content
stringlengths 20
64.1k
⌀ |
---|
उपसचिवलाई घुस दिने बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उपसचिवलाई २२ लाख ५० हजार रुपियाँ घुस दिएको आरोपमा बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएको छ ।
मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस दिने बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो। आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।
प्याराग्लाइडिङ सञ्चालन गर्ने अनुमति दिने प्रयोजनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । अख्तियारको टोलीले उनको कारको खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
कारमा भेटिएको उक्त रकम नेपालले श्रेष्ठसँग सापटी लिएको बयान दिएका थिए । त्यसका आधारमा थप अनुसन्धान गर्दा श्रेष्ठले नेपाललाई घुसबापत उक्त रकम दिएको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई पनि मतियार बनाएर मुद्दा दर्ता गरेको हो । उपसचिव नेपाललाई इजाजत नवीकरण सम्बन्धी कार्यसम्पादन गरेको भन्दै १६ लाख ५० हजार रुपैयाँ सापटी दिएर मतियारको भूमिका निर्वाह गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
|
‘जबरा अदालत फर्किन्छु भन्नु अदालतमाथिको मजाक’ काठमांडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भन्नु अदालतमाथि मजाक भएको टिप्पणी गरेका छन् । आज आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्वित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताएका हुन्।
उनले संसदको कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने बताए। संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ।
|
२ महिनामा प्रहरीले समाते ४३ फरार अभियुक्त उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा अदालतबाट सजाय तथा बिगो जरीवाना तोकिएको ४३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले गत साउन र भदौ महिनामा अदालतले विभिन्न मुद्दामा सजाय तथा बिगो जरीवाना तोकिएको अभियुक्तहरूलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गाईघाटमा बुझाएको छ ।
चालु आर्थिक वर्ष सुरू भएपछि १ साउनदेखि ३१ भदौसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) राकेशकुमार पोदारले जानकारी दिए ।
|
निर्वाचनमा केन्द्रित गतिविधि गर्न एमालेको आग्रह लमजुङ । नेकपा एमाले लमजुङले अबका सबै गतिविधि निर्वाचन केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार मदन–आश्रित भवनमा बसेको १०औं सचिवालय बैठकले ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा यस्तो आग्रह गरेको हो ।
बैठकले सबै पालिका कमिटीहरूको बैठक समेत तय गरेको छ । जसमा बेसीशहरको ७ असोजमा, ८ असोजमा सुन्दरबजारको, मध्यनेपालको ६ असोजमा, मर्स्याङ्दीमा ५ असोजमा, राईनासमा ४ असोजमा, क्ब्होलासोंथरमा ५ असोजमा, दोर्दीमा ६ असोजमा र दुधपाखरीको ९ असोजमा पालिका कमिटीको बैठक तय गरिएको एमाले जिल्ला कमिटीका सचिव शुभाष पौडेलले जानकारी दिए ।
बैठकले गोपालकृष्ण अधिकारीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला लेखा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा उदय न्यौपाने, सचिवमा नरबहादुर रिमाल र सदस्यहरुमा क्षेत्रनाथ थपलिया, नबराज श्रेष्ठ, असिम अधिकारी र कमला थापा रहेका छन् ।
|
अछामका दुबै सांसदले गराए सरकारको ध्यानाकर्षण काठमाडौं । अछाम पहिरोको क्षतीबारे अछामका दुबै सांसदले संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै अछामका दुबै निर्वाचन क्षेत्रबाट निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद डा भीम रावल र यज्ञबहादुर बोगटीले घटनाबारे ध्यानाकर्षण गराएका हुन् ।
सांसद रावलले बिहानै गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवलाई घटनाबारे जानकारी गराएको जनाएका छन् । उनले राहत, उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरे ।
यस्तै अर्का सांसद बोगटीले मृतकलाई क्षतीपूर्ति, घाइतेको उद्धार तथा उपचार र बेपत्ताको खोजबिनका लागि आग्रह गरेका छन् । तीनदिनदेखि परेको अविरल बर्षापछि गएराती अछामका विभिन्न ठाउँमा पहिरो जाँदा हालसम्म १७ जनाको ज्यान गइसकेको छ, भने अझै ६ जना बेपत्ता छन् ।
|
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति काठमाडौं । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो । सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका सबै कार्यक्रम स्थगित हुने भएका छन् ।
सहमतिमा मन्त्रालयका तर्फबाट मीटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा। भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।
मन्त्रालय र समितिबीच मीटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणिका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।
त्यस्तै ऋणिले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत रुपले हुन आउने साँवा ब्जाय पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा सो जग्गा जुनसुकै तहसम्म विक्रि गरेको भए पनि साहुले सो जग्गा फिर्ता गर्न अन्र्तनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।
संघर्ष समितिले राखेका मागका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसको कार्यान्वयनका लागि आन्तर निकाय समन्वय गरि मन्त्रिपरिषद्ले लिनु पर्ने आवश्यक निर्णयका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ ।
समितिका सदस्यहरुले आफूहरुका माग पूरा गर्न सरकारले सहमति गरेकाले सबै आन्दोलनमा रहेका साथीहरुलाई जानकारी गराएर आन्दोलनका कार्यक्रम फिर्ता गर्ने बताएका छन् ।
|
अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागी छन् । सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी भएका छन् ।
एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले विश्वका सय भन्दा बढी देशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई एउटै छानामुनि ल्याउन सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन् ।
एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन भएको हो । सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ ।
|
कांग्रेस संस्थापनइतर समूहको बैठक काठमाडौंमा जारी काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौंमा बसिरहेको छ । बैठक ठमेलस्थित एक होटेलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको रणनीति तय गर्न बैठक बसेको हो ।
बैठकमा शेखर–गगन समूहका मान्छे छन्, त्यहाँ गठबन्धनका नाममा अरुदललाई दिने षडयन्त्र गरिएको दिलेन्द्र बडुको भनाइ छ । बैठकमा सहभागी सदस्यहरूले सम्मान जनक सिट र समूहका नेताले जित्न सक्ने क्षेत्र अन्य पार्टीलाई दिएमा गठबन्धन असफल हुने बताएका छन् ।
शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सोही समूहबाट पदाधिकारीमा पराजित, शेखर पक्षका प्रदेश सभापति लगायत बैठकमा उपस्थित छन्।
|
कैलालीको पूर्वी क्षेत्रका वस्ती डुवानमा धनगढी । विहीबारदेखिको वर्षाका कारण आएको बाढीले कैलालीको पूर्वी क्षेत्र डुवानमा परेको छ । वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरु डुवानमा परेको कैलाली प्रहरीले जनाएको छ ।
कैलालीको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय ६० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
यस्तै सोही नगरपालिका–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका दुई सय ५० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका दुई सय ५० घर डुवानमा परेको बताइएको छ। डुवानमा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। नदीको वहाव बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको छ।
कैलालीको चुरे गाउपालिका वडा नम्बर ६ बालकोट स्थित भिमदत्त राजमार्गमा अविरल बर्षाका कारण माथिबाट पहिरो खस्न गई बाटो अवरोध भएको छ ।
प्रहरी निरिक्षक धर्म सिंह बिष्टको कमाण्डमा छ जनाको प्रहरी टोलीले अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको जनाइएको छ । पहिरोले बाटो अवरुद्ध गर्दा सानो ठुलो गरी ९/१० वटा गाडी रोकिएको कैलाली प्रहरी प्रवक्ता जोशीले बताए ।
भिमदत्त राजमार्गको अन्य ४/५ स्थानमा पनि सा–साना पहिरो गई सडक अबरोध भएको उनले बताए ।
|
अछाम पहिरोमा परी ६ जनाको मृत्यु, १० जना अझै बेपत्ता काठमाडौं । अछाममा पहिरोमा परेर ६ जनाको मृत्यु भएकको छ। लगातारको वर्षापछि आएको पहिरोले पुरिएर १० जना अझै बेपत्ता छन् ।
जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी कम्तीमा चार घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।
तुर्माखाँदा गाउँपालिका ५ मा पहिरोमा पुरिएका २ घरपरिवारका ९ मध्ये २ जनाको शव फेला परेको अछाममा प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको छ ।
|
दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्दै, कहाँको भाडा कति ? यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।
|
सबैभन्दा कम मतदाता मनाङ, मुस्ताङ र डोल्पामा काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार आगामी निर्वाचनको लागि कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेका छन् । सबैभन्दा बढी मतदाता मोरङ, झापा र काठमाडौंमा रहेका छन् । आयोगका अनुसार मोरङमा ७ लाख ३५ हजार ५२५, झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ जना रहेका छन् ।
यस्तै, आउँदो निर्वाचनमा सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । मनाङमा ६ हजार ७७९, मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ जना मतदाता रहेका छन् ।
प्रदेशका हिसाबले सबैभन्दा बढी मतदाता बागमती, प्रदेश १ र मधेश प्रदेशमा रहेका छन् । आयोगका अनुसार बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेका छन् ।
यस्तै सबैभन्दा कम मतदाता रहेका प्रदेशमा कर्णाली, सुदूरपश्चिम र गण्डकी रहेका छन् । कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् ।
|
७३ वर्षीय वृद्धबाट झापामा २ जना बालिका बलात्कृत झापा । झापामा १ जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ ।
ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
|
पेस्तोल र गोलीसहित बुटवलबाट १ जना पक्राउ रूपन्देही । बुटवल–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोलीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोस सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
|
ट्राफिकको विद्यार्थी चालक लक्षित सुरक्षा चेकिङः १२ सय ७७ जनालाई कारवाही
काठमाडौं । विद्यार्थी चालक लक्षित सुरक्षा चेकिङ अन्र्तगत आज ३६ जना चालकलाई ट्राफिक प्रहरीले कारवारी गरेको छ । कारवाहीमा पर्नेमध्ये कागजपत्र साथमा नबोकेका २० जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १५ जना र तीन जना सवार एक जना विद्यार्थी चालक छन् ।
सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गरि साउन अन्तिम साताबाट शुरु गरिएको विद्यार्थी लक्षित बिषेश सुरक्षा चेकिङमा हाल सम्म १२७७ विद्यार्थी चालकलाई कारवारी गरिसकिएको काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।
|
भारतबाट इन्धनको मूल्य घटेर आयो काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगमका उच्च स्रोतले बतायो ।
डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।
|
गुप्तचरका इन्सपेक्टर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर काठमाडौं । मुलुकको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत ताराबहादुर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ । शुक्रबार विशेष अदालका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको छ । गुप्तचरमा सो पद इन्स्पेक्टर सरहको मानिन्छ ।
कुँवरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अनुसन्धानपछि उनले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट आईए गरेको नक्कली प्रमाणपत्र पेस गरेर जागिरमा प्रवेश गरेको भेटिएको थियो ।
अनुसन्धानपछि आयोगले २०७५ जेठ ६ गते विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको भन्दै सजाय माग गरेको थियो । शुक्रबार इजलासले कुँवरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको कसुर ठहर गरेको छ ।
|
बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकेपछि फरार अशोक ७ वर्षपछि पक्राउ मोरङ । बलात्कार मुद्धामा कसुरदार ठहरपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङले ३ चैत २०७२ मा गरेको फैसलाले बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय ठहर गरेको थियो। उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
|
‘न्यायाधीश नियुक्तिमा मेरो चलखेल छैन’ काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा आफूले चलखेल नगरेको दावी गरेका छन्। बिहीबार प्रतिनिधिसभा अन्तरगतको महाभियोग सिफारिस समिति बैठकमा बयान दिन पुगेका पूर्वअध्यक्ष श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लगाएको आरोप निराधार भएको बताए।
बयानका क्रममा जबराले न्यायाधीश नियु्क्तिमा श्रेष्ठको पनि चलखेल रहेको आरोप लगाएका थिए। उनले श्रेष्ठलाई छलफलमा बोलाउन समितिसमक्ष आग्रह गरेका थिए। सोही आग्रहअनुसार समितिले नेपाल बारका पूर्वअध्यक्ष श्रेष्ठलाई आज बोलाएको हो।
उनले भने, ‘न्यायाधीश नियुक्तिमा मेरो कुनै चलखेल छैन। म उमेरले ७१ वर्षको भएँ। उहाँभन्दा अघिबाट निरन्तररुपमा वकालत पेशा गर्दै आएको छु। गल्ती गरेको भए कारवाही होस्।’
उनले जबराले आफूमाथि लगाएका आरोपमाथि छानविनको माग गरेका छन्। श्रेष्ठले आफूले न्यायाधीश नियुक्तिमा चलखेल गरेको पाइए कारवाही गर्न पनि सिफारिससमक्ष माग गरे।
|
महिलाले बोकेको झोला चेक गर्दा भेटियो करिब २८ किलो चरेस काठमाडौं । पर्सा प्रहरीले करिब २८ किलो चरेश सहित ३ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला मनहरी गाँउपालीका–८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षीया रीता विश्वकर्मा रहेका छन् ।
उनीहरूलाई पर्सा जिल्ला पर्सागढी नगरपालिका–२ बागवानास्थित सडकखण्डबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । बुधबार साँझ ७ः३० बजे प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई रोकेर जाँच गरेको थियो ।
जाँच गर्दा ८ केजी६९० ग्राम, ५ के जी ११० ग्राम र १३ केजी ८०० ग्राम चरेश फेला पारिएको गिरीले बताए । महिलाहरुले बोकेको झोलामा चरेस फेला परेको केसीले बताए । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
|
महानगर अगाडी फुटपाथ व्यापारीको धर्ना {भिडियोसहित} काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै साना व्यापारिहरुले काठमाडौं महानगर अगाडी धर्ना दिएका छन् ।
फुटपाथमा व्यापार गर्नु रहर नभई बाध्यता नभएको भन्दै उनीहरुले बिहीबार महानगर अगाडी धर्ना दिएका हुन् । नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा सहभागीहरुले हामीलाई बाच्न देउ, स्वरोजगार श्रमिकलाई पञ्जिकरण गर, सडकमा व्यापार गर्नु रहर होईन बाध्यता हो, सन्ध्याकालीन बजारको व्यवस्थापन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
फुटपाथमा व्यापार गर्दा पैदल यात्रीलाई समस्या भएको भन्दै महानगरले व्यापार गर्न रोक लगाएको थियो ।
हेर्नुहोस् भिडियो:
|
तत्काल निर्णय नगरे नेपालीलाई छुट्याएको ‘अग्निपथ’को सीट फिर्ता हुन्छ काठमाडौं
भारतीय सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ अन्तर्गतको गोर्खा भर्तीका लागि तत्काल निर्णय गर्नु पर्ने बताएका छन्। नेपालले समयमै ‘अग्निपथ’ विषयमा निर्णय नदिए नेपालीका लागि छुट्याएको सीट फिर्ता हुने उनले बताएका छन् ।
अग्निपथ अन्तर्गत भदौ ९ गते बुटवलमा र भदौ १६ गते धरानमा तय गरिएको गोर्खा भर्ती सरकारले रोकेको छ। जसले गर्दा नेपालबाट गोर्खा भर्ती प्रक्रिया अघि बढ्न सकेको छैन।
नयाँ दिल्लीमा युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले आयोजना गरेको कार्यक्रममा बोल्दै भारतीय सेनाध्यक्ष पाण्डेले यदि नेपालले स्वीकृती नदिए गोर्खाका लागि छुट्याइएका सीट अन्यत्र बाँडिने बताएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ।
नेपालबाट ‘अग्निपथ’ मार्फत ४० हजार जनालाई छनोट गर्ने योजना छन्। जसमा डिसेम्बरमा २५ हजार र फेब्रुअरीमा १५ हजारलाई तालिम दिने भारतको योजना रहेको उनले जनाएका छन्। अग्निपथको योजना लागू हुनुअघि नै गोर्खा भर्तीको संख्या घटाइएको थियो। यसअघि चार हजार जना भर्ती हुने गरेको भए पनि घटाएर एक हजार पाँच सयमा झारिएको छ।
भारतीय सेनाध्यक्ष पाण्डेले नेपालमा मंसीरमा हुने निर्वाचन पछि यस विषयमा निर्णय हुनसक्ने विश्वास गरेका छन्। उनले भने, “हामीले आफ्नो योजनाबारे नेपाललाई बताइसेका छौं। चार वर्षपछि अग्निभीरहरूले सेवा निधि अन्तर्गत भारु ११.७ लाख पाउनेछन्। अब यो नेपालको आफ्नो निर्णय हो।”
अग्निवीरमा छनोट भएका युवाले चार वर्ष सेवा गर्नेछन्। त्यसपछि २५ प्रतिशतले भारतीय सेनामा भर्ना पाउनेछन् भने ७५ प्रतिशतलाई रकम दिएर घर पठाइनेछ। नेपालले यसमा असहमित जनाएको छ।
भारत, बेलायत र नेपालको त्रिपक्षीय सम्झौताअनुसार, नेपालीले भारतीय र बेलायती सेनामा सिधै भर्ना पाउने व्यवस्था छ। अग्निपथ मार्फत जाँदा चार वर्षपछि फिर्ता हुने युवाको भविष्यका विषयमा सोच्नुपर्ने नेपालको तर्क छ।
|
महिला बसेकै डेरामा गएर महिलामाथि बलात्कार भक्तपुर । भक्तपुर प्रहरीले २५ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा गई जबरजस्ती करणी गरी फरार रहेका थिए । उनलाई प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
|
भोलीसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ ।
|
संसदीय समितिलाई पूर्वप्रधानन्यायाधीशले पनि बयान नदिने काठमाडौं
पूर्वप्रधानन्यायाधिहरु संसदीय समितिमा वयानका लागि उपस्थित नहुने प्रतिक्रिया जनाएका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले डाकेको छलफलमा नजाने भन्दै सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वयानका लागि उपस्थित नहुने बताएका हुन।
समितिले उनिहरुलाई बिहीबार दिउँसो १ बजेका लागि छलफलमा बोलाएको थियो । उनीहरुले समितिको छलफलमा जानु उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् । आफूहरूले यसबारे आफ्नो धारणा लिखित रूपमै सार्वजनिक गर्ने पूर्वप्रधानन्यायाधीश शर्माले बताए ।
जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बिहीबार बोलाएको थियो । समितिले बोलाएको पत्र पाएपछि सर्वोच्चका सबै न्यायाधीश सम्मिलित भएर फुलकोर्टको बैठकबाट वयानका लागि उपस्थित हुनु जायज नहुने निर्णय गरेका थिए।
फुलकोर्टले न्यायाधीशहरूलाई महाभियोग सिफारिस समितिमा उपस्थित गराएर सवालजवाफ गर्नु संवैधानिक मान्यताविपरीत हुने ठहर गरेको छ । उक्त निर्णय बुधबार नै महाभियोग सिफारिस समितिलाई पठाइएको छ ।
समितिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाललाई बोलाएको थियो।
निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयान दिने क्रममा ती न्यायाधीशमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए । जबराले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि लाञ्छना लगाएका थिए ।
|
भारत पुर्याइएका १६ बालकको उद्धार काठमाडौं । भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरमा रहेको बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनमा रहेको हेल्प क्रस संस्थाको समन्वयमा हिजो उद्धार गरी नेपाल ल्याइएको बताईएको छ ।
उहाँका अनुसार रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरमा रहेको रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।
उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालकमध्ये प्रायजसो १२ वर्षमुनिका छन् । बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर उनीहरुलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ ।
उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्युरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ । अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्याउने व्यक्तिको पहिचान हुन सकेको छैन ।
|
इरानले भारतलाई भन्यो– हामीसँग पनि रुससँग जस्तै व्यवहार गर काठमाडौं । युक्रेनसँगको युद्धपछि रुसमाथि अमेरिकी प्रतिबन्धका बाबजुद पनि भारतले रुसी बजारबाट तेल किन्ने क्रम जारी राखेको छ । यस्तो अवस्थामा इरानले सन् २०१९ देखि भारत र इरानबीचको बन्द तेल आपूर्ति फेरि सुरु गर्न चाहन्छ ।
जसरी रुसको मामिलामा भारतले अमेरिकी दबाबलाई बेवास्ता गरिरहेको छ, त्यसैगरी आफूसँगको व्यापारमा अमेरिकी प्रतिबन्धको बेवास्ता गर्नुपर्ने इरानको भनाइ छ । एक रिपोर्टका अनुसार चाँडै नै इरानका राष्ट्रपति इब्राहिम रायसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गर्न सक्नेछन् ।
समाचार वेबसाइट द प्रिन्टका अनुसार सेप्टेम्बर १५-१६ मा उज्वेकिस्तानमा हुने एससीओ (साङ्घाई कोअपरेसन अर्गनाइजेसन) बैठकमा इरानका राष्ट्रपति इब्राहिम रायसीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर यसबारे छलफल गर्न सक्नेछन् । चीनका राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि एससीओ परिषद्को बैठकमा सहभागी हुनेछन्।
हालै इरानका राजदूत अली चेगेनीले भारतका विदेशमन्त्री एस जयशंकरसँगको भेटमा तेल खरिदको मुद्दा उठाएका थिए । यसअघि जुन महिनामा इरानका विदेशमन्त्री हुसेन अमिर भारत भ्रमणमा रहेका बेला उनले प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्रीसँगको भेटमा पनि यस विषयमा चर्चा गरेका थिए ।
इरानी राजदूतले भारतसँगको सम्बन्धलाई मजबुत बनाउन आफ्नो तर्फबाट कुनै सीमा, प्रतिबन्ध र अवरोध नभएको बताएका थिए । उनले इरान भारतलाई डलरमा नभई रुपैयाँमा तेल निर्यात गर्ने पहिलो देश भएको र भारतले निरन्तर आफ्नो देशबाट तेल किन्दै आएको बताए । अरु काममा पनि रुपैयामा व्यापार गरेको उनले बताए ।
यसैबीच इरानी राजदूतले भारतले तेल आयात नरोकेको भए सन् २०१८-१९ मा १७ अर्ब डलरसम्मको व्यापार भइरहेको इरान र भारतबीचको व्यापार अहिले सम्म ३० देखि ३५ अर्ब डलरसम्म पुग्ने दाबी समेत गरे ।
तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि धेरै प्रकारका प्रतिबन्ध लगाएको थियो । त्यसपछि भारतले पनि इरानबाट तेल खरिद बन्द गरेको थियो । त्यसबेला इरानले भारतको यो निर्णयलाई अमेरिकाको दबाबमा लिएको निर्णय भनेको थियो । इरानमाथि प्रतिबन्ध लगाउनुअघि, भारत यसको दोस्रो ठूलो तेल खरिदकर्ता थियो, जबकि चीन अझै पनि इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता हो।
त्यसबेला इरानले भारतले तेल आपूर्ति बन्द गरेकोमा निकै असन्तुष्टि देखाएको थियो । इरानका तत्कालीन विदेशमन्त्री जावेद जरिफले भनेका थिए कि भारतले अमेरिकी प्रतिबन्धको दबाबलाई अझ बलियोसँग प्रतिरोध गर्नुपर्थ्यो। त्यसबेला इरानले अमेरिकाले भारतलाई सताएको र आफ्नो देशबाट तेल किन्न नदिएको बताएको थियो ।
तत्कालीन विदेशमन्त्री जावेद जरिफले भनेका थिए कि भारत अमेरिकाको विरोध गर्न चाहँदैन तर विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएकाले भारतले आफ्नो हितको रक्षा गर्नुपर्छ । त्यतिबेला भारतले भनेको थियो कि हामी संयुक्त राष्ट्र संघले लगाएको प्रतिबन्धलाई मात्र स्वीकार गर्छौं, कुनै देशको होइन।
जब अमेरिकाको ट्रम्प सरकारले इरानमाथि धेरै प्रतिबन्ध लगाएको थियो, त्यसबेला भारतले पनि यो निर्णय लिनुपरेको थियो । त्यसबेला अमेरिका र इरानबीचको सम्बन्ध यति बिग्रिएको थियो कि राष्ट्रपति ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए ।
प्रतिवेदनमा उल्लेख गरिएको इरानी अधिकारीहरूको बयानका अनुसार अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध पूर्णतया एकतर्फी भएको भए पनि भारतले इरानबाट तेल खरिदमा प्रतिबन्ध लगाएको छ । तर अब भारतले अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्दै रुसबाट तेल किन्दै आएकोले अब इरानबाट पनि तेल आपूर्ति सुरु गर्नुपर्छ ।
युक्रेन र रुसबीच युद्ध सुरु भएदेखि नै रुसमाथि अमेरिकालगायत धेरै पश्चिमी मुलुकले विभिन्न आर्थिक प्रतिबन्ध लगाएका छन् । तर, यी प्रतिबन्धको चिन्ता नगरी भारतले रुसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको छ । यसबाट आक्रोशित अमेरिकाले पहिले भारतलाई चेतावनी दियो तर भारतले आफ्ना नागरिकको हितमा निर्णय गर्न भारत सक्षम रहेको स्पष्ट पारेको छ ।
|
बाटोमा हिँडिरहेकी महिलालाई तानेर सिसौ घारीमा लगेपछि… झापा । झापा प्रहरीले एक जनालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिना रहेका छन् । उनले एक ३५ वर्षीया महिलालाई सिसौ घारीमा लगेर बलात्कार गरेका थिए ।
सोमबार दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई उनले बलात्कार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
|
प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर ३ थान मोबाइल लुटेर फरार काठमाडौं । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।
काठमाडौं महानगरपालिका–३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाईल पसलमा सापकोटा सहित २ जना व्यक्तिहरूले अनलाइन मार्फत मोबाईल किन्छु भन्दै पसलमा गई प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान मोबाईल लुटपाट गरेर फरार भएका थिए ।
घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको कार्यालयले जनाएको छ ।
|
चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन {भिडियो} काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बुधबार ली चान्शुको टोलीले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका थिए । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उनले भूकम्पले पुर्याएको क्षतिबारे पनि जानकारी लिएका थिए ।
प्रतिनिधिमण्डलका सदस्यहरुले भक्तपुर नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरका थिए ।
त्यसअघि उनले मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरका थिए । ली चान्शुल मङ्गलबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भदौ ३० गते बिहान विशेष विमानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
हेर्नुहोस् भिडियो:
|
सामान्य विवादमै श्रीमतीको घाँटीमा कसे डोरी, गोदावरीको जंगलमा फाले काठमाडौं । ललितपुर प्रहरलाई यही २६ भदौ विहानै फोन आयो । फोनमा भन्दै थियो, ‘फुल्चोकी जंगल छेउमा सडेको अबस्थामा केटीको लास छ ।’ त्यसलगत्तै ललितपुर प्रहरी परिसरका प्रहरी नायव उपरिक्षक दिपक भारतीको टोली त्यसतर्फ लागियो ।
टोली घटनास्थल पुग्दा अर्धनग्न अबस्थामा महिलाको शव थियो । शव सडिगलेको अबस्थामा थियो । अनुहार पहिचान गर्न नसक्ने अबस्थामा थियो । जंगलछेउमै लास लियो।
विहान मर्निङमा निस्किएकाहरुले लास देखिएको थियो । त्यसपछि प्रहरीलाई खबर पुगेको थियो । त्यसपछि हल्ली खल्ली भईसकेको थियो । प्रहरी घटनास्थल पुगे लगत्तै प्रहरीले अनुसन्धान थाल्यो । महिलाको पहिचान नभए पनि उनले लगाउने कपडाका कारण त्यहाँ हेर्न पुगेका मानिसहरुले पहिचान गरे ।
उनी ४७ वर्षीयाँ रुपा क्षेत्री भएको खुल्यो । उनको घर रौतहट हजारिया भएको खूल्यो । उनी ललितपुर–२९ हरिसिद्धि बस्ने गरेको पाईयो । प्रहरी टोली हरिसिद्धि पुग्यो । उनी बसेको कोठामा प्रहरीले पाईला टेक्यो।
कोठामा दोलखा भिमेश्वर–९ का ६३ वर्षिय घ्याल्मो लामा थिए । प्रहरीले शंकास्पद रुपमा उनीमाथि सोधपुछ ग¥यो । सामान्य सोधपुछमै उनले ती महिलाको आफूले नै हत्या गरेको स्विकारे । उनले ती महिला आफ्नो श्रीमती रहेको समेत खुलायो।
यहि १६ भदौमा दिउँसो ३ वजेतिर हरिसिद्धिबाट गोदावरीतिर लागे । जंगल छेउमा बसे । त्यही बेला उनीहरु बीच वादविवाद यो । घ्याल्मोले रिसको झोँकमा घाँटीमा डोरीले कसे । रुपा छटपट्टिईन् । निस्सासिएर रुपाले स्वास फेर्न सकेनन् । केही बेरपछि रुपाले हलचल गर्न छोडिन् । उनीले स्वास फेर्न छोडेपछि घ्याल्मो कोठामा गएर बसे ।
त्यस १० दिनपछि घ्ल्मो प्रहरीको पञ्जामा परे । उनी तुरुन्त पक्रिए। हाल उनलाई वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भईरहेको छ । मृतक रुपमा घ्याल्मोका तेस्रो श्रीमती थिईन् ।
उनका पहिलो श्रीमती १२ वर्षअघि नै वितिसकेको बताईन्छ। उनको दोस्रो श्रीमती पनि छन् । २०७२ सालमा दोस्रो र हालको मृतकलाई बिहे गरेको मा दोस्रो पत्नी भने गाउँमै रहेको खुलेको थियो।
|
निलम्बित प्रधानन्यायाधीश जबराले इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा बयानका क्रममा जबराले इजलास तोक्ने संवैधानिक अधिकार प्रधानन्याधिशलाई नै दिएको भन्दै इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने बताए ।
उनले संवैधानिक नियुक्तीको बिषय केहि समय कोरोनाका कारण अवरुद्ध भएको र त्यसपछि आफुले उक्त मुद्धा नहेर्ने बताएको व्यक्त गरेका छन् । संवैधानिक नियुक्तीको मुद्धालाई रोक्न खोजेको आरोपको समेत कुनै पुष्टि नहुने उनको भनाई छ ।
त्यस्तै उनले मन्त्रीपरिषद्मा भाग माग्यो भन्ने कुराको आफुले यसअघि नै खण्डन गरिसकेको जानकारी दिए । जबराले मन्त्री बनाउने काम प्रधानमन्त्रीको भएको भन्दै कसैको अनुरोधका भरमा नै मन्त्री बनाउने भन्ने कुरा सोच्न नसकिने धारणा व्यक्त गरे । यस बिषयमा आफुलाई जोड्नु कुनै तर्कसंगत नभएको र मन्त्री बनाउन दवाव दिएको भन्ने आरोप गलत रहेको उनले बताए । जबराले प्रधानन्याधिश नै राजनीतिक भागबण्डाको सौदावाजीमा सहभागी भएको भन्ने आरोपमा पनि कुनै सत्यता नरहेको दावी गरेका छन् ।
मंगलबारसम्म जबरासंग ४३ वटा प्रश्न सोधेको समितिका सचिव एवं प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिए । अव पुरक प्रश्नका लागि आवश्यक दिनमा जबरालाई बोलाइने उहाले बताउनुभयो । उहाले बुधबार बिहान पुन समितिको बैठक बस्ने र बयानका क्रममा नाम आएका व्यक्तिहरुलाई पनि सोधपुछ गर्नेबारेमा आवश्यक निर्णय हुने जानकारी दिए।
गत फाल्गुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यसपछि उनी निलम्वनमा छन् ।
|
कोरोना अपडेट: थप २ सय बढीमा कोरोना संक्रमण काठमाडौं । नेपालमा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
|
‘ली’ को नेपाल भ्रमणले काठमाडौंको यातायात प्रभावित {भिडियो} काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका क्रममा काठमाडौंका केहि क्षेत्रमा यातायात प्रभावित भएका छन् । भ्रमणको दोश्रो दिन ली चान्सुको भेटघाटका कार्यक्रमका कारण यातायात प्रभावित भएको हो ।
ली चान्सुको सवारीमा सडक पूर्व रुपमा बन्द गर्दा अन्य स्थानमा पनि जाम हुन पुगेको थियो भने सवारी रुट भएका स्थानमा पैदल यात्रुले पनि सास्ती बेहोर्नु परेको छ । ली चान्सुको टोलीले मंगलबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र एमाले तथा माओवादीका नेताहरुसंग भेटवार्ता गरका थिए । उनले बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।
हेर्नुहोस् भिडियो:
|
७२ लाख रुपैयाँ अवैध रकमसहित बोर्डरबाट पक्राउ परे सुभाष नेपाल । स्रोत नखुलेको ७२ लाखसहित १ नेपाली पक्राउ परेका छन् । नेपाल–भारत सीमा सुनौलीबाट सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित उनी पक्राउ परेका हुन् ।
सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।
|
३० हजार रुपैयाँ घुस लिएकी कम्प्युटर अधिकृतलाई भ्रष्टाचार मुद्दा काठमाडौं । सेवाग्राहीसँग रंगेहात घुस रकम सहित पक्राउ परेकी कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत उनले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा उनले सेवाग्राहीसँग घुस मागेको सूचनापछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको थियो । उनीविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग उनले ३० हजार रुपैयाँ मागेको उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले गत साउन १८ गते प्रधानलाई पैसा लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
|
सबै सरकारी कर्मचारीले पुरा बाहुला भएको लुगा लगाउन मन्त्रालयको आग्रह काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कर्मचारी पुला बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ । मुलुकभर फैलिएको डेंगुको प्रकोपबाट बच्न सबै कर्मचारीलाई यस्तो बताएको हो ।
जसअनुसार कर्मचारीहरुलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा यस्तो अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन मन्त्रालयले निर्देशन दिएको छ ।
नेपालमा हाल देखापरिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
|
दिउँसै खुकुरी हान्दै हिँड्ने ब्लोन पक्राउ मकवानपुर । मकवानपुर प्रहरीले दिउँसै खुकुरी हान्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१२ सिक्रेनी बस्ने जोनसागर ब्लोन रहेका छन् । उनले सोही स्थानका २६ वर्षीय बिरन घिसिङलाई खुकुरी हानेको थियो । ब्लोनलाई प्रहरील आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
जोनसागरले पुरानो रिसइविको कारण घर नजिकैको चौतारामा बिरनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । ब्खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिरनलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबी अस्पताल रिफर गरिएको छ ।
|
५४ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम काठमाडौं । ५४ जना प्रहरीे ट्राफिक नियन्त्रण तालिम लिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले तालिम १४४ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
सोही कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले ट्राफिक प्रहरीले कानुन संम्मत ढंगले संयमित, धर्यवान र कर्तव्यनिष्ठ भएर तालिममा प्राप्त गरेको ज्ञान सिपलाई व्यवहारमा उतारी ट्राफिक व्यवस्थापनमा आफ्नो उत्कृष्ट योगदान दिनुपर्ने बताए।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ३ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३९ जना गरी जम्मा ५४ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिए ।
|
१६ वर्ष अघि साथीको जन्मदिन मनाउदा परेको थियो फाईट, कतारबाट पक्राउ परे मगर काठमाडौं। काठमाडौं प्रहरीले ज्यान मार्ने उद्योगमा फरार रहेका एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विसं २०६३ साउन २ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो ।
साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिए।
प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको हो । जिल्ला अदालतको आदेश अनुसार मगरलाई आइतबार डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताए।
|
सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प महानगरले गरायो बन्द {भिडियो} ललितपुर। ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ । आइतबार महानगरको टोलीले केहि संरचना हटाई तारजाली लगाएर पम्प बन्द गराएको हो ।
सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनले महानगरभित्र रहेका अवैध संरचनाको शुभारम्भ गरिएको र अव महानगर कडा रुपमा प्रस्तुत हुने बताए । उनले आफुले पहिलो कार्यकालको दोश्रो बर्षदेखि नै अवैध संरचना अटाउने काम सुरु गरेको भन्दै ललितपुर महानगरमा बालेन साहको कामको कुनै प्रभाव नपरेको जिकिर गरे । यसअघि महानगरले लगनखेलस्थीत आफ्नै भवनमा रहेको अवैध संरचना पनि हटाएको थियो ।
भिडियो:
|
एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने (भिडियो) काठमाडौं । सरकारले बेलायती महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको जानकारी दिए ।
उनले यस अवधिमा नेपालभरका सरकारी कार्यालयसहित विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिए । एलिजाबेथको बिहीबार राती निधन भएको थियो ।
हेर्नुहोस् भिडियो:
|
गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक, सिंगल शटमा खिचियो भिडियो काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो’ मा पनि केही नयाँ प्रयोग गरेका छन् ।
संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक भिडियो बिहिवार साँझ सार्वजनिक भएको छ । गायक पराजुलीले लामो समय लगाएर तथा धेरै मेहनतपछि यो गीत तथा म्युजिक भिडियो तयार पारिएको बताएका छन् ।
राजन इशानको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा नौलो प्रयोग गरिएको गायक पराजुली बताउँछन् । राहुल शाहको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो ‘वान शट’ मा छायांकन गरिएको छ ।
नेपाली म्युजिक भिडियोको इतिहासमा यो सम्भवतः पहिलो प्रयोग भएको गायक पराजुलीको भनाइ छ । भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ ग्रुप तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ ।
सिंगल शट म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ । गायक पराजुलीका यसअघिका ‘नाइँ मलाई थाहा छैन’, ‘कर्के नजर’, छैन मलाई पिर’ लगायतका दर्जनौ गीतले दर्शक श्रोताको मन जितिसकेको छ ।
|
१५ वर्षीया किशोरी अर्धचेत अवस्थामा भेटिईन्, सामूहिक बलात्कार भएको थियो कैलाली । कैलालीको घोडाघोडीमा एक १५ वर्षीया किशोरी अर्धचेत अबस्थामा भेटिएकी छ । उनीमाथि सामूहिक बलात्कार भएको बताईएको छ । घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेको खुलेको छ ।
‘सानो काम छ भनेर एक युवकले लिएर गए । त्यसपछि अन्यलाई फोन गरेर बोलाए’ इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले भने ‘त्यस पछि उनी बलात्कारको सिकार भइन् ।’
किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सानो काम छ भनेर लिएर गएको र त्यहाँ आफूलाई केही खुवाएर सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई प्रहरीलाई बयान दिएकी छन् । २१ गते राति किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् ।
बलात्कारपछि बेहोस किशोरी २२ गते दिउँसो होसमा आइन् । उनी त्यसपछि साथीको घरमा गइन् । २३ गते घर गएकी किशोरी घर पुगिसकेपछि पनि आफू बलात्कारको सिकार भएको कुरा अभिभावकलाई भन्न सकिनन् ।
२३ गते फेरी सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेवारिसे अवस्थामा एक किशोरी केही समस्या रहेको जस्तो अवस्थामा प्रहरीले जानकारी पाएपछि उनलाई घोडाघोडी अस्पतालमा उपचार सुरु गरियो । राति २ बजे उनी होसमा आइन् । त्यसपछि ४ बजे प्रहरीले पीडित किशोरीको बयान लियो ।
