content
stringlengths 20
64.1k
⌀ |
---|
पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट सिरहा । गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् ।
सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ प्रतिद्वन्द्वी विश्वनाथ साह र उनका दाजु देवनाथको घरमा ढुङ्गामुडा गरेका थिए । यसै घटनको विरोध गर्दै दोषीलाई कारवाहीको मागसहित आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेका हुन् ।
एमाले कार्यकर्ताले गोलबजार नपा–४ स्थित घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले एक जनालाई कुटपिट समेत गरेको स्थानीयको भनाइ छ । यही कारण आज बिहानैदेखि स्थानीय र माओवादी नेता कार्यकर्ताले गोलबजार बन्द गरि सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध गरेपछि यहाँ अवस्था तनावग्रस्त बनेको छ ।
एमाले कार्यकर्ताहरूले ढुंगामुढा गर्दै घ।रको झ्यालको सिसा फुटाएका थिए । त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाइदिका छन । विरोधस्वरुप स्थानीय र माओवादी कार्यकर्ताले आज बजार बन्द गर्नुका सथै पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
टाउको फुटेर घाइते भएका साहको गोलबजारस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सडक अवरुद्धका कारण पूर्वमा–पश्चिम राजमार्गको गोलबजार क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।
माओवादी कार्यकर्ता तथा स्थानीयले उक्त घटनाको विरोधमा शुक्रबार साँँझ पनि तीन घण्टा पूर्व(पश्चिम अवरुद्ध गरेका थिए । पछि प्रहरीले खुलाएको थियो । एमालेका श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् । सोही जितको उन्मादमा ढुंगामुढा गरेको माओवादी केन्द्र जिल्ला कमिटीको आरोप छ ।
सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सडक खुलाउने विषयमा वार्ता भइरहेको बताए । उनले अहिले नै धेरै कुरा बताउने अवस्था नगरहेको भन्दै अवरुद्ध सडक तथा बन्द बजार चाँडै खुल्ने जानकारी दिए ।
|
नुवाकोट–१ मा माओवादीका तामाङ विजयी नुवाकोट । नुवाकोट–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन् ।
तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ५ हजार ९३८ मत ल्याउँदा राप्रपा सुदर्शन सिटौला १ हजार ४८० मत ल्याएका छन् ।
|
डडेल्धुरा अस्पतालबाट सागर ढकालले भने– काम थालिसके, ५ बर्ष कडा मेहनत गर्छु काठमाडौं । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका सागर ढकालले आउने पाँच वर्षका लागि आफुले काम सुरु गरेको बताएका छन् ।
डडेल्धुराको केन्द्रिय अस्पतालमा पुगेर आज डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल गरेको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
ढकालले निर्वाचनमा पहिलो नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा आफु संसद बाहिर प्रस्तुत हुने जनाएका छन् ।
उनले लेखेका छन्– ‘अब मैले काम शुरु गरिसकेको छु। डडेल्धुराको केन्द्रिय अस्पतालमा त्यहाँका डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल भएको छ। जित्ने पो १६५ हुन् , दोस्रो तेस्रो हुने त हजारौँ छन् । फस्ट नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा म संसद बाहिर प्रस्तुत हुनेछु। संसद बाहिर भएका प्रतिद्वन्धी मध्ये नेपालभरि टप टेनमा पर्न ५ बर्ष कडा मेहनत गर्नेछु। म सजग छु, मैले चाल्ने हरेक पाइलाले २ करोड युवा सँगसँगै समग्र नेपालीको प्रतिनिधित्व गर्नेछ। म व्यक्ति सागर भएको छैन अब युवाको ठुलो सागर भएको छु। देशभरिबाट गर्नुभएको माया सद्भाव र विश्वास टुट्न दिने छैन । बिस्तृत योजना २–३ महिनामा बनाउने छु। डडेल्धुरा, सुदुर पश्चिमसँगै देशको मुद्दा उठाउनेछु।’
|
मतदाता शिक्षा अभावको नतिजाः डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर काठमाडौं । मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा डोटीमा भारी मात्रामा मत बदर हुन पुगेको हो ।
प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेकोमा ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।
यस्तै प्रदेश सभा (क) तर्फ खसेको ३३ हजार ३२२ मतमध्ये १,९१९ मत बदर भएको छ । प्रदेशसभा (ख) मा खसेको ३० हजार २३४ मतमध्ये १७३२ मत बदर भएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । यसपटकको निर्वाचनमा मतदाता शिक्षाको खासै पहुँच पुग्न नसक्दा धेरैजसो जिल्लामा बदर मतको संख्या उल्लेख्य देखिएको छ ।
|
जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँः रवि लामिछाने चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताए । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उनले बताए । उनले भने, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उनले बताए।
निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको उल्लेख गर्दै उनले भने, “देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ ।” कार्यक्रममा चितवन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र २(२) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरु निरन्तर लाग्ने बताए ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
|
प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत? काठमाडौँ। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ।
निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ३१ हजार पाँच सय २० रहेको छ।
नेकपा (माओवादी केन्द्र)को चार लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८० हजार एक सय पाँच, जनता समाजवादी पार्टी नेपालको एक लाख ३१ हजार आठ सय १०, नेकपा (एकीकृत समाजवादी) को ८० हजार तीन सय दुई, जनमत पार्टीको ८० हजार दुई सय ३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार सात सय ५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार सात सय ७०, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार दुई सय २१, हाम्रो नेपाली पार्टीको ३३ हजार चार सय १९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ।
|
सिरहा–१ मा एमालेका यादव निर्वाचित सिरहा । सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशङ्कर यादव निर्वाचित भएका छन् । यादवले सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार पूर्वउद्योग राज्यमन्त्री पदमनारायण चौधरीलाई पराजित गरी विजय हासिल गरेका हुन् ।
क्षेत्र नं १ का निर्वाचन अधिकृत लोकहरि बस्यालले दिएको जानकारीअनुसार निर्वाचित यादवले दुई हजार ८३ मतको मतान्तरले विजयी हासिल गरेका हुन् । सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे । जनमत पार्टीका युगलकिशोर साह छ हजार आठ सय ४९ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।
|
दाङ १ मा मेटमणीलाई झण्डै पाँच हजार मतको अग्रता, दोस्रोमा शान्ता चौधरी दाङ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर ४ हजार ९ सय ६५ रहेको छ ।
|
हार निश्चित देखेपछि कोमल वलीले भनिन्– यस क्षेत्रको वास्तविक सेवक म नै हुँ दाङ । दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेकपा एमालेबाट उम्मेद्वारी दिएकी कोमल वलीको हार निश्चीत भएको छ ।
पछिल्लो अपडेट अनुसार १० हजार मत गणना हुन बाँकी रहँदा वली नेपाली कांग्रेसका दिपक गिरीसँग ६ हजार ७ सय २९ मतले पछि परेकी छन् ।
हार निश्चीत देखेपछि वली सामाजीक सञ्जालमा मनका कुरा लेखेकी छन् । उनले भनेकी छन्– यस क्षेत्रको वास्तविक सेवक म नै हुँ । यो कुरा अझैपनि मेरो मनले भन्छ ।
|
तीन निर्वाचन क्षेत्रको मतगणना बाँकी, किन भयो ढिलाई ? काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मगतणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा केही ढिलाइ भएको उनको भनाइ छ । कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ ।
आयोगका अनुसार हालसम्म ५३ स्थानको नतिजा आइसकेको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२, नेकपा (माओवादी केन्द्र) छ, नेकपा (एकीकृत समाजवादी) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन र अन्य दल तथा उम्मेदवार आठ स्थानमा विजयी भएका छन् ।
|
यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएः मिलन पाण्डे काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका विवेकशिल साझाँ पार्टीका संयोजक मिलन पाण्डेले यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत आफ्नालागि यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएको बताएका हुन् ।
काँग्रेसका शक्तिशाली सभापति, देशको प्रधानमन्त्रीलाई बिदा गर्छु नयाँ पुस्ताको नेतृत्व गर्छु भनेर डडेल्धुरामा गएर निर्वाचन लड्नु सानो साहस, आत्मविश्वास नभएको भन्दै उनले सागरको प्रशंसा गरेका छन् ।
साथै, उनले करिब ५ वर्ष अगाडी यो निर्वाचनमा उठ्ने योजना बनाएको समेत स्मरण गरेका छन् ।
सधैँ, जित्नु मात्र पनि जित नभएको भन्दै पाण्डेले चुनौती दिन सकिन्छ भनेर अरूमा साहस भर्नु पनि जीत भएको उल्लेख गरेका छन् ।
|
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’ धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।
श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मत पाए ।
प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् ।
