content
stringlengths
20
64.1k
अमेरिकी वीमा कम्पनीद्वारा नेपाली भाषामा आफ्नो ब्रोसर प्रकाशन डिसी नेपाल वासिंगटन डिसी । अमेरिकाको उत्कृष्ठ १० वीमा कम्पनीहरुमध्ये एक मानिएको अमेरिकन नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट नेपाली भाषामा यसको ब्रोसर प्रकाशित गरी डिसेम्बर २९ शनिवार एक भव्य कार्यक्रमका बीच सार्वजानिक गरेको छ । सन् १८४८ मा स्थापना भएको १७२ बर्ष पुरानो र ३१ विलियन अमेरिकी डलर कुल सम्पत्ति भएको प्रतिष्ठित वीमा कम्पनीले आफूले दिने जीवन बीमासम्बन्धी सेवाका सम्पूर्ण विवरणहरु उल्लेख गर्दै प्रकाशित गरेको ब्रोसर नेपाली भाषीका लागि गौरबको कुरा भएको सहभागीहरुले व्यक्त गरेका थिए । सो ब्रोसरका अनुसार, कम्पनीले टर्म लाइफ इन्स्योरेन्स र पर्मानेण्ट लाइफ इन्स्योरेन्सजस्ता सेवाहरु प्रदान गर्दै आएको छ । कम्पनीले सामुदायिक विविधतालाई सम्मान गर्दै नेपाली भाषामा पनि आफ्नो ब्रोसर प्रकाशित गरिएको जानकारी सहभागीहरुलाई गराएको थियो । अमेरिकामा बस्ने नेपाली समुदायका धेरै व्यक्तिहरु सो कम्पनीका सेवाहरुमा सहभागी भएकाले पनि कम्पनीले नेपाली भाषाको सम्मान गर्दै ब्रोसर प्रकाशित गरेका हो । कार्यक्रममा अमेरिकाका नेपाली राजदूत डा.अर्जुनकुमार कार्की प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए भने अबैतनिक महाबाणिज्य दूत प्रेमराजा महत विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए । समारोहमा राजदूत कार्कीले सो कम्पनीमा कार्यरत नेपाली टीमलाई बधाइ दिंदै अमेरिकी कम्पनीको ब्रोसरमा नेपाली भाषा पनि प्रकाशित गर्ने उपलब्धी हासिल गरी कार्यक्रमसमेत आयोजन ागर्न सफल भएको र त्यस्तो कार्यक्रममा आफू सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका थिए ।
घुस लिएको अभियोगमा इञ्जिनीयर र अध्यक्ष बिरुद्ध मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल भरपाई गरी भुक्तानी गर्ने प्रयोजनका लागि घुस माग गरेको अभियोग तिनलाई लागेको छ । उनीहरुले पटकपटक गरी ३७ लाख ५० हजार बराबरको घुस लिएको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सिडिई बस्नेतले आफन्त पर्ने कार्कीको श्री डिस्टिलरी प्रालिको बैंक खातामा रकम जम्मा गर्ने गरेको पाइएको छ ।
मरिससमा के गर्दैछन् श्रममन्त्री? काठमाडौं। मरिससको औपचारिक भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले त्यहाँका प्रधानमन्त्री प्रविन्द्रकुमार जुगनाउथसँग शिष्टाचार भेटवार्ता गरेका छन्। पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपाल र मरिससबीच गत जेठमा सम्पन्न श्रम समझदारीको कार्यान्वयनलगायत दुई देशबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको दक्षिण अफ्रिकाका लागि नेपाली दूतावासले जनाएको छ। सो अवसरमा मन्त्री यादवले आगमी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवादमा मरिससबाट उच्चस्तरको सहभागिताका लागि आग्रह गरेका थिए। नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा मरिससबाट लगानीका लागि समेत उनले आह्वान गरे। भेटमा मरिससका प्रधानमन्त्री जुगनाउथले नेपालले अन्तर्राष्ट्रियस्तरको संवाद आयोजना गर्न लागेकामा खुसी व्यक्त गर्दै उच्चस्तरको सहभागिता रहने प्रतिबद्धता व्यक्त गरेका थिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री यादवले त्यहाँ रहँदा कृषि, उद्योग तथा खाद्य सुरक्षामन्त्री महेन्कुमार सिरुत्न, श्रम मानव स्रोत विकास तथा तालिममन्त्री सुदेश सत्कम कालिचरनसँग पनि भेटवार्ता गरेका थिए। सो अवसरमा मरिससको कृषि क्षेत्रमा नेपाली कामदारका लागि रोजगारीको सम्भावनाका बारेमा छलफल भएको दूतावासले जनाएको छ । यस्तै दुई देशका श्रम समझदारीको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबाट निरन्तर सहकार्य गर्दै जाने बारेमा छलफल भएको थियो । सो अवसरमा सम्झौताअनुरुपको मर्यादित कामदार भर्नासँग सम्बन्धित सबै प्रक्रियाका साथै लागतका विषयमा छलफल भएको थियो । भ्रमणका अवसरमा नेपाली प्रतिनिधिमण्डलले रोजगारदाताको सङ्गठनका प्रमुख तथा प्रतिनिधिसँग विदेशी कामदारको माग रहेका होटल, उत्पादन, पूर्वाधार, सुरक्षा, सेवालगायत क्षेत्रका बारेमा छलफल भएको दूतावासले जनाएको छ । सो अवसरमा मरिसस पक्षले नेपाली कामदार पठाउँदा कामदारको मर्यादित भर्ना प्रक्रियालाई अपनाउन जोड दिएको थियो । नेपाली प्रतिनिधिमण्डलले मरिससको व्यवस्थापिका ‘नेशनल एसेम्बली’को सभा सञ्चालनको अवलोकन गरेको थियो । मरिससका श्रममन्त्री कालिचरनको निमन्त्रणमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री यादव मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए।
मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ काठमाडौं । नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने २७ वर्षीय सविन थापामगर र २५ वर्षीय केशर नेपालीलाई शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका थापामगर मादक पदार्थ सेवन गरी बा२ख ४४६० नंको टिपर चलाउँदै गरेको अवस्थामा र नेपाली लागुऔषध गाँजा सेवन गरी बा१ख २७६८ नंको माइक्रोबस चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । मापसे गरी टिपर चलाएका थापामगर चन्द्रागिरि नगरपालिका–१५ मा उत्तम राउतको घरमा क्षति पु¥याएर फरार रहेको अवस्थामा पक्राउ गरिएको श्रेष्ठले बताए। गाँजा सेवन गरी माइक्रोबस चलाउने नेपाली तनहुँबाट यात्रु बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नेपालीको साथबाट १५ ग्राम गाँजासमेत बरामद गरेको छ । पक्राउ परेका थापामगरलाई मुलुकी अपराध संहिता–२०७४ र लागुऔषध सेवन गरी सवारी चलाउने नेपालीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेको छ ।
अमेरिकामा नेपाली विद्यार्थीका समस्याहरुबारे यसरी गरियो बृहत छलफल मिलनजंग कटुवाल गत आइतवार फेबु्रअरी २३ को सांझ अमेरिकाको टेक्सास राज्यमा वृहत नेपाली युवा सम्मेलन सम्पन्न भयो । युनिभर्सिटी अफ टेक्सास आर्लिंगटन (युटिए) मा संचालन भएको उक्त कार्यक्रम विगतमा हुने गरेका समारोहभन्दा भिन्न थियो । कारण, एन.आर.एन.ए को युथ टास्कफोर्सद्वारा आयोजित यस कार्यक्रममा सह—आयोजकका रुपमा विद्यार्थीहरुलाई पनि समेटिएको थियो । युनिभर्सिटी अफ लुजियाना, मनारो र युनिभर्सिटी अफ टेक्सास आर्लिंगटनका विद्यार्थीहरु एकवद्द भएर एन.आर.एन.ए को कार्यक्रममा सहभागिता जनाएको यो नै पहिलो अवसर थियो । मिसौरी राज्यको विचिटा राज्यबाट पनि विद्यार्थीहरु सहभागी हुन आएको कार्यक्रमका संयोजक सन्देश उप्रेतीले जानकारी दिए । कार्यक्रमको लागि अतिथिहरुको उपस्थिति बाक्लै देखिन्थ्यो । नौलो कुरा के भने, कार्यक्रममा सबै उमेर समूह, सबै स्टाटसका अतिथिहरु एउटै मन्चमा सामेल भएका थिए । कार्यक्रममा विद्यार्थी एवम् युवाहरुको समस्याबारे वहस गर्न बेग्लै अन्तक्र्रियाको सेसन समावेस गरिएको थियो । उक्त सेसनमा अमेरिकाका लागि नेपालका राजदुत डा अर्जुन कार्की, एन.आर.एन.ए आईसीसीका सचिव गौरीराज जोशी, एन.आर.एन.ए अमेरिकाका वर्तमान अध्यक्ष सुनिल शाह, निवर्तमान अध्यक्ष केशव पौडेल र विद्यार्थी प्रतिनिधिलाई प्यानलमा निम्त्याइएको थियो । ढाका टोपी र दौरा सुरुवालमा सजिएर आएका जुनियर हाइ स्कुल अध्ययनरत १४ वर्षीय विद्यार्थीदेखि अमेरिकामै जवानी कटाएका थुप्रै परिपक्क अतिथिहरुको उपस्थिति साँच्चै लोभलाग्दो थियो । समस्याहरु छलफल गरिएको पहिलो सेसनमा अतिथि र उपस्थित विद्यार्थीहरुबाट प्रश्न लिएर प्यानल समक्ष राखिएको थियो । अमेरिकामा रहने आप्रवासी नेपालीहरुका विभिन्न समस्या र विद्यार्थीको चासो बारे गुणात्मक छलफल गरिएको थियो । नेपाली विद्यार्थीहरुले दुतावासमा आफूहरुले धेरै समस्या झेल्नु परेको र सेवा पाउन ढिलासुस्ती खेप्नु परेको गुनासो पोखेपछि महामहिम राजदुत डा. कार्कीले विद्यार्थीहरुको लागि बेग्लै सम्पर्क इमेलको व्यवस्था गर्ने प्रतिबद्दता जनाउनु भएको थियो । त्यसैगरी युवा—विद्यार्थी टास्कफोर्सले आफ्ना विभिन्न कार्यक्रमहरु संचालन गर्ने क्रममा आर्थिक समस्या झेल्नु परेको गुनासो आएपछि एन.आर.एन.ए अध्यक्ष सुनिल शाहले मन्चबाटै ’प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’को घोसणा समेत गर्नु भएको थियो । सिड मनीका रुपमा उहाँले व्यक्तिगत २ हजार डलर सहयोग पनि गर्नु भयो । कार्यक्रममा मोटिभेसनको दोश्रो महत्वपूर्ण सेसन पनि थियो । उक्त खण्डमा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोमा रिसर्चमा संलग्न डा. तारा सिग्देल, लिबर्टी म्युचुअल इन्सुरेन्समा डाटा साइन्सका निर्देशक सिजर कोइराला र संविधान सभा सदस्य धनराज गुरुङ ज्युलाई प्यानलमा निम्त्याएर विभिन्न महत्वपुर्ण विषयहरुमा छलफल भयो । युवा विद्यार्थीले सफलताको आधार कसरी पहिल्याउन सक्छन् भन्ने आत्मविश्वास बढाउनका निम्ति सहयोगी बन्न सकोस् भन्ने अभिप्रायले आयोजित यस युवा सम्मेलनमा प्यानलमा आसिन अतिथिहरुलाई प्रश्न गर्न उपस्थित विद्यार्थीहरु उत्सुक देखिन्थे । कार्यक्रममा युटिएमा अध्ययनरत विद्यार्थीहरुले विशेष नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुले पनि मनोरन्जनात्मक प्रस्तुति दिएका थिए । सबैको समान सहयोग प्राप्त भएको कारण नै कार्यक्रम उत्कृस्ट साबित भएको भन्दै संयोजक संदेश उप्रेतीले प्रशन्नता व्यक्त गरे ।
जीप दुर्घटनामा एकको मृत्यु सुर्खेत । गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नंको बलेरो जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो । मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। नेपालगञ्जबाट सिम्ता जामुने बजार सुर्खेततर्फ गइरहेको उक्त जीप सडकको बायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए। प्रहरी निरीक्षक माधव चौधरी नेतृत्वको टोलीले सिम्ता–९ सुर्खेत निवासी २६ वर्षीय जीप चालक जीवन पुनको गाडीको अघिल्लो भागले च्यापिएको अवस्थामा उद्धार गरेको प्रवक्ता रावलले बताए। उनका अनुसार चालक पुनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाईएको छ । घटनामा सिम्ता–९का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सूर्यबहादुर रोकाया, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय बिरुनाथ योगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
नक्कली चालक अनुमतिपत्र बनाउने महिला पक्राउ जनकपुरधाम । नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने रुबी मिश्र रहेकी छन् । गत माघ २९ गते महोत्तरीको गौशाला नगरपालिका– १२ बस्ने कृष्णदेव कुशवाहा सवार गाडीको कागजात चेकजाँचका क्रममा प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र फेला पारेको थियो । सवारीचालक अनुमतिपत्र नक्कली पाएपछि ट्राफिक प्रहरीले आवश्यक कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको थियो । जनकपुरधाम उपमहानगरपालिका–९ का चन्दन मिश्रले पाँच हजारमा सो अनुमतिपत्र बनाइदिएको कुशवाहाले बताएपछि प्रहरीले छानविनको क्रममा चन्दनकी आमा रुबी मिश्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । सो कार्यमा उनको संलग्नता देखिएपछि जिल्ला अदालत धनुषाबाट थप अनुसन्धानका लागि प्रहरीले चार दिनको म्याद लिएको छ । रुबीले ६० हजारसम्म लिएर सरकारी छापसमेत किर्ते गरी नक्कली सवारी अनुमतिपत्र बनाउने गरेको चार वटा उजुरी परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । रुबीले आफ्नै छोरा चन्दनमार्फत सवारी अनुमतिपत्र चाहिने व्यक्ति खोजेर नक्कली अनुमतिपत्र बनाइ बेच्ने गरेको अनुसन्धानबाट देखिएको उनले जानकारी दिए।
टेलिकमको टावर ढल्दा तीन घाइते, एकको अवस्था गम्भीर कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीनजना कामदार घाइते भएका हुन् । घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था सामान्य रहेको र एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताए । शनिबारदेखि नै टावर खोल्ने काम शुरु गरे पनि बुधबारसम्म आधा टावर खोलिसकेको र बाँकी टावरलाई तारले सपोर्ट गरी बाँधेको अवस्थामा काम गर्ने क्रममा टावर अनियन्त्रित हुँदा ढलेको नगर प्रमुख चौधरीले बताए। टावरले च्यापेपछि डोजरले पर्खाल भत्काएर टावर हटाई घाइतेको उद्धार गरिएको बताइएको छ ।
ट्रकमा मोटरसाइकल ठोक्किँदा मृत्यु सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा बिहीबार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बिग्रिएर सडक किनारमा रोकिराखेको ना३ख ९०२४ नंको ट्रकमा स८प ७७१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय विपया दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते दासलाई तत्कालै उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो ममोरियल अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकल चालक सिरहाकै कल्याणपुर नगरपालिका–८ निवासी २७ वर्षीय सोनिया दास घाइते भएको र उनको को फूलकुमारी महतो ममोरियल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा ताप्लेजुङ। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ। ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको थियो। दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुवदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो। तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर पाथीभराको दर्शनका लागि ताप्लेजुङ आएको थियो। पाथीभरा दर्शन गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो । पाथीभराबाट उडेको केही मिनेट नबित्दै दुर्घटना भएको थियो। दुर्घटनाबाट राष्ट्रले एक होनहार नेता गुमाएको एक वर्ष भए पनि आज ताप्लेजुङमा कुनै स्मृतिका कार्यक्रम आयोजना भएनन्। यसैबीच अधिकारीको सम्झनामा पाथीभरा क्षेत्रमा पर्ने गोरुजुरेमा स्मृति पार्क बन्ने भएको छ । केन्द्र सरकारले अधिकारी स्मृति पार्क निर्माणकै लागि फुङलिङ नगरपालिकालाई रु ५० लाख र शहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापालाई रु २० लाख पठाएको छ । उक्त रकमले यो वर्ष नै विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्मृति पार्क निर्माणको कार्य अघि बढाइने फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए। रासस
१९ तोला सुनसहित दुई जना पक्राउ लहान । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका– १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको हो । प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प २६३२ नम्बरको मोटरसाइकललाई चेक गर्दा दुबैको साथबाट सुनको चार वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइछिपाइ राखेको करिब रु १५ लाख ५८ हजार मूल्य बराबरको अवैध सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। पक्राउ परेको सुनसहित दुबैमाथि कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माड्रमा बुझाइने प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । यस्तै प्रहरीको टोलीले सिरहाको कर्जन्हा नगरपालिका–३ जनक चोकबाट लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टडिया निवासी ३४ वर्षीय तीर्थबहादुर कार्कीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको टोलीले स१०प ३४०२ नम्बरको मोटरसाइकलमा सबार कार्कीलाई डाइलेक्स डिसी पाँच बोतल, नाइट्रोभेट ट्ययाब्लेट २२ पिस, स्पास्मो ट्याब्लेट १५ पिस लागुऔषधसहित पक्राउ गरेको हो ।
