content
stringlengths 20
64.1k
⌀ |
---|
सेना र प्रहरीले पुल बनाइदिएपछि हाटसिंजावासीलाई मतदान गर्न जान सहज जुम्ला । अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।
बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो । तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए ।
पुल नहुँदा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न जान स्थानीयलाई कठिन हुने थियो । पुल बनेपछि कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष हमालले बताए ।
उनका अनुसार स्थानीय वडापालिकाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा एक हप्तामा तीनवटा काठको पुल निर्माण भएको छ । पुल बनेसँगै कनकासुन्दरी–४ कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा जान सहज भएको हो ।
नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार निर्वाचनमा खटिएको नेपाली सेनाका आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जना नेपाली सेनाको टिमले मतदान केन्द्र जाने पुल बनाउन सहयोग गरेको हो ।
|
मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ ।
काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ बजेसम्म रहेकोले तत्पश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो ।
‘स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डा/ब्यानर, श्रव्यदृश्य लगायतका सामग्री समेटी सञ्चार माध्यमबाट प्रकाशन÷प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुने हुँदा त्यस्तो कार्य नगर्न÷नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ’ काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मतदान हुने दिनको अघिल्लो अठ्चालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन÷प्रसारण÷सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सो अघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढङ्गबाट अनुगमन गरिरहेकाले त्यसतर्फ समेत सजगता अपनाउन आग्रह गरेको छ ।
‘स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने छ’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्घन÷वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिनेतर्फ समेत यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’
काउन्सिलले आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा विशेष अपिल गर्दै निर्वाचनको सन्दर्भमा निर्वाचनसम्बन्धी सामग्री सम्प्रेषण गरी जनतालई सुसूचित गर्न आमसञ्चार क्षेत्रले खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसासमेत गरेको छ ।
|
धनुषामा एक ट्रक अवैध मदिरा बरामद धनुषा । धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ ।
निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट ना६ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी एक हजार २५ कार्टुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गाडीलाई रोकेर जाँच गर्दा सो परिमाणको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मदिरा र ट्रकसहित मकवानपुरको मनहरि गाउँपालिका–३ बस्ने चालक ३४ वर्षीया निर्मलकुमार रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थसहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।
यस्तै, प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका–४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट चार कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ । गाडी चालक मुखियापट्टी मुसहर्निया–४ बस्ने ३० वर्षीय साजन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद मदिरा र गाडीसहित चालक साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ । धनुषा जिल्लामा गत साता शनिबारदेखि नै मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरिएको छ ।
|
रवि लामिछानेमा राजनेता बन्ने क्षमता छः अभिनेता रमेश उप्रेती काठमाडौं । अभिनेता रमेश उप्रेतीले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेका उप्रेतीले रवीमा राजनेता बन्न सक्ने क्षमता रहेको दाबी गरेका थिए ।
उनले वर्षौ देखि देशले राज नेता खोजिरहेको उल्लेख गर्दै आफुले त्यो क्षमता रविमा देखेको बताए । साथै, उनले नेपाली जनताले २०४६ साल देखि आजसम्म केहि नपाएको भन्दै आक्रोश पाेखेका थिए । उप्रेतीले देशभरी घण्टीको लहर आएको भन्दै यसपालीको चुनावमा ठूलो परिवर्तन देखिने उल्लेख गरेका थिए ।
चुनावी सभामा कलाकार दिपाश्री निरौला, निर्मल शर्मा, किरण केसी, आसिफ साह लगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।
साझँको समयमा भएको चुनावी सभामा हजारौंको संख्यामा चितवनबासीको उपस्थीती रहेको थियो ।
|
चितवन पुगेर दिपाश्रीले भनिन्– रवि दाई तपाई ढुक्क भएहुन्छ काठमाडौं । कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेकी निरौलाले आफु रविको फ्यान भएको भन्दै घण्टीमा भोट हाल्न आह्वान गरेकी हुन् ।
उनले देशमा रहेका विकृतीलाई हटाउनका लागि रविसँग आफु आशावादी रहेको बताइन् । साथै, उनले रविले देशभर घण्टी बजाइसकेको भन्दै जनतालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेकी थिइन् ।
‘रवि दाई तपाईं ढुक्क भएर बस्नुहोस । चितवनवासी तपाईंको साथमा छन्,’उनले भनिन् ।
|
विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने काठमाडौं । निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ ।
आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे म तबदर गरी उक्त केन्द्रमा पुनः मतदान हुने जानकारी दिएका हुन् ।
बुथ कब्जा गरेर मतदान गर्ने सोच नराख्न आग्रह गर्दै उनले शतप्रतिशत मत खसे सो मत बदर गरेर उक्त मतदान केन्द्रमा पुनः मतदान हुने बताएका हुन् ।
विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने थपलियाले जानकारी दिए ।
|
मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन मिल्दैनः निर्वाचन आयोग काठमाडौं । निर्वाचन आयोगले मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जनाएको छ ।
आयोग कार्यालयमा बिहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर गर्नेगरुी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जानकारी दिएका हुन् । यदी कसैले सुकुम्बासी बस्ती हटाए कारबाही गर्ने उनले चेतावनी दिए ।
गत शुक्रबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाइएका घरटहरा भत्काउन अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमको विरोधमा बिहीबार पनि काठमाडौंमा भूमिहीन सुकुम्बासी आन्दोलनमा उत्रिएका छन् ।
संयुक्त सुकुम्बासी मोर्चाको अगुवाइमा भएको विरोधमा प्रदर्शनमा सुकुम्बासीहरुले वर्षाैंदेखि आफूहरुलाई हटाउने होइन जग्गा धनि लालपूर्जा दिनुपर्ने माग गरेका छन् ।
|
अमेरिकी पत्रकार जब काठमाडौं क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार अनुप बोहरा नजिक पुगे {भिडियोसहित} काठमाडौं । काठमाडौं २ का स्वतन्त्र उम्मेद्वार अनुप बोहरा क्रस खुकुरी चुनाव चिन्ह प्रतिअन्तराष्ट्रिय सञ्चार माध्यमहरुले विशेष चासो ब्यक्त गरेको छ । झट्ट हेर्दा बामलोकतान्त्रिक गठबन्धनको तर्फबाट १० वर्षे हिंसात्मक युद्धमा प्रत्यक्ष सामेल महिला नेत्री एवम पूर्व सभामुख ओनसरी घर्ती र एमालेको तर्फबाट मणिराम फुयल बिच प्रमुख प्रतिस्पर्धा रहेको यो निर्वाचन क्षेत्रमा एकाएकअनुप बोहराको चर्चा चुलिएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमन्युयोर्क टाइम्स , BBC , GNN लगायतका सञ्चार माध्यमहरुले समेत अनुप बोहरा प्रतिविशेष चासो पुर्वक हेरिरहेको पाइएको छ। न्युयोर्क टाइम्सको टोलीले बोहरासँग विशेष कुराकानी गर्दै नेपालका राजनीतिक दल ,निर्वाचनको अवस्था र स्वतन्त्रहरुको उपस्थितिबारे जिज्ञासा राख्दै पछिल्लो नेपाली राजनीति र युवाका आकाङ्क्षाहरुबारे पनिछलफल गरेको छ।
एका एक चुलिएको बोहराको चर्चा र स्वतन्त्रप्रतिको जनताको रुझानले काठमाडौ २ को निर्वाचन रोचक हुने अनुमान गरिएको छ ।
भिडियो:
|
निर्वाचनका लागि जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै काठमाडौं । मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन्
उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो ।
मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन् । “नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ”, दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
दुईदिने नेपाल बसाइका क्रममा उनले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
|
आइपिएलमा खेलाडी रिटेनको समय सकियो, कुन-कुन खेलाडी रिटेन भए र कुन-कुन निकालिए ? काठमाडौं । आइपिएल २०२३ का लागि खेलाडीहरूको रिटेन्सन लिस्ट आइसकेको छ। सबैभन्दा ठूलो खबर सनराइजर्स हैदरावाद क्याम्पबाट आएको छ । जसले आफ्ना कप्तान केन विलियमसनलाई रिलिज गरेको छ। यससँगै पञ्जाब किंग्सले पनि गत सिजनका कप्तान मयंक अग्रवाललाई हटाउन कुनै हिचकिचाहट देखाएको छैन।
मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स जस्ता टिमले पनि धेरै खेलाडी रिलिज गरेका छन् । डिसेम्बरमा हुने मिनी लिलामीअघि टोलीहरूले आफ्नो टोलीमा महत्वपूर्ण परिवर्तन गरी पर्स खाली गरेका छन् ।
१. मुम्बई इन्डियन्स – मुम्बई इन्डियन्सले किरोन पोलार्ड सहित १३ खेलाडीलाई रिलिज गरेको छ। योसँगै मुम्बईले जेसन बेहरेनडर्फलाई ट्रेडिङमार्फत टोलीमा राखेको छ ।
रिलिज भएका खेलाडी (१३): किरोन पोलार्ड, अनमोलप्रीत सिंह, आर्यन जुयल, बासिल थाम्पी, ड्यानियल साम्स, फाबियन एलेन, जयदेव उनादकट, मयंक मार्कण्डे, मुरुगन अश्विन, राहुल बुद्धी, रिले मेरिडिथ, सञ्जय यादव, टाइमल मिल्स।
ट्रेड खेलाडी: जेसन बेहरेनडर्फ।
वर्तमान टोली: रोहित शर्मा (कप्तान), टिम डेभिड, रमनदीप सिंह, तिलक वर्मा, सूर्यकुमार यादव, इशान किशन, ट्रिस्टन स्टब्स, डेवाल्ड ब्रुइस, जोफ्रा आर्चर, जसप्रित बुमराह, अर्जुन तेन्दुलकर, अरशद खान, कुमार कार्तिकेय, ऋतिक शोकिन, जेसन बेहरेन्डर्फ, आकाश माधवाल।
पर्समा बाँकी: २०.५५ करोड।
२. सनराइजर्स हैदराबाद – एक ठूलो कदम चाल्दै ओरेन्ज आर्मीले कप्तान केन विलियमसन र निकोलस पूरनलाई रिलिज गरेको छ।
रिलिज भएका खेलाडीहरू (१२): केन विलियमसन, निकोलस पूरन, जगदीश सुचित, प्रियम गर्ग, रविकुमार समर्थ, रोमारियो शेफर्ड, सौरभ दुबे, सीन एबोट, शशांक सिंह, श्रेयस गोपाल, सुशान्त मिश्रा, विष्णु विनोद।
हालको टोली: अब्दुल समाद, एडेन मार्कराम, राहुल त्रिपाठी, ग्लेन फिलिप्स, अभिषेक शर्मा, मार्को जेन्सेन, वाशिंगटन सुन्दर, फजलहक फारुकी, कार्तिक त्यागी, भुवनेश्वर कुमार, टी. नटराजन, उमरान मलिक।
पर्समा बाँकी: ४२.२५ करोड।
३. चेन्नई सुपर किंग्स: टोलीले ठूला नामहरू मध्ये ड्वेन ब्राभो र क्रिस जोर्डनलाई रिलिज गरेको छ। योसँगै रोबिन उथप्पाले गत सिजनपछि सन्यास लिएका थिए ।
रिलिज भएका खेलाडी (८): ड्वेन ब्राभो, रोबिन उथप्पा, एडम मिल्ने, हरि निशान्त, क्रिस जोर्डन, भगत वर्मा, केएम आसिफ, नारायण जगदीशन।
हालको टोलीः एमएस धोनी (कप्तान), डेभोन कोनवे, ऋतुराज गायकवाड, अम्बाती रायुडू, शुभ्रांशु सेनापति, मोइन अली, शिवम दुबे, राजवर्धन हंगेरगेकर, ड्वेन प्रेटोरियस, मिचेल सान्टनर, रवीन्द्र जडेजा, तुषार देशपांडे, मुकेश चौधरी, मथिसा पाथिराना, सिमरजित सिंह, दीपक सोलंकी, महिश थीक्षणा, दीपक सोलंकी ।
पर्स ब्यालेन्स: २०.४५ करोड।
४. पञ्जाब किंग्स : केही दिनअघि यो फ्रान्चाइजीले शिखर धवनलाई पहिले कप्तान बनाएको थियो। अब उसले पूर्वकप्तान मयंक अग्रवाललाई रिलिज गरेको छ ।
रिलिज भएका खेलाडीहरू (९): मयंक अग्रवाल, ओडियन स्मिथ, वैभव अरोरा, बेनी होवेल, इशान पोरेल, अंश पटेल, प्रेराक मङ्कड, सन्दीप शर्मा, ऋतिक चटर्जी
वर्तमान टोली: शिखर धवन (क), शाहरुख खान, जोनी बेयरस्टो, प्रभसिमरन सिंह , भानुका राजपाक्षे, जितेश शर्मा, राज बावा, ऋषि धवन, लियाम लिभिङस्टोन, अथर्व तायडे, अर्शदीप सिंह, बलतेज सिंह, नाथन एलिस, कागिसो रबाडा, राहुल चाहर, हरप्रीत ब्रार।
पर्समा बाँकी: ३२.२ करोड।
५. कोलकाता नाइट राइडर्स : केकेआरले एलेक्स हेल्स, अजिंक्य रहाणे सहित केहि ठूला नामहरू रिलिज गरेको छ।
रिलिज भएका खेलाडीहरू (१६): प्याट कमिन्स, साम बिलिङ्स, अमन खान, शिवम मावी, मोहम्मद नाबी, चमिका करुणारत्ने, आरोन फिन्च, एलेक्स हेल्स, अभिजीत तोमर, अजिंक्य रहाणे, अशोक शर्मा, बाबा इन्दरजीत, प्रथम सिंह, रमेश कुमार, रसिक सलाम , शेल्डन ज्याक्सन।
ट्रेड प्लेयर: शार्दुल ठाकुर, रहमानउल्लाह गुरबाज, लोकी फर्गुसन।
हालको टोलीः श्रेयस अय्यर (कप्तान), नितिश राणा, रहमानउल्लाह गुरबाज, वेंकटेश अय्यर, आन्द्रे रसेल, सुनील नारायण, शार्दुल ठाकुर, लोकी फर्गुसन, उमेश यादव, टिम साउथी, हर्षित राना, वरुण चक्रवर्ती, अनुकुल रोय, रिन्कु सिंह।
पर्समा बाँकी: ७.०५ करोड।
६. लखनऊ सुपर जायन्ट्स (एलएसजी): लखनऊले जेसन होल्डर र मनिष पाण्डे जस्ता खेलाडीहरूलाई रिलिज गर्ने निर्णय गरेको छ।
रिलिज भएका खेलाडी (७): एन्ड्रयु टाई, अंकित राजपूत, दुष्मन्ता चमेरा, इभिन लुइस, जेसन होल्डर, मनिष पाण्डे, शाहबाज नदीम।
हालको टोली: केएल राहुल (कप्तान), आयुष बडोनी, करण शर्मा, मनन वोहरा, क्विन्टन डिकक, मार्कस स्टोइनिस, कृष्णप्पा गौतम, दीपक हुडा, काइल मेयर्स, क्रुणाल पाण्ड्या, आवेश खान, मोहसिन खान, मार्क वुड, मयंक यादव, रवि विष्णोइ।
पर्स ब्यालेन्स: २३.३५ करोड।
७. रोयल च्यालेन्जर्स बैंगलोर : आरसीबीले आफ्नो टोलीमा कुनै महत्वपूर्ण परिवर्तन गरेको छैन।
रिलिज भएका खेलाडी (५): जेसन बेहरेनडोर्फ, अनिश्वर गौतम, चामा मिलिन्द, एल सिसोदिया, शेर्फेन रदरफोर्ड।
हालको टोलीः फाफ डु प्लेसिस (क), विराट कोहली, सुयश प्रभुदेसाई, रजत पाटीदार, दिनेश कार्तिक, अनुज रावत, फिन एलेन, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा, शाहबाज अहमद, हर्षल पटेल, डेभिड विली, कर्ण शर्मा, महिपाल लोमरोर, मोहम्मद सिराज, जोश हेजलवुड, सिद्धार्थ कौल, आकाश दीप।
पर्समा बाँकी: ८.७५ करोड।
८. राजस्थान रोयल्स : पछिल्लो पटकको उपविजेता टोलीले आफ्नो कोर समूह कायम राखेको छ।
रिलिज भएका खेलाडीहरू (९): अनुनय सिंह, कोर्बिन बोस, डेरिल मिचेल, जेम्स नीशम, करुण नायर, नाथन कुल्टर-नाइल, रस्सी भान डेर डुसेन, शुभम गढवाल, तेजस बरोका।
हालको टोलीः सञ्जु सैमसन (कप्तान), यशस्वी जैसवाल, शिमरोन हेटमायर, देवदत्त पडिक्कल, जोस बटलर, ध्रुव जुरेल, रियान पराग, प्रसिद्ध कृष्णा, ट्रेन्ट बोल्ट, ओबेद म्याकोय, नवदीप सैनी, कुलदीप सेन, कुलदीप यादव, आर अश्विन, युजवेन्द्र चहल, केसी करियप्पा।
पर्स ब्यालेन्स: १३.२ करोड।
९. दिल्ली क्यापिटल्स : दिल्ली क्यापिटल्सले शार्दुल ठाकुर, टिम सेफर्ट जस्ता खेलाडीहरूलाई रिलिज गरेको छ। शार्दुललाई पछि केकेआरले ट्रेडमा किनेको थियो ।
रिलिज भएका खेलाडीहरू (५): शार्दुल ठाकुर, टिम सेफर्ट, अश्विन हेब्बर, केएस भरत, मनदीप सिंह
ट्रेड खेलाडीहरू: अमन खान
वर्तमान टोली: ऋषभ पन्त (क), डेभिड वार्नर, पृथ्वी शा, रिपल पटेल, रोभमान पावेल, सरफराज खान, यश धुल, मिचेल मार्श, ललित यादव, अक्षर पटेल, एनरिच नोर्किया, चेतन साकारिया, कमलेश नागरकोटी, खलील अहमद, लुंगी एन्गिडी, मुस्ताफिजुर रहमान, अमन खान, कुलदीप यादव, प्रवीण दुबे, विक्की ओस्तवाल।
पर्समा बाँकी: १९.४५ करोड।
१०. गुजरात टाइटन्स (जीटी): डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले टोलीमा खासै परिवर्तन गरेको छैन। उसले लकी फर्गुसन, रहमनुल्लाह गुरबाज जस्ता खेलाडीलाई रिलिज गरेको छ ।
रिलिज भएका खेलाडी (६) : रहमानउल्लाह गुरबाज, लोकी फर्ग्युसन, डोमिनिक ड्रेक्स, गुरकीरत सिंह, जेसन रोय, वरुण आरोन।
वर्तमान टोलीः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, डेभिड मिलर, अभिनव मनोहर, साई सुदर्शन, ऋद्धिमान साहा, म्याथ्यू वेड, राशिद खान, राहुल तेवाटिया, विजय शंकर, मोहम्मद शमी, अल्जारी जोसेफ, यश दयाल, प्रदीप साङ्गवान, दर्शन नलाकानडे, जयन्त यादव, आर साई किशोर, नूर अहमद।
पर्स ब्यालेन्स: रु १९.२५ करोड
|
प्रदीप खड्काले दीपक बोहरालाई मागे भोट भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का राप्रपाका उमेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।
‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहोस् ।’
खड्का र गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि दिपक बोहराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको करभिका थापाले बताइन् ।
|
अछाममा भूकम्पको धक्का अछाम । अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।
|
धादिङमा नौ जनाले मात्रै बुझाए हतियार धादिङ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि धादिङका नौ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । निर्वाचनलाई र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार नौ जनाले १४ वडा विभिन्न किसिमका बन्दुक बुझाएका छन् ।
जिल्लामा अनुमति प्राप्त ४७ वटा हतियार भए पनि हालसम्म नौ जनाले मात्रै बुझाएको पाइएको हो । हतियार बुझाउने क्रम अझै जारी रहेको र बुझाएको हतियार निर्वाचनपछि सम्बन्धित व्यक्तिले नै लैजान सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । मङ्सिर १ गतेभित्र हतियार बुझाउन आग्रह पनि गरेको छ । हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा ८ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो । जिल्लामा इजाजत प्राप्त हतियार लिएका व्यक्तिले जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । विगतमा सामाजिक प्रतिष्ठा र सुरक्षाको आवश्यकतालाई आधार बनाएर हतियार राख्ने अनुमति दिने गरिएको थियो ।
|
‘८४ सञ्चार माध्यमद्वारा आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण’ काठमाडौँ । आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ ।
काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमन र उजुरीको दायरामा रहेकामध्ये ८४ सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको हो । विज्ञप्तिअनुसार अनुगमन भएकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन, ५ वटा वेबपोर्टलले यस्ता सामग्री सम्प्रेषण गरेका हुन् ।
काउन्सिलले ४ वटा सञ्चार माध्यमलाई उजुरी र बाँकी सबैलाई स्वअनुगमनका आधारमा विभिन्न पत्राचार गरिएको जनाएको छ । ‘६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको त्यस्तै दर्ता÷सूचीकरण नभएका ५ वटा न्युज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको, ३ वटा अनलाइन मिडियालाई फोनमार्फत ध्यानाकर्षण गराइएको र मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गरिएको छ’ काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन मङ्सिर ४ नजिकिँदै जाँदा सरकारी र निजी दुवै क्षेत्रका सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका नयाँ नयाँ प्रवृत्तिहरू देखिएको काउन्सिलले जनाएको छ । सरकारी सञ्चार माध्यमको दुरुपयोग गर्दै कुनै दल तथा उम्मेदवारको विषयमा मात्र एकपक्षीय रूपमा सामग्री सम्प्रेषण गरेको बारेमा परेको उजुरीउपर सुनुवाइ गरी काउन्सिलले नेपाल टेलिभिजनसँग ‘भिडियो फुटेज’ का लागि पत्राचार गरी सो सम्बन्धमा अनुगमनसमेत गरिरहेको छ ।
