content
stringlengths
20
64.1k
काँग्रेस ट्रेड यूनियन खारेजको विरुद्धमा काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आधिकारिक ट्रेड यूनियन खारेज गर्न नहुने बताएको छ । काँग्रेस संसदीय दलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निजामती कर्मचारीहरुको आधिकारित ट्रेड युनियन खारेज अस्वीकार्य हुने बताएको छ । निजामति कर्मचारीबारे विधेयकमा हाल संसदको राज्यव्यवस्था समितिमा छलफल भइरहेको छ । छलफलका क्रममा समितिका केही सदस्य सांसदहरुले आधिकारिक ट्रेड यूनियन खारेज हुनुपर्ने धारणा राखेका थिए । तर, यो विषयमा सहमति भने भएको छैन । समितिका सदस्यहरुबीच नै यो विषयमा मत बाझिएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ति जारी गर्दै निजमति कर्मचारीको ट्रेड युनियन खारेज गर्नु दुःखद हुने भन्दै कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘ट्रेड युनियन खारेजीको धारणा नेपाली कांग्रेसलाई स्वीकार्य छैन । ट्रेड युनियन खारेज सम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सरकार र सम्बन्धित पक्षलाई नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ ।’
‘मलाई बचाइदिनुहोस् ! डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु’ काठमाडौं । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ। रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन्। ‘मियुङ्ग पुन मगर बचाऔं अभियान’ ले सहयोगी मनहरुका लागि ग्लोबल आई.एम.ई.बैकको खाता नं. ०७०७०१०००८४१७ मा रकम जम्मा गरिदिन आग्रह गरेको छ। भूपेन्द्र बुढा, उषा पुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्त खाता पारदर्शी गरिएको जानकारी गराइयो। सहयोगका लागि मियङ्ग पुनकी आमा उषा पुनको सम्पर्क नम्बर ९८६६३०८४३८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो। सहयोग गर्न चाहनेहरुले सबिन पुलामी मगरको ९८५१०५९७४९ मा पनि सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।  रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नं. ५ जीवन पुन र उषा पुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समयदेखि बोनम्यारो रागबाट पिडित छिन्। कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन्। पाँच वर्षीया बालिकाले भनिन्, ‘मलाई बचाइदिनुहोस्, म बाँचेर डाक्टर बनी देश र समाजको लागि काम गर्छु।’ उनकी आमा उषा पुन मगरेले रुँदै आफ्नी छोरी जन्मेको तीन महिनादेखि नै रोगी भएको र उपचार गर्दा तीन चार वर्ष अगाडि बोनम्यारो रोगको सिकार भएको पत्ता लागेको बताइन्। छोरीको तीन महिना अघिदेखि अल्का अस्पतालमा उपचार गराएको र हाल सिभिल हस्पिटल बानेश्वरमा उपचार गराईरहेको उनले बताइन्। उपचारमा आफ्नो सबै सम्पत्ति सकिएको र सम्पत्तिका रुपमा छोरी मात्र बाँकी रहेको हुँदा छोरीको उपचारका लागि सहयोग गर्न आग्रह गरिन्। मगर संघका अध्यक्ष समेत रहेका आदिवासी जनजाति संघका कार्यवाहक अध्यक्ष नवीन रोक्का मगरले मियुङ्ग पुन मगरको जीवन रक्षाका लागि सबैलाई आ-आफ्नो ठाउँबाट सहयोगको आग्रह गरे। बचाउ अभियानमा युवाको तर्फबाट भएको बताए। रोग लागेर उपचारमा समस्या रहेकाहरुको सहयोगका लागिसरकार नै लाग्नुपर्ने बताए। मियुङ्ग पुन मगर बचाउ अभियानमा सात जनाको टोली बनाएर अभियान चलाएको र उपचारका लागि पचास लाख लाग्ने हुँदा सबैले सहयोग गरिदिन समेत आग्रह गरे। कार्यक्रममा समाजसेवी तथा युवा नेता जितेन्द्र पुन मगरले बालिकालाई सहयोगको अपिल गरे। सानै उमेरमा बालिका प्राणघातक रोगको आक्रमणमा परेकाले आफूहरु सहयोग जुटाउन सक्रिय भएको बताए। उनले भने, ‘सबैको सहयोगका लागि आग्रह गर्छौं।’ गाउँ तथा नगरपालिकाको सिफारिस मार्फत सरकारले एक लाख रुपैयाँ दिने र यसले नपुग्ने भएको हुनाले सहयोगको दायरा सरकारले बढाउनुपर्ने माग गरे। मियुङ्ग पुन मगर बचाऔं अभियान समितिकीका सांयोजक समाजसेवी जुनु पुन मगरले अहिलेसम्म २७ जना यस्ता बालबालिकाको उपचारमा सहयोग गरिसकेको बताइन्। उनले मियुङ्गको उपचारमा एक महिनामा ४५ हजार लाग्ने भन्दै मियुङ्ग पुन मगरलाई बचाउनका लागि देश तथा विदेशमा रहनुभएका सबैलाई सहयोगको आग्रह गरिन्। त्यस्तै, समाजसेवी सबिन पुलामी मगरले सबैलाई सहयोगका लागि आग्रह गरे। बालिकालाई पुर्नजन्म दिन सबैको साथ र सहयोग रहेको बताए।
९.९ मेगावाटको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै फिदिम । ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।आयोज नाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन्न भएको छ। आन्तरिक परीक्षण सम्पन्न भएसँगै आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्रीका लागि निवेदन लिएको छ । “हामीले आयोजनालाई ग्रिडमा जोड्नका लागि निवेदन दिइसकेका छौँ”, नेपालले भन्नुभयो “यसका लागि प्राधिकरणले तयारी अघि बढाएको जानकारी पाएका छौँ ।” आगामी हप्ता ९.९ मेगावाटको आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपालको विश्वास छ। विसं २०७३ मङ्सिरमा निर्माण शुरु भएको यो आयोजना २०७५ मङ्सिरमै पूरा हुनुपर्ने प्राधिकरणसँगको सम्झौता थियो । तर आयोजना जोडिने नेपाल विद्युत् प्राधिकरणको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना समयमा निर्माण सम्पन्न नहुँदा आफूहरूले निरन्तर काम गर्न नसकेको प्रबन्धक नेपालको भनाइ छ। “हामीलाई निर्धारित समयमा काम पूरा गर्न कुनै समस्या थिएन । तर विद्युत् जडान गर्ने ग्रिड निर्माण नहुँदा काममा ढिलाइ गर्नुप-यो”, नेपालले भने।काबेली करिडोरको तेस्रो खण्डसमेत निर्माण पूरा भई परीक्षण भइरहेकाले परीक्षण सकिनेबित्तिकै आयोजना करिडोरमा जोडिने प्रबन्धक नेपालले बताए। यो आयोजना काबेली करिडोरको पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको दुवीचौरमा रहेको सवस्टेशनमा जोडिनेछ। आयोजनाले वर्षायामको ६ महीना १० मेगावाटसम्म तथा हिउँदका केही महीना ३।५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने प्रबन्धक नेपालले जानकारी दिए। इवाखोला आयोजना ताप्लेजुङ तथा पाँचथरको जिल्लाको सिमाना भएर बहने इवाखोलाको बायाँ किनारामा निर्माण सम्पन्न भएको हो । यो आयोजना पाँचथरको साविक थर्पु गाविस तथा ताप्लेजुङको साविक साब्लाखु गाविसमा अवस्थित छ। रासस
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि….. धादिङ । सुन जस्तो पँहेलो धातुसहित २ जना पक्राउ परेका छन्। जिल्लाको वेनिघाट रोराङ गाउँपालिका ९ मझिमटार स्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा २४ तोला अबैध सुन जस्तो देखिने पँहेलो धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुर स्थायी घर भएका ३५ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यविन्दु नगरपालिका ६ वस्ने गोकुलमान श्रेष्ठ रहेका छन्। उनीहरुलाई काठमाडौंबाट चितवन जाँदै गरेको ना ५८ प ६५५३ नं को मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अवैध सुन जस्तो देखिने पँहेलो धातु, मोवाईल समेत फेला परेकोले सो सामान बरामद गरी मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए। पक्राउ परेका २ जनालाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुरमा पठाईएको उनले बताए।
भारतको दादागिरी, सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै नेपालगञ्ज। भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन्। जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो। झण्डै डेढ वर्षदेखि रोकिएको सडक निर्माणको कामलाई भारतले पुनः शुरु गरेको छ। सडकजस्तो बाँधलाई हिरमिनिया पश्चिममा समेत विस्तार गर्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिकासमेत डुबानमा पर्ने सम्भावना बढेको छ। सडकजस्तो बाँधको निर्माण रोक्न स्थानीय प्रशासनदेखि मुख्यमन्त्री हुँदै केन्द्रसम्म पहल गरिएको लक्ष्मणपुर बाँध सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए। यसअघि भारतले सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेपछि तटीय क्षेत्रका बासिन्दा कटान र डुबानमा पर्दै आएका छन्।
उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा दिन्न: मन्त्री पण्डित काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन्। मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने प्रष्टयाएका हुन्। मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिने उनको भनाई थियो। समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गराए। मन्त्री पण्डितले कर्मचारीहरुले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने अडान राखे। कार्यालय समयमा निजी मामिलामा फोनको दुरुपयोग कर्मचारीहरुले गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने पनि मन्त्री पण्डितले बताए।
कास्कीमा सबैभन्दा बढी भ्रष्ट्राचार, एक वर्षमा ८३२ उजुरी पोखरा । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो। आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्कअुनसार उजुरी सङ्ख्या ८३२ रहेको छ । सो मध्ये कास्की जिल्लामा २०७४/७५ मा १४८ र २०७५/७६ मा २८१ गरी ४२९ उजुरी छन् । त्यसपछि पर्वतमा ८२ र तनहुँमा ७९, स्याङ्जामा ६४ उजुरी छन् । सबैभन्दा कम मनाङ रहेको छ जहाँ एक मात्र उजुरी परेको छ । आयोगले गण्डकी प्रदेशको नवलपुरबाहेक १० जिल्ला हेर्ने गरेको छ । उजुरीको फछ्र्योट सङ्ख्या ५६३ रहेको छ। मन्त्रालयगत तथ्याङ्कमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका निकायमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको देखिएको छ। आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्कमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र ३०४ उजुरी परेको देखिएको छ। त्यसपछि दोस्रो स्थानमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा २०५ उजुरी परेका छन् । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयमा ५६ उजुरी रहेको छ । कानून न्याय, सामाजिक विकासमा भने एक मात्र उजुरी देखिएको छ। गत आर्थिक २०७५/७६ मा ११ लाख २३ हजार रकमसहित छ ‘स्टिङ अपरेशन’ भएको आयोग पोखरा कार्यालय उपसचिव एव सूचना अधिकारी मेघनाथ रिजालले जानाकारी दिए । ६७ उजुरीहरुउपर विस्तृत अनुसन्धान भइरहेको उहाँको भनाइ छ। सरकारी कर्मचारीले अतिरिक्त लाभबिना सेवा दिन आनाकानी गर्ने, राजश्व चुहावट गर्ने, झुट्टा कागजात तयार गरी सरकारी कागजात छेडछाड गर्ने, अवैधानिक व्यापार व्यवसायमा सहभागी हुनुले सुशासन कायम हुन नसकेको रिजालको भनाइ छ। यसअघि शिक्षासम्बद्ध मन्त्रालयमा धेरै भ्रष्टाचार हुने गरेको थियो भने स्थानीय तहमा जनप्रतिनिधि आएपछि सङ्घीय मामिलामा भ्रष्टाचार बढेको देखिएको रिजालले बताए । यातायात कार्यालय, शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, स्थानीय तहजस्ता आम नागरिकको प्रत्यक्ष सरोकारका निकायहरुमा बढी भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । बढी भ्रष्टाचार हुनेमा दक्षिण एशियाली आठ मुलुकमध्ये नेपाल पाँचौँ स्थानमा रहेको छ। सूचना प्रविधिको विकासले भ्रष्टाचारका स्वरूप र शैली पनि परिवर्तन हुँदै गएको अख्तियार पोखरा कार्यालयका प्रमुख काशीराज दाहाल बताउँछन् । दाहालले प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक गरी तीनखम्बे रणनीति अवलम्बन गरेर अघि बढेको बताए । भ्रष्टाचार न्यूनीकरणका लागि प्रक्रिया र पद्धतिमा सुधार एवं क्षमता विकास आवश्यक रहेको उनको भनाइ छ। समाजमा व्यवहारगत परिवर्तन र सकारात्मक सोच निर्माण नभएसम्म भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने नागरिक निगरानी समूहका निर्वमान अध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । भ्रष्टचारविरुद्ध शून्य सहनशीलताको संस्कृतिको निर्माणका लागि सार्वजनिक पद धारणा गरेकाहरुले सदाचार प्रणाली अबलम्वन गरेर राष्ट्रको हितमा जवाफदेही र जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । जे गरे पनि हुन्छ भन्ने मनोमानी प्रवृत्तिले भ्रष्टाचार मौलाइरहेको मुल्मी बताउँछन् । रासस
रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो भोजपुर । ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ। ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो। क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिए। षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाइ छ। प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाएको २२५ क्लिप हटाएको हो। कृषकबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ । चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन्। रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। सम्बन्धविच्छेदका ९९ मुद्दा, पुरुषका तर्फबाट ३६ भोजपुरमा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र ९९ मुद्दा दर्ता भएका छन्। छत्तीस मुद्दा पुरुषले दर्ता गराएका छन् भने बाँकी महिलाले दर्ता गराएको अदालतले जनाएको छ । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने नयाँ कानूनी व्यवस्थाको प्रयोग गर्दै ३६ पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन्। भदौ १ गतेदेखि लागू भएका पाँच नयाँ कानूनमध्ये मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन्। कार्यालयका अनुसार वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामिना, सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसालगायतका कारण सम्बन्धविच्छेद घटना बढ्दै गएको हो। विगत दुई आर्थिक वर्षको तथ्याङ्कअनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतको भनाइ छ। गत आर्थिक वर्षमा परेका ९९ मुद्दामध्ये ८३ मुद्दा फछ्र्योट भएका छन् भने १६ मुद्दा बाँकी रहेको जिल्ला अदालतले जनाएको छ।
प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणको निमन्त्रणा काठमाडौँ । भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले निम्ता दिएका हुन् । यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली त्यहाँ पुगेका थिएनन् । हिन्दूधर्मका चारधाम बद्री, केदार, रामेश्वर र जगन्नाथ धाममध्ये उडिसामा जगन्नाथ र गोवद्र्धन मठ पर्छन्। प्रतिनिधिमण्डलमा समाजका उपाध्यक्ष धर्मराज बराल, महासचिव पुष्पराज पराजुली, समाजका सदस्य तथा अन्तरराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनाल, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, सदस्य पुष्कर आचार्य, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत थिए । समाजले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आगामी शिवरात्रि वा कुनै अनुकूल समयमा नेपालको भ्रमणका लागि पुरीका शङ्कराचार्यलाई निमन्त्रणमा पनि दिएको छ । गोवद्र्धन मठका १४५ औँ शङ्कराचार्य निश्चलानन्दले नेपाल९जनकपुर, काठमाडौँ र वीरगञ्ज०को दुई पटक भ्रमण गरिसकेका छन् । गत वर्ष उनलाई प्रधानमन्त्री ओलीकै आतिथ्यतामा शहीद मञ्च टुँडिखेलमा अभिनन्दन पनि गरिएको थियो। सो अवसरमा मठका शङ्कराचार्यले आफू गत वर्ष नेपाल आउँदा प्रधानमन्त्री ओलीले आफ्नो साधुताको परिचय दिएको र उनीसँग निकै ज्ञान रहेको आफूले पाएको अनुभव सुनाए । उनले नेपालको अवस्था बिग्रेमा भारत पनि सुरक्षित नहुने बताउँदै जानकीलगायत धेरै देवदेवीको जन्मभूमि नेपालको संरक्षणमा जोड दिए । उनले नेपालका ५० औँ हिन्दू सङ्घसंस्थालाई एक हुन आग्रह गर्दै अनावश्यक शक्ति प्रदर्शन भने नगर्न र व्यूहरचना गरेर अघि बढ्न आह्वान गरे ।शङ्कराचार्यका उत्तराधिकारी निर्विकल्पनानन्दले केही नेपाली हिन्दू नेतृत्वमा व्यक्तिगत र गुटगत स्वार्थ देखिएको बताउँदै आफूहरुले शङ्कराचार्यको भावना उतार्ने सत्यनिष्ठ व्यक्तिको खोजी गरिरहेको स्पष्ट गरे । सोही अवसरमा पशुपतिनाथका मूलभट्ट गणेश रावलले पठाउनुभएको पशुपतिनाथको प्रसाद र शङ्कराचार्यको स्वास्थ्यलाभको कामना गरिएको पत्र अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष खनालले शङ्कराचार्यलाई हस्तान्तरण गरेका थिए । यसैबीच सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री बाँस्तोलाले ‘नीलाचल से नेपाल तक’ (समुद्रदेखि नेपालसम्म)नामक ब्यानरको नेपाल भवन जगन्नाथ धाममा अनावरण गरे। जगन्नाथधाम चेतना गवेषण प्रतिष्ठानले स्थापना गरेको ब्यानरमा जगन्नाथदेखि मुक्तिनाथ र पशुपतिनाथ भ्रमण र दर्शनका लागि आह्वान गरिएको छ। यस्तै नेपाली प्रतिनिधिमण्डललाई जगन्नाथ धामका मूल पुजारी जनार्दन पात्र जोशी महापात्र चित्तसनिजोक नायकले जगन्नाथधामको ध्वजा उपहार दिएका थिए। रासस
पहिरोको खस्न थालेपछि सिंगो वस्ती त्रासमा बाजुरा। बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिरो खस्न थालेपछि ४५ परिवार त्रसित बनेका छन् । लगातारको वर्षाका कारण यहाँ पहिरो खस्न थालेको छ । पहिरोका कारण यहाँका बासिन्दा विस्थापित हुने खतरा रहेको स्थानीयवासी धनबहादुर बोहराले जानकारी दिए। “घर माथिबाट पहिरो खस्दै छ, अन्यन्त्र बस्ने कतै ठाउँ छैन”, उनले भने। गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा नेतृत्वको टोली पहिरोको अवस्थाबारे जानकारी लिन अन्द्राडी गएको छ । यस्तै सोही गाउँपालिका–६ टाँडाकोटमा शुक्रबार राति पहिरोले घर भत्काउँदा एकै घरका दुई जनाको मृत्यु भएको थियो । पाँच जना घाइते भएका छन् । लगातारको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाने क्रम बढेको छ । बुढीगङ्गा नगरपालिका–२ ताप्रीसेरा र त्रिवेण नगरपालिका–९ जोड्ने ताप्रीसेराको पुलमाथि बाढी पसेपछि आवतजावत नै बन्द भएको छ । ताप्रीसेरास्थित झोलुङ्गे पुल जोखिममा छ । स्थानीयवासी मोहन विष्टका अनुसार बाढीले पुल बगाउने खतरा छ । रासस
वडा अध्यक्षको घरमा अज्ञात समूहद्वारा आगजनी मुगु । मुगुको खत्याड गाँउपालिका–३ जाम गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समुहले आगो लागाउदा तिन घर पुर्ण रुपले ध्वस्त भएका छन् । आइतबार राति करिब १२ बजे खत्याड गाँउपालिका–२ जाम गाउँको बजार क्षेत्रमा रहेका सोही वडाका वडा अध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समुहले आगो लागाउदा मल्लको घरसंगै जोडिएका अन्य दुई घर गरी तीन घर पुर्णरुले ध्वस्त भएका हुन् । वडा अध्यक्ष मल्लको तीन तलाको पक्कि घरमा आइतबार राति करिब १२ बजे घरमा साला सुतिरहेका बेला मुल ढोका बन्द गरेर झ्याल र ढोकामा पेट्रोल र मट्टितेल छर्केर अज्ञात समूहले आगो लगाएको वडा अध्यक्ष मल्लले जानकारी दिए। वडा अध्यक्ष मल्लका अनुसार आफ्नो घरबाट सल्लकेको आगोले सँगै जोडिएका सोही गाँउपालिका–१ का पदम बहादुर बुढा र सोही गाँउपालिका–२ का टक्क बहादुर मल्लका काठले भएका दुई तलाका घर ध्वस्त भएका छन् । मल्लले आफनो दुई तलाको घरमा होटल संचालन गरेका थिए भने तेस्रो तलामा सोही वडाको वडा कार्यालय रहेको थियो । पदम बहादुर बुढाले आफनो स्टेसनरी पसल संचालन गरेका थिए भने अर्का टक्क बहादुर मल्लले मोबाइल पसल राखेका थिए । मल्ल कै जानकारी अनुसार अज्ञात समूहले गरेको आगजनीबाट आफनो होटलको र घरको गरी २ करोड ५० लाख बराबरको क्षति भएको छ । वडा कार्यालयको ल्यापटप लगाएत अन्य सामग्री गरी १० लाख बराबरको क्षति भएको छ। घरमा सुतिरहेका मल्लका साला शेरबहादुर पुन आगो लाग्दै गर्दा तेस्रो तलाबाट हाम फाल्दा घाईते भएका छन् । मल्लको घर सँगै जोडिएको टक्क बहादुर मल्लको २५ लाख र अर्का पदम बहादुर बुढाको ७ लाख बरारको क्षति भएको मल्लले जानकारी दिए । आफनो घरायसी कामले आफु र आफनो पत्नि सुर्खेतमा रहेको र गाँउमा मोबाइलको नेटर्वक राम्रोसँग काम नगर्ने भएकाले अझ बढी क्षति भएको हुन सक्ने वडा अध्यक्ष मल्लले बताए। राति १२ बजे आगलागी भएको जानकारी श्रीकोट प्रहरी चौकिले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको हो । आगो राति ३ बजे नियन्त्रणमा आएको थियो । श्रीकोट प्रहरी चौकिबाट पाँच जना प्रहरी उद्धारमा खटिएका भए पनि सोमबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर ऐर को कमाण्डमा १० जना र शस्त्र प्रहरी ४५ बाहिनी को गुल्मबाट शस्त्र प्रहरी निरीक्षक जयबहादुर महतको कमाण्डमा १३ जना सुरक्षाकर्मी घटना स्थलतर्फ गएको छन् । उक्त स्थान सदरमुकामगमढीबाट ६ घण्टा टाढा पर्ने भएकाले घटना कसको सन्लग्नता हो अनुसन्धानपछि मात्र जानकारी हुने जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।
नारायणकाजीको टिप्पणीः सरकारमा छौं भनेर घमण्ड नगरौं गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गरेका छन्। पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, ‘समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध होऔं,एकले अर्कोलाई खुट्टा नतानौं ।’ दरिद्र चिन्तन राख्नेलाई जनताले पाखा लगाउने प्रवक्ता श्रेष्ठको भनाई छ । नेकपा सरकारमा छ, सरकारमा छौं भनेर कसैलाई भेदभाव गर्न नचाहेको बताउँदै सबैसँग एकता गरेर अगाडि बढ्न चाहेको उनले बताए । समृद्धिको पक्षमा साथ नदिनेलाई छाडेर अगाडि बढ्ने उनको भनाई थियो । विद्यालयको भवन निर्माणमा संलग्न सबै पक्षलाई धन्यवाद दिँदै आधुनिक भवनले मात्रै ग्रामिण क्षेत्रमा शिक्षाको विकास नहुने उनले बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको उनको भनाई छ । गुणस्तर शहरमा मात्र होइन प्रत्येक गाउँ गाउँमा हुनुपर्ने श्रेष्ठले बताए । पूर्वाधार विना राष्ट्रको विकास र समृद्धि सम्भव नभएको दावी गर्दै पुर्वाधारको पनि पुर्वाधार शिक्षा प्रणाली भएको उनको भनाई छ । समाजवादी शिक्षा प्रणालीको बारेमा हरेक अभिभावक, गाउँ, टोल, समुदाय, शिक्षण संस्था, स्थानीय तह, प्रदेश, संघीय सरकारमा छलफल गरी गुणस्तरीय र निशुल्क शिक्षा प्रदान गरी समृद्ध नेपाल निर्माण गर्नुपर्ने उनले बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा नीति लगानी पारदर्शी र सेवा मुखि हुनेपर्ने श्रेष्ठको भनाई छ । नाफा गर्छु भन्ने उदेश्य लिएर शिक्षा स्वास्थ्य संस्था नखोल्न र बरु अन्य व्यापार, व्यवसाय गर्न उनको सुझाव छ । सार्वजनिक महत्वकायि विषयहरु राज्यको दायित्व भित्र पर्ने उनले बताए । सार्वजनिक शिक्षण संस्थामा गुणस्तरी शिक्षा प्रदान गर्ने कुरा राख्ने तर बालविकासमा शिक्षण गर्ने शिक्षकलाई शिक्षकको व्यवहार नगर्ने, बाँच्ने आधारका लागि सामान्य तलबसुविधा पनि नदिने, विद्यालय खोल्ने अनुमति दिने तर दरबन्दी कहिल्यै नदिने जस्ता गतिविधि प्रति नेकपाको गम्भीर ध्यानाकर्षण भएको र यस समस्या तुरुन्त समाधान गर्न सम्बन्धित निकायले ढिला गर्न नहुने उनले बताए ।
