content
stringlengths 20
64.1k
⌀ |
---|
गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा बारा। बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले १ लाख रुपैया जरिवाना तिराएको छ।
निजगढ काठमाडौँ द्रूतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नम्बर नभएको एउटा अनटेष्ट जेसिबी, प्रदेश २–०३–००१ ख २८३२ र प्रदेश २–०३–००१ ख ४९५७ नम्बरको दुईवटा टिप्परका चालक निजगढ नगरपािलका वडा नम्बर ४ बस्ने वर्ष ४३ का रोहित चौधरी र वर्ष ४४ का वीरवल थारुलाई सोमबार बिहान २ बजे नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति बारामा बुझाएको थियो।
जेसिबी चालक अन्दाजी वर्ष ४७ का चीनिया नागरिकको भने नाम थर खुल्न नसकेको निजगढ प्रहरीले जानकारी दिएको छ। फास्टट्याक निर्माणको ठेक्का लिएको चीनिया कम्पनीले निषेधित अवधिमा अवैध रुपमा राति उत्खनन गरेको पाइएपछि साधन र त्यसका चालकलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
चिनियाँ कम्पनीले भने फास्टट्याकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटीबालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ। वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढने भन्दै सरकारले केही वर्ष अघिदेखि असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउदै आएको छ।
|
भारतीय पत्रकारको नेपालमा दादागिरी, महासंघ ‘बेखबर’ काठमाडौं। सप्तकोसी पुलबाट शुक्रबार मालबाहक ट्रक खसेको विषयमा रिपोर्टिङ गर्न आएका भारतीय पत्रकारले नेपाली पत्रकार तथा प्रहरी कर्मचारीमाथि गरेको दुर्वव्यहारको घटनामा पत्रकार महासंघ बेखबर देखिएको छ।
सप्तकोसी नदीमा खसेको ट्रकको विषयमा नेपाली भूमिमा प्रवेश गरेका भारतीय पत्रकारको दादागिरी असभ्य हर्कतले नेपाली पत्रकार र सशस्त्र प्रहरी माथि असभ्य व्यवहार भइरहँदा नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले हालसम्म कुनै प्रतिक्रिया जनाउँन सकिरहेको छैन।
रिपोर्टिङका क्रममा पुगेका नेपालका पत्रकार सोनुकुमार दासले भारतीय मिडियाका रिपोर्टरहरुलाई नेपाल प्रवेशका लागि अनुमति कहाँबाट लिएको हो? भनेर जिज्ञासा राख्दा भारतीय पत्रकारले जिल्ला प्रशासन कार्यालयमा गाडी राखिएको बताए पनि उनले आफ्नो अनुमति प्रक्रिया बारे कुनै जानकारी दिन सकेका छैनन्।
अन्य मुलुकको पत्रकार नेपाली भूमिमा प्रवेश गरेर रिपोर्टिङ गरिरहँदा नेपाल सरकारसँग सम्बद्ध निकायको अनुमति लिन आवश्यक हुन्छ।
एकातिर आफैंले अनुमति नलिएरै नेपाली भूमिमा प्रवेश गरेका भारतीय पत्रकारले बलजफ्ती रुपमा त्यहाँ रहेका पत्रकार, सुरक्षाकर्मी र स्थानीयलाई अनावश्यक र अस्वभाविक प्रश्न हैरानी दिएका छन्।
भारतीय पत्रकारको टोलीमा आएकी एक महिलालले नेपाली पत्रकार माथि अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भारतीय पत्रकारको टोलीमा आएकी एक महिलाको अपशब्दले समग्र नेपाली पत्रकारमाथि नै लज्जाबोध तुल्याएको छ। समग्र नेपाली पत्रकारमाथि नै भारतीय पत्रकारले अपमानजनक व्यवहार गर्दै हिन्दी भाषामा सोधिएको प्रश्नको जवाफ सोही भाषामा अनिवार्य रुपमा दिन भन्दै भारतीय पत्रकारले नेपालीमाथि ज्यादती गरेको प्रष्ट देखिन्छ।
भारतीय पत्रकारले हिन्दी भाषामा प्रश्न गर्दै त्यहाँस्थित नेपाली पत्रकार दास, सुरक्षाकर्मीलगायत अन्य स्थानीयलाई समेत गरिएको व्यवहार बारे नेपाली पत्रकारको साझा संस्था पत्रकार महासंघले हालसम्म संस्थागत धारणा सार्वजनिक गरेको छैन।
यस बारेमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसँग सम्पर्क गर्दा उनले भर्खरै आफूले जानकारी पाएको बताउँदै उनले महासंघका कोशी प्रदेश अध्यक्षसँग यसबारेमा थप जानकारी लिने प्रयत्न गरिरहेको बताए।
उनले भारतीय टेलिभिजन पत्रकारले नेपाली पत्रकारमाथि गरेको दुर्व्यवहारबारे पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाए।
उनले भने, ‘यस विषयमा मैले हिजो बेलुकामात्रै जानकारी पाएँ। घटनाबारे थप बुझ्न कोसी प्रदेश अध्यक्षसँग सम्पर्क गर्न लागेका छौं।’ कोसी प्रदेशका अध्यक्षसँग थप जानकारी लिएर महासंघले यसबारेमा ठोस धारणा छिट्टै सार्वजनिक गर्ने उनको भनाइ छ।
उनले अगाडि भने, ‘यो घटनाबारे महासंघको ध्यानाकर्षण भएको छ। भारतीय पत्रकारले गरेको यस प्रकारको ज्यादती सैह्य छैन। यसबारेमा संस्थागत धारणा सार्वजनिक गर्ने तयारीमा छौं।’
उनले नेपाली भूमिमा प्रवेश गरेर भारतीय पत्रकारले गरेको अस्वभाविक हर्कतले समग्र नेपाली पत्रकार जगतकै अपमान भएको बताए।
|
१५ भाद्रदेखि काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरु हुने काठमाडौँ। इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चर्स एन्ड ईम्पोर्टर्स एसोसिएसन अफ नेपाल (EVMIAN), मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को संयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ।
नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी गराएका छन्। विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्रान्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन्।
एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेसन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएका छन्।
यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी गराएका छन्।
पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ। यसका साथै उत्पादित विद्युत खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ। विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ। यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउँछ।
यसका साथै प्रदर्शनीले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने बताइएको छ। गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने आयातका हिसाबले कार जिप भ्यानको शीर्षकमा विद्युतीय सवारीको हिस्सा झन्डै ४० प्रतिशत रहेको छ भने विद्युतीय दुई पाँग्रे, रिक्सा माइक्रोबस वस तथा अन्य सवारी साधनहरूमा पनि उल्लेख्य रुपमा बढेको छ। आउने वर्षहरूमा विधुतिय सवारीको बजार क्षेत्र अझै विस्तारित हुँदै जानेमा कुनै शंका छैन।
हालका दिनहरूमा प्रायजसो ग्राहकहरूको रोजाइ विद्युतीय सवारी नै हुने गरेको र आर्थिक मन्दी को अवस्थामा पनि विद्युतीय सवारीहरू राम्रो सँग बिक्री भै रहेको EVMIAN का अध्यक्ष तथा यस एक्स्पोका संयोजक श्याम सुन्दर सापकोटाले बताए।
EVMIAN को उद्देश्य र कार्यक्रमहरू माथि थप प्रस्ट पार्दै सापकोटाले, EVMIAN विद्युतीय सवारी साधन सम्बन्धी काम गर्ने आयातकर्ता, निर्माणकर्ता, व्यवसायी, डिलर, चार्जिङ स्टेसन सञ्चालक सबैको साझा संस्था रहेको र विगत ११ वर्ष देखी विद्युतीय सवारीको प्रबर्द्धन, विस्तार तथा निती निर्माणको काममा सहयोग गर्दै आएको इतिहास बोकेको संस्था हो।
यो एक्स्पो EVMIAN को आयोजनामा हुन गइ रहेको पहिलो कार्यक्रम भएता पनि भविष्यमा पनि यसलाई निरन्तरता दिने र अझै परीस्क्रित गर्दै लगिने सापकोटा बताउँछन्।
|
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। साथै थोरै भू-भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ काठमाडौं। चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई आज प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ०२–००१ ख ५५४९ नंको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
|
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग : एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७९र८० मा सम्पादन गरेका कामको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो आवमा आयोगले कूल एक सय ६२ मुद्दा दायर गरेको छ । ती मुद्दामा प्रतिवादीको सङ्ख्या सात सय ६० छन् । त्यसमा विशिष्ट श्रेणीका कर्मचारी एक, अन्य कर्मचारी तीन सय ५५, विचौलिया वा मतियारलगायत एक सय ७८ जना रहेका छन् ।
सो आवमा आयोगले सम्पन्न गरेको काम कारबाहीको जानकारी दिँदै प्रवक्ता भोला दाहालले दुई सय २६ जना निर्वाचित र मनोनीत पदाधिकारीसमेत भ्रष्टाचारमा संलग्न रहेको जानकारी दिए ।
आयोगका अनुसार गैरकानूनी लाभहानिमा ६४ वटा मुद्दा दायर गरिएको छ । त्यसमा प्रतिवादीको सङ्ख्या चार सय ४२ जना छन् । घुस मागेको आरोपमा ३२ वटा मुद्दा दायर भएका छन् । त्यसमा प्रतिवादीको सङ्ख्या ४६ जना छन् ।
सार्वजनिक सम्पत्तिको हानिमा २७ वटा मुद्दा दायर हुँदा एक सय ५० जनालाई प्रतिवादी बनाइएको छ । गैरकानूनी सम्पत्ति आर्जनमा १३ वटा मुद्दा दायर हुँदा २९ जनालाई प्रतिवादी बनाइएको छ ।
यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्रका आठवटा मुद्दा दायर हुुँदा आठै जना प्रतिवादी कायम गरिएको छ । राजस्व हिनामिनामा सातवटा मुद्दामा ४६ जनालाई प्रतिवादी कायम गरिएको छ । विविधतर्फ ११ वटा मुद्दा दायर हुँदा ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।
आर्थिक वर्ष २०७९र८० मा आयोेगले ३७ पटक आकस्मिक कारबाही गरेको थियो । त्यसमा ४० कर्मचारी घुस रकमसहित पक्राउ परेका थिए । त्यसैगरी, छ बिचौलिया र आठजना निर्वाचित पदाधिकारी पक्राउ परेको प्रवक्ता दाहालले जानकारी दिए ।
आयोगले विशेष अदालतमा दायर गरेकामध्ये तीन सय ४१ वटा फैसला गरेको थियो । त्यसमा सफाइ पाएका मुद्दामध्ये दुई सय ३७ वटा मुद्दामा आयोगले पुनरावेदन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा यसरी आयोगले कूल ५७ वटा मुद्दामा पुनरावेदन गरेको थियो ।
आव २०७९र८० मा आयोगले कूल एक सय ६२ मुद्दा विशेष अदालतमा दायर गरेको छ । यस्तै सोही आवमा आयोगका ७८ वटा बैठकले एक हजार दुई सय ४६ वटा निर्णय गरेको छ ।
गत आर्थिक वर्षमा आयोगमा विभिन्न माध्यमबाट २० हजार तीन सय ६८ वटा उजुरी दर्ता भएका थिए । त्यसमा अघिल्लो आर्थिक वर्ष २०७८र७९ बाट जिम्मेवारी सरेर आएका सात हजार एक सय ६२ समेत गरी कूल २७ हजार पाँच सय ३० उजुरी रहेका छन् । त्यसमध्ये १८ हजार दुई सय ४५ वटा उजुरीको सम्बोधन गरिएको छ । त्यो कूल उजुरीको करिब ६६ दशमलव २७ प्रतिशत बराबर हो ।रासस
|
जबरजस्ती करणीको आरोपमा दाङबाट एक जना पक्राउ दाङ । दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रहेका छन् ।
रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
थुनामा राखेर उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।
|
बर्जर रंगोत्सवको विजेताहरुको घोषणा काठमाडौं। बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको छ। विसं २०७९ भदौ १ गतेदेखि २०७९ मंसिर १० गतेसम्म दसैँ–तिहार र फिफा विश्वकप–२०२२ का अवसरमा सञ्चालन गरिएको अफरको विजेताहरुको घोषणा गरिएको हो।
बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कारहरु जितेका छन्।
लक्की ड्रमार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्च लिड टीभीको बम्पर पुरस्कार जितेका छन्। यसका साथै बुटवलका भूपनारायण पौडेल र वीरगन्जका शिवकुमार नन्दवालले सामसुङ ३४५ लिटर रेफ्रिजेरेटर पुरस्कार प्राप्त गनेका छन्।
अन्य पुरसकारहरुमा भाग्यशाली विजेताहरुले १० वटा सामसुङ ७.२ केजी वासिङ मेसिन २० वटा सामसुङ ए-३७ मोबाइल फोन र ७५ वटा एक्युफिट स्मार्ट वाचहरु प्राप्त गरेका छन्।
चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्य सहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५५०० घरधनीहरुको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको छ र गत वर्षभन्दा अझ ठूलो, भब्य र राम्रो गर्ने गरी तयारी भइरहेको कम्पनीको भनाइ छ।
डिजिटल प्रतियोगिताका विजेताहरुको पूर्ण सूची बर्जर पेन्ट्स नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध छन्।
बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालि नेपालमा सन् २००० देखि डेकोरेटिभ पेन्ट्सको उत्कृष्ट उत्पादक हो। जसले नेपालमा सबैभन्दा बढी किसिमको पेन्ट उपलब्ध गराएको छ।
|
null |
काठमाडौंमा अपराधिक घटनामा बृद्धि काठमाडाैं। आर्थिक बर्ष २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डौले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको जनाएको हो।
२०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए।
परिसरका अनुसार सवै भन्दा बढि बैंकिङ कसुर सम्बन्धी ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन् भने अभद्र व्यहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएकोे कार्कीले बताए।
त्यस्तै आर्थिक बर्ष २०७९/८० मा प्राप्त २ हजार १ सय ६२ उजुरी मध्ये ६ सय ४१ को मात्रै फर्छौट भएको छ। कार्कीले अनलाईन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरु पनि पछिल्लो समय बढ्दै गएको बताए।
उनले काठमाडाैं जिल्लामा देखिएका अपराधका चुनौतीहरुलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने बताए। कार्कीले नाकामा प्रवधियुक्त प्रणाली जडान गरि अपरान्ध नियन्त्रणतर्फ ध्यान दिने उल्लेख गरे।
त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटनाहरु हुन गर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरिने, प्रभावकारी तवरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाण्डौ निर्माणको अवधारणालाई मुर्तरुप प्रदान गर्ने कार्कीले जनाए।
|
एलओडीका म्यानेजर र महिला कर्मचारी पक्राउ काठमाडौं । प्रहरीले लर्ड अफ ड्रिंक्स) एलओडी क्लवका म्यानेजर र अर्की एक महिला कर्मचारीलाई पक्राउ गरेको छ। बालिकालाई क्लबमा प्रवेश दिएको विषयमा अनुसन्धानको लागि काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले क्लवमा म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने महिला कर्मचारी सपना ढुंगानालाई पक्राउ गरेको हो। केही दिनअघि एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।
उमेर नपुगेका बालबालिकालाई क्लवमा प्रवेश दिएको पाइएको भन्दै यसअघि प्रहरीले क्लवका संचालकहरू रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो। तर घटना भएका बेला उनीहरू क्लबमा उपस्थित नभएको भन्दै बोलाएका बेला उपस्थित हुनेगरी उनीहरूलाई छाडिएको थियो।
|
हिमालय एअरलाइन्सद्वारा नेपाल अर्थोपेडिक अस्पताललाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण काठमाडौँ। हिमालय एअरलाइन्स् प्रा. लिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल अर्थोपेडिक अस्पताललाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ।
एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन्।
अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ जहाँ कमजोर आर्थिक अवस्था भएका बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन्।
अस्पताल परिसरमा आयोजित हस्तान्तरण समारोह पछि एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले सगरमाथा जनरल वार्डको भ्रमण गरी त्यहाँको अवस्था अवलोकन गरेका थिए।
अध्यक्ष एन्योङ्गले टिप्पणी गरे, “हिमालय एअरलाइन्स्को लक्ष्य नेपालको उड्डयन क्षेत्रमा प्रगतिशील बृद्धि गर्ने मात्रै नभई सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने योजना पनि राखेको छ। म आशा गर्दछु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचोमा परेका मानिसहरूको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ।“
उनले नेपाल अपाङ्ग संघका पदाधिकारीहरूद्वारा हेरचाह गर्ने बालबालिकाको अनाथ आश्रमलाई सहयोग गर्न एअरलाइन्स्को इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केहि अंश सामाजिक उत्तरदायित्वको लागि योगदान गर्ने, हिमालयको प्रतिबद्धता पनि साझा गरे।
डा कैलाश कुमार भण्डारीले हिमालय एअरलाइन्स्प्रति गहिरो कृतज्ञता व्यक्त गर्दै भने, “हामी हिमालयको यो मानवीय र उदार कार्यको उच्च प्रशंसा र कदर गर्छौं र नेपाल अर्थोपेडिक अस्पतालसँगको सहकार्य सुरुवातको लागि हिमालय एयरलाइन्स प्रति हामी आभारी छौं।”
यस कार्यक्रमले हिमालय एअरलाइन्स् र नेपालको स्वास्थ्य सेवा समुदाय बीच चलिरहेको साझेदारीमा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाइएको छ। कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवधिमा एअरलाइन्स्ले भेरो सेल भ्याक्सिन, कोभिड–१९ अत्यावश्यक चिकित्सा उपकरण र भेन्टिलेटर, पीसीआर परीक्षण मेसिन, इन्फ्रारेड थर्मोमिटर , एएभ्, र सर्जिकल मास्क आदिको नेपालका विभिन्न अस्पताल, गैरसरकारी संस्था र स्वास्थ्य संस्थालाई महत्वपूर्ण योगदान दिएको छ।
