content
stringlengths
20
64.1k
हिउँले पुरिएका दुई युवकको शव फेला मेलम्ची । लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव सोमबार हिउँले पुरिएको अवस्थामा फेला परेको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडौँ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेटिएका हुन् । उद्धारकर्ता लालबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले नुवाकोट घ्याङ्फेदीबाट यही माघ ३ गते शुक्रबारदेखि हराइरहेका उनीहरुलाई आज मृत अवस्थामा फेला पारेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। उद्धारकर्मीको समूहले घोप्टेफेदीको खोंचस्थित हिउँमा पुरिएको अवस्थामा ४० मिटरको फरकमा उनीहरुको शव फेला पारेको थियो । मृतक दुबै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कंदै गर्दा बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ उनीहरुको खोजी कार्य तीव्र पारिएको थियो । हराएका युवकको खोजीको लागि माघ ६ गते सोमबार नुवाकोट जिल्लाको घोप्टे फेदीमा हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्यालजेन शेर्पासहितको उद्धार टोली सो क्षेत्रमा पुगेको थियो ।
ओखलढुङ्गामा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते ओखलढुङ्गा। ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो। गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए। दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ। साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
बिरामी लिएर अस्पताल आउँदै गरेको बोलेरो दुर्घटना, एक जनाको मृत्यु, तीन गम्भीर ओखलढुङ्गा । ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो। गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ । साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
म्यानचेस्टर यूनाइटेडको आधा दर्जन गोल एजेन्सी । म्यानचेस्टर यूनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६–० गोल अन्तरले पराजित गर्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । युनाइटेडको जितमा ह्यारी मागुएर, डिगो डालोट, जेसे लिंगार्ड, फिल जोन्स, एन्थोनी मार्सियल र मासुन ग्रीनवुडले एक एक गोल गरे । रोभर्सविरुद्ध युनाइटेडले पहिलो हाफमै पाँच गोल गरेको थियो । खेलको १० औं मिनेटमा मागुएरले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । १३ औं मिनेटमा डालोटले गोल गर्दै युनाइटेडको अग्रता २–० को बनाए । १६ औं मिनेटमा लिंगार्डले गोल गर्दा युनाइटेडको अग्रता तेब्बर बन्यो । खेलको ४१ औं मिनेटमा जोन्सले गोल गर्दै युनाइटेडलाई ४–० को अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा ५–० ले अघि रह्यो । त्यसपछि खेलको ५६ औं मिनेटमा ग्रीनवुडले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाए ।
एक्काइस तोला सुनसहित युवक पक्राउ जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए । रु १६ लाख २४ हजार ६०६ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको सुन बा१२प ५०७६ नम्बरको कारमा राखी नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका– ८ स्थित सडकमा आज बेलुका करिब ५ः३० बजे जाँच गर्दा युवक महतो सुनसहित पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए । कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ ।
माइक्रोबस दुर्घटनामा चालकको मृत्यु सिन्धुली । झापाबाट काठमाडौँ जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो दुर्घटनामा आज विहान मृत्यु भएका जानकारी दिए । दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको र मृत्यु कार्की सो बसका सवारीधनी साथै चालक रहेका उनले बताए। माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो। बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।
बसको ठक्करबाट मृत्यु हरिवन । सर्लाहीको वाग्मतीमा आज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग१ख ८१४० नंको यात्रुवाहक बसले ठक्कर दिँदा वाग्मती नगरपालिका– २ धरहरा निवासी ५२ वर्षीय छोयाङ दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराइले जानकारी दिनुभयो । नयाँरोड मधुवनी सडकखण्डअन्तर्गत सडकमा हिँडिरहेको अवस्थामा पछाडिबाट बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
भारतमा आयोजना हुने टी–२० विश्वकप पाकिस्तानले बहिस्कार गर्ने! एजेन्सी । पाकिस्तानले आगामी बर्ष सन् २०२१ मा भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप बहिष्कार गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत सहभागि नभए अर्को वर्ष भारतमा हुने टी–२० विश्वकपमा आफूँहरु पनि सहभागि नहुने बताएका हुन्। भारतले पाकिस्तानमा एसिया कप आयोजना भएको खण्डमा सहभागिता नजनाउने भन्ने खबर बाहिर आएपछि खानले भारतले एसिया कपमा पाकिस्तान भ्रमण नगरेमा पाकिस्तानले पनि विश्वकप नखेल्ने जनाएका हुन् । ‘एसिया कप पाकिस्तानमा आयोजना गर्ने निर्णय पाकिस्तानको हैन न यो आईसीसीले नै भनेर भएको हो । कुन देशमा गर्ने भन्ने निर्णय एसीसीको हो र एसीसीले नै पाकिस्तानमा आयोजना गर्ने भनेर निर्णय गरेको हो,’ खानले भने । ‘हामीहरुले एसिया कप दुई स्थानमा खेलाउने भनेर तयारी गरिरहेका छौं । तर यदि भारतले पाकिस्तानमा एसिया कप नखेल्ने हो भने हामी पनि भारतमा विश्वकप खेल्न जादैनौं ।’ पाकिस्तानमा नखेल्ने भारतले आफ्नो निर्णयमा कुनै परिवर्तन नगरे पछि पाकिस्तानबाट एसिया कप खेलाउने निर्णयबाट एसीसी पछि हटेको र अब पाकिस्तानको सट्टामा बंगलादेशलाई एसिया कपको जिम्मा दिने हल्ला आए पछि खानले आफ्नो धारण राखेका हुन् । सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमला पछि भारत र पाकिस्तान अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसियाली क्रिकेट परिषद (एसीसी) ले आयोजना गर्ने प्रतियोगिता बाहेक अन्य प्रतियोगितामा एक आपसमा खेलेका छैनन् । त्यस्तै एसीसीले आयोजना गर्ने यु१९ देखि ईमर्जिङ टिम्स कप पनि पाकिस्तानमा आयोजना गर्ने भनिएको प्रतियोगिता पनि अन्य देशमा आयोजना गर्ने गरिएको छ ।
माटो ढिस्कोले पुरिँदा तीन घाइते पाल्पा । कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन् । तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन् । घाइते हुनेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका–९ का ७१ वर्षीय गोमा आचार्य, कपिलवस्तुकै विजयनगर नगरपालिका–४ का ५६ वर्षीय केशरदेवी खत्री र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका–११ देवीनगरकी ४० वर्षीया बिमला पौडेल रहेको प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले बताए । घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु बैतडी । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्याक्टर सडकबाट करिव २५ मिटर तल खसेको आज बिहान थाहा भएको हुँदा दुर्घटनाको कारण भने खुल्न सकेको छैन्।
घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ । आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई भोजपुर नगरपालिका–७ मा रहेको प्रधान होटलबाट रु छ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको हो । अभियुक्त तिवारीले सेवाग्राहीसँग प्रमाणपत्र चाहिने भए घुस दिनुपर्ने बताएको जनाइएको छ । आरोपी तिवारीमाथिा अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणका ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीलाई रु २५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । बिजुलीको खम्बा राखिदिने बहानामा सेवाग्राहीसँग चौधरीले रु २५ हजार घुस मागेको अभियोग लागेको छ । आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले घुस लिँदै गरेको अवस्थामा कामपा–१४ बाट उनलाई पक्राउ गरेको हो । आयोगले चौधरीलाई बिहीबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए।
गाई काटेको आरोपमा पक्राउ इटहरी । गाई काटेको आरोपमा सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । सदुलको घरबाट गाईको टाउको, खुकुरी र अचानोसहित दुवै जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।
सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ। उनका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एकछोरा सशस्त्रप्रहरी बलमा कार्यरत रहेका छन्। गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेका थिए । छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बताए । उनले भने, “मेरा छोरा छोरीको योगदानले म आज सम्मानित भए योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र।”
सवारी दुर्घटनामा १ महिलाको मृत्यु दमक । सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिस्मा गनगाइ रहेकी छन् । गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार भएर आफन्तको घर जाने क्रममा भारतको टेढागाछ लालपानी भन्ने स्थानमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी सोही वडाका बबिता गनगाईं र निलम गनगाइ सामान्य घाइते भएका छन् । टेम्पु अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको थियो । मृतक गनगाईंको शव परीक्षणका लागि किसनगञ्ज अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।
एक प्रदेशमा तीन ‘राजधानी’, कसरी हुन्छ काम? बीबीसी । भारतको आन्ध्र प्रदेशको विधानसभाले सोमवार राजधानीको विकेन्द्रीकरण गर्ने कानुन पारित गरेको छ। उक्त कानुनअनुसार प्रदेश राजधानी तीन ठाउँमा हुने छन् जुन भारतमै पहिलो अभ्यास हो। अब आन्ध्र प्रदेशको कार्यपालिका अर्थात् सरकारले विशाखापत्तनमबाट काम गर्नेछ भने राज्यको विधानसभा अमरावतीमा र उच्च अदालत कुर्नूलमा राखिनेछ।प्रदेश सरकारले राजधानी अमरावतीबाट राज्यको उत्तरपूर्वको तटीय सहर विशाखापत्तनममा सार्नेछ। आन्ध्र प्रदेशको मध्यमा रहेको अमरावतीमा विधानसभाको अधिवेशन हुने सहरमा खुम्चिने छ। कुनै बेला आन्ध्र प्रदेशको राजधानी रहेको कुर्नूलमा अब उच्च अदालत रहने छ। विधानसभाको सत्र सुरु हुनुअघि मुख्यमन्त्री जगनमोहन रेड्डीको अध्यक्षताको मन्त्रिपरिषद्ले आन्ध्र प्रदेश राजधानी विकास प्राधिकरण विघटन गर्‍यो। तत्कालीन मुख्यमन्त्री चन्द्रबाबु नायडूले विश्वस्तरको राजधानी बनाउने योजना अघि सारेर राजधानी अमरावतीको विकासको निम्ति प्राधिकरणको गठन गरेका थिए। कैयौँ किसानले त्यसको निम्ति जग्गा समेत दिएका थिए। सरकारले उनीहरूलाई मुआब्जा दिने अवधि बढाएर १० देखि १५ वर्षसम्म बनाएको छ। विधान सभाको नयाँ निर्णयलाई लिएर त्यहाँका किसान आन्दोलित भएका छन्। सन् २०१४ मा तेलङ्गाना राज्य बन्दा आन्ध्र प्रदेश पुनर्गठन कानुनमा हैदराबाद आउँदो १० वर्षसम्म आन्ध्र र तेलङ्गाना दुवै राज्यको संयुक्त राजधानी रहने प्रावधान थियो। आन्ध्र प्रदेशको नयाँ राजधानीको खोजी गर्न केन्द्र सरकारले त्यसबेला बनाएको एउटा समितिले एकभन्दा बढी राजधानीको मोडल अपनाउने सिफारिस गरेको थियो। तर तत्कालीन मुख्यमन्त्री नायडूले त्यसलाई अस्वीकार गर्दै अमरावतीलाई राजधानी छाने। उनले समितिको प्रतिवेदन आउनुभन्दा धेरै अघि अमरावतीलाई राजधानी बनाउने कदम चालिसकेका थिए। सरकारले अस्थायी विधान सभा, सचिवालय र भवन निर्माणका साथै नयाँ सरकारी परियोजनाहरूको काम सुरु गर्‍यो। उनको सरकारका मन्त्रीहरूले राजधानीको मोडलबारे अध्ययन गर्न कैयौँ राज्य र देशको भ्रमण गरेका थिए। त्यसक्रममा नयाँ राजधानी निर्माणको निम्ति सिङ्गापुरका कम्पनीसँग सम्झौताहरू गरिए। सरकारले आफ्नै किसिमको भव्य र विशाल राजधानी बनाउने खाका तयार गर्‍यो जसमा भविष्यको अमरावतीको झलक देखिन्थ्यो। तर सन् २०१९ मा अवस्था तीव्र गतिले फेरियो। नायडूको दलले बहुमत गुमायो र उनलाई रेड्डीले विस्थापित गरे। नयाँ सरकारले पहिलो दिनदेखि नै अमरावतीको विकासका सबै काम रोकेर नयाँ राजधानी अन्तै बनाउने सङ्केत दियो। अन्ततः विभिन्न समितिको प्रतिवेदनलाई आधार बनाउँदै विधान सभाबाट विवाद र बहसबीच नयाँ कानुन पारित गरियो। बहसका क्रममा मुख्यमन्त्री रेड्डीले अघिल्लो सरकारको ऐतिहासिक भूल आफूले सुधार गरिरहेको बताए। उनका भनाइमा पूर्वमुख्यमन्त्रीले मानिसहरूलाई एउटा काल्पनिक राजधानीको तस्बिर देखाएका थिए जसको निर्माण सम्भव थिएन। राज्यका सबै इलाकाका मानिसहरूको निम्ति सुविधाको निम्ति राजधानी विकेन्द्रीकरणको मोडल अङ्गालेको उनको तर्क थियो। उनले एउटा ठाउँको विकासमा अर्बौँ रुपियाँ खर्च गर्नुको साटो राजधानीहरूको विकासका लागि पहिल्यैबाट उपलब्ध स्रोतको उपयोग राम्रो हुने बताए। तर विपक्षी दलका नेता नायडूले राजधानीभन्दा पनि विकासको विकेन्द्रीकरण आवश्यक भएको तर्क प्रस्तुत गरे र सरकारले बदला लिएको बताए। उनले प्रश्न थियो, ‘मुख्यमन्त्री फेरिँदा हरेक पटक राजधानी फेर्न कसरी सम्भव हुन्छ?’ अहिलेसम्म भारतका कुनै पनि राज्यमा प्रशासनिक संयन्त्र एउटा र विधान सभा अर्को सहरमा छैनन्। ती दुवै एउटा सहरमा रहन्छन् र त्यसलाई राजधानी भनिन्छ। तर महाराष्ट्र र कर्नाटकमा विधान सभाको सत्र दुईवटा सहरमा हुन्छन्। महाराष्ट्रमा हिउँदमा विधान सभाको एउटा बैठक नागपुरमा हुन्छ। त्यस्तै हिमाञ्चलमा शिमला र धर्मशालामा विधान सभाको बैठक हुन्छ। धर्मशालालाई प्रदेशको शीतकालीन राजधानी पनि मानिन्छ। कर्नाटकमा पनि बेंगलुरुका अतिरिक्त बेलगाउँमा विधान सभाको बैठक हुन्छ। त्यस्तै देहरादून राजधानी रहेको उत्तराखण्डको उच्च अदालत नैनीतालमा छ। त्यस्तै छत्तीसगढ, केरल, मध्य प्रदेश, राजस्थान र उत्तर प्रदेशमा उच्च अदालत राजधानी बाहेकको सहरमा छन्।
मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चाँगुनारायणमा भएको मोटरसाइकल दुर्घटनामा परी सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भई हाल दुवाकोट बस्ने २० वर्षका गणेश वयलकोटीको ज्यान गएको हो । बुधबार राति चाँगुनारायण नगरपालिका २ को महाङ्कालमा बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मदिरा सेवनपछि सामान्य विवादमा साथीको हत्या, २ जना पक्राउ भक्तपुर । मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए । चार÷पाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिँदै व्यासी कालोपाटीबाट प्रहार भएको छुरा बरामद गरेको जानकारी दिए ।
करेन्ट लागेर महिलाको मृत्यु कैलाली । धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा बुधबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मृतक विष्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मृतक विष्टको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ ।
