content
stringlengths 20
64.1k
⌀ |
---|
नेकपा विभाजनको मूल कारण को हो, डा सापकोटाको पुस्तकले भन्छः माधव नेपाल काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा विभाजनको मूल कारण को हो भनेर लेखक डा ढाकाराम सापकोटाको पुस्तक (दस्तावेज)ले स्पष्ट पारेको बताएका छन् ।
राजधानीमा आज आयोजित डा सापकोटाको ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतादेखि विभाजनसम्म’ पुस्तक लोकार्पण समारोहमा अध्यक्ष नेपालले उक्त पुस्तक इतिहासको दस्तावेज भएको बताए ।
पुस्तकको चर्चा गर्ने क्रममा अध्यक्ष नेपालले पुस ५ गतेको घटनाक्रम स्मरण गरे । उनका अनुसार सोही दिन बालुवाटारमा नेकपाको बैठक चलिरहेका बेला प्रतिनिधिसभा भङ्ग गर्ने गरी राष्ट्रपतिकहाँ चिठी पठाइएको थियो ।
उक्त सूचना आएपछि बैठकले त्यस घटना असंवैधानिक भएको भन्दै निन्दा गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष नेपालले बताए । पार्टी एकताका लागि अन्तिमसम्म हाम्रो कोसिस कतिसम्म भएको थियो भन्ने कुरा त्यस दिनको घटनाले देखाउने उल्लेख गर्दै अध्यक्ष नेपालले यो पुस्तकमा त्यस घटनाक्रमलाई स्पष्टरूपमा पढ्न सकिने पनि बताए ।
त्यसपछि सम्पूर्ण निर्णय गर्ने अधिकार एक व्यक्तिमा राखिएको पनि उनले सुनाए । उनले तत्कालीन समयमा पार्टी व्यक्तिवादको चरम आहालमा डुबेको जिकिर गरे । मुलुकको कम्युनिष्ट राजनीतिक आन्दोलन निकै उतारचढावका बीच यहाँसम्म आइपुगेको स्मरण गर्दै अध्यक्ष नेपालले पुस्तकको अर्को संस्करण निकाल्दा ती दस्तावेजलाई तिथिमितिसहित बुँदागतरूपमा राख्न लेखकलाई सुझाव दिए ।
तत्कालीन नेकपाका एक जना अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उहाँले इतिहासमा गल्ती गरेर पनि अझै महसुस नगरिएको बताए । उनले भने, “कसैले गल्ती भयो भनेर महसुस गर्छ भने केही छैन, तर आजसम्म सुन्न पाइएको छैन ।”
फरक सन्दर्भ जोड्दै अध्यक्ष नेपालले ७० वर्षमा राजनीति नै छाडौँ भन्ने लागे पनि परिस्थितिले छाड्न नदिएको बताए । उनले भने, “चुनावको मिति घोषणा भइसक्यो, यसपालिको चुनावमा लड्नैपर्र्छ र जित्नैपर्छ, अब पनि चुनावमा नउठ्ने भन्ने कुरा भएन, डराएछ कि क्या हो माधव नेपाल भन्ने पर्ला, चुनावमा विजयी भएर तपाईंहरुको बीचमा फेरि आउनुपर्छ ।”
उनले कसैको काम नै निषेधको राजनीति गर्ने भएकाले घृणा पैदा गर्ने र नकारात्मक प्रचार गर्ने तत्व कायमै रहेको पनि बताए ।
उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का नेता डा बेदुराम भुसालले तीन वर्षको नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको पाटोलाई डा सापकोटाको पुस्तकले केलाउने प्रयास गरेको बताए ।
डा भुसालले एकताका सन्दर्भ, एकतापछि भएका निर्णय, पार्टीभित्रका विवाद र त्यसपछि प्रस्तुत भएका दस्तावेज पुस्तकमा सङ्ग्रह गरिनु नै महत्वपूर्ण हो भने । डा भुसालले थपे, “म आफैँ तत्कालीन नेकपाको स्थायी कमिटी सदस्यको हैसियतले सबै विवादमा संलग्न छु, तर पुस्तकमा समावेश भएका कतिपय चिज मसँग पनि छैन कि जस्तो लाग्ने खालको छ ।”
एक स्रष्टा इन्दु आचार्यले वामपन्थी आन्दोलनले आफूलाई स्थापित गर्ने अवसर विसं २०४६ पछि मदन भण्डारीले जबजको अवधारणा प्रतिपादन गरेसँगै एकपटक प्राप्त गरे पनि उहाँको निधनले संस्थागत हुन नसकेको उल्लेख गरे ।
उनले दोस्रो अवसरका रूपमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरणबाट फेरि फर्किएको भए पनि नेतृत्वमा रहेकाको अधिनायकवादी शैली, आपसी लडाईं, अति अहंकार नै प्रमुख कारण सफल नभएको तीतो सत्यलाई पुस्तकले अझै मिहीनरूपमा प्रस्तुत गरेको भए नेपालको भावी वामपन्थी पुस्ताका लागि धेरै उपयोगी हुने टिप्पणी गरे ।
लेखक डा सापकोटाले आफूले समेटेका सबै कुरा सत्यतथ्य स्रोतमा आधारित भएर लेखेको जानकारी दिँदै त्यसमा कुनै पूर्वाग्रह नराखिएको प्रष्ट्याए । दस्तावेज सङ्कलन गर्न जाँदाका कठिनाइबारे समेत उनले जानकारी गराएका थिए।
|
तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौंः निर्वाचन आयोग काठमाडौैं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ ।
बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त मितिमा निर्वाचन गराउन सक्षम हुने बताएका हुन् ।
निर्वाचनको मिति घोषणादेखि निर्वाचन सम्पन्न हुँदासम्म १२० दिन समय चाहिने संवैधानिक व्यवस्था भए पनि उक्त मितिमा निर्वाचन गराउन आयोग सक्षम हुने उनको भनाइ छ ।
निर्वाचनको मिति घोषणाको दिन (आज) र मतदानको दिन (४ मंसिर) बाहेक १०७ दिन रहने भए पनि उक्त समयमा निर्वाचन गराउन आयोग सक्षम हुने प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको सिफारिसअनुसार नै सरकारले निर्वाचनको मिति तोकेको हो ।
|
अल जवाहिरीको लाश खै ? अमेरिकाले मृत्युको पुष्टी कसरी गर्यो ? काठमाडौं । गत वर्ष अराजकताको अवस्थामा अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गरेपछि राष्ट्रपति जो बाइडेनले तालिबान शासित अफगानिस्तानलाई आतंकवादीहरूको सुरक्षित आश्रयस्थल बन्न नदिने वाचा गरेका थिए। जब बाइडेनले यो भने उनको नियत स्पष्ट थियो कि दशकौंदेखि आतंकवाद विरुद्धको युद्ध समाप्त भएको छैन।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको करिब एक वर्ष पछि, राष्ट्रपति बाइडेनलाई शीर्ष अधिकारीहरूले सम्पर्क गरे र गुप्तचर अधिकारीहरूले अल-कायदा नेता अयमान अल-जवाहिरीको ठेगाना पत्ता लगाएको बताए। तालिबान सत्तामा आएपछि अल जवाहिरी काबुल फर्किएको अमेरिकी अधिकारीहरूले बताए ।
अमेरिकाले आफ्ना सेना फिर्ता गरेपछि र तालिबान सत्तामा आएदेखि नै सबै कुरालाई निकै सावधानीपूर्वक हेरिरहेको छ। बाइडेनलाई एक सल्लाहकारले भनेका थिए कि तालिबानको आगमन पछि अल-कायदा नेताहरू फर्किरहेका छन्।
जवाहिरीको बारेमा खबर आयो कि उनी काबुलमा ठूलो बाउन्ड्री पर्खाल भित्र बनेको घरमा बस्दै आएका थिए। जवाहिरीसँगै उनकी श्रीमती र छोरी पनि थिए । यो काबुलको चुरपुर क्षेत्र हो जसलाई भीआइपीहरू बस्ने पोश क्षेत्रका रूपमा हेरिन्छ । यो पहिलेको सरकारमा विदेशी दूतावास र कूटनीतिज्ञहरूको घर थियो। अहिले तालिबानका वरिष्ठ अधिकारीहरू यस क्षेत्रमा बस्छन्।
अप्रिलको सुरुमा सीआईए अधिकारीहरूले राष्ट्रपति बाइडेनका अधिकारीहरूलाई जवाहिरीको बारेमा बताए। त्यसपछि राष्ट्रपति बाइडेनलाई अलकायदा नेतालाई समर्थन गर्ने नेटवर्क पहिचान गरेको जानकारी दिइएको थियो। बिस्तारै, अमेरिकी सुरक्षा गुप्तचर अधिकारीहरूले अल-जवाहिरीको घरका गतिविधिहरू बुझ्न थाले। त्यो घरमा कति मानिस बस्छन् र को–कतिबेला बाहिर आउँछन् भन्ने पनि बुझ्ने प्रयास गरिएको थियो ।
अमेरिकी जासुसहरूले उक्त घरमा एक महिलालाई पनि देखे र उनलाई अल-जवाहिरीको पत्नीको रूपमा पहिचान गरे। अमेरिकी जासूसहरूले ती महिलाको व्यवहार अलि फरक फेला पारे। ती महिलाले प्रविधिको प्रयोग गर्ने र उनका श्रीमान् काबुलको यो घरमा बसेको कुरा कसैलाई थाहा नहोस् भन्ने प्रयास गरेको उनीहरु बताउँछन् ।
अल-जवाहिरी यस घरमा सरेपछि कहिल्यै क्याम्पस छोडेनन्। तर अमेरिकी जासुसहरूले अल-जवाहिरी बेलाबेलामा बालकनीमा जाने गरेको याद गरे।
यो राष्ट्रपति बाइडेनका लागि अमेरिकाको मोस्ट वान्टेड आतंकवादीलाई समाप्त गर्ने अवसर थियो। जवाहिरीको घर घना जनसंख्या भएको क्षेत्रमा छ। अफगानिस्तानमा अमेरिकी सेना फिर्ता हुने क्रममा भएको ड्रोन आक्रमणमा काबुलमा १० निर्दोष व्यक्तिको मृत्यु भएको थियो । जसमा सात बालबालिका पनि थिए । यो पटक अमेरिकी सुरक्षा बलको दिमागमा ड्रोन आक्रमणको बारेमा यो घटना स्मृतिमा थियो।
मे र जुनमा, अमेरिकी नेताको ध्यान युक्रेनमा चलिरहेको युद्ध, बन्दुक नियन्त्रण कानून र जलवायु परिवर्तनमा थियो। तर गोप्य रूपमा राष्ट्रपति बाइडेनलाई अल-जवाहिरीको बारेमा पनि भनिएको थियो। बाइडेनले गुप्तचर अधिकारीहरूलाई भने कि जवाहिरी विरुद्धको अभियानमा सामान्य जनता र परिवारका कुनै पनि सदस्यलाई हानि पुर्याउनु हुँदैन।
जुलाई १ मा राष्ट्रपति बाइडेनले सीआईए निर्देशक विलियम बर्न्स र राष्ट्रिय खुफिया निर्देशक एभरिल हाइन्ससँग भेटघाट गरे। यस बैठकमा अल-जवाहिरीमाथि गरिने हमलाबारे बाइडेन निकै गम्भीर थिए। जे होस्, उनी कुनै पनि मोर्चामा चुक्न चाहँदैनथे। एक वरिष्ठ अधिकारीले भने कि बाइडेन यो अपरेसनमा कुनै जोखिम लिन नपरोस् भन्ने चाहन्थे।
बाइडेनले अपरेशनको हरेक चरणको बारेमा सोधपुछ गरे। उनले जवाहिरीको घरको संरचनाबारे जानकारी लिए र आक्रमणको असरबारे पनि सोधे। बाइडेनको यो भेट ह्वाइट हाउसको सिचुएसन रुममा भएको थियो ।
यो ह्वाइट हाउस मुनिको बंकरजस्तै हो, जहाँबाट राष्ट्रपतिले विदेशमा भइरहेको अपरेशनमाथि पनि नजर राख्छन्। अमेरिकी गुप्तचर अधिकारीहरू पनि राष्ट्रपतिका हरेक प्रश्नको जवाफ दिन सकियोस् भनेर पूर्ण तयारीका साथ गएका थिए ।
बैठकमा वकिलहरूको सानो समूह पनि थियो । वकिलहरूले आक्रमणमा के के कानूनी समस्याहरू आउन सक्छन् भनेर व्याख्या गर्नुपरेको थियो। जुलाई २५ मा, राष्ट्रपति बाइडेनले सबै कुरा बुझेर, स्ट्राइकलाई अनुमोदन गरे।
अफगानिस्तानको स्थानीय समय अनुसार जुलाई ३१ मा बिहान ६:१८ बजे जवाहिरीको बालकनीमा ड्रोनद्वारा दुईवटा हेलफायर मिसाइल प्रहार गरिएको थियो। जसमा अल कायदा नेता अल जवाहिरीको मृत्यु भएको थियो । अमेरिकी गुप्तचर अधिकारीहरूले जवाहिरीको परिवारमा कसैलाई चोट नपुगेको बताएका छन्।
आक्रमणबाट घरका झ्यालका सिसा फुटेपनि अन्य क्षति भने भएको छैन । हजारौं माइल टाढा बसेका बाइडेनलाई आक्रमणको सफलताको जानकारी दिइएको थियो। आइतवार, तालिवानको आन्तरिक मन्त्रालयले टोलो न्यूजलाई भन्यो कि मिसाइल खाली घरमा खसेको थियो, त्यसैले कुनै क्षति भएको छैन। यसबाहेक तालिबानले थप जानकारी दिएको छैन।
तर बाइडेन प्रशासनले आक्रमणको लगत्तै हक्कानी नेटवर्क र तालिवानको एक हिंसक गुट त्यहाँ पुगेको र जवाहिरीको परिवारलाई त्यहाँबाट हटाएको बताएको छ। उनीहरूले सम्पूर्ण अपरेशन लुकाउने प्रयास गरे। जब बीबीसी रिपोर्टर सोमबार त्यो घर नजिक पुगे, तालिवानले उनलाई जानबाट रोके र धम्की दिए। तालिबानले भने कि यहाँ हेर्नको लागि केही छैन।
अमेरिकी अधिकारीहरूका अनुसार गुप्तचर अधिकारीहरूले जवाहिरी हमलामा मारिएको धेरै तहमा पुष्टि गरेका छन्। तर काबुलमा कुनै पनि अमेरिकी अधिकारी मैदानमा थिएनन्। अपरेशन कसरी सफल भयो र कसरी पुष्टि भयो भन्नेबारेमा उनीहरूले कुनै जानकारी दिएनन्।
राष्ट्रपति बराक ओबामाको सरकारमा राष्ट्रिय खुफिया निर्देशक जेम्स क्लापरले बीबीसीलाई भने कि काबुलमा पूर्व अमेरिकी सहयोगीहरूले पुष्टि गरेका थिए। जवाहिरीको शव के भयो भन्ने अझै स्पष्ट भइसकेको छैन। बाइडेन प्रशासनले जवाहिरीको शव लिन कुनै प्रयास नगरिएको बताएको छ।
तर, ओसामा बिन लादेनको शव बरामद गरी समुन्द्रमा गाडिएको बताइएको छ । ओसामा बिन लादेनको पनि पहिचान भएको थियो। कट्टरपन्थीहरूले मजार नबनाउन् भनेर समुन्द्रमा गाडियो ।
|
सरकारी शिक्षक कागती खेतीमा रमाउँदा… तुलसीपुर। दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ-बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुन्छन्। दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उहाँको बारी बन्ने गरेको छ। शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्।
शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहेका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका छन्। “दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु”, उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।
खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उनको धोको छ। “तत्कालन आम्दानी लिन सकिएको छैन”, उनले भने, “केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु।”
दिनमा दुई घण्टा हिँडेर विद्यालय पुग्ने शिक्षक केसी अबको दुई वर्षपछि अवकाश लिँदै छन्। लामो समय एउटै विद्यालयमा पढाउँदै आएका उनले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषिखेती गर्ने धोको राखेका छन्। “म विसं २०४५ देखि शिक्षण पेशामा छु, लामो समय केराघारी स्कुलमा पढाउँदै आएको छु”, उनले भने, “ अवकाशपछि व्यावसायिक कृषिखेती गर्ने सोच बनाएको छु।”
आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ। उनले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको उनले बताए। पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उनको भनाइ छ। रासस
|
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन चितवन। नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीका अनुसार सहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण तुलाधरको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेको डा.रेग्मीले जानकारी दिए ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सिनियर डिभिजन इञ्जिनीयर प्रकाश अर्याल, आर्थिक प्रशासन प्रमुख र लेखा अधिकृत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का इञ्जिनीयर राजु श्रेष्ठ सदस्य रहने गरी प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र रावल, भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल पनि सदस्य रहने निर्णय भएको उनले जानकारी दिए । समितिले २१ दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी पेश गर्ने छ । समितिमा आवश्यकता अनुसार राष्ट्रिय सतर्कता केन्द्रलाई समेत राख्ने गरी समिति गठन गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले स्वामित्व ग्रहण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्मा पेस गरेको प्राविधिक समिति गठनको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो । यस समितिले रङ्गशाला निर्माण कार्य के कसरी प्रारम्भ भयो, रङ्गशाला निर्माणका लागि तयार गरिएको संरचना (स्ट्रकचर), ड्रईङ्ग, डिजाईन र लागत अनुमान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने छ ।
यस्तै निर्माणस्थलको जग्गाको स्वामित्वको विषयमा विस्तृत अध्ययन गरी उक्त बाँकी निर्माण कार्य कुन विधिबाट सम्पन्न गर्न उचित हुने भन्ने विषयमासमेत प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले काम अघि बढाउने सचिव रेग्मीले जानकारी दिए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्री परिषद्को निर्णय रङ्गशाला निर्माणका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उनले भने “पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित जिल्लाका जनप्रतिनिधिको ‘डेलिगेसन’ पश्चात मन्त्रालय र मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको छ ।” छिट्टै रङ्गशाला निर्माणको काम अघि बढ्नेमा उनले विश्वास व्यक्त गरे। ।
रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले काम गर्दै आएकामा कोरोना कहर र आर्थिक अभावको कारण देखाउँदै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । भरतपुर महानगरपालिकाको विसं २०७८ माघ २७ गतेको स्वामित्व लिन नेपाल सरकारलाई अनुरोध गरेअनुसार अध्ययनका लागि प्राविधिक समिति
|
धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुर नगरपालिकामा भक्तपुर । स्वतन्त्र रूपमा काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी बालेन्द्र शाहपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्न कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रूपमा विजयी नगर प्रमुख गोपाल हमाल बुधबार भक्तपुर पुगेका छन् । भक्तपुर नगरपालिकाकाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बताइएको छ ।
नगर प्रमुख हमाललाई भक्तपुर नगर प्रमुख प्रजापतिले भेट गरी नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरूबारे जानकारी गराए । यसअघि मेयर प्रजापतिलाई भेट्न काठमाडौंका मेयर बालेन उहिले नै आइसकेका थिए । यसअघि उनी चुनावको मतगणनाबाट आफू जित्ने निश्चित देखिएसँगै पनि भक्तपुर नगरपालिका कार्यालय पुगेका थिए । उनले त्यो बेला कार्यवाहक मेयर एवं भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यलगायत नगरपालिकाका कर्मचारीहरूसँग भेट गरेका थिए ।
बुधबारको भेटमा भक्तपुर नगर प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँचको लागि भक्तपुर नपाले स्वास्थ्य केन्द्र हुँदै अहिले १०० शय्याको ख्वप अस्पतालमार्फत अन्तरङ्ग सेवा सुरु गरिसकेको अवगत गराए । प्रमुख प्रजापतिले ख्वप अस्पतालबाट व्यापक जनताले सस्तो र स्तरीय स्वास्थ्य सेवा पाइरहेको चर्चा पनि गरे ।
भक्तपुर नपाले आजभन्दा ४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर अलगअलग दिन संकलन गर्दै आएको र हाल कुहिने फोहरबाट कम्पोस्ट मल निर्माण गरी किसानहरूलाई सस्तोमा बिक्रीसमेत सुरु गरिसकेको उनले जानकारी गराए । विकास निर्माणको सन्दर्भमा भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्फत पारदर्शी ढङ्गले गुणस्तरीय निर्माण गर्दै आइरहेको उनले बताए । उनले भक्तपुर नपा युवा तथा विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालित सीपमूलक तालिमले रोजगारी सिर्जना भएको बताए ।
धनगढी उपमहानरपालिका प्रमुख हमालले सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउँदै धनगढी उपमहानरले वडा क्लिनकको अवधारणा अनुसार गर्भवती महिलाको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउन्ड, इसीजी र ल्याबको स्वास्थ्य सेवा निःशुल्क रूपमै सुरु गरेको बताए । उनले भक्तपुर नपाको सरसफाइ र फोहोर व्यवस्थापनको चर्चा व्यापक रहेको हुँदा यहाँबाट सिक्ने उद्देश्यले भक्तपुर आएको बताए । जनतालाई स्थानीय सरकारको औचित्यता पुष्टि हुने ढंगले जनप्रतिनिधिहरूले काम गर्नुपर्नेमा उनले जोड दिए ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, धनगढी उपमहानरपालिकाबाट महेशप्रसाद दाहाल र रूपक जोशीको उपस्थिति रहेको थियो । यसअघि भक्तपुरका नगर प्रमुख प्रजापतिले नगर प्रमुख हमाललाई खादा र भादगाउँले टोपीले स्वागत गरेका थिए । सोही क्रममा भ्रमण टोलीले भक्तपुर नगरबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजकोसमेत स्थलगत अवलोकन भ्रमण गरेको थियो ।
|
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।
नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।
नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीमा नेपाल सहभागि नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।
|
उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने काठमाडौँ। एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि (बिहीबार)देखि पुनःव्यवस्थापन हुने भएको छ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन। बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो।
बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ।
कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ।
यसैबीच कामपाले उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ। यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ।
कामपाले फोहरको प्रभावकारी व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसकेको छ।
|
फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु काठमाडौं । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ ।
मंगलबार बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । सोहीअनुसार जारी बैठकमा फरेन्सिक विज्ञको रुपमा प्रहरीको विधिविज्ञान प्रयोगशालाका दुई जना प्रहरी अधिकृत सहभागी छन् ।
आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थमन्त्रालयमा दुईजना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको हो ।
उक्त समितिको मंगलबार बिहान बसेको बैठकमा फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरेको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनपछि आफैं मेटिने भन्दै अर्थ मन्त्रालयले जवाफ दिएपछि समितिले फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिस्क नै पठाएर रिकभर गर्न लगाएको थियो ।
|
इटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका स्कुटरमा पछाडी सवार मोरङकै सुन्दरहरैचा–३ गछीयाका २१ वर्षीय मनिस निरौलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
इटहरीबाट खनारतर्फ जाँदै गरेको को १ ख ३९६८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प १०६४ नम्बरको स्कुटरलाई आज बिहान सवा ७ बजे ठक्कर दिएको थियो ।ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
|
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी काठमाडौं। विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको फैसलालाई लिएर छानबिन गर्न भन्दै उजुरी परेको हो ।
उजुरीकर्ताले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई सफाइ दिने न्यायाधीशसमक्ष पर्याप्त आधार र प्रमाण पेस गरेको तर न्यायाधीशले अनुमानको आधारमा सफाइ दिएको उजुरीकर्ताको दाबी छ ।
सहन्यायाधिवक्ता थापा ५ लाख घुससहित पक्राउ परेका थिए । सहन्यायाधिवक्ता थापालाई विशेषका न्यायाधीश रमेशकुमार पोखरेल, बलभन्द्र बास्तोला र डा. खुसीप्रसाद थारूको इजलासले गत १६ जेठमा दुवै मुद्दामा उनलाई सफाइ दिएको थियो । सहन्यायाधिवक्ता थापा र न्यायाधीश रमेशकुमार पोखरेल सहकर्मी हुन् ।
सहकर्मीको मुद्दा हेर्दा स्वार्थ बाँझिने भए पनि न्यायाधीश पोखरेलले मुद्दा हेरेका थिए । महान्यायाधिवक्ता कार्यालयमा हुँदा न्यायाधीश पोखरेल र थापा सहकर्मी थिए । विशेष अदालतले गत आर्थिक वर्ष २०७८÷७९ मा ३ सय ३९ मुद्दाको फैसला गरेको थियो। जसमध्ये ९० प्रतिशतले सफाइ पाएका थिए ।
आर्थिक वर्षको अन्तिम साता विशेष अदालतका अध्यक्ष श्रीकान्त अर्यालले पत्रकार सम्मेलनमा अख्तियार दुरुपयोगले अनुसन्धान र अभियोजन गर्दा त्रुटिपूर्ण रहेको, प्रर्याप्त प्रमाण नपुगेकाले धेरै मुद्दामा सफाइ पाएको बताएका थिए । विशेष अदालतले घुस रिसवतमा सीमित व्यक्तिको मुद्दामा मात्रै भ्रष्टाचार ठहर गरेको छ ।
त्यस्तै, सिक्टा सिँचाइसम्बन्धी भ्रष्टाचार मुद्दामा प्राविधिक टोलीको प्रतिवेदन बेवास्ता गरी सिँचाइ विभागको प्रतिवेदनलाई आधार बनाएर पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिइएको भन्दै न्यायपरिषद्मा उजुरी परेको छ ।
वृद्धभत्तामा मृतकले उजुरी नदिएको भन्दै मुद्दामा सफाइ भोजपुरको दुस्मानाको तत्कालीन गाविस सचिवद्वय रेवतीकुमार कोइराला, मनीष चौधरी र कार्यालय सहयोगी टेकबहादुर श्रेष्ठलाई सफाइ दिँदा पनि प्रमाणको बेवास्ता गर्दै सफाइ दिएकोमा उजुरी परेको छ ।
अख्तियारले सचिव कोइरालाले मृतकको नामको वृद्धभत्ता ८३ हजार रुपैयाँ हिनामिना गरेको प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सचिव चौधरीले २ लाख ५० हजार र कार्यालय सहयोगी श्रेष्ठमाथि २ लाख २७ हजार रुपैयाँ हिनामिना गरेको दाबीसहित मुद्दा दायर भएको थियो ।
मृतक र हराएको व्यक्तिको वृद्धभत्तामा अनियमितता गरेको प्रर्याप्त प्रमाण हुँदा हुँदै सफाइ दिएको उजुरीकर्ताको दाबी छ । फैसलामा सम्बन्धित व्यक्तिले उजुरी नगरेको भन्दै प्रमाण नपुग्ने भन्दै सफाइ दिएको छ । मृतक व्यक्तिले उजुरी गरेनन् भनेर न्यायाधीशले किन प्रमाण खोजे भन्दै उजुरीकर्ताले न्यायपरिषद्को ध्यानाकर्षण गरेको छ ।
५ असार २०७६ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको मुद्दामा सफाइ दिएकोमा न्यायपरिषद्मा उजुरी दर्ता भएको छ ।
मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको विषयमा अकाट्य प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै फैसला अध्ययन गर्नुपर्ने उजुरीकर्ताको माग छ । चारवटा मोबाइल भ्यान किन्दा आपूर्तिकर्तासँग मिलेमतो गरेको देखिएको र पटकपटक गरेर २४ करोडको अनियमितता हुँदा प्रमाण अप्रर्याप्त भएको भन्दै विशेष अदालतले मुद्दा दायर भएका १३ जनालाई सफाइ दिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, शाखा अधिकृत भगीरथ आचार्य र नायब सुब्बा गुरुदत्त गौतमविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
कृषि आधुनिकीकरण परियोजनामार्फत चारवटा मोबाइल भ्यान खरिद दर्ता १२ करोड ४० लाख खरिद गरेको भने पनि कार्यालयमा दाखिला नभएको पाइएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सो भ्यानमा आपूर्तिकर्तासँग मिलेमतो गरेर गैरकानुनी लाभ लिई राज्यलाई हानिनोक्सानी गरेको दाबी गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ, खुमलटारका तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी र वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईंविरुद्ध ८ करोड २६ लाख ९८ हजार ३ सय ७२ रुपैयाँ बिगो दाबी गरिएको थियो । परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेलविरुद्ध ४ करोड १३ लाख ४९ हजार १ सय ८६ रुपैयाँ माग दाबी गरिएको आयोगले जनाएको छ ।
आयोगले भ्यान आपूर्ति गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादीका आधिकारिक प्रतिनिधि प्रवीण कुँवरलाई २४ करोड ८० लाख ९५ हजार १ सय १६ बिगो माग दाबी गरेको छ ।
त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ, खुमलटार स्थित लेखाका उपसचिव गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेलविरुद्ध पनि मुद्दा दायर भएको थियो । मुद्दा दायर भएका सबैलाई प्रतिव्यक्ति १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ बिगो दाबी गरिएको थियो। राजधानी दैनिकबाट
|
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न आयोगले सुरु गर्यो गृहकार्य काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकन कार्ययोजना समेत बनाई सुरु गरिसकेको आयोगले जनाएको छ ।
‘यसको लागि २०७९ साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी आयोगको २०७९ असार ३१ गतेको निर्णय अनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको छ,’ आयोगले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
सोही कार्यलाई प्रभावकारी बनाउन आज मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण समन्वय समितिको वैठक बसेको थियो ।
बैठकले आवश्यक पूर्वाधार सहितको पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिश गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गरिएको छलफल कार्यक्रम र बैठकमा अनिवार्य रुपमा सहभागी हुनका लागि सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।