म्याराथुन दौडको उपाधि बस्नेतलाई भक्तपुर । जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिताको उपाधि वागीश्वरी माध्यमिक विद्यालयका अभिषेक बस्नेतले हात पारेका छन् । मध्यपुरथिमिस्थित शिक्षा विकास सञ्जालको पाँचौँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरिएको पाँच किलोमिटर म्याराथुन प्रतियोगितामा १९६ प्रतिस्पर्धीलाई पछाडि पार्दै बस्नेतले २१ मिनेट ५५ सेकेण्डमा दौड पूरा गरी नगद पुरस्कार रु २० हजारसहित उपाधि हात पारेका हुन् । मध्यपुरथिमि नगरपालिकालको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा सैनिक आवासीय माध्यमिक विद्यालयका नवीन्द्र कार्की दोस्रो र लिटिल गार्डेन सेकेण्डरी स्कूलका सरोज तामाङ तेस्रो भएका छन् । दोस्रो हुने कार्कीले रु १५ हजार र तेस्रो हुने तामाङले रु १० हजार नगद पुरस्कार हात पारेका छन् । त्यस्तै वागेश्वरी माविका लालबहादुर थापा, भक्तपुर इङ्ग्लिस स्कूलका आरुष यादव, आदर्श सेकेण्डरी स्कूलका ब्रियान गौतम, रेन्बो इङ्ग्लिस स्कूलका सिर्जनकुमार राना, गणेश सेकेण्डरी स्कूलका समीर गोलेले जनही नगद रु तीन हजार पुरस्कारसहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरे । सो अवसरमा उनले खेलकूद क्षेत्रको विकासका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै पारित गरेको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकूदको विकास गर्दै मध्यपुरथिमिलाई खेलकूदको हव बनाउने लक्ष्य लिएको बताए। यसअघि ‘म्याराथुन फर एजुकेशन २०७६’ भन्ने मूलनाराका साथ शङ्खधरचोकबाट शुरु भई सल्लाघारी, निकोसेरा, बाहाखाबजार हुँदै सानोठिमी खेल मैदान गठ्ठाघरमा पुगेर समापन भएको थियो । नगर प्रमुख श्रेष्ठले उद्घाटन गरेको प्रतियोगितामा ४९ विद्यालयका १९६ विद्यार्थीको सहभागिता रहेको शिक्षा विकास सञ्जालका अध्यक्ष वीरेन्द्र जयनाले जानकारी दिए । कार्यक्रमका सभापतिसमेत रहनुभएका जयनाले भक्तपुरमा पहिलोपटक अन्तरविद्यालय म्याराथुन प्रतियोगिता सञ्चालन गरेको र अब सञ्जालले हरेक वर्ष फागुन १२ गते यो प्रतियोगितालाई निरन्तरता दिने र अर्को वर्षदेखिको प्रतियोगितामा छात्राको म्याराथुन प्रतियोगितासमेत गरिने घोषणा गरे । सञ्जालका सचिव सूर्यबहादुर भण्डारीले सञ्जालको उद्देश्य, लक्ष्य र कार्यक्रमबारे जानकारी दिँदै भक्तपुरलाई उत्कृष्ट शैक्षिक हव बनाउने लक्ष्यका साथ सञ्जाल अगाडि बढेको बताए ।
कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु दैलेख । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ। रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् । जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ। जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ।
कलङ्कीमा ट्रकले ९ वटा सवारीलाई ठक्करदिँदा एक जनाको मृत्यु, ४ घाइते काठमाडौँ । काठमाडौँको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिएको जानकारी दिए । दुर्घटनामा घाइते भएका चार जनाको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पोखरा फेवातालमा डुंगा पल्टियो, ३ जनाको उद्धार, एकजना बेपत्ता पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्। पोखराको खपौँदी नजिकैबाट सँगै डुंगा चढेका ३ जनामध्ये एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेपत्ता हुनेमा काठमाडौँका सुमित लुइँटेल रहेका छन्। काठमाडौंबाट आएका ४ मध्ये ३ जनालाई नेपाली सेनाले रेस्क्यु गरेको छ। ऊनीहरुले सिङ्गल डुङ्गा लिएर गएका थिए। डुङ्गामा पानी भरिएर पल्टिएको प्रहरीले जनाएको छ।
घुस लिएको अभियोगमा अख्तियारद्वारा मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइञ्जिनीयर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ । कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनीयर रौनियारलाई पक्राउ गरेको हो । आयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायत र सोही कार्यालयका खरिदार रहेका शिवाराज उपाध्यायविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्वविपरीत उनीहरुले दुई करोड ९४ लाख ८९ हजार ९७१ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ । आयोगले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
लागुऔषध नियन्त्रणमा पहल तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुख्य प्रवेशद्वार आँबुखैरेनीमा मुख्य समस्याका रुपमा रहेको लागुऔषध दुव्र्यसनी रोकथामका लागि प्रहरीले सचेतना कार्यक्रम अगाडि बढाएको छ । राजमार्ग हुँदै लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढ्न थालेको र त्यसले समाजमा नकारात्मक असर पर्ने गरेको भन्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको हो । समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत लागुऔषधविरुद्ध प्रचारप्रसार तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । अभियानअन्तर्गत सोमबार आँबुखैरेनी गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, विद्यालयका प्रधानाध्यापक, सर्वसाधारण लगायतको उपस्थितिमा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी निरीक्षक सुवेदीले लागुऔषध दुव्र्यसनी, यसको असर, कारण तथा लागुऔषधसम्बन्धी कानूनी व्यवस्था र गाउँपालिकामा लागुऔषधको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले लागुऔषध नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकामा जोड जोड दिए।
बाबुले छोरीलाई हाडनाता करणी गरेपछि जन्मकैद दमौली । तनहुँ जिल्ला अदालतले हाडनाता सम्बन्धमा भएको बलात्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस्ने अभियुक्तलाई जबर्जस्ती करणी र हाडनातामा जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए। अभियुक्तविरुद्ध जबर्जस्ती करणी उद्योग तथा हाडनाता करणीमा गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरिएको थियो ।
भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ। ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बी एन्ड बी अस्पताल ग्वार्को ललितपुर लगिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने सवारीसाधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई हाल सूर्यविनायक–१० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा शिवरात्रिको भव्य समारोह डिसी नेपाल वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा महाशिवरात्रि पर्व निकै धुमधामका साथ मनाइएको छ । फेब्रुअरी २१ तारिख शुक्रबार सांझ सो मन्दिरमा भगवान शिवको विशेष पूजा आराधना भएको थियो । मन्दिर व्यबस्थापन समिति, नेपाल एजुकेशन तथा सांस्कृतिक केन्द्रका अनुसार, विहान सबेरैदेखि डिसी, भर्जिनिया र मेरिल्याण्ड क्षेत्रका नेपाली धर्मावलम्बीहरुको निकै घुइचो लागेको थियो । दर्शनार्थीहरुलाई विशेष पूजा गर्ने सुविधासहित सजिलै भगवानको दर्शन गर्न पाइने व्यबस्था व्यबस्थापन समितिले गरेको थियो । दर्शनार्थीहरुले विहानैदेखि पूजा आरधना गरे पनि आयोजक संस्थाले सांझ ६ बजेर ३० मिनेटदेखि बेलुकी ९ बजेसम्मलाई शिवधुनीसहित भजन किर्तनको कार्यक्रम तय गरेको थियो । यसबीचमा योग गुरु सुबर्ण पन्तको सहजीकरणमा नटराज नृत्य तथा ध्यानको कार्यक्रम र त्यसपछि पंडित खिलराज पंडित द्वारा पूजा आरती गरी अन्त्यमा प्रसाद वितरण गरिएको थियो । भगवान शिवको नामका विभिन्न भजन कीर्तनसहित सम्पन्न शिवरात्रि समारोहमा भक्तजनहरुका लागि पूजाको प्रसादसमेत वितरण गरिएको थियो । त्यसैगरी परम्परादेखि चलेको भगवान शिवका नाममा सार्वजानिस्थलमा आगो बाली धुनी जगाउने काम पनि सो दिन सांझ मन्दिर परिसरमा सम्पन्न भएको थियो । नेपाल एजुकेशन तथा सांस्कृतिक केन्द्रका (एनईसीसी) प्रेसिडेन्ट खिलेन्द्र न्यौपानेले भक्तजनहरुलाई धन्यवाद दिदै कार्यक्रमको आरम्भ गर्नुभएको थियो ।
फरार अभियुक्त २१ वर्षपछि पक्राउ काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरिका गोविन्द लामालाई आइतबार पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विसं २०५५ मा जिल्ला अदालत काठमाडौँले चार महिना २८ दिन कैद र सजाया र दुई हजार जरिवना तोकिएको लामालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका लामासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमानकाे हत्या अभियोगमा श्रीमती पक्राउ काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा मृतककी श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । पक्राउ परेकी कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट आइतबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए। गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई फागुन ८ गते पक्राउ गरिएको थियो । गत माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए । श्रीमान् मृत अवस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमानलाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । निरीक्षक सुवेदीका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।
पोखरा रङ्गशालाको काम अन्तिम चरणमा, चैतभित्र सम्पन्न हुने चिप्लेढुङ्गा । आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रङ्गशालालाई नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा समेत लिइन्छ । भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा इन्डियाले नेपालको एम ए कन्सट्रक्सन कान्तिपथ काठमाडौँसँग संयुक्त लगानीमा रु एक अर्ब २८ करोडको लागतमा उक्त निर्माण कार्यको जिम्मा लिएको हो । प्रारम्भिक सम्झौताअनुसार उक्त रङ्गशालामा १६ हजार पाँच सय दर्शक क्षमता भनिए पनि भविष्यमा हुन सक्ने दर्शकको चापलाई ध्यानमा राखेर अहिले २० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको रङ्गशालाका आयोजना प्रबन्धक इन्जिनीयर दीपक बरालले जानकारी दिए । उनले भने “हामीले अहिले चैतसम्म १६ हजार पाँच सय क्षमताको मात्र सम्पन्न गर्नेछौँ । बाँकी अर्को सम्झौताबाट काम अघि बढ्छ ।” गत वर्ष फागुन २४ गते शिलान्यास गरिएको उक्त रङ्गशाला २०७६ असार मसान्तमा सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौतमा चार महिनाभित्र सम्पन्न गर्ने भनिए पनि रङ्गशालामा हुने विभिन्न खेल गतिविधिले गर्दा निर्माणकार्यलाई बाधा पु¥याएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय मापदण्डानुसार निर्माण गरिएको पोखरा रङ्गशालामा आम दर्शक, भिआइपी, अपाङ्गता भएका दर्शक र मिडियाका लागि उपयुक्त हुने गरी निर्माण गरिएको बरालले जानकारी दिए । उनले भने, “१३ आँै साग प्रतियोगिताका लागि आवश्यक तयारीलाई मात्र जोड दिएर खेल सम्पन्न ग¥याँै, त्यसयता रङ्गशालाको काम धमाधम भइरहेको छ । अहिले करीब ९० प्रतिशत काम सकिएको छ ।” बरालले चैत महिनाभित्र रङ्गशालाको काम सम्पन्न गरिसक्ने जानकारी दिए । एक सय पाँच मिटर लम्बाइ र ६८ मिटरको चौडाइ रहेको फुटबल मैदानमा आठ र १० लेनको सिन्थेटिक ट्र्याक रहेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले चैतभित्र सम्पन्न गर्नलाई ताकेता गरिरहेको बताउनुभयो । उहाँले विभिन्न समयमा हुने मेघा इभेन्टले पनि यसको निर्माण कार्यमा अवरोध पुगेको बताए । पोखरामा फागुन २२ देखि चैत १ गतेसम्म १८आँै संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ हुँदैछ । उनले आहा गोल्डकपका लागि १३ हजार क्षमताको प्यारापिट निर्माण भइसक्ने जानकारी दिए । रङ्गशालाका लागि सिन्थेटिक ट्र्याक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट झिकाइएको गुरुङको भनाइ छ । खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशका पूर्वअध्यक्ष केशव पाठकले रङ्गशालाको निर्माण कार्यलाई अब ढिला गर्न नहुने भन्दै चैतभित्र सक्नुपर्ने बताए । उनले पछि थपिएको तीन हजार पाँच सय सिट क्षमताका लागि बोलपत्र आह्वान गरेर नवाँै राष्ट्रिय खेल अगावै सम्पन्न गर्नुुपर्ने बताए । पोखरा रङ्गशालाबाट देखिने माछापुच्छ«को सुन्दर दृश्यावलोकनले पनि यसको सुन्दरता थपेको छ भने यसलाई आकर्षक बनाउन विभिन्न विज्ञको सल्लाह र सुझावलाई लिएर तयार गरिएको छ । फुटबल मैदानको छेउमा सिन्थेटिक ट्र्याक राखिएको छ । रङ्गशालामा खेलाडीको चेन्जिङ रुम, भिआइपी, मेडिकल, मिडिया सेन्टर, १७ वटा शौचालय लगायतको सुविधायुक्त संरचनाहरु रहेका छन् ।
खैरो हिरोइनसहित पक्राउ धनगढी । कैलालीको बसपार्कस्थित अछाम होटलबाट खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउद रहेका छन् । उनीहरुबाट ५६० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंबह कार्कीले बताए ।
धादिङमा सिमेन्ट बोेकेको ट्रकको टायर पड्किँदा चालकको मृत्यु, सहचालक घाइते काठमाडौँ । धादिङमा सिमेन्ट बोेकेर काठमाडौँ आउँदै गरेको ट्रकको टायर पड्किँदा चालकको ज्यान गएको छ । उक्त दुर्घटनामा परी सहचालक घाइते भएका छन् । आज बिहान सवा ३ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेघाटमा पर्ने पृथ्वी राजमार्गमा वीरगञ्जबाट सिमेन्ट बोकेर बनेपातर्फ आउँदै गरेको ट्रकको टायर पड्किएर त्रिशुलीमा खस्दा चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार शालिमार सिमेन्ट बोकेको ना ५ ख ३७७७ नं. को ट्रक दुर्घटनामा परी मकवानपुर घर भएका चालक बिखे थोकरको ज्यान गएको हो । घाईते १८ वर्षीय सह चालक राजेश विक गजुरी अस्पतालमा उपचार भइहेको छ ।
पोखरामा कार दुर्घटना, घटनास्थलमै एकको मृत्यु ३ घाईते कास्की । पोखरामा शुक्रबार साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा–१७ बेलघारी बस्ने वर्ष २१ की जमुना क्षेत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा–१७ छोरेपाटन बस्ने वर्ष २१ की बिना थापामगर तथा उनका छोरा अन्दाजी तीन वर्षका अनिस थापामगर र मृतक महिलाकी छोरी घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए। क्षेत्रीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीको भनाइ थियो। दुर्घटनालगत्तै घाइतेलाई स्थानीयवासीले उद्धार गरी नजिकैको नमस्ते अस्पताल पुर्याएका थिए।