दीगो विकासबारे छलफल गर्न नगरकोटमा जम्मा हुँदै देशैभरका सांसद काठमाडौं। संघीय संसदको दीगो विकास तथा सुशासन समितिले प्रदेश सभाका सांसदहरुसँग दीगो विकास र सुशासनसम्बन्धि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले दीगो विकास र सुशासनका लागि ठोस कार्ययोजना तय गरी कार्यान्वयनमा लैजाने उद्देश्यका साथ सबै प्रदेशका सांसदहरुसँग आगामी श्रावण ३१, ३२ र भाद्र १ गते नगरकोटमा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । दीगो विकास र सुशासनका लागि प्रदेशका सांसदहरुलाई पनि कार्ययोजना तय गर्न सघाउ पु¥याउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको समितिकी सचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् । सो कार्यक्रममा दीगो विकास र सुशासनको क्षेत्रका कार्यरत विज्ञहरुलाई सहभागी गराउने समितिको योजना छ । बैठकले दीगो विकास लक्ष्य कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगका सचिव र महालेखा परीक्षकको कार्यालयका पदाधिकारीहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ । त्यसैगरी दीगो विकास तथा सुशासन सम्बन्धि उच्चस्तरीय अन्तराष्ट्रिय भ्रमणमा समितिको सहभागिता सुनिश्चित गर्न सरकारलाई सचेत पनि गराइएको समितिकी सचिव लामिछानेले बताइन् । बैठकमा समितिका सदस्यहरुले भ्रष्टाचार नियन्त्रणको कार्य योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सक्ने गरी प्रदेश सभाका सांसदहरुसँग सो प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । समितिका सदस्य दिनानाथ शर्माले मुलुकका भ्रष्टाचार नियन्त्रणका लागि सो प्रवद्र्धनात्मक कार्यक्रमले जोड दिनुपर्ने बताए। समितिका अर्का सदस्य डा. बिमला पौड्यालले प्रदेश सांसदहरुसँगको सो प्रवद्र्धनात्मक कार्यक्रम मुलुकमा विद्यमान गरिवी हटाउन र जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न केन्द्रित हुनुपर्ने टिप्पणी गरिन् । उनले गरिवी हटाएर मात्रै मुलुकको दीगो विकासको आधार तय हुने भएकाले पनि समितिले यस्ता कार्यक्रमहरुलाई जोड दिनुपर्ने पनि बताइन् । मुलुकमा दीगो विकास र सुशासन कायम गर्न सरकारलाई आवश्यक निर्देशन दिने संवैधानिक दायित्वसहित संघीय संसदले यो समिति गठन गरेको हो ।समितिले सो संवैधानिक दायित्वलाई पूरा गर्न प्रदेश सभाका सांसदहरुसँग पनि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्न लागेको हो ।
आज नागपञ्चमी पर्व : चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासले पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएको हो। नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो। प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ। श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता समाजमा सनातनदेखि छ। नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । एउटा प्रख्यात किंवदन्ती छ “एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए, ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन्, रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन्।” संयोगले किसानकी छोरी घरबाहिर रहेकाले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नूस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन्। मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन्। प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैका दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ। गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो। गुरु आएकोदेखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ। संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ। गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन बर्सातको शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ। नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ। आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ। वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ। रासस
४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न काठमाडौं। २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताए। ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ, उनले भने। प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ । आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् । त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन् । कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् । जिल्लागत रुपमा पुनर्निर्माण सम्पन्न भएका घरको संख्या यसप्रकार छः सिन्धुपाल्चोक – ६७, ८३४ नुवाकोट – ५२,६१३ धादिङ – ४८,४५४ दोलखा – ४४,५३३ गोरखा – ४४,२३१ काभ्रेपलाञ्चोक – ३०,८७७ रामेछाप – ३०,७११ ओखलढुङ्गा – १५,७७२ मकवानपुर – १३,०७० सिन्धुली – १२,५८२ काठमाडौं – ११,५४२ रसुवा – १०,४१८ तनहुँ – १०,५२५ भक्तपुर – ८,४२० ललितपुर – ४,२१६ लमजुङ – ३२०० चितवन – २,९८२ खोटाङ – २,९२८ सोलुखुम्बु – २,३०२ पाल्पा – १,४३५ भोजपुर – १,२६८ धनकुटा – १,२०३ बागलुङ – ८,८२ स्याङ्जा – ७०७ पर्वत – ६७६ नवलपरासी – ६२० गुल्मी – ३२७ कास्की – ३२४ म्याग्दी – २७१ अर्घाखाँची – ५४ सम्झौता नगर्नेको नाम हट्दै निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन् । लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे पाँच हजार छ ।
कर्मचारीको नयाँ तलबमान सार्वजनिक (विवरणसहित) काठमाडौं। सरकारे बजेटमा व्यवस्था भएअनुसार कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको गएको बिहीबार बसेको बैठकले नयाँ तलबमान तोकेको हो। आइतबार सरकारका प्रवक्ता सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटो सरकारले कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको जानकारी दिए । नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ निर्धारण गरिएको छ । कर्मचारीले बढेको तलब यही साउन महिनाबाट पाउनेछन्। विवरणः
घुस लिएको अभियोगमा अधिकृत पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ। अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाले जनाएको छ। आयोगका अनुसार अधिकृत अमात्यलाई आज साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो। उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा हेटौँडास्थित कार्यालय पुगेको प्रहरी नायब निरीक्षकको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका सूचना अधिकारी देवराज राईले जानकारी दिए।
मन्त्रिपरिषद्का यस्ता छन् १९ निर्णय काठमाडौं। सरकारले सडक सुधारका लागि एशियाली विकास बैंक (एडीबी)बाट २१ अर्ब ऋण लिने तयारी थालेको छ । एको मन्त्रिपरिषद बैठकले एडीबीबाट ऋण लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। सो रकमले सडक तथा राजमार्ग सुधार गरिने सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। गएको मन्त्रिपरिषदले विभिन्न १९ वटा निर्णय गरेको जानकारी प्रवक्ता बास्कोटाले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर दिएका हुन्। मन्त्रिपरिषदले गरेका निर्णयः १ सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ । २ निवृत्तभरण कोष स्थापना नभएसम्मका लागि निवृत्तभरण कोष सञ्चालन गर्न कर्मचारी सञ्चयकोषलाई तोक्ने निर्णय गरिएको छ । ३ एशियाली विकास बैंकबाट नेपालको सडक राजमार्ग सुधारका लागि करिब रु २१ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने सम्बन्धमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरिएको छ । ४ प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५–७६ को तलबमान निर्धारण गर्ने निर्णय गरिएको छ । ५ आर्थिक वर्ष २०७६–७७ का लागि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमान तोक्ने निर्णय गरिएको छ । ६ नेपाल नोटरी पब्लिक परिषद्लाई रु १० लाख अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ । ७ खोरेत तथा रेबिज रोगलाई पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को सूचित गर्नुपर्ने रोगको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ । ८ खुला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरिएको छ । ९ कम्पनीमा रूपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । १० कञ्चनपुर घटनामा घाइते अर्जुन भण्डारीलाई राहत रकम मासिक रु २५,००० उपलब्ध गराउने निर्णय गरिएको छ । ११। झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका निम्न आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ– अशोक साह, विन्दे महतो, दानादेवी महतो ९विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत०, सोसील महतो ९दानादेवीकी बुहारी०, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो । १२ सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षकहरूको सरुवा गर्ने निर्णय गरिएको छ । १३ स्थानीय तहको उपनिर्वाचनको मिति २०७६ साल मंसिर १४ गते तोक्ने निर्णय गरिएको छ । १४ सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको लागि सिंगापुर भ्रमण स्वीकृत गरिएको छ । १५ काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिकाभित्रका स्ववासी घरजग्गा दर्तासम्बन्धी समिति गठन आदेश, २०७६ स्वीकृत गरिएको छ । १६ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १६ ख। बमोजिम मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी २०७५ पुस १३ देखि लागू हुने गरी एक वर्ष ६ महिना अवधिको लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरिएको छ । निर्णय भएको मितिबाट ६ महिनाभित्र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापन कार्ययोजना तयार गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ । ७ मातातिर्थ–नौविसे ३३ के।भी। प्रसारणलाईन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ । १८ भीमसेन थापा गाउँपालिका, गोरखाको केन्द्र परिवर्तन गर्ने निर्णय गरिएको छ । १९। संयुक्त राष्ट्रसंघको महासभामा अल्पविकसित राष्ट्रहरूमा स्वास्थ्यको सर्वव्यापी पहुँचसम्बन्धी अतिरिक्त कार्यक्रमको नेपालले नेतृत्व गर्ने निर्णय गरिएको छ ।
न्यायलयप्रति किन असन्तुष्ट बन्यो सरकार? काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले गरेका निर्णयहरु न्यायालयले रोकेको प्रति असन्तुष्ठी जनाएका छन्। मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारको गरेका निर्णयहरुमा न्यायलय पुगेर अड्कने गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्। उनले न्यायका लागि अदालत प्रवेश गरेका विषयलाई समयमै सम्बोधन गर्न सक्नुपर्ने बताए। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका छुट्टा छुट्ै निकाय भएकाले न्यायपालिकाकाले पनि पहिलो हेराईमा नै आफ्नो क्षेत्र भित्रको भए नभएको हेरेर निक्र्यौल गर्नुपर्ने धारणा उनले राखे। राजश्व असुलीका सम्बन्धमा सरकार र न्यायलयवीच चलेको सवाल जवाफको विषयमा संचारकर्मीले राखेको जिज्ञासामा उनले ‘राजश्व उठाउने प्रश्न अदालतको थिएन भने मुद्धा नै नलिए भइहाल्यो नि’ भनी टिप्पणी गरे। उनले भने, ‘अदालतको पनि पहिलो दृष्टि कहाँ हुनुपर्यो । कुन काम आफुले गर्ने हो ? कुन काम कहाँको हो भनेर छुट्याईदिए भईहाल्यो । पहिलो दृष्टिमा नै छुट्याईदिए भईहाल्यो नि । हामीले नियम अनुसार कुनै एम डि हटाईदियौ भने कसैले मुद्धा हाल्यो भने त्यो काम कार्यपालिकाको हो कि? न्यायपालिकाको हो भन्ने पहिलो दृष्टिमा नै छुट्याईदिए भईहाल्यो नि । न्याय निरुपणको प्रश्न वा व्यक्तिगत प्रश्न । राष्ट्र निर्माणको प्रश्न वा अरु कुराहरु । भन्ने पहिलो राजश्व उठाउने प्रश्न अदालतको थिएन भने मुद्धा नै नलिए भइहाल्यो नि त।’ उनले विकास निर्माण लगायत काममा पनि अदालतका कारण धेरै पीडीत हुनुपरेको गुनासो गरे। राष्ट्रिय परियोजनाका विषयमा परेका मुद्धाको फैसला छिटो नहुदा समग्र मुलुकलाईनै घाटा भईरहेको भन्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एक अर्काको अधिकार क्षेत्रमा कुन हद सम्म प्रवेश गर्ने वा नगर्ने भन्ने कुरा सम्बन्धित निकायले पनि विचार गर्नुपर्ने विषय भएको बताए। उनले भने, ‘हामी त पीडीत छौ नि । अदालत जाने हक छ त्यसलाई हामी बञ्चित गर्न सक्दैनौ । तर त्यहाँ होल्ड किन हुनुपर्यो । टुंगो लगाईदिए भयो । नागढुङ्गा सडकखण्ड उता नि बन्यो यता नि बन्यो विचमा बन्दै बन्दैन । अदालतमा तेस्र्याछ । टांङ तेस्र्याछ । राष्ट्रिय कुनै परियोजनामा अलमल हुनुले चाही लागत पनि बढ्न जान्छ । प्रकारान्तले त्यो देशलाई अन्याय पनि हुन जान्छ । अब्टिकल फाईबर नै हुन सकेन भने के हुन्छ त?’ उनले ४ नम्बर र ५ नम्बर प्रदेशमा सम्झौता भईसक्यो । काम गरेर बुझाउन पर्ने भईसक्यो । कम्पनी काम गर्देन कारवाही गर्न पाईदैन अदालत जान्छ । अनि अदालतले त्यो रिंगाईदिनु भनेको ४ नम्बर र ५ का जनताले आधुनिक सुचना प्रविधिको मेरुदण्ड ब्रोडबैक कनेक्टिभीटी । यसमा के त हाम्रो दृष्टिकोण । आमनागरिकको , जनताको, अदालतको पनि पहिलो दृष्टि मा नै यो कुन राज्य वा आमजनतासंग जोडिने कुन व्यक्तिगत स्वार्थसंग जोडिने त्यो गरिदिए त भैहाल्यो । हाम्रो त अनुरोध मात्रै हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका छ छुट्ै छन् नि त । कहाँ को कति हदसम्म प्रवेश गर्ने वा नगर्ने भन्ने कुरा सम्बन्धित निकायले पनि विचार गर्नुपर्ने विषय हुन जाने बताए केही दिन अघि सार्वजनिक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ७४÷७५ अर्ब राजश्व अदालतमा मुद्धा परेका कारण अड्किएको बताएपछि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरराज खतिवडाले न्यायालय आर्थिक तराजुमा तौलिने विषय नभएको प्रतिक्रिया दिएका थिए। सञ्चारमन्त्री बास्कोटाले भने, ‘अर्थमन्त्री खतिवडाले ७५ अर्ब न्याय प्रणालीमा फैसला हुन बाँकी छ । त्यो छिटो फैसला भैदियो भने सरकारको हात अलि बलियो हुन्छ स्रोत व्यवस्थापन गर्न। भन्नुभएको थियो । सो भनाईको प्रतिकारमा न्यायाधीश खतिवडाले “यो आर्थिक रुपमा मुल्यांकन गर्ने र लाभ हानीको मुल्यांकन गरेर यस्लाई हेर्ने संस्था होइन। यो पद्धती होइन । यो व्यापार गर्ने र कर उठाउने संस्था पनि होइन । यसलाई कति यहाँबाट फैसला भयो फैसलाको अनुपातमा तलब भत्ता दिन्छु या सुविधा या भौतिक पुर्वाधार जोड्छु भन्ने करा पनि होइन । थोरै न्याय सम्पादनका लागि पनि राज्यले ठूलो खर्च गर्नुपर्छ । न्यायका लागि राज्यले खर्च गर्नुपर्छ । यो आर्थिक तराजुमा तौलिने विषय होइन ।” भन्नुभएको थियो ।’ पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर भ्रमणका लागि सरकारले जहाज टिकट खर्र्च मात्रै उपलब्ध गराएको जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्री ज्यु को टोलीमा रहेका कर्मचारी संयन्त्रको बाहेक कसैको टिए डिए स्वीकृत गरिएको छैन । प्लेन भाडा मात्रै सरकारले दिएको हो। बाँकी प्रधानमन्त्रीको नीजि खर्च हुनेछ । उपचार खर्च स्वयम प्रधानमन्त्रीले आफ्नै व्यवस्थापनमा गर्ने।’ उनले सरकार जनताको पनि नियमनमा पर्नका लागि प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्बन्धी सम्झौता भएको स्पष्ट पारे। जिम्मेवारीबाट पन्छिने र पन्छाउने प्रक्रियाबाट आफै बाँधिएर इमान्दार बन्नका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसंग कार्यसम्पादन सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको भन्दै उनले सोही आधारमा प्रत्येकको कार्य सम्पादन मुल्यांकन गरिने बताए। काम नगर्नेलाई प्रधानमन्त्रीले हटाउन सक्ने र त्यो विशेषाधिकार प्रधानामन्त्रीमा निहित रहेको बताए। बेरोजगारलाई कम्तिमा १ सय दिनको रोजगारीको प्रत्याभुति गर्ने घोषणा अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको भन्दै उनले फजुल खर्च वा बाँडेको भन्ने नभएको बताए। वाईडवडी विमान खरिदका सम्बन्धमा अख्तियारले छानविन गरिराखेकाले अन्य समितिहरुको समयावधि थप नगरिएको स्पष्ट पारे। बिप्लब समूह बारे सरकार सधै वार्ताप्रति इमान्दार रहेको र असहमतिहरुको शान्तिपुर्ण समाधान गर्न चाहेको भन्दै उनले विप्लव समूहका पछिल्लो गतिविधिले धमिलो पानीमा माछा मार्नेहरुलाई प्रोत्साहित पार्ने बाहेक कसैलाई खुसी नपारेको टिप्पणी गरे। उनले दाउपेचका लागि नभई समस्या समाधानका लागि सरकार वार्ता गर्न सधै तयार रहेको बताए। उनले भने, ‘यसबाट कुनै ढुंगा हानेर मैले त्यही ताकेको थिएँ त्यही पुग्यो भन्ने वाला छैन। उनीहरुले कार्यसमिति नै भंग गर्नुभएको छ । त्यही संकट पैदा भएको छ । क्रान्तिको रुमानी सपनामा मान्छे अलमलिन सक्छ तर जब व्यँझिन्छ अनि आदीबाटो हिडेपछि फर्किन्छ मान्छे ।’ उनले विप्लव समूहले इन्काउण्टरको नाममा पूर्जी काट्ने काम कागजमै सिमित हुने दाबी गरे। उनले भने, ‘पहिला नदेखेको थियो र ? प्रति पक्राउ । कुन्नी के को मोल सबै देखियो ? तर लास्टमा बन्दुक सम्पुर्ण रुपमा हारेको हो कि होइन । जितेको के हो ? नेपाली जनता । जितेको के हो ? शान्ति । जितेको के हो ? लोकतन्त्र । त्यसैले नबुझेर होइन होला जस्तो लाग्छ । भड्क्या आत्मा भन्छन् नि असन्तुष्टीले त्यस्तो भएको हुनुपर्छ । दाउपेचको ढंगले आउनुहुन्छ केही पनि पार लाग्दैन । सरकार दृढ छ । हिंसालाई पराजित गर्न कुनै पनि मुल्यमा । हिंसा नेपालले अस्वीकृत गरेको र पराजित गरेको विषय हो।’
संसदीय समितिमै भावुक बने पर्यटनमन्त्री भट्टराई कामाठाडौं। संस्कृति नागरिक उड्डयन तथा पर्यटनमन्त्रीमा नियुक्त भएपछि योगेश भट्टराई आइतबार पहिलो पटक संसदीय समितिमा उपस्थित भए। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोलाइएका नवनियुक्त मन्त्री भट्टराईलाई समितिका सदस्यहरुले बधाई दिँदा मन्त्री भट्टराई भने भावुक भने। उनी विद्यार्थी राजनीति गर्दा २०४३ सालमा गम्भीर विरामी भएका थिए। त्यति बेला डाक्टरहरुले आश मारिसकेका थिए। तर, भट्टराई बाँचे पहिलो पटक मन्त्री बने। यही कुरा सम्झेर उनी संसदीय समितिमा भावुक बनेका हुन्। उनले बैठकमा सो कुरा स्मरण गर्दै विरामी पर्दा ६० दिनसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बसेको र त्यति बेला नेता माधव कुमार नेपालले भेटेको बताए। यति भन्दै गर्दा उनी भावुक बनेका थिए। भट्टराई भावुक बनेपछि समितिका सदस्यसमेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि भावुक बने। बैठकको माहोल एक सयम भावुक बन्यो। तर, सम्हालिँदै मन्त्री भट्टराईले समितिमा आफ्नो कुरा राख्न शुरु गरे। उनले केही दिन भित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरे। मन्त्री भट्टराईले संसद र संसदीय समितिले दिएका निर्देशन पूर्ण पालना गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे। विमान खरिद सम्बन्धमा संसदीय समितिले विगतमा दिएका निर्देशनहरु पालना गरेर अघि बढने योजना पनि सार्वजनिक गरे । उनले आफ्ना सबै कामकार्वाही पारदर्शी ढंगले अघि बढाउने अठोट पनि गरे। उनले आफ्नो मन्त्रालयमा राजनीतिक आस्थाका आधारमा कसैप्रति पूर्वाग्रह राख्ने अवस्था आउन नदिने प्रतिवद्धतासमेत गरे। बैठकमा समितिका सदस्यहरुले विमान खरिद प्र्रकरणमा देखिएका सबै समस्या समाधान गरेर अघि बढन मन्त्री भट्टराईलाई सुझाव दिएका थिए । समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमान खरिद प्रकरणमा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा त्यस्ता समस्या आउन नदिने गरी काम गर्न मन्त्री भट्टराईलाई सुझाव दिए। उनले जनताको भावनामा चोट नपु¥याउने गरी सांस्कृतिक क्षेत्रको विकासमा लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए। समितिका अर्का सदस्य अग्नीप्रसाद सापकोटाले नेपाल एयरलाइन्सलाई सरकार आफैले संचालन गरेर नेपालको हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्री भट्टराईलाई आग्रह गरे। समितिकै सदस्य पुष्पा भुसालले हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाएर मुलुकको पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउन मन्त्री भट्टराई सफलता मिल्ने विश्वास व्यक्त गरिन्। समितिका सदस्यहरुले मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि निर्माणाधिन विमानस्थलको निर्माणको कामलाई पनि समयमै पूरा गर्ने विश्वास पनि व्यक्त गरेका थिए ।
तनहुँका सुमन थापा काठमाडौं आउदै थिए, जब नागढुंङ्गामा प्रहरीले चेकजाँच गर्यो, त्यसपछि… काठमाडौं । पछिल्लो समय चन्द्रागिरी नगरपालिका २ नागढुङगामा प्रहरीले कडा चेकजाँच गर्न थालेपछि दैनिकजसो अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरु पक्राउ पर्दै आएका छन्। राजधानीबाट पश्चिमतिरका जिल्लाबाट आउनै एउटै रुट नागढुंगा भएपछि त्यो ठाउँमा अपराधिक क्रियाकलापहरु घटाउन प्रहरीले चेकजाँचलाई तीब्र पार्दै आएको हो। त्यसै सन्दर्भमा आइतबार विहान पनि एक जना लागूऔषध सहित पक्राउ परेका छन्। तनहुँ डुम्रे निवासी ३० वर्षीय सुमन थापालाई नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन २३ एम्पुल, फेनरागन २१ एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५७६१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार थापालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
‘महिला-बालबालिका-जेष्ठ नागरिकलाई प्रदान गर्ने सेवा अझै बढी विश्वासिलो हुनुपर्छ’ काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’ को आइतबार सोही निर्देशनालयमा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्। सो अवसरमा प्रहरी महानिरीक्षक खनालले तालिममा हासिल गरेका व्यवहारिक ज्ञान, सीप एवम् कौशललाई कार्यक्षेत्रमा दुरुस्त उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै महिला, बालबालिका तथा जेष्ठ नागरिकको मन जित्ने व्यवहार प्रस्तुत गरी पीडितलाई न्याय दिन सक्नुपर्ने बताए। उनीहरुप्रति गरिने सेवामा आवश्यकताको पहिचान एवम् विश्लेषण गरी न्यायपूर्ण काम गर्दै जनमानसमा नेपाल प्रहरी हाम्रो हो, हाम्रा लागि हो भन्ने अनुभव गराउन सफल हुने गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा एवम् अमन चयन कायम गर्न नेपाल प्रहरी सदैव लगनशील भई कार्य गर्दै आएको चर्चा गर्दै प्रहरीले प्रदान गर्ने सेवाको समाजमा पनि उचित विश्लेषण एवम् तथ्य जानु जरुरी रहेको बताए। प्रहरीले प्रदान गर्ने विश्वासिलो सेवाका कारणले नै सामाजमा भएका घटनाहरु प्रहरी समक्ष आउने क्रममा बृद्धि भएको समेत उनले उल्लेख गरे। सो अवसरमा प्रहरी महानिरीक्षक खनाल र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा जानकारी पुस्तिकाको संयुक्त रुपमा लोकार्पण समेत गरेका थिए। उक्त अवसरमा प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले धन्यवाद ज्ञापन गर्दै संगठनको आवश्यकता र नीति अनुसार अगाडि जानका लागि तालिम महत्वपूर्ण सावित हुने बताए। तालिमले आवश्यकता पहिचान गरी सबै किसिमका विषयमा दक्ष बनाउनुका साथै सैद्धान्तिक र व्यवहारिक ज्ञान विकास गर्नका लागि थप मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरे। कार्यक्रममा काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका डिन प्राडा महेशनाथ पराजुली र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले तालिमको महत्वमाथि प्रकाश पारेका थिए। प्रहरी उपरीक्षक किरण राणाले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक तारा थापाले प्रशिक्षार्थीको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए। तालिममार्फत प्रशिक्षार्थीलाई आवश्यकता पहिचान योजना तयार पार्ने, अध्ययन योजनाको रुपरेखा निर्माण गरी खोजमूलक अध्ययनका लागि विभिन्न विधि अपनाउन सक्ने, वर्तमान र लक्षित कार्यस्तर विश्लेषणद्वारा सेवाको स्तरमा देखिएको फरक मापन गरी आवश्यकता पत्ता लगाउन सक्ने र तथ्यपरक समाधानको योजनाका आधार पहिचान गरी राय सुझाव प्रस्तुत गर्न सक्ने बनाउनु तालिमको मुख्य उद्देश्य रहेको सो अवसरमा जानकारी दिइयो। प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको आयोजना एवम् काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन र यूनिसेफको सहयोगमा संचालित १९ कार्यदिनको उक्त तालिममा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ५ जना, प्रहरी निरीक्षक १० जना, प्रहरी नायव निरीक्षक २ जना र प्रहरी सहायक निरीक्षक २ जना गरी कुल २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मावनश्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका पदाधिकारीहरु, यूनिसेफका पदाधिकारीहरु, प्रहरी वरिष्ठ अधिकृत लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।