आयोगद्वारा खातुन उपर २८ हजार बिगो सहित आरोपत्र दायर काकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी अम्बेया खातुन उपर बिगो २८ हजार कायम गरी आरोपपत्र दायर गरेको छ । भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात सो सामानहरू छुटाइदिने भनी खातुनले इलाका प्रहरी कार्यालय जीतपुर बाराका प्रहरी कर्मचारीलाई घुसवापत २८ हजार दिन खोज्दा तत्काल निज खातुनलाई नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा आरोपी खातुनले घुस दिएको तथ्य पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय गरी र बरामद बिगो जफत हुने मागदाबी लिई बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै, मालपोत कार्यालय साँखु काठमाडौँका नायबसुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाउपर बिगो ५५ हजार कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । मालपोत कार्यालय साँखुका नासु कुइँकेलले लेखापढी व्यवसायी सापकोटासँग दृष्टि बन्दकको लिखत पास गरेवापत घुस लिँदै गर्दा आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले दुवै जनालाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा नासु कुइँकेलले लेखापढी व्यवसायी सापकोटासँग घुस माग गरी लिइसकेको अवस्थामा निजबाट रकम बरामद भएको खुल्न आएकाले कुइँकेललाई बिगो ५५ हजार कायम गरी कानूनबमोजिम सजायको माग दाबीका साथ आरोपपत्र दायर गरिएको हो । साथै लेखापढी व्यवसायी रापकोटाले नासु कुइँकेललाई घुस दिइसकेको अवस्थामा निजलाई पनि नियन्त्रणमा लिई कानूनबमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा बिगो ५५ हजार कायम गरी कानूनबमोजिम सजायको माग दाबीका साथ आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आईसीसी टी–२० वरियतामा नेपालको स्थान यथावत काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ । यसअघि पनि नेपाल टी-ट्वान्टीतर्फ १२ औं स्थानमै रहेको थियो । टी(ट्वान्टीतर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औं स्थान हो । विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । यस्तै टी-ट्वान्टीको खेलाडी वरियताको ब्याटिङतर्फ नेपालका पूर्ण कप्तान पारस खड्का ६० औं स्थानमा रहेका छन् । बलिङतर्फ एक स्थान सुधार गरेका सन्दीप लामिछाने ८३ औं स्थानमा छन् । अलराउण्डतर्फ भने पारसको २ स्थान तल झर्दा २७ औं स्थानमा रहेका छन् भने सोमपाल एक स्थान सुधार गर्दै ६७ औं स्थान बनाउन सफल छन् । करण केसी समेत अलराउण्डरतर्फ एक स्थान तल झर्दै ७६ औं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।
मोटरसाइकल चोरी गर्ने पक्राउ विराटनगर । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई मे११प २२७३ नंको मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । स्थानीयको सहयोगमा दिउँसो १२ः४० मा मोटरसाइकल चोरेर भाग्दै गर्दा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । उनलाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जापानी बक्सरलाई ढालेर भिजिट नेपालको प्रचार, अविरलले जिते ठूलो उपाधि टोकियो, जापान । हिट ४६ किक बक्सि¨ खेलमा नेपाली किक बक्सि¨का खेलाडी अविरल घिमिरेले जापानी बक्सरलाई हराउंदै टाइटल उपाधि जित्न सफल भएका छन् । जनवरी २० आइतवार जापानको टोकियमा भएको भीडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै ढालेर घिमिरेले उपाधि जितेका हुन् । सयौं दर्शकहरुले भरिएको हलमा सम्पन्न भएको सो खेलमा हिमालयन चितुवाका नामले परिचित २१ बर्षीय घिमिरेको विजयले जापानवासी नेपालीहरु उत्साहित भएका छन् । यो उपाधि उनले हालसम्म जितेका मध्ये सबैभन्दा ठूलो उपाधि हो। जापानको नागोयामा बसोबास गर्ने घिमिरे जापानमा व्यवसायिकरुपमा नेपालीको प्रतिनिधित्व गर्दै खेल्ने खेलाडी हुन्  उनले पहिलो राउण्डको सोझो सेटमै जापानकै च्याम्पियन बनिसकेका बक्सरलाई मैदानमा ढाल्न सफल भएका थिए । खेलमा विजय प्राप्त गरेपछि रि¨मै नेपाली झण्डा फहराएर भिजिट नेपालको प्रचार गरेका थिए । ‘तपाईहरुलाई सबैलाई म नेपाल भ्रमण गर्न निमन्त्रणा गर्दछु’—भन्दै उनले जापानी भाषबाट उपस्थित दर्शकहरुलाई नेपाल भ्रमणको निम्तो दिए। उनले आफ्नो विजयको श्रेय आफ्ना पिता तथा प्रशिक्षक देव घिमिरेर अर्का जापनी प्रशिक्षकलाई दिएका छन् । उनका पिताले पनि अविरलको खेल हेर्न आएर हौसला बढाइ दिएको भन्दै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
धादिङमा दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना ६ जनाको मृत्यु काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका–८ मा दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकको सनाखत भएको छैन । धादिङ प्रहरीका अनुसार दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सवारी लाइसेन्स बनाइदिने भनी पैसा लिने दुई पक्राउ काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने बाजुराका २५ वर्षीय मानबहादुर रोकाया र धादिङका ३८ वर्षीय गणेश गुरुङलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले लिखित परीक्षमा पास गरिदिने भन्दै दुई हजार लिएकाले पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूमा पठाएको महाशाखाले जनाएको छ ।
धादिङ दुर्घटना : मापसे गरी गाडी हाक्दा सात जनाको ज्यान गयो धादिङ । मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक मंगलबार नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डलीको दर्शन गरेर फर्कंदै गरेको ग१ख ८०१२ नंको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो । दुर्घटनापछि तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने चारजनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानाकारी दिए। मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, विदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ र ध्वजबहादुर गुरुङ रहेका छन् । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । अत्यधिक गतिमा गाडी कुदिरहेको थियो । सबै मानिस हल्ला गरेर कराइरहेको बेला पिच सडकमा गाडी पल्टेको गाडीमा सवार घाइते कमल गुरुङले जानकारी दिए । मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँवासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए । रक्सीको सुरमा गाडी चलाएर दुर्घटनामा परेको घाइतेहरुको भनाइ छ । घाइतेहरुलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी र सोसल भोलेन्टरहरुले उद्धार गरेका थिए । घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर १० जना घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ ट्रमा अस्पताल काठमाडौँमा पठाइएको छ भने एम्बुलेन्सबाट ६ जना लगिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । धादिङ अस्पतालमा बिरामी घाइतेहरुको उपचार भइरहँदा आफन्त र बजारवासीको भीड लागेको थियो भने लापर्वाहीपूर्ण तरिकाले सवारी चलाउनेलाई कारवाहीको माग गरेका छन् ।
स्कुलबाट फर्कंदै गरेका बालकको मृत्यु सप्तरी । स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी मंगलबार अपराह्न मृत्यु भएको छ । काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय रुपनीले गाडी र चालक विपिन थापालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बञ्जाडेले बताए।
धादिङमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो काठमाडौं । मंगलबार साँझ धादिङको निलकण्ठ ८ मा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। उनका अनुसार घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । केही घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन् । प्रहरीका अनुसार उक्त ट्रकमा २५ जना सवार थिए । मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले बताएको छ। ।
घट्दो छ बाँकेमा लागुऔषधका घटना नेपालगञ्ज । बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा कमी आएको हो । जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुबै तर्पmबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो । खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने र नेपालबाट गाँजा र चरेस लगायतको लागुऔषध भारतमा जाने गरेको जनाइएको छ । विशेषतः सीमा नाकामा दुबै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको उनले बताए । जिल्लामा अहिले ठूलो परिणामको लागुऔषधको कारोबार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भइरहेको प्रहरी निरीक्षक थापाले बताए। चालु आर्थिक वर्षको ६ महिनामा जिल्ला प्रहरी कार्यालयले १ सय ६३ जना लागुऔषध प्रयोगर्तालाई कारवाही गरेको छ । बाँके जिल्ला कारागारमा मात्र अहिले करीब २०० बढी कैदी लागुऔषध मुद्दाकै रहेको जनाइएको छ । लागुऔषधको कुलतमा फसेकाहरुको उपचारका लागि बाँकेमा सात वटा पुनःस्थापन केन्द्र खोलिएका छन् । लागुऔषधको क्षेत्रमा काम गर्ने संघ संस्थाका अनुसार जिल्लामा झण्डै एक हजार बढी प्रयोगकर्ता छन् । लागुऔषध प्रयोगकर्ताको पुनःस्थापना गरेर समस्या समाधान गर्नुपर्ने लागुऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्रीको सुझाव छ ।
डिसी मेट्रो क्षेत्रमा नेपाली समुदायलाई थप संगठित गर्दै एनइसीसी डिसी नेपाल मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डस्थित नेपाली शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी) ले सामाजिक, धार्मिक कार्यका माध्यमबाट डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबीच आपसी सहयोग र सद्भाव बृद्धि गर्न थप प्रयासहरु गर्ने निर्णय गरेको छ । जनवरी १९ मा गेथेसवर्ग मेरिल्याण्डमा सम्पन्न संस्थापक सदस्यहरु,चन्दादाताहरु, स्वयंसेवकहरु सहितको एउटा बृहत अप्रिसियेसन डिनर बैठकले डिसी मेट्रो क्षेत्रका विभिन्न शहरहरुमा बस्ने नेपाली समुदायलाई संगठित गर्न प्रत्येक शहरमा एक—एक जना संयोजक तोक्ने योजनाका बारेमा छलफल गरेको थियो । संस्थाका अध्यक्ष खिलेन्द्र न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा नेत्र घिसिङ्, पुरु घिमिरे र गोपाल मैनालीको प्यानलले छलफलमा उठेका विषयहरुको निष्कर्ष तयार गरी प्रस्तुत गरेको थियो भने अबैतनिक महावाणिज्यदूत प्रेमराजा महतले पशुपति बुद्ध मन्दिरमा भगवान शिवको मूर्ति स्थापनाका लागि मूर्ति निर्माणमा प्रगति भइरहेकोबारे बैठकलाई जानकारी दिएका थिए । एसैगरी उमेश निरौलाले कन्सट्रक्सन, सरोज प्रजापतीले बुद्ध पोडिएम, परशु तिमल्सिनाले देउसी-भैलो बाटको उपलब्धी, कुमार मैनालीले नेपाली पाठशालाको प्रगति भइरहेकोबारे बैठकलाई जानकारी दिएका थिए । छलफलका क्रममा मन्दिरका लागि आर्थिक संकलन कार्यमा देउसी भैलो कार्यक्रमले प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालिएको थियो । संस्थाका अध्यक्ष न्यौपानेले देउसी भैलोमा सहभागी कलाकारहरु र अन्य सबैमा संस्थाका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । उनले मन्दिरका पुजारी खिलराज पण्डित, नेपाली पाठशाला टिम, व्यबस्थापन समूहका डा.महेन्द्र कार्की र कृष्ण निरौलासहित यसक्षेत्रमा कार्यरत डिसी नेपाल लगायतका नेपाली संचारमाध्यमहरुलाई पनि धन्यवाद ज्ञापन गरेका थिए ।
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
ट्रकको ठक्करबाट एक युवकको मृत्यु लम्की । कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जाकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका विकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
सूर्योदय र सूर्यास्त हेर्ने बतासे डाँडामा नगरकोट महोत्सव भक्तपुर । ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ। नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा हुने महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिए । यहाँबाट गणेश, लाङ्टाङ गौरीशङ्कर हिमशृङ्खलाको आनन्द लिन सकिन्छ । सर्वोच्च हिमशिखर सगरमाथालगायतका ११ शृङ्खला र सूर्योदय एवं सूर्यास्तको मनोरम दृश्यको आनन्दलिन यहाँ आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण हुने गरेको छ। पर्यटकीयस्थल नगरकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ हुन लागेको महोत्सवमा रु ४६ लाख खर्च हुने समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए । सोनाम ल्होछारको समेत अवसर पारेर हुन लागेको महोत्सवमा ६० देखि ७० वटा प्रदर्शनीकक्ष रहने जानकारी दिँदै उहाँले महोत्सवका लागि पर्यटन बोर्ड, चाँगुनारायण नगरपालिका, मण्डन देउपुर नगरपालिका, विभिन्न व्यवसायी र होटल व्यवसायीको प्रायोजन रहने गरी कार्यक्रमको तयारी गरेको उनले बताए । महोत्सवमा स्थानीय विभिन्न खानाको परिकार, स्थानीय कृषि उत्पादन, स्थानीय, कला–संस्कृति एवं पर्यटन प्रवद्र्धनसम्बन्धी प्रदर्शनीकक्ष रहने छन्। महोत्सवमा ख्याति प्राप्त करिब १३ जना गायक गायिका, चर्चित कलाकारको साङ्गीतिक एवं हास्यव्यङ्ग्यात्मक प्रस्तुति रहने छन्। स्थानीय मौलिक कला झल्किने विभिन्न प्रस्तुति र लोपोन्मुख बाजागाजा प्रदर्शन गरिने छ।
घुस लिएको अभियोगमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सलयानका तत्कालीन सबइञ्जिनीयर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नेपाल सरकारलाई गैरकानूनीरुपमा हानि पु¥याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनीयर थमन योगी, असिस्टेन्ट सवइञ्जिनीयर तोरणबहादुर विष्टलाई ७७ हजार ७७५ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । आयोगले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बरबहादुर कामी, कोषाध्यक्ष कर्णबहादुर विक तथा सचिव अनिता विकविरुद्ध समेत समान बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले विष्णुपुर सशस्त्र प्रहरी बेसक्याम्प रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दारविरुद्ध मुद्दा दायर गरेको छ । घरायसी मालसामान आयातमा सहज गरिदिने भन्दै हवल्दार चौधरीले सेवाग्राहीसँग रु छ हजार घुस लिएको अभियोग लागेको छ ।
चीनको शहरी जनसङ्ख्या ६०.६ प्रतिशत बेइजिङ । चीनको कुल जनसङ्ख्याको ६०.६ प्रतिशत शहरी क्षेत्रमा बसोबास गर्दै आएका चीनको आधिकारिक तथ्याङ्कले देखाएको छ । तथ्याङ्क सन् २०१८ को तुलनामा १.२ प्रतिशतले बढेको देखिएको छ । सन् २०१९ को अन्त्यसम्ममा चीनको शहरी क्षेत्रमा कुल ८४ करोड ८४ लाख ३० हजार जनसङ्ख्या रहेको छ भने गाउमा ५५ करोड १६ लाख २० हजार देखिएको राष्ट्रिय तथ्याङ्क विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । चीनको शहरी जनसङ्ख्यामा अघिल्लो वर्षभन्दा एक करोड ७० लाख बढेको छ भने गाउँको जनसङ्ख्या एक करोड २० लाख ३९ हजार घटेको विभागले बताएको छ । चीनको मध्य तथा पश्चिमी क्षेत्रमा गाउँबाट शहर पस्ने दर अत्यधिक रहेको छ भने यो दर पूर्वी तथा उत्तरी क्षेत्रमा तुलनात्मकरूपमा घटेको छ । चीनले भौगोलिक विकटताका कारण गरिबीको रेखामूनि बाँच्न बाध्य आफ्ना नागरिकलाई पछिल्ला केही वर्ष यता एकिकृत वस्ती निर्माण गर्ने र आधारभूत सार्वजनिक सेवा र सामाजिक सुरूक्षाको प्रत्याभूत गर्ने योजनाहरूमार्फत् व्यवस्थित शहरीकरणलाई प्रवद्र्धन गर्ने रहेको छ ।