प्रहरीसँग किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको प्रहरीलाई भनिन् । प्रहरीले त्यस लगत्तै घटनामा संलग्नहरूको खोजी सुरु गरेको थियो । किशोरीको बयानको आधारमा हामीले तत्काल नै उनीहरूको खोजी सुरु गर्यौँ’ डिएसपी शाहीले भने, ‘२ जनालाई त बिस्तारा बाटै पक्राउ गरेका थियौँ ।’
अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । थप एक जना फरार रहेको र फरार भएका व्यक्तिको पनि खोजी भइरहेको उनले जानकारी दिए ।
|
राष्ट्रपति किमले घोषणा गरे उत्तर कोरियालाई परमाणु हतियार सम्पन्न देश काठमाडौं । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले आफ्नो मुलुक परमाणु हतियार सम्पन्न देश भएको घोषणा गरेका छन् । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा उल्लेख छ ।
उत्तर कोरियाका राष्ट्रपति किमले यो घोषणामा कुनै परिवर्तन नहुने बताएका छन् । उनले यसबारेमा कुनै पनि स्तरको वार्ताको सम्भावना नहुने पनि बताएको बीबीसीले जनाएको छ ।
यस कानुनका अनुसार उत्तर कोरियालाई आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने अधिकार हुनेछ । विभिन्न प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ र २०१७ को बीचमा ६ परमाणु परीक्षण गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को कैयौँ प्रस्तावको बाबजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमता बढाएको छ ।
अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जोङको दुई पटक शिखर वार्ता भएको थियो तर कुनै नतिजा भने निस्किएन । त्यसपछि भने अमेरिका र उत्तर कोरियाबीच कुराकानी रोकिएको छ । यद्यपि जो बाइडन सरकारले उत्तर कोरियासँग वार्ता गर्न चाहेको सङ्केत दिएको थियो । तर राष्ट्रपति बाइडनले किम जोङ उनसँग भेट गर्ने नगर्ने भन्नेबारे स्पष्ट थिएन ।
|
सुन चोरीका आरोपी सरकारी वकिल कार्यालयबाटै फरार देउखुरी । सुन चोरीका आरोपी फरार भएका छन् । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका हुन्। घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए ।
“शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ”, उनले भने । म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र खोजी भइरहेको प्रनाउ गौतमले बताए । विश्वकर्मालाई यही यही भदौ २२ मा प्रहरीले पक्राउ गरेको थियो ।
|
आइटी कम्पनीका सञ्चालक साइबर अपराध मुद्दामा पक्राउ काठमाडौं । साइबर अपराध मुद्धामा प्रहरीले ललितपुरबाट एक आइटी कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीका ५० वर्षीय प्रशन्न पोखरेल रहेका छन् । उनलाई साइबर ब्युरो कार्यालयले पक्राउ गरेको हो। उनी जिनिस सोलुसन कम्पनीका सञ्चालक हुन्।
ब्यूरोले पोखरेललाई बुधबार झम्सिखेलबाट पक्राउ गरेको हो। ब्यूरोका अनुसार पोखरेलले कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्याएर डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने गर्थे।
जिनिस कम्पनीले सुन्दर ग्रुप अफ कम्पनी प्रालिलाई वेब पोर्टल र डेटालाई होस्टिङ सर्भिस लगायतको सुविधा प्रदान गर्दै आएको थियो। त्यसै क्रममा जिनिसले अनधिकृत रूपमा होस्टिङ अकाउन्टमा प्रवेश गरी डेटाहरू नष्ट गरेको हो। त्यसपछि सुन्दर ग्रुपले साइबर ब्युरोमा जाहेरी दिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा पोखरेलको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि जिल्ला अदालत काठमाडौंबाट तीन दिन म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ।
|
ब्राउनसुगरसहित १ किशोर पक्राउ झापा । प्रहरीले विर्तामोड नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ। हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड५ का १९ वर्षीय कालु दासलाई पक्राउ गरेको हो।
उनलाई शंका लागेर चेक जाँच गर्दा निजको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरेको थियो। प्रतिबन्धित ब्राउनसुगर बरामद भएसँगै दासको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ।
|
कैलालीकी आस्था मोहना नदी किनारमा मृत फेला, चार दिनदेखि हराइरहेकी थिईन् कैलाली । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छिन्। उनको शव नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले जानकारी दिए। उनी विगत चार दिनदेखि हराइरहेकी थिईन् ।
उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको प्रहरीले बताएको छ। कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको प्रहरीले जनाएको छ ।
गत सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी आस्था त्यसपछि सम्पर्कविहीन थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। उनका अनुसार शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ।
|
लाइसेन्स निकाल्न खेताला बनेकाहरु पक्राउ काठमाडौं । सवारीको लाइसेन्स निकाल्न खेताला बन्नेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–११ टाँडीका २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–४ का २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका–१ का २४ वर्षीय ईन्द्रबहादुर शाही सिन्धुली दुधौली नगरपालिका– १४ का २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेन स्थान गाँउपालिका–१ का २२ वर्षीय राजकुमार श्रीमल रहेका छन् ।
भक्तपुर मध्यपुर ठिमी नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरबाट नक्कली नागरिकता र नक्कली प्रवेश पत्र बनाएर अन्य व्यक्तिहरूको ट्रायल दिने कार्यमा संलग्न हुँदै गर्दा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिइएको पाण्डेले बताए । उनीहरूलाई लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
|
क्रिकेटर सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ जारी भएको छ। उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज अनुमति दिएको छ।
उनीविरुद्ध १ नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। पीडित किशोरीले उनीविरुद्ध किटानी जाहेरी दिएकी छन्। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको प्रहरी स्रोतले बताएको छ।
प्रहरीले अदालतबाट अनुमति पाएसँगै अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ। नाबालिकलाई बलात्कार गरेको भन्दै मंगलबार साँझ गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको थियो।
उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ। मंगलबार १७ वर्षीया ती किशोरीले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पुर्याएर आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै गौशाला प्रहरीमा जाहेरी दिएकी हुन्। सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन्।
|
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर पाेखरा। पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ।
पोखरा-९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो। महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो।
महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ। महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ।
महानगरका यी दुई दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन्। भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ।
भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुईपटक र पुनः ३५ दिने सूचना दिएर आग्रह गरेको थियो। सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन सुरु गरिएको हो।
वडाध्यक्ष मर्सानीले भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भत्काउन सुरु गरिएको बताए। महानगरले भवन हटाएपछि भवनले चर्चेको जमिनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनले सुनाए।
उनले भने, “भवन हटाएपछि यसले चर्चेको जमिनमा पोखराको सौन्दर्य वृद्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौँ।” महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित साविकको ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने जनाएको छ। पृथ्वीचोकमा भवनका लागि रु दुई करोड लागत अनुमान गरिएको छ। सो भवन दुई रोपनी जमिनमा बन्नेछ।
पोखरा महानगरपालिकाले पछिल्ला केही दिनयता सार्वजनिक जमिनमा निर्माण गरिएको संरचना हटाउन सुरु गरेको छ। वडा कार्यालयले सूचना जारी गरी आ-आफ्नो क्षेत्रभित्र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको संरचना भत्काएका हुन्।
पोखरा-२५ हेमजाले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सार्वजनिक जमिन अतिक्रमण गरी सडक मापदण्डभित्रका संरचना हटाउन सुरु गरेको सो वडाका वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले बताए। रासस
|
काठमाडौंमा मनी एक्सचेन्ज सञ्चालकका २० लाख लुटपाट काठमाडौं । काठमाडौंको म्हैपीमा १ मनी एक्सचेन्ज सञ्चालक लुटिएका छन् । गए राति मोटरसाइकलमा आएको अपरिचित समूहले मनी एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठको साथबाट २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।
श्रेष्ठ ठमेलस्थित ओरेन्टल मनी एक्सचेन्जका सञ्चालन हुन् । घटनाबारे काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
|
प्रहरीलाई घुस दिन खोजेपछि… काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा १ युवक पक्राउ परेका छन्। प्रहरीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई बुधवार राति पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा ८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनलाई कारबाही गरिएको थियो । त्यसक्रममा प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
|
होटल सञ्चालकलाई फोन गरेरै सन्दिपले रुम बुक गरेका थिए काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले काठमाडौंको होटल सञ्चालकलाई नै फोन गरेर रुम बुक गरेको खुलेको छ । होस्टलमा बस्दै आएकी बालिकालाई राति अबेर पारेर सन्दिपले होटलमा लगेको बताईन्छ ।
पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए । राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको समेत पीडितले भनेकी छिन् ।
|
मध्येरातमा होटल छिरेर ७ घन्टापछि निस्केका थिए सन्दीप काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पीडित बालिकासहित ५ भदौमा राति अबेर होटल काठमाडौं इनमा पुगेको पाईएको छ । मंगलबार सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले सन्दीप उक्त होटलमा पुगेको पाईएको हो । होटल पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा देखिएको छ । पीडित बालिका भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले जनाएको छ।
ती प्रहरीका अनुसार सन्दीप र पीडित युवती उक्त होटलमा ५ भदौमा राती ११ बजेर ४५ मिनेट जाँदा पुगेको र करीब ७ घण्टा बसेर भदौ ६ गते बिहान ६ः४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको छ ।
प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेज पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिने तयारी गरिरहेको जनाएको छ ।
जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले सिनामंगलस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा लगी रातभर पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।
|
चीनमाथिको निर्भरता घटाउन अमेरिकाले लियो ठूलो कदम, ५० अर्ब डलर लगानी गर्ने निर्णय काठमाडौं । अमेरिकामा बाइडेनको सरकारले सेमीकन्डक्टर उद्योग (कम्प्युटर चिप्स) मा ५० अर्ब डलर लगानी गरेर यस क्षेत्रमा चीनमाथिको निर्भरता अन्त्य गर्ने बताएको छ ।
अमेरिकाले हाल सेमीकन्डक्टर उत्पादन गर्दैन। अमेरिका विश्वभर बन्ने चिप्सको ३० प्रतिशत उपभोक्ता हो । यी मध्ये धेरै इलेक्ट्रोनिक चिपहरू देशको सुरक्षाको लागि धेरै महत्त्वपूर्ण छन्।
राष्ट्रपति जो बाइडेनले गत महिना उद्योगमा चीनको प्रभुत्वलाई चुनौती दिन २८० अर्ब डलरको चिप्स बिल अनुमोदन गरेका थिए। अमेरिकी वाणिज्य सचिव जीना रेमन्डोले पत्रकारहरूलाई बताएकी छिन् कि उनको विभागले कम्प्युटर चिप्स उद्योगमा ५० बिलियन डलर लगानी गर्नेछ।
पछिल्लो एक वर्षमा अमेरिकामा कम्प्यूटर चिप्सको ठूलो अभाव थियो, जसले कार उद्योगलाई धेरै नोक्सान पुर्याएको थियो किनभने कारमा प्रयोग हुने चिपहरू पनि निकै छोटो भएका थिए। यसबाहेक चिप्सको अभावका कारण घरायसी सामानको उत्पादनमा पनि ठूलो असर परेको छ ।
अमेरिकी वाणिज्य सचिवले अमेरिकी अर्थतन्त्र र सेना कम्प्यूटर चिप्समा धेरै निर्भर रहेको र यस क्षेत्रमा लगानीले अमेरिकालाई भविष्यमा उत्पादनमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने बताइन् ।
अमेरिकी विदेशमन्त्री जीना रेमन्डोले भनिन्, “हामी सेमीकन्डक्टरहरूको पर्याप्त आपूर्ति सुनिश्चित गर्न चाहन्छौं। हामीले चिप्सको ३० प्रतिशत प्रयोग गर्छौं र १३ प्रतिशत मात्र उत्पादन गर्छौं। हामीले यसलाई परिवर्तन गर्नुपर्छ।”
ताइवान मुद्दालाई लिएर हालैका महिनाहरूमा अमेरिका र चीनबीच तनाव उत्कर्षमा पुगेको छ। चीनले ताइवानलाई आफ्नो विद्रोही राष्ट्रको रूपमा लिन्छ र विश्वको कुनै पनि देशले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गरेको चाहँदैन।
ताइवान सेमीकन्डक्टर उद्योगको लागि सबैभन्दा ठूलो गन्तव्य हो। विश्वका दुई तिहाइ उन्नत सेमीकन्डक्टरहरू ताइवानमा बनेका छन्।
सेमीकन्डक्टरहरूले मोबाइल फोन, पेसमेकरदेखि कार र सैन्य उपकरणहरूमा सबै कुरामा महत्त्वपूर्ण भूमिका खेल्छन्। यी बिना, कृत्रिम बुद्धिमत्ता र ड्रोन उद्योग पनि चल्न सक्दैन।
धेरै अमेरिकी कम्पनीहरूले देश भित्र चिप्स डिजाइन गर्छन् तर एशिया, विशेष गरी ताइवानमा उत्पादन गर्छन्। न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार यो प्रणाली जोखिमपूर्ण निर्भरताको कारण हो।
|
सन्दिप र पीडित बालिका सिनामंगलको होटल भित्र पसेको फुटेजमा देखियो काठमाडौं । नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ । बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती बलात्कार गरेको भनिएको छ ।
प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको प्रहरी स्रोतले बतायो । उक्त दिन लामिछाने र पीडित बालिका होटलभित्र छिरेको फुतेजमा देखिएको प्रहरीले बताएको छ । पीडित बालिकालाई त्यहाँ लगेर लामिछानेले पटक पटक बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीले उक्त फुटेजको अनुसन्धान समेत थालेको छ।
पीडितसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले बलात्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि बलात्कार भएको पाईएपछि त्यहाँको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको प्रहरी स्रोतले बताएको छ।
भिडियो हेर्नुहोस्:
|
प्रहरीले भन्योः सन्दिपले पटक-पटक बलात्कार गर्ने होटलको कोठा नम्बर ३०५ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कारको जाहेरीबारे प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ।
विज्ञप्तिमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई सिनामंगलको होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा भदौ ५ गते बेलुका ११ः५५ र १२ः२५ बजे बलात्कार गरेको जाहेरी परेको उल्लेख छ।
विज्ञप्तिमा जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको उल्लेख छ।
विज्ञप्ति अनुसार अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीद्वारा घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको उल्लेख छ।
हेर्नुहोस् भिडियो:
|
क्लोज क्याम्प सकेपछि पीडितलाई लिएर घुम्न निस्केका थिए लामिछाने काठमाडौं। भदौ ५ गते अघि कप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्पमा थिए । ६ भदौमा टिम पाँच खेलको टी–२० क्रिकेट सिरिज र एकदिवसीय अभ्यास खेल खेल्नका लागि भनेर क्लोज क्याम्पमा राखेको थियो।
सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए । तर नेपाल क्रिकेट संघ (क्यान) ले एक दिनअघि भदौ ५ गते उपत्यकामा घर भएका खेलाडीलाई तयारीको लागि क्लोज क्याम्पबाट घर पठाएको थियो ।
उनी घर जानुको सट्टा पीडित बालिकालाई लिएर भक्तपुर घुम्न निस्केका थिए। राति अबेरसम्म भक्तपुर घुमेर काठमाडौं फर्केका थिए । राति अबेर भएको निहुँ पारेर लामिछानेले होटलमा जबरजस्ती राखेर पटक पटक बलात्कार गरेको पीडित बालिकाले प्रहरीमा जाहेरी बयान दिएकी छन् ।
भदौ ६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज उडेका थिए ।
|
भारतका सेनाध्यक्षले भेटे प्रधानमन्त्रीलाई काठमाडौं । नेपाल भ्रमणमा रहेकाभारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज मंगलबार दिउँसो सिंहदरवारमा पुगेर उनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
उनी पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन् । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । आजै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यतालिका रहेको छ। यसका साथै उनी साँझ करिब ६ बजे पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम रहेको छ।
|
खैरो हेरोइनसहित ८ जना पक्राउ, १० लाख रुपैयाँ बढी बरामद काठमाडौं । लागू औषध नियन्त्रण व्युरोले खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोईनसहित ३ जना र २४७ ग्राम खैरो हेरोईनसहित ५ जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा ललितपुर भैसिपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सोहि स्थान बस्ने देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् ।
ब्यूरोले काठमाडौंको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाइ लागू औषध खैरो हेरोईनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।
उनीहरुलाई लागू औषध बिक्री गर्ने झापाका अप्सरा राजबंशी र उनलाई पनि सप्लाई गर्ने नौसाद आलमलाई पनि झापा मेचिनगरबाट डिजिटल तराजुका साथै नगद १० लाख ४० हजार रुपैयाँ सहित पक्राउ गरिएको खनालले बताए । त्यस्तै, ब्यूरोले अवैध लागू औषध २५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए । ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट दुई केजी गाँजासहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।
|
जसले उपचार गराउन साथी जान्छु भन्थे, उसैको गर्दनमा खुकुरी हाने.. सिन्धुली। १ साउनको दिन थियो । टंक बहादुर उपचारको लागि काठमाडौं जानलाई सबेरै उठेका थिए । उठ्ने बित्तिकै टंकलाई रिंगटा चल्ला जस्तो भयो । मन स्थिर भएन, एक्कासी रिस उठ्यो ।
रिसकै झोँकमा उनले के सोचे, घरको ढोका छेउमैरहेको सिरुपाते खुकुरी बोकी छिमेकीको घरमा गए। त्यहाँ गन्ज बहादुर थिए । उनी पनि ओछ्यानबाट उठ्नै लागेका मात्रै के थिए, सोही बेला टंकले आँखै देखेनन् । उनी व्यसुरा बने ।
गन्जको गर्दनमा खुकुरीले छप्काई दिए । टंकले प्रहार गरेको खुकुरीको जोड थाम्न नसकी गन्ज ओछ्यानमै ढले । गन्जको घरमा रुवाबासी चल्यो । कोलाहल मच्चीयो । त्यसपछि नजिकैको अर्का छिमेकीहरु आइपुगे । व्यसुरा टंकको हातबाट खुकुरी खोसियो । टंक व्यसुरमै भागे । गन्ज रगताम्मे भए ।