कृषिमन्त्री खनालले स्वीकारे गल्ती काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्विकार गरेका छन्। जेष्ठ २१ गते प्रधानमन्त्री ओलीले सो विषयमा बोलेको तर त्यसको दुई दिनपछि मात्रै भारतीय दुतावासको पत्र दिएको भन्दै उनले गल्ती भएको स्वीकार गरे। आइतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने मन्त्री खनालले आफ्नो गल्ती स्वीकार गरेका हुन्। ‘हाम्रो कमजोरी के भयो भने त्यस पत्रबारे प्रधानमन्त्री ओलीले २१ गते बोल्नु भयो, त्यो पत्र हामीले २३ गते मात्रै हात पारियो हामीले,’ मन्त्री खनालको स्विकारोक्ति थियो, ‘हाम्रो कमजोरी यही हो, यो हाम्रो मन्त्रालयको, जिम्मेवार निकायको कमजारी हो ।’ मन्त्री खनालले भारतबाट आयातित विषाद परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा भने आफ्नो मन्त्रालयको कुनै हात नरहेको पटक–पटक दोहो¥याए। यो विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएकाले विषादी परीक्षण सम्बन्धि निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको उनको स्पष्टिकरण थियो। मन्त्री खनालले आयातित तरकारीमा विषादि परीक्षणको काम जारी रहेको त्यसलाई रोक्ने पक्षमा सरकार नरहेको पनि बताए। बैठकमा समितिका सदस्यहरुले सो प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबीच लज्जास्पद ढंगले विवाद भएको उल्लेख गर्दै त्यसको यथार्थ विवरण समितिमा जानकारी गराउनु मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्य दलबहादुर रानाले दुई मन्त्रालयबीच विषादी परीक्षणबारे भएको सार्वजनिक विवादले लज्जाबोध गराएको उल्लेख गर्दै त्यसबारे यथार्थ जानकारी गराउन मन्त्री खनाललाई सचेत गराए। समितिका सदस्यहरुले सरकारले विषादी परीक्षणको कामलाई गम्भिरतापूर्वक नलिएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।
फोनबाट धम्क्याई ७५ लाख माग गर्ने उदय गिरी धापाखेलबाट पक्राउ काठमाडौं । मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गर्ने कार्यमा संलग्न गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो। गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको र निज उपर थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ।
मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४/७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५/७६ मा भने २२८ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा २२७ मुद्दा दर्ता भएका थिए। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको बताउँछन् । “नेपाल प्रहरीको बढ्दो सक्रियता र जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो”, उनी भन्छन् । नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसारलाई नियन्त्रण गर्न मानव बेचविखन नियन्त्रण ब्यूरोको स्थापना गरेको छ। महिला तथा बालबालिका बेचविखन बढेसँगै सरकारले आव २०७५/७६ को बजेटमा मानव बेचविखन नियन्त्रण ब्यूरो स्थापनाका लागि रकम विनियोजन गरेपछि ब्यूरो स्थापना भएर काम गर्दै आएको उनको भनाइ छ। रासस
विप्लव नेकपाले विज्ञप्ति नै निकालेर भन्यो ‘चन्दा माग्न आउँदैछौं, पहिलेजस्तै दिनुहोला’ काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आम सर्वसाधारणसँग औपचारिक रुपमै चन्दा मागेको छ। यसअघि देशका विभिन्न स्थानमा विप्लव नेकपाले चन्दा आतंक नै फैलाएको दाबी गरिए पनि नेतृत्वले त्यसलाई स्वीकार गरेको थिएन। तर, अहिले भने लिखित रुपमै घोषणा गरी चन्दा मागिएको हो। नेकपाले असार महिनादेखि चन्दा उठाउन सुरु गरिएको र यो क्रम आगामी कात्तिकसम्म जारी रहने जनाएको छ। पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशिल हुन सम्भव छैन। देशका राजनीतिक, आर्थिक, सांस्कृतिक संकटको समाधान त्यसैका लागि असारदेखि कात्तिकसम्म ५ महिना पार्टीले आर्थिक सहयोग अभियान संचालन गरेको छ। यलाई सदाझैं सहयोग गरिदिनुहुन अनुरोध छ।’ सरकार र विप्लव समूहबीच अनौपचारिक रुपमा वार्ता भइरहेको बताइएका बेला विप्लव समूहको पछिल्लो विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अहिले विप्लव समूहसँग सरकारी वार्ता टोलीका पूर्व संयोजक सोमप्रसाद पाण्डले वार्ताको पहल गरिरहेका छन्। पछिल्लो समय विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि विप्लव समूह रक्षात्मक अवस्थामा पुगेको सरकारको विश्लेषण छ।
जुम्लाको लटरम्म स्याउ जुम्ला । जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थाले। स्याउ गत बर्षमा भन्दा यसपालि बढी फलेको छ। तस्वीरः विजय रावत/रासस
फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी खोटाङ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी। व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ खोटाङ फुटबल एकेडेमीले जिल्लाका ४१ जना बालखेलाडीलाई सहभागी गराएर निःशुल्क तालीम दिँदै आएको छ। तस्वीर : केदार मगर, खोटाङ/रासस
भब्सी खोलामा बेलिब्रिज निर्माण, यातायात सञ्चालन पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ।असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँदै आएको थियो। पुल बगाएपछि खोलामै डाइभर्सन भएर वा २५/३० किलोमिटर टाढाबाट घुमेर जङ्गलको बाटो हुँदै यातायात सञ्चालन हुँदै आएको थियो भने बाढी आएको बेला पटक–पटक डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएकामा गए राति सो खोलामा ४८.८ मिटर लामो बेलिब्रिज निर्माणकार्य सम्पन्न भएको र यातायात सेवा पनि सञ्चालन भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले बताए । उनका अनुसार सो बेलिब्रिजको क्षमता ९८ टन बोक्ने रहे पनि त्यसमाथिबाट अहिले एक पटकमा ३५ टन बोकेका यातायातका साधनलाई मात्रै इजाजत दिइएको हो। रासस
आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं । आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले २४ घण्टे सूचना जारी गर्दै मनसुनको न्युन चापिय रेखा नेपालको तराई भागमा रहेकाले देशका अधिकांश स्थानमा सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जनाएको हो । हाल देशभर आंशिक देखि सामान्य बदली भई मध्य र पूर्वका पहाडी भू-भागका एक दुई स्थान तथा तराईका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
कांग्रेसमा संस्थापन इतर पक्षलाई राहत काठमाडौं। लामो समयपछिको विवादपछि नेपाली कांग्रेसले अन्तरिम संरचना गठन प्रक्रियाका बारेमा टुंगो लगाएको। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तरिम संरचना गठनका लागि निर्देशिका निर्माण गरेर आगामी मंसिर महिनाभित्रै संरचना विस्तार गरिसक्ने निर्णय गरेको हो। बैठकले आगामी मंसिर महिनाभित्रै संक्रमणकालीन व्यवस्थाअनुरूप अन्तरिम संरचनाहरू गठन गरिसक्नेगरी निर्देशिका निर्माण गर्ने निर्णय गरेको छ। अन्तरिम संरचनाहरू गठन भइसकेपछि बस्ने पहिलो केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनका बारेमा निर्णय गर्ने सहमति भएको छ। ‘१३औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रूपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिनेछ,’ बैठकपछि जारी कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि आवश्यक निर्दे्शिका केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरी पारित गरिनेछ।’ पार्टीका अन्तरिम संरचना बनाएरमात्र महाधिवशेन कार्यतालिका बनाउन इतर पक्ष सहमत भएपछि संस्थापन पक्षलाई राहत मिलेको छ। अन्तरिम संरचना गठनका लागि निर्माण गरिने निर्देशिका बुधबार गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने बताइएको छ। ‘अन्तरिम संरचना गठनका लािग निर्देशिका तयार हुन्छ । त्यसलाई साउन २२ गते बस्ने बैठकमा पेस गरेपछि छलफल गरेर पारित हुन्छ,’ एक केन्द्रीय सदस्यले भने। उनका अनुसार कांग्रेसले मंसिर मसान्तभित्रै क्रियाशील सदस्यहरूको अभिलेख अद्यावधिक गर्ने पनि निर्णय भएको छ। १३औं महाधिवेशनअघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठन भएको क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने काम मंसिर मसान्तभित्र पूरा गर्ने निर्णय भएको छ। त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने छ। संथापन इतर पक्षले महाधिवेशनको कार्यतालिका बनाएर मात्र पार्टी संरचनाहरू बनाउनुपर्ने अडान राखेपछि कांग्रेस बैठक लम्बिँदै गएको थियो। सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल वर्ष दिन थप्न खोजेको भन्दै इतर पक्षले महाधिवशेन कार्यलालिकामा जोड दिएको छ। पार्टीका अन्तरिम संरचना बनाएरमात्र महाधिवशेन कार्यतालिका बनाउन इतर पक्ष सहमत भएपछि संस्थापन पक्षलाई राहत मिलेको छ।
किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको जिम्मा सरकारले लिने बताएकी छन्। वालिङ नगरपालिकास्थित १२ र १४ नं वडामा सामूहिक कागतीखेतीको आज शुरुआत गर्दै मन्त्री अर्यालले सरकार अब व्यावसायिकरूपमा खेती गर्ने किसानको खोजीमा रहेको बताउँदै सामूहिकरूपमा खेती गर्ने किसानलाई सरकारले सहयोग गर्ने बताइन्। आधुनिक युगमा मुलुकलाई अगाडि बढाउनका लागि कृषिमा पनि प्रविधि र यान्त्रीकरणको आवश्यक्ता भएकाले यो अभियान शुरु गरेको मन्त्री अर्यालको भनाइ थियो। कार्यक्रममा गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमि व्यवस्थामन्त्री लेखबहादुर थापाले प्रदेश सरकार सामूहिक प्रणलीमा काम गर्ने किसानलाई सहयोग गर्ने निर्णय नै गरेर अगाडि बढेको बताउँदै उत्पादनलाई बढवा दिन पनि सामूहिक कृषि प्रणाली आवश्यक रहेको बताए। राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले सहकारी बोर्डले साना किसान सहकारीका माध्यमबाट सामूहिक रुपमा खेती गर्ने किसानलाई सहयोग गर्ने बताए। थुमपोखरा साना किसान कृषि सहकारीका माध्यामबाट काम गर्ने योजनाका साथ सामूहिक कागती खेती अभियानको लागि ४९ लाख उपलब्ध गराउने निर्णय भएको बताउँदै सो रकम कामका आधारमा उपलब्ध गराउने बताए। कागती खेती अभियानको नेतृत्व गरिरहेका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले अहिले ६०० रोपनी जमीनमा १५ हजार कागतीका बिरुवा लगाउने र एक वर्षभित्रमा एक हजार रोपनी जमीनमा ३० हजार कागतीका बिरुवा लगाउने जानकारी दिए। थुमपोखरा साना किसान कृषि सहकारीका अध्यक्ष मोहन खनालले जग्गाको क्षेत्रफलको आधारमा एक रोपनीको पाँच हजारका दरले शेयर राखेर कामको शुरुआत गरिएको र १२० घरपरिवार यो सामूहिक कागती खेतीमा सहभागी भएको बताए।
कमल थापाको कडा टिप्पणीः विदेशीको पैसाले चुनाव लडेका नेताले देशको स्वाभिमान बचाउन सक्दैनन् काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन्। पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताएका हुन्। प्रमुख दलहरुले मुलुकलाई तेह्र बषदेखि गलत बाटोमा हिँडाइरहेको भन्दै उनले ‘बाटो नै गलत भएकाले ड्राइभर परिर्वतन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गरे । विदेशीको पैसाले चुनाब लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपुर्वक काम गर्न नसकेको आरोप उनले लगाए । उनले भने, “आफुलाई प्रमुख भन्ने ठूला पार्टीहरु आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन् । जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमान पूर्वक काम गर्न सक्दैन । जुन बाटोमा कांग्रेस र कम्युनिष्टले तेह्र बर्षदेखि मुलुकलाई हिँडाइराखेका छन्, त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी । हामी कांग्रेस र कम्युनिस्टका भाई पार्टी होइनौँ । अहिले देशको समस्या केपी ओलीलाई हटाएर प्रचण्ड वा शेर बहादुर ल्याएर यो देशको समस्याको समाधान हँुदैन । जबसम्म बाटो परिर्वतन हुदैन तबसम्म ड्राईभर मात्रै फेरेर गन्तव्यमा पूगन सकिँदैन । बाटो नै फरक छ भने ड्राइभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ ।” अध्यक्ष थापाले राष्ट्र निर्माणको बैकल्पिक विचार र मार्गचित्र राप्रपासंग रहेको उल्लेख गर्दे धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बद्र्धनवादको सिद्धान्त अनुसार देशको विकास गर्न सकिने बताए । उनले सर्वत्र मौलाउँदै गइरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउँदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिए।
मुख्यमन्त्री गुरुङसँग वडा अध्यक्षहरुको गुनासो ‘हाम्रो त हैसियत नै भएन’ पोखरा । वडा अध्यक्षहरुको एक समुहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेर आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन्। शुक्रबार भएको भेटका क्रममा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएर समेत सरकारले आफुहरुलाई मर्र्यादाक्रममा समावेश नगरेको भन्दै ‘हाम्रो हैसियत के हो’ ? भनी प्रश्न समेत गरेका थिए । गृह मन्त्रालयको मर्यादाक्रममा वडा अध्यक्ष र सदस्यहरुको मर्यादाक्रम कहाँ कसरी हुने भनी केही पनि उल्लेख छैन । उनीहरुले वडा सदस्य कार्यपालिका सदस्य बनेपछि केही व्यवहारिक कठिनाई देखिएको विषय समेत मुख्यमन्त्री गुरुङसँग उठाएका थिए । कार्यपालिका सदस्य र वडा अध्यक्षको हैसियत बराबर हुने व्याख्याले कठिनाई देखिएको वडा अध्यक्षहरुको भनाई छ । जवाफमा मुख्यमन्त्री गुरुङ नयाँ मर्यादाक्रममा वडा अध्यक्षहरुलाई अन्याय भएको बताए । वडा अध्यक्ष मात्र नभएर प्रदेश निति तथा योजना आयोग जस्ता अन्य सरकारी निकायबारे नै मर्यादाक्रम वेखर रहेको मुख्यमन्त्री गुरुङले बताए। प्रदेशले संघ सरकारसंग आफुले यसबारेमा कुरा उठाइरहेको जानकारी दिदै गुरुङले यो अवास्था चाडै अन्त्य हुन आशा व्यक्त गरे । जनप्रतिनिधिहरुले पनि आफ्नो मर्यादामा आँच आउने काम गर्न नहुनेमा उनले सचेत गराए । भेट वडा अध्यक्षहरुले वडामा आउने बजेट चालुतर्फको मात्र बढी हुने भएकोले विकासको काम गर्न कठिनाई भैरहेको समेत बताएका थिए। बाग्लुङ जिल्लाको ४ स्थानीय तहका करिब २ दर्जन वडा अध्यक्षहरुको समुहले शुक्रबार मुख्यमन्त्रीसंग भेट गरेको थियो।
दोलखामा पहिरो खस्यो, १० घर भत्किए काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो खसेर १० घर भत्किएका छन् । उक्त पहिरोमा परी एक जना बेपत्ता भएका छन् । पहिरोमा परी निशान खड्का र जगतबहादुर खत्री बेपत्ता भएका हुन् । हिजो शुक्रबार राति साढे ११ बजेतिर गौरीशंकर गाउँपालिका–१ जुगुमा रहेको झगडे गाउँमा पहिरो खसेर १० वटा घर भत्किएका छन् । पहिरोले भत्किएका १० घर मध्य एउटामा मात्र सामान्य छ भने अन्य ९ वटा घर बस्नै नमिल्ने गरी भत्किएका छन् । पहिरोमा परी निशान खड्का र जगतबहादुर खत्री बेपत्ता भएको इलाका प्रहरी कार्यालय मैनापोखरीले जनाएको छ । यस विषयमा पूर्ण विवरण आइसकेको छैन ।
लेकसाइडको व्यवसाय विवाद अदालतमा पोखरा । पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ। लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायीनै साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, क्याबिन रेष्टुराँ, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब बन्दनै गराउनुपर्ने आसयको मागसहित अदालत पुगे पछि यतिबेला पोखरामा यस विषयले निकै चर्चा पाएको छ। पश्चिमाञ्चल होटल सङ्घ (हान) का अध्यक्ष विकल तुलाचन, पूर्वअध्यक्ष गोविन्दराज पहारीसहित ४२ जनाले स्थानीय बासिन्दा र पर्यटकलाई समेत लेकसाइडमा बस्न असहज भएको भन्दै तत्कालका लागि त्यस्तो व्यवसाय बन्द गराउन अन्तरिम आदेश माग्दै रिट दायर गरेपछि व्यवसायी व्यवसायीबीच वैचारिक द्वन्द्व शुरु भएको छ। रातको ९ बजेपछि बिहान ४ बजेसम्म नै रेष्टुराँ र डान्स क्लबमा होहल्ला हुने गरेका कारण स्थानीय बासिन्दा र होटलमा बस्ने पाहुनालाई प्रत्यक्ष असर परेकाले तत्काल त्यस्ता व्यवसाय बन्द गर्न माग गरिएको छ। हान अध्यक्ष तुलाचनले पर्यटन व्यवसायलाई व्यवस्थित गराउन प्रशासनलाई दबाब दिनकै लागि आफूहरुले यसो गरेको बताए । यस विषयमा निर्देशिका बनाएर पर्यटन व्यवसायलाई व्यवस्थित बनाउने पक्षमा आफू भएको उनको भनाइ थियो। रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले आर्थिक समृद्धिको आधार पर्यटन भनेर भनिरहँदा यसलाई व्यवस्थित गरेर अघि बढ्नुको विकल्प नभएको विचार व्यक्त गए । अर्बौको लगानी रहेको क्षेत्रलाई साँघुरो घेराभित्र राखेर अवरोध सिर्जना गरिनु नहुने र समस्या न्यूनीकरणमा सरकार, व्यवसायी र स्थानीयसहित छलफल गरेर उचित निकासबाट अघि बढ्नु पर्ने रेबानको धारणा रहेको उनको भनाइ छ। निवेदनमा रातिमा चल्ने जेनेरेटर, डान्सबारबाट आएको चर्को आवाज, रङ्गीविरङ्गी बत्तीले जनजीवनलाई असर गरेको र रातको समयमा रेष्टुराँबाट फर्कने ग्राहकको अश्लील व्यवहारबाट नकारात्मक असर पुगेको निवेदकको दाबी छ। चर्को आवाज र झिलिमिली बत्तीले वातावरणीय प्रदूषण बढेको र फेवाताल र सीमसारका जीवजन्तुलाई समेत असर पारेको उल्लेख गरिएको छ। कारण देखाऊ आदेश रात्रिकालीन व्यवसायविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको इजलासले बिहीबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने नपर्नेबारे छलफल गर्न दुवै पक्षलाई साउन २० गते बोलाएको छ। रिटमा प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय बैदामसहित १० जनालाई विपक्षी बनाइएको छ। अवान्छित र गैरकानूनी क्रियाकलाप हुन नदिनेलगायत शान्ति सुरक्षाको उचित प्रबन्ध गरी प्रहरीको गस्ती बढाउन अदालतले जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेशसमेत गरेको हो।
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री ओली आज साँझ ९ः४५ बजे सिल्क एयरको हवाईजहाजबाट ९ सदस्यीय टोलिका साथ सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहसहित पत्नी राधिका शाक्य, चिकित्सक, सुरक्षा गार्ड र सहयोगीसहित सिंगापुर जान लागेका हुन् । ओलीको सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परिक्षण हुनेछ । यसअघि गत साता ओलीले सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका थिए ।
भारतको बढ्यो सक्रियताः किन आइरहेका छन् भारतीय नेताहरु? काठमाडौं। विगत केही दिन यता भारतीय सत्तारुढ दलका उच्च नेता तथा उच्च सरकारी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । यही साउन १२ गते भारतीय जनता पार्टीका नेता तथा राज्यसभा सांसद डा. सूब्रमण्यम स्वामी नेपाल आए। उनीअघि भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विंग (रअ)का प्रमुख सामान्त गोयल नेपाल आए। शुक्रबार अर्का उच्च नेता भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन्। एकपछि अर्को उच्च भारतीय अधिकारीको नेपाल भ्रमणले निकट भविश्यमा उच्च भारतीय भ्रमण हुने संकेत देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविदले नेपाल भ्रमण गर्न लागेको चर्चा भइरहेका बेला भएका यी भ्रमणले त्यस चर्चालाई बल पुर्याएको छ । अर्को महिनाको पहिलो हप्ता भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको भ्रमण गर्ने जनाइएको छ । भदौं ४ र ५ गते हुने भनिएको नेपाल–भारत मन्त्रीस्तरीय बैठकका लागि जयशंकर नेपाल आउन लागेको उच्च परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । भारतीय अधिकारीहरुको लगातारको नेपाल भ्रमण प्रधानमन्त्री वा राष्ट्रपतिको भ्रमणको तयारीका लागि भएको कतिपयले विश्लेषण गरेका छन्। राज्यसभा सांसद स्वामी एक हिन्दुवादी संगठनको कार्यक्रमको प्रमुख वक्ताका रुपमा नेपाल आए पनि उनले प्रधानमन्त्री केपी ओलीसँग भेटेका थिए। त्यसपछि आएका रअ प्रमुखले पनि उच्च स्तरीय भेटघाट गरेको बताइन्छ । यद्यपी उनले गरेको उच्च राजनीतिक भेटघाट भने पुष्टि भएको छैन । शुक्रबार नेपाल आएका भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल–भारत मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन्। उनले सो क्रममा भारत नेपालको असल मित्र रहेको भन्दै प्रधानमन्त्री मोदीको प्राथामिकतामा नेपाल रहेको बताए । उनले मोदीले तीन पटक नेपालको भ्रमण गरिसकेको उल्लेख गर्दै नेपालमा रहेका आशंकाहरुमा कुनै प्रमाण नरहेको बताए । उनले भारतले नेपाललाई कहिल्यै पनि डोमिनेटको सम्बन्धले नहेर्ने बताए।
