content
stringlengths 20
64.1k
⌀ |
---|
राप्रपा नेपालले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने काठमाडौं। आज काठमाडौंमा राप्रपा नेपालले बिरोध प्रदर्शन गर्ने भएको छ। संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन्।
भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन्।
भ्रष्टचार बिरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, बिदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो।
|
कांग्रेस केन्द्रीय समिति बैठक: केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहने काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ। गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ। जसअनुसार आजको बैठक विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगर ललितपुरमा बस्दै आएको छ।
हिजोको बैठकमा ३५ जना केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन्। आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले क्रमशः धारणा राख्ने छन्।
हिजोको बैठकमा केन्द्रीय सदस्यहरुसुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाहले आ आफनो धारणा राखिसकेका छन्।
साथै, हिजो बैठकमा डा चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आआफ्ना धारणा राखेको जनाइएको छ।
|
बारामा एमालेको प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला बारा। नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला बिहीबारदेखि बारामा सुरु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन्।
कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेसका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रीत रहन निर्देशन दिएका छन्। मधेसको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भएपनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताएका छन्।
‘संख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठुलो पार्टी हो तर यतिले पुग्दैन,’ ज्ञवालीले भने, ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ। त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ।’
मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिएका छन्। ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताएका छन्।
भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुदै बागमतीमा ल्याएर मधेसमा सिंचाइसुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्वतहले गम्भिरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाई थियो।
कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटव्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेस प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो।
|
सांसद विकास कोषबारे सर्वोच्चले माग्यो लिखित जवाफ काठमाडौं। सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश गरेको हो । अदालतले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ ।
आर्थिक वर्ष २०८०\८१ को आयव्ययको वक्तव्यको बुँदा नम्बर ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु पाँच करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्था गरिएको थियो ।
सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेटमा संसद् विकास कोषमा रु पाँच करोड विनियोजन गरेको थियो । देशमा आर्थिक सङ्कट रहेका समयमा यसरी सांसदलाई पैसा वितरणको व्यवस्था गर्ने कार्य गलत भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियोे ।
उक्त विवादमा अदालतले लिखित जवाफ माग गरेको हो ।
|
जसपाले फेर्यो झन्डा र लोगो काठमाडौंं। जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ । यसैगरी यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ ।
पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको केन्द्रीय विभाग प्रमुख बस्नेतले बताए।
|
नेकपा एसको महाधिवेशन माघमा गर्न प्रस्ताव काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन्। कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो।
जारी सचिवालय बैठकमा आगामी निर्वाचन एक्लै लड्नुपर्ने धारणा सदस्यहरूले राखेको थिए। शुक्रबारदेखि सुरू भएको बैठक एक सातापछि भोलि सकिने कार्यसूची छ।
|
बारामा एमालेको प्रदेशस्तरीय नेतृत्व विकास कार्यशाला सुरु बारा। नेकपा एमालेको मधेस प्रदेशस्तरीय नेतृत्व विकास कार्यशाला विहीबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् ।
कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेसका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रीत रहन निर्देशन दिएका छन् । मधेसको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भएपनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताएका छन् ।
‘संख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठुलो पार्टी हो, तर यतिले पुग्दैन,’ ज्ञवालीले भने ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’
मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिएका छन् । ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताएका छन् ।
भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुदै बागमतीमा ल्याएर मधेसमा सिचाइँ सुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्वतहले गम्भिरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाई थियो ।
कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटव्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेस प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
|
लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात हुन्छः शेखर कोइराला पाटन। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक नेता लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लागे देशलाई घात हुने बताएका छन् ।
लाओस कुमार राईद्वारा लिखित ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ पुस्तकको आज लोकार्पण गर्दै उनले लोकरिझ्याइँका लागि लोकप्रिय कुरा गरेर नेताहरू स्थापित हुन खोज्दा राष्ट्र र राष्ट्रियतालाई अहित हुने बताए ।
“लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घाटा हुन्छ । राष्ट्रको हितका लागि सबैको एउटै सोच र विचार भएमात्रै राष्ट्रियता सबल हुन्छ । सङ्कीर्णताले राष्ट्रियता प्रवर्द्धन हुन सक्दैन ।” नेता कोइरालाले भने, “लोकतन्त्रमा विश्वास गर्नेहरूले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ । अहिले दण्डहीनता चरम सीमामा पुगिसकेको छ । जुनसुकै मुद्दा भए पनि अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक बनाएर छुट दिँदा अन्तर्राष्ट्रिय समुदायमा हाम्रो विश्वास घटेर जाँदैछ । सुशासनका कुरामा हामीले ध्यान दिन सकेनौँ भने अन्तर्राष्ट्रिय समुदाय र दुवै छिमेकीले हामीलाई विश्वास गर्दैनन् ।”
अहिले शिक्षाका नाममा बौद्धिक व्यक्तित्व बाहिरिँदै गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यहीँ शिक्षा हासिल गर्दै युवालाई यहीँ उद्यम गर्ने वातावरण बनाउनुपर्छ भन्ने धारणा व्यक्त गरे ।
राजनीति विश्लेषक तथा पूर्वसांसद लालबावु यादवले २०६२\६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टाएको र राष्ट्रियता कमजोर भएको धारणा राखे । “विसं २०६२र६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टायो, राष्ट्रियता कमजोर भयो । राष्ट्रियता कमजोर भएको यस्तो संवेदनशील बेलामा पुस्तक प्रकाशन गरेर चुनौतीपूर्ण काम भएको छ”, पूर्वसांसद यादवले भने, “अहिले लोकतन्त्रमा दोहोरो नीति चलिरहेको छ । अल्पमतले बहुमतलाई शासन गरिरहेको छ ।”
उनले किताब मेचीबाट महाकालीसम्म पुर्याएर लोकतन्त्रको विकास र प्रवर्द्धन गर्दै राष्ट्रियतालाई मजबुत बनाउन आग्रह गरे। विश्लेषक यादवले विपी कोइरालाको दृष्टिकोणलाई बिर्सेर कांग्रेसले विश्व बैंकको दृष्टिकोणलाई बोकेको भन्दै इतिहास बिर्सेर राष्ट्रियता र लोकतन्त्र सबल हुन सक्दैन भन्ने धारणा व्यक्त गरे।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानले उग्रस्वभावका विद्यार्थी नेता लाओस राईसँग आन्दोलनमा चिनजान भएको बताउँदै किताब लेखन गरेर राष्ट्रवादका बारेमा बहसको वातावरण सिर्जना गरेको धारणा राखे ।
प्रधानले राष्ट्र भनेको भूगोलमात्रै होइन, मानवताको भावना पनि राष्ट्रवादभित्र पर्छ भन्ने तर्क गर्दै पूर्ण लोकतन्त्रमा मात्रै राष्ट्रवाद अगाडि बढ्न सक्ने तर्क गरे। उनले लेखक आओसलाई बहुआयामिक व्यक्तित्व बन्न सक्ने क्षमता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।
नेपाल विद्यार्थी सङघका पूर्वअध्यक्ष तथा कांग्रेसका नेता गुरुराज घिमिरेले अहिले कार्यकर्तामा भएको रचनात्मक क्षमता हराएर जाने र राजनीतिबाट बाहिरिने परिस्थिति सिर्जना भएको बताए।
लेखन र राजनीतिलाई समानान्तररूपमा लान सकियो भने राजनीति परिस्कृत हुने धारणा राख्दै उनले पुस्तक प्रकाशन गरेर कांग्रेसमा खण्डित हुन लागेको बौद्धिक रिक्ततालाई पूर्ति गर्न, बौद्धिक परम्परालाई पछ्याउने प्रयत्न गरेको बताए ।
पूर्वसांसद हीरा गुरूङ, नेपाल प्रेस युनियनका उपमहासचिव तथा किताबका सम्पादक युवराज गौतम, नेपाल तरुण दल केन्द्रीय सानुबाबु महर्जनलगायतले मन्तव्य राखेका थिए।
पुस्तकका लेखक लाओसले जनता, नेतृत्व, अर्थतन्त्र र सुरक्षाको संयोजन राष्ट्रवादभित्र पर्ने धारणा राख्दै ‘सायरेम्मा राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ किताबलाई देशभर पुर्याउने बताए।
|
वादविवाद गर्नुभन्दा पनि पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्नेमा कांग्रेस नेताहरुको जोड काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको तेस्रो दिन ३५ जना सदस्यहरुले धारणा राखेका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा बिभिन्न १० वटा एजेण्डामाथि सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम लगाएत ३५ जना सदस्यहरुले धारणा राखेका हुन् ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरुले पार्टीभित्र वादविवाद गर्नुभन्दा पनि पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै उनीहरुले मुलुकको परिवर्तनको नेतृत्व कांग्रेसले लिने गरि अघि बढ्नुपर्ने धारणा पनि राखेका थिए ।
मङ्गलवारदेखि शुरु भएको बैठकमा छलफलका लागि महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको पार्टीका १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेश गरेको वार्षिक कार्य योजनाका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ । बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।
|
सानेपामा मनाइयो गगन थापाको जन्मदिन काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।
केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो । उनको जन्मदिन केक काटेर मनाइएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको तेस्रो दिन ३५ जना सदस्यहरुले धारणा राखेका थिए।
बैठकमा बिभिन्न १० वटा एजेण्डामाथि सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम लगाएत ३५ जना सदस्यहरुले धारणा राखेका हुन् ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरुले पार्टीभित्र वादविवाद गर्नुभन्दा पनि पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै उनीहरुले मुलुकको परिवर्तनको नेतृत्व कांग्रेसले लिने गरि अघि बढ्नुपर्ने धारणा पनि राखेका थिए ।
मङ्गलवारदेखि शुरु भएको बैठकमा छलफलका लागि महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको पार्टीका १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेश गरेको वार्षिक कार्य योजनाका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ । बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।
|
कानुन उल्लंघन र बेथितिलाई छुट दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लंघन तथा स्वच्छ बजार प्रवद्र्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन्।
उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा गृह मन्त्रालयमा आज आयोजित छलफलमा उनले उपभोक्ता हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने बताए।
“कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट दिँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार हो।” उनले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए।
“अनुगमनलाई कसरी प्रभावकारी बनाउने, कालाबजारी र नक्कली वस्तुलाई नियन्त्रण गर्ने, उपभोक्ताले कसरी गुणस्तरीय वस्तु सहज ढंगले उचित मूल्यमा प्राप्त गर्ने विषयलाई केन्द्रमा राखेर काम गर्ने छौँ”, उनले भने।
उद्योग, व्यवसाय क्षेत्रमा हुने अनियमितालाई ठीक ढङ्गबाट अनुगमन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले व्यवासयीले भोग्नुपरेका समस्या समाधान गरिने स्पष्ट पारे। “उद्योगी व्यवसायीका पनि केही समस्या छन्, त्यसलाई समाधान गर्न पनि आवश्यक छ”, उनले भने।
गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे।
उनले उपभोक्ता अधिकारलाई कुण्ठित गर्ने काम भइरहेको तथा सुधार गर्नुपर्ने विषयमा सरकारलाई सुझाव दिन उपभोक्ता अधिकारकर्मीसँग आग्रह गरे। उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिको प्रतिफल आम जनतालाई प्राप्त हुने गरी सामाजिक न्याय स्थापित गर्न वर्तमान सरकारले सुशासनमा जोड दिइरहेको बताए।
“सरकार सुशासनलाई पूर्वसर्त बनाएर अगाडि बढिरहेको छ। सुशासनबाट नै समृद्धिको लक्ष्यलाई साकार रुप दिन सकिन्छ”, उनले भने। अर्थतन्त्रलाई लयमा ल्याएर मात्रै समृद्धिको लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गर्दै उनले राज्यलाई सुदृढ गराउन सरकारको ध्यान केन्द्रित भएको बताए।
छलफलमा उपभोक्ता अधिकारकर्मीले प्रत्येक वस्तु तथा सेवाको खरिदमा उपभोक्ता ठगिएको, नियमनकारी निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने, उपभोक्ता अधिकारसम्बन्धी ऐन पुनःलेखन गर्नुपर्नेमा जोड दिएका थिए।
उद्योगी व्यवसायीले व्यापार व्यवसायमा सरकारले सहयोग गर्नुपर्ने, व्यापार सहजीकरणसम्बन्धी संयन्त्रमा वास्तविक व्यापारिको प्रतिनिधित्व हुनुपर्नेमा बताएका थिए।
छलफलमा गृहसचिव दिनेशकुमार भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, आन्तरिक राजस्व, भन्सार विभाग, उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, उपभोक्ता अधिकारकर्मी, उद्योगी व्यापारीको सहभागिता थियो।
|
राष्ट्रिय किताबखानामा मन्त्री मोदीले गरे आकस्मिक अनुगमन काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राष्ट्रिय किताबखाना (निजामती)मा छड्के अनुगमन गरेका छन् ।
बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुगेका हुन् । किताबखानामा मन्त्री मोदीको यो दोश्रोपटकको छड्के अनुगमन हो ।
अनुगमनका क्रममा मन्त्री मोदीले कार्यालयका सेवा प्रवाहका सबै कक्षको अनुगमन गरेका थिए । उनले कर्मचारीहरु समयमा कर्यालयमा हाजिर भएका छन् कि छैनन्, कार्यकक्षमा कर्मचारीहरु छन् कि छैनन् ? लगायतका विषयमा समेत चासो राखेका थिए ।
सेवाग्राहीलाई भेटेर पनि मन्त्री मोदीले किताबखानाको सेवा प्रवाहबारे जानकारी लिएका थिए । सेवाग्राहीसँग मन्त्री मोदीको जिज्ञासा थियो, ‘कर्मचारीबाट सेवा लिने क्रममा तपाईहरुसँग कस्तो व्यवहार भएको छ र प्राप्त सेवाबाट सन्तुष्ट हुनुहुन्छ ?’
