content
stringlengths
20
64.1k
जुवातास खेल्ने वातावरण मिलाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खाेज्ने पक्राउ काठमाडौं । महागनरीय प्रहरी परिसरमै गएर घुस दिनेलाई पक्राउ गरिएको छ। प्रहरी परिसर भक्तपुरमा मुद्दा फाँटका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टलाई कार्यकक्ष मै गएर घुस दिने व्यक्तिलाई परिसरबाटै पक्राउ गरिएको हो। आज प्रहरी निरीक्षक विष्टको कार्यकक्ष मै गएर जुवातास खेल्ने वातावरण मिलाइदिन आग्रह गर्दै रु ४० हजार घुस दिने भक्तपुर नगरपालिका–१ सल्लाघारीका ५६ वर्षीय गङ्गालाल श्रेष्ठलाई प्रहरीले परिसरबाटै पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको प्रहरी नायब उपरीक्षक देवतीरमण पोखरेलले जानकारी दिए। त्यसैगरी धनमाल चोरी गरी फरार हुँदै गर्दा प्रहरीले सिन्धुपाल्चोक सिमपाल घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको छ। चागुँनारायण नगरपालिका–८ रानीबारीका ५६ वर्षीय श्रीराम खत्रीको घरबाट सुनका गहना र नगद गरी रु तीन लाख २५ हजार बराबरको धनमाल चोरी गरी भाग्दै गर्दा गिरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको छ।
अवैध लागूऔषध सहित विभिन्न ठाउँबाट ७ जना पक्राउ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भन्सार कार्यालय अगाडिबाट कतार एयरवेजको फ्लाइटद्वारा दोहाबाट काठमाडौं आएका आइबेरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय मार्सल गौहीलाई अवैध लागूऔषध कोकिन १ किलो ६ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। त्यस्तै काठमाडौं महानगरपालिका ९ गौशला पिंङ्गलास्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम, डिजिटल तराजु २ थान, नगद ५० हजार रुपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका २ घर भएका २५ वर्षीय हेम पाण्डे, उदयपुर त्रियुगा नगरपालिका १० घर भएका २० वर्षीय निराजन घिमिरे र ललिपुर, ललितपुर महानगरपालिका २२ बुङ्गती घर भएकी २७ वर्षीया अन्जना मालाकार रहेका छन्। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। यसैगरी काठमाडौं महानगरपालिका २६ नर्सिङचोक ठमेलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम, डिजिटल तराजु र नगद ३५ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका ५ घर भएका २८ वर्षीय सुरेन्द्र गुरूङ र पाँचथर मिक्लाजुङ गाउँपालिका ४ घर भएका २८ वर्षीय पाल्देन तामाङ रहेका छन्। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। मकवानपुर, भिमफेदी गाउँपालिकाबाट दोलखा वैदेश्वर गाउँपालिका १ घर भई काठमाडौं बौद्ध बस्ने पासाङ लामालाई नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, डाइजोल्याब ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५५२३ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा सवार लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
साउनमा ४१ वटा फर्ममाथि जरिवाना काठमाडौं। सरकारले चालु आर्थिक बर्षको एक महिनामा नै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको दावी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो । अनुगमन गरिएको मध्ये ४१ वटा फर्मलाई विभागले जरिवाना गराएको छ भने २५ वटालाई स्पष्टिकरण सोधिएको, ३ वटालाई सिलवन्धी गरिएको, ४ वटाको गुणस्तर परिक्षणका लागि नमुना पठाइएको तथा एउटा फर्म विरुद्ध मुद्दा दर्ता गरेको विभागका निर्देशक शोभाखर रेग्मीले जानकारी दिए। ती फर्महरुबाट जरिवाना वापत ३ लाख ३७ हजार रुपैयाँ असुली गरिएको उनले जानकारी दिए। विभागले गत आर्थिक बर्षमा १ हजार ६ सय ६१ वटा अनुगमन गरेकोमा १ सय ६१ वटाबाट जरिवाना वापत ४३ लाख २१ हजार रुपैया राजश्व संकलन गरेको छ । पत्रकार सम्मेलनमा उपभोक्ता अधिकारकर्मीहरुले विभागको अनुगमन प्रभावकारी नभएको भन्दै बजारमा प्रभाव पार्ने गरि अनुगमन गर्न सुझाएका थिए । उपभोक्ता अधिकारकर्मीले बजारमा अस्वभाविक मुल्यवृद्धि काममै रहेको, गुणस्तरहीन बस्तु विक्रिमा नरोकिएको गुनासो गरेका थिए ।
अब भिडियो कन्फ्रेंसिंगबाटै मन्त्रिपरिषद् बैठक बस्न सक्ने काठमाडौं। नेपाल सरकारको मन्त्रि परिषद्को बैठक अब देखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ । मन्त्रिपरिषदको बैठकले भिडियो कन्फ्रेसिंगबाटै मन्त्रिपरिषद बैठक बस्ने सक्ने निर्णय गरेको हो। बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्रि गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेसिंगबाट पनि गर्न सकिने निर्णय भएको बताए। मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संसोधन गरि प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि भिडियो कन्फ्रेंसिंग लगायतका सुचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने गरि नियमावली संसोधन गरिएको संचार मन्त्रि बास्कोटाले जानकारी दिए। सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परिक्षणको शिलशिलामा सिंगापुर रहेका प्रधानमन्त्रीले भिडियो कन्फ्रेंसिंग मार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्ने छन्। यस्तै मन्त्रि परिषदको बैठकले तराई मधेश द्रुत मार्गको केहि स्थानमा बाटो परिवर्तन गर्ने निर्णय पनि गरेको छ । विगत ३ वटा मन्त्रिपरिषद बैठकले विभिन्न ३५ वटा निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए।
‘१९५० को सन्धिको पुनरावलोकन र नेपाल भारत प्रबुद्ध वर्गको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वस्त छु’ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको पाचौ बैठकबारे संघीय संसदलाई जानकारी दिएका छन्। प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय लिएर बोल्दै उनले बैठकले गरेका निर्णय र छलफलका विषयबारे जानकारी गराएका हुन्। उनले गत १५ महिनामा दुईदेशका प्रधानमन्त्रीहरुले ४ पटक उच्चस्तरको संवाद गरेको र त्यसयता नेपाल-भारत सम्बन्धपनि नयाँ गति र उचाईमा पुगेको अनुभव आफूहरुले गरेको स्पष्ट पारे। बैठकले १९५० को सन्धिको पुनरावलोकनको ठोस खाका तय गर्नका लागि दुवै देशका परराष्ट सचिवलाई मार्गचित्र ल्याउन र प्रबुद्ध वर्गको प्रतिवेदन बुझाउनका लागि सचिवालयलाई आवश्यक तयारी गर्न भनेको जानकारी गराए। उनले बैठकमा १९५० को सन्धिको पुनरावलोकन र नेपाल भारत प्रबुद्ध बर्गको प्रतिवेदन पेस गर्ने सन्दर्भमा पनि छलफल भएको र आवश्यक निर्देशन पनि भएकाले प्रतिवेदन कार्यान्वयन हुनेमा आफु विश्वस्त रहेको बताए। उनले दुवै देशका साझा हितलाई निरन्तरता दिने तथा अन्तरदेशीय रेलमार्गलगायत विषयलाई पनि बैठकले प्राथमिकता दिएको उनले स्पष्ट पारे। बैठकमा मुख्य गरि राजनीतिक सुरक्षा र सिमा, कनेक्टीभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति एवं शिक्षालगायत विविध विषयमा छलफल भएको थियो। यसअघि प्रश्नोत्तर कार्यक्रम अन्र्तगत सांसदहरुले राखेको मौखिक प्रश्नको जवाफ दिदै उनले नेपाल भारतसंग विगतमा भएका सन्धिहरुको समग्र पुनरावलोकनको पक्षमा रहेको स्पष्ट पारेका थिए। उनले विगतका सन्धि सम्झौताको लाभ र हानीहरु, तत्कालिन पृष्ठभूमि र सन्र्दभलाई सरकारले गहिराईका साथ अध्ययन गरिरहेको पनि स्पष्ट पारे। बेलायती सेनामा भर्ना भएका नेपाली सेनाको समस्या सम्बोधन हुनुपर्छ भन्ने विषयलाई नेपाल सरकारले गम्भीरतापुर्वक लिएको र राष्ट्रिय हित अनुकुल हुने गरि सम्बोधन गर्नुपर्छ भन्नेमा सरकार दृष्ढ रहेको बताए। नेपाल, भारत र संयुक्त राज्यबीच सम्पन्न १९४७ को त्रिपक्षीय सन्धिको अधिनमा रही नेपालीहरुलाई भारतीय र बेलायती सेनामा गरिदै आएको थियो। तर विगतमा भएको त्रिपक्षीय सम्झौताको सान्दर्भिकता नरहेको भन्दै नेपालले भारत र वेलायतसंग छुट्टा छुट्टै कुरा गर्न चाहेको विषय अवगत गराउने काम भईसकेको उनले स्पष्ट पारे।
गेर्खु खोलाको ‘डाइभर्सन’ बाढीले बगाउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध काठमाडौँ । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो। विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको हो। डाइभर्सन बगाएपछि यातायात ठप्प भएको विदुर नगरपालिका– १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए । “गत वर्ष नै पुल भत्काएपछि नयाँ बनाउन पटक–पटक ताकेता गरे पनि निर्माण गरिएन, अहिले पनि दुःख पाइयो”, वडाध्यक्ष नेपालले भने। गल्छी त्रिशूली मैलुङ–स्याफ्रु सडक योजनामा परेको यो सडकको पुल आयोजनाले बेलैमा नबनाउँदा अहिले समस्या आएको हो । एक वर्षअघि नै पुल निर्माण थालिए पनि अहिलेसम्म पूरा भएको छैन् । गत वर्ष खोलाले पुरानो पुल भत्काएपछि डाइभर्सन राखेर यातायात सञ्चालन हुँदै आएको थियो। “अवरुद्ध यातायात सञ्चालनका लागि अर्को डाइभर्सन बनाउने काम शुरु भइसकेको छ”, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने, “साँझसम्ममा यातायात सञ्चालन हुन्छ।” डाइभर्सन बगाएका कारण नुवाकोट, रसुवाको यातायात ठप्प भएको छ । रसुवाबाट काठमाडौँ आउनेजाने सवारीसाधान यहाँ रोकिएका छन्। रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली, तुप्चे, मनकामना पहिरेबेँसी सडक पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ। रासस
सैनिक ब्यारेकमा करेन्ट लागेर कामदारको मृत्यु मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका ५ खरिपाटीस्थित नेपाली सेनाको ब्यारेक सैनिक प्रतिष्ठान खरिपाटीमा करेन्ट लागेर आज एक मजदूरको मृत्यु भएको छ। आज महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरीले नायब उपरीक्षक रेवतीरमण पोखरेलले नेपाली सेनाको उक्त ब्यारेक भवनमा टायल मार्बलको काम गर्ने भारत मोतिहारी घर भई हाल सोही ब्यारेक भवनमा बस्दै आएका १९ वर्षीय प्रदीपकुमार हजामको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए। करेन्ट लागेर घाइते भएका हजामको भक्तपुर अस्पताल उपचारका क्रममा मृत्यु भएको जानकारी दिँदै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जानकारी दिए।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु काठमाडौं । कपिलवस्तु, सप्तरी, चितवन र नवलपरासी (पूर्व)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। कपिलवस्तु, कपिलवस्तु नगरपालिका १ गौरीचोकस्थित तौलिहवा–जितपुर सडकखण्डमा मंगलबार राति ग १ ख ६२३७ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका बसमा सवार सोही नगरपालिका शिवमन्दिर टोल बस्ने २४ वर्षीय सुजित बर्माको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। बस सहित चालक कास्की पोखरा महानगरपालिका १७ बस्ने ४८ वर्षीय राजिन्द्र कुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारस्थित पूर्व–पश्चिम राजमार्गमा धरानबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने १८ वर्षीय बिजय स्माती मगरको मंगलबार राति मृत्यु भएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस सहित चालक उदयपुर, उदयपुर नगरपालिका ५ बस्ने ३१ वर्षीय सन्तोष थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै चितवनको राप्ती नगरपालिका–४ लक्ष्मीनारायण मन्दिरनजिक पूर्व–पश्चिम राजमार्गमा बा १८ च ९४९६ नम्बरको स्कारपियो जिपको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ। जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। जिप र चालक नुवाकोट बागेश्वरी गाउँपालिका ४ बस्ने २१ वर्षीय राजकुमार गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका–२ ज्यामिरेको उकालोस्थित पूर्व–पश्चिम राजमार्गमा आरजे ०५ जिवि ४१६७ नम्बरको ट्रक आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रक चालक भारत उत्तर प्रदेश जोगारा बस्ने ३५ वर्षीय सुल्तान सिंहको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ट्रकका सहचालक भारत घर भएका ३१ वर्षीय जोगेन्द्र सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
रक्तचन्दनको तेल सहित ३ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेल सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका ५ घर भएका ४३ वर्षीय जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका ३ घर भएका ५३ वर्षीय अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका ११ घर भएका २६ वर्षीय सुजन पौडेल रहेका छन्। उक्त स्थानमा अवैध रुपमा रक्तचन्दनको तेल कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जित बहादुर लामाको कोठा खानतलासी गर्दा प्लाष्टिकको बोराले बेरेर लुकाई छिपाई राखेको २ वटा सिल्भरको गाग्रीमा रहेको उक्त तेल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्रीको स्वास्थ्यको जानकारी पाउने हक नागरिकलाई छ कि छैन? काठमाडौं । प्रधानमन्त्री के पी ओलीको स्वास्थ्य अहिले चर्चामा छ। ओलीले सर्वसाधारणका लागि आफ्नो ‘स्वास्थ्य सामान्य रहेको छ’ भन्ने सिङ्गापुरबाट फर्केकै दिन आफ्नो ट्वीटर मार्फत् जानकारी दिए। तर उनी र उनीसँग सिङ्गापुर गएका निकटस्थ र फर्केपछि प्रचण्ड लगायतलाई ओलीको स्वास्थ्यमा गम्भीर गडबडी आएको छ भन्ने जानकारी छ। ओली स्वयंले पार्टीको स्थायी कमिटी बैठकमा जानकारी दिएको उल्लेख गर्दै एक सदस्यले भने, ‘अरूलाई दिँदा छ घन्टामा पास हुने औषधि मेरो शरीरमा पास हुन छ दिन लाग्यो।’ आफ्नो एक दशक भन्दाअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आएपछि आफ्ना निजी चिकित्सक, परिवारजन र निकटस्थ व्यक्ति साथ लिएर प्रधानमन्त्री ओली सिङ्गापुर लागेका थिए। उपचारका दुई उपायः जानकारहरूका अनुसार सिङ्गापुरका चिकित्सकले ओलीलाई दुई उपाय सुझाएका छन्। एउटा, मृगौलाको काम भरथेग गर्ने औषधिले कतिन्जेल धान्छ त्यसमा बस्ने। अर्को, दोस्रोपटक मृगौला प्रत्यारोपण गर्ने। दोस्रोपटक मृगौला प्रत्यारोपण गर्ने सम्भावना पनि कायमै राखेर उनी नेपाल फर्केका थिए। यसले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या रहेको सन्देश प्रवाह भएको थियो। सिङ्गापुरमा बाह्र दिन बिताएर फर्केको भोलिपल्ट प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत आफ्नो स्वास्थ्य सामान्य रहेको बताए। उनका प्रमुख सल्लाहकार विष्णु रिमालले ओलीको समस्यामा कुनै समस्या नरहेको बताउँदै ुअफवाहुहरूको खण्डन गरेका थिए। सिङ्गापुरका डाक्टरले फेरिदिएको औषधिले उनलाई टाउको दुख्ने र हल्का ज्वरो आउने ‘साइड इफेक्ट’ भएको बताइएको छ। तर क्रमशः नयाँ औषधिले काम गर्न थालेको भन्नेहरू पनि छन्। प्रधानमन्त्रीको स्वास्थ्यले दुई किसिमको बहस निम्त्याइदिएको छ। प्रधानमन्त्रीको स्वास्थ्यको यथार्थ जानकारी जनताले जान्न पाउनु पर्छ कि पर्दैन? एक थरीको मत छ पाउनुपर्छ। यस्तो विश्वास गर्नेहरू भन्छन् – उनी सार्वजनिक व्यक्ति हुन्। सार्वजनिक ओहोदामा बसेको त्यसरी देश र जनताको नाममा काम गर्ने व्यक्तिको स्वास्थ्य ठीक छ कि छैन भन्ने जानकारी जनताले पाउनुपर्छ। यदि स्वास्थ्यका कारण उनले कामको चाप थेग्न सक्दैनन् भने उनी वरपरको घेरा नीति–निर्णयमा प्रभावी हुन सक्छ, जसलाई न त्यसो गर्न अधिकार प्राप्त छ न त्यो जिम्मेवार निकाय हो। अर्को थरीको मत छ – कुनै पनि व्यक्तिको स्वास्थ्य उसको निजी मामिला भएकाले त्यसलाई सार्वजनिक गर्नुपर्छ भन्ने कुनै कर छैन। देशको कार्यकारीको स्वास्थ्य निजी मामिला मात्र हो भनेर मान्ने हो भने पनि जनतालाई गुमराहमा राख्ने अधिकार भने प्रधानमन्त्रीसँग पक्कै छैन। उनले भन्न नचाहने हो भने प्रष्ट रुपमा म यसलाई निजी मामिला ठान्छु, त्यसैले गोप्य नै राख्न चाहन्छु भनेर भन्न सक्नुपर्दछ। अनि उनको स्वास्थ्यको गडबडीबाट अन्य तत्वुहरूले फाइदा उठाउन सक्दैनन् भन्ने कुराको पनि सार्वजनिक सुनिश्चितता जरुरी हुन्छ। नत्र वास्तविकता जे हो त्यो प्रष्ट राखिदिनुपर्‍यो। मृगौलाले काम गर्न छोड्नु सामान्य कुरा होइन। त्यसमाथि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आउनु र दोस्रो प्रत्यारोपणको कुरा गरिनु ओलीको उमेरका मानिसका लागि साधारण वा सामान्य स्वास्थ्यको कुरा हैन। उनी अहिले ६८ वर्षमा छन्। स्वास्थ्य गडबड हुन सक्छ तर त्यसलाई प्रधानमन्त्री र प्रधानमन्त्रीका मुख्य सल्लाहकारले भन्न नचाहनु या कतिपयका शब्दमा ुसपाट झुठु बोल्नुलाई धेरैले सामान्य अर्थमा लिन सकेको देखिन्न। के औषधी दिइयो, त्यसले के काम गर्छ? दोस्रो प्रत्यारोपणका लागि मृगौलाको व्यवस्था कसरी गरिँदै छ? जस्ता विस्तृत विवरण खुलाउन आवश्यक नहोला। तर प्रधानमन्त्रीको मृगौलामा समस्या आएको छ उपचार गर्नुपर्नेछ भन्ने जानकारी पाउने हक नागरिकको हुने जानकारहरू बताउँछन्। उपचार नेपालमा हुन्छ कि हुँदैन? नेपालमै हुने उपचार पनि नेता र मन्त्री भएपछि विदेशमा जाने गरेको भनेर पनि आलोचना हुँदै आएको छ। प्रधानमन्त्री ओलीको मृगौलाको उपचार नेपालमा हुन नसक्ने कसैले भनेका छैनन्। एकजना डाक्टर रामेश कोइरालाले नेताहरूको विदेश उपचार मोह र सर्वसाधारणको उपचारमा पहुँचबारे आफ्नो ट्वीटरमा कटाक्ष गरेका छन्। खर्चमा अपारदर्शिता प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारसँग जोडिएको आर्थिक पाटो पनि सन्देहमूलक हुनु अर्को विडम्बना हो। राष्ट्र प्रमुखको स्वास्थ्यमा गडबडी आउँदा राज्यको ढुकुटीबाट खर्च गरिनु धेरैले अस्वाभाविक मान्दैनन्। तर यो पालि उनले आफ्नो उपचार खर्च सरकारबाट नलिने घोषणा गरे। पछिल्लोपटक सिङ्गापुरमा दलबलसहित गएर गरिने उपचार र बसोबासको खर्च कस्को भन्ने प्रश्न टड्कारो बनेको छ। राज्यले यदि प्रधानमन्त्रीको उपचार खर्च गर्दैन भने ओलीले स्वयंले गर्नुपर्‍यो। दशौँ लाख खर्च ओलीले गर्ने हो भने त्यसको स्रोत पनि खुलाउनु पर्‍यो। होइन, कोही तेस्रो व्यक्तिले ओलीको स्वास्थ्योपचारको खर्च बेहोर्ने हो भने त्यो खुलाइनु पर्‍यो। नत्र तेस्रो व्यक्तिको स्वार्थ के हो र त्यसले कुन घडीमा के स्वार्थपूर्ति गर्ने हो भन्ने आशङ्का पैदा भइरहनेछ। यस अघि पनि प्रधानमन्त्री वा राष्ट्रपति वा पूर्व राजा बिरामी हुँदा स्वास्थ्य विज्ञप्ति जारी गर्ने चलन नेपालमै रहँदै आएको छ। त्यसैलाई मान्दै नियमित विज्ञप्ति जारी गरिदिएको भए न अनेकथरी समाचार आयो भनेर प्रधानमन्त्रीको सचिवालयले आक्रोश पोख्नुपर्थ्यो न आफ्ना प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी पाउने सुविधाबाट नागरिक वञ्चित हुन्थे। (बीबीसी नेपालीबाट साभार, सबै तस्वीर बीबीसी)
