content
stringlengths 20
64.1k
⌀ |
---|
१९ राउण्ड गोलीसहित २२ वर्षीय भारतीय नागरिक पक्राउ पर्सा। भानुचोकबाट प्रहरीले १९ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई प्रहरीले पक्राउ परेको हो।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा उनले बोकेको झोला फाली भागे पश्चात झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो।
तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।
|
क्यानडा उड्न ठिक्क परेका विद्यार्थीले के गर्ने के नगर्ने ? जान्नुहोस् गोरेटोका यी उपलब्धिमुलक टिप्सहरु काठमाडौँ। क्यानडामा उच्च शिक्षाका लागि जाने तयारीमा रहेका र भिषा आइसकेका विद्यार्थीहरुको आत्मविश्वास बढाउने र थप जानकारी दिने उद्धेश्यले गोरेटो कन्सलट्यान्सीले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ।
राजधानीमा आयोजित कार्यक्रममा भिषा लागिसकेका ३ सय बढी विद्यार्थी र उनीहरुका अविभावकहरुलाई सुसुचित गराउने, क्यानडा जानु अघि के-कस्ता सामाग्रीहरुको आवश्यकता पर्छ, भिषा आएको कति समयमा टिकट लिने, सपिगं कसरी गर्ने भन्ने लगायतका दर्जन बढी विषयमा अन्तरक्रियात्मक कार्यक्रमका अवसरमा जानकारी दिइएको थियो।
सो अवसरमा सिनियर काउन्सलर तथा गोरेटोका सिइओ समेत रहेका धिरज कँडेलले क्यानडा जानु पुर्व अपनाउनुपर्ने सावधानी, क्यानडा पुगिसकेपछि काम खोज्ने तरिका, लगायतका विषयमा जानकारी दिएका थिए। सिइओ कँडेलले भिषा आइसकेपछि भ्याक्सिन लगाउनुपर्ने, टिकट कसरी लिने र पासपोर्टको ख्याल कसरी राख्ने, जानुपूर्व भ्यालिड मेडिकल रिपोर्ट बनाउने, कलर एनओसी, क्यानेडियन डलर कति साट्ने, अन्य सामाग्रीहरु के के लैजाने, भन्ने लगायतका विषयमा जानकारी दिएका थिए।
सिइसो कँडेलले नेपालमा नै सपिगं सस्तो हुने भएकाले अत्यावश्यक सामाग्रीहरु यहीँ किन्न र सम्भव भएमा ल्यापटप र मोवाइल पनि सँगै लैजान पनि सुझाव दिएका थिए।
सो अवसरमा अर्का सिनियर काउन्सलर तथा एसओपी समिक्षक समेत रहेका शतिस भट्टले विदेशमा विद्यार्थीहरु फ्रस्टेशनमा जाने संभावना बढी हुने भएकाले त्यसबाट कसरी बच्ने भन्ने विषयमा सावधानी अपनाउने तरिका, कसरी व्यस्त बन्ने ? परिवारसँग नियमित सम्पर्कमा कसरी आउने र मनोरोग लगायतका समस्याबाट बच्चे उपायहरुका बारेमा जानकारी दिएका थिए।
त्यस्तै क्यानडाको समाजमा नेपालको तुलनामा स्वतन्त्रता हुने भएकाले बिद्यार्थीहरु छिट्टै लागू औषधको लतमा फस्न सक्ने जोखिम हुने भएकाले यसबाट अहिले नै सुसुचित हुँदै सर्तकता अपनाउने कुरामा जोड दिए।
त्यस्तै सो अवसरमा गोरेटोका संचालक मध्येका एक राम खड्काले विदेश जाँदा ट्रान्जिटमा आउने समस्या र अपनाउन पर्ने उपायहरुका बारेमा जानकारी दिएका थिए।
उनले ट्रान्जिटमा आत्मविश्वास बढाउनुपर्ने, सोधिएका प्रश्नको उत्तर नडराई बताउने लगायतका टिप्सहरु दिएका थिए। कार्यक्रममा बोल्दै खड्काले विद्यार्थीहरुले क्यानडामा आदर सत्कार, कृतज्ञता दर्शाउनुपर्ने टिप्सहरु दिउका थिए। उनले क्यानडामा व्यक्ति ठूलो होस् वा सानो सबैले नामले नै बोलाउने प्रचलनका बारेमा पनि जानकारी दिएका थिए।
त्यस्तै गोरेटोका सिनियर काउन्सलर प्रकाश रेग्मीले आफ्नो लामो समयको डेनमार्क बसाईको अनुभव सुनाउँदै विदेशमा सबै कुराहरु आफ्नो बसमा नहुने हुँदा परिस्थिती अनुसार चल्नुपर्ने भएक कारण कुनै मोडमा पनि आत्तिन नहुने र आँफु जति खुल्न सक्यो त्यति नै सिक्ने र कमाउने अवसरहरु आउने कुरामा जोड दिए। उनले क्यानडामा काम खोज्ने टिप्सहरु, आत्मविश्वास बढाउने तरिका, नयाँ समाज र परिस्थितिमा घुलमिल हुने तथा सामना गर्ने तरिकाहरुको विषयमा पनि जानकारी दिए।
त्यस्तै रेग्मीले विदेशमा अध्ययनको क्रममा रहँदा आफ्नो मातृभूमि, धर्म, संस्कार र परिवारलाई कहिल्यै नबिर्सी आफ्नो करियरमा लाभ हुने तरिकालाई आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिए। क्यानडामा रहँदा वैधानिक हिसावले रहेर त्यहाँको कानुन तथा बिद्यार्थीको भिषाआज्ञा अनुसार पढाई तथा कामको अवधीको सिमा ननाघ्ने गरी पढ्न तथा काम गर्न सुझाव दिए।
ठूलो संख्यामा बिद्यार्थी र अविभावकहरुको उपस्थिती रहेको कार्यक्रममा ३ पटकसम्म गिनिज बुफ अफ वल्र्डस रेकर्डमा नाम लेखाइसकेका नवल पंजियारले आत्मविश्वास बढाउने, सकारात्मक सोच बढाउने, स्मरण शक्ति बढाउने लगायतका टिप्स दिएका थिए।
|
घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु तुलसीपुर। दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ। आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए।
“पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ”, उनले भने, “अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ।”
हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने हुने प्रमुख अधिकारीको भनाइ थियो। घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ।
घोराही क्षेत्रमा रु एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रमा रु एक करोड १६ लाख ९६ हजार लागतमा ठेक्का लगाइएको हो। घोराही–तुलसीपुर चार लेन सडक मर्मतका लागि रु तीन करोड बजेट विनियोजन गरिएको थियो। चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो।
यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरु गरिएकामा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भातुभुंग हुँदा दुर्घटना बढेको थियो। सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो।
ठेक्का तोडिएसँगै रु तीन करोडको लागतमा सडक मर्मत गर्ने कार्य गरिने प्रमुख अधिकारीले बताए। “चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो”,उनले भने।
असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ। वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताए।
सडक मर्मत सुरु भएपछि यात्रु भने खुसी भएका छन्। “सडकमा खाल्डाखुल्डीले वर्षाको समयमा झनै समस्या बनाएको छ”, तुलसीपुर– ५ निवासी मोटरसाइकल चालक विजय नेपालले भने,“पहिलेकै सडक मर्मत भए धेरै सहज हुन्थ्यो।” – रासस
|
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ सप्तरी। आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ। आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरू बीच घरायसी वादविवादको कारण झैं-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ। लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-१३ एकान्तकुना ठेगाना भएका ३० वर्षीय सम्राट, समिर, रागब भन्ने राजु परियार र कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक काठमाडौं महानगरपालिका-१४ कलंकी सुनारगाउँ ठेगाना भएका ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् ।
लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुमध्ये राजुले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै उक्त रकम तथा सुन ठगी गरेको र ब्रम्हाले ठगी गरेको सुन खरिद गरेको खुल्न आएको छ। अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले राजुलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ लुभुबाट शनिबार र ब्रम्हा रिसाललाई काठमाडौं कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको ११ ग्राम ६ सय ८० मिलिग्राम सुनसहित आइतबार पक्राउ गरेको हो।
उनीहरू उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ।
|
साउने दोस्रो सोमबार डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो (भिडियोसहित) भक्तपुर । सौरमासअनुसार साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
साउने सोमबारका दिन भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ ।
साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् । प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ ।
राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।
हेर्नुहोस् भिडियो:
|
सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेनन् काठमाडाैं। काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ।
काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए। उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए।
सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए।
विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए। मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।
|
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ।
प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए। सय श्यया क्षमताको कोभिड-१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए।
पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत श्यया डेङ्गुका बिरामीले भरिएपछि छुट्टै डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए। केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेङ्गु सङ्क्रमित आउने गरेका छन्।
डेङ्गुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको उनले बताए।
|
आजको मौसम : मुलुकका पहाडी भू-भागमा वर्षकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
तसर्थ यसकारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको र हावा हुरीको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
|
नक्कली बिल बनाएर भ्रष्टाचार गर्ने १० जनाविरुद्ध आरोपपत्र दायर काठमाडौं। अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७५र७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १० का तत्कालिन अध्यक्ष दामोदर धमला, तत्कालिन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालिन खानेपानी तथा सरसफाइ प्राविधिक दीलकुमार बुढाथोकीलाई रु चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी कैद र जरीवानाको माग दाबी गरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठीमाया मगरबाट पनि रु चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी सजायको माग दाबी गरिएको छ ।
त्यस्तै नेपाल विद्युत प्राविधिकरणका ओखलढुङ्गा वितरण केन्द्रका तत्कालित कार्यालय प्रमुख सञ्जिव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवविरुद्ध मुख्य प्रतिवादीहरूलाई हुने सजाय बराबर सजाय गरी बिगोसमेत असुल उपर गर्न मागदावी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
वडा १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको भनी परेको उजुरी निवेदनमाथि आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट वडा १० मा विद्युतीकरणको कार्यका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीको उनीहरूले नक्कली बिल बनाएको आयोगले बताएको छ ।
प्रवक्ता दाहालले भने, “सोही बिल बमोजिमको गलत प्रतिवेदन तयार गरेर भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेको पाइएको हो ।”
|
सुन तस्करी प्रकरण : छ जनामाथि अनुसन्धान गर्न छ दिनको म्याद काठमाडौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जना भन्सार कर्मचारी र एजेन्टमाथि थप अनुसन्धान गर्न आज उच्च अदालत पाटनले ६ दिनको म्याद दिएको छ ।
राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुलीमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिनुभयो । उनीहरुलाई विभागले आजै पक्राउ गरेको थियो ।
यसअघि सुन बरामद भएकै दिन गत बुधबार पक्राउ परेका छ जनामाथि १० दिन र त्यसको अर्को दिन पक्राउ परेका चारजनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान थालिएको थियो ।
नौ दिन म्याद थप भएकाहरूमा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् ।
यस्तै १० दिन म्याद लिएर अनुसन्धान जारी रहेकाहरुमा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।
यही साउन ३ गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएका बेला भन्सार कार्यालय अगाडिबाट विभागले झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।
हङकङबाट ल्याइएको उक्त सुनको परीक्षण र तौल लिनका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइएको छ ।
|
अनररी कन्सुलर कर्प्स नेपालको १६ औं साधारणसभा तथा चार्टर डे सम्पन्न काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुने बताएका छन्।
अवैतनिक वाणिज्य दूतहरूको सङ्गठन अनररी कन्सुलर कर्प्स नेपालको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरूलाई आह्वान गरे ।
मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।
चार्टर डे २०२३ को समेत उद्घाटन गर्दै उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए।
कन्सुलर १७औँ वर्षमा प्रवेश गरेको सुखद् उपललक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संस्थाले नेपालमा लगानी व्यापार र पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्दै आएकोमा खुसी व्यक्त गरे ।
उनले संस्थाले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आमजनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले भने, “यस कार्यका लागि संस्थाको पूर्ण सहयोगको अपेक्षा गर्दछु, दौत्य राष्ट्रका नागरिकलाई नेपालमा पर्यटनका रूपमा भित्र्याउन यो संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ ।”
नेपालमा लगानीका सम्भाव्यहरू जलविद्युत्, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि संस्थाले थप योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे।
कन्सुलरले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्न सम्बन्धित राष्ट्रहरूसँग पहल गर्नमा पनि केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले विकासमा दुई पक्षीय सम्बन्ध भएका देशहरूबाट नेपाललाई आर्थिक विकासमा सक्रिय हुन आह्वान गरे। नेपालको पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा सहयोग जुटाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूतहरू, विभिन्न देशका महावाणिज्य दूत तथा वाणिज्य दूतहरू र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
|
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगि गरेको आरोपमा एक जना पक्राउ काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन्।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए।
जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
|
null |
बाल सुधार गृह स्थानीय तहलाई दिन मन्त्रालयको राय काठमाडौं। महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाल सुधार गृहको सञ्चालन÷व्यवस्थापन स्थानीय तहबाट भएको खण्डमा सेवा, सुविधा र रेखदेखमा सहज र सरल हुने राय प्रस्तुत गरेको छ ।
राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा मन्त्रालयका सचिव सुमनराज अर्यालले पूर्वाधारको कमी र सङ्ख्याको चापले कतिपय बालगृह उचित व्यवस्थापनमा चुनौती देखिएको बताए ।
उनले भने, “अहिले कतिपय बालगृहमा क्षमताभन्दा निकै बढी सङ्ख्यामा बालबालिका छन्, बाँके र गोर्खाको ढकालटारमा पूर्वाधार निर्माण भएपछि निश्चित उमेरका बालबालिकालाई त्यहाँ स्थानान्तरण गरिनेछ, स्थानीय तहले व्यवस्थापन लिँदा सरसफाइ, पोषणयुक्त खाना उपलब्ध गराउन सहज हुनेछ ।”
मुलुकभित्र मोरङ, भक्तपुर, वीरगञ्ज, मकवानपुर, नेपालगञ्ज, डोटी, भैरहवा र पोखरामा बाल सुधार गृह सञ्चालनमा छन् । तीमध्ये गैरसकारी संस्था युसेफको व्यवस्थापनमा भक्तपुर, पोखरा, विराटनगर र पोखराको बालगृह सञ्चालनमा छन् ।
बालबालिकासम्बन्धी ऐनले मुद्दा दर्ता भएको मितिले एक सय २० दिनभित्र किनारा लगाउनुपर्ने व्यवस्था भए पनि उक्त प्रावधान कार्यान्वयन नहुँदा चुनौती खडा भएको मन्त्रालयको भनाइ छ । बालगृहमा पुगेका बालबालिका संलग्न घटनाको फैसला आउन ढिलाइका कारण त्यहाँ बस्न पर्ने समय लम्बिन गई चुनौती खडा भएको हो ।
केही समयअघि संसदीय अनुगमन टोलीले गरेको स्थलगत भ्रमणमा कतिपय सुधार गृहको क्षमताभन्दा दोब्बर बालकालिका रहेका र सबै उमेर समूहकालाई एकै स्थानमा राखिएका कारण हिंसाका घटनाको सम्भावना देखिएको उल्लेख गरेको छ ।
सुधार गृहमा शिक्षक र अध्ययनका सिलसिलामा आवश्यक प्रयोगशाला अभाव देखिएको तथा न्यूनतम सरसफाइ र खानेपानीको अभाव रहेको समितिको निष्कर्ष छ ।
