुँदाहुँदै पनि केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व एवं जिम्मेवारी पूरा नगरी गैरकानूनी रूपमा परीक्षामा सहभागी हुन दिएको कसुर पुष्टि भएको,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनेको छ।,
११ कक्षा पढ्ने आफ्ना छोराको परीक्षा अर्कैलाई दिन लगाउने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
|
सेतोपाटी संवाददाता मानव हड्डीसहित विराटनगरमा एक जना पक्राउ परेका छन्।, सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीको टोलीले भारतको विहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।, प्रहरीले मंगलबार विराटनगर–१५ स्थित रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानव अंगसहित पक्राउ गरेको हो।, सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टा, हात, करङ, बंगरा, काँध, घाँटी, हिप, ढाड, औंला र कुरकुच्चाका हड्डी गरी ४६ वटा मानव हड्डी बरामद गरेको हो।, उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ।, सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव हड्डी लैजान खोजेको आशंका प्रहरीको छ।, पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन्।, उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए। सिन्हाले एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्टर्नशीपमा रहेको बताएका छन्।,
मानव हड्डीसहित एक जना पक्राउ
|
सेतोपाटी संवाददाता नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो ।, सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो। अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरुको क्यानबेरामा उल्लेख्य बसोबास रहेको छ।, अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरू बस्दै आइरहेका छन्। तर, भारतसँग सीमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए। त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिसबाजी गर्न लागिएको उनले बताए ।, ‘नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् र उनीहरुको शारीरिक बनोट पनि लगभग उस्तै हुन्छ । जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ मल्लले भने, ‘त्यसैले नेपाली र भारतीय फरक हुन्। हाम्रो आफ्नै संस्कृति छ, चाल चलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं ।’, दसैं, तिहार,फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवैतिर मनाइन्छ; यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लको अनुभव छ। तर, नयाँ वर्ष भने भारतमा इसवी संवत्अनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत्अनुसार वैशाखमा मनाउने गरेको छ।, चीन, इरानलगायत छुट्टै क्यालेन्डर मान्ने देशहरूले नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो पृथकता र विविधता अन्तर्राष्ट्रिय वृत्तमा प्रस्तुत गर्दै आएका छन्। त्यसैले, वैशाख १ गते आतिसबाजी गर्दै नेपालीहरूको छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिन लागिएको सनातन समाजले जनाएको छ।, वैशाख १ गते क्यानबेरास्थित लेनक्स गार्डेन्समा स्थानीय समयानुसार राती ९ बजे आतिसबाजी गरिने सनातन समाज अस्ट्रेलियाले जनाएको छ।,
नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतिसबाजी गरिने
|
सेतोपाटी संवाददाता तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दाङमा १ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन्।, छोराले चलाएको मोटरसाइकलमा पछाडि बसेकी आमाको मृत्यु भएको हो। चालक दाजु र पछाडि बसेकी बहिनी घाइते भएका छन्।, घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका- ८ बनगाउँमा बेलुका पौने ९ बजे दुर्घटनामा परेको थियो। , दुर्घटनामा परी गम्भीर घाइते घोराही उपमहानगरपालिका-१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार राती सवा ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। , दुर्घटनामा मृतकका १९ वर्षीय छोरा रोहन हमाल र १६ वर्षीया छोरी सविना हमाल घाइते भएका छन्। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दाजु बहिनीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।, रोहनको कुम भाँचिएको छ भने सविनाको अनुहारमा चोट लाग्नुका साथै दाँतहरू भाँचिएको एसपी काफ्लेले बताए। , प्रहरीका अनुसार मोटरसाइकलको हेडलाइट बल्दैन थियो। त्यसैले बाटोमा थुपारेको बालुवामा परी मोटरसाइकल दुर्घटनामा परेको हो। चैते दसैं मानेर आफन्तको घरबाट नारायणपुर बजारतर्फ फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन्।, घाइतेको अवस्था अचेत नै रहेको हुँदा थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।,
तीन जना सवार मोटरसाइकल दुर्घटनाः आमाको मृत्यु, दाजु बहिनी घाइते
|
सेतोपाटी संवाददाता चैत ६ गते मोरङको लेटाङमा भएको प्रहरी र गाउँलेबीच हिंसात्मक झडपमा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको पोस्टमार्टम रिपोर्ट आएको छ। , अहिलेसम्म उनको मृत्यु ‘घाँटीमा धारिलो हतियार प्रहारबाट भएको’ प्रहरीले बताउँदै आएको थियो। तर, पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्यु गोली लागेर भएको उल्लेख गरिएको छ। , सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्ट अनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो। , विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आम्र्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ। हत्या भएको महिला प्रहरीको शरीरबाट गोली पनि निकालिएको छ। , हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाई फायर भएको थियो। तर, विधी विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको गोलीसँग म्याच हुन नसकेको स्रोतको भनाइ छ। यसले गोली गाउँलेबाटै प्रहार भएको हुनसक्ने आशंका बढेको प्रहरी स्रोतले जनाएको छ। , ‘घटना घटेको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरी शर्मा काफ्ले भने।, महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन। , प्रहरीले लेटाङ घटनामा ६३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।, पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ।,
,
पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। साबालक कति जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दामा अभियोग लैजाने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय भने गरिसकेको छैन।, ‘बुधबार बिहान हामी साबालकको हकमा निर्णय गर्नेछौं र सोही दिन अभियोग अदालत लैजाने तयारी गरेका छौं,’ जिल्ला न्यायाधीवक्ता शर्माले भने। , पक्राउ परेकामध्ये १ जना बालकलाई अदालतले अभिभावकको जिम्मामा लगाउने आदेश मंगलबार गरिसकेको छ।,
लेटाङ घटनामा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु 'गोली प्रहार'बाट भएको पोस्टमार्टम रिपोर्ट
|
सेतोपाटी संवाददाता चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।, असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ।, त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो।, त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।, आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ।, अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेका थिए।, ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेका थिए। पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेको उनको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ।, सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएका थिए। रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले बताए।, रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ। आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।, यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने जनाइएको छ।, सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।,
रामनवमी पर्व मनाइँदै, सरकारले दियो बिदा
|
एजेन्सी बिहारमा ६० फिट लामो फलामको पुल चोरी भएको छ। , रोहतास जिल्लाको विक्रमगञ्ज उपखण्ड क्षेत्रमा रहेको ६० फिट लामो पुल शुक्रबार चोरी भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। , प्रहरीका अनुसार चोरहरूले पिकअप भ्यान, ग्यास कटर, जेसिबी र सवारी साधन लिएर आएका थिए। उनीहरूले पूरै पुल काट्न तीन दिन लगाएको र काटेपछि उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। , शुक्रबार दिउँसो चोरहरूले सिँचाइ विभागको अधिकृत भनेर स्थानीय सरकारी कर्मचारीको सहयोगमा पुल चोरी गरेका हुन्।, भारतीय सञ्चार माध्यम एएनआईका अनुसार चोरहरू अधिकृत भन्दै पुल मर्मत गर्न भनेर गएका रहेछन्। सोही क्रममा उनीहरूले उपकरणको सहायताले पूर्ण रूपमा पुल उखलेको राज्य सिँचाइ विभागका जुनियर इन्जिनियर अरशद कमल शम्शीले बताए।, सिँचाइ विभागका अधिकारीहरूले नसरीगञ्ज पुलिस स्टेसनमा रिपोर्ट दर्ता गरेका छन्। , ६० फिट लम्बाइ र १२ फिट उचाइ रहेको पुल एक्कासि हराएपछि त्यस क्षेत्रका मानिसहरू स्तब्ध भएका छन्।, यो पुल अमियावर गाउँको आरा नहरमाथि सन् १९७२ मा बनेको थियो।,
बिहारमा ६० फिट लामो फलामे पुल चोरी, पुल काट्न लिएर आएका थिए ग्यास कटरदेखि जेसिबीसम्म
|
सेतोपाटी संवाददाता नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन फारम अझै एक महिना नखुल्ने भएको छ।, फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम खोल्ने तयारी गरिएको हो।, यातायात व्यवस्था विभागका अनुसार अब जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने तयारी छ। त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योजना छ।, परीक्षामा उत्तिर्ण भइसकेकाहरूकै लाइसेन्स दिन विभागले ढिलाइ गरिरहेको छ।, नयाँ लाइसेन्सका लागि करिब ६ लाखले आवेदन दिएका थिए। यो संख्या कम भएपछि मात्रै विभागले नयाँ आवेदन खुला गर्नेछ।, पुराना आवेदनका परीक्षार्थीका परीक्षा सकेपछि नयाँ आवेदन खोल्ने र एक साताभित्रै परीक्षा लिने व्यवस्था मिलाउने विभागको भनाइ छ। , विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार गत चैत १ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको थियो।,
अझै एक महिना सवारी लाइसेन्सको आवेदन नखुल्ने!