एसी मिलान विजयी एजेन्सी । इटालियन सिरि ‘ए’मा एसी मिलान विजयी भएको छ । आइतबार भएको खेलमा उडिनेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा उडिनेसविरुद्ध १ गोलले पछि परेको मिलानले दोस्रो हाफमा उत्कृष्ट ‘कमब्याक’ गरेको हो । छैटौं मिनेटमा उडिनेसका जेम्स लार्सेनले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको मिलानले दोस्रो हाफको शुरुमै बराबरी गोल गरेको थियो । ४८ औं मिनेटमा एन्टे रेवीकले गोल गर्दै बराबरी गरेका थिए । थियो बर्नान्डले गोल गर्दै ७१ औं मिनेटमा मिलानलाई २–१ को अवस्थामा लगेका थिए । केभिन लसगनाले गोल गर्दै ८५ औं मिनेटमा उडिनेसलाई बराबरी गराए । तर इन्ज्योरी टाइमको तेस्रो मिनेटमा एन्टी रेवीकले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले स्पष्ट तीन अंक दिलाए । जीतसँगै मिलान २८ अंकका साथ आठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको युभेन्टसको ४८ अंक रहेको छ ।
काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको बसको ठक्कबाट साइकलयात्रीको मृत्यु हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाख्रालाई जोगाउन खोज्दा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु, ५ घाईते लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु र पाँच घाइते भएका छन्। जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार यादव र धनगढी नगरपालिका–१२ निवासी २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । ती दुवैलाई उपचारको लागि लहानस्थित अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको उनले जानकारी दिए। मृतक दुवैको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको र घाइतेका स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाख्रालाई जोगाउने क्रममा ट्रयाक्टर अचानक अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयवासीले बताएका छन्। युवक पक्राउ प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहाको लहानबाट प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१० बाट लागुऔषध ब्राउन सुगरसहित सप्तरीको सुरुङ्गा नगरपालिका–८ निवासी ३२ वर्षीय प्रेमकुमार चौधरीलाई पक्राउ गरेको हो।
टोटेनहमको गोलरहित बराबरी एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेलेको छ । शनिबार साँझ वाटफोर्डको घरेलु मैदानमा टोटेनहमले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो। घरेलु टोलीका ट्रोय डेनीको पेनाल्टी प्रहार असफल बनेपछि टोटेनहम हारबाट जोगिन पुग्यो । डेनीले लिगका पछिल्ला ६ खेलमा प्राप्त तीन पेनाल्टीलाई खेर फालेका छन् । वाटफोर्डसंग बराबरी खेल्दै टोटेनहमले लिगमा अपराजित यात्रालाई ७ खेलमा पुर्याएको छ । पहिलो हाफ अगाडी बाटफोर्डका गोलकिपर बेन फोस्टरले टोटेनहमका नथानियल चालबा र लुकास मौराको प्रहार जोगाएका थिए । बराबरी नतिजासंगै टोटेनहमले २३ खेलबाट ३१ अंक जोडेको छ । वाटफोर्ड २३ अंक जोड्दै रेलिगेशन जोन भन्दा मात्र दुई स्थानमा माथि छ ।
अफगानी तालिवानद्वारा जनवरीको अन्त्यसम्म सम्झौता गर्ने तयारी काबुल । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने र अफगानिस्तानमा स्थायी शान्तिका लागि यही जनवरीको अन्त्यसम्ममा सम्झौता गर्ने तयार भइरहेको तालिवान समूहले शनिबार बताएको छ । तालिवान समूहले सम्झौताको तयारी भइरहँदा आफ्ना सैनिक गतिविधिलाई पनि बिस्तारै ‘घटाउँदै’ लगेको अफगानी विद्रोही समूहका प्रवक्ताले बताएका छन् । प्रवक्ता सुहाइल शाहिनलाई उद्धृत गरी पाकिस्तानी अङ्ग्रेजी दैनिक ‘डन’ले लेखेको छ, “तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच यसै हप्ता कतारको राजधानी दोहामा वार्ता भएको छ र सम्झौताका लागि सैन्य गतिविधि घटाउँदै लाने सहमति भएको छ ।” तालिवानी विद्रोहीले यसअघि एएफपीलाई दिएको सूचनामा उनीहरूले केही समय (छोटो) युद्धविराम गर्न लागेको बताएको थियो । तालिवान समूह वाशिङ्टनसँग सम्झौता गर्ने बिषयमा निकै आशावादी रहेको छ प्रवक्ताले भने । सहमतिमा अफगानी सेनाले विद्रोहीविरूद्धको कारबाहीलाई देशभर घटाउँदै लाने पनि उल्लेख छ । यो बिषय अब केही दिनको हो, प्रवक्ताले भनेका छन् । वाशिङ्टनले केही हप्ता हिंसात्मक गतिविधि कम गरी तालिवान समूहले शान्तिको वातावरणलाई प्रत्याभूत गर्न आग्रह गरेको छ । तालिवान समूहले शान्तिको वातावरण प्रत्याभूत गरेपछि दुई दशकसम्म अफगानिस्तानको सरकारी सेनालाई सहयोग गर्दै आएको अमेरिकाले आफ्नो सेनालाई फिर्ता लान सुरू गर्नेछ । तालिवान र अमेरिकाले करिब एक वर्षपछिको वार्तापछि सन् २०१९ को सेप्टेम्बरमा सम्झौताको नजिक पुगेको घोषणा गरेको थियो तर राजधानी काबुलमा तालिवानी समूहको आक्रमणमा अमेरिकी अधिकारीको मृत्युपछि अमेरिकी राष्ट्रपतिले एकाएक सहमतिको प्रक्रिया ‘अन्त्य’ भएको घोषणा गरेका थिए । अमेरिका र तालिवानी प्रतिनिधिबीच डिसेम्बरपछि कतारमा पुनः वार्ता सुरू भएको थियो तर अफगानिस्तानको बाग्राम सैन्य शिविरमा तालिवानी समूहले आक्रमण गरेपछि फेरि केही समय वार्ता अवरूद्ध भएको थियो । बाग्राम सैन्य शिविरलाई अमेरिकाले सञ्चालन गर्दै आएको छ । अमेरिकासँगको सम्झौतापछि तालिवान समूह र अफगानी सरकारबीच वार्ताका लागि बाटो खुल्ने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्न सहमति जनाइसकेका छन् भने तालिवानले पनि विदेशी जिहादी समूहलाई अफगानिस्तानमा आश्रय नदिने बिषयमा सहमति जनाएको छ । अमेरिकाले अफगानिस्तानमा आफ्नो प्रवेश अल–कायदासँगको तालिवानी सम्बन्ध भएको बताएको छ ।
विद्रोहको झण्डा बोक्न आवश्यक छैनः मुख्यमन्त्री पोखरेल परासी । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताए। पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालीमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य हाम्रो हो र राज्यलाई बलियो बनाएर मात्र हामी बलियो भइन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा जोड दिए । उनले भने, “अहिले पनि समाजमा राज्यको विद्रोहीका रुपमा समाजका सदस्यले आफूलाई हेर्ने गरेको पाइन्छ, तर संविधानले दिएका अधिकार प्रयोग गर्न सबल र सक्षम राज्य हुनुपर्दछ, नागरिकले गौरवबोध गर्न सक्दछन्, त्यस प्रकारको राज्य बनाउनु हामी सबैको अभिभारा हो ।” मुख्यमन्त्री पोखरेलले नेपाली समाजलाई लाहुरे संस्कृतिले गाँजेका कारण यहाँ गर्न सकिने काम गर्न पनि युवा विदेश पलायन हुने गरेका उल्लेख गरे । समृद्ध राष्ट्र निर्माणका लागि स्वदेशमा उद्यमशील बन्न उनले आग्रह गरे । उनले भने, “हामीले हाम्रो देशलाई युवा निर्यात गर्ने देशका रुपमा चिनाउन बाध्य छौँ, तर स्वदेशमै त्यो भन्दा महत्वपूर्ण कामले हामीलाई पर्खिरहेको हुन्छ, हामीले उपेक्षा गर्छौँ, राष्ट्रलाई सबल बनाउन स्वदेशमा उद्यमशील बन्नुपर्छ ।” समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रुपमा विकास गर्न युवाको भूमिका हुने बताउँदै मुख्यमन्त्री पोखरेलले स्काउटको यस किसिमको तालीमले सुचरित्र र असल नागरिक तथा समाज निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले विपद्का बेला यूवा परिचालनमार्फत व्यवस्थापन गर्न तथा समृद्धिको प्रमुख आधार युवा जगत नै भएको उल्लेख गरे । युवा तथा खेलकूद विकास मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले यस वर्षलाई युवा परिचालनको वर्ष घोषणा गरेकाले स्काउट अभियानलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने आवश्यकता रहेको बताए । पाँच दिनसम्म सञ्चालन हुने आधारभूत तालीममा प्रदेश नं ५ का १२ जिल्लाका १०९ वटै स्थानीय तहका गरी ६०३ प्रशिक्षार्थी तथा ११० प्रशिक्षकको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिए । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रतिपक्ष दल नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले स्काउटको तालीम भाईचारा, एकता, सद्भाव र समाज रुपान्तरणमा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका थिए।
चीनमा रहेको विश्वको सबैभन्दा विशाल रेडिओ टेलिस्कोप सञ्चालनमा बीबीसी । दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ। यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडिओ टेलिस्कोप हो। र, यो जनवरी १२ को सातादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसको औपचारिका नाम फाइभ–हन्ड्रेड–मिटर एपेर्चर स्पेरिकल टेलिस्कोप हो। तर यसको छोटकरी रूप एकएएसटी अर्थात् फास्टको नामले धेरै चिनिन्छ। चीनले यसलाई दिएको उपनाम भने आकाश आँखा हो। फास्टले ब्रह्माण्डका सबैभन्दा पर र अँध्यारो किनाराहरूमा यसको उत्पत्ति र अन्य जीवका बारेमा खोज गर्नेछ। नाम राखिएझैँ यो टेलिस्कोपको व्यास आधा किलोमिटर रहेको छ। अमेरिकाको प्वेर्टो रिकोमा रहेको दोस्रो ठूलो रेडिओ टेलिस्कोपको व्यास ३०५ मिटर मात्रै रहेको छ। सन् २०१६ को सेप्टेम्बरमा फास्टको निर्माण पूरा नभएसम्म त्यो सबैभन्दा ठूलो रेडिओ टेलिस्कोप थियो। फास्ट सबैभन्दा ठूलो मात्रै होइन्, अहिले भएका सबै रेडिओ टेलिस्कोपभन्दा २.५ गुणाले बढी संवेदनशील छ। यसको निर्माण सन् १९९० को दशकमा शुरू भएको थियो। यसका निर्माताहरूले यसले ब्रह्माण्डको उत्पत्ति र विकासका बारे नयाँनयाँ कुरा पत्ता लगाउने अपेक्षा राखेका छन्। यसको मुख्य काम गुरुत्वाकर्षण तरङ्गको खोजसँग सम्बन्धित रहेको छ। यसले अन्तरिक्षमा भएका नचिनिएका पदार्थ र अन्य ग्रहका जीवका सम्भावित सङ्केतहरूको अध्ययन गर्नेछ। खगोलविद्‌हरू उत्साहित भएको यसको पक्ष भनेको यसले फास्ट रेडिओ बर्स्ट भनिने केही मिलिसेकेन्ड मात्रै रहने ऊर्जाको अति तीव्र गतिविधि पत्ता लगाउन सक्ने क्षमता हो। परीक्षणकालमा फास्टले १०२ नयाँ पल्सर भनिने केही अन्तरालमा तरङ्ग छोड्ने एक प्रकारको घुम्ने तारा पत्ता लगाएको छ। ब्रिटिश कोलम्बिया विश्वविद्यालयका बिल म्याककुट्चेनले यसलाई गजबको उपलब्धि भनेका छन्। ‘ती नयाँ पत्ता लगाइएका ताराहरूको गुण थाहा पाउनु गजब हुनेछ।’ फास्टको अन्तरिक्षमा रहेका हाइड्रोजनजस्ता ग्यासहरूको अध्ययन गर्न सक्ने क्षमताले पनि वैज्ञानिकहरू उत्साहित छन्। फास्टको निर्माण खर्च १८ करोड अमेरिकी डलर लागेको बताइएको छ। यो टेलिस्कोपमा ४,४०० वटा अल्मुनियमका पाताहरू रहेका छन् जसलाई घुमाउन मिल्छ। कोर्नेल विश्वविद्यालयका मार्था हेनेसका अनुसार त्यो क्षमताका कारण फास्ट प्वेर्टो रिकोको टेलिस्कोपभन्दा फरक छ। ‘प्वेर्टो रिकोको टेलिस्कोपको पाता घुमाउन मिल्दैन,’ उनले भनिन्। हेनेसका अनुसार सबैभन्दा चुनौतीपूर्ण कार्य भनेको फास्टले सङ्कलन गरेका तथ्याङ्कहरूको व्यवस्थापन हो। यसमा मानवनिर्मित रेडिओ सङ्केतहरू हटाउनु पनि पर्छ। हेनेसका अनुसार यसको तथ्याङ्क व्यवस्थापनका लागि नयाँ पुस्ताका उपकरण र सफ्टवेअरहरू निर्माण गरिनुपर्छ।
घुस लिएको आरोपमा पशुसेवा विभागका लेखाअधिकृतविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पशुसेवा विभाग, हरिहरभवन ललितपुरका लेखाअधिकृत रमेश कार्कीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । लुलु मिडिया एन्ड पब्लिकेशन प्रालिले विभागको सूचना पत्रिका प्रकाशित गरेपछि रकम भुक्तानी दिने क्रममा निजले सेवाग्राहीसँग रु आठ हजार ५०० घुस लिएको आयोगले आरोप लगाएको छ । लेखाअधिकृत कार्कीविरुद्ध घुस रकमबराबर बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । यसैगरी धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि रु दुई हजार घुस लिएको आरोपमा आयोगले रुपन्देही जिल्ला अदालतमा कार्यरत नासु बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ । धरौटी रकम फिर्ता गर्ने क्रममा निजहरुले सेवाग्राहीसँग दुई हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।
अशान्तिका कारण इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित अदिस अबाबा । इथियोपियामा जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएका अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र गएका सम्बद्ध अधिकारीहरूले बताएका र यसका लागि मन्त्रालयस्तरबाट सुधारका काम सुरू गरिएको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयहरूले आफू मातहतका विद्यार्थी तथा कर्मचारीलाई अध्ययनमा अवरोध पु¥याएको भन्दै कारबाही सुरू भएको जनाएका छन् । मन्त्रालयका अनुसार सुधारका लागि ४० शिक्षक तथा ६४० विद्यार्थीलाई कारबाहीको दायरामा ल्याइएको छ र विस्थापित विद्यार्थीहरूलाई पुनः विद्यालयमा फर्काउन पहल थालेको पनि बताएको छ । सन् २०१९ को नोभेम्बरदेखि विश्वविद्यालयमा भएका प्रदर्शन र हिंसाका कारण कम्तीमा एक दर्जन विद्यार्थीको मृत्यु भएको छ भने दर्जनौँ विद्यार्थीहरू घाइते भएका छन् । विश्वविद्यालयमा हिंसा फैलिनुको मुख्य कारण त्यहाँको जातीय तथा धार्मिक भिन्नताका आधारमा हुने विभेद रहेको बताइएको छ ।
देशैभरिको खानेपानीको अवस्था थाहा पाउन नयाँ सफ्टवेयर काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको छ । विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरबारे शुक्रबार खानेपानी मन्त्रालयमा प्रस्तुति गरिएको थियो । ‘एनवास’ नाम दिइएको उक्त सफ्टवेयर प्रणालीमार्फत देशैभरिका खानेपानी आयोजनाको डिजिटल तथ्याङ्क, सर्भे गर्ने व्यक्ति, सम्बन्धित खानेपानी योजनाको मुहान, रिजर्भवायर ट्याङ्की र पाइपलाइनको अवस्था साथै उपभोक्ता समितिबारे विस्तृत जानकारी पाउन सकिने मन्त्रालयका सिनियर डिभिजनल इन्जिनीयर डा रजित ओझाले जानकारी दिए । सफ्टवेयरबारे जानकारी गराउँदै उनले भने, “कुनै आयोजनाको संरचना खोलाले बगाएको छ कि छैन ? रिजर्भवायर ट्याङ्की, पाइपलाइनको अवस्था कस्तो छ ? कति उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् ? कति ठाउँमा खानेपानी पुगेको छैन ? सबै कुराको यथार्थ वस्तुस्थिति जानकारी यो सफ्टवेयरबाट थाहा हुन्छ ।” त्यसैगरी खानेपानी सुविधा नपुगेको वा पहुँच बाहिरका उपभोक्तासम्बन्धी जानकारी पनि सफ्टवेयरमा समावेश गरिएको छ । सफ्टवेयरको माध्यमबाट खानेपानीमा पहुँच नभएका जनसङ्ख्याको तथ्याङ्क आएपछि खानेपानीको पहुँच नभएका क्षेत्रको पहिचान हुनेछ जसका कारण आगामी दिनमा योजना छनोट गर्न सजिलो हुनेछ । “जहाँ खानेपानीको पहुँच छैन, त्यो ठाउँमा योजना छनोट गर्न सजिलो हुनेछ । यसरी खानेपानीको पहुँच बाहिरका जनतालाई खानेपानी सेवा उपलब्ध गराउन सफल हुनेछौँ”, उनले भने । सो अवसरमा खानेपानी मन्त्री बीना मगरले नयाँ प्रविधिको माध्यमबाट देशैभरिको खानेपानीको अवस्थाबारे थाहा हुने भएपछि यसले खानेपानीका योजना बनाउन सहयोग गर्ने बताईन् । “अधिकांश जनप्रतिनिधि योजना माग्न आइरहनुहुन्छ । कुन ठाउँमा खानेपानी आयोजनाको आवश्यकता छ, कुन ठाउँमा छैन भन्ने कुरा यसबाट थाहा हुने भएकाले अब मन्त्रालयलाई काम गर्न सजिलो हुन्छ”, उनले भनिन्, “खानेपानी र सरसफाइको क्षेत्रमा नयाँ ‘टेक्नोलोजी’का माध्यमबाट काम गर्न सहज हुने भएकाले अब योजना छनोट गर्न सजिलो हुने भएको छ ।” खानेपानीको अवस्थाको तथ्याङ्क लिइसकेपछि ७५३ वटै स्थानीय तहमा सरसफाइ योजना बनाउने उनको भनाइ थियो । खानेपानी मन्त्रालयले तयार गरेको वेब सफ्टवेयर ‘http://nwash.mowss.gov.np/’ रहेको छ ।
