content
stringlengths
20
64.1k
सिन्धुपाल्चोकको सुनकोशीमा जीप दुर्घटना, ७ जना घाइते सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । काठमाडौँको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा२च६९६५ नम्बरको जीप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। सोही ठाँउमा गएको मङ्सिर २९ गते बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए।
कविता – “कठघरामा उभिएको म” – अस्मिता आचार्य मिथ्या पुज्नेहरुमाझ साँचो बोल्दा फटाहा बनेको म, कहिल्यै निरअपराध साबित भइन झूठको अदालतमा। तिमीहरुले पुज्ने ढुङ्गा ढोग्दिन आफ्नो देउता आफैं रचेको हुन्छु । तिमीहरुझैं सर्वज्ञाता हुने भ्रममा बाँच्दिन अज्ञानी हुनुको अभिमान सँगै लिएर मर्छु । सदियौं देखी सहिरहेछु सास्ती अझै बारबार हेमलकको प्याला पिईरहेछु । असत्यका भक्तहरुका बीचमा ढोङ्गीको जीवन जिईरहेछु ।। मेरो सत्यले तिम्रो शक्ति डगमगाउँछ ! मेरै डरले तिमी चाबुक हिर्काउँछौ मलाई !! अनि आफ्नै पाप पखाल्न शूलीमा चढाउँछौ मलाई !!! तिम्रो थामिएको श्वास खोल्न छातीमा गोली म थाप्छु । तिमीलाई जकड्ने पासो फुकाल्न गलामा फाँसी म अल्झाउँछु । तिम्रै मुक्तिका लागी बाँधिन्छु म । फेरी पनि तिमी मलाई नै थुन्छौ शहिदगेटका चार दिवारभित्र ! तिम्रो स्वतन्त्रता बचाउन कहिले नजरबन्द राखिन्छु … तिम्रो स्वाधिनता जोगाउन कहिले निर्वासनमा पर्छु … तैपनि, म निष्कलङ्क हुनुको ठोस प्रमाण कहिल्यै जुटेन । मलाई निसाफ दिलाउन कसैले मुद्दा लडेन ।।
धनुषा बम विस्फोटका योजनाकार पक्राउ धनुषा । धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका आदम राईन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले जनाएको छ । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित नौजनाको पहिचान भइसकेको प्रदेश नं २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताए । महेन्द्रनगर बजारमा रहेको राजेश साहको घरमा टाइम बम राखेर विस्फोट गराइएको थियो । सो बम विस्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित घरधनी राजेश साह निजको छोरा आनन्द साह गरी तीनजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएको थियो । सो घटनामा साह बाबुछोराको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नं २ संयोजक ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा रहेका छन्
भरुवा बन्दुकसहित दुई पक्राउ धरान । बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय पे्रम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिए । शिवलाल बिकको कमान्डमा गएको टोलीले नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडकदेखि १ सय ५० मिटरभित्र जङ्गलमा उनीहरुलाई हतियारसहित टोलीले फेला पारेको वन अधिकृत शिवलाल बिकले बताए । उनीहरुका साथबाट एक भरुवा बन्दुक, एक खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद गरिएको छ
ईन्जा द्वारा पुरस्कारका लागि आवेदन आह्वान डिसी नेपाल वासिंगटन डिसी । प्रिय पत्रकार तथा लेखक मित्रहरु, पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (ईन्जा) द्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशीको ईन्जा सामुदायिक पत्रकारिता पुरस्कारकालागि जनवरी १ , २०२० वाट आवेदन खुल्ला भइसकेको छ । त्यसैले इच्छुक पत्रकार तथा लेखकहरुले सन् २०१९ भरीमा प्रकाशित वा प्रसारित समुदायको विकास वा परिवर्तनलाई पैरवी गर्ने आफ्ना समाचार, फिचर वा यात्रा विवरणहरुको प्रति वा अनलाइन लिंक सामेल गरी जनवरी महिनाभरीमा (जनवरी ३१, २०२० भित्र) ईन्जा ग्लोवलको इमेल : [email protected] मा आवेदन पठाइसक्नुपर्नेछ । मोफसलमा भएका कतिपय पत्रकार तथा लेखकहरुसम्म यो सुचना पुग्न नसक्ने अवस्थालाई समेत मध्यनजर गरेर अरुको सामाग्री पनि सिफारिस गरेर आवेदन गर्न पाइने व्यवस्था गरिएको छ । कुनै सिफारिसकर्ताले सिफारिस गरेको सामाग्री पुरस्कृत भएमा सिफारिसकर्तालाई समेत सम्मानस्वरुप १ सय अमेरिकी डलरको पुरस्कार दिइनेछ । ईन्जा सामुदायिक पत्रकारिता पुरस्कार सन् २०२० मार्च १ मा काठमाडौमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । प्राप्त आवेदनहरुवाट उत्कृष्ट सामग्री चयन गर्न वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटा रहेको एक छनौट समिति समेत गठन गरिएको छ । ईन्जाले मार्च १ लाई ‘इन्जा डे ‘ को रुपमा संसारभर मनाउने निर्णय गर्दै आगामी वर्षदेखि सम्पूर्ण पुरस्कारहरु सोही मितिमा प्रदान गर्ने निर्णय गरेको छ ।
विमानस्थलमा भारतीय नागरिकको तलासी गर्दा भित्री वस्त्रमा भेटियो एक किलो सुन काठमाडौं। भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई बिहीबार प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्र्याए पनि उनीहरुको योजना प्रहरीले विफल बनाएको छ । सुन तस्करीमा संलग्न दुई भारतीयलाई पक्राउ गरिएको समेत उनले जानकारी दिए। सुन लिएर दुबइबाट आएका कासिव मोहम्मदले भारतबाट आएका मुसाफिन मोहम्मदलाई सुन हस्तान्तरण गर्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट गालेर पोको बनाएको अवस्थाको एक किलो सुन बरामद भएको छ । विमानस्थलमा राखिएको यन्त्रले समेत सुन पत्ता नलागेपनि प्रहरीले शङ्का लागेर जाँच गर्दा सुन बरामद गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । रासस
पाँच किलो चरेससहित पक्राउ काठमाडौं । काठमाडौँको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यहाँको चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८ सय ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ५३७१ नंको टाटासुमो जाँच गर्ने क्रममा उक्त चरेस फेला परेको हो । खत्रीले झोलामा लुकाई छिपाई चरेस ल्याउँदै गरेको पाइएको प्रहरीको दाबी छ । उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नागढुङ्गा विभिन्न जिल्लाबाट लागुऔषध भित्र्याउने मुख्य नाकाका रुपमा चिनिन्छ ।
दुर्घटनामा दुईको मृत्यु कास्की । पोखरामा बुधबार बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पृथ्वीचोकबाट चाउथेतर्फ जाँदै गरेको ग२च २७२६ नंको जिप अनियन्त्रित भई ग१६प ९५३७ नंको मोटरसाइकललाई ठक्कर दिएर विपरीत दिशाबाट आउँदै गरेको ग१ख ९४०५ नंको बससँग ठोक्किएको प्रहरीको भनाइ छ । दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा उपचार गर्दागर्दै दुबै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बाबुराम केसीले जानकारी दिए । दुर्घटनामा जिपमा सवार पोखरा–२९ भण्डारढिक बस्ने ३४ वर्षीय प्रेम परियार र पोखरा–३१ बस्ने २३ वर्षीय दिलबहादुर परियार घाइते भएकामा उनीहरुको उपचार भइरहेको बताइएको छ ।
बाराको पिलुवास्थित एनसेलको टावरमा आगजनी बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ। सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। आगजनी कसले गर्यो भन्ने नखुलेको प्रहरी उपरीक्षक खनालको भनाइ छ। स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मङ्गलबार राति करिब १० बजेका समयमा आगजनी भएको प्रहरीले जनाएको छ। घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए। आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको बताउँदै उनले टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बिटिएस भने सुरक्षित रहेको छ। कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। रासस
भरतलाल र पुष्करलालका नाममा एक लाख राशीको अवार्ड घोषणा काठमाडौं। सुप्रसिद्ध समाजसेवी तथा व्यवसायी स्व. भरतलाल श्रेष्ठ र पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ। सो अवार्ड यही पुस १९ गते सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीमा हुने गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ समारोहमा प्रदान गरिने छ। भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा पुष्करलाल मिडिया अवार्ड क्रमशः समाज सेवा र नेपाली मिडियाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरुलाई प्रदान गरिने छ। भरतलाल श्रेष्ठ तथा पुष्करलाल श्रेष्ठ नाताले पिता–पुत्र हुन्। लायन्स क्लबलगायतका समाजसेवी संस्थामा रहेर आजीवन सेवा पुर्याएका भरतलाल २०७२ सालमा दिवंगत भएका हुन् भने कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा मिडिया उद्यमी एवम् सिर्जनशील पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्षको अल्पायुमै गत वैशाख ४ गते निधन भयो। भरतलाल पहिलो नेपाली फिल्म अवार्डका प्रणेता तथा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर थिए भने पुष्करलाल निजी क्षेत्रमा प्रकाशन गृह तथा मिडिया समूह सञ्चालन गरेर खासगरी छापा माध्यममा अपूर्व योगदान दिदै चलचित्र र मनोरञ्जनको विधामा पत्रकारिताको थालनी गर्ने व्यक्तित्व, जसले नेपालमा २०४१ सालमै यस कार्यको प्रारम्भ गरेका थिए। भरतलाल ह्युम्यानिटेरियन अवार्ड पाउनेहरुमा समाजसेवामा निरन्तर लागिरहेका एवम् मानवीय कार्यमा समर्पित व्यक्तित्व हुनेछन्। त्यसैगरी, पुष्करलाल मिडिया अवार्डका हकदारहरुमानेपाली मिडिया क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका तथा नेपाली सञ्चार क्षेत्रमा स्वदेशी पूँजी, श्रम र साँेचको सम्मान र प्रवद्र्धन गर्दै यस क्षेत्रमा विशिष्ट योगदान दिएका मिडियाकर्मी हुनेछन्। मिडियाकर्मीभित्र सञ्चार उद्यमी तथा प्रकाशन, प्रसारण, अनलाइन, फोटो पत्रकारिता, व्यंग्यचित्र कलाकारिता लगायतका विधामा समर्पित पत्रकारलाई समेटिने पनि जानकारी गराइन्छ। दुवै स्मृति अवार्डका लागि प्रशंसायुक्त ताम्रपत्रका साथ एक–एक लाख रुपैयाँ प्रदान गरिनेछ। अवार्ड पाउने व्यक्तित्वको नाम सम्मान समारोहमै घोषणा गरिने छ। गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ समारोहको तयारी अन्तिम चरणमा चलिरहेको छ।
तमु ल्होसारको विदा कटौति गरिएकोमा अमेरिकामा आक्रोश डिसी नेपाल वासिंगटन डिसी । तमु ल्होसारको उपलक्ष्यमा अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा नेपाल सरकारले तमु ल्होसारको विदा कटौति गरेकोप्रति राजदूतसमक्ष आक्रोश पोखिएको छ । तमु ल्होसारको उपलक्ष्यमा तमु धीं भर्जिनियाले डिसेम्बर २९ मा आयोजना गरेको सो कार्यक्रममा मन्तव्य राख्ने अधिकांश गुरु¨ समुदायका बक्ताहरुले नेपाल सरकारको सो निर्णयको विरोध गरेका हुन् । तर, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले आफ्नो बोल्ने पालोमा अन्य बक्ताहरुको यो आक्रोसबारे कुनै प्रतिक्रिया दिएनन् । बरु उनले सात समुद्रपारि आएर पनि नेपालको संस्कृतिलाई संरक्षण गर्ने काम गरेकोमा अमेरिकाबासी गुरु¨समुदायको प्रसंसा गरे । कार्यक्रममा प्रमुख अतिथि बनाइएका राजदूत कार्कीलाई सेतो फेटासहितको गुरु¨ पोशाकमा आयोजकहरुले सझाएका थिए । गुरु¨ समुदायको नयांबर्ष मनाउने सो उत्सवका अवसरमा राजदूत कार्कीले आ आफ्ना अमेरिकन साथीहरुलाई नेपाल भ्रमणमा पठाएर नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन उपस्थित सबैसंग आग्रह गरेका थिए । राजधानी वासिंगटन डिसीनजिकै भर्जिनियाको सेन्टरभिलमा आयोजित तमु ल्होछारको रमझमले नेपालकै झल्को दिएको थियो । कार्यक्रममा सहभागी गुरु¨ समुदायका युवा युवतीहरु परम्परागत पहिरनमा सजिंदा कार्यक्रमस्थल अमेरिका नभएर नेपालकै लम्जुङ्ग ,कास्की पोखरा नै हो किजस्तो आभास दिएको थियो । न्युयोर्कदेखि आएका आदिबासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ्गको बिशेष मन्तब्य रहेको उक्त समारोहमा ल्होछार पर्व संयोजक नेत्र गुरुङले स्वागत भाषण गरेका थिए । एक हजार डलर तिरेर संस्थाको संरक्षक बनेका नन्द गुरु¨, सुरेन्द्र गुरु¨, नेत्र गुरु¨, यतमान गुरु¨, धन गुरु¨, के.बी. गुरु¨, संगिता गुरु¨, प्रेम गुरु¨ तथा अन्य आजीवन सदस्यहरुलाई राजदुत डा. कार्कीले सम्मान गरेका थिए । संस्थाका अध्यक्ष नन्द गुरु¨को सभापतित्वमा भएको सो कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बाल्टिमोरबाट आएको कुलप्रसाद गुरु¨को टोलीले प्रस्तुत गरेको ढोलसहितको स्यार्गा नृत्यले सबैलाई मनोरन्जन दिएको सो कार्यक्रममा न्युयोर्कबाट आएकी गायिका ज्याति गुरु¨ले सांगितिक प्रस्तुति दिएकी थिइन् । तामा¨ सोसाइटी अफ ग्रेटर वासिंगटनको तामा¨ सेलोमा भएको सामुहिक नृत्यले सबैको मन चोरेको थियो । कार्यक्रममा लोक गायक श्याम गुरु¨को लोक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई गुरु¨ समुदायका महिलाहरुले आफैंले पकाएर ल्याएको सेल रोटी खुवाएका थिए । मनाङ्गबासीको संस्था घ्याल्सुम्दो समाजको प्रतिनिधित्व गर्दै न्युयोर्कबाट देखी आएकी आदिबासी जनजाती महासंघ,अमेरिकाकी कोषाध्यक्ष छेन्ज्युम लामा, आदिबासी जनजाती महिला संघ, अमेरिकाकी कुसुम भट्टचन , कर्नेल प्रताप गुरूंङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्ब आयुक्त प्रेमनारायण शर्मा विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए ।  अम्बर गुरु¨को नेतृत्वमा न्युयोर्कदेखि आएको टोलीसहित सो कार्यक्रममा भर्जिनिया, मेरिल्याण्ड, वासिंगटन डिसी र न्युजर्सीबाट ठूलो संख्यामा गुरु¨ समुदायको सहभागिता थियो । भर्जिनियामा “ तमु ल्होछार “ कोप्रत्यक्ष प्रशारण : तमु थी भर्जिनियाको आयोजनामाSterling , Virginia, USA Posted by DCnepal on Sunday, December 29, 2019
लागुऔषधसहित पक्राउ भक्तपुर। महानगरीय प्रहरी वृत्त थिमिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने वर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। प्रहरीले पक्राउ गरेका कुशवाहको कोठामा छापामा मार्दा लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध नाइट्राभेट दुई हजार २५ पत्ता फेला पारी लागुऔषध कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर अनुसन्धान शुरु गरेको जनाएको छ ।
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु काठमाडौं । सप्तरी, डोटी, सुनसरी, भोजपुर, चितवन र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। सप्तरी, सुरुङ्गा नगरपालिका–५ स्थित सडकमा ना.७ ख ३७०२ नम्बरको ट्याङकरले स.२ प ६५८८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने ३२ वर्षीय बेदानन्द चौधरीको शप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुरुङ्गा नगरपालिका–६ बस्ने ४० वर्षीय श्याम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको छ। डोटी, दिपायल सिलगढी नगरपालिका–३ स्थित तिखाकाडी भन्ने स्थानमा डोटीको पिपल्लाबाट तिखातर्फ जाँदै गरेको से १ त २१६३ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका सोही नगरपालिका–६ सिलगाउँ बस्ने ३८ वर्षीय टेक बहादुर नेपालीलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायलतर्फ लैजाने क्रममा सोमबार साँझ बाटोमै मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी, बर्जु गाउँपालिका–१ स्थित सडकमा को ११ प ८७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही गाउँपालिका–१ शुक्रबारे बस्ने २६ वर्षीय जयराम मेहताको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। भोजपुर, षडानन्द नगरपालिका–१० खोटडाँडास्थित सडकमा को.२ च १७९२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २७ वर्षीय फुर्वा तामाङको तुम्लिङटार मनोकामना अस्पताल संखुवासभामा उपचारको क्रममा मृत्यु भएको छ। चितवन, रत्ननगर नगरपालिका–७ स्थित सडकमा ना. ३७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक गोरखा गण्डकी गाउँपालिका–६ बस्ने २५ वर्षीय सुदिप राना मगरलाई उपचाको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोरखा गण्डकी गाउँपालिका–६ बस्ने ३३ वर्षीय दुर्गा बहादुर थापाको सोही अस्पतालमा उपचार भइरहेको छ। बाँके, नेपालगंज उपमहानगरपालिका–२० स्थित सडकमा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे–८ प ४६४ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत लेखबेसी नगरपालिका–५ बस्ने ४० वर्षीय गणेश नेपालीको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनाको सम्बन्धमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ।
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ । आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा सोमबार सोही कार्यालयबाट पक्राउ गरिएको हो । आरोपीमाथि थप अनुसन्धान भइरहेको छ । यस्तै सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई पाँच हजार घुस लिएको अभियोगमा आजै आयोगले पक्राउ गरेको छ । मोरङको सीमा सुरक्षामा खटिएका जवान विश्वासले भारतबाट प्याज ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पाँच हजार घुस लिएको अभियोग लागेको छ । आरोपी सशस्त्र प्रहरी जवानको छानविन भइरहेको आयोगले जनाएको छ ।
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए । सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिनाअघि हत्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ । “पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्”, प्रहरी प्रवक्ता चन्दले भने, “बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ ।” अहिले महाकाली अस्पतालमा स्थानीयवासीको भीड लागेको छ ।