|
‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ सात प्रदेशका २१ जिल्लामा सञ्चालन काठमाडौँ। सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट सञ्चालनमा आएको छ। सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो।
उक्त सिस्टम कोशी प्रदेश अन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेश अन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेश अन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेश अन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली, कंचनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ।
|
बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ काठमाडौँ। बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहारीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका-११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ३ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
बैंकिङ कसुरमा एमाले नेता विजयबहादुर यादव पक्राउ काठमाडौँ। बैंकिङ कसुरको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो।
बाउन्स चेक दिएको आरोपमा लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादव पक्राउ परेका हुन्। गत १० माघमा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई दिएको १२ लाख २८ हजार रुपैयाँको चेक बाउन्स भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए।
|
साउनकाे साेमबार, पशुपतिनाथमा घुइँचाे(फाेटाेफिचर) काठमाडौं। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।
सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।
पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ।
सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ। साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइने कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए।
जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उनले सुनाए। प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन्। महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ।
साउनको सोमबार रु सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताए। यसैगरी वासुकीनाथको मन्दिरमा रु तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइने छैन।
एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ। त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ।
साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन्। साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ।
साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ।
असार महिनामै चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सुरु भएको छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। चान्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ।
साउनमा अधिकमास परे पनि नित्य रूपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेष गरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ। साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ।
|
आज सार्वजनिक बिदा कर्णाली। कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ। कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए।
कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने सङ्क्रान्तिअर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाईदैछ। बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रुपमा मनाइने यो पर्वमा आज कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ।
त्यस्तै, यहाँका नागरिकको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवन तथा सुशासनबारे लय, गीत र शारीरिक हाउभाउबाट प्रकट गर्न मनोरञ्जनात्मक तवरले खेलिने देउडा सुर्खेत वीरेन्द्रनगर र जुम्ला खलंगामा विशेष कार्यक्रमका साथ सम्पन्न हुने कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले जानकारी दिए।
वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा खेल्ने सांस्कृतिक प्रचलन रहिआएको छ। यहाँस्थित घण्टाघर नजिक आज साँझ ७ बजे राँको बाल्ने र लुतो फाल्ने कार्यक्रम रहेको जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले बताए। – रासस
|
सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै काठमाडौं। सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराइँदैछ।
सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराउन लागिएको हो।
हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिइए अनुसार आज उनीहरु उपस्थित हुन लागेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइए पछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्न आदेश दिएको हो।
|
आजको मौसम : मुलुकका अधिकांश भागमा पानी पर्ने काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। साथै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका बाहेकका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
साथै मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेकाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
null |
शरणार्थी प्रकरणमा अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पक्राउ काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आज जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका काठमाडौँ असनका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर आज रु १५ लाख धरौटीमा छुटेका थिए, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि हामीले पक्राउ गरेका छौँ ।”
पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमै राखिएको र सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले राससलाई जानकारी दिए । नक्कली भूटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते निजलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले राजधानीको सानो भर्याङबाट पक्राउ गरेको थियो ।
|
वीर अस्पतालमा भोलिदेखि बिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने काठमाडौं। वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले असार २२ गते गरेको वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय भोलिदेखि कार्यान्वयनमा आउन लागेको हो।
तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए)ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्।
एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।
एफडीएले न्याम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको छ।
|
भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान काठमाडौं। काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे। उनले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए ।
राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए।
यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख छ ।
|
अवैध हतियारसहित एकजना पक्राउ स्याङ्जा । भिरकोट नगरपालिका-७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एकनाले भरुवा बन्दुक १ थान, फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थानसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै १७ वर्षीया छोरीलाई घरायसी विवादको विषयलाई लिएर धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरीले खुकुरी खोजी गर्ने क्रममा उक्त अवैध हतियार समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै घाइतेलाई उपचारको लागि भिरकोट नगर अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगी उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
|
पर्सामा तीन ठाउँको सार्वजनिक जग्गा भू-माफियाको कब्जामाः जफर अन्सारी काठमाडौं। राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारीले पर्साको विभिन्न ठाउँमा भू–माफियाहरुले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएका छन् ।
आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र हिरादेवी ब्राहमणीले पर्साका विभिन्न ठाउँको जग्गा आफ्नो नाममा बनाएको आरोप लगाएका हुन् ।
सरकारी जग्गा हड्पिनेहरुका विरुद्धमा आफूले कानुनको साहरा लिन खोजेपनि न्यायलयमा भू–माफियाको पकड र प्रभाव रहेको कारणले सम्भव नभएको उनको दुःखेसो छ ।
‘वीरगञ्ज छपकैया वडा नं–२ स्थित घण्टाघरदेखि रक्सौल भारतको मितेरी पुल जाने मेन बाटोमा लगभग चार विघा क्षेत्रफल भएको जग्गा कसरी फिर्ता गराउने भन्ने सन्दर्भमा कानुन विज्ञहरुको सल्लाहअनुसार मैले मुद्दामामिला गर्दा अहिलेको परिस्थितिमा न्याय पाउन धेरै गाह्रो भयो । न्यायालयमा पनि भू–माफियाहरुको पकड र प्रभाव अतिनै मजबुद छ,’– उनले भने ।
परापूर्वदेखि सार्वजनिक रहिआएको छपकैया पोखरी भू–माफिया प्रमोद विक्रम शाहले किर्ते जालसाजी गरी आफ्नो नाममा जग्गाधनी श्रेस्ता पुर्जा कायम गराएको उनको आरोप छ । भू–माफिया साहको उक्त कार्यविरुद्ध आफूले दायर गरेको मुद्दामा २०६५ साल असार २६ गते जिल्ला अदालत पर्सा र २०६७ साल असार २८ गते पुनरावेदन अदालत हेटौंडाबाट उक्त जग्गा सार्वजनिक नै भएको ठहर भएको उनले बताए ।
जिल्ला अदालत र उच्च अदालतको उक्त फैसलालाई तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र दीपकराज जोशीको संयुक्त इजलाशले भूमाफिया साहकै हक लाग्ने ठहर गरेको उनले बताए । न्यायाधीशद्वयले प्रलोभनमा परेर उक्त फैसला गरेको उनको ठहर छ ।
उक्त सरकारी जग्गा व्यक्तिको नामबाट सार्वजनिक गराउन आफूले अहिले पनि मुद्दा अगाडि बढाइरहेको उनले बताए । उनले अहिले उच्च अदालत बीरगञ्जमा उक्त मुद्दा लामो समयदेखि विचाराधीन रहेको बताए ।
त्यस्तै, पर्साकै छपकैयास्थित कित्ता नं. ११७ र ९७ को नेपाल सरकारको नाममा रहेको जग्गा इन्दुमती देवी केडियाको नाममा दर्ता भएको उनको दाबी छ ।
वीरगञ्ज महानगर वडा नं. १२ को कित्ता नं.४३ को राम जानकी मन्दीरको जग्गा हिरा देवी ब्राहमणीको नाममा दर्ता भएको उनको आरोप छ । उक्त मुद्दामा आफूले अदालतमा मुद्दा दर्ता गराएपनि प्रलोभनमा परेर अदालतले भू–माफियाकै पक्षमा फैसला गरेको उनको आरोप छ ।
एउटा साधरण नागरिकले कानुनी प्रक्रिया, कानुनी जटिलता, कानुनी आधार र प्रमाण खोजेर आफ्नो नीजि खर्चबाट सार्वजनिक सम्पत्तिको संरक्षण गर्न खोज्दा राज्यले नै बेवास्ता गरेको उनको दुखेसो छ । न्यायमा सर्वसाधरणहरुको सहज पहुँच हुनुपर्ने भएपनि केही भ्रष्ट न्यायाधीशहरुका कारण नेपालमा त्यो असम्भव भएको उनको दाबी छ । सार्वजनिक सम्पत्ति संरक्षणका लागि आफूलाई सहयोग गर्न उनले सबैसमक्ष आग्रह गरे ।
कार्यक्रममा सामाजिक अभियन्ता तबरेज आलम र अधिवक्ता पुण्यप्रसाद गौतमले आफ्नो धारणा राख्दै पर्सामा मात्रै नभएर सरकारी जग्गा हड्पिने गिरोह देशभर नै व्याप्त रहेको बताए । उनीहरुले सबै जिम्मेवार नागरिकलाई सरकारी सम्पत्ति संरक्षणमा लाग्नसमेत आह्वान गरे । कार्यक्रम सञ्चालन हरि तामाङले गरेका थिए ।
|
सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो किमाथांका। सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ। बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो।
आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए। बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए।
बाढीपहिरामा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो। पहिरोमा पुरिएका वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिम प्राप्त कुकुर कुकुर लगाएर खोजी गर्दासमेत शव फेला पार्ने सकेको छैन।
बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घरमा पूर्ण क्षति पुगेको छ। बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ। बाढीका कारण करोडौँका भौतिक संरचनामा क्षति पुगेको छ। – रासस
|
अवैध रूपमा विदेश लैजान लागेको सुन तथा डाईमन्डसहित ५५ वर्षीया महिला पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागेको सुन तथा डाईमन्डसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मा रहेकी छन्।
बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि+ ५४ ग्राम ७५ मिलिग्रामसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।
मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डाईमन्ड फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ धादिङ। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जना पक्राउ गरेको छ।
निलकण्ठ नगरपालिका-३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।
|
आजभोलि रोपाइँमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ कैलाली। विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मपर्म) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो ।
यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो। असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ।
‘रोपरोप रोपन्यारी, हातको बीउ छँदै
काइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’
‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकी
मै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’
यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन थियो। आजभोलि खेतमा गीत गाउँदै रोपाइँ गर्ने चलन हराएको टीकापुरकी मोतिकला परियारले बताइन्।
“यस्ता भाका विगतमा गाउँघरमा हुने रोपाइँमा सुन्न पाइन्थे । आजभोलि खेतबारीमा काम गर्दा यस्ता गीत सुन्न निकै कम पाइन्छ”, उनले भनिन्, “यस वर्ष गीत नगाएरै रोपाइँ सकियो । हामीले एक साताअघि रोपाइँ सकेका हौँ ।”
हिजोआज पहिलाको जस्तो रोपाइँमा गीत गाउँने, अर्मपर्म गर्ने चलन नभएको देख्दा पहिलाको रोपाइँ धेरै सम्झना आउने मोतिकलाले बताइन्। उनले असारे गीत र भाका लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिन्।
“असारे गीत धेरै लोप भएर गए । यी गीतसँग हाम्रो संस्कृति, परम्परा र चालचलन जोडिएको छ”, उनले भनिन्, “रोपाइँका क्रममा खेतमा गीत सुन्दै, गाउँदै रमाइलो गरिन्थ्यो । कहिले घाम र पानीका बीच कडा श्रम गर्दा पनि गाउँदै, हिलो खेल्दै रोप्दा दिन बितेको पत्तै हुँदैनथ्यो।”
कैलालीका कल्धरादेवी विकले आजभोलि विगतका जस्तो रोपाइँ रमाइलो नहुने बताइन्। पहिले जेठानी, देउरानी, छिमेकी र साथीसङ्गी मिलेर रमाइलो गर्दै गरिने खेती आजभोलि नहुने उनको भनाइ थियो।
“रोपाइँमा बाउसेले गाउने गीत अलग हुन्छन्, रोपाइँ गर्ने महिलाले गाउने गीत फरक हुन्छन्”, उनले भनिन्, “बाउसे हुन्थे आजभोलि बाउसे अर्थात् खेलका आली बनाउने, खेतका कुनाकानी खन्ने पुरुषको काम छैन । हलो जोतेको देख्न मुश्किलले पाइन्छ । सबैतिर पावर टिलर तथा ट्र्याक्टरले खेत जोतेको देखिन्छ।”
विगतमा गीत गाउँदै रोपाइँ गर्नेको अभ्यास आजभोलि फेरिएको स्थानीय राधा शर्माले बताइन्। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढे्सँगै रोपाइँ गर्दा समेत टिकटक बनाइरहेका धेरै देखिने उनको भनाइ थियो।
“अचेल रोपाइँ गर्ने तरिकासमेत बद्लिँदै गएको छ । खेताला जम्मा भएर रापाइँ गर्ने चलन कम हुँदै मेसिनले खेत रोप्ने चलन बढिरहेको छ”, किसान शर्माले भनिन्, “पहिला बिहान ४ बजेदेखि खेतमा पस्थ्यौँ, बाउसेले गाउने गीत फरक हुन्थे, महिलाले गाउने गीत फरक हुन्थ्ये । गीतमार्फत दोहोरी हुन्थ्यो । असारे गीतमा भएका संस्कृति हराउन थालेका छन् ।”
विगतमा रमाइलो गर्दै खेतमा श्रम गर्ने परम्परा आजभोलि असारे गीतसँगै लोप हुन थालेका स्थानीय बताउँछन्। कृषिमा नयाँ प्रविधि भित्रिएकाले जनश्रमको गर्नेको सङ्ख्या कम भए पनि रोपाइँ सहजै सकिने कैलालीकी रिता धामीले बताइन्। उनका अनुसार खेती गर्न विभिन्न मेसिनरी सामानले समय बचत हुने गरेको छ भने रोपाइँ गर्दासामाजिक सञ्जालमा रमाइलो गर्नेहरु बढेका छन् ।
आजभोलि महिला टिकटक बनाउने, भिडियो बनाउनेजस्ता कार्य गरेर रमाइलो गर्ने गरेका धामीले बताइन्। “हामीलाई देउडा गाउन आउँदैन, हामीले यस वर्ष रोपाइँ गर्दा टिकटक धेरै बनायौँ’’, उनले भनिन्, “टिकटक बनायौँ, विभिन्नखाले भिडियो बनाएर युट्युबमा राख्यौँ, त्यसमा पनि रमाइलो छ ।”
