content
stringlengths 20
64.1k
⌀ |
---|
आठराई गाउँपालिमा ऐतिहासिक पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने तेह्रथुम। तेह्रथुमको आठराईमा यही फागुन १७ गतेदेखी ऐतिहासिक पहिलो गाउँपालिका अध्यक्ष कप रनिङ प्रतियोगिता हुने भएको छ।
गाउँपालिकाको वडा नं २ स्थीत पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ। सांस्कृतिक कार्यक्रम साथमा विभीन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए।
प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल ,खुल्ला पुरुष भलिबल,सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य र धान त्यस्तै ब्याडमिन्टन डब्बल र माध्यमिक बिद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा पुरुष तर्फ विजेताले नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङ कप प्राप्त गर्ने भएको छ। त्यस्तै दोश्रो उपविजेताले १ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन्।
महिला तर्फ फुटबलमा विजेताले ६० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङप पाउने भएका छन्। उपविेजेताले ४० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन्।
त्यस्तै खुल्ला पूरुष भलिबल प्रतियोगितामा विजेताले नगद ८० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङ कप प्राप्त गर्नेछन्। उपविजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र पाउने भएका छन्।
सांस्कृतिक कार्यक्रममा प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र दोश्रो हुनेले नगद १० हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद ५ हजार पाउने भएका छन्। त्यस्तै धान नाच प्रतियोगितमा प्रथमले १० हजार नगद र प्रमाणपत्र र दोश्रो हुनेले नगद ८ हजार र प्रमाणपत्र पाउने भएका छन्।
ब्याडमिन्टन तर्फ विजेताले २० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन्। उपविजेताले १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन्।
माध्यमिक बिद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा क्रमस ३ हजार २ हजार र १ हजार नगदको साथमा प्रमाणपत्र प्रथम दोश्रो र तेश्रो हुनेले पाउने छन्।
प्रतियोगितामा फुटबल तर्फ वेष्ट किपर,वेष्ट डिफ्रेन्स,वेष्ट प्लेयर,हाईस्कोर र भलिबल तर्फ वेष्ट सटर,वेष्ट लिफ्टरलाई पुरस्कार दिइने भएको प्रतियोगिता आगामी फागुन २४ गते सम्पन्न हुनेछ।
|
थप बाह्र अफ्रिकी चितुवा भारतमा नयाँ दिल्ली । दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा शनिबार ल्याइएको छ ।
भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर जोहानेसबर्गबाट उडेको १० घण्टापछि मध्य प्रदेशको ग्वालियर शहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ ।
यसअघि पाँच महिना पहिले नामिबियाबाट ल्याइएका आठ वटा चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको थियो ।
योसँगै भारतमा अफ्रिकी चितुवाको कूल सङ्ख्या २० पुगेको छ । सन् १९५२ मा चितुवालाई भारतबाट लोप भएको घोषणा गरिएको थियो । भारत सरकारको महत्वकाङ्क्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरुवात भएको हो ।
|
सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ काठमाडौं । सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाँउपालिका–७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबि नगरपालिका ४ बस्ने २० वर्षीय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागेर जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई बोरामा १४ पोका पारेर ल्याइएको गाँजा बरामद भएको हो ।
नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।
|
दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आज छापावाला सुन ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।
यता, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
|
अबैध लागूऔषधसहित ११ जना पक्राउ काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन्। मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित सडकबाट लागूऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.२१ च ९३२६ नम्बरको गाडीबाट करिब ४० केजी गाँजा फेला पारी गाडीका चालक बारा बौदिमाई नगरपालिका-४ बस्ने २० वर्षीय राजकुमार रामसहित ४ जना र ना.२१ प १०९० नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय नबराज थिङलाई गाँजा करिब ६० ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारलबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय आषिस ओली र २९ वर्षीय बसन्त ओली रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ अमरबस्ती बस्ने ३२ वर्षीय सविन महर्जन र सोही ठाउँ बस्ने २६ वर्षीय राजु विकलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम, नगद ४ हजार ४ सय २० भारतीय रूपैयाँ, ६ हजार ४ सय ९० नेपाली रूपैयाँ, विभिन्न देशका सिक्का ७ थान र डिजिटल तराजु १ थानसहित प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले सविनको घरमा लागुऔषधको कारोबार गरिरेहेको अवस्थामा उक्त लागूऔषध, नगद र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बाँकेकाे बैजनाथ गाउँपालिका-२ माथिल्लो पितमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश रानालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
झापाकाे झापा गाउँपालिका-६ भृकुटी चौक बस्ने ३० वर्षीय हेम नारायण चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ६५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागुऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।
चितवनकाे खैरहनी नगरपालिका-९ बैरहनी चोकबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पैदलयात्रीले झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो। हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
|
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु जेनेभा । लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ७३ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको जनाएको छ ।
राजधानी त्रिपोलीबाट करिब ७५ किलोमिटर पूर्वमा रहेको कास्र–अल–अख्यारबाट ८० जना यात्रु बोकेको डुङ्गा युरोपतर्फ जाँदै थियो । हालसम्म ११ जनाको मृत शरीर निकालिएको लिबियाली रेड क्रिसेन्ट र स्थानीय प्रहरीलाई उद्धृत गरी आइओएमले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले भनेको छ, “लिबियाको तटीय क्षेत्रमा अत्यन्तै गम्भीर अवस्थामा सात जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा घातक आप्रवासी समुद्री मार्ग हो ।
आइओएमका अनुसार पछिल्लो दुर्घटनामा मृत्यु भएकाको सङ्ख्यासँगै यस वर्षको सुरुदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३० पुगेको छ ।
आइओएमको ‘मिसिङ माइग्रेन्ट प्रोजेक्ट’का अनुसार सन् २०२२ मा उक्त मार्गमा एक हजार ४५० भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो । सन् २०१४ यता त्यहाँ १७ हजारभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख छ ।
आइओएमले खोज र उद्धार क्षमता बढाउन, स्पष्ट र सुरक्षित अवतरण संयन्त्र स्थापना गर्न र खतरनाक यात्रालाई कम गर्न आप्रवासनको लागि सुरक्षित र नियमित मार्गहरू स्थापना गर्न राज्यहरूले ठोस कदम चाल्न आवश्यक रहेको पनि बताएको छ ।
|
एसइई नतिजा सुधारका लागि परिचालन भए शिक्षण सहजकर्ता र सहयोगी काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ ।
एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा विद्यालयमा पठाएको हो । त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ । यसका लागि कामपाले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो ।
उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट कामपाले १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।
“सहजकर्ताका लागि आवश्यकता सङ्ख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पु¥याएर उहाँहरूलाई काममा खटाइएको हो”, प्रमुख सुवेदीले भने । उनका अनुसार यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो ।
शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन् ।
सहजकर्ता अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच÷पाँच जना आवश्यक भए पनि सोहीअनुसारको सङ्ख्या प्राप्त नभएको कामपाको भनाइ छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ ।
त्यसैगरी शिक्षण सहयोगीका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक रु १५ हजार तोकिएको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन । यस वर्ष कामपाको सार्वजनिक विद्यालयबाट एसइई परीक्षामा चार हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
कामपाले पहिलोपटक सुरु गरेको यस कार्यक्रमको प्रभावकारितालाई हेरी आगामी वर्ष थप विस्तार गर्ने तयारी कामपाको रहेको छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा एसइई नतिजा राम्रो नभए पनि कामपाले अनिवार्य विषयका लागि सहयोगीका रूपमा शिक्षक नियुक्त गरी नतिजा सुधार गर्ने प्रयास गरेको हो । यस वर्षको एसइई परीक्षा आगामी चैत १७ गतेदेखि सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको छ ।
|
null |
समुन्नत समाज निर्माणको सशक्त सोच मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युगबाट आरम्भ भएको देखिन्छ। अविच्छिन्न फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित जीवन प्रचलनमा रूपान्तरण भयो।
खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता बोध भयो। त्यसपछि परिवारको विकास भयो। परिवारको विकासले समाज र समाजको विकासले राष्ट्रको निर्माणलाई सहयोग गर्यो।
सम्पन्नता र सहजताको बहारसँगै हाम्रो समाजमा विभिन्न खालका समस्यासमेत विद्यमान छन्। मानव सभ्यताका चार युगमध्ये वर्तमानमा हामी बाँचिरहेको कलियुगमा त्यस्ता समस्या, विलचन र अव्यवस्थाको उत्कर्ष देखिँदैछ।
यस्ता समस्यामध्येको मुख्य एक समस्यालाई उजागर गर्दै यसको निर्मूलीकरणमा सशक्त विकल्प सुझाउने एउटा पुस्तक निकट भविष्यमा नै हामीमाझ आइपुग्दैछ।
अहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्नुहुने युवा लेखक, अध्येता, शोधार्थी, अन्वेषक जय साहले लेख्नुभएको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो : अ रोडम्याप टु इन्ड कलियुग’ आम पाठकलाई एक रोमान्चक र गहन अध्ययन सामग्री हुनेछ।
समाजलाई अधोगतिमा धकेल्ने, सामाजिक अन्तर्घुलनता र सद्भावलाई विखण्डन गर्ने, अहम् तथा भेदभाव अनि बर्बरताको आधार निर्माण गर्ने थुप्रै कारणमध्ये जातीय प्रथा पनि एक हो।
लगभग एक लाखजति मात्रको सानो जनसंख्या र अरू धर्म नभएको समयमा भारतमा यसको उद्भव भएको देखिन्छ। यसखाले अभ्यास संसारका लगभग सबैजसो देशबाट उन्मूलन भइसके पनि हामीकहाँ भने अझै यथावत् छ। यसले नै समाजमा द्वन्द्वको सुरूवात पनि भएको छ।
पुस्तकले समाजमा रहेका यस्तै विषय उठानबाट विश्लेषणको आधार बनाएको छ। लेखकको अनुसन्धानले समाजमा प्रचलित पेशाको आधारमा निर्धारण गरिएको तत्कालीन पुरानो जातीय प्रथाको आधार यस्तो देखिन्छ।
लेखक साहका अनुसार धार्मिक विवादलगायत महिलाविरुद्घका हिंसा, पैसासँग सम्बन्धित अपराधजन्य गतिविधि र जातीय विभेदले भारतीय उपमहाद्वीपका समाजलाई धेरै नै गिजोलेको छ। यस्तो समस्या निम्तिनुमा राजनीतिकदेखि सामाजिक पक्षको पनि उत्तिकै भूमिका छ।
यसले समाजलाई झन बहुपक्षीय संघर्षतिर लैजाने खतरा व्याप्त हुँदै गएको सत्यता नकार्न मिल्दैन। तसर्थ जातीय प्रथाको समूल निराकरण गर्न सुधारका जबर्जस्त कदम उठाउनुपर्छ भन्ने निष्कर्षमा लेखक पुगेका छन्।
त्रेतायुगमा रावणलाई ब्राह्मण भए पनि मांसाहारी भएको र मद्यपान गर्ने गरेका कारण राक्षस वर्गमा चित्रण गरियो। अहिले कलियुगमा ९५ प्रतिशत ब्राह्मण परिवारमा समेत मासु र मदिराको नियमित उपभोग हुन्छ।
अनि तथाकथित रूपमा तल्लो जात भनि देखाइएका अधिकांश समूहका मानिस भने शाकाहारीमात्र नभई मद्यपान पनि गर्दैनन् तर उनीहरूलाई तल्लो जातको रूपमा नै चित्रण गरिन्छ।
पछिल्लो सामाजिक परिवेशलाई इंगित गर्दै लेखक भन्छन्-अहिले ९० प्रतिशत ब्राह्मण परिवारले मासु खान्छन् र मदिरासमेत सेवन गर्छन्, ९० प्रतिशत क्षत्रीयहरू योद्घाको जागिर वा व्यवसायबाहेक अरू काम गर्छन्, ५० प्रतिशत वैश्यले जागिर वा खेतीपातीलगायत वा बाहेक अन्य काम गर्छन्।
६० प्रतिशत वा सोभन्दा माथिका शूद्र र दलितहरूले आफ्नो जीवनशैलीलाई मध्यमवर्गीय समुदायको रूपमा परिवर्तन गरेका, समुन्नत जीवनशैलीको विकास गरेका छन् तर अझै पनि उनीहरूलाई शूद्र र दलितको रूपमा चित्रण गरिएको छ।
पेशाका आधारमा प्राचीन जातीय प्रथा निर्माण भएको थियो। आज जीवनयापनमा निर्णायक पक्ष परिवर्तन भए पनि जातीय प्रथा र परिचय केवल उही नै छ। लेखकको अभिरूचि यस्तो छ कि जातीय व्यवस्था समाजबाट हटोस्, यसको प्रभाव र असर निमिट्यान्न होस्।
तर केवल यसको विरोध गरेरमात्र यो सम्भव छैन। जातीय प्रथालाई पूर्णतः हटाउन सकिन्न तर पुरानो प्रथालाई विस्थापन गरेर समयसान्र्दभिक नयाँ प्रथा ल्याउन सकिन्छ ।
जातीय पक्ष केही हदसम्म पहिचानसमेत भएकाले यसमा क्रान्तिकारी तथा आमूल सुधार गरेर यसको प्रभाव घटाउन सकिन्छ। तत्काल जातको अभ्यास पूरै हटाउन सम्भव छैन किनकि सबैको नामसँग उपनाम जोडिएको छ।
लेखक सुझाउँछन्-सबै परिवार र आफन्तले चाहे वा अनुमोदन गरेमा मानिसलाई स्वेच्छाले आहारविहार, खानपिन, पेशा र वर्तमानमा अपनाएको जीवनशैलीको आधारमा जात परिवर्तन गर्न भने दिनुपर्छ। जातीय व्यवस्था विगतमा दिइएको परम्परागत तथा पारिवारिक पहिचानमा आधारित नभई वर्तमानमा बाँचिरहेको जीवनशैलीमा आधारित हुनुपर्छ।
मानवको जीवन आफूमा स्वतन्त्र भएकाले जातका आधारमा उसको स्तर अथवा अवस्था मूल्यांकन गरिनुहुँदैन। जात केवल नामजस्तै एउटा पहिचानको आधारमात्र बन्नुपर्छ।
जसरी मानिसलाई नामका आधारमा भेदभाव नगरिने हुँदा उसले नामलाई लुकाउँदैन र नाम भन्न पनि हिच्किचाउँदैन-त्यसरी नै जात भन्नलाई कसैले हिच्किचाउनु नपरोस्। जातको आधारमा विभेद नभएमा यस्तो अवस्था स्वतस्फूर्त उच्च सहिष्णु समाज बन्ने लेखकको भनाइ छ।
लेखकको बुझाइमा जातीय अभ्यासका कारण विवाहमा सबैभन्दा बढी असर परेको हुन्छ। हरेकले परिवार र तत्काल परिवारको जीवनस्तर हेर्छन्, जीवनशैलीमा समानता खोज्छन्। शाकाहारी अभिभावकले आफ्नो छोराछोरीले मासु खाने परिवारमा विवाह गरेको मन पराउँदैनन्।
मांसाहारी नै भए पनि कोहीकसैले आफ्नो समुदायको भावना र संस्कारअनुसार गाई, सुँगुर अथवा अन्य पशुको मांससेवन मन पराउँदैनन्। यसको निराकरण गर्न लेखकले जातीय व्यवस्थाको विशुद्घ नयाँ खालको पुनंसरचनाको खाका दिन खोजेका छन्। लेखकबाट प्रस्तावित नयाँ जातीय अभ्यासको स्वरूप यस्तो हुनेछ।
समाजमा एकरूपता र नयाँ प्रचलनअनुसारका व्यवस्था कायम गर्न लेखकले हरेक व्यक्तिको पहिचान र सफ्टवेयर युक्त ट्रयाकिङ प्रणालीबाट अनुगमन र सर्वेक्षण गरिने नयाँ प्रविधिको नमुना प्रस्तुत गरेका छन् । तसर्थ कसैले कसैलाई झुक्याउन र आफ्नो पहिचान लुकाउनुपर्दैन। मानिसलाई जात बोझको रूपमा नभई छनौटको रूपमा प्राप्त हुन्छ । हरेकले स्वेच्छाले आफ्नो जात स्वयंले निर्धारण गर्न सक्छन् ।तसर्थ जातको आधारमा भेदभाव बाँकी रहँदैन।
लेखक भन्छन्- पछिल्लो तीनदेखि चार हजारभन्दा बढी वर्ष हाम्रो समाजमा जाति, लिंग, धन, धर्म, जातीयता र भाषामा कुनै सामाजिक सुधार तथा तात्विक हिसाबको सकारात्मक परिवर्तन नभएकाले अब यस्तो एउटा नयाँ अभियानको सुरूवात गर्नुपर्छ ।
नगदविहीन समाज, दाइजोको उन्मूलन र सुनमा सम्पन्नता देख्ने आदतको अवसानलगायतका सुधार अनुसरण गरिने एक योजनाबद्घ कार्यकम सुनिश्चित गर्दा अर्को पाँच या छ हजार वर्षको लागि कुनै सुधार आवश्यक पर्दैन भन्ने उनको तर्क छ । उनले पुस्तकमार्फत यसैको खाका पस्किएका छन् ।
यस्तो जातीय विभेदभन्दा अघि समाजमा रामराज्य थियो, सबै समान शक्तिशाली र सम्मानित थिए। पैसाको उद्भवले विभेद र कलियुगको सुरूवात भयो। लेखकले पैसाविहीन समाजको कल्पना गरेका कारण सामाजिक भेदभाव पनि अन्त्य हुने दावी उनको छ ।
जसरी कार्ल माक्र्सले ‘कम्युनिस्ट मेनिफेस्टो’ लेखेर वर्गविभेदको उपायको शंखघोष गरेका थिए-त्यसैगरी लेखक साहले ‘कल्किस्ट मेनिफेस्टो’बाट जातीय अभ्यासका बेथितिविरुद्घ यसको समूल नष्ट गर्ने मार्गचित्र प्रस्तुत गरेका छन्।
लेखक भन्छन्– कल्किवादको उदयले पैसाविहीन समाज निर्माण गर्ने, मलेच्छलाई हटाउने र कलियुग अन्त्य गर्ने कुरामा ठोस पहल गर्नेछ। रामलाई रामसेना र कृष्णलाई नारायणीसेना आवश्यक भएजस्तै कल्किलाई पनि कलियुग अन्त्य गर्न कल्किसेनाको आवश्यकता पर्दछ भन्ने उनको तर्क छ।
भारतले चार हजार वर्षपहिले जातप्रथाको प्रचलन ल्याएर समाजलाई द्वन्द्वमा धकेल्यो। के नेपालले यस्तो प्रथा हटाएर नयाँ समयसान्र्दभिक व्यवस्था ल्याएर विश्वगुरु बन्न सक्छ त? यसको विस्तृत र सम्पूर्ण प्रस्तावित प्रणालीबारे बुझ्न भने उनको आगामी पुस्तकलाई अध्ययन गर्नुपर्ने हुन्छ।
|
संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्दै काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु भएको छ। उनले नयाँ बानेश्वरस्थित संसद् भवनमा संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन्।
राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत अभिवादन गरेका थिए।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो। बैठकको प्रारम्भमा प्रधानमन्त्री दाहालले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए।
सम्बोधन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरू उपस्थित छन्। नेपालको संविधानमा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
संविधानको धारा, ९५ को उपधारा, २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ।
राष्ट्रपतिको सम्बोधनको प्रति प्रधानमन्त्रीले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने छन्। दुवै सदनले राष्ट्रपतिको सम्मानमा धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ। राष्ट्रपतिको सम्बोधन कार्यक्रमलाई भव्य तुल्याउन संसद् भवन परिसरमा झण्डा एवं पताकाले सिङ्गारिएको छ।
|
उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किए (भिडियोसहित) काठमाडौं । बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएका छन् । शुक्रबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
स्वदेश फर्किपछि यू–२० नेपाली फुटवल टोलीकी कप्तान प्रिति राइले प्रतियोगीताको उपाधी जित्न नसक्दा दुख लागेपनि समग्रमा राम्रो खेल प्रदर्शन गरिएको बताएकी छिन् । नयाँ ठाउमा गएर खेल्न जाँदा पहिलो दुई खेल कठिन भएपनि त्यसपछिको खेल सहज हुदै गएको उनले बताइन्
त्यस्तै यू–२० नेपाली फुटवल टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले समग्रमा खेल राम्रो भएको बताए । उहाले फाइनलमा नेपालको रणनीति सफल भएपनि उपाधी भने जित्न नसकेको धारणा राखेका छन्। साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो । फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको थियो ।
|
भारतले रुसबाट किनेको हतियारको पैसा तिर्न नसकेपछि तनाव काठमाडौं । रुसले भारतलाई २८ हजार करोडको हतियार बेचेको छ । तर गत वर्ष फेब्रुअरीमा युक्रेनसँग युद्ध सुरु भएपछि रुसमाथि कडा प्रतिबन्ध लगाइएको छ । जसका कारण भारतले अहिलेसम्म रुसलाई यो हतियारको पैसा भुक्तानी गर्न सकेको छैन ।
युक्रेनसँगको युद्धका कारण पश्चिमा राष्ट्र र अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको सामना गरिरहेको रुसलाई भारतले आफ्नो बक्यौता दिने विकल्प खोजिरहेको छ ।
किनकि, भारतले अधिकांश सैन्य हतियार र हार्डवेयर रुसबाट किन्ने गरेको छ । यस्तो अवस्थामा भुक्तानीमा थप ढिलाइ भए महत्वपूर्ण पार्टपुर्जा र उपकरणको ढुवानीमा कठिनाइ हुने भारत सरकारको चिन्ता छ ।
भारतले रुससँगको सम्झौता अन्तर्गत एस-५०० लामो दुरीको सतहबाट हावामा मार हान्ने मिसाइलहरू, रुसमा निर्मित टुसिल क्लासका जहाजहरू, मल्टिपल रकेट लन्चर स्मर्च, रकेट प्रोजेक्टाइलहरू र एक्स-३१ मिसाइलहरू खरिद गर्दछ। यसबाहेक अन्य धेरै मिसाइल र सेनाका हतियार र उपकरणहरू पनि समावेश छन्।
भारतले रुसबाट कच्चा तेल र हतियार खरिद गर्छ । शनिबारको रिपोर्टमा समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै भारतीय रिफाइनरी कम्पनीहरूले अमेरिकी डलरको सट्टा दुबईका व्यापारीहरूमार्फत युएईको मुद्रा दिरहाममा भुक्तानी गर्न थालेको बताएको छ।
अङ्ग्रेजी पत्रिका ‘द इन्डियन एक्सप्रेस’का अनुसार भारतले रुसको बक्यौता तिर्न तीनवटा विकल्पमा विचार गरिरहेको एक उच्च अधिकारीले बताएका छन् । एउटा विकल्प चिनियाँ युआन र युएई दिर्हाममा रूबल भुक्तानीहरू परिचय गराउनु हो।
स्रोतका अनुसार यस विषयमा रुसबाहेक रक्षा र अर्थ मन्त्रालयका अधिकारीहरूबीच गत वर्ष पनि आन्तरिक रूपमा छलफल भएको थियो। यसमा, यो निर्णय गरियो कि भारतीय रिजर्व बैंक (आरबीआई) संग बक्यौता भुक्तानी को विकल्पहरु लाई छलफल गरिनेछ।
भारतले तेस्रो देशको विदेशी मुद्रा मार्फत भुक्तानी गर्ने विकल्प खोजिरहेको अधिकारीहरुले बताएका छन् । तर धेरैजसो रक्षा सम्झौताको ‘संवेदनशील’ प्रकृतिका कारण भारत शंकास्पद छ। यसै क्रममा अर्का एक अधिकारीले भने, यद्यपि हामी दिर्हाम र युआनलाई विकल्पको रूपमा हेरिरहेका छौं। तर हामी युआनसँग त्यति सहज छैनौं।
यसबाहेक, भारत सरकारले सार्वभौम ऋणपत्र मार्फत बक्यौता भुक्तानी गर्ने विकल्प पनि खोजिरहेको छ।
यसै क्रममा एक अधिकारीले रुसको बक्यौता रकम भारतको छुट्टै खातामा ट्रान्सफर गर्न सकिन्छ कि भनेर पनि छलफल भइरहेको बताए । यसबाट सरकारले निक्षेप रकममा सार्वभौम ग्यारेन्टी जारी गर्न सक्नेछ ।
उक्त अधिकारीले यो पनि भने कि यसलाई हाइब्रिड विकल्प भनिएको छ किनभने सार्वभौम बन्डहरू सामान्यतया बक्यौता फिर्ता गर्न प्रयोग गरिँदैनन्।
यसैबीच, तेस्रो विकल्पका रूपमा रुसले सरकारी स्वामित्वमा रहेका उद्यमहरूमा केही हिस्सेदारी रुसलाई दिन सुझाव दिएको छ। जुन भुक्तानी पछि समाप्त गर्न सकिन्छ।
अर्को सरकारी अधिकारीले भारत र रुसको संयुक्त लगानीमा पनि विकल्प प्रयोग गर्न सकिने बताए । जहाँ रुसको सट्टा भारतले अस्थायी रूपमा लगानी गर्न सक्छ।
रुसको बक्यौता तिर्न भारतले समस्या भोगेको यो पहिलो पटक होइन। यसअघि सन् २०१८ मा भारतले रुससँग एस-४०० मिसाइल सम्झौतामा हस्ताक्षर गरेपछि पनि त्यस्ता समस्याहरू सामना गर्नुपरेको थियो।
२०१८ मा पनि, अमेरिकाले प्रतिबन्ध ऐन कात्सा मार्फत रुसमाथि प्रतिबन्ध लगाएको थियो र आफ्ना विरोधीहरूलाई काउन्टर गरेको थियो।
तर, त्यतिबेला भारतले दुईवटा रुसी बैंक भिटीबी र सबरबैंकको भारतीय शाखामार्फत रक्षा बक्यौता बुझाएको थियो । सरकारले रुसलाई भारतीय रुपैयाँमा डलर बराबर तिरेको थियो। तर रुस–युक्रेन युद्धपछि रुसमाथि लगाइएको आर्थिक प्रतिबन्धमा यो बैंक प्रतिबन्धित छ ।
|
जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ । त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुपर्यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा बिमति पनि होलान् । तर, हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो ।’
संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरूरी रहेको बताउँदै उनले भने, ‘संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटिहरू छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ’ प्रधानमन्त्रीले भने, ‘संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन ।’
निजामती सेवा ऐनदेखि धेरै ऐनहरू बनाउन बाँकी रहेको बताउँदै उनले भने, ‘पहिला काम गरौँ, त्यसपछि मूलभूत विषयमा समीक्षा गरौँ । अहिले नै समीक्षातिर लाग्यौँ भने राजनीतिक अस्थिरता आउन सक्छ । दर्शन, सिद्धान्त, प्रणाली जनताले धेरै हेर्दैनन्, उनीहरूले आफ्नो जीवनमा आउने परिणाम हेर्छन् । सिस्टम जति राम्रो भए पनि जनताले स्वीकारेनन् भने त्यो समस्या हुन्छ । जनता नै निर्णायक हुन् ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले आआफ्नो धारणा राखेका थिए ।
|
शुल्क बृद्धिको विरोधमा चक्रवर्ती ल कलेजका बिद्यार्थीहरुले गरे प्रदर्शन काठमाडौं। काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजका बिद्यार्थीहरुले शिक्षण शुल्क बृद्विको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले बिद्यार्थीहरुबाट अनुचित रुपमा महङ्गो शुल्क लिएपनि कुनै सुविधा नपाएको समेत भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले विद्यार्थीमाथि दमन गर्न पाइदैन, विद्यार्थीलाई लुट्न पाइदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कलेजले १० लाख ७० हजार फि लिएपछि त्यहि अनुसार सेवा सुविधा दिनुपर्ने वा फि घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन दिने धम्की दिएको बिद्यार्थीहरुको भनाइ छ ।
उनीहरुले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० बिद्यार्थीमध्ये ३० जनालाई छात्रवृति दिनुपर्ने भएपनि कलेजले १० जनालाई मात्रै छात्रवृतिमा पढाइरहेको र २० जनाको फि कलेजले खाइरहेको आरोप लगाएका छन् । यसअघि पनि शिक्षण शुल्क बृद्विको बिरोधमा उक्त कलेजका बिद्यार्थीहरुले आन्दोलन गरेका थिए ।
|
प्राथमिकदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छः सभामुख घिमिरे (भिडियो) काठमाडौं । सभामुख देवराज घिमिरेले प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालमा खेल क्षेत्रको बिकास गर्नका लागि प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले खेलको माध्यमबाट राष्ट्रको चिनारी हुने भएकाले सवै मिलेर यस क्षेत्रलाई मागि उठाउनुपर्ने आवश्यता रहेको धारणा राखेका छन् । सार्वजनिक संस्थानहरु मिलेर आयोजना गरेको प्रतियोगीताले खेलको बिभिन्न क्षेत्रमा थप योगदान पुग्ने उनको भनाई छ ।
बिहीबारबाट सुरु सार्वजनिक संस्थान खेलकुद प्रतियोगितामा बिभिन्न सार्वजनिक संस्थानका टीमहरुले व्याडमिन्टन खेलमा प्रतिष्पर्धा गर्नेछन् ।
हेर्नुहोस् भिडियोः
|
बागलुङ-बेनी सडक जीर्ण गलकोट। बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ।
बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ। तर बाढी र पहिराले कालोपत्र बगाएको छ। रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ। सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन।
यस्ते रत्नेचौरबाट खबरासम्मको चार किलोमिटरमध्ये तीन किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको हो। वर्ष दिन नपुग्दै त्यो पनि उप्किएको छ। बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने स्थानीय सुरज सापकोटा बताउँछन्।
“गुणस्तरीय काम हुन सकेको छैन”, उनले भने। कुडुँलेमा नाली छ, तर सडक कालोपत्र छैन। रत्नेचौरमा कालोपत्र गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ।
बर्सेनि मर्मतसम्भार गर्दैआए पनि पूरै नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी कृष्णबहादुर खड्का बताउँछन्। “मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछ”, उनले भने।
रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत रहेको खड्काको भनाइ छ। बाङ्गेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको छ।
“सडक कालोपत्र गर्न बजेट माग गरेका छौँ”, उनले भने। रत्नेचौरबाट बेनीको खबरासम्मको चार किलोमिटर कालोपत्र गर्ने काम २०७४ देखि थालिएको हो। अझै सो काम सम्पन्न हुन सकेको छैन। रु १२ करोड १७ लाखको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको छ।
बागलुङका अधिकांश कालोपत्र सडक हस्तान्तरणको प्रक्रियामा छन्। कुँडुलेबाट रत्नेचौरसम्मको सडक रु २० लाखको लागतमा ठेक्कामार्फत मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
पछिल्लो समय कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गाबाट पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठूला सवारीसाधन वैकल्पिक मार्ग बागलुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन्। रासस
|
एमालेलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्छ : गगन थापा {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका छन् । बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल बिषयक बिचार गोष्ठिमा थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए कठपुतली राष्ट्रपति हुने र संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका हुन् ।
उनले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउने र आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने बताए । थापाले पाँच बर्षका लागि गठबन्धन भनेर गएका दलले प्रधानमन्त्रीको बहानामा गठबन्धन जोगाउन नसक्नुमा जनतासामू क्षमा माग्नुपर्ने धारणा राखे । उनले पुस १० गते एमालेले कांग्रेसलाई धोका दिएको आरोप लगाए । महामन्त्री थापाले रास्वपालाई कल्पना गरे भन्दा बढि मत जनताले दिएको भन्दै सरकारमा जानु र बाहिरिनुको जवाफ जनतालाई दिनुपर्ने उल्लेख गरे ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले संसदमा अहिलेको व्यवस्थामाथि विषवमन भइरहेको र जात्रा चलिरहेको टिप्पणी गरे । उहाले देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरुले कस्तो मुलुक बनाउने भन्ने लक्ष्य लिनुपर्ने धारणा राखे । झाँक्रीले मुलुकमा भएका परिवर्तनलाई संस्थागत गर्नका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।
हेर्नुहोस् भिडियो:
|
टर्कीका भूकम्प प्रभावित प्रान्तहरूमा आपतकाल घोषणा अङ्कारा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् ।
खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उनले पत्रकार सम्मेलनमा बताए । हाल भूकम्प प्रभावित क्षेत्रमा जम्मा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएको राष्ट्रपतिले उल्लेख गरेका छन् ।
विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेपका प्रान्तहरूमा भुकम्पबाट थुप्रैको मृत्यु भएको हो।
स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७.८ म्याग्नीच्युडको भूकम्प गएको थियो । एर्दोगानले सोमबार सात दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
|
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए ।
अध्ययन तथा अनुसन्धानको क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली कार्यक्रममा विज्ञका रुपमा कार्यरत छन। चालिसेले टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । विभिन्न विषयमा अनुसन्धान गरेका चालिसे नेपाल जनसङ्ख्या सङ्घको उपाध्यक्षका रुपमा भूमिका निर्वाह गरेका छन्
|
सुगरका बिरामीले नर्भिकमा निःशुल्क जाँच सेवा पाउने काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।
अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो। नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ।
दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ। सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन्।
नर्भिक अस्पतालले बेला बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ।
विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ।
|
काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काउदै {प्रत्यक्ष प्रसारण} काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ ।
|
काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन : नारायणमान बिजुक्छेँ {भिडियो} काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबको १३ औ वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बिजुक्छेँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन काँग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गन नसकेको आरोप लगाएका हुन्।
सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भएपनि सत्ताको माहेले काँग्रेसले त्यो जिम्मेवारी छाडेको उहाले बताउनुभयो । उहाले बिचार नमिल्नेहरुको सरकार बनाएर दलहरुले गैरजिम्मेवारीपन देखाएको धारणा पनि राखे । बिजुक्छेँले संसदमा जनसरोकारका बिषय र आफ्ना बिचारहरुका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत भएको पनि बताए।
त्यस्तै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको धारणा राखे । कार्यक्रममा पत्रकार रमेश गिरी, नारायणसुन्दर किलम्बु लगाएतलाई सम्मान गरिएको थियो ।
|
सुनको मूल्य बढ्यो, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेर आज सोहि मूल्यमा कारोबार भईरहेको छ।
महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ।
|
रवि लामिछाने अयोग्य ठहर भएपछि कांग्रेस उम्मेदवारले स्वतः विजयीको माग गरे {भिडियो} काठमाडौं । सर्वोच्च अदालतले चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई अयोग्य ठहर गरेपछि स्वतः विजयी घोषणाको माग गर्दै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगका निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोग पुगेर आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने भन्दै निवेदन बुझाएको श्रेष्ठले बताएका हुन् ।
सर्वोच्चले उम्मेदवारको प्रक्रिया नै खारेज गरेपछि अब दोस्रो स्थानमा रहेको व्यक्ति स्वतः विजयी हुनुपर्ने उनको भनाइ छ । उनले रवि लामिछानेको उम्मेदवारी देखि सम्पूर्ण प्रक्रिया नै अवैंधानिक भएकाले आफुलाई निर्वाचित गर्नुपर्ने जिकिर गरे । आफ्ना पक्षमा आयोगले आवश्यक निर्णय नगरे अदालत जाने उनले बताए । यता निर्वाचन आयोगले भने रिक्त चितवन नंवर २ मा उपनिर्वाचन हुने जनाएको छ ।
|
फाइभजी परीक्षण चरणमा काठमाडौं। नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ।
टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए। उनले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे।
जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरुपमा नै फरकरुपमा सञ्चालन हुने उनको भनाइ छ। कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी बिस्तार गरिरहेको छ।
यसअघि मुलुकका ६८ जिल्लामा विस्तार गरिएको एफटिटिएच सेवा अन्य जिल्लामा पनि पुर्याउने योजना अघि बढाइएको नेपाल टेलिकमको भनाइ छ।
सात सय ३९ स्थानीय तहमा फोरजी
वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिइ सेवाको देशव्यापी विस्तार गरिएको टेलिकमले जनाएको छ। हालसम्म ७७ जिल्लाका सात सय ३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ।
फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रुपमा ई–सिमकार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पोडेलले बताए। डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलब्ध गराइएको छ।
देशका अधिकांश स्थानमा फोरजी एलटिइ सेवा विस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्यरुपमा वृद्धि भएको छ।
