content
stringlengths 20
64.1k
⌀ |
---|
हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।
हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि शुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । भ्रमण वर्ष २०२० को सङ्घारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मङ्गलबार उडान भर्ने छ । “हामी क्वालालम्पुर र काठमाडौँबीचको सीधा उडान पुनःसञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौँ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ”, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाएका छन्।
सन् २०१४ अगष्टमा स्थापित कम्पनीले हाल तीनवटा ए ३२० जहाजमार्फत आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहामा भरेको थियो । हालै युएईको आबुधावी, बङ्गलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ ।
निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तिन ए ३१९ जहाज खरीद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, साङ्घाई र त्यसपश्चात् अलि र ल्हासामा विस्तार गर्ने जनाएको छ ।
|
मकववानपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु हेटौँडा । मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ ।
त्यस्तै गएराति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना४२प ७५०६ नंको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको सनाखत हुनसकेको छैन।
सो दुर्घटनाबाट मोटरसाइकल चालकसहित दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिश गरिएको छ।
|
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ सुर्खेत । प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाइँले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए ।
“घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ”, उनले भने, “अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ।”
|
५० हजार घुस रकमसहित सइ र प्रहरी जवान पक्राउ सर्लाही । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ।
भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ।
सइ सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसवापत सो रकम मागेको टोलीले जनाएको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ।
उनीहरुलाई हिरासतमा लिएर बर्दिवास लैजाने क्रममा त्रिभुवननगरका केही स्थानीयवासीले अख्तियारको टोलीलाई अवरोध गर्दा अवस्था केहीबेर तनावग्रस्तसमेत भएको थियो। रासस
|
शहरी उत्थानशीलता परियोजनासम्बन्धी समझदारी पाेखरा । पोखरा महानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी)बीच नेपाल शहरी उत्थानशीलता परियोजना (सुदृढ) सञ्चालन समझदारी भएको छ । परियोजनाका माध्यमबाट महानगरको दिगो शहरी विकास तथा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित महानगर प्रमुख मानबहादुर जिसी र डिएफआइडीको उत्थानशीलता तथा समावेशीता टोली प्रमुख साइमन लुकासबीच आज एक कार्यक्रमबीच परियोजना सञ्चालन समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
विसं २०७७ वैशाखदेखि २०८० चैत्रसम्मको अवधिमा महानगरको दिगो शहरी विकासका लागि घरबास (होमस्टे) मापदण्ड, पर्यटन उद्योगको जनशक्ति आवश्यकता पहिचान, शहरोन्मुख वडामा औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन र सीमान्तकृत वर्गलाई आयमूलक कार्यक्रममा परियोजनाले सघाउनेछ ।
परियोजनाले शहर तथा गाउँबीचको अन्तरसम्बन्ध तथा पर्यटन उद्योगमा लक्षित कार्यक्रम सञ्चालन अवस्थाको आँकलन तथा आर्थिक विकास योजना तर्जुमा गर्नेछ । स्थानीय सरकारको संस्थागत क्षमता विकासका लागि उपलब्ध जनशक्तिलाई सक्षम बनाउने र त्यसका माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्दै दिगो शहरी विकासका लागि डिएफआइडीले महानगरलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
त्यसैगरी डिएफआइडीले परियोजना सञ्चालन तथा प्राविधिक सहयोगअन्तर्गतका क्रियाकलापहरु सञ्चालनका लागि खर्चको प्रबन्ध गर्ने तथा नगरपालिकाको भूधरातलअनुसार भवन निर्माण मापदण्ड अद्यावधिकीकरण, विद्युतीय नक्सापास प्रणालीको सुदृढीकरण र अनुगमन गर्ने प्रणालीको स्थापनामा समेत सहयोग गर्ने सझदारीमा उल्लेख छ । महानगरले परियोजना सञ्चालनका लागि योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमनका लागि सहयोग गर्नेछ ।
कार्यक्रममा नगर प्रमुख जिसीले साझेदारीसँगै महानगरलाई आवश्यक प्राविधिक जनशक्ति डिएफआइडीबाट उपलब्ध हुने भएकाले सडक, भवन, खानेपानीलगायतका पूर्वाधार विकासका योजना दिगो र सुरक्षित तरिकाले अघि बढाउन सहयोग पुग्ने बताए । टोलीप्रमुख लुकासले पर्यटकीय नगरी पोखराको विकासका लागि एकीकृत आर्थिक विकास योजना आवश्यक रहेकामा जोड दिँदै यहाँको विकासमा सहभागी हुन पाउँदा बेलायत सरकार खुशी रहेको बताए ।
उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई समृद्ध तुल्याउने योजनाअनुसार परियोजना शुरु भएकाले सबै पक्षबाट सहयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । परियोजनाका आर्थिक तथा राजनीतिक सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले वातावरणमैत्री विकासका माध्यमबाट आर्थिक अवसर सिर्जना र अवसरको विविधीकरणको उद्देश्य परियोजनाको रहेको स्पष्ट पारे ।
|
खेलकुद पत्रकार मञ्चद्वारा पत्रकारमाथि भएको दुव्र्यवहारको भत्र्सना काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले १३औं सागको समापनको दिन सदस्य सुमन चापागाँईमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । १३औं सागको समापनको दिन फोटो लिने क्रममा पत्रकार माथि भएको घटनालाई निन्दनीय भनेको छ ।
विज्ञप्तिमा घटनामा संलग्न प्रहरीलाई कारवाहीको माग गर्नुका साथै घाइते पत्रकार चापागाँईको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन दशरथ रंगशालाभित्र देशले राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको यस्तो घटनाबाट नागरिक अधिकारका साथै निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्युनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको छ ।’
टिकट काटेका दर्शक र पत्रकारमाथि प्रहरी र आयोजक सदस्यले दुव्र्यवहार गरेको यो पहिलो घटना हैन विज्ञप्तमा भनिएको छ ।
प्रेस विज्ञप्ती
मिति : २०६७/०८/२४
१३औं दक्षिण एसियाली खेलकुद (साग) को समापनका दिन मंसिर २४ गते बिहान ११ः०० बजे समाचार संकलनका क्रममा नागरिक दैनिक तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य सुमन चापागाई माथि नेपाल प्रहरीले निर्घात कुटपिट गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य प्रवेशद्वार नजिकै तस्बिर लिने क्रममा रहेका पत्रकार चापागाईलाई नेपाल प्रहरीका डिएसपी सन्तोषसिंह राठौरलगायतको समूहले अपशब्द प्रयोग गर्दै जथाभावी बुट प्रहार गरेका थिए । एकजनाले समाएर बाँकी दुईले चापागाईमाथि अन्दाधुन्द बुटले हानेका थिए । घाइते चापागाईको अस्पतालमा उपचार भईरहेको छ । उनको छाती र टाउकोटमा चोट लागेको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन दशरथ रंगशालाभित्र देशले राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको यस्तो घटनाबाट नागरिक अधिकारका साथै निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्युनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको छ ।
जारी दक्षिण एसियाली खेलकुद दौरान टिकट काटेर आउने दर्शक तथा समाचार संकलनका लागि पुग्ने पत्रकारले पुलिस तथा आयोजक खेल पदाधिकारीबाट दूव्र्यवहार तथा आक्रमण भोग्नुपरेको यो पहिलो घटना होइन ।
घटनाको जति निन्दा गरेर पनि पुग्दैन । यस घटनाप्रति फोटो पत्रकार क्लब घोर भत्र्सना गर्दछ । साथै मञ्चका सदस्य सुमनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । कुटपिटमा संलग्न डिएसपी राठौरलगायतलाई तत्काल कारवाहीको लागि जोडदार माग गर्दछ ।
अध्यक्ष
विकास कार्की
|
यातायात कार्यालयमा कर्मचारीको अभाव, सेवाग्राहीलाई सास्ती काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका चार वटा यातायात कार्यालयमध्ये सेवाग्राहीको सबैभन्दा बढी चाप रहेको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा आवश्यकतानुसार कर्मचारी छैनन् । कार्यालयमा कामको चापअनुसार कर्मचारीको संख्या कमी देखिएको हो ।
थोरै कर्मचारीबाटै काम गराउनुपर्ने हुँदा सेवाग्राहीको सधैँ भीड हुने कार्यालयका प्रमुख डम्बरबहादूर चन्दले बताए। कार्यालयमा जम्मा दरबन्दी ३८ जनाको भएकामा सोभन्दा कम कार्यरत रहेको हो । संविधानुसार यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएकाले गत वर्ष नै यातायात कार्यालयहरु प्रदेशमा गएका थिए । प्रदेश सरकारलाई आफूले कर्मचारीको अभावका बारेमा जानकारी गराएको उनको भनाई थियो । प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी नै कम भएकाले भएका कर्मचारीबाट काम चलाउन भनिरहेको उनले बताए । उनले भने, “प्रदेशले कर्मचारीको पुनःसंरचना गर्न बाँकी भएकाले हामीले गाह्रोसँग काम गरिरहेका छौँ ।”
कार्यालयले सवारीचालक अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने, वितरण गर्ने, नवीकरण गर्नेसँगै ट्राफिक प्रहरीबाट आएका अघिल्ला आर्थिक वर्षका चालक अनुमतिपत्र राख्ने र सेवाग्राही आउँदा वितरण गरिरहेको छ । कार्यालयमा तीन वटा भवनमा विभिन्न शाखामा र चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाका लागि गरी धेरै कर्मचारी आवश्यक रहेको उनको भनाई छ ।
|
पूर्वमन्त्री महासेठद्वारा सवारीसाधन फिर्ता काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट पाएका सवारीसाधन फिर्ता गरेको जनाएको छ ।
पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मन्त्रीले यस मन्त्रालयबाट लिएका सवारीसाधन समयमै फिर्ता गरेको पनि मन्त्रालयले जनाएको छ ।
|
उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
नेपाल सरकारका उपसचिवसमेत रहेका रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोग लागेको छ । प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसँग घुस लिएको भन्ने सूचना विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए । आरोपी रिजालमाथि भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा छानबिन जारी छ ।
उपसचिव रिजाल पदमा रहीरहँदा आफूमाथि लागेको अभियोगको प्रमाण लोप गर्न सक्ने भएकाले तत्काल निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गृह मन्त्रालयले रिजालमाथि अभियोग लागेपछि तत्कालै दोलखाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाएको थियो ।
|
नवलपरासीमा गहुँ ‘जोन’ कार्यक्रम लागू परासी । गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ। सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६/०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो।
हालै जिल्लामा स्थापना भएको परियोजना कार्यान्वयन एकाइमार्फत रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको एकाइ प्रमुख वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझाले हामीलाई जानकारी दिए ।
“हाल यस क्षेत्रमा परम्परागत रुपमा गरिँदै आएको गहुँखेतीलाई व्यावसायिक तथा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने र गहुँमा आत्मनिर्भर हुने उद्देश्यले कार्यक्रम लागू गरिएको हो, चार स्थानीय तहका केही वडामा यो वर्ष कार्यक्रम सञ्चालन हुनेछ, आगामी वर्ष विस्तार गर्दै जान्छौँ”, प्रमुख ओझाले भने ।
कार्यक्रम रामग्राम नगरपालिका १६ र १८, सुनवल नगरपालिका– ११ र १२ पाल्हीनन्दन गाउँपालिका–६ र सरावल गाउँपालिका ३ र ४ मा लागू भएको हो।
कार्यक्रमअन्तर्गत लाभान्वित हुने कृषकको यसै महिनाभित्र सूचीकृत गरिने र करिब दुई हजार २०० हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन हुने परियोजनाले जनाएको छ।
राष्ट्रिय आवश्यकता, स्थानीय सम्भाव्यता र तुलानात्मक लाभको प्राथमिकताको आधारमा यस जिल्लाबाट गहुँबाली छनोटमा परेको हो।
नेपाल सरकारले परियोजना लागू भएको एक वर्षभित्र गहुँमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ। स्वसञ्चालित उन्मुख हुने गरी नेपाल सरकारबाट उपलब्धिमा आधारित सहजीकरण गरिने परियोजनाले जनाएको छ।
कार्यक्रममार्फत कृषकलाई आधुनिक कृषि औजार तथा उपकरण, प्रविधियुक्त तालीम, साना सिँचाइ कार्यक्रम, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, कस्टम हायरिङ सेन्टर स्थापनामा सहयोग गरिनुका साथै कृषको खेतीबारीमै पुगेर आधुनिक तरिकाले गहुँ उत्पादन गर्ने विधिको प्रदर्शन गर्ने, अन्य जिल्लामा नमूनाको रुपमा गहुँखेतीको अवलोकन गराउने कार्यक्रम रहेको परियोजनाले जनाएको छ। परियोजनाले ५० प्रतिशत अनुदान उपलब्ध गराउनेछ।
कानूनीरुपमा दर्ता भएका कृषक समूह, कृषक उद्यमी, कृषि सहकारी, जल उपभोक्ता संस्थामार्फत यो कार्यक्रम सञ्चालन हुनेछ।
“कार्यक्रमले कृषकको जीवनस्तरमा परिवर्तन आउनेछ, अहिलेसम्मको परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै कृषिमा व्यावसायिकरण गर्नेछ भन्ने अपेक्षा छ, गहुँको आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्छौं”, एकाइ प्रमुख ओझाले भने ।
कृषिको व्यवसायीकरणमार्फत औद्योगिकीकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भाव्यता र तुलानात्मक लाभका आधारमा छनोट गरिएको जोन कार्यक्रमको क्षेत्र र बालीमा एकीकृतरुपमा सघन कृषि विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।
कार्यक्रमबाट कृषकमा उत्साह थपिने गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता बताउँछन्।
पश्चिम नवलपरासीमा हाल छ हजार ९१५ हेक्टर क्षेत्रफलमा गहुँखेती गर्ने गरिएको छ। रासस
|
ललितपुरका सांसदबाट सडक अनुगमन, कालोपत्रलाई मुख्य ध्यानमा राखेको भनाई ललितपुर । ललितपुरका प्रदेश तथा प्रतिनिधिसभाका सांसदले सातदोबाटो–चापागाउँ– लेले सडक खण्डको सोमबार अवलोकन गरेका छन् । हाल सो क्षेत्रमा भइरहेको कालोपत्र तथा मर्मतसम्भारको काम कतिको प्रभावकारी छ भन्ने जानकारी हासिल गर्न उनिहरुले आज बिहान टाहाखेल चौताराबाट ठेचोको वडा कार्यालयसम्म अनुगमन गरेका हुन्।
सो सडकखण्ड अवलोकनका क्रममा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य नवराज सिलवालले लामो समयको प्रयासपछि यस क्षेत्रमा यथावतै अवस्थामा रहेको सडक कालोपत्र गर्न लागिपरेको बताउँदै यहाँका जनतालाई कति दिनसम्म धुवाँ, धुलो र हिलोको शिकार बनाउने भनी विस्तारभन्दा कालोपत्रलाई मुख्य ध्यानमा राखिएको स्पष्ट गरे ।
ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पम्फा भुसालले चार वर्ष पहिले विनापूर्वतयारी बोलपत्र आह्वान गरेर त्यत्तिकै बिजोग अवस्थामा रहेको सो सडकखण्ड छिटोभन्दा छिटो कालोपत्र गराउन गत वर्ष साउनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग छलफल गरी सहमति गराएको बताईन्।
यसैगरी, ललितपुरबाट प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले हाल ठेचोको स्वास्थ्यचौकीदेखि ढोलाहिटीसम्म कालोपत्र हुँदै गरेको सो सडकमा दुई लेन गाडी चलाउन सफल भएको जानकारी दिए । उनले भने, “ अब दोस्रो चरणमा टाहाखेलको चौतारादेखि लेलेको सरस्वतीकुण्डसम्म २२ मिटर चौडा सडक मर्मत तथा कालोपत्रको काम अघि बढेको छ ।”
ललितपुरबाट प्रदेशसभा सदस्य राजकाजी महर्जनले पहिलो चरणमा टाहाखेल दीपमाला विद्यालयदेखि टाहाखेल चौतारोसम्म लगभग चार किलोमिटर कालोपत्र समाप्त गर्न सफल भइसकेको बताए । उनले भने, “अब बाँकी रहेको ६ किलोमिटर सो सडकखण्ड कालोपत्रको काम १ हप्तादेखि १० दिनमा समाप्त हुने छ ।”
सो सडकखण्डमा धमाधम अघि बढेको कालोपत्र गर्ने जिम्मेवारी कन्टेक प्रालि नामक ठेकेदार कम्पनीले लिएको छ । सो प्रालिका प्रतिनिधि दीपक थापाले आफूले लिएको कामलाई मजबुत बनाउन सम्झौता गरेभन्दा बढी सामग्री थप गरी कालोपत्र गरिरहेको बताए । उनले भने “ठेक्का लिएको एक महिनामा यति छिट्टै काम समाप्त गर्न सफल पहिलो कन्टक्सन कन्टेक प्रालि नै हो ।” हाल अघि बढिरहेको कालोपत्रको काम अबको १० दिनमा समाप्त हुने थापाले बताए ।
गोदावरी नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडकमुनि निकासको काम गर्ने छ । ललितपुरका ग्वार्खु–इमाडोल हुँदै जाने, सातदोबाटो हुँदै गोदावरी जाने र बाग्मती करिडोरको सडक बनाउने विषयमा आज बैठक बस्ने तयारी भएको ललितपुरका सांसदले जानकारी दिए । सो अनुगनमा ललितपुरका सांसदका साथमा केही वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रजिअ, ललितपुर र सातदोबाटोका प्रहरी प्रमुख र स्थानीय जनताको सहभागिता थियो ।
|
कार दुर्घटनामा परी ग्लोबल आईएमई बैँकका प्रबन्धकको मृत्यु कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बोर्डगाउँ नजिकै बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान ८ बजेतिर दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको मृत्यु भएको छ ।
कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका–९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाको छ।
पाण्डेले चलाएको कार तिव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा परी अन्य ५ जना घाईते भएका छन् ।
घाईते मध्ये २ जनाको बुटवल तथा ३ जनाको स्थानीय वाणगंगामाको सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
|
बेलकोटगढीबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ नुवाकोट । बेलकोटगढी नगरपालिका–७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित आइतबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
|
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु धनगढी । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ।
बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ।
|
गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् ।
जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
|
प्रहरीद्वारा फरार अभियुक्त पक्राउ काठमाडौं । हाडनाता करणी मुद्दाका फरार अभियुक्तलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।