बस दुर्घटनामा घाईते भएका दुई जनाको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइतेमध्ये १३ चिनियाँ पर्यटकको चितवन मेडिकल कलेज र आठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य दश घाइते सामान्य उपचारपछि फर्किएका छन् । गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बस ठक्कर खाँदा ३३ घाइते भएका थिए । नारायणगढ तर्फ आउँदै गरेको लु २ ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा १ प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर खाएको थियो । ट्रकमा ठोक्किँएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । पर्यटक बोकेर बस सौराहा जाँदैै गरेको थियो ।
ट्याङ्करको ठक्करबाट मृत्यु सुरुङ्गा । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले ठक्कर दिँदा झापामा बिहिबार एक व्यक्तिको मृत्यु भएको छ । मृतकको नाम थर बतन भने खुल्न सकेको छैन । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकललाई ट्याङ्करले पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–४ कोटिहोम सडकखण्डमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट््याङ्करको ठक्करबाट गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए ।
सुदूरपश्चिमलाई हराउँदै पुलिस एमएम कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इनरुवामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । इनरुवा रंगशालामा पुलिसले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३० रनमा समेटियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन बनाए । यस्तै आकाश चन्दले २३ रन जोड्दा खड्क बोहराले १४ रन बनाए । गजेन्द्र बोहरा १२ रनमा आउट भए । पुलिसका सागर ढकाल एक्लैले ५ विकेट लिए । यस्तै ललित राजवंशीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । पुलिसको उच्च योगफलमा दिपेन्द्र सिंह ऐरीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ललित भण्डारीले ४० रन बनाए । त्यस्तै अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाए । सुदूरपश्चिमका शेर मल्ल, आकाश चन्द र विनोद लामाले ३र३ विकेट लिए । अब पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी प्रदेश–३ लाई ६४ रनले पराजित गर्दै फाइनल पुगिसकेको छ । प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउँदा उपविजेताले २ लाख ५ हजार पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।
६ महिनाभित्र एनआरएनएको विशेष अधिवेशन गर- डा. पौडेल काठमाडाैं। गैर आवासीय नेपाली संघ युएसएका  पूर्व सभापति डा. केशव पौडेलले  एक महिनाभित्र संघको  विशेष अधिवेशन आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन माग गरेका छन् । बुधबार एक विज्ञप्ति निकाल्दै डा. पौडेलले गत अक्टुबर महिनाको १५ देखि १७ सम्म नेपालमा सम्पन्न गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा कोषाध्यक्ष र महासचिवको प्रतिवेदन पारित नभएको स्मरण गरे। “यो दुवै महत्वपूर्ण विषयलाई अर्थहीन जस्तो गराइ चुनाव गराइयो  र त्यसवाट चुनिएको  अहिलेको समितिले के आधारमा संस्थाको कोष संचालन गरिरहेको छ ?  संस्थाको वार्षिक प्रतिवेदन समेत पास नभएको अवस्थामा अहिलेको समितिले  कार्यक्रमहरु कसरी लगिरहेको छ ?” उनले प्रश्न गरेका छन् । उनले अहिलेको निर्वाचन प्रक्रियाले स्वच्छ निर्वाचनको कल्पना गर्न सकिंदैन भन्दै  निर्वाचन प्रक्रियालाई वैज्ञानिक र समय सापेक्ष रुपमा सुधार गरी आमूल परिवर्तन गर्नुपर्ने  खाँचो रहेको बताए । “प्रतिनिधि छान्ने प्रक्रियापनि अवैज्ञानिक खालको रहेको छ, यसमा सुधार हुन आवश्यक छ । एउटा व्यक्तिले ठानेको विचारका आधारमा संस्थालाई हिंडाउन खोजिएको छ। आफू अनुकूल हुने गरी विधानलाई प्रयोग गर्ने कार्य बढ्दै गइरहेको छ। यसले एनआरएनए संस्थागत हुन सकिरहेको छैन।  निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनका लागि सम्मेलनमा पुगेर पास पाउने र त्यो पनि कसैको निगाहमा भर पर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। प्रतिनिधिको छनौटको काम सम्मेलन हुनुभन्दा कम्तिमा १ महिना अघि हुनुपर्दछ,” डा. पौडेलले आफ्नो वक्तव्यमा भनेका छन्।
शिशु हत्याको आरोपमा महिला पक्राउ सप्तरी । सप्तरीमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माई मारी फालेको घटनाको आरोपमा २५ वर्षीया ती महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । महिलाको नाम भने प्रहरीले खुलाएको छैन । हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाको उजूरी दर्ता गरी थप अनुसन्धान थालिएको उनले बताए। रूपनी गाउँपालिका–३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मङ्सिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो । अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुई छोराकी आमासमेत रहेकी ती महिलाको श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा रहेको जनाइएको छ ।
वडाध्यक्ष खड्का भारतको बहराइचमा मृत फेला काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए। उनका अनुसार, घटनाबारे वडाध्यक्ष खड्काको घरमा बहराइचबाट जानकारी गराइएको थियो । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको उनले जानकारी दिए । उनको शव नेपाल ल्याउनका लागि नेकपा बाँकेका सचिव अशोक कोइरालाको नेतृत्वमा नेकपाका नेता र परिवारका सदस्य भारत जाँदै जाँदै छन् । तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई वडाध्यक्ष जितेका खड्काको तीन छोरी र तीन छोरा रहेको नेकपा कोहलपुरकी अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिइन् । वडाध्यक्ष खड्का मङ्गलबार भएको नगरसभामासमेत अनुपस्थित रहेको नगरपालिकाका सल्लाहकार कुलबहादुर भट्टराईले जानकारी दिए। बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाबारे जानकारी आएको बताए । “घटना भारतमा भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्दैछ”, उनले भने, “यदि उहाँको हत्या भएको भए नेपाल प्रहरीले पनि अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने छ ।” भारतीय प्रहरीको सहयोगमा अनुसन्धान शुरु गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।
साइकल जोगाउन खोज्दा बस पल्टियो चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ ज्यामीरेमा बुधबार दिउँसो साइकललाई जोगाउन खोज्दा यात्रुवाहक बस पल्टिएको छ । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा४ख १३७० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा आफँै अनियन्त्रित भई सडकबाट २० मिटर तल नालीमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । साइकलमा सवार दुई जना र बसमा सवार आठ जना घाइते भएका हुन् । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
देवघाटमा प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, २९ घाइते चितवन । तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको हो । घाइतेहरुको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । गाडीमा ३४ प्रहरी सवार रहेको उनले बताए । दुर्घटनामा अन्य केही प्रहरी गम्भीर घाइते भएको स्थानीयवासी पञ्चबहादुर गुरुङले जानकारी दिए ।
अवैध लागूऔषध सहित नागढुङ्गाबाट १ जना पक्राउ काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सेराङ गाउँपालिका–१ बस्ने २१ वर्षीय देवराज लामा रहेको प्रहरीले जनाएको छ । उनलाई अवैध लागूऔषध गाँजा २ सय ५३ ग्राम र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बस जाँच गर्ने क्रममा लामालाई पक्राउ गरेको र थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
अमेरिकाको मनाससमा नेपालीको आफ्नै भवनका लागि जमिन खरीद गर्ने सर्वसम्मत निर्णय वासिंगटन डिसी। अमेरिका नेपाल सामुदायिक केन्द्र (NACC) को आइतबार स्थानीय लोटस मन्दिरमा बसेको विशेष साधारण सभाले मनाससस्थित चर्चको जमिन र भवन १७ लाख डलरमा खरिद गर्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ। अव फेब्रुअरी १५ तारिकमा आधिकारिक रुपमा पास भएपछि Balls Ford Road मा रहेको ३.१ एकर जमिन र दुई वटा भवनहरु पूर्ण रुपले अमेरिका नेपाल समुदायिक केन्द्रको स्वामित्वमा हुनेछ। बैठकले जमिन खरिद तथा ईन्जिनियरिंग कमिटीको प्रतिवेदन, आर्थिक कमिटीको प्रतिवेदन, विधान संसोधन र जमिन खरिद गर्न अधिकार दिने सम्बन्धी प्रस्तावहरुलाई आवस्यक छलफलसहित सर्वसम्मत रुपमा पारित गरेको थियो । सीता काफ्लेको सभापतित्वमा भएको विशेष साधारण सभामा मोडरेटरहरु प्रदीप ढकाल, पुरु सुबेदी, र ददी ढुंगानाले कार्यक्रमलाई ब्यबस्थित तरिकाले संचालन गरेका थिए । प्रेम संगौलाले स्वागत मन्तव्य दिंदै जमिन खरिद गर्न हासिल गरेको सफलता अतुलनीय भएकोले अब एक पल्ट सबैले एकजुट भएर होस्टेमा हैसे गर्नु पर्ने विचार व्यक्त गरे। अरुण रुपाखेतीले डिसी नेपाली समाजबाट सानो स्तरबाट शुरू गरेको यो अभियानले ठूलो रुप हासिल गरेकोमा खुशी व्यक्त गरे ।उनले एनएसीसीले डिसी मेट्रो क्षेत्रमा रहेका सवै संघसंस्थाहरुलाई समान ब्यवहार गर्नु पर्ने विचार ब्यक्त गर्नु भयो । अन्य सामाजिक संघ संस्थाहरुसंगको समन्वय र सहकार्यबारे प्रष्ट पार्दै गोपाल रेग्मीले अमेरिका नेपाल हेल्पिंग सोसाईटीको मन्दिर निर्माण गर्ने योजनालाई NACC को मन्दिर सहितको सामुदायिक भवन बनाउने परियोजनासंग एकीकृत गरी सामुदायिक स्रोतको प्रभावकारी उपयोग गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए । उनले समझदारीमा २ लाख भन्दा बढी रकम एएनएचएसले लिएर आउने, मनाससमा उक्त संस्थाले संचालन गर्दै आएको स्कुल संचालनको लागि आवश्यकता र उपलब्धता हेरी NACC ले निःशुल्क नियमित कक्षा कोठा उपलब्ध गराउने लगायतका बूँदा सहितको समझदारी पत्रमा हस्ताक्षर भएको; अन्यसंघ संस्थाहरूसंग पनि सहकार्य, समन्वय, र साझेदारीका निम्ति समझदारी गरिने; भाषा, कला र संस्कृति सम्बन्धी कक्षा संचालन गर्न उपलब्धता र आवश्यकता हेरी अन्य संघ संस्थाहरूलाई पनि निःशुल्क कोठाहरू उपलब्ध गराउने नीति पारित गरिएको आदि जानकारी गराएका थिए । रेग्मीले अन्य सामुदायिक संस्थासंग समझदारी गरी सहकार्य, समन्वय, र साझेदारीमा समुदायको बृहत्तर हितका लागि सामुदायिक स्रोतको प्रभावकारी उपयोग र सामुदायिक एकता बलियो बनाउने दिशाको NACC को यो पहिलो ऐतिहासिक कदम भएको बताए। चन्द्र लामाले सवै स्वयंसेवक (Volunteer) हरुको प्रशंसा गर्दै खेलकूदको क्षेत्रमा पनि काम गर्न एनएसीसीलाई सुझाव दिए।। विना खड्का लामाले सोही अवसरमा युवा तथा जुनियर मेम्बरशीप १५० भन्दा बढी रहेको र सय सम्बन्धीछुट्टै बैंक खाता खोली भैरहेको कामको प्रगति पेश गरेकी थिइन् । जमिन खरिद सम्बन्धी प्रकृया र कार्यसम्पादनको बारेमा प्रकाश पार्दै रियल्टर बासु सत्याल र राम मिश्रले आफूहरुले करीव चौँतीसवटा स्थानिय जग्गा जमिनहरुलाई सम्भावित लिष्टमा राखेर ईन्जिनियरिंग कमिटीको सहायतामा जमिनका विविध पक्षहरुको विश्लेषण गरी चारवटालाई शर्टलिष्टेट गरेको र त्यस मध्ये मनाससको जमिनलाई सवैभन्दा उपयुक्त ठहर्याएर निर्णयको लागि अन्तरिम कार्यसमिति र अन्तरिम बोर्ड अफ ट्रष्टीलाई सिफारिश गरेको जानकारी दिए ।उनीहरुले जमीन खरिद गर्दा रियलिटरलाई आउने लगभग ५१ हजार कमिसन एनएसीसीलाई नै सोझै हस्तान्तरण गरिने जानकारी पनि गराउनुभयो । उहॉहरुले फ्लोरबाट आएका प्रश्नहरुकोपनि उत्तर दिनु भएकोथियो । यस्तै जमिन खरिदको लागि छानिएका ३४ वटै जमिनहरूको ईन्जिनियरिंग पक्ष कस्तो छ, त्यसको नाप नक्सा र अन्य सामाजिक, भौगोलिक अवस्था कस्तो छ भनेर बुझ्नको लागि गठित ईन्जिनियरिंग समितिको तर्फबाट बोल्दै ठाकुर ढकालले आफूहरुले विविध जमिनहरु मध्ये विस्तृत अध्ययनको लागि छनोट भएका तीनवटा जग्गाहरुको तुलनात्मक विस्लेषण प्रस्तुत गरे । आर्थिक अवस्थाको बारेमा प्रतिवेदन मार्फत प्रष्ट पार्दै केशब बरालले अहिले सामुदायिक केन्द्रको बैंक खाताहरुमा १२ लाख भन्दाबढी नगद रकम मौज्दात रहेको तथा दाताहरुबाट प्रतिबद्धता जनाइएको झन्डै दश लाख डलर उठ्न बाँकी रहेको र उठ्ने क्रम पनि जारी रहेको जानकारी दिए । सभाको अन्तिममा सो समयसम्म बैठक कक्षमै संकलित गरिएको करीब ७०हजार डलरको विवरण पनि उनले प्रस्तुत गरेका थिए । विधान संसोधन समितिको तर्फबाट पुरू सुवेदी र टीका मैनालीले प्रस्तुत गरेका बुंदाहरुलाई उपस्थित समुदायले छलफल गर्नुका साथै आवश्यक सुझाव सहित सर्वसम्मत रुपमा पारित गरेकोथियो। डा. मदन उप्रेतीले उक्त जमिन खरिद गर्दा हुन सक्ने सम्भावित उपलब्धिहरूको बारेमा प्रकाश पार्दै घरजग्गा खरिद गर्न बजेट पुगनपुगको अवस्था सम्बन्धी विवरण प्रस्तुत गर्नुकासाथै भोलि यसै गतिमा हामीले काम गर्दै जाने हो भने बाँकी रकम उठ्न पनि कुनै समस्या नहुने प्रतिवद्धता व्यक्त गरे । उनले ५० हजार डलर भवन खरिदको लागि धरौटी स्वरुप विक्रेतालाई दिइएको जानकारी गराउंदै भावी आर्थिक कार्यक्रमहरूको बारेमा पनि प्रकाश पारे । भवन खरीद पूरै रकम चुक्ता गरेर गरिने भएकोले संस्थालाई कुनैपनि थप ऋणभार नरहने र मर्मतसम्हार पछि संस्थाले भवनको सदुपयोग गरेर थप आय आर्जन समेत गर्न सक्ने जानकारी उनले दिएका थिए । प्रदीप ढकालले सदस्यहरुको संख्या, वर्गीकरण र उनीहरुबाट उठेको सहयोग रकम र उठ्न बॉकी रकमको बारेमा चार्ट सहित विवरण पेश गरेको सो कार्यक्रममा ददीराम ढुंगाना र पुरु सुवेदीले जमिन खरीद गर्ने वा नगर्ने विषयको मतदानको कार्यविधि सम्बन्धमा उपस्थित सदस्यहरुलाई जानकारी गराएका थिए । साथै उपस्थित सदस्यहरुको माग बमोजिम हलबाटै मतदान गर्ने वा नगर्ने मा मतदान भएको थियो र बहुमतले हलबाटै मतदान गर्ने निर्णय गरी सोही बमोजिम एजेण्डा फ्लोरमा प्रस्तुत हुंदा सर्वसम्मत रुपमा मनाससको जमीन खरिद गर्ने पक्षमा मतदान भएको थियो । गोविन्द मैनालीले धन्यवाद ज्ञापन गर्दै मनासस भवनले सबै नेपाली समुदायलाई एकजुट बनाएको र यसबाट सबैले लाभान्वित हुनुपर्ने विचार व्यक्त गरे । सभालाई तोकेको समयै शुरु गराउन र अन्त्य गराउन सुनिता सुवेदी र सुनिता खत्रीले हरियो, पहेलो र रातो कार्ड देखाउँदै  सफल रुपमा बक्ताहरुको समय ब्यवस्थापन गरेका थिए।