सबै कार्यालय कक्षको अवलोकन पश्चात मन्त्री मोदीले किताबखानालाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको बताए ।
‘म यहाँ आजसमेत गरी दुईपटक आकस्मिक अनुगमनमा आए, तपाईहरुले मलाई के गर्दा किताबखानाको सेवा प्रवाह अझ व्यवस्थित र सुदृढ हुन्छ सुझाव दिनुहोला, मन्त्रालय तपाईहरुलाई सहयोग गर्न तयार छ’ मन्त्री मोदीले भने ।
अनुगमनका क्रममा आफूले खोज्दा नभेटिएका कर्मचारीहरुको हाजिरीमा आफूले कैफियत् जनाउने गरेको बताउँदै मन्त्री मोदीले भने, ‘अनुगमनको क्रममा कार्यकक्षमा नभेटिएपछि केही न केही कारबाही त गर्नु नै पर्छ, मैले कैफियत जनाउने गरेको छु ।’ उनले आफ्नो लागि सबै दर्जाका कर्मचारी समान भएकाले साना कर्मचारीलाई पाखा र ठूलालाई काखा राख्ने काम आफूबाट नहुने समेत प्रष्ट पारे ।
मन्त्री मोदीले आफूले सुशासन कायम गर्नका लागि कुनै कसर बाँकी नराख्ने समेत बताए । ‘सुशासन मुखले बोलेर होइन, व्यवहारबाट कार्यान्वयन गरेर मात्रै स्थापित गर्न सकिन्छ’ उनले भने, ‘त्यसका लागि तपाई हामी सबैका व्यवहारमा सेवाग्राहीले अनूभुति गर्नेगरी परिवर्तन गर्न आवश्यक छ ।’
उनले मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ–हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताबखानाले पनि यो विषयमा ध्यान दिन निर्देशन दिए ।
मन्त्री मोदीले यसअघि मन्त्रालयमा पनि ४ पटकपटक आकस्मिक अनुगमन गरेका थिए। त्यसअघि दुईपटक उनले निजामती कर्मचारी अस्पतालको पनि आकस्मिक अनुगमन गरिसकेका छन् ।
किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सन पट्टा बनाउने र सम्पति विवरण लिने कार्य गर्दछ । हाल निजामती सेवामा पुरूष ६१ हजार ९ सय ९जना र महिला २३ हजार ९ सय ३४ जना गरी कुल ८५ हजार ८ सय ४३ कर्मचारी कार्यरत छन् ।
|
संगठन विस्तारका लागि राप्रपाले दियो ९ सय नेतालाई भूगोलको जिम्मेवारी काठमाडौं। राप्रपाले संगठन विस्तार गर्न भन्दै नौ सय नेतालाई भूगोलको जिम्मेवारी दिएर स्थानीय स्तरमा खटाएको छ।
केन्द्रदेखि जिल्ला तहका नौ सय नेतालाई स्थानीय स्तरमा खटाउने गरी भूगोलको जिम्मेवारी दिइएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार भूगोलको जिम्मेवारी लिनेमा अध्यक्ष राजेन्द्र लिङ्देनसमेत छन्।
देशभरका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासका लागि खटाइएका नेताहरुले ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए । उनीहरुले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेस गर्नुपर्नेछ।
संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पुर्याउने लक्ष्य लिएको राप्रपाले संठन विस्तार र सुदृढीकरणका लागि नेताहरुलाई खटाएको हो । तोकिएको जिम्मेवारीमा नजाने नेताहरू स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धरान उपमहानगरपालिका, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १, डा. धवलशम्शेर राणाले नेपालगञ्ज, उद्धव पौडेलले विराटनगर, विक्रम पाण्डेले भरतपुर मोहन श्रेष्ठले गोरखा (भीमसेन, सहिद र लखन), ज्ञानेन्द्र शाहीले जुम्ला (तातोपानी, चन्दननाथ), रेखा थापाले सुन्दर हरैचा बेलबारीको जिम्मेवारी पाउँदा तीन वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालाई भूगोल केन्द्रित जिम्मेवारी दिइएको छैन ।
तीन नेताबाहेक सबैलाई भूगोलको जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
|
वनमन्त्री महतो र युएनडिपीका आवासीय प्रतिनिधि आसायनीबीच भेटवार्ता काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले शिष्टाचार भेटवार्ता गरेकी छिन्।
आज (बुधबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विकासमा युएनडिपीले पुर्याएको योगदानको मन्त्री महतोले प्रशंसा गरेका थिए। मन्त्री महतोले आगामी दिनमा पनि नेपालको समग्र विकासमा युएनडिपीको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए।
लबेले भने युएनडिपीले हाल नेपालमा विभिन्न महत्वपूर्ण क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताएकी छिन्। सो अवसरमा वन तथा वातावरणको क्षेत्रमा भैरहेको सहकार्यलाई जारी राख्ने पनि कुराकानी भएको मन्त्री महतोको सचिवालयले जनाएको छ।
नेपालको पर्यटन प्रबर्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद् सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ । आसायनी नेपाल आउनुअघि मोरक्कोमा रहेर काम गरेकी थिएन। नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भएदेखि नै नेपाल र युएनबीच सहकार्य जारी छ।
|
प्रधानमन्त्री दाहालसँग कतारका राजदूतको भेटवार्ता काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।
|
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्ने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा सङ्गठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागको कामको व्यवस्थापन, सरकार र संसद्लाई कसरी प्रभावकारी बनाउने, कमिटीमा वरियताको विषय, महाधिवेसनको व्यवस्था, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका बैठकका एजेण्डामा छलफल हुने उनले बताए।
|
उपेन्द्र यादव विरुद्ध निर्वाचन लड्ने कुशबाह पार्टीबाट निष्कासित काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन्।
उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदबार भएका कुश्वाहा अनुशासनकाे कारबाहीमा परेका हुन्। उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुश्वाहालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।
यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ वर्षका लागि निलम्बनमा राखिएको छ।
|
सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भिर : एमाले महासचिव काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्बजनिक हुँदासमेत कारबाही नगरिएको प्रति गुनासो गरेका छन्।
त्रिभुवन बिमानस्थलबाट १ सय केजी सुन तस्करी गर्दा गर्दै पक्राउ परेको घटनालाई लिएर एमाले महासचिव पोखरेलले सो प्रश्न प्रतिनिधिसभा बैठकमा उठनु पर्नेसमेत बताएका छन्।
‘दिनहु सुन तस्करीका समाचारहरु आईरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भईरहेको छ। केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो,’ पोखरेलले भनेका छन्, ‘हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर वाहिरिएको एक क्विन्टल सुन वाहिरिको सुरक्षा निकायले समातेको समाचार छ।’
उनले अगाडी लेखेका छन्, ‘एअरपोर्ट जस्तो संवेदनशी ठाउँको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो। त्यस माथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ, राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रुपमा जानु आवश्यक छ।’
|
नेपालकी सांसद सोविता गौतमले जितिन् विश्वप्रसिद्ध युवा अवार्ड, आज घोषणा काठमाडौं। नेपालकी सबैभन्दा कान्छी सांसद सोविता गौतमले विश्वको प्रतिष्ठित पोलिटिसियन अफ द इयर अवार्ड जितेकी छिन्। बेलायतको संस्था वान योङ वल्र्डद्वारा दिइने विश्वप्रसिद्ध सो अवार्ड जित्ने उनी पहिलो नेपाली भएकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएकी सांसद गौतमले विश्वका धेरै मुलुकका युवा राजनीतिकर्मीहरुलाई पछि पार्दै सो अवार्ड जितेकी हुन्। सो अवार्डको आयोजक बेलायती संस्थाले आज विजेतको घोषणा उसको आधिकारिक वेभसाइटमार्फत गरेको छ।
आआफ्नो देश र समुदायको हीतमा अतुलनीय काम गरेको प्रमाणका आधारमा १८ बर्षदेखि ३५ बर्षभित्रका युवा नेता नेतृहरुका बीचको सो प्रतिष्पर्धामा सांसद गौतम सर्बोत्कृष्ट बन्न सफल भएकी हुन्।
भ्रष्टाचार नियन्त्रणका लागि असरदार आवाज उठाएको, जनता र समुदायका पक्षमा प्रभावकारी काम गरेको र उनका कामले विश्वका अन्य मुलुकहरुका युवा नेतृत्वलाई समेत सन्देश दिन सफल भएको आधारमा विजेताको छनौट गरिएको सो संस्थाद्वारा जारी सूचनामा जानकारी दिइएको छ।
प्रत्येक वर्ष विश्वका योग्य युवा राजनीतिकर्मीलाई प्रतिष्पर्धामा सामेल गराई संसार प्रसिद्ध विभिन्न विज्ञहरुलाई निर्णायक राखेर सो अवार्डको विजेता छनौट गरिँदै आएको छ।
अवार्ड विजेता नेपालकी सांसद गौतमसहतिलाई सो अवार्डबाट सम्मानति गर्न आयोजक संस्थाले आगामी अक्टोवर २ तारिकदेखि ५ तारिकका बीचमा एउटा भव्य समारोह बेलायतमा आयोजना गर्ने भएको छ।
विभिन्न क्षेत्रमा विश्वका प्रतिष्ठित विज्ञहरुलाई निर्णायक राखेर सो संस्थाले विजेताको छनौट गरेको थियो जसमा मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने जाम्बियाकी विज्ञ, राजनीति विज्ञ तथा कोष्टारिकाकी पहिलो महिला राष्ट्रपति, कानूनविद् एवं अन्तर्राष्टिय फौजदारी अदालत हेगका एक न्यायाधिश र अमेरिकाको कोलम्बिया युनिभर्सिटीका प्रध्यापक रहेका थिए।
विश्वभरकी उत्कृष्ट युवा राजनीतिकर्मीका रुपमा अवार्ड घोषणा गर्दै सो संस्थाले नेपालकी सांसद गौतमले पहुच नपुग्ने सर्वसाधारण नेपालीहरुका लागि स्वास्थ्य,शिक्षा, जीवनयापन र अधिकारका क्षेत्रमा दरिलो आवाज उठाएको उल्लेख गरेको छ।
त्यसैगरी सांसद गौतमले संबैधानिक परिषद् ऐन, भ्रष्टाचार निवारण ऐन प्रस्ताव गरेको, आर्थिक न्यायका पक्षमा आवाज उठाएको, भूमिसुधार एवं नागरिक उड्ययन सुरक्षाकाबारेमा दरिलो आवाज उठाउँदै जनताका पक्षमा नेपालको संसदमा प्रभावकारी भूमिका खेलेको पाइएकोले उनलाई विश्वप्रसिद्ध सो अवार्डबाट सम्मानित गरिएको उल्लेख गरेको छ।
अवार्ड घोषणा गर्दै सो संस्थाले सांसद गौतमलाई युवाहरुका लागि प्रेरणादायी व्यक्तित्व, उत्प्रेरक एवं युवाहरुको सशक्त आवाज पनि भनेको छ। उनका कामले युवाहरुलाई राजनीतिमा प्रेरित गर्ने र समाजमा सकारात्मक परिवर्तन पनि ल्याउने सो संस्थाले उल्लेख गरेको छ।
नेपालकी सांसद गौतमसहित अवार्ड जित्नेहरुमा क्यानडाकी एराइली कायावागा, अष्टेलियाका एयोर माकुर, न्युजिल्याण्डका काको तेपानिया, बेल्जियमका स्यामुएल छन्।
|
ललिता निवास प्रकरण : चौथो दिन पनि सुनुवाइ काठमाडाैं। ललिता निवास प्रकरणअन्तर्गत बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज (बिहीबार) चौथो दिन पनि सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार तेस्रो दिन पनि बहस हुँदाहुँदै समय सकिएपछि आज पनि जारी रहने भएको हो।
उक्त प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई पक्राउ गरी थुनामा राख्ने निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्च पुगेका थिए।
यसअघि उनीहरूको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाएको थियो । सबै पक्षको लिखित जवाफ परेपछि अन्तिम सुनुवाइ सोमबारबाट भएको हो।
सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ। बुधबार सरकारी वकिलहरूले बन्दीको निवेदन, यसअघि १७ जनाले दायर गरेको रिटमा बहस गर्दै सरकारको भ्याकेटका बारेमा इजलासमा बहस गरेका थिए।
|
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ।
गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ। बुधबारकाे बैठकमा आमान्त्रित जिल्ला सभापतिहरुसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरुले धारणा राखिसकेका थिए।
जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखिसकेका छन्।
यस्तै, बुधबारको बैठकमा गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखिसकेका हुन्।
यस्तै आमन्त्रित केन्द्रीय सदस्य प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानिया (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) लेसमेत आ-आफ्ना धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्।
बुधबारको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ। आज पनि केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राख्ने छन्।
|
सङ्खुवासभाको हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न मन्त्रीसमक्ष माग काठमाडौं। पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा गएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ ।
सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर यही असार २ गते आएको बाढीले हेवाखोला र पिलुवाखोलामा रहेका दुई वटा पक्की पुल बगाएको भन्दै उक्त पुल चाँडो निर्माण गर्न माग गरेको हो ।
भेटमा सांसद खड्काले बाढीले पक्की पुल बगाउँदा चैनपुर र पाँचखपनमा आवतजावतको समस्या भएको भन्दै चाँडो पुल निर्माणका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गरेका हुन् ।
“सङ्खुवासभामा आएको बाढीले पक्की पुल र झोलुङ्गे पुल बगाउनुका साथै १९ घर विस्थापित भएका छन्, पुल चाँडो निर्माण र विस्थापित जनतालाई चाँडो बासको व्यवस्था होस्”, उनले भने ।
उक्त बाढीपहिराले सङ्खुवासभाका १० वटा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको थियो । भेटमा मन्त्री ज्वालाले सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा बाढीपहिराले पुर्याएको क्षतिबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रभावित ठाउँमा चाँडो बेलिब्रिज निर्माण गरिने बताए।
“गृह, सहरी विकासलगायतका सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर प्रभावित ठाउँमा चाँडो बेलिब्रिज निर्माण गर्छौं, सरकारसँग ‘स्टक’ रहेको बेलिब्रिज प्रभावित ठाउँमा पठाउँछौँ”, उनले भने ।
सङ्खुवासभाको टोलीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरुङलगायतलाई भेटेर बेलिब्रिज निर्माण गर्न माग गरिसकेको छ ।
भेटमा पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांग्रेस नेता थीरबहादुर राई, दीपेन्द्रमान शाक्य, चित्रप्रसाद श्रेष्ठ, डम्बर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
|