|
सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी काठमाडौं । सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए । यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् ।
२०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
|
यी चार चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन् काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेको राजनीतिक विश्लेषकहरूको तर्क छ ।
यस पटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर्चित उम्मेदवारको त जमानत समेत जफत भएको छ ।
जमानत जफत हुनेहरूमा पूर्वमन्त्रीदेखि पूर्वराज्यमन्त्रीसम्म छन् । नेपाल सरकारका मन्त्री भइसकेका जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले पनि जमानत जोगाउन सकेनन् । काठमाडौं ७ बाट उम्मेदवार रहेका श्रेष्ठले कूल सदर मतको ६.८ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल ३६ हजार ६१ मत सदर भएको थियो ।
यस्तै, सोही क्षेत्रमा उम्मेदवार रहेका तथा यसअघि संघीय सरकारको राज्यमन्त्री भइसकेका रामवीर मानन्धरको समेत जमानत जफत भएको छ । उनले कूल सदर मतको ३.४ प्रतिशत मत प्राप्त गरेका छन् ।
जमानत जफत हुनेमा यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य र हाल काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रन्जु दर्शना छन् । प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार दर्शनाले खसेको कुल सदर मतको जम्मा १.४ प्रतिशत मात्रै मत पाएकी छिन् । काठमाडौं ५ मा सदर मत ४४ हजार २४९ छ ।
रन्जुले जम्मा ६ सय मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको हो । ०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी दर्शनाले उक्त निर्वाचनमा २३ हजार चार सय ३९ मत ल्याएकी थिइन् ।
विवेकशील साझाकै पूर्व संयोजक मिलन पाण्डेको पनि जमानत जफत भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ९ बाट स्वतन्त्र उम्मेदवार रहेका पाण्डेले कूल २३ सय २७ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रको कूल सदर मत ४२ हजार पाँच सय १७ मतमा पाण्डेले २३ सय २७ मत प्राप्त गरेका छन् । यो कूल सदर मतको ५.५ प्रतिशत मत मात्रै हो । पाण्डेले ०७४ सालको निर्वाचनमा भने चार हजार नौ सय ४६ मत प्राप्त गरेका थिए ।
यद्यपि, यस पटक भने उनको जमानत समेत जफत भएको छ । सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।
|
केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् ।
|
रेखा शर्मालाई बधाई दिदै मेटमणीले भने– पश्चागामीका मुख्य मतियारको हार भयो काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेता तथा सहरि विकास मन्त्री मेटमणी चौधरीले एमालेका महासचिव शंकर पोखरेलको हारप्रति ब्याङ्गय गरेका छन् ।
उनले सामाजिक संजाल फेसवुक मार्फत् पोखरेलको हारलाई प्रतिगामिका मुख्य मतियारको हार भएको टीप्पणी गरेका हुन् ।
उनले लेखेका छन्– ‘दाँङको २ नम्बरमा जितियो । प्रतिगामि/पश्चागामिका मुख्य मतियारको हार भयो । नेपालको राजनिति जहिले नि प्रगतिशिलहरू जित्ने सस्कृति छ । बधाई छ– निष्कलंक ब्यक्ति रेखा शर्मालाई’ ।
दाँङ–२ बाट एमालेका पोखरेल गठबन्धनकी रेखा शर्मासंग झिनो मतान्तरले पराजित भएका छन् ।
|
चितवनमा २ मा पोखरेललाई उछिन्दै दोस्रो स्थानमा उक्लिए श्रेष्ठ, लामिछानेको कति ? काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् ।
लामिछाने २८ हजार ८ सय ९९ मतका साथ अग्रस्थानमा रहेका हुन् । पछिल्लो परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोखरेललाई उछिन्दै नेपाली कांग्रेसका उमेश श्रेष्ठ दोस्रो स्थानमा उक्लिएका छन् । श्रेष्ठले ११ हजार १ सय ८३ मत प्राप्त गरेका छन् । साथै, एमालेका पोखरेलले ११ हजार २१ मत ल्याएका छन् ।
|
‘कमेडियन’ हिमेश पन्तले अहिलेसम्म कति मत ल्याए ? काठमाडौं । धादिङ क्षेत्र नम्बरमा एकमा राष्ट्रिय स्वातन्त्र पार्टीबाट उम्मेद्वारी दिएका ‘कमेडियन’ हिमेश पन्त तेस्रो स्थानमा रहेका छन् ।
उनले हालसम्म ८ हजार ७३ मत ल्याएका छन् । यस क्षेत्रमा नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले अग्रता कायम राखेका छन् ।
उनले नेकपा एमालेका भुमिप्रािद त्रिपाठीलाई पछि निरन्तर पछि पार्दै अग्रता बनाइरहेका हुन् । पाण्डेले १७ हजार ९ सय ६७ मत ल्याएका छन् ।
यस क्षेत्रमा एमालेका त्रिपाठीले १६ हजार ५ मत ल्याएका छन् ।
|
मकवानपुर २ः प्रदेशसभा (२) मा इन्द्र बानियाँ विजयी मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् ।
उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरे । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारेका हुन् ।
विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताए । तेस्रो पटक विजय हात पार्नुमा मकवानपुरे जनताले आफ्नो आवश्यकता महसुस गरेको उनको भनाइ छ ।
|
कञ्चनपुर ३ मा एमालेकी निरुदेवी पाललाई हराउँदै रमेश लेखक निर्वाचित कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेकी नीरुदेवी पाललाई पराजित गर्दै विजयी भएका हुन् ।
कांग्रेसका लेखकले ३० हजार ५ सय २३ मत ल्याएका छन् । यस्तैगरि दोस्रो स्थानकी एमाले नेतृ पालले १८ हजार ४ सय ४८ मत ल्याएकी छन् ।
|
सुवासचन्द्र नेम्वाङको क्षेत्रमा विवाद भएपछि मतगणना रोकियो इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ।
नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो।
विवाद भएपछि सर्वदलीय बैठक बसेर विवाद मिलाउने तयारी भइरहेको छ ।
इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ।
|
बागलुङ २ मा शिक्षामन्त्री पौडेल जीत नजिक बागलुङ । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुगेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई नेकपा (एमाले)की मञ्जु चालिसेले १८ हजार आठ सय २१ मतका साथ पछ्याइरहेका छन् । अब मतगणना हुन दुई वटा मात्रै बाँकी रहँदा जीत सुनिश्चित भएको माओबादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले दाबी गरे ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाको थुप्लाङ र बुर्तिबाङ मतदान केन्द्रका मतपेटिकामा भएका मत गणना गर्न बाँकी छ ।
|
सर्लाही २ मा महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै राजेन्द्र महतो सर्लाही । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् ।
यादव २३४२ मतसहित अघि छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले यादवलाई पछ्याइरहेका छन् । महतो १७१५ मतसहित दोस्रो स्थानमा छन् ।
|
यस्तो छ कैलालीको पछिल्लो निर्वाचन ‘अपडेट’ कैलाली । कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ कम जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छिन् । उनले हालसम्म आठ हजार दुई सय ३६ मत प्राप्त गरेकी छिन् ।
उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले पाँच हजार एक सय ८३ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहनुभएका नेकपा (एमाले)का तपेन्द्र रावलले एक हजार आठ सय ४७ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा खसेका मतमध्ये आज साँझसम्म करिब २० प्रतिशत मत गणना भएको छ ।
साथै, निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका प्रत्यासी अरुणकुमार चौधरी तीन हजार एक सय २७ मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा (माओवादी केन्द्र)का भगतबहादुर बडुवाल दुई हजार एक सय ७७ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा एमाले उम्मेदवार झपटबहादुर रावलले एक हजार नौ सय ७२ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट भने नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाउनुभएका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले उछिनेका छन् । जारी मतगणनामा भट्टले २० हजार दुई सय १४ मत पाउँदा बलायरले १९ हजार आठ सय १९ मत प्राप्त गरेका छन् ।
आज बिहानदेखि सुरु भएको निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)को पछिल्लो मतगणना अनुसार नेकपा एमालेका नारदमुनी रानाथारुले एक हजार दुई सय ८० मत पाउँदा नेपाली कांग्रेसका डिल्लीराज पन्तले एक हजार ३९ मत पाएका छन् ।
|
बढ्यो रविको रफ्तार, कति पुग्यो मतान्तर ? काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ६ हजार ४ सय १ मत प्राप्त गरेका छन् । उनले एमालेका पोखरेललाई १७ सय ६५ मतले पछि पारेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४ हजार ६ सय ३६ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । यस क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठ ४ हजार १ सय ६५ मतसहित तेस्रो स्थानमा छन् ।
|
कास्की–२ः घण्टीको सुरुवाती अग्रतालाई तोड्दै अगाडी बढीन विद्या भट्टराई कास्की । कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छिन् ।
जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार आठ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् । उनलाई रास्वपाका कँडेलले चार हजार सात सय सात मतसहित पछ्याएका छन् । नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले तीन हजार दुई सय सात मत प्राप्त गरेका छन् ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की पाँच हजार नौ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले चार हजार छ सय १२ मतसहित पछ्याइरहेका छन् ।