|
अब दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैनः सहरी विकासमन्त्री चौधरी काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् ।
नेपाल नगरपालिका संघले आइतबार होटेल र्याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जनताले खासखास ठाउँहरुमा प्रमुख दलहरुलाई चुनौति दिएका छन् । यो राम्रो पनि हो । अब पनि दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी अब सुध्रिन जरुरी छ । हाम्रा व्यवहारहरु सुध्रिनु जरुरी छ,’ मन्त्री चौधरीले भने ।
प्रशिक्षणात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले मेयर उपमेयरहरुलाई भने, ‘तपाईँहरु जनताका घरघरसँग जोडिनुभएको छ । साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । अब पनि मेयर उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने, काममा ढिलाई गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहदैनन् । तपाईँहरु दलका प्रतिनिधि हुनुहुन्छ । दलहरुको औचित्य पुष्टि गर्नुस् ।’
अहिले जनताको मानसिकता बदलिसकेकाले जनप्रतिनिधिबाट उनीहरुले धेरै आशा र अपेक्षा गरेको उनले बताए । मन्त्री चौधरीले थपे, ‘म सुध्रिन्छु, तपाईँहरु पनि सुध्रिनुस् । म गलत गर्दिनँ, तपाईँहरु पनि गलत नगर्नुस् ।’
सहरी विकासमन्त्री चौधरीले भौगोलिक, आर्थिक, सामाजिक एवं विविध कारणले पछाडि परेका नगरपालिकाहरुलाई समान ढंगले विकासको मार्गमा अघि बढाउन मन्त्रालय तयार रहेका बताए । हरेक नगर पालिकामा कम्तिमा ३ जना अर्बन प्लानरको व्यवस्था गरेर व्यवस्थित सहर बनाउने उनले आफ्नो योजना समेत सुनाए ।
अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेशका नवनिर्वाचित मेयर, उपमेयर एवं प्रशासकीय अधिकृतहरुको उपस्थिति थियो ।
|
चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति देखियोः महासचिव पोखरेल सुर्खेत । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन् ।
सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गरेका छन् । “चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो”, उनले भने, “आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिष्ट आचरणभित्र पर्दैन ।”
एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरु सधैँ जनताको बीचमा देखिनुपर्ने बताए । “पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुख–दुःखमा जसले साथ दियो उसैले जित्छ”, उनले भने ।
|
दुर्लभ चुच्चे ह्वेल समुद्री किनारमै देखिन थाले, वैज्ञानिकहरू चिन्तित आम्सटर्डम । विशेषगरी गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारको छेउमा भेटिएका छन् । एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्यान्ड्सको समुद्री तटमा तीनवटा चुच्चो ह्वेलहरू फेला परेका थिए । उक्त ह्वेलहरूलाई समुद्री किनारबाट टाढा राख्न आवश्यक रहेको विवरणहरूमा जनाइएको छ ।
गहिरो समुद्री ह्वेलहरूलाई उत्तरी सागरको सतही पानीमा बाँच्न गाह्रो हुने भन्दै पछिल्लो पटक देखिएको दृश्य चिन्ताजनक भएको फाउन्डेसनले जनाएको छ ।
चुच्चो ह्वेल असामान्य र अस्पष्ट २४ प्रजातिहरुको एक विविध समूह हो । तिनीहरू लम्बाइमा ४२ फिट सम्म पुग्न सक्छन् । समुद्री जनावरहरूमा असामान्य मानिने चुचे ह्वेल समुद्रमा शिकार गर्न ठूलो गहिराइमा डुबुल्की मार्छन् ।
तिनीहरू लगभग ९ हजार फिटको गहिराइमा डुब्न सक्छन् र चार घण्टाभन्दा बढीको लागि आफ्नो सास रोक्न सक्छन् । लन्डनको सेटासियन स्ट्रान्डिङ इन्भेस्टिगेसन प्रोग्राम (सीएसआइपी)को जुलोजिकल सोसाइटीका परियोजना प्रबन्धक रोब डेभिलका अनुसार धेरै चुच्चे ह्वेलहरू सिकारी र मानव सृजित प्लास्टिक प्रदूषणका कारण मरेर किनारमा पुग्छन् ।
|
‘एक नेपाली, एक पर्यटक’ अभियान सञ्चालन गर्न चेम्बरको प्रस्ताव काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक भित्र्याउन ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग प्रस्ताव गरेको छ । नवनियुक्त राजदूत अर्यालसँग आज भएको छलफलमा चेम्बर पदाधिकारीले ओमानमा रहेका प्रत्येक नेपालीले एक ओमानी नागरिक भित्र्याउने वातावरण बनाउन आग्रह गरेका हुन् ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताए । ओमानमा झण्डै २० हजार नेपाली कार्यरत छन् । “एशियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ”, उनले भने, “त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरी राजदूतले भूमिका निर्वाह गरिदिनुपर्यो ।”
सो क्रममा राजदूत अर्यालले ओमानबाट पर्यटक तथा वैदेशिक लगानी भित्र्याउन आफ्नो ध्यान केन्द्रित हुने विश्वास दिलाए । ओमानमा नेपाल हाउस स्थापनाका लागि आफूले पहल गर्ने उनले बताए ।
|
धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिर {फोटो फिचर} काठमाडौं । गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल हो । आफ्नो मनले चिताएको मनोकामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहिआएको छ ।
मनकामना मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ ।
समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ । मन्दिर प्रांगणबाट बिहान बेलुकी दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य पनि यहाँबाट देख्न सकिन्छ ।
किंवदन्तीअनुसार मनकामना मन्दिर १७ औं शताब्दीमा राजा राम शाहकी रानी लिलावती अवतारी थिईन भन्ने कथन छ । लखन थापा रानी लिलावतीका अति नजिकका भक्त थिए । एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् ।
त्यसपछि राजा अचानक बिरामी भई उनको मृत्यु भयो । उनको अन्त्येष्टि मस्र्याङदी नदीको–दरौदी दोभान राम शाह घाटमा गरियो । त्यसवेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहसँगै सती गएकी थिइन् ।
यता, भक्त लखन थापा भने रानीको शोकमा शोकाकुल भई विलाप गर्दा रुन कराउन थाले । एक दिन उसको सपनामा आई रानीले, “तिम्रो ईच्छा पूरा गर्न तिम्रै गाउँको एकछेउमा फेरी प्रकट हुनेछु,” भनेर भनिन् रे । त्यसको सात महिनापछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अडकी त्यसबाट दुध र रगत बग्न थालेछ । दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो ।
सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौ पुस्ताका सन्तान हुन् ।
यो मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् । ती मध्येको एउटा हो, वंकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको बोली फुट्ने र हातखुट्टा चल्ने जनविश्वास रहि आएको छ ।
मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास भएकाले यहाँ दर्शन गर्ने भक्तजनको वर्ष भरि नै भिड लाग्ने गर्दछ । विषेश गरेर दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ।
पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराएपछि यहिं आएर लखन थापा मगरले देविलाई बलि भेट गरेको भन्ने कथन छ । मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस् भनि भाकल गर्दछन् । आफ्नो भाकल चढाउन मन्दिरमा हजारौं भक्तजनहरु पूजा गर्न, बली चढाउन, परेवा उडाउन वर्षेनी यहाँ पुग्ने गर्दछन् ।
केबुलकारबाट ११ मिनेटमै मनकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनकामना पुग्छन्। मन्दिरमा नित्य पूजा विहान ७ वजेदेखि साँझ ६ बजेसम्म गरिन्छ । साँझको आरती पनि निकै मनमोहक हुने गर्दछ। भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणहरुको लागि वलि र पूजा शुरु हुन्छ ।
मन्दिर परिसरमा रहेको यो भिमकाय चाँपको रुखबारे कसैले पनि हेक्का राख्दैनन् र सोध्दैनन् पनि । तर मनकामना मन्दिर अगाडी रहेको यो चाँपको रुख करिव ४०० वर्ष भएको स्थानियबासीहरु बताउँछन् । पहेलो फुल फुल्ने यो चाँपको रुख उमेरका कारण बोक्राहरु चाउरिदै गए जस्तो देखिन्छ ।
स्थानियबासीहरुका अनुसार चाँपको यस रुखबाट कडा वासना आउँछ । जुन वासना लम्जुङसम्म पुग्छ भनिन्छ । उनीहरुका अनुसार हुरी बतास अउँदा धेरैपटक रुखका हाँगाहरु भाँच्चिए तर अहिलेसम्म मानविय तथा भौतिक नोक्सानी भएको छैन । त्यसैले यो रुखमा पनि भगवती देवीको वास भएको मानिन्छ ।
हेर्नुहोस् भिडियो:
|
दश महिनामा दुई खर्ब २३ अर्बभन्दा बढीको बैदेशिक सहायता प्रतिवद्धता प्राप्त काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्राप्त बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ८९ अर्ब १७ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमसः ३९.८ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको पहिलो १० महिनामा बैदेशिक सहायता प्रतिबद्धतामा १०.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।
कुल बैदेशिक सहायता प्रतिबद्धतामध्ये युएसएआइडी, आइएमएफ, विश्व बैंक र एशियाली विकास बैंकको त्रमसः ३५.६ प्रतिशत, २०.९ प्रतिशत, १७.४ प्रतिशत र १२।३ प्रतिशत रहेको छ ।
बैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायतामा ६९.२ प्रतिशत र सबैभन्दा कम खानेपानी तथा सरसफाई क्षेत्रमा १।४ प्रतिशत प्राप्त भएको छ ।
|
कांग्रेस महामन्त्री थापा भन्छन्- अब सरकारको बचाउ गर्न सकिँदैन काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउन गर्न सक्ने अवस्था रहेन,’ उनले भने ।
आफूहरूले हिजो केपीलाई सरकार कसरी चलाउनु पर्छ भनेर प्रश्न गरेको भन्दै महामन्त्री थापाले आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको आरोप लगाए ।
पार्टीमा केही व्यक्तिले सभापति शेरबहादुर देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित नहुने उनको तर्क छ ।
|
डिसी नेपालले मनायो १५ औँ वार्षिक उत्सव {भिडियोसहित } काठमाडौं। डिसी नेपाल प्रा.लिले १५ औँ वार्षिक उत्सव मनाएको छ। स्थापना कालदेखि नै पाठक, दर्शक र स्रोता माझ विश्वासनिय छवी बनाउँदै आएको डिसीले आज भव्यताका साथ १५ औँ वार्षिक उत्सव मनाएको हो। सो अवसरमा संस्थामा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई प्रोत्साहन स्वरुप सम्मान पनि गरेको थियो।
पत्रकारहरुलाई सम्मान गर्दै प्रकाशक दीपा पौड्यालले संस्थालाई यो उचाईंसम्म ल्याउन परिश्रम गरेका सबै सहकर्मीहरुलाई धन्यवाद व्यक्त गरेकी छिन्। ‘कुनै पनि संस्था एकल रुपमा चल्न सक्दैन। १५ वर्षको यात्रामा विभिन्न संचारकर्मीहरुले योगदान गर्नुभएको छ। उहाँहरुको योगदानले नै आज हामी यो स्थानमा आएका छौँ।त्यसकारण संस्थामा आवद्ध वर्तमान र पूर्वसहकर्मी सबैलाई धन्यवाद दिन चाहन्छु,’
पौड्यालले भनिन्, ‘डिसी नेपाल नेपाललको पुरानो अनलाईन संचार माध्यम हो। हामीले सम्प्रेषण गर्ने सूचना धेरै पाठकका माझ लोकप्रिय बनेको छ।त्यसकारण सत्य,तथ्य सूचना सम्प्रेषण गर्नमा डिसी नेपाल कहिल्यै चुक्दैन।’
कार्यक्रमको प्रमुख अथितिका रुपमा संचालक समितिका सदस्य अमेरिकाबाट कवीन्द्र सिटौला आएका थिए। उनले डिसी नेपालको पत्रकारीताले नेपालमा मात्र नभएर विश्वभरका पाठकहरुलाई नै प्रभावित तुल्याएको बताए। पत्रकारिता राज्यको चौथो अंग भएकाले पेशाप्रति समर्पित पत्रकारहरुलाई सम्मान गर्दै संस्थालाई थप मर्यादीत र विश्वासनीय बनाउनेमा आफ्नो भूमिका सँधै रहने बताए।
१५ वर्षको यात्रामा विभिन्न आरोह,अवरोह पार गर्दै आजको मितिसम्म पनि पाठकको माझ लोकप्रिय भएकाले थप यात्राका लागि संस्थालाई शुभकामना पनि व्यक्त गरेका छन्।
भिडियो हेर्नुहोस्:
|
चरनबाट घर लैजाँदै बाख्रा वेनी। म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीमा चरन क्षेत्रवाट बाख्रालाई घर लैजाँदै गरेका स्थानीय कृषक ।
|
श्रीलंका कसरी विनाशको हदसम्म पुग्यो, अवस्थाको जिम्मेवार परिस्थिति वा सरकार ? काठमाडौं । छिमेकी राष्ट्र श्रीलंकामा सिंगो व्यवस्था ध्वस्त भएपछि जनताले विद्रोह गरेका छन् । राष्ट्रपति-प्रधानमन्त्रीको घर हजारौं जनताको कब्जामा छ । ठूला नेता घटनास्थलबाट बेपत्ता छन् र देशमा यस्तो अराजकताको अवस्था छ कि अब के हुन्छ भन्ने न जनतालाई थाहा छ न नेतालाई नै थाहा छ ।
श्रीलंकाको आर्थिक संकट अहिले राजनीतिक संकटमा परिणत भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिन राजी भएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि राजीनामा दिने प्रस्ताव गरेका छन् । यस्तो अवस्थामा अब त्यहाँ सर्वदलीय सरकार बनाउने तयारी सुरु भएको छ ।
समाचार एजेन्सीका अनुसार सभामुख महिन्दा यापा अबेवर्देनाले सोमबार संसदीय मामिला समितिको बैठक बोलाएका छन् । बैठकमा देशको राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ । बैठकमा नयाँ राष्ट्रपतिको नियुक्ति र नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ ।
महिनौंदेखि आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका जनता शनिबार आक्रोशित बनेका थिए । हजारौं प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेका थिए। सोही दिन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा पनि आगजनी गरिएको थियो ।
कोलम्बोस्थित राष्ट्रपति निवासमा तीन दिनदेखि हजारौं मानिस बसेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे गोप्य स्थानमा गएका छन् । त्यहाँबाट उनले प्रधानमन्त्री विक्रमासिङ्घेलाई जुलाई १३ मा आफ्नो पदबाट राजीनामा दिने बताएका छन् ।
राष्ट्रपतिको राजीनामापछि के हुन्छ ?
श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले पदबाट राजीनामा दिएमा प्रधानमन्त्री स्वतः कार्यवाहक राष्ट्रपति बन्छन्। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति रहनेछन् ।
तर, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि राजीनामा दिने बताएका छन् । यस्तो अवस्थामा राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिएमा सभामुख ३० दिनका लागि कार्यवाहक राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।
श्रीलंकाको वर्तमान राजनीतिक संकटमा सभामुख अबेवर्देना अब कार्यवाहक राष्ट्रपति बन्ने भएका छन् । तर ३० दिनभित्र संसदले नयाँ राष्ट्रपति चयन गर्नुपर्नेछ । राष्ट्रपतिको कार्यकाल सकिन अझै २ वर्ष बाँकी छ । अर्थात् नयाँ राष्ट्रपति दुई वर्षसम्म यही पदमा रहनेछन् ।
श्रीलंकाको अवस्था कस्तो छ ?
२२ करोड जनसङ्ख्या भएको श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएपछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । खाद्यान्न र औषधि जस्ता आधारभूत आवश्यकताको पनि अभाव छ । खाना पकाउन मानिसहरु मट्टितेल र ग्यास सिलिन्डर किन्न लाइन लागेका छन् ।
हजारौं र लाखौं मानिसहरू महिनौंदेखि सडकमा छन्। मुलुकलाई आर्थिक संकटमा फसाएको आरोप लगाउँदै जनताले राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।
सडकमा जनताको आक्रोश बढेपछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले मे महिनामा राजीनामा दिएका थिए । र अब राष्ट्रपति गोटाबाया राजापाक्षेले पनि राजीनामा दिन लागेका छन् ।
समाचार एजेन्सीका अनुसार श्रीलंकाको अवस्था यति बिग्रिएको छ कि विद्यालय बन्द गर्नुपरेको छ । इन्धन पनि अत्यावश्यक सेवामा मात्र सीमित गरिएको छ । पेट्रोल र डिजेलको अभावका कारण बिरामी अस्पताल जान पाएका छैनन् । खाद्यान्नको मूल्यले आकाश छोएको छ ।
यति मात्र होइन, रेलको संख्या पनि घटाइएको छ । यात्रुहरू डिब्बाको माथि बसेर यात्रा गर्न बाध्य छन्। राजधानी कोलम्बोलगायतका प्रमुख सहरहरूमा इन्धन किन्न सयौं मानिस घण्टौं लाइनमा बस्न बाध्य छन्। कहिलेकाहीँ प्रहरी र सेनासँग जनताको झडप पनि हुने गरेको छ ।
यो सब कसरी भयो ?
सन् २०१५ मा महिन्दा राजापाक्षेको सरकार आएपछि चीनसँगको निकटता बढेको छ । चीनले पूर्वाधारको नाममा ठूलो ऋण दिएको छ । श्रीलंकाको आर्थिक संकटको प्रमुख कारण चीन रहेको मानिन्छ ।
श्रीलंकामा विदेशी ऋण बढ्दै गयो। श्रीलंकाको केन्द्रीय बैंकका अनुसार सन् २०१० मा देशमा २१.६ बिलियन डलरको बाह्य ऋण थियो, जुन २०१६ मा बढेर ४६.६ बिलियन डलर पुगेको छ। हाल श्रीलंकासँग ५१ अर्ब डलरभन्दा बढी ऋण छ।
ऋण बढी लिँदा र कम आम्दानी गर्दा श्रीलंकाको विदेशी मुद्रा सञ्चितिमा ह्वात्तै कमी आएको छ । अप्रिल २०१८ मा करिब १० अर्ब डलरको विदेशी विनिमय सञ्चिति थियो, जुन सन् २०२२ को मे सम्ममा १.७ अर्ब डलरमा झरेको छ ।
श्रीलंकाको अर्थतन्त्र धेरै हदसम्म पर्यटनमा निर्भर छ। कोरोनाका कारण पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । श्रीलंकाको जीडीपीमा पर्यटन र सम्बद्ध क्षेत्रहरूको हिस्सा करिब १०% छ। विदेशी पर्यटक नआएका कारण विदेशी मुद्रा सञ्चिति पनि घटेको छ ।
|
बहिनी बस चलाउने, दिदी भाडा उठाउनेः छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन् बुटवल । त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने ।
सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । अनि उनलाई सहचालक बनेर सघाइरहेकी छन् सहोदर दिदी शान्ता मल्लले । बुटवल–कृष्णनगर रुटमा सार्वजनिक बस चलाउने निमा आफू सबैका लागि उदाहरण बनेको बताउँछिन् ।
हरेक दिन बुटवलको अस्पताल लाइन र पुरानो बसपार्कमा लु१ज २८१२ नम्बरको सारू ट्राभल्स गाडी रोकेर निमा र शान्ता यात्रु खोजिरहेका भेटिन्छन् । निमा गाडीको चालक सिटबाट यात्रुतर्फ आँखा डुलाउँछिन् भने शान्ताले यात्रुहरूलाई आग्रह र अनुरोध गर्दै आफ्नो बसतिर तान्ने प्रयास गरिरहेकी हुन्छिन् । वरिपरि हेर्ने मान्छेहरू भने अचम्म मानिरहेका हुन्छन् ।
निमा र शान्ता सहोदर दिदीबहिनी हुन् । कपिलवस्तु वाणंगगा नगरपालिका–८ का यी दिदीबहिनीले यात्रुलाई सेवा दिन थालेको आठ वर्ष बित्यो । ‘गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्,’ निमा भन्छिन्, ‘सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।’
प्रायः पुरुषले गर्ने काम चालक र सहचालकमा महिलालाई देख्दा मानिसहरू छक्क पर्नु स्वाभाविक नै मान्छिन् निमा । निमाले बसको ‘स्टेरिङ’ घुमाएको यात्रु हेरिरहन्छन् ।
२०५३ सालमा तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण भएपछि घर परिवारले वाणगंगाका धनबहादुर सारूसँग निमाको विवाह गरिदिए । १६ वर्षको उमेरमै बिहेपछि केही वर्ष बालबच्चा हुर्काउँदैमा उनको समय बित्यो । त्यसपछि उनले गाउँको एउटा सहकारीमा कार्यालयको ‘क्यासियर’ का रूपमा काम गर्न थालिन् । त्यसका लागि उनले स्कुटर चढेर जानुपर्ने भयो ।
स्कुटर लाइसेन्स अनिवार्य भयो उनलाई । २०७० सालमा लाइसेन्स निकालिन् । गाडी चलाउने सपना त मनमा छँदै थियो । २०७१ सालमा बुटवलको एक इन्स्टिच्युटबाट गाडीको लाइसेन्सका लागि आवेदन फाराम खुलेको थाहा पाइन् । सवारीचालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिएपछि गाडी चलाउन सिक्न थालिन् । लाइसेन्स ट्रायल परीक्षा पास गरेपछि पहिलो पटकमै गाडीको लाइसेन्स निस्कियो । त्यसपछि गाडी हाँक्ने उनको हौसला बढ्दै गयो ।
उनले पति धनबहादुरलाई भनिन्, ‘अब मैले गाडी चलाउन गाडी किन्नुपर्यो ।’ पतिले सहजै स्वीकार गरे । २०७२ वैशाखमा गाडी (विङ्गर) किनियो । सुरुमा घरबाट राजमार्गसम्म गाडी लगिन् उनले । तर राजमार्गमा चलाउन डराइन् । चालक जागृत श्रेष्ठलाई राखेर आफू सहचालक भइन् । चालकको पूर्ण विश्वास नहुने, घर गए आउने ठेगान नहुने हुँदा उनलाई हैरानी पनि भयो । चालकलाई तलब दिनुभन्दा आफूले गाडी चलाउने र दिदीलाई सहचालक बनाएर अगाडि बढ्न थालिन् । त्यसपछि सुरु भएको हो दिदीबहिनीको गाडी यात्रा ।
पतिको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको निमा बताउँछिन् । ‘मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । गाडी किनिदिनुभयो । त्यसैले म आज सार्वजनिक गाडीको चालक हुन सफल भएँ,’ निमाले भनिन् । निमाका पति धनबहादुर बिजुलीका काम गर्छन् ।
दिदीबहिनी बिहानदेखि रातिसम्म सडकमै हुन्छन् । साँझ ८–९ बजेसम्म उनीहरू सडकमै हुन्छन् । दैनिक निश्चित रुटमा कम्तीमा तीन ट्रिप चलाउनुपर्छ तर रुट कहिले कहाँ, कहिले कहाँ ?
अर्घाखाँचीबाट शान्ताको परिवार पनि निमाको नजिकै बसाइसराइ गरी आएको हो । उनीहरूको मूल घर (जन्म) अर्घाखाँचीको छत्रदेव केरुङ्गामा हो । शान्ताका पति रोजगारीको सिलसिलामा भारतमा छन् । बहिनीको प्रस्तावमा दिदी शान्ताले पनि साथ दिइन् । अहिले बहिनी गाडीमा लोकदोहोरी गीत घन्काउँदै गाडी कुदाउँछिन्, दिदी भाडा उठाउँछिन् । ‘के थाहा लेखेको के रहेछ, आखिर हामी दिदीबहिनी गाडी लाइनमा आउँछौं भन्ने,’ शान्ता भन्छिन् ।
बहिनी निमाको इच्छाशक्ति, कामप्रति रुचि र प्रतिबद्धताले नै पुरुष दबदबा रहेको यातायात क्षेत्रमा चुनौतीको सामना गर्दै सफल भएको शान्ताको भनाइ छ । ‘काममा लाग्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधैँ भित्री मनमा बहिनीको थियो,’ शान्ता भन्छिन्, ‘अहिले आएर मलाई पनि यसैमा जोड्न सफल भइन् ।’
आफ्नो मेहनत, परिश्रमले दिदीबहिनीले फड्को मारेका छन् । निमा उमेरले ४१ वर्ष र शान्ता ४२ वर्षकी भइन् । आफ्नो पेसाप्रति दिदीबहिनी पूर्ण सन्तुष्ट छन् । ‘महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर देखाउन पाउँदा आफूलाई गर्व लाग्छ,’ निमा भन्छिन् ।
अहिले गाडीबाट सबै खर्च कटाएर निमाको मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ हुन्छ । ‘तेल महंगो भएको छ । खर्च धेरै छ, मर्मत सम्भारमा पनि खर्च धेरै लाग्न थाल्यो, सबै खर्च कटाएर दैनिक ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म बचत हुन्छ,’ उनले भनिन् ।
पहिलो कोरोना महामारी आउनुभन्दा अगाडि नै निमाले गाडीको किस्ता तिरिसकेकी थिइन् । ‘धन्न कोरोना अगाडि गाडीको किस्ता तिरेर सकिएको थियो । एक वर्ष गाडी थन्किँदा के हुन्थ्यो होला हालत ?,’ निमाले विगतमा यातायात क्षेत्रले भोगेको समस्या सम्झिइन् ।
निमाका दुई छोरी र एक छोरा छन् । ठूलो छोरी २४ वर्षकी भइन् । छोरा १७ वर्षका भए । निमालाई छोराछोरीले गाडी नचलाउन सुझाव दिन्छन् तर निमा आफूले सक्ने उमेरसम्म गाडी लाइनमै काम गर्ने सोचमा छिन् ।
‘मैले गाडी चलाउँदा छोराछोरीलाई लाज भयो रे त्यहीँ भन्छन् तर मैले सक्ने उमेरसम्म गाडी चलाउने हो,’ उनले हौसलाका साथ भनिन् । महिला चालकको रूपमा बुटवल यातायात प्रालिले निमालाई सम्मान समेत गरेको छ ।
निमाले राम्रो गाडी चलाउँछिन् भन्ने सुनेपछि आजभोलि गाडीको ‘क्यू’ बाहिरको समयमा पनि उनी रिजर्भमा टाढा–टाढासम्म पुग्छिन् । ‘रिजर्भमा जाने हो भनेर फोन गर्छन् । कहिले सुपादेउराली, कहिले सौराहा त कहिले दाङ–घोराही हुँदै बर्दियासम्म पनि पुगेकी छु,’ उनले भनिन् ।
|
सरकारको कार्यशैलीबारे शेखर पक्षले केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने काठमाडौं । नेपाली काग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ ।
आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने निष्कर्ष निकालेको हो ।
यस्तै कोइराला पक्षधरले केन्द्रीय सदस्यहरूले भातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णय समेत गरेको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भातृ संस्थाका शिखर पक्षीय नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।
कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।
बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम, कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
|
गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयोः शेरबहादुर तामाङ काठमाडौं । प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद तामाङले गृहमन्त्री खाणको उक्त प्रस्तावलाई भ्रूण हत्यासँग तुलना गरेका हुन् ।
‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रूण हत्या भयो,’ पूर्वमन्त्री तामाङले भने, ‘नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस्, जन्मिन दिउँ ।’
नागरिकता विधेयकलाई फिर्ता नलिन सरकारसँग आग्रह गरेका उनले तीन वर्ष संसदीय समितिमा छलफल गरेर दलीय सहमति कायम भएको विधेयक फिर्र्ता लिन नहुनेमा जोड दिए ।
विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा फिर्ता लिन नहुने भन्दै उनले नमिलेका कुनै विषयमा पछि अर्को विधेयक ल्याएर संशोधन गर्न सकिने धारणा राखे ।
अन्तिम अवस्थामा विधेयक फिर्ता लिन नहुने भन्दै सांसद तामाङले अब फेरि ल्याउँदा शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबारे जानकारी गराए ।
|
घरमा बेम्बो प्लान्ट रोप्दै हुनुहुन्छ ? यसरी बनाउनुहोस् माटो काठमाडौं । गुड लक प्लान्ट भनेर चिनिने बेम्बो प्लान्टलाई सुख, शान्ति र समृद्धिको प्रतीक मानिन्छ। यही कारणले गर्दा मानिसहरू यसलाई घरमा राख्न रुचाउँछन्। बजारमा सजिलै पाइने भए पनि यसलाई जोगाइ राख्न भने सजिलो छैन । वास्तवमा, यो रोप्नको लागि माटोलाई राम्ररी तयार गर्न धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाईंले माटोलाई राम्ररी तयार गर्नुभएन भने, तपाईंको बिरुवाको वृद्धि रोकिनेछ र यो चाँडै सुक्नेछ। यस्तो अवस्थामा यदि तपाई घरमा बाँसको बिरुवा रोप्ने सोचमा हुनुहुन्छ भने केहि कुराहरु अवश्य ध्यानमा राख्नुहोस् ।
पानी वा माटो
वास्तवमा बेम्बो प्लान्ट पानी वा माटोमा सजिलै उब्जाउन सकिन्छ। त्यसैले पहिले नै सुनिश्चित गर्नुहोस् कि तपाइँ यसलाई के राख्न चाहनुहुन्छ।
सही माटो प्रयोग गर्नुहोस्– यदि तपाईंले नर्सरीबाट लक्की बेम्बोको लागि विशेष माटो किन्नु भयो भने, यो बिरुवाको लागि राम्रो हुन्छ। यसमा उचित मल र उर्वर माटो प्रयोग गर्न आवश्यक छ।
यसरी माटो बनाउनुहोस्– तपाईंले माटोको पीएच स्तरको ख्याल राख्नुपर्छ र साथै माटोमा पोषक तत्वहरू थपिराख्नुहोस्। उदाहरणका लागि, सहि मात्रामा मल, पीट, नाइट्राइज्ड भुरा वा छाल चिप्स आदि। यी सबै माटोमा आर्द्रता कायम राख्न, माटोलाई अम्लीय बनाउन र बिरुवाहरूलाई पोषण दिन आवश्यक छ।
बाँसको बिरुवा कसरी रोप्ने– पहिले बाँसको बीउ वा कटिङ लिनुहोस् र प्वाल भएको भाँडो लिनुहोस्। अब भाँडोमा आधा कोको–पिट र आधा भर्मी कम्पोस्ट राम्ररी मिसाएर भर्नुहोस्। यसपछि, एउटा भाँडोमा लक्की बेम्बोको कटिङ रोप्नुहोस् र त्यसपछि त्यसमा सही मात्रामा पानी हाल्नुहोस्। लक्की बेम्बोको गमला तयार भयो । यसरी तपाईले आफ्नो बगैंचामा लक्की बेम्बोको बोटलाई सजिलै रोप्न सक्नुहुन्छ।
बेम्बोलाई कसरी स्याहार गर्ने ?