मानिसले समयअनुसार रमाइलो गर्न जान्नुपर्ने रिताको भनाइ थियो। उनीसँगै साथीहरुले रोपाइँको एक महिना खेतमै काम गर्दै टिकटक बनाएर बिताए।
“हामीले सबै कामलाई प्रविधिमा जोड्यौँ, रमाइलो गर्दै टिकटक बनायौँ”, उनले भनिन्, “गीत गाउन जानेका छैनौँ, नाचेर रमाइलो गर्दै खेतमा काम गर्यौं।”
संस्कृतिप्रेमी तुलसी देवकोटाले खेती गर्ने अभ्यासमा समाजका संस्कृति र परम्परासमेत जोडिएकाले नयाँ प्रविधिको प्रयोगसँगै पुराना संस्कृति र परम्पराकोसमेत संरक्षण गर्नु आवश्यक रहेको बताइन्।
“नयाँ प्रविधि भित्रनु नराम्रो होइन”, उनले भनिन्, “हाम्रो संस्कृति र परम्परासँग जोडिएका कला, साहित्य र संस्कृति संरक्षण आवश्यक छ । टिकटक बनाउँदा पनि असारे देउडा गाएर बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ ।”
|
जीप दुर्घटना अपडेट : थप एकको मृत्यु पर्वत। जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।
दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन्। पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा पठाइएकोे प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए। उनका अनुसार दुर्घटनामा घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेकाले उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको छ।
अन्य घाइतेहरु कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। यात्रुबहाक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा दुर्घटना भएको उनले बताए। – रासस
|
श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन विभाग अगाडि प्रदर्शन (फोटो फिचर) काठमाडौं। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ ।
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको भन्दै आइतबार विभाग अगाडि विरोधमा प्रदर्शन गरिएको हो ।
कालिकास्थनस्थित अध्यागमन विभाग अगाडि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।
कानुनसम्मत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका श्रमिकहरुलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो ।
|
विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार, आफूसँगै तीन जनालाई रोजगारी पोखरा। जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन्। स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो। तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन्।
पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं.११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन्।
भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे। उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे।
“अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो”, उनले भने, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।”
उनी अष्ट्रेलियामा काम गर्दा मासिक रु दुई लाख आम्दानी गर्दथे। पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उहाँ स्वदेशी फर्किए। ६ वर्ष अघि स्वदेश फर्किएका उनले हाल मासिक रु ७० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् भने तीन जनालाई जागिर पनि दिएका छन्।
होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, “पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए।
उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेका छन्। उनीहरुले मासिक रु १७ हजारका दरले पारिश्रमिक पाउँछन्। “मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ”, उनले भने।
पोखरा महानगरपालिका वडा नं. १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छु भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउँछन्।
“एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले रु सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ”, उनले भने।
शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । रासस
|
झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता झापा। झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान-प्रदानसम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गरे।
नेपालमा क्यान्सर रोगको उपचारलाई अझै भरपर्दो र सुविधायुक्त बनाउन दक्षिण एसियाका दुई अत्याधुनिक अस्पतालबीच चिकित्सा विज्ञानका विविध विषयमा सहयोगको आदान-प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताए।
क्यान्सर उपचारको क्षेत्रमा भइरहेका नयाँ अनुसन्धान, नवीनतम् प्रविधि, टेलिमेडिसिन र उपचारमा सहुलियत आदान-प्रदान गरिने सम्झौतामा उल्लेख छ।
सम्झौताअनुसार राजीव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने छ भने रोबोटिक सर्जरीका विषयमा नेपाली चिकित्सकहरूलाई प्रशिक्षित गराउने भएको छ।
राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले आफ्नो अस्पतालमा क्यान्सरको उपचारका लागि आउने नेपालीको सङ्ख्या १५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए।
“क्यान्सरको भरपर्दो उपचारका लागि भारतमा आउनुपर्ने पहिले–पहिले बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब त पूर्वाञ्चल क्यान्सर अस्पतालमै अत्याधुनिक उपचार पद्धति र उपकरणको सहायताबाट उपचार हुन थालिसकेको हुँदा बिरामीले नेपालमै राम्रो उपचार पाउने सम्भावना छ। हामी तपाईँहरूका लागि प्रविधि, अनुसन्धान र जनशक्ति प्रशिक्षणका लागि सहयोग गर्न तयार छौँ।”
उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोबोटिक सर्जरी र टेलिमेडिसन सेवा सञ्चालन गर्न राजीव गान्धी अस्पतालले सहयोग गर्ने र उक्त अस्पतालको सिफारिसमा थप उपचार आवश्यक परेका बिरामीलाई सहुलियत प्रदान गरिने जानकारी दिए।
सम्झौता आदान-प्रदान कार्यक्रममा बोल्दै बीएन्डसी हस्पिटलका डाइरेक्टर प्रा डा उमेश शर्माले नेपालले चिकित्सा क्षेत्रमा फड्को मारिरहेको चर्चा गर्दै राजीव गान्धी क्यान्सर अस्पतालसँगको सहकार्य र सम्बन्ध विस्तारबाट क्यान्सरको उपचारका लागि नेपाली बिरामीले ठूलो लाभ पाउने विश्वास गरिएको बताए।
झापाको बिर्तामोडमा सन् २०२० मा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक दुई सय बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए। रासस
|
गाउँमा पुरुष नहुँदा महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच तनहुँ। भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे।
पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ। तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन् ।
“के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन”, पाउदुरे नाच्दै गरेकी मनिषाले भनिन्, “त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई पनि नाच्न सिकाउनुस् हामी यो नाच बचाउँछौँ भनेर संरक्षणमा कस्सियौँ ।”
शुक्रबार विभिन्न क्षेत्रबाट आउनुभएका पाहुनालाई देखाउन भनेरै आफूहरूले पाँच दिनअघिदेखि लगातार मेहनत गरेर पाउदुरे नाच्न सिकेको मनिषाले बताइन्। पाँच वर्ष पहिले नाच सिक्ने क्रममा सुरुका दिनमा गाउँकै केही व्यक्तिले महिलाले पाउदुरे नाच्न हुँदैन भनेर असहमति जनाए पनि अहिले तिनै व्यक्तिले प्रशंसा गरेको देख्दा आनन्द लाग्ने गरेको हीराले बताइन्।
“पहिले नाच्न हुँदैन, अनिष्ट हुन्छ भन्नेहरू नै अहिले कति राम्रो ताल समातेको भनेर हौसला दिने गरेका छन्”, उनले भनिन्, “पाउदुरे नाच देखाउन भनेरै पाँच–सात स्थानमा पुगिसकेका छौँ ।” आफूहरूले पाउदुरे नाच्न थालेपछि दिगोरूपमा संरक्षणका लागि आफूहरूले गाउँका अन्य साना बालबालिकालाई समेत नाच्न सिकाउँदै गरेको हीराको भनाइ छ ।
पाउदुरे जनजातिमाझ लोपोन्मुख नाच हो । विभिन्न जनजातिले आ–आफ्नो तवरले पाउदुरे नाच्दै आएको पाइन्छ । यो नाचमा विजबारे, मारुनी, मादले, गुरुलगायत आवश्यक पर्दछ । यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने चलन छ । छेउमा नाच्ने दुई पुरुषलाई ‘मारुनी’ र बीचमा नाच्नेलाई ‘बिजबारे’ भनिन्छ। नाच्दा बिजबारेकै भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ।
गीत गाउने मुख्य व्यक्तिलाई ‘गुरुबा’ भन्ने चलन छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायतले पनि गीतलाई होमा हो मिलाउने चलन छ। बेला– बेलामा ताल काट्दै मादलेसमेत नाच्ने भएकाले पाउदुरे हेर्दा रमाइलो हुने गर्छ । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन छ । देवीदेवतासँग सबै जिवात्माको कल्याणको कामना गर्दै यो नाच नाचिन्छ ।
पैसठ्ठी वर्षीय बाबुराम, सोमबहादुर कुमालले पाउदुरे नाच्दै आए पनि उनीहरुको स्वास्थ्य प्रतिकूल भएपछि विगत १२–१५ वर्षदेखि आफूले पाउदुरे नाच्न छाडेको ६२ वर्षीया भीमबहादुर कुमालले बताए। बोलाएको ठाउँमा एकैपटक दुई–तीन घन्टा पनि नाच्नुपर्ने भएकाले नाच्न नसकेर छाडेको उनको भनाइ छ ।
“हामीले नाच्न छाडेपछि आठ–दश वर्ष नाच्ने मान्छे नै भएनन्”, भीमबहादुरले भने, “अहिले महिलाहरू नाच्न कस्सिएपछि पुनः पाउदुरेको रौनक गाउँमा ह्वात्तै बढेको छ ।” मनिषा र हीराले पछिल्लो समय आफूलाई नाचेर साथ दिँदै आएकाले खुसी लागेको विगत ३५ वर्षदेखि बीचमा नाच्दै आउनुभएका (बिजबारे) ५८ वर्षीय लालबहादुर कुमालले बताए। महिला पनि पुरुषले जस्तै घन्टौँ खटिन सक्ने गुण देखेको उनले जानकारी दिए।
नाच देखाउन आफूहरू गोरखा, दमौली, देवघाट, चितवन, नवलपरासी र लमजुङलगायतको जिल्लामा पुगिसकेको उनले जानकारी दिए। यहाँको पाउदुरे नाचमा ६५ वर्षीय गङ्गाबहादुर कुमाल, ६८ वर्षीय टीकाराम कुमाल र ६६ वर्षीय सन्तबहादुर कुमालले मादल बजाउने गर्दै आएका छन्।
कुमालगाउँमा रहेका ९२ घरमध्ये युवा वैदेशिक रोजगारीका क्रममा विदेशमा भएकाले पाउदुरे नाच्ने पाउनै मुस्किल भएको स्थानीय चुदेली कुमाल समाजका अध्यक्ष ३९ वर्षीय विष्णु कुमालले बताए।
“गाउँका युवा जति वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्”, उनले भने, “पाउदुरे नाच्ने पुरुष नहुँदा महिलालाई नचाउनुपरेको छ । गाउँका अन्य महिलाले पनि नाच्नका लागि चासो व्यक्त गरेका छन् ।”
महिलाले पाउदुरे नाचेपछि नाच लोप हुने अवस्था भने नरहने आफूले विश्वास व्यक्त गरेको अध्यक्ष कुमालले बताए।
|
मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरीको जनशक्ति तयारी अवस्थामा काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बर्षायाममा हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ । मनसुनजन्य विपदको सामाना गर्न सबै प्रदेशमा आफ्नो जनशक्तिलाई तयारी हालतमा राखेको हो।
उपकरण अन्तर्गत डोजर, लोडर गरि १३ वटा हेभि इक्यूपमेन्टलाई प्रधान कार्यालय सहित कोशि स्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले बताए।
कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बल नेपालको युनिटहरुमा १ सय ७ वटा मोटरबोट र र्याफ्टबोट तथा १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरुमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस) कन्टेनरहरु समेत तयारी हालतमा राखिएको छ।
त्यस्तै ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्ति सहित नं.१ बराह बाहिनी सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं.४ मुक्तिनाथ बाहिनी कास्की, नं. ५ विन्ध्यावासिनी रुपन्देही, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा तयारी हालतमा राखेको छ।
सूचना शाखाका प्रमुखसहित रहेका डिएसपी थापाका अनुसार ए क्लासका ८ वटा एम्बुलेन्स नं.१ बराह बाहिनी महोत्तरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी हालतमा राखिएको छ।
सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोर आवश्यक उपकरण सहित सातै वटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा परिचालित रहेको पनि सहप्रवक्ता थापाले बताए ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालका सातै वटा प्रदेशमा रहेका बाहिनी मुख्यालयहरु, नं. ९ पशुपतिनाथ बाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदि किनार चितवन, विपद् व्यवस्थापन वेशहरु मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरण सहित खटिएको छ ।
मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरुमा एक/एक प्लाटुन, नं. ९ पशुपतिनाथ बाहिनीमा एक प्लाटुन, १० वटा शिक्षालयमा एकरएक प्लाटुन, सम्पूर्ण गणहरुमा एक÷एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एक/एक सेक्सन आवश्यक सामाग्री सहित तयारी हालतमा राखिएको छ ।
साथै बाढिका कारण पानीका श्रोतहरुमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनको लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा१, बाँकेमा र कैलालीमा एकरएक गरी १२ वटा स्थानमा डिप ट्यूवेल सहित सशस्त्र प्रहरीको टोली तयारी हालतमा रहेको छ ।
सशस्त्र प्रहरी बल खराब मौसम , अप्ठ्यारो ठाउँ र २४ सै घन्टा उद्दार र राहतमा जुट्न तयार रहेको डिएसपी थापाले बताए । अफ्ठेरो पर्दा निशुल्क रुपमा संगठनको हटलाइन नम्ब १११४ मा फोन गर्न तथा आफू नजिकको युनिटमा खबर गर्न सकिने समेत डिएसपी थापाको भनाइ छ ।
|
जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते पर्वत। पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ। टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो।
सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ। दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन्।
उकालो बाटोमा चढ्दै गरेको जीप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो। जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको र जीप घटनास्थलमा सवारीधनीको जिम्मामा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए। – रासस
|
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
राति भने मधेश र लुम्बिनी प्रदेशमा आंशिक- देखि सामान्य बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
साथै मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु दार्चुला । नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । मेलामा घाँस काट्ने क्रममा शुक्रबार अवेर भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन् ।
घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन् ।
|
राष्ट्रिय गानले आत्मसम्मान र गौरव बढाउँछः परराष्ट्रमन्त्री साउद पाटन। परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताएका छन्।
नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा आज विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको विम्बलाई प्रतिनिधि गर्ने भएकाले हरेकलाई आत्मसम्मान र गौरव महसुस गर्ने बताएका हुन्।
“हरेक देशको राष्ट्रिय गानले राष्ट्र कुन स्थितिमा निर्माण भएको छ भन्ने विम्ब झल्काउँछ । राष्ट्रिय गानमा हरेकले आत्मसम्मान र गौरव महसुस गरेका हुन्छन्”, उनले भने, “राष्ट्रको भावी पदयात्रालाई पनि सीमित शब्दमा अभिव्यक्त गरिएको हुन्छ ।”उनले सबै राष्ट्र एकै किसिमले निर्माण नहुने भन्दै त्यसको विम्ब राष्ट्रिय गानमा झल्कने बताए।
मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न संयुक्त राष्ट्रसङ्घले काम गर्नुपर्छ भन्ने अवस्था सृजना गर्न खोजेको बताए।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउँदै विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पुर्याएको धारणा राखे। उनले नेपालको राष्ट्रिय गानले शान्तितर्फ प्रेरित गरेको उल्लेख गरे।
पुस्तकमाथि टिप्पणी गर्दै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रको पहिचानलाई बैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताए । उनले विश्वका राष्ट्रिय गान पुस्तकमा राष्ट्रिय गानको शीर्षक छुटेको बताउँदै पुनःप्रकाशन गर्दा त्यसलाई सच्याउन आग्रह गरे ।
उनले क्रिश्चियन समुदायबाट राष्ट्रिय गानको प्रारम्भ भएको बताउँदै नेदरल्यान्डको राष्ट्रिय गान पहिलो राष्ट्रिय गान भएको बताए । उनले राष्ट्रिय गान स्वतन्त्र राष्ट्रका लागि एउटा अनिवार्य तत्व भएको बताउँदै यसले एकताको लागि प्रेरित गर्ने भनाइ राखे ।
गीतकार तथा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विश्वका राष्ट्रिय गान पुस्तक सुन्दर संग्रहणीय र अद्वितीय उपहारका साथै सिङ्गै संसार चिहाउने एउटा आँखीझ्याल हुने बताए।
पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले विश्वका राष्ट्रिय गान पुस्तकलाई सर्वसुलभ बनाएर प्रत्येक नेपालीको हातमा पुर्याउनुपर्ने बताए । उनले अप्ठेरो काम गर्न सफल भएकामा प्रशंसा गर्दै पैसाभन्दा सबैको अपनत्व हुने गरी लैजान आग्रह गरे ।
नेपाल वाङ्मय फाउन्डेसनका अध्यक्ष विप्लभ ढकालले प्राज्ञिक क्षेत्रमा रचनात्मक काम गर्ने उद्देश्यले स्थापित संस्थाले पुस्तक प्रकाशन गरेर मौलिक अस्तित्वको आधार निर्माण गर्न खोजेको बताए । उनले सबैसँग सद्भाव र समन्वय कायम गर्दै संस्थालाई अगाडि बढाइने धारणा राखे । काव्यिक र साहित्यिक शब्दहरूको संयोजन गर्दै नेपाली वर्णानुक्रमअनुसार पुस्तक तयार पारिएको उनको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९५ देशका राष्ट्रिय गानको नेपाली अनुवादमा आधारित विश्वका राष्ट्रिय गान पुस्तकको अनुवाद प्रदीप निरौलाले तयार गरेका हुन्।
|
अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’ गण्डकी। ‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ । तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठूलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी एवम् फलामको प्रयोग गर्न बाध्य छन् ।
विदेशी काठ एवम् आल्मुनियम र युपिभिसीको प्रयोग अधिकांश उपभोक्ताका लागि रहर नभएर बाध्यता बनेको छ । वन ऐन तथा यससँग जोडिएका नियम तथा नियमावलीहरू नै ‘हरियो वन नेपालको धन’ भन्ने नाराको विपरीत समस्याका रुपमा आएको वनविज्ञ डा नयाँ पौडेल शर्मा बताउँछन्।
उनका अनुसार स्वदेशी काठ वनमै कुहिएर खेर जाने गरेको छ भने पछिल्लो तथ्याङ्कले नेपालमा चीन, भारत, मलेसिया लगायतका विभिन्न मुलुकबाट वार्षिक खर्बौं रुपैयाँको काठ एवम् काठजन्य सामग्री भित्रिने गरेको तथ्याङ्क छ ।
“मुलुकका सामुदायिक वन तथा सरकारद्वारा संरक्षण वनका साल लगायतका विभिन्न काठमा प्रयोग हुने रूखहरु उपयोगका लागि उपयुक्त छन्”, उनले भने, “परिपक्व भएका सम्पूर्ण रूखहरु निकालेर प्रयोग गर्दै एउटा रूख निकालेबापत १० वटा बिरुवा रोप्ने अभियान सञ्चालन गर्ने हो भने वन क्षेत्र घटने होइन वृद्धि नै हुन्छ ।”
सामुदायिक वनको काठ निकासीमा झन्झटिलो नीतिगत व्यवस्था, ढुवानीको कारण महङ्गो पर्ने हुँदा वन पैदावारमा आधारित उद्योगले काठ खरिद गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘‘वनलाई समृद्धिसँग जोड्नका लागि सरकार, निजी क्षेत्र र सामुदायिक वन उपभोक्ताको समन्वय र सहकार्य अपरिहार्य छ ।
रूख काटेर जङ्गल सकिँदैन, योजनाबद्ध रुपमा वैज्ञानिक एवम् प्रविधियुक्त व्यवस्थापन गर्ने हो भने वातावरणमैत्री तथा कार्बन सञ्चितिमा वृद्धि हुनाका साथै काठलगायतका वन पैदावार निकासीबाट विदेशी मुद्रा आम्दानीको राम्रो आधार वन्न सक्ने उनको भनाइ छ ।
सगरमाथा र बुद्धजन्म भूमिकासँगै पछिल्लो समयमा नेपाल विश्वसामु सामुदायिक वनको रुपमा परिचित वन्न सफल भएको शर्माले बताए। दिगो वन व्यवस्थापनको नीति अङ्गीकार गर्दै प्राकृतिक स्रोतलाई भरपुर उपयोग गर्नेतर्फ लाग्ने हो भने मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै हरित रोजगार सिर्जना गर्न सकिने उनको तर्क छ ।
“वन क्षेत्र संरक्षणमुखी मात्र होइन समृद्धिको आधार बन्न सक्नुपर्दछ”, उनले भने, “तर विडम्बना कूल भूभागको ४५ प्रतिशतको हाराहारीमा विस्तार भएको वन क्षेत्रको प्रतिफल भने न्यून रहेको छ ।”
वन फँडानीका कारण उजाड भएको वन क्षेत्रको संरक्षण र विकासमा स्थानीय बासिन्दालाई जिम्मा दिएसँगै सामुदायिक वनको अवधारणा मुलुकका लागि कोशेढुङ्गा साबित भएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्यसचिव डा सिन्धु ढुङ्गाना बताउँछन् । सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपालको कूल वन क्षेत्रबाट वार्षिक १२ करोड क्युफिट काठ उत्पादन गर्न सकिन्छ ।
नेपालको बजारमा छ करोड क्युफिटको हाराहारीमा काठको माग रहेको छ । आवश्यकता पूरा गरेर बाँकी छ करोड क्युफिट काठ निकासी गर्ने हो भने पनि सरकारी दरका आधारमा बार्षिक अर्बौं रुपैया आम्दानी गर्न सकिने वर्तमान अवस्थामा वन क्षेत्रको हैसियत रहेको सदस्य–सचिव ढुङ्गानाको भनाइ छ ।
विभिन्न प्रतिवेदनअनुसार नेपालमा वन क्षेत्र बढेको देखिएको छ । प्रतिवेदनवले कूल वन क्षेत्रमध्ये ५९ लाख ६२ हजार हेक्टर अर्थात् ४०.३६ प्रतिशत भूभाग वन र छ लाख ४८ हजार हेक्टरमा ४.३८ हेक्टर अन्य काठ तथा बुट्यान क्षेत्रले ओगटेकोे छ ।
वन क्षेत्रमा काठ मात्र होइन, महत्वपूर्ण जडीबुटी सङ्कलन र प्रशोधन हुन नसक्दा मुलुकले वार्षिक आम्दानीको ठूलो हिस्सा गुमेकामा चिन्ता व्यक्त गर्दै डा. ढुङ्गाना भन्छन्, “कानुनी प्रक्रिया मिलाएर सवै खाले वन पैदावार सहजरुपमा उपयोग गर्ने नीति तय गरि हरियोवनलाई आयआर्जन र रोजगारसँग जोडिनुको विकल्प छैन ।”
उपभोक्ताको ठूलो मेहनत र योगदानबाट मुलुकमा वन क्षेत्रको हैसियतमा वृद्धि भएको छ । यसलाई उपयोग गर्दै हरियो वनलाई धनमा परिणत ढिलो भइसकेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी बताउँछन्।
पाँच दशकअघि स्विडेनको स्टकहोममा सम्पन्न विश्व वातावरण सम्मेलनले नेपालको वन विनासको विषयलाई लिएर चिन्ता व्यक्त गरिएको स्मरण गर्दै उनले भने, “वनको संरक्षणको जिम्मा सरकार र कर्मचारीबाट भन्दा सम्बन्धित स्थानीय समुदायलाई दिएमा विनास रोकिने निस्कर्षबाट नेपालमा सामुदायिक वनको प्रक्रियाको थालनी भएको भुल्न हुँदैन ।”
यतिखेर वन क्षेत्र हराभरा बनेको छ, कसरी भयो भन्ने कुरामा विगतलाई स्मरण गर्नुपर्नेमा जोड दिँदै उनले वातावरण संरक्षणका साथै भूमाफियाबाट सार्वजनिक जमिनको समेत संरक्षण गर्न महत्वपूर्ण योगदान रहेको छ योगदानको उच्च मूल्याङ्कन गर्ने बेला आएको बताए।
हरियो वन नेपालको धन भन्ने नारालाई व्यवहारमा उतार्नका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष ठाकुरले भने, “दृढ इच्छाशक्तिका साथ काठ तथा जडीबुटीको संरक्षणसहित सङ्कलन तथा निकासीमा सरल नीति निर्माण गर्ने हो भने मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै बांँकी रहेको वन पैदावार निकासी गरेर मनग्ये आम्दानीको स्रोत बनाउन सकिन्छ ।”
विषम परिस्थितिबाट शुरु भएको सामुदायिक वनको अवधारणाका आधारमा मुलुकमा यतिखेर २२ हजार चार सय १५ वन समुहका २९ लाख २७ हजार तीन सय २९ घरधुरीले २२ लाख ७२ हजार तीन सय ५६ हेक्टरभन्दा बढी वन व्यवस्थापन गर्दै आएका छन् ।
अध्यक्ष भण्डारी भन्छन्, “संरक्षण, प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएका उपभोक्ताले अहोरात्र खटिएर सन्तानलाई जस्तै माया गरेर हुर्काएको वन मुलुकको धन बन्न नसकेकामा यतिखेर उनीहरुमा निरासा पैदा भएको छ ।”
वन क्षेत्रको हैसियत वृद्धि गर्दै निरन्तर आम्दानीको स्रोत बनाउन सकिने आधार भनेको दिगो वन व्यवस्थापन भएको बताउँदै उनले थपे, ‘‘हरियो वन नेपालको धन बन्न नसक्नु वनसम्बन्धी नीति र विनियम एवम् सरोकारवालाको सोच नै बाधक हुन् ।’’
वनको क्षेत्र बढ्दै जाँदा वन्यजन्तुको सङ्ख्यामा समेत वृद्धि भएको छ, नेपालको कानुनले मान्छेभन्दा जङ्गली जनावरलाई चिन्ने गरेको बताउँदै उनले वन्यजन्तुको उचित व्यवस्थापन हुन नसक्दा पछिल्लो समय प्रत्येक वर्ष वनमा डढेलो लगाउने प्रचलन ह्वात्तै बढ्दा वन विनास, जनावर र वातावरणमा समेत ठूलो प्रभाव गर्ने गरेको स्पष्ट पारे ।
“वनमा काठ मात्र होइन अन्य प्रचुर सम्भावना छन्”, अध्यक्ष भण्डारीले भने, “सम्भाव्यता अध्ययनका आधारमा समूहमार्पmत जडीबुटी, कृषि, उद्यम एवम् पर्या–पर्यटनको विकास बिना हरियो वन धनमा परिणत हुन सक्दैन ।”
सामुदायिक वनलाई मुलुकको समृद्धिसँग जोड्नेतर्पm भन्दा पनि सरकार संरक्षण क्षेत्र विस्तारमा केन्द्रित हुँदा प्राकृतिक स्रोतको उचित व्यवस्थापन हुन नसकेको बताउँदै उनले उपभोक्ता तथा तीनै तहका सरकारको संयुक्त प्रयासबाट वन क्षेत्रलाई परिणाममुखी योजना ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका पूर्वअध्यक्ष एवम् अन्तर्राष्ट्रिय सामुदायिक वन सञ्जालका संयोजक घनश्याम पाण्डेले आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थासँगै वन समूहको चाहनाका आधारमा कार्ययोजना बन्नुपर्दछ ।
वन क्षेत्रको वृद्धिसँगै बढेको झाडी बुट्यान क्षेत्रलाई उत्पादनमूलक बनाउन ढिलो भइसकेको छ यस क्षेत्रसँग जोडेर कृषि वन, फर्निचर उद्योग, जडीबुटी प्रशोधन, पर्या–पर्यटन, कार्बन व्यापारलगायतका विभिन्न उद्योग सञ्चालन गरेर हजारौं रोजगार सिर्जना गर्न सकिने आधार रहेको उनको भनाइ छ ।
तीव्र रुपमा बढेको एपी ग्यासको प्रयोगको कारण दाउराको उपयोग कम भएको वर्तमान अवस्थामा मुलुकका सातवटै प्रदेशमा एक÷एक मल कारखाना स्थापना गर्न सकिन्छ ।
वन क्षेत्रमा रहेका काठ र दाउरा समेतलाई सिजिनिङ गर्दै आवश्यकताअनुसारका आकारका काठ उत्पादन गर्न सक्ने हो भने सर्वसुलभ मूल्यमा काठका सामग्री तयार हुने र उपभोक्ताले युपिभिसी, आल्मुनियम र फलामलाई विस्थापित गर्न सकिने खालको प्रदेश वन ऐन निर्माण हुनुपर्नेमा यस क्षेत्रका विज्ञहरुको धारणा रहेको छ ।
हरिप्रसाद बास्तोला\रासस
|
रानी जमरामा बगेका दुई मध्ये एक बालिकाको उद्धार टीकापुर, ३० असार । कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेका दुई बालिका मध्ये एक बालिकाको उद्धार गरिएको छ।
शनिबार नुहाउने क्रममा दुई बालिका बगेका थिए। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरी र ८ वर्षीया शिवानी चौधरी बगेकोमा आकृतिको उद्धार गरिएको हो। बेपत्ता बालिकाको भने खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ।
|
लापसे गरेरै चलाउँछन् भाडाका गाडी, एक सय ५९ माथि कारबाही काठमाडौं। आर्थिक वर्ष २०७९\८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने एक सय ४९ जना चालकमाथि कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान चलाउने गरिएको छ ।
सोही क्रममा चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाएरनचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट जाँच अभियान सुरु गरिएको थियो ।
लापसे गरी सवारीसाधन चलाउने चालकमध्ये भाडाका सवारीसाधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।
यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
|
घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर यादव दोषी ठहर वीरगञ्ज । घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर दोषी ठहर भएका छन् । घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
उनलाई बिशेष अदालतका न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार दोषी ठहर गरेको हो ।
यादवलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २०७९ असोज ३१ पक्राउ गरेको थियो । यादवविरुद्ध अख्तियारले अनुसन्धानपछि २०७९ साल पुस २२ गते बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।
|
कुकुरको टोकाइबाट डोटीमा पाँच जना घाइते डोटी । डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् ।
जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् । कुकुरको टोकाइबाट २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश विक र अन्य २ जना घाइते भएका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार गरिएको वडाअध्यक्ष दीपक बोगटीले बताए ।
|
पिथौरागढमा नेपाल–भारत समन्वय बैठक सम्पन्न, के-के भयो छलफल ? बैतडी । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो ।
यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिए । उनले भने, “झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुनेछ । यसले दुवै देशका नागरिकलाई सहज हुनेछ ।”
यसअघि बिहान ७ बजे नाका खुला दुवै देशका नागरिकलाई समस्या हुने गरेको थियो । भारतमा उपचार र किनमेलका लागि जाने नेपाली नागरिकलाई बढी समस्या हुने गरेको थियो ।
यस्तै विपद् उद्धार तथा प्रतिकार्यका लागि महाकाली नदीमा रबर बोट तथा डुङ्गा सञ्चालन गर्न सकिने सहमति र विपद्को समयमा दुवै देशका सुरक्षा निकाय मिलेर उद्धार तथा अन्य कार्यमा सहकार्य गर्ने, महाकाली नदीलाई स्वच्छ राख्न महाकाली नदीमा फोहर नफाल्ने, सीमा क्षेत्रमा हुनसक्ने मानव तस्करी, वन्यजन्तु तस्करीलगायतका गैरकानुनी क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती गर्ने, आपसी सहयोग र सहकार्य गर्ने, झुलाघाटस्थित सयौँ वर्ष पहिला बनेको झोलुङ्गे पुलको मर्मतसम्भारका लागि दुवै देशले प्राविधिक समिति गठन गरेर त्यसको मर्मतसम्भार गर्नेसमेत सहमति भएको प्रजिअ पन्थीले जानकारी दिए ।
यसैगरी झुलाघाटमा बन्ने मोटरेबल पुलको डिपिआर बनिसकेको र भारतको केन्द्र सरकारलाई पठाइसकेको बैठकमा भारतीय पक्षले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको घोषणा गरेका थिए । त्यसपछि झुलाघाटमा पाँच सय ५० मिटर लम्बाइको मोटरेबल पुल निर्माणका लागि काम अघि बढिसकेको छ । उक्त पुल निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा पनि सहमति भएको प्रजिअ पन्थीले बताए ।
यस्तै बैठकमा भारतीय अधिकारीले धारचुलामा पानीको अभाव भएकाले महाकाली नदीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गर्ने कुरा उठाएको र यो विषयमा केन्द्र सरकारलाई जानकारी गराउने, भारतबाट लागुऔषध र नशालु औषधि नेपालमा बिक्री हुने गरेको गुनासो आएकाले त्यसलाई रोक्नका लागि भारतीय पक्षले पहल गर्ने, दार्चुलाको व्यासमा बिजुली नभएकाले जेनेरेटर चलाउन इन्धन ल्याउन दिने विषयमा समेत छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।
सीमा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका लागि आयोजना गरिएको बैठकमा नेपालका तर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी पन्थी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही, दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे, सशस्त्र प्रहरी बल बैतडीका प्रमुख गंगादत्त पन्त, सशस्त्र प्रहरी बल दार्चुलाका प्रमुख डम्बर विष्ट, अनुसन्धान कार्यालय बैतडीका प्रमुख अर्चना सिंह, भारतका तर्फबाट पिथौरागढ जिल्लाका जिल्ला अधिकारी रिना जोशीलगायत सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
|
नेपालबाट भारततर्फ ३ हजार किलो टमाटर तस्करी गरिएको मामिला के हो ? काठमाडौं । भारतमा पछिल्ला केही दिनयता टमाटरको मूल्य आकाशिएको छ । टमाटरको मूल्य प्रतिकिलो २०० रुपैयाँ पुगेको छ ।
यसैबीच उत्तर प्रदेशको महाराजगञ्जसँग जोडिएको नेपाल सीमानाबाट टमाटर तस्करीको खबर आएको छ ।
भन्सार विभागले करिब तीन हजार ६० केजी टमाटर भरिएको दुई पिकअप ट्रक नियन्त्रणमा लिएको पनि समाचार छ ।
टमाटर खान योग्य नभएपछि नष्ट गर्ने निर्णय गरिएको थियो ।
ती टमाटर नष्ट गर्न लगिएको पिकअप भ्यान गोरखपुर जाने क्रममा प्रहरीले समातेको हो ।
भारतमा टमाटर महंगो मूल्यमा पाइन्छ । तर नेपालमा यसको मूल्य प्रतिकिलो ६० रुपैयाँ (भारतीय रुपैयाँमा) छ।
अर्थात् तस्करी गरिएका यी टमाटरको मूल्य करिब १ लाख ८३ हजार रुपैयाँ थियो । अहिले भन्सार विभागले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
भन्सार विभागका अनुसार करिब तीन हजार किलो टमाटर तस्करीका क्रममा समातेर गुणस्तर जाँचका लागि पठाइएको थियो ।
भन्सार आयुक्त आरती सक्सेनाले यो खेप आयातकर्ता नभएको र आयातको तोकिएको माध्यमबाट नआउने भएकाले रोकेर समातिएको बताइन् ।
तरकारी, फलफूल वा कुनै पनि नाश हुने खाद्य वस्तुमा प्लान्ट क्वारेन्टाइन सर्टिफिकेट हुन्छ।
गुणस्तर जाँचमा समातिएका टमाटर उपभोगका लागि उपयुक्त भेटिएनन् । त्यसैले जुलाइ ८ मा नष्ट गर्ने निर्णय गरियो ।
नियमअनुसार यी टमाटरले गुणस्तर प्रमाणपत्र पाएको भए लिलामी हुने थियो ।
जुलाइ ८ मा टमाटर नष्ट गर्न लागेका दुई पिकअप गाडीको सीसीटीभी फुटेज स्थानीय सञ्चारमाध्यममा देखा परेको थियो ।
जसमा महाराजगञ्जको बनाइलिया चोक नजिकै १२.०४ मा दुईवटा पिकअप भ्यान टमाटर बोकेर हिँडेको देखिन्छ ।
अर्को सीसीटीभी फुटेजमा दिउँसो १.१८ बजे दुबै सवारीसाधन छपवा टोल प्लाजा पार गरी गोरखपुरतर्फ गइरहेको देखिन्छ ।
तर, महाराजगञ्जको नौतनवाबाट करिब ८ किलोमिटर टाढा रहेको सम्पतिहाचौकीका प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)ले करिब एक घण्टामा दुईवटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएका थिए ।
त्यसोभए प्रश्न उठ्छ कि यदि यी सवारीसाधनमा बोकिएका टमाटर नष्ट गर्ने आदेश थियो भने किन यति लामो समयसम्म सडकमा दौडिरहेका थिए र टमाटर लिएर कहाँ गएका थिए ?