|
रासस व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ। गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो। , पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा मारमा परेका थिए।, नेपाली सेना र स्थानीबासीको सहयोगमा तत्काल कल्भर्ड हाली आवतजावतको व्यवस्था मिलाइएको थियो। भानु तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएपछि सोही बेलिब्रिज छाब्दीखोला दोभानमा राख्ने योजना बनाइएको थियो। चितवनबाट मर्मत गरेर ल्याइएको बेलिब्रिज जडान गरिएको पूर्वाधार विकास एकाइ कार्यालय तनहुँका सिनियर डिभिजन इञ्जिनियर दिनेशकुमार घिमिरेले जानकारी दिए।, संघीय सरकारको रु १८ लाख सहयोगमा सडक डिभिजनमार्फत् बेलिब्रिज ल्याइएको हो। गण्डकी प्रदेश सरकारको ४३ लाख रुपैयाँको लागतमा ग्याबिन जाली तथा बेलिब्रिज मर्मत गरिएको हो। बेलिब्रिज जडानसँगै आवातजावत गर्न सहज भएको व्यास–१३ का वसन्त आलेले बताए।, पृथ्वी राजमार्गलाई अहिले चौडा बनाउने काम भइरहेको छ। बुद्धसिं मार्गलाई वैकल्पिक सडकका रूपमा विस्तार गर्न लागिएको छ। , पाँच पुल यसै आवमा बनाइने , तनहुँमा निर्माणाधीन तेह्रमध्ये पाँच पुल यसै आर्थिक वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ। पूर्वाधार विकास एकाइ कार्यालयका अनुसार शालिकराम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वाला खोला पुल, ऋषिङ–५ लुक्दी खोला र घिरिङ–४ को तिरमदी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ।, घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल तथा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलाको पुल पनि यसै आवमा सम्पन्न गर्ने लक्ष्य छ।, सिनियर डिभिजन इञ्जिनियर घिमिरेका अनुसार निर्माणधीन अवस्थामा रहेका पाँच सडकको म्याद थप गरी निर्माण अघि बढाइएको छ।, दुलेगौडा–हर्कपुर सडक असारसम्म, भानुमार्ग फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्ग फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी असोजसम्म म्याद थपका लागि मन्त्रालयलाई पत्राचार गरिएको छ।, घिरिङ हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा र पाल्पा जोड्ने गरी शालिकराम करिडोर तीव्र गतिमा निर्माण भइरहेको छ। करिब ६८ किलोमिटरमध्ये दासढुङ्गा–देउपुरसम्मको ६ किलोमिटर सडक कालोपत्र गरिएको छ। ,
,
पुल बगाएको नौ महिनापछि बेलिब्रिज
|
सेतोपाटी संवाददाता झापाको गौरादह नगरपालिका–५ मा आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। , मृत्यु हुनेमा स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापा हुन्।, घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहको जनाएको छ। , झापामा दिउँसो असिना पानीसँगै हुण्डरी र चट्याङ परेको थियो। शिवसताक्षी नगरपालिकामा हुण्डरीले ८ वटा घरको छाना उडाएको छ।, वडा नम्बर ७ मा एतवरी टुडू, कार्तिक राजवंशी, मेनी राजवंशी, वीरे राजवंशी, पवन राजवंशी लगायतको फुसको घर हावाले उडाएको हो। पवन राजवंशीका अनुसार अन्नपात भिजेर नष्ट भएको छ। , यता कन्काई नदीको बगरमा लगाइएको खरबुजा असिनाले फुटाएर क्षति पुर्याएको छ। यो सिजनमा झापाका नदीका बगरमा खरबुजा खेती हुने गरेको छ।, स्थानीय कुन्दन कुमार चौधरीका अनुसार २५ बिगाहामा लगाइएको खरबुजा असिनाले खत्तम बनाइदिएको छ। माई खोलाको बगरमा सयौं किसानले खरबुजाको खेती गर्दै आएका छन्।,
झापामा चट्याङ लागेर एकको मृत्यु
|
सेतोपाटी संवाददाता दाङमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का ८ वर्षीय योगेश बस्नतेको उपचारका लागि छिमेकी देश भारतको लखनऊतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार यूपी–४२– बिटी–२४०१ नम्बरको बल्कर गाडीले शनिबार बेलुकीपख तुलसीपुर– १७ मज्गैंमा ठक्कर दिएको थियो।, स्थानीय दिपु बस्नेतका छोरा योगेशलाई तुलसीपुरको सिटी हस्पिटलपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो। , त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए।,
गाडीको ठक्करबाट घाइते बालकको मृत्यु
|
सेतोपाटी संवाददाता आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पूजाअर्चना गरी मनाइँदै छ।, त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन जन्मिएका भगवान श्रीरामचन्द्रको सम्झना गर्दै देशभरका राम मन्दिरमा आज भगवान श्रीरामको पूजाअर्चना गरी यो पर्व मनाइँदै छ।, काठमाडौंमा बत्तिसपुतलीस्थित श्रीराम मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरुको घुँइचो लागेको छ। भक्तजनहरुले भजन, किर्तनसहित पूजा आराधना गरिरहेका छन्।, भगवान श्रीरामले सबै कामहरु मर्यादामा रहेर गर्ने हुँदा उहाँलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ। भगवान श्रीरामले मानिसहरु सत्य, निष्ठामा रहुन भन्ने चाहेका कारण हिन्दु धर्मावलम्वीले उहाँलाई उच्च सम्मान गरी पूजा गर्ने गरिएको श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार तथा सम्बद्र्धन समितिका सदस्य सचिव गोविन्द टण्डनले बताए।, ‘आज श्रीरामनवमी। भगवान श्रीरामको जन्म भएको दिन। भगवान रामलाई मर्यादा पुरुषोत्तम भन्छन् । किनभने उहाँले सबैभन्दा मर्यादामा रहेर काम गरेका हुनाले उहाँलाई पुरुषोत्तम भन्छन्। पुरुषोत्तम भनेको पुरुषहरु मध्येमा भनेको मान्छेमा सर्वश्रेष्ठ भएको हुनाले उहाँलाई हामीले भगवानको रुपमा मानेका छौं’, उनले भने।, वि.सं. १९२८ सालमा निर्माण भएको बत्तिसपुतलीस्थित श्रीराम मन्दिरमा राम, सिता, लक्ष्मण लगायतको मूर्ति रहेको छ। यहाँ आजको दिन बिहानैदेखि भक्तजनहरुको लाइन लागेको छ।, मन्दिर व्यवस्थापनले आजको दिनमा करिब ४ लाख भक्तजनले पुजाअर्चना गर्ने लक्ष्य राखेको जनाएको छ । पूजा आराधनालाई सभ्य र व्यवस्थित बनाउनका लागि स्वयमसेवक पनि परिचालन गरिएको सदस्यसचिव टण्डनले जानकारी दिए।, आजको दिन भगवान श्रीरामचन्द्रको पुजाअर्चना गर्नेले मनमा चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ।,
आज रामनवमी पर्व मनाइँदै
|
एजेन्सी नेपालसँग सीमा जोडिएको भारतको विहारमा एउटा फिल्मी घटनाले अहिले चर्चा पाइरहेको छ। , विहारको नालन्दा जिल्लामा छोरा बनेर जमिनदार दम्पतीलाई ठगेको आरोपमा एक जनालाई जेल सजाय सुनाएको छ।, द वायरका अनुसार यो घटनाको शिलशिला सुरू हुन्छ सन् १९७७मा। त्यतिबेला मुर्गावान गाउँका जमिनदार कामेश्वर सिंहका एक्ला छोरा कन्हैया सन् १९७७ फेब्रुअरी २० का दिन १० कक्षाको परीक्षा दिन घरबाट निस्केका थिए। तर परीक्षा दिन गएका १६ वर्षीय छोरा घर फर्किएनन्। कामेश्वर र उनकी श्रीमती रामसखी देवीले स्थानीय प्रहरी चौकीमा आफ्नो छोरा बेपत्ता भएको उजुरी दिए। उनीहरूले छोरा खोजी गर्न व्यक्तिगत प्रयास पनि गरे। , छोरा हराएपछि कामेश्वरमा निकै बिरह छायो। उनलाई मानसिक समस्या पनि भयो। छोरा खोज्न अनेक उपाय लगाए तर कतै पनि भेटेनन्। गाउँमा जमिनदार भएकाले उनका छोरा हराएको खबर गाउँ-गाउँसम्म फैलिएको थियो। , चार वर्षपछि छिमेकी गाउँमा एक जना साधुको भेषमा आए। उनले गाउँलेलाई भने कामेश्वरको हराएको छोरा मै हुँ। गाउँलेहरूले उनका कुरा पत्याए। सामान्य सोधपुछ गरेपछि उनीहरूले यो खबर कामेश्वरलाई पुर्याए। छोरा फर्किएर आएको कुरालाई कामेश्वर निकै खुसी भए। उनकी श्रीमती रामसखी देवीले भने सुरूदेखि नै ती युवकप्रति शंका गरेकी थिइन्। आफ्ना छोराको निधारमा खत भए पनि ती साधुको निधारमा खत थिएन। , रामसखीले ती युवक आफ्नो घरमा आएको दुई महिनापछि अर्थात् सन् १९८१ नोभेम्बर २१ का दिन ती युवक विरूद्ध प्रहरीमा उजुरी दिइन्। उनले ती युवकलाई आफ्नो छोरा भनेर नपत्याउन थुप्रै आधारहरू भएको प्रहरीलाई उजुरीमार्फत् बताएकी थिइन्।, मुद्दा अदालतसम्म पुग्यो। तर त्यसमा कुनै सुनुवाइ भएन। त्यो बीचमा दयानन्द गोसाईं नाम गरेका ती युवकले विवाह गरे। सन् १९९० मा कामेश्वरको मृत्यु भयो, पाँच वर्षपछि रामसखी पनि बितिन्। त्यसपछि दयानन्दले कामेश्वरको करोडौं मूल्य पर्ने झन्डै ५० बिघा जग्गा बेचे। , केही समयअघि कामेश्वरकी छोरीले विहारको अदालतमा बन्द रहेको आफ्नी आमाको मुद्दाको सुनुवाइ हुनुपर्ने भन्दै सर्वोच्च गुहारिन्। सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ अघि बढाउन आदेश दियो।, जिल्ला अदालतमा फेरि मुद्दाको सुनुवाइ भयो र ती युवकले कामेश्वर दम्पतीलाई नक्कली छोरा बनेर ठगेको प्रमाणित भयो। गत अप्रिल ५ मा जिल्ला अदालतले ४१ वर्षदेखि कामेश्वरको छोरा बनेर बसेका दयानन्दलाई तीन वर्ष कैद सजाय सुनायो। ,
विहारमा ४१ वर्षदेखि छोरा बनेर करोडौंको जग्गा बेच्नेलाई सुनाइयो तीन वर्ष जेल
|
नवीनबाबु गुरूङ ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा आजबाट सुरू भएको छ। जात्रा वैशाख ५ गतेसम्म चल्ने छ।, पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरू गरियो। भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइकेले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी पूजा र स्थानीय पूजा सकेर रथ तान्न सुरु गर्ने गरियो।, बिस्केट अर्थात ‘सर्प मारियो भन्ने अर्थमा नेवार समुदायमा जात्रा मनाइन्छ। जात्रामा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको भैरवको रथ टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आ-आफ्नो क्षेत्रमा लैजान तान्ने परम्परा छ ।, चैत मसान्तमा इन्द्रध्वजासहित लिंगो उभ्याउने र नयाँ वर्षका दिन साँझ लिंगो ढाल्ने गरिन्छ । जात्रा अबलोकन गरे शत्रु नाश हुने जनविश्वास रहिआएको छ ।, हेर्नुहोस् तस्बिरहरू,
बिस्केट जात्रा सुरू (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४ जना कोरोना संक्रमित थपिएका छन्। , आइतबार २ हजार ७ सय ४० जनाको कोरोना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , १ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा र ९ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, पछिल्लो २४ घण्टामा थप ४८ जना निको समेत भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ सय ९२ जना पुगेको छ। , हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट ९ लाख ६६ हजार २८ जना मुक्त भएका छन् ।,
नेपालमा कोरोना संक्रमित घट्दै, चार जनामा मात्र संक्रमण पुष्टि
|
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। , आइतबार मनहरी गाउँपालिका- ६ स्थित सडकखण्डबाट ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।, पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका-११ बस्ने २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेको कार्यालयले जनाएको छ। , चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा ८ ख ८१०६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