अबको जनगणनामा राउटेलाई पनि समेटिने सुर्खेत । राउटेको यकिन सङ्ख्या कति छ ? जनगणना अद्यावधिक गर्ने केन्द्रीय तथ्याङ्क विभागसँग यसको उत्तर छैन । यही प्रश्न राउटे अगुवालाई सोध्दा पनि सिधा जवाफ आउँदैन । ‘टाउको गन्न हुन्न’ भन्ने मान्यताका कारण राउटे समुदाय अहिलेसम्म राष्ट्रिय जनगणनामा अटाउन सकेको छैन । सरकारले १२ औँ राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिसकेको छ । प्रत्येक १०÷१० वर्षमा अद्यावधिक गरिने जनगणनाको यही माघदेखि ‘नमूना गणना’ शुरु हुँदैछ । तर, नेपालको एकमात्र फिरन्ते र लोपोन्मुख जाति राउटेको सङ्ख्या र यसका अन्य विवरणहरु राज्यको आधिकारिक तथ्याङ्कमा समावेश हुन्छ कि हुँदैन भन्ने आम चासोको विषय बनेको छ । यो समुदायको आधिकारिक तथ्याङ्क नहुँदा विभिन्न अनौपचारिक स्रोतलाई आधार मानेर सरकारी तथा गैरसरकारी निकायहरु राउटे समुदायमा परिचालित भएको पाइन्छ । कर्णालीको प्रदेश राजधानी सुर्खेतस्थित सरोकारवालाहरुले केन्द्रीय तथ्याङ्क विभागलाई जनगणनामा राउटे समुदायलाई अटाउन सुझाव दिएका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आफ्नो सङ्ख्या गन्न नदिने राउटे समुदायको प्रवृत्ति भए पनि जनगणनामा समावेश गर्नुपर्ने बताए । ‘कर्णालीमा मात्रै रहेका राउटेहरुको सङ्ख्या, उनीहरुको पारिवारिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतको अवस्थाबारे स्पष्ट तथ्याङ्क आउनुपर्छ,’ उनले भने – ‘राज्यले राउटे समुदायको वास्तविक सूचना सङ्कलन गर्नुपर्दछ । अब पनि यो समुदायलाई छुटाउँदा जनगणना अपुरो हुनेछ ।’ त्यस्तै, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले राउटे समुदाय कर्णालीकै गौरव भएको बताए । ‘अब हुने जनगणनामा राउटेको विवरण समावेश हुनुपर्छ, फिरन्ते भए पनि मानव जाति हुन्,’ उनले भने – ‘राउटे समुदायसँग घुलमिल भएका व्यक्तिलाई गणकको जिम्मेवारी दिँदा वास्तविक तथ्याङ्क सङ्कलन हुनसक्छ ।’ राउटेहरु हाल दैलेखको गुराँस गाउँपालिकाको दोबाटो जङ्गल क्षेत्रमा बसोबास गर्दछन् । विसं २०७५ वैशाखदेखि यस गाउँपालिकामा प्रवेश गरेका यो समुदायले अहिलेसम्म नौ स्थानमा बसाइँ सरिसकेका छन् । उनीहरु स्थायी बसोबास गर्न चाहँदैनन् । अहिलेसम्म नागरिकताको प्रमाणपत्र पनि लिएका छैनन् । गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठान, नेपालका केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले जङ्गलमा बसोबास गर्ने, नयाँ मानिससँग बोल्न नचाहने, नाम ठेगाना बताउन नसक्ने, महिलालाई अन्य समुदायसँग बोल्न नदिनेजस्ता प्रवृत्तिका कारण यसअघिका गणनामा राउटेहरु छुटेका हुनसक्ने बताए । पहिलेभन्दा राउटेहरु परिवर्तन हुँदै गएकाले अब हुने गणनामा सहज हुने उहाँको विश्वास छ । उनका अनुसार यो जातिमा व्याप्त ‘टाउको गने पाप लाग्छ’, ‘महिलाको नाम भन्नुहुँदैन’ भन्ने मान्यतामा विस्तारै परिवर्तन आएको छ । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीद्वारा लिखित ‘दोसा“धका राउटे’ पुस्तकमा विभिन्न अध्येताहरुका बेग्लाबेग्लै तथ्याङ्क पाइन्छ । कार्कीले २०३९ सालमा आफ्नो अध्ययनबाट १९० सङ्ख्या रहेको उल्लेख गरेका छन् । समाजशास्त्री डोरबहादुर विष्टले सन् १९७६ मा २००, डा। नन्दबहादुर सिंहले सन् १९९७ मा १३०, केशरसिंह माझीले ३००, पत्रकार हरिहरसिंह राठौर १६४ र विष्णुऋषि पाण्डेले ३५० सङ्ख्या उल्लेख गरेको भेटिन्छ । राउटे उत्थान प्रतिष्ठान नेपालका अनुसार हाल ४६ परिवार र १५१ जना सदस्य छन् । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सूचीकृत ५८ जनजाति मध्येमा राउटे पनि पर्दछ । केन्दीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले यसपटकको जनगणनामा सबै जाति, वर्ग, समुदायको स्पष्ट तथ्याङ्क सङ्कलन गरिने बताए । राउटे लगायतका अति लोपोन्मुख जातिको तथ्याङ्क सङ्कलन गर्दा थप सर्तकता अपनाइने उहाँको भनाइ छ । ‘‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारासहित जनताको घरदैलोमा पुग्ने राष्ट्रिय कार्यक्रममा राउटे समुदाय अटाउने प्रतिवद्धता व्यक्त गर्दछु,’ निर्देशक लामिछानेले भने । करीब ७०० वर्ष अघि कालीकोटको फुकोटबाट राउटेको उत्पत्ति भएको बताइन्छ । सम्भवतः दक्षिण एसियाकै फिरन्ते जातिमा पर्दछ, राउटे । फिरन्ते वन्य जीवनमा बा“चिरहेका राउटे आधुनिक जीवनशैलीबाट धेरै टाढा छन् । स्थायी बसोबास, पशुपालन र खेतीबाली गर्न मान्दैनन् । यद्यपि, उनीहरुले आजसम्म पनि आफ्नो भाषा, कला, संस्कृति, रहनसहन, वेशभूषा र परम्परा जोगाइरहेका छन् । आफ्नै परम्परा, जीवनशैलीप्रति गर्व गर्छन् । चिटिक्क परेका घरभन्दा स्याउला र कपडाले छाएका छाप्रा उनीहरुका लागि स्वर्गझैं लाग्छन् । लेखपढ, जागीर, सुख–सुविधाप्रति कुनै आर्कषण छैन । गुना, बाँदर शिकार गर्छन् । जङ्गलको खानामा कन्दमूल खान्छन् । काठका भाँडाकुँडा बनाई साटफेर, बिक्री गर्नु मुख्य पेशा हो । अन्य समुदायझैं धर्मकर्म, संस्कृति र चाडबाड मान्छन् । विशेषगरी सुदूरपश्चिम प्रदेशको अछाम तथा कर्णालीका दैलेख, सुर्खेत, दाङ, सल्यान, रुकुम पश्चिम, जाजरकोट जिल्लाका जङ्गल क्षेत्रमा बसोबास गर्छन् । माओवादी द्वन्द्वका बेला बर्दिया र कैलालीसम्म पुगेका थिए । समुदायमा कुनै सदस्यको मृत्यु भएमा र बस्तीमा अन्य कुनै समस्या आइपरेमा बसाई सर्ने प्रचलन छ । राउटेहरु आफूलाई ‘जङ्गलका राजा’ ठान्छन् । ठकुरी वंशका रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । यसको लिपि भेटिँदैन । धर्म–संस्कृति हिन्दु सम्प्रदायसँग मेल खान्छ । देवीदेवताका रुपमा दारेमष्टोको पूजा गर्छन् । अरु चाडवाडभन्दा साउने सङ्क्रान्ति, बडादशैं र माघे सङ्क्रान्ति धुमधामका साथ मनाउ“छन् । महिलाहरुले घलेक, चोलो, फरिया लगाउछन् भने पुरुषहरुले गादो (सेतो बाक्लो कपडा), कम्मरमा पटुका बाँध्छन् । नगद रुपैयाँ, पैसा राख्ने थैली घाँटीबाट कम्मरसम्म छड्के पारेर भिरेका हुन्छन् । टाउकामा बाक्लो फेटा बाँधेका हुन्छन् । मुखिया नै समुदायको नेता हुन् । हितविपरीत काम गर्ने, आफ्ना जनताको जीविकाप्रति चासो नदिनेलाई पदबाट हटाउँछन् । पहिले मुखिया एकजना मात्र हुन्थे । पछिल्ला वर्ष तीन वटै जातिका बेग्लाबेग्लै मुखिया राखिएका छन् । सरकारले आर्थिक वर्ष २०६५÷६६ देखि लोपोन्मुख मासिक भत्ता दिन थालेको छ । प्रतिव्यक्ति ५०० रुपैयाँबाट शुरु भएको भत्ता रकम अहिले ३ हजार पु¥याइएको छ ।
तीनकुनेमा वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर क्षेत्रपाटीबाट नियन्त्रणमा काठमाडौँ । काठमाडौँको तीनकुनेमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर क्षेत्रपाटीमा फेला परेको छ । शनिबार राति नाम नखुलेकी वृद्धालाई ठक्कर दिएर भागेको बा ३ क १७४२ नम्बरको टिप्परलाई क्षेत्रपाटीबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । टिप्परको ठक्करबाट ती वृद्धाको ज्यान गएको थियो । ज्यान जाने वृद्धाको पहिचान र फरार टिप्पर चालको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
मोहनले हराए जापानी बक्सरलाई टोकियो, जापान । किक बक्सिङ खेलका नेपाली खेलाडी मोहन ड्रागनले जापानी बक्सरलाई पराजित गरी बिगव्याङ ३७ को उपाधि जितेका छन् । नेपाली झण्डा फहराउदै रिङमा गएका उनले तीन चरणको भिडन्तमा जापानी बक्सरलाई हराउन सफल भएका थिए ।खेल टोकियो डोममा रहेको कुराकोएन हलमा भएको थियो । निर्णायकले प्रदर्शित खेलका आधारमा उनलाई विजयी घोषणा गरेका थिए । तीन मिनेटको एकचरण हुने सो खेलको पहिलो र दोस्रो चरणमा उनी जापानी खेलाडीमाथि हाबी देखिए। तेस्रो खेल निकै प्रतिष्पर्धात्मक भएको थियो । दुबै खेलाडीले एक अर्काेलाई ढाल्न नसकेपछि खेलको आधारमा मोहन महर्जन बिजयी बन्न पुगेका थिए। महर्जनको खेल हेर्न ठूलो संख्यामा जापानबासी नेपाली हलमा पुगेका थिए । जापानमा जितेको प्रतिष्ठित खेलमा उनले नगद पुरस्कार न प्रमाणपत्र पाए ।
काठमाडौँको मीनभवनमा सवारीको ठक्करबाट एक जनाको मृत्यु काठमाडौँ । काठमाडौँको मीनभवनमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउने वृद्धाको परिचय र ठक्कर दिने सवारी साधनको नम्बर पनि नखुलेको प्रहरीले जनाएको छ। ठक्कर दिएर भाग्ने सवारीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
जर्मनीमा यसरी हुर्किदा रहेछन् बालबालिका दीपक धिताल, जर्मनी हामी जर्मनीको एक सानो सहर कुस्कहाफेनमा बस्छौं । यहाँ बच्चा जन्मिएपछि उसलाई गाडीमा राख्ने सिटदेखि उसको सुरक्षाका लागि चाहिने सम्पूर्ण व्यवस्था अनिवार्यरुपमा गर्नैपर्ने हुन्छ । बच्चा जन्मेको करिब ३ महिना पुगेपछि अभिभावकले पौडी खेलाउन स्वीमिङ पुलमा लैजाने गर्दछन । स्वीमिङ पूल पनि बालबालिका मैत्री हुन्छन् । बालबालिकाले ३ बर्षको उमेर हुँदा सामान्यतया: पौडी खेल्न जान्ने भैसकेका हुन्छन् । सानो सहरमा बालबालिकाका लागि साइकल पनि अनिवार्यजस्तै गरिएको हुंदोरहेछ । प्रत्येकजसो बच्चाहरुले साइकल चलाउने गर्दछन् । बच्चाको उमेर अनुसारका विभिन्न साइजका साइकलबाट ३ बर्षको उमेरमा उनीहरु चलाउन जान्ने हुन्छन् । बच्चालाई खाना ख्वाउनका लागि आजकाल नेपालमा जस्तो ट्याबलेट र मोबाइलमा भिडियो देखाएर हैन, अभिभावकले उत्प्रेरक तथा रमाइलो खाले गीत कथाहरु सुनाउने गर्दछन् । बच्चाले चम्चा समाउन सक्ने भएपछि आफैं खाने बानी गर्दछन, त्यसका लागि अभिभावकले स्वतन्त्र छोडिदिन्छन् । बच्चा आफ्नै घरमा बालुवा, माटो, पीठो आदिसँग विभिन्न खेल खेल्दछन्, उनीहरुलाई स्मार्ट फोनको आवश्यकता पर्दैन । बाबुआमा पनि काममा व्यस्त हुने हुनाले खासै स्मार्ट फोनमा भुलिन भ्याउादैनन् । घरमा आएपछि बच्चासँगै रमाउन पाउँदा खुशी हुन्छन् । उनीहरुले बच्चाको अगाडि टेलिभिजन शो खासै हेरेको पनि पाइादैन । विभिन्न कथा, इतिहास, उत्प्रेरक विचारहरुको किताव पढेर सुनाउँदै बच्चाहरुलाई सुताउने गर्दछन् । पछिका दिनमा बच्चाहरुलाई त्यही बानी पर्दछ र पढ्ने बानीको विकास हुन्छ भन्ने जर्मनेलीहरुको विश्वास छ । तर, हाम्रो नेपाली समाजमा वच्चासँगै सुतेर घण्टौसम्म स्मार्ट फोनमा व्यस्त रहने गरेको पाइन्छ, बच्चाले जे सिक्छ त्यही गर्छ । जर्मनीमा विहान आठ बजे बच्चा आफैं साइकल चलाएर स्कुल जान्छ, सडक सुरक्षा अति नै उत्तम छ । तर, यो मामिलामा नेपालमा निकै गाह्रो छ । साइकलमा जानेहरु साइकल चढेर घर फर्कन्छन् । गाडीमा आउनेहरु गाडी कुरेर बस्दा पनि प्रतिक्षालयमा किताव पढेर बसेका हुन्छन्, किनकि उनीहरुमा पढ्ने बानीको विकास भएको हुंदो रहेछ । दिनहरु यसैगरी वित्दै जान्छन्, विद्यालयमा जे पढ्छन्, त्यही अभ्यास गर्छन् अर्थात् जे दैनिक जीवनमा प्रयोग हुन्छ, त्यही पढ्छन्, पढाउँछन् । मेरो साथीको छोराको उदाहरणले केही सिक्न मद्धत गर्छ हामी नेपालीलाई । साथीले आफ्नो छोरालाई दूध उत्पादनका लागि गाई पालन गरिन्छ भनेर पढाएका रहेछन्, भोलिपल्ट गाई दुहुनका लागि फार्म हाउस लगेछन् । गाई दुहुन सिकाएछन् । अघिल्लो दिन पढेको कुरा भोलिपल्टै व्यबहारमा देखेपछि सिकाइ परिपक्व बन्दोरहेछ । दैनिक जीवनमा आइपर्ने हरेक काम उनीहरुले विद्यालय उमेरमै सिकेका हुन्छन् । जस्तै सिलाई कटाई, साधारण सिकर्मी, डकर्मी, घोडचडी, साइकल मर्मत, खाना बनाउने, मेसिनरी सामानको प्रयोग आदि । यस्तै बच्चा खेल्दै गरेको अवस्थामा सामान्य लडिहालेमा अभिभावक उठाउन गइहाल्दैनन्, आफैं उठ्न सक्नुपर्छ भन्दै बच्चालाई आत्मनिर्भर बनाउने प्रयास गर्छन् । हाम्रोमा विडम्बना के छ भने छोराछोरीलाई बढी माया गर्ने अभिभावकहरुका कारण विशेषत शहर बजारतिर उनीहरुले माटो–धुलो चलाउनै नहुने ठान्दछौं । बालबालिकालाई घरमै पकाएको खुवाउनुको साटो बजारको खाना–खाजा खुवाउँछौं । मनोरञ्जनका लागि चौर, खोला किनारमा पठाउनुको साटो मोबाइल र ल्यापटपमा भुलाउने गर्दा बालबालिकाको शारीरिक र बौद्धिक क्षमता ह्रास भैरहेको छ । यहाँ जर्मनीमा विद्यालयमा प्रत्येक विद्यार्थीले एक न एक खेल क्षेत्र रोज्नुपर्ने हुन्छ । उसको क्षमताअनुसार ऊ त्यही क्षेत्रमा प्रतिभावान भएर जानसक्छ । एउटा बच्चाले आफ्नो हरेक काम आफैं गर्न खोज्छ । गल्ती गरेर केही सामान तलमाथि भएमा मैले यो सामान विगारें, मेरो गल्ती भयो भन्दै आफैं रुन थाल्छ । अभिभावकहरुले यस्तो अवस्थामा कहिलेकाहीं यस्तो हुनु सामान्य भन्दै सम्झाउने गर्छन् । तर, हाम्रोमा कस्तो छ, तपाई हामी आफैं मुल्याकंन गर्न सक्नु हुन्छ । जर्मनीमा बच्चाहरुलाई सानैदेखि कृपया, धन्यवाद र माफ गर्नुहोस भन्ने शब्दको बारेका बुझाइएको हुन्छ र आवश्यक ठाउँमा प्रयोग गर्छन् । उनीहरु अरुसँग बोल्दा धेरै नम्र तरिकाले प्रस्तुत हुने गर्दछन् । यहाँ बच्चाहरुसँग सपिङ सेन्टरमा भन्दा किताव पसलमा जानको लागि अभिभावकको भीड हुन्छ । मैले यो महिना यो किताव पढ्नुपर्छ भन्ने धारणाको विकास गराइएको हुन्छ । त्यही भएर अभिभावकहरु बच्चाका लागि किताव किन्न किताव पसलमा जाने गर्छन् । अलि ठुला भएपछि उनीहरुले निशुल्करुपमा पुस्तकालयबाट आवश्यक पुस्तक ल्याएर पनि पढ्न पाउँछन् । जन्मदिन, क्रिसमसलगायतमा किताव उपहार दिने चलन छ । यसरी १२ कक्षा पास भएसँगै आफू कुन क्षेत्रमा लाग्ने हो त्यो क्षेत्रको व्यवसायिक र व्यवहारिक शिक्षातर्फ लाग्ने गर्दछन् । काम गर्न चाहनेले जुन काम गर्ने हो त्यसको लागि तालिम लिन शुरु गर्छन्, तालिम पश्चात काममा लाग्छन् । जुन कामको लागि पनि यहाँ अनिवार्यरुपमा पूर्वतालिम लिनुपर्ने हुन्छ । तालिम अवधिमा पनि काम गरेबापत उनीहरुले तालिम सकेपछि पाउने तलवको करिब आधा रकम पाउने गर्दछन् । कुनै काम सानो र ठुलो भन्ने सोच देखिंदैन जर्मनीमा । सबै काम समान हुन् र काम गर्ने सबै उस्तै हुन् भन्ने उनीहरुको बुझाइ छ । उदाहरणका लागि म काम गर्ने रेष्टुरेण्टमा एकजना विश्वविद्यालयका प्रोफेसर पनि मसँगै पार्टटाइम काम गर्दछन् । त्यही भएर कुनै खालको भेदभाव रहँदैन, बालबालिकाले यो भेदभाव भन्ने विषयको कहिल्यै अनुभव गर्न पाउंदैनन् । जिम्मेवारी नागरिक तयार गर्ने जर्मनीको यो तरिका साच्चै नि अनुकरण गर्न योग्य छ । बच्चाहरुलाई व्यवहारिक शिक्षा दिनु नै असल नागरिक उत्पादन गर्नु हो । कम्तिमा आफ्नो काम आफैं गर्नसक्ने र गर्ने बानी बसाल्नमात्र सकियो भने प्रत्येक विद्यार्थी भविष्यमा सजिलै गरिखाने हुन्छन् । नेपालमा पनि जर्मनीको यो सिकाइको प्रक्रियालाई अलिकति पनि पछ्याउन सकिए कम्तिमा सबै गरिखाने नागरिक बनाउन सकिन्छ
ललितपुरको कबाडी कारखानामा आगलागी ललितपुर । ललितपुर नगरपालिका–३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ । प्रहरी सहायक निरिक्षक पुरन बर्देवाका अनुसार आज बेलुकी करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका ६ दमकल, केही पानीट्याङ्कर प्रयोग गरिएको छ । आगो नियन्त्रण अहिलेसम्म ६० प्रतिशत भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन भने के कति धनमालको क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन बर्देवाले डिसीनेपाललाई भने । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी क्रियाशील रहेको प्रहरी जनाएको छ ।
पाल्पामा टिपरसँग ठोक्किएर स्कुटर चालकको मृत्यु बेझाड । टिपरसँग ठोक्किएर पाल्पाको तिनाउमा स्कुटर चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ ड्यामसाइटस्थित सिद्धार्थ राजमार्गमा टिपरलाई ओभरटेक गर्दा स्कुटर चालक बुटवल उपमहानगरपालिका–१३ रुपन्देहीका २५ वर्षीय सिद्धान्त थापाको शनिबार मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख १७६३ नंको टिपरलाई सोही दिशाबाट जाँदै गरेको लु१९प २८०३ नंको स्कुटरले ओभरटेक गर्ने क्रममा सोही टिपरमा ठोक्किन जाँदा थापा घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन र टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
घुस दिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगन्ज महानगरपालिका २ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ । वीरगन्जबाट हेटौडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई २८ हजार घुस दिन खोजेको आरोप लागेको छ । खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खाजेको आयोगले शनिबार जनाएको छ । आयोगले घुस रकम सहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।
ईञ्जा कार्यसमिति पुनर्गठन, पुरस्कारका लागि आवेदन माग वासिङ्टन डिसी, अमेरिका । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आगामी दुई वर्षका लागि ग्लोबल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ । वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्ट्रिय समन्वय), उपाध्यक्षमा वरिष्ठ पत्रकारहरु टंक पन्त (एशिया), द दी सापकोटा (युरोप) र मनऋषि धिताल (अष्ट्रेलिया) रहेका छन् । ईञ्जा ग्लोवलको संरक्षकमा राम खरेल र योगेश उपाध्याय रहेका छन् भने सल्लाहकारमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसी, नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला, वरिष्ठ पत्रकार गंगा लामिटारे (अधिकारी) र सामुदायिक रेडियो अभियन्ता घमराज लुइटेल रहेका छन् । ईञ्जा ग्लोवल कमिटीको निर्देशकमा किशोर सापकोटा (संगठन), अनुराधा पौडेल (नीति निर्माण तथा प्रशिक्षण), विजय थापा (सञ्चार) र भक्त घिमिरे (अन्तरदेशीय समन्वय) चयन भएका छन् । कमिटीको महासचिवमा शिव विष्ट, सचिवमा दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल तथा कोषाध्यक्ष भुजेलले फ्रेन्डस अफ ईञ्जा, अमेरिकाको इञ्चार्जको भूमिका समेत निर्वाह गर्नेछन् । ईञ्जाका सदस्यहरुमा अमेरिकावाट विष्णु शर्मा, भूपेन थापा, भोला सिवाकोटी, ज्योति कुमार श्रेष्ठ, विश्व थापा, उमेश शर्मा, सृजन ताम्राकार, राम लामा अभिनासी, सिर्जना उप्रेति, अंकुश नेपाल, तारा भट्टराई, सुनिल हुमागाइ, डोव ढकाल, खेम भट्टचन, र पूर्णसिंह वराइली, क्यानाडावाट डा। किश्मत भण्डारी र वद्री तिमिल्सिना, चीनवाट ध्रुब पौडेल, नेपालवाट कृष्ण ढुंगाना, रीता सापकोटा, र विनेश खनाल, भारतवाट भरत पौडेल र मध्यपूर्ववाट सुवास शर्मा र तेज वहादुर थापा चयन भएका छन् । ईञ्जा युरोप : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा)को नवगठित यूरोप शाखाको संयोजकमा फ्रान्सबाट पत्रकार ददी सापकोटा चयन भएका छन् । त्यस्तै वरिष्ठ पत्रकारहरु भगिरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव निराजन श्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्ष निलम घिमिरे (वेल्जियम) रहेका छन् । ईञ्जा युरोपको सदस्यहरुमा भक्त खनाल (बेलायत), विजय शर्मा दर्पण (स्पेन), दीपक खतिवडा (पोर्चुगल), बिष्णु शर्मा (पोर्चुगल) , रविचन्द्र भट्टराई (अष्ट्रिया) र जयराम तामाङ (बेलायत) रहेका छन् । ईञ्जा एसिया : वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा रहेको ईञ्जा एशियाको वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने रहेका छन् भने उपाध्यक्षहरुमा दीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान), र मञ्जु गुरुङ (कोरिया) छन् । त्यस्तै महासचिवमा दीपेन्द्र दोङ तामाङ, सचिवमा खेमकुमारी पोख्रेल (दीपु) र कोषाध्यक्षमा रामकुमार कामत चयन भएका छन् भने  सदस्यहरुमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय, बिशाल गैरे र अनिल आचार्य रहेका छन् । (१) पुरस्कारका लागि आवेदन आह्वान (क) सामुदायिक पत्रकारिता पुरस्कार २०१९: ईञ्जाद्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशीको सामुदायिक पत्रकारिता पुरस्कारका लागि ईञ्जाले सन् २०१९ भरिमा प्रकाशित वा प्रसारित आ-आफ्ना समाचारहरुको प्रति सामेल गरी आवेदन दिन सम्पूर्ण इच्छुक पत्रकारहरुलाई आह्वान गरेको छ। पुरस्कार प्राप्त गर्नका लागि इच्छुक पत्रकारहरुले २०२० को जनवरी ३१ भित्रमा ईञ्जा मुख्यालयको इमेल [email protected] मा आफ्नो प्रकाशित प्रसारित समाचार पठाइसक्नु पर्नेछ। ईञ्जा अन्तरराष्ट्रिय पत्रकार पुरस्कार २०१९ भने यसअघि नै हाम्राकुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरि सकिएको छ। ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कार सन् २०२० मार्च १ मा काठमाडौमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ। प्राप्त आवेदनहरुवाट उत्कृष्ट समाचार चयन गर्न वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटा रहेको एक छनोट समिति समेत गठन गरिएको छ। ईञ्जाले मार्च १ लाई “ईञ्जा डे” को रुपमा संसारभर मनाउने निर्णय गर्दै आगामी वर्षदेखि सम्पूर्ण पुरस्कारहरु सोही मितिमा प्रदान गर्ने निर्णय गरेको छ। (ख) स्रष्टा सम्मान पुरस्कार २०२०: ईञ्जाले प्रदान गर्ने १ हजार अमेरिकी डलर राशीको स्रष्टा सम्मान पुरस्कारका लागि छनौट गर्न साहित्यकार तथा बरिष्ठ गीतकार अम्विका गुरुङ, इन्जा वरिष्ठ उपाध्यक्ष सुनिलमणी दाहाल र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तिमगर रहेको समिति समेत गठन गरिएको छ। यस समितिले ईञ्जा व्यवस्थापन समितिले बनाएको प्रकृया अनुरुप आवेदन पेश गर्न समय तालिका सार्वजनिक गर्नेछ। (ग) सामुदायिक नेतृत्व पुरस्कार २०१९: यसैगरी प्रवासका नेपाली समुदायका हितमा राम्रो काम गर्ने संघ सस्थालाई थप प्रोत्साहन गर्न प्रत्येक बर्ष १ हजार अमेरिकी डलर राशीको पुरस्कारबाट पुरस्कृत गरिने छ। यो पुरस्कार प्रवासमा स्थापित सामाजिक सस्थाबाट सन् २०१९ मा समुदायलाई उच्च सेवा प्रदान गर्न सफल सामाजिक संट्लाठथाई प्रदान गरिने छ। ईञ्जा ब्यबस्थापन समितिले बनाएको छनौट विधि अनुरुप आवेदन आह्वान गर्न र छनौट गर्न प्राध्यापक तारा निरौलाको संयोजकत्वमा ईञ्जा ग्लोबलका बरिष्ठ उपाध्यक्ष विष्णु शीतल, महासचिव शिव बिष्ट, ईञ्जाका सदस्यहरु तारा भट्टराई तथा ज्योति कुमार श्रेष्ठ सहितको छनौट समिति गठन गरिएको छ। (२) अमेरिकामा स्थापित सामाजिक संघ संस्थाहरुको तथ्याङ्क तथा समुदायमा पुर्याएको योगदानको अध्ययन: यस अध्ययनका लागी ईच्छुक विज्ञहरुबाट अमेरिकाका अनलाईन मिडिया मार्फत प्रस्ताव आह्वान गरिने छ। तोकिए अनुसार प्राप्त हुने प्रस्ताव मध्ये उचित प्रस्तावलाई छनौट गरी कार्य जिम्मेवारी प्रदान गर्ने अधिकार ईञ्जा ब्यबस्थापन समितिमा रहनेछ। यस कार्यक्रमको अनुगमन तथा ब्यबस्थापन समितिमा रिपोर्टिङ्गका लागि ईञ्जाका सदस्य बिष्णु शर्मालाई तोकिएको छ। (३) समुदाय प्रति प्रत्रकारहरुको उत्तरदायित्वको संदेश सहितको नेपाली भाषा सिकाउने “छुनुमुनु” नामक एप्लिकेशनको निर्माण: यस कार्यक्रमका लागि आवश्यक मोबाईल एप निर्माण गरी सो भित्र साना वालवालिकाहरुका लागि नेपाली भाषा सिकाउन आवस्यक सामाग्रीहरुको बिषय सूची अनुसार कार्टुन तथा एनिमेशन भिडियोहरु निर्माण गरिने तथा युटुब लगायत अन्य साईट्मा उपलब्ध हुने सामाग्रीहरुको प्रयोग गरिने छ। सुरुवाती अवस्था तथा पहिलो चरणमा वालवालिकाहरुकालागि उपयोगी हुने भाषागत सामाग्री तयार पार्न विज्ञका रुपमा रही कार्य गर्न बरिष्ठ पत्रकार केदार शर्मालाई जिम्मेवारी दिने निर्णय गरिएको छ। (४) मर्यादित पत्रकारिताको ब्यबस्थापनका लागि ईञ्जा ईथिक्सको निर्माण: यस कार्यक्रम अन्तर्गत नेपाली पत्रकारहरुको गोलमेच सम्मेलन गरी ईञ्जा इथिक्सको निर्माण गरिने छ। ईञ्जाका एसिया , युरोप , अस्ट्रेलिया तथा अमेरिकी क्षेत्रमा सम्बन्धित क्षेत्रीय संयोजकको संयोजनमा नेपाली पत्रकारहरुको गोलमेच सम्मेलन गरी ईञ्जा इथिक्स जारी गरिने छ। (५) इन्जा विस्तार कार्यक्रम अन्तर्गत ईञ्जा अस्ट्रेलियाको संरचना निर्माणका लागि उपाध्यक्ष मनऋषि धिताललाई जिम्मा दिई पुर्ण संरचना छिट्टै निर्माण गरिने छ।
तारकेश्वरमा फोहोर बोक्ने टिपर पल्टिँदा चालक र सह–चालकको मृत्यु काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा आज दुई जनाको मृत्यु भएको छ। टिपर सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यता काठमाडौँ महानगरपालिका–१५ बाङ्गेमुढा बस्ने विष्णुराज गिरीको घरबाट आज सुनचाँदीका गरगहना, टीभी, आई–प्याडलगायत गरी करिब रु तीन लाख २० हजार बराबरको चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । चोरीमा संलग्न भएकाहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जापानबासी संखुवासभालीद्वारा गाउंमा ब्लड बैंक खोल्न सहयोग डिसी नेपाल जापान । संखुवासभाका विभिन्न गाउंबाट काम र अध्ययनका लागि जापान पुगेका नेपालीहरुले संखुवासभामा ब्लड बैंक खोल्न १ लाख १ हजार ५ सय जापानी येन सहयोग गरेका छन् । विरामी गाउंलेहरुलाई सदरमुकाम खांदबारीको अस्पतालमा पु¥याउंदा पनि रगतको अभावले कतिपयको मृत्यु हुने र कतिपयलाई लाखौं खर्चेर हेलिकोप्टर चार्टर गरी शहर लानुपर्ने वाध्यता हटाउन जापानबासी संखुवासभालीहरुले आर्थिक संकलन अभियान नै चलाएर ब्लड बैंकका लागि सहयोग जुटाएका हुन् । आवश्यक परेका बेला तुरुन्तै रगत उपलब्ध गराई विरामीलाई रगतकै अभावमा मृत्यु हुनबाट बचाउने सिर्जनशील सामुदायिक विकास केन्द्रको अगुवाइमा ब्लड बैक स्थापना गर्न लागी परेको जानकारी पाएपछि जापानबासी संखुवासभालीहरुले सहयोग रकम उठाएर गाउं पठाइसकेका छन् । बेलायत, अमेरिका अष्ट्रेलिया क्यानाडा हङकङ कोरियाको तुलनामा जापानमा हुने संखुवासभालीहरु ९५ प्रतिशतजति विद्यार्थी भीषामा जापानका विभिन्न शहरमा अध्ययनरत छन् । नियमित कलेज गई पढ्न पर्ने र तोकिएको पार्ट टाइम काम गरेर कलेज शुल्क र आप्mनो बसोवास खानपिन लगायत सम्पूर्ण खर्च व्यवस्थापन गर्न धेरै गाह्रो भएपनि गाउंको समस्यालाई सघाउन उनीहरुले उदार मन देखाएका हुन् । संखुवासभा समाज जापानका तर्फबाट अध्यक्ष पेमानुरी शेर्पा उर्फ डुकु थिम्मीले एक विज्ञप्ति जारी गर्दै कमल पाठक, खा“दाबारी नपा­११ बाट ११ हजार, ध्रुवकुमार थापा,खा“दबारी नपा­ १० चन्दनपुर सिरिसेबाट १० हजार, चुडामणि काप्mले,भद्रपुर ­४ झापाबाट १० हजार, स्वर्गीय बुवा—आमा नगेन्द्रप्रसाद दाहाल र चन्द्रकुमारी राईको स्मृतिमा नबीन दाहाल,पा“चखपन नपा­२ स्याबुनबाट १० हजार, याम बहादुर कार्की, धर्मदेवी नपा ­९ पुपांगुबाट १० हजार, स्व. बुबा कुइसाङ शेर्पा तथा स्व. आमाको स्मृतिमा पेमानुरी शेर्पा, पा“चखपन नपा­९ तेर्सेबाट १० हजार, कमलबहादुर मास्की मगर र श्रीमति मंगली मास्की मगर, धर्मदेवी नपा­ ३ कुन्ताङ (छोरी संगिता मास्की मगर मार्फत) बाट १० हजार, रिन्जी शेर्पा र श्रीमति टासीलमु शेर्पा ,चिला गापा­ १ कुवापानीबाट (छोरी किप्पा शेर्पा मार्फत) १० हजार, साङ्गे तेम्बा शेर्पा , मकालु गापा ­३ एकुवाबाट १० हजार, तेन्जिङ नुर्बु शेर्पा, मकालु गापा­५ नुर्बुगा“उबाट ३ हजार, सुशान्त भट्टराई,मादी नपा­६ मादी राम्बेनीबाट २ हजार, शर्मिला लामा, थाव्रmे गापा ­२ गुम्बा धादिङ्बाट २ हजार, विमल कार्की,ओखलढुङ्गाबाट १५ सय, सुवासप्रसाद लोहनी,विराटनगर मनपा ­५ विराटनगरबाट १ हजार, सिद्धराज कठायत, खप्तड छत्रा गापा­२ बझाङबाट १ हजार, हरि गेलाल, रुपाकोट मझुवागढी­ ७ खोटाङबाट १ हजार येन सहयोग गरेको उल्लेख गरेका छन् ।
हत्या आशङ्कामा दुई पक्राउ जुम्ला । चन्दननाथ नगरपालिका–३ डाँडाकोट गाउँका ५० वर्षीय परबहादुर कामीको हत्या आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुठीचौर गाउँपालिका–३ गज्याङकोटका २८ वर्षीय दल रावत र सोही गाउँपालिका–५ का २३ वर्षीय उपेन्द्र भण्डारीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । “नियन्त्रणमा लिएकाहरु र मृतक कामीबीच केही दिनअघि वादविवाद भएको पाइयो”, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले भने “घटनाको अनुसन्धान भइरहेको छ ।” परबहादुरको शव गुठीचौर गाउँपालिकाको झारज्वाला नजिकैको खोलामा प्रहरीले बिहीबार फेला पारेको थियो । बहिनी भेट्न गुठीचौरको गज्याङकोट पुगेका उनी मृत अवस्थामा भेटिएका हुन् । मृतकको अनुहारमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चन्दले बताए । छोरा हराएको भन्दै परबहादुरका बुबा प्रहरीकोमा खोजिदिनका लागि आग्रह गर्न आएपछि प्रहरीले खोजी कार्य थालेको थियो । मृतकका आफन्तले भने घटना रहस्यमय भएको भन्दै अनुसन्धान गरेर दोषीमाथि कारबाहीका लागि प्रहरीसमक्ष माग गरेका छन् । मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षणका लागि ल्याएको प्रहरीले जनायो ।
टिपर पल्टिँदा दुई जनाको मृत्यु काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मकवानपुर दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो हेटौंडा । मकवानपुरमा शुक्रबार भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु रौतहटको चन्द्रपुर नगरपालिकाका २१ वर्षीय मनिष विश्वकर्मा, २० वर्षीया सृजना विश्वकर्मा, ६५ वर्षीय केदारप्रसाद तिमल्सिना रहेका छन् । अन्य दुई मृतकको पहिचान भने अझै खुल्न सकेको छैन । दुर्घटनामा परी घाइते हुनेहरुमा सुमो चालक हेटौँडा–१७ का अनिल विश्वकर्मा, रौतहटको माधवनारायण नगरपालिकाका जैसा साह र गरुडा नगरपालिकाका नन्दकिशोर साह तथा सर्लाहीको वाग्मती नगरपालिकाका रञ्जित रिजाल रहेका छन् । घाइतेहरुमध्ये दुई जनाको काठमाडौँको बल्खुस्थित वयोधा अस्पताल र अन्य दुईको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ना१ज ३४३३ नम्बरको सुमो आज मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटना भएको थियो ।
सुमो दुर्घटनामा तीनको मृत्यु हेटौँडा। मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन्। चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो। मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ। सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
अख्तियारमा स्थानीय तहका उजुरी धेरै नेपालगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन्। बाँके, बर्दिया र दाङ कार्य क्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थत सम्पर्क कार्यालयमा आर्थिक बर्ष २०७६/७७ को पहिलो पाँच महिनामा परेका ४३३ उजुरीमध्ये करिब आधा स्थानीय तहका छन्। मङ्सिर मसान्तसम्म स्थानीय तहमा सङ्घीय मामिलातर्फ १३० र शिक्षातर्फ मात्रै ८५ वटा उजुरी अनुसन्धानमा रहेको अख्तियारको नेपालगञ्जस्थित कार्यालयका प्रमुख गणेश गैरेले जानकारी द्यिए। उनका अनुसार, अख्तियारमा स्थानीय तहपछि सबैभन्दा बढी उजुरी वन र वातावरण क्षेत्रका ५० वटा रहेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतका ३४ वटा र प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका १५ र गृह मन्त्रालयअन्तर्गतका १३ वटा उजुरी चालु आर्थिक वर्षको मङ्सिरसम्म परेका छन्। काम गर्ने कार्यविधि, ठेक्का प्रणाली, मापदण्ड, उपभोक्ता समिति गठनका विषयहरु उजुरीका रुपमा आएको कार्यालय प्रमुख गैरेको भनाइ छ। अहिले स्थानीय तहमा शिक्षा गएपछि उजुरी आउने क्रम थपिएको र विकासमा गुणस्तर, परिणाम र मापदण्डको विषय बेथितिका रुपमा बढ्दै गएको उनले उल्लेख गरे। आर्थिक वर्ष २०७५/७६ मा अख्तियारको नेपालगञ्जस्थित कार्यालयमा जम्मा ३२८ वटा उजुरी दर्ता भएकामा स्थानीय तहका मात्रै ११६ वटा थिए। स्थानीय तहका बढी उजुरी पनि बाँकेबाटै ६७, दाङ २८ र बर्दियाका २१ छन्। सबै उजुरी ३२८ मध्ये पनि सबैभन्दा बढी बाँकेबाटै १९२ र दाङ र बर्दियाबाट ६८/६८ उजुरी छन्। बाँकेको जानकी गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले स्थानीय तहमा सुशासन कायम हुन नसकेको स्वीकार्दै उपभोक्ता समितिबाट पनि सन्तोषजनक कार्य हुन नसकेको बताउँछिन्। जनप्रतिनिधि, कर्मचारीदेखि उपभोक्ता समितिका पदाधिकारीको मानसिकता परिवर्तन नहुँदा सुशासनको अवस्था कमजोर बन्दै गएको उनको भनाइ छ।रासस
महिनावारी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही डोटी। जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ। महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो। जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासनले छाउगोठ भत्काउन सबै स्थानीयतहलाई पत्राचारसमेत गरेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा भएका छाउगोठका बारेमा समेत प्रहरी प्रशासनले तथ्याङ्क सङ्कलन गर्न शुरु गरेको छ। छाउपडी प्रथाका कारण सुदूरपश्चिमभरिमा हालसम्म १२ भन्दा बढी महिलाको अकालमै ज्यान गइसकेको विभिन्न सङ्घ संस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ। महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने अवस्थाका कारण यहाँका महिला बलात्कारको शिकार हुनेजस्ता घटना हुँदै आए पनि त्यसको रोकथामका लागि खासै पहल हुन नसकेको स्थानीयको आरोप छ। महिनावारी भएकी महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वासका कारण डोटीका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी प्रथा कायमै रहेको केआइसिंह गाउँपालिकाका स्थानीयवासी चेतराज भट्टले बताए। भने ‘छाउपडी हटाउन खोजे पनि देवीदेउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण यहाँका गाउँमा छाउपडी प्रथा हटाउन सकिएको छैन।’ गृह मन्त्रालयले डोटीलगायत समग्र सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई नष्ट गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि यहाँको प्रशासनले छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारवाही गर्ने भएको हो। जिल्ला प्रशासन कार्यालय डोटीले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्लाका कुनै पनि स्थानमा छाउगोठ नराख्न आग्रह गरेको छ। ‘छाउगोठ नराख्न सूचना जारी गरेका छौँ, राख्नेलाई कारवाही हुनेछ’, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने, ‘छाउगोठ राख्ने तथा बस्न बाध्य बनाउनेका विरुद्ध सशक्तरूपमा कारवाही गर्छौं।’ छाउप्रथाका नाममा जिल्लामा महिलाले विभेद भोगिरहेको भन्ने विभिन्न ठाउँबाट खबर आएपछि जिल्ला प्रशासनले छाउगोठ भत्काउने निर्णय गरेको हो। गृहमन्त्रालयले डोटीका विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरीसमेतको सहकार्यमा नष्ट गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। उनले, ‘छाउगोठ भत्काउनु भन्ने आदेश आएको छ, जिल्लामा भएका छाउगोठ भत्कारै छाड्छौंँ।’ त्यस्तै जिल्ला प्रशासनले बिहीबार निकालेको सूचनामा छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि क्रमशः राज्यबाट प्रवाह हुने सेवा सुविधा (वृद्धभत्ता, सामाजिक सुरक्षाभत्ता, सहुलियतका कर्जा) रोक्का गर्न स्थानीय तहलाई पत्राचार गर्ने जनाएको छ। मुलुकी अपराधसंहिता, २०७४ ले परिभाषित गरेका सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धका कानूनी व्यवस्था सम्बन्धमा आम नागरिकमा व्यापक सचेतनामूलक अभियान सञ्चालन गर्ने पनि प्रमुख जिल्ला अधिकारी पौडेललले जानकारी दिए। छाउपडी र अन्य भेदभाव तथा अपमानजनक व्यवहारविरुद्ध स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम र समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनले भने ‘छाउपडी हटाउन स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक, धार्मिक अगुवा (धामी, झाँक्री र पुरोहित), सामाजिक सङ्घसंस्था, गैरसरकारी सङ्घ संस्था र सञ्चारकर्मीसँग बेथिति न्यूनीकरणका लागि सहकार्य गर्ने छौँ।’ सामाजिक कुरीति, बेथिति र अन्धविश्वासको रूपमा रहेको छाउपडी प्रथाका कारण जिल्लामा विभिन्न सामाजिक अपराध, महिला तथा बालबालिका हिंसामा वृद्धि, महिला अधिकारमाथिको चरम अवहेलनाजस्ता विकृति बढ्न थालेकाले त्यसको अन्त्य गरिने उक्त सूचनामा उल्लेख गरिएको छ। सुदूरपश्चिममा व्याप्त रहेको छाउपडी प्रथा अन्त्य गर्न यहाँका धामीझाँक्रीलाई जनचेतना तालीम दिन आवश्यक रहेको सामुदायिक विकास मञ्च डोटीका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताए। उनले भने, ‘छाउपडी प्रथाको अन्त्य गर्नु छ भने छाउपडी राख्न बाध्य बनाउने यहाँका धामीझाँक्रीलाई छाउपडीविरुद्ध जनचेतना दिनु जरुरी छ।’रासस
दुर्घटनामा एकको मृत्यु बनेपा । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा बिहिबार अपराह्न सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको सुमो आफँै अनियन्त्रित भई सडक किनारामा भएकोे बारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका बोगटीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका बोगटीको अन्दाजी चार वर्षीय छोरा बल्लभ खड्काको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रुपमा लुकाएर राखेको रु ५५ लाख मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई बुधबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले भन्सार छलेर ल्याएको मोबाइललगायतका विद्युतीय सामानसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाको नाम, ठेगाना खुलाएको छैन । पक्राउ परेकासँग प्रहरीले रु ५५ लाख मूल्य बराबरको मोबाइल तथा जिन्सी सामान, रु १५ लाख ७७ हजार नगद, रु पाँच लाख ७३ हजारको एनएमवि बैंकको चेक एक थान बरामद गरेको छ ।
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भरतपुर । चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ। पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो। बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु हो। बस नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