कांग्रेस बैठक : आज के के भयो ? काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको दोश्रो दिन उनीहरुले पार्टीको विधानलाई सहि तवरले कार्यान्वयन गर्दै संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका हुन् । कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रीकृत मानसिकता हट्न नसकेको उनीहरुको भनाइ छ ।
बैठकमा प्रदेश सभापतिहरुले पनि प्रदेश समितिलाई वेवास्ता गरिएको पार्टी विधि र विधानअनुरुप चल्न नसकेको धारणा राखेका थिए । केहि सदस्यहरुले गठबन्धनको समर्थन गरेका थिए भने केहिले चूनाव अघिको गठबन्धन आवश्यक नरहेको बताएका थिए । बैठकपछि कांग्रेस नेता डा प्रकाशशरण महतले बैठक पारदर्शी ढंगले अघि बढेको र रचनात्मक कुराहरु छलफलका क्रममा आएको बताउनुभयो । समग्रमा पार्टीलाई बलियो बनाउनुपर्नेमा नै सदस्यहरुले जोड गरेको उनको भनाइ छ ।
बुधबारको बैठकमा जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल र आमन्त्रित प्रदेश सभापतिहरु लगाएत ४६ जनाले धारणा राखेका थिए । बैठकमा धारणा राख्ने क्रम जारी रहेकाले अर्को बैठक बिहीबार ११ बजे पुन बोलाइएको छ ।
|
सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको भेट काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच सूचना प्रविधि र कृषि क्षेत्रको विकास लगायतका विविध विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकारका प्रवक्ता शर्माले कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा इजरायलसँग सहकार्य गर्न चाहेको बताइन् । पहिलेको तुलनामा सूचना प्रविधिका क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिँदै उनले सरकारले सूचना प्रविधि विकास र प्रयोगलाई प्राथमिकतामा राखेको बताइन् ।
सरकारको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको प्रष्ट पारिन् । उनले भनिन्, “देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीव्र गतिमा भइरहेको छ, त्यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको छ ।”
इन्टरनेटको फोरजी सेवा देशभरि पुर्याउने काम अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका क्रममा रहेको बताइन् । नेपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्रथामिकतामा राखेको उल्लेख गर्दै उनले गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको तयारी रहेको जानकारी दिइन् ।
राजदूत गोडर गोल्डबर्गर पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीव्र विकास गरिरहेको बताए। सूचना र सञ्चारका क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले त्यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहेको उनको भनाइ थियो ।
|
कांग्रेसमा अझैँ महिला नेतृत्व स्वीकारिएको छैन : यादव काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नांगिना यादवले पार्टीमा महिलाको नेतृत्व स्वीकार गर्न हिचकिचाउने अभ्यास अझै कायम रहेको बताएकी छन्।
केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै नेता यादवले सत्य युगमा महिलाको शासन रहेको सुनेर पूजा गर्ने समाजमा कलियुग आइपुग्दासमेत महिलाको नेतृत्व भने स्वीकार्य नहुनु अनौठो कुरा भएको बताइन्।
‘पार्टीभित्र क्षमता र प्रतिस्पर्धा गर्न सक्ने सक्षम महिलाहरू धेरै छन्। तर उनको नेतृत्व पार्टीले स्वीकारेको छैन। जबकि सत्य युगमा अर्थमन्त्री लक्ष्मी हुनुहुन्थ्यो, शिक्षामन्त्री सरस्वती हुनुहुन्थ्यो, रक्षामन्त्री दुर्गा हुनुहुन्थ्यो, त्यो सत्ता हाम्रो लागि अहिले पनि पूजनीय छ,’ उनले अघि भनिन्, ‘अहिले कलियुगमा भने महिलाको नेतृत्व स्वीकार्न तयार भएको अवस्था छैन। पार्टीमा गाउँदेखि केन्द्रसम्म महिलाको नेतृत्व स्वीकारिएको छैन।’
उनले महिलालाई पार्टीको मूलधारमा ल्याएर नेतृत्वमा नपुर्याए पार्टी झन् कमजोर बन्न सक्ने बताइन्।
|
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई काठमाडौं । नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताकोे जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन् । अध्यक्ष ओली गएराति ११ः०० बजे पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उनका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गरेका थिए । उनी यही साउन ८ गते स्वदेश फर्कनेछन् ।
|
शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाइन्छः मन्त्री राई काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाउन आफु प्रतिवद्ध रहेको बताएका छन्।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले कानूनको रिक्तता रहनु आपत्तीजनक हुने भएकाले शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाउन आफु प्रतिवद्ध रहेको बताएका हुन्।।
उनले बिधयेकको परामर्श र प्रक्रियमा हुने ढिलाईलाई अन्त्य गर्न मन्त्रिपरिषद्मा समेत छलफल भएको जानकारी दिए। संघीय शिक्षा ऐन अव छिटै अघि बढ्ने जानकारी दिदै मन्त्री राईले ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको बताए।
उनले शिक्षकको दरवन्दी सिर्जना गरेर पूर्ति नगरेसम्म गुणस्तर शिक्षाको कुरा गर्नु सान्दर्भिक नहुने धारणा राखे। शिक्षा क्षेत्रमा बजेट पर्याप्त विनियोजन हुन नसक्दा आवश्यकता अनुसारको कार्यक्रम तर्जुमा गर्न कठिन भइरहेको उनको भनाइ छ ।
|
सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट काठमाडौं। संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै बुधबार अधिवक्ता अनिल आचार्यसमेतले सार्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उक्त रिटको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार बढेको जिकीर गरिएको छ।
उक्त कार्यक्रमअनुसार प्रतिनिर्वाचन क्षेत्र ५ करोडका दरले दिने गरी रकम विनियोजन गरिएको रिटमा उल्लेख छ।
|
प्रधानमन्त्रीले गरे बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्। गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्।
यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए। प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, धादिङ र गोरखाका संघीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत छन्।
कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए। प्रधान र फिल्ड कार्यालय उद्घाटनसँगै बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ।
सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ। घर गोठ, बोटबिरुवातर्फ रु छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ।
आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्डले चासो राख्दै आएका थिए।। चालु आर्थिक वर्षको बजेटमा समेत सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक र अन्य सार्वजनिक कार्यक्रममा समेत सो आयोजनाको निर्माण शीघ्र सुरु हुने उल्लेख गर्नुभएको छ । धादिङ र गोरखाका जनप्रतिनिधि र स्थानीयवासीले समेत शीघ्र आयोजनाको काम सुरु गर्न माग गर्दै आएका छन् ।
सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै सो आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ । आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ । केही दिन पहिले राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्वाधार करमार्फत उठेको रकम मुआब्जा वितरण लगायतका काममा खर्च भएको जानकारी गराएका थिए।
सरकारले चालु आवको बजेटमार्फत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइलाई नै कम्पनीमा रुपान्तरण गरेको हो । गत असार २८ गते कम्पनीको प्रमुख कार्यकारी प्रमुखमा जगत श्रेष्ठलाई नियुक्त गरेको थियो।
आयोजनाबाट धादिङ र गोरखाका करिब ५० हजार मानिस प्रभावित हुनेछन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सन् २०१४ मा नै फ्रान्सेली कम्पनी ट्याक्टबेलले तयार पारिसकेको छ । लामो प्रतीक्षापछि आयोजना निर्माण हुने विश्वास बढेर गएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्थानीयवासीले समेत सकारात्मक रूपमा सहयोग गर्ने बताए।
आयोजनामा कूल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण हुनेछ । त्यसबाट कूल ४५ मिटर लम्बाइको ताल बन्नेछ । धादिङको बेनीघाटबाट दुई किलोमिटर उत्तरमा बाँध निर्माण हुनेछ । बढी बिजुली माग हुने काठमाडौँ, पोखरा, नारायणगढलगायतका ‘लोड सेन्टर’ नजिकको सो आयोजना आफैँमा महत्वपूर्ण मानिएको छ ।
सरकारले २०७९ साल असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । लामो समयसम्म स्वदेशी वा विदेशी लगानी भन्नेमा आवश्यक निर्णय लिन ढिलाइ हुँदा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । नेपालको ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण मानिएको सो आयोजना निर्माणका लागि सरकारले रु ६० अर्ब अधिकृत पूँजी रहने गरी कम्पनी स्थापना गरेको थियो।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा केही दिन पहिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले आयोजना स्थलको निरीक्षण गर्नुभएको थियो । कम्पनीमा प्राधिकरणको नै शेयर हिस्सा बढी रहनेछ। त्यसका लागि अध्ययन समितिले काम गरिरहेको र आवश्यक निर्णय लिइने बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ। रमेश लम्साल/रासस
|
सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिन्छ : नेता महर काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका छन्।
आज पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता महरले सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेकाले त्यसको अन्त्य गर्नुपर्ने धारणा राखेका हुन्।
‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार/प्रदेश समिति तथा स्थानीय तहकाबीच ठूलो खाडल देखिन्छ। संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ। यो अवस्थाको अन्त्य हुनुपर्छ,’ महरले भने। वार्ड सदस्यदेखि वार्ड अध्यक्ष, पालिकाका प्रमुख, प्रदेशदेखि सघीय सांसदहरूले प्रत्येक ३/३ महिनामा जनताका पक्षमा गरेको कार्य र कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन गरेको कार्यको समीक्षा रिपोर्ट बुझाउनु पर्ने महरले बताए।
जनताबाट छानिएका प्रतिनिधिलाई पार्टीको घोषणा पत्रप्रति उत्तरदायी बनाउन तथा मूल्याङ्कन गर्ने एक संयन्त्र बनाउनु पर्ने महरको भनाइ छ। सभापति, महामन्त्री, उपसभापतिलगायत पदाधिकारीको धारणा फरक भएका कारण कांग्रेसप्रति जनताको भ्रम सिर्जना भएको प्रसङ्ग उल्लेख गर्दै यसले पार्टीका सदस्यमा समेत विभाजन र दोधार सिर्जना गराएको उनले बताए।
‘कांग्रेस सहितको वर्तमान सरकार सञ्चालनलाई थप प्रभावकारी, पार्टीको घोषणापत्रको बाटोमा काम गर्नेगरि सहयोग गर्न पार्टीभित्र मन्त्रालय अनुसारको विज्ञ टोली गठन गर्नुपर्छ। सरकारका मन्त्रीहरूको कार्यमूल्यांकन, प्रगति र आवश्यक सहयोगमा पार्टी लाग्नपर्छ,’ उनले भने।
यस्तै महरले तल्लो तहदेखि माथिल्लो तहसम्म पार्टीलाई गतिशील बनाउने हुटहुटी नेता–कार्यकर्तामा रहेको र त्यसलाई कांग्रेसको केन्द्रीय समितिले सम्बोधन गर्न सक्नुपर्ने बताए।
नेता महरले पार्टीमा व्यापक गतिशीलताको खाँचो रहेको औँल्याए। ‘प्रतिनिधि सभामा ८८ सिट, १७५ प्रदेश सांसद, ३२९ पालिका प्रमुख, २ हजार ६५८ वडा अध्यक्ष र १० हजार ७६ वडा सदस्यमा निर्वाचन जितेर हामी सबैभन्दा ठूलो दल भएका छौं,’ उनले भने, ‘हाम्रो काँधमा देशप्रति ठूलो जिम्मेवारी छ। देशलाई सही मार्गमा लैजान हामी सशक्त बन्नुपर्छ।’
कांग्रेस यति बेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडी बढ्नै पर्ने अवस्थामा रहेको नेता महरले औंल्याए। राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्वराजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनले बताए।
कांग्रेस यति बेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडी बढ्नै पर्ने अवस्थामा रहेको नेता महरले औंल्याए। राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्वराजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनले बताए।
|
दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने सरकारको निर्णय काठमाडाैं। सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बैठकले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन फुड सिस्टम, २०२३ स्टेटिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण स्वीकृत गरेको छ।
प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसाललगायतको प्रतिनिधित्व रहने बैठकले निर्णय गरेको छ।
यस्तै सरकारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा सोही अस्पतालका चिकित्सक डा रवि मल्ललाई नियुक्त गरेको मन्त्री शर्माले जानकारी दिए।
|
प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन्।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जाने भएका हुन्।
जुलाइ २४, २५ र २६ मा इटालीमा हुने समिटमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल पनि सहभागी हुने मन्त्री शर्माले जानकारी दिइन्।
|
कमल थापा भन्छन्- नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हालै पारित बिद्येयकले हिंसालाई प्रोत्साहन गरेको बताएका छन् ।
केही नेपाल ऐन संसोधन गर्न बिद्येयक-२०८० पारित भएसँगै अध्यक्ष थापाले असन्तुष्टी जनाएका हुन ।
‘हिंसा र अपराधलाई उन्मुक्ति दिने यो विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ,’ उनले भनेका छन्, ‘विधेयकले राजनीतिक प्रणालीसंग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर, हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएको छ, गणतन्त्र भनेको यही हो ?’
