content
stringlengths 20
64.1k
⌀ |
---|
वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन्। सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ।
वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ। उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो।
ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए। नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो।
नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ। हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन्। श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताए। विदेशमा रहेका श्रमिकले कोषको वेभसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन्।
स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रु दुई हजार मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन्।
प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन्। कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ। कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो।
|
अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन गुल्मी । गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा शन्त सम्मेलन गरिने भएको छ । भारतको अयोध्या र रेसुङ्गाको पुरानो सम्बन्धलाई विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्रो साता सम्मेलन गर्न लागिएको हो ।
रेसुङ्गा संरक्षण समितिको आयोजनामा वैशाख २३ देखि ३१ गतेसम्म रेसुङ्गाको पोखरी क्षेत्रमा श्रीराम महायज्ञ कथा वाचन महोत्सव एवं विराट शन्त भक्त दर्शन मेलाको आयोजनासहित सम्मेलन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी गराए।
त्रेतायुगदेखि रेसुङ्गा सम्बन्ध अयोध्यासँग जोडिएको भए पनि यी दुई बीचको धार्मिक सम्बन्ध र महत्वका बारेमा प्रचारप्रसार हुन सकेको थिएन । दुई धार्मिकस्थलको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि भारतको राम अयोध्या धामका स्वामी राजेन्द्रनन्द र राजस्थानका योगी शम्भुनाथ सम्बन्ध विस्तारमा लाग्नुभएको छ । उहाँहरू दुवै जनाले पवित्र तपोभूमि रेसुङ्गा पुगी जिल्लाका सबै सरोकारवालासँग शन्त सम्मेलन र यसको मुख्य उद्देश्यबारे जानकारी गराएका थिए ।
सम्मेलनका लागि चार सय शन्त भारतबाट रेसुङ्गामा आउने कार्यक्रमसमेत तय भइसकेको संरक्षण समितिले जनाएको छ । रेसुङ्गा क्षेत्रको विकासबाट जिल्लाको अन्य धार्मिक र पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने भन्दै सम्मेलनको तयारी थालिएको हो । रेसुङ्गा नगरपालिकासहित छिमेकी पालिका, स्थानीय प्रशासन र विभिन्न सङ्घसंस्थाले वैशाख तेस्रो साता सम्मेलन आयोजना गर्ने विषयमा सहमति भइसकेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
रेसुङ्गा नगरपालिकाले पनि रेसुङ्गा क्षेत्रको विकासका लागि केही दिनमै ‘जाउँ हिँड रेसुङ्गा’ भन्ने अभियान शुभारम्भ गर्न लागेको बताइएको छ । रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रममा रेसुङ्गाको पर्यटकीय विकासलाई मुख्य प्राथमिकतामा राखेको भन्दै यो सम्मेलनले रेसुङ्गालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा प्रचार प्रसार गर्न थप सहयोग पुग्ने नगर प्रमुख पन्थीले बताए ।
योगी शम्भुनाथले ऐतिहासिक, धार्मिक तथा प्राकृतिरुपले विचित्र र रमणीय रेसुङ्गा क्षेत्र ओझेलमा परेकोप्रति दुःख व्यक्त गरेका थिए । उनले अयोध्याका राजा दशरथलाई पुत्र नभएपछि रेसुङ्गाका ऋष्यश्रृङ्ग ऋषिलाई अयोध्या लगेर यज्ञ गरेपछि पुत्र प्राप्त भएको बताए । रेसुङ्गा र अयोध्यासँगको पुरानो धार्मिक सम्बन्ध विस्तार गर्दै साधुशन्तको आवतजावत बढाउने उद्देश्यले सम्मेलनमार्फत अभियान सञ्चालन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिले बताएको छ ।
|
null |
एकीकृत समाजवादी: सरकारमा जाने बिषयमा गृहकार्य गर्न कार्यदल गठन {भिडियो} काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने बिषयमा गृहकार्य गर्न कार्यदल बनाएको छ । पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको नेकपा समाजवादीको सचिवालय बैठकले सरकार गठनको सम्पूर्ण प्रक्रियाको गृहकार्य गर्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।
कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहनुभएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । कार्यदलले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुले गर्ने काम, नीति निर्माणका बिषयमा छलफल गर्ने उनले बताए । त्यस्तै कार्यदलले केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरुका बारेमा छलफल गर्ने उनले बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सरकारमा जानका लागि नीति, सिद्धान्त र कार्यक्रम, मन्त्रीको बाडफाट, लगाएतका बिषयमा कार्यदलले प्याकेजमै निर्णय गर्ने जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा पनि छलफल भएको नेताहरुले जानकारी दिएका छन् ।
हेर्नुहोस् भिडियो:
|
विराट गोल्ड कप चैत ९ गतेदेखि– विजेतालाई २० लाख पुरस्कार मोरङ । विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका विभागीय क्लबहरू एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, सङ्कटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लब केरला भारत र ड्रुक लयुल फुटबल क्लब भूटान रहेका छन् ।
प्रतियोगिताको उपाधि विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक सुभाशिष कोइरालाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
|
भारतमा उपचाररत कांग्रेस नेता भण्डारीलाई सामान्य आहार प्रदान काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ ।
बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो ।
आगलागीबाट गम्भीर घाइते भएका डा भण्डारीको आज ३३ दिन पुग्दा स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।
“डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, डा भण्डारीका दाजु मीनप्रसादले भने ।
डा भण्डारीको फिजियोथेरापी जारी रहेको र केही समय सहयोगबिना बस्न थालेको दाजु मीनप्रसादको भनाइ थियो । अनुहारको छाला राम्रो हुँदै गएकाले तत्काल अप्रेसन गर्नुनपर्ने चिकित्सकले बताएका छन् ।
सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।
|
प्रधानमन्त्रीले पुष १० गतेको सहमतिबाट पछि हट्नुको कारण इतिहास खोज्नेछः बिष्णु पौडेल {भिडियो} काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री बन्नका लागि प्रचण्डले पुष १० गते गरेको सहमतिबाट पछि हट्नुको कारण इतिहासले खोजिरहने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा पौडेलले प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड बालकोट गएको र पुष १० गते सहमति भएको भन्दै पुरानो गठबन्धनमा फर्किनुपर्ने कारण इतिहासले खोजिरहने बताएका हुन्।
पौडेलले प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै किन पुरानै गठबन्धनतिर फर्किनुपर्यो भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री प्रचण्डले पटक पटक राष्ट्रिय सहमति भनेपनि एमालेबिनाको राष्ट्रिय सहमति हुन नसक्ने बताए।
एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको भन्दै उनले जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति नचाहेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमति नभइ देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेको उनको आरोप छ । त्यस्तै पौडेलले प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएको र फेरि विश्वासको मत लिइरहेको भन्दै अब कहिले विश्वासको मत लिने भन्दै कटाक्ष गरे । उनले एमालेबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौडेलप्रति प्रधानमन्त्रीले गरेको व्यहारका कारण एमालेले सरकारबाट समर्थन फिर्ता लिएको स्पष्ट पारेका छन् ।
हेर्नुहोस् भिडियो:
|
एमाले र राप्रपा राजनीतिक अस्थिरतातिर अग्रसर भयो : प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमाले र राप्रपा राजनीतिक अस्थिरतातिर अग्रसर भएको आरोप लगाएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारबाहिर रहेका पार्टीहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील रहेपनि राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका दुई दल अस्थिरतातिर अग्रसर भएको आरोप लगाएका हुन् ।
उनले राजनीतिक स्थिरताको प्रतिवद्धतासहित सरकार गठन गरेको भन्दै फेरि विश्वासको मत माग्नुपर्ला भनेर नसोचेको जिकिर गरे । न्यूनतम साझा कार्यक्रम नै बनाएर सहमतिको आधार तयार गरेको र विगतका मतभेदलाई नउठाउने समझदारी गरेपनि केही पक्षबाट त्यसको पालना नभएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रका संकट र सम्भावना दुबैले राष्ट्रिय सहमतिको माग गरेको बताए । उनले वर्तमान सरकारले गरेको प्रयासका कारण अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको जिकिर गरे । संसारभरिका कूटनीतिक र आर्थिक नियोगहरुलाई वैदेशिक लगानीका लागि परिचालनको सुरुआत भइसकेको युवा जनसंख्याबाट जनसांख्यिक लाभ लिन मुलुकभित्रै रोजगारीको व्यवस्थाका लागि हाल सञ्चालनमा रहेका रोजगारी सम्बन्धि संस्था, आयोजना तथा कार्यक्रमलाई एकीकरण र पुनर्संरचना गरी नतिजामुखी बनाउन खोजिएको उनले बताए ।
शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उनले बताए। उनले सरकार नेपालको विकासको नयाँ मोडेलको तयारीमा रहेको बताए ।
आगामी आर्थिक वर्षको बजेटमा खर्च कटौती र उपलव्ध स्रोतको अधिकतम उपयोग हुने क्षेत्रमा बजेट विनियोजनमा जोड दिएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सबै सरकारी सेवाहरूको लागत र समय पनि घटाएर अनलाइन प्रणालीबाटै सबै सेवा चुस्त र सहज रूपमा उपलब्ध गराउन आवश्यक काम भइरहेको बताए ।
भिडियो हेर्नुहोस्:
|
३३ हत्याको आरोपमा १३१० वर्ष कैद, गुन्डा नाइकेलाई यस्तो खतरनाक सजाय काठमाडौं । ल्याटिन अमेरिकी देश एल साल्भाडोरमा ३३ वटा हत्या, नौ हत्याको षड्यन्त्र र अन्य आपराधिक गतिविधिमा दोषी ठहर भएका एक गुण्डा नाइकेलाई १३१० वर्षको जेल सजाय सुनाइएको छ । विल्मर सेगोभिया नामको यो ग्याङ्स्टर एमएस-१३ गिरोहको सदस्य रहेको बताइएको छ।
विल्मर बाहेक अर्का ग्याङ्गस्टर मिगुएल एन्जेल पोर्टिलोलाई पनि २२ हत्यामा ९४५ वर्षको सजाय सुनाइएको छ । मिगुएल विरुद्ध ज्यान मार्ने प्रयास, आगजनी र जबरजस्ती करणीका धेरै मुद्दा दर्ता छन्। यी सजायलाई एल साल्भाडोरमा हालसम्मकै सबैभन्दा कडा सजायको रूपमा वर्णन गरिएको छ।
एल साल्भाडोरमा यी कठोर सजायहरू देशका राष्ट्रपति, नायब बुकेलेको प्रयासको परिणाम हो, जसमा उनले देशमा फस्टाउँदै गएका यी गिरोहहरू विरुद्ध अभियान सुरु गरेका छन्। देशका कारागारमा कैयौं खतरनाक गुण्डाहरू बन्द छन् । केही दिनअघि सरकारले हजारौं गुण्डालाई पनि मेगा जेलमा सारेको थियो । यसको जानकारी राष्ट्रपति आफैले ट्विट गरेका हुन् ।
एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेले २४ फेब्रुअरीमा ट्वीट गरेका थिए कि आज हामीले २ हजार गैंगस्टरहरूलाई स्थानान्तरण गरेका छौं। उनीहरूलाई नयाँ मेगा जेलमा राखिएको छ, जहाँ उनीहरू दशकौंसम्म सीमा पर्खालभित्र बस्नेछन् र आम जनतालाई कुनै हानि गर्न सक्ने छैनन्।
यस मेगा जेलमा करिब २००० गुण्डालाई सारिएको जानकारी गराइन्छ । ४० हजार कैदी राख्ने क्षमता भएको यो जेल अमेरिकाको सबैभन्दा ठूलो जेल मानिन्छ ।
|
थ्री नेसन्स कप प्रतियोगितः लाओस र भुटानको फुटबल टोली नेपालमा (भिडियो) काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि लाओस र भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् । भुटानको राष्ट्रिय फुटबल टोली सोमबार बिहान र लाओसको टाली मध्यान्ह नेपाल आएका हुन् । लाओसको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ ।
चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।
भिडियो हेर्नुहोस्:
|
null |
रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने (भिडियो) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले आफ्ना मुद्धाहरुलाई अघि बढाउनका लागि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईले जानकारी दिएका छन् ।
न्युनतम साझा कार्यक्रमका रहेका रास्वपाका शिक्षा, स्वास्थ्य, भ्रष्टाचार लगाएतका मुद्धाहरुलाई कार्यान्वयनका लागि पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिएको उनको भनाइ छ । प्रसाईले आफुहरुको मुद्धा कार्यान्वयन नहुने अवस्था आए सरकारलाई दिएको समर्थनमा पुनर्बिचार गर्न सकिने जिकिर गरे ।
त्यस्तै अहिले नै सरकारमा जाने बिषयमा कुनै छलफल नभएको भएपनि सरकारमा गएर जनताका मुद्धाहरुलाई अघि बढाउनुपर्नेमा आफ्नो जोड रहेको प्रसाइले बताए। भिडियो हेर्नुहोस्:
|
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने {भिडियो} काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो । सरकारमा जाने नजाने बिषयमा अहिले कुनै छलफल नभएपनि सत्तापक्षको बेञ्चमा बसेपछि सरकारमा जान सकारात्मक नै रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै बैठकले पार्टी महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ भने घनश्याम भुसाललाई महासचिवमा मनोनयन गर्ने निर्णय गरेको खतिवडाले बताए। यस्तै बैठकले पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरु घनेन्द्र वस्नेत, केदार न्यौपाने, धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रिय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रिय सचिवालयको संख्या १९ पुगेको प्रवक्ता खतिवडाले बताएका हुन् ।
महासचिवमा मनोनित भएका भुसाल केहि समय अघि मात्रै समाजवादीमा प्रवेश गरेका थिए ।
हेर्नुहोस् भिडियो:
|
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने कांग्रेसको निर्णय (भिडियो) काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
संसदीय दलको बैठकले कार्यसम्पादन समितिको बैठक अनुसार प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको लेखकले बताए । बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई दिदै सफल कार्यकालको कामना गर्दै राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन सफलताका साथ सम्पन्न गर्न भूमिका खेल्ने सवैप्रति धन्यवाद दिने निर्णय गरेको उनले बताए।
बैठकले नेपाली क्रिकेट टोलीको सफलताका लागि खेलाडीहरुलाई बधाई दिने र क्यान प्रशिक्षक लगाएत सवैलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको लेखकले बताए।
हेर्नुहोस् भिडियो:
|
क्रेडिट सुइस बैंक पनि गम्भीर संकटमा फस्यो, प्रतिद्वन्द्वी युबीएस बैंकले किनिदिन सक्ने काठमाडौं । स्विट्जरल्याण्डको सबैभन्दा ठूलो बैंक युबीएसले संकटग्रस्त प्रतिद्वन्द्वी बैंक क्रेडिट सुइसको सम्पूर्ण वा केही अंश किन्न वार्ताको अन्तिम चरणमा रहेको बताइएको छ।
पछिल्लो समय क्रेडिट सुइस बैंकको सेयरमा भारी गिरावट आएको छ । बैंकले आफ्नो आर्थिक अवस्थाबारे जानकारी दिँदै आफ्नो वित्तीय खातामा ‘गम्भीर त्रुटि’ भएको थाहा पाएको बताएको थियो ।
स्वीस नेशनल बैंकले क्रेडिट सुइसलाई संकटबाट बाहिर निकाल्नका लागि ५४ अर्ब डलरको आपतकालीन सहयोग गरेको थियो तर त्यसले संकट समाधान गर्न सकेन ।