यस्तै कुनै दलका उम्मेदरवारलाई लक्षित गरी प्रकाशित ‘हाते पर्चा’ एक अनलाइनमा प्रकाशन भएको उधृत गर्दै प्राप्त उजुरी र प्रकाशित सामग्रीबारे अध्ययन–अनुगमन भइरहेको र उक्त अनलाइनलाई सचेत गराइसकिएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले निर्वाचनमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई वर्गीकरण÷मूल्याङ्कनका साथै लोककल्याणकारी भुक्तानीका लागि आधारको रूपमा लिनेगरी अभिलेखीकरण गर्ने निर्णय भएको भन्दै सबै प्रावधानतर्फ विशेष ध्यान दिइ समाचार, विज्ञापन सम्प्रेषण गर्न÷गराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालाई ध्यानाकर्षण गराएको छ ।
यसैबिच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताए । ‘यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ । पक्षधरता लिनै हुँदैन । जे हो त्यो प्रस्तुत गर्न सकेन भने मिडियालाई पत्याउँदैनन्, अध्यक्ष बस्नेतले भने–‘निश्चित विधि, प्रक्रिया र आधारबिनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न चाहिँ उठिरहन्छ ।’ अध्यक्ष बस्नेतले मिडियाप्रति आम नागरिकको भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी रहेको औँल्याए ।
|
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका १३ कार्यकर्ता पक्राउ बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का १३ नेता कार्यकर्तालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट पार्टी पोलिटब्युरो सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङका एसपी दयानिधी ज्ञवालीका अनुसार कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्री नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका नेता–कार्यकर्ताको साथबाट निर्वाचन विरोधी पर्चा बरामद भएको ज्ञावालीले बताए ।
पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३ वर्षीय देबबहादुर लामिछाने, केन्द्रिय सदस्य ४६ वर्षीय सुर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक छन् ।
यस्तै नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रिय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा पक्राउ परेका छन् । उनीहरूलाई कुश्मिसेरा प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ ।
|
वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ परेका छन् ।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिएको हो ।
|
दाङ १ः मेटमणीलाई शान्ताको चुनौती, शान्तालाई गंगाको डर काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको दाङ जिल्लाका तिनवटै क्षेत्रमा रोचक प्रतिष्पर्धा हुँदै छ । अझ दाङ जिल्लाको राप्ती उपत्यकासँग जोडिएको क्षेत्र नम्बर १ को चुनावी दौड हेर्न लायकको छ ।
यस क्षेत्रमा तिन पूर्व एमाले फरक–फरक पार्टीबाट उम्मेद्वार बनेका छन् । सहरी विकास मन्त्री समेत रहेका नेकपा (एस) का नेता मेटमणी चौधरी गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार बनेका छन् । उनी एमाले विभाजन हुँदा नेकपा (एस) तर्फ मोडिएका हुन् । यस्तै, नेकपा एमालेको तर्फबाट टिकट नपाएपछि गंगा थारुले स्वतन्त्र उम्मेद्वारी दिएकी छिन् । उनी लौरो अभियान अन्तरगतको हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हबाट निर्वाचनमा होमिएकी छिन् । यसै क्षेत्रबाट नेकपा एमालेले शान्ता चौधरीलाई प्रतिनिधिसभाको उम्मेद्वार बनाएको छ । यी तिन पूर्व एमालेबीचको भिडन्तलाई यहाँका जनताले भागवन्डा नमिल्दाको परिणामको रुपमा बुझेका छन् ।
२०७४ सालको निर्वाचनमा सँगै भोटमाग्न हिडेका यि तिन अनुहार यसपाली फरक–फरक चिन्हमा भोट माग्दै हिडेको देख्दा यहाँका मतदाता अन्योलमा परेका छन्् । केपी शर्मा ओलीका प्रशंसकको रुपमा रहेका मेटमणी चौधरी मन्त्री बन्ने लोभमा नेकप (एस) प्रवेश गरेका थिए । पहिलो लटमा मन्त्री बन्न नपाएका चौधरी दोस्रो लटमा मन्त्री बनेका हुन् । चुनावको सम्मुखमा मन्त्री बनेका चौधरीले पदको दुरुपयोग गरिरहेका छन् । केहि दिन अघि बोरामा चामल बाँढेको भन्दै उनलाई निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको थियो । मन्त्रीपदका कारण चौधरीलाई मतदाता फकाउन सजिलो भएको छ । यसरी मन्त्रीपदकै कारण चौधरीले निर्वाचनमा बाजी मार्नसक्ने कांग्रेसका एक स्थानीय नेताले बताए । तर, पार्टीको संगठन नहुनु र स्थानीय तहको परिणाम मेटमणीका कमजोर पक्ष हुन् ।
यता नेकपा एमालेकी उम्मेद्वार शान्ता चौधरी ‘सुखी नेपाली सम्वृद्ध नेपाल’ को नारा बोकेर घरदैलौ कार्यक्रम गरिरहेकी छन् । शान्ताले आफ्नो जित निश्चत रहेको दाबी गर्दै आएकी छन् । यद्दपी उनको जितका आधार भने निकै कमजोर रहेको स्थानीय एक नेताले बताए । एमालेका मतदाताको भोट समेत शान्ता र गंगामा बाँढीने आंकलन गरिएको छ । यसको फाइदा मेटमणीलाई हुने देखिएको छ । चौधरी समूदायको बाहुल्यता रहेको यस क्षेत्रमा तीन चौधरी उम्मेद्वारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
|
गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धिः प्रचण्ड लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास थियो ।
लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा आज आयोजित कोणसभामा उनले भने, “राजनीति स्थायित्व अहिले गठबन्धनले विजयी हासिल गर्छ, सबैतिर गठबन्धनको पक्षमा लहर आउँदै छ ।” गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिमा सम्पूर्ण तागत विकास, सुशासन, र समृद्धिमा लगाउने एक सुत्रे नारा बनाएको अध्यक्ष दाहालको भनाइ छ ।
उनले भने, “निर्वाचन आउँछ जान्छ, लोकतन्त्रमा सामान्य प्रक्रिया हो तर, यसपटकको भने सामान्य निर्वाचन जस्तो नभई यो देशलाई अघि बढाउने, शान्ति प्रक्रिया टुङ्गाउने, जनताको अधिकारलाई अझै परिमार्जन, सुनिश्चित गर्ने वा यो देशलाई पछि धकल्ने, निरङ्कुशतातिर लैजाने, अध्यारोतिर लैजाने दुई गठबन्धनबीच प्रतिस्पर्धा हो ।”
शान्ति प्रक्रियामा नेपाली कांग्रेस र माओवादीले महत्वपूर्ण योगदान गरेको बताउँदै अध्यक्ष दाहालले भने, “जुन दिन गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता भयो, यहीँ दिनमा मैले कांग्रेसको रुख चिह्नमा छाप लगाएको र गिरिजाले हसिया हटौँडामा छाप लगाएको हो ।” उनले गोरखा, तनहुँ लमजुङकै गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताए ।
चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि कोरिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताउँदै अध्यक्ष दहालले डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्रे गर्न पहल गर्ने आश्वासन दिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धन गर्नु मुलुकको आवश्यकता रहेको बताउँदै गठबन्धनको कार्यकर्ता सबैले एक अर्का उम्मेदवारलाई मत हाल्दै जिताउनुपर्ने बताए । उनले भने “माओवादीका कार्यकर्ताले रुख चिह्न हाम्रै हो र कांग्रेसका कार्यकर्ताले गोलाकारिभित्रको हासीया हटौँडा हाम्रै चिह्न हो भनेर भोट हाल्न आग्रह गरे ।
राजनीतिक परिवतर्नले दलित जनजाति, उत्पिडित समुदाय, महिला लगायतको अधिकार र गाउँगाउँमा सिंहदरबार आएको उल्लेख गर्दै उनले भने, “अब राजनीति प्रयोग पटकपटक देशले धान्न सक्दैन, जुन संविधान, परिवर्तन ल्यायौँ, अब यसलाई नै दीगो बनाएर कार्यान्वयन गर्दै यो मुलुकलाई अग्रगामी बनाएर विकासको ढोका खोल्नुपर्छ । अब आर्थिक क्रान्ति गर्न जरुरी रहेको छ ।”
माओवादी केन्द्रका महासचिव तथा लमजुङ प्रतिनिधसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू र गठबन्धनले जितेमा मात्र जिल्लामा विकासको लहर आउने बताए । आफू सधैँ यही जिल्लाको विकासको लागि पनि राजनीति गर्दै आफूले सकेको सहयोग गर्दै आएको उनको भनाइ छ ।
|
ग्लोबल आइएमई र बैंक अफ काठमाडौं बीच मर्जर समझदारीमा हस्ताक्षर, मुलुककै ठूलो बैंक बन्दै काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडबीच एक आपसमा गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस अघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडबीच मर्जर प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।
मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाडौंको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
साथै, दुवै बैंकले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढि खुद नाफा आर्जन गरी सकेका छन् ।
दुई बैंकहरुको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।
|
अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने, सातामा तीनदिन बनारस जाने काठमाडौं । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीनदिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ ।
सोमबार विज्ञप्ति निकालेर बुद्ध एयरले आउँदो जनवरीबाट पोखरा विमानस्थल निर्माण सम्पन्न हुने जानकारी प्राप्त भएकाले त्यहाँबाट साताको तीनदिन आइतबार, मंगलबार र बिहीबार पोखरा–बनारस–पोखरा उडान गर्ने जानकारी दिएको हो ।
पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने बुद्ध एयरले जनाएको छ । ‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रकृया यथाशीध्र अगाडि बढाइने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
|
किन एलन मस्कले ट्विटर प्रयोगकर्ताहरूसँग माफी मागे? काठमाडौं । आइतबार एक ट्वीटमा, ट्विटरका नयाँ मालिक एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ‘अत्यधिक ढिलो’ भएकोमा प्रयोगकर्ताहरूसँग माफी मागेका छन्।
एक ट्विटमा मस्कले भनेका छन्, ‘धेरै देशमा ट्विटर निकै ढिलो भएकोमा म माफी चाहन्छु।’ यसपछि उनले ढिलो हुनुको प्राविधिक कारण बताए ।
यसका साथै उनले ट्वीटरमा धेरै फेक प्रोफाईललाई सम्बोधन गर्न नयाँ फिचर ल्याउने पनि वाचा गरेका छन् ।
उनले ट्वीटरमा भनेका छन्, “ट्विटरले ती संस्थाहरूबाट जानकारी लिनेछ जुन ट्विटर खाताहरू उनीहरूसँग जोडिएका छन्।”
विगतमा ट्विटरले आफ्नो प्रमाणीकरण कार्यक्रम बन्द गर्नुपरेको थियो किनभने धेरै प्यारोडी र नक्कली खाताहरूले ८ डलर शुल्क तिरेर आफ्नो खाता प्रमाणीकरण गरेका थिए।
त्यसपछि ट्वीटरको यो योजनाको चर्को आलोचना हुन थाल्यो र यसलाई तत्काल प्रभावबाट रोक्नुपर्यो ।
|
दार्चुलामा दुई गठबन्धनका कार्यकर्ताबीच झडप धनगढी । दार्चुलामा सत्तारुढ गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचार÷प्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्य निरे गठुन्ना एमालेका कार्यकर्ता हुन् भने जयसिंह धामी कांग्रेस कार्यकर्ता हुन् ।
घाइते जयभान धामीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको सूचना अधिकारी शाहीले बताए । अर्का घाइते निरे ठगुन्नाको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले प्रहरीले जनाएको छ ।
झडपमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
|
उच्च मनोबलकासाथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालद्वारा युनिट कमाण्डरहरुलाई निर्देशन काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।
भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आईपर्ने जस्तोसुकै चुनौतीहरुको सामना गर्न तयार भएर बस्न निर्देशन दिँदै निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्त अनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पुरा गर्न र कुनैपनि कमीकजोरी भएमा स्वयम युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताए ।
सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनु पर्ने सावधानी र न्युनतम श्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोक, प्यास र थकानको परवाह नगरी क्रियाशील रहन निर्देशन दिँदै उनले भने– ‘निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन ।’
फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमाण्डमा रिपोर्ट गर्नुका साथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न उनले विभागीय प्रमुखहरुलाई समेत सोही अवसरमा निर्देशन दिए ।
निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्य भन्दा सामान्य त्रुटि समेत आफुले सुन्न र देख्न नचाहेको बताउँदै उनले बन्दोबस्ती लगायत अन्य भौतीक व्यवस्थापन संगठनले मातहत इकाईहरुसम्म पुर्याईसकेकोले त्यसको उच्चतम र भरपूर प्रयोग गर्न समेत निर्देशन दिए ।
कार्यक्रममा आसन्न निर्वाचनबारे वाहिनीपतिहरुले महानिरीक्षक अर्याल समक्ष सम्पूर्ण तयारी पूरा भएको योजना प्रस्तुत गरेका थिए ।
सशस्त्र प्रहरीले देशैभरी खटिएका जुनसुकै दर्जाका कमाण्डर तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरुले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम, केन्द्रिय निर्वाचन सेल प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी आजैबाट हटलाईन टेलिफोनको समेत व्यवस्था गरेको छ ।
महानिरीक्षक अर्यालको निर्देशन अघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिंदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरहरुलाई निर्देशन दिएका थिए भने महानिरीक्षक अर्याल समक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गरेक थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम तथा बंशी राज दाहाल लगायत वाहिनीपतिहरु, मुख्यालयका वरिष्ठ अधिकृतहरु, गणपति र गुल्मपतिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।
|
निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।
मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन)अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।
|
दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरेः पूर्व राजदुत उपाध्याय काठमाडौं । पूर्व राजदुत दीपकुमार उपाध्यायले नेपालका राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा उनले दलहरूले समानुपातिक प्रणालीलाई आसेपासेको भर्ति केन्द्र बनाएको भन्दै यस्तो आरोप लगाएका हुन् ।
उनले नेताहरुले आफ्नो निजि स्वार्थमा गठबन्धन गरेको बताउदै सिद्धान्त र धारणा नमिल्ने पार्टीहरु समेत एक ठाउँमा रहने गठबन्धनको कुनै ओचित्य नरहने बताए ।
नेपाली कांग्रेसका नेता समेत रहेका उपाध्यायले हालको गठबन्धनमा आफ्नो कुनै समर्थन नरहेको बताए । साथै,उनले लोकतन्त्रमा विश्वास गर्ने कोहिपनि यस्तो गठबन्धनको पक्षमा नरहेको भन्दै त्यसको परिणाम निर्वाचनमा देखिने स्पष्ट पारे । अहिले भएको गठबन्धनलाई उनले अनैतिक गठबन्धनको संज्ञा दिए ।
कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा नेपाली कांग्रेस एक्लै निर्वाचन लडेको अवस्थामा पनि स्वतः पहिलो पार्टी भन्ने दाबी गरे ।
यसैगरि उनले नेपाली कांग्रेसमा टिकट वितरणमा समेत आफुसँग कुनै छलफल नगरिएकोमा दुखेसो पोख्दै नेपाली कांग्रेससँग संवादहिनताको अवस्था रहेको बताए ।
निर्वाचन पछि नेपाली कांग्रेसमा ठूलो सुधारको आवश्यकता रहेको बताएका उपाध्यायले आफुले त्यसका लागि प्रयास गर्ने बताए । ‘नेपाली कांग्रेस यसरी चल्दैन । नेपाली कांग्रेसका दुई युवा महामन्त्रीहरुले समेत अपेक्षकृत काम गर्न नसकेको भन्ने आम कार्यकर्ताको गुनाँसो रहेको छ । यसलाई सुधार्नुपर्ने देखिएको छ‘उनले भने ।
आफ्नो निर्वाचनले क्षेत्रमा पुगेका उपाध्यायले जनतामा ठूलो निराशा देखिएको बताए । ‘नेताहरुमा दुरदर्शीता कम देखिन्छ, जनतामा भ्रम पार्नेकाममा मात्र तल्लीन रहेका नेताहरु । तर, युवाहरुमा ठूलो निराशा चाहिरहेको छ । यसबारे नेताहरुले सोच्नुपर्ने बेला आएको छ’, उनले भने ।
यस्तै, नेताहरुले आफुहरुले निर्णय गरे जनताले समेत मान्छन् भन्ने सोच्नु मानव चेतनाको अबमूल्यन रहेको भन्दै त्यसको जवाफ यसपाली जनताले दिने दाबी गरे ।
अहिलेको निर्वाचनमा प्राय सबै राजनीति दलले कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको एजेण्डालाई अगाडी बढाएको भन्दै देशलाई अधिनायकवादमा लग्न खोजीएको आरोप लगाए । साथै, नेपाली जनता समयमा सतर्क नभए देशमा अन्तरसंघर्ष चर्किने भन्दै उनले भने–‘यदि यसै भयो भने देशमा अन्तराष्ट्रिय शक्तिले खेल्ने ठाउँ पाउँछन्’ ।
ज्ञानको आधारभूमी देशलाई प्रयोगशाला बनाइरहेको नेताहरुले अहिलेको व्यवस्था सफल हुनसकेन भनेर नयाँ प्रयोग गरेर देशलाई कार्यकारी तिर लान खोजिएको संकेत स्पष्ट पारे ।
भारतका लागि नेपाली राजदुत भएका उपाध्यायले नेपालमा संस्थागत निति र कुटनीतिक अपरिपक्वता रहेको भन्दै सुरक्षा निति र परराष्ट्र नितिलाई सुपरिभाषित गर्नुपर्ने बताए ।
|
विमानस्थलको सुरक्षासहित आठ सय स्थानमा सेना खटियो, १ सय ४३ टोली तयारी अवस्थामा काठमाडौं । सेनाले एक सय छ महत्वपूर्ण संरचना, कारागार, विमानस्थलको सुरक्षा जिम्मा लिएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार त्यसका अतिरिक्त अन्य स्थानको पनि सुरक्षा जिम्मा लिने तयारी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावी प्रयोजनको लागि खटिएपछि सेनाले महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा लिएको हो ।
सैनिक जनसम्पर्क निर्दैशनालयले जनाए अनुसार नेपाली सेनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्ने छ । सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म आठ सय ३२ बम डिस्पोजन टोली परिचालन गरिसेको छ भने बाँकी एक सय ४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ । निर्वाचन आयोग परिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका एक सय सैनिक जनशक्तिले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको छ ।
आगामी निर्वाचनका लागि हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा सेनाको हवाई साधनद्वारा मतपत्र ढुवानीको कामसमेत पूरा भइसकेको छ । यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो । उक्त मतपत्र सुरक्षाका लागि खटिएका एक सय ४३ सैनिक जनशक्तिमध्ये आइतबारबाट अत्यावश्यकबाहेक अन्य फिर्ता हुने निर्देशनालयले जनाएको छ ।
सेनाले हाल एक सय छ महत्त्वपूर्ण संरचना, कारागार, विमानस्थमा तैनाथ रहेकामा केही दिनभित्रै थप पाँच कार्यस्थलमा खटिँदैछ । निर्वाचन सुरक्षा अन्तर्गगत नेपाली सेना खटिएको हो । विगतमा पनि सेनाले महत्वपूर्ण भौतिक संरचनाको सुरक्षा जिम्मा लिदै आएको थियो । अहिले त्यसैको निरन्तरता हो ।
|
थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए काठमाडौं । आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।
नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।
जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन गरेका हुन् ।
नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै अभिनेता शाहलाई २५ हजार रुपैयाँ जरिवाना, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले पुनरावेदन गरेका हुन् ।
सोही प्रकृतिको उनीविरुद्धको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । तनहुँ अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
अभिनेता शाह हाल हाल तनहुँ कारागारमा छन् ।
|
काठमाडौं–३ः एमालेका राई र कांग्रेसका चालिसेबीच प्रतिस्पर्धा, चालिसेलाई गठबन्धनकै डर काठमाडौं । मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यहाँ नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन् । राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए । उनले १९ हजार एक सय ६९ मत प्राप्त गरेका थिए । राई अहिले एक्लै चुनावी मैदानमा छन् । त्यतिबेला माओवादीको साथ पाएका राईलाई गत स्थानीय तहको मत परिणामले पनि यसपटकको निर्वाचनमा चुनौती थपिदिएको छ । माओवादीका बद्रीप्रसाद बजगाईँले पनि उम्मेदवारी दिएका छन् ।