बैठकमा समिति सदस्य मदनकुमारी शाह ‘गरिमा’ले ठिमीलगायत कतिपय बाल सुधार गृहको व्यवस्थापन हेर्दा लज्जाबोध भएको तथा भान्सा र खानेपानीसमेत दुर्गन्धित रहेको पाइएको बताए।
उनले भने, “भान्सा दुर्गन्धित, व्यवस्थापन खतम, बाँच्नका लागि बाँचे पनि नारकीय जीवन त्यहाँका बालबालिकाले बिताइरहेका छन् । सुधार होइन, प्रताडित गृहका रूपमा रहेको पाइयो ।”
समितिका सभापति मायाप्रसाद शर्मालगायतका सदस्यले बैठकमा भक्तपुरमा रहेको मङ्गला–साहना पुनःस्थापना केन्द्र, गोठाटारमा रहेको ज्येष्ठ नागरिक आवास तथा अस्पताल, मुलुकका विभिन्न स्थानमा रहेका बालसुधार गृहलगायतका विषयमा मन्त्रालयका पदाधिकारीको ध्यानाकर्षण गराउँदै उचित व्यवस्थापनका लागि ध्यान पुर्याउन सुझाव दिए ।
संसदीय टोलीले ५० जना क्षमता रहेको विराटगनगरको बाल सुधार गृहमा दुई सयभन्दा बढी बालक रहेको तथा कतिपय त्यससम्बन्धी पूर्वाधार निर्माणमा सङ्घ र स्थानीय तहबीच समन्वय नरहेको पाइएको उल्लेख गरेको छ ।
|
सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित ६ जना पक्राउ काठमाडौं। गत बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी सहित ६ जान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा रहेका छन्।
राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।
गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको थियो ।
|
धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय विरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन्।
लागूऔषधसहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।
|
अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ जना घाइते अछाम। अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जादै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ बिक रहेका छन्। दुर्घटनामा परेर ३३ जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो।
|
विदेशबाट फर्केर मादल बनाउँदै कमल, तीन लाखभन्दा बढी आम्दानी गर्दै स्याङ्जा। बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन्। पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन्।
बुवासित मादल बनाउने काम गर्दा गर्दै जागिरको खोजीमा विदेश पुगेका उनले विदेशको बसाइलाई बिटमार्दै फेरि मादल बनाउने पेसामै फर्किएका हुन्। हाल उनले यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनाका साथ सक्रिय छन्।
“बुवासँगै मादल बनाउन सिक्नदै र बनाउँदै गर्दा कामको खोजीमा विदेश गएँ”, उनले भने, “पाँच वर्ष चार महिना विदेशी भूमिमा पसिना बगाएँपछि स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गरेको हो ।”
राङखोलामा आफ्नो छुट्टै मादल उद्योग सञ्चालन गरेका गन्धर्वलाई नयाँ मादल बनाउने, मर्मत गर्नेलगायतका काम गर्न अहिले भ्याइनभ्याइ छ । रु चार लाख लगानीमा व्यवसाय सुरु गरेका गन्धर्वले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको बताए। नयाँ मादल बनाउनुकासाथै पुराना मादल, मिर्दुङ्गा, नगरा, डमरु, खैँजडी, नेवारी बाजा मर्मतबाट उनले आम्दानी गरिरहेका छन्।
“अहिले नयाँ बाजाका सेट तथा बाजाका सेट बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ”, उनले भने, “यहाँ उत्पादन भएका मादल तथा बाजाका सेटहरु स्याङ्जा, वालिङ, गल्याङ, पाल्पाको रामपुर, पोखरालगायतका ठाउँमा बिक्री हुने गरेको छ ।
मादल बनाउनका लागि रातो उत्तिसको काठ प्रयोग हुन्छ । काठ धादिङबाट आउने गरेको छ भने छाला भारतबाट ल्याउने उनले बताए। मादलको आकारअनुसार रु एक हजार आठसयदेखि रु दुई हजार पाँचसयसम्ममा बिक्री हुन्छ । मागअनुसार काम गर्न कामदारको प्रयोग गर्दै आएका छन्।
“विदेशी भूमिमा बगाएको पसिना स्वदेशी भूमिमा बगाउन पाउँदा खुसी लागेको छ”, उनले भने, “विदेशको बसाई छोट्याएर फर्केपछि आफ्नै ठाउँमा सुरु गरेको पुर्ख्यौली पेसाबाट म सन्तुष्ट छु ।”
|
मधेस प्रदेशमा नेपाल टेलिकमको अन्तरक्रिया कार्यक्रम सम्पन्न काठमाडौँ। मधेस प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गत शुक्रबार जनकपुरधाम र शनिबार सिमरामा सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरूसँग विभिन्न विषयमा छलफल भएको थियो।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गरिन् ।सरकारले प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने धारणा राखिन्।
मधेस प्रदेशकी पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पुर्याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रूपमा सेवा उपलब्ध गराउनु पर्ने बताइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्त्वपूर्ण सुझाव प्राप्त गरेको बताउँदै सुझाव र निर्देशनका लागि आभार व्यक्त गरे।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताउँदै मधेस प्रदेशका राजमार्ग लगायतका स्थानमा टावर लगायतका संरचना निर्माणमा समन्वय गरिदिनका लागि जनप्रतिनिधिहरूको भूमिका हुने बताए।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत सम्भार कार्यलाई विशेष सेवाको रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरू तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए।
मधेस प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए।
|
ललिता निवास प्रकरणमा नापी कार्यालयका पूर्वकर्मचारी पक्राउ काठमाडौं। ललिता निवास प्रकरणमा जोडिएका नापी कार्यालयका पूर्वकर्मचारी अमिन अरुणकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यका अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो ।
यो सँगै ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।
|
अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ सुर्खेत। वीरेन्द्रनगर नगरपालिक-१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको हो।
उता कैलालीकाे कैलारी गाउँपालिका-६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रशाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद ४ डिब्बा र सिसाका टुक्राहरू १० पिससहित प्रहरीले पक्राउ गरेको छ।
चौधरीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
|
परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै किसान बलेवा। जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ। आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो।
गत वर्षभन्दा आव २०७९/८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका छन्। वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन्।
जिल्लाभर सात सय ४७ फार्मले व्यावसायिकरूपमा पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन्। आव २०७८/०७९ मा यो सङ्ख्या सात सय १० मात्रै थियो।
“किसानले विस्तारै व्यावसायिक बन्न सिक्नुभएको छ, व्यावसायिक उत्पादनले मात्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना किसानलाई छ”, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले भने, “फार्मको सङ्ख्या वृद्धि हुनु खुसीको कुरा हो, फार्म वृद्धि हुँदा हामी मासु र दूधमा आत्मनिर्भर छौँ।”
उहाँका अनुसार बागलुङमा अघिल्लो आवमा सबैभन्दा धेरै ‘ब्रोइलर’ कुखरा फार्म थप भएका छन्। एकै आवमा १२ फार्म थप हुँदा ब्रोइलर कुखुरा फार्मको सङ्ख्या एक सय १९ पुगेको उनले बताए। व्यावसायिकरूपमा बाख्रा पाल्ने किसानको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।
गत आवमा मात्रै १० व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएका छन्। बागलुङमा बाख्रा फार्मको सङ्ख्या एक सय ९७ पुगेको छ। गाई फार्म ७२, भैँसी फार्म ८५, भेडा फार्म २९ र बंगुर फार्म एक सय दुईबाट वृद्धि भएर एक सय सात पुगेका छन्।
त्यस्तै लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन् । पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको सङ्ख्या पाँच रहेको छ भने मिश्रित फार्म सात र अन्य पशुपक्षीजन्य फार्म तीन छन् ।
जिल्लाभर कुल ४३ हजार ६५ किसान पशुपक्षी पालनमा संलग्न रहेको तथ्यांक केन्द्रसँग रहेको पशुसेवा विज्ञ केन्द्र प्रमुख सापकोटाले बताए। “जिल्लाभर बाख्रा पाल्ने किसानको सङ्ख्या सबैभन्दा धेरै छ, गाईभैँसी, कुखुरा र बङ्गुर पाल्ने किसान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा हुनुहुन्छ”, उनले भने, “विविध कारणले फार्मकत्रो सङ्ख्या बढेको भए पनि पशुको सङ्ख्या भने घट्दो छ।” बङ्गुर, गाई, कुखुरालगायतमा सङ्क्रामक रोगको प्रभावलगायतका कारण सङ्ख्या घटेको उनले बताए।
पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ। दुई लाख ४९ हजार दुई सय ११ जनासङ्ख्या रहेको जिल्लामा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूधको आवश्यकता हुनेमा जिल्लाभरको उत्पादनको हिसाबले प्रतिव्यक्ति ९२.५ लिटर दूध उपलब्ध हुन्छ। अढचालीस अण्डा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यकता हुनेमा ४४ अण्डामात्रै जिल्ला उत्पादनले पुग्ने गरेको जनाइएको छ। – रासस
|
आजको मौसमः मुलुकका अधिकांश स्थानमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
तसर्थ यसकारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका जस्ता प्रकोपको र हावाहुरीको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
सातवटै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइनेछः मन्त्री शर्मा वीरगन्ज। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साटवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताएकी छन्।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको सिमरामा आज आयोजित नेपाल टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तक्र्रियामा मन्त्री शर्माले चालु आर्थिक वर्षभित्र सबैै प्रदेशका दुई–दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने निर्णय भइसकेको र यो प्रभावकारी कार्यान्वयन गर्ने प्रक्रियामा रहेको बताइन्।
पूर्वाधार निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहेकी उनले सडक, खानेपानी, विद्युत्, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन्।
जङ्गल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको उल्लेख गर्दै मन्त्री शर्माले यस विषयमा वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको जानकारी दिइन् ।
जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताअनुसार समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेस प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव सङ्कलनको अभियान सुरु गरिएको जानकारी दिँदै उनले मधेस प्रदेशमा नेपाल टेलिकमको सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिइन्।
शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा इन्टरनेट पुर्याउने तयारी गरिएको बताउँदै मन्त्री शर्माले धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगिसकेको र बाँकी विद्यालयमा एक वर्षभित्र इन्टरनेट सेवा पुर्याउने बताइन् ।
पूर्वपश्चिम र उत्तर दक्षिण राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने आफ्नो पहिलो निर्णय गरेको जानकारी दिँदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताइन् ।
सूचना प्रविधिको पहुँच नपुगेको ठाउँमा पुहँच पुर्याउने र सर्वसुलभ ढङ्गबाट सञ्चार सेवा उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको चर्चा गर्दै मन्त्री शर्माले सूचना र सञ्चारको तीव्र विकास भएको अवस्थामा पनि हिमाल र पहाड भेगमा अझै सञ्चार सेवा पुग्न नसकेकाले त्यहाँसम्म कसरी सेवा पुर्याउने भन्ने ठोस योजना बनाउन टेलिकमलाई निर्देशनसमेत दिइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं नेपाल टेलिकमका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य किसन श्रेष्ठले सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेको राजमार्ग क्षेत्रमा देखिएको नेपाल टेलिकमको नेटवर्कको समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।
सो कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह, प्रतिनिधिसभा सदस्य प्रभु हजार पासवान, निर्मला देवकोटा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, बाराका प्रमुख जिल्ला अधिकारी नवराज पराजुलीलगायतले सरकारी स्वामित्वको नेपाल टेलिकमले जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न ठोस योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा बारा, पर्सा, रौटहट र सर्लाही जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाको अवस्था र सुधार गर्नुपर्ने विषयमा धारणा राखे ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न चालु आर्थिक वर्ष २०८०\८१ मा मर्मतसम्भार कार्यलाई विशेष सेवाका रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रम तयार गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्ने बताए ।
उनले मधेस प्रदेशका कुल पाँच सय ५० भन्दा बढी स्थानबाट कम्पनीले जिएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र विभिन्न स्थानबाट एफटिटीएच वितरण गरिरहेको जानकारी दिए ।
नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेस प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवाबारेमा जानकारी गराउँदै सेवा प्रयोग बढाउनका लागि सहकार्य गर्न आग्रह गरे ।
सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाका बारेमा उपप्रबन्धक नवल चौधरी, कम्पनीका सेवाहरू विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाका बारेमा उपप्रबन्धक समिरबहादुर श्रेष्ठ र मधेस प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था विषयमा उपप्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतिकरण गरेका थिए।
|
अवैध सुन बरामद प्रकरणः विस्तृत छानबिनका लागि विभागले तोक्यो अनुसन्धान अधिकृत काठमाडौं । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिएको छ । ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरु व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
“विस्तृत अनुसन्धानका लागि अनुसन्धान अधिकृतहरू तोकिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । पक्राउ परेकाहरूले बयानमार्फत थप कसैको नाम पोल्ने र अनुसन्धान गर्दा थप प्रमाण फेला पार्न सकिन्छ कि भनेर अबको अनुसन्धान त्यतातर्फ केन्द्रित भएको छ”, विभागका सूचना अधिकारी नवराज अधिकारीले भने ।
यो प्रकरणबारे विस्तृत अध्ययन गर्नका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १० को व्यवस्थाअनुसार अनुसन्धान अधिकृतहरू तोकिएका छन् । पाँच सदस्यीय अनुसन्धान अधिकृतको समूहले उक्त अवैध सुनका विषयमा थप अध्ययन तथा अनुसन्धान गरी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर बुझाउने छ । ऐनले विभागका महानिर्देशक आफैँ रहन सक्ने वा महानिर्देशकको निर्देशनमा काम गर्ने गरी अनुसन्धान अधिकृत तोकिन सक्ने व्यवस्था गरेको छ ।
राजस्व चुहावटसँग सम्बन्धित प्रमाण सङ्कलन गर्दा कसुरमा मुछिएका व्यक्तिलाई पक्राउ गरी कारबाही चलाउने, गोदाम वा आवश्यकतानुसार अन्य स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सिल गर्ने, सम्बन्धित कागजपत्र तथा मालवस्तु आफ्नो कब्जामा लिनेलगायतका अधिकारसहित अनुसन्धान अधिकृतहरू तोकिएका हुन् ।
रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ ।
त्यसका लागि विमानस्थल भन्सार तथा कार्गो गोदामका सिसीटिभी क्यामेराका फुटेज र सुरक्षा जाँचपासका क्रममा लिइएका एक्सरे मेसिनका इमेज थप अनुसन्धानका लागि भन्दै विभागले नियन्त्रणमा लिइसकेको छ । बुधबार बरामद भएको सुन हाल अनुसन्धानकै क्रममा रहेको र तौल तथा गुणस्तर परीक्षणसमेत हुन बाँकी रहेको नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले जनाएको छ । रासस
|
दुर्घटनामा तीनको मृत्यु काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे घर भई हरिसिद्धि बस्ने मोटसाइकल चालक ३१ वर्षीय जीवन तामाङ र मकवानपुरका २९ वर्षीय मानबहादुर वाइवा रहेका ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