क्लिन फिडको व्यवस्थासहित विज्ञापन नियमन विधेयक समितिबाट पारित काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ। समितिको आजको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्। राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो। समितिले भने तत्कालै लागू हुने व्यवस्था गरेको छ। ऐन लागू हुनुअघि विदेशी प्रशारण संस्थासँग सम्झौता गरी विज्ञापन बजाइरहेका प्रशारण माध्यमले भने एक वर्षभित्र ‘क्लिन फिड’ लागू गर्नुपर्नेछ। यसैगरी विधेयकमा टेलिफोन र विद्युत्का पोलमा विज्ञापन गर्न नपाइने प्रावधानसमेत राखेको छ। विधेयकमा सरकारी विज्ञापन गर्दा विज्ञापन बोर्डमार्फत वितरण गर्नुपर्र्ने व्यवस्था गरिएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक पारित भई ऐनका रुपमा कार्यान्वयनमा आएपछि अव्यवस्थित देखिएको विज्ञापन बजार नियमन हुने बताइन्। यसले अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको विश्वास थियो। रासस
श्रोत नखुलेको १५ लाख ७९ हजार भारतीय रुपैयाँसहित ५ जना पक्राउ दाङ । लमही नगरपालिका ९ जलकुण्डीस्थित पूर्व पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका २ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका ९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका ८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका ५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका छन्। ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
एनआरएनए जापानको कोषाध्यक्षमा संगिता अधिकारीको उम्मेदवारी घोषणा टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जापानको आगामी कार्यकालको कोषाध्यक्षमा संगिता सुवेदी अधिकारीले उम्मेदवारी घोषणा गरेकी छिन् । उनी वर्तमान कार्यसमितिको सदस्यको जिम्मेवारीमा छिन्। एनआरएनए जापानको कोषलाई सबल र समुन्नत बनाउने अठोटसहित  २०१९–२०२१ कार्यकालको लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको अधिकारीले बताइन्। आफूले जित प्राप्त गरेमा एनआरएनए जापानको आय व्ययलाई पारदर्शी बनाउने र आर्थिक अनुशासनको मापदण्ड बनाउने प्रतिवद्धतासमेत उनले गरेकी छिन्। संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्बन गरेर एनसीसी जापानको कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, कोषको पारदर्शिता र मितव्ययी परिचालनमा आफू केन्द्रित रहने प्रतिवद्धतासमेत उनले गरेकी छिन्। विगत १५ वर्षदेखि जापानमा कार्यरत रहेकी अधिकारी विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छिन्। जापानस्थित विभिन्न संघसंस्था तथा कम्पनीहरूसँग हातेमालो गरी एनआरएनए जापानलाई सवल र सक्षम बनाउन भरपुर प्रयत्न गर्ने उनको भनाई छ।
नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टका लागि जागिर खुल्यो (सूचना सहित) काठमाडौँ । नेपाली सेनामा २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) का लागि भर्ना खुलेको छ। नेपाली सेनाले २ सय ५० जना अधिकृत क्याडेट पदका लागि आज बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित  गरेर दरखास्त आह्वान गरेको हो। नेपाली सेनामा दरखास्त आह्वान भएको २५० जनामा खुलातर्फ १३१ छ। जसका लागि सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीले ७ सिटमा आवेदन दिन पाउँनेछन्। त्यस्तै समावेशीतर्फ महिलाले २२ सिटमा आदिवासी जनजातिले ३६ सिटमा मधेशीले ३१ सिटमा दलितले १७ सिटमा र पिछडिएको क्षेत्रले ७ सिटमा अधिकृत क्याडेको लागि आवेदन दिन पाउने नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ। उक्त सूचनाअनुसार योग्यता पुगेको इच्छुक नेपाली नागरिकले यही भदौ ४ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सक्नेछन्। थप विवरण नेपाली सेनाको वेबसाईड www.nepalarmy.mil.np मा गएर पनि हेर्न सकिने छ । गोरखापत्रमा प्रकाशित आवेदन
नवलपरासीमा भारतीय ट्रक दुर्घटना, चालकको मृत्यु, सहचालक गम्भीर नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ४१६७ नंको ट्रक दुर्घटनामा परेको हो। ट्रक आफैँ अनियन्त्रित भएर सडकछेउ विद्युत्को पोलमा ठोक्किएर सडकदेखि करीब २० मिटर तल खस्दा चालक भारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो। चालक सुल्ताङको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए। दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिए। रासस
स्वास्थ्य सेवाका दुई समूहको समायोजन सूची सार्वजनिक काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेडियोग्राफर समूहका १३० र डार्करुम समूहका ४३ जना कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ रोडियोग्राफर निरीक्षक, छैटौँ तहका रेडियोग्राफर निरीक्षक तथा पाँचौँ तहका रेडियोग्राफर रहेका छन्। ती अधिकांश रेडियोग्राफरको समायोजन प्रदेश र सङ्घमा भएको छ भने केही रेडियोग्राफर स्थानीय तहमा पनि समायोजित भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी मन्त्रालयले नै डार्करुम उपसमूहका समायोजित हुनेमा छैटौँ तहका डार्करुम असिस्टेन्ट, निरीक्षक छैटौँ तह, वरिष्ठ डार्करुम असिस्टेन्ट पाँचौँ तह र डार्करुम असिस्टेन्ट चौथो तहका कर्मचारी रहेका छन्। सो उपसमूहका अधिकांश कर्मचारीको समायोजन प्रदेशअन्तर्गत भएको छ भने केही कर्मचारी मात्र सङ्घमा समायोजित भएको मन्त्रालयले जनाएको छ। सातौँ तहका वरिष्ठ कविराज निरीक्षक, छैटौँ तहका आयुर्वेद निरीक्षक, पाँचौँ तहका कविराज सहायक उपसमूहका ३३५ कर्मचारीको समायोजन सूची पनि मन्त्रालयले सार्वजनिक गरेको छ। ती अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन्। मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह÷उपसमूहमा कार्यरत कर्मचारीहरुको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न हुने र समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्नेगरी पठाउने व्यवस्था मिलाएको छ। रासस
‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन मिल्दैन : ईश्वर पोखरेल काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन्। उनले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताए। उनले भने, ‘प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउदै जाने हो। एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा। एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुदैन। यो जोखे जस्तो हुदैन। नमिलेका कुराहरु भोली व्यवहारमा मिलाउदै जाने हो।’ उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए। उनले छिट्टै काठमाडौं जिल्ला कमिटीले पूर्णता पाउने विश्वास पनि दिलाए। काठमाडौं अन्र्तगत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रिय स्तरका कमिटीले पूर्णता पाएका छैनन्।
यसरी पक्राउ परे काठमाडौंमा नक्कली कागजात बनाउँदै आएका विनोद र रेनु काठमाडौं । नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा विगतमा मेजुकी जापानिज ल्याङ्ग्वेज ईन्सिच्युटका संचालक काठमाडौं नागार्जुन नगरपालिका ८ का ३३ वर्षीय बिनोद बरूवाल र नागार्जुन नगरपालिका ५ बस्ने काठमाडौं महानगरपालिका १५ किमडोल ठेगाना भएकी ३३ वर्षीय रेनु लामा रहेका छन्। विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका महत्वपूर्ण कागजातहरु तथा छापहरुको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा सो महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विभिन्न विद्यार्थीहरुको नाम सहित विवरण भएको रजिष्ट्रर ४ थान, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयको नामको रबर छापहरू ३९ थान, विभिन्न कम्पनीको पेन ड्राइभ ११ थान र विभिन्न व्यक्तिहरूको नाममा रहेको प्रमाण प्रत्र समेत बरामद गरेको छ। पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।
कपिलवस्तुमा बैंकबाट निकालेको ३ लाख रुपैयाँ लुटेर फरार काठमाडौं । कपिलवस्तुमा दिउँसै ३ लाख लुटेर २ जना फरार भएका छन्। मंगलबार राष्ट्रिय वाणिज्य बैंकबाट ३ लाख रुपैयाँ निकालेर आएका रामकुवेर धोबीको रुपैयाँ बाटोमै २ जना अपरिचित व्यक्तिले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुनिल मल्लले जानकारी दिए। डिसी नेपालसंग कुरा गर्दै मल्लले भारतीय नं प्लेटको मोटरसाइकलमा आएका अपरिचित २ जनाले धोबीको पैसा लुटेकाे बताए। उनले फरार लुटेराहररुकाे खाेजी कार्यका लागि प्रहरी परिचालन गरेकाे जानकारी दिए। उनका अनुसार ‍आज मंगलबार दिउँसो १ बजे २ लुटेराहरुले बैंकबाट पैसा निकालेर आएका  धाेवीकाे पैंसा लुटेर फरार भएका थिए। उनीहरुकाे खाेजी कार्यका लागि ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।
बैतडीको वनारसीधाममा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने बैतडी । जिल्लामा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ। मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो। नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिए। पातालभुवनेश्वर धामबाट बग्ने रामगङ्गा नदी (बगडी) र सरयु नदी ९सुर्नया०को सङ्गमस्थल वडा नं ६ चौखुडामा ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले जानकारी दिए। यस्तै पौराणिक सरयु ९सुर्नया० नदीको किनार वडा नं ३ स्थित बनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ। दुवै ठाउँमा ज्योर्तिलिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गर्न जगत्गुरु देवाचार्यको उपस्थितिमा शिलान्याससमेत गरिएको छ। विश्वनाथधाममा मन्दिर निर्माणका लागि धनीदत्त भट्ट र रामेश्वरधाममा मन्दिर निर्माणका लागि रामसिंह विष्टको अध्यक्षतामा समितिसमेत गठन गरिएको छ। जिल्लालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न ज्योर्तिलिङ्ग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगत्गुरु देवाचार्यले बताए। पुराणमा लेखिएका कुराका बारेमा जानकारी नहुँदा र यहाँका धार्मिकस्थलको प्रचारप्रसार नहुँदा प्रसिद्ध धाम ओझेलमा परेका उनले बताए। यहाँका तीर्थको महिमाका बारेमा पुराणमा उल्लेख गरिएको भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेका जगत्गुरुको भनाइ छ। तीर्थाटनका लागि हजारौँ खर्च गरेर भारतका विभिन्न स्थानमा जाने परिपाटी भएकाले आफ्नै ठाउँका तीर्थको पहिचानका लागि आफूले अभियानसमेत चलाएको उनले बताए । रासस
आज मौसममा सामान्य बदलीभइ केही स्थानमा वर्षा हुने काठमाडौं । मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमै रहेकाले आगामी बिहीबारसम्म मौसममा सामान्य बदली भई पुर्वी तथा पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मंगलबार सामान्य बदली रही मध्य, पूर्व र पश्चिमी पहाडी क्षेत्रमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। त्यस्तैगरी बिहीबारसम्म पश्चिमी तथा पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिलेपनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको छ।
गोर्खा ब्रअरीको मुद्दामा मुछिएका न्यायाधीश अधिकारीद्वारा राजीनामा काठमाडौं। उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्कीका अनुसार राजीनामा पत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख छ । घरायसी समस्याका कारण राजीनामा दिएको भनिए तापनि गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवाद भएपछि उनी छानबिनमा परेका थिए। उनले ४० वर्ष न्याय सेवामा काम गरेका थिए। न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो । रासस
आफ्नै श्रीमानको हत्यारासँग पैसा असुल्ने महिला पक्राउ भोजपुर । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ। घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग रु तीन लाख मागेको बयानमा उल्लेख छ। केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए। स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ। रम्तेलसँग मीनाले रु दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आफ्नै पतिको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा रु एक लाख ७० हजार र रु ३० हजार आफ्नी सासूलाई भैँसी किन्न दिएको बयानका क्रममा खुलेको छ। रासस
विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण जाजरकोट । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ। सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो। विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजनाअनुसार मिटर बक्स निःशुल्क वितरण गरिएको जानकारी दिए। यो अभियानले विद्युत् चोरीको अन्त्य हुने उहाँले आशा व्यक्त गरे । वडा नं १ का वडाध्यक्ष दीपक रानाले सधैँ आसपासका धनी मानिसको घरको उज्यालो हेरेर बस्नु पर्ने परिस्थिति अन्त्य गर्न विद्युत्ले निकै उदारणहरणीय भूमिका निर्वाह गरेको बताए। यसअघि प्राधिकरणले आफ्नो कार्य क्षेत्रअन्तर्गत पर्ने सुर्खेतको सिम्ता गाउँपालिकामा पनि निःशुल्क मिटर बक्स वितरण सकिसकेको छ। जिल्लामा एउटा मिटर बक्सको मूल्य सेवा शुल्कसहित रु दुई हजार ५०० पर्छ । त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटर बक्सको कूल रु चार हजार २०० देखि चार हजार ५०० सम्म पर्ने खड्काले बताए। पहिला हामी नगरपालिकाका विकट बस्तीमा वितरण गर्न थालेको बताए । विद्युत्को लाइन विस्तार कार्य जारी रहेकाले मिटर बक्स वितरण कार्यसँगै बढेको खड्काको भनाइ छ। रासस
डोकोको भरमा खानेपानी पाल्पा । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन।तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करीब तीन चार किलोमिटर नजिकैको दूरीमा खानेपानीको चर्को समस्या रहेको छ। बाह्रै महिना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको स्थानीयवासी फूलमाया विकले गुनासो पोखिन। “न हिउँद भन्नु छ, न वर्षायाम डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटेको छैन्”, विश्वकर्माको भनाइ छ। पसिनै पसिना हुँदै पानी बोकेर ल्याउनुपर्छ, बोकेर ल्याएको पानी पर्याप्त नहुने विश्वकर्माको भनाइ छ। तानसेन क्षेत्र रहेको बस्तीमा वर्षायाममा पनि १५ मिनेट जति ओरालो झरी पानी बोकेर उकालो बाटो ल्याउनुपर्ने बाध्यता नहटेको विश्वकर्माको झै स्थानीय बासिन्दाको गुनासो छ। हिउँद महीनामा पानी पाइँदैन, ३० मिनेट तल खोलामा झरे नुहाउनु र कपडा धुनुपर्ने र खानेपानी ल्याउनु पर्ने बाध्यता छ। स्थानीय पृथ्वीसिंह विश्वकर्माले स्वदेशमा केही गरौँ भनेर कुखुरापालन व्यवसायमा हात हाले। पछि कुखुरापालनका लागि पानी नहुँदा सो व्यवसायबाट विस्थापित हुनु परेकोमा दुखित छन्। “हाम्रो समस्या कस्ले बुझ्छ र, गाउँमा बसेर केही गरौँ भन्ने सोचेर पहिला कुखुराको पालन गर्न थाले पनि अहिले पानीका अभावमा रोकिएको छ।” उनले भने। गर्मी मौषममा पानी नै हुँदैन कुखुरालाई कसरी पुर्याउने भन्ने समस्या छ। तानसेन नगरपालिका क्षेत्रमा डोकोमा पानी बोकेर खानेपानी समस्या मात्र होइन, यहाँ खेतीयोग्य जमीनमा किसानले उत्पादन गरेको अन्नबालीसमेत बाँदरले नष्ट गरेको छ। करीब १८ घर परिवार रहेको यो बस्तीमा दुई जना मगर र अन्य दलित समुदाय बसोबास गर्छन। दलित बस्तीमा मोटरबाटोको समेत पहुँच नहुँदा व्यवसाय गर्न समस्या रहेको छ। तानसेन नगरपालिका–१२ का वडा सदस्य पविसरा विश्वकर्माले खानेपानी र सडकका लागि पहल भएको र आयआर्जनका लागि यस आवमा कार्यक्रम सञ्चालन गर्ने बताए। रासस