बेम्बोलाई यदि पानीमा रोप्नु भएको छ भने बिरुवाबाट नमीठो गन्ध आउन थाल्यो भने बिरुवामा ब्याक्टेरिया विकसित भएको हुनसक्छ । पहेंलो भएका पातहरू हटाइदिनुपर्छ । घामको प्रत्यक्ष सम्पर्कबाट टाढै राख्नुपर्छ । तर, बिरुवा बढ्नका लागि भने पर्याप्त उज्यालो चाहिन्छ । उज्यालो कम भएमा धेरै बढ्न पाउँदैन ।
बेम्बोलाई धेरै पानीको आवश्यकता पर्दैन । सातामा एकपटक दिए पुग्छ । पानीमा बिरुवा राख्दा जरासम्म डुब्ने गरी पानी राख्नुपर्छ । यसलाई पूरै सुख्खा हुन दिनुहुँदैन । जरा भिज्ने पानी हुनुपर्छ । साथै पानी धेरै हुनुहुँदैन ।
माटोमा रोप्ने हो भने ओसिलो माटो हुनुपर्छ, तर पानी बढी हुनुहुँदैन । क्लोरिन भएको पानी राख्नुहुँदैन । धाराको पानी राख्नुहुँदैन । साथै लेउ जमेको पानी हुनुहुँदैन । जारको पानी राख्न सकिन्छ । बिरुवा स्वस्थ राख्न हरेक ७–१० दिनमा पानी परिवर्तन गरिदिनुपर्छ ।
|
तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः वर्षमान पुन काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समिति गठन गरेको छ । सो समिति गठन लगत्तै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरे ।
संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताए । उनले छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्रीको प्रस्ताव नगरिने उल्लेख गरे । प्रतिनिधिसभाले आज मात्रै ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० दिनको समयावधी दिइएको छ ।
छानबिनपछि निर्दोष देखिएपछि नेता शर्माले नै पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने समेत नेता पुनको संकेत थियो । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रश्न उठाउनु र दोषी करार हुनु फरक विषय भए पनि त्यसलाई एउटै हो भन्ने ढङ्गले प्रचार गरेकामा समेत नेता पुनले आपत्ति जनाए । उनले छानबिन अघि नै शर्मामाथि कारवाहीको माग गरेकोमा समेत आपत्ति जनाए ।
|
आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद(ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।
|
काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्यो, एसएलआरको गोली लागेर सुरक्षाकर्मीको मृत्यु काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा गोली चलेको छ । लैनचौरस्थित दूतावासको परिसरभित्र गोली चलेको हो ।
गोली एसएलआर राइफलबाट चलेको बताइएको छ । त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीले आफूले बोकेको एसएलआर राइफलबाट आफैंलाई गोली हानेको स्रोतले जनाएको छ । गोली लागेर ती भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।
दूतावासको सुरक्षामा खटिएका ती सुरक्षाकर्मीले आफैँले बोकेको बन्दुकबाट आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेको बताइएको छ ।स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
हेर्नुहोस् भिडियो:
|
फूलहरूलाई के हिउँद के बर्खा (फोटोफिचर) निरन्तरको झरिका कारण बर्खायाममा फुल विरलै देखिन्छ । तर, काठमाडौंका केही बगैँचा भने सिजनल फूल फूलहरुले सधैँ सुन्दर देखिन्छन् ।
|
अमेरिकी डलरको भाउमा उछाल, आज फेरि नयाँ उचाइमा काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा कायम भएको छ।
पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम गरेको थियो।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।
|
१४ वर्षीय किशोरीलाई यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ काठमाडौं । ताप्लेजुङमा एक १४ वर्षीय किशोरीलाई केही होटल सञ्चालक यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ परेका छन् । किशोरीलाई होटल सञ्चालकहरु मिलेर पालैपालो यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले अनुसन्धानको क्रममा मंगलबार र बुधबार गरी तीन जना सञ्चालक र तीन जना ग्राहकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध मुद्दा दर्ता प्रक्रिया पनि सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईले बताए ।
उनका अनुसार परेका मध्येका तीन जनालाई जबरजस्ती करणी (बलात्कार), दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा मुद्धा दायर गरिएको छ ।
राईका अनुसार बालिकाले प्रहरीलाई दिएको सुरुवाती बयानअनुसार सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा उनलाई दिने गरेको थियो । सामान्यतया एक ग्राहकबाट दुई हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
पक्राउ पर्नेमा होटलका सेवाग्राही ६२ वर्षीय पुरुष पनि रहेको प्रहरीले जनाएको छ । ती किशोरीलाई अन्य होटल सञ्चालकहरुले पनि यौनजन्य गतिविधिमा संलग्न गराएको उजुरी परेका कारण पक्राउ परेका व्यक्तिहरुको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
|
त्रिभुवन विमानस्थल अध्यागमनको सर्भर डाउन हुँदा उडानमा ढिलाई, यात्रुलाई सास्ती काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा समस्या आएपछि अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका छन् ।
बुधबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु प्रस्थान कक्षमा दुई घण्टादेखि यात्रु अलपत्र परेका छन् ।
विमानस्थलको अध्यागमन कार्यालयका अनुसार विभागको सर्भरमा पटक पटक समस्या देखिँदै आएको छ । करिब दुई घण्टापछि अहिले अध्यागमनको काम सुचारु भएको छ ।
|
सप्तकोसीमा पानीको बहाव बढ्यो राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो ।
कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।
सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जलस्तर बढ्दो क्रममा छ । यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।
|
उपत्यकाको प्रदूषित खानेपानीले हैजा काठमाडौं । उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए ।
महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उनले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए । उनका अनुसार वागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए । “पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौँ”, उनले भने,“अध्ययनका लागि सबै ठाउँको पानीको नमूना सङ्कलन गरिरहेका छाँै ।”
यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ ।
महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिए । उनले महाशाखा र काठमाडौँ उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताए । महाशाखाका निर्देशक डा दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताए ।
१२ जनामा हैजा
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको जानकारी दिए । तीमध्ये ८ जनाको निको भएर घर फर्किसकेका छन र चार जना उपचाररत रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वयोधा अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । सबैभन्दा पहिले असार ५ गते बागबजारका दुई जना युवतीमा हैजा पुष्टि भएको थियो ।
|
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायौँः उपसभापति खड्का सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा नेकपा एमालेको भन्दा एक लाख ५० हजार मत बढी ल्याएको बताएका छन् । सुर्खेतमा आइतबार जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले एमालेले भन्दा डेढ लाख बढी मत ल्याएको बताएका हुन् ।
‘हामीलाई जनताले लोकप्रिय मत दिएका छन् ।’ उपसभापति खड्काले भने,‘तपाईले जनताका पक्षमा काम गर्नुहोस् ।’ उपसभापति खड्काले पार्टी भित्रको कुन्ठाका कारणले केही ठाउँमा पराजित भएको उनको भनाइ छ । ‘हामी देशभरका चार सयभन्दा बढी स्थानीय तहमा जित्ने थियौं ।’ उनले भने, ‘तर, केही साथीको कुन्ठका कारणले हलो र सूर्यमा मत दिएर हार्नुपर्यो । उहाँहरूले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन् ।’
पार्टीको कुनै पनि व्यक्ति, पार्टी, संस्था बिमति भए पनि पार्टीमा बसेर छलफल गर्ने बानी बसाल्न आवश्यक रहेको उनले बताए । ‘हामी अरुका गल्ती मात्र देख्छौं ।’ उनले भने,‘व्यक्तिगत विवाद समीक्षा गर्न आवश्यक छ ।’
‘सभापति देउवासँग केही व्यक्तिको विवाद होला । मसँग पनि केही व्यक्तिको विवाद होला ।’ उनले भने, ‘तर, पार्टीमा जीवन लगानी गरेका साथीहरूले अरुलाई मतदान गर्नु भए नी रु’
उपसभापति खड्का उपस्थित कार्यक्रममा संस्थापन इतर कांग्रेसले बहिष्कार गरेको छ ।
|
डिसी नेपालले ‘Happy Group’ संग बिताएको ‘पहिलो प्रहर’ {फोटो फिचर} काठमाडौं । भनिन्छ जो धेरै हाँस्छ उ धेरै बाँच्छ । यस्तै स्वस्थ्य बाँच्नका लागि भक्तपुरको ‘Happy Group’ ले शारिरिक मानसिक थकानबाट मुक्तिको उपाय खोज्दै प्रत्येक शनिबार भक्तपुर वरपरका विभिन्न स्थलहरुमा हिडेर यात्रा (हाइकिङ) गर्ने गरेको छ । यहीँ हाइकिङको यो पटकको सहयात्री बनेको छ ‘डिसी नेपाल’ ।
विहानको झिसमिसेमा उठेर सबै जान हाइकिङको तयारीमा जुट्छन् । निश्चित एक विन्दुमा भेला भएर उनीहरुको यात्रा तय हुन्छ । उनीहरुको यो पालीको यात्रा भक्तपुर गुन्डुमा रहेको कार्की गाउँ माथिको हरियो फाँट । भक्तपुर सुर्यविनायकदेखि लगभग ७ कि.मिको दुरीमा पर्ने गुन्डुको हरियो फाँटको वरपर जंगल निकै मोहक देख्न सकिन्छ ।
प्रकृतिले बनाएका सुन्दर फ्रेम झैं लाग्ने दृश्यले सबैलाई लोभ्याउने गर्दछ । त्यहाँसम्म पुग्नका लागि कहिले खलखल पसिना निकाल्ने उकालो त कहिले शरिरनै तानेर लाने ओरालो बाटाको यात्रा तय गर्नु पर्दछ ।
बाटोमा मनिङ वाकका लागि हिड्दै गरेको केही हुल भेट्दा एक अर्कालाई प्रोत्सान स्वरुप ‘जय शम्बु’ भन्ने अभिवादनले उकालो चढ्ने हौसिदै बाटो काट्ने गर्दछन् । यही बाटो भएर धेरै मानिसहरु टिकटकमा निकै ‘फेमस’ प्लेनमा रमाउन साथै गुन्डु–आधेश्वोर महादेव–पाईलट बाबाको डाँडासम्मको यात्रामा निस्किने गर्दछन् ।
ह्यापी ग्रुप पनि गुन्डुको प्रकृतिमा रमाउन त्यसै तर्फ लाग्छ । सबैले फाँटमा बसेर खानका लागि खानेकुरा आ–आफ्नो इच्छा अनुसार बोकेर संगितसंग रमाउदै त्यहाँ पुग्छन् । केही समय त्यहाँ पुगेपछि रमाइलो गर्दछन्। आफुले लगेको खानेकुरा मिलाएर बाढीचुढि खान्छन् । शहरको धुलो धुँवा र प्रदुषणबाट बच्नका लागि भक्तपुर, काठमाडौ, ललितपुर लगायतका ठाउँहरुबाट आनन्दको समय बिताउन यहाँ पुग्ने गर्दछन् ।
गुन्डुको फाँटमा पुग्नेहरुका लागि फोहोर फ्याक्नका लागि डस्बिनको व्यवस्था गरिएको रहेछ । तर त्यहाँ खानेपानी बस्ने व्यवस्था भने गरिएको देखिदैन । प्रकृतिक स्वरुपलाई नविगारिकन खानेपानी र केही टहराको निर्माण गरि स्थानिय निकायले पिकनिक स्पोट बनाए आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन सकिन्छ ।
यदि तपाई पनि आफ्ना साथीभाई, आफन्त, परिवारसंग हाइकिङ जाने सोचमा हुनुहुन्छ भने पक्कै नजिकको गन्तव्य गुन्डुको यो फाँट हुन सक्छ ।’Happy Group’ को यो यात्रा जस्तै शारिरिक र मानसिक रुपमा स्वस्थ रहन पनि सहयोग गर्ने छ ।यो ग्रुपमा सबै उमर समुहका मानिसहरु एकले अर्कोलाई हौसाल दिदैं कहिले बिहानी एक्सर साइज गर्न त कहिले हाइकिङमा रमाउदै गरेको भेट्न सकिन्छ । डिसी नेपालले आजका बिहानीको यात्रा संग तय गर्यो ।
खुसी र हसियो अनुहारका ह्यापी ग्रुपसंग यसरी बित्यो डिसी नेपालको दिन। तस्बिरमा हेर्नुहोस् :
|
निर्वाचन गर्न कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको विकल्पसहित प्रस्ताव काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ ।
आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको नगरसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आयोगले निर्वाचनका लागि दुवै विकल्प प्रस्ताव गरे ।
उनका अनुसार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने हो भने ३० कात्तिक र दुई चरणमा गर्ने हो भने २९ कात्तिक र ३ मंसिरको मिति आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ ।
स्थानीय तहको निर्वाच गत वैशाखमा सम्पन्न गरेको सरकारले अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदो मंसिरभित्र सम्पन्न गर्नुपर्नेछ ।
|
राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ: विरोध खतिवडा काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन् ।
पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः आफूहरु मन्त्रीबाट हट्ने प्रतिक्रिया दिएका हुन् ।
यसबारे बैठकलाई लिखित जानकारी गराइसकेको उनले बताए । ‘राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः मन्त्री छाड्छौँ,’ उनले भने ‘पार्टीको निर्णय मान्छौँ । मन्त्री पद शतप्रतिशत छाड्छौँ ।’
|
काठमाडौं महानगरले ल्यायो चालू आर्थिक वर्षभन्दा करिब ७ अर्ब धेरै बजेट काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९र८० का लागि काठमाडौं महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजेट प्रस्तुत गरेकी हुन् ।
महानगरले चालू आर्थिक वर्षमा भन्दा आगमी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो ।
सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ ।
काठमाडौं महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो ।
|
वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त काठमाडौं । नेपाल वायुसेवा निमगको महाप्रबन्धकमा निगमकै वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । सरकारले उनलाई महाप्रबन्धकमा अस्थायी रुपमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी उनलाई अस्थायी नियुक्ति गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको थियो ।
|
रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश काठमाडौ। कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ ।
प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो ।
बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज- २०२२ को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्यो । बंगलादेशले नेपाललाई ३१–७ स्कोरले पराजित गर्यो ।
खेलपछि नेपाली प्रशिक्षक टंकराज गिरीले भने – ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ । अब नेपालको रग्बीमा अगाडी बढ्ने ढोका खुल्यो ।’
नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ। विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो । त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ।
कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुशी हुँदै भने- ‘रग्बी सेभन खेलेको दशक बढी भइसक्यो । तर आज आएर बल्ल १५ आफ्नै कप्तानीमा खेल्न पाए । ज्यादै खुशी छु । अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुने छ ।’
नेपाल अहिलेसम्म डिभिजन विहीन। रग्बी १५ खेलेपछि अब त्यो वाटो खुल्नेछ ।
बुधवार भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक) मात्र गर्न सक्यो ।
तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थप्यो र नेपाललाई दबावमा राख्यो ।
यद्यपि खेलको अन्तिम समयमा भने नेपालले खेल पूर्ण रुपमा नियन्त्रणमा राख्यो र एक ट्राई (५ अंक) हान्न सफल भयो ।
विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन् । यो संगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने ।
ट्राई गरेपछि सीधा पोष्टमा कन्भर्सन (गोलपोष्टमा सीधा हान्ने) को अवसर पाउँछ । श्रीराम श्रेष्ठले उक्त कन्भर्सन मा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो । खेलपछि नेपाली र बंगलादेशी खेलाडीहरुले संयुक्त रुपमा खुशीयाली मनाए ।
विराटको कीर्तिमान
३१ वर्षीय विराट टोलीका उपकप्तान हुन् । मैदान प्रवेश गर्नु अगाडि उनले भनेका थिए- ‘रग्बी खेलिकन अझैसम्म एक ट्राई हानेको छैन । आज हान्ने हो ।’
भने जस्तै उनले आज उत्कृष्ट स्कोर गरे । खेलको ७५ औं मिनेटमा टोलीका अग्ला खेलाडी श्रीरामले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनी बल लिएर स्कोर लाइनमा डाइभ हानेका थिए ।
विराटले भने- ‘यो मेरो करिअरको पहिलो स्कोर हो, त्यो पनि रग्बी १५ मा गर्न पाँउदा हर्षित छु । स्कोर गरेपछि म साँच्चै नै रोएको थिएँ ।’
बाग्लुङमा जन्मिएका विराट नेपाली रग्बी टोलीका पुराना सदस्य मध्येका एक हुन् । नेपाली रग्बीको विकासमा उनलाई एक महत्वपूर्ण सदस्य मानिन्छ ।
|
नवनिर्वाचित एन्फा अध्यक्षसहित कार्यसमितिले लियो शपथ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभारको शपथ ग्रहण गरेका छन् ।
नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ ग्रहण गराएको हो ।
असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका थिए । पार्क भिलेजमा भएको निर्वाचनमा नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पा ३९ मतमा सीमित भएका थिए ।
सोमबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दीपक खतिवडा, दावा लामा र दीर्घबहादुर केसी विजयी भएका थिए ।
यस्तै, सदस्यहरूमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय नारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टिकाराम लामा, मणिराज विष्ट, मनिष जोशी, विजयी भएका थिए ।
बाँकी दुई सदस्यमा भने चार उम्मेदवारको मत बराबर आएपछि एन्फाको विधानअनुसार सोमबारै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको थियो । जसअनुसार दुई सदस्यको चयनका लागि अहिले नयाँ कार्यसमितिको बैठक बस्दैछ ।
|
सामाजिक संजालमा भाइरल यी व्यक्ति को हुन् ? जसलाई मानिसहरूले अमिताभ बच्चन भनिरहेका छन् ? काठमाडौं । एक अफगान शरणार्थीको केही वर्ष पुरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिर विश्व प्रसिद्ध फोटोग्राफर स्टिभ म्याककरीले आफ्नो सोसल मिडिया ह्यान्डलमा सेयर गरेका छन् । यो तस्बिर सार्वजनिक हुनेबित्तिकै इन्टरनेटमा फेरी यस्तो चर्चा भएको छ कि तस्विरमा देखिएका व्यक्ति बलिउड अभिनेता अमिताभ बच्चन हुन् ।
अफगान शरणार्थीको यो तस्बिर यति प्रभावशाली छ कि यो देखेर तपाई आफ्नो आँखा हटाउन सक्नुहुन्न। तस्बिरमा देखिएका व्यक्तिले टाउकोमा पगडी यसरी बाँधेका छन् कि एउटा आँखा लुकाइएको छ । मानिसले बाक्लो कालो फ्रेमको चश्मा लगाएका छन्। अनुहारमा रफ र सेतो दाह्रीले व्यक्तिको फोटोमा प्राण दिएको छ।
A post shared by Steve McCurry (@stevemccurryofficial)
यदि तपाईलाई याद छ भने, केही वर्ष अगाडि २०१८ मा सोही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यतिबेला यो तस्बिर देखेर मानिसहरूले यो तस्बिर अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को सेटको भएको दाबी गरेका थिए । अहिले फेरि यो तस्बिरको निकै चर्चा भइरहेको छ ।
तस्बिरमा देखिएका व्यक्तिको लुक्स अमिताभ बच्चनसँग मिल्दोजुल्दो छ । यही कारणले यो तस्बिरले फेरि इन्टरनेटमा हलचल मच्चाएको छ । भाइरल तस्बिरमा अहिलेसम्म ७० हजारभन्दा बढी लाइक आइसकेका छन् । कतिपयले तस्बिरमा अमिताभ बच्चन रहेको बताएका छन् ।
कतिपयले यो अमिताभ बच्चनको अर्को फिल्मको लुक भएको बताएका छन् । एक प्रयोगकर्ताले कमेन्ट सेक्शनमा लेखेका छन्– अमिताभ बच्चन जस्तो देखिन्छ । अर्का एक प्रयोगकर्ताले लेखेका छन्– पहिलो पटक हेर्दा यो अमिताभ बच्चन थिए ।
तस्बिरमा देखिने व्यक्ति अमिताभ बच्चन नभएको खुलासा भएको छ । यो तस्बिर न त अमिताभको अर्को फिल्मको लुकको हो न त फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को । फोटोको क्याप्शनमा फोटोग्राफरले यो तस्विर पाकिस्तानमा बस्ने अफगान शरणार्थीको हो भनेका छन् ।
|
मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (तस्बिरहरु) काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो ।
|
सुत्केरी गराउँदा डाक्टरले बच्चाको घाँटी छिनाइदिए, टाउको गर्भमै छोडेर शरीर मात्र बाहिर निकाले काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा चिकित्सकीय लापरवाहीको गम्भीर घटना बाहिर आएको छ । प्रदेशको एक ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले सुत्केरी गराउने क्रममा बच्चाको टाउको काटेर गर्भमै छोडिदिएका छन् । त्यसपछि ३२ वर्षीया हिन्दू महिलाको ज्यान निकै मिस्किलले जोगिएको छ ।
सिन्ध सरकारले यस घटनामा कडाई देखाउँदै घटनाको तहसम्म पुग्न मेडिकल इन्क्वायरी बोर्ड गठन गरेको छ। जामशोरो सहरको लियाकत युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेज (LUMHS) को स्त्री रोग एकाइका प्रमुख राहिल सिकन्दरले भने, “भिल समुदायकी हिन्दू महिला थारपार्कर जिल्लाको दुर्गम गाउँकी हुन्। उनी आफ्नो इलाकाको ग्रामीण स्वास्थ्य केन्द्रमा गएकी थिइन् तर त्यहाँ स्त्री रोग विशेषज्ञ उपलब्ध थिएनन् । अनुभवहीन कर्मचारीको लापरवाहीले महिलालाई धेरै नोक्सान पुर्याएको छ ।’
पाकिस्तानी अखबार डनका अनुसार आइतबार गरिएको शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको गर्भमा रहेको शिशुको टाउको काटेर पाठेघरभित्रै छोडेको उनले बताए । महिलाको अवस्था आफैं बिग्रन थालेपछि र ज्यान जाने खतरा बढ्दै गएपछि उपचारको सुविधा नभएको मिठी शहर नजिकैको अस्पतालमा लगिएको थियो । अन्ततः महिलालाई पछि LUMHS लगियो जहाँ आमाको गर्भबाट नवजात शिशुको टाउको निकालेर आमाको ज्यान जोगियो ।
बच्चाको टाउको भित्रै अड्किएको र आमाको पाठेघर फुटेको डा. सिकन्दरले बताए । आमाको ज्यान जोगाउन उनको पेट शल्यक्रिया गरेर खोलेर बच्चाको टाउको निकाल्नुपरेको थियो । यो भयानक गल्तीलाई लिएर सिन्ध स्वास्थ्य सेवाका महानिर्देशक डा. जुमन बाहोतोले यस विषयमा छुट्टै छानबिन गर्न आदेश दिएका छन् ।
उनले भने, ‘सबै कुरा के हो छानबिन समितिले पत्ता लगाउनेछ । ग्रामीण स्वास्थ्य केन्द्रमा स्त्री रोग विशेषज्ञ र महिला कर्मचारी नभएको विषयमा पनि अनुसन्धान भइरहेको छ । स्ट्रेचरमा पीडाले कराउँदै गर्दा महिलाको तस्बिर खिचिएको भनिएको प्रतिवेदनलाई पनि छानबिन समितिले हेर्ने छ ।’
डा जुमनले भने, ‘केही कर्मचारीले स्त्री रोग वार्डमा रहेका महिलाको मोबाइलमा फोटो खिचेर विभिन्न ह्वाट्सएप ग्रुपमा सेयर गरेका थिए।’
|
१ किलो चियापत्तीको मूल्य डेढ लाख रूपैयाँ, असमको सुनौलो चियाले बनायो रेकर्ड काठमाडौं । उत्तरपूर्वी भारतको आसाम राज्य चिया खेतीका लागि प्रसिद्ध छ। असममा एकभन्दा बढी किसिमका चिया खेती गरिन्छ र विश्वभरका क्रेताहरूले महँगो मूल्य तिरेर किन्छन्। भर्खरै भएको लिलामीमा असमको एक किसिमको चियाले नयाँ कीर्तिमान कायम गरेको छ ।
यस लिलामीमा एक किलोग्राम प्रभोजन गोल्ड टी जातको चियाको १ लाख भारतीय रुपैयाँ (१ लाख ६० हजार नेपाली रूपैयाँ) मा बोली लागेको छ जुन यस वर्ष अहिलेसम्म प्राप्त भएको कुनै पनि जातको चियामा सबैभन्दा बढी मूल्य हो । जोरहाट चिया लिलामी केन्द्रमा सोमबार भएको लिलामीमा प्रभोजन गोल्ड टीले यो मूल्य पाएको अधिकारीहरुले बताएका छन् ।