नियामकहरूले सोमबार बजार खुल्नुअघि खरिद बिक्री सम्झौता पूरा गर्ने प्रयास गरिरहेका छन्। बुधबार बैंकको सेयर २४ प्रतिशतले घटेपछि क्रेडिट सुइसको सेयर अझै ओरालो लाग्ने चिन्ता थियो ।
त्यसबेलादेखि युरोपेली बजारमा बिक्रीको अवधि सुरु भएको थियो र ठूलो वित्तीय संकटको चिन्ता व्यक्त गरिएको थियो।
स्वीट्जरल्याण्ड सरकारले शनिबार राति आपतकालीन बैठक बोलाएको छ तर अहिलेसम्म सम्झौताको वार्ताका सम्बन्धमा आधिकारिक धारणा आएको छैन ।
समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै यूबीएसले क्रेडिट सुइस खरिद गरेमा सरकारले नै ६ अर्ब डलरको मूल्य तिर्नुपर्ने माग गरेको बताएको छ ।
बैंक बिक्री गर्ने सम्झौता भएमा ठूलो परिमाणमा रोजगारी गुम्ने खतरा हुन्छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यदि दुवै बैंक एकसाथ आउने सम्भावना छ भने १० हजारसम्मको रोजगारी गुम्न सक्छ ।
स्विट्जरल्याण्डको बैंकमा यो संकट यस्तो बेला आएको हो जब अमेरिकाका दुई बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक असफल भएका छन् । त्यसयता विश्वभर नै बैंकिङ प्रणालीलाई लिएर चिन्ता बढिरहेको छ ।
सिग्नेचर बैंकले ठूलो नोक्सानको बारेमा कुरा गर्यो र भन्यो कि यो रकम जुटाउन गाह्रो हुन सक्छ, जसले विश्वभरका स्टार्टअपहरूलाई असर गर्नेछ।
क्रेडिट सुइस १६७ वर्षअघि सन् १८५६ मा गठन भएको थियो। बैंकले हालैका वर्षहरूमा धेरै घोटालाहरूको सामना गरेको छ, जसमा सम्पत्ति शुद्धीकरणको आरोप पनि छ।
बैंकले सन् २०२१ मा घाटा बेहोरेको थियो । त्यसपछि सन् २०२२ मा ७.९ अर्ब डलरको नोक्सानी बेहोरेको थियो । यो बैंकको लागि सन् २००८ यताकै सबैभन्दा खराब आर्थिक वर्ष थियो । बैंकले सन् २०२४ अघि नाफा दर्ता गर्न नसक्ने चेतावनी दिएको छ ।
बैंकले सन् २०२४ सम्म नाफामा जान नसक्ने चिन्ता व्यक्त गरेको छ । यससँगै युबीएसले सन् २०२२ मा ७.६ अर्ब डलर नाफा कमाएको थियो ।
|
कांग्रेस वर्तमान सरकारमा सहभागी हुने निर्णय {भिडियो} काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनका लागि चारवटा मापदण्ड निर्धारण गरिएको छ । जसमा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलन रहेको प्रवक्ता महतले बताए। उनले संविधानको रक्षा, बृहतर देशको बिकास र समृद्धि तर्फ सरकारले काम गर्ने अपेक्षा सहित सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए।
बैठकले उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई र शुभकामना व्यक्त गरेको छ ।
|
विश्वकप छनोटमा पुग्न सफल नेपाली टिमलाई एमडीएसी स्पोर्ट्सद्वारा सम्मान काठमाडौं । एमडीएसी स्पोर्ट्सले आइसिसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ ।
ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो । ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।
विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ । लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो ।
|
पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने काठमाडौं । सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसादः भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने जानकारी लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दिए ।
अभिनेता विपिन कार्की शीर्ष भूमिकामा रहने चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का र वर्षा सिवाकोटीको अभिनय रहनेछ । लेखक लामिछानेले नाम मात्रको शृङ्खला नभई अर्थपूर्ण र तर्कपूर्ण चलचित्र बन्ने बताए । “जहाँ सात वर्ष अगाडि चलचित्र सकिएको थियो त्यहीँबाट सुरू हुनेछ । यो समय भइरहेको परिवर्तनसँगै भष्मेमा आएको बदलावलाई देखाउने छौँ”, लेखक लामिछानेले भने ।
यसमा नीरज कँडेलले छायाङ्कन निर्देशन, कृष्ण थापाले छायाङ्कन, दीर्घ खड्काले सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालले सङ्गीतको काम गर्नेछन् ।
|
वीरगञ्ज महानगरपालिकाले क्रिकेटर आसिफ र आरिफलाई मोटरसाइकल दिने वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग–२ मा देशको शिर उचोँ राखेको भन्दै वीरगञ्जका क्रिकेटर आसिफ शेख र आरिफ शेखलाई महानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । वीरगञ्ज निवासी उनीहरू सहोदर दाजुभाइ हुन् ।
विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने जनाएका छन् ।
महानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
|
इरानले कुर्दिश ‘राजनीतिक बन्दी’ लाई फाँसी दियो पेरिस । प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् ।
नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मोहायदीन एब्राहिमीलाई उत्तर–पश्चिमी इरानको उर्मिया जेलमा शुक्रबार बिहान फाँसी दिइएको जनाएको छ ।
अन्य पाँच जनालाई पनि शुक्रबार बिहान उर्मियामा लागूऔषधसम्बन्धी आरोपमा मृत्युदण्ड दिइएको समूहले जनाएको छ ।
सन् २०१७ मा पक्राउ परेका र सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएका इब्राहिमीमाथि इरानको कुर्दिस बाहुल्य क्षेत्रको आत्मनिर्णयका लागि सशस्त्र सङ्घर्ष गर्दै आएको प्रतिबन्धित समूह कुर्दिस डेमोक्र्याटिक पार्टीमा संलग्न भएको आरोप लागेको थियो ।
इब्राहिमीले उक्त आरोप अस्वीकार गर्दै आएका थिए । अधिकारवादी समूहहरूले उनी इराकबाट सामान बोक्ने भरियाको रूपमा मात्र काम गर्दै आएको बताएका छन् । आईएचआर र हेन्गाव दुवैले उनलाई ‘राजनीतिक बन्दी’ को रूपमा वर्णन गरेका छन् ।
आईएचआरका अनुसार इब्राहिमीलाई मृत्युदण्ड दिइने निश्चित भएपछि उनका छोरालाई पक्राउ गरिएको थियो । यसको विरोधमा उर्मिया जेलको ढोकाबाहिर बिहीबार अबेर प्रदर्शन पनि गरिएको थियो ।
हेन्गावका अनुसार इब्राहिमीको परिवारलाई सुरुमा सजाय निलम्बन भएपछि उनलाई अर्को जेलमा पठाउन लागेको बताइएको थियो ।
गत सेप्टेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको मृत्युभएपछि सुरु भएको प्रदर्शनको विरोधमा इरानले चार जनालाई मृत्युदण्ड दिएको छ ।
अधिकारवादी समूहहरूले सबै प्रकारका अभियोगमा मृत्युदण्ड दिने क्रम बढ्दो क्रममा रहेको भन्दै यसले समाजलाई विरोध गर्नेहरूलाई तर्साउन खोजेको तर्क गरेका छन् । आईएचआरका अनुसार इरानमा यस वर्ष कम्तीमा १४४ जनालाई मृत्युदण्ड दिइएको छ ।
|
चर्च ब्वाइज र मछिन्द्रको बराबरी, जावलाखेल विजयी काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
च्यासल मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज र १० खेलाडीमा समेटिएको मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । खेलको ४१ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाइ पराजित गरेको छ । एन्फा कम्प्लेक्समा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै जावलाखेलले तेस्रो जित निकालेको हो । जावलाखेलको जितमा एन्कोटो मासोबीले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ । थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ ।
|
उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिकभन्दा पनि साँठगाँठ प्रणालीमा चल्यो: ओली {भिडियो} काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिले साँठगाँठको प्रणाली भएको बताएका हुन्। उनले कांग्रेससंगको सहकार्यका बिषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गरे।
आफ्नो कांग्रेससंग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति कांग्रेसकै केहि नेताहरु त्रसित भएको उनले बताए । एक जना चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भनेर अभिव्यक्ति दिएको र यसले कांग्रेसभित्रै ठुलो गडबडी रहेको हुनसक्ने उनको भनाइ छ । त्यस्तै उनले एमाले देश र जनताका लागि काम गर्ने भन्दै केन्द्र लगाएत प्रदेश सरकारमा प्रतिपक्षीमा बसेर काम गर्दा राजनीति नगुम्ने तर्क गरे।
ओलीले शान्तिप्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन बिधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए।
हेर्नुहोस् भिडियो:
|
उपराष्ट्रपति पदमा मतदान गर्न सहभागी सांसद {फोटो} काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान गर्न शुक्रबार नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा लामबद्ध सांसदहरुका केहि तस्बिर ।
|
१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य तिव्र लमजुङ। हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्यधमाधम भइरहेकोे छ।
कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो। मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन।
आगामी चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी एक नेपाली र तीन चिनियाँ कम्पनीले साझेदारीमा सो जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन्। आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले निर्माण गर्ने भएका हुन्।
आयोजनामा नेपाली साझेदार बीपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी रहेको छ। कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने आयोजनाले जनाएको छ।
रन अफ द रिभर प्रकृतिमा बन्न लागेको सो आयोजनाबाट वार्षिक ७ सय ६६ दशमलव ५ सय ९३ गिगावाट विद्युत शक्ति उत्पादन हुने जनाइएको छ। आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ। सम्भाव्यता अध्ययनअनुसार यो आयोजनाको ग्रस हेड ४ सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव ०७५ किमि रहेको छ। आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुसमा सम्झौता भएको थियो।
|
सुरू भयो निफ काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ। ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुआत कोरिन शर्मा निर्देशित ‘चरी’ मार्फत भयो।
पैँतीस देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उत्सवको रूपमा मनाउन आग्रह गरे।
“महोत्सवले दुई देशको संस्कृति र पर्यटनलाई टेवा पुर्याउनेछ। हाम्रो चलचित्र र अन्तर्राष्ट्रिय चलचित्र एकसाथ हुँदा बन्ने शैलीसँगै विविध पक्षको बारेमा जानकारी आदानप्रदान हुनेमा म विश्वस्त छु”, बोर्ड अध्यक्ष केसीले भने, “नेपाल खुल्ला स्टुडियो झैँ छ। यहाँको सुन्दरतालाई कैद गर्न म अन्तर्राष्ट्रिय चलचित्रकर्मीलाई आग्रह गर्दछु। छायाङ्कनका लागि सहज वातावरण बनाउन म र बोर्ड तत्पर छौँ।”
महोत्सवका अध्यक्ष केपी पाठकले पछिल्लो तीन महिनाको मेहनतले निफ सुरुआत गर्न सफल भएको जानकारी दिए। “यस किसिमको महोत्सव वा कार्यक्रमलाई नेपाल सरकारले वार्षिक कार्ययोजनामै राखेर सञ्चालन गर्न आग्रह गरेका छौँ। चलचित्रमार्फत देशको संस्कृति अगाडि बढ्ने भएकाले यसलाई महत्त्वपूर्ण रूपमा लिन जरुरी छ”, अध्यक्ष पाठकले भने, “हामीले मूलधारका चलचित्रमार्फत समाजको विकासमा योगदान होस् भन्ने चाहना राखेर यसको सुरुआत गरेका हौँ।”
उनका अनुसार महोत्सवमा २० देशबाट ५० बढी चलचित्रकर्मी सहभागी छन्। उनीहरूले विभिन्न चलचित्र हेर्नुका साथै महोत्सवमा हुने अन्तरक्रिया र छलफलमा सहभागिता जनाउनेछन्। यही चैत ६ गतेसम्म चल्ने महोत्सवमा रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिइएको उनले जानकारी दिए।
सात विधामा १४ पुरस्कार वितरण हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन्।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवको उद्घाटन समारोहमा चिनियाँ राजदूत चेन सोङ, भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरू, फिचर चलचित्रतर्फका जुरी प्रमुख प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री चलचित्रतर्फकी जुरी प्रमुख ली रानको उपस्थिति रहेको थियो।
चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’, भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु फिल्म, प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास महोत्सवमा रहनेछ।
भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीतिः नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङः महत्त्व र अभ्यास, हास्य–व्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिकाः जिम्मेवारी र करिअर जस्ता विषयमा अन्तरक्रिया तथा छलफल हुनेछ।
|
मलमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै किसान आन्दोलित {भिडियो} काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको बिरोधमा बिभिन्न दल निकट किसान संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगाएतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले नेपाली किसानको बजा सुनिश्चित गर, किसान मार्न पाइदैन प्रचण्ड सरकार चाहिदैन, मलको भयो हाहाकार, राजिनामा देउ कम्र्फटेबर सरकार लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वर्तमान सरकारले किसान बिरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।
किसानहरुलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरुको छ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसंगै किसानहरुले प्रदर्शन गर्दै आएका छन् ।
हेर्नुहोस् भिडियो:
|
मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै प्रदर्शन {भिडियो} काठमाडौं । रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । अनुदान कटौती गर्ने सरकारको निर्णय किसान विरोध रहेको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज, खेत त जोगियो, मल बिउ कहा छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् । चेकजाच नगरि भारतीय तरकारी भित्राएर किसालको उत्पादनलाई महत्व नदिने, रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए।
उनीहरुले अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसंगै रासायनिक मल बढ्ने देखिएको छ ।
हेर्नुहोस् भिडियो:
|
च्याम्पियन इंग्ल्याण्डविरुद्ध बंगलादेशकाे क्लीन स्वीप काठमाडौं । बंगलादेशले टी२० विश्वकप विजेता इंग्ल्याण्डविरुद्ध क्लीन स्वीप गरेको छ । घरेलु मैदानमा भएको तीन खेलको टी२० सिरिजमा बंगलादेशले तीन ओटै खेल जित्दै इंग्ल्याण्डविरुद्ध ऐतिहासिक सिरिज जित हासिल गरेको छ । पहिलो खेलमा ६ विकेट, दोस्रोमा ४ विकेटले विजयी भएको बंगलादेशले अन्तिम खेलमा १६ रनले च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको छ ।
मिरपुरमा भएको खेलमा बंगलादेशले दिएको १५९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो । इंग्ल्यनण्डका डेविड मलानले अर्धसतक प्रहार गर्दै ५३ रन तथा जोस बटलरले ४० रन बनाए भने अन्य ब्याटरले रन बनाउन सकेनन् । बंगलादेशका टस्कीन अहमदले २ विकेट तथा तनविर इस्लाम, शाकिब अल हशन र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० अोभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो । बंगलादेशका लिटन दासले सर्वाधिक ७३ रनको अर्धसतकीय पारी खेले । यस्तै नजमुद होसेन शान्तोले ४७ तथा रोनी तालुकदारले २४ रन बनाए । इंग्ल्याण्डका आदिल रशीद र क्रिस जोर्डनले एक एक विकेट लिए ।
|
एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : नेता रिजाल वीरगञ्ज । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् ।
वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताए । “कुन–कुन मन्त्रालय लिने र क-कस्लाई मन्त्री बनाउने विषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ”, उनले भने, “उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौँ ।”
नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब–करिब सहमति भएको उनको भनाइ थियो । “कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन”, सांसद रिजालले भने, “पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन ।”
आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्दै उनले यस विषयमा गठबन्धन आबद्ध दलबीच प्रयास भइरहेको बताए ।
राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तटस्थ भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्दै नेता रिजालले राष्ट्रपति पौडेलबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने उल्लेख गरे ।
|
बहराइनका समकक्षी मुसलामसँग सभामुख घिमिरेको शिष्टाचार भेटवार्ता मनामा। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन मनामामा रहेका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गरेका हुन्।
सभामुख घिमिरेले आईपीयुको १४६ औं महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए। उनले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गरे।
‘आशा छ, आगामी दिनमा बहराइनले सूचना प्रविधि र मेडिकल क्षेत्रका दक्ष नागरिकलाई पनि रोजगारको व्यवस्था गर्नेछ,’ उनको भनाइ थियो। सभामुख घिमिरेले नेपाल–बहराइन सिधा उडान हवाइ उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराए।
सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इशा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिए।
जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरुले इमान्दारितापूर्वक काम गरेकोमा खुसी व्यक्त गरेका थिए। उनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिए।
|
म मन्त्री बन्दिनँ, सांसदको रुपमा जनताको सेवा गर्छुः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा आफू सहभागी नहुने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता बिषयक कार्यक्रममा थापाले सरकारले पाँच महिनामा नै सुधारका संकेत देखाउनुपर्ने बताएका छन्।
उनले पाँच बर्षका लागि बनेको सरकारले जनताले अपेक्षा गरेअनुसार पाँच महिनामा नै सुधारका संकेत देखाउनुपर्ने बताएका हुन्।
राजनीतिक अलमलमा समय खेर फाल्ने समय वर्तमान सरकारलाई नरहेको भन्दै थापाले छिटो भन्दा छिटो मन्त्रीपरिषद् बिस्तार गरेर सरकार आफ्नो गन्तव्यतर्फ अघि बढ्नुपर्ने धारणा राखे।
अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले कामको अनुभुति जनतालाई गराउन नसके गठबन्धनको कुनै अर्थ नरहने उनले बताए। उनले आफु प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बरु सांसदको रुपमा जनताको सेवा गर्ने जिकिर गरे।
महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
|
आजको मौसमः देशको पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
उता राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ।
|
जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमतिकाठमाडौं। जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ।
शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यगत एकता गर्ने सहमति गरेका हुन्।
उपराष्ट्रपतिको निर्वाचन, मधेस र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजबन्दीहरूको रिहाइ, विगतका सहमतिहरूको कार्यान्वयनसहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्न लोसपा, नाउपा र जनमत पार्टी सहमत भएको उल्लेख गरेका छन्।
जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि उम्मेदवारी दिएको अध्यक्ष डा. सीके राउतले बताए। उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको बताए। उनले आफू संविधानलाई सशक्त रूपमा पालना गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताए।
उनले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गरे। आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरूले उम्मेदवारी फिर्ता नलिने उनले बताए।
उपराष्ट्रपति निर्वाचनका लागि १० दलीय गठबन्धनबाट जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ। तीन दलको यो सहमतिसँगै जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दी भएको छ।
|
राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण कीर्तिपुर। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान गई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका छन्।
राष्ट्रपति पौडेललाई त्यहाँ पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, वडाध्यक्ष श्याम केसीलगायतले स्वागत गरेका थिए।
माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए।
पुस्तिकामा उनले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै यसको विकास तथा प्रगतिको कामना गरेका छन्। आगन्तुक कक्षमा नवनिर्वाचित राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच समसामयिक विषयमा कुराकानी भएको थियो।
सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई अध्यक्ष नेपालले पुष्पलालसम्बन्धी स्मृति ग्रन्थ प्रदान गरेका थिए।
|
नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने पोखरा। पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ।
ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिए।
उनका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो। नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उनले बताए।
कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ। उनका अनुसार मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ। सोह्र मिटर लामो कार्पेटसँगै डेढ मिटरका अन्य २४ वटा साना नेचुरल कार्पेट पनि तयार गरिएको छ।
ब्रिटिश काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपाङ्गता भएका एवं पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ।
“कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकेका छैनौँ”, उनले भने, “विभिन्न देशमा यसलाई प्रदर्शन गर्ने हाम्रो योजना अनुसार बेलायतबाट यसको सुरुआत गर्नेछौँ।” उनका अनुसार प्रदर्शनीपछि यसलाई बेलायतकै विश्वविद्यालयमा राखिने छ। प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिनेछ।
पोखरा महानगरको सहयोगमा मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादिन सामग्री प्रदर्शनीसँगै उक्त कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो।
विसं २०३२ मा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिकरुपमा विपन्न, अपागङ्ता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनाका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले जानकारी दिए।
स्वदेशी हस्तकला सामानको प्रयोग गराँै, स्वरोजगार सिर्जना गरौँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ ४७ वर्षदेखि हस्तकलाका सामग्री उत्पादन तथा निर्यातमा सक्रिय संस्थाले झन्डै एक हजारभन्दा बढी सामग्री उत्पादन गर्दै आएको छ।
अध्यक्ष गुरुङका अनुसार हालसम्म करिब २१ हजार महिलालाई संस्थाले तालिम प्रदान गरिसकेको छ। हाल तीन सय ५० जना महिला उद्यमी संस्थामा आबद्ध छन्।
संस्थाले झोला, पर्स, गुडिया र सजावटका सामान उत्पादन गर्दछ। स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोस्टाबाट फूल, गुडियालगायतका अनेकौँ सामान उत्पादन गर्दछ। उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात हुने गरेको छ भने बाँकी २० प्रतिशत आन्तरिक खपत हुने गरेको संस्थाको भनाइ छ।
संस्थाले हस्तकला सामान निर्यातमार्फत् विदेशी मुद्रा आर्जन गर्न सफल भएको संस्थाकी कार्यकारी निर्देशक खड्काको भनाइ छ। संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशमा निर्यात हुने उनले जानकारी दिए।
|
null |
वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८४ ‘क’’ फागुन १४ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। वार्षिक १२.५० प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकले चैत्र ३ सम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने असार ८ गते तोकिएको छ। बैंकले घटीमा १० हजारदेखि बढीमा १० हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ। सो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त एवम् परिवारले खरिद गर्न पाउनेछन्।
बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ। बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६/६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ। साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ।
|
पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि मुगुमा दीपावली मुगु । मुलुकमा तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि कर्णाली प्रदेशको मुगु जिल्लामा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल मुगु र नेपाल विद्यार्थी संघ मुगुले बिहीबार साँझ सदरमुकाम गमगढी बजारको कृष्ण चोकमा नव निर्वाचित राष्ट्रपति पौडयालको खुसिमा दीप प्रज्वलन गरिएको हो ।
नेपाली कांग्रेसको नेताले राष्ट्रपति पाएपछि दीप प्रज्वलन गर्नुका साथै खुसि साटासाट गरेको नेपाल विद्यार्थी संघ मुगुका सभापति सोविन्द्र बहादुर मल्लले बताए ।
पौडेल १६ वर्ष हुँदादेखि राजनीतिमा प्रवेश गरेका थिए । पौडेल ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै गणतन्त्र नेपाललको तेस्रो राष्ट्रपति बन्न पुगेका छन् । पौडेलले आजसम्म गरेको राजनीतिको फल पाएको उनले बताए । उनले भने, ‘रामचन्द्र पौडेल राष्ट्रपति हुँदा मलाई धेरै खुसी लागेको छ ।
|
दोस्रो अर्थशास्त्री सम्मेलन काठमाडौँमा हुने काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन यही फागुन २६ र २७ गते काठमाडौँमा आयोजना हुने भएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सो सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्ने भएको हो ।
अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने उद्देश्य साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । दुईदिने सम्मेलनमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवद्र्धन र सूचना प्रविधि क्षेत्रमा टेवा पु¥याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुमाथि सम्मेलनमा छलफल हुनेछ ।
|
तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन् चौतारा। तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ। चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो।
दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेवापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउँछन्।
यहाँ काम गर्ने मजदुरको आफ्नो जग्गाजमिन छैन। सम्पूर्णरूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्छन्। पुरानो ज्याला पाइहालिन्छ कि भनेर अहिले पनि आफू दिनभर खटेर सामान ओसारपसार गरिरहेको तर साँझ रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ दुःखेसो पोख्छन्।
अचेल तातोपानी नाकाबाट सामान आयातमात्रै हुन्छ। चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन्।
दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउँछन्।
ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके। तर कम्पनीले कहिले ज्याला चुक्ता गर्छन् निश्चित छैन। दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ।
|
राष्ट्रसङ्घीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता संयुक्त राष्ट्रसङ्घ । राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ । उनीहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् ।
राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका हुन् । उनले मंगलबार महासचिव गुटरेस पोल्याण्ड रहको र बुधबार किभ पुगेर भेटवार्ता हुने भएको जानकारी दिएका थिए ।
सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी हुने अनुमान गरिएको थियो ।
गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ ।
|
भ्रातृशोकमा परेका माधव नेपाललाई भेटेर ओलीले दिए समवेदना काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रातृशोकमा परेका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन्।
अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको गत शनिबार निधन भएको थियो।
भ्रातृशोकमा रहेका अध्यक्ष नेपाललाई बुधबार किरियापुत्री घरमा पुगेर अध्यक्ष ओलीले समवेदन व्यक्त गरेका हुन्।
|
आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छः सभामुख घिमिरे {भिडियो} काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठि उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरु उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताएका हुन्। उनले बचत तथा ऋण सहकारी सम्बन्धी ऐनका लागि आफुले पनि पहल गर्ने आश्वासन दिए ।
त्यस्तै उनले अहिले देशैभरबाट लघुवितिय संस्थामा भइरहेका बिरोधका बिषयमा केन्द्रीय सहकारी संघले आवश्यक निष्कर्ष निकालेर धारणा तय गर्नुपर्ने बताए । विश्व लगाएत नेपालमा पनि आर्थिक समस्या देखिएको अवस्थामा तीन खम्वे अर्थनीतिको प्रमुख हिस्सा सहकारी क्षेत्रलाई पनि ठिक ढंगले अघि बढाउनुपर्ने उनले बताए । सभामुख घिमिरेले सहकारीका नामबाट ठगि गर्ने प्रवृतिलाई केन्द्रीय सहकारी संघले नै नियमन र अनुगमन गर्दै देखा परेका समस्यालाई समयमा नै समाधान गर्नुपर्ने बताए।
सहकारी क्षेत्रको जोखिम व्यवस्थापन, उत्पादन लक्षित ऋण परिचालन, प्रविधि हस्तान्तरण एवं आन्तरिकिकरण लगाएतका बिषयमा ठोस मार्गदर्शन सहित व्यवस्थापकिय प्रणालीमा एकरुपमा कायम गर्नका लागि गोष्ठिको आयोजना गरिएको केन्द्रीय सहकारी संघले जनाएको छ ।
हेर्नुहोस् भिडियो:
|
पोल्याण्डले युक्रेनलाई सैन्य सहायता प्रदान गर्दै वार्सा । पोल्याण्डले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । सैन्य सहायताअन्तर्गत दश वटा लियोपार्ड ट्याङ्क युक्रेनलाई प्रदान गरिने पोल्याण्डले आज बताएको हो । युक्रेनले पोल्याण्डबाट प्राप्त हुने लियोपार्ड ट्याङ्कहरू रुसी आक्रमणको सामना गर्न महत्वपूर्ण हुने जनाएको छ ।
युरोपेली सङ्घका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन स्टकहोम प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै पोल्याण्डका रक्षामन्त्री मारिसाज ब्लासजाकले युक्रेनलाई प्रदान गरिने युद्ध ट्याङको मर्मतसम्भारका निम्ति आवश्यक व्यवस्था पनि युक्रेनमा नै गरिने जानकारी उनले दिए ।
यसअघि पोल्याण्डले जर्मनीमा निर्मित चारवटा लियोपार्ड हेभी ट्याङ्क किएभलाई उपलव्ध गराएको थियो । पोल्याण्डका रक्षामन्त्रीले जर्मनीका आफ्ना समकक्षीसँग युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने सम्बन्धमा पनि स्टकहोममा छलफल गर्ने बताएका छन् ।
|
कृषि गाउँकी संघर्षशील लक्ष्मी बागलुङ। बागलुङ बजार नजिकैको चर्चित ‘कृषि गाउँ’। ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा।