यससँगै दुईवटा तस्बिर पनि बाहिर आएका छन् जसमा टमाटर किचिएको देखिन्छ । एउटा तस्बिर साँझको र अर्को रातिको हो, जसमा पिकअप भ्यान पनि देखिन्छ ।
त्यसोभए यी तस्करी गरिएका टमाटरहरू बेच्ने प्रयास गरिएको थियो? यो थाहा पाएपछि भन्सार विभागले अनुसन्धान थालेको छ ।
स्थानीय सञ्चारमाध्यमबाट आएका नष्ट भएका टमाटरका तस्बिरहरू तस्करीका टमाटर नै हुन् भन्ने कुरा पनि स्थापित गर्नुपर्ने आयुक्त आरती सक्सेना बताउँछिन् ।
यस सम्बन्धमा भएको अनुसन्धानमा पिकअप ट्रकको तस्विर पनि बाहिर आएको र तिनका चालकलाई पनि सोधपुछ गरिने उनको भनाइ छ ।
यससँगै उनले ती सवारी साधन विभागका नभएर निजी भएको बताइन् ।
भन्सार आयुक्त आरती सक्सेनाले नेपाल–भारत सीमामा निश्चित आयात–निर्यात नाका रहेकाले एसएसआई प्रमाणपत्रविना कुनै पनि आयातकर्ताले आयात गर्न नपाउने बताइन् ।
यी तोकिएका बिन्दुहरूलाई भूमि भन्सार स्टेशनहरू भनिन्छ। तर नेपाल–भारत सीमाना ठूलो छ र दुई देशबीच मानिसको आवतजावत धेरै छ ।
लखनउ भन्सार इकाईले उत्तराखण्ड र उत्तर प्रदेश राज्यहरूको सिमानामा रहेको सम्पूर्ण भारत-नेपाल सीमाको निगरानी गर्दछ।
तर भन्सार विभागका अधिकृतको उपस्थिति निश्चित तोकिएको ठाउँमा मात्रै छ र उनीहरु सशस्त्र बलजस्तै सिमानामा उपस्थित छैनन् ।
आरती सक्सेनाले घटनाको विस्तृत अनुसन्धान प्रतिवेदन मागेको र घटनामा संलग्न ६ अधिकारीलाई विभागको लखनउ मुख्यालयमा सरुवा गरिएको बताइन्। तीमध्ये केही घटनास्थलमा उपस्थित थिए ।
महाराजगञ्जको नौतनवा मण्डीका तरकारी थोक व्यापारी उत्तम कुमारले वर्षाले बाली चौपट भएपछि सबै तरकारी महँगोमा बिक्री भइरहेको बताउँछन् ।
यहाँ बेङ्लुरु र अमरोहाबाट टमाटर ल्याइए पनि अहिले नेपालबाट पनि केही टमाटर आउने गरेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘अहिले नेपालबाट टमाटर अलि सस्तोमा आउने भएकाले महाराजगञ्जमा भने भाउ सस्तो छ तर गोरखपुरमा भने २ हजारदेखि २ हजार ५ सयसम्म क्रेट बिक्री भई प्रतिकिलो १००–१२० रुपैयाँमा बिक्री भइरहेको छ । ८०-९० रुपैयाँमा आउने टमाटर हामी लिइरहेका छौं।
नागेश प्रसाद शुक्ला पेशाले वकिल हुन् र नौतनवा तहसीलमा काम गर्छन्।
उनी भन्छन्, “खानामा टमाटरको स्वाद लिने मानिसहरूलाई महंगीले सताएको छ। खासगरी गरिबले किनकी धनीले प्रतिकिलो ५०० रुपैयाँमा पनि टमाटर खान्छन्।”
उनी भन्छन्, ‘यसरी नै वर्षा भयो भने सबै तरकारी महँगो हुनेछ ।
|
आजको मौसमः चार प्रदेशमा भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
यस्ता छन् टेलिकमको समर अफर काठमाडौं। नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको छ ।
त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाइएको प्रवक्ता सोभन अधिकारीले जानकारी दिएका छन्।
समर अफरमा अल टाइम डाटा प्याकअन्तर्गत रु पाँच सयमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु आठ सयमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
त्यसैगरी प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत सस्तो कम्बो रु दुई सय ९९ प्याकमा एक सय ५० मिनेट अन नेट भ्वाइस कल, दुई जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा दुई जीबीको सट्टा चार जीबी डाटा उपलब्ध हुनेछ । टेलिकमले सजिलो अनलिमिटेड रु सात सय ९९ प्याकअन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल पनि उपलब्ध गराउने भएको छ ।
मेसिन टु मेसिन (एम टु एम) सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । त्यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको छ ।
साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युसेज पोलिसीबमोजिम तोकिएको परिमाण उपभोगपछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको छ ।
समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।
|
काठमाडौं गेष्ट हाउस अगाडि ढल जाम हुँदा ठमेल जलमग्न काठमाडौं। काठमाडौं गेष्ट हाउस अगाडि ढल जाम हुँदा ठमेल जलमग्न भएको छ ।
नियमित वर्षाका कारण सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ ।
ढल जाम हुँदा ठमेलका सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ । जाम भएको ढल निकासका लगि काठमाडौं महानगरको टोली परिचालन भएको छ।
काठमाडौँ उपत्यकाका धेरै स्थानमा नियमित वर्षा हुँदा सडक जलमग्न हुने गरेको छ । उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ ।
भौतिक संरचनाको निर्माणको जिम्मेवार कुन निकायको हो भनी स्पष्ट भए पनि ढल निर्माणको काम धेरै निकायले गरिरहेकाले समन्वयका कारण वर्षेनी यो समस्या दोहोरिरहेको हो ।
|
भायानेटकी सीईओ सेवा पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित काठमाडौं। भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको ‘व्यावसायिक महिला २०२३’ बाट सम्मानित गरिएको छ।
‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा सीईओ बोहरा सम्मानित भएकी हुन्।
सो पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउने कम्पनीको विश्वास छ।
सीईओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो।
सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (एफटीटीएच) प्रविधि सञ्चालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा उनले नेपाली घर–घरमा इन्टरनेट जडानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।
सीईओ बोहराको नेतृत्वमा भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ। यस्तै, ५१ शाखाहरू स्थापना गरेको छ भने १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ।
भायानेट कम्युनिकेशन लिमिटेडमा बोहराको नेतृत्वले नवप्रवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको कम्पनीले जनाएको छ।
|
नगरपालिकाकै कर्मचारीको साथमा लागूऔषध काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागूऔषधसहित पक्राउ परेका हुन्।
पुनर्वास नगरपालिका– १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित असिम थापा पक्राउ परेका छन्। नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका– को ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए।
कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागूऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन्।
|
सांसदहरुलाई पूर्व सुरक्षाकर्मीहरुको चेतावनीः सस्तो लोकप्रियताका लागि सेनाको विरुद्धमा नबोल्नुस् काठमाडौं। नेपाली सेनाको संख्या घटाउने विषयमा पछिल्लो समय राजनीति वृत्त र सदनमासमेत बहस सुरु भएको छ । संघीय संसद्का दुवै सदनमा खर्च कटौतिका लागि सेनाको संख्या घटाउन पर्ने आवज उठिरहेको छ ।
सेनाको संख्या कटौतिको विषयमा भएका बहसलाई अवकाशप्राप्त सुरक्षाकर्मीहरुले आलोचना गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा अवकाशप्राप्त नेपाली सेनाका अधिकारीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सुरक्षाकर्मीहरुले प्रतिनिधि सभामा डा. स्वर्णिम वाग्ले र राष्ट्रिय सभामा विमला राईले सेनाको संख्या घटाउने विषयमा दिएको अभिव्यक्तिको खण्डण गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पाखर गौतमले विदेशी चलखेलको आधारमा नेपाली सेनाको संख्या कटौति गर्न सडकदेखि संसद्सम्म चलखेल सुरु भएको बताए ।
विश्वको सैनिक इतिहासमा नेपाली सेनाले आफ्नो गौरवगाथा रच्न सफल भएको उनको दाबी छ । सेना नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय बिविधतालाई एकताको सुत्रमा बाँधेर देश र जनताको सेवामा समर्पित रहेको उनले बताए ।
साथै, नेपाली सेना विश्वको थुप्रै मुलुकहरूमा शान्ति स्थापनाको कार्यमा उच्चस्तरको कला कौशलता प्रस्तुत गर्न सफल रहेको उनले बताए ।
उनले मुलुकभित्र आईपर्ने प्राकृतिक विपत्तिमा नागरिकको उद्दार, राष्ट्रिय स्तरका दर्जनौ सडक निर्माण, राष्ट्रको महत्वपूर्ण संरचना निर्माण, विद्युत आयोजना र भि.भि.आई.पि.हरूको सुरक्षामा पनि नेपाली सेनाले योगदान दिइरहेको स्मरण गरे ।
उनले संयुक्त राष्ट्रसंघको मापदण्डबमोजिम सेनाको संख्या हुनुपर्ने भएपनि नेपालमा सबै संख्यामा दरबन्दी पुरा नरहेको बताए । उनले अहिले सेनाको संख्या घटाउनुपर्ने कुरा उठिरहेकोप्रति आपत्ति जनाए । यस्ता खालका अभिव्यक्तिले सेनाको अपमान हुने उनको बुझाई छ ।
त्यस्तै माओवादीका पूर्व बालसैन्य लेनिन विष्टले सरकारले सेनाको संख्या घटाउने भन्दै सेनाको आत्मबल गिराएको आरोप लगाए ।
अध्ययनविना नै सेनाको संख्या घटाउने कुरा उठाइएको भन्दै उनले आपत्ति जनाए । देशमा सेनाविना परिवर्तन सम्भव नरहेको उनको निष्कर्ष छ । उनले सरकारले लोकतन्त्रको नाममा देशको अस्तित्वमाथि नै खेलवाड गरिरहेको आरोप लगाए ।
‘यो सरकारले लोकतन्त्रको नाममा देशको अस्तिवमाचि नै खेलवाड गर्ने काम भएको छ । भविष्यमा पनि यो हुन्छ । यो संसारकै सबैभन्दा पुरानो संस्था हो । नेपाली सेनाको इतिहास छ । आज त्यो इतिहासमाथि प्रहार भयो,’– उनले भने ।
आफू र पूर्व जनमुक्ति सेनाहरु देशको लागि लड्न अझैपनि तयार रहेको उनले बताए ।
पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय सदस्य विक्रम पाण्डेले सेनालाई राज्यले क्रमिक रुपमा कमजोर बनाउने काम गरिरहेको आरोप लगाए । उनले आफूहरु उमेर हदका कारण संस्थाबाट अवकाश भएपनि देश र जनताको हितको लागि अवकाश नभएको बताए । नेपाली सेना आफ्नो अनुशासनसहित देश र नेपाली जनताको रक्षामा तल्लीन रहेको बताउँदै पाण्डेले सेनालाई चलाएर गल्ती नगर्न सबै राजनीतिक दललाई चेतावनी पनि दिए ।
पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय उपाध्यक्ष सशस्त्र प्रहरी बल नेपालका पूर्व डिएसपी खगेन्द्रराज बस्नेतले नेपाली सेना राष्ट्रको संरक्षण गर्ने गौरव भएको बताए । सरकारले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको रेशम चौधरीलाई आम माफी दिन सोच्न भ्याएको तर सेनाको गौरव र गरिमाको बारेमा सोच्न नसकेको भन्दै आपत्ति जनाए ।
‘सेनाको बारेमा बोल्नुभन्दा पहिले सोच्नुस् । नसोचिकन बोलेको कुराले देशमा नोक्सान पुग्छ । राष्ट्र र राष्ट्रिष्तामा क्षति पुग्छ,’– उनले भने ।
राजनीतिलाई सेवा मान्ने हो भने स्थानीय तहको तलब, भत्ता कटौति गर्न आवश्यक रहेको उनको भनाई छ । राजनीतिले केही फाइदा नदिएको भन्दै उनले राजनीतिक रुपमा हुने सबै प्रकारका खर्च कटौति हुन आवश्यक रहेको बताए । उनले सेना राष्ट्र र सबै नेपालीको गौरबको विषय भएको बताए । राष्ट्रलाई आवश्यक परेको खण्डमा अवकाश प्राप्त सुरक्षाकर्मीहरु बलिदानीको लागि तयार रहेकोसमेत उनले प्रतिवद्धता व्यक्त गरे ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य मोहन थापाले नेपाली सेना नेपाल देश निर्माण गर्ने संस्था रहेको बताए । सेना स्थापना भएर देश निर्माण गर्दै गर्दा आज विश्वमा शक्तिशाली भएका देशहरु स्वाधीनसमेत नभएको उनको भनाई छ । नेपाली सेना सानो बनाएर त्यसबाट जोगिने खर्चले कुनै पनि विकास निर्माणको काम सम्पन्न नहुने उनको दाबी छ । कतिपयले सुगौली सन्धीपछि सेनाको कुनै काम नभएको टिप्पणी गरेको भन्दै उनले भने, ‘सेनाले देशभित्र सञ्चालित आन्तरिक द्वन्द्वमा दाजुभाई मार्नमा बहादुरी नदेखाएको चाहिँ सत्य हो । सेनालाई दाजुभाई मार्नु थिएन । जनता मार्नु थिएन । त्यो आफ्नो सुरक्षाको लागि गरिएको न्यूनतम् दायित्वमात्रै थियो ।’
उनले सेनाले नै विद्रोही शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन बाध्य बनाएको दाबी गरे ।
अवकासप्राप्त सहायक रथी बाबुकृष्ण कार्कीले नेपाली सेनाको संख्या घटाउनेभन्दा पनि बढाउन आवश्यक रहेको बताए । उनले अहिले सेनाले विभिन्न विपत्तिमा पहिलो उद्धारकर्ता भएर जनताको वस्तीमा गएर सेवा दिएको उनले बताए ।
सेनाको संख्या घटाने कुरामा स्वार्थ लुकेको उनको दाबी छ । उनले नेपालमा द्वन्द्व व्यवस्थापनमा आएका विज्ञले सेनाको संख्या पाँच लाख हुनुपर्ने बताएको पनि दाबी गरे ।
इतिहासविद् भीम बर्माले जनआन्दोलनपछि टिकाटिप्पणी आइरहेको बताए । यस्तो खाल्को टिकाटिप्पणी सुरक्षाको हिसाबले पनि खतरनाक रहेको बताए । यस्ता खाल्का टिकाटिप्पणीले विदेशीहरुले आफ्नो स्वार्थ पुरा गरिरहेको बताए ।
नेपालभन्दा साना देशमा नेपालकोभन्दा ठूला संख्यामा सेना रहेको उल्लेख गर्दै उनले यस्ता विषयमा सदन र संसद्मा छलफल गर्न नहुने बताए । उनले सेना देशको प्राण भएको बताए ।
पूर्व सहायक रथी जीवनारायण श्रेष्ठले देश र जनता विपत्तिमा पर्दा पहिलो उद्धारकर्ता सेना भएको बताए । देशमा भूकम्प, बाढी, पहिरो र सुरक्षामा जोखिम आएको बेला सेना नै अगाडि बढेको उनले स्मरण गरे ।
पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले केही मान्छेहरुले फिरङ्गीको हण्डी खाएर नेपाली सेनाविरुद्ध बोलिरहेको आरोप लगाए । नेता, सांसद, न्यायाधीश सबैले फिरङ्गीको हण्डी खाने गरेको उनको आरोप छ ।
सेनाभित्र पनि केही सुधारको आवश्यकता रहेको औंल्याउँदै उनले नेपाल निर्माणमा सेनाको भूमिका कसैले पनि भूल्न नहुने बताए । गे्रटर भारतको नक्सामा नेपालमा भू–भाग समावेश भएकोमा आपत्ति जनाउँदै उनले प्रधानमन्त्रीको आलोचना गरे ।
प्रधानमन्त्रीले भारतको ज्यादतिविरुद्ध केही बोल्न नसकेको उनको आरोप छ । उनले सेनाका उच्च पदस्थ अधिकारीहरुलाई अवकाशप्राप्त भएपछि पनि शिर ठाडो पारेर हिँड्न सक्ने गरी काम गर्न आग्रह गरे ।
अवकाशप्राप्त सहायक रथी डा. केशरबहादुर भण्डारीले राजनीतिककर्मीहरु सेनालाई कमजोर बनाउने उद्धत भइरहेको आरोप लगाए ।
सेनाको विरुद्धको अभिव्यक्ति आफूहरुलाई सह्य नहुने उनको भनाई छ । आवेगमा आएर सस्तो लोकप्रियताको लागि सेनाको विरुद्धमा नबोल्न उनले आग्रह गरे । देश निर्माणमा सेनाको योगदान अतुलनीय रहेको बताउँदै उनले यसका विरुद्ध नलाग्न आग्रह गरे ।
नेपालमा तुलनात्मक हिसाबमा सबैभन्दा राम्रो संस्था नेपाली सेना रहेको उनको दाबी छ । देशलाई संकट पर्दा सबैभन्दा पहिले योगदान दिन सक्ने संस्था नै सेना भएको उनले बताए ।
कार्यक्रम सञ्चालक पूर्व सैनिक हेमशंकर गिरीले गरेका थिए । उनले सेनाराष्ट्रको जीवनसँग गाँसिएको संवेदनशील विषय भएको बताए । सेनामाथि क्रमिक रुपमा आक्रमण गर्ने कार्य बन्द गर्न उनले सबै समक्ष आग्रह गरे । नेपालको विविधता र संस्कृतिको संरक्षण गरेकै कारण सेनामाथि प्रहार भइरहेको उनको दाबी छ ।
|
संरक्षणको अभावमा खण्डहर बन्यो आदिकवि भानुभक्तको घर तनहुँ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन ।
भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ । भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भनेझैँ संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्न सकेको छैन ।
आदिकवि भानुभक्तको जन्मघरको संरक्षण गर्न सके यहाँ आउने साहित्यिक पर्यटकका लागि अध्ययनको केन्द्र बन्न सक्छ । कुनै सरकारको चासो नहुँदा भानुको घर खण्डहर बनेको हो । देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानु भग्नावशेष घर देखेर निराश हुने गरेको स्थानीयवासी बताउँछन् ।
भानुको घर झारले ढाकेको, घरमा प्रयोग भएका काठका झ्याल, ढोका डढेलोले खाएको र रामायण भवन अलपत्र परेको देख्दा मन रोएको भानु–४ सेपाबगैँचाका मीनबहादुर श्रेष्ठले बताए। उनले भने, “भानु पिछडिएको छ, भानुभक्तकै नाममा विभिन्न फाइदा लिने गरेको भए पनि यहाँको विकासका लागि कुनै पनि पहल भएको छैन, यहाँ आवतजावत गर्नका लागि सहज सडक निर्माण गर्न नसक्दा यहाँ आउने पर्यटक तथा स्थानीयलाई सकस भएको छ, तर सहज बनाउने कार्यतर्फ चासो पुगेको छैन ।”
यहाँको विकास आवश्यक भएकाले तुरुन्तै बजेट विनियोजन गरेर भानु घरसम्म पुग्ने सडक सहज बनाउनुपर्ने उनको भनाइ छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान गरे पनि राज्यले उहाँको सम्मान गर्न नसकेकाले घरको पुनर्निर्माणमा ध्यान नपुगेको स्थानीयवासीको भनाइ छ । भानुभक्तको जन्मघर नजिकै बस्ने ८५ वर्षीय भ्याँगे सुनारले स्थानीयवासी जनप्रतिनिधिले संरक्षणका लागि पहल नगरेकाले अलपत्र परेको बताए।
आदिकवि भानुभक्त चलचित्रमा अभिनय गरेर आफ्नो कलाकारिता अगाडि बढाएका दिलीप रायमाझीले भानुको जन्मस्थलमा केही अघि त्यहाँ पुग्दा भग्नावशेष परेको घर देख्दा भानुलाई सम्मान हुन नसकेको अनुभूति भएको बताए। भानुभक्तलाई भारतको दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको उनको बुझाइ छ ।
विसं २०५२ मा सरकारले गठन गरेको भानु जन्मस्थल विकास समितिको नाम परिवर्तन गरेर आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका रूपमा नयाँ गठन भएको छ । समितिले विसं २०५५ मा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो ।
विसं २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि रु एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गरेका थिए। रामायण भवन तथा भानुको घरलाई संरक्षणमा टेवा दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले चौकी स्थापना गर्न माग राखेको भए पनि सुनुवाइ नभएको भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साबिक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले बताए।
जंगलको बीचको खरको छानाको उक्त घर विसं २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो । विसं २०७३ मा तत्कालीन मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गरेका थिए।
रु ६८ लाखको लागतमा निर्माण हुने भनी शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंक रानाभाटले जानकारी दिए।
चुँदीरम्घाको प्राकृतिक सौन्दर्य नासिँदै गएको छ । भानुभक्तको सालिक लेउले ढाकेको छ । आदिकविसँग सम्बन्धित सम्पदा, वस्तु र भानु पुस्तकालयको संरक्षण भएको छैन । नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीय बताउँछन् ।
बिर्के टोपी घाँसी अभियानका अभियानकर्मी भानु–२ अम्बोटे निवासी यदुनाथ न्यौपानेले करोडौँमा बनेको रामायण भवन धमिराले खाने, भानुको घर पुनर्निर्माण नहुने र भानु जयन्तीमा मात्रै भानु टोपी लगाएर अर्थ नहुने बताए। भानुभक्त विसं १८७१ असार २९ गते चुँदीरम्घामा जन्मिएका थिए।
|
