content
stringlengths
20
64.1k
ललिता निवास प्रकरणमा मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्न सांसद अमरेशकुमार सिंहको माग काठमाडौं। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाही प्रक्रियामा ल्याउनुपर्ने माग गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले टिप्पणी गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने सरकारले निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनु पर्दैन भन्दै प्रश्न गरे। मन्त्री र प्रधानमन्त्रीको आदेश भएपछि कुन कर्मचारीले टिप्पणी उठाउँदैन ? प्रश्न गर्दै उनले निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरे। सरकार भ्रष्टाचारविरुद्ध लागेको हो भने शारदाप्रसाद त्रितालको प्रतिवेदनअनुसार कारबाही गर्न माग गर्दै उनले रुलिङ दिएमा आफूले उक्त प्रतिवेदन सांसदहरुलाई बाँड्न तयार रहेको बताए । ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च व्यक्तिलाई जोगाउन खोजिएको भन्दै उनले प्रश्न गरे, ‘सानालाई ऐन, ठूलालाई चैन ?’
सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगको महामारीबारे सरकारको ध्यानाकर्षण गराए काठमाडौं। पशुचौपायमा देखिएको लम्पी स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरी र सत्तापक्ष कांग्रेस रामहरी खतिवडाले लम्पी स्किन रोगको महामारी नियन्त्रण गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । लम्की स्किन रोग नियन्त्रणका लागि बजेट छुट्याएर तत्काल काम गर्न र पीडित किसानलाई राहत उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।
रविकाे प्रश्न-मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन ल्याइएन? काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति लामिछानेले मिटरव्याजबाट पीडित नागरिकको पक्षमा आफूरहेको भन्दै मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए। शून्यमा गएको उक्त बिधेयकलाई व्युँताएर आगामी बैठकमा कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने पक्षमा उभिने उनले बताए। उहाले मिटरव्याजसम्बन्धी प्रतिस्थापन बिधेयकलाई फास्ट ट्रयाकमा पारित गर्नका लागि रास्वपा तयार रहेको पनि बताए। लामिछानेले सत्तापक्षका केही दलहरुका कारण मिटरव्याज सम्बन्धी कानूनलाइ रोक्न खोजिएको चर्चा चलिएको भन्दै यसको पक्षमा र बिपक्षमा को छन् भन्ने बुझ्नुपर्ने जिकिर गरे। सरकारले ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश अन्तिम समयमा सदनमा पेश गरिएको थियो। तर सदन अवरुद्ध हुँदा उक्त अध्यादेश निष्कृय भएको थियो।
राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित काठमाडौं। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ । शुुक्ररबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेेेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।
प्रचण्डको विप्लव भित्र्याउने रणनीतिले माओवादीमा पुन र शर्माको मोर्चाबन्दी काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आन्तरिक राजनीतिमा सदैव प्रतिस्पर्धी देखिएका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन नजिकिएका छन्। पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना आफ्ना विश्वासपात्र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा ल्याउन पहल थालेपछि अलग धारको नेतृत्व गरेका पुन र शर्माले गठजोड गर्न थालेका हुन्। शान्तिप्रक्रियामा आएपछि विभाजित भएर छिन्नभिन्न बनेको माओवादीमा मूलधारको रुपमा रहेको सत्तारुढ माओवादी केन्द्रले आफ्नै पार्टीबाट विभाजित विप्लवलाई फेरि पार्टीमा ल्याउने पहल गरिरहेको छ। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विप्लवलाई पार्टीमा पुनरागमन गराउन निकै मेहनत गरिरहेका छन्। उनकै जोडबलले असार ४ गते गठन गरिएको समाजवादी मोर्चामा विप्लव सामेल भएका हुन्। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले केही समयदेखि विप्लवको प्रशंसामा समय खर्चिन थालेका छन्। उनले आफूलाई पछिल्लो समयमा परेका संकटमा विप्लवले साथ दिएको सार्वजनिक रुपमा बताउँदै आएका छन्। उनको अभिव्यक्तिले दाहाल र चन्दबीच विगतको कटुता मत्थर पार्दै फेरि सहकार्यको वातावरण बनाउन दुबैले आआफ्नो तर्फबाट पहल गरिरहेका छन्। विप्लवलाई भित्र्याउने दाहालको रणनीति बुझेका माओवादीका दुई प्रभावशाली नेता पुन र शर्मा भने दाहालको कदमले सशंकित बनेका छन्। माओवादी विभाजनको श्रृंखला चल्दै गर्दा सधैं साथ दिँदै आएका नेताद्वय पुन र शर्माले आफूहरुलाई भन्दा पार्टी विभाजनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विप्लवलाई प्राथमिकता दिएको भन्दै उनीहरु असन्तुष्ट बनेको माओवादी स्रोत बताउँछ। माओवादी केन्द्रको हरेक प्रतिकूल अवस्थामा साथ दिँदै नेताद्वय पुन र शर्माले पार्टी परित्याग गरेर कमजोर बनाएका विप्लवलाई अध्यक्ष दाहालले प्रश्रय दिएकोमा रुष्ट बनेका हुन्। उनीहरुले अध्यक्ष दाहालको विप्लवलाई भित्र्याउने लचकताप्रति विगतमा विप्लवले दाहालविरुद्ध गरेको क्रियाकलापको स्मरण गराउँदै कटुतालाई पुनर्जिवित तुल्याउन खोजेको स्रोतले जनाएको छ। विगतमा आफूविरुद्ध हिंसात्मक आक्रमण गर्न तम्सिएका विप्लवलाई अध्यक्ष दाहालले पार्टीमा मुख्य भूमिका दिएर महासचिव बनाउन खोजेको चाल पाएपछि पुन र शर्मा मोर्चाबन्दी गर्दै एक ठाउँमा उभिएका हुन्। उनीहरुले विप्लवलाई महासचिव बनाउने पार्टी अध्यक्षको मनशाय बुझेरै आफूहरु मध्येबाटै एक जनालाई महासचिव बनाएमा कुनै आपत्ति नहुने समेत दाहाललाई सुझाएको सा्रेतको दाबी छ। स्रोतका अनुसार उनीहरुले विगतमा पार्टी र अध्यक्ष दाहालविरुद्ध विप्लवको क्रियाकलाप बारे उनले आत्माआलोचना गर्दै माफी माग्नुपर्ने अडानमा नेताद्वय पुन र शर्मा रहेका छन्। यिनै नेताद्वयकै आन्तरिक तिक्तताले माअ‍ोवादीले २०७८ पुषमा सम्पन्न गरेको आठौं महाधिवेशनमा पुनको अनुपस्थितिमा पदाधिकारी चयन गर्न असफल भएको थियो। पार्टीमा अध्यक्षका लागि दाहाल निर्विकल्प देखिएपनि अन्य पदाधिकारी करिब एक वर्ष पछि माओवादीले चयन गरेको थियो। महाधिवेशनको क्रममा स्वास्थ्य उपचारका लागि चीनमा रहेका पार्टीका प्रभावशाली नेता पुनकै कारण पदाधिकारी चयन गर्न ढिलाइ भएको माओवादी नेताहरुले अनौपचारिक रुपमा बताउने गर्दथे। उनको सहभागीता बिना पदाधिकारी चयन गर्दा असन्तुष्ट हुने सम्भावना भएकाले माओवादीले महाधिवेशन सकिएको एक वर्ष पछि पदाधिकारी चयन गरेको हो। विप्लवलाई पार्टीमा भित्र्याउन पहल गरिरहेको माओवादीले माओवादीबाट विभाजित अर्का नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका डा.बाबुराम भट्टराईलाई समेत पार्टीमा ल्याउन निकै रस्साकस्सी गरेको थियो। दुबै विभाजित पूर्वसहकर्मीलाई पार्टीमा समाहित गर्न पहल गरिएपनि भट्टराईसँग तत्काल एकता टरेको माओवादी स्रोतले बतायो। यद्यपि दुबैले पार्टी एकताका लागि औपचारिक प्रस्ताव माओवादी केन्द्रीय कार्यालयमा पठाएका छन्। त्यसबारेमा कुनै औपचारिक सुनुवाई हालसम्मै भएको छैन। आगामी दिनमा बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताब बारे ठोस निर्णय गर्ने बताइएको छ।
सुर्तीजन्य पदार्थमा कर बढाउन राष्ट्रियसभाका सांसदको माग काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन्। आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिनुहुँदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव पेश गरे। आर्थिक विधेयक २०८० ले विदेशबाट आयात गरिने र स्वदेशमै बनेको बिँडीमा प्रतिखिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा र तयारी खाने खुर्ती, गुट्खा, पान मसला प्रतिकिलो प्रतिकिलो रु ६० का दरले स्वास्थ्य जोखिम कर लगाई असुल हुने उल्लेख गरेको छ । प्रस्तावमा बिँडीमा प्रतिखिल्ली ३० पैसाको सट्टा ४०, चुरोट र सिगार ६० पैसाको सट्टा ७५ पैसा कामय गर्ने र खुर्ती, गुट्खा, पान मसला तयारी प्रतिकिलो रु ६० रहेकामा बढाएर रु ७० पु¥याउन माग गरिएको छ । सुर्तीजन्य वस्तुको प्रयोगका कारण स्वास्थ्यलाई हानि गर्ने र क्यान्सरजस्तो गम्भीर रोग निम्त्याउने भएका कारण स्वास्थ्य सेवा कर बढाइनुपर्ने सांसद दाहालले बताए। सुर्तीजन्य वस्तुको बिक्री वितरणबाट उठाइने करमध्ये ८० प्रतिशत क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा खर्च गरिनुपर्ने सुझाव राष्ट्रियसभाबाट आएको छ।
राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित काठमाडौ। राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ । शुुक्ररबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।
अमेरिकी सहायक बिदेश मन्त्री लु काठमाडाैंमा काठमाडाैं। अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु काठमाडाैं आइपुगेका छन्। दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आइपुगेका हुन्। उनले आजै परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् भने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ। सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ।
राप्रपा लुम्बिनी प्रदेशको सहसंयोजकमा प्रकाश रिमाल मनोनित काठमाडौं। राप्रपाको लुम्बिनी प्रदेशको सह संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई मनोनीत गरिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा-२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोकेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ । अध्यक्ष लिङ्देनले मंगलबार गठन भएको महिला विभागका पदाधिकारी र सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिको समवेदना सन्देश- सीताको साथ उदाहरणीय काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना दिएका छन्। राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए। सीताको सशस्त्र संघर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनहरूमा उनको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ । ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन्। प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदनापत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे। दाहालले सीताको निधन लगतै टेलिफोन गरी दुःख व्यक्त गर्ने क्रममा राष्ट्रपति र आफू दुवै भावविह्वल भएको पनि बताए। प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग सीताको सम्बन्ध दाजु र बहिनीको भएकाले पनि राष्ट्रपति पनि भावविह्वल भएको उल्लेख गरे।
अमेरिकी सहायक बिदेश मन्त्री लु आज नेपाल आउँदै काठमाडौं। अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन्। दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउन लागेका हुन्। नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ। साथै, आफनो भ्रमणको क्रममा उनले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामुहिक भेटघाट गर्नेछन्। भारत, बंगलादेश र श्रीलंकाको भ्रमणमा सम्पन्न गरेर नेपाल आउन लागेका सहायक विदेशमन्त्री लुले अन्य राजनीतिक दलका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक १ बजे बोलाइएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ। साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० पेश गर्ने कार्यसूची रहेको छ।
सामाजिक सञ्जालमा अराजकता : कुरा बुझ्न छोडेर खेदो खन्ने हतारो काठमाडौं। कागले कान लग्यो भन्दैमा कागको पछि कुद्ने कि कान छाम्ने? नेपाली समाजमा यो उखान निकै प्रसिद्ध छ। पछिल्लो समय नेपालका सामाजिक सञ्जाल प्रयोगकर्तामा उक्त उखान चरितार्थ हुन्छ। नेपालमा सामाजिक संजालको प्रयोग सबैको पहुँचमा भएसँगै अहिलेै टिकटक फेसबुक लगायत प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ। मानिसहरु यसको माध्यमबाट विचार विनिमय गर्दै आइरहेका छन्। यसको प्रयोग आवश्यक देखिए पनि कतिपय सन्दर्भमा घातक सिद्ध हुन थालेको छ। यसैको पछिल्लो शिकार रास्वपाकी सांसद तोसिमा कार्की बनेकी छिन्। सामाजिक सञ्जालमा छोटो भिडियो राखेर भाइरल बनाउने ट्रेण्ड नेपालमा निकै बढेको छ। अझै टिकटकमा छोटो भिडियो बनाएर अपलोड गरेर सर्वत्र प्रचार गर्ने होडबाजीले त विषयवस्तु एकातिर, अभिव्यक्त हुने आशय अर्कैतिर हुने गर्दा वक्तालाई विवादमा तान्ने गरेको छ। सामाजिक सञ्जालको व्यापक प्रयोगले आम मानिसलाई निकट तुल्याए पनि यसको सन्दर्भ अनुरुप उपयोग नगर्दा गलत आशय अभिव्यक्त भएर त्यसको प्रष्टीकरण दिनुपर्ने आवश्यकता निम्तिएका बग्रेल्ती उदाहरण छन्। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नीको निधनमा श्रद्धाञ्जली दिन पुगेकी रास्वपाकी सांसद कार्कीले एउटा सन्दर्भमा व्यक्त गरेको अभिव्यक्तिलाई समग्रतामा नबुझी त्यसको आंशिक भिडियोलाई आधार बनाएर सर्वत्र टिप्पणी भयो। उनलाई मानवीय संवेदनाहीन भन्दै लगाइएको आरोपले सामाजिक सञ्जाल रंगियो। यद्यपि उनको अभिव्यक्तिको आशय अर्कै थियो। तर तथ्य नै नबुझी अधिकांशले सांसद कार्कीलाई आरोपित गर्ने होडबाजी नै चल्यो। सामाजिक सञ्जालको चर्को आलोचना खेप्न नसकेरै उनले सार्वजनिक रुपमा माफी समेत मागिसकेकी छिन्। सामाजिक सञ्जाल प्रयोगकर्ता जमातको बढ्दो आलोचना सहनै नसक्ने गरी बढेपछि स्पष्टीकरणले पनि नपुग्ने अवस्था निम्त्यायो। र, अन्ततः उनले माफी माग्न पुगिन्। सामाजिक सञ्जालको सिकार भएको उनी मात्रै पहिलो पात्र भने अवश्य होइनन्। यस अघि यस्तै कारणले आक्रान्त भएका अनेकौं सार्वजनिक पदधारण गरेका व्यक्तिहरु पनि छन्। जो बोलेकै भरमा आलोचनाको शिकार बनिरहेका छन्। प्रधानमन्त्री पत्नीको निधनमा अधिकांश नेताहरुले दिवंगतलाई श्रद्धाञ्जली दिँदै दाहालप्रति समवेदना प्रकट गरेका थिए। देशका शीर्ष नेतादेखि सबै क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको त्यहाँ उपस्थिति रहेको थियो। समाचार संकलनका लागि पुगेका अधिकांश मिडियाकर्मीहरुले आफ्नो पेशागत दायित्व निर्वाह गरिरहेका थिए। तथापि पत्रकारहरुले नेताहरुको आगमनको दृष्य र तस्बिर खिच्नु सामान्य नै भएपनि पछिल्लो समय व्याप्त ‘युट्युवकारिता’ले सत्य उजागर गर्ने भन्दा पनि विवादित ‘कन्टेन्ट’को खोजी गर्ने ट्रेण्डलाई आफ्नो ‘आदर्श’ बनाएको छ। त्यहाँ रहेका मूलधारका मिडिया समाचार सम्प्रेषणमा तल्लीन भइरहँदा युट्युब र सोसल मिडियाका ‘कन्टेन्ट क्रिएटर’हरु भने ‘बिकाउ कन्टेन्ट’को खोजीमा आफ्नो ध्यान केन्द्रित गरिरहेका थिए। कुनै पनि व्यक्तिको निधनमा समवेदना प्रकट गर्न जाँदाको दुखदायी क्षणमा अतिरञ्जनापूर्ण प्रश्नको वर्षाले थप पीडा दिने हुँदा मानवीय संवेदनाको दृष्टिले त्यो कदापी उपयुक्त होइन। त्यस्तो पीडादायी अवस्थामा संवेदनालाई मध्यनजर गर्दै सञ्चारकर्मीले पनि अनावश्यक र भावनात्मक प्रश्न तेर्स्याएर थप पीडा दिनु शोभनीय हुँदैन। तर, पछिल्लो समय मौलाएको युट्युबको ट्रेण्डले भ्युज बटुल्न अनावश्यक र सन्दर्भहीन प्रश्न गर्ने शैली त्यहाँ पनि देखियो। यस्तै प्रश्नको सामना गर्नुपर्दा सांसद कार्कीलाई बाध्यात्मक अवस्था आइलाग्यो। र उनी प्रश्नको जवाफ दिन तम्सिएकी थिइन्। उनलाई प्रश्नकर्ताले अनावश्यक तवरको प्रश्न तेर्स्याएका छन्। प्रधानमन्त्री परिवारविहीन हुनुभएको छ उहाँलाई के सुझाब दिनुहुन्छ? भन्दै उनीमाथि प्रश्न गरिएको छ। सामान्यतया मानिसहरु भावनात्मक पक्ष हाबी हुने अवस्थामा बोलीको शैली मिलाउन नजान्दा आलोचित हुनुपर्ने नेपाली समाजको बिडम्बना नै हो। परिवारको सदस्य गुमाएको स्थानमा प्रश्नकर्ताको प्रश्न नै असान्दर्भिक मात्रै होइन, निरर्थक छ। यसलाई सामञ्जस्यतापूर्वक जवाफ दिएकी उनले कुनै प्रकारको आक्षेप प्रधानमन्त्री र उनको परिवारलाई लगाएको देखिँदैन। तथापि उनको आलोचनाको ग्राफ सामाजिक सञ्जालमा ह्वात्तै बढेको छ। यसले नेपाली समाजको मनोदशा दर्शाएको छ। विषयको गाम्भीरता नबुझी हचुवाको भरमा धारणा बनाउने जमातको सोच एकपटक फेरि उजागर भएको छ। नेपाली समाजमा सामाजिक सञ्जाल हाबी हुँदा मिडियाको साख गिर्दै गएको यसले पुष्टि गर्दछ। हेर्नुहोस् भिडियो:
पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीको उपाध्यक्षसँग छलफल काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग आज छलफल गरेका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार छलफलमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभाषचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए । एमालेको केन्द्रीय कार्यालयको बैठक शुक्रबार बस्दै छ । यही असार ३० गते डाकिएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि बैठक भोलि दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति बंगलादेशकी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेकी छन्। दाहालको निधनमा दुःख व्यक्त गर्दै उनले प्रधानमन्त्री दाहालको परिवारलाई समवेदना सन्देश पठाएकी हुन्। नेपालका लागि बंगलादेशी राजदूतले बिहीबार प्रधानमन्त्री दाहालको परिवारलाई भेटेर बंगलादेशकी प्रधानमन्त्री हसिनाले पठाएको शोक सन्देश बुझाएका थिए।
