content
stringlengths
20
64.1k
मकवानपुरबाट ११ किलो गाँजासहित एक युवक पक्राउ काठमाडौं– मकवानपुर प्रहरीले अवैध लागूपदार्थसहित एक जनाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बाट ११ किलो ३९० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको टोलीले ना१ज २६२७ नम्बरको मोटरसाइल र त्यसका चालकलाई जाँच गर्ने क्रममा रोशनको झोलामा लुकाइ ल्याइएको गाँजा फेला परेको हो । गाँजा र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
करेन्ट लागेर जनकपुरमा दुई जनाको मृत्यु जनकपुरधाम– दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको धनुषा प्रहरीको भनाइ छ ।उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
राष्ट्रपतिको उपस्थितिमा देउसीभैली काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन भएको थियो । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ ।
गुपचुप रुपमा जुवा खेलिरहेका ६२ जुवाडे काठमाडौबाट पक्राउ काठमाडौं– प्रहरीले काठमाडौभित्र तिहारमा बेला गुपचुप रुपमा जुवा खेलिरहेका ६२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० रुपैयाँ नगदसहित ६२ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । अरुलाई कार्यालय समय खुलेपछि मात्रै मुद्धा दर्ता गर्ने एसपी मैनालीले बताए । प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० रुपैयाँ नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुनेगरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ । ‘हामीले संभावित स्थानमा निगरानी राखेका छौ तर पनि कतिपयस्थानमा गुपचुप भेला हुने र कौडा खेलिरहेको हुनसक्ने संभावनालाई ध्यानमा राखेर गस्ती बढाइएको छ’, मैनालीले भने ।
खानेपानीमन्त्री चौधरीलाई आयोगको प्रश्न– सरकारी गाडीको नं प्लेट परिवर्तन गरेको हो की होइन ? काठमाडौं– निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी प्रयोग गरेको विषयमा खानेपानीमन्त्री एवं प्रतिनिधिसभा सदस्यका बारा क्षेत्र नं १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीले चुनावी प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था रहेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो । “तपाइँले चुनाव प्रचारप्रसारका क्रममा सरकारी (रातो तथा नीलो) नं प्लेट भएको बा.२ झ ५८६१ नंको सरकारी गाडीको नं प्लेट नै परिवर्तन गरी बा१२च ७४३१ नंको प्लेट राखेर प्रयोग गरेको हो होइन ?”, स्पष्टीकरण पत्रमा भनिएको छ, “यदि निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम तपाइँलाई किन कारबाही गर्नु नपर्ने हो ?” मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आफैँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आयोगबाट मन्त्री चौधरीले प्रचारप्रसारका क्रमम सरकारी गाडीको नं प्लेट नै परिवर्तन गरी प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेस गर्न उक्त निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय, बारालाई समेत पत्राचार भएको छ । यसैबीच, आयोगले निर्वाचन आचारसंहिता विपरीत सहयोग रकम उपलब्ध गराएको विषयमा मकवानपुर क्षेत्र नं २ का नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा र मकवानपुर क्षेत्र नं २ (ख) का नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवार खतिवडा र बानियाँलाई स्पष्टीकरण उम्मेदवार खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरुलाई भ्रमणका लागि अग्रिम सहयोग रकम जनही रु १५ हजार उपलब्ध गराएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो । आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ स्मरण गराइएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदाफा (१) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने भनी उल्लेख गरिएको छ । “तसर्थ, तपाइँबाट आफ्नो क्षेत्रका मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? यदि तपाइँबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारबाही हुनुनपर्ने हो ?” आयोगको स्पष्टीकरणमा भनिएको छ, “कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोग वा आफू उम्मेवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्णयानुसार जानकारी गराइन्छ ।”
कोप–२७ः ‘कार्यान्वयन सम्मेलन’ हुने काठमाडौं– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७)लाई हालसम्म भएका सम्झौता तथा निर्णय कार्यान्वयन गर्ने सम्मेलनका रुपमा लिइएको छ । यस सम्मेलनमा रियो सम्मेलन सन् १९९२ देखि ग्लास्गो २०२१ (कोप–२६)सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतालाई कार्यान्वयन गर्न जोड दिइने भएको छ । कोप–२७ आगामी नोभेम्बर ६ देखि १८ (यही कात्तिक २० देखि मङ्सिर २ गते) सम्म इजिप्टको शर्म–एल–शेख सहरमा हुँदैछ । सम्मेलनमा विज्ञानमा आधारित चुनौती हालसम्मका निर्णय र प्रतिबद्धताका आधारमा समावेशी र महन्वाकाङ्क्षी परिणामहरू दिने; उत्सर्जन न्यूनीकरण गर्ने, अनुकूलन प्रयासहरूलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु परिवर्तनका कार्यलाई गति दिने गरी लक्ष्य तथा उद्देश्य राखिएका छन् । सम्मेलनमा न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, सहकार्य र हानि तथा नोक्सानी विषयहरूमा छलफल हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्रहरूमा पर्दछ । उच्च तापक्रम वृद्धि, वर्षा र हिमपातमा आएको परिवर्तनले खडेरी, बाढी, पहिरो र डढेलोजस्ता बढ्दो जलवायुजन्य प्रकोपका कारण ठूलो मात्रामा हानिनोक्सानी हुनाका साथै विभिन्न क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ । मन्त्री रेग्मीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए । नेपाललाई जलवायु परिवर्तनका चुनौतीहरुको सामना गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यका लागि सम्मेलन एक महत्वपूर्ण अवसर हुने मन्त्रालयको अपेक्षा छ । नेपालले महासन्धि र यससँग सम्बन्धित अन्य संरचनामा आबद्ध रही हरेक वर्ष पक्ष राष्ट्रहरुको सम्मेलन र अन्य बैठकहरुमा सहभागिता जनाउँदै आएको छ । मन्त्रालयले सरोकारवाला निकाय र विज्ञहरुसँग विभिन्न चरणमा छलफल, परामर्श तथा अन्तरक्रिया गरी सहभागितामूलक ढङ्गले कोप–२७ सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयलाई समेटेर नेपालको स्थिति पत्रलाई अन्तिम रूप दिएको सहसचिव काफ्लेले बताए । यसैगरी नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्ध्ता र राष्ट्रिय आवश्यकतालाई प्रभावकारी रुपमा सम्बोधन गर्न जलवायु उत्थानशीलता अभिवृद्धि गर्न उपयुक्त नीतिगत, कानुनी तथा संस्थागत संरचना एवं वित्तीय व्यवस्था र कार्यक्रमहरू तर्जुमा गर्न सकारात्मक पहल गरेको छ । यस्ता पहलस्वरुप राष्ट्रिय जलवायु परिवर्तन नीति (२०७६), वातावरण संरक्षण ऐन (२०७६) तथा वातावरण संरक्षण नियमावली (२०७७) कार्यान्वयनमा रहेका छन् । त्यसैगरी, पेरिस सम्झौताबमोजिम दोस्रो राष्ट्रिय निर्धारित योगदान, राष्ट्रिय अनुकूलन योजना र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति तर्जुमा गरी लागू भएका छन् । यस पटक पनि नेपालले जलवायु परिवर्तनका मुद्दाहरू विशेषगरी गरीब र सङ्कटासन्न राष्ट्र, समुदाय र व्यक्तिहरूको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने विश्वव्यापी पहलहरू महत्वाकाङ्क्षी, निष्पक्ष र समानताको सिद्धान्तमा आधारित हुनुपर्दछ भनेर आवाज उठाउने तयारी गरेको छ । यसबाहेक नेपालले यस सम्मेलनमा जलवायु परिवर्तनको कारण हिमाली क्षेत्र र पर्वतीय राष्ट्रहरूमा परेका समस्याको पहिचान र सम्बोधन गर्नुपर्ने विषयलाई उठाउने मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा बुद्धिसागर पौडेलले बताए । विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूलाई आफ्नो महत्वाकाङ्क्षी राष्ट्रिय निर्धारित योगदान र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गर्नुपर्ने नेपालको माग छ । साथै जलवायु अनुकूलनको विश्वव्यापी लक्ष्यमा यथाशीघ्र सहमति हुनुपर्ने र राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन गर्न विकसित राष्ट्रहरूले अनुकूलनका दायित्व दोब्बर गर्ने गरी थप प्रतिबद्धता र कार्यान्वयनमा जोड दिनुपर्ने, विकसित र उत्सर्जन बढी गर्ने मुलुकहरूले सन् २०३० सम्म कार्बन उत्सर्जनलाई घटाउने प्रतिबद्धता र कार्ययोजनामा सहमत हुनुपर्ने सहसचिव डा पौडेलले बताए । विकसित राष्ट्रहरूले सामूहिक रूपमा दीर्घकालीन जलवायु वित्तको लक्ष्यअनुसार सन् २०२० देखि २०२५ सम्म प्रत्येक वर्ष एक सय बिलियन अमेरिकी डलर प्रदान गर्ने विषयको पूर्ण कार्यान्वयन गर्ने विषयमा नेपालले जोड दिनेछ । हानिनोक्सानीको मुद्दा छुट्टै एजेन्डा नेपालले हानि तथा नोक्सानीको मुद्दालाई छुट्टै एजेन्डाका रूपमा उठाउने र सेन्टियागो नेटवर्कको संस्थागत गर्ने प्रक्रियाको प्रगतिका लागि छुट्टै वित्त व्यवस्थापन हुनुपर्ने विषयहरु उठाउनेछ । यसका साथै, विश्वव्यापी प्रगति समीक्षा (ग्लोबल स्टकटेक) गरी पेरिस सम्झौताका लक्ष्यतर्फ देशहरूको सामूहिक प्रगतिको मूल्याङ्कन गरेर महत्वाकाङ्क्षी लक्ष्य अघि बढाउने, लैङ्गिक संवेदनशील जलवायु अनुकूलन कार्य योजनालाई देशका सबै स्थानीय तहमा कार्यान्वयन गर्ने र अनुकूलन र न्यूनीकरणका प्रविधिहरूको सहज हस्तान्तरण र क्षमता अभिवृद्धिजस्ता मुख्य विषयहरु प्राथमिकताका साथ उठाउने नेपालको तयारी छ । यस सम्मेलनमा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नाका साथै अनुकूलनका लागि घोषणा गरिएको दोब्बर वित्तको प्रवाह अनुदानस्वरूप प्रदान गरिनुपर्ने, अनुकूलनमा कृषि र खाद्य सुरक्षालाई महत्व दिई कोरोनोभिया संयुक्त कार्यक्रमको कार्यान्वयन, नेपाल जस्ता विकासोन्मुख राष्ट्रको आवश्यकता र अनुकूलन, न्यूनीकरण, हानि तथा नोक्सानी, प्रविधि र क्षमता विकासको प्राथमिकताबमोजिम विज्ञानमा आधारित नयाँ साझा परिमाणात्मक जलवायु वित्त लक्ष्य सन् २०२५ अगाडि नै तय हुनुपर्ने विषयलाई जोड दिइनेछ । सम्मेलनका क्रममा नेपालले राष्ट्रिय निर्धारित योगदान र राष्ट्रिय अनुकूलन योजनाजस्ता महत्वपूर्ण राष्ट्रिय लक्ष्य र योजनाहरुको कार्यान्वयन गर्न आवश्यक जलवायु वित्त जुटाउने र जलवायु कोषहरूमा सरल र सहज पहुँच हुनुपर्नेलगायत विषयमा विभिन्न राष्ट्र र सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल तथा बैठक गरिनेछ ।
प्रहरीलाई आइपर्ने हर चुनौतीमा सरकारको पूर्ण साथ छः गृहमन्त्री काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ (पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ) समूहको दीक्षान्त समारोहमा उहाँले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास व्यक्त गरे । गृहमन्त्री खाणले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गरे । कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै उहाँले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने बताए । गृहमन्त्री खाणले प्रहरीका तालिममा आवश्यकताअनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न सङ्गठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेकोसमेत उल्लेख गरे । समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बूलाई स्व कुलानन्द स्मृति पुरस्कार प्रदान गरे । साथै उनले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिष पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्णबहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नाका साथै उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गरेका थिए ।
कार्यविधिलाई लत्याउदै पत्रकार महासंघले पौडेललाई दियो पुरस्कार भैरहवा– नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेललाई कार्यविधि विपरित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार–०७८ बाट पुरस्कृत गरेको हो । १५ भदौ ०७९ मा नेपाल पत्रकार महासंघ रुपन्देहीले चलानी नम्बर ९ बाट पुरस्कार वितरणको लागि प्रकाशन तथा प्रसारण भएको सामाचर सामग्रीसहित २२ भदौसम्म उपलब्ध गराउन आह्वान गरेको थियो । सूचनामा पत्रकार महासंघ रुपन्देहीमा आवद्ध भई पत्रकारिता गरेको पाँच वर्ष पुगेको हुनु पर्ने मापदण्ड उल्लेख छ । तर, ०७७ मा सदस्यता लिएका पौडेललाई मापदण्डविपरित पुरस्कृत गरिएको छ । महासंघ रुपन्देहीले गठन गरेको मुल्यांकन समितिको निर्णयअनुसार उनलाई पुरस्कृत गरेको हो । पुरस्कार स्थापना गर्ने संस्था सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो । त्यस्तै, बुटवल पब्लिक स्कुलद्वारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार पनि नयाँ सदस्य पूजा पन्थीलाई प्रदान गरिएको छ । पन्थीलाई बुटवल पब्लिक स्कूलका प्राचार्य यमलाल शर्मा, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो । पन्थी पनि महासंघको सदस्य भएको पाँच वर्ष पुगेको छैन । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सुशासनको कुरा गर्ने संस्थाले सूचना विपरित पुरस्कार वितरण गर्नु गलत रहेको बताए । उनले यो नजिर बन्न सक्छ भन्दै कार्यविधिमै पुरस्कार वितरण गर्नु पर्ने, कार्यविधि नभए बनाउनु पर्ने बताए । सूचनाअनुसार कार्यालयमा माग अनुसारको निवेदन पेश नभएको हकमा थप सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । एकै पटक मात्रै सूचना प्रकाशित गरिएको यी पुस्कार नयाँ सदस्यलाई दिएको छ जुन सूचनाविपरित छ । मुल्यांकन समितिको संयोजक तथा महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले एक जना मात्रैको निवेदन परेकोले पौडेललाई वितरण गरिएको बताए ।