प्रतिनिधिसभाको पछिल्लो बैठकवाट उक्त बिधेयक पारित भए पछि सर्वत्र आलोचना भइरहेको छ ।
|
सांसद सापकोटाद्वारा राष्ट्रसंघीय राजनीतिक फोरमलाई सम्बोधन न्युयोर्क। माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपीएफ) लाई सम्बोधन गरेका छन् ।
फोरममा संलग्न अल्पविकशित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा उनले राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताए । तर, त्यसका लागि आन्तरिक श्रोत मात्र पर्याप्त नभएकाले श्रोत उपलब्ध गराउन विकसित मुलुकहरुलाई अपिल गरे।
दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक कानून निर्माणका साथै सामाजिक र आर्थिक विकासका खाका तयार पारिए पनि ती कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक स्रोत साधन र क्षमताको सीमा रहेको उल्लेख गरे ।
यो नेपालको मात्र नभई तेश्रो विश्वसका अल्पविकसित सबै मुलुकहरुका साझा समस्या रहेको सापकोटाको भनाइ थियो । सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषय नागरिकको मौलिक हकका रुपमा लिपिबद्ध गरेको जानकारी उनले विश्व समुदायलाई गराए ।
मौलिक हक कार्यान्वयनका लागि संसदले १६ वटा कानूनसमेत निर्माण गरिसकेको जानकारी उनले दिए । सापकोटाले नेपालको सरकार संसदप्रति जवाफदेही रहेको समेत बताए । सापकोटाले नेपालको विकास प्रयासमा सघाउन विकास साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमिण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो । टोलीमा काँग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद सापकोट, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन् ।
|
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान काठमाडौँ। पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्।
कम्बोडियामा हुन गईरहेको आम निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीको नेतृत्व ६ सदस्यीय टोली गत राति कम्बोडिया प्रस्थान गरेको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त टोलीमा ओलीसहित पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी रहेका छन्।
ओली यही साउन ८ गते स्वदेश फर्कने छन्।
|
ललिता निवास प्रकरण: बन्दी प्रत्यक्षीकरणको पेशी आज काठमाडौं। ललिता निवास प्रकरणको सुनवाई नसकिएपछि बन्दी प्रत्यक्षीकरण सबन्धी मुद्दाकाे पेशी आज राखिएको छ।
ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आजको पेशीमा राखिएको हो।
गत सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी आजका लागि पेशी तोकिएको हो।
सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलगायतले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।
तर, उनीहरुको रिटमा सुनवाई जारी रहेको भन्दै न्यायधिसद्धय न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आजका लागि पेशी तोकेको हो।
|
कांग्रेस केन्द्रीय समिति बैठक: आजबाट केन्द्रीय सदस्यले धारणा राख्न सुरु गर्ने काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आआफनो धारणा राख्ने छन्। प्रत्येक सदस्यलाई ७ मिनेटकाे समय दिइएकाे छ। बैठक बिहान ११ बजे बोलाइएको छ।
केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शिर्ष नेताहरूले विभिन्न प्रस्तुती राख्दै सकिएको थियो।
मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए।
त्यसपछि महामन्त्री गगन थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।
त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुती दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
|
कांग्रेस केन्द्रीय समिति बैठकमा आज के-के भयो? काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठक नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको हो । दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए।
त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।
त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ। भोलिबाट प्रत्येक केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि सात मिनेटको समय उपलब्ध गराइने बताइएको छ।
|
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै काठमाडौं। निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ ।
आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगको निर्णयबमोजिम ती दललाई सचेत र जरिवानाबारे बेग्लाबेग्लै पत्र पठाइ जानकारी दिने तयारी भएको बताए ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले गरी लेखापरीक्षण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
कानुनमा व्यवस्था भए बमोजिम कार्य नगर्ने दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ बमोजिम ती दललाई सचेत तथा जरिवाना गर्न आयोगले यही साउन १ गते निर्णय गरेको थियो ।
सोबारे आयोगले सोमबार विज्ञप्तिमार्फत सार्वजनिक सूचना गरेको थियो । आर्थिक वर्ष २०७८\७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै सार्वजनिक गरी सोको जानकारी आयोगमा पेस नगर्ने ३९ राजनीतिक दललाई रु सात हजारका दरले जरिवाना गर्ने र सो आवको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको जानकारी सात दिनभित्र आयोगमा पेस गर्न आदेश दिइएको छ ।
यस्तै १२ राजनीतिक दलले तोकिएको समयसिमा व्यतित भएपछि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी सोको जानकारी आयोगमा उपलब्ध गराएकोले त्यस्ता दललाई अब उप्रान्त लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दा आयोगले तोकेको समयसिमाभित्रै सार्वजनिक गर्न सचेत गराइएको छ ।
लेखापरीक्षण प्रतिवेदन नबुझाउने पाँच राजनीतिक दललाई कानुन बमोजिम स्पष्टीकरण पेस गर्न आदेश दिइएकामा दुई राजनीतिक दलले तोकिएको समयभित्र स्पष्टीकरणसहित लेखापरीक्षण प्रतिवेदन पेस गरेका छन् ।
ती दलहरूले पेस गरेको स्पष्टीकरण व्यहोरामा उल्लेख गरेका आधार र कारण चित्तबुझ्दो नदेखिएकाले अब आइन्दा कानुनले तोकेको समयसिमाभित्रै लेखापरीक्षण प्रतिवेदन आयोगमा पेस गर्न र स्पष्टीकरण सहित आयोगमा पेस भएको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको जानकारी सात दिनभित्र आयोगमा पेस गर्न आदेश दिई प्रत्येक दललाई रु १५ हजारका दरले जरिवाना गर्ने निर्णय भएको छ ।
सोधिएको स्पष्टीकरणको जवाफ तोकिएको समयभित्र पेश नगर्ने बाँकी तीन राजनीतिक दललाई कानुन बमोजिम रु २० हजारका दरले जरिवाना गरी त्यस्ता राजनीतिक दललाई छ महिनाभित्र दलको आयव्ययको लेखापरीक्षण गराई सार्वजनिक गरी सोको जानकारी सहितको लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउन आदेश दिइएको छ ।
|
ललिता निवास प्रकरणः सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा काठमाडौं। ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो ।
उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।
सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।
|
राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने काठमाडौं । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । गत ३१ असारमा बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
तर, मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमले स्थगित राष्ट्रिय सभाको बैठक ४ साउन बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको जानकारी दिएका छन् ।
|
सरकारले ल्याएको मिटरब्याजसम्बन्धी विधेयकप्रति मिटरब्याज पीडितहरुको असन्तुष्टी काठमाडौं । मिटरब्याज पीडितहरुले सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाएका छन् ।
मिटर व्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।
समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए । उनले साहुमहाजनसंग भएका कागजपत्रको छानविन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने बताए ।
संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शन सहित संसद भवन घेराउ गरेका छन् । उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
|
कांग्रेस बैठक : ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउन गगन थापाकाे प्रस्ताव काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलो पटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए । यसैगरी अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
महामन्त्री थापाले ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरेका छन् । १ साउन २०८० देखि ३१ असार २०८१ सम्म एकवर्षे उक्त अभियानले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्न सकिने भन्दै उनले यस अभियान कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ गरिने जानकारी दिए ।
बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका छन् भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका छन् ।
यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरे । सभापति देउवाले बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरे ।
बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ ।
|
कांग्रेस केन्द्रीय समिति बैठक जारी (LIVE) काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। बैठक फेसबुकबाट लाइभ गरिएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।
|
कांग्रेस रूपान्तरण अभियानले केन्द्रीय कार्यालयमा बुझायो प्रतिवेदन काठमाडौं। नेपाली कांग्रेस रूपान्तरण अभियानले प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
केन्द्रीय कार्यसमितिको बैठकअघि बुझाइएको प्रतिवेदन पार्टी कार्यालयमा मुख्यसचिवमार्फत् दर्ता गराउने कार्य भइरहेको छ ।
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएको थिए।
|
रास्वपा सांसद असिम शाह र फिल्म हलवाला भाष्कर ढुंगानाबीच जुहारी काठमाडौं। काठमाडौंका ब्यावसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र हलवालाका बिच फेसबुकमा जुहारी परेको छ।
काठमाडौं महानगरपालिकाले ब्यवसायिक भवनमा पार्किङ निशुल्क गराउने निर्णयमा समर्थन जनाएका स्वतन्त्रका सांसद शाहमाथि हलवाला भाष्कर ढुंगाना खनिएका हुन ।
महानगरपालिकाको निर्णय प्रति सांसद तथा चलचित्र निर्देशकसमेत रहेका शाहले समर्थन जनाएका थिए ।
‘हामीले करोडौं खर्च गरेर बनाएको फिल्म हेर्न हाम्रा दर्शकले जति खर्च टिकटमा गर्नुपर्थ्यो, त्यो भन्दाबढि पार्किङको नाममा तिर्नुपर्थ्यो । ग्राहकले कुनै सामान खरिद गरेर बाहिर निस्कदा कतिपय अवस्थामा झण्डै त्यही सामान बराबर मूल्यको पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता थियो ,सिधाभन्दा एक प्रकारको लुट थियो,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन, ‘काठमाण्डू महानगरको पछिल्लो कदमले त्यो अन्त्य भएको छ, जुन स्वागतयोग्य छ । भएको कानुनलाई इमानदार रुपमा कार्यान्वयन गरे मात्र पनि नागरिकले कति राहत पाउछन् भन्ने यो पछिल्लो उदाहरण हो ।’
सांसदको शाहको समर्थन प्रति जवाफ दिँदै हलवाला भाष्कर ढुंगानाले कडा प्रतिवाद गरेका छन् ।
‘निजि पैसाले भवन बनाउदा चाहिं मलमा सपिङ गर्ने उच्च वर्गलाई पार्किंग फ्री गर्न पर्ने रे, जनताको पैसाले बनाएको सडकको र त्यहाँको पसलहरुलाई चाहिं सरकारले पार्किंग तोक्ने रे,’ उनले लेखेका छन, ‘त्यो मात्रै भएन एउटा रास्वपा सांसदले समग्र समस्यालाई नहेरी आफ्नो ब्यापारलाई फाइदा हुने हुनाले (भ्रम) यस्तो संसारमा कहिँ नभएको उल्टो नियमलाई समर्थन गरेर स्टाटस लेख्छ। अझै एउटा झुण्डको तालि, अरुलाई झोले भन्दै गालि । ल, माने बा।’
फिल्म आदिपुरुषलगायत भारतीय फिल्म प्रदर्शनमा रोक लगाए पछि ढुृंगानाको समुह मेयर बालेन शाह बिरुद्ध यसअघि अदालतसमेत गएका थिए ।
|
भीम रावल पुनः एमालेमा भए सक्रिय, अछाममा गरे कार्यकर्ता भेला काठमाडौं। नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन्। गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन्।
अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन्। उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन्।
चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहँदै आएका छन्। केन्द्रीय सदस्यसमेत अस्वीकार गरेका रावलले पार्टीको पद तथा गोपनीयताको सपथसमेत लिएका थिएनन्। उनलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोली गठनसमेत गरिएको थियो।
तर, लामो समयदेखि पार्टी गतिबिधिमा असंलग्न रहँदै आएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहेका छन्।
|
थाइल्याण्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र सिंगापुरमा काठमाडौं। गत शुक्रबार थाइल्याण्डको बैंकका गएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार सिंगापुर गएका छन्।
सिंगापुरमा छोरी प्रेरणाको उपचार भइरहेको छ। पूर्वराजा छोरीको उपचारका लागि थाइल्याण्डबाट सिंगापुर गएको स्रोतले जनाएको छ। सिंगापुरबाट थाइल्याण्ड फर्किएर नेपाल आउने कार्यक्रम भएपनि मिति तय नभएको स्रोतले जनाएको छ।
गत शुक्रबार पूर्वयुवराज पारस बाहेक अन्य परिवारका सदस्यलाई लिएर पूर्वराज शाह थाइल्याण्ड गएका थिए। थाइल्याण्डमा पूर्वराजाको कुनै राजनीतिक भेटघाटको कार्यक्रम नभएको स्रोतले जनाएको छ।