नेपाली सेनाको सङ्ख्या घटाउने सरकारको कुनै सोच छैन : रक्षामन्त्री खड्का काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा उनले भने, “मुलुकको आवश्यकता, तत्कालीन परिस्थिति, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण भएको हो । भविष्यमा पनि सोही सिद्धान्तका आधारमा सङ्ख्या निर्धारण हुनेछ ।” रक्षामन्त्री खड्काले हाल नेपाली सेना विभिन्न काममा पूर्णरूपमा जिम्मेवारीका साथ सक्रियरूपमा लागेको स्पष्ट पारे । नेपाली सेनाको सङ्ख्यालाई उच्चतम उपयोग गरी मुलुकको विकास र उन्नति तथा प्रगतिमा खटाइएको उनको भनाइ छ । “नेपाली सेना, संविधान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय मापदण्ण्डअनुरूप सीमा सुरक्षा एवं भौगोलिक अखण्डता रक्षाका कार्यमा सदैव क्रियाशील रहेकोप्रति सबैलाई अनुरोध गर्न चाहन्छु”, उनले भने, “कुनै पनि देशको सेनाको सङ्ख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समय–समयमा मुलुकको आवश्यकताअनुसार निर्धारण हुने गर्छ ।” उनले नेपाली सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णयबमोजिम निर्धारण हुनेसमेत स्पष्ट पारे । साथै नेपाली सेनाले संविधान तथा अन्य कानूनले दिएको जिम्मेवारी, सरकारले समय–समयमा दिने जिम्मेवारी, अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनाका गर्ने कार्यलगायत विभिन्न जिम्मेवारीमा पनि प्रभावकारी र जिम्मेवारपूर्वक निर्वाह गरेको बताए । उनले भने, “सृष्टि रहेसम्म हाम्रो देश रहन्छ । त्यो बेलासम्म हाम्रो मुलुकको रक्षाका लागि, भौलोगिक अखण्डताका लागि, सीमा रक्षाका लागि नेपालीसँगै नेपाली सेना पूर्णरूपमा प्रतिबद्ध छ । प्रतिकूल अवस्थालाई अनुकूलतामा परिणत गर्दै नेपाली सेनाले आफ्नो भूमिका अत्यन्तै अनुशासितरूपमा निर्वाह गर्दैै आएको छ ।” उनले नेपाली सेनाको दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ सङ्ख्या कायम भएको बताए । तीमध्ये ७४ हजार पाँच सय पाँच पुरुष र छ हजार सात सय ७२ महिला रहेको उनको भनाइ छ । हाल कायम रहेको नेपाली सेनालाई दुई वटा प्रमुख काममा जिम्मेवारी दिइएको उनले सुनाए । उनका अनुसार ४० हजार दुई सय सात जनालाई शान्ति सेना, विभिन्न तालिम प्रदान, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटाइएको छ भने बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा खटाइएको छ । उनले नेपाली सेनालाई भौतिक पूर्वाधार निर्माण, वातावरण तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पनि खटाइएको बताए । अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि पनि नेपाली सेनाले प्रमुख भूमिका खेलेको उनको भनाइ छ । “नेपाली सेना विश्वका कुनै पनि भागमा संयुक्त राष्ट्रसङ्घको छातामुनि रहेर द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि निकै ठूलो भूमिका निर्वाह गरेको छ”, रक्षामन्त्री खड्काले भने, “शान्ति स्थापना भएका देशमा नेपाली सेनाप्रति त्यहाँका जनताले देखाएको विश्वास र अपनत्व गौरव गर्न लायक छ, यसको मनोवैज्ञानिक प्रभाव विश्वभर परेको छ ।” रक्षामन्त्री खड्काले नेपाली सेना विश्वमा शान्ति स्थापनाका दृष्टिले सङ्ख्याका रूपमा दोस्रो र प्रभावकारीताका हिसाबले अब्बल रहेको बताए । उनले सेनाको व्यवस्थापनका सन्दर्भमा बङ्करबाट ब्यारेकसम्म अभियानअन्तर्गत हालसम्म पाँच हजार आठ सय ५० ब्यारेक निर्माण गर्नुपर्नेमा तीन हजार सात सय २२ ब्यारेक निर्माण भइरहेको बताए । उनले यसका लागि आगामी आवमा रु दुई अर्बको हाराहारीमा बजेट विनियोजन गरिएको समेत बताए । रक्षामन्त्री खड्काले तराई मधेस द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको उल्लेख गर्दै २०८३ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको जानकारी दिए । “कोरोना महामारीलगायतका कारण फास्ट ट्र्याक निर्माणमा ढिलाइ भएको हो, अहिलो निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ, २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।”
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा भाग लिने सत्तापक्षीय प्रदेशसभा सदस्यले सरकारले लिएको नीतिविपरीत वास्तविकता र यथार्तपरकभन्दा फरक ढङ्गले बजेट ल्याइएको भन्दै यस्तो ढङ्गको बजेटबाट न्यायपूर्ण एवं समतामूलक समाज निर्माण गर्न नसकिने बताए । उनीहरूले मन्त्रालयहरूका संरचनाको मर्मत र विभिन्न सुविधा थप्ने शीर्षकमा अनावश्यकरूपले बजेट छुट्याइएको भन्दै प्रदेशसभाका सदस्यले दिएको सुझावका आधारमा बजेट कार्यक्रममा विकासका योजना समेट्न ध्यानाकर्षण गराए । प्रतिपक्षी दलका सदस्यले सीमित नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गरेर बजेट आएको भन्दै यो बजेट कार्यक्रम दिशाहीन र गन्तव्यहीन भएको आरोप लगाए । बजेटमाथिको छलफलमा सत्तापक्षीय सदस्यहरू मेघराज खड्का, शिवसिंह ओली, प्रकाश रावल, प्रकाशबहादुर बम, तुल्सी देवकोटा, खुशीराम डगौरा थारू, लक्ष्मी विक, जानकीदेवी कुँवर र सरस्वती खड्का थिए । यसैगरी प्रतिपक्षी दलका धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्लले पनि छलफलमा भाग लिएका थिए । बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएका प्रदेशसभा सदस्यको नाम बाचन गरेका थिए । प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथिको छलफल जारी छ ।
प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जलि अर्पण (फाेटाेफिचर) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन् । साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए । नेकपा (माओवादी केन्द्र)का नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए । यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए । आजै शुभेच्छुक तथा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगात देशका राजदूतहरू बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धान्जलि अर्पण गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि आज र भोलि बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्मका लागि समय निर्धारण गरेको थियो ।
अनलाइनबाटै राप्रपाको सदस्य बन्न सकिने, एक वर्षमा २ लाख सक्रिय सदस्य बनाउने काठमाडौं। राप्रपाले आफ्नो पार्टीको सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने जनाएको छ । गत १ देखि ३ जेठसम्म चलेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संशोधनसहित पारित राजनीतिक कार्यपत्रअनुसार विभिन्न समयमा बसेको कार्य सम्पादन समिति तथा पदाधिकारीहरूको बैठकले तयार गरेको ‘राप्रपाः अब नवीन राप्रपा कार्ययोजना २०८०’अन्तर्गत केही मूलभूत बुँदाहरू सार्वजनिक गर्दै प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार अनलाइनबाटै साधारण, सक्रिय सदस्य बन्न तथा आर्थिक सहयोग पनि गर्न सकिनेछ। एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पु¥याउने लक्ष्य लिएको राप्रपाले राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पुर्‍याउने लक्ष्य लिएको छ । भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने, ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नेजस्ता राप्रपाले लक्ष्य लिएको छ । राप्रपाले लिएको लक्ष्य बुँदामा ● ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशतमहिलाको संख्या सुनिश्चित गरिनेछ। ● पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराईनेछ। ● पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेद्वार बनाउँदा ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाइनेछ। ● केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९००जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको छ। ● एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ। यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्नेछ। ● यस अन्तर्गत राजसंस्था,हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्‍याउने। ● भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने । ● पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने। ● स्थानीय पार्टी कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ। ● यसरी भूगोल केन्द्रीत विशेष जिम्मेवारी अन्तर्गत अध्यक्ष राजेन्द्र लिङदेन धरान उपमहानगर पालिका, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की,हेमजंग गुरुङ,मुकुन्दश्याम गिरी,उद्धव पौडेल क्रमश… ● तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदिए जिम्मेवारीबाट मुक्त हुनेछन्। ● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने। ● राप्रपामा अब काम नगरि नेता हुन नपाईने ब्यवस्था मिलाईएको छ। ● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाइएकोछ। ● अबबाट विधुतीय माध्यमबाटै साधारण, सक्रीय सदस्य बन्न साथै आर्थिक सहयोग पनि गर्न सकिनेछ। ● एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्‍याइनेछ। ● ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ। ● सरकारी वेतनधारीहरूको भातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गरिनेछ। ● विधार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढि क्रियाकलापमा संलग्न गराईनेछ। मूलतःविश्वविद्यालयमा गैरराजनीतिक संगठनका रूपमा क्रियाशील रहनेछ। ● जिम्मेवारीमा रहेका सबैका लागि १बाट ३ सदस्यता अभियान सञ्चालन गर्ने। ● माथिका सबै क्रियाकलाप ६ महिना पछिपनि निरन्तर रहनेछ। ● ६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ। ● माथिको ६ महिने क्रियाकलाप सम्पन्न भएपछि जनजिविकाका सवाल तथा मान्यता स्थापना उद्देश्यका लागि जनदवाव सिर्जनाका लागि क्रियाकलापहरू अगाडि बढाइनेछ।
सुशासनको अभियालने विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् । राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “सुशासन समृद्धिको पूर्वसर्त हो । सुशासनलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्छ”, उनले भने, “सुशासनका सन्दर्भमा सरकारले चालेको कदमलाई सिङ्गो देश र सदनले जुन समर्थन व्यक्त गरेको छ, त्यसको म उच्च मूल्याङ्कनसहित आभार व्यक्त गर्न चाहन्छु ।” धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन, दोषी अपराधी नछुटुन भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको बताए । उनले साधनस्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको जानकारी दिए । “प्रहरी फोर्सभित्र वृत्तिविकास र भौतिक पूर्वाधारको समस्या छ”, उनले भने, “सीमासुरक्षा, अपराध नियन्त्रण, शान्तिसुरक्षा प्रभावकारी बनाउने, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, भेदभावको अन्त्यका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन साधनस्रोतको सीमाका बाबजुद हामी अधिकतम प्रयास गरिरहेका छौँ ।” सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पु¥याउन दृढ रहेको उनको भनाइ छ । तस्करी, लागुऔषधको ओसारपसार तथा दुव्र्यसनी नियन्त्रण गर्न मन्त्रालयले गम्भीरतापूर्वक काम अगाडि बढाएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौंमै बस्न चाहने डाक्टरबाट आत्महत्याको धम्की आयोः मन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काजमा रहेका चिकित्सकको दरबन्दी व्यवस्थापन गर्दा धम्की आएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा उनले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धम्की आएको बताएका हुन् । दरबन्दी बाहिर भएर काठमाडौंमै बस्न चाहनेहरुबाट सचिवालयमाा धम्की आउने गरेको जानकारी दिँदै उनले बाहिरी जिल्लामा दरबन्दी भई ट्रमा सेन्टरम बस्न चाहनेले आफू दरबन्दी भएको स्थानमा पठाए आत्महत्या गर्छु भनेरसमेत धम्क्याएको बताए । तर, मर्ने भए मेरो कोठमै मर्नु भन्नु भनेर सचिवहरुलाई जवाफ दिन भनेको उनले बताए । दरबन्दीअनुसारको डाक्टरहरू व्यवस्थापन गरेर छाड्ने मन्त्री बस्नेतको प्रतिबद्धता छ ।
परराष्ट्रमन्त्री भन्छन् : बीआरआई छलफलकै क्रममा काठमाडाैं। परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले नेपाल चीनवीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताएका हुन्। उनले केरुङ-काठमाडौ रेलमार्गको सम्भाव्य अध्ययन र दुई देशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भरहेको जानकारी दिए। उनले परराष्ट्रमन्त्री साउदले ७ वटा मुलुक रिक्त रहेकाले कार्यविधि अनुसार चाडै राजदूत नियुक्त गरिने बताए। राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्रभित्रबाट र ५० प्रतिशत परराष्ट्रबाहिरबाट गरिने जानकारी दिएका मन्त्री साउदका अनुसार हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेका छन् । विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेको बताउँदै उनले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लैजाने पनि बताए । परराष्ट्रमन्त्री साउदले नेपाल संविधानले निर्दिष्ट गरेको असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको, पारस्पारिक हित र लाभका आधारमा छिमेकी लगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेको जानकारी दिए। त्यस्तै बैठकमा आफ्ना मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री मोहन बस्नेतले मुलुक भरका अस्पतालमा विपन्न नागरिकलाई सहज रुपमा उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिए। सीमित बजेटका बाबजुत पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै उपचारका लागि विदेश जानु पर्ने अवस्थालाई अन्त्य गर्दै लैजाने उनले बताए। उनले आधारभूत स्वास्थ्य सेवाको सहज पहुचका लागि सरकार तत्पर रहेको भन्दै उहाले यस क्षेत्रमा भएका बेचिथिहरुलाई अन्त्य गर्न सदनको मद्दत आवश्यक रहेको बताए।
रविकाे जिकिर : रास्वपा सरकारकाे रेसमा छैन काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै लामिछानेले अहिले पार्टी विस्तार लगाएत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रीत रहेको भन्दै सरकारमा सहभागी हुने योजना नरहेको र पार्टी भित्र पनि कुनै छलफल नभएको बताएका हुन्। लामिछानेले सरकारमा जाने रेसमा पार्टी नरहेपनि सरकारको स्थायित्वको पक्षमा रास्वपा रहेको जिकिर गरे। उनले पार्टीले आफ्ना निर्णयहरु स्वतन्त्र रुपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको बताए। अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सवै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनको भनाइ छ। लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अब सत्तामा रहेका दलहरु नै विपक्षमा उभिन सक्ने उल्लेख गरे। उनले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दावी गरेको जनाए।
कांग्रेसमा बुढो पुस्ता भर्सेज युवा पुस्ता काठमाडौं। पार्टीभित्र आन्तरिक शक्ति संघर्ष चुलिएको बेला सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन दुई गते बस्दैछ। बुधबारका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि साउन दुई गते बस्ने गरी सरेको हो। साउन दुई गते बस्ने बैठकलाई निकै चासो र महत्वका साथ हेरिएको छ। पार्टीभित्रका मतभिन्नतालाई सम्बोधन गरी पार्टीलाई एकीकृत बनाउन केन्द्रीय समिति बैठक बोलाइएको थियो। शीर्ष नेतृत्वलाई दबाब दिएर आह्वान गरिएको बैठक सभापति शेरबहादुर देउवाका लागि चुनौती बन्ने देखिएको छ। विशेष गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित युवा नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषयलाई मुख्य एजेण्डा बनाउने तयारी गरेका छन्। साथै उनीहरुले भातृसंगठनको पूर्णतालगायतका विषयमा पनि बैठकमा चर्को आवाज उठाउने बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका खाँणलाई पार्टीको जिम्मेवारीबाट नहटाइएको भन्दै कांग्रेसभित्र निकै आलोचना भइरहेको छ। यसले सिंगो पार्टीलाई समेत असर गरेको महामन्त्रीद्वयको बुझाइ छ। भ्रष्टाचारविरुद्ध सशक्त रुपमा अघि बढ्ने प्रण लिएको कांग्रेसले सोही आरोप लागेका व्यक्तिलाई संरक्षण गरिरहेको भन्दै आलोचना खेप्नुपरेको छ। प्रचार विभाग बाहेक कांग्रेसका अन्य भातृसंगठनले अझै पनि पूर्णता पाएका छैनन्। यो बैठकबाट भातृ संगठनले पूर्णता पाउने बताइएको छ। विशेष गरी संस्थापन इतर पक्ष सभापति शेरबहादुर देउवाविरुद्ध रणनीतिक रुपमा लागेको छ। संस्थापनइतर समूहले सभापतिमाथि निरन्तर दबाब बढाइरहेको छ। महामन्त्रीद्वय थापा र शर्मासहित संस्थापनइतर पक्ष नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरहेको छ। जिम्मेवारी र भूमिकाको हिसाबले पार्टी सभापतिपछि दोस्रो पदमा रहेका महामन्त्री गगन थापाले सभापतिले पद छाड्नुपर्ने भन्दै आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। कांग्रेसभित्रको विवाद कतिसम्म बढेको छ भने सभापतिको सहमति विना महामन्त्रीद्वय थापा र शर्माले जिल्ला सभापतिहरूको भेला नै बोलाए। दुई दिनसम्म चलेको भेलाले शुक्रबार १४ बुँदे प्रतिबद्धता जारी गर्दै समापन भयो। सो भेलामा सभापति देउवा र उनी निकट नेताहरु उपस्थित भएनन्। कांग्रेसभित्र गुटबन्दी बढ्दै गएका बेला महामन्त्री थापा अबको प्रधानमन्त्री युवापुस्ताबाट बन्नु पर्ने भन्दै त्यसको तयारीमा लागेका छन्। उनले आफू एक पटक संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको भन्दै विधिभित्रै रहेर पुन संसदीय दलको नेता बन्ने बताउँदै आएका छन्। १४ औं महाधिवेशनबाट महामन्त्रीमा युवा नेताहरु निर्वाचित भएपछि उनीहरुले सभापति देउवालाई निरन्तर दबाव दिइरहेका छन्। पार्टी विधि र पद्धति अनुसार चल्नुपर्ने भन्दै उनीहरुले देउवामाथि दवाब बढाउँदै लगेका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला बस्न लागेको केन्द्रीय समिति बैठकलाई सबैले चासोका साथ हेरेका छन्।