|
कैलाली १ मा रेशम चौधरी पत्नी रञ्जिताको अग्रता कायमै टीकापुर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छन् ।
हालसम्म भएको १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७ मत प्राप्त गरेका छन् ।
|
डडेल्धुरामा सागर ढकालले कटाए ७ हजार मत काठमाडौं । डडेल्धुरा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वार सागर ढकालले ७ हजार मत कटाएका छन् ।
पहिलो स्थानमा रहेका प्रधानमन्त्री समेत रहेका गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवाले १३ हजार मत कटाउदा सागरले ७ हजार मत कटाएका हुन् ।
पछिल्लो अपडेट अनुसार यस क्षेत्रमा देउवाले १३ हजार १ सय २६ मत ल्याएका छन् ।
यसैगरि ढकालले ७ हजार २ मत ल्याएका छन् भने नेपाली कांग्रेस विपीका कर्ण मल्लले ३ हजार ८ सय ४१ मत ल्याएका छन् ।
|
स्वतन्त्र पार्टीका सेनसँग ५ सय मतले पछाडि परे विनोद चौधरी काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् ।
यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन् । जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ५ सय ८९ मतसहित प्रतिस्पर्धामा छन् ।
|
दाङ १ः मेटमणीको अग्रता कायमै, शान्ता झन्डै दोब्बर मतले पछि दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ६ हजार ९ सय ७० मत गन्दा २ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् ।
यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले १ हजार ७ सय १५ मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।
तेस्रो स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकाका देवराज पाठकले १ हजार ४ सय ३७ मत ल्याएका छन् ।
|
ताप्लेजुङमा योगेशले लिए सुरुवाति अग्रता ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् ।
यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेका छन् । गणना भएको १ सय ९ मतमध्ये ४ मत बदर भएको छ ।
|
इलाम २ः तीन सय मतले पछि परे सुवास नेम्वाङ इलाम । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतले पछि परेका छन् ।
नेम्वाङ तीन हजार चार सय ५५ मतसहित दोस्रो स्थानमा छन् ।
कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।
|
झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि झापा । झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ ।
झापाको सबै क्षेत्रको ताजा अपडेट
झापा क्षेत्र नम्बर १
रुख १४९०९ विश्व प्रकाश
सुर्य ९७०९ अग्नी खरेल
झापा क्षेत्र नम्बर २
सुर्य ११३४० देवराज घिमिरे
क्रस खुकुरी १०१८० स्वागत नेपाल
झापा क्षेत्र नम्बर ३
रुख ६५५३ कृष्ण सिटौला
हलो ८७४४ राजेन्द्र लिंगदेन
झापा क्षेत्र नम्बर ४
रुख ५३०७ देउमान थेवे
सुर्य ७३२१ एलपि सावा
घण्टी ६६७२ सम्भु ढकाल
झापा क्षेत्र नम्बर ५
रुख १०३०७ खगेन्द्र अधिकारी
सुर्य १७४६८ केपी ओली
|
रुपन्देही– १ मा घनश्याम भुसाल एमालेका विश्वकर्माभन्दा ५७८ मतले पछाडि रुपन्देही । स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल रुपन्देही– १ मा ५७८ मतले पछि परेका छन् । एमालेका छविलाल विश्वकर्मालाई पछ्याउँदै अघि बढिरहेका भुसालले पछिल्लो मतपरिणामअनुसार १,९६४ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका विश्वकर्माले भने २५४२ मतसहित अग्रता लिएका छन् ।
यो क्षेत्रमा पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेका धनिराम चौधरीले १८७७ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका कैलाश गुरुङले १३२० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाईले ९५६ मत पाएका छन् ।
|
साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बोहरा अघि बढे भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बोहराको अग्रता कायम रहेको छ ।
१४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।
उनको निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेको क्षेत्र कांग्रेसको पकड मानिएको मायादेवी ७ र ८, तिलोत्तमा १४, ओमसतिया २ मा पनि बोहराले अग्रता कायम गरेका छन् ।
यसैगरि सियारी १ को पनि मतगणना सकिएको छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकोमा खाणको पक्षमा १९४१ र हलोलाई १४३६ मत प्राप्त भएको थियो ।
यता तिलत्तोमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलोमा १९३४ मत आएको छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलोमा २२८६ मत प्राप्त भएको छ ।
यसरी अहिले दिउँसो ४ बजे सम्मको मतगणना सकिँदा बोहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । योबीचमा एक हजार १४ मत बदर भएको छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री बोहरालाई एमाले र जसपाको समर्थन रहेको छ । यता, गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमोलगायतले समर्थन गरेका छन् ।
|
स्वतन्त्र उम्मेद्वार कापर भन्दा कति मतान्तरले पछि छन् महन्थ ठाकुर ? जनकपुर । महोत्तरी क्षेत्र न ३ लोकतान्त्रिक समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुर पछि परेका छन् । नेकपा एमालेका बागी उम्मेदवार राम आधार कापरले उनलाई पछि पारेका हुन् ।
कापर ठाकुर भन्दा करिब १४ सय मतले अगाडि छन् । कापरले २८९३ मत ल्याउँदा ठाकुरले १५४५ मत मात्र ल्याएका छन् ।
यस क्षेत्रमा जसपाका हरिनारायण यादव १३२७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
|
झापाका पाँच क्षेत्र मध्य कहाँ कसको अग्रता ? झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा छन् भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले एक÷एक ठाउँमा अग्रस्थान बनाएका छन् ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् भने क्षेत्र नं २मा नेकपा (एमाले)का देवराज घिमिरे तथा क्षेत्र नं ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् भने झापा क्षेत्र नं ४ मा स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले १३ हजार आठ सय ५० मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले आठ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ मा एमालेका घिमिरेले नौ हजार दुई सय २५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले आठ हजार एक सय १६ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पाँच हजार दुई सय ६५ मत प्राप्त गर्दा कांग्रेसका कृष्णप्रसाद सिटौलाले तीन हजार सात सय ८८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं ४ मा घण्टी स्वतन्त्र पार्टीका शम्भु ढकालले छ हजार आठ सय ७९ मत प्राप्त गर्दा एमालेका लालप्रसाद सावाले छ हजार चार सय ९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नं ५ मा एमालेका अध्यक्षसमेत रहेका ओलीले १३ हजार दुई सय ७८ मत प्राप्त गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले सात हजार सात सय पाँच मत प्राप्त गरेका छन् ।
|
काठमाडौँ ६ मा रास्वपाका खनालको अग्रता कायमै काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रस्थानमा रहेका छन् । अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन सय ४३ मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ६८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले दुई हजार नौ सय ४७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तारकेश्वर नगरपालिकाको धर्मस्थलीस्थित वडा कार्यालय भवनमा मतगणना जारी छ । अहिले सो क्षेत्रको प्रदेशसभा २ को मतगणना चलिरहेको छ ।
तीन स्थानमा मतगणना गरिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् । सो क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो । अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना भइरहेको छ । सो क्षेत्रमा ६२ हजार मतदाता रहेका थिए ।
सोही क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले दुई हजार पाँच सय ६३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले दुई हजार तीन सय ६० मत प्राप्त गरेका छन् । प्रदेशसभा (२) मा एमालेका अमनकुमार मास्केले तीन हजार दुई सय ४६ मत प्राप्त गर्दा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले दुई हजार पाँच सय ९३ मत पाएका छन् ।
|
राजनीतिको यात्रामा तत्कालको जय–पराजय र अंकगणितले तात्विक प्रभाव पार्दैनः राजन भट्टराई काठमाडौं । काठमाडौं–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने बताएका छन् । यही मान्यताका साथ आफू राजनीतिमा सक्रिय रहेने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत जारी मन्तव्यमा उनले भनेका छन्–मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ । म पूर्ववत् मतदातासँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।
उनले काठमाडौँ क्षेत्र नम्बर ४ मा एमाले विजयी हुन नसके पनि देशका अन्य कतिपय ठाउँमा विजय हासिल गरिरहेको बताएका छन् । यस्तै, समानुपातिक मतमा एमाले यसपटक पनि सर्वाधिक अग्रस्थानमा रहने दाबी गरेका छन् । उनले भनेका छन्, ‘विभिन्न शक्ति केन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि हाम्रो पार्टीलाई नेपाली जनताले भरपर्दो साथसहयोग दिएको यथार्थ हाम्रासामु छर्लङ्गै छ । यसस्थितिमा पार्टीका आमकार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहनसमेत हार्दिक आग्रह गर्दछु ।’