तर थाइल्याण्डमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्केट) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीचको छलफल चलिरहेका बेला पूर्वराज थाइल्याण्ड गएका हुन्।
पछिल्लो समय वर्तमान व्यवस्थाप्रति खुलेर बोल्न थालेका पूर्वराज पुन शक्तिमा फर्किने अवसरको खोजीमा रहेको चर्चा चल्ने गरेको छ।
देशभित्रै पनि उनी नागरिक अभिनन्दन र मठ मन्दिरको दर्शन गर्ने भन्दै बेला बेलामा देश दौडाहामा निस्किने गरेका छन्। केही समय अगाडि भारत भ्रमणमा गएका पूर्वराजाको थाइल्याण्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ।
वर्तमान व्यवस्थाप्रति नागरिकस्तरमा बढ्दो असन्तुष्टि र हजार राजा भन्दा एउटै राजा राम्रो भन्ने नागरिकको बुझाइप्रति उत्साहित बनेका पूर्वराजा शाह पछिल्लो समय सक्रिय बन्दै गएका छन्।
मुलुकको शासन व्यवस्थामा सुधार आवश्यक रहेको भन्दै संविधान संशोधनकोसमेत चर्चा हुने गरेका बेला त्यही मौकालाई उपयोग गरेर पुन शक्तिमा फर्किने चाहना पूर्वराजामा देखिन्छ।
नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ।
नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो। २०६३/६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरेका थिए। उनी शाहवंशका अन्तिम राजा हुन्।
गणतन्त्र घोषणापछि पत्रकार सम्मेलन गरेरै गद्दी त्यागेका ज्ञानेन्द्र शाह पछिल्लो सयम चटपटाउन थालेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेको हुन सक्ने विश्लेषण हुन थालेको छ।
|
हवाइ यात्रामा भ्याट नलगाउन कमल थापाको आग्रह काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हवाई यात्रामा कर नलगाउन अनुरोध गरेका छन्।
हवाई यात्रामा पनि १३ प्रतिशत भ्याट (मुल्य अभिबृदी कर) लगाउने निर्णय भए पछि थापाले सो आग्रह गरेका हुन्।
‘हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट (कर) लगाउने सरकारको निर्णय अनुपयुक्त छ,’ थापाले भनेका छन्, ‘सडकको पहुँच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महंगो छ, त्यसमाथी यो करको भार थप्नु कदापि ठिक होइन। निर्णय पुनर्विचार गर्न सरकारसँग माग गर्दछु।’
|
ललिता निवास प्रकरण: आज पनि सुनुवाइ हुँदै काठमाडौं। ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो।
उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो।
सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।
|
अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता काठमाडाैं। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ।
भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी-२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो। उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ।
“एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो”, अर्थमन्त्री डा महतको चिनियाँ समकक्षीसँगको भेटबारे उल्लेख गर्दै उनको सचिवालयले भनेको छ, “मन्त्री डा महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।”
सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेकाे सहयोग प्रतिबद्धताबारे पनि दुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ। नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उक्त भेटका अवसरमा मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे।
सुरुङमार्गको प्रसंगमा टोखा-छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उनले आशा व्यक्त गरे। चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे।
|
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० एजेण्डामा छलफल हुने काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक बस्दैछ। सानेपा ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसाे १ बजे बस्ने बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए।
त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिएका छन्। उनका अनुसार कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ।
केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ।
अरू एजेण्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यतालिका बनाइएकाे छ।
केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले जानकारी दिए।
|
कांग्रेस केन्द्रीय समिति बैठकको एजेण्डा तय, लाईभ प्रशारण गर्न देउवाको प्रस्ताव काठमाडौं । नेपाली कांग्रेसले भोलि मंगलबारदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको छ । धुम्बाराहीस्थित पार्टी सभाति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न १० वटा एजेण्डा तय गरेको जनाएको छ ।
एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकको लाईभ प्रशारण गर्न सभापति देउवाले प्रस्ताव गरेका छन् । देउवाले नेताहरुले बोलेको तथ्य भन्दा बेग्लैरुपमा मिडियामा समाचार आएको भन्दै बैठक नै लाईभ गर्न प्रस्ताव गरेका हुन् । उनले पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेपनि सो विषयमा सबैको एउटै धारणा नआएको पूर्व महामन्त्री शशांक कोइरालाले जानकारी दिए ।
त्यस्तै पदाधिकारी बैठकले नीति अधिवेशनको मिति तय गर्ने र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेजस्ता विषयलाई केन्द्रीय समितिको एजेण्डा बनाएको छ । पार्टीका विभाग थप गर्ने, संसदमा कांग्रेसको भूमिका, सरकारका कामकारबाही लगायतका एजेण्डा केन्द्रीय समिती लैजाने बताइएको छ ।
मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको छ । लामो समयपछि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ ।
|
भोलि बस्नेगरी नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा आज सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।
पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा भोलि छलफल गरिने जनाइएको छ ।
|
संघीय प्रहरी विधेयकका लागि गृहमन्त्रालयसँग थप छलफल गरिने काठमाडौं। संघीय प्रहरी विधेयकका लागि गृहमन्त्रालयसँग थप छलफल गरिने भएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा गृहमन्त्रालयबाट पठाएको विवरण अस्पष्ट भएकाले थप छलफल गर्नु पर्ने निर्णय भएको हो।
गृहमन्त्रालयले अहिले भइरहेको अवस्था र चुनौती समेटेर पठाएको विवरणमाथि थप छलफल गर्नुपर्ने भएको समिति सभापति दिलकुमारी रावलले जानकारी दिइन्।
अहिले पनि प्रहरी ऐन २०१२ नै अस्तित्वमा रहेकाले प्रदेश सरकारमा पनि केन्द्रीय सरकारले नै प्रहरी परिचालन गर्दै आएको छ। प्रदेश सरकारले संघीय प्रहरी ऐन ल्याउन दबाब दिइरहे पनि अहिलेसम्म प्रहरी ऐन बन्न सकेको छैन। दुई\तीन वर्षदेखि राष्ट्रिय सभामा सो विधेयक थन्किएर बसेको छ।
गृहमन्त्रालयले पठाएको विवरणमा खुला सीमानाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार लागुऔषध ओसारपसार र सीमा पारीबाट अपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य अपराधिक घटना घटाउने चुनौति रहेको उल्लेख गरिएको छ।
खुला सीमानाको फाइदा उठाउँदै अवैध रुपमा शरणार्थीहरुको प्रवेश र तेस्रो देशका नागरिकहरुको अवैध घुसपैठ हुने गरेको पनि गृहमन्त्रालयले समितिलाई जनाएको छ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार २१२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र हालसम्म भारततर्फ २४२ र चीनतर्फ ८ गरी जम्मा २५० स्थानमा बिओपी स्थापना भइ सञ्चालनमा रहेको पनि गृहमन्त्रालयले समितिलाई जानकारी गराएको छ।
|
राष्ट्रिय सभा उपाध्यक्षले बुझाइन् सम्पत्ति विवरण काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । सोमबार उपाध्यक्ष अर्यालले सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् ।
सम्पत्ति विवरण बुझाउँदै उनले आफ्नो सम्पत्ति सार्वजनिक पनि गरेकी छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ।
यसैबीच संघीय संसद सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसदका दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको छ।
|
थाइल्याण्डमा परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता काठमाडौं । थाइल्याण्डमा पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीचको छलफलका क्रममा थाइल्याण्ड पुगेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो ।
भेटबारे भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै जानकारी दिएका हुन् । उनले आफूहरुबीच आ–आफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको बताएका छन् ।
|
रास्वपा उपसभापति अर्याललाई धम्की दिने व्यक्ति पक्राउ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन्।
उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
गत १९ असारमा मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको कालिकोटेमाथि आरोप लगाइएको छ।
|
नेकपा एसको सचिवालय बैठक सुरू हुँदै काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ।
गत शुक्रबारदेखि सुरूदेखि भएको बैठक यसबिचमा स्थगित भएर आजवाट पुनः सुरु हुन लागेको हो। सो बैठकमा छलफल गर्नका लागि सातवटा कार्यसूची तयार पारिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । बैठक अहिले १० बजेबाट सुरु हुँदैछ।
अब केही बेरमा सुरु हुन लागेको सो बैठक कीर्तिपुर चम्पादेवीस्थित पुस्पलाल स्मृति प्रतिष्ठानमा बस्नेछ।
|
कांग्रेस पदाधिकारी बैठक बस्दै काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुनेछ।
सभापति देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएको उनको सचिवालयले जनाएको छ।
देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने तयारी छ। गत असार २७ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन पछि स्थगित भएको सो बैठक भोलिका लागि बोलाइएको छ।
आजको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ।
|
प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित काठमाडौं । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० संशोधनसहित पास गरेको हो ।
विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकाहरुले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ ।
|
एमाले प्रचार विभागमा ११ जना मनोनीत काठमाडौं । नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए ।
उनका अनुसार काठमाडौँका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, कास्कीका रामकृष्ण ज्ञवाली र भोजपुरका राजेश राईलाई विभागमा मनोनयन गरिएको छ ।
आज मनोनीत गरेसँगै १९ सदस्यीय प्रचार विभाग बनेको छ ।
|
देउवा निवासमा सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन्।
भोलि सोमबार दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन्।
देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने छन्।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ। भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ।
|
संसदीय दलको नेताका लागि मौका कुरिरहेको छुः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री संसदीय दलको नेताका लागि मौका कुरिरहेको बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय दलको नेतामा एक पटक प्रतिष्पर्धा गरेपछि अर्को पटक प्रतिष्पर्धा गर्न नपाउने व्यवस्था संसदीय दलको विधानमा नरहेका कारण दलको नेताका लागि मौका कुरिरहेको बताएका हुन्।
संसदीय दलको नेता बदलिराख्नुपर्छ भन्ने कुरा आफुले पार्टी सभापति शेर बहादुर देउवाबाटै सिकेको थापाले उल्लेख गरे। थापाले संसदीय दलको नेताका लागि प्रयास गरिराख्नु अनौठो र अस्वभाविक कुरा नभएको जिकिर गरे।
त्यस्तै उनले नेपाल ऐन सदनमा प्रस्तुत हुँदा आपती हुन सक्ने भन्दै छलफलका क्रममा आफ्ना धारणा राख्नुपर्ने बताए। आइतबारको बैठकमा रास्वपाले मत बिभाजन माग्ने तयारी भएपनि त्यसको समय आकंलन गर्न नसक्दा संसद अवरुद्ध हुन पुगेको उनले बताए।
उनले संसद सिक्ने र सिकाउने थलो भएकाले पनि आगामी दिनमा थप परिपक्व हुदै जाने विश्वास व्यक्त गरे।
|
‘बजेटमा शीर्षक छ, कहाँ खर्च हुन्छ अत्तोपत्तो छैन’ काठमाडौं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले मुलुकमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र बालबालिकाको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने भएको छ ।
मोरङ, झापा र तनहुँमा रहेका बालसुधार गृहको अनुगमन तथा निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएपछि समितिले सहरी विकास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो ।
निरीक्षणका क्रममा झापाको दमकमा सरकारले गुणस्तरीय शिक्षासहितको ‘चिल्ड्रेन प्याराडाइज’ स्थापना गर्न तीन वर्षअघि नै बजेटमार्फत उद्घोष गरे पनि त्यो सञ्चालनमा नआएको पाइएको थियो।
भक्तपुरमा सञ्चालित बालसुधार गृहमा भने एउटै कोठामा क्षमताभन्दा बढी बालबालिका राखिएको र खानेपानीलगायत अन्य व्यवस्थापन पनि अत्यन्त कमजोर देखिएको समितिको ठहर छ ।
समितिको आज बसेको बैठकमा सदस्य गोपालकुमार बस्नेतले बजेट वक्तव्यमा संस्थाका लागि बजेट विनियोजन भए पनि उक्त रकम कहाँ गइरहेको छ भन्ने अत्तोपत्तो नभएको बताए ।