प्रभोजन अर्गानिक टी एस्टेटले यो लिलामीमा असमस्थित चिया ब्रान्ड ‘एसाह टी’लाई बिक्री गरेको हो। प्रभोजन गोल्ड टीको विशेषता भनेको यसको रङ पहेँलो रक्सी जस्तै चम्किलो निस्कन्छ। लिलामीमा किनेको कम्पनी एसाह टीका प्रमुख कार्यकारी अधिकृत विजित शर्माले यो किसिमको चिया किनेर आफ्ना ग्राहकलाई असमको उत्कृष्ट चिया उपलब्ध गराउने अवसर पाएको बताए ।
प्रभोजन अर्गानिक टि एस्टेटकी मालिक राखी दत्त साइकियाले भनिन्, “हामीले यस किसिमको चियाको एक किलो मात्र उत्पादन गरेका थियौं । हामी रेकर्ड ब्रेक मूल्य प्राप्त गर्दा खुसी छौं। यो यस्तो मूल्य हो, जुन असम चियाको हराएको सम्मान पुनः प्राप्त गर्न सहयोगी साबित हुन सक्छ। यस्तो प्रिमियम गुणस्तर विशेष चियाको ठूलो मागलाई ध्यानमा राख्दै यो विविधता पहिलो पटक उत्पादन गरिएको हो । यो चियाको अद्वितीय प्रजाति मध्ये एक हो।
अघिल्लो वर्ष पनि असमबाट अर्को एक भेराइटीको चियाले एक किलोको १ लाख रुपैयाँ पाएको थियो । गत वर्षको डिसेम्बरमा गुवाहाटी चिया लिलामी केन्द्रमा भएको लिलामीमा मनोहरी गोल्ड टीले यो ठूलो मूल्य पाएको थियो । यो असमको डिब्रुगढ जिल्लामा उत्पादन भएको थियो।
मनोहरी जात पनि एक विशेष प्रजाति हो। मनोहरी समूहले आफ्ना तीनवटा चिया बगानमा २५ केजी यो जात उत्पादन गर्छ । यो कम्पनीले सन् २०१८ देखि गोल्ड चिया उत्पादन गर्दै आएको छ । सन् २०१८ मा पहिलो पटक यो चियाको एक किलोको मूल्य ३९ हजार १ सय रुपैयाँ रहेको थियो ।
प्रभोजन गोल्ड टी र मनोहरि गोल्ड टी भन्दा पहिले सबैभन्दा महँगो चियाको कीर्तिमान ‘गोल्डेन बटरफ्लाइ’को नाममा थियो । सोही वर्ष गुवाहाटी चिया लिलामी केन्द्रले एक किलो ‘गोल्डेन बटरफ्लाइ’ चिया ७५ हजार रुपैयाँमा बिक्री गरेको थियो । ‘गोल्डेन बटरफ्लाइ’ एक विशेष चिया हो, जुन डिब्रुगढ नजिकैको डिकोम टी एस्टेटमा उत्पादन गरिन्छ। यो चिया गुवाहाटीको सबैभन्दा पुरानो चिया पसल ‘मेसर्स असम टी ट्रेडर्स ले आफ्ना ग्राहकहरूका लागि किनेको हो।
त्यसैगरी २४ क्यारेट सुनबाट बनेको चिया विगतमा चर्चामा थियो । असमका व्यापारी रञ्जित बरुआले हालै २४ क्यारेट सुनको चिया बजारमा ल्याएका छन्, जसको मूल्य प्रतिकिलो २.५ लाख छ। बरुआले सुनको चियाको शुभारम्भ गर्दा यो चियाको मात्र एक चुस्कीले तपाईले बिल्कुलै फरक अनुभव लिन सक्ने बताए ।
गोल्डेन ड्रिंक्स ‘स्वर्ण पानम’ एक चिया हो जसले पूर्ण शुद्धताको प्रतिज्ञा गर्दछ। यस चियाको एक विशेष रूपमा बनाइएको मिश्रण, यसमा 24 क्यारेट खाद्य सुनको राम्रा पंखुडीहरू छन् र महको साथ कालो चिया असमको कालो चिया, चाइ क्लोनको उत्कृष्ट कोमल पातहरूबाट बनाइएको छ।
|
फ्लोरल बिकिनीमा उषा उप्रेतीले गरिन् गर्मीलाई च्यालेन्ज, १३ तस्वीरहरु काठमाडौं । टिकटकको छोटो भिडियोबाट चर्चा कमाएपछि पछिल्लो समय म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल बनेकी उषा उप्रेतीले इन्टरनेटको गर्मी बढाएकी छिन् । उनले फ्लोरल बिकिनीमा स्विमिङ पूलमा फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरिएका तस्वीरहरुमा उषा उप्रेती यति हट देखिन्छिन् कि उनले गर्मीलाई नै चुनौती दिइरहेजस्तो देखिन्छ ।
|
अर्थमन्त्री शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको शिष्टाचार भेट काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे ।
“नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ ।
सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । विश्व बैंकसँग हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए ।
“विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ”, मन्त्री शर्माले भने । सो अवसरमा आर्थिक वर्ष २०७९\८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उहाँले जानकारी गराएका थिए । “मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुका रुपमा उल्लेख गरेको छु”, उनले भने ।
सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकामा खुसी लागेको बताए । उनले नेपालको विकास साझेदारका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराएका थिए।
|
साराको बोल्ड पहिरन, जसका कारण कार्तिक आर्यनले मन थाम्न सकेनन् (१२ तस्वीरहरू) काठमाडौं । बलिउड इन्डस्ट्रीका धेरै यस्ता स्टार छन् जसले छोटो समयमै मानिसको मनमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । यी केही स्टारमा सारा अली खानको नाम पनि आउँछ । त्यसैले पनि उनी हरेक दिन हेडलाइन्सको हिस्सा बन्ने गर्छिन् ।
सारा हालै मुम्बईको एक कार्यक्रममा देखिएकी थिइन् । कार्यक्रममा सारा बाहेक ग्ल्यामर जगतका धेरै ठूला स्टारहरुको उपस्थिति रहेको थियो । मुम्बईमा आयोजित कार्यक्रममा सारा अली खान कालो कट आउट थाई स्लिट ड्रेस लगाएर आइन्, जसमा उनको ग्ल्यामरस स्टाइल देखियो । कालो कट आउट थाई स्लिट ड्रेसमा सारालाई देखेर सबैको नजर उनीमाथि नै परेको थियो ।
साराको सिजलिंग लुकको जति प्रशंसा गरे पनि कम हुन्छ । साराले यो इभेन्टको लागि डेभिड कोमा टुल इन्सर्ट र क्रिस्टल मिडी ड्रेस लगाएकी थिइन्। डेभिड कोमाको यो ड्रेसको मूल्य करिब एक लाख भारतीय रुपैयाँ पर्छ । अर्थात्, यदि तपाईंलाई साराको पोशाक मन परेको छ भने, तपाईंले एक लाख रुपैयाँ खर्च गरेर यसलाई अनलाइन किन्न सक्नुहुन्छ।
कार्यक्रममा सारा कृति सेनन, वरुण धवन र कार्तिक आर्यनसँग देखिएकी थिइन् । चारै युवा स्टारले एकसाथ पोज दिएर फ्यानलाई खुसी बनाएका छन् । कृति सेनन, वरुण धवन, सारा र कार्तिक आर्यनलाई सँगै देख्दा केही हराएका साथीहरू लामो समयपछि भेटिएजस्तो लाग्यो । लामो समयपछि कार्तिक र साराको जोडी क्यामेरामा पोज दिइरहेको देखियो । सारालाई कार्तिक मन पर्छ। उनले राष्ट्रिय टिभीमा यो कुरा स्वीकार गरेकी छिन् । लभ आजकलमा पनि उनीहरुको अफेयरको चर्चा भएको थियो । तर फिल्म फ्लप भएपछि यो जोडी कहाँ गायब भयो थाहा भएन । अब उनीहरुलाई फेरी एकसाथ देख्दा उनीहरुका फ्यानहरु खुसी छन् ।
|
निउरो खोज्न जाँदा बेपत्ता भएकी युवती बाघले खाइरहेको अवस्थामा फेला काठमाडौं। चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको शव बाघले खाएको अवस्थामा फेला परेको छ। भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की रेखा बस्नेतलाई बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले बेपत्ता बनाएको थियो।
उनलाई खोज्ने क्रममा बाघले खाईरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।बाघले छाती र टाउकाे भाग खाइसकेकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले ५ राउण्ड हवाई फायर समेत गरेको थियो।आज विहान राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित केही महिलाहरु निउरो टिप्न गएका थिए। सोही क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।
|
चितुवाको आक्रमणबाट बालकको मृत्यु दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट आज एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो ।
घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन् । उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । “चितुवाको आक्रमणमा परेको थाहा पाउने वित्तिकै खोज्दै जाँदा वनमा मृत फेला पार्यौँ,” उनले भने । चितुवाले बालकको घाँटीमा आक्रमण गरेको छ ।
केही दिनयता बन्दीपुरमा चितुवाको आतङ्क बढेको छ । गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर–१ र ४ मा दुई जना घाइते भएका थिए । चितुवा नियन्त्रणका लागि त्यहाँ खोर राखिएको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा ११ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।
चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
|
पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।
उनलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
उनले ८ जनासँग ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रोजित श्रेष्ठले पीडितहरुलाई उपलब्ध गराएको हवाई टिकट र भिसा समेत नक्कली भएको पाइएको प्रहरीले जनाएको छ ।
|
के नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका ? काठमाडौं। अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ। पछिल्ला दिनहरुमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ।
पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिनले नेपालको भ्रमण गरेका थिए। भ्रमणको समयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटी एसपपी समझौतामा हस्ताक्षर गर्न दबाब दिएका थिए।
केही दिनपछि प्रधानसेनापति शर्मा र र प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्दैछन्। सकेसम्म प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको समयमा उक्त सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउन अमेरिकाले नेपाललाई दबाब दिइरहेको छ।
अमेरिकाले पहिलो पटक सन् २०१५ मा एसपीपी कार्यक्रममा सहभागी हुन नेपाललाई अनुरोध गरेको थियो। त्यसपछि एसपीपीबारे दुई देशबीच छलफल हुन सकेको थिएन। दुई महिना अघि अमेरिकी उच्च सैनिक अधिकृतले नेपालको भ्रमण गर्दा एसपीपी सम्झौताको मस्यादै नेपाललाई हस्तान्तरण गरेपछि पुनः यसबारे बहस सुरु भएको हो।
अमेरिकाले हस्तान्तरण गरेको १० बुँदे मस्यौदमा स्पष्ट शब्दमा अमेरिकी सैनिकलाई नेपालमा राख्न सकिने प्रावधान राखिएको छ। यसले नेपालमा आफ्नै सैनिक राख्ने अमेरिकी चाहना स्पष्ट पारेको छ।
मस्यौदाको पहिलो बुँदामा नै नेपाली सेनाको प्रशिक्षण तथा संस्थागत क्षमता विकासको लागि अमेरिकी सैनिक नेपाल आई बस्न पाउने उल्लेख गरिएको छ। उनीहरु हातहतियार सहित उपस्थित हुन पाउने व्यवस्था धारा १ मा गरिएको छ।
मस्यौदाको धारा १ मा अमेरिकी रक्षा मन्त्रालय र नेपाली सेनाबीच यो सम्झौता हुने तथा कार्यान्वयन गर्ने प्रावधान राखिएको छ। सोही धारामा यदि सम्झौता भई कार्यन्वयनमा गए नेपालमा आउने अमेरिकी सैनिकलाई सहकार्यको अवधिमा नेपाली सेनाले पूर्ण सहयोग गर्नुपर्नेछ।
सहमती भएका कार्यक्षेत्रहरुमा दुवै पक्षले कार्यादेश दिन सक्ने र यसको लागि अमेरिकी रक्षा मन्त्रालयले नेपाली सेनालाई पूर्ण रुपमा सघाउने कुरा पनि धारा १ मा नै उल्लेख गरिएको छ।
मस्यौदाको धारा २ मा सहमति भएका क्षेत्रमा अमेरिकी सेनाको पहुँच हुने जनाइएको छ। यसमा सवारी तथा हलुका विमानको प्रशिक्षण, सवारी वा विमानमा इन्धन भर्ने काम, मर्मतसम्भार लगायतका क्षेत्र पर्नेछन् । यस्ता उदेश्य प्राप्त गर्न लाग्ने सम्पूर्ण खर्च अमेरिकाले व्यहोर्ने मस्यौदामा छ।
धारामा ३ मा दुई देशका सेनाले नेपालको उच्च भूभागमा संयुक्त सैन्य अभ्यास र विपद् व्यवस्थापन तथा उद्धार अभ्यास गर्ने उल्लेख छ। यस्तै एसपीपी सम्झौता भए नेपाली सेनाका अधिकृतलाई अमेरिकामा अध्ययन तथा तालिमको लागि फेलोसिप उपलब्ध गराइने पनि मस्यौदामा जनाइएको छ।
मस्यौदामा अमेरिकाले नेपाली सेनालाई हलुका तथा गैरघातक सैन्य हतियार पनि उपलब्ध गर्ने प्रावधान पनि राखिएको छ। आतंकवाद विरोधी सुराकी क्षमता विकास, साइबर सुरक्षा प्रशिक्षण लगायतका कुरामा पनि अमेरिकाले नेपाली सेनालाई सघाउने व्यवस्था मस्यौदामा समेटिएको छ।
मस्यौदाको धारा ४ मा सहमतिअनुसार नेपाल आउने अमेरिकी सैनिकको बन्दोबस्तीको व्यवस्था नेपाल सरकारले मिलाउने जनाइएको छ। नेपाल सरकारले अमेरिकी सैनिकलाई नेपाली सेनालाईभन्दा कम सकारात्मक व्यवहार गर्न नहुने कुरा पनि मस्यौदा समेटिएको छ।
मस्यौदाको धारा ८ मा अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ । सम्झौता भए पाँच वर्षभित्र उक्त रकम अमेरिकाले नेपाललाई उपलब्ध गराउनेछ।
धारा ९ मा कुनै विवाद निस्किए परामर्शबाट समाधान खोजिने जनाइएको छ । मस्यौदाको धारा १० मा सम्झौताको प्रारम्भिक अवधि पाँच वर्षको हुने र चित्ति नबुझे कूटनीतिक माध्यमबाट ६ महिने लिखित सूचना दिएर सम्झौता अन्त भएको घोषणा गर्न सकिने प्रावधान राखिएको छ।
|
सन्तोषले ल्याए ‘रेला नगरौँ न हौ’ काठमाडौं। पूर्वेली मौलिकताको थेगो ‘रेला नगरौं न हौ’ शीर्षकमा नयाँ वेब शृङ्खलाको निर्माण आरम्भ गरिएको छ । ओमेगा नेपालको प्रस्तुति रहेको यस शृङ्खलामा नेपालमा घट्ने घटनाहरूलाई समेटेर समसामयिक विषयवस्तुमा आधारित रहेर धारावाहिक रुपमा निर्माण गरिने जानकारी प्राप्त भएको छ ।
यस शृङ्खलाका परिकल्पनाकार, लेखक, निर्माता तथा निर्देशक सन्तोष ओमेगा (सुवास)ले मौलिक शृङ्खलाको आवश्यकता महसुस गरेर वेबसिरिज निर्माण थालेको बताए ।
आम दर्शकको रोजाई र मागलाई आत्मसात गरेर सोही बमोजिम सामग्री निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको भनाइ छ। हाललाई पूर्वमा प्राप्त स्थानीय कलाकारलाई समेटेर शृङ्खलाको निर्माण थालिए पनि आगामी दिनमा दर्शक र कथाको माग बमोजिम मूलधारका कलाकारहरूलाई पनि समेटिने उनले बताए ।
पहिलो भागमा चिट्ठा काण्ड उपशीर्षकमा उनले यस वेभसिरिजको निर्माण गरेका छन् । जिन्दगीको दिनचर्या क्रममा आउने कुने पनि घटना तथा परिघटना स्वभाविक भएकोले कुनै निर्णय गर्दा रेला (ठट्टा) गर्नु नहुने सन्देश प्रवाह गर्नु यस वेभसिरिज निर्माणको मुख्य उदेश्य रहेको उनले बताए ।
पहिलो शृङ्खलामा निर्देशकसमेत रहेका सन्तोष ओमेगा, लक्षणा राई, माधव केसी, मदन राई, कृष्ण काफ्ले, मनोज पुमा राई, रिया काफ्ले, सन्तोष तिवारी, कञ्चन दास, करण प्याकुरेल, कृष्ण खतिवडा, नोदराज ढकाल, विवेक न्यौपाने, विकास श्रेष्ठ, अशोक प्रेमी र पारुहाङ राईको अभिनय छ ।
|
भारतकी यी हट मोडललाई देख्दा तपाईं पनि चकित पर्न सक्नुहुन्छ काठमाडौं । विश्वभर भर्चुअल इन्फ्लुएन्सरको बढ्दो संख्याको बीचमा एक भारतीय इन्फ्लुएन्सरले पनि यस क्षेत्रमा प्रवेश गरेकी छिन्। देशको पहिलो भर्चुअल इन्फ्लुएन्सरका रूपमा परिचित कायराले इन्स्टाग्राममा १ लाख फलोअर्स पूरा गर्न लागेकी छिन् । जहाँ उनको तस्बिर र रिललाई मानिसहरुले निकै रुचाएका छन् ।
कहिले काइरा ब्रेकफास्टको मजा लिइरहेको देखिन्छिन्, त कहिले जयपुरको हवा महल अगाडि पोज दिइरहेको देखिन्छ । योगादेखि फोटोसुट र पूलमा चिलिङसम्म उनका रिल भाइरल भइरहेका छन् । कायरालाई धेरैले वास्तविक व्यक्ति ठान्छन्।
काइरालाई टपसोसल इण्डियाद्वारा बनाइएको हो। यो अवतारलाई भारतको पहिलो मेटा-इन्फ्लुएन्सरको रूपमा चिनिन्छ। उनलाई मेटाभर्स (एक भर्चुअल संसार) को लागि बनाइएको हो। कायराको इन्स्टाग्राम प्रोफाइलका अनुसार उनी सपना चेजर, मोडल र यात्री हुन्।
A post shared by K Y R A ✨ (@kyraonig)
टपसोसल इण्डियाका बिजनेस हेड हिमांशु गोयलले एड गन्लीलाई भने – हामी कायरालाई इन्फ्लुएन्सर भन्दा बढि बनुन् भन्ने चाहन्छौं। उनी वेबको एक स्वतन्त्र मेटा-इन्फ्लुएन्सर हुन्। हामी उनले सामाजिक सञ्जालका ट्रेन्डहरू आफैं पढ्ने र आफ्नै सामग्री सिर्जना गरेको चाहन्छौं। हाम्रा साझेदारहरूसँग मिलेर हामी पनि यसका लागि काम गरिरहेका छौं।
कायराले भर्चुअल इन्फ्लुएन्सरहरूको विश्वव्यापी समुदायको हिस्सा बन्न मार्चमा मेटाभर्स फेसन सप्ताहमा पनि भाग लिइन्। जहाँ विश्वभरका ठूला ब्रान्डहरू पुगेका थिए, जस्तै एस्टी लाउडर, टमी हिलफिगर र डोल्से एण्ड गब्बाना।
कायराको बढ्दो लोकप्रियताबाट खुसी भएका हिमांशु गोयलले लिङ्कडइनमा भनेका थिए– ‘३ महिनाभन्दा कम अवधिमा उनलाई ५० हजारभन्दा बढी मानिसे फलो गरेका छन् । यस अवधिमा उनको इन्गेजमेन्ट रेट १० प्रतिशतभन्दा बढी रहेको छ । फ्यानहरूबाट पाएको यो समर्थनको लागि हामी उहाँप्रति धेरै आभारी छौं।’
|
शरीरमा यी ७ चिन्ह भएका महिलाहरु हुन्छन् धेरै भाग्यशाली ! काठमाडौँ। जीवनको हरेक मोडमा भाग्यके साथ दियोस् भन्ने सबैको चाहना हुन्छ । महिला र पुरुष दुवैको शरीरमा केही यस्तो चिन्ह हुन्छ जसलाई भाग्यशाली हुने संकेत मानिन्छ । भौतिक र संरचनात्मक संरचनाको आधारमा शुभ चिन्हको बारेमा पनि जानौं-
१. खुट्टामा कोठी – समुद्र शास्त्रका अनुसार कुनै महिलाको खुट्टाको पैतालामा त्रिभुज चिन्ह (त्रिभुज चिन्ह) भएमा उनी बुद्धिमान र ज्ञानी भनिएको छ। भनिन्छ, यस्ता महिला अरुलाई सहयोग गर्न सधैं अगाडि हुन्छन् ।
२. नाभिको नजिक कोठी – महिलाको नाभिको मुनि वा नजिक कोठी छ भने यो परिवारको लागि धेरै शुभ मानिन्छ। यो चिन्हले उनीहरूलाई भाग्यशाली मात्र बनाउँदैन, तर खुशी र समृद्धि पनि संकेत गर्दछ।
३. खुट्टाको औंला- भनिन्छ कि जुन महिलाको खुट्टाको औंला लामो हुन्छ उसले आफ्नो जीवनमा धेरै कष्ट भोग्नु पर्छ। तर यदि महिलाको औंला चौडा, गोलाकार र रातो छ भने उनलाई भाग्यशाली मानिन्छ ।
४. पैतालामा कोठी– शास्त्रका अनुसार जुन महिलाको पैतालामा शंख, कमल वा चक्रको आकार हुन्छ, उनीहरु निकै भाग्यमानी हुन्छन् । यस्ता महिला या त ठूलो पदमा हुन्छन् वा उनको भाग्यबाट उनको पार्टनर राम्रो स्थानमा हुन्छन् ।
५. नाकमा कोठी- यदि कुनै महिलाको नाकको वरिपरि कोठी छ भने निस्सन्देह यो शुभफलको रुपमा रहेको हुन्छ । उनीहरुको जीवनमा सुख, शान्ति र समृद्धि रहिरहन्छ।
६. जिब्रोको बनावट- जिब्रो धेरै नरम र गुलाबी हुने महिलालाई खुशीको प्रतीक मानिन्छ। यस्ता महिलाको घरमा बस्दा परिवारमा सधै खुशीको माहोल रहन्छ।
७. आँखा– मृगजस्ता सुन्दर आँखा भएका महिलाहरु पनि निकै भाग्यमानी हुन्छन्। त्यस्ता महिलाहरूले प्रेम र खुशीको उपहार दिन्छन्। यदि आँखाको कुना रातो छ भने यो महिला भाग्यशाली हुने संकेत हो।
|
मुक्तिनाथ मन्दिरको भेटी अब बैंक खातामा बलेवा। हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ। प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवद्र्धन गरिएको हो।
नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा. रामशरण खरेलले नेपालको बैंकिङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत सरलता र सहजता आएको बताए। उनले प्रभु बैंक र फोन–पेको संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेकोे बताए।
प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए। उनले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र भक्तजनरुको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए।
प्रायः मठमन्दिरमा चड्ने भेटिका कारण नोटको आयु घट्ने गरेकाले नोट बचाउन पनि यो प्रविधिको प्रयोग उपयुक्त रहेको बैंकको बुझाइ छ। – रासस
|
सिद्धूको हत्याको बदला लिन दाउद इब्राहिमका सहयोगीसहित ७ ग्याङ एकजुट, नगद पुरस्कार घोषणा काठमाडौं । कुख्यात ग्याङ्स्टर भूपी राणा पनि पञ्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणमा जोडिएका छन् । राणाले सिद्धु मुसेवालाको हत्याको बदला लिने बताएका छन् ।
हत्याराको जानकारी दिनेलाई ५ लाख पुरस्कार दिने पनि राणाले घोषणा गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै राणाले हत्यारा पञ्जाबमा बसेको होस् वा क्यानडा, अमेरिकामा, उसको बारेमा जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने बताए ।
राणाले आफ्नो समूहमा दविन्दर बम्बिहा, नीरज बवाना, टिल्लु ताजपुरिया, कौशल चौधरी, गौंडर, सुनिल राठी र शेरा खुब्बानलाई पनि समावेश गरेका छन् । सिद्धु मुसेवालाको मे २९ को साँझ साढे ५ बजे मनसाको जवाहरकेमा गोली हानी हत्या गरिएको थियो ।
भुप्पी राणाले लेखेका छन्, ‘मानसामा मूसेवालाको हत्या भएको थियो । लरेन्स र गोल्डी बरारले गुरलाल बरार र विक्की मिड्दुखेडाको हत्यामा मुसेवालाले बम्बिहा समूहलाई सहयोग गरेको दाबी गरेका छन् । यो झूट हो। हामी जे गर्छौं, हामी आफैले गर्छौं।’
उनले अगाडि लेखेका छन् ‘लरेन्स समूहले जे पनि गर्छ, उसले यसलाई आफ्नो मरिसकेका ग्याङ सदस्यसँग जोड्छ। मुसेवालाको हत्यामा कसले सघायो, एक एक गरी कारबाही हुन्छ । हाम्रो सहानुभूति सिद्धुको परिवार, साथीहरू र फ्यानहरूमा जान्छ। हामी सिद्धुलाई फिर्ता ल्याउन सक्दैनौं तर निश्चित रूपमा उनको मृत्युको बदला लिनेछौं।’
भूपी राणा ग्याङ र लरेन्स ग्याङबीच कडा शत्रुता छ । जेलभित्र पनि उनीहरुबीच झगडा भएको छ । भुप्पी राणाविरुद्ध हरियाणा र पञ्जाबमा हत्या लगायतका विभिन्न अपराधमा २५ भन्दा बढी मुद्दा दर्ता छन्।
दिल्ली एनसीआरका कुख्यात गैंगस्टर नीरज बवानाले पनि मूसेवालाको हत्याको बदला लिने धम्की दिएका छन्। दिल्ली-एनसीआरमा ‘दिल्लीका दाउद’ भनेर चिनिने नीरज बवाना डी कम्पनीका हुन् भन्ने विश्वास गरिन्छ। दिल्लीको तिहाड जेलमा रहेका अन्डरवर्ल्ड डन छोटा राजनको हत्याका लागि डी कम्पनीले नीरज बवानालाई सम्पर्क गरी ठेक्का दिएको थियो ।
डी कम्पनी कुख्यात डन दाउद इब्राहिमको संगठन हो । जेल प्रशासनले यो कुरा थाहा पाएपछि तिहाड जेलमा सुरक्षा बढाएर छोटा राजनलाई जेलको अर्को इलाकामा सारिएको थियो । बवाना गिरोहमा तीन सयभन्दा बढी शूटर छन् । उनी पनि तिहाड जेलमा छन् । लरेन्स र बवाना गिरोहबीच पटक पटक झडप समेत भइसकेको छ ।
अहिले मूसेवालाको हत्याको बदला लिने धम्की दिने सामाजिक सञ्जालका अकाउन्ट भने वेरिफाईड छैनन् । तर, यो गुण्डाहरू र विशेषगरी बम्बिहा समूहको तरिका हो । हरेक चोटि उसले हत्याको जिम्मेवारी लिन्छ वा धम्की दिन्छ, उसले नयाँ सामाजिक संजाल खाता सिर्जना गर्दछ। प्रहरी अधिकारीहरू पनि गुन्डाहरू ट्र्याक हुने डरले एउटै खाता प्रयोग नगर्ने कुरामा सहमत छन्।
|
बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने काठमाडौं । जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो । यो आदेशसँगै उक्त समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ ।
“करार उल्लङ्घन भई करार नै बदर भइसकेको अवस्थामा करारको परिपालना गराउन एकपक्ष बाध्य हुनसक्ने कुरा देखिदैन”, आदेशमा भनिएको छ, “तसर्थ प्रतिवादी पक्षबाट करार भङ्ग गरिसकिएको स्थितिलाई बादी पक्ष समेतले स्वीकार गरी रहेको पाइन्छ, तसर्थ भङ्ग भइसकेको करारलाई यथावत् पालना गर्न मिल्ने अवस्था कानूनत देखिएन ।”
पशुपति क्षेत्र विकास कोषले यसअघि करार भङ्ग भएको उल्लेख गर्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूहले अदालतमा मुद्दा दिएको थियो । अदालतले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो । उक्त अन्तरकालीन आदेशविरुद्ध कोषले दिएको निवेदनको सुनुवाइ गर्दै आज न्यायाधीश कोष र बतास समूहबीचको करार भङ्ग भइसकेकाले पुनःहोटल सञ्चालन गर्न दिनु कानुनबमोजिम नहुने उल्लेख गर्दैै अन्तरकालीन आदेश बदर गरिदिएको हो ।
|
नेपालको अर्थतन्त्र धरासायी हुन सक्छः कमल थापा हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने बताएका छन् । बुधबार राप्रपा नेपालले हेटौंडामा आयोजना गरेको वर्तमान चुनौती र विकल्प विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विदेशबाट आउने रेमिट्यान्स अलिकति मात्रै पनि घटिबढी भएमा देशको अर्थतन्त्र धरासायी हुने बताएका हुन् ।
‘ठूला ठूला बिल्डिङहरू बनिरहेका छन्, तर ती बिल्डिङहरूमा भाडा तिरेर बस्न सक्ने क्षमतामा ह्रास भइरहेको छ,’ उनले भने ‘अहिले लखपति र करोडपति भएकाहरू पनि सडकमा पुग्न सक्ने खतरा छ ।’ अहिले देशमा रहेका ४० लाख भन्दा बढी सृजनशील युवाहरू विदेशिनु ठूलो समस्या रहेको उनी बताउँछन् ।
देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित हुनुपरेकोमा अवस्था चिन्ताजनक रहेको उनले बताए । उनले धर्म परिवर्तनको डढेलोले नेपालको राष्ट्रिय पहिचान र एकतालालाई अप्ठ्यारो पारेको बताए । ‘नेपालमा धार्मिक र सांस्कृतिक क्षेत्रमा जसरी आक्रमण भइरहेको छ, त्यसमा म चुप लागेर बस्न सक्दिन,’ उनले भने ‘म कुनै धर्मको विरोधी होइन तर हाम्रो पहिचान संकटमा पर्दै छ, राष्ट्रिय अस्तित्वलाई खतरा छ ।’
सनातन धर्म मानव जीवनको दर्शन र पद्धतिसँग गाँसिएको कुरा भएको बताउँदै थापाले यसप्रति योजनाबद्ध र संगठित रूपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरे । देशमा भ्रष्टाचारको महारोगबाट सम्पूर्ण समाज ग्रस्त भएको उनी बताउँछन् ।
‘जो भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, उनीहरू नै भ्रष्टाचारको विरोध गर्दै हिँड्ने गरेका छन्,’ थापाले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गर्दै थापाले भने, ‘भ्रष्टाचार गर्नु भनेको आमाको मासु खानु बराबर हो भन्नेहरू नै भ्रष्टाचारको आहालमा डुबेका छन् ।’ प्रजातन्त्र आएको ७२ वर्षपछि पनि किन स्थायी राजनीतिक प्रणाली छैन रु भन्दै उनले प्रश्न समेत गरे ।
|
विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार, हेर्नुहोस् तस्बिरमा काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान पौडे १० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको थियो।
दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको नेपाली सेनाले जनाएको छ। तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
सोमबार नै १० जनाको शव काठमाडौं ल्याइएको थियो भने बाँकी १२ जनाको शव मंगलबार ल्याइएको हो ।
शव पोष्टमार्टमका लागि काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा लगिएको छ । पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारजनलाई बुझाइनेछ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए ।
तस्बिर सौजन्यः नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय
|
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत ओखलढुंगा । ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
|
सांसदले सभामुखलाई ताला चाबी बुझाए! काठमाडौं । संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन् । शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे ।
उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला– १ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति साङ्केतिक विरोध गर्दै उनले उक्त ताला र ताबी सभामुखलाई बुझाएका हुन् ।
त्यस क्रममा उनले भने ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिरा’छ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु । त्यसो भएको हुनाले उहाँहरूले धित मरुञ्जेल गाली गर्नुहुन्छ । फेरि, धित मरेपछि अवरोध गर्न खोज्नुहुन्छ । ताला लगाउन खोज्नुहुन्छ । त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरू धित मरुञ्जेल बोल्नुहोला । त्यसपछि हामी बोल्नेबेला ताला चाबी लगाइदिनुहोला ।’
त्यसअघि उनले जुम्लाको तातोपानी–३ मा कांग्रेस कार्यकर्ताले निर्वाचन जितेपछि माओवादी कार्यकर्ता धर्मराज रावललाई ढुङ्गाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भइ हाल ट्रमा सेन्टरको आइसीयुमा रहेको र मुद्दा पनि पीडकविरुद्ध दर्ता नभएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
|
युक्रेन-रुस युद्धका यी मुटु कमाउने तस्विरहरूको लागि जिम्मेवार को हो ? काठमाडौं । युद्धले विनाश मात्र गर्छ। युद्धले हिंसा मात्र दिन्छ। युद्धले आँसु मात्रै मिल्छ र छरिएका कुराका निशान मात्र बाँकी रहन्छ । छरिएका सहर होस् वा छरिएका मानिसहरू। शरीर, मन, सोच, जीवन, भविष्य र जीविकोपार्जन… यो युद्धले के मात्र भत्काउँदैन । यो लडाकुहरूको लागि जित-हारको खेल हो, तर लडिएका प्रत्येक युद्धले एउटै पाठ दिन्छ – यदि म फेरि आएँ भने, विनाश ल्याउनेछु।
मानिसहरूको भागमा घाउहरू छन्। दुख्छ। हराउने र अन्त्यका कथाहरू छन्। यो नयाँ युद्धले पनि यस्तै तस्विर दिएको छ । युक्रेन र रुस बीचको युद्धको उपलब्धि मध्ये एक युक्रेनका यी तस्विरहरू पनि छन्। युक्रेनमा सन् २०२२ को फेब्रुअरीको अन्तिम सातादेखि मे १० सम्मको युद्धमा करिब ३४०० नागरिकको मृत्यु भएको थियो भने करिब ४ हजार नराम्ररी घाइते भएका थिए ।
युद्धको सबैभन्दा कुरूप सत्य यो हो कि युद्ध कसैको हुँदैन। राज्यहरूले आफ्नो स्वार्थका लागि सबैभन्दा विकृत हिंसाका प्रकारहरू लड्छन् र प्रयोग गर्छन्। त्यसको परिणाम जनताले भोग्नु परेको छ । ठूलो जनसङ्ख्या रगतले भिजेका सम्झनाहरू बोकेर बाँकी जीवन बाँच्न विवश भएको छ। ११ वर्षीया यानालाई युक्रेनको लभिभको सरकारी अस्पतालमा लैजाँदै गरेका यी डाक्टरले वास्तवमा एउटा दर्दनाक कथा उठाएका छन् । ८ अप्रिलमा, याना र उनकी आमा एक हमलामा नराम्ररी घाइते भए।
४५ वर्षीया ओलेना भिटरको १४ वर्षको छोरा इभान सधैंका लागि सुतिसकेका छन् । इभान संगीतको शौकीन थिए र अर्केस्ट्रामा संगीत बजाउने गर्थे। सङ्गीतका ती तारहरूलाई युद्धले निल्यो। बाँकी रहिन् बायाँ खुट्टा र जीवनको सबैभन्दा मीठो कुरा गुमाइसकेकी रोइरहेकी आमा। मे १० मा एक हमलाले यस परिवारको सम्पूर्ण संगीत सदाको लागि खोस्यो। इभानको बुबाले आफ्नो छोरालाई घरको बगैंचामा हुर्केको गुलाबको क्यारीमा गाडेका छन्।
मे १२ मा, ११ वर्षीया याना आफ्नी आमा नताशासँग सीमा पार गर्न रेल समात्दै थिइन्। यस क्रममा ठूलो बम विष्फोट भएको थियो र दुबै जना गम्भीर घाइते भएका थिए। दोस्रो विश्वयुद्धमा मात्रै करोडौं मानिसले ज्यान गुमाउनुपरेको तथ्यबाट युद्धले के दिन्छ भन्ने अनुमान गर्न सक्नुहुन्छ । अझै धेरै संख्यामा घाइते भएका छन् । यो दु:खको कुरा हो कि युद्धका यी नराम्रा दृश्यहरूको बाबजुद पनि विश्वले युद्धलाई केही गर्न सकेन ।
यानाको जुम्ल्याहा भाइ छ – यारिक। याना र उनकी आमा घाइते भएपछि, अहिले यारिकले दुवैको हेरचाह गरिरहेका छन्। यानाको बाल्यकाल धेरै कुरा सिक्नको लागि थियो। तर अब उनले दुबै खुट्टा बिना बाँच्ने सीप सिक्नु पर्छ। आँसु भन्दा अगाडि कठोर संसारमा कसरी अगाडि बढ्ने भनेर उनले सिक्नुपर्छ। र यारिक… यारिकले अब अगाडि बढ्नु अघि पछाडि छोडिएकी आफ्नी बहिनीलाई मद्दत गर्नु पर्छ । ताकि उनी बाँच्न सकुन् । बाँच्न सिक्न सकुन् ।
ओक्साना मात्र २३ वर्षकी छिन्। २७ मार्चमा उनको घर नजिकै ठूलो विष्फोट भएको थियो । बम विष्फोटमा, ओक्सानाले आफ्ना दुवै खुट्टा गुमाइन् र एउटा हात गुमाइन्। ओक्सानाको जीवन सधैंको लागि ठप्प भयो। अहिले अनुहारमा आँसु मात्र बगिरहेको देखिन्छ । र ओक्सानाको घाउबाट बगिरहेको रगत पुछ्दै डाक्टरहरूको हात चलिरहेका छन् ।
ओक्साना भन्छिन्- हामीले ठूलो आवाज सुन्यौं र त्यसपछि मलाई थाहा भयो कि मेरो खुट्टा छैन। त्यहाँ खालीपन मात्रै छ, त्यहाँ पीडा छ र अगाडि लाचारी छ। भिक्टर ओक्सानाका पति हुन् र अब उनी उनको अन्तिम सहारा हुन्। भिक्टर र ओक्साना एकअर्कालाई मात्र होइन, असहाय बनेको आफ्नो सपना र जीवन हेर्न बाध्य छन् । युद्धको इतिहास लाखौं यस्ता विक्टर र ओक्सानाको दुखद रोदनले भरिएको छ।
साशा हरोख्विस्कीको उमेर ३८ वर्ष हो। मार्च २२ मा भएको आक्रमणमा, साशाले एउटा खुट्टा गुमाए किनभने सैनिकहरूले गल्तीले उनलाई जासूस ठाने। अहिले साशाको खुट्टा छैन। पीडा यति धेरै छ कि साशालाई सहन गाह्रो छ। साशाको खुट्टामा घाउ र एउटा खुट्टा गुमेको पीडा पनि छ । डाक्टरहरूले अहिले साशालाई मिरर थेरापी दिइरहेका छन् ताकि ऐनामा एउटा खुट्टाको तस्बिर देखेर उनले अर्को खुट्टा भएको भ्रमपूर्ण अनुभव गरेर दुखाइ बिस्तारै सहन सिकुन् ।
नास्तिया कुजिक मात्र २१ वर्षकी छिन्। मार्च १७ मा,नास्तिया चेर्निभमा आफ्नो भाइको घर गएकी थिइन्। युद्धको समयमा भेटघाट र एकअर्कालाई प्रोत्साहन दिन धेरै महत्त्वपूर्ण छ। तर हौसला बाँड्न गएकी नास्तिया भाइको घरबाट निस्किएपछि असहाय भइन् । बम विष्फोटमा नास्तियाको दाहिने खुट्टा गुम्यो । बायाँ खुट्टामा पनि गहिरो चोट लागेको छ । उनको खुट्टाको बाँकी भागलाई फलामको बार लगाएर बचाउने प्रयास भइरहेको छ । यो बायाँ खुट्टा अब उनको जीवनको अधूरो कथा हो।
एन्टोन ग्लाडुन २२ वर्षीय स्वास्थ्यकर्मी हुन्। उनी पूर्वी युक्रेनसँगको सीमामा राहत सेवाको हिस्सा थिए। मार्च २७ मा, एन्टोनले माइन विस्फोटमा आफ्ना दुवै खुट्टा गुमाएका थिए। देब्रे हात पनि अब उनीसंग छैन। एन्टोन धेरै मानिसहरूको लागि औषधिको अनुहार थिए। अहिले उनी आफैं औषधि र सेवामा भर परेका छन् । यो युद्धको ठूलो विकृति हो। यसले चीजहरूलाई त्यस्तो रहन दिन्न जस्तो हुनुपर्ने हो । कल्पना गर्नुहोस् कि तपाईको हातमा गुलाब छ र यसबाट बारूद र रगतको मात्र गन्ध आउँछ … युद्ध यस्तै हुन्छ। युद्धपछिका बाँकी दृश्यहरू यस्तै छन् ।
|
ताइवानमा आक्रमण गर्ने चीनको योजनाले सनसनी, अमेरिकाले सेना पठाउने काठमाडौं । ताइवानमा आक्रमण गर्ने चिनियाँ सेनाको योजना रहेको अडियो लीक भएपछि यसले सनसनी मच्चाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि चीनले ताइवानमाथि पनि आक्रमण गर्न सक्ने आशंका अमेरिकाले पटकपटक व्यक्त गरेको छ ।
अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानलाई सहयोग गर्न सेना पठाउने बताएका छन् । जवाफमा चीनले अमेरिका आगोसँग खेलिरहेको र ‘ताइवान कार्ड’ले हात जलाउने बताएको छ ।
यस्तो अवस्थामा चीनको ताइवानमाथि आक्रमणको गोप्य योजना के छ ? चीन किन ताइवान कब्जा गर्न चाहन्छ? के हो चीन-ताइवान विवाद ? अमेरिकाले ताइवानलाई किन समर्थन गरिरहेको छ ?
चिनियाँ मूलकी मानवअधिकार कार्यकर्ता जेनिफर झेङले ताइवानमा आक्रमण गर्ने योजना बनाएको चिनियाँ सेनाका उच्च अधिकारीहरूको गोप्य बैठकको अडियो क्लिप सार्वजनिक गरेकी छन्।
यो ५७ मिनेटको अडियोमा चिनियाँ सेना अर्थात पिपुल्स लिबरेसन आर्मीका अफिसरहरूले ताइवानविरुद्ध युद्धको समयमा सेनाको प्रयोग गर्न, ताइवानलाई घेरा हाल्ने र त्यसविरुद्ध कारबाही गर्ने योजना बनाएको सुन्न सकिन्छ।
जेनिफर झेङले ट्विटमा सन् १९४९ मा चिनियाँ सेना गठन भएपछि पहिलो पटक चिनियाँ सेनाका अधिकारीहरूको शीर्ष गोप्य बैठकको कुराकानी लिक भएको दाबी गरेकी छन् । यसका लागि चिनियाँ सेनाका एक लेफ्टिनेन्ट जनरल र तीन मेजर जनरललाई मृत्युदण्ड दिइएको छ। अन्य कैयौं अधिकारीलाई जेल पठाइएको छ ।
यो अडियो लीकलाई चीनको सत्तारुढ कम्युनिष्ट पार्टी अफ चाइनामा विद्रोहको सबैभन्दा ठूलो प्रमाण मानिएको छ। चिनियाँ सेनाको लीक अडियोमा, ताइवान विरुद्धको अपरेशनको क्रममा, चीनले आफ्नो ग्वाङ्डोङ प्रान्तमा अवस्थित पर्ल रिभर डेल्टा सुरक्षित गर्न ‘समुद्र रक्षा ब्रिगेड’ बनाउने भनिएको छ।
चीनका ११ वटा प्रमुख सहरहरू मिलेर बनेको चिनियाँ उद्योगको मुटुको धड्कन मानिने घना जनसंख्या भएको पर्ल रिभर डेल्टा क्षेत्र हो। चीनलाई विश्वको वर्कशप बनाउने श्रेय यही क्षेत्रलाई जान्छ ।
यो क्षेत्रमा विश्वको व्यापारिक केन्द्र ग्वाङ्झाउ, उच्च-प्रविधिको राजधानी शेन्जेनको छन् जहाँ हुवावे र टेन्सेन्ट जस्ता टेक दिग्गजहरूको मुख्यालय रहेको छ । अन्य महत्त्वपूर्ण शहरहरूमध्ये फर्निचर राजधानीको रूपमा पनि चिनिने फोशान, यस बाहेक झुइ, जियाङमेन, हुइझोउ, झाओकिङ, डोङगुआन, झोङसान, हङकङ र मकाउ पनि छन्।
चीनका धेरै महत्त्वपूर्ण सहरहरू पर्ल नदीको डेल्टामा अवस्थित छन्। यो क्षेत्र ताइवानको नजिक पर्छ। तसर्थ, चीनले आफ्नो यो महत्वपूर्ण क्षेत्रलाई अमेरिका वा पश्चिमी देशहरूले युद्धको स्थितिमा ताइवानलाई बदला लिने वा सहयोग गर्ने कार्यमा नोक्सान पुर्याओस् भन्ने चाहँदैन।
क्लिपमा, चिनियाँ अधिकारीहरूले सेनालाई आक्रमणको लागि तयार राख्न दुई क्षेत्रहरू – ताइवान स्ट्रेट सेन्ट्रल र दक्षिण चीन सागर – बीचको समन्वयमा ध्यान केन्द्रित गर्ने योजना बनाएको सुन्न सकिन्छ। ताइवान स्ट्रेट १८० किलोमिटर चौडा स्ट्रेट हो जसले ताइवानलाई एसिया महादेशबाट अलग गर्छ र पूर्वी चीन सागर र दक्षिण चीन सागरको बीचमा पर्छ।
चिनियाँ सेनाको लीक क्लिप अनुसार, चीनको पूर्वी र दक्षिणी युद्ध क्षेत्रहरूले ग्वाङ्डोङ प्रान्तलाई युद्धको तयारीमा संलग्न हुन आग्रह गरेको छ।
यसका अनुसार ग्वाङ्डोङ प्रान्तलाई आक्रमणको तयारीका लागि २० विभिन्न श्रेणीमा २३९ सामग्री सङ्कलन गर्न भनिएको थियो। जसमा १ हजार ३५८ सैनिक टुकडी, १ लाख ४० हजार सेना, ९५३ जहाज, एक हजार ६५३ मानवरहित उपकरणसहित २० विमानस्थल र बन्दरगाह, ६ वटा मर्मत तथा जहाज निर्माण यार्ड, १४ वटा आपत्कालीन स्थानान्तरण केन्द्र, अन्न भण्डार, अस्पताल, रक्त केन्द्र, तेल भण्डार, ग्यास स्टेशन आदि पर्छन्।
नेशनल डिफेन्स मोबिलाइजेशन रिक्रूटमेन्ट अफिसलाई ग्वाङ्डोङ प्रान्तका लागि नयाँ सिपाही, सेवानिवृत्त सिपाहीहरू सहित कुल १५.५० हजार सिपाहीहरू भर्ना गर्न भनिएको छ।
ग्वाङ्डोङ प्रान्तलाई राष्ट्रिय स्तरका ७ प्रकारका युद्ध स्रोतहरू सिर्जना गर्न समन्वय गर्न भनिएको छ। जसमध्ये ६.४१ लाख टन कार्गो जहाज, ३८ विमान, ५ सय ८८ रेल कार र १९ वटा विमानस्थल र बन्दरगाहलाई तयारी अवस्थामा राख्न भनिएको छ ।
यस योजनाको तेस्रो महत्त्वपूर्ण भागमा हवाई आक्रमणका लागि ड्रोन निर्माण, समुद्री लडाइका लागि डुङ्गा उत्पादन र शत्रु सेनाको निगरानीका लागि आवश्यक स्याटेलाइट सेवाका साथै सैन्य सञ्चारका लागि आवश्यक दूरसञ्चारसँग सम्बन्धित कम्पनीहरूले ठूलो मात्रामा उत्पादन बढाउनेमा जोड दिइएको छ।
यस छलफलले यो पनि प्रकट गर्दछ कि चिनियाँ कमाण्डरहरू सेनाको आवागमनका क्रममा सञ्चार कायम राख्न अल्ट्रा-शर्ट वेभ, टिआन्टोङ-१ स्याटेलाइट फोन तैनाथ गर्न तयार छन्। “हामीसँग ०.५ देखि १० मिटर ग्लोबल रिमोट अल्ट्रा-उच्च अप्टिकल रिजोल्युसन सेन्सिङ र इमेजिङ क्षमता भएका कुल १८ कम-अर्बिट उपग्रहहरू छन्,” चिनियाँ अधिकारीहरूले भनेका छन्।
अडियोमा चिनियाँ अधिकारीहरूको चौथो ठूलो योजना भनेको चिनियाँ जनता र विश्वभर रहेका चिनियाँ संगठनहरूलाई सक्रिय पार्नु हो भनेका छन् ताकि चीनको युद्धलाई औचित्य दिँदै विश्वभर चीनको प्रचार फैलाउन सकोस्।
चीनले ताइवानलाई आफ्नो प्रान्त मान्छ। एक दिन ताइवान फेरि चीनको हिस्सा बन्ने विश्वास चीनको छ। ताइवानले आफूलाई एउटा स्वतन्त्र देश ठान्छ, यसको आफ्नै संविधान र जनताद्वारा निर्वाचित सरकारद्वारा शासित हुन्छ।
ताइवान पूर्व र दक्षिण चीन सागरको संगममा उत्तरपश्चिम प्रशान्त महासागरमा रहेको एउटा टापु हो, जसलाई पहिले फर्मोसा भनिन्थ्यो। यो दक्षिणपूर्वी चीनको तटबाट करिब १०० माइल टाढा छ।
ताइवान हङकङको उत्तरपूर्वमा, फिलिपिन्सको उत्तरमा, र दक्षिण कोरियाको दक्षिणमा र जापानको दक्षिणपश्चिममा अवस्थित छ। यसको भौगोलिक अवस्थितिको कारण ताइवान र वरपर जे पनि हुन्छ, यसले सम्पूर्ण पूर्वी एशियालाई असर गर्न सक्छ।
ताइवानको क्षेत्रफल ३६.१ हजार वर्ग किलोमिटर र जनसंख्या २३ मिलियन छ। ताइवान विश्वको २१औँ ठूलो अर्थतन्त्र भएको देश हो। अमेरिकाको नजिक मानिने र विदेश नीतिका लागि निकै महत्वपूर्ण मानिने ‘फर्स्ट चेन आइल्याण्ड’को सूचीमा ताइवान समावेश छ।
फर्स्ट चेन आइल्याण्ड टापुहरूको समूह हो जसमा ताइवान, ओकिनावा र फिलिपिन्स समावेश छन्। चीनले यी टापुहरूलाई आफ्नो रक्षाको पहिलो लाइनको रूपमा हेर्छ। चीनको रणनीति अमेरिकालाई फर्स्ट आइल्याण्ड चेन, पूर्वी र दक्षिण चीन सागरबाट बाहिर निकाल्ने हो।
पश्चिमी विज्ञहरू विश्वास गर्छन् कि यदि चीनले ताइवान कब्जा गर्छ भने, यो पश्चिमी प्रशान्त महासागर क्षेत्रमा आफ्नो प्रभुत्व देखाउन स्वतन्त्र हुनेछ, जसले गुआम र हवाई जस्ता अमेरिकी सैन्य अड्डाहरूलाई खतरा उत्पन्न हुनेश ।
ताइवान र चीनबीचको वर्तमान द्वन्द्व दोस्रो विश्वयुद्धपछि सुरु भएको हो । वास्तवमा त्यसबेला चीनमा राष्ट्रवादी सरकार र चिनियाँ कम्युनिष्ट पार्टीबीच गृहयुद्ध सुरु भएको थियो।
१९४९ मा, कम्युनिष्टहरूले जिते र तिनीहरूका नेता माओ त्सेतुङले मुख्य भूमि चीनको राजधानी बेइजिङलाई आफ्नो नियन्त्रणमा लिए। पराजय पछि, राष्ट्रवादी पार्टी कुओमिन्ताङका नेताहरू ताइवान भागे। त्यसबेलादेखि कुओमिन्ताङ ताइवानको सबैभन्दा प्रभावशाली राजनीतिक दल भएको छ र ताइवानमा अधिकांश समय यस पार्टीले शासन गरेको छ।
हाल १४ देशले मात्रै ताइवानलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा मान्यता दिएका छन्। ताइवानको समर्थनका बाबजुद अमेरिका आफैंले यसलाई स्वतन्त्र राष्ट्र मान्दैन। चीनले ताइवानलाई मान्यता नदिन अन्य देशलाई कूटनीतिक दबाब दिइरहेको छ।
हाल चीन र ताइवानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण छ र ताइवानका रक्षामन्त्रीले चीनसँगको सम्बन्ध ४० वर्षयताकै सबैभन्दा खराब अवस्थामा पुगेको बताएका छन् । हालको चीन-ताइवान विवाद गत वर्ष अक्टोबर १ मा चीनको स्थापना दिवसको सम्झनामा सुरु भएको थियो, जब १०० भन्दा बढी चिनियाँ जेटहरूले ताइवानको वायु रक्षा क्षेत्रको उल्लंघन गरे।
चीनको यो कदमपछि मात्रै विश्वमा उसले जबर्जस्ती ताइवानमाथि कब्जा गर्न लागेको चर्चा सुरु भएको थियो । फेब्रुअरीमा युक्रेनमा रुसको आक्रमण र चीनद्वारा रुसको समर्थनले ताइवानमाथि आक्रमणको डर मात्र थपेको छ।
ताइवान फोनदेखि ल्यापटप र घडीदेखि मोबाइल गेमसम्म दैनिक इलेक्ट्रोनिक उपकरणहरूमा प्रयोग हुने सेमी कन्डक्टर चिपहरूको सबैभन्दा ठूलो बजार हो। एउटै ताइवानी कम्पनी – ताइवान सेमीकन्डक्टर उत्पादन कम्पनी वा टीएसएमसीले विश्वको आधाभन्दा बढी सेमीकन्डक्टर चिपहरू उत्पादन गर्दछ।
यदि ताइवानले कब्जा गर्यो भने चीनले त्यहाँ रहेको विश्वको सबैभन्दा महत्त्वपूर्ण उद्योगहरूमा प्रभुत्व जमाउन सक्छ। अर्थात् ताइवानमाथि आक्रमण गर्ने उनको योजनाको एउटा कारण यो पनि हो ।
|
दिपक पासवानको हत्याको आरोपित दुई जना पक्राउ बारा । बाराको जितपुरसिमरा २० निवासी दिपक पासवानको हत्याको आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा दिपक पासवानको शव प्रहरीले जेठ ६ गते बरामद गरेको थियो ।
स्थानीय राजबंशी पासवानको छोरा वर्ष २५ को दिपक पासवान लाई कर्तव्य गरी मारेको अवस्थामा मृतक लास फेला परेको बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
बारा प्रहरीले गरेको अनुसन्धानबाट जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा टोल बस्ने शेख मीर हसनको छोरा वर्ष २० को शेख नवि आलम र सोहि ठाउँ बस्ने शेख जैनुलको छोरा वर्ष २१ को शेख सलिम समेत मिली मृतक दिपक पासवानको घाटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा)ले प्रहर गरी निर्ममतापुर्वक घाटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अपराधबाट बच्नको लागि मृतक लासलाई कठोह खोला छेउमा रहेको बालुवामा पुरी वारदात पश्चात गाउँघर छाडी भागी फरार भएको र उनिलाई खोजतलासको क्रममा जेठ ८ गते पक्राउ गरिएको हो ।
पक्राउ परेको दुबै जना माथी ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ दिनको म्याद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराको प्रहरीले जनाएको छ ।
|
अमेरिका, अस्ट्रेलिया, भारत र जापानको ‘क्वाड’ सम्मेलन ठिक अगाडि चीनको ठूलो भविष्यवाणी काठमाडौं । जापानको राजधानी टोकियोमा हुने क्वाड सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार जापान पुगेका छन् । उनी बाहेक यस संस्थाका अन्य तीन देश अमेरिका, अष्ट्रेलिया र जापानका राष्ट्र प्रमुखहरु पनि बैठकमा सहभागी हुनेछन् ।
इन्डो–प्यासिफिक क्षेत्रमा चीनको वर्चस्व घटाउन चार देशको यो संगठन गठन गरिएको मानिन्छ । यो संगठन गठन भएदेखि नै इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभावलाई कम गर्न सक्ने खालका सम्झौताहरू निरन्तर भइरहेका छन् ।
चीनले सँधै क्वाडको बारेमा बोल्दै आएको छ र यसलाई आफ्नो विरुद्धको षड्यन्त्र भनेको छ। चीनले फेरि एकपटक क्वाडको बारेमा बयान दिँदै यो संगठन असफल हुने बताएको छ।
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले आइतबार चीन भ्रमणमा रहेका चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।
ग्वाङ्झाउमा भएको यस बैठकपछिको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीलाई क्वाड शिखर सम्मेलनबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले भने ‘अमेरिकाको इन्डो-प्यासिफिक क्षेत्र रणनीति असफल हुन बाध्य छ र बेइजिङलाई सीमित गर्नका लागि अमेरिकाले यसलाई द्रुत रूपमा विस्तार गर्दैछ।’
उनले अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई एसिया–प्रशान्त क्षेत्रको उपस्थिति मेटाउने प्रयास भएको र यसले क्षेत्रीय सहयोगको ढाँचालाई नकार्ने र दशकौंदेखि यस क्षेत्रका सबै देशले शान्तिपूर्ण विकासको गति लिएकोमा त्यसमा नकारात्मक प्रभाव पार्ने बताए ।
वाङले भने, “यस रणनीतिको सार भनेको विभाजन सिर्जना गर्नु, द्वन्द्व भड्काउनु र शान्तिलाई कमजोर बनाउनु हो। यो जस्तोसुकै बनोस् वा देखियोस्, यो असफल हुनको लागि सेट गरिएको छ।”
उनले ‘इन्डो–प्यासिफिक रणनीति’ ले अन्तर्राष्ट्रिय समुदायका लागि विशेषगरी एसिया–प्रशान्त क्षेत्रमा थप सतर्कता र चासो सिर्जना गरिरहेको बताए । चीनले यस क्षेत्रलाई एसिया–प्रशान्त क्षेत्र भनेको छ र यो इन्डो–प्यासिफिक रणनीतिक अवधारणाको विरुद्धमा रहेको बताएको छ ।
अमेरिकाको यो रणनीतिले डोनाल्ड ट्रम्पको कार्यकालमा प्रमुखता पाएको थियो र जो बाइडेनको कार्यकालमा विस्तार गरिएको थियो। चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो वक्तव्यमा नेटो र शीतयुद्धको पनि उल्लेख गरेका छन् ।
उनले एसिया प्रशान्त क्षेत्रलाई भूराजनीतिक नभई शान्तिपूर्ण विकासको ठाउँ बन्ने भन्दै एसिया प्यासिफिकलाई ब्लक बनाएर नेटो वा शीतयुद्ध कहिल्यै सफल नहुने बताए ।
मुक्त र स्वतन्त्र इन्डो-प्यासिफिक क्षेत्र क्वाड संगठनको उद्देश्य मध्ये एक हो, जसले अमेरिका, जापान, भारत र अष्ट्रेलियालाई एउटै प्लेटफर्ममा ल्याउँछ । जबकि बेइजिङले यसलाई ‘एशियन नेटो’ भन्दै यसको उद्देश्य भनेको चीनको उदय रोक्नु भएको बताईसकेको छ ।
अमेरिका, भारत र धेरै विश्व शक्तिहरूले स्रोत सम्पन्न क्षेत्रमा चीनको बढ्दो सैन्य अभ्यासपछि खुला इन्डो-प्यासिफिकको वकालत गर्दै आएका छन्। चीनले विवादित साउथ चाइना सीको सम्पूर्ण भाग दाबी गर्दै आएको छ भने ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले यसको केही भाग दाबी गर्छन्।
बेइजिङले दक्षिण चीन सागरमा कृत्रिम टापु र सैन्य प्रतिष्ठानहरू स्थापना गरेको छ। पूर्वी चीन सागरमा पनि जापानसँग चीनको क्षेत्रीय विवाद छ। वाङले यस क्षेत्रका जनताले एसियामा पुरानो शीतयुद्धको परिदृष्य कहिल्यै नदोहोरियोस् र विश्वमा जुन अशान्ति र युद्ध भइरहेको छ त्यो यस क्षेत्रमा कहिल्यै नदोहोरियोस् भनी अमेरिकालाई बताउनुपर्ने बताए ।