विसं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो। गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीक्षा (एसएलसी)सम्म माइतै बसेर पढ्ने। गङ्गाबहादुर र उनको परिवारले शर्त मञ्जुर गरे र पालना पनि।
लक्ष्मी र गङ्गाबहादुरको बिहे भएको केही समयमै देशमा शसस्त्र द्वन्द्व चर्कियो। गाउँमा बोर्डिङ सञ्चालन गर्न गाह्रो भएपछि लक्ष्मीका श्रीमान् गङ्गाबहादुर कुश्मिसेरा बजार झरेर कुखुरा पाल्न थाले।
लक्ष्मीले एसएलसीको नतिजा प्रकाशन भएको समाचार रेडियोबाट सुनिन् तर पास भएको समाचार भने कुश्मिसेराबाट केही दिनपछि श्रीमान्ले पठाएको चिठ्ठी पढेपछि मात्रै थाहा भयो।
लक्ष्मीका श्रीमान्ले त्यहीँ चिठ्ठीमा केही दिनपछि लिन आउने र कुश्मिसेरा आएर प्लस टु पढ्नका लागि तयार भएर बस्नु भनेर लेखेका थिए। त्यो बेला गाउँको विद्यालयबाट कति जनाले एसएलसी दिए भन्ने लक्ष्मीलाई सम्झना छैन, तर पास भने आफू र आफ्ना देवरमात्र भएको सम्झना छ।
केही दिनपछि लक्ष्मी र उनका देवरलाई लिन गङ्गाबहादुर घर पुगे। प्लस टु पढ्न लक्ष्मी श्रीमान्सँग कुश्मिसेरा आइन्। त्यो समयमा लक्ष्मीका श्रीमान्ले रु ४० हजार लगानी गरेर कुखुरा पाल्न सुरु गरेका थिए।
प्लस टु पढ्दै गर्दा लक्ष्मीले छोरालाई जन्म दिइन्। हुर्केका कुखुरा र बारीमा फलेको तरकारी द्वन्द्वको समयका कारण बिक्री भएन। त्यसपछि लक्ष्मी नौ महिनाको छोरा काखमा च्यापेर श्रीमान्सहित बागलुङ बजार आइन्।
परिवारसहित सदरमुकाम आएपछि लक्ष्मी र गङ्गाले बागलुङ नगरपालिका–३ स्थित बिजुली पावर हाउस नजिकै आठ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न सुरु गरे।
श्रीमान्ले रोजेको कृषिकर्ममा सहयोग गर्दै, छोराको हेरचाह गर्दै लक्ष्मीले स्नातक तह पनि उत्तीर्ण गरिन्। कृषक परिवारबाट हुर्किएका गङ्गाबहादुरको लगाव माटोमै बढ्दै गयो। परिवारका जेठा छोरासँग विवाह भएकी लक्ष्मीलाई आफ्ना छोरासँगै देवर र नन्दहरूलाई समेत पढाउनु, बढाउनुपर्ने जिम्मेवारी थियो।
आफू सरकारी जागिर खान्छु भनेर हिँड्दा श्रीमान्ले लिएको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने लागेपछि लक्ष्मीले आफ्नो रहर कसैलाई नभनी माटोसँगै रमाउन थाले।
देवर, देउरानी र परिवारका सदस्यको साथकै कारण आफ्ना श्रीमान् गङ्गाबहादुर नेपालकै पहिलोपटक कृषक परिचयपत्र प्राप्त गर्ने अगुवा कृषक बनेकामा लक्ष्मीलाई सबैभन्दा ठूलो खुसी मिलेको छ।
श्रीमान्लाई साथ दिने अठोट लिएकी लक्ष्मीले डोकामा च्याउ बोकेर बागलुङमात्र होइन, पर्वत र म्याग्दी पनि पुगेर बेच्ने गरेको स्मरण गर्छिन्। ”डोकामा च्याउका पोका पारेर पर्वत, म्याग्दीको बेनी पुगेँ, बागलुङ बजारमै ठेलामा डुलाइडुलाइ बेचेँ”, लक्ष्मी भन्छिन्, “परिवारको खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो।”
छोराको नामबाट राहुल कृषि फार्म दर्ता गरेर लक्ष्मी र गङ्गाबहादुरले च्याउखेती, तरकारी तथा फलफूलका बिरुवासमेत उत्पादन गर्दै आएका छन्। पछिल्लो समय गङ्गाबहादुर गाउँ–गाउँमा कृषकलाई कृषि तालिम प्रदान गर्न हिँड्छन्।
फार्ममा लक्ष्मीका देवर–देउरानी छन्। लक्ष्मी भने आफ्नो फार्ममा मात्र होइन, जिल्लाका अन्य कृषकले उत्पादन गरेका फलफूल तरकारी बेच्न किसान मार्ट सञ्चालन गरेका छन्।
कुनै बेला सरकारी जागिर खाने सपना देख्ने गरेकी लक्ष्मीको आजभोलि सपनामात्र फेरिएको छैन, फेरिएको सपना पूरा गर्ने लक्ष्य र उद्देश्यको नयाँ योजना बनिरहेको छ। म्याग्दीको भकिम्लीमा लक्ष्मीको किबी फार्म छ।
उनको नर्सरीमा तरकारीका मात्र होइन, किबी, ड्रागन फ्रुटका बिरुवा छन्। गड्यौलाको उत्पादन छ। भोलिका दिनमा फूलका बिरुवा उत्पादन गर्ने योजना छ।
लक्ष्मी र गङ्गाबहादुरले बिजुली पावरहाउसमा तरकारी खेती गर्न सुरु गर्दा त्यस क्षेत्रका अन्य जग्गा जमिन बाँझै थिए। अहिले खेतका हरेक गराहरूमा तरकारी फलिरहेका छन्। गाउँको नाम फेरिएर कृषि गाउँ बनेको छ।
|
साफ यू–१७ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोली घोषणा काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
मार्च २० देखि ३१ सम्म बंगलादेशमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि नेपालले आफ्नो टोली घोषणा गरेको हो ।
मंगलबार मुख्य प्रशिक्षक भगवती राना मगरले घोषणा गरेको टोलीमा गोलकिपरमा सुजाता तामाङ, रधिला ओली र करुण बुढाथोकी परेकी छन् ।
साथै डिफेन्डरमा अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेनु लिम्बु चबेगु अटाउँदा मिडफिल्डरमा माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ परेकी छन् ।
फरवार्डमा दीपा रोकाया, वर्षा ओली र सेनु परियारलाई टोलीमा समावेश गरिएको छ ।
|
हत्या अभियोगमा डोटीमा एक जना पक्राउ डोटी । डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । प्रहरीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
|
भक्तपुरमा मनाइयो मौलिक होली भक्तपुर । उपत्यकाको भक्तपुरमा पनि भव्यरुपमा मौलिक किसीमले होली पर्व मनाइएको छ । भक्तपुरमा दत्तात्रय मन्दिर अघि रहेको भिमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग अर्थात लग र रातो कपडाले बनाईएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको संकेत गर्दै होली मनाउने प्रचलन छ ।
भक्तपुरमा दत्तात्रय स्थित भिमसेन मन्दिरमा राखिएको काठबाट बनेको लग अर्थात लिंगलाइ फागु शुक्ल पुर्णीमा अघि अष्टमीका दिन टोल–टोलमा घुमाएर सातदिनसम्म मनाईने होली पर्व सुरु हुने गर्दछ । लिंगलाई स्थानीयले टोलटोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखेपछि विधिवत रुपमा होली सूरु भएको मानिन्छ । यसलाई टोलटोलमा रहेको पसलै पिच्छे घुमाएर पुजा गरी पुन पाटीमा ल्याएर झुण्डाए पछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने जाने र भेटि चढाएर पुजा गर्ने गर्दछन् ।
लिंगको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयबासीको बिश्वास छ ।बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा सात दिनसम्म झुण्ड्याउने गरिन्छ । पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको समेत भिड लाग्ने गर्दछ ।
|
होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ : पर्यटनमन्त्री काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
होली पर्वका अवसरमा प्राइम टेलिभिजनले आज रामशाहपथमा आयोजना गरेको ‘होली उत्सव–२०७९’ मा बोल्दै उनले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने उल्लेख गरे । उनले भने, “हामी बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा बसोबास गरेका छौँ । आज एकापसमा रङ्ग घसेर आपसी मतभेद र हृदयभित्रको वैरभाव मेटाउने विशेषता छ । मधेस र पहाडको भावनात्मक एकतालाई बिस्तारै होली पर्वले झन्–झन् बलियो एकताका आधारमा बाँधिरहेको छ ।”
पर्यटनमन्त्री किरातीले पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले देशको पर्यटनलाई बढाउनका लागि मुलुकको संस्कृतिको प्रवद्र्धन गर्न जरुरी भएको बताए ।
प्राकृतिक सम्पदा र संस्कृतिलाई समायोजन गरेर मात्रै आजको पर्यटन निर्माण गर्नसकिने र यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिने उनको भनाइ थियो ।
रङ्गहरुको पर्व मानिने होली नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा समेत मनाइने गरिएको छ । विशेषगरी नेपाल र भारतमा यो पर्व धुमधामका साथ मनाइन्छ ।
पर्यटनमन्त्रीले युवाहरुमा होली पर्व अति नै लोकप्रिय हँुदै गइरहेको भन्दै यो पर्वको प्रवद्र्धनमा जुट्न पनि आग्रह गरे । उनले मादक पदार्थ सेवन नगरी पर्वलाई उल्लासका साथ सभ्य रुपमा मनाउन पनि आग्रह गरे ।
होली उत्सवमा ख्यातिप्राप्त गायकहरू प्रमोद खरेल, इन्दिरा जोशी, ज्योति मगरलगायत कलाकारको साङ्गीतिक प्रस्तुतिले उल्लेख्य सङ्ख्यामा उपस्थित दर्शकमाझ रौनक थपेको थियो ।
|
खडेरीले सुक्यो गहुँबाली: वर्षा नहुँदा मकै रोप्न ढिलाइ गलेश्वर। लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन्। फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन्।
बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताए। “खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्नसमेत ढिलाइ भएको छ”, उनले भने।
गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन्। सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन्। सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताए।
उनले भने “खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ। अझै पानी पर्ने छाँटकाँट छैन्। यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ।”
खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बूढा बताउँछन्। खडेरीका कारण जनजीवन प्रभावित भएको उनको भनाइ छ।
सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उनले बताए। हिमपात हुने समयमा पानी नपरेपछि बालीनाली हुर्कन नपाइ सक्दै गएको किसानको भनाइ छ।
बर्खेबालीमध्येको मकैमा जङ्गली जनावरले क्षति पुर्याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ। हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जङ्गली जनावरले क्षति पुर्याउने गरेको किसानहरु बताउछन्। यसरी उत्पादन घट्दै गएपछि खाद्यान्न आयातमा वृद्धि हुने उनीहरुको भनाइ छ।
म्याग्दीमा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आएको छ। खेती गरिएकोमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ।
एक हजार छ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ।
खेतबारीमै सुक्न थाल्यो बाली
यसवर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको थियो।
यसवर्ष फागुन अन्तिमसातासम्म पनि हिमपात र वर्षा हुन सकेको छैन। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्।
सिँचाइको अभावले गहुँ, जौँलगायत हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताए।
“यो समयमा गत वर्ष तीन पटक हिमपात भएको थियो, तर यस वर्ष अहिलेसम्म हिमपात भएको छैन, गत असोजयता वर्षा समेत भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्”, उनले भने।
खेतमा लगाएको गहुँ, जौंँसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताए।
हिमपातको प्रतिक्षामा किसान
यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन्। हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ।
समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिनापर्ने र त्यसले बालीनालीमा क्षति पुर्याउने भएकाले यहाँका किसान हिमपातको पर्खाइमा छन्।
हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमालमा हिउँ पग्लिन थालेको छ। पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन्।
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिउँ पग्लिएपछि हिमाल नागिँदै गएका छन्। पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ। मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको स्थानीय बताउँछन्।
हिउँ नपरेपछि धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैं फिक्का देखिन थालेका छन्।
मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।
समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जङ्गली फूलहरूमासमेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिए।
|
एक हजार २६ करोड संकलनसहित पठान कीर्तिमानीमा काठमाडौं। शाहरुख खान अभिनित पठानले १०२६ करोड संकलन गरेको छ। गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ।
यसअघि दक्षिण भारतीय फिल्म बाहुबली-२ र केएफजी-२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो। सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ।
बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ। दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानकाे किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन्।
|
सिद्धार्थ उद्योग वाणिाज्य संघ चुनावः ८३ दशमलब ३५ प्रतिशत मत खस्यो भैरहवा। सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा ८३ दशमलव ३५ प्रतिशत मत खसेको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतदानको लागि २ हजार १ सय ९३ मतदाता रहेकोमा १ हजार ८ सय २८ मतदाताले मतदान गरेका हुन्।
२९ पदका लागि भएको निर्वाचनमा ४६ जनाले उम्मेदवारी दिएका छन्। नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ र महासचिव विजय पाण्डे छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए। साढे ६ बजे सम्म भएको मतदानको मतगणना भने शनिबार राती ९ बजेबाट नै गर्ने उम्मेदवारसँगको बैठकले निर्णय गरेको छ।
यस्तै वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य र अरुण गोयन्का, वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली र रवि कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा हरि बहादुर थापा र दिलिप कुमार कान्दु, कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवालको उम्मेदवारी रहेको प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए।
महासचिवमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारी, कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गौरब श्रेष्ठ, सचिवमा धर्मबिर शर्मा र मंगल भण्डारी सह कोषाध्यक्षमा संजय कुमार बेरिवालको उम्मेदवारी रहेको थियो।
कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका, वस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र प्रितम रौनीयार, वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेले उम्मेदवारी रहेको थियो।
यस्तै खुल्ला उद्योग सदस्यमा ५ पदको लागि रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल, रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमा शंकर मिश्र र भुवन कुमार कान्दुको उम्मेदवारी रहेको थियो।
खुल्ला वाणिज्य सदस्य तर्फ १० पदका लागि अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी, दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकी प्रसाद तेली र विजय अधिकारीको उम्मेदवारी रहेको निर्वाचन अधिकृत गौडेलले जानकारी दिए।
उम्मेदवारी दिएका मध्ये कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरिवाल, वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेको एकल उम्मेदवारी परेपछि निर्विरोध भएको छ।
|
विश्व शान्तिका लागि नेपालमै पहिलो पटक रिद्धिसिद्धि गणेश महायज्ञ सप्तरी। राजविराज नगरपालिका वडा नम्बर १३ मा श्री १०८ श्री रिद्धिसिद्धि गणेश महायज्ञको मंगलबारदेखि सुरु भएको छ।
विश्व कल्याणका लागि नेपालमै प्रथम पटक महायज्ञ सुरु भएको मूल आयोजक समितिको संयोजक योगेन्द्र देवले बताएका छन्। फागुन १ गतेदेखि सुरु भएको महायज्ञ २४ गतेसम्म चल्ने छ। महायज्ञमा ४० देखि ५० लाखसम्म खर्च हुने आयोजकको भनाई छ।
महायज्ञमा नेपाल भारतको एक दर्जन पण्डितहरू सहभागी रहेका छन्। महायज्ञको पहिलो दिन करिब दुईसय महिला तथा बालिकाले कलसश भरेर यज्ञ स्थलमा राखेका छन्। आफूले भरेको कलशको दिनहुँ पुजा गर्दैआएका छन्।
सोही वडामा गणेश मन्दिरमा गणेशको मुर्ति स्थापना गरेपछि विश्व शान्ति गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको स्थानीय भैरव चौधरीले जानकारी दिए।