समिति सदस्य मदनकुमारी शाह (गरिमा)ले मोरङको तुलनामा भक्तपुरमा रहेको बालसुधार गृहको व्यवस्थापन अत्यन्त कमजोर रहेको, बालबालिका र युवालाई क्षमताभन्दा बढी एउटै कोठामा राखिएकाले शारीरिक हिंसाको पनि प्रश्न उठ्ने प्रशस्तै सम्भावना रहेको बताइन्।
उनले भनिन्, “सुधार गृहभित्रै हिंसा र दुर्व्यवहारको सम्भावना छ, त्यहाँ रहेका बालबालिकालाई शिक्षा आर्जन गर्ने अधिकार सुनिश्चित हुनुपर्छ।”
सदस्य नरबहादुर विष्टले बालबालिका राखिएको भवनको अवस्था हेर्दा सुधार होइन, यातनागृह जस्तो देखिएको उल्लेख गर्दै त्यहाँ सुधार र रूपान्तरण नभई अव्यवस्थित देखिन्छ, भने।
समिति सदस्य बीना पोखरेलले बजेट वक्तव्य र शीर्षकमा सुधार गृहका लागि बजेट विनियोजन भए पनि योजना छैन, त्यो कहाँ लगियो भन्ने अहिलेको मूल प्रश्न बनेको छ भनिन्।
अर्का सदस्य गोपाल भट्टराईले तनहुँको ढकालटारमा रहेको बालसुधार गृहलाई बहुवर्षीय बनाइनुपर्ने र बालबालिका र युवालाई छुट्टाछुट्टै व्यवस्थापनको जरुरी रहेको बताए।
सदस्य युवराज शर्माले बालगृह सुधारसम्बन्धी दृष्टिकोण र उद्देश्यमा तीनै तहका सरकारको कमजोर रहेको बताउँदै त्यसमा तत्काल सुधारको खाचो औँल्याए।
सांसद सुमित्रा विसी र तुलसा दाहालले बालसुधार गृहको भौतिक पूर्वाधार, शिक्षा र सुरक्षामा तत्काल सुधार गर्न जरुरी रहेको बताए। बैठकमा सभापति मायाप्रसाद शर्माले सुधार गृहमा रहेका बालबालिकालाई जेल होइन, सुधारको आभाष दिलाउन आवश्यक रहेको बताए ।
उनले भने, “अदालतबाट अभियोगको फैसला समयमा नहुँदा सङ्ख्या बढ्दै गएको देखिन्छ, सुधार गृहमा ठूलो सङ्ख्यामा बालबालिका रहे पनि रोजगारी दिलाउने तालिम, प्रशिक्षण छैन, त्यो आवश्यक छ।”
|
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
|
परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।
मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । उनी सोमबार बिम्स्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भई मङ्गलबार स्वदेश फर्कनेछन् ।
परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बिम्स्टेक क्षेत्रका आफ्ना समकक्षीसँग साझा हितका विषयमा समेत कुराकानी गर्ने बताइएको छ ।
बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय सङ्गठन हो । प्रारम्भिकरूपमा यो सङ्गठन ‘बिम्स्टेक’ (बङ्गलादेश–भारत–श्रीलङ्का–थाइल्याण्ड आर्थिक सहयोग) का रूपमा थियो ।
सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई बिम्स्टेकका रूपमा चिनिन्छ ।
|
राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।
मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै राप्रपा र रास्वपाका सांसदहरुले रोष्ट्रम गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले आइतबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
|
सहकारीको समस्या समाधान गर्न विश्वप्रकाश शर्माले गराए सरकारको ध्यानाकर्षण काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सहकारीकर्मीसंग छलफल गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरु आन्दोलित भएको अवस्थामा सरकारले उनीहरुसंग छलफल गरेर समस्याको समाधान गर्न ध्यानाकर्षण गराएका हुन्।
उनले केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएको भन्दै यसलाई सरकारले उचित तवरले नियमन गर्नुपर्ने धारणा राखे। त्यस्तै उनले लामो समयदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक नबढाएको भन्दै तत्काल न्यूनतम ज्याला निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
|
राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गरेका छन्।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर सभामुख देवराज घिमिले प्रमाणित गरेर पठाएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि भोलि १ साउन अर्थात् सोमबारदेखि बजेट कार्यान्वयन हुनेछ।
|
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित काठमाडौं। सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बैठक बस्नेबारे अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
|
शिक्षा क्षेत्रकाे विकास हुन नसकेका कारण मुलुक पछि पर्याे काठमाडाैं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्रको बिकासमार्फत नै मुलुकको बिकास गर्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले यसअघि शिक्षा क्षेत्रको उचित बिकास हुन नसकेका कारण मुलुकपछि परेको भन्दै शिक्षा क्षेत्रको बिकासमार्फत मुलुकको बिकास गर्नुपर्ने बताएका हुन्।
शिक्षा र शैक्षिक जनशक्तिको ठिक ढंगले बिकास गर्न सकेको मुलुकहरु धेरै अगाडी पुगेको उनले बताए। उनले व्यवहारिक र गुणस्तर शिक्षाको आवश्यकता अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले शिक्षा क्षेत्रमा देखिएका मुद्धाहरुलाई सम्बन्धीत निकायका पुराउन महासंघले आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे।
कार्यक्रममा बिभिन्न कलेजहरुलाई सम्मान गरिएको थियो।
|
न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा फछ्र्योटमा कठिनाइ : प्रधानन्यायाधीश कार्की काठमाडाैं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताएका छन्।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उनले समयमा न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताए।
प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा मुद्दा फछ्र्योटमा कठिनाइ भएकाले जतिसक्दो छिटो परिषद्को बैठक राख्ने तयारी गरिरहेको उल्लेख गरे।
सर्वोच्च अदालतमा सात तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाँली हुन लागेको उल्लेख गर्दै उनले भने, “संवैधानिक व्यवस्थाअनुसार एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो, तर न्याय परिषद्को बैठक बस्न नसक्दा ढिलाइ भएको छ।”
समयमा न्यायाधीश नियुक्त भएमात्र मुद्दाको फछ्र्योटमा तीव्रता हुने उल्लेख गर्दै प्रधानन्यायाधीश कार्कीले भने, “सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ, त्योअनुरुप हुन नसक्दा पाँच न्यायाधीशले मात्र काम गर्नुपरेको अवस्थामा मुद्दाको चाप बढेको हो।”
उनले सर्वोच्च अदालतमा मुद्दा फछ्र्याैट प्रक्रिया तीव्ररुपमा अघि बढाएको र अहिलेको तरिकाले काम गरेमा दुई वर्षमा पुराना मुद्दा फछ्र्याैट गर्न सकिने बताए।
आर्थिक वर्ष २०६७/६८ सम्मका मुद्दाको छिनोफानो भएको जानकारी दिँदै प्रधानन्यायाधीश कार्कीले एक वर्षको अवधिमा तीन हजार पाँच सयभन्दा बढी पाँच वर्ष नाघेका मुद्दा फछ्र्योट भइसकेको बताए। पुराना मुद्दालाई हप्ताको चार दिन चार इजलासमा प्राथमिकता दिएर हेरिरहेको उनले उल्लेख गरे।
प्रधानन्यायाधीश कार्कीले उच्च र जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्ने योजनाका साथ काम गरिरहेको र आफूले अनुगमनका क्रममा पनि मुद्दा फछ्र्योट प्रभावकारी तरिकाले भएको पाएको जिकिर गरे।
|
मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने तयारी काठमाडौं। मिटरब्याजपीडितलाई न्याय दिन भन्दै कानुन बनाउन ल्याइने विधेयक आइतबार नै पास गर्ने तयारी गरिएको छ। प्रतिनिधिसभाले आइतबारको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने समेटेको छ।
आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार नै मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तयार गरेको हो।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसअघि उक्त विधेयकमाथि दफावार छलफल पनि गरिने कार्यसूचीमा उल्लेख छ।
|
समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने काठमाडाैं। चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ। मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो।
त्यसैगरी सो मोर्चाले आफ्नो संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच/पाँच जनासम्म र प्रदेशमा तीन/तीन तथा जिल्लामा दई/दुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ।
यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताए। उनले भने, “मोर्चाको नेतृत्व चार/चार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौँ।”
हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन्।
|
धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला जनकपुरधाम। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहँदैनमा नभत्किने दाबी गरेका छन् ।
जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने बताएका हुन् ।
प्रतिगमनविरुद्ध सडकदेखि अदालतसम्म लडेका शक्तिहरूको गठबन्धन ढाल्ने सपना नदेख्न भन्दै उनले भने, ‘यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबत्ती गर्दैमा गठबन्धन ढल्दैन ।
|
परराष्ट्र मन्त्री आज बैंकक जाँदै काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दैछन्।
बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।
जसअनुसार आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन् भने परराष्ट्र मन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
|
स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा लण्डन। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत आइपुगेका छन्। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन आएका हुन्।
शुक्रबार साँझ लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरेका थिए।
निजी भ्रमणमै आएका भए पनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसंग भेट्ने र यहाँका केही अस्पतालहरुको भ्रमण गर्ने पनि कार्यक्रम छ।
त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने भएकाे छ।
|
सुदूरपश्चिम प्रदेश : बजेट बहुमतले पारित, एमालेले गर्यो बहिस्कार कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाही प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।
नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिस्कार गरेको थियो ।
बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तारा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।
|
एमाले सचिवालय बैठक : कोशी प्रदेश सरकार भंग गर्न माग काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ ।
पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलङ्घन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो ।
सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं सलग्न हुने कुरा नेपालको संविधान बितरित भएको र यो संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार भएको एमालेको ठहर छ । बैठकले मिटरव्याज सम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्व नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले सत्ता गठबन्धनले बिभिन्न स्वायत र गैरराजनीतिक संस्थाहरुमाथि निरन्तर हस्तक्षेप गरेको र संस्थाहरुलाई आफ्नो नियन्त्रणमा राख्ने क्रियालाप गर्दै आएको भन्दै भ्रत्र्सना गरेको छ । सचिवालय बैठकले प्राकृतिक प्रकोपको घटनाका कारण ठूलो जनधनको क्षति भएकाले घरबार गुमाएकाहरुलाई तत्काल पुनस्र्थापित गर्न, राष्ट्रिय राजमार्ग सहित सडक पूर्वाधाररको यथाशीघ्र पुननिर्माण र जनजीवनलाई स्वभाविक अवस्थामा फर्काउन माग गरिएको उपमहासचिव ज्ञवालीले बताए ।
त्यस्तै बैठकले देशैभरी फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, विमा रकम तत्काल भूक्तानी गर्न र राहत दिन सरकारसंग माग गरेको उनले बताए । बैठकले पार्टीको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको र अन्य केहि नेताहरुको जिम्मेवारी हेरफेर गरिएको ज्ञवालीले जानकारी दिए ।
त्यस्तै उपमहासचिव ज्ञवालीले साउन २ देखि ६ गतेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने तय भएको जानकारी दिए भने बैठकले पार्टी सदस्य नविकरणको म्याद असार मसान्तभित्र सम्पन्न हुने भएकाले साउन १५ भित्र सवै बिबरणलाई अध्यावधिक गरेर प्रमाणीकरण गर्ने निर्णय गरेको बताए ।
|
पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छः कांग्रेस सभापति देउवा काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताएका छन्
तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे।
पूर्वप्रधानमन्त्री देउवाले भने, “मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।”
पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताए।
उनले भने, “मुलुक र जनताको विरुद्धमा रहेको भ्रष्टाचार न्यूनीकरणमा यो वा त्यो भनिने छैन । सुशासन कायम गर्दै जनतालाई सहज र सरलरूपमा सेवा प्रवाहलाई चुस्त तुल्याइने छ, दुई दिनभित्र मिटर ब्याजीसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ ।”
महामन्त्री विश्वप्रकाश शर्माले मातृ पार्टी कांग्रेसलाई सुदृढ तुल्याउँदै राज्यलाई समृद्धिको यात्रामा सक्रियाताका साथ लाग्न सबै जातजाति र समुदायको कर्तव्य हुने धारणा राखे ।
उनले भने, “गौतम बुद्ध, सगरमाथा र गोर्खालीको पहिचान बोकेको नेपालमा संसारमै नभएका भाषा, संस्कृति र सभ्यता छ, अब हामी भ्रष्टाचारविरुद्ध र समृद्धिको यात्रामा दृढ भएर जानुपर्छ, त्यसका लागि भ्रष्टाचारलाई निर्मूल गर्ने अठोट गर्नुपर्छ ।”