मकवानपुरबाट ३५ किलो गाँजासहित पाँच पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको खुसिबु नयाँबजारस्थित पार्टी प्यालेसमा लागेको आगो झन्डै डेढ घण्टापछि नियन्त्रणमा आएको छ। , आइतबार साँझ ५ बजेतिर पार्टी प्यालेसको भण्डार कोठा र भान्साकोठामा अचानक लागेको आगो साढे ६ बजेतिर नियन्त्रणमा आएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौं महानगरपालिका- १७ खुसिबु नयाँबजारस्थित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसमा आगलागी भएको हो। , विवाहको लागि खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरी उपरीक्षक मैनालीले बताए। , महानगरीय प्रहरी वृत्त लैनचौरबाट प्रहरी नायब उपरीक्षकसहित ३० जना, नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकसहित १० जनासमेत गरी ४० जना प्रहरी टोली र नारायणहिटी संग्रहालयस्थित पुरानो गोरख गणबाट उपसेनानीको कमाण्डमा ३५ जना नेपाली सेनाको टोलीले खटिएर आगो नियन्त्रणमा लिएको उनले बताए। यसमा फायर एक्सटिङ्गुइसर, दुईवटा दमकल र केही पानी ट्यांकर प्रयोग भएका थिए।, प्रहरी उपरीक्षक मैनालीका अनुसार करिब ४५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। उनले मानवीय क्षति नभएको बताए। , घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।, ,
झन्डै डेढ घण्टापछि काठमाडौंको क्लासिक पार्टी प्यालेसको आगलागी नियन्त्रणमा
|
रासस नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ५९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ।, सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन्।, सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रम सञ्चालनका लागि ती हतियार उपलब्ध गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।, मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको बैठकमा सेनाद्वारा सहयोगस्वरूप सशस्त्र प्रहरीलाई इन्सास राइफल नौ हजार नाल र एलएसडब्लु एक हजार ६०० नाल हतियार उपलब्ध गराउने निर्णय भएको थियो।, सोहीअनुरूप सेनाले आज ती हतियार हस्तान्तरण गरेको र बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गर्दै जाने सेनाले जानकारी दिएको छ।, ती हतिरयारबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनाका साथै सुरक्षा निकायबीच सम्बन्धसमेत थप सुमधुर हुने सेनाले विश्वास लिएको छ।,
,
हस्तान्तरण समारोहमा रक्षा मन्त्रालयका सचिव किरणराज अर्याल र गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा, व्यवस्था, नीति तथा योजना विभाग प्रमुख उपरथी अशोकराज सिग्देललगायत उपस्थित थिए।,
सेनाले गर्यो सशस्त्र प्रहरीलाई ५९० थान हतियार हस्तान्तरण
|
रासस नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । , नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको आज पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ। भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेको बिस्केट जात्राको पहिलो दिन आज भैरव र भद्रकालीको पूजा गरेपछि आज साँझबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु भएको हो । , आज साँझ तौमढी पाँचतले मन्दिर अगाडिबाट भैरवको रथ तान्न सुरु भएको थियो । तौमढीबाट माथि र तलका बासिन्दाबीच रथ तानातान गर्ने क्रममा रथ गहिँटी पुगेर घरमा ठोक्किएर रोकिएपछि तल्लो र माथिल्लो दुवै तर्फबाट ढुङ्गा हानाहान भएको हो । स्थानीय रामकृष्ण श्रेष्ठले गहिँटीमा पुगेर रथ घरमा ठोक्किएको केही बेरमै ढुङ्गा हानाहान भएको तर प्रहरीले हस्तक्षेप भने नगरेको जानकारी दिए । , महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले रथ तान्ने क्रममा गहिँटी पुगेर घरमा ठोक्किएपछि ढुङ्गा हानाहान भएको जानकारी दिए। स्थिति सामान्य हुँदै गएको दाबी गर्दै उनले घाइतेको विवरण र जानकारी भने नआएको बताए। बासिन्दाले भने ढुङ्गा हानाहान जारी रहेको जानकारी दिएका छन् । , प्रहरीले जात्रामा शान्ति सुरक्षाका लागि भन्दै उपत्यकाका तीनवटै जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजार ४५० सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीले जात्रामा हस्तक्षेप गर्दा जात्रा हिंसामा परिणत हुन सक्ने भएपछि प्रहरीले जात्रामा हस्तक्षेप भने नगरेको जनाएको छ । , परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्रले लैजान सके क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रयसम्म पुर्याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ । ,
बिस्केट जात्रामा ढुंगा हानाहान
|
सेतोपाटी संवाददाता युवाहरूलाई स्वदेशमै सम्भावनाको खोजी गर्न, समस्याहरू पहिचान र समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानका लागि प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम ‘काठमाडौं युथ कनक्लेभ’ सम्पन्न भएको छ।, शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पाँच हजार बढी युवा विद्यार्थीको प्रतक्ष्य सहभागिता रहेको थियो।, राष्ट्रमा उपलब्ध सीमित स्रोत साधनको उचित प्रयोग गरी स्वदेशमै युवाहरुले मेहेनेत गर्दा हुने फाइदा, युवाहरुको राष्ट्र निर्माणमा भूमिका, उद्यमशीलता प्रवर्धन तथा व्यावहारिक शिक्षण सिकाईका विषयमा विभिन्न क्षेत्रमा ज्ञान हासिल गरेका व्यक्तिहरुले युवाहरुलाई प्रेरित गर्न आफ्नो अनुभव सुनाएका थिए।, कार्यक्रममा बोल्दै प्रमुख अतिथि आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले नेपालमा नै पर्याप्त सम्भावना भएकाले युवाहरुले आफ्नो रुची भएको क्षेत्रमा लगनशील भएर मेहेनेत गरेमा विदेशमा भन्दा यहिनै पर्याप्त सफलता प्राप्त गर्ने बताएका थिए। कार्यक्रममा उद्यमशिलतामा राम्रो सोच भएका युवाहरुलाई आमन्त्रण गर्दै बैंकले आर्थिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए।, नबिल बैंकका सिइओ अनिल केशरी शाहले युवाहरु भोली भन्दा आज केन्द्रित कसरी हुने र भोली राष्ट्र निर्माण गर्छु भनेर भोली कुर्नु भन्दापनि आज के गर्न सक्छु भन्ने प्रश्नको जवाफ आजैबाट खोज्न युवालाई सुझाव दिएका थिए। उद्यमशिलतामा युवाहरुले नेतृत्व गर्नुपर्ने र आफूलाई रुचि भएको क्षेत्रबाट उद्यमशिलतामार्फत परिवर्तन सुरु गर्न सुझाव दिएका थिए। , शाहले शिक्षण सिकाइलाई विद्यालय र विद्यार्थीहरूमा सधैं कोर्स बुकका किताब पढे अध्यन पूरा हुने परिपाटी रहेको हुँदा विद्यार्थी विद्यालय बाहिरबाट सिक्न नचाहने हुँदा व्यावहारिक ज्ञानमा कमी देखिएको बताएका थिए।, उद्यमी एबम् सफल लेखक कर्ण शाक्यले विदेशिएका साथीहरुले सामाजिक सञ्जालमा राख्ने फोटोबाट मात्रै युवाहरु प्रभावित हुने गरेकाले अब उनीहरूले त्यहाँ गर्ने मेहेनेत बाट प्रभावित हुन युवाहरुलाई सुझाव दिएका थिए।, विदेश बसाईको अनुभव सुनाउँदै, बिदेशिए सँगै आफ्नो सबैजरा हराउँदै जान्छ, बिना जरा घाँस बनिने र रुख बन्नलाई राम्रो र बलियो जरा आवश्यक रहने हुँदा बलियो जरा आमाको काख र साथीको साथमा मात्र मिल्ने हुँदा स्वदेशमा नै केही गर्नुपर्ने प्रेरणा दिएका थिए।, कार्यक्रममा बोल्दै गोल्डस्टार सुजकी निर्देशक विदुषी राणाले युवाहरुले सधैं सपना देख्नुपर्ने, सपना देख्नुभन्दा पनि सपना साकार गर्नलाई सधैं तत्पर रहेर मेहेनेत गर्नुपर्ने र सपना साकार पार्न खोज्दा धेरै चुनौती आउने हुँदा अटल रहेर चुनौतीको सामना गर्न युवाहरुलाई सुझाव दिएकी थिइन्।, पूर्व मिस नेपाल एबम् उद्यमी अनुष्का श्रेष्ठले युवाहरुलाई कुनै विषयमा वा केही गर्न डर लागेमा डरले आफूलाई बाध्न दिनुभन्दा पनि आफूले लागेको डरलाई कसरी बाध्न सक्छु, आफूमा भएको कलाले डरलाई बाध्न सुझाव दिएकी थिइन्।अहिले नेपालको प्रमुख समस्या दक्ष जनशक्तिको अभाव र युवा पलायन रहेको उनले बताएकी थिएन।, काठमाडौं महानगरपालिकाका मेयरमा उम्मद्वार एबम् युवा र्यापर बालेन शाहले विद्यालय शिक्षा प्रणाली प्रति प्रश्न गर्ने समय आएको र युवाहरु सधैं नेपालमा अवसर भएन भन्दै गुनासो गर्नुभन्दा पनि पर्याप्त सम्भावना र अवसर यही रहेको हुदा सम्भावना खोजि गरेर काममा लाग्नुपर्ने बताएका थिए। , कार्यक्रमममा बलेन शाहको र्याप, कमेडी च्याम्पियन विजेता भरतमणी पौडेल प्रहसन, नीलम ढुंगानाको नृत्य, सविन कार्की, सुशान्त केसीको सांगीतिक प्रस्तुति रहेको थियो।, कार्यक्रम समारोहमा प्रत्येक बर्ष विभिन्न क्षेत्रबाट युवा विकासमा भूमिका खेलेका युवालाई दिँदै आएको सम्मान काठमाडौ युथ कनक्लेभ आइकन २०२१ को उपाधि सुशान्त केसीलाई प्रदान गरिएको थियो।, युवाहरुलाई एउटै मञ्चमा समेटेर भविष्यको लक्ष्य निर्धारण गर्न अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र कार्यक्रमममा राजधानिका ८ विद्यालयका विद्यार्थीहरुले आयोजना गरेको हुँदा विद्यार्थीहरुलाई विभिन्न माध्यमबाट व्यवहारिक ज्ञान समेत प्राप्त भएको छ।, कार्यक्रम युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा सम्पन्न भएको हो।,
काठमाडौं युथ कनक्लेभ : पाँच हजार विद्यार्थीलाई ख्यातिप्राप्त व्यक्तित्वको प्रेरणा
|
सेतोपाटी संवाददाता झापामा गए राति ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, बिर्तामोडस्थित रामचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड २ बेलडाँगीका ३२ वर्षीय संगम बजगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ।, पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६४५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा १५ प ८२०२ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बजगाईं घाइते भएका थिए।, उनको बिएण्डसी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।,
झापामा ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु
|
नारायण खड्का कारको ठक्करबाट नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ।, बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो। , कारको ठक्करले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिमालय शाहले बताए।, समिना र कसिम एकै घरका हुन् भने अली छिमेकी हुन्। रोजा चलिरहेकोले उनीहरू प्रार्थनाका लागि जाँदै गरेको अनुमान प्रहरीको छ।, प्रदेश ३-०१-२३ च ८४८१ नम्करको कारको ठक्करबाट उनीहरूको मृत्यु भएको हो। पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए। , ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। कार चालक नेपालगञ्ज उपमहानगर १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले कार चालकले मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्टमा देखिएको बताए। , घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। कार चालकले आइतबार अपरान्ह ३ बजेतिर मदिरा खाएको भन्ने स्वीकार गरेको प्रहरीको दाबी छ।,
