content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता अहिले देशभर स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीलाई जानकारी दिए।, दिउँसोपख पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने उनले बताए।, त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उनले बताए। , लुम्बिनी प्रदेशको तराई भूभागमा सामान्य हावा हुरीको सम्भावना रहेको उनको भनाइ छ।, ‘पानी नपरेकाले त्यहाँ गर्मी पनि बढेको छ,’ उनले भने, ‘लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने देखिन्छ। बाँकी भूभागमा भने सामान्य बदलीको सम्भावना छ।’,
यस्तो छ आज दिनभरको मौसम |
रासस अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ। , आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो।, पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो। यस्तै घनश्यामको उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। , मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए। आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेसमेत घाइते भएका छन्।, माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।, घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो।, त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लैजान सिफारिस गरिएको थियो। , यसैबीच सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। आगलागीबाट चार भैँसीसमेत जलेर मरेका छन्।, कुखुरा फार्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, आगलागीबाट मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालद्दिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए।,
अर्घाखाँची आगलागीमा घाइते तीन जनाको मृत्यु |
रासस आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ।, नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो। , आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ।, विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मङ्गलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।, सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरेका थिए ।, सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए। क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर सङ्कलन गरेको हो।, एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहर सङ्कलन गरिएको टोलीले जनाएको छ।, कुहिने फोहर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेंसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ।, नकुहिने फोहर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको छ।, आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहर ट्रकमा राखेर दानाबाट काठमाडौँस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताए।, प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहर काठमाडौँ लगिएको हो। , आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।, ‘आरोहण र पदयात्राका लागि गएकाहरूले फालेका सामानले फोहर बढ्दै गएको थियो”, उनले भने, ‘सेनाको टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो।’, हिमाल सरसफाइका लागि पोखरा महानगरपालिकाले सेनालाई १५ लाख सहयोग गरेको छ। सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरूञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ।, गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र मनास्लु हिमालमा यसअगाडि नै सरसफाइ गरिएको थियो।, हिमालमा हुने फोहरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश गएकाले सेनाले सफाइ अभियान चलाएको हो। सन् २०१९ देखि हिमाल सरसफाइ अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालबाट कुहिने सात हजार एक सय ५७ किलो फोहर सङ्कलन गरेको थियो ।,
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन |
सेतोपाटी संवाददाता अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा आगो निभाउने क्रममा जलेर घाइते भएका थप एकजनाको मृत्यु भएको छ। , आगो निभाउने क्रममा गम्भीर घाइते भएका स्थानीय माधव बेल्बासेको बुधबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए। , योसँगै आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। केही घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। , प्रहरी निरीक्षक घिमिरेका अनुसार भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको यसअघि नै मृत्यु भएको थियो। , पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको थियो भने पदमको थप उपचारको लागि काठमाडौ लैजाने क्रममा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो ।, अर्का घाइते घनश्याम बेल्बासेको पनि उपचारको क्रममा काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जानकारी दिए ।, गम्भीर घाइते भएका पाँचमध्ये अस्मिता बेल्बासेको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ।, मंगलबार बिहान भूमिकास्थान–२ तिरतिरे खोलागाउँको जङ्गलमा लागेको डढेलो स्थानीय पदम बेल्वासेको घरमा सल्किएको थियो। सोही आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए ।, ,
अर्घाखाँची आगलागीमा घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या चार पुग्यो |
नवीनबाबु गुरूङ पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालत लगिएको छ। , बुधबार दिउँसो पौने ३ बजे उनलाई जिल्ला अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, उनलाई आज बिहान चाबहिलस्थित मैजुबहालबाट पक्राउ गरेको थियो। त्यहाँबाट उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो। , अहिले उनलाई म्याद थप गर्न अदालत लगिएको हो। , यो पनि: ,पूर्वगृहमन्त्री खाणलाई पक्राउ गर्ने निष्कर्षमा किन पुग्यो प्रहरी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय मुख्य भूमिका खेलेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बताएको छ।, ‘पछिल्लो समयमा उनकै नेतृत्वमा यो प्रकरण अघि बढाइएको र पैसाको लेनदेनसमेत गरेको प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो,’ स्रोतले भन्यो।, खाण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणमा बनाइएका नक्कली प्रतिवेदन र कागजात, उनी र निकटले पैसा लेनदेन गरेका प्रमाण र पछिल्लो बयानमा गृहसचिव टेकनारायण पाण्डेले नै खाणको संलग्नतामा आफूले काम गरेको स्वीकार गरेपछि प्रहरीले उनलाई पक्राउन गर्ने निर्णय गरेको स्रोतले बतायो।, प्रहरीले गृहसचिव पाण्डेसँग विभिन्न चरणमा सोधपुछ गरिरहेको थियो। पछिल्लो पटक उच्च प्रहरी नेतृत्वसामु पाण्डेले पूर्वगृहमन्त्री खाणको संलग्नता स्वीकार गरेका थिए। पाण्डेले सरकारी वकिलको कार्यालयमा समेत बयान दिइसकेका छन्।, पाण्डेले प्रहरी र सरकारी वकिलसमक्ष सुरूमा इन्कारी बयान दिएका थिए। प्रहरीले पाण्डेले पैसा लिएको प्रमाण देखाएपछि भने उनी गलेका थिए। सबै कुराको दोष आफू लिने वा खाणको निर्देशनमा आफूसमेत संलग्न भएर गरेका कर्तुतहरूमा पूर्वगृहमन्त्रीलाई पनि पोल्ने भन्ने निर्णयमा पुग्न पाण्डेलाई केही समय लागेको थियो। अन्तत: उनले खाणको निर्देशन र संलग्नतामा आफूले काम गरेको बयान दिएका छन्।, सचिव पाण्डेलाई पक्राउ गर्न जाँदा प्रहरीले उनको फोन बरामद गरेको थियो। अनुसन्धान अघि बढाउन उक्त फोनले ठूलो सहयोग पुग्यो। प्रहरीले फोनबाट मेटिएका विवरण उकास्न फरेन्सिक प्रयोगशालामा पठाएको थियो।, फोनबाट ‘रिट्रिभ’ गरिएका (उकासिएका) विवरणमा नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाउने गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी लगायतसँग सचिव पाण्डेले पटक-पटक गरेका कुराकानीका साथै अन्य सामग्री पनि थिए।, कुराकानीमा पाण्डेसहितले करोडौं रकमको लेनदेन गरेको प्रमाण भेटिएको छ। त्यसरी लेनदेन गर्नमा खाणकै पिए नरेन्द्र केसीको पनि ठूलो भूमिका देखिएको प्रहरी स्रोत बताउँछ। केसीलाई पनि प्रहरीले आज खाणसँगै उनकै निवासबाट पक्राउ गरेको छ। चितवनको शारदा माविका प्रधानाध्यापक केसी योभन्दा अघि पनि पटक-पटक खाण मन्त्री हुँदा उनको पिए बनेका थिए। यसरी उनीहरूबीच लामो सम्बन्ध दखिन्छ।, ‘यो प्रकरणमा खाणको पनि ठूलो भूमिका देखिएको छ। गृहमा हुँदा उनैले धेरै रकम बुझेको देखिन्छ,’ स्रोतले भन्यो,‘ दुबै जनाविरूद्ध हामीसँग पर्याप्त प्रमाण छन्।’, खाण गृहमन्त्री हुँदा मन्त्रालयले यो प्रकरणमा नक्कली प्रतिवेदन र कागजातसमेत तयार गरेको प्रहरीले बताएको छ। प्रहरीले सक्कली र नक्कली दुबै प्रतिवेदन प्राप्त गरेको छ र तिनै कागजात भिडाएर प्रमाणित गरेको बताएको छ। , प्रहरीलाई दिएको जाहेरीमा पीडितहरूले एउटा आधा घन्टाको अडिओ पनि बुझाएका छन्। उक्त अडिओमा पीडितले खाणको घरमा गएर ६ करोड रुपैयाँ बुझाएको उल्लेख छ। खाणकी श्रीमती मञ्जु खाणलाई ६ करोड र नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणालाई साढे दुई करोड रुपैयाँ बुझाएको अडिओमा उल्लेख छ।, अडिओमा भनिएको छ, ‘आरजुलाई साढे दुई करोड बुझाएको हो, ६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मञ्जुदेवीले बुझ्नुभएको हो घरमा। हनुमानथानमा घर छ त्यहाँ बुझ्नुभएको हो।’, उक्त संवाद पीडित र बिचौलियाबीच भएको थियो। बिचौलिया हाल पनि हिरासतमै छन्।, उक्त अडिओबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।, अनुसन्धानकै क्रममा प्रहरीले एक जना तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग बयान लिएको छ।, प्रहरी उच्च स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा कैयन अनधिकृत काम गर्न ती सिडिओलाई खाण र पाण्डेले दबाब दिएका थिए। नमानेपछि उनको सरूवा गरिएको थियो। ती सिडिओले आफूलाई अनधिकृत काम गर्न दिएको दबाबलगायत विषयमा बयान दिएका छन्।, भुटानी शरणार्थी पहिचान गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ जेठमा कार्यदल बनाएको थियो। गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो।, उक्त कार्यदलले बुझाएको प्रतिवेदन अहिलेसम्म पनि गोप्य नै छ। तर बिचौलियाले उच्च राजनीतिक व्यक्तिहरूबाट प्रतिवेदन प्राप्त गरेका थिए।, प्रतिवेदन प्राप्त गरेपछि बिचौलियाहरूले आफूखुसी नक्कली भुटानी शरणार्थीको नाम थप गरेका थिए। आफूहरूको गृह मन्त्रालयसम्म चिनजान रहेको भन्दै उनीहरूले झापा, दाङ, मोरङलगायत जिल्लाका मानिसहरूसँग भेटेका थिए।, निवेदन दर्ता गर्न लगाएर बिचौलियाहरूले पछि प्रतिवेदनमै ती नक्कली शरणार्थीको नाम राखेका थिए। त्यसरी नाम राखेर उनीहरूले करोडौं रकम असुल गरेको देखिएको हो।, अनुसन्धानका लागि प्रहरीले सक्कल प्रतिवदेन उपलब्ध गराउन गृह मन्त्रालयमा पत्राचार गरेको थियो। गृहले दिएको र बिचौलियासँग भएको प्रतिवेदन प्रहरीले भिडाएर हेरेको थियो। दुबै प्रतिवेदन हेर्दा उनीहरूले छेडखानी गरेको देखिएको स्रोतले बतायो।, प्रहरीले अहिलेसम्म यस प्रकरणमा खाण र उनका पिए केसीसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।, खाण र उनका पिए केसीलाई भने बुधबार बिहान मात्रै खाणको निवासबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो। उनी भाग्न सक्ने आशंका भएपछि प्रहरी बुधबार बिहान काठमाडौंको मैजुबहालस्थित निवासमा पुगेको थियो।, प्रहरी पुग्दा उनले सुरूमा कपडा लगाएर आउने बताएका थिए। तर उनी भित्र पसेपछि चुकुल लगाएर बसे। त्यसपछि प्रहरीले केही समय लगाएर उनलाई पक्राउ गर्यो।, अहिले उनलाई काठमाडौं जिल्ला अदालतमा लगेर म्याद थप गर्न लागेको हो।, आफूलाई ठगेको भन्दै पीडितले २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। त्यतिबेला हालका आइजिपी बसन्तबहादुर कुँवर कार्यालय प्रमुख थिए। अनुसन्धान गरेको केही समयमै उनको बढुवा भएर सरूवा भएको थियो। त्यसपछि लामो समय अनुसन्धान रोकिएको थियो। तर केही महिनायता यसको अनुसन्धानले गति पाएको हो।, यस्तै अनुसन्धानकै क्रममा प्रहरीले सुरूमै चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङलाई पक्राउ गरेको थियो।, पक्राउ परेपछि बयान लिने क्रममा सानु भण्डारीले पैसा बुझाएका व्यक्तिहरू सबैको नाम लिइदिए।, नाम लिएपछि बयान रोक्न विभिन्न दबाबसमेत दिइएको थियो। तर भण्डारीले आफ्नो बयान जस्ताको तस्तै राख्नुपर्ने अड्डी कसेका थिए। जसक्रममा खाण लगायतको नाम आयो।, उनले नाम लिएसँगै प्रहरी प्रमाण जुटाउन लाग्यो। अनुसन्धानको घेरामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई थिए।, राईलाई वैशाख १९ गते ललितपुरबाट पक्राउ गर्यो। त्यसपछि वैशाख २० गते पाण्डे पक्राउ परे। उपराष्ट्रपति कार्यालय बहालवाला सचिव उनी हाल निलम्बनमा छन्।, गत बुधबार पक्राउ पुर्जी जारी भएका रायमाझी अझै फरार छन्। उनको खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली पनि खटिएको छ। उनी भारत भागेको आशंका प्रहरीको छ। यस्तै इन्द्रजितका छोरा निरज पनि फरार छन्।, उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसूरमा अनुसन्धान गरिरहेको छ। यस कसूरमा प्रहरीले ६० दिनको म्याद पाउँछ। अब प्रहरीले १४ दिनभित्र अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।, सम्बन्धित समाचारहरू: ,भाग्न सक्ने आशंकामा प्रहरीले ‘जरूरी पुर्जी’ थमाएर पक्राउ गरेको थियो खाणलाई, ब्रेकिङ: पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ , नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्मका घटनाक्रम, नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त इन्द्रजितको बादल कनेक्सन,
पक्राउ परेका पूर्वगृहमन्त्री खाणलाई लगियो अदालत |
सेतोपाटी संवाददाता डडेल्धुरामा पखाला लागेर अस्पताल आएकी एक बालिकाको मृत्यु भएको छ।, परशुराम नगरपालिका ८ गुप्तेगडाकी १४ वर्षीया संगीता धामी झाडापखालाबाट बिरामी भएर जोगबुढा अस्पताल पुगेकी थिइन्। , उपचारका लागि गएकी उनको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।, झाडापखालाले सिकिस्त भएर अर्धबेहोस अवस्थामा मंगलबार बिहान ९ बजे जोगबुढा अस्पताल पुर्याइएको अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले बताए।, त्यस अवस्थामा रिफर गर्नु घातक हुने ठानेर उपचार सुरू गरिएको अस्पतालले जनाएको छ।, केही सुधार भएर फेरि धामीको अवस्था बिग्रिँदै गएपछि मंगलबार साँझ ५ बजे रिफर गरिएको थियो। त्यसपछि बाटोमै बालिकाको मृत्यु भएको थियो। पछि उनलाई फर्काएर अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको थियो। मृतकका आफन्तले भने अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै विरोध गरेका छन्।, उनीहरूले मृतक बालिकाको शव उठाउन मानेका छैन। घटनाबारे छानबिन गरिनुपर्ने उनीहरूको माग छ। सोही गाउँका अन्य ३ जना पनि झाडापखालाका कारण अस्पताल भर्ना भएका छन्।,
डडेल्धुरामा पखाला लागेर अस्पताल आएकी बालिकाको मृत्यु |
सरिशा अछामी दाङका २६ वर्षीय प्रवीणकुमार (नाम परिवर्तन) ले गत वर्ष त्रिचन्द्र क्याम्पसबाट स्नातक अन्तिम वर्षको परीक्षा दिए।, नतिजा आउन महिनौं समय लाग्ने भएकाले उनी फुर्सदमा थिए। फुर्सदमा के काम गर्ने टुंगो थिएन। उनले चिनेजानेका मान्छेसँग जागिरका लागि अनुरोध गरे। आफैं पनि जागिर खोज्दै धेरै ठाउँ भौंतारिए। सीप र अनुभव नभएका कारण उनले जागिर पाउन सकेनन्।, एसएलसी पास भएपछि उनलाई बुवाले काठमाडौं पढ्न पठाएका थिए। बुवा दाङकै एक विद्यालयमा प्रधानाध्यापक छन्। उनकै कमाइले परिवार चलेको थियो। , स्नातक पढुञ्जेल बुवाले पैसा पठाइरहेका थिए। परीक्षा सकिएपछि प्रवीणले काठमाडौंमा अडिने आधार पाएनन्। जति कोशिस गरे पनि जागिर नपाइएपछि के गर्ने भन्ने अन्यौलमै केही महिना बित्यो।, उनलाई काठमाडौंको महँगीमा बस्न-खान मात्रै घरबाट पैसा माग्न मन लागेन। केही गर्दा पनि पार नलाग्ने देखिएपछि बुबाआमाको सल्लाहमा उनी गाउँ फर्किए। गाउँघरमा दुई-चार दिन रमाइलै भयो। तर बिस्तारै आफन्त र नातेदारले उनकाबारे प्रश्न सोध्न थाले।, आफन्तहरूले ‘काठमाडौंबाट हल्लिएर आयो, अब के गर्ने हो, जागिर पनि छैन’ भनेको सुन्दा उनको मन दुख्थ्यो।, त्यति बेला उनको गाउँमा अवैध बाटो हुँदै अमेरिका जान सकिने हल्ला खुब चलेको थियो। गाउँकै केही मानिसहरू त्यसरी अमेरिका पुगेका पनि रहेछन्। गैरकानुनी बाटो भएकाले सुरूमा उनले यसबारे खासै चासो राखेनन्।, गत असार पहिलो साता काका पर्ने एक छिमेकी उनको घर आए। अवैध बाटो भएर अमेरिका जान सकिने र मनग्य कमाइ हुने कुरा सुनाए।, उनले आफ्ना छोरालाई पनि त्यसरी नै अमेरिका पठाएको रहेछन्। अमेरिका पुर्याउने एजेन्टसमेत चिनेको उनले सुनाए। जाने हो भने आफूले एजेन्टसँग कुरा राखिदिने पनि भने।, सुरूमा प्रवीणको परिवार छिमेकीको कुरामा हच्किएको थियो। तर उनका छोरा नै त्यसरी अमेरिका पुगेर अहिले राम्रो कमाइ गरिरहेको कुराले प्रवीण पनि लोभिए। अवैध बाटो भए पनि अमेरिका जानेबारे परिवारमा छलफल भयो।, छिमेकी काकाले एजेन्टसँग भेटाइदिए। ती एजेन्ट काकाका भिनाजु नाता पर्ने रहेछन्। छिमेकी काकाले आफ्नो छोरालाई पनि उनैमार्फत् अमेरिका पठाएको बताए। , एजेन्टले तीन महिनामा अमेरिका पुर्याउने तर २८ लाख रूपैयाँ लाग्ने बताए। प्रवीणका बुवालाई २८ लाख जोहो गर्नु सजिलो थिएन। छोरा अमेरिका पुगेपछि एक वर्षमै ऋण तिर्न सक्ने सोचेर बुवाले घरजग्गा धितो राखेर ऋण लिए। चिनेजानेकासँग ऋण पनि लिए। , पैसाको जोहो भएपछि उनी अमेरिका जाने निश्चित भयो।, अमेरिका पुगेर एकाध वर्षमा आफू र परिवारको आर्थिक हैसियत बदल्ने सपना बोकेर गत साउन ३ गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जाने जहाज चढे।, काठमाडौंमा ती एजेन्टले कुन-कुन देश हुँदै जाने र बीच-बीचमा को को लिन आउँछन् भन्ने विवरण दिएका थिए। काठमाडौंमा एजेन्टले भनेअनुसार दुबई एयरपोर्टमा एक व्यक्ति उनलाई लिन आए। उनले प्रवीणकुमारलाई एउटा घरमा पुर्याए।, त्यहाँ उनको आफूजस्तै १८ जना नेपालीसँग भेट भयो। उनीहरू पनि अवैध बाटो भएर अमेरिका जाने क्रममा दुबई आइपुगेका रहेछन्। त्यहाँ उनीहरूका लागि खाने र बस्ने व्यवस्था गरिएको रहेछ।, तीन महिनामा अमेरिका पुर्याउँछु भनेका दलालले विभिन्न बहाना बनाएर दुई महिनासम्म दुबईमै राखे।, प्रवीणका अनुसार दुई महिनापछि उनीसहित ८ जनालाई अमेरिका लैजाने भनेर अफ्रिकी मुलुक गाम्बिया पुर्याइयो। गाम्बिया पुर्याउँदा एजेन्टले कहिले बस, कहिले डुङ्गा त कहिले रातभर जंगलको बाटो हिँडाएको थियो।, ‘देशैपिच्छे फरक-फरक एजेन्ट हुन्थ्यो। एउटा देश पार भएपछि एजेन्टले अर्कैको जिम्मा लगाउँथ्यो। देश फेरिएपछि अघिल्लो एजेन्टहरू क्रमशः सम्पर्कविहीन हुँदै जान्थे,ʼ उनले भने।, गाम्बिया पुग्दासम्म नेपालका एजेन्ट पनि सम्पर्कविहीन भइसकेका थिए।, गाम्बियाबाट प्रवीणसँगै अर्का एक नेपाली युवक पैदलमार्ग हुँदै अर्को अफ्रिकी मुलुक घाना पुर्याइए। घानाका एजेन्टलाई जिम्मा लगाएपछि गाम्बियाका एजेन्ट सम्पर्कविहीन भए।, कठिन यात्रा पार गरेर घाना पुग्दासम्म प्रवीणले अमेरिका सपना मारेका थिएनन्। बीच-बीचमा परिवारसँग कुराकानी पनि भएकै थियो।, घानामा भने उनले नसोचेको भयो। त्यहाँका एजेन्टले प्रवीण र अर्का नेपाली युवकको मोबाइल र पासपोर्ट खोसे। उनीहरूलाई तीन महिनासम्म अँध्यारो कोठामा थुनेर राखे। कुटपिट गरे। शारीरिक र मानसिक यातना दिए।, ‘भोक लागेको बेला खाना त परको कुरा तिर्खा लागेका बेला पानीसम्म दिँदैनथे,ʼ उनले भने, ‘अब आमाबाबुको अनुहार देख्न पाउँदिनँ भन्ने लागिसकेको थियो।ʼ, आफूहरूलाई छाडिदिन उनीहरूले ती एजेन्टसँग हजारौंपटक बिन्ती गरे । तर, एजेन्टको मन पग्लिएन।, तीन महिनासम्म अँध्यारो कोठामा भात न पानी गरेर राखिएपछि त्यहाँका एजेन्टले पैसा दिए नेपाल फर्काउन सहयोग गर्ने बताए। त्यसपछि प्रवीणकुमारलाई नेपालमा परिवारसँग कुरा गर्न दिए।, उनले परिवारलाई सबै बेलिबिस्तार लगाए। बुबाले फेरि ऋण गरेर पैसा पठाइदिए। पैसा दिएपछि आफूहरू बन्धकमुक्त भएको प्रवीणकुमार सुनाउँछन्।, ‘पैसा पाएपछि घानाका एजेन्टहरू पनि सम्पर्कविहीन भए, त्यसपछि हामी अलपत्र पर्यौं,ʼ उनले भने।, उनले आफ्नो अवस्थाबारे परिवारलाई खबर गरेपछि बुवाले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोमा निवेदन दिएर छोराको उद्धारका लागि आग्रह गरे।, सूचनापश्चात् २०८० वैशाख दोस्रो साता प्रवीणसहित अर्का युवकलाई घानाबाट उद्धार गरी नेपाल ल्याइएको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठ बताउँछन्।, दस महिना कठिन परिस्थिति भोगेर प्रवीण नेपाल फर्किएका छन्। अमेरिका जान भनेर लागेको लाखौं ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको उनी बताउँछन्।, ‘मसँग यतिबेला पछुतोबाहेक केही छैन, यसरी कोही पनि जान नहुने रहेछ,ʼ उनले भने।, उनलाई अमेरिका पुर्याउने लोभ देखाएर २८ लाख रूपैयाँ लिने छिमेकी काकाका भिनाजु फरार छन्। उनको खोजी भइरहेको एसएसपी श्रेष्ठ बताउँछन्।, प्रवीण प्रतिनिधि पात्र हुन्। अमेरिका, युरोप पुग्ने लोभमा ठगिएकाहरूको संख्या दैनिक बढ्दो रहेको एसएसपी श्रेष्ठ बताउँछन्। केही त ज्युँदो छन् कि छैनन् भन्नेसम्म परिवारले थाहा नपाउने उनले बताए।, एसएसपी श्रेष्ठका अनुसार प्रवीणजस्तै दाङका अन्य सात युवा अमेरिका पुर्याइदिन्छु भनेर घानामा बन्धक बनाएर राखेको सूचना हालसालै प्राप्त भएको छ।, त्यसैगरी इथियोपियामा सयौंको सख्यामा नेपाली युवक अलपत्र परेको खबर पनि ब्युरोले पाएको छ। उनीहरूलाई उद्धार गर्नेबारे ब्युरोले काम गरिरहेको एसएसपी श्रेष्ठ बताउँछन्।, ‘यसरी तस्करी बाटोबाट अमेरिका जानेमा रूकुम र दाङका युवा धेरै देखिन्छ,ʼएसएसपी श्रेष्ठले भने।, उनका अनुसार अवैध रूपमा अमेरिका जान पहिलो बाटो भारत-इथियोपिया-ब्राजिल-कोलोम्बिया-पानामा-कोस्टारिका-निकाराग्वा-होन्डुरस-ग्वाटेमाला-मेक्सिको हुँदै अमेरिका पुग्छन्। धेरैजसो भारतबाट दक्षिण अफ्रिकी देश हुँदै दक्षिण अमेरिका पुगेर मेक्सिको हुँदै अमेरिका पुग्ने उनले बताए।, ‘भारत, रूस, ब्राजिल, दुबई जहाँबाट गए पनि दक्षिण अमेरिकासम्म प्लेन तथा बसमा जान्छन्। त्यहाँबाट जंगलको बाटो हिँड्ने, डुगां चढ्नेदेखि हिउँको बाटो हिडेर जाने गरेको पाइएको छ,ʼ एसएसपी श्रेष्ठले भने।, बाटोमा हिँड्दा पक्राउ पर्ने, बिरामी हुने, हिमपातमा परी मृत्यु हुने, समुन्द्रमा डुंगा पल्टिने, जंगलमा खान नपाएर मृत्यु भएका घटना ब्युरोमा आएका एसएसपी श्रेष्ठ बताउँछन्।, यसरी अवैध बाटो भएर कति नेपाली गएका छन् भन्ने तथ्यांक ब्युरोसँग पनि छैन। अवैध तरिकाले जाँदा अलपत्र परेपछि उद्धार गरिएको तथ्यांक भने प्रहरीसँग छ।, ब्युरोले आर्थिक वर्ष २०७५/०७६ देखि अहिलेसम्म अमेरिका जान भनेर हिँडेका ४ सय ९१ जनालाई उद्धार गरेको छ। त्यस्तै अवैध रूपमा मानव तस्करी गरेको आरोपमा ०७६ यता २ सय १० मुद्दा दर्ता भएको ब्युरोको तथ्यांकमा उल्लेख छ।,
घाना पुगेर टुंगियो २८ लाख तिरेर अमेरिका जान हिँडेका उनको यात्रा |
सेतोपाटी संवाददाता बाँके प्रहरीले एक युवालाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बाासगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल रहेका छन्।, उनलाई मंगलबार राति बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पक्राउ गरिएको बाँकेका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। , उनको साथबाट एक अटोमेटिक पेस्तोल र एक राउण्ड लोडेड गोली बरामद भएको डिएसपी घर्तीले बताए। , क्लबमा झगडा परेको र रिजालले पेस्तोल शो गरेको सूचना पाएपछि प्रहरी किङ क्रस क्लव पुगेको थियो। प्रहरी पुगेको सूचना पाएपछि रिजालले फालेको पेस्तोल शौचालयबाट बरामद भएको डिएसपी घर्तीले जानकारी दिए। , पक्राउ परेका रिजालले क्लवका बाउन्सरसहित अन्यलाई कुटपिट गरेका थिए। पक्राउ परेका रिजालको अपराधिक पृष्ठभूमि रहेको खुलेको डिएसपी घर्तीले जानकारी दिए। , सोधपुछका लागि अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सामान्य सोधपुछका लागि मात्रै भएका कारण प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। , 'सोधपुछ र अनुसन्धानकै क्रममा छौं,’ डिएसपी घर्तीले भने ‘त्यसपछि रिजाल र उनको समुहको बारेमा जानकारी दिने छौं।’,
,
बाँकेबाट स्वचालित पेस्तोलसहित युवक पक्राउ |
सेतोपाटी संवाददाता जंगलमा आगलागी हुँदा दैलेखमा १२ जना घाइते भएका छन्।, आठबिस नगरपालिका-६ मा रहेको भाने सामुदायिक वनमा आगलागी हुँदा सडकको काम गर्न गएका १२ जना घाइते भएका हुन्।, 'प्रधानमन्त्री रोजगार कार्यक्रमबाट निर्माण भइरहेको सडकको काम गरिरहेकाहरू आगलागीबाट क्षति नहोस् भनेर निभाउन गएका रहेछन्, आगोले ठूलो रूप लिएपछि घाइते भए,' आठबिस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले भने, 'हामीले स्वास्थ्यकर्मीको टोली पठाएका छौं, प्रहरी पनि गएको छ।', उद्धारका लागि नगरपालिकाको गाडी पनि पठाइएको उनले बताए।, उनका अनुसार नगरपालिकाको केन्द्र राकमबाट घटनास्थल जान आधा घण्टा लाग्छ।, 'उद्धारका लागि हेलिकप्टर नै चाहिने भए व्यवस्थापन गर्न जिल्ला प्रशासनलाई आग्रह गरेका छौं,' मेयर बडुवालले भने।, प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।, 'उद्धारका लागि सुरक्षा टोली गइसकेको छ, हामी थप तयारीका लागि छलफलमा छौं,' दैलेखका प्रहरी प्रमुखले भने।,
