content
stringlengths
20
64.1k
बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप (भिडियो) बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केहि मतदान केन्द्रमा बुथ कव्जा भएको आरोप लगाएका छन् । आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् । उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिन अघि देखि नै बुथ कव्जा भएको बताए । प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ । उनले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाए । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । हेर्नुहोस् भिडियो:
खुला रक्तदानमा एक सय ५३ जनाले गरे रक्तदान जनकपुरधाम । जनकपुरधाममा आज आयोजित खुला रक्तदान कार्यक्रममा एक सय ५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल नेपालद्वारा मानव एकता दिवस (२४ अप्रिल)को अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’ भन्ने नाराका साथ आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा एक सय २३ पुरुष र ३० महिलाले रक्तदान गरेका मण्डलका प्रमुख बेचु रजकले जानकारी दिए । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले शुभारम्भ गरेको रक्तदान कार्यक्रममा प्रतिनिधिसभा सांसद जुलीकुमारी महतो (महासेठ), जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पनि रक्तदाताको हौसलाका लागि सहभागिता जनाएका थिए । सो अवरसमा सांसद महतोले रक्तदान मानव कल्याणको सबैभन्दा उत्तम कार्य भएकाले यस्तो कार्यका लागि उत्प्रेरित गर्ने सन्त निरंकारी मण्डल र रक्तदातालाई धन्यवाद दिइन् । उपमहानगर प्रमुख साहले पनि रक्तदान जीवन दान भएकाले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने अवस्था निर्माणका लागि यस्तो पुण्यकार्यमा लाग्न सबैलाई आग्रह गरे । यसअघि कार्यक्रमको शुभारम्भ गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले मानवतालाई जीवन्त राख्न र रगत अभावमा कसैले पनि ज्यान गुमाउने अवस्था आउन नदिन सामाजिक उत्तरदायित्वको भावनाअनुरुप रक्तदान गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनले कुनै पनि धार्मिक तथा आध्यात्मिक संस्थाले संविधानको अधिनमा रही मानव कल्याण, सामाजिक सद्भाव, आपसी एकतालाई मजबुत बनाउन लाग्नुपर्ने भन्दै सन्त निरंकारी मण्डलले यस्तो कार्यमा पु¥याएको योगदानका लागि धन्यवाद ज्ञापन गरे । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाले सहयोग गरेको थियो । सन्त निरंकारी मण्डलले सद्गुरु गुरुवचन सिंहको हत्या भएको दिन अर्थात् (२४ अप्रिल १९८०) लाई मानव एकता दिवसका रुपमा मनाउँदै आएको छ । सोही दिनको सम्झनामा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’, ‘हामी बदला होइन, बदलाब चाहन्छाँै’ भन्दै हरेक वर्ष मण्डलले रक्तदानलगायत समाज कल्याणका काम गर्दै आएको त्यस अवसरमा जानकारी दिइएको थियो ।
हुरीले प्रभावित उडान पुनःसञ्चालनमा काठमाडौं । हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । अपराह्नदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो । हुरीका कारण आन्तरिकतर्फ उडान ‘डिले’ हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका थिए । भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज होल्डमा परेका थिए । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।
सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान टोकियो । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा गर्ने पहिलो मुलुक बनेको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि विद्रोही अर्धसैनिक बल  र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भड्किएको द्वन्द्वमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने झण्डै दुई हजार सय जना घाइते भएका छन् । जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले दूतावासका कर्मचारीसहित करिब ६० जना जापानी नागरिक सुडानमा रहेका बताउँदै उनीहरूलाई त्यहाँबाट उद्धार गर्न रक्षा मन्त्रालयले आवश्यक तयारी गरेको बताए । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल  र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वका कारण जनजीवन अस्तव्यस्त भएको छ । राजधानीका साथै अन्य शहरका भीडभाडयुक्तस्थलमा विष्फोट, हवाई हमलाका साथै गोली हानाहान भएका थिए । अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो । सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ । विश्वका अन्य देशले पनि सुडानमा रहेका आफ्ना नागरिकलाई आफ्ना विवरण आ–आफ्नो मुलुकका राजदूतावासमा बुझाउन आग्रह गरेका छन् । अमेरिकाले आफ्ना नागरिकलाई सम्पर्क विवरणसहितका सूचना दूतावासमा बुझाउन, घरबाट बाहिर ननिस्कन तथा झ्याल नजिक पनि नजान सुझाएको छ ।
राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लगिँदै काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारत लगिँदैछ। छातीमा संक्रमणका हिजो साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको हो। राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनील थापका अनुसार नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)मा उनको थप स्वास्थ्य परिक्षण तथा उपचार हुनेछ। श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतमा उपचार गराउन जान लागेका राष्ट्रपति पौडेलका साथमा साथमा उनका नीजि चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जानेछन्। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिए पछि मंगलवार साँझ उनी शिक्षण अस्पताल भर्ना भएका हुन्। शिक्षण अस्पतालका चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण पाइए पछि उनलाई थप उपचारका लागि भारत रिफर गरिएको हो।
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लैजान चिकित्सककाे सुझाव काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका छन्। रुसको भ्रमणमा निस्कनु अघि शिक्षण अस्पताल महराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्य स्थीतिका बारेमा जानकारी लिएका हुन्। ‘त्रिभुवन विश्वबिधालय शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार बिहान भेट गरि स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनुभयो साथै सम्माननीय राष्ट्रपतिज्यूलाई स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ अध्यक्ष तिमिल्सिनाको प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अबस्था हेर्दाखेरी आत्तिहाल्नु पर्ने देखिएको छैन।’ तर, राष्ट्रपति पौडेललाई थप परिक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले अध्यक्ष तिमल्सिनालाई जानकारी गराएकाे शर्माले बताए। छातिमा संक्रमण बढेपछि राष्ट्रपति पौडेल सोमवार साँझ शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका हुन्।
चितवन २ र तनहुँ १ मा नेसपाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने काठमाडौं। नेपाल समाजवादी पार्टीले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ। आज बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिए। उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ। यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ। सो निर्वाचनमा चिनवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई उम्मेदवार छन्। श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनको साझा उम्मेदावार हुन्
तातोपानी राख्न विशाल ‘भूमिगत थर्मस’ बनाउने योजना स्टकहोम । स्वीडनको भेस्तेरोस सहरमुनि रहेका गहिरा ओडारहरूमा शीतयुद्ध कालमा ३,००,००० क्युबिक मिटर तेलको भण्डारण गरिएको थियो। यदि तेस्रो विश्वयुद्ध भइहाल्यो र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति स्वीडनमा बन्द भयो भने चाहिन सक्छ भनेर उक्त तेल जमिनमुनिका ओडारमा भण्डारण गरिएको थियो। जब सन् १९८५ मा भूराजनीतिक तनाव मत्थर हुन थाल्यो ती ओडारहरूमा राखिएको तेल बाहिर निकालियो र ती त्यसयता खाली नै छन्। स्वीडिस ऊर्जा कम्पनी मेलारेन्देफीले यो ओडारलाई सफा गरेर तातो पानी जम्मा गर्ने कुण्ड बनाउने काम सुरु गरेको छ। अर्थात् यो ओडारलाई एउटा ठूलो ‘भूमिगत थर्मस’ बनाउन लागिएको छ जसभित्र पानीको तापक्रम ९५ डिग्री सेल्सियस हुनेछ। त्यो युरोपकै सबैभन्दा ठूलो त्यस्तो प्रकृतिको कुण्ड हुने दाबी कम्पनीको छ। “यो अलि ओसिलो छ,” आफ्नो सबैभन्दा पछिल्लो ओडार अवलोकन सम्झँदै कम्पनीकी लिसा ग्रान्सट्रोमले भनिन्। यो ओडार रहेको स्थान भने अझैसम्म गोप्य छ। “त्यो ओडार तपाईँले सोचेको भन्दा पनि धेरै तातो छ। त्यहाँ अझैसम्म तेलको गन्ध आउँछ,” उनले भनिन्। ओडारभित्र करिब १२० वटा ओलम्पिक खेलका लागि प्रयोग हुने पौडी पोखरीमा जतिनै पानी अट्ने बताइएको छ। यो मेलारन्देफीले नै सञ्चालन गरिरहेको स्व नकै अर्को स्थानमा रहेको तातोपानी कुण्ड भन्दा ११ गुणा ठूलो रहेको ग्रान्सट्रोम बताउँछिन्। जमिनमा तातोपानी सञ्चय गरेर पछि प्रयोगका लागि राख्ने धेरै उपायमध्ये यो पनि एउटा हो। युक्रेनमा रुसको आक्रमण पछि सुरु भएको ऊर्जा सुरक्षा र नवीकरणीय ऊर्जाको प्रयोगबारे चिन्तामाझ विज्ञहरूले तातोका लागि जमिनमुनि गरिने भण्डार थप बढाउँदै लैजानुपर्ने बताएका छन्। भेस्तेरोसको यो कुण्डको हकमा भने स्थानीय तापक्रम सञ्जालबाट गुफामा तातो पठाइन्छ। यो गुफाको तातोपानी नजिकको सहरका एक लाख ३० हजार जनसङ्ख्याका लागि आपूर्ति हुने बताइएको छ। मेलारेन्देफीले यो वर्षको अन्त्यबाट उक्त ओडारमा पानी भर्न सुरु गर्नेछ। उक्त संरचनाबाट स्थानीय क्षेत्रका लागि ५०० मेगावाट बिजुली पनि उत्पादन हुन्छ। यहाँ तापक्रम पुर्‍याउनका लागि कम्पनीले नजिकै एउटा फोहोर जलाउने कारखाना राखेको छ। जसबाट उत्पादन हुने थर्मल ऊर्जाले ओडारमा तातो पुर्‍याउने योजना बनाइएको छ। ग्रान्सट्रोमका अनुसार कम्पनीले त्यहाँबाट निष्कासन हुने हानिकारक कार्बन सोस्ने प्रविधि पनि जडान गर्ने सोच बनाइरहेको छ। ऊर्जा उत्पादक मेलारेन्देफीलाई यो तातोपानीको भण्डारणले माग उच्च हुने जाडो याममा पनि बिजुलीको उत्पादन नघटाई घरहरूमा तातोपानी पुर्‍याउन सहयोग गर्छ। जमिनमुनिको सतह आफैँ तापक्रम वारपार हुन रोक्ने इन्सुलेटर जस्तो हुने भएकाले भूमिगत रूपमा सञ्चय गरिने तापक्रम दिगो हुने ग्रान्सट्रोम बताउँछिन्। यहाँको गुफाले हप्तौँसम्म तापक्रम सञ्चय गरेर राख्न सक्ने र केही वर्षपछि तापक्रम स्थिर हुन सुरु हुने उनले बताइन्। “एक पटक त्यसलाई तताएपछि त्यहाँ तापक्रम घटेर जाने अवस्था ज्यादै कम हुन्छ,” उनी भन्छिन्। “किनभने हामीले त्यहाँ वरिपरिका चट्टान समेत तातो बनाइसकेका हुन्छौँ।” यो गुफाको तापक्रमले लन्डनका भूमिगत पारवहन सुरुङहरूमा जाँदा गर्मीका कारण पसिनै पसिना भइने लन्डनवासीहरूको कथा सम्झाउँछ। दशकौँ देखि रेल र वरपरका मानिसहरूका कारण लन्डनका ती पारवहन सुरुङहरूको वरवरको माटो तातो बनाएको छ। त्यस कारण पनि यहाँको माटोको तापक्रम २० देखि २५ डिग्री सेल्सियसमा स्थिर भइसकेको छ जसले सुरुङमा सामान ओसार्ने डिब्बाहरू र अन्य उपकरणहरूलाई चिसो बनाइराख्न ठूलो चुनौती छ। भेस्तेरोस परियोजना भूमिगत तातोपानी भण्डारण गर्ने पहिलो योजना चाहिँ होइन। यसअघि नै फिनल्यान्डमा ऊर्जा कम्पनी हेलेनले यो भन्दा केही सानो ओडारमा सन् २०२१ बाटै तातोपानी भण्डारण सुरु गरिसकेको छ। यो आयोजना अहिले सञ्चालनमा आइसकेको छ र कम्पनीका अनुसार यसले एउटा शयन कक्ष भएका २५,००० अपार्टमेन्टहरूमा वर्षभरि तापक्रम आपूर्ति गर्छ। “ओडारमा भण्डारणको उपाय गज्जब छ। यो सिफारिस योग्य छ,” लिड्स विश्वविद्यालयका फ्लअ लभरिज भन्छन्। “यदि तपाईँलाई ठिक लाग्छ भने यो पनि एउटा उपाय हो।” यूकेमा पनि एक चौथाइ मानिसहरू कोइला निकालेर छोडिएका खानीमाथिका बस्तीमा बसोबास गर्ने त्यहाँको कोइलासम्बन्धी कार्यालयको दाबी छ। कतिपय यस्ता खानीहरूमा बाढी पसेर पानी जम्मा भएको छ। यहाँको पानी न्यानो हुने र त्यसलाई पम्पको मद्दतले थप तताउन पनि सकिने बताइन्छ। युरोपमा चट्टानभित्र तपयुक्त ऊर्जा सञ्चय गर्ने अरू पनि कैयौँ संरचनाहरू छन् र सबैभन्दा धेरै द नेदरल्याण्ड्समा रहेको बताइन्छ।
प्रहरी र मिटरब्याजपीडित झडप हुँदा चार जना प्रहरी घाईते काठमाडौं । शान्तिबाटिकामा मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाईते भएका छन् । सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा चार जना प्रहरी घाईते भएका हुन् । मिटरव्याजीहरुले प्रहरीलाई आक्रमण गर्दा चार जना प्रहरी घाईत भएको काठमाडौ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । निषेधित क्षेत्रमा प्रदर्शनमा निस्किएकामध्ये करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसक्रममा झडप भएको हो । मिटरब्याजपीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबारवरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्तिबाटिकामा नै प्रहरी र मिटरब्याजपीडितबीच झडप भएको हो । प्रहरीले मिटरब्याजपीडितलाई नियन्त्रणमा लिन फोहोरा र लाठी प्रयोग गरेको थियो । तर उनीहरुले प्रहरीमाथि आक्रमण गरेपछि भने प्रहरी रक्षात्मक बनेको थियो । त्यसक्रममा प्रहरीले संयमता अपनाएकाले क्षति कम भएको थियो ।
पहिलो पटक बस आउँदा अविर जात्रा तनहुँ । व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई स्थानीयले अविर जात्रासहित स्वागत गरेका हुन् । यस मार्गमा सवारी साधन सञ्चालन नहुँदा दमौली आउन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था रहेको भानु नगरपालिका–६ स्थित बागेश्वरी आमा समूहकी अध्यक्ष विन्दु वाग्लेले बताइन् । “यस मोटरमार्गमा सवारी साधन नचल्दा हामीलाई बिरामी लिएर अस्पताल जान पनि समस्या थियो”, वाग्लेले भनिन्, “अब नियमित बस चल्ने भएपछि खुसियालीमा अविर जात्रासहित स्वागत गरेका हौँ ।” चन्द्रावतीदेखि पड्केपसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मुलपानीका सयौँ स्थानीय बाटोमा भेला भई बसलाई अविर जात्रासहित स्वागत गरेका थिए । यस मोटरमार्गमा पहिलो पटक बस सञ्चालन गरिएपछि स्थानीयले आफूलाई अविर जात्रासहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताए । आफूहरुले करिब ३० वर्षअघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहत पुगेको उक्त मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताए । “यस मार्गमा नियमित सवारी साधन नहुँदा प्रशासनिक कामले दमौली जानुपर्दा घण्टौँ हिँड्नुपर्ने अवस्था थियो”, खड्काले भने, “अब भने दैनिक बस सञ्चालन हुने भएपछि भने स्थानीयलाई निकै राहत हुने भयो ।” घाँसीकुवादेखि भानु नगरपालिका–६ पड्के पसलसम्म १४ किलोमिटरसम्म बागेश्वरी मोटर मार्ग पर्दछ । तर थप नौ किलोमिटर पक्की सडकखण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटर मार्ग उपभोक्ता समितिले जनाएको छ । उक्तमार्गमा बस सञ्चालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली जानुपर्ने अवस्था थियो । चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली पुग्न ३४ किलोमिटर तय गर्नुपर्नेमा यस मार्गबाट २३ किलोमिटर मै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग समन्वय गरी बस सञ्चालन गरिएको र भाडा दर न्यूनतम तोकिएको उक्त मोटर मार्गका अध्यक्ष विवेक भट्टराईले बताए । स्थानीय नेता गोविन्द भट्टराईको पहलमा मार्ग स्तरोन्नति गरिएपछि बस सञ्चालनमा सहज भएको उनले बताए । “यस मार्गमा वर्ष भरी नै सवारीसाधन सञ्चालन गर्ने गरी व्यवस्था गरेका छौँ”, अध्यक्ष भट्टराईले भने, “बस सञ्चालन गरिएपछि स्थानीयलाई निकै ठूलो राहत भएको छ ।” उक्त मार्गमा दैनिक बस बिहान चन्द्रावतीबाट छुट्ने र मध्याह्न ४ बजेतिर दमौलीबाट फर्किने व्यवस्था गरिएको उनले जानकारी दिए ।
नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्रले अमेरिकामा यसरी मनाइयो नयाँ वर्ष {फोटो फिचर} काठमाडौं। जो जहाँ पुगे पनि मन सधै नेपाली नै रहन्छ। नेपालदेखि भौगोलिक रुपमा टाढाको भूगोल अमेरिकामा बसोबास गर्ने नेपालीहरुले धुमधामका साथ नेपाली नयाँ वर्ष मनाएका छन् । मेरिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले नयाँ वर्षलाई नेपालको झल्को मेट्ने गरि मनाएका हुन् । मेरिल्याण्डको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको आयोजनामा भएको नयाँ वर्षको कार्यक्रममा शुभकामना आदनप्रदान गर्दै विभिन्न रंगहरु एक अर्कामा लगाएर माया सद्भाव साटासाट गरेका थिए । परदेशको भूमिमा रहदा पनि आफ्नो कला संस्कृतिलाई परिचित गराउँदै भावी पिडीलाई नेपाल र नेपालीपनको भावना मनमा जगाएको पाइन्छ। तस्बिरमा हेर्नुहोस्:
सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने (भिडियो) काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सातौं प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ । आायेजक नेपाल गल्फर एसोसियसनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर सोमबारबाट सुरु हुने जानकारी गराएको हो । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने एसोसियसनले जनाएको छ । प्रतियोगितामा ३२ प्रोफेसनलसहित एमेच्योर गल्फरको सहभागिता रहने छ भने विजेताले १ लाख ४० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ९० हजार तथा तेस्रोले ६७ हजार पाउनेछन् । यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । हेर्नुहोस् भिडियो:
बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने सांसद परियारको दावी {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले दलहरुबीच आपसी छलफल गरेर बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताए । मन्त्री चयनका बिषयमा कांग्रेसभित्र कुनै विवाद नभएको दावी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसंग आवश्यक कुराकानी गरिरहेको जिकिर गरे। त्यस्तै उनले दलहरुबीच भएको सहमति अनुसार वर्तमान सरकार पुरै कार्यकाल सञ्चालन हुने बताए। फरक प्रसंगमा उहाले रास्वपाका सांसदलाई दलले छानविन वा कारवाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारवाही गर्ने अधिकार दललाई रहेको पनि बताए। त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदलाई कारवाही गरिएको पत्र सभामुख समक्ष पठाइसकेको भन्दै आवश्यक प्रक्रिया अघि बढ्ने जिकिर गरे। उनले बिगतमा पनि अन्य दलमा यस्ता अभ्यास भएकाले थप अध्ययनका लागि सभामुखलाई सहयोग गर्न पार्टी तयार रहेको बताएका छन् । हेर्नुहोस् भिडियो:
यस बर्ष समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छः देवेन्द्र पौडेल (भिडियो) काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले यस बर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक भएको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै आफु शिक्षा मन्त्री हुँदा छपाई गर्ने मेशिन, कागज लगाएतका समाग्री समयमा नै व्यवस्थापन गर्नका लागि ध्यान केन्द्रीत गरेकाले अहिले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सफल भएको र त्यो सकारात्मक भएको बताएका हुन् । उनले तत्कालिन अवस्थामा चार वटा नयाँ मेशिन किनेको र प्रशासनिक सुधारका साथै ढूवानीको समस्या समाधान गरिएको दावी गरे । १० बर्षमा नेपालको शिक्षालाई गुणात्मक सुधारका लागि चालिएका कदमलाई अघि बढाउन सके नेपालको शिक्षा विश्वस्तरकै हुने उनले बताएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार देखि नै देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञानस गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ । हेर्नुहोस् भिडियो:
वर्तमान सरकारसंग संसद चलाउने योजना नै छैनः योगेश भट्टराई {भिडियो} काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेज दिने भएपनि अहिलेको सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका हुन् । उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई पनि सदनमा नल्याई बाहिरैबाहिरैबाट टुङ्ग्याउन खोजिएको बताए । शान्तिप्रक्रिया प्रचण्डको मागिखाने भाडो मात्रै भएको भन्दै उहाले सरकारमा गएपछि यसलाई प्रचण्डले प्राथमिकता दिन नसकेको जिकिर गरे। उनले बिभिन्न ऐनहरु अघि वढ्न नसक्दा प्रशासनिक संयन्त्रलाई अप्ठेरो अवस्थामा परेको र सरकार उत्तरदायी नदेखिएको धारणा राखे। हेर्नुहोस् भिडियो:
रघुजी पन्तको कटाक्ष: ‘प्रधानमन्त्री हराएको सूचना’ काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री नदेखिएको भन्दै हराएको सूचना पढेर कटाक्ष गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद पन्तले पछिल्लोपटक संसदमा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउदै कटाक्ष गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तिमपटक बालुवाटारको छेउछाउ देखिएकोले संसदमा बुझाउन समेत आग्रह गरे। त्यस्तै बैठकमा एमाले सांसद ठाकुर गैरेले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरे। उनले के र कुन कारणले व्यवस्थामा संकट परेको हो भन्ने बिषयमा संसदमा नै प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने धारणा राखे। गैरेले सवै चूनौती सामना गर्न संसद तयार हुनुपर्ने बताए। त्यस्तै नेमकिपा सांसद प्रेम सुवालले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले जनतामा भ्रम सिर्जना भएको बताए । उनले आफ्नो असक्षमतालाई ढाकछोप गर्नका लागि प्रधानमन्त्रीले झुटा तर्क गरिरहेको जिकिर गरे। प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७७ र भ्रष्टचार निवारण पहिलो संशोधन विधेयक २०७७ का सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो भने राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक बैंशाख ५ गते बोलाइएको छ । हेर्नुहोस् भिडियो:
उद्योग वाणिज्यका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हाले {भिडियो} काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हालेका छन् । काठमाडौंको टेकुस्थीत महासंघको कार्यालयमा पुगेर ढकालले पदभार सम्हालेका हुन् । सो क्रममा ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान्तरण गरेका थिए । पदभार ग्रहणपछि अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विशेष गरी पाँच वटा विषयलाई प्राथमिकतामा राखेको बताए। उनले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने बताएका छन् । त्यस्तै राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गर्ने उनले बताए । ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादा क्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्न दवाव दिने धारणा राखेका छन् । त्यस्तै महासंघका निवर्तमान अध्यक्ष गोल्छाले आफुले नयाँ अध्यक्षलाई सदैव साथ र समर्थन रहने बताए । उनले विधान अनुसार महासंघ चलेको र निर्वाचनबाट आएका कार्यसमिति सदस्यहरुले अहिलेको चूनौतिलाई समाधानका लागि पहल गर्नेमा विश्वास व्यक्त गरे। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७ औं साधारणसभा मार्फत ढकाल २० औं अध्यक्षमा निर्वाचित भएका हुन् । हेर्नुहोस् भिडियो:
विदेशमा रहेका नेपालीले आफू बसेको देशबाट मतदान गर्न पाउने व्यवस्था गरिनेछ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाललाई आफू बसेको देशबाट मतदान गर्ने व्यवस्था गरिने बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको शुक्रबार राति भएको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू बसेको देशबाट नेपालीलाई मदाधिकार प्रयोग गर्ने व्यवस्था गर्ने बताएका हुन् । प्रवासमा रहेका लाखौं नेपाली मदाधिकारबाट बन्चित रहेकाले अब उनीहरुले आफू बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।
वर्षमान पुनकी आमामाथि गोली प्रहार काठमाडौं। माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रकाशलाई शुक्रबार राति नै नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय नक्सालमा ल्याएर अनुसन्धान थालिएको छ । प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अगुवा गाडीमा बस्ने प्रहरी हुन्। पुनकाे  घरमा   प्रहरीकाे  भीआईपी सुरक्षाकाे टाेली खटिएकाे थियाे।   पुनकाे आमालाई गाेली चलाउने  प्रहरी हवल्दार पुनकाे आफन्त रहेकाे स्राेतले बतायाे।
भैरव र भद्रकालीको रथ जुधाइयो भक्तपुर। भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ। तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो। बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४० मिनेटमा भेलुखेलस्थित ल्यासिङ्खेलमा लिङ्गो ठड्याइएको थियो। पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी आज एक घण्टाको प्रयास पछि ढालिएको थियो। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतिकस्वरूप दुईवटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ। त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो। लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ। भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजाविधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ। लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ। यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ। जात्रामा रथ जुधाउनु अघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ। भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ। बिस्केट जात्राको छैठौ दिन अर्थात वैशाख २ गते मध्यपुर थिमि बालकुमारी स्थित बिहान सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।
यस्तो छ यस वर्षको ग्रहयोग काठमाडौँ । आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउँछन् । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उनले बताए । “यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख दुवैले असमञ्जस्यता, अलमल र असहज परिस्थितिको सामना गर्नुपर्ने ग्रहयोग देखिन्छ”, उनले भने । भदौ महिनादेखि सरकारको सबैभन्दा ठूलो घटक दलको नेतालाई तुलनात्मकरूपमा सहज परिस्थिति निर्माण हुनेछ । प्रतिपक्षका लागि पुससम्मै विग्रह र आन्तरिक फुटको अवस्थाको ग्रहयोग देखिएको छ । राजनीतिक अस्थिरता र किचलो नै यो वर्षको विशेषता हुने भएको छ । नेपाल राष्ट्र र सरकार प्रमुख दुवै अत्यधिक दबाबमा रहनेछ । दृश्य अदृश्य विदेशी चलखेल र दबाब बढ्ने ग्रहगोचरीय अवस्था छ । नयाँ रोगव्याधीका कारण जनस्वास्थ्यमा समस्या देखिने अवस्था छ । नेपाली आकाश थप असुरक्षित रहेको अनुभूति हुने योग यो वर्ष पनि देखिएको ज्योतिषी पाण्डेय फलित शास्त्रीय विश्लेषण छ । अनावृष्टिका कारण दुर्भिक्षका लक्षणसमेत देखिन सक्ने ग्रहयोग २०८० सालमा देखिएको छ । लुकेका अपराधीको भण्डाफोर हुने वर्ष ज्योतिषी पोखरेलका अनुसार यो वर्षभरि हरेक धार्मिक कार्यमा उच्चारण गरिने पिङ्गल संवत्सर एकादश युगको पहिलो संवत्सर हो । वृष्टिः समाद्ये प्रमुखे अर्थात् यो वर्ष परेको संवत्सर नामक वर्षमा सम वृष्टि हुन्छ अर्थात् वर्षा न कम, न ज्यादा, आवश्यकतानुसार हुने ज्योतिष एवं वास्तुविद् शिव पोखरेल बताउनुहुन्छ । संवत्सरको स्वामी देवता अग्नि भएकाले वर्षभरि जनमानसले अग्नि देवताको पूजा वा यज्ञ गर्नाले सम्पत्ति (सुख समृद्धि) हुने वेदमा उल्लेख गरिएको छ । प्रभवादि ६० संवत्सरमध्ये यो पटक परेको पिङ्गल संवत्सरमा गाईआदि दूधारु पशुहरुको हानी, वाहनहरुको नाश, कम वर्षा र शासकहरुमा अचानक सङ्कट उपस्थित हुनाले द्वन्द हुने योग देखिएको उनी बताउँछन् । संवत्सरको अगाडि यदि बृहस्पति राम्रो राशिमा गोचर गरिरहेको छ, अस्त छैन, स्वच्छ विम्बवाला छ, कुनै ग्रहका साथ युति विशेषतया गूढ युति नगरेको छ र बलवान् सुस्थित ग्रहबाट दृष्ट छ भने भनिएका शुभ फल अधिक मात्रामा हुन्छ र अशुभ फल सीमित नै रहन्छ । यसको विपरीत स्थिति हुँदा अशुभता धेरै बढ्न सक्ने मानिने ज्योतिषी पोखरेलको भनाइ छ । यो वर्ष वैशाख ९ गते बृहस्पति रेवतीबाट अश्विनी नक्षत्रमा तथा मिनबाट मेषमा सर्ने र वैशाख १९ गते अश्विनी नक्षत्रमा उदय हुन्छ । वैशाख ९ गतेदेखि कात्तिक १३ गतेसम्म आकाश मण्डलमा राहु बृहस्पतिको युतिद्वारा चाण्डाल योगको सृजना भएको देखिनु शुभ होइन । गएको वर्ष २०७९ सालमा शनि राजा भए पनि पूरै वर्षभरि नै बृहस्पति शुभ मानिने आफ्नो स्वराशि मीनमा भ्रमण गरिरहेको अवस्था थियो । यसले सकारात्मक फल दिएको थियो । यस वर्ष संवत्सरमुख मङ्गलबार परेको हुनाले दुर्घटनाहरू हुन सक्छन् भनेर ज्योतिष शास्त्रका ग्रन्थमा सङ्केत गरिएको छ । यो पटक बृहस्पति उदय हुँदा र संवत्सर परिवर्तन हुँदा पनि संवत्सर पुरुषको खास अङ्गहरु मानिने नक्षत्रमा कुनै पनि पापग्रहको भ्रमण नहुनु यो वर्षका लागि शुभ प्रभाव मान्न सकिन्छ । विगतका वर्षमा संवत्सर पुरुषको खास अङ्गमा अशुभ फलदायक मानिने ग्रहले भ्रमण गरेको अवस्था थियो । बुध राजा भएको वर्ष मायावी, ढोंगी, पाखण्डी, ठग र छलकपट गर्ने मानिसको हाउभाउ रहन्छ । अनौठो कर्म गर्ने, गायन विद्यामा निपूर्ण, नागरिक जन, चित्रकार र लेखकको वृद्धि हुन्छ । गणितवेत्ता र युद्ध कुशल व्यक्तिहरू उन्नति गर्दछन् । राष्ट्र प्रमुखको व्यवहारमा परस्पर अनपेक्षित परिवर्तन आउने हुन्छ । वार्ताकारहरू (संवाददाता, पत्रकार)को वृद्धि, पशुपाल, कृषि र व्यापारको वृद्धि हुन्छ । वेदहरूको प्रचार हुन्छ,कानूनको यथासम्भव पालना हुन्छ, धार्मिक कानूनको पालना गरिन्छ । अध्यात्मविद्या र योगविद्याको प्रचार, दण्डनीति, तर्कशास्त्रको पनि प्रचार हुन्छ । विदग्ध, सभा चतुर, हास्यप्रिय व्यक्तिहरू (अभिनेताहरू) दूतहरू, कविहरू, विद्वान, बालक, नपुंसक, तकनीकी विशेषज्ञ, ठूला पुलको नजिक बसोबास गर्ने र पर्वतीय व्यक्तिको हृदयमा विशेष सन्तुष्टि रहने हुन्छ । नयाँ–नयाँ औषधिको खोजी हुन्छ । भारतीय विद्वान् ज्योतिषाचार्य डा सुरेशचन्द्र मिश्रको संवत्सर संहितामा उल्लेख भएअनुसार बुध राजा भएको वर्ष लुकेका अपराधीको भण्डाफोर हुन्छ । गीतकार, सङगीतकार, अभिनेता, विद्वान्को गैरकानुनी गतिविधिको खुलासा हुने उनी बताउँछन् । असार १६ गतेदेखि भदौ १ गतेसम्म शनि र मङ्गल आमुन्नेसामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेका छन् । भदौ १ गतेदेखि मङ्गलको अष्टम पूर्ण दृष्टि राहुमाथि तथा असोज १६ गतेदेखि कात्तिक १३ गतेसम्म मङ्गल र राहु आमुन्ने सामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेर अङ्गारक योगको सिर्जना भएको छ । विसं २०८० को चैत महिनाभरि मीन राशिमा राहु र सूर्यको सहयुति तथा कुम्भ राशिमा शनि र मङ्गलको सहयुति भएको देखिने हुनाले चैतमा पूरै विश्वको विभिन्न देशहरूमा सङ्घर्षमय अवस्था रहन सक्छ । अर्को वर्ष मङ्गल राजा एवं शनि मन्त्री हुनाले २०८१ सालको सुरूमै पनि त्यति राम्रो ग्रहयोग नरहेको ज्योतिषी पोखरेल बताउँछन् ।
पलाञ्चोक भगवती मन्दिरमा भक्तजनहरुको भिड (फोटोफिचर) काठमाडौं । आज बैशाख १ गते । नेपालीहरु आजको दिन विभिन्न मन्दिर,गुम्बा लगायतका स्थानमा जाने र पुजा गर्ने गर्दछन् । यसै अवसरमा काभ्रेको पलाञ्चोक भगवतीको मन्दिरमा पनि दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ । यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। विक्रम संवत् ४२५ को लिच्छविकालीन अभिलेखहरूमा राजा मानदेवले यस मन्दिरको स्थापना गरेको उल्लेख गरिएको छ । यो मन्दिर अलौकिक र अनुपम् कलाकौशलले भरिपूर्ण तथा आकर्षित रहेको छ । सुनको जलप लगाइएको पित्तलको गजुर भएको प्यागोडा शैलीको तीनतले यस मन्दिरका दुवै छाना तामाका छन् भने टुँडाल र झ्यालहरू कलात्मक काठका रहेका छन् धातुले नै मोडिएका ढोकाहरू छन् । मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण छ । पलान्चोक भगवतीलाई काभ्रेकै बुचाकोट भन्ने ठाउँबाट ल्याइएको हो कथन छ । बुचाकोट भगवती, पलान्चोक भगवती, नाला भगवती र नक्साल भगवती दिदी बहिनी हुन भन्ने विश्वास छ । यी चारै देवीका मूर्ति एउटै कालीगढले अलगअलग हात र खुट्टाले बनाएका हुन् भन्ने किंवदन्ती छ । एक भगवतीको मूर्ति बनाइ सकेपछि अर्को त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालीगढको हात काटिएको थियो । उसले हात नभए पनि नाला र नक्साल भगवती मुर्ति खुट्टाले बनाएको किम्वदन्ती छ ।
मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत हुँदैछः प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया लगाएत समग्र मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका हुन् । अहिले माओवादीको नेतृत्वका सरकार रहेका कारण परिवर्तनहरु उल्टिन नसक्ने जस्तो लागेपनि स्थिति सहज भने नरहेको उनले बताए । उनले समयमा नै जिम्मेवारी बोध नगर्ने र संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने धारणा राखे । प्रचण्डले सरकारको नेतृत्व गरेपछि धेरै काम सुरु भएको र त्यसमा केहि पुरा नभएको र केहि पुरा हुन बाँकी रहेको भन्दै कामको स्वामित्व लिने भन्दा पनि जनतामा भ्रम छर्ने प्रवृति हावी देखिएको उल्लेख गरेका छन्। उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए। प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरुले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । हेर्नुहोस् भिडियो:
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ । प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उनको सचिवालयले जनाएको छ । सोहीअुनसार प्रधानमन्त्री दाहाल बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पुगिसकेका छन्। कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो ।
एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने काठमाडौं । नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्घका सचिव अनुपमा रेग्मीले जानकारी दिए । उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए । सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार वैशाख १६ गते सोही दिवस मनाउने निर्णय गरेको हो । विसं १९८७ मा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवं वुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेर समक्ष निवेदन पेश गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । उक्त दिनलाई नेपालको इतिहासमा ‘लाईब्रेरी पर्व’ को रुपमा लिइन्छ ।
निजाम मुकर्रम जाह, जसले चार हजार करोडको सम्पत्ति बर्बाद गरे काठमाडौं । एक स्विस ज्योतिषीले सन् १९८० को दशकमा हैदरावादका आठौं निजाम मुकर्रम जाहलाई भनेका थिए, “तिमी ८६ वर्षको उमेर अघि मर्ने छैनौ।” धेरै वर्ष पहिले जब पत्रकार-लेखक जोन जुब्रिस्की, जसले मुकर्रम जाहलाई चिन्थे, टर्कीको अनातोलियामा उनलाई भेटे । उनी मधुमेहको औषधि खाँदै र चुरोट पिउँदै थिए । त्यतिबेला उनी ७१ वर्षका थिए। उनले जोन जुब्रिस्कीलाई आत्मविश्वासका साथ भने, “जब मेरो हजुरबुबा मीर उस्मान अली खान चेन-स्मोकर हुनुको अलावा एक दिनमा ११ ग्राम अफिम लिएर ८० वर्षसम्म बाँच्नुभएको थियो , म उहाँभन्दा धेरै बाँच्नेछु।” २०२३ मा मुकर्रम जाहको मृत्यु हुँदा उनी ८९ वर्षका थिए । उनको एनाटोलियाको तीन बेडरूमको अपार्टमेन्टमा मृत्यु भयो, जहाँ एक नर्स, एक कुक र एक केयरटेकर उनीसँगै बस्थे। टर्कीमा रहेका उनका छिमेकीहरूलाई समेत थाहा थिएन कि निजाम मुकर्रम जाहका मावली हजुरबुवा अब्दुल मजीद द्वितीय थिए, जो ओटोमन साम्राज्यका अन्तिम ‘खलिफा’ थिए जसले १९२४ मा निर्वासन भोग्नुपरेको थियो। मुकर्रमका बुबा राजकुमार आजमले स्विट्जरल्याण्डमा शरण लिएकी ‘खलिफा’की एक्ली छोरी दुरुशेभरसँग विवाह गरेका थिए। मुकर्रम जाह सन् १९६७ मा हैदरावादको आठौं र अन्तिम निजामको रूपमा सिंहासनमा बसेका थिए र उनका हजुरबुवाबाट एक दर्जनभन्दा बढी दरबार, मुगल कलाकृति, सयौं किलो सुन र चाँदीका गहना, हिरा र बहुमूल्य पत्थरहरू विरासतमा पाएका थिए। तर आफ्नो मृत्यु हुनु अघि, उनले अनुमानित ४,००० करोडको सम्पत्ति ‘गुमाएको’ वा अर्को शब्दमा ‘उडाएका’ थिए। मुकर्रम जाहका जीवनीकार जोन जुब्रिस्कीले ‘द लास्ट निजाम: राइज एण्ड फल अफ इण्डियाज ग्रेटेस्ट प्रिन्सली एस्टेट’ मा लेख्छन्, “मुकर्रमले आफ्नो पुर्खा पहिलो निजामले राती पहरेदारहरूलाई घूस दिएर गोलकोन्डा किल्लाको ढोका खुलाएर कसरी दक्षिणमा विजयी भएका थिए भन्ने कथा चाखपूर्वक सुनाउँथे ।” “त्यसपछि सुन, चाँदी र हीरा-रत्नहरू ऊँटमा भरेर औरङ्गजेबको दरबारमा लगियो।” जोन जुब्रिस्की थप लेख्छन्, “यो संयोग मात्र होइन कि हैदरावाद निजामको रियासतको भूभाग जुन फ्रान्स जस्तो देश जत्तिकै ठूलो थियो, अहिले केही सय एकडमा सिमित भएको छ।” जब मुकर्रम जाहको मृत्यु भयो, निजाम हैदरावादको सम्पत्तिका दर्जनौं उत्तराधिकारीहरू बीच अदालतमा सयौं मुद्दाहरू चलिरहेका थिए, जसको सुनुवाइ अझै जारी छ। तर हैदरावादको अन्तिम निजामको अपार सम्पत्ति उडाएकोबारे बुझ्नको लागि इतिहासमा फर्किनु पर्छ किनकि उनका हजुरबुवा मीर उस्मान अलीले आफ्ना छोरा राजकुमार आजमको सट्टा नाति मुकर्रमलाई उत्तराधिकारीको रूपमा रोजेका थिए। मीर उस्मान अली खानका जीवनीकार डीएफ कराकाले ‘फेबुलस मुगल’ मा लेख्छन्, “उस्मान अली खानले विरासतमा धेरै सम्पत्ति पाएका थिए र ‘किंग कोठी’ दरबारमा आफ्नै ‘जनाना’ बनाएका थिए जहाँ उनी १९२० मा २०० पत्नीहरूसँग बस्ने गर्थे । उनीहरू १९६७ अर्थात सातौं मुगलमो मृत्युसम्म घटेर ४२ जना मात्र बाँकी थिए ।” लेखक जोन जुब्रिस्कीले ‘द लास्ट निजाम: राइज एण्ड फल अफ इन्डियाज ग्रेटेस्ट प्रिन्सली एस्टेट’ मा लेखेका छन्, “मेरो हजुरबुबा मीर उस्मान अली खान साँझ दरबारको बगैंचामा जानुहुन्थ्यो जहाँ उनका सबै श्रीमतीहरू आइपुग्ने गर्थे। उहाँले सेतो रुमाल जसको काँधमा राख्नुहुन्थ्यो उनीहरूलाई राती नौ बजे दरबारको हजुरबुवाको शयनकक्षमा कुन रानीले भेट्नुपर्छ भन्ने थाहा हुन्थ्यो ।” तर यी सबैको बीचमा हैदरावादका सातौं निजाम मीर उस्मान अलीका छोराछोरी र नातिनातिना बढ्दै गएका थिए र उनको मृत्युको समयमा यो संख्या लगभग १०० थियो, जुन २००५ मा ५०० नाघेको थियो। ती सबैले आठौं र अन्तिम निजाम मुकर्रम जाह विरुद्ध सम्पत्ति बाँडफाँड मुद्दा दायर गरेका थिए। तर, वास्तविकता यो पनि थियो कि सन् १९४७ मा भारतको स्वतन्त्रताका बेला हैदराबादको रियासतलाई देशकै सबैभन्दा धनी रियासत भनिएको थियो, जसको बारेमा बेलायतका प्रधानमन्त्री स्वयंले बयान दिएका थिए । जुलाई १९४८ मा, विन्स्टन चर्चिलले ब्रिटिश संसदलाई भने, “संयुक्त राष्ट्र संघका ५२ सदस्य राष्ट्रहरू मध्ये, २० हैदराबाद भन्दा साना थिए र ती मध्ये १६ को हैदराबादको निजामको रियासत भन्दा कम आय थियो।” यो त्यो समय थियो जब राजकुमार मुकर्रम जाहकी आमा दुरुशेवरले आफ्ना ससुरा निजाम मीर उस्मान अलीको इच्छा विरुद्ध मुकर्रमलाई पहिले दून स्कूल र त्यसपछि क्याम्ब्रिज, इङ्गल्याण्डमा अध्ययन गर्न पठाइन् । यसैबीच, हैदरावादको रियासत भारतमा विलय भएको थियो र मानिसहरूले निजाम हैदरावादको कुल संचित पूँजी र चल र अचल सम्पत्तिको अनुमान गरिरहेका थिए। मीर उस्मान अलीका जीवनीकार डीएफ कराकाका अनुसार, “१९५० को दशकमा निजामको कुल सम्पत्ति १ अर्ब ३५ करोड रुपैयाँ थियो, जसमध्ये ३५० मिलियन नगद, ५ करोड हीरा र गहना र यस्तै मूल्यका दरबार र सम्पदाहरू थिए।” न्यूयोर्क टाइम्स पत्रिकाले सन् १९४९ मा निजामको कुल सम्पत्ति करिब दुई अर्ब अमेरिकी डलर हुने रिपोर्ट गरेको थियो । निजाम हैदरावादको सम्पत्तिको सबै अनुमानहरू मध्ये, स्टेट बैंक अफ इन्डियाले धेरै पटक उनको हीरा-रत्न र गहनाको तथ्याङ्क दिएको छ र धेरै पटक चलिरहेको अदालती मुद्दाहरूमा बताइएअनुसार यो लगभग ४ हजार करोड करोड रुपैयाँ भएको अनुमान छ। यस अवधिमा निजाम मीर उस्मान अलीले आफ्नो राज्यको अन्तिम निजाम आफ्नो छोरा आजम जाह नभइ नाति मुकर्रम जाह हुनेछन् भन्ने मन बनाइसकेका थिए। सन् १९५४ जुन १४ मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई लेखिएको पत्रमा उनले लेखेका थिए, “राजकुमार आजम जाहले आफ्नो अतिव्यय र मदिराको लतका कारण आफूलाई परिवारको प्रमुख बन्न योग्य साबित गर्न सकेका छैनन्। मेरो नाति मुकर्रम जाह मेरो व्यक्तिगत सम्पत्तिको उत्तराधिकारी हुनेछ।” त्यसपछिका वर्षहरूमा, जब भारत सरकारले पुरानो शाही घरहरूको अधिकार कब्जा गर्न जारी राख्यो, मुकर्रम जाहले इङ्गल्याण्ड र युरोपमा पुल निर्माणदेखि माइनफिल्ड बिछ्याउने सबै कुरा सिकिरहेका थिए। लण्डनको ह्यारो स्कुलमा रहेका आफ्ना साथी रशिद अली खानलाई उनले त्यसबेला भनेका थिए, “म पूर्ण रूपमा स्वतन्त्र मानिसको जीवन जिउन चाहन्छु, त्यसैले म आफ्ना सबै शौकहरू पूरा गरिरहेको छु, चाहे त्यो चलचित्र हेर्ने होस् वा ज्याज संगीत कार्यक्रममा भाग लिने।” १९५८ मा, इस्तानबुलमा छुट्टीमा हुँदा, उनले एस्रा बर्गिनलाई भेटे, जसलाई मुकर्रमले लन्डनको केन्सिङ्टन कोर्टमा गोप्य रूपमा विवाह गरे। धेरै वर्षपछि इतिहासकार अनिता शाहसँगको कुराकानीमा उनले भने, ‘मेरो हजुरबुवा, तत्कालीन निजाम र मेरी आमा यो विवाहको विरुद्धमा हुनुहुन्थ्यो, तर उनीहरूसँग पनि विकल्प थिएन ।’ अन्ततः, जब सातौं निजाम, मीर उस्मान अलीको १९६७ मा मृत्यु भयो, मुकर्रम जाह अन्तिम निजामको रूपमा सिंहासनमा बसे। धेरै समस्याहरू मध्ये सबैभन्दा ठूलो शाही खर्च थियो। धेरै वर्षपछि टर्कीमा जोन जुब्रिस्कीलाई दिएको अन्तर्वार्तामा मुकर्रम जाहले भने, “मेरो हजुरबुवासँग १४ हजार ७१८ जना कर्मचारी थिए। यसबाहेक उहाँसँग ४२ पत्नी र १०० सन्तान थिए जसको शाही खर्चको जिम्मेवारी उहाँमाथि थियो ।” “हैदरावादको चौमहल्ला दरबार परिसरमा ६ हजार कर्मचारीहरूको पूरा तैनाथी थियो र हाम्रा सबै दरबारहरूमा करिब ५ हजार गार्डहरू थिए। यी सबै बाहेक, निजामको भान्छामा दैनिक २ हजार मानिसहरूका लागि खाना पकाइन्थ्यो र केही कर्मचारीहरू नजिकैका धेरै होटल-रेष्टुरेन्टमा यसको ठूलो हिस्सा चुपचाप बेचिदिन्थे ।” मुकर्रम जाहले निजामको शाही ग्यारेज पनि रोल्स रोयसले भरिएको बताएका थिए। यी गाडीहरुमा पेट्रोलको वार्षिक खर्च त्यतिबेला ९० हजार अमेरिकी डलर थियो । मुकर्रम जाहलाई सन् १९६८ मा पहिलो झट्का लागेको थियो जब आन्ध्र प्रदेश उच्च अदालतले निजामको सम्पत्ति उनका सबै उत्तराधिकारीहरूमा समान रूपमा बाँड्ने निर्णय गरेको थियो। यो मुद्दा मुकररम जाहकी बहिनी शहजादी पाशाले दायर गरेकी थिइन्, जसलाई उनका हजुरबुवाले विवाह गर्न दिएनन्। अर्को दुई वर्षमा, उनकी श्रीमती एस्रा र बच्चाहरू इङ्गल्याण्ड फर्किए र हैदराबादमा आफ्नो सम्पत्ति बचाउने उनको योजना एकपछि अर्को असफल भयो। इन्जिनियरिङ र मोटर मेकानिक्समा रुचि राख्ने मुकर्रम जाहले निजामको ड्युटीबाट फुर्सद पाउँदा हजुरबुवाको ग्यारेजमा रहेका ५६ वटा कार मर्मत गर्थे । वर्षौं पछि इङ्गल्याण्डमा, उनकी पहिलो पत्नी, एस्राले जोन जुब्रिस्कीलाई भनिन्, “उनी या त सेनामा जान चाहन्थे वा कार मेकानिक बन्न चाहन्थे। उनले यस सम्पत्ति मामिलामा नजिकका साथीहरूमा भर परेर कुरा मिल्नेछ भन्ने सोचेका थिए तर बन्न सकेन । उनी यी सबैका लागि बनेकै थिएनन् ।” यहाँ हैदरावादमा निजाम मुकर्रम जाहले अचानक ह्यारो र उनका एक क्याम्ब्रिज साथी, र जर्ज होब्डे, जो पश्चिमी अस्ट्रेलियामा डाक्टरको रूपमा अभ्यास गरिरहेका थिए, उनीहरूलाई सम्झिए र उनीहरूलाई भेट्न गए। यहीँबाट उनको जीवनले ठूलो मोड लियो र हैदरावाद मात्र होइन उनको सम्पत्ति पनि उनको हातबाट गयो । उनलाई पश्चिमी अष्ट्रेलियाको पर्थ सहर वरपरको दृश्य र मानिसहरू यति मन पर्यो कि उनले यहाँ फार्म हाउस किन्ने निर्णय गरे। अचानक उसलाई भेडा फार्म “मर्चिसन हाउस स्टेशन” को बारेमा थाहा भयो। टाइम म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा मुकर्रम जाहले भने, “मुर्चिसन नदीको नीलो पानीले जसरी रातो स्याण्डस्टोनका पहाडहरूबाट घुमाउरो किनारा काट्यो जुन एक विशाल खेतको बीचमा थियो। मैले पुरानो हैदरावाद नजिकै पहाडहरूजस्तो पाएँ र म सम्झिरहेको थिएँ त्यो जङ्गल जहाँ बाल्यकालमा म हजुरबुवासँग शिकार गर्न जान्थें। यसैबीच, मुकर्रमले हेलेन सिमन्स नामकी अष्ट्रेलियाली महिलासँग विवाह गरे, जसको पछि एड्सबाट मृत्यु भयो। यस विवाहबाट पनि उनका दुई सन्तान थिए, जसमध्ये दोस्रो, राजकुमार ओमर जाहको ड्रग्स ओभरडोजका कारण मृत्यु भयो। मुकर्रम जाहले पाँच लाख एकड जमिनमा फैलिएको आफ्नो अष्ट्रेलियाको नयाँ इस्टेट ‘मर्चिसन हाउस स्टेसन’मा आफ्नो ध्यान केन्द्रित गरेका थिए । यसको एकातिर हिन्द महासागर र अर्कोतिर पहाड र गुफाहरू थिए। यता भारतमा आफ्नो सम्पत्तिमा अरुको कब्जा बढ्दै थियो, भागबण्डा भइरहेको थियो, अर्कोतिर मुकर्रमले अस्ट्रेलियामा करोडौंको सम्पत्ति किन्दै थिए । यसमा पानी जहाज, संसारको सबैभन्दा ठूलो बुलडोजर, ल्यान्डमाइन खोज्ने मेसिन र एउटा सुन खानी पनि समावेश थियो। उनका जीवनीकार जोन जुब्रिस्कीका अनुसार, “खर्चको बढ्दो सूचीको साथ, मुकर्रमले आफ्ना कर्मचारी र विश्वभरका महँगो होटलहरूको खर्च पूरा गर्न स्विट्जरल्याण्डलाई बहुमूल्य हीरा र गहनाहरू बेचेका थिए। तर अष्ट्रेलियामा उनको खर्च दोब्बर र तीन गुणा बढ्दै गयो। र मानिसहरूले उनको पैसामा जालझेल गर्न थाले।” ऋणको जीवन, ऋणीबाट बच्ने प्रयास र भारत सरकारले निजाम ट्रस्टका गहना र बहुमूल्य वस्तुहरू विदेशमा लिलामी गर्न लगाएको प्रतिबन्धका कारण मुकर्रम जाह टुटेका थिए । १९९६ सम्म उनले ऋण तिर्नको लागि अष्ट्रेलिया र युरोपमा सम्पत्तिहरू धितो राखेर बेच्नुपर्‍यो, उनको याट जफत गरियो, र उनका कार र बुलडोजरहरू लिलामी गरियो। अस्ट्रेलियाको ‘द वेस्टर्न मेल’ अखबारले लेखेको छ, ‘उनका कर्मचारीहरूले गलत तरिकाले पैसा खर्च गरेका छन् र ठगी पनि गरेका छन्। शाह आफ्ना छोराछोरीको संरक्षकत्वमा पनि ब्याकफुटमा परेका छन् र उनले भारी क्षतिपूर्ति तिर्नुपर्नेछ ।” त्यसै वर्षको एस शुक्रबार ‘निजाम’ मुकर्रम जाहले पर्थमा आफ्ना सेक्रेटरीलाई आफू नमाज पढ्न जान लागिरहेको बताए । त्यसपछि उनी अस्ट्रेलियामा देखिएनन् । आफूमाथि दर्ता भएको मुद्दामा कारबाही हुने डरले उनी टर्की भागे र जीवनभर त्यहीँ बसे । हो, यसबीचमा उनले थप दुई विवाह गरे जुन लामो समय टिक्न सकेनन् । सन् २००२ मा भारत सरकारले उनलाई निजाम ट्रष्टबाट सरकारी कोषमा लिइएका गहनाका लागि २२ करोड डलर दिएको थियो तर यो मूल्य बजार मूल्यको एक चौथाइभन्दा कम रहेको बताइएको छ । यस वर्षको सुरुमा उनको मृत्यु पछि, मुकर्रम जाहको पार्थिव शरीरलाई हैदरावाद ल्याइयो र पूर्ण सम्मानका साथ गाडियो। यसअघि उनी अन्तिम पटक २०१२ मा हैदराबाद आएका थिए । यसको केही वर्ष पछि, जीवनी लेखक जोन जुब्रिस्कीले उनलाई सोधेका थिए कि के उसलाई कुनै पछुतो छ ? अन्तालियाको त्यो क्याफेमा टर्कीको चिया चुस्दै मुकर्रम जाहले भने, ‘हो, इङ्ल्यान्डमा मेरा एकजना साथीले मलाई भनेका थिए, ‘धेरै वर्षअघि इङ्ल्यान्डमा मेरो एकजना साथीले दोस्रो विश्वयुद्धबाट भत्किएको पनडुब्बी भेटेका थिए । उहाँले मलाई त्यसमा रुचि छ कि भनेर सोधेका थिए । मैले छ भनेँ । तर कुरा अगाडि बढ्न सकेन ।’
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा: हात नभएको लिङ्गो ठड्याइयो (भिडियो) भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत बिहीबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ । त्यसैगरी यसिँख्यमा ५५ हात लामो योसिँद्योः ठड्याएर जात्रा मनाइन्छ । उक्त योसिँद्योःलाई भने वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । भैरवनाथको प्रतीक मानिने योसिँद्योःको शीर्षभाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । योसिँद्योःको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । योसिँद्योः उभ्याउन बाँधिएका आठ डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । यो जात्रा अगाडि लिङ्गो भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तानेर यसिँख्य पुर्याउनुपर्ने परम्परा छ । योसिँद्योः उभ्याइसकेपछि मध्यरातमा दर्शनका लागि नवदुर्गा देवगण आउने परम्परा छ । लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । हेर्नुहोस् भिडियो:
१८० जना चिनियाँ पर्यटकहरु जहाज नै चार्टर गरेर नेपाल आए (भिडियो) काठमाडौं । नेपाली नयाँ बर्ष बनाउनका लागि १८० जना चिनियाँ पर्यटकहरु जहाज नै चार्टर गरेर नेपाल आएका छन् । बिहीबार बिहान नेपाल आएका चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। नेपााल र चीनको झण्डा बोक्दै आएका चिनियाँ पर्यटकहरुलाई पञ्चेबाजाले समेत स्वागत गरिएको थियो । चिनियाँ पर्यटकहरुलाई स्वागत गर्दै मन्त्री किराँतीले चीनले नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरूलाई खुसी व्यक्त गर्दै चीन सरकारलाई धन्यवाद दिए । कोरोना महामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब फेरी आउन सुरु भएको हो । चिनियाँ पर्यटकहरुको चारवटा समूह आउने बताइएको छ । केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो । हेर्नुहोस् भिडियोः
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो बैतडी। मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो। भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए। बझाङको एकै गाउँका ६ जना बाटोमै अस्ताए। परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो। जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो। भारतसितको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको उक्त जिपमा सवार सोही गाउँका अन्य छ जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। “क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जिप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ”, उनले भने। भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मङ्गलबार घर फर्किन झुलाघाट पुगेका थिए। झुलाघाटबाट बझाङ¬स्थित गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए। बाह्र जनामध्ये ६ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो। सोही जिपमा सवार जयसिंह बोहराका अनुसार उनीसहित पाँच जना जिपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्न सफल भए। “सडक उकालो थियो, जिप ब्याक भएर भिरबाट खस्यो”, उनले भने, “जिप पछाडि पछाडी फर्किन थाल्यो, पछाडि सवार सबैले हामफाल्यौँ, जिप सोझै भिरमा खस्यो।” गत मङ्सिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उनीहरुले गाउँमा भोट खसाले। त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो। निर्वाचनको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताए। उनले भने, “बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन।” राति ११ बजे उनीहरुले खोडपे बजारमा खाना खाएका थिए। खाना खाएर अगाडि बढेको केही समयमै जिप मध्यरातमा झौलेक भिरमा दुर्घटनामा पर्‍यो। “खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ, चालकले बागथला पुगेर आराम गरौँला भन्यो”, जयसिंहले भने, “राति यतै आराम गरौँ, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन।” दुर्घटनामा एकै गाउँका ६ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ। पर्वको मुखमै भएको दुःखद् घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका–५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताए। सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ। यतिबेला घर बाहिर हुनेहरु पर्व मनाउन फर्किन्छन्। जिप सडकबाट पाँच सय मिटर तल खसेको छ। जिप चालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन्। दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ। शव भिरबाट निकाल्ने काम भइरहेको छ। – रासस