पक्रउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ५ का अम्बर बहादुर राना मगर रहेको प्रहरीले जनाएको छ । २०५४ सालमा हाडनाता करणीको मुद्दा लागेर फरार रहेको अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत धादिङमा बुझाएको धादिङ प्रहरीले जनाएको छ ।
|
लागूऔषध बनाउने रसायन सहित चिनियाँ नागरीक पक्राउ काठमाडौं । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
प्रहरी उपरिक्षक विरेन्द्र कुमार बस्यालले गएको शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको उक्त रसायन सहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको बताएका छन् ।
उनले काठमाडौंको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए ।
प्रहरी नायब महानिरिक्षक बस्यालले न्यूजिल्याण्ड पठाउन लागिएको उक्त रसायन लागू औषध एम्फेटामिन बनाउन प्रयोग गरिने बताए । उनले उक्त इफेड्रिनको चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा विक्री गर्न लागेको समेत बताए ।
प्रहरीले यसअघि पनि यस्तै प्रकारको रसायन स्यूडोईफेड्रिन ट्याब्लेट ४७१.८८ केजि सहित आर्य फर्मा सिटिकल्सका सञ्चालकलाई २०७३ साउन १२ गते पक्राउ गरेको थियो । प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिकलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समेत बताएको छ ।
|
बेलायतमा चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन्।
बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट र ब्रिटेनको भविष्यका बारेमा दुई नेताले पुरानै शैली र योजना अघि सारेका थिए ।
युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रुपमा चित्रण गर्ने कोशिस गरेका थिए । जोनसनको भनाईमा ब्रेक्जिटप्रति कोर्बिनमा कुनै दृढ अडान छैन, र यसले बेलायतलाई थप अनिश्चिततामा डुबाउँछ ।
त्यस अवसरमा नेता कोर्बिनले उपस्थित दर्शकहरूलाई कन्जर्भेटिभ्स सरकारले ल्याएको खर्च कटौतीको बारेमा सम्झना गराएका थिए । उनले प्रधानमन्त्री जोनसन बेलायतलाई हानि गर्ने किसिमबाट संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्नेतर्फ केन्द्रित हुनुभएको दाबी गरे ।
दुबै नेताले एकअर्कोको चरित्रलाई लिएर प्रश्न समेत गरेका थिए । प्रधानमन्त्री जोनसनले कोर्बिनलाई आफ्नो पार्टीमा मौलाएको धार्मिक कट्टरवाद वा धार्मिक घृणालाई रोक्न असफल भएको आरोप लगाएका थिए ।
कोर्बिनले प्रत्युत्तरमा ‘नेतृत्वमा विफल हुनै लाग्दा आफू र आफ्नो दलमाथि जोनसनले अभद्र र अशिष्ट टिप्पणी’ गरेको बताएका थिए । गत वर्ष एक पत्रिकाको लेखमा जोनसनले बुर्का लगाएकी मुसलमान महिलालाई चित्रित गर्दै उनीहरु ‘पत्र मञ्जुषा’ भनी टिप्पणी गरेको कोर्बिनको भनाई थियो ।
बीबीसीका पत्रकार निक रोबिन्सनले सञ्चालन गरेको उक्त कार्यक्रममा उनले बेलायती जनताबीच दुई अलोकप्रिय र अविश्वसनीय नेता छनौट गर्नुपर्ने ‘असम्भव विकल्प’ मात्र बाँकी रहेको बताएका थिए ।
बेलायतका दुई जना पूर्व प्रधानमन्त्रीले आफ्नै पार्टीका उम्मेदवारहरूका विचार सुनेपछि निराशा व्यक्त गरेका छन् । कन्जरभेटिभ्स पार्टीबाट यसअघि प्रधानमन्त्री बनेका जोन मेजरले ब्रेक्जिटलाई ‘मेरो जीवनकालको सबैभन्दा नराम्रो विदेश नीति निर्णय’ भनेका छन् भने पूर्व लेबर नेता टोनी ब्लेयरले मतदाताहरुलाई एक ‘भयानक’ छनौट मात्र बाँकी रहेको बताए ।
अर्को बिहीबार हुने चुनावअघि गरिएको पछिल्ला मत सर्वेक्षणहरुले जोनसनको दलले बढी स्थान जित्ने देखाएका छन् ।
कन्जरभेटिभ्स पार्टीले हाल अल्पसंख्यक सरकार सञ्चालन गरिरहेको थियो, र ब्रेक्जिट गतिरोध अन्त्य नभएका कारण जोनसनले डिसेम्बर १२ मा पुनः संसदका लागि आमचुनावको मिति तोकेका हुन् । दुई वर्षअघि भएको चुनावले ब्रेक्जिट गतिरोध हटाउन सकेको थिएन ।
विपक्षीको समेत सहमतिमा हुन लागेको यस चुनावमा जोनसनले बहुमत हासिल गर्ने र ब्रेक्जिटको गतिरोध तोड्ने आशा गरेका छन् । उनको भनाईमा यदि कन्जरभेटिभ्सले बहुमत ल्यायो भने ब्रेक्जिट सम्झौतालाई अनुमोदन गर्न संसदमा प्रस्ताव लैजाने छ । बेलायतलाई आगामी जनवरी १ बाट युरोपेली संघबाट अलग गरिने पनि उनले बताए ।
बहसमा जोनसनको भनाईप्रति असहमति जनाउँदै विपक्षी नेता कोर्बिनले आफू ब्रेक्जिट मामिलामा तटस्थ रहेको र त्यसको अन्तिम निर्णय गर्ने अधिकार जनतामा हुनुपर्ने बताए । उनले नयाँ ब्रेक्जिट सम्झौताका लागि वार्ता गर्ने वचन दिएका छन् ।
‘तपाईं ब्रेक्जिटमा अनिश्चितताको अन्त्य गर्न सक्नुहुन्न यदि तपाईंलाई थाहा छैन कि सम्झौता के हो, तपाईं के गर्न चहानुहुन्छ,’ जोनसनले भने, ‘तपाईं सम्झौता गर्न सक्नुहुन्न यदि तपाईं यसमा तटस्थ हुनुहुन्छ ।’
जोनसनका विपक्षीहरूले उनका ब्रेक्जिट सम्बन्धी प्रतिबद्धताहरु पनि खोक्रा रहेको बताएका छन्, किनकि युरोपेली संघबाट बाहिरिँदा त्यसबाट महिनौं वा वर्षौंसम्म जटिल व्यापार सम्झौतामा बेलायत अल्झिनुपर्नेछ ।
कोर्बिनको भनाईमा जोनसनको कार्यकालमा बेलायतका मित्र देशहरु घट्ने र अमेरिकासँगको व्यापार सम्झौताका लागि पनि वर्षौं भौंतारिनु पर्ने अवस्था सिर्जना हुनेछ । उनले उत्पादन र उद्योगमा सात वर्ष पूर्ण अनिश्चितता र निरन्तर रोजगारी गुम्ने स्थिति आउनेछ भनेका छन् ।
दुबै नेताले गत हप्ता लन्डनमा भएको घातक आक्रमणको विषयलाई लिएर पनि बहस गरेका थिए । प्रधानमन्त्री जोनसनले कोर्बिनलाई मुलुकको सुरक्षा मामिलामा कमजोर व्यक्ति रहेको भन्दै चित्रण गर्ने प्रयास गरेका थिए । तर नेता कोर्बिनले जोनसनकै सत्तारुढ दलले देशको प्रहरी र जेल सुधारका सेवाहरुमा व्यापक कटौती गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
|
चितवनको अटो दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुल्यो काठमाडौं । चितवनमा शनिबार अटो दुर्घटनामा परी ज्यान गुमाउने ५ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
चितवनको राप्ती नगरपालिका–४ मा शनिबार साँझ ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पर्वतको कुस्मा नगरपालिका घर भई चितवनकै खैरहनी नगरपालिका–८ बस्दै आएका ४९ वर्षका श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका ९ का ४२ वर्षका विश्वमणी भण्डारी, राप्ती नगरपालिका ९ का २५ वर्षकीया मीना खड्का र ३२ वर्षीया माया तामाङको परिचय खुलेको चितवन प्रहरीले जनाएको छ।
अटोमा सवार अन्दाजी ४० वर्षीया महिलाको भने परिचय खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते चितवन खैरहनी–३ का २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ।
|
झापामा वनभोजका लागि जाँदै गरेको बस दुर्घटना झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्।
झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो।
दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का र उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन्।
त्यस्तै दुर्घटनामा परी दमक–१० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी–७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन्।
|
पत्रकारमाथि भएको आक्रमणको भत्र्सना काठमाडौं। पत्रकारहरु रामचन्द्र दुलाल, सिबी खड्का (छक्कबहादुर खड्का), प्रकाशचन्द्र दाहाल माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले भत्र्सना गरेको छ ।
स्थलगत रिपोर्टिङका क्रममा बिहीबार दिउँसो काठमाडौँबाट काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडवल पुगेका शाखाका सदस्य दुलाल, खड्का र दाहाललाई वडाध्यक्ष सचिदानन्द केसीले आक्रमण गरेको भन्दै त्यसप्रति महासङ्घले आपत्ति जनाएको छ ।
“मङ्सिर १२ गते दुई सन्तानकी आमा कविता कार्कीको रहस्यमय निधन भएकाले हालसम्म दाहसंस्कार नगरिएको विषय बाहिरिएपछि वास्तविकता बुझ्नका लागि पत्रकारको टोली बनेपा पुगेकामा बनेपा नगरपालिका–६ का वडाध्यक्ष केसीलगायतको समूहले रिपोर्टिङमा सङ्लग्न पत्रकारमाथि निर्घात कुटपिट गरिनु खेदजनक घटना हो”, काठमाडौँ शाखाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ शाखाले वडाध्यक्ष केसीले जफत गरेको सञ्चार उपकरण तुरुन्त फिर्ता गर्नुपर्ने, घाइते पत्रकारको उपचार गर्नुपर्ने, आइन्दा त्यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धतासहित माफी माग्नुपर्ने र प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको उच्च सम्मान गर्नुपर्ने माग गरेको छ ।
पत्रकार महासङ्घले पत्रकार अवधेशकुमार झामाथि बिनाकारण खानतलासी गरेकामा समेत आपत्ति जनाएको छ । महासङ्घका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक झाको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित निवासमा प्रहरीले बुधबार बिनाकारण खानतलासी गरेकामा निन्दा गर्दै महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गरिएको छ ।
यस्तै नेपाल पत्रकार महासङ्घले काठमाडौँ शाखाका सभासद् सन्तोष बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा संवाददाता शुभेन्दर दासलाई समाचार सङ्कलनका क्रममा दुव्र्यवहार गरेकामा आपत्ति जनाइएको छ । उनीहरुलाई नेपाल भारत सीमास्थित जनकपुरधाम–जटही छोटी भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा नवीनकुमार पाण्डेले दुव्र्यवहार गरेको महासङ्घले जनाएको छ ।
यही मङ्सिर १८ गते सेवाग्राहीसँग भन्सार कार्यालयका कर्मचारीले पैसा असुली गरिरहेको दृश्य क्यामरामा कैद गरिरहेको अवस्थामा पत्रकार बराइली र दासलाई नायब सुब्बा पाण्डेले क्यामरा खोसेर दुव्र्यवहार गरिएको महासङ्घद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।
नागरिकलाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारलाई गरिएको दुव्र्यवहारले पत्रकारको संवैधानिक स्वतन्त्रताको हनन भएको महासङ्घको ठहर छ । महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उक्त कार्यको कडा निन्दा गर्दै घटनाको छानबिन गरी दोषी कर्मचारीमाथि कानूनी कारवाहीको माग गरिएको छ । रासस
|
गोरख यादवले गरे आफ्नै बाबु–आमाको हत्या रुपन्देही। रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।
२८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए।
गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बुबाको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) रानीगाउँ भैरहवा पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गोरखको आक्रमणमा परी उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।
|
खुर्पा प्रहार गरी बाबुआमाको हत्या, दाजु घाईते रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।
२८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।
गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बुबाको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज(युसीएमएस)रानीगाउँ भैरहवा पु¥याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गोरखको आक्रमणमा परी उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।
|
विद्यालय हिँडेकी बालिकालाई गाडीमा लिफ्ट दिएर ड्राइभरले गरे बलात्कार गुल्मी । गुल्मीमा विद्यालय हिडेकी एक बालिका बलात्कृत भएकी छन्। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाकी १० वर्षीया बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिकाका भोज बहादुर सार्कीलाई बिहीबार साझँ प्रहरीले पक्राउ गरेको छ। सार्की सवारी चालक हुन्।
बालिकालाई विद्यालय पुर्याउने भन्दै गाडिमा चढाएको र केहि पर लगेर बलात्कार गरेको गुल्मी प्रहरीले जनाएको छ। सार्कीलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन घलेले जानकारी दिए।
|
इञ्जिनीयरिङ परिषद् ऐनका लागि समन्वयात्मक छलफल गर्न निर्देशन काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल इञ्जिनीयरिङ परिषद् ऐन, २०५५ लाई आवश्यक संशोधन गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च अधिकारीलाई समन्वयात्मक छलफल गर्न निर्देशन दिएको छ ।
समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त परिषद्लाई समयानुकूल परिमार्जिन तथा इञ्जिनीयरिङ शिक्षालाई व्यवस्थित र थप व्यावसायिक बनाउनका लागि ऐन संशोधन गर्न उक्त निर्देशन दिएको हो ।
तीन वटा मन्त्रालयको छलफलपछि आउने निष्कर्ष तथा प्रतिवेदनमाथि थप छलफल गर्न समितिको बैठक यही मङ्सिर २३ गते सोमबार पुनः बस्ने निर्णय भएको सभापति गुरुङले बताए। रासस
|
भालु आतङ्क रोक्न प्रहरी परिचालित रसुवा । जङ्गली भालुको आतङ्क बढ्दै गएपछि जीउज्यानको सुरक्षाका लागि सम्भावित क्षेत्रमा प्रहरी गस्ती परिचालन गरिएको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार जङ्गली भालुले घरघरमा पसी गाउँ समाजमा त्रसित पार्नाका साथै केही स्थानमा आक्रमणसमेत गरेकाले थप सुरक्षा संयन्त्र परिचालन गरिएको हो ।
नागरिकलाई भयरहित वातावरण सिर्जना गर्न मानिस हिँड्ने पैदलमार्गअन्तर्गत भालु आउने सम्भावित गौंडामा प्रहरी गस्तीसमेत व्यवस्थापन गरिएको बताइएको छ ।
हिमाली भेकमा चिसोपन बढिसकेकाले न्यानो स्थान खोज्दै जङ्गली भालु बेंसीतर्फ झर्ने समय भएका कारण बिहान बेलुका एक्लैदुक्लै यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।
कुनै समय यात्रा गर्नु पर्दा थप सुरक्षा चाहिएमा जिल्ला प्रहरी कार्यालय रसुवाको शुल्क नलाग्ने फोन १०० वा ०१० ५४०१९९ मा खबर गरी पूर्ण सुरक्षित तवरले यात्रा गर्न गराउन समुदायमाझ आग्रह गरिएको प्रहरी प्रमुख ढकालले बताए ।
चालू आर्थिक वर्षको साउनदेखि हालसम्म भालुको आक्रमणबाट पाँच जना घाइते भएको तथा त्यसले बृद्धिम तथा खाम्जिम गाउँका चार घरभित्र प्रवेश गरी खाद्य सामग्री नष्ट बनाइसकेको बताइएको छ ।
भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई, हाकु लुम्वुडाँडाकी एक वृद्धा, धुञ्चे भिमलीका एक पुरूष र पारच्याङमा एक घाइते भइसकेका छन् । हाकुको लुम्बुडाँडामा घरमा पालिएका बाख्रासमेत भालुले आक्रमण गरी मारेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
रसुवा जिल्लाको गोसाइँकुण्ड धार्मिकमार्ग अन्तर्गतदेउराली, खन्तीपाखो, बोकेझुण्डा, ठाडे, भिमल,पानास्युङखोलाआसपास, नागुङ, खोपाङ, भार्खु, ठूलोस्याफ्रु, ब्राबलसमेतका स्थानका जङ्गलमा भालुले बास स्थान लिने क्षेत्र रहेको बताइएको छ ।
यसै गरी बृद्धिम, टिमुरे, खैदी, थुमन, चिलिमे, गतलाङ, हाकु, तिरू, ग्राङ, राम्चे, हाँडीफोरा तथा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रसमेतका स्थानमा भालुको बासस्थान हुने भएकोले सावधानीपूर्वक हिँड्न उपयुक्त हुने ज्येष्ठ नागरिकले सुझाव दिएका छन् ।
यात्राका क्रममा भालुसँंग जम्काभेट भएमा परैबाट उसले बेजोडले थुक्दै आउने र उसको पिरोथुक मानिसका आँखामा परेपछि आक्रमण गर्ने गरेको विगतमा भालुबाट आक्रमित व्यक्तिले अनुभवसमेत सुनाएका छन् ।
यसैगरी लेकमा बस्ने बँदेल पनि अहिले न्यानो स्थान खोज्दै बेंसीतर्फका भूभागमा आउँछन् । भालु र बँदेल दुवै जनावरबाट सावधान रहन जरूरी भएको समेत ज्येष्ठ नागरिकहरू बताउछन् ।
मानवलाई भालुले टाउका र बँदेलले पेटमा आक्रमण गर्ने गरेको बताइन्छ । दुईचार जना साथी साथमा हिँड्दा भालु र बँदेल देखिएमा जोडले हाईहाई र हुईहुई गरी कराएमा पछि हट्दै भाग्ने गरेको अनुभव स्थानीयवासीको छ ।
भालु र बँदेलले जङ्गल आसपासका बारमिा लगाइने अन्नबालीसमेत नोक्सान गर्ने गरेको किसानको गुनासोसमेत बढ्न थालेको पाइएको छ ।
|
करेन्ट लागेर १ जनाको मृत्यु पाल्पा । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राष्ट्रिय प्रसारणलाईन जोडने क्रममा करेन्ट लागेर धादिङ रोलाङका २६ बर्षका नेत्रबहादुर विसुन्केको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
घटनाकोे इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक भिम बहादुर कार्कीको नेतृत्वमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
|
हरेक २ हप्तामा धरहराको एक तला थपिने काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तिव्र गतिमा अगाडी बढेको बताए । तेस्रो तलासम्म ढलानका काम सम्पन्न भएको धरहराको अहिलेसम्म ३२ प्रतिशत काम सकिएको छ । अहिलेसम्म अण्डरग्राउण्डको काम भएकाले बाहिर नदेखिएपनि अब हरेक २ हप्तामा १ तला बनाउने गरि काम अगाडी बढेको अधिकृत ज्ञवालीले जानकारी दिए ।
अधिकृत ज्ञवालीले गोश्वरा हुलाक कार्यालय र राष्ट्र बैंकको टक्सार कार्यालय स्तानान्तरण गर्न समय लागेपनि काममा सन्तोषजनक प्रगति भएको बताएका छन् । हुलाक कार्यालयका लागि प्रिक्याब भवन निर्माण गरिएको र राष्ट्र बैंकलाई नेपाल औषधि लिमिटेको कम्प्लेक्समा भवन निर्माण गरि स्तानान्तरण गरिएको उनले बताए । ज्ञवालीले स्थानीयहरुको माग अनुसार उत्तरतर्फ सडक खेलिएको र मुल सडकमा जोड्ने गरि गुरुयोजना स्वीकृत भएको पनि जानकारी दिए ।
ज्ञवालीलले बैशाखम्म सम्पन्न गर्नेगरि रानीपोखरी पुननिर्माणको काम अगाडी बढेको बताएका छन् । रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर कुन शैलीमा निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा समस्या आएको बताउँदै उनले विज्ञ लगायत सरोकारवालाहरुको सल्लाह अनुसार ग्रन्थकुट शिखर शैलीमा निर्माण गरिने बताए ।
पोखरीको पिँधमा त्यही भएको कालीमाटी प्रयोग गरिएको उनले जानकारी दिए । पुस मसान्त भित्र पोखरीको पिँधको काम सकिने, मन्दिर र वरिपरिको काम बैशाखभित्र सम्पन्न हुने उनले बताए ।
प्रमुख ज्ञवालीले पुननिर्माण गर्नुपर्ने ७ हजार ५ सय ५३ विद्यालय भवनमध्ये ५ हजार ३ सय ४८ भवन निर्माण सम्पन्न भएको, १८ सय १६ पुननिर्माणको क्रममा रहेको र ३ सय ८९ भवन पुननिर्माण हुन बाँकी रहेको जानकारी दिएका छन् ।
विद्यालय भवनहरुको पुर्ननिर्माण उल्लेख्य देखिएपनि कक्षाकोठाको भने संख्यात्मक रुपमा कम निर्माण भएका छन् । धेरै कक्षाकोठा बनाउनुपर्ने अवस्था आएकाले स्रोत व्यवस्थापनमा समस्या देखिएको र अर्को वर्ष थप गर्ने गरि ४ कोठा माग भएका ठाउँमा २ वा ३ वटा कक्षाकोठा निर्माण गरिएको उनले बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ६५ स्वास्थ्य संस्थाको पुर्ननिर्माण सम्पन्न भएको, १ सय ४९ पुर्ननिर्माणको क्रममा रहेको र ३ सय ८३ पुर्ननिर्माण सुरु हुन बाँकी रहेको उनले बताए । उनले विद्यालय र स्वास्थ्य संस्थाको लागि स्रोत व्यवस्थापन गर्दै जानुपर्ने भएकाले एकैपटक काम सम्पन्न गर्न नसकिएको बताए ।