उनले काठमाडौं–४ बाट विजय कांग्रेसका गगन थापालाई बधाई दिएका छन् । यस्तै, मतदाता, निर्वाचन परिचालन कमिटीका सदस्य सबैलाई धन्यबाद दिएका छन् ।
|
राति २ बजेसम्म काठमाडौंका १० क्षेत्रमा को अगाडि ? काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ । काठमाडौँका विभिन्न १० स्थानमा सोमबार विहानदेखि सुरु भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ ।
सोमबार दिउँसोदेखि सुरु भएको काठमाडौँ क्षेत्र नं १ को मतगणना टुङ्गिएको छ भने यहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले सात हजार एक सय ४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ । राति २ बजेसम्मको मतगणनामा काठमाडौँ क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छिन् । उनले दुई हजार आठ सय ९१ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का ओनसरी घर्तीले एक हजार दुई सय ८८ मत प्राप्त गरेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल एक हजार एक सय १९ मतसहित तेस्रो स्थानमा छिन् । एमालेका मणिराम फुयालले भने हालसम्म एक हजार ९८ मत प्राप्त गरेका छन्।
काठमाडौँ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका कृष्णबहादुर राईले तीन हजार दुई सय १३ मत सहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत प्राप्त गरेका छन् ।
काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले ११ हजार नौ सय ८८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमालेका डा राजन भट्टराईले नौ हजार दुई सय ७७ मत ल्याएका छन् । राप्रपाका ठाकुरमोहन श्रेष्ठको १ हजार चार सय ३९ मत छ ।
काठमाडौँ क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल दुई हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् भने नेकपा ९एमाले०का उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गरेका छन्।
|
दाङ २ः अग्रता फराकिलो बनाउँदै रेखा, हजार बढी मतले पछि परे शंकर पोखरेल दाङ । दाङ २ मा माओवादी केन्द्रका रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।
८ हजार ५ सय मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले एमालेका शंकर पोख्रेल भन्दा १ हजार २० मतले अग्रता लिएकी हुन् ।
शर्माले ३ हजार ६ सय ७३ मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले २ हजार ६ सय ५३ मत प्राप्त गरेका छन्।
|
जुम्लामा माओवादीकी गोमा भन्दा झण्डै तेब्बर मतले अगाडी छन् ज्ञानेन्द्र शाही जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रतालाई बढाउदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ८ सय ४७ मत ल्याएका छन् ।
उनकी निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी गोमा गौतमले २८४ मत पाएकी छिन् ।
|
कञ्चनपुर २ मा एनपी साउदको अग्रता काठमाडौ । कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिएका हुन् ।
उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन् ।
२०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो । उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए ।
|
मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् ।
खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए ।
|
बर्दिया २ मा एमालेका राठौंरलाई पछि पार्दै रेशम चौधरीका बुवाले लिए अग्रता बर्दिया । बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन् ।
|
रुपन्देही २ मा दुई पौडेलबीच टक्कर, घण्टीका पौडेलको अग्रता कायमै रूपन्देही । रूपन्देही २ मा नेकपा एमालेका बिष्णु पौडेल पछि परेका छन् ।
२ हजार १ सय मतगणना हुँदा पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल भन्दा ९१ मतले पछि छन् ।
रास्वपाका गणेश पौडेलले ७९८ मत ल्याएका छन् भने बिष्णु पौडेलले ७०७ मतले पछ्याइरहेका छन्।
तेस्रोमा रहेका राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर थापा छन् । उनले ५२५ मत प्राप्त गरेका छन्।
|
दाङ १ मा मेटमणीलाई पछ्याउँदै शान्ता, शान्ताको पछिपछि घण्टी दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले एक हजार दुई सय मत गन्दा ४०४ मत प्राप्त गरेका छन् ।
यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ३२५ मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।
तेसा्रे स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकाका देवराज पाठकले २१५ मत ल्याएका छन् ।
|
गुल्मी २ मा झाँक्रीलाई पछि पारे विष्टले गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण बिष्टले अग्रता बनाएका छन् ।
केहि समय अघि मात्र मतगणना सुरु भएको यस क्षेत्रमा १ सय मत गणना हुँदा बिष्टले ६१ मत प्राप्त गरेका छन् । उनलाई एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मतका साथ पछ्याइरहेकी छिन् ।
मतदानका क्रममा बिभिन्न विवाद भएपछि यस क्षेत्रमा मतगणना गर्न ढिला भएको थियो ।
|
कैलाली १ र ३ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई अग्रता कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
कैलाली क्षेत्र नं १ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कैलाली–३ मा गङ्गाराम चौधरी अगाडि रहेका छन् । अध्यक्ष श्रेष्ठले ६ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले चार सय ११ मत ल्याएका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का तपेन्द्रबहादुर रावलले एक सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा हालसम्म पाँच हजार एक सय पाँच मतको परिणाम सार्वजिनक भएको छ । मतपरिणामअनुसार नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीले एक हजार ६ सय एक मत पाउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीले एक हजार तीन सय मत प्राप्त गरेका छन् । कैलाली–३ मा राप्रपाका वीरेन्द्रबहादुर बम एक हजार ५० मतसहित तेस्रो स्थानमा रहेका छन् भने एमालेका गौरीशङ्कर चौधरीले आठ सय मत प्राप्त गरेका छन् ।
कैलाली क्षेत्र नं २ मा ५ बजेदेखि मतगणना केहीबेरमा सुरु भएको थियो । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ गठबन्धनबाट भगत बडुवाल, एमोलबाट झपट रावल र नागरिक उन्मुक्तिबाट अरुण चौधरी प्रतिस्पर्धामा छन् ।
कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा दुवैको मतगणना सुरु भएको छ । कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्र्फ सात सय २६ मतगणना सकिएको छ । यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर (रूख) ले तीन सय ९४, लेखराज भट्ट (सूर्य) ले दुई सय ६८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रको प्रदेशसभा (१) तर्फ नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारीले चार सय ६५, एमालेका भीमबहादुर देउवाले एक सय ८१ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेशसभा (२) तर्फ पनि मतगणना सुरु भएको स्थानीय पत्रकार लक्ष्मी जैसीले जानकारी दिए । कैलाली क्षेत्र नं ५ मा निर्वाचन अधिकृत बिरामी भएकाले अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।
नागरिक उन्मुक्ति पार्टी कैद सजाय भोगिरहेका रेशम चौधरीले जेलबाटै गठन गरेका हुन् । यस पार्टीको अध्यक्ष उनकी पत्नी रञ्जिता श्रेष्ठ हुन् ।
|
ललितपुर २ मा एमालेका महर्जन अघिअघि, लौरो पछिपछि काठमाडौं । ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो ।
ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ बजेसम्मको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार महर्जन आठ हजार छ सय ७८ मतसहित अगाडि छन्।
त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्यले छ हजार सात सय मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले चार हजार आठ सय २८ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले चार हजार छ सय ६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले तीन हजार आठ सय ३४ मत पाएका छन् ।
|
दोस्रो स्थानमा उक्लिएका सागर र देउवाबीचको मतान्तर कति ? काठमाडौं । डडेल्धुरामा स्वतन्त्र उम्मेद्वार सागर ढकाल दोस्रो स्थानमा उक्लिएका छन् ।
५०० मत गन्दा तेस्रो नम्बरमा रहेका ढकाल एक हजार मत गणना हुँदा कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएका हुन् ।
यस क्षेत्रमा एक हजार मत गणना हुँदा प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४६३ मत ल्याएका छन् ।
दोस्रो नम्बरमा रहेका ढकालले २४१ मत पाएका छन् भने कर्णबहादुर मल्ल २०९ मतका साथ ढकाललाई पछ्याई रहेका छन् । ढकाल र देउवाबीच २२२ को मतान्तर रहेको छ ।
|
भक्तपुर २ः झन्डै ७ सय मतले पछि परे महेश बस्नेत काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत फराकिलो मतान्तरले पछि परेका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार २०२ मत ल्याएका छन् भने बस्नेतले ५ हजार ५१० मत प्राप्त गरेका छन् ।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका साजन बिकले १ हजार ११६ मत पाएका छन् । थापा र बस्नेतबीचको मतान्तर बढ्दै गएको छ ।