२६ अर्ब ४१ करोड राजस्व
मुलुकका सार्वजनिक संस्थानमध्ये हालसम्म सबैभन्दा नाफा कमाउने र राज्यलाई बढी राजस्व तिर्ने नेपाल टेलिकमले अघिल्लो वर्ष सरकारलाई रू २६ अर्ब ४१ करोड राजस्व तिरेको छ। टेलिकमका प्रबन्ध निर्देशक पौडेलका अनुसार आव २०७७\७८ मा विभिन्न कर तथा गैरकर गरी कम्पनीले उक्त रकम राजस्व बुझाएको हो।
आर्थिक वर्ष २०७८\७९ मा कम्पनीको कूल आय रू ४४ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रू आठ अर्ब ४७ करोड भएको छ। चालु आवको पुस मसान्तसम्म कम्पनीले रू २१ अर्ब ८० करोड राजस्व प्राप्त गरेको।
टेलिकमको भ्वाइस सेवातर्फ २०७९ मङ्सिर अन्त्यसम्ममा ग्राहक आधार दुई करोड १३ लाख २५ हजारभन्दा बढी छ। जसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड एक लाख ८६ हजारभन्दा बढी, सिडिएमए सेवाका चार लाख ३६ हजार र पिएसटिएन सेवाका ग्राहक चार लाख ५५ हजारभन्दा बढी छन्।
त्यसैगरी एफटिएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार तथा एफटिएच डाटा सेवाका ग्राहक दुई लाख ११ हजार छन्। चालु आवको असोज महिनासम्म भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२ दशमलव २४ प्रतिशत छ।
इन्टरनेट डाटा सेवातर्फ २०७९ मङ्सिरसम्म कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवा प्रयोगकर्ता कूल दुई करोड छ लाख १८ हजार छ सयभन्दा बढी पुगेका छन्।
सोमध्ये जिएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता दुई करोड एक लाख ६ हजार एडिएसएल सेवाका प्रयोगकर्ता ७८ हजार र एफटिएच डाटा सेवाका प्रयोगकर्ता दुई लाख ११ हजार छन्।
मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य तीव्र गतिमा अघि बढाइएको छ। सो क्षेत्रमा हालसम्म एक हजार तीन सय २६ किमी फाइबर बिछ्याउने कार्यसम्पन्न भएको छ।
|
null |
सहमति नभए बहुमतबाटै प्रदेशको नामकरण : मुख्यमन्त्री कार्की झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएक छन् । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताए ।
“अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ”, उनले भने, “सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।” हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ ।
यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा (एमाले) स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, “हाम्रा कारणले नामकरण रोकिएको होइन ।”
उनले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्यूँताउने जानकारी दिए । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री थिए । त्यसबेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसङ्ग जोड्दै उनले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए ।
पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के–कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल र पत्रकारहरूको सङ्घसङ्गठनसँग परामर्श गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
अग्रज पत्रकार सम्मानित
प्रेस चौतारी झापाले आज प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारलाई सम्मानित गरेको छ । मुख्यमन्त्री कार्कीले सबै अग्रज पत्रकारलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानित अग्रज पत्रकारमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहेका छन् ।
पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष छन् । काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पु¥याएका अग्रज छन् । पकुवाललाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।
|
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले चितवन । उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले आज सडकमा तरकारी फालेका हुन् ।
किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दा लगायतका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका थिए ।
संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आयात नरोकिँदा यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको बताए । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएपनि भारतीय तरकारीका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपरिरहेको बताए ।
“सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग आयात रोक्न आग्रह गरेपनि सुनुवाइ हुन सकेको छैन”, उनले भने ।
चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको छ । पाँच विघाभन्दा बढी जग्गामा तरकारी खेती गर्ने किसान एक सय जना र एक बिघाभन्दा बढीमा गर्ने झण्डै तीन सय जना रहेको भुसालल जानकारी दिए । यहाँ उत्पादित तरकारी चितवन, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा खपत हुँदै आएको छ ।
“हाम्रो आवाज राज्यले नसुन्दा सडकमा तरकारी फ्याकेर आन्दोलन गर्नुपरेको छ”, तरकारी किसान अविन्द्र सुवेदीले भने । कृषकले पुलचोकस्थित सडकमा पाँच ट्याक्टर तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् ।
|
इटालीमा आठ आप्रवासीको शव फेला रोम । इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र तीन महिलाको शव फेला पारेका थिए । डुङ्गामा रहेका अन्य ४२ जनालाई किनारामा ल्याइएको उनले एएफपीलाई बताए ।
इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले आगामी साता हुने युरोपेली परिषद्को शिखर सम्मेलनअघि डुङ्गाबाट यूरोप पुगेका आप्रवासीको व्यवस्थापनमा युरोपेली सङ्घबाट थप सहयोगको माग गर्ने बताएका छन् ।
इटालीको भौगोलिक स्थितिले यसलाई उत्तरी अफ्रिकाबाट युरोप जाने र शरण खोज्नेहरूको लागि एक प्रमुख गन्तव्य बनाउँछ, र रोमले लामो समयदेखि आगमनको सङ्ख्यामा भएको वृद्धिबारेमा गुनासो गर्दै आएको छ ।
मन्निनोले आफू छ महिनादेखि मात्र नगरप्रमुख भएको तर आप्रवासीको आगमन निरन्तर भइरहेको र मृत्यु भएकाहरूको शव साप्ताहिक रूपमा टापुमा ल्याइने गरेको बताए ।
“स्थिति वास्तवमै नाटकीय बन्दै गएको छ । युरोप र यहाँका सरकारहरूले केही गर्नुपर्छ । मलाई मृतकको सङ्ख्याको गणनाले स्तब्ध पार्नेगरेको छ,” उनले भने ।
गृह मन्त्रालयका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म करिब पाँच हजार आप्रवासी इटाली आइपुगेका छन्, जुन गत वर्षको सोही अवधिमा तीन हजार र सन् २०२१ मा एक हजार भन्दा बढी थियो ।
मेलोनीले शुक्रबार बर्लिन र स्टकहोमको भ्रमण गरेका छन् । उनले आप्रवासीहरूको प्रत्यावर्तन र पुनः प्रवेशलाई बढावा दिन ईयू संयन्त्रहरूको लागि शिखर सम्मेलनअघि समर्थन जुटाउने प्रयास गरेका थिए ।
उनको नयाँ दक्षिणपन्थी सरकारले आप्रवासीहरूको उद्धार गर्ने परोपकारी जहाजहरूको कार्यलाई सीमित गर्न खोजेको छ, गत हप्ता युरोपेली परिषद्बाट आप्रबासी नीतिले जीवनलाई खतरामा पार्नेछ भनी आलोचना भएको थियो ।
|
माधव नेपाललाई भेट्न उपप्रधानमन्त्री श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन्।
आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न श्रेष्ठ पुगेका हुन्।
सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला श्रेष्ठ माधव नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसअघि बिहीबार माओवादीको बैठक चलिरहँदा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका थिए।
|
शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्रीले भने, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ। म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।”
विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उनले स्मरण गरे। चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उनको भनाइ छ। नेपाली जनताको समृद्धि र सुशासनको आकाङ्क्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको उनले बताए।
“सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ। दुःख र सुखीमा म तपाईहरूको साथमा छु”, प्रधानमन्त्रीले अगाडि भने, “जुरेको पहिरो, भूकम्पपछिको पुनःनिर्माण, मेलम्चीको विनाश लगायतका सबै पीडामा तपाईंहरुसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ।”
उनले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए। “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ”, उनले विश्वास व्यक्त गरे।
उनले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताए। “विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन। आम जनसमुदाय र छिमेकीको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौँ। नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ”, उनले भने।
शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ। उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गरे।
“शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ। शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो”, उनले भने।
प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताए।
कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतले सम्बोधन गरेका थिए।
|
कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ कैलाली । कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका-४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जब्बर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको हो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको छ ।
बिहीबार उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
|
सङ्कटमा छन् झलनाथले सम्झिएका असला गण्डकी । नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गरे । पचास वर्षअघिको समाज, शिक्षा र राजनीतिका विषयमा अनुभव पनि साटे ।
पूर्वी इलामका खनाल र पश्चिमका केसीबीचको चिनजान भने शिक्षकका रुपमा सुरु भएको थियो । केसी २०२५र२६ सालतिर बाग्लुङ गलकोटमा रहेको गलकोट माध्यामिक विद्यालयमा प्रधानाध्यापक थिए । विद्यालयमा विज्ञान पढाउने शिक्षकका रुपमा इलामका खनाललाई उनले नै बोलाएका थिए ।
शिक्षणसँगै राजनीति सुरु गरेका उनीहरुमध्ये खनाल प्रधानमन्त्री भइसकेका छन् भने केसी उपप्रधानमन्त्री भइसकेका छन् । यतिबेला खनाल नेकपा (एकीकृत समाजबादी) पार्टीमा सम्मानित नेताका रुपमा र केसी राष्ट्रिय जनमोर्चाका अध्यक्षका रुपमा राजनीतिमा सक्रिय छन् ।
अन्तरङ्ग कुराकानीका क्रममा नेता खनालले दरमखोलाका असला माछाको प्रसङ्ग उप्काए । केसीप्रति इङ्कित गर्दै खनाल भने, “कहिलकाहिँ उहाँ घण्टौँसम्म माछा मार्नुहुन्थ्यो, सँधै खुवाउनुहुन्थ्यो, त्यो दरमखोलाको माछा भनेको नेपालकै राम्रो र मिठो माछामा पर्दोरहेछ ।”
उनले थपे, “दरमखोलाको असला माछा राणाकालमा पनि राणाजीहरुले ल्याएर खाँदारहेछन्, त्यहाँ अलि विशेष खालको, स–साना दहमा पनि प्रशस्त माछा पाइने के ।” यत्तिकैमा माछाको प्रसङ्ग सकिन्छ । कुराकानी अन्तै मोडिन्छ ।
पाँच दशकभन्दा अघिको सन्दर्भलाई लिएर पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री जस्ता राज्यको उच्च आहोदोमा पुगेका व्यक्तिले सम्झिएको दरमखोलाको असला माछाको स्थिति अहिले के होला त ?
उत्तर भने अप्रिय छ !
गलकोट नगरपालिका(९ का गोम रानाले सानैदेखि दरमखोलामा माछा मार्थे । जलारीका रुपमा उनको लामो अनुभव छ । रानाले जाल खेल्दा पहिलेझैँ माछा पर्न छाडेको धेरै भइसक्यो । उ बेलाको दरमखोलामा पाइने असला माछा यतिबेला भने लोपोन्मुख अवस्थामा रहेको उनले बताए । “विषादी हाल्ने, पासो थाप्ने र करेन्ट लगाउँदा असला माछा घट्दै गए”, रानाले भने, “कुनै दिन दरमखोलाबाट असला माछा हराएर जान्छ कि भन्ने पिर लाग्छ ।”
अव्यवस्थित गिट्टीबालुवा झिक्ने, फोहोर फ्याँक्ने, खोला मासेर संरचना बनाउने जस्ता प्रवृत्तिले दरामखोलाका माछाको बासस्थान खल्बलिएको छ । असला माछाको मुख्य आहारा लेउ हो । लेउ लाग्ने ढुङ्गामा हिलो र फोहोर जम्न थालेपछि माछा पनि कम हुँदै गएको उनको अनुभव छ । दुषित पानीले पनि माछालाई हुर्कन र बढ्न नदिएको उनले सुनाए ।
सहरोन्मुख गलकोटमा आवादीसँगै खोलानालामा फोहोर र दुर्गन्ध एकैसाथ बढेका छन् । अनियन्त्रित नदीजन्य पदार्थको उत्खननका कारण पनि माछालगायतका जलचर सङ्कटमा छन् ।
माछाको अवैध सिकारलाई नियन्त्रण गर्न खोजिएपनि लुकिछिपी माछा मार्ने प्रवृत्ति रोकिएको छैन । पहिले माछा मार्न जाल खेल्ने, भुक थाप्ने र हत्केला खेल्ने चलन थियो । दरमखोलाको असला माछा मारेरै जीवन निर्वाह गर्ने परिवार पनि थिए । अहिले उनीहरु आयआर्जनको अर्को बाटो रोज्न बाध्य छन् ।
पहिलेझैँ ढुङ्गाको कुरमा हात छिराएपछि माछा हात लाग्ने स्थिति अहिलै छैन । दिनभर खोला चहारेर जाल हान्दा पनि मुस्किलले माछा पर्छन् । माछा लुक्ने कुर फोहोर, प्लाष्टिक, लुगाफाटाका टुक्रा र सिसाले भरिएको स्थानीयको गुनासो छ ।
मानिसले मरेका कुखुरासमेत खोलामा मिल्काउने गरेका छन् । चिसो, सफा र बगिरहेको पानी मन पराउने असला माछा हराउँदै जानुमा एउटा कारण खोला दुषित हुनु पनि हो । असला माछा कम हुँदै जाँदा मूल्य भने उकालो लागेको छ ।
एक किलो आलो असला माछा रू ११ सयसम्म बिक्री हुन्छ । सुकुटी माछा प्रतिकिलो रू १० हजारसम्म बिक्री हुन्छ । होटल, रेष्टराँमा त अझ महँगो पर्छ । पहिले माछा जति भनेपनि पाइन्थ्यो, भाउ सस्तो थियो । अहिले असला माछा पाउनै कठिन छ, भाउ भने छोइनसक्नु भएको स्थानीयको गुनासो छ ।
दरमखोलाछेउ बनाइएको तलाउमा ‘रेम्बो ट्राउट’सँगै असला माछाको व्यावसायिकपालन गर्दै आएका हुम थापाले असला माछालाई मानिसबाट जोगाउन स्थानीयस्तरमा सचेतना जगाउनुपर्ने बताउँछन् । केही वर्ष माछा मार्न रोक लगाएमा संरक्षणमा टेवा पुग्न सक्ने उनको विश्वास छ लापरवाहीका कारण दरमखोलाको असला माछा सङ्कटमा परेको थापाको बुझाइ छ ।
“विष प्रयोग गर्ने, करेन्ट लगाएर माछा मार्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ, यसमा नगर र स्थानीय प्रशासनले कडाइ गर्नुपर्छ”, थापाले भने, “खासगरी खोला आसपासका बस्तीका युवालाई असला माछा संरक्षणको कुरा बुझाउनुपर्छ ।”
मनपरी हिसाबले सिकार हुने र खोलानालाको पर्यावरण पनि बिग्रदै जाँदा रैथाने जातको असला माछा सँधैका लागि हराएर जाने उनको चिन्ता छ । दरमखोला मात्रै नभएर बागलुङको बडिगाड, ठेउलेलगायतका खोलानालामा पनि असला माछा मुस्किलले पाइन थालेका छन् ।
रेष्टुराँ व्यवसायीसमेत रहेका थापाले दरमखोलाको असला माछा ‘ब्राण्ड’ बनिसकेको बताए । होटल, रेष्टुँरामा पनि असला माछाको परिकार ग्राहकको रोजाइमा पर्ने गरेको छ । दरखोलाको असला माछाको सुकुटी विदेशमा समेत कोसेलीका रुपमा लिएर जाने चलन छ । पोखरा, काठमाडौं जस्ता सहरमा पनि दरमखोलाको असला माछा पुग्छ ।
मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख महम्मद इकवाल हुसेनले मानवीय गतिविधिले असला माछाको बासस्थान नष्ट भइरहेको बताए । “असला चिसो पानीमा हुने माछा हो, उसको प्राकृतिक वातावरण खल्बलिँदै गएकाले संख्या पनि घट्दो छ”, उनले भने, “बेलैमा संरक्षणको पहल नभए असला प्रजाति नै लोप हुनसक्छ ।”
विष्फोटक पदार्थ, विषादी प्रयोग गरी माछा मार्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । “माछा मार्दा, नियन्त्रण गर्दा जलचर संरक्षण ऐन–२०१७ अनुसार गर्नुपर्छ, त्यसको उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ” प्रमुख हुसेनले भन्नुभयो ।
उनले असलालगायत स्थानीय जातका माछाको संरक्षणका लागि जनस्तरमा सचेतना जगाउनुपर्ने धारणा राखे । असला माछाले वनस्पतीजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने जीव गंगटा, झिँगे माछा, शंखे किरा, जलीय झारपात र किराफट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञहरु बताउँछन् ।
खोलानालाको पानी दुषित भएमा असला माछालाई रोग लाग्ने गरेको उनीहरुको भनाइ छ । असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । १० देखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ । असला स्वादिलो माछामा गनिन्छ । यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ । यो माछाको १७ प्रजातिमध्ये नेपालमा ९ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक(मङ्सिर र माघ–फागुनमा प्रजनन गर्छ ।
मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । यो स्वादिष्ट र गुणकारी मानिन्छ । नेपालमा ६ सय देखि ३५ सय मिटरको उचाइसम्म असला माछा पाइन्छ ।रासस
|
सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन काठमाडौँ। बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ।
नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ। लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रू २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो।
निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ।
|
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउँछ: केपी ओली मोरङ। प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वदलीय सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयको जिम्मेवारी पाउने बताएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए। तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए। त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन्।
गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो।
यद्यपि, उनले लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए। ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन्।