गाडीमा अश्लिल हर्कत गर्नेलाई ५ बर्ष कैद र ३ लाख जरिवाना हुन सक्ने काठमाडौं । करिब १ बर्ष पहिला काठमाडौंको एउटा सार्वजनिक गाडीभित्र अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । अभियुक्तको पहिचान गर्न गाह्रो भएको भन्दै प्रहरीले खोजतलास जारी राख्यो । अन्ततः पक्राउ गरी सार्वजनिकसमेत गरेको छ । नेपाल प्रहरी अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापाले अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाललाई साइबर अपराधमा मुद्दा चलाइने जानकारी दिएका छन् । कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ३ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले आइतबार अपराह्न चितवनको भरतपुरबाट उनलाई पक्राउ गरी थप कारवाहीका लागि काठमाडौँ ल्याएको हो । महाशाखा प्रमुख सहकुलबहादुर थापाले ठूलो मेहनत गरेर एक वर्षपछि नै भए पनि घटनाका अभियुक्त पक्राउ गर्न सफल भएको बताए । “पहिचान नभएको अभियुक्त हो, पत्ता लगाउन ठूलो मेहनत गरेका छौँ, गुगल र फेसबुकसँग आइपी एड्रेस मागी पत्ता लगाएर पक्राउ गर्न सफल भयौँ”, थापाले भने। विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । गत वर्ष साउनमा खिंचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । घटना भएको समयभन्दा तीन वर्षअघिदेखि उनी काठमाडौँ बस्दै आएका थिए । त्यो बेला उनले रिक्सा चलाउँथे । घटनाको केही समयपछि प्रहरीबाट बच्न उनी भारत गएका थिए । लामो समयसम्म प्रहरीले युवकको पहिचान गर्न सकेको थिएन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) पनि घटनाको अनुसन्धानमा लागेको थियो । घटनाको केही समयपछि प्रहरीले गाडी भने काठमाडौँको ढल्कुमा फेला पारे पनि तथ्य पत्ता लगाएको थिएन । घटना सामसुम भएको ठानेर उनी तीन महिनाअघि भारतबाट नेपाल आएको महाशाखाले जनाएको छ । उनले घटनासँग सम्बन्धित विषय फेसबुकमा समेत सन्देश पोष्ट गरेको प्रहरीले जनाएको छ । पहिचान भएको दोस्रो दिनमा नै उनलाई पक्राउ गरिएको हो ।
बहुविवाह गरेको आरोपमा ५३ वर्षीय तिलकप्रसाद र २१ वर्षीया मुना कारागार चलान भोजपुर । जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई कारागार सजायको फैसला सुनाएको छ । अदालतले पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महिना कैद र जनही रु १५ हजार जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले गरेको फैसलाअनुसार पीडितलाई रु २० हजार क्षतिपूर्ति पनि भराइएको अदालतका नायब सुब्बा खड्ग भट्टराईले जानकारी दिए । मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ को (४) बमोजिम ती जोडीलाई कैद र जरिवानाको सजाय गरिएको हो । उनीहले गत साउन २३ गते विवाह गरेका थिए । उनीहरुलाई ढकालकी जेठी श्रीमती रेवतीको जाहेरीपछि गत साउन ३० गते पक्राउ गरिएको थियो ।
नयाँ बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ पक्राउ काठमाडौं । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई आज दिउँसो पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिए। “लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न रहेकालाई नियन्त्रणमा लिएका छौँ,” उनले भने । पक्राउ पर्नेमा ४३ पुरुष, २५ महिला र पाँच तेस्रोलिङ्गी रहेका छन् । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । यसअघि शनिबार मात्रै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गोङ्गबु नयाँ बसपार्क क्षेत्रको विकृति तथा विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने बताएका थिए ।
कृषि विकास बैंक घोटाला : अख्तियारद्वारा अरोपपत्र दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको न्यूरोडस्थित कृषि विकास बैंकको कर्मचारी दीपिका रेग्मीसहित आठजनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सो बैंकको नयाँ सडक शाखाकी ट्रेलर सहायक रेग्मीविरुद्ध चार करोड २४ लाख १३ हजार ६११ बराबरको हानि–नोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगले बैंकका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुङ्गेलविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यसैगरी, बैंकका ऋण शाखा प्रमुख गोपाल गिरीविरुद्ध दुई करोड ६१ लाख १९ हजार ४१५, तत्कालीन ऋण अधिकृत सलिल रेग्मीविरुद्ध एक करोड १० लाख ३३ हजार १९६, ऋण शाखाप्रमुख महेश्वर मरहट्ठाविरुद्ध रु ७६ लाख २१ हजार, तारानाथ पाण्डेविरुद्ध चार लाख, अवकाश प्राप्त सहायक रथी रमेशनाथ विष्टविरुद्ध चार करोड २४ लाख १३ हजार ६११, दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानेविरुद्ध दुई करोड ६७ लाख ७५ हजार ४३५ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको छ । उनीहरुले अनधिकृतरुपमा बैंकको रकम निकाली हानि–नोक्सानी पु¥याएर अनुचित लाभ प्राप्त गर्ने उद्देश्यले बैंकको रकम दुरुपयोग गरेको पाइएको छ । यस्तै, घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उद्योग दर्ता गर्न सहजीकरण गरिदिन्छु भनी निजले सेवाग्राहीसँग रु ७० हजार घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले बिगो असुलउपर र कैद सजायको माग गर्दै आज मुद्दा दायर गरेको हो । यस्तै महालक्ष्मी नगरपालिका ललितपुरका लेखाअधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सूचना तथा विज्ञापन प्रकाशन गरेको भुक्तानी गर्नुपर्ने बिलमा उनीहरुले ३० हजार घुस मागेको आयोगले आरोप लगाएको छ । कारागार सुरक्षागार्ड कैलाली दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोकबहादुर खड्कालाई घुस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ । खड्काले कार्यस्थलमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी सवारीसाधन अनुमतिपत्रसमेत राखी कुनै पुर्जी नदिई दुई हजार घुस लिएको पाइएको छ । आयोगको टोलीले खड्कालाई कार्यालय नजीकैबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ लहान । कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा एक लाख जरिवाना सजाय पाएका सिरहा, कल्याणपुर नगरपालिका ८ निवासी ३५ वर्षीय मोहम्मदहसिद राइन साहजीलाई सोमबार साँझ प्रहरीले करीब चार वर्षपछि पक्राउ गरेको हो । जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा गत २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विसं २०७२ चैत ८ गते तीन वर्ष कैद तथा एक लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला लगत्तै फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चैयाले मिर्चैया नगरपालिका २ निवासी ५५ वर्षीय राशलाल मण्डललाई पक्राउ गरेको छ । अभियुक्त मण्डलका साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै नेपालबाट भारततर्फ अवैध रुपमा तस्करी गरिरहेको भैैंसीसहित प्रहरीले सिरहा– २० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीयलाई पक्राउ गरेको छ । यसैगरी प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेको चार भैंसीसहित भारतको खजुरी पञ्चायत ४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ ।
छुट्टछुट्टै सवारी दुर्घटनामा परी दुईको मृत्यु तनहुँ । छुट्टछुट्टै सवारी दुर्घटनामा परी घाइते भएकामध्ये तनहुँमा दुई जनाको मृत्यु भएको छ । गत शुक्रबार तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी घिरिङ गाउँपालिका–१ का ७० वर्षीया आइतीमाया विकको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार ग १ ख ६१७५ नम्बरको यात्रुवाहक बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खख्दा १८ जना घाइते भएका थिए । उक्त दुर्घटनामा परी घिरिङ गाउँपालिका–१ का २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ का ४२ वर्षीया नानीमाया गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । त्यसैगरी, गत शनिबार आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिकै ग १ ख ५९०० नं को ट्रकले विपरीत दिशामा गुडिरहेको बा ८७ प ३३१४ नं को मोटरसाइकलाई ठक्कर दिँदा सख्त घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा आज मृत्यु भएको छ । ट्रकको ठक्करबाट घाइते भएका गोरखा जिल्ला शहीद लखन गाउँपालिका–३ का ३० वर्षीय सन्तोष पोख्रेलको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको उनले बताए ।
देवघाटमा माघे संक्रान्ति मेला शुभारम्भ चितवन। तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ। नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरका स्वामी कृष्णानन्द सरस्वती, गलेश्वर आश्रमका उपाध्यक्ष अद्वैतानन्द गिरी, सन्तमहन्त, वटुकलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो। यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत् रुपमा लिङ्गोसहित यात्रा बेनीमा पुगेको थियो। यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला शुरु भएको छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार मेलालाई व्यवस्थित बनाइएको छ। उनले विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको जानकारी दिए। देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कँदा तिनले आँपटारीको बाटो प्रयोग गर्नेछन्। दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले देवघाटसम्म नै सवारी साधन पु¥याउन सकिने छ। अध्यक्ष पौडेलले भक्तजनले सो पुल प्रयोग गरेमा हाल प्रयोग हुँदै आएको बाटोको सवारी चाप घट्ने बताए। दासढुङ्गाबाट जाँदा चार किमी दूरीमा सवारी साधनबाट देवघाट नै पुग्न सकिन्छ। देवघाट समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले सवारीको पार्किङ, विद्युत, शौचालय, सरसफाइ, खानेपानीलगायत व्यवस्था भइसकेको बताए। आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ भएको छ। नेपाली सेना पनि उद्धारमा जुट्ने जनाइएको छ। चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मतसम्भार गरिएको छ। पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन्। नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन गरिएको छ। सङ्क्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुनेछन्। आजदेखि नै भक्तजन आउने क्रम शुरु भएको छ। ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो। सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ।
दुर्घटना न्यूनिकरण गर्ने भन्दै टिप्पर चालकले खाए सपथ काभ्रे । दुर्घटना न्यूनीकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकले आज जिल्लामा सञ्चालित टिपर चालकलाई सुरक्षित र धैर्यताका साथ गाडी चलाउन निर्देशन दिँदै शपथ गराएको छ । ‘भ्रमण वर्ष २०२० को प्रचारप्रसार तथा दुर्घटना न्यूनीकरणका लागि चालकलाई शपथग्रहण’ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले सबै टिपर चालकलाई शपथ गराएका हुँन । सो क्रममा चालकलाई मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी नचलाउने, गाडीमा सङ्गीतको बुफर तथा झलर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र जथाभावी ओभरटेक तथा पार्किङ नगर्ने, पानी चुहाएर सामान ढुवानी नगर्ने, तीव्र गतिमा गाडी नचलाउने र गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि गाडीमा स्टिकर टाँस्नेछु लगायतका १० बुँदे शपथ खुवाइएको थियो । सो क्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले टिपर चालकलाई हतारमा गाडी नचलाउन आग्रह गरे । जतिसुकै हतारमा भए पनि आफ्नो काममा दृढ भएर काम गरेमा कसैको भनाइ र प्रहरीको कारवाहीमा नपर्ने उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन उनले सबै चालकलाई अनुरोध गरे । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले हरेक वर्ष दुर्घटनाको दर वृद्धि हुँदै गएकाले त्यसको न्यूनीकरण प्रहरी वा चालक एक्लैले गर्न नसक्ने भएकाले त्यसमा सबै जनाको उत्तिकै भूमिका हुनु जरुरी रहेको बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले चालकले गरेको गल्तीका कारण प्रहरीले भोग्नुपर्ने अवस्था आउने गरेका कारण प्रहरी र चालक दुवैले सचेत भएर आ–आफ्नो जिम्मेवारी बहन गर्न आवश्यक रहेको बताए । सो क्रममा टिपरमा भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँसेर भ्रमण वर्ष प्रचारप्रसार गर्ने कामलाई प्रवद्र्धन गरिएको छ । प्रमुख जिल्ला अधिकारी तिमिल्सना, जिल्ला प्रहरी कार्यालय प्रमुख पौडेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख तामाङलगायतले टिपरमा भ्रमण वर्षको लोगोसहितको स्टिकर टाँस्नुभएको थियो । काभ्रेपलाञ्चोकबाट मात्रै दैनिक दुई हजार २०० भन्दा बढी टिपर उपत्यका भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
लामा पक्राउ प्रकरणः शंकाको घेरामा प्रहरी, नियन्त्रणमा लिएर गोली हानेको आरोप काठमाडौं । अभियुक्त विष्णु लामाका आफन्तले प्रहरीले उनलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिई गोली हानेको आरोप लगाएका छन् । २७ पौषमा जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आई समातेको र जबमुडाँडामा लगेर गोली हानेपछि घाइते अवस्थामा समेत भेट्न नदिइएको भन्दै आपत्ती जनाए । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विष्णु लामाकी पत्नी मनमाया लामाले पतिलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको आरोप लगाइन् । उनले प्रश्न गरिन्, यसरी गोली हान्न पाइन्छ ? यस्ते हो भने प्रहरीले मान्छे मार्दै हिंड्छ । सुरक्षाका लागि खटिएको प्रहरीले नै आत्मसमर्पण गरेको मान्छेलाई गोली हान्छ भने सुरक्षा दिन्छ भन्ने विश्वास गर्न नसकिने बताइन् । उनले सरकारसँग न्यायको माग गर्दै गोली हान्नेमाथि कडा कारबाही गरिनुपर्ने बताइन् । मनमायाले आफ्ना पतिलाई कानुन अनुसार कारबाही हुनुपर्ने पक्षमा आफूपनि रहेको तर गोली हान्नेविरुद्ध कानुनी उपचारमा जाने बताइन् । उनले भनिन्, यस्तै हो भने प्रहरीले जोकोहीलाई मार्दै हिंड्नेछ । विष्णु लामालाई गोली हान्न आदेश दिनेमाथि समेत कारबाही हुनुपर्ने उनको माग थियो । श्रीमान बाँचेको भन्दै खुट्टामा गोली लागेपछि बालबच्चाको जिम्मेवारी कस्ले लिने भन्ने प्रश्न गरिन् । दुई बच्चासहित पत्रकार सम्मेलनमा उपस्थित मनमायाले घटनाको छानविन हुनुपर्ने माग गरिन् । घाइते अवस्थामा उपचाररत पतिलाई प्रहरीले भेट्न समेत नदिएको उनको भनाई थियो । पक्राउ गरी गोली हानेकाले यसको जिम्मेवारी प्रहरी हुनुपर्ने बताइन् । उनले भनिन्, जबरजस्ती गुण्डा भनेर मेरो श्रीमानलाई गोली हानिएको छ । कार्यक्रममा नेकपा पार्टी अध्यक्ष तथा जील्ला सदस्य पदमबहादुर श्रेष्ठले विष्णु लामालाई सरकारद्धारा लगाइएका अभियोग जायज रहेको भन्दै गोली नै हान्ने कदम न्यायोचित नभएको बताए । पक्राउ गरेपछि अन्य ठाँउमा लगेर गोली हानिएको भन्दै निष्पक्ष छानविनको माग गरे । फरार अभियुक्त विष्णु लामालाई झठो मद्दा लगाएर गोली हानिएको उनको आरोप थियो । वीर अस्पतालमा उपचारको क्रममा रहेको विष्णुको आफ्न्त समेतलाई भेट्न दिएको छैन् भन्दै आपत्ती जनाएका छन् । विष्णु लामाका भाई विश्व लामाले आफ्नै अगाडि दाजुलाई सादा पोशाकको प्रहरीले लिएर गएको बताए । प्रहरीका सामु आत्मसमर्पण गरेपछि हथकडी लगाइएको र त्यसपछि अन्यत्र लगेर गोली हानिएको खुलाए । कानुनसम्मत कारबाही हुनुपर्नेमा गैरन्यायिक तरिकाले गोली हानिएको बताए । पक्राउ पछि प्रहरीमा खोजीका लागि जाँदा गोली हानी घाइते भएको खबर साँझमा थाहापाएको जानकारी दिए । आफूलाई अस्पतालमा डाकिएको तर माथिको आदेश भन्दै भेट्न नदिइएको बताए ।