अर्थतन्त्रलाई सुधार गरि समृद्धिको लक्ष्यमा अगाडि बढ्ने सरकारको प्रतिवद्धता (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई सुधार गरि सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार देखिएको भन्दै अर्थतन्त्र संकटमा जाने शंकाबाट सुधारतर्फ अघि बढेको समेत बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको र सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुने जिकिर गरे । अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार्न केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउन लागिएको जानकारी दिए । बिभिन्न संघर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं प्रगतिशील कार्यान्वयनका लागिसमेत आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए। त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सरकार गम्भीर रुपमा अघि बढेको भन्दै यसमा नीजि क्षेत्रको सहकार्य अपरिहार्य भएको बताए । पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने लगाएतका अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको उनले बताए। त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाकालमा पनि नभएको अर्थतन्त्रको समस्या यसपटक देखिएको भन्दै अहिलेको अप्ठेरो अवस्था लामो समय नरहने बताए। उनले निजी क्षेत्र समस्यामा पर्दा यसको असर मुलुकको अर्थव्यवस्थामा पर्ने भएकाले सहज बातावरण बनाउनका लागि सम्बन्धीत निकायले सहजीकरण गर्नुपर्नेमा जोड दिए उनले मुलुकको उद्योगधन्दाहरुलाई सहज रुपमा चल्नदिनुका साथै वैदेशिक लगानी भित्राउनका लागि पनि सरकार उदार भएर अघि बढ्नुपर्ने धारणा राखे। महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनुहुनेछ भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ । हेर्नुहोस् भिडियो:
रथ तान्ने क्रममा ढुङ्गा हानाहान: २० बढि घाइते (भिडियो) काठमाडौं । बिस्केट जात्राका लागि तानिएको भैरबको रथलाई मंगलबार बिहान भक्तपुरको गःहिटी पुराइएको छ । सोमबार सुरु भएको जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी पुराइएको हो । रथ तान्ने क्रममा राती ढुङ्गा हानाहान हुँदा २० भन्दा बढि घाइते भएका छन् । आठ रात र नौ दिनसम्म भव्यरूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो । प्यागोडा शैलीमा निर्माण भएको रथलाई सोमबार साँझ थने(माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ रथ तान्न सुरु गरिएको थियो । रथ तान्ने क्रममा माथिल्लो टोलकाले दत्तात्रय नजिक रथलाई पुर्याएका थिए। रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राखेर मंगलबार गःहिटी ल्याइएको हो । हेर्नुहोस् भिडियो:
रुस-युक्रेन युद्धसँग सम्बन्धित गाेप्य दस्तावेज चुहावट भएपछि तनावमा अमेरिका काठमाडौं। रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा परेको छ। बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा परेको हो। चुहावट भएका दस्तावेजहरु मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट स्विकार गर्दै सो  विषयमा अनुसन्धान भइरहेको जनाएको छ। उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीसमेत रहेको छ। चुहावट भएको दस्तावेजहरु कस्ले इन्टरनेटमा हाल्यो ? भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान सुरू गरेकाे छ। चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गाेप्य रूपमा गरिएका आर्थिक सहयाेगकाे जानकारीसहित रुस र युक्रेन दुबैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेखसमेत उल्लेख भएको उक्त दस्तावेजहरु चुहावट भएका हुन्।
सडक विस्तारको काम छिटो सम्पन्न गर्नु : गृहमन्त्री श्रेष्ठ नवलपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । आज सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । उनले नारायणगढबाट बुटवलसम्मको एक सय १४ किलोमिटर लामो सडकको विभिन्न १३ स्थानमा अनुगमन गरे । “सडक अनुगमनका क्रममा काम सन्तोषजनक देखियो । यतिमै खुसी हुने अवस्था भने छैन”, उनले भने , “एकपटक म्याद थप भइसकेको आयोजनाको काम गुनासो नआउने गरी चाँडो सम्पन्न गर्नुहोला ।” सडकको काम सकारात्मक दिशामा अगाडि बढेको गृहमन्त्री श्रेष्ठले बताए । आफू भौतिक पूर्वाधारमन्त्री हुँदा सो सडकको निरीक्षण गरेको उल्लेख गर्दै उनले त्यस बेलामा सडकलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्देशन दिएको बताए । त्यसपछि अहिले तीव्र गतिमा काम हुन थालेको आफ्नो निरीक्षण र निर्देशनको परिणाम भएको उनले बताए । “त्यही पनि यसलाई छिटो र गुणस्तरीय काम होस् भनेर हामीले चीनका राजदूतसँग कुराकानी गरेका थियौँ” उनले भने, “त्यसकारण अहिले चिनियाँ राजदूतले आग्रह गरेर उहाँहरूको टोलीसँग सडकको निरीक्षणका लागि यहाँ आएका हौँ ।” अहिलेको काममा प्रगति भएको देखेर खुसी लागेको मन्त्री श्रेष्ठले बताए । “काममा प्रगति भएको छ, तर जम्मा कति प्रगति भएको छ र त्यसले गुणस्तरीयता कस्तो ल्याएको छ भनेर हामीले विश्लेषण गर्छौँ”, उनले भने, “तर पनि पहिले आएको बेलाभन्दा प्रगति भएको छ ।” श्रेष्ठले आज गैँडाकोटबाट बुटवलसम्म सडकको विभिन्न १३ स्थानमा अनुगमन गरेका थिए ।
जनतासँग गरिएका प्रतिवद्धता सरकारले पुरा गर्छ : रक्षामन्त्री खड्का सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर(२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तीब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए । ‘संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तीब्र गतिमा देशको विकास गर्छौं भनेका थियौं,’ उपप्रधानमन्त्री खड्काले भने, ‘चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेको सरकार लागिरहेको छ ।’ उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए । उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै यो बीचको समय खेर गएको बताए । उनले पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले अजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती अजेण्डाहरू पूरा हुने बताए । सरकारले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए । उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकनसको गतिलाई तीब्र पार्नेगरि केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए ।
बिस्केट जात्रा सुरु भक्तपुर । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा सोमबारबाट सुरु भएको छ । बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरु भएको हो । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । जात्राको दोस्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ ।
अमृतपाल खोज्न भारतीय सुरक्षा संयन्त्र नेपाल आउनु कानून बिपरित भयो : रघुजी पन्त (भिडियो) काठमाडौं ।  एमाले नेता रघुजी पन्तले भारतीय सुरक्षा संयन्त्र अमृतपाल सिंहलाई खोज्न नेपाल आउनु कानून बिपरित भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बैठकमा पन्तले यस विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका हुन् । उनले बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपाल भित्र पसेर खोजविन गर्ने अधिकार नदिएकाले पनि सरकार सतर्क हुनुपर्ने जिकिर गरे । अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउँदा मुलुककै सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा भएको उनको भनाइ छ । अहिले विखण्डनको आन्दोलन गरेका अमृतपाललाई भारतीय प्रहरीले खोजिरहेको छ भने उनी नेपाल आएको हुनसक्ने भन्दै नेपालस्थीत भारतीय दूतावासले नेपाललाई पत्र समेत लेखेको समाचार प्रकाशित भएका थिए । हेनुहोस् भिडियो: b
अर्थतन्त्रका समस्या समाधान गर्न गम्भीर कदम चाल्न जरुरी छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि गम्भीर कदम चाल्न जरुरी रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभाको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने र समस्या समाधानका लागि गम्भीर कदम चालिने बताएका हुन्। उनले आफुले बिकास, समृद्धि र मुलुकको गुणात्मक प्रगति बाहेक केहि सपना नदेखेको भन्दै सरकार नीजिक्षेत्रसंग अर्थपूर्ण र प्रभावकारी सहकार्य गर्न प्रतिवद्ध रहेको धारणा राखे। उनले पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण गर्ने जस्ता विषयमा अझै बढी ध्यान पु¥याउन जरूरी रहेको बताए । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने, निजी क्षेत्रमैत्री आर्थिक एवं मौद्रिक नीतिमा पहल गर्ने महत्वपूर्ण निर्णय आफुले यसअघि नै गरेको भन्दै उहाले आफु व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि र आर्थिक क्षेत्रसँग सरोकार राख्ने सबैसँग निरन्तर छलफलमा रहेको जानकारी दिए। त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण नै तिर्न सक्दैनौ भन्ने अभियानलाई राज्यले स्वीकार गर्न नसक्ने भन्दै व्याजदरका समस्यामा समाधान खोज्नुपर्ने बताए। । उनले निजी सहकार्यबिना मुलुकको आर्थिक बृद्धि तथा रोजगारी सम्भव नभएको भन्दै निजी व्यवसायीको समस्यालाई सरकारले आफ्नो समस्यामा रुपमा लिदै समाधानको बाटो खोजिने धारणा राखे । पछिल्लो समय अर्थतन्त्रमा केही समस्या आएको भएपनि पूरै नकारात्मक नरहेको उनको भनाइ छ । कार्यक्रममा चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले लघुवित्त लगाएतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग सरकार गम्भीर हुनुपर्ने बताए । मुलुकको बृहतर आर्थिक समृद्धिका लागि नेपाल चेम्बर अफ कमर्शले आवश्यक सुझावहरु दिइरहेको र यसमा सरकारको पूर्ण सहयोग हुने अपेक्षा गरे।
विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा {भिडियो} भक्तपुर। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा पुगेको छ । भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्केट जात्रा सुरु हुँनै लाग्दा रथ निर्माण अन्तिम चरणमा पुगेको हो । भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुनेछ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुदैछ । प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा र जिव्रो छेड्ने जात्रा पनि प्रख्यात छ । हेर्नुहोस् भिडियो:
थाइल्याण्डमा गोली चल्दा चारजनाको मृत्यु बैङ्कक । थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो । “सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले एएफपीसँग भने । स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो । थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् । यो अवधिमा हालैका केही दशकभित्र भउका सबैभन्दा घातक आक्रमणहरूमध्ये एक पनि समावेश छ । गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए । गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।
प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल प्रहरी छन् । यस्तै समूह ‘बी’तर्फ पहिलो सुदूरपश्चिम र दोस्रो मधेस प्रदेश छन् । विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलले पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले दुई, धीरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले एक–एक गोल गरेका थिए । मधेस प्रदेशका विशाल क्षेत्री, रुपक दाहाल र रुपेश राईले एक–एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका महेश नेपाली भएका छन् । त्यस्तै अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशबीच २–२ गोलले बराबरी भएको छ । गण्डकीका सङ्गम जेटी र असिम बाहेकले एक–एक गोल गरे भने कर्णालीका जीवन राउतले दुई गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच कर्णालीका राउत भएका थिए । प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल त्रिभुवन क्लब र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र नेपाल प्रहरीका बीच प्रतिस्पर्धा हुनेछ ।
पोखरामा फेवा नववर्ष महोत्सव हुने कास्की । होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । उनले नयाँ वर्षमा पोखरा जाने पर्यटकलाई लक्षित गरी होटल बुकिङमा २० प्रतिशत छुट दिएको बताए । “कोरोनाबाट प्रभावित पर्यटन बिस्तारै सकारात्मक हुँदै गएका अवस्थामा पछिल्लो समयमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले पर्यटन आगमनमा असर परेको छ”, उनले भने । अध्यक्ष सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धन गरी पोखराको पर्यटनलाई चलायमान बनाउन होटल सङ्घ पोखरा लागेको बताए । बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र धराशयी बन्दै गएको उनको भनाइ छ । “अहिलेको पर्यटकीय यामको ९० प्रतिशत वरपर ‘अकुपेन्सी’ हुनुपर्ने हाम्रा होटलमा क्षमताको २० प्रतिशत हाराहारी मात्र पर्यटक हुनु दुर्भाग्य हो”, अध्यक्ष सुवेदीले भने । होटल सङ्घ नेपालका द्वितीय उपाध्यक्ष प्रवीनबहादुर पाण्डेले नेपाल सरकारले पर्यटक भित्र्याउनका लागि विशेष पहल गर्नुपर्ने बताए । पर्यटन क्षेत्रको प्रवद्र्धन लागि राज्य र व्यवसायी एकाकार भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । होटल सङ्घ पोखराका पूर्वअध्यक्ष भरतराज पराजुलीले नेपाली नयाँ वर्षका बारेमा विदेशीलाई चिनाउनका लागि नयाँ वर्ष पारेर महोत्सव आयोजना गरिएको जानकारी दिए । पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव आयोजना हुने उनको भनाइ छ । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने होटल सङ्घ पोखराले जनाएको छ ।
वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता {भिडियो} काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकताको घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका शीर्ष नेताहरुले पार्टी एकताको घोषाण गरेका हुन् । आगामी मई दिवसका अवसरमा पार्टीको नयाँ नाम र दृष्टिकोण सार्वजनिक गर्ने दुई पार्टीले जनाएका छन् । पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव बैद्यले नेपालको सामाजिक क्रान्तिका साथ जनताका ज्वलन्त समस्या समाधानका र सामन्तवादका अवेशषहरुलाई अन्त्य गर्नका लागि अघि बढ्ने बताए। उनले अन्य कम्युनिष्ट घटकहरुलाई पनि एक ठाँउमा ल्याउनका लागि छलफल भइरहेको धारणा राखेका छन्। त्यस्तै नेकपा बहुमतका संयोजक बास्तोलाले देशको समस्या समाधानका लागि एकतावद्ध भएर अघि बढ्ने बताए । आगामी मइ दिवसको दिनमा पार्टीको नाम घोषणा हुने उनले जानकारी दिए। उनले नयाँ जनवाद आधारभूत कार्यक्रमका साथ पार्टी अघि बढ्ने बास्तोलाले बताए । परिवर्तनका लागि क्रान्ति गर्नका लागि अव अघि बढ्ने उनले बताए। उनले बिगतमा भएका फुट र त्यसपछिको एकताका बिषयमा गहन ढंगले छलफल भइरहेको बास्तोलाले बताएका छन् । हेनुहोस् भिडियो:
राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि बढ्दैंन : सञ्चारमन्त्री शर्मा {भिडियो} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने स्पष्ट पारेकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भन्दै राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने बताएकी हुन् । मन्त्री शर्माले दूरसञ्चार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफु स्पष्ट रहेको जिकिर गरिन्। दूरसञ्चार ऐनलाई अन्तिम रुप दिनका लागि सरोकारवालाहरुसंगको छलफल र यसअघिको कानूनलाई टेकेर मात्रै अघि बढ्ने उनले बताएकी छिन् । दूरसञ्चार ऐन २०५३ लाई खारेज गरेर नयाँ दूरसञ्चार विधेयक तर्जुमा गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेको जानकारी दिदै मन्त्री शर्माले उक्त विधेयकको विषयमा प्रारम्भिक मस्यौदा तयार गर्न छलफल सुरु भएको बताएकी छिन् । त्यस्तै उनले दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ र सबैको पहुँचमा पुर्याउनका लागि काम भइरहेको जानकारी दिएकी छिन् । हेर्नुहोस् भिडियो:
गगन थापाको प्रधानमन्त्रीलाई सुझाव: ‘परिणाममूखी काममा केन्द्रीत हुनू’ {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रीत हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अव प्रधानमन्त्रीले परिणाममूखी काममा केन्द्रीत हुनुपर्ने बताएका हुन्। उनले सरकारको साझा न्युनतम कार्यक्रमलाई संसदमा प्रस्तुत गर्ने परम्परा कायम गर्नुपर्ने बताए । साझा न्युनतम कार्यक्रममा उल्लेख प्राथमिकतालाई सम्बोधन गर्नका लागि सरकार केन्द्रीत हुनुपर्ने उनले बताए। थापाले प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गर्नका लागि चुस्त टीम बनाएर अघि बढ्नुपर्ने धारणा राखे। उनले प्रधानमन्त्रीको कामकारवाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिएको तर्क गरेका छन् । थापाले जनतालाई प्रत्यक्ष अनुभव हुनेगरि काम गर्न प्रधानमन्त्रीले कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । हेर्नुहोस् भिडियो:
मृत्यु बीमा वापतको रकम ठगी गर्ने गिरोह प्रहरीको फन्दामा {भिडियो} काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकममा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु बीमा वापत ठगी गरेको भन्दै बैदेशिक रोजगार बोर्डका एक कर्मचारीसहितको गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो । पक्राउ परेका उनीहरुले विदेशमा मृत्यु भएकाहरुको परिवारलाई सहज रुपमा बीमा वापतको रकम उपलव्ध गराइदिने भन्दै बीमा रकम प्राप्त भएपछि आधा मात्रै परिवारलाई बुझाउने पाइएको प्रहरीले जनाएको छ । त्यस्तै बीमा रकम प्राप्तीका लागि सेटिङ गराएबापत बैदेशिक रोजगार बोर्डका एक कर्मचारीले पनि कमिशन लिने गरिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए। पक्राउ पर्नेमा एक सरकारी कर्मचारीसहित काभ्रेका रामबहादुर तामाङ, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन् । पक्राउ परेकाहरुबाट नागरिकता, राहदानी, मृत्यु दर्ता लगाएतका कागजात बरामद भएको प्रहरीले जनाएको छ । बीमा रकममा ठगी गर्ने बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । हेर्नुहोस् भिडियो:
मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्छ : माधव नेपाल {भिडियो} काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताएका छन् । शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको बताए । त्यस्तै उनले सहकारीका नाममा देखिएका बिकृती र बिसंगतीलाई पनि अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन् । अध्यक्ष नेपालले सहकारी ग्रासरुटको डेमोक्रेसी भएको सहभागिता मूलक लोकतन्त्र भएको भन्दै यसले आममानिसहरूको सर्वसाधारणको हित र जीवनमा काम गर्नुपर्ने बताए । उनले मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेकाले घर घरमा र विदेशमा छरिएका स–साना पूँजीहरुलाई एकीकृत गरी ठूलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा संगठनका अध्यक्ष नवराज अर्यालले विश्वमै देखिएको अर्थतन्त्र संकटलाई समाधान गर्न सहकारीहरुले जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे। हेर्नुहोस् भिडियो:
विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउने (भिडियो) काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउन लागेको भन्दै उक्त नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताएका हुन्। उनले अझै पनि धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताए । मन्त्री रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताए। उनले त्यसलाई पनि कानुनी दायरामा ल्याएर आवश्यक रहेको बताए। उनले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरुको सल्लाह सुझावको माग समेत गरेका छन्। मन्त्री रिजालले विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको बताए। कार्यक्रममा राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभर छरिएर रहेका विज्ञापन एजेन्सीलाई एउटै मालामा गाँसेर सबैको हितका लागि सहकार्य गरेको बताए। उनले नेपालमा रहेको बेरोजगारी समस्यालाई सम्बोधन गर्न मुलुममा विज्ञापन उद्योग स्थापना गर्न तर्फ अग्रसर हुनुपर्ने दायित्व संघको रहेको बताए। हेर्नुहोस् भिडियो:
नेपाल भियतनामसँग ५-१ गोलले पराजित काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो खेलमा बलियो भियतनामसँग पराजित भएको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो। पहिलो हाफमा तीन गोल गरेको भियतनामले दोस्रो हाफमा दुई गोल थपेको थियो। भियतनामका लागि कप्तान हुन्ह न्हुले दुई गोल गरिन्। फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल थपिन् नेपालका लागि सावित्रा भण्डारीले सान्त्वना गोल फर्काइन् पेरिस ओलम्पिकको एसिया छनोटको पहिलो चरणको खेल नेपालमा भएको हो। समूह ‘सी’ अन्तर्गत नेपाल र भियतनामबीचको दोस्रो खेल शनिबार हुनेछ।
मुगुमा प्रहरी जवान मृत फेला काठमाडौं । मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २:४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ । छाँयानाथ रारा नगरपालिका–१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत, हाल नेपालगञ्ज, कोहलपुर बाँके दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मुगुमा काजमा खटिएका थिए ।
वाणिज्य महासंघको निर्वाचनका लागि अन्जन श्रेष्ठले गरे प्रतिवद्धता पत्र सार्वजनिक (भिडियो) काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले आफ्नो समूह घोषणा गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै श्रेष्ठले चूनौतिपूर्व आर्थिक संकट र व्यवसायीहरुको अवस्था सुधार गर्न महासंघमा सवल नेतृत्व आवश्यक रहेको बताए। उनले बस्तुगततर्फको उपाध्यक्ष पदमा रहदा आफुलाई हौसला प्रदान गरेको र अनुभवका आधारमा नेतृत्व उन्मुख हुन चाहेका जिकिर गरे। पिडा सुनाइरहने र सरकारका तर्फबाट उचित सम्बोधन नहुने अहिलेको अवस्थालाई सुधार्न आफु लाग्ने उनले बताएका छन् । महासंघको कार्यक्षमता र प्रभावकारिता बढाउन प्रदेश तथा स्थानीय सरकारहरूसँग सहकार्य गर्दै दोहोरो कर प्रणालीमा सुधार, व्यवसाय दर्ता सञ्चालन र खारेजी प्रक्रियामा सहजता, घरेलु तथा साना उद्योग तथा व्यवसायहरूको समस्या समाधानका लागि महासंघ र स्थानीय सरकारहरूसँगको सहकार्यलाई विशेष जोड दिने श्रेष्ठले बताएका छन्। उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा सुधारका लागि यथासक्य प्रयत्न गर्ने र यसका लागि गुणस्तरीय ऊर्जा, यातायात, डिजीटलाइजेसन तथा प्रबिधिको उच्चतम प्रयोग र अन्य आवश्यक पूर्वाधारको विकास गरी व्यावसायिक लागत कम गर्न निजी क्षेत्रको तर्फबाट सशक्त हस्तक्षेप गर्ने जिकिर गरे। हेर्नुहोस् भिडियो:
जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलव्धी गुम्नेछः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव पनि जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलब्धी गुम्ने खतरा उत्पन्न हुने बताएका छन् । बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिवी निवारण बिभागले आयोजना गरेको सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले फरक र गुणात्मक रुपमा महशुस गर्ने गरि काम गर्न आफु लागिपरेको भन्दै अव पनि अल्मलिए परिवर्तन धरापमा पर्ने खतरा रहेको बताएका हुन् । उनले केहि दिनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने र सरकारको सम्पूर्ण ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा केन्द्रीत हुने धारणा राख्नुभयो । यसपटकको सरकारको कार्यक्रम परम्परागत भन्दा केहि भिन्न र नयाँ हुने उनले बताए प्रधानमन्त्री प्रचण्डले अहिले निकै चुनौतीपूर्ण अवस्थामा मोर्चा गरेर नेतृत्वको अवसर प्राप्त भएको भन्दै सवै मिलेर अर्थतन्त्र लगाएतका समस्या समाधानका लागि एकजुट हुनुपर्ने बताएका छन् । संविधान र संघीयताको कार्यान्वयनमा बहसहरु रहेको भन्दै उनले कतिपय शक्तिहरुले परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेको बताए। माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने पनि बताएका छन्। प्रचण्डले नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र भएकाले ठीक ढंगले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक रहेको बताए । उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरु उद्योग दीर्घकालीन समाधान नभएकाले कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिने उनको भनाइ छ । हेर्नुहोस् भिडियो:
नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ काठमाडौं । नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षाीय  आशिष भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई हाल टोखा–६ धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निमा तामाङले नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएर भेटघाट गरेका थिएइ । गत ६ फागुनमा तामाङ र श्रेष्ठले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी दुवैजनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुको अनसन सुरु (भिडियो) काठमाडौं । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले काठमाडौंमा अनसन सुरु गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट काठमाडौंको माइतिघरमा रिले अनसन सुरु गरिएको हो । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सारेका छन् । संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले आफ्ना माग पुरा नभएसम्म अनिश्चितकालीन अनसन सुरु गरिएको र बिभिन्न जिल्ला स्थीत प्रशासन कार्यालयहरुमा पनि धर्ना कार्यक्रम राखिएको जानकारी दिएका छन् । उनले लघुवित्त संस्थाहरुले मुनाफा केन्द्रीत लगानी गरेर जनतालाई मारमा गरेको गुनासो गरेका छन् । हेर्नुहोस् भिडियो:
शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख घिमिरे {भिडियो} काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले शिक्षाले देशको भविष्य निर्धारण गर्ने भएकाले मुलुकको आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका हुन् । उनले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको उल्लेख गरे। सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानून पनि प्रभावकारी कार्यान्वयन नभएको धारणा राखेका छन् । सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको र त्यसलाई अन्त्य गर्नुपर्ने उनले बताएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहहरुबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको आयोजक सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ । हेर्नुहोस् भिडियो:
पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालक आन्दोलित (भिडियो) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालकहरुले विरोध जनाएका छन् । विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैया तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गर्दै केहिबेर सेवा बन्द गरेका हुन् । पार्किङ भाडा बढाएका कारण आफुहरु मारमा परेको उनीहरुले गुनासो गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सि इकाइ समितिका अध्यक्ष दिल बहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको र आफुहरुमाथि ज्यादती गरेको भन्दै सेवा बन्द गर्नुपरेको बताएका छन् । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । यसअघि २० रुपैया लिने गरेकोमा अहिले ८० रुपैया लिएको र यसबाट सर्वसाधारणसंगै महङ्गो भाडा लिनुपरेको मजदुरहरुले जनाएका छन् । यस बिषयमा धेरै पटक पत्रचार गर्दा पनि सम्बन्धी निकायले कुनै सुनुवाई नगरेकाले बाध्य भएर आन्दोलन गनुपरेको उनीहरुले जनाएका छन् । हेर्नुहोस् भिडियो:
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने चितवन। विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त भएका छन्। उनी सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ। नवनियुक्त अध्यक्ष डा न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी दिए। उनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा गरेका छन्। विसं २०४३ मा तत्कालीन सोभियत संघको युक्रेनमा उनले त्यहाँको एमडी (यहाँको एमबिबीएस सरह) अध्ययन गरे। विसं २०५० मा एमडी (यहाँको एमबिबीएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाए। डा न्यौपानेले परिवार नियोजन संघमा छ वर्ष सेवा गरेका थिए। उनले विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरुआत गरेका थिए। विसं २०५७ मा विपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (विपीकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए। विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत छन्। क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका डा न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरेका थिए।
किसानः कतै चैते धान रोप्दैं कतै उखु खेती गर्दै (फोटो) काठमाडौं। किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । यस्तै कतैका किसान चैते धान रोप्न व्यस्त छन् भने कतैका किसानहरु यतिबेला उखु खेती लगाउनमा व्यस्त भेटिन्छन् । कैलालीका भजन नगरपालिका–८ खैरामा चैत धान रोप्दै महिला । यस क्षेत्रमा बर्खामा डुबान हुने भएको हुँदा अधिकांश क्षेत्रमा चैत धान खेती गरिन्छ । पाल्पा रामपुरमा व्यावसायिक उखु खेती सुरु । यहाँका युवाले अहिले गाउँघरमा लोप हुँदै गरेको उखु खेतीलाई व्यावसायीकरण गर्न सामूहिकरुपमा सुरु गरेका छन् । भेरी नगरपालिका कृषि विकास शाखाले कृषक, कृषक समूह, कृषि फर्मको माग अनुसार ५० प्रतिशत मुल्य अनुदान र शतप्रतिशत ढुवानी सहयोगमा मिनी टिलर (हाते ट्रयाक्टर) २१ वटा, कम्बाईन मिल ३ वटा, ईलेक्ट्रोनिक कर्ण सेलर–१ वटा, बताउने पङ्खा ६ वटा, ब्रस कटर १ वटा र हिल्याउने चक्का १ वटा गरी जम्मा ३३ वटा कृषि औजार उपकरणहरु कृषकहरुलाई हस्तान्तरण हुँदै ।
एपीएफ र संकटा विजयी काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले तेस्रो जित निकालेको छ । ललितपुरस्थीत च्यासल मैदानमा सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो । एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा डोम्बियाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सबिनले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले ६ खेलमा १० अंक जोडेको छ । पुलिसले ६ खेलमा १ अंक जोडेको छ । त्यस्तै सोमबार नै भएको अर्को खेलमा संकटा फुटबल क्लबले एफसी खुमलटारलाई हराएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले खुमलटारलाई १–० गोल अन्तरले हराएको हो । संकटाको जितमा जुनियर ओन्गुएनेले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे । संकटाले ६ खेलमा ९ अंक जोडेको छ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । प्रतियोगीता अन्तर्गत मंगलबार न्युरोड टीम र चर्च व्याइज तथा जावलाखेल र सातदोवाटोबीच प्रतिष्पर्धा हुने छ ।
ऋषि बने नयाँ इण्डियन आइडल मुम्बई। भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन्। अडिसन राउण्डदेखि नै निर्णायक र दर्शकको नजरमा परेका उनले उपाधि जितेका हुन्। उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन्। शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग कोतवाल सेकेण्ड रनरअप भए। शोको पछिल्लो भागको ड्रिम फिनालेमा ऋषिसहित सोनाक्षी कर, बिदिप्ता चक्रवर्ती, शिवम सिंह, चिराग कोतवाल र देवोष्मिता रायले गीत गाएका थिए । यो भागमा ‘इण्डियाज बेस्ट डान्सर’का निर्णायक गीता कपूर, टेरेन्स लुईस र सोनाली बेन्द्रे पुगेका थिए । शोको फिनाले सञ्चालन आदित्य नारायण झा र कमेडीयन भारती सिंहले गरेका थिए। शोको निर्णायकमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड थिए।
