content
stringlengths 20
64.1k
⌀ |
---|
धानको समर्थन मूल्यको कार्यान्वयन नगरे किसानले आन्दोलन गर्ने {भिडियो} काठमाडौं । सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले सयुक्त रुपमा आन्दोलन घोषणा गरेका छन् । नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले बुधबार काठमाडौमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै सरकारबिरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी दिएको हो ।
महासंघले किसानको समस्याबारे प्रधानमन्त्री र उद्योगमन्त्रीलाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाउने जनाएको छ । कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यसबर्षका लागि धानको समर्थन मुल्य निर्धारण गर्दै मोटा धानको मुल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोकेपनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताए ।
किसान आन्दोलनको दबाबका कारण भएपनि धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भएपनि मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया शुरु नगरेको कारण किसानहरु व्यपारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको उनले बताए । धानबाली भित्राउने समय शुरु हुनासाथ धान खरिद प्रकृया अगाडी बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यपारीकहाँ पुग्न लाग्दासम्म धान खरिद गर्ने सरकारको निकाय मुखदर्शक बनेर बस्नु दुखद् भएको अध्यक्ष दंगालले बताए।
महासंघले आन्दोलनको कार्यक्रम अन्तर्गत यही मंसिर २३ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा धर्ना दिने, मंसिर २५ गते खाद्य कम्पनीको देशरभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिदै तालाबन्दी गर्ने जनाएको छ । निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।
हेर्नुहोस् भिडियो:
|
भृकृटीमण्डप बजारमा न्यायो कपडाको व्यापार बढ्यो काठमाडौं । जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ ।
राजधानीको मुटुमा रहेको भृकुटीमण्डप बजारमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न प्रकारका घरायशी सामग्रीको बजार रहेको छ ।
भृकुटीमण्डपमा निम्न वर्गीय समूदायले व्यापार बढी गर्ने गरेको व्यापार सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले बताए । “दुई वर्षयता कोरोना महामारीले ठप्प भएको बजारमा यसपटक भने व्यापार राम्रो भएको छ”, उनले भने, “गत वर्षको तुलनामा यसपटक बजारको १० प्रतिशतले व्यापार वृद्धि भएको छ ।” बजारमा विशेषगरी निम्नस्तर र मध्यम वर्गका ग्राहकलाई लक्षित गरेर सामान ल्याइने उनले स्पष्ट पारे ।
ग्राहकले खोजेजस्तो सामान पाइनुलाई पनि व्यापार बढ्नुको कारण उनी मान्छन् । जाडो बढेपछि बजारमा न्यानो कपडाको व्यापार बढ्न थालेको व्यवसायी सुशीला धमलाले बताइन्। १६ वर्षदेखि सोही स्थानमा व्यापार गदै आएकी उनले भनिन्,“गत वर्षको तुलनामा यो वर्ष व्यापार बढेको छ, दैनिक २० हजारमाथि व्यापार हुन्छ ।” दुईवर्ष कोरोना महामारीको कारण खस्केको बजारको व्यापार अहिले बढेको उनको भनाइ छ ।
विगतका जाडो महिनाको तुलनामा यो वर्ष कपडा बिक्री बढी भएको २० वर्षदेखि कपडा व्यवसाय गर्दै आउनुभएका रोशन रौनियारले बताए। ग्राहकको भीड नबढेपनि व्यापार राम्रो भएको उनले बताए। दैनिक रुपमा एकदेखि पाँचवटासम्म व्याल्याङकेट बिक्री हुने बताउँदै उनले विवाहको महिना सुरु भएकाले सारीको पनि व्यापार बढेको सुनाए।
उनले पछिल्लो समयमा कपडाका मूल्य बढेर आएकोले ग्राहक मूल्य सुनेर मात्रै पनि फर्किने गरेको भन्दै गुनासो गरे । दुई÷तीन वर्ष कोरोना महामारी र डेंगीले व्यापार मन्द भए पनि यो वर्ष व्यापारले गति लिएको कपडाको व्यवसाय गर्दै आउनुभएका ज्ञानबहादुर कार्कीले बताए। गर्मी मौसममा भन्दा जाडोमा कपडाको व्यापार बढी हुने गरेको उनको अनुभव छ ।
पसलमा राम्रो सामान राख्न नसक्दा व्यापार पनि राम्रो नभएको बजारमा व्यापार गर्दै आएकी निशा श्रेष्ठले बताइन् । “सामानको मूल्य महँगिएको छ, सामान हाल्न सकेका छैनौँ, ग्राहक फेन्सी टाइपको कपडा खोज्न आउँछन्,” श्रेष्ठले भनिन्, “ग्राहकले खोजेजस्तो सामान राख्न सकेका छैनौंँ ।” पछिल्लो समयमा चाइनिज र नेपालमा उत्पादन भएका कपडा छुट्टाउनै नसक्ने उनको भनाइ छ ।
कपडा व्यवसायी रोहित धमलाले गत वर्षको तुलनामा यसवर्ष भृकुटीमण्डप बजारमा कपडाको व्यापार १५ प्रतिशतले बढेको जिकिर गरे । यो वर्ष नयाँ डिजाइनका कपडा बजारमा आएकाले पनि बिक्री बढी भएको उनको भनाइ थियो ।
भन्सारमा जस्तो कपडा हुन्छन् त्यस्तो कपडा ल्याउनुपर्ने व्यापारीको बाध्यता रहेको व्यापारी जनक थापाले बताए। सस्तो र राम्रो सामान पाउने भएकोले सधैँ भृकुटीमण्डपमा सामान किन्न आउने २१ वर्षीया विनिता थापाले बताए।
कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने भृकुटीमण्डप बजारमा एक हजार दुई सय ६५ वटा स्टल रहेका छन् । बजारभित्र आठ सय ४४ वटा पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित रहेको उपाध्यक्ष पौडेलले जानकारी दिए ।
|
ग्रीन डेथ भनेको के हो ? जसमा मानिसको शरीरबाट बनेको मलले रुखबिरुवा हुर्काइन्छ काठमाडौं । सन् २०२७ सम्ममा, क्यालिफोर्नियावासीहरूले आफूलाई श्मशान गृहमा दाहसंस्कार गर्ने वा घरको बगैंचा वा खेतमा मल बनेर रहने भन्ने छनोट गर्न सक्नेछन् । गभर्नर गेभिन क्रिस्टोफरले केही दिन अघि नयाँ नियममा हस्ताक्षर गरे जसलाई प्राकृतिक जैविक रिडक्सन २०२७ नाम दिइएको छ। आगामी पाँच वर्षभित्र यसलाई कार्यान्वयन गर्ने सबै व्यवस्था मिलाइनेछ।
यो प्रक्रिया के हो?
नामबाट बुझिएझैं यसमा झारपात जस्तै मानव शरीरलाई पनि प्राकृतिक तरिकाले गलाएर मल तयार पारेर कृषिमा प्रयोग गरिने छ । अहिले समाजमा दाहसंस्कार गर्ने विभिन्न तरिकाहरू छन्। धेरै मानिसहरूले मृतकको दाहसंस्कार गर्छन्, जबकि धेरै समुदायहरूले शरीरमा विभिन्न प्रकारको पेस्ट लगाउँछन् र त्यसपछि यसलाई धातु वा काठको बक्सामा राख्छन्। यी बक्सहरू दशकौंसम्म अक्षुण्ण रहिरहने गरी शरीर पनि सुरक्षित हुन्छ।
वातावरणविद्हरूले अन्तिम संस्कारका यी दुवै लोकप्रिय विधिहरूमा आपत्ति जनाइरहेका छन्। उदाहरणका लागि दाहसंस्कारलाई लिनुहोस्, शव जलाउँदा धेरै प्रदूषण हुन्छ। तथ्याङ्कअनुसार औसत आकारको वयस्कलाई जलाउँदा करिब ५०० पाउण्ड कार्बनडाइअक्साइड निस्कन्छ। यो प्रदूषण ४७० माइल दौडिएको पुरानो कारको प्रदुषण बराबर हो।
ग्रिन बरियल काउन्सिलका अनुसार अमेरिकामा मात्रै दाहसंस्कार गर्ने परम्परा अनुसार प्रत्येक वर्ष १.७४ बिलियन पाउण्ड कार्बनडाइअक्साइड निस्कन्छ। यस समयमा निस्कने ताप लगभग १४०० डिग्री फरेनहाइट हुन्छ, जसले वरपरका साना जनावर र रूखहरूलाई पनि हानि पुर्याउँछ। जमिनको उर्वराशक्तिमा हानि हुन्छ, त्यो फरक कुरा हो ।
गाड्दा पनि शरीरलाई जोगाउनको लागि लगाइने लेपबाट धेरै प्रकारका विषाक्त ग्यासहरू निस्किन्छन्। यसबाहेक विश्वका धेरै देश चिहानको अभावमा संघर्ष गरिरहेका छन् । यहाँसम्म कि मानिसहरूलाई प्रतिक्षा सूचीमा राखिएको छ। पालो आउँछ, त्यसपछि मात्र अन्त्येष्टि हुन्छ। यसबाट छुटकारा पाउन ग्रीन डेथलाई विकल्पको रूपमा हेरिएको छ।
फाइदाको बारेमा बताउँदै मानिसहरूले शवदाह गृहमा दाहसंस्कार गर्नेलाई पनि विषाक्त ग्यासबाट मुक्ति मिल्ने देखिरहेका छन् । जलाउने प्रक्रियामा, फर्माल्डिहाइड नामक ग्यास निस्कन्छ, जुन ब्लड क्यान्सरको कारण बन्न सक्छ। यही कारणले गर्दा विश्वभरका वातावरणविद्हरूले ग्रीन डेथको बारेमा कुरा गर्न थालेका छन्।
नयाँ प्रक्रिया अन्तर्गत के गरिनेछ ?
शरीरलाई धातुको कफिनमा राख्नुको सट्टा यसलाई सडाएर मलमा परिणत हुने गरी राखिनेछ। यस प्रक्रियालाई पूर्ण रूपमा बुझौं। यसमा मृतकको शवलाई स्टिलको बेलनाकार बक्समा राखिनेछ । मृत शरीरको मुनि दाउरा र पराल सहित अल्फाल्फा वनस्पति हुनेछ। यस घाँसको ब्याक्टेरियाले छिट्टै सडाउने काम गर्छ।
जम्मा ३० दिनभित्र शरीर कम्पोष्टमा परिणत हुन्छ तर पनि धेरै किसिमका भाइरस वा ब्याक्टेरिया जस्ता खतरा हुनसक्ने भएकाले धातुको भाँडोबाट निकालेर उपचार गरिने छ । यो प्रक्रिया लगभग ६ हप्ता लाग्नेछ। अब कम्पोस्ट तयार छ। यसको केही अंश परिवारले आफ्नो खेत वा बगैँचामा प्रयोग गर्नेछन् भने ठूलो हिस्सा सरकारी योजनाहरूमा प्रयोग गरिनेछ।
वासिङ्टनपछि ग्रीन डेथले कोलोराडो, ओरेगन र भर्मन्टमा सरकारी अनुमति पाएको छ । क्यालिफोर्निया पाँचौं राज्य हो। यद्यपि त्यहाँ एक कठिनाइ छ। हाल, हरियो मृत्युलाई अनुमति दिने कुनै पनि देशले मल कसरी वितरण गर्ने भनेर निर्णय गर्न सकेका छैनन् । उनीहरुको लगावका कारण परिवारले यसलाई पूरै राख्न पाउनुपर्ने दाबी गर्न सक्छन् तर यो मल मानव शरीरबाट बनेकाले सरकार अन्योलमा छ ।
यो अवधारणा सन् २०१९ मा आएको थियो र धेरैजसो मानिसहरूलाई यसको बारेमा धेरै थाहा छैन। तर जानकारी भए पनि शवलाई पुनः कम्पोजिसनको भाँडोमा हालेर मल बनाउने अनुमति सबैले दिन सक्दैनन् ।
यसका लागि पनि चुनाव हुनेछ । यदि यो प्रक्रिया गर्न चाहने व्यक्तिको मृत्यु पछि कुनै गम्भीर संक्रामक रोगको सिकार भयो भने उसको दाबी समाप्त हुन्छ। यस सूचीमा क्षयरोग, इबोला र यौनजन्य रोगहरू छन्।
|
भूमि आयोगमा थप चार हजार बढी निवेदन काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् ।
आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय २७ जनाको निवेदन परेको भए पनि दोस्रोपटक निकालेको सूचनामा चार हजार ६७ जनाले निवेदन बुझाएका हुन् । आयोगको सूचनाअनुसार नेपाल सरकारले गठन गरेको आयोग, कार्यदल र समितिबाट वितरण गरेका जग्गाको स्वामित्व वा दर्ता श्रेस्ता एवं नक्सा प्रमाणितलगायतका विषयमा समस्या भएकाहरूले निवेदन दिएको आयोगले जनाएको छ ।
विगतका आयोगले, समिति कार्यदलका बाँकी काम सम्पन्न गर्नका लागि आवश्यक प्रमाणसहित उनीहरूले निवेदन दिएको कार्यालयकी नायब सुब्बा कल्पनाकुमारी कुँवरले जानकारी दिएका छन् ।
थपिएका निवेदनसँगै आयोगको जिल्ला कार्यालयमा आठ हजार पाँच सय २६ जनाको निवेदन परेको उनले जनाकारी दिए। आयोगको सुरुआती समयमा चार हजार एक सय ३२ वटा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन परेको थियो ।
तीमध्ये अहिलेसम्म एक सय ७९ जनाले जग्गाधनी प्रमाण पुर्जा पाइसकेका छन् भने अन्यको प्रक्रियामा रहेको उनले बताए । आयोगले अहिले जिल्लाका कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा कामलाई तीव्रता दिएको छ । यसअन्तर्गत माडी नगरपालिकामा नौ सय कित्ताको नाप नक्सा भइसकेको छ भने कालिका नगरपालिकामा तीन हजार नौ ९४ कित्ता अर्थात् १३ लाख ८१ हजार छ सय १६ दशमलव नौ वर्गमिटरको नाप नक्साको काम सकिएको छ ।
भरतपुर महानगरपालिकामा १७ लाख ७३ हजार पाँच सय २९ दशमलव आठ सय ६६ वर्गमिटर जग्गाको नाप नक्सा सकिएको कुँवरले बताएका छन्। अहिले इच्छाकामना र रत्ननगरमा सम्झौताको काम भइरहेको कार्यालयले जनाएको छ । अन्य पालिकामा स्थलगत काम भइरहेको छ ।
|
पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी झापा । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको पानीले मेचीनगर १, २, ३ र ४ को एक हजार सात सय हेक्टर जमिन सिञ्चित हुँदै आएको छ ।
बाहुनडाँगीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थानमा मुहान थापेर ल्याउनुपर्दा पहिराको उच्च जोखिममा सो नहर सधैँ रहेको सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताए।
गत वर्ष कात्तिकमा परेको बेमौसी वर्षाका कारण आएको पहिराले नहरको मुहानलगायत विभिन्न ठाउँ भत्किएको थियो । सिँचाइ डिभिजन कार्यालय र सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिको पहलमा मर्मत भएपछि नहरमा पानी आउन थालेको छ ।
नेपाल सरकारका तत्कालीन मुख्यसचिव डा भोजराज घिमिरेको पहलमा विसं २०७२ मा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए । सरकारले सो नहर स्थापनामा ४४ करोड लगानी गरेको अध्यक्ष तिवारीले बताए।
बाहुनडाँगीका किसानले जङ्गली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारी, तोरी, फापरलगायतको वैकल्पिक नगदे बालीको खेती गर्दै आएका छन् । पानीको अर्को वैकल्पिक व्यवस्था नहुँदा सिद्धिनहरबाट आउने पानीबाट नै सबै किसिमका बालीमा सिँचाइ हुने गरेको छ ।
उनले सो स्थानमा नियमित सिँचाइको विकल्पका रूपमा मेचीनगर– १ को निन्दा सिरानबाट करिब एक हजार तीन सय मिटरको सुरुङ निर्माण गरी सिद्धिनहरसम्म पानी पु¥याउन आवश्यक रहेको बताए ।
विगतमा पटक–पटक यस विषयमा छलफल भए पनि राजनीतिक खिचातानीका कारण सो कार्य सफल हुन नसकेको उनको आरोप छ । उनले निन्दा खोलाको पानी सुरुङमार्फत नहरमा पुर्याउने हो भने त्यसैबाट पिउने पानी, बिजुलीसमेत निकाल्न सकिने बताए।
|
तीन सय वर्ष पुरानो घर पर्वत । पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा ३०० वर्षअघि निर्मित घर छ । यो घरमा ठुलो ढुङ्गे आँगन, पीढी, मझेरी, आँटी, माइली आँटी र बार्दली रहेको छ । डेढ रोपनी जग्गामा फैलिएको यस घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो ।
|
हँसिया प्रहारबाट घाइते भएका भण्डारीको मृत्यु कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए ।
हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । उहाँको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।
सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताए । उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटना के–कति कारणले किन भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
|
रुसी क्षेप्यास्त्र प्रहारले राजधानीको आधा क्षेत्र अन्धकारमय काठमाडौं । सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले धेरै क्षेत्रमा विद्युत प्रभावित भएको बताए । स्थानीय अधिकारीहरूले आगामी दिनमा किभको लगभग आधा क्षेत्र बिजुलीविहीन रहने चेतावनी दिए । सोमबार भएको हमलामा चार जनाको मृत्यु भएको थियो ।
रातारात थप मिसाइलहरू दक्षिणी शहर जापोरिझिया नजिकैको महत्वपूर्ण पूर्वाधारमा प्रहार भएको अधिकारीहरूले बताएका छन् । मंगलबारको एउटा छुट्टै घटनाक्रममा रुसको कुर्स्क क्षेत्रका गभर्नरले एयरफिल्डमा भएको ड्रोन हमलामा तेल भण्डारण ट्यांकीमा आगो लागेको बताए ।
अनलाइन पोस्ट गरिएको भिडियोले साइटबाट भीषण आगो र बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ । एजेन्सी
|
लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो दल, दोस्रोमा कांग्रेस लमजुङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको परिणमअनुसार लमजुङ जिल्लामा नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । समानुपातिकमा नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ सबै भन्दा बढी मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार लमजुङमा प्रतिनिधि सभातर्फ नेकपा एमालेले ३१,१७८ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७,७९६ मत प्राप्त गरेको छ । निर्वाचनमा भाग लिएका कूल ४७ वटा राजनीतिक दल मध्ये ४ महिना अघि स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई समेत उछिन्दै तेस्रो स्थान बनाएको छ । स्वतन्त्र पार्टीले ८,२१७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले ६,४८३ मत मात्र पाएको छ ।