नेपालगञ्जमा कारको ठक्करले एकै घरका दुईसहित तीनको मृत्यु
|
सेतोपाटी संवाददाता नेपाली सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले उपप्राध्यापकदेखि वेटरसम्म माग गर्दै आवेदन खुला गरेको छ।, सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ।, आजदेखि १५ दिनभित्रमा इच्छुकले आवेदन दिन सक्नेछन्।, लेखा हेर्ने एक, सूचना प्रविधि सहायक एक, चिकित्सा शिक्षा महाविद्यालय भण्डारखालका लागि उपप्राध्यापक एक र कलेज अफ मेडिकल पोलिटेक्निकका लागि उपप्राध्यापक दुई र सहायक प्राध्यापक दुई जना आवश्यक परेको उल्लेख छ।, यस्तै नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङका लागि उपप्राध्यापक तीन, भान्छे र कुचीकार एकेक जना आवश्यक परेको छ।, सैनिक आवासीय महाविद्यालय भक्तपुर र धरानका लागि शिक्षक र प्रिन्सीपलसमेत आवश्यक परेको सूचनामा उल्लेख छ। सैनिक आवासीय महाविद्यालय पोखराका लागि दुई जना वेटरसमेत आवश्यक परेको छ।, यस्तै माली, औषधि वितरक, पियनलगायत पदमा पनि दरखास्त खुला गरिएको छ।, सेनाले विभिन्न पदमा ६९ जना माग गर्दै दरखास्त खुला गरेको हो। वैशाख १५ गतेभित्र दरखास्त दिइसक्नुपर्नेछ।,
सेनाले माग्यो उपप्राध्यापकदेखि वेटरसम्म
|
भगवती पाण्डे अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गर्नुपर्ने उद्धारको अभ्यास गरिएको छ।, आपतकालीन अवस्थामा विमान अवतरण गराउनुपर्दा र जहाज दुर्घटना पश्चात उद्धारलाई कसरी व्यवस्थित र छिटो छरितो बनाउन सकिन्छ भनेर तयारीको लागि उद्धार अभ्यास गरिएको हो।, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा रहेका फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको उद्धार टोली र उद्धार पछिको उपचारको लागि स्वास्थ्यकर्मीको टोलीले अभ्यास गरेका थिए।, एम्बुलेन्स तथा दमकलसमेतको उक्त टोलीले दुर्घटनामा परेको जहाजबाट घाईतेको उद्धार गरि सुरक्षित स्थानमा पुर्याएर तत्काल गर्नुपर्ने उपचारको समेत आपतकालिन अभ्यास गरेको थियो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता अभ्यासहरु समय समयमा हुने गरेको छ।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल सञ्चालन र आपतकालीन उद्धारमा सरोकारवालाको सक्रियतालाई व्यवहारिक रूपमै प्रयोग गर्न यस्तो अभ्यास गरिएको बताए।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको फायर फाईटरलाई समेत अत्याधुनिक बनाईएको र प्राविधिकको अभ्यासलाई पनि व्यवहारिक बनाउन यस्तो अभ्यासले सघाउ पुर्याउने दाहालले बताए।, आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भए पनि अन्तराष्ट्रिय बिमानस्थलमा रातीमा वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गरिएको उनले जानकारी दिए। यसले भोलि जहाज वास्तविक रूपमा दुर्घटना हुँदा उद्धार टोलीलाई नआत्तिई घाइतेको मनोबल बढाउदै उद्धार गर्न सहज हुने उनको बुझाई छ। ‘भगवानको कृपाले कुनै दुर्घटना नहोस् तर कुनै पनि दुर्घटना भए हामी त्यसको सामना गर्न तयार छौं भन्ने सन्देश यो अभ्यासले दिएको छ,’ दाहालले सेतोपाटीसँग भने।, आपतकालीन अवस्थामा जहाज अवतरण गराउनुपर्दा जहाजभित्र रहेका यात्रु अतालिने र दुर्घटना हुने जोखिम रहने भएकोले यात्रुहरुलाई मनोपरामर्शसहित घाइते भएको अवस्थामा उपचार गर्ने गरि अभ्यास गरिएको भिम अस्पताल भैरहवाका चिकित्सक शुभम शर्माले बताए।, आईतबार साँझ ७ बजेदेखि गरिएको उक्त अभ्यासमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यास गरिएको थियो।, हिले विमानस्थलबाट भैरहवा आउँदै गरेको मुकु एयरलाइन्सको ए ३३० प्रकारको फ्लाइट नम्बर एमयुकेयु १८१ विमानको इन्जिनमा एक्कासी आगो लाग्दा आकस्मिक अवतरणको क्रममा विमान दुर्घटनामा परेको काल्पनिकतामा उक्त अभ्यास गरिएको विमानस्थलले जनाएको छ। , २ सय यात्रु बोकेर आएको उक्त जहाजको बायाँ ईन्जिनमा एक्कासी आगो लागेपछि आपतकालीन अवतरण गराउँदा ५० जना यात्रुको मृत्यु भएको र १ सय ५० जना यात्रु घाइते भएको दु:खद घटना कल्पना गरि उद्धार टोली खटिएको थियो।, उक्त अभ्यास गर्दाको दृश्य हेर्दा विमानस्थलमा वास्तविक रुपमै कुनै ठूलो दुर्घटना भएको आभास हुन्थ्यो।, आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको दिन अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नेपाल वायुसेवा निगमको वाईडबडी जहाजले परिक्षण उडान गर्दैछ।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसममासमेत जहाज अवतरण गर्न सक्ने गरि उपकरण जडान गरिएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेका जहाज पनि यहाँ अवतरण गर्न सक्नेछन्। , अत्याधुनिक र हाई भिजिविलीटी क्षमताका उपकरण जडान गरिएकोले रातीको समयमा समेत यहाँ विमानहरु सहजै अवतरण गर्न सक्नेछन्। विमानस्थलका अनुसार, विमान अवतरणका लागि कम्तिमा १ हजार ५ सय मिटरको भिजिविलिटी आवश्यक पर्नेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ सय मिटरमैं अवतरण गर्न सकिने गरि उपकरण जडान गरिएको छ।,
यसरी गरियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास
|
सेतोपाटी संवाददाता सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका-२ का ८ वर्षीय देवराज यादव रहेका छन्।, मामाघर राजगढ गाउँपालिका-४ मा गएका उनको स्थानीय पोखरीमा नुहाउने डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, पोखरीबाट उद्धार गरेर गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।,
पोखरीमा डुबेर एक बालकको मृत्यु
|
सेतोपाटी संवाददाता मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झा घुससहित पक्राउ परेका छन्।, सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले जनाकपुरको भानुचोकबाट उनलाई पक्राउ गरेको हो।, जग्गा सम्बन्धी मुद्दा पक्षमा गरिदिने भन्दै घुस मागेको आरोपमा उनलाई सोमबार बिहान पक्राउ गरिएको अख्तियारले जनाएको छ।, रामकुमार महतो, सरिताकुमारी महतो र भाइबुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको धनुषा झिझिकटैयाको जग्गामा विक्रम झाले हक साफ मुद्दा दायर गरेका थिए।, मुद्दाको पेशी चैत १४ गते भएको थियो। निर्णय सुनाउने मिति २१ गते बोलाइएकोमा फैसला सुनाएवापत् घुस मागेको आरोप झामाथि छ।,
मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख पाँच लाख घुससहित पक्राउ
|
सेतोपाटी संवाददाता कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्।, आइतबार राति मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने बर्ष ३३ की थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेकी हुन्।, उनले घरायसी विवादका कारण हँसियाको प्रयोग गरी श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ।, श्रीमानको हत्या गरेर थुमाले सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गरेकी छिन्।, घटनास्थलमा इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली खटिएको छ।, उक्त घटनास्थल पुग्न ४/५ घण्टा लाग्ने भएकोले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।,
श्रीमानको हत्या गरी प्रहरीमा आत्मसमर्पण
|
सेतोपाटी संवाददाता पोखराबाट तीर्थयात्री लिएर अर्घाखाँची गएको बस दुर्घटनामा परेको छ।, सुपादेउराली दर्शनका लागि गएको बस अर्घाखाँचीमा दुर्घटनामा परेको हो।, पोखरा ३१ बेगनासतालस्थित साना किसान कृषि सहकारीबाट तीर्थयात्री लिएर सुपादेउराली दर्शनका लागि आएको ग २ ख ६८० नम्बरको बस दुर्घटनामा परेको हो।, पोखराबाट प्युठानको स्वर्गद्वारी दर्शन गरेर सुपादेउराली जाँदै गरेको उक्त बस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ भयालडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।, भलायडाँडाको ओरालोमा ब्रेक फेल भएपछि चालकले सडकको भित्तामा लगेर अड्याएको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको थापाले बताए। बसमा ३० जना तीर्थयात्री सवार रहेको र उनीहरुमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।, बस दुर्घटनामा परेको थाहा पाउनेवित्तिकै प्रहरी र स्थानीयको सक्रियतामा घाइते तथा बसमा सवार तीर्थयात्रीहरुको उद्धार गरी जिल्ला अस्पतालमा लगिएको प्रहरी नायब उपरिक्षक थापाले बताए।,
पोखराबाट अर्घाखाँची गएको बस दुर्घटना, एक घाइते
|
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले नेपाल भारत मैत्री धर्मशालामा ताला लगाएको छ।, बतास समूहले छोड्न नमानेपछि कोषले शुक्रबार गएर धर्मशालामा ताला लगाएको हो। धर्मशालाका दुई वटा मुख्य गेटमा ताला लगाइएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताए।, ‘सदस्यसचिव, कार्यकारी निर्देशकसहितका पदाधिकारी गएर धर्मशाला छोड्न अनुरोध गरे पनि बतास समूहले अटेर गरेपछि ताला लगाइएको हो,’ सुवेदीले सेतोपाटीसँग भने।, कोषले ताला लगाउँदा बतास समूहका कर्मचारी धर्मशालाभित्रै थिए।, ‘उनीहरूलाई बाहिर-भित्र गर्ने ढोकाहरू खुल्लै छन्, धर्मशालाका सामान हराउन सक्छन्, तिनलाई सुरक्षित राख्नका लागि मूल गेटमा ताला लगाइएको हो,’ सुवेदीले भने।, धर्मशालामा बतास समूहका कसैलाई पनि थुनेको कुरा सत्य नभएको उनले बताए। उनीहरू सहजै रूपमा ढोकाबाट भित्र-बाहिर गर्न सक्ने उनले बताए।, चैत १४ गते बतास समूहसँगको सम्झौता भंग गर्दै कोषले धर्मशाला छोड्न भन्दै आएको थियो।, ‘लामो समयसम्म छोड्न मान्नुभएको छैन,’ सुवेदीले भने।, २०७६ सालदेखि पशुपति धर्मशाला बतास समूहले सञ्चालन गर्दै आएको थियो। सम्झौताविपरीत भाडा उठाएको आरोप लागेपछि बतास समूहमाथि कोषले कारबाही अगाडि बढाएको थियो।, बतास समूहले कोषले कारबाही अघि बढाएपछि त्यसलाई रोक्न माग गर्दै अदालतमा मुद्दा हाले पनि अन्तरिम आदेश दिन मानेको छैन।, ‘बतास समूहले मुद्दा हाले पनि हामीलाई कानुनी रूपमा धर्मशाला खाली गराउन कुनै बाधा छैन,’ सुवेदीले भने, ‘कानुन व्यवसायीसँग परामर्श गरेरै प्रक्रिया थालेका हौं। अदालतको अवहेलना हुने गरी काम गर्नुहुन्न भन्ने हामीलाई हेक्का छ।’,
बतास समूहले चलाइरहेको पशुपति धर्मशालामा कोषले लगायो ताला