,
सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा १२ जना घाइते |
सबिना श्रेष्ठ सुर्खेतको नदी किनारको शान्ति बिथोल्दै एउटा आवाज परपरसम्म आइरहेको थियो, ट्वाक–ट्वाक–ट्वाक।, ढुंगा फुटाल्दै गर्दा निक्लिएको कर्कश आवाज थियो त्यो।, किनारमा हिमा नाम गरेकी एउटी सानी बालिका थिइन्। करिब पाँच वर्षकी हुँदी हो। अमेरिकाकी म्यागी डोएनले पहिलोपटक जब उनलाई देखिन्, उनी धैलीमैली थिइन्। अनुहार, लुगा सबै धूलोले भरिएको थियो।, म्यागीले हेर्दाहेर्दै उनले फुटबल बराबर आकारको ढुंगा उचालेर गिटीको थुप्रोको बीचमा राखिन् र पटकपटक त्यसलाई हिर्काइन्। त्यसको आवाज परसम्म पुगिरह्यो, ट्वाक–ट्वाक–ट्वाक।, त्यो दृश्य र आवाजले धेरै पछिसम्म म्यागीको पिछा छाडेन। हिमाकै उमेरमा आफ्नो आरामदायी घरमा खेल्दै, रमाउँदै हुर्किएकी म्यागीलाई त्यो घटनाले सताइरह्यो।, अनि उनले निधो गरिन्, 'म हिमा र उनीजस्ता बालबालिकाका लागि केही न केही अवश्य गर्नेछु।', सन् २००५, त्यति बेला म्यागी जम्मा १८ वर्षकी थिइन्। अमेरिकाको न्युजर्सीमा कक्षा १२ को पढाइ सकेर उनी एक साथीसँग भारत यात्रामा निस्किन्। त्यहाँ उनले रमनाज गार्डेन भन्ने संस्थामा काम गरिन् जहाँ नेपालबाट गएका शरणार्थी, बेचबिखन, दुर्व्यवहारमा परेका, जनयुद्ध भोगेका र परिवारबाट अलग भएका बालबालिका थिए। , त्यहाँ बस्दा र उनीहरूको रेखदेखमा समयमा बिताउँदा नै म्यागीको दिमागमा दुइटा प्रश्नले डेरा जमाउन थालेका थिए– के म उनीहरूको शिक्षक बन्नुपर्छ? वा न्युजर्सी फर्किएर कलेज भर्ना हुनुपर्छ?, त्यस प्रश्नको उत्तर फेला नपार्दै उनी रमनाज गार्डेनमा भेटिएकी नेपालकी सुनिता भन्ने साथीको पछि लागिन्। उनीसँगै लागेर सुदूरपश्चिम, कणार्लीको कालिकोट हिँडिन्। करिब म्यागीकै उमेरकी सुनिता सानैमा नेपालको कालिकोटबाट जनयुद्धकी शरणार्थी भएर भारत पुगेकी थिइन्। आठ वर्ष भइसकको थियो आफ्नो गाउँ नफर्किएको। , 'मैले सुनितासँग कर्णाली यात्रा गरेँ। त्यो मेरा लागि यादगार यात्रा थियो,' गत साता आफ्नो किताब 'बिटवीन द माउन्टेन एन्ड स्काई' को दक्षिण एसियाली संस्करण सार्वजनिक गर्न काठमाडौं आएकी म्यागीले भनिन्, 'यहाँ आएपछि मैले कति बालबालिका देखेँ जो गरिबीमा बाचिँरहेका थिए। कति टुहुरा थिए त कति शिक्षाबाट बञ्चित थिए। उनीहरूलाई देखेपछि नेपालका लागि केही न केही गर्नुपर्छ भन्ने लाग्यो।', उनले थप भनिन्, 'भारतको रमनाज गार्डेनमा नेपालबाट आएका धेरै बालबालिका थिए। मलाई के लाग्यो भने उनीहरू आफ्नै देशमा सुरक्षित हुन्छन्। जब उनीहरू अन्य मुलुक पुग्छन्, उनीहरूले आफ्नो अधिकार गुमाउँछन् जुन निकै डरलाग्दो हुन्छ। तर नेपाल आएपछि मैले नेपाली हुनु भनेको के हो र उनीहरु किन विदेश जान्छन् भन्ने देखेँ। अनि उनीहरूका लागि केही गर्नुपर्छ भन्ने ठानेँ।', त्यही कारण म्यागीले सुनिताका अंकल पर्ने तोपबहादुर मल्लसँग मिलेर सुर्खेतमा स्कुल खोलिन्। सन् २००९ मा खुलेको उक्त स्कुलको नाम दुबैले मिलेर राखे 'कोपिला भ्याली स्कुल'।, स्कुल खोल्दा म्यागीले आफ्नो पढाइका लागि जम्मा गरेको सबै पैसा खर्च गरिन्। त्यतिले नपुगेर अमेरिकाको आफ्नो घर र छरछिमेकमा भएका पुराना सामग्री सेकेन्ड-ह्यान्डमा बेचिन्। बालबालिकाको स्याहारसुसार गर्ने काम गरिन्।, त्यसरी दुःख गरेर बनाएको यो स्कुलबाट करिब २२० जना बालबालिकाले शिक्षा–सुविधा लिइसकेका छन्। करिब पाँच सय विद्यार्थी स्कुलमा अझै अध्ययनरत छन्।, 'हामी बालबालिकालाई नर्सरीदेखि कक्षा १२ सम्म स्कुलमा पढाउँछौं। त्यसपछि उनीहरूको भविष्यका लागि 'फ्युचर प्रोग्राम' भनेर परियोजनाहरू छन् जसमा विद्यार्थीलाई कलेज, सीपमूलक तालिम र जागिरका लागि पहल गर्छौं,' म्यागीले भनिन्, 'हामी उनीहरूलाई समाजको अगुवा र परिवर्तनकर्ता भएर आफ्नो समुदायलाई केही गरेको हेर्न चाहन्छौं।' , बालबालिकाको जीवन परिवर्तन गर्दै उनीहरूलाई परिवर्तनकर्ता बनाउने दौडमा म्यागीले आफ्नो पढाइलाई भने समय दिन पाइनन्। कक्षा १२ मै उनको पढाइले 'ब्रेक' लियो।, 'म १२ कक्षा पढ्दै गर्दा नेपाल आएकी थिएँ। त्यसपछि मैले आफ्नो पढाइ पूरा गर्न पाइनँ। हाम्रो स्कुलका सह–संस्थापक तोपबहादुरले पनि सानैमा स्कुल छाडेका थिए। एक हिसाबले भन्दा हामी त्यति धेरै नपढेका मान्छेले स्कुल सञ्चालन गरिरहेका छौं,' उनले हाँस्दै भनिन्, 'हामीले त्यति नपढेको भए पनि हामीसँग राम्रा विज्ञहरू छन्।', कोपिला स्कुलमा हिमाजस्तै ढुंगा फोडिरहेका, बस अनि बाटामा पैसा मागिरहेका, आमाबुवा नभएका टुहुरा बालबालिकालाई एउटै छानामुनि ल्याएर शिक्षा दिइएको छ। उनीहरूको सेवासुविधाका रूपमा हरेक दिन पोषिलो खानेकुरा, उपचार, स्वच्छ पानी लगायत व्यवस्था छ। विद्यार्थीलाई खेलकुद, संगीत, नाच, खाना पकाउने लगायत तालिम पनि दिइन्छ। , बालबालिकासँगै कोपिलाले अशिक्षित, दुर्व्यवहार र घरेलु हिसांमा परेका महिलालाई सीपमूलक तालिम दिएर रोजगार बनाएको छ। आफ्नै आँखासामु बालबालिका र महिलाहरूको जीवनमा परिवर्तन देखेकी म्यागीले 'ब्लिंकनाउ फाउन्डेसन' भनेर शाखा खोलेकी छन्।, यसरी डेढ दशकसम्म नेपाल र नेपालका बालबालिकाका लागि काम गर्दा म्यागीले चुनौतीहरू पनि सामना गरेकी छन्। कति कुरासँग लडेकी छन्, कतिलाई स्वीकार गरेकी छन्। त्यो भन्दा बढी आफैंलाई चिनेकी छन्।, 'यो यात्रामा धेरैपटक मेरो मुटु टुट्यो, धेरैपटक मैले आफ्ना बालबालिका गुमाएँ। कतिपटक गल्ती गरेँ, त्यसलाई सुधार गर्दै सिकेँ,' उनले भनिन्, 'मैले सिकेको सबभन्दा ठूलो कुरा के हो भने मैले सबै कुरा परिवर्तन गर्न सक्दिनँ र परिवर्तन भएका सबै कुरालाई मैले रोक्न पनि सक्दिनँ।', सानै उमेरमा नेपाल आउनु र केही गर्नुका राम्रा पक्षहरू थिए। , 'म एकदम जवान हुनुको राम्रो पक्ष के थियो भने मसँग कुनै कुराको उत्तर थिएन। म एकदम सिकारू थिएँ। गर्दै जाऊँ, सबै ठीक हुन्छ भन्ने मलाई लाग्थ्यो। सबै असफलता, गल्ती समाधान गर्दै अघि बढेँ,' उनले भनिन्। , आफूले जीवनमा पाएका, गुमाएका, सामना गरेका सबै दुःखसुखका अनुभवलाई उनले आफ्नो किताब 'बिटवीन द माउन्टेन एन्ड द स्काई' मा समेट्ने प्रयास गरेकी छन्। आफ्नो जीवन अनुभव नेपाल आएदेखि डायरीमा लेख्न थालेकी म्यागीले कोरोना लकडाउनमा क्यानडामा आफ्नो श्रीमान, परिवार र छोरीसँग बस्दा किताब लेख्न थालेकी थिइन्।, त्यति बेला किताब लेख्दाको अनुभव साट्दै म्यागीले भनिन्, 'यो केटी (म्यागी) ले आफ्नो जीवनमा कति धेरै कुरा सहेकी रहिछ भन्ने कुरा मलाई किताब लेख्दै गर्दा महसुस भयो। यसले मलाई किताब लेख्न निकै सकस बनाएको थियो।', त्यसमाथि उनी कति कुरा भन्ने र कति कुरा नभन्ने कुराले अलमलमा थिइन्।, 'सबै कुरा नभनेर भन्नुपर्ने कुरा मलाई भन्नु थियो,' उनले भनिन्, 'मलाई आवाजबिहीनहरूको आवाज बन्नु थियो। त्यसका लागि म ती व्यक्तिका कथामा केन्द्रित हुन चाहन्थेँ जसको कथा भन्न जरूरी छ। मलाई थाहा थियो कि यो किताब नेपालीहरूले पनि पढ्नेछन्। त्यही भएकाले उनीहरूको कुरा सकारात्मक र न्यायपूर्ण तरिकाले भन्न चाहन्थेँ।', गत वर्ष नै उत्तरी अमेरिकामा प्रकाशित भइसकेको यो किताबको दक्षिण एसियाली संस्करण 'किओटिज कोभ' नामक संस्थाबाट गत साता बजारमा आएको हो। यो किताब प्रविण अधिकारीको नेपाली अनुवादमा यसै वर्ष बजारमा आउन लागेको पनि म्यागीले बताइन्।, 'म मेरा बच्चाहरूलाई यो किताब उपहार दिन चाहन्थेँ र मैले सबैलाई दिइसके पनि। सानाभन्दा पनि अलि ठूला बच्चाहरूलाई यो किताब प्रेरणादायी हुन्छ होला किनभने मेरोजस्तै अन्यौल र अनुभूतिबाट धेरै युवाहरू गुज्रिरहेका हुन्छन्,' उनले भनिन्, 'म कति कुराबाट गुज्रिएको छु भन्ने कुरा मलाई भन्नु थियो। एक हिसाबले किताब लेख्ने यो प्रक्रिया मेरा लागि ध्यानजस्तै भयो।', उनले थप भनिन्, 'मसँग धेरै प्रश्नहरू थिए। मैले किताबमा धेरै उत्तरहरू भन्दा कसरी जीवन बाँच्ने भनेर प्रश्नहरू बढी गरेको छु जस्तो लाग्छ। त्यसको उत्तर सायद म समयसँगै भेट्दै जानेछु। सानो उमेरमा आफ्नो देश छाडेर नेपाल आउँदा कति गाह्रो र डरलाग्दो भयो भन्ने कुरा किताब पढेर थाहा पाउन सकिन्छ।', किताबको नाम बिटवीन द माउन्टेन एन्ड द स्काई उनले बालबालिकाबाटै प्रेरित भएर राखेकी हुन्। नेपालमा रहँदा डाँडामा बसेर साना केटाकेटीले खुला आकाशमा चंगा उडारहेका उनले धेरैपटक देखेकी छन्। त्यससँगै उनले नेपाल हिमालहरूको देश भन्ने बुझेकी छन्। विभिन्न ठाउँ पुगेकी पनि छन्।, किताबभित्र पनि बिटवीन द माउन्टेन एन्ड स्काइ भन्ने पंक्ति प्रयोगमा ल्याएकी म्यागीलाई यसले आफ्नो जीवनको यात्रा पनि समेटेजस्तो महसुस हुन्छ।, आफ्नो जीवनको आधा उमेर नेपालका लागि बिताइसकेकी म्यागी आफू कर्णालीकी महिला हुँ भन्ने ठान्छिन्। उनलाई आफू कर्णालीको सबै ठाउँ पुगेजस्तो लाग्छ।, सुदूरपश्चिम र कर्णालीको जुम्ला, हुम्ला, कालिकोट, सुर्खेत, दैलेख, अछाम लगायत ठाउँको नाम लिँदै उनले भनिन्, 'मेरो संस्थामा आउने बच्चाहरू पनि कर्णालीतिरकै बढी छन्। म पूर्व भने पुगेको छैन।', सुर्खेतमा कर्णालीको प्रायः सबै मानिस आउँछन्। त्यसैले त्यो बेला यहीँ आफ्नो संस्था खोल्न उनलाई उचित लागेको थियो।, 'हामीले कालिकोटमा धेरै काम गरेका छौं। खासमा मलाई कालिकोटमा स्कुल बनाउन मन थियो। तर अन्तिम समयमा त्यो ठाउँ त्यति सुरक्षित हुन्न भन्ने भयो। हामीलाई इन्टरनेट, विद्युत लगायत सुविधा चाहिन्थ्यो। त्यसैले हामीले सुर्खेतमा बस्ने निर्णय गरेका हौं,' म्यागीले भनिन्, 'यो ठाउँ कर्णालीका मान्छेको पहुँचको हिसाबले पनि सजिलै छ।', सुर्खेतकै एउटा इन्टरनेट क्याफेमा बसेर म्यागीले कुनै दिन गुगलमा 'लाइफ इन पोस्टवार नेपाल' अर्थात 'युद्धपछिको नेपालको जीवन' भनेर खोजेकी थिइन्। त्यसबाट भेटिएका नतिजाले उनलाई अशान्त बनाएको थियो।, उनले फेला पारेकी थिइन्— बीसमध्ये एक बच्चा अनाथ हुन्छन्। ६ वर्षमाथिका आधा महिला मात्र स्कुल गएका छन्। कर्णालीको करिब ६० प्रतिशत जनसंख्या गरिबीमा बाँचिरहेको छ।, त्यसले उनलाई कसरी एउटी सानी बालिकाले ढुंगा फुटाल्ने काम रोज्नुपर्यो भन्ने प्रश्नको उत्तर नजिक पुर्याएको थियो। ती सानी बालिकालाई म्यागीले पढाइन्। उनीजस्तै अनेकौं बालबालिकाको जीवन बदलिसकेकी म्यागीले सन् २०१५ मा 'सिएनएन हिरो अवार्ड' पाएकी छन्।, कोपिला भ्याली स्कुलमा फक्रिँदै गरेका साना केटाकेटी उनलाई 'म्यागी मम्' भनेर सम्बोधन गर्छन्। म्यागीले भने यो यात्रा आमा बन्नका लागि सुरू गरेकी थिइनन्। उनलाई त केबल नेपाली परिवारलाई बलियो बनाउनु थियो, महिलाहरूलाई बलियो बनाउनु थियो। , 'मेरो उद्देश्य यस्तो नेपाल बनाउने थियो जहाँ बालबालिकालाई उनीहरूकै परिवारले माया र रेखदेख गरून्। दुर्भाग्यवश, मैले यहाँ धेरै परिवारबिहीन बालबालिका भेटेँ। जब एउटा बच्चाले आफ्नो आमाबुवा गुमाउँछ, उसले परिवारको सुरक्षा, सहायता, पहिचान सबै गुमाउँछ,' ३६ वर्षीया उनले भनिन्, 'त्यसलाई फर्काउने प्रयासमा म उनीहरूको आमा बन्न पुगेँ।', यो यात्रामा म्यागीले बालबालिकाका क्षेत्रमा पहिलेको तुलनामा धेरै परिवर्तन पाएकी छन्। पढ्ने केटीहरूको संख्या बढेको छ। महिलाहरू रोजगार भएका छन्। झन् एउटै ठाउँ, सुर्खेतमा बस्नुको फाइदा परिवर्तनलाई राम्ररी महसुस गर्न पाउनु हो भन्ने लाग्छ।, कहिलेकाहीँ उनलाई लाग्छ पनि, 'ह्या! यो काम राम्रो दिशामा गइरहेको छैन।', फेरि कहिलेकाहीँ बब्बाल काम गरिरहेको महसुस हुन्छ।, यो सबै अनुभव–अनुभूति उनको किताबमा पढ्न सकिन्छ। आफूलाई कम पढेको र लेखन अनुभव नभएको बताउने म्यागीको यो किताब एउटा सुन्दर आख्यान पढेझैं महसुस हुन्छ। किताबबाट आम्दानी हुने सबै रकम बालबालिकाकै लागि खर्च गर्ने उनको सोच छ।, म्यागीको अर्को सोच भनेको बालबालिकाकै क्षेत्रमा थप काम गर्ने हो। बालबालिकाका लागि जति काम गरे पनि अझै धेरै गर्न बाँकी रहेको महसुस गर्ने म्यागीलाई थाहा छ; सबै बालबालिकाले प्रेममय, साक्षर र सुरक्षित जीवन पाएका छैनन्।, उनलाई यो पनि थाहा छ, हिमाजस्तै कुनै खोला किनारमा अरू बालबालिका त्यसरी नै ढुंगा फुटाउने काम गरिरहेका छन्।, त्यसको आवाज उनको कानमा ठोक्किरहन्छ, ट्वाक–ट्वाक–ट्वाक।,
आफ्नो पढाइ र देश छाडेर नेपाली बच्चाहरू पढाइरहेकी 'म्यागी मम्' |
सेतोपाटी संवाददाता दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएकाहरूको उद्धार गरिएको छ।, आठबिस नगरपालिका–६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा भएको आगलागीमा परी १० जना घाइते भएका थिए।, तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।, उनीहरूलाई हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको छ।, उनका अनुसार घाइतेहरू सबै आठबिस नगरपालिका–६ का हुन्। बसुन्धरा विक, नवीन विक, नैना विक, भैरे विक र प्रजा विक गम्भीर घाइते भएको डिएसपी लम्सालले जानकारी दिए।, उनीहरूलाई कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।, आगलागीमा परी देउकला विक, जना विक, छत्रा विक, मैते विक र मिना विक सामान्य घाइते भएका छन्।, उनीहरूको राकमस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, प्रधानमन्त्री रोजगार कार्यक्रअन्तर्गत बनिरहेको सडकको काम गर्न गएका उनीहरू जंगलमा लागेको आगो निभाउन गएका थिए।,
आगलागीमा घाइते भएकामध्ये पाँच जनालाई हेलिकप्टरबाट लगियो नेपालगञ्ज |
रासस कोरोना भाइरसको सङ्क्रमण दर घटेको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। , इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको बताए। , ‘भारतमा पनि सङ्क्रमण घट्न थाल्यो। नेपालमा खोपको प्रभाव देखियो,’ उनले भने, ‘समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण सर्न पाएन। त्यसैले सङ्क्रमण दर घटिरहेको छ।’ , विगत एक हप्ताको तथ्याङ्कले पनि कोरोना भाइरसको सङ्क्रमणदर घटेको पुष्टि गर्छ। , वैशाख २१ गते ४३ जना, २२ गते १७ जना, २३ गते ७६ जना, २४ गते ३२ जना, २५ गते ५७ जना र २६ गते ५१ जनामा सङ्क्रमण देखिएको थियो। , अहिलेसम्म एक सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन्। , यस्तै १४ जना आइसोलेशन, पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। , गत चैतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेपछि सङ्क्रमण बढेको थियो।,
घट्यो कोरोना संक्रमण दर |
सेतोपाटी संवाददाता आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यका लगायत देशका अधिकांश भू–भागको मौसम सफा रहेको छ।, आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।, लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको उनले बताए।, केही दिनदेखि पानी नपरेका कारण काठमाडौं उपत्यका लगायत अन्य भूभागको तापक्रम बढ्दो छ। , आज बिहानको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन भएको मौसमविद् अधिकारीले जानकारी दिए। , उनका अनुसार चार दिनदेखि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस मापन भएको छ। , ‘पानी नपर्दासम्म उपत्यकाको तापक्रम सोही हाराहारीमा हुन्छ,’ उनले भने। , तराईका भू–भागमा पनि गर्मी बढ्दो छ। , तराईमा ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अधिकारीले जानकारी दिए। ,
यस्तो छ आज दिनभरको मौसम |
रासस बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।, पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।, नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । ,
,
बाजुरामा पुनः भूकम्पको धक्का |
रासस चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो।,
,
खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ।, गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौवटा गुँडमध्ये एउटा गुँडको १७ वटा अण्डा छिरलिएको अवस्थामा भेटिएका थिए। राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अण्डा सङ्कलन गरिएको हो।, गोही प्रजनन केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ। जेठ १५ पछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ। , प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ। मगरका अनुसार गत दुई वर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन्। प्रजनन केन्द्रमा दुई वटा भाले रहेका छन्। भालेमा समस्या भएका कारण अण्डाबाट बच्चा नकोरलिएको अनुमान गरिएको छ।,
,
प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो । गत वर्ष पाँच सय ६३ वटा अण्डा सङ्कलन गरिएको थियो। ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए।, यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ। हालसम्म आइपुग्दा तीमध्ये तीन सय हाराहारी मात्रै जीवित छन्।,
,
मगरले प्रजनन केन्द्रमा छ सय ४० साना ठूला गोही रहेको भन्दै थोरै मात्र अण्डा सङ्कलन गरिएको बताए। निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ।, हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यद्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ। राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ।,
,
प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ। तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार एक सय ३२ वटा गोही नदीमा छाडिएको छ।, यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ। , पछिल्ला दिनहरुमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ। नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न निकुञ्जले आग्रह गर्दै आएको छ।,
राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन |
सेतोपाटी संवाददाता दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबिस नगरपालिका–६ का भैरे विकको मृत्यु भएको हो।, नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिए। अरू सात जनाको नेपालगञ्जमै उपचार भइरहेको उनले बताए। सातमध्ये तीन जनाको भेरी प्रादेशिक अस्पताल र चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ।, आठबिस नगरपालिका–६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा बुधबार बिहान भएको आगलागीमा परी १० जना घाइते भएका थिए। उनीहरूमध्ये गम्भीर घाइतेसहित ८ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको थियो। स्थानीय मेडिकलमा उपचार गरिएको दुई जना डिस्चार्ज भइसकेको डिएसपी लम्सालले जानकारी दिए।, घाइतेहरू सबै आठबिस नगरपालिका–६ का हुन्। प्रधानमन्त्री रोजगार कार्यक्रअन्तर्गत् बनिरहेको बाटोको काम गरिरहेका उनीहरू जंगलमा लागेको आगो निभाउन जाँदा घाइते भएका थिए।, ,
आगलागीमा घाइते भएका एक जनाको मृत्यु |
रासस क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । , उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति १० लाख लाग्ने भन्दै रकम असुलेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। , त्यहाँ पुगेपछि प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक दुई लाखसम्म तलब पाइने भन्दै उनले पीडितबाट पाँच लाख असुलेको फेला परेको छ । , यसरी रकम लिएपछि फरार भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन गरेको अनुरोधको आधारमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको रेग्मीले बताए। ,
,
क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ |
सेतोपाटी संवाददाता धादिङमा धारिलो हतियार प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। , बुधबार राति ११ बजे गल्छी गाउँपालिका-८ मा रहेको शानदार होटलका सञ्चालक निरज पण्डितले स्थानीय विनोद थापा मगरमाथि धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।, केही विषयमा विवाद हुँदा पण्डितले थापा मगरमाथि आक्रमण गरेका थिए।, आक्रमणबाट घाइते भएका थापा मगरलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। , थापा मगरको मृत्यु भएपछि उनका आफन्तले धादिङबाट नुवाकोट जाने सडक अवरूद्ध गरेका छन्। प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ। , पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। उनका आफन्तमाथि पनि आक्रमण हुनसक्ने भन्दै प्रहरी कार्यालयमै बसेका छन्। ,
धादिङको होटलमा एक पुरूषमाथि आक्रमण, काठमाडौंमा मृत्यु |
सेतोपाटी संवाददाता दोस्रो जनआन्दोलन (२०६२/०६३)का जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ। उनको उपचारको क्रममा बुधबार साँझ निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जानकारी दिए।, स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई गत सोमबार शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको थियो।, २०६२ चैत २७ गते बनेपामा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कायस्थ अचेत भएका थिए। १४ वर्षकै उमेरमा गोली लागेका उनलाई ११ महिना काठमाडौंको वीर अस्पतालमा उपचार गरेर घर लगिएको थियो। घर लगिएपछि पनि उनी ओछ्यानको ओछ्यान नै रहे।, २०७६ सालमा मस्तिष्को नशाको शल्यक्रियासमेत गरिएको थियो। त्यसयता उनको अवस्था झन् खस्कँदै गएको परिवारले जानकारी दिएको छ।, उनको बिहीबार अन्त्येष्टि गरिने प्रतिष्ठानका अध्यक्ष नेपालले जानकारी दिए।, ,
रहेनन् जनआन्दोलनका 'जिउँदा सहिद' मुकेश |
सेतोपाटी संवाददाता सामाजिक सञ्जालको दुरूपयोग गरी एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , साइबर ब्युरोले एक जनालाई बुधबार कीर्तिपुरबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-६ का ३५ वर्षीय नरेन्द्र केसी छन्। , उनले एक महिलालाई फेसबुकमा साथी बनाएर कुराकानी गरेका थिए। ललाइफकाइ गरी उनले ती महिलालाई अश्लिलजन्य क्रियाकलाप गर्न बाध्य पारेको प्रहरीले जनाएको छ। , त्यसक्रममा केसीले स्क्रिन रेकर्ड गरी उक्त रेकर्ड देखाएर ब्ल्याकमेलिङ गरेको आरोप छ। , रेकर्डिङ पटकपटक पीडितलाई पठाएर आफूखुसी फाइदा लिएको र आफन्त तथा साथीहरू समेतलाई पठाएर चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गरी ब्युरोले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। , उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ कसूर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। उनीमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। ,
,
महिलाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले झन्डै १ करोड ४७ लाख रुपैयाँमा 'इन्द्र सभा' पुनर्निर्माण गरेको छ।, महानगरको १९ वडामा पर्ने उक्त सभा १ करोड ४६ लाख ५९ हजार खर्च गरी पुनर्निर्माण गरिएको सम्पदा विभाग तथा पर्यटन विभागका सहायक निर्देशक इञ्जिनियर नरेन्द्रमान बज्राचार्यले जानकारी दिए। , उनका अनुसार दुई रोपनी ३ पैसा जग्गामा इन्द्र सभा परिसर बनाइएको हो।, '७५ स्क्वायर मिटरमा ठूलो पाटी निर्माण भएको छ,' उनले भने, 'पुनर्निर्माणका क्रममा २ वटा ठूला प्रवेशद्वार, एउटा ठूलो र एउटा सानो फल्चा (पाटी), दू ब्यंकेगु (नेवार समुदायले मानिसको मृत्युपछि दुःखबाट मुक्त हुन गर्ने संस्कार) घर निर्माण गरिएको छ।' , भुइँमा इँटा, ढुंगा बिछ्याएर आकासे पानी संकलन र पुनःभरण प्रणाली जडान लगायत काम समेत भएको उनले बताए। , पुनर्निर्माण हुनुअघि जीर्ण संरचना, खाल्टाखुल्टी परेको जमिनमा अब सांस्कृतिक तथा सामाजिक काम गर्न सहज भएको वडा १९ का अध्यक्ष राजेश श्रेष्ठले बताए। , यस क्षेत्रमा नेवाः समुदायका विभिन्न थरका कुल देवता अर्थात् दिगु द्यः छन्। ती दिगु द्यः कुनै पूर्व, कुनै पश्चिम, कुनै उत्तर र कुनै दक्षिण दिशातिर फर्किएका छन्। महर्जन, मानन्धर, तुलाधर र शाक्य समुदायका मानिसहरू यहाँ कुल देवताको पूजा गर्न आउने अध्यक्ष श्रेष्ठको भनाइ छ। , वडा १९ का सदस्य चन्द्रमान डंगोलका अनुसार प्रत्येक वर्ष दसैंको नवरथ जाने समयमा नवमीको दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। मेलामा सहभागी हुने श्रद्धालुहरू कंकेश्वरी पीठको दर्शन गरेर तलेजु भवानीको दर्शन गर्न जाने चलन छ। त्यसै शिवरात्रीका दिनमा होम गर्ने, श्रीपञ्चमीका दिनमा सरस्वती (ससुद्यः) को पूजा गर्ने चलन समेत छ। ,
महानगरले झन्डै डेढ करोडमा बनायो 'इन्द्र सभा' |
सेतोपाटी संवाददाता देशभर स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको र यो क्रम दिनभर नै रहने मौसमविद् सचिना शाक्यले जानकारी दिइन्।, ‘दिउँसोपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने छ’ उनले भनिन्, ‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना पनि छ।’, त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भूभागमा सामान्य हावा–हुरीको सम्भावना रहेको पनि उनले बताइन्।,
,
यस्तो छ आज दिनभरको मौसम |
रासस नेपाल प्रहरीले बैदेशिक रोजगाकारका लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोरखा नगरपालिका–१०, गोरखा घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३१ वर्षीया सुदीप लामा तामाङ रहेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। , तामाङले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने लोभ देखाएर ३१ लाख ठगी गरेको आरोप छ। उनले कम्बोडियाको प्रतिष्ठित कम्पनीमा कम्युटर अपरेटरमा काम लगाइदिने र मासिक दुई लाख पारिश्रमिक हुने भनी तीन जनालाई ठगी गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। , तीनजना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।, पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उनले जानकारी दिए। ,
कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, एकजना पक्राउ |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले आजबाट महानगरभित्रको तार व्यवस्थापन सुरू गरेको छ।, सोमबार माइतीघर मण्डला र न्यूरोडबाट तार व्यवस्थापनको काम सुरू भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , 'अहिले दुइटा टोलीले दुईतिरबार काम सुरू भएको छ,' उनले भने, 'बिस्तारै अन्य ठाउँमा पनि तीन-चार वटा टोलीले काम गर्ने छ।', तार व्यवस्थापन गर्दा नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि बसेर तार व्यवस्थापन गरिरहेको उनले बताए।, यस्तै तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणले १३ वटा रूट तय समेत गरेको छ।, प्राधिकरणले माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूट तय गरेको छ।, त्यस्तै माइतीघर, पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली, नारायणहिटी, कमलादी हुँदै रानीपोखरीसम्मको तार व्यवस्थापन गर्ने भएको छ।, डिल्लीबजार, अनामनगर हुँदै संघीय संसद् भवन वरपर, नक्साल, बालुवाटार हुँदै शीतल निवाससम्मको पनि तार व्यवस्थापन गर्ने छ। यसैगरी माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर, अमृत साइन्स क्याम्पस, रानीबारी हुँदै सामाखुसीसम्म अर्को रुट तय गरिएको छ।, सोह्रखुट्टे, ढल्को, ताहाचल हुँदै स्वयम्भू, सिनामंगल, पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला, बौद्धनाथ, कालीमाटी, कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थापन गर्ने प्राधिकरणले जनाएको छ।, टेलिफोन तथा इन्टरनेटलगायतका तारहरू सडक छेउको पोलहरूमा गुजुल्टो परेको, चुँडिएको अवस्थामा रहेको र त्यसले सहरी सौन्दर्यता बिगारेको तथा दुर्घटनाको जोखिम बढाएका भन्दै महानगरपालिकाले तार व्यवस्थापन गर्न थालेको हो।, वैशाख १२ गते महानगरले १५ दिने अल्टिमेटम दिँदै आगामी वैशाख २७ गतेसम्म तारको उचित व्यवस्थापन गर्न सूचना जारी गरेको थियो।,
महानगरले काट्यो माइतीघर मण्डला र न्युरोड क्षेत्रका अव्यवस्थित तार (तस्बिरहरू) |
सेतोपाटी संवाददाता मुगुको कार्मारोङ गाउँपालिका च्यार्खु लेकमा हिमपहिरोमा परेकाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ।, यार्सागुम्बा संकलन गर्न अनुमति खुला नगरिएपनि अवैध बाटो भएर च्यार्खु लेक पुगेका पातारासी र छायानाथ राराका १५ जनामध्ये तीन जना शुक्रबार हिमपहिरोमा परेका थिए।, त्यहाँबाट फर्केकाकहरुले प्रहरीलाई ढिला सूचना दिँदा खोजी र उद्दार चाँडो हुन नसकेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए।, हिमपहिरोमा परी एक जनाको मृत्यु र दुई जना बेपत्ता भएको सूचना प्रहरीले पाएको छ। , च्यार्खु लेकबाट फर्केकाहरूले प्रहरीलाई दिएको सूचना अनुसार हिमपहिरोमा पुरिएर पातारासी गाउँपालिका–२ का तल्फीगाउँका ३६ वर्षीय पुत्र सार्कीको मृत्यु भएको छ भने ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहरा बेपत्ता छन्।, सूचनापश्चात आइतबार परिचालन गरिएको प्रहरीको टोली घटनास्थलको भेउ पाउन नसक्दा प्रहरी फर्किएको थियो।, प्रमुख जिल्ला अधिकारी थापाले आज बिहानैदेखि हेलिकप्टर परिचालन गरी बेपत्ताहरूको खोजी हुने जानकारी दिए। , ‘हेलिकप्टर आउँदै छ, बेपत्ताको खोजीका लागि प्रत्यक्षदर्शीलाई पनि लिएर जाने तयारी छ,’ उनले भने।, घटनास्थल चार हजार मिटर माथि रहेको र व्यापक हिउँ जमेका कारण यकिन ठाउँ पत्ता लगाउन कठिन रहेकाले ठाउँ पहिचान गर्न सजिलो होस् भन्नका लागि प्रत्यक्षदर्शीलाई पनि उद्दार टोलीसँगै लैजान लागिएको उनले बताए।, हेलिकप्टरसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको करिब २२ जनाको टोली परिचालन गरिन लागिएको प्रजिअ थापाले बताए।, प्रहरीले हिमपहिरोमै परेको हुन् कि अन्य कुनै घटना भएको हो भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेको छ। ,
हेलिकप्टर परिचालन गरी मुगु हिमपहिरोमा परेकाहरूको खोजी गरिँदै |
रासस तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन्। , आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो। हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। , प्रसारण लाइन निर्माणका लागि ९४ टावर जडान गरिनेछ। त्यसमध्ये आठ टावरको जग संरक्षण सम्पन्न भएको छ। एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण र छ स्थानमा जग्गा हाल्ने काम भइरहेको उनले बताए। त्यस्तै शून्य दशमवलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ।, प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ। प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना० जग्गा अधिग्रहण गरिनेछ। तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ। , आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन ९प्रालि नेपाल जेभीले गरिरहेको छ। जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्य भइरहेका छन्।, पाँच सय ३८ दशमलव पाँच मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२ दशमलव पाँच मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी (ब्रेक थ्रु) कङ्क्रिट लाइनिङको काम भइरहेको छ।, प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ। विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ कार्य गरिरहेको छ। टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ। पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ्क निर्माण कार्य जारी रहेको छ। एक हजार ४५६ मिटर मुख्य सुरुङमध्ये सात सय ९० मिटर खन्ने कार्य सम्पन्न भएको छ।, आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।,
तनहुँ जलविद्युत् आयोजनाः धमाधम टावर जडान गरिँदै |
रासस च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन्। , हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।, यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ।, हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताए।, स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टर सहित उद्धारकर्मी पठाएको हो। , मुगुको कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते सङ्कलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीय अवैध बाटो भएर पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ। , पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की ९४००, पुन्न सार्की ९३५० र वीर बोहरा ९३५० बेपत्ता भएको जनाइएको छ। ,
मुगु हिमपहिरोः हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान |
सेतोपाटी संवाददाता भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि भैरहवामै फर्काइएको छ। सोमबार बिहान ९:४० मा चालक दलसहित ८१ जना यात्रु लिएर उडेको श्री एयरलाइन्सको ९ एनए एनई जहाज उडेको १० मिनेटमै फर्किएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरको इन्डिकेसनमा समस्या देखिएपछि भैरहवा नै फर्काएर अवतरण गराइएको जानकारी दिए।, भैरहवादेखि उडेको केही समयमै फर्काएर उक्त जहाजलाई सकुशल अवतरण गराइएको रावतले जानकारी दिए।, ‘जहाज उडेको निश्चित समयभित्र पांग्राहरू भित्र जानुपर्ने हुन्छ, श्री एयरलाइन्सको जहाजमा पांग्रा भित्र नगएपछि भैरहवामै फर्काएर सकुशल अवतरण गराइएको हो। अहिले सबै सामान्य अवस्थामा छ यात्रुहरू पनि सबै सकुशल हुनुहुन्छ,’ उनले भने।, जहाजलाई आकस्मिक अवतरण गराइएकाले केही समय रन वे अवरूद्ध भएको भए पनि अहिले रनवे खाली गराइसकिएको रावतले बताए।, आकस्मिक अवतरण गरेको जहाज केही समय रनवेमै रहँदा काठमाडौंबाट आएको यति एयरलाइन्सको जहाज काठमाडौं फर्किएको थियो। अहिले भने विमानस्थलको सबै अवस्था सामान्य भएको र जहाजहरूको नियमित उडान र अवतरण सुरू भएको उनले बताए।,
भैरहवाबाट उडेको श्री एयरको जहाज रनवेमा फर्कियो, यतिको जहाज ल्यान्ड हुन नसकेर काठमाडौं गयो |
मनिका विश्वकर्मा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका कथाः, गत साताको मंगलबार काठमाडौंमा 'अन्तर्राष्ट्रिय गृहश्रमिक सम्मेलन' भएको थियो। सम्मेलनमा विश्वका २९ देशका गृहश्रमिकहरू सहभागी थिए।, यहाँ 'गृहश्रमिक' शब्दले आफ्नै घरमा बसेर आयआर्जनका लागि काम गर्ने व्यक्ति बुझाउँछ, अंग्रेजी भाषामा 'होमबेस्ड वर्कर'।, यीमध्ये एक थिइन् दक्षिण अमेरिकी मुलुक चिलीकी ६५ वर्षीया तातियाना रोजास। पहिलो पटक नेपाल आएकी तातियाना 'बाइसेक्सुअल वुमन' अर्थात द्वयलिंगी महिला हुन्।, महिला र पुरूष दुवै लिंगीप्रति भावनात्मक, मानसिक, शारीरिक तथा प्रणयात्मक रूपले आकर्षित हुनु नै द्वयलिंगी अर्थात बाइसेक्सुअल हुनु हो।, तातियाना लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजिबिटिक्युआइए-प्लस) समुदायको नेतृत्व गरेर सम्मेलनमा सहभागी हुन आएकी थिइन्। सम्मेलनमा यो समुदायले घरमै उत्पादन गरेका सामान प्रदर्शनी र बिक्रीमा राखिएको थियो।, 'म यो समुदायका गृहश्रमिक व्यक्तिहरूले गरेको उत्पादनको बजार व्यवस्थाका लागि मद्दत गर्छु,' उनले भनिन्, 'बजार व्यवस्थापनको काममा यही समुदायका व्यक्तिहरूलाई लगाएकी छु।', चिलीमा उनले आफ्नै पहलमा सन् २०१३ मा यो समुदायको मजदुर युनियन पनि खोलेकी छन्। 'कोट्राडो अलेक' नामक यो युनियनको नेतृत्व उनैले गर्छिन्। यो समुदायका व्यक्तिहरूका लागि सिपमूलक तालिम र रोजगारी प्रवर्द्धन गर्नुका साथै मजदुरहरूको अधिकारको वकालत गर्नु युनियनको मुख्य काम हो।, 'युनियनले लैंगिक तथा अल्पसंख्यक समुदायको हक-अधिकारका लागि आवाज उठाउँछ र उनीहरूले उत्पादन गरेका सामग्री बिक्री गर्न बजार व्यवस्थापनको काम गर्छ,' उनले जानकारी दिइन्।, उनीहरूले गहना, लुगा, धागो, गुडिया, मास्क र यस्तै अन्य केही सामान उत्पादन गर्दै आएका छन्।, युनियनले गृहश्रमिक महिलाहरूको रोजगारीका लागि पनि पहल गर्छ। प्राथमिकतामा भने लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरू नै पर्छन्।, 'युनियन स्थापना हुँदासम्म पनि यो समुदायका व्यक्तिहरू आफ्नो लैंगिक तथा यौनिक पहिचान खुलाउन चाहँदैन थिए,' तातियानाले भनिन्, 'युनियनमा सदस्य हुने व्यक्ति भेट्नै मुश्किल थियो। मैले चेतनामूलक कार्यक्रमहरू चलाउन थालेँ। तैपनि मान्छेहरू पहिचान खुलाउन असहज मान्थे।', कोट्राडो अलेकअघि सन् १९९१ मा 'मम्स जेन्डर डाइभर्सिटी मुभमेन्ट' स्थापना भएको थियो। यसले लैंगिक तथा अल्पसंख्यक समुदायकै अधिकारका लागि काम गर्छ। यी दुई संस्थाले हाल सहकार्यमा काम गर्छन्।, तातियाना आफैंले पनि धेरै वर्षसम्म आफ्नो लैंगिक तथा यौनिक पहिचान लुकाएकी थिइन्। मम्स जेन्डर डाइभर्सिटी मुभमेन्टपछि नै खुलाएकी हुन्। त्यो बेला उनी करिब ३५ वर्षकी थिइन्। उनले आफूलाई बाइसेक्सुअल (द्वयलिंगी) महिला भनेर चिनाइन्। यसपछि आफ्नो समुदायको हकहितका लागि कम्मर कसेर अघि बढिन्। त्यसअघि उनी महिला तथा बालबालिकाको हक-अधिकारका लागि काम गर्थिन्। , 'मान्छे महिला र पुरूष मात्र हुन्छ भन्ने हुँदैन, फरक पनि हुन सक्छ,' उनले भनिन्, 'म केटी जन्मेकी हुँ। हुर्कने क्रममा मलाई केटा मनपर्थ्यो। पछि केटी नै मनपर्न थाल्यो। यसपछि पहिचान पहिल्याउन थालेकी थिएँ।' , आफ्नो पहिचान सार्वजनिक गरेपछि तातियाना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हक-अधिकारको आन्दोलन र अभियानमा सहभागी भइन्। अरूलाई पनि पहिचान खुलाउन प्रेरित गरिरहिन्। बिस्तारै उनको प्रयास सार्थक हुँदै गयो। यो समुदायका गृहश्रमिकहरू आफ्नो पहिचान खुलाउँदै युनियनमा जोडिने क्रम सुरू भयो। सदस्य संख्या बढ्न थाल्यो।, 'म अनेक कार्यस्थलहरूमा पुग्दै यो समुदायका व्यक्तिहरू खोज्थेँ,' उनले भनिन्।, उनले भेटेका व्यक्तिहरू आफ्नै घरमा सिलाइबुनाइ र सिपमूलक अरू काम गर्थे। उनीहरूलाई तातियानाले युनियनमा ल्याइन्। हाल युनियनमा ५० जनाभन्दा बढी आबद्ध छन्। कोट्राडो अलेक अहिले समलिंगी, द्वयलिंगी र पारलैंगिक व्यक्तिहरूको संस्थाका रूपमा परिचित छ।, युनियनमा जोडिएर पनि सुरूमा पहिचान खुलाउन असहज मानेका व्यक्तिहरू बिस्तारै खुल्दै गए। आजकाल विदेशका कार्यक्रममा पनि आफ्नो पहिचानसहित सहभागी हुन्छन्। सडकमा जम्मा भएर आन्दोलन गर्न, आफ्नो आवाज सुनाउन र सरकारसँग माग राख्छन्। आफ्ना उत्पादन बेच्ने बजार पनि पाएका छन्।, 'अहिले स्वतन्त्रता बढेको छ। आफ्नो आवाज सुनिने ठाउँ छ,' तातियाना भन्छिन्, 'पहिले पहिचान लुकाउन चाहनेहरू अहिले खुलेर बोल्न र हिँड्न थालेका छन्।', चिली सरकारले उनीहरूको आवाज थोरै भए पनि सुनेको छ। रोजगारीमा आरक्षण दिन कानुन बनाएको छ। हाल यस्तो आरक्षण पारलैंगिकका लागि मात्र छ। कोट्राडो अलेकले पारलैंगिकसँगै समलिंगी, द्वयलिंगी, अन्तरलिंगी लगायत सिंगो लैंगिक तथा अल्पसंख्यक समुदायका लागि आरक्षण व्यवस्था गर्न माग गर्दै आएको छ। , युनियनले सरकारी निकायहरूसँग समन्वय गरिरहेको पनि तातियानाले बताइन्।, उनका अनुसार यो समुदायका व्यक्तिलाई रोजगारी दिने संघसंस्थाले अझै पनि उनीहरूको क्षमताको सम्मान गर्न सकेका छैनन्। यस्ता व्यक्तिहरूलाई रोजगारी दिने संस्थाको संख्या बढेको छ तर व्यवहारमा अपेक्षित सुधार भएको छैन। अवसर बढेसँगै विभेद र हिंसा पनि बढ्दै छ।, 'हाम्रो देश (चिली) मा पारलैंगिकका लागि आरक्षण भए पनि कार्यान्वयनमा अझै समस्या छ,' तातियाना भन्छिन्, 'पहिचान खुलेपछि विभेद र हिंसा बढ्ने गरेको छ। कसैलाई त ज्यान मार्ने धम्की पनि आउँछ।', त्यसैले युनियनमार्फत यो समुदायको सुरक्षा, थप अवसर र न्यायका लागि आवाज उठाउने काम पनि भइरहेको छ। युनियनको सक्रियताले यो समुदायका व्यक्तिहरू समाजका हिस्सा हुन्, उनीहरूको अस्तित्व पनि सबैसरह हो भन्ने मान्यता विकास र विस्तार हुँदैछ।, तातियाना आफ्नो समुदायको हक-अधिकारको आवाज सशक्त बनाउन समुदायकै व्यक्तिहरूको सहभागिता बढाउन चाहन्छिन्। , युनियनले सरकारी निकाय, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र केही सहयोगी संस्थाहरूसँग मिलेर काम गर्छ। सन् २०१६ मा भएको आइएलओ सम्मेलनमा तातियानाले यो समुदायको हक-अधिकार र रोजगारीका लागि प्रस्ताव राखेकी थिइन्। गृहश्रमिकको उचित पारिश्रमिक, दुर्घटना बिमा, स्वास्थ्य बिमा र आफ्नो समुदायका व्यक्तिको रोजगारी उनले उठाएका मुख्य विषय थिए।, आइएलओसँगको सहकार्यमा युनियनले सन् २०१९ मा वर्षभरि यो समुदायका कथा सुनायो। कथासम्बन्धी डकुमेन्ट्रीहरू देखायो। , 'हामीले गृहश्रमिकका रूपमा काम गर्ने यो समुदायका व्यक्तिका जीवनकथा प्रस्तुत गर्यौं,' तातियानाले भनिन्, 'उनीहरूको अवस्था, उनीहरूले उत्पादन गरेका सामान र बजार व्यवस्थापनका कथा प्रस्तुत गर्यौं।' , उक्त कार्यक्रमले निकै सकारात्मक परिणाम दियो। चिली सरकारले यो समुदायको यथार्थ अवस्था थाहा पायो। यसले मागहरू सम्बोधन हुने वातावरण बनायो। दुई वर्षअघि चिली सरकारले समलिंगी बिहेलाई कानुनी मान्यता दियो।, आजकाल युनियनले शिक्षा र स्वास्थ्यमा जोड दिएर काम गरिरहेको छ।, तातियाना भन्छिन्, 'हामी सरकारी निकायसँग समन्वय गरेर काम गर्दैछौं। हाम्रो समुदायका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, बिहे, रोजगारी र न्याय हाम्रो प्राथमिकताको क्षेत्र हो।', युनियनले समुदायको हक-अधिकारका लागि वकिलहरूसँग पनि मिलेर काम गर्छ। युनियन संविधानमा केही सुधार हुनुपर्छ भन्ने पक्षमा छ। चिलीको संविधानमा यो समुदायको हकहितमा असर पर्ने केही कुरा छन् र त्यसमका सुधार हुनुपर्छ भन्ने युनियनको निष्कर्ष हो।, तातियानाले नेपाल र चिलीका लैंगिक तथा अल्पसंख्यक समुदायको अवस्थाको तुलना पनि गरेकी छन्। चिलीमा यो समुदायका व्यक्ति नेपालमा भन्दा अलिक बढी स्वतन्त्र भएको उनी बताउँछिन्। कोट्राडो अलेकमार्फत आन्दोलन र अभियानहरू सक्रिय हुँदा यो समुदायको पहिचानको अवस्था फराकिलो भएको उनले बताइन्।, 'हाम्रो समयमा धेरै परिवर्तन आएको छ। अहिले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको व्यक्ति पन्ध्र वर्षकै उमेरमा आफ्नो पहिचान खुलाएर बोल्न सक्ने भएको छ,' उनी भन्छिन्।, तातियानालाई यस्ता धेरै व्यक्तिहरूलाई बाहिर ल्याउनु छ। उनीहरूको पहिचान, हक-अधिकार र रोजगारीका लागि संघर्ष गर्नु छ। उनीहरूलाई राजनीति र नीति निर्माणका क्षेत्रमा पनि पुर्याउनु छ!,
आफ्नो समुदायले बनाएको सामानको बजार खोज्दै नेपाल आइपुगिन् चिलीकी तातियाना |
सेतोपाटी संवाददाता पोखरामा परराष्ट्र मन्त्रालयमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्। , सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए। , उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन्। , उनको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।,
,
बेगनास तालमा मृत भेटिए परराष्ट्रका नासु |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले दर्ज्यानी चिन्ह पाएका छन्। , उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपी पदमा बढुवा भएका २० जनाले दर्ज्यानी चिन्ह पाएका हुन्। , सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। , विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासीनी र दीप शम्शेर जवराले चिन्ह पाएका हुन्। , यस्तै वेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनले पनि चिन्ह पाएका छन्।, प्राविधिकतर्फका एसएसपी डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्तले पनि दर्ज्यानी चिन्ह लगाएका छन्। , निर्णयबाट पदोन्नति भएकी एसएसपी गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छिन्।,
,
बढुवा भएका २० जना एसएसपीले पाए दर्ज्यानी चिन्ह |
सविता बुढा असारको झरीमा घरको छानो चुहिने भयो। विदामा घर आएका थिए प्रहरी सहायक हल्वदार मोहनसिंह कुँवर। बर्खा लागिसकेकाले लामो समयलाई हुने गरि छानो टाल्न भ्याइएन। कुँवरले घरलाई ओत दिन छानामा त्रिपाल हाले।, उनी छानो हाल्ने काम सकिएपछि गोरखा हिँडे। उनलाई गोरखा प्रहरीमा ड्युटी खटाइएको थियो। , त्यो दिन उनी अफिस पुगेनन्। न घर फर्किए। आजसम्म उनी बेपत्ता छन्।, घरमा तीन छोरी र श्रीमती मोहनको खबर पर्खेर बसेका छन्। उता प्रहरी संगठनले पनि उनको पत्तो पाएको छैन।, २०६७ सालमा नेपाल प्रहरीमा भर्ती भएका कञ्चनपुरका मोहनको २०७५ मा गोरखास्थित इलाका प्रहरी कार्यालय मनकामना मातहतको सामागाउँ प्रहरी चौकीमा सरूवा भएको थियो।, ०७६ चैतदेखि कोरोना भाइरसको माहामारी फैलिएर केही सहज भएपछि परिवार भेट्न मोहन विदामा आएका थिए। २०७७ सालको चैत ३० गते ससुराली घर धनगढी पुगेर दुई महिना विदामा बसे। बीचमा कार्यालयबाट फोन आए पनि लकडाउनका कारण गाडी नपाएर उनी गोरखा जान सकेका थिएनन्।, हाजिर हुन जाने क्रममा उनी बेपत्ता भएको देखिन्छ। २०७७ चैतमा घर आएका मोहन लकडाउनका कारण समयमै कार्यक्षेत्र फर्कन नसकेको प्रहरी रिपोर्टमा उल्लेख छ।, २०७८ को जेठ अन्तिममा परिवारसँग बिदा भएर कार्यक्षेत्र हाजिर हुन गोरखा जान हिडेका कुँवर असार १ गतेदेखि सम्पर्कविहीन भएका थिए।, त्यसदिन गाडी नपाइएपछि कैलालीको अत्तरियाबाट काठमाडौं जादै गरेको एम्बुलेन्समा बसेर मुग्लिनसम्म पुगेको कुरा मोहनले श्रीमती शोभालाई फोनबाट जानकारी गराएका थिए। गोरखाको खोर्लावेसीसम्म पुगेर मोहनले शोभालाई मुसलधारे वर्षाका कारण एक रात त्यतै होटलमा बस्ने भनेका थिए।, ‘एक गते बिहान मलाई पानी परेर खोर्लावेसी भन्ने ठाउँमा बसेको छु, अब यहाँबाट हिँडेर जाने बाटो छ, हिँडेर जान्छु, बच्चाहरूलाई राम्ररी खुवाउँनु भन्नुभयो, त्यसपछि कुरा भएन,’ शोभाले भनिन्।, शोभाका लागि त्यो नै मोहनको अन्तिम फोन थियो।, मोहन हराएको पाँच दिनपछि असार ६ गते आइतबार सामागाउँ प्रहरी चौकीका प्रमुखले उनी कार्यक्षेत्र नपुगेको भन्दै शोभालाई जानकारी गराएका थिए। शोभा आफन्तको सहयोगमा गोरखा पुगिन्।, जिल्ला प्रहरी कार्यालयमा घटनाबारे छलफल भयो। प्रहरीले मोहन जाँदै गरेको बाटोमा निकै ठूलो पहिरो खसेको कुरा सुनाए। प्रहरीको कुरा सुनेर शाेभा भावविह्वल भइन्। पहिरो गएको ठाउँसम्म जान खाेज्दा प्रहरीले केही फाइदा नहुने बताएपछि शाेभाले अब के गर्ने भन्नेबारे साेच्नै सकिनन्। , सम्पर्कविहीन भएका मोहनको खोजीका लागि जिल्ला प्रहरी कार्यलय गोरखाले असार ७ गते कागज बनाएको शोभाको भनाई छ।, ‘सुरूमा खोजी भएन, ६ गते मैले थाहा पाएँ, उताबाट घर फर्कियो कि भनेर सोधेँ, मैले सामान लिएर गएको मान्छे किन फर्किनु भनेपछि हल्लाखल्ला भयो, त्यसपछि मात्रै खोजी गर्ने भन्ने भयो,’ उनले भनिन्।, त्यसपछि पाँचजनाको प्रहरी टोलीले मोहनको यात्रा विवरण खोजेको थियो। मोहनको टेलिफोनको अन्तिम कल उनी कार्यरत चौकीका प्रमुखसित भएको देखिएको शोभाको भनाइ छ।, शोभाका अनुसार प्रहरीका ती कर्मचारीले मोहनलाई पानी परिरहेकाले जोखिम होला नआउन भनेको बताएको थिए । मोहनले १० बर्ष जागिर गर्दा यस्तै बाटो हिँडिएकै हो भन्दै आउँछु भनेछन्। असार १४ गते कुकुरसहितको टोलीले पहिरो खसेको ठाउँमा खोजी गरेपनि मोहनको कुनै पत्ता लागेन।, ‘प्रहरीले कुकुर सुघाए, केही पनि कोट्याएन भन्यो, त्यही हो खोजी कार्य, उहाँहरूले लास भेटिएको छैन कसरी मृत घोषणा गर्ने भन्छन्, तलव पनि रोकीएको छ,’ उनले भनिन्।, त्यही बाटोमा पहिरोमा परेर मोहन बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान मात्रै छ। वास्तविकता खोज्ने प्रयास प्रहरीले गरेको छैन। १० बर्ष सेवा गरेको प्रहरी विभागले आफ्नो कर्मचारी हराउँदा पनि चासो नदिएको शोभाको आरोप छ।, ‘उहाँहरूले खोजी नै गर्नुभएन, जिउँदो या मरेपनि पत्ता लागउनुपर्यो, आफ्नो कर्मचारीलाई यत्रो वर्षसम्म खोज्न नसक्ने कस्तो हो प्रहरी?’ उनले प्रश्न गरिन्।, जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेका अनुसार मोहन त्यो दिन गोरखा बजार पुगेको, त्यहाँ प्रहरी सँग भित्रकै साथीहरुसित भेटेको, पानी परेकाले साथीहरूले मोटरसाइकलमा बाटोसम्म पुर्याएको खुलेको छ।, 'भेटिए त हुने, केही पनि फेला परेको छैन। मरेको भए शव भेटिएको छैन ज्युँदो रहेछ भने पनि फेला परेको छैन। आम नागरिकले अनुमान गर्न मिल्छ तर हामीले तथ्य फेला नपारेसम्म केही भन्न मिल्दैन,' लामिछानेले भने। , मोहन बेपत्ता भएको बारे प्रहरीले एउटा फायल बनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले उपल्लो कार्यालयसँग पनि राय मागेको छ। कानुनले नै १२ बर्षसम्म फेला नपरे मृत भन्न नसकिने अवस्था रहेको उनी बताउँछन्। , 'ऐन बाहिर जाने अवस्था नरहेकाले परिवारलाई के भन्ने अन्योल छ,' उनले भने।, बेपत्ता भए खोजी हुनुपर्ने वा मृत हो भने सोही अनुसार प्रहरी संगठनबाट सहायता पाउनुपर्ने परिवारले माग गरिरहेको छ।, उजुरी दिन गए कैलाली प्रहरीले गोरखाले खोज्छ भन्छ। कसैले १२ वर्ष फेला नपरे बल्ल मृत मानिने भन्छन्। त्यसपछि मात्रै शोभा र उनका छोरीले सरकारी सहयोग पाउने बताइन्छ। कानुनमा खास के लेखिएको छ त्यो थाहा नपाएकी शोभालाई भने हरेक दिन कष्ट छ।, तीन बर्षदेखिको चुहिन थालेको छाना अब झनै बिग्रेको छ। मोहन जाँदा १६ महिनाकी कान्छी छोरी अब स्कुल जाने उमेरकी भएकी छन्। छोरीलाई स्कुलमा पढाउन शोभासँग पैसा छैन।, ‘एकछोरी २ कक्षामा, अर्की एक कक्षामा र एउटी अब स्कुल जाने भएकी छ, नगरपालिकालाई कापीकलमका लागि कुरा गरेकी छु, ’ उनले भनिन्।, छिमेकी दुई घरमा झाडुपोछा गरी शाेभाले आफ्नो पेट र तीन छोरी पालेकी छन्। एक घरमा काम गरेर महिनामा तीन हजार पाँच सय आम्दानी हुने उनी बताउँछिन्। , एउटा छोरी बिरामी भएपछि शोभाको जीवनमा थप बज्रपात आइलागेको छ। पायल्स जस्तै लक्षण भएको रोग लागेर आन्द्रा नै बाहिर निस्केपछि केही दिन अघिमात्रै उनले छोरीलाई सेती अस्पताल लगेकी थिइन्। , सेतीमा उपचार नहुने बताउँदै डाक्टरले नेपालगन्ज वा काठमाडौं लैजान सुझाएका छन्। शोभासँग गाडीभाडा पनि छैन। कुनै संघसंस्थाले सहयोग गरिदेलान् कि भन्ने आशमा छिन्।, उता ससुरा बिरामी परेर पाँच दिन अस्पतालमा राखेर घर लगिएको कुरा फोनबाट शोभाले थाहा पाएकी छन्। 'भेट्न जाने अवस्था छैन। मर्नुअघि बुबाले छोरीको मुख हेर्न चाहेका छन् रे,' उनले भनिन्। ,
प्रहरीमा ड्युटी गर्न हिँडेका श्रीमानको खबर पर्खेर बसेकी शोभा |
सेतोपाटी संवाददाता कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा भएको छ।, सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेका हुन्।, सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न जाँदा उनका आफन्तले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।, सोमबार बिहान ४ बजेतिर प्रहरी उनलाई पक्राउ गर्न गाउँमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले जानकारी दिए।, ‘स्थानीयले प्रहरीमाथि ढुंगा हानेका छन्, आरोपित हत्कडीसहित फरार भएका छन्,’ उनले भने, ‘जिल्ला सदरमुकामबाट ४ घण्टा गाडीमा गएर पनि ६ घण्टा हिँड्नुपर्ने ठाउँ हो, भागेकालाई खोज्न समय लाग्ने भएको छ।’, उनका अनुसार घाइते प्रहरीको उद्धार र फरारलाई खोजी गर्न जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थल गएको छ। आरोपित बुढालाई प्रहरीले भेटाएर हत्कडी लगाई सदरमुकामतर्फ ल्याउँदै गर्दा आफन्तले ढुंगामुढा गरेका थिए।, गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँतामा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाबाट पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।, एसएसपी काफ्लेले घाइतेहरूको अवस्था सामान्य भएको बताए।, बुढाले २०७९ असोज ३१ गते स्थानीय दलित महिलामाथि बलात्कार गरेको आरोप छ। कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले किटानी जाहेरी दिएको थियो।,
बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि ढुंगामुढा, हत्कडीसहित भागे आरोपित |
सेतोपाटी संवाददाता बझाङमा हिमपहिरोले परिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ। , सुर्मा गाउँपालिका– १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको शव फेला परेको प्रहरीले जनाएको हो।, यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा उनी वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी थिइन्।, बेपत्ता भएको दिनदेखि नै स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजिकार्य गरेकोमा सोमबार बिहान मात्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।,
,
बझाङ हिमपहिरो: बेपत्ता महिलाको शव फेला |
सेतोपाटी संवाददाता दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ। , गत १९ गते व्यास गाउँपालिकामा गएको हिमपहिरोमा पुरिएकी एक महिलाको शव सोमबार फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , डोटी जोरायल गाउँपालिका-२ की २८ वर्षीया इश्वरी थापाको शव फेला परेको हो। , सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरूबाट गएको टोलीले उक्त शव फेला पारेको हो। यसअघि अन्य तीन जनाको शव फेला परेको थियो। , उनीहरू यार्सागुम्बा टिप्न गएका थिए। हिमपहिरो आएपछि उनीहरू बेपत्ता भएका थिए। , अझै एक जना महिला बेपत्ता छिन्। उनको पनि खोजी भइरहेको डिएसपी थापाले बताए। , ,
दार्चुला हिमपहिरोमा बेपत्ता थप एक जनाको शव फेला |
रासस कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ। सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो।, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले संयुक्त रूपमा अनलाइन सेवाको शुभारम्भ गरेका हुन्। , सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन्।, हाल कनेक्ट आइपीएस र इ सेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत ईन्जिनियर सूर्य तिमिल्सिनाले जानकारी दिए।, स्थानीय तह भुक्तानी विकल्पमा गएर अन्नपूर्ण गाउँपालिका छनौट गरी सिधै भुक्तानीसमेत गर्न सकिने ई तिमिल्सिनाले बताए। , अन्नपूर्ण गाउँपालिका अध्यक्ष के।सीले प्रविधिको युग भएकाले त्यसैअनुसार आफूहरू अगाडि बढिरहेको बताए। प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उनको भनाइ थियो।, यसअघि नै गाउँपालिकाले क्यू–आर कोडमार्फत भुक्तानी लिएर बिल काट्न सुरु गरेको थियो।, यसका लागि पालिकाको कार्यालय जानैपर्थ्यो। अब भने त्यो बाध्यता हटेको छ। हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ३५ सयभन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन्।,
अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा |
सेतोपाटी संवाददाता टुकुचा पुनर्स्थापनाका लागि काठमाडौं महानगरपालिकाले टुकुचा क्षेत्रको लगत कट्टा गर्न आग्रह गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ। , उच्च अदालत पाटनले माघ १० गते दिएको आदेशपछि महानगरका प्रमुख बालेन शाहले सोमबार मन्त्रालयलाई टुकुचा क्षेत्रको लगत कट्टा गर्न माग गर्दै पत्राचार गरेको महानगरका सूचना अधिकारी बसन्त आचार्याले जानकारी दिए। , ‘टुकुचा खोला तथा सोको क्षेत्राधिकार भित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिन्छ। टुकुचा खोलाको क्षेत्राधिकारभित्र पर्ने जग्गामा निजी तवरमा निर्मित भौतिक संरचना समेत स्वतः अवैध हुन जाने देखिन्छ’, पत्रमा भनिएको छ। , हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटीवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको हुँदा व्यक्तिको नाममा दर्ता रहेको उक्त क्षेत्रको लगत कट्टा गर्न आग्रह गरेको छ।, उच्च अदालतले भूमिगत टुकुचालाई जोगाउने कि नजोगाउने निर्णय स्थानीय र केन्द्र सरकारका विभिन्न निकाय मिलेर गर्नुपर्ने भन्दै फैसला गरेको थियो। यसबारे सम्बन्धित क्षेत्रका विज्ञहरूलाई संलग्न गराएर अध्ययन गर्न र त्यसै आधारमा योजना बनाएर काम गर्न पनि अदालतले ध्यानाकर्षण गराएको थियो।, टुकुचालाई प्राकृतिक स्वरूपमा ल्याउन आवश्यक छ कि छैन? आवश्यक भए एक शताब्दीअगावै निर्माण भएको पुरातात्विक महत्वको संरचना के कसरी संरक्षण गर्न सकिन्छ? भूमिगत संरचना निर्माण गरिएपछि खोलामाथिको जमिन व्यक्तिका नाउँमा कसरी दर्ता भएका हुन्? टुकुचालाई प्राकृतिक स्वरूपमा ल्याउने भए स्वामित्ववालाहरूको सम्पत्तिको हक कसरी संरक्षण गर्न सकिन्छ? यस्तो कार्यमा हुने लगानी र प्रतिफलको अवस्था के हुन्छ? यस्ता विषयमा अध्ययन गर्न पनि उच्च अदालतले भनेको थियो।, महानगरपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, वातावरणविद् लगायतका विज्ञको सहभागिता र संलग्नतामा अध्ययन गरी त्यसको निष्कर्ष र सुझावका आधारमा उपयुक्त योजना तर्जुमा गर्नुपर्ने अदालतले उल्लेख गरेको थियो।, काठमाडौं महानगरले हात्तीसारस्थित जयनेपाल हलबाट काठमाडौं प्लाजासम्म भूमिगत रूपमा बग्ने टुकुचा उत्खनन् गर्न भदौ २८ देखि डोजर चलाउन थालेको थियो। यस क्रममा १३० वर्षअघि राणाकालमा निर्माण भएको भूमिगत सुरूङ खोतल्न त्यसमाथि बनेका केही निजी घर तथा संरचना भत्काइएका थिए।, महानगरले त्यति बेला टुकुचा खोला सार्वजनिक सम्पत्ति भएकाले त्यसमाथिको जमिन पनि सार्वजनिक भएको व्याख्या गर्दै सातदिने सूचना जारी गरेर डोजर चलाएको थियो। त्यसपछि हात्तीसारका २१ जना घरधनी उच्च अदालत पाटन गएका थिए।आफूले वर्षौं वर्ष जग्गा भोगचलन गर्दै आएको, सरकारी निकायमै गएर दर्ता गरेको, तिरो तिरेको र महानगरबाट नक्सापास गरेर नै घर बनाएको उनीहरूको जिकिर थियो।, आफ्नो व्यक्तिगत घरजग्गामा डोजर लगाउने महानगरको काम रोक्न निषेधाज्ञा जारी हुनुपर्ने रिट निवेदकहरूले माग गरेका थिए। त्यसको केही दिनमै अदालतले अन्तरिम आदेशबाट महानगरको अभियान रोकेको थियो।, यो पनिः, पाँच किलोमिटर लामो टुकुचा खोला कहाँ कति अतिक्रमण?, टुकुचा सुरूङमाथिको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?, काठमाडौं महानगरलाई नापी विभागको जवाफ- नक्सामै नभएको टुकुचाको रेखांकन गर्न मिल्दैन, , ,
उच्चको आदेशपछि महानगरले गर्यो भूमि मन्त्रालयमा पत्राचार- टुकुचा क्षेत्रको लगत कट्टा गरिदिनू |
सेतोपाटी संवाददाता गत वैशाख १७ गते अपराह्न ३ बजे बैतडी पाटन नगरपालिका-६ मा एक व्यक्तिको टाउको प्रहरीले भेटाएको थियो। घटना भएको ८ दिन बितिसक्दासम्म समेत प्रहरीले शरीरका अन्य भाग भने भेटाउन सकेको छैन। बाँकी भागको खोजी भइरहेको प्रहरीले बताएको छ।, पाटन बजारको श्री कृष्ण माध्यमिक विद्यालय हुँदै पारी पाटन जाने सडकको बायाँतर्फ भेटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए।, ‘स्थानीयले सडकमा हिँड्दै गर्दा देखेपछि प्रहरी पुगेको थियो, टाउको सडिसक्न लाग्दा भेटिएको थियो। हेर्दा छुट्टाउन सक्ने अवस्था थिएन,ʼ प्रहरी निरीक्षक चौधरीले भने।, प्रहरीका अनुसार टाउको सडेकाले हल्का सेतो कपाल मात्र देखिन्थ्यो। दुर्गन्ध आइसकेको थियो। लगभग बाहिरी भाग गलिसकेको अवस्थामा फेला परेको प्रहरीले बताए।, उक्त टाउको भेटिएको नजिकै गिट्टीको थुप्रो थियो। त्यही कारण शरीरका अन्य भाग छन् कि भनेर खोजी कार्य भयो। तर केही भेटिएन। , ‘उक्त गिट्टीको थुप्रोलाई एक ठाउँबाट अर्को स्थानमा सारेर हेर्यौं। त्यो सामग्री ल्याउने ठाउँमा सोधपुछ भइरहेको छ। साथै गाउँ वरिपरि र आसपासका जिल्लामा कोही व्यक्ति हराएको छन् कि भनेर गोप्य रूपमा अनुसन्धान भइरहेको छ,ʼ प्रहरी निरीक्षक चौधरीले भने।, टाउको भेटिएकै दिन जिल्ला अस्पताल बैतडीले परीक्षणको लागि पठाइएको थियो। अहिलेसम्म रिपोर्ट आएको छैन। रिपोर्ट आएपछि सूचना जारी गरी खोजी कार्य तीव्र बनाउने बैतडी जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी बताउँछन्।, ‘शरीरको अन्य भाग कतै गाडिएको छ कि भनेर अनुसन्धान भइरहेको छ,ʼ उनले भने।, अहिलेसम्म कतै ज्यानमात्र भेटिएको खबर प्राप्त भएको छैन। त्यसैले डिएनए परीक्षणको रिपोर्ट कुरिरहेको उनले जानकारी दिए।, ‘अबको एक दुई दिनमा अस्पतालको रिपोर्ट आउँछ,ʼ उनले भने।, डिएनएको रिपोर्ट प्राप्त भए उक्त व्यक्तिको पहिचान खुल्ने प्रहरीको भनाइ छ।,
गिट्टीको थुप्रोमा टाउको भेटिएको व्यक्तिको ८ दिनसम्म पहिचान खुलेन, बाँकी भाग खोज्दै प्रहरी |
भगवती पाण्डे सत्र वर्षमा पूरा गर्ने भनिएको लुम्बिनी विकास गुरूयोजनाको काम ४५ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशत पूरा भएको छ।, जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे नेतृत्वको टिमले सन् १९७८ मा लुम्बिनी विकास गुरूयोजना तयार गरेको थियो। ६ वर्षमा तयार गरिएको लुम्बिनी गुरूयोजना अनुसारको काम सन् १९९५ सम्ममा पूरा गर्ने लक्ष्य थियो।, संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्त सन् १९६७ मा लुम्बिनी भ्रमण आउँदा बुद्ध जन्मस्थलको अवस्था दयनीय देखेपछि लुम्बिनीका लागि केही गर्ने अठोट लिएर फर्किएका थिए।, उनले तत्कालै नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरूयोजना’ बनाएर लुम्बिनीको विकासका लागि अघि बढ्न प्रस्ताव गरे।, उ थान्तको प्रस्तावलाई नेपाल सरकारले सहजै स्वीकार गरी गुरूयोजना बनाउने जिम्मा वास्तुविद् टांगेलाई दिएको थियो। सोहि अनुसार टांगेले गुरूयोजना बनाएर सरकारलाई दिएका थिए।, तर ४५ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशतमात्रै काम पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ।, सरकारको प्राथमिकतामा नपर्दा र लुम्बिनी विकास कोषले हरेक वर्ष संरचना थप गर्दै जाँदा गुरूयोजनाको लागत र समय पनि थपिँदै गएको छ।, सन् १९७८ मा लुम्बिनी गुरूयोजना बनेपछि त्यसको कार्यान्वयनको लागि सन् १९८५ (विक्रम सम्वत् २०४२) मा लुम्बिनी विकास कोष गठन भएपछि मात्र गुरूयोजनाको कार्यान्वयन सुरू भएको थियो। गुरूयोजनाको कामले भने आर्थिक वर्ष २०५५/५६ बाट मात्र गति लिएको हो।, त्यसपछि पनि सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन नगर्दा गुरूयोजनाको काम सुस्त रह्यो।, आर्थिक वर्ष २०७०/७१ देखि राष्ट्रिय गौरवको आयोजनामा राखेपछि बल्ल लुम्बिनी गुरूयोजनाको कामलाई प्राथमिकता दिएर बजेट छुट्टाउन थालेपछि कामले केही गति लिएको थियो। तर एकैपटक बजेट सुनिश्चितता नभएपछि लागत र समय थपिँदै गएको विकास कोषका योजना अधिकृत सरोज भट्टराई बताउँछन्।, गुरूयोजनाको काम सम्पन्न गर्न २०७८ सालमा सात अर्ब ३३ करोड रुपैयाँ बजेट सुनिश्चितताको लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयबाट पत्र प्राप्त भए पनि एकैपटक बजेट विनियोजन नहुँदा लागत थपिँदै गएको उनले बताए।, ‘२०७८ साउनमा गुरूयोजना सम्पन्न गर्न भनेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयबाट सात अर्ब ३३ करोड रुपैयाँ बजेट सुनिश्चितताको पत्र प्राप्त भएको थियो तर, त्यो बजेट एकैपटक विनियोजन नहुँदा बोलपत्र आह्वान गर्न सकिएन,’ भट्टराईले भने।, दुई वर्ष पहिले हुने र अब हुने कामको लागत स्टिमेट स्वतः थपिँदै जाने छ।, ‘अब बोलपत्र आह्वान गर्दा लागत बढेर ८ अर्ब हाराहारी पुग्न सक्छ, अहिले पनि बोलपत्र आह्वान गर्न नसकिए लागत अझै थपिँदै जान्छ,’ उनले भने।, सरकारले बजेटको सुनिश्चितता गरेको भने पनि त्यो अनुसारको बजेट पाउने आश्वासन नपाएपछि २०७८ साल असोजमा करिब ४ अर्बको बोलपत्र आह्वान गरी त्यही अनुसारका काम भइरहेको भट्टराईले बताए।, एकैपटक गर्दा सात अर्ब ३३ करोडमा गर्न सकिने काम तीन खण्डमा बाँडेर गर्दा लागत बढ्न गएको उनको दाबी छ।, अहिले करिब ४ अर्बको बोलपत्र आह्वान गरी सडक, नाली, पार्किङ, पार्क, गेट, फुटपाथ र सडकमा टायल लगाउने काम भइरहेको छ। त्यसको ४५ प्रतिशत काम सम्पन्न भएको छ।, अब दोस्रो प्याकेजअन्तर्गत विकास कोष भित्रको फोहोर मैला व्यवस्थापन, विकास कोष भित्रका नदी नियन्त्रण लगायतको कामको लागि बोलपत्र आह्वान गर्ने तयारीमा रहेको भट्टराईले बताए।, विकास कोषभित्र निर्माण गर्नुपर्ने केही भवन भने अन्तिम चरणमा निर्माण हुनेछन्।, गुरूयोजना अन्तर्गतको कामको लागि चालु आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँको काम भइरहे पनि आगामी वर्षको लागि भने सरकारले जम्मा ४५ करोडको काम गर्न सकिने भनेर बजेट सिलिङ समाप्त गर्न लागेको उनले बताए।, ‘आगामी वर्ष ४५ करोड रकममात्रै प्राप्त भयो भने गुरूयोजनाको काम स्वतः चार पाँच वर्ष लम्बिन्छ,’ उनले भने।, कुल एक हजार एक सय ५५ बिघा क्षेत्रफल जमिन ओगटेको लुम्बिनी विकास गुरूयोजनालाई एक एक वर्ग माइलमा पवित्र उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय बिहार र नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरिएको छ।, उत्तरतर्फ नयाँ लुम्बिनी ग्राम, मध्यभागमा अन्तर्राष्ट्रिय बिहार र दक्षिणमा पवित्र उद्यान क्षेत्र छ।, लुम्बिनीको सबैभन्दा महत्वपूर्ण भाग पवित्र उद्यान रहेको छ। यहाँ मायादेवीको मन्दिर, अशोक स्तम्भ, सिद्धार्थ गौतम जन्मिएपछि नुहाइदिएको पुष्करणी पोखरी, अशोककाल र पूर्व मौर्यकालका इँटाको संरचना, बुद्धकालसम्मका इँटाको बुट्टा, प्राचीन बौद्ध बिहारको भग्नावशेष लगायत छन्।, यहाँ रहेका पुरातात्विक संरचनाकै कारण लुम्बिनीलाई सन् १९९७ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो।, पवित्र उद्यान क्षेत्रमा लुम्बिनी गुरूयोजना अनुसारको चार पोखरी, विश्व सम्पदास्थल वरिपरिको ८० वर्गमिटर क्षेत्रमा हरियाली सहितका उद्यान निर्माण गरिएका छन्।, मध्यभागमा रहेको अन्तर्राष्ट्रिय बिहार क्षेत्रमा शान्तिद्विप, केन्द्रीय नहर र नहरको दुबैतर्फ विभिन्न मुलुकका विहार, गुम्बा, चैत्य तथा ध्यान केन्द्र निर्माण गरिएका छन्।, बौद्धमार्गी मुलुकहरूले लुम्बिनीमा आफ्नो देशको संस्कृति झल्किने खालका बिहार निर्माण गर्ने र त्यसका लागि विकास कोषले प्रत्येक देशलाई एउटा प्लट जग्गा उपलब्ध गराउने व्यवस्था छ। बिहार क्षेत्रभित्रको एउटा प्लट निश्चित रकम कोषलाई बुझाएर बौद्धमार्गी मुलुकले ९९ वर्षका लागि लिजमा लिन पाउँछन्।, स्केच।, विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार गुरूयोजनामा बौद्ध धर्म मान्ने ४२ देशका बिहार राख्ने योजना रहेकोमा हालसम्म ४१ वटा मुलुक लिइसकेका छन्। बाँकी एउटा प्लटमा बिहार निर्माणका लागि ४/५ वटा निवेदन आए पनि कसलाई दिने भन्ने निर्णय भइसकेको छैन। प्लट लिइसकेका कतिपय मुलुकले पनि बिहार निर्माण गरिसकेका छैनन्।, गुरूयोजनामै नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूका लागि गुम्बा, चैत्य, बिहार तथा ध्यान केन्द्र निर्माणका लागि जग्गा छुट्याइएको छ।, गत वर्षमात्रै निर्माण सम्पन्न गरिएको ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सभाहल लुम्बिनी संग्रहालय लगायतका संरचना पनि मध्यभागमै निर्माण गरिएका छन्।, गुरूयोजनाभित्र अन्तर्राष्ट्रिय सभाहल नभए पनि आवश्यकता महसुस गरी पछि थप गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।, गुरूयोजनाको उत्तरतर्फ छुट्याइएको लुम्बिनी ग्राममा विकास कोषको प्रशासनिक भवन, तीर्थयात्री सूचना केन्द्र, पुस्तकालय सहित होटलहरू निर्माण गरिएका छन्।, लुम्बिनी ग्राममा बैंक, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत निर्माण हुने यो क्षेत्रमा गुरूयोजना अनुसारका आधाभन्दा बढी काम भइसकेका छन्।, वरिपरि १६ किलोमिटर सुरक्षा पर्खालले घेरिएको लुम्बिनी गुरूयोजना क्षेत्रभित्र सडकमा सोलार लाइट जडान गरी विद्युतको व्यवस्थापन गरिएको छ।, गुरूयोजना भित्रका मुख्य र सहायक सडकमा झण्डै ६ सय सोलार लाइट जडान गरिएका छन्। त्यस्तै, ११ लाख लिटर क्षमताको भूमिगत तथा तीन लाख लिटर क्षमताको दुई वटा पानी ट्यांकीमार्फत् विकास कोषभित्र खानेपानीको व्यवस्था गरिएको छ।, विकास कोषका सदस्यसचिव शाक्यले सरकारले बाँकी रहेको कामको लागि बजेट विनियोजन गर्ने र निर्माणमा कुनै अवरोध नपरे २०८१ सालभित्र समग्र लुम्बिनी गुरूयोजना पूरा हुने दाबी गर्छन्।, बौद्ध दस्तावेजहरूमा लुम्बिनीलाई सुन्दर र मनमोहक बगैंचाका रूपमा व्याख्या गरिएको छ।, जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण क्षेत्र भएकाले गुरूयोजनाले समेत लुम्बिनी विकास कोषको ६० प्रतिशत भू–भाग हरियाली हुनुपर्ने उल्लेख गरेको छ।,
कहाँ पुग्यो १७ वर्षमा सक्ने भनिएको लुम्बिनी गुरूयोजनाको काम? |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ।, त्यहाँ आयोजना हुने लिडरसिप एक्सचेन्ज कार्यक्रममा आइजिपी कुँवर जाने तय थियो। तर उनले आफ्नो भ्रमण रद्द गरेका हुन्। , भुटानी शरणार्थी प्रकरणका कारण उनले भ्रमण रद्द गरेको हुनसक्ने प्रधान कार्यालय स्रोत बताउँछ।, उनको सट्टामा एआइजी किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ। , एआइजी बज्राचार्यसँगै सदस्यहरू एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी एएम चन्द्रबहादुर धामी र सन्तोष खड्का छन्।, उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा डिआइजीलगायत प्रहरी अधिकृतहरूले बिदाइ गरेका थिए। , वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. र न्युयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान हुने छ।, कार्यक्रमबाट नेपाल र मित्रराष्ट्र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको छ।,
आइजिपी कुँवरको अमेरिका भ्रमण रद्द |
सेतोपाटी संवाददाता कक्षा १२ को परीक्षा मंगलरबार (आज)बाट सुरू हुँदै छ। परीक्षा बिहान ८ बजेबाट सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।, कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।, परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।, उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको पनि बताए । , ‘परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्याइएको छ’, शर्माले भने ।, यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्।, उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।, तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ।, बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो।, यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो । ,
४ लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै |
रासस आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।, नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ।, सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ ।, प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।, न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।, कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ। आज पनि दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम रहेको छ।,
,
आज कानुन दिवस मनाइँदै |
रासस बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन्। तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो।, गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यमिक विद्यालय खुङ्खानीमा अध्ययन गर्दै आएका छन्।, भित्रिवनमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घन्टा आउजाउको पैदलयात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाइ छ। छन्त्यालका अनुसार गाउँमै माध्यमिक शिक्षासम्मको अध्यापन नहुँदा बिहान दुई घन्टा र बेलुका दुई घन्टा हिँडेर विद्यालयमा आएर अध्ययन गर्ने गरेको बताए। , ‘बिहानै उठेर विद्यालय हिँड्नुपर्छ, बेलुका घर पुग्दा साँझ परेको हुन्छ, हिँड्दाहिँड्दै थाकिन्छ, गृहकार्य गर्ने समय नै हुँदैन, दिउँसो खाजा खाने समयमा गृहकार्य गर्ने गरेकी छु, विद्यालय टाढा हुँदा अतिरिक्त क्रियाकलाप गर्न सकिँदैन, १० कक्षामा अतिरिक्त कक्षा सुरु भएपछि घरबाट विद्यालय आउन भ्याइँदैन यही कोठा खोजेर अध्ययन गर्न बस्ने हो’, छन्त्यालले भने, ‘परीक्षाको समयमा विद्यालयले नै यही राख्ने व्यवस्था मिलाउने छ, अघिपछि बस्नु परे कोठा भाडामा लिएर बस्नुपर्दछ।’, छन्त्यालमात्रै होइन, तमानखोला गाउँपालिका–६ पात्लेखेतका रूप घर्ती घरबाट आउजाउ गरेर विद्यालय अध्ययन गर्न नसकेपछि आफन्तकै घरमा बसेर शान्ति माविमा अध्ययन गरे। कक्षा ५ सम्म आफ्नै गाउँको मालिका प्राथमिक विद्यालयमा अध्ययन गरेका घर्ती ६ देखि ८ सम्म विष्णु आधारभूतमा अध्ययनपश्चात अहिले खुङ्खानी आएर कक्षा १० मा अध्ययन गर्दै आउँछन्। , ‘आफ्नो वडामा ८ कक्षामाथि पढाइ हुँदैन, अध्ययन गर्नका लागि ६ नं वडा बाट ५ मा पुग्नुपर्ने हुन्छ, विद्यालय आउजाउमै समय खर्च भएपछि खुङ्खानीमा रहेका आफन्तको घरमा बसेर अध्ययन गर्दै आएको छु‘, घर्तीले भन्छन्, ‘विद्यालय टाढा भएपछि शुक्रबार र शनिबारमात्रै घरमा पुग्ने गर्दछु, बर्खाको समयमा पहिराले बाटो नहुँदा बाटोबाटै घर फर्कनुपर्ने अवस्था हुन्छ।’, अत्यधिक वर्षा र हिमपातजस्ता प्राकृतिक प्रकोपको समयमा विद्यालय पुग्न नसक्ने विद्यार्थीको भनाइ छ।, वडा नं ६ को पात्लेखेत र भित्रिवनबाट खुङ्खानीको विद्यालयमा आउन र जान दैनिक चार घन्टा पैदल हिँड्नुपर्दछ भने नर्जाखानीबाट आउन जान दुई घन्टाको पैदलयात्रापछि विद्यालय पुग्न सकिन्छ।, नर्जाखानीमा ८ देखि १० सम्म अध्ययन हुने विद्यालय नुहँदा खुङ्खानी पुग्नुपर्ने बाध्यता छ। , खुङ्खानीको सोही वडाकै गाउँ थास्पुरीबाट विद्यालय आउन जान दैनिक दुई घन्टा लाग्ने गरेको कक्षा १० मा अध्ययन गर्ने विपना सुन्चौरीले बताए।, विद्यालय आउनजानै धेरै समय खर्च हुने भएकाले राम्रोसँग गृहकार्य गर्न नपाउने सुन्चौरीको भनाइ छ। वर्षा र बाढीपहिराको समयमा विद्यालय आउन जानै समस्या हुने गरेको सुन्चौरीको भनाइ छ।, पछिल्लो समय विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गए पनि दुर्गमका कारण अझै टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता रहिआएको शान्ति माविका प्रधानध्यापक सत्यनारायण सिंहले जानकारी दिए। , ‘अहिले विद्यालयमा प्रविधिमैत्री तरिकाले अध्ययन अध्यापन हुँदै आएको भए पनि नर्जाबाट २५, भित्रिवनबाट १२ र पात्लेबाट छ जना घन्टौँ पैदलयात्रापछि यहाँ अध्ययन गर्न आउने गरेका छन्’, उनले भने, ‘नर्जाबाट आउन जान दुई घन्टा लाग्छ तर भित्रिवन र पात्लेबाट आउन जान झन्डै चार घन्टा लाग्ने गरेको छ, परीक्षाको समयमा विद्यालयमै बस्नेखाने व्यवस्था मिलाउने तयारी विद्यालयको छ।’, भौगोलिकरूपमा निकै विकट तथा थोरै जनसङ्ख्या भएकाले तमानखोला गाउँपालिकामा माध्यामिक तहका जम्मा तीनवटा मात्रै विद्यालय भएकाले कक्षा ९ र १० अध्ययन गर्नका लागि छ वडामध्ये तीनवटा वडाका विद्यार्थी छिमेकी वडामा पुग्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी र्दिए। , आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले भौतिकरूपमा मात्रै होइन, शैक्षिक गुणस्तरमा मुहार फेरेको गाउँपालिकाको भनाइ छ।, गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उनको भनाइ छ । , कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो।, विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ।, यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि यहाँका विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गा दोभानस्थित जनजागृति मावि पुग्नुपर्छ।, विद्यालयमा हाल दुई सय ८८ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा प्रोजेक्टरबाटै अध्यापन गराउन थालिएको छ भने कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला र गाउँपालिका अध्यक्ष पुस्तकालय कार्यक्रम सञ्चालित छ।,
,
विद्यालय पुग्न चार घन्टा पैदल |
एजेन्सी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। , इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ। उनी अदालतमा उपस्थित हुन पुगेका थिए। , पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन्। , पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडी भित्र हालेको देखिन्छ।, جس لیڈر کو اپنی جان سے زیادہ آپکی آزادی کی فکر ہے، اس کے لیے باہر نکلیں !!,#نکلو_خان_کی_زندگی_بچاؤ, ,pic.twitter.com/TKDRYFzL0r,
— PTI (@PTIofficial) ,May 9, 2023, इस्लामावाद प्रहरीले ट्विटरमार्फत उनलाई ‘कादिर ट्रस्ट केस’मा पक्राउ गरेको जानकारी दिएको छ। उनलाई पक्राउ गर्न ठूलो सुरक्षाकर्मी परिचालन गर्नुपरेपनि अहिले अवस्था सामान्य रहेको जनाएको छ। , गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो। अलजजिरासँग गरेको एक कुराकानीमा उनले आफूविरूद्ध कम्तिमा पनि ८५ वटा मुद्दा भएको र दैनिक कुनै न कुनै मुद्दा हाल्ने गरेको बताएका थिए। , उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ। ,