पूर्व राजदूत हत्या प्रकरण : सुरक्षा गार्ड तामाङ पक्राउ काठमाडौं। पूर्व राजदूत केशव झाको हत्या गरेको आरोपमा प्रहरीले झाकै घरमा सुरक्षा गार्डका रुपमा काम गरेका काभ्रेका कान्छाराम तामाङलाई पक्राउ गरेको छ । तामाङलाई काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । केशव झाको हत्या प्रकरणमा उनलाई यसअघि अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले १५ हजार धरौटीमा उनलाई रिहा गरेको थियो । स्वर्गीय झाकी श्रीमतीले किटानी जाहेरी दिएपछि उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत वर्ष भदौमा ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । टाउको र घाँटीमा चोट लागेको अवस्थामा मृत भेटिएका उनीमाथि किचनको चक्कु प्रहार भएको आशंका गरिएको थियो ।
शनिबार राती ५ लाख ८१ हजार बराबरको धनमाल चोरी काठमाडौं । मोरङ, कानेपोखरी गाउँपालिका ७ बरगाछीस्थित नमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिबार राति नगद ५ लाख २६ हजार ५ सय ५१ रुपैयाँ र सिसिटिभीको एनभिआर बक्स चोरी भएको छ। धनुषा, कमला नगरपालिका ४ सागरास्थित ४ नम्बर वडा कार्यालयबाट शनिबार राति कम्प्युटर १ थान, प्रिन्टर १ थान, राजस्व काटेको ठेली र नगद १० हजार ४ सय समेत गरी करिब ५५ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठी सम्पन्न काठमाडौं । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ। उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले अनाहकमा दुस्ख नपाउन्, निरअपराधी पीडितको रुपमा रहन नपरोस र पीडक कानुनको दायरामा आउन भन्ने अभिप्रायका साथ आएको कानुन संरक्षण एवम् कार्यान्वयन गर्न नेपाल प्रहरी अभ्यस्त हुँदै गएको बताए। नयाँ कानून कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीले फड्को मारेको चर्चा गर्दै उनले राष्ट्रको निर्णय र प्रहरीलाई सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्न नेपाल प्रहरी नमूनाको रुपमा प्रस्तुत भएको बताए। प्रहरी महानिरीक्षक खनालले प्रहरीले गर्ने अनुसन्धान वस्तुनिष्ठ, वैज्ञानिक र प्रमाणमुखी हुनुपर्ने धारणा अनुरुप नेपाल प्रहरीले उपलब्ध साधन स्रोतलाई अत्यधिक प्रयोग गरी काम गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए। नेपालीहरुले विश्वमै अत्यन्त परिष्कृत सेवा पाउँछन् भन्ने कुराको नमूना प्रस्तुत गर्न आएको नयाँ कानुनलाई अवलम्बन गर्ने दिशामा नेपाल प्रहरी दृढ संकल्पित भई अपेक्षित परिणामतर्फ उन्मुख रहेको विचार उनले व्यक्त गरे। राज्यले लिएको नीति र कानुनको प्रावधान परिपूर्ति गर्न नेपाल प्रहरी सरोकारवाला निकायसँग समन्वय गर्दै अगाडि बढ्ने उहाँले बताए। उक्त अवसरमा पूर्व महान्यायाधिवक्ता प्राडा युवराज संग्रौलाले संहिता कार्यान्वयन सन्दर्भमा सुझाव प्रस्तुत गर्दै अनुसन्धान तथा अभियोजनकर्ताले आफ्नो भूमिकामा खरो उत्रिएका छौं कि छैंनौ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए। संहिता प्रहरीको हितमा रहेको चर्चा गर्दै प्राडा संग्रौलाले नेपाल प्रहरीले ऐन कानुनबारे बृहद छलफल र विश्लेषण गर्नुपर्ने उल्लेख गरे। गोष्ठीमा उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संहिता कार्यान्वयनमा देखिएका प्रभावकारिता र चुनौतीबारे चर्चा गर्दै कानुनको विश्वव्यापी मान्यता अनुसार कालजयी परिवर्तन लिएर ठूलो उपलब्धीका साथ संहिता आएको उल्लेख गरे। संहिता कार्यान्वयनको पक्षमा नेपाल प्रहरीले गति लिएको चर्चा गर्दै न्यायाधीश ढुङ्गानाले आगामी दिनमा अदालत, महान्यायाधिवक्ताको कार्यालय, सम्बन्धित मन्त्रालय र नेपाल प्रहरीले आपसी समन्वय र सहकार्य गर्दै कार्यान्वयन पक्षलाई घनीभूत रुपमा लैजानुपर्नेमा जोड दिए। उक्त अवसरमा नेपाल ल क्याम्पसका प्रमुख डा डिएन पराजुलीले संहिताका प्रावधान कार्यान्वयनको प्रभावकारिता, त्यसमा खट्किएका पक्ष, कानूनी क्षेत्रमा हुने सुधारका विषय लगायत संहितामा आधारित पाठ्यक्रम परिवर्तन सम्बन्धमा चर्चा गरे। संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन संहिताबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता श्याम कुमार भट्टराईले संहिता कार्यान्वयनमा देखिएका अवस्थाबारे चित्रण गर्दै यसको कार्यान्वयनमा महान्यायाधिवक्ताको कार्यालय नेपाल प्रहरीसँग हातेमालो गर्दै सँगसँगै अगाडि बढ्दै आएको विचार व्यक्त गरे। समाजलाई रुपान्तरण गर्ने यस्ता कानुनलाई व्यवहारमा लागू गर्न सके सफल भइने उल्लेख गर्दै उनले थप उपलब्धी हासिल गर्नतिर लाग्न आग्रह गरे। उक्त अवसरमा गृह मन्त्रालय कानुन महाशाखाका सहसचिव पुष्कर सापकोटाले संहिताले नयाँ संविधान, अन्तर्राष्ट्रिय कानुन र न्यायका सिद्धान्तलाई समेटेको उल्लेख गरे। यसको कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी थपिएको महसुस भएको उल्लेख गर्दै उनले कार्यान्वयनमा समन्वय गर्न गृह मन्त्रालय सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरे। संविधानविद् टिकाराम भट्टराईले अपराध अनुसन्धानमा नेपाल प्रहरीले गुणात्मक फड्को मारिरहेको विचार व्यक्त गर्दै संहिता कार्यान्वयनमा प्रहरीलाई सहयोग गर्न कानुन व्यवसायी तयार रहेको बताए। संविधानले कोरेको मार्गनिर्देशन अनुसार अगाडि बढेमा सफल हुन सहज हुने उनले बताए। कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको उद्देश्य र नेपाल प्रहरीले संहिता कार्यान्वयनको सन्दर्भमा गरेका कार्यहरुको विवेचना गरे। संहिताले समेटेको आधुनिक मूल्य मान्यतालाई आत्मसात् गर्दै यसलाई कार्यान्वयन गर्नुपर्ने दायित्व र अवसर नेपाल प्रहरीलाई रहेको उनले बताए। मूलुकी संहिता कार्यान्वयनको प्रभावकारिताको लेखाजोखा गर्ने, एक वर्षको अवधिमा नेपाल प्रहरीबाट संहिता कार्यान्वयनको क्रममा प्राप्त जिम्मेवारी अन्तर्गत भएका कार्यहरुका बारेमा सरोकारवालाहरुको पृष्ठपोषण प्राप्त गर्न र संहिता कार्यान्वयनको क्रममा अनुभव आदानप्रदान गरी अपराध अनुसन्धान कार्यलाई थप परिणाममुखी, सफल र वस्तुनिष्ठ बनाउँदै लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा प्रकाशित CID Magazine र पूर्व महान्यायाधिवक्ता प्राडा युवराज संग्रौलाले दोस्रो प्रादेशिक सम्मेलन २०७६ स्मारिका विमोचन समेत गरेका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, विभिन्न कानून क्याम्पसका विद्यार्थीहरुलगायत प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो।
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ।राष्ट्रिय परीक्षा  बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ। परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ। सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उनले बताए। गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको सङ्ख्या बढेको थियो। परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ। रासस
खुर्पा प्रहार गरी श्रीमतीको हत्या गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । “छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो”, उनले भने, “१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो ।” प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् । हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । “उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने, “घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।” मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट १५० ट्याब्लेट बरामद गरेको हो। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। घरेलु मदिरा नष्ट सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ३४० लिटर घरेलु मदिरा नष्ट गरेको छ । अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरी टोलीले सुखीपुर नगरपालिका–२, कर्जनहा नगरपालिका–८ कर्जन्हा र सिरहा नगरपालिका–५ बसभिट्टाबाट ३४० लिटर घरेलु मदिरा, एक हजार ७५ लिटर कच्चा पदार्थ र मदिरा बनाउने चार थान मेसिन नियन्त्रणमा लिई नष्ट पारेको हो। नियन्त्रणमा लिएको घरेलु मदिरा, भाँडाकुँडा र कच्चा पदार्थ स्थानीयवासी र वडाध्यक्षलगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। रासस
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु, ४ घाइते काठमाडौं । मकवानपुर, चितवन, धादिङ र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। मकवानपुर, मनहरी गाउँपालिका १ मकरीस्थित सडकमा ‘अनटेष्ट’ लेखिएको बसको ठक्करबाट शुक्रबार साँझ पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय नकुल बहादुर बखतीको घटनास्थलमै मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन, राप्ती नगरपालिका ५ भण्डारा चोकस्थित सडकमा ना ५ ख ३१६६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शुक्र चौधरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धादिङ, धुनिबेशी नगरपालिका ८ बाहुनडाँडास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल, नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। सप्तरी, कंचनरुप नगरपालिका ११ बक्सहा चोकस्थित सडकमा बा।१६ च २२३५ नम्बरको पिकप बलेरो गाडी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका १ बस्ने ४० वर्षीय डाइल्स अधिकारीको उपचारको लागि अंचल अस्पताल राजबिराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका गाडीमा अन्य ४ जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लगिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
२४ जना जुवाडे काठमाडौंबाट पक्राउ काठमाडौं । बुढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका २ घर भएका ४३ वर्षीय बद्री प्रसाद सापकोटाको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जनालाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यसैगरी बुढानिलकण्ठ नगरपालिका १० कपनस्थित खोटाङ, खोटेहाङ गाउँपालिका ५ घर भएका ३६ वर्षीय निरज राईको अस्मिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निरज राई समेत ६ जनालाई नगद १५ हजार ५ सय ५० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यसैगरी बुढानिलकण्ठ नगरपालिका १ मुहान पोखरीस्थित जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६८ वर्षीय ध्रुव बहादुर कार्की समेत ११ जनालाई नगद १७ हजार ३ सय ९० रुपैयाँ र ६ बुक तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अटोमेटिक पेस्तोल तथा गोली सहित एक पक्राउ काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित ललितपुर कोन्ज्योसम गाउँपालिका २ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो। साथै लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ। लामालाई थप आवश्यक कारवाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
राजधानीमा थाई शैक्षिक मेला काठमाडौं । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ भएको छ । गुणस्तरीय शिक्षाका निम्ति दक्षिण पूर्वी एशियामा ख्याति कमाएका थाइल्याण्डका आठवटा विश्वविद्यालयले भाग लिएको एक दिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि थाइल्याण्डका राजदूत भाकभत तान्सकुलले संयुक्तरुपमा उद्घाटन गरे । त्यस अवसरमा सचिव वैरागीले नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्ध छ दशक पुरानो भए पनि बौद्ध शिक्षाका माध्यमबाट दुई देशका नागरिक सयौँवर्षअघिदेखि एकापसमा अति निकट रहेका बताए । उच्च शिक्षा हासिल गर्न थाइल्याण्ड गएका केही नेपाली विद्यार्थी त्यहाँ ठगिएको हालैको एउटा घटनातर्फ लक्ष्यित गर्दै उनले सही सूचनाको अभाव एवं शैक्षिक प्रतिष्ठानको आधिकारिकता र गुणस्तरको गहन विश्लेषणबिना विद्यार्थी भर्ना हुँदा त्यस्तो समस्या उत्पन्न भएको आशङ्का गरे । राजदूत तान्सकुलले थाइल्याण्ड र नेपालबीचको सम्बन्धलाई धर्म, संस्कृतिका साथै आर्थिक एवं पर्यटकीय विषयले मजबुत बनाएको चर्चा गदै दुई देशका जनतालाई नजिक ल्याउने अर्को माध्यम शिक्षा हो भने । उनले थाइल्याण्डमा खाना, आवास र यातायातजस्ता आधारभूत आवश्यकता अधिक महङ्गा नभएकाले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि आफ्नो देश आकर्षक गन्तव्य बन्नसक्ने बताए । मेलामा सहभागी विश्वविद्यालयका प्रतिनिधिले केही नेपाली विद्यार्थीलाई पूर्ण र केहीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । हाल थाइल्याण्डमा करीब पाँचसय नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरिरहेका बताइएको छ ।
सिरहामा धमाधम खुले कृषिजन्य उद्योग, हालसम्म १४ सय घद्योग दर्ता लहान । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ। जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ। दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए। कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४०२, पशुपालनका ७८ तथा कुखुरापालनका ६४ नयाँ उद्योग दर्ता भएको छ। आव २०७५/७६ मा उत्पादनमूलक उद्योग १९१, सेवामूलक उद्योग ७४० तथा कृषि तथा वनजन्य ५५८ उद्योग दर्ता भएको छ। उक्त सङ्ख्या आव २०७४/७५ मा दर्ता भएको भन्दा दोब्बर बढी हो। आव २०७४/७५ मा जिल्लामा ८४२ नयाँ उद्योग दर्ता भएको थियो। जिल्लामा उत्पादन उद्योग एक हजार २७९, कृषि तथा वनजन्य उद्योग एक हजार ५८ र सेवा उद्योग तीन हजार १०३ रहेको छ। नयाँ उद्योग दर्ताबाट रु ७५ लाख ८६ हजार राजश्व सङ्कलन भएको यादवले बताए। रासस
सासुलाई बञ्चरो प्रहार गरेको अभियोगमा बुहारी पक्राउ काभ्रे । आफ्नै सासुलाई बञ्चरो प्रहार गरेको अभियोगमा एक बुहारी पक्राउ परेकी छन्। ४८ वर्षीया सासु धौमती सार्कीलाई धारिलो हतियार बञ्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका ९ बस्ने २३ वर्षीया सरिता सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। घरायसी बिवादको कारण सरिताले आफ्नै सासुलाई बञ्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवतीस्थानबाट खटिएको प्रहरीले उनलाई बञ्चरो सहित पक्राउ गरेको हो। घाइते धौमतीको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ ललितपुर । उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं र ललिपुरको विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ बल्खुस्थित सुकुम्बासी टोल बस्ने डोटी जोराईन गाउँपालिका ४ घर भएका ४४ वर्षीय धन बहादुर थापा, काठमाडौं कीर्तिपुर नगरपालिका ७ भाजाङ्गल बस्ने डोटी जोराईन गाउँपालिका ४ घर भएका २१ वर्षीय राम बहादुर थापा, काठमाडौं महानगरपालिका १४ कलंकी खसिबजार बस्ने मकवानपुर घर भएका १९ वर्षीय जिवन तामाङ स्याङतान र काठमाडौं कीर्तिपुर नगरपालिका ९ बस्ने झापा दमक नगरपालिका ९ घर भएका ३२ वर्षीय रबिन्द्र अधिकारी रहेका छन्। बिगत केही महिनादेखि ललितपुर लगायत काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामानहरू चोरी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर ललितपुर तथा अपराध शाखा ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट बिभिन्न किसिमका सुनका गरगहनाहरु करिब १६ तोला, चाँदीका गरगहनाहरु तथा सरसामन गरी ५० तोला, ल्यापटप, बिभिन्न देशका मुद्राहरु र चोरी गर्दा प्रयोग गरिने फलामको हम्मर, रड, पेन्चिस, पिलास, रेन्ची र नक समेत प्रहरीले बरामद गरेको हो। पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत ललितपुरबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जना पक्राउ काठमाडौं । ५ लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट बिहीबार दिउँसो महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं सितापाईला बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका ४ घर भएका २४ वर्षीय राज प्रजा, २५ वर्षीय राज कुमार प्रजा, ३० वर्षीय दिपक प्रजा, ३८ वर्षीय श्याम कुमार प्रजा र ३४ वर्षीय विनोद प्रजा रहेका छन्। प्रहरीले उनीहरुको साथबाट नगद ८५ हजार ५ सय रुपैयाँ, नक्कली छाप ४ थान, रजिष्ट्रेशन फर्महरु, भिजिटिङ कार्ड, रजिष्टरहरु, एभरेष्ट र महालक्ष्मी बैंकको चेक बुक २ थान, मोबाइल २ थान र नेपाली राहदानी १ थान समेत बरामद गरेको छ। काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थितमा विभिन्न व्यक्तिहरुको गिरोहले ठगी गर्दै गरेको भन्ने सूचनाको आधारमा उक्त बृत्तबाट खटिएको प्रहरीले उनीहरुलाई चितवन राप्ती नगरपालिका(१३ बस्ने २ जना व्यक्तिलाई ठगी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। निजहरुले मकवानपुरको लोथरमा ३ सय घर धुरीको चेपाङ वस्ती बनाईदिने भनी प्रत्येक घर धुरीबाट फर्म भरे वापत २ हजार रुपैयाँ र पछि उक्त रकम बराबरको घर र शौचालय बनाई दिने भनी ठगी गर्ने गरेको अनुसन्धनाबाट खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।