|
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरूवा गरेको छ।, स्थानीय निकायको चुनावको मुखमा प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो।, शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरूवाको सूची सार्वजनिक गरेको छ।, नियमित सरूवा रोकेर शक्ति केन्द्रहरूको दबाबमा प्रधान कार्यालय काज सरूवामा अभ्यस्त हुँदै आएको थियो। यसपालि भने एकैपटक प्रहरी निरीक्षकहरूको सरूवा निस्किएको हो।, प्रहरी प्रधान कार्यालयलाई लेखापालसमेत सरूवा गर्न नसकेको आरोप छ।,
६७३ प्रहरी निरीक्षकको सरूवा (सूचीसहित)
|
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार सैनामैना नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय कृष्ण चन्द्र खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर ३ ड्राइभर टोलमा दिउँसो साढे १ बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा साढे २ बजेतिर मृत्यु भएको हो।,
तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
|
रासस बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विक २८ वर्षदेखि चैते दसैं मेलामा चोयाका सामग्री डाला, नाग्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउँछन्। , बिहीबारदेखि सुरू भएको चैते दसैं मेलामा उनले जम्मा ४० थान मात्रै डाला बिक्रीका लागि ल्याएका छन्। बर्सेनि डालाको व्यापार घट्दै गएपछि विकलाई डाला उत्पादनमा त्यति जाँगर नलाग्ने गरेको बताइएको छ। , कोरोना भाइरस संक्रमणले दुई वर्ष चैते दसैं मेला नभएका कारणबाहेक २८ वर्षदेखि मेलामा चोयाका सामग्री बिक्री गर्न आएका विकले चैते दसैंको मौलिकता हराउँदै गएको बताए। परम्परा धान्नकै लागि जलजलाबाट यहाँ आए पनि पछिल्लो १० वर्षयता घरेलु उत्पादन सामग्री मेलामा रूचाउन छोडेको बताए। , वर्षभरि उत्पादन गरेको निगालोको चोयाको डाली, नाङ्ला र डालो चैते दसैं मेला, रिडीको मेला र शान्तिपुरको मेलामा राम्रो बिक्री भएर जीवन गुजारा चलाउँदै आएका विकले अब चोयाको उत्पादनबाट जीवन धान्न नसक्ने बताए।, ‘बाबाले चोयाबाट डाला, नाङ्ला, डोको, थुन्से लगायतका सामग्री बुनेको देखेर १७ वर्षको उमेरबाटै आफूले चोयाको सामग्री बनाउन सिकेको थिए, पहिला राम्रो व्यापार थियो, चैते दसैंमा जलजलाबाट बोकेर बिक्रीका लागि यहाँ ल्याउँथे, अहिले सवारीले सहज त बनाएको छ, तर पहिला जस्तो अहिले चैते दसैंको रौनक छैन, घरेलु उत्पादन त अबदेखि बिक्री हुन नै छाडेँ’, शशिराम विकले भने, ‘अहिले त प्लाष्टिकका भाँडाकुँडा, खेलौना र खानपिनमा मेला समिति भएको छ, बागलुङ झरेको दुई दिनमा दुइटा मात्रै डालो बिक्री गरे, खास चैते दसैं भनेको दैनिक प्रयोगमा आउने ठेका, डाला, नाङ्ला, बाउँसो, आँसी लगायतका वस्तुहरूको खरिद बिक्री भन्ने बुझिन्थ्यो अहिले त्यस्तो छैन।’ , उनका तीन छोराले चोयाको सामग्री बनाउन सिकेका छैनन्। त्यसैले आगामी पुस्ताले यो पेसा नअँगाल्दा झनै समस्या हुने उनको भनाइ छ।, उनले रु ५०० मा पाँच पाथीको ठालो बिक्रीका लागि चैते दसैं मेलामा आएका हुन्। चैते दसैंमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको बुढापाकाहरू बताउँछन्। चैते दसैंको समयमा कालिका मन्दिर दर्शन गर्ने र आवश्यक सामग्री वर्षभरिलाई खरिद गर्ने चलन भए पनि विस्तारै यसको मौलिकता हराएर खानपान र नाचगानमा मेला सीमित हुन थालेको चैते दसैं मेलामा लामो समयदेखि ठेकाको व्यापारका लागि आउँदै गरेका बागलुङको बलेवा अमलाचौरका प्रेमबहादुर चुदाराले बताए।, ‘चार पाँच वर्षअघि सम्म त ठेकाठेकीको व्यापार निकै राम्रो थियो, सबै ठेकाठेकी व्यापार गरेर सक्थें’, उनले भने, ‘तर अहिले त्यो समयको चैते दसैं र यो समयको चैते दसैंमा आकाश पातालको भर भइसक्यो, अहिले आयातीत सामग्री खरिदमा स्थानीयबासीको भीड लाग्छ, आधुनिक उपकरणको विकासले ठेकाको व्यापार नहुने देखियो, पछिल्ला वर्षमा परम्परा धान्न मात्रै ठेका ल्याएर आएको हुँ।’, चुदाराले गुम्मीमा गएर ठेका उत्पादन गर्दै आएका छन्। उनले ठेकाठेकी बनाउने प्रचलन पुस्ता हस्तान्तरण नहुँदा आगामी दिनमा लोप भएर जाने बताए। , यस्तै, चैते दसैंमा अहिले घरेलु हातहतियार, खुकुरी, बाउसो, आँसी लगायतका वस्तुहरू बिक्रीका लागि ल्याइएको समेत छैन। चैते दसैं मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि बिस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको स्थानीयवासी दुर्गा आचार्यले बताइन्।, मेलामा झाँकी, घरेलु उत्पादन, ढाका टोपी, अल्लोको कपडा, ढाकाको कपडा, मादल, बुट्टेनली लगायतका उत्पादनहरूदेखि नै छोडेका छन्। , मेलामा आयातीत लत्ताकपडा, मनोरञ्जनका सामग्री तथा आधुनिक खानाका परिकारले महत्व पाउन थालेकाले बिस्तारै चैते दसैंको मौलिकता हराउँदै गएकामा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। ,
चैते दसैं मेलाको मौलिकता हराउँदै
|
नवीनबाबु गुरूङ वरिष्ठ चिकित्सक गोविन्द केसी तथा नागरिक अभियन्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारअगाडि मौन विरोध गरेका छन्।, केसी र अभियन्ताहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि निरन्तर हमला गरेकोविरूद्ध शान्तिपूर्ण विरोध गरेका हुन्।, जिम्मेवार नागरिक र मानवताका हैसियतले पुटिनको अमानवीय व्यवहारसँग मौन रूपमा बस्न नसकिने भन्दै उनीहरू बालुवाटारअगाडि धर्नामा बसेका हुन्।, धर्नामा बसेकाहरूले ‘रूसी जनताहरू युक्रेनमा शान्ति ल्याउन मद्दत गर’, ‘हामी युक्रेनी जनताको साथमा छौं’, ‘युक्रेनमा नरसंहार बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।, विगत ६ हप्तायता रूसले युक्रेनमा आक्रमण गरिरहेको छ। त्यहाँ हजारौं सार्वजनिक भवन, संरचना ध्वस्त भएका छन् भने लाखौं मानिसहरू देश छोड्न बाध्य छन्।, अभियन्ता केसीले नेपालस्थित दूतावासमार्फत् रूसी राष्ट्रपतिलाई चिठी पनि पठाएका छन्। ,
युक्रेनमाथिको आक्रमणको विरोधमा बालुवाटारमा नागरिक अभियन्ताहरूको मौन विरोध
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १२ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ३४९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ७२८ जनाको पिसिआर र १ हजार ६२१ जनाको एन्टिजेन परीक्षण गरिएको हो। , अहिले देशभर ६६९ जना सक्रिय संक्रमित छन्।, ८९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १२ संक्रमित, निको भए ८९ जना
|
नारायण खड्का दाङको तुलसीपुरस्थित तुलसी बाल हस्पिटल प्रा.लि.का नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बालबालिकालाई मौसमी ज्वरो (भाइरल फिबर) बाट जोगाउन खोप लगाउनुपर्ने सल्लाह दिन्छन्।, लगभग तीन हजार मूल्य पर्ने एउटा खोप लगाए वर्ष दिनसम्म त्यसले काम गर्ने हुँदा बालबालिकालाई मौसरी ज्वरोबाट जोगाउन उक्त खोप लगाउनुपर्ने बताउँछन्।, आठ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रत्येक वर्ष इन्फ्यून्जाको एउटा खोप लगाए कुनै पनि मौसम परिवर्तनसँगै उत्पन्न हुने मौसमी ज्वरोबाट जोगाउन सहज हुने डा. खत्रीले ,सेतोपाटी,सँग भने।, ‘पाँच वर्ष भन्दा कम उमेरका बालबालिका भए दुई डोज लगाउनुपर्ने हुन्छ। पहिलो खोप लगाएको २८ दिनपछि अर्को बुष्टर डोज लगाउनुपर्छ’, सेतोपाटीसँग भिडिओ कुरा गर्दै उनले भने।, त्यस्तै ६० वर्ष माथिका ब्यक्तिलाई समेत इन्फ्यून्जाको खोप लगाउँदा राम्रो हुने उनको सल्लाह छ।, बालबालिकालाई भिडमा नलैजाने, घर बाहिरको खानेकुरा खान सकभर नदिने, पटक-पटक साबुन पानीले हात धुने, मास्क लगाउने जस्ता काम गरे आफू र बालबालिकालाई जोगाउन सहज हुने डा.खत्री बताउँछन्। , हस्पिटलका संस्थापक अध्यक्षसमेत रहेका बालरोग बिशेषज्ञ डा. खत्रीका अनुसार मौसम परिवर्तनसँगै गर्मी र जाडोयाममा इन्फ्यून्जा नामक भाइरस सक्रिय हुँदा त्यसैबाट भाइरल फिबर हुनेगर्छ। , भाइरल फिबर भएमा बालबालिकालाई ज्वरो आउने, नाकबाट पातलो सिँगान बग्ने, स्वासप्रश्वासमा समस्या हुने तथा स्याँ–स्याँ बढ्ने, निमोनिया हुने, वान्ता हुने, पेट फुल्ने, पखाला लाग्ने जस्ता बिभिन्न समस्या देखिने गर्छन्।, भाइरल ज्वरोका बालबालिकालाई देखिएको लक्षण अनुसार उपचार गर्न आवश्यक हुने डा. खत्रीले बताए।, जस्तो ज्वरो आएको छ भने सिटामोल दिने, पखाला लागेको छ भने शरीरमा पानीको मात्रा कम हुन नपाओस् भनेर झोलिलो पदार्थ धेरै खान दिने, वान्ता भइरहेको छ भने वान्ता रोक्ने औषधि, श्वासप्रश्वासको समस्या भए अक्सिनको आवश्यकता पर्न सक्ने, स्याँ–स्याँ वा घ्यारघ्यार भइरहेको छ भने बाफहरु दिनुपर्ने हुनसक्छ। , डा. खत्रीका अनुसार बिरामी बच्चाको अवस्था हेरेर कोही बच्चालाई तीनदेखि पाँच दिनसम्म तथा बढीमा सातदेखि दश दिनसम्म मौसमी ज्वरोका लक्षण देखिने गर्छन्।, मौसमी ज्वरोका लक्षण देखिन साथ अभिभावक नआत्तिएर लक्षण अनुसार प्राथमिक उपचारमा लाग्नु उपयुक्त हुने डा. खत्रीको सुझाव छ। जस्तो ज्वरो आएको छ भने बालबालिकालाई पानी पट्टी लगाउने, एक सय डिग्रीभन्दा बढी ज्वरो भए सिटामोलको झोल दिन सकिन्छ। , एकदमै धेरै ज्वरो छ, बच्चालाई बढी स्याँ–स्याँ भइरहेको, कोखा हानिरहेको छ, छिटो छिटो स्वासप्रश्वास भइरहेको छ, शरीर काँपीरहेको छ, पेट फुलेको छ, आँखा र तालु गडेको छ, बच्चाले राम्रोसँग आमाको दूध चुसिरहेको छैन भने तुरून्तै नजिकैको स्वास्थ्य चौकी वा अस्पताल पुर्याई बालरोग विशेषज्ञलाई देखाउन डा. खत्री सुझाउँछन्।, भाइरल ज्वरो लागेपछि समयमै उपचार नपाउँदा थप जटिलता बालिबालिकामा उत्पन्न हुने खतरा रहन्छ। डा. खत्रीका अनुसार भाइरल ज्वरोले बालबालिकाको रोगसँग लड्न सक्ने शक्ति घटाउन सक्छ, इन्फेक्सन हुनसक्छ, निमोनिया हुनसक्छ।, समयमै उपचार नपाउँदा पखालाका कारण शरीरमा पानीको मात्रा कम हुन गइ बच्चाको ज्यानसमेत जान सक्ने खतरा रहन्छ। मौसमी ज्वरोबाट मस्तिष्क ज्वरोसमेत हुने खतरा रहन्छ।, यस्तो भाइरसको संक्रमण मौसम परिवर्तन हुने समय चैत, वैशाख, जेठ, मंसिर, पुस र माघजस्ता महिनामा बढी हुने डा. खत्री बताउँछन्। हेर्नुहोस् भिडिओ---,
एउटा खोपले बालबालिकालाई मौसमी ज्वरोबाट जोगाउन सकिन्छ: डा. खत्री (भिडिओ)
|