|
एशियन अमेरिकी भेलामा बौद्ध हुँदै अमेरिका आएर मेयर बनेको कथा वासिंगटन डिसी। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस प्रमुख अतिथि रहेको एउटा भव्य कार्यक्रममा चीनको तिब्बतबाट शरणार्थी हुँदै नेपालको बौद्धमा आइपुगेको संघर्षको कथा प्रस्तुत गरिएको छ।
मे बीस शुक्रबार वासिंगटन डिसीको जोन अफ क्यानेडी सेन्टरमा एशियन अमेरिकनहरुको एउटा भव्य भेलामा अफ्ताव पुरेभलले आफू शरणार्थी बनेर तिब्बतमा नेपाल आउंदाको अवस्था, नेपालमा शरणार्थी हुँदा र नेपालबाट अमेरिका आइपुगेर पनि शरणार्थी हुँदै अमेरिकाको ओहायो राज्यको एउटा ठूला शहर सिनसिनाटीको मेयर निर्वाचित भएको विवरण सुनाएका थिए ।
उनले तिब्बतबाट नेपालको बौद्धमा शरणार्थीका रुपमा केही समय बसेको र त्यसपछि भारत हुँदै अमेरिका आएको बताएका थिए र जहाँबाट जसरी आएपनि अमेरिकामा समान अधिकार एवं हैसियतमा कडा मेहनत गर्दै सिनसिनाटी शहरका जनताको मन जित्न सफल भई मेयर बनेको विवरण बताएर अरुको हौसला बढाएका थिए ।
एशियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डर(एएपीआई) ले विजय उत्सव तथा अर्को पुस्ताका नेताहरुको परिचयका लागि आयोजना गरेको सो कार्यक्रममा अमेरिकी उपराष्टपति ह्यारिसले राष्टिय एकतामा जोड दिइन्।
उनले भनिन्, ‘मलाई थाहा छ, हामी सबै मिलेर भविष्य निर्माण गर्न सक्छौं, त्यसैले हामी आफ्नो कामलाई निरन्तरता दिऔं, हामीले जे गरिरहेका छौं त्यसले फरक पारिरहेको छ भन्ने कुरामा विश्वस्त होऔं।’ उनले अगाडि भनिन् , ‘अमेरिमा जसले उपलब्धी हासिल गरेका छन् उनीहरुले कडा मेहनत गरेका छन्, हामीले असल नियतका साथमा मिलेर मेहनत गर्नु पर्छ।’
कार्यक्रममा अध्यक्ष शेखर नरसिंहनले एशियन अमेरिकन समुदायले विविधताले युक्त भएको र अमेरिकाको मतदाताका रुपमा पनि निकै तीब्र गतिमा बढिरहेको बताउँदै यो समुदायले मतदानका समयमा उल्लेख्य उपस्थिति देखाउनु जरुरी भएको बताए।
कार्यक्रमका सह अध्यक्ष नेपाली मुलमा अमेरिकी हरि शर्माले एशियन अमेरिकी समुदायसँग यहाँको निर्वाचनमा उम्मेद्वारलाई विजयी बनाउने गरिको शक्ति भएको उल्लेख गर्दै साझा उद्देश्य हासिल गर्न एएपीआईले सामुहिकरुपमा कार्य गर्नुपर्ने बताएका थिए।
उनले सिनसिनाटीका मेयरले तिब्बतबाट काठमाडौंको बौद्ध आएको र शरणार्थीका रुपमा नेपाल बसी अमेरिकासम्म आएर यहाँको राजनीतिमा उल्लेख्य संघर्ष गर्दै निर्वाचित मेयर बन्न सफल भएकोमा उनको संघर्षको प्रसंसा गर्दै वधाइ ज्ञापन गरेका थिए ।
कार्यक्रममा नेपाली मुलका चर्चित फेशन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेका उपराष्ट्रपति कमला ह्यारिसले लगाएका लुगाबारे पनि केही बेर चर्चा भएको थियो।
कार्यक्रममा न्यूजर्सीका कंग्रेसम्यान एण्डी किम, बोष्टन शहरका मेयर मिचेल वु, फिल्म प्रड्युसर एवं अभिनेता ड्यानियल किम,एम्मी अवार्ड विजेता जेन्नी जेन्किन्स, हास्य कलाकार अभिनेता,आसिफ माण्डवी, अवार्ड विजेता फेसन डिजाइनर फिलिप लिम, संगीतकार जापानिज ब्रेकफाष्ट, अभिनेतृ टमिटा, पुलित्जर प्राइज विजेता पत्रकार जोस एन्टोनियो भर्गस, लेखक एवं पत्रकार मिन ली, गायक तथा अभिनेतृ क्राभाल्होलगायतको सहभागिता थियो।
|
कामपा-२७ मा कांग्रेसका खड्गी विजयी काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय भएका छन् । खड्गी नेकपा (एमाले) का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन्।
खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गरेका हुन् । त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी भएका छन्।
महिला सदस्यतर्फ कांगे्रसकै सृष्टी कंसाकार विजय भएका छन्। । दलित महिला सदस्यमा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिएकी प्रभा परियार यसअघि नै निर्विरोध निर्र्वाचित भएका छन्। वडा नं २७ सँगै कामपाका अन्य तीन वडामा पनि दलित महिला सदस्य निर्विरोध रुपमा चयन भइसकेका छन् ।
हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ । कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ ।
|
रुसले युक्रेनको मारिउपोललाई पूर्ण रूपमा कब्जा गर्यो काठमाडौं । रुसले महिनौंको लडाइँपछि युक्रेनको तटीय सहर मारियुपोल कब्जा गरेको घोषणा गरेको छ । युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि रूसी अधिकारीहरूले मारियुपोल कब्जाको लागि अन्तिम युद्ध शहरको अजोभस्टल स्टिल प्लान्टमा चलिरहेको बताए।
महिनौंदेखि युक्रेनी सेनाले यस प्लान्टमाथिको रुसी कब्जालाई रोक्न लडिरहेको थियो। शुक्रबार आत्मसमर्पण गरेपछि मारियुपोलको नियन्त्रण रसियामा गएको छ । रुसको रक्षा मन्त्रालयले ५३१ युक्रेनी सैनिकले प्लान्ट छोडेको जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसको घोषणाको पुष्टि गरेका छन् । प्लान्टका अन्तिम सुरक्षाकर्मीलाई पनि जान अनुमति दिइएको उनले बताए ।
उनले शुक्रबार युक्रेनी टिभी च्यानलमा भने, “केटाहरूले सैन्य कमाण्डबाट स्पष्ट संकेत पाएका छन् कि उनीहरूले आफ्नो जीवन सुरक्षित गर्न सक्छन्।”
अजोभस्टल स्टिल प्लान्ट पूर्ण रूपमा केही हप्ताका लागि बन्द गरिएको थियो। रुसी सेनाले मानवीय सहायतालाई त्यहाँ पुग्न रोकेको थियो । यो ठाउँमा हवाई आक्रमण पनि भइरहेको छ । रुसी सेनाले युक्रेनी सुरक्षा बललाई हतियार त्याग्न आग्रह गरेको थियो ।
यस प्लान्टमा सर्वसाधारण पनि फसेका छन् । संयुक्त राष्ट्र संघ र रेडक्रसबीचको वार्तापछि उनलाई यसै महिनाको सुरुमा बाहिर निकालिएको थियो।
रुस र युक्रेनबीच यस वर्षको फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो ।
|
कविलासी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी सर्लाही । कविलासी नगरपालिकामा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । कविलासी नगरपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार ब्रम्हदेव राय निकटतम प्रतिस्पर्धी जनता समाजवादीका राम नरेश रायलाई १७८१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । ब्रम्हदेवले कुल ६४४४ प्राप्त गरे । निकटतम रहेका जसपाका राम नरेशले ४६६३ मत मात्र प्राप्त गरे ।
नगरको उपमेयर पदमा समेत कांग्रेसकी उम्मेदवार पुनम कर्ण विजयी भएकी छन् । कर्णले निकटतम प्रतिस्पर्धी जनता समाजवादीकी उम्मेदवार एवं निवर्तमान उपमेयर राधा देवीलाई १९९१ मत अन्तरले पराजित गरेकी हुन् । कर्णले कुल ६९०७ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी देवीले ४९१६ मतमात्र पाइन् ।
पालिकाका निवर्तमान मेयर कौशलकिशोर राय ३५१८ मतसहित तेस्रो स्थानमा पुगेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट विजयी भएका यादवले एमालेबाट उम्मेदवारी दिएका थिए । निर्वाचनको मुखमा आएर पार्टी बदलेका उनलाई पनि जनताले नरुचाएका स्थानीयको भनाइ छ ।
कविलासी नगरपालिकाको वडाध्यक्षतर्फ १ नम्बरमा कांग्रेसका दिपलाल राय यादव, २ मा एकीकृत समाजवादीका रामपुकार मण्डल, ३ मा एमालेका रामविश्वास राय, ४ मा जसपाका गिरधारी राय, ५ मा कांग्रेसका सुरेन्द्र राय, ६ मा कांग्रेसका पुरुषोतम राय, ७ मा कांग्रेसका धरवेन्द्र राय यादव, ७ मा कांग्रेसका वीरेन्द्रप्रसाद साह, ९ मा कांग्रेसका रामदिनेश राय र १० मा कांग्रेसका विनोदकुमार महतो विजयी भएका हुन् ।
|
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी चितवन। रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित भएका हुन्। सापकोटाले निवर्तमान उपमेयर समेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरेका हुन् । सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरिन्।
उपमेयरमा भने एमालेका यादव पाठक ११ सय ६० मतान्तरले निर्वाचित भए। पाठकले १३ हजार ५१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत ल्याए।
रत्ननगर नगरपालिकाका १६ वडामध्ये कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले एक/एक वडा जितेका छन्। स्वतन्त्र उम्मेदवारले एमाले र समाजवादीका उमेदवारलाई पराजित गरेका हुन्।
वडागत नतिजा यस्तो छ
रत्ननगर नगरपालिका–१ मा कांग्रेसको प्यानल नै निर्वाचित भयो। वडा अध्यक्षमा कुलप्रसाद सापकोटा निर्वाचित भए। सापकोटाले ९१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शालीग्राम पराजुलीले ६८६ मत ल्याए। यस वडामा माओवादी र एकीकृत समाजवादीले पनि उम्मेदवारी दिएको थियो।
रत्ननगर–२ मा पनि कांग्रेसको प्यानल नै विजयी भयो। वडा अध्यक्षमा राजेन्द्र प्रसाद घिमिरेले ९२९ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका कृष्णप्रसाद डोटेलले ६६० मत मात्रै प्राप्त गरे। अध्यक्षमा उम्मेदवारी दिएका माओवादी र समाजवादीका उम्मेदवार पनि पराजित भए।
रत्ननगर–३ को अध्यक्षमा कांग्रेसका सोहेन्द्र राज खरेलले १५ सय ८९ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका गुप्तनाथ भट्टराईले ७८२ मत मात्र प्राप्त गरे।
रत्ननगर–४ को अध्यक्षमा कांग्रेसका रामकुमार चौधरीको प्यानल नै विजयी भएको छ। चौधरीले ९९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका रविन्द्र चौधरीले ५५१ मत मात्रै प्राप्त गरे।
रत्ननगर–५ को अध्यक्षमा कांग्रेसका बालकृष्ण चापागाईं ११ सय २६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण महतोले ९९८ मत मात्रै प्राप्त गरे।
रत्ननगर–६ को अध्यक्षमा कांग्रेसका किरण महतो एक हजार १६ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका लोकराज भुसालले ४११ मत ल्याए भने माओवादीका टिकारम खनालले २१६ र समाजवादीका गोकर्ण गिरीले २०२ मत ल्याए।
रत्ननगर–७ मा एमालेको प्यानल नै विजयी भयो। वडा अध्यक्षमा एमालेका सजना महतो ११ सय ५९ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका लालबहादुर भट्टले ८२९ मत मात्रै प्राप्त गरे।
रत्ननगर–८ को अध्यक्षमा कांग्रेसका कृष्ण चौधरी ११ सय ७१ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेकी गोकर्ण कुमारी महतोले ६५२ मत मात्र प्राप्त गरिन्।
रत्ननगर–९ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार अनन्त अधिकारीले एक हजार पाँच मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका घपन बहादुर तमाङले ७७८ र समाजवादीकी सरस्वती लामाले ५७६ मत ल्याइन्।
रत्ननगर–१० को अध्यक्षमा कांग्रेसकी कलाधर पौडेल १६ सय ३२ मत ल्याएर विजयी भइन्। एमालेका सन्देश पाठकले ९०४ मत मात्र प्राप्त गरे। रत्ननगर–११ को अध्यक्षमा एमालेका श्यामकुमार श्रेष्ठ ९२६ मत ल्याएर विजयी भए । कांग्रेसका दिलीपचन्द्र घिमिरेले ८५५ मत ल्याए।
रत्ननगर–१२ को अध्यक्षमा माओवादी केन्द्रका सुन्दरमणि सुवेदी ११ सय ८४ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसकी अनिता अर्याल लामिछानेले ९४८ र एमालेका रामशरण नेपालले ५७७ मत ल्याए।
रत्ननगर–१३ को अध्यक्षमा एमालेका पोटबहादुर घिमिरे १२ सय ७२ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका ईश्वरप्रसाद खनालले एक हजार १८ मत मात्र प्राप्त गरे।
रत्ननगर–१४ को अध्यक्षमा कांग्रेसका होमनाथ रानाभाट एक हजार ५५ मत ल्याएर विजयी भए भने निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका हरिकुमार श्रेष्ठले ९२९ मत मात्रै प्राप्त गरे।
रत्ननगर–१५ को अध्यक्षमा एमालेका आशिक तमाङ १४ सय ७८ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका दण्डपाणी लामिछानेले ९९० मत मात्रै प्राप्त गरे।
रत्ननगर–१६ को अध्यक्षमा एमालेका हेमराज थापा ९२७ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भए । निकटतम प्रतिस्पर्धी बद्रीप्रसाद अर्यालले ७८२ मत ल्याए।
|
खजाना खोजिरहेको टोलीले भेट्टायो ४ हजार किलो सुन, यसको मूल्य ३० अर्ब रूपैयाँ काठमाडौं । खजानाको खोजीमा जुटेको एक टोलीले हिटलरको समयको ठूलो खजाना फेला पारेको दाबी गरेको छ । खोज टोलीका अनुसार हिटलरको अर्धसैनिक बलले वेश्यालयको रूपमा प्रयोग गरेको दरबारमुनि लुटिएको सुन र बहुमूल्य वस्तुहरूको भण्डार फेला परेको छ।
एउटा खजाना खोजी टोलीले दक्षिणी पोल्याण्डको मिन्कोव्स्की गाउँमा जमिनमुनि १० फिट मुनि गाडिएको रहस्यमय धातुको क्यानस्टर फेला पारेको डेली मेट्रोको रिपोरटमा उल्लेख छ । यो खजाना पत्ता लागेपछि यसमा ‘गोल्ड अफ ब्रेस्लाउ’ पनि संलग्न हुन सक्ने अनुमान गरिएको छ । क्यानिस्टरको लम्बाइ ४.५ फिट र यसको व्यास ४५ सेमी छ। यस ठाउँबाट ४ टन सुन भेटिने अनुमान गरिएको छ ।
चौथो विश्वयुद्धको अन्त्यमा आफ्नो वर्चस्व स्थापित गर्न सुत्जस्टाफ्ले प्रमुख हेनरिक हिमलरको आदेशमा लुटिएको मानिन्छ। खजानामा यस क्षेत्रमा बसोबास गर्ने धनी जर्मनहरूका गहना र बहुमूल्य वस्तुहरू समावेश हुने अपेक्षा गरिएको छ।
प्रथम विश्वयुद्धको दौरान नाजी सेनाले रुसी सेनाको प्रगति रोक्नको लागि खजाना जफत गरेको थियो । यो खोज सिलेसियन ब्रिज फाउन्डेसनका अन्वेषक रोमन फर्मानिक र उनको टोलीले गरेको हो। एक वर्षदेखि घटनास्थलको खोजी गरिरहेको टोलीले गोप्य कागजपत्र, नक्सा र डायरी प्राप्त गरेपछि गोप्य स्थान पत्ता लगाउन सफल भएको हो ।
मिडिया रिपोर्टका अनुसार सिलेसियन ब्रिज फाउन्डेसनले अब जमिनबाट क्यानिस्टर हटाउन अनुमति पर्खिरहेको छ। जमिनबाट क्यानिस्टर उठाउनु अघि, पोलिश सेनाले यो सुनिश्चित गर्नेछ कि यो क्यानिस्टर छुन सुरक्षित छ जुन पूरा हुन महिनौं लाग्न सक्छ।
|
दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो काठमाडौं । निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ ।
शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।
|
काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा काठमाडौं।ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ ।
उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् ।काठमाण्डौ उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।
अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।
|
स्याङ्जाको वालिङमा जीप दुर्घटना, मानवीय क्षति भएकाे आशंका काठमाडौं। स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी मानवीय क्षति भएको छ ।
घटनाकाे विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो। सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो । दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर वालिङमा रहेका स्वास्थ्य संस्थाहरूमा ल्याइँदै गरिएको खनालले बताए।
|
कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान? काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएकोे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।
विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले कामपा वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका वालेन्द्र साह (वालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने बताइएको छ । शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कामपाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।
त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएको सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने बताइन् ।
|
अष्ट्रेलियामा बुद्ध जन्मस्थलसम्बन्धि दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित अष्ट्रेलिया । अष्ट्रेलियाको बेन्डिगोमा निर्माणाधिन विश्वकै ठूलो बौद्ध स्तुपामा बुद्ध भारतमा जन्मिएको भनी उल्लेख गरिएको गलत सन्देश हटाइएको छ । लुम्बिनि -कपिलबस्तु विश्वब्यापी अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको आग्रहमा उक्त गलत संदेश सच्याइएको हो ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा २६४६ बौद्ध जयन्तीको अबसरमा आफ्नी दिवंगत छोरीको सम्झनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्धारा दिप प्रज्वलन गरि विश्व शान्तीको कामना गर्ने कार्यक्रममा सो बौद्ध स्तुपामा रहेको गलत सन्देश हटाएकोमा स्तुपाका निर्देशक इयान ग्रिनलाई खादा र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
निर्माण प्रक्रिया चलिरहेको सो स्तुपामा साढे दुई मिटर अग्लो विश्वकै ठूलो रत्नसहित बुद्धको मुर्ती राखिएको छ । निर्माण कार्य सम्पन्न भइसकेपछि पश्चिमकै सबैभन्दा ठूलो बुद्ध स्मारक हुने अपेक्षा गरिएको छ । निर्माण कार्य चलिरहेको समयमा समेत दैनिक जसो सातसयको हाराहारीमा दर्र्शनाभिलाषीहरु सो बौद्ध स्तुपामा आउने गरेका छन् ।स्तुपा परिसरमा गणेशको मन्दिरको समेत निर्माण भएकाले अब बेन्डिगोबाट हिन्दु मन्दिरको लागि मेलबर्न जाने समस्या हट्ने भएको छ ।
सो कार्यक्रममा प्रो एलिजावेथ ह्यारिस, पा्रे जियाफी्र हन्ट, डा.पौल इनग्राम,डा.महिन्द्रा डिगाले,डा.किशोर बैद्य र प्रो हिसाओ इनागाकीद्धारा संयुक्तरुपमा लिखित जिज्ञासुका लागि बौद्ध अध्ययनः किन बौद्ध अध्ययन अध्ययन गर्ने(buddhist studies for the curious ःwhy study buddhist studies ) नामक पुस्तक समेत बिमोचन गरिएको थियो ।
प्रियंका प्रधानले सन्चालन गरेको कार्यक्रममा टाढाबाट आएका असी जना बिदेशीसहितका सहभागीता रहेकाे थियाे । कार्यक्रममा उपस्थित सबैले दिलमाया श्रेष्ठ(कान्छी)काे हातबाट टिका ग्रहण गरेका थिए ।
|
दक्षिण कोरियाको नयाँ सरकार र उत्तर कोरियाली शासक किम जोङ उनबीच टकरावको डर काठमाडौं । कोरियाली प्रायद्वीपको बदलिएको अवस्थामा उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो हतियारलाई नयाँ धार दिन थालेका छन् । उनको कट्टर प्रतिद्वन्द्वी देश दक्षिण कोरियामा कडा कदम चाल्ने वाचा गरेका युन सुक-योलले मंगलबार पदभार ग्रहण गर्दैछन्।
दुई देशबीच वर्षौंदेखिको तनाव कम भएको र आणविक हतियारसम्बन्धी वार्ता असफल भएपछि यस क्षेत्रको वातावरण फेरि तात्न थालेको छ ।
दक्षिण कोरियाको राजधानी सियोलको ककटेल बारमा बसेकी जेनले देश छोड्ने योजना तयार गर्दैछिन्। उनले उत्तर कोरियाले आफ्नो देशमा आक्रमण गरेमा के गर्ने भन्ने थाहा भएको बताएकी छिन् । उनका अनुसार आक्रमण भए दुईवटा मोटरसाइकल लिएर सियोल नदी पार गर्नेछिन् ।
उनी एउटा बाइकमा र दाजु अर्कोमा बस्ने बताइन् । दुवैको पछाडि आमाबुवा बस्नेछन् । उत्तर कोरियाको क्षेप्यास्त्रले पुलहरू ध्वस्त पार्नु अघि उनीहरू बन्दरगाहमा पुग्न नदी पार गर्नेछन्। एक दिन दाजुसँग बसेर त्यहाँबाट जाने योजना बनाएकी थिइन् ।
पाँच वर्षअघि उत्तर कोरियाले एकपछि अर्को गर्दै अमेरिकालाई निशाना बनाउन सक्ने मिसाइलको शृङ्खलाबद्ध परीक्षण गरिरहेको थियो ।
उसले ती क्षेप्यास्त्रबाट अमेरिकालाई बम प्रहार गर्न सक्ने बताएको थियो । तर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ती क्षेप्यास्त्र परीक्षणका बारेमा कडा चेतावनी दिँदै गम्भीर परिणाम भोग्न तयार रहन भनेका थिए ।
जेन स्वीकार्छिन् कि उनी अरू भन्दा बढी चिन्तित थिइन्। तर, दक्षिण कोरियाका धेरैजसो मानिसले करिब ७० वर्षअघि दुई देशबीच भएको युद्धदेखि नै उनीहरू युद्धको खतरासँग लडिरहेका छन् भन्ने विश्वास गर्छन्।
उत्तर कोरिया र अमेरिकाबीच विवाद चलिरहेको थियो कि तत्कालीन दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जे–इनले डोनाल्ड ट्रम्पलाई किम जोङ उनसँग भेट्न सहमत गराए । र त्यसपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेट गरे।
त्यसपछि दुई नेताबीच पटक–पटक वार्ता भएको थियो । यसले उत्तर कोरियाले आणविक हतियार त्याग्न सहमत हुन सक्ने र यसले कोरियाली प्रायद्वीपमा शान्ति पुनर्स्थापित गर्ने आशा जगाएको थियो।
त्यसपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका थिए । त्यहाँ मानिसहरुले खचाखच भरिएको स्टेडियममा आफ्ना विपक्षी नेता किम जोङ उनको हात समातेर जनताको अगाडि आएका थिए ।
तत्कालिन राष्ट्रपतिका सल्लाहकार प्रो मुन चुङले उक्त घटनालाई स्मरण गर्दै भनेअनुसार त्यहाँ उपस्थित मानिसले के भइरहेको थियो भन्ने कुरा बुझेका थिएनन् । उनीहरूलाई भनिएको थियो कि यो मान्छे उनीहरूको शत्रु हो र अब त्यही व्यक्ति उनीहरुको जमिनमा उभिएर शान्ति प्रस्ताव गर्दैछ।
अचानक त्यहाँ उपस्थित करिब १.५ लाख दर्शकले चर्को स्वरमा हर्षोल्लास गरे । प्रोफेसर चुङ इन भन्छन्, ‘यो एकदमै रमाइलो दृश्य थियो। त्यो दृश्य मेरो लागि निकै प्रेरणादायी थियो ।’
तर राष्ट्रपति मुन जे-इनले पदबाट हटेपछि ती आशाहरू चकनाचुर भएका छन्। सन् २०१९ मा अमेरिका र उत्तर कोरियाबीचको आणविक सम्झौता तोडिएसँगै दुई कोरियाबीचको वार्ता पनि टुट्यो । र त्यसपछि वार्ता रोकियो।
यसैबीच उत्तर कोरियाले आफ्नो सामूहिक विनाशकारी हतियारको विकासमा व्यस्त रहँदा त्यसले ती देशहरूको धैर्यताको पुन: परीक्षा सुरु गरेको छ । यसअघि कोरोना महामारी र युक्रेन युद्धका कारण विश्वको नजर कोरियाली प्रायद्वीपबाट हटेको थियो ।
सरकार असफल भयो कि भनी सोध्दा प्राध्यापक मुन चुङ-इनले स्वीकार गरेनन् । उनी आफूलाई त्यस्तो लाग्दैन भन्छन् । उनले दुई देशबीचको सम्बन्धको इतिहास हेर्दा विगत पाँच वर्षदेखि मुन सरकारले शान्ति कायम गरेको बताए । सरकारले वार्ताको टेबुलमा उत्तर कोरियाले के-के प्रोत्साहन पाउन सक्छ भन्ने पनि देखाएको छ।
प्रो मुन विश्वास गर्छन् कि समस्या भनेको उत्तर कोरियाका वार्ताकारहरू खाली हात फर्कनु हो, जुन उनीहरूको शासनको लागि ठूलो अपमानजनक र दण्डनीय अपराध थियो।
राष्ट्रपति मुनले उत्तर कोरियालाई वार्ताको टेबुलमा फर्काउन हरसम्भव प्रयास गरे तर त्यसो गर्दा उनीमाथि त्यहाँको तानाशाही शासकलाई खुसी पार्न खोजेको आरोप लागेको थियो।
सियोलस्थित आफ्नो कार्यालयबाट हन्ना सङ भन्छिन्, ‘जब मैले तस्विरमा उनीहरूलाई एकअर्काको हात समाएर हाँसेको देखेँ, तब मेरो शरीर सिरिङ्ग हुन थाल्यो।’
उनको संस्था ‘डेटाबेस सेन्टर फर नर्थ कोरियन ह्युमन राइट्स’ ले विगत दुई दशकदेखि उत्तर कोरियामा भएका मानवअधिकार उल्लङ्घनका घटनाहरू ट्र्याक गर्दै आएको छ।
उनले किम जोङ उनले मानवअधिकारलाई पटक्कै महत्व नदिने बताइन् । उनी भन्छिन् कि राष्ट्रपति मुनले उत्तर कोरियाका नेतालाई असहज महसुस नगराउन धेरै प्रयास गरे।
हन्ना सोङको संस्थाले उत्तर कोरियाबाट आएका आप्रवासीहरूको हानवनको पुनर्वास केन्द्रमा अन्तर्वार्ता लिएको थियो। दक्षिण कोरिया आएपछि मानिसहरु पहिलो तीन महिना त्यही ठाउँमा बस्छन्। मानवअधिकार उल्लङ्घनका अभिलेखहरू तयार गर्न उनीहरूको भनाइले महत्त्वपूर्ण भूमिका खेल्छ।
तर, दुई वर्षअघि दक्षिण कोरिया सरकारले उनलाई यो केन्द्रमा आउन रोक लगाएको थियो । त्यसपछि उनले आप्रवासीहरूबाट उत्तर कोरियाको अनुभवबारे सार्वजनिक रूपमा नबोल्न दबाब दिइरहेको सुनिन्।
भागेका मानिसहरूलाई सहयोग गर्ने प्रहरीहरूले उनलाई फोन गरेर भने, “के तपाइँ पक्का हुनुहुन्छ कि यो गर्नु बुद्धिमानी हो?”