आज भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरस्थित सडकमा बा१ह ३८८४ नंको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका–१ घर भई काठमाडौँको शान्तिनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ ।
हिजो साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएन्डबी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो ।
टेम्पुको ठक्करबाट घाइते भएका अन्य दुई पैदलयात्रीमध्ये एक जनाको केएमसी अस्पताल सिनामङ्गल र एक जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
|
दुर्घटनामा तीनजनाको मृत्यु इनरुवा । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा करण, शम्भु र अनिनेशको मृत्यु भएको प्रहरी उपरीक्षक राईले बताए ।
गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको राईले बताए । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
|
बैंकिङ सूचना र अनुशासनमा सघाउने पुस्तक काठमाडौं। देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ ।
पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई समेटिएको छ ।
बैंकिङ क्षेत्रमा लामो समय काम गरेका यस विषयका जानकार बीएन घर्तीको यो पुस्तक बैंकिङ क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयोगी हुन सक्छ ।
झन्डै तीन दशक बैंकिङ क्षेत्रमा काम गरेका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमूलक लेख रचना पनि पुस्तकमा समावेश गरेका छन्।
बैंकमा कर्मचारीहरूलाई बिक्री लक्ष्यको भारी बोकाउने गरिएको हुन्छ र यसका कारण यस क्षेत्रभित्र अस्वस्थ प्रतिस्पर्धा पनि हुने गर्दछ भनिएको छ ।
यसरी लक्ष्य दिँदाका फाइदा र बेफाइदा के हुन् ? पारिश्रमिक दिनेगरी व्यावसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण के हो ? बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुँदाको प्रभाव के कस्तो हुन्छ ? यी विषयहरु पनि सो पुस्तकमा समावेश छन् ।
त्यसैगरी फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विकृति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्थालगायतका सामग्रीहरु यसमा संलग्न छन् ।
पूर्वबैंकर सशिन जोशीले पुस्तकको भूमिकामा वीएन घर्तीद्वारा लिखित बैंकिङ अनुशासन शीर्षकको पुस्तकलाई नेपाली बैंकिङ क्षेत्रको एक ज्ञानबद्र्धक खजाना हो भनेका छन् ।
विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरूका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यावसायिकरुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकका लागि पुस्तक उपयोगी रहेको जोशीको टिप्पणी छ ।
लेखक घर्तीले सो पुस्तक बढेपछि बैंकिङ क्षेत्रका कर्मचारीमा केही न केही परिवर्तन आउने विश्वास राख्छन् । पुस्तकमा व्यवस्थापन सङ्कायका विद्यार्थीका लागि पनि पाठ्यसामग्री समेटिएको छ ।
त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन सङ्कायका प्राध्यापक प्रा डा विष्णु खनालले व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीलाई सरल तरिकाले कुरा बुझाउन पुस्तक सहयोगी हुने बताए ।
पुस्तकका बारेमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले लेखक घर्ती आफैँ बैंकको तल्लो तहदेखि कार्यकारी नेतृत्वसम्मको जिम्मेवारी सम्हालेको र अनुभव भएको व्यक्ति भएकाले उनको अनुभव, अनुसन्धान र सिकाइ बैंक तथा वित्तीय संस्थाको जुनसुकै भूमिकामा रहेका व्यक्तिका लागि उपयोगी हुने भएकाले यो पुस्तक मार्गदर्शक बन्ने बताउँछन् ।
बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रालि (विआइएम) द्वारा प्रकाशित सो पुस्तक चार सय ४४ पृष्ठको छ ।
|
चितवनमा अझै नियन्त्रणमा आएन ‘लम्पी स्किन’, ९ हजार ५ सय ४१ पशु चौपाय प्रभावित चितवन। जिल्लामा पशुचौपायमा देखिएको लम्पिस्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन । सङ्क्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन नसकेको हो।
पछिल्लो समय सात पालिकामा नौ हजार पाँच सय ४१ पशु चौपाय प्रभावित भएका छन् । ती मध्ये नौ हजार दुई सय पाँच गाई र तीन सय ३६ भैँसी छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको तथ्याङ्क रहेको छ । तीमध्ये छ हजार पाँच सय ३९ गाई र दुई सय ६० भैँसीमा यो रोगको सङ्क्रमण देखिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हाल सम्म यस रोगका कारण दुई सय २९ वटा गाई मरेका छन् । सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम कालिका र खैरहनी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिए।
उनका अनुसार इच्छाकामना गाउँपालिकामा ६५ , भरतपुर महानगरपालिकामा ३५, राप्ती नगरपालिकामा ६२ , रत्ननगर नगरपालिकामा ३५ , कालिका नगरपालिकामा १० , खैरहनी नगरपालिकामा १० र माडी नगरपालिकामा १२ वटा गाई मरेका हुन।
जिल्लाका तीन पालिकामा पालिएका १८ हजार ४० गाईभैँसीमा रोगविरुद्धको खोप दिइएको छ । भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, रत्ननगर नगरपालिकामा आठ हजार दुई सय ५० र राप्ती नगरपालिकामा छ हजार गाईभैँसीमा खोप दिइएको उनले बताए।
विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई औषधि वितरण गरिएको छ । अन्य पालिकामा जैविक सुरक्षा अपनाउने र अन्य उपचारको काम भई रहेको कार्यालयले जनाएको छ।
पछिल्ला दिनहरुमा खोप लगाउने पशुपालक किसानको सङ्ख्या बढ्दो क्रममा रहेको उनले जानकारी दिए। जिल्लामा पालिएका पशु चौपायामा ७० प्रतिशतलाई खोप लगाए पछि मात्रै नियन्त्रण उन्मुख आउने उनले बताए।
उनले भने, “अहिलेनै नियन्त्रण उन्मुख भन्न मिल्दैन”, पहिलेको तुलनामा सङ्क्रमण दर कम भए पनि रोग देखिने क्रम नरोकिएको उनले बताए।
गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको जोसखम देखिने गरेको उनले जानकारी दिए। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ ।
यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।
यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने पशु विकास अधिकृत आचार्यले बताए।
|
लमजुङमा गत वर्षमा १४ वटा जवरजस्ती करणीका घटना दर्ता लमजुङ। लमजुङमा गत आर्थिक वर्षमा मात्रै १४ वटा जवरजस्ती करणी सम्वन्धी घटना भएको प्रहरी तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता भएका जजक सम्वन्धी मुद्धाको तथ्यांकले सो देखाएको हो।
प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जवरजस्ती करणी सम्वन्धी सातवटा र जवरजस्ती करणी सम्वन्धी अन्य सातवटा मुद्धा दर्ता भएका हुन्। सो बाहेक जिल्लामा चारवटा मुद्धा बाल यौन दुव्यर्रहार सम्वन्धी भएका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षमा जिल्लामा भएका जवरजस्ती करणीका घटनामा अधिकांश पिडितहरु २० वर्ष भन्दा कम उमेर समुहका बालिकाहरु रहेका छन्।
बढ्दो वेराजगार, छाडा संस्कृति, मदिराजन्य वा उत्तेजक खानपिन, कुलत, यौन शिक्षाको कमि र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ।
जिल्लामा आर्थिक वर्ष २०७८/७९ को एक वर्षे अवधीमा २० वटा जवरजस्ती करणी र तीनवटा जजक उद्योग सम्वन्धी घटना भएका थिए । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष अर्थात आव २०७७/७८ मा जजक सम्वन्धी १६ वटा र जजक उद्योग सम्वन्धी चारवटा मुद्दा परेको थियो।
लमजुङ प्रहरीका अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ मा मात्रै १० वटा जवरजस्ती करणीका घटना दर्ता भएका थिए भने ९ वटा जवरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए।
सो भन्दा अघिल्लो आर्थिक वर्ष ०७५/७६ को एकवर्षको अवधीमा जिल्लामा १६ वटा जवरजस्ती करणीका घटना भएको थियो।
लमजुङ प्रहरीको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा जवरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्धा दर्ता भएका थिए । आर्थिक वर्ष २०७३/७४मा पनि जवरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्दा दर्ता भएको प्रहरी तथ्याँक छ।
यस्तै आर्थिकवर्ष ०७२/७३ मा जवरजस्ती करणीमा सात र उद्योग अन्तर्गत चार मुद्दा दर्ता भएका छन् भने आर्थिक वर्ष ०७१/७२ मा जवरजस्ती करणीका पाँच र उद्योगमा चार घटना प्रहरीमा दर्ता भएका छन्।
प्रहरीको तथ्यांक अनुसार पछिल्लो वर्षहरुमा जवरजस्ती करणीका घटना बढ्दो देखिए पनि गत आर्थिक वर्ष भने कम घटना भएको छ।
जवरजस्ती करणी जघन्य अपराध हो। १६ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमै सबन्ध गरेकाे भएपनि जवरजस्ती अन्तर्गत पर्ने कानुनमा उल्लेख छ।
|
आजको मौसमः मुलुकका पहाडी भू-भागमा पानी पर्ने काठमाडौं। हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेशको थोरै स्थानहरूमा साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक र दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। तसर्थ यसकारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
मन्त्री मोदीद्वारा स्टाफ कलेजको निरीक्षण काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को आज आकस्मिक निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री मोदीले स्टाफ कलेजको प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रालय साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री मोदीले भने, “प्रशासनिक तथा व्यवस्थापकीय सुधारको माध्यमबाट सुशासन कायम गर्नका लागि मन्त्रालय र मातहतका निकायको नियमित अनुगमन गरिरहेको छु, मैले पदभार ग्रहण गर्दाखेरी नै सुशासन कायम गर्ने विषय मेरो प्राथमिकतामा छ भनेको थिए, सुशासन कायम गर्ने सिलसिलामा नै हामीले अहिले मन्त्रालय र मातहतको निकायको नियमित अनुगमन गर्दै आएका छौँ ।”
मन्त्रीसँगै मन्त्रालयका सचिव डा कृष्णहरी पुष्करले स्टाफ कलेजको निर्माणधीन संरचनाको पनि निरीक्षण गरेका थिए । स्टाफ कलेजका कार्यकारी निर्देशक डा राजन खनालले स्टाफ कलेजबाट भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।
मन्त्री मोदीले प्रशासकीय तथा व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार विभिन्न कार्यालयको नियमित अनुगमन गर्दै आएका छन् । उनले यसअघि पटकपटक मन्त्रालय, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय किताबखाना (निजामती)लगायतका कार्यालयको अनुगमन गरिसकेका छन्।
|
सुन तस्करी प्रकरण : पक्राउ चार जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप काठमाडौं । एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ । आरोपी चार जनालाई आज उच्च अदालत पाटनमा पेश गरिएकोमा अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न नौ दिनको म्याद पाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।
यसरी म्याद थप गरिएकामा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालक राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएकाले म्याद थप गर्न सकिएको थिएन ।
यसअघि बुधबार पक्राउ गरेका छ जना (सुन ओसारपसारमा सङ्लग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल) माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिसकिएको छ ।
भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । सुन अहिले परीक्षण तथा तौल लिनका लागि राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । विभागका अनुसार विभागका निर्देशकको संयोजकत्वमा टोली बनाएर उक्त प्रकरणको अहिले अनुसन्धान भइरहेको छ ।
|
कैलालीमा १८ वर्षीया किशोरीको शव फेला धनगढी । कैलालीको गौरीगंगामा १८ वर्षीया किशोरीको शव फेला परेको छ।
गौरीगंगा नगरपालिका–६ वनबेहडाका अर्जुन चौधरीकी छोरी अञ्जली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी बिहीबार ७ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) ले जनाएको छ।
मृत्युको कारण भने खुल्न सकेको छैन। अञ्जलीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको छ।
|
सिआइबीद्वारा एक वर्षमा १२५ पक्राउ, ४३ मुद्दा दर्ता काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको उनले बताए । सिआइबीका अनुसार ठगीमा ७५ जना पक्राउ गरी उनीहरूविरुद्ध २६ वटा मुद्दा दर्ता गरिएको छ ।
जुवासम्बन्धी कसुरमा ११ जना विरुद्ध दुई मुद्दा, नागरिकतासम्बन्धी एक जना विरुद्ध एक, सङ्गठित अपराधमा दुई जना पक्राउ गरी एक मुद्दा दर्ता भएको सिआइवीले जनाएको छ ।
यस्तै खेलसम्बन्धी तीन जनाविरुद्ध एक, दुरसञ्चार हानीसम्बन्धी १४ जना विरुद्ध दुई, सहकारी ठगीमा १४ जना पक्राउ गरी पाँच, लिखतसम्बन्धी चार जनालाई पक्राउ गरी तीन मुद्दा र राष्ट्र बैंक तथा बैंकिङ कसुरमा एक–एक वटा मुद्दा दर्ता भएको जनाइएको छ ।
आर्थिक अपराध अनुसन्धानको सिलसिलामा आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाइएको छ ।
यस्तै लिखत\ठगी\वैदेशिक रोजगाररनागरिकता ऐनअन्तर्गतको कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ ।
वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धानमा आठ अपरेशन सञ्चालन गरेर ३५ जनालाई पक्राउ गरी कानुनी कारवाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ ।
मुद्दा फैसलातर्फ सजाय ठहर भई फरार रहेका विभिन्न एक सय २५ जना प्रतिवादीलाई पक्राउ गरी रु ३० करोड छ लाख जरिवना असुल र एक सय २९ वर्ष कैद सजाय फस्र्योटका लागि अदालतमा पठाइएको छ ।
अपराध नियन्त्रण चुनौतीपूर्ण
समाजको विकासक्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र अपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकाले अपराध अनुसन्धानकार्य थप चुनौतीपूर्ण हुँदै गइरहेको सिआइबीको निष्कर्ष छ ।
अपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागेसँगै अपराध अनुसन्धानकार्य प्राविधिकरूपमा अझै जटिल हुँदै गइरहेको प्रवक्ता थापाले बताए ।
यस्तै सिआइवीले ज्यानसम्बन्धी कसुरको सङ्कास्पद घटनामा सफल अनुसन्धानमार्फत २६ व्यक्ति पहिचाान गरी कारबाहीको दायरामा ल्याएको जानकारी गराएको छ ।
|
निर्माण व्यवसायीको समस्यामा सरकार गम्भीर नभएको अध्यक्ष सिंहको गुनासो काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो गरेका छन्।
शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माईल स्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजन लगाएतका बिषयमा सरकार गम्भीर हुन नसकेको गुनासो गरेका हुन्।
उनले सरकारले एकतर्फी रुपमा लगाएको माइलस्टोन पुरा गर्न नसक्दा लक्ष्य पुरा गर्न नसकेको र भुक्तानी पनि हुन नसकेको जिकिर गरे।
माइलस्टोन अव्यवहारिक भएको बिषय प्रधानमन्त्री लगाएत सरोकारवाला सवैलाई जानकारी गराउदा पनि कुनै सम्बोधन नभएको उनको भनाइ छ । सिंहले मुल्यबृद्धिको समेत मारमा परेकाले निर्माण कार्यलाई सहज रुपमा अघि बढाउन कठिन भएको पनि बताए।
भेलामा सहभागी निर्माण व्यवसायीहरुले सम्पन्न भएका आयोजनाहरुको भुक्तानी समयमा नहुँदा समस्या उत्पन्न भएको धारणा राखेका थिए ।
|
चट्याङमा परी रोल्पामा एक वडासदस्यको निधन रोल्पा । गए राति परेको चट्याङमा रोल्पामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएका छन् ।
|
घर रङरोगन गर्ने श्रमिकसँग सीप छ, प्रमाणपत्र नहुँदा समस्या कैलाली। कैलालीको टीकापुरमा करिब ८० जना घरमा रङरोगन गर्ने श्रमिक छन् । उनीहरूले सधैँभरि काम भने पाउँदैनन् । यसरी काम गर्ने कामदार आफैँले सिकेको सीपले टीकापुरका घर सजाउने गरेका छन् । उनीहरुलाई ‘सिजन’मा काम पाउँदा रङरोगन कार्यबाट राम्रै कमाइ हुन्छ, काम नपाउँदा भने समस्या हुन्छ ।
कैलालीमा पक्की घर पेन्टिङ (लिपपोत) गर्ने काम गर्ने श्रमिकलाई ‘सिजन’मा भ्याइनभ्याइ हुन्छ। घर तथा झ्यालढोका रङरोगन गर्ने महिनाभरि काम पाएमा रु ३० हजारसम्म कमाइ गर्छन्। पेन्टिङ गर्नेले दशैँ–तिहार तथा चाडपर्वका समयमा बढी काम पाउँछन् । पाँच वर्षदेखि यो पेसा गरिरहेका देवेन्द्र चौधरी नियमित काम पाएमा राम्रै कमाइ हुने गरेको बताउँछन्।
“सिजनमा धेरै कामको चाप हुन्छ । बिहानदेखि रातिसम्म काम गर्छौँ, कहिलेकाहीँ ठेक्कामा काम पाइन्छ भने कहिले दैनिक ज्यालादारीमा गर्छौँ”, उनी भन्छन्, “बर्खाको समयमा भने काम पाइँदैन, यो समयमा खेतीपाती गर्छौँ, अन्य दैनिक ज्यालादारीको काम गर्छौँ ।”
उनले दैनिक ज्यालादारीमा काम गर्दा रु आठ सयदेखि एक हजारसम्म लिनुहुन्छ । घरमा तथा झ्यालढोकामा रङ लगाउने काम गर्छन्। श्रमिक चौधरीले यो सीप आफ्नै मेहनतले सिकेका हुन्।