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ |
सेतोपाटी संवाददाता जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि अर्घाखाँचीमा पाँच जना जलेर घाइते भएका छन्।, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. २ तिरतिरे खोलाको जंगलमा मंगलबार बिहानैदेखि लागेको डढेलो एक्कासि बस्तीमा पसेको थियो।, जंगलबाट सल्किएको डढेलोबाट स्थानीय ५५ वर्षीय पदम बेलबासेको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो।, सोही घरको आगो निभाउने क्रममा घरधनी पदम बेलबासे, ३६ वर्षीय माधव बेलबासे, ५२ वर्षीय घनश्याम बेलबासे, ७२ वर्षीय पिताम्बर बेलबासे र २६ वर्षीय अस्मिता बेलबासे घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार आगलागीमा परेका पाँचै जनाको अवस्था गम्भीर छ।, मध्याह्न १२ बजेतिर भएको उक्त घटनामा परी घाइते भएका सबैलाई थप उपचारको लागि सन्धिखर्कबाट युनाइटेड मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।,
जंगलमा लागेको आगो बस्तीमा पस्यो, निभाउने क्रममा जलेर पाँच जना घाइते |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका बढुवा भएका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन र १२ जनाको सरूवा भएको छ। , गृह मन्त्रालयले मंगलबार बढुवा भएका १८ जनाको पदस्थापन र १२ जनाको सरूवा गरेको हो। , हाल बढुवा भएका विश्व अधिकारीको प्रहरी प्रधान कार्यालय युएन शाखाबाट अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएको छ। , भूपेन्द्रबहादुर खत्रीको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालबाट महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको हो।, सानुराम भट्टराईको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाबाट प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा, ओम अधिकारीको अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शेखर खनालको प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको हो। , यस्तै, राजन अधिकारीको अख्तियारबाट कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सरूवा भएको छ। , भोलाबहादुर रावलको प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालबाट प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सरूवा भएको छ। जर्गाहमा रहेका मधुसुदन लुइँटेलको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा भएको छ। , कर्णाली प्रदेश प्रहरी कार्यालयमा रहेका माधवप्रसाद श्रेष्ठको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा र मधेश प्रदेश प्रहरी कार्यालयमा रहेका मनोजकुमार यादवको नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा सरूवा भएको हो।, पदस्थापन:, , सरूवा:,
प्रहरीका १८ जना एसएसपीको पदस्थापन, १२ जनाको सरूवा (सूचीसहित) |
नवीनबाबु गुरूङ श्रीपञ्चमीदेखि सुरू भएको सतीघाटुको अध्याय यस वर्षका लागि सकिएको छ। गुरूङ समुदायमा इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखेर सुरू गरिएको घाटु चण्डी पूर्णिमा अर्थात् बुद्ध जयन्तिसम्म निरन्तर नाच्ने गरिन्छ। विभिन्न चरण पूरा गर्दै यसपालिको घाटु नाच सेलाइएको हो।, यसपालि पूर्वी लमजुङका विभिन्न ठाउँबाट बसाइ सरी भोटेओडारमा बसोबास गर्ने गुरूङ समुदायको साझा संस्था सिर्जनशील तमु समाजले एक महिनासम्म विधिवत् रूपमा घाटु नाच नाचेको छ। , आफ्नो थातथलो छोडे पनि रितिरिवाज र परम्परा जोगाउनु पर्छ भनेर विगतदेखि नै घाटु, सोरठी, स्यार्गालगायतका परम्परालाई निरन्तरता दिँदै आएको समाजका अध्यक्ष सन्तबहादुर गुरूङले बताए। , सती घाटु नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुने मान्यता छ। यो अवस्थालाई कुसुण्डा भनिन्छ। यो क्रममा गीतको ताल बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ। यसर्थ सती घाटुलाई कुसुण्डा घाटु पनि भनिन्छ। घाटु नचाउने, गाउने गुरूबाहरूले गितै गीतको माध्यमबाट घाटुसरीहरूलाई बेहोसीबाट होसमा ल्याउने गर्छन्। , गुरूङ समुदायको यो मौलिक परम्परा जोगाउन सिर्जनशील तमु समाज एकवद्ध भएर लागेको समाजका पूर्वअध्यक्ष बेलबहादुर गुरूङले बताए।, हेर्नुस् तस्बिरहरू:, , ,
सकियो यसपालिको सती घाटु नाच (तस्बिरहरू) |
रासस कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरू भएको छ । यस वर्ष भएका छन्। यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ। , बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।, बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को वार्षिक परीक्षाका लागि सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी कुल ५० हजार जनशक्ति परिचालन भएका छन्।, आजबाट सुरू भएको परीक्षामा गत वर्ष तीन विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिने भएका छन्। उनीहरूले जति विषयमा कम नम्बर आएका थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।, यसभन्दा अघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयमा सोही वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो। परीक्षाका लागि कुल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फारम भरेको बोर्डले जनाएको छ।, यसअघि तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड अर्थात् एनजी ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेको थियो।, त्योसँगै परीक्षाका लागि छवटै विषयको फारम भरे पनि जति विषयमा एनजी आएको छ त्यत्तिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो।, बोर्डको प्रस्तावमा मन्त्रीस्तरीय निर्णयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय गरेको थियो ।, दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेका छन् ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ। यसअघि छवटै विषयमा फारम भरे पनि जति विषयमा एनजी आएको छ त्यत्तिकै परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।, उनका अनुसार परीक्षा फारम भर्दा छवटै विषय भरे पनि जुन विषयमा एनजी आएको छ ती विषयको मात्र परीक्षा दिनुपर्नेछ।, यसअघि गत वर्षदेखि लागू भएको लेटर ग्रेडिङ सिस्टमअनुसार दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। तर गत वर्ष लिइएको ग्रेड वृद्धि परीक्षामा समेत सफल हुन नसकेपछि ५६ हजार विद्यार्थीले यो वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भएको थियो।, यस्तो हुँदा ड्रपआउट हुने सम्भावना बढेपछि बोर्डको प्रस्तावमा शिक्षामन्त्री अशोककुमार राईले निर्देशिका संशोधन गरेका हुन्।।,
१२ को वार्षिक परीक्षा जारी, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि सामेल |
मन्दिरा घिमिरे अहिले संस्कृत दरबार हाइस्कुल परिसर जानुभयो भने सिमी खुर्सानी, साग, गोलेभेंडा, भिन्डीजस्ता तरकारीमा चिचिला लागेको देख्न सक्नुहुन्छ। हरिया फर्सीका मुन्टा र साग पनि त्यहीँ पाइन्छ। अरू विभिन्न तरकारीका बिरूवा पनि हुर्किरहेका छन्। यी तरकारी रोप्ने, गोडमेल गर्ने सबै काम यही विद्यालयमा पढ्ने विद्यार्थी आफैंले गरेका हुन्। , विद्यालय परिसरमा भएको खाली ठाउँमा तरकारी रोपी विद्यार्थीहरूले सीपमूलक तालिमअन्तरगत कौसी खेती सिकिरहेको रानीपोखरीस्थित दरबार हाइस्कुल संस्कृत विद्यालयका शिक्षक निश्चल अधिकारीले बताए।, 'हाम्रोमा अहिले तरकारी फलिरहेको छ,' उनले भने, ' केही तरकारी त हामी आफैंले पकाएर खायौं। केही त बेच्यौं पनि।', संस्कृत विद्यालयमा गत फागुनदेखि यो कार्यक्रम सुरू गरिएको हो।, 'सबैलाई खेती सिकाउन नसकिने हुँदा गत वर्ष फागुनमा कक्षा ८ का ८५ जना विद्यार्थीलाई सिकायौं। ८ का विद्यार्थी यो शैक्षिक सत्रदेखि ९ मा पुगेको र उनीहरूलाई सिकाउने काम भइरहेको छ,' उनले भने, 'उनीहरूलाई विभिन्न समूहमा विभाजन गरी निश्चित ठाउँमा कृषि सिकाइरहेका छौं।', विद्यार्थीलाई पाठ्यक्रमभित्र रहेर माटो, मल र बीउका प्रकार चिनाउने, सानो क्षेत्रफलमा पनि कसरी धेरै उत्पादन गर्ने, खेती गर्दा बिरूवालई आवश्यक पर्ने विभिन्न तत्वका बारेमा जानकारी दिने, जैविक मल बनाउनलगायतका कुरा सिकाउने गरिएको उनले बताए।, यस्तै, उनका अनुसार परामर्शदाता तथा विज्ञहरू कुन काम कसरी गर्ने भनेर सहयोग लिइने गरिएको छ। बिनामाटो थोरै ठाउँमा खेती गर्न मिल्ने प्रविधि टावरग्यानिक्स खेतीसमेत गरिएको छ। , ‘यहाँ उत्पादन भएको तरकारी छात्रावासमा प्रयोग गर्ने गरेको छ,' उनले भने, 'स्कुलकै क्यान्टिन र छात्रावासमा तरकारी बिक्री गरेको रकम विद्यार्थी कल्याण कोष बनाएर राख्ने योजनामा छौं। जुन विद्यार्थीको क्षमता विकासमा खर्च गर्ने छौं।’, बाझो खन्ने, ड्याङ बनाउने, बीउ उमार्ने, उमारिएका बीउ रोप्ने, गोडमेल गरी मलजल गर्नेलगायत सबै काम विद्यार्थीहरूले शिक्षकले निगरानीमा गर्ने गरेको उनी बताउँछन्। , उनका अनुसार अहिले महानगरको अनुदानमा सीपमूलक तालिम सुरू गरिएको हो। तर यसलाई पछि पनि निरनतरता दिने विद्यालयको योजना रहेको उनले बताए।, 'महानगरले यो वर्ष बजेट छुट्याएन भने पनि हामी यो कार्यक्रमलाई निरन्तरता दिने योजनामा छौं,' उनले भने, 'सधै विज्ञहरू बोलाएर सिकाउन सकिँदैन। एक किलो गोलभेंडा फलाउँदा ५ सय पर्यो भने त्यो व्यवहारिक हुँदैन।', त्यसको लागि सुरूमा विज्ञहरूबाट ८-९ कक्षाका विद्यार्थी र शिक्षकलाई सिकाउने र पछि उनीहरूले नै आफूले पाएको ज्ञान सानालाई सिकाउँदै लैजाने योजना बनाइरहेको उनले बताए। , विद्यालयबाट सिकेको सीप घरमा समेत प्रयोग गरिरहेको विद्यार्थीहरू बताउँछन्। त्यहीमध्येका एक हुन् रूबेन खड्का।, 'बाहिरबाट दाइहरूले कसरी कृषि गरिन्छ भनेर सिकाउनुभयो छ,' उनले भने, 'स्कुलमै सिकेर घरमा धनियाँ, प्याज, लसुन र सिमी लगाएको छु।' , यस्तै आयुष देवकोटा पनि पहिले कृषिबारे ज्ञान नभएता पनि अहिले स्कुलमा सिकेको सीप घरमा प्रयोग गरिरहेको बताउँछन्। , 'पहिले आमाले तरकारी रोप्नुहुन्थ्यो। मैले त गर्दिँन थिएँ,' उनले भने, 'कसरी ड्याङ बनाउँछ थाहा थिएन। तर अहिले स्कुलमा सिकेँ। केही समयअघि त मैले नै तरकारीको बीउ किनेर लगेँ। घरको कौसीमा धनियाँलगायत रोपेको पनि छु।', घरमा मकैसमेत रोपेको उनले बताए। यसरी आफैंले रोपेको तरकारी टिपेर खान पाउँदा छुट्टै आनन्द हुने विद्यार्थीहरूको भनाइ छ। , काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा नमूना विद्यालय कार्यक्रमका लागि ९० लाख बजेट छुट्याएको थियो।, नमूना विद्यालय कार्यक्रमका लागि महानगरले रानीपोखरीस्थित दरबार हाइस्कुलका दुइटा स्कुल (भानु स्कुल र संस्कृत स्कुल) र क्षेत्रपाटीको कन्या माध्यमिक विद्यालयलाई राष्ट्रिय नमूनाका रूपमा विकास गर्न अनुदानस्वरूप प्रत्येकलाई ३० लाख रुपैयाँ उपलब्ध गराएको महानगरका शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।, 'विद्यालयलाई डिजिटल बनाउनेदेखि प्राविधिक शिक्षामा जोरड दिने उद्देश्य लिएर उक्त रकम अनुदानमा दिइएको हो,' उनले भने, 'सोही कार्यक्रमको एउटा पाटो भनेको शिक्षालाई सीपसँग जोड्नु हो। जसका लागि विद्यार्थीहरूलाई सीपमूलक शिक्षा दिने काम भइरहेको छ।', महानगरले सामुदायिक विद्यालयहरूका साथै संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न, शिक्षकहरूलाई प्रविधिमैत्री सीप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाइ आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चाचालनमा ल्याइएको उनले बताए। यस्तै पूर्वाधार विकासलगायत आवश्यकता रहेको जुनसुकै क्षेत्रमा विद्यालयले लगानी गर्न सक्छ। , उनका अनुसार ५ लाख भने अनिवार्य विद्यार्थीको सीपमूलक तालिममा प्रयोग गर्नुपर्छ। , 'सोही कार्यक्रमअन्तर्गत यी तीन वटा विद्यालयमा काम भइरहेको छ,' उनले भने, 'संस्कृत विद्यालयमा कौसी खेती, भानु विद्यालयमा इनोभेटिभ क्लास (नृत्य, संगीत, नाटक,चित्रकला, फुटबल र बास्केटबल) र कन्या विद्यालयले ऐतिहासिक महत्वका पोखरी इखा पोखरी अध्ययन गरी ऐतिहासिक महत्वबारे बुझ्ने र पाठ्यक्रम तयारी गर्ने काम गर्ने छ।', सबै विद्यालयमा काम भइरहेको छ। तर संस्कृत विद्यालयमा भने कौशी खेतीको रिजल्ट देखिन थालेको उनी बताउँछन्।, ‘अहिले यी तीन वटा विद्यालयमा परीक्षण गरिरहेका छौं,' उनले भने, 'यसको नतिजा हेरेर राम्रो भए सबै विद्यालयमा विस्तार गर्ने योजना बनाएका छौं।' , यस्तै यही शैक्षिक सत्रदेखि महानगरले पुस्तकविहीन शुक्रबार कार्यक्रमको थालनीसमेत गरेको छ। जसमा विद्यार्थीहरूले व्यावहारिक र जीवनउपयोगी सीप सिक्ने महानगरले बताएको छ।, त्यस्तै, कक्षा ९ मा नमूनाका रूपमा थालिएको ९० घन्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छ। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिम दिने महानगरको योजना छ।,
दरबार स्कुलमा तरकारी पनि फलाउँदै विद्यार्थी (भिडिओ) |
सेतोपाटी संवाददाता दार्चुलाको शैल्यशिखर नगरपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार सोमबार बेलुका साढे ६ बजेतिर खेत काम गरिरहेको एकै घरका तीन जना घाइते चट्याङ लागेर घाइते भएका थिए।, तीनै जनालाई गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएकोमा १५ वर्षीय नरेश खत्रीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मृतक खत्रीकी आमा अन्दाजी ३९ वर्षीया मिना खत्री र काका ३० वर्षीय कुमार खत्री सामान्य घाइते छन्।, उनीहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।,
दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता लिखतसम्बन्धी कसूरमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन्। , शनिबार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षतर्फबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। , उनीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो। उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरेको रिजालले बताए। , पोखराबाट काठमाडौं आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो।, आइतबार उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ। उनी सुरक्षा न्युज डट कमका प्रबन्ध निर्देशक हुन्।,
,
किर्ते मुद्दामा पत्रकार पक्राउ |
रासस रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ। , सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो।, गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो।, उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। , घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।, घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ।, शव महाकाली अस्पतालमा राखिएको छ। ,
रूखको हाँगा खसेर लाग्दा एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता विराटनगरमा ५४ तोला सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले तीन जनालाई सुनसहित पक्राउ गरेको डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। , शुक्रबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका-१५स्थित रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानमाथि प्रहरीले चेक गरेको थियो। उक्त गाडीमा अवैध सुन र चाँदी भन्सार छलेर भारततर्फ लैजान लागेको भन्ने खबर प्रहरीले पाएको थियो। , गोप्य सूचनापछि खटिएको टोलीले गाडीलाई रोकेर चेक गर्दा सुन, चाँदी र नगद फेला पारेको हो। , भारत विहार कटिहार-१७ दुर्गापुर बाराबजार बस्ने ६१ वर्षीय बिनोदकुमार मुरार र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उक्त गाडीका चालक विराटनगर-२ का ५२ वर्षीय विमल कामतलाई पनि पक्राउ गरेको छ।, उक्त गाडी पछाडि अन्दाजी ५४ तोला सुनका गरगहना र अन्दाजी साढे ६ किलो बराबरका चाँदीका भाडा बरामद गरेको हो। , यस्तै उनीहरूबाट ७ लाख बढी भारू पनि बरामद भएको छ। , थप अनुसन्धानको लागि उनीहरूलाई ईलाका प्रहरी कार्यालय रानी मोरङमा पठाएको छ।,
,
५४ तोला सुनसहित तीन जना पक्राउ |
रासस पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन्।, पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन्।, भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।, ‘भरियालाई पिसाब गर्न भनेर निस्किनुभएको रहेछ, निकै समय बितिसक्दा पनि नफर्किएपछि भरियाले यताउति खोजी गर्दा भेटेनन्, त्यसपछि प्रहरीलाई खबर भएको र हिजो बिहानैदेखि प्रहरीको टोलीसहित उहाँका आफन्त र स्थानीयद्वारा खोजतलास भइरहेको छ, मानसिकरूपमा त्यति स्वस्थ नभएको परिवारले बताएका छन्,’ उनले भने।, झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बसेका थिए। उनी हिँड्न नसक्ने भएपछि बिहान करिब ३ बजेपछि भरियामार्फत गएका थिए। अरू आफन्त भने हिँड्दै गएका थिए। , ,
पाथीभरा गएका एक पुरूष बेपत्ता |
सेतोपाटी संवाददाता सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले वैशाख १७ गते देखि वैशाख २३ गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, कीर्तिपुरमा नेपालले युएईलाई पराजित गर्दै एसिसी कप जितेपछि रमाउँदै दर्शक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, एसिसी कप च्याम्पियनको उपाधि जितेपछि सामूहिक तस्बिर खिचाउँदै नेपाली क्रिकेट टोली। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी , उभौली पर्व मनाउनेक्रममा काठमाडौंमा आयोजित कार्यक्रममा कोशी प्रदेश नामकरणको विरोध प्रदर्शन गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी, संखुवासभा भोटखोला गाउँपालिका-४ मा शनिबार सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। , बिहीबार निजामती कर्मचारीहरूले सिंहदरबारमा प्रदर्शन गरेका छन्। संघीय निजामती सेवा ऐन छिटो ल्याउनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, नवनियुक्त मन्त्रीको शपथ: बिहीबार कानुन मन्त्रीमा धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकूद मन्त्रीमा डिगबहादुर लिम्बुले शपथ लिएका हुन्। तस्बिर: राष्ट्रपति कार्यालय , भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा १२ दिन उपचार गराएर आइतबार राति नेपाल फर्किएका थिए। तस्बिर: राष्ट्रपति कार्यालय।, बारा क्षेत्र नम्बर २बाट नवनिर्वाचित सांसद उपेन्द्र यादव शपथ ग्रहण गर्दै।तस्बिर स्रोत: प्रदीप यादवको फेसबुकबाट,
साताका तस्बिर |
नारायण खड्का बर्दियामा घरको भित्ता फोडेर भित्र प्रवेश गरी सुतिरहेकी एक नाबालिकामाथि बलात्कार भएको छ। , राजापुर नगरपालिका जोगी डाँडाकी स्थानीय १३ वर्षीया बालिका घरमा एक्लै सुतिरहेको बेला घरको भित्ता फोडेर भित्र प्रवेश गरी उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बुधबार राति ११ बजेपछि राजापुर–६ का २७ वर्षीय शनिराम चौधरीले बाँसको छडीले बेरी माटोले लिपेको घरको भित्ता फोडेर बालिकामाथि मध्यरातमा बलात्कार गरेको बताए। , घरको भित्ता फुटाउन उनलाई स्थानीय २७ वर्षीय राजाराम चौधरीले सहयोग गरेको देखिएको हुँदा दुबै जनालाई बिहीबार बेलुका पक्राउ गरिएको डिएसपी सापकोटाले सेतोपाटीलाई बताए। , ‘बालिकाले घरको भित्ता फोड्दै गरेको थाहा पाएर रातिमा गुहार मागेकी रहिछन्,’ डिएसपी सापकोटाले भने, ‘तर त्यो दिन हावासहित पानी परिरहेको हुँदा नजिकै बस्ने उनका हजुरबुवा, आमाले पनि थाहा पाएनन्।’, पीडित बालिकाले बिहीबार नै उनीहरूविरूद्ध किटानी जाहेरी दिएकी छन्।, बुवा-आमा झन्डै ४ महिना पहिले रोजगारीको खोजीमा भारत गएको हुँदा बालिका घरमा एक्लै बस्दै आएकी थिइन्।, नजिकै घर भएकी हजुरआमा बालिकासँग सुत्न जाने गरेको भए पनि विगत केही दिन गएकी थिइनन्।, उनी एक्लै सुत्दै आएको पत्ता लगाएर घरको भित्ता फोडेर शनिराम भित्र प्रवेश गरी बलात्कार गरेको कुरा अभियुक्तले स्वीकार गरिसकेको डिएसपी सापकोटाले जानकारी दिए। , पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र त्यसमा पनि बलात्कार भएको देखिएको प्रहरी अधिकारीले बताए।, शुक्रबार सार्वजनिक बिदा र शनिबार पनि बिदा परेको हुँदा आइतबार मात्रै अभियुक्तहरूलाई म्याद थपका लागि अदालतमा पठाइने प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।,
सुतिरहेकी बालिकामाथि घरको भित्ता फोडेर बलात्कार |
सेतोपाटी संवाददाता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनैपच्छे सरकार परिवर्तन हुने हल्ला चलाउन नहुने बताएका छन्। , शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित नहुने बताए।, यस्तै परिवर्तन गरिराख्नु पनि गलत हुने उनले बताए। , ‘सुशासन र विकासको गति अघि बढाउन, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रहरूमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा हो अहिलेको सरकारको। त्यसको लागि सरकारको स्थिरता आवश्यक छ,’ उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन। र दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो।’, यस्तै गठबन्धनको सरकारनै अगाडि बढ्नुपर्ने उनको भनाई थियो। ,
,
दिनैपिच्छे सरकार परिवर्तनको हल्ला चलाएर कसैको हित हुँदैन: उपेन्द्र यादव |
रासस पूर्वीसीमा काँकडभिट्टाबाट ९७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित छन्।, कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो। जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कर्फ्यू लगाइएको छ। साथै हिंसा भड्किँदा जनजीवन आतंकित बनेको छ। नेपाली भाषी भारतीय नागरिकहरू हिंसामा नपरेको इम्फाल निवासी एसके विश्वकर्माले टेलिफोन सम्पर्कमा बताए।, ‘चौबिसै घण्टा कर्फ्यु लगाइएको छ, यहाँको सडकमा सुरक्षाकर्मीहरूले गस्ती गरिरहेका छन्,’ उनले भने, ‘हाम्रो नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरू कोही पनि सडकमा निस्कनुभएको छैन। कुनै पनि नेपाली बस्तीमा हिंसा भएको जानकारी आएको छैन।’, उनका अनुसार उत्तरपूर्वी भारतको पहाडी राज्य मणिपुरमा ५० हजारको संख्यामा नेपाली भाषीको बसोबास रहेको छ। उनीहरू अधिकांश खेतीपाती र केही व्यापार गर्छन्। थोरैले राज्यको नोकरी पनि गरिरहेका छन्। नेपालबाट घुम्न वा आफन्त भेटघाटका लागि मणिपुर आउजाउ हुने गर्दछ। तर अहिलेसम्म नेपाली नागरिकहरू पनि हिंसाको चेपुवामा परेको जानकारी नभएको विकले बताए।, पूर्वीनाका काँकडभिट्टाबाट मणिपुरका लागि यातायातको टिकट काट्ने काम गर्दै आउनुभएको नेपाल यात्रु सेवाका सञ्चालक सुशील प्रधानले सीमावर्ती पानीट्यांकीबाट इम्फाल जाने कुनै पनि सवारी साधन नचलेको जानकारी दिए। उनका अनुसार भारतीय नाका पानीट्यांकीबाट आसामको राजधानी गुवाहाटी हुँदै र सिधै इम्फाल जाने यात्रुवाहक सवारी साधनको नियमित सेवा छ। साताको दुई पटकमात्र इम्फालका लागि पानीट्यांकीबाट यात्रुवाहक गाडी पाइने र सिधा यात्राको भाडादर प्रतिव्यक्ति भारु तीन हजार दई सय रहेको उनले बताए।, पूर्वोत्तर भारतको आसाम, मेघालय र नागाल्यान्डमा रोजगारी र घुमफिरका लागि नेपालीहरू बाक्लै जाने गर्छन्। तर मणिपुर जानेको संख्या अत्यन्त न्यून हुने गरेको काँकडभिट्टास्थित ओम आशिष ट्राभल्सका सञ्चालक नेत्र कार्कीले बताए।, ‘मणिपुरमा घुम्नलायक धेरै ठाउँ छैनन्, हिन्दू धार्मिकस्थल पनि छैनन्,’ उनले भने, ‘कोहीकोही आफन्त भेटघाटका लागि र केही चाहिँ बर्माको सीमा हेर्न जाने गर्छन्। एकदमै थोरै संख्यामा त्यहाँको होटलमा रोजगारीका लागि नेपालीहरू जाने गरेको पाइएको छ।’, मणिपुरको चारहजारे, कांगलतुम्बी, सेकमाईलगायत राजधानी इम्फालका केही बस्तीमा नेपालीको बाहुल्य छ। त्यहाँका नेपालीहरू माृतभाषामा माध्यमिक तहसम्मको अध्ययन गर्दछन्। आसामको गुवाहाटी र नागाल्यान्डको डिमापुर हुँदै रेल यात्रा गरेरसमेत मणिपुर पुग्न सकिन्छ। नेपालबाट मणिपुर जाने एकमात्र स्थलनाका काँकडभिट्टा नै हो। काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरू त्यहाँ अप्ठेरोमा परेको भन्ने कुनै जानकारी नआएको बताए। , नाकामा चेकजाँच हुँदा आधारकार्ड देखाएर भारतीय नागरिकहरूले नेपाल प्रवेश गर्न पाउँछन्।, ‘चेकजाँचका क्रममा अहिलेसम्म कसैले पनि मणिपुरमा समस्या परेर आएको भनेका छैनन्,’ प्रहरी नायब उपरीक्षक भारतीले भने, ‘भारतीय सीमावर्ती सुरक्षा निकायका प्रमुखहरूसँग पनि सम्पर्क भइरहेकै हुन्छ। उहाँहरूले पनि भारतमा कुनै समस्या भयो भने हामीलाई जानकारी गराउने चलन छ। अहिलेसम्म नेपालीहरू मणिपुर हिंसामा परेको कुनै जानकारी छैन।’,
‘मणिपुरमा नेपाली भाषी सुरक्षित’ |
एजेन्सी बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन्। , शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइदिइएको हो। , उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए। , राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए भने पवित्र तेलले अभिषेक गरिएको थियो। त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो। , कार्यक्रममा राजपरिवार, विभिन्न देशका नेता, सेलिब्रिटीलगायत २ हजार २०० मानिसहरू सहभागी थिए। , त्यसपछि उनीहरू बकिङ्हम प्यालेस फर्किने कार्यक्रम छ। उनीहरू फर्किएको हेर्न हजारौं मानिसको भीड समेत लागेको बिबिसीले जनाएको छ। , उनीहरूले पछि प्यालेसको बाल्कोनीबाट सम्बोधन गर्ने बताइएको छ। , तस्बिरहरू:, सबै तस्बिर: बिबिसी,
बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट (तस्बिरहरू) |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेलिफोन, इन्टरनेट तथा केबलका तार व्यवस्थापन गर्नेबारे शुक्रबार सामाजिक सञ्जालमा लेखेको स्ट्याटसले तरंग उत्पन्न गराएको छ।, उनले लेखेका छन्, 'समस्या यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौं। आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकार क्षेत्रभित्र रहेर कार्य गर्न तत्पर छ। सहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि हामी क्रियाशील छौं। यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुगेमा हामी खेद प्रकट गर्दछौं।', मेयरको उक्त स्ट्याटसको आसय के हो भन्नेबारे हामीले शुक्रबारै महानगरका प्रवक्ता नवीन मानन्धरसँग कुरा गर्दा उनले तार व्यवस्थापनका लागि वैशाख २७ सम्मको समय दिएको र त्यो अवधिमा काम पूरा नभए महानगरले आफैं काट्ने चेतावनी दिए।, ‘सूचनाको मिति सकिएपछि पनि व्यवस्थापन भएन भने हामी आफैं तार काट्छौं,’ उनले भने, ‘सधैं काम गर्न खोज्दा काम गर्न नदिएर हुन्छ? सबैको आज्ञा मानिराख्न जरूरी छैन। हामीले सम्बन्धित निकायसँग धेरैपटक समन्वय गर्न खोज्दा पनि अटेर गरियो। अब काठमाडौंका ३२ वटै वडाका तार वडा तहबाटै भए पनि काट्छौं।', काठमाडौं महानगरले तार व्यवस्थापन गर्नू भन्दै वैशाख १२ गते १५ दिने अल्टिमेटमसहितको सूचना जारी गरेको थियो।, यति कम समयमा व्यवस्थापन गर्न नसकिने भन्दै इन्टरनेट सेवाप्रदायक, केबल सञ्चालक तथा अन्य व्यवसायीहरूले कुरा उठाएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले वैशाख १२ गते नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग माग्यो।, त्यसपछि संघीय मामिला मन्त्रालयले अन्धाधुन्ध तार नकाट्न आग्रह गर्दै काठमाडौं महानगरसहित देशभरकै स्थानीय तह सरकारलाई वैशाख १७ गते पत्राचार गर्यो।, काठमाडौंका मेयर बालेन शाहको स्ट्याटस यही पत्राचारको प्रतिक्रियास्वरूप आएको हो।, मेयरको स्ट्याटस र वैशाख २८ देखि अव्यवस्थित तार काट्ने महानगरको चेतावनीले काठमाडौंको इन्टरनेट र केबल सेवा प्रभावित हुने खतरा बढेको छ। दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले लामो समयदेखि गुजुल्टिएर बसेको तार १५ दिनभित्र व्यवस्थापन गर्न नसकिने भन्दै यसका लागि आवश्यक तयारी भइरहेको बताएका छन्। महानगरले जथाभाबी तार काट्दा बैंक, अस्पताल, स्कुलदेखि हरेक कार्यालय र घर-घरमा चल्ने इन्टरनेटसमेत बन्द हुने उनीहरूको भनाइ छ।, त्यसो भए के काठमाडौं महानगरले समन्वय गर्दागर्दै इन्टरनेट सेवाप्रदायक तथा केबल सञ्चालकहरूले आफ्नो तार व्यवस्थापन गर्न अटेर गरेका हुन् त?, यसबारे हामीले महानगरकै सम्बन्धित विभाग प्रमुख र निजी व्यवसायीहरूसँग कुरा गर्यौं। उनीहरूको कुरा सुन्दा तार व्यवस्थापनलाई लिएर महानगर र निजी व्यवसायीबीच समन्वय नै नभएको बुझिन्छ।, महानगरको सार्वजनिक-निजी साझेदारी इकाई प्रमुख महेश काफ्ले यस विषयमा विद्युत प्राधिकरणसँग मात्र कुराकानी भएको र निजी व्यवसायीसँग छलफल गर्न बाँकी रहेको बताउँछन्।, 'हामीले पहिले विद्युत प्राधिकरणसँग तार व्यवस्थापनको विषयमा कुरा गरेका थियौं,' उनले भने, 'सबै पोलका तार प्राधिकरणले व्यवस्थापन गर्ने हुँदा उसैसँग मात्र छलफल गरियो। त्यस बेला निजी क्षेत्रसँग कुरा भएन। अब भने निजी क्षेत्रसँग पनि छलफल गरेर तार व्यवस्थापनलाई अगाडि बढाउँदैछौं।', इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का प्रमुख कार्यकारी सुभाष खड्का पनि काठमाडौं महानगरले समस्या बुझ्दै नबुझी एकतर्फी रूपमा तार काट्ने धम्की दिएको बताउँछन्।, 'हामीसँग भूमिगत तार तान्ने पूर्वाधार नभएकाले तत्काललाई पोलबाट तान्नुको विकल्प छैन,' उनले भने, 'महानगरले समस्या नबुझी एकैचोटि तार काट्ने चेतावनी दियो। त्यसो भयो भने काठमाडौंको इन्टरनेट सेवा ठप्प हुन्छ र यसले सबै क्षेत्रमा असर पर्छ।’, महानगरको सूचनापछि आफूहरू सम्बन्धित विभागसँग निरन्तर सम्पर्कमा रही छलफल गरिरहेको पनि उनले बताए।, सहरका खम्बामा विभिन्न निकायका तार गुजुल्टिएर बसेकाले सबभन्दा पहिला तार पहिचान गरी व्यवस्थापनको योजना अघि बढाउनुपर्ने उनको भनाइ छ।, महानगरका काफ्ले र आइस्पानका खड्काको कुराबाट महानगरले विद्युत प्राधिकरणसँग मात्र छलफल गरेर इन्टरनेट, केबल लगायत निजी व्यवसायीहरूलाई तार व्यवस्थापनको निम्ति १५ दिने अल्टिमेटम दिएको बुझिन्छ।, यति मात्र होइन, महानगरले दूरसञ्चार प्राधिकरणसँग पनि अहिलेसम्म एक चरणको मात्र छलफल गरेको छ। त्यही छलफलबाट तार व्यवस्थापनको गृहकार्य अघि बढे पनि कसरी गर्ने टुंगो लागिसकेको छैन। प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूसँग छलफल गर्दैछ भने महानगरसँग थप कुराकानी गर्ने तयारी पनि छ।, यसरी सम्बन्धित निकायहरूबीच छलफल जारी हुँदाहुँदै र निजी व्यवसायीसँग कुरा गरेर तार व्यवस्थापनको प्रक्रिया टुंगो नलाग्दै मेयर बालेन शाहले हतारमा स्ट्याटस लेखेको देखिन्छ। महानगरले त्यही स्ट्याटसका आधारमा वैशाख २८ बाट तार काट्ने चेतावनी दिएर अन्यौल बढाएको छ।, तार व्यवस्थापन कसरी गर्ने भन्नेबारे ललितपुर महानगरको अनुभवबाट काठमाडौंले सिक्न सक्छ।, ललितपुरले गत फागुन १२ गते सूचना जारी गर्दै सम्पदा क्षेत्रमा भएका तार ७ दिनभित्र व्यवस्थापन गर्न भनेको थियो। त्यसैबीच महानगर, दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायक संघबीच छलफल भयो। तार व्यवस्थापन सहजीकरण गर्न महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा एउटा समिति गठन गरियो, जसमा प्राधिकरण र आइस्पानका सदस्यसमेत थिए।, 'काम गर्न सहज होस् भनेर तीनवटै निकायको प्रतिनिधिसहित समिति गठन गरेर त्यही समितिबाट तार व्यवस्थापनको कार्ययोजना बनायौं,' ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने, 'त्यसैअनुसार सेवाप्रदायकलाई कुनै असर नहुने गरी तार व्यवस्थापन प्रक्रिया अघि बढाएका छौं।', ललितपुर महानगरले अपनाएको प्रक्रिया के हो त?, हाम्रो यो प्रश्नमा अर्यालले भने, 'हामीले आइस्पानको समन्वयमा जो सेवाप्रदायक हो, उसैलाई आ-आफ्नो तारको वैकल्पिक व्यवस्था गर्न लगायौं। कुन-कुन ठाउँमा कहिले-कहिले तार व्यवस्थापन गर्ने भनेर समय पनि तोक्यौं। यसरी काम गर्दा पूरै ललितपुरको इन्टरनेट सेवा ठप्प हुन पाएन। समय तालिकाअनुसार आज एउटा ठाउँमा, भोलि अर्को ठाउँमा गर्दै तार व्यवस्थापन प्रक्रिया अघि बढ्दैछ।', उनका अनुसार पहिलो चरणमा थापाथलीदेखि जावलाखेलको मुख्य सडकको तार व्यवस्थापन गरिएको थियो। त्यसपछि रातो मच्छिन्द्रनाथ रथयात्राको बाटोमा पर्ने पाटनको भित्री सहरको तार व्यवस्थापन गरियो।, 'यो काम अहिले पनि जारी छ,' उनले भने, 'हामी अब दोस्रो चरणको काम गर्न रूट तय गर्दैछौं। रूट तय भएपछि त्यसैअनुसार सम्बन्धित सेवाप्रदायक कम्पनीहरूले आ-आफ्नो तारको व्यवस्थापन आफैं गर्ने छन्।', तार व्यवस्थापन भनेको प्राविधिक काम भएकाले महानगरलाई भन्दा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूलाई नै यसको राम्रो ज्ञान हुने उनले बताए। उनीहरूसँग समन्वय गरी समय-तालिका निर्धारण गर्ने हो भने पूरै सहरको सेवा अवरूद्ध नहुने गरी क्रमिक रूपमा तार व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।, 'कुन तार आवश्यक हो र कुन होइन भन्ने आइस्पानका प्राविधिकहरूलाई राम्ररी थाहा हुन्छ,' उनले भने, 'जथाभाबी काट्दा अत्यावश्यक तारसमेत काटिएर सेवाग्राहीलाई मर्का पर्न सक्छ। त्यसैले यो महानगर, दूरसञ्चार प्राधिकरण र आइस्पान तीनैवटा निकायको समन्वयमा गर्नुपर्ने काम हो।', दूरसञ्चार प्राधिकरणका उपनिर्देशक तथा सहायक प्रवक्ता अच्युतानन्द मिश्र काठमाडौंका हकमा पनि विभिन्न ठाउँको रूट तय गरेर मात्र तार व्यवस्थापन गर्नुपर्ने बताउँछन्। यसका लागि काठमाडौं महानगरसँग पहिलो चरणको छलफल भइसकेको उनले जानकारी दिए।, उनका अनुसार तार व्यवस्थापनका लागि काठमाडौंमा १० वटा रूट तयार पारिँदैछ। माइतीघर-एयरपोर्ट, त्रिपुरेश्वर-महाराजगन्ज, माइतीघर-नारायणहिटी-महामहाराजगन्ज, बालुवाटार-महाराजगन्ज, माइतीघर-कंलकी, न्यूरोड-वसन्तपुर-असन, स्वयम्भू-कालिमाटी-बल्खु लगायत रूट तोकिएका छन्। कुन रूटमा कहिलेदेखि काम सुरू गर्ने भन्नेबारे बैठक बसेर टुंगो लगाइने मिश्रले बताए।, 'भोलि आइस्पानसँग बैठक बस्दैछौं,' उनले भने, 'आइस्पानसँग छलफल गरेपछि महानगरसँग फेरि बैठक बस्छौं।', यी सबै पक्षसँग कुराकानी गरेपछि हामीले काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरलाई शनिबार फेरि यसबारे सोधेका थियौं। उनी अघिल्लो दिनभन्दा लचिलो सुनिए। सरोकारवाला निकायहरूसँग छलफल गरेर त्यसै आधारमा तार व्यवस्थापन प्रक्रिया अघि बढाउने उनले बताए।,
ललितपुर महानगरको तार व्यवस्थापनबाट के सिक्न सक्छ काठमाडौंले? |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा प्रादेशिक नीति संवाद एवम् कर्णाली युवा महोत्सव हुने भएको छ।, बालबालिका, किशोर-किशोरी तथा युवाको क्षेत्रमा काम गर्दै आएको संस्था युवालयको आयोजनामा आइतबार र सोमबार दुई दिने युवा महोत्सव गर्न लागिएको हो।, राष्ट्रिय युवा परिषद्को सहकार्य र कर्णाली प्रदेश सरकारसँगको समन्वय तथा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा महोत्सव गर्न लागिएको युवालयले जनाएको छ।, महोत्सवमा वित्तिय साक्षरता, उद्यमशिलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणित अभिव्यक्ति लगायतका विषयमा विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिनेछ।, महोत्सव अवधिभर युवाहरूको अर्थपूर्ण सहभागितामा युवा लक्षित प्रदेशस्तरको नीति तथा कार्यक्रममा छलफल सत्र सञ्चालन गर्ने, बालविवाह अन्त्यका लागि साझा संकल्प लिने, लैंगिकतामा आधारित हिंसा, यौन, प्रजनन स्वास्थ्य र अधिकारका बारेमा युवालाई सचेत गराउँदै युवामैत्री प्रदेश निर्माणमा उनीहरूलाई परिचालनको प्रयास गरिने युवालयका अध्यक्ष सन्तोष मर्हजनले जानकारी दिए।, महोत्सवमा कर्णाली प्रदेशका १० वटै जिल्लाका युवाहरूको प्रतिनिधित्व रहने उनले बताए।, महोत्सव अवधिमा हुने छलफलबाट उठेका मुख्य मुद्दाहरूलाई समेटेर घोषणापत्र जारी गरिनेछ। उक्त घोषणापत्र सरोकारवाला निकायलाई हस्तान्तरण पनि गरिने महर्जनले जानकारी दिए।,
कर्णालीमा युवा महोत्सव हुँदै |
रासस गोरखाको मनास्लु क्षेत्रमा पदयात्राका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ।, गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव शनिबार मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो।, लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। वैशाख १८ गते उक्त क्षेत्रमा हिमपात भएको थियो।, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बाँस्तोलाले दवाडीको शवलाई सामागाउँबाट काठमाडौं ल्याउन टानले पहल गरिरहेको बताए। काठमाडौं ल्याउन लागिएको दवाडीको शव परीक्षण गरेपश्चात् परिवारलाई बुझाइनेछ।,
पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो |
रासस हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन्। , जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए। , पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उहाँहरु मुगु कार्मारोङ्ग गाउँपालिका–२ च्यार्खु लेकमा आज बेपत्ता भएको अध्यक्ष बोहोराले बताए। , ‘दिउँसो खबर आएसँगै इलाका प्रहरीचौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के कसरी घटना भयो ?’, हिउँपहिराका कारण हो कि अन्य कारण हो? बेपत्ताको अवस्था के छ? प्रहरी पुगेमात्र आधिकारिक जानकारी आउनेछ,’ जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले भने। , मुगुका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने सूचना गरे पनि यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। , बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थिए। ,
यार्सा टिप्न हिँडेका जुम्लाका तीन जना बेपत्ता |
सेतोपाटी संवाददाता पोखरीमा डुबेर धनुषामा जुम्ल्याहा बालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहम्मद अब्दुल अन्सारी र मोहम्मद अल्कामा अन्सारी छन्। , जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकृत प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम शाहका अनुसार सोही वडाको बसहियास्थित गोगलप्रसाद नमूना मावि स्कुलको अगाडि रहेको पोखरीमा नुहाउने क्रममा शनिबार साँझ उनीहरूको मृत्यु भएको हो।, बालकहरू पोखरीमा डुबेको भन्ने खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दुबैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो। , चिकित्सकले बेलुका करिब ८ बजे दुबै बालकलाई मृत घोषणा गरेको इन्सपेक्टर शाहले जानकारी दिए। , अहिले उनीहरूको शव सोही अस्पतालमा पोष्टमर्टमका लागि राखिएको उनले जानकारी दिए। , घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको इन्सपेक्टर शाहले बताए। ,
पोखरीमा डुबेर धनुषामा जुम्ल्याहा बालकको मृत्यु |
सेतोपाटी संवाददाता देशमा पश्चिम वायु प्रणाली कमजोर बन्दै गएको छ।, पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मौसममा सुधार देखिएको र केही ठाउँमा आंशिक बदलीको सम्भावना रहे पनि अधिकांश ठाउँमा घाम लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, ‘दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’ मौसमविद् सञ्जीव अधिकारीले सेतोपाटीसँग भने, ‘कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।’, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने उनले बताए।, त्यस्तै कोशी, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखिएको उनको भनाइ छ।, पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मधेस प्रदेशमा गर्मी बढ्ने पनि उनले बताए।, ,
यस्तो छ आजको मौसम |
रासस
मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।, पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।, यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले बताए। अन्य सामान्य घाइते भएका छन्। दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। उनीहरूको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिए।, शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के–कसरी घटना भयो? हिउँपहिराका कारण हो कि अन्य कारण हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो।,
मुगु हिमपहिरोमा परेका तीन जनाको मृत्यु |
सेतोपाटी संवाददाता नेपाली नागरिकता लिएको पाइएपछि १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले शनिबार १० जनालाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।, उनीहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको खुलेको छ।, झुटा विवरण दिएर नेपाली नागरिकता लिएका हुन् वा कीर्ते गरी बनाएका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।, यो घटनाबारे प्रहरीले आइतबार दिउँसो १ बजे विस्तृतमा सार्वजनिक गर्ने तयारी गरेको छ।, ,
नेपाली नागरिकता लिएको पाइएपछि प्रहरीले पक्राउ गर्यो १० जना भारतीयलाई |
सेतोपाटी संवाददाता पूर्वाधार विकास कार्यालय पर्वतले जिल्लामा विभिन्न सडक निर्माणको ठेक्का लिएर काम नगर्ने तीन ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ। , काठमाडौंको हिम्दुङ एन्ड थोकर कन्स्ट्रक्सन, पर्वतको शिवालय निर्माण सेवा कुश्मा र काठमाडौंकै गजुरमुखी निर्माण सेवालाई १५ दिने स्पष्टीकरण सोधेको हो। , पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले विभिन्न बहाना देखाएर सम्झौता अनुसार समयमै काम सम्पन्न नगरेका कारण ती निर्माण कम्पनीहरूलाई स्पष्टीकरण सोधिएको जानकारी दिए। , उनका अनुसार गजुरमुखी निर्माण सेवाले दिमुवा–रम्जा–चित्रे सडकखण्ड स्तरोन्नती, वाल लगाउने लगायतका काम गर्न सडक डिभिजन कार्यालय बागलुङसँग ०७२/०७३ मा सम्झौता गरेको थियो। , उक्त आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएपछि डिभिजन कार्यालयलले पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेको थियो। , आयोजनाको करिब ८१ प्रतिशत काम सम्पन्न भएपछि निर्माण कम्पनीले काम रोकेपछि स्पष्टीकरण सोधिएको आचार्यले जानकारी दिए।, स्पष्टीकरण सोधिएको अर्को निर्माण कम्पनी हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन, धापासीले ०७५/०७६ मा मिलनचोक– सल्यान–गहखेत–धारापानी–ठोट्नेरी सडक निर्माणको ठेक्का लिएको थियो। , दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २८ करोडमा सम्झौता भएकोमा तीन वर्ष बितिसक्दा पनि जम्मा ४२ प्रतिशत मात्रै काम भएकोले सो निर्माण कम्पनीलाई पनि स्पष्टीकरण सोएिको हो। , लमयाखोला–सुरङ्दी–बिरौटा–खलडाँडा–चुरी–रूङ्दी–तातोपानी सडक र चंखोला–भवानी विद्यापीठ–पिप्ले–लमयाछमी–पिप्ले–लमयाछमी–अर्चले–भंगारा–बयाले सडक स्तरोन्नतीका लागि शिवालय निर्माण सेवा कुश्माले ०७७/०७८ मा ठेक्का सम्झौता गरेको थियो। , ९ महिनामा सक्नेगरी ठेक्का सम्झौता भएकोमा अझै झन्डै २० प्रतिशत काम बाँकी नै रहेको र पटकपटक ताकेता गराउँदा पनि काम नगरेको कारण स्पष्टीकरण सोधिएको आचार्यले जानकारी दिए। , १५ दिनभित्र स्पष्टीकरणसहित छलफलका लागि नआएको खण्डमा ठेक्का तोड्ने प्रक्रियामा जाने आचार्यले बताए। , ‘स्पष्टीकरणको जवाफसहित छलफलमा आए असारसम्म म्याद थप गरी निर्माण कार्य पुनः सुचारू गर्छौँ, आउनुभएन भने ठेक्का रद्द गर्छौँ,’ आचार्यले भने। ,
समयमा काम सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण |
रासस ‘पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ। नयाँ पुस्ताको चासो कम छ’, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भने, ‘अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ।’, बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उनको भनाइ छ।, उनले भने, ‘पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउने गरेको पाइएको छ।’, उनले आजभोलि कहीँकतैमात्रै घाटु नचाउने गरेको बताए। उनले भने, ‘अहिलेका पुस्तामा केही कुराको मतलब छैन। पहिला जुन उत्साह थियो, अहिले त्यो छैन। हरेक टोलमा घाटु अनिवार्य थियो तर अहिले संरक्षण गरौँ भन्ने भावनाले मात्र घाटु नचाउने परम्परा बस्न थाल्यो।’, आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा घाटु लोपोन्मुख अवस्थामा पुगिसकेको छ। पन्ध्र वर्ष अगाडिसम्म घाटु नचाउने गरिए पनि त्यसयता घाटु नचाउन छाडिएको छ । तर गाउँका केही युवाको सक्रियतामा १५ वर्षपछि पुनः घाटु नाच प्रदर्शन गरिएको छ। , स्थानीय रञ्जित गुरुङ र सूर्यमानसिंह गुरुङको सक्रियतामा लोप हुँदै गएको घाटुको संरक्षणका लागि घाटु नाच सुरु गरिएको हो।, बुद्ध जयन्तीको अवसर पारेर घाटु नाच पुनः सुरु गरिएको स्थानीयवासी सूर्यमानसिंह गुरुङले जानकारी दिए। , ‘पछिल्लो समय घाटु नाच लोप हुँदै गइरहेको छ, गुरुङ समुदायमा प्रख्यात रहेको यो नाच संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य राखेर हामी लागिपरेका छौं’, उनले भने, ‘घाटु नाचको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी प्रदान गर्ने लक्ष्य हो ।’, स्थानीय रञ्जित गुरूङले घाटु नाचबारे आवश्यक जानकारी सिकेपछि १५ वर्षको अन्तरालमा पहिलोपटक यो नाच प्रदर्शन गरिएको हो।, ‘लामो समयदेखि यो नाच निरन्तरता हुन सकेन, घाटु नाच नचाउने गुरुबा नभएका कारण पनि यसलाई निरन्तरता दिन सकेनौं’, उनले भने।, घाटु नाच्नका स्थानीय तीन कन्या छनोट गरिएको छ। उनीहरूलाई तीन–चार दिन नाच्न सिकाइएको थियो।, ‘अहिलेका पुस्तालाई यसबारेमा जानकारी नै छैन, कन्यालाई पनि नचाउनुअघि सबै कुरा सिकाइसकेका छौं, उनले भने।, गुरुङ सस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । सति र बाह्रमासे गरी घाँटु नाच दुई प्रकारको हुन्छ।, सतिघाँटु श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ।, गुरूङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने बताइन्छ। , घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक सङ्ख्यामा छानिन्छ।, उनीहरूलाई घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याको आँखा बन्द हुने गर्दछ।, यसलाई देवी चढेको मानिन्छ। कन्याको आँखा बन्द नभएसम्म देवीको नाम जप्नुपर्छ।, देवीले पत्याएपछि घाटु सुरु गरिन्छ।, घाटु नाचको सुरुआत मङ्गल चरणबाट गरिन्छ। इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ।, घाटु नृत्यमा वाद्य र साज शृङ्गारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ।, कारूणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार र दर्शकसमेत धुरुधुरु रोएको पाइन्छ।, सतिघाटुमा गुरुबाले गीतबाटै मङ्गलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, शृङ्गार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्छन्।, सत्रौं शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ।, यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ।, सदियौंदेखि पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुनु र पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउने प्रयास गरिएको रञ्जित गुरुङले जानकारी दिए। ,
यसकारण लोप हुँदैछ घाटु |
रासस साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको सात जनाको परिवार छ। , गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो। दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन्। , यसबाट तामाङको परिवारले वार्षिक ५÷६ लाख आम्दानी गर्छ। त्योबाहेक उनीहरूको अन्य आम्दानीको स्रोत छैन।, एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ। , सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ। गएको वर्षमात्रै उनको परिवारले नौ क्विन्टल चामल किन्नुपर्यो। सहुलियत चामल (खाद्य संस्थानबाट प्राप्त) साढे दुई क्विन्टलमात्रै पाएपछि महँगोमा किन्नुपरेको सोनामले बताए। , तामाङ परिवारले एक वर्षमा एक लाख चामल ढुवानीमै खर्च गरे। , चामलसँगै अन्य दैनिक उपभोग्य सामानमा पनि वार्षिक झन्डै एक लाख खर्च हुने गरेको उनले सुनाए।, ‘सदरमुकाम चैनपुरमा पाउने सामान साइपालमा पुग्दा चौबर हुन्छ,’ उनले भने, ‘साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेको सामान तेब्बरभन्दा बढी नै हुन्छ।’ , चिसोले अलि बढी नै खाना खाने त्यसैमा दुवै छाक भात खाने हुँदा क्विन्टलका क्विन्टलनै खरिद गर्नुपरेको उनले बताए।, सोनामको जस्तै अवस्था छ, साइपाल गाउँपालिका–५ बलौडीका पदम बोहराको। पदमको परिवारमा पाँच छन् । , उनको परिवारलाई वार्षिक सात क्विन्टल चामल आवश्यक पर्छ। हिउँदेबाली कोदो र जौँ एक महिनामात्रै पुग्ने भएपछि नियमित किनेरै खानुपरेको उनले बताए। , ‘गत वर्ष खाद्यको चामल डेढ क्विन्टलमात्रै पाएको हुँ,’ उनले भने, ‘त्यो चामल दुई महिनामात्रै पुग्यो । बाँकीका महिना किनेरै खायौँ।’, ताक्लाकोट नाका बन्द हुँदा सास्ती, धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान ताक्लाकोटबाटै आउँथे। खाद्य संस्थानले दिने मूल्यभन्दा सस्तोमा चिनियाँ खाद्यान्न साइपाल पुग्थ्यो।, तर, पाँच वर्षदेखि ताक्लाकोट नाका पूर्णरूपमा बन्द छ। नाका बन्द भएपछि साइपालवासी मारमा परेका छन्। , ‘ताक्लाकोट नाका बन्द भएपछि सदरमुकामबाट सामान ल्याउन सुरु गर्यौं। सदरमुकामबाट ल्याउँदा सामानको मूल्य चौबरभन्दा बढी पर्न थाल्यो,’ सोनामकी श्रीमती सोनाम तामाङले दुखेसो पोखिन्।, साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराका अनुसार ताक्लाकोटमा नाकाबन्दी हुनुअघि वडा नं ३, ४ र ५ का गाउँ न्यूना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतमा चिनियाँ सामान नै हुन्थ्यो। , धलौनमा भने तलकोट गाउँपालिका पनि नजिक पर्ने हुँदा दुवैतिरबाट आवश्यकतानुसार सामान आउने गरेको उनी सम्झन्छन्। तर नाकाबन्दीपछि भने आवतजावत नै ठप्प भएको उनले बताए। , दुई वर्ष अगाडि साइपालमा भोकमरी लागेपछि धुलीका भीम धामीले चैनपुरबाट चामल ल्याए। , तलकोटको रूपातोलाका गोविन्द बोहरा, उनका दाई प्रदीपसहित तीन जनाले एक क्वीन्टल चामल धामीको घरमा पुर्याए। , एक क्विन्टल चामल पुर्याएवापत भीमबाट प्रतिकेजी दुई सय रूपैयाँका दरले २० हजार रूपैयाँ बोहरा दाजुभाइले बुझे। , ‘रूपातोलाबाट धुलीसम्म प्रतिकेजी रु दुई सय लागेकै दररेट हो,’ गोविन्दले भने, ‘अरु सामान त दुई सयकै दरले सधैँ बोकिन्थ्यो, अहिले पनि सोही मूल्य पर्ने सामान बोकिरहेका छौँ। चामल भने त्यसबखत नै पहिलो चोटी बोकेका हौँ।’, मान्छेले चामल बोकेर साइपालको धुली पु¥याउँदा प्रतिक्विन्टल (मोटो चामल) साढे २२ हजारमा पुग्छ । खच्चडमा बोकाउँदा प्रतिक्विन्टल १३ हजार पर्छ। , न्यूनाका जीवन बोहराले भने, ‘खच्चड हिउँदयाममा मात्रै आउँछ । बर्खामा खोलानाला बढ्ने हुँदा मान्छेले मात्रै आवतजावत गर्छन् । बर्खामा कसैको परिवारमा खाद्यसङ्कट भए बोकेरै ल्याउनुपर्छ । आफैँले बोक्न नसके भरियालाई ज्याला तिरेर ल्याउनुपर्छ।’, गोविन्दका अनुसार किर्किट्या हुँदै कालडाँडाबाट न्युनासम्म प्रतिकेजी रु एक सय ८० ज्याला लाग्छ भने बलौडीसम्म एक सय ९० र धुलीसम्म प्रतिकेजी दुई सय लाग्छ। , ‘हामी महिनामा चार–पाँचपटक साइपालको सामान बोकेर गन्तव्यमा पुर्याउँछौं,’ उनले भने।, प्रायः फलामका रड, किला, जस्तापाता, भाँडाकुँडालगायतका विभिन्न सामान केजीको हिसाबले बोक्ने गरेको उनले बताए। ‘खाद्यको ढुवानी बढीजसो खच्चडबाट नै हुन्छ,’ उनले भने। , ठेक्का प्रक्रियामा सास्ती, साइपालवासीले खाद्य सङ्कटको समस्या लिएर राज्यको दैलो चहार्न थालेको वर्षौं बितिसक्यो। करिब तीन हजार जनसङ्ख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएका छन्। , साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए। , अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक राजधानी पुगिसके। , प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए। उनले भने,‘साइपालका लागि स्थायी डिपो नहुँदा सधैँ खाद्यान्नका लागि पिरलो हुन्छ।', ठेकेदारले पनि आफूखुसी खाद्यान्न पुर्याउँदा वितरणमा समानता नहुने गरेको उनले बताए। , साइपालमा खाद्यान्नका लागि यस वर्ष दुई हजार पाँच सय क्विन्टल चामलको ठेक्का परेको छ। चालु आर्थिक वर्षमा साइपालमा ढुवानी गर्ने गरी देवराज जोशीले ठेक्का लिएका छन्।, तर चालु आवको १० महिना बित्नै लाग्दासमेत एक हजार पाँच सय क्विन्टलमात्रै चामल पुगेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए।, उनका अनुसार साइपालमा चामलको आवश्यकता पाँच हजार क्विन्टल हो। तर ठेकेदारले समयमै ढुवानी नगर्दा न ठेक्का रद्द गर्न सकिने, न त थप्न नै सकिने भएको छ । , ‘साइपालमा खाद्यान्न नभएर कन्दमूलको खोजी गर्नुपर्ने अवस्था भइसकेको छ,’ उनले भने।, ‘हामीले दुई हजार पाँच सय क्विन्टल चामल दशैँ अगावै पुर्याइसक्नुपर्थ्यो। त्यसपछि फेरि दोस्रो चरणमा थप दुई हजार पाँच सय क्विन्टलको तयारी गर्ने सोच बनाएका थियौँ। तर ठेकेदारले १० महिना बित्न लाग्दासमेत पहिलो ठेक्का नै पूरा गरेको छैन,’ उनले भने।, अध्यक्ष बोहराका अनुसार अहिले साइपालमा गएको चामल पनि निश्चित व्यक्तिको कब्जामा गइरहेको छ । ‘स्थानीय सबैसँग धेरै खरिद गर्न पैसा पनि हुँदैन । व्यापारीदेखि हुनेखानेले बढी चामल राख्ने गरेको सुनिएको छ,’ अब निगरानी बढाउनुपर्ने उनले बताए। , चालु आवका लागि साइपालमा गएको चामल वडा नं ४ र ५ मा बढी गएको छ। गएको मंसिरमा सबैभन्दा बढी न्यूना गाउँमा चामल गएको अध्यक्ष बोहराले बताए।, यता वडा नं ५ का वडाध्यक्ष जैपाल पनि यसपटक भोकमरी टर्नेमा विश्वस्त छन्। , ‘पहिलो लडमा टाढाका गाउँमा पठायौँ। अहिले आइरहेको छैन,’ उनले भने। अन्य वडामा भने दुई महिना पुग्ने गरी समेत चामल नगएको पालिका अध्यक्ष बोहराले बताए। , साइपालमा कतै बढी त कतै कम खाद्यान्न गएकोबारे प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले पनि वितरणमा एकरूपता हुनुपर्ने बताए। , योभन्दा अगाडि मनोमानी ढङगले चामल वितरण गरेको पाइएको उनले बताए।, ‘कुनै गाउँमा चार–पाँच महिनाकै लागि पुग्ने गरी चामल गएको देखिन्छ भने कुनै गाउँमा एक–एक बोरामात्रै चामल गएको छ। अब वडाध्यक्षहरूले आफ्नो मातहतमा लिएर नुन, खाद्यान्न वितरण गर्नुपर्छ,’ उनले भने।, यसका लागि पत्राचार गरेको उनले बताए।,