हन्नाले बेपत्ता व्यक्तिहरूको बारेमा सरकारको जानकारीलाई चुनौती दिने प्रयास गरिन्। “युक्रेनमा के भइरहेको छ त्यो डरलाग्दो छ, तर कम्तिमा हामीलाई थाहा छ,” उनी भन्छिन्।
उत्तर कोरियाको वर्तमान अवस्थाको बारेमा धेरै कम जानकारी छ। कोरोना महामारीका बेला सीमा नाका बन्द भएकाले यसबारे जानकारी आउन सकेको छैन । यो स्पष्ट छ कि सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको बावजूद, किम जोङ-उनले परमाणु हतियारको विकास जारी राखेका छन्।
उत्तर कोरियाको हतियार पहिलेको भन्दा धेरै उन्नत र खतरनाक बन्दै गएको छ। यस वर्ष मार्चमा, उत्तर कोरियाले २०१८ शिखर सम्मेलन पछि पहिलो पटक आफ्नो अन्तर-ब्यालिस्टिक मिसाइल परीक्षण गर्यो। यसको फायरपावर पहिले भन्दा धेरै थियो।
तर, अहिले नेताहरुको हात मिलाउने क्रम रोकिएको छ । दक्षिण कोरियाका नयाँ नेताले वार्ताका सम्बन्धमा निकै कडा अडान राखेका छन् । पेशाले वकिल युन सुक योलसँग राजनीतिक अनुभव छैन।
भर्खरैको एक अन्तर्वार्तामा, उनले उत्तर कोरियालाई आफ्नो “मुख्य शत्रु” भनेर वर्णन गरे र कडा दृष्टिकोण अपनाउने वाचा गरे।
आणविक निशस्त्रीकरणमा गम्भीर देखिएमा मात्रै छिमेकीसँग कुरा गर्ने उनले बताए । तर, अधिकांश विज्ञहरू उत्तर कोरियाको आणविक हतियार त्याग्ने मनसाय नभएको विश्वास गर्छन्।
युक्रेनमा युद्ध सुरु हुनु भन्दा धेरै अघि उत्तर कोरियाले आणविक हतियार छोड्दा खतरा धेरै हुने निष्कर्ष निकालेको थियो । युद्ध रोक्न काम गर्ने संस्था इन्टरनेशनल क्राइसिस ग्रुपका सल्लाहकार क्रिस ग्रीनले दक्षिण कोरियाका नयाँ नेता युनको रणनीतिलाई यसले कुनै अवसर नदिने विश्वास व्यक्त गरेका छन् ।
आफ्नो चुनावी अभियानका क्रममा युनले उत्तर कोरियाले आफ्नो देशमा आक्रमण गर्ने संकेत पाएको खण्डमा त्यसअघि नै उत्तर कोरियामाथि हमला गर्ने र त्यसको हतियार ध्वस्त पार्ने बताए ।
यो लामो समयदेखि दक्षिण कोरियाको रणनीतिको हिस्सा रहेको छ, तर यो विरलै ठूलो स्वरमा बोलिन्थ्यो। सम्भवतः यसले उत्तर कोरियालाई रिस उठाउने अनुमार गरिएको थियो उत्तर कोरिया रिसायो पनि ।
गत महिना उत्तर कोरियाले आफ्नो शक्ति प्रदर्शन गर्दै सडकमा क्षेप्यास्त्र प्रदर्शन गरेको थियो।
सेनाको वर्दी लगाएका किम जोङ उनले त्यस क्रममा कडा चेतावनी दिएका थिए । उनले उत्तर कोरियालाई धम्की दिने कुनै पनि शत्रुको अस्तित्व समाप्त हुने बताए। यसलाई दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको लागि चेतावनीको रूपमा पनि व्याख्या गरिएको थियो।
उत्तर कोरियाले छोटो दुरीका मिसाइलहरूको सम्पूर्ण शृङ्खला तयार गरिरहेको छ। गत महिना उसले पहिलो पटक यी मिसाइल आणविक हतियार बोक्न र दक्षिण कोरियाविरुद्ध प्रयोग गर्न सकिने संकेत गरेको थियो। अब उसले ती परमाणु बममध्ये एउटाको परिक्षण गर्न लागेका संकेतहरु आएका छन् ।
यद्यपि क्रिस ग्रीन अझै पनि उत्तर कोरियाको मुख्य लक्ष्य आफ्नो रक्षा गर्नु हो भन्ने विश्वास गर्छन्। उत्तर कोरियालाई थाहा छ कि यदि यस्तो भयो भने, यसको शासक समाप्त हुनै पर्छ ।
क्रिस ग्रीनले अब उत्तर र दक्षिण कोरियाबीच हतियारको दौड सुरु हुने विश्वास व्यक्त गरेका छन् । यो अहिलेको सबैभन्दा ठूलो खतरा रहेको उनको भनाइ छ ।
दक्षिण कोरियाका जनताले उत्तर कोरियालाई खासै ध्यान दिँदैनन् । तिनीहरू विश्वास गर्छन् कि उनीहरूको वास्तविक लक्ष्य अमेरिका हो। तर दुई कोरियाबीचको बढ्दो तनावलाई लिएर धेरै मानिस चिन्तित छन् । दक्षिण कोरियाली सरकारले अपनाएको नयाँ कडा नीतिले दुई देशबीच द्वन्द्व निम्त्याउन सक्छ भन्ने चिन्ता धेरैलाई छ।
धेरैले युक्रेन युद्धले कोरियाली प्रायद्वीपमा पनि यस्तै हुन सक्छ भन्ने सोच्न बाध्य बनाएको बताएका छन् । आफ्नो सरकारलाई समर्थन गर्दै एक व्यक्तिले भने, हामीले उनीहरूलाई कडा जवाफ दिनुपर्छ।
अर्कोतर्फ, प्रो मुन चुङ इन भन्छन्, ‘भविष्य अन्धकार छ। म यो जीवनमा कुनै सफलता देख्न सक्दिन। हामीले हाम्रो मौका गुमायौं।”
राजधानी सियोलमा भविष्यमा कस्तो हुने भन्ने असहजता छ, किनभने उत्तर कोरियाले निश्चित रूपमा नयाँ सरकारको सीमा परीक्षण गरिरहेको छ। दक्षिण कोरियाका पूर्व लेफ्टिनेन्ट जनरलले भने, ‘म आफूलाई बलियो बनाउँदैछु।’
विश्वले कोरियाको सट्टा अन्यत्र हेरिरहेको हुन सक्छ, तर उत्तर कोरियालाई बेवास्ता गर्न झन्झटिलो हुँदै गइरहेको छ।
|
राजस्थान रोयल्सलाई झट्का, पत्नीले सन्तान जन्माउने मिति आएपछि हेटमायर घर फर्के काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सिजनमा राजस्थान रोयल्सले सातौं जित दर्ता गरेको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै राजस्थानको टोली प्लेअफको दौडमा पुगेको छ तर शीर्ष ४ मा पुग्नुअघि नै राजस्थानलाई ठूलो झट्का लागेको छ ।
राजस्थान टोलीका स्टार ब्याट्सम्यान र सबैभन्दा ठूलो म्याच विजेता शिमरोन हेटमायर गुयाना (वेस्ट इन्डिज) मा रहेको आफ्नो घर फर्किएका छन् । उनी आइतबार (अप्रिल ८) बिहानै फर्किएका थिए । उनले छिट्टै फर्केर टिममा आउने र बाँकी खेल खेल्ने वाचा गरेका छन् ।
वास्तवमा, शिमरोन हेटमायर पहिलो पटक बुबा बन्दै छन्। राजस्थान फ्रान्चाइजीले ट्विटरमा एक पोस्ट साझा गर्यो र भन्यो, ‘हामी उनलाई सबै सम्भव सहयोग गर्नेछौं। उनी र उनकी श्रीमती निर्वाणीलाई हाम्रो शुभकामना छ। हामी उसले फेरि मुम्बई फर्कने र आईपीएल २०२२ सिजनमा आफ्ना बाँकी खेलहरू खेल्ने आशा गर्छौं। यसपटक तिमी बाबा बनेर फर्कने छौ। हामी तिम्रो प्रतीक्षा गर्नेछौं।’
Shimron Hetmyer has travelled back to Guyana early morning today for the imminent birth of his first child, but he’ll be back soon. 💗
Read more: https://t.co/cTUb3vFiNl#RoyalsFamily | @SHetmyer pic.twitter.com/u52aO9Dcct
— Rajasthan Royals (@rajasthanroyals) May 8, 2022
शिमरोन हेटमायरले आईपीएल २०२२ सिजनमा अहिलेसम्म ११ खेल खेलेका छन्, जसमा उनले ७२.७५ को प्रभावशाली औसतमा २९१ रन बनाएका छन्। पञ्जाब किंग्स विरुद्धको अन्तिम खेलमा शिमरोनले अपराजित रहँदै टोलीलाई जित दिलाएका थिए । उनले १६ बलमा अविजित ३१ रन बनाए । शिम्रोन हेटमेयर आफ्नो पहिलो बच्चाको आसन्न जन्मको लागि आज बिहान गुयाना फर्केका छन्, तर उनी चाँडै फर्कनेछन्।
राजस्थानको टोलीले पञ्जाब किंग्ससँगको अन्तिम खेल खेलेको थियो जसमा पञ्जाबले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १८९ रन बनाएको थियो । इंग्लिस ब्याट्सम्यान जोनी बेयरस्टोले ४० बलमा ५६ रन बनाए । जितेश शर्माले १८ बलमा ३८ रन बनाए । जवाफमा राजस्थानको टोलीले ४ विकेट गुमाएर १९० रन बनाएर खेल जित्यो । यशस्वी जैसवालले ४१ बलमा ६८ रनको खेल जित्ने इनिङ्स खेले । उनी खेलको प्लेयर अफ द म्याच समेत घोषित भए ।
|
मोटरसाइकल दुर्घटनामा ३० वर्षीय युवकको मृत्यु रोल्पा। रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेका छन्।
रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए।
कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
|
मौसम : चट्याङसहित वर्षा हुने सम्भावना काठमाडौं । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का तराई भू–भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
|
महाधिवेशन प्रतिनिधी कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक कारबाहीमा लमजुङ । स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका हुन् ।
श्रेष्ठले बेसीशहर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए । श्रेष्ठ र उनको प्रस्तावक र समर्थकलाई कांग्रेसको संशोधित विधान अनुसार साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको कांग्रेस लमजुङ सभापति डा। टकराज गुरुङले बताए ।
मिश्रले सुन्दरबजार नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए ।
|
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टोली काठमाडौं । वैशाखमा ३० गतेमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका ती जिल्लामा केन्द्रबाट नै सहसचिवको नेतृत्वमा टोली खटिएको हो ।
यो टोलीले उम्मेदवारको खर्चको सीमा, आचाारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।
खटाइएका टोलीलाई शनिबार कान्तिपथस्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीयरुपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह(पूर्वाग्रह नराखी ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए ।
|
अनुगमन टोली परिचालन: आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेज गर्ने काठमाडौं । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको बताए । ‘स्थलगतरूपमा कारबाही गर्न सक्छ । आचारसंहिता उल्लङ्घनको प्रकृति हेरेर उम्मेवदारी खारेजको हदसम्म टोली जान सक्छ’, भने ।
सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको हो । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा टोली खटिएका हुन् ।
उनीहरूलाई शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई रहेको बताएका थिए ।
उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय रूपमा सम्पन्न गर्नेबारे आग्रह–पूर्वाग्रह नराखी ऐन, कानुनअनुसार प्रभावकारी अनुगमन गर्न निर्देशन पनि दिएका थिए । टोलीले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ ।
अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
|
निर्वाचन अवधिभर मदिरा बिक्री र सेवन गर्न नपाइने लमजुङ। लमजुङमा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न नपाइने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार यही वैशाख २८ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन ।
उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको हो ।
|
१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिपमा तीन सय भन्दा बढी खेलाडी मिचिगन, अमेरिका । अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १३ औं संकरणमा तीन सय भन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ।
च्याम्पियनसिप मे १३ र १४ तारिकमा अमेरिकाको मिचिगन राज्यमा हुदै छ। च्याम्पियनसिपका लागि मे दश तारिक सम्म खेलाडी दर्ता खुल्ला छ। तर ६ तारिक सम्ममा तीन सय भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आइओएफटीसीको स्थानीय इभेन्ट म्यानेजर अमुल गोर्खालीको भनाइ छ।
“अहिले सम्म खेलाडी दर्ता संख्या तीन सय नाग्यो, दश तारिक सम्म यो संख्या तीन सय ५० भन्दा माथि पुग्ने देखिएको छ” गोर्खालीले भने।
मिचिगनमा हुन लागेको च्याम्पियनसिपको स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमी रहेको छ। इभेन्ट म्यानेजर अमुल गोर्खालीका अनुसार १३ तारिक खेलाडीको वेट लिइने छ। मुख्य प्रतिस्पर्धा भने मे १४ तारिक हुने छ।
च्याम्पियनसिपमा अहिलेसम्म अमेरिका बाहेक आठ देशका खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन्। अमेरिका भित्र पनि मिचिगन बाहेक ११ राज्यका खेलाडीले सहभागिता जनाउदै छन्।
गोर्खालीका अनुसार अमेरिकाका विभिन्न राज्यबाट नेपाली खेलाडी मात्र ३२ जनाले अहिलेसम्म नाम दर्ता गराएका छन्। त्यसपछि क्यानडाबाट एक नेपाली सहित १३ खेलाडीको सहभागिताको टुङ्गो लागेको छ। मेक्सिको, कतार, भारत, दक्षिण कोरिया, फिलिपिन्सबाट पनि खेलाडीले भाग लिने छन्।
नेपालबाट अहिले सम्म दुई खेलाडीले भिषा पाए पनि उनीहरुको सहभागिता पक्का भइनसकेको जनाइएको छ।
च्याम्पियनसिप जुनियर र सिनियर गरि हुनेछ। रोचक पक्ष च्याम्पियनसिपमा कडेट इभेन्ट समावेस गरिएको छ। यो इभेन्टमा पाँच वर्ष मुनि, ६ देखि ७ वर्ष, ८ देखि ९ वर्ष, १० देखि ११ वर्ष र १२ देखि १४ वर्ष उमेर समुहमा प्रतस्पर्धा गराइने छ।
यस्तै जुनियर इभेन्टमा १५ देखि १७ वर्ष र १८ देखि ३२ वर्ष उमेर समुहमा प्रतिस्पर्धा हुने छ। इभेन्ट म्यानेजर गोर्खालीका अनुसार सिनियरमा भने महिला तथा पुरुष दुबै तर्फ विश्व तेक्वान्दो महासंघ डब्लुटीएफ र ओलम्पिक फर्म्याटका तौल समुहमा प्रतस्पर्धा गराइने छ।
मिचिगनको एप्सीलान्टी सिटीमा रहेको इष्टन मिचिगन विश्वविद्यालय स्थित जर्ज गेर्विन गेम ओभर सेन्टरमा हुने च्याम्पियनसिपमा सिनियर पुरुषमा ५४ केजी मुनी, ५८ केजी मुनी, ६३ केजी मुनी, ६८ केजी मुनी, ७४ केजी मुनी, ८० केजी मुनी, ८७ केजी मुनी र ८७ केजी माथि तौल समुहमा समावेस छ।
यस्तै महिला तर्फ ४६ केजी मुनी, ४९ केजी मुनी, ५३ केजी मुनी, ५७ केजीमुनी, ६२ केजी मुनी, ६७ केजी मुनी, ६३ केजी मुनी, ७३ केजी मुनी र ७३ केजी माथि प्रतिस्पर्धा हुने छ।
गोर्खालीका अनुसार ह्याभी वेट बाहेक अन्य तौल समुहमा खेलाडीको दर्ता भइसकेको छ। च्याम्पियनसिप पाँच रिङ्गमा हुने छ।
च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका छन्। यस्तै रेफ्रि चियरमा अष्ट्रेलियाका रेने लेभोस रहेका छन्। उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियरमा रेमण्ड सु छन् । उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन्।
च्याम्पियनसिपमा २२ जना रेफ्रि रहने छन् । जसमा दश जना अन्तर्राष्ट्रिय छन्। अमेरिका बाहिरबाट आठ देशका रेफ्रि छन्।
स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमीका संचालक तथा मुख्य प्रशिक्षक एवं च्याम्पियनसिपका संयोजक लव गोर्खालीले खेलाडीको सहभागिता उत्साहजनक रहेको बातए। “कोभिड-१९ का कारण लामो समयदेखि बन्द दुतावासहरु भर्खर खुल्दै छन्, त्यसले गर्दा अहिले अन्तरवार्ताको मिति चाडो पाउनै गाह्रो भएकाले धेरै छुटे तर पनि जुन रुपमा अहिले सम्म खेलाडी दर्ता भएको छ यो हामीले सोचे भन्दा राम्रो हो” लव गोर्खालीले भने ।
च्याम्पियनसिपमा स्थानीय, जुनियरदेखि यूएस च्याम्पियन खेलेकासम्म खेलाडीले भाग लिने लव गोर्खालीको भनाइ छ। “सिनियर इभेन्टमा यूएसए तेक्वान्दोको अनुभव भएका खेलाडी पनि छन्, रेफ्रि पनि वर्ल्ड तेक्वान्दो र ओलम्पिक खेलाएका छन्।”
गोर्खालीले अव आफुहरु पाहुनाको स्वागतका लागि तयार रहेको बताए। “हामी रेडि टु गोमा छौ। सबै अतिथिको प्रतिक्षामा छौं । उहाँहरुको स्वागतका लागि आतुर छौ।”
च्याम्पियनसिपलाई युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (युयुएनटीफ) र गैरआवासीय नेपाली संघ अमेरिकाको सहयोग रहने छ।
अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हेडक्वाटर पोर्टल्याण्डको आयोजनामा यो च्याम्पियनसिप सन् २००० देखि शुरु भएको हो। शुरुवाती दुई संस्करण नेपालमा भएको च्याम्पिनसिप भारत, हङकङ्ग र बेलायतमा पनि आयोजना भइसकेको छ।
अमेरिकामा यो च्याम्पियनसिप हुन लागेको चौथो पटक हो। यस अगाडि हेडक्वाटर ओरिगनको पोर्टल्याण्डमा मात्र आयोजना हुदै आएको च्याम्पियनसिप अमेरिका भित्र अन्य राज्यमा हुन लागेको पहिलो पटक हो।
च्याम्पियनसिपको १२ औं संस्करण सन् २०१८ मा नेपालमा भएको थियो । १३ औं च्याम्पियनसिप यस अगाडि २०२० मा हुने भनिएकोमा कोभिडका कारण स्थगित भएको थियो।
आइओएफटीसीका महासचिव क्यारेन ब्लाल्कलेज र बोर्ड डाइरेक्टर मास्टर दिवाकर डान महर्जनले संयुक्त अपिल जारी गर्दै भनेका छन् “१३ औं संस्करणमा हामी विश्वलाई स्वागत गर्न आतुर छौं।”
|
इंगेजमेन्ट भइसकेका आफ्ना प्रेमीलाई जेल हाल्ने महिला सई काठमाडौं । असम प्रहरीकी एक महिला सब इन्स्पेक्टरले आफ्नै हुनेवाला श्रीमानलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छन् । नौगाउँ प्रहरी चौकीमा कार्यरत सब-इन्स्पेक्टर जुनमोनी राभाले ओएनजीसीमा कथित जनसम्पर्क अधिकारी भएको दाबी गर्ने उनको मंगेतर राणा पोगाग विरुद्ध एफआईआर दर्ता गरेकी थिइन्। हाल राणालाई नौगाउँ प्रहरीले दुई दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।
केही महिनाअघि पनि यी महिला सब इन्स्पेक्टरले सत्तारुढ भाजपा विधायकलाई फोनमा कडा जवाफ दिएकी थिइन् जसको मिडियामा निकै चर्चा भएको थियो ।
जुनमोनी र राणाले गत वर्ष अक्टोबरमा इन्गेजमेन्ट गरेका थिए भने यही वर्ष नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए । नौगाउँ प्रहरी चौकीमा परेको उजुरीका अनुसार प्रहरी नायव निरीक्षक जुनमोनीले आफूले जीवनसाथी बनाउन लागेको व्यक्ति वास्तवमा कथित ठग भएको इन्गेजमेन्टपछि मात्र थाहा पाइन् ।
उजुरी अनुसार, अभियुक्त पोगागले जुनमोनीलाई पहिलो भेटमा ओएनजीसीको जनसम्पर्क अधिकारीको रूपमा परिचय दिएका थिए। तर, इन्गेजमेन्टपछि जुनमोनीले यस्ता धेरै प्रमाण फेला पारिन् जसका कारण उनले मंगेतरमाथि शंका गर्न थालिन् ।
यसबारे थप अनुसन्धान सुरु गर्दा उनी धेरै ठगीका घटनामा संलग्न रहेको थाहा भयो । उनले धेरैलाई जागिर दिने झूटो बहानामा करोडौं रुपैयाँ ठगी गरेको आरोप पनि लागेको छ ।
जुनमोनी माजुलीमा पोस्टिङ हुँदा गत वर्ष जनवरीमा यी दुईको पहिलो भेट भएको थियो । राणा मजुलीकै बासिन्दा हुन् । धेरै भेटघाटपछि दुवै प्रेममा परे र केही महिनापछि परिवारको आशीर्वादमा दुवैले इन्गेजमेन्ट गरे ।
आफ्नो इन्गेजमेन्ट र ठगीको विषयमा जुनमोनी भन्छिन्, ‘म माजुलीमा तैनाथ थिएँ र २०२१ जनवरीमा भेटेँ। मेरो चिनजानका स्टेसन इन्चार्जले चिनजान गराएका थिए । उनको प्रहरी अधिकारीसँग राम्रो चिनजान थियो जसको एउटा कारण यो पनि हुन सक्छ कि उनी ठगी कार्यमा संलग्न थिए। त्यसैले पुलिसमा आफ्नो पहिचान कायम राख्नुले भविष्यमा मद्दत गर्छ भन्ने महसुस गरेको हुन सक्छ। उनको यस्तो मानसिकता हुनुपर्छ।”
उनी थप भन्छिन्, “यस चिनजानपछि उनले मलाई प्रपोज गरे। मैले भनेँ कि मलाई कुनै समस्या छैन तर परिवारका सदस्यहरूसँग कुरा गर्नुपर्छ। त्यसपछि हामी दुवैको परिवारका सदस्यहरू भेटेर कुरा पक्का भयो। केही दिनमा हाम्रो इन्गेजमेन्ट भयो । यसै बीचमा मेरो सरुवा नौगाउँमा भयो । तर यहाँ आएपछि उसको कामसँग सम्बन्धित केही कुरामा शंका लाग्यो । थोरै छानबिन गर्दा केही यस्ता कुरा थाहा भयो जसले मेरो आँखा खुल्यो ।’
जुनमोनीले कसैको नाम नलिई यो सम्पूर्ण मामिलामा आफूलाई सहयोग गर्ने तीन जनालाई धन्यवाद दिइन् जसले राणाको सम्पूर्ण जानकारी प्रमाणसहित उनीसमक्ष ल्याएका थिए ।
उनी भन्छिन्, “राणाले आफूलाई ओएनजीसीको जनसम्पर्क अधिकृतको रूपमा चिनाएका थिए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण विकासको काम हेर्दै आएको बताए। मैले यहाँको प्रतिष्ठित कटन कलेजबाट जनसञ्चार र पत्रकारिता पनि पढेकी हुँ त्यसैले म जनसम्पर्क अधिकारीको छवि देखेर धेरै प्रभावित भएँ। त्यसैले त्यो व्यक्ति ठग हुन सक्छ भन्ने मैले एकपटक पनि सोचेकी थिइनँ।”
आरोपी राणाको ठगीबारे जानकारी दिँदै जुनमोनीले भने, ‘उनले जोसँग २५ लाख रुपैयाँ ठगी गरेका थिए, त्यही व्यक्ति आफैँ आएर राणाको सबै गल्ती बताएका थिए । यसबारे राणालाई बारम्बार सोधपुछ गर्दा सबै सत्य बाहिर आयो । उसले मलाई यति धेरै धोका दिएकोले सजाय भोग्नुपर्छ। म मायामा पागल भएर शोक गर्ने केटी होइन। मैले तुरुन्तै एफआरआई दर्ता गरें।”
नौगाउँ प्रहरीले आरोपित राणाबाट धेरै कागजात र ओएनजीसीका छापहरू बरामद गरेको दाबी गरेको छ। अरुको अगाडि आफ्नो हैसियत कायम राख्न राणाले व्यक्तिगत सुरक्षा अधिकृत र एकजना चालकलाई सधैं साथमा राख्थे।
यसै वर्षको जनवरीमा, जुनमोनी माजुलीमा तैनाथ हुँदा बिहपुरिया क्षेत्रका बीजेपी विधायक अमिया कुमार भुयानसँगको उनको टेलिफोन कुराकानी सामाजिक सञ्जालमा लीक भयो, जसले हंगामा मच्चायो।
वास्तवमा, प्रहरीले एउटा डुङ्गा जफत गरेको थियो र विधायकले जुनमोनीलाई आदिवासीहरूको पछि नलाग्न भनेका थिए। तर जुनमोनीले स्वयं विधायकलाई जिम्मेवारी सिकाउँदै उनी (विधायक) निर्वाचित प्रतिनिधि भएर कसरी प्रहरीलाई “नियम र कानुन तोड्न” भन्न सक्छन् भनी प्रश्न गरेकी थिइन् ।
वास्तवमा ब्रह्मपुत्रमा डुङ्गा दुर्घटना भएपछि सिंगल इन्जिनबाट चल्ने यान्त्रिक डुङ्गा आवतजावतमा प्रतिबन्ध लगाइएको थियो र त्यही अनुसार प्रहरीले कारबाही गरेको थियो ।
यतिबेला सामाजिक सञ्जालमा फेरि एकपटक मानिसहरुले जुनमोनीको यो साहसी कदमको तारिफ गर्दै बधाई सन्देश पठाइरहेका छन् ।
के यो घटनाले उनीहरुलाई चोट पुर्याएको छ ? यस्तो सोध्दा उनी भन्छिन्, “मैले सही गरें कि गलत गरें भनेर धेरै घण्टा बसेर सोचें। तर गल्ती गर्नेले सजाय भोग्नुपर्छ चाहे ऊ आफ्नो परिवारको सदस्य नै किन नहोस् । त्यसैले म निराश पनि छैन । मेरो माथिल्लो प्रहरी अधिकारीहरुबाट धेरै सहयोग पाएकी छु र सदैव इमानदारीका साथ आफ्नो जिम्मेवारी निर्वाह गरेकी छु । त्यसैले गल्ती गर्नेलाई उचित कारवाही होस् भन्ने कामलाई निरन्तरता दिनेछु ।”
|
प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।
गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन आउँदै छन् । देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन् । आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गरे । ‘भोलि हुने आमसभाको विषय जोडेर आज एउटा लिखित उजुरी परेको छ’, उनले भने । यो विषयमा निर्वाचन आयोगलाइ जानकारी गराइएको र पत्राचार गर्ने तयारी पनि भइरहेको उनले बताए ।
बुधबार जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय आचारसंहिता अनुगमन समितीको बैठक बसेर आचारसंहिता पालनाका लागि सुरक्षा निकायलाइ पनि पत्राचार गर्न लागिएको उनले बताए । निर्वाचन आचार संहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।
तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारी बताउँछन् । आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम र प्रधानमन्त्रीको आगमन स्थगित गर्न र आचारसंहिताविपरीतको कार्य भएमा सजाय गर्नका लागि पनि अधिवक्ता अधिकारीले माग गरेकी छन् ।
‘२२ वैशाखका दिन नेपाली कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेद्वारको पक्षमा शेरबहादुर देउवालगायत नेपाल सरकार तथा प्रदेश सरकारको मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको हुँदा आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम स्थगित गरी पाउँ र आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाऊँ,’ उजुरीमा भनिएको छ ।
|
‘धाकड’को ट्रेलरअघि कंगनाको ‘धाकड’ फोटोसुट काठमाडौं । कंगना रनौतको फिल्म ‘धाकड’ को ट्रेलर सार्वजनिक भएको छ । कंगनाले ट्रेलर रिलिज हुनुअघि नै आफ्ना केही ग्ल्यामरस तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
कंगना रनौतको यो एक्सन फिल्ममा अर्जुन रामपाल, दिव्या दत्त र शाश्वत चटर्जी लगायत धेरै उत्कृष्ट कलाकारहरु देखिनेछन् । कंगना र अर्जुन रामपालको भूमिकाको निकै तारिफ भइरहेको छ ।
यो एक्सन फिल्म ‘धकड’का लागि कंगना रनौतले मार्सल आर्टको टेक्निक सिकेकी छिन् र एजेन्ट अग्नि बन्नको लागि ह्यान्ड टु ह्यान्ड कम्ब्याट पनि सिकिन् । फिल्ममा अर्जुन रामपाल भिलेनको भूमिकामा छन् ।
कंगना रनौतसँग उनको उत्कृष्ट केमेस्ट्रीको लामो समयदेखि चर्चा भइरहेको छ । कंगना यो फिल्मको ट्रेलर लञ्चमा हेलिकप्टर लिएर पुगिन् ।
|
मिथुन चक्रवर्ती अस्पताल भर्ना काठमाडौं । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीका फ्यानहरु अभिनेताको तस्विरका कारण निकै दुखी छन् । अस्पतालको बेडमा सुतेको अभिनेताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेताको स्वास्थ्यलाई लिएर विभिन्न हल्लाहरु पनि उडिरहेका छन् ।
अस्पतालबाट मिथुनको तस्विर विभिन्न प्लेटफर्ममा शेयर भइरहेको छ । मिथुनका छोरा मिमोह चक्रवर्तीले अहिले अभिनेताको स्वास्थ्यको बारेमा जानकारी दिएका छन् ।