“बेरोजगार भएकाले साथीहरूको सङ्गतले यो सीप सिकेको हुँ, पहिला–पहिला रु तीन सयदेखि पाँच सयसम्म कमाइ हुन्थ्यो”, उनी भन्छन्, “अचेल राम्रो सीप सिकेकाले कमाइ पनि ठीकै हुन्छ ।”
उनीसँग सीप भए पनि प्रमाणपत्र छैन । सरकारी कार्यालय तथा अन्य सङ्घसंस्थामा काम गर्नुपर्दा सीप सिकेको काजगात माग्छन् । त्यो बेलामा उनलाई समस्या पर्छ।
“मसँग सीप छ तर सीप सिकेको प्रमाणपत्र छैन”, उनले भने, “पालिकाले तालिम गरेर प्रमाणपत्र उपलब्ध गराइदिएको भए हुन्थ्यो । हामीजस्ता काम गर्ने मानिस पनि थोरै छौँ, इच्छा भएकाहरूले सिक्न पनि पाउँथे ।”
यसरी काम गर्नेलाई घामपानीको भने समस्या हुन्छ । साथै छालामा रङ लाग्ने भएकाले पनि समस्या हुन्छ । दैनिक सरसफाइ गर्नुपर्ने, आँखा जोगाउनुपर्ने हुन्छ। कैलालीका प्रकाश चौधरी पनि घर रङरोगन गर्ने काम गर्छन्। साथीबाटै सीप सिक्नुभएका प्रकाशको घर पनि यही कामबाट चलेको छ । बेरोजगार बस्नुभन्दा स्वदेशमै केही गरौँ भनी उनले पनि घरमा रङ लगाउने काम थालेका हुन्।
“सीप सिकेर विदेश जानुपरेको छैन, जीवन गुजारा चलेको छ”, उनी भन्छन्, “रङ लगाउने काममा जोखिम पनि छ । सिँढी, बेल्टलगायतका सुरक्षा सामग्री चाहिन्छ, यस्ता सामग्रीमा सरकारको सहयोग भएको भए हुन्थ्यो ।”
यसरी रङ लगाउने काम गर्दा स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ । कैलालीका समशेर बडायकले रङरोगन गर्दा ध्यान नदिँदा आँखामा समस्या भएको छ। “तीन तलाको घर थियो, रङ लगाउँदै गर्दा आँखामा खस्यो”, उनले भने, “पछि एक महिनासम्म काम गर्न सकिएन, काम गर्दा सावधानी अपनाउनुपर्छ ।”
टीकापुरमा ७० देखि ८० जनासम्म यसरी घरमा रङरोगन लगाउने सीप भएका मानिस रहेको बताइन्छ । यसरी रङ लगाउने सीप भएकाले पनि आफ्नै बलबुताले सीप सिकेका हुन् । व्यावसायिकरूपमा तालिम लिएर सीप सिकेका निकै कम छन् । यसरी रङ लगाउने काम गर्नेलाई पनि वर्षैभरि कामको अभाव छ । उनीहरूले ठेकेदार र व्यापारीको सम्पर्कबाट काम गरिरहेको अवस्था रहेको ठेकेदार सुकदेव दास बताउँछन्।
“मानिसले लाखौँ खर्चिएर घर बनाउँछ । घरमा रङमा समेत हजारौँदेखि लाखौँसम्म खर्च गर्छ”, दास भन्छन्, “यसरी लगाइने रङ गुणस्तरीय हुनुपर्छ । रङ लगाउनेलाई रङको गुणस्तरबारे समेत जानकारी हुनुपर्छ ।”
यसरी काम गरिरहेकाको सीप विकासका लागि स्थानीय सरकारले तालिम दिने, तालिम लिएका दक्ष कामदारले मात्र काम गर्ने वातावरण बनाउन आवश्यक रहेको घरधनीहरूको माग छ।
“हामीले जीवनभरिको कमाइ घरमा लगाउँछौँ”, स्थानीय योजना अधिकारीले भने, “हामीलाई रङको गुणस्तर पनि थाहा हुँदैन, पेन्टिङको काम गर्नेहरू यस्ता कुरामा जानकार हुनुपर्छ ।”
|
लागूऔषधसहित आठजना पक्राउ काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-१४ कलंकी सुनारगाउँ नजिक सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका-७ घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
कञ्चनपुरकाे पुनर्वास नगरपालिका-५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-११ बेला बस्ने ३३ वर्षीय मान बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतको खजुरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
रूपन्देही, मायादेवी गाउँपालिका-२ कचकचाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-१ बस्ने २४ वर्षीय राज कुमार दुसाध, ३० वर्षीय जगदिस कुर्मी, २७ वर्षीय राज कुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन्।
ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.२१ प ४७८९, लु.२४प २१२ र लु.२३ प ५८७० नम्बरका ३ मोटरसाइकल समेत बरामद गरेको छ।
नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१४ गंगा बस्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ ग्रामसहित सोही ठाउँ बस्ने भारत देवरिया पिपराथाना घर भएका ७० वर्षीय सुरेश कोईरीलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रही कार्यालय सिमरीबाट खटिएको प्रहरीले उनी बस्ने घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।
|
जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ पाल्पा। जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
रैनादेबीछहारा गाउँपालिका-४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।
|
विपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने काठमाडौं। जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।
राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्डीराज पौडेल (अर्घाखाँची) तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी (स्याङ्जा) र गिरीराज आचार्य (धरान)लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए। मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो।
पुरस्कारको राशि जनही एक लाख रहेको छ। उक्त पुरस्कार विपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते विपी सङ्ग्राहलय सुन्दरीजलमा वितरण गर्ने कार्यक्रम तय भएको छ। रासस
|
गैँडाको आक्रमणबाट वृद्धको मृत्यु चितवन। पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो। साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शब आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
|
सुन तस्करी : राज्य विरुद्धको अपराध काठमाडौं। बुधबार साँझ भन्सारबाट जाँचपास भएको एक सय किलो सुन सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
अहिले यस विषयमा थप अनुसन्धान भइरहेको छ र १० जना पक्राउ परिसकेका छन्। यद्यपि यो पकरणका मुख्य योजनाकार भने पक्राउ पर्न अझै बाँकी रहेको बताइएको छ।
यो सुन कसले, कहाँबाट र के उद्देश्यले ल्याएको हो भन्ने प्रश्न त महत्वपूर्ण छँदैछ त्यसभन्दा महत्वपूर्ण प्रश्न हो यति ठूलो परिणामको सुन भन्सारबाट कसरी सजिलै पास भयो? विमानस्थलको सुरक्षाको लागि खटिएका कर्मचारी र जडान गरिएका अत्याधुनिक मेसिनबाट लुकाएर यति धेरै सुन ल्याउन सम्भव नै छैन।
र, यो सुन यसरी जाँचपास भएर विमानस्थलबाट बाहिरिइसकेको अवस्थामा भेटिनुले यसमा विमानस्थलका जिम्मेवार कर्मचारीको पनि संलग्नता भएको बलियो आधार देखाउँछ।
यसमा विमानस्थलमा खटिएका कर्मचारी मात्र संलग्न थिए र उनीहरुभन्दा माथिल्लो तहका कर्मचारीदेखि पहुँचवाला अन्यको पनि संलग्नता थियो भन्ने जाँचको विषय भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको यो पहिलो घटना भने होइन। यसअघि विभिन्न समयमा सुन तस्करीका घटना सार्वजनिक भएका थिए।
अहिलेसम्म भएका सुन तस्करीको ट्रान्टिज नेपाल भएपनि त्यसको बजार भने भारत रहेको यसअघिका तस्करीले पनि देखाएको छ। अर्थात् सुन तस्करी गरेर नेपाल ल्याउँदा त्यसबाट मुलुकले केही पनि फाइदा लिन सकेको देखिँदैन।मुलुक अन्तर्राष्ट्रिय रुपमा बद्नाम हुने तर त्यसको फाइदा केही पनि नहुने अवस्थामा सुन तस्करीमा संलग्न तलदेखि माथिसम्म संलग्नको नकाब अब खोल्नुपर्छ।
२०७४ मा ३३ किलो सुन तस्करी भएको घटना निकै चर्चित बनेको थियो। ३३ किलो सुन तस्करीको घटनातिर ध्यान मोडेर बेला बेलामा सुन तस्करी हुँदै आएका थिए।
सरकारले आफ्नो ध्यान सुशासन कायम गर्न केन्द्रित रहेको बताउने गरेको छ। तर ‘वैधानिक’ रुपमा भन्सार जाँच पास गराएर एक सय किलो सुन तस्करी हुँदासमेत सरकारले त्यसलाई नजर अन्दाज गरिरहेको छ।
अन्तर्राष्ट्रिय रुपमा मुलुकको बेइज्जत हुने गरी यस्ता घटना हुँदासमेत सरकारले भन्सार विभागका कर्मचारीको संयोजकत्वमा छानविन समिति गठन गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको छ।
अहिले बरामद भएको सुनको परिमाण सानो हैन। बरामद भएको दिनको बजार मूल्य हेर्दा समेत यो सुनको मूल्य करिब १ अर्ब रुपैयाँको हाराहारीमा रहेको देखिन्छ।
जुनसुकै बेलामा पक्राउ परेर जफत हुन सक्ने जोखिम उठाएर यति धेरै सुन ल्याइनुको अर्थ यो गिरोहले धेरै ठूलो परिमाणमा यसरी तस्करी गर्ने गरिरहेको देखाउँछ।
अहिले पक्राउ परेको सुन भनेको देखिएको मात्र हो। नदेखिएर यसरी कति सुन भित्रिएको थियो भन्ने अनुसन्धानको क्रममै छ। तर, जे भए पनि सुनको परिमाण हेर्दा विमानस्थलमा खटिएका २-४ जना कर्मचारीलाई मात्रै आफ्नो पक्षमा पारेर यो सुन ल्याउन सकिने अवस्था देखिँदैन।
यसको लहरो धेरै लामो हुन सक्छ र, त्यो लहरोमा उनिने धेरैजसो भन्सार विभागकै अधिकारी र कर्मचारी हुन सक्ने सम्भावना उच्च छ।
यस्तो अवस्थामा भन्सार विभागकै कर्मचारीहरुको छानबिन समिति गठन गरेर यसमा प्रभावकारी अनुसन्धान होला?
आम जनताले यसमा सत्यतथ्य अनुसन्धान हुने अपेक्षा कमै गरेका छन्। बरु ‘दूधको साक्षी बिरालो’ भन्ने नेपाली उखान चरितार्थ हुने सम्भावना उच्च देखिन्छ।
यो सुन तस्करीमा भन्सारका कर्मचारीको मात्रै संलग्ता होला? यत्रो सुन तस्करी गर्ने आँट उनीहरुले मात्रै गर्न सक्छन्? यसको जवाफ सरकारले दिन सकेको छैन।
यो प्रकरणमा संलग्न तलदेखि माथिसम्मका सबैलाई सरकारले तत्काल कारवाही गर्नुपर्ने बेलामा भन्सार विभागका कर्मचारीको संयोजकत्वमा गठित छानविन समिति गठन गरेर जनताको ध्यान त्यसतर्फ केन्द्रित गरेर फेरि हजारौं किलो सुन तस्करी गर्ने खेल त होइन? अहिले सबैको ध्यान सय किलो सुनतर्फ केन्द्रित भएको बेला फेरि त्यसैगरी हजारौं किलो सुन तस्करी नहोला भन्ने आधार के?
अहिलेसम्म भएका सुन तस्करीको ट्रान्टिज नेपाल भएपनि त्यसको बजार भने भारत रहेको यसअघिका तस्करीले पनि देखाएको छ। अर्थात् सुन तस्करी गरेर नेपाल ल्याउँदा त्यसबाट मुलुकले केही पनि फाइदा लिन सकेको देखिँदैन।
मुलुक अन्तर्राष्ट्रिय रुपमा बद्नाम हुने तर त्यसको फाइदा केही पनि नहुने अवस्थामा सुन तस्करीमा संलग्न तलदेखि माथिसम्म संलग्नको नकाब अब खोल्नुपर्छ।
यत्रो परिमाणको सुन ल्याउन कुनै एक व्यक्तिले हिम्मत गर्दैन। किनभने त्यसमा करोडौं लगानी भएको हुन्छ। अहिलेको बजार मूल्य अनुसार हिसाव गर्ने हो भने पनि झण्डै एक अर्वको सुन बरामद भएको छ।
यत्रो आर्थिक लगानी गर्ने हैसियत कुनै एक व्यक्तिमा नहुन सक्छ। त्यसैले पनि यो प्रकरणमा निकै ठूलो गिरोहको संलग्नता रहेको सहजै अनुमान गर्न सकिन्छ।
त्यो गिरोहलाई कसले संरक्षण गरेको छ यो मुख्य प्रश्न हो। किनभने पछिल्ला केही घटनाले यस्ता तस्करीमा राज्यसत्ता नै संलग्न भएको देखाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवासको जग्गा हिनामिना प्रकरणसम्म आइपुग्दा त्यसमा राज्यसत्ता नै संलग्न भएको पर्याप्त आधार फेला परेका छन्। त्यसकारण यो सय किलो सुन तस्करी प्रकरणमा पनि कतै राज्यसत्ताको संलग्नता त छैन भन्ने प्रश्न उब्जिनु स्वभाविक हो।
पछिल्ला दिनमा सुन तस्करीमा सत्ताधारी दलका नेता संलग्न भएका समाचार सार्वजनिक भएका छन्। उनीहरुमाथि सरकारले अनुसन्धान गर्न सकेको छैन। यत्रो सुन तस्करी प्रकरणमा सरकारले गठन गरेको छानविन समितिबाट सरकार यो प्रकरणप्रति गम्भीर नभएको भान हुन थालेको छ।
यसअघिका विभिन्न घोटालामा सरकारले अनुसन्धान सुरु गरेको तर एउटा निश्चित विन्दूमा पुगेपछि ‘ठूला माछा’ तानिँदा अनुसन्धान र कारवाही प्रक्रिया रोकिएका उदाहरण छन्।
ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णय गर्नेलाई केही नगर्ने तर टिप्पणी उठाउने तल्ला स्तरका कर्मचारीलाई कारवाही गरेको भन्दै कर्मचारीहरु आन्दोलित छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरुसम्म पुग्ने तर पूर्व प्रधानमन्त्रीपत्नी पोलिएको अडियो सोही प्रकरणका अभियुक्तकै भएको पुष्टि भएपनि केही नगर्ने सरकारको रवैयाले शंका गर्ने प्रशस्त्र ठाउँ दिएको छ।
|
सामुदायिक वन अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा गोलबजार। वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो।
सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको सहायक वन अधिकृत सत्यनारायण यादवले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई वन ऐनअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्राले जानकारी दिए। सो वन क्षेत्रमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयले करिब ३० हेक्टर जग्गामा तारबारसहित वृक्षरोपण गरेको थियो।
|
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भाग एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थान हरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
तसर्थ मेघ गर्जन र चट्याङका साथै हल्कादेखि मध्यम वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
यी हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका १० जना (नामावलीसहित) काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब सय किलो सुन प्रकरणमा १० जना व्यक्ति पक्राउ परेका छन् ।
विभागले बिहीबार साँझसम्म १० व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङ एक वर्ष पहिले नै नेपाल आएको भन्दै बिहीबार नेपालबाट चीन जान लागेको अवस्थामा पक्राउ रेका छन् छ ।
अध्यागमन कार्यालयले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले अनुसन्धानका लागि विभागका अधिकारीलाई जिम्मा लगाएको हो ।
विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार एक सय किलो सुनसहित नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेकाहरुको नामावलीः
१. जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२. थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३. रामकुमार भुजेल (दोलखा)
४. दीलिप भुजेल (दोलखा)
५. हर्कराज राई (भोजपुर)
६. अशोक लामा (ट्याक्सी चालक)
७. राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८. कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९. पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०. राजेन्द्र राई (भन्सार एजेन्ट)
|
चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक चितवन। चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये दुई लाख पाँच हजार छ सय पाँच नेपाली, ५५ हजार आठ सय ७२ विदेशी र ३७ हजार नौ सय ३५ सार्क राष्ट्रका पर्यटक छन् ।
गत आर्थिक वर्षमा पर्यापर्यटनबाट रु २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । आव २०७८\७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।
यसैगरी आव २०७७\७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६\७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो ।
तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१\३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट रु एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो ।
दोस्रो वर्ष अर्थात् आव २०३२\३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो ।
पर्यटकको सङ्ख्याका हिसाबले गत आर्थिक वर्ष हालसम्मकै बढी हो । राजस्वको हिसाबले भने आव २०७५\७६ मा सङ्कलन भएको रु २९ करोड ४४ लाख ६६ हजार छ सय ४० अहिलेसम्मको सबैभन्दा बढी हो ।
निकुञ्ज प्रवेश गर्ने नेपालीले रु एक सय ५०, सार्क देशकाले रु एक हजार र अन्य देशकाले रु दुई हजार राजस्व बुझाउने गर्दछन् । तिवारीले भने, “आर्थिक मन्दी र कोभिडका कारण विदेशी पर्यटक बाहिर ननिस्कनु र नेपाली पर्यटकको सङ्ख्या बढी हुनुले पर्यटकको सङ्ख्या बढी एवं राजस्व कम भएको हो ।”
विगतमा सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो ।
हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ ।
यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् । भरतपुर महानगरपालिकाले पनि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको छ ।
|
सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ काठमाडौं । तस्करीको एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
राजश्व अनुसन्धान विभाग स्रोतले राजन श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
|
सुन तस्करीः बालुवाटारस्थित एक चिनियाँ व्यापारीको गोदाममा छापा काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मारेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।
ट्याक्सीमा बाहिर सुन लैजान लागेको अवसथामा ट्याक्सी चालकसहित विभागको टोलीले नियन्त्रणमा लिएको हो । ट्याक्सी चालकले आफूले बालुवाटारको उक्त लोकेशनमा सुन जैलान भनिएको भन्ने बयान दिएको आधारमा उक्त घरमा छापा मारिएको हो ।