पत्रकार महासंघले नै दियो कार्यविधि मिचेर पुरस्कार भैरहवा । नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेललाई कार्यविधि विपरित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार-०७८ बाट पुस्कृत गरेको हो । १५ भदौ ०७९ मा नेपाल पत्रकार महासंघ रुपन्देहीले चलानी नम्बर ९ बाट पुरस्कार वितरणको लागि प्रकाशन तथा प्रसारण भएको सामाचर सामग्रीसहित २२ भदौसम्म उपलब्ध गराउन आह्वान गरेको थियो । सूचनामा पत्रकार महासंघ रुपन्देहीमा आवद्ध भई पत्रकारिता गरेको पाँच वर्ष पुगेको हुनु पर्ने मापदण्ड उल्लेख छ । तर ०७७ मा सदस्यता लिएका पौडेललाई मापदण्डविपरित पुरस्कृत गरिएको छ । महासंघ रुपन्देहीले गठन गरेको मुल्यांकन समितिको निर्णयअनुसार उनलाई पुरस्कृत गरेको हो । पुरस्कार स्थापना गर्ने संस्था सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो । त्यस्तै, बुटवल पब्लिक स्कुलद्वारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार पनि नयाँ सदस्य पूजा पन्थीलाई प्रदान गरिएको छ । पन्थीलाई बुटवल पब्लिक स्कूलका प्राचार्य यमलाल शर्मा, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो । पन्थी पनि महासंघको सदस्य भएको पाँच वर्ष पुगेको छैन । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सुशासनको कुरा गर्ने संस्थाले सूचना विपरित पुरस्कार वितरण गर्नु गलत रहेको बताए । उनले यो नजिर बन्न सक्छ भन्दै कार्यविधिमै पुरस्कार वितरण गर्नु पर्ने, कार्यविधि नभए बनाउनु पर्ने बताए । सूचनाअनुसार कार्यालयमा माग अनुसारको निवेदन पेश नभएको हकमा थप सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । एकै पटक मात्रै सूचना प्रकाशित गरिएको यी पुस्कार नयाँ सदस्यलाई दिएको छ जुन सूचनाविपरित छ । मुल्यांकन समितिको संयोजक तथा महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले एक जना मात्रैको निवेदन परेकोले पौडेललाई वितरण गरिएको बताए ।
राति ९ बजेपछि देउसी भैलो खेल्न रोक बाँके– बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । “अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उनले भने । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित अपराध तथा दुर्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताए । उनले ‘रातभर देउसी, भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको उल्लेख गरे । तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत प्रहरीले रोक लगाएको छ । FilePhoto
भेटिएनन् नदीमा डुबेका किशोरी, २४ घण्टामा पनि पुगेनन् गोताखोर दाङ– दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन् । घटनास्थलमा रहेका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरु डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको हुनसक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ । स्थानीयवासीले पानी मुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन् । बेपत्ताको खोजीका लागि बाँकेको शम्शेरगञ्जबाट गोताखोरको टोली आउन लागेको छ । साढे १२ बजेतिर शम्शेरगञ्जगबाट उक्त टोली हिँडेको उनले बताए । शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दङ्गीशरण गाउँपालिका–२ सिमलकुुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दङ्गीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४/१५ वर्षीया गोमाचन्द बगेर बेपत्ता भएका हुन् । तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए । तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दङ्गीशरण–२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन् । उनीहरु दुबैजना डुबेपछि निरुताले स्थानीयवासीलाई खबर गरेकीले स्थानीयवासीले प्रहरीलाई बोलाएको थियो । रासस
घर जग्गा कारोबार : दुई अर्ब ५६ करोड राजस्व सङ्कलन काठमाडौँ। विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो। घर जग्गाको कारोबार अपेक्षितरुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो। गत असोजमा भने रु दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ बराबरको मात्रै राजस्व सङ्कलन भएको छ। एक वर्षको अवधिमा नै झण्डै ७० प्रतिशतका दरले राजस्व सङ्कलनमा गिरावट भएको छ । यसबाट घर जग्गाको कारोबारमा उल्लेख्यरुपमा गिरावट भएको देखिन्छ। देशभरको कारोबारको विवरण राख्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७७ असोजमा रु पाँच अर्ब २७ करोड २० लाख ५३ हजार आठ सय तीन बराबरको राजस्व सङ्कलन भएको थियो। पछिल्ला तीन वर्षको विवरण हेर्दा यस वर्षको असोजमा राजस्व सङ्कलन मात्रै होइन कित्ताकाट र लिखत पारितसमेत उल्लेख्यरुपमा घटेको देखिन्छ। त्यसको पछाडि नेपाल राष्ट्र बैंकले घर जग्गामा जाने ऋणमाथि गरेको कडाइ नै प्रमुख कारण रहेको यस क्षेत्रका जानकारको भनाइ छ। घर जग्गामा हुने ऋण लगानीलाई केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रका रुपमा घोषणा गरेको छ। काठमाडौँ उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत बराबर मात्रै ऋण उपलब्ध गराउने भन्ने व्यवस्था चालु आवको मौद्रिक नीतिमा गरिएको छ। मुलुकको आर्थिक अवस्था पनि खासै राम्रो नभएको तथा लगानीका अन्य क्षेत्रले समेत कर्जा नपाएको अवस्थामा घर जग्गामा सहजै मात्रामा ऋण उपलब्ध हुने अवस्था छैन। विभागका अनुसार चालु आवको पहिलो महिनाअर्थात् गत साउनमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजार बराबर राजस्व सङ्कलन भएको थियो। त्यस्तै गत भदौमा रु तीन अर्ब ५६ करोड २९ लाख तीन हजार नौ सय बराबरको राजस्व सङ्कलन भएको थियो। विभागका अनुसार गत असोजमा मात्रै २७ हजार आठ सय ५० घर जग्गाको कारोबार भएको छ। त्यस्तै भदौमा एक लाख आठ हजार आठ सय ८१ वटा कारोबार भएको थियो। साउनमा भने कूल ९८ हजार ६४ वटा कारोबार भएका थिए । कारोबारको मात्रामा समेत गिरावट आएको विभागको विवरणमा देखिन्छ। भूउपयोग नीतिअनुसार स्थानीय तहले जग्गाको वर्गीकरण गर्न समय लागेकाले पनि नापी तथा मालपोत कार्यालयमा अपेक्षा गरेअनुसारको घर जग्गाको कारोबार हुन नसकेको बताइन्छ। – रासस
लाभांश पारित गर्न गुराँस लाइफ इन्स्याेरेन्सको साधारणसभा शुक्रबार बस्दै काठमाडौँ। गुराँस लाइफ इन्स्याेरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्‍ने भएको छ। सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। युनियन लाइफ र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ। सभामा आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०७७-७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ। सभा प्रयोजनका लागि कम्पनीले २६ असोजमा बुक क्लोज गरिसकेको छ। २५ असोजसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
थाहा पाउनुहाेस् आजकाे राशिफल काठमाडौं। आजको पात्रो : ३ कात्तिक २०७९, बिहीबार । अक्टोबर महिनाको २० तारिक २०२२ । कात्तिक कृष्णपक्ष दशमी, विष्टि करण, अश्लेषा नक्षत्र, शुभ योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०६ मा भएको छ भने सूर्यास्त ५ः३० मा हुनेछ । बिहीबार अध्ययन, अनुसन्धान काममा ध्यान दिन उत्तम हुनेछ । आजका देवता लक्ष्मी, र ग्रहदेव सूर्य हुन् । अहिलको समयमा शुक्र अस्त भएका कारण कामना गरेर शुभकार्य नगर्दा राम्रो हुनेछ । आजको दिन दिनको १ः१५ देखि २ः४० सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्दा राम्रो हुन्छ । विहीबारका दिन शैक्षिक कार्यका लागि शुरुवात गर्न सकिन्छ । आजको राशिफल : मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) सामाजिक र धार्मिक कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । सामाजिक सेवामा मन जानेछ । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) धन लाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि गरेको कामअनुसारको फल प्राप्त हुनेछ । कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) कर्कट राशिका जातक आज यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । आजको दिन सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्न पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन सूर्यनारायणको दर्शन गर्नुहोला । सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी शुभ हुनसक्छ । कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) नयाँ स्थानमा यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) तुला राशिका जातकका लागि मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) आज बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ । धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) परिवार तथा आफन्तजनको साथ सहयोगले कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । सहयोग नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु उत्तम हुनेछ । मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन सोचअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) मनमा अति प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्नेले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ । आजको दिन सामाजिक सेवामा वित्नेछ ।
३ हजार मिटर स्टिपलचेसमा कर्णालीका दुर्गा बुढाले जिते स्वर्णपदक {भिडियो} काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । पोखरा रंगशालामा सोमबार भएको खेलमा दुर्गाले जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलो हो । बुढाले ८ मिनेट ५५.९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१.१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेण्डसहित कांस्य जिते । त्यस्तै एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन् । जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । फाइनल चरणमा भने उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन् । यस अघि उनकै नाममा १५.२० सेकेन्डको कीर्तिमान थियो । यस स्पर्धामा आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत जितिन् । एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समय निकाल्दै कास्य हात पारिन । त्यस्तै हर्डल्स ११० मिटर पुरुषतर्फ आर्मीकै जीवन चौधरीले स्वर्ण पदक जितेका छन् । जीवनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत र आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डसहित कांस्य जिते । त्यस्तै एथलेटिक्सको डिस्कस थ्रोमा त्रिभुवन आर्मीका चित्रबहादुर वली र लुम्बिनी प्रदेशकी संगिता अधिकारीले स्वर्ण पदक जितेका छन् । वलीले ३८.४८ मिटर थ्रो गरेर स्वर्ण जितेका हुन् । ३२.७५ मिटर थ्रो गरेका नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत र ३१.१० मिटर थ्रो गरेका सुदूरपश्चिमका हेमन्त पालले कांस्य पदक जिते । महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटर थ्रो गरेर स्वर्ण जितेकी छन् । संगीताले जितेको स्वर्ण लुम्बिनी प्रदेशको पहिलो स्वर्ण हो । एपीएफकी जितकुमारी महतोले ३३.६० मिटर थ्रो गर्दै रजत र त्रिभुवन आर्मीकी मिलन बुढा मगरले ३२.३५ मिटर थ्रो गर्दै कांस्य पदक जिते । हेर्नुहोस् भिडियो:
नेपाल प्रहरीले सिमित स्रोत र साधनका बीच उत्कृष्ट काम गर्दै: प्रधानमन्त्री देउवा {भिडियोसहित} काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सिमित स्रोत र साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल भएको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताए । उनले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रंशसा हुने गरेको बताए । उनले वर्तमान युग सूचना प्रविधिको युग भएको भन्दै प्रधानमन्त्री देउवाले समयसँगै परिवर्तन हुन प्रहरीलाई निर्देशन समेत दिए । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा समपन्न गर्नका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी ४ मंसिरको निर्वाचन शान्तिपूर्ण बनाउनका लागि कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको बताए। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले अहिले संसारभर आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गरे । उनले नयाँ विज्ञानको अपराधीले पनि प्रयोग गरिरएको भन्दै सुरक्षाकर्मीहरुले अपराध नियन्त्रणमा चनाखो रहन निर्देशन दिए । गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न गृहमन्त्रालय सदैव तत्पर रहेको आश्वासन दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीले जनताको शान्ति सुरक्षालाई प्रमुख जिम्मेवारी ठान्दै काम गरिरहेको बताए । दिवसका अवसरमा पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ३९ वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएका सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड प्रदान गरेका हुन् । त्यस्तै कार्यक्रममा एक वर्षभित्र वीरगति प्राप्त अमर सहिदको परिवारजनलाई पनि सम्मान गरिएको थियो । भिडियो:
थाहा पाउनुहोस् आजको राशिफल काठमाडौं। आजको पात्रो : असोज महिनाको ३१ सोमबार, २०७९ । तद्नुसार अक्टोबर महिनाको १७ तारिक २०२२ । कार्तिककृष्णपक्ष सप्तमी, वव करण पुर्नबसु नक्षत्र, शिव योग, चन्द्रमा मिथुन राशिमा रहेको छ। आज बिहान सूर्योदय ६ः०४ मा भएको छ भने सूर्यास्त ५ः३३ मा हुनेछ । आजका देवता मित्र र ग्रहदेव बुध रहेको छ । सोमबार शिवालय यात्रा उत्तम हुनेछ । कार्तिक महिनाको सोमबार शिवालयमा दीप प्रज्वलन गर्नु शुभ हुनेछ । सोमबार सवारीसाधन खरिद र मर्मतको लागि उपयुक्त हुनेछ । बिहान ११ः२७ देखि १२ः१२ सम्मको समय अभितिज मुहूर्त रहेको छ । आजको दिन चलायमान कारोबारका लागि उत्तम छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) सोमबार रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गरी काम गर्दा शुभ हुनेछ । आजको दिन घरका जेष्ठ सदस्य र कन्यालाई खानेकुरा र बस्त्र दिनुभयो भने परिवारमा खुसीयाली छाउनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) मनभित्र अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेककुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र तपाईमा खुसीयाली छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आज यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । नियमित कामबाहेक अन्य नयाँ काममा चासो नदिनुहोला । कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कन्या राशिका पुरुषले घरमा आमा, दिदीबहिनीहरुलाई उपहार दिनु, महिलाहरुले भने बा, दाजुभाइलाई उपहार दिनु राम्रो हुनेछ । तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन शुरु गरेको काम सफलता मिल्नेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने शान्ति मिल्नेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ। धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आज विहान सूर्योदयको दर्शन गर्नुभयो भने मनमा खुसियाली छाउनेछ । मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) तपाईले गरेको कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन देवालयको दर्शन र यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । समाज र परिवारबाट मानसम्मान मिल्नसक्नेछ । कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ । देवालयमा जानुभयो भने केही फलफूल वितरण गर्नुहोला । मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । आजको दिन अध्यापनमा समय दिनुहोला। लेखन र सिर्जनात्नमक कार्यको शुरुवात गर्दा पनि सफलता मिल्नेछ ।
अझैँ सञ्चालनमा आएन चौरजहारी विमानस्थल रुकुम पश्चिम । जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन गरेको थियो । देशका विभिन्न विमानस्थलसँगै चौरजहारी विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरिएको थियो । आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यसै वर्षको दशैँतिहारमा सञ्चालन गरिने आशा गरेको यस क्षेत्रका सर्वसाधारणले बताएका छन् । तत्कालीन स्थानीय सरकारका जनप्रतिनिधिको टोलीसँग विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालय जाँदा दसैंतिहारको बेलामा सञ्चालनमा ल्याउन सकिने आश्वासन दिइए पनि विमानस्थल सञ्चालनको कुनै प्रक्रिया सुरु नगरिएको स्थानीयको गुनासो छ । २०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । २०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउने क्रम घटेको छ । पछिल्लो समयमा विमानस्थल बन्दजस्तै छ । विमानस्थल र टावर कुनै स्थानमा पनि कर्मचारी र प्रहरी छैनन् । विमानस्थलसँगै चौरजहारी मिसन अस्पतालबाट बाहिर ठुला अस्पतालमा सिफारिस गरिएका बिरामीलाई उपचारमा लिन समस्या हुँदै आएको छ । भेरी करिडोरको बीचमा पर्ने यो बिमानस्थल सञ्चालनमा आए सबै भन्दा बढी बिरामीहरुले लाभ उठाउने अपेक्षा लिइएको छ ।
के हो सुत्केरी अवस्थामा हुने ‘पोस्टपार्टम डिप्रेशन’ ? काठमाडौं । आमा बन्नु विवाहित महिलाहरुका लागि सुखद अनुभव हो। सुत्केरी भएपछि महिलाको शरीरमा धेरै परिवर्तनहरु आउने गर्दछ । गर्भावस्थादेखि सुत्केरीसम्म, एक महिलाले धेरै चुनौतिहरुको सामना गर्नुपर्छ र यो समयमा उनले शारीरिक, मानसिक, भावनात्मक र व्यवहारिक रूपमा पनि परिवर्तनहरु सहनु पर्ने हुन्छ । आजकाल गर्भवती महिलाले बच्चा जन्माएपछि डिप्रेसनको सिकार हुने गरेका छन् । सुत्केरी भएपछि महिलामा हुने डिप्रेसनलाई पोस्टपार्टम डिप्रेसन (प्रसवोत्तर डिप्रेसन) भनिन्छ । यसका लक्षणहरू जन्मेको ४ हप्तापछि देखिन थाल्छन्। सुत्केरीपछि महिलाको हर्मोनमा तीव्र गिरावट हुने भएकाले रासायनिक परिवर्तन भई यस्तो समस्या देखा पर्ने गर्दछ । महिलामा प्रजनन हार्मोन एस्ट्रोजेन र प्रोजेस्टेरोनको स्तर गर्भावस्थाको समयमा दस गुणा बढ्छ, तर तिनीहरूको स्तर सुत्केरीपछि छिट्टै घट्छ। हार्मोनहरुको यही उतारचढावले गर्दा गभवती महिला सुत्केरीपछि डिप्रेसनको सिकार बन्ने गर्दछन् । पोस्टपार्टम डिप्रेशनका लक्षणहरू: महिलामा पोस्टपार्टम डिप्रेसनका लक्षणहरू पत्ता लगाउन गाह्रो हुन सक्छ। धेरै पटक महिलाहरु पोस्टपार्टम डिप्रेसनबाट ग्रस्त हुन्छन् तर उनीहरुले यसको लक्षणलाई बेवास्ता गर्छन्। धेरै महिलाहरुमा केहि सामान्य लक्षण हुन सक्छ । –अनिद्रा –खाना अरुची –गम्भीर थकान –कम कामवासना –बारम्बार मूड स्विंग डिप्रेसनका यी लक्षणहरूसँगै अन्य लक्षणहरू पनि केही महिलाहरूमा देखा पर्ने गर्दछ । जस्तै, –महिला हरेक समय रोइ रहने वा रुन मन लाग्ने । –सधैं दुखी भइरहने। –सानो कुरामा गम्भीर र क्रोधित हुने । –निराशाको भावना । –आत्मघाती विचार। –कार्यमा ध्यान केन्द्रित गर्न असमर्थता । विज्ञहरूका अनुसार प्रसवपछि डिप्रेसनका धेरै कारणहरु हुन सक्छन् । पोस्टपार्टम डिप्रेसनको सम्भावना बढाउन सक्ने केही यस्ता कुराहरुले पनि सहयोग गर्ने गर्दछ । जस्तै, यदि महिलाको परिवारमा डिप्रेसनको इतिहास छ भने, गर्भावस्थाको समयमा नाबालिग भएमा, गर्भावस्थाका बारेमा अस्पष्टता भएमा पनि पोस्टपार्टम डिप्रेसनको सिकार हुने गर्दछन् । यसका साथै यदि सुत्केरी महिलाको पारिवारिक इतिहास मानसिक विकारहरू भएमा वा अत्याधिक तनावपूर्ण घटनाबाट गुज्रिरहेमा जस्तै, जागिर गुमाउनु वा स्वास्थ्य संकट भएमा पनि सुत्केरी महिला डिप्रेसनको सिकार बन्ने गर्दछन् । यस्तै, विशेष आवश्यकता वा स्वास्थ्य समस्या भएको बच्चा भएमा, जुम्ल्याहा वा तीन बच्चा भएमा, अक्सर एक्लै भएमा वा आरक्षित भएमा पनि यस्तो हुने गर्दछ । यसका साथै सुत्केरी महिलाको वैवाहिक सम्बन्धमा आर्थिक संकट भएमा पनि पोस्टपार्टम डिप्रेसनको सिकार हुने गर्दछन् । डिप्रेसन यस्तो रोग हो जसको उपचार डिप्रेसनका लक्षण र प्रकारहरू कति गम्भीर छन् भन्नेमा भर पर्छ। यसको उपचारमा मनोचिकित्सकको सहयोग लिन सकिन्छ । भावनात्मक रूपमा बलियो बनाउन एन्टिडिप्रेसेन्टहरू प्रयोग गरिन्छ वा समूहहरू बनाइन्छ। पोस्टपार्टम डिप्रेसनको गम्भीर अवस्थाहरूको लागि, ब्रेक्सानोलोन भनिने नयाँ औषधि दिन सकिन्छ। यदि तपाईं स्तनपान गर्दै हुनुहुन्छ भने, तपाईंले पोस्टपार्टम डिप्रेसन, चिन्ता, वा मनोविकृतिको लागि औषधि लिन सक्नुहुन्न भन्ने सोच्नुहोस्। यस सम्बन्धमा आफ्नो विशेषज्ञसँग कुरा गर्न सकिन्छ । डाक्टरको पर्यवेक्षणमा, धेरै महिलाहरूले स्तनपान गराउँदा औषधि लिन्छन्। यो तपाइँ र तपाइँको डाक्टर बीचको निर्णय हो। पोस्टमार्टम डिप्रेसनको समयमा महिलामा दुःख, कुरा गर्दा रुनु, नकारात्मक विचार र चिडचिडापन जस्ता समस्या हुन सक्छन्। धेरै महिलामा यो समस्या लामो समयसम्म रहन्छ भने धेरै महिलामा चाँडै निको हुन्छ । प्रसवपछिको डिप्रेसन लगभग ४ हप्ता भित्र हुन्छ। धेरै पटक महिलाहरु सुत्केरी डिप्रेसनबाट बाहिर निस्कन धेरै किसिमका औषधि सेवन गर्छन् । तर ध्यान दिनुहोस् कि डाक्टरको सल्लाह बिना कुनै पनि औषधि सेवन नगर्नुहोस्। यसका अलावा महिलाहरूले केही उपाय अपनाएर प्रसवोत्तर डिप्रेसनलाई सजिलै कम गर्न सक्छन्। परिवार र साथीहरूसँग कुरा गर्नुहोस्- प्रसवोत्तर डिप्रेसनबाट बच्न महिलाले परिवार र साथीभाइसँग कुरा गर्ने प्रयास गर्नुपर्छ। कुरा गर्न मनपर्ने व्यक्तिहरूसँग कुरा गर्नुहोस्। उनीहरूले के भन्नु छ सुन्नुहोस् र उनीहरूको अनुभव प्रयोग गर्नुहोस्। आहारको ख्याल राख्नुहोस्- धेरै पटक महिलाहरु शरीरमा कमजोरीका कारण प्रसवोत्तर डिप्रेसनको सिकार हुन्छन् । यस्तो अवस्थामा आफूलाई स्वस्थ राख्न खानपानमा विशेष ध्यान दिनुहोस् । दिनचर्यामा फाइबर, क्याल्सियम र प्रोटिन युक्त आहार खानु पर्ने हुन्छ। अधिक फाइबरको सेवनले पेट राम्रोसँग सफा हुन्छ र पाचन प्रणाली बलियो हुन्छ। समय समयमा आफैलाई हाइड्रेटेड राख्नु पनि आवश्यक छ। अरूबाट सहयोग लिनुहोस्-आमा बन्ने बित्तिकै बच्चाको सबै जिम्मेवारी आफैले नलिनुहोस्। बच्चाको हेरचाह गर्न परिवारका सदस्यहरूको सहयोग लिनुहोस्। बच्चालाई खुवाएपछि परिवारका अन्य सदस्यहरूलाई पनि दिनुहोस्। यदि बच्चालाई राती राम्ररी निन्द्रा लाग्दैन भने यस्तो समयमा परिवारका सदस्यलाई साथमा राख्नुहोस् जसले राती केही बेर उठेर बच्चाको हेरचाह गर्न सक्छ। यसरी तपाईको निन्द्रा पनि पूरा हुनेछ । हिड्नु- प्रसवोत्तर डिप्रेसनबाट बच्न महिलाहरूले घरको छत, बालकनी वा नजिकैको पार्कमा हिँड्नुपर्छ। बच्चा सुत्दा हिड्ने समय सेट गर्नुहोस्। पैदल यात्राले तपाईंलाई मानिसहरूलाई भेट्न अनुमति दिनेछ, जसले तपाईंलाई आफ्नो दिमाग मोड्न मद्दत गर्नेछ।
निर्वाचन आयोग: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने {भिडियोसहित} काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने जनाएको छ । बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएका हुन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको सहायक प्रवक्ता भट्टराइले जानकारी दिए । त्यस्तै निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न समेत नहुने व्यवस्था रहेको उनले बताए । आयोगले आचारसंहिताका व्यवस्थाविपरीत कोही कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने पनि जनाएको छ । भिडियो:
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफको दोस्रो जित {भिडियोसहित} काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बिहिबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १ सय ६ बल बाकी रहदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको जितमा कप्तान सिता राना मगरले अविजित १२ तथा ईन्दु बर्माले अविजित ९ रन बनाईन् । गण्डकीका लागि शृष्टि जैसीले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १८ दशमलव २ ओभरमा अलआउट हुदै २६ रन बनाएको थियो । जितसँगै एपीएफ ४ अंक जोड्दै समूह एको शीर्ष स्थानमा कायम रहेको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । भिडियो:
कश्मीरबारे नरेन्द्र मोदीको भनाइले पाकिस्तान आक्रोशित काठमाडौं । भारत प्रशासित कश्मीरबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइलाई पाकिस्तानले अस्वीकार गरेको छ । पाकिस्तानले स्पष्ट रूपमा भन्यो कि उसले प्रधानमन्त्री मोदीको भनाइलाई पूर्ण रूपमा अस्वीकार गर्दछ जसमा उनले दावी गरेका थिए कि उनले ‘कश्मीर मुद्दा हल गरिसकेका छन्’। पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादमा जारी एक विज्ञप्तिमा भनेको छ कि प्रधानमन्त्री मोदीको यो भनाइ गलत र भ्रामक मात्र होइन, यसले भारतीय नेतृत्वले कश्मीरको वास्तविकतालाई कति हल्का रूपमा लिन्छ भन्ने पनि देखाउँछ। विज्ञप्तिमा भनिएको छ कि जम्मू कश्मीर एक विवादित क्षेत्र हो र यसलाई अन्तर्राष्ट्रिय रूपमा विवादित मानिन्छ, १९४८ देखि यस विवादको समाधान संयुक्त राष्ट्र संघको एजेन्डामा रहेको छ। विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको स्पष्ट प्रस्तावका बाबजुद भारतले उक्त क्षेत्रमा अवैध कब्जा गरेको तर आफ्नो नौ लाखको विशाल सेना त्यहाँ मानवअधिकार उल्लङ्घनमा संलग्न रहेको आरोप लगाएको छ । पाकिस्तानले कश्मीरमा भारतले गरिरहेको कामको विरोधमा जनताले निरन्तर आवाज उठाउँदै आएको र विरोध गरिरहेको बताएको छ । तर सरकारले हतियार र सेनाको भरमा उनीहरुलाई दमन गरिरहेको छ । पाकिस्तानले भन्यो, “भारतले कश्मीरमा विकास कार्यको नाटक गरिरहेको छ र भारतीय नेताहरूले प्रायोजित कश्मीर भ्रमण गर्छन्। भारतले सबै सामान्य छ भनी बहाना गर्न सक्छ तर त्यहाँ बस्ने कश्मीरीहरू भारतको अवैध कब्जाबाट स्वतन्त्रताको लागि लडिरहेका छन्। पाकिस्तानले भारतको झूटलाई विश्वलाई विश्वास गर्न दिनेछैन। मोदीले के भनेका थिए ? गुजरातको आनन्दमा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको उल्लेख गरेका थिए । उनले भने कि सरदार पटेलले अन्य रियासतहरूको विलयको समस्या समाधान गरे तर एक व्यक्तिले कश्मीर समस्या समाधान गर्न सकेन। पीएम मोदीले भने, “सरदार साहेब सबै रियासतहरूलाई भारतमा विलय गर्न मनाउन सफल भए। तर कश्मीरको यो समस्या समाधान गर्ने जिम्मा अर्का व्यक्तिले लिएका थिए । म सरदार साहेबको पाइला पछ्याउने भएकोले, म सरदार पटेलको भूमिको कदर गर्छु र यसैले मैले कश्मीरको समस्या समाधान गरें र सरदार पटेललाई श्रद्धांजलि अर्पण गरें।”
लमजुङमा सत्तागठबन्धनका देव गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराए लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । माओवादी केन्द्रका महासचिव गुरुङलाई गठबन्धनले अघि सारेको छ भने प्रदेश सभातर्फ प्रदेश क र ख क्षेत्रमा कांग्रेसका उम्मेदवारले टिकट पाएका छन् । गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । एमालेले भने प्रदेश सभा (क) मा संविधान सभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा (ख)मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई उम्मेदवार बनाएको छ ।
‘निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुन्छ’ {भिडियोसहित} काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुने बताएका छन् । जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराए पश्चात् सञ्चारकर्मीहरूसँग गरेको संक्षिप्त कुराकानीमा राप्रपा अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । राष्ट्रिय राजनीतिमा मौलाएको भ्रष्टाचार, कुशासनको अन्त्य गर्दै देशमा सुशासन कायम गर्नका लागि पार्टीको उपस्थिति संसदमा आवश्यक रहेको बताउदै उहाले यस पटक राप्रपा देशको अग्रणी शक्तिको रुपमा उदाउने धारणा राखे । अहिलेको निर्वाचनमा चुनावी तालमेल सामान्य जस्तो बन्दै गएको बताउँदै उहाले राप्रपाले एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको र यसलाई अन्यथा मान्न नहुने बताए । तीन दशकदेखि नेपाली काँग्रेसले झापा क्षेत्र नम्बर ३ मा नेतृत्व गर्दै आए पनि यस क्षेत्रले अविकसितता, पछौटोपन बेहोर्दै आएको भन्दै उहाले यस्तो अवस्थाको अन्त्यसँगै विकास र समृद्धिको पथमा यस क्षेत्रलाई लैजानका लागि आफुले पुन उम्मेद्वारी दिएको उनको भनाइ थियो । भिडियो:
अमेरिकी डलरको भाउले बनायो नयाँ इतिहास, अहिलेसम्मकै उच्च बिन्दुमा काठमाडौँ। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा कायम भएको छ। पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर नयाँ उचाइमा पुगिरहेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा कायम गरेको थियो। विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ । यो दिन युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ८६ पैसा र बिक्रीमा १२९ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १४७ पैयाँ ४४ पैसा र बिक्रीमा १४८ रुपैयाँ ११ पैसा रहेको छ ।
बौद्ध धर्मावलम्बीहरुले बस्ने “ञ्युङने ब्रत” के का लागि ? {भिडियोसहित} मोरङ । बौद्धमार्गीहरु गुम्बाहरुमा भेला भएर यतिबेला मौन ब्रत (ञ्युङने) बस्ने गर्दछन् । दशैंमा देवी देवतालाई भोग चढाउनका लागि भनेर धेरै काटमार गर्ने गरिन्छ । यी सबै जीवजन्तुहरुको मुक्तीको कामनासहित बौद्ध धर्मालम्बीहरु तीन दिनसम्म मौन ब्रत (ञ्युङने ब्रत) बस्ने गर्दछन् । मोरङको पथरी शनिश्चरेमा पनि यस्तै एक सयबढी धर्मालम्बीहरु (ञ्युङने ब्रत) मौन ब्रत बसेका थिए । पथरीशनिश्चरे नगरपालिका वार्ड न- १० मा रहेको ओम सियर जम्बुलिङ बज्र गुम्बामा ३ दिनको (ञ्युङने मौनब्रत)मा ४५ बढी लामा गुरुहरु र ६० बढी स्थानियबासीहरु ब्रतमा सहभागी भएका थिए । तीन दिनसम्मको ब्रतमा संसार भरका सम्पूर्ण प्राणीजगत जीव जन्तु सबैको मुक्तीको कामना गर्दै ब्रत बसेको नेपाल तामाङ्ग लामा घेदुङ्गका अध्यक्ष एवं धर्म गुरु पाल्देन लामाले जानकारी दिए । अहिंसा र शान्तिको प्रतिक भगवान बुद्धका अनुयायीहरुले बिभिन्न धर्म, संस्कार, चाड पर्वमा देव देवीको नाममा लाखौं निर्दोस पशुपंछिहरुको .बली चढाइएकाहरुको आत्माको शान्तीको कामना गर्दै यस ब्रत बस्ने गर्दछन् । बली दिने परम्परालाई कम गदै लैजाने र हिंसकहरुको मनमा बोधिचित्त र करुणा उत्पन्न होस् र सबै प्राणीको उद्धार एवं मुत्तिको लागि बौद्ध धर्म दर्शनमा मौन ब्रत बस्ने परम्परा रहेको छ । दशैंको नाममा लाखौं पशुपन्छीहरुको बली दिने गरेको बेलामा  बस्ने गरिन्छ । ओम सियर जम्बुलिङ बज्र गुम्वामा नेपाल लामा घेदुनको आयोजनामा संचालन भएको ब्रत यही असोज १७ गतेदेखि २० गते वा अभिषेशसहित सम्पन्न भएको थियो ।   समापनका दिन दुई सयबढी स्थानीयहरुको पनि उपस्थिति रहेको थियो । हेर्नुहोस् भिडियो:
सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण भक्तपुर । विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् । कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए । कुमारीले साइतको टीका लगाए पछि कुमारीको हातबाट टीका लगाउन सर्वसाधारण तलेजु पुगेका छन् । अपरान्ह् चार बजेदेखि सर्वसाधारणका लागि टिका लगाउन खुल्ला गरिएको हो । साँझ छ बजेसम्म कुमारीले टीका लगाइदिने भएपछि सर्वसाधारण टीका लगाउन कुमारी घर पुगेका छन् ।
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम काठमाडौं । वडा दसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आममानिस पर्व मनाउन व्यस्त भएका छन् । बिदा भएपछि बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । सामान्यत शनिबार पनि मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको फूलपाती भएकाले भक्तजनको लर्को लागेको हो । शक्तिपीठ र देवी मन्दिर वरिपरिका सडकमा सवारीको पनि चाप देखिन्छ । ती स्थानमा पार्किङ गरिएका सवारीको पनि लाम भेटिन्छ । अन्यत्र भने सडक खुला छ । अघिपछि सडक जाममा पर्ने यात्रु अहिले भने खुला वातावरणमा यात्रा गर्न पाउने भएका छन् । सवारी साधन कम भएपछि राजधानीको वातावरणमा पनि धुवाँ धुलोको मात्रा कम भएको छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखीलगायत मन्दिरमा भक्तजनको भीड छ । यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । विगतका दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजाआराधना गर्न आह्वान गरिएको थियो । यस वर्ष भने कोरोनाको जोखिम कम भए पनि डेङ्गुको त्रास बढेको छ । यस वर्ष डेङ्गुबाट सुरक्षित भएर दसैँ मनाउन प्रशासनले आह्वान गरेको छ ।
ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ। दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीकाे घटनास्थलमै ज्यान गएकाे हाे। विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली र स्थानियले पानी मुनि हिलाेमा गडेकाे अवस्थामा उद्धार गरेका थिए। उद्धार गर्नासाथ नेपालीलाई उपचारकाे लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएकाे छ। प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घाेषणाकाे लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएकाे छ। पानी मुनीबाट उद्धार गरिएका नेपालीकाे घटनास्थलमै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक हाेमनाथ रेग्मीले बताए। “यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घाेषणा नगरेसम्म मृत भन्न मिल्दैन” रेग्मीले भने “तर उहाँ जिवित भने हुनुहुन्न।” नेपालीकाे परिवारमा आमा, श्रीमती र दुई छाेरी छन्। श्रीमती भने राेजगारीकाे क्रममा भारतमा रहेकी छन्।
कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली (फोटो फिचर) काठमाडौं । काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली । टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।
सिटी एक्सप्रेसले घोषणा गर्‍यो पहिलो महिनाको १ तोला सुन बिजेता काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत भदौ १५ देखी असोज ११ गते सम्म अन्य चार जनाले साप्ताहिक उपहार १०÷१० तोला चाँदी जित्न सफल भैसकेका छन् । साउदी अरबबाट नरेश यादव , कुवेतबाट शम्भु बहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनि साथै मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०÷१० तोला चाँदी जित्न सफल भैसकेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ । कम्पनीका अनुसार यस “बिदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायोे” अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।
दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती बाजुरा। लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो। अम्कोटमा दसैं अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ। चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ। सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ। सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन्। अम्कोटमा अवरुद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन्। सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन्। दसैं तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ। चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन् । स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो। उनले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताए। “वैकल्पिक सडक बनाउन जग्गा दियौँ, काम नगरेपछि हाम्रो के लाग्यो”, जैशीले गुनासो गरे। सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताए। वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उनको भनाइ छ। सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ। प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताए। विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ। विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो। हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताए। सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ। जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ। बूढीगङ्गा नगरपालिकाको अम्कोटस्थित सडक पहिराको उच्च जोखिममा छ। अम्कोटमा २०७७ भदौमा सडक भासिँदा एक जनाको मृत्यु भएको थियो। चार वर्षदेखि साँफे-मार्तडी सडक अवरुद्ध हुँदै आएको छ। सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले बताए। अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ। बर्सातमा पूर्णरुपमा बन्द हुने उक्त ठाउँमा वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ।
गुरु घिमिरेको समर्थन गर्दै गोकुल बास्कोटाले गरे गगन थापाको आलोचना काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाली कांग्रेसका नेता गगन थापाको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गरेका हुन् । ‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो,’ नेता बास्कोटाले भनेका छन्, ‘तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तवीक मर्मरक्षाको राजनीति गरेको देखियो ।’ घिमिरेले दलिय राजनीतिको वास्तवीक मर्मरक्षा गरेपनि फाइदा भने थापाले नै लिने उनले जनाएका छन् । ‘गुमाउन त गुरुले नै गुमाउछन तर गगनसामु गुरुले स्पस्ट रुपमा काडा छाप छोड्ने भए,’ नेता बास्कोटाले लेखेका छन् ।
जमरा उमार्नका लागि माटो लिनेहरुको भिड {भिडियोसहित} काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घर–घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भने भिड लाग्ने गरेको छ । भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेको छ । जमरा उमार्नका लागि उक्त स्थानको माटो राम्रो र पवित्र भएकाले सर्वसाधारणहरु माटो लिन पुग्ने गरेको स्थानीयहरुको भनाई छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्नका लागि घटस्थापना गरिन्छ । भिडियो:
नवरात्र सुरु, देवी मन्दिरहरूमा दर्शनार्थीको भीड काठमाडौं । सोमबारबाट नवरात्र सुरु भएसंगै देवी मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरूको घुइँचो लागेको छ । भद्रकाली, शंकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालिका स्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो । दुर्गाको प्रतीकका रूपमा नवरात्रको पहिलो दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा समेत गर्ने गरिन्छ । बडादशैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ ।
भक्तपुरका विभिन्न शक्तिपीठमा दर्शनार्थीको भीड {भिडियोसहित} भक्तपुर । घटस्थापनाका दिन भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्परा रहेको छ । नवरात्रि मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ । नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातिभरि र दशमीको दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ । हेर्नुहोस् भिडियो:
बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फसचेत रहँदै आ—आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले मन्त्रि तथा सचिवज्यूहरुलाई १२ बुँदे निर्देशन दिएका थिए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर कर्ण, उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेका थिए । छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी दिँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको र अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताए ।
करिब १० लाख भ्रष्टाचार गरेपछि गाविस सचिवसहित २ जनाविरुद्ध मुद्दा काठमाडौं । धनुषाको तत्कालिन चक्कर गाविसका सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार उनीहरुलाई विशेष अदालतमा मुद्धा दर्ता गरेको हो । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । मुद्दा दायर गरिएका अन्यमा धनुषाको तत्कालिन चक्कर गाविस–२ हाल औरही गाउँपालिका–६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन् । दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ । विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरुले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।
चुनावी सुरक्षाबारे सुरक्षा निकायसँग छलफल काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनको सुरक्षाबारे सुरक्षा निकायसँग आइतबार छलफल गरेको छ । आज आइतबार आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग छलफल गरेको हो । आजै आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा दलहरूसँग पनि छलफल गर्दै छ ।
३ दिनदेखि केयूकेएलमा तालाबन्दी काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा कर्मचारीहरुले तालाबन्दीसहित धर्ना दिएका छन् । केयूकेएलमा रहेको बिभिन्न कर्मचारी संगठनहरुले प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको राजीनामा माग गर्दै तालाबन्दीसहित धर्ना दिएका हुन् । केयूकेएललाई अघि बढाउन कार्यकारी अधिकृत शाक्य असक्षम भएको भन्दै तीन दिन अघि उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए । शाक्यबाट राम्रो कार्यसम्पादन हुन नसकेकाले राजीनामा दिनुपर्ने उनीहरुको माग रहेको छ । कर्मचारीहरुले सञ्चालक समितिले आफुहरुसंग गरेको भद्र सहमति अनुसार द्रुत प्रकृयाबाट कार्यकारी अधिकृतको बहिर्गमन नगरेसम्म संस्थाभित्र मौलाएको बेतिथी , विसंगती, अपारदर्शीता नियन्त्रण हुन नसक्ने केयूकेएल एकीकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीले बताए । कर्मचारीहरुले आफुहरुको माग पुरा नभए पानी उत्पादन, प्रशोधन र वितरण बाहेकका सम्पूर्ण कामहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।