नेपाली कांग्रेसको नयाँ नीति : को पहिले प्रधानमन्त्री बन्ने होडवाजी नेपाली कांग्रेसले आफ्नो पछिल्लो महाधिवेशनका बेला आफूलाई नीति बनाउन खप्पिस ठान्नेहरुले पनि नीति भन्दा पहिले निर्वाचनलाई रोजे। महाधिवेशन सक्किएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएको थियो। तर दुईवटै महामन्त्रीहरु नीति महाधिवेशनको कुरा गर्नुभन्दा आफ्नै पार्टीका निर्वाचित सभापति शेरवहादुर देउवाको सभापति पदबाट राजीनामा मागेर बसे। यसले कांग्रेसमा गुटउपगुट थपिने क्रम बाहेक अन्य कुनै ठूलो उपलब्धि हुन सकेको देखिएन। हिजोआज फेरि नेपाली कांग्रेसको नीति कस्तो बनाउने भन्ने बहस शुरु भएको छ। सायद दशैं अघि नै नीति बनाउने महाधिवेशन नेपाली कांग्रेसले गर्नेछ। तर त्यो नीति महाधिवेशन पनि शेरबहादुर देउवा र गगन थापाबीचमा पहिले को प्रधानमन्त्री बन्ने होडवाजी मै सीमित हुने हो कि भन्ने आम प्रजातन्त्रप्रेमी सोचमा परेका छन्। महामन्त्री गगन थापाको रिस र षड्यन्त्र शेरवहादुर देउवाले नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल राष्ट्रपति बनाउन सफल भएपछि केही मत्थर भएकै हो। नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा गगन थापाले विश्वप्रकाश, प्रदीप पौडेलसमेतको समर्थनमा २५ मतमात्र ल्याएपछि उनको पार्टी भित्रको पकड छताछुल्ल भयो। महामन्त्रीमा पाएको लोकप्रिय मत भनेको उनका प्रतिस्पर्धी प्रकाश शरण महतलाई साइजमा राख्नका लागि उनकै गुटका केही नेताले खेलेको चालको परिणाम रहेछ भन्ने बुझिसकेपछि गगन थापा घरको न घाटको भएका छन्। पछिल्लो नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले संसारमा कतै छ पटक प्रधानमन्त्री बनेको देख्नु भएको छ? भनी प्रश्न गरेर आफ्नै नेता शेरबहादुर देउवाप्रति अझै रिसको तुष ओकली रहेका छन् भन्ने सबैले बुझेकै छन्। हुन त स्वयं गगन थापा आफै आफ्नै ससुरा विरुद्ध महामन्त्रीमा उठने, कहिले कृष्ण सिटौलाको गुटमा बस्ने त कहिले डा. शेखर कोइरालाको गुटमा बस्ने त कहिले आफैं गुट बनाएर हिँड्ने गरेका गगन थापाको पछिल्लो साँठगाँठ राष्ट्रिय स्वतन्त्र पार्टी तिर पनि बढी रहेको देखिन्छ। कतिले त गगन जसलाई ‘गनगने’ भनेर उपनाम दिनेहरुसँगै सति जानसक्दछन् भन्दैछन्। यो सत्य नहोस्। तर उनको स्वभाव र पछिल्लो कृयाकलापले केही त गर्न लागेकै छन् भन्ने प्रष्ट हुँदै गएको छ। डा. शेखर कोइरालाको केमेष्ट्री शेरवहादुर देउवासँग विस्तारै मिल्दै जानुले पनि गगन थापा विस्तारै कांग्रेस भित्र गनगनेकै रुपमा स्थापित हुने हुन कि भन्ने भय पनि छ। जे होस, गगन थापा आफ्नै गुटका आफूभन्दा बरीष्ठको सुझाव र सल्लाह नसुनी आफू प्रधानमन्त्री बन्दछु भनेर घोषणा गर्ने कामले गर्दा उनी केही गैरसांसदहरुको झुण्डको प्यारो भएपनि नेपाली कांग्रेसकै डिग्गाहरुबाट आलोचित हुँदै गएका छन्। अझ भर्खरै नेपाली कांग्रेस पार्टीका जिल्ला सभापतिहरुको काठमाडौंको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बैठक बोलाएर आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई निमन्त्रणा समेत नगरेको भनेर पार्टी भित्रकै नेताहरुबाट आलोचित भइसकेका गगन थापाले नयाँ नीति भनेको आफू प्रधानमन्त्री बन्ने खालको मात्र बनाउने तर नागरिकको हितमा कुनै नीति ल्याउन नसक्ने भएकाले प्रजातन्त्रप्रति आस्था राख्ने आम नागरिकको कांग्रेसको नयाँ नीति के आउँदैछ भनेर मन्थन गर्नु आवश्यक ठानेको छ। पहिले त विश्वमा ६ पटक प्रधानमन्त्री भएको सुन्नु भएको छ भन्ने गगन थापालाई व्यक्तिगत स्वार्थका आधारमा पटक पटक गुट परिवर्तन गर्ने मुसा प्रबृत्ति नेपाली कांग्रेस भित्र कसैको छ भने त्यो पहिलो नम्बरमा गगन थापाको नाम आउँछ भन्नेहरुलाई उहाँको जवाफ के आउला? त्यो त पछि जानकारी आउला नै। तर अहिले भनेको नेपाली कांग्रेसले आगामी २०८४ सालमा हुने निर्वाचनमा कस्तो नीति लिएर गयो भने सफल हुन सक्दछ भन्ने धारणाहरु राख्नु आवश्यक छ। यसका लागि धारणाहरु राख्दा नत गगन थापाको स्वार्थलाई हेरिने छ न त सभापति शेरवहादुर देउवा कै। तटस्थ भएर हेर्दा अहिले दुबै के नीति ल्याउनतर्फ लाग्ने छन् भन्दा शेरवाहादुर देउवालाई पनि कम्तिमा अब एक पटक प्रधानमन्त्री हुनुपर्ने छ। त्यो भनेको अहिलेको पुष्पकमल दहालको नेतृत्वको सरकार ढल्ने वित्तिकै सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भएको कारणले संविधानको प्रावधान अनुसार नै शेरवहादुर देउवालाई कसैले प्रधानमन्त्री हुनबाट रोक्न सक्दैन। उनी एकपटक प्रधानमन्त्री भएपछि बाँकी फेरि अर्को धारा सक्रिय भएर प्रधानमन्त्रीको उम्मेदवार कसैलाई बनाउनु परेमा डा. शेखर कोइराला वा डा. शशांक कोइरालालाई बनाउने छन्। गगन थापालाई त आफ्नै ससुरा जसको विरुद्धमा गगन थापा उठेका थिए, लाई सहयोग गर्लान भन्ने अनुमान गर्न सकिँदैन। यहाँ कांग्रेसको आन्तरिक विवादको उठान नगरी नीति कस्तो बनाउने कुरालाई मात्र मन्थन गर्ने हो भने अहिलेसम्म कांग्रेसले जसको नाम बेचेर यहाँ सम्म आएको छ उसकै नीतिलाई अनुशरण गर्न पछाडी फर्किनुको विकल्प छैन। त्यो भनेको वीपी कोइरालाको नीति हो। वीपी कोइरालाले संवैधानिक राजसंस्थाको वकालत गरेका थिए। कांग्रेसले पनि राजा सहितको संसदीय व्यवस्था मान्न सक्यो भने देशका सबै शक्तिलाई राजनीतिको मूल धारमा ल्याउन सकिन्छ। दोस्रो नीति भनेको धर्मप्रतिको धारणा हो। नेपाली कांग्रेसको पुरानो विधानमा धार्मिक स्वतन्त्रतालाई स्वीकार गरिएको थियो। अहिलेको संविधानमा धर्म निरपेक्षता उल्लेख छ। यस्तो अवस्थामा धर्मको बारेमा जनमत संग्रह गर्नुपर्दछ र सनातन हिन्दु धर्मलाई स्वीकार गर्दै सबै धर्मलाई राज्यले संरक्षण गर्ने नीति लागू गर्न धार्मिक स्वतन्त्रताको लाइनमा जानु पर्ने देखिन्छ। यसमा नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले हिन्दुधर्मका लागि जनमत संग्रह गराउँछु भन्नुलाई मात्र नीति कै रुपमा लागु गरेमा उहाँको सम्मान हुन्छ। तेस्रो नीति जुन सबैभन्दा महत्वपूर्ण हो, त्यो आर्थिक नीति हो। पूर्ण पूँजीवादको अवधारणा भन्दा विपी कोइरालाले अपनाउन खोजेको समाजवादलाई अनुसरण गर्न कांग्रेसले ढिला गर्नु हुँदैन। सकभर कर्जामा विदेशी लगानी नलिने, नेपालीको क्षमताले भियाउने गरी आर्थिक उन्नतीका क्रियाकलापहरु साना तिना भएपनि गर्ने, पर्यटन, पानी र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको संचालन गर्ने, गाँजाको उत्पादनलाई कानुनी मान्यता दिने, सामुहिक खेती प्रणाली, व्यवसायिक खेती प्रणाली, शुरुमा विदेशबाट किनेर ल्याइरहनु परेको तर नेपालमा पनि उत्पादन हुने कुराहरुमा केन्द्रित रहेर आयात घटाएर डलर बचाउने काममा ध्यान दिने गरी कांग्रेसले नीति बनाउनु पर्दछ। त्यसैगरी राजनीतिका मोडलहरुमध्ये प्रजातन्त्र नभएर लोकतन्त्र वा गणतन्त्रमा गएको भएपनि संविधानमा समाजवाद तर्फ उन्मुख भनिएकोले नेपाली कांग्रेसले समाजवादको कुन खाका दिने हो त्यसलाई प्रष्ट पार्नु पर्ने देखिन्छ। यसका लागि नेपाली कांग्रेसले अहिलेको निर्वाचन प्रणाली, कर्मचारी भर्नामा रहेको आरक्षण प्रणालीलाई अझ सुक्ष्म रुपमा बर्गिकरण गर्ने पद्दति बसाउनु पर्दछ। जस्तो महिलालाई ५० प्रतिशत, दलित भित्रको कोटामा मधेसी दलितलाई जनसंख्याको आधारमा छुट्टै कोटा तोकेर बताउने, मधेसी भित्रको कोटामा समेत कुन कुन थरको समुदायलाई समताको सिद्धान्तका आधारमा बढी प्रतिशत दिनुपर्ने हो त्यसलाई पनि जनसख्याको आधारमा विभाजन गर्ने गरी नीति ल्याउने काम गर्नु पर्दछ। कांग्रेसले शिक्षा र स्वास्थ्यलाई सरकारी करणगर्ने गरी नीति ल्याउनु पर्ने देखिन्छ। रोजगार सृजनाका लागि कांग्रेसले आफ्ना सक्रिय सदस्यहरुलाई अनिवार्य सामुहिक आर्थिक गतिविधिमा लाग्न नियम नै बनाउनु पर्दछ। साथै समुदायमा आयआर्जन, स्वरोजगार, उद्यमी, व्यवसायी बनाउने र कृषिलाई व्यवसायीकरण गरेर अघि बढ्नका लागि नीति नै पारित गरेर अघि बढ्नु पर्ने देखिन्छ। अहिलेको अर्थमन्त्रीको बजेटले कांग्रेसलाई फाइदा गर्न सकेन। अबका दिनमा नेपाली कांग्रेसले आर्थिक क्रान्तिमा केन्द्रित हुनेगरी नीतिमा परिवर्तन गर्नुपर्ने देखिन्छ। एक व्यक्ति एक सीप, सबै सीपका लागि रोजगारको अवसर हुने गरी नीति बनाउन सकियो भने र विदेशी विद्यार्थीहरु समेत नेपालमा पढ्न आउने गरी शिक्षा नीति बनाउने गरी अघि बढेको खण्डमा केही नयाँ रौनक आउन सक्दछ। यसका लागि नेपाली कांग्रेसले गाउँका कांग्रेस समर्थक र आम मानिसहरुसंग छलफल र सम्वाद चलाउनु पर्दछ। हुनत नेपाली कांग्रेसले नीति महाधिवेशन अघि पार्टीको अभियान सञ्चालन गर्ने भएको छ। यसको प्रारुप बनाउने काम कांग्रेसले केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाएको बैठकबाट गर्ला। तर ‘कस्तो प्रकृतिको अभियान गर्ने? कति अवधिको गर्ने? नारा के राख्ने कुराहरु शुरुमै तय गर्न सकियो भने कांग्रेसले नयाँ फड्को मार्न सक्दछ। यसका लागि कांग्रेस एक भएर जान लागेको सन्देश तल्लो स्तरमा पनि दिनका लागि शेरबहादुर देउवा र डा. शेखर कोइराला एकै मञ्चमा देखिएर एकअर्काको सकारात्मक पक्षलाई प्रचार प्रसार गरेर शेरबहादुर देउवा एक पटकका लागि अन्तिम पटक प्रधानमन्त्री बन्ने र आगामी दिनमा डा. शेखर कोइरालालाई प्रधानमन्त्री बन्ने बाटो बनाइदिने गरी अघि बढ्नु पर्ने देखिन्छ। गगन थापाले त कांग्रेसलाई भन्दा युवालाई र युवालाई भन्दा रबि लामिछानेको अभियानमा गोदी लिने बेर छैन। यसबाट सिंगो कांग्रेस होसियार हुनु पर्दछ।
एमालेले डाक्यो सचिवालय बैठक काठमाडौं । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ । यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन् । अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।
कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश काठमाडौं।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले तत्काललाई जोगाइदिएको छ। सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिँदै साउन ७ गतेदेखि निरन्तर सुनुवाई गर्ने भनेको छ। एमाले कोशी प्रदेशका प्रमुख सचेत सचेतक रेवतीरमण भण्डारीले निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट दायर रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो। रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेश गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको थियो। कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा कुनै दलको पनि बहुमत छैन। गत असार १५ गते विश्वासको मत नपाउँदा तत्कालीन मुख्यमन्त्री कार्की पदमुक्त भएका थिए। कार्की पदमुक्त भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले पाँच दिनको समय सीमा दिएमा संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखको आह्वनपछि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता थापाले सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएका थिए। सभामुखको हस्ताक्षरलाई अस्वीकार गर्न एमालेले माग गरेपनि प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
माओवादी केन्द्रले सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने काठमाडों। नेकपा (माओवादी केन्द्र)ले पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनपछि बसेको पदाधिकारी बैठकले दुई दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए। त्यस्तै बिहीबार देशभरका सवै कार्यालयहरुमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने निर्णय भएको उनले बताए। नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता भएको बताए। माओवादीका सल्लाहकार समेत रहेकी सीता दाहालको बुधबार नर्भिक अस्पतालमा निधन भएको थियो।
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय काठमाडाैं। सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ एवं केन्द्रीय सल्लाहकार स्वर्गीय दाहालको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो। साथै दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जारी गरेकाे शोक वक्तव्यमा भनिएको छ, “संवत् २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्न सक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको छ।”
प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ। पार्टीका महामन्त्री एवं प्रवक्त डा मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन्। “यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ”, शोक वक्तव्यमा भनिएको छ। पार्टी सभापति रवी लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दुःखद् घडीमा उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने काठमाडौं। नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एंव पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ। पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ । बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया सीता दाहालको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटनमा अन्त्येष्टि गरिने महासचिव गुरुङले बताए । अहिले सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।
कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गते बस्ने काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदिप पराजुलीले जानकारी दिए। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।
सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्र काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं केन्द्रीय सल्लाहकार सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति पुगेको जनाएको छ । बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको थियो । शोक वक्तव्य जारी गर्दै पार्टी महासचिव महासचिव देवप्रसाद गुरुङले दाहालको निधनबाट  पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका हुन् ।
अस्ताइन् जनयुद्धकी ‘आमा’ सीता काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ।अस्पताल स्रोतका अनुसार बुधबार बिहान ८ बजेर ३३ मिनेटमा उनको नर्भिक अस्पतालमा निधन भएकोे हो। दाहाल पत्नी सीताको निधनले नेकपा (माओवादी) का नेता कार्यकर्ताहरु शोकमा छन्। प्रधानमन्त्री समेत रहेका दाहालकी श्रीमती रहेकी सीताको निधनले सिंगो माओवादी पार्टीका नेता कार्यकर्ताहरुले अभिभावकीय भूमिकाबाट विमुख हुन परेको छ। माओवादीले सुरु गरेको दश वर्षे जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी दाहाल अनेक कष्टप्रद यात्रामा पति प्रधानमन्त्री दाहाललाई साथ दिँदै आएकी थिइन्। प्रधानमन्त्री दाहालको जोखिमपूर्ण राजनीतिक यात्रामा सदैव साथ दिँदै आएकी उनलाई माओवादीका नेता कार्यकर्ताहरुले आमा भनेरै सम्बोधन गर्ने गर्दथे। पार्टीका नेता कार्यकर्ताहरुलाई अभिभावकीय भूमिका निर्वाह गर्ने उनको स्वभावले सबै नेता कार्यकर्ताहरुले उनलाई आमा कै उपमा दिइएको माओवादी वृत्तमा चर्चा हुने गर्दछ। लामो समय देखि अचेत अवस्थामा लामो समयदेखि पार्कीन्सन जस्तो गम्भीर रोगले थलिएकी उनी पछिल्लो समय अचेत अवस्थामा पुगेकी थिइन्। उनको स्वस्थ्य उपचारको लागि अनेक प्रयत्न गर्दा पनि सुधार हुन सकिरहेको थिएन। प्रधानमन्त्री दाहालको परिवारमा एक पछि अर्को बज्रपात पर्दै गइरहेको छ। यस अघि दाहालकी छोरी ज्ञानु र छोरा प्रकाशको असामयिक निधनको पीडाले आक्रान्त बनेका दाहालले फेरि पत्नी सीतालाई गुमाउनु परेको छ। प्रधानमन्त्री दाहालको राजनीतिक सफलतामा पत्नी दाहालको मूलभूमिका रहेको माओवादी नेताहरु बताउँछन्। उनको साथ, सहयोग र पारिवारिक व्यवस्थापनले नै दाहालले राजनीतिक यात्रालाई निरन्तरता दिँदै आजको अवस्थामा आइपुगेका हुन्। २०११ सालमा कास्कीको तत्कालीन हेम्जा गाविसमा बुबा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिएकी सीताको २०३६ सालमा प्रधानमन्त्री दाहालसँग विवाह भएको हो। त्यसयता निरन्तर दाहालको राजनीतिक मोर्चामा अविचलित रुपमा होमिदै आइरहेकी छिन्। २०२८ सालदेख नै राजनीतिक यात्रामा समाहित हुँदै कम्युनिष्ट पार्टीको सदस्यता लिएकी थिइन्। उनले हरेक प्रतिकुल राजनीतिक अवस्थामा पनि आफूलाई निर्भिकतापूर्वक अडिग रहन सफल भएकी थिइन्। उनकै त्यागकै प्रतिफल स्वरुप प्रधानमन्त्री दाहालले २०५२ साल फागुन १ गतेदेखि तत्कालीन राज्यसत्ताविरुद्ध जनयुद्ध जस्तो जोखिमपूर्ण निर्णय लिन पुगेका थिए। जनयुद्धको जोखिमपूर्ण अवस्थामा पार्टी भित्र हुने मतभेदलाई मत्थर पार्न समेत उनको अग्रपंत्तिमा रहेर महत्वपूर्ण भूमिका रहने गरेको थियो। उनले पार्टीमा अर्का नेता बाबुराम भट्टराईसँग दाहालको मतभेद चरमउत्कर्षमा पुग्दा मध्यमार्गी बाटो अवलम्बन गर्न पतिलाई सुझाउने गर्दथिन्। उनकै भूमिकाले जनयुद्धकालमा विभाजनउन्मुख माओवादीलाई समन्वयकारी भूमिकाले दाहाल भट्टराई एक भएर २०६२ सालमा चुनवाङ बैठक मार्फत शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेका हुन्। यद्यपि भट्टराई २०७२ सालमा नयाँ संविधान जारी भएपछि माओवादीबाट अलग्गिए। उनी माओवादीबाट अलग भएर नयाँ दल गठन गरेपछि पनि सीताले सदैब  एक हुन आग्रह गरेको भट्टराईले बताउँदै आएका छन्। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि भएका अनेकौं विभाजन रोक्न सीताले उचित पहल गर्ने गरेको माओवादी नेताहरु बताउँछन्। माओवादीबाट मोहन वैद्य विभाजित भएर जाँदा समेत चिन्तित बन्दै वैद्यलाई विभाजन रोक्न अनुनय विनय गरेको थिइन्। उनले जनयुद्धको जोखिमतामा सँगै रहेका नेताहरु आज सहज अवस्थामा किन विभाजित हुने भन्दै प्रश्न गर्ने गर्दथिन्। यद्यपि उनको आग्रहलाई लत्याउँदै माओवादी विभाजन हुने क्रम रोकिएन। माओवादी पार्टीप्रति मजबुद बनाउनुपर्ने आशय उनको जीवनपर्यन्त यथावत रहेको थियो। जीवनको उत्तरार्धमा सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति सदस्य रहेकी सीताको अवशानले माओवादी धारका विभिन्न घटकहरु शोकाकुल रहेका छन्। माओवादी आन्दोलनमा लागेका नेता कार्यकर्ताहरुले उनको विगतको गर्विलो भूमिकाप्रति सदैब स्मरण गरिरहने छन्। एउटा सामान्य गृहिणी भएर पनि पार्टी र आन्दोलन प्रति उनले गरेको भूमिका सह्रानीय रहेको छ। उनको योगदानको कदर गर्दै नेपालको लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा सीता दाहालको भूमिका अतुलनिय रहेको छ। उनलाई सदासर्वदा नेपाली जनताले सम्झिरहने छन्।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा(माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। माओवादी केन्द्रका अध्यक्ष दाहाल पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । सिता दाहालले मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पु¥याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पु¥याएकी थिइन्। पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरुपमा सहभागी भएकी थिइन्। पार्टी सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