अवैध सुनसहित २९ वर्षीय व्यक्ति पक्राउ मोरङ। विराटनगर महानगरपालिका-१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित भारत कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहितीलाई प्रहरीले पक्राउ गरेको छ।
सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई तलासी गर्ने क्रममा उनको साथबाट उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद सुन सहित राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको छ।
|
कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ काठमाडौँ। कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका-१४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्की समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
|
२१० औं भानु जयन्तीः भाषिक एकतामा भानुभक्तको महत्वपूर्ण योगदान पोखरा। भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज पोखरामा आयोजित २१०औँ भानु जयन्तीमा भाषिक एकतामा भानुभक्तले पुर्याएको योगदानको चर्चा गरिएको छ ।
नेपाली भाषामार्फत राष्ट्रिय एकता कायम गर्न भानुभक्तले गरेको योगदान अविष्मरणीय भएको बताउँदै वक्ताहरूले सभ्य समाज निर्माणका लागि उनले दिएको सन्देश पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भाषिक एकतामार्फत भानुभक्तले गरेको योगदान अविष्मरणीय भएको उल्लेख गर्दै उनको योगदानलाई जीवन्त राख्नुपर्ने बताए। पोखरामा भानुभक्तको योगदानलाई चिरस्थायी बनाउँदै साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न विशाल भानुभक्तको शालिक राख्ने सोच अघि बढाइएको उनले बताए ।
भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तले भानुभक्तका अमर काव्य अहिले पनि उत्तिकै महत्वपूर्ण भएको बताए। भानुभक्तको स्मारक तयार गर्दै स्वदेशी एवम् विदेशी साहित्यकारलाई अध्ययन अनुसन्धानका लागि पोखरालाई गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्ने उनले बताए।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेले भाषा बिग्रेमा त्यसको असर हाम्रो समाज र सन्ततिलाई पर्ने जनाउँदै त्यसतर्फ सबै सजक बन्नुपर्नेमा जोड दिए।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको जनाउँदै उनको योगदानलाई चिरस्थायी बनाउनुपर्ने बताए।
भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मिया, सचिव अम्बिकाप्रसाद भट्टराई, प्राज्ञ हरिदेवी कोइराला, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्य, भानुमार्ग आमा समूहका अध्यक्ष मिठु गुरुङ लगायतले नेपाली भाषाको विकासमा भानुभक्तले गर्नुभएको योगदान अतुलनीय भएको बताए।
उक्त अवसरमा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईद्वारा स्थापित एवम् भानु वाङ्मय प्रतिष्ठानद्वारा सञ्चालित भानु वाङ्मय पुरस्कारबाट पृथ्वीनारायण क्याम्पसमा स्नाकोत्तर तहमा नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने मिलनकुमारी नेपालीलाई रु १० हजार नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो।
यसअघि पोखराको चिप्लेढुङ्गाबाट भानु प्रतिमास्थल पोखरा–११ फूलबारी भानु चोकसम्म नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसहित प्रतिष्ठानका पदाधिकारी एवम् सदस्य, विभिन्न विद्यालयका विद्यार्थी प्रभातफेरीमा सहभागी भएका थिए । सहभागीले फूलबारी भानुचोकस्थित भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गरेका थिए ।
|
सप्तकाेशी ब्यारेजमा ट्रक खस्यो : तीन जनाकाे उद्धार, ट्रक बेपत्ता राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ।
ब्यारेको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए।
उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।
नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ। यसैबीच कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ ।
|
स्रोत नखुलेको २० लाखसहित २० वर्षीय युवक पक्राउ जानकी। नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन्।
कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद गरिएको हो। मोटरसाइकल चालक भारततर्फ भागेका थिए। रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ।
|
‘काँडे भ्याकुर’ पाइने सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने गण्डकी। सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ। तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ ।
जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ नै वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ ।
पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। समितिले यसअघि पोखरा पक्षी समाजसँगको सहकार्यमा यस क्षेत्रमा पाइने चराको गणना गरिसकेको उनले जानकारी दिए।
“पदमार्ग क्षेत्रलाई चरा पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ पाइने सबै चरालाई हामीले पुस्तकमा समेट्ने तयारी गरेका छौँ”, उनले भने, “पुस्तकमा समेटिएसँगै यस क्षेत्रमा पदयात्रा गर्न आउने वा चराहरूकै अध्ययन अवलोकनका लागि आउने पर्यटकका लागि थप उपयोगी बन्ने हाम्रो विश्वास छ ।”
नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदमार्ग क्षेत्रका अधिकांश स्थानमा पाइने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए। स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो सङ्ख्यामा काँडे भ्याकुर भेटिएका छन् । त्यस्तै पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौँडा, बुढाकोट तलतिरको भागलगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडे भ्याकुर पाइएका छन् ।
अध्ययनबाट पदमार्ग क्षेत्रमा एक सय ३७ प्रजातिका चरा फेला परिसकेको र थप अध्ययन अनुसन्धानबाट अन्य केही प्रजाति अझै थपिने देखिएको अध्यक्ष घिमिरेले बताए। स्थलगत अनुसन्धानसँगै यस पदमार्ग क्षेत्रलाई चरा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
यस क्षेत्रमा काँडे भ्याकुरसँगै अन्य अति सङ्कटमा परेका केही चरा पनि पाइएको उनले बताए। संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका विभिन्न चरा यहाँ भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला पाइएको छ । त्यस्तै पौरी बाज, बौडाइ, कालो चिल, काकाकुल, शिक्रा, वनबाज, मोर¬ङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कन्टे सुगा, मधुवा आदि चरा पर्यटकले देख्न सक्दछन् ।
ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेलगायत प्रजातिका चराले पनि यस पदमार्गको गरिमा अझै बढाएको छ । संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैँसेगौँडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए।
“हामी मिलेनियम ट्रेकलाई पदयात्राका लागि मात्रै नभएर चरा पर्यटनको पनि गन्तव्य बनाउन चाहन्छौँ”, उनले भने, “पदयात्रासँगै चराको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न स्थानमा घरबास सञ्चालनमा आइसकेका छन् ।”
पछिल्ला वर्षमा प्रकृतिका साथीहरू संस्थाकै आयोजनामा उक्त क्षेत्रमा वार्षिकरूपमा विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि विषयक तालिमसमेत प्रदान गर्ने गरिएको निर्देशक राजु आचार्यले जानकारी दिए। देशभरबाट सहभागी हुने विद्यार्थीलाई १९ दिने वन्यजन्तु अनुसन्धान विधि विषयक तालिम दिइने उल्लेख गर्दै उनले सो क्रममा त्यहाँ पाइने चरा, वन्यजन्तु, पुतली आदिबारे जानकारी एवं अध्ययन–अनुसन्धान गराइने जानकारी दिए।
शान्तस्थल, पर्याप्त वनजङ्गल आदिका कारण पनि यस क्षेत्रमा धेरै प्रजातिका चरा पाइने स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा पोखरा र आसपासका क्षेत्र चराको अध्ययन अवलोकनका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने थालेका कारण मिलेनियम ट्रेकमा चरा पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना रहेको गुरुङले बताए। नेपालमा भित्रने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको अध्ययनले देखाएको छ ।
|
पहिराले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध ढोरपाटन। अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ। लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो।
वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए।
सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन्। पूर्वीरुकुमको रुकुमकोटबाट काठमाडौँ, पोखरा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन्।
लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष घर्तीमगरको भनाइ छ। उनले यस सडकको खण्डको पातीहाल्नेमा रुख डलेर सडक अवरुद्ध भएकामा अहिले खुलाइसकेको बताए।
अध्यक्ष घर्तीमगरले भने, “यो पहिराले हैरान बनायो, पानी पर्नैहुन्न, पर्यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ, यताको गाडी यतै, उताको गाडी उतै हुन्छन्, यसले धेरै समस्या बनायो।”
मुख्य सडकसँगै निसीखोलाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको उनले जानकारी दिए। अब बर्खा नरोकिएसम्म उक्त सडक खुलाउन नसकिने घर्तीमगरको भनाइ छ। बुर्तिबाङ बजारबाट कानाबगरसम्म सहजरूपमा यातायातका साधान चल्न सके पनि त्यसभन्दा माथि समस्या हुने गरेको उनले बताए। – रासस
|
धारिलो हतियार प्रयोग गरी ३५ वर्षीय पुरुषको हत्या रौतहट। रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरूषको हत्या भएको छ। देवाहीगोनाही नगरपालिका–६ कर्कच कर्मैया बस्ने ब्रह्मदेव साह कानुको छोरा ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ।
धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा शुक्रबार बिहान घरमा जगरनाथको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए।
साहको हत्या कसले र किन गर्यो भन्ने खुलिनसकेको र यसबारे अनुसन्धान थालिएको निरीक्षक साहले जानकारी दिए।
|
बाजेको कुटाइबाट नातीको मृत्यु बैतडी। बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो। बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाती रिजन साउद गम्भीर घाइते भएका छन्। उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आइसियुमा राखेर उपचार हुँदैछ।
बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिठ गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए। रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन्। कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
|
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना, सचेत रहन आग्रह काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा पनि भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी र प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहनु साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
|
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै काठमाडौं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेकाे रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउन अर्ती दिएपछि भानुभक्तले रामायणलाई नेपाली भाषामा रचना गर्न प्रेरित भएका थिए।
भानुभक्तले ‘बधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ र अन्य फुटकर कृतिहरुको रचना गरेका छन्। आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको घोर विरोध गरेका छन्।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान रहेको छ।
भानुको जन्मजयन्ती नेपाल बाहिर भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ। आदिकवि भानुभक्त आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो।
यसैबीच गण्डकी प्रदेशले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। प्रदेश मन्त्रिपरिषद्को मिति २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा उक्त दिन बिदा दिने निर्णय गरिएको हो।
|
null |
सिटी एक्सप्रेस १७औँ वर्षमा प्रवेश, ब्राण्ड एम्बासडरमा जितु नेपाल नियुक्त काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले हिजो असार २७ गते १६ बसन्त पार गरेर १७ औ वर्षमा प्रवेश गरेको छ । यही १७ औ बार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ ।
जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ औं बार्षिकोत्सवकै उपलक्ष्यमा बिहान आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
|
अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो घोराही । अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको आज मृत्यु भएको हो ।
एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।
अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा रमेश कँडेलले यसलाई भवितब्य घटना भएको बताए । कुनै पनि बिरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफूहरूको भए पनि कहिलेकाहीँ यस्ता घटना हुने गरेकामा आफू दुःखी भएको प्रतिक्रिया दिए । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ ।
|
आगामी आर्थिक वर्षमा थप नौ सय मेगावाट बिजुली थप हुन्छः ऊर्जामन्त्री बस्नेत काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा उनले आन्तरिक खपत बढाउने नै सरकारको सोच रहेको र बढी भएको बिजुलीमात्रै विदेशमा निर्यात गरिने बताए ।
हाल प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै उनले ऊर्जा विकास दशकको मार्गचित्रका साथ काम गरिरहेको बताए। आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने र त्यसका लागि कुल २० हजार मेगावाट बराबरको आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइने सदनलाई जानकारी गराए।
उनले केही ठूला जलाशयुक्त आयोजना अगाडि बढाउने सोचका साथ सरकारले प्रक्रिया अगाडि बढाएको स्पष्ट पार्दै तल्लो अरुण आयोजनाका सन्दर्भमा धेरै पहिलेदेखि नै प्रक्रिया अगाडि बढेको बताए । सांसदहरूले सो आयोजना भारतीय कम्पनीलाई किन दिइएको हो भनेर प्रश्न उठाएका थिए ।
मन्त्री बस्नेतले कृषि उपजको उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ सिँचाइका आयोजनालाई पनि सरकारले प्राथमिकता दिएको बताए । कर्णाली प्रदेशमा सिँचाइ सुविधा पुर्याउनका लागि एकीकृत कर्णाली सिँचाइ परियोजना अगाडि बढाइएको र आगामी आवका लागि रु ३० करोड बराबरको बजेट विनियोजन भएको जानकारी दिए।
भारतसँग दीर्घकालीन सम्झौताअन्तर्गत १० हजार मेगावाट बराबरको बिजुली बिक्रीका लागि सम्झौता भएको जानकारी दिए। उनले बढी भएको बिजुलीमात्रै बिक्री गरिने भएकाले त्यसमा दुविधा नराख्न आग्रह गरे।
बिजुलीको उत्पादन, वितरण र व्यापारको आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर सरकारले काम गरिरहेको बताए। सरकारले नलगाड जलविद्युत् आयोजनालाई सरकारले उत्तिकै महत्त्व दिएको र छिट्टै प्रक्रिया अगाडि बढ्ने बताए।
|
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता काठमाडौं। मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् ।
गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले अहिले मेलमिलापमार्फत समस्या समाधानलाई प्राथमिकता दिएर काम अघि बढाइरहेको छ ।
आयोगका सदस्य उत्तमराज सुवेदीले पीडितहरूले देशभर हालसम्म झन्डै २४ हजार उजुरी दिएका र त्यसमध्ये एक हजार पाँच सय जति उजुरीमा मेलमिलाप गराइएको जानकारी दिए ।
यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो । आयोगका सदस्य सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दाहरू छन् । यसअघि अदालतबाट पीडितका विरुद्धमा फैसला भएको भन्दै पीडितहरूले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए ।
आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने उनले बताए ।
नेपाल सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा जाँचबुझ गर्न गत चैत २० को निर्णयानुसार जाँचबुझ आयोग गठन गरेको थियो ।
यही असार २५ गतेदेखि आयोगको म्याद सकिएपछि सरकारले पुनः तीन महिनाका लागि म्याद थप गरेको छ । आयोगले वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना भई कार्यसञ्चलन गरिरहेको छ ।
|
सीता दाहालः चितवनकी छोरी, बुहारी र आमा चितवन। बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झरेकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उनका उर्जाशील धेरै समय पनि चितवनै बित्यो ।
बाहिर चर्चा निकै कम भए पनि सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता प्रचण्डलाई सफल बनाउन सीता दाहालको भूमिका महत्वपूर्ण थियो । चितवन सीताका लागि माइति र घर दुवै भयो । यस हिसाबले उनी चितवनको छोरी मात्रै होइन बुहारी र आमा पनि हुन् । दाहालकी माईली छोरी रेनु दाहाल यतिबेला भरतपुर महानगरपालि प्रमुख छिन् ।
विसं २०११ साल असार २१ गते कास्कीको हेम्जामा (हालको पोखरा महानगरपालिका वडा नं. २५० मा जन्मिएकी सीता छ वर्षको उमेरमा बुबाआमासँगै चितवन झरिन् । पटिहानीको सुन्दरबस्तीमा उनीहरु बसोबास गरे। नजिकै शिवनगरको भीमसेन नगरका पुष्पकमल दाहालसँग उनको २०२६ सालमा विवाह भयो । तत्कालिन समयमा दाहाले प्रवेशिका परीक्षा मात्रै दिएका थिए।
सीताका भाई हेमराज पौडेलका अनुसार बिसं २०३० सालमा प्रचण्ड गोरखा पढाउन जाँदै गर्दा सीता भने सासुससुरासँगै भीमसेननगरमै रहिन्। पौडेलका भनाइमा २०३० सालदेखि ३८ सालको बीचमा तीन छोरी र एक छोरालाई उनले जन्म दिइन् ।
पौडेलले भने “यही समयमा भिनाजु प्रचण्ड अर्धभूमिगत भएपछि निकै संघर्षका साथ दिदीले भान्जाभान्जी हुर्काउनुभयो ।” घरका सासु ससुरासँगै माईतकी आमाको सहयोगले छोरीछोरी हुर्काउन उनले सकिन् ।
संघर्षकै क्रममा २०४२ सालतिर प्रचण्ड परिवार काठमाडौँमा बस्न थाल्यो । माईली छोरी रेनु भने दुई वर्षको उमेरदेखि एसएलसीसम्मको पढाइ नसकिँदासम्म मामाघरमै बसिन् । ललितपुरको पाटन, गोङ्गबुलगायतका क्षेत्रमा भाडाका घरमा सङ्घर्षका साथ दिदीले भान्जाभान्जी हुर्काएको पौडेल स्मरण गर्छन् ।
“धनसम्पत्ति आर्जनगर्नेतर्फ कहिल्यै ध्यान नदिने सीता सर्वहारा वर्गको हितका लागि जहिल्यै पनि लाग्नुपर्छ भन्नुहुन्थ्यो”, पौडेलले स्मरण गर्दै भने, “दिदीले कहिल्यै आफ्नो दुःख सम्झनुभएन । सधैं सर्वहारा वर्ग र महिलाका हकहितका पक्षमा कुरा गर्नुहुन्थ्यो ।”