काँग्रेसमा तोकिएन महाधिवेशनको कार्यतालिका काठमाडौं। नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकले पार्टीको आगामी महाधिवेशन (१४ औं)बारे कार्यतालिका नबनाउने भएको छ । पहिला क्रियाशील सदस्यताबारे टुंगो लगाएपछिमात्र महाधिवेशनको कार्यतालिका बनाउने निर्णय काँग्रेसले गरेको हो। शुक्रबार बसेको बैठकले ‘अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य २०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ । त्यस पश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ’ भन्ने निर्णय गरेको छ। यो निर्णयसँगै अन्तरिम संरचना र क्रियाशील सदस्यता नटुंग्याइ महाधिवेशनको मिति नतोकिने निश्चित भएको हो। बैठकले पार्टीको अन्तरिम संरचना पार्टीको विधानको धारा ७२ बमोजिम गठन हुने भनेको छ । विधानको धारा ७२ को उपधारा ४ मा पार्टीको अन्तरिम संगठनबारे व्यवस्था गरिएको छ : (क) नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भए पश्चात सिमांकन हेरफेर नभई यथावत् कायम रहेका गाउँपालिका÷ नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाका र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कायम रहेको कार्यसमिति यथावत्कायम रहनेछन्। (ख) नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर भई नयाँ कायम भएका गाउँपालिका/ नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाका र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका यो विधान संशोधन पूर्व कायम रहेका प्रतिनिधिको अधिवेशनले यसै विधान बमोजिमको सम्बन्धित कार्यसमिति गठन गर्नेछ । (ग) नेपालको संविधान बमोजिम नयाँ निर्धारण भएका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रभित्रका यो विधान संशोधन पूर्व कायम रहेका क्षेत्रीय अधिवेशन प्रतिनिधि प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका प्रतिनिधि हुनेछन् । यसरी कायम हुन आएका प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले यो विधान बमोजिमको प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति गठन गर्नेछ । (घ) प्रदेशभित्रका यो विधान संशोधन पूर्व कायम रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशन प्रतिनिधि हुनेछन् । यसरी कायम हुन आएको प्रदेश अधिवेशनले यो विधान बमोजिमको प्रदेश कार्यसमिति गठन गर्नेछ । (ङ) गाउँपालिका/नगरपालिका वडा कार्यसमिति गठन भएको बढीमा दुई महिनाभित्र वडा कार्यसमितिले मातहतका टोल कार्यसमिति गठन गर्नेछ । शुक्रबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, एन.पी. साउद, शंकर भण्डारी, मीन विश्वकर्मा र बीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गरेका थिए । शुक्रबार पार्टी उपसभापति विमलेन्द्र निधिले नेपाल लोकतान्त्रिक फोरमसँगको समायोजन र आफ्नै नेतृत्वमा रहेको नीति तथा प्रशिक्षण प्रष्ठिानको प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । यस्तै महामन्त्री पूर्णबहादुर खड्काले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को बैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गरेका थिए।
उपनिर्वाचन मंसिर १४ गते काठमाडौं। तीन तहमा जनप्रतिनिधि रिक्त रहेका विभिन्न ५० स्थानका लागि आगामी मंसिर १४ गते शनिबार उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले शुक्रबार उप निर्वाचनको मिति घोषणा भएको जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा, प्रदेश सभा, नगरपालिका मेयर, गाउँपालिका अध्यक्ष र विभिन्न वडा अध्यक्षको रिक्त भएको स्थानका लागि एकै पटक आगामी मंसिर १४ गते निर्वाचन हुने भएको हो । स्थानीय तहको उपनिर्वाचन मिति निर्वाचन आयोगसँगको परामर्शमा सरकारले तोकेको हो भने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन मिति राजनीतिक दलहरुसँगको परामर्शमा निर्वाचन आयोगले तोकेको हो। आयोगले बिहीबार राजनीतिक लदहरुसँग परामर्श गरेको थियो ।
मनसुन न्यून चापिय रेखा उत्तरतर्फ सर्दै, तीन दिन चट्यांगसहित वर्षा हुने अनुमान काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले हाल देशको पहाडी भू–भागमा सामान्य बदलीको जनाएको छ । साँझ साढे ६ बजे शाखाले जारी गरेको सूचनाअनुसार ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ भने पश्चिम तराईका क्षेत्रमा पनि मेघ गर्जन सहित क्षणिक बर्षा हुने अनुमान गरिएको छ । यति बेला मनसुनको न्यून चापिय रेखा तराई भू–भाग भन्दा दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाका अनुसार मनसुन न्यून चापिय रेखा बिस्तारै उत्तरतिर (नेपालतर्फ) सर्दै जाने छ। शुक्रबार राती देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। शनिबार राती देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । मौसम पूर्वानुमान शाखाका अनुसार आईतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। आइतबार राती देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू–भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।
उपनिर्वाचन मंसिर १४ गते गराउन सिफारिस काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन सरकारलाई सिफारिस गरेको छ । आयोगले बिहीबार राजनीतिक दलहरुसँगको परामर्शपछि सिफारिस गरेको हो। आयोगले तीनवटै तहका रिक्त रहेको ५० स्थानका लागि एकै दिन चुनाव गराउन सिफारिस गरेको छ । आयोगले उपनिर्वाचनको मिति सिफारिस गरेपछि अब सरकारले सो विषयमा निर्णय गर्नेछ । प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्। तीनवतै तहको निर्वाचन २०७४ सालमा भएको थियो। स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान छ। सरकारले स्थानीय तहको मिति तोकेपछि सोही दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने गरी मिति तोक्ने आयोगको तयारी छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपनिर्वाचन सन्दर्भमा छलफल गरेका थिए । त्यसपछि बिहीबार आयोगमा राजनीतिक दलहरुसँग समेत परामर्श गरी आयोगले मिति सिफारिस गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई वर्ष अगाडिमा मसिंरमै भएको थियो । स्थानीय तह निर्वाचन भने त्यो भन्दा अगाडि वैशाखदेखि असोजसम्म तीन चरणमा सम्पन्न भएको थियो ।
विगतका गल्ती सच्याइरहेको छु : प्रधानन्यायाधीश राणा काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायालयका विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन्। प्रधानन्यायाधीश राणाले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा आफू क्रियाशील रहेको पनि स्पष्ट पारे। बिहीबार विभिन्न संचारमाध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संचारमाध्यामहरुलाई नागरिकको सहज, सरल र निष्पक्ष ढंगले न्याय पाउने सपना परिपूर्ति गराउने कार्यमा सहयोग गर्न पनि पटक–पटक आग्रह गरे। ‘न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा हामी सधैं क्रियाशील छौं, हिजो भएका गल्तीलाई दिनानुदिन सच्याउँदै हामी अघि बढिरहेका छौं,’ संचारकर्मीमाझ प्रधानन्ययधीश राणाको अठोट थियो, ‘न्यायपालिका स्वतन्त्र, निष्पक्ष र समक्ष हुनुपर्छ भन्ने संविधानको मुलमर्म पूरा गर्न सकेको योगदान दिन आफू प्रतिवद्ध छु ।’ प्रधानन्यायाधीश राणाले न्यायलय एक्लैले न्याय पाउने नागरिकको अधिकारलाई पूरा गर्न नसक्ने उल्लेख गर्दै त्यसमा सरकार, संसद र संचारकर्मीहरुको ठूलो सहयोगको अपेक्षा गरिएको पनि बताए। उनले अदालतको गल्ती ढाकछोप नगर्न पनि संचारकर्मीहरुलाई आग्रह गरे।
सरकार सबैक्षेत्रमा असफल, वैदेशिक मामिलामा झनै असफलः महत काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । उनले भने, ‘आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको छ । सरकार तमाम काममा असफल भएको छ ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको पनि आरोप लगाए । उनले भने, ‘सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो । तर, अहिले लम्पसार हुनुभयो । उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भ¥याङमात्रै हो ।’ सरकारले जनतासामू झुठो आश्वासनमात्रै दिएको तर बोलेका कुरा पूरा नगरेको पनि उनले आरोप लगाए । उनले भने, ‘सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा खोस्रा कुरा गरेको छ ।’ कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरि जित्नेपनि उनको दाबी छ । उनले भने, ‘हामी अब जनताको पीर, मर्कालाई आत्मसात् गर्दै अघि बढ्छौं ।’ पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तिव्रता दिने र जनताका आवाज उठाउने महतको भनाई छ । वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको उनको आरोप छ । उनले भने, ‘सरकारले जनतातिर फर्केर राष्ट्रियताको कुरा गर्छ, तर जुन देशसँग आफ्नो कुरा राख्नुपर्ने हो त्यो देशसँग कुरै गर्न सक्दैन् । लम्पसार परेको छ । त्यसैले यो सरकार विदेश नीतिमा पुरै असफल भएको छ ।’ सर्लाहीमा हत्या भएकोले त्यसको सत्य, तथ्य पत्ता लगाउनको लागि संसदीय समिति बनाउनुपर्ने कांग्रेसले माग गरिरहेको पनि उनले जिकिर गरे । उनले भने, ‘हामी मुलुकमा हत्या, हिंसा दोहोर्याउन दिँदैनौं । माओवादीलाई गिरिजाप्रसाद कोइरालाले वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउनुभयो ।’ महतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हिंसाको बाटो त्याग्नका लागि आग्रह पनि गरे । उनले भने, ‘विप्लव समूहले हिंसाको कदम रोक्नुपर्छ ।’ महतले सरकारपनि ‘एक्स्ट्रा–जुडिसियल’ बाटोमा जान नहुने तर्क गरे । उनले थपे, ‘सरकारले पनि वार्ताको ढोका खोल्नुपर्छ । कानुनको परिधिभित्र रहेर आफ्नो भूमिका खेल्नुपर्छ । विप्लवसँग सरकारले वार्ता गर्नुपर्छ । हामी वार्ताको पक्षमा छौं । तर, विप्लवले पनि हिंसाको बाटो बन्द गर्नुपर्छ । हामी हिंसाको खिलाफमा छौं ।’ फरक प्रसंगमा उनले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुबीच जुहारी नचलेको बरु सकारात्मक छलफल जारी रहेको स्पष्ट पारे । उनले भने, ‘महाधिवेशनको सन्दर्भमा हामी छलफलमा जुटेका छौं । महासमितिको बैठकले नयाँ विधान बनायो । अब नयाँ नियामावलीको टुँगो लगाउँछौं ।’ पार्टी यतिवेला पूर्ण रुपमा महाधिवेशन केन्द्रित रहेर संगठन विस्तारको काममा जुटेको पनि उनले विश्वास दिलाए । यद्यपी उनले पार्टीभित्रबाट भोलि नै महाधिवेशन गर्नुपर्यो लौ चाहियो भनेर कसैलेपनि नभनेको जिकिर गरे । उनले के केन्द्रीय कार्य समितिले बैठकले छिटोभन्दा छिटो अन्तरिम संरचना टुँगो लगाउने स्पष्ट पारे । उनले भने, ‘अन्तरिम संरचनाले क्रियाशिल सदस्यता वितरण गर्छ । क्रियाशिल सदस्यताको टुँगो लागेपछि प्रारम्भिक मतदाताको सूचि तयार भएपछिमात्रै महाधिवेशनको मिति, कार्यतालिका तय हुन्छ ।’ महाधिवेशन गर्ने विषयमा पार्टीभित्र खासै विवाद नरहेको उनले जिकिर गरे । उनले अन्तरिम संरचना पूरानैलाई समायोजन गर्ने वा नयाँ निर्वाचन गर्ने भन्नेबारे आफूहरु अहिले छलफलमै रहेको सुनाए । तर, पूरानैलाई समायोजन गर्दा राम्रो हुने उनको भनाई छ । उनले भने, ‘अन्तरिम संरचनाबारे भोलि वा पर्सीभित्रमा निर्णय हुन्छ ।’ उनले सभापति देउवालगायत आफूहरुलाई एक दिनपनि बढि पदमा बस्न रहर र त्यस्तो रणनीति नभएको स्पष्ट पारे । बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा जाने आकांक्षाले सभापति देउवामाथि आरोप लगाएपनि पार्टीभित्र तर्कपूर्ण बहस तथा छलफल गर्न नसकेको महतको टिप्पणी छ । उनले भने, ‘सभापति देउवाजीको स्वभाव नै सबैलाई मिलाएर लैजाने हो, सहमतिमा निर्णय गर्नुहुन्छ । उहाँ कहिल्यैपनि पेलेर जानुपर्छ भनेर हिँड्नुभएन् । उहाँसँग अहिलेपनि बहुमत छ । तर, उहाँले बहुमतको निर्णय लाद्नुभएन् । सभापतिको स्वभाव नै सहमतिमार्फत नै अघि जाने हो ।’ उनले भएकै संरचनालाई समायोजन गरेर संयोजक तोक्दै अघि बढिए भदौभित्र अन्तरिम संरचना बन्ने विश्वास दिलाए । उनले भने, ‘र, ६ महिनाभित्र सक्रिय सदस्यको टुँगो लाग्छ, फागुनसम्म मतदाताको टुँगो लाग्छ । अनि महाधिवेशनको कार्यतालिका आउँछ ।’ पार्टीको सभापति अहिलेदेखि नै बाजा बजाएर नहुने भन्दै उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको विरोधप्रति व्यंग्य गरे । उनले भने, ‘महाधिवेशनको कार्यतालिका आएपछिमात्रै नेतृत्वमा जाने चाहना व्यक्त गर्दा हुन्छ । अहिले नै बाजा बजाएर हुँदैन् । अहिलेको सभापति फेरि नेतृत्वको लागि लड्नुहुन्छ कि हुँदैन ? या उहाँ किन लड्नुपर्यो भनेर अहिल्यै नै बहस चलाउन सान्दर्भिक छैन् ।’ अझैपनि पार्टीले गर्नुपर्ने धेरै काम बाँकी रहेको उनले सुनाए । उनले भने,‘अहिलेपनि जागरण कार्यक्रम गर्न बाँकी छ । पहिलो जागरण कार्यक्रम सम्पन्न भयो, दोस्रो र तेस्रो जागरण कार्यक्रम बाँकी छ । संगठन विस्तारमा हामी केन्द्रित हुन्छौं ।’
नागढुङ्गाबाट १ केजी सुनसहित पेम्वा दिण्डुप तामाङ पक्राउ काठमाडौं। प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लुकाई छिपाई ल्याएको १ केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ। रसुवा गोसाईकुण्ड गाउँपालिका–५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.९ प २७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुन फेला पारिएको हो। प्रहरीका अनुसार चालक तामाङले कम्मरमा ४ वटा टुक्रामा सुन लुकाएर राखेका थिए। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाली अमेरिकन सामुदायिक केन्द्रको साधारणसभा अगष्ट ११ मा हुने वासिङ्टन डिसी, अमेरिका । आगामी अगष्ट ११ तारिखका दिन नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी)को साधारणसभा हुने भएको छ। सामुदायिक केन्द्रले आफ्नै सामुदायिक भवन निर्वाणका लागि केही समय अगाडि मात्रै सप्ताह आयोजना गरेको थियो। अधिवेशनमा केन्द्रका सदस्य र स्वयंसेवकज्युहरूको सम्मान, संस्थाको विनियममा संशोधन र केन्द्रको अभियानलाई अगाडि बढाउन तदर्थ समितिहरूको चयन गर्ने समेत तयारी रहेको छ । केन्द्रले एक विज्ञप्ती जारी गर्दै केन्द्रको साधारण सभा निकै महत्वपूर्ण हुने भएकाले कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह समेत गरेको छ। कार्यक्रम तालिका मिति : 11th August,  201 9 समय: 1:30 – 6.00 PM स्थान: SV Lotus Temple (12501 Braddock Road Fairfax, VA 22030) नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) केन्द्रको विज्ञप्ती जस्ताको तस्तै :
पर्यटकलाई आकर्षित गर्न तनहुँको इलुङ झरनामा पूर्वाधार निर्माण दमौली । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माणको काम शुरु भएको छ। तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको झरनामा पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणको काम शुरु भएको हो। नगरपालिकाको रु पाँच लाखको बजेटमा एक हप्तादेखि झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माणको काम शुरु गरिएको वडाध्यक्ष इमान थापाले जानकारी दिए । वडाध्यक्ष थापाका अनुसार झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा सिँढी र रेलिङ निर्माण थालिएको छ। “झरना पुग्ने बेलामा झर्ने बाटो एकदमै अप्ठ्यारो रहेकाले पर्यटकलाई सहज होस् भन्ने उद्देश्यका साथ सिँढी निर्माण थालिएको छ”, उनले भने, “नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा यो काम सम्पन्न हुनेछ।” उक्त बाटोको ७७ मिटर भागमा ढुङ्गा छापेर सिँढी निर्माण गरिएको छ । दैनिक १५ भन्दा बढी स्थानीयवासी जनश्रमदानमा खटिएको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिए। आलेका अनुसार आगामी असोजदेखि उक्त झरनामा व्यावसायिकरूपमा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको छ। झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा रु १० लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गरिनेछ । झरना नजिकै पर्यटकको सुविधाका लागि शौचालय र चेन्जिङरुम निर्माण गरिने वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार झरनामा व्यावसायिकरूपमा क्यानोनिङ सञ्चालन गर्नुपूर्व प्रशिक्षक बोलाएर तालीम सञ्चालन गरिनेछ । “झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ”, उनले भने, “अब छिट्टै प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङसम्बन्धी तालीम दिने सोचमा छौँ ।” ४० मिटर अग्लो झरनामा गत मङ्सिर १६ गते सफल परीक्षण भएको थियो। झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरवास शुरु भइसकेको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँसमेत हो । यहाँका १० घरमा घरवास सञ्चालनमा छ । उक्त घरवासमा आन्तरिक पर्यटक बास बस्नका लागि पुगिसकेका छन् । स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीयवासी दिलबहादुर थापाले बताए। थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस्, रोगव्याधी नलागोस् भनेर परम्परागतरूपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ। उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमीको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म सात किमी पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो रहेको छ। रासस
नेपालमै ३ लाख तलब पाइने सरकारी जागिरका लागि आवेदन माग, यस्ता छन् शर्तहरू काठमाडौं । नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ । बैंकले बुधवार गोरखापत्रमा विज्ञापन प्रकाशित गरी आवश्यक योग्यताप्राप्त व्यक्तिले २१ दिनभित्र आवेदन दिइसक्न भनेको हो । सीईओमा आवेदन दिन राजनीतिक दलको सदस्य हुन नहुने लगायतका शर्तहरू छन् । पारिश्रमिक ३ लाख रुपैयाँ तोकिएको छ । यसका अलावा अतिरिक्त सेवा सुविधा पनि पाइने सूचनामा जनाइएको छ । हेर्नुहोस् सुचना –
तयार भए भूकम्पले क्षति गरेका ७० वट सरकारी भवन काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी–सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु आर्थिक वर्षभित्र र एडिबीको ऋण सहयोगमा पुनर्निर्माण भइरहेका बाँकी २९ वटा भवनहरुको पुनर्निर्माण २०७६ साल पुससम्ममा सम्पन्न गरिनेछ । पुनर्निर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचनाहरु बनाउनका लागि प्रक्रिया थालिएको छ । साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनहरुको टेण्डर आह्वान गरिएको छ । भारतीय ऋण (एक्जिम बैंकमार्फत्) सहयोगमा पुनर्निर्माण हुने ललितपुरस्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरिदको सूचना प्रकाशन भएको छ । सोही ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुंगा तथा सोलुखुम्बुका कारागारहरुको प्रक्रिया बढाउनका लागि गृहकार्य जारी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भइ बनाउन बाँकी संरचनाहरु समयमा पुनर्निर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताए। केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनहरुको प्रवलीकरणतर्फ पनि कार्य अघि बढेका छन्। सार्क सचिवालयको प्रवलीकरण सम्पन्न भइसकेको छ । सिंहदरबारको पश्चिमबाहेक तीनवटै खण्डको प्रवलीकरण जारी छ भने पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ । त्यसैगरी, बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानून पुस्तकालय भवनहरुको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ । राष्ट्रपति कार्यालय (शीतल निवास), यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेजको भवनहरु प्रवलीकरणको डिजाइन चरणमा छन् । नेपाल राष्ट्र बैंककै लगानीमा बालुवाटार र थापाथली बन्ने भवनहरुको निर्माण कार्य जारी छ । राजधानीमा आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २५३ संरचनाहरुको मर्मत सम्पन्न भइसकेको छ । सरकारी भवनहरुतर्फ हालसम्म ८ अर्ब २८ करोड रुपैयाँ खर्च भइसकेको छ ।
प्रतिनिधिसभाले खर्च गर्छ दैनिक ७ लाख काठमाडौं। प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नका लागि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको छ । प्रतिनिधिसभाको बैठक संञ्चालनका लागि आवश्यक पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्तासमेत गरि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ । यो बैठक कार्यकक्ष सरसफाई, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी बिजुली लगायतमा हुने खर्चहरुको एकमुष्ठ रकम हो । बैठक बस्ने दिन मर्यादापालक लगायत सचिवालयका अन्य कर्मचारीहरु आधा घण्टा अघि देखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । बैठकका पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने समेत गरि प्रतिबैठक दैनिक ७ लाख रुपैया खर्च भइरहेको संघीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए। बैठक अवरुद्ध हँुदा पनि सचिवालयको यो खर्चमा भने कमि आउँदैन । बैठक अवरुद्ध भएपनि सचिवालयले सांसदहरुलाई बैठक भत्ता वापत एक हजार र यातायात बापत १ हजार गरि प्रति सांसद २ हजार रुपैया उपलब्ध गराउनुपर्ने हुन्छ । संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानी लगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताए। बैठक अवरुद्ध हुँदा बैठकका कार्यसुचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रुपमा रहने गर्दछ । दैनिक जसो बैठक अवरुद्ध हुदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नपाउने तर सचिवालयको आर्थिक व्ययभार बढ्दै जाने देखिन्छ।
‘संसद् खुलाउन सक्दो प्रयास गरिरहेका छौँ’: नेता नेम्वाङ काठमाडौं। सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गरेका छन्। साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो प्रयास गरेको बताए। अस्तिको अवरोधपछि आजसम्म तीन–चार पटक बैठक बसिसकेकोे उनले सञ्चारकर्मीको जिज्ञासामा जानकारी दिए। “यस सम्बन्धमा हिजो पनि सभामुखसँग मेरो कुराकानी भएको थियो, यी सबै कुरामा प्रधानमन्त्रीलाई पनि जानकारी छ तर यो विषय अझै टुङ्गिएको छैन, राज्य व्यवस्था समितिले ‘टेक अप’ गरेको विषयमा  फेरि संसदीय छानबिन समिति गठन गर्नु उपयुक्त हुन्छ कि हुँदैन ?, प्रश्नहरु धेरै छन्”, नेता नेम्वाङले भने। जिल्लामा दलहरुको सहमतिमा मिलाइएकोे विषयमा संसदीय छानबिन समिति गठन गर्नु ठीक हो कि होइन भन्ने आफूलाई लागेको उल्लेख गर्दै उनले यस विषयमा कुनै निष्कर्षमा भने नपुगिएको बताए। काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको छानबिन गर्नुपर्ने माग गर्दा सरकार र सभामुखले नसुन्नु भनेको घटनालाई ढाकछोप गर्न खोजेको हो कि भन्ने आशङ्का बढेको प्रतिक्रिया दिए।“नागरिकले सरकारबाट सुरक्षाको महसुस गर्न पाउनुपर्छ र  सरकारले नागरिकको रक्षा गनुपर्छ, हामी यसकै लागि लडिरहेका छौँ”, उनले भने। नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले उक्त घटनाका सम्बन्धमा सरकारले स्पष्टीकरण दिए पनि संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नसक्ने प्रतिक्रिया दिए। सभामुखले स्वतन्त्र भएर निर्णय गर्नु सक्नुहुन्छ कि सक्नुहुन्न भने ठूलो प्रश्न हाम्रा अघि आयो, शुरुमा हामीले छानबिन समिति गठन गर्न माग गर्दा सभामुखले बस्नुस् समिति बन्छ। सभामुख संसद्भित्र सबै दलको नेता हुनुपर्ने तर कुनै दलको सदस्य हुन नहुने भए पनि सभामुखले त्यस्तो व्यवहार नगर्नुभएकाले संसद् अवरुद्ध गर्न बाध्य हुनु परेको सांसद थापाले बताए। उनले संसदीय छानबिन समिति संसद्ले बनाउने भएकाले त्यसबाट पछि नहट्न सत्तारूढ दललाई आग्रह गरे। राष्ट्रिय जनता पार्टी ९राजपा० का नेता राजेन्द्र महतोले संसदीय मूल्य र मान्यतालाई कायम राख्दै जनताको हकहित र अधिकारका लागि संसद्मा आवाज उठाउँदासमेत सुनुवाई नभएकामा आपत्ति जनाए। “मानव अधिकार हनन गर्ने, हत्या हिंसालाई अगाडि बढाउने, बलात्कारीलाई कारवाही नगर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने र सर्लाही घटनाको छानबिनका लागि पनि संसदीय समिति नबनाउने, यसरी मुलुक चल्दैन, माग पूरा नभएसम्म संसद्मा दबाब जारी रहन्छ”, उनले भने। सरकारले आफैँ गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर जनताले जान्न पाउने अधिकार कुष्ठित गरिएकोे नेता महतोको आरोप थियो।