साइपालमा खाद्यसंकट, चैनपुरबाट लैजाँदा चौबर बढ्छ चामलको मूल्य |
सेतोपाटी संवाददाता नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तारमा क्षति नपुर्याउन अनुरोध गरेको छ।, शनिबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले दशकौंदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवथापन गर्न कठिनाइ हुने साथै दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न काम भइरहेको प्राधिकरणले उल्लेख गरेको छ।, प्राधिकरणका अनुसार अहिले दीर्घकालीन रूपमा तारलगायत अन्य युटिलिटीहरूको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भइरहेको छ|, त्यस्तै दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको छ।, अव्यवस्थित रूपमा रहेको तारहरूलाई अल्पकालीन रूपमा व्यवस्थापन गर्ने क्रमममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरि, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघरलगायत पाटन दरबार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बन्डलिङ गरिएको पनि प्राधिकरणले जनाएको छ।, प्राथमिकताको आधारमा अन्य रूटमा समेत योजना बनाएर तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने प्राधिकरणले उल्लेख गरेको छ।, साथै इन्टरनेट सेवा अति आवश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जादा बैंक, हवाई सेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सर्भिस अवरूद्ध हुन जाने उल्लेख गर्दै प्राधिकरणले यसको पूर्वाधारमा क्षति पुर्याउने कार्य दूरसञ्चार ऐन, २०५३ अनुसार दण्डनीयसमेत हुने हुनाले यसको पूर्वाधारमा क्षति पुग्ने कार्य नगर्न/नगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउन अनुरोध गरेको छ।, यो पनि पढ्नुस्: , ललितपुर महानगरको तार व्यवस्थापनबाट के सिक्न सक्छ काठमाडौंले?,
टेलिफोन, इन्टरनेटका तारमा क्षति नपुर्याउन दूरसञ्चार प्राधिकरणको अनुरोध |
सेतोपाटी संवाददाता नक्कली कागजात देखाएर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १० जना भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन्। , यस्तै बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन्।, उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही, बारा, पर्सा लगायतबाट जारी गरेको नागरिकता लिएका हुन्। , कार्यालयले उनीहरूलाई विभिन्न ठाउँबाट शनिबार एकै दिन पक्राउ गरेको हो। , उनीहरूको सन् २०२१ देखि अहिलेसम्म पनि भारतीय मतदाता परिचय पत्रमा नाम छ।, तस्बिरहरू: , ,
नक्कली कागजात देखाएर नेपाली नागरिकता लिने बिहारका १० जना पक्राउ |
रासस निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ।, काठमाडौंको उत्तर-पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्याउने सो करिडोर सडक सुरू बिन्दुमा पर्ने गोकर्णबाट सुन्दरीजलसम्म खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।, यो खण्डको लम्बाइ झण्डै आठ किलोमिटर छ।, नदीको क्षेत्र २० मिटर रहेकामा अहिले २०/२० मिटर क्षेत्रमा जग्गा व्यक्तिका नाममा रहेकाले जग्गा किनबेच भइरहेको समितिका सूचना अधिकारी इञ्जिनियर कमल अर्यालले बताउँछन्। , त्यस ठाउँमा जग्गा प्राप्त गर्न काठमाडौं उपत्यका नयाँ सहर आयोजनाले एक लाख रोपनीमा नयाँ सहर बनाउन लागेको उनले बताए। उनले भने, 'त्यहाँभित्रबाट जग्गा निकालेर सडक बनाउने योजना छ।', गोकर्णबाट गुहेश्वरीसम्म दुवैतर्फको सडक खुलिसकेको छ।, गुहेश्वरी मन्दिरबाट तिलगङ्गासम्म पशुपति क्षेत्र रहेको छ। तिलगङ्गाबाट जाँदा गाडी चले पनि सडक कच्ची रहेको इञ्जिनियर अर्यालले बताए। , सडक निर्माणमा समस्या नभएको ठाउँमा खुलिसकेको भए पनि अरू निकायले काम गर्छु भनेका ठाउँमा काम हुन नसकेको जनाइएको छ।, गोठाटार पुलबाट गुह्येश्वरीसम्मको सडक प्रदेश सरकारले निर्माण गर्ने भने पनि बनिसकेको छैन।, नदी किनारमा समितिले नै सबै किसिमका काम एकसाथ अघि बढाइरहेको छ।, करिडोर सडक निर्माणसँगै नदीको दुवैतर्फ ढल निर्माण, विभिन्न स्थानमा बाँध, किनारमा रहेका मठ, मन्दिरको पुनःनिर्माण, फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढिरहेको बताइएको छ। , बाग्मती करिडोर निर्माणको कार्यक्षेत्र काठमाडौंको बागद्वारबाट कटुवाल दहसम्म छ।, जम्मा ४४ किमी यसको लम्बाइ रहेको छ। अन्तिम बिन्दुतर्फ जान अहिले ट्र्याक खोलेर मोर्डन इन्डियन स्कुलसम्म पुगिएको उनले बताए।, खासगरी काठमाडौं उपत्यकाका मुख्य सडकमा रहेको जाम कम गर्ने उद्देश्यले करिडोर सडक निर्माण सुरू गरिएको थियो। , बागद्वारबाट कटुवाद दहसम्म दुवैतर्फ जान नसक्ने गरी नहुँदा लक्ष्य पूरा नहुने इञ्जिनियर अर्यालले बताए। यसलाई निरन्तर जाने गरी बनाउनुपर्ने उनको भनाइ छ।, काठमाडौं उपत्यकामा रहेका सानाठूला धेरै खोलामा करिडोर निर्माणको काम अघि बढाइएको छ। कतै समिति त कतै काठमाडौं उपत्यका नगर विकास प्राधिकरण र कतै डिभिजन सडक कार्यालयले करिडोर सडकमा निर्माण गरिरहेका छन्। , ,
बाग्मती करिडोर साढे दुई दशकसम्म अधुरै |
नवीनबाबु गुरूङ काठमाडौंको बौद्धमा आज धुमधामले बुद्ध जयन्ती मनाइएको छ।, २५६७ औं बुद्धजयन्तीका अवसरमा बौद्धमा दर्शनार्थीको घुइँचो छ।, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ।, बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन्।, गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गरिन्छ।, इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो।, तस्बिरहरू:,
मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू) |
सेतोपाटी संवाददाता चितवनका पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–१, बझाङका ३६ वर्षीय जीवनबहादुर रावल रहेका छन्। , रावललाई बिहीबार जितपुरसिमरा उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए। , नेपाली कांगेस चितवनका महासमिति सदस्य रहेका कँडेल मङ्गलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।, घटनास्थलमा भेटिएको सुसाइड नोटका आधारमा कँडेलका परिवारले प्रदीप रूङ्टा र जीवन रावलविरूद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए। , केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए। हिजो पक्राउ परेका रावल कँडेलकै कम्पनीमा कार्यरत चार्टर्ड अकाउन्टेन्ट हुन्। , शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ।, कँडेलको परिवारले दिएको जाहेरीका आधारमा रावललाई पक्राउ गरिएका र उनीविरूद्ध अदालतबाट म्याद थप गराई थप अनुसन्धान हुने डिएसपी पण्डितले जानकारी दिए। , घटनापछि रूङ्टा भने फरार छन्। उनको खोजी भइरहेको पनि डिएसपी पण्डितले जानकारी दिए। ,
,
शंकर कँडेल मृत्यु प्रकरणः आत्महत्या दुरूत्साहन आरोपमा जीवन रावल पक्राउ |
युवराज श्रेष्ठ पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म सडक आसपासका शहर र गाउँ घाम लागेका दिन धुलोले ढाकिन्छन्। पानी परेका दिन हिलो छ्यापिन्छन्। घाम लागेका बेला सडकबाट उडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ। सडकको वारीबाट पारीका बजार हेर्न आँखा तन्काउनुपर्छ।, हिलो र धुलोले सडकमा पैदलयात्रा गर्न त के, उभिन सक्ने स्थिति पनि छैन। नेपालकै चल्तीको राजमार्गमा सवारीको भिडले उडाउने धुलोबाट राजमार्ग आसपासका बासिन्दा निसास्सिएका छन्। पानी परेका दिन सवारीले छ्यापेको हिलोले राजमार्ग वरीपरीका घरहरू कुरुप बनाइदिन्छन्।, ‘बजार गएर फर्कदा धुलो र हिलोले मान्छे चिन्न पनि मुस्किल पर्छ,’ दमौलीकी मिरा श्रेष्ठ भन्छिन्,‘बाटो फराकिलो बनाउन सबै सडक एकैपटक खनियो, हामीलाई धुलो र हिलो खानुपरेको छ।’, राजमार्ग आसपासका बासिन्दालाई दैनिक काममा निस्कँदा पनि धुलो र हिलोले हैरान बनाएको छ।, तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रत्न माविका शिक्षक पशुपति अर्याल मोटरसाइकल लिएर स्कुल आउजाउ गर्न समस्या परेको बताउँछन्।, ‘पानी परेका बेला स्कुल जाँदा पोशाकभरी हिलो छ्यापिन्छ, घाम लागेका दिन धुलाम्मे भइन्छ,’ उनले भने, कहिलेकाँही त स्कुल गएर फेर्नका लागि घरबाट अतिरिक्त कपडा लिएर जानुपर्छ, कहिले हिलो पखालेको चिसै कपडा लगाएर पढाउनुपर्छ।’, विद्यालयमा अध्यन गर्न आउने विद्यार्थीले पनि यस्तो हैरानी भोग्नुपरेको उनले बताए।, राजमार्गबाट मुग्लिन–पोखरा यात्रा गर्ने यात्रुले पनि उस्तै सास्ती खेप्नुपर्छ।, मुग्लिनमा लगाएको मास्क पोखरा पुग्दा टाँसिएको धुलोले मास्कको रङ फेरिसकेको हुन्छ। पानी परेका दिन पनि यात्रुले हिलोको सास्ती खेप्नुपर्छ। सडक फराकिलो पार्दा बनेका खाल्डाखुल्डीमा सवारी फस्छन्। कहिले पहिरो झरेर जाम हुन्छ। सवारीका पाङ्ग्रा डुब्ने खाल्डाखुल्डीले यात्रालाई युद्ध होमिन गए जस्तो डरलाग्दो बनाइदिन्छ।, पोखराका प्रकाश आचार्य एक महिनाअघि निजी सवारी लिएर काठमाडौं जाँदा धुलोले ढाकिए। फर्किदा पानी पर्यो, हिलोमा डुबे जस्तो भए। पोखराबाट मुग्लिन जाँदा ३ घण्टामा पुगेका उनी फर्किदा मुग्लिनबाट पोखरा आउन ४ घण्टा बढी लागेको बताए।, ‘काठमाडौं जाँदा धुलो उडेर आकाशै धुलाम्मे थियो, आँखा हेर्न पनि मुस्किल,’ उनले भने, फर्किदा मुग्लिन कटेपछि ४ ठाउँमा जाम भयो, सडक बनाउँदा परेका गहिरा खाल्डाखुल्डी र हिलोले तनाब दियो।’, पृथ्वी राजमार्ग काठमाडौंबाट पोखरा जोड्ने मात्र होइन, आसपासका अन्य जिल्ला र गाउँहरुलाई सडक संजालमा जोड्ने मुख्य राजमार्ग हो।यही राजमार्गमा जोडिएर गण्डकी र धौलागिरीका जिल्लाहरुले सडक सञ्जालमा पहुँच पाएका छन्। राजधानी मात्र होइन, अन्य जिल्ला र बजार जान पनि गण्डकी र धौलागिरीका बासिन्दा यही राजमार्ग प्रयोग गर्न बाध्य छन्।, २०२१ सालतिर दुई लेनमा निर्माण थालिएको पृथ्वी राजमार्ग २०३० सालमा निर्माण सम्पन्न भएको थियो। त्यसयता यस राजमार्ग सामान्य मर्मतका भरमा अहिलेसम्म टिक्यो। सरकारले २ बर्षअघि मात्र यस सडक चार लेनको बनाउन एसियाली बिकास बैंक (एडिबी)सँग ऋण लिएर ठेक्का लगाएको थियो।, नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक संजालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै ब्यस्त सडकमा गनिन्छ। ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार यस राजमार्गबाट हाल दैनिक ८ हजार बढी सवारी गुड्छन्। राजमार्ग आसपासका गाउँ र शहरका बासिन्दा राजमार्गमार्फत छोटो यात्रा गर्ने यात्रु र सवारीको त हिसाबै छैन।, राजमार्ग आसपासका बासिन्दा र यात्रुलाई सास्ती दिने गरी मुग्लिन–पोखरा खण्ड एकैपटक भत्काइएका छन्। राजमार्ग छेउछाउका डाँडा खारेर राजमार्ग फराकिलो बनाइँदैछ। आवश्यकता अनुसार राजमार्गको डिलमा पर्खाल उभ्याएर ढुङ्गा, माटो भरिँदैछ। जसले गर्दा सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्न पुगेको छ।, निर्देशनले समाधान हुँदैन समस्या, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सडक विभागका महामनिर्देशक लगायतका टोली चैतमा सडक आयोजनाको अनुगमनमा निस्किए। यसअघि भौतिक पूर्वाधार मन्त्री रहँदा पनि श्रेष्ठ सडक आयोजनाको निरीक्षण गर्दै समयमै सक्न ‘निर्देशन’ जारी गरेका थिए।, सडक आयोजना तोकिएकै समयमा पुरा गर्न समस्याको समाधान गर्ने भनेर फर्किएका उनीहरूले अहिलेसम्म कुनै समस्याको समाधान दिएका छैनन्। दुबै खण्ड सडक विस्तारको ठेक्का लिएका चिनिया कम्पनीले मन्त्रीहरूको लस्करले दिएको निर्देशनपछि पनि कामको गति बढाएका छैनन्। जसले गर्दा राजमार्ग आसपासका बासिन्दा र यात्रुलाई अझै केही बर्ष थप सास्ती बेहोर्नुपर्ने निश्चित देखिएको छ।, मुग्लिनदेखि पोखरासम्म ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर सरकारले ठेक्का दिएको छ। ठेक्का सम्झौता भएको झण्डै १ बर्षसम्म निर्माण कम्पनीले काम सुरू नै गरेन।, मुग्लिन पोखरा सडक आयोजना पूर्वी खण्डमा मुग्लिनदेखि जामुनेसम्म ४१ किलोमिटर सडकको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको छ। कम्पनीले उक्त खण्डमा ६ अर्ब २१ करोड रुपैयाँमा (मादी पुल बाहेक) ठेक्का पाएको छ।, सो खण्डमा मादी पुल बनाउनका लागि १ अर्ब २० करोडमा छुट्टै ठेक्का लगाइएको मुग्लिन-पोखरा सडक आयोजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले बताए। उनका अनुसार पुर्वी खण्डमा मात्र १८ वटा पुल निर्माण गर्नुपर्छ।, सडक आयोजनाको ठेक्का सम्झौतामा उल्लेखित समयसिमा अनुसार पूर्वी खण्डमा मात्र हालसम्म ६० प्रतिशत काम सकिनुपर्ने सुवेदीले बताए। ठेकेदार कम्पनीको ढिलासुस्तीले हालसम्म बल्ल २५ प्रतिशत काम भएको उनले बताए।, उनका अनुसार ठेकेदार कम्पनीले सम्झौता भएको लामो समयसम्म निर्माण थालेनन्। राजमार्गमा रहेका बिजुली पोल सार्न सम्झौता अनुसार कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई दिनुपर्ने रकम अहिलेसम्म दिएका छैनन्। जसले गर्दा सडक विस्तारमा ढिलाई भइरहेको सुवेदीले बताए।, ‘हामीले ठेकेदार कम्पनीलाई २ महिना अघि नै प्राधिकरणलाई सम्झौता अनुसार १८ करोड दिनु भनेर पत्र पठायौं, अहिलेसम्म दिएको छैन,’ उनले भने, ‘प्राधिकरणले पोल सार्ने काम त गरिरहेको छ, तर ठेकेदार कम्पनीले सम्झौताअनुसार काम गर्न आनाकानी गरिराखेको छ।’, सडक विस्तार गर्न आवश्यक जग्गा नेपाल सरकारले उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ। यसको अर्थ राजमार्ग विस्तार हुने ठाउँमा पर्ने व्यक्तिको घर जग्गा सरकारले अधिग्रहण गरिदिनुपर्छ। घर भत्काउन दिनुपर्ने मुआब्जाको रकम पनि सरकारले पर्याप्त विनियोजन नगरेको सुवेदीले बताए।, ‘हाम्रो पूर्वी खण्डमा मात्र ५०५ वटा घर भत्काउनुपर्छ, अहिलेसम्म ३७५ घर भत्काइसकियो,’ उनले भने, ‘यो बर्ष मुआब्जाका लागि १० करोड विनियोजन भएको थियो, अझै ८ करोड आवश्यक पर्छ।’, पूर्वी खण्डको ठेक्का पाएको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले २०७७ माघ १७ गते सम्झौता गरेर २०७८ बैशाख २ गतेदेखि काम थालेका थिए। उक्त खण्डको ठेक्का सम्झौता २०८१ बैशाखमा सकिन्छ। अहिलेकै गतिमा काम गर्दा अबको एक बर्षमा सडक आयोजनाको बाँकी काम पूरा गर्न नसकिने आयोजनाका पूर्वी खण्ड प्रमुख सुवेदीले बताए।, राजमार्गको पश्चिम खण्ड जामुनेदेखि पोखरासम्मको सडक आयोजना भने पूर्वी खण्ड भन्दा सुस्त छ। ठेकेदार कम्पनीले सम्झौता भएको करिब ८ महिनापछि काम थाले पनि अझै गति लिन नसकेको पश्चिम खण्ड प्रमुख अमित श्रेष्ठले बताए। पूर्वी खण्ड भन्दा ६ महिना बढी समय रहेको पश्चिम खण्डमा हालसम्म जम्मा ६ प्रतिशत काम भएको छ। जबकी, ठेक्का सम्झौताको समयसिमा अनुसार हालसम्म १७ प्रतिशत काम सकिनुपर्ने श्रेष्ठले बताए।, पश्चिम खण्डको ३८ किमी सडक विस्तारको ठेक्का पनि चिनिया कम्पनी एनहुई केयुयन हाइवे एण्ड ब्रिजले पाएको छ। कम्पनीसँग २०७८ जेठ ३ गते पश्चिम खण्ड विस्तार गर्न ७ अर्ब ४० करोड रुपैया (सेती पुलबाहेक) ठेक्का सम्झौता भएको थियो। सेती नदीमा हाल भएको पुल भन्दा माथि र तल २/२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको श्रेष्ठले बताए। यी दुबै पुल आकर्षक सिग्नेचर पुल बन्ने उनले बताए।, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन्।, पूर्वी खण्डमा जस्तै पश्चिम खण्डमा पनि राजमार्ग विस्तार गर्न सडक पोल समयमा सार्न नसक्नु मुख्य कारण रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा खण्डमा छिटो काम गर्न दबाब परे पनि पोल र खानेपानीको पाइपका कारण काम थाल्न नसकेको श्रेष्ठले बताए।, पश्चिम खण्डमा अहिले विजुलीका पोल सार्ने काम थालिएको छ। तर खानेपानी आयोजनाको पाइपलाइन सार्ने काम सुरू नै नभएको उनले बताए। पोखरा खण्डको खानेपानीको पाइप सार्ने जिम्ममा नेपाल खानेपानी संस्थानले लिएको छ। संस्थानले अहिलेसम्म पोखरा खण्डको पाइपलाइन सार्न टेण्डरसमेत आह्वान गरेको छैन।, मुग्लिन–पोखरा सडक पश्चिम खण्ड प्रमुख श्रेष्ठका अनुसार उक्त खण्डमा पोखरासहित २७ वटा खानेपानी आयोजनाका पाइपलाइन पर्छन्। जसमा पोखरा खण्डकोल पाइपलाइन सार्न संस्थानले अझै १, २ महिनामा टेण्डर निकाल्ने जानकारी दिएको श्रेष्ठले बताए। यस्तै, अन्य २ वटा खानेपानी आयोजनाको पाइपलाइन सडक आयोजनाले नै टेण्डरमार्फत सार्ने योजना बनाएको छ भने २४ वटा खानेपानी आयोजना उपभोक्ता समितिमार्फत व्यवस्थापन गर्ने निर्णय गरेको छ। १ करोड भन्दा साना आयोजना उपभोक्ता समितिमार्फत गर्न सकिने भएकाले छिटो छरितो काम गर्न उक्त निर्णय गरेको श्रेष्ठले बताए।, पश्चिम खण्डको सडक विस्तार ढिलाई हुनुमा पनि ठेकेदार कम्पनीले सम्झौता भएको ७, ८ महिनासम्म काम नथाल्नु मुख्य कारण रहेको उनले बताए। सम्झौता पश्चात नेपाल सरकारले परिवर्तन गरेको बिमा नीतिको कम्पनी विरोधमा उत्रिएको उनले बताए।, ‘ठेक्का सम्झौता भएपछि परिवर्तन भएको बिमा नीतिले ठेकेदार कम्पनीले बिमाबापत दोब्बर रकम तिर्नुपर्ने अवस्था आयो, यसको विपक्षमा कम्पनी लाग्दा ढिलाई भयो,’ उनले भने।, कम्पनीले कोभिड–१९ लाई कारण देखाएर झण्डै ४ महिना काम गरेनन्। यसले पनि काम ढिलो हुन पुगेको उनले बताए।, यता, नेपाल विद्युत प्राधिकरणका तनहुँ प्रमुख मेखराज जोशीले ठेकेदार कम्पनीले रकम प्रदान नगरेपनि पोल सार्ने काम भइरहेको बताए। उनका अनुसार मुग्लिनदेखि पोखरासम्म सडक विस्तार गर्दा २ हजार २०० पोल स्थानान्तरण गर्नुपर्छ। यसका लागि ९६ करोड खर्च हुने प्राधिकरणको स्टिमेट रहेको उनले बताए।, ‘सडक आयोजना र प्राधिकरणको संयुक्त लगानीमा विजुलीको पोल सार्ने सम्झौता छ, हामीले हाम्रो तर्फबाट पोल सारिरहेका छौं,’ उनले भने, ‘सुरुमा केही ढिलाई भयो, अहिले ठेकेदार कम्पनीले पैसा दिएन भनेर रोकेका छैनौं।’, राजमार्ग फराकिलो बनाउने ठाउँमा पोल सार्न प्राधिकरणले चार वटा ठेक्का निकालेर सम्झौता गरिसकेको उनले बताए।,
मुग्लिन–पोखरा सडक: ढिलासुस्तीले हिलाम्य र धुलाम्य, निर्देशनले दिएन समाधान |
सेतोपाटी संवाददाता आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली र वर्षात् भइरहेको छ ।, शुक्रबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती, कोशी प्रदेशका विभिन्न भूभागमा केही ठाउँमा वर्षा र सामान्यतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , ‘कोशी प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’ मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीसँग भने, ‘कोशी र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखिन्छ।, उनका अनुसार अहिले प्रिमनसुनको अवधि भएकाले बदली र वर्षाको सम्भावना देखिएको हो। काठमाडौं उपत्यकामा पनि सामान्यतया बदली रहने र मध्याह्नपछि मौसममा सुधार आउने सम्भावना रहेको उनले बताए।,
, ,
यस्तो छ आज दिनभरको मौसम |
सेतोपाटी संवाददाता पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ।, सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ। मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटरब्याजीलाई सजाय बढाएको हो।, संशोधित कानुन लागु हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा ऋणीलाई हैरानी तुल्याउनेहरू सात वर्षसम्म जेल सजायको भागिदार हुने भएका छन्।, संशोधित कानुनअनुसार लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुनेछन्।, त्यस्तै ब्याजलाई साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेर बुझाएको रकमको भरपाइ नदिने वा लिखत बनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीको लागि कुनै प्रकारको धम्की दिने, हिंसा वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने सात वर्षसम्म जेल जाने भएका हुन्।, पछिल्लो समय मिटर ब्याजमा लगाउने र ऋणीलाई घरजग्गा खोस्ने र कतिपयलाई यौन शोषणसम्म गर्ने गरेको गुनासो बढेको छ। तराई-मधेसका पीडितहरू काठमाडौंसम्म पैदलै आएर आन्दोलन गरेपछि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेर उजुरी लिइरहेको छ।, पैसा मिटरब्याजमा लगाएर ऋणीलाई दुःख दिनेलाई निरूत्साहित तुल्याउन सरकारले अध्यादेशमार्फत् कानुन संशोधन गरेको हो।, यस्तो छ अध्यादेश , ,
मिटरब्याजीलाई ७ वर्ष कैद हुने |