|
सुनसरी– ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको सुरुआती अग्रता सुनसरी । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।
तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गर्नुभएको छ । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् ।
|
दाङ ३ मा कोमल वलीलाई उछिन्दै दीपक गिरी पहिलो नम्बरमा काठमाडौं । दाङ क्षेत्र नम्बर ३ मा गठबन्धनका दीपक गिरीले अग्रता बनाएका छन् । उनले नेकपा एमालेकी कोमल वलीलाई उछिन्दै पहिलो नम्बरमा आएका हुन् ।
दाङ ३ मा १३१८ मत गणना हुँदा गिरीले ६११ मत ल्याएका छन् भने वलीले ४८८ मत प्राप्त गरेकी छिन् ।
|
काठमाडौं–९ मा एमालेका श्रेष्ठ अघि, स्वतन्त्रका पोखरेल नौ मतले पछाडि काठमाडौं । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् ।
नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले पाँच सय ३५ प्राप्त गरेकी छिन् । । दिउँसो ३ बजेसम्म यस क्षेत्रमा चार हजार मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन् ।
|
नेकपा एसको अग्रता कहाँ–कहाँ ? काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा धादिङ र सल्यानमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ सय मात गन्दा ३१९ मतसहित अग्रता कायम गरेका हुन् ।
नेकपा एमालेका भूमि पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
यस्तै सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले समेत अग्रता कायम गरेका छन् । ज्वालाले ११ सय ७१ मत गन्दा ६३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले ५३२ मत प्राप्त गरेका छन् । यस्तै एमालेका राजेन्द्रवीर रायले १४५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एसलाई कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा लगायतको साथ छ ।
|
सप्तरी– १ मा कांग्रेसको अग्रता, पछ्याउँदै जनमत पार्टीका राउत राजविराज । सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिएका हुन्।
उनलाई एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले चार सय ७८ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै जनमत पार्टीका जयकान्त राउतले चार सय ४३ मत प्राप्त गरेका छन् ।
|
दाङ १ मा मेटमणि चौधरीको अग्रता, शान्ता पछिपछि काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ५० मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।
|
काठमाडौं ७ मा घण्टीलाई पछि पार्दै सूर्य अगाडी, मानुषी तेस्रो स्थानमा काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पछि परेका छन् ।
उनलाई एमालेका श्याम घिमिरेले पछि पारेका हुन् । घिमिरेले ९४८ मत पाउँदा घण्टीका पराजुलीले ८५६ मतका साथ पछ्याइरहेका छन् ।
साथै? माओवादी केन्द्रकी मानुषी यमि ६९८ मतका साथ तेस्रो स्थानमा छिन् ।
|
इलाम २ मा पछि परे सुवास नेम्वाङ काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुवासचन्द्र नेम्वाङ पछि परेका छन् ।
केहि समय अघि मात्र सुरु भएको मतगणनाको प्रारम्भीक परिणाम अनुसार नेम्वाङ कांग्रेसका डम्बर बहादुर खड्कासँग पछि परेका हुन् ।
यस क्षेत्रमा अहिलेसम्म ६७० मत गणना हुँदा नेम्वाङले २७५ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ३४२ मतका साथ अग्रता बनाएका छन् ।
|
काठमाडौं ८ मा लौरो र घण्टीबीच भिडन्त, कलमका जीवनराम श्रेष्ठ चौथोमा काठमाडौं । काठमाडौं ८ मा लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठलाई उछिन्दै अगाडी आएका हुन् ।
सायमीले ११३७ मत ल्याएका छन् भने श्रेष्ठले १०९१ मत पाएका छन् ।
एमालेका शिवसुन्दर राजवैद्यले ५८७ मत ल्याएका छन् भने एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४१७ मत ल्याएका छन् ।
|
दाङ ३ मा कोमल वलीको अग्रता, घण्टीको कति ? दाङ– दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एमालले अग्रता बनाएको छ ।
दाङ ३ मा ८५५ मत गणना हुँदा नेकपा एमालेकी कोमल वलीले ३ सय ३६ मतका साथ अग्रस्थानमा छिन् ।
उनलाई गठबन्धनका दिपक गिरीले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका नेता गिरीले ३२१ मत ल्याएका छन् ।
साथै, यस क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५५ मत ल्याएका छन् ।
|
स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी नवलपरासी। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ ।
स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनीमा यही मङ्सिर ६ गते मतदान हुने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको सङ्ख्या १५ भनिएकामा आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो अद्यावधिक जानकारीअनुसार चार वटा मतदानस्थलमा मात्र स्थगित देखिएको छ । स्थगित भएका १५ वटा मतदानस्थलमध्ये बाजुराका ११ वटा मतदान स्थलमा मङ्सिर ४ गते नै राजनीतिक सहमतिबाट पुनःमतदान प्रारम्भ भई मतदान सम्पन्न भएको छ ।
स्थगित भएकामध्ये बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मात्रै पुनःमतदानको मिति तय हुन बाँकी रहेको छ ।
|
चुनाव जितेमा मुस्ताङका योगेश गौचन सम्भवत: कान्छो सांसद बन्ने कास्की। मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ । मुस्ताङमा आधा मतगणना हुँदा कांग्रेसका गौचनले एमालेका प्रेमप्रसाद तुलाचनालाई पछि पार्दै हालसम्म थकालीले २०३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार १६५७ ले पछयाउँदै रहेका छन् ।
हिमाली जिल्ला मुस्ताङमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपस्थिति देखाएको छ । सो पार्टीका स्वदेश गुरुङले ४० मत ल्याएका छन् भने हालसम्म मतगणना भएको मध्ये मुस्ताङमा ४० मत बदर भएको छ।
|
उपेन्द्र र सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को मतगणना सुरू सप्तरी। सप्तरी १ र २ को मतगणना सुरु भएको छ । सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् ।
मतपेटिका संकलन कार्य मध्यरात सम्पन्न भएको सप्तरी ३ र ४ को मतगणनाका लागि बिहान १० बजे सर्वदलीय बैठक बसी मतगणनाको समय तय गरी आजै गणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
सप्तरी १ का लागि कञ्चनपुर, २ का लागि राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, क्षेत्र नम्बर ३ का लागि शम्भुनाथ र निर्वाचन क्षेत्र नम्बर ४ का लागि खडक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्ने मुख्य निर्वाचन अधिकृत रावलले बताएका छन् ।
|
जीप दुर्घटना हुँदा बैतडीमा चारजनाको मृत्यु बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।
दुर्घटनामा घाइते भएका चारजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । सोमबार बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ ।
६ जना घाइतेको परिचय खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत छन् ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
दुर्घटनामा परेका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए । उनीहरूलाई निर्वाचनका लागि बैतडी खटाइएको थियो । जीपमा १२जना प्रहरी सवार रहेको बुुझिएको छ ।
से१ज ८५४ नम्बरको जीप पाटन नगरपालिका(४ को निङलाडी खोलामा दुर्घटना भएको हो । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
|
रुपन्देही–४ मा मतगणना शुरू रुपन्देही। रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे ९ बजेदेखि मतगणना शुरू भएको हो ।
रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए । प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाबीच प्रतिस्पर्धा चलिरहेको छ ।
|
कास्की २ मा स्वतन्त्रका कँडेलको अग्रता कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गरेका छन्, भने नेकपा (एमाले) की विद्या भट्टराईले एक सय २२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले एक सय १० मत प्राप्त गरेका भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ । त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताए ।
|
धनुषा–३ मा मतगणना जारी, एमालेको अग्रता धनुषा। मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ । उनका अनुसार यहाँ नेकपा (एमाले) का उम्मेदवार जुली महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १० मतसहित तेस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह तीन सय २० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
धनुषाका निर्वाचन क्षेत्र १, २ र ४ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनले सर्वदलीय बैठकको निर्णयअनुसार अहिले १० बजेपछि मतगणनाको तयारी भइरहेको पनि बताए । त्यसैगरी सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको जनाइएको छ ।
|
बाँके क्षेत्र नं ३ को मतगणना सुरु बाँके। बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु थालिएको हो । बाँके क्षेत्र नंं १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए।
प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट महेश्वरजङ्ग गहतराज, नेकपा (एमाले) र राप्रपा गठबन्धनबाट एमालेबाट सूर्य ढकालबीच दुईपक्षीय प्रतिस्पर्धा हुनेछ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा जसपाबाट मोहम्मद इश्तियाक राई, एमाले राप्रपा गठबन्धनबाट डा धवलशमशेर राणा नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं ३ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट किशोरसिंह राठोर, नेकपा एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