राजेश घिमिरे चितवनका चार जना शिक्षकहरू बाल यौन दुर्व्यवहारको आरोपमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेका छन्।, चैत ६ गते यता चितवनमा बाल यौन दुर्व्यवहारका पाँच वटा जाहेरी दर्ता भएकामा चार वटा घटनामा चार जना शिक्षकहरू अनुसन्धानको दायरामा आएका हुन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार तीन वटै घटना विद्यालयमा भएको भनेर जाहेरी परेका छन्।, चैत ६ गते माडीको सोमेश्वर उच्च माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रामाथि सोही विद्यालयका शिक्षक सुरज लामिछानेले यौन दुर्व्यवहार गरेको भन्दै जाहेरी परेको थियो।, सुरूआतमा उक्त घटनालाई प्रहरीमा नल्याउन दबाब दिइएको विद्यार्थीको परिवारले बताएका थिए।, माडीमा जाहेरी दर्ता नभएपछि विद्यार्थीका परिवारले जिल्ला प्रहरी कार्यालय भरतपुरमै आएर जाहेरी दिएका थिए। छात्राले शिक्षकले पढ्ने क्रममा पटक–पटक यौन दुर्व्यवहार गरेको बताएकी छन्। , लगत्तै प्रहरीले शिक्षक लामिछानेलाई पक्राउ गरेको थियो। उनी अहिले पनि प्रहरी कार्यालयको हिरासतमै छन्। उक्त घटनाको विषयमा अनुसन्धान अन्तिम चरणमा पुगेको डिएसपी अधिकारीले बताए।, त्यस्तै, भरतपुर–१३ गंगानगरस्थित श्री मावि गंगानगरमा अध्ययनरत छात्राहरूले विद्यालयका शिक्षकहरूले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए।, विद्यालयका दर्जनौं छात्राहरू शिक्षकविरूद्ध जाहेरी दिन प्रहरी कार्यालय आएका थिए।, उक्त विद्यालयका शिक्षक फणिन्द्र भट्टराईले कक्षा ४ मा पढ्ने छात्रालाई र अर्का शिक्षक विमलप्रसाद देवकोटाले कक्षा ५ मा पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको जाहेरी परेको डिएसपी अधिकारीले बताए।, छात्राहरूले शिक्षकहरूको नाम किटान गरेर दुइटा जाहेरी दिएको उनले बताए। लगत्तै प्रहरीले शिक्षकद्वय भट्टराई र देवकोटालाई नियन्त्रणमा लियो।, डिएसपी अधिकारीले बालिकाहरूले विद्यालयमा पढ्ने क्रममा शिक्षकले विभिन्न प्रलोभन देखाएर संवेदनशील अंगहरूमा छुने, त्यसो नगर्नु भनेर अनुरोध गर्दा गाली गर्ने, धम्की दिने काम गरेको जाहेरीमा उल्लेख गरेको बताए।, जिल्ला प्रहरी कार्यालयमा आइपुगेका उक्त विद्यालयका विद्यार्थीहरूले हरेक तहमा यौन दुर्व्यवहार भोग्नुपरेको बताएका थिए।, ‘प्राथमिक तह सकियो अब यस्तो दुर्व्यवहार भोग्नु नपर्ला भन्ने अवस्था पनि छैन। उपल्लो कक्षाका दिदीहरू पनि उस्तै दुर्व्यवहार सहन बाध्य हुनुभएको छ,’ छात्राहरूले भने, ‘बाध्य भएर प्रहरी कार्यालय पुग्यौं।’, डिएसपी अधिकारीका अनुसार यस्तै घटनामा भरतपुर–१९ का शिक्षक कृष्ण गुरूङ पनि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।, सर्वोदय बोर्डिङ स्कुलका शिक्षक गुरूङले कक्षा ७ मा अध्ययनरत छात्रामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोग छ।, बालिकाले दिएको जाहेरीमा शिक्षकले कहिले फेसबुकमार्फत्, कहिले विद्यालयमा पढ्ने क्रममा यौन दुर्व्यवहार भएको उल्लेख गरेकी छन्।, डिएसपी अधिकारीकाअनुसार शिक्षकले छात्रालाई फेसबुक म्यासेन्जरबाट अश्लिल फोटो, भिडिओ पठाउने गरेका थिए।, ‘आजित भएपछि छात्राले शिक्षकलाई फेसबुकमा ब्लक गरिछन्, शिक्षकले धम्की दिएर अनब्लक गर्न लगाएछन्। फेरि त्यस्तै सामग्री पठाउन थालेछन्,’ डिएसपी अधिकारीले भने, ‘विद्यालयमा पढ्ने क्रममा पनि शिक्षकले संवेदनशील अंगहरूमा छोएर हिंसा गर्दै आएको जाहेरीमा उल्लेख छ।’, त्यस्तै, भरतपुर–१४ बरौजीमा डेरामा बसेर कक्षा ९ मा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय तुलसी महतो पनि अहिले प्रहरी हिरासतमा छन्।, ४५ वर्षीय महतोले आफ्नो घर नजिकै डेरामा बसेर पढिरहेका बालिकामाथि यौन दुर्व्यवहार गरेको जाहेरी परेको अधिकारीले बताए।, डेरामा दुई जना बसेर पढिरहेको अवस्थामा महतोले गाला मुसार्ने, अन्य संवेदनशील अंगहरूमा हात लैजाने गरेको भन्दै जाहेरी परेको उनले बताए।, जाहेरी प्राप्त भएपछि महतोलाई हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको डिएसपी अधिकारीले बताए।, ‘बालिकाले बाबुआमालाई भनिदिन्छु भनेपछि फकाउँदै महतोले पाँच सय दिएको कुरा जाहेरीमा उल्लेख छ,’ अधिकारीले भने, ‘हामी अहिले अनुसन्धानका क्रममा छौं।’, डिएसपी अधिकारीले चितवनमा विद्यालयहरूमा बालिकामाथि यौन दुर्व्यवहारका घटना बढ्दै गएको बताए।, जाहेरी परेका सबै घटनाका आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको उनले बताए।, आरोप प्रमाणित भए ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। ,
छात्राहरूलाई शिक्षकबाटै डर, बाल यौन दुर्व्यवहारको अभियोगमा चितवनका चार जना शिक्षक हिरासतमा
|
मन्दिरा घिमिरे २२ औं पटक लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका कञ्चनराज गिरीले राजीनामा दिएका छन्।, गत कात्तिकमा अधिकृत बनेका गिरी कालीगण्डकी ए जलविद्युत आयोजनामा प्रशासन प्रमुखको रूपमा काम गरिरहेका थिए।, सरकारी जागिर खाएको ६ महिनामै गिरीले बिहीबार राजीनामा दिएका हुन्। आयोजना प्रमुखलाई गिरीले बुझाएको राजीनामा स्वीकृत हुन भने बाँकी छ।, प्राधिकरणको अधिकृत बनेपछि गत कात्तिकमै गिरीले सेतोपाटीमा ,‘२१ पटक लोक सेवा अधिकृत परीक्षा फेल हुँदा...’, शीर्षकमा ब्लग लेखेका थिए। ब्लगमा उनले अधिकृत बन्न आफूले गरेका संघर्षको र त्यसले जिन्दगीप्रतिको बुझाइमा ल्याएको परिवर्तनबारे उल्लेख गरेका थिए।, सरकारी अधिकृत बन्न उनको लगन र धैर्यताको धेरैले प्रशंसा गरेका थिए। सामाजिक सञ्जालमा उनी भाइरल भएका थिए।, वर्षौंदेखि मेहनत गरेर खाएको जागिर गिरीले ६ महिनामै छोड्ने निर्णय गरेका छन्।, किन?, ‘अब म आउने स्थानीय चुनावमा बनेपाको मेयर उठ्छु,’ गिरीले सेतोपाटीसँग भने।, ३५ वर्षीय गिरीले वैशाख ३० गते हुने स्थानीय चुनावमा काभ्रेको बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने योजना बनाइसकेका छन्।, त्यसका पछाडि पनि कारण रहेको उनले बताए।, पहिला-पहिला उनलाई सरकारी कर्मचारीले पनि परिवर्तनका लागि धेरै भूमिका खेल्न सक्छ भन्ने लाग्थ्यो।, बनेपाका वासिन्दा गिरीले विज्ञान पढेका थिए। जर्मनीमा प्रि-पिएचडी ट्रेनिङका लागि गएका थिए। तर पिएचडीका लागि छनोट हुन सकेनन्। जर्मनीको विश्वस्तरीय न्युरोसाइन्स ल्याबमा रहँदा उनलाई कहिल्यै त्यो काम गर्ने उत्साह र ऊर्जा प्राप्त भएन। विज्ञानको लागि आफू नजन्मेको आभास गरे। जर्मनीको निराश बसाइपछि नेपाल फर्के।, यो २०६८ सालतिरको कुरा हो। नेपाल आएपछि उनी बेरोजगार भए। उनलाई देशको अवस्थाको कारण आफू बेरोजगार भएको भन्ने लाग्यो। बेरोजगारीको अवस्था अन्त्यको लागि देश नै बदलिनुपर्छ भन्ने सोच पनि पलायो।, अवस्था परिवर्तन गर्न सानो सुरूवात आफैंबाट गर्नुपर्छ भन्ने सोचले उनी लोकसेवा भिड्न थाले।, ‘त्यतिबेला मलाई स्थानीय निकायमा कर्मचारीले पनि धेरै फरक पार्न सक्छन् लाग्थ्यो,’ गिरीले भने।, उनको लोकसेवा यात्रा फलामको च्युरा चपाउनुसरह भयो। एक-दुई पटक असफल भएपछि उनले करारको काम सुरू गरे र लोकसेवाको तयारी जारी राखे। करारमा जागिर खाँदा पनि उनले देशको शासन र प्रशासन नजिकबाट बुझ्ने मौका पाए।, गुठी संस्थानदेखि काठमाडौं महानगरपालिकाका परीक्षामा असफल भएका गिरी २२ औं पटकमा प्राधिकरणको अधिकृत बनेर कालीगण्डकी गए।, तर सरकारी जागिरको दुनियाँ उनले सोचेजस्तो थिएन।, ‘कुलमान घिसिङको नेतृत्वमा भएको नेपाल विद्युत प्राधिकरण नेपालको सबैभन्दा व्यवस्थित संस्थान भए पनि अन्य सरकारी निकायमा जस्तै यहाँ पनि कैयौं संस्थागत बेथिति छन्,’ गिरीले भने,‘त्यस्ता बेथितिहरूलाई सुधार्न मजस्ता सातौं तहका प्रशासन प्रमुखले केही गर्न नसक्ने रहेछन्।’, सरकारी कर्मचारी बनेर भन्दा नगरको कार्यकारी प्रमुख बनेर समाज सुधार्न सकिन्छ भन्ने लागेपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।, ‘कार्यकारी पदमा पुगें भने कम्तीमा एउटा गाउँ/नगर त म बनाउन सक्छु’ उनले भने,‘हामी सधैं विकल्प चाहियो भन्छौं तर आफैं विकल्प बन्न कोशिश गर्दैनौं। त्यसैले म आफैं विकल्प बन्न होमिएको छु।’, गिरी अधिकृतमा २२ औं प्रयासमा सफल भएका थिए। हामीले उनलाई सोध्यौं, चुनावमा पनि तपाईंको त्यस्तै नियति दोहोरियो भने के गर्नुहुन्छ?, ‘मलाई त म जित्छु भन्ने नै छ। जनताको सेवा गर्ने बाल्यकालदेखिको मेरो लक्ष्य पूरा गर्ने यो मौका हो,’ गिरीले भने,‘हारें भने पनि केही फरक पर्ने छैन। अहिले उम्मेदवारी दिएँ भने जिन्दगीमा पछि फर्केर हेर्दा कम्तीमा आफैंलाई आत्मग्लानी हुनेछैन।’,
२२ पटक परीक्षा दिएर अधिकृत बनेका कञ्चनराजले दिए राजीनामा, भन्छन्- मेयर उठ्छु
|
सेतोपाटी संवाददाता चट्याङ लागेर तेह्रथुममा एक बालिकाको ज्यान गएको छ।, आठराई गाउँपालिका-६ चुहानडाँडा फुङसेङकी १० वर्षीया मीना कन्दङ्वाको मृत्यु भएको हो।, शुक्रबार ललिता थोप्राको घरमा साँझ चट्याङ पर्दा छिमेकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।, पूजामा गएकी उनी चट्याङ पर्दा गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।, चट्याङ लागेर अन्य तीन जना घाइते रहेको र उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।,
चट्याङ लागेर तेह्रथुममा बालिकाको मृत्यु मृत्यु
|
सेतोपाटी संवाददाता बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन्।, यस्तै ,२०७१,* सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो।, काठमाडौं उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन्। नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ।, ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइरहेको छ।, यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ। प्रकृति र मानव सृजित बिभिन्न हन्डर–ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तश्वीरमा कैद गर्ने कोशिस गरेका छौं।, यसैलाई केन्द्रमा राखेर ,न्युज एजेन्सी नेपाल,का फोटोपत्रकारहरुले उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका बिभिन्न स्थानमा गएर तस्बिर खिचेका छन्। यी तस्बिरहरूमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृतीलाई देखाउन खोजिएको छ।, *यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ-सम्पादक।, हेर्नुहोस् तस्बिरहरूः, ललितपुरको बाँडेगाउँ, भक्तपुरको एक घरको झ्यालमा बसेकी महिला ., भक्तपुरको दरबार परिसरमा रहेको एक मन्दिरमा चित्र बनाउँदै कलाकार ।, , हरिसिद्धिको फल्चामा बसेका वृद्धा ।, खोकनाका एक वृद्ध , ललितपुरको खोखना, कीर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुट्दै। नेवारी भेषभुषामा सजिएका महिला।, लुभुको परम्परागत नेवारी बस्ती।, ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ ।, ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउँदै महिलाहरू ।,
उपत्यकाको नेवारी बस्तीहरू (फोटो फिचर)
|