निर्वाचन परिणाम अनुसार चौथोस्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थान बनाएको छ । उसले २,३०८ मत पाएको छ । पाँचौं स्थानमा आएको नेकपा एकीकृत समाजवादीले ५८२ मत प्राप्त गरेको छ ।
लमजुङका दुवै प्रदेश सभातर्फ प्रत्यक्षमा पराजय ब्यहोरे पनि समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार नेकपा एमालेले प्रदेशतर्फ प्रतिनिधिसभा भन्दा पनि बढी मत अर्थात ३२,८०६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ भन्दा कम अर्थात २६,७८३ मत पाएको छ ।
तेस्रो स्थान बनाएको नेकपा माओवादी केन्द्रले ८,४१४ मत पाएको छ । प्रदेशमा माओवादीले पनि मत बढाएको छ । चौथो स्थान प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २,८३२ मत पाएको छ भने पाँचौ स्थान बनाएको नेकपा एकीकृत समाजवादीले १,१५३ मत पाएको छ । निर्वाचनमा प्रदेशतर्फ समानुपातिकमा ३१ दल सहभागी भएक थिए ।
|
निर्वाचन आयोगले गर्यो समानुपातिक सिटको कानुन हेरफेर काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो ।
संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपमा आएको छ ।
प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन दिनको समय पाउने व्यवस्था छ ।
प्रदेशसभातर्फ दलहरूले बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको समय थियो । सात दिनलाई संशोधन गरेर तीन दिन कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले दलहरूलाई सिट बाँडफाँड गरी मंगलबार नै नाम पठाउन दलहरूलाई चिठ्ठी लेख्दैछ ।
|
जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटे राष्ट्रपति भण्डारी काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार शीतल निवास पुगेर उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै दलका शीर्ष नेतालाई भेटिसकेका छन् । उनले प्रमुख दलका शीर्ष नेताहरूलाई भेटेर राजनीतिमा आफ्नो स्पेस खोजेको संकेत दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा उनले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । उनको जनमत पार्टीले प्रतिनिधिसभामा पाँच सिट पाउने देखिएको छ । जनमतलाई सरकारमा सामेल गर्न सत्तारुढ गठबन्धनले प्रस्ताव गरेका छन् ।
|
काठमाडौं खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रतिनिधिमण्डलले काठमाडौँमा खानेपानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउनुपर्ने लगायतका माग राखेको छ । सो मागका सम्बन्धमा प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै यस सम्बन्धमा सरकारले तत्काल आवश्यक निर्णय गर्ने जानकारी गराएका थिए ।
त्यस अवसरमा कांग्रेस नेता सिंहले आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने उल्लेख भएकोले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको बताउँदै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने उल्लेख गरिएको थियो।
उनले मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुङ्गोमा पुग्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्र्याकमा कार्यान्वयन गर्न आवश्यक निर्णय लिनुपर्ने, बाढीपहिरोपछि त्यसको कारणबारे एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय सङ्घसंस्थाले अध्ययन गरी पेस गरेको प्रतिवेदनको निष्कर्षअनुसार आयोजना अगाडि बढाउनुपर्नेलगायत मागका बारेमा जानकारी गराएका थिए ।
अहिले खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुपर्ने, मेलम्ची बाढीपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनःनिर्माणलगायतका उचित व्यवस्था गर्नुपर्ने, मुहान क्षेत्र स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो ।
नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको खानेपानी काठमाडौंँ ल्याउने सपना कांग्रेस नेतृत्वमै साकार भएको हो । विसं २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण मेलम्चीको भविष्य अहिले अन्योलमा पर्ने होकी भन्ने काठमाडौँवासीमा चिन्ता छाएको छ । बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भए पनि काठमाडौँ ल्याउने काम भएको छ ।
काठमाडौँको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको नेता सिंहले बताए।
|
जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो कञ्चनपुर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो ।
विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार पाँच सय २५ मिटर पुग्छ । तर अहिले धावनमार्गको लम्बाइ एक हजार मिटर मात्रै छ । तर जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए ।
“सेनाले भोगचलन गरिरहेको जग्गामा काम गर्न खोज्दा कामदार नियन्त्रणमा लिएपछि निमार्णकार्य प्रभावित भएको हो”, उनले भने । उनले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको जानकारी दिए ।
जग्गा प्राप्तिकालागि तीन वटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्नेमा ढिलाइ भइरहेको उनको भनाइ छ । “पछिल्लो समय दसैँ, तिहार जस्ता पर्व र निर्वाचनका कारणले काम हुन सकेन, अहिले पनि जग्गाको स्वामित्वको काम प्रक्रियामै छ”, उनले भने । उनले यसका लागि मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताए ।
यसअघि सेनाका मातहतमा रहेको जग्गा विमानस्थललाई दिने सहमति भएको थियो । उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ ।
कञ्चनपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश लेखकले विमानस्थल निमार्णको काम अघि बढाउन पहल भइरहेको बताए ।
“जग्गा प्राप्तिका विषयमा केही अलमल भएको हो त्यो विषय छिट्टै टुङ्ग्याएर काम अघि बढ्छ”, उनले भने “त्यसका लागि म आफै पनि मन्त्रालयमा पुगेको छु प्रक्रियागत कुराले ढिलाइ भएको हो ।”
विमानस्थल पुनर्निर्माण संघर्ष समितिका व्यवस्थापन संयोजक करन पालले विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । “यहाँ विमानस्थलको आवश्यकता छ यसले यहाँको पर्यटन विकासमा सहयोग पुग्दछ”, उनले भने, “हामीले पटक(पटक सरकारसँग विमानस्थल सञ्चालनका लागि दबाब दिइरहेका छौ ।” उनले निर्वाचनको बेला उम्मेदवारहरुले विमानस्थल सञ्चालनको आश्वासन दिएको बताए ।
भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्ययन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम–केएस–उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको छ ।
पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि ०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संकटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।
|
रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु रुपन्देही। रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका(२ हिरापुरमा सोमबार बुटवल(१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा १ ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
|
महिला स्वस्थ्य स्वयंसेवकको अनुभव: ‘समाजको शत्रुदेखि चिकित्सकसम्म’ कैलाली। कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वस्थ्य स्वयंसेवकका रूपमा काम गरिन । तत्कालीन समयमा स्वस्थ्यको सहज पहुँच थिएन । नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो । स्वयंसेवकलाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनको छ ।
“बत्तीस वर्ष मेरो समुदायका नागरिक विशेषगरी महिलासँग बित्यो । कतिले गाली गरे । कतिपयले घर भाँड्न आएकी भनेर आरोप लगाए”, उनले भनिन् “कहिले घाम कहिले पानी गर्दै तीन दशक बितेको थाहै भएन । यो तीन दशकमा कति राम्रा कति नराम्रा काम भए होलान् । म मैले गरेको कर्मबाट निकै सन्तुष्ट छु ।”
चन्द्रावती शर्माले पनि २७ वर्ष महिला स्वस्थ्य स्वयंसेवकका रूपमा काम गरिन्। विसं २०५२ देखि महिला स्वस्थ्य स्वयंसेवकका रूपमा समुदायका प्रत्येक घर–घरमा पुगेकी उनी कुष्ठरोग निवारणका लागि समुदायमा सञ्चालन भएको अभियानका क्रममा समुदायबाट लखेटिएको तितो अनुभव सुनाउँछिन्।
हुन त त्यसबेला अभियान सञ्चालन हुँदा कुष्ठरोगको नामबाट अभियान सञ्चालन गरिएको थिएन । सुदूरपश्चिममा तत्कालीन समयमा कुष्ठरोगलाई गलत तरिकाले व्याख्या गर्ने गरिन्थ्यो । “कुष्ठरोग निवारणका लागि अभियान चलाउँदा स्थानीयले हामीलाई लखेटेको मलाई अहिलेजस्तै लाग्छ”, उनले भनिन्, “कैयौँ त्यस्ता दिन थिए जहाँ समाजले हाम्रोबारेमा राम्रोभन्दा नराम्रो व्याख्या गर्ने गरेका थिए ।”
आज आफूले गएको कामबाट उनी गर्व गर्दछिन् । आज सानो समस्या पर्दा पनि उनलाई खोज्दै आउने धेरै छन् । “कुनै महिलालाई समस्या हुँदा कैयौँपटक सल्लाह लिन आउनुहुन्छ । स्वस्थ्यका गतिविधि सञ्चालन हुँदा समुदायका नागरिकलाई सूचना पु¥याउने माध्यम महिला स्वस्थ्य स्वयंसेवक हुनुभएको छ”, उनले भनिन्, “हिजो यो कार्यमा लागेको सम्झिँदामात्रै पनि निकै पीडा हुन्थ्यो, आज गर्व लाग्छ ।”
नगरपालिकाको वडा नं ६ की सरस्वती चौधरी दुई दशकदेखि महिला स्वस्थ्य स्वयंसेवकको भूमिकामा छिन् । गाउँमा कोही बिरामी हुँदा उपचारका लागि स्थानीय घरमा पुग्ने गरेको अनुभव उनीसँग छ । “सामान्य रुघाखोकी, झाडापखालाजस्ता समस्या हुँदा पहिला–पहिला स्थानीय मसँग उपचार र औषधिका लागि आउनुहुन्थ्यो । उहाँहरूलाई उपचारको पहुँचमा लिएर समस्या समाधान गरिन्थ्यो”, उनले भनिन्, “अझै पनि हामीले आफ्नो जिम्मेवारी बिर्सेका छैनौँ । गर्भवती महिला, बालबालिकाको भरणपोषण, खोपलगायतका महत्वपूर्ण कुरामा हामीले निगरानी गर्दै आएका छौँ ।”
महिला स्वास्थ्य स्वयंसेवक बबी रावललाई पुरानो अनुभव छैन । विसं २०७४ देखि महिला स्वस्थ्य स्वयंसेवकका रूपमा काम गर्दै आएकी रावलले पुराना महिला स्वस्थ्य स्वयंसेवकको जस्तो अनुभव लिन पाइनन् । त्यो बेलासम्म नागरिक सचेत भइसकेका थिए । बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मानसिकताको विकास भइसकेको थियो ।
“स्वस्थ्य संस्थाबाट प्रवाह हुने सूचनाका बारेमा बुझ्न महिला घरमै पुग्ने गर्नुहुन्छ । त्यस्तो कुनै सूचना प्रवाह गर्नुपर्ने भए हाम्रो सक्रियता बढ्छ”, उनले भनिन्, “समुदायमा स्वयंसेवकको भूमिका अझै महत्वपूर्ण छ तर जुन भूमिका हिजो थियो त्यति गाह्रो भने छैन ।”
अहिले पहिलेको जस्तो अवस्था भने छैन । स्थानीय सरकारले पनि महिला स्वस्थ्य स्वयंसेवकलाई सहयोग गर्दै पनि आइरहेको छ । टीकापुर नगरपालिकाले ६० वर्ष पूरा भएका महिला स्वस्थ्य स्वयंसेवकलाई सम्मानसहित बिदाइ गरेको छ । यस वर्ष पनि दिव्यश्वरी र चन्द्रावती दुवैलाई जनही रु ८० हजार नगदसहित सम्मानपत्रसहित बिदाइ गरेको छ ।
नगरपालिकाले ६० वर्ष पुगेका महिला स्वस्थ्य स्वयंसेवकलाई रु ८० हजार नगद र सम्मानसहित बिदाइ गर्ने गरी कार्यविधि नै बनाएको नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारूले बताए।
उनले स्वस्थ्य क्षेत्रको सफलतामा महिला स्वस्थ्य स्वयंसेवकको भूमिका महत्वपूर्ण रहेको बताए । “समाजको निर्णायक भूमिकामा महिला स्वस्थ्य स्वयंसेवक छन् । उहाँहरूको कामको जति प्रशंसा गरे पनि कम हुन्छ”, उनले भने, “कुनै सेवा सुविधाबिना पनि समाजका लागि गरेको योगदानलाई स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेको र आगामी दिनमा त्यसलाई अझै बढाएर लैजाने छ ।”
नगरपालिकाले यसभन्दा पहिला नगरपालिकाभित्रका एक सय २० महिला स्वस्थ्य स्वयंसेवकलाई मोबाइल सहयोग गरेको थियो भने अहिले महिनामा एक सयको रिचार्ज कार्ड र मासिक रु पाँच सय उपलब्ध गराउँदै आएको छ । साथै सङ्घीय सरकारले रु एक हजार उपलब्ध गराउँदै आएको छ । उनीहरूले वार्षिक रु १० हजार पोशाक भत्ता पाउने गरेको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए।
|
भरतपुर महानगरपालिकाभित्रका पाँच सहकारीमा तरलताको समस्या चितवन। भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ। आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो। भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो।
महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ। सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उनले जानकारी दिए। यस्तै प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको साहारा चितवन बचत तथा ऋण सहकारी र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेको शुक्रपथ बचत तथा ऋण सहकारीमा पनि समस्यामा परेको जनाइएको छ।
महानगरको क्षेत्राधिकारभित्र रहेका सहकारी सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाइएको छ। भरतपुर महानगरपालिका–३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाइएपछि छानबिन सुरु गरेको शाखा प्रमुख पौडेलले बताए। भरतपुर –३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताको बचत असुलीका लागि आवश्यक सहजीकरण भइरहेको बताए।
उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाइएको छ। यस सहकारीमा तीन हजार पाँच सय शेयर सदस्य रहेको र रु ७० करोडको कारोबार भएको उनले जनाकारी दिए। यस सहकारीले तीन स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोबार गर्दै आएको थियो।
यस्तै चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थामा दुई हजार दुई सय शेयर सदस्य रहेका छन्। आर्थिक तरलता देखिएपछि सहकारीले रु एक लाखभन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताए । यस सहकारीमा वार्षिक रु २० करोड हाराहारीको कारोबार हुने गरेको शाखाले जनाएको छ।
समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा वार्षिक रु ३५ करोड हाराहारीको कारोबार हुने गरेको थियो । पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर –१ मा रहेको छ । यसले दुई सेवा केन्द्रको अनुमति लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको पौडेलले बताए। सहकारीले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको छ भने ठूला बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन।
प्रदेश र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेका दुई सहकारीको विवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति बचतकर्ता प्रभावित भए भन्ने विषयमा जानकारी नभएको उनले बताए।
तरलताको अभावका कारण बचतकर्तालाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका सहकारीले साधारणसभामार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन्। महानगरमा हाल तीन सय ५४ सहकारी संस्था सञ्चालनमा छन्। तीमध्ये ४८ सहकारी संस्था निस्क्रिय रहेको उनले बताए।
|
डिसी नेपालमा प्रकाशित समाचारप्रति श्रममन्त्रीको सचिवालयको ध्यानाकर्षण काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर एमालेमा जाने तयारी शिर्षकको समाचार उनको सचिवालयले खण्डन गरेको छ।