पञ्चको बाटोमा कांग्रेस, कांग्रेसको बाटोमा नेकपा नेपालमा झण्डै दुइ तिहाइको दम्भको नेकपाको ‘खुर्माने’ सरकार छ, इतिहास भएको तर कान्ती गुमाएको निम्छरो नेपाली कांग्रेस प्रमुख बिपक्षी छ । नेपालमा पछिल्लो उपनिर्वाचनले समेत पुष्टी गरेको तथ्य के हो भने कम्युनिष्ट र लोकतन्त्र पक्षधरबीच नेपाली जनमत बिभाजित छ, भोलि पनि त्यस्तै हुनेछ र नेकपा र नेपाली कांग्रेसले तिनको प्रतिनिधित्व गरी राखेका छन्। तीस वर्ष पहिला तीस वर्षीय सकृय राजतन्त्रात्मक एकदलीय निरंकुस शासन फ्याक्न पनि कांग्रेस र कम्युनिष्टले नै संघर्ष र दुख गरेका हुन । नेपालमा राजनितिक स्थिरता हुन नपाएको पच्चिस वर्षमा छब्बिस पटक सरकार फेरबदल भएका , बनेका सरकारहरु पनि कमजोर भएकोले बिकास र आर्थिक उन्नति नभएको भन्ने सनातनी तर्क अब असान्दर्भिक हुन पुगेको अहिले नेपालमा मुख्य दलहरुमा देखिएको कचमच र अन्यमनष्क स्थितिले देखाउंछ । राणाको बाटोमा पन्चहरु गए,पन्चको बाटोमा कांग्रेसीहरु हिडे र अहिले कांग्रेसको पदमार्गमा नेकपा बेतोडले बिना जिपीएस कुदेको देखिन्छ । झण्डै दुइ तिहाइको बहुमत भएर के भो ? महिला काण्डमा परी रिक्त भएको सभामुख टुंगो लगाउन दुई-दुई अध्यक्ष भएको दल असफल भइरहेको छ । सत्तारुढ दलले जसलाई उम्मेदवार बनाउछ त्यो नै निर्विरोध सभामुख हुने निश्चित हुँदा पनि चार महिनादेखि मुलुक सभामुखविहीन छ र संसदको हिउंदे अधिवेसन सुरु भएको एक महिना हुन लाग्दा पनि संसदको एउटा पनि नियमित काम कार्यवाहीको बैठक हुन नसकी सूचना टास्दै स्थगित गरिएको छ । सत्तारुढ दलकै उप सभामुख आँफू आफ्नै पार्टी कै दुइवटै अध्यक्षको ‘राजनितिक हिंसा’ को सिकार हुनु परेको भनेर सार्वजनिक गुहार मागिरहेकी छिन्। उदेक लाग्दो त के छ भने गुटबाजीले थिल्थिलिएको प्रमुख बिपक्षी दल नेपाली कांग्रेस न संसदमा न जनस्तरमा सुनिने गरी आत्मबलका साथ बोलेको सुनिन्छ। विपक्षले सभामुख छिट्टो चाहियो,संसद सुचारु हुनु पर्‍यो, बन्नु पर्ने कानूनहरु अलपत्र परे, संसदलाई काम दिने सरकारले हो बिजिनेस देऊ , बिना काम जनताले तिरेको करबाट तलब भत्ता सुबिधा खान लाज भो भन्न सकिरहेका छैनन्। सत्तारुढ दलका सांसदहरु गुट बिभाजन र लाचारीमा छन्। सत्तापक्ष र प्रमुख विपक्ष दुबै देश र जनता प्रति बेइमानी गरिरहेका छन्। नागरिक समाज भनिनेहरुका स्वर पनि सुनिदैन। त्योभन्दा पनि देशको संबृद्धि र बिकासको नाममा बनेको दावी गरिएको बलियो सरकारका प्रधानमन्त्री हप्तै पिच्छे मृगौलाको डायलासिस गराउन अस्पताल जान्छन्। आफ्नै सरकारी निवास बालुवाटार मै भएको आफ्नो पार्टीको सचिवालयको महत्वपूर्ण बैठकमा उपस्थित हुन सक्दैनन् भने प्रधानमन्त्रीको शरीर र स्वास्थ्यका लागि शुभेक्षाका साथ अव आराम गर्नुहोस भनेर उनको राजीनामा माग्नु पर्ने हुन्छ। देशको नेता भनेको जननिर्वाचित प्रतिनिधिले चुनेको कार्यकारी प्रमुख प्रधानमन्त्री हो । त्यो नेता इमान्दार , सक्षम र दैनिक खट्न सक्ने हुनु पर्छ । तर अहिले मुलुक सत्तारुढ नेकपाभित्रको कचमचले सरकार र संसद नेतृत्वबिहिन जस्तै छ । ओलीजीले राजिनामा दिएपनि अर्को चुनाव नहुंदासम्म नेकपा कै कुनै सांसद नेता प्रधानमन्त्री हुने हो, कुनै कांग्रेसी हुने त होइन । बलियो सरकारका प्रधानमन्त्री हप्तै पिच्छे मृगौलाको डायलासिस गराउन अस्पताल जान्छन्। आफ्नै सरकारी निवास बालुवाटार मै भएको आफ्नो पार्टीको सचिवालयको महत्वपूर्ण बैठकमा उपस्थित हुन सक्दैनन् भने प्रधानमन्त्रीको शरीर र स्वास्थ्यका लागि शुभेक्षाका साथ अव आराम गर्नुहोस भनेर उनको राजीनामा माग्नु पर्ने हुन्छ। हरेक ठांउमा असन्तुष्टि र बिरोधका स्वर थपिइरहेको चालू अवस्थाले अहिलेको संबिधान बिरोधी तत्वले खुच्चिङ्ग भनिरहेको अवस्था छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति कुनै दुराग्रह नराख्दै स्वयं नेकपाबाटै, बिपक्षी दलहरु र नागरिक समाजबाट देशलाई बन्धक र ‘हल न चल’ को अवस्थाबाट मुक्त गर्न समय नघर्किदै नेकपालाई यथोचित निर्णय लिन दवाव दिनु पर्ने समय भएको छ। चार महिनादेखि सभामुख बिहिनाता र छ महिनादेखि प्रधानमन्त्री कडा बिमारले ग्रस्त भएको स्थितिले देश हारिरहेको छ । सीमा अतिक्रमणको मुद्धा ओझेलमा पारिदैछ्,एमसीसीको ५५ अरबको अनुदान सहयोग सभामुखको रिक्तता र नेकपाभित्रको खिचातानीले अनिश्चिततातर्फ जादै छ, निर्यातमा समस्याले उध्योग कलकारखानामा समस्या, समय मै कानून नबनेर धेरैतिर बेथितिजस्ता टड्कारा समस्याले तत्काल पहल र उत्तर खोजिरहेका छन्। मुलुकमा बलियो र स्थिर सरकार कहाँ छ ? अथवा देशमा सरकार त छ ? नेकपामा पार्टी र देश हाक्ने गतिशिल नेतृत्व कहाँ छ ? जस्ता प्रश्नहरुको उत्तर तत्काल समिचिन भएको छ । नेपालले अहिले अंगालेको संघीय गणतन्त्रात्मक संसदीय पद्दतिको मूलमर्म भनेको जननिर्वाचित संसदले सक्षम र काम गर्न सक्ने सभामुख र प्रधानमन्त्री बनाउने हो । त्यस्को लागि संसदमा र संबिधानत कुनै समस्या छैन । यो पद्दतिको सुस्वास्थ्य सबलीकरण र दीर्घजिवनका लागि नेकपाका नेता र संसदहरुले बिलम्ब नगरी पहलकदमी लिने बेला भएको छ ।
रु ५० करोड राजश्व छलीको आरोप काठमाडौं । विभिन्न कम्पनीमार्फत भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा रुपन्देहीका दुई जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । रुपन्देहीको सम्मरीमाइका श्रुति ट्रेडर्स सञ्चालक आशिष गुप्तासमेत दुई जनालाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा रु ४९ करोड ६५ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दावी गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । अभियुक्त गुप्ता र श्रुति ट्रेडर्सका मुख्य कारोवारी सन्नी गुप्ताले न्यून बिजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरीदको लागत देखाउने र मालवस्तु विनाबिल र विजक बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ । यस्तै मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएको समेत विभागले जनाएको छ ।
धनुषाको घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा मानवाधिकार रक्षक दिलीप भनिने ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । धनुषाकोे मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियानकर्मी महतोको यही पुस २५ गते औरहीखोलामा टिपरले टाउकामा कुल्चाएर हत्या गर्ने दोषीमाथि छानबिन गरी कारवाही गर्न माग गरिएको हो । “निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न र पीडितलाई क्षतिपूर्तिका लागि आयोग सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त घटना दुःखद् भएकाले त्यसको कानूनी प्रक्रियाबारे नजीकबाट अनुगमन गरिरहेको बताए । घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश नं २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लङ्घन भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसै सन्दर्भमा वातावरण संरक्षण अभियानकर्मीको टोलीले आयोगमा आज ज्ञापनपत्र बुझाएको थियो । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गर्दै उनीहरुले आयोगका अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।
कुटपिटका कारण एक युवाको ज्यान गयो रसुवा । कुटपिटका कारण उत्तरी रसुवास्थित गोल्जुङ गाउँ निवासी एक युवकको गए राति निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार मृत्यु हुनेमा रसुवा, आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ गोल्जुङ निवासी ४६ वर्षीय सार्की गुरूङ छन् । सोही स्थानका ४१ वर्षीय मिङ्गार सिंगी तामाङको मुक्का प्रहारबाट शनिबार राति गुरूङको निधन भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ८.३० बजे गोल्जुङ इलाका क्षेत्रमा दुई पक्षबीच सामान्य विवाद हुँदा तामाङले गुरूङलाई एक्कासि मुक्का प्रहार गर्दा ढुङ्गामा पछारिई टाउकामा गम्भीर चोट लागेर उनको निधन भएको बुझिन आए पनि घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए। यसैबीच रसुवागढी नाकाबाट लुकाइछिपाई केरूङतर्फ लान लागिएको अमेरिकी डलर सात हजारसहित रसुवा गोल्जुङका एक युवक शनिबार यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोल्जुङ निवासी २२ वर्षीय कान्छाकुमार घले रहेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए। अभियुक्त घलेमाथि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
व्यवसायीसँग घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको अभियोगमा पूर्वाधार विकास कार्यालय प्रदेश नं ३ ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ । आयोगका अनुसार लेखा अधिकृत विष्णुहरि पुडासैनीले निर्माण व्यवसायीसँग २२ हजार घुस माग्दै गर्दा पक्राउ गरिएको हो । पुडासैनीले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले ललितपुर महानगरपालिका २३ एकान्तकुनाबाट पक्राउ गरेको हो । आयोगले पुडासैनीलाई यही पुस २५ गते पक्राउ गरेको भएपनि थप अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । पुडासैनीलाई आज आयोगले सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी पुडासैनीमाथि छानबनि जारी छ ।
कर कार्यालयका कर्मचारीको व्यवहार राम्रो नभएको गुनासो काठमाडौं । कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले बताएका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफुहरुमाथि कर्मचारीहरुले राम्रो व्यवहार नगरेको बताएका हुन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कानून बनाएर व्यववसायीलाई कडाई गर्ने तर कर कार्यालयले आफ्नो व्यवहारमा सुधार नगरेको बताए । त्यस्तै आन्तरिक राजश्व विभागले अनुगमनका क्रममा सबै विषयमाथि राम्रोसँग अध्ययन नगरी विषयहरु सार्वजनिक गरेकाले व्यवसायीको बदनाम हुने गरेको समेत बताए । अध्यक्ष दुलालले खुला बजार अर्थतन्त्रमा सरकारले वस्तुको मूल्य निर्धारण गर्ने नीति लिन नहुने बताए । उनले बजारले आफै निर्धारण गर्नुपर्ने वस्तुको मूल्य निर्धारण सरकारले गरेकोले व्यवसायीक स्वतन्त्रता नरहेको समेत बताए ।
तनहुँमा एनसेल टावरमा आगजनी, सबै उपकरण जलेर नष्ट तनहुँ। तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ। अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ। आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए। राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो। बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको बताइएको छ। बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ। आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ। आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आगजनी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। रासस
नेपाल भ्रमण वर्ष : खोइ पर्यटक बसपार्क ? काठमाडौं। सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन। मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायीरुपमा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन्। काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन्। विगत वर्षहरुमा जमलस्थित कान्तिपथ सडकबाट पर्यटक ओसार्ने गरे पनि गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय सम्हालेपछि शुरु भएको गृह प्रशासन सुधार योजनाअनुरुप गत वर्षको असार १६ गतेसोह्रखुट्टे सडकमा अस्थायी बसपार्कका रुपमा व्यवस्था गरेको थियो। काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो। सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन्। टुरिस्ट बस एसोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष प्रल्हाद लोहनी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने बताउँछन्। ‘सरकार सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भन्छ तर पर्यटकीय सवारीसाधन सडकबाट गुड्नुपर्ने बाध्यता छ,’ उनि भन्छन्। विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको उनको भनाइ छ। कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष लोहनी बताउँछन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि २०७५ चैत २१ देखि तीनमहिने कार्ययोजना बनाएर काम गरेको थियो। उक्त कार्ययोजनामा जेब्राक्रसिङ निर्माण, फुटपाथ व्यवस्थापन, करिडोर निर्माण, सडक विस्तारलगायत रहेका थिए। ट्राफिक प्रहरीको योजनामा समेत पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बनाउने कुरा उल्लेख नगर्दा सडकबाट सवारीसाधन गुड्न बाध्य छन्। टिवानका महासचिव कृष्ण आचार्य पर्यटक बसपार्क निर्माणका लागि टिवानले पटक–पटक सम्बन्धित निकायमा छलफल चलाइरहेको बताउँछन्। ‘सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न सकेको छैन्,’ उनि भन्छन्। पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता भएको उनको भनाइ थियो। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय बसका लागि छुट्टै बसपार्क आवश्यक रहेको बताउँछन्। ’पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक छ,’ उनि भन्छन्। हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन्। व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन्।
जङ्गी अड्डामा पृथ्वीनारायण शाहप्रति सलामी अर्पण काठमाडौं। नेपाली सेनाले २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ। सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उनको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरे। उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो। कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उनिप्रति पुष्पगुच्छा अर्पण गरे। विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रूपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ। राष्ट्र निर्माताको २९८औँ जन्मजयन्तीका अवसरमा आज मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ। रासस
पृथ्वी जयन्ती आज, विविध कार्यक्रम गरेर मनाइँदै काठमाडौं। आज २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ। १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए। भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८ औं पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाईँदै छ। प्रज्ञा प्रतिष्ठानमा २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको ३ दिने कार्यक्रमको घोषणा गरिएको हो। दिवसको सन्दर्भमा शुक्रबार यहाँ ‘पृथ्वीनारायण शाह र अन्तर हिमाली भूराजनीति’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ। यस्तै शनिबार संयुक्तरूपमा ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी आयोजना गरिएको छ। आइतबार पृथ्वी जयन्तीको दिनमा शोभायात्रासहित शालिकमा माल्यार्पणको कार्यक्रम रहेको आयोजकले जनाएको छ। आइतबार साँझ नै राष्ट्रिय नाचघरमा लोक सांस्कृतिक उत्सव आयोजना गरिने जनाइएको छ। यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने बताउँदै परस्पर प्रेम, एकता र सद्भावका निम्ति आग्रह गरेका छन् । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ।