कांग्रेसका चालिसेले काठमाडौँ उपत्यका तथा आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्या दीर्घकालीनरूपमा समाधानका लागि आवश्यक पहल गर्ने मुख्य लक्ष्य लिएका छन् । विकास निर्माणसँग जोडिएका सडक, ढल र खानेपानीको निकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उनको प्रतिबद्धता छ । उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन् । आफू प्रमुख हुँदा विकास निर्माण र जनपक्षीय काम गरेकाले पनि आफ्नो जित निश्चित भएको उनको जिकिर छ ।
एमालेका राई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित चुनावी मैदानमा होमिएका छन् । समाजवादोन्मुख समाज निर्माणको अभियानमा लाग्ने अठोट लिएका उनी अब समाज समाजवादोन्मुख हुनुपर्ने बताउनुहुन्छ । सामाजिक र सांस्कृतिक परिवर्तनसहितको समाज बनाउनुपर्नेमा उम्मेदवार राईको जोड छ । एमालेको योजनाअनुसार गोकर्णेश्वरलाई सुविधासम्पन्न नगरपालिका बनाएर जनताको जीवनस्तर उच्च बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाका गरी कुल १३ वडा समेटिएका छन् । तीमध्ये कांग्रेस पाँचवटा काठमाडौँ वडा नं ६, गोकर्णेश्वर ५, ८, ९ र कागेश्वरीको २ नं वडामा विजयी भएको थियो ।
एमालेले सात वडा गोकर्णेश्वरका १, २, ३, ६, ७, सोही क्षेत्रअन्तर्गत पर्ने कागेश्वरीको १ र ३ वडामा विजयी हासिल गरेको थियो । त्यस्तै स्वतन्त्रले पनि गोकर्णेश्वर–४ वडामा विजयी हासिल गरेको थियो । कांग्रेसका वडाध्यक्षहरूले १५ हजार सात सय ९५ मत पाएका थिए भने एमालेका वडाध्यक्षहरुले १४ हजार आठ सय ७६ मत प्राप्त गरेका थिए । माओवादीका वडाध्यक्षहरूले एक हजार छ सय ८७ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षहरूले एक हजार ५६ मत प्राप्त गरेका थिए ।
उक्त क्षेत्रमा एमालेका राई, कांग्रेसका चालिसे, माओवादीका बजगाईँसँगै राप्रपाबाट गणेश गिरी, नेमकिपाबाट बिशोक डङ्गोल, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीलगायतको उम्मेदवारी परेको छ ।सो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि दिनेश खड्का, कविता विष्ट सुनार, दिनेश खनाल, निरञ्जन पुडासैनी, जगन्नाथ देवकोटा, श्रीकृष्ण ज्योति, बिन्दु मगर, राजेश विष्ट, केदारनाथ मिश्रको स्वतन्त्र उम्मेदवारी रहेको छ ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९ मतदाता छन् । तीमध्ये २८ हजार आठ सय पाँच पुरुष र ३० हजार ८४ महिला मतदाता छन् । उक्त क्षेत्रमा २९ मतदानस्थल र ६८ मतदान केन्द्र निर्धारण गरिएको छ ।
|
एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटीको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् ।
२८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पूर्ण क्षति भएका छन् ।
|
आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छुः अध्यक्ष दाहाल गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन्।
चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताए।
“मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु”, उनले भने, “राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ।”
उनले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गरे। “म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको सुरुआत पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु।”
गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताए। उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्तामध्येको आफू पनि एक भएको भन्दै विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने दाबीसमेत गरे।
|
सर्वोच्च अदालतद्वारा ‘नो नट अगेन’ अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
न्यायाधीश हरिप्रसाद फँुयालको एकल इजलासले यही कात्तिक २० गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले उक्त आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज दुवै पक्षलाई छलफल बोलाएपछि उक्त आदेश गरेको हो ।
निर्वाचन आयोगलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले यही कात्तिक १४ गते ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्देशनविरुद्ध रिट निवेदन दायर गरेका थिए । यो आदेशसँगै निर्वाचन आयोगले साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्देशन रोकिएको छ ।
|
मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए । घुसवापतको रकम रु पाँच हजार मात्रै भए पनि खानतलासी गर्दा उनको साथमारु तीन लाख १८ हजार छ सय भेटिएको थियो ।
पक्राउका क्रममा बरामद भएको रकममध्ये रु दुई लाख ६१ हजार स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा रुपन्देही ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्षा उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटविरुद्ध रु २० लाख ७५ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
|
अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गर्योः बार एसोसिएसन काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ ।
गत मंगलबार टंगालस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन गरेको बताएको थियो । न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किनेक्रम बढेको आयोगको आरोप थियो ।
उक्त आरोप लगाएर अदालतलाई आफु अनुकुलको फैसला गर्न आयोगले दबाब दिन खोजेको बारको निष्कर्ष छ । बिहीबार बारको केन्द्रीय समिति र उपत्यका पदाधिकारीको बसेको संयुक्त बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अदालतलाई आफु अनुकुलको फैसला गर्न दबाब दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको समेत ख्याल नगरी ’अदालतमा न्यायिक विचलन, कानूनको गलत ब्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको भन्ने नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारीहरुको मिति २०७९/७/२४ गतेको बैठकको निष्कर्ष रहेको छ।’
कार्यबाहक अध्यक्ष अधिवक्ता हर्कबहादुर रावलले जारी गरेको विज्ञप्तिको पूणपाठ:
नेपाल बार एशोसिएशन मानव अधिकार, लोकतन्त्र, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर क्रियाशील रहेको नेपालका सबै कानून व्यवसायीहरुको राष्ट्रिय संस्था हो । न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रता नै न्याय प्रणालीप्रतिको जनआस्थाको मूल आधार स्तम्भ हो भन्ने नेपाल बार एशोसिएशनको मान्यता रहेको छ ।
न्यायपालिकाको स्वतन्त्रताको पक्षमा नेपाल बार एशोसिएशनले सदैव प्रभावकारी भूमिका खेल्दै आएको सर्वविदितै नै छ । यहि मिति २०७९/७/२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतबाट, खासगरि विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा (अदालतबाट मुद्दाको फैसला भएको विषयमा) गरेको सार्वजनिक पत्रकार सम्मेलनमार्फत अदालतलाई आफु अनुकुलको फैसला गर्न दवाव दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको समेत ख्याल नगरी ’अदालतमा न्यायिक विचलन, कानूनको गलत ब्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पु¥याउने कार्य गरेको भन्ने नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारीहरुको मिति २०७९/७/२४ गतेको बैठकको निष्कर्ष रहेको छ। राज्यमा भ्रष्ट्राचार निवारण हुनुपर्छ भन्ने कुरामा कसैको कुनै द्विविधा वा विवाद हुन नै सक्दैन ।
तर, एउटा अभियोजकको रुपमा रहेको संवैधानिक निकायले संविधान र कानूनले निर्दिष्ट गरेको प्रक्रिया अनुरुप सम्बन्धित निकायमार्फत न्यायिक निरुपण गर्न सकिने विषयलाई कानूनले निर्दिष्ट गरेको मार्गको अवलम्बन गर्नुको सट्टा सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरी न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै संका उब्जन सक्ने भाषा शैलीको प्रस्तुती उचित मान्न सकिँदैन। अतः राज्यका जिम्मेवार निकाय तथा पदाधिकारीहरुले विधिको शासनको अक्षरस पालना गर्न र अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी यसरी अभिव्यक्तिहरु नदिन नेपाल बार एशोसिएशन ध्यानाकर्षण पनि गर्दछ।
अधिवक्ता हर्क बहादुर रावल
कार्यबाहक अध्यक्ष
|
टी–२० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्याण्ड, भारत १० विकेटले पराजित काठमाडौं । इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियाको एडिलेट ओभलमा आज भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्डले विश्वकपको फाइनलको यात्रा तह गरेको हो ।
टस जितेर भारतलाई व्याटिङको निम्तो दिएको इंग्ल्याण्डले १६९को लक्ष्य पाएको थियो । भारतले दिएको लक्ष्यलाई इंग्ल्याण्डले १६औं ओभरमा बिनाकुनै नोक्सानी पुरा गर्यो ।
इंग्ल्याण्डको जितमा एलेक्स हेल्सले ४७ बलमा ८६ रनको योगदान गरे । साथै, जोस वटलरले ८० रन जोडे ।
भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । साथै, विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रोहित शर्माले २७ रन मात्र जोड्न सके ।
यस्तै सूर्यकुमार यादव १४ रनमा आउट भए भने ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट पबिलियन फर्किए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए भने क्रिस वोक्स र आदील राशिदले समान १ /१ विकेट लिए ।
|
राजेन्द्र लिङ्देनको चुनावी अभियानका लागि नेपाल आउँदै मनिषा कोइराला काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा उभिने बताएकी छन् ।
‘युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी अभियानमा सहभागी हुन आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर घर फर्कदै छु,’ मनिषाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।
राष्ट्रवाद, देशको ऐतिहासिक र सांस्कृतिक विरासत बारे उनको बुझाइले उनी देशका अन्य समकालीन राजनीतिज्ञहरू भन्दा माथि रहेको दाबी पनि उनले गरेकी छन् ।
‘म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित छु । देशलाई संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टीहरू चाहिन्छ,’ मनिषाले भनेकी छन् ।
प्रगतिशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत तथा राष्ट्रवादी शक्तिहरूको बहिष्कारले देशको सामाजिक र राजनीतिक संरचनामा ठूलो क्षति पु¥याएको उनले बताएकी छन् ।
|
टी–२० विश्वकपः भारतले इंग्ल्यान्डलाई दियो १ सय ६९ रनको चुनौती काठमाडौं । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलियाको एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । साथै, विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रोहित शर्माले २७ रन मात्र जोड्न सके ।
यस्तै सूर्यकुमार यादव १४ रनमा आउट भए भने ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट पबिलियन फर्किए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए भने क्रिस वोक्स र आदील राशिदले समान १ १ विकेट लिए ।
|
सुदूर पश्चिममा मध्यराति शक्तिशाली भूकम्पको धक्का काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा आज मध्यराति शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार डोटी जिल्लामा केन्द्र विन्दू बनाई गएको सो भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको हो । मध्यराति २ बजेर १२ बजे शुरु भई केही सेकेन्डसम्म गएको सो भूकम्पले सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा प्रभाव पारेको छ ।
मध्यराति गएका कारण भूकम्पले के कति भौतिक र मानवीय क्षति गर्यो भन्ने विवरण अझैसम्म प्राप्त भएको छैन । तर, सामाजिक सञ्जालमा पहुंच भएका कतिपय सुदूर पश्चिमका स्थानीय वासिन्दाहरुले भूकम्पको धक्का निकै ठूलो भएको उल्लेख गरेका छन् । कतिपयले यसलाई डरलाग्दो भूईंचालो भन्दै स्ट्याटसहरु लेखेका छन् ।
यो भूकम्प काठमाडौं र नेपालका अन्य भागहरुमा पनि महसुस गरिएको छ भने भारतको राजधानी नयां दिल्लीमा पनि यसले धक्का दिएको बताइएको छ ।
यसअघि हिजोमात्रै डोटी नै केन्द्रविन्दू बनाएर दुईपल्ट भूइचालोहरु गएका थिए । केन्द्रको रेकर्डअनुसार, हिजो सांझ ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केल र ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलका भूइचालोले सुदूर पश्चिम क्षेत्रलाई निकै नै हल्लाएको थियो ।
|
‘चाइना साउथर्न एयरलाइन्स’ले नेपालमा पुनः उडान भर्ने काठमाडौं । ‘चाइना साउथर्न एयरलाइन्स’ले नेपालमा पुनः उडान भर्ने भएको छ ।
चीनको ग्वाङझाउ एयरपोर्टबाट ‘चाइना साउथर्न एयरलाइन्स’ले उडान भर्ने एयरलाइन्स कम्पनीले जनाएको छ ।
मंसिर १३ गतेदेखि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा ल्याण्ड गर्ने जनाइएको छ ।
|
सागर ढकालको भिडियो भाइरल भएपछि ७७ वटै जिल्लामा निर्वाचन आयोगको यस्तो निर्देशन काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको हो ।
विभिन्न जिल्लामा उम्मेदवारहरूले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सो निर्देशन दिएको हो ।
“नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ ।” आयोगको निर्देशनमा भनिएको छ, “नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनको अधीनमा रही आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता र मितव्ययिता कायम गर्दै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गरिरहेको छ । निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो ।”
आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौम जनताको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानुनबमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहने भएकाले सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण्ण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन नहुने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
सोमबार प्रचारप्रसारमा रहेका डडेलधुराका प्रतिनिधिसभा उम्मेद्वार सागर ढकाललाई प्रहरीले कडाई गर्न खोजेको भिडियो भाइरल भएको थियो । ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाकाविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
|
निर्वाचनमा किन आकर्षित भयो नयाँ पुस्ता ? काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर-घर पुर्याउन दिनरात खटिएका छन् ।
निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररुपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’हरुको लहर नै चलेको छ ।
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, राजधानी काठमाडौँमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारहरुको आकर्षक जीत नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या बढाउन सहयोगी बनेको छ ।
राजनीतिक दलहरुप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र कार्यकर्ता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या उल्लेख्य बढेको विश्लेषकहरुको भनाइ छ ।
काठमाडौँ उपत्यका अन्तर्गत पर्ने तीन जिल्लामा प्रतिनिधिसभाका लागि कायम १५ वटा सिटका लागि कुल तीन सय ६० उम्मेदवारमध्ये एक सय २८ जना त स्वतन्त्र उम्मेदवार नै छन् । जुन ३५ दशमलव ५५ प्रतिशत हो । त्यसैगरी तीन जिल्लामा प्रदेश सभाका ३० सिटका लागि तीन सय ४० जनाले उम्मेदवारी दिएका छन् जसमध्ये ११९ जना अर्थात् ३५ प्रतिशत स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिनिधिसभा अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ७ मा राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी छ । यस क्षेत्रमा १६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने राजनीतिक दलका उम्मेदवारको सङ्ख्या १३ मात्रै छ । त्यसैगरी प्रदेशसभातर्फ सबैभन्दा बढी ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ र २ मा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा २५७ जनाले उम्मेदवारी दिएकामध्ये ९७ जना स्वतन्त्र उम्मेदवार छन् । भक्तपुरका २ निर्वाचन क्षेत्रमा ४० जना उम्मेदवारमध्ये १५ जना स्वतन्त्र छन् भने ललितपुरका ३ निर्वाचन क्षेत्रमा ६३ जना उम्मेदवारमध्ये १६ जना स्वतन्त्र उम्मेदवार छन् ।
स्वतन्त्रको लहर
ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दीपेश कुमार केसी आफूहरुको लडाइ अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताउँछन् । निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढ्नुको अर्थ राजनीतिक दलहरु ‘सिक्डिकेट’को विरोध भएको उनको भनाइ छ ।
“राजनीतिक दलको ‘सिन्डिकेट’का कारण दलभित्रै पनि स्वतन्त्र विचारले स्थान पाउन छाडेपछि स्वतन्त्र उम्मेदवारहरु अगाडि आउनु परेको हो, परिवर्तनका नाममा धर्म र संस्कृति मास्ने काम हामीलाई स्वीकार्य छैन”, उनले भने ।
केसी समानुपातिक प्रणालीका नाममा ४० प्रतिशत स्वतन्त्र विचारलाई मास्ने काम स्वीकार्य नभएको दाबी गर्छन् । “म स्पष्ट मिसन र भिजनका साथ राजनीतिमा आएको छु,” उनले भने, “अब मुलुकको जिम्मेवारी युवाको काँधमा आएको छ, सबैभन्दा माथि देश भन्ने विचारलाई अगाडि बढाउन मेरो उम्मेदवारी हो ।” यो निर्वाचन मात्रै नभइ वैचारिक स्वतन्त्रताको लडाइ समेत भएको उनको भनाइ छ । स्वतन्त्र उम्मेदवारहरुको देशैभरी फैलिएको लहर परिवर्तनको पक्षमा एउटा ठूलो धक्का भएको उनले बताए ।
केसीको प्रतिस्पर्धा नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जन र नेकपा (एमाले)का प्रेम बहादुर महर्जनका साथै आफू जस्तै अन्य सात जना स्वतन्त्रसँग हुनेछ । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका महर्जनले २०७४ सालमा नेकपा (एमाले)का उम्मेदवारकारुपमा २७ हजार सात सय १३ मत प्राप्त गरी विजयी भएका थिए । महर्जनसँग पराजित नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी काठमाडौँ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका राजेन्द्र प्रसाद पाठक संविधान प्रदत्त मौलिक हक स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क बनाउने आफ्नो एजेन्डा रहेको बताउँछन् । लामो समय कानून र पत्रकारितामा सक्रिय पाठक मौलिक हकको पूर्ण कार्यान्वयनमार्फत् जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजनामा छन् ।
“स्वास्थ्य र शिक्षाबाहेक पानी र बिजुलीसमेत निःशुल्क गर्ने मेरो एजेण्डामा छ”, उनले भने, “म निर्वाचित भए प्रत्यके महिनामा दुई पटक स्थानीय तहको समस्या बुझेर समाधानमा केन्द्रित हुनेछु ।”
पाठक सङ्घीय संरचना र धर्मनिरपेक्षता खारेज गर्ने पक्षमा आफूलाई उभ्याएका छन् । लामो समयसम्म नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलमा आवद्ध भइ काम गरेका पाठक पछिल्लो एक वर्षदेखि पार्टी परित्याग गरी स्वतन्त्र भएका छन्।
त्यसैगरी २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएर चर्चा बटुल्न सफल रञ्जु न्यौपाने पनि यतिबेला स्वतन्त्र उम्मेवारका रुपमा काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएकी छन् । न्यौपानले चुनावी मैदानमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यसका साथै अभियन्ता हेमराज थापा पनि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका छन् ।
न्यौपाने आफू निर्वाचित भए मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउँछिन् । “अहिले प्रत्येक घरमा मानसिक समस्या झेलिरहेका व्यक्तिहरु छन्, मानसिक स्वास्थ्यसँग सम्बन्धित नीति पनि समयसापेक्ष छैन, त्यसलाई सम्बोधन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ”, उनले भनिन् ।