श्रममन्त्री कुँवरको सचिवालयले सोमबार बेलुका एक विज्ञप्ति जारी गर्दै डिसी नेपालमा प्रकाशित समाचार निराधार भएको भन्दै उक्त समाचारको खण्डन गरेको हो।
डिसी नेपालमा सोमबार श्रममन्त्री तथा नेकपा(एस)बाट चुनाव जितेका सांसद शेरबहादुर कुँवर एमालेमा जाने तयारी शिर्षकमा समाचार प्रकाशित भएको थियो । प्रकाशित सोही समाचार मन्त्रीको सचिवालयले खण्डन गरेको हो ।
समाचारको खण्डन गर्दै प्रमुख स्वकिय सचिव विनोद धामीले एकीकृत समाजवादीको नीति सिद्धान्त अनुरुप अघि बढेको जानकारी गराउँदै मन्त्री कुँवरलाई एमालेमा फर्कने कुनै रहर र तयारी नभएको समेत विज्ञप्तिमार्फत बताएका छन् ।
|
बुटवल उपमहानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट बुटवल । बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो ।
जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए
बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिश भएअनुसार वडा नं १ देखि १३ र वडा नं १९ का जग्गाहरुलाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको छ ।
कृषि क्षेत्र कायम राख्न इच्छुक स्थानीयलाई पुनर्विचारका लागि निवेदन पेश गर्न आह्वान गर्दा कुनै पनि निवेदन नपरेपछि वडा नं १९ लाई पनि गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको उनले बताए ।
यस्तै वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्र कायम राख्न दिएको निवेदनअनुसार कृषि क्षेत्र कायम राख्ने निर्णय कार्यपालिकाले गरेको छ ।
यस्तै गरी, वडा नं १४, १६ र १८ का ९५ वटा सडकहरुका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गाहरु गैरकृषि क्षेत्र कायम भएका छन् ।
“जग्गा वर्गीकरणका लागि वडामार्फत सूचना गर्दा कृषि क्षेत्र कायम राख्नका लागि भन्दा गैरकृषि क्षेत्र कायम राख्न बढी निवेदन आएका छन्”, भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले भने, “वडा नं. १४ देखि १७ सम्मका ५४ जनाले मात्रै आफ्ना जग्गा कृषि क्षेत्र कायम राख्न निवेदन दिनुभएको थियो, सोही अनुसार हामीले भूउपयोग परिषदमार्फत निर्णय गरेर कार्यपालिकामा सिफारिश गरिएको थियो ।”
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार भू–उपयोग परिषद्को जग्गाको वर्गीकरण कार्य अघि बढाउने निर्णय गरेको थियो । २०७९ साउन १८ मा सरोकारवाला र नगरबासीको राय, प्रतिक्रिया र सुझाव लिन सार्वजनिक सूचना प्रकाशन गरी जिल्लास्थित नापी र मालपोत कार्यालयलाई प्रतिवेदनमाथि राय, प्रतिक्रिया लिएर भूउपयोग परिषदबाट निर्णय गरी कार्यपालिकामार्फत निर्णय गरिएको पन्थीले बताए ।
हाल स्वीकृत प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र संघीय भू–उपयोग परिषद् पठाइने उनले बताए । स्थानीय तहले भू–उपयोग परिषद् खडा गरी त्यसकै निर्णयका आधारमा जग्गाको विशेषताअनुसार १० वर्गमा बाँड्न सकिने भूउपयोग नियमावली २०७९ मा उल्लेख छ ।
जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट खोल्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनपछि उपमहानगरले उक्त प्रक्रिया अघि बढाएको थियो ।
सरकारले गत जेठमा जारी गरेको भूउपयोग नियमावलीमा वर्गीकरणपछि मात्रै जग्गा कित्ताकाट गर्न सकिने व्यवस्था छ ।
|
प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ ।
आम निर्वाचन २०७९ मा १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६५ जना विजयी भएका छन् । जसमा राजनीतिक दलबाट झण्डै ५ प्रतिशत अर्थात् ९ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । झण्डै ९५ अर्थात् प्रतिशत १५६ जना पुरुष उम्मेदवारले चुनाव जितेका छन् ।
महिलाको उम्मेदवारी दिने क्रममै कमजोर स्थिति रहेकोमा निर्वाचित संख्या न्यून बनेको हो । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ५७ सिट जित्दा प्रत्यक्षमा एक जना मात्र महिला निर्वाचित भएकी छन् । युवा नेतृ सीता गुरुङले तेह्रथुमबाट जित हासिल गरेकी हुन् । यस्तै ४४ सिटसहित दोस्रो दल बनेको नेकपा एमालेबाट ४ जना मात्र महिला उम्मेदवार विजयी भएका छन् ।
एमालेबाट चुनाव जित्नेहरुमा विद्या भट्टराई, ज्वालाकुमारी साह, जुली कुमारी महतो, भगवती चौधरी निर्वाचित भएका छन् । १८ सिट जितेको नेकपा माओवादी केन्द्रबाट एक जना मात्र महिला उम्मेदवार विजयी भएका छन् । माओवादीबाट रेखा शर्मा निर्वाचित भएकी छन् । सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना महिला उम्मेदवार निर्वाचित भएका छन् ।
कूल सात सिट जितेको रास्वपाबाट सोविता गौतम र तोसिमा कार्कीले प्रत्यक्षमा चुनाव जितेका हुन् । यस्तै ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले चुनाव जितेकी छन् ।
प्रत्यक्षमा कम महिला उम्मेदवार विजयी भए पनि संविधानतः हरेक दलबाट संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य छ । त्यसकारण समानुपातिकमा दलहरूले महिलाको प्रतिशत पु¥याउन सिफारिस गर्नेछन् ।
|
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज आयोगमा उजुर दर्ता गराएका हुन् ।
लामिछानेसँग नेपाली नागरिकता नै नभएको भन्दै उनले पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्काल खारेज गर्न भनेका छन् । दल दर्ता गर्न पाउने अधिकार नेपाली नागरिकसंग मात्र भएको स्मरण गराउँदै उनले आयोगबाट भएको त्रुटिले स्तब्ध बनाएको बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन पाउने अधिकार नेपाली नागरिकसंग मात्रै हुने कानुनी व्यवस्थाविपरीत नेपाली नागरिक नै नभएको रवि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगबाट हुन गएको त्रुटिबाट म स्तब्ध छु’,पत्रमा भनिएको छ ।
मतदान गर्ने,उम्मेदवार बन्ने र राजनीतिक दल खोल्ने अधिकार नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन,प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा प्रदेश सभा सदस्य निर्वाचन ऐनअन्तर्गत नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको उनको भनाइ छ ।
|
समानुपातिकतर्फको मतगणना मङ्गलबार सकिने काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेको जनाइएको थियो ।
|
अखिलले भन्यो– सीमा मिच्दा समेत नबोल्ने सरकारको भत्सर्ना गर्छाै काठमाडौं । भारतले महाकाली नदीको वहाव नै नेपालतर्फ धकेल्ने गरी सीमा क्षेत्रमा बनाएको पक्की संरचनाको विरोध गर्दै नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।
दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारमा रहेको महाकाली नदीको पुल मुनि भारतले एकतर्फी संरचना बनाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध प्रर्दशनमा भारतीय नगरिकहरूले ढुंगा मुढा गर्दा विद्यालयमा अध्ययनरत चार जना विद्यार्थी समेत घाइते भएका थिए ।
भारतले कहिले तुइन काटेर नेपालीको हत्या गर्ने त कहिले ढुंगाले हानेर नेपालीको मृत्यु हुँदा समेत सरकार नबोलेको अनेरास्ववियुको आरोप छ । भारतको एकतर्फी मिचाहा प्रवृत्तिप्रति सरकार मौन बसेको भन्दै अनेरास्ववियुले भत्सर्ना गरेको छ ।
|
श्रममन्त्री तथा नेकपा एसबाट चुनाब जितेका सांसद शेरबहादुर कुँवर एमालेमा जाने तयारी काठमाडौं। भर्खरै सकिएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम–१ बाट नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट चुनाब जितेका सांसद तथा बहालवाला श्रममन्त्री शेरबहादुर कुँवर एमालेमा फर्किने तयारी गरेका छन् ।
स्रोतका अनुसार केही समयअघि कुँवर र भिम रावलको भेटवार्ता भएको थियो । सोही भेटमा कुँवरलाई एमालेमा फर्काउने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार आफ्नो शर्त पूरा भएमा कुँवर एमालेमा फर्कन तयार छन् ।
यो पनि –
एमालेले यस पटक अछाम १ मा रावललाई टिकट नदिएर झपट बहादुर बोहरालाई उठाएको थियो । तर, बोहरा कुँवरसँग पराजित भए ।
यो भेटमा यदि एमालेले भिम रावललाई राष्ट्रिय सभामा लैजाने भएमा कुँवर एमालेमा फर्किने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । रावल राष्ट्रिय सभामा जाने ‘कम्फर्म’ हुनासाथ कुँवर एमालेमा फर्किने स्रोतले जनाएको छ ।
|
यी हुन् प्रतिनिधसभातर्फको ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद (नामावलीसहित) काठमाडौं । आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फको कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये ५७ सिट जितेको छ ।
यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिट सहित तेस्रो र एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७–७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एक÷एक क्षेत्रमा विजयी भएका छन् । प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
नामावली
– विश्वप्रकाश शर्मा
– दीपक खड्का
– सीता गुरुङ
– डिगबहादुर लिम्बू
– सुनीलकुमार शर्मा
– डा शेखर कोइराला
– ज्ञानेन्द्रबहादुर कार्की
– रामहरि खतिवडा
– डा नारायण खड्का
– दिनेशकुमार यादव
– तेजुलाल चौधरी
– रामकृष्ण यादव
– महेन्द्रकुमार राय
– देवप्रसाद तिमलसेना
– अजयकुमार चौरसिया
– रमेश रिजाल
– पूर्णबहादुर तामाङ
– श्यामकुमार घिमिरे
– मोहन आचार्य
– रामनाथ अधिकारी
– अर्जुननरसिंह केसी
– प्रकाशमान सिंह
– सन्तोष चालिसे
– गगनकुमार थापा
– प्रदीप पौडेल
– राजेन्द्रकुमार केसी
– दुर्लभ थापा क्षेत्री
– उदयशम्शेर राणा
– मोहनबहादुर बस्नेत
– राजेन्द्र बजगाइँ
– टेकबहादुर गुरुङ
– रामचन्द्र पौडेल
– शङ्कर भण्डारी
– राजु थापा
– धनराज गुरुङ
– शशाङ्क कोइराला
– विष्णुकुमार कार्की
– योगेश गौचन थकाली
– खमबहादुर गर्बुजा
– चन्द्रकान्त भण्डारी
– सुरेन्द्रराज आचार्य
– दीपक गिरी
– किशोरसिंह राठोर
– सञ्जयकुमार गौतम
– विनोदकुमार चौधरी
– ऐनबहादुर शाही ठकुरी
– दिक्पालकुमार शाही
– पूर्णबहादुर खड्का
– हृदयराम थानी
– बद्रीप्रसाद पाण्डे
– पुष्पबहादुर शाह
– वीरबहादुर बलायर
– डिल्लीराज पन्त
– दीलेन्द्रप्रसाद बडू
– शेरबहादुर देउवा
– नारायणप्रकाश साउद
– रमेश लेखक
|
राष्ट्रिय खेलकुदमा पदक विजेता तीन सय २४ खेलाडी प्रदेश सरकारबाट नगदसहित सम्मानित पोखरा । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कूल ७२, रजत पदक विजेता ९२ र कास्य पदक विजेता एक सय ६० गरी तीन सय २४ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा समावेश ३६ खेलमध्ये गण्डकीले २८ खेलमा पदक जितेको थियो ।
गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक नवौँमा सातै प्रदेशमध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागीय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो । यसैगरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ र २८ खेल सङ्घलाई सम्मान गरिएको छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ कास्य पदक जितेको थियो ।
प्रदेश सरकारले राष्ट्रिय खेलकुदमा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद रु १८ हजार, रजतलाई रु १२ हजार र कास्य पदक विजेतालाई रु आठ हजार प्रदान गरेको छ । यसैगरी टिममा स्वर्ण पदक विजेतालाई नगद जनही रु नौ हजार, रजततर्फ रु छ हजार र कास्य पदक विजेतालाई रु चार हजारसहित सम्मान गरिएको हो ।
यसैगरी प्रशिक्षकतर्फ स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद रु १० हजार, आठ हजार र छ हजार प्रदान गरिएको थियो । टिमका व्यवस्थापकलाई जनही नगद रु आठ हजार, छ हजार र चार हजार प्रदान गरिएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिनुभयो । खेल सङ्घतर्फ स्वर्ण पदक विजेतालाई नगद रु ४० हजार, रजत पदक विजेतालाई नगद रु ३० हजार र कास्य पदक विजेता सङ्घलाई नगद रु २० हजार प्रदान गरेको छ ।
ंनवौँमा ‘रेकर्ड ब्रेक’ गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद रु १० हजारसहित सम्मान गरिएको थियो । पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल सङ्घलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, नेपाली सेनाका पश्चिम पृतनापति दीपक बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
|
नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर धनगढी । नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शिक्षक चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो ।
सो निवेदनमाथि अनुसन्धान हुँदा चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आइतबार उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाणपत्र पेश गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहरिने छ । सो आचधारमा शिक्षक चौधरी बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रबक्ता भण्डारीले बताए ।
|
निर्वाचनमा अन्तर्घात गर्नेको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन कांग्रेसको निर्देशन काठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेहरूको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन जिल्ला तथा प्रदेश अनुशासन समितिलाई निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले अन्तर्घात गरी असहयोग गर्नेविरूद्ध जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको हो ।
‘यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित १५ पुसभित्र पठाउनु होला,’ समितिका सचिव प्रेम केसीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसमा अन्तर्घातका कारण कम्तीमा १५ सिट घाटा लागेको आन्तरिक समीक्षा भएको छ ।
|
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ल्याब टेक्निसियन र शिक्षकमाथि मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादव उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो ।
उनले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लेमा इन सिभिल इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सब–इन्जिनियर पदमा डोरहाजिरीमा तथा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही निजले तलब, भत्ता र अन्य लाभसमेत लिएको अख्तियारको अनुशन्धानबाट देखिएको छ ।
यस्तै, राष्ट्रिय उच्च माध्यमिक विद्यालय कैलाली, खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीविरुद्ध पनि शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दायर गरेको छ । चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरिपाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा स्नातक तहको नक्कली ट्रान्सक्रिप्ट, प्रेभिजनल सर्टिफिकेट,क्यारेक्टर सर्टिफिकेटहरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएको जनाइएको छ ।
|
चुनावअघि माधव नेपालले भनेका थिए– समानुपातिकमा हामीले २० लाख मत ल्याउँछौं काठमाडौं । निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए । उनले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताएका थिए । तर, एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । अर्थात् तीन लाख ल्याउन पनि हम्मे हम्मे परेको छ ।