उनले भने– मिथुन चक्रवर्तीलाई मिर्गौलामा पत्थरीको समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । भाइरल तस्बिर अस्पतालकै हो, जसमा उनी बेहोश अवस्थामा बेडमा पल्टिएका देखिन्छन् । तर अहिले अभिनेताको स्वास्थ्य पूर्णरुपमा ठीक छ र उनलाई बैंगलोरको अस्पतालबाट डिस्चार्ज पनि गरिएको छ । उनी पूर्ण रूपमा फिट र ठीक छन्।
मिथुन चक्रवर्तीको स्वास्थ्य अपडेट आएपछि उनका लाखौं फ्यानले राहतको सास फेरेका छन् । सबैले कलाकारको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
भाजपा राष्ट्रिय सचिव डा. अनुपम हजराले पनि मिथुन चक्रवर्तीको तस्बिर आफ्नो ट्विटर ह्यान्डलमा सेयर गरेका छन् र अभिनेताको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
मिथुन चक्रवर्ती हालै कलर्सको शो हुनरबाजमा देखिएका थिए । मिथुन चक्रवर्ती यस शोका जज थिए र शोमा उनले आफ्नो विशेष स्टाइलले दर्शकहरूलाई धेरै मनोरञ्जन दिए। मिथुन यस वर्षको ऐतिहासिक फिल्म द कश्मीर फाइल्समा पनि देखिएका थिए । फिल्ममा उनको अभिनयको निकै तारिफ भएको थियो ।
|
आर्कटिक क्षेत्र कसको नियन्त्रणमा छ, यहाँबाट तेल र ग्यासको दोहनमा किन यत्रो विवाद ? काठमाडौं । विश्वभर प्राकृतिक स्रोत र वैकल्पिक ऊर्जा स्रोतहरूको लागि व्यापक खोजी भइरहेको छ। धेरै देशहरूले ऊर्जा सङ्कटको सामना गरिरहेकाले पछिल्ला महिनाहरूमा यो खोज तीव्र भएको छ।
यस खोजमा आर्कटिक क्षेत्र एउटा यस्तो क्षेत्र हो जसमा धेरै देशको नजर टिकेको छ। यस क्षेत्रमा तेल र प्राकृतिक ग्याँसको ठूलो भण्डार छ। तर, ऊर्जाको यो स्रोतमा पहुँच विवादले घेरिएको छ। वातावरणीय क्षति र क्षेत्रीय विवाद यसका प्रमुख कारण हुन् ।
आर्कटिकमा तेल र ग्यासका लागि उर्जा कम्पनीहरूको ड्रिलिंग सम्बन्धमा पनि अदालतमा मुद्दा चलिरहेको छ।
वातावरणीय कार्यकर्ताहरूको समूहले आर्कटिकमा प्राकृतिक स्रोतहरू उत्खनन गर्न अनुमति दिएकोमा नर्वेजियन सरकारविरुद्ध मानव अधिकारको युरोपेली अदालत (ईसीएचआर) मा मुद्दा हालेको छ।
अब एक हिसाबले भविष्यमा यस क्षेत्रबाट कति प्राकृतिक स्रोतहरू निकाल्न सकिन्छ भन्ने कुरा यो मुद्दाको फैसलामा भर पर्छ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्वेको अनुमान अनुसार, पृथ्वीको उत्तरी ध्रुवमा रहेको आर्कटिक १६० बिलियन ब्यारेल तेल र ३० प्रतिशत प्राकृतिक ग्याँसको एक अज्ञात स्रोत हुन सक्छ।
नर्वे, रुस, स्वीडेन, फिनल्याण्ड, आइसल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानडा र डेनमार्क आर्कटिकमा जमिन र पानी साझा गर्ने देश हुन्।
आर्कटिकको धेरैजसो भूभाग पानीमुनि रहेकोले त्यहाँको आर्थिक विकासलाई जोगाउने कुनै अन्तर्राष्ट्रिय सन्धि छैन। जस्तो दक्षिणी ध्रुव अन्टार्कटिकामा छ।
जलवायु परिवर्तनका कारण यस क्षेत्रमा हिउँ पग्लिन थालेको छ । यसबाट यहाँ ड्रिल गर्न, परीक्षण गर्न र स्रोतहरू निकाल्न सजिलो भएको छ ।
नर्वे पश्चिमी युरोपमा सबैभन्दा ठूलो तेल उत्पादक हो। २०१६ देखि यो देशले आर्कटिक सर्कलको बेरेन्ट सागरमा तेल र ग्यास अन्वेषण गर्न धेरै इजाजतपत्रहरू दिएको छ।
६ नर्वेजियन युवा र दुई वातावरणीय समूह ग्रीनपीस नर्डिक र योङ्ग फ्रेन्ड्स अफ द अर्थले २०२१ मा नर्वेजियन सरकारको नीतिहरू विरुद्ध इसीएचआरमा मुद्दा दायर गरेका छन्।
वातावरणीय कार्यकर्ताहरूले भनेका छन् कि नर्वेले जलवायु परिवर्तनको बीचमा अर्को उत्खननलाई अनुमति दिएर आधारभूत मानव अधिकारको उल्लङ्घन गरिरहेको छ।
आर्कटिकमा उत्खनन गर्दा यहाँको बरफका टाकुराहरू प्रदूषित हुने र ती छिटो पग्लिने उनीहरूको दाबी छ।
पर्यावरण कार्यकर्ताहरूले इसीएचआरको धारा २ लाई उद्धृत गरेका छन् जसले जीवनको अधिकारको रक्षा गर्दछ। साथमा, धारा ८ ले पारिवारिक जीवन र आवासको अधिकारलाई संरक्षण गर्दछ।
वातावरणीय कार्यकर्ता मिया च्याम्बरलेन भन्छिन्, “उजुरी गरेर ठूलो मात्रामा तेल निकासी रोक्न सकिने सम्भावना छ।”
उत्तरी नर्वेमा आदिवासी सामी मानिसहरूका लागि काम गर्ने कार्यकर्ता लासे एरिक्सन बेर्नले रोयटर्स समाचार एजेन्सीलाई भने – ड्रिलिंगले माछाको जनसंख्या र उनीहरूको जीवन शैलीलाई हानी पुर्याउन सक्छ। तीन नर्वेजियन अदालतहरूले मुद्दा खारेज गरिसकेका छन्, तर इसीएचआरले यसलाई गम्भीरतापूर्वक लिइरहेको छ।
नर्वेलाई आफ्नो पक्ष प्रस्तुत गर्न भनिएको थियो । नर्वेले २६ अप्रिलमा जवाफ दिएको थियो । उनले जलवायु परिवर्तनविरुद्ध लड्न अन्तर्राष्ट्रिय प्रयासमा सहयोग गरिरहेको र सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य राखेको बताएको थियो ।
भरपर्दो वैकल्पिक स्रोत नपाउँदासम्म तेल र ग्यास उत्पादन बन्द गर्नु देशका लागि खतरनाक हुनसक्ने नर्वेले बताएको छ ।
इसीएचआरले यो केसलाई ‘इम्प्याक्ट केस’ बनाउने विचार गरिरहेको छ, जसको मतलब यो केसले युरोपेली संघमा अन्य केसहरूको लागि उदाहरणको रूपमा काम गर्न सक्छ।
हालैका वर्षहरूमा वातावरणीय कार्यकर्ताहरूले सरकार र व्यवसायहरूलाई थप वातावरण मैत्री विधिहरू अपनाउन दबाब दिन अदालत जाँदैछन्।
२०२१ मा डच अदालतले रोयल डच शेललाई कार्बन उत्सर्जन २०१९ को तुलनामा २०३० सम्म ४५ प्रतिशत कम हुनुपर्छ भनेको थियो । यो मुद्दा फ्रेन्ड्स अफ अर्थलेअदालतमा लगेको थियो।
तीन वर्ष अघि, कोलम्बियाको सर्वोच्च अदालतले अमेजन जंगलमा रूख कटान रोक्न तत्काल कारबाही गर्न सरकारलाई आदेश दिएको थियो। अदालतले यसले बालबालिकाको स्वस्थ वातावरणको अधिकारमा असर पर्ने भनेको थियो ।
रुसी तेल कम्पनीहरूले आर्कटिकमा एक दशकभन्दा बढी समयदेखि उत्खनन गरिरहेका छन्। दुई वर्षअघि रुसको आर्कटिक क्षेत्रमा ठूलो तेल चुहावट भएको थियो।
अमेरिकाले आफ्ना तेल कम्पनीहरूलाई उत्तरी अलास्कामा तेल निकासी गर्न अनुमति दिने विचार गरिरहेको छ।
आर्कटिकमा क्षेत्राधिकार भएका देशहरुको आफ्नो किनारहरुको नजिकै समुद्र तलमा अधिकार छ। उनीहरू यो क्षेत्रमा तटदेखि ३७० किमी सम्म विशेष आर्थिक करिडोर बनाउन सक्छन् । यी क्षेत्रमा उनीहरूलाई माछा मार्ने, पूर्वाधार निर्माण गर्ने र प्राकृतिक स्रोतहरू निकाल्ने अधिकार छ।
यदि यी देशहरूले आफ्नो जमिन पानी मुनि अझै अगाडिसम्म गएको महसुस गरे भने तिनीहरूले आफ्नो क्षेत्र बढाउन सक्छन्।
हाल यहाँ १७२१ किलोमिटरसम्म समुद्रमुनि फैलिएको लामान्सो हिमाललाई लिएर क्यानडा, रुस र ग्रिनल्याण्डबीच विवाद छ ।
यी तीन देशले यस क्षेत्रमा आफ्नो अधिकार दाबी गर्छन्। जसले यसलाई आफ्नो कब्जामा लिन सफल हुन्छ उसले उत्तरी ध्रुव नजिकैको समुद्रमा ५५ हजार वर्ग माइलको क्षेत्र दाबी गर्न सक्छ।
२००७ मा रूसले उत्तर ध्रुवीय सागरको तल आफ्नो झण्डा राखेर आर्कटिकमा आफ्ना छिमेकीहरूको चिन्ता बढाएको थियो।
|
२४ घण्टा अघोषित लोडसेडिङले उत्पादन ठप्प, विद्युतको प्राथमिकता घरायसी प्रायोजनलाई भैरहवा । विद्युत प्राधिकरणले उद्योगीलाई विद्युत उपभोग गर्न नदिँदा उत्पादनमा कठौती हुँदै आएको छ । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी यो सातबाट २४ घण्टा नै अघोषित रूपमा लोडसेडिङको मारमा परेका छन् ।
अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द सरह रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए ।
उद्योगी व्यवसायीको साझा संस्थासमेत रहेको संघमा जिल्लाका उद्योगीले अघोषित विद्युत कटौतीलाई केही निश्चित समय तोकेर भए पनि विद्युत सप्लाई गर्न जोडदार माग गरेका छन् । ३३ केभिए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगीमा २४ घण्टा नै विद्युत कटौती हुँदा उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत ध्यानाकर्षण गराएको छ ।
संघले उत्पादन जस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन आग्रह गरेको छ ।
विगत केही दिनको विद्युत अनियमितता र उपकरण नचलाउने भनी अघोषित लोडसेडिङले उत्पादनमा रहेको कच्चा पदार्थ बिग्रेको, बजारमा उत्पादनको अभाव सृजना, मूल्यवृद्धिको डर, मुद्रा सञ्चित न्यून भएको बेला डिजेल किन्न डलर बाहिरिएको अवस्था लगायतका नोक्सानी देशले व्योहोर्नु पर्ने अवस्था आएको छ ।
औद्योगिक कोरिडोरका उद्योगीले विद्युत नहुँदा डिजेलबाट उत्पादन गर्दा लागत बढ्ने भए पनि महालेखा यसलाई बेरुजुमा देखाउने गरेको, लोडसेडिङ तालिका नै लागू गरेर भए पनि सीमित समयावधिमा उद्योग सञ्चालन गरे अभाव पनि सृजना नहुने उद्योगी व्यवसायीहरूको गुनासो छ ।
उद्योगमा विगत एक महिनादेखि दैनिक १२ घण्टा आए पनि अहिले त्यो पनि नआएकोले अघोषित रूपमा लोडसेडिङ नै छ । जसले उद्योग सञ्चालनमा समस्या आएको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक कुमार पौडेलले बताए । रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेका छन् ।
ुदेशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौं । बुधबारबाट लोडसेडिङको तालिका आउँदै छ भन्ने जानकारी आए पनि हालसम्म बल्याक आउटमै उद्योग रहेका छन्,ु सिद्धार्थ उद्योग वाणिज्य संघका एशोसियट सदस्य विकास गोयनकाले भने ।
|
लोसपाको हेराइमा जसपा माओवादीको भाई काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनता समाजवादी पार्टी (जसपा), नेपाललाई नेकपा (माओवादी केन्द्र)को भाई पार्टी भएको बताएको छ ।लोसपाले शुक्रबार स्थानीय निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको घोषणामपत्रमा उक्त कुरा उल्लेख गरेको छ ।
‘संविधान सभालाई निर्णायक मोडमा पुर्याउन भूमिका खेलेको र मधेश आन्दोलनको दौरान अग्र मोर्चामा रहेको माउ पार्टी मधेशी जनाधिकार फोरम, नेपालको साखलाई धुलिसात गर्दै अहिले मधेशको मुद्दालाई नै बिर्सिएर जसपा, नेपाल नेकपा (माओवादी केन्द्र) को भाइ पार्टीको रुपमा देखिएको छ,’ लोसपाको घोषणापत्रमा भनिएको छ ।
सोच, व्यवहार र प्रस्तुतिका कराणले जसपा असान्दर्भिक हुँदै गएको लोसपाको निस्कर्ष छ । जसपा नेपालको लागि अहिले सत्ता प्राप्ति एक मात्र उदेश्य रहेको जनाइएको छ ।
‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कुनै समयमा समग्र मधेश र सबै मधेशीको प्रतिनिधित्व गर्थे तर अहिले उनको राजनीति केही सीमित जातीय समूहको तुष्टीकरणमा खुम्चिएको छ,’ लोसपाले घोषणापत्रमा भनेको छ, ‘यो पार्टीले मधेशी, थारु, जनजाति र अन्य अल्पसंख्यकको मुद्दा त्याग गरेको मात्र नभएर समग्र मधेश–थरुहट आन्दोलनलाई अवमूल्यन गरेको छ ।’
जसपा नेपालले अहिले कुनै विचार, कुनै वर्ग वा कुनै मुद्दाको प्रतिनिधित्व नगर्ने दाबी लोसपाको छ ।
‘यसको एक मात्र उदेश्य जसरी पनि, जुनसुकै शर्तमा र जोसँग भए पनि सरकारमा प्रवेश गर्ने बाहेक अरु केही देखिंदैन । दुर्भाग्य नै भन्नु पर्ला, कुनै एक कालखण्डमा परिवर्तनको संवाहक भएको यो पार्टी अहिले जातीय मतको जोड–घटाउ, संसदको अंकगणित र अन्य कम्युनिस्ट पार्टीहरु जस्तै निम्नस्तरीय राजनीतिक उद्यमशीलतामा लिप्त भएर आपूmलाई औचित्यहीन, उदेश्यहीन र सन्दर्भहीन बनाउनमा व्यवस्त छ,’ लोसपाले जसपामाथि आरोप लगाएको छ ।
|
कर्मचारीको मिलेमतोमा हाइड्रोपावरमा चोरी गर्ने चार जना पक्राउ लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले क्ह्लोलासोथार गाउँपालिका ५ मा रहेको रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वैशाख ९ गते १ बजे रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्न लागेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ वर्षीय नरेशकुमार साह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ वर्षीय रुपेश साह,तनहुँ म्याग्दी नगरपालिका ४ बस्ने ३३ वर्षीय तारा गुरुङ, जिल्ला धादिङ सिद्धलेख गाउँपालिका ५ वस्ने ४८ वर्षीय मनोज भन्ने मंगले घले, जिल्ला तनहुँ भिमाद नगरपालिका २ वस्ने ३० वर्षीय मनोज थापा र जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका ५ वस्ने २४ वर्षीय मनिष पुर्जासहित सात जना रहेका छन् ।
आयोजनाकै सवारी चालक ४६ वर्षीय आकाश भनिने दीलबहादुर घर्तीको संलग्नतामा चोरी भएको प्रहरीले जनाएको छ । घर्तीसहित घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा वस्ने ५० वर्षीय पन्नालाल साहलाई बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
भारत घर भई हाल पोखरा रत्नचोकमा रहेको कवाडीमा काम गर्ने नरेस कुमार साहले आयोजनाका फलामको पाइप काट्न लागि पोखराबाटै ट्रकसहित पाइप काट्ने उपकरण ल्याएका थिए ।
उनीहरूलाई ट्रक तथा फलाम काट्ने उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए ।
|
केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छःगगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउने भएका छन् ।ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आईडिया चोरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन बढाउने बताएका हुन् ।
स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार थापाले बालकोट नै पुगेर समृद्धि र समुन्नतिका विषयमा ट्युसन बढाउने बताएका हुन् ।
‘मेरो आइडियो चोर्यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ,’ उनले भने ।
ओलीलाई लजिक नभई म्याजिक मन पर्ने उनले बताए । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी पनि गरे।ओलीको समृद्धिको आइडियामा अहंकारको भ्युटावर रहेको बताउँदै थापाले भने, ‘तपाईको समृद्धिमा अहंकारको भ्युटावर छ । त्यो अहंकारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन् । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ । त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।’
|
नेपाली राजदूत अधिकारीले प्रस्तुत गरे इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र काठमाडौं । इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा उक्त मुलुकका लागि नेपालका गैरआवासीय राजदूतको ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणका क्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले मंगलबार जनाएको छ ।
अधिकारीलाई इरानका लागि नेपाली राजदूतमा नियुक्त भएकामा राष्ट्रपति अयातोल्लाहले स्वागत गर्दै बधाई ज्ञापन गरे । राष्ट्रपतिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गरे ।
राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए । उनले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको बताए। राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा राष्ट्रपति भवन र विदेश मन्त्रालयका उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो । इस्लामाबादस्थित नेपाली दूतावासले इस्लामिक गणतन्त्र इरानलाई पनि सहप्रमाणीकरण गर्दछ ।
|
काठमाडौँ महानगरपालिकाको १६२ पदमा ८५९ जनाको उम्मेदवारी काठमाडौँ। प्रमुख उपप्रमुखसहित काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेद्वारी परेको छ। स्थानीय तह सदस्य निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा उम्मेद्वारी दर्ता भएको हा । यसमा एक पदको प्रमुखका लागि ५६ जना र एक पदकै उपप्रमुखका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ।
५६ जना प्रमुखका उम्मेदवारमध्ये २१ जनाले दलकातर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराउनुभएको छ । ५६ जनामध्ये ८ जना महिला हुन्। उपप्रमुख पदमा उम्मेदारी दिने ३३ जनामध्ये १४ जनाले दलकातर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गर्नुभएको छ । ३१ जना उपप्रमुखका उम्मेद्वारमध्ये १३ जना महिला हन्।
मुख्य निर्वाचन कार्यालय, काठमाडौँका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठकाअनुसार काठमाडौँ महानगरका ३२ वडाका ३२ अध्यक्ष पदमा २२१ जनाको उम्मेदवारी परेको छ । यसैगरी, ६४ जना वडा सदस्य पदका लागि ३१० जना, ३२ जना महिला सदस्य पदका लागि १४५ जना र ३२ जना दलित महिला सदस्य पदका लागि ९० जनाले मनोनयन पत्र दर्ता गराएका छन्।
स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते गरी २ दिन मनोनयन दर्ताको कार्यक्रम चलेको थियो । यसअन्तर्गत पहिलो दिन प्रमुख पदका लागि १६ जनाले र उपप्रमुख पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए।
देशभरका ६ वटा महानगरमा १४६ जनाबाट प्रमुख पदका लागि उम्मेदवारी परेको छ । यसमा काठमाडौँ महानगरमा ५६ जनाको, भरतपुर महानगरमा ३० जनाको, पोखरामा २४ जनाको, ललितपुर महानगरमा १३ जनाको, वीरगञ्जमा १२ जनाको र विराटनगर महानगरमा ११ जनाको उम्मेदवारी छ ।
निर्वाचन आयोगकाअनुसार, उपप्रमुख पदमा काठमाडौँमा ३१ जना, भरतपुरमा १३ जना, पोखरा र विराटनगरमा ९/९ जना र ललितपुरमा ३ जनाको उम्मेदवारी परेको छ । वीरगञ्ज महानगरमा उपप्रमुख पदका लागि कसैको पनि उम्मेदवारी परेन ।
प्रमुख पदका लागि सत्तारुढ गठबन्धनकातर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन्। यसैगरी एमालेबाट प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोलको उम्मेदवारी परेको छ। राप्रपाबाट प्रमुखमा मदनदास श्रेष्ठ र उपप्रमुखमा विनिता मगैया, विवेकशील साझा पार्टीबाट प्रमुखमा समीक्षा बास्कोटा र उपप्रमुखमा कीर्ति (कंसाकार) तुलाधरको उम्मेदवारी परेको छ।
यसै गरी सुमन सायमी, बालेन शाहसहित ३५ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन्।
|
ताइवानलाई युक्रेनसँग तुलना गरिएपछि चीन आक्रोशित काठमाडौं । जापानी पूर्व प्रधानमन्त्री शिन्जो आबेले अप्रिल १२ मा अमेरिकी अखबार लस एन्जलस टाइम्समा युक्रेन र ताइवानको तुलना गर्दै लेख लेखेका थिए । लेखमा उनले अमेरिकाले यदि आवश्यक भएमा ताइवानलाई सहयोग गर्न खडा हुनेछ भन्ने स्पष्ट पार्नु पर्ने बताएका थिए । यस लेखको जवाफमा चिनियाँ कन्सुल जनरल झाङ पिङले पत्रिकालाई पत्र लेख्दै शिन्जो आबेको लेखप्रति कडा आपत्ति जनाएका छन्।
लेखको जवाफमा उनले लेखेका छन् – ‘ओप-एड लेखक शिन्जो आबेले गैरजिम्मेवार टिप्पणी गरे, अमेरिकालाई यो स्पष्ट गर्न आग्रह गरे कि ऊ ताइवानको रक्षामा खडा हुनेछ। यो दुई मुख्य देशबीच द्वन्द्व भड्काउने कार्य मात्र हो । चीनले यस्तो कुरालाई कडाइका साथ अस्वीकार गर्छ।’
ताइवान र युक्रेनको अवस्था तुलना गर्न सकिँदैन। ताइवान चीनको अभिन्न अंग हो, जहाँ जनवादी गणतन्त्र चीन मात्र कानुनी सरकार हो। यो एक चीन सिद्धान्तको बारेमा चीन-अमेरिका र चीन-जापान कूटनीतिक सम्बन्धको समयमा नै स्पष्ट पारिएको थियो।
ताइवान खाडीमा तनावको मूल कारण ताइवानी अधिकारीहरूले एक चीन सिद्धान्तलाई मान्यता दिन अस्वीकार गर्नु हो। केही बाह्य शक्तिहरूले “ताइवानको स्वतन्त्रता” को लागि पृथकतावादी शक्तिहरूलाई बढावा दिएका छन्। यो अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताहरूको गम्भीर उल्लङ्घन हो र यसले ताइवानको खाडीमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्छ।
The situations in #Taiwan & Ukraine cannot be compared. And we reserve the option of taking all necessary measures in response to the interference of foreign forces: Consul General @CGZhangPingLA on #Abe’s irresponsible remarks calling for US to make clear it would defend Taiwan. pic.twitter.com/fFIbofy4Oz
— Global Times (@globaltimesnews) April 24, 2022
ताइवानको प्रश्न चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको मूल हितसँग सम्बन्धित छ। यो पूर्णतया चीनको आन्तरिक मामिला हो, यसमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गरिने छैन। चिनियाँ नागरिक आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न कटिबद्ध छन्। हामी सबै इमानदारी र हर प्रयासका साथ शान्तिपूर्ण पुनर्मिलनको लागि प्रयास गर्नेछौं। जसको अर्थ हामीसँग विदेशी शक्तिहरूको हस्तक्षेप र “ताइवानको स्वतन्त्रता” खोज्ने मुट्ठीभर पृथकतावादीहरूको गतिविधिलाई जवाफ दिन सबै आवश्यक कदम चाल्ने विकल्प छ।
१२ अप्रिलमा शिन्जो आबेले आफ्नो लेखमा युक्रेनमा रुसको आक्रमणले चीन र ताइवानबीचको बिग्रँदै गएको सम्बन्धको सम्झना गराएको बताए। तर युक्रेन र ताइवानको स्थितिमा तीनवटा समानता भए पनि केही असमानताहरू पनि छन्।
पहिलो समानता के हो भने ताइवान र चीनबीच सैन्य शक्तिमा ठूलो भिन्नता छ। चीनको सेना ताइवानभन्दा धेरै बलियो छ। जसरी युक्रेन र रुसबीच सैन्य क्षमतामा ठूलो भिन्नता छ । यो भिन्नता प्रत्येक वर्ष ठूलो हुँदै गइरहेको छ।
दोस्रो, युक्रेन र ताइवानसँग औपचारिक सैन्य सहयोगीहरू छैनन्। दुवै देश एक्लै धम्की वा आक्रमणको सामना गर्न बाध्य छन्। तेस्रो, रुस र चीन दुवै संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी भिटो-पावर सदस्य भएकाले उनीहरू संलग्न भएको द्वन्द्वका लागि संयुक्त राष्ट्रको मध्यस्थतामा भर पर्न सकिँदैन।
युक्रेनमा हालको रुसी आक्रमणको सन्दर्भमा पनि त्यस्तै भएको छ र ताइवानमा भविष्यको कुनै पनि संकटमा पनि त्यस्तै हुनेछ। तर ताइवान वरपरको अवस्था अझ असहज हुने छ।
ताइवानसँग कुनै सहयोगी छैन तर ताइवान सम्बन्ध ऐन, १९७९ को अमेरिकी कानुन छ। यस अनुसार अमेरिकाले ताइवानलाई “आत्मरक्षाका लागि सक्षम राख्न आवश्यक सैन्य उपकरणहरू” उपलब्ध गराउनुपर्छ।
अमेरिकाले ताइवानमा आफ्नो अडानलाई खुला रूपमा व्याख्या गर्दैन त्यसैले यो कानूनले आक्रमणको अवस्थामा अमेरिकाले “ताइवानको रक्षा” गर्नेछ भनी भन्नको लागि मात्र एक तरिका सिर्जना गर्दछ, यद्यपि यो प्रणाली अब परिवर्तन हुनुपर्छ।
युक्रेनमा रुसले गरेको आक्रमणको जवाफमा अमेरिकाले युक्रेनको रक्षाका लागि त्यहाँ आफ्ना सेना नपठाउने स्पष्ट पारेको छ । तर जब ताइवानको कुरा आउँछ, अमेरिकाले रणनीतिक अस्पष्टताको नीति अपनाएको छ। ताइवानसँगको संकटमा अमेरिकाले सैन्य हस्तक्षेप गर्छ कि गर्दैन भन्ने स्पष्ट छैन। युक्रेन र ताइवानको सन्दर्भमा यो ठूलो भिन्नता हो।
अमेरिकाले ताइवानमाथिको आक्रमणलाई कसरी जवाफ दिने भन्ने बारे आफ्नो धारणा खुलासा गर्दैन र अन्योलमा रहन्छ। ताइवान आफ्नो प्रान्त मध्ये एक हो, जुन अन्ततः एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ।
अर्कोतर्फ, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्छ। यसको आफ्नै संविधान छ र जनताद्वारा निर्वाचित सरकारद्वारा शासन गरिन्छ। ताइवान दक्षिणपूर्वी चीनको तटबाट करिब १०० माइल टाढा अवस्थित एउटा टापु हो।
यो ‘फर्स्ट आइल्याण्ड चेन’ मा अवस्थित छ, जसमा धेरै अमेरिकी समर्थक देशहरू अवस्थित छन्। यी सबै टापुहरू अमेरिकाको विदेश नीतिका लागि धेरै महत्त्वपूर्ण छन्।
ताइवान र चीनबीचको विभाजन दोस्रो विश्वयुद्धपछि भएको थियो। त्यसबेला चीनको मुख्य भूमिमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सत्तारुढ राष्ट्रवादी पार्टी (कुओमिन्ताङ)सँग लडिरहेको थियो।
सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले राजधानी बेइजिङमाथि कब्जा जमायो । त्यसपछि कुओमिन्ताङका मानिसहरू मुख्य भूमि छोडेर ताइवानको दक्षिणपश्चिमी टापुमा गए।
त्यसयता कुओमिन्ताङ ताइवानको सबैभन्दा महत्त्वपूर्ण पार्टी बनेको छ। ताइवानको इतिहासको अधिकांश समय कुओमिन्ताङ पार्टीले शासन गरेको छ।
हाल विश्वका १३ देशले मात्रै ताइवानलाई छुट्टै र सार्वभौमसत्ता सम्पन्न देश ठान्छन्। ताइवानलाई मान्यता नदिन चीनले अन्य देशमाथि कूटनीतिक दबाब बढाएको छ। अन्य देशले ताइवानलाई मान्यता दिने काम नगर्न पनि चीनको प्रयास छ ।
ताइवानका रक्षामन्त्रीले हालै भनेका छन् कि चीनसँगको सम्बन्ध विगत ४० वर्षमा सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ।
केही देशहरूले ताइवानलाई सार्वभौम राष्ट्रको रूपमा मान्यता दिएका छन्। ताइवानसँग धेरै देशहरूसँग अनौपचारिक साझेदारी र सम्झौताहरू छन् र अन्तर्राष्ट्रिय फोरमहरूमा गैर-राज्य पक्षको रूपमा रहन्छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.