सरकारमा गएको फोरम भन्दा सरकार बाहिरको राजपा बलियो ! कामठाडौं। २०७२ साल असोज ३ गते संविधान जारी भएपछि विषेगरी मधेस केन्द्रित दल आन्दोलित भए। मधेस केन्द्रित दल आन्दोलित मात्रै भएनन् ६ महिनासम्म मुलुकका प्रमुख नाकामा धर्ना बसेर नाकाबन्दी नै गरे। संविधानमा मधेसका हक अधिकार, पहिचान र अन्य मधेसलाई विभेद गरेको भन्दै तत्काली मधेसी मोर्चाले संविधान संशोधन गर्नुपर्ने माग गर्दै लामो आन्दोलन गरे। त्यो बेला मधेस केन्द्रित दल विभिन्न दलको आवरणमा थिए। तर उनीहरुले कार्यगत एकता भन्दै संयुक्त मधेसी मोर्चा बनाएका थिए। उनीहरुको मोर्चामा विभिन्न जातीय संगगठन पनि आवद्ध थिए। अहिले ती जातीय संगठन अस्थित्वमा छैनन्। तर मधेसी मोर्चामा आवद्ध ६ राजनीतिक दल एकीकरण भएर नयाँ पार्टी राजपा बनेको छ भने मोर्चामै सहभागी दल संघीय समाजवादी फोरम नेपाल अहिले दुई नम्बर प्रदेशको सबैभन्दा ठूलो दल बन्दै सरकारको दुई नम्बर प्रदेश सरकारको नेतृत्व गरिरहेको छ। दुई नम्बर प्रदेशमा फोरम नेतृत्वको सरकारको मुख्य सहयोगी राजपा हो। यी दल कुनै बेला मधेसको अधिकारको लागि भन्दै संयुक्त रुपमा आन्दोलन गर्दै आएका थिए। दुई नम्बर प्रदेशमा अहिले पनि यी दल सहकार्यमा छन्, तर केन्द्रमा भने उनीहरु फरक अवस्थामा छन्। संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी छ भने राजपा सरकारमा सहाभागी नभएरै सरकारलाई समर्थन गरिरहेको छ। संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुँदा सरकारसँग दुई बुँदे सहमति गरेको थियो। र, प्रमुख बुँदामा संविधान संशोधनको विषय थियो। राजपाले उठाएका माग सरकारले पूरा गर्न थालेपछि सरकारमै सहभागी फोरम नेपाल भने अप्ठेरोमा परेको छ। सरकार बाहिरै बसेर राजपाले उठाएको माग पूरा हुने तर आफू सरकारमा बसेर पनि मधेसका विषयमा ठोस केही गर्न नसकेपछि फोरमले पनि आफ्नो सक्रियता बढाएको छ सरकार मधेसका माग पूरा गर्न सरात्मक भएको भन्दै सरकारमा सहभागी भएको फोरम सरकार गठनको दश महिना पूरा भइसक्दासमेत मधेसका माग पूरा गराउन महत्वपूर्ण भूमिका खेल्न सकेन। मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, घाइतेको उपचार, बन्दी रिहाइ र मुख्य माग संविधान संशोधनका विषयमा फोरमले कुनै पनि भूमिका निर्वाह गर्न सकेन्। तर सरकारलाई बाहिरै बसेर समर्थन गरेको राजपाले भने सरकारलाई आफूहरुको माग पूरा गर्न बारम्बार दबाब दिइरह्यो। आफूहरुले सरकारलाई समर्थन गर्दा दुई तिहाइ बहुमत पुग्ने देखेपछि राजपाले सरकारलाई बाहिरै बसेर समर्थन गरेको हो। राजपाले सरकारलाई समर्थन गर्नु पछाडिको कारण संविधान संशोधन गराउन हो। संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ, जुन राजपाले सरकारलाई समर्थन गर्दा पुगेको छ। राजपाले बारम्बार प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूहरुका माग पूरा गर्न दबाब दिइरह्यो। करिव दुई हप्ताअगाडि पनि राजपाले आफूहरुको माग पूरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो। जवाफमा प्रधानमन्त्री ओलीले आफूलाई एक हप्ताको समय दिन आग्रह गरेका थिए। गत बिहीबार प्रधानमन्त्रीकै निर्देशनमा पुर्पक्षकालागि थुनामा रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीलाई सभामुखले सपथ ग्रहण गराएका छन्। राजपाले रेशम चौधरीलाई सपथ खुवाउन माग गर्दै आएको थियो। राजपाले उठाएका माग सरकारले पूरा गर्न थालेपछि सरकारमै सहभागी फोरम नेपाल भने अप्ठेरोमा परेको छ। सरकार बाहिरै बसेर राजपाले उठाएको माग पूरा हुने तर आफू सरकारमा बसेर पनि मधेसका विषयमा ठोस केही गर्न नसकेपछि फोरमले पनि आफ्नो सक्रियता बढाएको छ। फोरमले शनिबार प्रधानमन्त्री केपी ओली तथा प्रचण्डसँग भेट गरी विभिन्न माग राखेको छ। फोरम अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा गएका फोरमका नेताहरुले सरकारले राम्रो काम गर्न नसकेको भन्दै समीक्षा गर्न आग्रह गरेका छन्। राजपाको माग पूरा हुन थालेपछि फोरमले प्रधानमन्त्रीलाई भेटी राष्ट्रिय समस्या समाधान गर्न, नीति निर्माण र त्यसको कार्यान्वयन गर्न दुई पार्टीबीच संयुक्त कार्यदल बनाउनुपर्ने माग गरेको छ। यसैगरी संविधान संशोधनको गृहकार्य गरी संसदको यही सत्रमा संशोधन प्रस्ताव दर्ता गराउन पनि फोरमले माग गरेको छ। फोरमले प्रधानमन्त्रीलाई ११ बुँदे माग प्रस्तुत गरेको छ। अहिले फोरम दुई मन्त्रालयसहित सरकारमा सहभागी भएको छ। स्रोतका अनुसार राजपाले उठाउँदै आएको संविधान संशोधन बाहेकका माग पूरा गर्न प्रधानमन्त्री तयार भएपछि फोरमले पनि सरकालाई आफ्ना माग पूरा गर्न दबाब दिन खोजेको हो। राजपाका अन्य पनि पनि क्रमिक सुधार गर्दै जाने र राजपालाई पनि सरकारमा सहभागी गराउने नीति सरकारले लिएपछि फोरमको सक्रियाता बढेको बताइएको छ।
प्रधानमन्त्रीले लिए राष्ट्रिय परिचयपत्र (फोटोफिचर) काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा महानिर्देशक काफ्लेले प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेका हुन्। गृहमन्त्री रामबहादुर थापाले गत मंसिर ३ गते पाँचथरको फिदिम नगरपालिका– शान्तिपुरकी १०१ वर्षीया भगवती भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको सुरुवात गरेका थिए। प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय परिचय पत्र वितरणले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई भेट्न सजिलो हुने बताए। सोअवसरमा महानिर्देशक काफ्लेले पाँचथरमा हालसम्म ८० हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको जानकारी दिए। उनले सात हजार निजामती कर्मचारीलाईपनि परिचयपत्र वितरण गरिसकेको उनको भनाइ थियो। आगामी दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने लक्ष्य लिइएको काफ्लेले जनाए। साे अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचयपत्र प्रदान गरिएकाे थियाे। तर शाक्यकाे परिचय पत्रमा जन्म मितिमा त्रुटी पाइएपछि फिर्ता गरिएकाे थियाे।
सरकार–विप्लव वार्ता : एक अर्काप्रति दुवै पक्ष सशंकित काठमाडौं। गत फागुन २८ गते सरकारले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगायो। विप्लव समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि एकपछि अर्को गर्दै विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ पर्न थाले भने विप्लव समूहले पनि आफ्ना गतिविधिलाई बढाउँदै लग्यो। तर प्रतिपक्ष तथा नागरिक समाजवाट पनि विप्लव समूहसँग वार्ता गर्नुपर्ने दवाब आउन थालेपछि सरकारले तत्कालीन सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेमार्फत अनौपचारिक रुपमा विप्लव समूहसँग वार्ताको पहल गरिरहेको छ। तर अहिलेसम्म ठोस उपलब्धि भने देखिएको छैन। ‘सरकारी वार्ता टोलीको हैसियतमा मैले विप्लव समूहसँग विभिन्न च्यानलमार्फत वार्ताको पहल गरिरहेको छु। तर लेख्न मिल्ने गरी कुनै उपलब्धि भएको छैन,’ वार्ताको पहल गरिरहेका तत्कालीन सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले डिसी नेपालसँग भने, ‘लामो समयदेखि वार्ताको पहल भइरहेको छ। परिणाम देखिइने अवस्था आइसकेको छैन। तर वार्तामार्फत समस्या समाधानको विकल्प छैन।’ आफ्ना कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि रक्षात्मक बनेको विप्लव समूह पनि वार्तामार्फत नै समस्याको समाधान होस भन्ने अवस्थामा पुगेको छ। पछिल्लो समय विप्लव समूह वार्ताप्रति सकारात्मक पनि छ। तर, सरकारले बाहिर वार्ताको प्रचार गर्ने तर भित्रै भित्रै आफूहरुलाई लगाउने रणनीति लिएको विप्लव समूहको विश्लेषण छ। ‘बाहिरबाट हेर्दा सरकार वार्ताप्रति सकारात्मक नै भएको जस्तो देखिन्छ। तर भित्रभित्रै सरकारले हामीलाई लगाउने रणनीति लिएको छ,’ विप्लव समूहका एक नेताले डिसी नेपालसँग भने, ‘सरकार प्राविधिक विषयमा अल्झियो। हामी राजनीतिक विषयमा नै प्रवेश गरौं भन्दैछौं।’ ‘सरकारले हामीलाई सिके राउतसँग तुलना गरेर त्यही शैलीमा नै समस्याको समाधान गर्ने सोचेको छ, जुन सरासर गलत हो,’ विप्लव समूहका ती नेताले भने, ‘हामीलाई सिके राउतसँग तुलना गरेर त्यही शैलीमा सहमति गर्ने सकारको सोच नै अहिले वार्ताको बाधक हो।’ विप्लव समूहका ती नेताका अनुसार सरकार विप्लव समूहलाई वार्तामार्फत पार्टी एकता गर्ने र सरकार तथा पार्टीमा भागवण्डाको कुरा मिलाउने गरी प्रस्तुत भइरहेको छ। तर विप्लव समूहले भने पहिला राजनीतिक रुपमा समस्याको समाधान हुनुपर्ने र अनि अन्य विषयमा छलफल गर्न सकिने बताउँदै आएको छ। स्रोतका अनुसार सरकारले विप्लव समूहसँग अनौपचारिक छलफलमार्फत सहमति खोज्ने र सिके राउतकै शैलीमा समस्याको समाधान गर्ने गरी पहल गरिरहेको छ। ‘सरकारले हामीलाई सिके राउतसँग तुलना गरेर त्यही शैलीमा नै समस्याको समाधान गर्ने सोचेको छ, जुन सरासर गलत हो,’ विप्लव समूहका ती नेताले भने, ‘हामीलाई सिके राउतसँग तुलना गरेर त्यही शैलीमा सहमति गर्ने सकारको सोच नै अहिले वार्ताको बाधक हो।’ वार्ताका लागि विप्लव समूहले सबैभन्दा पहिला आफ्नो सगठन माथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने, जेलमा रहेका आफ्ना कार्यकर्ता रिहा हुनुपर्ने लगायतका शर्त राखेको छ। ‘अहिले पनि सरकारको नजरमा हामी अवैधानिक संगठन हौं। वार्तामा आउन पहिला हामीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्यो,’ ती नेताले भने, ‘वार्ताका पहल गरिरहेका हाम्रा नेता एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन्। यस्तो अवस्थामा हाम्रा नेता कार्यकर्ताको सुरक्षा प्रमुख विषय हो। वार्ता पनि भन्ने तर वार्तामा नाममा हाम्रा नेता कार्यकर्ता पक्राउ हुने क्रम जारी रहेपछि कसरी वार्ताको वातावरण बन्छ?’ तर, सरकारकातर्फबाट वार्ताको पहल गरिरहेका नेता पाण्डे भने सरकारले आफ्नो निर्णय परिवर्तन गरिनसकेको अवस्थामा कार्यकर्ता पक्राउ पर्नुलाई सामान्य मान्छन्। ‘अहिले सरकारले आफ्नो काम गरिरहेको छ। सरकारले आफ्नो निर्णय परिवर्तन गरेको छैन। सरकारले मात्र होइन उहाँहरुले (विप्लव समूह) ले पनि आफ्नो नीतिमा परिवर्तन गर्नु भएको छैन। धनगढी घटना यसैको पछिल्लो उदाहारण हो,’ पाण्डेले भने, ‘तर वार्तामार्फत समस्याको समाधान गर्नुको विकल्प छैन। अहिले दुवै पक्ष लचिलो हुनु भएको छ। यसले वार्तालाई नै सहयोग गरेको छ।’ विप्लव समूहले भने सत्तापक्षमा वार्ताको जस कसले लिने भन्ने होड चलेका कारण वार्ताको वातावरण नबेको दाबी गरेको छ। ‘अहिले ओली, प्रचण्ड र माधव नेपालका मानिस वार्तामार्फत समस्याको समाधान गर्नुपर्छ भनेर लाग्नु भएको छ,’ उनले भने, ‘एउटा पक्षसँग अनौपचारिक कुरा भएको थाहा पाएपछि अर्को समूहले त्यसलाई बिथोल्ने वातावरण बनेका छन्। वार्ता गर्ने आधिकारिक व्यक्ति कसलाई मान्ने भन्ने अन्योल भएको छ।’ तर सरकारकातर्फबाट औपचारिक रुपमा वार्ताको पहल गरिरहेका नेता पाण्डेले भने सरकारले औपचारिक रुपमा वार्ता गर्ने जिम्मा आफूलाई दिएका कारण सरकारका तर्फबाट आफूले वार्ताको पहल गरिरहेको दाबी गरे। ‘तर अहिले नै लेख्न मिल्ने गरी कुनैं प्रगति भएको छैन,’ पाण्डेले भने।
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ धादिङ । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको साविकको आगिञ्चोक गाविस ६ स्थितमा विवाहमा गएका जिल्ला गोरखा कान्द्राङ गाविस वडा नं १ बस्ने वर्ष ६४ को लिलामान परियारलाई विवाहमा गएका जिल्ला धादिङ सल्यानटार गाविस ८ हाल त्रिपुरासुन्दरी गापा २ बस्ने गोजे परियारको छोरा वर्ष २४ को मदन परियारले कुटपिट गरी हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दामा वारदात पश्चारत फरार रहेका मदन परियारलाई सोमबार काठमाडौं महानगरपालिका १७ ढल्कु स्थितबाट पक्राउ गरी यस जिल्ला प्रहरी कार्यालयबाट कर्तव्य ज्यान मुद्दामा सम्मानित धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतिका लागि पेश गरिएको प्रहरीले जनाएको छ।
आईफाको हामी विरोधी थिएनौं, तर जनताको कर दुरुपयोग गर्नु हुँदैन् : खड्का अवार्डमा आउने पाहुनाहरुलाई स्थान, सुरक्षा र न्यानो आतिथ्यता दिनुपर्नेमा अरवौं रुपैयाँ खर्चिन खोजेर सरकारले दलालीको पराकाष्ठा नघाएको पनि खड्काको आरोप छ। उनले काठमाडौंको धुलो, हिलो र टा«फिक जाम देखाएर पर्यटन प्रर्वद्धन नहुनेपनि टिप्पणी गरे। एक कार्यक्रममा बोल्दै खड्काले भने, ‘सम्झौतामा नै नेपाल सरकार उक्त अवार्ड गर्न लालायित भएको भनेर लेखिएकोमा पनि सुनिएको छ। नाकाबन्दी भयो भन्ने नसक्ने सरकार किन यो अवार्ड गर्न लालायित भयो ? हाम्रो प्रश्न छ।’ आईफाको लागि खर्चिन खोजिएको एक अर्व रुपैयाँ खप्तडमा बाटोघाटो बनाउन खर्चिने हो भने पर्यटनको राम्रो विकास हुने पनि उनको धारणा छ। खड्काले नेपाली कलाकारहरु उपचार नपाएर मरिरहेको अवस्थामा सरकारले वास्ता पनि नगरेको तर भारतीय कलाकारहरुसँग सेल्फी खिचाउन र उनीहरुको अगाडि भाषण गर्न अरवौं रकम खर्चिन खोज्नु गलत भएको सुनाए।
पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन काठमाडौं। संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भिर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो। उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो। त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कार्वाही गर्न सिफारिस गरेको हो। दिएको निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कार्वाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ। समितिले सो पुलको पुन डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ। बैठकमा समितिका सदस्य जीप छिरिङ लामाले सो पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिएका थिए। उनले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि सो पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने पनि स्पष्ट पारे। पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो। यसले अन्य आयोजनाहरुको काम पनि सुरु गर्ने अनि अलपत्र छाड्ने काम गरिरहेको छ।
‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन जना पक्राउ लहान। भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ। सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले प्रहरी हवल्दार अशोककुमार यादवसहित गाडी चालक शिवशङ्कर साह र रञ्जित साहलाई पक्राउ गरेको हो। ट्राफिक चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार यादवले जाँच गर्ने क्रममा भारतको जयनगरबाट लुकाइछिपाई ल्याइएको करीब तीन हजारभन्दा बढी मूल्य बराबरको सामान छुटाइदिन्छु भन्दै सो गाडी चालक साहसँग निज प्रहरी हवल्दार यादवले रकमको बार्गेनिङ गरिरहेको अवस्थामा तीनै जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन काठमाडौं। पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य समेत रहेका पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको जनाइएको छ। बिहान घरमै बसिरहेका बेला हृदयघात भई निधन भएको बताइएको छ। पौडेल संविधानसभाको सदस्य थिए। उनी तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत थिए। पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुन्। उनका श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुन्। उनका दुई छोरी छन्। पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए। उनको शव बघौडा अस्पतालमा रहेको छ।
सरकारले आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिन्छ : प्रधानमन्त्री ओली काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताए। बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गर्न नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा उनले भने, ‘‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’’ विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए । उनले भने, ‘‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ। नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।’’ उहाँले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गरे । कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो । यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण – सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट गरे । ‘‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’’, उनले भने । आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उनले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट गरे । “हामीले केही नियममा संशोधन गरेका छौँ । पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’’, प्रधानमन्त्री ओलीले भने।
लोक सेवाको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण छैन : मन्त्री पण्डित काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दावी गरेका छन् । मन्त्री पण्डितले सो विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गरेर देखाउन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौति पनि दिए । संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, तथा त्यसको मूल्य र मान्यताको आधारमा खुलाइएको सो विज्ञापन खारेज वा रद्द गर्नुपर्ने कुनै कारण नरहेको मन्त्री पण्डितको दावी छ । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो विज्ञापनका सम्बन्धमा संवैधानिक प्रश्न उठेमा त्यसको न्याय निरुपण गर्ने काम सर्वोच्च अदालतले गर्ने पनि स्पष्ट पारे । मन्त्री पण्डितले सरकारसँग नसोधिकनै सो निर्देशन दिने निर्णय किन भएको ? भनि समितिसँग प्रश्न पनि गरे । लोक सेवा आयोगका पदाधिकारीले समितिको बैठकमै आएर सो विज्ञापन खुलाउने निर्णय संवैधानिक र कानुनी व्यवस्था अनुसार नै भएको उल्लेख गरेपनि समितिले सो कुराको सुनुवाई समेत नगरेको मन्त्री पण्डितको स्पष्टिकरण छ । मन्त्री पण्डितले आपूm समितिको बैठकमा सो सम्बन्धमा छलफल गर्न जाँदा समितिले यस अघि नै सो सम्बन्धमा निर्णय गरिएको भनेपछि आफूले सो निर्णय दूर्भाग्यपूर्ण भएको जवाफ दिएको पनि स्मरण गराए । मन्त्री पण्डितले प्रदेश लोक सेवा आयोग गठन भई नसकेको बेला स्थानीय तहको माग अनुसार संघीय लोक सेवा आयोगले कर्मचारी छनौटका लागि विज्ञापन खुलाउन सक्ने प्रावधान संविधान र कानुनीनै रहेको पनि पटक–पटक दोहोर्याए ।सरकारी तथ्यांक अनुसार सोमबार (हिजो) अपरान्हसम्म सो विज्ञापनका लागि ८० हजार १ सय ४१ जनाले फारम भरेका छन् ।
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन : नेता रिजाल काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्। नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको बताए। शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारीको अवसर सृजना गर्न पनि सरकार गम्भिर नभएको दावी गरे। आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको दावी छ। छायाँ सरकारका अर्थमन्त्री समेत रहनु भएका उनले एक वर्ष भित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको भन्दै सरकारलाई प्रश्न गरे। नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको जिकिर गरे।
मुक्तिनाथबाट राप्रपाको दोस्रो स्वाभिमान यात्रा, हिन्दु राष्ट्र बनाएरै छाड्ने उद्घोष मुस्ताङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको दोस्रो चरणको स्वाभिमान यात्रा शुक्रबार मुक्तिनाथबाट सुरु भएको छ । मुक्तिनाथ मन्दिरमा धार्मिक अनुष्ठान गरि दोस्रो यात्राको शुभारम्भ गरिएको हो । अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेताहरु भिम प्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशील कुमार श्रेष्ठ, भुवन पाठक लगायतका नेताहरुको सहभागी थियो । धार्मिक अनुष्ठान पछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए । शुक्रबार नै सदरमुकाम जोमसोममा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको भन्दै सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आवश्यक भएको बताए । उनले सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने बताए । सनातन धर्म विस्थापित गर्ने कार्यलाई मुकदर्शक भएर टुलुटुलु हेरिरहन नसकिने उनले स्पष्ट पारे । बेनी–जोमसोम–कोरला मार्ग निर्माण गर्न समेत सो अवसरमा थापाले सरकारको ध्यानाकर्षण गरए । सभालाई सम्बोधन गर्दै बालसन्त मोहनशरण देवाचार्यले धर्म निरपेक्षले धर्म, आचारण, मर्यादा र अनुशासनबाट च्युत गराएको भन्दै धर्म निरपेक्षता मुलुकको लागि हितकर नभएको दावी गरे । सबैको अभिभावकीय भूमिका खेल्नको निमित्त र ओमकार परिवारको रक्षाको लागि हिन्दुराष्ट्र अत्यावश्यक भएकोले यो अभियानमा सबैको साथ र सहयोगको उनले अपेक्षा गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको राष्ट्रियता, धर्म सस्कृती र पहिचान माथी चौतर्फी हमला भईरहेको भन्दै त्यसको जगेर्नाको निमित्त जनता जागरुक हुनुपर्नेमा जोड दिए । मुक्तिनाथबाट शुरु भएको यात्रा म्याग्दी, बागलुङ, पर्वत, कास्की, लमजुङ हुँदै जेष्ठ २७ गते गोरखा पुगेर समापन गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
‘हिमालयन ट्राभल मार्ट’ आजदेखि : ४३ देशको सहभागिता काठमाडाैं। नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ। पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ। नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। सोल्टी क्राउन प्लाजामा यही जेठ २६ गतेसम्म चल्ने मार्टमा ४३ देशका करीब ७०० ले सहभागिता जनाउने मार्ट आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए। सन् २०१७ देखि वार्षिक कार्यक्रमका रुपमा आयोजना हुँदै आएको मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सशक्त ब्राण्डका रुपमा विकसित हुँदै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गर्न लागेको हो। मार्टअन्तर्गत यस पटक व्यवसायीसँग व्यवसायी (बीटुबी) मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाउने पाटा नेपालले जनाएको छ। नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्ने उपयुक्त थलोका रुपमा ट्राभल मार्ट स्थापित भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए। मार्टमा सहभागिता जनाउने सबै विदेशी पाहुना बुधबारसम्म नेपाल आइसकेका पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिए। मार्टमा प्रमुख वक्ताका रुपमा विश्वविख्यात हिमाल आरोही डक स्कट रहनेछन्। यस्तै अन्य दुई दर्जन राष्ट्रिय वक्ता तथा पर्यटनसम्बद्ध सरोकारवालाबीच पर्यटनका विविध पक्षबारे चर्चा हुने जनाइएको छ। रासस