यही पेरिफेरिमा बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले रास्वपाबाटै गृहमन्त्री हुने बताएका हुन्।
रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई पठाएमा अरुले आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताएका ओलीले भावी राष्ट्रपति एमालेबाटै हुने दाबी गरे।
|
आकर्षक गाउनमा सजिएकी ह्यारीकी प्यारी {तस्बिर} काठमाडौं । अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको आशालाग्दी कलाकार हुन् । उनीद्धारा अभिनित चलचित्र ह्यारीकी प्यारी यही माघ २० गतेबाट देशभरका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन हुँदैछ।
हास्यकलाकार जीतु नेपाल र अभिनेत्री शाहका साथै बिजय बरालको पनि यस चलचित्रमा अभिनय रहेको छ । ह्यारीकी प्यारीको हालसालै प्रिमियर शो पनि भएको थियो। शो हेरेकाहरुले अभिनेत्री शाहको अभिनयको निकै तरिफ गरेका थिए । सम्राज्ञीले प्रिमियर शोमा पुग्दा निकै आर्कषक पहिरनमा सजिएर पुगेकी थिइन् । लामो पिच सिलभर कलरको गाउनमा सजिएर उनको कपालको स्टाइल अनि घाँटीमा लगाएको हारले उनको सौन्दर्यतालाई झनै सुनमा सुगन्ध थपेको थियो । उनले आफ्ना केही तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । जसमा उनका फ्यालहरुले उनको तरिफको बर्षा गरेका छन् ।
तस्बिरमा हेर्नुहोस्:
भिडियोमा हेर्नुहोस्:
|
डुङ्गा डुब्दा ५२ विद्यार्थीको मृत्यु इस्लामाबाद । उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।
ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कूले केटाकेटी हुन् । उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए । गोताखोरले १६ जनालाई उद्धार गरेका थिए । उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो । हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिएका छन् ।
|
राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । यसमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट भलिबल क्लब छन् ।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिगकम नकआउट’का आधारमा खेल सञ्चालन गरिनेछ ।
प्रतियोगिताको विजेताले रु तीन लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु एक लाख ५० हजार पाउनेछ्न । त्यस्तै तेस्रो हुने टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
|
सुन्तलाको बिरुवा बिक्री नहुँदा कृषकलाई लाखौं नोक्सानी{भिडियो} म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले उत्पादन गरेको सुन्तला बिक्री नहुँदा लाखौ नोक्सानी भएको छ । फगाममा पचास लाख मूल्य बराबरको एक लाख सुन्तलाका बिरुवा छन् । निशुल्क बाँड्न खोज्दा पनि लैजान कोही पनि आएका छैनन् । बिरुवाले बजार नपाएपछि फगामका कृषक नर्सरी व्यवसायबाट विस्थापित हुन थालेका छन् । दश जना मध्य छ जनाले बिरुवा उत्पादन गर्न छोडेका छन् ।
फगाम म्याग्दीको सुन्तलाको विरुवाको स्रोत केन्द्र हो । बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालेका कृषकले बताएका छन् । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्नका लागि योग्य हुन्छन् । दुई वर्ष काटेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको कृषकहरुले बताएका छन् ।
बजार बिस्तार हुन नसकेको कारणले बिरुवा नबिकेको हो । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो । नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा परेका छन् ।
|
प्रहरी हिरासतको पर्खाल भत्काएर फरार भएका ६ थुनुवामध्ये एक जना पुनः पक्राउ धनुषा। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए।
हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ। सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो।
मिथिला नगरपालिका–६ का २८ वर्षीय महतोलाई आज बेलुका पुनः पक्राउ परेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए। उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ। महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो।
महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो। प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।
हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन्।
लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए। पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।
|
महाकाली नदीमा फसेका मजदुरको उद्धार दोधारा चाँदनी । प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो । पूर्वजानकारी विना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरुसहित मजदुर नदीको बीच भागमा डुबेका थिए ।
आठजना ट्र्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्र्याक्टरसहित र चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो”, उनले भने, “इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली महाकालीमा फसेका मजदुरहरुको सकुशल उद्धार गरेको हो ।” नेपाली प्रशासनलाई जानकारी नदिई भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासि बढेको हो ।
|
null |
धमिलिकुवामा १५ शैय्याको अस्पताल निर्माणकार्य सुरु लमजुङ। इनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ। स्वास्थ्य चौकीको स्तरोन्नति संगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ।
हाल स्वास्थ्य चौकी रहेको उक्त ठाउँमा १५ शैय्याको अस्पताल निर्माणका लागि भवन निर्माणकार्य सुरु भएको छ। गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले उक्त भवनको शिलान्यास गर्दै अहिलेको स्वास्थ्य चौकी स्तरोन्नति भएर अस्पताल बनेमा राइनास नगरपालिकाका स्थानीयले गाउँघरमै राम्रो उपचार सेवा पाउने बताए।
राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले राइनास क्षेत्रका नागरिक स्वास्थ्य सेवा लिन टाढा जानु परेको र सरकारी सेवा सुविधासहितको स्वास्थ्य सेवा पाउन नसकेको अवस्थामा स्तरोन्नति हुने गरी धमिलिकुवा स्वास्थ्य चौकीको भवन निर्माणकार्य सुरु भएको बताए।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो। भवनका लागि मात्रै १२ करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएकोमा भगवती निर्माण सेवा काभ्रेपलान्चोकले भ्याटसहित ७ करोड ९५ लाखमा निर्माण गर्ने सम्झौता गरेको नगरपालिका प्रमुख गोकर्णराज सुयलले बताए। उनका अनुसार २०८१ बैशाख मसान्तसम्म सक्ने गरी गत पुस २० गते निर्माण व्यवसायीले सम्झौता गरेको छ।
|
प्रभु बैंकको सीईओमा शेरचन काठमाडौँ। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन्। सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन्।
सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ। उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए। तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएको हो।
जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए। प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन्। आगामी माघ १८ देखि उनले तेस्रो कार्यकाल सुरु गर्नेछन्।
|
ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताउनुभएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–विराट–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गर्दै उनले नेपाल पूर्ववत्रूपमा शान्त, सुव्यवस्थित हुनुपर्ने बताए ।
उनले भने, “यो भूमि पूर्ववत्रूपमा एउटा शान्त, सुव्यवस्थित होस् र दानवहरूको नगरा, पञ्जाबाट मुक्त होस् भन्ने मैले भगवान्सँग पुकार गर्छु ।” यो महायज्ञ हिन्दू धर्मावलम्बीहरूको मात्रै नभएर देशैभरका सबै धर्म मान्नेहरूका लागि भएको उनको भनाइ थियो । विश्व शान्ति र मानव जातिको रक्षाका लागि यस्ता महायज्ञहरू हुन जरुरी रहेको उनले बताए । यहाँ आएर सबै धर्मावलम्बीले पुण्य लिने उनले विश्वास व्यक्त गरे । महायज्ञका लागि सबैले सहयोग गर्न उनले अपिलसमेत गरे ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशवराज महर्जन, समाजसेवी टङ्कनाथ पौडेल, स्वामी जगन्नाथ शर्मा कँडेल, पूर्वसांसद गोविन्द कँडेल, समाजसेवी उमाशङ्कर अग्रवाल, प्रमुख वाचक परशुराम पाण्डेलगायतले बोलेका थिए।
महायज्ञ आयोजक समितिका संयोजक प्रेमनिधि भारद्वाजले महायज्ञ सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च हुने बताए । एक महिनासम्म चल्ने सो महायज्ञको अन्तिम दिन फागुन १२ गते रु एक करोड ४९ लाख ८५ हजार बत्ती बालिने उनले जानकारी दिए ।
महायज्ञमा दैनिक छ क्विन्टलभन्दा बढी चरु हवन हुने छ । जौँ, तिल, चामल, घ्यूलगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरिनाथले शरीर छाडेपछि पहिलोपटक ब्रह्मगायत्री मन्त्रद्वारा महायज्ञमा हवन हुन लागेको उनले जानकारी दिए ।
नेपालमा कोटिहोम महायज्ञका अध्येता, सङ्कल्पकर्ता, गुरु योगी नरहरिनाथलाई सम्झँदै कोटिहोम ज्ञानमहायज्ञ गरिएको हो । महायज्ञमा एक सय आठ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्रीमन्त्रद्वारा एक महिनासम्म हवन गरिने छ । तर्पण एवं मार्जन, श्रीमद्भागवत तथा शिव महापुराण पाठ एवं प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवं राजनीतिक व्यक्ति सहभागी हुनेछन् ।
|
१० कर्मचारीलाई उमेर हद नलगाई सात दिनभित्र दरखास्त भर्न समय दिइयो काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका १० जना कर्मचारीलाई उमेर हद नलगाई सात दिनभित्र फाराम भर्न भनेको छ ।
आयोगले बिहीबार एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा अधिकृत वा सो सरहको पदका लागि भएको विज्ञापनमा उमेर दह नलगाई सात दिनभित्र आयोगको अनलाइन दरखास्त प्रणालीबाट फाराम भर्न समयावधि दिएको हो ।
आयोगबाट भएको १६६९२–१६७०५/२०७९–८० शाखा अधिकृतको विज्ञापनमा उमेर हदको विषयलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले ३५ वर्षको उमेर पूरा भएको भन्ने सम्म कारणबाट उम्मेदवार हुन तथा परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भन्ने आदेश भएको भन्दै आयोगले दरखास्त लिने भएको हो ।
|
काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ ।
विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।
महानगरले आर्थिक ऐन–२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक रू पाँच सय शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि रू एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट रू एक हजार शुल्क निर्धारण गरेको छ ।
महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ ।
चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा रू ५५ करोड लक्ष्य लिएकोमा पुस सम्म रु ३१ करोड ४२ लाख असूल उपर गरेको डा अघिकारीको भनाइ छ ।
लामो समयदेखि असूल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्र्यौता रकम पनि असूल हुन थालेको बताएको छ ।
|
फिलिपिन्स वायुसेनाको विमान दुर्घटना मनिला । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ ।
राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् । वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन् ।
यसैबीच, हिजोदेखि एउटा विमान हराइरहेको छ । इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन् ।
|
बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने मकवानपुर । बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो ।
यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।
भोलि माघ ११ गते अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
|
शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री यादव जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला उनले दलहरूबीच सरकार विस्तारमा कुनै समस्या नरहेको बताए । उनले शुक्रबार विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको जानकारी दिए ।
“सत्ता गठबन्धनमा विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भनेर प्रचार गरिएको विषयमा म पनि जानकार छु”, मुख्यमन्त्री यादवले भने, “हामीबीच कुनै विवाद छैन । कुन पार्टीले कति र कुन मन्त्रालयको जिम्मा पाउने भनेर मोटामोटी समझदारी भएको छ । अब शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।” मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र काठमाडौँमा रहेकाले शुक्रबारसम्म पर्खिनुपरेको र उनी बिहीबार फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने प्रष्ट पारे ।
मुख्यमन्त्री यादवको सिफारिसमा गत पुस २९ गते उनीसँगै थप तीन जना प्रदेशसभा सदस्य, एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहले बिनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका थिए । जसपा मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले माघ ३ गते विश्वासको मत लिएको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने तीन जना मन्त्रीले पनि कुनै जिम्मेवारी पाएका छैनन् ।
“सुरुमा दलहरुबीच छलफल गर्नुपर्ने थियो, पछि म आफैँ पनि काठमाडौँ जानुपर्ने भएपछि केही समय ढिला हुन गयो”, मुख्यमन्त्री यादवको भनाइ थियो, “अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुपर्ने कुनै कारण छैन ।”
|
बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा आउँछ : मन्त्री गिरी काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उनले दादुराको प्रकोप नियन्त्रण आउने प्रयासमा रहेको भन्दै एक महिनाभित्र दादुराको प्रकोप नियन्त्रणमा आउने बताए । “बाँकेमा फैलिएको दादुराको अवस्थाबारे मैले हिजोमात्र बुझेर आएको छु, दादुरा विरुद्धको खोप कार्यक्रम त्यहाँ अहिले प्रभावकारी रूपमा अगाडि बढेको छ”, उनले भने, “दादुरा नियन्त्रणमा आउने स्थिति रहेको छ । एक महिनामा नियन्त्रणमा आउने छ भन्ने हामीलाई विश्वास छ ।”
उनले स्थानीय जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकालाई कुनै पनि घर नछुटाइकन बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन निर्देशन दिएको बताए । मन्त्री गिरीले बाँके हुँदै अन्य ठाउँमा पनि दादुराको प्रकोप फैलिन थालेपछि चिन्ताको विषय भएको बताए । मन्त्री गिरी गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशैभरका अस्पतालको पूर्वाधारको बारेमा वैज्ञानिक अध्ययन गरी पूर्वाधार बनाइने बताए ।
“देशभरका अस्पतालको पूर्वाधार कुन अवस्थामा कस्तो रहेको छ भन्नेबारेमा हामी अध्ययन गर्दछौँ र कार्ययोजना बनाई पूर्वाधार विकासमा जोड दिन्छौँ”, उनले भने, “आधारभूत अस्पतालका भवन बन्ने प्रक्रियामा छन् । ती भवनलाई समयमा नै सम्पन्न गरिने छ ।”
उनले दूरदराजमा जनशक्ति पु¥याउन नसकिने, चिकित्सक जान तयार नहुने जस्ता समस्या देखिएको भन्दै जनशक्तिको ठोस कार्ययोजना बनाई व्यवस्थापन गरिने भनाइ राखे । उनले खरिद प्रक्रियामा कहीँ पनि ‘सेटिङ’ हुन नदिने प्रतिबद्धता व्यक्त गरे । “प्रत्येक कुरामा पारदर्शी हुन्छ । जनताको थोपाथोपाबाट सङ्कलन गरिएको राजस्वलाई कहीँ कतैबाट दुरुपयोग हुने दिइने छैन”, उनले भने ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्यवन गरिने उनको भनाइ थियो । मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसङ्गति हटाउनुपर्ने बताए ।
|
प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।
हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।
|
रोजेको मन्त्रालय नपाएको भन्दै पदभार नगरेका मन्त्री खानले उद्योग मन्त्रालय पाउने! काठमाडौं। प्रधानमन्त्रीसँगै शपथ खाएर मन्त्रालय भागवण्डामा चित्त नबुझेपछि पदभार ग्रहण नगरेका मन्त्री अब्दुल खानले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
सत्ता गठबन्धनको शीर्ष नेतृत्वले उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले जानकारी दियो।
मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिइएको थियो तर पार्टीले यसमा असन्तुष्टी जनाएको छ। जनमत पार्टीको तर्फबाट मन्त्री बनाइएका अब्दुल खानले खानेपाली मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्टि जनाउँदै कार्यभार सम्हाल्न गएनन्।
जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय मागेको थोयो तर यो मन्त्रालय एमालेले लिएको छ। एमालेले सो मन्त्रालयमा दामोदर भण्डारीलाई पठाएको थियो।
जनमत पार्टीले उद्योग वा कृषि मन्त्रालयमा अडान राखेर दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो।
|
चालु आवमा १० गैँडा मरे कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० दुर्लभ एक सिङ्गे गैँडा मरेका छन् । चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैँडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका दईसहित मरेका गैँडाको सङ्ख्या १० पुगेको हो । सूचना अधिकारी तिवारीकाअनुसार शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुबै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन् । मृत फेला परेका दुईमध्ये अन्दाजी १४ वर्षको पोथी गैँडाको खाग काटिएको अवस्थामा फेला परेको हो । अर्को अन्दाजी चार वर्षको बच्चा गैँडाको भने खाग सुरक्षित रहेको तिवारीले जानकारी दिए । तस्करले माउ गैँडालाई थापेको धरापमा परेर बच्चा गैँडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताए । खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेपछि अनुसन्धान अगाडि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ ।