फरकफरक सवारी दुर्घटनामा पाँचजनाको मृत्यु काठमाडौं । भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका–२१ का ३० वर्षीय अनिल यादव ट्रक दुर्घटनामा मारिएका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उक्त कक्षबाट प्राप्त समाचारअनुसार बिहीबार र शुक्रबारका सवारी दुर्घटनामा मकवानपुरको थाहानगरपालिका–६ का ६६ वर्षीय मुक्तिनाथ विडारीको मोटरसाइकल दुर्घटनामा, दोलखा–कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा बसले ठक्कर दिँदा १० वर्षीय पुजन थामी र पोखरा महानगरपालिका–११ फूलबारी सडकमा स्कुटल दुर्घटना हुँदा भोजपुरका ३० वर्षीय काइँला राईको मृत्यु भएको छ ।
बाह्र किलो चरेशसहित पक्राउ नेपालगञ्ज । बाँकेको कोहलपुरमा प्रहरीले आज ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई पक्राउ गरेको हो । प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले उक्त परिमाणको चरेससहित कोहलपुर–१२ का ३२ वर्षीय आकाश आरसीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका आरसीलाई चरेशसहित पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका अभियुक्त र चरेस आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए।
अज्ञात समूहद्वारा दुई वटा डोजरमा आगजनी डोटी । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् । सायल गाउँपालिकामा जलाइएको डोजर गाउँपालिकाकै भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजर स्थानीय व्यक्तिले सडक निर्माणका लागि काठमाडौँबाट भाडामा ल्याएको भन्ने जानकारी प्राप्त भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “अज्ञात समूहले डोजर जलाएको भन्ने खबर आएको छ, कसले र किन जलाएका हुन् खोजी हुँदै छ ।” आगजनीका कारण सायल गाउँपालिकाको डोजरमा पूर्ण रुपमा क्षती भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजरमा सामान्य क्षती भएको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बास्कोटाको ७० करोड प्रकरण ओलिको अग्नी परिक्षा : डा. सुन्दरमणी दीक्षित काठमाडांै । संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै बिभिन्न ब्यक्त्तीहरुले आफ्नो धारणा .ब्यक्त गरेका छन। डाक्टर सुन्दरमणी दीक्षितले यसलाइ प्रधानमन्त्री केपी शर्मा ओलीको अग्नी परिक्षाको घडी बताएका छन। ‘भ्रष्टचार गर्दिन र भ्रष्टचार गर्नेको अनुहार हेर्दिन’ भन्ने पधानमन्त्रीको आफ्नै सरकारका मन्त्री तथा नजिकको मान्छे बास्कोटा माथि लागेको भ्रष्टाचार आरोपको छानबिन गरेर कारबाहि गर्न सके परिक्षामा उत्तिर्ण हुने र बाहना बनाएर बचाउ गर्न तिर लागे अनउत्तिर्ण हुने र सबैको नजरबाट गिर्ने पनि बताए । यस अघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा सबैलाई एकातिर र गोकुल बास्कोटा एक्लैलाई एकातिर राख्दा बराबर हुने भनि अभिव्यक्ती दिएका थिए । सामाजिक सञ्जालमा बास्कोटा र ओलीको सम्बन्धलाई लिएर धेरै टिका टिप्पणी भएका छन् । धेरै जसोले ओलीका विश्वास पात्रको रुपमा रहेका बास्कोटाको अडियो प्रकरणले ओलिलाई सम्म समस्या सिर्जना गरेको टिप्पणी गरेका छन् ।
सडकमा रोकेर राखेको कार तोडफोड गर्ने पक्राउ काठमाडौं । नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोकेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार तोडफोड गर्ने चितवन भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई बुधबार बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले मित्रनगर विकास तथा सुधार समितिका वरिष्ठ उपाध्यक्ष दीपककुमार सिङ्खडाको कार तोडफोड गरेको आरोपमा थापालाई पक्राउ गरिएको जानकारी दिए । “व्यक्तिगत रिसिइबीका कारण थापाले सिम्खडाको कारमा तोडफोड गरेको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने। पक्राउ परेका थापालाई मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं। विज्ञापन प्रसारण गरेको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज पौडेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नगरपालिकाको सूचना प्रकाशन गरेबापट प्रिमियर डिजिटल मिडिया प्रालिलाई भुक्तानी दिने क्रममा पौडेले सेवाग्राहीबाट रु एक लाख घुस लिएको आयोगले आरोप लगाएको छ। आयोगले बिजुलीको ट्रान्सफर्मर जडानपछि भुक्तानी दिने क्रममा सेवाग्रहीसँग घुस लिएको आरोपमा घ्याङलेख गाउँपालिका सिन्धुलीका इञ्जिनीयर दिलीपकुमार साहविरुद्ध पनि आरोपपत्र दायर गरेको छ। गाउँपालिकको विभिन्न वडामा ‘हाइटेन्सन’ र स्थानीय लाइन तथा ट्रान्सर्फमर जडान सम्पन्न भई अन्तिम कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने क्रममा निजले सेवाग्राहीसँग दुई लाख ३० हजार घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यसैगरी आयोगले भारतीय सीमावर्ती क्षेत्रबाट नून, तेल र चिनीलगायत समान ल्याउने क्रममा सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय सुखीपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ।
गुण्डागर्दीमा संलग्न पक्राउ काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ घर भई काठमाडौँ जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीसहितका व्यक्तिले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदारलाई हातहतियार देखाइ ज्यान मार्ने, हातखुट्टा भाँचिदिने धम्की दिएर त्रास फैलाएको र महिलालाई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । खोजीका क्रममा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई काठमाडौँको जडीबुटीबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । यसअघि तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको र सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको उनले बताए । तामाङलाई अभद्र व्यबहार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँं पठाइएको महाशाखाले जनाएको छ ।
प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ झापा । प्रहरीको असईमा जागीर लगाईदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के बस्ने २२ वर्षीय बिजय वाग्लेलाई झापा मेचीनगर नगरपालिका–६ बाट प्रहरीले पक्राउ गरेको छ । वाग्लेले प्रहरीको नक्काली परिचयपत्र देखाई सोलुखुम्बु र खोटाङका २ जनालाई केही समय अगाडिदेखि नै प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै दुबै जनाबाट गरी १ लाख ५० हजार रुपैयाँ ठगी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । वाग्लेलाई ठगी र सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत झापाको अनुमती लिई थप अनुसन्धान कार्य भइ रहेको छ ।
सुर्खेतको छिन्चुमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु, बजार अशान्त सुर्खेत। सुर्खेतको भेरी–गंगा नगरपालिका १२ मा रहेको छिन्चु बजारमा मंगलबार राति फोर्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ३ ख ६३५२ नम्बरको फोर्स गाडिले ठक्कर दिँदा भेरी–गंगा नगरपालिका ४ का ३२ वर्षीया राजु बोहोराको मृत्यु भएको हो। आफ्नो भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकी हिड्ने क्रममा पछाडिबाट आएको फोर्सले ठक्कर दिएपछि गम्भीर घाइते भएका बाहोरालाई उपचारका लागि बाँकेको नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्थायी ट्राफिक पोस्ट छिन्चुले जानकारी दिएको छ। बोहोराको मृत्युसँगै अहिले उक्त छिन्चु बजार अशान्त बनेको छ। चालकलाई कारबाहीको माग गर्दै छिन्चुबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु आफ्न्त तथा स्थानीयबासीले चल्न दिएका छैनन्। बजार पनि पूर्ण रुपमा बन्द भएको छ। फोर्स गाडी चालक र साहु फरार रहेकको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रपतिद्वारा ३२९ कैदीको कैद मिनाहा काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकी हुन् ।
दुर्घटनामा दुई भारतीयको मृत्यु सप्तरी । सप्तरीको बोदे बसाइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ । बोदे बसाइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिशाबाट आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोमा सवार दुई भारतीयको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारत जिल्ला अररिया मोतिहारी ग्राम पञ्चायत ७ का २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनकुनिया खातुनको मृत्यु भएको हो । हुसेनको घटनास्थलमै र खातुनको न्युरो अस्पताल विराटनगरमा उपचार गर्न लैैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।
null
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु कलैया। मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। उनले लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमा सोमबार मृत्यु भएको जानकारी दिए। मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र परीक्षणपछि अफन्तजनलाई बुझाउने प्रहरीले जनाएको छ । यसअघि डोरा पुलमा दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ।
अख्तियारद्वारा घुस लिएको अभियोगमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेकाले ३ करोड ९९ लाख ४४ हजार ३४२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । आयोगले आरोपी चौधरीलाई बिगोबमोजिमको असुली गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय लाना डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराले भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको भन्ने अभियोगका आधारमा ७ लाख २९ हजार ९४६ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहोराले सरकारी स्रोतबाट प्राप्त भएको रकमको दुरुपयोग गरेको पाइएको छ । त्यस्तै आयोगले गोरखा जिल्ला नेपाने माध्यमिक विद्यालय सिरानचोक–१ का प्रधानाध्यापक शिवकुमार साह समेतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्राविधिक सहायक सवइञ्जिनीयर विकास झासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगले शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका सवइञ्जिनीयर विकास झाविरुद्ध ११ लाख १० हजार र प्रधानाध्यापक शिवकुमार साहविरुद्ध १३ लाख २२ हजार २९२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
पत्रकार कमल पौडेलको सहयोगार्थ पहिलो दिननै २ हज़ार डलर उठ्यो , २० हजार डलर उठाउने उदेश्यले साताव्यापी अभियान चलाइने डिसी नेपाल भर्जिनिया, अमेरिका । व्लड क्यान्सरवाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारमा सहयोग पुर्याउने उदेश्यले वनाइएको गोफन्डमीमा पहिलो दिननै २ हजार डलर उठेको छ । २० हजार डलर उठाउने लक्ष्यका साथ वनाइएको गोफन्डमीमार्फत फेव्रुअरी २३, २०२० सम्म सहयोग गर्न सकिने छ । व्लड क्यान्सरको उपचारको लागि अहिले पत्रकार पौडेललाई सिभिल हस्पिटल मीनभवनमा भर्ना गरिएको छ । उहांको उपचारका लागि करिव ३० लाख रुपिंया लाग्ने अस्पतालले वताएको छ । गोफन्डमीमार्फत आइतवार सहयोग गर्नेहरुमा अमेरिकाको भर्जिनियावाट अग्नी खरेल ५ सय डलर, किशोर सापकोटा ५ सय डलर, भर्जिनियावाट डिसी नेपालका सम्पादक उमेश शर्मा १०१ डलर, पत्रकारहरु सुनिल दाहाल १ सय डलर, विष्णु शीतल १ सय डलर, गुणराज लुइटेल र सीता लुइटेल ५० डलर र पेन्सिलभेनियावाट लक्ष्मी घिमिरे १ सय डलर र भर्जिनियावाट सामाजिक अभियन्ता पर्शुराम भण्डारी १० डलर हुनुहुन्छ । पत्रकार पौडेललालाई गोफन्डमीको यो लिंक ….मा गएर सहयोग गर्न सवैलाई अपिल गरिन्छ । डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगको लागि गोफन्डमी खाता खोलिएको हो । पत्रकार पौडेलको सहयोगार्थ पहिलो दिननै १ हजार ५ सय ६६ डलर उठ्यो, २० हजार डलर उठाउने उदेश्यले साताव्यापी अभियान चलाइने https://www.gofundme.com/f/help-journalist-kamal-poudel?utm_source=facebook&utm_medium=social&utm_campaign=m_pd+share-sheet
बैधानिक, अवैधानिक सबै बासिन्दालाई अमेरिकी जनगणनामा सामेल हुन बानाको आग्रह डिसी नेपाल वासिंगटन डिसी । अमेरिकामा बसोवास गर्दै आएका नेपाली समुदायलाई केही सातादेखि नै शुरु हुन लागेको अमेरिकाको राष्ट्रिय जनगणनामा सहभागी हुन मेरिल्याण्डस्थित नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(वाना) ले आग्रह गरेको छ । मेरिल्याण्डको केटन्सभिलस्थित सेक्युरिटी बुलेवर्ड, एलिकट सिटीस्थित ज्ञानेन्द्र श्रेष्ठको घर कम्पाउण्डमा फेव्रुअरी १६ मा आयोजित प्रशिक्षण कार्यक्रममा वानाका प्रशिक्षक डा.कृष्ण ढकालले बैधानिक वा अबैधानिक जुनसुकै हैसियतमा अमेरिकामा बसेको भए पनि जनगणनामा नछुट्न आग्रह गरे । ‘जनगणना के,को कसरी र किन ?’ भन्नेबारे प्रस्तुतिकरण दिंदै डा. ढकालले भर्खर जन्मिएका बच्चादेखि हजुर बुवा, हजुरआमासम्म, कागजपत्र हुनेदेखि नहुनेसम्म सबैले नाम लेखाउनु पर्ने बताए । तर, उनले नाम दोहोर्‍याएर फारम नभर्न भने सबैलाई सचेत गराएका थिए । अमेरिकी सरकारको नीतिअनुसार हरेकबर्ष बुझाइने करको जम्मा रकममध्ये ४ खर्ब ७५ अर्ब अमेरिकी डलर रकम अमेरिकामा रहेका विभिन्न समुदायलाई समुदायको हितको कामकै लागि जनसंख्याअनुरुप समानुपातिकरुपले वितरण गर्ने भएकाले समुदायको हितका लागि पनि जनगणनामा सामेल हुनुपर्ने जानकारी कार्यक्रममा दिइएको थियो । अमेरिकी जनगणना व्युरोले जनगणनामा सामेल भएका व्यक्तिहरुको व्यक्तिगत विवरण अदालतलगायत कुनै पनि अन्य निकायले लैजान नसक्ने र त्यो अमेरिकी कानुनअनुसार अतिगोप्य हुने हुंदा अबैधानिक हुंदा हुंदै पनि नाम लेखाएको भन्ने कुरामा पीर गर्नुपर्ने अवस्था नरहेको जानकारी प्रशिक्षक ढकालले दिएका थिए । उनले नेपाली पहिचान र अस्तित्वका लागि पनि जनगणनामा सामेल हुन अनुरोध गरेका थिए । स्थानीय काउण्टीका जनगणना अधिकृत जोयले पनि डा.ढकालकै प्रस्तुतिकरणलाई समर्थन गर्दै कोही पनि जनगणनाबाट नछुट्न आग्रह गरेका थिए । वानाका अध्यक्ष सुवोधविलास पन्तको सभापतित्वमा र महासचिव किरण ढकालको संचालनमा भएको सो कार्यक्रममा मेरिल्याण्डका लागि नेपालका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, पूर्व पर्यटनदूत ज्ञानप्रसाद रिमाल, टेक सोसाइटीका अध्यक्ष नारायण कंडेल, सल्लाहकार महेश भट्टराई, वानाका पूर्वअध्यक्ष विजय श्रेष्ठ, पर्वत समाजका अध्यक्ष धन गुरुङ्गलगायत केटन्सभिल क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायको सभागिता थियो ।
चोरीको मोटरसाइकलसहित दुई पक्राउ काठमडौं । चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुई जनालाई आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक जनाले माघ २८ र अर्का मोटरसाइकल धनीले ३० गते मोटरसाइकल हराएको भन्दै निवेदन दिएका थिए । प्रहरीले विमललाई ललितपुरको एकान्तकुनाबाट र सानुकान्छालाई धादिङको सिम्लेफाँटबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ । यस्तै अर्को दुई चोरीको मोटरसाइकलसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