७० हजारसहित कम्प्युटर अपरेटर पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई रु ७० हजार घुससहित नियन्त्रणमा लिएको छ । उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले निजलाई घुस रकमसहित सोही कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले पशुसेवा विभाग हरिहरभवनका लेखा अधिकृत रमेश कार्कीलाई सेवाग्राहीसँग रु आठ हजार ५०० घुस लिँदालिँदै कार्यालय परिसरबाट नियन्त्रणबाट लिएको छ । निजले कार्यालयसँग सम्बन्धित सूचना÷विज्ञापन पत्रिकामा प्रकाशित गरिदिएपश्चात भुक्तानी दिएको रकमबाट सेवाग्राहीसँग घुस लिएका आयोगले जनाएको छ । आयोगले जिल्ला अदालत रुपन्देहीमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मालाई सेवाग्राहीसँग लिएको रु दुई हजार घुससहित नियन्त्रणमा लिएको छ । उनीहरुले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।
वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीका सञ्चालक भन्दै उनले १० लाख ५० हजार ठगी गरेको महाशाखाले जनाएको छ । काठमाडौँ सामाखुशी बस्ने हुमलाल गुरुङसमेतका व्यक्तिहरुले उनी विरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप कारवाहीका लागि बुधबार महानगरी प्रहरी परिसर टेकु बुझाइएको महाशाखाले जनाएको छ ।
त्रिशूलीमा डुबेर एक बालकको मृत्यु नुवाकोट । विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो । शङ्कर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किनुभएको थियो । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो । नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले बताए । तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत थिए । तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब सात घण्टामा फेला पारेको प्रहरीको भनाइ छ । मृतकको परिवारले प्राधिकरणले नहर तारबार नगरी लापरवाहीले छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छ ।
प्रेमीसँग बस्न महिलाले आफ्नै ‘हत्या’ गराएपछि… काठमाडौं। प्रेमीसँग बस्नको लागि एक महिलाले आफ्नै र आफ्नी छोरीको हत्या भएको हल्ला फैलाइन् । यतिमात्र होइन पिताको मोवाइलमा आफ्नो रगतमा लत्पतिएको फोटो पठाइन् । पुलिसले यो घटनाको अनुन्धान गर्दै जाँदा २ दिनपछि आमाछोरीलाई नै जिउँदै भेट्टायो । त्यसपछि यो नक्कली हत्या काण्डको आश्चर्यजनक वास्तविकता खुल्यो । आज तकको समाचार अनुसार यो घटना भारतको मध्य प्रदेशको सिंगरौली जिल्लाको हो । जिल्लाको माडा थानामा जगत लाल जयसवालले आफ्नी विवाहित छोरी मन्जु र उनकी ५ वर्षकी छोरी खुशबुको उनका ज्वाइँले घाँटी रेटेर हत्या गरेको उजुरी लेखाए । हत्या गरेपछि ज्वाइँ फरार भएको उनले बताएका थिए । फरार ज्वाइँको फोटो सामाजिक संजालमा भइरल भएको थियो । पिताको उजुरीपछि पुलिसले मुद्दा दर्ता गर्दै सामाजिक संजालमा भाइरल भइरहेको फोटोको जाँच गर्यो । साइबर सेलको सहयोगमा खोजी गर्दै जाँदा पुलिसले उजुरीकर्ताकी छोरी, उनकी ५ वर्षकी नातिनी र छोरीका प्रेमीलाई भेट्टायो । पक्राउ परेका प्रेमी प्रेमिकाले बताएअनुसार पतिसँग खटपट भएपछि सामाजिक संजालमा फोटो भाइरल गरेर पतिलाई फसाउने योजना बनाएका थिए जसको पुलिसले पर्दाफाश गरिदियो ।
व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको भौचर मेला सम्पन्न काठमाडौं । दुई दिने भौचर मेला मंगलबार सम्पन्न भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आयोजनामा भएको मेला मंगलबार सम्पन्न भएको हो । भौचरमा आधारित छोटो अवधिको तालिमा सहभागि हुन आवेदन दिएका मध्ये छनौट भएकाहरुलाई भौचर वितरण गर्ने उद्देश्यले सोमबार र मंगलबार गरी दुई दिने मेलाको आयोजना गरिएको थियो । मेलाबाट सहभागिहरुले भौचर लिएर आफुलाई पायक पर्ने ठाउँमा छनौट भएका तालिम केन्द्रबाट तालिम लिन सक्ने परियोजना निर्देशक चन्द्रकान्त भूसालले बताए । तालिमको सम्पूर्ण शूल्क भौचरका आधारमा सरकारले व्यहोर्ने र सहभागिको कुनै शूल्न नलाग्ने उनले बताए । यो आर्थिक वर्षमा ३१ हजार ७ सय ५० युवाहरुलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यका भित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित भौचर मेलाको आयोजना गरिएको थियो । भौचर मेलामा सहभागि हुन २६ हजार ३ सय ५९ जनाले आवेदन दिएपनि १० हजार ९ सय ४१ जनालाई भौचर वितरण गर्ने लक्ष्य राखिएको थियो । सुविधाहिन समूहका दलित, लोपोन्मुख, सिमान्तकृत जनजातिहरुका लागि रोजगारीको अवशर सिर्जना गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो ।
झापामा बसको ठक्करबाट बाटो काट्दै गरेकी अपरिचित महिलाको मृत्यु दमक । झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो। मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
मिनीटिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा४ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा यात्रारत मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनले मिनीटिपरका चालकलाई नियन्त्रणमा लिइएको र मृतकका शव परीक्षण गर्न गएराति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको बताए ।
बीस किलो चरेस बरामद वीरगञ्ज । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले आज बिहान २१ वटा पोकामा रहेको २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो । बिहान ४ः१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए । बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ ।
जीप नियन्त्रणमा लिई लुटपाट गर्ने छ जना पक्राउ धनगढी । कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टका साथबाट मोबाइलसमेत लुट्ने समूहका व्यक्तिलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्तनगरका अजय भण्डारी, गौरव चन्द, चिरन बम, कृष्णपुरका नरेन्द्र साउद, प्रदीप ऐर र धनगढीका पारस सिंह छन् । उनीहरुविरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।
यार्सागुम्बासहित तीन पक्राउ काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट ४ किलो २ सय ४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले युके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने क्रममा गाडीको सिटमुनि उक्त परिमाणको यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई सवारी साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सेवाग्राहीसँग प्रहरीले घुस मागेपछि… काठमाडौं । शान्ति सुरक्षा र अमनचयन कायम गराउने जिम्मेवारी लिएको सुरक्षाकर्मीले नै सेवाग्राहीसँग घुस लिए भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? पक्कै पनि नराम्रो लाग्छ होला । यस्तै भएको छ मोरङमा । विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको र घुस मागेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ । आयोगका अनुसार प्रहरी सहायक निरीक्षक दाहालले खाद्य सामग्री ओसारपसार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घुस लिएको आरोप लागेको छ । आयोगले आरापी दाहाललाई केही दिन पहिले घुस लिँदालिँदै विराटनगरबाट थलोमा नै पक्राउ गरेको थियो । आरोपी दाहालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । त्यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा बर्दियाका शिक्षक इन्द्रप्रसाद भट्टराईविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गोकर्णेश्वर–५ का वडा सचिव दिनेश बाँस्कोटाविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले खरिदार बाँस्कोटालाई घुस लिँदै गरेको अवस्थामा थलोमा नै पक्राउ गरेको थियो ।
विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरेका मोहनको आम्दानी वार्षिक सात लाख बागलुङ। बागलुङको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। तेह्र वर्ष साउदी अरब र तीन वर्ष दक्षिण कोरिया बिताएर नेपाल फर्किएका मगरले गाउँमै तरकारी उत्पादन गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न थालेका हुन्। वैदेशिक रोजगारबाट सन्तुष्ट नभएका मगर आफ्नै घरमा दैनिक तरकारीखेतीमा काम गर्दा निकै सन्तुष्ट भएको बताउँछन्। उनको घर नजिकै आफ्नै बारीमा तीन हाइटेक प्रविधि तथा चार वटा बाँस प्रयोग गरेर बनाइएका टनेल छन्। टनेलमा अहिले गोलभेँडा, ब्रोकाउली, काउली, रायो साग, सिमी र मुला छन्। वैदेशिक रोजगारमा जाँदा अनेक ठक्कर खाए पनि गाउँमै आएर तरकारी उत्पादन गर्दा आम्दानी र सन्तुष्टि दुवै मिलेको उनको भनाइ छ । घर्तीका अनुसार, गलकोट क्षेत्रका अधिकांश युवा पलायन भएको सन्र्दभमा उनले गाउँ फर्केर तरकारी खेती गर्न थालेका हुन्। ‘विदेशमा १५ वर्ष बिताएँ, तरकारीखेती गर्न थालेको आठ वर्ष बितिसक्यो’, घर्तीले भने –‘आफ्नै गाउँ ठाउँमा विदेशमा कमाउने गरेको भन्दा राम्रो कमाइ गर्न थालेको छु।’ उनले लाफा अर्गानिक ताजा तरकारी फर्ममार्फत अहिले वार्षिकरूपमा रु छ देखि सात लाख आम्दानी गर्दै आएको बताए। उनका अनुसार टनेल, थोपा सिँचाइलगायतका संरचनाका लागि हालसम्म रु १०/१२ लाख लगानी भइसकेको छ। थापा परिवार पाल्न र सामान्य खर्चका लागि कसैको हात थाप्न नपरेको बताउँन्छन्। विदेशमा गरेको कमाइभन्दा स्वदेशमै आफ्नो परिवारको साथमा बसेर गरेको कमाइ धेरै भएको थापाको भनाइ छ। तरकारी व्यवसायलाई उनकी श्रीमती खिमकुमारी र बाबा वीरबहादुर घर्ती मगरले समेत सघाउँदै आएका छन्। सिँचाइको पर्याप्त सुविधा तथा उर्वर भूमिमा हाइटेक टनेल भएपछि बाह्रै महिना बेमौसमी तरकारी उत्पादन हुने कृषक मगरको भनाइ छ। उउनले यही याममा मात्रै रु एक लाख बराबरको गोलभेँडा र काउली बिक्री गरिसकेको बताए। झण्डै रु एक लाख बराबरको तरकारी बजार पठाउने तयारीमा रहेको उनको भनाइ छ। मगरका अनुसार, आफ्नै जग्गा र आफँै श्रम गर्ने भएकाले शुरुको लगानी, प्राविधिक खर्च र मलबाहेक अन्य सबै आम्दानी बचत हुन्छ। मगरले बचतको रकमले लगानी विस्तार समेत गर्दै गएका छन्। उनले सात टनेललाई वृद्धि गरेर १५ वटा पु¥याउने लक्ष्य राखेका छन्। उनलाई कृषि ज्ञान केन्द्र पर्वतले गत वर्ष दुई वटा हाइटेक टनेल अनुदानमा उपलब्ध गराएको थियो। उत्पादन भएको जैविक तरकारी नजिकैको हटिया बजारमा खपत हुँदै आएको छ। रासस
बिहीबार बिहान झण्डै तीन घण्टा खण्डग्रास सूर्यग्रहण काठमाडौं। यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ। बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ। ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उनले सुनाए। ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ। ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ। बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ। मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ। शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ। कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ। बिदा छैन : गृह यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो। यसपटक भने क्यालेन्डर (वार्षिक पात्रो) मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए। क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उनले बताए। ग्रहण बार्नेका लागि बिहान १० बजे कार्यालय पुग्न अप्ठ्यारो हुने भएकाले बिदा दिए सहज हुने मागसमेत गरिएको छ। बिहान साढे ११ बजेसम्म भोजनसमेत नगर्नेका लागि असहज हुने मैतीदेवीका नारायणप्रसाद घिमिरेले गुनासो गरे।
कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण कार्य शुरु जाजरकोट। कर्णाली प्रदेशमा दुई वर्षभित्र १ सय ७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ। स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन्। बसैनि कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा सङ्घीय सरकार र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका हुन्। दुर्गम गाउँबाट स्वास्थ्य संस्था आउन दिनभरि लाग्ने बाध्यता हट्ने जाजरकोट नलगाड नगरपालिका–८ मङ्सिरीका तेजबहादुर सिंहले विश्वास व्यक्त गरे। त्यस्तै स्वास्थ्य संस्था नहुँदा समस्या भोग्दै आएका उपल्लो डोल्पावासी खुशी भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्ला जिल्लामा स्वास्थ्य संस्था नभएका ठाउँमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट र स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको हो। दुर्गम तथा पछाडि परेको कर्णाली प्रदेशमा बजेट व्यवस्थापनसहित स्वास्थ्यकर्मीको दरबन्दी पठाएसँगै यहाँको स्वास्थ्य अवस्थामा सुधार आउने कर्णालीवासीले अपेक्षा लिएका छन्। पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा रोग पालेर बस्नुपर्ने कर्णालीवासीको समस्या स्वास्थ्य संस्था निर्माणसँगै खटाइने स्वास्थ्यकर्मीले समस्या हल गर्ने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले बताए। उनले भने, ‘कर्णाली प्रदेशमा देखिएको समस्या केही हदसम्म नयाँ कार्यक्रमले हल गर्नेछ, जनशक्ति पनि आवश्यकतानुसार परिचालन गरिनेछ।’ उनका अनुसार सबै जिल्लामा पहिले स्वास्थ्य संस्था नभएको ठाउँमा नयाँ निर्माण कार्य शुरु भइसकेको छ। जाजरकोटमा ४४, डोल्पामा ३९, कालीकोटमा ५२, मुगुुमा २२ र हुम्लामा १३ वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण कार्य शुरु भएको हो। मन्त्रालयले कर्णालीका अन्य रुकुम, सुर्खेत, सल्यान, दैलेख, जुम्लामा समेत स्वास्थ्य संस्था मर्मत तथा निर्माण एवं खर्च व्यवस्थापका लागि बजेट निकासा गरेको छ। त्यस्तै प्रत्येक जिल्लाको निर्वाचन क्षेत्रमा १५ शय्याको अस्पताल निर्माणका लागि छिट्टै पहल शुरु भएको छ। सरकारले अघि सारेको एक वडा एक स्वास्थ्य संस्था निर्माण कार्यले गति लिएको छ। आर्थिक वर्ष ०७५/७६ को बजेट भाषणमार्फत स्थानीय तहसँगको लागत सहभागितामा आगामी दुई वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने गरी जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले बजेट वितरण गरेको थियो। चालू आव ०७६/७७ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख थियो। सोहीबमोजिम स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन हुने भएका हुन्। गत वर्ष स्वास्थ्य संस्था नभएका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७६ संशोधनसहित स्वीकृत भइसकेको छ। कार्यविधि स्वीकृतिसँगै गत आर्थिक वर्ष ०७५/७६ मा एक हजार २०० वडामा र चालू आवमा एक हजार ३९० गरी जम्मा दुई हजार ५९० वडामा स्वास्थ्य चौकी निर्माण तथा सञ्चालनको कार्यविधि स्वीकृत भएसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणको बाटो खुलेको हो। स्वीकृत कार्यविधि बमोजिम आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न प्रति संस्था रु पाँच लाख र सम्बन्धित स्थानीय तहबाट निर्माण हुने संस्था टाइप १ को लागत अनुमान रु ६३ लाख ४६ हजार ६३० र टाइप २ को रु ३८ लाख ८६ हजार ९२० निकासा गरेको छ। रासस
छ किलो कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ काठमाडौं । नेपाल प्रहरीले ६ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले अवैध रुपमा लागुऔषध लिएर हिँडेको अवस्थामा बेलारुसी नागरिक पाभेल भेसिलयु, एलिना एल्डोसाइना, बोलिभियन नागरिक रोवर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेजलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले पाभेल र एलिनालाई काठमाडौँबाट हङकङ जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र मेरिइस र ओर्डोनेजलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको जानकारी दिए । “विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको बयानका आधारमा मेरिइस र ओर्डोनेजलाई पक्राउ गरेका हौँ,” उनले भने । विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ज्याकेटमा फल्स बटम बनाइ लैजान लागेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ । प्रहरीले पक्राउ परेकासँग ६ किलो कोकिनसमेत बरामद गरेको छ । बरामद भएको कोकिनको मूल्य करोडौँ पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मनाए ख्रीष्टमस सुलेमानी । इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मेरी ख्रीष्टमस मनाएका छन् । गएको शुक्रबार  कुर्दिस्तानको सुलेमानी शहरमा नेपाली  इसाईहरुद्वारा स्थापना गरेको  चर्चमा विशेष कार्यक्रम गरेर मेरी  ख्रीष्टमस मनाएका हुन् । कार्यक्रममा कुर्दिस्तानमा रहेका इर्बिल शहर र सुलेमानीमा रहेका नेपाली इसाईहरूको उल्लेख संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रममा कुर्दिस्तानमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरू र अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि निमन्त्रणा गरिएको थियो। मेरी ख्रीष्टमस कार्यक्रमलाई विधिगत रुपमा कुर्दिस्तान सुलेमानी ग्रुपले समापन गरि निमन्त्रणामा आएका पाहुनाहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि मण्डली ग्रुपबाट पस्किएको थियो। कार्यक्रममा सहभागी भएका पाहुनाहरूले इराकमा रहेर पनि सबैले आफ्नो आस्थाको धर्मलाई उजागर गरि प्रवासमा रहेका नेपालीहरूलाई एकजुट गराउन महत्त्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिएका थिए।
नुवाकोटको मुल्थलामा आइचर दुर्घटना, २ जनाको मृत्यु विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताए । मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन । घाइते छ जनामध्ये दुई जनालाई काठमाडौँ ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनले बताए ।