राष्ट्रपति पौडेलले दिए टेलिफोन गरेर प्रधानमन्त्री दाहाललाई समवेदना काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्। राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्। दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए।
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो। केन्द्रीय समिति बैठक अब कहिले बस्ने हाे ? त्यसबारेमा कुनै निर्णय भएकाे छैन।
राष्ट्रियसभा बैठक स्थगित काठमाडौँ। राष्ट्रिय सभाको बैठक सरेको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक बिहीबार (भोली) सम्मका लागि सरेको हो। राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ।
राप्रपाले साउन १ गते मैतीदेवी-पशुपतिनाथ धार्मिक यात्रा गर्ने काठमाडाैं। राप्रपाले साउन १ गते मैतीदेवी-पशुपतिनाथ धार्मिक यात्रा गर्ने भएको छ। अघिल्लो वर्षदेखि राप्रपाले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको हो। हिन्दूधर्म धर्म मात्र नभएर संस्कृति र जीवन पद्दति पनि भएकाले हिन्दूधर्ममा पुजिने हरेक देवीदेवताका आ-आफ्ना गुण र विशेषता छन्। त्यसमध्ये देवका पनि देव मानिने महादेव शिव विशेष हुन्।साउनको महिना शिवलिङ्गको पूजा गर्ने अर्थात् सृष्टि, प्रकृतिको पूजा गर्ने र आफूभित्रको संसारलाई चिन्ने महिना हो। शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने, आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरुलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गर्न लागिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरु समेतको मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रामा सहभागीता रहने पुरुषले जनाएका छन्। ‘हामी अपरान्ह १२:३० बजे मैतीदेवी मन्दिरमा भेला भइ विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गर्छौं, यो शान्ति पदयात्रा हुनेछ, पुरुषले भने।
राप्रपा सुदुरपश्चिम प्रदेश सहसंयोजकमा शाही काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन्। अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उनलाई सो पदमा नियुक्त गरेका हुन्। शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत छन्। त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन्। पार्टीका गतिविधिलाई जनस्तरमा पुर्‍याएर संगठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ। यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक, नीति महाधिवेशन मुख्य एजेन्डा काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदैछ। यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ। अघिल्लो बर्ष साउनमा बैठक बसे पछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन। झन्डै एक बर्षपछि बस्न लागेको उक्त बैठकमा यसबीचमा भएका निर्णयहरु अनुमोदन गराउनेदेखि भातृ संगठन सबन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नबिचार गरिने भएको छ। गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ। यसैगरी, महाधिवेसन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ। जसअनुसार नीति महाधिवेसनको मिति र स्थान तय गरिने जनाइएकाे छ। साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ।
पारस बाहेक परिवारका सदस्यसहित पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै काठमाडौं। वर्तमान राजनीतिलाई परै बसेर नियाली रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल र परिवारका अन्य सदस्यसहित शुक्रबार  थाइल्याण्ड जाँदैछन्। पूर्वयुवराज्ञी हिमानी शाह भने सोमबार नै थाइल्याण्ड प्रस्थान गरिसकेकी छन्। पूर्वराजा शाहले पूर्वयुवराज पारसबाहेक परिवारका अन्य सदस्यलाई आफूँसँगै लैजाने तय भएको छ। निर्मल निवास स्रोतका अनुसार पूर्वराजा शाह स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लागेका हुन्। उनी यही २९ गते शुक्रबार नेपाल एअरलाइन्सकाे विमानबाट  थाइल्याण्ड जाने तय भएकाे हाे।  स्रोतले थाइल्याण्डमा पूर्वराजाको अन्य कुनै राजनीति भेटघाटको कार्यक्रम नरहेको जनाएको छ। तर पछिल्लो समय पूर्वराजा शाह वर्तमान व्यवस्थाप्रति खुलेर बोल्न थालेका छन् र पुन शक्तिमा फर्किने अवसरको खोजीमा रहेको चर्चा चल्ने गरेको छ। देशभित्रै पनि उनी नागरिक अभिनन्दन र मठ मन्दिरको दर्शन गर्ने भन्दै बेला बेलामा देश दौडाहामा निस्किने गरेका छन्। केही समय अगाडि भारत भ्रमणमा गएका पूर्वराजाको थाइल्याण्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ। वर्तमान व्यवस्थाप्रति नागरिकस्तरमा बढ्दो असन्तुष्टि र हजार राजा भन्दा एउटै राजा राम्रो भन्ने नागरिकको बुझाइप्रति उत्साहित बनेका पूर्वराजा शाह पछिल्लो समय सक्रिय बन्दै गएका छन्। मुलुकको शासन व्यवस्थामा सुधार आवश्यक रहेको भन्दै संविधान संशोधनकोसमेत चर्चा हुने गरेका बेला त्यही मौकालाई उपयोग गरेर पुन शक्तिमा फर्किने चाहना पूर्वराजामा देखिन्छ। नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ। नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो। २०६३/६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरेका थिए। उनी शाहवंशका अन्तिम राजा हुन्। गणतन्त्र घोषणापछि पत्रकार सम्मेलन गरेरै गद्दी त्यागेका ज्ञानेन्द्र शाह पछिल्लो सयम चटपटाउन थालेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेको हुन सक्ने विश्लेषण हुन थालेको छ।
पार्टीभित्र मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक छः केपी ओली काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमती सङ्गठन कमिटीको सातौँ बैठकलाई आज सम्बोधन गर्दै उनले आपसी मित्रता, एकता र पारस्परिक सम्बन्धले नै पार्टी बलियो हुने विश्वास व्यक्त गरे । उनले पार्टीभित्र अन्तरद्वन्द्व मच्चाएर, असमझादारी चर्काएर, गुटबन्दी गरेर चुनाव जितिन्छ भन्ने कुरा नसोच्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । “समझादारी तरिकाले काम गर्यो । अगाडि बढ्यो भने मात्र हामी सफल हुन सक्दछौँ”, उनले भने, “पार्टीमा अनेक सेन्टिमेन्ट ल्याएर, पार्टीको नीति पक्षमा नउभिएर कहीँ पुगिन्छ भन्ने होइन । कहीँ पुग्नका लागि हामीले सङ्घर्ष गर्नुपर्दछ ।” पार्टीमा काम गरिरहेको सक्रिय मान्छेलाई उमेरले नछेक्ने भन्दै अध्यक्ष ओलीले शरीरले काम गर्नलाई बाधा नभएसम्म पार्टी कमिटीमा रहेर काम गर्न आग्रह गरे। “पार्टीमा काम गरिरहेको मान्छे ७० वर्ष पुग्यो भनेर कमिटीमा बस्न नपाउने हुन्छ ? स्वस्थ भएका मान्छे ७० वर्ष भनेको के को उमेर हो र ? म दुई पटक मिर्गौला प्रत्यारोपण गरेको मान्छे १८ घण्टा काम गरिरहेको छु”, उनले भने, “उमेर पुग्यो त्यसकारण कमिटीमा बस्न हुँदैन भन्ने कुरा मान्छेलाई शिथिल, निस्क्रिय बनाउने तरिका हो ।” उनले उमेर कुनै वैज्ञानिक कुरा नभएको भन्दै विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी नराखेको उल्लेख गरे। अध्यक्ष ओलीले राजनीतिक गर्नका लागि उमेरको हदबन्दी कुरा गर्नुभन्दा मुलुक बनाउने नीति निययमा बनाउनु राम्रो भएको भनाइ राखे । उनले जनता अहिले पनि परिवर्तन, न्याय र सुशासनको पक्षमा रहेको भन्दै आफूले जनताको भावनालाई समेट्न नसकेको बताए । अध्यक्ष ओलीले सिङ्गै समाज समेटिएको एमाले परिपक्क पार्टी भएको बताए। उत्साह र आत्मविश्वासका साथ काम गर्न नेता तथा कार्यकतालाई आग्रह गर्दैै उनले मिसन २०८४ मा हरेक वडामा ५१ प्रतिशतभन्दा माथि मत ल्याउनुपर्ने बताए।
मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाउने काठमाडों। सरकारले सोलुखुम्वुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति बनाउने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलट सहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो । त्यस्तै बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो । बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ, जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैया र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैया समर्थन मूल्य तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैठकले वरियताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।
सभामुख घिमिरेसँग फ्रान्सेली राजदूत बोरबाओको भेट काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन् । सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे । ‘हामीबीच सरकार–सरकारमात्र होइन, जनस्तरमा रहेको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको छ,’ सभामुख घिमिरेले भने । उनले फ्रान्सेली क्रान्तिले ल्याएको परिवर्तन नेपालका लागि प्रेरणादायी रहेको बताए । ‘फ्रान्सेली क्रान्तिको आधारभूत मान्यताहरु स्वतन्त्रता, समानता र भ्रातृत्व नेपाली राजनीतिक आन्दोलनमा प्रेरणाको स्रोतको रुपमा रहेका छन्,’ उनले भने । सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसंघ लगायतका साझा मञ्चहरुमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढीकरण र सबलीकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गरे । जवाफमा राजदूत गिल्स बोरबाओले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएकोमा खुसी व्यक्त गरे । उनले आगामी वर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामा पर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्र गरे ।
राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो । बैठकमा सांसदहरू ताराबहादुर सुवार, दुर्गा गुरुङ, जयन्तीदेवी राई, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, नारायण दाहाल, गोपीबहादुर सार्की अछामी, गोपालकुमार बस्नेत, सिंहबहादुर विश्वकर्मा, जीतेन्द्रनारायण देव, गोमादेवी तिमिल्सिना, बिना पोखरेल, मदनकुमारी साह, नरबहादुर विष्ट, रमेशजङ्ग रायमाझी र देवेन्द्र दाहाललगायतले छलफलमा भाग लिएका थिए । बैठकमा उठेका विषयहरूको आगामी बैठकमा जवाफ दिने अध्यक्ष तिमिल्सिनाले जानकारी गराए । यसैबीच, बैठकले राष्ट्रियसभाका पूर्वसदस्य लालकाजी गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । उक्त शोक प्रस्ताव सर्वसम्मत पारित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको असार २३ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २७ गते बुधबार बिहान ११ः०१ मिनेटमा बस्नेछ ।
भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल पाल्पा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे । ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत् छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको उनको भनाइ थियो । सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्ने उनको भनाइ छ । भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै उनले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकार पाँच वर्षसम्म बलियो भएर अघि बढ्ने समेत दाबी गरे । उनले वर्तमान सरकारलाई टिकाइराख्नका लागि गठबन्धन दलभित्र छलफल चलिरहेको समेत बताए ।
सरकारले सामन्तको पक्षमा काम गरेको ओलीको आरोप काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको स्पष्ट पारेका छन् । एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई मंगलबार पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले दलहरुको गठजोर गरेर सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको भन्दै एमालेको ध्यान मिशन ८४ मा रहेको बताएका हन् । उनले आगामी निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउने तयारीमा एमाले रहेको जिकिर गरे । उनले चौतर्फी धेराबन्दी र आक्रमणलाई पराजित गरेर एमाले अहिलेको अवस्थामा आइपुगेको बताए । ओलीले बैंशाख २४ गते पेश गर्नुपर्ने मिटरव्याज कानून सम्बन्धी अध्यादेश अन्तिम दिनमा पेश गरेर सरकारले सामन्तको पक्षमा काम गरेको तर्क गरे । मिटरव्याज सम्बन्धी कानूनलाई अघि नबढाउने र त्यसको दोष प्रतिपक्षीलाई लगाउने काम सरकारका तर्फबाट भएको उनले बताए । संसद चलाउन एमालेले पहल गर्दा पनि आफुलाई सदनमा बोल्न नदिएको भनेर प्रधानमन्त्रीले झुट बालेको पनि बताए । उनले एमाले अनुचित, अनैतिक क्रियाकलापमा विश्वास नगर्ने र त्यस बाटोमा नहिड्ने जिकिर गरे । कुनै व्यक्तिले कुनै त्रुटी गरे त्यो व्यक्तिगत हुने र पार्टीको नीति नहुने उनले बताए । ओलीले एमाले सरकारमा हुँदा गरेका राम्रा कामहरुको प्रचार गर्न निर्देशन दिए ।
के आरजु राणा पक्राउ पर्न लागेकी हुन् ? प्रहरीले के संकेत गर्न खोजेको हो ? काठमाडौं । नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित एउटा अडियोमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाको नाम लिइएको विषयमा अडियोको अनुसन्धान गरेपछि नेपाल प्रहरीले अडियोमा सुनिने आवाज शरणार्थी प्रकरणकै अभियुक्त सन्देश शर्माको आवाजसँग मिलेको बताएको छ । यो अडियो सार्वजनिक गरेर आफूलाई बदनाम गर्न खोजिएको सांसद राणाले दावी गरेकी थिइन् । उनले यो अडियो फेक भएको समेत दावी गर्दै यसको अनुसन्धान गर्न र दोषीलाई कारवाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । उनको यही उजुरीको जवाफमा प्रहरीले एक विज्ञप्ति जारी गर्दै अडियोमा सुनिने आवाज यसै प्रकरणका अभियुक्त सन्देश शर्मासँग मिलेको बताएको हो । राणाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले त्यसमाथि अनुसन्धान गर्नु र अनुसन्धानपछि प्राप्त नतिजा राणालाई दिनु सामान्य प्रक्रिया हो । तर, राणाको उजुरीपछि अनुसन्धानको नतिजा दिन प्रहरीले जुन विधि प्रयोग गरेको छ त्यो असामान्य छ । र, प्रहरीले यसरी असामान्य तरिकाले यो कुरालाई सार्वजनिक गर्नुले प्रहरीले केही कुराको संकेत गर्न खोजेको हो कि भन्ने देखिएको छ । यदि कसैले प्रहरीमा कुनै कुराको उजुरी दिएमा प्रहरीले त्यो विषय अनुसन्धान गर्नुपर्ने हो कि होइन भनेर बुझ्छ । त्यसपछि अनुसन्धान गर्नुपर्ने हो भनेर अनुसन्धान गरेर सम्बन्धित व्यक्तिलाई परिणामबारे जानकारी दिन्छ । यदि अनुसन्धानमा सरकार वादी भएर मुद्दा चलाउनुपर्ने देखिएमा त्यही अनुसार कानुनी प्रक्रिया अगाडि बढाउँछ । यद्यपि जानकारी दिएर मात्रै पुग्ने हो भने सम्बन्धित व्यक्तिलाई मात्रै जानकारी दिन्छ । अनुसन्धानमा खुलेका कुराहरु सम्बन्धित पक्षहरुलाई मात्रै दिने प्रहरीमा प्रचलित अभ्यास हो । यो अभ्यास नेपालमा मात्रै नभएर विश्वका धेरैजसो देशमा प्रचलित छ । तर, आरजु मुछिएको अडियोको अनुसन्धानमा प्रहरीले जुन तरिकाले सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेर अनुसन्धानमा खुलेका कुराहरु सार्वजनिक गरेको छ त्यो आफैंमा असामान्य छ । र, यसरी प्रहरीले केही कुरा संकेत गर्न खोजेको जस्तो देखिन्छ । आरजु राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । कांग्रेस देशको सबैभन्दा ठूलो राजनैतिक दल हो र कांग्रेसकै बलियो समर्थनमा अहिलेको सरकार चलिरहेको छ । देउवा कांग्रेस संसदीय दलका समेत नेता हुन् र उनले जुनसुकै बेला समर्थन फिर्ता लिएर सरकार ढलाउन सक्छन् । सरकारको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गरिरहेका छन् र गृहमन्त्री पनि माओवादीकै नारायणकाजी श्रेष्ठ छन् । आरजुको नामसमेत मुछिएको नक्कली शरणार्थी प्रकरणको अनुसन्धान श्रेष्ठले सम्हालिरहेको गृह मन्त्रालयले गरिरहेको छ । यस्तोमा आरजुमाथि कानुनी कारवाही अगाडि बढाउँदा सरकार नै जोखिममा पर्ने अवस्था हाउन सक्छ र यो कुराबारे सम्बन्धित सबै पक्ष जानकार छन् । नक्कली शरणार्थी प्रकरणमा सुरुमा पक्राउ परेका अभियुक्तहरुले नाम लिएको वा पोलेकै आधारमा प्रहरीले धेरै हाइप्रोफाइल आरोपीहरुलाई पक्राउ गरेको हो । पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, पूर्व सचिव लगायत धेरै हाइप्रोफाइल व्यक्तिहरु पहिले पक्राउ परेका आरोपीले पोलेकै आधारमा समातिएका हुन् । यसरी पोल्नेमा सन्देश शर्मा पनि छन् । र, अहिले यो अडियो सन्देश शर्माकै भएको पुष्टि भएको अवस्थामा उनले आरजुलाई पनि पोलेको ठहरिन्छ । सन्देश शर्माले पोलेको आधारमा प्रहरीले आरजु राणालानई पक्राउ गर्न पनि सक्छ । यद्यपि अहिलेसम्म प्रहरीले पक्राउ गर्ने तयारी गरेको कुरा बाहिर आएको छैन । यसको अर्थ प्रहरीले यो प्रकरणमा आरजुको संलग्नता पुष्टि गर्ने थप प्रमाण खोजेर मात्रै उनीमाथि हात हाल्ने तयारी गरेको पनि हुन सक्छ । र, प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा हुन सक्ने सम्भावित तनावलाई कम गर्नको लागि यो सूचना जानीजानी चुहाएको पनि हुन सक्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही समयअघि यो प्रकरणमा जतिसुकै हाइप्रोफाइलको संलग्नता देखिए पनि नछोड्ने बताएका थिए । तर, आरजुको हकमा भने अहिलेसम्म केही पनि भएको छैन । पर्याप्त प्रमाण नपुगेर उनलाई पक्राउ नगरिएको हो वा उनलाई पक्राउ गरेमा सरकार नै ढल्ने दबाबका कारण पक्राउ गर्न नखोजिएको हो भन्ने स्पष्ट छैन । सन्देश शर्माले पोलेकै आधारमा उनलाई पक्राउ गर्न मिल्ने हो कि होइन भन्ने पनि प्रस्ट छैन । यद्यपि प्रहरीले यसरी असामान्य तरिकाले अनुसन्धानमा खुलेका कुराहरु सार्वजनिक गर्नुले केही कुराको संकेत भने अवश्य गर्न खोजेका छन् । आरजु पक्राउ पर्दैछिन् भन्ने कुराको पूर्व संकेत गर्न, उनलाई पक्राउ गर्दा हुनसक्ने तनाव कम गर्न प्रहरीले यसरी सूचना सार्वजनिक गरेको हुन सक्ने एकथरिको आशंका छ । अर्कोतर्फ उनलाई पक्राउ गर्नको लागि प्रशासन अप्ठ्यारोमा परेको हुँदा जनस्तरबाट दबाब सिर्जना गर्ने उद्देश्यका साथ यो सूचना सार्वजनिक गरिएको हो कि भन्ने शंका गर्ने ठाउँ पनि छ ।