निजी आवास पुर्ननिर्माण तर्फ ८ लाख २० हजार ६ सय ९१ लाभग्राहीमध्ये ७ लाख ७९ हजार ८ सय ५६ सँग अनुदान सम्झौता भएको, अनुदान सम्झौता भएका मध्ये ७ लाख ६९ हजार ६ सय १६ ले पहिलो किस्ता लगेको र ४ लाख ८१ हजार ५६ घरको निर्माण सम्पन्न भएको प्रमुख अधिकृत ज्ञवालीले जानकारी दिए।
पुननिर्माण गर्नु पर्ने ४ सय १५ सरकारी भवनमध्ये ३ सय ५१को काम सम्पन्न भएको, ५७ पुर्ननिर्माणको क्रममा रहेको र ७ वटा भवनको पुर्ननिर्माण नै बाँकी रहेका छन् । त्यसैगरि, ३ सय ८३ सुरक्षानिकायका भवन पुर्ननिर्माण गनुपर्नेमा १ सय ९४ वटा सम्पन्न भएको, २२ वटा पुर्ननिर्माणको क्रममा रहेको र १ सय ६७ वटाको पुर्ननिर्माण सुरु नगरिएको प्रमुख अधिकृत ज्ञवालीले जानकारी दिए । सरकारको निर्णय अनुसार बाँकी रहेका भवनहरु अब नियमित कार्यक्रम अन्तर्गत पुननिर्माण गरिने छन् ।
उनका अनुसार ७ सय ५३ पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण गर्नुपर्नेमा ३ सय ८७ वटा पुर्ननिर्माण सम्पन्न भइसकेका छन् । १ सय २३ वटा पुर्ननिर्माणको क्रममा छन्, भने २ सय ४३ वटाको पुर्ननिर्माण सुरु भएको छैन् ।
त्यसैगरि, क्षति भएका १ हजार ३ सय २० गुम्बाहरुको मर्मत तथा निर्माणका लागि ३७ करोढ ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । भारतीय एक्जिम बैंक तर्फको बजेट रकम स्रोतान्तरको लागि अनुरोध गरिएको उनले बताए ।
|
पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाको सनाखत पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर्षीय कृष्ण कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । जीप सिद्धार्थ राजमार्गको चौबीस माइलमा सडकदेखि करीब २०० मिटर तल खसेको थियो ।
|
नियोगको टिप्पणीप्रति ध्यानाकर्षण भएकोछ : आयोग काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते भएको उपनिर्वाचनका सन्दर्भमा गठित मिडिया अनुगमन एकाइले बिहिबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाएको छ ।
उपनिर्वाचको विषयलाई लिएर आमसञ्चारका माध्यममा प्रकाशित र प्रसारित समाचारको अनुगमन गर्न आयोगले मिडिया अनुगमन एकाइ गठन गरेको थियो ।
प्रतिवेदनमा आमसञ्चार माध्यमले निर्वाचन गतिविधिलाई उच्च प्राथमिकता दिएको र आचारसंहिताको प्रभावकारी पालना भएको पाइएको उल्लेख छ । आगामी आवधिक निर्वाचनमा मिडिया अनुगमन सम्बन्धी आफ्नै संयन्त्र स्थापना गर्न सुझाव दिँदै एकाइले त्यस्तो अनुगमनका लागि प्रदेश र जिल्ला तहसम्म विस्तार गर्न उपयुक्त हुने सल्लाह दिएको छ ।
प्रतिवेदन ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय भएको भनी राजनीतिक दल र उम्मेदवारबाट प्राप्त प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गरे ।
आयुक्त थपलियाले भने, “निर्वाचनको परिणामपछि राजनीतिक दल र उम्मेदवारबीच देखिएको हार्दिकता र सद्भावले उपनिर्वाचन निकै स्वच्छ, स्वतन्त्र र मितव्ययी ढङ्गबाट सम्पन्न भएको भन्ने पुष्टि गरेको छ ।”
उपनिर्वाचका सन्दर्भमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)बाट आएको टिप्पणीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले वास्तविकता भन्दा बाहिर गएर आएका टिका टिप्पणीले त्यस्ता संस्थाको मर्यादा बढन नसक्ने बताएका छन् ।
एकाइका निर्वाचन आयोगका उपसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गोरखापत्र दैनिक, राष्ट्रिय समाचार समिति(रासस), रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रतिनिधि हुनुहुन्थ्यो । उक्त एकाइले उपनिर्वाचनका सन्दर्भमा कार्यादेशअनुरुप मङ्सिर १ गतेदेखि काम गरेको थियो ।
|
कपास उद्योगमा आगलागी दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा बिहिबार बिहान आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासि आगलागी हुँदा उद्योगमा रहेका सामग्री जलेर नस्ट भएको छ ।
आगलागीबाट उद्योगभित्र रहेको कच्चा सामग्री, उद्योगका मेसिनलगायतका सामग्रीमा क्षति पुगेको उद्योगका सञ्चालक पूर्णकुमार मानन्धरले बताए । “विद्युत् चुहिएर आगलागी भएको हुनसक्छ, क्षतिको पूर्ण विवरण त आइसकेको छैन,” मानन्धरले भने।
इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले बताए ।
|
पाल्पामा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु तानसेन । पाल्पाको तिनहुँमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ।
सिद्धार्थ राजमार्गमा पर्ने तिनहुँ गाउँपालिका–५ चौबिसमाइलमा लु.१ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै २ जनाको ज्यान गएको हो । सडकबाट खसेको जीप दुई सय मिटर तल खसेको बताईएको छ।
दुर्घटनामा परी ज्यान गुमाएका २ जनाको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
|
डोटीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु डोटी । जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।
मृत्यु हुनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जीप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ।
जीप के कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
|
रानीपोखरीको जिर्णोद्धार तथा पुनःनिर्माणमा सहयोग गरेकामा नेपाली सेनाको प्रशंसा भक्तपुर । नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा बुधबार आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने, कलात्मक मयूर झ्याल उपहार दिएका हुन् ।
भक्तपुरको नगरपालिका–१ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जिर्णोद्धार तथा पुनःनिर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्वतर्फको खेलमैदान सर्वसाधारण युवाहरुलाई प्रयोग गर्नका लागि नेपाली सेनाले पुर्याएको योगदानको कदर गर्दै सेनालाई सो मयूर झ्याल दिएको हो।
नेपाल संवत् ७५० अर्थात विसं १६८७ मा राजा जगज्योति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरी ९काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष पुरानो० लामो समयदेखि जीर्ण अवस्थामा रहेको र उक्त पोखरीले सांस्कृतिक र धार्मिक महत्व पनि बोकेको, वरिपरि कुलदेवता र देवाली पूजा गर्ने महत्वपूर्ण थलो पनि भएकाले उक्त रानीपोखरीको २०७६ जेठ १ गते जीर्णोद्धार र संरक्षणको साथै सर्वसाधारण जनताको लागि खुला गर्न नेपाली सेनाले पत्र पठाएपछि पोखरीको उत्खनन एवं जीर्णोद्धार शुरु भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।
नेपाली सेनाले स्थानीय जनताको भावना, यहाँको कला, संस्कृति, सम्पदा र धर्म एवं पर्वको संरक्षणमा साथ दिएको बताए ।
कार्यक्रममा प्रधानसेनापति थापाले भक्तपुर जिल्लालगायत देशका विभिन्न क्षेत्रहरुमा त्यहाँको ऐतिहासिक महत्व, मौलिक संस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण एवं संवद्र्धन गरी नागरिक–सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग र साथ दिइरहेको बताए । रासस
|
छतिस हजार नगद सहित एक जना पक्राउ धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले सहकारी संस्थाको र बैंकका सटर फुटाइ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राप्ति नगरपालिका ३ लोथर घर भई हाल बेनिघाट गाउपालिका ५ बस्ने १८ बर्षका निरज चेपाङ रहेको धादिङ प्रहरीले जनाएको छ ।
मंसिर ८ गते कषि सहकारी संस्था लि.को काउन्टरबाट ८९ हजार ७ सय ५ चोरी गरेका उनलाई ३६ हजार सात सय चालिस रुपैयाँको साथमा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई हिरासतमा लिई म्याद थप गरेर अनुसन्धान भईरहेको धादिङ प्रहरीले जनाएको छ ।
|
मुआब्जा पुनःविचार गर्न माग गर्दै आन्दोलन काठमाडौं । बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बुधबार राजधानीमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
सरोकारवालाहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट आर्खेत (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रको मुल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
पूर्व सांसद चिनकाजी श्रेष्ठले सरोकारवालाहरुको माग विपरित धेरै कम मुल्य निर्धारण भएको बताएका छन् । यो भन्दा पहिले सहमति गरेर मुल्य निर्धारण गरिएको भएपनि यसपटक सरकारले गैरकानुनी ढंगबाट मुल्य निर्धारण गरिएको उनले बताए ।
पूर्व सांसद श्रेष्ठले तत्काल सम्बन्धित क्षेत्रका स्थानीयहरुसँग वार्ता गरेर मुल्य निर्धारण पुनरावलोकन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
प्रदर्शनका क्रममा सरोकारवालाहरुले ‘अव्यवहारिक मुअब्जा निर्धारण मुल्य मान्दैनौं, घोषित मुआब्जा चाँहिदैन, घरजग्गाको एकमुष्ट मुल्याङ्कन गर’ लगायतका नारा लगाएका थिए ।
|
चोरीका घटना बढ्दै गएपछि पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा गस्ती काठमाडौँ । पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ। पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो।
पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै गएपछि पाँचखाल उद्योग वाणिज्य सङ्घले नगरपालिकासँग स्थानीय सुरक्षाको माग गरेपछि सशस्त्र प्रहरीसँग समन्वय गरी रातको समयमा दुई पटक गस्ती गर्ने व्यवस्था गरेको हो।
“नगरले बजार क्षेत्रमा सुरक्षा–गस्तीको माग गरेकाले सोहीअनुसार दैनिक रातको समयमा दुईपटक गस्तीको व्यवस्था मिलाएका छौँ”, सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टर प्रमुख प्रहरी उपरीक्षक पुरुषोत्तम थापाले भने ।
उनका अनुसार पाँचखालको सुरक्षाका लागि १० देखि १२ जनासम्मको सशस्त्र प्रहरीको टोलीले दैनिक गस्ती गर्नेछ। पाँचखालमा सुरक्षा चुनौती थपिएपछि सशस्त्र प्रहरीको सहयोग मागिएको नगरप्रमुख महेश खरेलले बताए।
“पाँचखालमा जनपद प्रहरीको सङ्ख्या न्यून भएकाले रातको समयमा सशस्त्र प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको हो”, खरेलले भने ।
उनले पाँचखालमा रहेको दमकल पनि सशस्त्र प्रहरीको सुरक्षामा राखिएको र उनीहरुकै जनशक्तिद्वारा आगलागी जस्ता दैवीप्रकोपमा सञ्चालन गरिने बताए ।
पाँचखालको सुरक्षा थप मजबुत बनाउन हाल १० स्थानमा सिसी क्यामेरा राखिएको र थप सातवटा क्यामेरा थपिने ४ नं वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए ।
यसैबीच, कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकल खरिदका लागि छुट्याइएको बजेटमध्ये रु ५० लाख ५० हजारमा खरिद गरिएको दमकल सञ्चालनका लागि मङ्गलबारदेखि सशस्त्र प्रहरीलाई दुईदिने तालीमको आयोजना गरिएको छ।
युकेस्थित डेभोन एन्ड सोमर्सेट फायर एन्ड रेस्क्युद्वारा सञ्चालित तालीममा सशस्त्र प्रहरीका २४ जनालाई विशेष तालीम दिइएको हो।
तालीमका अवसरमा वारुण नियन्त्रणका क्रममा आवश्यक पर्ने थप उपकरण, लाइफ ज्याकेट तथा वारुण नियन्त्रक पोसाक रोटरी क्लब अफ दरबारमार्गले उपलब्ध गराएको छ।
|
‘बीओपी‘ स्थापनाका लागि जग्गा खोज्दै सशस्त्र प्रहरी बल काठमाडौं । भारतीय भूमि नजिक रहेको कैलाली जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी (सीमा सुरक्षा कार्यालय) स्थापनाका लागि जग्गा खोजी गर्न थालिएको छ ।
सीमा क्षेत्रको बङ्गारा कटान, जुगेडा, खोनापुर, भुँइयाफाँटा, हिक्मतपुर र श्रीलङ्का टापुमा गरी छ ठाउँमा बीओपी कार्यालय स्थापनाका लागि जग्गाको खोजी भइरहेको धनगढीस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख प्रहरी उपरीक्षक कमल तिउसिनाले बताए ।
‘सीमा क्षेत्रमा तत्कालका लागि १० किलोमिटरको दूरीमा एउटा बीओपी राख्न सकिने गरी योजना बनाएका छौँ’, प्रहरी उपरीक्षक तिउसिनाले भने, ‘यसका लागि जग्गा खोज्ने काम भइरहेको छ ।’
सीमा क्षेत्रको भुँइयाफाँटाको हकमा त्यहाँ रहेको एक माध्यमिक विद्यालय नजिकको खाली रहेको पुरानो भवनमा स्थानीय पालिका र जनतासँगको समन्वय र सहयोगमा बीओपी कार्यालय स्थापनाको प्रयास गरिएको छ ।
छ वटा नयाँ ठाउँमा सरकारी ऐलानी पर्ती जग्गा खोजेर बीओपी कार्यालय स्थापना गर्ने प्रयासमा स्थानीय पालिकाले सहमति दिइसकेको जनाइएको छ ।
सीमामा तीन वटा सीमा कार्यालय
कैलाली जिल्लाको भारतसँग सीमा जोडिएको १ सय १ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको फूलबारी, लालबोझी र खक्रौलामा गरी जम्मा तीन वटा मात्र सीमा कार्यालय सञ्चालनमा छन् ।
फूलबारी र लालबोझीमा पहिल्यैदेखि कार्यालय रहेकामा खक्रौलामा गत वर्षदेखि सशस्त्र प्रहरी बलको सीमा कार्यालय स्थापना गरिएको हो । यही दूरीमा सीमापारि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २१ ठाउँमा कार्यालय रहेको बताइएको छ ।
सीमा सुरक्षाका साथै आपराधिक गतिविधि नियन्त्रणको काम गर्दै आएको सशस्त्र प्रहरी बलको सीमा कार्यालयमा पर्याप्त साधन स्रोतको भने अभाव रहेको छ ।
दुई देशको सीमा क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीले कतिपय ठाउँका सीमा स्तम्भ पुरेको, वर्षायामको समयमा दुवैतर्फको भूमि बाढीले कटान गर्ने गरेको जस्ता समस्या पहिले देखिनै रहेको छ ।
६७ सीमा स्तम्भ फेला पर्न सकेनन्
कैलालीको पूर्वश्रीलङ्का टापुदेखि पश्चिम डोकेबजारसम्मको १ सय १ किमी लामो अन्तर्राष्ट्रिय सीमाको दूरीमा मुख्य ५३ र सहायक २ सय २९ सीमास्तम्भ रहेकामा यीमध्ये मुख्य १३ र सहायक ५४ वटा सीमास्तम्भ फेला नपरेको तथ्याङ्क रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।
मुख्य ३९ वटा सीमास्तम्भ सबुत अवस्थामा रहेकोमा एक सीमा स्तम्भ मर्मत गर्नुपर्ने देखिएको छ । नेपाल—भारतको संयुक्त सीमा सर्भे नापी टोली नं ४ ले गत वर्ष मुख्य सीमास्तम्भ सात वटाको निर्माण र नौ वटा स्तम्भको मर्मत गरेको थियो ।
यस्तै, सहायक स्तम्भमध्ये २५ वटाको मर्मत र ४१ वटा नयाँ निर्माण गरिएको थियो । सबुत अवस्थामा १ सय ७१ सीमास्तम्भ रहेकामा थप चार वटाको मर्मत गर्नुपर्ने देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबाहेक कैलालीको सीमा क्षेत्रमा एक ‘रिफरेन्स’ सीमा स्तम्भसमेत रहेको छ ।
भारतले हालै आफ्नो नक्सामा नेपाली भूमि समावेश गरेको घटनापछि बढेको चिन्ता र जनचासोसँगै नेपाल भारतका सीमामा थप ठाउँमा सशस्त्र प्रहरी बलका बीओपी स्थापना गर्ने प्रयास थालिएको बताइएको छ ।
प्रदेश सरकारको पहल
भारतले आफ्नो नक्सामा दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको घटनाका विषयमा प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले नेपालको भारतसँग दार्चुलालगायतका अन्य भू–भागमा देखिएको अन्तर्राष्ट्रिय सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट यथाशीघ्र समाधान खोज्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गएको कात्तिकमा नै गरेको थियो ।
दार्चुलाको व्यास गाउँपालिका–२ को तुम्लिङदेखि टिङ्कर र साङ्ग्रु भन्ने गाउँसम्म नेपाली गाउँबस्ती भएर आवागमन गर्ने घोरेटो बाटो प्रदेश सरकारले नेपाल सरकारको सहकार्यमा निर्माण गर्ने र सुदूरपश्चिम प्रदेशको कालापानीसहित भारतसँग सीमा जोडिएको सिमाना र सीमा नाकामा आवश्यकतानुसार प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो ।
|
पोलिग्राफ परीक्षण कक्ष र नेटवर्किङ उपकरण हस्तान्तरण काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ । राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रौतहटमा तयार गरेको अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष मंगलबार हस्तान्तरण गरेको हो ।
नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक कार्ल ए रिशिमले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।
नेपाल प्रहरीलाई पोलिग्राफ प्रविधिको शुरुआतदेखि नै यसको विकासका लागि अमेरिकी राजदूतावासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदैआएको छ । अहिलेसम्म अमेरिकी राजदूतावासले पोलिग्राफ उपकरणसहित नेपाल प्रहरीका ३९ प्रहरी अधिकृतलाई पोलिग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था, ११ स्थानमा सुविधासम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नाका साथै पोलिग्राफ परीक्षकहरुलाई आवश्यक पर्ने अन्तर्राष्ट्रियस्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्थासमेत गर्दै आएको छ ।
यसैगरी, अमेरिकी राजदूतावासले नेटवर्किङ उपकरण हस्तान्तरणसमेत गरेको छ । दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी (पूर्व), जुम्ला, कालीकोट, डोटी र बाजुराका लागि जोडिएका विभिन्न नेटवर्किङ उपकरण सहयोग गरेको हो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक रिशिमले प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुनिलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
|
जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगियो गलकोट । बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । बेपत्तालाई बडिगाड खोलाले बगाएको हुनसक्ने स्थानीयवासीले जनाएका छन् ।
घाइते नवलपरासी बर्दघाट–२ बस्ने १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गाउँपालिका–४ का आठ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको बुर्तिवाङ स्वास्थ्य केन्द्रका डा मनोज मल्लले बताए ।
दुर्घटनास्थलमा लडेर घाइते भएका एक बालकलाई समेत सोही हेलिकोप्टरमा काठमाडाँै लगिएको छ । उद्धारका लागि सेनाको हेलिकोप्टरमा गुल्मीका पूर्वमन्त्री गोकर्ण विष्टसमेत आएका थिए । घाइतेलाई उद्धार गरी बुर्तिवाङ स्वास्थ्य केन्द्रमा लगिए पनि थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडाँै लगिएको हो ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट अनियन्त्रित भई जीप बडिगाड खोलामा दुर्घटना भएको थियो । जीप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको थियो । जीप क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रत्यक्षदर्शी इस्मा गाउँपालिका–७ गुल्मीका देवीराम कार्कीले जानकारी दिए । रासस
|
विकासोन्मुख देशहरुमा नारीशोषण बढी काठमाडौं । धार्मिक अगुवाहरुले अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमा धर्मको नाउँमा नारीशोषण, भेदभाव, दमन तथा पितृसतात्मक व्यवहार हुने गरेको बताएका छन् ।