|
१७ वर्षीय अविनाशले बनाए ‘इ–स्कुटर’ लमजुङ । मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा पढ्ने अविनाश गुरुङले स्कुटर बनाएका छन् । उनी अहिले १७ वर्षका भए ।
मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरिङ विषयमा मोडियो । त्यतिबेला नै डोजर बनाएर सबैलाई चकित पारेका अविनाशले यसपटक ‘इलेक्ट्रिक स्कुटर’ बनाएका हुन् ।
अविनाशले ‘इलेक्ट्रिक स्कुटर’ लाई मेला महोत्सवतिर पनि प्रदर्शन गर्ने गरेका छन् । यसमा इलेक्ट्रिक भेइकलको मोटर जडान गरिएको छ । अगाडि र पछाडिको पांग्रा सानोखाले साइकलको हो । दुवै पांग्रामा ब्रेक छ । उनले अँध्यारोमा गुडाउन मिल्ने गरी लाइट पनि राखेका छन् । टिन र ग्रिल उद्योगमा पाइने फलामे सामग्रीबाट यो ‘इलेक्ट्रिक स्कुटर’ बनाउन एक महिना लागेको उनले बताए ।
‘दिउँसो त स्कुल जानुपर्यो । साँझबिहानको समयमा बनाएको हुँ,’ उनले भने । उनले यसको अध्ययन भने इन्टरनेटको माध्यमबाट गरेको बताए ।
आफ्नै ज्ञान र खर्चमा सामग्री संकलन गरी करिब ५५ हजार रुपैयाँको लागतमा बनाइएको स्कुटरलाई उनले विद्यालय आउजाउ गर्न प्रयोग गर्छन् । स्कुटर एकपटक चार्ज गरेपछि तीनदेखि चार किलोमिटरसम्म गुड्ने उनी बताउँछन् । ‘अहिले स्कुल जान–आउन यही स्कुटर प्रयोग गर्छु । हिँडेर १५ मिनेट लाग्ने स्कुल अहिले ५–६ मिनेटमा पुगिन्छ,’ उनले भने । स्कुटरमा उनले २४ भोल्ट दुई सय ५० वाटको मोटर प्रयोग गरेका छन् ।
शिक्षक रमेशचन्द्र घिमिरेका अनुसार अविनाशले राम्रो कोरियोग्राफी गर्छन् । नाटकमा पनि अभिनय गर्छन् । चित्र र कलात्मक पेन्टिङसमेत गर्छन् । सबैभन्दा बढी विज्ञान सामग्री अध्ययन र निर्माणमा उनको समय जान्छ । अविनाशले गत वर्ष विद्युतीय रोबोटसमेत तयार पारे । रकेट पनि बनाएका थिए ।
|
पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती गलकोट। गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन्। राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन्।
बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन्। जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए। त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो।
समय बदलिएसँगै उनका केही सहयात्री पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर उनी अहिले कुनै दलमा छैनन्। उनी अहिले आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लागेका छन्।
विसं २०७४ मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा बागलुङ क्षेत्र नं २(२) बाट प्रत्यक्ष निर्वाचन जित्नुभएका थापाले आफ्नो पाँचवर्षे कार्यकालसमेत पूरा गर्न पाएनन्। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार फेरबलदको समयमा उनलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कारबाही गरेर तीन वर्षमै पदबाट हटाएपछि उनी गाउँ फर्किएका हुन्।
तत्कालीन कांग्रेससहितको गठबन्धनलाई सहयोग नगरेपछि पार्टीले कारबाही गरेको थापाको भनाइ छ। थापा पार्टीबाट निष्कासनविरुद्ध सर्वोच्च अदालत गए पनि फैसला अझै आएको छैन।
“कृषिमा मेरो अहिलेको मात्रै लगाव हैन, राजनीतिमा लाग्दासमेत थियो, जब प्रदेशसभा सदस्य भए बसाइ बढी पोखरामै भयो, प्रदेशसभा सदस्य भए पनि कृषिमा समय दिन पाइनँ, घरमाथिका ५० सुन्तलाका बोटले स्याहार पाएनन्”, उनले भने, “जब पद गयो, त्यसपछि तत्कालै गाउँ फर्केर कृषिको सपना पूरा गर्न थाले, पुराना ५० बोटलाई मलजल गरे, नयाँ जग्गामा सुरुआतमै दुई सय ५० बोट सुन्तला लगाए, पछिल्लो वर्ष पुनः दुई सय बोट थपे, हुर्कन लागेका बोट स्याहार गर्दै नयाँ बोट थप्दै आएको छु, केही तरकारी खेतीसमेत गर्दै आएको छु।”
उनले झन्डै १० रोपनी जग्गामा सुन्तला खेती गरेका छन्। थापाले प्लाष्टिक टनेलसमेत बनाएर तरकारी खेती गर्न थालेका छन्। गाउँमा सुन्तलाखेती विस्तारमा समेत अगुवाइ गर्दै आउनुभएका थापाले सर्कुवालाई सुन्तला गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताए।
“आर्थिक रुपमा सबल हुन कृषि कर्ममै लाग्ने निधोसहित घर फर्किएको हुँ”, थापाले भने, “पहिलैका बोटमा फलेका सुन्तला केही बिक्री गरेर यस वर्ष रु ५० हजार कमाएँ, रु ५० हजारका सुन्तला अझै छन्, यो सुरुआती चरण हो, वार्षिक रु चार/पाँच लाख कमाउने लक्ष्यका साथ सुन्तलासँगै तरकारीखेती विस्तारमा समेत लागेको छु, अब आर्थिक परिवर्तनमा लाग्न आवश्यक देखेँ।”
सर्कुवाकै अर्का सुन्तला किसान अमृत सेवेदीले यस वर्ष सुन्तला बिक्रीबाटै रु तीन लाख ५० हजार कमाएको बताए। सुवेदीको अहिले सुन्तला फल्ने र हुर्कंदै गरेकासहित आठ सय सुन्तलाका बोट छन्। अहिले सुवेदीको सुन्तला बगैचाका तीन सय बोटले उत्पादन दिइरहेका छन्। बिहुँ, सिगाना, भकुण्डे, तित्याङसँगै जैमिनीको सर्कुवा सुन्तला खेतिका लागि प्रख्यात छ। – रासस
|
मेक्सिकोमा धूमपान नियन्त्रणका लागि विश्वकै सबैभन्दा कठोर व्यवस्था बीबीसी। मेक्सिकोले सार्वजनिक स्थलहरूमा धूमपानलाई पूर्ण प्रतिबन्ध लगाउने विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ।
सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ। कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाएका छन्।
तर मेक्सिकोको कानुनलाई विश्वकै सबैभन्दा प्रभावकारी र व्यापक दायरा भएको नियमका रूपमा व्याख्या गरिएको छ। उक्त धूमपान विरोधी कानुनलाई विश्वकै सबैभन्दा कठोर कानुनका रूपमा लिने गरिएको छ।
मेक्सिकोले सन् २००८ मा ल्याएको कानुनले बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने उल्लेख गरेको थियो। अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूमपान गर्न नमिल्ने भनेर विस्तार गरिएको छ। त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय र रेस्टुराँहरू पर्छ।
सुर्तीजन्य उत्पादनको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमाथि पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। यसको अर्थ पसल भित्र पनि चुरोट देखाउन पाइने छैन। भेप र इ-सिगरेटहरूमाथि पनि यी प्रतिबन्धहरू आकर्षित हुनेछन्।
पान अमेरिकन हेल्थ असोसिएसनले यो कदमलाई स्वागत गर्दै मेक्सिको सरकारले लगाएको प्रतिबन्धको प्रशंसा गरेको छ। उक्त सङ्गठनको भनाइमा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गरेर ठूलो सङ्ख्यामा मृत्युका घटना रोक्न सकिन्छ। प्रत्येक वर्ष अमेरिकी महादेशमा प्रत्यक्ष वा अप्रत्यक्ष धूमपानका कारण झन्डै १० लाख मानिसहरूले ज्यान गुमाउने गरेका छन्।
तर कतिपय धूमपानकर्ताहरू नयाँ कानुनको कठोर व्यवस्थालाई लिएर असन्तुष्ट छन्। नयाँ कानुनको सार के हो भने अब धूमपान गर्ने व्यक्तिहरूले या त आफ्नो घरभित्र वा अरू निजी परिसरमा मात्रै चुरोट पिउन सक्नेछन्।
कतिपयले कानुनको कार्यान्वयनलाई लिएर प्रश्नहरू उठाएका छन्। मेक्सिकोमा व्यापक रूपमा प्रहरीको संलग्नतामा भ्रष्टाचार हुने गरेको छ र धेरैले वास्तविक जरिवाना वा दण्ड गर्नुभन्दा पनि त्यसलाई देखाएर कतिपय सुरक्षाकर्मीहरूले घुस माग्न सक्ने भय व्यक्त गरिरहेका छन्।
|
दुई दिनअघि चोभारमा भएको कार दुर्घटनामा बेपत्ता युवकको शव फेला काठमाडौं । काठमाडौंको चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव प्रहरीले दुई दिनपछि फेला पारेको छ ।
कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खस्दा राजकुमार खत्री बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले बिहीबार खत्रीको शव फेला पारेको प्रहरीले जनाएको छ ।
माघ २ गते बा ५ च ५६५४ को कार नदी किनारमा दुर्घटना हुँदा ४० वर्षका खत्री बेपत्ता भएका थिए भने ४० वर्षकी अम्बिका लामिछाने घाइते भएकी थिइन् ।
बेपत्ता खत्रीलाई खोज्न सशस्त्र प्रहरी बलको निलबाराही गणं, विपद् उद्धार गणको गोताखोरसहितको टोली खटिएको थियो ।
|
सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि सिफारिस काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लङ्घन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको दफा ६० बमोजिमको कसुर अन्तर्गत लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको जानकारी दिए। उनका अनुसार पाँच पटकभन्दा बढीनियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बन हुन्छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक जना २९ पटक, एक जना २६ पटक, एक जना २४ पटक, एक जना २३ पटक, दुई जना १८ पटक, एक जना १७ पटक, दुई जना १६ पटक, दुई जना १५ पटक कारबाहीमा परेका छन्।
यसैगरी दुई जना १३ पटक, तीन जना १४ पटक, चार जना १२ पटक, सात जना १० पटक, आठ जना ११ पटक, नौ जना नौ पटक, ११ जना आठ पटक, १३ जना छ पटक र १८ जना सात पटक ट्राफिक प्रहरीको कारबाहीमा परेका बताइएको छ।
ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेकाले नियम पालना गर्दै सुरक्षित यात्राको होस् भन्ने उद्देश्यले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
|
किसानका पीडामा मलम लगाउने गरी काम गर्नेछुः कृषिमन्त्री साह (भिडियो) काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छिन्। बिहीबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री साहले आफु स्वयं किसानको छोरी भएको र आम किसानका मर्म र पीडा थाहा भएको भन्दै किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उनले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिएकी हुन्। साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको बताएकी छिन् । कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम गर्नुपर्ने पनि कृषिमन्त्री साहले बताएकी हुन् ।
हेर्नुहोस् भिडियो:
|
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै एजेन्सी। माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ। स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ।
मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो।
अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ। अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कटौती अभ्यासको घोषणा गरेका हुन्।
सन् २०२२ को जुन ३० सम्ममा कम्पनीमा दुई लाख २१ हजार पूर्णकालिक कर्मचारीहरू थिए, जसमा संयुक्त राज्य अमेरिकामा एक लाख २२ हजार र अन्तर्राष्ट्रिय स्तरमा बाँकी ९९ हजार कर्मचारी रहेका थिए।
व्यक्तिगत कम्प्युटर बजारमा आएको मन्दीले विन्डोज र उपकरणहरूको बिक्रीमा असर पारेपछि माइक्रोसफ्टले आफ्नो क्लाउड युनिट ‘एजुयर’मा वृद्धि दर कायम राख्न दबाब दिइरहेको जनाइएको छ।
गत वर्षको जुलाईमा उसले थोरै सङ्ख्यामा रहेका भूमिकाहरू हटाइएको बताएको थियो। गत अक्टोबरमा समाचार साइट एक्जिओसले माइक्रोसफ्टले विभिन्न विभागका करिब एक हजार कर्मचारीलाई जागिरबाट निकालेको जनाएको थियो।
|
आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय धादिङ । पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ । अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने भए पनि खाजा खान पाइने आशमा उक्त गाउँमा विद्यालय भने सञ्चालन भइरहेको छ ।
ज्याला मजदुरीबाट पाइएको बखत पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने मात्र गर्न परेकाले वर्षौंदेखि चेपाङ अभाव र गरिबीबाट माथि उठ्न सकेका छैनन् ।
आमाले घर छाडेर हिँडेपछि बाबुले दोस्रो विवाह गरेका कारण वृद्ध हजुरआमाको आश्रयमा बसिरहेकी शान्ति चेपाङ, सुशील चेपाङ र इशाख चेपाङ न्यानो लुगाको अपेक्षामा छन् । दिउँसो घाम लाग्छ जब रात पर्छ दिउँसो जम्मा गरिएको दाउरा बालेर रात कटाउनु उनीहरुको दिनचर्या भएको छ । उनीहरु मात्र होइन यस क्षेत्रका ४२ घर चेपाङ परिवारलाई न्यानो कपडाको अभावमा आगो तापेर रात कटाउनुपर्ने अवस्था छ ।
पञ्चकन्या आधारभूत विद्यालयमा यस वर्ष भर्ना भएका ६९ चेपाङ विद्यार्थी सबैको समस्या खाना र नाना रहेको विद्यालयका शिक्षक श्री चेपाङले बताए । विद्यालयमा खाजा दिन थालिएपछि विद्यार्थीहरु गाउँमा नबसी विद्यालयमै आउँछन् । आधा जति विद्यार्थी त बिहान खाना नखाई विद्यालय आउने र खाजाकै भरमा गुजारा गरिरहेको आफूले देखेको उनको भनाइ थियो ।
स्थानीय सरकारले गरिबी हटाउन काम गर्ने भनी भोट मागेर निर्वाचित भएको दोस्रो कार्यकाल भइसके पनि चेपाङ समुदायका लागि खास योजना ल्याउन नसकेको र ग्रामीण क्षेत्रमा परिवर्तन ल्याउन न नसकेको मासखर्कका कृष्ण चेपाङले बताए ।
|
कृषिमन्त्रीको पहिलो निर्णयः ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा काठमाडौं । सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरेका हुन् ।
कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेका छन् ।
कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन् । अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास व्यक्त गरिएको छ । पदवहालीका क्रममा मन्त्री साहले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
|
समाधान भयो टेलिकमको अवरुद्ध सेवा काठमाडौं । नेपाल टेलिकमको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखी टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकले सुचना जारी गर्दै समाधान भएको बताएको छ।
टेलिकमले आफ्ना ग्रहकहरुसंग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो । नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो। त्यस्तै मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या पनि देखिएकाे थियो।
|
पदबहाली गर्दै श्रममन्त्री अर्यालको बाचाः विदेश जाने अवस्था शून्यमा पुर्याउँछु काठमाडौं। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्।
श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्याउने बताए।
उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। “नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ”, उनले भने।
स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ।
“दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ”, उनले भने, “त्यसको निराकरणका लागि मैले काम गर्छु।” मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ। “बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो”, उनले भने।
|
पर्यटन प्रवर्द्धनमा एउटा इटा थप्दै “डाइमण्ड हिल रिसोर्ट” {फोटो\भिडियो} काठमाडौं । काभ्रेको पनौती नगरपालिका नजिकै निकै मनमोहक स्थानमा डाइमण्ड हिल रिसोर्ट देख्न सकिन्छ । पनौतीको मुख्य बजारबाट करिब तिन किलो मिटर उत्तरमा अवस्थित यस रिसोर्टमा निकै शान्त र पारिवारिक वाताबरण पाउन सकिन्छ । समुद्री सतहबाट करिब रिसोर्ट १६२९ मिटरमा अवस्थित यस रिसोर्टमा सगरमाथाको मनोरम दृश्यदेखि पनौतीका फाटहरु हेरर पर्यटकहरु रमाउने गर्दछन् ।
बिहानको सनराइजदेखि बेलुकाको सन सेटसम्मका दृश्यले यहाँ पुग्ने जो कोहीलाई पनि लोभ्याउने गर्दछ । यहाँबाट हाइकिङ्ग गर्ने अप्सन धेरै छन्। काठमाडौँको कोलाहलबाट केही समयभए पनि छुट्कारा पाउन गाउँको तिर्सनालाई मेटनका लागि पनौतीको डाइमण्ड हिल रिसोर्ट एउटा राम्रो गन्तव्य बनेको छ ।
यहाँ शुक्रबार र शनिबार मेल महोत्सबमा जस्तै मानिसहरुको भिड लाग्ने गर्दछ । रिसोर्टको क्षमताको कुरा गर्नु पर्दा यहाँ ४० वटा रुम तयार अवस्थामा रहेका छन्। ३२ रोपनी क्षेत्रफलमा फौलिएको यस रिसोर्टले पनौतीको पर्यटन प्रवर्द्धनमा थप टेवा दिएको पाइन्छ । रिसोर्टले पर्यटन प्रवर्द्धनमा सहायोग गरिरहदा भने यहाँको स्थानिय सरकारले भने खासै चासो नदिएको डाइमण्ड हिल रिसोर्टका संचालक राजन थापा बताउँछन् । थापाका अनुसार स्थानिय सरकारले राजनीतिक खेमाका आधारमा व्यवहार गर्ने गरेको बताउँछन् ।
उनी भन्छन्, “म बिशुद्ध पर्यटन व्यवसायी। नयाँ नयाँ ठाउँमा पर्यटन प्रवर्द्धन गर्नु पर्छ भनेर भर्जिन भर्जिन डेस्टिनेसन चुज गर्ने मेरो पहिले देखिको हब्बी हो। यदि म पार्टीमा आबद्ध भएको भए अलि कति सहयोग हुन्थ्यो होला तर आबद्ध नभएको हुनाले अलिकति असजिलो परिस्थिति मैले भोगे।”
उनले यस रिसोर्टसम्म आइपुग्नका लागि बाटो बनाउन पनि आफ्नै लगानीमा बाटोहरु निर्माण गर्नु परेको दुखेसो पोखे ।
डाइमण्ड हिल रिसोर्टसम्म पुग्नका लागि दुई वटा बाटो भएर पुग्न सकिन्छ । एउटा भक्तपुर बनेपा पनौती हुँदै अर्को भक्तपुरको सुर्यविनायकदेखि रानीकोट हुँदै पनि पुग्न सकिन्छ । बनेपाको बाटोभन्दा पनि रानीकोटको बाटो एकदमै आनन्द र मनोरम छ । पनौतीको बाटो आउँदा खेरि लगभग ३०–३२ किमि माथि पर्छ । सुर्यविनायकबाट आउँदा सुर्यविनायक चोकदेखि यहाँसम्म जम्मा १८ किमि मात्र रहेको छ। लुबू–ग्वार्कोबाट आउने हो भने यो बाटो अरु बाटो भन्दा ९–१० किमि छोटो पर्छ।
यहाँ पुग्ने गेष्टहरु यहाँबाट हाइकिङ्ग जाने यताउता घुम्ने, फ्रेश क्राउड फिसहरु खाने यो भन्दा दक्षिण तर्फको लिलावती खोला जसलाई अहिले रोशी भनिन्छ। त्यहाँ भालेश्वर मन्दिर छ। जुन पुरानो मन्दिर हो। त्यहाँ फिसिंग रडहरु लिएर गएर असला माछा मरेर रमाइलो गर्ने गर्दछन् । रमाइलो गर्नको लागि यो ठाउँ भरपुर र पोटेन्सियल डेटिनेशन रहेको संचालक थापा बताउँछन् ।
यस रिसोर्टले पर्यटन प्रवर्द्धनमात्र होइन स्थानियहरुको जिविकोपार्जनको बाटो पनि बनेको छ । यहाँका केही स्थानियले रोजगारी पनि पाएका छन् भने कतिले आफ्नो बारीमा उब्जाएको साग फलफुल लगायतका कुराको बजार पनि पाएका छन् । रिसोर्ट भित्रको कुरा गर्नु पर्दा यहाँका कोठाहरु र बेडहरु पनि एकदमै सफा र हरेका कोठाबाट वरपरको वातावरण मज्जा संग नियाल्न सकिन्छ ।