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट तिलप्रसाद श्रेष्ठको इजलासमा काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको रिट आज सुनुवाईका लागि पेसी तोकिएको छ। गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ। आइतबार उक्त रिट न्यायाधीश डा.आनन्दमोहन भट्टराई र सोमबार सुष्मालता माथेमाको एकल इजलासमा परेर पनि सुनुवाई हुन सकेको थिएन। मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत नपुगेपछि थापाले सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेका थिए। दल त्याग गरिसकेको सभामुखलाई सरकार बनाउने खेलमा सामेल गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
अव्यवस्थित बसाइँसराइलाई व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरुपमा गइरहेकोसमेत बताए। “जनसङ्ख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइँसराइको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ”, उनले जारी गरेको सन्देशमा भनिएको छ। मन्त्री बस्नेतले राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालको जनसङ्ख्यिक संरचनामा केही फेरबदल आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार भएता पनि सहरी तथा सुविधासम्पन्न स्थानमा जनसङ्ख्याको बढ्दो चाप, जनसङ्ख्या वृद्धिदरमा देखिएको कमी, ठूलो हिस्सा रहेको आर्थिकरूपले सक्रिय जनसङ्ख्याको उचित परिचालन, लैंगिक विभेद तथा सामाजिक कुरीति व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने देखिएको बताए। उनले दिगो विकास लक्ष्यले परिकल्पना गरेअनुसार प्रगति हासिल गर्ने गम्भीरतापूर्वक भौगोलिक, क्षेत्रगत र लैंगिक असमानता घटाउने गरी कार्यक्रम अन्तरनिकाय र तीनै तहका सरकार बीचमा दृढ संकल्पसहितको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए। उनले जन्म, मृत्युदर्ताजस्ता व्यक्तिगत घटना दर्ता प्रणाली प्रभावकारी बनाउने, ज्येष्ठ नागरिकलगायत विपन्न तथा आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, लैंगिक हिंसा प्रभावितका लागि उपचार तथा परामर्श सेवा पुर्याउने र जनसङ्ख्या व्यवस्थापनमा महत्त्वपूर्ण रहेका पक्षमा अध्ययन, अनुसन्धानका कार्यमार्फत नीतिगत सुधारका पहल निरन्तर भइरहेको सन्देशमा उल्लेख गरेका छन्। आज नेपालसहित विश्वभर नै ‘लैंगिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ जनसङ्ख्या दिवस मनाइँदै छ।
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने काठमाडौं। राष्ट्रियसभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ११ः०० बजे बोलाइएको छ। संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार मंगलबारको बैठकमा बिनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ। जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालयमाथिकाे बजेट माथी छलफल हुनेछ। साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ।
सामान्य मतभेद हुने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्छ : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताए । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए । प्रधानमन्त्री दाहालले भने, “मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ ।” दलगत स्वार्थको परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेको कुरालाई नबिर्सन समेत उनले आग्रह गरे । प्रधानमन्त्री दाहालले स्पष्टीकरणको मौका नदिई लगातार राजीनामा मागिनु संसदीय मर्यादाभित्र नरहेको स्पष्ट पारे । उनले भने, “तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो ? म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन ।” प्रतिपक्षलाई प्रश्न उठाउने हक भएको उनको भनाइ छ । उनले भने, “राजीनामा नदिएसम्म संसद् चल्न दिँदैनौँ किन भनियो ? के यही हो संसदीय अभ्यास ? प्रतिपक्षलाई हक छ म मान्छु । उहाँहरूले प्रश्न उठाउन सक्नहुन्छ । नैतिकताको प्रश्न उठाउन पाइन्छ ।” संसद्मा पटक पटक नैतिकताको विषय उठेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “नैतिकताका कसले देखायो, कसले देखाएन, म इतिहास हेर्न अनुरोध गर्दछु ।”  विगतमा आफूले दुई पटक नै नैतिकताको धरातलमा टेकेर राजीनामा दिएको उनले स्मरण गरे ।  उनले कोही कसैले भनेकै आधारमा राजीनामा नदिने बरु आफ्नो अन्तरआत्माले भने एक मिनेट पनि पदमा नबस्ने स्पष्ट पारे ।  प्रधानमन्त्री दाहालले भने, “तपाईँहरुले भनेकै आधारमा राजीनामा म दिन्न, तर मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिन ।” उनले आफू प्रधानमन्त्रीको पदमा रहँदासम्म देश, जनताको पक्षमा काम गरेर देखाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले सरकार मिटर ब्याज पीडितको पक्षमा रहेको र यो विषय धेरै पहिल्यैदेखि उठेको बताए ।  उनले परिवर्तनको रक्षा, सुशासन र शान्ति, बृहत्तर राष्ट्रिय हित र राष्ट्रियता एवं सार्वभौमसत्ताको विषयमा आफू प्रतिबद्ध रहेको र त्यसमा निष्ठावान रहेको  दोहोर्याए । उनले प्रितम सिंहका बारेमा लेखिएको पुस्तक विमोचनमा क्रममा व्यक्त भएका भाषाप्रति दुःख व्यक्त गरे । सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको बताए । प्रधानमन्त्रीले भने, “यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के ? थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।” प्रधानमन्त्रीको रुपमा आफूले त्यस्तो नबोल्नुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भने “म त्यो दिन प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुबा भएर बोल्न पुगेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगे ।” उनले आफ्नो स्वभावजन्य भावुकताका लागि आत्म समीक्षा गरेको बताए । प्रधानमन्त्री प्रचण्डले आत्म समीक्षासँगै आफूका बारेमा प्रश्न उठाउनेमाथि पनि थप केही प्रश्न गरे । “यसबीचमा प्रश्न उठाइयो, मलाई प्रधानमन्त्री कसले बनायो ? नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो । म यो प्रश्न उठ्दै गर्दा मभित्र धेरै कुरा खेले । मलाई प्रधानमन्त्री बनाउन लिखित रूपमा हस्ताक्षर गर्नेहरूबाटै यो प्रश्न आएको देख्दा म गम्भीर भएको छु”, उनले भने । आफू प्रधानमन्त्री कुन परिवेशमा भए भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई थाहा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “कसले रोक्न खोजेको थिए भन्ने थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो भन्नेमा मभित्र प्रश्न उठेको छ ।” प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिएको छ । राष्ट्रियसभाका पूर्वसदस्य लालकाजी गुरुङको निधनप्रति पनि बैठकले शोक प्रस्ताव पारित गरेको छ । विसं २०४८ मा नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गुरुङको यही असार २३ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते शुक्रबार अपराह्न १ बजे बस्नेछ ।
सञ्चारमन्त्री भन्छिन्– मिटरब्याजसम्बन्धी विधेयक अर्को बैठकबाट पास हुन्छ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको जानकारी दिइन् । बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेसँगै प्रतिनिधिसभामा रहेको अवरोध खुलेको र यो राम्रो कुरा भएको प्रस्ट पारिन् । ‘आजको कार्यसूचीमा रहेका मिटरब्याजसम्बन्धी कानूनमात्रै होइन, अरु पनि कार्यसूचीहरू स्थगित गरिएको छ । मिटर ब्याजसम्बन्धी विधेयकको हकमा अर्को बैठकमा पेश हुन्छ, र पास हुन्छ,’ उनले भनिन् । मिटर ब्याज पीडितहरूले महिनौँसम्म काठमाडौंका सडकमा धर्ना र संघर्ष गरेपछि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गरी मिटर ब्याजलाई अनुचित लेनदेनकारुपमा दण्डनीय हुने प्रबन्ध गरी जाँचबुझ आयोगमार्फत् काम अघि बढाएको थियो । तर, सरकारले जारी गरेको अध्यादेशलाई प्रतिनिधिसभाबाट प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने कार्यसूची रहेकै दिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भएको थियो ।
सुदूरपश्चिमको आगामी बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दलकै सांसद असन्तुष्ट देखिएका छन्। सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो। सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफना दल नेतासँग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने सो निर्णयमा उल्लेख छ। नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हष्ताक्षर रहेको निर्णयमा भनिएको छ,‘जनताको आवश्यकता र औचित्य विपरित बजेट आएको छ। उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभुति भएको छ।’ उनीहरूले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन्।
छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री साउद काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका हुन्। एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो। “दुई छिमेकी मुलुकको उदीयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरूको परम्परागत सम्बन्ध छ”, उनले भने, “जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।” छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शीरूपमा आफ्ना सरोकार राख्नुपर्ने बताए। “सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न”, उनले भने, “पारदर्शीरूपले आफ्ना ‘कन्सर्न’ राख्नुपर्छ।” भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै उनले खुला सिमाना, दुईतिहाइ व्यापार, पारवहन सुविधाका दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताए। यसैगरी उनले एक चीन नीतिमा सरकार प्रतिबद्ध रहेको जिकिर गर्दै मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिनेमा जोड दिए। अमेरिका र युरोपियन युनियनसँग विकास सम्बन्धका दृष्टिकोणले महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। परराष्ट्रमन्त्री साउदले अमेरिका र युरोपियन युनियनबाट अधिकतम विकास सहयोग परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आगामी अगस्टदेखि कार्यान्वयनमा जाने उनले समितिलाई जानकारी दिए। मन्त्री साउदले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का सन्दर्भमा सन २०१७ मा नै ‘एमओयू’ भएको र कार्यान्वयनका लागि छलफलकै क्रममा रहेको बताए। “बीआरआई सन्दर्भमा २०१७ मा नै एमओयू भएको थियो। जसलाई कार्यान्वयन गर्ने सम्बन्धमा छलफलकै क्रममा रहेको छ”, उनले भने, “यसअन्तर्गत आयोजना कार्यान्वयन सुरु भइसकेको छैन।” परराष्ट्रमन्त्री साउदले रसियामा नेपाली युवा सेनामा भर्ना भएको भनिएको विषयमा मस्कोस्थित नेपाली नियोगलाई यकिन गर्न लगाइएको पनि समितिलाई जानकारी दिए। उनले राजदूत नियुक्तिबारे उच्च तहमा परामर्श भएको जानकारी दिए। “राजदूत नियुक्तिसम्बन्धी निर्देशिका र मापदण्डअनुरूप नियुक्ति केही दिनमा नै हुने छ”, परराष्ट्रमन्त्री साउदले भने। उनले राहदानी सेवाको निरन्तरताका लागि थप खरिद प्रक्रिया अघि बढिसकेको पनि समितिलाई जानकारी दिए। पाँच वर्षका लागि पुग्ने गरी ६० लाख राहदानी खरिद प्रक्रिया अघि बढाइने उनको भनाइ थियो। मन्त्री साउदले परराष्ट्र मन्त्रालयलाई ‘रि–स्ट्रक्चरिङ’ गर्नुपर्ने पनि बताए। “सबै मुलुकमा दूतावास छैनन्। जनशक्ति सीमित छ”, उनले भने, “तसर्थ विदेशमा रहेका नेपालीको संरक्षण र राहतका काम गर्न सक्ने गरी परराष्ट्र मन्त्रालयको ‘रि–स्ट्रक्चरिङ’ गर्नुपर्ने छ।” बढ्दै गएको दायित्व निर्वाहका लागि मन्त्रालयसँग जनशक्ति हुनपर्ने मन्त्री साउदको भनाइ थियो। उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रिया सुचारु गर्नेबारे सबै सदस्य मुलुकबीच सहमति जुट्न नसकेको अवस्था दर्शाउँदै प्रक्रियालाई पुनः सक्रिय गर्नेतर्फ प्रयास जारी रहेको बताए। मन्त्री साउदले रसुवा, तातोपानीलगायत चीनसँगका सीमा नाका अझै सहज बनाउने र अन्य नाकासमेत स्तरोन्नति गरी सञ्चालन गर्नेतर्फ कूटनीतिक पहल जारी रहेको पनि बताए।
भ्रष्टाचारविरुद्धको अभियान जरोसम्मै पुग्छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले ‘निर्दोष नपरुन् दोषी नछुटून्’ भन्ने हेक्का राखेर नै भ्रष्टाचारविरुद्ध अभियान जारी रहने बताए। यो अभियान जरासम्मै पुग्ने बताउँदै उनले यसका लागि सबै राजनीतिक दल र सांसदहरुको साथ चाहिने बताए। प्रतिपक्षी दलका नेतासँगको भेटप्रति आशंका गरिएको भन्दै उनले उक्त भेटमा दोषी जोगाउने गरी कुनै कुरा नै नभएको बताए । उक्त भेटमा अन्य विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने राजीनामा दिनुस् : राजेन्द्र लिङ्देन काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको स्वाधिनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे। ‘प्रधानमन्त्रीमा नैतिकता छ भने राजीनामा दिनुस्,’ उनले भने। बोली चिप्लिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको प्रसङ्ग कोट्याउँदै उनले प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिनुपर्ने बताए । मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका उब्जिएको उनको भनाइ छ ।
संसदमा प्रधानमन्त्री दाहालको प्रश्न–मलाई किन प्रष्टीकरणको मौका दिइएन? काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताए। विगतमा शान्ति प्रक्रियामा आइसकेपछि आफ्ना तर्फबाट भएका कमीकमजोरीका सन्दर्भमा आत्मसमीक्षा र आत्मस्वीकृति गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ। “कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु”, प्रधानमन्त्रीले भने, “मैले प्रधानमन्त्रीका रूपमा नबोल्नुपर्ने थियो । तर, त्यसदिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो।” प्रधानमन्त्री दाहालले आफूले कहीँ कहिल्यै पनि मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता नगरेको र गर्न नसक्ने स्पष्ट पारे। संकटको समयमा र गम्भीर राष्ट्रिय मुद्दामा आफूले सधैँ सहमति र सहकार्यलाई नै अगाडि बढाएको प्रधानमन्त्रीको भनाइ छ। आफूले सार्वजनिक र अन्य स्थानमा समेत मनले बोल्ने गरेको स्पष्ट पार्दै उनले भने, “प्रधानमन्त्रीका रूपमा दिमागले बोल्नुपर्ने हो। यस विषयमा सैद्धान्तिक ज्ञान नभएको होइन।” मनभित्र आफ्नो कुनै नियत नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूले आत्मसमीक्षा गरेको बताए। उनले भने, “जसले प्रस्ताव गरेर मलाई प्रधानमन्त्री बनायो, उसैले प्रधानमन्त्री कसले बनायो भनेर प्रश्न उठाएको देख्दा थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेला हुने गरी यो विषय किन उठ्यो होला भनेर मभित्र प्रश्न उठेको छ।” यस पटकको प्रधानमन्त्री बन्ने, शतप्रतिशत मत प्राप्त गर्ने, गठबन्धन नयाँ बन्ने विषय नेपालको इतिहासमा नै नयाँ भएको उल्लेख गर्दै उनले सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको भए पनि स्पष्टीकरणको मौकासमेत नदिई प्रश्न उठाउनु उपयुक्त नभएको बताए। अन्योल र अराजकतातर्फ मुलुक जान लागेको बेला सरकारले जनसरोकारका विषयमा उपयुक्त र प्रभावकारीरूपमा कदम चालिरहेको बेला अनावश्यक प्रश्न उठाइनु पनि गलत भएको प्रधानमन्त्रीको भनाइ छ। उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार जरोसम्म नै पुग्ने र त्यसमा सबैको साथ जरुरी रहेको बताए। राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर जानुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र यसको संरक्षण सम्वर्द्धन गर्न सबै मिलेर जानुपर्छ भन्नेमा प्रष्ट रहेको बताए। उनले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने सवालमा आफूले लगातार सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेतासँग महत्त्वपूर्ण छलफल गरेको जानकारी दिए। उनले भ्रष्टाचारमा संलग्नलाई जोगाउने र छुट दिने पक्षमा सरकार कुनै हालतमा नरहेको स्पष्ट गरे। सुशासन, लोकतन्त्र, संविधानको रक्षा, शान्ति प्रक्रियालाई टुंगाे लगाउने र नागरिकलाई सहज सेवा दिने विषयमा सरकार स्पष्ट रहेको प्रधानमन्त्रीको भनाइ छ। आफूले पनि मिटरब्याजीका विषयमा किन ढिला गरियो भनेर प्रश्न गरेको उनले जानकारी गराए।