विभागको टोलीले छापा मार्ने क्रममा ६ वटा ठूला बाकस फेला परेको बताइएको छ । उक्त बाकसमा सुन भएको वा नभएको भन्ने एकिन भने भएको छैन । उक्त प्रकरणमा अहिलेसम्म सात जना पक्राउ परेका छन् । पक्राउ परेका सात जनालाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।
|
ओरेन्टलमा एक लाखभन्दा कम बचत गर्नेलाई साउन १५ पछि रकम फिर्ता गरिने काठमाडौं। ओरेन्टल को–अपरेटिभ लिमिटेडमा रु एक लाखभन्दा कम बचत गरेका बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् ।
सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका रु एक लाखभन्दा कम बचत भएकालाई साउन १५ गतेसम्म प्रमाणसहित निवेदन पेस गर्न म्याद दिएको छ ।
ओरेन्टल सहकारीका पाँच सय २८ बचतकर्ताको रु एक लाखभन्दा कम बचत रहेको अभिलेख समितिको कार्यालयमा रहेको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए।
समितिको कार्यालयले साउन १५ गतेपछि रु एक लाखभन्दा कम बचत फिर्ता गर्ने भएपछि प्रमाण पेस गर्न आउने पीडितको भीड लाग्न थालेको छ । हाल दैनिक एक सय जनासम्म पीडित कार्यालयमा आई प्रमाण बुझाउने गरेको जानकारी पनि उनले दिए।
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक समिति खारेज गरी सहकारी ऐनअनुसार ती सहकारीको व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ ।
विसं २०७४ कात्तिक २० गते सरकारले ओरेन्टललाई पहिलोपटक समस्याग्रस्त घोषणा गरेको थियो । घोषणाका विरुद्ध सर्वोच्च अदालतमा ओरेन्टल मुद्दा लिएर गएको थियो । मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७६ फागुन ११ गते सहकारी पूर्ववत् सञ्चालन गर्न र समस्याग्रस्त सहकारी समितिले नहेर्ने भनी फैसला गरेको थियो ।
सर्वोच्चको आदेश बमोजिम सहकारी पूर्ववत् सञ्चालन नभएको, साधारणसभा नराखेको, लेखापरीक्षण नगराएको, बचतकर्ताको पैसा फिर्ता नगराएको, सरकारलाई प्रतिवेदन पेस नगरेको भनी सहकारी विभागले पटक–पटक जवाफ माग गरेको थियो ।
विभागलाई समेत अटेर गरेपछि मन्त्रीस्तरीय निर्णय गरी ओरेन्टललाई दोस्रोपटक २०७९ असोज ७ गते समस्याग्रस्त घोषणा गरिएको हो । तत्कालीन मन्त्री शशि श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरी ओरेन्टललाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरेकी हुन्।
ओरेन्टलका तत्कालीन अध्यक्ष सुधीर बस्नेतले घरमा पुजारी राखेकाको समेत रु १८ लाख बचत लिएर भागेको उजुरी समितिमा परेको छ । ओरेन्टलसँग सात हजार छ सय ४६ जनाले बचत फिर्ता माग गरी पाऊ भनी समितिमा निवेदन दर्ता गराएका छन् ।
सरकारले समस्याग्रस्त भनी घोषणा गरेका १२ सहकारीमध्ये अन्य तीन सहकारी पनि ओरेन्टलसँग जोडिएको छानबिनका क्रममा भेटिएको कार्यालय प्रमुख पौडेलले बताए ।
कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओरेन्टलकै छाताबाट सञ्चालनमा रहेको छानबिनका क्रममा पुष्टि भएको हो ।
दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि पनि बस्नेत समितिका विरुद्ध मुद्दा लिएर सर्वोच्च अदालत गएका थिए। बस्नेतले गत असार १३ गते मुद्दा फिर्ता लिई समितिलाई सहयोग गर्ने भन्दै आएपछि रु एक लाखभन्दा कम बचतकर्तालाई रकम फिर्ता गर्न लागिएको हो ।
पाँच सय २८ जनाको करिब रु चार करोड रकम साउन १५ गतेपछि फिर्ता गर्ने गरी समितिले काम अघि बढाएको छ ।
सरकारको समस्याग्रस्त घोषणा गरेका अन्य सहकारीमा कोहिनुरहिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, स्टान्डर्ड मल्पिर्पोज को–अपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायत रहेका छन् ।
|
सुन तस्करीमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति काठमाडौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।
आज आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन् ।
अहिलेसम्म विभागले एक चिनियाँसहित सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये आज सात जनाको म्याद थप भएको हो । आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।
भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।
|
सुन तस्करी प्रकरण : विमानस्थलबाट चिनियाँ नागरिकसहित दुईजना पक्राउ काठमाडौं । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक सय किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।
यो प्रकरण सार्वजनिक भएसँगै नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।
उक्त प्रकरणमा यसअघि राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।
बरामद सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ ।
|
काठमाडौंमा पाकिस्तानकी सीमा र भारतका सचिन ७ दिनसम्म बसेको होटलका मालिकले के भने ? काठमाडौं । भारतीय अनुसन्धान एजेन्सीहरूले पाकिस्तानी नागरिक सीमा हैदरसँग लगातार सोधपुछ गरिरहेका छन्। सन् २०१९ मा पबजी गेम खेल्दा सीमाको परिचय ग्रेटर नोएडाका सचिन मीणासँग भएको थियो । बिस्तारै सचिनसँग फोनमा कुरा हुन थाल्यो र १० मार्च २०२३ मा दुवैको भेट काठमाडौंमा भयो ।
सीमाले बताएअनुसार उनी सात दिन काठमाडौंको न्यू विनायक होटलमा सचिनसँग बसेकी थिइन् । अहिले समाचार एजेन्सी एएनआईले उक्त होटलका मालिक गणेश रोका मगरसँग कुरा गरेको छ ।
उनले भने, “ती मानिसहरू मार्चमा आएका थिए। सात-आठ दिन बसेर गएका थिए। धेरैजसो कोठामा बस्ने गर्थे।”
“उनीहरू बिहान र बेलुका बाहिर निस्कने गर्दथे र चाँडै फर्किन्थे । हाम्रो होटेल साँझ दश बजे बन्द हुने हुँदा आठ बजेसम्म आइपुग्थे। बाहिरबाट फलफूल ल्याएर खान्थे। कोठामा खाना खाँदा शाकाहारी थाली हुन्थ्यो। कुखुरा आदि खाँदैनथे। सधैं त्यही अर्डर गर्थे।”
“जब हामीले समाचारमा देख्यौं, उनीहरू सीमा र सचिन हुन् भन्ने थाहा पायौं। उनीहरू अर्कै नाम लिएर आएका थिए। सचिन पहिले आएका थिए। उनले होटल बुक गरेका थिए र आफ्नी श्रीमती भोलि आउने बताएको थियो।”
“दोस्रो दिनमा सीमा आइन्। ती मानिसहरू छ-सात दिनसम्म बसे। जब जाने बेला भयो, सीमा पहिले गइन् र अर्को दिन सचिन गए।”
“उनीहरू रुम नम्बर २०४ मा बसिरहेका थिए। अन्तिम दिन मलाई रिदी क्लबको बारेमा सोधे। मैले भनेँ कि तिमीहरूलाई मानिसहरूले लुट्छन्, यो धेरै महँगो छ, नजानुहोस्।”
मार्चमा भेट गरेपछि सीमा पाकिस्तान फर्किइन्, तर दुई महिनापछि सीमा आफ्ना चार छोराछोरीसहित पाकिस्तान छाडेर शारजाह हुँदै नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गरिन् ।
प्रहरीले उनीहरु दुवैलाई जुलाई ४ गते बिहान हरियाणाको बल्लभगढबाट पक्राउ गरेको थियो भने अदालतले सशर्त जमानतमा गत जुलाइ ७ गते मा गरेको थियो ।
|
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेको प्रहरीले जनाएको छ । उनी तिब्बत एयरमार्फत चीन जान लागेका थिए ।
एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको छ । रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । उसअघि उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छन् ।
|
विमानस्थलबाट बरामद सुनसहितको ब्रेक शुको तौल १५५ किलो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको सुनसहितको ब्रेक शु जोख्दा १५५ केजी निस्किएको छ ।
बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखामा तौल लिइएको हो ।
तौल लिएपछि उक्त सुनलाई ढुकुटीमा राखिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन जिम्मा लगाएर फर्किएपछि टक्सार महाशाखाले ढुकुटीमा राखेको हो ।
रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छन् ।
|
सडक छेउमा मकै बेचेर जीवन निर्वाह कैलाली। कैलालीको टीकापुर नगरपालिका–१ भुपू कमैया शिविरका कलैया थारुका दिन मजदुरी गरेरै बित्दै आएको छ। दिनभर मजदुरी गरेर जीविका चलाउँदै आएका उनी एक वर्षभन्दा बढी समयदेखि आफ्नै काममा व्यस्त छन्। कामको खोजीमा दौडधूपमा रहने कलैयाले पछिल्लो समय सडक छेउमा मकै पोलेर बिक्री गरेर जीविका चलाउँदै आइरहेका छन्।
अरुको बारीबाट मकै खरिद गरेर श्रीमान् र श्रीमती दिनभर मकै बेच्न व्यस्त देखिन्छन्। सानो मकै २० रुपैयाँ र ठूलो मकै २५ रुपैयाँमा बिक्री हुन्छ । श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता मकै पोल्न थाल्छिन्।
“केही गरेर खानलाई आफूसँग तागतभन्दा अरु कुनै सीप छैन । खेतीपाती गर्न जग्गा छैन”, कलैया भन्छन्, “अरुको बारीबाट मकै खरिद गरी पोलेर बिक्री गर्ने गरेका छौँ । त्यसैबाट आएको पैसाले घर खर्च चलाउन थालेका छौँ ।” त्यहीँ मकै बेचेर दैनिक एक हजारदेखि दुई हजारसम्म कमाई हुने कलैया बताउँछन्।
एकतापुर शिविरकी कल्याणी चौधरीको दिन पनि यसैगरी बजारका चोकचोकमा मकै बेचेरै बित्ने गरेको छ । खाना खाएर मकैको कट्ठा बोकेर टीकापुर पुग्ने उनले तीन वर्षदेखि मकै बिक्री गर्दै आएकी छिन्। अहिले मकैको याम भएकाले कल्याणीलाई पोलेको मकै बिक्रीमा समस्या छैन।
“ज्यालादारीमा भने बेलामा काम पाइँदैन । पाएको काममा पनि कमाईभन्दा बढी वचन सुन्नुपर्ने ।” कल्याणी भन्छिन्, “त्योभन्दा काँचो मकै ल्याएर पोलेर बिक्री गर्दा राम्रो । कमाई पनि राम्रो, कुरा पनि कसैको सुन्नु नपर्ने ।” उनी आफूसँग खेती गर्नका लागि जग्गा नभएकाले अरुबाट काँचो मकै ल्याएर बिक्री गर्ने गरेको बताउँछिन्।
टीकापुर नगरपालिका–२ बन्दीपुरकी सञ्जिवनी चौधरीका दुई छोरा नेपाल आर्मीमा छन्। श्रीमान् पनि भारतमा कमाउँछन्। उनलाई कसैको कमाई खाएर बस्ने रहर छैन। आफूसँग तागत हुँदासम्म आफ्नै व्यवसायमा व्यस्त सञ्जिवनी पनि दिनभर बजार क्षेत्रमा मकै पोलेर बेच्छिन्। “आफूसँग काम गर्ने तागत छ । किन अरुको भरोसामा बाँच्नु । आफ्नै कमाइले जीवन चलाउन मैले जानेकी छु”, उनी भन्छिन्, “आफ्नो कामबाट सन्तुष्ट छु । वार्षिक रु पाँचदेखि रु छ लाखसम्म कमाइ हुन्छ ।”
सञ्जिवनीले पाँच कट्ठा जग्गामा मकैखेती गरेकी छिन्। आफैँले फलाएको मकै ल्याएर उनले बजारमा बिक्री गरेकी हुन्। “पोलेर बिक्री गर्नकै लागि पाँच कट्ठामा मकैखेती गरेकी छु । त्यहीँ मकै ल्याएर आगोमा पोलेर बिक्री गर्दै आएकी छु”, उनी भन्छिन्, “एक याममा मकै बेचेर रु ५० हजारदेखि रु ६० हजारसम्म कमाइ हुन्छ । अन्य समयमा तरकारी खेतीबाट पनि आम्दानी हुने गर्छ ।” तरकारी खेतीबाट पनिे राम्रो आम्दानी गर्ने गरेको सञ्जिवनी बताउँछिन्।
यतिबेला गर्मी सुरु भइसकेको छ । बजारका विभिन्न ठाउँमा रुखमुनि शिथिलतामा बसेर मकै पोलेर बेच्ने बढ्दै गएका छन्। पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन्। कतिपयले मकैखेती आफैँ गरेका छन् भने कतिपयले अरु किसानबाट रु १० मा मकै खरिद गरेर रु २० देखि रु २५ सम्मँमा सजिलै बिक्री गर्ने गरेका छन् । विपन्न परिवारका पुरुष कमाउनका लागि बाहिर जाने र महिलाले भने गाउँमै अर्थोपार्जन गर्दै आएका छन् । काम नभएको समयमा भने अन्य किसानबाट मकै ल्याएर दिनभर मकै पोलेर बेच्नेलगायतका काममा व्यस्त हुने गरेका छन् ।
टीकापुर नगरपालिका वडा नं ३ पुछरीका राधेश्याम चौधरी मकै बेच्नकै लागि पाँच किलोमिटर साइकलको यात्रा गरेर टीकापुर बजार पुग्छन्। श्रीमान् श्रीमती दुवै साइकलमा टीकापुर पुगेर दिनभर मकै पोलेर बिक्री गर्ने गर्छन्। ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका उनी चार वर्षदेखि यो बेला बजारमा मकै बेच्ने काम गर्दै आएका हुन्।
“थोरै मेहनतमा राम्रो आम्दानी हुने भएपछि राम्रो आम्दानी पनि हुने गरेको छ । मकै बेचेर केही महिनासम्मका लागि घर खर्च र अहिलेका लागि छोराछोरीको विद्यालय भर्नाको जोहो भइहाल्छ”, राधेश्याम भन्छन्, “गर्मीयाममा मजदुरी गरेर जिविका चलाउन पनि मुस्किल हुन्छ । मजदुरी गर्नुभन्दा यो बेला मकै बेच्नु राम्रो छ ।”रासस
|
सडकले सुगम बन्दै दुर्गम ताराखोला गलकोट। कुनै दिन दुर्गम ठाउँका रुपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ। गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन। जिल्ला सदरमुकाम बागलुङ बजारबाट तारखोला एक दिनमा मुस्किलले पुग्न सकिन्थ्यो।
स्थानीय तहपछि ताराखोलामा विस्तारै विकासको ढोका खुल्न थाल्यो। दुर्गम गाउँपालिकाका रुपमा चिनिएको ताराखोला विकासले क्रमशः सुगम बन्दै गएको छ। भौगोलिक विकटताका कारण विकासमा पछाडी परेको ताराखोला गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक पुगेको छ।
गाउँपालिकाको त्रिशूल चोकदेखि माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलो पटक सडक कालोपत्र भएको छ। गाउँपालिकाको रिजालचोकमाथि रहेको त्रिशूल चोकदेखि माझखर्क हुँदै खरिखोलासम्म सडक कालोपत्र भइरहेको छ। दश किमि सडकमध्ये अहिले छ किमि सडक कालोपत्र भइसकेको छ।
गाउँपालिकामा नै पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताए।
“गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद् क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको रु २२ करोड लागतमा सडक कालोपत्र भइरहेको छ”, अध्यक्ष विकले भने, “अब गलकोटबाट ताराखोला तर्फसमेत कालोपत्रको काम सुरु भएको छ, रिजालचोकदेखि ताराखोलाको केन्द्रतर्फ आउने शहीद मार्ग सडक आगमी वर्षमा कालोपत्रको सुरुवात हुनेछ, यी तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन्।”
सडकको ट्र्याक मात्रै रहेको ताराखोला पुग्न अहिले बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको रिजालचोकदेखि भुस्कात हुँदै भातखानेडाँडा, बागलुङको गलकोट नगरपालिका–६ हुँदै ताराखोला गाउँ र त्रिशूल चोक हुँदै माझखर्क हुँदै खरिखोला पुग्ने तीन सडक स्तरोन्नतीसँगै कालोपत्र गर्ने गाउँपालिकाको योजना छ। त्यसमध्ये अहिले ताराखोला–सरपाण्डी–खरिखोला सडकको छ किमि सडक कालोपत्र भइसकेको छ। गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत कालोपत्रको चरणमा छ।
गाउँपालिकाको पहिलो प्राथमिकताका रुपमा रहेको रिजालचोकदेखि भातखानेडाँडा हुँदै रुम फेद पुग्ने २६ किमि सडकलाई गाउँपालिकाले शहीद मार्गको नामकरण गरेको छ। उक्त सडकको भने काम अघि बढ्न सकेको छैन। ताराखोलाको माझखर्क गाउँमै कालोपत्र सडक आएपछि स्थानीय खुसी भएका छन्।
ताराखोला–१ माझखर्क गाउँमै सडक कालोपत्र भएपछि विकासको महसुस भएको स्थानीय बलबहादुर रोकामगरले जानकारी दिए। गाउँपालिकामा पहिलो पटक भएको सडक कालोपत्र आफ्नै गाउँमा परेकोे माझखर्कका रोकामगरको भनाइ छ।
उनले सडक कालोपत्र भइसक्दासमेत सवारीसाधनको भाडादर भने नघटेको गुनासो गरे। पूर्वाधार विकास कार्यालयले ताराखोलाको त्रिशूल चोकदेखि सरपाण्डी हुँदै खरिखोलासम्मको सडक २०७७ मङ्सिर ४ गते रु २२ करोड ८३ लाख २० हजारमा रसुवा इलाईट जेभीसँग ठेक्का सम्झौता गरेको थियो। दुई वर्षमा सक्नेगरी भएको ठेक्का सम्झौता कोरोना महामारीका कारण केही ढिलाइ भएको थियो।
विसं २०७९ मङ्सिरमा कालोपत्र सक्नुपर्ने भए पनि सडकको कार्यप्रगतिका आधारमा २०८० मङ्सिरसम्म म्याद थप गरिएको छ। उक्त सडक खण्डकोे छ किमि कालोपत्र भइसकेको छ भने वर्षा रोकिएपछि पुन चार किमि सडक कालोपत्र गरिनेछ। अहिले भइरहेको कालोपत्रमा पुन: अर्को कालोपत्र थपिने पूर्वाधार विकास कार्यालयका प्राविधिक चन्द्रबहादुर पुनले जानकारी दिए।
उनले बर्खा लगत्तै बाँकी रहेको चार किमि सडक कालोपत्रको काम थालिने बताए। ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि देवेन्द्र लम्सालका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगती ७५ प्रतिशत रहेको बताए।
मौसमले साथ दिएमा आगमी मङ्सिरसम्म सबै सडक कालोपत्र गरेर हस्तान्तरण गर्ने बताए। गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको शहीद मार्ग भने कालोपत्रका लागि संघीय सरकारले ठेक्का आह्वान नगर्दा समस्या भएको छ।
निरन्तरको प्रयास र पहलकदमीबीच ताराखोला जोड्ने दुई सडक कालोपत्र हुन थालिएको र त्यसमध्ये ताराखोलामा पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको छ। गलकोटदेखि ताराखोला आउने सडकको भने अहिले गलकोट खण्डमा मात्रै कालोपत्र भइरहेको छ। – रासस
|
बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ।
नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन खुलइएको हो।
नगरपालिकाले खुलाएको आवेदनमा नगरभित्र कार्यरत योग्यता र क्षमता भएका शिक्षक शिक्षिकालाई आवेदन दिन आह्वान गरेको छ। त्यसका लागि आवेदकले आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताए।