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी झापा। इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्। उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन्। राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै झापाका तीन दृष्टिविहीनले आफू पढिरहेकै विद्यालयमा जाँच दिन पाएका छन्। सेतो छडीको सहारामा परीक्षा केन्द्रमा पुग्ने सविन आफूले पढिरहेको भन्दा एक कक्षामुनिका विद्यार्थीलाई लेखन सहयोगी राखेर एसइईको परीक्षामा सहभागी छन्। दृष्टिविहीन र अन्य परीक्षार्थीका लागि बोर्डले दिएको सुविधा त्यही लेखन सहयोगी मात्र हो। प्रश्नपत्र उही छ। बस्ने कोठा उस्तै हो। परीक्षाको समयमा आधा घण्टा थप गरिएको हुन्छ। राम्रो ग्रेड ल्याएर एसइई उत्तीर्ण गर्ने सपना साँचेका सविन लेखन सहयोगी राखेर परीक्षामा सहभागी हुनुपरेकोमा सन्तुष्ट छैनन्। आफ्नो मनको भावना सहयोगीले पूर्णरूपमा व्यक्त गर्न नसक्ने उनको अनुभव छ। “हामी परीक्षासँग डराउँदैनौँ, हामीले पनि राम्रो अध्ययन र परीक्षाको तयारी गरेका हुन्छौँ”, बलियो आत्मविश्वासका साथ उनी भन्छन्, “तर, ब्रेललिपिमा उत्तर दिने अवसर पाएनौँ।” सविनलाई अध्यापन गराउँदै आएका दुर्गा माध्यमिक विद्यालयका स्रोत शिक्षक चन्द्र भट्टराई ब्रेललिपिमा परीक्षा दिन पाउने हो भने दृष्टिविहीनले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्छन्। शिक्षक भट्टराईले १२ दृष्टिविहीन विद्यार्थीलाई दुर्गा माविमा पढाउँदै आएका छन्। सो माविबाट एसइई परीक्षा दिइरहेका सविन विक र सन्देश लिम्बूले कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वय शिशिर मिश्र र फरिदा खातुनलाई लेखन सहयोगी राखेका छन्। दमकको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दृष्टिविहीन निर्मला कार्कीले एसइई परीक्षा दिइरहेकी छन्। पढिरहेकै विद्यालयलाई नै उपकेन्द्र बनाएर राष्ट्रिय परीक्षा बोर्डले दृष्टिविहीन विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाएका कारण निर्मलाले पनि एक जना लेखन सहयोगी राखेर जाँच दिइरहेकी छन्। परीक्षा हलमा परीक्षार्थीले जे जे उत्तर लेख्नु भन्छन्, लेखन सहयोगीले त्यही विवरण लेखिदिने काम गर्दै आएका छन्। यसरी मनको भावना अर्कालाई सुनाएर लेखाउँदा बोल्ने र लेख्ने व्यक्तिको शतप्रतिशत तारतम्य नमिल्ने शिक्षक भट्टराई बताउँछन्। “दृष्टिविहीन परीक्षार्थीको मनमा जुन भावना आउँछ, त्यो लेखन सहयोगीको भरमा अभिव्यक्त हुन सक्दैन”, उनी भन्छन्, “भन्दाभन्दै आधा कुरा बिर्सने सम्भावना हुन्छ भने बोल्ने आफ्नो मन र लेख्ने अर्काको हातको तालमेल पनि मिल्दैन।” उनले आगामी दिनमा दृष्टिविहीन परीक्षार्थीका लागि ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई सुझाव दिए। ब्रेललिपिमा पढेका विद्यार्थीले ब्रेल लिपिमै परीक्षा दिन पाउनु जायज हुने उल्लेख गर्दै उनले दृष्टिविहीनका लागि प्रश्नपत्र बेग्लै हुनुपर्ने माग गरे। सामाजिक र विज्ञान विषयको चित्रात्मक प्रश्नपत्रको साटो दृष्टिविहीनका लागि वैकल्पिक प्रश्नपत्र दिइनु पर्ने शिक्षक भट्टराई सुझाव छ। दृष्टिविहीन विद्यार्थीका लागि गणित विषयको पठनपाठन र परीक्षा सबैभन्दा कठिन हुने गरेको छ। कक्षामा शिक्षकले प्रयोग गर्ने कालोपाटी उनीहरूका लागि उपयोगी हुँदैन। ज्यामितिमा प्रयोग हुने चित्र उनीहरूले नदेख्ने हुँदा सिकाइ नै प्रभावकारी हँुदैन। झापाका दृष्टिविहीनमध्ये तत्कालीन एसएलसी परीक्षा दिने पहिलो विद्यार्थी दीपक थापा पनि गरामनीस्थित दुर्गा माविकै हुन्। उनले २३ वर्षअघि २०५६ सालमा एसएलसी परीक्षा दिएका थिए। पहिले र अहिलेको परीक्षाको नाम फरक परे पनि परीक्षाको प्रणाली, शैली र विद्यार्थीले भोग्नु पर्ने समस्या उस्तै रहेको उनले बताए। ब्रेललिपिमा अध्ययन गरेकाहरूका लागि राज्यले ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था मिलाउन सक्नुपर्ने उनको भनाइ छ। “आफँैले लेख्न नपाएसम्म परीक्षा प्रभावकारी हुँदैन भनेर हामीले वर्षौंदेखि भन्दै आएका छौँ, तर कसैले हाम्रा माग सुनेनन्”, बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाको अध्यक्षसमेत रहेका थापाले भने, “भाइबहिनीले कति दुःखले पढेका हुन्छन्। अर्काले लेखेर पास गरेको भनिदिँदा दृष्टिविहीन विद्यार्थीको स्वाभिमानमा पनि चोट पुग्ने गरेको छ।” दुर्गा माध्यमिक विद्यालयबाटै एसइई परीक्षा दिइरहेका दृष्टिविहीन सन्देश लिम्बूले पढाइमा तनमन लगाएर मेहनत गरेको जनाउँदै राम्रै नतिजा आउने अपेक्षा गरेका छन्। उनले पनि आफूले जाने र बुझेजति सबै उत्तर लेखन सहयोगीले लेखिदिन सम्भव नहुने बताउँदै ब्रेललिपिमा उत्तर लेख्न पाउने हो भने मन सन्तुष्ट हुने बताए। दुर्गा माध्यमिक विद्यालय परीक्षा केन्द्राध्यक्ष लक्ष्मण शिवाकोटीले यसपालि गणित विषयको प्रश्नपत्रमा दृष्टिविहीनका लागि वैकल्पिक प्रश्न राखिएको बताए। परीक्षार्थीहरू ब्रेललिपिमै परीक्षा दिन तयार रहेको कि नरहेको भनेर केही महिनाअघि केन्द्रीय बोर्डबाट सोध्दा ब्रेललिपिको सिफारिस गरिदिएको उनले बताए। सुस्त–श्रवण परीक्षार्थी १३ जना झापा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १३ सुस्त–श्रवण विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन्। तीमध्ये सात जना छात्र र छ छात्रा रहेको कनकाई–८ स्थित हिमाली माध्यमिक विद्यालयका स्रोत शिक्षक हरिप्रसाद अधिकारीले बताए। जिल्लाको कमलस्थित मङ्गलमय मावि, कनकाईस्थित हिमाली मावि र कनकाई मावि तथा बिर्तामोडको मोहनमाया माविमा सुस्त–श्रवण विद्यार्थीका लागि पढ्ने विशेष व्यवस्था रहेको छ। माध्यमिक तहको पढाइ भने हिमाली माविमा मात्र भइरहेको छ। साङ्केतिक भाषामा पढेका सुस्त–श्रवण विद्यार्थीलाई परीक्षा दिनभन्दा कक्षा कोठामा पढाएको बुझ्न गाह्रो हुने शिक्षक अधिकारी बताउँछन्।
गत आर्थिक वर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात नयाँ दिल्ली । आर्थिक वर्ष २०२२/०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ । यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले ४० प्रतिशत मोबाइल निर्यात गरेको छ । अन्य स्मार्टफोन कम्पनीहरुले निर्यातको बाँकी १० प्रतिशत हिस्सा ओगटेका छन् । भारत आफ्नो इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा बलियो हुँदै गएको छ र विश्वव्यापी रूपमा आफ्नो छाप छोडिरहेको छ । स्मार्टफोन उत्पादनमा सरकारले निकै ध्यान दिइरहेको छ । भारतमा दूरसञ्चार उद्योग सरकारको प्राथमिकताको सूचीमा छ । अहिले भारतलाई विश्वका ठूला निर्माण कम्पनीहरूले प्राथमिकता दिइरहेका छन् । हालै सामसुङले भारतमा विश्वको सबैभन्दा ठूलो फोन उत्पादन एकाई खोलेको छ । एप्पल जस्ता अन्य प्रमुख वैश्विक विशाल कम्पनीहरूले पनि भारतमा महत्वपूर्ण निर्माण एकाइहरू स्थानान्तरण गरेका छन् । ओप्पो, भिभो, शाओमी र लाभाजस्ता विश्वव्यापी उद्यमहरूले पनि भारतमा आफ्नो आधार स्थापना गरेका छन् र कारोबार विस्तार गरेका एशियन लाइटले रिपोर्ट गरेको छ । आईसीईएका अध्यक्ष पङ्कज मोहिन्द्रुले भन्नुभयो, “मोबाइल फोन उद्योगले ४० अर्ब अमेरिकी डलरको उत्पादन पार गर्नेछ । १० अर्ब अमेरिकी डलरमा २५ प्रतिशत निर्यात एक उत्कृष्ट प्रदर्शन हो । उत्पादनसँग जोडिएको प्रोत्साहन (पीएलआई) योजनाका कारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भारतबाट स्मार्टफोन निर्यात दोब्बर भएको छ । आईसीईएको तथ्याङ्कअनुसार भारतका लागि हाल संयुक्त अरब इमिरेट्स (युएई), अमेरिका, नेदरल्याण्ड्स, बेलायत र इटालीमा मोबाइल फोन निर्यात गर्ने शीर्ष पाँच गन्तव्य हुन् । सन् २०१४ मा भारतमा मोबाइल फोन र पार्टपूर्जा उत्पादन गर्ने २६० भन्दा बढी युनिट रहेका थिए ।
खेलकुद मानवीय जीवनको अङ्ग हो : पूर्वप्रधानमन्त्री नेपाल भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताएका छन् । भक्तपुर जिल्ला खेलकुद विकास समितिले आजदेखि यहाँ सुरु गरेको दोस्रो बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताए । उनले भने, “खेलकुद मानवीय जीवनको अङ्ग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक छ, भक्तपुरले पनि देश–विदेशका विभिन्न प्रतियोगितामा सहभागी भएर देशको नाम उच्च राख्न सक्ने गरी खेलाडी उत्पादन गर्न सफलता हासिल गर्नुपर्छ ।” उनले खेलकुदबाट भाग्ने होइन, अभिन्न अङ्ग बनाएर अगाडि जानुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले भक्तपुरमा खेलुकुदको विकास तीव्रगतिमा भइरहेको बताउँदै भक्तपुरलाई सम्पदाको जिल्लाबाट मात्रै होइन, उत्कृष्ट खेलाडी रहेका खेलकुदको जिल्ला पनि हो भनेर चिनाउने गरी खेलकुदका गतिविधि भइरहेको बताए । प्रतियोगिता यही चैत २३ गतेसम्म सञ्चालन रहने बताउँदै उनले प्रतियागिताबाट कराते, तेक्वान्दो, एथलेष्टिक, बक्सिङ, आइटीएफ तेक्वान्दो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनोट गरिने बताए ।
झापामा हावाहुरीसहितको असिनाले क्षति झापा । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्‍याएको छ । शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । “हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ”, उनले भने, “स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ ।” झापाको कनकाईमा सबैभन्दा बढी क्षति भएको कृषकबाट जानकारी आएको उनले बताए । कनकाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर अनुगमन भइरहेकाले बेलुकासम्म क्षतिको विवरण आउने उनले बताए । कनकाईसँगै भद्रपुर, बिर्तामोडलगायतका क्षेत्रमा समेत वर्षासहित आएको असिनाले क्षति पु¥याएको छ । असिना परेको ठाउँमा धेरै क्षति पुगेको छ । तरकारी खेती गर्ने कृषि फार्महरूमा लगाइएको तरकारी धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । झापामा यो वर्ष करिब ४० हजार हेक्टरमा मकैखेती लगाइएको छ । मकैबालीमा बढी क्षति पुगेको प्रमुख विष्टले बताए । यता जिल्लामा हावाहुरीले बिजुलीको पोल, घर तथा विद्यालयको टिनको छाना उडाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
७ केजीबढी कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ (भिडियो) काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिन सहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीलैजान लागेको अवस्थामा कोकिन सहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थीत एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको हो । पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेको व्युरोले जनाएको छ । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको व्युरोका प्रमुख ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । फाल्गुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेकजाच गर्ने क्रममा लगेजभित्र चार वटा लेडिज फल्सबटम बनाई लागू औषध लैजान लागेको अवस्था पक्राउ गरिएको खनालले बताएका छन् । त्यस्तै इस्थर लाह्लिमपुइलाई बिशेष सूचनाका आधारमा हाटेलमा चेकजाँच गर्दा सुकटेसभित्र फल्सबटम बनाई कोकिन लुकाईराखेको अवस्थामा पक्राउ गरिएको उनले बताए । पक्राउ परेका भारतीय नागरिकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेर्नुहोस् भिडियो:
पशुपतिनाथ मन्दिर नेपालको धार्मिक पर्यटकीय गन्तव्यस्थल हो: राष्ट्रपति पौडेल (भिडियो) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । बिहीबार पशुपतिनाथ क्षेत्रमा ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको र पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताएका हुन् । उनले हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न वनकाली उद्यानको विशेष महत्व रहेको उल्लेख गरे । पशुपति परिसरभित्र पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्ने उनले बताए। उनले पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् । हेर्नुहोस् भिडियो: ;
मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण {भिडियो} काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले मिटरब्याजी पीडितहरु समस्या समाधानका लागि काठमाडौंसम्म हिडेर आउन बाध्य भएको र धेरै समस्या भोग्नुपरेको भन्दै तत्काल सरकारले पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । बैठकको शुन्य समयमा सांसद डा. बिमला राई पौडयालले मिटरब्याजसम्बन्धी तत्काल कानून संशोधन गरी कानूनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्ने बताए । त्यस्तै सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए भने सांसद राधेश्याम पासवानले मिटरब्याजी पीडितहरु मानसिक र शारीरिक रुपमा पीडित रहेकाले सरकारले समस्या समाधानमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । बैठकमा थारु आयोगको चौँथो वार्षिक प्रतिवेदन, राष्ट्रिय समावेशी आयोगको चौँथो वार्षिक प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश भएको छ भने बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको अर्को बैठक चैत २१ गते मंगलबार बोलाइएको छ ।
भोजपुर गोल्डकप : साविक विजेता रुपन्देहीलाई हराउँदै क्यामरुन फाइनलमा भोजपुर । भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता रुपन्देहीलाई ०–३ गोलले हराउँदै क्यामरुन फाइनल यात्रा तय गरेको छ । निर्धारित समयमा एभिनियर फुटबल क्लब क्यामरुनका तर्फबाट तीन गोल हुँदा प्रतिस्पर्धामा रहेको गोर्खा ब्वाइज रुपन्देहीले गोल फर्काउन सकेन । प्रतियोगिताका लागि एभिनियर फुटबल क्लब क्यामरुनका तर्फबाट जर्सी नम्बर १३ का खेलाडी मेसीले खेलको ३४ औँ मिनेट, जर्सी नम्बर १० का खेलाडी टिम्बाले खेलको ३९ औँ मिनेट र जर्सी नम्बर ४ का खेलाडी बोयोमोले ६८ औँ मिनेटमा एक एक गोल गरी खेललाई ३–० को अवस्थामा पु¥याएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच क्यामरुनका जर्सी नम्बर १० का खेलाडी टिम्बा भएका छन् । बिहीबार हुने फाइनल खेल अर्को सेमिफाइनलका विजेता आयोजक घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घ र एभिनियर फुटबल क्लब क्यामरुनका बीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए । मङ्गलबार भएको सेमिफाइनल खेलमा पेनाल्टी सुट आउटमा डाँगीहाट युथ क्लब मोरङलाई हराउँदै आयोजक घरेलु भोजपुरको टिम फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागिता रहेकोे खेल संयोजक आङपासाङ शेर्पाले बताए ।
मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको एमालको आरोप {भिडियो} काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले मन्त्रीको व्यस्तताले संसदको कार्यसूची नै परिवर्तन भएको भन्दै सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री माओवादी केन्द्रको रहेको र माओवादीको राजनीतिक दस्तावेज पढ्दा कही पनि संसदीय व्यवस्था स्वीकार गरेको नदेखेको भन्दै संसदीय व्यवस्था नस्वीकारे कै कारण संसद्को मर्यादा बढाउन चासो नगएको हो कि भन्ने आशंका व्यक्त गरे । सरकारको अकर्मण्यताकै कारण आज संसदप्रति बिभिन्न टिकाटिप्पणी हुन थालेको उनको भनाइ छ । पन्तले संसद्लाई प्रभावकारी बनाउने, समयमा विधेयक प्रस्तुत गर्ने लगाएतका काम प्रधानमन्त्री र मन्त्रिपरिषद्को भएकाले संसदीय गरिमा कायमका लागि सरकारलाई रुलिङ गर्न माग गरे। हर्नुहोस् भिडियो:
देश र जनताको समृद्धिको लागि सफल हुने प्रधानमन्त्री सञ्‍चारमन्त्रीको दावी (भिडियो) काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दावी  गरेकी छिन् । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डको तेश्रो कार्यकाल सफल हुने दावी गरेकी हुन् । मन्त्री शर्माले प्रधानमन्त्री तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा आम जनतामा नयाँ आशा र अपेक्षा देखिएको बताएकी छिन् । मन्त्री शर्माले सरकारले केही महत्वपूर्ण कामको थालनी गरेको भन्दै छिटोभन्दा छिटो संक्रमणकालिन न्यायलाई टुँगोमा पर्याउने बताएकी छिन् । उनले यसमा सर्वोच्चका फैसलाका नजिरलगायत सबैलाई समेट्ने कोशिस गरिएको धारणा राखिन् । यस्तै, उनले नेपालमा पछिल्लो समय मिडियाको विकास तिव्र भएको उल्लेख गर्दै त्यसको लागि आम सञ्चार ऐन जरुरी रहेको जिकिर गरेकी छिन् । उनले भारत भ्रमणको क्रममा आफूले एकपक्षीय र द्धिपक्षीय थुप्रै भेटवार्ता गरेको पनि जानकारी दिएकी छिन् । हेर्नुहोस् भिडियो:
वर्तमान सरकार पाँच बर्षसम्म टिक्छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्षसम्म टिक्ने दावी गरेका छन् । बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने भन्दै सरकार फेरिने चिन्ता नगर्न आग्रह गरे । उनले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको भन्दै यसको ठीक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने उल्लेख गरे। संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व गरेकाले वर्तमान सरकार संघीय शिक्षा ऐन, संघीय निजामती ऐन लगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको उनले बताए । उनले स्थानीय तहको सेवाप्रवाहरुलाई चुस्त र जनउत्तरदायी बनाउदै नागरिकको आत्मीयता र अपनत्वबोधका निम्ति गम्भीर भूमिका खेल्नुपर्ने बताए । सरकारले जारी गरेका १६ ऐनहरूमा न्यायिक समितिको भूमिकाबारे व्यवस्था गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका माध्यमबाट न्याय निरूपणमा ध्यान दिनुपर्ने धारणा राखे। काठमाडौंमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले केन्द्रको सरकार पाँच बर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्या हुने गरेको बताए । उनले महानगर सभ्यता जोगाउन र सार्वजनिक सम्पती जोगाउन लागिपरेको भन्दै यसमा केन्द्र सरकारले साथ दिनुपर्ने जिकिर गरे। बिहीबारसम्म चल्ने सम्मेलनमा सवै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागीता रहेको छ । विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने महानगरकी उपप्रमुख सुनिता ढंगोलले बताएकी छिन् । हेर्नुहोस् भिडियो:
न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्न सभामुख घिमिरेलाई बुझाए ज्ञापन पत्र (भिडियो) काठमाडौं । द्वन्दपिडित सुरक्षाकर्मी परिवार संस्थाले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले हालै ल्याएको संक्रमणकालिन न्यायसम्बन्धी विधेयकले आफुहरुको माग सम्बोधन हुन नसक्ने भएकाले यसलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै बुधबार संस्थाले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सरकारले ल्याएको बिधेयकका केहि दफाहरुमा संशोधन गर्नुपर्ने बुँदाहरुका बारेमा पनि जानकारी गराएका छन् । संस्थाको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई बिधिसम्वत ढंगबाट अघि बढाउने बताएका छन्। उनले सरकारले ल्याएको बिधेयकमाथि संशोधन आइरहेको भन्दै त्यसलाई समेटेर अघि बढ्ने धारणा राखे । संस्थाले दिएको सुझावहरुलाई आफुले दलहरुबीच छलफल चलाउने उनको भनाइ छ । संस्थाले सशस्त्र द्वन्द्व कारण जनधनको क्षति व्यहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै विधेयकमा आफूहरुको माग समावेश हुनुपर्ने जनाएका छन् । हेर्नुहोस् भिडियो:
विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै (भिडियो) भक्तपुर। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढेको हो । रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको छ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुँदैछ। जात्रा व्यवस्थापन समितिका अनुसार रथ तान्नका लागि बलियो र कसिलो डोरी ल्याउने तयारी गरिएको छ । रथ निर्माणमा खटिएका प्रेमलाल सिल्पकारले चैत्र २५ गतेसम्म रथ निर्माण कार्य सम्पन्न हुने बताएका छन् । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ । त्यस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ । हेर्नुहोस् भिडियो:
भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग (भिडियो) काठमाडौं । भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । भूमि अभियान्तालाई निसर्त रिहाई गर्नुपर्ने र झुठो मुद्धा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले बसोबासको अधिकार सुनिश्चित गर, भूस्वामित्वको ग्यारेन्टी गर, भूमि अभियान्ताहरुलाई रिहाई गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले आफुहरुलाई अहिले बसोबास गरिरहेको स्थानबाट हटाउन लागिएको भन्दै काठमाडौं महानगरबिरुद्ध नारावाजी गरेका थिए ।
बर्दिवासदेखि काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितले दिए धर्ना (भिडियो) काठमाडौं । बर्दिवासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाबाट फर्केर माइतिघरमा धर्ना दिएका हुन् । प्रदर्शनमा सहभागीहरुले मिटर व्याजर विरुद्ध कानून निर्माण गर, झुटा मुद्धामा गिरफ्तार गरिएका पिडितलाई रिहा गर, मिटर व्याज विरुद्ध कानून निर्माण गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, पिडितलाई न्याय दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । मिटरब्याज पीडितहरु माइतिघरमा धर्नामा बस्न सुरु गरेपछि बिभिन्न संघ संस्था तथा दलका नेताहरु ऐकवद्धता जनाउन पुगेका छन् । सो क्रममा मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको थियो । शाहीले आफुहरु वास्तविक पिडितको पक्षमा भएको भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए । हेर्नुहोस् भिडियो:
चैती छठः अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो जनकपुर। मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा सोमबार चैती छठ पर्व मनाइएको छ। चैती छठको महत्वपूर्ण दिन सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अध्र्य दिइएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यको अध्र्य दिएपछि सम्पन्न हुनेछ। जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जलासयहरुमा छठ पर्व मनाउने व्रतालु महिलाहरुको भिड लागेको थियो। धार्मिक मान्यता अनुसार चैती छठ पर्व गर्नाले सोचेको मनोकामना पूरा हुने शरीरमा हुने चर्म रोग निको हुने, सन्तान प्राप्त हुने विश्वास रहेको छ।
ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटबाट ललितपुर ११ बाहिरियो {भिडियो} ललितपुर ।  ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स ११ आयोजक ललितपुर ११ प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा मधेशले ललितपुरलाई १ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि सरस्वती चौधरीले ३२ रन बनाईन् । ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाईन् । सिमा कुँवरले १५ रन बनाईन् । ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २-२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १-१ विकेट लिईन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको हो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाईन् । सोनीले ४३ बलमा ३ चौकाको सहयोगमा ३४ रन बनाईन् । लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन बनाईन् । मधेशका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी,अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १–१ विकेट लिईन् । लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ । चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ । हेनुहोस् भिडियो:
सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ। सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर,  सन्दीप पक्षले पेसी स्थगित गरेका हुन्। यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
दुई म्युचुअल फण्डले पाए निष्काशन अनुमति काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई म्युचुअल फण्डलाई निष्कासन अनुमति दिएको छ। बोर्डले सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र आरबीबी म्युचुअल फन्डलाई निष्कासन गर्नको लागि अनुमति दिएको हो। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार यो योजनाका १० अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ। यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा सीबीआईएल क्यापिटल रहेको छ। यसैगरी आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ले १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। यो म्युचुअल फन्डको योजना व्यवस्थापनमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा जुम्ला। जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ। यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ। जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी सत्यदेवी पाण्डेले जानकारी दिए। कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासी बताउँछन्। जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। ऊर्जा विकास तथा सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले जिल्लाभर विपत्ले खेतीयोग्य जमिन र कुलो बगाएका छन्। कार्यालयमा आएका निवेदनअनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा ऊर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ। सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार पालिकाभित्र जाँच कुलो, घोडेङ्गा, चुलेलगाउँ, धिताललिहीसहित विभिन्न स्थानमा ठूलो मात्रामा मार्सीधान सिँचाइ हुने कुलो विपत्ले क्षतविक्षत बनाएपछि मर्मत गर्न समस्या भइरहेको बताए। गत असोजमा आएको बाढी र पहिराले गएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई बीउ राख्न कठिन भएको छ स्थानीय तहका कृषि शाखाले जनाएका छन्।
राष्ट्रपति पौडेलद्वारा गोरखा दरबार अवलोकन {तस्बिर} काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखाको सदरमुकामस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि गोरखा दरबार अवलोकन गरका छन् । गोरखाको गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरको हुन् । आइतबार राष्ट्रपति पौडेल र उनकी धर्मपत्नी गोरखाको सदरमुकाम पुगेका हुन् ।
दोस्रो एनएसजी फुटसल प्रतियोगीतामा बालाजु युथ क्लब बिजयी भक्तपुर । भक्तपुरमा आयोजना भएको दोस्रो एनएसजी फुटसल प्रतियोगीता २०७९ मा बालाजु युथ क्लबले उपाधी जितको छ । खेलमा बालाजु युथले बुढाशुब्बालाई पराजित गर्दै जित हात पारेको हो । खेलमा बालाजु युथले बुढाशुब्बालाई ६–१ स्कोरको अन्तरले हराएको हो । खेलमा बिजेता टिमले नगद ५० हजार पुरस्कार प्राप्त गरेका थिए भने उपबिजेता बुढासुब्बाले २५ हजार नगद र ट्रफि प्राप्त गरेका थिए । भक्पुरको सल्लाघारी स्थित फुटसलमा भएको प्रतियोगीता शुक्रबार र शनिबार सञ्चालन भएको थियो ।
ईयू र जर्मनीबीच जीवाश्म ईन्धन प्रयोग हुने कार हटाउने योजनामा सम्झौता ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध बनाउने पूर्व विवादित विषयमा सम्झौता भएको छ । सन् २०३५ देखि जीवाश्म ईन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्ममा शुद्ध–शून्य हरितगृह ग्याँस उत्सर्जनको साथ ‘जलवायु–तटस्थ’ अर्थव्यवस्था बन्ने ईयूको महत्वाकाङ्क्षी योजनाको लागि महत्वपूर्ण छ । तर यस महिनाको सुरुमा एक अभूतपूर्व कदममा, अग्रणी कार निर्माता मुलुक जर्मनीले अन्तिम समयमा सम्झौतालाई रोकेपछि यो पहिले नै परम्परागत ईयू विधायी प्रक्रिया अन्तर्गत अनुमोदित भएको थियो । शनिबार घोषणा गरिएको सम्झौता अनुसार कानूनले ‘सिन्थेटिक ईन्धन’मा चल्ने दहन इन्जिनको साथ नयाँ कारहरूको बिक्रीलाई बर्लिनले ब्रसेल्सलाई अनुमति दिनेछ । ईयूका वातावरण आयुक्त फ्रान्स टिमरम्यान्सले ट्वीटरमा सम्झौताबारे भनेका छन्, “हामीले भविष्यमा कारमा विद्युतीय इन्धनको प्रयोगका लागि जर्मनीसँग सम्झौता गरेका छौं ।” “हामी अब जतिसक्दो चाँडो कार नियमनको लागि कार्बनडाईअक्साइड उत्सर्जन नियनत्रण गर्ने मानकहरू अपनाउने काम गर्नेछौं । जर्मनीका यातायातमन्त्री भोल्कर विसिङल भनेका छन्, “यदि दहन इन्जिन भएका सवारी साधनले कार्बन डाइअक्साइड उत्सर्जनमा ‘तटस्थ इन्धन’ मात्र प्रयोग गरेमा सन् २०३५ पछि पनि दर्ता भइरहन सक्छन् । युरोपेली आयोग र जर्मनीबीच गतिरोध तोड्न हप्तौं लामो वार्ता प्रारम्भिक पाठमा प्रस्तुत गरिएको भन्दा ‘सिन्थेटिक ईन्धन’मा बलियो प्रतिबद्धताको लागि बर्लिनको इच्छामा केन्द्रित थियो ।
आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले रु दुई खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र रु ५५ अर्ब ४६ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा वैदेशिक ऋण प्रतिबद्धता ४७ प्रतिशत र वैदेशिक अनुदान प्रतिबद्धता ४४ दशमलव २८ प्रतिशत बराबर हो । अर्थ मन्त्रालयका अनुसार यो अवधिमा जापान सहयोग नियोग (जाइका)बाट ‘प्राजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसीप’ (जेडिएस) कार्यक्रमका लागि रु ३५ करोड अनुदानको प्रतिबद्धता सरकारले पाएको छ । त्यस्तै जाइकाले ‘तराई क्षेत्र सिँचाइ प्रणाली सुदृढीकरण परियोजना’का लागि रु दुई अर्ब अनुदान प्रतिबद्धता जनाएको छ । युरोपियन युनियनबाट ‘वास फर अल’ परियोजनाका लागि रु एक अर्ब ३७ करोड र ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका लागि रु दुई अर्ब अनुदान प्रतिबद्धता पाएको छ । आठ महिनामा स्वीटजरल्यान्ड सरकारबाट ‘प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम’का लागि रु ९९ करोड १० लाख बराबर अनुदान सहायताका प्रतिबद्धता आएको छ । दक्षिण कोरिया सरकारले कोरियाबाट फर्किएका कामदारको उद्यमशीलता विकासका लागि लागि रु एक अर्ब र नेपाल प्रहरीको साइबर ब्यूरोको क्षमता विकासका लागि रु एक अर्ब अनुदानको प्रतिबद्धता जनाएको छ । त्यसैगरी एसियाली विकास बैंक (एडिबी)ले नेपालको पहाडी क्षेत्रमा फलफूल तथा ओखरखेती प्रवद्र्धनका लागि रु दुई अर्ब ४७ करोड र महिलाको क्षमता विकास कार्यक्रमका लागि रु एक अर्ब ५७ करोड अनुदान प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । बेलायत सरकारले सुरक्षा तथा न्याय प्रणाली क्षमता विकास कार्यक्रम फेज–२ का लागि रु पाँच अर्ब २६ करोड र स्थानीय पूर्वाधार कार्यक्रमका रू एक अर्ब ४४ करोड अनुदान प्रतिबद्धता जनाएको छ । त्यस्तै नर्वे सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि रु दुई अर्ब ५७ करोड र फिनल्यान्ड सरकारले विद्यालय शिक्षा क्षेत्र योजनाका लागि रु दुई अर्ब ५४ करोड प्रतिबद्धता जनाएको छ । वैदेशिक ऋण सहायतातर्फ विश्व बैंकमार्फत ‘ग्रिन रेजिलेन्स एन्ड इन्क्लुसिभ डेभलपमेन्ट’ (ग्रिड) कार्यक्रमका लागि रु १२ अर्ब ७५ करोड ऋण प्रतिबद्धता आएको छ । त्यस्तै विश्व बैंकले क्षेत्रीय यातायात तथा व्यापार कनेक्टिभिटी परियोजनाका लागि रु ३४ अर्ब ९६ करोड र ‘डिजिटल नेपाल एक्सिलेरेसन कार्यक्रम’का लागि रु १७ अर्ब ७९ करोड बराबर ऋण दिने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ । यो अवधिमा जाइकाबाट सहरी क्षेत्रको विद्युत् प्रणाली व्यवस्थापन परियोजनाका लागि रु एक अर्ब ४२ करोड ऋणका लागि सम्झौता भएको छ । त्यस्तै एसियाली विकास बैंकले पहाडी क्षेत्रमा फलफूल तथा ओखरखेती प्रवद्र्धनका लागि रु सात अर्ब ७९ करोड र विद्यालय शिक्षा क्षेत्र योजनाका लागि रु २६ अर्ब ५१ करोड बराबरको ऋण प्रतिबद्धता जनाएको छ ।
बेलारुसमा अलपत्र पारिएका ९ जना महिलाहरुलाई नेपाल फर्काइयो काठमाडौं । बेलारुसमा अलपत्र पारिएका नौ जना नेपाली महिलाहरुलाई आम जनदवाव र सामाजिक अभियन्ताहरु मिलेर स्वदेश फर्काइएको छ । स्वदेश फर्किनेमा सानुमाया तामाङ, कविता थापा मगर, अन्जना मगर, रत्नमाया राई, पावती तिलुङ, रमिता राई, सानुमाया तामाङ, मीना गुरुङ र मार्था सोताङ राई गरेर ९ जना नेपाली चेलिहरु रहेका छन् । उक्त कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेषत रुसमा रहेका नेपाली राजदूताबास, नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल प्रहरीको राम्रो साथ सहयोग प्रदान भएको सामाजिक अभियन्ता कृतु भण्डारीले जानकारी दिएकी छिन् । उनले भने, ‘यो कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेपत रुसमा रहेका नेपाली राजदूताबास नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल पहीले पनि यसमा राम्रो साथ सहयोग प्रदान गरेको छ । विभिन्न राजनीतिक दलहरुले यसमा चासो राखी उत्प्रेरणा प्रदान गरेको, एक राजनीतिक दल नेकपा एकीकृत समाजवादीले वक्तव्य नै जारी गरी नेपाल सरकारलाई दवाव सिर्जना गरेको र आम नागरिकहरुले विभिन्न तरिकाले सहयोग प्रदान गर्नुभएको छ ।’ उनले ९ जना महिलाहरुलाई गलत कागजात बनाई विदेशमा अलपत्र पार्नेहरुको खोजी गरी कानूनी कारवाहीको साथै ठगी वा मानव बेचविखनको आपराधिक जालोमा नपर्ने प्रकारको कानूनी व्यवस्था र आधुनिक प्रणालीहरुको व्यवस्था गर्न माग गरेकी छिन् । वैदेशिक रोजगारमा जानका लागि कुनै पनि प्रकारको स्वीकृति दिने सरकारी निकाय भएपनि यस्तो कार्यबाट सिर्जित समस्या विभागको कार्यक्षेत्र भित्र नपर्ने व्याख्या गरेको भन्दै यस्तो कामको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनको भनाई छ । यस विषयप्रति चासो देखाउदैँ उत्प्रेरणा प्रदान गर्ने नेकपा एकीकृत समाजवादी, आम नागरिक र प्रतिनिधि संगठन अखिल नेपाल महिला संघलगायत सम्पूर्ण सहयोगी हातहरुलाई पनि उनले धन्यवाद ज्ञापन गरेकी छिन् ।
भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोषः प्रधानसेनापति खैरेनीटार। प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताएका छन्। नेपाली सेनाको ३ नं बाहिनी खैरेनीटारमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेना भूपु सैनिक सङ्गठनको प्रतिनिधिपात्र भएकाले सवल, सक्रिय र स्वावलम्बी भएको हेर्न चाहेको धारणा व्यक्त गरे। प्रधानसेनापति शर्माले भने, “हिताधिकारीको चाहाना र आकाङ्क्षा असीमित भए पनि सङ्गठनले सीमित साधनस्रोतलाई अधिकतम परिचालन गरी जीवनस्तर उकास्न विभिन्न प्रयास गरिरहेको छ।” बलाधिकृत रथी सरोजप्रताप राणाले भूपु सैनिकले समाजमा गरेको योगदान र अनुशासनले सङ्गठनको ओझ बढाएको बताए। सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्यमा सञ्चालित सहुलियत कर्जा ३२ हजार ७७३ जनाले रु सात अर्ब १८ करोड ३६ लाख ९९ हजार कर्जा सुविधा लिइ भूपु सैनिक र उनका परिवारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। नेपाल राष्ट्रिय भूपु सैनिक सङ्घका सभापति दिगम्बर शर्मा राणाले कल्याणकारी कोषबाट सञ्चालित विभिन्न कार्यक्रमबाट भूपु सैनिक र परिवारजनलाई जीवनस्तर उकास्न प्रत्यक्ष र परोक्ष सहयोग पुगिरहेको बताए। अवकाश सैनिककोतर्फबाट अवकाश प्राविधिक रथी प्रतिनिधि पूर्वरथी अम्मर पन्तले भूपु सैनिकको आर्थिक सामाजिक जीवनस्तर उठाउने लक्षित कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरे। गोरखा, लमजुङ र तनहुँका भूपु सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा छ हजार चार सय जनाको सहभागिता थियो। सम्मेलनमा भूपु सैनिक र एकल महिलालाई सम्मान अपाङ्ग तथा अशक्तलाई ह्लिचियर वितरण लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरियो। सो अवसरमा चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा राष्ट्रसेवामा पठाउने मातापितालाई सम्मान गरियो। सम्मेलनमा जिल्लागत झाँकीका साथै राष्ट्रिय एकता झल्कने सामूहिक नृत्य सैनिक व्याण्ड प्रस्तुत गरियो । सम्मेलनका क्रममा खुकुरी ड्रिल, तेक्वान्दो तथा पिटी सामूहिक प्रदर्शन गरिएको थियो।
आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता (भिडियो) काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण बिभिन्न शक्तिहरु एकीकृत हुनुपरेको बताएका हुन्। अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उहाले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरु गम्भीर हुनुपर्ने धारणा राखे । अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्याहरु समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताए। अहिले नेताहरु कुर्सीको व्यापारी बनेकाले जनताहरु निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोश्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो । हेर्नुहोस् भिडियो:
पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरे : माधव नेपाल {भिडियो} काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि केपी ओलीले अस्वीकार गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेश्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्टलाई एकतावद्ध गर्नका लागि सवैले त्याग गरेर नेकपा ब्युँताउन प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरेको बताएका हुन् । उनले बिहीबार नै प्रचण्डसंगको भेटमा पनि पुरानो पार्टी नेकपालाई ब्युँताउन प्रस्ताव गरेको जिकिर गरे । अध्यक्ष नेपालले बिभिन्न पार्टी भित्र गलत प्रवृतिबिरुद्ध जुध्नुपर्ने आवाज उठेको भन्दै समाजलाई परिवर्तन गर्न एकतावद्ध कम्युनिष्ट पार्टी आवश्यक रहेको धारणा राखे । कम्युनिष्ट पार्टीभित्र अवसर हावी भएको भन्दै आफुहरु कम्युनिष्ट पार्टीलाई सहि बाटोमा लैजान प्रत्यनशिल रहेको उनको भनाइ छ । उनले पार्टीलाई बलियो बनाउनका लागि संगठनमा रहेकाहरुले सवै स्थानीय तहमा पार्टी सञ्जाल विस्तार गर्नुपर्ने बताए । हेर्नुहोस् भिडियो:
जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन गर्न सघाउ पुग्छ: प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले जनगणनाबाट जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता, राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताए। सङ्घीय व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई नीति, योजना तथा कार्यक्रम तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधारसमेत प्राप्त हुने उनको भनाइ छ । उहाले जनगणनाका धेरैजसो सूचकमा ग्रामीण र सहरी क्षेत्रकाबीच असमानता देखिएको र यसलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने देखिएको बताए। जनसङ्ख्या तथ्याङ्क नेपालको तथ्याङ्क प्रणालीको एक अभिन्न अङ्ग भएको जनाउँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्याङ्कको गुणस्तर अभिवृद्धि गरी नियमितरुपमा तथ्याङ्कको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्याङ्क पद्धतिको निर्माण गर्ने उद्देश्यले हालसालै जारी भएको तथ्याङ्क ऐन, २०७९ को कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको जानकारी दिए । जसमा महिलाको सख्ंया १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । जनगणनाको विवरणअनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको पाइएको छ । सबैभन्दा बढी जनसङ्ख्या शहरी क्षेत्रमा बढेको रेग्मीले बताए। काठमाडौंमा कूल २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहदा मनाङमा कूल पाँच हजार छ सय ५८ जनाको अक्सर बसोबास रहेको तथ्याङ्क बिभागले जनाएको छ । नेपालमा विसं १९६८ बाट जनगणना सुरु भएको थियो । प्रत्येक १०÷१० वर्षमा जनगणना हुँदै आएको छ । राष्ट्रिय जनगणनाको बाह्रौँ शृङ्खलाअन्तर्गत गत कात्तिक–मङ्सिर महिनामा जनगणना सम्पन्न भएको थियो । हेर्नुहोस् भिडियो:
सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उहाँकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिए। विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन् । ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् । स्व ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
अधिकांश आँखा रोगी धामी–झाँक्रीकै विश्वासमा चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ । चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षणअनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । अप्थाल्मोलोजी विभाग महारागञ्ज मेडिकल क्याम्पस चिकित्साशास्त्रमा अध्ययनरत ब्याचलर अफ अप्टोमेट्री एक्काइसौँ ब्याचका विद्यार्थीहरूले सदरमुकाम चौतारामा तीन सय घरधुरीमा शारीरिक, मानसिक र आँखा स्वास्थ्यको अवस्थाबारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरूले अधिकांशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक गरेका छन् । सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमअन्तर्गत द्वितीय सामुदायिक प्रस्तुतीकरण कार्यक्रमका क्रममा उनीहरूले उच्च रक्तचापबाट मुटुमा समस्या उत्पन्न गर्ने सवालमा पनि चौतारावासी अनविज्ञ रहेको खुलासा गरे । खासगरी उच्च रक्तचापबाट जोडिएर आउने अन्य रोगका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारले कार्यक्रम बनाउनुपर्नेमा कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सरकारका प्रमुख, प्रतिनिधि र सरोकारवालाको ध्यानाकर्षित गरे । कार्यक्रममा चेवन आचार्यले प्रस्तुत गरेको प्रतिवेदनअनुसार अधिकांश वडावासीमा दृष्टिदोष, सुक्खा आँखा, छड््के आँखा र अन्धोपनको समस्या रहेको छ । वडावासीका घरघरमा पुगी सवेक्षणसँगै उपचार र उचित परामर्श सेवा प्रदान गरेको विद्यार्थी चिरञ्जीवी शाहले जानकारी दिए । चिकित्साशास्त्रमा अध्ययनरत १० जनाको टोलीले श्रीकृष्ण रत्नगङ्गा माविमा आँखा स्क्रिनिङ सेवा र वडा नं ५ को कार्यालयमा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो । प्रस्तुतीकरण कार्यक्रममा उपप्रमुख सीता थापाले आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा व्यक्त गरिन् । वडाध्यक्ष शिव श्रेष्ठले सर्वेक्षणमात्र नभई स्थानीय जनताको स्वास्थ्य परीक्षण र उपचार गरेकामा विद्यार्थीलाई धन्यवाद दिए । चौतारा साँगाचोकगढी नगरपालिका–५ र विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँको समन्वयमा एक महिनाअघिदेखि समुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।
लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन {भिडियो} काठमाडौं । लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंम विरोध प्रदर्शन गरेको छ । लघुवित्तिय संस्थाहरुका कारण सर्वसाधारणहरु पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थीत निर्धन उत्थान लघुबित्तको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर, जनताको जीवनशैली सहज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरु बितिय संस्थाबाट पिडित रहेको बताउनुभयो । उहाले लघुवित्तिय संस्थाहरुले ज्यादती नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिए । लघुवित्तिय संस्थाहरुका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुदै आएको छ । हेर्नुहोस् भिडियो:
स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने छ: प्रधानमन्त्री प्रचण्ड {भिडियो} काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका छन् । बिहीबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका हुन् । उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिवद्ध रहेको पनि बताए । उनले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिवद्धता रहेको जानकारी दिए। वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले प्रविधिमैत्री सरकार र नेतृत्वको सकारात्मक भूमिका एवं पहलबाट मात्रै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा रहेको धारणा राखे। त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिले नागरिकहरु निराश भइरहेको भन्दै सरकार सजक हुनुपर्ने बताए । अहिले कुर्सीमा बसेका प्रधानमन्त्री डराउनुपर्ने भन्दै प्रधानमन्त्री डराए नागरिक डरबाट मुक्त हुने उनले बताए। नागरिकको स्वतन्त्रतासँग हरेक सरकार त्रसित हुने गरेको उल्लेख गर्दै नागरिकको स्वतन्त्रताका बारेमा सञ्चारमाध्यम सचेत हुनुपर्ने थापाको भनाइ छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामुदायिक रेडियोको दिगोपनाका लागि राज्यले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै रेडियोमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । हेर्नुहोस् भिडियो:
चैते धान रोप्ने तयारीमा जुट्दै किसान संखुवासभा । चैते धान रोप्ने समय सुरु भएको छ । किसानहरु चैते धान रोप्नका लागि खेतमा व्यस्त भेटिन्छन् । संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोट्दै कृषक परिवार । यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने गरिन्छ ।
ह्विलचेयर क्रिकेट टोली भारत जाँदै काठमाडौं । ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरतकुमार कार्की छन् । टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल रहेका छन् । मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी चार राष्ट्रको सहभागिता रहनेछ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले मार्च २४ मा श्रीलङ्का, मार्च २५ मा भारत र मार्च २७ मा बङ्गलादेशविरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गरे ।
२४ चैतमा बहाव, सुरक्षा भन्छिन्– दुई महिना सुगासँग समय बिताएँ काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् । फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ । चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ चल्दा सुरक्षा सुँगासँग बढी नजिकिइन् । ‘म सुँगासँग दुई महिना वर्कसपमा बसें । हामी जनावर भन्नेबित्तिकै छि छि दूरदूर गर्छौ । सुँगासँगको मेरो अनुभव केही फरक रह्यो’, सुरक्षा भन्छिन्, ‘मैले सुँगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन । उसमा अन्यौल थियो । उसमा डर पनि हुँदो रहेछ । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदो रहेछ । फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ ।’ सुरक्षाको अनुभवमा सुरुमा सुँगा उनीसँग नजिकिएन । तर विस्तारै सुँगा सुरक्षासँग नजिकियो । ‘मसँग सुँगा सुरुमा मानेन । तर ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो । जबकी मबाहेक अन्य व्यक्तिसँग सुँगा नजिकिएन’, उनी भन्छिन्, ‘बिस्तारै सुँगा मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो । राती सुत्दा पनि सुँगा मेरो सिरान छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो ।’ ट्रेलरमा सुरक्षाले सुँगासँग ‘तलाई उड्न मन लाग्दैन हो’भनेर सोधेकी छन् । तर सुरक्षाको अनुभवमा सुँगालाई उड्न मन लागे पनि ऊभित्र एक किसिमको डर छ । ‘सुँगामा उड्न चाहने इच्छा भए पनि उडानमा उसलाई खस्ने डर छ । अथवा उसको गन्तव्य निश्चित छैन । किनकी ऊ पिँजडाभित्रै रमाइरहेको छ’, सुरक्षा भन्छिन् । सुरक्षाले आफू फिल्मको अर्को सुँगा भएको दाबी गरिन् । ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ’, उनले भनिन् । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्ममा श्रीधर पौडेलको लगानी छ । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुभाम्भ {भिडियो} काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुभाम्भ गरेको छ । बुधबार काठमाडौंमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक, विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गरेका हुन् । वैदेशिक स्वरोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषले जनाएको छ । योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने प्रधानमन्त्री प्रचण्डले बताए । उनले वैदेशिक रोजगारीका लागि जाने युवालाई दुःख दिने काम अन्त्य भएको सहज वातावरण बनाईएको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेकाले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने उनको भनाइ छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा बिदेशमा रहेका नागरिकको समस्या समाधान गर्न पहल गरेको, दोश्रो पटक प्रधानमन्त्री हुँदा श्रमिकको सुरक्षा, स्वास्थ र वीमाको समस्या समाधान गर्न प्रयास गरेको र अहिले विदेशमा रहेका श्रमिकको सुरक्षा कार्यक्रम शुभारम्भ गर्न पाउदा खुसी लागेको बताए । त्यस्तै कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले कोषको योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताउनुभयो । विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पु¥याउने उनले बताए । उनले अव विदेश जाँदा चक्रवृति व्याज लिनुनपर्ने र कोषबाटै आवश्यक रकम लिन सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोषले शुभारम्भ गरेको योजनाबाट लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने विश्वास व्यक्त गरे। हेनुहोस् भिडियो:
बिभिन्न माग पुरा गर्नुपर्ने भन्दै किसान संघ महासंघको प्रदर्शन [भिडियो] काठमाडौं । किसानका बिभिन्न माग पुरा गर्नुपर्ने माग राख्दै विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघलगायतका संगठन आवद्ध संयुक्त किसान संघर्ष समितिले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्तको ज्यादती रोक्नु पर्ने , मीटरब्याजीका कारण कृषक पलायन हुनुपरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । रासायनिक मलखादको समस्यालाई तत्काल समाधान गर्नुपर्ने, सरकारसंग यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगाएतका मागका साथ राज्यलाई ध्यानाकर्षण गराउन सांकेतिक विरोध प्रदर्शन गरेको नेकपा एस निकट अखिल नेपाल किसान संगठनका अध्यक्ष बलराम बास्कोटाले बताएका छन् । उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नु पर्ने लगायतका माग समेत राखेका छन् । शान्तिपूर्ण विरोधका कार्यक्रमबाट आफ्ना मागहरु सुनुवाई नभए सशक्त आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी छ । हेर्नुहोस् भिडियो:
क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान {भिडियो} काठमाडौं । नेपाल खेलकूद महासङ्घ मोरङले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेललाई आज यहाँ नगद सहित सम्मान गरेको छ। महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनौटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई जनही नगद रु २५ हजार सहित सम्मान गरेका हुन् । राजवंशी र कँडेलले नेपालको क्रिकेटलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गरिएको बताउँदै उनले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्ने विचार राखेका छन् । महासङ्घका मोरङ अध्यक्ष मनोज खड्का र सचिव अनन्त बस्नेतले खेलाडी देशका लागि गौरव भएको विचार व्यक्त गरे । सो अवसरमा नेपाल क्रिकेट संघको कोषाध्यक्ष रोशन वहादुर सिह, राजवंशीका वुवा आमालाई समेत सम्मान गरिएको थियो । हेर्नुहोस् भिडियो:
बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु {भिडियो} म्याग्दी। म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन, बजारको सौन्दर्यकरणमा असर गरेका र जोखिमयुक्त अव्वस्थित तार हटाउन थालिएको हो । विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै सौन्दर्यमा पनि असर परेको छ । जनप्रतिनिधि, नगर प्रहरी, विद्युत प्राधिकरण, टेलिकम र इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी तथा संस्थाका प्रतिनिधिहरुले प्रयोग विहिन तार पहिचान गरेर त्यसलाई पोलबाट निकाल्न थालेका हुन् । बर्षौ पुराना र काम नलाग्ने तारको गुजुल्टाले विद्युतका पोल फेटा गुटाएको जस्तो भएका छन् । जसका कारण विद्युत पोलमा भार बढेको छ । लत्रिएका तारमा सवारी साधन अल्झिने र पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । प्रयोग हुन छाडेका तार नहटाउने तर नयाँ तार थपिने क्रम बढेपछि बजार अव्यवस्थित बनेको थियो । अव्यवस्थित तारका कारण विद्युत, टेलिफोन, केवुल, सडक वक्ति, सिसिटिभी र इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्मतमा समस्या भएको बजारबासीले बताएका छन् । वाइट नवराज पौडेल, स्थानीयबासी, बेनी बजार म्याग्दीमा नेपाल टेलिकमका साथै दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले बिद्युत प्राधिकरणको पोल प्रयोग गरेका छन् । हेर्नुहोस् भिडियो:
राष्ट्रपति पौडेल वनकाली क्षेत्रमा बृक्षरोपण कार्यक्रममा (तस्बिर) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार पशुपतिनाथस्थित वनकाली क्षेत्रमा बृक्षरोपण गरेका छन् । उनले उक्त स्थानमा नागचम्पा फूलको वृक्ष रोपण गरेका थिए ।