डेढ वर्षअघि मात्र एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पार्टी गठन भएको आठ महिनापछि भएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले एक महानगरपालिका, एक उपमहानगरपालिकासहित धेरै नगरपालिका र गाउँपालिका जितेको थियो । त्यसैले संसदीय निर्वाचनमा पनि आफ्नो पार्टीले उल्लेख्य मत ल्याउने नेता नेपालको अपेक्षा थियो । तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न संघर्षरत छ ।
हालसम्मको मतगणनाले एकीकृत समाजवादी पार्टी नबन्ने सम्भावना प्रबल छ । अझै स्याङ्जा २, बाजुरा र दोलखाको समानुपातिक मत गन्न बाँकी छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अझै १७ हजार मत आवश्यक पर्छ । तर, त्यति ल्याउन उसलाई महाभारत नै पर्ने देखिन्छ ।
राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएमा एकीकृत समाजवादीले संसद् सचिवालयबाट पाउने सेवासुविधा सबै गुमाउने छ । त्यति मात्र होइन, राष्ट्रिय पार्टीको हैसियतमा नभई उनी संसदमा स्वतन्त्र दलको हैसियतमा रहनेछन् । बरु एमाले अध्यक्ष केपी ओलीले चुनावी भाषण र मिडियामा दिएको अन्तर्वार्तामा दाबीका साथ माधवकुमार नेपालको पार्टी राष्ट्रिय पार्टी नबन्ने बताएका थिए । चुनावी परिणामले एकीकृत समाजवादी त्यही बाटोमा अग्रसर भएको देखिएको छ ।
|
दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित दोलखा । दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरेका छन् । प्रदेशसभामा निर्वाचित केसीले यसअघि भीमेश्वर नगरपालिकाका प्रमुख थिए ।
उनका प्रतिस्पर्धी लामा नेपाली कांग्रेस दोलखाका सभापतिले निर्वाचनको नजिता आइसकेपछि केसीलाई बधाई दिएका थिए । यसअघि २०७४ सालको चुनावमा नेकपा (माओवादी केन्द्र)का विशाल खड्कासँग लामा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।
|
अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना काठमाडौं । प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ ।
हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरुलाई सूचीकरण अद्यावधिक गर्न आउन भनेको हो ।
आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने मापदण्ड रहेको स्मरण गराउँदै काउन्सिलले सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न आग्रह गरेको हो । अन्यथा सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी छ ।
‘अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड २०७८ को बुँदा नं. १० मा ’अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा काउन्सिलमा सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले निम्नानुसारका कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गराउन यो सूचना जारी गरिएको छ । तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने बेहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ’, उपप्रशासकीय अधिकृत रामशरण बोहराले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
|
७ प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयीः मधेशमा सबैभन्दा धेरै, बागमतीमा शून्य काठमाडौं । आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् ।
यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको आयोगको अन्तिम नतिजाअनुसार एमालेले २५ सिटमा जित हात पारेको छ । कांग्रेस १७, नेकपा माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी २ क्षेत्रमा जित हासिल गरेको छ ।
मधेश प्रदेशमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ ६ जना स्वतन्त्र उम्मेदवाले चुनाव जितेका हुन् । कूल ६४ रहेको मधेशमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले १५ सिटमा जित हात पारेको छ । नेपाली कांग्रेस १३ सिटसहित दोस्रो, जनता समाजवादी ९ सिटसहित तेस्रो भएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट, जनमत पार्टीले ६, नेकपा (माओवादी केन्द्र)ले ४ सिट हात पारेका छन् भने स्वतन्त्र उम्मेदवार ६ जनाले चुनाव जितेका छन् । देशको राजधानी रहेको बागमती प्रदेशले स्वतन्त्र उम्मेदवारलाई पत्याएको देखिएन ।
यहाँ कूल ६६ सिटमध्येमा ६५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवारले खाता खोल्न सकेका छैनन् । यस प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले १४ सिटमा जित हासिल गरेको छ भने १ सिटमा अग्रता लिइरहेको छ ।
यस्तै नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो, नेकपा एमाले १३ सिटसहित तेस्रो दल बनेका छन् । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी ७, नेपाल नेकपा एकीकृत समाजवादी ५, नेपाल मजदुर किसान पार्टी १ र हाम्रो नेपाली पार्टी १ स्थानमा विजयी भएका छन् ।
यस्तै गण्डकी प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । कूल ३६ सिट रहेको यस प्रदेशमा नेपाली कांग्रेस १८ सिटसहित पहिलो दल बनेको छ । नेकपा एमाले १२ सिटसहित दोस्रो, ४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै यस प्रदेशमा नेपाल समाजवादी पार्टीले १ जित्दा एक जना स्वतन्त्र उम्मेदवारले पनि चुनाव जितेका छन् ।
यता लुम्बिनीमा पनि ३ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । कूल ५२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमालेले १८ सिट जितेको छ । नेपाली कांग्रेस १७, नेकपा माओवादी केन्द्र ५, जनता समाजवादी पार्टी २ र नागरिक उन्मुक्ति पार्टीले २ सिट जितेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ जनमत पार्टी १ तथा स्वतन्त्रमा ३ जनाले जित हासिल गरेका छन् ।
कर्णाली प्रदेशका २४ मध्ये एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली कांग्रेसले ९ सिटमा जित निकालेको छ । नमाओवादी केन्द्र ९, नेकपा एमालेले ५ र स्वतन्त्र १ एक जना विजयी भएका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशको कूल ३२ सिटमा एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ १२ सिट सहित नेपाली कांग्रेस दल बन्दा नेकपा माओवादी केन्द्र ८ सिटसहित दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ५, नेकपा एमाले ३, नेकपा एकीकृत समाजवादीले ३ सिट जित्दा स्वतन्त्रबाट १ जनाले जितेका छन् ।
|
पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा विरोध प्रदर्शन भएको छ ।
नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।
|
सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन काठमाडौँ। सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ।
सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं सदस्य रहेको समिति गठन गरेको हो।
सहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सरोकारवाला प्रतिनिधिसँगको छलफलपछि समिति गठन गरेका हुन्।
|
बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ३८ सय ८८ मतको अग्रता काठमाडौ । सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका कांग्रेसका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १७ हजार ४० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार १ सय ५२ मत पाएका छन् । उनीहरूको मतान्तर ३ हजार ८ सय ८८ पुगेको छ ।
४ मंसिरको निर्वाचनमा विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुनः मतदान भएको हो ।
|
दोलखा निर्वाचन अपडेटः सत्ता गठबन्धनको अग्रता कायमै दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।
हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले नौ हजार चार सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखाको प्रदेशसभा (१) मा १९ हजार तीन सय ६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले नौ हजार तीन सय ६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले सात हजार नौ सय एक मत ल्याएका छन् ।
प्रदेशसभा (२) मा २४ हजार चार सय १० मतगणना हुँदा कांग्रेसका वर्मा लामाले १० हजार चार सय ७२ र एमालेका भरत केसीले नौ हजार आठ सय तीन मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
|
सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरताः शशाङ्क कोइराला नवलपरासि । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधिभिा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक बन्ने बताए ।
“केन्द्र सरकार मात्र होइन गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ”, नेता कोइरालाले भने, “स्थायी सरकारले मात्र मुलुकलाई निकास दिने भएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ ।” उनले पाँच वर्षसम्म गठबन्धनको सरकार रहे मात्र देश समृद्धिमा जान सहज हुने बताए ।
“महिलालाई ३३ प्रतिशत भनिएको भए पनि राजनीतिमा भने लागू नभएकाले त्यसर्फ ध्यान दिनुपर्ने देखियो”, उनले भने, “महिलालाई कुनै कोटाबाट नभइ स्वतस्फूर्त रुपमा अगाडि बढाउन सक्दो प्रयास गर्नेछु ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबी गरे । उनले गण्डकी प्रदेशमा गण्ठबन्धनको बहुमत रहने हँुदा यही गठबन्धन कायम रहने बताए ।
|
देशलाई सही दिशामा अघि बढाउन युवा पुस्तालाई नेतृत्व दिनुपर्छः डा.चन्द्र भण्डारी गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा आएको बताए ।
उनले निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झँन आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफूले केही नबोलेको बताए ।
वर्तमान समयमा दलहरूले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्न भिन्न आकलन र अडकलबाजी चलिरहेको भन्दै उनले नेपाली कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने बताइन् । पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढने उनको भनाइ थियो ।
नेता भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ति मन्त्री बन्ने सोच बनाउनुपर्ने बताइन् । उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताए ।
|
धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप धनगढी । कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।
बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।
|
कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग धनगढी । ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई निशर्त रिहाइ गर्न विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको तत्काल रिहा गर्न माग गरेका हुन् ।
‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनका प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको निन्दा र भर्त्सना गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारी गरिएका साथीहरुलाई निःशर्त रिहा गर्न माग गर्दछौँ । साथै ग्रेडर चालकलाई कडा कारवाही गरी मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।’
विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेविसंघ निवर्तमान सहमहामन्त्री अच्युत कलौनी, एमाले निकट अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष दिपककुमार डिसी, विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंह लगायतले हस्ताक्षर गरेका छन् ।
|
बाजुरा प्रदेश ‘ख’ मा कांग्रेसका उम्मेदवारले लिए अग्रता बाजुरा । बाजुरा प्रदेश ‘ख’ मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् ।
उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ ।
|
बालेनलाई भीम रावलको प्रश्न– अमेरिकी राजदूतलाई भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिनुभयो ? काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेका छन् ।
मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा उपाध्यक्ष रावलले चासो व्यक्त गरेका हुन् । उनले यसबारे स्पस्ट पार्नसमेत भनेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावलले लेखेका छन्, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं।’
|
अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधन कारवाहीमा काठमाडौं । ट्राफिक प्रहरीले अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधनमाथि कारवाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्ने ३८ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
अत्यधिक धूँवा फाल्ने १३ र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवासमेत फाल्ने २५ गरी ३८ वटा सवारीसाधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग सिंहदरवार तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटेको टोलीले शुक्रबार बिहान बबरमहलमा ५४ वटा सवारीसाधनलाई चेक गर्दा ३८ वटा कारवाहीमा परेका हुन् ।
सवारीसाधन मर्मतपश्चात तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने प्रहरीले जनाएको छ ।
|
गुणस्तरहीन काम गर्ने गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इञ्जिनीयर अजय यादव र लेखापाल शिवशङ्करप्रसाद कुसवाहविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।
सोही गाउँपालिका–४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्य विजयकुमार चौधरी र विनोद साह, इञ्जिनीयर अजय यादव र सवइञ्जिनीयर जीतेन्द्र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारवाहीको माग गरिएको छ ।
आयोगले उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफानविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
|
तीन महिनाभित्र नागरिकताका बिषयमा निर्णय नगरे एमालेले आन्दोलन गर्ने काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र नागरिकताका बिषयमा आवश्यक निर्णय नगरिए एमालेले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले जनसिद्ध नागरिकताका बिषयमा आवश्यक कानून नवन्दा लाखौ नागरिकहरु नागरिकताबिहीन हुनु परेको भन्दै अब बन्ने सरकारले तीन महिनाभित्र नागरिकताको समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनले यसअघिको एमाले सरकारले नागरिकताको बिषयलाई समाधान गर्ने प्रयास गरेपनि अहिलेको गठबन्धन दलहरुले नै रोक्ने काम गरेको जिकिर गरे । त्यस्तै महासेठले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई देखेर मधेसी जनताले एमालेलाई मधेसमा पहिलो पार्टी बनाएको दावी गरेका छन् । उनले यसअघि एमाले सरकारले गरेका १४ सय भन्दा बढि बिकासका योजनाहरुलाई गठबन्धन सरकारले रोकेको आरोप लगाएका छन् ।
हेर्नुहोस् भिडियो:
|
वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यसअघि २०७८ साल मङ्सिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो ।
चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वाञ्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जण्डिसको मात्रा ९बिलरुविन० नौ रहेकामा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् ।
काठमाडौँमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहनुभएका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन्। चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् । पछिल्लो समय उनी काठमाडौँमा बसी आराम गरिरहेका थिए ।
|
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ: रेखा शर्मा काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छन् । उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गरेकी छन् ।
बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वभाविक मान्न नहुने बताइन् । उनले प्रधानमन्त्रीको विषय बाहिर चर्चा गर्नुभन्दा पार्टीभित्र र गठबन्धन दलभित्र छलफल गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छन्। उनले भनिन्, “अहिले ठूलो दलको हैसियतमा कांग्रेसले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन, तर बाहिरभन्दा पार्टी र गठबन्धनभित्रबाट आउनुपर्ने पर्छ ।” उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीमा दाबी रहने संकेत समेत गरेकी छन् ।
पूर्वमन्त्रीसमेत रहेकी उनले राजनीतिक दलहरूले युवालाई पनि सम्मानजनकरूपमा अगाडि बढाउनुपर्ने सुझाव दिँदै युवाको जबर्जस्ती हस्तक्षेपभन्दा पनि नयाँ दृष्टिकोण र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने उनको भनाइ थियो ।
|
जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताएका हुन्। उनले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताए ।
“अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु, आगामी पाँच वर्षमा जनताको आधारभूत विकास शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता योजना हदैसम्म सफल बनाइने छ”, मन्त्री पौडेलले भने, “पाँच वर्षमा बागलुङको पश्चिम क्षेत्रमा धेरै विकासका ढोका खोलिनेछन् ।”
उनले अबको केन्द्रीय र प्रदेश सरकारसमेत अहिलेको गठबन्धबाटै बन्ने जिकिर गरे । चुनावपछि जनताको साझा प्रतिनिधि भएको उल्लेख गर्दै मन्त्री पौडेलले पूर्वाधार विकासमा समान वितरण प्रणली लागू गरिने जानकारी दिए ।
उनले ढोरपाटन–साल्झण्डी सडक निर्माणलाई तीव्रता दिने, केन्द्रीय प्रसारण लाइनलाई विस्तार गरिने, आफ्नो क्षेत्रका ठूला सडकमा पक्की पुल निर्माण गर्ने र ढोरपाटनको आलुलाई प्रवद्र्धन गर्ने बताए।
|
काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी {भिडियोसहित} काठमाडौं। राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको छ । भन्सार छलि गरि ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र बिभागको टोलीले छापा मारि तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको हो ।
नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा शिलवन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । उनले शुक्रबारदेखि बिभागले शिलवन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए ।
गोदाममा भन्सार छलि गरि ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको उनले बताए । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।
हेर्नुहोस् भिडियो:
|
फस्ट माइक्रोफाइनान्सले गर्यो २० प्रतिशत लाभांश घोषणा काठमाडौँ। फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो।
गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश वितरण गर्न लागेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।
हाल लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार चार सय रुपैयाँ छ। जसअनुसार संस्थाले १८ करोड ३२ लाख ५३ हजार पाँच सय ५६ रुपैयाँ बराबर बोनस सेयर बाँड्ने छ। ९६ लाख ४४ हजार ९ सय २४ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको छ।
|
एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
पक्राउ तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा सङ्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
तामाङ यसअघि विसं २०६९ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा रु २५ लाख धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु १८ लाख धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु तीन लाख धरौटीमा छुटेका व्यक्ति हुन् ।
प्रहरीले पक्राउ तामाङसँग एक हजार दरको नोट चार सय नौ थान, पाँच सय दरको नोट ८० थान, एक सय दरको नोट एक सय ७५ थान, ५० दरको नोट एक सय ७५ थान, २० दरको नोट तीन सय ५० थान, १० दरको नोट चास सय ४० थान र पाँच दरको नोट एक सय ८० थान बरामद गरेको छ । पक्राउ तामाङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताएका छन् ।
|
पक्की पुल निर्माणको काममा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम चितवन। भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो ।
पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो । अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र भएको छ ।
निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर विकेश लागेले बताए। उनले पुल निर्माणका लागि चारपटकसम्म म्याद थप गरिसकिएको जानकारी दिए। पुल निर्माणको जिम्मा हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको हो । पछिल्लोपटक थपिएको अन्तिम म्याद २०८० असार मसान्तसम्म छ । पछिल्लो सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखिने इञ्जीनियर लागेले बताए।
उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७।५ मिटर गाडी हिँड्ने भाग रहनेछ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म आइपुग्न सक्दैनन् । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ ।
एक सय पाँच मिटरको आर्क डिजाइनको उक्त पुल भ्याटसहित रु नौ करोडको लागतमा निर्माण गर्न लागिएको हो । पुल निर्माणपश्चात नारायणगढबाट दमौली जान हाल सञ्चालन भइरहेको नारायणगढ–मुग्लिङ सडकको भन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।
|
झापामा दुर्घटनामा परि दुईजनाको मृत्यु झापा। झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो । मृतक राईको ठेगाना भने खुलेको छैन । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट बालिकाको मृत्यु:
यसैगरी बिहीबार टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ स्थित मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
भद्रपुर–७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नंको टिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्री ऋषिदेवलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
|
आलु उत्पादन गरेर जीविकोपार्जन गर्दै सिन्धुपाल्चोकका किसान सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम बनेको छ । अन्य खेतीको तुलनामा आलुबाट बढी फाइदा हुने भएपछि किसान आलुखेतीमा आकर्षित भएका हुन् ।
जिल्लाको मध्यभागमा पर्ने ब्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलुखेतीले हरियाली भएका छन् । आलु लगाएर यस क्षेत्रका किसानले वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानीय रवीन्द्र खड्का बताउँछन् ।
कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद र वर्षात् दुवै याममा पानी लाग्ने नौबिसेफाँटमा धानखेती गर्दा मुस्किलले चार–पाँच बोरा उत्पादन हुने गर्दथ्यो । त्यही खेतमा आलु लगाउँदा रु ९० हजारसम्मको आम्दानी गर्दै आएको बताउछन् ।
आलुखेतीबाट पर्याप्त आम्दानी भएपछि बतासे रानीटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आइरहेको र यसपाला करिब रु १५ हजार खर्च गरेर आलुखेती गरेको बताए। यसबाट कम्तीमा रु ६०–७० हजार आम्दानी हुने उनको आश छ । ब्रम्हायणी नदी आसपासका फाँटमा सिँचाइ सुविधा प्रशस्त भएकाले पनि किसानलाई आलुखेती लगाउन निकै सुविधा भएको फुल्पिङकोटका प्रेमबहादुर भण्डारीको भनाइ छ ।
उता इन्द्रावती नदी दायाँ–बायाँका खेत पनि आलुखेतीले हरियाली भएका छन् । आलुखेतीबाट मनग्य आम्दानी भएपछि किसान आलुखेती लगाउन हौसिएका छन् । विगतमा गहुँखेती लगाएर जीविकोपार्जन गर्दै आएका किसान आलुखेतीमा समर्पित भएपछि यस क्षेत्रका बासिन्दाको आम्दानीमा सुधार भएको इन्द्रावती गाउँपालिका–१२ भीमटारका वडाध्यक्ष सुरेन्द्र दनुवार बताउछन् । आलुखेती लगाएरै इन्द्रावती नदी आसपासका बासिन्दाले वार्षिक करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएको दनुवारले बताए।
आलु र तरकारी खेतीमा किसान लागेकाले यसलाई व्यवस्थित पार्न सिपाघाटमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको सिपापोखरेका सीताराम श्रेष्ठले जानकारी दिए। जिल्लाको उच्च पहाडी भू–भागमा उत्पादन हुने आलु पूर्णरूपमा अग्र्यानिक हुने भएकाले पछिल्लो समय यहाँ उत्पादन हुने आलुले राजधानीमा समेत राम्रो बजार लिएको मुडे आलु विकास केन्द्रले जनाएको छ ।
|
बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेको सुरुवाती अग्रता बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता लिएका छन् ।
बिहीबार बेलुकादेखि सुरु भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत ल्याएका छन् । उनलाई नेकपा एमालेका कर्ण थापाले १ सय ७ मतका साथ पछ्याइरहेका छन् ।
|
बालेन र नेपालका लागि अमेरिकाका राजदूत थम्पसनबीच भेटवार्ता काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन् ।
भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आएका थिए । भेटका क्रममा प्रमुख शाहले, काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए ।
सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो । त्यस क्रममा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखेका थिए । त्यस क्रममा आपसी सिकाई तथा हित प्रवर्धनका विषयमा कुराकानी भएको थियो ।
त्यस क्रममा सम्पदा संरक्षण तथा प्रवर्धन, सहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो ।
अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।
|
राखेपका पूर्व सदस्य सचिव सिंहको निधन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ ।
गए राति एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उपचारका लागि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा बिहीबार दिउँसो १२ः३० बजे निधन भएको बताइएको छ । सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ ।
सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव भएका थिए । ब्याडमिन्टनका पूर्व खेलाडी समेत रहेका सिंह ६ पटक राष्ट्रिय च्याम्पियन भएका थिए । सिंह नेपाल ब्याडमिन्टन संघको अध्यक्षसमेत भएका थिए ।
स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र भोलि (शुक्रबार) उनकी छोरी लन्डनबाट स्वदेश फर्किएपछि टाँहाचल स्थित घरमा लगेपछि शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय सिंहको श्रीमती र एक छोरी छन् ।
|
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू काठमाडौं । दिगो पर्वतीय पर्यटनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा उक्त सम्मेलन सुरु भएको हो ।
सम्मेलनको संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको पर्वतीय पर्यटनमा आवश्यक पर्ने नीतिगत परिवर्तनका लागि यो सम्मेलन कोसेढुंगा बन्ने बताए ।
उक्त सम्मेलनमा झण्डै एक सय पर्यटन सम्बद्ध व्यक्ति तथा वैज्ञानिकलगायतको सहभागिता रहने बताइएको छ ।
सम्मेलनमा दिगो पर्वतीय क्षेत्रमा भएका अनुसन्धान तथा विश्व जलवायु परिवर्तनको समयमा पर्वतीय पर्यटन क्षेत्रका समस्या समाधान बारेमा छलफल हुने पनि जनाइएको छ ।
|
बालेनविरुद्धको नाराबाजीप्रति मधेसी आयोगको चासो, कारबाही गर्न गृहमा पत्राचार काठमाडौं । मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा बागमती किनारका सुकुम्बासी हटाउन काठमाडौं महानगरले गरेको प्रयासको विरोध गर्दै सामाजिक सञ्जालमा राखिएका भिडियोमा मधेसी समुदायमाथि धोती, मधेसी, भिखारी जस्ता अपमानजनक गालीगलौज गरिएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई सिफारिस गरेको उल्लेख छ ।
यस्ता कार्यले सामाजिक सदभावमा असर पुग्ने, राष्ट्रिय एकता खलल पर्ने भन्दै आयोगले पाँच पृष्ठको पत्र गृह मन्त्रालय र नेपाल प्रहरीलाई बुझाएको आयोगकी उपसचिव सविता डंगोलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
|
स्याङ्जा २ मा १६९२ मतसहित गुरुङको अग्रता, पछ्याउँदै अर्याल काठमाडौैं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् ।
एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत प्राप्त गरेका छन् ।
४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन । बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएको हो । स्याङ्जा २ मा ७० हजार मत खसेको छ ।
|
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथितिः ११ महिनामा १२ सय जनाको बिमा कार्ड हरायो जुम्ला । चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार महिनाअघि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा स्वास्थ्य उपचारका लागि गएकी थिइन् । मधुमेहकी रोगी कार्कीले स्वास्थ्य बिमा गरेको आधारमा उपचारका लागि प्रतिष्ठान गएकी हुन् ।
प्रतिष्ठानमा टिकट काट्ने एक कर्मचारीले बिमा कार्ड राखेर रातो पुर्जी दिएर भित्र पठायो । उपचार गरेर फर्किदा कार्ड लिन उनले भुलिन् । पछि खोज्दा प्रष्ठिानले कार्ड हरायो भनेर फर्काइ दियो ।
तातोपानी–२ की रामदेवी बुढाले पनि नयाँ कार्ड बनाइदिन भन्दै स्वास्थ्य बिमा बोर्डमा निवेदन दिएकी छिन् । उनको कार्ड पनि प्रष्ठिानले नै हराइदिएको हो ।
कार्की र बुढा त प्रतिनिधि पात्र मात्रै हुन् । जुम्लामा पछिल्लो ११ महिनामा एक हजार दुई सय ५० जनाले हराएको भन्दै नयाँ कार्ड बनाएका छन् । यसमध्ये अधिकांश उपचारका क्रममा हराएको बताउने गरेका छन् ।
सरकारले विपन्न नागरिकको उपचारमा सहज होस भनेर स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो । तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाहीका कारण उपचार गरेनै पिच्छे जुम्लाबासीले नयाँ कार्ड बनाउनु पर्ने अवस्था छ । स्वाथ्य बिमा बोर्ड जुम्लाका अनुसार जुम्लामा ६२ हजार नागरिककले स्वाथ्य बिमा गरेका छन ।
कार्कीका अनुसार प्रतिष्ठानका कर्मचारीले सुरुमै कार्ड मागेर आफैसँग राख्छन् र रातो पुर्जी दिन्छन् । उक्त पुर्जीले उपचार भए पनि कार्ड भने तीन बजेपछि मात्रै दिने गर्छन । टाढा घर हुने सर्वसाधारण उक्त कार्ड अर्को दिन लिने भन्दै जाने गर्छन र पछि आउँदा हराएको जवाफ पाउँछन् ।
स्वाथ्य बिमा बोर्ड जुम्लाका संयोजक कमल रावतका अनुसार ११ महिनामा नयाँ कार्ड बनाएर ६२ हजार रुपैयाँ संकलन भएको छ । कार्ड बनाउन आउने अधिकांशले उपचारको क्रममा हराएको जवाफ दिने गरेका छन् । हराएको कार्ड पुनः बनाउँदा एउटाको ५० रुपैयाँ लाग्छ ।
उपचारअघि बिमा कार्ड प्रतिष्ठानले राख्नै पर्ने हो र ?