ओली प्रधानमन्त्री पद छोड्न तयार भएकै हुन् ? काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिएर फर्किँदै गर्दा प्रधानमन्त्री ओलीले आफूले ४–५ दिनमै प्रधानमन्त्री पद त्याग्ने भन्दै व्यंग्य गरे । एक नेपाली राष्ट्रिय दैनिकसँग भारतको नयाँ दिल्लीमै उनले यस्तो व्यंग्य गर्नुका पछाडिको कारण थियो तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकीकरण गर्दा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसँग गरिएको गोप्य सहमतिको रहस्योद्घाटन हुनु । गोप्य सहमतिको दस्ताबेज प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको समयमा सार्वजनिक भएको थियो । गत वर्षको जेठ ३ गते भएको सो सहमति जसलाई तत्कालीन समयमा सार्वजनिक गरिएको थिएन । सञ्चारमाध्यमरुमा सहमति भएको भन्ने समाचारहरु आए पनि सहमतिको दस्ताबेजमा के के कुरा थिए भन्नेबारे स्पष्ट थिएन । सहमतिलाई गोप्य राख्न खोजिएकाले सञ्चार गृहहरुले ती सहमतिका बुँदा प्राप्त गर्न सकेका थिएनन् । केही समयअघि मात्रै प्रकाशित एक पत्रकारको पुस्तकमा सो सहमति पत्र जस्ताको तस्तै छापिएको थियो । पुस्तकमा छापिएको सहमतिको दस्ताबेजमा धेरैको नजर नपुगिरहेका बेला सो सम्झौताका ‘स्टेक होल्डर’ तत्कालीन माओवादी अध्यक्ष र हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले सहमतिको विषयबारे बोलेपछि सहमतिको दस्ताबेज बाहिरिएको छ र यसले सरकार फेरबदलको स्पष्ट संकेत गरेको छ । सोही दस्ताबेजको जगमा रहेर प्रचण्डले दिएको अन्तर्वार्तासँगै प्रधानमन्त्री ओलीले आफूले ५–६ दिनमै प्रधानमन्त्री पद छाड्ने भनेर व्यंग्य गरे । सहमतिअनुसार अब करिब १ वर्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्वमा रहनेछन् । र बाँकी कार्यकाल करिब साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । ओलीले यो कुरालाई किन व्यंग्य गरे । किन स्पष्टसँग आफू अब करिब १ वर्ष प्रधानमन्त्रीका रुपमा रहने र बाँकी कार्यकालका लागि प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा स्पष्ट बोलेनन् ? उनले सहमतिलाई स्पष्ट व्याख्या नगर्नु र व्यंग्य गर्नुको अर्थ चाँहि करिब साढे ३ वर्षको बाँकी अबधि पनि आफू नै प्रधानमन्त्री बन्न चाहेका हुन् ? यो सर्वत्र जिज्ञासाको विषय बनेको छ । एकातिर जनताले स्थिर सरकार चाहेको सन्दर्भ, पार्टी एकीकरणका क्रममा दुई पार्टीका अध्यक्षबीच भएको सहमति अर्कोतिर । त्यसबाहेक हालको सत्तारुढ नेकपाको नेतृत्वको सन्दर्भ अर्को महत्वपूर्ण पाटो अनि ओली र प्रचण्ड दुबैमा देखिएको शक्तिको तिर्खा । यी विषयहरुले आम रुपमा कौतुहलता बढाएका छन् । फेरि सत्ता पलटको खेल सुरु हुने हो कि ? लामो समयपछि अर्थपूर्ण जनमतसहित गठन भएको सरकार फेरि पदीय स्वार्थका कारण ढल्ने हो कि ? फेरि राजनीतिक स्वार्थ र विदेशी चलखेलले मुलुकलाई अस्थिरतामा धकेल्ने हो कि भन्ने चिन्ताले नागरिकमा कौतुहलता उब्जिनु सामान्य नै हो । यस्तो परिवेश बनिरहेका बेला आम मस्तिष्कमा उब्जिएको प्रश्नलाई ‘हल्का’ देखाउन प्रधानमन्त्रीले ओलीले गरेको व्यंग्यले सत्ताको खेल चर्को रुपमा हुनै लागेको पो रहेछ भन्ने आशंका बलियो गरी उठेको छ । प्रचण्डको भनाईअनुसार उनी प्रधानमन्त्री पदमा जानका लागि सम्झौता पत्र बोकेर क्यालेण्डरका पानाहरु पल्टाउँदै मिति कुरेको भन्दा पनि उनी पार्टीको कार्यकारी अध्यक्ष आफू हुनुपर्यो भन्ने डिमाण्डमा छन् । नत्र भने सम्झौता कार्यान्वयन गर, सम्झौताअनुसार बाँकी कार्याकालका लागि म प्रधानमन्त्री बन्ने हो भन्ने सन्देशसहितको घण्टी प्रचण्डले बजाएको देखिन्छ । तर ओलीको हल्का टिप्पणीले प्रचण्डले पूर्व सम्झौताको सम्झना जोडतोडका साथ गर्न थालेका छन् । शनिबार पनि विराटनगरमा पत्रकारहरुसँग बोल्दै प्रचण्डले त्यो विषयलाई अतिरञ्जित नबनाउनुहोस् भन्ने आग्रह गर्दैगर्दा, सहमति त भएकै हो नि भनेर आफ्नो दाबीलाई दर्बिलो बनाए । पार्टी एकताको एक वर्ष पुग्दा पनि अझै पोलिटब्युरो गठन हुन नसक्नु, एकता महाधिवेशनको कुनै रेखांकन नहुनु र प्रचण्डलाई सेरोमोनियल अध्यक्षको हैसियत मात्र दिनुले ओलीले दुबै भूमिकामा आफैँ रहने मनसाय प्रष्ट रुपमा देखाएका छन् । त्यसो त ओलीमा सरकारमै रहँदा पनि आफूले विभिन्न निकायहरु प्रधानमन्त्री कार्यालय मातहत राखेर आफूलाई शक्तिशाली प्रधानमन्त्री बनाउन हर प्रयास गरिरहेका बेला पार्टी नेतृत्वमा समेत शक्तिशाली बन्ने प्रयासमा उनी छन् । भारतबाट फर्किदै गर्दा पत्रकार ऋषि धमलाले जहाजमै गरेको एक अन्तर्वार्तामा आफूहरुबीच भएको सहमतिबारे स्पष्टसँग प्रधानमन्त्री ओली बोल्न चाहेनन् । उनले आफू विदेशमा रहेको बेला यस्ता कुरा उछालिएको भन्दै आश्चर्य प्रकट गरे । उनको अभिव्यक्तिबाट उनी यो कुरालाई गोप्यमै सिमित राखेर आफ्नो कार्यकाल लम्बाउन चाहन्छन्, पूर्व सहमतिअनुसार सत्ता छोड्न चाहन्नन् भन्ने आशंकालाई थप बलियो बनाउँछ । तपाईँलाई जनताले पाँच वर्षको म्यान्डेड दिएका हुन् तर किन यस्तो सहमति गर्नु भएको हो भन्ने प्रश्नमा पनि ओलीले खुलेर बोल्न नचाहनुको पछाडि उनको प्रधानमन्त्रित्वकाल लम्ब्याउने चाहना प्रष्ट देखिन्छ भने प्रचण्डलाई पार्टीको अध्यक्ष हो नि भन्ने अभिव्यक्ति नदिनुले आफू दुबैतर्फ शक्तिशाली बन्न खोजेको संकेत गर्दछ । तत्कालीन सहमतिबारे प्रधानमन्त्रीकै मुखबाट कुरा सुन्ने पत्रकार धमलाको अडानपछि ओलीले नेपालका मान्छे खुसी हुन्छन् भने दुई महिना, दुई हप्ता वा दुई दिनमै सत्ता छोड्ने सहमति भएको हो भन्दै जिज्ञासालाई अझै भ्रममा राख्ने प्रयास गरे । ओली भारतमै रहेकाबेला पुराना कागजातसहित अन्तवार्ता दिएका प्रचण्डले आफूलाई जसरी पनि एक ठाउँको कार्यकारी (पार्टी वा सरकार) चाहिएको छ भन्ने स्पष्ट संकेत दिइरहेका बेला ओलीको यस्तो प्रतिक्रिया आउँदा राजनीतिक अस्थिरता निम्तिने हो कि भन्ने आशंका आमरुपमा देखिएको छ । यो समस्याको समाधानका लागि ओलीले अध्यक्ष प्रचण्डको गुनासो सम्बोधनका लागि पार्टी अध्यक्षको एकल जिम्मेवारी उनैलाई सुम्पिनुपर्छ भन्ने सुझावहरु सतहमा देखिन थालेका छन् ।
कमल खत्रीको नयाँ गीत बजारमा (भिडियो) काठमाडौं । गीत संगीत बजारमा आउने क्रम दिनानुदिन बढ्दै गएको छ । यसै भिडमा कमल खत्रीको नयाँ गीत बजारमा आएको छ । खत्रीको स्वरमा रहेको तिमी भए पुग्छ मलाई बोलको आधुनिक गीत बजारमा आएको हो । जसलाई झझल्को डिजिटलले प्रस्तुत गरेको छ । शक्ति क्षेत्रीको शब्द रहेको यस गीतमा संगति गायक आफैले भरेका छन् । गीतको भिडियोमा केशव भट्टराई र उर्मीला लामालाई कास्ट गरिएको छ । गीतको भिडियो कतारका विभिन्न आकर्षक स्थलहरुमा छायांकन गरिएको छ । जसलाई राजेन्द्र र भविन्द्रले छायांकन गरेका हुन् । भविन्द्र तामाङले निर्देशन गरेको यो भिडियोलाई तामाङ आफैले सम्पादन गरेका हुन् ।
नाकाबन्दीका ‘सुत्राधार’ भारतमा मन्त्री बनेपछि नेपालमा चर्चा काठमाडौं। नेपालको संविधान जारी हुँदा २०७२ भदौको अन्तिम हप्ता नेपाल आएर संविधान जारी हुनबाट रोक्ने असफल गरेका तत्कालीन भारतीय विदेश सचिब प्रधानमन्त्री माेदीका विशेष दूत सुर्वमण्यम जयशंकर भारतमा मन्त्री बनेपछि नेपालमा चर्चा भएको छ । संविधान जारी गरेको झोंकमा भारतले लगाएको नाकाबन्दीका एक सुत्रधार मानिएका ‘खलपात्र’ जयशंकर मन्त्री बनेपछि आगामी दिनहरुमा नेपाल र भारतबीचको सम्बन्ध कस्तो होला भन्ने चर्चा र चिन्ता नेपालीहरुले सामाजिक सञ्जालमा गरेका छन्। विस्तारै धुमिल हुँदै गएको नाकाबन्दीको स्मरण फेरि उनै जयशंकर मन्त्री बनेपछि फेरि ताजा भएर आएको हो। सम्भवत उनी भारतीय विदेशमन्त्रीको भूमिकामा हुने छन्। र संविधान जारी हुनबाट रोक्न आफूले गरेको प्रयास असफल भएपछिको तुष उनले फेरि नेपालमाथि थोपार्न सक्छन् भन्ने चिन्ता देखिएको छ। यो चिन्ता समाजवादी दल संघीय परिषदका अध्यक्ष पूर्वप्रधामन्त्री तथा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी डा. बाबुराम भट्टराई पनि परेको छ। उनले समाजिक सञ्जाल ट्वटीरमा लेखेका छन्, ‘हाम्रा प्रम ओली भारतीय प्रम मोदीलाई दिल्लीमा बधाइ दिँदै १ नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस् जयशंकर अहिले मन्त्री बनेकाले २ देशबीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको छ, दुवै पक्षले पाठ सिकेर अघि बढौं।’ स्मरण रहोस एज जयशंकर पनि सोही विश्वविद्यालयबाट पीएचडी गरेका विद्यार्थी हुन्। जयशंकर मन्त्री बनेको विषयमा चर्चित कुटीतिक पत्रकार पत्रकार अनिल गिरीले पनि टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘अघिल्लो कार्यकालमा नाकाबन्दी लगाएर तनाब दिए। दोस्रो कार्यकालमा नाकाबन्दीका सूत्रधार मध्येका एक एस जयशंकरलाई मन्त्री संभवतः विदेश मन्त्रीनै बनाएर अर्को पाँच बर्ष नेपालीलाई चैनसंग सुत्न देलान जस्तो छैन त मोदीले।’ यस्तै टिप्पणीकार रामेश कोइराला जयशंकर मन्त्री बनेको विषयलाई लिएर व्यंग्य गरेका छन्। उनले ट्वटीरमा लेखेका छन्, ‘तातोपानी खुल्यो के रे, अब त्यस्ता नाकाबन्दीका नाइके जयशंकर भारतका विदेश मन्त्री बने पनि डराइन्न। ग्यास, पेट्रोल, नुन र भिण्डीदेखि प्याजसम्मै चाइनिज ल्याएर तिर्मेलाई देखाइदिन्छौँ। पर्ख न केही वर्ष हाम्रो गेमचेन्जर बन्न त देऊ, अनि त हामी नै तिमेर्को बोर्डरमा पर्खाल लाइदिन्छौँ।’ जयशंकर मन्त्री बनेको विषयमा नेपालमा चर्चा भएपछि सो चर्चा गलत भएकोसमेत टिप्पणी भएका छन्। भारतमा जो मन्त्री भए पनि नेपाललाई मतलब नहुने समाजिक सञ्जालमा टिप्पणी भएका छन्। एकजना ट्वीटर प्रयोगकर्ता गिरिस पोखरेलले लेखेका छन्, ‘छिमेकीले हेप्ने यस्तै भएर हो। नेपाल भारतको प्रान्त हो र ? केही नेता, बुद्धिजीबी कुबुद्धिजीबीहरू तत्कालीन बिदेश सचिव एस् जयशंकर मन्त्री भए बित्यास हुने भो भनेर हल्ला गर्या छन्। भारतमा जोसुकै प्रम-मन्त्री बनोस् किन बाल दिनु र? नेपाल स्वतन्त्र राष्ट्र हो आफ्नो घर दरो बनाउनु सक्की गो।’ अर्का ट्वीटर प्रयोगकर्ता निरब पुडासैनीले भने प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच भएको गोप्य सम्झौता सार्वजनिक भएको विषय र जयशंकर मन्त्री बनेको विषयलाई जोडेर आशंका व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘मोदी जी को आगमनसंगै ओली जी र पुकदा जी बीचको गोप्य भनिएको सहमति दूतावास परस्त पत्रकार बनेका पात्रसंगको अन्तर्वार्ता मार्फत सार्वजनिक गराइयो। साथै नाकाबन्दी वाला एस‍. जयशंकर झट्का युक्त बोनान्जा। नेपालको राजनीतिमा पुनः झेल सुरु हुने पक्का। त्वम् शरणम् नगरे ओलिलाई धरै छैन।’ स्मरण रहोस २०७२ असोज ३ गते नेपालमा संविधान जारी भएपछि असोज ५ गतेबाटै भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर आपूर्ति रोकिदिएको थियो। जसको कारण नेपालमा अतिआश्यक वस्तुको हाहाकार मच्चिएको थियो।
उपराष्ट्रपति सवारीमा सडक जामदेखि प्रधानमन्त्रीको विदाइ दृश्य (भिडियो) काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन एकसाता लामो भ्रमणका लागि आइतबार अष्ट्रिया प्रस्थान गरेका छन्। भिआइपी सवारीका कारण सडकमा हुने जाम उनको यो भ्रमणका क्रममा पनि उस्तै देखियो। दुइ तर्फी जाम हुँदा यात्रुले सास्ति भोग्नु परेको थियो कार्यालय समय परेका कारण स्कुल हिडेका विद्यार्थी देखि कार्यालय हिडेकाहरू जामको सास्तिमा परे। सवारीका कारण केशरमहल, संग्रहालय गेट, जयनेपाल, कृष्ण पाउरोटी, कमलपोखरी, लोत्से चोक, ज्ञानेश्वर, रातोपुल, गौशाला चोक, तिलगंगा, एयरपोर्ट गेट हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा रोकिएका थिए। उपराष्ट्रपतिको विदाइका लागि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका थिए। अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान ड बेलनको निमन्त्रणामा उपराष्ट्रपति पुन जलवायुसम्बन्धी आर २० विश्व शिखर सम्मेलनमा सहभागी हुन अष्ट्रिया प्रस्थान गरेका हुन्। सम्मेलनमा उपराष्ट्रपति पुनको ‘राइजिङ एम्विसन एक्सन फर क्लाइमेट’को पहिलो छलफल सत्र ‘क्लाइमेट लिडरसीप’मा सम्बोधन गर्ने कार्यक्रम छ । यो छलफल सत्रमा उपराष्ट्रपति पुनसँगै विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुँदैछन्र। सम्मेलनमा अमेरिकी अन्तरिक्षयात्री स्कट केली पनि समावेश हुनेछन्। उनले अन्तरिक्षबाट देखिने दृश्यको प्रत्यक्ष जानकारी दिनेछन्। हेर्नुस् सवारीको यो दृश्यः
सरकारले संसदमा दर्ता गराएका तीन वटा विधेयक पारित गर्न नदिने कांग्रेसको चेतावनी काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन्। प्रमुख सचेतक खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने चेतावनी दिए। पार्टीको राष्ट्रिय जागरण अभियान अन्तरगत आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्न नेपाली काँग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैले सडकमा जान बाध्य बनाएको दावी गरे। प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिन लागेको बताए। प्रमुख सचेतक खाँणले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको जिकिर गरे। प्रधानमन्त्री ओलीले बाईडबडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दावी गरेर भ्रष्टाचारलाई प्र्रश्रय दिएको प्रमुख सचेतक खाँणको आरोप छ। कांग्रेसले सरकारले संसदमा पेश गरेका तीनवटै विधेयक परिमार्जन गनुपर्ने नत्र संसद अवरुद्ध पार्ने चेतावनी दिँदै आएको छ। सरकारले संसदमा पेश गरेको मिडियो काउन्सिल, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विधेयकप्रति कांग्रेसले कडा आपत्ति जनाउँदै आएको छ। ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान संचालन गरिरहेको कांग्रेस सरकार विरुद्ध आक्रमक बन्दै गएको छ। सरकारले एकपछि अर्को गर्दै संविधान विपरित काम गरेको आरोप लगाउँदै कांग्रेसले सदन सडकबाट सरकारलाई दवाब दिने नीति अख्तियार गरेको छ।
नीति तथा कार्यक्रमको बचाउ गर्दै संसदमा प्रचण्डको सम्वोधन काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  राजनीतिक नेतृत्वले राज्यका सबै संरचनालाई मुलुकमा आएको राजनीतिक परिर्वतन अनुकुल बनाउन नसकेको बताएका छन्। संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले प्राप्त राजनीतिक परिर्वतन र उपलब्धिलाई संस्थागत गरी जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुसार राज्यका संरचनालाई रुपान्तरण गर्ने सवालमा राजनीतिक नेतृत्व ७० वर्षदेखि नै चुक्दै आएको टिप्पणी गरेका हुन्। राजनीतिक परिर्वतनसँगै राज्यसंरचनाको शैलीलाई परिर्वतन गर्न नसक्दा पुरानै सोच र शैली हावी हुने खतरा उत्तिकै रहेको भन्दै उनले त्यस तर्फ नेतृत्व गम्भीर बन्नुपर्ने बताए। ‘दिन प्रतिदिन परिर्वतन डाइल्यूट हुँदै जाने खतरा छ,’ उनले भने, ‘राज्य संरचनाका अन्य अवयवहरुले राजनीतिक नेतृत्वको प्रवृतिलाई भुत्ते बनाउन सक्ने र पुरानै सोच र शैली हावी हुने खतरा हुने त होइन यो प्रश्न अब हल भइसक्यो अब केही पनि हुन सक्दैन भन्ने अवस्था अझै पनि छैन।’ प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा सरकारले परिर्वतन अनुसारको संरचना नयाँ विकास गर्ने, कर्मचारी समायोजन तथा कार्यशैलीगत समस्याका कयाैं जटिलता सामना गर्नुपरेको बताए। राजनीतिक परिर्वतनसँगै मुलुकका अन्य संरचनाको कार्यशैली विस्तारै परिर्वतन र सुदृढ हुँदै जान्छ र यसले जनतालाई विकास र नयाँ जीवनको बाटोमा लैजान्छ भन्ने विश्वास बढाउँदै लगेको छ वा घटाउँदै लगेको छ भन्ने अझै टुंगो नलागिसकेको भन्दै उनले जनताको विश्वासलाई जित्ने संकल्प गर्नुपर्नेमा जोड दिए। ‘आफ्ना अगाडिका लक्ष्य पूरा गर्न हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्प नेतृत्वले र जनप्रतिनिधिहरुले नगर्ने हो भने खतराको घण्टी बज्न सक्छ,’ उनले भने, ‘आज नभए भोलि, भोलि नभए पर्सी खतरा आउन सक्छ। त्यसकारण पनि लक्ष्य निर्धारण गर्दा यो विषयमा ध्यान दिनु जरुरी छ।’ आफ्नो नेतृत्वको एक वर्षमा सम्मृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्नका लागि गरेका प्रयास र संविधान कार्यान्वयनका लागि आवश्यक ऐन समयमै बनाएकोमा उनले सरकारलाई धन्यवाद दिए। यो अवधिमा सरकारले परराष्ट्र सम्बन्ध सुदृढ बनाएको दाबी गरे। शान्ति प्रक्रियाका केही काम अझै पनि बाँकी नै रहेको भन्दै संविधानको मर्म र भावना अनुसार ऐन बनाउने प्रक्रिया अघि बढेको भए पनि टुंगो नलागिसकेकाले जनताले संघीय लोकतान्त्रिक गणतन्त्रबाट गरेको अपेक्षालाई सकारात्मक ढंगले सम्बोधन गर्ने प्रक्रिया सुरु मात्रै भएकाले सबै राजनीतिक शक्तिहरु अझै पनि एकजुट हुन आवश्यक रहेको बताए। उनले मुख्य आधार कृषि र भूमिलाई नबनाएसम्म व्यवहारमा सम्मृद्धि हासिल गर्न नसकिने भएकाले भू–उपयोग र बैज्ञानिक भूमिसुधार अघि बढाउने, कृषिमा युवालाई आकर्षित गर्ने, कृषिमा आधारित उद्योग विकासलाई प्राथमिकता दिने सरकारको नीति तथा कार्यक्रम विकासको सन्र्दभमा नेपालको धरातलसँग मिल्दो भएको टिप्पणी गरे। कनेक्टिभिटी मार्फत नै मुलुकको विकास संभव हुने भन्दै उनले सडक निर्माण, सुरुङमार्ग निर्माण, हवाईमार्ग तथा रेलमार्ग निर्माणका विषय सपना र कल्पना मात्रै नभई यथार्थ बनेर आउँदै गरेकाले अब मुलुक विकासको गतिमा अघि बढ्ने दाबी गरे। सत्तापक्षले राम्रा कार्यक्रम र नीति ल्याएपनि प्रतिपक्षीले विरोध गर्नुपर्ने र प्रतिपक्षीको सुझावलाई सत्तापक्षले पनि स्वीकार नगर्ने बाध्यताले समाजमा नकारात्मक दृष्टिकोणलाई प्रश्रय दिनेतर्फ दुवै पक्ष गम्भीर हुनुपर्ने बताए। यद्यपि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सरकारको तयारी र प्रतिपक्षीको प्रतिवाद गर्ने तयारी गत बर्षको तुलनामा व्यवस्थित भएको आफूले पाएको भन्दै उनले सरकारलाई र प्रतिपक्षी दलका सांसदलाई धन्यवाद दिए। उनले नीति तथा कार्यक्रममाथि प्रतिपक्षीबाट आएका आलोचनात्मक भनाइलाई सकारात्मक चुनौतिको रुपमा लिएर जिम्मेबार ढंगले सरकार अघि बढ्नुपर्ने बताए।
कैलालीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु धनगढी ।  कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकि १६ वर्षीया छोरी सर्मिला तारामी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो। घरदेखि केहि टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो। उनको शव नुहाउन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहिवार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति काठमाडौं । सहकारी पीडिसँग सरकारले ७ बुँदे सहमती गरेको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएको हो। यससँगै माइतीघरमा दुई महिनादेखि आन्दोलनमा रहेको सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणी दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरेको उपस्थितिमा मन्त्रालयमा छलफल भएको थियो। सहकारी पीडित र सरकारबीच सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने सहमति भएको बताइएको छ। सहकारले सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिका नामबाट माइतीघर मण्डलामा अनसन र धर्ना बसिरहेका सहकारी संस्थाका बचतकर्ता सदस्यहरुको मागहरुमाथि छलफल गरेर ७ बुँदे सहमति गरेसँगै सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतीघर मण्डलामा जारी अनसन र धर्ना पनि मंगलबारदेखि नै स्थगित भएको हो।
भीरबाट लडेर एक महिलाको मृत्यु रेसुङ्गा । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न जानुभएको थियो । करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ । मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यो घटना बिहान ९ बजे भएको हो ।
उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन्। नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपुर्तिका लागि पहल गर्ने स्पष्ट पारे। करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले नेपाली सेना र यसमा काम गर्ने जनशक्तिको गौरव बढेको भन्दै उनले सैनिक सामग्री निर्माण र अनुसन्धान गर्दा व्यक्तिगत सुरक्षालाई उच्च प्रथमिकता दिन आग्रह गरे । निरीक्षणका क्रममा उनले केही वर्षदेखि विकास निर्माणमा समेत प्रयोग हुने विस्फोटक पदार्थको उत्पादन कच्चा पदार्थको अभावमा रोकिएपनि त्यसलाई खुलाउन सरकारले चाँडै पहल गर्ने समेत जानकारी दिए । नेपाली सेनाका लागि हातहतियार तथा विस्फोटक पदार्थ उत्पादन गर्ने स्वयम्भू बारुदखानाको क्षमता बढाउन आवश्यक भएको भन्दै उनले नीतिगत निर्णयका लागि सरकार सधैँ सकारात्मक रहेको स्पष्ट पारे । सो अवसरमा उपप्रधामन्त्री खड्काले बारुदखानाको ल्याव तथा उत्पादनस्थल निरीक्षण गर्नुका साथै सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए । निरीक्षणका क्रममा उपप्रधानमन्त्री खड्कासहित प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मासहित उच्च सैनिक अधिकारीको समेत सहभागिता थियो ।
झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण सुरुङ्गा (झापा)। पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईंले बताए । झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्यपरीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको बताइएको छ । डेङ्गु सङ्क्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्न्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताए । सन् २०१२ मा झापामा पहिलो पटक काँकरभिट्टामा डेङ्गु सङ्क्रमित फेला परेका थिए । जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारीरोग फोकलपर्सन एवम् जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलका अनुसार सन् २०२२ मा कूल ५४ हजार सात सय ८४ डेङ्गू सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५३ प्रतिशत पुरुष र बाँकी ४७ प्रतिशत महिला छन् ।