ठूलो मात्रामा लागुऔषधसहित ६ जना पक्राउ काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । आज आइतवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। सार्वजनिक हुनेमा लागुऔषध खैरो हेरोइनतर्फ २ जना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ ३ जना र लागुऔषध एम्पुल बससहित अन्य एकजना छन्। पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै सञ्जिव राईलाई पक्राउ गरेको थियो। त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यान र लुकाएको अवस्थामा लागुऔषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं सूचना अधिकारीसमेत रहेका खड्काले लागुऔषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा लागुऔषध एम्पुल कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बाराको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरेको बताए। बसभित्रबाट लागुऔषध ब्रुपेनोर्फिन २७६६ एम्पुल, डाईजेपाम एम्पुल र उक्त बस समेत बरामद गरेको बताए। उनले फरार प्रतिवादी जिल्ला इलामका सन्तोष तामाङलाई पनि पक्राउ गरी भदौ २१ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको बताए। उनले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट थप १ किलो ३३० ग्राम लागुऔषध गाँजा बरामद गरिएको पनि जानकारी दिए। उनले गोश्वारा हुलाक कार्यालयमा अमेरिकाबाट आएको ३ किलो ७० ग्राम लागुऔषध गाँजा लुकाएको पार्सल रिसिभ गरी लैजाने क्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुरका २८ वर्षका मनोज राई र अनुसन्धानका क्रममा काठमाडौं नक्सालका वर्ष ३० का अंकितकुमार श्रेष्ठ र ऐ। वडा नम्बर १७ खुसीबु ठेगाना भएका वर्ष ३० का राहुल क्षेत्रीलाई पक्राउ गरिएको बताए। उनले बरामद लागुऔषधको बजार मूल्य ३१ लाख ५ हजार ८१० रहेको बताए। उपत्यका लागुऔषध खैरो हेरोइन तथा नियन्त्रित लागुऔषध समेतको अवैध कारोबार भइरहेको सूचनाका आधारमा ब्यरोले ६ जनालाई लागुऔषधसहति पक्राउ गरेको हो।
‘प्रेमगीत ३’ को हिन्दी संस्करण भोलिदेखि नेपालमा प्रदर्शन हुने काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि सोमबारदेखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् । निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको सेन्सर आइतबार अपरान्ह हुने भएको छ । बोर्डले सेन्सर सिफारिस दिनुअघि निर्माता चन्द र सेन्सर बोर्डबीच मन्त्रालयमा छलफल समेत भएको थियो । सेन्सरपछि आजै बेलुकादेखि हिन्दी प्रेमगीत ३ को बुकिङ पनि खुलाउने तयारी छ । निर्माता चन्दका अनुसार प्रेमगीत ३ को हिन्दी संस्करण नेपाली फिल्मसरह प्रदर्शन हुनेछ । फिल्मले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।
हतियारसहित युवक पक्राउ काठमाडौं । कपिलवस्तु प्रहरीले हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका–३ बलुहवा २७ वर्षीय प्रेम थारु रहेका छन् । उनलाई प्रहरीले घरबाटै शुक्रबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, अन्दाजी १ सय ग्राम बारुद र ५ थान छर्रा बरामद गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले प्रेमलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनलाई हिरासतमा राखी थप अनुसन्धान गरीरहेको छ ।
सौतेनी आमाको घाँटीमा खुकुरी हानेर हत्या गरी फरार सौतेनी छोरा पक्राउ काठमाडौं। सामान्य विवादमा सौतेनी आमाको घाँटीमा खुकुरी हानेर हत्या गर्ने सौतेनी छोरा पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो । जय किशोरलाई प्रहरीले शुक्रबार वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते साँझ हत्या भएको थियो । जय किशोरले सौतेनी आमा तेतरीलाई सामान्य घरायसी विवादका क्रममा घाँटीको अगाडि भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । उनको घटना स्थलमै मृत्यु भएको थियो । घटनापछि जयकिशोर भने त्यस बेलादेखि फरार भएका थिए । तेतरीका श्रीमान् ५५ वर्षीय शिवनारायण यादवलाई भने प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो । शिवनारायणले घरायसी विवादका क्रममा छोराले घाँटी काटिदिएको बयान दिएका थिए । तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
युक्रेनमा ‘जनमत संग्रह’: घर–घर पुग्दै सेना किभ । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ । ‘तपाईले मौखिक जवाफ दिनुपर्छ र सिपाहीले पानामा जवाफ चिन्ह लगाउँछ र राख्छन्’, एनरहोडरकी एक महिलाले बीबीसीलाई भनिन् । दक्षिणी खेरसनमा रुसी सुरक्षाकर्मीहरू जनताको मत संकलन गर्न शहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ । घर–घरमा मतदान ‘सुरक्षा’ का लागि भएको रुसी सञ्चार माध्यमहरुले प्रचार गरेका छन् । विज्ञहरूका अनुसार पाँच दिनसम्म चल्ने स्वघोषित जनमतसंग्रहले रुसलाई युक्रेनका चार ओगटेका वा आंशिक रूपमा कब्जा गरिएका क्षेत्रहरू गैरकानूनी रूपमा आफ्नो दाबी गर्न अनुमति दिनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जनमतसंग्रहको निन्दा गरे । रुसीले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरी बल प्रयोग गरेर युक्रेनको भागहरू गाभ्ने प्रयास गर्ने ‘झुटो बहाना’ भएको बताए।
नवौं राष्ट्रिय खेलकुदः खोटाङले जित्यो ११ स्वर्ण खोटाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुई वटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक÷एक वटा स्वर्ण पदक प्राप्त भएको हो । जिल्ला खेलकुद बिकास समितिका अनुसार सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सन्जीता राईले स्वर्ण पदक जितेका छन् । यस्तै, कुमुते ५५ केजी समुहमा विद्याकला राई, ६१ केजी समुहमा कञ्चन नेपाली, ६८ प्लस तौल समुहमा मिसडोना राई र ७५ केजी तौल समुहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् । पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेका हुन् । भारोत्तलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण जितेका छन् । प्रदेशमा स्वर्ण पदक विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउने छन् । स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दिर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विक र प्रविण कट्वाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् । यस्तै, महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगीतामा खेल्ने अवसर पाएकी छन् । प्रदेशस्तरीय प्रतियोगीतामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।
लागूऔषधसहित धनुषाबाट २ जना पक्राउ काठमाडौं । लागूऔषधसहित धनुषाबाट २ जना युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी धनुषाले शुक्रबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका–५ गोदार बस्ने १८ वर्षीय संन्तोष यादव र सोही ठाउँका २१ वर्षीय महबुद खान रहेका छन्। प्रहरीले उनीहरुको साथबाट नाइट्रोभ्याट २० पत्ता, नाइट्रोसन ५ पत्ता, स्पाजमो प्राँक्सीवोन प्लस १२ पत्ता र एक्सीप्लोन सय एमएल १९ बोत्तल बरामद गरेको छ । उनका अनुसार प्रहरीलाई प्राप्त गोप्य सूचनाको अधारमा महिनाथपुरबाट खटिएको शसस्त्र प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ८३०८ नम्बरको रातो रंगको डिस्कभर मोटरसाइकललाई रोकी चेकजाँज गर्दा यादवले बोकेको बोराभित्र लागूऔषध फेला परेको बताईएको छ ।
समानुपातिकतर्फको मतपत्र छपाइ सकियो काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न गरेको जनाएको छ । आयोगले प्रदेश १ का लागि ३८ लाख १३ हजार, मधेस प्रदेशका लागि ३७ लाख ९३ हजार, बागमती प्रदेशका लागि ३८ लाख ९३ हजार गण्डकी प्रदेशका लागि २० लाख ४२ हजार, कर्णालीका लागि ११ लाख ३६ हजार, लुम्बिनीका लागि ३६ लाख ४९ हजार र सुदूरपश्चिम प्रदेशका लागि १८ लाख ५८ हजार छपाइ भएको जनाएको छ । आयोगले प्रदेशको समानुपातिकतर्फको २१ लाख नमुना मतपत्र पनि छपाइ सकिएको जनाएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी ८ करोड मतपत्र छाप्ने जनाएको छ ।
राष्ट्रपतिविरुद्ध वक्तव्यवाजी नगर्न पत्रकार महासंघलाई प्रेस चौतारीको चेतावनी काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघलाई राष्ट्रपति विद्यादेवी भण्डरीविरुद्ध वक्तव्यवाजी नगर्न चेतावनी दिएको छ। भक्तपुरको नगरकोट बैठकपछि महासंघले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाउँदै प्रेस चौतारीले राष्ट्रपति भण्डारीविरुद्ध वक्तव्यबाजी नगर्न चेतावनी दिएको हो। ‘नेपाल पत्रकार महासंघले आफूलाई राजनीतिक दलभन्दा अलग नराखी मुलुकका वैधानिक निकायमाथि यसैगरी आक्रमण गर्ने र नेपाली जनता र श्रमजीवी पत्रकारको शीर निहुर्याउने काम यथावत राखे प्रेस चौतारी नेपाल कठोर कमद चाल्न बाध्य हुने चेनावतीसमेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छ,’ महासचिव हिरामान लामाले भनेका छन्। प्रेस चौतारीले आफूलाई श्रमजीवी पत्रकारको हितमा उभ्याउँदै आफ्नो साझा चरित्र कायम राख्न पनि महासंघलाई सुझाव दिएको छ।
राष्ट्रपतिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको सबै रिटको सुनुवाइ स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनुवाइ आज शुक्रवार स्थगित भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय बनाएको भन्दै राष्ट्रपतिविरुद्ध बिहीवार गरिएको दायर रिटको पेसी न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो । शुक्रवार समय अभावका कारण उक्त सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उक्त रिटको सुनुवाइ असोज ९ गते आइतवारका हुने उनले बताए ।
सुसाइड नोट लेखेर बेपत्ता भईन् युवती काठमाडौं । ललितपुरको धोविघाटबाट एक युवती बेपत्ता भएकी छन् । हिजो घरबाट हिँडेकी ३० वर्षीया जेरुसा राई बेपत्ता भएकी हुन् । उनले सुसाइड नोट लेखेर हिजो घरबाट हिँडेकी ललितपुर प्रहरी प्रवक्ता सुधीर राज शाहीले बताए । उनका अनुसार युवतीको अन्तिम लोकेसन सुन्दरीघाँट देखिएको छ । राई मोडलिङ गर्दै आएकी छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी बुझिएको छ ।
घरमा रङ लगाउन आउनेले चोरे काठमाडौंमा ८ तोला बढी सुनका गहना काठमाडौं । काठमाडौं प्रहरीले सुनका गरगहना चोरीको आरोपमा २ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि–९, मच्छेगाउँ बस्ने २३ वर्षीय रवीन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनार रहेका छन् । घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको छ। पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद रु ६० हजार बरामद गरेको छ।
गाडीमुनि खेल्न पुगेका थिए १७ महिने बालक, गाडी गुडेपछि किचिदियो भक्तपुर । भक्तपुरको मध्यपुर थिमि लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडीमुनि पुगेका एक १७ महिने बालकको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठ हुन् । पानी झार्न रोकिराखेको बा५ख ७८१७ नम्बरको निशान गाडीमुनि खेल्दाखेल्दै छिरेका बालकलाई गाडी अगाडि बढाउँदा गाडीले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । गाडीले किचेपछि घाइते भएका बालकलाई उपचारका लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त थिमिबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान थालेको छ । घटनापछि सवारीसाधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका(३ घर भई हाल काठमाडौं मूलपानी बस्ने वर्ष २३ को आकाश भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
टिम बाहिर परेपछि नवयुगले आक्रोश पोखे काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफूलाई चलखेल गरेर टिम बाहिर राखेको भन्दै आक्रोश पोखेका छन् । उनले आज सामाजिक सञ्जालमा ‘विदेशी प्रशिक्षक हुँदा टिममा पर्ने भएपनि नेपाली प्रशिक्षक हुँदा आफू टिममा नपर्ने’ गरेको लेखेका छन् । ‘रोगको लक्षणः विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर,’ उनले लेखेका छन्, ‘रोगको लक्षणःचलखेल ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । पछिल्लो समय नेपाली टोलीका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिम तयार पारेका छन् ।
अभिनेता दयाहाङलाई पुत्र लाभ काठमाडौं । अभिनेता दयाहाङ राई बाबु बनेका छन् । उनकी पत्नी बेनुका राईले छोरा जन्माएको पारिवारिक स्रोतले बतायो । राईदम्पतीका यसअघि एक छोरा छन् । दयाहाङ र बेनुकाको बिहे २०६५ साल फागुन २ मा भएको थियो । २०६९ सालमा बेनुकाले पहिलो सन्तानका रूपमा छोरा सामदुङहाङलाई जन्म दिएकी थिइन् ।
होटलको फ्रिज खोल्दा भेटियो बँदेलको मासु, होटल सञ्चालक पक्राउ काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ गरेका छन्। बिहीबार बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन्। उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो। होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए। ‘अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ’, उनले भने, ‘मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ।’ परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताए।
एनसेलले ल्यायो ‘इण्डिया भ्वाइस प्याक’ काठमाडौं । नजिकिँदै गरेको चाडपर्व लक्षित गरेर एनसेल आजियाटा लिमिटेडले तीनवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यस अफरबाट एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्ने भएका छन् । यी प्याकहरू शुक्रबारबाट लागू हुने बताइएको छ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्याकहरूको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारू गर्न सक्नेछन् । १ दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित ५५ रूपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रूपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरूले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित ७४९ रूपैयाँमा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् । ग्राहकले *१७११८ एस्ट्रिक्स ७# डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरूमार्फत यी भ्वाइस प्याकहरू सुचारु गर्न सक्नेछन् ।
बिहे गरेको भोलिपल्टै विदेशीलाई नागरिकता दिन मिल्दैन–कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी नागरिकलाई विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका छन्। गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । नागरिकता कागजको खोस्टोमात्र नभएको थापाले टिप्पणी समेत गरे । ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ, जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ । तर, विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।’, थापाले भने ।