प्रतिष्ठानले बिमा कार्ड जमानत राखेर मात्रै उपचार गर्ने गरेको छ । कार्ड राखेर रातो पुर्जा दिने र सोही दिन ३ बजे कार्ड फिर्ता गर्ने नियम बनाएको छ । तर, यो नियम नेपाल सरकारले बनाएको भने होइन ।
प्रतिष्ठानले आफ्नो सहजताका लागि बिरामीलाई दुःख दिने गरेको सेवाग्राहीहरूको आरोप छ । उपचार सकिएपछि पनि कार्डकै लागि कुर्न पर्ने हुँदा बिरामीले थप दुःख पाउने गरेका छन् ।
संयोजक रावतका अनुसार प्रतिष्ठानले एउटा बिमितको कार्डबाट बिमा नै नगरेकाको समेत उपचार गर्दै आएको फेला परेको बताए । उनले भने, ‘प्रतिष्ठानको लापर्वही बढ्दो छ । बिरामीले ल्याएको बिमा कार्ड आधिकारिक हो होइन समेत जाँच गर्दैन ।’
उनका अनुसार बिमा गरेका नागरिक उपचार गर्न आउदा कार्ड स्यान गरेर बिरामीलाई नै फिर्ता दिनुपर्छ । तर, प्रतिष्ठानले कार्ड नै जमानत राखेर रातो पुर्जी दिँदा नागरिकले हरेक पटक नयाँ कार्ड बनाउनु पर्ने बाध्यता छ ।
बिमा अनुसारको औषधि नपाएको गुनासो
बिमा गरेका नागरिकले सरकारले तोकेअनुसारको औषधि समेत नपाएको गुनासो गरेका छन् । मेडिसिन सिटीक्यान गर्दा बिमाबाटै उपचार पाउनु पर्ने उल्लेख छ । तर, प्रतिष्ठानका कर्मचारीले छुट्टै पैसा उठाउने गरेका छन् ।
इन्टरनेटको समस्याले कार्ड राख्ने गरेका हौं ः प्रतिष्ठान
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराई जुम्लामा इन्टरनेटको समस्याका कारण सधै कार्ड स्क्यान गर्न नमिल्ने गरेको बताउँछन् । त्यसै कारण बिरामीलाई रातो पुर्जी दिने र पछि कार्ड फिर्ता गर्ने गरेको उनको भनाइ छ ।
कार्ड स्क्यान गरेर उपचारमा जाँदा ढिला हुने भएकाले यो स्टिम लागु गरेको उनको भनाइ छ । बिरामीलाई पुर्जा दियर उपचार गराउने अनि कार्ड बिस्तारै स्यान गर्ने गरेको उनले बताए । स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रतिपरिवारबाट वार्षिक तीन हजार पाँच सय बुझाउनुपर्छ । उनीहरूले प्रतिव्यक्ति एक लाखसम्मको उपचार पाउने गर्छन ।
|
निर्वाचन सकिएकाे ११ दिनपछि बाजुरामा मतगणना सुरु हुँदै काठमाडौं । निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणनाको तयारी भएको छ । एमाले र कांग्रेसबीच विवादका कारण बाजुराको मतगणना रोकिएको थियो । विवादका कारण बुढीनन्दा नगरपालिकामा मतदान स्थगित भएको थियो । १० मंसिरमै पुनः मतदान भए पनि गणना भएको थिएन ।
बुधबार निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गर्दै मतगणना अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
स्याङ्जा २ मा बुधबार रातिदेखि नै मतगणना जारी छ । तर बाजुरामा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा उपस्थित नभएपछि बिहीबार बिहानका लागि बैठक सारिएको थियो । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो साढे ३ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । जसअनुसार केहीबेरमै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ ।
|
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क : महामन्त्री थापा काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए।
“मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पनि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए।
“निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ”, उनले भने, “अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ।”
|
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता वालिङ। स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम रहेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि परेका छन्।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गरेकी छन्।
स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो। हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ।
यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन्। एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए। दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ। निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो।
|
रुसले भारतसँग सहयोग माग्यो ! काठमाडौं । अमेरिकालगायत धेरै पश्चिमी देशहरूले लगाएको आर्थिक प्रतिबन्धबीच रुसले भारतसँग विशेष सहयोग मागेको छ । रोयटर्सका अनुसार रुसले भारतलाई कार, रेल र विमानका पार्टपुर्जालगायत ५०० भन्दा बढी उत्पादन निर्यात गर्न भनेको छ । यद्यपि यस विषयमा भारत वा रुसबाट अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।
‘रोयटर्स’का अनुसार रुसले पठाएको सूचीमा यीमध्ये कति उत्पादन भारतले रुसमा निर्यात गर्नेछ भन्ने स्पष्ट छैन। तर, भारत सरकारका स्रोतहरूले रुसको यो अनुरोधलाई ‘असामान्य’ भनेका छन्।
योसँगै भारतले पनि यो अनुरोधलाई अवसरको रुपमा हेरिरहेको छ । यो सम्झौताले रुससँग बढ्दो व्यापार घाटा कम गर्न मद्दत गर्नेछ। यद्यपि, केही कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन् कि यी निर्यातहरू रूस विरुद्ध पश्चिमी प्रतिबन्धहरूको उल्लङ्घन हुन सक्छ।
रुसी उद्योग क्षेत्रसँग आवद्ध एक व्यक्तिले नाम न छाप्ने सर्तमा ‘रोयटर्स’ लाई रुसको उद्योग तथा व्यापार मन्त्रालयले ठूला कम्पनीलाई कच्चा पदार्थ र अन्य अत्यावश्यक उपकरणको सूची पठाउन आग्रह गरेको बताए ।
उत्पादनको परिमाण दुई देशबीचको वार्तापछि तय गरिने उनले बताए । रुसी स्रोतको विश्वास गर्ने हो भने भारत मात्र नभई रुसले अन्य धेरै देशबाट पनि यस प्रकारको व्यापार बढाउने प्रयास गरिरहेको छ ।
रुसी कार उद्योगसँग सम्बन्धित स्रोतले उसको सरकारले कारका पार्टपुर्जाको सूची सम्बन्धित मन्त्रालय, एजेन्सी र भारतलगायत धेरै देशलाई पठाएको बताएको छ । तर, रुसको उद्योग तथा व्यापार मन्त्रालय र भारतको परराष्ट्र तथा वाणिज्य मन्त्रालयले पनि यसबारे तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
भारतीय स्रोतका अनुसार भारतका विदेशमन्त्री एस जयशंकरको मस्को भ्रमणको केही साताअघि रुसले यस्तो अनुरोध गरेको थियो । एस जयशंकर नोभेम्बर ७ मा रुसको भ्रमणमा थिए । तर, रुसको अनुरोधमा भारतको प्रतिक्रियाको बारेमा कुनै जानकारी छैन।
मस्को भ्रमणका क्रममा जयशंकरले द्विपक्षीय व्यापार सन्तुलनमा राख्न भारतले रसियासँग निर्यात बढाउन आवश्यक रहेको बताएका थिए । अहिले भारत र रुससँग व्यापार घाटा चलिरहेको छ ।
रुस भारतलाई सबैभन्दा ठूलो हतियार आपूर्ति गर्ने देश हो। जबकि रुस औषधि क्षेत्रमा भारतको लागि चौथो ठूलो बजार हो। तर हालै भारतले रुसबाट कच्चा तेल, कोइला र मलको ठूलो मात्रामा खरिद गरेपछि व्यापार सन्तुलन बिग्रिएको छ । त्यसैले दुई देशबीच सन्तुलित द्विपक्षीय व्यापार होस् भन्ने भारत चाहन्छ ।
रुसले पठाएको सूची करिब १४ पृष्ठको छ । कार इन्जिन पार्ट्स जस्तै पिस्टन, तेल पम्प र रिंग यस सूचीमा समावेश छन्। अन्य उत्पादनहरूमा विमान र हेलिकप्टरका भागहरू जस्तै ल्यान्डिङ गियर, इन्धन प्रणाली, सञ्चार प्रणाली, आगो निभाउने उपकरण र विमानका पाङ्ग्राहरू समावेश छन्।
कच्चा पदार्थको सूचीमा कागजको झोला, ग्राहक प्याकेजिङ झोला र कपडा उत्पादनहरू समावेश छन्। यस सूचीमा २०० भन्दा बढी मेटालर्जी वस्तुहरू जस्तै खानाका भाँडाहरू र साइकलका पार्टहरू आदि समावेश छन्।
युक्रेनमा युद्ध सुरु भएदेखि नै भारत र रुसबीचको व्यापार घाटा बढ्दै गएको छ । भारतले २४ फेब्रुअरी देखि २० नोभेम्बर २०२२ सम्म २९ अर्ब डलर आयात गरेको छ । जुन गत आवको सोही अवधिमा ६ अर्ब डलरको आयातको तुलनामा पाँच गुणा बढी हो ।
योसँगै भारतबाट रुसतर्फको निर्यातमा पनि कमी आएको छ । सोही अवधिमा भारतले १ अर्ब ९ करोड डलर मात्रै निर्यात गरेको छ । जबकि गत वर्ष यो संख्या २.४ अर्ब डलर थियो । सरकारी स्रोतका अनुसार रुसको अनुरोध प्याकेजबाट आगामी केही महिनामा भारतको निर्यात १० अर्ब डलर नाघेको छ, जसले व्यापार घाटा कम गर्न मद्दत गर्नेछ।
यद्यपि धेरै भारतीय कम्पनीहरूले यो आदेश लिनबाट पन्छिन कोसिस गर्दैछन्। पश्चिमी देशहरूले यो कदमलाई आर्थिक प्रतिबन्धको उल्लङ्घनका रूपमा लिएर प्रतिबन्ध लगाउन सक्छन् भन्ने डर उनीहरूलाई छ।
भारतले धेरै मामिलामा आफूलाई पश्चिमी देशहरूले लगाएको प्रतिबन्धभन्दा फरक ठान्दै आएको छ। फेब्रुअरीदेखि रुस–युक्रेन युद्ध जारी रहे पनि भारतमा रुसी कच्चा तेलको आयातमा उल्लेख्य वृद्धि भएको छ । योसँगै भारतले युक्रेनमा रुसले गरेको आक्रमणको विश्वव्यापी मञ्चमा खुलेर निन्दा गर्नबाट पन्छिएको छ ।
|
बैतडीमा १९ हजार बढि मत बदर बैतडी। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् ।
प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेका थिए । जसमध्ये चार हजार नौ सय ६२ मत बदर भएका छन् । प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार एक सय ५५ मत खसेकामा दुई हजार १३ मत बदर भए । प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएका छन् ।
प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार सात सय ६१ मत खसेकामा पाँच हजार चार सय २१ मत बदर भएका छन् । प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार चार सय २३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएका छन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी गरे । उनले भने, “काठमाडौँजस्ता सहरमा पनि मत बदर भइरहेका छन्, यहाँ त यो सङ्ख्यामा मत बदर हुनु स्वभाविक हो । मतदाता शिक्षा प्रभावकारी नभएको भन्न मिल्दैन् ।”
धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको फुँयालले बताए । उनले भने, “केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।”
यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७७ हजार चार सय ६० मतमात्रै खसेका थिए । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई क्षेत्र रहेको यस जिल्लामा २२ उम्मेदवार चुनावी मैदानमा रहेका थिए।
यहाँ प्रतिनिधिसभामा नेकपा (एमाले) का दामोदर भण्डारी तथा प्रदेशसभा क्षेत्र नं १ मा एमालेकै सुरेन्द्र पाल र प्रदेशसभा क्षेत्र नं २ मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन्।
|
स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरु गर्न आग्रह गरिएको जानकारी दिए । स्याङ्जा र बाजुरामा विधिवदरुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको उनको भनाइ थियो ।
पार्टीका उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताए । स्याङ्जा क्षेत्र नं २ मा शान्तिपूर्णरुपमा मतदान भएको उनको भनाइ छ ।
उपसभापति गुरुङले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न चाँडो निर्देशन दिने विश्वाससमेत व्यक्त गरे ।
|
काठमाडौंबाट सिमरा उडेको जहाजको ‘इन्डिकेटर’मा समस्या देखेपछि पाइलटले यसो गरे काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो ।
पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो ।
बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० यात्रु सवार थिए ।
|
इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्न आग्रह काठमाडौं । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ ।
बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुनसक्ने भन्दै विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले विज्ञप्ति जारी गरी सचेत रहन आग्रह गरेका छन्। जाम्बिया तथा इन्डोनेसियालगायत देशमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसिएको औषधि बालबालिकामा प्रयोग गर्दा उनीहरूको मिर्गौलामा गम्भीर असर परी मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा समेत उल्लेख गरिएको विभागले जनाएको छ ।
विज्ञप्तिमा विभागले ती दुवै रसायन मिसिएका औषधि भारतको माइडेन फर्मास्युटिकल्स लिमिडेट हरियानाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरफ, म्याकअफ वेवी कफ सिरफ र मागरिप एन कोल्ड सिरफ उत्पादन भइरहेको र ती उत्पादन गरिएका औषधि नेपालमा दर्ता नभएको समेत विज्ञप्तिमा विभागले स्पष्ट पारेको छ ।
विभागले औषधि उत्पादक कम्पनीलाई प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिनरग्लासिरोलजस्ता सहायक कच्चा पदार्थ प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने विशेष गरी झोल बनावटका औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायनको मिसावट नभएको भनी यकिन गरी मात्र झोल औषधि बिक्री वितरण गर्न आग्रह गरेको छ ।
|
पूर्वाधार विकास कार्यालयका तत्कालिन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर काठमाडौं । सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएर पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुखलगायतले भ्रष्टाचार गरिएको पाइएको उल्लेख गरिएको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ । उनीहरु विरुद्ध आयोगले रु सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गरेको छ ।
नापी किताबमा गलत विवरण तयार पारेर नक्कली बिल भर्पाई बनाइको पाइएकाले आरोपीसँग बिगोबमोजिमको कारबाही र कैद सजायको माग आयोगले गरेको छ । आयोगले सुन्दरडाँडा थाङनेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरविरुद्ध रु सात लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ ।
|
बाँकेमा ६४ हजार मत बदर बाँके । यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार एक सय ५६, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार दुई सय ७० र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार चार सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बाँकेको निर्वाचन क्षेत्र नं १ मा एक लाख २१ हजार एक सय मतदाता भएकामा खसेको मत ७५ हजार नौ सय ७४ थियो । खसेको सो मतमध्ये ७० हजार आठ सय ११ सदर भएको थियो भने पाँच हजार एक सय ६३ मत बदर भएको थियो ।
निर्वाचन क्षेत्र नं २ मा ९७ हजार आठ सय नौ मतदाता भएकामा ६७ हजार पाँच सय ११ मत खस्यो । खसेको मतमध्ये ६२ हजार ६ सय एक सदर भयो भने चार हजार नौ सय ५० बदर भयो ।
निर्वाचन क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता भएकामा ७४ हजार एक सय ८२ मत खसेकामा ६९ हजार ७४ मत सदर भयो र पाँच हजार एक सय आठ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिइन् ।
निर्वाचन क्षेत्र नं १ को (१) मा ५५ हजार आठ सय ४५ मतदाता भएकामा ३३ हजार नौ सय पाँच मत खस्यो । खसेकामध्ये ३१ हजार ६ सय ९९ मत सदर र दुई हजार दुई सय ६ बदर भएको थियो ।
निर्वाचन क्षेत्र नं १ को (२) मा ६५ हजार दुई सय ५५ मतदाता भएकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । खसेका मतमध्ये ३९ हजार दुई सय ९५ मत सदर र एक हजार नौ सय ४८ मत बदर भयो ।
निर्वाचन क्षेत्र नं २ को (१) मा ५० हजार तीन सय १३ मतदाता भएकामा ३५ हजार ८ सय ६८ मत खसेको थियो । खसेकामध्ये ३३ हजार चार सय ८५ मत सदर र दुई हजार तीन सय ८९ मत बदर भएको थियो ।
निर्वाचन क्षेत्र नं २ को (२) मा ४७ हजार चार सय ९६ मतदाता भएकामा ३१ हजार पाँच सय ४५ मत खसेको थियो । खसेकामध्ये ३० हजार ५७ मत सदर र एक हजार पाँच सय ३८ मत बदर भयो ।