गन्जलाई नजिकैको स्वास्थ्य संस्था लगियो । त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारको लागि काठमाडौैं लगियो । अहिले उनी ठीक छन्। उनलाई खुकुरी हानेर भागेका टंकलाई प्रहरीले समातेर ज्यान मार्ने उद्योगमा सिन्धुली जिल्ला अदालतमा मुद्धा चलिरहेको अबस्था छ ।
अनुसन्धान अधिकृतलाई दिएको बयान अनुसार, घटनाको ४ दिन अघिदेखि टंकलाई सञ्चो थिएन । ‘घटना भन्दा ४ दिन पहिलादेखि मेरो मन स्थिर नहुने, आँखा नदेखेको जस्तो हुने, रिस उठ्ने,डर लाग्ने भएकोले झारफुकमा लागियो।
उपचार गर्न काठमाडौं जानु पर्ने भएकोले त्यसदिन उठ्ने दिन के भयो, भयो । एक्कासी रिस उठेर गन्जको गर्दनमा खुकुरी हानेँ’, उनले बयानमा भनेको छ।
उनलाई काठमाडौंमा उपचार गराउन उही गन्ज थिए। उनी खुकुरी बोकेर जाँदा उनलाई अस्पताल लिएर काठमाडौं जान गन्ज भर्खर ओछ्यानबाट उठ्न मात्रै खोजेका थिए। तर गन्जले खुकुरीले छप्काए । त्यसपछि गन्ज अस्पतालमा टंक जेलमा परे ।
|
प्रहरीलाई आयो गोप्य सूचना, बरामद भयो १ करोड बढीको सामग्री काठमाडौं । नवलपरासी प्रहरीले १ करोड रुपैयाँ बढीको अवैध सामग्री बरादम गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ५१६८ नंको ट्रकबाट १ करोड २६ हजार ९९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको हो।
ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए। बरामद सामान, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
|
एकै परिवारका ३ जनाको हत्या गर्ने आरोपित सार्वजनिक उदयपुर । जिल्लाको बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका ३ जना सदस्यको हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको थियो । धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४० वर्षीय नर बहादुर बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय दिलुटार वादिम खोलामा नर बहादुरले खुकुरी प्रहार गर्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर लगायतको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । उक्त घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
|
भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौंमा काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी आज दिउँसो नेपाल आएका हुन्। पाण्डे पाँच सदस्यीय टोलीसहित काठमाडौं आइपुगेका हुन्।
पाँच दिने भ्रमणमा जनरल पाण्डेले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण र प्रधानसेनापति शर्मासँग छलफल हुने बताइएको छ।
त्यस्तै, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रमसमेत हुने बताइएको छ।
नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता हुने बताइएको छ ।
|
ढुंगा गिट्टीको ठेक्का लगाउँदा भ्रष्टाचार, तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं
ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा तथा ठेक्का लगाउँदा नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
उनीहरुले ठेक्का लगाउँदा सरकारलाई १७ लाख ४० हजार ६६ रुपैयाँ हानी नोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको हो।
प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनु पर्नेमा सो नगरी बिक्री वितरण दर कम निर्धारण गरी राजस्व संकलन गरेको अभियोगपत्रमा उल्लेख छ ।
तत्कालिन उपप्रमुख खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशीराम शर्माविरुद्ध मुद्धा दर्ता गरेको आयोगले जनाएको छ। उनीहरुविरुद्ध ३४ लाख ८० हजार १३२ रुपैयाँ बिगोसमेत माग दाबी लिईएको छ।
|
नक्कली भ्याट बिल जारी गरेका ३ जना विरुद्ध १० करोड रुपैयाँ बढीको मुद्दा दायर काठमाडौं। नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले उनीहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौं महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।
विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ एक करोड ७१ लाख ३२ हजार एक सय ७० रुपैयाँ , आयकरतर्फ तीन करोड ७५ लाख १९ हजार एक सय ६८ रुपैयाँ गरी पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ रुपैयाँ बराबरको बिगो गरेको पाइएको छ ।
विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि १० करोड ९३ लाख दुई हजार छ सय ७६ रुपैयाँ बराबरको सजायको माग दाबी विभागले लिएको छ ।
|
दशैँका लागि हवाई टिकट बुकिङ धमाधम काठमाडौँ। दशैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन्। दशैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ। वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ। उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्छन्।
दशैँमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो। अझ प्रभावकारी यातायातको रुपमा हवाईसेवालाई लिइन्छ। दशैँ आउन करिब तीन साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ। वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दशैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए। उनले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताए।
“दसैँका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ ‘ट्रक रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज लिमिटेड भएकाले अत्यधिक चाप हुन्छ।” प्रवक्ता शर्माले दसैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज प्रयाप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिए।
सामान्यतया दसैँ आउन एक महिनाअघि देखि नै हवाई टिकट खुलाइन्छ। अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन्। उनीहरुका अनुसार दसैँलाई लक्षित गरेर अहिले ७० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ। सङ्घका प्रवक्ता कँडेल अनलाईनबाटै अधिकांश बुकिङ भएको बताउँछन्।
आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक दुई सय ६० दुईतर्फी उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेका छन्। दसैँमा दैनिक तीन सय ५० हाराहारी उडानबाट २० हजार बढी यात्रुले सेवा लिने उनको अनुमान छ। “कोभिड–१९ महामारीमा उडानको चाप थियो, यस पटकको दसैँमा झनै यात्रुको चाप हुने देखिन्छ, यात्रुको मागअनुसार उडान थप्छौँ”, प्रवक्ता सिटौलाले भने।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले धमाधम बुकिङ भइरहेको र समग्रमा ७० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको जानकारी दिए। उनका अनुसार कम्पनीको अनलाइनबाट मात्रै ८० प्रतिशत बुकिङ भइसकेको छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताउनुभयो । उहाँले भने, “पहिला जस्तो दसैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ करिब फुल भइसकेको छ। यात्रुको मागअनुसार उडान सङ्ख्या थप्न गर्न सकिन्छ।” तुलनात्मक रुपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रतियात्रुको आकर्षण बढ्दो छ। कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ। त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालाहित हुन्छन्। नजिकिएको दसैँलाई मध्यनजर गर्दै अहिले हवाई सेवा प्रदायक कम्पनीले धमाधम अग्रिम टीकट बुकिङ गरिरहेका छन्। केही गन्तव्यमा त दसैँ आउन एक महिनाअघिनै टिकट ‘प्याक’ भइसकेको छ।
दसैँमा राजधानी काठमाडौँ छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ। टिकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ। वायुसेवा कम्पनीका अनुसार अहिले दसैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ।
तुम्लिङटार र सुर्खेत गन्तव्यको बुकिङ ‘फुल’
आन्तरिक उडानको महत्वपूर्ण स्टल रुट मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ फुल भइसकेको एयरलाइन्सले जनाएका छन्। बुद्ध एयरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एयरकोे तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ पूर्ण भइसकेको छ। बाँकी गन्तव्यमा पनि अधिकांश प्याक भइसकेको छ। विशेषगरी फुलपातिदेखि विजया दशमी टिकासम्म चाप बढी हुन्छ। अग्रिम बुकिङ सोही अनुरुप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन्। नेपाली पात्रोअनुसार यो वर्ष असोज १० गते घटस्थापना र १९ गते विजया दशमी टिका रहेको छ।
सत्तरी प्रतिशत बुकिङ
दसैँलाई लक्षित गरेर एयरलाइन्सको धमाधम हवाई टिकट बिक्री भइरहेको छ। अहिले ६० देखि ७० प्रतिशत बुकिङ भएको एयरलाइन्सले जनाएका छन्। बुद्ध एयरको विभिन्न गन्तव्यमा ७० प्रतिशत हाराहारी बुकिङ छ। पहिला ट्राभल एजेन्सीमार्फत टिकट होल्ड गरिन्थ्यो। उसको अनलाइन बुकिङ ८० प्रतिशत भइसकेको छ । यती एयरलाइन्सले आफ्नो ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ। श्री एयरलाइन्सको पनि सोही हाराहारी बुकिङ छ। एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दसैँका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताए।
यती एयरलाइन्सका प्रवक्ता बर्तौलाका अनुसार ७० प्रतिशत अनलाइनबाट र बाँकी ३० प्रतिशत ट्राभल एजेन्सी तथा एयरलाइन्सको टिकट बिक्री काउन्टरमा प्रत्यक्ष गएर यात्रुले टिकन लिने गरेका छन्। सौर्य एयरलाइन्सले शुक्रबारदेखि दसैँ र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जानकारी गराएको छ। एयरलाइन्सले विभिन्न दररेटका टिकट अनलाइन बुकिङमा राख्ने भएकाले सस्तो टिकट चाँडै फुल हुन्छ। त्यसपछि महँगो टिकट खरिद गर्नुपर्ने हुन्छ। एयरलाइन्सले अनलाइनबाट वर्षभरी नै टिकट बुक गर्न सकिने गरी खुला गरेका छन्। यसले यात्रुलाई सहज रुपमा टिकट लिएर गन्तव्यमा पुग्न सहज भएको छ।- रासस
|
मासिक ३० हजार कमाई हुने भन्दै भारत पुर्याएर ६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान काठमाडौं
जबरजस्ती भारत पुर्याएर मृगौला बेचेको आरोप लागेका ४ जना कारारगार चलानभएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश सुनाएसँगै उनहरु कारागार चलान भएका हुन्।
उनीहरुले नुवाकोट छहरेका एक युवकलाई जबरजस्ती भारतको कलकत्ताको मुकुन्दपुर पुर्याएर उनको मिर्गौला बिक्री गरेका थिए।
कारागार पठाइएकामा शिवपुरी गाउँपालिका–७ ४६ वर्षीय ‘बाँदरे’ भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार र ३० वर्षीय ‘सानु’ भन्ने सुवास नेपाली रहेका छन् ।
यसअघि मानव बेचबिखन ब्यूरोले उनीहरूलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको थियो । ब्यूरोका अनुसार उनीहरूले भारतको एउटा मःमः पसलमा मासिक ३० हजार पारिश्रमिक पाउने गरी जागिर लगाइदिने भन्दै पीडितलाई भारतको कलकत्ताको मुकुन्दपुरमा रहेको रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्याएका थिए । अस्पताल पुर्याएपछि ती युवकलाई बेहोस बनाउने सुई लगाएर मिर्गौला पनकालेका थिए । उनीहरूले ती युवकको मिर्गौला ६ लाख रुपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।
त्यसपछि उनीहरूले असार ७ गते नेपाल ल्याएर ती युवकलाई छाडेका थिए । उनीहरूलाई प्रहरीले साउन २१ गते पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत काठमाडौंले भदौ १७ गते जगन्नाथदेवल कारागार पठाएको छ ।
|
उपत्यकाको विभिन्न ३ स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ काठमाडौं । काठमाडौं प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट अबैध लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ४९ एम्पुल फेनारगन, ४९ एम्पुल नुर्फिन र ४९ एम्पुल डाईजेपाम समेत बरामद गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे पाँचखाल नगरपालिका–२ देवीथान बस्ने २९ वर्षीय ज्ञान बहादुर तामाङ लगायत २ जना रहेका छन् ।
त्यस्तै बालाजु बाईपास ओरालोबाट २८ एम्पुल नुफिन, २५ एम्पुल डाइजेपाम र ४३ एम्पुल फेनारगन सहित दोलखा सैलुङ गाउँपालिका–३ घर भई बालाजु बाईपास बस्ने २७ वर्षीय बादल श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै गरी, नागढुङ्गाबाट करिब ११ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका–४ बस्ने १९ वर्षीय सुमन प्रजा समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।
|
जुवाखालबाट नगदसहित १५ जना पक्राउ बर्दिया । प्रहरीले बर्दियाको जुवाखालबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ माचड चोकमा रहेको सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरीसमेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक ताससमेत बरामद गरेको छ । प्रहरीले उनीहरुमाथि थुनामा राखी थप अनुसन्धानगरीरहेको जनाएको छ ।
|
पोखराबाट मुस्ताङ उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएपछि… पोखरा । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएको छ । विमानमा खराबी देखिएपछि पुनः पोखरा नै फर्काइएको छ। पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको थियो । विमानमा खराबी देखिएपछि ७ मिनेटमै पोखरा फर्काएर आपत्कालीन अवतरण गरिएको थियो।
विमानमा १८ यात्रु थिए। विमानको इन्डिकेसनमा खराबी देखिएपछि आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।
|
११ जनाको डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान काठमाडौं । बाराको एक ग्याँस कम्पनीमा लुटपाट गर्न पुगेका डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान भएको छ । बारा प्रहरीले उक्त घटनामा संलग्न डाँका समूहका २ जना सदस्यलाई नियन्त्रणमा लिएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका डाँका समूह र प्रहरीबीच गएराति १ बजे गोली हानाहान भएको हो।
इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी उपरीक्षक कमलबहादुर शाहीको कमाण्डमा डाँका समूहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त प्रहरी टोलीले डाँका समूहलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको थियो। डाँका समूहको तर्फबाट एक राउण्ड गोली प्रहार भएको थियो।
प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको प्रहरी नायब उपरीक्षक रामकाजी थापाले बताए। डाँका समूहले वरिष्ठ प्रहरी नायव निरीक्षकको टाउकोमा रड प्रहार गरी घाइते बनाएका छन्। उनको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको र अवस्ता खतरामुक्त छ। प्रहरीले घटनास्थलबाट एक थान बन्दुक र त्यसमा लाग्ने तीन वटा गोली र एकथान एकनाले बन्दुक बरामद गरेको छ।
प्रहरीले डाँका समूहका दुईजना पक्राउ परेका छन्। प्रक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका ९ बस्ने ३५ वर्षीय जयराम पासवान र सोही पालिका वडा नम्बर १० बस्ने ४० वर्षीय जवाहिर महतो रहेका छन् । अन्य फरार रहेका डाँका समूहका सदस्यहरुलाई खोजी कार्य तीब्र पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
|
गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छः प्रधानमन्त्री देउवा काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए ।
“समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ”, प्रधानमन्त्री देउवाले भने । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे । उनले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पुर्याउन काम गरिरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएको उल्लेख गर्दै उनले निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घको महत्वपूर्ण भूमिका हुने बताए । सरकारले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको उनले बताए ।
कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्वका लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरे। “सरकारले देशको कुल बजेटको जम्मा पाँच दशमलव ७५ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रका लागि एकदमै न्यून हो”, उनले भने। नेता कोइरालाले कुनै पनि देशलाई समृद्ध बनाउनका लागि स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताए। जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य र शिक्षा मन्त्रालयलाई आगामी दिनमा कांग्रेस आफँैले राख्नुपर्ने उनको भनाइ थियो । उनले पार्टी र संसद्का महत्वपूर्ण क्षेत्रमा पेशागत क्षेत्रको प्रतिनिधित्व गराउन सकेमात्र देशको विकास हुने स्पष्ट पारे ।
कांग्रेस पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न प्रजातन्त्रवादी प्राध्यापक सङ्घले भूमिका खेल्नुपर्ने बताए । आगामी मङ्सिरमा हुन लागेको निर्वाचनमा चिकित्सकहरूलाई टिकट दिएर सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्वास्थ्य सल्लाहकार डा आरपी विच्छाले वर्तमान सरकारले सबै नेपालीलाई खोपको सुनिश्चितता गरेर प्रशंशनीय काम गरेको बताए । “कोरोनाको उपचारमा खटिएका चिकित्सक तथा नर्सलाई भत्तादेखि लिएर चिकित्सकको सुरक्षाका लागि बनेको ऐन पास गरेर चिकित्सा क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको छ”, उनले भने ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की, प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी, प्रजातन्त्रवादी चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठलगायतले नेपालका हरेक आन्दोलनमा नेपालका चिकित्सकले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिकित्सकलाई संसद् र पार्टीका विभिन्न तहमा ठाउँ दिन आग्रह गरे ।
विसं २०६६ मा स्थापना भएको प्रजातन्त्रवादी चिकित्सक सङ्घले सातै प्रदेशमा आफ्नो प्रदेश शाखा स्थापना गरी चिकित्सकको हक, हित र अधिकारका क्षेत्रमा काम गर्दै आएको सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले जानकारी दिए । सो अवसरमा प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा केसी, लक्ष्मीराज पाठक र महासचिव डा मुक्तिराम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
|
सरकारले समयमै होसियारी अपनाएकाले अर्थतन्त्र लयमा आयोः अर्थमन्त्री शर्मा काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए ।
मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गरे । उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए।
मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए । कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले आग्रह गरे ।
|
प्रकाश चलचित्रले सम्झाएको सेतो भैंसी २०५५ सालको जेष्ठको दोश्रो हप्ता तिरको कुरा हो, म ६ बर्षको थिएँ। साँझ पर्न लागेको बेला आफ्नो मातहतमा भएका बाख्रालाई गोठमा बाधेँ, अनि भोलि पनि तिनै बाख्रासँग जंगल जाने बाचा गरेर घरमा पसेँ।
आँगन पुग्दा नै मिठो बास्ना आयो। घरमा मासु पाक्दैछ भन्ने थाहा पाएँ। सायद आमाले कसौंठीमा मासु भुट्दै हुनुहुन्थ्यो। महिना दुई महिनामा गाउँमा खसी काटिन्थ्यो। खसी काट्ने कुरा हामी जस्ता केटाकेटीलाई पहिल्यै थाहा हुन्थ्यो। हामीलाई एक विसौली मासु चाहिन्थ्यो। तर कहिले काँही मासु पुग्दैन थियो। खाली हात फर्किनु पर्दा मन खिन्न हुन्थ्यो।
घरमा भित्तापट्टि टाँसेर बनाइएको खाटमा २ जना सुकिला लुगा लगाएका मान्छे बसेको रहेछन्। कट्टु र सिंगान सँगै तान्दै नमस्कार गरेँ। उ बेला हाम्रो घरमा आएका हरेक ठूला मान्छेलाई नमस्कार गर्न सकिइएको थियो। म घरभित्र छिर्नासाथ अलि अग्ला जुँगा गज्जबले पालेकाले हत्त न पत्त सोधे,
अनि यी चाहीँ?