अविरल वर्षाका कारण यूकेमा बाढीको डर बीबीसी । यूकेमा निरन्तर अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण जीवनको क्षति हुनसक्ने सम्भावना रहेको भन्दै दक्षिणी वेल्समा रातो सङ्केत को चेतावनी जारी गरिएको छ। नदीहरूमा जलस्तर बढ्न थालेपछि यूकेभर ३०० वटाभन्दा बढी बाढीको चेतावनी जारी गरिएको छ। आइतवार रातिसम्मका लागि रातो सङ्केत ले जनाउने उच्च जोखिमको चेतावनी जारी गरिएको वेल्समा अग्निनियन्त्रकहरूले मानिसहरूको उद्धार गरेका छन्। स्कटल्यान्डमा बाढीले बगाएको एउटा गाडीबाट दुईजनाको उद्धार गरिएको छ। सन् २०१५ को डिसेम्बर २६ तारिख पछि यूकेमा यो स्तरको चेतावनी जारी गरिएको यो पहिलोपटक हो। सो चेतावनीले मानिसहरूलाई खतरनाक मौसमबाट बच्न र सकेसम्म यात्रा नगर्न सुझाव दिन्छ। यसैबीच इङ्गल्यान्डमा दुई, वेल्समा दुई र स्कटल्यान्डमा तीन गरी सातवटा खतरनाक बाढीको चेतावनी पनि जारी गरिएको छ। शनिवार १४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको यूकेको मौसम कार्यालयले जनाएको छ। त्यस्तै वेल्समा १४२ मिलिलिटर वर्षा भएको छ। यातायातमन्त्री ग्रान्ट शाप्सले स्काईन्यूजलाई यो मौसमसँग जुझ्न सरकारले काम गरिरहेको बताएका छन्। उनले अगामी वर्षसम्मका लागि यस्तो कार्यका लागि २.४ अर्ब पाउन्ड ६ वर्षे योजनामा राखिएकोमा आगामी वर्ष अर्को ६ वर्षका लागि त्यसलाई ४ अर्ब बनाइने बताए। यूकेभर सडक, रेल यातायात र वायुसेवामा प्रभाव परेको छ। आइतवार बिहान १७० उडान रद्द हुँदा कम्तीमा २५,००० यात्रुलाई असर परेको बताइएको छ। वेल्स, स्कटल्यान्ड र इङ्गल्यान्डमा केही रेल सेवाहरू बन्द गरिएका छन्।
दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा शनिबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । मृत्यु हुनेमा कारमा सवार बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका–२ का ५५ वर्षीय रियाजुल मिया रहेका छन् । उनको बुटवलस्थित जेनस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते सात जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए।
ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु हेटौंडा । मकवानपुरको मनहरीमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देही धकदही गाउँपालिका –३ घर भएका २६ वर्षीय अकबर खान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख २३७ नम्बरको गोरु बोकेको ट्रक मनहरी गाउँपालिका–६ सुनाचुरीमा भएको सो दुर्घटनामा खानको मृत्यु भएको हो । दुर्घटनामा रुपन्देही रोहनी गाउँपालिका–६ घर भएका ४० वर्षीय मकबुल महरु मुसलमान गम्भीर घाइते भएका छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताए । ट्रक चालक र सहचालक फरार रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
कर्मचारीले टेरेनन् भनेर सुख पाइँदैन : हिमाल शर्मा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ। अहिले मुलुकमा लामो समयपछि स्थिर सरकार गठन भएको छ। र, यो सरकारबाट जनताले धेरै अपेक्षा पनि गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा पनि सरकारको कामको विषयमा प्रश्न उठेका थिए। बैठकमा सरकारले गति लिन सकेन भन्ने हिसाबले धेरै चर्चा भएन। हामीले अब विकासका मोडालिटीहरुमा भिन्न ढंगले छलफल गर्नुपर्छ । अहिले सरकारका काम कारवाहीहरु विगतकै सरकारको निरन्तरता जस्तो गरी आएको छ। यसलाई हामीले क्रमभंग गर्नुपर्छ। किन भने यो असाध्यै बलियो जगमा उभिएको सरकार हो। यसमा कर्मचारीहरुले हामीलाई असफल बनाए अथवा मानेनन्, टेरेनन् भन्न अर्थले हामीले सुख पाउने वाला छैनौं। सरकारले यत्रो संघीयतालाई कार्यान्वयन गर्ने जुन कुरा थियो, त्यो गरेको छ। अहिले तीन तहमै सरकार छ। तीन तहमै कानून निर्माण गर्ने कुराहरु छन्। माथिसम्म विभिन्न कानून निर्माण गर्ने कुराहरु छन्। यी काम अहिले सरकारले सफलतापूर्वक सम्पन्न गरेको छ। अहिले एउटा फाउनन्डेसन बनाएको छ। जमिन मूनिको काम त जनताले देखेको छैनन् अहिले। अब हामी जमीनमाथि आउँदै छौं। जमीनमाथि आएपछि अनि सबैले देख्ने आकारमा सरकारको कामले गति लिन्छ। हामीले भनेको कुरा के हो भने यो सरकारले गर्न त गरेको छ। तर हामी जुन बेसमा उभिएका छौं, हाम्रो उद्देश्य के छ भने समाजवादका आधार तयार पार्ने भनेको छ। हामीले सामाजिक न्यायसहितको समृद्धि भनेका छौं। समृद्धिमा सामाजिक न्याय मिसाउने कुरा भनेको के हो भने त्यस्ता किसिमका कार्यक्रम आउनु पर्याे। निरन्तरताको विकासको मोडेलबाट गएर हामी ठिक ठाउँमा पुग्न सक्दैनौं भन्ने पनि हाम्रो छलफल भएको छ। सरकारले गरेको कामहरुलाई तलसम्म पुर्याउन नसक्नमा पार्टीपंक्ति नै छैन। पार्टी एकता भएको दुई वर्ष भइसक्दापनि पार्टीको कुनै गतिविधि छैन। पार्टी कार्यक्रर्ता नेताले त राम्रोसँग सरकाकारका काम कारवाहीको बारेमा बुझेका छैनन्। अनि त्यसको पुल भनेको नेता कार्यकर्ता हो। जनसमुदायले कसरी बुझ्न सक्छन्? सरकारले जति गर्न पथ्र्यो त्यो गर्न सकेन। हामीले के गर्यौं भन्दा पनि हामीले अब के गर्नुपर्छ भन्ने विषय महत्वपूर्ण हो। जनताले सरकारको कामले कामले गति लिएन भनेका छन्। जनताले ठूलो अपेक्षा राखेका छन्। अपेक्षा बमोजिमको भएको छैन भनेर जनताले भनिरहेका छन्। हामीले त्यस कुरालाई मध्यनजर गर्नुपर्छ। जनताको अपेक्षा अलि बढी नै छ। यो कम्युनिष्टको सरकार हो। दुई तिहाइको जगमा टेकेको बलियो सरकार हो। यो सरकारले धेरै गर्न सक्छ भन्ने कुरामा जनताले अपेक्षा राख्नु स्वभाविक हो। तर विकास नै नभएको भने होइन। पहिला भन्दा त अहिले काठमाडौं नै हेर्नुस्न पहिलाको तुलनमा त अहिले धेरै भिन्न पनि भएको छ। कामहरु छिटो÷छिाटो पनि भएका छन्। यो त निरन्तरता भयो। हामीलाई नयाँ मोडलको विकास चाहियो भन्ने हो। हामीले स्वास्थ र शिक्षा क्षेत्रमा के गर्यौं। जनताले के हेर्छन् भने सरकारी हस्पिटलमा जाँदा सरकारको अभिव्यक्ति खोज्छन्। सरकारी स्कुलमा जाँदा विद्यार्थी र अभिभावकले त्यो खोज्छन्। बाटोमा हिड्ँने बटुवाले खोज्छ। घरमा गृहणीले खोज्छन्। अड्डा अदालतमा सेवाग्राहीले खोज्छ। हामी सरकारमा भएकै कारण के परिवर्तन भयो त? अनुभव हुने गरी काम हुनु पर्यो भन्ने हो। हामीले जे बोलिन्छ त्यो काम हुनु पर्यो। जे गरिन्छ त्यो बोल्नु पर्यो भन्ने कुरा हो। हाम्रो पार्टी नै पूर्णतामा छैन्। पार्टीको विभाग नै पूर्णतामा छैन। कँहा कसरी छलफल गर्ने भन्ने सरकार पक्षको कुरा छ। कुनै पनि यस्ता किसिमका राष्ट्रिय महत्व राख्ने विषयमा विधेयक भए, यस्ता निर्णय पार्टीसँग छलफल गरेर र, पार्टीले एउटा धारणा बनाए पछि सरकारले काम गर्नु पर्ने हुन्छ। यसो नहुँदा पहिला सरकारले काम गर्छ अगाडि बढ्छ आलोचना हुन्छ। पार्टीपंक्तिले थाहा पाए कै हुँदैन। जनसमुदाय र बाहिरबाट आक्रामक भइरहेको हुन्छ। विरोधीले पनि आक्रमण गरिहाल्छ। अनि त्यस पछि अब बुझदा बुझ्दै ढिला हुन्छ। त्यसो हुनाले यस्ता किसिमका महत्वपूर्ण विधेयक वा यस्ता निर्णयहरु लिनु पर्दा पार्टीको निर्णयमा आधारित हुनु पर्छ। त्यसो भयो भने यदि सरकारले गलत नै रहेछ भने पनि पार्टीले जिम्मा लिन्छ। त्यसकारण यस्ता विषयमा सरकारले पार्टी पंक्तिसँग छलफल गरेर सुझाव लिएर कामहरु अगाडि बढाउनु पर्छ। नत्र भूमि विधेयक जस्तो समस्या आउन सक्छ । अहिले हामीले सरकारलाई दिने सुझाव के हो भने कामहरु त भइरहेका छन्। तर कामको गति बढाउनुपर्छ। अलि क्रमभंग गरेर नयाँ मोडालिटीमा जानु पर्छ। जनतालाई अनुभूति हुने गरी कामहरु देखाउनु पर्छ भन्ने चाँहि हो। अहिले जनताले आफूले देख्ने र अनुभव गर्ने गरी परिवर्तनको अनुभव गर्न चाहन्छन्। जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ। अहिले एमसीसीको बारेमा पनि निकै चर्चा र छलफल हुने गरेका छन्। यत्रो इस्यू आउँदा रुपमा सरकारले पार्टीको बैठक बोलाएर यो विषयमा छलफल गर्नुपथ्र्यो। त्यसका फाइदा र वेफाइदाका बारेमा पनि केलाउनु पर्छ। एमसीसी सम्झौतामा उल्लेख भएका केही आपत्तिजनक बुँदा छन् भने अमेरिकासँग कुरा गरेर ती बुँदा हटाउनुपर्छ। केही बुँदा संशोधन गरेर एमसीसीको सहयोग लिनुपर्छ।
चीन, भूटान र म्यान्माले एसीसी ईस्टर्न रिजन क्रिकेट नखेल्ने काठमाडौं । चीन, भूटान र म्यान्माले एसीसी ईस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी नहुने बताएका छन् । कोरोना भाइरसको कारण देखाउँदै तीनवटै देशको सरकारले उक्त प्रतियोगिता खेल्न खेलाडीलाई अनुमति नदिएपछि तीनै देशले अन्तिम समयमा आएर प्रतियोगिता खेल्न नसक्ने आयोजक राष्ट्रसमक्ष जानकारी गराएका छन् । पूर्वी क्षेत्रीय सो प्रतियोगितामा पुछारका तीन देश चीन, भूटान र म्यान्मा सहभागी नहुने भएपछि बाँकी पाँच देशको टोलीले मात्र प्रतिस्पर्धा गर्ने बताइएको छ । तीनवटै टोली क्रिकेटमा निकै कमजोर मानिन्छन् । प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एसिया टी ट्वान्टी छनोटमा भाग लिनेछन् । उक्त छनोट प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टी ट्वान्टी कप प्रतियोगिता खेल्नेछ । एशिया टी ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको लागि नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् । भुवनको चार वर्षपछि टोलीमा पुनरागमन भएको छ । सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बङ्गलादेशमा भएको इमर्जिङ एशिया कप खेलेका थिए । आइसिसी विश्वकप क्रिकेट लिग दुई खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन् । पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ ।
विद्युत प्राधिकरणका सहायक प्रबन्धक अख्तियारको फन्दामा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रमा कार्यरत सहायक प्रबन्धक शेरबहादुर सुनारलाई घुससहित नियन्त्रणमा लिएको छ । निजले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग ७५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ । प्रबन्धक सुनारले उक्त घुस रकम कार्यालयका सवारी चालक टेकबहादुर खड्कालाई लिन पठाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । निज खड्कालाई पिछा गर्दै जाँदा कमलामाई नगरपालिका–७ गैरीचोकबाट रङ्गेहाते र सहायक प्रबन्धकलाई कार्यालय नजिकैबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
स्वर सम्राट नारायण गोपालको सम्मानमा उनका गीतहरु ‘फोनोग्राफ फर्म्याट’मा उपलब्ध वासिङ्टन डिसी, अमेरिका । वाईल्ड याक रेकर्ड्सले स्वर सम्राट नारायण गोपालका कालजयी गीतहरुलाई आफुनो वेवसाईटमा रि–स्टोर गरेको छ। नारायण गोपालका १० कालजयी गीतहरुलाई ‘फोनोग्राफ फर्म्याट’मा रेकर्ड गरेर उपलब्ध गराएको हो। ती गीतहरुमा एउटा मान्छेको, यति धेरै माया, केही मिठो बाट गर, आजभोली हरेक साँझ, पर्खिबसेँ आउला भनी, तिमीले भनेका, मलाई नसोध, यो सम्झिने मन छ, मेरो बेहोसी र मोहनी लाग्ला है रहेका छन्। वाईल्ड याक रेकर्ड्सले नारायण गोपालको सम्मानमा उक्त गीतहरुलाई रि–मास्टर्ड गरेर आफ्नो वेवसाईटमा राखेको जनाएको छ। ती गीतहरु www.wildyakrecords.com मा उपलब्ध रहेका छन्। विस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस
तस्करीका कपडाको गाडी सहित चालक पक्राउ झापा । झापा प्रहरीले ६० लाख बराबरको अवैध रुपमा भित्र्याउन लागिएको सारी र अन्य कपडाको चाङ बरामद गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी गाडी सहित सामान र चालकलाई सार्वजनिक गरेको हो । झापा जिल्लाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार बिहीबार बिहान अन्दाजी ८ः५० बजेको समयमा विशेष सुराकीका आधारमा मेचीनगर नगरपालिका वडा नं. १२ धाइजन स्थित मेची राजमार्गबाट चालक सहित गाडीलाई नियन्त्रणमा लिइएको थियो । उनले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज १८०७ नं.को महिन्द्रा कम्पिनीको बोलेरो पिकअप भ्यानमा लुकाइ छिपाई भन्सार नतिरी लाएको सामान आवश्यक कारवाहीको लागि क्षेत्रिय राजस्व कार्यालय इटहरीमा पठाइएको बताए । बरामद गरिएको सामानमा धेरै जसो महिलाको पहिरन रहेको एसपी कोइरालाले जानकारी दिए
गोल्छाले नै किन उठाए महासंघप्रति आर्थिक अनियमितताको प्रश्न ? काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफ्नै संस्था महासंघप्रति आर्थिक अपारदर्शिताको गम्भीर प्रश्न उठाएका छन्। उनले महासंघको अकाउन्टिङ प्रणाली अपारदर्शी भएको खुलासा गरेका हुन्। विराटनगरमा बिहीबार आयोजित महासंघकै एक कार्यक्रममा सार्वजनिक रुपमा बोल्दै उनले भने– हाम्रो अकाउन्टिङ सिस्टम अपारदर्शी छ, जुन कुरा यहाँ बोल्दा पनि मलाई लाज लागेर आउँछ। उनले नेपाल उद्योग वाणिज्य महासंघ एक सार्वजनिक संस्था भएकोले यसको वित्तीय प्रणाली पनि पारदर्शी हुनुपर्नेमा वर्तमान नेतृत्वले त्यसो गर्न नसकेको आरोप लगाएका छन्। उनले भने– म आफैले मेरो संस्थाको अकाउन्ट रिपोर्ट मागेको थिएँ, जुन प्राप्त भएको छ, त्यसलाई हेर्दा र यहाँ तपाईँहरुसँग खुलासा गर्दा पनि बडो लाजमर्दाे अवस्था छ, त्यसैले म यहाँ सबैकुरा भन्न पनि सक्दिन।’ गोल्छा यसअघि नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष छन्। उनी अबको दुई महिनापछि अर्थात् आगामी चैतपछि महासंघको स्वतः अध्यक्ष बन्दैछन् । तर आफू दोस्रो व्यक्ति (सेकेन्ड मेन्ड) भएको संस्थाकै आर्थिक अनियमितताको बारेमा गोल्छाले यसरी प्रश्न उठाउनुलाई देशभरका उद्योगी व्यवसायीहरुले भने बडो अचम्मका रुपमा लिएका छन्। चन्डीराज ढकालकाे "रवर स्ट्याम" बन्नुपर्ने डरले किशोर प्रधानकाे पक्षमा उभिएँ: शेखर गाेल्छा ९ महिनाभित्र तपाईंहरुले चाहेको जस्तै विधान संशोधन गर्नेछु, चन्डीराज ढकालकाे "रवर स्ट्याम" बन्नुपर्ने डरले किशोर प्रधानकाे पक्षमा उभिएँ: शेखर गाेल्छा Posted by Clickmandu on Thursday, February 13, 2020 भिडियाे साभार  क्लिकमाण्डु गोल्छाले हाल महासंघ निकै कमजोर रहेको र यसको साख इतिहासमै सबैभन्दा बढी गिरेको बताएका छन्। उनले सो कार्यक्रममा भने– हामी कमजोर भएका छौँ, हाम्रो सचिवायल कमजोर भएको छ जसका कारण संस्थाको साख गिरेको छ र हामीले कुनै प्रोजेक्ट गर्न पनि सकेका छैनौँ । वरिष्ठ उपाध्यक्ष गोल्छाले महासंघको अकाउन्टिङ सिस्टम नै अपारदर्शी भएका कारण नेपाल सरकार र विदेशी दाताहरुले पनि कुनै प्रोजेक्ट नदिएको खुलासा पनि गरे। उनले भनेका छन्– हामीमाथि उनीहरुको अपारदर्शीताको प्रश्न छ, उनीहरु सिधै तपाईँहरुको अकाउन्टिङ सिस्टम नै छैन भन्छन्, यो भन्दा लाजमर्दाे कुरा अरु के हुन्छ ? त्यसैले हामीलाई कुनै प्रोजेक्ट पनि प्राप्त भएको छैन, यसकारण पनि हामी अहिले निकै कमजोर भएका छौँ।’ गोल्छाले आफू दुई महिनापछि अध्यक्ष बन्न लागेकोले त्यसपछिको छ महिनाभित्र संस्थाको आर्थिक पारदर्शितालाई कायम राख्ने बताए। त्यसपछि आफूले संस्थाको विधान पनि परिवर्तन गर्ने उनले बताए । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुदासम्म १२ वर्षदेखि केन्द्रीय कार्यसमितिमा नै रही आएका छन्। तर आफू नै १२ वर्षसम्म कार्यकारी रुपमा रहेको संस्थामा भएको भनिएको यस्तो आर्थिक मुद्दामा उनी आफै पनि जिम्मेवार नरहेर आज आएर अध्यक्षमाथि मात्र यसरी सार्वजनिक रुपमा प्रश्न उठाउनुलाई विराटनगरकै उद्योग वाणिज्य महासंघकर्मीहरुले समेत गम्भीर रुपमा लिएको सोही कार्यक्रमपछि बताएका थिए।