उसो त ‘लौरो’ चिन्हबाटै बालेन र हर्कले पाएको जीतबाट हौसिएका केही युवाहरुले ‘लौरो’ चुनाव चिन्हलाई अभियानका रुपमा अघि बढाएका छन् । लौरो अभियानलाई संगिठक स्वरुप दिँदै ‘हाम्रो नेपाली पार्टी’मार्फत् उनीहरु यतिबेला स्वतन्त्रकै शैलीमा निर्वाचनमा होमिएका छन् ।
काठमाडौँ क्षेत्र नं ७ बाट हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवारी दिएका इञ्जिनियर आकर्षण पोख्रेल (प्रबेन्द्र पोख्रेल) आफू निर्वाचित भएमा नीतिगत कामलाई केन्द्रित दिने बताउँछन् ।
पोख्रेलले यस क्षेत्रमा आफू जस्तै १३ जना राजनीतिक दलका उम्मेदवारका अतिरिक्त १६ जना स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषि) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे र एमालेका बागी उम्मेदवार राम बिर मानन्धरसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
लामो समय अमेरिकामा बसेर नेपाल फर्किएका पोख्रेल निर्वाचन क्षेत्रमा जनताका धेरै ठूला माग नरहेका र ती माग सजिलै पूरा गर्न सकिने उनको दाबी छ । पोख्रेलले चुनावी एजेन्डामा १० वटा सङ्कल्प अगाडि सारेका छन् ।
“यस क्षेत्रका जनतामा खानेपानी, सडक, खाल्डाखुल्डी, ट्राफिक, ढल, फोहोर, स्वास्थ्य उपचार र महङ्गीलगायतका कैयन समस्या छन्”, उनले भने, “यी यस्ता समस्या हुन् जुन सहजै समाधान गर्न सकिन्छ र मेरो प्रमुख प्राथमिकता पनि यसैमा हुनेछ ।”
सुशासन, सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरीय निःशुल्क शिक्षा, स्वच्छ खानेपानी, कृषिलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउनु आजको आवश्यक भएको पोख्रेलको भनाइ छ ।
त्यसका साथै, ढल तथा फोहोर व्यवस्थापन नीति बनाइ पूर्णरुपमा कार्यान्वय गर्ने, कला, संस्कृति तथास्ता समस्या हुन् जुन सहजै समाधान गर्न सकिन्छ र मेरो प्रमुख प्राथमिकता पनि यसैमा हुनेछ ।”
त्यसका साथै, ढल तथा फोहोर व्यवस्थापन नीति बनाइ पूर्णरुपमा कार्यान्वय गर्ने, कला, संस्कृति तथा सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने, सडक छेउछाउमा वृक्षारोपण गरेर हरियाली बनाउने, दक्षिण उत्तर पर्यटन राजमार्गको रुपमा अगाडि बढाउने र राष्ट्रिय पर्यटन नीति निर्माण गरी काम गर्ने आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
त्यसैगरी हाम्रो नेपाली पार्टीकै तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका सुमन सायमी सडक बिस्तारको स्थानीयबासीका समस्या समाधानमा आफू केन्द्रित हुने बताउँछन्
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा उम्मेदवार समेत रहेका उनले तत्कालीन समयमा १३ हजार सात सय ७० मत प्राप्त गरेका थिए।
स्थानीय तहमा प्राप्त गरेको मतले हौसिएर उनी यतिबेला प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । सडक विस्तारका क्रममा विस्थापित बासिन्दालाई रोजगारीसहित पुनर्स्थापनाको मुद्दा उठाउँदै आएका सायमीले लालपुर्जा नपाएका व्यक्तिलाई लालपुर्जा दिलाउनु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउँछन् ।
|
चीनले पाँच वर्षमा नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता काठमाडौँ। चीनले पाँच वर्षको अवधिमा नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहायता प्रदान गरेको छ। चीनले उक्त सहायता आर्थिक वर्ष सन् २०१६/१७ देखि २०२०/२१ सम्मको पाँच वर्षको अवधिमा नेपाललाई उपलब्ध गरेको हो।
अनुदान, व्याज बिनाको ऋण र सहुलियतपूर्ण ऋण शिर्षकमा चीनले उक्त सहायता प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट पार्टनर प्रोफाइल बुक’ मा उल्लेख भए अनुसार चीनले सो अवधिमा नेपाललाई कुल ३८ करोड ४ लाख ५० हजार अमेरिकी डलरको सहायता (करिव ४९ अर्ब ८२ करोड ९ लाख ५४ हजार रुपैयाँ) उपलब्ध गरेको छ।
पाँच आर्थिक वर्षमध्ये सबैभन्दा ठूलो सहायता सन् २०१८/१९ मा नेपालले प्राप्त गरेको थियो। सो वर्ष नेपालले १५ करोड ३ लाख ७० हजार अमेरिकी डलर सहायता चीनबाट प्राप्त गरेको थियो।
अर्थ मन्त्रालयका अनुसार चीनले मुख्यगरी नेपालको उर्जा विकास, आर्थिक तथा प्राविधिक सहयोग, हवाई यातायात, पुनर्निर्माण र कोभिड–१९ नियन्त्रणमा आपत्कालीन सहायत गरी पाँच क्षेत्रमा ठूलो लगानी गरेको छ।
चीनले आर्थिक वर्ष सन् २०१६/१७ मा ४ करोड १२ लाख ४४ हजार २५४ अमेरिकी डलर, २०१७/१८ मा ५ करोड ८७ लाख २७ हजार ७८ अमेरिकी डलर, २०१८/१९ मा १५ करोड ३ लाख ७० हजार ५४० अमेरिकी डलर, २०१९/२० मा ९ करोड ३० लाख २६ हजार ७८७ अमेरिकी डलर र २०२०/२१ मा ३ करोड ७० लाख ८१ हजार ६५० अमेरिकी डलर उपलब्ध गरेको थियो।
नेपाल र चीनबीच सन् १९५६ को अक्टोबरमा पहिलोपटक आर्थिक सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसपछि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत सहायता उपलब्ध गराउँदै आएको छ।
नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ का दिन कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। चीनले सन् १९६० जुलाईमा काठमाडौंमा आवासिय दूतावास खोलेको थियो। नेपालले सन् १९६१ सेप्टेम्बरमा बेइजिङमा आवासिय दूतावास खोलेको थियो।
|
बझाङमा ढुङ्गा लागेर घाइते महिला वडा सदस्यको हेलिकोप्टरमार्फत उद्धार धनगढी । बझाङमा भीरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।
जिल्लाको साइपाल गाउँपालिका–३ माथिल्लो कायाकी स्थानीय एवं वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले घाइते गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको जानकारी दिइन् । उनलाई उपचारका लागि अन्यत्रै पठाइएको छ ।
|
भोली चन्द्रग्रहण लाग्दै, के गर्ने के नगर्ने ? काठमाडौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
कात्तिक २२ गते बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ ।
बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
|
कांग्रेसका उम्मेदवार प्रदीप पौडलको १७ बुँदे प्रतिबद्धता सार्वजनिक काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उक्त पत्रमा उनले सर्वसुलभ गुणस्तरीय शिक्षा, सीपमूलक व्यावहारिक ज्ञानः प्रशिक्षित शिक्षक, चुस्त व्यवस्थापन, सबैका लागि व्यवस्थित सार्वजनिक पार्कः व्यवस्थित पार्किङ, खुला र सुरक्षित सडक, सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाः सवल स्वास्थ्य प्रणाली, सबैको स्वाथ्य बिमा, कला–संस्कृतिको संरक्षण तथा सवद्र्घन र पर्यटन, ढुङ्गेधारा, मुहान र पोखरीको संरक्षणः सबै घरधुरीमा स्वच्छ खानेपानी वितरण, रोजगारी र उत्पादनशीलतासहितको सिर्जनशील उद्यमशीलता, सामाजिक न्याय र सार्वजनिक सेवा, बालबालिका र ज्येष्ठ नागरिक सवालमा, युवा तथा खेलकुदर खेलमैदान र पार्क, महिला सशक्तिकरण, पर्यावरण र दिगो विकास, जनसहभागिताको सुनिश्चिततालगायतलाई जोड दिएका छन् ।
|
जनकपुरमा बोलेरो दुर्घटनाः नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्री अगाडि डिभाईडरमा ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार लक्ष्मीनिया ५० वर्षीया चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतो घाइते भएका छन् ।
घाइते मध्ये सिकिस्त दुई जनालाई बाहिर रेफर गरिएको छ । अन्यको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा भइरहेको छ ।
|
मङ्गलबार चन्द्रग्रहण लाग्दै, यि राशिलाई हुनसक्छ घातक काठमाडौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
कात्तिक २२ गते बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ ।
बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
|
बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु धनगढी । बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो । आइतबार बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो। यस्तै आजै बाजुराको सदुमरकाम मार्तडीको एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ स्थित वीर बहादुर थापाको घरमा आगलागी भएको हो ।
बिजुलीको तार सट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए। उनका अनुसार स्थानीय, प्रहरी, शसस्त्र प्रहरी विद्यार्थी र नेपाली सेनाले आगो नियन्त्रणमा लिइएको थियो ।
आगोले तीन तले घर पुरै जलेर नष्ट भएको छ। तर, यहाँ मानविय क्षति नभएको प्रहरीको भनाइ छ ।
|
फोहोर नउठेको भन्दै जितपुरसिमरावासीले लगाए उपमहानगर कार्यालयमा ताला बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
ताला लगाउन जनप्रतिनिधिहरू समेत सहभागी थिए । उनीहरूले नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताए । नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्सिनाको सहयोगमा विरोधमा उत्रिएका जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष सुनिल गुप्तालाई प्रकाउ गरेपछि स्थानीयले जितपुर बजारमा चक्काजाम समेत गरेका छन् ।
उनीहरूले आज सामान्य रुपमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउन गरेको कार्यक्रममा नगर प्रमुख पौडेलले प्रहरी लगाएर पक्राउ गरेको भन्दै सडकमा प्रदशन गर्दै फोहोर व्यवस्थापन गर्न र वडा अध्यक्ष गुप्तालाई रिहाई गर्न माग गरेका हुन् ।
स्थानीय रामबाबु यादबका अनुसार पटकपटक नगर सरसफाईका लागि मेयरलाई भनेर थाकिसके पनि कुनै सुनवाई नभएपछि ताला लाउन बाध्य भएको बताए ।
फोहोर व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको यादवको भनाइ छ । ‘हामी कार्यालयमा दबाब दिँदादिँदा थाकिसक्यौँ । सफा गर्छौँ भनेर आश्वासन मात्रै पाइयो, काम हुनै नसकेपछि ताला लगाएका हौं । उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले उल्टै प्रहरी लगाएर वडा अध्यक्ष पक्राउ गर्न लागाए । यसबाट समेत प्रष्ट हुन्छ की नगर फोहोर व्यवस्थापनमा ध्यान दिँदैन ।’
प्रहरीले भने जितपुरसिमरा उपमहानगरपालिकाको भवनमा यस क्षेत्रको निर्वाचन कार्यालय रहेको र निर्वाचन कार्यालय प्रमुखले तालाबन्दी गरेको भन्दै खबर गरेकाले वडा अध्यक्षलाई नियन्त्रणमा लिएको जनाएको छ ।
|
स्वतन्त्र उम्मेदवार भन्दै धमाधम रवि लामिछानेको पार्टीका उम्मेदवारलाई भोट माग्दै निश्चल बस्नेत काठमाडौं । निर्देशक निश्चल बस्नेत अचेल फुर्सदमा छन् । लामो समयदेखि उनले नयाँ चलचित्रमा काम गरिरहेका छैनन् । ‘लूट ३’ को निर्देशनको तयारीमा रहेका बस्नेत फुर्सदको समय सामाजिक सञ्जालमा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारलाई भोट मागेर समय कटाउँछन् ।
बस्नेतलाई पुराना दल र सो पार्टीका नेताहरूमन पराउँदैनन् । गत स्थानीय तहको निर्वाचनमा निश्चल र उनकी पत्नी अभिनेत्री स्वस्तिमा खड्का खुलेरै काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार बालेन्द्र साह बालेनको पक्षमा खुलेका थिए । निश्चल त बालेनको एउटा क्याम्पेनर नै थिए । उनले चलचित्र क्षेत्रका केही कलाकारलाई बालेनको पक्षमा लाग्न अभिप्रेरित गरेका थिए ।
आगामी ४ मंसिरमा हुने निर्वाचनमा निश्चल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा खुलेका छन् । त्यसमा पनि रवि लामिछाने नेतृत्वका दलका उम्मेदवारलाई उनले खुलेरै सामाजिक सञ्जालमा भोट मागिरहेका छन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका निश्चल अहिले स्वतन्त्रभन्दा पनि रवि लामिछानेको पार्टीबाट उठेका उम्मेदवारको पक्षमा भोट माग्न लाग्नुले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका अभियन्ता हुन् कि भन्ने सर्वसाधारणलाई परेको छ ।
यदाकदा उनी घन्टी चुनाव चिह्न लिएका बाहेकका उम्मेदवारको पक्षमा पनि खुलेका छन् । उनी डडेल्धुराबाट उठेका स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा पनि खुलेका छन् । कारण डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार छन् । त्यही भएर उनी देउवाको विपक्षमा उठेका उम्मेदवारको पक्षमा खुलेका हुन् ।
उनी आफ्नो आस्थाले देशलाई फाइदा भाको छैन १ प्रतिशत मात्र पनि लागेमा मत परिवर्तन गर्न सल्लाह दिन्छन् । उनले फेसबुकमा मत मागेका अधिकांश रवि लामिछानेको पार्टीका उम्मेदवार छन् । बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारलाई भोट मागिरहेका छन् ।
निश्चल बस्नेतको यो शैलीप्रति प्रमुख दलका शुभेच्छुक भने चिढिएका छन् । बस्नेत यसरी स्वतन्त्र उम्मेदवार भन्दै रवि लामिछानेको पार्टीको पक्षमा खुलेको रिस कांग्रेस, एमाले, माओवादी समर्थित मतदाता उनको नयाँ चलचित्र प्रदर्शन हुने बेला पोख्ने मनस्थितिमा देखिएका छन् । ‘अहिले जसरी निश्चल बस्नेत स्वतन्त्र उम्मेदवार भन्दै रवि लामिछानेको पार्टीको पक्षमा खुलेका छन्, त्यसले आगामी दिनमा उनले निर्माण गर्ने फिल्मलाई असर पर्ने निश्चित छ । त्यसबेला हामी पनि निश्चल बस्नेतले बनाएको फिल्म नहेरौं भनेर क्याम्पेनिङ गर्छौ,’ काठमाडौं १ का रमेश शिल्पकारले भने ।
|
थ्रिडी कमिक् बुक सार्वजनिक काठमाडौं । शान्तिको डायरी नामक थ्रिडी कमिक बुक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा आज आयोजित कार्यक्रममा शैक्षिक र प्राविधिक विषय समावेश यस बुक विमोचन भएको हो ।
वरिष्ठ समाजसेवी तथा लेखिका भद्रकुमारी घलेले उक्त पुस्तक सार्वजनिक गरेकी हुन् । पुस्तक पढ्न थ्रिडी चश्मा आवश्यक पर्ने रुपक क्रियशन प्रालिका अध्यक्ष रुपक शाक्यले बताए । उनका अनुसार किताब आफैमा नौलो र आधुनिक रहेको र यसभित्रका चित्रहरू नेपालको एतिहासिक कलाले भरिपूर्ण रहेको छ । बुकमासाहसिक र थ्रिलर कथाबस्तु समेटिएको छ ।
शाक्यका अनुसार शान्तिको डायरी थ्रिडी कमिक् बुक निर्माण गर्नुको उदेश्य कथाभित्र रहेको पात्रहरूलाई वास्तविक तवरले महसुस गरी कथामा डुब्नु हो । साथै, प्रविधिको आनन्द उठाई भरपुर रमाइलो महसुस गर्नु पनि हो । पुस्तकभित्र एक योगीको जीवनीलाई चित्रण गरिएको छ जो आफ्नो साहसिक यात्रामा आउने हरेक उतारचढावलाई डटेर अगाडि बढ्दै जान्छन् र असंख्य कष्टको सामना गर्दै लक्ष्य पार गर्न खोज्छन् ।
|
ह्वात्तै बढ्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ४ सयले बढेर प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ५० रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
|
त्रिशुलीमा बस खस्यो, २० जना घाइते काठमाडौं । धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।
|
जसपा अध्यक्ष यादवको प्रचार प्रसार गर्ने चिकित्सकलाई आयोगको स्पष्टिकरण काठमाडौं । जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार प्रसार बारे २४ घण्टाभित्र स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आयाेगले एमालेबाट दाङकी उम्मेदवार काेमल ओलीलाई पनि स्पष्टिकरण साेधेकाे छ । उनले स्थानीय एक विद्यालयमा विद्यार्थीहरूलाई टिफिन टाइममा पार्टीकाे प्रचार गरेकाे आराेप छ ।
|
देश खान होइन देशको शत्रु खान उम्मेदवार भएको हुँ: स्वतन्त्र उम्मेदवार खड्का भैरहवा । रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । वहालवाल गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले बताए । उनले भने- राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्को गर्नु भएन ।
हालसम्म कुनै दलमा आबद्ध नभएको दाबी गर्दै खड्काले आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरे । उनले आफूलाई बाघको संज्ञा दिँदै भने, ‘म बाघ हो, देशका शत्रु खान्छु भनेर आएको छु । अरु उम्मेदवार त देशलाई खाने बाघ हुन् उनीहरूले स्वजातिलाई समेत खान्छन् ।’
भैरहवमा शनिवार पत्रकारसँग परिचय गर्दै उनले देशको शत्रु नाश गर्न कै लागि उम्मेदवारी दिएको बताए । उनले निर्वाचन जित्न खर्च गर्न नपर्ने पनि बताए । निर्वाचन आयोगले २० लाखको लिमिट दिए पनि आफ्नो १० लाख पनि खर्च नहुने बताए ।
|
तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निर्वाचन आयोगको भ्याकेट निवेदन काठमाडौं । निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो ।
आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् ।
कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा प्रतिनिधिसभाकी उम्मेदवार हुन् । नेपाल मेडिकल काउन्सिल सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको पद भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।
मंगलबार न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश दिएको थियो ।
|
अरिङ्गालले टोक्दा बझाङमा एक बालकको मृत्यु धनगढी । बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका(८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहीबार मृत्यु भएको हो ।
भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको बताइएको छ । अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्याएको र बिहीबार मृत्यु भएको थलारा(८ का वडाध्यक्ष टीकाराज जोशीले बताए ।
|
मेला, महोत्सव, जात्रा र प्रदर्शनी गर्न प्रशासनको रोक सुर्खेत । आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गर्दै जाजरकोटमा लाग्ने सबै मेला, महोत्सव, प्रदर्शनी , सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले कात्तिक २० गते देखि मंसिर ४ गते सम्मा सबै कार्यहरु रोक्न आदेश दिएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा शान्ति तथा सुरक्षा कार्यम राख्न दिन दिन भित्र कुनै कुरा नगर्न आदेश गरिएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने बताए ।
यो अवधिमा जाजरकोटमा आधा दर्जन मेला, खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।
|
लामिछानेविरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’मा, लामिछानेतर्फको बहस सकियो काठमाडौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस आज हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो । आज लामिछानेको तर्फबाट बहस सकिएको छ ।
उक्त मुद्दामा भोलि सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइनेछ । त्यसपछि अदालतले आदेश गर्नेछ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३०को देहाय ९घ०अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । संहिताको दफा २१९ को उपदफा ९३० देहाय ९घ०मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।
|
थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव यसअघि नै गरेको थियो ।
प्राधिकरणले विभिन्न चार जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो ।
निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखूखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–एक, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव गरिएको थियो ।
त्यसअघि ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, २४ मेगावाटको लिखूखोला ‘ए’, २३ दशमलव पाँच मेगावाटको सोलूखोला, २२ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित एक सय ११ मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै आएका थिए ।
चिलिमेको अनुमतिसँगै अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिए । गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो । त्यसपछिको विवरण पनि आउने क्रममा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा रु सात अर्ब ९३ करोड २२ लाख खुद आम्दानी भएको थियो । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ ।
सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ गतेदेखि विभिन्न छ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको थियो । आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ ।
|
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुझाँयो प्रतिवेदन काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विभिन्न १२ विषयमा ९९ बुँदासहितको सुझाव प्रतिवेदन सिफारिस गरेको छ ।
समितिका संयोजक खिमलाल देवकोटाले सरकारका तहहरूबीचको कार्य जिम्मेवारीमा प्रष्टता नआएको भन्दै कार्य विस्तृतीकरणलाई परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव दिइएको बताए ।
समितिले प्रदेश मन्त्रीको सङ्ख्या न्यूनतम पाँच जनाभन्दा कम नहुने गरी कूल सभा सदस्यको १० प्रतिशतमा सीमित गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेश मन्त्रालय र मन्त्रीको सङ्ख्याको बढोत्तरीका कारण प्रशासनिक खर्च बढेकाले आम जनतामा सङ्घीयताप्रतिको विश्वासमा कमी आएको समितिले बताएको छ ।
समितिले प्रदेश प्रहरी र प्रदेशभित्रको शान्ति सुरक्षा प्रदेशको एकल अधिकार भएकाले प्रहरी समायोजन सम्पन्न गर्न गृह मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेश र स्थानीय तहको कर्मचारीको अस्थायी व्यवस्थापन गर्नसमेत सुझाव दिइएको छ । प्रदेश र स्थानीय तहमा कर्मचारीको अभावमा कार्यसम्पादनमा पर्न गएको समस्याको तत्काल समाधान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिइएको हो ।
प्रतिवेदनमा सङ्घमा रहेका कर्मचारी आधाले कटौती गर्नुपर्ने सुझाव छ । प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी सङ्घमा बस्ने भन्दै समितिले कानूनी र नीतिगत व्यवस्था मिलाउन पर्ने बताएको छ । समितिले सङ्घीयता कार्यान्वयनको सिलसिलामा विगत पाँच वर्षमा भए/गरेका मुख्य–मुख्य उपलब्धि तथा चुनौतीलगायतका सिफारिस संलग्न गरी प्रतिवेदन तयार पारेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले सङ्कल्प प्रस्तावबाट आएको सिफारिस कार्यन्वयन गर्नु सबैको दायित्व भएको बताए । “सङ्कल्प प्रस्तावलाई तदारुकताका साथ कार्यान्वयनमा लानुपर्ने हुन्छ । यो हाम्रो साझा निष्कर्ष हो र यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व हुन्छ ।” उनले प्रतिवेदनलाई संसदीय प्रक्रियाका रूपमा मात्र बुझ्दा सिङ्गो संसदीय व्यवस्थाको मर्ममाथि प्रहार हुने बताए ।
प्रतिवेदनमा वित्तीय सङ्घीयतासँग सम्बन्धित ३३ बुँदा सुझाव दिइएको छ । सुझावमा महिलालगायतका वर्गको अधिकार सुनिश्चिततासँग सम्बन्धित, संयुक्त समितिको निर्माण र समितिको निर्देशनको कार्यान्वयन, विकेन्द्रीकरण योजना, सुशासन, सेवा प्रवाह र मौलिक हक कार्यान्वयन, सङ्घीयता कार्यान्वयन कार्ययोजना, संवैधानिक आयोगका सिफारिसको कार्यान्वयन, समतामूलक समाज निर्माण, प्रशासनिक सङ्घीयता, संस्थागत संरचना अन्तर तह समन्वय र सहकार्यसँग सम्बन्धित र संस्थागत संरचनाका विषय रहेका छन् ।
|
शववाहनमा आइन् बेहुली, लाशहरूको बीचमा बिहे गरिन् ! काठमाडौं । एक जोडीले विवाहको लागि यस्तो ठाउँ रोजे, जुन देखेर पाहुनाहरु पनि छक्क परे । दम्पतीले आफ्नो जीवनको सबैभन्दा विशेष पल यस्तो ठाउँमा मनाउने निर्णय गरे जहाँ मानिसहरू सामान्यतया शोकमा पुग्छन्। दम्पतीले अन्तिम संस्कार स्थलमै बिहे गरेका थिए ।
मामला अमेरिकाको हो। क्यालिफोर्नियाको रिडलेकी २७ वर्षीया नोर्मा निनोले २९ वर्षीय एक्सेलसँग विवाह गरेकी छन् । नोर्मा विवाहको लागि शव वाहनमा पुगेकी थिइन् । दुवैले कफिनले घेरिएको ठाउँमा विवाह गरेका थिए ।
प्राय: दुलहीले विवाहको लागि सेतो पोशाक लगाउँछन् । तर यो अनौठो विवाहको लागि, नोर्माले कालो पोशाक लगाएकी थिइन्। तर, विवाहमा आएका अधिकांश मानिस यो अनौठो विवाहको थिम देखेर छक्क परेका छन् । तर कफिन मेकरको रूपमा काम गरेकी नोर्माले विवाहलाई ‘उत्तम’ भनिन् ।
नोर्माले भनिन्– मैले श्मशानमै बिहे गर्नुपर्यो । सहरमा महिलाद्वारा सञ्चालित यो पहिलो शवदाह गृह हो। यो मेरो जीवनको महत्त्वपूर्ण भाग हो किनकि मैले यहाँ वर्षौंदेखि काम गरेको छु। एक हेलोवीन-थीम्ड विवाह मेरो लागि उपयुक्त छ, किनकि मलाई हेलोवीन मन पर्छ।
नोर्माले थप भनिन्- मेरो परिवार अन्धविश्वासी छ, त्यसैले सुरुमा यस प्रकारको विवाहबाट डराएको थियो । तर विवाहको दिन सबैले मेरो कारणले फरक किसिमको विवाहको आनन्द उठाएको बताए । विशेष कुरा के छ भने विवाहमा नोर्माले सबै पाहुनालाई १९३० को शैलीको पोशाक लगाएर आउन भनेकी थिइन् ।
नोर्मा र एक्सेल पहिलो पटक टिन्डरमा अगस्ट २०१८ मा भेटेका थिए। दुई वर्षको डेटिङपछि एक्सेलले नोर्मालाई प्रस्ताव गरे। त्यसपछि दुवैले अक्टोबर २०२२ मा विवाह गरे ।
सुरुमा, जोडीले योसेमाइट राष्ट्रिय निकुञ्जमा विवाह गर्ने निर्णय गरेका थिए। तर नोर्माको अर्को योजना थियो। उनले भनिन्–सुरुमा एक्सेल स्थलबारे निश्चित थिएन । तर बिहेको केही महिना अगाडि नै उनी श्मशान गृहमा विवाह गर्न राजी भए । त्यसपछि विवाहको दिन एक्सेलले हामीले सही निर्णय लिएको बताए।
|
जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्सको बाल जीवन बीमा पोलीसी उपहार काठमाडौँ। आम नागरिकमा बिमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ। बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ। आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बिमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको छ।
सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसि दिएर मस्र्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले उनका १ बर्षीय छोरा भिन तामाङको जन्मदिन मनाएका छन्। रिलायन्स लाइफ इन्स्योरेन्सको बेसीशहर शाखाबाट बेल बहादुर तामाङ्गले आफनो १ बर्षीय छोरा अभिनव तामाङ्गको नाममा मेरो मुटु बाल जीवन बीमा योजना अन्तर्गत जारी भएको रु १५,००,०००(अक्षरेपी रु पन्ध्र लाख) बरावर रकमको बीमा पोलिसी पहिलो जन्मदिनको अवसरमा उपहार स्वरुप प्रदान गरेका हुन्।
रिलायन्स लाइफ इन्स्योरेन्स हरेक नेपालीहरु खुलेर जिउन चाहेको हेर्न चाहन्छ सोही बमोजिम नेपालभर प्रदेश नं. १ देखि ७ सम्म १२४ शाखा मार्फत आफनो सेवा प्रदान गरिरहेको छ भने प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफु बसेको स्थानबाटै भुक्तान गर्न मिल्ने व्यवस्था समेत गरेको छ ।
|
सेयर बजार ७.३२ अंकले बढ्यो काठमाडौँ। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ। आजको कारोबारमा नेप्से ७.३२ अंकले बढेर १ हजार ९३८.३० विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४६ करोड ७९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज ७ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा रिडी पावरको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ३ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, सबैको लघुवित्त र महुली लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
|
तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन मकवानपुर । तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।
उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । हाल वैकल्पिक उपायको अवलम्बन गरी सिमेन्टको पुनः उत्पादन सुरु गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए । उनका अनुसार उद्योगले तीन महिनासम्म उत्पादन बन्द गर्नुपर्दा निकै क्षति व्यहोर्नुपरेको र वैकल्पिक आर्थिक कारोबारको लागि उपाय अवलम्बन गरेर मात्रै उद्योग सञ्चालनमा ल्याउन सहज भएको छ ।
उद्योगका उपकरणको मर्मतसम्हारको लागि दुई हप्ता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो हप्तादेखि सिमेन्ट उत्पादन कार्य बन्द गर्न बाध्यता भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ ।
|
प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतको भेट काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।
|
दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो ‘इम्बोस्ड नम्बर प्लेट’ काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको पाइएको छ ।
सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानको लक्ष्य लिएकामा हालसम्म ३५ हजार सवारीसाधनले मात्रै नम्बर प्लेट जडान गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले अहिले नागरिकलाई नम्बर प्लेट जडानका लागि अनुरोध मात्रै गरिरहेको विभागका प्रवक्ता ईश्वरिदत्त पनेरुले बताए । उनले भने, “विभाग कानुन कार्यान्वयन गराउने निकाय भएकाले सेवाग्राहीलाई त्यसको कार्यान्वयन गर्न अनुरोध गरिरहेको छ ।” कानुन बनेपछि मान्नुपर्ने सबैको कर्तव्य भएकाले इम्बोस्ड सबैले जोड्नुपर्ने प्रवक्ता पनेरुले बताए ।
विभागले कानुन कार्यान्वयनका लागि नम्बर प्लेट जडान गराउन कार्यालयलाई अनुरोध गरिरहेको छ । नम्बर प्लेटको उत्पादन विभागले गर्ने र कार्यालयले त्यसलाई जडान गर्दै लैजानुपर्ने उनले बताए । कार्यालयले आफूलाई सजिलो हुने गरी नयाँ सवारीसाधन, नवीकरण वा नामसारी के गर्ने भन्ने योजना बनाएर लागू गर्नसक्ने व्यवस्था गरिएको छ । उनले भने,“एकै पटक भीड नहोस् र व्यवस्थापन गर्न सजिलो होस् भनेर अहिलेका लागि मिलाइएको हो । पछि सबैमा गर्नुपर्छ ।”
अहिले विभागले कानुनका बिषयमा नागरिकलाई बुझाउने र जडानलाई अनुरोध गरिरहेको र अहिलेसम्म जरिवाना गर्ने गरी कानुन नबनेको उहाँले बताउनुभयो । थप भएको अवधि आगामी वर्ष मङ्सिरसम्म रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर जडान गर्ने बिषय कार्यालयले योजना र कार्यतालिका अनुसार गर्ने प्रवक्ता पनेरुले बताए । त्यो अवधिसम्म जडान सकाउन गति बढाउनुपर्ने उनले बताए । “कसरी गति बढाउन सकिन्छ भनी विभागमा पनि कुराकानी भइरहेको छ”, उनले भने, “लक्षित सङ्ख्या र अवधि सबैलाई जानकारी भए पनि गति बढाउन गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको छ ।”
उनले अहिलेकै अवस्थामा नम्बर प्लेटमा नेपाली भाषामा बनाउने कुरामा छलफल नभएको समेत स्पष्ट पारे । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान लामो समयसम्म कानुनी अवरोधका कारण वितरण कार्य अघि बढ्न सकेको थिएन । कानुनी अडचन समाधान भएपनि कहिले भाषागत विवाद त कहिले कोभिडका कारण बितरण कार्यले गति लिन सकेको छैन । गत वर्ष जेठमा यसको अवधि सकिएकाले पुनः साढे दुई वर्षका लागि म्याद थप गरिएको थियो ।
इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गर्दै अदालतमा दायर मुद्दामा दुई वर्ष अघि अदालतले इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषा अङ्ग्रेजी भाषामै प्रयोग गर्न सकिने निर्णय गरेपनि भाषागत बिवाद अझै कायम रहेको छ । अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्ग्रेजी भाषाको प्रयोग अनुपयुक्त नहुने ब्यख्या गरेको छ ।
विगत पाँच वर्षमा सङ्घीय संसद् र संसदीय समितिमा नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग सांसदहरुले पटक–पटक राखेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले पनि प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्री भेटेर नम्बर प्लेटमा अन्तर्राष्ट्रिय भाषाको प्रयोग नगर्न सुझाएका थिए ।
विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन) सँग नम्बर प्लेट आपूर्ति र जडानगर्न सम्झौता गरेको थियो । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ ।
विभागले सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचना प्रविधि पूर्वाधार निर्माण गरिने उल्लेख थियो । आधुनिक र वैज्ञानिक नम्बर प्लेट खरिदलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरियो । सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आवद्ध गराउन र सवारीसाधनलाई कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रम सफ्टवेयर निर्माण गर्ने उल्लेख भए अनुरुप सञ्चालनमा छ ।
नम्बर प्लेट छपाइलाई प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएकामा उपकरणसहित कारखाना चालू अवस्थामा छ । ‘स्टिकर’ वा ट्यागजडित सवारीसाधनको विद्युतीय अनुगमनलाई १० स्थानमा गेट निर्माण गर्न सडक विभागसँग समन्वय भइरहेको छ । काठमाडौँ उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यका बाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा निर्माण हुने छ ।
विभागले भने कम्पनीसँगको छलफलका आधारमा नेपाली भाषामा नम्बर प्लेट छाप्दा समय र लगानीको समस्या बताउँदै आएको छ । अहिलेको सम्झौता संशोधन भएमा प्लेटको आकार बढाउनुपर्दा त्यसको बजेट पनि बढ्न जाने विभागको तर्क रहेको छ ।
|
निर्वाचनको १५ दिनअघि र मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक जुम्ला । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक लगाउने निर्णय गरेको हो ।
शान्ति सुरक्षा कायम गर्न यस अवधिभर मदिरा बेचबिखन तथा सेवनमा रोक्ने लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।
यस्तै, चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासमा आमसभा, नारा जुलुस, भिडभाड नगर्ने नगराउने लगायत बिषयमा निर्णय भएको छ ।
जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद गौतमको उपस्थितिमा बसेको बैठकले निर्वाचनमा समन्वय सहकार्य गर्नेदेखि विभिन्न निर्णय गरेको छ । बैठकमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसंहिताको बिषयमा जानकारी दिए ।
यसैगरी १८ कात्तिकदेखि १ मंसिरसम्म प्रचार प्रसार र विभिन्न कार्यक्रम गर्न पाईने निर्वाचन आयोगको निर्देशन रहेको निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ । त्यस अवधिमा आमसभा, कोणसभा, जुलुस गर्न पाए पनि १ मंसिरपछि गर्न पाईने छैन् । यसैगरी २५ भन्दा बढी मानिस भेला हुन नपाउने आचार संहितादेखि मतदान केन्द्र, कर्मचारी खटनपटनको बिषयमा छलफल भएको थियो ।
|
७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न काठमाडौँ। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ।
डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको आयोगले जनाएको छ।
हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ। दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरुमा सामाग्री ढुवानी गरिने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अब सात जिल्लाको मतपत्र छपाइ बाँकी
आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाई सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौ, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको छ । यी जिल्लामा करिब ८४ लाख मपतत्र आवश्यक पर्ने आयोगले जनाएको छ।
आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि ३ करोड १४ लाख ५६ हजार पाँच सय मतपत्र छपाइ गरिसकेको छ। हालसम्म गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ, सल्यान, रूकुम पश्चिम तथा रूकुम पूर्वका मतपत्र ढुवानीसमेत भइसकेको छ।
|
प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’ काठमाडाैं । उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो ।
निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए । अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा जवाफ मागिएको छ । प्रवक्ता निरौलाले प्राधिकरणले कुनै पनि उडानको टिकट बिक्री–वितरण नगर्न/नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान मात्र सञ्चालन गर्न/गराउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको बताए ।
‘उडान नभएको दिनमा यात्रुलाई विमानस्थलमा बोलाएर गैरकानूनी तरिकाले बोर्डिङ पाससमेत उपलब्ध गराई याुत्रलाई वैकल्पिक व्यवस्था नगरी, किन समयमै खबर गरिएन, गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेकाले निगमलाई स्पष्टीकरण सोधिएको हो’, विज्ञप्तिमा भनिएको छ ।
निगमले सिकागो महासन्धि तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०४८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान अवतरणका लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरीत काम गरेको प्राधिकरणले जनाएको छ ।
|
बथानबाट एक्लिएको छावाको उद्धार चितवन । बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई आज मेचीनगरबाट उद्धार गरिएको छ । भारतबाट आइतबार नेपाल पसेको करिब आठ महिनाको सो छावा मेचीनगरको वडा नं ४, ६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो ।
वन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्थित दशगजामा भारतीय वन कार्यालयका कर्मचारीलाई बुझाएका छन् । उद्धारको पहलकर्ता मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार धानबारीमा डुलिरहेको अवस्थामा आज दिउँसो १ बजे छावालाई उद्धार टोलीले नियन्त्रणमा लिएको थियो भने अपराह्न ४ बजेतिर भारतीय वन कार्यालयका कर्मचारीलाई जिम्मा लगाइएको थियो ।
नियन्त्रणमा लिइएको हात्तीको छावालाई मिनी ट्रकमा हालेर दशगजासम्म पु¥याइएको थियो । बथानबाट अलग्गिएको छावा विगत १२ दिनदेखि उसको बथानमा मिसाउन भारतीय वन कर्मचारीले प्रयास गरिरहेका बेला भागेर नेपाल पसेको वडाध्यक्ष कार्कीले भारतीय वन अधिकारीलाई उद्धृत गर्दै बताए ।
आइतबार बाहुनडाँगीमा देखापरेको सो छावालाई उद्धारका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन बन कार्यालय झापाको टोलीसमेत परिचालन भएको थियो । उद्धार कार्यका स्थानीय नुतन कार्की लगायतको टोली खटिएको थियो । जथाभावी गाउँ र बालीमा पस्ने गरेका कारण छावालाई मानिसले कुटेर मार्ने सम्भावना बढेपछि सुरक्षाका लागि उद्धार गरेर भारतीय वन कर्मचारीहरुलाई बुझाइएको कार्कीले बताए ।
|
…त्यसपछि सन्दीपले मेरो फोन खोसे काठमाडौं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो।
लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा सन्दिपको र पीडित बालिकाको बयान पेश गरेको छ ।
बयानका क्रममा पीडित युवतीले सन्दीपले आफ्नो मोबाइल समेत नियन्त्रणमा लिएको खुलाएकी छिन् । नगरकोटबाट फर्किदा बाटोमा भिडियो बनाउन खोज्दा सन्दीपले आफ्नो मोबाइल खासेको उनको आरोप छ । ‘मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा निजले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए, उनले बयानमा भनेकी छिन् ।’
पीडित बालिकाले सन्दीपले आफुलाई झक्याएर नगरकोट पुर्याएको बयान दिएकी छिन् । साथै, उनले आफुमाथि दुई पटकसम्म करणी गरेको समेत आरोप लगाएकी छिन् ।
बयानका क्रममा आफुले कहाँ जाने भनेर सोध्दा सन्दीपे ‘लेट्स सी’ भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटो हुँदै तीनकुने हुँदै कोटेश्वरको बाटोबाट झक्याएर नगरकोट पुर्याएको बताएकी छिन् ।