सेतोपाटी संवाददाता हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। , आज दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थान र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।, आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।, यस्तै सोमबार देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।,
,
नेपालमा दुई वटा वायुको प्रभाव, गण्डकीमा बिहानै वर्षा
|
सेतोपाटी संवाददाता बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन्।, पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९:०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो।, बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए। खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। रासस,
वनमा घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो
|
रासस जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ। बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो ।, आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए।, चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपंक्षी ओसारपोसार निषेध सम्बन्धी व्यवस्था बमोजिम उक्त निर्णय गरिएको उनले बताए।,
चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा ल्याउन रोक
|
दिपकजंग शाही शुक्रबार आफ्नो घरजग्गाको लालपुर्जा पाएपछि सुर्खेतको भेरीगंगा नगरपालिका–८ की ६७ वर्षीय रामकली खत्रीले भनिन्, ‘अब त बाकसमा पैसा राखेर ताला लगाएको जस्तो भयो।’, बाकसमा राखेर ताल्चा लगाएको पैसा बाकस नै चोरी नभएसम्म जति सुरक्षित हुन्छ, अब लालपुर्जा हात परेपछि आफ्नो घरजग्गा पनि त्यसैगरी सुरक्षित भएको महसुस रामकलीलाई भएको थियो।, ‘बस्ने बास र छाक टार्ने अन्न उब्जने अलिकति जग्गा थियो, त्यसको पनि हातमा केही कागज प्रमाण थिएन,’ रामकलीले भनिन्, ‘केही भर नलाग्ने, घर–खेत अर्कैले लैजाने हो कि, भन्ने डर जहिल्यै लागिरहने। अब पक्का कागज आएपछि ढुक्क भयो।’, जाजरकोटको जगतिपुरबाट २०२५ सालमा गुर्भाकोट–८ लोदेमा रामकलीको परिवार बसाइँ सरेर आएको थियो । गाउँमा भएको थोरै घर र जग्गा छोडेर तराई बस्ने लोभले सुर्खेत झरेको उनको परिवारलाई लालपुर्जा पाउन ५३ वर्ष लाग्यो।, लालपुर्जा हातमा लिने धोको पूरा नहुँदै २२ वर्षअघि सुर्खेतमै रामकलीका श्रीमानको मृत्यु भयो। ‘उहाँ पनि लालपुर्जाका लागि कहाँ पुग्नुभएन होला, कसलाई भन्नुभएन होला र,’ उनले भनिन्, ‘उहाँको त धोको पूरा भएन, २२ वर्षपछि मैले लालपुर्जा पाएँ।’, २०२९ सालमा जाजरकोटको भुरबाट भेरीगंगा–८ लोदेमा बसाइँ सरेर आएका हर्कबहादुर रोकायाले पनि ४९ वर्षपछि आफू बसेको घरजग्गाको लालपुर्जा पाएका छन्। उनले झण्डै ३३ रोपनी जग्गाको लालपुर्जा पाएका हुन्।, ‘यसअघि पनि बेलाबेला पैसा तिर्यौं, जग्गाको लालपुर्जा दिलाउँछौं भनेर कयौं मानिसले गाउँबाट पैसा उठाए पनि दिएनन्,’ हर्कबहादुरले भने, ‘लालपुर्जा पाउने आशमा जहाँ भन्यो त्यहीँ गयौं, यतिका वर्ष लाग्ने भए उबेला किन पैंसा दिन्थ्यौं र।’, उनका अनुसार ३ हजारदेखि ८ हजार रुपैयाँसम्म करिब १० पटक लालपुर्जाका लागि पैंसा बुझाएर खेर गएको छ।, गुर्भाकोट–८ मै अमृतलाल जैसीको २४ रोपनी जग्गा छ। उनको परिवार रूकुम पश्चिमको चौरजहारीबाट २०२४ सालमा सुर्खेत झरेको हो। ५४ वर्षपछि शुक्रबार लालपुर्जा पाएका जैसीले जीवन बाँच्ने आधार बनेको बताए।, ‘बुवाले झाडी मासेर बसाएको घरजग्गाको २०३९ ताका नापनक्सा भए पनि लालपुर्जा पाएका थिएनौं, सानोतिनो व्यवसाय गर्न जग्गा धितो राखेर पैंसा निकालौं भने पनि पुर्जा नभएर सकिएन,’ उनले भने, ‘अब त पुर्जा पाएपछि खुशी भईयो, यो हाम्रो जीवन बाँच्ने बलियो आधार भयो।’, शुक्रबार भूमि आयोगले सुर्खेतको भेरीगंगा–८ का १०२ जनालाई जग्गाको लालपुर्जा वितरण गरेको छ। उक्त वडाका २२ टोलमा लालपुर्जा नभएका ६७७ परिवार छन्। तीमध्ये पहिलो चरणमा २४५ जनाको लालपुर्जा बनेर आएको वडाध्यक्ष पदमबहादुर खत्रीले बताए।, ३६ वर्षपछि लालपुर्जा पाउँदा भेरीगंगा–८ चौखाकी पानसरा बादीले खुशी व्यक्त गरिन्। सल्यानको दार्माबाट २०४२ सालमा बसाइँ सरेर सुर्खेत आएको पानसराको परिवारको १ रोपनी जग्गा र घर छ।, ‘यहाँ आउँदा जेठो छोरो बोकेर आएकी हुँ, अहिले तीन छोराछोरी छन्। १० जना त नातीनातिना भईसके,’ ५८ वर्षीया पानसराले भनिन्, ‘यतिका वर्षसम्म विना प्रमाण डराउँदै बस्नुपर्यो, अहिले लालपुर्जा पाउँदा किन खुशी नहुनु।’, गुर्भाकोट–८ मैनतडाकी धनसरी सार्कीले लालपुर्जा पाएपछि घरजग्गा खोसिने डर हराएको बताईन्।, वडाध्यक्ष खत्रीका अनुसार अहिले लालपुर्जा वितरण सुरु गरिएका साविकको कोटमाझखर्कका वस्ती २०२२ सालमा बसालिएको हो। तत्कालीन समयमा सामाजिक अगुवा चन्द्रबहादुर थापाले बाहिरबाट आएका मानिसलाई व्यवस्थित गराउन वस्ती बसालेको उनले बताए। थापा त्यसपछि पटकपटक सांसद बनेका थिए।, सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा २०३९-४० सालमा ती बस्तीको नाप नक्सा गरी फिल्ड कायम गरिएको थियो।, ‘५६ वर्षपछि लालपुर्जा वितरण गर्न सुरु भएको यो वस्ती नेपालको तेस्रो र कर्णालीको पहिलो हो, आयोगले छोटो समयमा गरेको कामले यो वडाका पुर्जाविहिन परिवारलाई खुशी दिलाउँदैछ,’ उनले भने।, जिल्लाका अरु ठाउँहरुमा पनि लापुर्जा वितरणको काम तत्काल अगाडि बढाउने भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले बताए। अव्यवस्थित बसोबास भएका परिवारलाई लालपुर्जा दिनु राज्यलाई पनि करका हिसाबले फाईदा हुने उनले बताए ।, सुर्खेत जिल्लामा लालपुर्जा नभएका परिवार कति छन् भन्ने एकीन तथ्यांक भने छैन। ‘हामीले स्थानीय तहलाई यसको तथ्यांक संकलन गरी पठाउन भनेका छौं, अब छिट्टै आउँछ,’ अध्यक्ष पौड्यालले भने।, पहिलो चरणमा साविकको कोटमाझर्खक हालको भेरीगंगा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३२ जनालाई लालपुर्जा वितरण गरिएको उनले जानकारी दिए।, तस्विरहरुः दिपक/सेतोपाटी,
लालपुर्जा पाएपछि कोटमाझखर्कवासीले भने, ‘अब पक्का कागज आएपछि ढुक्क भयो’
|
रोहित महतो बिहानै ८ बजेदेखि साँझ पाँच बजेसम्म गायत्री पासवान फोहोरकै थुप्रोमा समय बिताउँछिन्।, उनको काम विभिन्न सहरबाट ल्याइएको फोहोर प्लास्टिक सुकाउनु, काम नलाग्ने चिज छानेर निकाल्नु र थ्रेसिङ गर्नु हो। घरपरिवार चलाउन उनी जनकपुर–जलेश्वर सडकखण्डमा पर्ने महोत्तरी गाउँपालिका–५ स्थित पियूष प्लास्टिक उद्योगमा काम गर्छिन्।, पिपरा गाउँपालिकाकी स्थायी बासिन्दा गायत्रीसहित अन्य १३ जना महिला पियूष प्लास्टिक उद्योगमा यस्तै काम गर्दै गरेका भेटिए। उनीहरू सबैले मुखमा मास्क लगाएका थिए।, गायत्रीको परिवार यही फोहोरको काम गरेर चलेको छ। दिक्दार मानेर व्यवहार चल्दैन, घिन मानेर हुँदैन।, ‘बानी परेपछि घिन लाग्दैन तर गाउँका मान्छेले यस्तो काम नराम्रो हो भन्छन्। यस्तो कुरा सुन्ने बानी परिसक्यो,’ गायत्री भन्छिन्, ‘यस्तो काम नथाल्नु पथ्र्यो, थालेपछि यसमै बानी पर्यो। अब छाडेर कता जानु र!’, यी श्रमिक महिलाहरू प्लास्टिक पाइप बनाउन प्रयोग हुने उद्योगका लागि प्लास्टिक छानेर कच्चा पदार्थको रूपमा तयार गर्छन्। फोहोरका रूपमा संकलन गरिएको प्लास्टिकबाट पाइप उत्पादन गर्ने पियूष प्लास्टिक उद्योग पिपरा गाउँपालिकाका राजेश झाले खोलेका हुन्।, उद्योगले काठमाडौं, पोखरा, जनकपुर लगायतका क्षेत्रबाट फोहोरका रूपमा फालिएका प्लास्टिक मगाउँछ। यस्तो प्लास्टिक प्रशोधनको प्रक्रिया पूरा गरेर पाइप बनाउन प्रयोग हुन्छ।, ‘हामी प्लास्टिकजन्य नसड्ने फोहोर, पोलिथिन कवाडबाट खरिद गर्छौं। हामीले व्यावसायिक हिसाबले नै उद्योग खोलेका हौं,’ झा भन्छन्, ‘काम गर्दै जाँदा हाम्रो उद्योगले फोहोर व्यवस्थापनमा पनि सहयोग पुग्दो रहेछ भन्ने थाहा पायौं।’, झाले यो उद्योग २०७२ सालमा सुरू गरेका हुन्।, जनकपुर लगायतका ठूला सहरको प्लास्टिकजन्य फोहोर केही हदसम्म नियन्त्रण हुनुमा प्लास्टिक पाइप उत्पादन गर्ने उद्योगहरूको ठूलो भूमिका रहेको उनको भनाइ छ।, उनको उद्योगले मासिक ३० टनसम्म प्लास्टिक फोहोर खपत गर्छ। यसमध्ये १० प्रतिशत प्लास्टिक जनकपुरबाट आपूर्ति हुन्छ। झाको उद्योगले ३० रुपैयाँदेखि ५५ रुपैयाँ प्रतिकिलोका दरले प्लास्टिक फोहोर खरिद गर्ने गरेको छ।, झाका अनुसार नरमपनाको आधारमा फोहोरको ग्रेडिङ हुन्छ। कम घनत्व अर्थात् लो डेन्सिटी (एलडी) भएको र सेतोपन बढी भएको प्लास्टिक गुणस्तरीय हुन्छ। यसबाट राम्रो गुणस्तरको पाइप बन्छ। अर्को उच्च मलिकुलर अर्थात हाइ मलिकुलर (एचएम) प्लास्टिक बढी घनत्वको हुन्छ। यो कडा र खस्रो हुन्छ।, झाको उद्योगले यी दुबै प्रकारका प्लास्टिक मिसाएर पाइप बनाउँछ। पाइप उत्पादन गर्न पोलिथिन लगायतका प्लास्टिक खरिद गरेर घाममा सुकाइन्छ। प्रशोधनको प्रक्रियामा लगेर धुलो बनाइन्छ। यही धुलोबाट प्लास्टिकको पाइप बनाइन्छ।, पाइप उत्पादनबाट वार्षिक डेढ–दुई करोड रुपैयाँ आम्दानी हुने गरेको उद्योगी झाको भनाइ छ।, विभिन्न कम्पनीमा काम गर्दागर्दै झालाई सात वर्षअघि आफ्नै उद्योग खोल्ने विचार आएको थियो।, उनले बैंकबाट ६० लाख रुपैयाँ ऋण लिए। आफ्नो बचतसहित एक करोड रुपैयाँको लगानीमा आफ्नै एक बिघा जग्गामा उनले उद्योग खोले।, ‘मैले प्लाइउड, छड, सिमेन्ट लगायतका फ्याक्ट्रीमा लामो समय काम गरेँ। यसपछि आफैं केही गर्नुपर्छ भन्ने लागेर उद्योग खोल्ने योजना बनाएँ,’ झाले भने, ‘गुगलबाट धेरै रिसर्च गरेर पाइप उद्योग खोल्ने निर्णय गर्यौं।’, झाले वीरगञ्ज र भारतको नयाँ दिल्लीबाट मेसिनहरू ल्याए। प्राविधिक जनशक्ति पनि भारतबाटै मगाए।, अहिले पियूष प्लास्टिक उद्योगमा ३० जना कामदार छन्। तीमध्ये पाँच जना प्राविधिक छन्। हाल प्राविधिक कर्मचारी पनि नेपाली नै छन्। कामदार अधिकांश महिला छन्।, पियूषले उत्पादन गरेको पाइप जनकपुर, जलेश्वर, बर्दिबास लगायत काठमाडौंसम्म पुग्छ। उद्योगमा लामो समय काम गरेको अनुभवले झाको पाइप उद्योग निकै राम्ररी फस्टायो।, कोरोना संक्रमणको समयमा पाँच महिना बन्द गर्नुपरे पनि त्यसपछि राम्ररी नै चलेको छ।, बन्दको समयमा कमाइ नहुँदा बैंकको ब्याज तिर्न पनि ऋण लिनु परेको झाले बताए। बन्दको समयमा बजारबाट उधारो उठ्न पाएन। बेला-बेलामा हुने आन्दोलनले पनि बाधा हुने गरेको झाको भनाइ छ।, सरकारको नीति उद्योगअनुकूल नरहेको झाको गुनासो छ। यसकारणले पनि कठिनाइ भोग्नु परेको उनले बताए।, उनका अनुसार फोहोर संकलन गरेर चल्ने उद्योगी दोहोरो करको मारमा छन्।, ‘फोहोर संकलन गरेर ल्याउनेले प्यान र भ्याट बिल दिँदैनन्। यसकारण हामी पाइप बिक्रीमा भ्याटमा फिर्ता पाउँदैनौं। फोहोर खरिद गर्ने कवाडीवालाले बिल पाएको हुँदैन। उसले हामीलाई भ्याट बिल दिँदैन।’