दाङमा इसाई धर्म प्रचार गर्ने चार जना पक्राउ दाङ । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनीहरुका साथबाट चार थान बाइवल, इसाई धर्म प्रचारसम्बन्धी अन्य सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। पक्राउ परेका चारैलाई जबरर्जस्ती धर्म परिवर्तन सम्बन्धी मुद्दा चलाइने र यसका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रचलित कानूनअनुसार जबरर्जस्ती धर्म परिवर्तन गराएमा कम्तीमा पाँच वर्षसम्म जेल र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ।रासस
विद्यालयका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ परासी । रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन् । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे प्रमुख सल्लाहाकारको राती साढे १० बजेपछि फेसबुक पोस्ट काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे बिहीबार दिनभर चर्चा भएपछि राती प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले फेसबुकमा एक पोस्ट शेयर गरेका छन्। उनले फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य ठिक रहेको जानकारी दिएका छन्। उनले सिंगापुरबाट फर्केपछि धेरै धपेडी भएकाले केही थकित भएको बताएका छन् । उनले लेखेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेस फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आजको सचिवालय बैठक भोली बस्ने गरी स्थगित भयो। यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्। प्रमको स्वास्थ्य ठीक छ । उहॉ भोली बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ। उहॉको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ।
‘विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने’ काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको बिहीबार आकस्मिक निरीक्षणको क्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्। उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीलाई लगनशील, निष्पक्ष र निस्वार्थ भई बहन गर्न निर्देशन दिए। सो क्रममा प्रहरी महानिरीक्षक खनालले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङ लगायतका हवाई सुरक्षासँग सम्बन्धित प्रहरीले गरिरहेका काम कारबाही अवलोकन गरे। साथै कार्यालयमा प्रयोग भइरहेका सुरक्षा उपकरण र साधन स्रोतबारे उनले जानकारी समेत लिए। साथै प्रहरी महानिरीक्षक खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग भेटघाट गरी विमानस्थलमा सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि सुधार गर्नुपर्ने पक्षका बारेमा छलफल समेत गरे। उक्त अवसरमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्यप्रसाद उपाध्याय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री समेतको उपस्थिति रहेको थियो।
पक्राउ पर्नु अघि के भनेका थिए रवि लामिछाने र युवराज कँडेलले ? काठमाडौं । पत्रकार सालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले बुधबार आ–आफ्नो फेसबुक वालमा आफूहरु निर्दोश रहेको र निष्पक्ष छानविन हुन माग गरेका थिए। रवि लामिछानेले भनेका थिए, ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदैसम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।’ त्यस्तै युवराज कँडेले पनि लेखेका थिए, ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालिकसँग जोडिदिएको छु, अनि अष्ट्रेलिया पठाइदिनेलगायतका यी यावत आरोपहरुमा एउटा पनि गल्ती मबाट भएको रहेछ भने यो देशमा कानून छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु। सबैकुरा छानबिन होस्। हामीले कुनै अपराध गरेका छैनौं।’ यस्तो छ प्रहरीको प्रेस नोट
पत्रकार पुडासैनी प्रकरण : रवी लामिछाने, अस्मिता कार्की र यूवराज कँडेल पक्राउ काठमाडौं। माउन्टेन टेलिभिजनका तत्कालीन पत्रकार सालिक राम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले न्यूज ट्वान्टी फोर टेलिभिजनको ‘जनतासँग सिधा कुरा’ शोका पत्रकार रवी लामिछाने र सोही कार्यक्रमका अर्का सहकर्मी यूवराज कँडेललाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले एक युवती अस्मिता कार्कीलाई पनि बिहीबारै नियन्त्रणमा लिएको छ । प्रहरीले तीन नै जनालाई राजधानी काठमाडौंबाट नियन्त्रणमा लिएको जनाएको छ । चितवन प्रहरी र काठमाडौं प्रहरी परीसरको समनवयमा उनीहरुलाई नियन्त्रणमा लिइएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए। उनले मृतकको साथबाट बरामद गरिएको भिडियोको डिजटल ल्याब परीक्षण र पोष्टमार्टम प्रतिवेदन पनि शुक्रबारसम्म प्राप्त हुने जानकारी दिए। उनका अनुसार काठमाडौंमा पक्राउ परेका तीन नै जनालाई बिहीबारै चितवन पुर्याइँदै छ। उनीहरुलाई अत्यन्त जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिइएको उनले बताए । उनले प्रहरीले आफ्नो प्रक्रियाअनुसार अनुसन्धान अगाडि बढाउेनसमेत जानकारी दिए । मृतक पुडासैनीले आत्महत्या गर्नुअघि एक भिडियो मोबाइलमा रेकर्ड गरेको र सो भिडियोमा आफुलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै तीनजनाको नाम लिएका थिए । उनले पत्रकार लामिछाने, कँडेल र युवती कार्कीले टर्चर दिएको र त्यसैले आत्महत्या गरेको भिडियोमा भनेका थिए । प्रहरीले सो भिडियोको फोरेन्सिक परीक्षणसमेत गराएको छ । यद्यपी सो परीक्षण प्रतिवेदनबारे केही खुलाएको छैन । यही साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए। उनले जनतासँग सिधा कुरा कार्यक्रममा लामिछानेसँगै काम गरेका थिए। पछिल्लो समय उनी माउन्टेन टेलिभिजनमा कार्यरत थिए ।
प्रधानमन्त्री ओली अस्वस्थ काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । हालै सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली फेरि अस्वस्थ भएका हुन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली अस्वस्थ भएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि बिहीबार बस्ने भनिएको पार्टीको सचिवालय बैठक बस्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। स्थगित बैठक शुक्रबार ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीको हालै सिंगापुरमा उपचार भएको थियो। तर, सिंगापुरमा भएको उपचारबारे औपचारिक जानकारी भने दिइएको छैन । स्वदेश फर्केपछि प्रधानमन्त्री ओली स्वयमले ट्वीटरमाफर्त आफू ठिक रहेको जानकारी दिएका थिए । उनको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनको नियमित स्वास्थ्य परीक्षण हुँदै आएको छ । सरकारले भने प्रधानमन्त्रीको स्वास्थ्यबारे औपचारिक जानकारी दिएको छैन ।
एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर हेटौँडा । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ। नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो। उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले राससलाई जानकारी दिए। सो कार्यालयले एक वर्ष कैद र १० हजार जरिवानासहित मुद्दा दायर गरेको बताएको छ। यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरुको अनुगमन र निरीक्षण गर्दा एक दर्जनभन्दा बढी पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा कैफियत देखिएकाले समेत कारवाही गरेको सो कार्यालय जनाएको छ। पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा तौलमा ठगी गरेको पाइएपछि कारवाही गरिएको प्रमुख यादवको भनाइ छ। रासस
१०० भन्दा बढी यात्रु बोकेर उडेको विमान आकस्मिक अवतरण काठमाडौँ । मस्कोको विमानस्थलमा बिहीबार एक विमानले आकस्मिक अवतरण गरेको छ। उडिरहेको विमानमा समस्या आएपछि आकस्मिक अवतरण गरेको विमानमा रहेका सबै यात्रु सकुशल रहेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ। एक सय भन्दा बढी यात्रु सवार रहेको यो विमान मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सबै यात्रुलाई उद्धार गरिएको जनाइएको छ। यस समाचारको विस्तृत विवरण आउन बाँकी छ । रासस
प्रधानमन्त्री मर्माहत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका हुन् । यस्तो छ प्रधानमन्त्रीको ट्विट वरिष्ठ साहित्य साधक, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले मर्माहत भएको छु । नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ । स्वर्गीय दीक्षित प्रति भावपूर्ण श्रद्धञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । — KP Sharma Oli (@PM_Nepal) August 15, 2019 प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । आज बिहान स्वर्गिय भएका ९७ वर्षीय दीक्षितको शव अहिले कमलपोखरीस्थित हिमाल अस्पतालमा राखिएको छ। उनको शवलाई अन्त्येष्टिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राख्न परामर्श भइरहेको छ। त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति हुन् । रासस
गोसाइँकुण्ड स्नान गर्न गएका युवकको लेक लागेर मृत्यु रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ। जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो। समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो। शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिए । रासस
आज देशभर जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ। यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले हामीलाई जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो। वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ। जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। काठमाडौँ को उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ। यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन्। रासस
नियन्त्रित लागूऔषधसहित ४ जना पक्राउ काठमाडौं । रुपन्देही, बुटवल उपमहानगरपालिका ४ ट्राफिक चोकबाट स्याङजा मल्याङकोट गाउँपालिका ४ बस्ने २२ वर्षीय प्रदिप शाही र सोही ठाउँ बस्ने २७ वर्षीय रामचन्द्र गिरीलाई नियन्त्रित लागूऔषध नाट्राजेपाम १ सय ट्याब्लेट सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। तनहुँ, शुक्लागण्डकी नगरपालिका ६ स्थित खैरेनीटारबाट सोही ठाउँ बस्नेहरु ३५ वर्षीय राजन गुरुङ र ३७ वर्षीय शिव श्रेष्ठलाई डाईजेपाम २१ एम्पुल, फेनारागन २१ एम्पुल र नुरफिन २१ एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रवी लामिछानेमाथि गम्भीर आरोप (मर्नुअघिको भिडियो) काठमाडौं। गएको साउन २० गते चितवनको एक होटलमामा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक भएको छ। नेपाल आज यूट्युबमा अपलोड गरिएको भिडियोमा मृतक पत्रकार पुडासैनीले आत्महत्याको कारण न्यूज ट्वान्टीफोरका अर्का पत्रकार रवी लामिछाने हो भनेका छन्। उनले न्यूज ट्वान्टी फोरमै कार्यरत अर्का युवराज कँडेल र एक युवतीमाथि पनि गम्भीर आरोप लगाएका छन्। मर्नु अघिको भिडियो दावी गरिएको सो भिडियोमा पुडासैनीले ऋणले आफु डिप्रेसनमा परेकोसमेत उल्लेख गरेका छन् । भिडियो होटलको कोठामा खिचिएको जस्दो देखिएको छ भने उनी रोइरहेका पनि छन्। उनले रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेका छन्।
सुदूरपश्चिममा बिहीबार सार्वजनिक बिदा धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबारप्रकाशित सूचनामा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने जनाइएको छ । यसअघि साउन ८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार, भदौ १५ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १० गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र माघ १ गते ९माघे सङ्क्रान्ति०मा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिममा सदियौैैँदेखि मनाइँदै आएको मौलिक सांस्कृतिक गौरा पर्वको बिदाका विषयमा भने प्रदेश सरकारले कुनै निर्णय नगरेकोप्रति स्थानीयको गुनासो बढेको छ । गौरा पर्वमा यसअघि विगतका वर्षमा सङ्घीय सरकारले गौरापर्व मनाइने क्षेत्रमा एक दिन सार्वजनिक बिदा दिने गरेको थियो । सांस्कृतिक पर्व गौरा र ‘ओल्के पर्व’मा बिदा दिने वा नदिने विषयमा सरकार अनिर्णित हुँदा मौलिक संस्कृतिको संरक्षण सम्वद्र्धनप्रति उदासिनता देखाइएको प्राध्यापक लेखराज ओझाले गुनासो गरे। रासस
भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ : प्रदीप गिरी काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा सांसद गिरीले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफपल भइरहँदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल–भारत सीमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे। उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए । नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपुर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहलकदमी गर्न उनले आग्रह गरे। उनले भने, ‘विपक्षमा रहेर कहिल्यै पनि त्यस्ता मागलाई उठाउनु हुँदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन । सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो ।’ नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठूलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए। उनले विशेषज्ञहरुका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू–भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भइरहेको दाबी उनले गरे। त्यसैगरी सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक वहाव रोकिने गरि संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्षेनी ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै उनले सीमा विवाद सुल्झाई अतिक्रमण रोक्नु पर्नेमा जोड दिए । नेपाल भारत सीमाविवाद, अतिक्रमण तथा डुबान लगायत समस्या बारेको छलफलमा समिति सदस्यहरुले तत्काल कुटनीतिक पहल गरि डुबान लगायत समस्याको दीर्घकालिन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
‘नेपाल–भारत सिमाना, तराई डुबानको समाधानका लागि कुटनीतिक पहल आवश्यक’ काठमाडौं। गृहसचिव प्रेम कुमार राईलेले नेपाल भारतबीचको सिमाना, तटबन्ध तथा तराई मधेश डुबान समस्याको दीर्घकालीन समाधानका लागि कुटनीतिक पहल गरिनुपर्ने बताएका छन्। संघीय संसद अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा गृहसचिव राईले तराई –मधेश डुबान– बाढी तथा नेपाल भारत सीमावर्ती बाँध सम्बन्धमा दीर्घकालीन समाधान खोज्नका लागि उच्चस्तरमा कुटनीतिक पहल गरिनुपर्ने बताएका हुन्। रौतहटको इसान नगरमा भारतले बनाएको सिमावर्ती सडक एकातर्फी रुपमा ५ फिट सम्म उचाई बढाउने काम भएको र त्यसबारे आफूहरुले चासो राख्दा मर्मत गरेको भनी परराष्ट्र मन्त्रालयबाट पनि सामान्य रुपमा लिने काम भएको गुनासो उनले गरे। गृहसचिव राईले तराई मधेसमा बर्षेनी हुने डुबान र बाढीको समस्या मुलतः भारततर्फबाट सीमा क्षेत्रमा निर्माण तटबन्धकै कारणले हुने गरेको बताए। त्यसैगरी नेपाल तर्फको तटबन्ध गुणस्तरीय नहुनु, तटबन्ध निर्माणको प्राविधिक पक्ष कमजोर हुनु तथा चुरेको दोहन बढ्दै जानुको कारणले पनि बाढीको समस्या बढाएको उनको तर्क थियो। अहिले सम्पूर्ण अधिकार स्थानीय सरकारमा गएको र बालुवा, गिटी निकासीका लागि उनीहरुले नै अनुमति दिने भएकाले संघले अनुगमन पनि गर्न नमिलेको भन्दै चुरेको दोहनमा तत्काल कडाई नगरे भविश्यमा झन ठूलो क्षति व्यहोर्नुपर्ने बताए। नेपाल तर्फको तटबन्ध गुणस्तरीय नहुनु, तटबन्ध निर्माणको प्राविधिक पक्ष कमजोर हुनु तथा चुरेको दोहन बढ्दै जानुको कारणले पनि बाढीको समस्या बढाएको  तर्क उनले भारतसँगको सिमास्तम्भ समयमै मर्मत गर्न नसकिएको तथा बाढीले बगाएको लामो समय सम्म पनि ती स्थानमा सिमा स्तम्भ बनाउन नसकिएको स्वीकार गरे। गृहसचिव राईले तराईका बाढी प्रभावितका लागि गरिने उद्धार, राहत र पुर्ननिर्माण तथा पुनस्थापनाको काममा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसकेको गुनासो गरे। परराष्ट्र सचिव शंकर दास बैरागीले सिमा क्षेत्रमा हुने डुबान समस्या हेर्नका लागि दुई देशका प्रतिनिधि सम्मिलित स्थायी प्रकृतिको संयन्त्र नै बनेको र सो संयन्त्रले दिएको प्रतिवेदनकाका आधारमा सुझाव कार्यान्वयनका लागि लेखेर पठाइएको जानकारी गराए। सुस्ता र कालापानी लगायतका सीमा हेर्नका लागि प्रबुद्ध व्यक्तिहरुको समूहनै गठन गरिएकाले सो समूहले दुवै सरकारलाई प्रतिवेदन बुझाएपछि मात्रै त्यसबारे निर्णयमा पुग्न सकिने बताए। उनले दुई देशबीचको सीमा समस्या भने राजनीतिक, परराष्ट्र, सीमा सुरक्षाको विषयमा गृहमन्त्रालय र प्राविधिक पक्ष नापी विभागबाट गरी संयुक्त रुपमा समाधान खोजिनुपर्ने बताए। सीमा सम्बन्धी सम्पुर्ण समस्या समाधान नसुल्झेसम्म सिमा सम्बन्धी तयार भएका दस्तावेजमा पनि हस्ताक्षर गर्न नहुने भनेर रोकेको उनले जानकारी दिए। शसस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायण बाबु थापाले जनशक्ति पर्याप्त नभएकाले भारतीय सिमा सुरक्षा बलको अनुपातमा नेपाल तर्फबाट तैनाथी व्यापक पार्न नसकिएको बताए। उनले सीमा सुरक्षा बलले साढे २ किलोमिटर भन्दा पनि कम दूरीमा पोष्टहरु निर्माण गरेर सीमा अनुगमन गर्ने गरेको भएपनि नेपाल तर्फका ८७ स्थायी र १ सय ९ वटा आउटपोष्ट बोर्डर मात्रै तैनाथ गरिएको जानकारी दिए।  समितिले तराई बाँध डुबान बाढी समस्या तथा नेपाल भारत सीमावर्ती बाँधका सम्बन्धमा गृह, परराष्ट्र, शसस्त्र प्रहरी बल तथा नापी विभागसँग छलफल गरेको हो।