रुपन्देहीमा दुर्घटना घट्यो, ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही रूपन्देही। रुपन्देही लुम्बिनी प्रदेशकै सबै भन्दा बढी चहल पहल हुने जिल्ला हो। सडक संजालमा दैनिक रुपमा सवारीसाधनको चाप बढ्दै जादा दुर्घटना पनि बढ्दै गएकोमा आर्थिक वर्ष २०७९/०८० मा दुर्घटनाको संख्या केही कमि आएको छ। तर, सडक संजालहरु व्यवस्थित हुँदै जाँदा तीव्र गतिका कारण दुर्घटनाहरु बढी हुने गरेका छन्। दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियानहरु समेत चलाउँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले यातयात व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना, सचेत र अन द स्पट कारवाही गर्दाको असरले सवारी दुर्घटनाको तथ्याङकमा बदलाव आएको छ। आव २०७८/७९ मा १७२ वटा सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो भने १७१ जना गम्भिर घाइते भएका थिए। अहिले भने आर्थिक वर्ष २०७९/८० मा दुर्घटनामा कमी आएको छ। आर्थिक वर्ष भित्र १५१ वटा दुर्घटना हुँदा ८३ जनाको ज्यान गएको छ भने ११५ जना गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङकले देखाउँछ। जिल्लाको कार्यभार सम्हालेका प्रहरी निरीक्षक साकारराज पन्तका अनसार आएदेखि दुर्घटना मात्रै होइन, कारावाहीबाट राजश्व समेत बृद्धि भएको छ। आर्थिक वर्ष २०७८/७९ को माघदेखि असार सम्म ९३ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० को सो अवधिमा ३५ प्रतिशतले घटी ५९ वटा मात्रै दुर्घटना भएको छ । दुर्घटना बाट ११ दशमलव ४ प्रतिशतले मृत्युदर र गम्भिर घाइते हुनेको दर पनि घटेको छ। आर्थिक बर्ष २०७९/८० मा सवारी दुर्घटना २ सय २१ वटा सवारी साधान संलग्न भएकोमा अधिकांस तिव्र गतिका कारण दुर्घटना भएको छ। भएका दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर १ सय ३६ वटा, कार-जिप २८, ट्रयाक्टर १५, ट्रक १०, बस ८ र शारिरीक शक्तिले चल्ने १२ रहेको छ। रूपन्देहीमा भएका सवारी दुर्घटनाहरूमा धेरै चालकको लापरवाही र तिब्र गतिकै कारण भएको अनुसन्धानले देखाएको छ। जिल्ला ट्रफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख पन्तका अनुसार ११० वटा दुर्घटना तिब्र गति, ३७ वटा चालकको लापरवाही र केही यात्रुको गल्ती, ओभरटेक, मापसे सेवन, ओभरलोडले भएका छन्। ती दुर्घटनाहरु मध्ये साँझ ६ बजे पछि धेरै दुर्घटना भएका छन भने केही विहान र दिउँसोमा भएका छन्। पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सिमित बाटो, क्षमता भन्दा बढी यात्रु बाक्ने, सडकको अवस्था मौसमको कारण, र हरेक वर्ष सवारी साधनको संख्या वृद्धि हुँदै जानुले दुर्घटना हुने गरेको छ। दुर्घटना तथा त्यसबाट हुने क्षति न्युनिकरणका लागि बिभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल बिस्तार सँगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तिब्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ। तिव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न स्पीड जाँच गर्ने लेजर गन मेसिन (राडर)सहित समय समय कारवाही हुँदै आएको छ। आर्थिक वर्ष २०७९/८० को पुगा सम्म ९ सय ६७ सवारीसाधनलाई कारवाही गरेर ४ लाख ८३ हजार त्यस्तै माघ देखि असार सम्म १४ सय ३६ सवारीसाधनलाई कारवाही गरेर ७ लाख १८ हजार गरी एक वर्षको अन्तरालमा १२ लाख बढि राजश्व तिव्र गति हाक्नेसँग गराइएको छ। जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले बिना लाइसेन्स सवारी साधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुबाहकमा सामान ओसार पोसार गरे, बिना कागजात सवारी चलाए जरिवाना गर्ने व्यवस्था भए अनुरुप कारवाही पनि गर्दै आएको छ। नियमविपरीत चलेका सवारीसाधनमाथि जिल्लाका विभिन्न ठाँउमा नियमित र छड्के जाँच गर्न थालेपछि आर्थिक वर्ष २०७९/८० मा हाल सम्मकै सबै भन्दा बढि राजश्व कारावाहीबाट असुल गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा ५८ हजार दुई सय सवारीसाधनबाट ५ करोड ७३ लाख, आर्थिक वर्ष २०७८/७९मा ६५ हजार ९ सय ५० वटा सवारीसाधनलाई कारवाही गरेर ६ करोड ९१ लाख राजश्व उठाएको ट्राफिकले आर्थिक वर्ष २०७९/८० मा ६४ हजार २ सय ५० वटा सवारीसाधनका चालकबाट ७ करोड ६ लाख राजश्व असुल गरेको छ जुन हाल सम्मकै बढि रहेको प्रहरी निरिक्षक पन्तले जानकारी दिए । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने अधिकांस सवारी मध्ये ट्रक, बस, मोटरसाइकल ,जिपकार र ट्याक्टरका चालक रहेका छन्। आर्थिक वर्ष २०७८/७९ मा १ सय १४ वटा कार्यक्रम मार्फत ११ हजार बढिलाई जनचेतनामुलक कार्यक्रममा सहभागी गराइएको छ भने आर्थिक वर्ष २०७९/०८०मा ८ सय ४ वटा कार्यक्रम मार्फत १लाख १५ जना बढिलाई ट्राफिक सचेतना गराइएको छ।
पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा सहरी क्षेत्रमा बसाइँसराइ बढ्यो नवलपरासी सुस्तापूर्व। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ। सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ। स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसङ्ख्याको चाप बढेको हो । पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि दुईवटा स्थानीय तहको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या पनि विस्तारै घट्दो क्रममा रहेको छ। मुख्य राजमार्गले छोएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षमा बढेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको छ। तथ्यांक कार्यालय नवलपुरले दिएको जानकारीअनुसार बौदीकालीको जनसङ्ख्या वृद्धिदर ऋणात्मक तीन दशमलव १४ र बुलिङटारको जनसङ्ख्या वृद्धिदर ऋणात्मक दुई दशमलव ५७ रहेको छ। विसं २०६८ को राष्ट्रिय जनगणनामा १९ हजार एक सय २२ जनसङ्ख्या रहेको बुलिङटार गाउँपालिकाको जनसङ्ख्या १० वर्षमा घटेर १४ हजार छ सय ३७ पुगेको छ भने २०६८ मा १५ हजार सात सय ३४ जनसङ्ख्या रहेको बौदीकालीको जनसङ्ख्या १० वर्षमा घटेर ११ हजार तीन सय ३८ पुगेको छ । त्यसैगरी मुख्य राजमार्गले नछोएको अर्को स्थानीय तह हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । विसं २०६८ को जनगणनामा २५ हजार ६५ जनसङ्ख्या रहेको हुप्सेकोटको जनसङ्ख्या १० वर्षपछि २०७८ मा २६ हजार पाँच सय ८३ पुगेको हो । यता पूर्व पश्चिम राजमार्गले छोएका स्थानीय तहको जनसङ्ख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाको जनसङ्ख्या वृद्धिदर जिल्लामा सबैभन्दा बढी छ । राष्ट्रिय जनगणना २०७९ अनुसार तीन दशमलव १७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसङ्ख्या ८६ हजार आठ सय २१ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसङ्ख्या ६२ हजार चार सय २१ रहेको थियो । जनसङ्ख्या बढ्ने स्थानीय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । दुई दशमलव ९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसङ्ख्या ५८ हजार तीन पुगेको छ । विसं २०६८ मा देवचुलीको जनसङ्ख्या ४२ हजार ६३ रहेको थियो । दुई दशमलव ८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैँडाकोट नगरपालिकाको जनसङ्ख्या २०७९ मा ७९ हजार तीन सय ४९ पुगेको छ । यहाँ दश वर्ष अगाडि ५८ हजार आठ सय ४१ जनसङ्ख्या रहेको थियो । त्यसैगरी राष्ट्रिय जनगणना २०७९ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव १६ प्रतिशत रहेको छ । विसं २०६८ को जनगणनामा ५४ हजार एक सय ४० जनसङ्ख्या रहेको यो नगरपालिकाको जनसङ्ख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव ४६ प्रतिशतले बढेको छ । विसं २०६८ को राष्ट्रिय जनगणनामा ३२ हजार नौ सय ४३ जनसङ्ख्या रहेको यहाँको जनसङ्ख्या दश वर्षमा बढेर ३८ हजार तीन सय ७० पुगेको छ । ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसङ्ख्या ऋणात्मक अवस्थामा पुगेको देखिएको हो । बढ्दो बसाइँसराइको कारणले पहाडमा जनसङ्ख्या घट्दै गएको र यो चिन्ताको विषय भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए। “गाउँपालिकाले बसाइँसराइ रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिएको छ”, उनले भने, “गुणस्तरीय शिक्षा र रोजगारीका लागि मानिस बसाइँसराइ गरिरहेका छन्, यसलाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौँ ।” उनका अनुसार गाउँमा नै व्यक्तिलाई मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्नसक्ने बनाउन कृषिमा आधारित रोजगार र शिक्षालाई सहज र गुणस्तरीय बनाउन गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको छ । गाउँमा किन जनसङ्ख्या घट्दै छ त्यसतर्फ स्थानीय तहले गम्भीर भएर सोच्नुपर्ने मध्यविन्दु बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक करुण लम्सालले बताए। “गाउँमा जनसङ्ख्या टिकाउने हो भने पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउनेतर्फ स्थानीय तह लाग्नुपर्छ”, उनले भने, “पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसङ्ख्या गाउँमा पनि टिक्छ।”
उद्धार गरिएकी महिलाको मृत्यु चितवन। नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो । नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।
पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त, जिल्ला अदालतले हिरासतमा राख्न दिएन अनुमति काठमाडौं । केही समुदायका विवाह संस्कारका विषयमा दिएको विवादास्पद अभिव्यक्तिका आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छिन्। जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको हो। उनलाई दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा बुधबार पक्राउ गरेको थियो । पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शनसमेत गरेका थिए।
जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण भाेजपुर। हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ। जलवायु परिवर्तनका कारण देखिएका समस्याको न्यूनीकरण गर्दै जलाधारको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। यो कार्यक्रमअन्तर्गत प्रत्येक आर्थिक वर्षमा पोखरी खन्ने काम भइरहेको उनको भनाइ छ। “हामीले ‘एक वडा, एक पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याएका छौं”, अध्यक्ष राईले भने, “यहाँको जलाधारको संरक्षणसँगै आवश्यक सिँचाइको व्यवस्थापन गर्ने हाम्रो मुख्य उद्देश्य हो। पानीका मुहानको संरक्षणमा सहयोग पुगोस् भन्ने अपेक्षा पनि हो।” यो कार्यक्रमअन्तर्गत हालसम्म ३० वटा बढी सार्वजनिक पोखरी निर्माणको काम सम्पन्न भएको अध्यक्ष राईले जानकारी दिए। कार्यक्रमले तत्काललाई भन्दा पनि भविष्यका लागि ठूलो लाभ पुग्ने अध्यक्ष राईको भनाइ छ। “यो काम वातावरणको संरक्षणको पक्षबाट निकै महत्त्वपूर्ण छ”, अध्यक्ष राईले भने, “जमिनलाई रिचार्ज गर्न यसले भूमिका खेल्दछ। कतिपय ठाउँका पानीका मुहान सुक्दै गएको अवस्था छ। यस्तै अवस्था रहे वर्षौंपछि पानीको हाहाकार बन्ने अवस्था छ। हामीले भावी दिनको आकलन गरेर यो अभियान सञ्चालन गरेका हौँ।” पोखरी निर्माणले पानीको मुहान रिचार्जिङ हुने, सिँचाइमा सहजतासँगै आकस्मिकरुपमा हुने आगलागीको समयमा प्रयोग गर्न सकिने उनको भनाइ छ। यस्ता सार्वजनिक पोखरीलाई सयौँको सङ्ख्यामा विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । यसअघि खनिएका पोखरी आसपासका पानीको मुहानमा सुक्खा खडेरीमा पनि पानी नसुकेको राईले जानकारी दिए। पानीको अभावमा सिँचाइका लागि झेल्नुपर्ने समस्या कम गर्दै पानीको मुहानको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। यो कार्यक्रमअन्तर्गत गत आवमा नौ वटा पोखरी निर्माण सम्पन्न भएको उनको भनाइ छ। एउटा पोखरी निर्माणको लागि रु एक लाख दिने गरेको उनले जानकारी दिए। “यो कार्यक्रमअन्तर्गत बर्सेनि सार्वजनिक पोखरी निर्माण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “विगतमा खनिएका पोखरीको सकारात्मक प्रभाव देखिन थालेको छ। निर्माण भएका पोखरीमा आकासेपानी संकलनको काम भइरहेको छ। यो कामले मुहानसँगै वातावरणको संरक्षणमा पनि टेवा पुग्ने छ।” पोखरीले तत्कालीनरुपमा पानीको अभाव हटाउने र प्राकृतिकरुपमा उम्रिएका मुहानको रिचार्जिङमा सहयोग पुग्ने उनको भनाइ छ। तत्काललाई खास उपयोगीजस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ। पोखरी निर्माणले स्थानीयलाई तरकारी बाली तथा खेतीपाती गर्नको लागि सहजता भएको हतुवागढी-१ का वडाध्यक्ष कुमार विष्टले बताए। मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपत्तिका कारण धेरै पानीको मुहान सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उनको भनाइ छ। भविष्यमा देखा पर्नसक्ने सम्भावित खतरालाई ध्यानमा राखेर गाउँपालिकाले पोखरी निर्माण अभियान थालेको वडाध्यक्ष विष्टले बताए। रासस
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको शिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ पक्राउ खलङ्गा । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालीकाटोल बस्ने ३४ वर्षीय शङ्कर भूललाई पक्राउ गरिएको हो । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ बस्ने श्यामसिंह धामीलगायतका सात जनाबाट रु १४ लाख ९५ हजार ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । प्रतिवादी नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको जागिरे वाला हुँ, म देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु भर्ना गरेबापत नगद रूपैयाँ दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी नायब उपरीक्षक पाण्डेयका अनुसार पीडित सात जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन देखाइएको थियो । पक्राउ परेकाको खाता नम्बर र ई–सेवामा रकम आएको बताइएको छ । उनीहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।
बुटवलमा डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट अभियान लुम्बिनी । बुटवल उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकामा बसेको सरोकारवालासहितको बैठक तथा अन्तक्र्रिया कार्यक्रमले आजदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए । विद्यालय, सङ्घसंस्था र अस्पताललाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेङ्गु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उनले बताए । छलफलका क्रममा डेङ्गु महामारीको समयमा डेङ्गु परीक्षण शुल्कमा एकरूपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको र स्वास्थ्यसम्बन्धी निजी र सरकारी अस्पतालले डेङ्गुबारेका सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार बुटवल उपमहानगरपालिकामा तत्काल डेङ्गुका सङ्क्रमितको सङ्ख्या नबढिसकेकाले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको छ । उनले हरेक कार्यालयमा हरेक शुक्रबार १० बजे १० मिनेट कार्यक्रम सञ्चालन गर्दै डेङ्गु नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न आह्वान गर्ने बताए । हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्नसक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकैरूपमा सञ्चालन हुने उनले बताए । सङ्क्रमितको तथ्याङ्क एकीकृतरूपमा सङ्कलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताए । निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेको सङ्ख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गर्ने निर्णय गरेको उहाँले बताए । रूपन्देहीमा ४६ जना सङ्क्रमित फेला परेको अस्पतालले बताए पनि बुटवलमा अहिलेसम्म सङ्क्रमित फेला परेका छैनन् । कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेङ्गु नियन्त्रणमा नगरले नियमितरूपमा अभियान सञ्चालन गर्ने बताए । उनले सबैले एकसाथ अभियान सञ्चालन गरेर सङ्क्रमण फैलिन नदिनतर्फ ध्यान दिनुपर्ने बताए । उनले आवश्यक पूर्वतयारी र उपचारका लागि सबै सामग्री तयारी अवस्थामा राख्ने बताए ।आवश्यकताअनुसार फिभर क्लिनिक र औषधि उपचारको व्यवस्था गर्ने उनको भनाइ थियो ।
कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ कञ्चनपुर ।  कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० ब्यारेल नजिकबाट ७।५७ ग्राम लागूऔषधसहित सोही नगरपालिका–१८ का २० वर्षीय भुवन खुनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरीटोलीले लागूऔषधसहित पक्राउ गरेको हो। खुनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
अधिवक्ता भगवती पाण्डे पक्राउ काठमाडौं। विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको पक्राउको माग राखेर तामाङ समुदायका विभिन्न संघसंस्थाले बुधबार दिउँसो प्रहरी परिसर टेकुमा धर्ना दिँदै प्रदर्शन गरेका थिए ।
पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर महोत्तरी। मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन्। खानेपानीको संकट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा छन् । बर्खायाम सुरु भयो कि महोत्तरीका किसानलाई पानीको पिरोलो बढ्छ । पानी नपर्दा खेती नहुने, खानेपानीको हाहाकार पर्ने, पानी बढी पर्दा घरखेत बाढीको कटान र डुवानमा पर्ने चिन्ताले सधैँ किसानलाई पिरलो हुन्छ । यस वर्ष साउनमध्य बितिसक्दासम्म पनि पानी नपरेपछि किसानले धान लगाउन पाएका छैनन् भने गर्मीका कारण अन्य बालीनाली र बोटबिरुवासमेत सुक्दै गएका छन् । खानेपानीका मुहान सुक्दा अहिले जिल्लाका कैयौंँ गाउँरबस्तीमा खानेपानीको संकट बढेको छ। जिल्लामा हालसम्म ४० प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी जनाएको छ । केन्द्रका अनुसार कूल ७१ हजार हेक्टर जमिन खेतीयोग्य मानिएकामा करिब ५० हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिएको छ। जिल्लाको कूल खेतीयोग्य क्षेत्रफलमध्ये स्थायी सिँचाइ ९कुलोरनहर० १० प्रतिशत जग्गामा पुगेको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ। आकाशे पानीको भरमा खेती गर्ने किसान पानी नपरेपछि धानको बीउ ब्याडमै सुक्न थालेको बताउँछन् । सिँचाइ पुगेका स्थानमा पनि पानीका मुहान सक्न थालेको बर्दिबास–३ कालापानीका किसान नरबहादुर पुलामीले बताए। कलकल पानी बग्ने कुलोमा कमिलाका ताँती देखिने थालेका उनको भनाइ थियो । “आकाशबाट पानी नपरेकाले कुलो तथा नहर सबै सुकेका छन्”, पुलामीले भने, “कुलोमा पानी ल्याउने नदी, खोल्साखोल्सी सबैमा धुलो उड्दैछ, अनि कहाँबाट पानी आउँछ र सिँचाइ हुन्छ १” उनका अनुसार गत वर्षको बर्खामा बाढी र डुवानले कैयौँं बस्तीका नागरिका विस्थापित भएका थिए । उनीहरु अझै पनि पालमुनि बस्दैछन् । यस वर्ष साउनमध्य हुँदासम्म पनी खेती गर्ने पानी नपरेर चिन्ता थपेको उनको भनाइ छ । भंगाहा–५ सीतापुरका शिवनाथ खत्वेले पानी नपरेपछि धान रोप्न नपाएको बताए। उनले कुलोबाट सिँचाइ गरी रोपाइँ गरिए पनि धानको रोपो खङ्रङ सुक्दै गएको बताए। पानी नपरेर खेती गर्न नपाएका खत्वेलाई कहिलेकाहीँ चुरे पाहाडमा बादल मडारिएको देख्नासाथ अब घर उठिवास हुनेभो भन्ने चिन्ताले उनलाई गलाउँछ। “आकाशे पानीको भरमा खेती गर्नु पर्ने भएकाले पानी नपर्दा खेत बाँझो बस्ने पीर, बादल मडारिएको देख्दा भिषण वर्षाले बडहरी नदीमा बाढी आएर बस्ती नै बगाएर लान्छ भन्ने त्रासले छ”, उनले भने। जताततै धान हरिया देखिने समयमा खडेरीले उजाड बनाएको उनको भनाइ थियो । धनुषाको सीमासँगै रहेको उक्त बस्ती नजिकको बडहरी नदीमा धनुषातर्फ खोरिया–सीतापुरसम्म तटबन्ध छ। महोत्तरी सुुरु भएपछि साँघुरिएको तटबन्धमा ठुलो पानी पर्दा आउने बाढीको बेगका कारण बस्ती जोखिममा परेको धतियाटोलका शोभित खत्वेले बताए। “पानी नपरे खेतीको चिन्ता, पानी परे बाढी र डुवानले उठिवास हुने चिन्ता छ”, उनले भने। उनका अनुसार धतियाटोल बडहरी नदीको अहिलेको बहाव क्षेत्रबाट एक सय मिटर दुरीमा पर्दछ । एकदशकअघि एक किलोमिटर टाढाको नदीले धार फेर्दै बस्ती नजिकै आइपुगेको भन्दै नियन्त्रणका विकल्प नखोज्दा बस्ती नै जोखिममा परेको झौली भण्डारी मालीले बताए। बडहरि नदी वारीपारी बाँध बनाएर खेतीका लागि सिँचाइको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो । “माथि बाँध बाँधेपछि नदीमा आउने बाढीले ल्याउने मलिलो माटो खेतमा पुर्‍याए उब्जनी बढ्छ”, किशोरी सिंह राजपूतले भने, “गत वर्षको बर्खेभेलले खेत पुरै कटान गरेको छ ।” नदी नियन्त्रणका उपाय खोजी सिँचाइको प्रबन्ध गर्न सके उत्पादन वृद्धि हुनुका साथै बस्ती सुरक्षित हुने उनको भनाइ थियो । बडहरि नदीले पछिल्ला १० वर्षयता बस्तीका ७० बिघाभन्दा बढी उर्बर जग्गा कटान गरेको जोगिन्दर यादवले बताए। “विभिन्न ठाउँमा बाँध, कुलो बनाई सिँचाइका प्रबन्ध भएका समाचार आए पनि हाम्रोतिर भने सधैँ आकाशे पानीको भरमा बस्नुपरेको छ”, उनले भने, “स्थानीय सरकारको यसतर्फ ध्यान जान सकेको छैन।” ‘जनताको तटबन्ध कार्यक्रम’अन्र्तगत रातु, बडहरीलगायत नदीका ठाउँठाउँमा बाँध बाँधिए पनि भङ्गाहा नगरपालिका–३, ४ र ५ मा बाँध बाँधिएको छैन। यहाँका जनप्रतिनिधिले नागरिकको सुरक्षाका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ। भंगाहा नगरपालिकाका एक दर्जनभन्दा बढी बस्ती बडहरी र रातु नदी कटानको उच्च जोखिममा छन्। धतियाटोल, रामनगर, सिद्धपुर बडहरीको र टोका, पलार, रामनगर, सिङ्ग्याही, हतिसर्वा, बखरी, कविलाशा, सग्रामपुर र मजरासहितका बस्ती रातु नदीको कटान जोखिममा छन्। जोखिमपूर्ण बस्तीलाई दीर्घकालीन रुपमा बचाउनका लागि तटबन्ध र सिँचाइ कार्यक्रमबारे प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको भंगाहा नगरप्रमुख सञ्जीवकुमार साह बताए। “यस्ता योजनाका लागि प्रदेश र केन्द्र सरकारको साथ खोजिएका छौँ”, उनले भने।
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ कैलाली। धनगढी उपमहानगरपालिका४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका-३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई  प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