प्रतिस्पर्धाका आधारमा छनोट गर्दा क्षमता भएका प्रधानाध्यापकले विद्यालयमा नेतृत्व होस् र अब्बल तरिकाले विद्यालयको नेतृत्व हुनुपर्छ भनेर नगरपालिकाले यस्तो तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईको भनाइ छ।
यसअघि प्रावि र निमावि तहका प्रधानाध्यापक पनि लामो समयको अनुभव तथा जेष्ठताका आधारमा मावि तहसम्मका प्रअ हुने खालका परम्पराको अन्त्य गर्दै क्षमतावान शिक्षक छनोट गर्न र विद्यालयलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन आवेदन खुलाएको उनले बताए।
आवेदक सबैले कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने आवेदनमा जनाइएको छ।
बूढानीलकण्ठभित्र ११ मावि, पाँच आधारभूत र तीन प्रावि गरी कूल १९ सामुदायिक विद्यालय छन्। उम्मेदवारले आवश्यक कागजातका साथ नगरपालिकाको कार्यलयमा आफैँ उपस्थित भई शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउन अनुरोध गरिएको छ।
अवेदन फाराम एक प्रति, नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, सुरु स्थायी नियुक्तिदेखि हालसम्मको नियुक्तिपत्रको प्रतिलिपि आफूले अध्यापन गरेको विषयमा पछिल्लो तीन वर्षको नतिजा सिटको प्रतिलिपि र मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्तावसमेत पेस गर्नुपर्ने जनाइएको छ। रासस
|
सय किलो सुनमा कुनै संलग्नता नभएको व्यावसायी दीपक मल्होत्राको स्पष्टोक्ति काठमाडौं। व्यवसायी दीपक मलहोत्राले बुधबार बरामद एक किलो सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेर ट्याक्सीमा राखेर लैजाने क्रममा अवैध करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त सुन आयातमा नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो संलग्नता नरहेको बताएका हुन्।
उक्त सुन आयातमा आफ्नो व्यवसायिक प्रतिष्ठान वा व्यक्तिगत सम्बन्ध नरहेको बताउँदै उनले आफ्नो व्यवसायिक तथा व्यक्तिगत चरित्र हत्या गर्न खोजिएकाले कानुनी बाटोमा जाने बताए।
किन र केका लागि आफ्नो नाम जोडेर समाचार आएको हो यसबारे थाहा हुन नसकेको भन्दै उनले आफूलाई समाचार बनाउने विषयमा सम्पर्क हुन नसकेको भन्ने कुरा गलत रहेको बताए।
अवैध कारोबारीलाई जोगाउन आफ्नो नाम लिएर डाइभर्ट गरेको हुन सक्ने भन्दै व्यवसायी मलहोत्राले कुनै पनि अवैध कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी गरे।
मल्होत्राले आफूले गर्ने सबै कारोबारहरु संगठित संस्थामार्फत हुने भएकोले प्रचलित कानूनबमोजि व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरणमार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गरेको पनि स्मरण गराएका छन्।
उनले आफू र आफ्नो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवम् परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानूनी कुनै कारोबार गर्ने नगरेको पनि दाबी गरेका छन्।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘म र मेरो परिवारको कारोबार, आय सबै कानूनबमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानूनबमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन्।’
|
याक र चौँरीमै देखियो लम्पी स्किन मनाङ। हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ। जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए। उनका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चौँरी लम्पी स्किनबाट सङ्क्रमित भएका छन्।
“लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ”, प्रमुख कुसुमले भने, “लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्नेछ ।”
भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ। नार्पाभूमि गाउँपालिकामा बाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा सङ्क्रमण देखिएको उनले बताए। चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा पनि सङ्क्रमणको जोखिम देखिएको छ।
“सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ”, उनले भने, “अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई (जिट, मेलोक्सीकाम र रेष्टोवल इम्युनोवुष्टर)लगायत औषधि खरिद गर्न सक्ने छ।”
यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिए।
रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ। पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिंगाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र सङ्क्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उनको भनाइ थियो।
|
विसं २०८१ को पञ्चांग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने काठमाडौँ। विसं २०८१ को पञ्चांग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चांग निर्णायक विकास समितिले आह्वान गरेको छ।
पञ्चांगकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चांग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो।
आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो। गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चांग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन। स्वीकृति बिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि उनले बताए।
नयाँ पञ्चांगकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चांग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। म्याद नाघी आएका र अंग नपुगेका पञ्चांगलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ। भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिनसकिने जनाइएको छ।
|
अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित चार जना पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित चार जना पक्राउ गरेको छ।
विमानस्थलबाट लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देही तिलोत्तमा नगरपालिका-९ तुल्सिपु घर भएका २४ वर्षीय अनिस थापालाई प्रहरीले पक्राउ गरेको हो।
हिमालयन एयर लाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्यापिङ गरी चाउचाउको बिचमा लुकाई लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको हो।
थप अनुसन्धान एवम् सोधपुछको क्रममा मुद्राहरु रूपन्देही तिलोत्तमा नगरपालिका-९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरुले दिएको भन्ने खुल्न आएपछि दिपेश राना लगायत ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ ।
|
१०० किलो सुन बरामद प्रकरण : यी हुन् पक्राउ परेकाहरू काठमाडौं। करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी भए पनि बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ ।
सोही प्रकरणमा पक्राउ परेका ६ जनामध्ये हालसम्म चारजनाको नाम खुलेको छ भने अन्य दुई जनाको नाम खुलाइएको छैन।
जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।
विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार एक सय किलो सुनसहित नियन्त्रणमा लिइएको थियो ।
|
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ काठमाडौँ। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
सय किलो सुन प्रकरणमा छानबिन गर्न भन्सार विभागद्वारा समिति गठन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको १०० किलो सुन बरामद प्रकरणमा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ ।
यो सुन भन्सारबाट जाँचपास भएर बाहिरिइसकेको अवस्थाना ट्याक्सीबाट बरामद भएको थियो । राजश्व अनुसन्धान विभागले विशेष सुराकीका आधारमा सुन जफत गरेर २ जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।
भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको छ ।
उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता थियो भन्नेबारे छानबिन गर्नेछ ।
समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि जाँच गरिनेछ ।
भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत भएको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए।
|
लम्पी स्किनबाट एक सय ५९ पशु मरे रसुवा। रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन्। पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन्। हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन्।
जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ। सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ। उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार ६ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ।
“रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उनले भने। गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन्। लम्पी स्किनबाट सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ। हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनी बताउँछन्।
जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ। आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन्।
कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताउनुभयो । सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नुवाकोटका सूचना अधिकारी पशु चिकित्सक डा बब्लु थारुका अनुसार गत असार ३१ गतेसम्म नुवाकोट र रसुवामा गरी झण्डै १३ हजार गाई, गोरु, भैँसी र चौरी लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन्।
“रसुवाको हिमाली भेगमा लम्पी स्किनबाट चौरीसमेत मरेका खबर आएको छ”, उनले भने –“रोगको अवस्थाबारे जानकारी लिन हाम्रो टोली त्यसतर्फ जाँदैछ।”
तत्कालका लागि रोग फैलिएको ठाउँमा औषधि पठाएको डा थारुले बताए। लम्पी स्किनबाट नुवाकोटमा हालसम्म चार सय ११ पशुचौपाया मरेको उनले बताए।
|
सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ काठमाडौँ। राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुंगानाले बताए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए।
नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो। “तथ्य खुल्न बाँकी छ। फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने।
|
छोरी जन्मने बित्तिकै पाँच हजार खातामा रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ। आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ।
यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए। यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ। बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन।
“छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ”, उपाध्यक्ष डाँगीले भने। छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ।
कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ। उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख विनियोजन गरेको छ। गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ। – रासस
|
आजको मौसमः मुलुकका पहाडी भू-भागमा धेरै वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन पक्राउ काठमाडौं । राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको राससलाई जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए । उनले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने पनि उनले बताए ।
|
विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । बुधबार साँझ सुन बरामद भएको हो ।
विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।
अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । प्राप्त जानकारीअनुसार दुई जनालाई पक्राउ पनि गरिएको छ । भन्सार एजेन्ट र ट्याक्सी चालक पक्राउ परेका हुन् ।
घटनाका विषयमा विस्तृत विवरण भने आउन बाँकी छ । विमानस्थलबाट तस्करीको सुनमध्ये हालसम्मकै ठूलो परिमाण भएकाे बताइएकाे छ ।
|
अब टेष्टट्युबबाट जन्मिने बच्चाको ‘भ्रूण वायोप्सी’ सेवा नेपालमा काठमाडौं। नेपालमा पहिलोपटक टेष्ट ट्युबबाट जन्मिने बच्चाको ‘भ्रूण वायोप्सी’ सुरु गर्ने तयारी गरिएको छ । निःसन्तान परिवारका लागि सञ्चालनमा आएको स्लाभिका आइभिएफ (टेष्ट ट्युब बेबी) केन्द्रले निकट भविष्यमा नै भ्रुण वायोप्सी सेवा नेपाली चिकित्सकबाट नै उपलब्ध गराउने भएको हो ।
केन्द्रका सञ्चालक डा निलम ठाकुरले यसअघि भारतबाट भ्रुण वायोप्सीका लागि जनशक्ति झिकाउने गरेको भए पनि अब केन्द्रमै उक्त सेवासहितको सुविधा प्रदान गरिने जानकारी दिए ।
उनले चाँडै भ्रूण वायोप्सी सेवा सुरु गर्ने जानकारी दिए । भ्रुण वायोप्सीबाट टेष्ट ट्युबबाट जन्मिने बच्चामा भ्रूण वायोप्सीले वाङ्शानुगत रोग छ कि छैन, बच्चा पेटमा बस्ने क्षमता बढाउने, स्वस्थ्य बच्चा छरछैन भन्ने कुरा पत्ता लगाइन्छ । सोही आधारमा आइभिएफ प्रविधिबाट निःसन्तान परिवारले बच्चा जन्माउँछन् ।
“आइभिएफबाट बच्चा जन्माउँदा भ्रूण वायोप्सी गर्नका लागि भारतबाट जनशक्ति मगाउँदा परिवारलाई रु दुईदेखि तीन लाख बढी खर्च हुने गर्दथ्यो”, उनले भने, “हामीसँग दक्ष जनशक्ति भएपछि अब निःसन्तान परिवारको उक्त रकम जोगिन्छ ।”
केन्द्रमा इम्बोयोलोजिष्ट डा अजयजङ्ग कुँवर र डा सम्झना रहेका छन् । आइभिएफ प्रविधिबाट भ्रूण आमाको पेटमा राख्नुभन्दा अगाडि भ्रूणमा अनुवाङ्शिक रोग छ वा छैन भन्ने कुरा पनि प्रि–इम्प्लान्टेसन जेनेटिक स्क्रिनिङ विधिबाट पत्ता लाग्ने अनुवाङ्शिक रोग विशेषज्ञ डा ठाकुरले बताए ।
यस्तै नेपालमा अहिले पनि निःसन्तान हुने बाँझोपन पुरुषमा पनि बढ्दै गइरहेको छ । अस्वस्थ्य खानपान, अत्यधिक गर्मी ठाउँमा काम गर्ने भएकाले पुरुषमा पनि बाँझोपन बढ्दै गएको हो ।
पुरुषको शुक्रकिटको कमी, शुक्रकिटको गतिशीलता कमी, शुक्रकिटमा भएको खराबी, शुक्रटिक आपूर्ति हुने नलीमा अवरोधजस्ता कारणले बाँझोपन बढ्दै गएको निःसन्तान रोग विशेषज्ञ डा निकिता दाहालले बताए। यस्तै हार्मोनको गडबडी उच्च तापक्रमको वातावरण वशाङ्णुगत समस्याका कारणले पनि पुरुषमा बाँझोपन बढ्दै गएको छ ।
उनका अनुसार निःसन्तान हुने कूल सङ्ख्यामा ३० प्रतिशत पुरुषमा समस्या देखिएको छ । पहिले २० प्रतिशत रहेको थियो । यसैगरी महिलामा ५० प्रतिशतमा निःसन्तानको समस्या देखिएको छ भने २० प्रतिशत महिला र पुरुष दुवैका कारणले निःसन्तान हुने गरेको छ ।
यस्तै महिलामा अस्वथ्यकर खाना, पाठेघरको नली बन्द हुनु कम वा थोरै मात्रामा डिम्ब ग्रन्थी रिजर्भ हुनु, मोटोपना, बढ्दो उमेर मद्यपान तथा धुम्रपानको सेवन गर्दा निःसन्तान हुने समस्या देखिने गर्दछ ।
|
कक्षा १२ को नतिजा साउनमै सार्वजनिक गरिने भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए ।
देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
|
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित काठमाडौं। क्यानडाको भ्यानकुभरमा यसै साता आयोजित एशिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपिजी) को वार्षिक प्लेनरी बैठकले नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन (म्युचुअल इभ्यालुएसन रिपोर्ट) पारित गरेको छ ।
उक्त बैठकले यसै वर्ष मूल्याङ्कन सम्पन्न भएका नेपालसहित ब्रुनाई र लाओसको प्रतिवेदन पनि पारित गरेको हो ।
गत मङ्सिर तेस्रो साता एपिजी टोली नेपालको अनुगमन गर्न आएको थियो । सोही अनुगमनका आधारमा तयार पारिएको मूल्याङ्कन प्रतिवेदन पारित भएको हो । प्लेनरी बैठकले पारित गरेको पारस्परिक मूल्याङ्कन प्रतिवेदनको फलोअप प्रतिवेदन एपिजीमा पेस गर्नुपर्ने हुन्छ ।
यसरी पारित भएको पारस्परिक मूल्याङ्कन प्रतिवेदन फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) मार्फत ग्लोबल नेटवर्कमा सञ्चार हुने र विभिन्न सुझाव आउनेछन् । सुझावसहितको प्रतिवेदन आगामी अक्टोबरमा सार्वजनिक हुनेछ भने प्रतिवेदनले आँैल्याएका विषयहरू कार्यान्वयनमा लैजाने कार्ययोजनासहितको प्रतिबद्धता सरकारले एफटिएफसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस अवधिमा मुलुक प्रत्यक्ष निगरानीमा रहनुअघि एफएटीएफले नेपाललाई अब्जरभेसन अवधि प्रदान गर्नेछ । जुन अवधिमा सुझाइएका कार्य कार्यान्वयन हुने अपेक्षा राखिएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले आगामी अक्टोबरमा एपिजीको पूर्ण प्रतिवेदन आएपछि एक वर्षको निगरानी अवधि रहने र सो अवधिमा नेपालले गरेको प्रगतिका आधारमा थप निर्णय गरिने बताए । नेपालले यसरी पाउने निगरानी समयमा विभिन्न नीतिगत सुधारका काम गर्नुपर्नेछ । त्यसपछि मात्रै ‘ग्रे लिस्ट’मा रहने नरहनेबारे टुङ्गो लाग्नेछ ।