महिला हिंसा न्यूनिकरणमा धार्मिक अगुवाहरुको भुमिका सम्बन्धी मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनीहरुले धर्मका नाउँमा महिला हिंसा बढ्दै गएको बताएका हुन् ।
सन १८७० देखि संयुक्त राष्ट्रसँघले महिला हिंसा विरुद्धको अभियान चलाएको भएपनि विकासोन्मुख मुलुकहरुमा अझैपनि धर्मको नाउँमा कुनै न कुनै हिंसा हुने गरेको उनीहरुको भनाई छ । धार्मिक अगुवाहरुले महिलामाथि हुने गरेको पीडा, क्षति, अपहेलना, ठगी, अपमान र दुव्र्यवहार नै हिंसा भएको बताउँदै ती सबै कामहरु धर्मकै नाउँमा हुने गरेको बताएका छन् ।
उनीहरुले यसबाहेक महिलाले परिश्रम गरेबापत पाउने मूल्य, व्यक्तिगत स्वतन्त्रता, शिक्षा, घरेलु कामको विभाजन, अर्थ व्यवस्थाको जिम्मेवारी, पारिवारिक विषयप्रतिको रायसुझाव र निर्णय लगायतका काममा समेत हुने विभेद नै महिला हिंसा भएको बताएका छन् ।
उनीहरुले धर्म जीवन शैली भएको तर त्यसको गलत व्याख्याका कारण महिलामाथि विभेद हुने गरेको बताएका छन् । हरेक वर्ष नोवेम्बर २५ मा ‘महिला हिंसा विरुद्ध अन्र्तराष्ट्रिय दिवस’ मनाउने गरिन्छ । सोही अनुसार नेपालमा पनि २५ नोवेम्बरदेखि १० डिसेम्बर सम्म १६ दिने महिला हिंसा विरुद्धको अभियान देशैभर सञ्चालन गरिने भएको छ ।
|
‘अवसर पाए सपाङ्गसरह गर्न सक्छौँ’ भरतपुर । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा किराना व्यवसाय गर्दै आउनुभएका न्यून दृष्टियुक्त पर्शुराम पौडेलले राज्यले अवसर नदिए पनि आफैँ व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउछन् । उनले विसं २०६० देखि भाडामा सटर लिएर व्यवसाय गर्दै आएको आएका हुन्।
सानो व्यवसायबाट शुरु गरेका उनले अहिले त्यसलाई विस्तार गर्दै परिवारको पालनपोषण र शिक्षादीक्षा सहजरुपमा गर्दै आएका छन् । छरछिमेकमा रहेका साङ्गको भन्दा सहज जीवनस्तर चल्दै आएको छ उनको । २८ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइरहँदा भरतपुरमा भेला भएका अपाङ्ता भएका व्यक्तिका प्रतिनिधिले आफ्नो धारणा सुनाउने क्रममा उनले भने, ‘राज्यले अवसर दिए अरु धेरै गर्न सकिन्छ ।’
भरतपुरको धर्मचोकका मनबहादुर पुनको एउटा खुट्टै चल्दैन तर, उनले धर्मचोकमै प्रोभिजनल स्टोर सञ्चालन गर्दै आएका छन् । उनले भने ‘अपाङ्गता भएको व्यक्ति भन्दैमा यसै बसेर हुँदैन । केही त गर्नै पर्छ । ग¥यो भने सकिन्छ ।’ करिब २५ वर्ष अघि दुर्घटनामा परेपछि उनको एउटा खुट्टा चल्दैन । पुनले सात वर्षयता व्यवसाय गर्दै आएका हुन । यही व्यवसायबाट उनको परिवार धानिएको छ । लगानी बढाउन नसक्दा सोचे जति प्रतिफल नपाएको गुनासो गर्दै उनले भने, ‘बैले मुखले सहयोग गर्छु भन्छन् तर कसैले गर्दैनन् । अपाङ्गता भएकाले गर्न सक्दैन भन्ने धेरैको सोचाइ छ ।’ सबैले आआफ्नो क्षमताअनुसार काम गर्नसक्ने भएकाले अपाङ्गता भएका व्यक्तिले पनि आत्मविश्वासका साथ काम गरेमा सफल हुने उनको भनाई छ ।
माडी नगरपालिका–७ कल्याणपुरका यमनाथ सुवेदीको पोलियो रोगका कारण एउटा खुट्टा चल्दैन तर पनि यसै बसेका छैनन् । उनी माडीकै जनकल्याण माविको सहायक प्रधानाध्यापक भएर काम गर्दै आएका छन् । नेपाली र सामाजिक विषय अध्यापन गराउने उनले भने, ‘समाजको नजरमा मात्रै फरक हो । तर अपाङ्गता भएका व्यक्तिले सपाङ्गसरह काम गर्न सक्छन् ।’
समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने भन्दै उनले अवसर पाएमा ध्यानचित्त लगाएर अपाङ्गता भएकाले काम गर्ने भएकाले सङ्गको भन्दा प्रतिफल आउने सुवेदीले बताए । समाज र अभिभावकले अपाङ्गताको प्रतिभा प्रस्फुटन गर्ने अवसर दिनुपर्ने बताउँदै उनले राज्यले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए ।
गोरखा घर भई भरतपुर महानगरपालिका–१६ मा एक प्राथमिक विद्यालयमा पढाउँदै आउनुभएकी लीला दवाडी आफुले सपाङ्गसरह पढाउन सक्ने बताउछन्। अपाङ्गमैत्री संरचना नहुँदा सबै ठाउँमा समस्या हुने गरेको भन्दै उनले सरकारी र सार्वजनिक निर्माण संरचना अपाङ्गतामैत्री हुनुपर्ने बताइन् । सडकमा अपाङ्गता भएका व्यक्तिलाई आवतजावत गर्न अप्ठ्यारो हुने गरेको भन्दै उनले भने, ‘अपाङ्गतामैत्री सडक निर्माणमा राज्यले ध्यान दिनुपर्छ ।’
पछिल्ला वर्षहरुमा मुख्य शहरी क्षेत्रमा निर्माण हुने सडकमा अपाङ्गमैत्री बन्ने क्रम भने शुरु भएको छ । सरकारी कार्यालयमा पनि त्यस्तै संरचना बन्ने गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पछिल्ला वर्षहरुमा बन्ने संरचना अपाङ्गमैत्री बनाउने गरेको बताए । स्थानीय तहले उनीहरुको क्षमताअनुसारका अवसर दिनका लागि विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । उनले भने, ‘राज्य अपाङ्गता भएकाको लागि अवसर प्रदान गर्न सकारात्मक रुपमा लागिपरेको छ ।’
सरकारले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्तासमेत दिँदै आएको छ । यद्यपि अवसरका कुरामा प्राथमिकतामा नपारिएको उनीहरुको गुनासो हुने गरेको छ ।
|
गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो कलैया । बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट्र, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेको मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताए ।
मेलामा आउने करीब ९ बाटामा गाडी र पैदल हिँड्ने भक्तजनकाे उत्तिकै भीड रहेको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको पतरहटीका सन्तोष यादवले बताए । भारतको दिल्ली, बुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभङ्गा, सितामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सार्कका बङ्गलादेश, ढाका, पाकिस्तान, बर्माका भक्तजन अवलोकन गर्न आउने गरेका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए । दर्शनका लागि खासै राम्रो प्रबन्ध नमिलाइएको भारत मोतहारीका अच्छेलाल सहनीले बताए।
यसैबीच, सोमबार राति साढै १ः०० बजे तान्त्रिक विधिबाट पूजापाठ गर्न शुरु गरेपछि साढे ३ः०० बजे करीब दुई घण्टामा बत्ति बलेपछि अन्यविधि गरेसकेपछि आज ७ः१५ बजेदेखि बलि शुरु गरिएको पूजारी चौधरीले बताए। करीब पाँच हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ । मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन् । शौचालय बस्ने ठाउँ र नुहाउने ठाउँको राम्रो प्रबन्ध नमिलाइएको दर्शनका लागि भारतबाट आएका पुकार यादवले बताए।
मेलामा सामान बेच्नेले मनपरी रकम असुलिरहेका बारागढी गाउँपालिका– ४ का श्रीचन्द्र साहले बताए । पाकेटमारले मोबाइल, सुन–चाँदीका गहना, नगदसमेत चोर्ने गरेका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले बताए । यसैबीच, मन्दिरका पूजारी मङ्गल चौधरीले बोका बलि बुधबार मात्र गरिने बताए। बिहान ४ः०० बजेदेखि बलि शुरु हुने पूजारी चौधरीले जानकारी दिए। रासस
|
लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।
यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीबाट खटिएको गस्ती टोलीले अभद्र व्यवहार मुद्दामा फरार लक्ष्मीपुर पतारी गाउँपालिका–३, हरिनगर निवासी ५० वर्षीया अमिरती देवीलाई पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
|
बागलुङको कोप्चेमा जीप दुर्घटना, १४ जनाको मृत्यु काठमाडौँ । बागलुङको बडीगाड गाउँपालिका–७ भिमगिठे घोपर्नामा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ।
गुल्मीको ईस्माबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मंगलबार बिहान ९:४५ बजे बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) झविन्द भट्टराईले जानकारी दिए।
दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको ज्यान गएको हो । उक्त दुर्घटनामा परी अन्य एक जना बालक बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाईएको प्रनाउ भट्टराईले बताए। ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी ।
|
बसले हानेर युवतीको ज्यान लिने चालक ३ वर्षपछि पक्राउ दमौली । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् । विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।
भुजेलले चलाएको ना४ख ४०१८ नंको बसको ठक्करबाट ग४प ८८६६ नंको स्कुटरमा सवार व्यास नगरपालिका–११ बस्ने २९ वर्षीय ममता दुलालको मृत्यु भएको थियो।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भीम दुलाल घाइते भएका थिए । घटनालगत्तै भुजेल फरार थिए ।
जिल्ला अदालतले भुजेललाई एक वर्ष ११ महिना आठ दिनको कैद ठहर गरेको थियो। दोषी भुजेललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
|
हस्तकलाले मौलिक परम्परालाई जगेर्ना गर्ने काठमाडौं । सरकारले उद्यमीलाई कच्चा पदार्थ आयातदेखि उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्ने भएको छ ।
नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरिएको १७ औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकमा उद्यमशीलताको विकास गर्न व्यवसायीलाई सहुलियत ऋणमा कर्जा, भन्सारमा छुटको व्यवस्था गरी औद्योगिक वातावरण कायम गरिने बताएका छन्।
उनले नेपालमा अमूल्य कला कृति निर्माण गर्न सक्ने सीप रहेकाले यस क्षेत्रमा निर्भर भई व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । देशको विकास र समृद्धिका लागि निजी क्षेत्रको ठूलो महत्व रहेको उल्लेख गर्दै उनले उद्यमीलाई उद्योग स्थापना गर्न विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने झन्झट रहेकाले सोको सञ्चालनका लागि सरकारले सबै काम एउटै निकायबाट पूरा हुने गरी व्यवसायीलाई सहजता प्रदान गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।
महासंघ प्रदेश नं. ३ का सदस्य शोभा शाक्यले हस्तकलाको व्यवसायले हाम्रा मौलिक परम्परालाई जगेर्ना गरेकाले सरकारले त्यसको संरक्षण नीति अवलम्बन गर्नुपर्ने बताइन।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले अन्तरराष्ट्रिय बजारको माग अनुरुप गुणस्तरीय वस्तु उत्पादन गर्नुपर्ने र यसका लागि सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।
मेलामा धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलन, बाँसका वस्तु राखिएका थिए । मेलामा सात प्याभिलियनसहित करिब २ सय कक्ष थिए । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको बिक्रीकक्ष राखिएका थिए ।
स्वदेशमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारतलगायत मुलुकमा निर्यात हुँदै आएको छ । आन्तरिक बजारमा करिब १० अर्बको हस्तकला सामग्रीको कारोवार हुने गरेको बताइएको छ । यस क्षेत्रले देशभर करिब ११ लाख मानिसलाई रोजगारी दिइरहेको जनाइएको छ ।
हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासंघले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको महासंघले जनाएको छ । उक्त कार्यक्रममा हस्तकला प्रतियोगितामा उत्कृष्ट हुने समूह तथा व्यक्तिलाई पुरस्कृतसमेत गरिएको थियो । रासस
|
अनुमतिपत्र लिन जाँदैनन् चालक काठमाडौं । सडक नियम उल्लङ्घन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआउने गरेका छन् । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले १० वर्ष वा त्योभन्दा पहिलेदेखि रहेका चालक अनुमतिपत्र लिन सेवाग्राही नआएको पाइएको छ ।
लामो समयसम्म चालक अनुमतिपत्र लिन नआउँदा कार्यालयलाई त्यसको व्यवस्थापन गर्न कठिन भएको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताए । उनका अनुसार कार्यालयमा अहिले ट्राफिक प्रहरी कार्यालयबाटै आएका झण्डै २५ हजार चालक अनुमतिपत्र छन् ।
लामो समयदेखिका अनुमतिपत्र वितरणका लागि त्यतिबेलाको फाइल खोजेर मात्रै दिने गरिएको छ । यहाँ रहेका अनुमतिपत्र वितरणका लागि समेत जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनले बताए । “एकातिर यहाँ जनशक्ति नै कम छन् त्यसमा भएका जनशक्ति पनि यी काममा लाग्नुपर्ने अवस्था छ ।”
ट्राफिक प्रहरीले सडक नियम उल्लङ्घन गरेको भनी चिट काटेका सवारी चालकलाई सोही वर्षभित्र सेवाग्राही जाँदा सम्बन्धित कार्यालयबाटै चालक अनुमतिपत्र दिन्छ । ती कार्यालयले चिट काटेकै आवमा राजश्व बुझाउने र ट्राफिक नियमसम्बन्धी कक्षा लिएपछि चालक अनुमतिपत्र दिने गरेको छ ।
एक आवभरमा समेत चालक अनुमतिपत्र लिन नजाने चालकको भने अनुमतिपत्र यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्रका चार कार्यालय भए पनि ट्राफिक प्रहरीले भने कारवाही गरेका चालकको अनुमतिपत्र एकान्तकुना कार्यालयमा नै पठाउँदै आएको छ ।
|
बौद्धिक अपाङ्ग सम्मेलन काठमाडौँमा काठमाडौं । एशियाली बौद्धिक अपाङ्ग महासंघको २४औँ सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन्।
सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सचितानन्द श्रीवास्तवले सुस्त मनःस्थिति भएका व्यक्तिको विकासका लागि छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए।
उनले सुस्त मनःस्थितिको अवस्था जटिल भएका कारणले महासंघमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधिहरु नेपालमा पनि भित्र्याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलन आयोजना गरिएको बताए ।
यही मङ्सिर २० गतेसम्म सञ्चालन हुने सम्मेलनमा ३ सय ५० जनाको सहभागिता हुनेछ । सम्मेलनमा १४ देशका प्रतिनिधिले आफ्नो देशमा सुस्त मनःस्थितिबारे भइरहेका जानकारीबारे प्रतिवेदन प्रस्तुत गर्ने उहाँले जानकारी दिए।
सम्मेलनको अवसरमा पाँच विषयमा ३२ विषय विज्ञसमेतले कार्यपत्र प्रस्तुत हुनुको साथै दुई वटा महासंघका बैठकसमेत हुनेछ । बैठकले महासंघका नयाँ अध्यक्ष राष्ट्र फिलिपिन्सलाई नेपालले हस्तान्तरण गर्नेछ । नेपाल सन् २०१७ मा अध्यक्ष भएको थियो ।
|
घरेलु तथा साना उद्योगको प्रवर्धन सरकारको प्राथमिकतामा : मन्त्री भट्ट काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आइतबार भएको भेटमा उनले भने, ‘लघु, घरेलु तथा साना उद्योगहरुसँग सिङ्गो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउन म दृढ छु ।’
उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै मन्त्री भट्टले समस्यामात्र होइन, समाधानका उपाय पनि पहिल्याउन व्यवसायीलाई आग्रह गर्दै समेत गरे ।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेको बताए।
‘अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन, यो नेपालका लागि ठूलो चुनौतीको विषय बनेको छ’, उनले भने, ‘यसका पछाडि दुई–तीनवटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौँ, ती उद्योगहरु व्यवस्थित छैनन् । उद्योग ग्राममा नचलाइएकाले छरपस्ट भइरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको सिकार बनिरहेका छन् उद्योगहरु ।
त्यसैगरी, प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन् । यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ ।’ रासस
|
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे १ ब १४४८ नम्बरको टिपरलाई ना ४३ प ३३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने २८ वर्षीय नवीन कँडेल र सोही स्थानका ३१ वर्षीय दीपक पन्थ रहेका छन्। सो घटना गए राति भएको थियो ।
चौधरी मृत फेला
सैनामैना नगरपालिका–४ स्थित रामलखनपुरामा आज एक मृतावस्थामा फेला परेका छन् ।
कपिलवस्तुका वाणगङ्गा निवासी ४२ वर्षीय जग्गु चौधरीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, मुर्गियाले जनाएको छ।
|
‘पुरानै पदाधिकारीबाट न्याय पाउने आशा छैन’ काठमाडौं । द्वन्द्वपीडित साझा चौतारी नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका आयोगमा पुरानै पदाधिकारीलाई पुनः नियुक्ति गर्न नहुने जनाएको छ ।
चौतारीले सभामुखको सचिवालय सिंहदरबार, कानून, न्याय तथा मानव अधिकारी समिति र राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र आज दर्ता गरेको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, “पीडितको भावनालाई कुल्चिएर पुरानै पदाधिकारीको पुनर्नियुक्ति संसद्को समेत अपमान र ऐनको भावना विपरीत हुन्छ ।”
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका आयोगमा गत चैत मसान्तदेखि पदाधिकारीको म्याद सकिएको थियो । अहिले नयाँ पदाधिकारीमा पनि पुनः पुरानै पदाधिकारीको नाम सार्वजनिक भएको छ । पुराना पदाधिकारीबाट न्याय पाउने आशा नभएकाले नयाँ पदाधिकारी ल्याउनुपर्ने चौतारीको माग छ ।
ध्यानाकर्षणपत्रमा हाल सिफारिस समितिले आयोगका पदाधिकारी सिफारिस गर्ने क्रममा यही मङ्सिर २ गते प्रकाशित गरेको सूचनामा पुराना र पदच्युत भएका व्यक्तिको नाम समावेश गरी प्रकाशित गरेकोप्रति आपत्ति व्यक्त गरिएको छ । रासस
|
उदयपुर अस्पतालमा सुत्केरीको मृत्यु गाईघाट । जिल्ला अस्पताल उदयपुरमा आइतबार उपचार गर्न ढिलो ल्याउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार उदयपुर, त्रियुगा नगरपालिका–७ घर बताउने २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न ढिला ल्याइपु¥याउँदा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा विजय मेहताले बताए ।
बिहान ७ बजे जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेको बुढाथोकीलाई उनका श्रीमान् प्रेमले लिएर आएका थिए । बिरामीको शरीरमा हेमोग्लोबिन कम भएकाले अवस्था नाजुक भएपछि जिल्ला अस्पतालले बाहिर लान सिफारिश गरेको थियो । श्रीमान् रगतका लागि रकम जुटाउन गएका बेला श्रीमतीको बिहान ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ । रासस
|
ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु चितवन । माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहेकी छन् । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो । ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खत्रीलाई ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
|
राष्ट्रपतिद्वारा १३ औं सागको औपचारिक उद्घाटन काठमाडौँ । नेपालमा आयोजित १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को दशरथ रङ्गशालामा उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित भव्य समारोहबीच उद्घाटन गरेकी हुन्।
उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्द बहादर पुन, खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा लगायत तथा अन्य मन्त्रीहरुको उपस्थित रहेको थियो।
सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने बताएका छन्।
सागलाई सफल तुल्याउन करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुनेछ।
१३औँ सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ।
|
अनुदानको सोलारमा ठगिएको रकम फिर्ता जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ का १ सय ८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् ।
‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए।
सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ । अध्यक्ष सुनारले दलित समुदायको हकहितका लागि काम गर्न गठन गरिएको सहकारी संस्थाको प्रयासमा रकम फिर्ता गर्ने कार्य सुरु गरिएको बताए ।
दलित र जनजातिबाट मल्लले १ हजार ५ सय प्रति सोलारबाट सङ्कलन गरिएको थियो । चन्दननाथ नगरपालिकामा मल्लले १ हजार सोलार वितरणबाट १५ लाख दलित र जनजातिबाट लिएको जनाएको छ । नगरपालिकाको न्यायिक समितिले पाँच पटकसम्म छलफल गर्दा रकम दिन नमानेपछि छैटौँ पटक बसेको न्यायिक समिति बैठकले मल्ललाई अदालत पठाउने निर्णय गरेको थियो ।
जुम्लामा २ हजार २ सय १ वटा अनुदानका सोलार ल्याइएकामा नगरपालिकामा १ हजार, गुठीचौर गाउँपालिकामा १ सय ५० र तातोपानी गाउँपालिकामा ४ सय ७० सोलार वितरण भएको थियो । रासस
|
प्राविधिक शिक्षा लिने थलो बन्दै रामपुर बेझाड । केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका पाल्पा, रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउँथ्यो । कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरु खुम्चिएर बस्नुपर्थ्याे । समय फेरिएको छ, अब त्यो पिरलो छैन ।
पछिल्लो समय प्राविधिक धार अन्तर्गत विभिन्न विषयका कक्षा सञ्चालनमा आएपछि यहाँका मात्र नभै अन्यत्रका विद्यार्थीको पनि रामपुर अध्ययनको थलो भएको छ । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाइने भएपछि अहिले बाहिरबाट रामपुर पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दो छ । रामपुर नगरपालिकाभित्र चार वटा विद्यालयमा प्राविधिक शिक्षाको अध्यापन हुन्छ । सिटिइभिटी मार्फत रामतुलसी माविमा तीनवर्षे डिप्लोमा तहमा कृषि बाली विज्ञान, दरैठाँटी माविमा तीनवर्षे सिभिल इन्जिनियरिङ र गंगा माविमा तीनवर्षे पशुविज्ञानका कक्षा सञ्चालित छन् ।
आधारभूत माविमा भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट कक्षा ९ देखि १२ सम्म पशु विज्ञानको कक्षा सञ्चालन भइरहेको छ । यहाँ पढ्न आउने अधिकाँश विद्यार्थी बाहिरी जिल्लाका छन् ।
सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पढ्न पाइने भएका कारण सिभिल इन्जिनीयरिङ अध्ययनका लागि हुम्लाबाट रामपुरको दरैठाँटी माविमा आएको सत्यदेवी शाहीले बताइन्। उनले हुम्लाबाट नेपालगञ्जसम्म १२ हजार रुपैयाँ हवाइ टिकट, नेपालगञ्जबाट रामपुरमा आउन गाडीमा ३ हजार खर्च लाग्छ, तै पनि कम शुल्कमा पढ्न पाइने भएपछि रामपुरमै आएको बताइन्।
गुणस्तरीय शिक्षासँगै सस्तो शुल्कमा प्राविधिक शिक्षा पढ्न पाइने भएपछि रामपुरमै आएको इलामकी अनिता खड्का बताउछीन्। ‘इलाममा पनि प्राविधिक शिक्षा पढ्न पाइन्छ तर, शुल्क धेरै महङ्गो पर्छ, यहाँ पढाइ राम्रो छ,’ उनले भनिन्।
सिन्धुलीका मनोज विक पनि रामपुरमै तीनवर्षे सिभिल इन्जिनीयरिङ पढ्न आएका छन् । शाही, खड्का र विक प्रतिनिधि पात्र मात्रै हुन् । उनिहरु जस्ता अधिकाँश विद्यार्थी बाहिरी जिल्लाबाट रामपुर आई आफ्नो भविष्य बनाइरहेका छन् ।
सिभिल इन्जिनीयरिङमा दरैठाँटी मावि प्रदेश नम्बर ५ मै उत्कृष्ट नतीजा ल्याउन सफल विद्यालय पनि हो । विद्यालयले २०७२ सालमा महायज्ञ गरी २०७४ देखि सिभिल इन्जिनीयरिङको कक्षा शुरु गरेको हो ।
विद्यालयले न्यून शुल्कमा शिक्षा प्रदान गरिरहेकाले पनि आकर्षण बढ्दो छ । डिप्लोमा तह सञ्चालन भएको वर्ष २०७४ मा ३९, २०७५ मा ४४ र यो वर्ष ३७ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए ।
पढाइ सकेसँगै रोजगार पाउन सक्ने भएकाले पछिल्लो समय यहाँ प्राविधिक शिक्षाप्रति विद्यार्थी आकर्षित भएको प्रअ देवकोटाको भनाइ छ ।
पूर्वी पाल्पाकै शैक्षिक धरोहर मानिएको रामपुर नगरपालिका ५ बेझाड बजारस्थित रामतुलसी माविमा विसं २०७१ देखि तीनवर्षे डिप्लोमा तहसम्मका लागि कृषिबाली विज्ञान पठनपाठन भइरहेको छ । हाल यहाँ ६३ विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक बालकृष्ण लम्सालले भने, ‘कृषिबाली विज्ञानका लागि आवश्यक पर्ने सबै प्रयोगात्मक सामग्रीको बन्दोबस्त विद्यालयले गरेको छ ।’
गंगा माविमा तीनवर्षे पशुविज्ञान शिक्षाको कक्षा सञ्चालित छ । विसं २०७५ मा विद्यालयमा पशुविज्ञान शिक्षा शुरु भएपछि यस क्षेत्रका विद्यार्थीलाई धेरै सहज भएको प्रधानाध्यापक देवराज देवकोटाले बताए।
रामपुरकै आधारभुत माविमा कक्षा ९ देखि १२ सम्म पशुविज्ञान पठनपाठन भइरहेको छ । विसं २०७४ देखि शुरु भएको यो विषयमा हाल कक्षा ९ मा २२, कक्षा १० मा १८ र कक्षा ११ मा २० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रुपनाथ गौतमले जानकारी दिए । उनका अनुसार प्रयोगात्मक शुल्क मात्र लिएर कक्षा सञ्चालन गर्ने गरिएको छ ।
माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पूर्वी पाल्पाका विद्यार्थीलाई शहर पस्नुपर्ने बाध्यता थियो । अहिले भने घरदैलोमै उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको अवसर जुटेपछि विद्यार्थीलाई भौँतारिन नपरेको अभिभावक सरस्वती सोमै बताउछिन्।
रामपुरबाट बुटवल, पोखरा, काठमाडौँ अध्ययनका लागि जाने क्रम अहिले न्यून छ भने अन्यत्रबाट रामपुर आउने क्रम बढ्दो छ ।
जिल्ला सदरमुकामदेखि करीब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुर नगरपालिकामा वस्ती बढ्दै गएसँगै यहाँका नागरिकमा चेतना बढेको छ । पाल्पामा २२ वटा विद्यालयमा प्राविधिक विषयको अध्ययन अध्यापन भइरहेको छ । सिटिइभिटी मार्फत मान्यता पाएका दश विद्यालय र शिक्षा विभागबाट अनुमति पाएका ११ र काठमाडौँ युनिभर्सिटी मार्फत एउटा विद्यालय सञ्चालनमा रहेको शिक्षा समन्वय तथा कार्यान्वयन इकाई प्रमुख रमेशराज पौडेलले बताए।
|
चितवनको खैरहनी ५ मा कांग्रेसकी प्रतिमा कार्की विजयी चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन्।
कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
|
लमजुङमा उपनिर्वाचन : नेकपाका श्रेष्ठ विजयी लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका २ मा वडाध्यक्ष पदको लागि आज भएको उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश सेढाइले ४४२ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाका अनुसार दुई हजार २९७ मतदाता रहेको सो वडामा ६६ दशमलव ३ प्रतिशत अर्थात एक हजार ५२३ मत खसेको थियो ।
खसेको मतमध्ये १२ मत बदर भएको उनले बताए । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।
|
बाजुरामा उपनिर्वाचन : त्रिवेणी नगरपालिका १ मा कांग्रेस विजयी बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार खकेन्द्रबहादुर चदारा ४७३ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारले जम्मा २९७ मत ल्याएर पराजित भएका छन् ।
|
उपनिर्वाचन बैतडी : सुर्नया गाउँपालिका १ मा कांग्रेस विजयी बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द ४ अन्तरले विजयी भएका हुन् ।
उनले २१९ मत ल्याएर भने नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन्। आज भएको मतदानमा ६३८ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
|
इलाका प्रहरी कार्यालय लक्ष्मीपुरबाट सात थुनुवा फरार लहान । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी सिरहाबाट आज साँझ सात जना थुनुवा फरार भएका छन् ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना शनिबार साँझ ६ः ३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अन्य सात जना अझै फरार रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमाक्षेत्रको जाँचमा समेत कडाइ गरिएको प्रजिअ अधिकारीले बताए।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुरमा कार्यरत प्रहरीमध्ये अधिकांशले जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा भएको उपनिर्वाचन र विवाहपञ्चमीका लागि जनकपुरमा खटिएकाले त्यहाँ थोरै सङ्ख्यामा प्रहरी रहेका थिए । सोही मौका छोपी थुनुवाहरु फरार भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
ठूलो सङ्ख्यामा एकै पटक थुनुवाहरु फरार भएकाले घटना बारे थप अनुसन्धान भइरहेको प्रजिअ अधिकारीको भनाइ छ । यता घटना बारे सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीसँग थप जानकारी लिन खोज्दा उनले कुरा गर्न चाहेनन् ।
|
उपनिर्वाचन २०७६ : कुमाखमा नेकपाका बुढाथोकी विजयी कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मे बुढाथोकी विजयी भएका छन् । उनी ७९२ मत प्राप्त गरी विजयी भएका हुन् ।
बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे । यस्तै राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरे भने ६० मत बदर भएको थियो ।
कूल एक हजार ८३९ मतदाता रहेकामा एक हजार १२४ मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए । निर्वाचनमा ६१ दशमलव १२ प्रतिशत मत खसेको थियो ।
तत्कालीन वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको थियो ।
|
उपनिर्वाचन : पुनर्वास नगरपालिका–३ मा नेकपा विजयी कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ ।
नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे ।
त्यस्तै समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ पाए भने राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेका हुन् । आज भएको मतदानमा ९ सय २४ मत खसेको थियो ।
|
क्यालिफोर्नियामा नेपाली युवाहरुद्वारा निर्मित वृतचित्र ‘राईज अप’ प्रदर्शनी क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा लसएन्जल्सका युवाहरुको समूहले निर्माण गरेको ‘राईज अप’ नामक वृतचित्र प्रदर्शनमा आएको छ ।
शनिवार (नोभेम्बर ३०) देखि डिसेम्बर १ सम्म चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड कार्यक्रमसँगै सन्फ्रान्सिस बर्कलीको युसी थिएटरमा प्रदर्शनी हुन गईरहेको आयोजकले जनाएको छ ।
यस कार्यक्रममा नेपाली चलचित्र समाज, गोल्डेन स्टेट चलचित्र मेकर, हिमालयन फाउन्डेसन कर्पोरेशनलगायतका संस्थाहरूको संयुक्त आयोजनामा नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकारको साथमा प्रदर्शनमा आएको हो ।
‘आफ्नै नाम, शान र पहिचान’ भन्ने नारासहित आयोजना हुन गईरहेको अवार्ड नेली कलाकारहरु जमघट कुम्भमेलाको रुपमा हेरिएको छ । कार्यक्रममा नेपालदेखि अमेरिकामा रहेका कलाकारहरुको अभुतपूर्व जमघट हुदैछ ।
‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने हुनाले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा सहित नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतूले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्थाका यज्ञलाल श्रेष्ठ बताउँछन्।
यसै सन्दर्भमा नेपाली फिल्म अवार्ड–२०१९ को ऐतिहासिक क्षणमा ‘राईज अप’ वृतचित्र को पनि प्रदर्शनी हुने भएको छ । मुख्य कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्निया Beverly Hills मा २ वर्षे अभिनय कोर्स पूरा गरि केही अन्तराष्ट्रय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले अभिनय गरेकी छिन् ।
जसमा एस राज प्रोडक्शनका शंकरराज वाग्ले र सन्जय कार्कीको छांयाकन रहेको छ भने यस वृतचित्रमा शंकरराज वाग्लेले निर्देशन गरेका हुन् ।
|
थवाङमा उपनिर्वाचन : नेकपाका जनकबहादुर बुढा विजयी रोल्पा । रोल्पाको थबाङमा गाउँपालिका–१ को उपनिर्वाचनमा नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकालाई १४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । नेकपाका बुढाले एक सय ७४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका रोकाले २६ मत ल्याए ।
२०९ मत खसेकोमा ९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।
|
दिनभर काम गरेर पनि रात परेपछि सडकमा सुत्नुपर्ने बाध्यता काठमाडौं । करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछि भन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए ।
काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । त्यो पनि रातको १० बजे चिसो सिरेटो नचल्ने कुरै भएन । कालीमाटीबाट बल्खु जाने सडकको दायाँबायाँका सटरहरू बन्द थिए । सटरमुनिको सडकपेटीमा सामान हालेर राखिएझैँ बोराको लस्कर प्रहरीको ज्याकेट टल्किए जसरी टाढैसम्म टल्कियो । बोरासँग दर्जनौँ कुकुर गुडुल्किएर सुतिरहेका थिए । नजीक पुग्दा बोराका बीचबीचमा केही मान्छे मजेत्रो ओढेर सुतिरहेका देख्यौँ ।
बत्तीको उज्यालो र मानिसको चहलपहल बढेपछि बोराबाट मुन्टो निस्कियो । तब थाहा भयो, बोरामा त मान्छे रहेछन् । फेरि त्यही बोराबाट अर्को पनि मुन्टो निस्कियो । तातो हुने भएर होला एउटै बोरामा दुईजना पसेका । चिसो सडकपेटीमा सामान्य थोत्रा कपडा लगाएका उनीहरूको आश्रयस्थल, ओढ्ने ओच्छ्याउने सबै त्यही बोरा रहेछ ।
अघि देखिएका सबै बोरामा यसैगरी मानिसभित्र पसेर सुतिरहेको रहस्य केही क्षणमै खुल्यो । कोही कार्टुन त कोही पातलो मजेत्रोको सहारा लिएर जाडो छल्दै निद्रा पर्खंदै थिए । कोही एक्लै बरबराउँदै थिए । सडकपेटीको चिसो भुल्न धेरै मदिरामा लट्ठ थिए ।
‘कसैले बस्ने कोठा दिँदैन, कोठा पाउन बूढी चाहिन्छ रे, सिसावालाले पनि बस्न दिँदैन, यहाँ नआए कहाँ जाने त ?’
उनीहरूकै भनाइमा दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सडकमा सुत्ने वर्षाैंदेखिको दैनिकी हो । गन्ती गर्दा यसरी लस्करै सुतेका ४३ जना भेटिए । उदयपुरका किरण र हिमाल मगर एउटै बोराभित्र थिए। नजीकै सिसा पसलमा काम गर्ने हिमालले यसरी सुत्नुको कारण खोल्दै भने, ‘कसैले बस्ने कोठा दिँदैन, कोठा पाउन बूढी चाहिन्छ रे, सिसावालाले पनि बस्न दिँदैन, यहाँ नआए कहाँ जाने त ?’ यति भनेपछि उनले मुन्टो बोराभित्र छिराए।
उनका अनुसार यसरी सडक पेटीमा सुतेको वर्षौं भयो । हिमालसँगै एउटै बोरामा सुत्ने किरण कालीमाटी तरकारी मण्डीमा मजदुरी गर्छन । झण्डै १८ महिनादेखि किरणको दैनिकी पनि यसरी बितिरहेको छ । काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमका प्रतिनिधिमार्फत सडकमा यसरी बस्न नपाइने जानकारी पाएपछि किरणले सोधे, ‘के हामीलाई अब लान्छ ?, हामी काम गरेर खाने मान्छेलाई यसरी उठाएर लान कहाँ पाइन्छ, यो कसैको सडक होइन, हामी सुत्न पाउँछौँ ।’
आफ्नो कुरा सकेर किरणले पनि मुन्टो बोराभित्र छिराए। जब यहाँका सटर लाग्छन् तब मजदुर, मगन्तेको चहलपहल बढ्ने गरेको डिउटीमा रहेका ट्राफिक एक प्रहरीले जानकारी दिए। काठमाडौँको सोह्रखुट्टेमा पनि यस्तै दृश्य थियो । इलाम पशुपतिनगरका राजु तामाङ चोकको सडकपेटीमा एक महिलासँग लुट्पुटिएर सुतिरहेका थिए। हालसालै विदेशीले दिएको सुकिलो त्रिपालको ओत लागेर प्रतीक्षालयको कुनामा च्यातिएको मैलो मजेत्रो ओढेर सुतेका उनको निद्रा हामी पुग्ने वित्तिकै भङ्ग भयो । श्रीमती भनिएकी महिला भने गुट्मुटिएरै बसिन्।
उनको काम कवाडी र कार्टुन टिप्ने तथा बेच्ने हो । सुतेकी महिला आफ्नै श्रीमती बताउने तामाङले यो आसपासमा १५/२० जना यसरी नै सुत्ने गरेका बताए । ‘आज हामी जानकारी गराउन आएको, अब भोलिदेखि यसरी सडकमा सुत्न हुँदैन, भोलिदेखि नबस्नुस् हैन’, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको भनाइमा उनले मुन्टो हल्लाउँदै सहमति जनाए ।
यस्तै दृश्य शुक्रबार राति शोभा भगवतीको मन्दिरमा समेत देखिन्थ्यो । मदिरामा मस्त भएका व्यक्ति मन्दिर परिसरमा पनि लस्करै थिए । अत्यधिक मदिरा खाएकाहरू सिँढीमा त्यसै लडिरहेका थिए । नयाँ बसपार्क गोङ्गबु क्षेत्रमा माग्दै हिँड्ने भारतीय नागरिक बसपार्क छेउमा सानासाना टेन्ट लगाएर बसेका छन् । शुरुशुरुमा नेपाली नै भएको बताउने उनीहरूले पछि भारतीय भएको स्वीकारे । भारत रुपौडियाका मणिराम पत्थरकटले भने, ‘हामी केहीले बाटा बेच्ने गरे पनि महिला र बच्चा सडकमा माग्छन्, उनीहरूलाई लैजानुस्, हामीलाई केही नगर्नुस्, हामी बाटा बेचेर कमाउँछौँ ।’
बसपार्कमा झण्डै ५० जनाले यसैगरी माग्ने पेशा अङ्गालेका छन् । महिला र बच्चाले खुट्टै समाएर माग्दा यात्रु तथा पर्यटकले दिक्क मान्ने गरेका छन् । यसअघि उनीहरू नजीकै रहेको शिवमन्दिर क्षेत्रमा थिए । त्यहाँबाट हटाएपछि बसपार्कलाई आश्रयस्थल बनाए । बिहान बसपार्कमा आएका यात्रुसँग खुट्टा समाएर झुण्डिने गरेका नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदीले बताए। दुई हप्ताअघि उनीहरूलाई प्रहरीले भारत पठाएको भए पनि पुनः फर्केर आएको उनिहरु स्वीकार्छन्।
नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक छ । धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र धारा ४३ मा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । चालू आवको बजेट वक्तव्यमा ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै अशक्त, असहायलाई राज्यबाट संरक्षणको अनुभूति हुने गरी सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने उल्लेख छ ।
मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने र भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । कानून व्यवहारमा कार्यान्वयन हुन नसकिरहेका बेला मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरपालिकाले यहाँका मगन्तेलाई व्यवस्थापन गर्दै बेसहारालाई आश्रय दिएर पालनपोषण गरी परिवार पत्ता लगाएर पुनः मिलन गराउने अभियान थालेको छ ।
यही मंसिर २९ गते घोषणा गरी भोक मेट्नकै लागि सडकमा आउनु नपर्ने अवस्था सिर्जना गर्न लागिएको महानगरपालिकाका प्रमखु विद्यासुन्दर शाक्यले बताए। त्यही घोषणाको पूर्वसन्ध्यामा आश्रम र महानगरले सडकमा असहाय, बेसहारा, मगन्ते, मदिरा खाएर बस्नेको अवस्थाको अध्ययन थालेको छ । केही दिनबाट उनीहरूको व्यवस्थापनको अभियानको थालनी हुने बताउँदै उक्त घोषणा अभियानको उपसमितिकी संयोजक गुजेश्वरी श्रेष्ठले कार्यक्रम सञ्चालनका लागि आन्तरिक तयारी करिब ९० प्रतिशत सकिएको बताउछिन् ।