जीवनको उत्तराद्र्धमा सीतालाई बुबाआमा बसेको र आफू हुर्किएको सुन्दर बस्तीमा घर बनाएर बस्न मन थियो । भान्जा भान्जीका लागि जग्गा पनि दिएको भन्दै पौडेलले पछि आफ्नै पैत्तृक सम्पत्तिमा घर बनाए पनि दिदी बस्न नपाएको बताए।
भरतपुर महानगरपालिका वडा नं. १४ भीमसेन नगरमा दाहाल परिवारले घर बनाएको छ । अघिल्लो निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएपछि आफ्नै गृहजिल्लालाई राजनीतिक थलो बनाउन चाहेर घर बनाइएको थियो ।
श्रीमती सीताको इच्छा समेत पूरा गर्दै नयाँ घर बनेपनि सीताले उक्त घरमा जम्मा तीन रात मात्रै बिताउन पाइन् । पौडेलले भने “घर बनाउने दिदीको ईच्छा पूरा भएपनि बस्ने ईच्छा पूरा हुन पाएन ।”
देश र विदेशले प्रचण्डलाई चिन्दै गर्दा सीतालाई धेरै कमले चिने । तर, चिन्नेहरु उनीसँग निकै निकट भएको देखिन्छ । विस २०५३ मा माइली छोरी रेनुसँग विवाह बन्धनमा बाँधिएका अर्जुन पाठक सीता आमाले तल्लो वर्गका नागरिकको पक्षमा लाग्न सबैलाई प्रेरणा दिने गरेको स्मरण गर्छन् ।
आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै नलाग्ने सीताले जनताको अधिकार प्रत्याभूतिका लागि सधैं लाग्न उत्प्रेरणा दिने गरेको उनको भनाइ छ । संविधानसभामार्फत् संविधान बनेपछि पनि संविधान प्रदत्त अधिकार आम नागरिकलाई दिलाउन लाग्न सबैसँग उनको आग्रह हुने गरेको पाठकले बताए।
सादा र सादगी जीवन बिताउने सीता हक्की स्वभावकी थिइन्। प्रचण्डका बहिनी ज्वाई भक्तिराम अधिकारीले भने, “परिवारका सबैसँग उत्तिकै राम्रो सम्बन्ध दिदीले गर्नुहुन्थ्यो ।” परिवारको एउटा मियोका रुपमा दिदी सीता रहेको अधिकारीले स्मरण गरे । प्रचण्डलाई सफल बनाउनुको पछाडि सीताको महत्वपूर्ण साथ रहेको उनको बुझाइ छ ।
पछिल्लो एक दशक यता प्रचण्ड परिवारसँग निकट भएर काम गर्दै आएका पत्रकार सुरेशचन्द्र अधिकारीको बुझाइमा परिवारदेखि आम नागरिकसम्ममा सीताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पुर्याएको योगदान आफैमा महत्वपूर्ण छ । उनले भने, “आमा सीताले कहिल्यै कसैको कुभलो चिताउनु भएन ।”
प्रचण्डले महत्वपूर्ण निर्णय गर्नुपर्दा सीताकै सुझाव लिने गरेको अधिकारीको भनाइ छ । सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वभावको असङ्ख्य पीडा सहन सक्ने महिला भएको अधिकारीको भनाइ छ ।
जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको उनका निकटस्थहरु बताउँछन् । विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।
जनयुद्धसँगै उनका धेरै समय नेपालका ग्रामीण क्षेत्रसँगै भारतीय भूभागमा पनि बितेका छन् । ती अतितका सङ्घर्षका समयलाई सामना गर्दै आफ्नो जीवनको उत्तरार्द्धसम्म उनी अविचलित रहिन्।
पछिल्लो समय बिरामी भएपछि भने उनी थलिएकी थिइन् । दुई साताअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारिवारिक सन्दर्भका कुरा गर्दैगर्दा भनेकी थिइन् “काठमाडौँबाट साँझ बिहान बुबाको फोन आउँदै गर्दा झसङ्ग हुने गर्दछ । कतै आमालाई केही भयो कि भनेर झस्काईरहन्छ ।” नभन्दै बुधबार विहान त्यही नमीठो खबर प्राप्त भयो ।
नारायण अधिकारी\रासस
|
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।
राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश आदेश दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २४ असारमा सचिव राउतलाई विराटनगर जान लाग्दा काठमाडौं एयरपोर्टबाट नियन्त्रणमा लिएको थियो ।
ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा तत्कालीन शाखा अधिकृत रहेका राउतले टिप्पणी उठाएको आरोप सीआईबीको छ । पक्राउ गरेपछि उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।
|
नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा हाल १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी हुन्।
उनका अनुसार सबैभन्दा धेरै पत्रपत्रिका रहेका छन् भने सबैभन्दा थोरै टेलिभिजन रहेका छन् ।
पत्रपत्रिकाको संख्या ७ हजार ९७९ रहँदा टेलिभिजन २४२ वटा सञ्चालनमा रहेका छन् । यसैगरी, ३ हजार ९९० अनलाइन पत्रिका सञ्चालनमा रहँदा ९२८ वटा एफएम रेडियो चलिरहेका मन्त्री शर्माले जानकारी दिइन् ।
उनका अनुसार गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको छ।
|
सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढ्दै, सबैभन्दा बढी कैलालीमा कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सबैभन्दा झुण्डिएर आत्महत्या गर्ने तथ्यांकले बढी देखाएको छ ।
सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हालसम्म नौ वटै जिल्लामा पाँच सय सात जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । चालु आवमा सबैभन्दा बढी कैलालीमा दुई सय ३३ जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरमा एक सय १९, डोटीमा १५, अछाममा बीस जना, बाजुरा २०, बैतडी र बझाङमा २४/२४, दार्चुलामा २५ र डडेल्धुरामा २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।
आत्महत्यालाई निरुत्साहित गर्न राष्ट्रियरुपमै योजना बनाएर नियन्त्रणको प्रयासमा लाग्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीको भनाइ छ । “पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बढी आत्महत्याका घटना बढेका छन्”, प्रहरी स्रोतले भन्यो, “आत्महत्या नियन्त्रण र लागुऔषध नियन्त्रण सुदूरपश्चिमका मुख्य चुनौती हुन् ।”
आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेको प्रहरी भनाइ छ । मुलुकी अपराधसंहिता २०७४ लागू भएयता आत्महत्या गर्न बाध्य पार्नेमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइए पनि आत्महत्याको दरमा कमी भने आएको छैन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले मानसिक रोग भएको अवस्था, डिप्रेशन, बेरोजगारी, पारिवारिक तनाव र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले समेत मानिसक आत्महत्या गरिरहेको बताए । “आत्महत्या न्यूनिकरण निकै चुनौतीपूर्ण विषय छ”, उनले भने, “यसको नियन्त्रणका लागि सबै निकायबाट पहल हुन जरुरी छ ।”
उनले हरेक दिनजसो यहाँ आत्महत्याका घटना प्रहरीमा पुगिरहेको बताए।रासस
|
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका तुलाधर पक्राउ काठमाडाैं। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंका असनका केशव तुलाधर रहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरिएको हो।
पक्राउ परेका तुलाधरलाई ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ।
तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ।
|
सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ उदयपुर। सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्टसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ।
उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
|
तनहुँका किसान पशुपालनमा आकर्षितः मासु,अण्डा र दूधमा आत्मनिर्भर तनहुँ। पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् ।
जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए। आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उनको भनाइ थियो । उनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ ।
त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए। यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८र७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ ।
दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए।
आर्थिक वर्ष २०७७र७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।
जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८र७९ को तथ्यांक अनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो ।
केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् ।
दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् । सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ ।
उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए। उनका अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।
“दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ”, सिक्देलले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन ।
दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् ।
पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिनुए। उनका अनुसार फार्ममा ३० वटा गाई छन् ।
“फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्”, पौडलले भने, “फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।” दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए।रासस
|
पानीको मूल फुटेन, रोपाइँ भएन म्याग्दी। असार अन्तिम सातासम्म पनि पानीको मूल फुट्न नसक्दा म्याग्दीमा अझै रोपाइँ हुन सकेको छैन। पर्याप्त वर्षा नहुँदा जिल्लामा ४८ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो।
विगतका वर्षमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भइसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् ।
मूल फुटेर, खहरे तथा अन्य खोलामा पानी आउने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानले बताएका छन् । “पानी पर्ला र रोपाइँ सुरु गरौँला भन्ने सुरुमा छौँ”, बेनी नगरपालिका–२ का किसान टीका कार्कीले भने।
खेत र बारीका कान्लाका पानीका मूल फुटेका छैनन् । भेलबाढी बग्न पर्ने खोलामा खडेरीले गर्दा आजसम्म कमिला हिँड्ने गरेका किसान बताउँछन्।
केही वर्षअघिसम्म लेकाली क्षेत्रमा असारको अन्तिमसम्ममा र साउनको पहिलो सातासम्ममा बेँसीमा रोपाइँ पूरा हुने गरेको थियो । पछिल्ला वर्षमा वर्षा अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए।
आकाशको पानी नपरेपछि खेतका कुना र कान्लाका मूल पनि फुटेको छैन । सिँचाइका लागि कुलो वा नहरको व्यवस्थापन भएका, खोल्साको आसपासमा भएका बाँझा जमिनमा रोपाइँ सकिएको भए पनि मकैखेती भएको मुख्य उत्पादनयोग्य भूमिमा रोपाइँ भएको छैन ।
मकै पाकेपछि थन्क्याएर रोपाइँका लागि खेतका गरा तयारी अवस्थामा राखिए पनि पानीकै अभावमा रोप्न नसकेको कृषक बताउँछन्।वर्षा नहुँदा मकै लगाएको खेत खाली भएको धेरै दिन भएको भए पनि रोपाइँ गर्न नसकिएको मङ्गला गाउँपालिका–४ का कृषक पूर्णबहादुर रोकाले बताए।
जिल्लाका विभिन्न ठाउँका कृषकले धारा वा मूलको पानी आलोपालो गरेर रोपाइँ गरिएको खेतमा पनि सिँचाइको अभावमा गरा चर्किएको बताएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले अहिलेसम्म करिब ५२ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिए। अघिल्लो वर्ष यही समयमा अहिलेको भन्दा धेरै रोपाइँ भए पनि यो वर्ष पर्याप्त वर्षा नहुँदा कृषक चिन्तामा परेको उनको भनाइ छ ।
जिल्लामा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा तीमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरको जमिनमा खेती हुँदै आइरहेको छ । जिल्लामा कूल तीन हजार आठ सय ८५ हेक्टरको जमिनमा धानखेती हुँदै आएको छ ।
गत वर्ष १३ हजार तीन सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकामा एक हजार छ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।
|
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु रेसुंगा। गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन्। उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।
|
बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै गल्याङ। कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो।
सडक विभाग पुल महाशाखाअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर पोखरा र गौरी पार्वती न्यू टेक्निकल जेभी कुपण्डोल ललितपुरबीच पुल निर्माणका लागि २०७९ भदौमा सम्झौता भएको हो। निर्माण कम्पनीका इन्जिनियर मनिष भण्डारीका अनुसार उक्त पुल रु १५ करोड ४९ लाखको लागतमा ३३ महिनामा सक्ने गरी बन्न लागेको हो।
उक्त पुल १२०.८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ। पैदलयात्रुका लागि दायाँबायाँ फुटपाथ निर्माण गरिने छ। कालीगण्डकी लोकमार्ग र कालीगण्डकी कोरिडोरसमेत जोड्ने पुलले पाल्पाको मिसन अस्पताल, पर्यटकीयस्थल रानीघाट, तराईका जिल्लामा आवगमन गर्न सहज हुने इन्जिनियर भण्डारीले बताए। पुल निर्माणका लागि गाउँपालिकाले लामो समयदेखि पहल गर्दैआएको थियो।
कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका अनिष न्यौपानेले स्याङ्जाबाट मिसन अस्पताल जाने छोटो बाटो नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपरेका थुप्रै घटना बेहोर्नुपरेको सुनाए। “पुल निर्माण गर्ने वर्षौंको हाम्रो सपना पूरा भएको छ”, उनले भने, “मिसन अस्पताल जानआउन पुलले बाटो छोट्याउने भएपछि हामी खुसी छौँ।” मोटरेबल पुल निर्माण भएपछि मालसमान ढुवानी गर्न, धार्मिक तथा पर्यटकीय यात्रा गर्न सहज हुने विश्वास गरिएको छ।
|
आजको मौसमः मुलुकका अधिकांश स्थानमा भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
|
करेन्ट लागेर त्रियुगाका एक जनाको मृत्यु उदयपुर । सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर उदयपुरमा एक कर्मचारीको मृत्यु भएको छ ।
बुधबार दिउँसो २:३० बजे त्रियुगा नगरपालिका ४ फर्सेटमा सडकबत्ती बनाउनेक्रममा करेन्ट लाग्दा सोही ठाउँका नगरपालिकाका करारका कर्मचारी ४० वर्षीय युवराज राईको ज्यान गएको हो ।
सडकको बिजुलीको पोलमा काम गर्नेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका राईको जिल्ला अस्पतालको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । घाइते राईलाई साथीले तत्काल उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
|
बेटिङ केसमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा छाड्न अदालतको आदेश काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका युट्युबर तथा कलाकारहरुलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), बेगम नेपालीसहितका कलाकारलाई जनही ५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै प्रहरीले छाडेको छ । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।
|
जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ सुर्खेत। सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
बुधबार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा अन्दाजी २१ वर्षीया सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर–११ का ४१ वर्षीय मीनबहादुर वली रहेको जील्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने जिल्ला वन कर्यालय सुर्खेतले जनाएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
|
श्रमिकको न्यूनतम ज्याला न्यायोचित बनाउन माग काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ।
नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले बताए।
उनले भने, “न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय होइन, यो उनीहरुको अधिकारको विषय हो, ट्रेड युनियनहरुले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने बेला भएको छ ।”
समाजवाद उन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसपटक श्रमिकहरुको ज्याला निर्धारण गर्दा कम्तीमा रु २७ हजार हुनुपर्ने महासङ्घको माग रहेको छ ।
|
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र चितवन। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले जिल्लाका विभिन्न स्थानमा नागरिक आरोग्य सेवा केन्द्र थप गर्ने तयारी थालेको छ ।
आयुर्वेद अस्पालमा बिरामीको आकर्षण बढेसँगै सेवा केन्द्र थप गर्न लागिएको हो । विसं २०५१ मा जिल्लामा पहिलो आयुर्वेद केन्द्र स्थापना भएको थियो । आयुर्वेद सेवाप्रति बिरामीको आकर्षणसँगै केन्द्र थप गर्नका लागि सेवाग्राहीको माग बढेको हो ।
कार्यालय प्रमुख डा कोपिला अधिकारीले भरतपुर महानगरपालिका, माडी नगरपालिका र खैरहनी नगरपालिकामा केन्द्र थप गर्नका लागि माग बढेको जानकारी दिइन्ु ।
आगामी आर्थिक वर्ष माडी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गर्न स्वास्थ्य केन्द्रले स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको उनले जानकारी दिइन्।
बजेटको अवस्था र मन्त्रालयको अनुमति भए भरतपुर महानगरमा थेरापीसहितको केन्द्र र खैरहनीमा समेत नागरिक आरोग्य केन्द्र थप गरिने उनले बताइन्। आवश्यकता महसुस भए र बजेटले सम्बोधन गरे तीन स्थानमा नै सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
आगामी आवमा एक स्थानमा मात्रै केन्द्र थप्ने योजनामा रहेको अधिकारीले बताइन्। अहिले जिल्लाका सात पालिकामा नै सेवा दिँदै आएको स्वास्थ्य केन्द्रले सेवालाई चुस्त र गाउँगाउँमा पुर्याउने लक्ष्य लिएको छ । अहिले उपचार केन्द्र चार वटा, आठ वटा औषधालय र एउटा स्वास्थ्य केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।
जनताको माग बढेसँगै विगत तीन वर्षदेखि केन्द्र विस्तारको काम गरिँदै आइएको उनको भनाइ छ । जिल्लामा रहेका स्वास्थ्य केन्द्र, उपचार केन्द्र र औषधालयबाट चालु आवको जेठ मसान्तसम्ममा ५० हजार एक सय ८३ जनाले सेवा लिएका छन् ।
बिरामीको चाप बढेसँगै सरकारले प्रादेशिक आयुर्वेद अस्पताल निर्माणको कामलाई तीव्र बनाएको छ । रत्ननगर नगरपालिकामा १० कठ्ठा जग्गामा अस्पताल निर्माणको कामलाई तीव्र बनाइएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने उद्देश्यका साथ भवन निर्माणको कामलाई तीव्र बनाइएको हो । बहुवर्षीय योजनाअन्तर्गत रु १३ करोडको लागतमा भवन निर्माण गर्न लागिएको हो ।
तीन वटा भवन निर्माणका लागि सम्राट इन्जिनियरिङ निर्माण सेवा पिप्ले राप्ती चितवनले ठेक्का सम्झौता गरी कामलाई अघि बढाएको छ । अहिलेसम्म निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको अधिकारीले जानकारी दिइन् ।
नवनिर्मत भवनमा एउटा तीन तलाको र दुई वटा दुई तलाको हुनेछ । यहाँ थेरापी ब्लक, प्रशासन भवन, ओपिडी भवन र प्रयोगशाला रहने उनले बताइन्।
|