|
माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव काठमाडौं। विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो। उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको देखिन्थ्यो।
माइतीघर सडक भइ आवतजावत गर्ने सर्वसाधरणदेखि सवारी साधनमा घुइँकिनेहरुले पनि माइतीघर पुगेपछि क्षणिक रुपमा भए पनि फरक दृश्यको दृश्यावलोकन गर्न भ्याए।
दैनिक विभिन्न समूहको आन्दोलन भइरहने माइतीभरमा आजको दृश्यलाई सबैले उत्सुकतापूर्वक लिएका थिए। फागुको रङ्ग र अबिरले माइतीघरको सडक रङ्गिएको थियो।
जम्मा भएका व्यक्तिको रङ्गले रङ्गीचङ्गी वेशभूषाले भिडतर्फ आकर्षण पथ्र्यो। त्यो दृश्यले सडकको माहोललाई बेग्लै उल्लासमय बनाएको थियो। माइतीघर मण्डलामा रङ्गिएको रङ्गमा झुम्मिएको जनसाधारणको भिडले कार्यक्रमको महिमा बढाएको थियो।
आन्दोलनका क्रममा हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि हातहतियारसहित सुरक्षा पहरा दिइरहेका उल्लेख्य संस्थाका प्रहरी र सङ्घर्षरत समूहको हूललाई देखिरहनेका लागि बिल्कुल फरक दृश्य भएकाले उनीहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनु स्वाभाविक पनि थियो।
मिथिला संस्कृति समाजले आयोजना गरेको उक्त फगुवा महोत्सवलाई उल्लासमय बनाउन मिथिला समाज र परिवार मात्र होइन आम सर्वसाधरणको साथले कार्यक्रमको रौनक थपेको थियो।
त्यसै पनि माइतीघर मण्डलाको रङ्गीचङ्गी दृश्यलाई वसन्तको सङ्घारमा रङ्गीचङ्गी फूल र बोटबिरुवाका साथै मण्डला आसपास बनेका गगनचुम्बी आकर्षक भवनले सहजै ध्यान खिचिरहेको हुन्छ । सधैँ देखिरहनेभन्दा शनिबारको फरक दृश्यले जो कोहीलाई मोहित तुल्याउँथ्यो ।
होलीको पूर्वसन्ध्यामा होली पर्वको महत्व र महिमाबारे मिथिला संस्कृतिभन्दा फरक समुदायलाई जानकारी गराउने उद्देश्यले फगुवा महोत्सव आयोजना गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष बीरेन्द्र ठाकुरले बताए।
उनले मधेसमा फगुवाका रुपमा चिनिने होली पर्वका अवसरमा काठमाडौँमा बसोबास गर्ने तराईवासीलाई एक ठाउँमा जम्मा पारेर अन्य समुदायलाई पनि देखाउने लक्ष्यका साथ फगुवा उत्सव मनाइएको उल्लेख गरे।
होलीको सामाजिक, सांस्कृतिक र धार्मिक महत्व छ । सहरलाई मिथिला संस्कृतिको सन्देश दिन फगुवा पर्व मनाइएको अध्यक्ष ठाकुरले बताउनुभयो । विभिन्न पेसा व्यवसायको सिलसिलामा काठमाडौँमा बसोबास गर्ने तराई–मधेसका विभिन्न समुदायबीच होलीको माध्यमबाट आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न महोत्सव गरिएको हो।
मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले होलीको माध्यमबाट सामाजिक र सांस्कृतिक अन्तरघुलनको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताए।
उनले भने, “विभिन्न समुदायबीच सामाजिक अन्तरघुलन गरी एकताको सन्देश दिने उद्देश्यले यो कार्यक्रम गरिएको हो। तराई–मधेशवासीहरु चाहे ती अवध, भोजपुरा र मिथिला हुन् होलीका अवसरमा आ–आफ्नो ठाउँमा जान्छन्। आफ्नो थातथलोमा जानुपूर्व काठमाडौँमा जम्मा पारेर अन्य समुदायलाई पनि सांस्कृतिक एकताको सन्देश दिन यो सान्दर्भिक हुनेछ।”
मिथिला समुदायका मानिसले डम्फु, झ्याली, हार्मोनियमलगायतका बाजागाजाका साथ एकापसमा खुसी र शुभकामना साटेर होली उत्सवका रुपमा मनाएका थिए। आयोगका अध्यक्ष डा दत्तले भने, “यो नेपाली संस्कार र संस्कृति हो तर, तराईमा छुट्टै उल्लासका साथ छुट्टै किसिमले होली मनाउने परम्परा छ, त्यसको सन्देश अन्य समुदायलाई दिन र तराई, पहाड, हिमाल सबै एकै कोही छैन पराइ भनेर सन्देश दिनका निम्ति पनि यो कार्यक्रम गरिएको छ।”
सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यले मिथिला संस्कृतिको पुरानो इतिहास होली पर्वलाई उल्लासमय बनाउन यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “मधेसका विभिन्न खाले संस्कृतिलाई पहाड र हिमालमा नपुर्याएसम्म एकताको भावना विकास हँुदैन। हिमाल, पहाड र तराई कोही छैन पराइ भन्ने एकताको सन्देश दिन यो अभियानले सहयोग पुग्नेछ।”
समाजले अघिल्लो वर्ष पनि माइतीघर मण्डलामा फगुवा कार्यक्रम आयोजना गरेको थियोे। समाजले संस्कृतिको जगेर्ना, मिथिला र मधेसको संस्कृति उत्थान विकासमा विभिन्न भूमिका निर्वाह गर्दै आएको छ। यो उत्सवमा कुनै पनि किसिमको मदिराजन्य पदार्थको प्रयोग हुन दिइँदैन।
मालपुवा, बदाम, नरिवल, सुपाडी, छोकडा, किसमिसको मिष्ठान्न परिकारसहित अबिर दलेर यो पर्व मनाइएको हो। कुनै स्थान विशेषमा गर्दा सीमित मानिसले मात्रै फगुवाको महत्वबारे बुझ्ने भएकाले सडकमा गर्दा आम मानिसले जानकारी लिनसक्ने भएकाले साङ्केतिक रुपमा उत्सव आयोजना गरिएको अध्यक्ष ठाकुरले बताए।
“जबसम्म हाम्रा सांस्कृतिक पर्वहरु, आयामहरु बलियो हुँदैनन् तबसम्म हाम्रो सांस्कृतिक एकता बलियो हुँदैन त्यसैले सामाजिक एकता, सांस्कृतिक सद्भाव र भाइचारा कायम गर्न हामी माइतीघरमा जम्मा भएका छौँ”, डा दत्तले भने। ‘काठमाडौँ सहर, माइतीघरमा होली खेलिङ्गे’ जस्ता होली गीत गाएर धुमधामका साथ होली मनाइएको थियो।
सांस्कृतिक एकताका रुपमा चिनिने हिन्दूहरुको महान् सांस्कृतिक पर्व होलीको पावन अवसरमा मधेसका वरिष्ठ समाजसेवी तथा राजनीतिककर्मीहरुको उपस्थितिमा फगुवा प्रदर्शनी आयोजना गरिएको हो।
मधेसमा पौराणिक कालदेखि नै विशेष उत्सवका रुपमा मनाउँदै आइरहेको र यस संस्थाको स्थापनाकालदेखि नै संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्नु रहेको अध्यक्ष ठाकुरले उल्लेख गरे।
|
रातारात भाइरल, अहिले गुमनाम यी भारतीय कलाकार मुम्बई । सामाजिक सञ्जालले कैयौंलाई रातारात स्टार बनाइदिन्छ । कैयौं आज पनि हिट छन् त कोही मुलधारबाट टाढा छन् । कतिले इज्जत पाए, त कतिले लोकप्रियतालाई सम्हाल्नै सकेनन् । यहाँ सामाजिक सञ्जालका ती ‘सेन्सेसनल स्टार’को बारेमा प्रस्तुत गरिएको छ, जो कुनै समय हिट थिए । जसको आज कुनै चर्चा हुँदैन ।
रानू मण्डल
सन् २०१९ मा रानू मण्डलले रेल्वे स्टेसनमा लता मंगेशकरको गीत गाउँदै गरेको भिडियो भाइरल भएको थियो । यो भिडियो हेरेर उनलाई गायक, अभिनेता तथा संगीतकार हिमेश रेशमियाले गाउने मौका दिए । उनी कैयौं शोमा देखिइन् । तर आज उनको मजाक उडाउँछन् । उनले आफ्नो स्टारडमलाई सम्हाल्न पाइनन् । अहिले उनीमाथि मिम्स बन्छ । उनलाई अहिले कसैले पनि गम्भीर रुपमा लिँदैनन् ।
सहदेव दिर्दो
‘बसपन का प्यार’ गाएर लोकप्रिय बनेका सहदेव रातारात भाइरल भए । बादशाहले उनलाई आफ्नो गीतमा गाउने मौका दिए । सहदेवले ‘बसपन का प्यार’ पछि कुनै कमाल गर्न सकेनन् । उनी इन्स्टामा रील भिडियो त राख्छन्, तर त्यसमा कसैले ध्यान नै दिँदैन ।
सन्जीव श्रीवास्तव
अभिनेता गोविन्दाको गीतमा नाँच्ने डब्बू अंकललाई सबैले सम्झिएकै होलान् । कुरा हो, सन्जीव श्रीवास्तवको । जो गोविन्दाको गीत ‘आपके आ जाने से’मा नृत्य गरेर रातारात स्टार बने । उनको नृत्य शैली भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल भयो । कैयौं रियालिटी शोमा उनी पाहुना बनेर पुगे । तर आज सन्जीव मूलधारबाट टाढा छन् ।
भुबन बड्याकर
पश्चिम बंगालको सडकमा मूँगफली बेच्ने भुबन ‘कच्चा बादाम’ गाएर लोकप्रिय बने । मुँगफली बेच्दा गाएको यो गीत यति हिट भयो कि यो गीतलाई रेकर्ड नै गरियो । उनी रातारात स्टार बने । अहिले भने उनी आफ्नो गीत गाउन पाइरहेका छैनन् । किनकी उनको गीतमाथि कपिराइट लागेको छ । उनी अहिले बेरोजगार छन् । उनी पीडा सुनाउदै रुनेमात्र काम गरिरहेका छन् ।
अन्जली अरोडा
टिकटकमा आफ्नो नृत्यको धमाल देखाएर स्टार बनेकी अन्जली अरोड निकै हिट छिन् । उनले ‘कच्चा बादाम’मा नृत्य देखाएकी थिइन्, जसकारण उनी रातारात स्टार बनिन् । उनको यो लोकप्रियता अहिले पनि कायम छ । उनी कंगना रनावतको शो ‘लकअप’मा देखिएकी थिइन् । भलै उनले यो शो जितिनन् । तर दर्शकको मन जितिनन् ।
|
अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेट नयाँ दिल्ली । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस–युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ ।
भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी–२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो । करिब १० मिनेटसम्म चलेको वार्तामा सामान्य कुराकानी भएको बताइएको छ ।
‘लाभरोभले जी–२० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गर्नु भएको हो । यद्यपि त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन,’ द टाइम्स अफ इन्डियाले एक रूसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ ।
तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ ।
|
आईएमएफ कार्यक्रम मार्चभित्र लागू गर्न श्रीलङ्काको केन्द्रीय बैंक तयार कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सन् २०२३ को मार्च महिनाभित्र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०को कार्यक्रम लाई अङ्गीकार गर्न तयार रहेको बताएको छ ।
बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले असाधारण उच्च मुद्रास्फीतिका बीच र मुद्रास्फीति प्रक्षेपण र आर्थिक भविष्यको दृष्टिकोणको वरिपरि उच्च स्तरको अनिश्चितता रहेको र समस्याको समाधानका लागि मौद्रिक नीतिको आडमा गहन वार्तामा निरन्तर संलग्न रहेको सीबीएसएलका गभर्नर नन्दलाल वीरासिङ्घेले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।
सीबीएसएल र आईएमएफका कर्मचारीबीच मुद्रास्फीतिको दृष्टिकोणमा केही भिन्नता रहेको वीरासिंघेले बताए ।
सीबीएसएलको मौद्रिक बोर्डले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) लाई १०० आधार बिन्दुले वृद्धि गरी क्रमशः १५.५० प्रतिशत र १६.५० प्रतिशत पु¥याउने निर्णय गरेको छ ।
आईएमएफ विस्तारित कोष सुविधा व्यवस्थालाई अन्तिम रूप दिएर अगाडि बढ्नका लागि सबै पूर्व कार्यहरू पूरा गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै वार्ताको प्रारम्भिक चरणमा परिकल्पना गरिएको जस्तै मौद्रिक बोर्ड र आईएमएफका कर्मचारीहरू नीतिगत ब्याज दरहरू बढाउने सहमतिमा पुगेका छन् ।
उनले भने, “यो निर्णयले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० को व्यवस्थाप्रति श्रीलङ्काको प्रतिबद्धतालाई दर्शाउँछ । यसलाई सरकारले विभिन्न रूपमा अर्थव्यवस्थामा स्थिरता सुनिश्चित गर्नका लागि अपनाएको छ ।”
स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले सन् २०२२ अप्रिलमा बाह्य ऋणको भुक्तानी स्थगन गरेको थियो र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २.९ अर्ब अमेरिकी डलरको थप कोष व्यवस्थाका लागि वार्ता सुरु गरेको थियो ।
|
जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्दै (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्ने बताएका छन् । महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादन तर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्धनका साथै आयुर्वेद औषधिको उत्पादनका लागि अति आवश्यक जडिबुटीको निकासी पैठारीलाई व्यवस्थीत गर्न नीतिगत निर्णय गर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखाना लाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाइने बताए । राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्ण रुपमा क्रियाशील बनाई नेपालका रैथाने जडिबुटीको अध्ययन अनुसन्धानलाई द्रुत गतिमा अगाडी बढाउन आवश्यक नीतिगत निर्णय गरिने उनले बताएका छन् । उनले प्रत्येक प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडिबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति ल्याइने बताए ।
उहाले स्वास्थ्य पर्यटनलाई प्रवर्धन गर्न आयुर्वेद, पंचकर्म, योग, ध्यान कार्यक्रम संचालन गर्न अस्पताल, उपचार केन्द्रहरु स्थापना गरिने बताए । भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन आवश्यक सहकार्य गर्ने उनले बताए। त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेद अनुसन्धानको कार्यमा भारतले नेपालसंग सहकार्य गर्ने बताए । आयुर्वेदको प्रवद्र्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्व दिएको उनले बताएका छन्।
‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ काठमाडौंमा सुरु सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा नेपाल र भारतका आयुर्वेद विज्ञ र युरोप र अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीलगायतको सहभागिता छ ।
हेर्नुहोस् भिडियो:
|
स्ववियु निर्वाचन प्रक्रिया आजबाट सुरु (भिडियो) काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ । निर्वाचनका लाथि विद्यार्थी सङ्गठनले दर्ता गराएका छन् । बिभिन्न क्याम्पसमा र्यालीसहित उनीहरुले संगठनको नाम दर्ता गराएका हुन् ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने छन् । यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।
यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।
हेर्नुहोस् भिडियो:
|
कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ।
कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो।
कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो। प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ।
अनुमगन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता बृद्धि गर्ने विषयमा हाल देखिएका समस्या तथा चुनौतीहरूका बारेमा प्रतिवेदन पेश गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रूत विश्लेषण केन्द्रलाई निर्देशन दिएको छ।
केन्द्रीय कृषि प्रयोगशालामार्फत् हाल कालिमाटीका अतिरिक्त देशका सात वटा स्थानमा प्रयोगशालामार्फत् तरकारी तथा फलफूलको गुणस्तरीयता जाँच हुँदै आएको छ।
केन्द्रले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा थप छलफल गरी देशैभरि प्रयोगशाला विस्तार तथा स्थापना भएका प्रयोगशालालाई प्रभावकारी तथा गुणस्तरीय रूपमा सञ्चालन गर्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
|
सैनिक कारबाहीमा चार जना विद्रोही मारिए मनिला। मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन्। नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन्।
कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ। मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ।
सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन्। उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ। सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका सैन्य तथ्याङ्कले देखाएको छ।
|
छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन तेहरान । इरानमा बुधबार सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएपछि इरानका राष्ट्रपतिले छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका छन् ।
राष्ट्रपतिको वेबसाइटमा इब्राहीम रायसीले गृहमन्त्री अहमद वाहिदीलाई आक्रमणको ‘अनुसन्धानको नतिजाबारे निरन्तर जानकारी’ उपलब्ध गराउने जिम्मेवारी दिएको उल्लेख छ ।
एक सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको सङ्ख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ ।
उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानीका तीन गरी कम्तीमा १० वटा छात्रा विद्यालयलाई निशाना बनाइएको सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार संस्था तस्निमका अनुसार तेहरानका तीन वटा विद्यालयमा विष सेवन भएको र अर्दाबिलमा भएको घटनाका कारण एक सय आठ जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ ।
राष्ट्रपति रायसीको वेबसाइटमा प्रभावित विद्यार्थीका ‘परिवारको चिन्ता कम गर्न’ उहाँले वाहिदीलाई जिम्मेवारी तोकी अनुसन्धानका लागि निर्देशन दिएको उल्लेख गरिएको छ ।
वाहिदीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा बलले संदिग्ध विषाक्ततासम्बन्धी घटनामा तीन जनालाई हिरासतमा लिएको जानकारी गराए ।
“विभिन्न रिपोर्टहरू बाहिरिएका छन्, ती सबै पूर्ण रूपमा सही छैनन्,” उनले पत्रकारहरूसँग भने । “आक्रमणमा प्रयोग गरिएको विशिष्ट रासायनिक पदार्थ पत्ता लागेको रिपोर्टहरू गलत हुन्,” उनले भने ।
पवित्र शहर कोमका विद्यालयहरूमा मुख्यतया मलमा प्रयोग गरिने नाइट्रोजनको अंश फेला परेको उल्लेख गरिएको तर यसमा पूर्ण सत्यता नरहेको भन्दै स्वास्थ्य मन्त्रालयले घटनाको खण्डन गरेको छ ।
|
रूस र चीनसँग भेट्ने कुनै योजना छैन : ब्लिन्केन ताशकन्द । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा जारी युद्ध अन्त्यका लागि मस्को गम्भीर नभएको आरोप लगाउँदै नयाँ दिल्लीमा यसै साता हुने जी–ट्वन्टी बैठकमा रूसी र चिनियाँ विदेशमन्त्रीसँग भेटघाट नगर्ने बताएका छन् ।
“जी–२० मा सहभागी हुने मेरो कुनै योजना छैन,” ब्लिन्केनले नयाँ दिल्ली प्रस्थान गर्नुअघि ताशकन्दमा पत्रकारसँग भने । “म उनीहरूसँग समूह सत्रमा सहभागी हुने अपेक्षा गर्दछु । ब्लिन्केनले युक्रेन आक्रमणपछि लाभरोभलाई व्यक्तिगत रूपमा भेट्न अस्वीकार गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युद्धबारे छलफल गर्न तयार रहेको रूसी भनाइलाई अस्वीकार गर्दै आएका छन् ।
ब्लिन्केनले भने, “यदि रूस र राष्ट्रपति पुटिन वास्तवमै आक्रामकता अन्त्यका लागि आवश्यक अर्थपूर्ण कूटनीतिमा सम्लग्न हुन तयार थिए भने पक्कै पनि हामी यसमा सम्लग्न हुने पहिलो व्यक्ति हुने थियौँ, तर यसको कुनै प्रमाण छैन ।”
“वास्तविक प्रश्न यो हो कि के रूस त्यस्तो बिन्दुमा पुग्नेछ जहाँ ऊ आफ्नो आक्रामकता अन्त्य गर्न साँच्चै तयार छ, र संयुक्त राष्ट्र संघको बडापत्रसँग मेल खाने तरिकाले त्यसो गर्न तयार छ।”
लाभरोभ र ब्लिन्केनबीच पछिल्लो पटक जनवरी २०२२ मा जेनेभामा व्यक्तिगत भेट भएको थियो । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण गर्न लागेको स्पष्ट भएपछि अमेरिकाका उच्च कूटनीतिज्ञले उक्त बैठक रद्द गरेका थिए ।
ब्लिन्केनले अमेरिकी र रूसी कैदीलाई आदानप्रदान गर्ने सामान्र्य उद्देश्यका लागि लाभरोभसँग टेलिफोनमा कुरा गरेका थिए ।
गत जुलाईमा बालीमा भएको जी–२० को अन्तिम मन्त्रीस्तरीय बैठकमा दुवै जना एउटै कोठामा बसेका थिए, जहाँ पश्चिमा अधिकारीहरूले युद्धको आलोचना सुनेपछि लाभरोभ बाहिर निस्केको बताएका थिए ।
ब्लिन्केनले फेब्रुअरी १८ मा म्युनिख सुरक्षा सम्मेलनका क्रममा चिनियाँ विदेश नीति प्रमुख वाङ यीसँग भेट्नुभएको तर अमेरिकी भूमिमा कथित चिनियाँ जासुसी बेलुन फेला परेपछि लामो समयदेखि प्रतिक्षा गरिएको बेइजिङ भ्रमण रद्द गरेको केही दिनपछि यो बैठक भएको थियो ।
गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति सी चिनफिङ र जो बाइडेनबीच बालीमा भएको भेटवार्तापछि तनाव कम भएको देखिएको थियो ।
बाइडेन प्रशासनले चीनलाई संयुक्त राज्य अमेरिकाको शीर्ष दीर्घकालीन चुनौतीको रूपमा वर्णन गरेको छ तर विवादलाई नियन्त्रणबाहिर जानबाट रोक्न “गार्डरेल“ स्थापना गर्न पनि आह्वान गरेको छ । बेइजिङले हालै युक्रेनका लागि शान्ति प्रस्ताव अघि सारेको छ ।
प्रस्तावमा ‘सकारात्मक तत्वहरू’ रहेको भन्दै चीनले युक्रेनको सार्वभौमिकता पुनः स्थापनामा जोड दिने आफूले विश्वास लिएको ब्लिन्केनले बताए ।
|
कार्यसम्पादनलाई तीव्र बनाउन मुख्यमन्त्री गिरीको निर्देशन लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परिणाम निस्कने गरी कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०७९\०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा उनले भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने गरी केन्द्रित हुनुपर्ने बताए। लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो।
“जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रित हुनुपर्दछ”, मुख्यमन्त्री गिरीले भने, “पूर्वाधारको विकासले मात्रै मुलुक समृद्ध बन्दैन। जबसम्म जनताको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रम हामी गर्दैनौँ तबसम्म जनताले परिवर्तनको महसुस गर्न पाउँदैनन्। यसतर्फ सबै गम्भीर भएर लाग्नुपर्दछ।”
परम्परागत योजना र कार्यक्रमले जनताको जीवनस्तरमा परिवर्तन नल्याउने भन्दै मुख्यमन्त्री गिरीले नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। सरकारले कृषिलाई मुख्य प्राथमिकताको क्षेत्रका रूपमा लिएको भन्दै उनले विशेष योजना बनाएर अगाडि बढ्न कृषि मन्त्रालयलाई निर्देशन दिए। उनले भने, “प्रदेशको मुख्य समृद्धिको आधार कृषि हो तर कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौँ, यो दुःखद् विषय हो।”
मुख्यमन्त्री गिरीले उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारले उत्पादित वस्तुको बजारीकरण गर्ने कार्यक्रम अगाडि सार्नुपर्ने विषयमा मन्त्रालयले विशेष योजना बनाउनुपर्ने बताए।
कृषिसँगै वनसम्पदाको प्रचुर मात्रामा सदुपयोग गर्नुपर्ने मुख्यमन्त्री गिरीको भनाइ थियो। स्थानीय तहको सहभागितामा वातावरण नबिग्रने गरी नष्ट भइरहेका वनसम्पदाको सदुपयोग गर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ योजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए।
हालसम्मको प्रगति २४ प्रतिशत
लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म २४ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव दीपकराज नेपालले चालु आवको माघ मसान्तसम्म प्रदेश सरकारका मन्त्रालयगत जम्मा खर्च २४ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए।
उनका अनुसार चालु खर्च २८ दशमलव ८९ र पूँजीगत खर्च २० दशमलव ९८ प्रतिशत रहेको छ।
|
महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिना पक्राउ, दुवैको कोर्टमार्शल हुने काठमाडौं । नेपाली सेनाका थप दुईजना कर्णेल पनि पक्राउ परेका छन्। उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा जोडिएको आरोपमा महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।
कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनपछि सैनिक मुख्यालयले शाहीविरुद्ध आइतबार कोर्ट मार्सल गठन गरेको थियो। अब पक्राउ परेका यी २ अधिकृतको पनि सोही कोर्ट मार्शलमा सुनुवाइ हुनेछ । सैनिक मुख्यालयमा अनुसार दुवै जनाविरुद्ध सैनिक अदालतमा कारबाही अघि बढाइएको छ।
|
विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै विराटनगर। विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ। विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो।
महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफँै तारको व्यवस्थापनमा जुटेका छन्। गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो।
तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो।
विभिन्न चरणका बैठकको निर्णयानुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए। म्याक्स, सुविसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन्। चैत मसान्तभित्र सबै तार व्यवस्थापन गरिसक्ने कोइरालाले जानकारी दिए ।
|
अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्नुपर्छः सीके राउत भिडियो काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने, सरकारले पठाएका बिधेयकहरुलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अवको राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन्।
यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका बिधेयकहरु राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौ युवाहरु नागरिकता विहिन हुनपुगेको उनको भनाइ छ । राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुदा निरंकुशता जन्माउने आधारहरु रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए । उनले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताए।
अरु पार्टीहरुको बिभिन्न कारणहरु रहेपनि जनमत पार्टीका लािग सरकार छाड्ने परिस्थीति नबनेको उनले बताए।
हेर्नुहोस् भिडियो:
|
वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु (भिडियो) काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गरेकी हुन् । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको वेवसाइटमा सुरु गरेको छ ।
नयाँ प्रणालीसंगै सरकारी निकायहरुले आ–आफ्ना कार्यालयसंग सम्बन्धीत सूचना तथा जानकारी निकायगत बेवसाइटमार्फत सरल एवं सहजरुपमा प्रकाशनमा ल्याउन सक्ने सूचना प्रविधि विभागले जनाएको छ । कार्यक्रममा मन्त्री शर्माले सरकारी सूचनाको सहज पहुचका लागि नया प्रयोग प्रभावकारी हुने बताए। एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरुपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च कम हुने उनले बताए।
विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरूका वेबसाइटहरूको अध्ययन तथा अनुसन्धान पश्चात नयाँ प्रणाली बनाइएको र यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटकहरु अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरू सहितका हुने बताइएको छ । त्यस्तै वेब मनिटरिङ प्रणालीले सरकारी निकायहरुको वेवसाइट ह्याक वा बन्द हुनसक्ने जोखिमलाई न्युनिकरण गर्ने सूचना प्रविधि विभागले जनाएको छ ।
हेर्नुहोस् भिडियो:
|
पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्तीलाई सच्चाइयोः गगन थापा (भिडियो) काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष १० गते भएको गल्ती सच्चाइएको बताएका छन् । मंगलबार काठमाडौंमा काठमाडौं क्षेत्र नंवर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्तीलाई सच्चाइएको बताएका हुन्।
निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताकाबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नवन्ने भन्दै उनले अहिलको गठबन्धन पदका लागि नभएको दावी गरे । थापाले अव गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए। उनले जनतालाई कामले परिणाम दिन नसके फेरी अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए।
हेर्नुहोस् भिडियो:
|
साहित्य सभ्यताको मार्गदर्शन हो : आकाश अधिकारी ‘बालहरि’ आकाश अधिकारी ‘बालहरि’ नेपाली साहित्यमा परिचित नाम हो। माग्दे गाउँपालिका तनहुँमा जन्मिएका अधिकारी गीतल प्रतिस्ठान नेपाल तथा नाट्यमञ्चका संस्थापन अध्यक्ष हुन् भने विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका महासचिवका रुपमा आवद्ध छन्।
अधिकारीका गीतल संग्रह, आकाश खुल्दैछ कविता संग्रह, बिस्कुन बालुवाको नाटक संग्रहलगायतका कृति प्रकाशित छन्। उनै अधिकारीसँग डिसी नेपालका लागि सर्वज्ञ वाग्लेले गरेको कुरकानीको संपादित अंश :
आजकल अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ?
समय मिलेको बेला बजारमा उपलब्ध पुस्तकहरु अध्यन गर्ने गर्छु तर बिगतमा भन्दा अध्यन गर्ने अवसर भने मिलेको छैन। तर लेखन कार्य भने निरन्तर चलिरहेको छ र चलिरहन्छन्।
तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ?
साहित्य सभ्यताको मार्गदर्शन हो। साहित्य र साधना समय रुपान्तरणको अस्त्र पनि हो। तसर्थ चेतना रहेसम्म साहित्य गतिशील रहन्छ भन्ने मेरो दृस्ठिकोण रहेको छ।
तपाईंले अहिले निकाल्न लाग्नु भएको पुस्तकको नाम के के हो? ती पुस्तकका बारेमा संक्षेपमा जानकारी दिनु हुन्छ कि!
पाण्डुलिपीको रुपमा केही पुस्तक रहेता पनि प्रकाशोउन्मुख ग्रन्थ अलि पृथक बिषयमा रहेको छ।
“नेपालमा बसोबास गर्ने पहाडी मुस्लिमको इतिहास” भन्ने शिर्षकको तयारीमा जुटेको छु। सम्भवत आगामी बर्ष यो बजारमा आउने छ। यसका अलवा आख्यान साहित्यमा “शून्य” शीर्षकमा उपन्यास पनि तयारी अवस्थामा रहेको जानकारी गराउन चाहन्छु।
तपाईंले साहित्य लेखन अध्यायन र काममा उत्तिकै व्यस्त हुनु हुन्छ। कसरी समय मिलाउनु हुन्छ?
साहित्य सृजना गर्न साधनको पनि जरुरत पर्दछ तसर्थ अध्यन, साधन र सृजनालाई समय अनकुल हुन साथ जुट्ने गर्दछु। अन्य आफ्ना निजि तथा पारिवारिक सामाजिक कार्य त निरन्तर प्रक्रिया नै भैहाल्यो। समग्रमा जसोतसो चलेकै छ।
तपाईंले रूचाउनु भएका कुन कुन साहित्यिक पुस्तक हुन् र साहित्यकार हुनु हुन्छ?
यो जटिल प्रश्न भयो मेरा लागि। तर पनि भन्नैपर्दा पारिजात को “शिरीषको फूल” आयोदधौंम्य निर्मल को “आस्थाको शान्ति युद्ध”
भिमनिधि तिवारीको “माटोको माया” उल्लेखित पुस्तक तथा लेखक साथै अन्य लेखक हरुमा सरुभक्त, बाबा बस्नेत, मोहन दुवाल लगायतका कृति साथै लेखक मन पर्छ।
तपाईंलाई कुन ठाउँ मन पर्छ? किन?
संस्कृतिक हिसाबले काठमाडौ् र भक्तपुर औधी मन पर्छ। साथै प्राकृतिक सौन्दर्यको हिसाबले भने पोखरा सुन्दर लाग्छ। ऐतिहासिकता बोकेको ठाउँ मध्य गोरखा, पाल्पा र लुम्बिनी मनपर्छ।
खाली समय कसरी बिताउनु हुन्छ?
वास्तवमा मसँग खाली समयनै हुँदैन भै हाले एक्लै बसेर पुराना हिन्दी फिल्म तथा नेपाली टेलि फिल्म हेर्न आनन्द लाग्छ।
तपाईंलाई गीत र कविता कुन मन पर्छ ? तपाईंले गीत पनि लेख्नु भएको छ ? कति वटा ?
काव्य बिधा मध्यकै कविता मलाई मन पर्छ। गीतले मन छुने गर्छ भने कविताले आनन्द प्रदान गर्ने गर्छ। तसर्थ दुवै बिधा उत्तिकै शक्तिशाली भएर पनि कवितामा बहकिन मन लाग्छ। हो मैले कविता मनपर्ने बिधा भएर पनि लेख्न चाहि गीत धेरै लेखेको छु झन्डै २ सयको हाराहारी मा गीत लेखेको छु।
तपाईंले अहिले सम्म कतिवटा पुस्तक लेख्नु भएको छ र अहिले के लेख्दै हुनुहुन्छ ?
हालसम्म पुस्तकको आकार ग्रहण गरेका मेरा झन्डै २ दर्जन कृतिहरु छन् पाण्डुलिपिको रुपमा भने एकल प्रकाशित कृति मात्रै ३ वटा छन् सयुक्त कृतिका रुपमा २ वटा आएका छन्।
मेरो प्रथम कृति “गीतल संग्रह रहर-१” ०६० रहेको छ भने “बिस्कुन बालुवाको” नाटक संग्रह ०७७ साथै कविता संग्रह “आकाश खुल्दैछ”०७७ रहेका छन् । अब प्रकाशनको तयारीमा उपन्यास “शून्य” नाटक संग्रह “अगेनो शिक्षा” साथै अनुसन्धान मुलक ग्रन्थ “नेपालमा पहाडी मुस्लिमको इतिहास” रहेका छन्।
कस्तो साहित्यिक पुस्तक मन पराउनु हुन्छ ?
पढ्नकै लागि त कथा मन पर्छ। तर जीवन र जगतलाई गहिरो ढंगले अध्यन गर्न राजनैतिक र दार्शनिक पुस्तक पढने गर्छु।
तपाईंको मन पर्ने साहित्यकार को को हुनुहुन्छ र किन ?
महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारीजात, अनिल श्रेष्ठ, भिमनिधि तिवारी , सरु भक्त, नवराज लम्साल, पुरु लम्साल, डाक्टर निर्मल णि अधिकारीहरु हुन्। जीवनको यथार्थ बोध गर्ने खालका कृतिकै कारण मन पर्छ। साथै लेखकको जीवन शैलीका कारण पनि उहाँहरु मनपर्छ।
अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईंलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ?
नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रभाव बढाउँदै गएको यो परिप्रेक्ष्यमा तपाईं र तपाईंको संस्थाले खेलेको भूमिकाको उच्च प्रसंसा गर्न चाहन्छु। तपाईंको यो अभियान ले सार्थकता प्राप्त गरोस् शुभकामना।
(प्रस्तुतकर्ता सर्वज्ञ वाग्ले अनेसासका वरिष्ठ उपाध्यक्ष हुन्)
|
सशस्त्रका ११ डीआईजीको सरुवा (सूचिसहित) काठमाडौं। सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले ११ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ।
यस्तै, ४ जना डीआईजीको पदस्थापना गरेको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलद्वारा जारी सूचनामा सरुवासम्बन्धी जानकारी गराइएको छ।
प्रदेश १ मा अञ्जनीकुमार पोखरेललाई पठाइएको छ भने मधेश प्रदेशमा दीपेन्द्र शाहलाई जिम्मेवारी दिइएको छ।
दुवै जना भर्खरै बढुवा भएका हुन्। उनीहरु त्यहाँ पदास्थपन भएको हो। त्यसैगरी प्रवक्ता समेत रहेका पुरुषोत्तम थापालाई पशुपति बाहिनी पठाइएको छ।
|
इराकमा आइएसका सत्र आतङ्ककारी मारिए बगदाद । इराकमा यहाँको सुरक्षा फौजको कारबाहीमा परी आइएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएका हुन् । इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आइएसले पछिल्लो समयमा आतङ्क मच्चाएकाले उनीहरुका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ ।
सो कारबाहीमा परेर आइतबार आइएस समूहका एकजना कमाण्डर सहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिएका हुन् ।
प्रवक्ता रोसलले गएका केही महिना यतादेखि यहाँको सेनाले उक्त अन्बर प्रान्तमा सशक्त कारबाही गर्दै आएको छ । सो प्रान्तमा यहाँका आइएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि नै आक्रमण गर्ने गरेकाले सो कारबाही अघि बढाइएको हो । इराकको सेनाले सन् २०१७ मा आइएसका विरुद्धमा व्यापक कारबाही गरी देशका सबै भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो ।त्यसपछि यहाँ शान्ति सुरक्षाको राम्रो अवस्था रहेको भए पनि कतिपय स्थानमा अहिले पनि आइएसले आतङ्ककारी गतिविधिलाई निरन्तरता दिने गरेका छन् ।
|
पर्यटकको रोजाइमा गुप्तेश्वर गुफा लेखनाथ। ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ, पोखरा–१७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा। पोखरामा आउने जो–कोही विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेश गुफा अवलोकन गर्न पुग्ने गर्छन्।
पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये गुप्तेश्वर महादेव गुफा, फेवाताल, पातलेछाँगो, पुग्दीको बुद्ध शान्ति स्तुप र शिव महादेवको मूर्ति एकै क्षेत्रतर्फ पर्ने र ती सबै पर्यटकीय गन्तव्य एकै दिन अवलोकन गर्न सकिने हुँँदा त्यस क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गर्छ।
जमीनबाट करिब १५० मिटर तल अवस्थित यस गुफाको पूर्वी भागबाट पातले छाँगोबाट खसेको झरना दृश्यावलोकन गर्न सकिन्छ। दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूला खुला ठाउँ पनि रहेका छन्।
गुफा अवलोकन गर्दै स्याङ्जाका कृष्ण क्षेत्रीले भने, “प्राकृतिकरूपमा सुन्दर र गहिराइमा रहेको गुप्तेश्वर महादेव गुफा अवलोकन गर्दा अत्यन्त आनन्द आयो।”
पोखरा ताल र गुफैगुफाको शहरका रूपमा चिनिने गर्छ। कास्कीमा एक दर्जन ताल र एक दर्जन बढी गुफाहरू रहेको जानकारी भूर्गवविद् डा कृष्ण केसीले बताए।
कोरोनाको बेला केही महिना बन्द गर्नुपरेको गुफामा पछिल्ला वर्ष अवलोकन गर्ने पर्यटटको सङ्ख्या बढेको छ। गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफा अवलोकनमा पछिल्लो वर्ष अवलोकनकर्ता बढेको र शनिबार र बिदाका दिन त भिड नै लाग्ने बताए।
गुफामा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ। टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायण पौडेलले जानकारी दिए।
कार्यालय प्रमुखले पौडेलले भने, “कोरोना अगाडि आर्थिक वर्ष २०७४\०७७ मा टिकट बिक्रीबाट मात्र वार्षिक रु चार करोड ५२ लाख आम्दानी भएको थियो।”
कोरोनापछिको आर्थिक वर्ष २०७८\०७९ मा गुफा प्रवेशका लागि स्वदेशी तथा विदेशी पर्यटकबाट रु दुई करोड ९३ लाख ६५ हजार नौ सय २५ सङ्कलन भएको उनले जानकारी दिए।
आर्थिक वर्ष २०७८\०७९ मा एक लाख १९ हजार सात सय ११ विदेशी पर्यटक, दुई लाख ५२ हजार आठ सय २२ स्वदेशी पर्यटक र ८२ हजार एक सय ७८ नेपाली विद्यार्थीले गुफा अवलोकन उनले बताए।
चालु आर्थिक वर्ष २०७९\०८० को सात महिना अर्थात माघ महिनासम्म गुफा अवलोकनका लागि विदेशी पर्यटक एक लाख १९ हजार चार सय ६४, नेपाली पर्यटक एक लाख ५१ हजार चार सय ८७ र नेपाली विद्यार्थी एक लाख छ हजार एक सय ९८ जना रहेका छन्।
यसै आर्थिक वर्षको सात महिना अवधिका प्रवेश शुल्क बाट मात्र रु दुई करोड ३२ लाख ३७ हजार छ सय ८० जम्मा भइसकेको जानकारी उक्त कार्यालयले दिएको छ। गुफा अवलोकन गर्न प्रवेश शुल्क विदेशीलाई रु एक सय, नेपाली पर्यटकलाई रु ५० र विद्यार्थीलाई रु ३५ लिइँदै आइएको छ।
गुप्तेश्वर महादेव गुफामा साँझ आरती सेवा समेत सञ्चालनमा ल्याइएको छ। विश्व शान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृ उद्धारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिने आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिँदै आएको छ।
तीन जना गुरुद्वारा शुद्ध गाईको घिउ, कपुर, ज्योतिलगायतका पूजा सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव र विष्णु भगवान् तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए।
विसं २०५१ देखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए। कोरोनाको अवधिमा भने त्यो सङ्ख्या घटेको थियो।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्दै आएको छ। क्याम्पस र पाठशाला सञ्चालनमा गुफा व्यवस्थापन समितिले वार्षिक रु एक करोडभन्दा बढी खर्च गर्ने गरेको छ।
|
कानूनको बिधिमा नरही काम गरेकाले सहकारी क्षेत्रमा समस्या (भिडियो) काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानूनको बिधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघले आइतबार काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट: कारण र समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री राईले सवैले बिधिमा रहेर सीमामा रहेर र कानूनलाई अवज्ञा नगरि काम गर्नुपर्नेमा त्यसो नभएकाले सहकारीमा समस्या देखिएको बताएका हुन् ।
उनले सरकारीले गाँउगाँउमा धेरै राम्रो काम गरेपनि सहकारीको नकारात्मक हल्लाले समस्या देखिएको धारणा राखे । सहकारीमा देखिएका समस्याहरु समयमा नै समाधान गरि यसलाई सहज रुपले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री राईले सहकारीका बिषयमा देखिएका समस्याहरु समाधानका उपायहरुका बारेमा जानकारी गराउन आग्रह गर्दै अध्ययन गरि उचित समाधानको बाटो खोजिने बताए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य चिन्तामणी सिवाकोटीले अनुगमन गर्ने निकायलाई व्यबस्थीत गर्न नसक्दा समस्या देखिएको बताए । उनले ५० करोड भन्दा बढीको पुँजी भएको सहकारीलाई नेपाल राष्ट्र बैंकले हेर्नुपर्छ भनिएपनि राष्ट्र बैंकसंग त्यो अधिकार नै नरहेको जिकिर गरे ।
त्यस्तै उनले विश्वभर आएको आर्थिक मन्दीको असर पनि सहकारीमा देखिएको बताए।
हेर्नुहोस् भिडियो:
|
नयाँ सत्ता समीकरणको ढोका खुल्यो : कांग्रेस प्रवक्ता महत काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गरे । “सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ”, प्रवक्ता महतले भने, “अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ ।”
आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र अन्य दलको पनि समर्थन आउने सम्भावना रहेको भन्दै उनले पौडेल राष्ट्रपति भएपछि संविधान र कानुनी शासनको संवर्द्धन हुने विश्वास व्यक्त गरे । उनले भने, “संवैधानिक व्यवस्थामाथि क्षति पु¥याउने काम हुन्छ कि भन्ने आशङ्का थियो, त्यो अब निवारण भएको छ । उहाँ (राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल) राष्ट्रपति भएर आएपछि संविधान र कानुनी शासनको पक्षमा प्रतिबद्ध रहनुहुनेछ ।”
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानको रक्षा र विधिको शासन सुदृढ तुल्याउन पौडेलको उम्मेदवारी स्वाभाविक भएको उल्लेख गरे । उनले भने, ‘पौडेलको व्यक्तित्व, उहाँले खेल्नुभएको वर्षौँको भूमिकाप्रति अहिले न्याय मिलेको छ ।’
संसदीय प्रणालीमा सरकार फेरबदल भइरहनु सामान्य कुरा हो भन्दै उनले राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा सङ्घमा बनेको नयाँ गठबन्धन अटोमेटिक रुपमा प्रदेशसम्म जाने विश्वास व्यक्त गरे ।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले केन्द्रको गठबन्धनले समग्र राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने उल्लेख गरे । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले सङ्घीय सरकार र प्रदेश सरकारमा समेत फेरबदल हुनसक्ने बताए ।
उपमहासचिव ज्वालाले संसद्को ठूलो राजनीतिक रुपमा रहेको र भोलिका दिनमा सम्मानजनक सहकार्य गर्ने सङ्कल्पका साथ कांग्रेसका उम्मेदवारलाई आफ्नो पार्टीलगायत आठ दलले समर्थन गरेको उल्लेख गरे ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले कांग्रेस पौडेलले संविधान निर्माणमा पनि नेतृत्व गरेको र यसको रक्षाका निम्ति पनि पहलकदमी लिएको हुनाले सहकार्य गरेर जानुपर्छ भन्ने भावनाका साथ गठबन्धन बनेको उल्लेख गरे । उनले नयाँ गठबन्धन सङ्घदेखि प्रदेशसम्म विस्तार हुने विश्वास व्यक्त गरे ।
|
चलचित्र ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित काठमाडाैं। शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन्।
शुक्रबार प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। निशा अभिनित पछिल्लो सिनेमा ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो। अधिकारीले हालै मात्र सिनेमा ‘आँखा’को छायांकन सकाएकी छन्।
टेक पौरखी राईको निर्देशनमा बन्ने सिनेमामा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन्।
फागुन २५ देखि फ्लोरमा जाने सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ।
सुरेश न्यौपानेको कथा रहने सिनेमामा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ। कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमालाई आगामी तिजमा रिलिज योजना निर्माण टिमको छ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन्। अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन्।
|
हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु (भिडियो) काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु गरेका छन् । हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार शुरु गरेको हो । सिभिल बैंक १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०.२८ कित्ता हुने गरी मर्जर भएको हो । मर्जरपछि स्थापित बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो ।
मर्जरपछि अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए। हिमालयन बैंक र सिभिल बैंकबीच गएको असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
हेर्नुहोस् भिडियो:
|
सीपयुक्त जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालाई प्राथमिकता : सञ्चारमन्त्री शर्मा (भिडियो) काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताएकी छिन् । शुक्रबार प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा उहाले सरकारले बजेटमा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको र न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको बताएकी हुन् ।
उनले नेपालको शिक्षा महँगो हुँदै गएको अवस्थामा सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको भन्दै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखेकी छिन्। मन्त्री शर्माले सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको र नया शिक्षा ऐन ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिएकी हुन् । कार्यक्रममा सिटीइभीटीका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।
हेर्नुहोस् भिडियो:
|
तीन दलको बैठक निष्कर्षविहीन, प्रचण्डले भोलि ओलीसँग छलफल गर्ने काठमाडौं । राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल सकिएको छ ।
सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए ।
उनले भने, “हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापकरूपमा छलफल ग¥यौँ, हामीले हाम्रो पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउनका लागि प्रस्ताव पनि ग¥यौँ तर केही निर्णय हुन सकेको छैन ।” वाम–समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।
राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको बैठक बसेको हो ।
बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार संवाद गर्ने बताएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले ओलीसँग फाइनल वार्ता गर्न लागेका हुन् ।
बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए ।
यसअघि आजै जसपाका अध्यक्ष यादवले उपराष्ट्रपतिको निर्वाचनको सवालमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।
निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।
|
सञ्चालनमा नआउँदै बिग्रियो रारा तालको मोटरबोट मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रेत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन ।
पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबोट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबोट सञ्चालनमा नआउँदै बिग्रिनुका साथै रारातालको छेउमा थन्किएको छ ।
दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटरबोट सञ्चालन नआउँदा रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो । उक्त बोट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।
विशेष गरेर उक्त मोटरबोट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारको लागि ल्याइएको थियो । उक्त मोटरबोट सञ्चालनमा नआउँदा राजस्वमा न्यून संकलन हुनु, पर्यटकलाई थप आकर्षण नहुने जस्ता विभिन्न पक्षलाई हेरिएको छ ।
गत ७ महिनाअघि पूर्व वार्डेन दाहाल हुँदा मोटरबोट प्रयोग नगरिनुका साथै स्टोरबाटै झिकिएन । तर, उनको सरुवा भएपछि रारा राष्ट्रिय निकुञ्जमा कार्यभार सम्हालेका वर्तमान वार्डेन विश्वबाबु श्रेष्ठलाई मोटरबोट सञ्चालन, रेस्क्युको लागि डुँगा चालकले अनुरोध गरे । मोटरबोटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएको मोटरबोट हेर्दा भित्रि भाग तर्फ तीनवटा प्वाल परेर फेला परेको डुंगा नाईके राजेश रावलले जानकारी दिए । उक्त बाेट सिल स्काई कम्पनि बाट ल्याईएको हो ।
|
नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइडः मार्क्यु राइड सुरु काठमाडा । नेपालको पहिलो अन्तर्राष्ट्रिय अपाचे ओनरस् ग्रुप (एओजी)को मार्क्यु राइड सुरु भएको छ । बिहीबार बाट सुरु भएको मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन् । २१ दिन लामो यात्राका क्रममा पहिलो दिन काठमाडौंबाट रक्सौलहुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।
मानिस र मशीन बिचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए ।
काठमाडौंबाट सुरु यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ ।
राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जाने छन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनरस् ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो । एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको जोशको उत्सव मनाउने गरेको छ ।
|
चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्दैछ: यातायातमन्त्री श्रेष्ठ {भिडियो} काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्ने बताएका छन्। बिहीबार चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत कलङ्कीदेखि वसुन्धरा क्षेत्रको स्थगलत अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विस्तारका क्रममा देखिएका समस्याको समधान भइसकेकाले अव तीव्र रुपले काम अघि बढ्ने बताएका हुन्।
सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने उनको भनाइ छ । उनले सडकमा रहेका बिजुलीका खम्वा र केहि संरचनाहरु हटाउने काम भएको जानकारी दिए।
अनुगमनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत सहभागी थिए ।
हेर्नुहोस् भिडियो:
|
राष्ट्रपति निर्वाचनका बारेमा ओलीको प्रतिक्रियाः माओवादीले धोका दिदैंन(भिडियो) काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दावी गरेका छन् । बिहीबार बालकोटमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रचण्डले एमालेसंग पुस १० गते नै सम्झौता गरिरहेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दावी गरका हुन् । ओलीले एमालेसंग सहमति भइसकेको अवस्थामा माओवादीले अरुसंग सम्झौता गर्न नमिल्ने जिकिर गरे ।
पुरानो गठबन्धन व्युताउने चर्चा भइरहेका बेला ओली भने सत्ता गठबन्धन नभत्किनेमा विश्वस्त देखिएका छन् ।
भिडियो:
|
जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति ओलीको असन्तुष्टी (भिडियो) काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति असन्तुष्टी जनाएका छन्। बिहीबार भक्तपुरको बालकोटस्थीत आफ्नै निवासमा विश्वशान्ति प्रार्थना पुस्तक बिमोचन गर्दै ओलीले वर्तमान सरकारले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिएको र यसलाई क्यालेण्डरमा नै समावेश गर्ने दुःखद निर्णय गरेको बताएका हुन् ।
सरकारको निर्णयले हिंसाको मानसिकता र हिंसा प्रति गर्व गर्ने मानसिकता देखिएको उनले बताए । ओलीले आफैले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि फेरी हिंसाको महिमामण्डन गर्नुको कारण आफुले पनि नबुझेको जिकिर गरे । उनले नेपाल हिंसाको पक्षमा नरहेको र नेपालभित्र आन्तरिक द्वन्द र कलह अव नेपाली जनतालाई स्वीकार्य नहुने स्पष्ट पारे।
उनले नेपालमा पहिचानको राजनीतिका नाममा भूगोल र जातीहरुकाबीच परस्परमा घृणा फैलाउने काम भएको र अहिले त्यसलाई पराजित गरेको बताए। एमाले अध्यक्ष ओलीको ७२ औं जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुले शान्तिको प्रार्थना गरेका थिए ।
हेर्नुहोस् भिडियो:
|
युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको हुन्छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । बिहीबार काठमाडौंको टुँडिखेलस्थीत सैनिक मञ्चमा आयोजित राष्ट्रिय सेवा दलको १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको र युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका हुन् ।
सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरुलाई मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए।
प्रधानमन्त्री प्रचण्डले देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले युवाहरुलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रि«य एकताको भावनामा थप प्रतिवद्धताको विकास हुने विश्वास व्यक्त गरे । राष्ट्रिय सेवा दलको प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या बिस्तार गर्नुपर्ने आवश्यकताप्रति सरकार गम्भीर रहेको धारणा राखे ।
दीक्षान्त समारोहमा बिभिन्न कवाज, कला प्रस्तुत गरिएको थियो । युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले वि.सं. २०२२ सालमा राष्ट्रिय सेवा दल स्थापना भएको थियो । यस वर्ष जुनियर डिभिजन अन्तर्गत ५,९७६ जना र सिनियर डिभिजन अन्तर्गत १७२८ जना गरी कुल जम्मा ७,५६८ जना छात्रछात्राहरुले राष्ट्रिय सेवा दलको तालिम गरेका छन् । हेर्नुहोस् भिडियो:
|
अमेरिकी डलर देखाई लुटपाट तथा ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं। अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक गाती घर भई भक्तपुर पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णबाट पक्राउ गरेको हो।
साथै तामाङले २०७९ माघ २६ गते काठमाडौं साँखुमा अमेरिकी डलर देखाई ४ लाख रुपैयाँ लुटपाट गरी फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ।
उनलाई ठगी मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि प्रहरी बृत बौद्व, काठमाडौं पठाइएको छ।
|
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन (भिडियो) काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । प्रकाशित नामावली अनुसार संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश रहेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
उनले प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी तथा नामावली सच्चाउने काम बिहीबार १२ बजेसम्म गर्न सकिने बताए। निवेदन वा उजुरी पर्न आएमा जाँचबुझ गरि शुक्रबार ४ बजे अन्तिम नामावली प्रकाशन गरिने पौडेलले जानकारी दिए
राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ । संघीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचन भने आगामी चैत ३ गते हुने गरी मिति तय गरिएको छ ।
हेर्नुहोस् भिडियो:
|
सांसद पन्तले भारतीय विदेश सचिवको नेपाल भ्रमणका बिषयमा प्रश्न उठाए (भिडियो) काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले हालै भएको भारतीय विदेश सचिवको नेपाल भ्रमणका बिषयमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई नेपाल भ्रमणका क्रममा अनावश्यक महत्व दिइएको भन्दै प्रश्न उठाएका हुन् । उनले राष्ट्रपतिको चुनाव अगाडि भारतीय विदेश सचिवले प्रधानमन्त्री, परराष्ट्र मन्त्री, राष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई भेटेको प्रति पनि आपत्ती जनाए । राष्ट्र सम्मानलाई अंगिकार गर्दै विदेशी आउँदा हुने भ्रमणलाई नियमन गर्न उनले परराष्ट्र मन्त्रालयलाई आग्रह गरे ।
त्यस्तै पन्तले नेपालको राष्ट्रपति चयनमा भारतका कुटनीतिज्ञहरुले देखाएको चासो प्रति पनि आपत्ती जनाए ।
|
आईसीसी यू–१९ पुरुष विश्वकपका लागि नेपाली टोलीको बिदाइ(भिडियो) काठमाडौं । यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । बुधबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे ।
विदाई कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपालमा सिंगो देशको ध्यान क्रिकेटले तानिरहेको अवस्थामा खेलाडी लगाएत सवैले पनि उचिकै मेहनत गरिरहेको बताए । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ ।
त्यस्तै क्यानका अध्यक्ष चन्दले नेपाली राष्ट्रिय टीमले गरेको प्रदर्शनले यू–१९को मनोवल बढेको बताए । उनले दवावरहित तरिकाले प्रदर्शन गर्न आग्रह गरे। प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।
हेर्नुहोस् भिडियो:
|
सिरियामा भूकम्पको भग्नावशेषमा पुरिएकी आमाले जन्माएकी बालिकाले नयाँ परिवार पाइन् काठमाडौं । सिरियामा जहाँ भवनहरूको भग्नावशेष मात्र थियो त्यहाँ एक नवजातले रोएको सुनियो। त्यो भग्नावशेषमा पुरिएर बालिकाको सम्पूर्ण परिवार ध्वस्त भएको थियो । बालिका भग्नावशेषमुनि आमाको सालसँग नाल जोडिएको अवस्थामा फेला परेकी थिइन् ।
नाभि काटिएपछि बालिकालाई अस्पताल भर्ना गरिएको थियो । राहत कार्यकर्ता र अधिकारीहरूले बालिकाको नाम अया राखेका छन् । यसको अर्थ अरबीमा चमत्कार हो।
ती बालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भए र विश्वभरका हजारौंले उनलाई धर्मपुत्री लिन प्रस्ताव गरे । अहिले यी बालिकाले नयाँ परिवार पाएकी छिन् ।
यी परिवार बालिकाका आफन्त हुन् र डीएनए परीक्षणपछि ती बालिकाको रगतको नाता यी व्यक्तिसँग भएको पुष्टि भएको हो । बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको र उनी स्वस्थ रहेको चिकित्सकले बताएका छन् ।
समाचार एजेन्सी एपीलाई दिएको अन्तर्वार्तामा खलील अल-स्वादीले भने, ‘अहिले उनी मेरा सन्तानमध्ये एक हुन्। म आफू र यी बालिकामा कुनै फरक पार्ने छैन। नयाँ परिवारले छोरीको नाम अफरा राखेको छ । बालिकाकी आमाको नाम अफरा थियो।
|
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको महाधिवेशन हुँदै काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ ।
प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औँ साधारणसभा धादिङको धादिङबेँसीमा हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले धादिङमा हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीको कारण आफ्नो कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताए ।
धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले यसपटकको महाधिवेशन धादिङबेँसीमा गर्न लागिएको उनको भनाइ थियो । आठौँ महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नै कार्यक्रम रहेको छ । महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, छ प्रदेशस्तरीय समिति, आजीवन सदस्य, मानार्थ सदस्य र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजारभन्दा बढीको उपस्थिति रहने अध्यक्ष बिजीले बताए ।
|
इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार दाहाल र वाग्लेलाई काठमाडौं । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा) ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकारद्वय मात्रिका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो । विसं २०६४ देखि पत्रकारिता सुरु गरेका दाहालले सुशासनरसार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँदै आएका छन् ।
उनी दिव्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिक हुँदै कारोबार दैनिक, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा कार्यरत छन् ।
पन्ध्र वर्षदेखि नेपाली पत्रकारितामा क्रियाशील वाग्लेले महिलामाथि हुने विभेद र सार्वजनिक प्रशासन लगायतका विषयमा कलम चलाउँदै आएका छन् । उनी राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका हुँदै हाल आइएनएस डट कममा कार्यरत छन् ।
उनीहरूलाई जनही रु ५० हजार राशिको उक्त पुरस्कार इन्जा स्थापना दिवस मार्च १ अर्थात यही फागुन १७ गते प्रदान गरिने सचिव दीपक रिजालले जानकारी दिए ।
|
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक (भिडियो) काठमाडौं । फाल्गुन ११ गतेदेखि राजधानीमा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक गरिएको छ । मंगलबार एन्फा कम्प्लेक्समा आयोजक राष्ट्रिय युवा संघ नेपालले प्रतियोगीताको उपाधि ट्रफी सावर्जनिक गरेको हो । यस्तै आयोजकले प्रतियोगिताको चिनारी गित सार्वजनिक गरेको छ । प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ’ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ । ’ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लब छन् । एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
हेर्नुहोस् भिडियोः
|
पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि (भिडियो) काठमाडौं । सोमबार निधन भएका मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओली, लगाएतका नेताहरु पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा सोमबार अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
हेर्नुहोस् भिडियो:
|
पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ (भिडियो) काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो । कोषले साधुसन्तहरुको बर्गिकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ ।
साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको विदाई गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । यस बर्ष ५ हजारको हाराहारीमा साधुसन्तहरु पशुपतिनाथमा आएको उनले बताए।
महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर उमाकुण्ड लगाएतका स्थानमा साधुसन्तलाई राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।
हेर्नुहोस् भिडियो:
;
|
शिवरात्रिमा आएका साधुसन्तको बिदाइ (फोटो फिचर) काठमाडौं। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ।
सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो।
वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ। साधुसन्तको वरीयताको आधारमा ५०० देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ।
|
सुरक्षाकर्मी र कर्मचारीकै मिलोमतोमा सीमानाकामा तस्करी, १८ प्रतिशत मात्र राजस्व असुली सिरहा। सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुँदा भन्सार कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको छ।
प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको मिलेमतोमारु तस्करले ल्याएको सामानमध्ये केहीे सामानको मात्र राजस्व तिर्ने र बाँकीको राजस्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको हो।
जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको देखिएका छन्।
सिरहा भन्सार कार्यालय माडर खैरटोका, सिराहाले चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत ३० लाख ७४ हजारमात्र राजश्व रकम असुली गरेको देखिन्छ।
त्यस्तै भदौ महिनामा एक करोड ६६ लाख ५ हजार लक्ष्य लिएकोमा लक्ष्यको २० प्रतिशत ३३ लाख, असोज महिनामा एक करोड ६७ लाख ८ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत ४४ लाख ५३ हजार, कात्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत ४२ लाख ८ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत एक करोड २ लाख ११ हजार मात्र राजश्व असुली भएको र माघ महिनामा १ करोड ७० लाख ३८ हजार लक्ष्य लिएको भन्सार कार्यालयले लक्ष्यको ३८ प्रतिशत रकम मात्र असुली गरेका छन्।
भन्सार कार्यालय माडर खैरटोकाले ७ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको १८ प्रतिशत अर्थात ३ करोड ५ लाख ८८ हजार रुपैया राजस्व मात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जानकारी दिए।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको तथ्यांकले नै सिरहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ। तस्करहरुले सीमानाकामा बस्ने सुरक्षाकर्मी र भन्सार प्रमुख लगायतका कर्मचारीहरुलाई एकमुस्ठ रुपमा मोटो रकम तिरेर नाकाहरुको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरि निर्धक रुपमा प्रहरी प्रशासनकै आखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन्।
सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीले नै तस्करसंग नजराना लिई तस्करीको संरक्षणतर्फ आकर्षक रहेको नाम नखोल्ने सर्तमा एकजना तस्करले बताए। उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रुपमा आफूहरुले लाखौं रुपैयाँ बुझाएर मात्र मालसमान ओसार पसार गर्ने गरेको बताएका छन्।
सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लै उपस्थिति रहे पनि प्रहरीको आँखा अगाडिबाटै तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको स्थानीयहरु बताउँछन्।
जिल्लाको माडर,औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरु प्रयोग गरी तस्करहरुले रातीको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भि¥याउने र वारि(नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार )पुर्याउने गरेको नाम नखाल्ने सर्तमा एकजना स्थानीयले सुनाए।
उनले थपे, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका बजारहरु मिर्चैया ,गोलबजार,लाहान, लगायतको वजार सम्म ल्याइन्छ।’
सुरक्षाकर्मीले नै तस्करहरुलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरुले अन्धाधुन्द सामान ढुवानी गर्न सुरु गर्छ उनले सुनाए । प्रहरीलाई खबर गरे पनि बेपत्ता गरेको उनले गुनासो पोखे।
जिल्लामा चोरी तस्करी भइरहेको विषयमा जिज्ञासा राख्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीले आफू आएलगतै सम्पूर्ण सीमानाकामा कडाका साथ खटिन र तस्करी नियान्त्रण गर्न निर्देशन गरिसकेको दाबी गरे।
‘म आएको पनि २० दिन मात्र भएको छ, आएलगतै चोरी तस्करी नियन्त्रणमा खटिरहेका छौं,’ उनले थपे, ‘चोरी तस्करीमा हाम्रो युनिटको कुनै किसिमको संग्लनता भए काडा कारबाही गर्छाैँ।’
चोरी निकासी र राजस्व छलिका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख ‘एसपी’ टेकु नन्द लिम्बूसँग सम्पर्क गर्दा उनले आफू मिटिङमा रहेको जवाफ दिएपछि कुरा हुन सकेन। यता भारतीय बजारबाट भन्सार छलि गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार रहे पनि प्रहरी बेखवरझैँ बसेका छन्। – न्युज कारखानाबाट
|
१६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुने काठमाडौं। १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ।
नेपाल एथलेटिक्स एसोसियसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २३ गते बिहीबार एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुने जानकारी दिएको हो।
प्रतियोगिता एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालसहित एसियाका ४० देखि ४५ राष्ट्रका करिव ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन्।
गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुने एथलेटिक्स एसोसियसनका अध्यक्ष राजीव बिक्रम शाहले जानकारी दिए।
यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो। यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो। यस प्रतियोगितामा नेपालबाट सहभागीता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिने एथलेटिक्स एसोसियसनले जनाएको छ।
प्रतियोगीताको अनुमानित बजेट करिव तीन करोड पैसठ्ठी लाख पचपन्न हजार पाँच सय रुपैया रहेको एसोसियसनले जनाएको छ।
|
null |
राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना काठमाडौं। महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन्। पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी छन्।
यसअघि राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ। पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लािग लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध छन्।
महाशिवरात्रिको अवसरमा आइतबार बिहान ७ बजेसम्म पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला रहने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनका अनुसार आज बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिएको थियो।
महाशिवरात्रिको अवसरमा गोबद्र्धन मठका शङ्कर आचार्य निश्चलानन्द सरस्वतीसहित पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.