भक्तपुरको सूर्यविनायकका ८ हजार गाँजाका बोट फडानी भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए । स्थानीय बासिन्दाको घर करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौँ बोट गाँजा फडानी गरी नष्ट गरेको हो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको उनले बताए । गत आइतबार पनि प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुन्डु नयाँबस्तीमा रहेको चार हजार २०० गाँजाका बोट नष्ट गरेको थियो। रासस
झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–२ मा ज्याला मजदुरी काम गर्ने धनकुटा पात्लेखोला घर भएका २३ वर्षीय सन्तोष तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
घुस मागेको अभियोगमा मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका सिरहाका इञ्जिनीयर जगदीशप्रसाद साह र सवइञ्जिनीयर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज बनाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै डिभिजन सडक कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेलविरुद्ध समेत विशेष अदालतमा आयोगले सोमबार मुद्दा दायर गरेको छ । सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिए वापत रु एक लाख ७५ हजार घुस मागेको आरोप पौडेलमाथि लागेको छ । त्यस्तै आयोगले सशस्त्र प्रहरी बल नं ४ गण इनरुवाका सशस्त्र प्रहरी जवान बलराम यादवविरुद्ध पनि सोमबारै विशेष अदालतमा मुद्दा दायर गरेको छ । व्यापार व्यवसाय सहज बनाइदिने भन्दै सेवाग्राहीसँग यादवले रु एक लाख ५० हजार घुस मागेको आरोप लागेको छ । यसैगरी आयोगले रामनगर नगरपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कन गरिदिने र भुक्तानी सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस मागेको आरोप इञ्जिनीयर यादवमाथि लागेको छ । आरोपी यादवलाई बिगो अनुसारको जरिवाना र कैद सजायको माग गरिएको आयोगले जनाएको छ ।
तीन देशका गैरआवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एक आवासीयसहित तीन गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा ओहोदाका प्रमाणपत्र बुझाउनेमा नेपालका लागि रुसका आवासीय राजदूत अलेक्सी ए नोभिकोभ तथा गैरआवासीय राजदूत लक्जम्बर्गका जँ क्लाउड कुगेनर, गणतन्त्र लिथुआनियाका युलियस प्रनेभिएस र कुवेतका जसेम इब्राहिम जेएम अल्नाजेम थिए। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
भ्रष्टाचार नियन्त्रण गर्न नेता नेपालको ध्यानाकर्षण काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्। वरिष्ठ नेता नेपालले युवाहरुलाई उद्यमशील बनाउन पनि प्रोत्साहनको नीति लिन सरकारलाई सुझाव दिए। सोमबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन’ को उद्घाटन गर्दै उनले बजेटको ठूलो हिँस्सा भ्रष्टाचार हुने गरेकाले मुलुक अघि बढन नसकेको उल्लेख गर्दै त्यसलाई नियन्त्रणका गर्न सरकार गम्भिर हुनुपर्ने स्पष्ट पारे। वरिष्ठ नेता नेपालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न, उत्पादन वृद्धि गरेर आम्दानी बढाउने कुराको उचित व्यवस्था सरकारले गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले युवा उद्यम विकासका लागि सरकारले आवश्यक लगानीको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए। उनले रोजगारीको अवसर सृजना गर्ने, उत्पादन वृद्धि गर्ने र मुलुकको आयातलाई प्रतिस्थापन गरेर अघि बढने सरकारको नीति रहेको पनि बताए। अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक वृद्धिका लागि सरकारले कृषि उद्योगलाई पहिलो प्राथमिकता राखेको पनि स्पष्ट पारे।
काँग्रेस नेता सिंह ८ दिनपछि डिस्चार्ज काठमाडौं। अस्वस्थ भएपछि राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सोमबार ८ दिनपछि डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको उनी निकट विद्यार्थी नेता यूपी लामिछानेले जानकारी दिए। गत सोमबार दिउँसो स्वास्थ्यमा समस्या भएपछि सिंह उपचारका लागि मेडिसिटी अस्पताल भर्ना भएका थिए। सिंहको उपचारमा डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टोली सहभागि थियो ।अझै केही दिन घरमै पूर्ण आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमाम संलग्न चिकित्सकहरु को टिम , अस्पताल ब्यवस्थापन , आफ्नो स्वास्थप्रति चासो राख्ने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तक पार्टीका नेता कार्यकर्ता, प्रेस संचारकर्मी सबै प्रति हार्दिक आभार व्यक्त गरेका छन् । घर फर्के पनि केही दिन आराम गरेर पार्टीको काम मा फर्कने उनले बताएका छन्। ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंह अस्पताल भर्ना भएका थिए।
‘तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग’ ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग भइरहेको बताएका छन्। फोर एच नेपालको संयोजनमा सोमबार ललितपुरमा आयोजित ‘एशियाली कृषि सम्मेलन तथा प्रदर्शनी २०१९’ का अवसरमा कृषिमन्त्री खनालले नेपालसँग हालसम्म यूरिया मल उत्पादन गर्ने क्षमता विकास नभएको र सो मल उत्पादन गर्न रु एक खर्ब नौ लाख खर्च गर्नुपर्ने बताए। उनले चालू आव २०७६÷७७ मा रासायनिक मल खरीदका लागि मन्त्रालयले रु १६ करोड बजेट विनियोजन गरिसकेको जानकारी दिए। नेपालमा सात लाख मेट्रिकटन रासायनिक मल प्रयोग हुने उनको भनाइ छ । उनले भने, “हाल नेपालको ४२ प्रतिशत जमीन बाँझो रहेकाले त्यसलाई प्रयोगमा ल्याउन युवा लक्षित कार्यक्रम अघि बढाएका छौँ ।” यसैगरी कृषि मन्त्रालयले नेपालमा उत्पादन हुने तरकारी र फलफूलमा प्रयोग भएका विषादीको जाँचका लागि रु १५ करोड बजेटसहित तीन प्रयोगशाला स्थापना गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए। मन्त्रालयका अनुसार नेपालले विसं २०७१ देखि तरकारी र फलफूलमा प्रयोग भएका विषादीको परीक्षण गर्न शुरुआत गरेको हो । नेपालमा हाल १६९ विषादी प्रयोग हुने गरेका छन् । नेपालको तराई क्षेत्रमा बढी विषादीको प्रयोग भएका तरकारी उत्पादन भएको बताइन्छ । चालू आवमा मन्त्रालयले कृषिमा युवा कार्यक्रमलाई अघि बढाउन रु ५० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले सो परियोजनामार्फत हाल नेपालमा रहेका ६६ प्रतिशत किसानलाई २५ प्रतिशतमा झारेर बाँकीलाई अन्य काममा लगाउने योजना अघि सारेको मन्त्री खनालले बताए। प्रतिनिधिसभा, कृषि ,सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले समितिले किसानले उत्पादन गरेका अन्न उनीहरु आफैले खान पाउनुपर्ने नीति बनाउन लागि परेका जानकारी दिइन्। उनले भनिन्, “नेपालमा कृषिको वृहत सम्भावना रहेकाले युवालाई यसमा आत्मनिर्भर भएर राज्यसँग रोजगार प्राप्तिमा परनिर्भर बनाउँदै लानुपर्छ ।” ललितपुर महानगरपालिकाका उपप्रमुख गिता सत्यालले सरकारले कृषिमा युवालाई आकर्षित गराउन भूमि नीति बनाउनु जरुरी रहेको औँल्याइन्। उनले भनिन्, “शिक्षित युवाले आधुनिक कृषिको विधि अपनाएर अघि बढेमा विषादी प्रयोग भएका तरकारी र फलफूल आयातमा रोक लाग्ने थियो ।” नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नारायणप्रकाश साउदले नेपाललाई कृषिका माध्यमबाट अघि बढाउन सिँचाइ, उन्नत जातको बीउबिजन र दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए। सरकारले समयमै विषादी परीक्षणको पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उनले बताए। भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन तथा कृषि वैज्ञानिक डा अजयकुमारले नेपालका किसानलाई उपयुक्त मात्रामा विषादी प्रयोग गर्न अनुरोध गरे। रासस
भ्रष्टाचार मुद्दामा मुछिएका पूर्व नासुले गरे आत्महत्या काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा खेपिरहेका एकजना पूर्व नायब सुब्बाले आत्महत्या गरेका छन्। मालपोत कार्यालय कलंकी काठमाडौंमा रहँदा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा चलाएका हरिप्रसाद आचार्यले आत्महत्या गरेका हुन् । उदयपुरको शिखरखुट्टे जंगलमा पूर्व नासु आचार्यको शव झण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी हरिकृष्ण केसीले जानकारी दिए। मृतक आचार्यका परिवारले उनी हराएको सूचना प्रहरीलाई दिएको थियो। हराएको सूचना पाएपछि खोजी गरेको प्रहरीले उनलाई मृत अवस्थामा पारेको हो। आचार्यको सोमबार पोष्टमार्टम भइसकेको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका एक अधिकारीले आचार्यको शवसँगै दुई पानाको सुसाइड नोटसमेत फेला परेको बताए। उनले सुसाईडको सबै कुरा नबताए पनि आफुलाई झुटो मुद्दामा फसाइएको उल्लेख गरेको डिसी नेपाललाई जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक बाडभन्ज्याङ गाविस–३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा उनीसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। यसरी भ्रष्टाचार आरोपमा मुछिएका व्यक्तिले आत्महत्या गरेको यो तेस्रो घटना हो। यसअघि त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक रामबहादुर पाण्डे, पूर्व नासु युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका थिए। यद्यपी श्रेष्ठको मृत्युलाई शंकास्दप भन्दै छानविन गर्नसमेत माग गरिएको थियो।
आज साउनको अन्तिम सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । आज (सोमबार) बिहानैबाट काठमाडौंको पुशपतिनाथ, धरानस्थित पिण्डेश्वरधाम, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाट, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयमा भक्तजनको घुइँचो लागिरहेको छ । साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्ने परम्परा रहँदै आएको छ । साउने सोमबार दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। त्रेतायुगमा माता पार्वतीले साउन महिनामा सोमबारको ब्रत बसेर भगवान शिवलाई वरको रुपमा प्राप्त गरेको शिवपुराणमा उल्लेख छ।
आज मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद, देशभरका मस्जिदमा घुईँचो काठमाडौँ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान ९बलि० दिने विधान रहेको बताउँछन् । “बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ”, उनले भने । घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सोमबार बिहान ८ बजे नै नमाज पढ्ने कार्यक्रम छ । यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन्। हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिए, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने। मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन्। जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सरेका थिए । यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उनले भने । इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि (कुर्वान) दिनुपर्ने धार्मिक विधान छ। रासस
अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको आरोपमा बालुवाटारबाट एक जना पक्राउ काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित कोठामा बस्दै आएका चितवन भरतपुरका ३६ वर्षीय नसिव तामाङलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा बिहीबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले कल बाईपास गरिरहेको अवस्थामा तामाङलाई पक्राउ गरेको हो। तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे २ थान, ल्याप्टप १ थान, राउटर १ थान, मोबाइल १ थान, नेपाल टेलिकम तथा एनसेलका सिमकार्ड ३० थान र नोटबुक १ थान बरामद गरेको छ। अनुसन्धानको क्रममा तामाङ २०७२ जेठ १९ गते भिओआइपी उपकरण सहित टोखा नगरपालिका-७ धापासी, काठमाडौंबाट पक्राउ परी १ वर्ष कैद सजाय भुक्तान पश्चात छुटेको खुल्न आएको छ। निजले उक्त पेशालाई छिटो आम्दानीको रुपमा हेरी पुन अवैध क्रियाकलापमा लागेको, उपत्यका बाहिर संचालन गर्ने योजना रहेको तथा विदेशी कल क्यारिअरसँग समन्वय गरी भिओआइपी सञ्चालन गरेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त ब्यूरोले जनाएको छ।
कैद भुक्तानीपछि पुनः कल बाइपासमा… काठमाडौँ । कल बाइपासमा अदालतले तोकेको कैद भुक्तानी गरेका व्यक्ति पुनः सोही गैरकानूनी कार्यमा सङ्लग्न भएको पाइएको छ। चितवनको भरतपुर महानगरपालिका–१८ घर भई काठमाडौँको बालुवाटार बस्दै आएका ३६ वर्षीय नसिव तामाङ पक्राउ परेपछि उक्त रहस्य खुलेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार तामाङ कल बाइपास गरेको अरोपमा विसं २०७२ मा समेत पक्राउ परेका थिए। अदालतले उनलाई एक वर्षको कैद सजाय सुनाएको थियो। तोकिएको सजाय भुक्तान गरी उनी पुनः सोही गैरकानूनी धन्दामा लागेको फेला परेको हो। गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–४ टुसालबाट तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। तामाङको साथबाट कल बाइपासमा प्रयोग गरिने विभिन्न उपकरण बरामद गरिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडाैँबाट सात दिनको म्याद लिई तामााङबारे अनुसन्धान थालिएको सिआइबीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रहरीले अहिलेसम्म यसरी कल बाइपास गर्ने ११० नेपाली तथा ६७ विदेशी नागरिकलाई पक्राउ गरी मुद्दा चलाउनुका साथै उनीहरूसँग रु १२ अर्ब बिगो मागदाबीसमेत गरेको छ।
बालिकाको उपचारार्थ सहयोग हस्तान्तरण संखुवासभा । संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले संखुवासभा भोटखोलाकी ९ महिनाकी बालिकाको उपचारार्थ सहयोग प्रदान गरेको छ। कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले कोरियामा नै कार्यरत पेम्बा नुर्वु भोटेकी छोरी मिक्मा चिप्पा भोटेको सहयोगार्थ अभियान चालिएको थियो। संखुवासभा सम्पर्क परिवारले संकलन गरेको एक लाख ३३ हजार ३ सय रुपैयाँ विरामीको बुवा पेम्बा नुर्वु भोटेलाई संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)का अध्यक्ष हेमन्त गौतम र संस्थाका उपाध्यक्ष गिन्दिन लामाले आइतबार हस्तान्तरण गरे। सहयोग हस्तान्तरण कार्यक्रममा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका संस्थापक अध्यक्ष गणेश घिमिरे, पूर्व अध्यक्षहरु भूपाल बस्नेत, रेखे गुरुङ, एसकाजका महासचिव उद्वव भट्टराई, कोषाध्यक्ष द्वारिका काफ्लेलगायतको उपस्थिति रहेको थियो। कलिलो उमेरमा उपचार तथा प्रत्यारोपण गर्न असहजिलो हुने भएकाले छोरीको दिल्ली र नेपालमा उपचार गराइरहेको बुवा भोटेले जानकारी दिए। बालमैत्री अस्पताल महाराजगञ्ज उपचार गराइरहेकी छोरीका लागि दक्षिण कोरियामा रहेका संखुवासभाली तथा अरु नेपालीहरुद्धारा आफ्नै छोरी सम्झेर सहयोग गरेको प्रति आभार व्यक्त गर्दै बुबा भोटेले छोरीको उपचारमा कुनै कसुर बाँकी नराख्ने बताए। उनी आफै दक्षिण कोरियामा कार्यरत भएकाले आफूले पाएको केही रकम भोटखोला गाउँपालिकाकै अर्का विरामीलाई सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए। चिकित्सकहरुले कलिलो उमेरमा छोरीको कलेजो प्रत्यारोपण गर्न नसकिरहेको उनको भनाई थियो। संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका उपाध्यक्ष गिन्दिन लामाले समस्यामा परेका संखुवासभालीका लागि सहयोग जुटाउन संस्थाले अभियान चलाएको जनाउँदै विरामी छोरीको स्वास्थ्य लाभको कामना गरे। संस्थापक अध्यक्ष गणेश घिमिरे, एसकाजका अध्यक्ष हेमन्त गौतमले सहयोगी मनलाई धन्यवाद दिदैं विरामी छोरीको छिटो स्वास्थ्य लाभको कामना गरे।