यो मेरो साइँलो।
यो प्रश्नपछि बुवाको आँखामा थोरै असहजता अनि अलि धेरै अपेक्षा देखिन्थ्यो। बुवाले अलि अप्ठ्यारो मान्दै जबाफ दिनुभयो। सायद यिनले पहिल्यै केटाकेटी घर परिवारको विषयमा सोधेर हैरान पारिसकेका हुँदा हुन्।
तपाईंले सक्नु भएकै हो सर, यत्रा केटाकेटी हुर्काउनु निकै चुनौतीपूर्ण काम हो। अर्का सुकिला काकाले गहन हुँदै भावपूर्ण शब्दहरु थपे। चुलामा आमा फिस्स मुस्कुराउँदै मासु भुट्दै हुनुहुन्थ्यो। आमालाई पनि ती काकाको शब्दले छोयो होला। दुखलाई काट्ने केही औषधि त कसैका मिठा शब्द पनि त हुन्।
माइलो अघि नै चुलाको छेउमा धुँवासँग लडाईं गर्दै आँखा मिच्दै बसेको रहेछ। केटकेटीपन उसमा पनि देखिन्थ्यो। को हुन यी मान्छे? किन आए होलान्? यिनका परिवार कस्ता होलान्, बाख्रा, गोरु, खेत बारी इत्यादी सबै मेरो मनमा कौतुहलता बनेर खेलिरहेको थियो। मानौं म यिनको सबै कुरा जान्नको लागि अन्तर्वार्ता लिने तयारी गर्दैछु।
खाना खाएपछि आमाले ओछ्यान मिलाइ दिनु भयो। म र माइलोसँगै सुत्यौं। ओछ्यानमा पल्टिएर एक छिन गफ सुनेँ। कस्ता मिठा गफ गर्दै थिए आजका पाहुना! सिराहामा तालिममा जाँदा भएका केही घटनाहरु बुवालाई सुनाए पछि पक्का भयोे यी दुबै शिक्षक नै रहेछन्। मनमा भएका अनेक कौतुहलता मध्ये कुनै एकको उत्तर हात पर्दा मन निकै हलुंगो भयो। अनि मु भुसुक्क निदाएँ छु।
बिहान ७ बजे तिर उठेँ। उठ्ने बित्तिकै आमाले हरेक दिन कुराउनी (दुध तताईसके पछि कुँडेमा बसेको रहलपहल) दिनुहुन्थ्यो। तर आज बिहान उठ्दा आमा पनि देखिनँ। न अरु कोही थिए। न त कचौरामा अरु दिनको जस्तो कुराउनी नै। आज घर कुर्न मलाई राखेर सबै जना काममा हिँडेछन्।
उत्ता चुल्होको छेवैमा मकै र भटमास भुटेर खाजा राखि दिएको रहेछ। केही बेर मकै चपाउँदै हिजोका मान्छे सम्झिँदै बसेँ। पेट टन्नभएपछि बल्ल याद भयो, कोही नभए पनि माइलो त घरै हुन्थ्यो। तर उ पनि आज थिएन। कता गयो चिन्ता थपिँदै गयो। उमेरले उ दाइ भए पनि मैले तँ नै भन्ने गरेको थिएँ। यसमै धेरै मायाँ थियो, अनि सद्भाव पनि।
आज पनि बिहानको काम पूरा गर्न बाख्रालाई हतार हतार खोरबाट निकालेर पाखातिर कुदाइहालेँ। यो मेरो हरेक बिहानको कार्यतालिका नै थियो। वर्षायामको सुरु भएकाले हल्का पानी परेको थियो। चरनमा भएका बाख्राहरु ओसिला देखिन्थे।
म ऐंसेलु खान थालेँ। म ऐंसेलुमा भुल्दा बाख्रा त्यहाँ थिएनन्। बाख्रा मेरा साथी पनि थिए। केही बुट्यानका मुलायम पात, विना स्वार्थ बगिरहको खोलाको आवाज, चराहरुका मिठा आवाज र मालिंगोको सुरिला ढुङग्री मेरा सांगीतिक धुनका लागि सधैं झैँ साधन बन्ने गर्थे। जिन्दगीले हरेक चिजको उपभोग कहीँ न कतै गरेर खुसी तुल्याउने भूमिका खेलेको हुँदो हो, त्यसैले त हरेक चिज प्यारा लाग्ने अनि मिठा लाग्ने।
करिव नौ बजेको हुँदो हो, हिजोको घर आउँदाको घरको माहोल अनि रौनक आज ठिक बिपरित थियो। उदास वातावरण अनि खिन्नताबोध गरेजस्ता घरका सदस्य। केही बेरमा स्कुल जानलाई हतारमा भात खाँदै गर्दा आमालाई सोधेँ।
खोई मेरो आजको कुराउनी?
आमा बोल्नु भएन। उता फर्केर केही बेर टोलाए जस्तो गर्नुभो अनि फेरि हामी पट्टि फर्केर तरकारी चाहिन्छ सोध्नुभो। दिदीले थाल अलि पर धकेली आमा तरकारी थपेर बाहिर पो निस्कनु भो। मेरो हरेक दिन जिब्रोको स्वाद फेर्ने कुराउनी मैले कसरी बिर्सन सकुँ ? कुन मनले चित्त बुझाँउ बिना कारण भाग खोसिएको कुरालाई । सानो होस वा ठुलो खोसिएको वा छुटेका भागको महत्व निकै हुने त्यसैले त उम्केको माछो ठुलो भन्ने भनाई बनेको हुँदो हो ।
माईलोको आँखा रसिला देखेँ, केहि उराठपन पनि । लाग्दै थियो मेरो भागको कुराउनि उसैले दन्कायो अनि रिसाउला भन्ने डरले उ उदास छ । यत्तिकैमा मधुरो स्वरमा बोल्यो अब त सेतो रंगको भैसी देखिँदैन होला है दिदी ?
दिदी बोलिन, मौन बसिरहि सायदै उसलाई पनि त्यहि प्रश्न मनमा खेलिरहेको हुँदो हो । मलाई उत्सुकता जाग्यो कि हाम्रो बाहेक कसैको घरमा सेतो भैंसी नहुने होला । सोधिहालेँ, किन र हाम्रो भैंसिको पाडो सेतो छ, पछि बेचेपछि कसैको घरको सेतो भैंसी भईहाल्छ नि ! उसका गहभरी आँसु थियो उ अझै मौन बन्न खोज्दैथियो तर सकेन । हाम्रो सेतो भैंसी बेचिसके उ बोल्यो ।
हो साँच्चै सेतो भैसी व्यवहारमा पनि सेतै थियो । कसैलाई नहान्ने, फनक्क घुमेको सिङमा हामी पालोपालो बस्दा पिङ खेलेजस्तो लाग्ने, जे पनि घाँस खाईदिने, गमक्क परेको बलियो, जसलाई पनि दुध दिने ओहो बैगुन एकमात्र थियो उसको थाक्ने समयमा थाकिदिन्थ्यो । यति गुनि भैसि अहिलेसम्म मैले देखेको छैन, कताकता सुनेको चाँहि छु ।
मनमा सन्नाटा छायो, जिब्रोमा दुध र कुराउनिका स्वाद लरबरीन थाले मन लामो यात्रामा दौरा सुरुवाल लगाएक हिडेको मान्छेको आदि बाटोमा पुगेपछि सुरुवालको सुता छिने जस्तै गरी चटक्क चुँडियो, खाँदै गरेको भातको स्वाद फेरीयो, अनेक भयो । केटाकेटीलाई यस्तो नहुनुपर्ने हो तर भयो सायद सबैको मन राम्रै चिजमा बढि अडिएको हुँदोहो ।
अब मिठा कुरा गर्दै जुंगा मुठार्ने काका का छोराछोरी हाम्रो सेतो भैंसिको दुध र भरपुर गुणमा रमाउने दिन आईसकेको थियो । रु १३ हजारमा सेतो पाडो सहित बेचिएको भैंसिको दाम्लो छोड्दा माईलोले एक सय रुपैयाँ पाएको रहेछ त्यो सुनेपछि झन मन रोयो, म बिहानै उठेको भए कतै मेरो भाग पर्थ्यो कि ! यहि त होला केटाकेटीपन जे मा पनि लोभ नै हुने, अरु भन्दा आँफै अघि हुनुपर्ने ।
त्यो दिनैभरी मन रोयो, २ कक्षामा पढ्ने सहपाठी सबैले थाहा पाए । सँधै गुणको चर्चा पाएको हाम्रो प्यारो सेतो भैंसी अब हामीसँग थिएन यो कुरामा केहि साथी खुसी भए त केहिले सहानुभूति देखाए। स्कुलबाट फर्केपछि बेलुकि पनि बाख्रा चराउन उहि पाखा गएँ । सँधै हँसिला, खुसिला रुख, बिरुवा, खोला आज निरास नै देखिन्थे लाग्दै थियो यि सबैमाझ पनि सेतो भैसि नभएको हुँदो हो ।
म निकैबेर रोएँ, बरबरी आँसु झरे मेरा । दिनभरी मन थामेको म कोहि कसैको कारणले रहेछ, अनि आन्नद बाँड्ने पो साथीसंगी हुँदारहेछन् तर दुख बाँडने अन्तत प्रकृति हुँदोरहेछ । सबै मान्छे प्रकृति हेरेर एकान्तमा रुँदा हुन् आफ्ना पिडा पोख्दाहुन र सहानुभूति पाएका हुँदा हुन् । हो गुमाएका कुराहरु निकै गतिला अनि प्यारा लाग्दा रहेछन् चाहे त्यो प्रेम होस या मन परेका अन्य चिज ।
केहि दिनमा अझै बढि दुध दिने लाहुरी भैंसी घरमा बुवाले ल्याउनु भयो घ्यू पनि अलि धेरै लाग्छ भनेर आमाले अरुलाई सुनाएको सुन्थेँ र पनि मन खिन्न हुन्थ्यो त्यहि सेतो भैसीको सम्झना आउथ्यो । केवल प्रेम होला बस्तुभाउ सँगको, माया होला उसका राम्रा व्यवहार र गुणको अनि सदैवको नमेटिने सम्झना अझै बाँकि छ त्यो सेतो भैसिको ।
सेतो भैसी बेचेपछि २० वटा भैंसी हाम्रा घरमा आए होलान १५ बर्षदेखि यि हातले काटेका २ मुठ्ठि घाँस कुनै पनि जनावरले खान पाएका पनि छैनन् । त्यो सेतो भैंसी सायदै मनमा नआको पनि निकै बर्ष भएको हो नै ।
सहरीया जिवन बिताउने चक्करमा काठमाडौंको एक कुनामा घोत्रिएको म र म जस्ता धेरैले यस्ता जनावर प्रतिको उ बेलाको माया प्रेम बिर्से पनि होलान् । कुनै कहानीहरु बनाईएका कथाहरु जिन्दगीका धेरै मोड र घुम्तिमा मिल्ने गर्छन्। केहि केहि मात्र आफ्ना कथासँग दाँजिन्छ, तुलना गरिन्छ खुसी भईन्छ अनि दुखी पनि । आज ‘प्रकाश’ चलचित्रमा राखिएको गाईको बाच्छो बेच्दाको भावुकता, खिन्नतापन, नोक्सान अनि आफूले पालेको जनावर प्रतिको माया देख्दा मैले हाम्रो करिब २४ बर्ष अघिको सेतो भैंसी सम्झिएँ, शरीर जिरीगं गर्यो, हातहरु सलबलाए मन गह्रौ भयो सायद धेरैलाई यो चलचित्रमा यस्तै हुँदो हो ।
केहि केहि गुमाईएका कुराहरु राम्रा कथाका पात्र बन्दारहेछन् । गुमाईएका मध्ये प्रेमिल, अविश्मरणिय र सम्झनारुपी सेतो भैंसीलाई जहाँ भएपनि लामो आयुको कामना र प्रकाश चलचित्रका सम्पूर्ण टिमलाई धन्यवाद !
|
अन्डरवर्ल्ड डन दाउद इब्राहिम कहाँ छन् भन्नेबारे उनका भाइ इकबालले खुलासा गरे काठमाडौं । धेरै आतंकवादी घटना गराउने दाउद इब्राहिम कहाँ लुकेका छन् ? यी प्रश्नहरू अक्सर उठ्छन्। धेरै पटक उनी पाकिस्तानमा लुकेर बसेको भनिन्छ । तर अहिले एनसीबीको सोधपुछमा उनका भाइले दाउद कहाँ छन् र कसरी आफ्नो कालो कारोबार गरिरहेका छन् भन्ने बताएका छन् ।
दाउदका भाइ इकबाललाई मुम्बई एनसीबीले जुन २०२१ मा लागूऔषध मुद्दामा पक्राउ गरेको थियो। इकबाललाई मुम्बई एनसीबीले जेलबाट रिमान्डमा सोधपुछ गरेको थियो। उनले दाउद, छोटा शकील, अनीस इब्राहिम पाकिस्तानमा रहेको खुलासा गरेका छन् । इकबालले मुम्बई बमकाण्डका आरोपी जावेद चिकनाको बारेमा ठूलो खुलासा गर्दै जावेदले पाकिस्तानमा ड्रग्सको काम गर्ने बताए । उनलाई पक्राउ गरी पाकिस्तानको जेलमा राखिएको छ ।
हालै, अगस्ट ४ मा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले दाउद इब्राहिमका नजिकका सहयोगीलाई पक्राउ गरेको थियो। उनी छोटा शकीलका आफन्त थिए । अभियुक्तको नाम मो. सलीम मो. इकबाल कुरैशी उर्फ सलिम फ्रुट थियो । उनी मुम्बई सेन्ट्रलको अरेबियन लेनमा एमटी अन्सारी मार्गमा रहेको मीर अपार्टमेन्टमा बस्थे। अभियुक्त डी कम्पनीसँग सम्बन्धित गतिविधिमा संलग्न थिए।
एनआईएले ३ फेब्रुअरीमा अंडरवर्ल्ड डन दाउद इब्राहिम र छोटा शकीलका नजिकका साथीहरू विरुद्ध एफआईआर दर्ता गरेको थियो। जसमा दाउद इब्राहिम कास्कर उर्फ दाउद भाइ र उनका सहयोगीहरुको नाम थियो । यी व्यक्तिहरू तस्करी, नार्को आतंकवाद, मनी लन्ड्रिंग, एफआईसीएनको प्रसार, आतंकवाद कोष, अवैध कब्जा, ठूला सम्पत्ति अधिग्रहण, लस्कर, जेएम र अल-कायदा लगायत अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग सक्रिय सहयोगीको रूपमा काम गर्ने कार्यमा संलग्न थिए। प्रहरीले यसअघि १२ मेमा दुई जना अभियुक्तलाई पक्राउ गरेको थियो ।
|
सेरेना विलियम्सले ४०० वटा हीरा जडित जुत्ता लगाएर युएस ओपन टेनिस म्याच खेलिन् काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अहिले वर्षको अन्तिम ग्रान्ड स्लाम प्रतियोगिता यूएस ओपन २०२२ मा भाग लिदै छिन्। उसले आफ्नो पहिलो खेलमा शानदार जित हासिल गरिन्, जुन यादगार बनेको छ। यो खेल जितभन्दा हीराको कारण चर्चामा छ ।
वास्तवमा २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना विलियम्स यस खेलमा हीरा जडित जुत्ता लगाएर आइन् । हीरा पनि थोरै थिएनन्, जुत्तामा मात्रै ४०० हीरा जडित थिए। खेलमा हीरा जडित जुत्ताहरु विशेष आकर्षणको केन्द्र बनेका थिए ।
यति मात्र होइन, यो पहिलो खेलमा सेरेना विशेष पोशाक लगाएर आइन् । यो पोशाक पनि उनले आफैं डिजाइन गरेकी हुन् । उनकी ५ वर्षीया छोरी ओलम्पियाले पनि आमाले जस्तै पहिरन लगाएकी थिइन् । सेरेनाको जुत्ता र पहिरनका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।
युएस ओपन २०२२ मा, महिला एकलको पहिलो राउण्डमा, सेरेनाले मोन्टेनेग्रोकी खेलाडी डन्का कोभिनिचको सामना गरिन्, जसले ८०औँ वरियताकी डन्कालाई सीधा सेटमा ६-३, ६-३ ले पराजित गरिन्।
अमेरिकाकी स्टार टेनिस खेलाडी सेरेना विलियम्सले यसअघि नै सन्यासको घोषणा गरिसकेकी छिन् । यो उनको अन्तिम ग्राण्डस्लाम प्रतियोगिता हुनेछ । जसमा उनले विजयी सुरुवात गरेकी छिन् । अब उनी उपाधि जितेर सन्यास लिन चाहन्छिन् ।
पिपल म्यागजिनका अनुसार सेरेना विलियम्सले म्याचमा हातले डिजाइन गरिएको नाइकी जुत्ता लगाएकी थिइन्। सेरेनाको पहिलो खेल हेर्न पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, मार्टिना नवरातिलोभा, माइक टायसन, सेरेनाकी हजुरआमा र छोरी पनि उपस्थित थिए ।
सेरेनाले १७ वर्षको उमेरमा सन् १९९९ मा युएस ओपनको उपाधि जितेकी थिइन् । खेल जितेपछि ६ पटकको युएस ओपन च्याम्पियन सेरेनाले भनिन्, ‘जब म कोर्टमा आइपुगेँ, दर्शकले जसरी स्वागत गरे त्यसबाट म निकै खुसी भएँ । म यसलाई कहिल्यै भुल्ने छैन।’
सेरेनाले सन् १९९९ मा युएस ओपनको पहिलो उपाधि जित्दा कपालमा सेतो मोती लगाएर खेलमा प्रवेश गरेकी थिइन् । अब ४० वर्षको उमेरमा सेरेनाले हिरा जुत्ता लगाएर आफ्नो अन्तिम प्रतियोगितालाई यादगार बनाएकी छिन् ।
|
हतकडी लगाएका व्यक्ति नदीमा हाम फालेर फरार धनगढी । कैलालीमा एक व्यक्ति हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित नदीमा हाम फालेर फरार भएका हुन् ।
फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय जोशीपुरमा लैजाने क्रममा पथरैया खोलामा हाम फालेर उनी फरार भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली परिचालन गरिएको छ ।
|
फिनल्यान्डकी प्रधानमन्त्रीप्रति ऐक्यबद्धता जनाउदै विश्वभरका महिलाले सेयर गरे नाचेको भिडियो हेलसेन्की। फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन यस हप्ता आलोचनामा परेपछि विश्वभरका महिलाहरूले सामाजिक सञ्जालमा ऐक्यबद्धता देखाउँदै आफूले नाचिरहेको भिडियो सेयर गरेका छन्। उनी साथीहरूसँग मातेको अवस्थामा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको समर्थनमा प्रधानमन्त्रीको नक्कल गर्दै विभिन्न देशका महिलाले भिडियो बनाएका हुन्।
उनको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले लागू औषध सेवन गरेको हुन सक्ने भन्दै त्यसको परीक्षण गर्न माग गरिएको थियो। परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। सन्ना मारिनको ड्रग टेस्टमा नेगेटिभ रिपोर्ट आएपछि धेरै महिलाहरूले ’सन्नासँग एकता’ ह्यासट्यागको साथ भिडियोहरू पोस्ट गरे। केही विरोधीले बहालवाला प्रधानमन्त्री उक्त बानीको अलोचना गरे पनि यसप्रति सामाजिक सञ्जालमा महिला उनको पक्षमा उभिएका छन्।
भिडियोमा महिलाहरूले आफ्ना घर वा सार्वजनिक स्थानमा नृत्य गरेको देखिन्छन्। एक प्रयोगकर्ता सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्याप्सनले प्रधानमन्त्रीप्रति ऐक्यबद्धा गरेको पुष्टि हुन्छ। ‘हामी सबैले अलि बढी नाच्नु पर्छ! म सन्नासँग एकतामा खडा छु।’ सान्ना मारिनलाई समर्थन जनाउने विभिन्न देशका महिला राजनीतिज्ञ पनि छन्।
अस्ट्रेलियाकी संसद सदस्यले नृत्य गरेको तस्बिर ट्विटरमा पोस्ट गर्दै लेखेकी छिन्, ‘ यदि पार्टीमा बाफ छोड्नु तपाईको प्रधानमन्त्रीले गरेको सबैभन्दा नराम्रो काम हो भने, तपाई धेरै भाग्यशाली हुनुहुन्छ।’
If letting off steam at a party is the worst thing your prime minister has done, then you’re a pretty lucky country. 🇫🇮 #solidaritywithsanna pic.twitter.com/0jGJBKuZ0M
— Fiona Patten MP (@FionaPattenMLC) August 22, 2022
युरोपेली संसदकी सदस्य, टिली मेट्जले पनि मारिनसँग ऐक्यबद्धता जनाउँदै सार्वजनिक वातावरणमा नाचिरहेको भिडियो सेयर गरेकी छिन्। ‘राइट टु डान्स’ र ‘राइट टु डिसकनेक्ट’ ह्यासट्यागको साथमा उनले भनिन्, ‘महिला राजनीतिज्ञ आफ्नो सप्ताहन्तमा साथीहरूसँग नाँच्दा तपाईलाई समस्या छ भने तपाइँमा समस्या हो, राजनीतिज्ञमा होइन। हामी अझ बढी नाच्नु पर्छ।’
Finland’s Prime Minister @MarinSanna is in the headlines after a video of her partying was leaked today.