निर्वाचन क्षेत्र नं ३ को (१) मा ६१ हजार पाँच सय ९६ मतदाता भएकामा ४० हजार दुई सय ३२ मत खसेको थियो । सो मतमध्ये ३८ हजार एक सय ४५ मत सदर र दुई हजार ८७ बदर भयो ।
निर्वाचन क्षेत्र नं ३ को (२) मा ५१ हजार सात सय २६ मतदाता भएकामा ३३ हजार सात सय ३५ मत खसेको थियो । खसेको मतमध्ये ३१ हजार सात सय ४७ मत सदर र एक हजार नौ सय ८८ मत बदर भएको थियो ।
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ मा ७५ हजार सात सय ७२ मत खसेकामा ६९ हजार सात सय ५६ सदर र पाँच हजार सात सय सात बदर भएको छ । निर्वाचन क्षेत्र नं २ मा ६७ हजार आठ सय ९४ मत खसेकामा ६२ हजार पाँच सय ५३ मत सदर र पाँच हजार तीन सय ४१ मत बदर भएको छ । निर्वाचन क्षेत्र नं ३ मा ७४ हजार पाँच सय ३० मत खसेकामा ६९ हजार तीन सय आठ सदर र पाँच हजार दुई सय २२ बदर भएको छ ।
प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ को (१), १ को (२), निर्वाचन क्षेत्र नं २ को (१), २ को (२), निर्वाचन क्षेत्र नं ३ को (१), ३ को (२) मा कूल खसेको दुई लाख १६ हजार नौ सय दुई मतमध्ये एक लाख ९६ हजार चार सय ११ मत सदर र २० हजार चार सय ९१ मत बदर भएको छ ।
|
सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियुमा काठमाडौं । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ ।
स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ ।
सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानून बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ । उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नाम समेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।
|
निर्वाचनले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको छः सुवास नेम्वाङ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन् ।
इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौंस्थित आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै उनले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गरे ।
’जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ; जनताका अगाडि धेरै विषय र प्रश्न थिए,’ संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, ’निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ ।’ लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरुप आफ्नो दल अघि बढ्ने बताए ।
’मलाई विश्वास छ, हामी मिलेर अघि बढ्दा मात्रै देश ठीक दिशातर्फ अघि बढ्छ,’ निर्वाचनले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको बताउँदै नेता नेम्वाङले भने, ’संविधान र नयाँ जनादेशको सन्देशअनुरुप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ।’ मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै पूर्वसभामुख नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिए ।
|
निर्वाचनमा बालबालिका प्रयोग गर्नेमा सत्तारुढ गठबन्धन पहिलो काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट ९८, नेकपा (एमाले) बाट ७१ वटा, अन्य सात राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकालाई प्रयोग गरिएको थियो ।
जसमध्ये दुई सय १६ घटनामध्ये एक सय ४४ वटा प्रचार प्रसार ¥यालीको क्रममा प्रयोग गरिएको थियो भने २८ जनालाई कलाकारको रूपमा प्रयोग गरिएको थियो ।
आमसभामा १८ वटामा बालबालिका लगेका राजनीतिक दलले घरदैलो कार्यक्रममा १२ वटा घटनामा बालबालिकाको प्रयोग गरिएको शर्माले बताए ।
|
बाग्मती प्रदेशमा कांग्रेसले संख्या बढायो, नुवाकोट १ (ख) बाट महत विजयी काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गर्दै महत विजय भएका हुन् ।
निर्वाचन आयोगका अनुसार महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुदाँ एमालेका श्रेष्ठ ११ हजार ८३१ मतमा सिमित भएका छन् ।
तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत ल्याएका छन् ।
|
चुनावी पराजय पछि ‘क्या बोर’ भन्दै टिकटकमा देखिइन कोमल वली काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकाशं क्षेत्रको परिणाम आइसकेको छ भने अब केहि ठाउँको मात्र बाँकी छ ।
देश अझै निर्वाचनको माहोल मै छ । अन्तिम परिणाम पछि जितेकाहरु विजयी जुलुस निकाली रहेका छन् । कोहि हारेका उम्मेद्वारहरु समेत मतदातालाई धन्यवाद दिन घरदैलोमै हिँडे । तर, अधिकाशं पराजित उम्मेद्वारले भने सामाजिक सञ्जालको प्रयोग गरि मतदातालाई एकमुष्ट धन्यवाद दिइरहेका छन् ।
उता दाङ क्षेत्र नम्बर ३ बाट पराजित भएकी एमाले नेतृ कोमल वलीले समेत मतदातालाई सबै माध्यमबाट धन्यवाद दिइसकेकी छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार दीपक गिरीसँग पराजित भएकी वलीले राजनीतिक संस्कार देखाउँदै विजयी उम्मेद्वार गिरीलाई खाँदा लगाएर बधाई दिइन् ।
निर्वाचनको समयमा निकै व्यस्त भएकी वली आजभोली भने टिकटक देखिन थालेकी छन् । उनले टिकटक बाट समेत निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । त्यति मात्र होइन वलीले ‘सिरियस गित’ मा टिकटक बनाएकी छन् । उक्त भिडियोको ‘क्याप्सन’मा वलीले ‘क्या बोर’ लेखेकी छन् । उनले ‘उडेर जुन चुम्छु भन्थे तर,आज पिन्जडाको चरी भाँ छ जिवन’ गितमा टिकटक बनाएकी छन् ।
|
उदयपुर १ मा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन काठमाडौं । निर्वाचन आयोगले उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि नेपाली कांग्रेस र एमालेले विभिन्न माग राखेर मतगणना रोकेका छन् । एमालेले पुनः मतदानकै माग गरेको छ भने कांग्रेसले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएको छ ।
विवाद बढ्दै गएपछि यो विषय निर्वाचन आयोगसम्म पुगेकोमा आयोगले सोमबार पत्र पठाएर मतगणनालाई निरन्तरता दिन उदयपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट डा. नारायण खड्का र एमालेको तर्फबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा रहेकोमा छन् । त्यहाँ कांग्रेसका खड्काले अग्रता कायम गरेका छन् ।
|
प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न योग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको एक सय ६५ सिटमध्ये एक सय ६२ सिटको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा हुँदा कांग्रेस ५३ सिटसहित पहिलो स्थानमा रहेको छ । यसैगरी, यसअघि प्रतिनिधिसभाा पहिलो दल रहेको एमाले कांग्रेसभन्दा नौ सिट कम रहदै ४१ स्थानमा विजय हासिल गरेको छ ।
उता, अघिल्लो पटक ३६ सिटमा विजय हासिल गरेको माओवादी केन्द्र यसपटक १७ सिटमा सिमित भएर तेस्रो स्थानमा रहेको छ । माओवादी यसअघि पनि तेस्रो स्थानमा थियो ।
एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले १० सिटमा विजय हासिल गरेर चौथो स्थानमा छ । यो पार्टी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उठेको हो ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र पहिलो पटक निर्वाचन प्रक्रियामा सामेल भएको रवि लामिछाने नेतृत्वको समाजवादी पार्टीले ७–७ स्थानमा विजय हासिल गर्दै पाँचौ नम्बरमा रहेका छन् । जसपा यसअघि चौथौ स्थानमा रहेको थियो ।
उता, अघिल्लो प्रतिनिधिसभामा एक सिटमा मात्रै सिमित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक सात सिटमा विजय हासिल गरेको छ भने पाँचौ स्थानमा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी चार सिटमा खुम्चिएको छ ।
पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बनाएको रेशमलाल चौधरी आवद्ध नागरिक लोकतान्त्रिक पार्टीले सुदुरपश्चिम प्रदेशवाट तीन सिटमा विजय हासिल गर्दा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १–१ स्थानमा विजयी भएका छन् ।
विगतमा माओवादी केन्द्रबाट विजय हासिल गर्दै आएका प्रभु साहले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार भई रहँदा मुलुकभर पाँच जनाले स्वतन्त्रबाट विजयी हासिल गरेका छन ।
|
मकवानपुरमा ३१ हजारभन्दा बढी मत बदर, निर्वाचन कार्यालय भन्छ– आश्चर्यजनक भयो काठमाडौं । मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कूल मतमध्ये उक्त संख्यामा मत बदर भएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा अभावका कारण यस्तो भएका कारण देशका अन्य स्थानमा समेत ठूलो संख्यामा मत पत्र बदर भएका पाइएको हो । मकवानपुरमा यस पटकको तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जनाले मात्र मतदाता सहभागी भएका थिए ।
मतदाता शिक्षा सञ्चालन भए पनि ठूलो संख्यामा मत बदर हुनु आश्चर्यजनक भएको निर्वाचन कार्यालयले उल्लेख गरेको छ । कार्यालयका अनुसार मकवानपुरका १० वटा स्थानीय तहका एक सय २२ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । यहाँ दुई निर्वाचन क्षेत्र छन् । जसमध्ये मकवानपुर–१ राप्रपाका दीपक सिंह र मकवनापुर–२ एमालेका महेस गर्ताैला विजयी भएका थिए ।
|
तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा काठमाडौं । हालै सम्पन्न प्रदेशसभा निर्वाचनवाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिनिधित्व गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् ।
जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् ।
मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट पाँच सिटमा विजय हासिल गर्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो ।
अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गरेको थियो । तर सो पार्टीले यसपटक कतै जित हासिल गर्न सकेन । यसपटक बाग्मती प्रदेश सभामा हाम्रो नेपाली पार्टीले पहिलोपटक प्रतिनिधित्व गरेको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सात स्थानमा विजयी हासिल गरे पनि प्रदेश सभामा भने शून्य छ । सो पार्टीले प्रदेश सभामा भागै लिएन । लामिछानेले प्रदेशतर्फको मतपत्रमा संकेत चिन्हसमेत लगाएनन् ।
|
नयाँ पार्टीको आगमनले थप अस्थिरता हुन्छ की भन्ने आशंका छ, त्यस्तो हुँदैनः सुवास नेम्वाङ काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताए छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन । उनले जतमतले कुनै पनि पार्टीलाई बहुमत नदिएको र सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट पारे ।
उनले नयाँ पार्टीहरूको आगमनालाई पनि सामान्य रुपमा लिनु पर्ने बताए । उनले भने, ‘हाम्रो संविधानले नै मिश्रित निर्वाचन प्रणली अपनाएको छ । यही प्रणालीअनुसार नयाँ पर्टीहरू आएका हुन् । उनीहरूको आगमनले थप अस्थिरता पैदा हुन्छ की भन्ने मानिसहरूमा आशंका छ । त्यस्तो हुँदैन । जनताले सबैलाई मिलेरअघि जान भनेका छन् । सोही अनुसार गर्छौ ।’
|
राजीनामा दिने तयारीमा उर्जामन्त्री भुसाल काठमाडौं। निर्वाचनमा पराजित भएपछि उर्जामन्त्री पम्फा भुसालले राजीनामा दिने तयारी गरेकी छन्। निर्वाचनमा पराजित भइसकेपछि पनि राजीनामा नदिएको भन्दै आलोचना भइरहेका बेला उर्जामन्त्रीले राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ।
ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले उर्जामन्त्री भुसाललाई पराजित गरेकी थिइन्। निर्वाचनमा भुसाल तेस्रो भएकी थिइन्। उनले सोमबार नै राजीनामा दिने वा मंगलबार दिने भन्ने निश्चित नभए पनि मंगलबारसम्ममा राजीनामा दिइसक्ने स्रोतले बताएको छ।
निर्वाचनमा उर्जामन्त्री भुसालसँगै गृहमन्त्री बालकृष्ण खाँण, खानेपानी मन्त्री उमाकान्त चौधरी, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खेलकुद मन्त्री महेश्वर गहतराज पराजित भएका छन्। पराजित भइसकेपछि पनि राजीनामा नदिएको भन्दै उनीहरुको आलोचना भइरहेको छ ।
|
एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्नेछौं: विष्णु पौडेल काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएका छन्। प्रेस चौतारी, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अहिलको निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले मुलुकलाई बिकास र समृद्धिको बाटोतर्फ अघि बढाउन एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताएका हुन् ।
एमालेको संसदीय दलको बैठक बसेर पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने बिषयमा औपचारिक निर्णय गर्ने उनको भनाई छ । उनले एमालेले नेतृत्वदायी भूमिका निर्वाह नगर्दासम्म मुलुकको बिकासले गति लिन नसक्ने दावी गरेका छन् । पौडेलले कुनै पनि दललाई बहुमत प्राप्त नहुदा कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जाने खतरा बढेको जिकिर गरेका छन् ।
पौडेलले निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताए ।
भिडियो:
|
उदयपुर १ मा स्थगित भएको मत गणना अझै सुरु भएन उदयपुर । उदयपुरको प्रतिनिधि सभा निर्बाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि विवाद हुँदा मत गणना स्थगित भएको गणना अझै सुचारु भएको छैन । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।
आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभामा भेटिएको थियो । गणना स्थगित गरेर सर्वदलीय बैठकमार्फत समाधान खोज्ने काम भइरहेको तर, निश्कर्ष ननिस्किएको बताइएको छ ।
अन्तिम चरणमा पुगेका बेला समस्या आएपछि गणना रोकेर छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले जानकारी दिए । उनले त्रियुगा नगरपालिका ५ देउरी र श्रीपुर केन्द्रका १० मध्ये ७ वटा मत पेटीकामा ती मतपत्र भेटिएको आरोप छ ।
|
रेडियो नेपाल उदयपुरका सम्वादाता राई पक्राउप्रति पत्रकार संघ संस्थाको आपत्ति उदयपुर । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राईलाई पक्राउ गरेको घट्नाप्रति नेपाल पत्रकार महासंघ उदयपुर, नेपाल फोटो पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति महासंघले आपत्ती जनाएका छन् । विद्युतीय कारोबार ऐन विरुद्ध अपराध आरोपमा रिपोर्टिङ गरी रहेकै बेला राईलाई पक्राउ गरेको प्रति छु्ट्टाछु्ट्टै विज्ञप्ती प्रकाशित गरी आपत्ती जनाएका हुन् ।
पत्रकार महासंघ उदयपुरका पूर्व सहसचिव, फोटो पत्रकार महासंघका निवर्तमान अध्यक्ष, प्रेस सेन्टर नेपाल १ नं. प्रदेश कमिटी सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय सदस्य समेत रहेका राईलाई प्रहरीले मत गणनाको रिपोर्टिङ गरिरहेको समयमा अमानवीय तरिकाले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
समाचार लेखेको विषयलाई लिएर पत्रकार माथि साईबर क्राईम मुद्धा पर्नु सम्पूर्ण प्रेस जगतका लागि दुःखद कुरा रहेको र यसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघको विज्ञप्तीमा उल्लेख छ । समाजमा घटेका सहि सत्य कुरा र गलत प्रबृत्तिको उजागर गर्ने काम गर्दा यसरी प्रेस जगत माथि आक्रमण गर्नेहरु प्रति सचेत हुनु पर्ने महासंघका सचिव विश्वराज तामाङले जारी गरेको विज्ञप्तीमा भनिएको छ । त्यस्तै फोटा पत्रकार महासंघका सचिव लक्ष्मी पोखरेल र फोनिज सचिब बुद्धि चामलिङकले छुट्टाछ्ट्टै विज्ञप्ती जारी गरि यस्तो कार्यको निन्दा र भत्र्सना गरेको छ ।