|
देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाल आउने विशिष्ट अतिथिहरु तथा खेलाडीहरु आगमन समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सद्व्यवहारसाथ सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको उक्त प्रतियोगितामा आउने अतिथिहरुको आगमन अवस्थामा गरिने सुरक्षा व्यवस्था निरीक्षण तथा अवलोकनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीहरुलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताए ।
प्रहरी महानिरीक्षक खनालले नेपाल आउने पाहुनाहरुलाई विना झन्झट कुनै अप्ठेरो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारका साथ छिटो छरितो सेवा प्रदान गर्ने बताए । अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता र विशिष्ट पाउनाको सुरक्षा र सेवा प्रदान गर्ने यस विशेष अवस्थाको दायित्वलाई अवसरका रुपमा लिई सकारात्मक सन्देश जाने गरी स्तरीय सेवा प्रदान गर्न उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक खनालले बिमानस्थलमा हुन सक्ने अवैध तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कुनै कसर नराखी काम गर्नुपर्ने समेत बताए।निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले विमानस्थलस्थित सुरक्षा उपकरण र साधन स्रोतको अवलोकन गरी यस सम्बन्धमा थप जानकारी समेत लिए ।
|
‘महिनावारीको बेला हुने भेदभाव बिरुद्ध’ सुन्दरीहरुको अभियान काठमाडौं । महिनावारीको समयमा हुने भेदभाव बिरुद्ध काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ ।
शनिवार भृकुटीमण्डपको बगैचामा पूर्वनेपाल सुन्दरीहरुको समूहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् ।
महिनावारीको समयमा परिवार समाजमा हुने भेदभाव, विद्यालयमा शौचालयको अभाव, प्याड उपलब्ध नहुने कारणले पढाई नै छोड्नु पर्ने अवस्था कम गर्न अभियान थालेको पूर्व नेपाल सुन्दरी सुगारिका केसीले बताइन् ।
कार्यक्रममा संकलन हुने रकमले दुर्गम क्षेत्रका विद्यालयमा स्यानिटरी प्याडको वितरण गर्ने र व्यवस्थित शौचालय बनाउने पनि केसीले बताइन् ।
पूर्व नेपाल सुन्दरीहरुको समूहले मितिनी नामको गैर–सरकारी संस्थासँग मिलेर देशभरी अभियान सञ्चालन पनि गर्ने भएको छ ।
अभियानमा स्थानीय क्लब तथा आमा समूहलाई समेटेर महिनावारीको समयमा हुने भेदभाव हटाउन जनचेतनामुलक काम गर्ने पूर्व नेपाल सुन्दरी माल्विका सुब्बाले जानकारी दिइन् ।
|
भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ हेर्नेको घुँइचो काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा अवलोकनकर्ताको घुँईचो लागेको छ ।
हस्तकला व्यापार मेलाको तेस्रो दिन शनिबारसम्ममा एक लाख भन्दा बढीले मेलाको अवलोकन गरेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ ।
नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य गरिएको आयोजित मेलामा एक सय रुपैयाँदेखि १५ लाख रुपैयाँ सम्मका हस्तकलाका सामग्रीहरु उपलब्ध छन् । महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले मेला अवधिभर ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र १० करोड रुपैयाँ बढीको कारोबार हुने अपेक्षा रहेको बताए ।
मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको छ । महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघका स्टलहरु पनि मेलामा छन् ।
मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामग्रीहरुमा उपभोक्ताहरुको आकर्षण देखिएको छ । यसबाहेक विदेश निर्यात हुने हस्तकलाका सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको उपाध्यक्ष शाक्यले बताए ।
मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय वटा स्टल रहेका छन् । त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको २० वटा स्टल रहेका छन् । मेला मंसिर १६ गते सम्म चल्ने छ ।
|
सामाजिक सुरक्षामा जान मजदुरको जोड काठमाडौं । मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने कामलाई ढिलाई गर्न नहुने बताएका छन् ।
नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनको ३९औं स्थापना दिवसको अवसरमा मजदुरहरुले सामाजिक सुरक्षा कोषमा तत्काल सहभागी हुनुपर्ने बताएका हुन् । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि आफूले काम गर्ने संस्थालाई दावाव दिन आग्रह गरे । उनले होटल सञ्चालकहरुले मजदुरको पैसा चलाउन नपाउने भएकाले सामाजिक सुरक्षामा आवद्ध हुन नचाहेको आरोपसमेत लगाए ।
कार्यक्रममा जिफन्ट अनुसन्धान निरीक्षण आयोगका अध्यक्ष विष्णु लम्सालले सामाजिक सुरक्षामा सहभागी भएमा श्रमिकहरुको भविष्य सुरक्षित हुने बताउँदै तत्काल कोषमा आवद्ध हुन आग्रह गरे । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनका वरिष्ठ उपाध्यक्ष बंशी भट्टराईले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको बारेमा राम्रो जानकारी नहुँदा दवाव दिन नसकेको बताउँदै उनले श्रमिकहरुले लिंदै आएको उपदानलाई यथावत राख्ने सम्झौता गरेर सामाजिक सुरक्षामा सहभागी हुन आफूहरु तयार रहेकोसमेत जानकारी दिए ।
त्यस्तै होटल एशोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले सामाजिक सुक्षामा जाने विषयमा श्रमिक र व्यवसायीहरुबीच छलफल गरी समस्या समाधान गर्न सकिने बताएका छन् । समाजिक सुरक्षामा आवद्ध हुँदा दुईवर्षमा चार किस्ता तिर्नु पर्ने व्यवस्थाले समस्या आएको उनको भनाई थियो ।
मजदुरहरुले होटल सञ्चालकहरुले ऐनमा दोहोरो कर बुझाउनु पर्ने व्यवस्था रहेको भन्दै समाजिक सुरक्षा कोषमा नगएको आरोपसमेत लगाएका छन् ।
|
नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिग्रिएर रोकी राखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिए। रासस
|
उपनिर्वाचन कास्की : साझाकी रजनी केसीले गरिन् मतदान, पौडेलले आफैँलाई भोट हाल्न पाएनन् पोखरा । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् ।
कास्की क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य पदकी उमेदवार रजनी केसीले कास्की २ मा रहेको पोखरा गैह्रपाटनमा रहेको नबिन स्कूलमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
नेकपाकी उम्मेद्वार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरीको शान्ति उदय माविबाट मतदान गरेकी छिन् ।
त्यस्तै कास्की –२ प्रतिनिधिसभा सदस्यका लागि काङ्ग्रेसबाट उम्मेद्वार बनेका खेमराज पौडेलले भने आफैँलाई मतदान गर्न नपाउने भएका छन् । पौडेलको सो क्षेत्रमा मतदाता नामावली नरहेकाले मतदान गर्न नपाउने भएका हुन् ।
|
प्यूठानमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु, ४ घाईते प्यूठान । शुक्रबार प्यूठानमा एबुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुकासाथै ४ जना घाइते भएका छन्।
ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स शुक्रबा राति खोलामा खसी दुर्घटना भएको हो।
गम्भीर घाइते भएका ऐरावती–५ जाडीका २८ वर्षीय रेशम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते मध्ये धुवाङकै प्रदिप थापा, होतराज थापा, खेमराज थापालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने लक्ष्मण थापाको प्यूठान अस्पतालमा उपचार भइरहेको छ।
|
२ केजी चरेससहित ३ जना पक्राउ सुर्खेत । लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको छ।
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको तेस्रो तलाको १०६ नं कोठाबाट शुक्रबार प्रहरीले एक केजी ९३० ग्राम चरेस फेला पारेको थियो।
चरेसहित वीरेन्द्रनगर नगरपालिका–१२ निवासी ५३ वर्षीय तुलसा शाही, तातोपानी गाउँपालिका–७ जुम्लाका ४९ वर्षीय नैन शाही र जुनीचाँदी गाउँपालिका–९ जाजरकोटका ४२ वर्षीय नैनबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए ।
“शुक्रबार मध्याह्नतिर प्रहरीले होटल छापा मारेको थियो”, प्रहरी उपरीक्षक पन्तले भने, “त्यही क्रममा उनीहरु तीनैलाई होटलमा चरेस खरीद बिक्री गर्ने अवस्थामा पक्राउ गरिएको हो।” पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
|
नक्कली ‘रत्न’ बिक्री गर्ने पक्राउ धनगढी । नक्कली रत्न (पत्थर) लाई बहुमूल्य भनी बिक्री गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ ।
पत्थरलाई गैरकानूनी रुपमा ओसारपसार गरी करोडौँ मूल्य पर्ने भनी झुक्याएर कारोवार गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको महाशाखाका टोलीले उनीहरुलाई काभ्रेको पनौतीबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा काभ्रे पनौती बस्ने नवराज खड्का, झापाका हरि खापुङ र यमकुमार गिरी, मोरङका लोकबहादुर सार्की र रौतहटका भीमबहादुर लामा रहेका छन् । उनीहरुको कोठाबाट विभिन्न रङका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमन्डजस्तो देखिने पत्थर, एलवी डायमन्डजस्तो पत्थर, फेन्सी डायमन्डजस्तो देखिने स्टोन, पुष्पराज, निलम, लसुनिया, रुवि तथा पहेँलो धातुमा जडित औँठी बरामद गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको महाशाखाले जनाएको छ ।
|
नेकपाका अध्यक्षद्वयको गृह जिल्लामा जेष्ठ नागरिकको प्रदर्शन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
कास्की क्षेत्र नम्बर २ को चुनावीसभामा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको उमेरमाथि सवाल उठाउँदै ‘देवघाट जाने बेलामा चुनाव लड्ने’ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्डविरुद्ध जेष्ठ नागरिकले प्रदर्शन थालेका हुन् ।
शुक्रबार प्रचण्डकै गृह जिल्ला चितवनमा पनि उनीविरुद्ध प्रदर्शन भएको छ । जेष्ठ नागरिक समाजले गरेको प्रदर्शनमा उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
‘बोल्न नजाने बोल्न सिक्नु हामी बृद्धको आशिर्वाद छ, बृद्धबृद्धाको अपमान किन ?’ लगायतका नारा लेखेएका प्लेकार्ड र व्यानरसहित जेष्ठ नागरिकले प्रदर्शन गरेका हुन् ।
‘प्रचण्डको अभिव्यक्ति खेदजनक छ, जेष्ठ नागरिकको मत नपाइ उहाँले जित्नु भएको हो र!,’ भरतपुर नगरपालिका–७ का प्रकाशमणि दाहालले भने, ‘जेष्ठ नागरिकको अपमान गर्ने हक कसैलाई छैन, उहाँले माफी माग्नुपर्छ ।’
प्रधानमन्त्री ओलीको गृह जिल्लामा प्रदर्शन
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि प्रचण्डको अभिव्यक्तिविरुद्ध प्रदर्शन भएको छ। जेष्ठ समूहले काँकरभिट्टामा आयोजना गरेको प्रदर्शनका सहभागीले ‘तपाई पनि एकदिन बृद्ध हुनुहुनेछ, एकदिन सबै बृद्ध हुन्छन्, बृद्धको नगर अपमान’ आदि लेखिएका पोस्टर बोकेका थिए ।
|
स्काउटले देशप्रेमको भावना बढाउँछ : प्रदेश प्रमुख अधिकारी प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्काउटले बालबालिका तथा युवायुवतीलाई देशप्रेम र विकास निर्माण कार्यमा उत्प्रेरित गर्ने गरेको बताएका छन् ।
‘देश विकासका लागि स्काउट’ भन्ने नाराका साथ स्टार बोर्डिङ स्कूलले आजदेखि विराटनगरमा शुरु गरेको तीनदिने स्काउट फ्रेन्डशिप क्याम्प–२०७६ को उद्घाटन गर्दै उनले यसले युवाको क्षमता वृद्धि, धैर्यता र चरित्र निर्माण गर्न ठूलो योगदान पुर्याएको धारणा व्यक्त गरे । राष्ट्रको संविधान, विधिविधान अँगालेको यो संस्थाले सुख, दुःख र विपद्हरुमा समाजलाई ठूलो सहयोग पुर्याएको उनले बताए ।
प्रदेश प्रमुख अधिकारीले स्काउट अटल र अडिग संस्था भएको हो भन्दै यसको सदस्य हुनु गौरवको कुरा हो भने । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले राष्ट्र निर्माण र जीवनोपयोगी सीप विद्यार्थीहरुलाई प्रदान गरिने बताए ।
प्रदेशसभा सदस्यहरु केदार कार्की, जयराम यादव, लीलावल्लभ अधिकारी, सावित्री रेग्मी र यशोदा अधिकारीले युवाहरुलाई स्वावलम्बन, अनुशासित, सदाचारी, समाजप्रेमी बनाई समाज र देश विकासको योगदानमा सफलता प्राप्त गरेको धारणा राखे ।
जिल्ला स्काउट कार्यालय मोरङका प्रमुख प्रदीपकुमार विश्वास, क्याम्पसका संयोजक डा. उद्धव पोखरेल, प्याब्सन केन्द्रीय महासचिव राजेशकुमार दासलगायतले क्याम्पमा सहभागी युवायुवतीमा रहेको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
क्याम्पमा ३५ सामुदायिक र निजी विद्यालयका एक हजार २५ विद्यार्थीको सहभागिता रहेको छ । सो अवसरमा स्काउटमा आबद्ध विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । रासस
|
शहीदपार्क त्याग र लगनशीलताको उपज हो : मुख्यमन्त्री पौडेल प्रदेश ५ को पाल्पामा बन्न लागेको पर्यटकीय पार्क निर्माण समितिका पदाधिकारीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज भेट गरेका छन् ।
मुख्यमन्त्री कार्यालय, हेटौँडामा आज भएको साक्षत्कारमा मुख्यमन्त्री पौडेलले हेटौँडाको शहीद स्मारक पार्क ठूलो लगनशीलता र त्यागको उपज भएको बताए । रु ९० हजारको लगानीबाट निर्माण शुरु भएको पार्कले अहिले वार्षिक दुई करोडको आम्दानी गर्ने गरेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले योजना सम्पन्न गर्न दृढ इच्छाशक्ति र बलियो आत्मविश्वास आवश्यक पर्ने उल्लेख गरे ।
मुख्यमन्त्री पौडेलले कुनै पहिचान, स्थानीयता झल्काउने महत्वपूर्ण वस्तु, ऐतिहासिकता वा महत्वपूर्ण व्यक्तित्वको स्मृति आदि पार्क निर्माणको पहिलो आधारस्तम्भ हुने उल्लेख गरे । भौगोलिकताका आधारमा पार्कमा निर्माण गरिने भौतिक संरचनाहरु फरक पर्ने भन्दै मुख्यमन्त्री पौडेलले हरियाली जोगाउँदै काम गर्न सुझाव दिए ।
कार्यक्रममा रामपुर नगरपालिका, पाल्पाका प्रवक्ता हुमनाथ न्यौपानेले हेटौँडाको शहीद स्मारक पार्क धेरैपटक भ्रमण गरेको र पाल्पाको रामपुरमा पनि यस्तै मनोरम पार्क निर्माण गर्ने योजना रहेको बताए । पार्क विकास समितिका सदस्य वासु ढकालले मुख्यमन्त्री पौडेलसँगको भेट निक्कै नै फलदायी भएको बताए ।
|
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे मिडियामा अतिरञ्जित कुरा आए : प्रेस सल्लाहकार थापा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढि मिडियामा आएको भन्दै गुनासो पोखेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले मिडियालाई जिम्मेवार र उत्तरादायी पत्रकारिता गर्न आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ । आज प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ । उहाँको अहिलेको स्थिति के छ ? भन्नेबारे उहाँहरुले सत्य, तथ्य सार्वजनिक गर्नुभएको छ । अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले एपेन्डिसाईटिसको समस्या आकस्मिक रुपमा भोग्नुभयो । अहिले उहाँ पूर्ण स्वास्थ्य लाभको दिशामा अघि बढ्नुभएको छ । तर, सञ्चारमाध्यमबाट बढो तिलस्वी ढंगले, बढो नयाँ तथ्य प्राप्त गरेजस्तोगरि, बढो खोज गरेजस्तोगरि जे तथ्यहरु आएका छन्, ती सान्दर्भिक छैनन् ।’
उनले प्रधानमन्त्री ओली जेलमा हुँदा पनि असाध्यै विरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाई भएको स्मरण गराए । थापाले थपे, ‘उहाँको स्वास्थ्य समस्या अकस्मात् रुपमा वा अहिले अस्पताल भर्ना भएर देखापरेको होईन् । उहाँले ४०, ४२ वर्षदेखि विभिन्न रोगहरुको सामना गर्दै आउनुभएको छ । वितेका १२ वर्ष यता त उहाँले मिर्गौला प्रत्यारोपण गरिसकेर यहाँसम्म आईपुग्नुभएको छ । उहाँले किड्नी ट्रान्सप्लान्ट गरेको १२ वर्ष भैसक्यो । यस बीचमा अहिले भर्खरै यो किड्नीको समस्या देखापरेको जस्तोगरि कथा बुन्नुभएन् ।’
उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोखे । उनले भने, ‘कथा त चलचित्रलाई काम लाग्छ । तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन् । प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ ।’
एपेन्डिसाईटिसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उनले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई पनि राति १ बजे पेट दुख्यो । ८ बजे अस्पताल लगियो, १२ बजे त शल्यक्रिया भैसकेको थियो । एपेन्डिसाईटिसको शल्यक्रिया भएको छ तर, मिर्गौला प्रत्यारोपण गरिएको जस्तोगरि प्रचार गरिन्छ । जुन गलत हो । अतिरञ्जना हो । ट्विस्ट हो । यसरी चाहीँ आमसञ्चार क्षेत्र बहकिनुहुन्न । विषयलाई ट्विस्ट गर्न हुन्न । जे हो, त्यही समाचार लेख्नुपर्यो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भयंकर छ भनेर भन्नुभएन ।’
त्यतिमात्रै नभएर प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएकोबारे मिडियाले एकदम ठूला अक्षरमा समाचार छापेकोप्रति टिप्पणी गर्दै थापाले भने, ‘नेपाली समाजमा भेन्टिलेटरलाई यसरी चित्रण गरिएको छ कि मानौं अब विरामीको अन्तिम अवस्था भैसक्यो झैं गरि, यो त सामान्य कुरा हो । विरामीलाई रिस्क नहोस भनेर ‘ब्याक–अप’को रुपमा भेन्टिलेटर प्रयोग गरिँदै आएको छ ।’
त्यस्तै, अस्पतालका एकजना चिकित्सकले पनि आतंक सिर्जना गरेको उनको टिप्पणी छ । उनले भने, ‘उहाँका सबै अंग काम लाग्न नसक्ने हुनसक्छ भनेर आतंक मच्चाईएको छ । उहाँलाई संक्रमण नहोस भनेर भेन्टिलेलटरमा राखिएको हो । जनताको शुभेच्छाले उहाँ अहिले यो समस्याबाट पार भएर, संक्रमणबाट पार भएर आउनुभएको छ । उहाँ अहिलेपनि सघन उपचार कक्षमा हुनुहुन्छ । अबको केही दिनपछि उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्च हुनुहुनेछ ।’
उनले मिडियामा गलत समाचार आएकोप्रति आक्रोश र असन्तुष्टिमात्रै पोखनन् वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ पनि पत्रकारहरुलाई सुनाए । उनले भने, ‘नेपालमा एउटा कानुन छ वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ । त्यसले व्यक्तिका व्यैक्तिक स्वतन्त्रताहरुको संरक्षण गरेको छ । के–के कुरा गर्दा त्यो उल्लंघन हुन्छ, अतिक्रमण हुन्छ र कारबाही हुनसक्छ भन्ने सन्दर्भमा पनि यसमा व्यवस्था गरेको छ । नेपालको सञ्चार क्षेत्रले सायद त्यो कानुनलाई पढेको छैन् । त्यो संसदबाट पारित भएको छ । प्रमाािण्त भएको छ । कानूनको रुपमा क्रियाशिल छ । कार्यान्वयन भैसकेको छ । त्यसमा भनिएका कुराहरु प्रस्तावनादेखि दण्डसजायसम्मका कुराहरुलाई उत्तरदायी पत्रकारिताका निम्ति आमसञ्चार क्षेत्रले पढ्नु र हेक्का राख्न जरुरी छ । मिडियाले यसलाई कार्यव्यवहारमा उतार्नु जरुरी छ भन्ने ध्यानाकार्षण गर्न चाहन्छु ।’