सहमहामन्त्री भीष्मराज आङदम्बेले कांग्रेसलाई अहिलेको उचाइमा पुर्याउन गुरुङ समुदायले खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए । पूर्वमहामन्त्री कुलबहादुर गुरुङले प्रत्येक समुदायले आफ्नो समुदाय, संस्कृति र सभ्यताको संरक्षण र संवर्द्धन गर्दै देश विकासको अभियानमा जुट्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल सबै जातजाति, धर्म, समुदाय, संस्कृति, सभ्यता र वेषभूषाका हिसाबले साझा पहिचान बोकेको मुलुक भएको बताए। उनले भने, “नेपाल जातजाति, संस्कृति र सभ्याताले परिपूर्ण छ । समावेशी मुद्दा उठाउने र कार्यान्वयन गर्ने पहिलो पार्टी कांग्रेस हो । दलभित्रका आन्तरिक जीवनका विषय पार्टीको औपचारिक मञ्चमा मात्रै राख्नु बुद्धिमानी हुन्छ ।”
पार्टीका केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री सीता गुरुङले जनआन्दोलनका उपलब्धिका रूपमा रहेको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वमार्फत लोकतन्त्र र समृद्धिका लागि गोलबन्द हुन आह्वान गरे ।
उनले भने, “सङ्गठन सुदृढीकरण गर्ने क्रममा भेला आयोजना गरिएको छ । मुलुकको जातीय, धार्मिक र सांस्कृतिक विविधताको संरक्षण गर्दै राष्ट्र निर्माणमा सहभागी हुनु आजको आवश्यकता हो ।”
केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी र सङ्गठनको हितका लागि भेलाबाट प्राप्त हुने सुझाव महत्त्वपूर्ण हुने भएकाले कार्यान्वयनका लागि पार्टी नेतृत्वलाई सुझाव दिए । अर्का केन्द्रीय सदस्य राधा घलेले राष्ट्रियता, समावेशी लोकतन्त्र र समाजवाद मुख्य आदर्श बोकेको कांग्रेसले समावेशी चरित्रलाई बलियो तुल्याउँदै नेता तथा कार्यकतालाई न्यायोचित जिम्मेवारी र मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्न सुझाव दिए ।
नेपाल लोकतान्त्रिक आदिवासी जानजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्ती र सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले विगतमा मुलुकमा व्याप्त अन्याय, अत्यचार र राजनीतिक परिवर्तनका लागि आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेकाले समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन गर्दै सोहीअनुरुपको जिम्मेवारी दिइनुपर्ने विचार प्रकट गरे ।
बागमती प्रदेश मातहतका १३ जिल्लाका तमू समुदायको भेलाले सङ्गठन र पार्टी सृुदृढीकरणका लागि ठोस निष्कर्षसहितको सुझाव प्रस्तुत गर्ने छ । सो अवसरमा सभापति देउवाले ती जिल्लाका तमु समुदायका नयाँ अध्यक्षलाई पार्टीको जिम्मेवारी र सदस्यतासम्वन्धी प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा तमू समुदायको संस्कृति र वेषभूषा झल्कने गीत, सङ्गीत र नृत्य प्रस्तुत गरियो ।
|
लुम्बिनी प्रदेश सभामा दुई विधेयक पेश दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको शनिवार बसेको १९औं बैठकमा दुई विधेयक पेश भएका छन् भने एउटा विधेयक फिर्ता भएको छ ।
शनिवारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट आन्तरीक मामिला मन्त्री सन्तोष पान्डेले प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका हुन् ।
स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयय माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा मन्त्री खनालले प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले यसअघि पेश गरेको एउटा विधेयक फिर्ता भएको छ । प्रदेशसभामा पेस भइ लामो समयसम्म छलफल नभई रोकिएको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकबाट फिर्ता भएको छ । लुम्बिनी प्रदेशसभाको अर्को बैठक साउन ८ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
|
नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री महत काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन्।
शनिबार कांग्रेसनिकट तमु संघ बागमति प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ दलहरू आइरहेको र ती दल नटिक्ने बताएका हुन्।
अहिले नयाँ(नयाँ प्रवृत्ति आइरहेको उनको भनाइ छ। यिनीहरूले केही गर्दैनन्। अब हामी गर्छौं भनेर आएका छन्। टिक्दैनन्। हामी दुःखमा, सुखमा, दशौं वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस,’ उनले भने।
यस्तै, उनले नेपालमा अझै लोकतन्त्र संस्थागत र बलियो नभइसकेको बताएका छन्।
|
गाउँगाउँमा सिंहदरबार आउँछ भन्थे, ४६ हजार राजा-रानी पुगेः धवलशमशेर राणा काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाले राष्ट्र अहिले लिकभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नर्फिने बताएका हुन् ।
उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसंग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।
‘यो राष्ट्र लिकभन्दा बाहिर छ । सुबाटोमा निकटभविष्यमा अगाडि जाला भन्ने विश्वास पनि जनताले गुमाइसकेको छ । सदन राम्रोसँग चल्न सकेको छैन । न्यायालयको हालत त्यो छ । हाम्रो प्रशासनको हालत के छ भन्ने हामीलाई थाहा छ । राजनीतिको हालत के छ ?’ उनले भने,‘हामी सबैलाई थाहा छ । राजनीति गर्ने शीर्षस्थ नेताहरु जेलको कठघरामा जानुपरिरहेको छ । प्रशासन चलाउने उच्चस्तरका कर्मचारीहरु भ्रष्टाचारमा मुछिएर जेलमा गइराखेका छन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले देशमा रोजगारीको सम्भावना नै नरहेको पनि खराब स्थिति सुनाए । उनले देशको युवा पुस्ताले देशभित्र भविष्य नदेखेको कारण हाईस्कूल र प्लस टु लगत्तै विदेशिने सपना देख्नेगरेको पनि बताए ।
‘देशमा रोजगारीको आशै रहेन । हाईस्कूल पढ्नेवित्तिकै, प्लस टु पढ्नेवित्तिकै हाम्रा देशका बच्चाहरु कुन देशमा गएर के नोकरी गर्नेभन्दा अर्को भविष्य छैन । यो परिस्थितिमा आज देश छ,’– उनले भने ।
देश हिजो कहाँ थियो र अब कता जाँदैछ भन्नेबारेमा राजनीति गर्ने नेताहरु अनविज्ञ रहेको पनि उनको भनाई छ । २०६२\०६३ को जनआन्दोलन र गणतन्त्रपछि नेपाली जनता चढेको गाडी गन्तव्यमा पुग्नु पहिल्यै विग्रिसकेको उनको दाबी छ । उनले अहिलेको व्यवस्थामा जनता चिन्तित रहेको बताए ।
‘देश हिजो यहाँ थियो, आज कहाँ गइराखेको छ भन्ने हामीलाई थाहा छैन । यो सबैको बीचमा सकारात्मक कुरा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । गणतन्त्र आएपछि वा २०६२\०६३ को जनआन्दोलन पछि जुन गाडीमा नेपाली जनता चढे, त्यो गाडि गन्तव्यमा पुग्नुभन्दा पहिल्यै नै विग्रिसकेको छ,’– उनले भने ।
संघीयता र गणतन्त्र पूर्णरुपले असफल भैसकेको उनको दाबी छ । सिंहदरबार गाउँ–गाउँमा आउँछ भनेपनि गाउँ–गाउँमा राजारानीमात्रै पुगेको उनको टिप्पणी छ । गरिब देशले ४६ हजार राजारानी पाल्न नसक्ने उनले बताए ।
‘गाडी थोत्रो भइसकेको छ । ड्राईभरमा विश्वास छैन । ड्राईभरले कहाँ पुर्याउला ? प्यासेन्जर आँत्तिसकेको छ, बस बिग्रिसकेको छ । अब नेपाली जनताले त्यो बिग्रेको थोत्रो बस, काम नलाग्ने बस परिवर्तन गर्ने कि नगर्ने ? प्रश्न गर्दै उनले भने,‘प्रश्न चाहिँ त्यहाँ छ । यो राष्ट्र असफल राष्ट्र भएको सबैले महशुस गरिसकेका छन् । जनताले आश गर्ने ठाउँनै छैन । अब यो परिस्थितिबाट बाहिर निस्कने कि ननिस्कने ?’
अहिले गाउँ–गाउँमा पुगेका ४६ हजार राजारानीले जनताको पक्षमा कुनै काम नगरेको र जनतालाई नटेरेको उनको आरोप छ । उनले देशमा अब परिवर्तन आवश्यक रहेको बताए । गणतन्त्र, यो संघीयता पूर्णरुपले असफल भएको उनको दाबी छ । ४६ हजार नेताहरुको पालन पोषण गरिब राज्यले गर्न नसक्ने उनको दाबी छ । अहिलेको संघीयता राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको उनको टिप्पणी छ ।
‘प्रदेशहरुको कामै छैन । भत्ता खुवाउने, राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको छ यो संघीयता । संघमा नेताहरुको खेलाँची भइरहेको छ । सरकार ढल्ने अनि ढलाउने र मन्त्री बन्ने र बनाउनेबाहेक अरु काम भइरहेको छैन,’–उनले भने ।
देशको माया राजालाई जति नेतालाई नहुने उनको दाबी छ । राजाले आफ्नो गद्दी जोगाउनका लागि पनि देशलाई माया गर्ने उनले बताए । ‘परिवर्तन गर्ने कि नगर्ने ? अगाडि बढ्ने कि नबढ्ने ? कि यो गरिब देशलाई यस्तै छाड्ने ? नचलेको व्यवस्था, नचलेको गाडी, फाटेको लुगा फेर्ने कि नफेर्ने ? यो गणतन्त्रलाई चलाइराख्ने कि परिवर्तन गर्ने ?’ भन्ने प्रश्न गर्दै उनले भने,‘हामीले प्रष्ट भीजन लिएर अगाडि बढेका छौं । यो देश दुई हजार वर्षबाट कुनै न कुनै प्रकारको राजसंस्थाले चलेको देश हो । राजाले आफ्नो गद्दीको लागि पनि देशलाई बचाइराख्छ ।’
अहिले नेताहरुले कुनबेला देश बेचिदिन्छन् भन्ने पनि डरको अवस्था रहेको उनको आरोप छ । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नसक्ने, आफ्नो रातो पासपोर्ट बेच्ने र सरकारी जग्गाजमिनसमेत हड्पिने नेताहरुले देश नबेच्लान भनेर विश्वास गर्न नसकिने उनको दाबी छ ।
हरेक पाँच वर्षमा एउटा राष्ट्रपति निवर्तमान हुने बताउँदै उनले निवर्तमान भएका पूर्वराष्ट्रपतिको पालनपोषण जिन्दगीभर गर्न यो देशले अब त्यो व्ययभार धान्न नसक्ने उनले बताए । अहिलेसम्मका तीनै जना राष्ट्रपति देशको भन्दा पनि पार्टी र व्यक्तिविशेषको भएको उनको आरोप छ । संघीयता र गणतन्त्रको अन्तिम विकल्प राजसंस्था पुनरस्थापना भएको उनले बताए ।
‘राजा सबैको साझा हो । सबै नेपाली जनताले मानेको राजसंस्था हो । अहिले राष्ट्रपतिको जुन क्रियाकलाप देखियो, अहिलेकोमात्रै होइन, तीनवटै राष्ट्रपतिको क्रियाकपाल पार्टीको राष्ट्रपति, पार्टीभन्दा पनि व्यक्तिको राष्ट्रपतिसम्म देखियो,’–उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले देश चलाउने र राजनीति गर्ने राजालाई पुनस्र्थापना गर्न नखोजेको उनको भनाई छ । राष्ट्रपतिले राष्ट्रप्रति देखाउनुपर्ने बफादारिता, इमानदारिता र अभिभावकत्व देखाउन नसकेकाले आफूहरुले देशको अभिभावकको रुपमा राजालाई चाहेको उनको भनाई छ । देशको हितमा नभएको कुराहरुलाई देशको हितमा छैन भनेर अडान लिनसक्ने राजाको परिकल्पना राप्रपाले गरेको उनको दाबी छ । सबै राजनीति र नेतालाई एक ठाउँमा राखेर देशलाई अभिभावकको रुपमा राजा चाहेको उनले बताए ।
धर्मनिरपेक्षता नेपाली जनताको माग नभएर विदेशीको इशारामा त्यो आएको उनको दाबी छ । धर्मनिरपेक्षताको बारेमा जनआन्दोलनमा जनताले कुरै नउठाएको उनको दाबी छ । ८० प्रतिशत जनता हिन्दू भएको देशमा किन धर्मनिरपेक्षता लादियो भन्ने कुरा पनि जनताले बुझिसकेको र अब हिन्दुराष्ट्र पुनस्र्थापना भएरै छाड्ने उनको दाबी छ ।
‘यो देशमा हिन्दुराष्ट्र फर्काउने हो । जनताले मौका पाए भने हिन्दुराष्ट्र पुनस्र्थापना हुन्छ । यो व्यवस्था र नेताहरुको अकर्मण्यताले राजा पनि आउनुपर्ने अनिवार्य स्थिति बनिसकेको छ,’–उनले भने ।
संघीयता र गणतन्त्र नमान्ने राप्रपा किन संघ र प्रदेशको निर्वाचनमा सहभागी भएको भनेर आफूहरुलाई जनताबाट प्रश्न आइरहेको बताउँदै उनले संसद्मा गएर संविधानको माध्यमबाट नै व्यवस्था परिवर्तन गर्ने तयारी आफूहरुको रहेको जबराको भनाई छ । साथै, जनआन्दोलनको तयारीपनि भइरहेको र जनलहरबाट पनि यो व्यवस्था उल्टिनसक्ने उनको भनाई छ ।
साथै, उनले भ्रष्टाचारमा संलग्न रहेको व्यक्तिलाई भोट नदिन जनतासमक्ष अपिल पनि गरे । पैसाको भरमा चुनाव जितेर आउनेहरुबाट परिवर्तन सम्भव नरहेको उनको दाबी छ । पैसामा भोट विक्दा नेताहरुले भ्रष्टाचार गरेको उनको आरोप छ । जनताले अब काम गर्ने मान्छेलाई अगाडि सार्न आवश्यक रहेको उनको भनाई छ । अहिले केही परिवर्तनको सन्देश आएको उनले बताए । आफूहरुले पुराना पार्टीलाई जनताले तिरस्कार गरेको संकेत पाइरहेको उनको भनाई छ ।
कर्मचारी, एउटा शाखा अधिकृतलाई टिप्पणी उठाएको भरमा जेलमा हालेकोमा भने उनले आपत्ति जनाए । उनले भने,‘टिप्पणी त सदर हुँदै आएर मन्त्रिपरिषदले सदर गरेछ नि ? कर्मचारीलाई लेख भनेपछि लेख्नैपर्यो नि । टिप्पणीको कुरा मन्त्रिपरिषद्को निर्णयबाट सदर भएको छ । मन्त्रिपरिषदको अध्यक्ष प्रधानमन्त्री हुन्छ । को जिम्मेवार भयो त ? टिप्पणी लेख्ने जिम्मेवार हो ? त्यो बेलाको मन्त्रिपरिषद्मा निर्णय गर्ने सबैलाई जेल हाल्नुपर्छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तराष्ट्रिय समूदायअगाडि नेपालीले टाउको उठाउन पनि नसक्ने स्थिति बनाएको उनको टिप्पणी छ । भ्रष्टाचार प्रकरणमा साना–ठूला कसैलाई पनि छोड्न नहुने उनको माग छ । भ्रष्टाचार गर्नेहरुलाई जेलमा हालेर तिनीहरुको सबै सम्पत्ति राष्ट्रियकरण गर्न आवश्यक रहेको उनले आवश्यकत्ता औंल्याए ।
उनले नेपाली जनताले बोल्नेमात्रै नभएर अब काम गरेर देखाउने नेता खोजिरहेको बताए । भ्रष्टाचार नेतृत्वसँग गाँसिएको कुरा भएकाले नेतृत्व परिवर्तन अहिलेको आवश्यकत्ता रहेको उनले बताए । परिवर्तनको अठोट गरेर आफूहरु आएको बताउँदै उनले राप्रपालाई एकपटक देशकै नेतृत्व गर्नेगरि विश्वास गर्न पनि आग्रह गरे ।
नेपाललाई सुहाउने राजतन्त्र आफूहरुको परिकल्पना भएको उनको भनाई छ । विश्वमा एक सयभन्दा बढी क्रिश्चियन राष्ट्र भएको उल्लेख गर्दै उनले ८० प्रतिशत जनता हिन्दु भएको देशमा हिन्दुराष्ट्र अपरिहार्य भएको बताए ।
|
सरकारले एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जान्छ : कानूनमन्त्री गुरुङ काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकलाई सुशासनतर्फ अघि बढाउन एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जाने बताएका छन् ।