घुस लिएको आरोपमा दुई जना पक्राउ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व)मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई बिहिबार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो ।
म्याराथनबाट पोखरालाई विश्व मानचित्रमा स्थापित गरिँदै कास्की । विश्वका विभिन्न चर्चित शहरको नाममा आयोजना हुने ‘सिटी म्याराथन’को अवधारणालाई अनुसरण गर्दै आएको ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले पोखरालाई विश्वमा चिनाउन मद्दत पु¥याएको छ । विसं २०५८ मा खेलकुदको विकास गर्ने उद्देश्यले स्थापना भएको भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आएको म्याराथनले अहिले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएको छ । शुरुआती चरणमा पोखरामा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने बाहेकका प्रतियोगिता नभएको अवस्थामा पहिलोपटक म्याराथन आयोजना गरिएको थियो । त्यसपछि मात्र फुटबल, भलिबललगायतका खेलका प्रतियोगिता यहाँ सञ्चालन गर्न थालिएको हो । पोखरा म्याराथनमा विदेशबाट समेत सहभागिता बढ्दै जानुले यस प्रतियोगिताले विस्तारै अन्तर्राष्ट्रिय आकार लिन थालेको हो । विदेशबाट समेत प्रतियोगिताका लागि सहयोग प्राप्त हुँदै आएको छ । म्याराथनले पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराउँदै लगेको छ । चर्चित धावकदेखि बालबालिका तथा वृद्धवृद्धासम्म ‘रन फर फन’मा सहभागी हुने भएकाले म्याराथन पोखराको उत्सवको रुपमा विकास हुँदै गएको छ । पर्यटकीय शहरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात पोखरा पछिल्लो समय खेल पर्यटन शहरको रुपमा स्थापित हुँदै गएको छ । विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु समेत यहाँ सञ्चालन भएसँगै खेल पर्यटनको उर्वर भूमि बन्दै गएको अवस्थामा म्याराथनले खेलकुद विकाससँगै पर्यटन प्रवद्र्धनमा सघाएको छ । विदेशका विभिन्न शहरमा आयोजना भएका म्याराथन देखेका पूर्वखेलाडीहरुले दुई दशक अघि पोखरालाई समेत म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउने उद्देश्यसहित प्रतियोगिता शुरुआत गरेका थिए । मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलकुदको महत्वबारे जनचेतना जगाउने र समाजमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यसहित म्याराथनको थालनी गरिएको बताए । “हामीले लण्डन, टोकियो, पेरिस, न्यूयोर्क तथा बोस्टनका म्याराथन देख्यौँ । जहाँ हजारौँ मानिस विदेशबाट सहभागिताका लागि पुग्दछन् । म्याराथनको माध्यमबाट पोखरालाई पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित प्रतियोगिता शुरु गरेका थियौँ” रानाभाटले भने । खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुद शहरको रुपमा परिचित गराउँदै आर्थिक गतिविधि बढाउन प्रतियोगिताले मद्दत पुगेको मञ्चका अध्यक्ष तेज गुरुङ बताए । म्याराथन पोखरेलीको एक पर्वको रुपमा स्थापित भएको बताउँदै उनले भने,“प्रत्येक घरबाट जसरी धावकहरुलाई स्वागत गरिन्छ, ठूलो सङ्ख्यामा सहभागिता हुन्छ । यसबाट पनि प्रमाणित भएको छ म्याराथन पोखरेलीका लागि एक पर्व हो ।” मञ्चले विश्वका चर्चित धावकहरुलाई समेत यसमा सहभागी गराउने लक्ष्यसहित पुरस्कार राशिमा समेत वृद्धि गर्ने योजना बनाएको छ । आकर्षक पुरस्कार राशि भएको खण्डमा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत बढीभन्दा बढी धावकहरु सहभागी हुने विश्वासका साथ आगामी तीन वर्षभित्रमा कम्तीमा पनि रु १० लाख पुरस्कार राशि पु¥याइने गुरुङले जानकारी दिए । १४औँ संस्करणको तयारी पूरा यही फागुन ३ गते आयोजना गरिएको १४औँ संस्करणको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको मञ्चले जनाएको छ । आज पत्रकार सम्मेलन गरी मञ्चले यसपटक समाजका विभिन्न क्षेत्रबाट गरी सात हजार जना दौड्ने जानकारी दिएको हो । त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सामाजिक सङ्गठन (युनेस्को)का पूर्वअध्यक्ष डेभिडसन हेप्वर्नको नेतृत्वमा विश्व शान्तिको कामनासहित विभिन्न १३ देशका २१ जना विदेशी धावकहरु पिस टर्चसहित दौडने बताइएको छ । प्रतियोगितामा म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, पाँच किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएकाका लागि ४०० मिटर पुरुष तथा १०० मिटर महिला र १०० मिटर दृष्टीविहीन ह्विल चियर दौड प्रतियोगिता गरी आठ इभेन्टमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए । म्याराथनमा प्रथमलाई रु दुई लाख, द्वितीयलाई रु एक लाख, तृतीयलाई रु ७५ हजार र सान्त्वनालाई रु १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । यस पटकको विजेताले बेलायतमा आयोजना गरिने म्याराथनमा समेत सहभागिताको अवसर प्राप्त गर्ने बताइन्छ । त्यस्तै, १० किमी पुरुष तथा महिला दौडमा प्रथमले रु १० हजार, द्वितीयले रु सात हजार र तृतीयले रु पाँच हजार तथा पाँच किलोमिटर छात्र–छात्रा दौडमा प्रथमले रु १० हजार, द्वितीयले रु सात हजार र तेस्रो हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
एयरबसको घाटा १ अर्ब ३६ करोड युरो पेरिस । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए४००एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको हो । कम्पनीले आफ्नो सञ्चालन खर्चमा भने करिब ७ अर्ब युरो नाफा भएको जनाएको छ । सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने करिब ८८० वटा व्यावसायिक बिमान बिक्री गर्ने योजना बनाएको छ । “हामीले सन् २०१९ मा राम्रै प्रगति गरेका हौं । हामीले व्यावसायिक बिमान निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौं, र ग्राहकको विश्वास जित्न सफल भएका छौं ।” एयरबसका प्रमुख कार्यकारी अधिकृत गिलम फरीले बताए । एयसबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुङ्ग्याउन बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकालाई ३ अर्ब ६० करोड युरो भुक्तानी गर्न सहमति जनाएको छ ।
लागुऔषधसहित पाँच जना पक्राउ भक्तपुर । भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए। लागुऔषध नाइट्रोपाम ३३० ट्याब्लेटसहित सिन्धुपाल्चोकको यमुनाडाँडा–४ बस्ने २६ वर्षीय रामकुमार खड्का, सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २५ वर्षीय राधे मग्राती र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बस्ने १९ वर्षीय सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । त्यसैगरी प्रहरीले लागुऔषधसहित डाइजोपाम ३७ थान र फेनेरागन ३० थानसहित सूनपा–१ सिरुटारमा घर निर्माणको काम गर्दै आएका दुई जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले मोरङको कञ्चनबारी गाउँपालिका–९ घर भई हाल काठमाडौँ थानकोट बस्ने ३१ वर्षीय मनोज अधिकारी र भारतको मोतिहारी जिल्ला घर भई हाल सिरुटार बस्ने ४३ वर्षीय मनेजर शर्मालाई पक्राउ गरेको गिरीले बताए ।
भरुवा बन्दुकसहित पक्राउ जाजरकोट । भरुवा बन्दुकसहित डोल्पा प्रहरीले एकलाई पक्राउ गरेको छ । नियमित गस्तीको क्रममा रहेको प्रहरीले ठूलीभेरी नगरपालिका–२ लोचा जङ्गलमा पुग्दा ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षीय खडकबहादुर रोकायलाई हतियारसहित पक्राउ गरेको हो । उनको साथबाट एक थान भरुवा बन्दुक, घरेलु चक्कु एक थान, बारुद ७८ ग्राम, पासो एक थान, केभ नौ थान र सिसाको छर्रा १९ थान बरामत गरेको डोल्पा प्रहरी प्रमुख नारायण रन्जितकारले जानकारी दिए । मंगलबार पक्राउ परेका रोकायलाई जिल्ला अदालत डोल्पामा हतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
अवैध यौन सम्बन्धले लियो ज्यान विराटनगर । दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनु परेको छ । यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा एक महिलाको बेवारिसे शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले ती महिलाको हत्या भएको जनाएको छ। महिलाको ज्यान जानुको कारण अवैध यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ परेका सप्तरी जिल्ला मट्टिगढा घर भई मोरङको बूढीगङ्गा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई सार्वजनिक गरेको छ। मृतक महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको जनाएको छ। क्वालिटी नूडल्स उद्योगमा स्टोर इन्चार्ज भई कार्यरत साहको विगत तीन वर्षदेखि परियारसँग अवैध यौन सम्बन्ध रहेको अनुसन्धानमा पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले दिए। मृतक परियार आरोपित साहको डेरामा दैनिक जाने, खाना बनाइदिने, कपडा धोइदिने लगायतका घरेलु कार्य गर्ने गरेको र बेलाबेलामा घुम्न जाने गरेको खुलेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले दिए। आरोपित साहले आफूले हत्या गरेको स्वीकार गरेका छन्। मृतक परियारलाई यही माघ २१ गते फोन गर्दा नउठाएको, कोठामा ताल्चा लगाई सम्पर्कविहीन भएकाले खोज्ने क्रममा मोरङको बाँसबारीमा भेटी मोटरसाइलमा सँगै विराटनगर–१२ स्थित चक्रपथ हुँदै मलङ्गवाको पश्चिम उखुबारीमा आपसी विवादका क्रममा रिसको अवेगमा सलले घाँटी थिची बाँसलाई धारिलो हतियार बनाई हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। प्रहरीले माघ २४ गते बेवारिस अवस्थामा फेलाको परियारको शवलाई पहिचानका लागि स्थानीय एफएम रेडियो, सामाजिक सञ्जालमा सार्वजनिक गरेको दुई घण्टाभित्र सम्पूर्ण विवरण प्राप्त भएको प्रमुख अधिकारीले जानकारी दिए। परियारका श्रीमान् वसन्त परियार इलाममा काम गर्ने गरेको र श्रीमती हराएको सम्बन्धमा सोधिखोजी गर्दा साहको नामसहित जाहेरी इलाका प्रहरी कार्यालय मोरङको निमुवामा दिएकोमा अनुसन्धान कार्यमा सहज भएको प्रहरीले जनाएको छ। प्रहरीले मृतक परियारलाई घटनास्थलमा बोकेर लगेको साहले प्रयोग गर्ने मोटरसाइकल र मोबाइल दुई थान बरामद गरेको छ। मृतक परियारका १६ र १२ वर्षीय दुई छोरी छन्। परियारको हत्यारा पत्ता लगाउन प्रहरीले प्रशिक्षित प्रहरी कुकुरसमेत प्रयोग गरेको थियो। प्रहरीले आरोपी साहलाई थप अनुसन्धानका लागि जिल्ला अदालत मोरङमा म्याद थप गरेको छ।
पुनःस्थापना केन्द्रमा उपचार गराउन पुगेकी महिलामाथि गार्डले गिद्देनजर लगाएपछि… काठमाडौं। पुनःस्थापना केन्द्र भनेपछि सजिलै बुझ्न सकिन्छ त्यो एउटा सुरक्षित ठाउँ हो। समाजमा व्याप्त लागुऔषध तथा दुर्व्यनीमा फसेकालाई सुधार गृहमा राखिन्छ र नयाँ जीवन दिइन्छ। नयाँ जीवनका लागि पुनःस्थापना केन्द्रमा रहेकाहरु नै असुरक्षित हुन्छन भन्दा अच्चम लाग्न सक्छ। अच्चममा नपर्नुस्, काठमाडौंको बुढानिलकण्ठमा रहेको एक पुनःस्थापना केन्द्रमा रहेका सुरक्षा गार्डले नै बिमारी भएर आएका महिलालाई करणी प्रयास गरेको खुल्न आएको छ। महानगरीय अपराध महाशाखाले आइतबार एक जनालाई पक्राउ गरेपछि यो तथ्य खुल्न आएको हो। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी न.पा. वडा नं. १२ घर भएका २५ वर्षका विशाल भनिने रमेश प्रसाद वाग्ले रहेको प्रहरीले जनाएको छ। बुढानिलकण्ठ न.पा. वडा नं. ६ विष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुनःस्थापना केन्द्रमा व्यवस्थापक समेतको काम गर्ने सुरक्षागार्ड वाग्लेलाई विशेष सूचनाको आधारमा पुनःस्थापना केन्द्रबाट पक्राउ गरको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अभियुक्त वाग्लेले विभिन्न बहाना बनाएर एकान्तमा बोलाई सम्झाउने बनाहानामा महिलाहरुलाई अश्लिल हर्कत गर्ने, संवेदनशिल अंगहरुमा समाई पीडित बनाउदै आएका थिए। अभियुक्त वाग्लेलाई नियन्त्रणमा लिई करणी उद्योग गर्ने मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आरोपी वाग्ले हाल काठमाडौं प्रहरी परिसरको हिरातमा रहेका छन्।
सिन्धुलीको टोड्केमा दाउरा बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु सिन्धुली । दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्। मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु८३त ६८९० नंको ट्याक्टर अचानक ब्रेक फेल भई शनिबार दुर्घटनामा परेको थियो। दुर्घटनामा दुधौली नगरपालिका वडा नं १ गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। स्थानीय ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका थिए। घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विद्युतीय झड्काबाट एकको मृत्यु सिन्धुली । दुधौली नगरपालिका–१० पटियानिमा विद्युतीय झड्कामा परेर युवाको मृत्यु भएको छ । विद्युतीय झड्का लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको शनिबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका बताए । पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशारण लाइनमा रडले छुँदा कटुवाललाई विद्युतीय झड्का लागेको थियो ।
सवारी दुर्घटनामा १९ घाइते दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा आज बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठक्कर खाँदा बस चालकसहित १९ यात्रु घाइते भएका हुन् । दुर्घटनामा घाइते बस चालक चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ का ४२ वर्षीय किरण काफ्लेसहित १९ यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । बस चालक काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ । ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा छ । यसैगरी पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा गए राति भएको कार दुर्घटनामा छ जना घाइते भएका छन् । कावासोतीबाट पोखरातर्फ आउँदै गरेको बा १३ च ८४८१ नं को कार अनियन्त्रित भई सडकबाट पल्टदा छ जना घाइते भएका हुन् । घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
null
देउराली नजिकै बस र जीप ठोक्किदा एकको मृत्य राँझा । नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ। कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले दुर्घटनामा गम्भीर घाइते बाँके बैजनाथ गाउँपालिका–२ निवासी चौधरीको शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिए। दुर्घटनामा जीपका सहचालक मनोज चौधरी सहित अन्य छ जना सामान्य घाइते भएका छन्। रासस