यूएन पुगेर युक्रेनी राष्ट्रपतिले भने-रुसलाई कारबाही गर्नु पर्छ काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको उनले जानकारी दिए । “रुसले युक्रेन र युक्रेनी जनता विरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ,” उनले भने । यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनु पर्ने उनको भनाइ छ ।रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले मृत्यु भएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले तर्क गरे । रुसले आफ्नो देशमा आंशिकरुपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गर्नु भएको हो । रुसले युक्रेनमा गत फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको सङ्ख्यामा पनि वृद्धि गरेको छ । अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ । महासभा यही सेप्टेम्बर २७ सम्म चल्ने भएको छ ।
अब्दुल्लाहले बाहिर राखेका खेलाडीलाई हुमागाईंले गराए कमब्याक काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ । नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका छन् । यस्तै, टिममा कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान दिएका छन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपाली टिममा रेजिन सुब्बाले गरिब डेढ वर्षपछि कमब्याक गरे । यस्तै, पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विवादका कारण बाहिर राखेका खेलाडीले कमब्याक गरेका छन् । नेपाली टिम गोलकिपरः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु रक्षकः रोहित चन्द, अनन्त तामाङ, विकाश तामाङ, दीनेश राजवंशी, विकाश खवास, सुमन अर्याल, रञ्जित धिमाल मिडफिल्डरः सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजजिउ ठकुरी, एरिक विष्ट, फरवार्डः विमल घर्तीमगर, अञ्जन विष्ट, ऋतिक खड्का, मनिष डांगी, आशिष चौधरी
लुम्बिनीमा डेंगुको संक्रमणबाट ३ जनाको मृत्यु बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एकरएक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको पनि डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो । प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा अहिलेसम्म दुई हजार ६८३ जनामा डेंगुको संक्रमण भएको जानकारी दिए । भदौमा एक्कासि संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगु संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालले जनाएको छ । गत साउन मसान्तसम्म करिब ४०० जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए । तर, लुम्बिनी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भने अहिलेसम्म कुनै पनि बजेट बिनियोजन गरेको छैन । निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ठ बजेट छुट्टयाएकोमा अहिलेसम्म सोही बजेटबाट काम चलाइरहेको बताए । रूपन्देहीमा पहिलोपटक २०६७/६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६/७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो । तर, यसवर्ष भने डेंगु रोकथाम अभियान शुन्य भएपछि डेंगु संक्रमण महामारीको रूपमा फैलिरहेको छ । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ ।
रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु सुर्खेत । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका(३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो । काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । मृत्यु भएकाको परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए । १७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार नेपालमा रिलिज नहुने काठमाडौं । नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन भोली शुक्रबार प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो । विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रबारबाट े प्रेमगीत ३ हिन्दी भर्सन रिलिज नहुनुको थप कारण पछि जानकारी गराउने बताएका उनले घटस्थापन ९१० असोज०देखि प्रेमगीत ३ हिन्दी भर्सन नेपालभर प्रदर्शन हुने बताए । उता भारतमा भने प्रेमगीत ३ हिन्दी भर्सन शुक्रबार नै रिलिन हुनेछ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्देशकसेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए । केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो। प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
४ जना मृत अवस्थामा फेला काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । गौशला नगरपालिका–२ निगौल चोक डेरा गरी बस्ने ५७ वर्षीया सहिमुन खातुन सोही ठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ बदमपुरस्थित घरको पिँढीमा रहेको खाटमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ बस्ने विष्णु न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् । तनहुँको ब्यास नगरपालिका–६ शान्तीटोल बस्ने ७५ वर्षीय भिम बहादुर मल्ल सोही ठाउँस्थित खहरे खोलाको भिरबाट लडेर बुधबार मृत अवस्थामा फेला परेका छन् । बाख्रा चराउन गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । कैलालीको गोदावरी नगरपालिका–५ गेटा सामुदायिक बन नजिक मोहना नदीको किनारामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
अख्तियारको ‘स्टिङ अपरेसन’, अभियुक्तलाई अदालतबाट धमाधम सफाइ काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई ८ वैशाख ०७८ मा ‘स्टिङ अपरेसन’ मा रोक लगाउने आदेश दियो । भन्यो, ‘स्टिङ अपरेसनसम्बन्धी प्रावधान प्रत्यायोजित विधायनसम्बन्धी अवधारणा अनुकूलसमेत रहेको नपाइएको र उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको रहेको छ ।’ अख्तियारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा स्टिङ अपरेसन गर्दै आएको थियो । तर स्टिङ अपरेसनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेसन रोक्न फैसला गरेको थियो । अदालत स्रोतका अनुसार अख्तियारले घूस खाएका व्यक्तिलाई ‘स्टिङ अपरेसन’ बाट पक्रन पाउने कि नपाउने भन्ने विवादमा सुरु भएदेखि ‘स्टिङ अप्रेसन’ सम्बन्धी अरु कैयौं मुद्दाको सुनुवाइ प्रभावित भएको थियो । ८ वैसाख ०७८ को फैसलासँगै यो मुद्दा झनै प्रभावित भएर गयो । स्रोतका अनुसार अख्तियारले ‘घूस खाएका’ व्यक्तिलाई ‘स्टिङ अपरेसन’ गरी पक्रन पाउने कि नपाउने भन्ने विवादमा सर्वोच्च अदालतले गर्ने आदेशले सुरुमै चार सयभन्दा बढी मुद्दा प्रभावित भएको थियो । स्रोत भन्छ, ‘यो फैसलापछि चार सय मुद्दामा एकमुष्ट उन्मुक्ति भएको देखिन्छ ।’ नियमावलीमा व्यवस्था गरेर अख्तियारले २०५९ सालदेखि गर्दै आएको यस्तो ‘स्टिङ अपरेसन’को संख्या पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको थियो । नियमावलीमा घूस उपलब्ध गराउने कर्मचारी वा व्यक्तिलाई कुनै किसिमको कारबाही र सजाय नगरिने व्यवस्था थियो । भनिएको थियो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावलीको नियम ३० मा ‘कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले घूस–रिसवत माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले आफ्ना कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्तिमार्फत त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घूस–रिसवतबापत रकम उपलब्ध गराउन सक्नेछ । त्यसरी घूस–रिसवत उपलब्ध गराउने कर्मचारी वा व्यक्तिलाई कुनै किसिमको कारबाही र सजाय गरिने छैन ।’ अख्तियारले यही व्यवस्थाको आधारमा ‘स्टिङ अपरेसन’ गर्दै आएको थियो । ‘स्टिङ अपरेसन’ गरी विशेष अदालतमा चलाएका मुद्दा अख्तियारले जित्दै आएको थियो । ‘स्टिङ अपरेसन’ गरी विशेष अदालतमा चलाएका अधिकांश मुद्दा अख्तियारले जित्दै आएको थियो । तर जब ८ वैशाख २०७८ मा सर्वोच्चले ‘स्टिङ अपरेसन’ रोक्ने गरी आदेश दियो । विशेष अदालतको फैसला पूरै बदलियो । ठिक त्यतिबेला विशेष र सर्वोच्च अदालतमा रंगेहात घुसका पाँच सयभन्दा बढी मुद्दा विचाराधीन थिए । तीमध्ये अधिकांशलाई विशेष अदालतले सफाइ दियो । अख्तियारले प्रतिवादी बनाएको अभियुक्तको पक्षमा विशेष अदालतको धमाधम फैसला आउन थाल्यो । एक वरिष्ठ अधिवक्ता भन्छन्, ‘स्टिङ अपरेसन’ सम्बन्धी सर्वोच्चको फैसलालाई आधार बनाएर विशेष अदालतले धमाधम अभियुक्तहरूको पक्षमा फैसला सुनाएको देखिन्छ ।’ अख्तियारले आयोगको ३२औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । बुधबार शीतल निवासमा प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको ३२औैं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८–७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको देखिन्छ । उक्त आर्थिक वर्षमा अदालतमा दायर मुद्दामध्ये जम्मा ३८ दशमलव ५१ प्रतिशत मात्रै आयोगको पक्षमा फैसला भएको प्रतिवेदनमा उल्लेख छ । स्रोतका अनुसार अख्तियारलाई कम सफलता प्राप्त हुनुको कारण ‘स्टिङ अपरेसन’ मा सर्वोच्चको रोकपछि अभियुक्तको पक्षमा विशेष अदालतको धमाधम फैसला नै हो । पछिल्लो समय ‘स्टिङ अपरेसन’ बाट कायम गरिएका अधिकांश प्रतिवादीको पक्षमा विशेषले फैसला गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव श्यामप्रसाद भण्डारीले गएको आर्थिक वर्षमा अख्तियारको इतिहासमै सबैभन्दा कम सफलता प्राप्त गरेको स्वीकार गरे । आयोगले नै पैसा दिएको घुस–रिसवत लिन हुँदैन भन्ने आधार टेकेर अदालतले फैसला गरेकाले कम सफलता प्राप्त भएको उनको दाबी छ । ०७० सालमा लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त भएपछि सरकारी कर्मचारीहरूलाई रंगेहात पक्राउ गर्ने र भ्रष्टाचारको मुद्दा दायर गर्ने क्रम तीव्र पारिएको थियो । पछिल्लो समयमा नवीन घिमिरे प्रमुख आयुक्त भएपछि पनि यो क्रममा उसैगरी तीव्र पारिएको थियो । उनीपछिका प्रमुख आयुक्तहरूले समेत अरु मुद्दामा मिहिनेत गर्नुको साटो रंगेहात मुद्दालाई प्राथमिकतामा राखेका थिए । केही वर्षयता अख्तियारले ७० प्रतिशतभन्दा बढी सफलता देखाउनुको कारण रंगेहातका यस्तै मुद्दा थिए । तर प्रेमकुमार राई प्रमुख आयुक्त भएपछि प्रतिशतको बढी सफलतामा होइन, तथ्यपूर्ण र गहिरो अनुसन्धानमा जोड दिनथालेका छन् । ‘स्टिङ अपरेसन’ ले मान्यता नपाउने भएपछि घुस रिसवतसम्बन्धी उजुरीमा कमी आएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७६–७७ मा २०५ वटा घुस–रिसवतसम्बन्धी उजुरी परेको र स्टिङ अपरेसन बन्द भएपछि गत आव २०७७–७८ मा ७० वटा मात्रै परेको अख्तियारको ३१औं वार्षिक प्रतिवेदनमा उल्लेख थियो । यहीकारण क्रमशः सफलता दर ९कसुर स्थापित दर० घट्दो क्रममा देखिएको हो । आव २०७६–७७ मा ८४ दशमलव आठ प्रतिशत, आव ०७७–७८ मा ७१ दशमलव ६८ प्रतिशत सफलता प्राप्त गरेकोमा गएको वर्ष घटेर ३८ दशमलव ५१ प्रतिशतमा झरेको थियो ।
गृहसचिव सिंह पुगे प्रहरी प्रधान कार्यालय काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंह आज बिहीवार नेपाल प्रहरी प्रधान कार्यालय पुगेका छन् । कार्यालयको निरीक्षण गर्नका लागि उनी त्यहाँ पुगेका हुन् । निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् । निरीक्षण भ्रमणका क्रममा गृह सचिव सिंहले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षणपश्चात उनले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवं भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा गृहसचिव सिंहले संगठनको हित र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताए । उनले संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिबद्ध र लगनशील हुन आग्रह गरे । आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए । गृहसचिव सिंहले प्रहरी कर्मचारीहरुले उच्चआचरण एवं इमान्दारीपूर्वक सांगठनिक प्रतिबद्धतामा अविचलित भई जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले नेपाल प्रहरी संगठनको सुदृढीकरण र शुद्धीकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको बताए । नेपाल सरकारबाट हुने निर्णयहरू र गर्नुपर्ने सहजीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि सरूवा, बढुवा र वृत्ति विकास जस्ता विषयलाई स्वच्छ, निष्पक्ष, पूर्वानुमान योग्य बनाउन जरूरी रहेको बताए । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गृहसचिवबाट प्राप्त निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी बहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गरे ।
विप्लवले चुनाव बहिष्कार गर्ने काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बहुमतले मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । विप्लव नेतृत्वको नेकपा बहुमतले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताईन्छ । पार्टीभित्र चुनावमा भाग लिने नलिनेमा दुई धार भएपनि विप्लब भने चुनावमा भाग नलिएर बहिष्कारमा लागेको एक नेताले बताए ।
टुकुचालाई खोला भन्न नसक्नेले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?–बालेन्द्र काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको आदेशप्रति प्रश्न गरेका छन् । महानगरपालिकाले टुकुचा खोला खोज्दै यसमाथि बनेका संरचना भत्काउन थालेपछि यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको छ। जसमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। उक्त आदेशलाई लक्षित गरी मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रश्न तेर्स्याएका हुन्। ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ?’ उनले लेखेका छन् । यसअघि पनि महानगरपालिकाको टोली नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन जाँदा अदालतले नभत्काउन आदेश दिएको थियो। त्यसबेला पनि मेयर शाहले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतललाई नै दिनुपर्ने भन्दै कटाक्ष गरेका थिए।