She has previously been criticized for attending too many music festivals & spending too much on partying instead of ruling.
The critics say it’s not fitting for a PM. pic.twitter.com/FbOhdTeEGw
— Visegrád 24 (@visegrad24) August 17, 2022
|
गृहमन्त्रीको पिएसओ कार्कीमाथि अनुसन्धान काठमाडौं । नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको छ ।
केही दिनदेखि छापा तथा अनलाइनमा ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले उक्त विषयमा छानबिन तथा अनुसन्धान भइरहेको जनाएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आज एक विज्ञप्ति जारी गरी कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको जनाएका छन् ।
“छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानूनबमोजिम कारबाही गर्ने व्यहोरासमेत अनुरोध गर्दछु”, राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
|
बालकोट पुगिन् ओलीकी छोरी! मुगु । मुगु जिल्लामा प्रधानमन्त्रीकि छोरी भनेर चिनिने एक बालिका काठमाडौंस्थित बालकोट पुगेकी छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले अभिभाकत्व ग्रहण गरेका थिए । उनै ठिल्ले साङमु लामा गत बुधबार बालकोट पुगेकि हुन् ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले लामाको अभिभावकत्व ग्रहण गरेका थिए ।
उनकी धर्मपत्नी राधिका शाक्यले अर्की छोरी छिरिङ छेन्जोङ लामाको पनि अभिभावकत्व ग्रहण गरेकी थिइन् । उनीहरु दुबै बुधबार ओली निवास बालकट पुगेका हुन् । अभिभाकत्व ग्रहरणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र उनका साथीले प्रधानमन्त्रीकि छोरीको सम्बोधन गर्ने गरेका थिए ।
दुवै जनाको पालन पोषण र पढाइ सबैको जिम्मा लिने प्रतिवद्धता ओलीले गरेकाले छोरीलाई लिएर बालकोट पुगेको आमा छिजु लामाले बताइन् ।
ओलीले अभिभावकत्व ग्रहरण गरे पनि हालसम्म २ पटक मात्र १०\१० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेका थिए । श्रीमानको मृत्यु भएको केही वर्ष भएको र पालन पोषणमा आफूलाई समस्या भएको उनले बताइन् । ओलीले बोलाएपछि उनीहरु काठमाडौं आएका थिए ।
‘निकै खुसी लागेको छ । हामी त जन्माउने आमा भए पनि जीवनभरिको भविष्य बनाउने आमाबुबा छोरीले पाएको हुँदा खुसी लागेको छ । प्रधानमन्त्री भइसकेको मान्छेको जिम्मामा छोरीलाई छोड्न पाउँदा खुसी लागेको छ ।’ छिजुले भनिन् ।
|
‘महापुरुष’ बाट डेब्यु गर्दै अरुण क्षेत्री काठमाडौं। हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ ।
सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरेको देख्न सकिन्छ । उनको पछाडि हरिवंश छन् । उनीहरू बाइकमा गुड्दै गर्दा स्पिड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ । उनले फिल्म विज्ञानको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा हरिवंशका कान्छा छोरा हुन्छन् ।
उनी फिल्ममा अडिसनमार्फत सेलेक्ट भएका हुन् । ‘मैले फिल्ममा काम गर्ने सोच बनाएपछि नै केही मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रवीन्द्र दाइ र प्रदीप दाइसहितको टिम थियो । उहाँहरूसँग जोडिन पाउँदा निकै उत्साहित छु,’ अरुणले भने । फिल्मका निर्मातासँगै कलाकारसमेत रहेका रवीन्द्रसिंह बानियाँले क्यारेक्टर चाहिएको जानकारी दिएपछि कास्टिङ डिरेक्टरको रूपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणको बारेमा जानकारी दिएका थिएँ ।
‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले उनको बारेमा जानकारी दिए । पछि अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ,’ बानियाँले भने । अडिसनमै अरुण अन्तिम समयमा पुगेका थिए । ‘म लगभग अन्तिममा पुगेको थिएँ । हरि बासँग मैले दृश्य गरेर अडिसन दिनुपर्ने थियो । त्यो नै मेरो स्क्रिन टेस्ट पनि थियो । त्यहाँ गरेको अभिनयले मलाई फिल्ममा सेलेक्ट गरायो,’ अरुणले भने ।
त्यसो त अडिसन भएको एक हप्तापश्चात उनलाई ‘सेलेक्ट’ भयौ भन्ने जानकारी आएको थियो । यद्यपि दोस्रो लकडाउन भएपछि प्रोजेक्ट ढिला भयो । प्रोजेक्ट ढिलो हुँदा अरुणलाई काम गर्न पाइन्छ भन्नेमा शंका लाग्यो । ‘मैले धेरै अडिसन दिएको थिएँ । धेरै अडिसनले मलाई रिजल्ट दिएन । मैले २० भन्दा बढी अडिसन दिएको छु,’ उनले भने । त्यसो त अरुणको ‘कन्फीडेन्ट’ ले नै फिल्ममा उनलाई सेलेक्ट गरायो ।
‘हरि दाइसँग अभिनय गर्दा देखिएको आत्मविश्वासले हामीलाई उनमा कलाकार देखायो । उनले गरिरहेको मेहनत मात्र नभई काम पनि प्रशंसनीय छ । उनले अभिनयमा देखाइएको आत्मविश्वास गज्जब छ । एउटा राम्रो अभिनेता बन्नेछन् अरुण,’ रवीन्द्रले भने । फिल्मसम्बन्धी अध्ययन गरेर नै अभिनयमा आएका अरुणले अभिनय गरेको पहिलो फिल्म ‘आइएम ट्वान्टी वान’ हो । फिल्म आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।
सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ ।
फिल्ममा प्रदीप भट्टराईको लेख्न र निर्देशनसमेत रहेको छ । सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थिति व्यंग्य गरिएको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रामार्फत आफूलाई निर्देशकमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन् । उनी यसपटक यसअघिका फिल्मभन्दा झनै कन्फिडेन्ट छन् ।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकारसमेत रहेका रवीन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् ।
‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरूभन्दा यसपटक झनै माझिएका छौँ,’ उनले भने । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गर्दै छन् । चारवटा गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको छ ।
|
पूर्वन्यायाधीशलाई अन्य नागरिकसरह स्वतन्त्रता काठमाडौं। सर्वोच्च अदालतले न्यायाधीश वा पूर्वन्यायाधीशलाई आमनागरिकसरह विचार एवं अभिव्यक्ति राख्ने स्वतन्त्र रहने ठहर गरेको छ । चार पूर्वप्रधानन्यायाधीशले संसद् विघटन विषयमा सार्वजनिक रूपमा धारणा राखेपछि यस विषयमा परेको रिट सुुनुवाइ गर्दै ‘पूर्वन्यायाधीश आफ्ना धारणा राख्न स्वतन्त्र हुने ठहर’ सर्वोच्चको संवैधानिक इजलासले गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडासम्मिलित संवैधानिक इजलासले अधिवक्ता डा. गणेश रेग्मीद्वारा दायर रिटमा सुनुवाइ गर्दैै सो फैसला गरेको छ ।
अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिट निवेदनको फैसलाको पूर्णपाठमा ‘संवैधानिक इजलासले कुनै पनि सर्तमा न्यायाधीश, पूर्वन्यायाधीशहरूले अभिव्यक्ति राख्ने अधिकार रोक्न नमिल्ने’ ठहर अदालतले गरेको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिँदा ‘न्यायमा असर पुुग्ने र मुद्दा प्रभावित पार्न खोजेको’ भन्दै अधिवक्ता रेग्मीले रिट दिएका थिए ।
‘न्यायाधीशलाई चौतर्फी रूपमा बन्धनमा राखेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएर, विचारको बन्धक बनाएर न न्यायपालिका स्वतन्त्र रहन सक्छ, न त निष्पक्ष र सक्षम न्यायपालिका कायम हुन सक्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यथार्थमा प्रस्तावनामा उल्लेख भएको उपरोक्तअनुसारको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका भन्ने अभिव्यक्तिको अन्तर्यमा विचारको आदानप्रदान सिलसिला उदार र खुला रहेको उत्तरदायी तथा स्थापित न्यायिक मूल्य मान्यताबाट निर्देशित आधुनिक न्यायपालिकाको परिकल्पना गरिएको कुरा अन्तर्निहित रहेको देखिन्छ ।’
सर्वोच्चको फैसलामा ‘बहालवाला न्यायाधीशमा समेत उपरोक्तअनुसारका स्वतन्त्रता रहेको हुन्छ भने सेवा निवृत्त न्यायाधीशको अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउन सक्नेतर्फको सोच वा चिन्तनको कुनै अर्थ रहँदैन । निःसन्देह सेवा निवृत्त न्यायाधीशले तुलनात्मक रूपमा बहालवाला न्यायाधीशले भन्दा अझ फराकिलो र आमनागरिकसरह अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न पाउने नै हुन्छ’ उल्लेख छ ।
संविधानको धारा १७ मा ‘कानुनबमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक संकचित गरिनेछैन’ भन्ने प्रावधानसमेत रहेका स्वतन्त्र प्रकारका स्वतन्त्रताका कुरा समेटिएका छन् (क) विचार र अभिव्यक्तिको स्वतन्त्रता (ख) बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता (ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता (घ) संघ र संस्था सोन्ने स्वतन्त्रता, (ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता, (च) नेपालको कुनै पनि भागमा पेसा रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता सेवा निवृत्त न्यायाधीशले उपभोग गर्न नपाउने पनि सर्त बन्देज लगाउन सकिने गरी उक्त धारा १७ को प्रतिबन्धात्मक वाक्यमा कहीँकतै उल्लेख गरिएको देखिँदैन’ भनिएको छ ।
‘संविधानको दायराभित्र रहेर विधायिकाले निर्माण गरेको कानुनद्वारा व्यवस्थित र नियमन नगरिएको कुरामा पूर्वन्यायाधीश या राज्यको कुनै पूर्वपदाधिकारी रहेको भन्ने आधारमा निजको अभिव्यक्ति स्वतन्त्रतामा सीमा बन्देज लगाउने कुनै पनि प्रकारको चेष्टा संविधान प्रतिकूत, अनुचित, अस्वीकार्य र आपत्तिजनक विषय बन्न पुग्दछ,’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘त्यसप्रकारका काम कारबाही, क्रियाकलाप वा चेष्टालाई यस अदालतले कुनै रूपमा पनि मान्यता दिन वा वैधता प्रदान गर्न सक्दैन ।’
फैसलाको पूर्णपाठमा ‘न्यायाधीशको आचारसंहितामा उल्लेख भएका प्राधानका दृष्टिले हेर्दा पनि सेवानिवृत्त न्यायाधीशले अन्य नागरिकसरह विचार र अभिव्यक्तिको स्वतन्त्रता वा कुनै संघसंस्था खोल्ने वा सदस्य हुने वा भेला हुने अधिकार शब्द छन् भन्ने देखिन्छ’ उल्लेख छ ।
‘वहालवाला न्यायाधीशमा पनि त्यसप्रकारको स्वतन्त्रता रहन्छ तर त्यस्तो अधिकारको प्रयोग गर्दा बहालवाला न्यायाधीशले सदा न्यायिक पदको गरिमा र न्यायपालिकाको स्वतन्त्रता एवं निष्पक्षता जोगाई राख्नेगरी गर्नुपर्छ,’ फैसलामा भनिएको छ, ‘न्यायाधीशले न्यायिक हैसियतले कार्य गर्दा प्राप्त गरेको गोप्य सूचना न्यायिक कर्तव्यपालन गर्दाबाहेक अन्य उद्देश्यका लागि प्रयोग गर्न वा खुलासा गर्न हुँदैन । न्यायाधीशको आचारसंहिताले निषेध गरेको वा सीमा निर्धारण गरेको कुरा यही नै हो ।’
फैसलामा ‘यदाकदा राष्ट्रिय सुरक्षा वा यस्तै विशेष महत्वपूर्ण र कानुनबमोजिम गोपनीयता कायम गर्नुपर्ने प्रकृतिका संवेदनशील सूचना पनि न्यायाधीशको जानकारीमा आएका हुन सक्छन् । त्यसप्रकारको कानुनले सार्वजनिक गर्न निषेध गरेको विशेष प्रकारको सूचनासम्म न्यायाधीशले खुलासा या सार्वजनिक गर्न नहुने हो । यसबाहेकको कुरामा न्यायाधीशको आचारसंहितामा कुनै निषेधित अवस्था उल्लेख गरिएको देखिँदैन,’ भनिएको छ ।
सर्वोच्चले फैसलामा ‘सेवानिवृत्त न्यायाधीशको स्वतन्त्रताको दायरा बहालवाला न्यायाधीशको भन्दा सीमित या संचित किसिमको भर विस्तारित वा वा खुकुलो हुन्छ भन्ने दृष्टिकोण नै तार्किक देखिन्छ । निसन्देहः पूर्वन्यायाधीशहरूमा अभिव्यक्ति स्वतन्त्रता कायम रहेकै छ,’ उल्लेख छ ।
साथै, सर्वोच्चले ‘प्रचलित कानुन, न्यायप्रणाली, न्याय प्रशासन वा सोको कुशल व्यवस्थापन विषयमा कोही पूर्वन्यायाधीशबाट कुनै विचार अभिव्यक्त भएको रहेछ भने सो विचारलाई न्यायप्रणालीमा सुधार, शुद्धीकरण र परिमार्जनका लागि अभिव्यक्त गरिएका परिपक्व र स्वागतयोग्य विचारका रूपमा ग्रहण गरिनु बुद्धिमत्तापूर्ण हुनेछ’ भनी व्याख्या गरेको छ । ‘त्यसप्रकारको अभिव्यक्तिबाट डराउने, तर्सने, भाग्ने, निषेधित गर्न खोज्ने वा पन्छिने गर्नु शोभनीय नहुने’ सर्वोच्चले उल्लेख गरेको छ ।
पूर्वन्यायाधीशको अभिव्यक्ति स्वतन्त्रता निषेध गरिनुपर्ने विषय नभएर हार्दिकतापूर्वक स्वागत गरी स्वीकार गरिनुपर्ने भएको सर्वोच्चले फैसलामा उल्लेख छ । ‘यसलाई सुसूचित, ओजपूर्ण र व्यावहारिक अनुभूतिसहितको नागरिक अभिव्यक्तिका रूपमा ग्रहण गरिनुपर्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘हामीले अपनाएको लोकतन्त्रमा नागरिक अभिव्यक्तिउपरको मौसम बेमौसमको सर्त वा बन्देज स्वीकार्य बन्दैनन् । हुकुमी वा तानाशाही शासन प्रणालीमा मात्रै नागरिक अभिव्यक्तिउपर सीमा वा बन्देज निर्धारण गर्ने गरिन्छ ।’ राजधानी दैनिकबाट
|
पानीको भाँडोमा डुबेर सोलुखुम्बुको बालिकाको मृत्यु सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी सौगात रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको प्रहरीको भनाइ छ ।
|
नेपालको राजनीतिमा ‘म’वादी सँस्कृति बढ्यो : अध्यक्ष नेपाल काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, माक्र्सवादको प्रचार गर्नेजस्ता प्रतिबद्धाता बिर्सनु नहुनेको उनको भनाइ छ । उनले कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरू जहिले पनि देशमा आएका संकट टार्न अग्रसर भएको बताए । राणा सासनविरुद्ध होस वा पञ्चायती व्यवस्थाको विरुद्धमा नै किन नहोस् कम्युनिष्ट पार्टीहरूको योगदान अतुलनिय छ ।
उनले अहिले नेपालको राजनीतिमा ‘म’वादी सँस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको बताए । ‘म’ वादीहरूमा आफूभित्र भएका कमजोरी पहिल्याउने र सुधार गर्ने क्षमता हुँदैन । उनले भने, ‘लामो राजनीतिक यात्रा नभएका मानिसले आफ्नो कमजोरी देख्दैन । तपाई राजनीतिमा लामो यात्रा गर्ने वा क्षणिक आफै निर्णय गर्नुहोस् ।’
|
कोभिडबाट तपाइँ अहिलेसम्म बचिरहनुभएको छ भने किन ? जान्नुहोस् पाँच कारण काठमाडौं । तपाईको परिवारमा वा साथीभाइमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित नभएको कोही हुन सक्ने सम्भावना छ । तपाईलाई लाग्न सक्छ कि उनीहरूसँग या त महाशक्ति छ वा उनीहरूलाई थाहा छैन कि कसरी कोभिड परीक्षण राम्रोसँग गर्ने।
तर सम्भावना यो छ कि या त तिनीहरू भाग्यशाली छन् वा केवल विज्ञानको कारणले यस्तो अहिलेसम्म भएको छैन। त्यसोभए हामी तपाईलाई ती पाँच कारणहरू बताइरहेका छौं जसको कारणले त्यस्ता मानिसहरूलाई अहिलेसम्म कोभिड छैन।
१. संयोग
यो हुन सक्छ कि अहिलेसम्म कोभिडबाट बचेकाहरूले लकडाउन अघि ती सुपर स्प्रेडर पार्टीहरूमा भाग लिएका छैनन्। यी मानिसहरू सधैं त्यो सार्वजनिक यातायातमा चढेको हुनुपर्छ जसमा कोविड यात्रु थिएनन् ।
ती बैठकमा त्यस्ता व्यक्तिहरु सहभागी भएको हुनसक्छ तर कोभिड संक्रमित व्यक्ति आउनुअघि नै त्यहाँबाट निस्किसकेका थिए । यस्तो लाग्दैन, तर यो सत्य हो कि कोरोना संक्रमणको समयमा केही मानिसहरु महिनौं यसरी नै भाग्यमानी भएका छन् ।
२: जनसंख्या
भाइरसले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण गर्ने भएकाले यसको पछाडिको सम्भावित कारण जनसंख्या हुन सक्छ। भाइरस फैलाउनको लागि वाहक चाहिन्छ, तर यदि त्यो वाहक वा होस्टको शरीरबाट भाइरस निस्कियो भने भाइरस मर्छ।
कोभिड–१९ को लहरले धेरैलाई सङ्क्रमित गरेको छ । तपाईसम्म पुग्नु भन्दा पहिले नै यसले धेरैलाई धेरै बिरामी बनाएको छ तर त्यो भाइरस उपचारको क्रममा उनीहरूकै शरीरमा अन्त्य भयो। यो पनि संयोग मात्र हो तर यसको पछाडी पनि विज्ञान छ ।
३: खोप
खोपले तपाईंको शरीरमा एन्टिबडीहरू उत्पादन गर्छ। भाइरसले तपाईंको शरीरमा प्रवेश गर्ने प्रयास गर्ने बित्तिकै तपाईंको शरीरले यसलाई आक्रमण गर्छ। एन्टिबडीहरूले रोगलाई तपाईंको शरीरमा अगाडि बढ्न गाह्रो बनाउँछ।
तर, समयसँगै संक्रमण रोक्ने खोपको क्षमता पनि घट्दै जान्छ। यसको मतलब यो हो कि सम्पूर्ण महामारीको समयमा खोपले तपाईलाई पूर्णतया सुरक्षित गर्न सक्षम हुनेछैन।
साथै, खोपबाट उत्पन्न एन्टिबडी कोरोनाको नयाँ संस्करणमा त्यति प्रभावकारी छैन । अर्थात्, नयाँ भेरियन्टहरू तपाईंको शरीरको प्रतिरक्षा प्रणालीलाई छल्न बढी सक्षम छन्।
तर सायद यो खोप कतिपय मानिसमा एकपटक पनि संक्रमित नभइसकेको अवस्थामा प्रभावकारी हुन्छ ।
४: जन्मजात प्रतिरक्षा
कहिलेकाहीँ तपाईको शरीरले भाइरसलाई ठूलो संख्यामा बढ्नु अघि मार्न सक्छ। त्यसैले खोप लगाएका मानिसहरू कोभिडको सम्पर्कमा आए पनि सधैं सङ्क्रमित हुँदैनन्।
यो जन्मजात प्रतिरक्षाको कारण हो र यो हाम्रो शरीरमा अवस्थित पहिलो लाइन प्रतिरक्षा प्रणाली हो।
यसको शक्ति व्यक्ति अनुसार फरक हुन्छ र हामीलाई थाहा छैन किन । यस विषयमा विज्ञानसँग धेरै जानकारी छैन।
५: तपाईंलाई भइसक्यो तर तपाईंलाई थाहा छैन
हामी पाँचौं र अन्तिम कारण बताइरहेका छौं कि तपाईलाई कोभिड भएको हुन सक्छ, तर तपाईलाई थाहा नहुन सक्छ।
कोविड भएको हुनसक्छ, तर तपाईमा कुनै लक्षण छैन र तपाईले कुनै परीक्षण पनि गर्नुभएको छैन।
यसको सबैभन्दा धेरै सम्भावना छ। यस्तो अवस्थामा, तपाईलाई थाहा छैन कि तपाईलाई कहिले कोभिड थियो।
अब तपाईले आफ्नो परिक्षण नगराएकाले तपाई आफैं स्प्रेडर बन्नुभयो।
यदि तपाईलाई अहिलेसम्म कोभिड भएको छैन भने, तपाई धेरै भाग्यशाली हुनुहुन्छ।
यद्यपि, नयाँ संस्करणहरूले तपाईंको शरीरको पुरानो संक्रमण वा खोपद्वारा उत्पादित एन्टिबडीहरूलाई फिल्टर गर्न सक्षम हुन सक्छ।
यस्तो अवस्थामा, वैज्ञानिकहरू भन्छन् कि कोभिडले अन्ततः हामी सबैलाई संक्रमित गर्नेछ, चाहे रोग गम्भीर होस् वा नहोस्।
महत्त्वपूर्ण कुरा यो हो कि यो भाइरसले हामी मध्ये धेरैलाई धेरै अस्वस्थ बनाउँदैन।
|
लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जना गम्भीर घाईते लमजुङ । लमजुङको मस्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् ।
बेसीसहरदेखि घनपाेखरा जाँदै गरेकाे ग १ ज ७४१७ नम्बरको जीप घनपाेखराकाे भाचेस्थित सडकबाट बीस मिटर तल खसेकाे थियाे ।
दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईते मध्ये १० जना गम्भीर घाईते भएका छन । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्दार गरेकाे स्थानीय राम गुरूङले बताए । घाईतेलाई ४ वटा जीपमा उद्दार गरि लमजुङ जिल्ला अस्पताल ल्याउदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घाईते सबै स्थानीय रहेपनि नामथर खुल्न सकेकाे छैन ।
|
पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् । भेटवार्ता गर्नेमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् ।
४ साउनमा सुरू भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीले सहभागिता जनाएकोमा एक रजत र एक काँस्य पदक पाएका थिए । जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेस फिजिकको १७० सेमिमा राजु राईले काँस्य पदक प्राप्त गरेका थिए । यस्तै, महिला एथ्लेटिक फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैँटौँ स्थान प्राप्त गरेकी थिइन् ।
यसै अवसरमा नेपाल शारीरिक सुगठन संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई मालदिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्य सचिवलाई बुझाएका हुन् ।
सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिति थियो । ५५औँ संस्करण नेपालमा आयोजना हुने कार्यक्रम छ ।
|
काबुल र वरपर तालिबान शासनको एक वर्ष कस्तो रह्यो लिस डुसेट, काबुल (बीबीसी) । काबुल अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि तपाईँले याद गर्ने सबैभन्दा पहिलो कुरा राहदानीमा छाप लगाइरहेका खैरो स्कार्फ र कालो लुगा लगाएका महिलाहरू हुन्।
एक वर्ष अघि देश छोड्न आतुर मानिसहरूको भीडले भरिएको यो हवाई क्षेत्र अहिले शान्त र सफा छ। यहाँ अहिले लहरै राखिएका तालिबानका सेता झन्डाहरू फहराउँछन् र पुराना प्रसिद्ध मानिसहरूका अनुहार देखिने बोर्डहरू अरू नै रङ्गले ढाकिएका छन्। तालिबानले सत्ता पल्टाएको यो देशमा अरू के के परिवर्तन भएका छन्?
महिलाको जागिर पुरुषलाई दिन भनिन्छ
सन्देशहरू चकित बनाउने किसिमका छन्। “उनीहरूले मेरो जागिर भाइलाई दिन भने,” एक महिलाले सन्देश आदानप्रदान गर्ने माध्यममा लेखिन्।
“हामीले अनुभव र शिक्षाले आफ्नो पद हासिल गरेका हौँ। हामीले यस्तो स्वीकार गर्नु भनेको आफैँलाई धोका दिनु हो,” अर्की महिलाले घोषणा गरिन्।
म अर्थ मन्त्रालयका केही पूर्व वरिष्ठ अधिकारीहरूसँग बसिरहेकी छु। उनीहरूले यी सन्देशहरू मलाई देखाइरहेका छन्।
उनीहरू गत वर्ष तालिबानले सत्ता हातमा लिएपछि जागिरमा प्रतिबन्ध लगाएर घर पठाइएका ६० जना महिलाहरूमध्येका हुन्। जसमध्ये अधिकांश अफगानिस्तानको राजश्व निर्देशनालयमा कार्यरत थिए।
आफूहरूलाई जागिरबाट निकालिएपछि जागिरमा आवेदनका लागि आफ्ना पुरुष आफन्तको व्यक्तिगत विवरण पठाउन भनिएको उनीहरू बताउँछन्।
“यो मेरो जागिर हो। यो जागिर पाउन र स्नातकोत्तरको उपाधिका लागि मैले १७ वर्ष ठूलो कठिनाइका साथ काम गरेकी छु। अहिले त्यो सबै शून्यमा फर्किएको छ,” आफ्नो परिचय नखुलाउन अनुरोध गर्दै उनले भनिन्।
हामी अफगानिस्तान बाहिर रहेकी उक्त निर्देशनालयकी पूर्व निर्देशक अमिना अहमदीसँग टेलिफोनमा जोडियौँ। उनी अफगानिस्तान छाडेर बाहिरिन सफल भए पनि त्यो समाधान थिएन।
“हामीले हाम्रो पहिचान गुमाइरहेका छौँ। हामीले यसलाई कायम राख्न सक्ने आफ्नो देशमा मात्रै हो,” उनी पछुताउँछिन्।
यो समूहले एउटा ठूलो परिचय पाएको छ। ‘विमिन लिडर्स अफ अफगानिस्तान’ अर्थात् अफगानिस्तानका महिला नेतृहरू। यो परिचयले उनीहरूलाई शक्ति दिएको छ र उनीहरू आफ्नो जागिर फिर्ता चाहन्छन्।
उनीहरू तिनै महिला हुन् जसले अफगानिस्तानले दुई दशकसम्म अन्तर्राष्ट्रिय संलग्नता बढाउँदा शिक्षा र रोजगारीको अवसर हात पारेका थिए।
तालिबानले अफगानिस्तानमा अझै महिलाहरूले काम गरिरहेको बताएको छ। तर काम गर्ने अधिकांश स्वास्थ्य कर्मचारी, शिक्षाका कर्मचारी र सुरक्षाकर्मी छन्, जुन हामीले विमानस्थलमै देख्यौँ।
कुनै समय अफगानिस्तानको सरकारी जागिरमा एक तिहाइ हिस्सा ओगटेका महिलाहरूलाई अझै पनि उनीहरूको तलबको केही मात्रा दिइरहेको तालिबानको दाबी छ।
एक पूर्व कर्मचारीले आफूले लगाएको हिजावले पूरा टाउको नढाकिएको भन्दै तालिबानका गार्डले सडकमा रोकेको घटना सुनाइन्।
“हिजाव भन्दा तिमीहरूले सुल्झाउनुपर्ने महत्त्वपूर्ण अरू समस्याहरू छन्,” आफ्नो अधिकारका लागि लड्न प्रतिबद्ध ती महिलाले प्रतिवाद गरिन्।
ग्रामीण भेगमा भोकमरीको त्रास
अफगानिस्तानको दुर्गम ग्रामीण उच्च भेगमा गहुँका बालाहरू झुलिरहेको दृश्य रमणीय देखिन्छ। यसमा १८ वर्षका नुर मोहम्मद र २५ वर्षका अहमद हँसिया चलाइरहेका छन्।
“खडेरीका कारण यो वर्ष गहुँ कम फल्यो,” कलिलो अनुहार ढाकेको पसिना पुछ्दै नुरले सुनाए।
हाम्रो पछाडि टाढा टाढासम्म गहुँ खेत फैलिएको छ। आफ्नो जीवनको महत्त्वपूर्ण उमेरका यी दुई युवाहरूले यहाँ दैनिक दुई डलर ज्यालामा १० दिनदेखि निरन्तर काम गरिरहेका छन्।
“म इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेको थिएँ। तर परिवारलाई सहयोग गर्न पढाइ बीचैमा छाड्नुपर्यो,” नुर भन्छन्। उनको पश्चात्ताप अनुहारमै झल्किएको छ।
अहमदको कथा उस्तै पीडादायक छ।
“मैले इरान जानका निम्ति आफूसँग भएको मोटरसाइकल पनि बेचेँ तर त्यहाँ काम नै पाइएन,” उनले भने।
छिमेकी इरानमा मौसमी काम अफगानिस्तानको यो गरिब गाउँका मानिसहरूका लागि एउटा समाधान थियो। तर इरानमा पनि काम पाइन छाडेको छ।
“हामी तालिबान दाजुभाइहरूलाई स्वागत गर्छौँ। तर हामीलाई यस्तो सरकार चाहिएको छ जसले अवसर देओस्,” नुरले भने।
हामीले त्यस दिन घोर प्रान्तमा तालिबानका गभर्नर अहमद साह दिन दोस्तसँग पनि कुरा गर्यौँ। तालिबान युद्धमा छाया सरकारका उपगभर्नर समेत रहेका उनले गरिबी, सडकको दुरावस्था, अस्पतालको अभाव र विद्यालयहरू राम्रोसँग सञ्चालन नभएको दुःख सुनाए।
युद्ध समाप्तिसँगै यहाँ धेरै सहायता निकायहरूले काम गरिरहेका छन्। यो वर्षको सुरुमा घोरका दुई वटा दुर्गम जिल्लाहरूमा भोकमरी देखिएको थियो।
तर गभर्नर दिन दोस्तका लागि युद्ध अझै सकिएको छैन। आफूलाई अमेरिकी सेनाले बन्दी बनाएको र यातना दिएको उनी बताउँछन्। “हामीलाई थप पीडा नदेऊ। हामीलाई पश्चिमाको सहयोग पनि चाहिँदैन,” उनले भने।
पश्चिमाहरूले हस्तक्षेप गरिरहेको उनको गुनासो छ।
उनको समूहका सदस्यहरूसँगै हामीले विद्यालय र कुपोषण क्लिनिकहरूको पनि भ्रमण गर्यौँ।
विश्वविद्यालय शिक्षा लिएका तालिबानका युवा स्वास्थ्य निर्देशक अब्दुल सतार मापक अफगानिस्तानलाई थप सहायता चाहिएको र त्यसलाई राजनीतिसँग जोड्न नहुने व्यवहारिक कुरा गर्छन्।
राम्रो विद्यार्थी कक्षा बाहिरै
अठार वर्षकी सोहालिया निकै उत्साहित छन्।
म उनलाई महिलाहरूले मात्र किनमेल गर्ने बजारको अँध्यारो भुईँतलासम्म पछ्याउँछु।
पहिले कोभिड र पछि तालिबानले बन्द गराएको यो बजार पहिलो पटक खुलेको हो।
अझै तयार भई नसकेको सिसाले ढाकिएको उनको पारिवारिक वस्त्रालयमा हामी पुग्छौँ।
“यो पसल १० वर्ष अघि मेरी दिदी १८ वर्षको हुँदा सुरु भएको हो,” परम्परागत कुची पहिचान सिलाउने हजुरआमा र आमाकै पालादेखिको इतिहाससँगै उनले सुनाइन्।
उनी दिदीले इन्टरनेट क्लब र रेस्टुराँ पनि खोलेकी थिइन्।
महिलाहरूका लागि मात्रै तोकिएको यो ठाउँमा निकै चहलपहल छ। यो अँध्यारो ठाउँ अधिकांश समय घरमै बिताएका धेरै महिलाहरूका लागि उज्यालो लाग्छ।
सोहालियाको अर्को पनि कथा छ।
“तालिबानले माध्यमिक विद्यालय बन्द गरिदियो,” उनले सुनाइन्।
“म कक्षा १२ मा पुगेकी छु। अब मैले यो उत्तीर्ण गरिनँ भने विश्वविद्यालय पढ्न पाउँदिन।”
तालिबानका यथास्थितिवादी धर्मगुरुहरूको आदेशमा अधिकांश माध्यमिक विद्यालयहरू बन्द गरिएका छन्। कतिपय तालिबानकै नेताहरूले पनि विद्यालय खोल्नुपर्ने माग गरिरहेका छन्।
उनी आफ्नो देश छोडेर अर्को देश जान पनि चाहँदिनन्। तर एक वर्षसम्म विद्यालय जान नपाउँदा उनलाई पीडा बोध भएको छ।
“म मात्रै एक्लै छैन। अफगानिस्तानका सबै छात्राहरू छन्,” उनको गला अवरुद्ध भयो र आँखाबाट आँसु चुहिए।
“म सबैभन्दा राम्रो पढ्ने विद्यार्थी थिएँ।”
|
अमेरिकाको टेक्सासमा बिकिनीमा बोल्ड स्वस्तिमा अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन् । अमेरिकाको टेक्सासस्थित समुद्र किनारमा स्वस्तिमाले ‘बीच थेरापी’ लिइरहेको तस्वीर सार्वजनिक गरेर इन्टरनेटको गर्मी बढाएकी छिन् ।
पछिल्लो साय चपली हाइट ३ र चिसो मान्छे प्रदर्शनमा आएपछि स्वस्तिमा फुर्सदमा छिन् । यो समयको सदुपयोग गर्दै उनले समुद्र किनारमा रमाइलो गर्न पुगेकी हुन् । स्वस्तिमाले प्रिन्टेड क्याप र कालो विकिनीमा पोज दिइरहेकी छिन् ।
|
डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ।
पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो। नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन्। दोस्रो खेलमा उपलब्ध भएकी दीपाले पहिलो एघारमै पूरा समय मैदान बिताइन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी दीपा प्लेयर अफ दी म्याच घोषित भइन्।
दीपाले पहिलो खेल राम्रो भएको र अन्य खेलमा समेत मेहनत गर्ने बताइन्।”डेब्यु खेलमै प्लेयर अफ दि म्याच भए । निकै खुसी छु। आगामी खेलमा मेहनत गर्दै सत प्रतिशत नतिजाको लागि खेल्छौ” दीपाले भनिन्।
इमिरेट्सले खेलमा अग्रता बनाएपनी जोगाउन सकेन। बस्कोको जितमा दीपा सहित प्रेस्माले दुई गोल गरिन्। यस्तै, पुष्पाले अर्को गोल थपिन्। इमिरेट्सको लागि अनिथा र अल्फोन्सियाले एक एक गोल गरे ।
यस संगै बस्कोले दुई खेलबाट तीन अंक जोडेको छ।
|
एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छः केपी ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् ।
लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।
उनले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने पनि बताए । दसैंमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने बताए ।
|
लम्पी भाइरसका कारण १७ हजार गाइ मरे काठमाडौं । भारतमा पछिल्लो एक महिनामा १७ हजार भन्दा बढी घरपालुवा जनावरहरू लम्पी छाला रोगका कारण मरेका छन् र मर्ने जनावरमा जसमा धेरैजसो गाईहरू छन् । यो घातक भाइरसले गुजरात, राजस्थान र पञ्जाबलगायत देशका ८ राज्यमा गाईवस्तु मारिरहेको छ ।
लम्पी भाइरसका कारण गुजरातमा मात्रै दूधको उत्पादन दैनिक एक लाख लिटरले घटेको छ । भारतमा यसरी संक्रमण फैलिनि नेपालको लागि पनि ठूलो चिन्ताको विषय हुने गर्छ किनकि खुला सिमाका कारण यो नेपालमा सजिलै फैलिन सक्छ ।