परिवारिक वातावरणमा यहाँको स्टाफहरुको पाहुनालाई गर्ने सत्कार, व्यवहारले अथिति भगवान हुन् भन्ने कथन अझैं कायम छ भन्ने लाग्छ । डाइमण्ड हिल रिसोर्टले पनौतीको मात्र नभएर नेपालको नै अन्तरिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्यारहेको छ ।
डाइमण्ड हिल रिसोर्टका संचालक तथा पर्यटन व्यवसायी राजन थापासंग डिसी नेपालले गरेको कुराकानी:
|
हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु बुटवल । बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु भएको छ ।
भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
|
दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले पोखरा। प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ गएका थिए। पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो।
प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए।
“आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवः माघे सङ्क्रान्तिमा परिवारसँग मनाउने योजनापछि उहाँले दिउँसोको टिकट बिहान सारेको हुनसक्छ”, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले भने।
पत्रकार पौडेल बिहानको उडानबाट घर आउने जानकारी श्रीमती प्रतिभालाई पनि थिएन। “आइतबार बिहान काठमाडौँबाट ‘गुड मर्निङ बुढी’ भन्दै म्यासेजको रिप्लाइ आएको रहेछ”, बहिनीलाई सम्हालिरहेकी पौडेलकी दिदीसासू अजिता अधिकारीले भनिन्, “सम्भवतः हतारमा बिहान आउँदैछु भन्ने खबर गर्न नपाएको हुनसक्छ।”
यतिसम्म कि बिहान ११ बजेर १५ मिनेटतिर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको खबर पाउँदा पनि प्रतिभालाई आफ्नो श्रीमान् पनि त्यही विमानमा थिए भन्ने हेक्का थिएन । दिउँसोको टिकट काट्नुभएको भन्दै उनी श्रीमान् विमानमा नभएको भन्दै मन भुलाउने प्रयासमा थिइन्।
सामाजिक सञ्जालमा सार्वजनिक यात्रुको सूचीमा श्रीमान्को नाम देखेपछि भने उनको मनको शङ्का बढ्दै गएको थियो। जब पटकपटकको प्रयासमा पनि फोन सम्पर्क हुन नसकेपछि भने शङ्का यथार्थमा बदलिदियो। दुर्घटनापछि श्रीमान् खोज्दै अस्पताल पुगेकी उनी बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न लगिएको थियो ।
आइतबार साँझ ६.३० बजेसम्म उनलाई अस्पतालबाट घर फर्काइसकिएको थियो। कोठाका भित्ताभरी टाँगिएका श्रीमान्का तस्बिर हेर्दै उनी एकोहोरो रोइरहेकी थिइन्। टेबुलमाथिको पोखरा मिडिया कपको ब्राण्ड एम्बेसडर लेखिएको फुटबल समातेर मुस्कुराइरहेका श्रीमान्को तस्बिरलाई हेरेर उनी निकैबेर रुइन्।
“कस्तो मान्छे होला, अहिलेसम्म नआउने, बिरामी हुँदा त आउनुपर्छ नी, म कुरेर बसेको पनि कस्तो थाहा नपाएको ?” श्रीमान्को तस्बिरसँग उनले गुनासो गरिन्। उनको ती शब्दले वरिपरि बसिरहेका आफन्त शुभचिन्तकको आँखा रसाइरहेको थियो।
“ज्वाइँ काठमाडौँमै भएकाले माघको ५/६ गतेतिर श्रीमतीलाई उतै बोलाउने भन्ने पनि कुरा भएको रहेछ”, पत्रकार पौडेलकी दिदीसासू अधिकारीले भनिन्, “माघ ९ गतेको ‘एनिभर्सरी’ उतै मनाउने योजना उहाँहरुको थियो।”
आइतबार साँझसम्म घरमा मानिसको भिड लागिसकेको थियो। तल्लो तलामा श्रीमती र माथिल्लो तलामा आमालाई सम्झाउनेलाई सम्हाल्न गाह्रो भइरहेको थियो। “मलाई त काठमाडौँ गएको भन्ने पनि थाहा थिएन, म जाने बेलामा अघि लागेर आफैँ गयो”, रुँदै गरेकी पौडेलकी आमाले भनिन्, “कतै जाँदा सधैँभरी खबर गर्ने छोराले खोइ किन हो तर यसपाली गरेन।”
सानै उमेरदेखि पत्रकारितामा होमिएका पौडेल सानैदेखि मिहेनती थिए। पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतीक)का अनुसार पौडेलले १५/१६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गरेका थिए।
“मैले जनप्रियमा ७ कक्षादेखि १० कक्षासम्म पढाएँ, निकै टाठो र मेहनती थियो”, उनले भनिन्, “माओवादीप्रति झुकाव राख्ने भएकाले सेना र प्रहरीको निगरानी थियो। मैले हटलाइनमा ल्याएर पत्रकारिता सिकाएको हुँ। त्यसअघि स्वाभिमान पत्रिकामा वितरक भएर काम गरेका थिएँ।”
छोटो समयमा निकै प्रगति गरी आफूलाई स्थापित गर्न सफल पत्रकार पौडेल सबैलाई सहयोग गर्ने स्वभावको भएको उनले बताइन्। आफूलाई पनि बेलाबेला फोन गर्ने, स्वास्थ्य अवस्था बुझिरहने, भेट्न आउने गरेको उनले स्मरण गरिन्। घटनाले आफूलाई निकै मर्माहत बनाएका साथै पत्रकारिता जगतमै अपूरणीय क्षति भएको उनको भनाइ छ ।
उमेरले ३७ वर्ष पुगेका पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष, महासङ्घ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका थिए।
पौडेल तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गरेका थिए। विसं २०७५ मा विवाह गरेका पौडेलकी एक छोरा पनि छन्। पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहेका पौडेल रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गरेका थिए।
स्वर्गीय पौडेलको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। उनको सम्झनामा नेपाल पत्रकार महासङ्घ, नेपाल पत्रकार महासङ्घ गण्डकी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, प्रेस युनियन, प्रेस चौतारीलगायतका विभिन्न सङ्घसंस्थाले शोक वक्तव्य जारी गर्दै परिवारजनमा हार्दिक समावेदना व्यक्त गरेका छन्।
पौडेलको पार्थिव शरीरलाई आजै पत्रकार महासङ्घ कास्कीको कार्यालयमा ल्याएर श्रद्धाञ्जली अर्पणको कार्यक्रम रहेका पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन्।
|
प्रधानमन्त्रीलाई पोखरा लैजान बालुवाटार पुगेको हेलिकप्टर रित्तै फर्कियो काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरा लैजानका लागि लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको हेलिकप्टर रित्तै फर्किएको छ ।
यसअघि प्रधानमन्त्री यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने भनिएकोले उनलाई लिन पुगेको हेलिकप्टर प्रधानमन्त्रीको कार्यक्रम स्थगित भएपछि रित्तै फर्किएको हो ।
यसअघि प्रधानमन्त्रीले र गृहमन्त्री पोखरा जाने भनिए पनि आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।
प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम स्थगित भएको हो ।
|
२२ वटा लघुवित्तले गरे लाभांश घोषणा, कुन कम्पनीको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये २२ वटा लघुवित्तले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेका हुन् ।
लाभांश घोषणा गर्नेमा जल्पा सामुदायिक लघुवित्त, महिला लघुवित्त, आधिखोला लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएमडिसी लघुवित्त, साना किसान विकास लघुवित्त, छिमेक लघुवित्त, महुली लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघुवित्त, नेरुड लघुवित्त, मिर्मिरे लघुवित्त, स्वावलम्बन लघुवित्त, निर्धन लघुवित्त, साधना लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त, आरएसडिसी लघुवित्त, एनएमबि लघुवित्त र गुराँस लघुवित्त रहेका छन्।
आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सबै भन्दा बढी लाभांश जल्पा सामुदायिक लघुवित्तले घोषणा गरेको छ भने सबै भन्दा काम गुराँस लघुवित्त वित्तीय संस्थाले वितरण गर्ने भएको छ।
सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार जल्पा सामुदायिक लघुवित्तले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ। जल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । त्यस्तै, गत आवको वितरणयोग्य नाफाका आधारमा सबैभन्दा काम गुराँस लघुवित्तले सबै भन्दा कम ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश दिन भएको छ ।
त्यस्तै, महिला लघुवित्तले आफ्ना लगानीकर्तालाई ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। आधिखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले आफ्नो सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांशसहित ३१.५८ प्रतिशत लाभांश दिने भएका छन्।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिसह्त नगद लाभांशसहित ३० प्रतिशत, आरएमडिसी लघुवित्त र साना किसान विकाश लघुवित्तले २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद लाभांशसहित २७.३७ प्रतिशत, छिमेक लघुवित्तले २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांशसहित २५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
लाभांश घोषणा गरेको महुली लघुवित्तले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशगरी कूल २५ प्रतिशत, स्वरोजगार लघुवित्त र नेरुड लघुवित्तले २२ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद लाभांशसहित २३.६ प्रतिशत, डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११. ०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत वितरण गर्ने भएको छ।
त्यस्तै, मिर्मिरे लघुवित्तले २३ प्रतिशत बोनस सेयर, स्वावलम्बन लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत, निर्धन लघुवित्त, साधना लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत र मेरो माइक्रोफाइनान्सले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत वितरण गर्ने भएको छ।
यता, मिथिला लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांशसहित १५.७९ प्रतिशत, आरएसडिसी लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांशसहित ११ प्रतिशत र एनएमबि लघुवित्तले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांशसहित १०.५३ प्रतिशत रहेका छन्।
|
दुर्घटनाग्रस्त विमानमा रहेका सबै ७२ जनाको नामावली यस्तो छ काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । विमानमा सवार सबैको नामावली सार्वजनिक भएको छ ।
दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ । विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । घटनास्थलमा उद्धार कार्य जारी छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो ।
विमानमा सवारहरूको नामावली –
|
तातोपानी ६ का एकल महिला र ज्येष्ठ नागरिकलाई वडा सरकारको न्यानो कपडा दिलमाया शाही
जुम्ला । जुम्लाको तातोपानी गाँउपालिका–६ को वडा कार्यालयले न्यानो वितरण कार्यक्रम गरेको छ । यतिवेला जुम्लाको न्यूतम तापक्रम माइनसमा छ ।
पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जष्ठनागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ वडा कार्यालयले न्यानो कपडा वितरण कार्यक्रम गरेको हो । आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्ष देखी माथी उम्मेरका जेष्ठ नागरिकलाई तातोपानी ६का वडा अध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन् ।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो समय भएकाले वडाले गरेको न्याने वितरण कार्यक्रम महत्त्वपूण भएको बताए । उनले भने, ‘आर्थिक अवस्था मकजोर भएका नागरिकका लागी यो कार्यक्रमले केही सहयोग पुग्ने छ ।’
त्यस्तै जुम्ला हिमाली क्षेत्र भएकाले लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्तरगत्त वडा अध्यक्ष विशाल खड्काले आफ्नो वडा भरिका एकल महिला र जेष्ठनागरिकलाई न्यानो बनाउने उद्देश्यले सम्मान स्वरुप कपडा वितरण गरिएको बताए । उनका अनुसार ६८ वर्षका ४३ जना ,६० देखी ६७ वर्षका ६० जना जेष्ठ नागरिक र २४ जना एकल महिलालाई शनिबार न्यानो कपडा वितरण गरिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले यो समय चिसो छल्नका लागी दिइएको न्यानो कपडा अति आवश्यक रहेको बताए ।
|
डाँका मुद्दामा फरार चौधरी ८ वर्षपछि कारागार चलान सुधा देव
सप्तरी । डाँका मुद्दामा फरार प्रतिवादीलाई कैद भुक्तानका लागि शुक्रबार करागार चलान गरिएको छ । आठ वर्षदेखि फरार रहेका जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय सञ्जिव कुमार चौधरीलाई कैद भुक्तानका लागि करागार चलान गरिएको हो ।
डाँका गरी फरार भएकोमा सप्तरी जिल्ला अदालतले १७ असार २०७१ मा उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको थियो । प्रहरीले उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार चौधरीले १३ भदौ २०६६ मा राति डेढ बजेको समयमा गोसाईं चौधरीको घरभित्र प्रवेश गरी नगद, सुनचाँदीका गरगहना तथा जिन्सी धनमाल घरेलु हातहतियार देखाएर डाँका गरी फरार भएका थिए ।
|
अफगानिस्तानको मन्त्रालय नजिकै भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुग्यो काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परराष्ट्र मन्त्रालयनजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुगेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । बुधबार एक बम वर्षकलेमध्य काबुलको मन्त्रालयनजिकै आफूलाई विस्फोट गराएको थियो । जिहादी इस्लामिक स्टेट्स समूहको यस आक्रमणको दाबी गरेको छ ।
एएफपीलाई दिएको एक विज्ञप्तिमा उक्त हमलामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको र अन्य ५३ जना घाइते भएका अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहयोग नियोग (युएनएएमए) ले जनाएको छ । घटनाको अनुसन्धान जारी राखेको पनि युएनएएमएले जनाएको छ ।
काबुलमा एउटा अस्पताल सञ्चालन गर्ने इटालियन गैरसरकारी संस्था आक्रमणपछि ४० भन्दा बढी घाइतेलाई आफ्नो सुविधामा ल्याइएको बताएको थियो । सन् २०२१ अगस्ट मा तालिबानको सत्तामा फिर्ता भएपछि अमेरिकी नेतृत्वको दुई दशक लामोयुद्धको अन्त्य भएको थियो । जसले हिंसामा उल्लेखनीय कमी ल्याएको भए तापनि हालका महिनाहरूमा सुरक्षा बिग्रन थालेको छ ।
आक्रमणहरूमा सयौं मानिसहरू मारिएका र घाइते भएका छन् । धेरैजसो विदेशीलक्षित गर्नेहरूसहित आइएसद्वारा दाबी गरिएको छ । गत महिना बन्दुकधारीले काबुलमा चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गर्दा कम्तीमा पाँच चिनियाँ नागरिक घाइते भएका थिए । त्यो छापा आइएसद्वारा दाबी गरेका थिए ।
डिसेम्बरमा काबुलमा पाकिस्तानको दूतावासमा भएको आक्रमणलाई इस्लामाबादले आफ्नो राजदूतविरुद्ध ‘हत्याको प्रयास’ भनेर निन्दा गरेको थियो । गत सेप्टेम्बरमा भएको आत्मघाती बम आक्रमणमा दुई रूसी दूतावास कर्मचारीको मृत्यु भएको आईएसले दाबी गरेको थियो ।
|
माघीको अवसरमा लुम्बिनी प्रदेशले दियो दुई दिन सार्वजनिक बिदा बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ । प्रदेश सरकारले माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो ।
|
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश काठमाडौं। उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो।
नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन दिएको आदेश विरूद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
लामिछानेलाई असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।
|
म्यान्माको सेनाद्वारा जातीय विद्रोहीमाथि हवाई आक्रमण याङ्गुन । म्यान्माको सैनिक सरकार (जुन्ता)ले भारतसँगको सीमा नजिक रहेको एक जातीय सशस्त्र समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही र स्थानीय सञ्चार माध्यमले बुधबार बताएका छन् ।
करिब दुई वर्षअघि भएको सैन्य ‘कू’ले लामो समयदेखि स्थापित जातीय विद्रोही समूहका साथै जुन्ताको विरोधमा खडा भएका दर्जनौं ‘पिपुल्स डिफेन्स फोर्स’ समूहसँग नयाँ चरणको लडाइँ सुरु गरेको छ ।
म्यान्माको पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट (सीएनएफ)’ को मुख्यालयमा मङ्गलबार गरेको आक्रमणमा पाँच लडाकू गरेको बम आक्रमणमा परी पाँच लडाकूको मृत्यु भएको सीएनएफका प्रवक्ता सलाई तेतनीले एएफपीसँग बताए ।
“उनीहरूले हवाइ आक्रमणमा सात वटा विस्फोटक पदार्थ खसालेका थिए । हवाई आक्रमणबाट हाम्रा केही घरहरू ध्वस्त भए । एउटा बम भारतसँगको सीमा रेखामा खसेको थियो,” उनले भने ।
स्थानीय सञ्चारमाध्यमले पनि घटनाको पुष्टि गर्दै पाँच जना लडाकू मारिएका र एउटा बम भारतको मिजोरम राज्यको चम्फाई जिल्लामा खसेको जनाएका छन् । तर भारतीय प्रहरीका अनुसार उक्त बम सोझै सुख्खा नदीको किनारमा खसेको थियो ।
चम्फाई जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट लालरिनपुइया भार्तेले भने, “हाम्रो प्रारम्भिक अनुसन्धानमा कुनै पनि (भारतीय)को जीवन वा सम्पत्तिको क्षति नभएको देखिएको छ । “अन्तर्राष्ट्रिय सीमाबाट करिब आठदेखि नौ किलोमिटरको दूरीमा रहेको फर्कोन गाउँबाट घटना भएको स्थानको सबैभन्दा नजिक पर्छ ।”
हालैका वर्षहरूमा सीएनएफका लडाकुहरू घटेका छन् र उसले सन् २०१५ मा सेनासँग युद्धविरामका लागि हस्ताक्षर गरेको थियो । तर गत वर्ष मे महिनामा उसले आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का सांसदहरूको बाहुल्यरहेको छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।
सन् २०२० को नोभेम्बरमा भएको चुनावमा सुकीको एनएलडीले जितेको चुनावमा धाँधली भएको दाबी गर्दै सैनिक नेता मिन आङ ह्लाइङले आफ्नो सत्ता कब्जालाई जायज भएको दावी गरेका थिए । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष रहेको बताएका थिए ।
|
राष्ट्रपति भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुगेका हुन् ।
राष्ट्रपति भण्डारीले त्यहाँस्थित मनकामना मन्दिरमा दर्शन पनि गरेका थिए । तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको जनाइएको छ । काजी पाँडे पृथ्वीनारायण शाहका सेनापति थिए । नेपाल एकीकरणमा सेनापति पाँडेले गरेको योगदानको कदर गर्दै दहचोकस्थित उनको समाधिस्थलमा सालिक निर्माण गरिएको छ ।
राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गरेकी हुन् । विसं १८१४ मा कीर्तिपुरमा भएको लडाइँमा काजी पाँडेले वीरगति प्राप्त गरेका थिए । सो युद्धमा गोर्खाली सेनाका धेरै सैनिक पनि मारिएका थिए । सेनापती पाँडेको निधनपछि उनकै इच्छा अनुसार उनलाई गोरखा देखिने दहचोकमा सद्गत् गरिएको थियो ।
|
मुलुकलाई अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको छ: प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा मुलुकलाइ अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन्।
बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लीग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो अधिवेशनबाट असाधारण र अभूतपूर्व रुपमा विस्वासको मत प्राप्त भएको र नेपालको इतिहासमा मुलुकलाइ अघि बढाउने चूनौतिपूर्ण अवसर प्राप्त भएको बताएका हुन्।
उनले विगतमा क्रान्तिद्वारा गणतन्त्र स्थापना गर्ने र संविधानसभाबाट समावेशी र समानुपातीक संविधान निर्माण गर्ने चूनौतिपूर्ण काम माओवादी कै नेतृत्वमा भएको भन्दै अव मुलुकलाई अघि बढाउने अवसरलाई पनि पुरा गर्ने धारणा राखे।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए।
उनले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई बिभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अव संकल्पका साथ सवै कामलाई पुरा गर्ने दावी गरे।
प्रचण्डले अहिले आर्थिक समृद्धिको यात्राको परिकल्पनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सके समाजवादतर्फको यात्राको आरम्भ हुनसक्ने र नेपाल नयाँ युगतर्फ जाने जिकिर गरेका छन्।
|
उत्तरी नाइजेरियाको खानी स्थलमा बन्दुकधारीको आक्रमणमा १२ जनाको मृत्यु अबुजा । देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध-सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् ।
आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले कडुनाको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रको कुरिगा खानी क्षेत्रमा सोमबार बन्दुकधारीहरूले आक्रमण गर्दा सुरक्षा प्रदान गरिरहेको एनएससीडीसीका प्रवक्ता ओलुसोला ओडुमोसुले राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलन बताएका छन् ।
|
null |
लिम्चुङबुङ पर्यटनको नयाँ गन्तव्य उदयपुर । उदयपुरको लिम्चुङबुङ पर्यटनको नयाँ गन्तव्यको रुपमा घोषणा भएसगैं यसको चर्चा चुलिएको छ । लिम्चुङबुङमा यतिबेला पर्यटकहरुको आगमन शरु भएको छ। उदयपुरको सदरमुकाम गाईघाटदेखि मुर्कुची हुँदै रौतामाई गाउँपालिका ७, ८ भएर लिम्चुङबुङ पुग्न सकिन्छ । यहाँबाट विभिन्न स्थानका मनोरम दृश्यहरु देख्न सकिन्छ ।
लिम्चुङबुङबाट बिहानीको झुल्केघामका साथै सगरमाथाको मनोरम दृश्य राम्रोसंग देख्न सकिन्छ । यहाँबाट सगरमाथाको ३ भागमध्ये २ भाग राम्रो संग देख्न सकिन्छ । यहाँबाट हिमालको मनोरम दृश्य देख्न सकिने पर्यटन व्यवसायी राम सुन्दर बकेले बताएका छन् ।
यहाँ नेपाल उद्योग व्यापार महासंघ,भक्तपुर जिल्ला अध्यक्षसमेत रहेका राम सुन्दरको नेतृत्वमा आन्तरिक पर्यटनको टोलीले को लिम्चुङबुङको भ्रमण गरी त्यसको पर्यटन प्रवद्धनमा जोड दिएका छन् । लिम्चुङबुङमा पर्यटनको आगमन संगै यहाँ गाउँगाउँमा होमस्टेहरु पनि सुचारु भएको छ ।
|
नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढीलाई अपहरण लागोस । नाइजेरियाको दक्षिणी भागमा रहेको एक रेल स्टेसनमा बन्दुकधारी एक समूहले आक्रमण गरी करिब ३० जनालाई अपहरण गरेको छ ।
उक्त समूहले रेल स्टेसनमा गरेको आक्रमणमा प्रतिरोध गर्ने दर्जनौ अन्य व्यक्ति घाइते भएको प्रहरी र प्रशासनका अधिकारीहरूले सोमबार बताएका छन् ।
प्रायःजसो नाइजेरियाली उत्तर–पश्चिमी र केन्द्रीय राज्यहरूमा फिरौतीको लागि अपहरण एक प्रमुख समस्या हो । यहाँ बन्दुकधारीहरूले ठूलो समूहमा मानिसहरूलाई बारम्बार आक्रमण र अपहरण गर्ने गरेका छन् ।
लागोसबाट ३६० किलोमिटर पूर्वमा रहेको एडो राज्यको रेल स्टेसनमा बनिबार राति आक्रमण भएको हो ।
दक्षिणी डेल्टा राज्यको वारीमा रेलको पर्खाइमा रहेका यात्रुलाई अपहरण गर्नुअघि बन्दुकधारीले गोली चलाएको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।
इदो राज्यका सूचना आयुक्त क्रिस नेहिखारेले ३२ जनाको अपहरण भएको बताएका छन् । प्रहरी र स्थानीय स्वयमंसेवकले बाँकी अपहरित व्यक्तिको खोजी गरिरहेको छ ।
उनले भने, “हामीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छौं । हामीलाई वनको भूगोल उनीहरूलाई भन्दा राम्रोसँग थाहा छ ।”
गत वर्षको मार्चमा राजधानी अबुजाबाट उत्तरपश्चिमी शहर कादुनातर्फ जाँदै गरेको रेलको लिकमा विष्फोटक पदार्थसहित बन्दुकधारीले आक्रमण गरेका थिए । उक्त आक्रमणमा आठ जनाको मृत्यु भएको थियो भने दर्जनौं अपहरणमा परेका थिए । उक्त घटनाका अन्तिम बन्धकहरूलाई रिहा गरिएको आठ महिनापछि मात्र रेल सेवा पुनः सुरु भएको थियो ।
|
रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै पेरिस । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।
खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् ।
कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ र त्यसपछि साउदी अरेबियाको राजधानी किङ फाहद स्टेडियममा हुने खेलमा मेस्सी र रोनाल्डोबीचको प्रतिद्वन्द्वीता नवीकरण हुनेछ ।
गत डिसेम्बरमा कतारमा अर्जेन्टिनाले विश्वकप जितेपछि १५ दिन बिदा लिएका मेस्सी गत सातादेखि पिएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन् ।
फेब्रुअरीमा ३८ वर्ष पूरा हुने रोनाल्डोले सन् २०२५ सम्मका लागि २० करोड युरो (करिब २१ करोड ४० लाख अमेरिकी डलर) भन्दा बढी मूल्यको सम्झौतामा सहमति जनाएपछि अल नासरमा सामेल भएका हुन् ।
सन् २०३० मा ग्रीस र इजिप्टसँग मिलेर विश्वकप आयोजना गर्ने सम्भावित संयुक्त प्रयासअघि साउदी अरेबियाले देशमा फुटबलको प्रोफाइल सुधार्न खोजिरहेको बेला फ्रान्सेली रुडी गार्सियाको प्रशिक्षणमा अल नासरमा पोचुगाली स्टार रोनाल्डोको आगमन भएको हो ।
रोनाल्डो र मेस्सीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् । उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौडानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए ।
उक्त समय मेस्सी बार्सिलोनाका लागि र रोनाल्डोले रियल म्याड्रिडका लागि खेलेका थिए । रियाद क्लब अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सर्वाधिक सफल टोली हुन् ।
सन् २०११ मा गल्फ स्टेटले क्लब किनेपछि पिएसजीले जाडो याममा कतार जाने बानी बसालेको छ ।
|
तनहुँमा २२ बङ्गुर मरे तनहुँ । अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् ।
म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका–६ का शुरवीर थापाको आठ वटा बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रले जनाएको छ । भीमाद नगरपालिकामा एक साताअघि जिल्लामा पहिलो पटक म्याग्दे गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणबाट बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए ।
म्याग्दे गाउँपालिका–५ का कृषक थापाको फार्ममा रहेका २२ बङ्गुरमध्ये ११ र कुमालका तीनवटै बङ्गुर मरेर सखाप भएको उनले बताए । कृषकले बिहान चार मरेको र केही बङ्गुर बिरामी भएको जानकारी पाएपछि डा श्रेष्ठसहितको प्राविधिक टोली कृषकको फार्मतर्फ पुगेको थियो ।
उक्त रोगविरुद्ध अहिलेसम्म भ्याक्सिन बनेको छैन । उनले भने, “गतवर्ष काठमाडौँमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बङ्गुर घटाउनभन्दा पत्याएनन् । अहिले धेरै क्षति ब्यहोर्नुपर्ने खतरा देखिइएको छ ।”
सो सङ्क्रमण हुँदा बङ्गुरमा उच्चज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्दछ । भीमाद नगरपालिकाका कृषक थापाको फार्ममा रहेका आठवटै बङ्गुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएकाले जिल्लाका कृषकलाई उच्च सतर्कता अपनाउन केन्द्रका प्रमुख डा श्रेष्ठले बताए । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान कार्यलाई तीव्र छ । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “यस रोगले बङ्गुर मरेर सकिन्छ होला भन्ने चिन्ता थपिएको छ ।”
|
संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ काठमाडौं। जनताको सर्वोच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ। यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत छिनोफानो एवं आफ्ना अभिभावक सभामुख र उपसभामुख तथा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नेछ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिनुपर्ने तथा उनीहरू फरक–फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
त्यस्तै राष्ट्रपति–उपराष्ट्रपति पनि फरक–फरक लिङ्ग र समुदायको हुनुपर्ने प्रावधान छ। नयाँ र पुराना गरी कूल १२ दलको सहभागिता रहेको वर्तमान प्रतिनिधिसभामा बिल्कुल नयाँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी छन्। संविधानसभाबाट नेपालको संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि भएको आमनिर्वाचनबाट गठित प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी ८९ स्थान प्राप्त गरेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ। तेस्रो बढी स्थान प्राप्त गर्ने दल नेकपा (माओवादी केन्द्र)ले भने सरकारको नेतृत्व गर्ने अवसर पाएको छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ मध्ये आधा–आधा अर्थात् छ\छ राजनीतिक दल सत्तापक्ष र प्रतिपक्षको कुर्सीमा विभाजित भए। सदनमा दायाँतिर नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका सांसद रहे।
बायाँतर्फका लहरमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नाउपा, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहे। निर्वाचनमा स्वतन्त्र सांसदका रूपमा विजयी पाँचमध्ये दुईजना यसअघि नै दलहरूमा आबद्ध भइसकेका छन्। उनीहरूमध्ये बाँकी तीनजना पनि दुवै कित्तामा विभाजन भएको देखिएको छ।
सङ्घीय संसद्को मुख्य कार्य सरकार गठन गर्ने, सङ्घको अधिकार क्षेत्रका विषयमा कानून निर्माण गर्ने, सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्ने, कर लगाउने, महाभियोग, संविधान संशोधन र जनमत सङ्ग्रहसम्बन्धी निर्णय गर्ने हो।
संवैधानिक अङ्गका पदाधिकारी र राजदूत नियुक्तिपूर्व सुुनुवाइ गर्ने, सरकारका नियमित काम–कारबाहीको निगरानी राख्ने, आवश्यक निर्देशन र सुझाव दिने तथा अन्तर्राष्ट्रिय सन्धिसम्झौता गर्ने पनि संसद्का प्रमुख जिम्मेवारी हुन्।
दुई सदनात्मक सङ्घीय संसद्को तल्लो सदन दुई सय ७५ तथा प्रबुद्ध समूहको प्रतिनिधित्व रहेको माथिल्लो सभा (राष्ट्रियसभा) ५९ सदस्यीय छ। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट ६० प्रतिशत अर्थात् एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा छनोट भएका बाँकी ४० प्रतिशत अर्थात् एक सय १० जनप्रतिनिधिको प्रतिनिधित्व छ। संसद्को एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुनुहुन्न भन्ने संवैधानिक व्यवस्था छ।
नेपालमा संसदीय अभ्यास २०१६ साल असार १६ गतेदेखि सुरु भएको हो। संसद्लाई बहुमतका आधारमा प्रधानमन्त्री, राष्ट्रपति–उपराष्ट्रपति, सभामुख र उपसभामुखको चयन गर्ने कार्यादेश छ।
सङ्घीय संसद्को पहिलो बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका छन्। सोही क्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपाका सभापति रवि लामिछानेले समसामयिक विषयमा केन्द्रित भई अधिवेशन सफलताका लागि शुभकामना दिए।
संसदीय दलका नेता राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन, जसपाका रामसहायप्रसाद यादव, जनमत पार्टीका सिके राउत र नाउपाका रञ्जिता श्रेष्ठले पनि सफलताको शुभकामना प्रकट गरे। आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, सभा सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव स्वीकृत, बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन र पूर्वजनप्रतिनिधि तीन जनाको निधनमा शोकप्रस्ताव पारित भयो।
मुलुकको राष्ट्रिय राजनीतिमा राष्ट्रिय एकता कायम गरी जनअपेक्षाअनुरुप काम गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकतामा नेताहरूले जोड दिए। विगतमा भिन्न राजनीतिक मार्ग समातेका दलहरू पनि यस पटकको निर्वाचनमार्फत संसदीय यात्रामा प्रवेश गरी लोकतन्त्रको सुदृढीकरण र जनहितका मुद्दालाई प्रखररूपमा उठाएको पाइएको छ। सदनको रोष्ट्रममार्फत सबै राष्ट्र, राष्ट्रियता र जनहितका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उद्घोषसँगै नेपालको संविधान कार्यान्वयनले पनि पूर्णता प्राप्त गरेको छ।
प्रतिनिधिसभामा सभामुखको भूमिकामा ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर जबराले अध्यक्षता गरेका थिए। राज्यमा हुने ठूला कार्यक्रम र गतिविधिमध्ये लामो समयसम्म सञ्चालन हुने भेलाका रूपमा संसद्लाई लिइन्छ। संविधानको धारा ८३ मा सङ्घीय संसद्सम्बन्धी व्यवस्था छ।
दुवै सदनमा वाक् स्वतन्त्रता रहने भएकाले त्यहाँ बोलेका आधारमा अदालतमा मुद्दा चलाउन नपाइने, आफ्ना कामलाई नियमित र निर्णय गर्ने अधिकार सदनलाई हुने, संसद्का काम कारबाहीको असल नियतबारे शङ्का उठाएर टीकाटिप्पणी र प्रकाशन वा प्रसारण गर्न नपाइने सदनलाई विशेष अधिकार छ। फौजदारी अभियोगमा बाहेक अधिवेशन सञ्चालन अवधिभर सांसदलाई पक्राउ गर्न नपाइने तथा विशेष अधिकार हननलाई अवहेलना मानिने जस्ता केही विशेष अधिकार संसद्लाई प्राप्त छ।
‘मिनी पार्लियामेन्ट’ का रूपमा सङ्घीय संसद् मातहत १६ विषयगत समिति रहेकामा तीमध्ये प्रतिनिधिसभाका १०, राष्ट्रियसभामा चार र संयुक्त सदन मातहत दुईवटा छन्।
संसद्ले कार्यपालिकाका कामकारबाहीलाई पारदर्शी र जनउत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने विश्वव्यापी मान्यता छ। सदनको पहिलो बैठकको गतिविधि नियाल्ने अवसर कलङ्कीस्थित एलआरआई विद्यालयका ९ कक्षाका विद्यार्थीले समेत प्राप्त गरेका छन्। अधिवेशनको पहिलो बैठकसम्बन्धी जानकारी लिन समाजका विभिन्न क्षेत्रका प्रबुद्ध वर्ग, पेसा व्यावसायका व्यक्तिहरू सदन पुगेका थिए भने विभिन्न विद्युतीय सञ्चारमाध्यमले त्यहाँको गतिविधि तँछाडमछाड गर्दै प्रत्यक्ष प्रसारण गरेको देखिन्थ्यो ।
संसद्ले राज्यलाई लोकतान्त्रिक बनाउन तथा सरकारका कामकारबाहीलाई जनमुखी एवं उत्तरदायी तुल्याउन शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलनको भूमिका खेल्ने गर्छ ।
|
संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई रवि लामिछानेको निर्देशन {भिडियो} काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठममा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा आफ्नो बलियो उपस्थीति देखाउन र जनतासमक्ष गरेका प्रतिवद्धता पुरा गर्नका लागि संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका हुन् ।
बैठकले मंगलबार संसदमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिनका लागि अन्य दलहरुलाई आग्रह गरेको सांसद सन्तोष परियारले जानकारी दिए। उनले अहिले पार्टीले दलको नेतामात्र चयन गरेको र प्रमुख सचेतक र सचेतक पछि चयन गरिने बताउनुभयो । बैठकले बैठक सञ्चालन अध्यक्ष मण्डलमा चन्दा कार्कीलाई सिफारिस गरेको छ ।
भिडियो:
|
अमेरिकालाई धेरै हानी पुर्याउने जासूस २० वर्षपछि रिहा न्युयोर्क। शीतयुद्ध कालमा सबैभन्दा प्रख्यात जासूसमध्येकी एक एना मोन्टेस २० वर्षको जेल सजायपछि रिहा भएकी छिन्। ६५ वर्षीया मोन्टेसले खुफिया निकायमा विश्लेषकको रूपमा काम गर्दा क्युबाका लागि जासुसी गर्न करिब दुई दशक बिताएकी थिइन। रिहापछि पनि उनी पाँच वर्ष निगरानीमै रहनेछिन्।
सन् २००१ मा पक्राउपछि उनले क्युबामा अमेरिकी गुप्तचर कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरेको अधिकारीहरुले दाबी गरेका थिए।
उनी अमेरिकाद्वारा पक्राउ परेका सबैभन्दा हानिकारक जासूसमध्ये एक थिइन्। राष्ट्रपति जर्ज डब्लु बुसको नेतृत्वमा काउन्टर–इन्टेलिजेन्सको प्रमुख मिसेल भान क्लीभले सन् २०१२ मा कांग्रेसलाई सम्बोधनका क्रममा मोन्टेसले सबै कुरामा सम्झौता गरेको बताएकी थिइन्।
पक्राउपछि मोन्टेसमाथि चार जना गुप्तचरहरूको परिचय र ठूलो परिमाणमा गोप्य सामाग्रीहरू उपलब्ध गराएको आरोप लागेको थियो । उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो।
|
कैलाली–कञ्चनपुरमा जलपक्षी गणना सुरु कञ्चनपुर । कैलाली–कञ्चनपुरका तालतलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमाली प्रकृति, नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एशोसिएशन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहभागितामा जलपक्षी गणना सुरु गरिएको हो ।
जलपक्षी गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी गणना गरिरहेको नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार कञ्चनपुरका रानीताल, ताराताल, कालिकिच ताल, बेदकोट, बन्दाताल, पुरैनी ताल, प्याराताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपक्षी गणना भइरहेको छ ।
कैलालीको घोडाघोडी, लौकाभौका, कोइहली ताल, सुनियारुपिया, पुरैना, घोडालगायतका ताल र कर्णाली नदी क्षेत्रलगायतमा चरा गणना भइरहेको छ । केही स्थानमा हात्ती चढेर र डुङगा चढेरसमेत जलपक्षी गणना भइरहेको उनले जानकारी दिए ।
“तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक जलपक्षीको अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी गराइ सचेतना अभिवृद्धि गर्न र संरक्षणमा हातेमालोका गर्न गणनाको कार्य भइरहेको छ”, उनले भने । उनले गत वर्षझैँ जलपक्षी बस्ने तालको अवस्थाका तथा तालबारे जिपिएस लोकेसनबारे जानकारी लिने बताए ।
गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपछी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजातिका चरा देखापरेका थिए । तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययनकार्य हुने डगौराले बताए ।
“जलपक्षीको अवैधपमा सिकार र सिमसार क्षेत्र मासिँदै जान थालेपछि जलपक्षीको सङ्ख्या घट्दै गएको पाएका छौँ”, उनले भने, “प्राकृतिक तालमा माछापालन हुन थालेपछि जलपक्षी आउन छाडेका छन् ।”
केही जलपक्षी चिसो छल्नका लागि साइवेरियालगायतका क्षेत्रबाट लामो दूरी तय गरी यो बाटो हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेका छन् । सिमसार क्षेत्रमा बच्चा कोरलेर जलपक्षी चैतदेखि जेठ महिनासम्म पुनः साइवेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । गत वर्षको गणनामा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत देखापरेका थिए । गत वर्षको अनुगमनमा ५८ प्रजातिका तीन हजार छ सय ४१ वटा जलपक्षी फेला परेका थिए ।
|
सर्वोच्च बारको अध्यक्षमा निरौला काठमाडौं । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । उनले दुई सय ८९ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिस्पिर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भएका छन् । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी भएकी छन् ।
सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी भएका छन् भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भएका छन् । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।
|
म्यान्माको जेलमा भएको झडपमा कैदीको मृत्यु, दर्जनौं घाइते याङ्गुन । म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।
म्यान्मामा सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकार अपदस्थ भएपछि म्यानमारमा अराजकता छाएको छ ।
पाथेइनस्थित कारागारमा बिहीबार राति सुरक्षाकर्मीले एक कैदीको मोबाइल फोन जफत गरी अनुशासनको कारबाही गरेपछि दङ्गा सुरु भएको सैनिक सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
करिब ७० जना कैदीहरू शुक्रबार बिहान आफ्नो कोठाबाट निस्केर जेलको सम्पत्तिमा क्षति पु¥याएका थिए ।
कैदीहरूले लाठी, इँटा र सिमेन्टका टुक्राहरू प्रयोग गरेर सुरक्षा बलहरूमाथि आक्रमण गरेको सैनिक सरकार (जुन्ता) ले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिने प्रयास भए पनि वार्ता असफल भयो र सुरूक्षाकर्मीले बल प्रयोग गरेको अधिकारीहरूले जनाएका छन् ।
“भीडलाई तितरबितर पार्न र दङ्गा नियन्त्रणमा लिन अधिकारीहरूले गोली चलाउनु परेको थियो,” विज्ञप्तिमा भनिएको छ ।
युद्धका क्रममा एक कैदीको मृत्यु भएको र दुई प्रहरी र नौ सुरक्षाकर्मीसहित ६३ जना घाइते भएको जुन्ता प्रशासनले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले मृतक कैदीलाई राजनीतिक बन्दीको संज्ञा दिएका छन् भने बीबीसी बर्मेली सेवाले उहाँलाई आतङ्क फैलाएको आरोपमा पक्राउ गरिएको जनाएको छ ।
जुन्ताले घटनाको अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ ।
गत साता बेलायतबाट म्यानमार स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा जुन्ता सरकारले सात हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो ।
सेनाले सत्ता कब्जा गरेयता दुई हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने असहमतिमाथि दमन गर्ने क्रममा १३ हजारभन्दा बढीलाई हिरासतमा लिइएको स्थानीय मानव अनुगमन समूहले जनाएको छ ।
गत वर्षको जुलाईमा सरकारले पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी कार्यकर्ता क्याव मिन युसहित चार जना कैदीलाई मृत्युदण्ड दिएको थियो ।
करिब ३० वर्षमा म्यान्मा राज्यद्वारा मृत्युदण्डको यो पहिलो प्रयोग थियो र यसको विश्वव्यापी निन्दा भएको थियो ।
ह्युमन राइट्स वाचका अनुसार म्यान्मारका जेलहरू कठोर परिस्थिति र यातनाको कथित प्रयोगका लागि कुख्यात छन् ।
|
साझा बसमा राष्ट्रपति काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन पुगेकी छन्।
शनिबार ललितपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन पुगेकी हुन् ।
हाकुपटासीमा सजिएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए। उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरिन्। राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन्।
पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन्। पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन्।
काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास प्रस्थान गरिन् ।
|
‘नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ’ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गरेका छन्। काठमाडौंको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो कार्यकालमा एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिने बताएका छन्।
बैठकलाई सम्बोधन गर्दै उनले भने, “तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो, यसलाई हामीले पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ, म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु, सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, जनताको त्यो आशालाई सम्बोधन गर्न तपाईं हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ।”
उनले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताउँदै सङ्घीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए।
उनले भने, “अघिल्लो सरकारको कार्यकालमा पनि सङ्घीय शिक्षा ऐनका केही काम भएका छन्, तर ऐन जारी भएन, यसपटक सङ्घीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ, यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकसँग सम्बन्धित अधिकांश समस्या सम्बोधन हुन्छन्।”
देशभरका शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्न शिक्षक अस्पताल निर्माणको काम आफूहरुको पालामै अगाडि बढेको जनाउँदै उनले भने, “यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो, यसका साथै शिक्षकको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ, त्यसतर्फ पनि सरकारले सोचिरहेको छ।”
देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकको अहम् भूमिका भएकामा प्रधानमन्त्री दाहालले जोड दिए। सामाजिक चेतनाको अभिवृद्धि, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकको महत्वपूर्ण योगदान रहँदै आएको जनाउँदै उनले यसमा सबै शिक्षकले गर्व गर्नुपर्ने बताए।
प्रधानमन्त्री दाहालले पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गरिएको बताए। उनले भने, “पहिलो कार्यकालमा विकास र समृद्धिको विजारोपण गरियो, किसानलगायत जनताको ऋण मिनाहा गर्न, सामाजिक न्याय स्थापित गर्न जोड रह्यो, दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, सङ्घीयताको जग बसाल्ने कामका लागि राम्रो पहल गरियो, तेस्रो कार्यकाल त्यसभन्दा नमुना बनाउनुपर्ने छ, त्यसैले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नेछ ।”
|
पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता विराटनगर । विराटनगर महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनिमन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित आज सम्झौता गरेको छ ।
विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको तीन कठ्ठा पाँच धुर जग्गा पार्किङका लागि प्रयोग गरिने भएको हो । महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाई शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेल र जग्गाधनीका तर्फबाट बद्रीशक्ति, शोभा र केदारशक्तिले हस्ताक्षर गरेका छन् ।
उनीहरूले महानगरलाई एक वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । सरसफाइसहितका सम्पूर्ण कार्य महानगरले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै महानगरले सःशुल्क पार्किङको व्यवस्थापन मिलाउनेछ । सम्झौता भङ्ग गर्नुपरेमा कम्तीमा दुई महिना अगाडि जानकारी गराउनुपर्नेछ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने महानगरको अभियानमा सहयोग गर्न प्रमुख नागेश कोइरालाले महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।
प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापन गरेर बजार क्षेत्रको ट्राफिक समस्या समाधान गर्ने महानगरको योजना छ । सोही योजनाअन्तर्गत महानगरले जलजला हल उत्तरमा रहेको खाली जग्गामा पनि पार्किङको व्यवस्थापन गरिएको छ । अतिथि सदन दक्षिण–पूर्वमा पनि पार्किङका लागि तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।
यस्तै वर्षौंदेखि महानगरलाई तिर्नुपर्ने कर नतिरी खाली छाडेका जग्गामा पनि महानगरले पार्किङ व्यवस्थापन गर्ने प्रक्रिया आगाडि बढाएको छ । यसरी खाली छाडेका जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यमा ह्रास आएको छ । “अबदेखि खाली जग्गामा फोहोर थुपारे महानगरले सम्बन्धित जग्गाधनीलाई कारबाही गर्नेछ”, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “मेरो निजी जग्गा हो भनेर जथाभावी फोहोर थुपार्नु भएन नि !”
|
सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स थप प्रभावकारी हुने बेइजिङ । चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रुपमा एकीकृत गरिने बताएको छ ।
बाइडुले सुरु गरेको अग्रणी एआई अनुसन्धान संस्थान बाइडु रिसर्चले बिहीबार २०२३ को शीर्ष १० टेक्नोलोजी ट्रेन्डका लागि आफ्नो भविष्यवाणी जारी गरेको हो । यसअन्तर्गत ठूला नमूना भवन, डिजिटल अनुवाद, भर्चुअल पारस्पारिकता, स्वायत्त ड्राइभिङ्ग, रोबोटिक्स, वैज्ञानिक कम्प्यूटिङ्ग र क्वान्टम कम्प्युटिङ आदि समावेश छन् ।
इन्स्टिच्युटका अनुसार अहिले इन्टेलिजेन्ट कम्प्युटिङ सेन्टर, डिप लर्निङ प्लेटफर्म र एआई मोडेलले नयाँ एआई संरचना बनाइरहेका छन् । आगामी केही वर्षमा, यो नयाँ एआई पूर्वाधारको निर्माण डिजिटल अर्थव्यवस्थाको विकासको महत्वपूर्ण स्तम्भहरूमध्ये एक बन्नेछ ।
चौथो औद्योगिक क्रान्तिको सबैभन्दा महत्वपूर्ण आधारभूत प्रविधिको रूपमा, एआईले मानव समाजलाई व्यापक रूपमा परिवर्तन गरेको छ र जारी राख्नेछ, एआई उद्योग अनुसन्धान संस्थानका डीन झांग याकिनले भने ।
बाइडु रिसर्चले भनेको छ, “ठोस खुफिया आधार, वेब ३.०, मेटाभर्स, स्वायत्त ड्राइभिङ, एआई–उत्पन्न सामग्री र क्वान्टम टेक्नोलोजीमा निर्भर रहेर २०२३ मा नयाँ औद्योगिक अवसरहरू ल्याउनेछ । वेब ३.० टेक्नोलोजीले नयाँ बहु–केन्द्रित, अधिक खुला, निष्पक्ष र सुरक्षित वेब स्पेस सिर्जना गर्नेछ जहाँ प्रयोगकर्ताहरूले अधिक सुरक्षाको साथ जानकारी र मूल्य आदानप्रदान गर्न सक्छन् ।
सन् २०२३ मा, चीनका प्रमुख शहरहरूमा स्वायत्त ड्राइभिङको व्यावसायीकरणले सञ्चालनको दायरा र शीघ्रताको आकार दुवैमा एकसाथ वृद्धि देख्नेछ । “भविष्यको डिजिटल समाज उन्नत इन्टेलिजेन्ट नेटवर्क, इन्टरनेट अफ थिङ्स, ब्लकचेन र अन्य नयाँ प्रकारका पूर्वाधारमा निर्माण हुनेछ, प्राकृतिक मानव–कम्प्युटर अन्तरक्रिया र एआईले एक प्रमुख अन्तरक्रियाको प्लेटफर्मको रूपमा सेवा गर्दछ ।
‘भर्चुअल–रियल सिम्बायोसिस टेक्नोलोजी’ले भौतिक र डिजिटल संसारलाई मर्ज गर्नेछ, दुबै क्षेत्रमा हाम्रो अनुभव र क्षमता बढाउनेछ,” चाइनिज एकेडेमी अफ इन्जिनियरिङका शिक्षाविद् झाओ किनपिङले भने । बाइडु रिसर्चले आफ्नो शीर्ष १० टेक्नोलोजीभित्र पर्ने सफलता पाएको यो लगातार चौथो वर्ष हो ।
|
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु मेक्सिको सिटी । जेलमा रहेका लागुऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ ।
उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
“दुर्भाग्यवस, कर्तव्यपालनको क्रममा सेनाका १० जना सदस्यले आफ्नो ज्यान गुमाउनु परेको छ,” रक्षामन्त्री लुइस क्रेसेन्सियो सान्डोवालले पत्रकारहरूसँग भने । बिहीबारको कारबाहीमा ‘कानून उल्लङ्घन गर्ने’ १९ जना संदिग्ध लागुऔषध कारोबारी पनि मारिएका उनले बताए ।
सन् २०१७ मा एल चापोलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएपछि ओभिडियो गुजम्यानले आफ्नो बुबाको कारोबार चलाउन सहयोग गरेको आरोप लगाइएको थियो ।
उत्तरपश्चिमी शहर कुलियाकानमा बिहीबार पक्राउ परेका ३२ वर्षीय उनलाई गुप्तचर निकायले गरेको छ महिना लामो खोजीपछि सैन्य विमानबाट मेक्सिको सिटी लगिएको सरकारले जनाएको छ ।
ओभिडियो गुजम्यानलाई पक्रने सूचना दिनेलाई अमेरिकाले ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिएको थियो । यसले उनलाई कुख्यात सिनालोआ कारोबार अभियानमा एक प्रमुख अभियुक्त भएको पुष्टि गर्छ ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आगामी हप्ता अमेरिकी समकक्षी जो बाइडेनलाई उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनमा स्वागत गर्ने तयारी गरिरहेका बेला कुलियाकानलाई पक्राउ गरिएपछि चलेको गोली र आगजनीले मेक्सिकोमा हलचल मच्चाएको छ ।
बिहीबारको प्रारम्भिक रिपोर्टमा हिंसामा एक नेसनल सुरक्षाकर्मीको मृत्यु हुनुका साथै कम्तीमा २८ जना घाइते भएको जनाइएको थियो ।
|
नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ काठमाडौं । नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ ।
गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनीको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको टोलीको सहभागिता छ ।
उक्त पदयात्रा टोलीले धादिङ जिल्लामा तैनाथ फौजलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । यस्तै धादिङ जिल्लामा तैनाथ फौजले नुवाकोटको फौजलाई, नुवाकोटमा तैनाथ फौजले काठमाडौँस्थित नागार्जुनमा रहेको फौजलाई र नागार्जुनमा तैनाथ फौजले पुस २६ गते हनुमानढोकामा तैनाथ शार्दुलजङ्ग गुल्मको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
पदयात्रा कार्यक्रम जङ्गी अड्डामा विशेष समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।
|
इन्टरनेटको समस्या समाधान गर्न आग्रह काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ । सङ्घले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, दूरसञ्चार प्राधिकरण, मानवअधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकायसमक्ष समस्या समाधानका निम्ति अनुरोध गरेको हो ।
इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रदान गर्नका लागि ओपिजीडब्लु, विद्युत्का पोललगायत पूर्वाधारको काम गर्दै आएकामा प्राधिकरणको एकाधिकार भएका कारण आफूखुसी भाडादर कायम गर्दै आएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा प्रदायक सबैलाई बेवास्ता गरी प्राधिकरणले पोलको भाडा रु छ सयदेखि रु सात सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै आपत्ति जनाए ।
“कुनै पनि समयमा पोखरा तथा त्यस आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने अवस्था छ”, सङ्घद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
|
जुम्लाको तिलामा अटो दुर्घटना हुँदा दुईको मृत्यु जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा दुर्घटना हुदाँ दुइ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।
जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी –१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला – ३ का २० वर्षीया आकाश थापा को मृत्यु भएको हो।
त्यस्तै जुम्लाका प्रहरी निरिक्षक याम बहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको थियो । आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना भएको अटो तिला ३ को श्रीवेणी स्थित कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेको छ ।
|
प्रदेशको राजधानीमा आवश्यक पूर्वाधार निर्माणका लागि १२ विघा जग्गा प्राप्त: मन्त्री कार्की {भिडियो} मोरङ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार बनाउन पहल नगरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले विगत १४ महिनाको कार्यकालमा गरिएको कामका सम्बन्धमा जानकारी गराउन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आगामी दिनमा जनताको पक्षमा आवाज उठाउँदै जिम्मवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रष्ट पारे ।
मन्त्री कार्कील विराटनगरलाई स्थायी राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न महानगरपालिकाले डङग्राहामा पाँच विघा,प्रदीप श्रेष्ठले वडा नं ५ मा पाँच विघा र दिक्षान्त पोखरेले वडा नं ६ मा दुई विघा जग्गा निःशुल्क दिने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले शान्तिसुरक्षाको कार्य सम्पादनमा प्रदेश नं १ सात प्रदेशमध्ये पहिलो भएको बताउदै मन्त्रालयमा सुशासन कायम गरी वेरुजु शुन्य मन्त्रालय बनाएको दावी गरे ।
विराटनगरलाई डुवानमुक्त बनाउन केसलिया (वुढीनदी) को व्यवस्थापन तथा रानी दुहवी करिडोर निर्माणका लागि गुरुयोजना निमार्ण भई निर्माण प्रक्रिया शुरु गरेको बताए । उनले आफ्नो कार्यकालमा तीन तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराई सङ्घीयताको सफल कार्यान्वयनमा सहयोग पुर्याउन सबैको सहयोग प्राप्त भएकोमा धन्यवाद समेत ज्ञापन गरे ।
हेर्नुहोस् भिडियो:
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.