टुकुचा मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश काठमाडौं । काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटने प्रमाण झिकाउन आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमण गरिएको भन्दै खोला खोज्ने अभियानलाई तिब्रता दिइरहँदा त्यसको बिरोधमा गत साउन ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो ।
अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं गए धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं गएका छन् । सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाडौं गएका हुन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए । मंगलबार सम्म माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं जान सहमत भएका हुन् । काठमाडौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार दिइने जनाइएको छ । स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौं फर्केको थियो ।
फिल्म ‘प्रेम गीत ३’ हिन्दी संस्करणलाई रिलिजका लागि फुकुवा काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करण रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले आज बुधबार हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो । वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ । नेपाली संस्करणको सेन्सर भएपनि विवादले हिन्दीको सेन्सर रोकिएको थियो । निर्माण आशुसेन प्रोडक्सनले हिन्दीलाई पनि नेपालीसरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए ।
जागिर खाने होइन स्वरोजगार बनाउने शिक्षामा जोड दिऔँः मन्त्री राई उदयपुर । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् । उदयपुरमा आयोजित कार्यक्रममा उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताको आधारमा शिक्षा दिनु लिनु पर्ने बताए । उनले आजको आवश्यकता भनेका प्राविधिक शिक्षा रहेको बताए । त्रियुगा नगरपालिका–१२ बरुवा क्याम्पसको पुस्तकालय भवन शिल्यान्यास गर्दै उनले शिक्षा जागिर खाने खालको भन्दा पनि स्वारोजगार बन्ने खालको हुनुपर्ने बताए । अहिले स्वरोजगार बनाउने खालको शिक्षा देशलाई आवश्यक रहेको उनले बताए । शिक्षाले पढाउने भन्दा पनि सिकाउने वा प्रयोगमा आउने शिक्षामा जोड दिनु पर्ने बताए । गुणस्तरीय शिक्षाले नै समृद्ध बनाउने भएकाले शिक्षाको नीतिगत रुपमा सुधार गर्नु आवश्यक रहेको मन्त्रीले औल्याए । त्यसका लागि संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाईले प्रदेश शिक्षा ऐन तथा निति निर्माणमा पनि ढिलाई भएको बताए । उनले भने, ुउदयपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने भएकाले त्यसका लागि प्रदेश सरकार लाग्नेछ ।ु त्रियुगा नगरपालिका निवर्तमान नगर प्रमुख तथा बरुवा क्याम्पसका अध्यक्ष बलदेव चौधरीले क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गर्ने योजना रहेको बताए ।
२८ दलले बुझाए बन्दसूची सुर्खेत । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा भने २८ दलले बन्दसूची बुझाएका छन् । प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी केन्द्र , राष्ट्रिय जनमुक्ति पार्टी र नेकपाएमाले छन् । यसैगरी, नागरिक उन्मुक्ति पार्टी, नेकपा माले, नेपाली कांग्रेस बीपी, नेश्नललिष्ट पिपुल्स पार्टी, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेकपा माओवादी समाजवादी, नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी र हाम्रो नेपाल पार्टीले पनि बन्दसूचि बुझाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले संयुक्त रूपमा बन्दसूची पेस गरेका छन् । संयुक्त रूपमै बन्दसूची बुझाउनेमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी पनि छन् । नेकपा माओवादी केन्द्र र डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि संयुक्त रूपमा नै बन्दसूची आयोगमा पेस गरेका छन् । बन्दसूची बुझाउनेमा जनता समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, जन समाजवादी पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस छन् । कर्णाली प्रदेशसभामा समानुपातिकतर्फको सिट संख्या १६ रहेको छ ।
राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेस काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कदमप्रति उपराष्ट्रपति असन्तुष्ट, भने– संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन् । ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो,’ उपराष्ट्रपतिले विज्ञप्तिमा भनेका छन्, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’ विज्ञप्तिमा उनले सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीं असोज ३ गते हर्षोल्लासका साथ मनाएको स्मरण गरेका छन् । उक्त सुनौलो दिनको अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहो¥याएको उनले स्मरण गरेका छन् । ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ,’ उनले भनेका छन् ।
न्यू प्लाजा अगाडिको पोलमा आगलागी {भिडियोसहित} काठमाडौं । काठमाडौंको न्यू प्लाजा अगाडि रहेको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाहरुको ध्यान जान सकेको छैन । पोलमा पुराना, प्रयोग नै नभएका धेरै तार छन् । तर, ती तारमार्फत सेवा दिएका संस्थाहरू भने पुरानो तार फाल्नेतर्फ ध्यान नदिइ नयाँ तार राख्ने गरेका छन् । भिडियो:
दुई जनाकाे शव फेला धनगढी। कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा शव भेटिएकाे हाे। प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी-१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन्। बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन्। घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए। बडेलाको टाउको र खुट्टामा चोट लागेका छ। यसैगरी, धनगढी-१ स्थित कैलाली कारागारनजिकै एक पुरुष मृत अवस्थामा भेटिएका छन्। उनी कञ्चनपुरको कृष्णनगरपालिका– ८ का ७४ वर्षीय धनसिंह जेठारा भएकाे प्रहरीकाे भनाइ छ। छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए। अबेरसम्म नफर्किएपछि खोजी गर्दा बुधबार बिहान मृत अवस्थामा भेटिएकाे प्रहरी प्रवक्ता जोशीले बताए।
धरानबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ, साढे दुई लाख नगद बरामद सुनसरी। धरान उपमहानगरपालिका–१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
फरार रामपति २१ बर्षपछि पक्राउ रुपन्देही । रुपन्देहीमा हत्या घटनाका फरार प्रतिवादी २१ बर्षपछि पक्राउ परेका छन् । हत्या घटनाका फरार प्रतिवादी रामपति अहिर यादवलाई  प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको हो । २०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरि हत्या गरेको ठहर भई हालसम्म फरार रहेका ५७ वर्षिय रामपति अहिर यादवलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो । उक्त घटनामा संलग्नहरु भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका थिए । रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसला पश्चात फरार प्रतिवादीमध्येका एक रामपति यादव हाल घटनाको २१ बर्षपछि पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दा अन्तर्गत रहेको यो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले पनि बिभिन्न मितीमा मुल्तबिमा राखि फैसला गरेको थियो । मुलुकि ऐन २०२० को ज्यानसम्बन्धि महलअनुसार जन्म कैद (२० वर्ष) सजाय भएका रामपति यादवलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई सोहि दिन नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्र ना उ श्यामु अर्यालले बताएका छन् ।
क्रिकेट खेलका नियमहरूमा आईसीसीले गर्‍यो ठूलो परिवर्तन, के-के छन् नयाँ नियम ? काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेलका नियममा धेरै परिवर्तन गरेको छ । सौरभ गांगुलीको नेतृत्वमा रहेको पुरुष क्रिकेट समिति (एमसीसी) को सिफारिसमा मुख्य कार्यकारी समिति (सीइसी) ले यी परिवर्तनहरू पठाएको थियो । एमसीसीको सिफारिसहरू महिला क्रिकेट समितिसँग साझेदारी गरिएको थियो, जसले यी सुझावहरूमा सहमत भयो। अक्टोबर १, २०२२ देखि क्रिकेट खेल्ने अवस्थाहरूमा मुख्य परिवर्तनहरू यस्ता छन् । १. क्याच आउट हुँदा नयाँ ब्याट्सम्यान आउने कुनै पनि खेलाडी क्याच आउट भएपछि आउने नयाँ ब्याट्सम्यानले नै स्ट्राइक लिनेछ। क्याच लिनुअघि दुवै ब्याट्सम्यानले रनका लागि दौडिएर छेउ बदलेका भए पनि नयाँ ब्याट्सम्यानले नै स्ट्राइक लिनु पर्नेछ । यसअघि क्याच समाउँदा ब्याट्सम्यान क्रस भइसकेको भए स्ट्राइक बदलिन्थ्यो । २. बल चम्काउन थुकको प्रयोग कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो, अहिले यसलाई स्थायी बनाइएको छ र अब थुक प्रयोग गर्न पाइने छैन । ३. आउने ब्याट्सम्यान तुरुन्तै ब्याटिङ गर्न तयार हुनुपर्छ टेष्ट र एकदिवसीय खेलमा ब्याटिङ गर्न आउने ब्याट्सम्यानले दुई मिनेटभित्रै स्ट्राइकका लागि तयार भइसकेको हुनुपर्छ । तर, टी–२० खेलका लागि डेढ मिनेटको नियम कायम रहनेछ । ४. स्ट्राइकरको बल खेल्ने अधिकार ब्याट वा व्यक्ति (ब्याट्सम्यान) को केहीभाग पिच भित्र रहनु पर्छ। यदि ब्याट्सम्यान वा ब्याट पिचबाट बाहिर गयो भने, अम्पायरले यसलाई डेड बल घोषित गर्नेछ। कुनै बल जसमा ब्याट्सम्यान पिच बाहिर जान बाध्य भयो भने त्यो नो बल हुनेछ। ५. फिल्डिङ टोलीको अनुचित गतिविधि जब बलरले बलिङको लागि दौडन थाल्छ, त्यस समयमा फिल्डिङ टिमले कुनै पनि जानाजानी वा अनुचित व्यवहार गरेमा अम्पायरले बललाई डेडबल घोषित गरी ब्याटिङ टोलीलाई पाँच रन दिन सक्छ। ६. नन स्ट्राइकरमा रन आउट हालको नियम अनुसार नन स्ट्राइकरलाई रन आउट गर्न सकिन्छ तर यसलाई ‘अनफेयर प्लेबाट रन आउट’ भनिन्छ। अब यसलाई रन आउट नै भनिनेछ। ७. बलरले बल फ्याँक्नु अघि स्ट्राइकरको छेउमा बल फ्याँक्नु अहिलेसम्म, बल फ्याँक्नु अघि, बलरले स्ट्राइकरलाई क्रिजबाट बाहिर निस्किएको देखे रन आउट गराउने प्रयास गर्न सक्थे। अब यसलाई डेड बल भनिन्छ। ८. अन्य प्रमुख परिवर्तनहरू खेलको समयमा पेनाल्टी प्रणाली, जुन २०२२ जनवरीमा टि-२० मा लागू गरिएको थियो (जसमा फिल्डिङ टोलीले निर्धारित समयमा आफ्नो ओभर बलिङ गरेनभने बाँकी ओभरहरूमा सर्कल भित्र एक अतिरिक्त फिल्डर राख्नु पर्छ), । यो नियम २०२३ मा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिगपछि एकदिवसीयमा पनि लागू हुनेछ। एकदिवसीय र टी–२० खेलका सबै पुरुष र महिला टोलीको प्ले कन्डिसन परिवर्तन गर्ने निर्णय पनि गरिएको छ । ताकि दुवै टोली तयार भएमा हाइब्रिड पिच प्रयोग गरिनेछ। हाल हाइब्रिड पिच महिला टी-२० खेलमा मात्र प्रयोग गर्न सकिन्छ।
कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् । सोही क्रममा कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन महामन्त्री शर्मा कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् । दलहरुले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवार बन्दसूची बुझाइरहेका छन् ।
बन्दसूची बोकेर आयोग पुगिन् रेशमपत्नी रन्जिता काठमाडौं । रेशम चौधरीकी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी आफै निर्वाचन आयोग पुगेकी छन् । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन उनी आयोग पुगेकी हुन् । चौधरीको पार्टीले प्रतिनिधि सभा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउन लागेको सो पार्टीका केन्द्रीय सदस्य हिमाञ्चलराज भट्टराईले जानकारी दिए ।
बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगकको कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो । आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाइसकेका छन् । बाँकी अन्य दलले पनि सूची बुझाउन आइरहेको आयोगको भनाइ छ ।
डा केसीको जीवनरक्षा गर–चिकित्सक संघ काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा अबिलम्ब वार्ता निष्कर्षमा पु¥याई डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ । डा केसी चिकित्सा क्षेत्र सुधार सम्बन्धी ७ बुँदे माग गर्दैै धनगढीमा भाद्र २७ गतेदेखि २० औं आमरण बसेका हुन् । सरकारले डा। के।सी।को मागका सम्बन्धमा वार्ता टोली गठन गरेकोमा संघले स्वागत पनि गरेको छ ।
अब टिकटक र पब्जीमाथि प्रतिबन्ध काबुल । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ ।
डेंगीबाट २० जनाको मृत्यु काठमाडौं । मुलुकभर डेंगी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म डेंगीबाट २० जनाको मृत्यु भइसकेको छ। हालसम्मको तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ। त्यसमध्ये ललितपुरमा संक्रमितको संख्या धेरै रहेको छ। ललितपुरमा संक्रमितको संख्या ४ हजार ६०४ रहेको छ। काठमाडौंमा ४ हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या ९ हजार ७७१ पुगेको छ। उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै १ हजार ५९७ जनामा संक्रमण देखिएको छ। दाङमा ९९४, रुपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ तथा काभ्रेमा १५२ जनामा संक्रमण देखिएको छ। अन्य जिल्लामा संक्रमितको संख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ।