कार सिकाउँदा एकको मृत्यु बैतडी । कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन् । मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन् । बा६प ९१९९ नंको सो कार दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित घुसल्ला मोड नजिककै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त कार मैदानभन्दा करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जन्तीबोकेको ट्याक्टर दुर्घटना तीनको मृत्यु चार घाइते गलकोट । बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा बिहेको जन्ती लिएर आएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । म्याग्दी मालिका गाउँपालिका–२ का वर्ष ४८ का मनप्रसाद पुन, वर्ष २९ को चालक रमेश घर्ती, वर्ष ४२ का खगेन्द्र पुन र वर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ । ट्याक्टरमा २०/२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताए । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तीन दिन भइसक्दा पनि उठेन वडाध्यक्षको शव अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पद्मबहादुर धामीको शव फेलापरेको तीन दिन भइसक्दा परीक्षण हुन सकेको छैन । धामीको २१ गते बिहान गैरीगाउँस्थित गोठछानामा शव फेला परेको थियो । हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण शवको परीक्षण हुन नसकेको हो । “घटनाको मुचुल्का बनाएर शव परीक्षण गरी थप अनुसन्धान अगाडि बढाउने विषयमा छलफल भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “अहिले पनि नगर प्रमुख, उपप्रमुख, पीडित पक्षसहित स्थानीय अगुवाको टोली छलफलमा छ ।” बुधबार बिहानदेखि नै स्थानीयवासी घटनाको सत्यतथ्य छानविन र दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलन रोकेर शव परीक्षण गरी अनुसन्धान अघि बढाउने विषयमा पटकपटक छलफल चले पनि निष्कर्ष निस्किएको छैन । हत्याको विरोधमा बुधबार बिहानैदेखि विनायकबजार पूर्णरुपमा बन्द रहेको छ भने बिहीबार पनि विनायकमा प्रदर्शन जारी छ । प्रदर्शनका कारण मध्यपहाडी लोकमार्गमा सवारी आवागमन बन्द भएको छ । आफन्तले हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले ढिलाइ गरेको भन्दै बिहीबार पनि विनायक बजार बन्द गरेका हुन् । प्रहरीले सिआइबीको विशेष टोली, तालीमप्राप्त कुकुर परिचालन र फोन कल रेकर्डिङका माध्यमबाट अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता अवस्थीले जानकारी दिए ।
जलाएर मारिएका व्यक्ति भारतीय सुरुङ्गा । परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् । शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औंठी, चप्पल, स्वीटर र औंलाका आधारमा आफ्ना श्रीमान् भएको भन्दै सनाखत गरेसँगै जलाएर मारिएका व्यक्ति सुभान नै भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । नचिनिने अवस्थामा शव फेला परेपछि शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले शव परीक्षणमा पठाएको थियो । शव पहिचानका लागि उनकी श्रीमती सुषमासहित सासू र ससुरालाई मङ्गलबार नै इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले आज तारेखमा छाडेको छ । प्रहरीले शवको मुचुल्का उठाउन सङ्घीय एकाई प्रहरी कार्यालय धरानबाट तालीमप्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय एनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । उनले भने, “घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।” मजदूरी पेशा गर्दै आएका सुभान ससुरालीमा बसेका थिए । केही महिना अघि सुभान र सासू रहानाबीच घरायासी विवाद भएपछि उनी ससुराली छाडेर एक्लै डेरामा बस्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् ।
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित दाङ । घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कबुनै ध्यान नदिँदा अहिले स्थानीयवासी त्यसको विरोधमा उत्रिएका छन्। सिमेन्टको धुवाँ, धुलो र ध्वनिले आजित भएपछि त्यहाँका स्थानीयवासीले उद्योग प्रभावित वातावरण संरक्षण तथा सरोकार समिति नाम दिएर २०७१ सालदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन्। घोराही–४ लक्ष्मीपुरका स्थानीयवासी दिलबहादुर घर्तीले उद्योगकै कारण अब खेतीपाती गरेर खान नसकिने अवस्था आएको बताए। “बारीमा तरकारी रोपे पनि खान मिल्दैन । तरकारीको पातभरि सिमेन्टका धुलो जमेका हुन्छन्”, उनले भने, “पहिले गाउँमा कति धेरै फलफूलहरु उत्पादन हुन्थ्यो तर अब लिची, कागती, आँप सबै फल लाग्दै गर्दा झरेर जान्छन् केही पनि फल्दैन।” उद्योग नजीकका स्थानीयवासी एवम् वातावरण सरोकार समितिका सदस्य डा. गोविन्द आचार्यले उद्योग चौबिसै घण्टा चल्ने र रातको समयमा बढी ध्वनि र धुवाँ निकाल्ने हुँदा आफूहरुलाई निदाउनै मुस्किल भएको बताए । “हामीले उद्योगलाई बारम्बार राति छ घण्टा मात्रै भए पनि ध्वनि रोक्नुस् भनेका छौँ तर बेवास्ता गर्दै आएको छ”, उनले भने, “उद्योगबाट निस्कने धुवाँ बढेको हुँदा बाँच्नै मुस्किल परेको छ ।” घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालिले भने सिमेन्ट उद्योग सरकारले तोकेको मापदण्डमा रही सञ्चालनमा रहेको दाबी गरेको छ। स्थापनाकालमा एक हजार २०० मेट्रिक टन प्रतिदिन सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले दैनिक दुई हजार मेट्रिक टन उत्पादन गर्न थालेको छ । सगरमाथा सिमेन्टका नाममा उद्योगले अहिले आफ्नो उत्पादन बजारमा पठाउँदै आएको छ । उद्योग नजिकै रहेको डाडाँगाउँ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क सुनारले उद्योग स्थापनापछि विद्यार्थीमा शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने जस्ता समस्या देखिएको बताए । उद्योग छेउमै रहेको स्वास्थ्य चौकीमा पनि यसखालका बिरामी धेरै आउने गरेको स्वास्थ्यकर्मी बताउँछन्। सिमेन्ट उद्योगका जनप्रशासन प्रमुख विकास शर्माले सिमेन्ट उद्योग सरकारबाट तोकिएको मापदण्डको पूर्ण दायरामा रही सञ्चालनमा रहेको बताए । उनले आफूहरुले स्थानीय नागरिकलाई क्षमता र सीपका आधारमा रोजगारी दिने, सामाजिक उत्तरदायित्व बहन गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनमा सजग रही वृक्षरोपणलगायत प्रदूषण नियन्त्रणमा अत्यन्तै गम्भीर भई सिमेन्ट उद्योग सञ्चालन भइरहेको बताए । “हामी सिमेन्ट उद्योगबाट कोही कसैलाई पनि नकारात्मक प्रभाव पार्ने खालको काम गरेका छैनौँ, उद्योग सञ्चालनकै विषयमा यहाँहरुसमक्ष त्यस्तो केही भएजस्तो लाग्छ भने केन्द्रबाटै विज्ञ टोली मगाएर अध्ययन गर्न सक्नुहुन्छ”, उनले भने, “उद्योगमा जडित उपकरण र त्यस वरपरको वातावरण मापदण्डभित्र रही उद्योगलाई हरित बनाउने काम भएकाले उद्योग शतप्रतिशत ठीक ढङ्गले सञ्चालन भइरहेको छ।” सिमेन्ट उद्योगका जनप्रशासन प्रमुख शर्माले पछिल्लो समय उद्योगको क्षमता बढाएर चार हजार मेट्रिक टन प्रतिदिन उत्पादन गर्ने लक्ष्यअनुरुप हालै सरकारबाट इजाजत लिएर काम शुरु गरिएको जानकारीसमेत दिए । यस विषयमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले उद्योगले कानूनी प्रक्रिया शत्प्रतिशत पालना गरेर सञ्चालन गरेको भए पनि यसका व्यावहारिक पक्षलाई बुझेर उद्योग सञ्चालनमा ध्यान दिनुपर्ने बताए । उनले वातावरणीय प्रभाव मूल्याङ्कनलगायत पक्षमा उद्योगले नियमित काम गर्दै आए पनि स्थानीय नागरिकका समस्या बढ्दै जानुका कारणबारे गम्भीर बन्नुपर्ने बताए। उनले उद्योग सञ्चालन गर्न नदिने पक्षमा कोही पनि नरहेको भन्दै उद्योगलाई कसरी नागरिकमैत्री बनाउने, उद्योगका कारण पर्ने नकारात्मक प्रभाव कसरी निवारण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिने भन्ने विषयमा बढी संवेदनशील हुनु अति आवश्यक रहेकामा बताए । प्रजिअ गोविन्दप्रसाद रिजालले पटकपटक जनगुनासो बढेको हुँदा अनावश्यक रुपमा निस्कने धुलो, धुवाँ र ध्वनि प्रदूषणको तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन उद्योगलाई निर्देशन दिएको बताए । उनले भने, “धुलो, धुवाँ र ध्वनि अनावश्यक रुपमा निस्केर उद्योग वरपर बस्दै आएका नागरिकलाई असर गरेको छ भन्ने गुनासो धेरै नै आयो, के गरेर हुन्छ उद्योगले समाधान निकाल्नुपर्छ।” उद्योगले वातावरणीय प्रभावको असर कम गर्न विभिन्न प्रयास गरिरहेको, प्लान्ट जडान गर्दा प्रदूषण कम गर्ने उपकरण जडान गरेको दाबी गरेका हुँदा आफूले त्यसको अनुगमन गर्ने बताए । करीब चार अर्बको लगानीमा २०६२ सालमा घोराही सिमेन्ट उद्योग स्थापना भएको थियो।
नागढुङ्गाबाट २२ लाखको मोबाइलसहित विदेशी नागरिक पक्राउ काठमाडौं । प्रहरीले झण्डै २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई मंगलबार नागढुङ्गाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १ सय ८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ । काँकडभित्ताबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१ ००६–ख ०२४७ नम्बरको बस जाँच गर्दा दुईवटा सुटकेशमा हाली बसको डिकीमा लुकाएर ल्याएको अवस्थामा मोबाइल फेला परेको हो । मोबाइलको भन्सार पाससमेत नभएको पाइएको प्रहरीले जनाएको छ । नागढुङ्गानमा मोबाइल बरामद भए पनि खोज्दै जाँदा काठमाडौँको गोँङ्गबु बसपार्कबाट उनलाई पक्राउ गरिएको हो । प्रारम्भीक अनुसन्धानको क्रममा उक्त सुटकेश जिम्मा लिनको लागि सम्बन्धित धनी गोँङ्गबु बसपार्कमा आउने जानकारी पाएपछि नागढुङ्गाबाट प्रहरी निरीक्षक हेमन्त विक्रम थापा नेतृत्वको प्रहरी टोली बसपार्क आएको थियो । सोही क्रममा बसपार्कमा सुटकेस लिन आएका उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । उक्त मोबाइलको अनुमानित बजार मूल्य २१ लाख ७३ हजार ५ सय छ ।
जलाइएको शव फेला सुरुङ्गा । झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीनजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुष्मालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । तीनै जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सुष्माका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव भेटिएको सन्दर्भमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले भने– “जलेका व्यक्तिको हुलिया खुल्न नसकेर थप अनुसन्धानका लागि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानबाट तालीम प्राप्त कुकुर झिकाएर अहिले अनुसन्धान भइरहेको छ ।” स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले भने, “घटनाको विषयमा अनुसन्धान हुँदै छ । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँन लागेका छौंँ ।”
पर्वत समाज अमेरिकाको नयाँ कार्यसमिति गठन बाल्टिमोर, मेरिल्यान्ड सामाजिक सेवामा सक्रिय संस्था पर्वत समाज अमेरिकाको नयाँ कार्य समितिले आफ्नो कार्यभार सम्हालेको छ । सामाजिक अभियन्ता धन प्रसाद गुरुङ(बिरबल)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । सो समितिमा बरिस्ठ उपाध्यक्ष कृष्ण कुमार जोशी ,उपाध्यक्ष गोपाल चन्द्र लामिछाने निर्वाचित भएका हुन ।त्यस्तै महासचिव रमेश सुबेदी,सचिव दिपक रिजाल र श्याम गुरुङ कोषाध्यक्ष पदमा चयन् भएका हुन । त्यस्तै सदस्यहरुमा रमेश शर्मा (उमाकान्त), प्रबिण भण्डारी, चिरन्जिवी सुबेदी, नारायण ढकाल,सकुन्तला पुरी, सम्झना श्रेष्ठ चयन भएका हुन । त्यस्तै रविन शर्मा, भिम पुन शालिकराम बराल, खड्ग भण्डारी, जितेन गुरुङ पनि सदस्य पदमा छनौट भएका हुन । सुनिल पौडेल, हेमन्त मल्ल, बिष्णु शर्मा, तुलसी पौडेल, सन्दिप पुन, श्रीराम श्रेष्ठ समेत कार्यसमिति सदस्य हुन । सांगितिक कार्यक्रम सहितको बिशेष कार्यक्रम मार्फत रुद्र गुरुङ नेत्रित्व को निबर्तान कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी मेरिल्यान्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारीले पर्वत समाजले सामाजिक क्षेत्रमा गरेको कामको प्रसम्सा गरेका थिए । स्मरण रहोस, ह्यारी भण्डारीको नेपालको स्थाई ठेगाना पर्वत जिल्ला हो । भण्डारी अमेरिकाको मूल राजनीतिका निर्वाचित बिधान सभा सदस्य हुन । त्यस्तै स्थानिय सस्था बानाका अध्यक्ष सुबोध बिलास पन्तले नयाँ कार्यसमिति बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । सो कार्यक्रमका मुख्य आकर्षक ख्यातिप्राप्त गायक भगवान भण्डारीले आफ्ना चर्चित गीतहरु खैरेनिमा गेट, फूलमा भमरा,ब नमा काँडा छ गाइरहदा समारोह साच्चिकै सङितमय बनेको थियो । समारोहमा उपस्थित भएका सम्पूर्ण महानुभावहरुले नाचेर भगवान भण्डारीलाई साथ दिएका थिए । त्यस्तै चर्चित गायक तथा सन्कलक उदय भट्टराईले आफ्नो लोभै लाग्दो प्रस्तुतिले सबै उपस्थित जनहरुलाई मन्त्रमुग्ध बनाएका थिए । साथै लक्ष्मण पौडेल, श्रीजन ताम्राकार, कल्पना देवकोटाले समेत आफ्ना गीतहरु गाएका थिए । पर्वत जिल्ला बाट अमेरिका आई बिभिन्न ब्यापार ब्याबसाय पढाई र जागिर गरिरहेका पर्वत बासिहरुको, औपचारिक कार्यक्रमको सन्चालन सस्थाका सचिव रमेश सूबेदिले गरेका थिए । त्यस्तै सांगितिक कार्यक्रम, सन्चारकर्मि सन्देश कुमार खड्का ले सन्चालन गरेका थिए ।
सुर्खेतमा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, १३ जना घाइते सुर्खेत।  सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं  १४ को सिमाना फेदखोलामा मंगलवार बोलेरो जीप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ, १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कर्णली प्रदेश ००२–००१ ज ००१५ नम्बरको बोलेरो दुर्घटनामा परी बराहताल गाउँपालिका वडा नं ७ का ७४ वर्षीय दशरथ शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख सिजापतिका अनुसार १३ जना घाइतेको अहिले माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको छ । घाइते हुनेहरूमा मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेका छन्।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ बलघासमा ट्याक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । बडिगाड बलघासको बडिगाड खोलाबाट गैरीगाउँतर्फ ढुङ लिएर गएको ध १ त ३७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सहचालक आश्विन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उकालो सडकमा ट्याक्टर रोकी वेट राख्ने क्रममा ट्याक्टर अचानक गुडेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी सहायक निरीक्षक धर्मराज खनालले जानकारी दिए । खनालका अनुसार ट्याक्टर चालक सन्तोष परियारलाई भिमगिठे बजारबाट नियन्त्रणमा लिएको छ ।
भन्सार कार्यालयका नायब सुब्ब घुस सहित पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनकपुर भन्सार कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद राज अन्सारी रहेका छन् । अख्तियारले अन्सारीलाई सोमबार साँझ १ लाख ५० हजार घु्स सहित रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ पिडारी चोकबाट १ लाख ५० हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको जनाएको छ ।