किन बोलाइन् राष्ट्रपतिले शितल निवासमा नेकपाका नेताहरु ? काठमाडौंं। राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दलका नेता र केही मन्त्रीलाईसमेत शितल निवास बाेलाएको विषयले सोही दिनको पार्टी स्थायी कटिमीको बैठकमा उग्ररुप लिन पुग्यो। राष्ट्रपति पदीय मर्यादा भन्दा बाहिर गई सक्रिय भूमिका निर्वाह गर्न खोजेकोले पार्टीलाई अप्ठेरो पर्न थालेको भन्दै बैठकमा चर्को आलोचना भयो।  पार्टी अध्यक्ष प्रचण्डलेसमेत आफूलाई जाकारी नदिइकन नेताहरु राष्ट्रपति भेट्न गएको भन्द बैठकमै आक्रोश व्यक्त गरे। आखिर राष्ट्रपतिले किन बोलाइन मन्त्री र नेताहरु? यो प्रश्नको जवाफ पार्टी बैठकमा कसैले खाेजेनन्। बरु, गुटगट प्रभावका कारण राष्ट्रपति विरुद्ध खनिने विरुद्धको स्वर चर्को भयो। डिसी नेपालको खोजमा राष्ट्रपतिले अर्थ मन्त्री डा. युवराज खतिवडा, कृषिमन्त्री घनश्याम भुसाल र उर्जामन्त्री वर्षमान पुन वन मन्त्री शक्तिबहादुर बस्नेतसहितका नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल, देव गुरुङ, विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई बोलाउनुको पछाडि त्रिभुवन विश्व विद्यालयको दुई दिन अगाडि सम्पन्न दिक्षान्त समारोह र त्यसको तयारीका क्रममा राष्ट्रपतिलाई भएको ब्रिफिङसँग जोडिएको पत्ता लागेको छ। त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकहरुले दिक्षान्त सामाराेहका सन्र्दभमा राष्ट्रपतिलाई भेट्दा देशको अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरेका रहेछन्। राष्ट्रपतिले यही प्रसंग जोडेर विश्व विद्यालयका प्राध्यापकहरुले व्यक्त गरेको चिन्ता सही हो की होइन भन्ने जानकारी लिन चाहेकी थिइन्। युवा र बौद्धिक साथीहरु तपाइँहरु सरकार र पार्टीमा हुनुहुन्छ। अरु युवा बौद्धिक साथीहरुलाई पनि एकै ठाउँ भेला गर्न चाहेकी थिएँ तर ठाउँको उपलब्धताकोे कारणले यहाँहरुलाई मात्र बोलाउन सकेँ। त्रिविको दिक्षान्तको बेला अर्थतन्त्रको समस्या सम्बन्धि कुरा सुनेपछि हुटहुटी पोख्न चाहेकी हुँ।’ र, मन्त्री र नेताहरुसँगको छलफल यही प्रसंग सुरु गर्दै बजेट र नीति तथा कार्यक्रममा देखिएका समस्याहरु अर्थमन्त्री र युवा नेताहरुले बुझ्नु जरुरी लागेकाले आफूले बोलाएको बताएकी थिइन्। राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘युवा र बौद्धिक साथीहरु तपाइँहरु सरकार र पार्टीमा हुनुहुन्छ। अरु युवा बौद्धिक साथीहरुलाई पनि एकै ठाउँ भेला गर्न चाहेकी थिएँ तर ठाउँको उपलब्धताकोे कारणले यहाँहरुलाई मात्र बोलाउन सकेँ। त्रिविको दिक्षान्तको बेला अर्थतन्त्रको समस्या सम्बन्धि कुरा सुनेपछि हुटहुटी पोख्न चाहेकी हुँ।’ सहभागी सबैले राष्ट्रपतिको जवाफ दिन पाएनन्। पार्टीको बैठक सुरु भइसकेको भन्दै राष्ट्रपतिसँग फेरि छलफल गर्नेगरी छलफल टुंग्याउनु परेको थियो। राष्ट्रपति भण्डारीले नेताहरुलाई शनिबार विहान नौ बजे शितल निवास बोलाएकी थिइन्। स्थायी कमिटी बैठक शनिबार ११ बजे बोलाइएको थियो। नेताहरुले दुई घण्टामा भेटवार्ता सकिन्छ होला भनेर पार्टी अध्यक्षलाई खबर गरिनन्। तर छलफल गर्दा र खाना खाँदा ढिला भइसकेको थियो। उनीहरु पौने १२ बजे बैठकस्थलमा पुगेका थिए। राष्ट्रपतिलाई भेटेर फर्किएका नेकपा नेता स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल भन्छन्–राष्ट्रपतिले बजेट र नीति तथा कार्यक्रमको विषयमा चासा राख्नु भएको हो।’ त्यसैमा छलफल भयो। नीति तथा कार्यक्रमसँग प्रत्यक्ष नजोडिएका भएपनि नेपकाभित्र पूर्वमाओवादी समूह, पूर्व एमालेका मावध नेपाल समूह र केपी ओली समूहका नेतालाई एउटै ठाउँमा भेला परेर छलफल गर्नुले उनले कार्यकारी अधिकार प्रयोग गर्न चाहेको आरोपलाई पुष्टि गर्ने आधार दिएको छ। तर, नेता पौडेल भने राष्ट्रपतिले राम्रो काम गर्न सुझाव र शुभकामना दिएको बताउँछन्। उनले डिसी नेपालसँग भने–राष्ट्रपतिले कुनै पनि विषयमा निर्देशन दिनु भएको छैन।’ पार्टी बैठकमा ढिला आएकोमा अध्यक्ष प्रचण्ड रिसाएको प्रसंग सार्वजनिक हुँदा नेता पौडले भन्छन्–राष्ट्रपतिकहाँ जान लागेको जानकारी अध्यक्षलाई गराएका हौं। राष्ट्रपतिले बोलाउनु भयो खाना खुवाएर पठाउनु भयो।’
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–११ कपन कृष्णमन्दिर सडकमा बा७प ८८५१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचार क्रममा शनिबार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रेस सङ्गठनको राष्ट्रिय भेला पुस १२ मा काठमाडौं । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ । भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सहसंयोजक गणेश बस्नेतले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष आतिथ्यतामा भेला हुने तय भएको छ । भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रचार विभागका प्रमुखसमेतलाई आमन्त्रण गरिएको छ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो । सङ्गठनको प्रदेश र जिल्लास्तरमा पूर्णताको काम लगभग सम्पन्न भएको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक बस्नेतले गत मङ्सिर १० गते केन्द्रीय कमिटीलाई पूर्णता दिइ प्रदेश र जिल्लास्तरमा एकता गर्न निर्देशन दिए ।
रामपुरलाई फोहोरमैला व्यवस्थापनको चुनौती पाल्पा। प्रकृतिले धेरै सुन्दरता दिए पनि आन्तरिक फोहोरमैलाको व्यवस्थापन नहुनु पाल्पाको रामपुर नगरपालिकाका लागि चुनौतीको विषय बनेको छ। प्रकृति र संस्कृतिको बरदानजस्तै बनेको रामपुरमा फोहरमैला सङ्कलन गरेर नगरपालिकाले राम्रो आम्दानी गर्न सक्ने भए पनि उचित व्यवस्थापन नहुँदा फोहर मोहरमा परिणत हुन त परै जाओस् दिनप्रतिदिन प्रदूषण बढ्दै जाने चिन्ता थपिएको छ। रामपुरको मुख्य बजार बेझाड क्षेत्र हो। बेझाड बजारका अलावा विजयपुर, किसानवारी बजार, इस्लामपुर क्षेत्रमा निस्कने फोहर नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदूषण बढिरहेको छ। बेझाड बजार क्षेत्रमा निस्कने फोहरमैला रामपुर नगरपालिकाको प्राङ्गणमा नै फाल्ने गरिएको छ। बेझाड बजार क्षेत्रबाट शनिबारबाहेक हरेक दिन टिपरमा सङ्कलन गरेर ल्याइएको फोहरमैला नगरपालिकाको प्राङ्गणमा नै फालिने गरिएको छ। यसले यहाँ दुर्गन्ध बढाएको छ। रामपुरमा हुने ठूला–ठूला महत्वपूर्ण कार्यक्रम यही गरिन्छ नै फोहरमैला फालिएको ठाउँ नजिकै राधाकृष्ण मन्दिर, शिवालय मन्दिर रहेका छन्। बेझाड बजार क्षेत्रमा जनघनत्व बढी रहेकाले यहाँ दैनिक तीन टिपर जति फोहरमैला निस्कने गर्छ। बेझाडको मुख्य बजारचोक, बाङ्गेपसल, सहकारी पथ, नहर अफिस, हुलाक पेट्रोलपम्प, बसपार्क, स्कूलरोड, रामपुर आवासीय बोर्डिङ, भूपू बोर्डिङ, होटल श्रीनगरसम्म घर– घरमा पुगेर टिपरमार्फत सङ्कलन गरिएका फोहोरजन्य सामग्री नगरपालिका परिसरमा फाल्ने काम भइरहेको छ। मासिक एक घरधुरीबाट रु एक सय शुल्क लिएर फोहर सङ्कलन गर्ने काम भइरहेको बेझाड बजार फोहरमैला व्यवस्थापन समिति संयोजक तथा रामपुर नगरपालिका–५ का सदस्य काशीनाथ रेग्मी बताउँछन्। यहाँ ५५० घरधुरीको फोहर सङ्कलन गर्ने काम भइरहेको उनले बताए। मासिक करीब रु ५० हजार जति आम्दानी हुने गरेको छ। फोहरमैला सङ्कलनबाट उठेको रकम फोहरमैला व्यवस्थापनका लागि आवश्यक सामग्री खरीद, तीन कर्मचारीलाई तलबमा खर्च हुने गरेको उनले जानकारी दिए। बजार क्षेत्र नजिकै मन्दिर परिसर, नगरपालिका परिसर नजिकै फोहरमैला फ्याँक्ने कार्यले रामपुरको वातावरणमा प्रभाव पारेको बजारवासी दुर्गाप्रसाद पोखरेल बताउँछन्। ‘नगरपालिकामा सेवा लिन जाँदा, मन्दिरमा जाँदा फोहर गन्हाएर दुर्गन्ध फैलने गरेको छ, वर्षौदेखिको फोहरमैलाको समस्या नगरपालिकाले अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा यसले वातावरणमा प्रतिकूल असर पारिरहेको छ’, उनले भने। नगरपालिका आफैँले फोहर व्यवस्थापन गर्नु त परै जाओस् आफ्नै प्राङ्गणमा फोहर फालेर आफै टुलुटुलु हेरेर बसिरहेको उनले बताए। फोहरमैला फालिएको बाटो भएर नगरपालिका कार्यालय, मालपोत र नापी कार्यालयमा सेवा लिन जाने नागरिक मुख थुनेर हिँड्नुपर्ने अवस्था रहेको बेझाड बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठ बताउँछन्। सफा र सुन्दर नगरको परिकल्पना बोकेको रामपुर नगरपालिकाको पहिलो प्राथमिकता फोहरमैला व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। नगरपालिकाभित्र निस्कने फोहरमैला व्यवस्थापनका लागि विस २०७१ मा रामपुर नगरपालिका–४ को गाबुडाँडामा २५ रोपनी जग्गा लिइएको छ। त्यहाँका केही स्थानीयवासीको असमझदारीका कारण फोहरमैला व्यवस्थापनको काम अगाडि बढ्न सकेको छैन। विजयपुर बजार क्षेत्रमा निस्केका फोहरमैला सम्बन्धित घरधनी आफैले व्यवस्थापन गर्दै आइरहेका छन्। किसानबारी बजार क्षेत्रमा निस्कने फोहरमैला बजार व्यवस्थापन समितिले निश्चित ठाउँमा सङ्कलन गरी व्यवस्थापन गर्दै आइरहेको अध्यक्ष गिरीराज अधिकारी बताउँछन्। ‘बजारबाट निस्कने फोहरमैला थोरै पर लगेर एकै ठाउँमा खाल्डो खनेर पुर्ने काम गरिएको छ, आफ्ना घर–घरमा निस्कने फोहर व्यवस्थापन गर्न अनुरोध गरिएको छ र नियमितरूपमा फोहर घरधनीले उठाउने कार्य भइरहेको छ’ उनले भने। केही वर्षअघि रामपुर साना शहरी खानेपानी आयोजनाबाट फोहरमैला व्यवस्थापन शीर्षकमा आएको रु एक करोड रकम काम गर्न नसकेर ‘फ्रिज’ भएर गएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउँछन्। ‘फोहर व्यवस्थापनका विषयमा नगरपालिकामा पटक–पटक छलफल भइरहेको छ, नगरपालिकाले वर्षेनी बजेट विनियोजन गरे पनि व्यवस्थापन गर्न नसकिएको अवस्था छ’, उनले भने। सफा सुन्दर नगरपालिका रहनुपर्छ तर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध बढेको, रामपुरको मुटुको बेझाड बजारमै फोहर यत्रतत्र छरिएको देख्दा समग्रमा रामपुरमा नराम्रो प्रभाव पारिरहेको नगर प्रवक्ता न्यौपाने स्वीकार्छन्।
चिसो बढेसंगै राजविराजका विद्यालय तीन दिनका लागि बन्द गरियो सप्तरी। सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ। राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले शनिबार जारी गरेको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ। तीन दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा समय अनुकूल नभएमा विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी पुनः बन्दलाई निरन्तरता दिइने नगरपालिका अध्यक्ष यादवले जानकारी दिए। विगत तीन/चार दिनदेखि लगातार तराई मधेशमा बढेको शीतलहर र चिसोका कारण स्थानीय बजारमा चहलपहल कम देखिएको छ। बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले सप्तरीको राजविराजलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ। चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ।रासस
चिसो अझै बढने, धनगढीको न्यूनतम तापक्रम माइनसमा झर्यो काठमाडौं। पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ। त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ। चिसोले तराईको जनजीवन कष्टकर बनेको छ। हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लागेको छ। पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी /हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ। आइतबार देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज धनगढीको न्यूनतम तापक्रम माइनसमा झरेको छ।रासस
बागलुङको सिसाखानीतर्फ जाँदै गरेको जिप दुर्घटना बागलुङ । बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्र्यालयले जनाएको छ। लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन्। घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । गुडिरहेको जिपको अचानक टायर खुस्किँदा सडकबाट झण्डै २०० मिटर तल खसेको छ।
अन्तर्राष्ट्रिय मिडियाको नजरमा मोदी ‘धर्मान्ध’, जबरजस्ती हिन्दूधर्म लाद्न खोजेको आरोप काठमाडौं। भारतमा नागरिकता कानुनका विषयमा भइरहेको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि पुलिस दमनका विषयमा अन्तर्राष्ट्रिय मिडियाहरुले लगातार समाचार र विचार प्रकाशन गरिरहेका छन् । धेरैजसो अन्तर्राष्ट्रिय मिडियाहरुले भारतको संविधानमा धर्म निरपेक्षता उल्लेख भएको तर प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले हिन्दू राष्ट्रको एजेण्डा लिएर अगाडि बढिरहेको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले घुमाउरो पारामा मोदीलाई धर्मान्ध भन्दै उनले जबरजस्ती हिन्दू धर्म लाद्न खोजेको टिप्पणी गरेका छन् । अमेरिकाको अखबार न्यूयोर्क टाइम्सले यस विषयमा ‘ओपिनियन कोलम’मै लेखेको छ । उसले लेखेको छ ‘भारत आफ्नो आत्माको लडाइँको लागि जाग्यो । मोदी सरकारको आदेशात्मक र विभाजनकारी नीतिका कारण देशैभरी भारतीय नागरिक सडकमा उत्रिएका छन् । मोदी सरकार र उनको पार्टी २०१४ देखि हिन्दूवादी नीतिलाई लिएर प्रोपोगाण्डा फैलाउन सफल रह्यो । त्यसपछि नोटबन्दी, जम्मु कश्मिरबाट अनुच्छेद ३७० हटाउने जस्ता कदम उठाए जसले जनताको पनि समर्थन पायो । अब नागरिकता कानुन र एनआरसी जस्ता भेदभावपूर्ण प्रावधान गरिएका छन् जसबाट नागरिक आक्रोशित छन् ।’ अखबारले अगाडि लेखेको छ ‘उत्तर भारतका कैयौं शहरमा शुक्रबार प्रशासनले इन्टरनेट बन्द गरायो । दक्षिण भारतमा पुलिस र ढुंगा हानिरहेका प्रदर्शनकारीबीच झडपमा २ जनाको मृत्यु भयो । हिन्दू राष्ट्रवादी सरकारले संसदबाट गत हप्ता नयाँ कानुन बनाएको थियो । भारतको नयाँ कानुन मुसलमानहरुलाई भेदभाव गर्छ । यसलाई २०१४ मा सत्तामा आएको मोदी सरकारको अहिलेसम्मको सबैभन्दा विवादित कदम मानिएको छ ।’ अखबारले अगाडि लेखेको छ ‘नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन रोक्नको लागि पुलिसले तेस्रो दिन पनि राजधानी दिल्ली र देशका अन्य शहरहरुमा मानिसहरु जम्मा हुन प्रतिबन्ध लगाएको छ । कैयौं भागमा इन्टरनेट सेवा पनि बन्द राखियो । प्रदर्शनका क्रममा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ र १२०० भन्दा धेरै घाइते भइसकेका छन् । आलोचकहरुले यसलाई देशको धर्मनिरपेक्ष संविधानको उल्लंघन बताएका छन् । उनीहरुले यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादलाई प्राथमिकता दिने सरकारको तर्फबाट २० करोड मुसलमानहरुलाई निशाना बनाउने प्रयास बताएका छन् ।’ बेलायती अखबार गार्डियनले लेखेको छ ‘मुसलमानविरुद्ध भेदभावको आरोप झेलिरहेको विवादित नागरिकता कानुनविरुद्ध भारतमा प्रदर्शन जारी रह्यो । हजारौं मानिसहरु पुलिसले लगाएको प्रतिबन्ध तोडेर सडकमा उत्रिए । देशमा अहिलेसम्मको सबैभन्दा ठूलो इन्टरनेट शटडाउन गरियो र थप तीन जनाको प्रदर्शनको क्रममा मृत्यु भयो । दिल्ली, मुम्बइ, लखनउ, हैदराबाद, बैंगलुरुका अलावा कैयौं शहरहरुमा प्रदर्शन भयो । नयाँ कानुनमा भाजपा सरकारले मुस्लिमहरुलाई सताइएका अल्पसंख्यक समुदाय मानेको छैन र उनीहरुलाई छाडेर ५ धार्मिक समुदायलाई नागरिकता दिने वकालत गरिएको छ ।’ बेलायती मिडिया बीबीसी वर्ल्ड सर्भिसले लेखेको छ ‘संविधान कानुन व्यवस्थालाई लिएर नागरिकमाथि तार्किक प्रतिबन्ध लगाउने अधिकार दिन्छ । भारतमा नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिइएको छ । अदालतमा कैयौं पटक यस विषयमा बहस भएको छ र तय गरिएको छ कि जनसुरक्षाको लागि केवल त्यो परिस्थितिमा मात्र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउन सकिन्छ, जब यसबाट हिंसा वा अराजकताको आशंका हुन्छ ।’ लक्षशीला इन्स्टिच्युट एण्ड विधि सेन्टर फर लिगल पोलिसी रिसर्चलाई उद्धृत गर्दै अगाडि लेखिएको छ ‘भारतमा पुलिस यसको प्रयोग भेदभावपूर्ण र मनोमानीपूर्ण तरिकाले गरिरहेको छ ।’ चीनको पिपुल्स डेलीले लेखेको छ ‘भारतको नयाँ कानुन पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट आएका अवैध प्रवासीहरुलाई नागरिकता दिने उद्देश्यले ल्याइएको हो । यसमा हिन्दू, सिख, बौध, जैन, पारसी र इसाइहरुलाई सामेल गरिएको छ तर मुसलमानहरुलाई बाहेक गरिएको छ । नयाँ कानुनले मुसलमानहरुलाई नागरिकताको लागि आवेदन दिन पनि रोक लगाउँछ । विपक्षी पार्टीहरु र सामाजिक कार्यकर्ताहरुले यो विधेयकको निन्दा गरेका छन् । उनीहरुले यसमा मुसलमानहरुलाई बाहेक गर्नुलाई भारतको संविधानमा भएको धर्मनिरपेक्षताको व्यवस्थाको उल्लंघन भएको बताएका छन् ।’ खाडी क्षेत्रको मिडिया अल जजीरा लेख्छ ‘एनआरसीको माध्यमबाट हरेक भारतीय नागरिकलाई गणना गर्ने प्रावधान छ । पहिले यसलाई असममा लागू गरियो र अब भाजपा सरकार यसलाई पूरै देशमा लागू गराउन चाहन्छ । हालै मोदी सरकारले नयाँ नागरिकता कानुन पेश गर्यो । यो कानुनमा तीन छिमेकी देशबाट आउने अल्पसंख्यक प्रवासीहरुलाई सजिलै नागरिकता दिने प्रस्ताव छ तर यो प्रावधान मुस्लिमको हकमा लागू हुँदैन । यो व्यवस्थाले भारत हिन्दू राष्ट्रमा बदलिने डर उत्पन्न भएको छ । यद्यपि मोदीले भने यो कुरा अस्वीकार गरेका छन् । शुक्रबार प्रदर्शनकारीहरुले मोदीलाई हटाउन माग गर्दै नारा लगाए । नमाजपछि तिरंगा झण्डा हातमा लिएर प्रदर्शनकारीहरुले मध्य दिल्लीसम्म मार्च गर्ने कोसिस गरे ।’ पाकिस्तानी अखबार द डनले आफ्नो देशका इन्टर सर्भिस पब्लिक रिलेशनका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतीय सेनाका प्रमुख जनरल विपिन रावतको बयानपछि दिएको प्रतिक्रिया छापेको छ । गफूरले भारतीय सेना प्रमुखको बयानलाई देशभरमा नागरिकता कानुनको विरोधमा भइरहेको प्रदर्शनबाट ध्यान मोड्ने प्रयास भएको टिप्पणी गरेका छन् । गफूरले भने ‘भारतमा भेदभावपूर्ण कानुनको विरुद्ध नागरिकको विरोधलाई अहमियत दिइएको छैन ।’
अर्टेटा बने आर्सनलको मूख्य प्रशिक्षक एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मिकेल अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । आर्सनलले शुक्रबार म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पेप ग्वार्डीवाला सन् २०१६ मा सिटी आएपछि उनी सहायक प्रशिक्षक बनेका थिए । आर्सनलले मुख्य प्रशिक्षक उनाइ इम्रीलाई बर्खास्त गरेको तीन सातापछि ३७ वर्षीय अर्टेटालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । अर्टेटाले क्लबसँग साढे तीन वर्षको सम्झौता गरेको छ । स्पेनिस प्रशिक्षक अर्टेटाका पूर्व मिडफिल्डर पनि हुन् । आर्सनलमा पाँच वर्ष खेलेका उनले एफए कप जितेका थिए । अर्टेटाको नेतृत्वमा आर्सनलले शनिबार एभर्टनसँग उसैको मैदानमा खेल्नेछ ।
आव २०७५/०७६ मा १३ हजार ३ सय ६६ दुर्घटना, २ हजार ७८९ को मृत्यु काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनिकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए। उनले देशभर ८० हजार किलोमिटर भन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताए। उनले पछिल्लो समय सडकका कारणले भन्दापनि मानवीय र यान्त्रिक गडवडीका कारण दुर्घटना हुने गरेको बताए। त्यसको नियन्त्रण गर्नेकाम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवश्यक रहेको उनले बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक भिम ढ्कालले सडकको क्षमता भन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताए। त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जिर्ण भएकोले पनि दुर्घटना बढेको बताए। त्यस्तै सार्वजनिक यातायातहरुले सेवामुखि भन्दा पनि नाफामुखि भई सवारीसाधन चलाउँदा समेत दुर्घटना बढेको उनले बताए। नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ। त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ। त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ। यसमध्ये ९० प्रतिशत भन्दा बढी दुर्घटना मानवीय र यान्त्रिक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताए।