एपिजीको वार्षिक साधारणसभासहितको बैठकमा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोली क्यानडा गएको थियो । एपिजीले नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित गरेको तथा बैठकमा नेपालले राखेका विषयबारे नेपाल राष्ट्र बैंकले आज जारी गरेको प्रेस नोटअनुसार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलाका केही विषयमा सुधार गरेको छ ।
“उक्त बैठकमा नेपालको पारस्परिक मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदनका सम्बन्धमा विस्तृत छलफल हुँदा मूल्याङ्कनकर्ताले यसअघि मूल्याङ्कन गरेको रेटिङमा एउटा सुझाव स्तरोन्नति भई उक्त प्रतिवेदनमा उल्लिखित अवस्थामा केही सुधार भएको थियो”, नेपाल राष्ट्र बैंकले भनेको छ, “बैठकमा नेपालको यससम्बन्धी कानून निर्माण र संशोधनसम्बन्धी विषयले उच्च प्राथमिकता पाएको थियो ।”
प्लेनरी बैठकमा बैठकमा एपिजीका सदस्य राष्ट्रहरू र पर्यवेक्षकका रूपमा फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ), विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युएन अफिस अफ ड्रग्स एन्ड क्राइम (युएनओडिसी) लगायत संस्थाको सहभागिता रहेको थियो ।
ढेड दर्जन कानून संशोधन हुँदै
‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ गत माघमा संसद्मा दर्ता भएको थियो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत विभिन्न २० वटा कानून संशोधन गर्न लागिएको छ ।
उक्त विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० मा संशोधन गर्न लागिएको छ ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४, पारस्परिक कानूनी सहायता ऐन २०७०, सङ्गठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्रतण ऐन २०७५ र बीमा ऐन २०७९ मा संशोधन गर्न लागिएको छ ।
शमुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा पनि विधेयकमार्फत संशोधनको प्रस्ताव गरिएको छ ।
|
काठमाडौं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’ काठमाडौ। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्।
गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरु गरिएको पोरखेलले बताए।
सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरिएको उनले बताए।
मादक तथा र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको शङ्का लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुव्र्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा÷नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले यात्रुलाई अनुरोध गरेको छ।
सो क्रममा बस बिसौनीबाट मात्र गाडी चढौंँ, सवारी साधनमा हुने पकेटमारीबाट बचौंँ, सवारी साधनमा हुने दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौँं लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको थियो।
ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ । यात्रुको आवतजावत बढी हुने स्थान काठमाडौँका न्यूरोड, शान्तिवाटिका, कालिमाटी, कलङ्की, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर तथा भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिनेछ ।
|
भ्रष्टाचार प्रकरणमा दोषीलाई उन्मुक्ति दिइदैन : गृहमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा लगायत प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका हुन् ।
उनले अहिले व्यक्ति भन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गरे । त्यस्तै श्रेष्ठले राष्ट्र र जनताविरुद्ध भएका कामको प्राथमिकताका आधारमा अनुसन्धान अघि बढाइने पनि जानकारी दिए ।
उनले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीति सफल गर्ने अभियानमा आफु लागेको पनि धारणा राखे ।
|
लागूऔषधसहित वीरगञ्जबाट एक जना पक्राउ वीरगञ्ज । लागूऔषधसहित पर्सा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।
लागूऔषधसहित प्रहरीले चितवनको खैरनी नगरपालिका–२ पर्साटोल बस्ने २० वर्षीय सुनिल विकलाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै बसबाट विकलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।
उनको साथबाट लागूऔषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरीले जनाएको छ। पक्राउ परेका विकलाई लागूऔषधसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ।
|
काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना काठमाडौं । काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना भएको छ ।
काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो काभ्रे र भक्तपुरको सीमाना साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल खसेको बनेपा प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको छ । दुर्घटनापछि घाईतेहरुको प्रहरी र स्थानीयहरुले उद्दार गरेका थिए ।
|
धनकुटामा हतियारसहित एक जना पक्राउ धनकुटा। चौबिसे गाउँपालिका-५ बज्रमाई बस्ने ५० वर्षीय सोइतन विकलाई एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित प्रहरीले पक्राउ गरेको छ ।
रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय भिम बहादुर याख्खालाई बाँदर जस्तो ठानी भरुवा बन्दुक प्रहार गर्दा घाइते भएको भन्दै विक स्वयंले खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो।
घाइते याख्खालाई उपचारको लागि धरान घोपा अस्पताल लगिएको र अवस्थामा मध्यम रहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
काठमाडौंको होटलको कोठा नम्बर २०४, जहाँ पाकिस्तानी सीमा हैदर र भारतका सचिन ७ दिन बसे काठमाडौं । पाकिस्तानकी सीमा हैदर र नोएडाका सचिन मीणा नेपालको राजधानी काठमाडौंको एउटा होटलमा बसेका थिए । दुवै सात दिन होटलमा बसेपछि ट्याक्सीमा बसे । सीमा र सचिन बसेको होटलको रजिष्टरमा यी दुईको प्रविष्टी छैन । होटल व्यवस्थापनका अनुसार दुवैले नाम परिवर्तन गरेको हुनुपर्छ ।
सीमा हैदरको मुद्दा चर्चामा आएपछि सीमा र सचिनले प्रहरीलाई जानकारी गराएका थिए कि उनीहरू दुवै काठमाडौंको होटल न्यू विनायकमा ७ दिनदेखि बसेका थिए । जब भारतीय आजतकले होटल न्यू विनायकमा पुगेर सम्पूर्ण कथाको जानकारी लियो, धेरै कुराहरू बाहिर आए।
यहाँका होटल रिसेप्सनिस्ट गणेश रोकमगरले आजतकलाई भने, ‘काठमाडौंको यस क्षेत्रमा धेरै होटल छन्, जसले यहाँ बस्नेको परिचयपत्र लिँदैनन्, दर्तामा नाम र विवरण मात्रै लेखिएको हुन्छ । त्यसपछि उनीहरुलाई होटलको कोठा दिइन्छ ।’
रिसेप्सनिस्ट गणेशको कुरा सुनेपछि उनले होटल न्यू विनायकको रजिस्टर चेक गर्दा सीमा र सचिनको नाम भेटिएन भने गणेशले आफूले नै सीमा र सचिनको कोठा बुक गरेको बताउँछन् । गणेशले भने, होटेल प्रवेश गर्दा सचिनले दर्तामा नाम परिवर्तन गरेको हुनुपर्छ ।
गणेशले भने कि सचिन पहिले आएका थिए, उनले मेरी श्रीमती पनि आउँदैछिन् भनेर कोठा बुक गरे । त्यसपछि दुवै सँगै बसे र धेरै रिलहरू बनाए। दुबैले गणेशको बच्चा र परिवारसँग रिलहरू बनाए, जुन आजतकले आफूसँग उपलब्ध भएको बताएको छ।
होटलका रिसेप्सनिस्ट गणेशले भने कि उनीहरूको बिहे रिलमा देखिएकै कोठामा भएको हो । दुवै जना पशुपतिनाथ मन्दिर जाने गर्थे । एकपटक सीमाले क्लब र पबमा जान पनि रुची देखाएकी थिइन्, तर होटल व्यवसायीले त्यहाँ भारतीयहरू ठगिएको बताएपछि उनी गइनन् ।
सीमा हैदर र सचिन मीणा न्यू विनायक होटलका रिसेप्शनिस्ट गणेशको परिवारसँग घुलमिल भएका थिए, उनीहरूले सीमा पाकिस्तानी हुन् भन्ने शंका गरेनन्। सीमाले आफू पाकिस्तानबाट आएको बताएकी थिइनन् । दुबैजना धेरैजसो समय कोठामा बिताउने गर्थे ।
एक दिन दुवै जना हतार हतार ट्याक्सी चढेर पोखरा तर्फ निस्किएको गणेश बताउँछन् । होटलको २०४ नम्बर कोठा निकै सानो रहेको गणेशले बताए । प्रति दिन करिब ५ सय रुपैयाँ उपलब्ध छ । कोठामा ऐना छ। त्यहाँ एउटा सानो डबल बेड छ।
|
स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या काठमाडौँ। यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्।
एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो। यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले जानकारी दिए।
स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटकपटक रोकिएको काठमाडौँ उपत्यकाको फोहरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ।
नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाइँले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहर व्यवस्थापन गर्न नदिने स्पष्ट पारे। धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमतिको एकवर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहर व्यवस्थापनमा रोक लगाइएको बताए।
यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयवासीले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुप¥यो भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताउँछन्।
विगत १५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकोको फोहर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो। फोहर व्यवस्थापनमा रोक लगाएपछि फोहरमैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो। उक्त रिटमा सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो।
अदालतको आदेशको पनि अवज्ञा गर्दै विगत तीन दिनदेखि स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरिरहेका छन्। हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट दैनिक तीन सय गाडी फोहर उक्त स्थानमा लाने गरिएको छ। – रासस
|
नेपाल महिला फुटबल टिमको समर्थन गर्न युनिलिभर नेपालले एन्फासँग गर्यो साझेदारी काठमाडौँ। व्यक्तिगत हेरचाहका वस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनी युनिलिभर नेपालले आफ्नो सम्मानित ब्राण्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको छ। यस उल्लेखनीय सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिवद्धतामा अझ जोड दिएको कम्पनीले जनाएकाे छ।
विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदान बढ्दै गइरहेको वर्तमान परिपेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पुर्याउन खाेजेकाे कम्पनीकाे विज्ञप्तिमा उल्लेख छ।
यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्धन गर्न नजिकबाट काम गर्नेछ। साथै, कम्पनीले उक्त टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पुर्याउने एवम् आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पुर्याउने लक्ष्य लिएको छ।
युनिलिभर नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तिकरणको लागि प्रतिबद्ध हुनुको सकारात्मक पक्ष रहेकाे कम्पनीले जनाएकाे छ। युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) एकसाथ उभिनाले खेलकुदमा महिलाहरूको लागि भविष्य अझ उज्यालो बनाउने र महिला फुटबल खेलाडीहरूको पुस्तालाई प्रेरित गर्छ भन्ने मुख्य लक्ष्य लिएको छ।
|
सिनामंगलमा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ काठमाडौं। काठमाडौं सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ। सुन पसलको सटर अगाडि राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भएको।
सुन पसलमा शंकास्पल बस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ। उनलाई सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्था प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई गौशाला प्रहरीमा राखिएको छ।
आफूसँग पटक पटक फाोन नगरेर पाँच लाख रुपैयाँ नदिए बम राख्न धम्की आएको सुन पसल सञ्चालक मने विश्वकर्माले बताएका छन्।
सुन पसलमा संयोजक सफलको नाममा पर्चा टाँसिएको थियो। जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला।’
|
पोखरा आसपासमा भूकम्पको धक्का काठमाडौं । पोखरा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ५३ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कास्की केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
|
कालिकोटमा रोपाइँको चटारो (फोटोफिचर) कालिकोट। मनसुन सुरु भएसँगै मुलुकभर रोपाइँ गरिँदैछ। कतिपय ठाउँमा रोपाइँ सकिएको छ भने कतिपय ठाउँमा धमाधम रोपाइँ गरिँदैछ।
कालिकोट जिल्लाको सेरिचुला गाउँमा भने यतिबेला किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ।
नेपाल कृषि प्रधान देश भएपनि कृषिको आधुनिकीकरण नभएका कारण गाउँघरमा अझै पनि रोपाइँ गर्न गोरुको भर पर्नुपर्ने बाध्यता छ। सेरिचिउला गाउँमा रोपाइँ गर्दै गरेका किसा नारी सार्की भन्छिन्, ‘तराइमा खेत जोत्नका लागि ट्रयाक्टर हुन्छ, यहाँ गोरुको भर पर्नुपर्छ,’ उनले भनिन्।
समयमा पानी नपर्दा अझै पनि कतिपय ठाउँमा रोपाइँ गर्न ढिलाइ भएको छ। कालिकोटको सेरिचुला निकै दुर्गम भेग हो। यहाँ मोटर बाटो पुगेको छैन, त्यसैले त्यहाँ गोरुले रोपाइँ गर्नुको विकल्प छैन। सदरमुकाम मन्माबाट सरिचुरा पुग्न पैदल तीन घण्टा लाग्छ।
|
सिनामंगलमा शंकास्पद वस्तुसहित बम रहेको पर्चा फेला काठमाडौं। काठमाडौको सिनामंगल पुलनिर शंकास्पद वस्तुसहित बम रहेको भन्ने पर्चा फेला परेको छ।
संयोजक सफल लेखिएको पर्चामा खोटाङ हलेसी ज्वयलर्ससँग चन्दा मागिएको पर्चा र शंकास्पद बस्तु फेला परेको काठमाडौ प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार अहिले त्यहाँ सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् भने बम डिस्पोजल टोलीलाई समेत खबर गरिएको छ।
|
आजको मौसमः देशका पहाडी भू-भागमा भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका केही गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
|
लागुऔषध कारोबारमा बालिकाको प्रयोग काठमाडौं। लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ ।
एक १६ वर्षीया किशोरीको नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहले किशोरीको नागरिकताको दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट दुई किलो गाँजा नेपालमा झिकाएको भेटिएको छ ।
किशोरीलाई गाँजा तस्करीमा प्रयोग गरेका साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए। उनका अनुसार सुरुमा पार्सल आएको गाँजा लिन त्यही किशोरीलाई उनले काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो कम्प्लेक्समा पठाएका थिए ।
अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको दुई किलो गाँजा लिन पुगेकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनलाई साहले परिचालन गरी लागुऔषधको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका साहउपर जिल्ला अदालत काठमाडौंबाट म्याद लिई लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको जोशीले बताए।
|
बालिका बलात्कारकाे आरोपमा चार जना प्रहरीको नियन्त्रणमा राजविराज । एक बालिकालाई घरबाट उठाएर बाहिर लगी सामूहिक बलात्कार गरेको आरोपमा आज चार पक्राउ परेका छन् ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–१२ धर्मपुरमा यो घटना भएको हो । दुष्कर्ममा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ४० वर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदीप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडित बालिका र अभिभावकले लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरूलाई पक्राउ गरिएको छ । सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले उनीहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा म्याद थपका लागि सप्तरी जिल्ला अदालत पठाइएको जानकारी दिए ।
शुक्रबार राति कञ्चनरुप नगरपालिमा बस्ने १७ वर्षीया बालिकाको घरभित्र प्रवेश गरी चारै जनाले बलपूर्वक उठाएर गाउँकै सोमबहादुर मगरको घरमा लगी बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
कैलाशको आदेशमा दिपेश, सुदीप, मनोजले खुकुरी देखाउँदै धम्की दिँदै पालैपालो जबरजस्ती करणी गरी निजको छोरीलाई घरमा पुर्याएको प्रहरीको भनाइ छ । प्रवक्ता सिंहले बालिकाले घटनाबारे ३१ असारमा जानकारी गराएको थियो ।
|