धादिङबाट २० किलोग्राम लागुऔषध चरेस सहित ५ जना पक्राउ धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले २० किलोग्राम लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ । बेनिघाट रोराङ ४ स्थित मलेखु जाने आउने कच्ची सडकमा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरीकार्यालय गजुरी समेतबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए । पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काफलफेदी धादिङ बस्ने २८ वर्षका कुकलाल गोम्वो, १९ वर्षका भिमबहादुर गोम्वो, २२ वर्षका पासाङ तामाङ र ५० बर्षका कान्छामान स्याङतान रहेका छन । यसैगरी, म्याग्दी मालिका गाउँपालिका दरवाङका ३० वर्षका तिलक वि.क. रहेका छन्। उनीहरुबाट २० किलोग्राम चरेशसहित चरेस बनाउने केमिकल १ लिटर, २ लाख ४० हजार नगद र विभिन्न कम्पनीका ४ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पचपन्न किलो गाँजासहित ६ जना पक्राउ सिन्धुली । सिन्धुलीमा ५५ किलो गाँजासहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यही माघ १८ गते गाँजासहित छ जनालाई पक्राउ गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका व्यक्ति र गाँजाको परिमाणका बारेमा सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ घर भएका १८ वर्षीय सन्तोष स्याङ्तान, १८ वर्षीय आकाश बल, २४ वर्षीय अङ्कित मुक्तान, २४ वर्षीय सरोज स्याङ्तान, सिन्धुलीकै मरिण गाउँपालिका–२ निवासी ३५ वर्षीय तिलकध्वज मुक्तान र सर्लाही जिल्ला वाग्मती नगरपालिका–४ निवासी २४ वर्षीय श्रवणकुमार वाइवा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । सिन्धुलीमा नै गाँजा उत्पादन गरी अन्यन्त्र बिक्रीका लागि लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री र प्रहरी चौकी क्यानेश्वरका प्रहरी सहायक निरीक्षक भुवनेश्वर पाण्डेको संयुक्त टोलीले हरिहरपुरगढी गाउँपालिका–७ केमचुली कच्ची सडकस्थित क्यान भुताहा जाने सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको बताइएको छ । उनीहरुका साथबाट ना५८प ८५१, ना४६प २३१० र ज७प २४१६ नंको तीन थान मोटरसाइकल, ५५ किलोग्राम गाँजा, उनीहरुले प्रयोग गरेको मोबाइल, केही पैसा बरामद भएको उनले जानकारी दिए । सन्तोष स्याङ्तान र आकाश बलका साथबाट मोटरसाइकलको सिटमाथि लुकाइराखेको मेशिनले पेली तयारी अवस्थामा राखिएको तीन थान लागुऔषध गाँजा (१५ किलोग्राम), अङ्कित मुक्तान र सरोज स्याङ्तानका साथबाट चार (२० किलोग्राम) तयारी गाँजा र श्रवणकुमार वाइवा र तिलकध्वज मुक्तानका साथबाट चार थान (२० किलोग्राम) गाँजा बरामद गरिएको प्रनाउ खत्रीले बताए । उनीहरुले प्रहरीसमक्ष आफूहरु सीमा कटाउने र प्रतिकिलोग्राम १० हजारमा किनबेच हुने गरेको बयान दिएका थिए । प्रतिकिलो ढुवानीबापत दुई हजार ५०० सम्म लिँदै आएको र आफूहरुलाई अरूले नै पठाउन लगाएको बताएको र आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए। पक्राउ परेका छ जना प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अदालतले दियो एसएसपी राणालाई ५ दिन थुनामा राख्न अनुमति काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । इटहरीको एक होटलमा आफूमाथि बलात्कार भयो भनि महिलाले किटानी जाहरी दिए पछि राणाले प्रहरी सामु आत्मसमर्पण गरेका थिए । एसएसपी राणाले आरोपमा सत्यता नभएको बताउँदै आएका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भइसकेको छ भने विस्तृत अनुसन्धान जारी छ।
प्रमुख जिल्ला अधिकारी जब ५ वटा मुद्दामा मुछिए… काठमाडौं । अख्तियार दुरुपयाग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ वटा मुद्दा दायर गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै रिजालविरुद्ध ४ वटा घुस र १ वटा अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालत काठमाडौमा मुद्दा दायर गरिएको जनाएको छ । आफ्नो क्षेत्राधिकारभित्रका मुद्दामा रिजालले केश लाग्छ, कारागारमा ५ वर्ष बस्नुपर्छ जस्ता डरत्रास देखाई घुस मागेको आरोप लागेपछि उनलाई लिम्बन गरिएको छ । उनले पटक–पटक गरी फरक–फरक सेवाग्राहीसँग ५ लाख बढी घुस लिएको अख्तियारले विज्ञप्तिमा जनाएको छ ।
एकतर्फी प्रेममा पागलझैं पछि लागेका विवाहित पुरुषले २४ वर्षे शिक्षिकालाई जिउँदै जलाइदिए काठमाडौं। २४ वर्षकी एक शिक्षिकाले एकतर्फी प्रेमका कारण गम्भीर परिणाम भोग्नु परेको छ । एकतर्फी प्रेममा पागल २७ वर्षका एक विवाहित पुरुषले उनलाई जिउँदै जलाएका छन् । युवतीले विवाह गर्न अस्वीकार गरेपछि आक्रोशित ती पुरुषले जिउँदै जलाएका हुन् । घटना भारतको महाराष्ट्रको वर्धा जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । वर्धाको हिंगनघाटको नंदोरी चोकमा आज बिहान ७ बजे उनले युवतीलाई जलाइदिएका हुन् । पीडित युवतीको हालत गम्भीर भएको समाचारमा उल्लेख छ । उनलाई उप जिल्ला अस्पतालमा लगिएकोमा त्यहाँबाट रिफर गरी नागपुर ओरेन्ज सिटी अस्पतालमा उपचारको लागि पठाइएको छ । हिंगनघाट पुलिसका अनुसार पीडितको उमेर २४ वर्ष थियो । उनले विगत ७ महिनादेखि एक महिला कलेजमा पढाइरहेकी थिइन् । एक विवाहित व्यक्तिले कैयौं पटक उनलाई प्रेम प्रस्ताव राखेका थिए तर युवतीले कुनै मतलब गरिनन् । यही कुराले आक्रोशित ती व्यक्तिले पेट्रोल खन्याएर आगो लगाइदिएका हुन् । आरोपीलाई गिरफ्तार गरिएको पुलिसले जनाएको छ ।
जीपको ठक्करबाट बालकको मृत्यु सुर्खेत। पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत भैरबी गाउँपालिका २ रावतकोटमा जीपको ठक्करबाट आइतबार राति एक बालकको मृत्यु भएको छ। डाडीमाडी बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु १ च ६२९२ नम्बरको बोलेरो जीपले सडकमा खेलिरहेका ४ वर्षीय प्रकाश थापालाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते बालकको दैलेख अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए। प्रहरीले जीप चालक बलबहादुर सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
अपहरण गरी १६ लाख फिरौती माग्ने एक युवक पक्राउ भक्तपुर । आफ्नै मामाको छोराले आइतबार स्कुलबाटै ६ वर्षीया बालिका अपहरण गरी १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–५ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्ने २० वर्षीय आशिष थापा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिए । आइतबार दिउँसो सवा १२ बजे मध्यपुरथिमिको ग्लोरि इङ्लिस स्कुल पुगेर युकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) लाई अभिभावक हुँ भन्दै आशिषले मोटरसाइकलमा हालेर लगेको ४ घण्टापछि बालिकाको सकुशल उद्धार गरिएको छ भने अपहरणकारी पक्राउ परेको उनले जानकारी दिए । आफूले चिनेकै मान्छे स्कुलमा लिन आएपछि बालिका पनि सहजै गएको र अपहरणकारीले मोटरसाइकलमा बालिकालाई लगेर सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा पु¥याइ करिब ३ बजे बालिकाको बाबुलाई फोन गरी छोरी आफ्नो कब्जामा रहेको १६ लाख नदिए जे पनि हुनसक्छ भनेर धम्की दिएपछि बालिका अपहरणमा परेको खुलासा भएको थियो । बालिकाको बाबुले प्रहरी वृत्त थिमिमा छोरी अपहरणमा परेको खबर गरेपछि प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौँको टोलीले बालिकाको खोजी तीव्र पारेको थियो । अपहरणकारीको मोबाइल लोकेशनको आधारमा प्रहरीले सूर्यविनायक जङ्गल केन्द्रित भएर खोजी गर्ने क्रममा अपहरणकारी थापाले फिरौती वापतको रकम थिमिमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेपछि बालिकाको परिवार भाटभटेनी सुपरमार्केट पुगेको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी जानकारी दिएको छ । रकम लिन भनेर आएका थापालाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको र मोटरसाइकलमा सवार भई अपहरणमा सघाउने अर्का एकको खोजी भइरहेको प्रहरीले जनाएको छ । असावधानीवस अश्लील शब्द प्रयोग हुन गएकोमा सच्याईएको छ । असावधानीका लागि क्षमा प्रार्थी छुु । – सम्पादक
कैलालीको लम्की क्षेत्र विहानै देखि तनाव ग्रस्त लम्की । मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको घटनालाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा सडकखण्ड आइतबार तनावग्रस्त बनेको छ । मोटरसाइकल दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारवाहीको माग गर्दै स्थानीयवासीले बिहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने क्रममा प्रहरीमाथि ढुङगा प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। यस क्रममा प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रयोग गरेको थियो । ढुङ्गा प्रहारबाट प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टसहित केही प्रहरी सामान्य घाइते भएका छन् । लम्कीचुहा सडकखण्ड अवरुद्ध हुँदा यातायात आवागमन बिहानैदेखि ठप्प छ । शुक्रबार राति सो सडकखण्डमा से२प१८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लम्की चुहानगरपालिका–६ का मायाराम चौधरीको मृत्यु भएको थियो । प्रहरीले उक्त मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । अहिले समस्या समाधानका लागि सर्वपक्षीय बैठक बसिरहेको छ ।
सुनसरीमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो काठमाडौं । सुनसरीमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । रामधुनी नगरपालिका–२ कृषिफर्मस्थित सडकमा बा.५ ख ३१५७ नम्बरको हाईस र ना.६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी हाइस चालक धादिङ बैरेनी–३ बस्ने दिपक खड्का, हाईसमा सवार झापा भद्रपुर–५ बस्ने ६८ वर्षीया डोल कुमारी कोईराला र उनका श्रीमान हेमराज कोईरालाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका झापा चन्द्रगडी बस्ने १८ वर्षीया गरीमा गौतम समेत २ जनाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका अन्य १५ जनालाई उपचारका लागि एपेक्स अस्पताल ईटहरीतर्फ पठाइएको प्रहरीले जनाएको छ । फरार रहेको बस चालकको खोजी भइरहेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनेसास न्यूह्यामसायरको सरस्वती पूजामा अमेरिकी पनि सहभागी डिसी नेपाल न्यूह्यामसायर । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरले शनिवार अमेरिकाको न्यूह्यामसायरमा सरस्वती पूजाको आयोजना गरेको छ | पंडितको शास्त्रीय मन्त्रोच्चारण सहित गरिएको उक्त पूजामा नेपाली , भारतीय र अमेरिकीहरूले टीका र प्रसाद ग्रहण गरेका थिए| कार्यक्रममा साहित्यकार ईश्वरी भट्टले कार्यक्रम बारे जानकारी गराउदै बालबालिकालाई नेपाली संस्कृति र परम्पराको जानकारी गराउन यस किसिमको कार्यक्रम फलदायी हुने बताउनु भयो | कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा अनेसासका केन्द्रीय पूर्व महासचिव गोवर्ध्दन पूजाले अनेसास न्यूह्यामसायर च्याप्टरले विदेशमा साहित्यक र साँस्कृतिक कार्यक्रम गरेर धेरैको ध्यान आकृष्ट गरेको बताउदै अनेसासको विश्वभर रहेका च्याप्टरहरू मध्ये मौलिक र नियमित कार्यक्रम गर्ने च्याप्टर बनेको बताउनु भयो | विशेष अतिथि न्यूह्यामसायर राज्यका बहुसाँस्कृतिक निर्देशक जेसिका लिविङ्स्टनले कार्यक्रमबाट नेपाली संस्कृति बुझ्ने अवसर मिलेको बताउँदै आगामि दिनमा पनि आफूले सहयोग गर्ने वचन दिनु भयो | च्याप्टरले जेसिका र ब्याक्की फिल्डलाई सम्मान पत्र पनि प्रदान गरेको थियो | राई समाजका अध्यक्ष मुक्तीनारायण राईले न्यूह्यामसायर च्याप्टरले प्रकाशित गरेको स्मारिका बारे समीक्षा गर्नुभयो भने सुन्दरी गुरुङले जनगणनामा किन सहभागीता जनाउने भन्ने जानकारी गराउनु भयो | साहित्यकार महेश्वर पन्त र पत्रकार राजेश कोइराला सम्मिलित निर्णायक टोलीले कला, संगीत र नृत्यमा सहभागी प्रतियोगीको मूल्याङ्कन गर्नुभएको थियो | निर्णायक पन्तले पुरस्कार चयनका बारेमा बोल्नुभएको थियो | परस्कृतलाई प्रमुख अतिथि पूजाले प्रमाणपत्र , च्याप्टरका अध्यक्ष हरिमाया अधिकारिले खादा र प्रधान सम्पादक ईश्वरी भट्टले नगद प्रदान गर्नुभयो | च्याप्टरका महासचिव तथा कार्यक्रम सञ्चालक हरिकुमारी गुरूङले पाहुनाको स्वागत गर्दै वालवालिकालाई सांगीतिक प्रशिक्षण दिने चर्चित तवलावादक सागर खतिवडाबारे जानकारी गराउनु भयो | च्याप्टरका अध्यक्ष हरिमाया अधिकारीले आगामि दिनमा अझै राम्राराम्रा कार्यक्रमको आयोजना गर्दे जाने योजना रहेको बताउँदै सबैको सहयोगले कार्यक्रम सफल भएकोका धन्यवाद व्यक्त गर्नुभयो | कार्यक्रममा च्याप्टरका उपाध्यक्ष रमा न्यौपाने , स्मारिकाका सम्पादन रामचन्द्र भण्डारी, एनआरएन न्यूह्यामसायर च्याप्टरका अध्यक्ष डम्ब‍र कडरिया, अनेसास न्यूह्यामसायर च्याप्टरका सल्लाहकार डा. रुद्र अर्याल, शिवकुमार राई, तमुसमाज अध्यक्ष छत्रकुमारी गुरूङ, उमेश कोईराला, डा. पुष्पमान जोशीलगायतको पनि सहभागीता रहेको उक्त कार्यक्रममा तारादेवी न्यौपानेले कविता वाचन गर्नुभएको थियो | कार्यक्रममा न्यूह्यामसायर र वरपरका राज्यबाट ३० बालबालीकाहरूले बाल प्रतिभा प्रदर्शन गरेका थिए।
चितवनमा सवारी दुर्घटना, २ जनाको मृत्यु, ९ घाइते चितवन । जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी नौ जना घाइते भएका छन्। मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको बा४ख ९५०९ नंको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना३९प १९२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। बसको ठक्करबाट घाइते चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मृतकको सनाखत हुनसकेको छैन । मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। यस्तै खैरहनी नगरपालिका–३ तरकारीचोकमा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु र नौ घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी मनोरसा–६ बस्ने गुन्दो मण्डलका आठ महिनाको छोरा सत्यम मण्डल रहेका छन्। जलेश्वरबाट कामाडौँतर्फ जान आउँदै गरेको ना७ख ३२४८ नंको बस र सोही दिशाबाट आइरहेको ना६ख १५०६ नंको ट्रक ठक्करहुँदा १० जना घाइते भएका थिए। घाइतेमध्ये मण्डलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। अन्य घाइतेमध्ये दुईको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कलेज र अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। बस, ट्रक र ट्रकचालक नियन्त्रणमा रहेको भए पनि बस चालक फरार भएको प्रहरीले जनाएको छ।
बसको ठक्करबाट स्कुटर चालक आमाको मृत्यु, छोरी घाइते काठमाडौं। काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला घले गम्भीर घाइते भएकी छन्। गम्भीर घाइते घलेको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
मोटरसाईकल दुर्घटनामा परी सिन्धुलीमा २ जनाको मृत्यु सिन्धुली । मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ। बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुतको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो। दुवैको घटनास्थलमा नै मृत्यु भएको र शव सिन्धुली अस्पतालमा रहेको प्रहरीले बताएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। आज बिहान कमलामाई नगरपालिका–७ सुनिता पेट्रोलपम्प नजिक सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको अवस्थामा आफैँ अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको थियो।