|
देवचुलीमा मतदान जारी, नवलपुरमा ६६ प्रतिशत मतदान नवलपरासी । बर्दघाट–सुस्तापूर्वको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताएका छन् ।
स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि आज साँझबाटै क्षेत्र नं १ को मतगणना गरिने उनले बताएका छन्। सो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका थिए ।
नवलपुरमा ६६ प्रतिशत मतदान
दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा करिब ६६ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्लाका दुवै क्षेत्रमा गरी ६६ दशमलब ४९ प्रतिशत मतदान भएको हो । जिल्लामा ९६ हजार छ सय ८० महिला तथा ७६ हजार पाँच सय पुरुष र एकजना तेस्रोलिङ्गी मतदातासहित एक लाख ७३ हजार एक सय ८१ मतदाताले मतदान गरेका उनले बताए ।
जिल्लाका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये तीन सय एक मतदान केन्द्रमा आइतबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । दुईवटा प्रतिनिधिसभा तथा चारवटा प्रदेशसभा निर्वाचन रहेको जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् ।
क्षेत्र नं २ मा मतगणनाको तयारी
नवलपुरको क्षेत्र नम्बर २ को मतगणना गर्ने तयारी गरिएको छ । मतगणना गर्ने तयारीस्वरुप अहिले सर्वदलीय बैठक जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिए । राति अबेरसम्म सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थल कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा आइपुगेपछि अहिले बिहानबाट सर्वदलीय बैठक बसिरहेको छ ।
“सदर र बदर मत, मतगणना प्रक्रियालगायत विभिन्न विषयमा छलफल भइरहेको छ”, उनले भने, “अबको केहीबेरमा हामीले मतगणना गर्नेर्छौं ।”
|
काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो काठमाडौँ। काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा सार्वजनिक भएको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन्।
उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ७५ मत पाएकी छन्।
|
महोत्तरीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो महोत्तरी । महोत्तरीमा कुल मतको ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको छन् ।
मतदानस्थलमा स्थानिय निर्वाचनको जस्तो खासै उत्साह नदेखिएतापनी ६५ प्रतिशत मत भने खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोध कुमार महतोले जानकारी दिए ।
जिल्लाका केही ठाउँहरुमा विवाद र फर्जी मतदाता पक्राउ परेपनि चार वटै क्षेत्रमा निर्वाचन सान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।
क्षेत्र नम्बर १ स्थित गौशाला नगरपालिकाको निगौल भन्ने मतदानस्थलवाट ४ जनालाइ प्रहरीले नियन्त्रण लियो भने जिल्लाभरीवाट १८० भन्दा बढी सवारीसाधनलाइ प्रहरीले कारबाही गरेको छ ।
जिल्लामा मतदान भएका मतपेटिकालाई मतगणनास्थलमा ल्याइएको छ । मतगणनास्थलमा ल्याइएका मतपेटिका दलहरूको सहमति जुटे आज रातीवाट नै गणना गरिने निर्वाचन अधिकृतहरुले बताएका छन् ।
|
सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्यो सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६. २१ प्रतिशत मत खसेको छ । आइतबार बिहान सात बजेदेखि सुरु भएको सम्पन्न मतदानमा एक लाख ४६ हजार तीन सय ४९ मत खसेको छ ।
पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन् । सिन्धुपाल्चोकमा दुई लाख ६० हजार २ सय ७३ जना मतदाता छन् । सिन्धुपाल्चोकमा दुइ प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार सबै मतदान स्थलमा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ ।
६ वटा मतदान केन्द्रको मतपेटिका मतगणना स्थल आइपुगेको छ भने बाकि मतपेटिका आउने क्रम जारी छ। निर्वाचन क्षेत्र नं २ मा छिटपुट केही विवाद र झडप देखिए पनि तत्काल समाधान गरेर मतदान सम्पन्न गराउन सफल भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।
मतपेटिका स्टोररुम र मतगणना स्थल सुरक्षाकासाथ तयारी अवस्थामा राखिएको कोइरालाको भनाई छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको छ ।
|
हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी ताप्लेजुङ । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए ।
भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो । फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा पुग्न नै सदरमुकामबाट चार दिनको समय लाग्छ ।
यसअघि सो ठाउँमा आज सम्पन्न निर्वाचन गराउन गएको कर्मचारीको टोली चार दिनमा मात्र पुगेको थियो । यी चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउन निर्वाचन आयोग र गृह मन्त्रालयसँग समन्वय भएको जनाइएको छ । निर्वाचन सकिएलगत्तै ल्याउन साँझको समय पर्ने भएकाले सोमबार ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
करिब चार हजार दुई सय मिटरको उचाइमा पर्ने याङ्माको मतदान केन्द्रमा ६१ मतदाता छन् । यहाँ आइतबार भएको निर्वाचनमा १२ मत खसेको बताइएको छ । यहाँ करिब ४१ प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क भने सङ्कलन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । जम्मा एक सय २३ वटा मतदान केन्द्रबाट निर्धारित समयमा नै मतदान सुरु भएको थियो ।
प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकी (पराग) बीच मुख्य प्रतिस्पर्धा छ । यस्तै प्रदेशसभा क्षेत्र (१) मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यस्तै प्रदशसभा क्षेत्र (२) मा एमालेका गोपाल थोप्रा र गठबन्धनबाट नेपाली कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । सङ्घ र प्रदेशमा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
|
बैतडीमा ११३ वर्षीया महिलाले गरिन् मतदान बैतडी । बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् ।
२०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यसपालि छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूूत विद्यालय स्थीत मतदान स्थलमा मतदान गरेकी हुन् ।
१ सय १३ वर्षको उमेरमा मतदान गरेकी मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने चाहना राखेकी छन् । उनले भनिन्, ‘म किसोरावस्थामा भारतको लोहाघाटबाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ । अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जीवन कटाएका व्यक्ति हौँ । अहिले घरघरमा विजुलीबत्ति पुगेको छ । ओखल–जातो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’
ठाउँठाउँमा स्कूूल खुलेको र स्वास्थ्य संस्थाहरु स्थापना भएको कुरा सुनाउँदै उनले भनिन्, ‘मेरो जेठो छोरालाई ७० वर्ष भयो । उ भन्दाअघिका तीन छोराको बाल मृत्यु भएको थियो, तर अहिले हुँदैन् । सबै क्षेत्रमा विकास भएको छ । अझै केहि वर्ष बाचेमा बढी विकास निर्माण हेर्न पाउथेँ ।’ बैतडी र डडेल्धुरामा समेत घर भएकी मानमतीले बैतडीदेखि डडेल्धुरा बैतडीदेखि धनगढीदेखि ५ दिनको पैदल यात्रा गरेको समेत सुनाइन् ।
मानमतिका ४ छोरा २ छोरी, १ दर्जन बढी नाति–नातिना तथा पनाति–पनातिना छन् ।
|
मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता, ७३ प्रतिशत मत खस्यो लमजुङ । हिमालपारिको जिल्ला मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ । जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ । जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् ।
मनाङको २९ वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटीका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ ।
|
काठमाडौंमा मतपेटिका संकलन सुरु (फोटोफिचर) काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।
मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
|
सिद्धार्थनगर– ११ मा विवाद, एक जना घाइते भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका –११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा स्थानीयबीच विवाद सृजना भएको थियो ।
सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।
कुटपिटबाट टाउको चोट लागेकोपछि तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ।
विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो ।
|
रोकिएका केन्द्रमा मतदान कार्य सुचारु गर्ने प्रयासमा आयोग काठमाडौं । निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ ।
साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।
|
संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः बिमलेन्द्र निधि जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशीताको सुदृढीकरणका लागि बढिभन्दा बढी नागरिक मतदानमा सहभागी हुनुपर्ने बताएका छन् ।
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ स्थित नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि मावी मतदान केन्द्रबाट मतदानपछि उनले निर्वाचन लोकतन्त्रको उत्सव भएकाले आम नागरिकलाई उत्साहपूर्वक आफ्नो प्रतिनिधि छान्न मतदानमा सहभागी हुन आग्रह गरे ।