null
कांग्रेसलाई सरकारकै त्रास, सरकारमा माओवादी हाबी काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस आफैं सहभागी सरकारबाटै असुरक्षित महशुस गर्न थालेको छ। पछिल्लो समय आफ्नै सत्ता सहयात्रीसमेत रहेको माओवादी केन्द्र नेतृत्वको सरकारबाटै कांग्रेस त्रासदीमय बनेको हो। संसदको सबै भन्दा ठूलो दल रहेको कांग्रेस अंकगणितीय हिसाबले कमजोर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागीता जनाउँदै प्रमुख सहयोगीको भूमिकामा मात्रै सिमित रहेको छ। संसदमा ८८ सिट रहेको कांग्रेसले आफू सरकारको नेतृत्व गर्ने अवसर गुमाएर ३२ सिट प्राप्त गरेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सघाएको छ। तथापि सोही दाहाल नेतृत्वकै सरकार आफ्ना लागि घातक हुने निष्कर्षमा कांग्रेसजन पुग्न लागेका छन्। सरकार गठनको सुरुवाती चरणमा एमालेको साथ पाएर प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष दाहालले अन्तत गएको चुनाव अघि(देखिकै कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको पाँच दलीय पुरानै गठबन्धनमा फकिर्एका थिए। गत पुष १० गते प्रधानमन्त्री बन्न एमालेसँग कायम गरिएको गठबन्धन परित्याग गरेका प्रधानमन्त्री दाहाल नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गर्दै फागुन १३ गते कांग्रेसकैे शरणमा आएका थिए। पुरानै गठबन्धनलाई निरन्तरता दिँदै सञ्चालन भइरहेको वर्तमान दाहाल सरकारले कांग्रेसलाई नै चेपुवामा पार्न थालेको छ। दाहाल सरकार मनोमानी ढंगले एकपक्षीय ढंगले अघि बढेर कांग्रेसका हस्तीहरुलाई एक पछि अर्को गर्दै विभिन्न प्रकरणमा कानूनी दायरामा ल्याउन थालेपछि कांग्रेस सशंकित बनेको स्रोत बताउँछ। भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरिएपछि त्रसिएका देउवा फेरि आफ्नै श्रीमती आरजू राणाविरुद्ध सरकार केन्द्रित भएपछि थप सशंकित बनेका हुन्। उनले वर्तमान दाहाल सरकारबाटै आफ्ना निकटस्थहरुलाई( खतरा रहेको निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। केही समय पहिले देउवापत्नी आरजूको नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको अडियो टेप सार्वजनिक भएको थियो। उनको आर्थिक कारोबारमा संलग्नता उल्लेख गरिएको सार्वजनिक अडियोमा स्वर हाल थुनामा रहेका शरणार्थी प्रकरणका मुख्य योजनाकार सन्देश शर्मासँग मिलेको नेपाल प्रहरीले आइतबार सार्वजनिक रुपमा बताइसकेको छ। प्रधानमन्त्री दाहालले सार्वजनिक रुपमा आफ्नो अन्तिम कार्यकाल भएको बताइसकेका छन् उनले यस अघिका विभिन्न भ्रष्टाचारका काण्डहरु उजागर गर्दै सत्ता सहयात्री कांग्रेसलाई तर्साएर अघि बढ्ने दाउमा छन्। उनी यसका लागि हरेक जोखिम मोल्न तयार देखिएका छन्। सरकार छाड्नुपरे बेथिति र संस्थागत भ्रष्टाचारीलाई दण्डित गर्ने अभियानमा सरिक भएकैले सरकारबाट बाध्यात्मक रुपमा निकालिएको बताउँदै जनतामा पुगेर माओवादीको गुमेको साख फिर्ता गर्ने ध्याउन्नमा उनी छन्। यद्यपि अभियुक्त शर्मासँग स्वर मिलेको पाइएसँगै उक्त अडियो कहाँबाट र कसरी सार्वजनिक भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान(का लागि सम्बन्धित निकायसँग जानकारी लिन प्रक्रिया अगाडि बढाइएको बताएको छ। यसले कांग्रेसमा सभापति देउवा पक्षका नेताहरु थप त्रसित बनेका छन्। सभापति देउवाले पार्टीका विश्वासपात्र खाणपछि आफ्नै परिवारमाथि नै वर्तमान सरकार लागेपछि थप क्रोधित बनेको स्रोत बताउँछ। प्रहरीले सार्वजनिक गरेको अडियो प्रकरणको आधिकारिकता अनुसार अब आरजू पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिने संभावना छ। उनलाई आर्थिक रकम बुझाइएको दाबी गरिएको अडियोमा स्वर नक्कली शरणार्थी प्रकरणका योजनाकार शर्माकै भएको पुष्टि भएपछि आरजूको भूमिका यसमा शंकास्पद देखिन्छ। यस अघि कांग्रेसका नेताहरुलाई तान्न थालेपछि महानगरीय प्रहरी प्रभाग रानीपोखरीमा रहेका एआइजी श्याम ज्ञवालीलाई अन्यत्र सरुवा गर्न देउवाले तारन्तार सरकारलाई दवाब दिएका थिए। तर प्रधानमन्त्री दाहाल र गुहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै तदारुकता नदेखाएपछि देउवा रुष्ट बनेका थिए। कांग्रेसकै सहायताले बनेको र उसकै आडले हालसम्म टिकेको सरकार एक पछि अर्को गर्दै आफ्नै लागि प्रत्युत्पादक हुने देखिएपछि कांग्रेस माओवादीसँग भयभित बन्दै गएको स्रोतको दाबी छ। एकातिर आफ्ना निकटस्थसँगै परिवारकै सदस्यलाई सरकारबाटै खतरा देखिएपछि सभापति देउवा चिढिएका छन् भने अर्को तिर उनी इतर पक्षका नेताहरु पनि सरकार र गठबन्धनप्रति सन्तुष्ट देखिएका छैनन्। र्तमान सरकारबाट पेलिएको आभाष कांग्रेसका अधिकांश नेता कार्यकताहरुमा व्याप्त रहेको छ। संसदकै ठूलो दलको हैसियत कायम रहेको कांग्रेसले अरुलाई सरकारको नेतृत्व गर्न सहयोगी भूमिकामात्रै निर्वाह गर्नुपरेको निरीह अवस्थाले समेत नेताहरु असन्तुष्ट बनेको कांग्रेस स्रोतको दाबी छ। कांग्रेसबाट असन्तुष्टिका स्वरहरु विस्तारै सतहमा समेत प्रकट हुन थालेको छ। कांग्रेसका सभापति देउवा इतरका युवा नेताहरुले पनि वर्तमान सरकार र गठबन्धनविरुद्ध अभिव्यक्ति दिन सुरु गरिसकेका छन्। कांग्रेसका महामन्त्री गगन थापाले सरकार तथा गठबन्धन परिवर्तन भए अनौठो नमान्न कार्यकर्ता पंत्तिलाई जानकारी दिइसकेका छन्। उनले वर्तमान निर्वाचन प्रणाली नै सरकार परिवर्तन हुने र गठबन्धन परिवर्तन भइरहने प्रकृतिको भएकाले अन्यथा नमान्न सुझाएका हुन्। यस्तै कांग्रेसका युवा नेता प्रदीप पौडेलले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार गठबन्धकै कारण आगामी निर्वाचनमा कांग्रेसको अवस्था झनै खस्किने बताएका छन्। नेता पौडेल सरकारमा कांग्रेसको सहभागीता र हालको गठन्धनप्रति असन्तुष्ट देखिएपछि दाहाल सरकारप्रतिको असन्तुष्टि बारे कांग्रेसका विद्यमान सबै गुटमा मतैक्यता कायम रहेको छ। शनिबारको कार्यक्रममा उनले आगामी २०८४ सालको निर्वाचनमा जो सुकैसँग गठबन्धन गरेपनि कांग्रेसले यथोचित परिणाम हात पार्न नसक्ने ठोकुवा गर्नुले वर्तमान सरकार र गठबन्धनप्रति कांग्रेस वृत्तमा असन्तुष्टि बढेको दर्शाउँछ। विगतका भ्रष्टाचारका काण्डहरु उजागर गरेर सत्ता सहयात्रीलाई परिबन्दमा पार्दै सत्ता टिकाउने प्रधानमन्त्री दाहालको मनोकांक्षा बुझेका कांग्रेस सरकार छाडेर बाहिरिए विगत देखिका भ्रष्टाचारजन्य बेथितिलाई रोक्ने सरकारको अभियानमा असहयोग गरेको आक्षेप आफूमाथि लाग्ने भयल कांग्रेसले सरकारबारे कठोर निर्णय लिन नसकेर अनिर्णयको बन्दी बनेको स्रोत बताउँछ । प्रधानमन्त्री दाहालले सार्वजनिक रुपमा आफ्नो अन्तिम कार्यकाल भएको बताइसकेका छन् उनले यस अघिका विभिन्न भ्रष्टाचारका काण्डहरु उजागर गर्दै सत्ता सहयात्री कांग्रेसलाई तर्साएर अघि बढ्ने दाउमा छन्। उनी यसका लागि हरेक जोखिम मोल्न तयार देखिएका छन्। सरकार छाड्नुपरे बेथिति र संस्थागत भ्रष्टाचारीलाई दण्डित गर्ने अभियानमा सरिक भएकैले सरकारबाट बाध्यात्मक रुपमा निकालिएको बताउँदै जनतामा पुगेर माओवादीको गुमेको साख फिर्ता गर्ने ध्याउन्नमा उनी छन्।
प्रतिनिधिसभा बैठकः तीन दिनदेखि एउटै कार्यसूची काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ। संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन्। जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ। यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। र, आजै सो विधेयकमाथि संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।
मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताएका छन् । नयाँ बानेश्वरमा आज मिटरब्याजबाट पीडितहरुको धर्नास्थल पुगेर सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिलाउने विश्वास दिलाए । “तपाईंहरुलाई म आश्वास्त बनाउन चाहन्छु की मिटरब्याजबाट पीडितलाई न्याय प्रदान गरी छाड्छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “मिटरब्याजबाट पीडितलाई न्याय दिलाउने काम कुनै पनि हालतमा रोकिने छैन ।” उनले पीडकहरुको विरुद्ध पीडितलाई न्याय दिनका निम्ति सरकारले मिटरब्याजीसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेशको निश्चित अवधि भएको हुनाले कानुन बनाउनका लागि संसद्मा प्रस्तुत भएको तर पारित हुन नसकेको भन्दै विधेयक चाडै अगाडि बढाउने विश्वास व्यक्त गरे । उनले भने, “विधेयक संसद्मा छ, अस्वीकार भएको हैन । विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ, कानुन बनाइनेछ । तपाईंहरुको न्याय प्राप्तिको आन्दोलनलाई कुनै पनि हालतमा पूरा नगरिकन छोडिनै छैन, ढुक्क हुनुहोस् ।” उपप्रधानमन्त्री श्रेष्ठले अध्यादेश जारी गर्नुभन्दा अगाडि नै सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न मिटब्याजसम्बन्धी छानबिन गर्न आयोग गठन गरेको स्मरण गर्दै आयोगको काम नरोकिने बताए । उनले हरेक जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिलहरु र पीडितका प्रतिनिधिहरु संलग्न रहेको सहजीकरण समितिले अहिले पनि कार्य जारी रहेको जानकारी दिए । “विधेयक प्रस्तुत भएको छ, त्यसले अध्यादेश अन्त्य हुने दिनमा नै कानुनको रुप लिएको भए राम्रो हुन्थ्यो भन्ने हाम्रो भनाइ हो । तर, त्यसो नभए पनि हामीले कानुन बनाउने प्रक्रियालाई जारी राख्नेछौँ र संसद्ले कानुन बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ, तपाईंहरु पनि विश्वस्त हुनुहोस्”, उपप्रधानमन्त्री श्रेष्ठले भने । उनका अनुसार आयोगमा करिब २५ हजार उजुरी परेका छन् । ती उजुरीमाथि छानबिनको प्रक्रिया अघि बढेको छ । अहिले करिब एक हजार पाँच सय उजुरीमाथि छानबिन भएर पीडितको पक्षमा फैसला भइसकेको छ । कतिपय मिटर ब्याजीले कब्जा गरेको घर, जमिन पीडितलाई फिर्ता गरिसकेका छन् । यो उपलब्धिलाई अब नेपालको कुनै पनि तागतले रोक्न नसक्ने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पीडितलाई न्याय दिलाएरै छाडिने दोहोर्याए । मिटरब्याजी सामन्ती शोषणको निकृष्ट अवसेस हो भन्दै उनले यसलाई जरैदेखि निमिट्यान्न पार्न सरकार प्रयासरत रहेको उल्लेख गरे ।
सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्वीकार्छ : मुख्यमन्त्री थापा मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन् । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा (एमाले) प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्वीकार गर्ने प्रस्ट पारे । मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागू गर्नुपर्ने बजेटको अवस्थालाई हेरर मन्त्रिमण्डल विस्तार गर्न हतारिएको बताए । प्रदेशको बजेटसम्बन्धी सम्पूर्ण कार्य अर्थसँग जोडिएकाले आर्थिक मामिलामन्त्री नियुक्ति गरेको बताउँदै उनले अर्थसँग जोडिएका कार्यलाई निकास दिनु सरकारको महत्त्वपूर्ण कार्य भएको धारणा राखे । मुख्यमन्त्री थापाले प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रिमण्डल गठनमा सहमति रहेको र यसमा कुनै विवाद छैन भन्दै नेकां दुई, नेकपा (मोओवादी केन्द्र) दुई, नेकपा (एकीकृत समाजवादवादी) एक, समाजवादी पार्टी नेपालले एकजना मन्त्री पठाउने निर्णय भएको जानकारी दिए । उनले वर्तमान सरकारले ३० दिनभित्र विश्वासको मत लिनुका साथै सोही अवधिमा मन्त्रिमण्डललाई पूर्णता दिने बताए ।
लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँदै दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए । “यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौँ, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौँ”, मुख्यमन्त्री चौधरीले भने । उनले प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुई लाखलाई रोजगारी दिने र त्यसका लागि रु एक अर्ब छुट्याएको साथै सङ्घबाट पनि सो अपेक्षा राखेको बताए । मुख्यमन्त्री चौधरीले बाँके र बर्दियाको विकासमा खास जोड दिइएको उल्लेख गर्दै बाँकेमा स्थापना भएको लुम्बिनी विश्वविद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने बताए । उनले प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढवा दिएको र विभिन्न जिल्लाको विशेषताअनुसार ‘हब’का रूपमा विकासमा जोड दिइएको उल्लेख गरे । मुख्यमन्त्री चौधरीले थारू सङ्ग्रहालयका लागि बर्दिया जिल्लालाई छनोट गरेको उल्लेख गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि स्काई ब्रिज बनाउन लागेको बताए । उनले थारू भिलेज होम दाङ र बाँकेमा स्थापना गर्न लागेको जानकारी दिँदै दुई जिल्लालाई थारू ‘हब’का रूपमा विकास गर्ने उल्लेख गरे । यसअघि मुख्यमन्त्री चौधरीले कोहलपुरस्थित नयाँ बसपार्कको उदघाटन गरेका थिए ।
राजसंस्थाको विषयमा आधिकारिक धारणा बनाउन राप्रपा नेपालले बनायो समिती काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राजसंस्था सम्बन्धि पार्टीको नीति पुनर्विचार सहित पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्रा. डा. बिष्णु बहादुर भण्डारीको संयोजकत्वमा सुझाव सहितको प्रतिवेदन पेश गर्न एक समिति गठन गर्हे निर्णय गरेको छ । समितिको सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा। नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय सिमा तोकिएको छ । यसै गरि सनातन धर्म संस्कृतिको रक्षा र प्रबर्द्धन गर्नको निमित्त राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निणर्य समेत गरेको छ । परिषद्को अध्यक्षमा प्रा. डा. बिष्णु बहादुर भण्डारीलाई मनोनयन गरिएको छ । यसै गरि पार्टीसँग आवद्ध भातृसंगठनहरु राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बर प्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मो. खालिद इकवाल इराकीलाई जिम्मेवारी तोकिएको छ । साथै पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० भदौको दोश्रो हप्ता काठमाडौंमा बोलाउने निणर्य गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
‘प्रधानमन्त्रीले माफी मागेमात्र सदन खुल्छ’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको बताएका छन्। आइतबार अपरान्ह संघीय संसद भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद बैठकमा माफी मागेमात्र सदन खुल्ने बताए। प्रमुख सचेतक गिरीले प्रमुख तीन दलको बैठकबाट कुनै निष्कर्श निकास ननिस्केको दाबी गरेका छन्। प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई कमजोर पार्नेगरी अभिव्यक्ति दिएकाले उक्त विषय अहिले नटुङ्गिएको बताए। नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुँरिनेगरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाइ छ। प्रमुख सचेतक गिरीले विकसित देशमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षण राजीनामा दिइसकेको हुने उनले दाबी गरे। सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिबाट निर्वाचित भएको प्रधानमन्त्रीले बाहिरबाट प्रधानमन्त्री बनेको अभिव्यक्ति दिनु गम्भीर त्रुटी भएको उनले बताए।
संसद अवरुद्धप्रति रास्वपाको असन्तुष्टि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद सहज रुपमा चल्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै यसमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्ने बताएका हुन् । उनले सदनमा प्रधानमन्त्रीको जवाफ चित्त नबुझे थप कदम चाल्ने प्रक्रिया अलग भएपनि तत्कालका लागि प्रधानमन्त्रीलाइ जवाफ दिनका लागि सदन चलाउनुपर्ने बताए । रास्वपालाई कुनै अमुक दलको पछि लाग्यो भन्ने आरोप लागेको भन्दै उनले सबै प्रतिपक्षी दल एउटै नभएको र रास्वपाको पनि आफ्नो छुट्टै एजेण्डा रहेको तर्क गरे । लामिछानेले सदन कुनै नेताको मुडमा चल्ने कुरा नभइ जनताप्रति उत्तरदायि हुने बिषय भएको बताए । उनले यसअघिका बैठकमा सभामुखले प्रतिपक्षी दल एमालेलाई बोल्न समय दिएर सत्तापक्षलाई बोल्न समय दिएको तर रास्वपालाइ बोल्न नदिएको भन्दै असन्तुष्टि जनाए । लामिछानेले आफुहरु जनताको मुद्धाको पछि लागेको भन्दै कुनै राजनीतिक दलको पछि नरहेको स्पष्ट पारे । उनले मिटरव्याजी सम्बन्धी कानून लागू हुनुपर्छ पक्षमा रास्वपा रहेको तर सरकारले अन्तिम दिनमा सदनमा ल्याएर आफु जनप्रिय छु भन्ने देखाउन खोजेको पनि बताए । उनले महत्वपूर्ण विधेयकहरुप्रति रास्वपा सचेत रहेको धारणा राखे ।
प्रधानमन्त्रीका कारण संसद बन्द भएको हाे, राजीनामा आएपछि मात्रै सहमति जुट्छ : ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् । ओलीले सदन सञ्चालन गर्न आफुहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे । त्यस्तै उनले प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताए । ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे । यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो ।