लम्पी छाला रोग गाई र भैंसी जस्ता गाईवस्तुहरूमा क्याप्रिपक्स नामक भाइरसबाट लाग्ने रोग हो। यो एक जनावरबाट अर्को जनावरमा धेरै छिटो फैलिन्छ। यो भाइरस बाख्रामा गोटपक्स र भेडामा शिपपक्स जस्ता भाइरल संक्रमणका लागि जिम्मेवार भाइरससँग मिल्दोजुल्दो छ। क्याप्रिपक्स एउटै पक्सभिरिडे भाइरस परिवारबाट आउँछ जसले बिफर र मंकीपक्स जस्ता रोगहरू निम्त्याउँछ।
स्वास्थ्य विशेषज्ञहरूले लम्पीलाई विश्वभरका गाईवस्तुहरूका लागि ठूलो खतराको रूपमा लिइरहेका छन्। यसले गाईलाई थप बिरामी बनाउँछ। तर, भैंसी, घोडा, ऊँट, जिराफ र हरिण पनि बिरामी पर्न सक्छन्। यस भाइरसबाट भैंसीको तुलनामा गाई बढी मर्छन् किनभने भैंसीको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता गाईको भन्दा बढी हुन्छ ।
लम्पी एक संक्रामक रोग हो। संयुक्त राष्ट्र खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार लम्पी रोग लामखुट्टे, झिंगा, जुम्रा र फ्लीस जस्ता जीवहरूबाट सर्ने बिफर जस्तो रोग हो। विज्ञहरूका अनुसार यो रोग एक ठाउँबाट अर्को ठाउँमा जनावरको आवतजावतबाट पनि सर्छ । यो वर्षामा छिटो फैलिन्छ।
उच्च ज्वरो र शरीरमा गाँठो हुनु यो रोगको सबैभन्दा ठूलो लक्षण हो। रोगी जनावरहरूमा बाँझोपन हुन सक्छ र यसले दूध उत्पादन क्षमता पनि घटाउँछ। संक्रमणपछि लक्षणहरू देखिन ४-७ दिन लाग्छ। यसलाई इन्क्युबेशन अवधि भनिन्छ। सुरुमा गाई वा भैंसीको नाकबाट सिँगान बग्न थाल्छ, आँखाबाट पानी बग्न थाल्छ र मुखबाट र्याल बग्न थाल्छ ।
यसपछि उच्च ज्वरो आउँछ, जुन करिब एक हप्तासम्म रहन सक्छ। त्यसपछि जनावरको शरीरमा १०-५० मिमीका गोलाकार गाँठहरू बाहिर आउँछन्। यससँगै उसको शरीरमा सुन्निने समस्या पनि आउँछ । चपाउन र निल्न समस्या हुन थालेपछि जनावरले खाना खान छोड्छ। यसले दूधको उत्पादन घटाउँछ।
धेरै दुध दिने गाईको शारीरिक र मानसिक शक्ति दुध उत्पादनमा जाँदा कमजोर बन्ने भएकाले ती गाईलाई लम्पी हुने सम्भावना बढी हुन्छ । कहिलेकाहीँ लम्पीबाट पीडित गाईहरूको एक वा दुवै आँखामा गहिरो घाउ हुन्छ, जसले गर्दा उनीहरू अन्धो हुने जोखिममा हुन्छन्। कहिलेकाहीं बिफर घाउ पाचन, श्वासप्रश्वास र शरीरको लगभग सबै आन्तरिक अंगहरूमा हुन्छ।
बाँझोपन र गर्भपतनको समस्या जनावरहरूमा देखिन्छ। जनावर धेरै कमजोर हुन्छ। यी लक्षणहरू ५ हप्तासम्म रहन्छ। उपचार गरिएन भने मृत्यु पनि हुनसक्छ । लम्पी संक्रमित गाईवस्तु निको हुन दुई हप्तादेखि एक महिना लाग्छ। साथै, यो रोगबाट गम्भीर रूपमा संक्रमित गाईवस्तुलाई भाइरसबाट पूर्ण रूपमा निको हुन करिब ६ महिना लाग्छ।
एउटा जनावरबाट अर्को जनावरमा लम्पी भाइरस सर्ने दर ४५% छ, तर मृत्युदर ५ देखि १०% छ। विश्व पशु स्वास्थ्य संगठन (डब्लुओएएच) का अनुसार यस रोगबाट मृत्युदर ५% सम्म छ। एफएओका अनुसार लम्पीबाट हुने मृत्युदर १० प्रतिशतभन्दा कम छ। लम्पी भाइरस जनावरबाट मानिसमा सर्ने जुनोटिक भाइरस होइन त्यसैले यो मानिसमा भने सर्दैन ।
विज्ञहरूका अनुसार लम्पी संक्रमित जनावरको दुधलाई १०० डिग्री सेन्टिग्रेडमा तताउँदा अर्थात् राम्ररी उमालेर त्यसमा पाइने भाइरसहरू नष्ट हुन्छन्। हालसम्म लम्पीबाट सङ्क्रमित जनावरको दूध खाँदा मानिस बिरामी भएको घटना भने देखिएको छैन ।
यसको लागि कुनै विशेष एन्टिभाइरल औषधि उपलब्ध छैन। यसलाई फैलिनबाट रोक्ने एउटै उपाय भनेको सङ्क्रमित गाई र भैंसीलाई कम्तीमा २८ दिनसम्म अलग्गै राख्नु हो । यस अवधिमा तिनीहरूको लक्षणहरूको उपचार गर्नुपर्छ।
शरीरमा रहेका गाँठहरूमा सबैभन्दा बढी ध्यान दिनुपर्छ, किनकि यसले अन्य संक्रमण र निमोनिया निम्त्याउन सक्छ। संक्रमित जनावरहरूको भोक कायम राख्न प्यारासिटामोल जस्ता एन्टि-इन्फ्लेमेटरी पेनकिलरहरू प्रयोग गरिन्छ।
भारतमा, हाल, लम्पी विरुद्ध सुरक्षा गर्न गोटपक्स-भाइरस खोप दिइन्छ। राष्ट्रिय दुग्ध विकास बोर्डले गोटपक्स भ्याक्सिनको २८ लाख डोज गुजरात, राजस्थान र पञ्जाबमा पठाएको छ। केन्द्र सरकारले लम्पी प्रोब्याकइण्ड नामक लम्पीको लागि नयाँ स्वदेशी खोप लन्च गरेको छ। यो भारतीय कृषि अनुसन्धान परिषद् (आइसीएआर) को हिसार र बरेली एकाइद्वारा विकसित गरिएको हो।
भारतमा लम्पी रोगको संक्रमणका कारण ठूलो संख्यामा गाई मरिरहेका छन् । जसका कारण धेरै राज्यमा दूधको उत्पादन घटेको छ । गुजरातमा मात्रै दैनिक १ लाख लिटर दूध उत्पादनमा कमी आएको छ । बाँकी प्रभावित राज्यको दूध उत्पादन पनि १०–१५ प्रतिशतले घटेको छ ।
लम्पी आइपुगेको लगत्तै संयुक्त राष्ट्र संघको निकाय एफओएद्वारा एक मूल्याङ्कन गरिएको थियो। यसका अनुसार लम्पी रोगका कारण भारत र दक्षिण पूर्व एसियामा करिब ११ हजार करोड रुपैयाँ नोक्सान हुन सक्नेछ ।
|
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।
चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गर्नुभएको हो । आज चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता भएको हो ।
सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृत्लिगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवद्र्धन गर्ने सहमती भएको बेइजिङस्थित नेपाली दुताबासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङको निमन्त्रणामा परराष्ट्र मन्त्री डा खड्का चीनको तीन दिने औपचारिक भ्रमणमा छन् ।
भेटवार्तामा परराष्ट्रमन्त्री डा खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहो¥याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने बताउनुभएको चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यसैगरी विदेशमन्त्री वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहो¥याउँदै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिएका थिए ।
दुई मन्त्रीले विगतमा उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा चीनको सहयोगमा सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन सहमत हुनुभएको छ । त्यसमा चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डललाई चीनले काठमाडौँ चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको छ । विदेश मन्त्री वाङले अनुदान सहयोगमा चीनले केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे । उनले यसअघि सन् २०२२ को मार्चमा नेपाल भ्रमणमा सहमति गर्नुभएको नेपाल–चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिए ।
सो अवसरमा मन्त्री वाङ यीले नेपाललाई सन् २०२२ मा ८० करोड आरएमबी उपलब्ध गराउने घोषणा गरे । नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न विचार गर्ने आश्वासन पनि दिएको छ ।
विदेश मन्त्री वाङ नेपालको कृषि क्षेत्रमा सहयोग गर्न सहमत हुनुका साथै उनले नेपालको उत्पादन क्षमता विकास गर्न चिनियाँ लगानीलाई प्रोत्साहन गर्न र नेपाली चिया तथा परम्परागत जडीबुटीको निर्यातमा सहयोग अभिवृद्धि गर्न पनि सहमत भएका छन्।
दुवै मन्त्रीले सीमा बन्दरगाहमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गर्नुभएको नेपाली दुताबासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड–१९ को महामारी नियन्त्रण भएपछि रसुवा–केरुङ र तातोपानी–जाङ्मु बन्दरगाह दुईतर्फी व्यापारका लागि र हिल्सा–पुलाङ बन्दरगाह एकतर्फी व्यापारका लागि खोल्ने सहमति भएको छ ।
नेपालका विभिन्न भागमा विपद् तथा प्राकृतिक प्रकोपबाट प्रभावित जनताको सहयोगका लागि स्टेट काउन्सिलर वाङ यीले नेपालको अनुरोधबमोजिम तीस लाख आरएमबी बराबरको विपद् राहत सामग्री नेपाललाई उपलब्ध गराउने घोषणा गरेका छन् । यसैगरी चीनले नेपाललाई थप २० लाख आरएमबी मूल्यका मेडिकल सामग्री र रसद उपलब्ध गराउने भएको छ । स्टेट काउन्सिलर वाङले चीनले नेपाललाई आवश्यक पर्ने थप कोभिड–१९ विरुद्धको खोप र कोभिड–१९ सम्बन्धी चिकित्सा सहायता उपलब्ध गराउने पनि घोषणा गरे ।
परराष्ट्र मन्त्री डा खड्काले चीन सरकारले स्वास्थ्य सामग्री, उपकरण र जीवन बचाउने कोभिड–१९ विरुद्धको खोपमा गरेको उल्लेख्य सहयोगको प्रशंसा गर्दै स्वास्थ्य पूर्वाधार र सुविधाको सुदृढीकरणका साथै क्यान्सर उपचारमा नयाँ प्रविधि हस्तान्तरण गर्न थप सहयोगका लागि आग्रह गरे । विदेश मन्त्री वाङले नेपालको निजामती सेवा अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि ‘चिमेरिक एन्टिजेन रिसेप्टर टी सेल’ निर्माण प्रयोगशाला स्थापना गर्न र नेपाली स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम उपलब्ध गराउन चीनले सहयोग गर्ने घोषणा गरे ।
विदेश मन्त्री वाङले चीन फर्कन चाहने बाँकी रहेका नेपाली विद्यार्थीहरूले स्वास्थ्य प्रोटोकल पूरा गर्दै प्रवेशाज्ञा प्रक्रिया अघि बढाउन र आफ्नो अध्ययन पुनः सुरु गर्न सक्ने पनि बताएका छन् ।
सो अवसरमा दुवै पक्ष नेपाल–चीन संयुक्त सीमा निरीक्षण समितिको विद्यमान संयन्त्रको कामका लागि आवश्यक तयारी गर्न द्विपक्षीय प्राविधिक समिति गठन गर्न सहमत भएका छन् ।
दुवै परराष्ट्रमन्त्रीले विभिन्न क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा पारस्परिक हितका विषयमा निरन्तर सहयोग गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए । द्विपक्षीय वार्तापछि स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङले परराष्ट्र मन्त्री डा खड्का र नेपाली प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गरेका थिए।
मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति चीन प्रस्थान गरेका हुन्। उनी यही साउन २६ गते काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।
|
प्याराग्लाइडिङ उडानकै क्रममा पत्रिका विमोचन गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताएका छन् ।
सराङ्कोटबाट प्याराग्लाइडिङ उडानकै क्रममा ‘टुरिजमपाना’ मासिक पत्रिकाको आज विमोचन गर्दै उनले पर्यटकीय सहर पोखरामा साहसिक पर्यटनमा धेरै आकर्षण रहेको र अधिकतम पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको बताए । पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको उनले बताए ।
मन्त्री शर्माले टुरिजमपाना पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । महिला प्यारा पाइलट तृशा श्रेष्ठले मन्त्री शर्मालाई प्याराग्लाइडिङ गराएकी थिइन्।
पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निराशा छाएको भन्दै उनले विषय विज्ञसँग पर्याप्त छलफलपछि मात्रै यस विषयमा थप भन्न सकिने धारणा राखे ।
पत्रिकाका प्रकाशक विष्णुकान्त घिमिरेका अनुसार नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यका साथ टुरिजमपाना मासिक पत्रिका प्रकाशनमा आएको हो । पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने उद्देश्य राखेको पत्रिकाका सम्पादक गीता चिमोरियाले बताए ।
|
महावीर पुनले अमेरिकामा भने- यसकारण नेपालमा नै आविष्कार गरौं इलिनोइ, अमेरिका। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपालमा आविष्कार गरेर नेपालको अर्थतन्त्र तथा नेपालीहरुको जीवनस्तर उठाउनुपर्ने कुरा बताएका छन्।
उनले आविष्कार गरेपछि त्यसको उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नयाँ कुराको खोज र अनुसन्धानमा राज्यले लगानी गर्नुपर्ने बताए। पुनले इलिनोइ राज्यको राजधानी स्प्रिंगफिल्ड र छिमेकी शहर ज्याक्सनभील वरिपरि बसोबास गर्ने नेपाली समुदायसँग अगष्ट ५ २०२२ शुक्रबारका दिन अन्तरक्रिया गरेका थिए।
स्प्रिंगफिल्ड र ज्याक्सनभील क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको उद्धेश्य, आजसम्म भए गरेका कामहरु र आगामी दिनमा केन्द्रले तय गरेका अनुसन्धान र आविष्कारका लक्ष्यहरुका बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा सहभागी व्यक्तित्वहरुले आविष्कार केन्द्रका बारेमा गहिरो चासो व्यक्त गर्दै केन्द्रका प्रगतिका साथै यसका क्रियाकलापहरुका बारेमा बिभिन्न प्रश्नहरु गरेका थिए। ती प्रश्नहरुका उत्तर दिने क्रममा अध्यक्ष डा पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्वामित्व पूर्णरुपमा नेपाली जनतामा रहेको र यो केन्द्र स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको आर्थिक, प्राबिधिक सहयोगबाट संचालन भैरहेको बताए।
डा महाबीर पुन राष्ट्रिय आविष्कार केन्द्रमा भर्खरै तयार गरेर नेपालमा सफल परिक्षण समेत गरिएको अस्पतालमा नवजात शिशुलाई जन्मने बित्तिकै न्यानोमा राख्न प्रयोग गरिने बेबी वार्मर (न्यानो नानी, नेपाली नाम) को प्रदर्शनीका लागि अमेरिकाको नर्थ इष्ट अाेहायाे मेडिकल युनिभर्सिटीले आयोजना गरेकाे एक औपचारिक कार्यक्रममा भाग लिन हालै अमेरिका आएका हुन्।
सो उपकरणलाई युनिभर्सिटीले अनुमोदन गर्नुका साथै आविष्कार केन्द्रलाई सफल अनुसन्धान गरे बापत अवार्ड समेत प्रदान गरेको जानकारी प्राप्त भएको छ।
|
बेहोस भएका विद्युतका कर्मचारीको मृत्यु नुवाकोट । नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका(५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि उपचारको क्रममा त्रिशूली अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
फुटसल खेल्दा असहज भएर आराम गरिरहेका राई एक्कासी बेहोस भएका थिए । उनको मुटुको भल्ब केही वर्षअघि फेरिएको बताइएको छ ।
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरि शव आफन्तको जिम्मा लगाइएको छ ।
|
सल्यानमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु सुर्खेत । जंगली च्याउ खाँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका–४ साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका चारमध्ये बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका–४ साइला कम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी भएका थिए । जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।
उनीहरूका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकलि ओली २३ वर्षीय छोरा प्रकाश ओली र बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका–४ साइला कम्दका चार गरी आठ जना बिरामी भएका थिए । जसमध्ये पाँच जनाको प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको खनालको भनाइ छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.