थापाले व्यक्तिको मेडिकल प्राईभेसीको पनि उल्लेख गरे । उनले भने, ‘मेडिकल प्राईभेसीले व्यक्तिको स्वास्थ्योपचार र औषधी के के लिने ? भन्ने गोपनियताको हकलाई सुरक्षा गरेको छ । संसारमा यो अभ्यास छ । हामी कहाँ तथ्यमा आधारित नभई स्रोतको हवला दिएर जथाभावी लेख्ने चलन छ । यस्तो गर्न मिल्दैन् । स्रोतको हवला दिएर आफ्नो जे मिशन हो र आफूलाई जे लाग्यो त्यही लेख्न र राख्न पाईदैन् ।’
उनले प्रधानमन्त्री ओली डायलासिस गर्न गएपछि पनि आतंक मच्चाईएको टिप्पणी गरे । उनले भने, ‘डायलासिस गरिँदा पनि आतंक, एपेन्डिसाईटिसको शल्यक्रिया हुँदा पनि आतंक । नाम चलेका अखवारहरुको प्याकेज नै मानौं यो अन्तिम अवस्था हो जस्तोगरि प्रस्तुत गर्ने, यो कुन तरिका हो ? यो चाहीँ चित्तबुझ्दो भएन ।’ उनले नेपालका सञ्चारमाध्यम जति उत्तरदायी हुनुपर्ने हो त्यति नभएको गुनासो पोखे ।
उनले आफूहरुले ‘मिडिया–एक्सेस’ राम्रो दिएको पनि स्पष्ट पारे । उनले भने, ‘हामीले मिडिया एक्सेस दिएका छौं । केही सामरिक महत्वका बैठक र निर्देशनबाहेक हामीले मिडियालाई राम्रो पहुँच दिएका छौं । मिडियाले समिक्षा बैठकपनि लाईभ खिच्न पाएका छन् । प्रवन्ध गरिएको छ । गोप्य बैठक भए भने पनि मिडियालाई ब्रिफ गरिएको छ ।’
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले खासगरी अस्पतालले हरेक दिन विहान १० बजेको हाराहारी र बेलुका ७ बजेको हाराहारीमा विज्ञप्ति निकालेर मिडियामार्फत जनतालाई जानकारी गराएको स्पष्ट पारे । तर, उक्त विज्ञप्तिमार्फत् समाचार नछापिएको उनको गुनासो छ ।
‘भोलिपल्ट अन्यथा ढंगले नियोजित साथ सम्प्रेषण गरिएको छ । डायलासिस गरिनु कुन ठूलो कुरा हो ? भेन्टिलेटरको आतंक किन मच्चाउनुपर्यो ।’–थापाले प्रश्न गरे । उनले अनावश्यक आतंक फैलाउनेहरुलाई कानूनको दायरामा ल्याउने चेतावनी दिए ।
उनले भने, ‘अहिले त के भएको छ भने तपाई, हामी सबै पब्लिक अडिटमा छौं । तपाईले गरिरहेको कर्मपनि पब्लिट अडिटमा छ । मैले गरिरहेको कामपनि पब्लिक अडिटमा छ । सञ्चारक्षेत्र पनि जनताको निगरानीमा छन् । महालेखाले देशका आर्थिक गतिविधिहरुको परीक्षण गरेजस्तो जनताले हामी सबैको परीक्षण गरेका छन् नि । को ? कहाँ ? र कसरी उभिरहेको छ ? भन्ने कुराको परीक्षण चलिरहेको छ ।’
थापाले थप भनेका छन्, ‘जस्तालाई त्यस्तै भनेझैं हुँदैन नि । विधि, कानुन र प्रक्रिया छ । मैले त्यो कानुन पढेर किन सम्झाईरहेको छु । तीन वर्ष कैद र तीस हजार वा तीन लाख जरिवाना छ । नेपालका प्रेसले बनेका कानूनको पनि हेक्का राख्नुपर्छ । जिम्मेवार पत्रकारिताले झनैं यसको हेक्का राख्नुपर्छ ।’ उनले कानुनी राजभन्दा ठूलो कोही पनि नभएको स्पष्ट पारे ।
उनले भने, ‘सबैले यो कुराको हेक्का राख्नुपर्छ । अहिले देखापरेका कुरा हाम्रानिम्ति शिक्षा हुन् । सहज सूचना सम्प्रेषणका लागि हामी तयार छौं । अहिले प्रधानमन्त्रीज्यूको स्वास्थ्यबारे आएका कुरा म्यानरलेस कुरा हो । कहिले के भन्ने ? हरेक काम, पेशाका मर्यादा र सीमा छन् । हामी सबै मर्यादा र सीमामा बस्नुपर्छ ।’
प्रधानमन्त्रीको स्वास्थ्य र संक्रमणको खतरालाई अलिक बढी केन्द्रित गरेर आफूहरुले भेटघाटलाई कम गरेको उनले सुनाए । उनले भने, ‘मेडिकल टिम, परिवारका सदस्य, सचिवालयका पनि छानिएका व्यक्तिबाहेक उहाँलाई हिजो सम्माननीय राष्ट्रपतिज्यूले भेट्नुभयो । उहाँले प्रधानमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना गर्नुभयो । थप सुधारको लागि हरसम्भव कोशिस गर्न चिकित्सकहरुलाई आग्रह गर्नुभयो । राष्ट्र प्रमुखबाहेक अरुले उहाँलाई भेट्न पाउनुभएको छैन । संक्रमणको समस्या नहोस भनेर हामीले यस्तो प्रवन्ध गरेका हौं ।’
प्रधानमन्त्रीले समिक्षा बैठक र कान्तिपुर टिभीबाट प्रशारित फायरसाईडमा लिम्पियाधुरा नेपालको हो भनेर विगतमा कसैले पनि पाठ्यपुस्तकमा नपढाईएको कुरा गरेको स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले त आजसम्मका नक्साहरुमा हाम्रो हो यो भनिएन । त्यो पढाइएन भन्नुभएको हो ।’ कालापानी, लिपुलेकको सीमा विवादको समस्या प्रेमसिंह धामी सांसद बनेर आएपछि चर्चामा आएको उनले सुनाए ।
केपी ओलीको नेतृत्वमा बनेको महाकाली सन्धि अध्ययन कार्यदल बनेपछि पहिलोपटक कालापानी समस्या उजागर भएको उनको दाबी थियो । उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले हामी कसैको एक ईन्च पनि भूमी लिँदैनौं, र हाम्रो एक ईन्चपनि दिँदैनौं भन्नुभएको छ । अरुले अतिक्रमण गरेको छ भने त्यो भूमी फिर्ता गरिछाड्छौं भन्नुभएको छ ।’
प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्शा सार्वजनिक गरेको हो भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति तथ्यहीन र गलत भएको थापाले टिप्पणी गरे । उनले भने,‘यो उहाँको चुनावी सनक हो । सन् १९९६, १९९७ मा देउवा प्रधानमन्त्री हुँदा भारतले यस्तै नक्शा सार्वजनिक गरेको थियो । त्यो बेला उहाँ बोल्नुभएन । के हामीले तपाईको सहमतिमा भएको रहेछ ? भनौं । प्रधानमन्त्रीले सर्वपक्षीय/सर्वदलीय बैठकमा बजारमा यस्ता धेरै कागजहरु आउँछन्, त्यसको कुनै अर्थ छैन भन्नुभयो । परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ती निकालेर एकतर्फी नक्शा मान्दैनौं भनिसकेको छ । त्यो केवल कागजको खोस्टो हो । यसको खण्डन, मण्डन गर्न जरुरी छैन् । यसको पूर्णतः खारेज गर्नुपर्छ ।’
उनले सीमा विवादबारे भारतसँग नेपाल सरकारले मन्त्रालय तहमा, सचिवस्तरीय र प्रधानमन्त्रीको तहमा पनि छलफल गर्ने तयारी गरेको जनाए । उनले भने,‘नेपालले आफ्नो तर्फबाट कुटनीतिक नोट पनि पठाईसकेको छ । हाम्रो राजदुतले उक्त नोट भारत सरकारलाइ बुझाईसक्नुभएको छ । अब देउवाजी अपडेट हुन आवश्यक छ ।
थापाले पहिलो चौमासिकको कार्यसमिक्षा बैठकमा प्रधानमन्त्री ओलीले अपेक्षा गरेअनुसार नतिजा नआएको भन्दै यसलाई स्पिड–अप गर्न निर्देशन दिएको स्पष्ट पारे । आफूले प्रधानमन्त्रीको प्रेस सल्लाहकारको कामको थालनी गरेपछि महत्वपूर्ण दुई बैठकमा भाग लिएको सुनाउँदै उनले भने, ‘मन्त्रिपरिषदको हेरफेरपछि नवनियुक्त मन्त्रीहरु र बहालवाला सचिवहरुसहितको मंसिर ५ गतेको बैठकमा प्रधानमन्त्रीज्यूले महत्वपूर्ण निर्देशन दिनुभएको छ । दोस्रो बैठक मंसिर ९ गते पहिलो चौमासिकको कार्यसमिक्षा बैठकमा प्रधानमन्त्रीको कुरा सुन्दा उहाँले स्वयम भन्नुभएको छ, पहिलो चौमासिक कार्यसमिक्षा अपेक्षा गरेरअनुसार छैन भन्नुभएको छ । गति दिनुपर्यो भन्नुभएको छ । लक्ष्यअनुसारको परीणाम निकाल्नुपर्यो भन्नुभएको छ ।’
दोस्रो चौमासिक समिक्षा बैठकमा कार्यप्रगति राम्रो हुनुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिएको पनि उनले सुनाए । उनले भने, ‘दोस्रो चौमासिक फागुनमा बस्छ । त्यो बैठकमा मूल्यांकन गर्दा पुँजीगत खर्च खर्च गर्ने गतिमा अहिलेको गतिले पुग्दैन् भन्ने कुरा उहाँले जोड दिनुभएको छ ।
मन्त्रीहरुको कार्यप्रगतिको परीणामको मूल्यांकन आफू सल्लाहकारहरुले नगर्नेपनि उनले स्पष्ट पारे । उनले भने,‘उहाँहरुको कार्य समिक्षा, प्रगतिको मूल्यांकन चाहीँ विभिन्न रुपमा हुने कुरा हो । काममा र मन्त्रालयमा हुने कुरा हो ।’ मन्त्रीहरुको बारेमा यो सफल र त्यो असफल भनेर आफूहरुले नभन्ने पनि उनले स्पष्ट पारे ।
‘हाम्रो काम भनेको प्रधानमन्त्रीज्यूलाई आफ्नो सल्लाह र सुझाव दिने हो’–उनले थपे, ‘मन्त्रीहरुले आफ्नो फूल क्यापासिटीअनुसार काम गर्नुहुन्छ । त्यसकानिम्ति प्रधानमन्त्रीको निर्देशन मार्गनिर्देशक हुनसक्छन् ।’ उनले विद्यार्थीसँग बढि शूल्क असुल्नेगरि मेडिकल कलेजहरुबाट भएका प्रयास र अभिभावकलाई दोहन गर्ने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पारे ।
थापाले भने, ‘विद्यार्थीहरुलाई शोषण गर्ने कुरा सरकारलाई मान्य छैन् । प्रधानमन्त्रीले सार्वजनिक रुपमै हामी कुनैपनि हिसाबले पछि पर्दैनौं भनेपछि अहिले दुई बुँदे सहमति भएको छ । सरकार पछाडि हट्दैन् । अनुचित शूल्क लिने कुरा सरकारले सह्य गर्दैन् । मेडिकल कलेजहरु पछाडि हटेका छन् । यसैगरि जनताको पक्षमा काम गर्दै सरकार अघि बढ्छ ।’
|
दुर्घटनाको छानबिन समिति गठन अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रजिअ विष्णुराज वेल्वासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्रालि, देउराली यातायात प्रालिका एक–एकजना सदस्य रहनेछन । त्यस्तै सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष र पत्रकार महासंघका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य रहनेछन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि घटनाबारेमा विस्तृत अनुसन्धान छानबिन समितिले गर्नेछ ।
बैठकमा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुरकुमार विक, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायीका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज लगायतका प्रतिनिधिको उपस्थिति रहेको प्रजिअ पौडेलले बताए।
|
सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट काठमाडौं । यो वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ बाट सुरु हुने भएको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले टाइसिट ‘ड्र’ सार्वजनिक पनि गरेको छ । टाइसिट ‘ड्र’ अनुसार लिगको पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन् ।
दोस्रो खेल भने मंसिर २९ गते सिएमजी क्लब संकटा र च्यासल युथ क्लब बीच हुनेछ भने सोहि दिन त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ ।
मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ मस्र्याङदी क्लब र एपिएफ क्लब बीच हुनेछ । त्यस्तै लिगको पहिलो चरणको अन्तिम दिन पुष १ गते २ खेल हुनेछ । जसमा रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
लिगका सम्पूर्ण खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ भने एन्फाको च्यासलको मैदानलाई बैकल्पिक मैदानको रुपमा राखिएको छ । लिगको खेल सँगै दशरथ रंगशालामा ५ वर्षपछि लिग फुटबल फर्कने भएको छ । भुकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
दोश्रो चरणका खेलहरुको तालिका पहिलो चरणको खेलहरु सकिए पछि निकालिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।
|
शहरी पूर्वाधारमा लागनी गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कानूनले नै वैदेशिक लगानीलाई संरक्षण गरेको भन्दै निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ लगानीकर्ताले संयुक्तरूपमा आयोजना गरेको ‘नेपाल–चीन लगानी प्रवद्र्धन तथा उपयुक्त परियोजना छनोट’ विषयको सम्मेलनमा उनले वैदेशिक लगानी प्रवद्र्धन र संरक्षण गर्न कानूनी सुधार गरिएको बताए। “बाह्य लगानी भित्रयाउन तथा लगानीको संरक्षण गर्न ऐन, कानून तथा नीतिगत सुधार गरिएको छ, निजी सम्पत्तिलाई पनि राज्यले संरक्षण गर्छ” उनले भने, “निजी सम्पत्ति राष्ट्रियकरण हुदैँन” ।
आर्थिक वृद्धिको आधारस्तम्भ वैदेशिक लगानी भएको प्रष्टयाउँदै उनले नेपालमा लागनीको राम्रो सम्भावना रहेको र लगानीकर्ताले उचित प्रतिफल लैजान सक्ने बताएका छन्। नेपालको भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री खतिवडाले भने, “शहरी पूर्वाधार, रेलमार्ग, विमानस्थल, औद्योगिक क्षेत्र, पर्यटन, सेवा क्षेत्रलगायतमा लगानीको सम्भावना छ, यी क्षेत्रबाट उच्च प्रतिफल हासिल गर्न सकिन्छ ।”
अर्थमन्त्री खतिवडाले साहसिक पर्यटन र तुलनात्मक लाभको क्षेत्रमा लगानी गरेर पर्याप्त प्रतिफल लैजाने सम्भावना औँल्याए। लगानीकर्तालाई सहजीकरण गर्न सरकारले एकल बिन्दु सेवा केन्द्र स्थापना गरेको छ भन्दै उनले कर प्रणालीलाई पारदर्शी बनाइएको बताए।
मन्त्री खतिवडाले विश्व बैङ्कले जारी गरेको व्यावसायिक वातावरणको सूचकाङ्क ‘डुइङ विजनेश इन्डेक्स’मा नेपाल १६ स्थान माथि उक्लिएकाले आगामी दिनमा नेपालको स्थानलाई अझ सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कूल १ सय ९० देश समेटिएको डुइङ¬ विजनेश इन्डेक्समा नेपाल यस वर्ष ९४ औँ स्थानमा पुगेको छ । गत वर्ष नेपाल १ सय १० औँ स्थानमा थियो । अर्थमन्त्री खतिवडाले अर्को वर्ष व्यावसायिक वातावरणको सूचकाङ्कमा नेपाल ८० औँ स्थानमा पुग्ने लक्ष्य राखिएको बताए । नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा चिनयाँ सहयोग प्रति मन्त्री खतिवडाले आभार समेत व्यक्त गरे।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बाह्य लगानीका लागि प्रक्रियागत सहजीकरण गरिएको र लगानीकर्ताले कुनै व्यवधान व्यहोर्नु नपर्ने बताए। सम्मेलनमा चीनका लगानीकर्ता तथा नेपाली लगानीकर्ताको सहभागिता रहेको छ । सम्मेलनकै क्रममा ‘लगानी सहकार्य तथा वित्तीय सहायता’, ‘ऊर्जा सहकार्य’ र “स्मार्ट सिटी तथा पूर्वाधार निर्माणमा सहकार्य’ विषयमा चिनियाँ र नेपाली लगानीकर्ताले छलफल गर्नेछन् ।
|
सरकारी कागज कीर्ते गर्ने फोटो स्टुडियो सञ्चालक पक्राउ काठमाडौं । सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो सञ्चालकहरु पक्राउ परेका छन् ।
शुक्रबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले पत्रकार सम्मेलन गर्दै बिहीबार काठमाडौँको विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ ।
केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले ओखलढुंगा जिल्ला रानीवन ७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका ९ घर भई हाल महाराजगञ्ज बस्ने २६ वर्षीय मधुसुदन दवाडी र चितवन जिल्ला रत्ननगर १६ पिठुवा स्थायी ठेगाना भई हाल सिनामंगल बस्ने ३४ वर्षीय अमृत सुर्खेतीलाई पक्राउ गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा व्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ परेका ३ जनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग तथा विभिन्न राजनीतिक दलका कागजपत्रहरु कीर्ते गरि बेचबिखन गर्ने गरेको बताएका छन् ।
पक्राउ परेकाहरुले कक्षा १२ का एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्र्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकका विभिन्न प्रमाण पत्रहरु, नेपाल आर्मीका प्रमाण पत्रहरु, विभिन्न विद्यालयका मार्कसिटहरु बनाउने गरेका पाइएको व्युरोले बताएको छ ।
पक्राउ परेकाहरुबाट महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगुम कुँवरको समेत कीर्ते हस्ताक्षरसहितको लेटर प्याड पनि बरामद गरेको छ । पक्राउ परेकाहरुसँग अरु किर्तेकाम गर्ने गिरोहसँग सम्बन्ध हुनसक्ने भन्दै अनुसन्धान गहन बनाएको प्रहरीले बताएको छ ।
|
जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते रुकुमपूर्व । रुकुमपूर्वमा जीप पल्टिँदा एकको मृत्यु भएको छ भने नौ घाइते भएका छन् । मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खावाङकी तीन वर्षीया बालिका निसीम पुन रहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशको रुकुमपश्चिम मुसिकोटबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा१ज ४४४ नंको जीप भूमे गाउँपालिका–३ को जीतखोलास्थित सडकमा पल्टिएको हो ।
घाइते हुनेमा सिस्ने गाउँपालिका–७ की ३१ वर्षीया सुनिता बुढा, भूमे गाउँपालिका–२ की ४० वर्षीया मनकुमारी पुन, भूमे–२ की ३३ वर्षीया कुमारी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। उनका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलकी १८ वर्षीया शान्ती सुनाम, सोही ठाउँकी ३० वर्षीया नन्द पुन, ५२ वर्षीया पूर्णसिंह पुन, सोही गाउँपालिका–१२ का ३७ वर्षीय लोकेन्द्र पुन, २५ वर्षीय विरोध पुन र गाडी चालक भूमे गाउँपालिका–७ गुनामका ३९ वर्षीय मुलमान विक रहेका छन्।
|
‘भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोज्यो’ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोजेको भन्दै अशन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने बताएका हुन् ।
चीन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समदूरी कायम राख्नु पर्ने उनले बताए । २ जोड १ को अर्थ दुई राष्ट्रसँग जोडिएको भन्ने अर्थ लाग्ने भएकोले आफूलाई चित्त नबुझेको बताए ।
कार्यक्रममा अध्यक्ष दाहालले नेपालको द्रुततर विकासमा त्रिदेशीय रणनीति आवश्यक रहेको औल्याए । नेपाल चीन र भारतको ट्रान्जिट मात्र नभई विकास साझेदार रहेको बताए । अध्यक्ष दाहलले पछिल्लो समय त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतमा सकारात्मक छलफल हुन थालेको बताए ।
यस्तै नेपाल भारत र चीन बीचको सम्बन्ध जनस्तर सम्म लान आवश्यक रहेको पनि बताए । नेपालले त्रिदेशीय रणनैतिक साझेदारीको सम्बन्ध स्थापित गर्न जनमत निर्माण गर्नुपर्ने उनले बताए । कार्यक्रममा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले चीनले पनि आफ्नो नेपाललाई हेर्ने नीतिमा कहिल्यै परिवर्तन नहुने बताए ।
|
हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी सूचनाको नियमित जानकारी आउन थालेको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेतृत्वको प्राविधिक कर्मचारी टोलीले गत कात्तिक ३० गते करीब चार वर्ष उमेर र ३८ केजी तौल भएको ‘जेदोराङ’ नामको वयस्क भाले हिउँ चितुवामा ‘सेटलाइट कलार’ जडान गरेको थियो ।
यसैगरी, यही मङ्सिर २ गते करीब पाँच वर्ष उमेर र ३३ केजी तौल भएको ‘स्यामिङ’ नामको वयस्क भाले हिउँ चितुवामा सेटलाइट कलार जडान गरिएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जडान गरिएका हिउँ चितुवाको अवस्थितिसम्बन्धी सूचनाको जानकारी नियमितरुपमा आउन थालेको विभागले जनाएको छ ।
स्थानीय पहिचानका आधारमा ती हिउँ चितुवाको नाम राखिएको हो । सेटलाइट कलार जडानअघि अनुभवी प्राविधिक टोलीले हिउँ चितुवालाई पासोमा पारेर बेहोस् बनाई स्वास्थ्य जाँचपछि कलरिङ गर्ने गर्दछन् । गत भदौ १५ गतेको वनमन्त्रीस्तरीय निर्णयअनुसार विभागले पाँच वर्षभित्र १२ हिउँ चितुवालाई सेटलाइट कलार लगाई अध्ययन गर्ने उद्देश्यबमोजिम शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सेटलाइट कलार जडान गरी शुरुवातको थालनी गरिएको हो ।
सो निर्णअनुसार विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक तथा प्राविधिक सहयोगबाट अन्नपूर्ण–मनास्लु संरक्षण क्षेत्रमा आठ र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा चार हिउँ चितुवामा सेटलाइट कलार जडान गरिनेछ ।