सूचना टाँसेर आजको संसद बैठक स्थगित, सोमबार सारियो काठमाडौं। आज (आइतबार) बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ । सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए । तर, महासचिव डा गौतमले टाँसेको सूचनामा भने सोमबार अपरान्ह ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ ।
तीन दलका शीर्ष नेताको बैठक : प्रधानमन्त्रीले सम्बाेधन गरेर संसद् खाेल्ने सहमति काठमाडाैं। प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा संघीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लगायतका दलले संघीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन्। सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग सम्वाद गर्न आज बिहान सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले आग्रह गरेका थिए। सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए। यसअघि प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अपराह्न ३ बजेका लागि सारेका छन्।
शीर्ष नेताको बैठकबाट बाहिरिँदै ओलीले भने-भरे देख्नुहुन्छ काठमाडौं। अवरुद्ध संसद सुचारु गर्ने विषयमा बसेको प्रमुख तीन दलको बैठक सकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा अवरुद्ध संसद सुचारु गर्ने विषयमा छलफल भएको थियो। बैठकबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारले बैठकमा के भयो भन्ने जिज्ञासा राखेका थिए। जवाफमा ओलीले ‘भरे देख्नुहुन्छ’ भन्ने जवाफ मात्रै दिएका थिए। प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायीले दिल्ली धाएको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध पार्दै आएका छन्। एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि संसद खुलाउन सभामुख देवराज घिमिरेले गरेको पहल सफल हुन नसकेपछि अहिले प्रमुख दलका शीर्षनेताबीच सो विषयमा छलफल  भएकाे हाे। यसअघि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग गरेको परामर्श निष्कर्षमा पुग्न सकेको थिएन। सभामुख घिमिरेले संसद खुलाउने विषयमा शीर्ष नेतालाई आग्रह गर्दै आएका छन्।
कोशी प्रदेशमा सरकार परिवर्तनपिच्छे प्रधानमन्त्री दाहालका ज्वाइँ आचार्य मन्त्री काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अधयक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाँइ जीवन आचार्य सरकार परिवर्तनपिच्छे कोशी प्रदेशको मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगाका पति उनी यस अघि एमाले माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीको सरकारमा समेत पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए। गत शुक्रबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि कार्की नेतृत्वको सरकार ढलेको थियो। उक्त सरकारमा मन्त्री रहेका आचार्यलाई फेरि मन्त्री बनाउन नहुने अडानमा माओवादी कोशी प्रदेशका सांसदहरु थिए। उनको मन्त्री नियुक्तिमा विवाद हुँदा नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन्। माओवादी केन्द्रका कोशी प्रदेशमा सिनियर नेतालाई पछि पार्दै पटके मन्त्री बन्नुमा ससुरासमेत रहेका प्रधानमन्त्री दाहालको प्रमुख भूमिका रहेको छ। प्रधानमन्त्री दाहालको आर्शीवादले पटक पटक मालदार मन्त्रालय हडप्न सफल भएका छन्। अघिल्लो सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री रहेका आचार्य दास्रो पटक अन्य सिनियर नेताहरुलाई उछिनेर फेरि आर्थिक मामिला मन्त्री बनेका हुन्। उनको मन्त्री पदमा लालसा अन्य कोशी प्रदेशका माओवादी नेताहरु आजित भएका छन्। सुप्रिमो प्रधानमन्त्री दाहालको ज्वाइँँ भएकै कारणले उनले पटक पटक अवसर पाउँदा कोशी प्रदेशका जनयुद्ध लडेका माओवादीका सांसदहरु रुष्ट छन्। अघिल्लो कार्कीको नेतृत्वमा एमालेको सरकार बनाउनमा आचार्यको प्रमुख भूमिका रहेका थियो। उनकै जोडबलमा माओवादीले कोशी प्रदेशमा मुख्यमन्त्री नलिएको चर्चा चलेको थियो। एमाले माओवादी गठबन्धनका क्रममा मुख्यमन्त्री बाँडफाँटमा कुनै हालतमा तत्कालीन १ नम्बर हालको कोशी प्रदेशमा माओवादीले मुख्यमन्त्री नलिन केन्द्रमा लबिङ गरेको माओवादी स्रोत बताउँछ। मुख्यमन्त्री माओवादीले पाएमा संसदीय दलको नेता इन्द्र आङबो मुख्यमन्त्री बन्ने र आफू मन्त्री हुन नपाउने भएकाले प्रधानमन्त्री दाहालसँग एमालेलाई मुख्यमन्त्री छोड्न दवाब दिएको स्वयम माओवादी नेताहरु बताउँछन्। केन्द्रीय सरकारको प्रधानमन्त्री रहेका ससुरा दाहालको दबावमा मन्त्री बनाइएका आचार्यले आज शपथ लिएका छन्। उनलाई फेरि मालदार अर्थ मन्त्रालयको जिम्मा दिइएको छ। उनको बारम्बारको मन्त्री नियुक्तिले माओवादी केन्द्र कोशी प्रदेशसभाका सांसदहरुमा असन्तुष्टि बढ्दै गएको छ। उनको माओवादी केन्द्रमा जर्बजस्ती उपस्थितिलाई लिएर अनेकौं टिप्पणी हुने गर्दछ। आचार्य माओवादीमा खास योगदान भएका पात्र होइनन्। उनले दाहलापुत्री गंगासँग लगन गाँठो कसेपछि मात्रै माओवादी पार्टीमा भित्रिएका हुन्। त्यस अघि उनको माओवादीमा कुनै योगदान नभएको माओवादी नेताहरु बताउँछन्। यस अघि नेपाली  मूलका भारतीयसँग विहे गरेकी गंगाको आचार्यसँग यो दोस्रो विहे हो। गंगा प्रधानमन्त्री रहेका आफ्नै बुबा दाहालको स्वकीय सचिव छिन्। उनी प्रधामन्त्रीको सचिवालयकी हर्ताकर्ता हुन्। यता प्रधानमन्त्रीको सचिवालयमा हर्ताकर्ता रहेकी गंगाले कोशी प्रदेशमा पति आचार्यलाई मन्त्री बनाउन निकै पहल गरेको बताइएको छ। कोशी प्रदेशको नयाँ सरकार गठन अवैध रुपमा गरिएको बताउँदै एमाले सर्वोच्च अदालतमा पुगेको छ। ९३ सदस्यीय प्रदेशसभा सदस्य रहेको कोशीमा सरकार गठनका लागि ४७ सांसदको आवश्यकता पर्दछ। कोशी प्रदेशमा हालको सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाको १ सिट रहेको छ। सत्ता गठबन्धनले अहिलेको सरकार गठनका लागि संसद संख्या पुर्‍याउन बहालवाला सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेको भन्दै एमालेले सरकार गठन प्रक्रिया असंवैधानिक रहेको दाबी गरेको छ।
एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिएको छ। आइतबार पनि बैठक सुरु भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेलगत्तै एमालेका सांसद उठेर विरोध जनाए। यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समय दिएपछि बालेकी भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध बोलेकाले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने जानकारी दिइन्। उठेर विरोध जनाइरहेका एमाले सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाले पटक पटक बस्न र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे। तर, उनीहरुले अस्वीकार गरे। यसपछि अध्यक्ष तिमिल्सिनाले सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे।
कोशी प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ विराटनगर। कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। आचार्य र कार्की माओवादीबाट र खत्री कांग्रेसबाट मन्त्री बनेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिए पनि कार्की र खत्रीको मन्त्रालय तोकिएको छैन।
अवरुद्ध संसद खुलाउन कसले पहल गर्ने ? काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी एमालेको संसद अवरोध कायमै छ। प्रधानमन्त्रीले व्यवसायी सरदार प्रितम सिंहको पुस्तक विमोचनमा कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले पटक पटक भारत धाएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेले उनको राजीनामा माग गर्दै सदन चल्न नदिने घोषणा गरेको हो। प्रधानमन्त्री दाहालले उक्त अभिव्यक्ति आफ्नो नभएको प्रष्ट्याउँदै सरदार सिंहको आफूप्रतिको सदाशयतापूर्ण अभिव्यक्तिलाई आफूले प्रकट गरेको बताएका छन्। उनले प्रतिपक्षी एमालेबाट उक्त अहभिव्यक्तिलाई लिएर अतिरञ्जित गरिएको दाबी गरेका छन्। गत सोमबार प्रधानमन्त्रीबाट व्यक्त उक्त अभिव्यक्ति यता एमालेले सदन अवरुद्ध गर्दै आएको छ। एमालेले निरन्तर सदन अवरुद्ध गरेपछि शुक्रबार सूचना टाँस गरेर नै संसद बैठक स्थगित गरिएको थियो। संसदको बर्खे अधिवेशन चलिरहेको बेला प्रतिपक्षी दलको अवरोधले सदन चल्न सकेको छैन। सभामुख देवराज घिमिरेले सदन सुचारु गर्न निरन्तर पहल गरिरहेका छन्। उनले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग सदन खुलाउने बारे छलफल पनि गरिरहेका छन्। तथापि सदन सुचारु हुने अलिेसम्म कुनै संकेत देखिएको छैन। रास्वपाका सांसद डिपी अर्यालले आफूहरुले संसद अवरोध नगरेको जिकिर गर्दछन्। उनले प्रधानमन्त्रीको अभिव्यक्ति बारे सदनमा जवाफ दिने अडानमा रास्वपा रहेको बताए। प्रधानमन्त्रीको राजीनामाको माग आफूहरुको नभएको उनको भनाइ छ। उनले भने, ‘हामी संसद चल्नुपर्छ भन्ने पक्षमा छौं। हामी विषयवूतुमा कुरा गर्न चाहान्छौं। प्रधानमन्त्रीले रोष्ट्रममा आएका स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो माग हो।’ सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदन सुचारु गर्ने बारे पहल भइरहेको बताए। उनले आज सदन सुचारु गर्नेबारे शीर्ष तहका नेताहरुले छलफल गर्न लागेको जानकारी दिए। उनले भने, ‘सदन खुलाउने बारे छलफल भइरहेको छ। आजै प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक बसेर सहमति खोज्ने प्रयत्न गरिरहेका छौं।’ एमालेका सचेतक महेश वर्तौलाले आफूहरुको संसद अवरोध जारी रहने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य रहेको बताउँदै राजीनामाको बटमलाइनबाट पछि नहट्ने जनाए। उनले भने, ‘प्रधानमन्त्रीले राष्ट्रहित विपरित अभिव्यक्ति दनु भएको छ। यो स्वाभीमानी नेपालकिा लागि सैह्य हुँदैन। हाम्रो अडान कायमै छ।’ उनले प्रधानमन्त्रीको अभिव्यक्ति देशभक्त नेपालीका लागि सह्य नभएको जिकिर गरे। प्रधानमन्त्रीको राजीनामाको अडानमा एमाले यथावत रहेको सचेतक वर्तौलाले जनाए। यस्तै सत्तारुढ नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डले संसदमा प्रधानमन्त्री जवाफ दिन तयार रहेको बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षीले प्रश्न उठाएपछि त्यसको जवाफ सदनमा दिने प्रष्ट्याए। उनले सदन खुलाउने बारे प्रधानमन्त्रीले सबै दलसँग परामर्श गरिरहेको जानकारी दिए। उनले भने, ‘संसदको अवरोध हटाउन छलफल चलिरहेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रश्न उठेपछि त्यसको जवाफ दिनु उहाँको दायित्व हो। तर प्रतिपक्षीले सदन अवरुद्ध गरेर असहिष्णुता प्रदर्शन गरिरहेको छ।’ उनले प्रतिपक्षी एमालेको संसद अवरोध गैरसंसदीय चरित्र भएको आरोप लगाए। सदन खुलाउने बारे प्रधानमन्त्रीले सभामुखमार्फत पहल गरिरहेको जनाउँदै कुनै हालतमा राजीनामा नदिने जिकिर गरे।
अवरुद्ध संसद खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा काठमाडौं। लगातारको संसद अवरुद्ध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भइरहेकाे छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अवरुद्ध संसद खुलाउने विषयमा छलफल भइरहेकाे छ। प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायीले दिल्ली धाएको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध पार्दै आएका छन्। एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि संसद खुलाउन सभामुख देवराज घिमिरेले गरेको पहल सफल हुन नसकेपछि अहिले प्रमुख दलका शीर्षनेताबीच सो विषयमा छलफल भइरहेकाे हाे। यसअघि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग गरेको परामर्श निष्कर्षमा पुग्न सकेको थिएन। सभामुख घिमिरेले संसद खुलाउने विषयमा शीर्ष नेतालाई आग्रह गर्दै आएका छन्।
बाबुरामकाे आराेप : कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्न समाजवादी माेर्चा काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रस्टीकरण दिएका छन्। माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाही अघि बढे लगतै भट्टराइले सो स्पष्टीकरण दिएका हुन्। ‘पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक(राजनीतिक विषयप्रतिको अरूची र अनिच्छा र खाली तत्कालीन संसदीय अंक गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसंग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ उनले भनेका छन्, ‘नयॉ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसंग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो।’ उनले लेखेका छन्- धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैंले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईं पुराना शक्तितिर कि नयाँ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनुभएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ। १. नेपालमा संविधानसभाबाट समाजवाद-उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धीहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो। सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्नसके सहज हुन्छ भन्ने इमान्दार प्रयत्न हामीले गरेकै हो। त्यस निम्ति गम्भीर प्रकृतिको वैचारिक-राजनीतिक छलफलको आग्रह पनि गरेकै हो। परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक-राजनीतिक विषयप्रतिको अरूची/अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसंग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो। नयाँ युगको नयाॅ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसंग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो। २. जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति/शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ। बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवी जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचना सहित त्यलाई सच्याउने कार्य गरिसकेका छौं ! अतः नयाॅ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउॅदै गरेका सबै अग्रगामी नयाॅ शक्तिहरूसंग सहकार्य गर्दै वृहद नयाॅ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौं।
कोशी प्रदेश सरकार विरुद्धकाे रिटमा आज सर्वाेच्चमा सुनवाइ हुँदै काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार बिरुद्ध परेको रिट माथी आज सुनवाई हुँदैछ। कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निमार्ण गर्न र ढाल्न भुमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन्। तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वाेच्च अदालतमा पुगेको हो। सो रिटको आज आइतबारका लागि पेसी तोकिएको थियाे।
पशुपतिनाथ आरतीमा सहभागी हुँदै राप्रपा अध्यक्ष लिङ्देनले भने- हिन्दुराष्ट्र पुनःस्थापनाको संकल्प गरौं काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउने शक्तिशाली संकल्प गर्न जनसमुदायलाई आग्रह गरेका छन्। शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्वप्रति जनताको आस्था र विश्वासको उच्च सम्मान व्यक्त गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्ने अभियानमा साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताएका छन्। पार्टीका नेता कार्यकर्तासहित आरतीमा पुगेका लिङ्देनले जनताको तागतको बलमा केही वर्षभित्रै नेपाल पुनः हिन्दुराष्ट्र बन्न सम्भव भएको उल्लेख गर्दै मन हिन्दुत्व तर्फ र मत धर्म निरपेक्षतर्फ नगर्न हिन्दु धर्मावलम्बीलाई आग्रह गरेका छन्। ‘आज हामी पशुपतिनाथको आरतीमा छौं,’ लिङ्देनले भने, ‘आजकै दिन हिन्दुराष्ट्र पुनःस्थापनाको शक्तिशाली संकल्प गरौं, कुनै तागतले हिन्दुराष्ट्र पुनःस्थापना हुनबाट रोक्न सक्ने छैन।’
समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने काठमाडौं। समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्‍याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ । “साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ”, उनले भने । बैठकमा प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागी थिए। कार्यदल गठन एकीकृत समाजवादीका अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले सातै प्रदेशमा गरिने आमसभाको मिति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने उपाध्यक्ष पाण्डेले जानकारी दिए । चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा०का नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन्। कार्यदलले समाजवादी मोर्चाको भावी रणनीति तयार गर्ने जनाइएको छ । मोर्चालाई कसरी बलियो बनाएर लैजाने, नेपाली समाजको विशेषताअनुसारको समाजवाद कस्तो बनाउने भन्ने नीतिगत दस्तावेज तयार गर्ने जिम्मेवारी दिइएको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए । मोर्चाको अध्यक्षता हरेक छ महिनामा आलोपालो मोर्चाको नेतृत्व छ–छ महिनामा नेताहरूले आलोपालो गर्ने समझदारी बनेको र सो विषय आगामी बैठकले टुङ्गो लगाउने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए। आजको बैठक सौहार्दपूर्ण ढङ्गले सम्पन्न भएको र भावी रणनीतिबारे आगामी बैठकमार्फत बाहिर ल्याइने उनको भनाइ छ । मोर्चा गठन भएको २३ दिनपछि पहिलो बैठक बसेको हो । “मोर्चा गठन भएको लामो समयपछि बैठक बस्यो, प्रथम बैठक अलि ढिला भयो भन्ने हामी सबैले समीक्षा गर्यौँ । आजको बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल गर्यौँ”, उपाध्यक्ष पाण्डेले भने।
समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई काठमाडौं। समाजवादी मोर्चा नेपालको संयोजकको जिम्मा माधव नेपालले पाएका छन्। यसका साथै आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन् । कार्यदलले मोर्चाको अर्को बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एसका अध्यक्ष नेपालले बैठकको अध्यक्षता गर्ने छन् । मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने छ । ६-६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने बताइएको छ ।
राष्ट्रियतालाई कमजोर पार्न नेताहरु प्रयोग भएः राजेन्द्र लिङ्देन काठमाडों। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताएका छन्। शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन्। उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरु देखिन लागेकाले समयमा नै सजक हुनुपर्ने धारणा राखे । भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो की भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उनले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि राप्रपा अघि बढेको बताए। लिङ्देनले मुलुकमा संघीयता आएपनि पुरै देशको निर्णयको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदबाब सिर्जना गर्न सके राप्रपाको एजेण्डा पुरा हुन सक्ने तर्क गरे। अध्यक्ष लिङ्देनले अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायीत्वको कल्पना गर्न नसकिने जिकिर गरे।
समाजवादी मोर्चाको बैठक सुरु, सांगठनिक संरचनाका बारेमा निर्णय लिने काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाको बैठक सुरु भएको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा आबद्ध मोर्चाको बैठक सुरु भएको हो । बैठकले मोर्चाको संगठनका बारेमा निर्णय लिने बताइएको छ । बैठक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसिरहेको हो ।
मधेश प्रदेशसभा बैठक अबरुद्ध, मुख्यमन्त्रीले जवाफ दिनु पर्ने अडान जनकपुरधाम। मधेश प्रदेश सभा बैठक अबरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले रकामान्तर गरेर बजेट अन्यत्र लगेको भन्दै मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको हो। सो क्रममा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरुले मुख्यमन्त्रीको जवाफ मागे गरे पछि बैठक १० मिनेटका लागि स्थगित भएको हो । एमालेका सांसदले बैठक अवरुद्ध गरे पछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका छन् । एमालेका प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ नदिएसम्म बैठक चल्न नदिने जनाएका छन् ।
न्यायाधीश बन्ने प्रक्रियामा विचौलियातन्त्र हावी भयोः महासचिव भुसाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले न्यायाधीश बन्ने प्रक्रियामा विचौलियातन्त्र हावी भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन्। समाजवादी पेशागतकानून व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानून व्यवसायीहरुको भेलामा बोल्दै भुसालले न्यायालय स्वयं न्यायालय किन्ने र न्यायाधीश बन्ने प्रक्रियामा विचौलियातन्त्रले राष्ट्रको नयाँ जिन्दगीका सपनाहरु खाइदिने भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन्। भुसालले न्यायाधिश बन्ने प्रक्रियामा हावी भएको विचौलियातन्त्र दलाल पूँजीवादको एउटा स्वरुप भएको तर्क गरे । उनले देश अहिलेजस्तै राजनीतिक अस्थीरतर्ता तर्फ ढकिलिदै जाने हो भने सुशासन र स्वतन्त्र न्यायालयको कुरा असम्भव हुने बताए। उनले संसद बिघटन गर्ने यसअघिको केपी ओलीको निर्णयले लोकतान्त्रीक स्थीरताका साथ विकास गर्ने जनताको आशामा तुषारापात हुन जाने भएकाले नै तत्कालिन नेकपामा विवाद भएको बताए। त्यस क्रममा नेपालको भविष्यमाथिको गम्भीर बिषयलाई रक्षा गर्नका लागि आफुहरुले आवश्यक भूमिका खेलेको उनाको भनाइ छ । भुसालले दलाल पूँजीवादका कारण मुलुकमा बिभिन्न समस्या देखिरहेको र यसप्रति नयाँ भन्ने दलहरुले पनि कुनै चासो नदेखाएकाले उनीहरुको हविगत पनि पुरानैको जस्तो हुने अवस्था आउने जिकिर गरे । कस्तो कानूनी व्यवस्थाले मुलुकमा सुशासन कायम गर्न सकिन्छ भन्नेमा कानून व्यवसायीहरुले सोच्ने बेला आएको उनले बताए।
जनताको मुद्दामा हामी स्पष्ट छौं, जनताको आदेशअनुसार काम गर्छौंः रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएका छन् । सो पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताए। उनले भने, “नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।” विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए। “आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ”, उनले भने, “अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।” राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे। “रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्टचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ”, लामिछानेले भने। केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले रास्वपालाई जनताले दिएको विश्वासलाई पूरा गर्न लागि रहने प्रतिबद्धता व्यक्त गरे।सांसद शिशिर खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे।
पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन मनाउन राजावादी निर्मल निवासमा काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७औं जन्मदिन रहेको छ । जन्मदिनको अवसरमा राजावादीले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन् । पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीले एक समितिनै गठन गरेका छन् । सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगेका थिए । पूर्वराजालाई शुभकामना र अभिनन्दन गर्नका लागि पुगे पनि ज्ञानेन्द्र नभेटिएपछि उनीहरू पूर्वराजाका प्रतिनिधिलाई अभिनन्दन पत्र र पुष्पगुच्छा बुझाएर गेट बाहिरबाटै फर्किएका थिए । पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको बताए । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेका छन् । बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनले जानकारी दिए ।
समाजवादी मोर्चाको पहिलो बैठक आज ४ बजे बस्दै काठमाडौं। समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ। मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो।
हृदयाघातका कारण नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन पाल्पा। नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ। बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो। उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए। स्वर्गीय पाण्डेको पार्थिव शरीर शनिबार बिहान ८ देखि साढे ८ बजेसम्म तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ। उनको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने परिवारजनले बताएका छन्।
समाजवादी मोर्चाको पहिलो बैठक भोलि बस्ने काठमाडौं। चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठक बोलाइएको छ । मोर्चामा आवद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् । राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच ४ असारमा समाजवादी मोर्चा गठन भएको थियो ।
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्दैन : एमाले नेता रघुजी पन्त काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले एमाले लगायतका दलहरुको समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै अहिले अभिव्यक्तिका आधारमा प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नभएको बताएका हुन् । कुनै लेखकले लेखेको कुरालाई प्रधानमन्त्रीले अभिव्यक्त गर्दा जनतामा एमालेले भ्रम छर्न खोजेको र आफु मात्रै राष्ट्रवादी हो भन्ने देखाउन खोजेको उनले बताए । उनले एमालेलाई प्रधानमन्त्री पद चाहिएको भए बहुमत देखाउन चूनौति दिए । त्यस्तै कांग्रेसका मुख्य सचेतक रमेश लेखकले मुलुकको प्रधानमन्त्री बाह्य देशले बनाउछ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताए । उनले यस विषयमा आशंक गर्नु भनेको देश र जनतामाथिकै आशंका हुने जिकिर गरे । प्रधानमन्त्रीले बोलेको बिषयमा प्रतिपक्षीले उठाएको कुरालाई सत्ता पक्षले गम्भीर रुपमा लिएको भन्दै सदनमा प्रधानमन्त्रीले जवाफ दिने वातावरण बनाउनुपर्ने उनले बताए । त्यस्तै नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नसक्ने स्पष्ट पारे । उनले प्रधानमन्त्रीले बोलेको कुराको स्पष्टीकरण दिनुको कुनै अर्थ नरहेकाले नैतिकताका आधारमा नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरे । प्रधानमन्त्रीको अभिव्यक्ति देश र जनताको भावना विपरित भएको बताए ।
सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताए । नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने स्पष्ट पारे । उनले भने, “संविधानको मूल्य र मान्यताअनुसार यो सरकार गठन भएको छ, जनताको चाहनाअनुसार विकास र समृद्धिका कार्य अगाडि बढ्छन् ।” मुख्यमन्त्री थापाले आज पहिलो चरणमा दुईजना मन्त्री नियुक्त भए पनि केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने धारणा राखे । उनले गठबन्धन दलको सहमतिमा मन्त्रिमण्डल विस्तार गर्नुका साथै मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने बताए । मुख्यमन्त्री थापाले प्रदेशलाई समृद्धि बनाउन सबैको सहयोग र सहकार्यका साथ वर्तमान सरकारले कार्य गर्ने स्पष्ट पारे ।
छिमेकीलाई कम्फर्टेबल सरकारले गर्दा मुलुक भूराजनीतिक चपेटामा पर्‍योः राजेन्द्र लिङ्देन काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउदै जनतालाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरेका छन्। नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक तथा सामरिक चूनौतिहरु बिषय विचार गोष्ठिमा लिङ्देनले प्रधानमन्त्री बनाउनका लागि भित्रि रुपमा हुने चलखेल सबैलाई थाहा भएपनि अहिले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाएर प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरेका हुन्। छिमेकीलाई कम्फर्टेबल हुने गरि सरकार बनाउने कामले मुलुकको भूराजनीतिक परिस्थीति पेचिलो बन्दै गएको उनले बताए। उनले देशलाई सबै हिसाबले परनिर्भर बनाउने र कसैको आड लिएर सत्तामा टिकिरहने संस्कृतिले नेपाल गम्भीर भूराजनीतिक चपेटामा परेको अनुभव गरेको जिकिर गरे। बिभिन्न आवरणमा विदेशीहरुको सेवा गरेर सत्तामा जाने प्रवृति बढिरहेको र आफ्ना चाहना पुरा गर्न विदेशी शक्ति पनि मुलुकमा हावी हुन थालेको उनको भनाइ छ। लिङ्देनले विदेशीलाई खुसी पार्नका लागि नै अहिले सेनामाथि पनि आक्रमण सुरु भएको र सेनाको संख्या घटाउनुपर्छ भन्ने आवाज उठ्न थालेको जिकिर गरे।
ललिता निवास प्रकरणमा मेरै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारवाही हुनुपर्छ : प्रेम आले काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसंग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताएका हुन् । उक्त प्रकरणमा धेरै व्यक्तिहरुको नाम आएकाले निष्पक्ष छानविन गरि दोषी भए कारवाही गर्नुपर्ने उनले बताए । उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भएपनि सरकारले जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको जिकिर गरे । उनले सरकारले कामकारवाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताए । पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले राज्यको सम्पती दोहन नहोस भनेर आफुले पशुपति जग्गाको विषयमा आवाज उठाएको बताए ।
जनताको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्छः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा सरकारले गरेको निर्णयमा शत प्रतिशत समर्थन रहेपनि नागरिकको अन्य अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्ने बताएका हुन्। सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन रहेपनि डेलिभरको सन्दर्भमा अहिले पनि आक्रोश रहेको उनले बताए । उनले आर्थिक संकटताको अवस्थामा सरकारले चुस्तताका साथ काम गर्न नसकेको धारणा राखे । थापाले बालुवाटारमा बसेर सांसदलाई टाउको गन्दै ठिकठाक भनेपनि वास्तविक रुपमा त्यो ठिकठाक नहुन पनि सक्ने बताए। उनले जनताको अपेक्षा अनुसार काम गर्न सरकारको ध्यानाकर्षण पनि गराए।
कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः आरजु राणा काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छन् । कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भनिन्, “विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको हो र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो ।” डा राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना र विसं २०६२÷६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाई नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन् गरेर तरुण दलका कार्यकर्ताहरु लाग्नुपर्ने बताइन् । नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लड्नुभएको र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उल्लेख गरे । डा राणाले कांग्रेसका नेताहरुको योगदान र आदर्शको अनुशरण गरी लोकतन्त्र र विधिको शासनका लागि लाग्न नेपाल तरुण दलका समग्र सदस्यहरुलाई आग्रह पनि गरिन् । कांग्रेस पार्टी र मुलुकको भविष्य नै तरुण दलमा आवद्ध देशका समग्र युवाहरुको हातमा रहेको भन्दै कांग्रेसका नेताहरुले देखाएको मार्गमा हिँड्न सबै तरुण सदस्यहरुलाई सुझाव पनि दिइन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी राणाले नेपाली कांग्रेससँग विकास र समृद्धिको स्पष्ट नीति रहेको र कांग्रेसले लिएकै नीतिबाट मुलुक विकासको गतिमा अघि बढेको पनि उनले बताए । नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नेपाल तरुण दलको केन्द्रीय समितिका सदस्यहरुले आज डा देउवासँग अन्तरक्रिया गरेका थिए ।  सो अवसरमा डा राणाले हालै सदस्य थप भएको तरुण दललाई चुस्त एवं सक्रिय बनाई अघि बढ्न अध्यक्ष गुरुङलाई आग्रह पनि गरेकी थिइन् ।
ललिता निवास प्रकरण स्टन्टबाजीमात्र हो, सरकारले निष्कर्षमा पुर्‍याउन सक्दैन : ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका छन् । शुक्रबार किर्तिपुरमा अखिल स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाँउ मिलेर स्वार्थ बाड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका हुन् । ओलीले मुलुकमा संसद भएपनि प्रधानमन्त्री प्रचण्डले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको जिकिर गरे । भारतले नेपालमा सरकार बनाउछु भनेर नभनेको अवस्थामा नेपालका प्रधानमन्त्रीले नै नेपालको सार्वभौमसत्ता विपरित राखेको अभिव्यक्ति साधारण विषय नभएको उनले बताए । त्यस्तै उनले राष्ट्रपतिबाट यसअघि नै मृत अवस्थामा पुगेको नागरिकता विधेयकलाई संविधान मिचेर नै प्रमाणीकरण गरेको आरोप लगाए । गठजोडको अराजनीतिक भागबन्डा, स्वार्थहरुको कित्ताकाटको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा गठबन्धन पुगिसकेको उनले बताए । त्यस्तै ओलीले ललिता निवास प्रकरणमा छानविन गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने स्पष्ट पारे । ललिता निवास प्रकरणको छानविनलाई निष्कर्षमा पुराउनै नसक्ने भन्दै ओलीले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको तर्क गरे । ओलीले भारतीय रअ प्रमुखलाई देशको हितको पक्षमा कुरा गर्न आफुले भेटेको भन्दै प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय रअ प्रमुखलाई घरमै पुगेर लुकेर भेट गरेको उल्लेख गरे । ओलीले कोशी प्रदेशमा मुख्यमन्त्री पदमा नियुक्त गर्दा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिच्ने काम गरेको जिकिर गरे । उनले मुलुकका सबै अंगलाई सरकारले त्रासमा राखेको आरोप लगाए । उनले कोशी प्रदेशमा एमाले नेतामाथि भइरहेको आक्रमणमा सरकारको संलग्नता रहेको समेत बताए ।
एमालेको अवरोधपछि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित काठमाडौं। प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमालेले अवरोध गर्ने भएपछि सूचना टाँसेर स्थगित गरिएको हो । शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरणा बनाउन दलहरुलाई आग्रह गरेकाक छन् ।
भोलिसम्म सहमति गर्नुहोस्, आजको बैठक सूचना टाँसेर स्थगित गरौं : सभामुख घिमिरे काठमाडौँ। सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन्। शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, “सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला। संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन। तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजिकरण गर्न म तयार छु। पर्सीसम्मा सहमति गर्नुहोला। आजको बैठक सूचना टाँसेर स्थगित गरौं।” प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले सदन अवरूद्ध गर्दै आएकाले सभामुख घिमिरेले सो आग्रह गरेका हुन्।