‘निजले मलाई आऊ बस भनेपछि म उक्त गाडीको अगाडीको सिटमा बसे पश्चात् निज प्रतिवादीले नाइस टु मिट यू भनेर साइडबाट अंगालोमा राखी त्यसपछि निज प्रतिवादीले केही पनि नभनीकन गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर निजलाई सोध्दा निज प्रतिवादीले लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगे । त्यसपछि निजलाई मैले हामी कता जान लागेको हो र भनेर सोध्दा मेरो मन्जुरीबिना भित्री बाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि करिब ८ बजेर २० मिनेटमा पुर्याएको र सोपश्चात् निज प्रतिवादीले मलाई डिंक खाने प्रस्ताव गरेको र मैले कहिल्यै ड्रिंक नखाएकीले इन्कार गरेँ । निजले पुनः प्रस्ताव गर्दा पनि मैले पुनः इन्कार गरेँ । त्यसपछि निजले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भिआईपी रुम बुक गर्ने सम्बन्धमा पटक पटक कुराकानी गरेका र मलाई के गर्ने फर्कने कि यहीँ बस्ने भनेर सोधेकोमा मैले अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताएकोमा अन्दाजी १० बजेर ४५ मिनेटमा निज प्रतिवादीले बिल तिर्न जाने क्रममा निजको गाडीको विद्युतीय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसेँ । सो पश्चात् निज प्रतिवादीले मलाई नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौँ फर्कँदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले निज प्रतिवादीले पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा गर्दा मैले दुई वटा कोठा बुक गर्न भनेकोमा निज प्रतिवादीले आफ्नो मोबाइलबाट कल डायल गरेर ‘अनिश भाइ, त्यही रुम बुक गरिदिनु’ भनी सो होटलका अनिश नामका एक सहयोगीलाई फोन गरेको र मलाई होटलमा एउटा मात्र रुम छ भने, उनले बयानमा भनिन् ।’
हेर्नुहोस् भिडियो:
|
“मैले कहाँ जाने भन्दा सन्दीपले ‘लेट्स सी’ भनेर भित्री बाटो हुँदै नगरकोट पुर्याए” काठमाडौं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो।
लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा सन्दिपको र पीडित बालिकाको बयान पेश गरेको छ । पीडित बालिकाले सन्दीपले आफुलाई झक्याएर नगरकोट पुर्याएको बयान दिएकी छिन् । साथै, उनले आफुमाथि दुई पटकसम्म करणी गरेको समेत आरोप लगाएकी छिन् ।
बयानका क्रममा आफुले कहाँ जाने भनेर सोध्दा सन्दीपे ‘लेट्स सी’ भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटो हुँदै तीनकुने हुँदै कोटेश्वरको बाटोबाट झक्याएर नगरकोट पुर्याएको बताएकी छिन् ।
‘निजले मलाई आऊ बस भनेपछि म उक्त गाडीको अगाडीको सिटमा बसे पश्चात् निज प्रतिवादीले नाइस टु मिट यू भनेर साइडबाट अंगालोमा राखी त्यसपछि निज प्रतिवादीले केही पनि नभनीकन गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर निजलाई सोध्दा निज प्रतिवादीले लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगे । त्यसपछि निजलाई मैले हामी कता जान लागेको हो र भनेर सोध्दा मेरो मन्जुरीबिना भित्री बाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि करिब ८ बजेर २० मिनेटमा पुर्याएको र सोपश्चात् निज प्रतिवादीले मलाई डिंक खाने प्रस्ताव गरेको र मैले कहिल्यै ड्रिंक नखाएकीले इन्कार गरेँ । निजले पुनः प्रस्ताव गर्दा पनि मैले पुनः इन्कार गरेँ । त्यसपछि निजले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भिआईपी रुम बुक गर्ने सम्बन्धमा पटक पटक कुराकानी गरेका र मलाई के गर्ने फर्कने कि यहीँ बस्ने भनेर सोधेकोमा मैले अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताएकोमा अन्दाजी १० बजेर ४५ मिनेटमा निज प्रतिवादीले बिल तिर्न जाने क्रममा निजको गाडीको विद्युतीय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसेँ । सो पश्चात् निज प्रतिवादीले मलाई नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौँ फर्कँदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले निज प्रतिवादीले पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा गर्दा मैले दुई वटा कोठा बुक गर्न भनेकोमा निज प्रतिवादीले आफ्नो मोबाइलबाट कल डायल गरेर ‘अनिश भाइ, त्यही रुम बुक गरिदिनु’ भनी सो होटलका अनिश नामका एक सहयोगीलाई फोन गरेको र मलाई होटलमा एउटा मात्र रुम छ भने, उनले भनिन् ।’
साथै, उनले सन्दीपले आफ्नो मोबाइल समेत नियन्त्रणमा लिएको खुलाएकी छिन् । ‘मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा निजले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए, उनले भनिन् ।’
हेर्नुहोस् भिडियो:
|
जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाउन सरकारलाई सुझाव काठमाडौं । जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाई अघि बढ्न सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् । जलवायु परिवर्तन अहिलेको वैश्विकरूपमै पेचिलो विषय भएकाले बहुक्षेत्रगत तहमा समन्वय, सहकार्य र सहभागिताले मात्रै यसले निम्त्याउने समस्यासँग जुध्न सहयोग पुग्ने विज्ञको सुझाव छ ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय महसन्धि (युएनएफसीसी) का पक्षराष्ट्रको सत्ताइसौँ सम्मेलन (कोप–२७) यस पटक यही कात्तिक २० देखि मङ्सिर २ सम्म इजिप्टको सार्म एल् शेख शहरमा हुँदैछ । सोही अवसरमा ‘कोप–२७ मा मिडिया र नागरिक समाजको उत्प्रेरक सम्भाव्यता’ विषयक कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा जलवायु परिवर्तनको विषय राजनीतिकरण नभएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रम आयोजक संस्था नेपाल पानी संरक्षण प्रतिष्ठानका अध्यक्ष डा ङमिन्द्र दाहालले हामीले अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी के सिक्यौँ र कति गर्न सक्यौँ भन्ने कुराको सही समीक्षा हुनु जरुरी छ भने । “जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले वातावरण मन्त्रालयमात्र नभई अन्य मन्त्रालय र विभागको उत्तिकै सक्रियता आवश्यक छ”, डा दाहालले जोड दिए । उनका अनुसार पालिकास्तरमा यी विषय नपुग्नु, सही तथ्याङ्कको अभाव हुनु, हानि र क्षतिसम्बन्धी गहन अध्ययन नहुनु नेपालका लागि चुनौती हुन् ।
“जबसम्म विज्ञान, राजनीति र नीति निर्माण एकसाथ भएर काम गर्दैनन्, जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई गाह्रो पर्छ”, उनको जिकिर छ ।
त्यसैगरी, प्रकृति स्रोत केन्द्रका निर्देशक राजु पण्डित क्षेत्रीले यति लामो समय भइसक्दा पनि नेपालका राजनीतिक दलहरूले जलवायु परिवर्तनलाई आत्मसात नगरेको गुनासो गरे । बहुक्षेत्रीय प्रभाव पार्ने मुद्दा जलवायु परिवर्तनप्रति कसैले पनि बेवास्ता गर्न नमिल्ने भन्दै क्षेत्रीले नागरिक समाजले विकसित राष्ट्रले अल्पविकसित राष्ट्रलाई दिने भनेको सहयोग कार्यान्वयनका लागि उनीहरूलाई दबाव सिर्जना गर्नु आवश्यक रहेको जनाए । उनका अनुसार कोप–२७ पनि यसका लागि उचित मञ्च हो ।
“जलवायु परिवर्तन एक्लो समस्या नभई आर्थिक, सामाजिक र राजनीतिक समस्याको मिश्रण हो । त्यसैले यो बहुसरोकारको विषय हो”, उनले भने । क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनसम्बन्धी नागरिक समाज र नेपाल सरकारको भनाइ एकै भए पनि देशभित्र भने नागरिक समाजले सरकारका गतिविधिलाई सूक्ष्मरूपमा नियाल्नु पर्दछ । जलवायु वित्तको सही प्रयोग हुन्छ हुँदैन भन्नेमा मिडिया र नागरिक समाजले विशेष ख्याल गर्नुपर्नेमा उनको जोड छ ।
जलवायु अभियानकर्मी लालमणि वाग्लेका अनुसार प्रलयकारी जलवायुजन्य घटना, युक्रेन युद्ध र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदनको पृष्ठभूमिमा हुन लागेकाले पनि कोप–२७ को विशेष महत्व छ । उनले नागरिक समाजले नेपाल सरकारलाई जलवायु परिवर्तनका विषयमा ज्ञान र सीप विकासमा सहयोग गर्नुका साथै सरकारका गतिविधि पनि अनुगमन गरिरहेको बताए । जलवायु अनुकूलन र हानि र क्षति नेपालले विशेषरूपमा उठाउनुपर्ने उनको सल्लाह छ ।
मर्सी कोरका सजन न्यौपानेले जलवायु अनुकूलन, न्यूनीकरण, नीति तथा संरक्षणका विविध प्रयासमा भएको कमजोरीलाई सच्याउनुपर्ने बताए । जलवायु परिवर्तनले सिर्जित सङ्कटापन्नताको प्रत्यक्ष असर व्यक्ति, समाज तथा देशको आर्थिक अवस्थामा पर्ने भएकोले यी चुनौतीको सामना गर्न सबै क्षेत्रको प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल वातावरण पत्रकार समूहकी सचिव प्रगति ढकालले नेपाली पत्रकार तथा मिडियाले पनि पछिल्लो समयमा जलवायु परिवर्तनका विषयलाई प्राथमिकता दिन थाले पनि यससम्बन्धी ज्ञानको अभिवृद्धि जरुरी भएको बताए । जलवायु कार्यका लागि नेपाली युवाका सञ्जाल संयोजक उमेश बलाल मगरले कोप–२७ मा दक्षिणी विश्व (ग्लोबल साउथ) को आवाज जोडदाररूपमा उठाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महशाखाका उपसचिव नरेश शर्माले कोप–२७ का लागि नेपालले प्रस्तुत गर्ने पोजिसन पेपरको तयारी अन्तिम चरणमा पुगेको बताए । अल्पविकसित राष्ट्रमार्फत् हामीले राख्नु पर्ने विषय त्यो पोजिसन पेपरमा समावेश भएका छन् भन्दै उनले वातावरण मन्त्रालय जलवायु परिवर्तनका मुद्दामा फोकल मन्त्रालय भए पनि अन्य मन्त्रालय तथा विभागसँग समन्वय र छलफल गरिरहेको जानकारी दिए ।
शर्माले मिडिया र नागरिक समाजले जलवायु परिवर्तनसम्बन्धी उठाएका विषयलाई सरकारले सकारात्मकरूपमा लिएको र आगामी दिनमा सहकार्य गररै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कोप–२७ लाई धेरै राष्ट्रले प्रतिबद्धता कार्यान्वयन सम्मेलनका रूपमा लिएका छन् । उक्त सम्मेलनमा नेपालबाट मन्त्रिस्तरीय प्रतिनिधिमण्डलले भाग लिँदैछ । नेपालले यसपटक हानि नोक्सानी, जलवायु वित्त, जलवायु अनुकूलनलगायतका विषय प्रस्तुत गर्ने जनाइएको छ ।
|
माओवादीले भने जस्तो शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन सम्भव छ ? काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरी मुलुकको सामाजिक आर्थिक रुपान्तरण सम्भव नभएको दोहोर्याउँदै आसन्न निर्वाचनमा उक्त विषयलाई फेरि प्राथमिकताका साथ उठान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले समृद्धिका लागि राजनीतिक स्थिरता र कम खर्चिलो तथा स्वच्छ निर्वाचन प्रणाली आवश्यक रहेको दाबी गरेको हो ।
अहिले अभ्यास गर्दै आएको शासकीय स्वरुप र निर्वाचन प्रणाली आफूले भन्दै आएअनुरुप नभएकाले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तनका लागि संविधान संशोधनको ठोस पहल अघि बढाउने माओवादीको प्रतिबद्धता छ । नेपालको संविधानले संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र मिश्रित निर्वाचन प्रणाली हुने व्यवस्था गरेको छ ।
मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित नहुँदा पटकपटक सरकार परिवर्तनका कारण मुलुकले राजनीतिक स्थायित्व पाउन नसकेको, नीतिगत स्थिरता नहुँदा पूर्वाधार निर्माणमा शिथिलता आएको, जनअपेक्षा पूरा हुन नसकेको तथा प्रत्यक्ष निर्वाचित प्रणालीले निर्वाचन खर्च अनियन्त्रित रुपमा बढेको भन्दै माओवालीले पटकपटक शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको आवाज उठाउँदै आएको छ । माओवादीले सङ्घमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
संविधान निर्माणका क्रममा पनि नेपाली जनताले शासकीय पद्धति परिवर्तनको पक्षमा अभिमत प्रकट गरेका थिए । संविधानसभाबाट संविधान जारी हुँदाको बखत नै माओवादीले शासकीय स्वरुप र निर्वाचन प्रणालीका सन्दर्भमा आफ्नो फरक मत दर्ज गरेको छ । माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिनुपर्नेमा जोड दिँदै आएको छ । माओवादीले भनेजस्तै शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न नेपालको संविधान संशोधन गर्नुपर्छ ।
तर, अहिलेको अवस्थामा माओवादीले चाहे जसरी संविधान संशोधन सम्भव छ त रु आसन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादीेले ४८ निर्वाचन क्षेत्रमा मात्रै आफ्नो उम्मेदवार उठाएको छ । संविधान संशोधनका लागि २७५ सदस्यीय प्रतिनिधिसभाको दुई तिहाई मत आवश्यक छ । एकल सरकार सञ्चालनका लागि मात्रै पनि आफ्नो बहुमत नपुग्ने अवस्थामा माओवादीले कसरी शासकीयस्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न सक्छ ? भन्ने चर्चाका बीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिका आधारमा उक्त विषयलाई निरुपण गर्न सकिनेमा ढुक्क छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्न आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आर्थिक–सामाजिक रुपान्तरणका लागि अनिवार्य रहेको शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनमा सबै राजनीतिक दल एक ठाउँमा आउने विश्वास दिलाए । ढिलोचाँडो आफूहरुले उठाएको मुद्दामा सबै राजनीतिक दल सहमत हुने उनको भनाइ थियो ।
“हिजो हामीले मुलुकमा राजनीतिक परिवर्तनको मुद्दालाई अगाडि बढायौँ, हाम्रा मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा आएपछि परिवर्तन सम्भव भयो”, संविधान संशोधनका प्रक्रिया सहज रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले भने, “शासकीयस्वरुप र निर्वाचन प्रणाली परिवर्तनका विषयमा पनि आगामी दिनमा सबै दल एक ठाउँमा आउनेमा ढुक्क छौँ ।”
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बहुमत रहेको उनको भनाइ थियो । नेकपा (एमाले)ले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने विषयलाई उठाउँदै आएको छ । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुनुपर्नेमा जोड दिँदै आएका छन् ।
शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनका लागि वर्तमान गठबन्धनमा सहभागी दल एवं अन्य राजनीतिक दलसँग पनि छलफल गरिने अध्यक्ष दाहालको भनाइ छ । “प्रतिबद्धतापत्रमा उल्लेखित विषय कार्यान्वयन गर्न गठबन्धनभित्र र अन्य राजनीतिक दलसँग पनि छलफल गर्छौँ”, उनले भने, “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका विषयमा बहुमत दलहरु सहमत छन् ।”
-अशोक घिमिरे\रासस
|
यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत: विश्व बैंक काठमाडाैं । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले अघिल्लो साता ‘वल्र्ड इकनोमिक आउटलुक स् काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
सन् २०२२ को मुद्रास्फीतिदर छ दशमलव तीन प्रतिशत रहने आकलन विश्व बैंकको छ । सन् २०२३ मा पाँच दशमलव पाँच र सन् २०२४ मा पाँच दशमलव तीन प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालु आव २०७९/८० को बजेटमार्फत सरकारले मूल्य वृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव तीन प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १० दशमलव दुई प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः दुई, आठ दशमलव नौ र पाँच दशमलव छ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ । सन् २०२३ /२०२४ मा भने निर्यात क्रमशः २० दशमलव २३ र १८ दशमलव ०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आगामी दुई वर्षको आयात वृद्धिदर भने तीन दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ ।
|
उनी उदास भएपछि गीत गाएर सहज महसुस बनाउने प्रयास गरेको थिएः सन्दीप लामिछाने काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा सन्दिपको बयान पेश गरेको छ ।
बयानका क्रममा सन्दीपले आफु होटलको कोठा भित्र उजुरी दिने केटीसँग गफ गर्दागर्दै कुर्सीमै निदाएको बयान दिएका छन् ।
उनले भनेका छन्, ‘ मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजेको अलाम लगाई कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे अलाम बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ ।’
साथै, सन्दीपले घरायसी कुरामा नीज उदास भएपछि आफुले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको बताएका छन् ।
‘केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा busy हुन्छु, game मा focus गर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासि निज पीडित भनिएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को दाइ परिवर्तित नाम गौशाला २६ (छ) (०७९/०८०) ले मउपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो birth certificate समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानीमात्र गरी बसेका हौं, उनले भनेका छन् ।’
|
उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै काठमाडाैं । आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल्ली पु¥याउने भएको हो ।
उनका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० यात्रुलाई निगमले दिउँसोको आफ्नै उडान र अरु वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली पु¥याउने तयारी रहेको छ ।
केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम्पनीको सहयोगमा दिल्ली पठाइसकेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए ।
प्राधिकरणका अनुसार आज निगमको काठमाडौँ–दिल्ली दुई वटा उडानको तालिका छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेकामा आइतबार बिहान विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए ।
काठमाडौँ–दिल्ली आइतबारको १ः४५ बजेको उडान रद्द हुँदा दुई सय ४७ जनामध्ये एक सय जना कोड सेयरिङमार्फत जापान, अमेरिका, जर्मनीलगायत विभिन्न मुलुक जाने यात्रु अलपत्र परेका थिए ।
|
चुनावी कार्यक्रममै बेहोस भए शशांक कोइराला काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला अस्वस्थ भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए ।
कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका सहयोगी सुरज उप्रेतीले बताए ।
अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको बताइएको छ ।
|
जनकपुर पुगेर आरजुले भनिन्- गठबन्धनको जीत सुनिश्चित छ महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरु देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको उनले बताइन्।
वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी गरिन् ।
उनले नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको आग्रह थियो ।
नेपाली कांग्रेसकी नेत्री डा राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा पनि राखिन्।
नेत्री डा राणाले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरु धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उल्लेख गरे ।
उनले भने, “वर्तमान देउवा सरकार निर्माण हुँदा देश कोरोना महामारीमा थियो, नागरिकले पर्याप्तमात्रामा खोप पाउन सकेका थिएनन् । प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेरसमेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो । यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम अघि बढेका छन्, वैदेशिक सम्बन्ध र सहायता मजबुद हुँदै गएको छ ।”
नेत्री राणा आइतबार छठ पर्वका अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम आएकी हुन् । उनले आज दिउँसो जनकपुरधामस्थित गङ्गासागरमा छठ पर्वको ब्रत एवं आजापूजाको अवलोकन गर्ने कार्यक्रम छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा नेत्री राणा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिए ।
|
दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आजको कारोबारमा रुरु जलबिद्युत परियोजन र सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यि दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ।
रुरु जलबिद्युत को सेयर भाउ ७६ रुपैयाँले बढेर ८ सय ३६ रुपैयाँ पुगेको छ। भने सयपत्री हाइड्रोपावरको सेयर भाउ २५ रुपैयाँ ९० पैसाले बढेर २ सय ८५ रुपैयाँ पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
|
कांग्रेस महामन्त्री गगन थापालाई आयोगले पुनः सोध्यो स्पष्टीकरण काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
आयोगले कात्तिक ८ गते डेंगुविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझैँ पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुनेु व्यवस्था रहेको छ ।