सो योजनाअनुसार यसवर्ष हिउँ सेटलाइटसम्बन्धी निर्देशिका तयार गर्ने, स्थलगत कार्ययोजना तयार गर्नेलगायत कार्य गरिएको छ । आगामी पाँच वर्षभित्र स्वीकृत प्रस्तावअनुसार क्रमशः बाँकी हिउँ चितुवामा पनि सेटलाइट कलार जडान गर्दे जाने प्रवक्ता श्रेष्ठले बताए।
विभागले यसअघि पूर्वमा अवस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रका चार हिउँ चितुवामा सेटलाइट कलार जडान गरी नियमित सूचना लिइरहेको छ । हिउँ चितुवाको घाँटीमा जडान गरिएको सेटलाइट कलारले दिने आवतजावत, बासस्थान, व्यवहारसम्बन्धी नियमित सूचनाले सङ्कटापन्न अवस्थामा रहेको हिउँ चितुवा संरक्षण व्यवस्थापन योजना निर्माणमा सहयोग पुुग्ने विभागको विश्वास छ ।
जडान गरिएका सेटलाइट कलारले प्रदान गरेको सूचना आधारमा हिउँ चितुवाले आहारा खोजी क्रममा करीब १० किमी भन्दा बढी दुरी आवतजावत गर्ने र उत्तरी सिमाना तिब्बत्तर्फ तथा पूर्वमा भारतमा समेत आवतजावत गर्ने गरेको देखिएको छ । हिउँ चितुवाको संरक्षणका लागि अन्तरदेशीय समन्वय गर्न पनि सेटलाइट कलारले प्रदान गर्ने सूचनाले महत्वपूर्ण हुने विभागको भनाइ छ ।
विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करीब ३ सय देखि ४ सय र विश्वमा करीब ३ हजार ५ सय देखि ७ हजारको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिका हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ ।
मन्त्रालयले हिउँ चितुवा पाइने हिमाली क्षेत्रलाई तीन खण्डमा विभाजन गरी संरक्षणका कार्यक्रम अघि बढाएको छ । पूर्वको कञ्चनजङ्घादेखि गणेश हिमालसम्म, मनास्लुदेखि धौलागिरि हिमालसम्म र कालीगण्डकी नदीदेखि अपि नगरपालिका संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।रासस
|
बैंकका कर्मचारीमाथि आक्रमण कन्चनपुर । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा बिहिबार दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् ।
दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । पन्तको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उपरीक्षक आचार्यका अनुसार स्कुटरमा आएका तीन जनाले दुवै कर्मचारीलाई पुनर्वासबाट धनगढी आउने क्रममा आक्रमण गरेका हुन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । रासस
|
माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु काठमाडौं । चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङ बबई गाउँपालिका–१का प्रेम पुन र प्रकाश घर्तीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले बाटो बनाउने क्रममा एक्कासि माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको जानकारी दिए। मृतकको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस
|
सरकारले दियो मेलम्चीका पीडित कामदारलाई भुक्तानी काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा पीडित कामदारलाई सरकारले भुक्तानी दिएको छ । इटालेली कम्पनी सिएमसीले ज्यालाबापतको रकम दिन बाँकी राखेर गएपछि नेपाल सरकारले सोबापतको रकम उनीहरुलाई भुक्तानी दिएको हो ।
उक्त कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी भएको थिएन । कम्पनी गएदेखि नै कामदारले आफू पीडित भएको भनी सरकारसँग ज्याला भुक्तानीको माग गरेको मन्त्रालयका प्रवक्ता रीतेशकुमार शाक्यले बताए। मन्त्रालयले अहिले झण्डै ७ सय कामदारलाई भुक्तानी दिएको छ । भुक्तानी लिनेमध्ये अधिकांश त्यहीँका स्थानीयवासी छन् । उनले भने, “उनीहरुले माग गरेकै आधारमा भुक्तानी दिइएको हो ।”
कम्पनी निर्माण छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी रहेको शाक्यले बताए । उनले भने, “कागजातका आधारमा नै उनीहरुको पनि भुक्तानी गर्न लागिएको छ ।”रासस
|
भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भक्तपुर । मध्यपुर थिमि नगरपालिका–५ जलाखुमा बिहिबार पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योति मगरको मृत्यु भएको मध्यपुरथिमि प्रहरी वृत्तले बताएको छ ।
भ्यानले ठक्कर दिएपछि उपचार गर्न मध्यपुर अस्पताल लगेको र अस्पतालको डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले ठक्कर दिने भ्यान र चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि नपा–७ नगदेश बस्ने २८ वर्षका बेलबहादुर तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको पनि उनले बताए ।
|
जनताले महसुस गर्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन काठमाडौं । खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६÷०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे पहिलो चौमासिक समीक्षा बैठक सम्पन्न भएको छ ।
खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा मन्त्रालयको सभाहल सिंहदरबारमा बिहीबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए ।
बैठकको अध्यक्षता गर्दै खानेपानी मन्त्री मगरले निर्धारण गरी तोकिएका न्युनतम लक्ष्यहरु हासिल गर्ने दिशामा भन्दा पनि द्रुत गतिमा जनताले महसुस गर्ने गरी उपलब्धि हासिल गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिए । जनताको आधारभूत आवश्यकता पुरा गर्ने गरी काम रफ्तारमा अघि बढाउन उनले सबै प्रमुखहरुलाई निर्देशन दिए ।
‘अघिल्लो आर्थिक वर्ष समृद्धिको आधार वर्ष थियो । तर अब यो वर्ष उपलब्धिको वर्ष हुनुपर्छ, उनले भने, ‘जनताका आवश्यकता धेरै छन्, सँगसँगै चुनौति र समस्या पनि उत्तिकै छन् । आवश्यकता र जनताको मौलिक अधिकारलाई ध्यान दिएर हामीले कार्य अघि बढाउनु पर्नेछ ।’ थप जोड मन्त्री मगरले भनिन्, ‘आधार वर्ष मात्रै भनेर सधैंभरि यो छुट हामीलाई छैन । कामको प्रगति हिसाबमा भन्दा पनि जनताले महसुस गर्ने गरी काम अघि बढाउनुस् ।’
उनले खानेपानी र सरसफाई जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दिगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औंल्याए । मन्त्री मगरले भने, ‘मन्त्रालयको यो पहिलो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पुरा गर्न धेरै संघर्ष गर्नुपर्ने छ । आयोजना अगाडि बढाउने सवालमा खानेपानीको क्षेत्रमा धेरै समस्या छन् । एकातिर सामाजिक समस्या छन् अर्कोतिर जनशक्तिको अभाव छ । अभावका बीच जनताले प्रत्यक्ष लाभ पाउने महसुस गर्ने गरी काम गर्नुपर्ने छ ।’
समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पुँजीगत खर्च बढाउने गरी आयोजनाका कामहरु दु्रत गतिमा अघि बढाउन आग्रह गरे । सदस्य डा. गुरुङले पन्ध्रौं योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अझ बढी केन्द्रित रहन सुझाव दिए ।
निर्माणाधीन मात्रै नभई सम्पन्न भईसकेका आयोजनाहरुको अवस्था के कस्तो छ भनेर ध्यान दिन उनले आग्रह गरे । नेपाल खुला दिसामुक्त देश घोषणा भईसकेकाले अब पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत देशैभरि सार्वजनिक शौचालयहरु निर्माण गर्ने गरी कार्य अघि बढाउन डा. गुरुङले जोड दिए ।
मन्त्रालयका सचिव माधव बेल्बासेले देशैभरिको खानेपानीको समस्या समाधान गर्न आयोजनाहरु अघि बढेपनि जनशक्तिको ठूलो अभावले समस्या आईरहेको बताए । सचिव बेल्बासेले खानेपानीको क्षेत्रमा प्राविधिक जनशक्तिको अभावले आयोजनाहरुको काममा ढिलाई भईरहेको समस्या औंल्याए । त्यस्तै उनले मेलम्ची खानेपानी आयोजनाको काममा काम गर्ने वातावरण बनाईरहन सम्बन्धित सबै पक्षसँग आग्रह गरे ।
समीक्षा बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिक अवधिमा भौतिक प्रगति ७६ र वित्तीय प्रगति २० प्रतिशत रहेको जानकारी विभागका महानिर्देशक सुनिलकुमार दासले दिए ।
खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत रहेको जानकारी महानिर्देशक दासले दिए ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको बाँकी रहेको हेडवक्र्स निर्माण र सुरुङको फिनिसिङ कार्यको काम धमाधम अगाडि बढिरहेको जानकारी दिए ।
चालु आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने उद्देश्यले काम अगाडि बढिरहेको बताउँदै कार्यकारी निर्देशक खत्रीले भोलिका दिनमा काम गर्ने वातावरण नबिग्रने गरी अघि बढ्न सरकारका सबै निकायहरुबीच समन्वय जरुरी रहेको बताए ।
मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले देशभरि नै आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित हुने जनसंख्या यही आर्थिक वर्षभित्र ९२ प्रतिशत पुग्ने जानकारी दिए । सहसचिव दुवाडीले उच्च मध्यमस्तरको खानेपानी सेवाबाट अहिलेसम्म २१ प्रतिशत जनसंख्या लाभान्वित भएकोमा यो संख्या बढेर २५ प्रतिशत पुग्ने उल्लेख गरे ।
पहिलो चौमासिक अवधिमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको जानकारी गराइयो । बोर्डका कार्यकारी निर्देशक डा.संजीव विक्रम राणाले काठमाडौं उपत्यकामा जमिन मुनिको पानीको अवस्था के कस्तो छ भन्ने कुरा पत्ता लगाउन नयाँ प्रविधिको मद्दतले काम अगाडि बढाइएको बताए ।
|
दक्षिण चीनमा भूकम्प : १ मृत्यु, २ हजार प्रभावित नानिङ (रासस/सिन्ह्वा) । चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।
भूकम्पबाट पाँच जना घाइते भएका थिए । भूकम्पबाट जियाङ्सी र चोङजाओमा सबैभन्दा बढी क्षति भएको छ ।
स्थानीय प्रशासनले ३०० भन्दा बढी घरमा नराम्रोसँग क्षति पुगेको र करिब १० लाख अमेरिकी डलर बराबरको धनमाल क्षति भएको जनाएको छ ।
|
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
आज शोक विज्ञप्ति जारी गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नंको यात्रुवाहक बस बुधबार अपराह्न सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाइते भएको खबरले स्तब्ध बनाएको बताएका छन् ।
बढ्दो दुर्घटनालाई न्यूनीकरण र रोकथाम गर्ने प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्न लागेको बताउँदै मुख्यमन्त्री पोखरेलले यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुरलगायत सबै सरोकारवाला निकायलाई अपिल गरे ।
मुख्यमन्त्री पोखरेलले दुर्घटनालगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको उच्च प्रशंसा गर्दै आभार व्यक्त गरेका छन् । रासस
|
अर्घाखाँची बस दुर्घटना, ज्यान गुमाउनेको संख्या १९ पुग्यो (अपडेट) काठमाडौँ । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । बुधबार बेलुका सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा गाडी धनी सितगंगा–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
उक्त बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क १० का छविलाल गैरे, गुल्मी धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य ९ जनाको परिचय खुल्न बाँकी छ।
दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा, ७ जनाको चौहारा अस्पताल बुटवलमा र एक जनाको काठमाडौँमा उपचार भइरहेको छ ।
|
अदालतको आदेश विपरित इँटा उत्पादन बनेपा । अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ। उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो उद्योगले इँटा उत्पादन तथा बिक्री वितरण थालेको हो।
उच्च अदालतको आदेशको अवज्ञा गर्दै सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा पार्न र मौज्दात इँटा बिक्री वितरण गर्न थालेको नमोबुद्ध नपा–२ का वडाध्यक्ष एवं नगरका प्रवक्ता सञ्जीव ढकालले बताए । उनका अनुसार उक्त उद्योगले केही दिनदेखि इँटा पार्ने र बिक्री वितरण गर्न थालेको छ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतले गत कात्तिक अन्तिम साता ‘नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्री वितरण नगर्न’ गरेको फैसलाविरुद्ध उच्च अदालत पाटन गएका नमोबुद्धका इँटा व्यवसायीको मुद्दामा यही मङ्सिर ८ गते न्यायाधीश श्रीमणकुमार गौतमको एकल इजलासले यही मङ्सिर १५ गते ‘अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकास दिन उपयुक्त देखिएकाले’ दुवै पक्षलाई छलफलमा राख्नुपर्ने जनाउँदै दुवै पक्षलाई इँटा उद्योगको नवीकरण नगर्न, कर लगाउने तथा उद्योग सञ्चालन गर्नेलगायतको कुनै पनि कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
नगर कार्यालयले ‘सम्झौता बमोजिम क्षतिपूर्ति भराई पाऊँ’ भनी जिल्ला अदालतमा दर्ता जाहेरीमा न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले नमोबुद्धका इँटा उद्योगलाई नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्री वितरण नगर्न आदेश जारी गरेको थियो। अदालतको अवज्ञाविरुद्ध नगर कार्यालयले पुनः अदालतमा जाने तयारी गरिरहेको नगरका प्रवक्ता ढकालले बताए ।
गत वर्ष पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच २०७६ असार मसान्तभित्र काभे्रपलाञ्चोकको नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन आठ बुँदे सहमति भएको थियो।
उक्त सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई पत्राचार गरी हटाउन निर्देशन दिए पनि नहटाएका कारण नगर कार्यालयले गत भदौ ८ गते वडा नं २ र ३ मा सञ्चालन हुँदै आएका आठ इँटा उद्योगको भट्टाचिम्नी मेसिन (क्रेन)को प्रयोग गरी भत्काएको थियो।
सहमतिमा उल्लेखित बमोजिम नपाले व्यवसायीसँग भट्टाचिम्नी भत्काउँदाको लागत खर्च ‘सम्झौता बमोजिम क्षतिपूर्ति भराई पाऊँ’ भनी अदालतमार्फत माग गरेको थियो।
इँटा वयवसायी र नगरबीच २०७६ असार मसान्तभित्र उत्पादित इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाइने, नपासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नविनतम् वातावरणमैत्री प्रविधिअनुरुप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, तोकिएको समयसीमाभित्र इँटा उद्योग नहटाए नपा आफैँले हटाउने र सोको लागेको खर्च उद्योगीले नै व्यहोर्नुपर्ने, हाल उत्पादित इँटा नगरका भूकम्पपीडितका लागि सम्बन्धित वडाको सिफारिशमा व्यवसायीले तोकेको मूल्यभन्दा प्रतिगोटा रु तीन छुट दिनुपर्नेलगायत सम्झौता गरिएको थियो।
साथै, उल्लेखित बुँदा सम्झौतापत्रमा करारबमोजिम र उल्लेखित नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुनेसमेत उल्लेख छ। काभ्रेपलाञ्चोकमा रहेका २० मध्ये नमोबुद्धमा आठ इँटा उद्योग सञ्चालन हुँदै आएका थिए। रासस
|
हुम्ला : टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुग्यो (अपडेट) काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार साँझ भएको टिपर दुर्घटनामा परी ज्यान जानेको संख्या ४ पुगेको छ ।
दुर्घटनामा परेका १३ घाईने मध्ये एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो।
नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानसँगै यात्रु बोकेर नाम्खाको सल्लीबाट सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ ख ३२६९ नम्बरको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी अन्य १२ जना घाईते भएका मध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकायाको मृत्यु भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा नाम्खा गाउँपालिका–१, हेप्काका छिरिङकर्मा तामाङ, नरी लामा, खार्पुनाथ गाउँपालिका–१ का बबरजङ शाही र जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका–६ का बक्त रोकाया रहेका छन् । प्रहरीका अनुसार टिपर चालकले अत्यधिक मदिरा सेवन गरेको पाईएको छ ।
|
नेपाल–भारत पारवहन बैठक : जलमार्गदेखि पानीजहाज सञ्चालनसम्मको विषय समावेश काठमाडौं । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग, बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रक्रिया, भन्सार सहजीकरण र नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने विषयलाई समावेश गरिने भएको छ ।
नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकनको लागि बुधबार सम्पन्न वाणिज्य सहसचिवस्तरीय दुई दिने बैठकमा उक्त सहमति भएको हो । त्यस्तै रेल मार्फत बल्क कार्गो ढुवानीका लागि वीरगञ्ज–रक्सौल नाकाका अतिरिक्त विराटनगर–जोगबनी र भैरहवा–सुनौली नाका समेत खुल्ला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।
भारतका २ बन्दरगाहहरु धाम्रा र मुन्द्रा नेपालका लागि खुल्ला गर्न गरेको प्रस्तावमा भारतले आन्तरिक छलफल गरी जवाफ पठाउने सहमति भएको पनि ढकालले बताए । त्यस्तै तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रक्रिया लागू गर्ने विषयमा पनि भारतले आन्तरिक छलफल गरी धारणा पठाउने सहमति भएको छ ।
त्यस्तै नेपाल–भारत पारवहन सन्धिको म्याद २०२० जनवरी ५ देखि लागू हुनेगरी स्वतः नविकरण हुने र दुवै मुलुकले आन्तरिक प्रक्रिया पूरा गरी प्रोटोकलमा थयासीघ्र हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।
|
सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प काठमाडौं । सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प गएकाे छ ।
बुधबार राती १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्टिङ्गकाेटमा केन्द्र बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
भूकम्पकाे धक्का काठमाडाैंलगायतका क्षेत्रमा महसुस भएकाे जनाएकाे छ । विसं २०७२ सालपछिकाे विनासकारी भूकम्पपछि हजाराैं पटक नेपालमा भूकम्प गइसकेकाे छ ।
|
नेपाल प्रहरी र टेलिकमबीच फुटबल क्षेत्रको विकासमा सहयोग गर्ने सम्झौता काठमाडौं । नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले रु ३२ लाख बराबरको सामाग्री सहयोग गर्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै टेलिकमको लोगो अंकित पोशाक लगाएर खेलाडीहरुले खेल खेल्नेछन् ।
सम्झौता अवधि एक वर्षको हुनेछ । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सम्झौताले लोकप्रिय खेल फुटबललाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने बताए । सम्झौतासँगै प्रहरीका फुटबल खेलाडीले व्यवसायीकतासँगै खेललाई सँगै लैजान सहयोग पुग्ने उनको भनाई थियो ।
प्रहरी र नेपाल टेलिकमबीच विस २०६८ सालदेखि फुटबलमा सम्झौता हुँदै आएको छ । सुरुको दिनमा पुरुष फुटबल खेलाडीका लागिमात्र प्रायोजन गर्दै आएको टेलिकमले विस २०६९ सालदेखि महिला खेलाडीलाई समेत सहयोग गर्दै आएको छ ।
सुरुका दिनमा वार्षिक १६ लाख उपलब्ध गराउँदै आएको टेलिकमले अहिले वार्षिक ३२ लाख उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.