आर्थिक करिडोरको कार्यालय मधेशमा किसानहरुको भरोसा बन्दै महोत्तरी। ग्रामिण उधम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरको कार्यालय बर्दिबासले वर्षभरिको प्रगति विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७९र८० मा गरेको कामको जानकारी दिँदै कार्यालय प्रमुख रविन्द्र महथाले खर्च भएको लगभग ६ करोडको फेहरिस्ता सुनाए ।
कार्यालयले बजार समबन्धको विकासमा सहजीकरण, उधमशिलाताको विकास, संरचनात्मक विकास र लाभाग्राहीको योगदानमा आधारितसहितका सीमाभित्र रहेर मधेश प्रदेशका ८४ वटा पालिकाहरुमा काम गर्दै आएको छ ।
महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा केन्द्रित रहेर उक्त करिडोरभित्र सप्तरीमा १५, सिरहामा १२, धनुषामा ८, महोत्तरीमा १०, सर्लाहीमा ११, रौतहटमा ९, बारामा ११ र पर्सामा ८ वटा पालिकामा काम भईरहेको कार्यालय प्रमुख महथाले जानकारी दिए ।
कृषकलाई ५० प्रतिशत अनुदानको प्रक्रिया समेत अगाडि बढाइएको छ । ८४ वटा पालिकाहरुबाट १०३२ कृषक समुहले अनुदानको लागी निवेदन दिएको आर्थिक करिडोरको कार्यालयले जनाएको छ ।
जसमध्य दुध उत्पादनमा ५३१ जना, मासु उत्पादन (बाख्रा-२१८, कुखुरा तथा हाँसमा-२२, बन्गुरमा-७ जना, रागा-१)- २४८ जना, माछा उत्पादनमा ५७ जना, तरकारी उत्पादनमा ९२ जना, बिज बृदिमा ४९ जना, गंहू, धानमा १५ जना, फलफूल उत्पादनमा १० जना, प्रशोधन उधोगमा ५ जना, मौरिपालनमा १, वन पैदावरमा १ जना, शीर्षक नखुलाई १४ जना गरी १०१३ जना समूहबाट अनुदान माग भएको छ ।
कार्यालयले बनाएको कार्यविधिअनुसार छनोट प्रक्रियामा अगाडी बढीरहेको प्रमुख महाथाले जानकारी दिए ।
|
प्रहरी परिसरभित्रै प्रहरीलाई नै हातखुट्टा बाँधेर यातना, छानबिन समिति गठन सिरहा। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ।
महोत्तरीको जलेश्वर नगरपालिका-८ फूलहट्टा घरभई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो।
रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरी जवान राय भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरिरहेका देखिन्छन्।
उनीसँग दोहोरो संवादमा रहेको व्यक्तिले कहाँ रक्सी खाईस् भन्ने प्रश्न मा उनेले, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस्। मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु’ भन्ने संवाद सुनिन्छ।
भिडियो संवादमा रहेका भनिएको इन्स्पेक्टर राईले पनि रक्सी खाए नखाएको जाँचपछि निस्की हाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै गरेको सुनिन्छ।
प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस् बरु मारिदिनुस्’ भनेका छन् । सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ। ‘मुस्कानसहितको सेवा’ दिने प्रहरी आफैँले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारले प्रहरीमाथि थप प्रश्न उठेको छ ।
निरन्तर अधिक ड्युटी गराएको गुनासो गर्न आफ्ना कमाण्डर इन्सपेक्टर राईकामा पुगेका बखत प्रहरी जवान रायलाई इन्स्पेक्टर राईले गाली गलौज गरेको बताइएको छ।
इन्स्पेक्टर राईले गालीगलौज गरेपछि आक्रोशित प्रहरी जवान रायले पनि जवाफ फर्काएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भनिएको छ। रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।
सिरहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै यातना दिने व्यक्तिको बचाउ गरे। उनले प्रहरी जवान राय बदमास रहेको भन्दै घटना भएको स्वीकार गरेपनि बाहिर भएको हल्ला जस्तो नभएको बताए।
डिएसपी पाण्डलेले रायले मादक पदार्थ सेवन गरेको भनिए पनि मेडिकल रिपोर्टमा नदेखिएको बताए। यता मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले आफूले पनि घटनाबारे जानकारी पाएको बताए।
आज जिल्ला प्रहरी कार्यालय सिरहाको नवनिर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको आवश्यक छानबिनका लागि समिति गठन गरेको बताए। उनले भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिरहा आएकाले आजै छानविन समिति गठन गरेको छु। समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुन्छ।’
|
ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ।
राउतका वकील टीकाराम भट्टराईका अनुसार रिट दर्ता भएकोमा प्रारम्भिक सुनुवाइका लागि भोलिलाई पेशी राखिएको छ।
राउत असार २४ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर उड्नै लाग्दा पक्राउ परेका थिए। सरकारी कागजात कीर्तेसहित संगठित अपराधको कसूरमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ।
|
पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान काठमाडौँ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन् । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उनी दाहालले आज भौतिक संसार छाडेकी छन् ।
निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित भएकी सीताको आज बिहान ८ः३३ बजे निधन भएको उनको उपचारमा संलग्न प्रा डा युवराज शर्माले जानकारी दिएका थिए । खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन् ।
सञ्चारकर्मीसँगको एक भेटमा सीताले भनेकी थिइन्, “पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए । मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे ।”
तत्कालीन नेकपा (माओवादी)भित्रका अन्तरविरोध समाधान गर्न उनले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन जान्छ । लामो समय डा भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहेका विश्वदीप पाण्डेका अनुसार मुलुकमा भएको राजनीतिक परिवर्तनमा उनले खेलेको भूमिका महत्वपूर्ण छ ।
“यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ । सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो । तपाईंको महाप्रस्थानमा निकै दुःखी छु । तपाईंको अभाव महसुस भइरहनेछ”, सीता दाहालको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, “केही वर्षदेखि तपाईंलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरु भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईंको सबैभन्दा बढी अभाव खड्किनेछ । हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल । खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना ।”
पार्टीभित्र कुनै पनि अप्रिय निर्णय नगर्न सीताले पार्टी अध्यक्ष प्रचण्डलाई धेरै सचेत गराइन् । माओवादी जनयुद्धको समयमा उनले खास अर्थमा आमाकै भूमिका निभाएको स्मरण गर्छन्, माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा । “हामी सबैको आमाकारुपमा उहाँले विशेष भूमिका निर्वाह गर्नुभएको थियो”, उनले भने ।
जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए । नेताहरु मातृका यादव, सुरेश आलेमगरलगायतका नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उनीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । यदि त्यसदिन अध्यक्ष प्रचण्डलाई दिल्लीको मङ्गलपुरीमा तय भएको भेटका लागि सीताले जान नरोकेको भए पक्राउ पर्ने सम्भावना रहेको माओवादी केन्द्रका सचिव शर्मा स्मरण गर्छन् ।
माओवादीका नेताहरुका अनुसार सीता प्रचण्ड पत्नी मात्रै नभई सहयात्री र राजनीतिक सहयोद्धासमेत थिइन् । माध्यामिक विद्यालयको शिक्षकको जागिर छाडेर राजनीतिमा होमिएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने भूमिकामा सीताको महत्वपूर्ण योगदान रहेको बताउनेको सङ्ख्या ठूलो छ ।
प्रधानमन्त्री प्रचण्डको पारिवारिक जीवनमा पछिल्लो १० वर्षमा तेस्रो बज्रपात परेको छ । जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट निधन भयो । छोरा प्रकाशको पनि छ वर्षपहिले निधन भयो । आज पत्नी सीताको पनि निधन भयो ।
विसं २०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीता आठ वर्षको हुँदा पारिवारसँगै चितवन बसाइँ सरेकी थिइन् । औपचारिक शिक्षा नलिए पनि समाज, राजनीति र देश बुझ्ने सवालमा उनी पढेलेखेका महिलाभन्दा कम थिइनन् ।
विसं २०२६ वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो । उनले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन् । चार सन्तानकी आमा सीतालाई मसिना छोराछोरी र श्रीमान्को भूमिगत राजनीतिलाई सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो ।
माओवादीका नेता तथा कार्यकर्ता र शुभेच्छुकका अनुसार सीताले आमा, श्रीमती, राजनीतिक सल्लाहकार तथा कार्यकर्ताका रुपमा पु¥याएको योगदानमा कुनै प्रश्न उठाउने ठाउँ छैन । खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुसीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहेकी सीताले बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थितिका बारेमा राम्रो ज्ञान थियो ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।
विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आवद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् । सीता देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन् ।
महासचिव गुरुङका अनुसार सीताले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याएकी छन् । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको गुरुङ स्मरण गर्छन् । पार्टी पङ्क्तिले अभिभावकका रुपमा लिने सीता कुनै पनि सार्वजनिक विवादमा भने मुछिइनन् ।
लेखक तथा कवि सुमिना सीतालाई प्रधानमन्त्री प्रचण्डको पत्नीका रुपमा मात्रै नभएर परिवर्तनको सानो हिस्सेदारीका रुपमा इतिहासले सधैँ स्मरण गर्नुपर्ने बताउँछिन् । “पछिल्लो अवधि देशमा जे जति सामाजिक, राजनैतिक र सांस्कृतिक परिवर्तनहरू भए ती १० वर्षे जनयुद्धका उपलब्धि हुन् भन्ने सत्य ढाकेर नढाकिने सत्य हो । त्यो उपलब्धिमा सीता दाहालको भूमिका पनि सायद कतै भेटिन्छ कि ?”, उनले भनेकी छन् ।
माओवादीका नेताहरुका अनुसार २०६१ सालमा रोल्पाको फुन्टिवाङमा भएको बैठकपछि पार्टीभित्र चर्को विवाद भएको थियो । त्यसबेला सीता उपचारका क्रममा भारतमा थिइन् । पार्टीभित्र विवाद बढेको थाहा पाएपछि उनले रोल्पा पुगेर प्रचण्ड र बाबुराम दुवैलाई सम्झाएकी थिइन् ।
“तपाईंहरु सानातिना विषयमा विवाद गरेर नबस्नुस्, तत्काल मिलाइहाल्नुस्”, सीताले भनेकी थिइन्, “जनताको रगत बगिसकेको छ । तपाईंहरुको ताल के हो यस्तो ? यस्तै हो भने तपाईंहरुलाई जनताले छाड्दैनन् ।”
यस्तै, सल्लाहका कारण पार्टीभित्रका अनेकन सङ्कट समाधान भएको माओवादीका नेताहरुको भनाइ छ । प्रधानमन्त्री पत्नी भए पनि उनले बालुवाटारमा बसेर अनावश्यक चासो लिएको तथा विवादमा परेकी थिइनन् । कवि अर्जुन पराजुलीले सोही विषयलाई केन्द्रमा राखेर एउटा कविता लेखेका छन् ।
श्रीमान् चलाइनौ तिमीले
छोराछोरी चलाइनौ
न आँखा चलायौ, न नाक चलायौ
न रवाफ न धाक चलायौ
न हात चलायौ तिमीले
न मुख चलायौ
बालुवाटारमा बसेर
न बालुवाटार चलायौ
कसैलाई नचलाईकन आज
तिमी आफैँ चल्यौ, सलाम छ तिमीलाई ।
पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहने उनको स्वभाव थियो । माओवादीभित्र मात्रै नभई विसं २०७४ सालमा तत्कालीन नेकपा (एमाले)सँग पार्टी एकता गर्दा पनि सीताले खुसी व्यक्त गर्दै कम्युनिष्ट जनमतलाई थप एकीकृत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी थिइन् ।
जटिल प्रकारको पार्किन्सन्स रोगबाट पीडित सीताको उपचारका लागि अनेकन प्रयास गरिएको थियो । नेपाल, भारत र अमेरिकाका विभिन्न अस्पतालमा पनि उपचार भएको थियो । रमेश लम्साल/रासस
|
राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती काठमाडौं । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टिको गरिएको छ ।
बुधबार अपरान्ह पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थीव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । दाहाललाई पति प्रचण्ड र छोरीहरु रेणु दाहाल र गंगा दाहालले दागबत्ती दिए ।
बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । पार्टी कार्यालयबाट अन्त्येष्टिका लागि उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट ल्याइएको थियो । नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीरलाई पार्टी कार्यालय लगिएको थियो ।
हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको थियो ।
|
प्रधानमन्त्रीपत्नी सीतालाई सैनिक सलामी काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ। सीताको आजै राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
प्रधानमन्त्रीको पत्नीको हैसियतले सरकारले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे अनुसार उनको सम्मानका लागि सैनिक सलामी पनि दिइएको छ।
दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिएको हो।
विगतमा पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन हुँदा उनलाई राष्ट्रिय सम्मान दिने नदिने विषयमा ठूलो विवाद भएको थियो।
|
नारायणघाट–बुटवल सडक : म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशत प्रगति त्रिवेणी। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ। पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै छ। यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न गरेको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर धिरज ढकालले बताए। “पूर्वी खण्डमा ४० प्रतिशत काम सकिएको छ, कालोपत्र गर्ने, सानाठूला पुल निर्माण गर्ने लगायतका कामसँगै अघि बढिरहेको छ”, ढकालले भने।
पूर्वी खण्डमा रहेका १२ ठूला पुलमध्ये नौ वटामा सब स्ट्रक्चरको काम सकिएको, दुईमा सब स्ट्रक्चरको काम हुँदै र एउटामा फाउन्डेसनको काम चलिरहेको उनले बताए। सो खण्डमा रहेका २२ साना पुलमध्ये २१ मा काम सुरु गरेकामा १८ पुलको दुवैतर्फको काम सकिएको छ। तीनमा एकतर्फी काम सकिएको उनले बताए।
विगत वर्षमा वर्षामा डाइभर्सनमा क्षति पुग्दा राजमार्ग बन्द हुने अवस्था रहेकामा अहिले त्यो समस्या नहुने इन्जिनियर ढकालले बताए। अहिले सबैजसो स्थानमा पुलबाटै गाडी सञ्चालन गर्ने अवस्था रहेको उनले बताए। कतै–कतै कल्भर्ट भएका स्थानमा केही समस्या देखिए पनि वर्षामा यातायात सञ्चालनमा ठूलो समस्या नपर्ने उनले बताए।
निर्माण कम्पनीले पहिलो पटक थप गरिएको म्याद सकिन लाग्दा करिब दुई वर्षका लागि म्याद थपको प्रस्ताव गरेको छ। विसं २०७९ साउनमा निर्माण सम्झौताको पहिलो म्याद सकिएपछि विसं २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको थियो। यस अवधिमा काम सम्पन्न हुन नसकेपछि आयोजनाले करिब दुई वर्ष म्याद थपको प्रस्ताव गरेको इन्जिनियर ढकालले बताए।
“निर्माण कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ, मागे जति म्याद थप हुँदैन, अहिले मुल्यांकन गर्ने काम हुँदैछ, सोहीअनुसार यस विषयमा पछि निर्णय हुन्छ”, उनले भने। नारायणगढ–बुटवल सडक विस्तार आयोजना विसं २०७५ चैतमा सुरु गरी करिब साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ। दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर सडकलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ। करिब रु १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा अघि बढाइएको हो। – रासस
|
प्रहरी कर्मचारीलाई हातपात गरेको आराेपमा एकजना पक्राउ सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासि हातपात तथा कुटपिट गरे पश्चात उक्त मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
|
वीरगंजबाट अन्दाजी १५ केजी चरेशसहित दुई व्यक्ति पक्राउ पर्सा। वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ बर्षिय सत्य नारायण माझी र ४० बर्षिय प्रलाद माझी रहेका छन्।
वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट प्रहरीले अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको ट्याङकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चरेश र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझार्ईएको छ ।
|
सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति लगियो काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ। उनको पार्थिव शरीर बिहान ११ बजेदेखि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।
सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ एवं केन्द्रीय सल्लाहकार स्वर्गीय दाहालको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।
|
अवैध रूपमा विदेश लैजान लागेको अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ काठमाडौँ। अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय शिवम कुमार सैनी रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९० थानसहित सैनीलाई प्रहरीले पक्राउ गरेको हो।
एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त अमेरिकी डलर फेला परेको हो। उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
|
null |
त्रिविबाट सम्बन्धन लिएर नवीकरण नगरेका क्याम्पसलाई कारबाही गरिने काठमाडौं। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ ।
विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ ।
विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो ।
|
काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन (फोटो फिचर) काठमाडौँ। साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन गरेको छ।
‘गरिबीको चमेली बोलिदिने कोही छैन..’ भन्दै एक समुहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन्। सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो।
|
सीता दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा (तस्वीरसहित) काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसंगिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका छन्।
दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन्। अन्य पार्टीका नेताहरु पनि अस्पताल आउने क्रम जारी छ।
दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो। ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिइन्।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.