उज्यालो भविष्य संस्थाको वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले विगतदेखि नै भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको भन्दै अव मुलुकलाई सुशासनतर्फ अघि बढाउन एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जाने बताएका हुन् ।
उनले यसअघि भ्रष्टाचारका मुद्धामा अनुसन्धान अघि बढाउदा दलहरुकै नेता मुछिएपछि अनुसन्धान नै रोकिने गरेकाले अव भने भ्रष्टाचारका फाइल खोल्दा कसैको अनुहार नहेर्ने स्पष्ट पारे । अहिले अनुसन्धान अघि बढाएका फाइलहरु यसअघि जस्तो बिचैमा बन्द नहुने उनको भनाइ छ । उनले भ्रष्टाचारीहरु मिलेर हटाउन खोजेपछि त्यसको सामना गर्न तयार रहेको जिकिर गरे । मन्त्री गुरुङले आफ्नो अनुहारमा दाग बोकेर ऐना पुछ्ने प्रवृतिले राजनीतिमा समस्या बढेको भन्दै अनुहारको दाग पुछ्ने काम मात्रै भएपनि नेपालको राजनीति सुध्रने बताए ।
उनले राजनीतिमा लागेका व्यक्तिहरुले जनताको निराशालाई आशामा बदल्न सक्नुपर्ने भन्दै बदल्न नसके राजनीतिक छाड्न तयार हुनुपर्ने पनि धारणा राखे ।
|
जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौंः उपप्रधानमन्त्री खड्का काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन। उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए।
गृह जिल्ला सुर्खेत पुग्नुभएका उपप्रधानमन्त्री खड्काले आज सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए। उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको बताए।
उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारीसमेत दिए। उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना सहर निर्माण गरेर भेरीगङ्गा उपत्यका नमूनाको आधुनिक सहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो सहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडक लगायतका काम गर्ने गरेर भेरी करिडोर सिँचाइ विकास योजना लगायतका ठूला विकास योजना कार्यान्वयन भइरहेको उनको भनाइ थियो । पूर्वी सुर्खेतका लेकबेँसी, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पुर्याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापी लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय स्थापना गरिएको उपप्रधानमन्त्री खड्काले बताए।
|
भ्रष्टाचारका फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस् : रवि लामिछाने काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता टिकाउनका लागि मात्र भ्रष्टाचारको फाइल खोल्ने काम नगर्न सरकारलाई सुझाब दिएका छन्।
बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सम्बोधन गर्दै सभापति लामिछानेले हरेक कालखण्डका भ्रष्टाचार मुद्दामा सरकारले छानबिन गरे साथ दिन तयार रहेको बताए।
‘सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्’, सभापति लामिछानेले भने, ‘हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ।’
उनले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गर्दै पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।
उनले भने, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् । ”
सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे। रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
|
तत्काल गठबन्धन सरकार परिवर्तन हुँदैनः गगन थापा विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारेका छन्।
संसदीय दलमा आवाश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुनेसमेत जनाएका महामन्त्री थापाले आफु उपयुक्त समय कुरिरहेको बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सरकारले जनताप्रति दत्तचित्त भई काम गरिरहेको पनि जनाएका छन्।
यसैगरी, नेपाली कांग्रेसको नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुका बीचमा गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने तथा नयाँ तरिकाले अघि बढने बारेमा निर्णय लिने पनि उनले जानकारी दिएका छन्।
कोशी सरकार निर्माणको बिषयमा भएको बिबादका बारेमा तत्कालै कुनै प्रतिक्रिया नदिएका महामन्त्री थापाले सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने भने जनाएका छन्।
केन्द्रीय समितिको बैठक स्थगित भएको र सो बैठक सुरु हुने बितिक्कै पार्टीको भावी कार्यदिशा र कार्ययोजनाका बारेमा थप गहन छलफल हुने उनको भनाइ छ।
|
एमाले सचिवालय बैठक १ बजे बस्दै काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए।
यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्डाका रूपमा रहेका छन्।
एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।
|
संसदीय दलको नेता परिवर्तनका लागि प्रयास निरन्तर जारी छः गगन थापा मोरङ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे।
उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गरे।देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो।
कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए। केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राखे।
महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नाका साथै नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नाका साथै नयाँ बाटो खोज्ने बताए। वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उहाँले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिए।
|
भीम रावलको प्रश्न, ‘अमेरिकी सहायक बिदेशी मन्त्रीसँग ठूला नेताहरुको भेटघाट किन?’ काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन्। अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्ड लुले शिर्ष नेताहरुसँग भेटघाट पछि उनले आफनो टिप्पणी सार्बजनिक गरेका हुन्।
‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्न्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन?’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो?’
सहायक बिदेश मन्त्री डाेनाल्डले हिजाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा अाेली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
|
समयमा नै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा ओलीको जोड काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन्।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए।
उनका अनुसार भेटमा पार्टी अध्यक्ष ओलीले एमसीसी परियोजना समयमा नै सक्नुपर्नेमा जोड दिए। उनले विगतमा एमसीसीका बारेमा धेरै नै उतारचढाव भए पनि अहिले परियोजना कार्यान्वयनको चरण आएको बताउनुभएको नेता भट्टराईले जानकारी दिए।
भेटमा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा सुरु गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए । उनले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद व्यक्त गरे ।
सहायक विदेशमन्त्री लु एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुगेका हुन्।
|
अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा उच्चस्तरीय भेटवार्ता काठमाडौं । नेपाल भ्रमण रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।
यस क्षेत्रमा आफ्नो नियमित कूटनीतिक संलग्नताअन्तर्गत उनी एक दिने नेपाल भ्रमणका लागि आज आइपुगेका थिए । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उनकी श्रीमती सीता दाहालको निधनप्रति समवेदना व्यक्त गरे ।
यसैगरी उनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरे ।
सो अवसरमा उनले लोकतन्त्रका लागि शिखर सम्मेलनमा नेपालले हासिल गरेका उपलब्धि, नेपालमा मानवअधिकार संरक्षणको पछिल्लो समय सुदृढीकरण र आगामी अगष्टमा कार्यान्वयन सुरु हुने अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कम्प्याक्टको हालसम्मको प्रगतिका बारेमा छलफल गरेका थिए ।
सो परियोजनाले आगामी पाँच वर्षभित्र अत्यावश्यक विद्युतीय पूर्वाधार उपलब्ध गराउने, सडक मर्मत सम्भारको क्षमतामा सुधार गर्ने र हजारौं रोजगारी सिर्जना गर्नेछ ।
उच्चस्तरीय कूटनीतिक संलग्नताले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने, नेपाल–अमेरिकाको क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने, सार्वभौमसत्ता सम्पन्न, समृद्ध र प्रजातान्त्रिक संसारलाई अगाडि बढाउने अपेक्षा लिइएको छ । आफ्नो क्षेत्रीय भ्रमणका क्रममा सहायक विदेशमन्त्री लुले भारत र बंगलादेशको भ्रमण गरेका थिए ।
|
संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भन्ने कुरा प्रमुख हुन्छः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भन्ने प्रमुख कुरा भएको बताएका छन्।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भन्ने प्रमुख कुरा भएको बताएका हुन्।
ओलीले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रीत संविधान जनताले चाहेको धारणा राखे। उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्नका लागि अहिलेको संविधान आएपनि यसमा अपूर्ण देखि आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए।
उनले भारत लगायतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण दिँदै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यक अनुसार संविधानको संशोधन हुन सक्ने बताए।
ओलीले समग्रतामा मानवअधिकार पूर्तिहुनका लागि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुनुपर्ने बताए।
|
सीके राउत नेतृत्वको जनमत पार्टी प्रवक्तामा शरदसिंह यादव काठमाडौं। जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको आज बसेको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो।
बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।
केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन्। यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए।
उनका अनुसार बैठकले पार्टी प्रवक्ताको डा. शरदसिंह यादवलाई दिएको छ।
पाको विधानअनुसार ३५१ सदस्यीय बनाउनुपर्ने केन्द्रीय समिति तत्काललाई २१६ सदस्यीय बनाइएको छ।
|
शनिबार एमाले सचिवालय बैठक, यस्ता छन् एजेण्डा काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।
महासचिव शंकर पोखरेलको नेतृत्वमाआज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ ।
यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्डाका रूपमा रहेका छन्।
एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।
|
परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता काठमाडौं । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे कुरा गरेका हुन्।
भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे।
सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।
भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे। दुई देशको बीचको लामो मित्रवत् सम्बन्धको परिप्रक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो।
|
कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता काठमाडौं। दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा नेपाल आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
शुक्रबार दिउँसो काठमाडौं अवरतण गरेका उनले अपरान्ह देउवालाई भेटेका हुन् ।
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सभापति देउवाले जानकारी दिएका छन् ।
भेटघाटको तस्बिरसहित सामाजिक सञ्जाल ट्वीटरमा देउवाले भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो । नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’
|
मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको एमाले सांसदको आरोप काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा पन्तले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फैलाउँदै हिड्ने सरकारले सदन चल्दा पनि मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका हुन् । उनले उक्त विधेयक रोकिनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।
त्यस्तै पन्तले आफुले विधेयक नल्याउने तर दोष एमालेप्रति लगाउने कुरा उचित नभएको बताए । उनले संगीत नाट्य प्रतिष्ठानको भवनका लागि छुट्टाएको १५ रोपनी जग्गा नीजि क्षेत्रलाई भाडामा दिन तयार हुने तर संस्कृतिको जगेर्नाका लागि भने सरकारले कुनै काम गर्न नसकेको धारणा राखे । उनले आफु राजतन्त्रवादी नभएपनि गणतन्त्रवादीहरुले राम्रा काम राजाहरुबाट पनि सिक्न हुने तर्क गरे ।
बैठकमा प्रतिनिधिसभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते बोलाइएको छ ।
|
लम्की स्किनबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ काठमाडौँ। सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्की स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए।
शुक्रबार पनि लम्की स्किनबारे सांसदहरुले कुरा उठाएपछि सभामुख घिमिरेले लम्की स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित् मन्त्रीलाई रुलिङ गरेका हुन्।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.