उनले अहिलेको निर्वाचन दुईवटा गठबन्धन चुनावी मैदानमा रहेको र जनताले स्थिर सरकार तथा सङ्घीयताको सुदृढीकरणका लागि आफ्नो अभिमत जाहेर गर्ने विश्वास व्यक्त गरे ।
|
तस्बिरमा हेर्नुहोस् शीर्ष नेताहरूको मतदान काठमाडौं । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचनको आज मतदानको दिन मतदान जारी छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले मतदान गरेका छन् । प्रधानमन्त्री देउवा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन्। एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरे।
मतदान गर्दै रवि लामिछाने
|
गर्भवती कुकुर्नीलाई २५ जना कलेजका विद्यार्थी मिलेर सामूहिक बलात्कार काठमाडौं । दिल्लीमा एउटा यस्तो क्रुरताको घटना बाहिर आएको छ, जसले तपाईलाई लज्जित तुल्याउनेछ । एक गर्भवती सडक कुकुरलाई पहिले २५ विद्यार्थीहरूको समूहले सामूहिक बलात्कार गरेको थियो, त्यसपछि लाठीले कुटेर मारिएको थियो। आरोपितहरू दक्षिण दिल्लीको डन बोस्को टेक्निकल इन्स्टिच्युटका विद्यार्थी र दुई जना वरिष्ठ कर्मचारी रहेको बताइएको छ।
घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले सबै आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ । जानकारीका अनुसार घटनाको समयमा संस्थानका दुई दाजुभाइ पनि कर्मचारीको निर्देशनमा उपस्थित रहेको बताइएको छ ।
दिल्लीमा कुकुर कुटेको दुईवटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पहिलो भिडियोमा कुकुर टिनको शेडमा लुकेको र निकै डराएको देख्न सकिन्छ । त्यहाँ एकजना मानिस लाठी लिएर गोठबाहिर उभिरहेका छन् । उनले त्यहाँ उभिरहेका अरू मानिसहरूलाई कुकुरलाई पिट्न आग्रह गरिरहेका छन्। अर्को भिडियोमा एकजना मानिसले मरेको कुकुरलाई तानेर लगेको देख्न सकिन्छ। उता, कतिपय मानिस यस्तो कार्यमा हाँसेको देखिन्छ ।
|
मुलुकभर निर्वाचन जारी, अवस्था कस्तो ? {भिडियो} काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशभर छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेछ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । त्यस्तै निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
भिडियो:
|
होटल इच्छा दिनभर प्रहरीको घेरामा, सत्ता शक्तिको दुरुपयोग नगर्न स्वतन्त्र उम्मेदवार वाग्लेको आग्रह बारा । बारा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको लगानी रहेको सिमरास्थित होटल इच्छामा शनिबार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा रहेको होटल परिसर भित्र र प्रवेशद्वारमा प्रहरी परिचालित गरिएको हो ।
प्रहरीले दिनभर होटल क्षेत्रलाई घेरा हालेर राखेका थिए । प्रहरी परिचालित भएपछि स्वतन्त्र उम्मेदवार वाग्लेसहित परिवार र उनका समर्थक आतंकित देखिन्थे । आइतबार हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार वाग्लेको तर्फबाट मतदान प्रतिनिधि चयन गर्ने र खटाउने काम भईरहेका बेला प्रहरी परिचालन गरिएको थियो ।
प्रहरी परिचालन गरिएपछि मतदान प्रतिनिधि खटिन आएका वाग्लेका समर्थक होटलभित्र प्रवेश गर्न समेत डराएका थिए । मतदान अधिकृतले माग गरेबमोजिम उम्मेदवारको हस्ताक्षरसहितको सिफारिस लिन तोकिए बमोजिमका प्रतिनिधि होटलमा आएका थिए ।
सिफारिस लिन आएका प्रतिनिधिको मनोबल कमजोर बनाउन र स्वतन्त्र अभियानलाई प्रभावित पार्ने उदेश्यसहित प्रहरी परिचालित भएको स्वतन्त्र उम्मेदवार वाग्लेले बताए । सत्ता शक्तिको दुरुपयोग गर्दै नियोजितरुपमा प्रहरी परिचालन भएको वाग्लेको भनाई थियो ।
’हामीमाथी सत्ता शक्तीको दुरुपयोग गरेर नियमित प्रहार भइहेको थियो । आज पनि त्यही गरियो,’ वाग्लेले भने, ‘मतदान प्रतिनिधि खटिन आएका व्यक्तिलाई गेटमै रोक्ने र फर्काउने काम निर्वाचन आचारसंहिता विपरित हो । प्रहरी निष्पक्ष निर्वाचन गर्ने पक्षमा देखिएको छैन ।’
प्रहरी परिचालन गरेर आफूहरुको अभियानलाई प्रभावित पार्न खोजिएको विषयलाई जनताले मुल्यांकन गर्ने वाग्लेले बताए । सत्ताको दुरुपयोग गरेर आतंकित बनाउने काम गरेको भन्दै वाग्लेले भयरहित वातावरणमा निर्वाचन गराउने भूमिका खेल्न प्रहरीप्रशासनलाई आग्रह गरेका छन् ।
प्रहरी परिचालित भएपछि अमलेखगंजस्थित मतदान केन्द्रमा खटिन आएका प्रतिनिधि होटल बाहिरबाटै फर्किएका थिए । उम्मेदवारको हस्ताक्षरसहितको सिफारिस नलिई प्रतिनिधिहरू फर्किन थालेपछि प्रतिनिधि चयन प्रक्रिया केहीबेर प्रभावित बनेको थियो ।
यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने होटलमा पैसा वितरण भईरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरेको बताएका छन् । ‘होटलमा पैसा वितरण भइरहेको भन्दै सूचना प्राप्त भएको थियो । त्यो सूचना प्राप्त भएपछि हामीले प्रहरी परिचालन गरेर निगरानी गरेका हौं,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘हामी कसैप्रति पूर्वाग्रह छैनौं । निष्पक्षरुपमा मतदान सम्पन्न गर्न प्रतिवद्ध छौं ।’
|
यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था काठमाडौं । आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल गरिरहेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रहेको बताएको छ ।
मतपत्र बदर हुन सक्ने सात अवस्था
१. दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बिचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ ।
२. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा
३. स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा
४. मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा
५. कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा
६. मतपत्र च्यातिएमा
७. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा
|
स्थिर समयको फुर्सदमा पत्नीसँग साग केलाउँदै ओली काठमाडौं । आइतबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । मतदान सुरुहुनु ७२ घण्टा अघिबाट स्थिर समय चलिरहेको छ ।
यस अवधिमा मतदाता भेटघाट देखि प्रचारप्रसारसम्मका सबै कुरा बन्द भएपछि उम्मेदवारहरु फुर्सदमा छन् ।
सामाजिक संजाल मार्फत पनि उम्मेदवारहरुले मतदातासंग भोट माग्न नपाउने भन्दै निर्वाचन आयोगले कडाई गरिरहेको छ । तर, केहि उम्मेदवारहरुले मतदातामाझ आफ्नो उपस्थिति देखाउन बिभिन्न उपाय अपनाइरहेका छन् । यस्तो काममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बढी सक्रिय देखिएका छन् । उनले हरेक दिन सुर्य उदाएको तस्विर राख्ने देखि बिभिन्न क्रियाकलाप गरेका तस्विरहरु सामाजिक सञ्जालमा मार्फत सार्वजनीक गरिरहेका छन् ।
ओलीले आज केहि समय अघिमात्र सामाजिक सञ्जनल फेसबुकमा एक पोष्ट गरेका छन् । उनले पत्नि राधिका शाक्यलाई साग केलाउन सघाइरहेको तस्विर सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन्–‘धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासंग साग केलाउँदै ।’
|
निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग काठमाडौं । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यकपर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्धक्क भएर विवेकको मत प्रदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।
आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्यसम्पन्न गरिसकेको छ । त्यस्तै आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ ।
प्रमुख आयुक्त थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पु¥याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए ।
आयोगले धाकधम्की, डर वा त्रास देखाइ वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानुनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ ।
आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाकधम्की दिनेलगायत काम गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’को व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
|
यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कलप्रति लिएर मतदान गर्न सक्नेछन् । आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
|
मतदान अधिकृत मतदान केन्द्रमै मदिरा सेवन गरेर गएपछि… कपिलवस्तु । नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ’ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरी खटाइएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले बताए । उनले निर्वाचनका लागि बुझेको रकम समेत फिर्ता गर्न निर्देशन गरिएको छ ।
उनले मदिरा सेवन गरी लापरबाही गरेकाले जिम्मेवारीबाट मुक्त गर्नु परेको अधिकृत मरासिनीले बताए ।
|
सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक बरामद सिरहा । सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया ९ बाट आज दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।
इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पोसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बोक्नेहरूलाई फेला पार्न नसकेको जनाएको छ ।
|
निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ? काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ कार्यान्वयनमा रहेको छ ।