गुण्डाविरुद्ध निर्मम बन्दै काठमाडौं प्रहरी, यसरी खोजिँदैछ आपराधिक समूहको नेक्सस काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २६ ठमेलमा हालै कुटपिट भयो । १६ असार बिहान साढे २ बजेको समयमा स्थित ओम्निया द क्लबमा राजेन्द्र गुरुङ, सुरेश खड्का कुटिए। उनीहरुलाई पछिल्लो समय गुण्डाका रुपमा हिँडिरहेका सानुभाई भन्ने युवराज गुरुङको नेतृत्वमा रघु तामाङ, बिनोद तामाङ, कमल तामाङ, निरु भन्ने निरज गुरुङ, बिश्व तामाङ भन्ने बिसु तामाङ, शेरबहादुर पौडेल भन्ने शेरलाल पौडेल र विक्रम अधिकारीले क्लबमा छिरेर बोल्नै नहुने अपशब्दहरुले बिनाकारण गालि गलौज गरी हातपात, लछार पछार गरे । गुण्डागर्दी शैलीको कुटपिटको भिडियो नै बाहिरियो । कुटपिटमा संलग्न युवाहरुलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो । पक्राउ परेकामध्ये सानुभाइ यसअघि नुवाकोट प्रहरीमामा हात हतियार तथा खरखजाना मुद्दा, महाराजगंज वृत्तमा ज्यान मार्ने उद्योग सम्बन्धि कसुर मुद्दा र दरबारमार्ग वृत्तबाट बैंकिङ कसुर सम्बन्धि कसुर मुद्दा चलेको अभिलेखबाट देखियो । यो समूह पेशेवर गुण्डागर्दी क्रियाकलापमा संलग्न देखिएपछि काठमाडौं प्रहरी कानुनी कारवाहीमा त गयो नै साथसाथै काठमाडौं उपत्यकामा गुण्डागर्दी मौलाउँदैछ भन्ने परिदृश्य पनि महसुस गर्‍यो । गुण्डागर्दी हुर्किँदैछ भनेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई झस्काउने अर्को घटना हो सामाखुसीको । जहाँ गुण्डागर्दी गर्ने कार्यमा संलग्न मानिसहरु समातिए । १७ असार बिहानको समयमा काठमाडौं २६ सामाखुशी चोकस्थित सेभेन प्लस सेभेन मोबाइल पसल अगाडि मोटरसाइकल चालक र कार चालकबीच भएको सामान्य विवादमा मोटरसाइकल चालकलाई मोबाइल पसलका संचालक टोखा १० बस्ने वर्ष ४२ को जीवन भन्ने टेक बहादुर चौलागाईसमेतले कुटपिट गरे । सोही घटनाको बदला स्वरुप बेलुकाको समयमा मोटरसाइकल चालकको साथीहरु सामाखुशी बस्ने रुपन गुरुङसमेतको टोलीले टेकबहादुर चौलागाईलाई निजकै मोबाइल पसलमा आई कुटपिट गर्यो । उक्त झगडामा संलग्न दुवै पक्षले प्रहरी कार्यालयमा लिखित जाहेरी नदिए पनि प्रहरी आफैं अग्रसर भएर कानुनी दायरामा ल्यायो । यस्ता पकृतिका गुण्डागर्दी शैलीमा हुने झै(झगडा कुटपिटका कारण समाजमा अशान्ति फैलने, शान्ति सुव्यवस्थामा असर पर्ने, सर्वसाधारण नागरिकहरुले असुरक्षित महशुस गर्ने भन्दै महाराजगंज वृत्तले घटनामा संलग्न दुवै नाइकेहरुलाई पक्राउ गरि अभद्र व्यवहार गर्न नहुने कसूर मुद्दा दर्ता गरि कारबाही गर्‍यो। सानो सानो समूहमा गुण्डागर्दीका घटना दोहोरिन थालेपछि यसलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले नयाँ योजना अघि सारे, गुण्डागर्दी पृष्ठभूमिका समूह तथा सदस्यहरुको अभिलेख राख्ने, यसका लागि सिंगो समाजलाई नै आह्वान गर्ने । विगतमा ससानो समूह नै फस्टाएर समग्र समाजको शान्ति सुरक्षाका लागि चुनौती बनेको नजिरका बीच एसएसपी कार्कीले ब्रोकन विन्डो सिद्धान्तलाई अनुशरण गर्दै अभिलेख संकलन थालेका हुन् । ब्रोकन विन्डो सिद्धान्तमा प्रारम्भमै आपराधिक क्रियाकलापलाई निरुत्साहित गरिन्छ । अहिले काठमाडौं प्रहरीले ग्याङ र गुण्डाको सम्पर्क तथा सम्बन्धको अध्ययन गर्ने र त्यसको आधारमा अभिलेख राख्न थालेको हो । यो अपराध न्यूनिकरण अभियानकै एउटा पक्ष हो । आपराधिक समूहरगुण्डागर्दीमा संलग्न व्यक्तिको अभिलेखमा समूहको परिचय, हैसियत, अपराधको प्रकृति र तरिका, आपराधिक पृष्ठभूमि, अपराधमा पाएको सजाय, संलग्न भएको घटना, घटाउनसक्ने सम्भावित घटना वा क्रियाकलाप, व्यक्तिगत वा समूहको नेटवर्कजस्ता अभिलेख प्रहरीले राख्न थालेको छ । ब्रोकन विन्डो सिद्धान्त (अपराधिक घटनाका संकेतहरुको नियन्त्रण) अनुरुप गुण्डा, ग्याङ समूहलाई सानो स्वरुपमै निमिट्यान्न पार्ने र आम व्यवसायी, उद्योगी, व्यापारी र आम जनतालाई शान्त, स्वतन्त्रपूर्वक बस्न पाउने अधिकारको संरक्षण गर्न यो अभियान अगाडि बढाएका छौं,ु एसएसपी कार्कीले भने । समाजमा अशान्ति मच्चाउने दिन दहाडै सार्वजनिक स्थानमा झै(झगडा गर्ने, गुण्डागर्दी गर्ने गिरोह तथा व्यक्तिहरुप्रति नेपाल प्रहरीले शून्य सहनशिलताको नीति अपनाई निर्ममतापूर्वक हदैसम्मको कारबाही गर्दै आइरहेको पनि उनले जानकारी गराए ।
यसकारण घुम्नुपर्छ प्रकृति र संस्कृतिको अनुपम थलो ल्वाङ गाउँ पोखरा। के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला। लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन। हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ। प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ। पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन फुरुङ्ग हुन्छ। सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ, ल्वाङ गाउँ। ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैँमा चित्ताकर्षक छ। पोखरासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ स्थित यो गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो। गुजुमुज्ज गुरुङ बस्ती । सेतो र गेरु रङ पोतिएका एकनासे घर। ढुङ्गाकै छाना, आँगन र बाटो। वास्तुकला झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा । ल्वाङ गाउँका आकर्षण हुन् यी। गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकलाई लोभ्याउँछ। व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव भुल्छन्। प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन्। विसं २०६७ मा घरबास (होमस्टे) सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो। सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ । एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ । पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ । प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले बताइन्। “यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिडपछि विदेशी पाहुनाको सङ्ख्या केही घटेको छ”, उनले भनिन्, “पोखराबाट नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।” हिउँदमा दन्तेलहरझैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले ल्वाङ गाउँको सौन्दर्य उसैगरी खुल्छ । समुद्री सतहदेखि चौध सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ। अध्यक्ष गुरुङले गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशी–विदेशी अध्यताहरूसमेत ल्वाङ गाउँ आउने गरेको जानकारी दिइन्। “बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउँछौँ, हाम्रो रैथाने खानाको स्वाद चखाउँछौँ”, उनले भनिन्, “कसैले इच्छा गर्नुभयो भने करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गर्छौँ ।” निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको उनको भनाइ छ । घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको घरबास सञ्चालक माया गुरुङले बताइन्। “वर्षात्का बेला टुसा, निउरोको परिकार बन्छ, गुन्द्रक त सँधै हुन्छ”, उनले भनिन्, “यहीँको मकै, कोदो, जौँबाट बन्ने परिकार पाहुनालाई खुवाउँछौँ ।” मासुजन्य परिकारका लागि स्थानीय कुखुराको बढी प्रयोग हुन्छ । पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेको घरबास सञ्चालक बताउँछन् । “ल्वाङ गाउँ आएका पर्यटकले एकदेखि दुई रातसम्म यहाँ बिताउँछन्”, घरबास सञ्चालक गुरुङले भनिन्, “अन्नपूर्ण आधार शिविर र मर्दी ट्रेकमा जानेहरू पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् ।” सप्ताहन्त मनाउन ल्वाङ शुक्रबार आयो कि ल्वाङमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ । जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन ल्वाङ पुग्छन् । बिदाका दिनमा युवायुवतीको पनि उस्तै भीड देखिन्छ । “कुनै शुक्रबार त ठाउँ नपुगेर पाहुनालाई जेनतेन राख्नुपर्छ”, घरबास सञ्चालक गुरुङले भनिन्, “बिदामा फुर्सद निकालेर कर्मचारी, व्यवसायीलगायत स्थानीय पाहुना बढी आउनुहुन्छ ।” अहिले वर्षात्का बेला पनि आन्तरिक पर्यटक ल्वाङ पुगिरेका छन् । विद्यालय र विभिन्न सङ्घसंस्थाले अवलोकन भ्रमणका लागि त्यहाँ पुग्ने पनि उत्तिकै हुन्छन् । चलचित्रको छायाँङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँङ्कन यही गाउँमा भएको थियो। ल्वाङ गाउँको सौन्दर्य यत्तिमा सीमित छैन । गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने ल्वाङ गाउँमा पहिलोपल्ट विसं २०५३÷०५४ तिर चिया रोपिएको थियो । ल्वाङ गाउँमा ‘एक्याप’को कार्यालय बसेपछि पर्यटकीय गतिविधि सुरु भएको स्थानीयवासी प्यारी गुरुङले बताउनुभयो । “फाट्टफुट्ट पर्यटक देखिन थालेपछि महिला समूह बनाएर होमस्टे सुरु गरेका हौँ, पहिले अहिले जस्तो पर्यटक आउँदैन थिए”, ६० वर्षीया गुरुङले भन्नुभयो, “अहिले त दिनमै सयौँ पाहुना आउँछन्, गाउँको मुहार नै फेरिएको छ ।” गुरुङ पनि घरबास व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँको घरबासमा ४० जनाको क्षमता छ । पर्यटकस्तरीय कोठासहितको सुविधा घरबासमा छ । पर्यटकलाई पारिवारिक वातावरणमा बास र खानाको प्रबन्ध गर्ने गरिएको व्यवसायी गुरुङले बताउनुभयो । बेलुकाको खाना र बिहानको खाजा, खानासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु। १२ सय तोकिएको छ । खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ । उक्त ‘प्याकेज’मा एकछाक सादा खाना र एकछाक खानामासु हुन्छ । माछापुच्छ्रे–८ का वडाध्यक्ष रामबहादुर गुरुङले ल्वाङ गाउँमा ‘पार्किङ’, फोहरमैला व्यवस्थापन आदिको समस्या रहेको बताए। खोलामुखबाट ल्वाङ गाउँ जोड्ने तीन किमी सडक कालोपत्र हुन बाँकी छ । सो सडक स्तरोन्नतिकाका लागि गण्डकी प्रदेश सरकारले ठेक्कामा लगाउने तयारी गरेको छ । “ल्वाङ गाउँ ग्रामिण पर्यटनको केन्द्र बनेको छ, अब गुणस्तरीय पूर्वाधारको खाँचो छ”, उनले भने, “स्तरीय सडक, पदमार्ग, सुविधायुक्त होटललगायत सुविधा दिन सके देशविदेशका पर्यटकलाई भित्र्याउन सकिन्छ ।” ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहन नै ल्वाङ गाउँको मुख्य आकर्षण रहेको उनले उल्लेख गरे। ल्वाङ गाउँ गएका बेला नजिकका पर्यटकीयस्थल ‘पोखरा क्यानोनिङ’, घलेल गाउँलगायत पुग्न सकिने वडाध्यक्ष गुरुङले बताए। वडा नं ८ र ९ मा पर्ने घलेल पनि अर्को मनोरम गाउँ हो । गुरुङ बाहुल्य उक्त गाउँले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न पर्यटकले ल्वाङ र घलेललाई राज्ने गरेका हुन् । पर्यटकीय सहर पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झन्डै चार घन्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जाबाट खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ ।
लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न माग गर्दै एमालेकाे प्रदर्शन काठमाडाैं। मुलुकभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरि रोकथाम नियन्त्रणका साथ उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ। लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौं पशुहरु प्रभावित हुँदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो। महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ। त्यस्तै छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलव्ध गराउनुपर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले बताए। उहाले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको उल्लेख गरे। प्रदर्शनमा सहभागीहरुले लम्पी स्किन रोग महामारी घोषणा गर, पीडित किसानलाई क्षतिपूर्ति दे, भ्रष्टाचार नियन्त्रण गर, भूमिहिन समस्या समाधान गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सिंहदरबार परिसरका कार्यालयमा तीन वर्षसम्म कार्यरत कर्मचारीको सरुवा काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ। मन्त्रालयले पहिलो चरणमा मङ्गलबार मात्रै १४ उपसचिव र आठजना शाखा अधिकृतको सरुवा गरेको प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा गरेको छ । यस्तै गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ। सिंहदरबार वरिपरिका आठजना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ। गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशीलकुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य तीनजना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजङ्ग चन्दको जुनिचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य दुईजना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ । मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा खटाउन थालेको प्रवक्ता भट्टराईले बताए। उनले भने, “मन्त्रालयले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौँ उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्न सरकारलाई सिफारिस गरेको थियो, सोही अनुसार सरुवा गरिन थालिएको हो ।”
सुन बरामदको दुई साताः मुख्य मालिक वेपत्ता, भरियामाथि अनुसन्धान काठमाडौं। राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सारबाहिरबाट करिब एक सय किलो सुन बरामद गरेको दुई साता बित्दा पनि मुख्य मालिक नजिक पुग्न सकेको छैन। विभागको अनुसन्धानमा रहेका १८ जना मध्य कुनै पनि सुनका मालिक नभएको र उनीहरुको लगानी भए नभएको अझै पुष्टि हुन नसक्दा अन्याेल रहेको छ। राजस्वले १८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको बयान लिने लगायतका अनुसन्धान भइरहेको छ। राजस्वको टोलीले अन्य दुईजना चिनियाँ नागरिकको खोजी गरिरहेको छ। मुख्य मालिकको बारेमा अन्याेल रहेकाले सुन कसको हो भन्ने खुल्न बाँकी रहेको छ। विभागले सुन बरामद गरेको एक सातापछि शंकित व्यापारीको घरमा छापा मारेको थियो। त्यसअघि अनुसन्धानकै क्रममा केही भारतीय र चिनिया मुलका व्यक्तिहरु पक्राउ परेपनि उनीहरुले सुन कसको हो भने केही बतएका थिएनन। त्यसमध्ये तिब्बेतीयन मुलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाले ठमेलमा दावा छिरिङले सञ्चालन गरेको होटलबाट सुन व्यवस्थापन हुने गरेको बयान दिएका थिए भने पक्राउ परेका चिनियाँ नागरिक जीक्वान लिङको बयानका आधारमा थुप्तेन पक्राउ परेका थिए। राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको झण्डै एक सातापछि अनुसन्धानमा प्रहरीलाई पनि सामेल गराएर अनुसन्धान शुरु गर्दा सुन पगाल्ने मेसिनसम्म बरामद गर्न सफल भएको थियो। ‘व्यक्ति पक्राउमा हामीले पहिलेदेखि नै नेपाल प्रहरीको सहयोग लिएका थियौं, अहिले औपचारिक रुपमा प्रहरीको टिम हामीसँग सामेल भएको छ, अनुसन्धान हुँदैछ, प्रहरीले पनि आफ्नो काम गरिरहेको छ’, विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘पक्राउ परेका सबै व्यक्तिहरुको बारेमा सूक्ष्म अनुसन्धान भैरहेकाले अहिले नै केही भन्ने अवस्था छैन। ‘पहिलो, यसरी सुन नेपाल ल्याउने काम अवैध हो यसमा संलग्नहरुको खोजी कार्यका लागि प्रहरीको सहयोग आवश्यक छ, फरेन्सिक ल्याब प्रहरीसँगै छ, सीसीटीभी र सीडीआर (कल डिटेल रेकर्ड) हेर्न पनि प्रहरी नभई हुँदैन, त्यसकारण प्रहरीको सहयोग आवश्यक पर्छ अहिले संयुक्त रुपमै अनुसन्धान भैरहेको छ’, महानिर्देशक ढुंगानाले भने। राजस्व अनुसन्धान विभागले माग गरेपछि नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीको नेतृत्वमा टोली खटाएको छ। यस्तै सशस्त्र प्रहरीको टोली राजस्वमै रहेको छ। मालिक जीक्वान लिङ हुन कि, दाउद सय किलो सुन बरामद गरेको भोलिपल्ट चिनियाँ नागरिक जिक्वाङ लिङ अध्यागमन विभागबाट पक्राउ परे। उनी नेपाल सुन ल्याउने व्यक्तिको रुपमा विभागले पहिचान गरेको बताइएपनि अनुसन्धानमा रहेकाले उनको बारेमा केही खुलाएकै छैन। उनले अनुसन्धान पनि अहसयोग गरिरहेको स्रोतको दावी छ। हङकङबाट नेपाल हुँदै भारत जाने सुन भारतीय र चिनियाँ व्यापारीहरुको लगानी नहुने भएकाले यो सुनमा अण्डर वल्र्ड (डन)को हुनसक्ने सुरक्षा अधिकारीहरुको दावी छ। यद्यपि यो प्रमाणिक विषय भने होइन। तर विभाग स्रोतले दिएको जानकारी अनुसार लिङ एक वर्ष पहिले नै नेपाल आएको खुलेकाले उनको पनि लगानी रहेको हुनसक्ने अनुमान छ। बुधबार दिउसो उनलाई पक्राउ गर्नका लागि राजस्व अनुसन्धान विभागले प्रहरी र अध्यागमनलाई पत्र पठाएको थियो। राजस्वको पत्रपछि अध्यागमन विभागले कालो सूचीमा राखेर पक्राउ गर्न प्रहरीलाई भनेको आग्रह गरेको थियो। उनी तिब्बत एयरबाट चीन जानका लागि विमानस्थल पुगेका थिए। राजस्व अनुसन्धान विभागले करिब एक सय सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको सूचना पाएलगत्तै नेपाल छाड्न लागेका उनको नेपाल बस्ने भिसाको म्याद सकिएको थिएन। व्यापारिक भिसामा नेपाल आएका उनको भिसाको अवधि अगस्ट २०२३ सम्म थियो। जिक्वाङ लिङले नेपालमा कार्गो कम्पनी पनि सञ्चालन गरेका थिए। उनको नाममा नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड सञ्चालनमा थियो। ‘उनले हङकङबाट नेपाल समान ल्याएको पनि खुलेको छ’, विभाग स्रोतले भन्यो। उक्त कम्पनीको कार्यालय महाराजगञ्जमा रहेको छ। २०२२ डिसेम्बर १३ मा नेपाल आएका ती चिनियाँ नागरिक त्यसपछि गएको तथ्य देखिएको छैन। उनले नेपाल बस्दा तीन पटक भिजिट भिसासमेत लिएका थिए। २०२२ को सेप्टेम्बर २८ मा तीन महिनाको भिजिट भिसा लिएका थिए। फेरि २०२३ मार्च १० गते पनि तीन महिनाको भिजिट भिसा नै थपेर नेपाल बसे। २०२३ अप्रिल १६ मा तेस्रो पटक तीन महिनाको भिजिट भिसा थपेका उनले अन्तिम पटक २०२३ मे ११ मा तीन महिनाको ब्यापारिक भिसा लिएका थिए। त्यो भिसाको म्याद २०२३ अगस्ट ९ सम्म थियो। ‘उनी नेपालमा कार्गो व्यवशायमा संलग्न भएका कारण अहिलेको सुनमा जीक्वान लिङको लगानी नभएको पनि हुनसक्छ यो सुन व्यापारीहरुले दाउदलाई फिरौति पठाएका पनि हुनसक्छन’, विशेष व्यूरोमा कार्यरत एक प्रहरीले भने। राजनीतिक कनेक्सन ! अहिलेसम्मकै ठुलो मानिएकोसय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको सम्बन्ध उठबस राजनीतिक नेताहरुसँग देखिएको छ। सत्तारुढ दल माओवादी केन्द्रकै केही नेतासँग तस्करको उठबस भएका केही तस्वीरहरु बाहिर आएका छन्। होटल भियानाका सञ्चालक रहेका चिनियाँ मूलका वेल्झियम नागरिक दावा छिरिङको सम्बन्ध माओवादी नेताहरुसँग देखिएको छ। वर्षमान पुन, नन्दबहादुर पुन, कृष्णबहादुर महरा लगायतका रोल्पाली नेताहरुसँग बाक्लो उपस्थिति र उठबस रहेको पाइएको छ। वर्षमान पुनले आफू सँगै खाना खानु संयोग मात्र भएको र यसमा सत्य तथ्य छानवीन होस भनेका छन्। रोल्पा थवाङकी अमला रोकासँग विवाह गरेका दावाको सिधा सम्पर्क र सम्बन्ध माओवादी नेताहरुसँग देखिएपछि छानवीन अघि बढ्ला कि बीचमै हराउला भन्ने आशंका उब्जेको छ। त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट तस्करीको सय किलो सुन गत २ असारमा बरामद गरेको थियो। सो तस्करी प्रकरणमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागको टोलीले सशस्त्र प्रहरीको सहयोगमा १८ जनालाई पक्राउ गरी छानबिन जारी राख्दै आएकोमा दावाको सम्पर्क र सम्बन्धले सुनको अनुसन्धानमा प्रभावित हुनसक्ने संभावनालाई नकार्न नसकिने प्रहरीका एक अधिकारीले बताएका छन्। विभागले आइतबार सुन तस्करीका प्रमुख योजनाकारमध्येका एक दावा छिरिङलाई पक्राउ गरेलगत्तै सुन तस्करीका थप तथ्यहरू पत्ता लाग्ने विश्वास अधिकारीहरूले गरेका छ। विभागका महानिर्देशक ढुंगानाले शुरूदेखि नै सय किलो सुन तस्करी प्रकरणमा जोसुकैको संलग्नता देखिए पनि नछोड्ने दाबी गर्दै आएको भएपनि उनी पनि प्रधानमन्त्रीको नीजि सचिव समेत बसिसकेकाले आशंका उब्जेको हो। यद्यपि उनकै नेतृत्वमा विभागले १ नम्बर, २ नम्बर र ५ नम्बर शाखा हेर्ने ३ जना उपसचिवको नेतृत्वमा छुट्टाछुट्टै टोली बनाएर अनुसन्धानमा खटाएको छ। १ नम्बर शाखाका प्रमुख कानुनतर्फका उपसचिव, २ नम्वर शाखाका प्रमुख प्रशासन तर्फका उपसचिव र ५ नम्बर शाखाका राजस्व तर्फकै उपसचिवको नेतृत्वमा तीन वटा टोली अनुसन्धानमा सक्रिय रहेका छन्। उनीहरूलाई नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले सहयोग गरिरहेको छ।
आजको मौसम: पाँच प्रदेशमा पानी पर्ने, सडक र हवाइ यातायात प्रभावित हुन सक्ने काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोप हुन सक्ने देखिन्छ । जसका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरबास्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री मोदीका प्रेस संयोजक वुद्ध लोप्चनले जानकारी दिए। भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताएका थिए । मन्त्री मोदीले आवश्यक छलफल गरेर ती विषयलाई अगाडि बढाउने जवाफ दिएका थिए। त्यसैगरी भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमको प्रभावकारिताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको थियो ।
null
बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि बैतडी । बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सिगास गाउँपालिका-६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य कार्यालय बैतडी प्रमुख योगेशप्रसाद भट्टका अनुसार ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो। संक्रमणबाट जोगिन बैतडीमा लार्भा नष्ट अभियान समेत थालिएको छ।
null
उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण काठमाडौं। मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा सुधार र कार्यप्रणालीको योजना ल्याएको हो । निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको उपस्थितिमा प्राधिकरणकै उड्डायन तथा हवाई सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यलगायत विभागीय प्रमुखहरुको बैठकले उडान सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्ने निष्कर्ष निकालेको छ । नागरिक उड्डयन नियमावली २०५८ को व्यवस्था कडाइका साथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालयमार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरियो गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय भएको छ । त्यस्तै आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका, २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको ‘अपरेशन आवरको’ समय भन्दा अघिपछि विशेष गरी जुलाई, अगष्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरिएको छ । आन्तरिक विमानस्थलले ‘अपरेशन आवर’भित्र बसी अपरेशनसम्बन्धी कार्य मौसम चुस्त रुपमा गरे\नगरेको अनुगमन गर्ने कार्य आन्तरिक विमानस्थलले गर्ने जनाइएको छ । उल्लेखित निर्णय प्राधिकरणका महानिर्देशकबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइने प्राधिकरणको भनाइ छ ।
युवा संघले हेटौंडामा तीन सय विरूवा राेप्याे हेटौंडा। “संरक्षण प्रकृतिकाे, सुरक्षा सन्ततिको” एक युवा पाँच बिरुवा भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा बृक्ष रोपण अभियान गरिरहेको छ। त्यही अभियान अनुसार मंगलबार हेटौंडा उपमहानगरपालिका-९ मा दिब्य बाल उद्यानमा ३ सय वटा बिभिन्न जातका विरुवा रोपिएको छ। राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा बृक्षा रोपण गरिएको हो। कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष सीता सुवेदीले विरुवा रोपेर कार्यक्रमको सुरुवात गरिन्। कार्यक्रममा बोल्दै उनले देशभरीमा युवाहरुले लाखौं विरुवा रोप्ने तयारी अनुसार काम भइरहेको बताइन्। कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एका लाल श्रेष्ठ, युवा संघका केन्द्रीय सचिब जय गुरुङ, एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, युवा संघ नेपाल केन्द्रीय लेखा आयोगका प्रमुख सन्तोष चौलागाई, युवा संघका नगर उत्प्रेरक निरोज पौडेल, एमाले मकवानपुरका सचिब नविन सिग्देल, एमाले जिल्ला सचिवालय सदस्य मदन दाहाल, एमाले मकवानपुरका नेताहरु मिना अर्याल, आरती पाठक, रमिला सापकोटा, दिलु धर्ति, नरेन्द्र भण्डारी, लक्ष्मण उप्रेती लगायतकाको आतिथ्यता रहेको थियो। युवा संघले देशैभरी ५ लाख बिरुवा रोप्ने जनाएको छ।
भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो काठमाडौं। अधिक साउन पूर्णिमाको अवसरमा आज भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ । अधिकमासमा एक महिना मेला लाग्ने यस ख्योपुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ । आजको दिन ख्योपुखुमा नुहाइधुवाइ गरी चोखो लुगा लगाएर मत्स्यनारायण महादेवलाई गङ्गाजल, पञ्चामृतले स्नान गराइ केरा, हरियो काँचो केराउ, मालपुवा चढाइ घिउको दियो बाल्ने परम्परा रहेको छ । आजको दिन ख्योपुखुमा स्नान गर्नाले शरीरमा भएका घाउ खटिरा निको हुनुका साथै मस्यनारायणको पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने धार्मिक मान्यता छ । त्यसैगरी अधिक साउन पूर्णिमाका अवसरमा आज ख्योपुखुलगायत भक्तपुरको उद्योग क्षेत्र कालढचा, छालिङ र यातु महादेवस्थित नारायणको मन्दिरमा समेत मेला लागेको छ ।