नेपाली काँग्रेसको निर्देशिका पारित काठमाडौं । नेपाली काँग्रेसले पार्टीको निर्देशिका पारित गरेको छ। नेपाली काँग्रेसको आईतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका सर्वसम्मतिले पारित गरेको हो। साविकको कार्य समितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि संघीय ढाँचा अनुसारको कार्य समिति गठन हुने गरी पार्टीको निर्देशिका पारित गरिएको काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन प्रणालीले प्रतिनिधि खटाउनेछ। सहमहामन्त्री महतले भदौ २० गते भित्र प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्रीय कार्य समिति समायोजन गरी सक्ने र कार्तिक महिनाभित्रै सबै कार्य समिति समायोजन गरी सक्ने निर्णय पनि गरिएको बताए। नेपाली काँग्रेसले निर्वाचनमार्फत सबै कार्य समिति निर्माण गर्न समस्या भएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि साविककै समितिहरुलाई मिलाएर समायोजना गर्ने गरी निर्देशिका बनाएको हो। यस्ता छन् बैठकका निर्णयहरु १. नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ। यस निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइनेछ। २. नेपाली कांग्रेस पार्टीका तर्फबाट खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका वडा नं १ को खुला वडा सदस्य पदमा निर्वाचित बैजनाथ रिजाल २०७६ साल अषाढ २० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरी नेपाली कांग्रेस पार्टी परित्याग गरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम निज निर्वाचित भएको वडा सदस्य पद स्वतः रिक्त हुने भएकोले, सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गर्दछ। ३. इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल जोहा’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि कार्यसमितिको यो बैठक शुभकामना प्रकट गर्दछ। ४. विगत केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना भएका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्य लाभको यो बैठक कामना गर्दछ। ५. सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस श्रावण २४ धादिङको वेनीघाट नजिक त्रिुशली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु वेपत्ता तथा गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यसमितिको यो बैठक गहिरो दुःख प्रकट गर्दछ। साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्दछ। केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ श्रावण २९ गते दिउँसो १ बजे पुनः बस्ने जनाइएको छ।
ह्वासिङ सिमेन्टलाई जग्गा भाडामा दिने सम्झौता गैरकानूनी भएको संसदीय समितिको ठहर काठमाडौं। संसदीय समितिले ह्वासिङ सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौंता गैरकानुनी भएको ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग सो कम्पनीले ५० वर्षसम्म जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको हो । चिनिया लगानीमा निर्माणाधिन सो सिमेन्ट कम्पनीले स्थानीय गाउँपालिकासँग जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको भेटिएपछि रद्द गर्न निर्देशन दिइएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। सो सिमेन्ट उद्योगको विवाद समाधानका लागि समितिले गठन गरेको सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले पेश गरेको स्थलगत अध्ययन प्रतिवेदनलाई आधार बनाएर समितिले स्थानीय तहसँग सो सिमेन्ट कम्पनीले गरेको जग्गाको सम्झौता खारेज निर्देशन दिएको छ । त्यसैगरी समितिले सो उद्योगका लागि सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन गरेर मात्रै अघि बढाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकले स्थानीय जनतालाई जग्गाको मुआब्जा दिएर मात्रै विद्युत प्रशारण लाईनको व्यवस्था गर्न पनि सो सिमेन्ट कम्पनीलाई निर्देश गरेको छ । १४ अर्व ४० करोड लगानीमा निर्माण भईरहेको सो सिमेन्ट कम्पनीले स्थानीयको गुनासोलाई बेवास्ता गर्दै सडक निर्माण र विद्युत प्रशारण लाईनको काम अघि बढाएको थियो । बैठकमा उद्योग सचिव यामकुमारी खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सो सिमेन्ट कम्पनीलाई सर्तानुसार काम नगरे कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। उद्योग सचिव खतिवडाले सो सिमेन्ट कम्पनीले उद्योग दर्ताको सर्त अनुसार काम गरे÷नगरेको कडा निगरानी राख्ने प्रतिवद्धता व्यक्त गरिन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले स्थानीय जनताको गुनासोलाई सम्बोधन नगरी सो सिमेन्ट कम्पनीले काम गरेको पाइए कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरे । लगानी बोर्ड ऐन अनुसार नेपालमा सहज, सुलभ र गुणस्तरीय सिमेन्ट उत्पादन गरी निर्यात गर्ने गरी सो सिमेन्ट उद्योग स्थापना गर्न सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको हो ।
नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या काठमाडौँ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन्। प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् । आव २०७५/७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउँछन् । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ। आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ । आव २०७४/ ७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए । काठमाडौँ उपत्यकामा आव २०७५/७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४/०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए। रासस
भोलि इस्लाम धर्मावलम्बीको महान चाड बकरिद विराटनगर । इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ। बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्। यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन् । रासस
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौँ । मनसुनको न्यून चापिय रेखा औसतभन्दा केही दक्षिणतर्फ सरेकाले केही दिन भारी वर्षाको सम्भावना नरहेपनि आज देशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमका स्थानहरुमा सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र एक दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ। महाशाखाले निकालेको तीन दिनको मौषम पूर्वानुमान तालिका अनुसार अब केही दिनमा न्यून चापिय रेखा नेपाल तर्फ आउने भएकाले केही दिन लगातार जसो वर्षा हुन सक्ने छ ।
स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ चोरी, एक पक्राउ काठमाडौं । स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरेको अभियोगमा ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका ३ खजुराका ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका २५ भैंसेपाटी बस्ने ३० वर्षीय शिबराम आले मगरको स्कुटरको डिक्कीमा रहेको उक्त नगद साउन २० गते राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी गरेको रकममध्ये नगद ८९ हजार रुपैयाँ र मोवाईल २ थान सहित खत्रीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ। खत्रीलाई थप अनुसन्धान एवम् कारबाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ।
सदस्य पाठकद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रको अनुगमन डोटी । रेडियो प्रसार सेवा विकास समितिका सदस्य दीपक पाठकले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगम गरेका छन्। शनिवार दिपायल पुगेका पाठकले रेडियो नेपालको अनुगमन गरेका हुन्। उनले रेडियोका सम्पूर्ण सामग्री, स्टुडियोलगायत कर्मचारीहरुसंग बसेर रेडियोका बारेमा छलफल समेत गरेका छन्। आगामी दिनमा प्रदेशको संरचना अनुसार रेडियो नेपाललाई अगाडी बढाई रहेको समेत पाठकले बताए। त्यस्तै शुक्रबार समितिका सदस्य पाठकले धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला मन्त्री प्रकाश शाह र भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरासंग भेटघाट गरेका छन्। भेटघाटमा क्रममा अहिले तत्काल रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण दिपायल कार्यालयको लागि धनगढीमा सम्पर्क कार्यालय उपलब्ध गराउने आश्वासन दिएको सदस्य पाठकले बताए। प्रदेशको स्थायी संरचना बनेपछि रेडियो नेपाललाई सुबिधा सम्पन्न भवन उपलब्ध गराउने समेत आश्वासन दिएको पाठकले बताए। प्रदेश सरकारले आर्थिक, भौतिकलगायतका आवश्यक सहयोग गर्न तयार रहेको आश्वासन दिएको समेत पाठकले बताए। विस २०४७ साल चैत्र २० गते रेडियो नेपाल दिपायलको स्थापना भएको हो। नेपाल सरकार र जापान सरकारको संयुक्त सहयोगमा मिडियम वेभ प्रसारण प्रणाली बिधिवत रुपमा पूर्व प्रधानमन्त्री स्व.गिरीजा प्रसाद कोइरालाले बिक्रम सम्वत २०५० साल मंसिर २८ गते उद्घाटन गरेका हुन्। रेडियो नेपाल दिपायल मिडियम वेभ ८१० किलोहर्जका साथै बैतडीको खोड्पे एफएम र दार्चुला छापडी एफएम व्याण्डको ९८ मेगाहर्ज साथै कैलालीको बुढीतोला एफएम व्याण्डको १०३ मेगाहर्जमा पनि सुन्न सकिने रेडियो नेपालले जनाएको छ। रेडियोको प्रसारण सेवा सुदूरपश्चिमका डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, बैतडी दार्चुला र डडेल्धुरा जिल्लामा रहेको रेडियो नेपाल दिपालयका प्रमुख वौएलाल चौधरीले बताए। मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपालले हाल २१ भाषाहरूमा समाचार र १८ भाषाहरूमा कार्यक्रम प्रसारण गर्दै आइरहेको छ।
अवैध लागूऔषध सहित ६ जना पक्राउ काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका १ घुमाउने भन्ने स्थानबाट तेह्रथुम लालिगुराँस नगरपालिका २ बस्ने २० वर्षीय सुजित भण्डारी समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले को १७ प १०६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। बाँके, नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ३‍‍.३ मिलीग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० खजुरा बस्ने २८ वर्षीय भुबन बिक र १९ वर्षीय अशोक सोनीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। सीमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले रुपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। नवलपरासी (पूर्व), कावासोती नगरपालिका १६ कोल्हुवा चोकबाट चितवन भरतपुर महानगरपालिका बस्ने २३ वर्षीय अर्जुनकुमार क्षेत्रीलाई नियन्त्रित लागूऔषध डाइजेपाम २५ एम्पुल, नुर्फिन २५ एम्पुल र फेनारगन २५ एम्पुलसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले म १ ख ८११ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका ८ फुलबारीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय ५८ एम्पुल, नुर्फिन २ सय ५८ एम्पुल र फेनारगन २ सय ५८ एम्पुलसहित कास्की लेखनाथ नगरपालिका १८ बस्ने २० वर्षीय कृष्ण गुरुङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ८६९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
महिलाको घाँटीबाट सिक्री थुत्ने गिरोह प्रहरी फन्दामा काठमाडौं । विगत केही समयदेखि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकलमा सवार व्यक्तिहरूले पैदल हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री तानेर लुटी फरार भएका घटना सार्वजनिक हुँदै आएका छन्। त्यस्तै घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौं बसुन्धरा तथा ललितपुरबाट शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका २ सपनातीर्थ डेरा गरी बस्ने वुढानिलकण्ठ चपली ७ का ३९ वर्षीय टमबहादुर सुनुवार, ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने रामेछापका २४ वर्षीय टलकबहादुर रायमाझी र ललितपुर बालकुमारीस्थित सुन पसलमा काम गर्ने भारत पश्चिम वंगाल घर भएका ३५ वर्षीय देवासिस दोलही रहेका छन्। पीडितबाट लुटिएका सिक्रीको बिक्रीबाट आएको २ लाख ५० हजार ५ सय रुपैयाँ, लुटपाटमा प्रयोग भएको बा २९ प ७२७६ नम्बरको मोटरसाइकल, सुनजस्तो देखिने सिक्री १ थान, सुन जोख्न प्रयोग गरिने तौल मेशिन १ थान, मोवाईल ५ थान र लुटपाटमा प्रयोग गरिने कपडा तथा हेलमेटहरू समेत अभियुक्त टमबहादुरको कोठाबाट प्रहरीले बरामद गरेको छ। उनीहरूले १० जना भन्दा बढी महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्रीहरू विभिन्न मितिमा लुटी विक्री गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ। पक्राउ परेकामध्ये टमबहादुर र टलकबहादुर विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। साथै लुटपाट घटनामा संलग्न हुनसक्ने अन्य व्यक्ति तथा घटनाका सम्बन्धमा उक्त परिसरबाट थप अनुसन्धान भइरहेको छ।
एउटा शिक्षकका भरमा विद्यालय पाल्पा । तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ। विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ । चालू शैक्षिक सत्रमा छ विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । उनीहरुमध्ये चार विद्यार्थी एकै परिवारका तथा बाँकी दुई छुट्टाछुट्टै परिवारका हुन् । विद्यार्थी नियमित नआउँदा दश दिनभन्दा बढी पढाइ नहुने सो विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढकाल बताउँछन् । “बस्ती पातलिँदै गएको छ, गरीब तथा विपन्न परिवारको मात्र बसोबास छ, विद्यालय जानुपर्छ भन्ने मानसिकता अभिभावक र विद्यार्थीमा छैन”, उनले भने । विद्यालय जानेभन्दा उनीहरु दाउरा खोजेर सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा आसपासका होटलमा बिक्री गर्न जाने गरेका छन्। विद्यार्थी सङ्ख्या घटदै गएपछि तथा विद्यार्थी नियमित विद्यालय आउन छाडेपछि सहायक प्रधानाध्यापकका रुपमा कार्यरत दामोदर घिमिरेले वैशाख २१ गते राजीनामा दिए । अहिले प्रधानाध्यापक ढकाल एक्लैले विद्यालय चलाएका छन् । उनी पनि राजीनामा दिने तयारीमा छन् । ढकालले २०६१ जेठ १ देखि विद्यालयमा पढाउँदै आएका छन् । “भदौ १ गतेदेखि स्थानान्तरणको प्रक्रिया अगाडि नबढे राजीनामा दिने सोच बनाएको छु”, ढकालले भने विद्यालयमा एक जना कार्यालय सहयोगी पनि छन् । हाल कक्षा १ मा एक, कक्षा २ मा दुई र कक्षा ३ मा तीन विद्यार्थी अध्ययनरत छन् । उनीहरु सबैलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा कार्यालयसहित चार कोठा छन् । भौतिक पूर्वाधारको समस्या छैन । विद्यालय बेँशीमा सञ्चालन गर्न सके विद्यार्थी सङ्ख्या बढ्ने देखिन्छ । विद्यालय स्थानान्तरणका लागि सरोकारवाला निकायले चासो दिएको पाइँदैन । गत वर्ष यहाँ तीन शिक्षक कार्यरत थिए। विद्यार्थी न्यून भएपछि सहायक प्रअ र निजी स्रोतका शिक्षकले राजीनामा दिएका हुन् । गत शैक्षिक सत्रमा १० विद्यार्थी भर्ना भएका थिए । गाउँबाट बसाइँसराइ गरेर अन्यत्र जाने क्रम बढेकाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताए । “न्यून विद्यार्थी भएका विद्यालयलाई नजिक पायक पर्ने विद्यालयमा समायोजना गरेर वा स्थानान्तरण गरेर सञ्चालन गर्न सकिन्छ”, उनले भने ।अभिभावकको जोड सकेसम्म आफ्ना नानीहरुलाई घाँसपात, मेलापात र घरधन्दामै लगाउन पाए हुन्थ्यो भन्नेमा छ। अभिभावकसँगै जङ्गलमा दाउरा खोज्ने र राजमार्गका छेउछाउका होटलमा बिक्री गर्नमै उनीहरु व्यस्त रहेको पाइन्छ। रासस
बस दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ८ पुग्यो धादिङ । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो। प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो। यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ। पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए । दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौँमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए । दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताए ।
आज साउन २५ गतेको राशिफल आज मिति २०७६ साल साउन २५ गते । तदनुसार सन् २०१९ अगस्ट १० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, दशमी, १३ः०८ उप्रान्त एकादशी तिथि शनिबार । मेष काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ। वृष साझेदारी लगानीमा फाइदा हुनेछ । आकश्मिक यात्रा गर्नुपर्नेछ। मिथुन खेलकुद प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ। कर्कट सन्तानले सुख दिनेछन् । नयाँ आम्दानी बढ्नेछ। सिंह मित्रतामा समस्या आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ। कन्या सानो यात्रा हुनेछ । काममा फेरबदल मिल्नेछ। तुला भोजनको सुख हुनेछ । छरछिमेकको सहयोग आउनेछ। वृश्चिक पारिवारिक भेटघाट बढ्नेछ । नयाँ सम्बन्ध सुरुवात हुनेछ। धनु यात्रामा सास्ती मिल्नेछ । स्वास्थ्यमा खर्च हुनेछ। मकर आम्दानीले साथ दिनेछ । भोगविलासमा खर्च हुनेछ। कुम्भ साथीभाइ भेटघाट बढ्नेछ । प्रतिष्ठितसँग सम्बन्ध रहनेछ। मीन धर्ममा रुचि जानेछ । सामाजिक काममा व्यस्त भइनेछ।
अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ८ गैरीगाउँस्थित सडकबाट पाँचथर फालेलुङ गाउँपालिका ८ ठेगाना भएका २३ वर्षीय सन्तोष लोवा र पाँचथर फिदिम नगरपालिका ९ ठेगाना भएका २१ वर्षीय सम्पन्न लावतीलाई अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम, नगद १ लाख रुपैयाँ र बा ९४ प ८०६० नम्बरको मोटरसाइकल सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। बारा, जितपुर सिमरा उपमहानगरपालिका १२ फतेपुरबाट सोही नगरपालिका १३ पोता टोल बस्ने १८ वर्षीय अरुण चौधरी समेत ३ जनालाई करिब ३० ग्राम अवैध लागूऔषध चरेश सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका १५ जंगलस्थित पूर्वपश्चिम राजमार्गबाट गोर्खा पन्द्रुङ गाउँपालिका ६ बस्ने २४ वर्षीय बुद्धि बहादुर गुरुङलाई नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, नुर्फिन २८ एम्पुल र फेनरागन २८ एम्पुल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। लु १ ख २३२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
बस दुर्घटनामा काँग्रेसद्वारा दुःख व्यक्त काठमाडौं। नेपाली काँग्रेसले धादिङको वेनीघाट रोराङ गाउँपालिका–३ त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६९ नम्बरको रात्रिबस त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु हुनाका साथै दर्जनौँ यात्रु बेपत्ता भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । उनले बेपत्ताको तत्काल खोजी र उद्धारको कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्। सभापति देउवाले पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यान आकृष्टसमेत गराएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसरी पक्राउ परे गाउँपालिका अध्यक्षलाई २ करोड नदिए ज्यान मार्ने धम्की दिनेहरु काठमाडौं । दुई करोड नदिए ज्यान मार्ने धम्की दिने कार्यमा संलग्नलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं रानीबारी बस्ने रामेछाप लिखु गाउँपालिका ७ तिल्पुङ घर भएका ३० वर्षीय लोप्सन लामा तथा मिलन तामाङ भन्ने बाबुराम तामाङ र उनका सहयोगी काठमाडौं लैनचौर बस्ने रामेछाप लिखु गाउँपालिका ७ घर भएका २५ वर्षीय अमृत तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रामेछाप लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई धम्की दिई २ करोड नदिए छोराछोरी तथा सम्पूर्ण घर परिवारलाई मारिदिन्छु भनि रकम माग गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले अनुसन्धान गर्दै जाँदा काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित विजेश्वरीमा निज बाबुराम तामाङलाई फेला पारी नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिँदा समेत अटेर गरी भाग्ने क्रममा उनलाई घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। साथै उनका सहयोगी अमृत तामाङलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ।
सेनाले सबै जिल्लामा विद्यालय सञ्चालन गर्ने काठमाडौं। नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक विद्यालयहरुको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा विद्यालय निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए । उनले प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकुँन भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा Empanel Schoo को व्यवस्था गर्ने योजना रहेको बताए । निर्देशनालयले कोष अन्र्तगत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाइमा नविनतम् प्रविधिको प्रयोग गरी सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा Language Lab को व्यवस्था गर्ने योजना पनि अघि सारेको छ । निर्देशनालयले काठमाडौं उपत्यका भित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वर विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ । वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरुलाई कोषले २०३४ सालदेखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगार मुलुक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले सञ्चालन गर्दै आएको छ ।
विषादी प्रयोगशाला प्रदेश सरकारले नै बनाउने काठमाडौं। प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरेका छन । खाद्य बस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैले १–१ वटा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरिएको सार्वजनिक गरेका हुन । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा चाडबाडलाई लक्षित गरेर आयोजना गरेको बजार अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री लिला गिरी, प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालले खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशालाको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे। त्यसका लागि आवश्यक योजना पनि तय गरिएको प्रदेशका मन्त्रीहरुको भनाई छ । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले जनस्वास्थ्यमाथि खेलबाड हुन नदिन प्रदेश ५ ले भैरहवामा खाद्य बस्तुको विषादी परीक्षणका लागि एउटा प्रयोगशाला स्थापना गर्न लागिएको जानकारी दिए। प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपालले पनि हेटौडामा दुध, तरकारी र पानीको परीक्षण हुने गरी प्रयोगशाला निर्माण गर्ने जानकारी दिए। उनले चाडबाडका बेला बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश सरकारलाई स्रोत, साधनले सम्पन्न बनाउन पनि संघीय सरकारसँग आग्रह गरे। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले खाद्य बस्तुको बजार अनुगमनका लागि बजार अनुगमन निर्देशिका बनाएर कामलाई अघि बढाइएको जानकारी दिए । उनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा पनि जोड दिए । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संघीय सरकारले बजार अनुगमनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने माग गरे। उनले कर्णाली खाद्यन्नको हिसाबले पछि परेको हुनाले त्यसमा विशेष व्यवस्था गर्न पनि संघीय सरकारको गम्भिर ध्यानाकर्षण गराए । यता, संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैं, तिहारजस्ता चाड पर्वका बेला हुने मूल्य वृद्धिलाई ध्यानमा राखेर बजार अनुगमनको कामलाई तीव्रता दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे। उनले चाडबाडका बेला उपभोक्तालाई मारमा पार्ने काम हुन नदिन पनि तीनै तहको सरकारले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता रहेको पनि स्पष्ट पारे। कार्यक्रममा महानगरपालिका र उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले पनि चाडबाडको बेला उपभोक्तालाई मारमा नपार्ने गरी बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाएका थिए ।
नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ काठमाडौं । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए। खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते पक्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो। धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोटलगायत सामग्रीसमेत बरामद गरिएको थियो। उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ।
‘जलवायु परिवर्तनसँग लड्न शाकाहारी खानेकुरा खानुहोस्’ बीबीसी । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले शाकाहारी खानेकुराले जलवायु परिवर्तनका नकारात्मक प्रभावससँग जुध्न मद्दत गर्ने बताएका छन्। भूमि प्रयोग र जलवायु परिवर्तनसम्बन्धी एउटा प्रमुख प्रतिवेदनले पश्चिमा मुलुकहरूमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान बढाइरहेको बताएको छ। तर वैज्ञानिक र अधिकारीहरूले सबैलाई शाकाहारी बन्न अनुरोध भने गरेका छैनन्। उनीहरूले मानिसहरूले मासु कम खाएमा थोरै जमिनको प्रयोग गरेर हुने कृषि उत्पादनले धेरै मानिसहरूलाई खुवाउन सकिने बताएका छन्। संसारका १०७ वैज्ञानिकहरूले राष्ट्रसङ्घको इन्टरगर्भर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज,आईपीसीसी, का लागि तयार पारेको प्रतिवेदनले भूमिलाई प्रभावकारी उपयोग गरे यसले मानवले उत्सर्जन गर्नेभन्दा धेरै कार्बन सोस्न सक्ने बताइएको छ। यो प्रतिवेदन स्वीट्जरल्याण्डको जेनेभामा भएको एक छलफलपछि अन्तिम रूपमा आएको हो। ‘हामी मानिसहरूलाई मासु नखानु भनिरहेका छैनौँ। केही स्थानमा अरू विकल्प नै छैन। तर पश्चिममा हामी धेरै नै मासु खाइरहेका छौँ’ वातावरण वैज्ञानिक प्राध्यापक पिट स्मिथले बताए। सो प्रतिवेदनले जलवायु परिवर्तनका कारक भूक्षय र मरुभूमिकरण रोक्न जोडदार कार्य गर्न अनुरोध गरेको छ। जलवायु परिवर्तन हाम्रो आहारा आपूर्तिको सुरक्षाका लागि खतरा हो। बढ्दो तापक्रम, बढ्दो वर्षा र मौसमसम्बन्धी प्रतिकूल अवस्थाहरूका कारण बाली र वस्तुभाउलाई असर परिरहेको छ। तर खानेकुरा उत्पादनले पनि विश्व तापमानलाई असर गरिरहेको छ। कृषि र वनकार्यबाट एक तिहाइ हरित ग्यास उत्सर्जन हुन्छ। वस्तुभाउले पनि मिथेन ग्यास उत्सर्जन गर्छन् जसले विश्वको तापमान बढाउँछ। मासु उत्पादनको वातावरणीय असर धेरै शाकाहारीहरूका लागि महत्त्वपूर्ण छ। ब्रिटेनमा नोबिफ भन्ने एक समूह क्याटरिङ सेवाहरूलाई मासुका परिकार हटाउन अनुरोध गर्छ। अमेरिकामा शाकाहारी बर्गरहरू मासुजस्तै स्वाद आउने वनस्पती उत्पादनबाट बनाइन्छ। कम्प्यासन इन वर्ल्ड फार्मिङ का पिटर स्टेभेन्सन भन्छन्स् ‘जलवायुका सम्बन्धमा हाम्रो लक्ष्य प्राप्त गर्ने हो भने मासुको खपत कम गर्नै पर्छ।’ तर चीनसहित केही स्थानहरूमा मासुको खपत बढिरहेको छ। मानवीय गतिबिधिका कारण उत्सर्जन गर्ने अतिरिक्त कार्बन ग्यासले विशेषगरि उत्तरी गोलार्धामा वनजङ्गलका लागि सहयोगी हुन्छ। यसले पनि जलवायु परिवर्तन गर्न सहयोग गर्छ तर यो सबै सन्तुलनमा भर पर्छ। विज्ञहरूका अनुसार यदि पृथ्वी धेरै तात्यो भने यो सम्भावना कम हुन्छ। प्रतिवेदनका अनुसार भूमध्यरेखा नजिकका स्थानमा तापक्रमको परिवर्तनले वनस्पतिहरू हराउन थालिसकेका छन्। जलवायु प्रणालीबाट माटोलाई कहिलेकाहीँ वास्ता गरिदैँन तर माटो समुन्द्रपछि दोस्रो ठूलो कार्बन भण्डारण गर्ने वस्तु हो। वनस्पतिले हावाबाट सोसेका कार्बन डाइअक्साइडहरूलाई माटोमा भण्डार गर्छन्। तर वनविनाश र नराम्रो कृषि अभ्यासले माटोको क्षमता कम गर्छन्। भूक्षय हुँदा कार्बन हावामा फर्किन्छ। जलवायु परिवर्तनले यो कार्यलाई तीब्र बताउँछ। ‘बढी प्रयोगले माटोको क्षयिकरण भइरहेको स्पष्ट छ र त्यसले जलवायु परिवर्तनलाई अझ नराम्रो बनाउँदै छ’ प्राध्यापक स्मिथ भन्छन्। ‘भूमि समस्याको अंश हो तर यदि यसलाई विचार गरेर सही प्रयोग गर्ने हो भने यो समाधानको अंश पनि हो।’ मानिसले भूमि प्रयोग गर्ने तरिका परिवर्तन गर्ने कुरा सहज छैन किनभने यसले कृषिकार्यमा ठूलो परिवर्तन खोज्छ। तरपनि वैज्ञानिकहरूले यस्ता सुझाव दिएका छन्ः
४५ यात्रुमध्ये मृत्यु हुने ३ जनाको सनाखत, १६ को उद्दार (नामावलीसहित) सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ। १६ को जीवित उद्धार गरिएको छ। मृतक तीनै जनाको पहिचान खुलेको छ। उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ। ना६ख ७४६९ सृष्टि डिलक्स शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ। बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह ९वकिल०, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन्। बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उद्धार गरिएका १६ को पहिचान भएको छ। पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्। मलङ्गवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले बसमा सवार यात्रीको आफन्तहरुको भीड लागेको छ।
त्रिशुली बस दुर्घटनाः मृत्यु हुने तीन जना एकै परिवारका (नामसहित) काठमाडौं। धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। प्रहरीका अनुसार उनीहरू एकै परिवारका हुन्। सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन्।
प्रधानमन्त्री आइतबार स्वदेश फिर्ता हुने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए। “शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुन्छ”, डा अर्यालले भने। यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए। प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए। प्रधानमन्त्रीका साथमा उनीकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन्। रासस
लागूऔषध सहित २ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका १४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका ६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ तथा भारतीय १ हजार १ सय रुपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। मोरङ, उर्लाबारी नगरपालिका ७ पूर्व बस स्टेशनस्थित पूर्वपश्चिम राजमार्गबाट पथरी शनिश्चरे नगरपालिका २ बस्ने २६ वर्षीय अनुज राईलाई नियन्त्रित लागूऔषध लुपिजेसिक १७ एम्पुल, डाईजेपाम १७ एम्पुल र प्रोमोजोन १९ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले को ३ प ६४८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राईको साथमा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
चोरी गर्ने क्रममा मकवानपुरका प्रशान्त थोकर कलंकीबाट पक्राउ काठमाडौं । काठमाडौ महानगरपालिका-१४ कलंकीबाट सतुंगल बस्ने मकवानपुर थाहा नगरपालिका ताखेल घर भएका २८ वर्षीय प्रशान्त थोकरलाई सालकको खपडा जस्तो देखिने बस्तु ८३ टुक्रा, कस्तुरीको विना जस्तो देखिने बस्तु १ वटा र करिब ६० हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका वाइरिङका तारहरु सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँस्थित मदन झाको बन्दै गरेको घरबाट वाइरीङ गरेको तारहरु चोर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले प्रशान्तलाई नियन्त्रणमा लिई शरिर तलासी गर्ने क्रममा उनले लगाएको कोटको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त सामानहरु सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
उत्तर कोरियाले साइबर आक्रमण गर्न सक्ने भन्दै नेपालमा सतर्कता काठमाडौं। उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन्। राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले पुष्टि गरेका थिए। यस्तो खबर सार्वजनिक भएपछि नेपालमा पनि हुनसक्ने सम्भावित त्यस्तो हमला रोक्न विभिन्न खाले उपयाहरू अपनाउन वित्तीय संस्थाहरूलाई जानकारी गराइएको अधिकारीहरूले बताए। उत्तर कोरियाले नेपालको एउटा ब्याङ्कबाट पनि ठूलो रकम ह्याकिङमार्फत् लगेको पुष्टि भइसकेकाले पनि सतर्कता अपनाउन आह्वान गरिएको अधिकारीहरू बताउँछन्। नेपाल प्रहरीका अधिकारीहरूका अनुसार उत्तर कोरियाली ह्याकरहरूको समूहले सन् २०१७ को अक्टोबरमा नेपालको एउटा ब्याङ्कबाट रकम चोरी गरेका थिए। त्यसबेला ४६ करोड रुपैयाँभन्दा बढी चोरिएको भए पनि ह्याकरहरूले ४ करोड रुपैयाँ बराबर मात्र लिन पाएको अधिकारीहरू बताउँछन्। नेपाल प्रहरीले करिब दुई महिनाअघिदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको साइबर ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले भने, ‘उक्त घटना भएदेखि नै हामीले ब्याङ्कहरूलाई राखेर प्राविधिक र सुरक्षा सम्बन्धी जानकारी दिएका थियौँ। अहिलेको समाचारपछि पनि हामीले सचेत हुन आग्रह गरेका छौँ।’ उनले प्रहरीको साइबर ब्यूरोले नेपालमा हुनसक्ने सबैखाले साइबर हमलालाई उच्च सतर्कताका साथ हेरिरहेको पनि उनले बताए। ‘विभिन्न समाचारमा आइसकेपछि नेपाल राष्ट्र ब्याङ्क र वाणिज्य ब्याङ्कहरूलाई सतर्क हुनुपर्छ है भनेर नेपाल प्रहरीले आग्रह गरिसकेको छ,’ ‘उनले भने, ‘तर सन् २०१७ पछि नेपालमा त्यस्तो हमला भएको भेटिएको छैन।’ उनले त्यस्ता आक्रमणबाट बच्नका लागि हरेक वित्तीय संस्थाका प्राविधिक व्यक्तिहरू सबैभन्दा सजग हुनुपर्ने बताए। नेपालमा एकपटक घटना भइसकेकाले फेरि त्यस्तै घटना हुनसक्ने सम्भावना रहने भएकाले वित्तीय संस्थाहरू संवेदनशील हुनुपर्ने र नियमित प्राविधिक जाच गराउनु पर्ने उनसको सुझाव छ। साइबर सुरक्षाको जाँच गर्ने सेवाप्रदायकहरू नेपालमा साइबर हमला हुने सम्भावना धेरै रहने गरेको बताउँछन्। उनीहरूका अनुसार उत्तर कोरिया मात्र नभई विश्वभरिबाटै नेपालमा साइबर हमला हुनसक्ने सम्भावना धेरै रहेको छ। एकजना साइबर सुरक्षा सेवाप्रदायक शरद लामिछाने भन्छन्, ‘नेपालको सूचना प्रविधिसम्बन्धी सुरक्षा कमजोर अवस्थामा रहेको छ। त्यसले गर्दा धेरैले यहाँ हमला गर्ने सम्भावना रहन्छ।’ उनका अनुसार नेपालमा भाइरस आक्रमण र ह्याकिङ धेरै हुने गरेको छ। त्यस्तै अनलाइनबाट हुने ठगी र झुक्याएर रकम असुल्ने जस्ता कार्य हुने गरेको लामिछानेले बताए। कतिपय ह्याकरहरूले नेपालको कम्प्युटर प्रणालीलार्इ ‘प्रोक्सी’ बनाएर अन्यत्र हमला गर्ने गरेको पनि देखिएको कतिपय प्राविधिकहरू बताउँछन्। नेपाल सरकारले विकास भएका नयाँ प्रविधिहरूलाई समेट्ने गरी नीति नियमहरू नबनाउदा कतिपय अवस्थामा साइबर खतरालाई समयमै पहिचान गर्न समाधान गर्न अप्ठेरो हुने गरेको लामिछानेको तर्क छ। सरकारले करिब एक महिनाअघि मात्र नेपालमा हुनसक्ने साइबर हमलाहरू रोक्ने तथा आक्रमणहरूको पूर्वसूचना सङ्कलन गर्ने भन्दै राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रका लागि पनि जनशक्ति अभाव मुख्य चुनौती हुने विज्ञहरूले बताउँदै आएका छन्। सरकारी अधिकारीहरूले चाहिँ उक्त केन्द्र सञ्चालनका लागि उपयुक्त जनशक्तिको व्यवस्थापन गरिरहेको बताउने गरेका छन्। (बीबीसी नेपालीबाट साभार)