झापाको बिर्तामोडमा बसको ठक्करबाट सेक्युरिटी गार्डको मृत्यु सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन्। बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाल फोटो पत्रकार महासङ्घको अध्यक्षमा आले विराटनगर । नेपाल फोटो पत्रकार महासंघको बिहिबार भएको पहिलो महाधिवेशनले ध्रुव आलेको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । महासंघको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा क्रमशः सागर श्रेष्ठ, हरि रेग्मी, रत्नकृष्ण श्रेष्ठ, बालकृष्ण थापा, नरेश श्रेष्ठ र नवीन पौडेल रहेका छन् । यसैगरी, सदस्यमा प्रदेश नं १ बाट नवीन उप्रेती र उपेन्द्र चाम्लिङ, प्रदेश नं २ बाट जीतलाल श्रेष्ठ, प्रदेश नं ३ बाट जीवन लामा, गण्डकी प्रदेशबाट मञ्जुल शाक्य, प्रदेश नं ५ बाट विशाल सुनार, कर्णाली प्रदेशबाट राजबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट रामसिंह धामी रहेका छन्। केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई पुस ४ गते कोशीटप्पु वन्यजन्तु आरक्षमा हुने समापन समारोहमा प्रमाणपत्र वितरण गरिने भएको आयोजक समितिका संयोजक बेदराज पौडेलले बताए । महाधिवेशनमा ६४ जिल्लाका २ सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
नेकपा निकट प्रेस सङ्गठन काठमाडौँले पायो पूर्णता काठमाडौं । प्रेस सङ्गठन काठमाडौँले पूर्णता पाएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस सङ्गठन काठमाडौँ जिल्लाको संयोजकमा सागर पन्त र सहसंयोजकमा पुकार तिमल्सिना चयन भएका छन्। सङ्गठनका प्रदेश नं ३ इन्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इन्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका प्रदेश सहसंयोजक प्रकाश सिलवालको आतिथ्यतामा बसेको बैठकले ४१ सदस्यीय कमिटीको टुङ्गो लगाएको हो । नवगठित समितिको सदस्यमा चन्द्रजित मोक्तान, अभिषेक अर्याल, सुमन अधिकारी, प्रेम नेपाल, गोकुल रत्न, नुरराज कँडेल, मीनबहादुर चलाउने, घनश्याम दाहाल (जोन), प्रदीप घिमिरे, बद्री न्यौपाने, सूर्यकुमार खडका, शङ्कर तिमिल्सिना, मीनाकुमारी यादव, दीपेन्द्र श्रेष्ठ, मनोज पराजुली, मोहनकृष्ण अधिकारी, दीपाएवाइ राई, रामेश्वर ढकाल, रमेश लामिछाने, पवित्रा मुडवरी रहेका छन्। यस्तै अर्जुन दाहाल, कमल राना, जिपी पौडेल, अमिर लामा, सुविन्द्र श्रेष्ठ, गङ्गा चौलागाइैं, सुशील पुरी, राजाराम न्यौपाने, उषा बजगाईँ, नवीन पोखरेल, सुभाष कुँवर, दीपक भुसाल, सरोज लामिछाने, अनिता श्रेष्ठ, विक्रम न्यौपाने, राजु सुवेदी, तीर्थमान वल, रामचन्द्र कार्की, सुनिल शाह सदस्यमा चयन भएका छन्।
एकलाख नगदसहित नौ जुवाडे पक्राउ काठमाडौं । नेपाल प्रहरीले १ लाख सात हजार ५ सय १० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु काठमाडौं । ललितपुर र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–९ बालकुमारी खरीबोटस्थित सडकमा बिहीबार बिहान बा.२ ज २८०६ नम्बरको ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ । ट्याक्सीको ठक्करबाट गम्भीर घाईते भएकी अन्दाजी ३० वर्षीया महिलालाई उपचारका लागि पाटन अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु हो । ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै काभ्रेको खानिखोला गाउँपालिका–५ माझगाउँस्थित सडकमा ना.३ त ९१०३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा च्यापियर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ट्याक्टरमा सवार खानिखोला गाउँपालिका–४ मा बस्ने २८ वर्षीय दुधलाल भोलनको घटनास्थलमै मृत्यु भएको छ। फरार ट्याक्टर चालकको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कसले घन्कायो मन्त्रिपरिषद्को बैठकमा अंग्रेजी गीत ? काठमाडौं । मन्त्रीपरिषद्को बैठक शुरु भइसकेको थियो। सबै मन्त्रीहरुले आ—आफ्नो ल्यापटप खोल्न थाले । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकका एजेण्डाहरु कागजमा नभई ल्यापटपमै राख्न दिएको निर्देशनवमोजिम प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई पासवर्ड राखेर बैठकका एजेण्डाहरु ल्यापटपमै हेर्न सकिने व्यबस्था गरेको छ। सोमबार अपरान्हको बैठकमा पनि मन्त्रीहरुले आ-आफ्नै ल्यापटपमा ती एजेण्डाहरु हेरेर छलफल गर्नुपर्ने थियो । जब ल्यापटपहरु खुल्न थाले तब एक्कासि ठूलै स्वरमा गीत बज्न थाल्यो । त्यो राष्ट्रिय गान थिएन न त कुनै राष्ट्रियताले ओतप्रोत नेपाली गीत नै । त्यहाँ बजेको थियो-अंग्रेजी गीत। शुरुमा त मन्त्रीहरु मुखामुख गर्न थालेका थिए तर सबैले हाँसो थाम्न सकेनन् जब कृषिमन्त्री घनश्याम भुषाल के गरौं र कसो गरौंको अवस्थामा पुगे। उनको ल्यापटपमा गुगल क्रोम खोल्ने वित्तिकै कुनै अंग्रेजी गीत ठूलै आवाजमा बजेको थियो । उनले केही समय लगाएरमात्र त्यसलाई बन्द गराउन सफल भए । मन्त्रीहरुको हाँसो रोकिएपछि प्रधानमन्त्री ओलीले प्रबिधिबारे जानकारी राख्न मन्त्रीहरुलाई सम्झाए । यसपछिमात्र बैठक औपचारिक एजेण्डामा प्रवेश गरेको थियो।
बग्गीखाना क्षेत्रमा विशेष सफाइ काठमाडौँ । उपत्यकाका विभिन्न स्थानका सफाइ अभियानकर्मीले मुलुककै प्रमुख प्रशासनिक स्थल सिंहदरबारअघिको बग्गीखाना क्षेत्रको सफाइ गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा रहेको यस क्षेत्रमा चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने भएकाले सफाइका क्रममा धेरै फोहर जम्मा भएको अभियानकर्मी धीरेन्द्र साहले राससलाई जानकारी दिए । यो क्षेत्रमा धेरै फोहर जम्मा भएको सूचना पाएपछि आज एक दिनमात्र यहाँ विशेष सफाइ गरिएको उनले बताए । यहाँ नियमित सफाइ अभियान चलाउन जनशक्तिको अभाव रहेकाले त्यसो गर्न नसकिने सफाइ अभियानले जनाएको छ। सफाइमा सिंहदरबारमा रहेका नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायत उपत्यकाका विभिन्न स्थानको सफाइमा क्रियाशील अभियानकर्मीको सक्रियता थियो। सफाइबाट जम्मा भएको दुई गाडी फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ। उपत्यकाका प्रमुख स्थानमा धेरै फोहर जम्मा भएको पाइएमा त्यस्ता स्थानमा विशेष सफाइ अभियान शुरु गरिने जनाइएको छ।
जिप दुर्घटना, प्रहरी जवानको मृत्यु बैतडी । यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए । मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए । आज खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नंको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै जिप पल्टेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रवक्ता चन्दले बताए । उनले भने, “चिप्लो सडकमा जिप अनियन्त्रत हुँदा दुर्घटना भएको हो । जिपमा सवार अन्य सात जनाको अवस्था समान्य छ ।” जिप र जिप चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घुससहित प्रहरी रङ्गेहात पक्राउ कलैया । अपराध नियन्त्रणका लागि सादा पोशाकमा खटिएका घुमुवा प्रहरीलाई अख्तियारको टोलीले रु १५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए । अवैधरुपमा रक्सी भट्टी सञ्चालन गर्ने वतावरण सहज गरिदिन कलैयास्थित रहेको सिद्धेश्वर विद्यालयबाट निज यादवलाई नगदसहित पक्राउ गरिएको थियो । यादव पर्सा जिल्लामा दरबन्दी भई बारामा विगत पाँच महिनादेखि काजमा बस्दै आएका थिए । भारतबाट अवैधरुपमा सामान नेपालसम्म ल्याउन यादवले व्यापारीसँग मोटो रकम लिने गरेको अख्तियारको दाबी छ ।
जबर्जस्ती करणी कसुरमा १७ वर्ष कैद नुवाकोट । बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा थुनामा रहेका विदुर नपाका ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजाय सुनाएको छ । छ वर्षीय बालिकालाई विसं २०७३ पुस २० गते सुनारले जबर्जस्ती करणी गरेको मुद्दामा दोषी ठहर गर्दै उक्त फैसला गरिएको हो । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित सुनारलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले जानकारी दिए । स्रेस्तेदार बञ्जाराका अनुसार जबर्जस्ती करणी कसुरमा १२ वर्ष र बालिका पनि भएकाले थप पाँच वर्षसहित १७ वर्ष कैद सजाय र पीडित बालिकालाई रु ४० हजार क्षतिपूर्ति भराउने फैसला समेत गरिएको छ । प्रहरीले आरोपितलाई २०७३ साल पुस पुस २१ गते गिरफ्तार गरी जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।
अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुन्छन् : महानिर्देशक शर्मा काठमाडौं । सडक विभागका महानिर्देशक केशव शर्माले अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुने गरेको बताएका छन् । रिपोर्टस क्लबमा भएको साक्षत्कारमा महानिर्देशक शर्माले विश्वव्यापी अध्ययनले पनि सडक दुर्घटनाको पहिलो कारण मानविय त्रृटी नै भएको देखाएको बताएका हुन् । सवारी चालक, यात्रु वा पैदल यात्रीका कारणले दुर्घटनाहरु हुने गरेको उनको भनाई छ । त्यसैगरि सडकको अवस्था, सडक सुहाउँदो सवारी नहुनु र सवारीको यान्त्रिक कारणले पनि दुर्घटनाहरु हुने गरेको उनले बताए । पछिल्लो समय सडक विभागले विभिन्न राजमार्गहरुमा सडक सुरक्षालाई ध्यानमा राख्दै सडक सुधारका विभिन्न योजनाहरु लागुु गरेको उनले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटना न्यूनिकरणमा सम्बन्धित निकायको ध्यान जान नसकेको बताए । सडक बनाउँदा ईञ्जिनियरहरुको अध्ययन बिनानै निर्माण भएका सडकका कारण पनि दुर्घटना बढेको उनले बताए । यातायात सुधारको क्षेत्रमा सरकारको लगानी नै नभएको भन्दै उनले चालक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने माग समेत गरेका छन् । सवारी जाँच गर्न एउमा मात्रै फिटनेस सेन्टर भएपनि त्यो पनि काम नलाग्ने अवस्थामा रहेको उनले बताए । महासचिव सिटौलाले उपत्यकामा मालबाहक सावरी पार्किङको व्यवस्था गर्न पनि माग गरे । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले उपत्यकामा दैनिक हुने र्‍यालीहरुका कारण ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको बताए । दैनिक १३ लाखको हाराहारीमा सवारी सञ्चालन हुने उपत्यकामा जम्मा १३ सय ६८ ट्राफिक अधिकृत र जवान कार्यरत रहेको उनको भनाई थियो । एउटा ट्राफिक प्रहरीले ९ सय सवारी हेर्नुपर्ने अवस्था रहेको छ उनले बताए । पछिल्लो समय भएका सडक दुर्घटनाहरुप्रति दुःख व्यक्त गर्दै साक्षत्कारमा सहभागि वक्ताहरुले सडक दुर्घटना सम्बन्धि अध्ययन गर्न समिति गठन गरी समाधानका उपाय पत्ता लगाउनुपर्नेमा जोड दिएका थिए ।
काँग्रेस नेता ढुङ्गेलको पुशपति आर्यघाटमा अन्त्येष्टि काठमाडौं । नेपाली काँग्रेसका नेता एवं दोस्रो संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनुभएका ढुङ्गेलको गत आइतबार मष्तिस्काघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारकै क्रममा ६० वर्षको उमेरमा आज दिउँसो सवा ३ बजे निधन भएको हो । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित ढुङ्गेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको स्थानीयवासी रामहरि थापाले जानकारी दिनुभयो । आर्यघाटमा स्व ढुङ्गेलको पार्थिव शरीरमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनले ढुङ्गेलको निधनले नेपाली काँग्रेसले निष्ठावान् र होनाहार नेता गुमाएको भन्दै दुःख व्यक्त गरे । आर्यघाटमा काँग्रेसका नेताहरु शेखर कोइराला, बालकृष्ण खाँड, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, ३ नं प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, क्षेत्र नं १ का सभापति नारायण खायमली, क्षेत्र नं २ का सभापति जीवन खत्रीलगायत काँग्रेस जिल्ला समितिका पदाधिकारी लगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए । ढुङ्गेलको पार्थिव शरीरलाई गौशालादेखि शवयात्रा गरी आर्यघाट पु¥याएर श्रघाञ्जलि अर्पण गरी दाहसंस्कार गरिएको स्व ढुङ्गेलका भाइ विश्व ढुङ्गेलले जानकारी दिए । ढुङ्गेललाई जेठा पुत्र सविनले दागबत्ती दिएका थियो । ढुङ्गेल विसं २०४० देखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका गाविस अध्यक्षसमेत निर्वाचित भएका थिए । उनले कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालई खानेपानी खुवाएपछि उनलाई पानी पिताका रुपमा समेत स्थानीयवासीले मान्दै आएका थिए । नेपाली काँग्रेसका महासमिति सदस्य, काँग्रेस क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति, गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्षसमेत रहेका ढुङ्गेलको जेठो पुत्र सविन, माइलो अनुप र कान्छो अभिषेक रहेका छन् । उहाँकी श्रीमती सुशीलाको गत वर्ष निधन भएको थियो ।
भारतीय नम्बर प्लेट भएको जीपको ठक्करबाट मृत्यु कञ्चनपुर । भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा मंगलबार बेलुकी एक जनाको मृत्यु भएको छ । भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले जीपको ठक्करबाट घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताए । त्यसैगरी, जीप चालक भीमदत्तनगरपालिका–१० जिमुवाका ३० वर्षीय राकेश बम घाइते भएका छन् । प्रहरीका अनुसार घाइते बमलाई प्रहरीकै निगरानीमा उपचारका लागि धनगढी लगिएको छ । ठक्कर दिने जीप प्रहरी नियन्त्रणमा राखिएको छ भने मृतकको शवपरीक्षणका लागि महाकाली अस्पताल भीमदत्तनगरमा राखिएको छ ।
प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्– नेपाल पृथ्वीको स्वर्गजस्तो काठमाडौँ। “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ। मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे। मलाई पनि बचुँलाजस्तो लागेन। भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन्। उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही सन्देश छ भने भन, म परिवारलाई पुर्याइदिउँला।” गत हप्ता पानीपोखरीस्थित जापानी दूतावासमा प्रसिद्ध हिमाल आरोही जापानी नागरिक हिरोताका ताकेउचीले हिम पहिरोमा परेको अनुभव सुनाउँदा हल सुनशान भयो। उनी हिमाल चढेको ‘डकुमेन्ट्री’ हेर्न दूतावास हलमा उपस्थित सबैले घरिघरि उनको मुहार पढिरहेका थिए र उनको साहसिक आरोहणको यात्रा समेटिएको सो ‘डकुमेन्ट्री’ बडो चाखसित चियाइरहेका थिए। आरोही ताकेउचीले आफ्नो सङ्घर्षले भरिएको जीवनगाथा सुनाए । आठ हजार मिटरमाथिका विश्वका १४ वटै हिमाल चढेका उनी पहिलो जापानी हुन्। उनले त्यहाँ आफ्नो अनुभव सुनाउँदा कुनै बेला उनको मुहार चम्किन्थ्यो र उत्साहित देखिन्थे। अनि बेला बेलामा उनको मुहारमा दुःखको विराट तस्वीर झल्किन्थ्यो तर, उनको अभिव्यक्तिमा अदम्य साहस देखिन्थ्यो र यसबाट बुझ्न सकिन्थ्यो– उनी थाकेका छैनन्, अझै धेरै गर्न बाँकी छ। सामान्य मानिसलाई त सानातिना पहाड चढ्नु पनि कल्पना बाहिरको कुरा हो। अझ आठ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नु झन सानो कुरा भएन। नेपाल हिमालै हिमालको देश हो, तर पनि एकाध सय नेपाली मात्रै हिमालको टाकुरामा पुगेका होलान्। अनि सगरमाथा चढ्ने नागरिक त धेरै कम । त्यसमा अझै आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने त कति हो कति कम। पातलो ज्यानका हिरोताका आफूले पाएको दुःख र पीडाको मात्रै नभई रोमाञ्चक अनुभव सुनाउन उभिएमका थिए। शुरुमै उनले भने– तपाईंहरुले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल चढेको मान्छे देख्नुभएको छ? छैन भने आजै देख्दै हुनुहुन्छ, त्यो म नै हुँ। अचम्म नमान्नुहोला यस्तो मानिसले कसरी चढ्यो होला भनेर। किन भने मैले शुरुमा त मलाई नै पत्याएको थिइन तर यो सब मेरो आँट र इच्छाले सम्भव बनाइदियो। उनले भनेझैँ हिरोताकालाई हेरेर उनको यो सफलता पत्याउन आम मानिसलाई कठिन नै हुन्छ। हिमाल चढ्दाका अप्ठेराहरु समेटिएको उनको वृत्तचित्र हेर्दा त झन आङ जिरिङ्ग हुन्छ। उनले चरा उडेर पुग्ने ठाउँमा आफू हिँडेर पुगेको साहसिक कथा सुनाएका थिए। नेपालका लागि जापानी राजदूत मासामिची साइगोसमेत आश्चर्य भावमा हिरोेताकाका कुरा सुनिरहेका थिए। बेला बेलामा जिब्रो काड्थे र अघिल्लो सिटमा बसेका उनी कुनै बेला पछि फर्किएर अरुको मुहार हेर्थे। विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन्। तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्गा, लोहोत्से, मकालु, चोयू, धौलागिरि, मनास्लु, अन्नपूर्ण नेपालमै पर्छन्। यसबाहेकका विदेशमा रहेका अरु हिमालमा केटु, नांगा पर्वत, गासेरब्रुम, ब्रोड पिक, गासेरब्रुम दोस्रो र सिसापाङ्मा हुन्। उनले यी सबै हिमाल आरोहण गरेका छन्। यी हिमालको शिखरमा पुगेर उनले आफ्नो मात्रै नाम चम्काएनन्, संसारभर नै नेपालको र आफ्नो देश जापानको पनि चम्काए। “आरोहण गर्दै थिएँ, मैले ‘च्यालेन्ज’ नै गरेर त्यहाँ पुगेको थिएँ, किनकी मलाई हिमालले मोहनी लगाएको थियो। एक्कासि हिम पहिरो आयो, मलाई त्यो पहिरोले ३०० मिटर तल बगायो ।” उनले आफ्नो आरोहणको कथा सुनाए। उनी अगाडि भन्दै गए– मेरो ढाडको हड्डी भाँच्चिएको थियो, शरीर पूरै हिउँजस्तै चिसो, कता दुखेको थियो थाहै थिएन। म बोल्न सक्दैनथेँ तर आरोहण दलका साथी चाँहि चिन्थेँ । यो गासेरब्रुम चढ्दाको पीडाको कथा हो। मलाई यति दुख्यो कि त्यो दुखाइ साँँच्चै पीडादायी थियो। मेरा सहयोगीले खुट्टामा समातेर ताने, खासमा त्यसो गर्नु नहुने रहेछ। मलाई बचाउन उनीहरुले त्यसो गरेका रहेछन्। आरोहण टोलीमा एक चिकित्सकसमेत रहेछन्, उनले मलाई दुखाइ कम हुने औषधि दिए र भने तिमी भोलिसम्म त मर्छौं होला, भनेका थिए। एउटा क्याम्पमा थिएँ, वरिपरि प्लाष्टिकले बेरेर राखेको सामानजस्तो थुप्रो थियो। मैले भने अक्सिजन मास्क लगाएको थिएँ, मेरो सहयोगीले नै त्यो लगाइदिएका रहेछन्, पछि थाहा पाएँ तर, मलाई अक्सिजन लगाइदिने साथी पछि बितीसकेको थियो। यसो हेरेँ प्लाष्टिकले बेरेर राखेको सामानजस्तो लाग्ने थुप्रो देखियो त्यो आरोहीको रहेछ, तर सबैले हिमालमै जीवन सुम्पिसकेका– उनले भने। हिरोताका भन्दै गए– केही पहिले त सँगै थियौँ, र एकापसमा भन्थ्यौँ कि हिमाल चढेर आफ्नो र देशको नाम राख्नुपर्छ। उनीहरुको भौतिक शरीर हेर्दा पनि त्यति मात्र सम्झिएँ। अनि मेरो कानमा गुन्जियो– हितोताका तँ अझै हिमाल चढ र नाम लेखा है। वास्तवमा आजका दिनसम्म पनि उनलाई हिमाल चढ्न प्रेरित गर्ने घटना त्यही हो । त्यो घटना सन् २००७ को हो। मलाई त हिमालसँग जोरी खोज्नु मेरो रहरजस्तै भइसकेको छ, किन भने मेरो साथ टुटेका आरोहीहरुले हिमालसँग नहारेस् है भनेका छन्। मेरो एक जर्मनी साथी राल्फ साइमन र मैले संसारका आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने अठोट गरेका थियौँ। त्यो क्रम मेरो बालककालदेखि नै शुरु भएर सन् २०१२ मा पूरा भएको हो। किन हिमाल चढ्नुहुन्छ भन्ने प्रश्नमा उनको उत्तर थियो। उनको यो कीर्तिमान सन् २०१२ मा पूरा भएको हो। उनलाई उनका पिताले बाल्यकालमा नै जापानका पहाड चढाउन लानु हुन्थ्यो, त्यही बेलादेखि नै हिमाल हेर्ने रहर उनको मनमा भरिएर आउँथ्यो। उपस्थित जिज्ञासु मुहारको उत्सुकता मेटाउन उनले भने–जापानमा आन्तरिक उडानमा उड्ने जहाज आठ हजार मिटरको हाराहारीमा उड्छन्। जहाजमा रहेका बेला हामी आठ हजार मिटर उचाइमा पुगेका छौँ भनेर सूचना देख्नुभयो भने यसो जहाजबाट बाहिर हेर्नुहोला, तपाईंहरुलाई पनि म यति उचाइमा छु भन्ने भावना आउँछ। उनले हिमाल आरोहणको खतरापूर्ण कथा सुनाएपछि हाम्रो प्रश्न थियो– हिमाल चढ्न के सधैँ यस्तै खतरा हो? हो, उनको जवाफ थियो । हिमालमा त हामी जोखिम लिएरै जाने हो। मर्ने नमर्ने भन्ने त भाग्यमा पनि भर पर्छ। किन भने कुनबेला पहिरो आउँछ भन्ने त के थाहा हुन्छ र? तपाईं आफ्नो मिसनको चुचुरोमै पुगेपछि के देख्नुहुन्छ ? हाम्रो यो काल्पनिक प्रश्नमा उनको जवाफ थियो– त्यो हिमालको शिखरमा पुगेपछि मैले अरु केही देख्दिन, मैले चढ्नुपर्ने त्यसपछिको अर्को हिमालको टुप्पो मात्र देख्छु र त्यसैबाट लोभिन्छु। अनि ओर्लिएपछि त्यसतर्फको यात्राको तयारीमा लाग्छु। सन् १९७१ मा जन्मिएका हिरोताकाजस्तै आठ हजार मिटर अग्ला सबै हिमाल चढ्ने मानिस विश्वमा निकै थोरै छन्। ४८ वर्षीय उनको जाँगर अहिले पनि उस्तै छ । भन्छन्– मेरो अबको लक्ष्य पनि हिमाल नै चढ्ने हो, कसैले नचढेका हिमाल चढेर नयाँ नयाँ गन्तव्य भेटाउने तर, अब हिमाल चढ्न गाह्रो हुँदै गएको उनको अनुभव छ । यो उनको उमेरले मात्र नभएर जलवायु परिवर्तन पनि एक कारण हो। विगतमा आफूले चढेका हिमालका शिखरहरु हेर्दा काला हुँदै गएको देखिन्छ । हिउँ पग्लिएर पत्थर देखिन थालेको छ, यस्तोमा चढ्न झनै गाह्रो हुन्छ– उनको अनुभव छ । सन् १९९६ मा २५ वर्षको उमेरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा चढेपछि हिमाल आरोहणलाई निरन्तरता दिएका उनले बताए। नेपाल पृथ्वीको स्वर्गजस्तो लाग्छ भन्छन्, उनी तर, उनको सुझाव छ कि नेपाललाई जापानीहरु हिमालको देश भनेर बढी चिन्छन् । नेपाल संस्कृति, प्राकृतिक सम्पदा, विश्व सम्पदालगायत धेरै कुराले नेपाल धनी छ, त्यो कुरा पनि थाहा दिनुभयो भने जापानीलाई आकर्षित गर्न सजिलो पर्नेछ। नेपालको सुन्दरता विश्वमा चिनाउन सकिएमा त्यसैमा नेपालको समृद्धि छ, उनको भनाइ छ। नेपालले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। हिमाल मात्रै नभई नेपालका अन्य प्राकृतिक स्रोत तथा साधनको समेत प्रचार गर्नुपर्ने सुझाव छ उनको। जापानी नागरिकले सगरमाथा आरोहरणको ५० वर्ष पुगेको अवसरमा सन् २०२० मा नेपाल र जापानमा समेत संयुक्तरुपमा कार्यक्रम आयोजना गर्ने समेत उनले जनाए। त्यो कार्यक्रममा खास के हुन्छ ? उनले भने– त्यस कार्यक्रममार्फत हामी विशेष गरी हिमाल र हिमाल आरोहणसम्बन्धी सूचना र सन्देश विश्वमा नै दिन चाहन्छौँ। उनको अनुभवमा हिमाल चढ्ने काम एक प्रकारको कुशल अभ्यास पनि हो । यो एउटा ठूलो जोखिमको काम हो। जोखिम नलिँदासम्म सफलता पाउन पनि मुस्किल छ । यसोभन्दा उनमा थोरैमात्र डर र धेरै उत्साह देखिन्थ्यो। आफूलाई व्यावसायिक हिमाल आरोही बताउने उनले आफ्नो जीवनभर नै हिमाल चढ्ने बताए। उनी भन्छन्– जीवन रहेसम्म हिमाल चढ्छु, अबको योजना कोही नपुगेको शिखरमा पुग्ने छ । खोज्दैछु, अब कोही नपुगेको हिमाल चढ्ने हो। रासस
सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा पच्चीस यात्रु घाइते काठमाडौं । काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको बा १ ख ८६९३ नं को यात्रुबाहक बस आज साँझ ६।१५ बजे ठोक्किँदा २५ यात्रु घाइते भएका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्टले बस एकापसमा ठोक्किँदा बसभित्र रहेका २५ यात्रु घाइते भएको जानकारी दिए । घाइतेको सामाखुशीको अल नेपाल अस्पताल र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बस भक्तपुर चल्ने र महाराजगञ्जदेखि बसपार्क जाँदै गरेको बस चक्रपथ चल्दै आएका थिए । महाराजगञ्जबाट बसपार्क जाँदै गरेको बसका चालक भने गम्भीर घाइते रहेको प्रहरी निरीक्षक विष्टले बताए । घाइतेको नाम भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपाली काँग्रेसद्वारा शाेक वक्तव्य जारी, मृतक ४ जनाप्रति श्रदाञ्जली काठमाडाैं ।  नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी बलाराम नायक, बष्ठि अभिनेता दिपक क्षेत्री, चलचित्र बार्डका अध्यक्ष केशव भट्टराई र नेविसंघका संस्थापक सदस्य चित्रबहादुर कार्कीको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । सोमबार एक शोक वक्तव्य जारी गर्दै काँग्रेसले नेपाली चलचित्र जगत र नेपाली काँग्रेसले मंसिर महिनाको अन्तिममा अपूरणीय क्षति पुगेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘८७ वर्षीय प्रजातन्त्र सेनानी, पूर्व महाधिवेशन प्रतिनिधि, धनुषाका पूर्व उपसभापति एवं महोत्तरीका पूर्व जिल्ला सचिव बलराम नायकको आज विहान र नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य, नेपाली कांग्रेस भोजपुरका नेता  एवं वौद्धिक व्यक्तित्व चित्रबहादुर कार्कीको मंसिर २९ गते निधन पार्टी गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरुले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँहरुको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’ यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दिपक क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । उहाँहरुको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिनुका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा चाैतारा। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ७९६७ नंको ट्रकका चालक जोगीको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल ब्रदेवान, ८७४३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन र सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीन जनाकै अवस्था मध्यम रहेको छ।
एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी नगरपालिका–९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शङ्का लागी जाँच गर्दा चाँदीसहित पक्राउ गरेको हो। अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि गए राति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ।
चितवनको लोथरमा २ वटा ट्रक ठोक्किए, एकको मृत्यु, ३ जना घाइते चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ८७४३ नंको ट्रकका चालक लोप्चनको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ७९६७ नंको ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीन जनाकै अवस्था मध्यम रहेको छ।
सिजी कम्युनिकेशनद्वारा सर्वोच्चमा रिट काठमाडौं । सर्वोच्च अदालतमा चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिले फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइ आइतबार रिट दायर गरेको निवेदनमा नेपाल दूरसञ्चार प्राधिकरणले यही मङ्सिर १८ गते जारी गरेको फिक्वेन्सी बढाबढ (ललामी) रोक्न माग गरिएको हो । निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म फ्रिक्वेन्सी बढाबढको कार्य कार्यान्वयन नगरी यथावत् राख्न आदेशको माग गरिएको छ । सिजीले ९००, १,८०० र २,१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा आफ्नो रहेको र फ्रिक्वेन्सी आफूलाई प्रदान गरेर मात्र बाँकीका लागि लिलाम बढाबढ गर्नुपर्ने माग निवेदनमा गरिएको छ ।
सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत काठमाडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ वर्षीया मैयाँ, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गङ्गामाया तामाङ, जुगल गाउँपालिका–७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुर, सूर्यविनायक–८ की ३२ वर्षीया चिनु बस्नेतको सनाखत भएको छ । बाँकी एक २४ वर्षीयाको भने केएमसी सिनामङ्गलमा उपचार हुँदाहुँदै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । घटनामा १६ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करीब १०० मिटर तल ब्रेक फेल भएर सो वा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटनामा परेको थियो । भक्तपुरबाट शनिबार रिजर्भमा गएको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको काफ्लेले बताए ।
सिन्धुपाल्चाेकमा दुर्घटना अपडेट : चौध मृतकमध्ये १२ को सनाखत काठमडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ । दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ की लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितिका वर्ष २४ का महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती वर्ष ३५ की मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की वर्ष ५३ की गङ्गामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी वर्ष सात की सबना तामाङ, सोही ठाउँकी वर्ष ३० की रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, वर्ष २८ की मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ । बाँकी दुईको भने खनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । दुर्घटनामा घाइते चारको काभ्रेको धुलिखेल र १४ घाइतेको ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सिन्धु सदावहार अस्पतालमा प्राथमिक उपचार गरेपछि गम्भीर घाइते सबैलाई अन्यत्र सिफारिस गरिएको अस्पतालले जानकारी दिएको हो । मृतक सबैको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । मृतकका आफन्त सबै अस्पतालमा आएकाले प्रक्रिया पूरा गरेर शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले बताए । ह्याम्स अस्पतालमा लगिएका बिरामीको अवस्था गम्भीर रहेको र दुईको टाउकोको शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए । अन्य घाइतेको पनि चिकित्सकको ठूलो टोलीले उपचार गरिरहेको भण्डारीले जानकारी दिए । कालिञ्चोक तीर्थ यात्रा गरी भक्तपुर जाँदै गरेको बस आइतबार बिहान साढे ७ः०० बजे लामोसाँघु जिरी सडकखण्डको छ किलो नजिकै सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बसका चालक भने हाम फालेर भागेको प्रत्यक्षदर्शी जानकारी दिएका छन् । लामोसाँघु जिरी सडकखण्डको छ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए । घाइते दीपक तामाङका अनुसार बसको सीट भर यात्रु थिएनन् । ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले जानकारी दिए। यस अघि गत असोजमा सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाति गाउँपालिका–१० बडहरे झिल्के मोडमा दुर्घटना हुँदा ११ को मृत्यु र ४० भन्दा बढी घाइते भएका थिए । साथै पछिल्लो पटक कात्तिकमा दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १७ को मृत्यु भएको थियो ।
धनुषा विस्फोट ‘रिसइवी’का कारण ! धनुषा। धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा शुक्रवार राति भएको बम विस्फोटको घटनाको अनुसन्धान साँघुरो पार्दै लगिएको प्रहरीले जनाएको छ। प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रद्युम्नकुमार कार्कीले अनुसन्धानको घेरालाई साँघुरो बनाइँदै गरिएकाले अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने बताए। ‘विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हामी चाँडै घटनाको रहस्यलाई सुल्झाउँछौँ।’ क्षीरेश्वरनाथ नगरपालिकामा भएको उक्त घटनामा घरधनी राजेश साह, उनका १७ वर्षीय छोरा अनन्त र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ। मृतक राजेश साहका बुबा भिखारी, छोरी अञ्जली, अर्का छोरा प्रकाश र प्रहरी जवान रिजन महतो घाइते छन्। राजेश साह र उनका छोरा अनन्त साहको मृत्यु भएपछि घरका सदस्यहरूले घटनाको कारणबारे अनुमान गर्न सकेका छैनन्। अनुसन्धान टोलीले विभिन्न कोणबाट अनुसन्धान थाले पनि शोकाकुल परिवार सामान्य अवस्थामा आएपछि केही सुराक भेटिने विश्वासमा प्रहरी छ। घटना अनुसन्धानको क्रममा शनिवार नियन्त्रणमा लिइएका नेकपा विप्लव समूहका धनुषा इन्चार्ज ललिता महरा समेत तीन जनासँग सोधपुछ भइरहेको छ। ूलेनदेन र व्यक्तिगत रिसइवीको कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ एक प्रहरी अधिकारीले भने। राजेश साह पेसाले औषधि व्यवसायी हुन्। तर उनले ब्याजमा ऋण लगानी गर्ने गरेको बताइएको छ। बम विस्फोटको सम्बन्ध त्यो सँग भए नभएकोबारे पनि प्रहरीले अनुसन्धान थालेको जानकारी दिइएको छ। पीडित परिवार र उनका आफन्तजनले मृतक प्रहरी निरीक्षक दाहालले झोलामा रहेको प्रेसरकुकरलाई हातले चलाउँदा विस्फोट भएको बताए पनि प्रहरीले टाइमबम रहेकाले १२ बजे विस्फोट भएको दाबी गरेको छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घरको बरन्डानजिक कपडाको झोलाभित्र शङ्कास्पद वस्तु भेटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा अनुसन्धान गर्न टोली खटाइएको उल्लेख छ। ‘उक्त वस्तु अचानक विस्फोटन हुँदा प्रहरी निरीक्षक दाहालसहित १० जना घाइते भएपछि तत्काल उपचारका लागि लगिएकोमा राजेश साह, आनन्द साह तथा प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा मृत्यु भएको हो।’ क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले मृतक राजेशका पिता भिखारी साह, उनका कान्छा छोरा प्रकाश साह र छोरी अञ्जली साहको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका छन्। घटनामा मृत्यु भएका राजेश र उनका छोरा अनन्त साहको जलाद नदी छेउमा र प्रहरी निरीक्षक अमिर दाहालको पशुपति आर्यघाटमा शनिवार साँझ दाहसंस्कार गरिएको छ। शोकमा क्षीरेश्वरनाथ नगरपालिकामा आइतवार सार्वजनिक बिदा दिइएको छ। उद्योग वाणिज्य सङ्घको आह्वानमा बजार बन्द छ। धनुषा जिल्लाको शिक्षण संस्थामा पनि बिदा दिइएको छ। आइतवार मृतक राजेश साहको घर पुगेका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले बेहोरिदिने प्रतिबद्धता जनाए। ‘तीन जनाको ज्यान लिने जघन्य अपराध गरेकाहरूलाई कानुनको दायरामा ल्याइनेछ,’उनले भने। राजनीतिक सङ्क्रमणकालका बेलादेखि नै तराईका विभिन्न भूभागमा अशान्ति मच्चिएको थियो। संविधानसभाको पहिलो चुनावको समयताका त्यहाँ दर्जनौँ सशस्त्र समूहहरू देखा परे।त्यतिखेर त्यहाँ साना हतियार एवम् बमहरूको बिगबिगी नै भएको सुरक्षा अधिकारीहरूले बताउने गरेका थिए। माओवादी सशस्त्र द्वन्द्वताका अनि सशस्त्र समूहहरू सक्रिय भएको बेला यस क्षेत्रमा लगातार बम विस्फोटका घटनाहरू भएका थिए। पछिल्लो समय शान्त रहे पनि केही महिनायता निरन्तर बम फेला पर्ने र विस्फोट हुने क्रम पुनः बढेको देखिन्छ। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा शुक्रबार राति ११ बजेतिर भएको विस्फोटबाट कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको छ। त्यो बम कसले पड्काएको हो भन्ने कुरा खुल्न सकेको छैन। यो गाउँपालिकामा पछिल्लो केही दिनयता हरहिसाब सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको थियो। धनुषा घटनामा प्रहरी निरीक्षकको ज्यान गएको छ भने केही महिनाअघि रौतहटमा भएको बम विस्फोटमा एक जना प्रहरी घाइते भएका थिए। ईशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा कार्तिकमा विस्फोट हुँदा प्रहरी जवान घाइते भएका थिए। खास गरेर सरकारी कार्यालयलाई लक्षित गरेर विस्फोट गराउने र बम राख्ने गतिविधि यो प्रदेशमा बढेको बताइन्छ। मंसिर २३ मा मात्रै महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकामा प्रेसर कुकुर बम विस्फोट गराउने योजनाका साथ राखिएको फेला परेको थियो। जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र पार्किङ गरी राखिएको गाडीमुनि झोलाभित्र प्रेसर कुकर बम फेला परेको थियो। फेला परेको उक्त बमलाई नेपाली सेनाको बम टोलीले निष्क्रिय गरेको थियो। यसअघि १३ मंसिरमा सिरहाको धनगढीमाई नगरपालिकास्थित मेयरको कार्यकक्ष अगाडिको ढोकामा पनि प्रेसर कुकर बम फेला परेको थियो। प्लास्टिकको झोलामा राखिएको अवस्थामा फेला परेको बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो। ूलगातार बम फेला पर्ने अनि विस्फोट हुने घटनाले सर्वसाधारण त्रसित भएका छन्। साथै शान्ति सुरक्षा बहाली गर्ने प्रहरी पनि बम विस्फोटको सिकार भइरहेका छन्,ू यादव बताउँछन्। (बीबीसी नेपालीबाट)
पन्ध्र वर्षपछि हत्यारा पक्राउ काठमडौं । नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको जानकारी दिए । “एक आपसमा झगडा गर्दा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको र पीडितको परिवारको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, उनले भने । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको ब्यूरोले जनाएको छ ।
कालिञ्चोक दर्शन गरेर फर्किँदै गरेको बस दुर्घटना, ठुलो हताहतिको आशंका नयाँ बानेश्वर । सिन्धुपाल्चोकको सुनकोशी–७ मा यात्रुवहाक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा ठुलो हताहति भएको बताईएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित छ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बस सडकबाट ५० मिटर तल खसेर क्षत विच्छेद भएको छ । दुर्घटनामा थुप्रै यात्रु घाइते भएको र उनीहरुको उद्धार भईरहेको र केहीको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