डेंगु महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यक महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्छ तर निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त कार्य तपाईं आफैंले गर्न पाउने कानूनी व्यवस्था छैन । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिले कानूनको खिलाफ हुनेगरी कुनै काम गर्छु भनि वक्तव्य दिनु हुँदैन भन्ने विषयको जानकारी तपाईंलाई छैन भनि आयोग विश्वस्त हुन सक्दैनु स्पष्टीकरण पत्रमा भनिएको छ ।
पुनः निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी सार्वजनिक वक्तव्य दिई मतदातालाई प्रभावित गर्ने कार्य भएको देखिएकाले कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।
|
लमजुङमा हतियार बुझाउन अटेरी लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् ।
असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन अल्टिमेटम दिए पनि हालसम्म ३७ वटा मात्रै हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
लमजुङमा दर्तावाला मात्रै १ हजारभन्दा बढी हतियार छन् । तर, आफूसँग भएको हतियार प्रहरी प्रशासनमा बुझाउन हतियारधनीले तत्परता देखाएका छैनन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रका अनुसार हालसम्म ३७ थान मात्रै हतियार हतियारधनीले बुझाएका छन् ।
स्थानीय तह निर्वाचनमा पनि प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको थियो । उक्त समयमा ३७ वटामात्रै हतियार बुझाएको मिश्रले बताए ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका इजाजतप्राप्त हात हतियारहरू निर्वाचनपछि फिर्ता हुने गरी २०७९ कात्तिक ५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइमा बुझाउन हतियार धनीहरूलाई अनुरोध गरेको थियो ।
तोकिएको समयभित्र हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । तर, नागरिकले भने प्रशासनको सूचनालाई अटेरी गरी हतियार बुझाएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रकाश श्रीमलले प्रशासनको सूचनालाई आधार मानी छिटोभन्दा छिटो हतियार बुझाउनुको विकल्प नरहेको बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा १ हजार १ सय ९ वटा दर्तावाला हतियार (बन्दुक) छन् । यसमा हावादारी बन्दुक ६ वटा छन् । बाँकी १ हजार १ सय ३ मध्ये भरुवा ६ सय १९ र बृजलोडिङ ४ सय ८४ छन् । भरुवा बन्दुक १ सय ८५ वटा नवीकरण भएका छैनन् । बृजलोडिङ १ सय २१ वटा नवीकरण भएका छैनन् ।
|
धार्मिक हिंसा भड्किन नदिन महोत्तरीमा राजनीतिक दलहरूले सद्भाव र्याली निकाल्ने महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरुले सामाजिक सद्भाव र्याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुलेसामाजिक सद्भाव ¥याली निकाल्ने तयारी गरेका हुन् ।
शुक्रबार बसेको सर्वदलीय बैठकले शुक्रबार नै नगरपालिका क्षेत्रमा सामाजिक सद्भावर्याली निकाल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
हिन्दु र मुस्लिम समुदायको बाहुल्यता रहेको भंगाहामा झण्डाको विषयलाइृ लिएर बिहीबार दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशसमेत जारी गरेको छ ।
नगरपालिकाको पहरिया चोकमा मुस्लिमहरुले राखेको झण्डा भएको ठाउँमा हिन्दुहरूले पनि राख्ने तयारी गरेपछि दुई समूहबीचको झडपले उग्ररुप लिएको थियो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो भने त्यतिकै संख्यामा हवाइ फायर गरेको थियो । झडपमा दर्जनौ संख्यामा स्थानीय र प्रहरी घाइते समेत भए ।
थप हिंसा भड्कन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालको लागि कर्फ्यूलाई जारी राखेको छ ।
ञअहिले स्थिति नियन्त्रणमा आइसकेको छ । आपसी मनमुटावमा समझदारी भएको छ,झ सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने दलहरूले धार्मिक हिंसा नभड्कियोस भनेर संयमता अपनाएका छन् । हामीले पनि यसलाई गम्भीररुपमा लिएर सोहीअनुसार काम गरिरहेका छौँ ।
|
बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु बारा । बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए ।
जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको थियो । आक्रमणपछि घाइते भएकी रोकैदालाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी तिमिल्सेनाले जानकारी दिए ।
घटनास्थल अमलेखगन्ज आयल निगमको पछाडी भागमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा पर्छ ।
|
एक पालिका एक सहुलियत खाद्य पसल खोल्न सिफारिस काठमाडौं । राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ । नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले “आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९” मार्फत् यस्तो सिफारिस गरेको हो ।
एक दशकअघिबाट कार्यान्वयनमा ल्याइएको राष्ट्रिय आपूर्ति नीतिका अधिकांश व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेकाले त्यसलाई पुनरावलोकन गर्नु आवश्यक रहेको प्रतिवेदनमा जनाइएको छ । विद्यमान आपूर्ति नीतिमा खाद्य सुरक्षाका लागि सरकारले कम्तीमा २५ हजार मेट्रिक टन खाद्यान्नको मौज्दात राख्नुपर्ने लक्ष्य भएपनि त्यो पूरा हुन नसकेको तथा सहुलियत पसलको सङ्ख्या बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
“खाद्य सञ्चितिमा नेपाल सरकारको सार्वजनिक संस्थान र प्रदेश सरकारसँग समन्वय गरी प्रदेशगत रुपमा खाद्य भण्डारण गर्ने र यस कार्यमा प्रदेशलाई बढी जिम्मेवार बनाउनुपर्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ, “ आधारभूत वस्तु तथा सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिई योजनावद्ध आपूर्तिको व्यवस्था गरिनुपर्छ ।”
नेपालको संविधानले हरेक नेपाली नागरिकलाई खाद्यको हक सम्बन्धी व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन सुस्त भएकाले अब खाद्य वस्तुको वितरणमा स्थानीय तहलाई जिम्मेवार बनाइनुपर्ने आयोगको निष्कर्ष छ । सार्वजनिक र निजी क्षेत्रसँगको साझेदारीमा एक पालिकामा कम्तिमा एउटा सहुलियत पसल खोली आवश्यक खाद्यान्न वस्तु प्रति परिवार तोकेको सहुलियत मूल्यमा बिक्री गर्ने प्रबन्ध मिलाउनुपर्ने उसको सुझाव छ । यस्ता सहुलियत पसलमा चामल, पिठो, दाल, नुन, तेल जस्ता पदार्थ अनिवार्य रुपमा राख्नुपर्नेछ ।
त्यस्तै, खाद्य सुरक्षाका लागि स्थानीय वस्तुको उत्पादन र सञ्चय बढाउनुपर्ने तथा स्थानीयस्तरमा नै खरिद गरी वितरण गर्ने व्यवस्था गनुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानीय उत्पादनबाट अपुग भएमा मात्र आयात गर्ने नीति सरकारले लिनुपर्ने पनि आयोगको सुझाव छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको संयन्त्रले मात्रै बजार अनुगमन प्रभावकारी हुन नसकेको विषय पनि प्रतिवेदनमा औल्याइएको छ । “उपभोक्ता हित संरक्षण ऐनले बजार अनुगमनमा प्रदेश र स्थानीय तहलाई समेत संलग्न गराउन खोजे पनि समुचित कार्य हुन नसकेको तथा तहगत जिम्मेवारी स्पष्ट नभएको अवस्था छ”, प्रतिवेदनमा भनिएको छ, “सार्वजनिक वितरण प्रणालीलाई बढी जोड दिने तथा खाद्य अधिकार र खाद्य सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक वितरण, खाद्य सुरक्षा तथा पोषण समेटी नयाँ नीति तय गर्नुपर्ने आवस्यकता छ ।” वस्तु तथा सेवाको मूल्य निर्धारण गर्न उपयुक्त बजार हस्तक्षेपको संयन्त्र परिचालन गर्दै मूल्य स्थिरता कायम गर्न सकिने सुझाव आयोगको छ ।
त्यसैगरी, आधारभूत वस्तु तथा सेवाको सूचीमा समयानुकुल परिवर्तन गर्ने र न्यूनतम परिमाणको वार्षिक खाद्य सञ्चिति परिमाण तोकी त्यस्ता वस्तुको समर्थन मूल्यमा खरिद गर्न एक खाद्य आपूर्ति कोष स्थापना गर्न पनि सरकारलाई सुझाव दिइएको छ । यस्तो कोष स्थापना गर्न सङ्घ सरकारले प्रदेश सरकारलाई ऋण दिने गरी रकम विनियोजन गर्न सक्नेछ ।
आधारभूत वस्तु तथा सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिन पनि सुझाव दिइएको छ । त्यसका लागि दुर्गम तथा पिछडिएको क्षेत्रका लागि आवस्यक वस्तु सहुलियत दरमा उपलब्ध गराउन सरकारले ढुवानी अनुदानसमेत उपलब्ध गराउनुपर्नेछ ।
अध्ययन प्रतिवेदनअनुसार राष्ट्रिय खाद्य कार्ययोजनाका आधारमा आवश्यक वस्तु तथा सोको परिमाण पालिकागत आधारमा तय गरिनेछ । सोही आधारमा रणनीतिक सञ्चय क्षेत्र तोकी आवश्यक वस्तुको सञ्चय र वितरण गर्ने व्यवस्था मिलाउनसमेत सुझाव दिइएको छ ।
|
रोकिएन पटका आतंक, के गर्दै छ प्रहरी ? भैरहवा । हिन्दुहरूको दोस्रो महान पर्वको रुपमा रहेको तिहार यस वर्ष बिदाई संगारमा हुँदासमेत पटाकाको आतंक अझै रोकिएको छैन । उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो ।
लक्ष्मीको पूजा, झिलीमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यस्को एउटा अंग पटाका र आतेशबाजी बन्न पुगेको छ । नेपालको कानुनले प्रतिबन्ध लगाएको आतिसबाजी पटका भने नेपालमा अबैध रूपमा भित्रिएर पडकिने गर्छ ।
नेपाल सरकार र स्थानीय प्रशासन कार्यालयलेसमेत सूचना नै जारी गर्दे ओसारपसार र पड्काउनसमेत रोक लगाए पनि तिहारको अन्तिम दिन पनि ठूला(ठूला आवाजमा पटका पडकिरहेका छन् । भारतमा खुला रूपमा पाइने र पडकाउनसमेत मिल्ने प्रावधान भएकोले सिमावर्ती क्षेत्रमा अवैध रूपमा भारतबाट नै नेपालमा पटाका भित्रिने गर्छ ।
सुरक्षा निकायलेसमेत तिहारलाई लक्षित गर्दै सिमाबाट पटाका भित्रिन नदिन कडाईका साथ चेकजाँच गरे पनि पटाकाको आतंक तिहार आउनुभन्दा पहिलैबाट र लक्ष्मी पूजाको सकिँदासमेत भइरहेको छ । सिमावर्ती क्षेत्रका बजारमा मात्रै होइन गाउँ(गाउँ र उपत्याका सम्म पटकाको आतंक रहेको छ ।
भारतबाट भित्रयाएर गैरकानुनी रूपमा बिक्री–वितरण हुने गरेको छ । सजावटका पसल, किराना तथा जनरल स्टोर्सहरुमा लुकिछिपी बिक्री–वितरण भएर यो आतंक अझै पनि रोकिएको छैन । अधिकांस जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि यत्रतत्र पटका पड्किएको आवाज सुनिएको छ ।
प्रशासनको बेवास्ताका कारण यस्ता गैरकानुनी क्रियाकलापले प्रसय पाएको छ । प्रतिबन्धित पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा रुपन्देही प्रहरीले कसैलाई कारवाही गरेको छैन । विगतका वर्षहरुमा भारी मात्रामा पटाकाजन्य बस्तु बरामद गरेपनि यो वर्ष खासै प्रहरीले नियन्त्रण लिएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले यस वर्ष खासै पटाकाजन्य बस्तु नियन्त्रणमा नआएको बताए ।
सिमा सुरक्षा र अवैध ओसारपसार नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले भने अवैध पटाकाजन्य नियन्त्रणमा लिई डिस्पोज समेत गरेको बताए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गगन श्रेष्ठले चेकजाँचको क्रममा जिल्लाका विभिन्न क्षेत्रबाट युनिटले पटाकाजन्य बरामद गरेको थियो, युनिट स्वयंले नै डिस्पोज गरेको छ ।
ठूला ठूला आवाजमा पटाका विस्फोट हुदा समेत प्रशासन मौन रहेको स्थानीयहरुको भनाई छ । अरुलाई असर गर्ने, कान नै जाने गरी पटाका जथाभावी रुपमा पडकाउदा बृद्ध र बालबालिकामा धेरै असर गर्ने गर्छ । पटाका जलाउँदा आखा कानमा प्रत्यक्ष असर गर्ने भएपनि सावधानी नअपनाइ पटाका सँग खेल्दा निस्किने आवाज र धुवाँले दीर्घकालीन असर समेत गर्न सक्छ । रमाइलोका लागि ठूलो रकम खर्चेर पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ ।
|
नेपाली बजारमा विदेशी फलफूलको प्रभाव बढ्दै काठमाडौं । यतिबेला फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु जडीबुटी, एकान्तकुना, जोरपाटी, धु्रमवराहीलगायत काठमाडौँ उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् ।
काठमाडौँ उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको सुनाउनुहुन्छ नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौँका अध्यक्ष अम्मर बानियाँ । कुलेश्वरस्थित थोक बजारमा फलफूल मात्रै पाइन्छ । उहाँका अनुसार उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लाने गर्छन् ।
अध्यक्ष बानियाँ भन्छन्, “तिहारमा मुख्यगरी फलफूल स्याउ, सुन्तला, मौसम, केरा, नरिवलको खपत बढी हुने गर्दछ । हुनेखानेले किबी, अङ्गुर, ड्रागन फ्रुटलगायत महङ्गा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूल पनि केही मात्रामा बिक्री हुने गर्छ ।” हाल बजारमा व्यवसायीले भारतीय (कास्मिरी) चकलेटी स्याउ बढी मात्रामा बिक्री गरिराखेका छन् । यसको होलसेल मूल्य प्रतिकेजी १३० देखि १४० रुपैयाँ पर्छ भने नेपाली स्याउको मूल्य प्रतिकेजी १३० देखि १९० रुपैयाँसम्म पर्छ
।”
तिहारको लागि भनेर पाँच दिनमा कास्मिरबाट चकलेटी स्याउ प्रतिगाडी २० टनका दरले ५० गाडी कुलेश्वर होलसेल बजारमा मात्र भित्रिने गरेको छ । अध्यक्ष बानियाँ भन्नुहुन्छ, “२० टनको एउटा गाडीको लागत (भन्सार, भाडा, खरिद सबै जोडेर) नेपाली २० लाख रुपैयाँ खर्च हुन्छ । तिहारको लागि रु १० करोडको कास्मिरबाट चकलेटी स्याउ भित्रियो । त्यस्तै, चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ । यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो । मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ ।
अध्यक्ष बानियाँका अनुसार नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको बताए । उनको अनुमानका अनुसार रु १५ करोडको चिनियाँ स्याउ काठमाडौँ उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने रहेछन् ।
त्यसैगरी नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ । केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताए । उनका अनुसार भारतीय केराको लागत आठ लाख रुपैयाँ प्रतिगाडी पर्न जान्छ । तिहारका पाँच दिनमा मात्रै रु ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा रु तीन करोडको नेपाली केरा भित्रिएको छ ।
पछिल्लो समय सरकारले किसानलाई प्रोत्साहन गर्न नेपाली केराको उत्पादन तथा बिक्री बढाउन भनेर विदेशी केरा प्रतितपत्र ९एलसी० मार्फत मात्रै भित्र्याउन पाइने व्यवस्था गरेको छ । बजारमा नेपालीभन्दा भारतीय केरा महङ्गोमा भए पनि उपभोक्ताले किन्ने गर्छन् । सुनसरी, मोरङलगायत स्थानका केरा उतै खपत हुन्छ । त्रिवेणी, टिकापुर, महेन्द्रनगरका केरा उपत्यकामा भित्रिने गरेको छ । तर त्यहाँबाट केरा ल्याउँदाल्याउँदै बाटैमा पाकिसक्छ । भारतीय केरा महाराष्ट्र, आन्द्राबाट तीन दिनमा आइपुग्दा पनि जस्ताको तस्तै हुन्छ ।
भारतीय केरा नेपाली बजारमा एक कोसा १० रुपैयाँमा बिक्री हुँदा नेपाली केरा मुस्किलले ४–५ रुपैयाँमा बिक्री हुने गरेको दुखेसो गर्दै बानियाँको छ । “अहिले भारतीय १५ टन केराको एउटा गाडी तीन लाख ढुवानी र एक लाख भन्सार गरी चार लाख रुपैयाँ तिरेपछि नेपाल आइपुग्छ । हाम्रो गाडीको ५० हजार मात्रै ढुवानी पर्छ ।” उनले भने ।
व्यावसायिक खेतीलाई जबसम्म प्रोत्साहन गरिँदैन तबसम्म नेपालमा भारतीय केरा विस्थापित नहुने बताउँदै बानियाँ भन्छन्, “भारतीय केरा हेर्दा मिलेको राम्रो, ठूलो, मोटो हुन्छ । उनीहरुको केरा हेर्दै किनौंकिनौं लाग्ने प्याकेजिङ, ग्रेडिङ सबै राम्रो मिलेको हुन्छ र खाँदा पनि स्वादिलो छ । तर, नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा राम्रो देखिँदैन र लापर्वाहीका कारण बजारमा गिलो र दाग भएका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि राम्रो नै किनेर लाने गर्छन् ।”
त्यसैगरी तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड मूल्यको सुन्तला भित्रिएको छ भने मौसम तीन करोड रुपैयाँको भित्रिएको बानियाँले जानकारी दिए । उनका अनुसार अहिले नेपालको सुन्तलाको याम सुरु नभइसकेकाले बजारमा नेपाली सुन्तलाको बिक्री शून्य छ । त्यस्तै लक्ष्मी पूँजा गर्नको लागि नरिवल दुई करोडको भित्रिएको छ । यसरी तिहारमा चाहिने मुख्यमुख्य पाँच÷छ थरिका फलफूल सो बजारमा मात्रै रु ७५ करोडको आयात भएको भन्दै उनले भने, “तिहारमा मात्रै कूल आयात हेर्ने हो भने कुलेश्वर बजारमा मात्रै रु ७५ करोडभन्दा बढीको व्यापार हुन्छ ।”
यतिबेला भारतीय हलुवावेद बजारमा छ्याप्छ्याप्ती छ । त्यस्तै काँचै खान मिल्ने जापानी हलुवावेद पनि बजारमा पर्याप्त मात्रामा छ । अध्यक्ष बानियाँका अनुसार पहिला इटालीबाट भित्र्याइने किबी अहिले चेचेनीयको किबीले नेपाली बजार लिएको छ । पछिल्लो समयमा नेपालमा पनि किबी उत्पादन हुन थालेपछि अब विस्तारै बाहिरको किबी विस्थापित हुनेमा उनी विश्वस्त छन् । नेपाली किबीको साइज एकनासको नहुने, सानो–ठूलो सबै एकै ठाउँमा प्याकिङ गरिदिने गर्दा बजारमा विदेशी किबीको प्रभाव बढ्ने देखिन्छ ।
त्यसैगरी नेपाली बजारमा पाइने ड्रागन फ्रुट भियतनामबाट भित्रिएको हो । अध्यक्षे बानियाँ भन्छन्, “बिडम्बना भियतनामबाट यहाँ आएको ड्रागन फ्रुट २५० देखि ३०० रुपैयाँ किलो पर्छ तर नेपालमा उत्पादन भएकालाई ५०० रुपैयाँ केजीको पर्छ । हेर्दा उनीहरुको राम्रो भए पनि नेपाली ड्रागन फल मीठो छ तर उपभोक्ताले यो कुरा बुझ्दैनन् । भाडा, भन्सार आदि सबै तिरर यहाँ आइपुग्दा पनि भियतनामको ड्रागन फ्रुट केजीको २५० रुपैयाँमा पाइन्छ । नेपाली ड्रागन फ्रुट भने थोक बजारमै केजीको ५०० रुपैयाँ पर्छ ।” उनका अनुसार किसानलाई दक्ष प्राविधिक ज्ञान नदिएसम्म नेपाली उत्पादन बिक्री हुन गाह्रो हुन्छ ।
|
नेपालका उत्कृष्ट मार्गहरूमा साइकल यात्रा गर्न असाध्यै सोख छः अमेरिकी राजदूत थम्प्सन काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालका केही उत्कृष्ट मार्गहरूमा घुम्न जान उत्सुक रहेको बताएका छन् ।
गत हप्ता मात्र नेपाल आइपुगेका राजदूत थम्प्सनले सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
उनले नेपाललाई आफुले प्राकृतिक सम्पदाहरूले भरिपूर्ण एक स्थानको रूपमा बुझेको समेत बताएका छन् ।
‘मैले नेपालको बारेमा सुन्दा सदैव सांस्कृतिक सम्पदा र जातीय विविधताका साथसाथै अत्यन्तै रमणीय प्राकृतिक सम्पदाहरूले भरिपूर्ण एक स्थानको रूपमा पाउने गरेको थिएँ।’
साथै उनले आफुलाई नेपालमा घुम्न, गल्फ खेल्न र साइकल यात्रा गर्न असाध्यै सोख रहेको बताएका छन् ।
|
बालबालिकाले बालगृहमै लगाए भाइटीका दमौली। तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् ।
बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् ।
आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ ।
बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए ।
“दुई जना बालिकाले छ जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुशी छन्”, उनले भने , “बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन् ।”
बालगृहमा भिमादका चार जना, ऋषिङका दुई जना, व्यासका एक जना र बाराका एक जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये पाँच जनाको बुबाआमा छैनन् । यस वर्षको दसैँ भने उनीहरुले आफन्तसँग मनाएका थिए । “दसैँका बेला बालबालिकालाई आफन्तको घरमा लगेका थियौ, दसैँ उनीहरुले त्यहीँ मनाएँ”, घिमिरेले भने ।
विभिन्न सङ्घसंस्था, व्यक्तिको जन्मदिनलगायतमा गरिने सहयोगबाट बालगृह सञ्चालन हुँदै आएको छ ।
|
बिहिबार तिहारको अन्तिम दिन भाइटीका, उत्तम साइत कति बजे ? काठमाडाैं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भोली दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन भोली भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । तिहारको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । भोली दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उनले सुनाए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । बिहान ८ः४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन् । तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।