स्वीस टुरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट काठमाडौं। काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ ।
यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको हो । पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीको निर्णायक समितिले कामपलाई अवार्डका लागि छनोट गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
कामपा प्रमुख बालेन्द्र साहलाई पत्र पठाउँदै आयोजक संस्थाले भनेको छ, “यस क्षेत्रको आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यको विशिष्ठतालाई प्रवर्द्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।”
काठमाडौँको सांस्कृतिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक सम्पदा, मूर्त\अमूर्त सम्पदा र जीवन्त सहरी रमाइलो वातावरणका कारण आगन्तुकलाई मोहित बनाउने पत्रमा उल्लेख छ ।
यो अवार्ड वितरण विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्नेछन । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।
प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु र पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । पर्यटन विकासको सम्भावना उच्च बनाउनु, गन्तव्यको सञ्चार र बजारीकरण गरेर सोखिन पर्यटकसमक्ष सूचना पुर्याउन मद्दत गर्नु यसको अर्को उद्देश्य हो ।
अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मूल्य र पेसाका विषयमा चर्चा गरिन्छ । स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्द्धक कार्यक्रममा सहभागी हुनेछन् ।
|
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार पर्ने जनाएको छ ।
दूर्वाष्टमी व्रत अर्थात् गौरा पर्व मनाउने सन्दर्भमा, विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र टेलिफोनको माध्यमसमेत प्रयोग गरी सर्वसाधारण जनतालाई भ्रम सिर्जना गराइरहेको र धर्म संस्कृतिमा समेत असर परिरहेको भनी विभिन्न माध्यमबाट यस समितिमा जानकारी प्राप्त भएकाले यस सम्बन्धमा समितिले निर्णय सार्वजनिक गरेको हो ।
दूर्वाष्टमी व्रत र गौरा पर्वको सन्दर्भमा यस समितिले विसं २०८० को चाडपर्व निर्णय गर्दा सम्बन्धित क्षेत्रका विद्वान् विदुषीसँग रायसुझाव लिई व्यापक छलफल गरेर निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समितिबाट निर्णय गरिएका चाडपर्व समावेस गरी प्रकाशित भएका पञ्चाङ्गमा भदौ ७ गते दूर्वाष्टमी व्रत र गौरा पर्वको उल्लेख गरिएको छ ।
उक्त पर्व सम्बन्धित क्षेत्रमा भदौ ७ गते मनाउनु हुँदैन र भदौ २१ गते मनाउनुपर्छ भन्ने बहस चलिरहेको जानकारी समितिमा प्राप्त भएको हुँदा समितिका तर्फबाट सम्बन्धित क्षेत्र समेतका विद्वान् ज्योतिषी, धर्मशास्त्रका विद्वान् र चाडपर्वका मर्मज्ञसँग विचारविमर्श गरेर विज्ञप्ति सार्वजनिक गरिएको समितिले जनाएको छ ।
|
राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार काठमाडौं। यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको आज बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औँ जन्मजयन्तीको अवसरमा यही साउन ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिए ।
उक्त पुरस्कारको राशि रु एक लाख रहेको छ । गत वर्ष उक्त पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो ।
|
कमैयाप्रथा अन्त्यको २३ वर्ष पुरा, व्यवस्थापनको अझै टुङ्गो लागेन काठमाडौं । सरकारले कमैयाप्रथा अन्त्य घोषणा गरेको २३ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिए पनि सरकारले उनीहरुको व्यवस्थापनका केहि काम अझै टुङ्गो लगाउन सकेको छैन् ।
खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा कमैयाप्रथा थियो । मुक्त कमैयाहरुले अझैसम्म पनि पुनःस्थापना र व्यवस्थापन नभएको गुनासो गर्दै आएका छन् । उनीहरुले सरकारबाट प्राप्त गर्ने सबै सुविधाबाट बञ्चित भएको बताएका छन् ।
दाङ जिल्लामा मात्रै ७ सय ५ मुक्त कमैयाँले जग्गाको लालपुर्जा पाएका छन् । जसमध्ये १७ जनाले लालपूर्जा पाएपनि जग्गाको भोकचलन गर्न पाएको छैनन् । २९ जना मुक्त कमैयाँको जग्गा नदीको किनार र बगरमा परेको छ । जिल्लाका १४ स्थानमा मुक्त कमैयाँ शिविर राखिएको छ । छुट मुक्त कमैयाँको लगत संकलन हुन नसक्दा मुक्त कमैयाँ पुनःस्थापनाको काम अझैं अधुरै रहेको मुक्त कमैया समाज, दाङका अध्यक्ष हरिचन्द्र चौधरीले बताए ।
वर्षौंसम्म पनि सरकारले उचित व्यवस्थापन गर्न नसक्दा मुक्त कमैयाहरुले मुक्त कमैयाप्रथाको अन्त्य घोषणा भएको दिनलाई आन्दोलनको रुपमा मुक्ति दिवस मनाउँदै आएका छन् ।
|
संघीय संसद सचिवालयलाई चीनले दियो सवारीसाधन काठमाडौं। चीन सरकारले संघीय संसद सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।
एक वर्षअघि नेपाल भ्रमणमा आउनुभएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो ।
अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए।
करिब रु तीन करोड मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो।
हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो ।
विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो ।
|
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा, एक वर्षभित्रमा सञ्चालन गर्ने तयारी काठमाडौं। मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ ।
काठमाडौँ उपत्यका प्रवेश विन्दु मानिने नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ ।
सुरुङमार्गको मुख्य टनेल निर्माण हुन अब पाँच सय २५ मिटर बाँकी छ भने आपत्कालीन अवस्थामा उद्धारका लागि निर्माण गरिएको ‘रेस्क्यू टनेल’को ७४ मिटर खन्न बाँकी छ । यो विवरण गत असार २९ गतेसम्मको भएको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाको मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर रहेकामा पूर्वतर्फबाट नौ सय ६९ मिटर र पश्चिमतर्फबाट एक हजार एक सय ९३ मिटर गरी कूल दुई हजार एक सय ६३ मिटर बराबर सुरुङ निर्माण भइसकेको छ ।
यसैगरी आकस्मिक उद्धारका निर्माण गर्न लागिएको ‘रेस्क्यू टनेल’को कुल दुई हजार पाँच सय ७५ मिटरमध्ये हालसम्म पूर्वतर्फबाट एक हजार तीन सय एक मिटर र पश्चिमतर्फबाट एक हजार दुई सय मिटर सुरुङ खनिएको छ । यस्तै मुख्य र सहायक सुरुङ जोड्ने क्रस प्यासेज एक सय १५ मिटर खनिएको छ । त्यसको लम्बाइ एक सय २८ मिटर बराबर छ ।
हालसम्म सुरुङ निर्माणको भौतिक प्रगति ८९ दशमलव २० प्रतिशत बराबर छ । समग्रमा आयोजनाको कूल भौतिक प्रगतिक ५५ दशमलव १३ प्रतिशत र वित्तीय प्रगति ५८ दशमलव ७० प्रतिशत बराबर छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री गङ्गालाल तुलाधर, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत उच्चस्तरीय टोलीले आज आयोजना स्थल निरीक्षण गरेको हो।
स्थलगत निरीक्षणपछि मन्त्री ज्वालाले आयोजनाको काम तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै सानाभन्दा साना समस्या समाधानका लागि मन्त्रालयले अधिकतम प्रयास गरिरहेको उल्लेख गरे। आयोजनाका अनुसार अबको केही दिनमा ‘रेस्क्यु टनेल’ निर्माण सम्पन्न गर्ने र निकट भविष्यमै मुख्य सुरुङसमेत खनिसक्ने तयारी छ ।
आगामी एक वर्षभित्रमा सवारी साधन नै चलाउन सकिने गरी तीव्ररूपमा काम अगाडि बढेको सम्बद्ध अधिकारीले जनाएका छन् । सुरुङमार्ग विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि थप गरिएको छ । पछिल्लो पटक थपिएको समयअनुसार विसं २०८१ को असोजसम्म पूरा गर्नुपर्ने छ ।
मुलुकका प्रमुख सहरसँग सम्पर्क गर्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक नारायणगढ–मुग्लिन–नौबिसे–काठमाडौँ खण्डमा पर्ने नागढुङ्गा भञ्ज्याङमा सुरुङमार्ग निर्माण गरिएको हो ।
सरकारले २०६९ माघमा विभिन्न चरणको सर्वेक्षणको काम सम्पन्न गरेको थियो । सुरुङमार्गले सडकमार्गको अवस्था सुधार हुने अपेक्षा गरिएको छ । देशका अन्य स्थान तथा प्रमुख सहरसँगको यातायात सम्पर्क भरपर्दो हुने, समय यातायात सञ्चालन खर्चमा बचत हुनाका साथै यात्रासमेत सुरक्षित हुनेछ ।
आयोजनाको कूल लागत रु २० अर्ब ६० करोड बराबर छ । त्यसमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का तर्फबाट रु १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट रु चार अर्ब ८० करोड बराबर उपलब्ध गराइएको छ ।
जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको सो ऋणको ब्याजदर शून्य दशमवल शून्य एक प्रतिशत छ । सुरुको १० वर्षपछि मात्रै ब्याज लाग्ने गरी चुक्ता समय ४० वर्ष तोकिएको छ । नेपाल सरकार र जापान सरकारबीच २०१७ डिसेम्बर २२ मा ऋण सम्झौता भएको थियो । जापानी कम्पनी हाजमा एन्डो करर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ ।
आयोजनामा हाल बलम्बुमा ‘फ्लाईओभर’ निर्माण भइरहेको छ । साथै पूर्व र पश्चिमतर्फको पहुँच सडक निर्माण भइरहेको छ । पश्चिमतर्फको पहुँच सडकमा हेवा पर्खाल निर्माण र अन्य काम जारी छ ।
आयोजनाको पूर्वतर्फ करिब ६० वटा घरमा दरार देखिएकाले स्थानीयले पटक पटक काममा अवरोध गर्ने गरेका छन् । सो समस्या समाधानका लागि भवन विभागले आवश्यक अध्ययन सुरु गरेको छ । विभागले दिने प्रतिवेदनका आधारमा क्षतिपूर्तिको रकम निश्चित गरी समााधान गर्ने तयारी छ ।
यसैगरी आयोजनाको पश्चिमतर्फ पहिरो रोकथामका लागि केही स्थायी प्रकृतिका संरचना निर्माण गर्नुपर्नेछ । सो कार्यका लागि स्थानीयवासीले पटक पटक आग्रह गर्दै आएका छन् । पहिरो नियन्त्रणका लागि आवश्यक जग्गा अधिग्रहण गर्नुपर्नेछ । मुआब्जा वितरणका लागि आयोजनाले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिसकेको छ ।
त्यस्तै, बलम्बुमा एउटा घर भत्काउने विषयमा सहमति हुन सकेको छैन । घरको मुआब्जा र स्वामित्व विवादका कारण समस्या उत्पन्न भएको छ । नक्सा र लालपुर्जामा जग्गाको क्षेत्रफल फरक परेको, मुआब्जा अस्वीकार गरेको तथा मुआब्जा बुझेर पनि घर भत्काउन अटेर गरेको पाइएको छ । जग्गा सडक र राजकुलोको मापदण्डमा परेकाले थोरै मात्र जग्गा बाँकी रहने भएकाले स्थानीयले पूरै जग्गाको मुआब्जा माग गरेको अवस्था छ ।
सरकारले आयोजनालाई प्रमुख प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री ज्वालाले आवातजावतमा सहजताका निम्ति कुनै पनि कसर बाँकी नराखिने बताए। सो आयोजनाले नेपालको समृद्धिमा योगदान पुर्याउने र सुरुङ युगमा लगेको समेत उनको भनाइ छ ।
|
एक केजी सुन र नक्कली रूपैयाँसहित दुई जना पक्राउ काठमाडौं। काठमाडौंको बसुन्धराबाट प्रहरीले सुनजस्तो देखिने पहेलो धातु एक किलोहजार दरका र २ नक्कली नोट बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभर्याङमा दुर्गा बहादुर खत्री क्षेत्रीको कोठा खानतलासी गदो सो सामान फेला पारेको हो।
प्रहरीले गोरखाको आरुघाट गाउँपालिका-१० का ४८ वर्षीय दुर्गाबहादुर खत्री क्षेत्री र भारतको लखनउ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्ने वर्ष ४५ को विनय कुमार सिंहलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट २००० दरको भारतीय नक्कली नोट नोट थान-४, १००० दरको नेपाली नक्कली नोट जस्तो देखिने नोट थान-६, ५०० दरको भारतीय नक्कली नोट थान-४ बरामद भएको हो।
१ केजी फाइन गोल्ड’ लेखिएको सुन थान-२, ‘१० जी फाइन गोल्ड ९९९.९’ लेखिएको सुन राखिएको क्यूआर कोड राखिएको प्याकेट थान-२००, ‘१० जी फाइन गोल्ड ९९९.९’ लेखिएको सुन जस्तो पहेँलो धातुका टुक्रा थान-२०, सुनजस्तो पँहेलो धातुको टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता थान-१०० बरामद भएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई काठमाडौं परिसर पठाएको छ।
|
खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन पोखरा। पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उनले छाड्न सकेका छैनन्।
‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरु उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, दुईपटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनु पर्छ, उत्पादन हुन कम्तीमा १० महिना कुर्नुपर्छ, तर आम्दानी भने धानभन्दा दोब्बर हुन्छ, कृषक अधिकारीले भने, “अघिल्लो वर्ष चार रोपनीमा लगाएको उखु र खुदो बिक्रीबाट रु साढे दुई लाख आम्दानी गरेँ।”
“पुरानो जमाना त्यतिबेला पैसा देख्न पाइँदैन्थ्यो, खेतमा सिँचाइ पनि थिएन, पुर्खाहरुले धानको विकल्पमा उखु खेती गर्दै आएका रहेछन्, वर्षभरि उखु खेती गरी उत्पादन गरेको खुदो बिक्रीबाट छोराछोरीको शिक्षादीक्षा, पालनपोषण र वर्षभरि लागेको ऋण तिर्ने गरेको इतिहास पोखरा–३२ को मालेपाटन र ढोडबेँसीले बोकेका छन्”, अधिकारीले भने, “युवा पुस्ता उखु खेतीभन्दा पनि विदेश जान रुचाउने गर्छन् ।”
ढोडबेँसी र मालेपाटनमा उत्पादित खुदो पोखरा बजारमा प्रख्यात छ, पुस १५ र माघे सङ्क्रान्तिमा घरबाट खुदो खोसाखोस हुने गरेको उखु किसान यज्ञप्रसाद अधिकारीको भनाइ थियो । विगतका दिनहरुमा खुदो बिक्रीका लागि गाग्री र टिनहरुमा बोकेर पोखरा बजार जानुपथ्र्यो तर १५ वर्षयता गाउँबाट नै बिक्री हुने गरेको छ, बाँकी रहेको खुँदो स्थानीय मालेपाटन कृषि सहकारी संस्थाले प्रशोधन गरी बिक्रीका लागि बजारमा लाने गरेको छ ।
यतिबेला ढोडबेँसीमा तीन सय र मालेपाटनमा एक सय रोपनी जमिनमा उखु खेती गरिँदै आएको छ । उखु खेती प्रतिवर्ष घट्दो क्रममा छ । यहाँका ७० भन्दा बढी किसान व्यावसायिक उखु खेतीमा लागेका छन्। पोखरा महानगरपालिकाको यस वर्ष एक वडा एक पकेट क्षेत्र कार्यक्रमअन्तर्गत पोखरा–३२ को ढोडबेँसी र मालेपाटनलाई उखु पकेट क्षेत्र घोषणा गरी कृषि अनुदान सहयोग सुरु गरेको छ । चार सय रोपनी जमिनमा लगाइएको उखुबाट वार्षिक रु दुई करोडको खुदो उत्पादन हुने गरेको किसान पद्मराज तिवारीले सुनाए।
उखु खेतीसँगै उनीहरुले पशुपालनसमेत अगाडि बढाएका छन् । कास्कीमा व्यावसायिक रूपमा उखु खेती गरिने एकमात्र ठाउँ भनेकै ढोडबेँसी र मालेपाटनलाई मानिँदै आइएको छ । स्थानीय किसान मोहन धमालाले भने, “चैत, वैशाखदेखि उखु खेतीको तयारी सुरु गरी पुसमाघसम्म बाली भित्र्याउँछौ।”
उखुलाई अन्य बालीमा जस्तो पर्याप्त सिँचाइको आवश्यकता पर्दैन । खेतीयोग्य फाँट भए पनि ढोडबँेसीमा सिँचाइ सुविधा छैन । तराईमा उखुबाट चिनी वा सक्खर बनाइन्छ । पहाडमा भने उखुबाट खुदो नै बनाइन्छ । उखुका लाक्रा पनि बिक्छन् । पहाडमा चाम्रे बनाउँदा पनि खुँदो हाल्ने चलन छ । कोदाको ढिँडोलाई खुँदोमा डुबाएर खाने पनि गरिन्छ ।
उखुको पकेट क्षेत्र घोषणा गर्दै पोखरा महानगरपालिकाले उखु किसानलाई प्रोत्साहन, रोग तथा किरा नियन्त्रण र प्याकेजिङका लागि गत सोमबार रु १० लाख २० हजार प्रदान गरेको थियो । महानगरपालिकाको कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले उनीहरुलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। उनले उखुसँगै कागती उत्पादनमा पनि उपयुक्त जमिन रहेको जानकारी दिँदै कागती खेतीमा समेत लाग्न किसानलाई सुझाव दिए।
“उखुको पात र बारीमा उम्रिएका घाँस तह लगाउन पनि गाईभैँसी पाल्नुपर्ने रहेछ, स्थानीय कृषक लीलादेवी धमलाले भनिन्, “उखुबारी भित्रै पनि घाँस खेती गर्न सकिने भएकाले उखु र पशुपालन एकअर्काका सहायक भएका हुन् ।”
बाँदर, दुम्सीलगायत जङ्गली जनाबरबाट उखुखेती जोगाउनुपर्ने भएकाले किसानलाई हैरानी भएको कृषक धमलाले सुनाइन्। यहाँका किसानले बाँसकडा, जीतपुर, ग्यामरालगायत स्थानमाा उखु उत्पादन गर्दै आएका छन् । पोखरा–३२ का वडासदस्य तीर्थराज ओझाले पकेट क्षेत्र घोषणासँगै रोजगारीका लागि विदेश पुगेका युवालाई पनि उखुखेतीतर्फ आकर्षण गर्नुपर्नेमा जोड दिए।
|
मध्यपुरठिमीबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ भक्तपुर। मध्यपुरठिमीबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
मध्यपुरठिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
खड्काको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार २५ रुपैंया र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
अवैध रूपमा विदेश लैजान लागेको अमेरिकी डलरसहित ४२ वर्षीय लेबनान नागरिक पक्राउ काठमाडौँ। अवैध रूपमा विदेश लैजाने लागेको अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा लेबनान नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन्।
नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.