नयाँ बसपार्कको विकृति अन्त्य गरिने काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले गोँगबुले आयोजना गरेको ‘शान्ति सुरक्षा सुदृढीकरण कार्यक्रम’मा गोँगबु क्षेत्रलाई अपराधमुक्त क्षेत्र बनाइने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमालाई शान्त, सुन्दर बनाउन यहाँको शान्ति सुरक्षालाई व्यवस्थित बनाउनु जरुरी रहेको बताए। “नयाँ बसपार्कभित्र देखिएको विकृति विसङ्गति अन्त्यका लागि सुरक्षा योजना बनाएर आजैदेखि थप प्रहरी परिचालन गछौँ”, उनले भने । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताए। समाजमा हुने बेविचार, दूराचार र भ्रष्ट्राचार अन्त्य गरेमात्र मुलुकको विकास हुने उनको भनाइ थियो । काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमण वर्षमा आउने विदेशी पाहुनालाई नयाँ बसपार्कमा आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । “बसपार्क शान्त, सुन्दर र अपराधमुक्त भएमात्र यहाँको व्यवसायीको व्यवसाय राम्रो हुन्छ”, उनले भने । महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोँगङ्बु क्षेत्रमा देखिएको विकृति अन्त्य प्रहरी एक्लैले गर्न नसक्ने भन्दै त्यसको अन्त्यका लागि स्थानीय बासिन्दाको समेत सहयोगको आवश्यकता रहेको बताए। केन्द्रका अध्यक्ष राकेश सिंह, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, नेपाल कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्मालगायतले नयाँ बसपार्कमा हुने विकृति अन्त्यका लागि प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ चौतारा । एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्षीय राजन साह, ३५ वर्षीय अशोक साह, २५ वर्षीय विनोद पासवान र रुपन्देही तिलोत्तमा नपा–१२ का ३६ वर्षीय सन्तोष थापामगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । फटकशीलाबाट यही पुस १७ गते छ र प्रेम यादवलाई पर्सा प्रहरीको सहयोगमा यही पुस २२ गते वीरगञ्जबाट पक्राउ गरिएको हो । हत्याका मुख्य अभियुक्त ठेकेदार समिर मियाँ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । इन्द्रावती गाउँपालिका–५ लामाटोलका पूर्णबहादुर तामाङको घरमा ठेकेदार मियाँको टोलीले यही पुस ६ गते ढलान कार्य सकेपछि उनीहरु सबैले मादक पदार्थ सेवन गरेका र राति ११ बजे ना७त २०९५ नंको ट्र्याक्टर चढेर मेलम्ची बजार झरेका थिए । बाटोमा विवाद परेपछि मुखियालाई कुटपिट गरी हत्या गरेका थिए । ठेकेदारकै मिलेमतोमा मेलम्ची नगरपालिका–१० फटकशीलाको चप्लेटा पाखा बगरमा शव फालेका थिए । उक्त ठाउँ आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । हत्याको नौ दिनपछि पुस १६ गते प्रहरीले शव बरामद गरेको थियो । हत्या भएको आशङ्कामा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाल्पाबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाकोे मृत्यु दमौली । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
पाल्पाबाट पोखरा जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, २५ जना घाईते दमौली । तनहुँको मानपुर नजिक अर्चलकोटमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उक्त बस दुर्घटनामा परी २५ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पाल्पाको रामपुरबाट भिमाद हुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु प्रहरीले जनाएको छ । घाईतेहरुको पोखरा स्थित मनिपाल शिक्षण अस्पताल र केहीको भिमादका स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।
भीमफेदीमा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु हटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो। दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आज बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी गरी दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरुमध्ये एक जना गम्भीर घाइते भएका छन्। उनीहरुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
१५ किलो गाँजासहित तीन पक्राउ हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी र हेटौँडा उपमहानगरपालिका–१५ गरी दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा १५ किलोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २४ वर्षीय रञ्जितकुमार गुप्ता, सोही ठाउँ बस्ने ३१ वर्षीय बालकृष्ण गुप्ता र चितवनको राप्ती नगरपालिका–२ का ३७ वर्षीय कृष्ण थापामगर रहेका छन् । बुधबार मनहरितर्फबाट हेटौँडातर्फ आउँदै गरेको बिआर०१सिएम ६२४६ नंको भारतीय कारलाई रोकी जाँच गर्दा लुकाइछिपाई ल्याएको १० किलो १८० ग्राम गाँजा फेला परेपछि कार चालक रञ्जित र कारमा सवार बालकृष्णलाई कारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुर प्रहरीले बुधबार नै हेटौँडा–१५ ड्राइभरडाँडातर्फबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०२–०३–००६ प२८८३ नंको मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापाले बोकेको झोलामा लुकाइछिपाई ल्याएको पाँच किलो गाँजा फेला परेपछि निज मोटरसाइकल र गाँजासहित पक्राउ गरेको जनाएको छ ।
सुर्खेतबाट जाजरकोट जाँदै गरेको गाडी दुर्घटना सुर्खेत । सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातकाको फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। सुर्खेतबाट यात्रु लिएर जाजरकोट जाँदै गरेको गाडी आज बिहान साढे ८ बजेको समयमा बनगाड कुपिण्डे–११ बालुवासंग्रही नजिकै दुर्घटना भएर १ सय ५० मिटर तल खसेको हो । उक्त गाडी दुर्घटनामा परी १७ जना घाईते मध्ये ५ जना गम्भीर घाइते भएका छन् भने १२ जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यलय सल्लिवजारले जनाएको छ । गम्भीर घाइते हुनेमा वर्ष ३५ भेरि गंगा नगरपालिका सुर्खेत छिन्चुुका चालक प्रकाश शर्मा, सशत्र प्रहरीवल सल्यानमा कार्यरत होम पंगाली, भेरि गंगा नपा सुर्खेतका शान्त कुमार तिरुवा, बकु नपा-१ का अनिष विश्वकर्मा, जाजरकोट छेडाका सहचालक गोपाल वड, दलवहादुर रोकाय जाजरकोट कुसे, ५ त्यसै गरि बनगाड कुपिण्डे–३ का वडा सदस्य भिम वहादुर वुढाथोकी, रुुुुकुम चौहरजारिका विजय दर्लामी,रसुवा घर भएकि मालति आचार्य, जाजरकोट साल्माका पदम रोकाय, सल्यान श्रिनगरका गौतम वुढाथोकि, ज्वालादलगण लमजुङका पुर्ण वहादुर सुनार, ललितपुर पाटनकि, रजनी श्रेष्ठ, जाजरकोट छेडागाड नपाकी भगवती उपाध्याय, काठमाडौका अनिता मान्नधर घाइते भएका छन्। हाल घाईतेहरु सबैको नेपालगञ्जमा उपचार भईरहेको छ। घाइते हुनेमा २ वालक, महिला ६ र पुुुुरुष ९ जना रहेको जनाएको छ। तिव्र गतिका कारण भएको हुुुुुनसक्ने आँकलन गरिएको छ।
नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीमा काठमाडौं । नेपालको पासपोर्ट (राहदानी) विश्वकै खराब पासपोर्टको सुचीमा सामेल भएको छ। हेन्ली पासपोर्ट ईन्डेक्सले सार्वजनिक गरेको नयाँ दशकको रिपोर्टमा नेपालको पासपोर्ट १०१ औं स्थानमा परेको छ। जुन सबैभन्दा खराब सुची हो। नेपाल उत्तर कोरिया र सुडान भन्दा पनि पछि परेको सीएनएन ट्राभलले उल्लेख गरेको छ। उत्तर कोरिया र सुडान १०० औं स्थानमा रहेका छन्। हेन्ली पासपोर्ट ईन्डेक्सले फ्रि–भिसा र अन अराईभल भिसाको आधारमा सूची तयार गरेको हो। जसमा नेपालको पासपोर्टले जम्मा ३८ देशमा मात्र फ्रि–भिसा र अन अराईभल भिसा पाउन सकिने व्यवस्था रहेको छ। नेपालसँगै प्यालेस्टाईन पनि रहेको छ। सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको रहेको छ। जापानको पासपोर्टबाट १९१ देशमा फ्रि–भिसा र अन अराईभल भिसा प्राप्त गर्न सकिन्छ। यी हुन् सबैभन्दा शक्तिशाली पासपोर्ट भएको देशः १. जापान (१९१ देश) २. सिंगापुर (१९०) ३. दक्षिण कोरिया, जर्मनी (१८९) ४. ईटाली, फिनल्याण्ड (१८८) ५. स्पेन, लक्जमबर्ग, डेनमार्क (१८७) यी हुन् सबैभन्दा खराब तथा कमजोर पासपोर्ट भएको देश १००. उत्तर कोरिया, सुडान (३९ देश) १०१. नेपाल, प्यालेस्टाईनी क्षेत्र (३८) १०२. लिबिया (३७) १०३. यमन (३३) १०४. सोमालिया, पाकिस्तान (३२) १०५. सिरिया (२९) १०६. इराक (२८) १०७. अफगानिस्तान (२६)
रामबाबु र सञ्जय साह रौनियारको ऋण आतंक : न्याय खोज्दै पीडित राजधानीमा काठमाडौं। सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन्। ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन्। फिर्ता नगर्ने राय र रौनियारका सावाँ ब्याजसहित पैसा चुक्ता गर्दा समेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयको भनाइ छ। सर्लाहीका राजु कुुुसवाहले रामबाबु रायबाट ९ लाख रुपैयाँ ऋण लिएर २७ लाखको कपाली मतसुख बनाए। ब्याज समेतको रकम गरी १९ लाख ७३ हजार चुक्ता गर्दा पनि उनको तमसुख च्यातिएको छैन् जस्ताको त्यस्तै छ। कुसवाह मात्रै होइन सर्लाही लगायतका जिल्लाका अधिकांश स्थानीय रायबाट पीडित छन्। ऋण दिने र तीन गुणाबढीको कागज बनाएर घर जग्गा समेत आफ्नो नाममा राख्ने गरेको स्थानीयहरुले बताउँदै आएका छन्। विकाउ रायले उनीबाट २ लाख रुपैयाँ ऋण लिएर ६ लाखको तमसुख बनाए साथै दुई विघा एक कट्ठा जग्गा उनको नाममा गरे। तर ५० हजार एक पटक र अर्को पटक ७३ हजार गरी एक लाख २३ हजार चुक्ता गर्दा समेत उनले आफ्नो जग्गा फिर्ता नपाएको बताए। सञ्जय रौनियारबाट एक करोड ऋण लिएका रविन्द्र कुसहवाले जग्गा किनन भनेर लिएर र उनले तीन करोडको कागज बनाए। पूख्र्यौली सम्पत्ति मध्ये ३४ कट्ठा घडेरी गरी अन्य गरी ४० कट्ठा जग्गा उनले आफ्नो साहुको नाममा गरिदिए। तर अहिले रौनियारले कुसहवाको जग्गामध्ये करिब २ करोड ५५ लाखको घडेरी र जग्गा बिक्री गरिसकेका छन्। पटक पटक आफ्नो जग्गा नबेच्न आग्रह गर्दा समेत रोनियारले जग्गा बेच्न छोडेका छैनन्। रौतियारलाई भेट्न खोज्दा समेत विभिन्न बाहना गरेर भेट्न नै नखोज्ने गरेको गुनासो कुसहवाले गरे। देवी महतोले ३५ हजार ऋण लिएर ४ कट्ठा जमिन साहुको नाममा गरिन्। १ लाख ५० हजार तिरेर जग्गा फिर्ता माग्न जाँदै उल्टै तीन लाख थप माग गरियो र उनको परिवारलाई घरबाट नै निकालियो। न्यायको खोजीमा महतो राजधानी आएकी हुन्। महान्यायाधीवक्ता अग्नि खरेलले ठगहरुलाई पक्राउ गरी जग्गा फिर्ता गर्ने आश्वासन दिँदै स्थानीय प्रशासनमा उजुरी दिन आग्रह गरेका छन्। ‘न्यायका लागि भनेर राजधानी आउनुभयो ठिक गर्नुभयो। तर लिएको पैसा भन्दा तीन गुणा बढीको कागज तपाईहरुले पनि गल्ती गर्नुभएको छ। तर अहिले जे जे बोल्नुभएको छ त्यही कुरा लेखेर प्रहरीमा निवेदन दिनुहोस्। न्याय पाउनुहुन्छ। अन्तिम समयसम्म सरकारर्लाइ साथ दिनुहोस् न्याय पाइन्छ’, उनले भने। प्रहरी प्रमुख सर्वेन्द्र खनालले श्याम परदेशी लगायतका ठगहरुलाई तह लगाइएको बताउँदै राय र रौनियारलाई समेत नछोड्ने प्रतिवद्धता व्यक्त गरे। ‘सम्बन्धित जिल्लामा उजुरी दिनुहोस् तपाईँहरुले न्याय पाउनुहुन्छ। फटाहा बदमासहरुलाई तह लगाउँछौँ’, उनले भने। राय र रौनियारले स्थानीयहरुको करोडौँ रुपैयाँ ठगेर उनीहरुको जग्गा पनि हडप्ने गरेका छन्। ऋण दिएको पैसाभन्दा तीन गुणाबढीको कागज बनाउने र जग्गा समेत आफ्नो नाममा गरि पैसा चुक्ता गर्दा समेत जग्गा फिर्ता नदिने गरेको स्थानीय बताउँछन्। उनीहरु दुवैलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
कुलपति डा. गंगा प्रसाद उप्रेती अमेरिकामा अभिनन्दित डिसीनेपाल, क्यालिफोर्निया प्रतिनिधि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति, साहित्यकार तथा प्रकाण्ड विद्वान डा गङ्गाप्रसाद उप्रेतीलाई अमेरिकाको क्यालिफोर्नियामा एक सुमधूर समारोहका विच नागरिक अभिनन्दन गरिएको छ। हाल अमेरिकाको नीजी भ्रमणमा रह्नु भएका उप्रेतीलाई नेपाली भाषा, साहित्य, कला र साँस्कृतिक फाँटमा प्रतिष्ठानको दुई कार्य काल सम्म अमुल्य योगदान पुर्याएको र नेपाली साहित्यलाई विस्वव्यापीकरण गर्न तर्फ महत्वपूर्ण पाइला चाले वापत अभिनन्दन गरिएको हो। ५ जनवरी २०२० मा क्यालिफोर्नियाको रिच्मण्ड सहरमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) क्यालिफोर्निया च्याप्टर तथा र नेपाल एसोसियसन फर ग्लोवल कोपरेसन (NAGC) क्यालिफोर्नियाको संयुक्त आयोजनामा गरिएको सो समारोहमा बिभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरुको महत्वपूर्ण उपस्थिती थियो। कुलपति श्री गङ्गाप्रसाद उप्रेतीको सम्मानमा सो नागरिक अभिनन्दन समारोहको अवसरमा एक रोचक साहित्यिक कार्यक्रम समेत गरियो। सो अवसरमा कूलपती गङ्गा प्रसाद उप्रेती, अनेसास क्यालिफोर्नियाका अध्यक्ष सर्वग्य वाग्ले, अनेसास कै पूर्व अध्यक्ष ध्रुव थापा, नेपाल असोसियसन फर ग्लोबल कोअपरेशनका संस्थापक अधक्ष मणी नेपाली पनेरु, डा टिका लम्साल, तुलसीप्रसाद उप्रेती, विनोद पौडेलले कविता वाचन गर्नु भएको थियो। त्यसै गरी एन आर एन एन सि सि अमेरिका कि महिला को अर्डिनेटर तथा कवयत्री दिक्षा वस्नेत, कवयत्री रिता देवी प्रधान, गीता बज्गाइँ अधिकारीले पनि रोचक कविता वाचन गर्नु भएको थियो। नेपाल एसोसियसन फर ग्लोवल कोपरेसनका अघ्यक्ष मणी नेपाली पनेरू तथा अनेसास क्यालिफोर्नियाका अध्यक्ष सर्वज्ञ बाग्लेको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ग्लोवल कोअपरेसनकी संरक्षक, एन आर एन अमेरिका, राष्ट्रिय महिला समिती कि को-चिअर तथा महिला अभियन्ता हेमा पनेरूबाट स्वागत मन्तव्य व्यक्त गरिएको सो कार्यक्रमको उद्घोषण संचारकर्मी एबम् कवि ध्रुव थापाले गरेका थिए । कार्यक्रममा अमेरिका भ्रमणमा रहेका नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र बिभागका सदस्य तुलसीप्रसाद उप्रेती एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल, नेपाली जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरका कार्यवाहक सभापति नारायण खनाल, एन आर एन ए क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण चन्द्र बानिया एन ए एन सि का उपाधक्ष प्रेम परीयार, समाजसेवी प्रतिक्षा उप्रेती रियल्टर अनिल अर्याल लगायत मह्त्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती थियो। कविता बाचन कार्यक्रमपछि कुलपति उप्रेतीको नागरिक अभिनन्दनसहित सम्मान गरिएको थियो। सो अभिनन्दन पत्र डा टिका लम्सालले पाठ गर्नु भएको सो अभिनन्दन पत्रमा कुलपती उप्रेतीको अविस्मरणिय योगदानहरु बारे प्रकाश पारीएको छ। सम्मान ग्रहणपछि कुलपति उप्रेतीले नेपालबाहिर रहेर नेपाली भाषा,साहित्य र संस्कृतिको प्रवर्धनमा अनेसास लगायतका संस्थालले पुर्याएको योगदानको सराहना गर्दै पनेरू र बाग्लेलगायतका उत्तर क्यालिफोर्नियाका विभिन्न ठाउँबाट कर्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञ्यापन गर्नुभयो। समृध्दिको यात्रामा अघि बढ्दै गरेको नेपाललाई सहयोग पुग्ने गरी हरतरहका गतिबिधि बढाउन अनुरोध गर्दै चालू वर्ष २०२० लाई नेपाल भमण वर्षको रूपमा सम्पन्न गर्न सकेसम्म धेरै पर्यटकलाई नेपाल भ्रमणमा पठाउन प्रेरित गर्न अनुरोध गर्नुभयो। कुलपति उप्रेतीको सम्बोधन पछि सभापति सर्वज्ञ बाग्लेले आफ्नो मन्तव्य सहित सभा विसर्जन गर्नुभयो। त्यसपछि दोहोरी गीत सहित रमाइलो रात्री भोजमा सहभागी भई कार्यक्रम सकिएको थियो।