गुल्मीमा एक युवक मृतावस्थामा भेटीए गुल्मी । गुल्मीमा एक युवक मृतावस्थामा फेला परेका छन् । गुल्मी, धुर्कोट गाउँपालिका–४ को जैसीथोक बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर नफर्केपछि शनिबार खोज्दै जाने क्रममा उनलाई घर नजिकै बाटोबाट दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको उनले बताए । प्रहरीले घटनास्थलको मुचुल्का बनाई शव परीक्षणका लागि जिल्ला अस्पताल तमघासमा ल्याउने तयारी गरेको बताइएको छ । लतीन वर्षपछि कुलपूजाका लागि भनेर घर आएका खत्री शुक्रबार बेलुका कुलपूजाका निम्तालुहरुलाई खाना खुवाएर सकेपछि घरबाट बाहिर निस्केका थिए ।
काठमाडौँ आउँदै गरेको मोटरसाइकल काभ्रेमा दुर्घटना, चालकको मृत्यु, एक घाईते बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ।
चितवनमा सवारी दुर्घटना, ६३ जना घाईते चितवन । सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन्। बिहीबार राति १०ः४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चाकल गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ना३प ४६९० नम्बरको स्कुटर र ना२८प ४४४० नम्बरको मोटरसाइकल एक आपसमा जुधेको थियो। त्यस अघि दिउँसै कुरीनटारमा यात्रुवाहक बस पल्टिँदा आठ जना घाइते भएका छन्। कोइरालाका अनुसार काठमाडौँबाट बुटवलका लागि आउँदै गरेको लु२ख १५७९ नम्बरको यात्रुबाहक बस इच्छाकामना–४ कुरीनटारमा अनियन्त्रित भई पल्टिएको थियो। घाइतेमध्ये एक जनाको पुरानो मेडिकल कलेज र अन्य सात जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरा मुक्त रहेको छ। त्यसअघि बिहान इच्छाकामना गाउँपालिका–४ कुरीनटारमा चार सवारी साधन ठक्कर खाँदा ६ जना घाइते भएका छन्। फिस्लिङ्बाट मुग्लिनतर्फ आउँदै गरेका दुईवटा यात्रु बोकेको चार पाङ्ग्रे सवारी साधन म्याजिक र दुईवटा स्कारपियो बाटो पार गर्ने क्रममा ठोकिँदा उनीहरु घाइते भएका हुन्। उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। बिहानै राप्ती नगरपालिका–६ हर्दीमा बा३ख ८४९० नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्। वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको सो बस अनियन्त्रित भई सडकबाट केही तल बारीमा पुगेको थियो। उनीहरुमध्ये आठ जनाको चितवन मेडिकल कलेज र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। यसैगरी बिहीबार राति बाराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना७ख ४७५५ नम्बरको बस रत्ननगर नगरपालिका–२ टाँडीमा अनियन्त्रित भई पल्टिएको हो। घाइतेमध्ये १८ जनाको रत्ननगर बकुलहर अस्पताल र चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले चिप्लो बाटोमा समेत तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी भएको बताए । राजमार्ग क्षेत्रका ठाउँठाउँमा सुरक्षा जाँच गरी सवारी तीव्र नहाक्न चालकहरुलाई अनुरोध गरिएको उनले जानकारी दिए ।
उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग नभएकोप्रति चिन्ता काठमाडौं । ठूलो सङ्ख्यामा विदेशमा श्रम र पसिना बगाएर स्वेदश पठाएको विप्रेषणको सही सदुपयोग नभएकोमा चिन्ता व्यक्त गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भमा पारेर नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (फियोजना) ले आयोजना गरेको ‘कामदारमा लागि रेमिट्यान्स र वित्तीय सक्षारतामा अभिमुखीकरण तालीमको भूमिका’ विषयको अन्तरक्रियामा सहभागीले उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनअनुसार विप्रेषणको झण्डै ८० प्रतिशत दैनिक उपभोग्य सामग्रीको खरिदमा प्रयोग हुने गरेको छ । अनुत्पादक क्षेत्रमा विप्रेषणको ठूलो हिस्सा खर्च गरिँदा कामदार र तीनको परिवारको आर्थिक अवस्था कमजोर रहँदै आएको छ । हुण्डीलाई निरुत्साहित गर्न नसक्दा विप्रेषण बैङ्किङ प्रणालीमार्फत आउन नसकेको भन्दै कार्यक्रममा विप्रेषणको सम्पूर्ण हिस्सालाई औपचारिक ढङ्गबाट भित्रयाउन लागत घटाएर प्रेरित गर्नुपर्नेमा जोड दिइएको थियो । हुण्डीबाट विप्रेषण पठाउँदा असुरक्षित हुनाका साथै कामदार र स्वयम् मुलुकका लागि ठूलो नोक्सानी हुनेतर्फ पनि कामदारलाई अभिमुखीकरण गर्नुपर्ने अन्तरक्रियामा सहभागीको भनाइ थियो । कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरणसम्बन्धी पाठ्यक्रम संशोधन गरी वित्तीय साक्षरताका विषय समावेश गर्ने तयारी अन्तिम चरणमा पुगेको र एक महिनाभित्र कार्यान्वयनमा आउने बताए । विप्रेषण भित्रयाउन तथा बचत गर्न बैङ्क तथा वित्तीय संस्थाको आकर्षण बढेको भए पनि सीप सिकेर स्वदेश फर्केका युवालाई स्वरोजगार बनाउनेतर्फ वित्तीय संस्थाले ध्यान नदिएकोप्रति उनले चिन्ता व्यक्त गरे । विप्रेषणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैङ्कको विदेशी विनियम व्यवस्थापन विभागका उपनिर्देशक डा भागवत आचार्यले विप्रेषणको सही सदुपयोग र हुण्डी निरुत्साहनका लागि सचेतना फैलाउनुपर्नेमा जोड दिए । राष्ट्र बैङ्कले २०७० सालदेखि नै वित्तीय साक्षरता कार्यक्रम घोषणा गरेको जानकारी दिँदै उनले विप्रेषणको उत्पादनशील क्षेत्रमा प्रयोग नगरिए मुलुकको आर्थिक अवस्था खस्कन सक्ने बताए । ग्लोबल आइएमई बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले विदेशमा आर्जन गरेको पारिश्रमिक सुरक्षित तबरले घरसम्म पु¥याउन नसके वैदेशिक रोजगारीको कुनै औँचित्य नहुने बताए। महासंघका विष्णु गोपाल गडतौलाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्दै कमाएका रकमलाई सुरक्षित तबरबाट स्थानान्तरण गर्न र स्वदेशमा लगानीका सम्भावनाका बारेमा अग्रिम जानकारी लिन वित्तीय साक्षरता आश्यक रहेको बताए ।
विद्यालयमा विद्यार्थी घट्दै गए, जग्गा मिचिदै गयाे काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ । विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्छ । अहिले सुकुम्वासीदेखि स्वास्थ्यचौकीसम्मको भवन बनाउने ठाउँ विद्यालयले नै दिनुपरेको अवस्था छ । सामुदायिक विद्यालयका नामको जग्गा वरिपरिका जग्गाधनीले अलिअलि गरी काट्दै जाँदा यस्तो अवस्था आएको वडा नं २का वडाध्यक्ष कृष्णबहादुर पण्डितले वताए । उनले भने, “यसरी मासिँदै गएको जग्गा संरक्षणका लागि नगरपालिकाले सार्वजनिक, पर्ती जग्गा संरक्षण समिति गठन गरेको छ, वडास्तरीय समिति पनि गठन भएकाले सबै सार्वजनिक एवं पर्ती जग्गा संरक्षण गर्न लागिएको छ”। बीचमा गारेटो बाटो थियो । शहरीकरणसँगै सडक निर्माण गर्न थालेपछि स्थानीय आफ्नो जग्गा दिएनन् । साविकको नयाँपाटी गाविसको वडा नं ४, ५ र ६ वडामा विद्यालयको नाममा जग्गा थियो । विद्यालयका नाममा सात कित्तामा २० रोपनी जग्गा रहेको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए। विद्यालयमा हाल ४ सय ६० छात्र छात्रा अध्ययन गर्दछन् । धेरैले सामुदायिक विद्यालयको जग्गाका बारेमा मतलब नै गर्दैनन् । नगरपालिका, नापी कार्यालयलगायत सरकारी निकायसँग समन्वय गरी विद्यालयका नाममा रहेको जग्गा फिर्ता गराउने अभियानमा लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले बताए । नगरपालिकाले पनि नगरपालिकास्तरीय सार्वजनिक एवं पर्ती जग्गा संरक्षण समिति गठन गरी नापजाँच शुरु गर्ने तयारी गरेको छ ।
आगलागी हुँदा ५ जना घाईते लाखौँ धनमालको नष्ट काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्ष्ति भएको छ । बुधबार राति र बिहीबार विहान देशका विभिन्न स्थानमा भएको आगलागीबाट बुधबार राति काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरेण्टको भान्सामा ग्याँस लिक भई आगलागी हुँदा रेष्टुरेण्टमा काम गर्ने ५ जना घाइते भएका छन् । उक्त आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई तत्काल उद्दार गरी उपचारको लागि बीर अस्पतालको ट्रमा सेन्टर पठाइएको छ । त्यसमध्ये गम्भिर २ जनालाई थप उपचारको लागि किर्तिपुर मोडेल अस्पताल रिफर गरिएको छ । आगलागीबाट भान्सा कोठामा रहेका विभिन्न किसिमका सामानहरु जलेर झण्डै ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै बुधबार राति नै झापाको भद्रपुर नगरपालिका–८ सगरमाथाचोक बस्ने महोमद हुसेनको फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी बिहीबार बिहान सोही स्थानमा रहेको भुपेन यादवको मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा झण्डै ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–३ सुकुम्वासी टोल बस्ने ४५ वर्षीय हर्कबहादुर बिकको घरमा बुधबार राति आगलागी हुँदा छिमेकी ६० वर्षीय धनबहादुर बिक र ३५ वर्षीय यमबहादुर बिकको घरमासमेत आगलागी हुँदा तीनवटा घर जलेर झण्डै ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी बिहीबार बिहान संखुवासभामा निर्माणाधिन रामबेनी ओखरबोटे सडकको किनारामा पार्किङ गरी राखेको बज्रगुरू निर्माण कम्पनीको जेसिबीमा अज्ञात समूहले आगो लगाउँदा जेसिबी पूर्णरुपमा जलेर नष्ट भएको छ । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको बताएको छ । त्यस्तै रुपन्देही जिल्लाको देवदह नगरपालिका–७ मदनग्राम बस्ने चन्द्रकान्त खरेलको सामर्थ कन्स्ट्रक्सन कम्पनी अगाडि पार्किङ गरी राखेको ना. १ क ३३०० नम्बरको जेसिबीमा अज्ञात समूहले बिहीबार बिहान आगो लगाउँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सवारी दुर्घटनामा ७ को मृत्यु ६ घाईते काठमाडौं । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । मकवानपुर, बर्दिया, सुनसरी, नवलपरासी(पूर्व), दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो । मकवानपुरको हटौंडा उपमहानगरपालिकामा सडकमा ना.४२ प ७५०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री हेटौंडा उपमहानगरपालिका–५ चिसापानी डेरा गरी बस्ने पर्सा बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वाभाठा स्थायी घर भएकी ४५ वर्षीया प्रमिलादेवी पासवानको जिल्ला अस्पतालहेटौंडामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्सा जिल्लाको पर्सागढी नगरपालिका–६ बस्ने ३० वर्षीय कन्चन ठाकुरको सोही अस्पताल र मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगरको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । त्यस्तै बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका बैधीस्थित सडकमा भे. १ च १२१६ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५ वर्षीया सामना थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै जिपको ठक्करबाट घाइते भएका पैदलयात्री ७० वर्षीया रुकमणी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिकाको पानीपिया जंगलस्थित सडकमा को. २३ प ४०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३९ वर्षीय पुरुषको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै सोही जिल्लाकै रामधुनी नगरपालिकामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ । यसैगरी नवलपरासी (पूर्व)को देवचुली नगरपालिका दुम्कौलीमा ग. १ ख ४७९८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको बुधबार साँझ घटनास्थलमै मृत्युभएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा नम्बर नखुलेको जेसिबी अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका जेसिबीमा सवार बिगु गाउँपालिका खोपाचाँकु बस्ने २३ वर्षीय राजु थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जेसिबी चालकसहित ३ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । त्यस्तै सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिकामा बा. ४ ख ६४२९ नम्बरको टिपरको ठक्करबाट सोही गाउँपालिका भाङ्टार बस्ने पैदलयात्री ४७ वर्षीय पन्चबीर दनुवारको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रोत नखुलेको १३ लाख रुपैयाँसहित २ जना पक्राउ काठमाडौं । बाँकेमा श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र पाँच नम्बर प्रदेश ब्युरोबाट खटिएका प्रहरीले भे. ५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १३ लाख रुपैयाँ सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका – २ बस्ने बिनोदकुमार सोनी र सोही स्थान बस्ने ४६ वर्षीय सौरभ सोनी रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । त्यस्तै दैलेखमा बाघको छाला र १ थान हड्डीसहित १ जना पक्राउ परेका छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ४ तिलुकानाबस्ने ६८ वर्षीय शिबबहादुर शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाई–छिपाई राखेको अवस्थामा छाला तथा हड्डी फेला पारी शाहीलाई पक्राउ गरेको हो ।
दोलखामा स्काभेटर दुर्घटना, एकको मृत्यु, तीन घाइते दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन्। घाइतहरुको काठमाडौँको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
टान र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता काठमाडौं । नेपाल भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) बीच दुईपक्षीय समझदारी भएको छ । भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने विभिन्न कार्यक्रम आयोजना तथा सञ्चालन गर्नेगरी ११ बुँदे समझदारी भएको हो । उक्त समझदारीपत्रमा भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्ष।र गरेको टानले विज्ञप्तिमार्फत जनाएको छ । सो अवसरमा भ्रमण वर्ष सचिवालयका संयोजक वैद्यले भ्रमण वर्ष २०२० अभियान अन्त्य नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताए । भ्रमण वर्ष अभियानले नीतिगत रुपमा मात्रै नभई युवालाई रोजगार सृजना गराउन मद्दत पु¥याउनेमा जोड दिए । टानका अध्यक्ष सुवेदीले भ्रमण वर्ष २०२० सङ्ख्यामा २० लाख मात्रै नभई धेरैभन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक वृद्धि हुने उद्देश्यका साथ टानले आफ्ना सदस्य कम्पनीलाई आठ लाख पर्यटक भित्र्याउन उनुरोध गरेको जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० का सदस्यसचिव बच्चुनारायण श्रेष्ठले निजी क्षेत्रले पर्यटक भित्र्याउन सके मात्रै नेपाल भ्रमण वर्ष २०२० अभियान सफल हुनेमा ध्यानाकर्षण गराए ।
पत्रकारमाथि भएको कुटपिटप्रति विरोध काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० को समापनका दिन मङ्गलबार पत्रकार सुमन चापागाईं माथि नेपाल प्रहरीले निर्घात कुटपिटप्रति प्रेस काउन्सिल नेपालले विरोध गरेको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारीगरी मङ्गलबार बिहान ११ः०० बजे फोटो खिच्ने क्रममा नागरिक दैनिक तथा नेपाल खेलकूद पत्रकार मञ्चका सदस्य पत्रकार चापागाईं माथि नेपाल प्रहरीले गरेको निर्घात कुटपिटको घटनाका दोषीमाथि कानूनी कारवाही गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रहसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ,“आम जनतालाई सुसूचित गर्न कर्तव्य निर्वाह गर्ने क्रममा पत्रकारमाथि प्रेस स्वतन्त्रताको समेत ख्याल नगरी प्रहारीद्वारा गरिएको उक्त कुटपिटका कारण नागरिक दैनिकका पत्रकार चापागार्इं घाइते भएकोप्रति काउन्सिल विरोध गर्दछ ।” त्यस्तै मङ्गलबार बिहान दशरथ रङ्गशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रङ्गशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार सङ्कलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्बीर खिच्ने क्रममा प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईंमाथि लाठी प्रहार गरेको भन्दै नेपाल पत्रकार महासंघलगायतका संघसंस्थाले समेत विरोध गरेका छन् ।
प्रेस युनियनको महाधिवेशन स्थगित, अध्यक्ष सिग्देलले मागे माफी काठमाडौं। नेपाल प्रेस युनियनको महाधिवेशन फेरि रोकिएको छ। पटक पटक मिति घोषणा गरेर रोकिँदै आएको प्रेस युनियनको महाधिवेशन यही मंसिर २८ र २९ गते काठमाडौंमा गर्ने भनिएको थियो। तर, दुई दिन अगाडि बुधबार अध्यक्ष बद्रि सिग्देलले विज्ञप्ति जारी गर्दै हाललाई महाधिवेशन गर्न नसकिने भन्दै महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्। अध्यक्ष बद्रि सिग्देलले समयमै महाधिवेसन गर्न नसकेको प्रति क्षमायाचना गरेका छन्। विज्ञप्तिमा मंसिरको सोही मितिमा नेपाली काँग्रेसको महासमिति बैठक पर्न गएको, त्यसलगत्तै पार्टीले विभिन्न चरणका राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको, पार्टी उपनिर्वाचनमा होमिनु परेकोलगायत कारणहरु उल्लेख गरी महाधिवेशन गर्न असमर्थ भएको जनाईएको छ। बाँकि रहेका जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई प्रभाव पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, तत्कालै केन्द्रीय समितिको बैठक बोलाएर पुनः महाधिवेशनको मिति तय गर्ने प्रतिवद्धता विज्ञप्तिमार्फत जनाइएको छ।
नाइजेरियन नागरिकले नेपालीको सहयोगमा ठगी धन्दा चलाएको खुलासा काठमाडौं। विभिन्न सामाजिक सञ्जालमा मानिसहरुलाई प्रलोभन देखाएर ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ। भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगि गर्ने गिरोहका तीनजालाई प्रहरीले पक्राउ गरेसँगै ठगी धन्दा चलाउनेको सञ्जालबारे खुलासा भएको हो। भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन्। पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ। अनलाइन ठगिमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमार्फत ठगिधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखा एसएसपी सहकुल थापाले बताए। पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको उनले बताए। नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए । उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताए। थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगिमा संलग्न रहेको र १५ जना अनलाइनबाट ठगि पीडितहरु प्रहरीको संम्पर्कमा आएको बताए। एजेण्टहरुले ठगि गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।