, फोहोर संकलन गरेर औद्योगिक उत्पादन गर्ने उद्योगलाई सरकारले अनुदान र कर छुट दिनुपर्छ भन्ने झाको माग छ। यस्ता उद्योगहरूले सहर सफा राख्न मद्दत गर्ने भएकाले करको मारमा पार्न नहुने उनको धारणा छ। , दोहोरो कर तिर्नुपर्ने समस्या समाधान गरिदिन र फोहोर व्यवस्थापनमा सघाउने उद्योगलाई अनुदानको व्यवस्था गर्न माग गर्दै झाले करिब डेढ वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका थिए।, मन्त्री पौडेलले माग पूरा गर्ने आश्वासन दिएका थिए तर तत्कालीन सरकार विघटन भयो।, पछिल्लो समय बिजुली खपत घटाउन निर्देशन आएकोले उद्योग सञ्चालनमा समस्या थपिएको झाको भनाइ छ।, ‘डिजेल-पेट्रोलको दाम बढेको बढ्यै छ। यसले गर्दा उत्पादनको खर्च पनि बढेको छ तर हाम्रो उत्पादनको भाउ बढेको छैन,’ झाले भने, ‘हामी अहिले घाटामा जाँदैछौं तर सरकारले केही पनि सघाउँदैन। बिजुली खपत कम गर्नुपर्ने र डिजेल महँगो हुँदै जाने हो भने उद्योग चलाउनै सकिन्न।’, मधेस प्रदेश सरकारले पनि उद्योगको हितमा छिट्टै नीति ल्याउनुपर्ने उनको माग छ।, फोहोर व्यवस्थापनमा सघाउने उद्योग प्रवर्द्धनका लागि संघीय र स्थानीय सरकारले कर छुट र अनुदान लगायतका व्यवस्था गर्नुपर्ने उनले बताए।, बैंकले ऋण पनि दिन छोडेपछि उद्योगहरू समस्यामा पर्न थालेको उनको भनाइ छ।, झा एक करोड रुपैयाँको लागतमा तयारी खाद्य उत्पादन गर्ने ‘पियूष फुड एन्ड स्न्याक्स उद्योग’ चलाउने अन्तिम तयारीमा छन्।, ‘बैंकले ऋण दिएको छैन। क्यास व्यवस्थापन गर्न पनि अर्को उद्योग चलाउन लागेको हुँ,’ उनले भने, ‘ठूला उद्योगपतिले खाद्य उद्योग सञ्चालन गर्ने कारण के रहेछ पत्ता लगाउँदै जाँदा क्यास व्यवस्था गर्न रहेछ भन्ने थाहा पायौं।’, खाद्य वस्तु बजारमा तुरून्तै खपत हुने र नगद आउने भएकाले खाद्य उद्योग सञ्चालनको योजना बनाएको झाले बताए।, उनको नयाँ उद्योगले मिनिरल वाटर र नौ प्रकारका स्न्याक्स उत्पादन गर्नेछ। उनका अनुसार नयाँ उद्योगमा २० जनाले रोजगारी पाउनेछन्।, नयाँ उद्योगमा कृषि उत्पादन खपत हुने हुँदा थोरै भए पनि कृषकलाई समेत फाइदा हुने उनको विश्वास छ। , , , ,
जसले फालेका फोहोर प्लास्टिकलाई पाइप बनाएर महिनाको लाखौं आम्दानी गर्छन्
|
रासस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ। , होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो। होटल बन्द गराउनका लागि पत्र लिएर गएको सरकारी टोलीलाई बतास समूहका कर्मचारीले होटलभित्र छिर्न नदिएपछि शुक्रबार साँझ कोषले बाहिरबाटै होटलमा ताला लगाएको हो। , कोषले गेटमै सूचना टाँसेर होटलमा भएका सामग्री नचलाउन जानकारी गराएको विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताए। ‘हामीलाई भित्र छिर्नै दिइएन, हामीले गेटमै ताल्चा लाएर फर्कियौं,’ उनले भने।, पशुपति क्षेत्र विकास कोष तथा होटल आनन्दबीच भएको सम्झौताअनुसार काम नभएको भन्दै कोषले गत चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो। बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन। , गएको सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालिले सञ्चालन गरेको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो। सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ।, पशुपतिस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको गएको सोमबार तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ।, कोषका कोषाध्यक्ष सुवेदीको संयोजकत्वमा धर्मशाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालिसँगको सम्झौता खारेजको सुझाव दिएको थियो।,
पशुपति धर्मशालामा सञ्चालित होटल बन्द
|
सेतोपाटी संवाददाता सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।,
आइतबार देशभर सार्वजनिक बिदा
|
रासस बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । , जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो।, बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः२० बजे भेटिएको हो। ,
बाघले बेपत्ता बनाएकाको शव भेटियो
|
रासस बाँकेका सिख समुदाय ३२३औँ खाल्सा साजना दिवस एवं वैशाखी पर्वको तयारीमा जुटेका छन्। विगतका वर्षमा कोरोना महामारीका कारण प्रभावित बनेको वैशाखी पर्व यो वर्ष धूमधामका साथ मनाउने तयारी भइरहेको नेपालगञ्जको गुरुद्वारा गुरु नानकसिंह सभाका प्रधान राजेन्द्रसिंह सरदारले बताए।, उनका अनुसार वैशाखी पर्वका अवसरमा वैशाख २ गते भण्डारासहित प्रवचन र ३ गते नेपालगञ्जमा शोभायात्रा निकाल्नुका साथै मार्सल आर्ट देखाइने छ। ‘वैशाखी पर्व भनेको स्थापना दिवस हो । यसलाई हामीले भव्यताका साथ मनाउने गरेका छौँ । यसवर्ष पनि मनाउँछौँ’, सभाका प्रधान सरदारले भने।, बाँकेमा करिब सात हजार आसपासमा सिख छन् । बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपूर्वा, नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह र जानकी गाउँपालिकाको वडा नं २ वनकटवामा सिख समुदाय छरिएर रहेका छन्।, नेपालमा २५ हजारभन्दा बढी सिख छन्। आफ्नो धर्म र रीतिरिवाजका बारेमा जानकारी दिन पर्व मनाउने गरिएको गुरुद्वारा नानकसिंह सभाका प्रधान सरदारले बताए ।,
वैशाखी पर्वको तयारीमा जुटे सिख समुदाय
|
रासस बलेवा, चैत २६, ‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा !’ , टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित भाकाको गीत बागलुङमा लाग्ने चैते दसैँ मेलालाई लक्षित गरेर बनेका हुन्।, चैत शुक्ल पक्षमा मनाइने चैते दसैँ पर्व र योसँगै बागलुङमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो भन्छन् बागलुङको इतिहास बुझेका बूढापाका । यो वर्ष पनि चैते दसैँका अवसरमा बागलुङमा मेला लागेको छ। त्यही मेला हेर्नेको बागलुङ कालिका मन्दिर परिसरमा भीड लागेको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्षसम्म मेला हुन सकेको थिएन । यो वर्ष भने सङ्क्रमण नभएको मौका परेकाले कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दसैँ मेला आयोजना गरेको छ। , कोरोना महामारीका कारण मन्दिरमा पूजापाठ नै बन्द भएकाले मेला नलागेको हो । यदि मन्दिरमा पूजापाठ हुँदो हो त आयोजना नभए पनि मेला लाग्थ्यो । चैते दसैँ मेला धार्मिक महत्वको मात्र नभई गीतसङ्गीत, खेलकुद र किसानका उत्पादनको बजारीकरण गर्ने पर्वका रुपमा स्थापित भएको गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर बुढाले बताए।, चैते दसैँमा किसानले उत्पादन गरेका कृषि उपज, हस्तकलाका सामान र अन्य सामग्री समेतको बजारीकरण गर्ने पर्वका रुपमा समेत वर्षौंदेखि मनाइने पर्व हो। चैते दसैँ मेला कालिका मन्दिरमा लाग्छ। दुर्गा तिथिमा लाग्ने मेलालाई चैते दसैँका रुपमा मनाइन्छ। यो बेला टाढाबाट घर फर्कनेदेखि कालिका मन्दिरमा पूजा गर्न आउने धेरै हुन्छन्। , साथै यहाँको मेलामा बागलुङका कला संस्कृतिको संरक्षण, परम्परागत सीपका सामानको बिक्री र बजारीकरणसमेत गरिन्छ। समितिले मेलाकै स्वरुप बनाइदिएपछि यहाँ रमाइलो मेला, फेन्सी तथा अन्य उत्पादनको बजार लागेको छ।, कालिका मन्दिर परिसरमा तीन चार दिनदेखि नै मेलाझैँ बनिरहेको छ। साथै चैतेदसैँको अवसरमा अष्टमी र रामनवमीमा यहाँ विशेष पूजा र मेला भर्नेको रौनक हुन्छ । यो मेलालाई व्यवस्थापन गर्न प्रशासन र प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । गुठीले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा भाग लिन विभिन्न स्थानबाट १७ टोली दर्ता भएका छन् । बिहीबारदेखि नै खेल पनि सुरु भएका छन् । , त्यस्तै राष्ट्रिय र स्थानीय कलाकारले आफ्नो प्रस्तुतीकरण गर्ने कार्यक्रमसमेत बनेको छ । बिहानी समयमा पूजा र भलिबल प्रतियोगिता, दिउँसो मेला र साँझ कलाकारको प्रस्तुति रहने गुठीका अध्यक्ष कुमार खड्काले बताए। कोरोनाका कारण गत वर्ष मेला सञ्चालन भएको थिएन । चैतेदसैँ मेलामा १० लाख भक्तजन र पर्यटक आउने अनुमान छ । अघिल्ला वर्षमा यहाँ बिक्री भएको नरिवलको सङ्ख्या र सोही अनुपातमा आउने भक्तजनको मूल्याङ्कन गर्दा १० लाख पर्यटक आएको अनुमान गर्न सकिने गुठीका पूर्वअध्यक्ष राजु खड्काले बताए। , पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोका रुपमा कालिका मूर्ति ल्याएको इतिहास छ । राजाले उक्त मूर्ति घना जङ्गलको बीचमा यहाँ ल्याएर स्थापित गरेपछि पूजा गर्ने चलन बसेको किंवदन्ती छ । अहिले पनि यहाँ चैतेदसैँ र बडा दसैँमा ठूलो मेला लाग्छ भने अन्य समयमा पनि सयौँ भक्तजन आएर पूजा गर्ने क्रम रोकिएको छैन । , बागलुङको पर्यटन प्रवद्र्धनका लागि पनि यो मेला र कालिका मन्दिर महत्वपूर्ण गन्तव्य भएको पर्यटन समितिका सचिव अर्जुन चोखालले बताउनुभयो । पछिल्लो समयमा अन्य गन्तव्य सुरु भए पनि बागलुङको पहिचान चैतेदसैँ मेला र कालिका भगवती मन्दिर नै भएको उनको तर्क छ । स्थानीयवासी पनि कालिका मन्दिरमा लाग्ने मेलाको महत्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेको बताउँछन्।,
चैते दसैँ बागलुङे मेलामा...
|
सेतोपाटी संवाददाता हाम्रो जन्मभूमि सामाजिक संस्था सिन्धुपाल्चोकले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ।, सामाजिक कार्य गर्ने उद्देश्यका साथ एक वर्षअघि सिन्धुपाल्चोकको चौतारामा स्थापना भएको संस्थाले शनिबार ललितपुर टिकाथलीमा आफ्नो स्थापना दिवस मनाएको हो।, स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक क्षेत्रमा कार्यरत् पाँच जनालाई सम्मान गरेको छ। सम्मानित हुनेमा रीता देउजा, नानु घिमिरे, शान्ता गौतम, राजु गिरी र निर्मलप्रसाद घिमिरे छन्।, उनीहरूलाई प्रमुख अतिथि प्रदीपराज वन्त, संस्थाकी अध्यक्ष गीता श्रेष्ठले प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।, अध्यक्ष श्रेष्ठका अनुसार सस्थाले पीडामा रहेका नेपालीहरूलाई सहयोग गर्दै आएको छ। संस्थाले सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई सहयोग गरेको थियो।, यस्तै, उक्त संस्थाले पढ्न नपाएका असहाय बालबालिका, उपचार नपाएका व्यक्तिहरू, मिर्गौलापीडितहरूलाई सहयोग गर्दै आएको छ।, संस्था टिकटकको माध्यमबाट नेपाल र विदेशमा रहेका नेपालीहरूको संयुक्त पहलमा स्थापना भएको हो।, संस्थाले सिन्धुपाल्चोक, चितवन, सुनसरी, धादिङ, गुल्मी, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा आफ्नो कार्यक्रम गर्दै आएको छ।,
जन्मभूमि संस्थाको स्थापना दिवसमा पाँच जना सम्मानित
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.