सडक दुर्घटनामा दुईको मृत्यु राजविराज । सप्तरीको छुटाछुटै ठाउँमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बलानबिहुल गाउँपालिका¬–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । स८प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीकै कञ्चनपुर नागरपालिका–१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बदगामा नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतकको हाल नाम, थर, वतन खुल्न नसकेको र ठक्कर दिने सवारी साधनको खोजी कार्यसमेत भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन । रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
दाजुको कुटाइबाट भाईको मृत्यु इलाम । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो । दाजुले काठको पिरा प्रहारपछि घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि उनका छोराले घरमा लगेर सुताएका थिए । तर बिहान उनी ओछ्यानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । सामान्य घाइते भएपछि आज थप उपचारका लागि फिक्कलतर्फ ल्याउने तयारी गरी सुतेका उनले बिहान करिब ४ बजे खानेपानी मागेका थिए तर, परिवारका सदस्य कोही पनि नउठे पनि उन पुनःसुते । बिहान ६ बजेको समयमा उठाउन जाँदा ओछ्यानमा नै मृत फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रामबहादुर फरार छन् । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ ।
पचहत्तर हजार घुस रकमसहित पक्राउ विरगञ्ज । सेवाग्रहीसँग ७५ हजार घुस लिएको अभियोगमा नापी कार्यालय वीरगञ्जका सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई रङ्गे हात पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गतको २ नं नापी टोली कार्यालयमा सेवाग्रहीसँग ७५ हजार घुस रकम लिँदै गरेको अवस्थामा आज बेलुकी ६ः३० बजे रङ्गे हात सर्वेक्षक पासवालाई पक्राउ गरिएको आयोगले जनाएको छ । सेवाग्रहीले दिएकोे सूचना तथा उजूरीका आधारमा कारवाही गर्दा सर्वेक्षक पासवान रङ्गे हात पक्राउ परेको बताइएको छ । पक्राउ परेका सर्वेक्षक पासवानलाई आवश्यक अनुसन्धानका लागि आजै मकवानपुर लैजाने तयारी आयोगले गरेको छ ।
प्रहरीद्वारा चरेशसहित एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको यात्रुबाहक बसमा अवैधरुपमा चरेश ल्याउँदै गरेको अवस्थामा पर्सा छिपरमाई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु साहलाई सोमबार दिउँसो पक्राउ गरेको हो । महानगरीय प्रहरीवृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको अवस्थामा ५ सय ग्राम चरेशसहित साहलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका साहलाई लागुऔषध (नियन्त्रण ऐन) २०३३ अनुसार कारवाही गरिएको प्रहरीले जनाएको छ ।
निस्सासिएर एकको मृत्यु सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्राका पति हरिबहादुर कामीको कोहलपुर मेडिकल कलेजको सघन उपचार कक्ष तथा छोरी विमलाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । चिसोबाट बच्न झ्यालढोका बन्द गरी कोइला बालेर सुतेको अवस्थामा निस्सासिन पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए।
लागुऔषधसहित पेस्तोल र गोली बरामद सप्तरी । सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उद्धब न्यौपानेले बताए । सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाथोकीको कमाण्डमा खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित डाईलेक्स डि.सि.१०० मिलिलिटरको १५ बोतल बरामद गरेको हो । गस्ती गर्दै जाँदा बाँसको झ्याङ्गमा प्लाष्टिकको झोलामा लागु औषध, पेस्तोल र गोली फेला पारेको बुढाथोकीले बताए ।
चितुवाको आक्रमणबाट बालकको मृत्यु दमौली । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । बालकको शव घरभन्दा दुई÷तीन सय मिटर तल बारीमा फेला परेको छ । घटनालगत्तै घटनास्थलमा प्रहरी, डिभिजन वन कार्यालयको टोली पुगेको छ । चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षको अवधिमा आठ बालबालिकाको मृत्यु भइसकेको छ । केही दिन अगाडी मात्रै शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा २२ महिनाका बालक रवीन नेपालीको मृत्यु भएको थियो । भानु नगरपालिकाका विभिन्न वडामा पनि चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको थियो ।
सर्वोच्चको आदेशविपरीत सडक विस्तार नगर्न माग काठमाडौं। सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तार शुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको छ। सहमतिमा काम भइरहेको स्थानमा एकतिर पेलेर निर्माण व्यवासायीले गुण्डागर्दी गर्न खोजेको सङ्घर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठले बताए। दुई पक्षको विवादका कारण केहीबेर सडकसमेत अवरुद्ध भएको थियो। निजी जग्गा भएको स्थानमा जग्गाधनीसँग सहमति भए मात्र केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर गरी १४ मिटरको र सरकारी एवं सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने सहमति सरोकार भएका निकायबीच भएको थियो। सहमति विपरीत आईतबार बिहान निर्माण व्यवसायीले गोकर्णेश्वर नगरपालिका–२ भूमिस्थलीमा एकपक्षीयरूपमा बलजफ्ती विस्तार गर्न खोजेको स्थानीयवासी कमला श्रेष्ठले बताईन्। चावहिल–साँखु र कलङ्की–थानकोट सडक किनारका घर एवं जग्गाधनीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २०७४ असोजमा मुआब्जा नदिई सडक विस्तार नगर्न सरकारका नाममा आदेश दिएको थियो। आदेश विपरीत आधिकारिक निकायले नापजाँच नगरी निर्माण व्यवसायीले विस्तार गर्न खोजे अदालत जान बाध्य हुनुपर्ने उनले बताईन्। सडक पीडितले आजै नगर प्रमुख सन्तोष चालिसेलाई भेटी निजी सम्पत्तिमाथि धावा बोल्ने अधिकार कसैलाई नभएको भन्दै ध्यानाकर्षण गराएको समितिका सचिव सुशील सिम्खडाले जानकारी दिए। नगर प्रमुख चालिसेले विवाद भएका स्थानमा आपसी छलफलबाट समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन्। सङ्घर्ष समितिले भने एकपक्षीयरुपमा सहमति विपरीत काम गर्न थाले सामूहिकरूपमा न्यायालयको ढोका ढक्ढक्याउने जनाएको छ। संविधान प्रदत्त निजी सम्पत्तिको हकको हनन् हुने जुनसुकै हर्कत रोक्न समितिले नगरपालिकासँग माग गरेको छ। चार वर्ष अघि नै ठेक्का भएको सात किमी जोरपाटी–सुन्दरीजल सडक दुई पटक म्याद थप्दा पनि अलपत्र छ। यो मार्गमा पर्ने करिब ९०० घरका धनीले आफ्नो आवासको हक हनन् हुनेगरी सडक बनाउन नदिने भन्दै विरोध जनाउँदै आएका छन्। निर्माण व्यवसायीले भने सार्वजनिक जग्गा भएको स्थानमा पनि काम नगर्दा सडक जीर्ण बन्दै गएको छ। नेपाल भ्रमण वर्ष शुरु भए पनि पर्यटकीयस्थल सुन्दरीजल जाने सडक बन्न सकेको छैन। यो सडकबाट विदेशी एवं आन्तरिक पर्यटक शिवपुरी नागार्जुन र लाङटाङ राष्ट्रिय निकुञ्जको पदयात्रा जाने गर्छन्। यसैगरी चिासापानी, मेलम्ची, हेलम्बु, नगरकोटलगायत पर्यटकीयस्थलमा पनि यो मार्गबाट पदयात्रा हुने गरेको छ। सडकको अवस्था बिग्रँदै गएपछि पर्यटक आवागमनमा कमी भएको बेला सरकारले भ्रमण वर्ष घोषणा गरेकामा स्थानीय पर्यटन व्यवसायी नारायण श्रेष्ठले आश्चर्य प्रकट गरे।रासस
भारतीय ट्रकको ठक्करबाट २ जनाको मृत्यु दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । पन्ध्र सडक बालबालिकाको उद्धार झापाको दमकबाट शनिबार १५ सडक बालबालिकाको उद्धार गरिएको छ। प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत दमकबाट एकैसाथ १५ सडक बालबालिकालाई उद्धार गरिएको हो। बालबालिकाको उद्धार गर्न प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित अधिकारी दमकको चोक, बजारका सडकमा पुगेका थिए । सडक बालबालिकालाई नेपाल प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रको सहयोगमा उद्धार गरिएको जनाइएको छ । उद्धार टोलीमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, दमक प्रहरी प्रमुख बिजयराज पण्डितलगायत सहभागी थिए । प्रदेशलाई सडक बालबालिकामुक्त बनाउने अभियान शुक्रबार धरानबाट शुरु भएको र प्रदेशका मुख्य शहरमा त्यस अभियान सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयका सचिव राईले बताए । उद्धार गरिएका सडक बालबालिकालाई पुनःस्थापना र पुनःवास कार्यक्रमअन्तर्गत पुनः सडकमा आउन नदिने अभियानको लक्ष्य रहेको उनको भनाइ छ।
टिपरको ठक्करबाट एक महिलाको मृत्यु धनुषा । टिपरको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–६ का ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिक ना१क ४५०९ नंको टिपरले ठक्कर दिदाँ गम्भीर घाइते भएका सुधाको उपचारका क्रममा जानकी हेल्थ केयर सेन्टरमा शनिबार मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
हत्या र लुटपाटमा संलग्न दुर्गाबहादुर पक्राउ काठमाडौं । धादिङ जिल्लाको उत्तरी भेगमा हत्या, डकैती र लुटपाट मच्चाई सर्वसाधारणलाई त्रासमा पार्दै आएका साइला भनिने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष टोलीले उनलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो । पहिचान बदलेर बसिरहेका अवस्थामा सिआइबीको टोलीले शुक्रबार पक्राउ गरेका उनलाई आवश्यक कानूनी कारवाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालय धदिङमा बुझाइएको सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । उनी व्यक्ति हत्यामा दोषी प्रमाणित भई फरार हुँदै आएका व्यक्ति हुन् । विसं २०६७ मा धादिङको दार्खामा धारिलो हतियारले हानेर शिव थापालाई मारेको घटनामा अदालतबाट दोषी करार भई पाँच वर्ष सजाय तोकिएको थियो । त्यसपछि फरार हुँदै आएका उनले २०६९ सालमा पनि दार्खाको रातमाटेमा भीषण सिंखडालाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । विसं २०७६ मा पनि उनीसहित पूर्ण, वविन र मनोज तामाङको मिलेमतोमा धादिङ खनियाबासमा स्थानीयवासी कैलाश दीक्षितलाई खुकुुरी देखाई ज्यान मार्ने धम्की दिएर रु छ लाख १० हजार लुटेको प्रहरीको अभिलेखमा उल्लेख छ ।
५५ केजी गाँजासहित चारजना पक्राउ मकवानपुर । ५५ केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय र एक नेपालीलाई शनिबार मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतीहारीका दिलीपकुमार सिंहसहित अन्य दुई जनालाई शनिबार हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो । पक्राउ परेका भारतीयले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेको बताउँदै त्यससम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका– १ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षको भीमबहादुर योञ्जन (तामाङ) रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । दुर्घटनामा बसका यात्रु उदयपुर सोरङ नगरपालिका– ४ बस्ने ३४ वर्षीय चित्रबहादुर थापा घाइते भएको र उनको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको जनाइएको छ । घाइते चित्रबहादुर थापा उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक प्रधानले बताए । बसका चालक बेदाबहादुर चौलागाई, सहचालक भीमबहादुर तामाङलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट धुन्चेका लागि गएको बस रसुवाको थाडेमा दुर्घटना काठमाडौं। काठमाडौंबाट रसुवाको धुन्चेका लागि गएको यात्रु बाहक बस शनिबार रसुवाको थाडे भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ। रसुवाको धुन्चे नजिकैको थाडे भन्ने स्थानमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। प्रहरीका अनुसार प्रदेश ३–०३००५–९४६५ नम्बरको बस सडकबाट करिब २ सय मीटर तल खसेको छ। कच्ची सडकमा वर्षापछि सडक चिप्लो भएकाले बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा २ जना घाइते भएका यकिन भएको छ भने घाइते संख्या बढ्न सक्ने देखिएको छ। सो बसमा गाडी चालक र सहचालकसहित ११ जना रहेको प्रहरीले जनाएको छ। बस दुर्घटनापछि चालक र सहचालक फरार भएका छन् भने घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ। २ जना घाइतेलाई धुन्चेस्ीिथत अस्पताल पुर्याइएको छ। बाँकी घाइतेलाई पनि अस्पताल ल्याउनेक्रम जारी रहेको प्रहरीले जनाएको छ।
स्कुटरको ठक्करले सहचालकको मृत्यु भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा स्कुटरले ठक्कर दिँदा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नंको कन्टेनरका सहचालकको मृत्यु भएको छ । कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाललाई काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेकोे बा९२प ३४०९ नंको स्कुटरले ठक्कर दिएको थियो । गम्भीर घाइते पालको डा इवामुरा मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । ठक्कर दिने स्कुटर चालक जिल्ला सूर्यविनायक नगरपालिका–९ नलिनचोक बस्ने ३८ वर्षीय वसन्त देउजालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
दाङमा लागुऔषध कारोवार बढ्दो लुम्बिनी । ङमा लागुऔषध कारोवार बढिरहेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा ११ लागुऔषधका मुद्दा दर्ता भएका छन् । यसमा २१ पुरुष, चार महिलालाई पक्राउ गरिएको छ । यस्तै पाँच सेवनकर्ता, तीन बिक्री वितरण र तीन ओसारपसारको रूपमा पक्राउ परेका छन् । चालू आवको अहिलेसम्म तीन किलोग्राम अफिम, आठ किलोग्राम ५१३ ग्राम चरेस, लागुऔषध ब्राउनसुगर ५१ मिलीग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताए । आव २०७५÷७६ मा ३५ मुद्दा दर्ता भएकामा ४९ पुरुष, नौ महिला संलग्न थिए । नौ जनालाई सेवनकर्ताको रूपमा, छ ओसारपसारको मुद्दामा पक्राउ परेका हुन् । उनीहरुबाट ६० किलोग्राम चरेस, सात किलोग्राम गाँजा, ९७ ट्याब्लेट नाइट्रोभेट, २२० ग्राम ३९० मिलीग्राम ब्राउनसुगर, दुई किलोग्राम पाँच ग्राम १० थान अफिक, डाइजाम र नुफिन १० थान बरामद गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमका अनुसार आर्थिक, पारिवारिक, सामाजिक, आफू स्वतन्त्र रहन चहानु, महत्वाकाङ्क्षी बढ्दै जानु, बीचमै पढाइ छोड्नु, गलत सङ्गतलगायतका कारणले यस्ता घटना बढेको उनको भनाइ छ । प्रायः १८ देखि २० वर्षमुनिका व्यक्ति लागुऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ । पटक–पटक एउटै व्यक्ति संलग्न दाङ तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिशील टोलका शान्ता गिरी पहिलोपटक विसं २०७५ पुस १ गते पक्राउ परिन् । उनलाई अवैध लागुऔषध कारोवार गरेको प्रमाणित भएपछि जेल चलान गरियो । उनले तोकिएको कैद भुक्तान गरिन् । उनी जेलमुक्त भएपछि पनि उनले लागुऔषध ओसारपसारलाई पेशा बनाइन् । त्यस्तै घोराही उपमहानगरपालिका–१३ का अभिनाष थापा लागुऔषध कारोवार गरेको अभियोगमा दुईपटक पक्राउ परिसकेका छन् । यी त उदाहरणका पात्र मात्रै हुन् । पछिल्लो समय यसरी एउटै व्यक्ति पटक–पटक लागुऔषध कारोवारमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले बताए । “हामीले एउटै व्यक्तिलाई लागुऔषध कारोवार गरेको अभियोगमा पक्राउ गर्ने गरेका छौँ”, उनले भने, “अहिले कैद भुक्तान गरे पनि धेरै व्यक्ति पुनः लागुऔषध कारोवारमा संलग्न हुने गरेको पाइएको छ ।”