तिहारको दिन लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाए ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
|
‘नो नट एगेन’ भन्नेलाई कारबाही गर्ने आयोगको चेतावनीप्रति भीम रावलको आपत्ति काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् ।
आयोगले शीर्ष नेताको तस्बिर राखेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । साथै, त्यसरी फेसबुक पेज बनाएको भए हटाउन निर्देशन दिइसकेको छ ।
आयोगको यही निर्णयप्रति आपत्ति जनाउँदै नेता रावलले शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् । आयोगको यो निर्णय संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरुद्ध रहेको उनको भनाइ छ ।
‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।
|
“नो नट एगेन” भन्दै निश्चल बस्नेतले आयोगलाई दिए फेसबक बन्द गरेर देखाउन चुनौती काठमाडौं। निर्देशक तथा अभिनेता निश्चल बस्नेतले निर्वाचन आयोगलाई चुनौती दिएका छन् ।
उनले आयोगलाई आफ्नो फेसबुक बन्द गरेर देखाउन चुनौती दिएका हुन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनीक सुचना निकाल्दै फेक फेसबुक पेज र ग्रुप हटाउन निर्देशन दिएको थियो । “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” नामक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन भएको भन्दै आयोगले हटाउन भनेको थियो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत तिन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव कुमार नेपाल र पुस्पकमल दाहाललाई आगामी निर्वाचनमा पराजीत गराउनुपर्ने भन्दै अभियाननै चलेको छ । उक्त अभियानलाई बस्नेत लगायतका अन्य कलाकारहरुले समेत साथ दिदै आएका छन् ।
अयोगको यस्तो निर्देशन पछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘NO NOT AGAIN ,२०औं वर्ष सत्तामा बसेर , अहिले पनि हामी बनाउँछौं नेपाल भन्नेलाई भोट यत्रैपनी हालिन्न।
लु बन्द गर्नुहोस् मेरो पनि फेसबुक’
http://<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fnischalbasnet%2Fposts%2Fpfbid02GoRHVFPLQfdqeZ2cvkaTjZ74JK6TJVbUHM6z4vgyGP2QF22HNo8NeYaYzsFssgiKl&show_text=true&width=500″ width=”500″ height=”188″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>
|
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको छः प्रधानमन्त्री देउवा भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।
देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उनले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने बताए । प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको चर्चा गर्दै सरकारले साख्वाःको योगदानको उच्च सम्मान गर्दै यसअघि नै राष्ट्रिय विभूति घोषणा गरेको, उनको नाममा हुलाक टिकट प्रकाशित गरेको, विद्यालय तहको पाठ्यक्रममा समावेश गर्ने व्यवस्था गरेको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शङ्खधर साख्वाःको योगदानलाई चीरस्थायी बनाउन नेपाल सरकारले साख्वाःको नाममा राष्ट्रिय पुरस्कारको घोषणा गर्ने तयारी गरेको बताए । उनले सरकारले साख्वाःको नाममा हरेक वर्ष तीन जना व्यक्तिलाई रु एक लाखका दरले राष्ट्रिय पुरस्कार प्रदान गर्ने बताउँदै त्यसको प्रक्रिया सरकारले अगाडि बढाइसकेको बताए ।
उपत्यकाको पर्यटन विकासलाई संस्कृति, सम्पदा र मौलिक परम्परा जोगाउँदै अगाडि बढाउने बताउँदै मन्त्री श्रेष्ठले नेपाल संवत्लाई सरल र सहज ढङ्गले व्यवहारिक बनाएर कामकाजीमा ल्याउन सरकार लागिरहेको बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले शङ्खधर साख्वाःले पुर्याएको योगदानको चर्चा गर्दै महानगरले मध्यपुरथिमिमा रहेको शङ्खधर पार्कको निर्माणमा यसअघि एक करोड सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताइन्।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै नगरपालिकाले शङ्खधरको विविध योजना सञ्चालन गर्न एक करोड २० लाखको बजेट विनियोजन गरेको बताए । नगरपालिकाले सुरु गरेको शङ्खधर पार्क निर्माण कार्यको बाँकी कामलाई नगरपालिकाले पूर्णता दिने बताए ।
कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले शङ्खधर साख्वाःको नाममा सरकारले राष्ट्रिय परस्कारको घोषणा गर्नुपर्ने बताए । उनले प्रतिष्ठानले साख्वाःको नाममा मिनि सङ्ग्रहालयको रुपमा विकास गर्ने बताउँदै अहिले देखापरेको तिथिमितिको विवाद र फरकलाई एकरुपता दिन विज्ञ टोली लाग्नुपर्ने बताए । प्रतिष्ठानले यसवर्ष विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीलाई शङ्खधर सम्मान प्रदान गरेको छ । प्रधानमन्त्री देउवाले गुठीका महेन्द्रगोपाल कर्माचार्यलाई उक्त सम्मान प्रदान गरे भने प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरलाई पनि ‘शङ्खधर सम्मान’ प्रदान गरे ।
त्यसैगरी प्रधानमन्त्री देउवाले काठमाडौंँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, साहित्यकार तिलकप्रकाश कायस्थ, गीतकार पवित्र कसाः र पत्रकार सुगतरत्न सिन्दुराकारलाई शङ्खधर पदक प्रदान गरे ।
|
ऋषि सुनककी पत्नी अक्षता मूर्ति को हुन्? बीबीसी। बेलायतकाे सत्तामा ऋषि सुनकको उदयले भारतको समेत ध्यानाकर्षण गरेको छ जसको कारण उनी पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री हुनु मात्र भने होइन। उनकी श्रीमती अक्षता मूर्ति भारतीय अर्बपति नारायण मूर्तिकी छोरी हुन्। देशका सबैभन्दा प्रसिद्ध व्यवसायीहरूमध्ये एक उनी भारतको बिल गेट्सका रूपमा चिनिन्छन्।
अर्बौँको सम्पत्तिको उत्तराधिकारी अक्षता मूर्ति यसै वर्षको सुरुवातमा चर्चामा आएकी थिइन्। उनले ब्रिटेन बाहिरबाट कमाएको पैसाको कुनै कर तिर्नु नपर्ने विषयमाथि प्रश्न उठेको थियो।
पछि उनले देशबाहिर आफूले कमाएको पैसाको यूकेमा कर तिर्ने घोषणा गरिन्। अहिले उनको परिवारको आर्थिक पृष्ठभूमि निकै बलियो भए पनि मूर्तिको सुरुवाती दिन निकै सामान्य थियो। सन् २०१३ को एक सङ्कलनमा प्रकाशित नारायण मूर्तिले आफ्नी छोरीलाई लेखेको एक पत्रका अनुसार सन् १९८० को एप्रिलमा हुबलीमा अक्षता जन्मिएको खबर उनले एक सहकर्मीमार्फत पाए। किनकि त्यति बेला उनको परिवारसँग टेलिफोन राख्ने पैसा थिए।
“तिम्री आमा र म त्यसबेला युवावस्थामा थियौँ र हामी दुवै आफ्नो काममा स्थापित हुन सङ्घर्षरत थियौँ,” उनले लेखेका थिए। अक्षता मूर्तिलाई जन्मिएको केही महिनामै उनका बुबापट्टिका हजुरबुवा र हजुरआमासँग बस्न पठाइयो।
पृष्ठभूमि
आमा सुधा मूर्ति र उनका बुबाले मुम्बईमा आफ्नो पेसालाई अघि बढाएका थिए। त्यसको एक वर्षपछि नारायण मूर्तिले एक आइटी सेवा प्रदायक कम्पनी इन्फोसिस सह-स्थापना गरे जसले उनलाई भारतको सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक बनायो। नारायण मूर्तिका अनुसार “अध्ययन गर्ने, पढ्ने, छलफल गर्ने र साथीहरूलाई भेट्ने” जस्ता कार्यहरूका लागि समय निकाल्न उनीहरूको घरमा टिभी राखिएन।
अक्षता मूर्ति अर्थशास्त्र र फ्रान्सेली अध्ययन गर्नका लागि क्यालिफोर्नियाको निजी उदारवादी क्लेरेमन्ट म्याककेन्ना कलेजमा भर्ना भइन्। मूर्तिले डेलोइट एवं युनिलिभरमा काम गर्नु अघि र स्ट्यानफर्ड विश्वविद्यालयमा एमबीए अध्ययन गर्नु अघि फेसन कलेजबाट डिप्लोमा गरिन्। उनले सुनकलाई स्ट्यान्डफर्ड विश्वविद्यालयमै भेटेकी हुन्।
यस जोडीले सन् २००९ मा विवाह गरे र उनीहरूका दुई छोरी छन्। ४२ वर्षीया उनले आफ्नै फेशन कम्पनी अक्षता डिजाइन्स सुरु गर्नुअघि क्यालिफोर्नियामा वित्तीय क्षेत्रमा काम सुरु गरेकी थिइन्। यद्यपि, उनले सन् २०११ मा आफ्नो कम्पनीको डिजाइनहरूको पहिलो सङ्ग्रह सार्वजनिक गरिन्।
उनले भोग इन्डियासँग आफूले आफ्ना डिजाइनहरू सिर्जना गर्नका निम्ति दुर्गम भारतीय गाउँका कलाकारहरूसँग काम गरेको बताएकी थिइन्। आफ्ना डिजाइनहरू “प्रामाणिकता, शिल्प कौशल र सम्पदा संरक्षण”सँग सम्बन्धित भएको उनी बताउँछिन्। यद्यपि, गार्डियनले सार्वजनिक गरेको विवरणहरू अनुसार उनको व्यापार तीन वर्षभित्रै ध्वस्त भयो।
उनको मुख्य व्यावसायिक चासोहरू मध्ये एक क्याटामरन भेन्चर्सको लन्डनस्थित शाखा हो जसलाई सन् २०१३ मा मूर्ति र सुनकले संयुक्त स्थापना गरेका थिए र त्यस कम्पनीले नयाँ व्यवसायहरूमा लगानी गर्छ। कम्पनी हाउसमा मूर्ति एक जिम चेन, डिग्मे फिटनेसको निर्देशक हुन्।
कोभिड महामारीको समयमा उनको कम्पनीलाई प्रशासनिक काममा मात्र सीमित राखिएको थियो। यद्यपि, उनको कम्पनीलाई उत्पादन गर्न नसकेको भन्दै लगानी समेत आएको थियो। लिङ्क्डइनमा रहेको मूर्तिको खातामा समेत उनलाई न्यू एन्ड लिङ्वूडको निर्देशकको रूपमा चिनाइएको छ। उक्त कम्पनीले पुरुषहरूको लागि उच्च स्तरको लुगाहरू उत्पादन गर्छ।
इन्फोसिसमा स्वामित्व
इन्फोसिसको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार उनको कम्पनीमा ०.९ प्रतिशत स्वामित्व छ जुन ७० करोड पाउन्ड बराबर हुन आउँछ। रुसले युक्रेनमा आक्रमण गरेपश्चात् कम्पनीमा उनको स्वामित्वलाई लिएर विवाद सिर्जना भएको थियो। र इन्फोसिसले मस्कोमा आफ्नो कार्य सञ्चालन रोक्न दबाव झेलेको थियो। एप्रिल महिनामा इन्फोसिसले बीबीसीसँग रुसमा आफ्नो कार्य सञ्चालन बन्द हुने जानकारी दिएको थियो।
अझ बिस्तारमा उल्लेख गर्नुपर्दा सुनक दम्पतीको अथाह सम्पत्तिले उनीहरू माथि प्रश्न तेर्सिएको थियो: जीवन निर्वाह गर्न नै कष्टकर भएको आर्थिक सङ्कटमा कतै उनी आम मानिसहरूबाट टाढा पो छन् कि? विगतमा प्रधानमन्त्रीका श्रीमान् वा श्रीमतीमध्ये आकर्षणको केन्द्रबाट पर नै थिए।
उदाहरणका लागि टरिजा मेका श्रीमान् फिलिप मे। तर मानव अधिकारकर्मी वकिल चेरी ब्लायरजस्ता अन्य केहीले भने आफ्नो उच्च कोटीको जागिर यथावत् राखिन् र टोनी ब्लायर प्रधानमन्त्री निवासमा सरेलगत्तै थप चर्चा बटुल्न सफल भइन्।
आफ्ना परोपकारी काम र किताबको सम्झौताका कारण ब्लायर समाचारका शीर्षकहरूमा छाइरहिन्। यद्यपि, आफ्ना श्रीमान् प्रधानमन्त्री जस्तो ब्रिटिश राजनीतिको उच्च पदमा पुगेपछि मूर्तिप्रतिको जनचासो र सञ्चारमाध्यमको आकर्षण थप बढ्ने छ।
|
तिहारलाई भित्रिए मुस्ताङका च्याङ्ग्रा गलकोट– बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याएका छन् ।
दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याएका हुन् । दसैँमा ६७ वटा च्याङ्ग्रा बागलुङ ल्याएर बिक्री गरेको बताउँदै शर्माले तिहारका लागि ५१ च्याङ्ग्रा÷च्याङ्ग्री बागलुङ भित्र्याएको बताए ।
“दसैँमा च्याङ्ग्राको व्यापार राम्रै भयो, त्यसबेला रोज्जा च्याङ्ग्रा थिए, अहिलेका अलि साना र कम मूल्यका छन्”, शर्माले भने, “बाटोमा चराउँदै र बिक्री गर्दै ल्याउँदा सहज हुन्छ, आठ दिनको हिँडाइपछि बागलुङ आएको छु, अहिले रोज्जा च्याङ्ग्राको मूल्य रु ३५ हजार छ, दसैँमा ठूला च्याङ्ग्रालाई रु ४५ हजारसम्म बिक्री गरियो ।”
उनले बागलुङ बजारमा च्याङ्ग्राको माग उच्च रहेको बताए । तिहारअघिसम्म च्याङ्ग्रा बिक्री गरिसक्ने उनको लक्ष्य छ । उनले ल्याएका ५१ वटा च्याङ्ग्रा÷च्याङ्ग्रीमध्ये २० वटा बिक्री भइसकेको बताए । च्याङ्ग्राको मूल्य रु ३५ हजार र च्याङ्ग्रीको मूल्य रु २७ हजार रहेको शर्माको भनाइ छ ।
मुस्ताङका च्याङ्ग्राको माग दसैँमा उच्च भए पनि तिहारमा समेत यसको बिक्री राम्रो हुने भएकाले आफूले मुस्ताङ पुगेरै च्याङ्ग्रा खरिद गरेर ल्याएको शर्माको भनाइ छ । सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण व्यापार नाका नखुल्दा यस पटकको दसैँ तिहारमा मुस्ताङमा मात्रै उत्पादन भएको च्याङ्ग्राको आयात भएको थियो । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा मूल्यमा भने भारी वृद्धि भएको चयाङ्ग्रा व्यापारीले बताएका छन् ।
हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा च्याङ्ग्रा खोज्ने गर्छन् । मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी र बागलुङको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको पनि माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष १२ हजारदेखि १५ हजारसम्म मुस्ताङका च्याङ्ग्रा निकासी भएको अनुमान छ । तिहारमा मासुसँगै अन्य रोटीका परिकारसमेत खाने चलन छ ।
|
इरानका राष्ट्रपतिसँग ओएएनए सदस्य मुलुकका प्रतिनिधिको भेट इरान– इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन (ओएएनए)को १८औँ महासभामा सहभागी सदस्य मुलुकका प्रतिनिधिहरूले इरानका राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनले अभिव्यक्ति स्वतन्त्रता, सत्य खोज्ने र सम्प्रेषण गर्ने सन्दर्भमा सञ्चार माध्यमको भूमिका झनै बढेको बताए । प्रत्येक समयमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । राष्ट्रपति रइसीले व्यक्ति, समाज र देशको पहिचान कायम गर्ने सन्दर्भमा सञ्चारमाध्यम निकै सशक्त रहेको चर्चा गर्दै केही सञ्चार माध्यमले भने त्यस्तो दायित्व निर्वाह नगरेको टिप्पणी गरे ।
आफूहरू सधैँ शान्तिको पक्षमा रहेको भन्दै उनले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर प्रयत्नशील रहेको बताए । राष्ट्रपति रइसीले ओएएनएमा आबद्ध देशका समाचार एजेन्सीहरूले आपसमा सहकार्य र समन्वयको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रपति रइसीले महासभामा सहभागीलाई स्वागत गरेका थिए । यसअघि सोमबार राति इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहइनले महासभामा सहभागीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । सो अवसरमा उनले एसिया–प्रशान्त क्षेत्रका सञ्चारमाध्यमबीचको सहकार्यमा जोड दिए ।
महासभामा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सहभागिता जनाएका छन् । यही अक्टोबर २३ देखि २६ सम्म चल्ने महासभामा एसिया–प्रशान्त क्षेत्रका ३५ सदस्य मुलुकका समाचार समितिका निर्देशक, व्यवस्थापक एवं सम्पादक गरी ६० जनाको सहभागिता छ ।
महासभामा ‘सञ्चार माध्यममा महामारीले ल्याएको परिवर्तन’ र ‘महामारीपछि सञ्चार माध्यममा सहकार्यको प्रवद्र्धन’ विषयमा छलफल भएको थियो । महासभाको उद्घाटन कार्यक्रममा इरानको संस्कृति मन्त्री महम्मद मेहदी स्माइलीले एसिया–प्रशान्त क्षेत्रको पत्रकारिताको प्रवद्र्धनमा जोड दिँदै समाचार एजेन्सीहरूबीच सहयोग र सहकार्यको आवश्यकता औंल्याएका थिए ।
|
उम्मेदवारले कति ठाँउमा खोल्न पाउछन् सम्पर्क कार्यालय ? यस्तो छ आयोगको निर्देशन काठमाडौं– निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ ।
निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य पदको उम्मेदवारले १ (एक) वटा सम्पर्क कार्यालय खोल्न सक्नेछन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एकवटा सम्पर्क कार्यालय खोल्न सक्ने र माथिका प्रकरण नं १ २ र ३ बमोजिम कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न आयोगले निर्देशन दिएको छ ।
प्रत्यक्षतर्फ उम्मेदवारी दिई निर्वाचन चिन्ह प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ । राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउन पनि निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानुनको अधिनमा रही दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नुपर्ने विषयका सम्बन्धमा आयोगले आवश्यक निर्देशन दिन सक्नेछ । सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुने कानुनी व्यवस्था रहेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा सत्र दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारसम्बन्धी जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ ।
|
नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयबाट सूर्यग्रहण अवलोकन गर्न पाइने काठमाडौं– कार्तिक कृष्ण औँसीका दिन आज लाग्ने ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ ।
सोसाइटीले काठमाडौँ, मोरङ र उदयपुरबाट पनि ग्रहण देखाउने कार्यक्रम रहेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । नाङ्गो आँखाले ग्रहण हेर्न नहुने भएकाले विशेष प्रकारको चस्मा वा यन्त्रबाट मात्र हेर्न पनि उनले अनुरोध गरे । खाली आँखाले हेर्दा आँखामा समस्या हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको सोसाइाटीले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज दिउँसो ४ः ५२ बजे सूर्य ग्रहणले स्पर्श गर्ने जनाएको छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भएपनि ग्रहणले बेलुकी करिब पौने सात बजे छोड्ने छ ।
शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक ढुङ्गेलले बताए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ ।
ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्ननहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन । “शास्त्रीय मान्यता अनुसार भोजन निषेध गरिएपनि वैज्ञानिक आधारमा ग्रहणका समयमा भोजन गर्दा कुनै समस्या छैन”, अध्यक्ष भट्टराइ भन्छन् ।
ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहणमा निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।
|
तीन सातापछि खुल्यो कर्णाली राजमार्ग जुम्ला । १९ देखि २५ असोजसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पहिरोका कारण झन्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । दैलेखोला–जुम्लासम्म १०४ किलोमिटरमध्ये ४० किमि सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुको जनजीवन प्रभावित भएको थियो ।
सडक डिभिजन जुम्ला र नेपाली सेनाको दिनरात खटाइले अपेक्षा गरिएभन्दा छिटो कर्णाली राजमार्ग खुलेको हो । सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले २० दिनपछि सोमबार राति साढे ८ बजेबाट कर्णाली राजमार्ग खुलेको बताए । सडक खुलाउन सडक डिभिजन जुम्लाको एक सयभन्दा बढी जनशक्ति फिल्डमा खटिएका थिए । यस्तै, नेपाली सेनाको नन्दाबक्स गणको ५० जनाको टोली राँचुलीमा क्याम्प नै बसेको थियो ।
‘दिनरात नभनी साढे दुई हप्तामै राजमार्ग खुलाउन सफल भयौ । तिहारमा कर्णालीबासीलाई उपहारका रुपमा राजमार्ग खुलाउने लक्ष्यअनुसार काम गरेका हौ । सोमबार राति साढे ८ बजेदेखि सडक सञ्चालनमा आएको छ,’ श्रेष्ठले भने ।
तिहारमा घर जान नपाएर अलपत्र परेका नागरिक सडक खुलेपछि उत्साहित भएका छन् । राजमार्गको धनडा सडक खण्डबाट पहिरो पन्छाउने काम सम्पन्न भएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि आत्तिएका कर्णालीबासीलाई चाँडै राहत दिन कार्यक्षेत्रभन्दा बाहिर कालिकोट क्याम्प बस्ने गरी सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले बताए । ‘यसपालिको विपदमा प्रभावित नागरिकलाई राहत उद्धार तथा पुर्नस्थापनाका लागि सेना गाउँमै खटिएको छ । सोहीअनुसार सडक डिभिजनको समन्वयनमा पहिरो पन्छाउनेदेखि ब्लाष्टिङ गरेर सडक खुलाउन सेना सक्रिय भएको थियो,’ उनले भने ।
सडक खुलेपनि तत्काल सुरक्षित यात्रा हुने छैन । बाढीपहिरोले सडकको दुरावस्था भएकाले यसको स्तरोन्नतिका लागि संघीय सरकारले विशेष प्याकेजसहित बजेटको व्यवस्थापन गर्न जरुरी रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।
|
काठमाडौंको बालाजुस्थित एक जुत्ता कारखानामा आगलागी काठमाडौं- काठमाडौंको बालाजुमा आगलागी भएको छ । बालाजुको लोलाङ हाइटस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएका छन् । अहिले घटनास्थलमा ४ वटा दमकल र आधा दर्जन पानी ट्यांकर पुगेको प्रहरीले जनाएको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.