रार्ई आफैले सञ्चालन गरेको निगरानी पोष्ट डटकमको आधिकारिक युट्युव च्यानलमा नातामा काका ससुरा र बुहारी रहेका महिला र पुरुष बीचको सम्बन्ध बारे भिडियो समाचार प्रकाशन गरेकोमा राईलाई परेको जनाईएकोछ । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा राई माथि परेको साईवर अपराध बिरुद्ध मुद्धा र प्रहरीले गरेको अमानवीय व्यवहार प्रति घोर आपत्ती प्रकट गर्दै आगामी दिनमा यस्ता घट्ना नदोहो¥याउन विज्ञप्ती भनिएकोछ ।
साथै समाचार लेखेको विषयलाई लिएर मुद्धा परेकाले यसको छिनोफानो गर्ने जिम्मा अद्र्धन्यायिक संस्था प्रेस काउन्सिल नेपाललाई दिन पनि महासंघले माग गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेनद्रप्रसाद फुयालले भने प्रधान कार्यालय साईबर क्राईम व्युरो र काठमाडौँ जिल्ला अदालतको पक्राउ आदेशका आधारमा राईलाई नियन्त्रणमा लिइएको बताएका छन । साईबर क्राईम व्युरो र काठमाडौँ जिल्ला अदालतले राईलाई पक्राउ गरि तत्काल उपस्थित गराउन आदेश आएकाले कानुनी प्रक्रिया पुरा गरि पत्रकार राईलाई काठमाडौँ पठाइएको जानकारी दिए ।
|
ठूलो आवाज निकाल्ने २९ मोटरसाइकल प्रहरी नियन्त्रणमा काठमाडौं । ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने २९ मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यहाँका सडकमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले काठमाडौँका सडकमा ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने २९ मोटरसाइकललाई नियन्त्रणमा लिएर वातावरण विभाग पठाइएको र सो विभागले १२ मोटरसाइकललाई रु १० हजारका दरले जरिवाना गरेको जानकारी दिए।
वातावरण विभागले परीक्षण गर्दा मापदण्डभन्दा बढी आवाज निकालेको पाइएकाले जरिवना गरेको हो । बाँकी १७ वटा मोटरसाइकल सम्बन्धमा सोही विभागले अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए । ठूलो आवाज निकालेर सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले चालकलाई अनुरोधसमेत गरेको छ ।
|
दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय काठमाडौं । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगले पुनः मतदानका लागि दोलखाका विभिन्न १० वटा मतदान केन्द्रसमेत सिफारिस गरेको छ ।
दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ स्थित वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ स्थित हेल्थ पोस्ट भवन क र ख, वडा नम्बर ३ स्थित कालीढुंगा मावि क, ख, ग मा मतदान हुने आयोगले जनाएको छ ।
|
हर्क भन्छन्– बालेनसँग भेट भए छमछमी नाचेर देखाउनुपर्ला काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साङपाङले काठमाडौं महानगरपालिका मेयर बलेन साहसँग भेट हुँदा छमछमी नाच्ने बताएका छन् ।
उनले साह र आफु मिलेको हेर्न चाहने धेरै रहेको भन्दै आफुहरुबीच झगडा नभएको समेत स्पष्ट पारेका छन् ।
साहले केहि दिन अघि हर्कको पोष्टलाई सेयर गरेका थिए ।
|
समानुतिकतर्फ करिब ८० प्रतिशत मतगणना, कहिले सकिएला गणना ? काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड ७ लाख तीन हजार २७) मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी रहेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका छ । निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आँकलन गरिएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा यही मङ्सिर १० गते पुनःमतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ । दोलखा र स्याङ्जा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना शुरू गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ ।
|
प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ११ हजार ६ सय २८ मत बदर भएको छ भने प्रदेशका ६ निर्वाचन क्षेत्रमा १६ हजार एक सय १७ मत बदर भएको छ । चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ तीन हजार ६ सय २१ मत बदर भएको छ । जहाँ ९५ हजार ४१ मत खसेको थियो ।
यस्तै क्षेत्र नं २ मा तीन हजार दुई सय ५० मत बदर भएको कार्यालयले जनाएको छ । जहाँ ८७ हजार दुई सय ४० मत खसेको थियो । क्षेत्र नं ३ मा चार हजार सात सय ५७ मत बदर भएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो ।
यस्तै निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा दुई हजार नौ र प्रदेशसभा २ मा एक हजार नौ सय ४३ मत बदर भएको छ ।
निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा तीन हजार ५० र प्रदेशसभा २ मा तीन हजार दुई सय ८४ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं ३ प्रदेशसभा १ मा तीन हजार दुई सय ४८ मत र प्रदेशसभा २ मा दुई हजार ६ सय १९ मत बदर भएको छ ।
कार्यालय प्रमुख भीमसेन कार्कीले मतदाता शिक्षा गाउँगाउँमा पुगेको भए पनि बदर हुने सङ्ख्यामा कमी आउन नसकेको बताए । प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा मत बढी बदर हुनुमा मतदाताले मत सङ्केत नगरी मतदान गरेको धेरै पाइएको उनको भनाइ छ ।
मतदाताले मत सङ्केत गर्दा बाहिर गरेको, दुई चिह्नमा मतदान गरेको जस्ता गल्ती मतपत्र भेटिएको उनले बताए । उनले भने “प्रदेशसभाको मतपत्रमा मतदाताले मत सङ्केत नगरेको र दुई ठाउँमा मतदान गरेका मतपत्र धेरै छन् ।”
|
नेपाल एयरलाइन्सको न्यारोबडी जहाजको इन्जिन स्टार्ट नभएपछि… काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताए । उनले भने, “न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएको हो, इन्जिनमा समस्या हैन, प्राविधिक समस्यायुक्त जहाजको अहिले मर्मत भइरहेकाले छिट्टै उडानमा आउनेछ ।”
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० जहाज छन् । निगमले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।
|
चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष अयडीको हत्या भएको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन् ।
काठमाडौंमा आइतबार गरिएको प्रदर्शनमा सहभागीले ‘हत्या हिंसा बन्द गर, चेतन अयडीलाई न्याय दे, शान्ति सुव्यवस्था कायम गर’ प्लेकार्ड बोकेका थिए ।
|
सोबिताले लिइन निर्वाचित भएको प्रमाणपत्र काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले प्रमाणपत्र ग्रहण गरेकी छन् ।
उनलाई आज निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र दिएको हो ।
२७ वर्षीय गौतम एमालेका मणिराम फुयाललाई पछि पार्दै निर्वाचित भएकी हुन ।
यस क्षेत्रबाट माओवादी केन्द्रकी ओनसरी घर्ती समेत उम्मेवार थिइन् । उनले ९ हजार ४ सय ४९ मत मात्र ल्याएकी थिइन् ।
|
बाजुरामा मतगणना अनिश्चित, आगोगको टोली पुग्यो बाजुरा । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।
निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ ।
यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ । कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ ।
आगोगको टोली बाजुरामा
मङ्सिर ४ गते भएको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगमा सहसचिव तुलछी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा जिल्ला आइपुगेको हो । आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले कुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानविनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् । टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर आज काठमाडौँ फर्किने निर्वाचन अधिकारी अवस्थीले बताए ।
निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा रहेको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आयोजमा दुई दलले निष्पक्ष निर्वाचन नभएको उजुरी दिएपछि आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको बताए । उनले आयोगबाट छानविन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने पौडेलले बताएका छन् ।
|
गठबन्धनले कर्णालीमा कांग्रेसलाई फाइदा सुर्खेत । अघिल्लो पटकको चुनावमा एक सिट मात्र प्रदेशसभामा जितेको कांग्रेसले अहिले गठबन्धनको बलमा उलेख्या प्रगती गरेको छ । कर्णालीका १० जिल्लाको नतिजा आइसक्दा कांग्रेस बलियो शक्तिको रुपमा उदाएको छ ।
नेपाली कांग्रेसले सुर्खेतका दुईवटै निर्वाचन क्षेत्र र दैलेख क्षेत्र नम्बर २ गरी तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । प्रतिनिधिसभामा २०७४ मा कुनै पनि सिट जित्न नसकेको कांग्रेसले यो पटक गठबन्धनको बलमा धेरै ठाउँमा आफ्नो उपस्थिती बलियो बनाएको छ । ०७४ मा पाँच वटा क्षेत्र जितेको नेकपा (माओवादी केन्द्र) ले यो पटक रुकुम पश्चिम र जाजरकोट , हुम्ला , कालिकोटमा मात्र विजय हासिल गरेको छ ।
त्यस्तै कांग्रेसले सुर्खेतका दुइ क्षेत्र , दैलेखका एक क्षेत्र र मुगुमा जितेको छ । राप्रपाको जुम्लामा एक सिट जितेको छ । समाजवादीले सल्यान , डोल्पा र दैलेखमा प्रतिनिधिसभामा जित हात पारेको छ ।
गठबन्धनभित्रको अर्को साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका दैलेख १, सल्यान र डोल्पामा विजयी हासिल गर्दा नेकपा एमाले भने शून्यमा झरेको छ ।
यतिसम्मकी कर्णालीमा एमाले विभाजनपछि बनेको समाजवादीले नै आफ्नो बलियो उपस्थिति जनाउँदा एमाले ०७४ मा कांग्रेसकै अवस्थामा पुगेको हो । गठबन्धनमा भाग परेकामध्ये माओवादीलाई एक सीटमा घाटा लागेको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादीका उम्मेदवार गोमा कुँवरलाई पराजित गरे ।
कर्णालीमा प्रतिस्पर्धी दलहरु नेकपा एमाले, माओवादी र कांग्रेसबीच हो । गठबन्धन बनेर जाँदा ०७४ मा बाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो भने यो पटक लोकतान्त्रिक–बाम गठबन्धनबीच प्रतिस्पर्धाका लागि दलहरू मैदानमा उत्रिएका थिए। तर स्वतन्त्र र साना दलहरुको दबदबाले कतिपय ठाउँमा गठबन्धनका उम्मेदवारको प्रतिस्पर्धा स्वतन्त्रसँग भएको देखिन्छ ।
हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका समाजवादीका नेता बुढाले आफ्ना प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ । बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन् ।
यता माओवादीका उपमहासचिव शक्ति बहादुर बस्नेले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ पार गरे । बस्नेत ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए । बस्नेतले यसअघि ०७० र ०७४ मा संसदीय चुनाव जितेका थिए ।
सल्यानमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका उपमहासचिव प्रकाश ज्वाला बहुमतसहित विजयी भए । ज्वालाले योसहित पाँच पटक संसदीय चुनावमा भाग लिएका छन् । जसमा ०५६, ०७९ र ०७४ मा सफल भए भने ०५१ सालमा असफल भएका थिए ।
दैलेख क्षेत्र नम्बर १ मा समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले आफ्ना पुर्व सहकर्मी एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई पराजित गरे । थापा १८ हजार २५६ मतसहित विजयी भएका हुन् ।
क्षेत्र नम्बर २ मा गठबन्धनको बलमा कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ। यहाँ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही १५३ मतान्तरसहित विजयी भएका छन् । उनले २० हजार १५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए।
सुर्खेतमा कांग्रेसले ०७४ मा एमालेसँगको पराजयको बदला लिएको छ । गठबन्धनको बलमा दुईवटै क्षेत्रमा कांग्रेसका उम्मेदवारले चुनाव जितेको छ । क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले ०७४ मा आफूलाई पराजित गरेका शाहीलाई नै पराजित गर्दै निर्वाचित भए । एमालेका धुर्व कुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले खड्काले पराजित गरेका हुन् । खड्का ४२ हजार ६०७ मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ३० हजार ९८८ मत प्राप्त गरे।
खड्काले गृहमन्त्री, गृहमन्त्री, सूचना तथा सञ्चार मन्त्री गरी पटक–पटक गरी आधा दर्जन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । यता २ मा पनि कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । विसीले २९ हजार ५५८ मत प्राप्त गरे। थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जिते ।
रुकुम पश्चिममा भने माओवादीले पुनः आफ्नो वर्चश्व कायम गरेको छ । सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित भएका छन् । सम्भवतः कर्णालीमा सबैभन्दा धेरै मतान्तरले चुनाव जित्नेमा शर्मा नै हुन् ।
प्रदेशसभामा समेत कांग्रेसको बलियो उपस्थिती बनेको छ । जाजरकोटका दुइ क्षेत्र, सल्यान प्रदेश (क) मा कांग्रेस , जुम्लामा कांग्रेसकै स्वतन्त्र प्रदेश(क) , कालिकोट प्रदेश(ख) , हुम्ला प्रदेश(ख) , दैलेखको क्षेत्र नम्वर १ (क,ख) , क्षेत्र २ (क) ,क्षेत्र न १ को (क) कांग्रेसले जित हात पारेको छ । प्रदेशसभा एक मात्र सिट अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो । जो अहिले पनि मुख्यमन्त्री जीवनबहादुर शाही रहेका छन् ।
|
झडप भएपछि रोकिएको बुढिनन्दा ५ मा आज ५ सय ९७ जनाले भोट हाले बाजुरा । बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुनः मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।
|
गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन् ।
उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए ।
बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।
|
प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए ।
राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे छलफल नभएको बताएका थिए ।
|
रवि लामिछानेको यस्तो घोषणा ! काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
उनले पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाबबाहेक चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रूपैयाँ देखिएको जनाए ।
उनले सामाजिक सञ्जाल मार्फत आफ्नो कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको पनि उल्लेख गरेका छन् । रविले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।
|
प्रदेश सभातर्फ कुन पार्टी अगाडी ? काठमाडौं । पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि कांग्रेस अघि छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ ।
जारी मतगणनाअनुसार कांग्रेस पाँच, एमाले ६ स्थानमा अगाडि छ । यस्तै, एकीकृत समाजवादीले १३ क्षेत्रमा जित निकालेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ । १२ क्षेत्रमा स्वतन्त्र र बागीले जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सिट जितेको छ ।
जसपा र लोसपाले नौ नौ सिट जित्दा जसपा दुई क्षेत्रमा अगाडि छ । यता, जनमत पार्टीले सात सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले पाँच सिटमा जित हासिल गरेको छ ।
प्रदेशसभामा प्रत्यक्षफर्त कूल तीन सय ३० सिट छ भने समानुपातिक तर्फ दुई सय २० सिट छ ।
०७४ को निर्वाचनमा प्रदेशसभातर्फ एमाले १६७ सिट सहित सबैभन्दा ठूलो दल थियो । त्यसबेला कांग्रेसले ४१ सिट मात्रै ल्याएको थियो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.