ट्रक र ट्याक्टर जुध्दा चालकको मृत्यु सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्याक्टर जुध्दा ट्याक्टर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्राक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । प्रदेश अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बेलुका मृत्यु भएको प्रवक्ता बताए । प्रवक्ता रावलका अनुसार शुक्रबार बिहान सुर्खेत विनपा–११ गङ्गा पेट्रोलपम्प नजिक सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको लु१ख ७६७० नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको भे१त ७५८९ नम्बरको ट्रयाक्टर एकापसमा ठोक्किएका थिए। उक्त घटनामा घाइते भएका ट्याक्टर सहचालक जुनीचाँदे गाउँपालिका–२ जाजरकोट निवासी ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको जनाइको छ। ट्रकसहित ट्रक चालक तिलोत्तमा नगरपालिका–१६ रुपन्देही निवासी श्यामप्रसाद थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
श्रीमतीले धकेल्दा श्रीमानको मृत्यु बलेवा । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमान्को मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए । कुटपीटको क्रममा श्रीमती जमुना विकले धकेल्दा टाउँकोमा चोट लागेर रविलाल घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमान् श्रीमतीबीच सधैँजसो सामान्य विषयमा पनि भनाभन हुने गरेको र बिहीबार रविलालले कुटपिट गरेपछि जमुनाले धकेल्दा घरको भित्तामा ठोक्किँएर मृत्यु भएको भन्दै स्थानीयवासीले शुक्रबार बिहान प्रहरीचौकी बोङगादोभानमा खबर गरेका थिए । मृत्यु भएका रविलालको शव परीक्षणको लागि बुर्तिवाङ स्वास्थ्यचौकीमा राखिएको छ । घाइते जमुनालाई उपचारको लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याइएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक सुरज खड्काले बताए ।
प्रहरीको सई हुँ भन्दै ठगी धन्दा चलाएपछि… काठमाडौं। भनिन्छ, चोर अगाडि हुन्छ प्रहरी पछाडि। तर, जब चोर नै प्रहरी बनेपछि कथा अर्कै बन्छ। ठगी धन्दा झन नाटकीय र रहस्यपूर्ण बन्छ। यस्तै नाटकीय ठगी धन्दा चलाउने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको नायब निरीक्षक (सई) हुँ भन्दै ठगी धन्दा चलाउने रामेछापको मन्थली नगरपालिकाका २६ वर्षीय राजु कार्कीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार विगत केही समयदेखी काठमाडौं उपत्यकामा नेपाल प्रहरीको सई हुँ भन्दै सोझा–साझा मानिसहरुलाई लक्षित गरी कार्कीले ठगी गर्दै आएका थिए। उनले ‘म नेपाल प्रहरीको सई हुँ, काठमाडौं एयरपोर्टमा कार्यरत छु र मसँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अफ्ठेरोमा पर्छु सक्छु, मसँग भएको ३० लाख तपाईको खातामा हालिदिन्छु भनी जिल्ला सिन्धुपाल्चोक हेलम्बु गापा वडा नं ३ घर भई हाल काठमाडौं मनहरा बस्ने लक्ष्मण गिरीलाई’ ठगी गरेको प्रहरीले जनाएको छ। उनले गिरीलाई तपाईको र मेरो बैंक (ट्रान्जेक्सन) देखाउन तपाईंले मलाई ३ लाखको चेक काटिदिनुस् र पछि तुरुन्तै म तपाईंलाई ३० लाख खातामा राखिदिन्छु र एउटै शाखाबाट उक्त रकम निकाल्न मिल्दैन भनी चाबहिलस्थित नेपाल बैंक लि. को शाखामा लगी अलपत्र छाडी नगद रु। ३ लाखनेपाल बैंक लिमिटेड,कालिमाटी शाखाबाट निकाली ठगी गरेका थिए। कार्कीलाई प्रहरीले बिहीबार कलङ्कीबाट पक्राउ गरेको हो।
पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ : सञ्चारमन्त्री विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताए । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था हटाउने बताए। सञ्चारमन्त्री बाँस्कोटाले क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउने बताए । उनले एमसीसी विशुद्ध विकाससँग सम्बन्धित योजना भएकाले यसको विरोध गर्नुको कुनै तुक नभएको धारणा राखे । मन्त्री बाँस्कोटाले एमसीसीमा कुनै पनि विवादास्पद विषय नभएकाले सरकारले यसलाई संसद्बाट पारित गराउन लागेको जानकारी दिए । उनले एमसीसी ऊर्जा र कनेक्टिभिटीसँग जोडिएको र सामरिक महत्वको विषयहरु समावेश नभएको बताउँदै अमेरिकन काँग्रेसले समेत सहमति जनाएकाले संसद्बाट पारित गराउनुको कुनै विकल्प नभएको स्पष्ट पारे । मन्त्री बाँस्कोटाले सरकार सञ्चार क्षेत्रलाई सबल र व्यवस्थित बनाउने कार्यमा क्रियाशील भईरहेको र योसँग सम्बन्धित ऐनहरु बनाउने प्रक्रिया थालिएको जानकारी दिए । उनले कोरोना भाइरसबाट प्रभावित भएको मित्र राष्ट्र चीनको वहानमा रहेका नेपाली सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नभएको बताए । मन्त्री बाँस्कोटा सुनसरीको इटहरीमा स्थापना गरिएको नेपाल टेलिभिजनको पाँचौँ च्यानल एनटिभी इटहरीको उद्घाटनमा सहभागी हुन आज साँझ विराटनगर आएका हुन्।
चेक किर्ते गरी बैंकबाट पैसा निकाल्ने पक्राउ काठमाडौं । प्रहरीले चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव ५६ वर्षिय सन्तोष घिमिरेलाई चेक किर्ते गरेको आरोपमा पक्राउ गरी सार्ववजनिक गरेको हो । घिमिरे भोजपुर षडानन्द गाउँपालिका घर भई काठाडौको दक्षीणकाली नगरपालिका वडा नं. ६ मा बस्दै आएका थिए । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले घिमिरेले कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक कुलेश्वर शाखाबाट गत पुष ९ गते जारी भएको ६७ हजार ९ सय १६ रुपैयाँको चेकलाई किर्ते गरी २० लाख ६७ हजार ९ सय १७ रुपैयाँ बनाई रकम निकालेको बताउनुभयो । चेक किर्तेगरी रकम निकालेर फरार भएपछि ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजले प्रहरीमा उजुरी दिएको थियो । यस्तै, प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही जिल्ला घर भई काठमाडौं बस्दै आएका २७ वर्षका पारस श्रेष्ठलाई पक्राउ गरेको छ । त्यस्तै प्रवक्ता वोगटीले काठमाडौंको नयाँ बसपार्कमा सुनको सिक्री लुटदै गरेको अवस्थामा वाग्लुङ घरभई काठमाडौं बस्दै आएका २४ वर्षिय प्रकाश दर्जीलाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको बताए । प्रवक्ता वोगटीले आफ्नै साथीको हत्या गरी फरार वंगलादेशी नागरिक पक्राउ गरेको समेत बताए ।
रक्सी पिएर साथीको हत्या गरी फरार मियाँ पक्राउ काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार भएको भनिएका व्यक्ति बुधबार पक्राउ परेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई हत्या आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो । उनीमाथि विसं २०७२ माघ २९ मा ललितपुर उपमहानगरपालिका–३ धोवीघाटस्थित निर्माणाधीन घर कुर्न बसेका ३० वर्षीय सुरेशकुमार साहलाई हत्या गरेको आरोप छ । मादक पदार्थ पिएपछि विवाद हुँदा मियाँले इँटा र रड प्रहार गरी हत्या गरेर फरार भएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । उनलाई काठमाडौँको कीर्तिपुर नगरपालिका–२ बाट ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।
बाल यौन शोषणमा नेपाल ३९ स्थानमा काठमाडौं । बाल यौन शोषण र दुव्र्यवहारलाई लिएर ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार ४६.४ अङ्क प्राप्त गर्दै नेपाल ६० देशमध्ये ३९ स्थानमा रहेको छ । दक्षिण एशिया क्षेत्रमा बङ्गलादेश (३५.३) र पाकिस्तान (२८.६) भन्दा माथि तर भारत (५८.२) र श्रीलङ्का (५१.५) रहेका छन् । बालबालिकाको यौन शोषण अन्त्य गर्ने प्रतिबद्धताका साथ विश्वका ९७ देशमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिपिएटी, बालअधिकारका लागि नेपालमा पैरवी गर्दै आएको संस्था सिविन, महिला बेचबिखन रोकथाममा क्रियाशील संस्था माइती नेपाल र शक्ति समूहले बुधबार ललितपुरमा उक्त प्रतिवेदनमा छलफल गरी नेपाल सरकारले बालबालिकालाई यौन शोषणबाट मुक्त गर्न आवश्यक ऐनकानुन अविलम्ब ल्याउनुपर्नेमा जोड दिएका छन् । बाल यौन शोषण र दुव्र्यवहारसम्बन्धी राष्ट्रिय नीतिगत खाका बन्नुपर्ने, अपराध नियन्त्रण प्रयासमा अवरोध गर्नेलाई कडा कानूनी कारवाही हुनुपर्ने आवश्यकता औँल्याउँदै बालबालिका ओसारपसार र अनलाइन दुव्र्यवहार तथा शोषणको अन्त्यका लागि राष्ट्रिय नीति तर्जुमा र त्यसको कार्यान्वयन अपरिहार्य भएको उनीहरुले बताए । राष्ट्रहरुले बाल यौन शोषण र दुव्र्यवहार कसरी सम्बोधन गरिरहेको छ भन्ने कुरा आर्थिक बुद्धिमत्ता इकाइले तयार पारेको आउट अफ द श्याडो सूचकाङ्कले मापन गर्दछ । प्रतिवेदनले सरकार, निजी क्षेत्र र नागरिक समाजले बालबालिकालाई यौन हिंसाबाट सुरक्षित राख्न र संयुक्त राष्ट्र सङ्घीय र दिगो विकास लक्ष्य १६.२ का हकमा आफ्ना प्रतिबद्धता पूरा गर्न अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औँल्याएको छ ।
भर्जिनियाका नेपाली बालबालिकालाई आफ्नो समाजबारे सिकाउने प्रयास भर्जिनिया। स्थानीय नेपाली संस्था NACC को आयोजनामा अमेरिकामा भएका नेपाली बाल बालिकाहरु लाई आफ्नो भाषा, संस्कृति, सभ्यता र संस्कारमा कसरी सहभागी र समाहित गराउन सकिन्छ भन्ने उद्देश्यले भर्जिनियाको लोरटन स्थित दुर्गा मन्दिरमा आइतबार बृहत कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा खरिद गर्न लागिएको नेपाली-अमेरिकन सामुदायिक केन्द्र निर्माणको लागि जुनियर्स सदस्य कसरी बनाउने, बच्चाहरूको लागि हामीले के गर्न सक्छौं भनी यसको बारेमा अभिभावकसहित बालबच्चाहरुको उपस्थितिमा छलफल गरियो । उक्त कार्यक्रममा लक्ष्मी रेग्मी र राम रेग्मी शुक्लले दिनको २५ सेन्ट दिने प्रतिबद्धता जनाएका थिए । उक्त कार्यक्रममा यो अभियानमा संलग्न अभियन्ता ब्यक्तित्वहरू आरती सिग्देल, चैतन्य देबकोटा, बिना खड्का लामा , कबिन्द्र सिटौला, टिका मैनालीले यो अभियानको उद्धेष्य र प्रकियाको बारेमा समाजलाई जानकारी गराएका थिए। महापुराणमा आफ्नो खुत्रकेमा जम्मा भएको रकम बुझाई दिनको २५ सेन्ट रकमको शुरूवात गर्ने बालिकाहरू कृपा सिटौला र अनुश्री सिटौलाले समेत बोलेका थिए भने अर्का बिध्यार्थी अर्सिमले पहिलो मेम्बरसिप लिएका थिए । कार्यक्रममा धेरै सहभागी बाल बालिकाहरुले मेम्बरसिप लिने प्रतिबद्धता जनाएका थिए। छोटो समयमा भएको उक्त कार्यक्रम अत्यन्त प्रभाबकारी भएको थियो। कार्यक्रम को मोडरेट परशुराम भण्डारीले गरेका थिए भने कबिन्द्र सिटौलाले यो अभियानमा सबै बाल बालिकाहरु सहभागी गराउन अभिभावकहरु लाई आह्वान गरेका थिए। फेब्रवरी आठ सनिबार ( February 8, Saturday ) को दिन नेपाली पाठशाला सेन्टरभीलमा दिनको एक बजे बृहत मेम्बरसिप कार्यक्रम गरेर सबै बाल बालिकाहरुलाई बन्न लागेको कम्युनिटी सेन्टरको स्वामित्वको अबसर प्रदान गरिने भएकोले डिसी मेट्रोका सबै अभिभावकहरु लाई आ आफ्न नानीहरुलाई सहभागी गराइदिनुहुन अनुरोध र आह्वान गरिएको छ । सो कार्यक्रमको पूरा भिडियो हेर्न तलको लिंकमा
सुर्खेतमा गोली चल्यो ८ जना घाइते, बुधबार विहानसम्म कर्फ्यू सुर्खेत । टिपरले मोटरसाइकलाई ठक्कर दिएर चालकको मृत्यु भएपछि तनावग्रस्त बनेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार साँझ ६ः३० देखि लागु हुने गरी कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै कफ्र्यू लागेको जानकारी दिएको हो । बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो । प्रदर्शनकारीलाई तितरवितर पार्न हवाइफायर र गोली प्रहार गरिएको थियो। प्रहरीले चलाएको गोली लागि ८ जना प्रदर्शनकारी घाइते भएका छन् । भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई किचेको थियो । उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै आफन्तले कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका थिए । यसरी, सुरु भएको आन्दोलन टिपर चालकलाई नियन्त्रणमा लिँदासमेत रोकिएको छैन । आन्दोलनकारीले कर्णाली राजमार्ग बन्द गराउनुका साथै त्यस आसपास क्षेत्रमा बजारसमेत बन्द गराएका छन् । साथै आगजनी र तोडफोडमा उत्रिएका छन् । पूर्वतर्फको इत्राम, उत्तरतर्फको कपासे व्यारेक र पश्चिमको बाङ्गेसिमलसम्म कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।
आफैले बोकेको बन्दुक पड्किँदा बर्दियामा १ जना प्रहरी घाइते काठमाडौं । बर्दियामा आफैले बोकेको बन्दुक पड्किँदा एक जना प्रहरी घाइते भएका छन् । विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएका प्रहरीले आफैले बोकेको बन्दुक पडकिएको हो । प्रारम्भिक जानकारी आएको आए अनुसार प्रहरीको दाहिने खुट्टामा गोली लागेको छ । घाइते प्रहरीको परिचय भने खुलाईएको छैन । उक्त प्रहरी टोलीले विप्लव समूहका दुई जनालाई पक्राउ गरेको र दुई जना फरार रहेको जनाएको छ । पक्राउ पर्नेमा जयबहादुर ठाडा मगर र रोहित सुनार छन् । भुलवश प्रहरीले बोकेको हतियार पड्किँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते प्रहरीलाई भेरि अस्पताल, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अपराध र प्रकृति बढ्योः महान्यायाधिवक्ता खरेल चितवन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उनले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताए । पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उनले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक वर्षमा दुई हजारभन्दा बढी फौजदारी मुद्दा दर्ता हुने गरेकाले ती जिल्लामा सह-न्यायाधिवक्ता राख्नुपर्ने उनको भनाइ थियो। एक सय ५० वटा मुद्दालाई हेर्न एकजना सरकारी वकिल चाहिने भए पनि त्यसअनुरुपको जनशक्ति अभाव रहेको उनले बताए । उजुरी परेपछि तत्काल पक्राउभन्दा पनि अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने उनको धारणा थियो । कारागार व्यवस्थित हुन नसक्दा त्यहाँ बस्नेको जीवन कष्टकर हुने गरेको भन्दै उनले यसलाई सुधार गृहको रुपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले न्याय सम्पादन छिटो र छरितो हुनुपर्नेमा जोड दिए । सो अवसरमा नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल, जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावल, जिल्ला अदालत बार एशोसिएशन चितवनका अध्यक्ष कमल पाठकलगायतले बोलेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माणका लागि ललितपुरको हनुमान कन्ट्रक्सनसँग सम्झौता भएको छ। सो कम्पनीले रु चार करोड ९८ लाख ७१ हजानर १४१ मा बोलपत्र सकार गरेको हो । विसं २०७८ मङ्सिर १८ गतेसम्ममा भवन सम्पन्न गर्नुपर्ने हुन्छ। साढे तीन तले अपाङ्गमैत्री भवनमा २४ कोठा हुनेछन्। थुनुवा कक्ष, बयान कक्षसहितको सो भवनमा छ जना सरकारी वकिल रहन सक्ने गरी कोठा व्यवस्थापन गरिएको छ।
भैरहवामा ३ वटा ट्रक ठोकिँदा घटनास्थलमै ३ जनाको मृत्यु, २ गम्भीर भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन्। भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन गाउँपािलका–४ बस्ने ३५ वर्षीय लालु कुर्मी, सोही ठाउँकै ३० वर्षीय मोबिकन कुर्मी र सुनसरी चदाराका ३६ वर्षीय पूर्णबहादुर भुजेल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार हिमलाल भुसालले जानकारी दिए । दुर्घटनामा नवलपरासी पाल्हीनन्दन गाउँपालिका–४ बस्ने ४७ वर्षीय दुबे हरिजन र सिन्धुली सातामाटा बस्ने २७ वर्षीय मोहन राई गम्भीर घाइते भएका हुन् । घाइते दुवैको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।