प्रतिनिधिसभा बैठक छोडेर सांसदहरु क्यान्टिनमा भुलेपछि… काठमाडौं । बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयक पारित गर्नलाई एक चौथाई सांसद पनि नपुगेपति सभामुखले बैठक नै स्थगित गर्नुपर्यो। सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७६ पारित गराउने क्रममा सांसद देव प्रकाश तिमिल्सिनाले गणपुरक सख्या नपुगेको भन्दै प्रश्न उठाएपछि ३ मिनेटसम्म सभामुखले घण्टी बजाएर गणन गरिएको थियो। गणना गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। नेपालको संविधानको धारा ९४ मा कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। सोही अनुरुप गणपुरक संख्या ६९ हुनुपर्नेमा ४१ मात्रै भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। विहिबार नै बसेको दोश्रो बैठकले भने सो विधेयक सर्वसम्मति पारित गरेको छ।
संसदमा सांसदका रोचक प्रस्तुति : एसी बिग्रेकोदेखि मन्त्रालय छिर्न नपाएको गुनासो काठमाडौं। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कण्डिसन बिग्रिएको देखि शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धि मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्ष गराएका छन् । प्रतिनिधिसभाको विहीबारको बैठकको शुन्य समयमा बोल्दै काँग्रेस सांसद सुजता परियारले प्रतिनिधिसभा बैठक कक्षको एअर कण्डिसन बिग्रिएकातर्फ सभामुखको ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन गर्न माग गरिन् । उनले भनिन्, ‘सुनिन्छ एसिमा पानी छैन । पानी सकिएर एसि नचलेको । सचिवालयबाट लिएको भाडाले पानी किन्न नसकेको हो कि ? पानी पेट्रोल भन्दा महंगो भएको हो ? तीन–तीन दिनसम्म पनि एसि बनाउन नसक्नु सरासर लापरवाही हो । त्यसैले सभामुख मार्फत तत्काल सम्बन्धीत निकायलाई निर्देशन होस भनि अनुरोध गर्न चाहन्छु ।’ काँग्रेस कोषाध्यक्ष सिता देवी यादवले बाढी प्रभावितका लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै अबिलम्ब राहतको व्यवस्था गर्न माग गरिन्। सांसद सुदन किराँतिले सबैतर्फ वेथितिहरु देखा परेको भन्दै ‘वेथितिले सिमा नाघ्यो । सहने शक्ति कहाँबाट आर्जन गरुँ ?’ भनी प्रश्न गरे । उनले भने, ‘आज ११ बजेर ३० मिनेट जादा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको थिएँ । कर्मचारीहरुले मन्त्रालय पस्ने बाटो अवरुद्ध गरेर पस्न दिएनन् । किन भने गाउँपालिका र नगरपालिकाले उहाँहरुलाई हाजिर गराउनुभएको रहेनछ ।’ उनले थेप, ‘दुरदराजका वडाहरुमा कर्मचारीको अभावमा ६ वटा वडा एउटै सचिवले चलाउनुपरिरहेको र कर्मचारीको अभावमा जनताको नाममा गएको बजेट फ्रिज भएको छ । काठमाडौंभन्दा १० गुणा ठूलो एउटा वडा पहाडमा छ । जहाँ यातायात छैन र टेलिफोन सम्पर्क पनि समयमा हुन सक्दैन । जनताले तिरेको करबाट तलब खाने नेपाल सरकारको कर्मचारीलाई देशको कुना कन्दरामा छिटो पठाउनुपर्यो । होइन भने जागिरबाट २४ घण्टा भित्र बरखास्त गरेर हजारौं बेरोजगार युवाहरुलाई करारमा भर्ना गरेर देशलाई अगाडि बढाउनुपर्यो ।’ सांसद स्मृतिनारायण चौधरी ले बाढी पहिरो र डुबानका कारण सबै भन्दा प्रदेश नम्बर २ प्रभावित भएको भन्दै प्रभावितलाई उपयुक्त किसिमको राहत उपलब्ध गराउन सरकारसंग माग गरे। सांसद ज्ञान कुमारी छन्त्यालले साउन १८ गते रातीदेखि मध्य पहाडी लोकमार्गको झण्डै २ सय मिटर सडक भत्किएका कारण सवारी साधन संचालनमा समस्या देखिएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)काे नाम परिमार्जन अमेरिका । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) ले आफ्नो प्रथम वार्षिकोत्सवको  अवसरमा  महत्वपूर्ण १३ वटा निर्णयहरू गरेको छ ।  ईन्जाको प्रथम वार्षिक उत्सवमा व्यवस्थापन समितिको सिफारिसमा केन्द्रिय समितिले उक्त निर्णय गरेको हो । अगस्ट २ ,२०१९ का दिन बसेको बैठकमा मुख्य संरक्षक विशेष संरक्षक ,सल्लाहकार, पदाधिकारीहरु, कार्यकारी समितिका सदस्यहरूको उपस्थितिमा शुभकामना आदान प्रदान ,समिक्षा ,ईन्जाले गरेका कार्यहरू, उपलब्धिहरू र अबका दिनमा गर्नु पर्ने कार्यहरूको बारेमा छलफल गरि १३ वटा निर्णय गरि पारित समेत गरेको छ । व्यवस्थापन समितिलाई धन्यबाद दिदै बैठकमा सबै सहभागीहरूले ईन्जाका गतिविधिहरूमा सन्तुष्टि जाहेर गरि यसरी नै आगामी कार्यक्रमहरू संचालन गर्न सुझाव दिए । निर्णयहरु: १- ईन्जाले संसारभर निर्माण गर्न खोजेको संचारकर्मीहरुको नेटवर्क(संजाल)को कामलाई अझ तीब्ररुपमा अगाडि बढाउने । २- संस्थाको उदेश्य अनुरूप कार्य क्षेत्रलाई फराकिलो पारी संचार (मिडिया) सम्बन्धी धेरै अन्तरराष्ट्रिय संस्थाहरुसंग समेत संजाल (नेटवर्क बढाउंदै) जाने सन्दर्भमा संस्थाको नाम परिवर्तन गर्न आवश्यक देखिएकाले संस्थाको नामलाई परिमार्जन गरी (International Network for Nepali Journalists-INNJA नेपाली पत्रकारहरूको अन्तराष्ट्रीय सन्जाल)  तय गरियो। ३-आगामी नोभेम्बरमा हेडक्वार्टर (सदरमुकाम) डिसीमा ईन्जा विशेष कार्यक्रमको आयोजना गरी ईन्जाका गतिविधिहरू, भावी कार्यक्रमहरू लगायत बिश्व संचार माध्यम (ग्लोबल मिडिया) बिषयहरुमा बहस गर्नुका साथै ईन्जाको कोष अभिवृद्दि कार्यक्रम गर्ने निर्णय गरियो। ४- संस्थाको केन्द्रीय र महादेशीय संगठनलाई चुस्त र दुरुस्त गराउन जिम्मेवारीको पुनरावलोकन गरी जिम्मेदारी हेरफेर समेत गर्ने निर्णय गरियो। यसका लागि पुनरावलोकन गरी सिफारिस गर्न प्रमुख संरक्षक रामचन्द्र खरेलको संयोजकत्वमा अध्यक्ष गुणराज लुँइटेल, बरिष्ठ उपाध्यक्षद्वय सुनिल मणि दाहाल र विष्णु शितल सहितको चार सदस्यीय समिति बनाइयो। ५- नेपाली संचार जगतलाई सहयोग पुर्याउने उद्देश्यले वरिष्ठ पत्रकार सम्मान पुरस्कार र फ्रेण्डस अफ ईन्जा (ईन्जाका मित्रहरु ) पत्रकारिता पुरस्कारको स्थापना गरी वितरण गर्ने । ६- संचारकर्मी तथा पत्रकारिताका विद्यार्थीहरूको पेशागत क्षमता अभिवृद्धि गर्न अमेरिकाका संचार सम्बन्धी संस्था र विश्वबिद्यालयसंग सम्झौता गरी एक्सचेन्ज भिजिट (आदानप्रदान भ्रमण ) कार्यक्रमका लागी पहल कार्य शुरू गर्ने । ७- ईन्जाका सल्लाहकार हरि अधिकारीको संयोजकत्वमा अमेरिकी नेपाली डायस्पोराको समाज, संचार, कला, संस्कृतिका साथै यहा‘का संघसंस्था,व्यक्ति ब्यक्त्तित्व र ईतिहास ब्यक्त गर्ने सवै खालका महत्वपूर्ण पक्षहरुको अध्ययन, अनुसन्धान, लेखन, सम्पादन र प्रकाशनको काम गर्ने । समान कार्यका लागी ईन्जा युरोप र ईन्जा अष्ट्रेलियाका संयोजकहरूसंग राय परामर्श माँग गरी बिश्वब्यापीरूपमा विस्तार गर्ने। ८- अन्तरराष्ट्रिय समाजमा छरिएका नेपाली संघ संस्थाहरुमा मर्या्दित पत्रकारिताको अभ्यासको लागि दवाव दिदैं सकेसम्म समान उद्देश्य भएका संस्थाहरुको एकीकरण समेत हुनुपर्ने पक्षमा वकालत, पहल गर्नुको साथै डायस्पोरा९प्रवास०मा संचालित संचार माध्यमहरुको व्यवसायीकरणमा विषेश पहल गर्ने । ९- अमेरिका भ्रमणमा रहनु भएका पत्रकार रवि धामीलाई स्वागत गर्नुको साथै नेपालमा ईन्जाको संगठन विस्तारको लागि विशेष पहल र समन्वय गर्न अनुरोध र जिम्मेवारी दिने। १०- पत्रकारिता अध्ययन गर्दै आएका तथा अवसरको खोजीमा रहेका विद्यार्थी पत्रकारहरूको समुह९ फ्रेन्डस अफ ईन्जा ९ईन्जाका साथीहरु ० गठनका साथै आवश्यक सहयोग पुर्याउन आवश्यक देखिएकोले सदर मुकाम (हेड क्वाटर)का बरिष्ठ उपाध्यक्षलाई नियमित रिपोर्ट ९बिबरण पेश ०गर्ने गरी ‘फ्रेन्डस अफ ईन्जा लिड’ का रूपमा हाल सहयोग गर्दै आउनु भएकी वर्षा भुजेललाई चयन गरियो। ११- सामुदायिक पत्रकारिताको हितका लागी संचालित ईन्जा नेटवर्किंग ९संजाल०कार्यक्रमको नियमित संचालन र व्यवस्थापनका लागि कार्यसमिति सदस्य दोबा ढकाल तथा फ्रेन्डस अफ ईन्जा प्रमुख वर्षा भुजेललाई जÞिम्मेवारी प्रदान गरियो। १२- ईन्जाले यस अवधि (एक बर्ष भित्र) मा संस्था बाहिर कोही कसैसंग पनि चन्दा तथा सहयोग नलिएको र संस्थागत खर्चकालागी ईन्जा परिवार भित्रबाट नै सहयोग प्राप्त हुदै आएको छ। आर्थिक पारदर्शिता र अनुशासनले संस्थाको गरिमा बढाउने भएकाले मर्या्दित तथा प्रचलित नियम अनुसार चन्दा तथा सहयोग लिन तथा आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न चन्दा सहयोग सम्वन्धि आर्थिक निति निर्माणका लागी कोषाध्यक्ष शृजन ताम्राकारको संयोजकत्वमा कार्य समिति सदस्यद्वय तारा भट्टराई र दोबा ढकाल सहितको तिन सदस्यीय आर्थिक नीति तर्जुमा समिति गठन गरियो। १३- आगामी दिनमा दोहोरो भूमिका हुने पद ग्रहण गरेमा ईन्जाका पदाधिकारीहरूले एक पदको निति अवलम्वन गर्नु पर्ने सुझाव दिने निर्णय गरियो। भौतिक बैठक तथा दूर सञ्चार प्रणाली ९कन्फरेन्स तथा फिजिकल० रुपमा भएको बैठकमा मुख्य संरक्षक रामचन्द्र खरेल, विशेष संरक्षकमा योगेश उपाध्याय ३। सल्लाहकारमा हरि अधिकारी, अध्यक्ष गुणराज लुईटेल,। वरिष्ठ उपाध्यक्ष (हेडक्वार्टर) सुनिलमणि दाहाल, वरिष्ठ उपाध्यक्ष (ग्लोबल) विष्णु शीतल महासचिव शिव विष्ट, ग्लोबल संगठन एवं विधान निर्देशकस् किशोर सापकोटा, सन्चार निर्देशक बिजय थापा, कोषाध्यक्ष शृजन ताम्राकार,।बोर्ड सदस्यहरु उमेश शर्मा, दोब ढकाल, विश्व थापा, बिष्णु शर्मा, टंक पन्त, सुनिल हुमागाई, तारा भट्टराई, केशर कार्की, अमेरिका फ्रेन्डस अफ ईन्जाकी प्रमुख वर्षा भुजेल, डिसी नेपाल प्रतिनिधि परशुराम भण्डारी, खेम भट्टचन, मूलधारन्युज सम्पादक रवि धामी र ब्रेक एण्ड लिंकका पद्धति निर्देशक ९सिस्टम डाइरेक्ट०खेम भट्टराईको उपस्थिति रहेको थियो ।
तीज भड्किलो नबनाउन प्रशासनको आग्रह काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ। कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकता जर्गेना गर्ने गरी मनाउन अपिल गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए। “तीजका नाममा विभिन्न प्रकृतिका असामाजिक क्रियाकलाप नहोस् भन्ने हेतुले सूचना जारी गरी पहिल्यै सजग गराएका हौँ”, उनले भने । तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप नगर्न कार्यालयले अपिल गरेको हो। साथै, यस बर्षको तीज भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने गरी मनाउन पनि आग्रह गरिएको छ।उनका अनुसार कार्यालयको अपिल बेगर त्यस्ता क्रियाकलाप भएको पाइएमा सामाजिक सुरक्षा ऐन–२०३३ अनुसार कारवाही गरिनेछ। रासस
नेपाल आयो ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने ‘मास प्रिन्टर’ काठमाडौँ । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । हिजो बुधबार दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ। एकडेढ महिनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने खनालले बताए । विभागले मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो। ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा भएको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ खरीद गरिएको उनले बताए । प्रवक्ता खनालले भने, “प्रिन्टरले नियमित रुपमा काम गर्न शुरु गरेपछि अहिले रहेको समस्या समाधान हुनेछ।” सरकारले गतवर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरीद प्रक्रिया अघि बढाएको थियो । प्रिन्टर खरीदका लागि तोकिएको अवधि गत महिनामा नै सकिएको थियो। तोकिएको अवधिमा प्रिन्टर नआएपछि आफूहरु ठेकेदार कम्पनीलाई नियमित रुपमा घचघचाइरहेको विभागले जनाएको छ । विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ । विभागमा अहिले नौ वटा उपकरण रहेका छन् । तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता खनालले बताए । विभागले नयाँ वा नवीकरणका लागि परेका आवेदनबाट एक वर्ष वा त्योभन्दा पहिलेदेखिको कार्ड छाप्न बाँकी छ। सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाएका थिएनन्। सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ। रासस
यस्तो छ मुगुको एकमात्र नगरपालिकाको नीति तथा कार्यक्रम मुगु। मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट बुधवार सार्वजनिक गरेको छ। गत असार १० गते उद्घाटन भै ३१ गते समापन भएको छायाँनाथ रारा नगरपालिकाको पाँचौ नगरसभाले सर्वसम्मत पारित गरेको नीति तथा कार्यक्रम र बजेट बुधवार सार्वजनिक गरिएको हो। नीति तथा कार्यक्रम नगर प्रमुख हरिजंग शाही र बजेट उपप्रमुख सुन्तला रोकायाले सार्वजनिक गरे। संविधानअनुसार प्रदान गरिएको सूचनाको हकअनुसार आमजनतालाई नगरसभाले पारित गरेका निर्णयहरु र नगरपालिकाका गतिविधि पारदर्शी हुन् भनेर नगरसभाले नीति तथा कार्यक्रम र बजेट आमजनता र सरोकारवालहरुको माझमा सार्वजनिक गरेको नगर प्रमुख शाहीले बताए। नगरसभाबाट पारित भै साउन महिनाबाट कार्यान्वयनमा आएको छायाँनाथको आ.व २०७६/०७७को बजेट, कार्यक्रम पारदर्शी र गुणात्मक रुपमा कार्यान्वयन होस र कोहीकसैले बदमासी गर्न नपाओस भनेर सार्वजनिक गरिएको उपप्रमुख सुन्ताला रोकायाले बताइन्। नेकपा मुगु जिल्ला कमिटी सदस्य सन्तोस मल्लले कार्यक्रम जनमुखी एका र सफल कार्यान्यनका लागि आफ्नो पार्टीको साथ रहने बताए। नेपाली काँगे्रस मुगुका उपसभापति खगेन्द्र बहादुर मल्लले कार्यक्रम, बजेट बाँडफाड राम्रो भएपनि कार्यान्वयनमा आफुलाई शंका लागेको बताए। नगरको यो आबको कुल ५२ करोड बजेटमा सबैभन्दा बढी शिक्षामा र सबै भन्दा कम कृषिमा विनियोजन गरिएको छ। बजेट वडा स्तरबाट छनौट गरिएर आएका योजना, नगरका गौरवका योजना नियमित र विगत बर्षमा नगरले अबलम्बन गर्दै आएका कार्यक्रममा विनियोजन गरिएको छ। नगरपालिकाले नगर क्षेत्रमा विद्युत अनियमिताको समस्यालाई समाधान गर्न नगरपालिका र वैकल्पिक ऊर्जा प्रर्वधन केन्द्रको समन्वयमा यो आर्थिक बर्षबाट १ मेगावाट क्षमतााको विद्युतउ त्पादन गर्न २ करोड रकम छुटाएको छ भने मुगु जिल्लामा रहेको नेपाकै ठूलो र गहिरो ताल रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जिल्ला सदरमुकाम गमगढीमा बसाउन र धार्मिक स्थल छायाँनाथको दर्शन गराउन गमगढी–बालै–राताचौर सडकलाई वहुवर्षीय योजना सडक बनाउन ५० लाख रकम विनियोजन गरिएको छ। यस्तै मेयर स्वरोजगार कार्यक्रम, गरिवसंग मेयर कार्यक्रम, मेयर कप प्रतियोगिता, कवर्डहल निमार्ण, छायाँनाथ सभाहल निमार्ण, गमगढीमा मेयर पार्क निमार्ण, डम्पिङ्ग साईड निमाण, पत्रकार महासंघ भवन निर्माण, सडक बत्ती, गमगढी विपी मार्ग हुँदै मुल सडकसम्म सडक निमार्णलाई नगरपालिकाले गौरवका योजना भनी रकम विनियोजन गरेको छ। नगरसभाले अनुमोदन गरेर कार्यविधि बनाई चालु अवस्थामा रहेका कार्यक्रमहरु एक छोरी एक खाता, एकल पुरुष प्रोत्साहन भत्ता, दुई सन्तान स्थायी बन्ध्याकरण गर्ने दम्पती प्रोत्साहन भत्ता, प्रारम्भिक बालविकास कक्षाा शिक्षक प्रोत्साहन भत्ता, स्वास्थ्य स्वयंसेविका संचार खर्च, नगर साक्षरता कार्यक्रम, विपन्न, दलित विद्यार्थी शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको छ। राराको सल्लेरीमा सवारी साधन पार्किङ्ग स्थल निमार्ण, रारामा आउने पर्यटकका लागि फोहर संकलन झोला निमार्ण, स्वयमंसेविका प्रोत्साहन भत्ता, समुदाय सुरक्षा निकाय साझेदारी कार्यक्रम, कानुनी सहायता कक्ष, लोकसेवा तयारी कक्षा, जेष्ठ नागरिक सम्मान कार्यक्रम जस्ता नयाँ कार्यक्रम पनि समावेस गरिएको छ।