महिला साफ च्याम्पियनसिपः फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट काठमाडौं । महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसिपमा पाँच पटक फाइनल पुगेको टिम हो भने बंगलादेशको यो दोस्रो फाइनल हो । यसअघि साविक पाँच पटकको विजेता भारत सेमिफाइनलबाट बाहिरिसकेको छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा दुबै टोलीले उपाधि जित्ने योजना बनाएका छन् । नेपालका प्रशिक्षक कुमार थापा बंगलादेशविरुद्ध घरेलु दर्शकको बाक्लो उपस्थितिमा उपाधि जित्नेमा विश्वासी छन् । फाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै बंगलादेशविरुद्ध विश्वास गर्नेछन् । यद्यपि, अनुभवी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन टोलीमा फर्कनेछन् । तर, अघिल्ला दुबै खेलमा बाहिर रहेका सावित्रा र मञ्जलीलाई प्लेइङ सेटमा राख्ने योजनामा छैनन् । थापा अघिल्लो खेलमा टिमवर्क देखिएकाले सोहि टिमलाई मौका दिन सक्छन् । गोलरक्षकको जिम्मेवारी अघिल्ला खेलझै कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले निर्वाह गर्नेछिन् । नेपाली टिम ४–४–२ को रणनीतिमा उत्रने छ । डिफेन्डरमा अमृता जैशी, पुनम जर्घा मगर, गीता राई र हिराकुमारी भुजेल हुनेछन् । पुनम र गीताले सेन्ट्रल ब्याकमा हुनेछन् । यस्तै, अमृता राइट ब्याक र हिरा लेफ्ट ब्याकमा हुनेछन् । यता, मिडफिल्डरमा अनिता केसी, सरु लिम्बू, दीपा शाही र अनिता केसी हुनेछन् । केसी र बस्नेत क्रमशः राइट र लेफ्ट विंगरमा हुनेछन् । अट्याकर रश्मीकुमारी घिसिङ र प्रीति राईले नै अवसर पाउनेछन् । भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा दुई खेलाडीको अग्रपंक्तिमा राम्रो तालमेल मिलेको थियो । यदि गोल ननिस्केको अवस्थामा सावित्राले पहिलो हाफ मै मौका पाउन सक्छिन् । फाइनलसँगै तीन खेलाडीले राष्ट्रिय महिला टिमबाट सन्यास लिँदैछन् । डिफेन्डर पुनमसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले सन्यास लिने बताएका छन् । तीन खेलाडी नेपाली सेनाको ‘मिसन’ मा जाँदैछन् । दीपाले सन्यास लिने यो सुनौलो अवसर रहेको बताइन् । नेपालको सम्भावित टिम गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा डिफेन्डरः अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिराकुमारी भुजेल मिडफिल्डरः अनिता केसी, सरु लिम्बू, दीपा शाही, अनिता बस्नेत स्ट्राइकरः रश्मीकुमार घिसिङ, प्रीति राई
सोलुखुम्बु पुगे प्रचण्ड र जनार्दनसहितको टोली काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु आज सोमबार बिहान सोलुखुम्बुतिर लागेका हुन् । उनीहरुको साथमा प्रदेश नम्बर १ का इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत प्रदेशका नेताहरु रहेका छन् । सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको बुझिन्छ । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको समेत उद्घाटन कार्यक्रम राखिएको बताईएको छ ।
कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्दै महानगर काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्न थालेको छ । नगर प्रहरीको टोलीले त्यहाँ टुकुचा नदीकाके उत्खनन् सुरु गरेको छ । सम्भावित क्षेत्र पहिचान गर्दै सो ठाउँमा डोजर चलाएर उत्खनन् थालिएको हो । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो । महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ । टुकुचाको व्यवस्थापनको लागि उत्खनन् गरिरहेको हो ।
अझै केही दिन वर्षा हुने मौसमविद्को दाबी काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। उनले भने, “मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ । मनसुन करिब अन्तिम अवस्थामा छ, अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन कमजोर भन्न मिल्दैन ।” उनका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ । राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
५ वर्षको अन्तरालमा लमजुङमा १५७ जनाले गरे आत्महत्या लमजुङ । लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ०७५/०७६ मा ३४ जना, ०७६/०७७ मा ३१ जना, ०७७/०७८ मा ३७ जना र ०७८/०७९ मा ३३ जना गरी पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेकोे तथ्यांक प्रहरीमा रहेको छ । मानिसहरू मानसिक र आध्यत्मिक रुपमा स्वास्थ्य भए मात्र आत्महत्याका घटना कम हुँदै जाने लमजुङका प्रहरी प्रमुख श्रीमल बताउँछ्न । आमा समूह , विद्यालय र युवा क्लबसँग समन्वय गर्दै आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम सन्चालन गरेको प्रहरीले जनाएको छ ।
मिटर ब्याजी पीडितको आन्दोलन स्थगित काठमाडौं । मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् । काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो । सरकारले माग पूरा गर्न सहमत भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएकोसमिति अध्यक्ष राम सुरत गुप्ताले बताए । गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएपछि आइतबार पत्रकार सम्मेलन गरेर समिति अध्यक्ष गुप्ताले तत्कालका लागि आन्दोलन स्थगित गरेको जानकारी दिएका हुन् । माइतीघरमा ४७ दिनदेखि समितिको अगुवाइमा पीडितहरुले मिटर ब्याज तथा ठगीविरुद्ध आन्दोलन गर्दै आएका थिए ।
खेलौना बन्दुक देखाएर युवतीले बैंक लुटिन्, बैकबाट लुटेको लाखौं रकम भने युवतीको आफ्नै काठमाडौं । खेलौना बन्दुक देखाएर एक युवतीले बैंक लुटिन् । बैंकबाट १६ लाखभन्दा बढी रकम लिएर उनी भागिन् । चाखलाग्दो कुरा के छ भने युवतीले आफ्नो खातामा जम्मा गरेको पैसा मात्र लुटिन् । युवतीले बैंक लुट्दा लाइभ भिडियो पनि बनाएकी थिइन् । जुन अहिले भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा उनका तस्विरहरु चर्चाको विषय बनेका छन् । घटना लेबनानको हो । जहाँ २८ वर्षीय अभियन्ता साली हाफिज खेलौना बन्दुक लिएर बुधबार बेरुत बैंक पुगेकी थिइन् । यहाँ उनले बन्दुक देखाउँदै बैंकका कर्मचारीलाई फिल्मी शैलीमा पैसा निकाल्न भनिन् । युवतीको हातमा बन्दुक देखेर मानिसहरु आत्तिए र बैंकमा आतंक फैलियो । कोलाहलका बीच साली हाफिजले आफू कसैलाई मार्न नआएको बताइन् । उनले लामो समयदेखि बैंकमा अड्किएको आफ्नो खातामा जम्मा भएको पैसा मात्रै झिक्न आएको भनिन् । हाफिजले क्यास काउन्टरमा उपस्थित कर्मचारीलाई बन्दुक देखाएर धम्की दिएर खाताबाट जबरजस्ती १३ हजार डलर (१६ लाख ४० हजार रूपैयाँ) निकालिन् । हाफिजले यो सम्पूर्ण घटनाको लाइभ शुटिङ गरेकी थिइन् । भिडियोमा उनले आफ्नी बहिनीको क्यान्सरको उपचारका लागि तत्काल पैसा चाहिएको बताएकी छिन् । उनका अनुसार उनको खातामा यसअघि नै करिब २० हजार डलर निक्षेप रहेको थियो । तर पछिल्ला तीन वर्षमा उनले यो पैसा निकाल्न पाइनन् । “I am here at Blom Bank today to withdraw the deposit of my sister, who is dying in the hospital” An armed woman stormed a bank in Lebanon, taking hostages and successfully withdrawing $13,000 of her savings https://t.co/ILnctSwFqM pic.twitter.com/olDtl5Yjeh — The National (@TheNationalNews) September 14, 2022 भाइसका अनुसार लेबनानमा आर्थिक संकटका कारण बैंकहरूले पैसा निकाल्ने सीमा तोकेका छन् । जसअनुसार मानिसहरूले महिलामा २०० देखि ४०० डलर मात्र निकाल्न पाउँछन् । २०१९ मा सुरु भएको आर्थिक संकटपछि लेबनानी सरकारले बैंकको निक्षेप तीन वर्षदेखि रोक्का गरेको छ । जनता आफ्नै पैसा निकाल्न चिन्तित भएका छन् । बैंकले आफ्ना ग्राहकलाई निश्चित रकम मात्रै दिने गरेको छ । भिडियोमा युवतीले भनिन्– ‘म साली हाफिज हुँ, आज अस्पतालमा मृत्युसँग लडिरहेकी बहिनीको उपचारका लागि पैसा लिन आएकी हुँ । म कसैलाई मार्न आएको होइन… आफ्नो अधिकार माग्न आएको हुँ।’ हाफिजले थप भनिन् कि उनी बारम्बार बैंकमा पैसा माग्न गइन् र तर हरेक पटक उनलाई मासिक २०० डलर मात्र दिन सकिने बताइएको थियो । घटनास्थलमा उपस्थित एएफपी संवाददाताले भने कि डकैतीको क्रममा बैंक भित्र ज्वलनशील पदार्थ खन्याइयो। युवतीले जताततै ग्यासोलिन फालेर लाइटर बालेर जलाउने धम्की दिएको बैंकका ग्राहक नादिन नखलले बताए । उनले बन्दुक बोकेर पैसा नदिए बैंक म्यानेजरलाई गोली हान्ने धम्की दिएको समेत बताए ।
७०२ जनाको कैद सजाय मिनाहा र माफी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् । राष्ट्रपतिले असल चालचलन भएको आधारमा पासाङ शेर्पासहितका २०३ जना र इन्द्र कुमार लिम्बु समेतका ४७८ गरी कुल ६६१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा पनि गरेकी छन् । राष्ट्रपतिको यो निर्णयअनुसार उनीहरु असोज ३ गते छुट्नेछन् । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कैद सजाय माफ गरेकी हुन् ।
विभिन्न स्थानमा ३ जना मृत फेला काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका–१ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् । स्याङजाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरपालिका–४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् । पर्वतको फलेबास नगरपालिका–२ थापाथाना घर भई स्याङजा पुतलीबजार नगरपालिका–१४ डेरा गरी बस्ने ३६ वर्षीया शर्मीला नेपाली आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाहरुका सबन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायतमा काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायत पुगेका छन् । सो समारोहमा सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो । मन्त्री डा खड्का शनिबार राति हिथ्रो विमानस्थलमा आइपुग्दा बेलायतको विदेशमन्त्रालयको टोलीले उनलाई स्वागत गरेको थियो । मन्त्री खड्काको स्वागतका लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य त्यहाँ पुग्नुभएको दूतावासले जनाएको छ । दूतावासकाअनुसार मन्त्री खड्का बकिङ्घम दरबारमा बेलायतका राजाले आयोजना गर्ने स्वागत समारोह तथा बेलायती विदेशमन्त्रीले आयोजना गर्ने स्वागत समारोहमासमेत सहभागी हुने र महारानीको राजकीय अन्त्येष्टि समारोहमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । मन्त्री खड्का यही असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।
जबरालाई सर्वोच्च अदालत जान रोक लगाइयो (भिडियोसहित) काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत जान रोक लगाइएको छ । महाअभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए । तर निलम्बन फुकुवा नभएको भन्दै नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरुले जबरालाई सर्वोच्च छिर्न नदिने अडान लिएका थिए । त्यस्तै जबरालाई आफ्नै निवासबाट पनि बाहिर निस्कन रोक लगाइएको छ । जबरालाई सर्वोच्च रोक लगाउनका लागि उपस्थीत नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले महाअभियोग लगाउनु पर्ने भनेर संसदलाई प्रतिवेदन पेस गरिसकेको अवस्थामा अदालत फर्कन नमिल्ने बताएका छन् । संसद अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अर्को संसदले यस बिषयलाई निरन्तरता दिने उनले बताए । त्यस्तै वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले निलम्बित जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने जिकिर गरे । महाभियोगको निक्र्यौल भइनसकेको अवस्थामा जबरा अदालत आउन नपाउने उनको भनाई छ । प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन खोजेको बताइएको छ । भिडियो: 
करिब ५३ अर्ब सहुलियतपूर्ण ऋण लिने–दिने सम्झौतामा हस्ताक्षर काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ४१ करोड ५० लाख अमेरिकी डलर (करिब ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आइतबार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि करिव ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत ऋण सम्झौता भएको हो। ऋण सम्झौतामा क्षेत्रीय यातायात तथा व्यापार आवद्धता आयोजनाको लागि २७ करोड ५० लाख डलर ९३४ अर्ब ९६ करोड नेपाली रुपैयाँ० र डिजिटल विकास अभिवृद्धि सम्बन्धी पूर्वाधार बिस्तारका लागि १४ करोड डलर (१८ अर्ब नेपाली रुपैयाँ) को सहुलियतपूर्ण ऋण सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो। वित्तीय सहुलियत ऋण सम्झौतामा अर्थमन्त्री जनार्दन शर्मा तथा विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र माल्दिभ्स, नेपाल र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे। सम्झौतामा हस्ताक्षरपश्चात् सचिव पुस्करले समावेशीरुपमा आर्थिक सामाजिक विकासलाई सघाउन सुदृढ आवद्धता तथा व्यापार सेवाग्राही र व्यवसायीबीच सूचना प्रविधिमार्फत नेपालको आर्थिक सम्भावनाहरु सुदृढ बनाउन सकिने बताए।
सरकारको निर्देशनपछि सुरक्षा निकाय हाई अलर्टमा काठमाडौं । सरकारको निर्देशनपछि सुरक्षा निकायहरु उच्च सतर्क ‘हाई अलर्ट’ मा रहेको जनाईएको छ । नेपाली सेनाको गुप्तचर निकाय डिएमआई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग उच्च सतर्कमा रहेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्बाेच्च अदालत जाने चर्चा चलेसँगै सरकारले यस्तो कदम चालेको बताईन्छ । सरकारले जबराको हरेक गतिविधि निगरानीमा राख्न भनेको प्रहरीको उच्च अधिकारीले बतायो । सरकारको निर्देशन पाएसँगै सुरक्षा निकायलले जबराको सरकारी निवास बालुवाटार, सर्वाेच्च अदालत लगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जबरा कहाँ जान्छन्, कसलाई भेट्छन् । बाहिर जाँदा कहाँ पुग्छन् त्यो सबै जानकारी लिने काम सुरक्षा निकायको परिचालनमा भईरहेको स्रोतले जानकारी दियो । प्रहरीले जबरालाई निवासबाटै निस्कन दिईएको छैन ।
महाभियोगको टुंगो नलागेसम्म चोलेन्द्र सर्वोच्च फर्किन मिल्दैन–बारका पूर्वअध्यक्ष श्रेष्ठ काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालत फर्किन नमिल्ने बताएका छन् । आइतबार सर्वोच्च परिषरबाट प्रतिकृया दिँदै उनले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलगाएसम्म महाअभियुक्तका रुपमा रहेका जबरा सर्वोच्चमा काममा फर्किन नमिल्ने बताएका हुन् । श्रेष्ठले महाभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रस्ट उल्लेख रहेको बताए । वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले संसदमा शनिबार बुझाएको जबरामाथि लगाइएको महाभियोगको छानबिन रिपोर्ट नयाँ आउने प्रतिनिधिसभाले टुंगो लगाउने व्यवस्था रहेको पनि स्पष्ट पारे ।