यसरी निर्वाचनमा खटिएका कर्मचारीले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९’ मा रहेको व्यवस्थाअनुसार विभिन्न सेवासुविधा पाउँछन् ।
मतदान केन्द्र, अस्थायी मतदान केन्द्र तथा मतदानस्थलमा खटिने कर्मचारीले पाउने सेवा सुविधा निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराउँछ । निर्वाचनका क्रममा खर्च हुने रकम कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको नाममा निकासा दिन्छ ।
कार्यविधिअनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई प्रतिदिन रु दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई रु दुई हजार, सहायक कर्मचारीलाई रु एक हजार छ सय र सहयोगी कर्मचारीलाई रु एक हजार दुई सय भत्ता उपलब्ध गराइन्छ । सहायक मतदान अधिकृत राजपत्राङ्कितस्तरको कर्मचारी भएमा भने अधिकृतसरह नै दैनिक तथा भ्रमण भत्ता पाउँछन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म, मतदान केन्द्रबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म र निर्वाचन अधिकृतको कार्यालयबाट आफ्नो कार्यालयसम्म जान आउन लाग्ने दिन र मतदान केन्द्रमा बस्ने तीन दिनकोसमेत दैनिक तथा भ्रमण भत्ता दिइन्छ । पैदलयात्रा गर्दा प्रति १५ किलोमिटरलाई एक दिन मानि दैनिक भत्ता उपलब्ध गराउने व्यवस्था छ ।
प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत)ले दैनिक रु दुई हजार पाँच सय, मतगणनाका लागि एकै समयमा एकभन्दा बढी मतगणना टोली परिचालन गरिएकामा प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत)ले प्रत्येक थप टोलीका लागि पाउने थप रकममा रु एक हजार पाउनेछन् ।
साथै सहायक मतगणना अधिकारीले प्रतिसिफ्ट दैनिक रु दुई हजार, मतगणना सहायक र कम्प्युटर अपरेटरले प्रतिसिफ्ट रु एक हजार छ सय, र कार्यालय सहयोगीले प्रतिसिफ्ट एक हजार दुई सय पाउनेछन् ।
मतगणनाका व्यवस्थापन खर्चअन्तर्गत २० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ३० हजार र निर्वाचन अधिकृतको कार्यालयले रु २५ हजार पाउनेछन् । साथै ५० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ४० हजार र निर्वाचन अधिकृतको कार्यालय रु ४० हजार पाउनेछन् ।
साथै ८० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ५० हजार र निर्वाचन अधिकृतको कार्यालय रु ५० हजार पाउनेछन् । साथै ८० हजारभन्दा बढी मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ६० हजार र निर्वाचन अधिकृतको कार्यालय रु ६० हजार पाउनेछन् ।
मतगणना केन्द्र निर्माण खर्चका रुपमा भवन उपलब्ध भएका ठाउँमा सात हजार र भवन उपलब्ध नभएका ठाउँमा रु १५ हजार उपलब्ध गराइन्छ । त्यस्तै मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्चका रुपमा प्रति १५ किलोमिटर रु तीन हजार मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्च दिने व्यवस्था रहेको छ ।
|
मनाङ १ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र मनाङ । आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा ३ हजार २८१ पुरुष मतदाता छन् भने ३ हजार ४९८ जना महिला मतदाता छन् ।
यस क्षेत्रमा तीन वटा राजनीतिक दलबाट ३ जना मात्र उम्मेदवार रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका तीनै जना पुरुष हुन् । पुरुष मतदाताभन्दा बढी संख्यामा भए पनि यस क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ ।
|
मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ वीरगञ्ज । मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।
जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।
पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो ।
गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
|
१८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने, सबैभन्दा धेरै मधेशमा काठमाडौं– आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकल मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा देशभरबाट १८५ जना मतदाताले भोट हाल्न पाउने भएका हुन् ।
जसमध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै ७० जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने छन् । यस्तै, बागमतीमा २५ जना, गण्डकीमा ११ जना, प्रदेश १ मा २२ जना, लुम्बिनी प्रदेशमा ३४ जना, सुदूरपश्चिममा १८ जना र कर्णालीमा सबैभन्दा कम ३२ जनाले मतदान गर्न पाउनेछन् ।
अधिकारकर्मीहरूले नेपालमा ठूलो संख्यामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेको दाबी गरे पनि न्यून संख्याले मात्र लैंगिक पहिचानको आधारमा नागरिकता, मताधिकार लगायतका अधिकार प्राप्त गरेका छन् ।
|
प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय काठमाडौं । निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
त्यस्तो प्रेस कर्नरमा निर्वाचन अधिृकत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने समेत निर्णय गरेको जनाएको छ ।
मतगणनाको सुरुआतमा एक पटक वा पालो मिलाएर पत्रकार तथा सञ्चारमाध्यमलाई गणना स्थलको भिडियो र फोटो लिने व्यवस्था मिलाउने समेत आयोगले बताएको छ ।
|
‘३० लाखमा पनि चुनाव जित्छ यार’ भनेपछि मनाङ्गेलाई आयोगद्वारा २५ हजार जरिवाना काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उम्मेदवार, एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) लाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाख भन्दा बढी खर्च गर्नु हुदैन भनेको छ ..३० लाखमा नेपालमा चुनाव जित्छ यार.. मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ” भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो ।
गुरुङले एक अन्तर्वाताको क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्नमाध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो ।
|
नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ काठमाडौं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
उनका अनुसार खेल हेर्ने बहानामा उनीहरू सट्टेबाजीमा संलग्न रहेका पाइएको छ । यसअघि पहिलो खेलमा यस्ता शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी गरी अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
|
देशकै प्रमुख व्यापारिक नाका ७२ घण्टाका लागि बन्द वीरगन्ज । वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक लगाएको छ ।
निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न आवतजावतमा रोक लगाइएको हो ।
भारतसंँग जोडिएका जिल्लाको सबै नाकालाई गएराती १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । तस्बिर: विजयकुमार महतो /रासस
|
नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो ।
भैरहवा–नयाँदिल्ली गन्तव्यमा साताको चार उडान सञ्चालनको तयारी भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनले अनुसार सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने गरी उडान तालिका स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गरिएको छ ।
निगमको न्यारोबडी ए ३२० जहाजले काठमाडौँदेखि नयाँदिल्ली भएर भैरहवा गन्तव्यमा उडान भर्नेछ । जसअनुरुप नेपाल एयरलाइन्स काठमाडौँबाट दिल्ली पुगेर भैरहवा फर्किनेछ ।
भैरहवामा यात्रु ओरालेपछि जहाज काठमाडौँ फर्किनेछ । काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा एक घण्टा १५ मिनेटको उडान हुनेछ भने दिल्लीबाट भैरहवामा एक घण्टाको उडान हुनेछ ।
नेपाल एयरलाइन्सलाई भैरहवाबाट दिल्ली उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
“नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली भैरहवा उडान अनुमतिका लागि कागजात पेश गरेको थियो, प्राधिकरणले उडान तालिकाका लागि काठमाडौँ विमानस्थललाई पठाएको छ । भैरहवाबाट उडान गर्ने भएकाले अनुमति दिइएको हो”, उनले भने ।
नेपाल एयरलाइन्सले यसअघि काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि निगमको दिल्ली नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती भइ सातामा १० उडानमा सीमित गरिएको थियो । जसका कारण हिमालय एयरलाइन्सले कात्तिक १७ देखि गौतमबुद्ध विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको थियो ।
नेपाल एयरलाइन्सको जहाज दिल्ली पुगेर भैरहवा हुँदै काठमाडौँ फर्कदा भैरहवाबाट रित्तै काठमाडौँ आउनुपर्ने हुन्छ । भैरहवाबाट पनि काठमाडौँ यात्रु ल्याउनका लागि के कसरी गर्ने भन्नेबारे छलफल भइरहेको प्रवक्ता खड्काले बताए ।
“भैरहवाबाट पनि यात्रु लिएर काठमाडौँ ल्याउने कि भन्नेबारे छलफल भइरहेको छ”, उनले भने, “भैरहवाबाट काठमाडौँ आउने यात्रु आन्तरिक यात्रु हुने भएकाले उनीहरुलाई अध्यागमन, भन्सारलगायत प्रक्रिया पूरा गर्नु नपर्ने गरी ल्याउने विषयमा छलफल भइरहेको छ ।”
नेपाल एयरलाइन्सले भारतको मुम्बाईमा साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार तथा बैङ्लोरमा साताको तीन दिन शनिबार, मङ्गलबार र बिहीबार उडान गर्दै आएको छ ।
नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्यसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।
विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो । प्राधिकरणले नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरूपमा आग्रह गरिसकेको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.