सरिशा अछामी गत मंगलबार राति १२ बजे। बर्दियाकी ३६ वर्षीय जानकी (नाम परिवर्तन) कुवेत जाने टिकट बोकेर त्रिभुवन विमानस्थलभित्र पसिन्। उनले टिकट काटेको जहाज १:४५ बजे उड्ने तालिका थियो। , जानकीसँग कुवेतको भिजिट भिसा थियो। विमानस्थलबाहिर आफन्त र परिवारसँग विदा मागेर उनी भित्र पसेकी थिइन्। भित्र पुगेकी जानकी जहाजसम्म भने जान पाइनन्। बीचमै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले उनको पासपोर्ट जफत गर्यो।, सोधपुछका क्रममा जानकीले आफूसँग भिजिट भिसा भए पनि घरेलु काममा गर्न कुवेत जान लागेको स्वीकारिन्। उनले टिकट काटेको जहाज उनलाई छोडेर उड्यो। उनको विदेश जाने सपना तुहियो।, जानकी बुधबार जफत भएको पासपोर्ट लिन ब्युरोको कार्यालयमा पुगेकी थिइन्। हामीले त्यहीँ उनलाई भेट्यौं। , बर्दिया राजापुरकी जानकी कुवेत उड्ने भनेर एक साताअघि काठमाडौं आइपुगेकी थिइन्। गाउँमा बस्दा उनी ज्यालामजदुरी गर्थिन्। श्रीमान् मदिरा सेवन गरेर हिँड्थे। सासु-ससुरा र चार सन्तानको जिम्मेवारी उनलै सम्हाल्थिन्।, उनको गाउँका अरू दिदीबहिनी कुवेत गएका थिए। उनीहरूले राम्रै पैसा पठाउने गरेकाले उनले वैदेशिक रोजगारीमा जाने निधो गरिन्। , गाउँका दाइले सबै व्यवस्था मिलाइदिने भएपछि जानकीले दुई लाख रुपैयाँ ऋण जुटाइन्। सामान्य लेखपढ गर्न जानेकी जानकीलाई वैदेशिक रोजगारीमा जान के-के चाहिन्छ भन्नेसम्म थाहा थिएन। गाउँकै दाइले उनको सबै प्रक्रिया मिलाइदिएका थिए।, प्रक्रिया सुरू गरेको दुई महिनामा उड्ने मिति तय भयो। हजारौं सपना बोकेर उनी काठमाडौं आइन्।, ‘छोराछोरी पढाउछु, ऋण तिर्छु भन्ने सोच थियो,ʼ भावुक हुँदै उनले भनिन्, ‘अब विदेश जान पाउँछु कि पाउँदिन थाहा छैन।ʼ, आफू एयरपोर्टबाटै फर्किएको खबर उनले परिवारलाई सुनाउन सकेकी छैनन्। , ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठका अनुसार जानकीजस्ता सयौं महिलालाई खाडीको भिजिट भिसाले डुबाएको छ। , जानकीजस्तै एयरपोर्टबाट फिर्ता भएकी छन्, सिन्धुपालञ्चोक बलेफीकी २१ वर्षीया शर्मिला (नाम परिवर्तन)।, सोमबार राति १०:४० बजे उनको दुबई जाने टिकट थियो। उनलाई पनि जहाज चढ्न नपाउँदै ब्युरोको टोलीले समात्यो।, बुधबार उनी पनि ब्युरोमै आएकी थिइन्। , ‘भुइँ पुछ्ने काममा जान लागेकी थिएँ,ʼ उनले भनिन्। , घरमा उनकी आमा बिरामी भइराख्थिन्। उपचारमा धेरै पैसा सकियो। आर्थिक अवस्थाले कमजोर भएपछि उनले चार महिनाअघि विदेश जाने सोच बनाइन्।, गाउँकै दिदीहरू दुबई गएका थिए। उनीहरूकै सल्लाहमा उनले पैसा जोहो गर्न थालिन्। दिदीहरू गएकै व्यक्तिमार्फत् सबै कागजात बनाइन्। २ लाख रुपैयाँ खर्च भयो। , घरबाट बिदावारि भएर उनी आइतबार काठमाडौं आइन्। सोमबार विमानस्थलमा पुगेर जानै लागेको खबर परिवारलाई सुनाइन्।, केहीबेरमा उनी जहाज चढिनन्, ब्युरोको टोलीको नियन्त्रणमा पुगिन्। , ‘म विदेश जान पाइनँ भनेर अब परिवारलाई कसरी भनुँ?,’ यसो भन्दा उनका आँखा रसाएका थिए। , शर्मिला अब गाउँ नफर्कने सोचमा छन्। गाउँका केही दिदीहरू काठमाडौंमा छन्। उनीहरूसँग बसेर केही काम गर्न उनले सोचेकी छन्। ८ कक्षासम्म पढेकी उनलाई एकपटक जसरी पनि विदेश जानु छ। , जानकी र शर्मिलाजस्तै विमानस्थलबाट फर्काइएकी रामेछापकी २८ वर्षीय रोजिना (नाम परिवर्तन) पनि ब्युरोमै भेटिइन्। , गत मंगलबार राति साढे १० बजे उनलाई विमानस्थलबाट फर्काएको हो। राति ११ बजे उनको कुवेत जाने टिकट थियो। तर, भिजिट भिसा भनेर घरेलु काममा जान लागेपछि खुलेपछि ब्युरोले रोक्यो।, उनको पनि व्यथा उस्तै छ। गाउँका दिदी बिहिनीले राम्रो पैसा पठाएका छन् भन्ने सोचले उनी विदेश जान लागेकी थिइन्। गाउँमा विदेश पठाउने चिनजानको व्यक्तिसँग कुराकानी गरिन्।, तिनै व्यक्तिले सबै मिलाइदिएपछि उनी विदेश उड्न काठमाडौं आएकी हुन्। , आफूलाई विमानस्थलमा किन रोकियो भन्ने पनि उनलाई त्यतिबेला थाहा भएन। कागजात पाउनसाथ एक-दुई दिनपछि जान पाउँछु भनेर ढुक्क रहेछिन्। ब्युरोको काउन्सिलिङ पछि उनी अलमलमा परेकी छन्।, ‘कागजात मिलाउनेले सब ठिक छ भनेको थियो, खै के बिग्रिएछ, ’ उनले भनिन्, ‘विदेश जान लागे भनेर फोन गरेकी थिएँ, घर कसरी फर्किनु!ʼ, जानकी, शर्मिला र रोजिना प्रतिनिधि पात्र हुन्। उनीहरूजस्तै भिजिट भिसामा खाडी मुलुक जान लागेका दर्जनौं महिलालाई ब्युरोले दैनिक विमानस्थलमा रोक्ने गरेको छ। , एक वर्षमा भिजिट भिसामा खाडी मुलुक जान लागेका २ हजार ६ सय १७ जना महिलालाई फर्काइएको एसएसपी श्रेष्ठ बताउँछन्।, ‘वैशाखको २० गतेसम्म एकसय ५५ जना महिलालाई फर्काइएको छ। चैतमा ६ सय ५३ जनालाई फर्काइएको थियो,ʼ उनले भने। , सरकारले महिलालाई खाडी मुलुकमा घरेलु काममा जान रोक लगाएको छ। तर, विभिन्न व्यक्तिले सेटिङ मिलाएर भिजिट भिसामा मानिसहरूलाई पठाइरहेका छन्। पैसा कमाइ हुने आशमा महिलाहरूले दलाललाई पैसा खुवाएका हुन्छन्। उनीहरूमध्ये धेरैलाई खाडीमा पुगेपछि दु:ख पाइन्छ भन्ने पत्तोसमेत हुन्न। , उता गएर समस्यामा परेपछि उद्धार गरिदिन परिवारका सदस्य सरकारी कार्यालय धाउँछन्। कुनै म्यानपावर वा संस्थाबाट नभई व्यक्तिको सम्पर्कमा जाने भएकाले यो धन्दा रोक्न कठिन भएको एसएसपी श्रेष्ठ बताउँछन्।, ‘कतिपय महिला दिदीबहिनी उद्धार गर्न नसक्ने देशमा पुगेका हुन्छन्,ʼ उनले भने।, ब्युरोका अनुसार भिसिट भिसामा जानेहरू आफू जान लागेको देशको भाषासम्बन्धी ज्ञान र सीप नै नभई जान खोज्छन्। 'त्यसले उहाँहरूलाई नै समस्या हुन्छ,' एसएसपी श्रेष्ठले भने।, भिजिट भिसामा जानका लागि उक्त देशमा कोही आफन्त हुनुपर्छ। ती व्यक्तिले पठाएको आमन्त्रणसँगै साथमा १ हजार अमेरिकी डलर, हवाई टिकट लगायतका कागजपत्र हुनुपर्छ। पछिल्लो समय नक्कली कागजात बनाएर जानेको संख्या बढेको देखिन्छ। त्यही कारण ब्युरोको टोलीले २४ सै घन्टा एयरपोर्टमा निगरानी राख्छ।, ‘के काममा जान लागेकोसमेत थाहा नभएका व्यक्तिलाई मानव बेचविखनको उच्च जोखिममा पर्न सक्ने सम्भावना भएकाले रोकेका हौं,ʼ उनले भने।, उनीहरूलाई सामान्य सोधपुछ गर्दा पनि घरेलु काममा जान लागेको भनिहाल्छन्। त्यस्ता व्यक्ति वैदेशिक रोजगारीमा गएर अलपत्र पर्न सक्छन्। त्यसैले यहीँ रोकेर काउन्सिलिङ गर्ने र सचेत गराउने काम ब्युरोले गर्छ।, ‘साँच्चै घुम्न जान रोकेका छैनौं तर घुम्न जाने कागजात बनाएर घरेलु कामकाजमा जानेलाई रोकेका हौं,ʼ एसएसपी श्रेष्ठले भने।,
जो विमानस्थलभित्र पसेर पनि विदेश उड्न पाएनन् |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले एचआइभी/एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ। , काठमाडौंमा आयोजित एचआइभी/एड्स संक्रमितहरूको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआइभी/एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेका हुन्।, उनले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआइभी संक्रमितहरूले सरकारी तथा सार्वजनिक निकायहरूमार्फत् विभेद भोगिरहेको पाइएको बताए।, उनले विभेदमा परेकाहरूले प्रहरीमा उजुरी गर्न आग्रह पनि गरे।, प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न पनि उनले आग्रह गरे। , उनले भने, ‘सरकारी निकायबाट प्रत्यक्ष रूपमा हुने विभेद र लाञ्छनाका विषय आयोगको क्षेत्राधिकारभित्र पर्छ। आयोगमा जानकारी गराउन हामी अनुरोध गर्छौं। साथै व्यक्तिगत तहमा हुने विभेद अपराधको विषय हो। प्रहरीले त्यो विषय हेरेन भने पनि आयोगले हेर्छ। दण्डनीय हुने कुरालाई लुकाएर हुँदैन।’, उनले एचआइभी संक्रमितलाई परिवार, समुदाय र विद्यालयहरूमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि विभेद हुने गरेको उल्लेख गरे।, त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गरे।, उजुरी उपर कठोरताका साथ कारबाही गरिने उनले बताए।, उनले नेपाल प्रहरीले चलाइरहेको अल्पसंख्यकसँग नेपाल प्रहरी भन्ने कार्यक्रममा एचआइभी संक्रमितलाई पनि अल्पसंख्यक मानेर समावेश गराउने प्रतिवद्धता व्यक्त गरे।, आगामी दिनमा एचआइभी संक्रमितहरूको पक्षमा प्रहरीले सक्रियतापूर्वक काम गर्ने पनि उनले बताए।,
एचआइभी/एड्स संक्रमितलाई विभेद नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह |
सेतोपाटी संवाददाता दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।, सल्यानको कपुरबोटबाट तुलसीपुर आउँदै गरेको रा १ च ३२१ नम्बरको जिप मध्याह्न १२ बजे तुलसीपुर उपमहानगरपालिका–३ शीरखोलामा दुर्घटना भएको हो।, दुर्घटनामा पाँच जना घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए। , आफूपनि घटनास्थलमा जाँदै गरेको र थप विवरण आइनसकेको उनले बताए। , दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको डिएसपी मल्लले जानकारी दिए। , ,
दाङमा जीप दुर्घटनाः पाँचजना घाइते, दुईको अवस्था गम्भीर |
निशा भण्डारी किरात राई समुदायले आज उभौली पर्व मनाएका छन्।, भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदैछ।, बाली लगाउनुअघि प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।, गर्मी बढ्ने भएकाले यो समुदाय बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ।, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरू आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने हो।, उँभौलीको अवसरमा आज काठमाडौंमा भने कोशी नामको विरोध भयो। प्रदेश १ को नाम फागुन १७ गते कोशी राखेपछि विरोध भइरहेको छ।, प्रदेशको नाम कोशी खारेज गर, ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामांकन गर्न उनीहरूले माग गरेका हुन्।, किरात याक्थुङ चुम्लुङ ललितपुर, फक्ताङलुङ साँस्कृतिक मञ्च, याक्थुङ युवा मञ्चलगायतले आज बानेश्वरमा कोशी नाम खारेजीको मागसहित प्रदर्शन गरेका हुन्।, तस्बिरहरू:, ,
उभौलीमा कोशी नामको विरोध (तस्बिरहरू) |
रासस वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ।, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८:५९ बजे सुरू भई ११:०७ बजे मध्य हुन्छ। राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।, वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बन्धी धार्मिक एवं सांस्कृतिक मान्यता लागू नहुने उनले बताए। मौसमले साथ दिए आज राति विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा रूची राख्नले चन्द्रमाको तस्बिर तथा भिडिओ खिचेर परापूर्वकालमा ज्योतिषशास्त्रको विकास हुँदा यो ग्रहणलाई किन गणना गरिएन भनी अध्ययन गर्न सक्ने सोसाइटीले जनाएको छ। यो ग्रहण नाङ्गो आँखाले ठम्याउन निकै कठिन हुन्छ।, के हो विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण?, सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो। यस्तो छायाँ दुई प्रकारका हुन्छन्। सघन छायाँ र विरल छायाँ। चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ। विरल छायाँमा पर्दा विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण हुन्छ।, यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोमा यसको चर्चा नगरिएको नासोले जनाएको छ। यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायका लागि भने यसको ठूलो महत्व हुन्छ।, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल विरल छायाँजनित ग्रहण लाग्नुभन्दाअघिको अवस्था भएको बताउँछन्। विरल छायाँजनित भनेको ग्रहण नै लागेको अवस्था नभएकाले शास्त्रीय रूपमा यसको दोष नलाग्ने जानकारी पनि उनले दिए।,
आज राति विरल चन्द्रग्रहण |
सेतोपाटी संवाददाता संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। , संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर सम्पर्कविहीन भएको बताए। , सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिएको छ। , ,
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन |
सेतोपाटी संवाददाता संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। , संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो। , उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेर उडेको थियो। , उक्त हेलिकप्टरमा ४ जना मानिस रहेको बताइएको छ। , दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। ,
संखुवासभाको भोटखोलामा दुर्घटनामा पर्यो सिम्रिक एयरको हेलिकप्टर |
सेतोपाटी संवाददाता संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्। , संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।, उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए।, गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।, उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।,
सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते |
सेतोपाटी संवाददाता संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्। , संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्। , उनीहरूको उद्धार गरेर उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उनले जानकारी दिए।, गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।, उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।, , , सबै तस्बिरहरू: वाङछेदर लामा।,
संखुवासभामा दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकप्टर कच्याककुचुक (तस्बिरहरू) |
सेतोपाटी संवाददाता हेलिकप्टर दुर्घटनामा घाइते भएका चारजनाको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।, शुक्रबार सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो।, दुर्घटनाका घाइतेमध्ये चारजनालाई उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष विकास तामाङले जानकारी दिए।, ‘घाइतेलाई नेपाली सेना र सिम्रिक एयरको हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ,’ उनले सेतोपाटीसँग भने।, वडाध्यक्ष तामाङका अनुसार पाइलट, कोपाइलट र हेलिकप्टरमै सवार एकजनाको अवस्था चिन्ताजनक छ। एकजना सामान्य घाइतेको अवस्थामा रहेको उनले बताए। उनीहरूलाई उपचारका लागि पठाइएको हो।, हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो। जलविद्युत आयोजनाको सामन बोकेको हेलिकप्टर अनियन्त्रित भएर जमिनमा बजारिएको प्रत्यक्षदर्शीले बताएका छन्।, ,
हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो |
पारस मैनाली शुक्रबार दिउँसो म संखुवासभाको भोटखोला-४ सिप्रुङमा थिएँ। अन्दाजी सवा १ बजेतिर डोरीमा सामान बाँधेर एउटा हेलिकप्टर उडेर आइरहेको थियो।, हामीले हेर्दाहेर्दै हेलिकप्टर अनियन्त्रित भएर आकाशबाट भुइँमा बजारियो।, हेलिकप्टर दुर्घटना हुँदा म नजिकैँ थिएँ। हेलिकप्टरमा तीन जना सवार हुनुहुन्थ्यो।, हेलिकप्टरका चालक र सहचालक घाइते हुनुहुन्छ। हेलिकप्टरमा सवार एकजना स्थानीय अनियन्त्रित हेलिकप्टरबाट हाम फाल्दा घाइते हुनुभयो।, घाइतेमध्ये पाइलटको अवस्था गम्भीर छ। सहचालकको अवस्था पनि गम्भीर नै छ।, हेलिकप्टरले माथिल्लो अरूण जलविद्युत् परियोजनाको सामान बोकेर ल्याइरहेको थियो। तलबाट हेर्दा परियोजनाको सामान लिफ्टिङ गर्ने क्रममा दुर्घटना भएको देखिन्छ। रूख या कुनै वस्तुमा ठोक्किएर अनियन्त्रित भएको हुन सक्छ, दुर्घटनाको कारण खुलेको छैन।, घटनास्थलमा अहिले नेपाली सेनासहित सुरक्षाकर्मी र स्थानीय भेला भएका छन्। उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।, (कुराकानीमा आधारित।),
‘डोरीमा सामान बाँधेर उडेको हेलिकप्टर हेर्दाहेर्दै खस्यो’ |
सेतोपाटी संवाददाता दूरसञ्चार सेवा प्रदायकले जडान गरेका केवल नेटवर्कका तार व्यवस्थापन नगरे तार काटिदिने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ।, महानगरले सूचना जारी गर्दै वैशाख २७ सम्म तार व्यवस्थापन गर्न भनेको छ। सूचनामा दिइएको म्याद सकिएका दिनसम्म व्यवस्थापन नगरे आफूहरूले तार काट्ने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। , ‘सूचनाको मिति सकिएपछि पनि व्यवस्थापन भएन भने हामी तार काट्छौं,’ उनले भने, ‘सधैं काम गर्न खोज्दा काम गर्न नदिएर हुन्छ? सबैको आज्ञा मानिराख्न जरूरी हुँदैन, हामी तार काट्छौं।’, गुजुल्टो परेका तारमा आगलागी हुने खतरा रहेकाले जनताको जिउधन असुरक्षित भएको उनले बताए। , सम्बन्धित निकायसँग धेरै पटक समन्वय गर्न खोज्दा पनि अटेर गरिएको मानन्धर बताउँछन्। तारकै कारण हुने गरेका दुर्घटना महानगरले हेरिबस्न नसक्ने हुँदा ३२ वटै वडाका तार वडा तहबाटै भए पनि काट्ने उनले बताए।, महानगरको सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्ले तार व्यवस्थापन गर्ने विषयमा पहिलेदेखि नै कुराकानी भएको बताउँछन्। , 'पहिले हामीले विद्युत प्राधिकरणसँग तार व्यवस्थापनको विषयमा कुराकानी गरेका थियौं,' उनले भने, 'तर त्यतिबेला सरकारी निकायसँग मात्र छलफल गर्यौं। निजी क्षेत्रसँग गरेका थिएनौं।', काफ्लेका अनुसार सबै पोलका तारहरू प्राधिकरणले व्यवस्थापन गर्ने हुँदा सोहीअनुसार छलफल गरिएको थियो। निजी निकायसँग त्यसबेला छलफल नभएको हुँदा अब निजी क्षेत्रसँग छलफल गरी व्यवस्थापन गर्ने उनले बताए। , 'केवल नेटवर्क सबैलाई चाहिन्छ,' उनले भने, 'सबै सेवाप्रदायकलाई प्राधिकरणसँग समन्वय गरी तार अन्डरग्राउन्ड गर्न अनुरोध गर्नेछौं।' , निजी क्षेत्रसँग यस विषयमा छिट्टै बैठक बस्ने र तार व्यवस्थापन गरी सौन्दर्यकरणको काम गरिने उनले बताए। , शुक्रबार काठमाडौंका मेयर बालेन शाहले सहरी व्यवस्थापनसँग सम्बन्धित यस अघिका समस्यालाई यथावत राखी व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएको बताएका थिए। , बालेनले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने बताएका थिए। , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई वैशाख १७ गते अन्धाधुन्ध तार नकाट्न आग्रह गर्दै पत्राचार गरेको थियो।, मन्त्रालयका स्थानीय समन्वय शाखाका प्रमुख चिरञ्जिवी नेपालका अनुसार स्थानीय तहले शहरी सौन्दर्यको नाममा इन्टरनेट तथा टेलिफोनको तार अन्धाधुन्ध काटेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले वैशाख १२ गते यस्तो कार्य बन्द गर्न सहयोग मागेको थियो।, महानगरले वैशाख १२ गते केवल नेटवर्कहरूलाई अनावश्यक तार हटाउन र चाहिने तार राम्ररी रेखाङ्कन गरी राख्न अनुरोध गरेको थियो। तोकिएको समयमा व्यवस्थापन नभए तार काटिदिने र सेवाग्राहीलाई पर्न गएको असुविधाको जवाफदेही सम्बन्धित निकाय नै हुने महानगरले जनाएको थियो।,
,
संघीय मामिला मन्त्रालयको पत्राचारपछि महानगरले भन्यो- सधैं आदेश मान्दैनौं, अब तार काट्छौं |
सेतोपाटी संवाददाता वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउने एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । , सफा, स्वच्छ वीरगञ्ज बनाउने अभियान चलाएको महानगरले जथाभावी फोहोर फालेका वीरगञ्जका शिवपुजन चौरसियालाई नियन्त्रणमा लिएर जरिवाना गरेको हो। , वीरगञ्जको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको हड्डी खसाएर दुर्गन्ध फैलाएपछि उनलाई जरिवाना गरिएको महानगरले जनाएको छ। , महानगरले यस अघि सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिवाना गरेको थियो। , नगर सफा राख्न वीरगञ्ज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३-३ पटक फोहोर संकलन गर्नुका साथै ब्रुमरमार्फत सडक बढार्ने काम गरिरहेको छ। , महानगरले जथाभावी फोहोर फाल्नेबाट झण्डै १० लाख रुपैँया जरिवाना गरी सचेतना अभियान समेत चलाएको छ।,
वीरगञ्जमा जथाभावी फोहोर फाल्नेलाई ५० हजार जरिवाना |
सेतोपाटी संवाददाता ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन्।, पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन्।, बिहीबार राति ९ बजे झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं आउने क्रममा उनीहरू पक्राउ परेका हुन्।, उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। , झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरी टोलीले चेक गर्दा भित्री वस्त्रमा लुकाएर ल्याइएको ब्राउन सुगर भेटिएको हो। , उनीहरूले भित्री वस्त्रमा प्याड आकारको साइज बनाई लुकाएर ब्राउन सुगर काठमाडौं लैजान लागेका थिए।, पक्राउ परेका दुई जनाको साथबाट ब्राउन सुगरसहित मोबाइल, नेपाली नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाएको डिएसपी रिजालले जानकारी दिए।,
ब्राउन सुगरसहित भद्रपुर विमानस्थलबाट दुई महिला पक्राउ |
सुजन बज्राचार्य/रासस संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।, दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले बताए।, हेलिकप्टरमा सवार चार जना गम्भीर घाइते छन्।, आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ।, मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए।, दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्।, उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।,
संखुवासभा हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता काभ्रेका अजित मिजार मृत्यु प्रकरण पुनः अदालत पुगेको छ। , अजितको हत्या आरोप लागेका व्यक्तिलाई सफाई हुनेगरि उच्च अदालत पाटनले गरेको फैसला दोहोर्याएर हेर्न माग गर्दै उनका बुबा हरिभक्त ढकालले सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। , सर्वोच्चले जेठ २१ गते साधारण तारेख तोकेको ढकालकि वकिल अधिवक्ता यमकुमारी ददेलले जानकारी दिइन्। , सात वर्षअघि २०७३ असार ३० गते काभ्रेको पाँचखाल नगरपालिका–६ होक्सेका १८ वर्षीय अजित मिजार धादिङको परेवाटारमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। , साउन १ गतेसम्म पनि शवको सनाखत नभएपछि प्रहरीले तत्कालीन कुम्पुर गाविसको अनुमति लिई अजितको शव पोष्टमर्टम गरी शव गाडेको भन्ने जानकारी पाएपछि अजितका परिवार धादिङ पुगेका थिए। , शवको अन्त्यष्टिका लागि उत्खनन् गर्दा पोस्टमर्टम नभएको भेटिएपछि अजितको हत्या भएको आशंका गरिएको थियो।, अजित स्थानीय पराजुली थरकी महिलासँग प्रेम सम्बन्धमा थिए। उनले २०७३ असार २५ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए। , विवाहपछि समाजको डरले अजित आफ्नी श्रीमतीलाई लिएर भक्तपुरस्थित दिदीको घर गएर बसेका थिए। , केटीपक्षबाट लगातार ज्यान मार्ने धम्की आएपछि अजितका बुवा हरिभक्त असार २७ गते प्रहरी कार्यालय पुगेका थिए। , प्रहरीले विवाहका लागि केटा र केटी दुबैको उमेर नपुग्ने बताएपछि उनीहरुलाई घर फर्काउने सहमति भएको थियो। घर फर्काउने सहमति भएको तीन दिनपछि अजित धादिङमा मृत फेला परेका थिए। , हरिभक्तले केटी पक्षले आफ्नो छोरा अजितको हत्या गरेको भन्दै युवतीका बाबुसहित तीनजनाविरूद्ध किटानी जाहेरी दिएका थिए। , जाहेरी दिएको एक महिनापछि भदौ २० गते प्रहरीले उनीहरूलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। , जिल्ला अदालत धादिङले असोज ५ गते दुई जनालाई २५–२५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको थियो। युवतीका बाबु पनि पुस २८ गते धरौटीमा रिहा भएका थिए। , २०७५ जेठ मा जिल्ला अदालत धादिङले प्रतिवादीलाई सफाइ दिएको थियो। अजितका परिवारले धादिङ जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए। ०७९ वैशाख १२ गते उच्चले पनि जिल्लाकै आदेश सदर गरिदिएपछि ढकाल सर्वोच्च पुगेका हुन्। , अजित मिजारको शव २०७३ देखि त्रिवि शिक्षण अस्पतालमै छ। न्याय नपाएसम्म शव नबुझ्ने उनका परिवारले बताउँदै आएका छन्। , ,
अजित मिजार मृत्यु प्रकरणः मुद्दा दोहोर्याएर हेर्न माग गर्दै सर्वोच्चमा निवेदन |
सेतोपाटी संवाददाता करेन्ट लागेर ट्रक चालकको मृत्यु भएको छ।, बाँके राप्तीसुनारी गाउँपालिका-२ समशेरगंज बस्ने ३२ वर्षीय खुमबहादुर रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ।, शुक्रबार बिहान भीमदत्त नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९५३ नम्बरको ट्रकले बिजुलीको मेन लाइनमा छुँदा चालकको मृत्यु भएको प्रहरीले बताएको छ।, प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।, यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।,
करेन्ट लागेर ट्रक चालकको मृत्यु |
प्रा.डा. रमेशसिंह भण्डारी त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरू भएको २०७६ सालदेखि हो। अहिलेसम्म हामीले १० जनामा कलेजो प्रत्यारोपण गरेका छौं। अस्पतालमा कलेजो प्रत्यारोपणका लागि सोमबार र बुधबार सर्जरी हुन्छ। कलेजो प्रत्यारोपणका लागि विभिन्न अस्पतालबाट रिफर हुन्छन्। तर रिफर हुँदैमा प्रत्यरोपण हुन्छ भन्ने होइन। पहिला त प्रत्यारोपण जरूरी छ कि छैन भनेर हामी हेर्छौं। बिरामीलाई प्रत्यारोपण चाहिने रहेछ भनेमात्र हामीले अरू प्रक्रिया अघि बढाउँछौं। कलेजो चाहिने व्यक्तिलाई नजिकका नातेदारले दान गर्न* मिल्छ। १८ वर्षदेखि ५५ वर्षसम्मका स्वस्थ व्यक्तिको कलेजो लिन मिल्छ। सकेसम्म रगतको समूह मिल्नेसमेत हामीले हेर्छौं।, त्यसपछि अरू प्रक्रिया सुरू हुन्छ। प्रत्यारोपणपछि हुन सक्ने जटिलतासमेत हेर्छौं। सकेसम्म दातालाई ठूलो समस्या नहोस् भनेर ध्यान दिन्छौं। दाताको सबै स्वास्थ्य परीक्षण गरिन्छ। प्रत्यारोपण गर्दा बिरामीलाई सहज हुन्छ कि हुँदैन भनेरसमेत हेर्छौं।, कहिलेकाहीँ यो प्रक्रियाकै लागि २/३ हप्ता लाग्छ। प्रत्यारोपण गर्ने निर्णय भएपछि ८-१० दिनअघि नै बिरामी हामी अस्पतालमा राख्छौं।, कलेजो प्रत्यारोपण खर्च लाग्ने सर्जरी हो। महंगा सामान र औषधीको प्रयोग हुन्छ। पहिलोदेखि दसौंसम्मको प्रत्यारोपण हेर्दा एक जनाको कलेजो प्रत्यारोपण गर्न सरदरमा २५ देखि ३५ लाख रुपैयाँसम्म खर्च लाग्ने देखिन्छ। यो खर्च धेरै देखिए पनि विदेशमा हुनेभन्दा धेरै कम हो।, अहिले कलेजो प्रत्यारोपणमा हामी लगभग आत्मनिर्भर भइसकेका छौं। धेरै अप्ठ्यारा प्रत्यारोपणका लागि बाहिरबाट सहयोग लिन्छौं। वर्षमा १० देखि १२ वटा प्रत्यारोपण गर्न सक्ने हाम्रो क्षमता छ। हामीले सोचेअनुसार बिरामी आएका छैनन्। त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण हुन्छ भन्ने जानकारीसमेत कम भएकाले हुनसक्छ ।, कलेजो प्रत्यारोपणका लागि धेरै कुरा मिल्नुपर्छ। कसैको परिस्थिति मिल्छ तर पैसा हुँदैन, कसैको शारिरीक अवस्था मिल्दैन, कसैको नाता मिल्दैन। यस्ता धेरै कारणले समस्या छ।, कम्तीमा महिनामा एक जनाको प्रत्यारोपण गर्ने क्षमता हामीसँग छ। अझै पनि वर्षमा ४० देखि ५० जना नेपाली भारत गएर कलेजो प्रत्यारोपण गर्छन्। हामीले प्रत्यारोपण गरेका पछिल्लो दुई जना भारत गएर नेपाल फर्किनुभएको हो। यसले के देखाउँछ भने विस्तारै हामीप्रतिको विश्वास बढ्दै गएको छ।, हामीले अहिलेसम्म गरेका १० वटा प्रत्यारोपणमा सबैमा सफल भएका छौं। सातौं नम्बरमा प्रत्यारोपण भएका व्यक्तिको मृत्यु भएको छ। तर त्यसको कारण सर्जरी होइन, कोभिडको समय भएकाले त्यसकै कारण मृत्यु भएको हो।, कलेजो प्रत्यारोपण गर्न पर्छ कि पर्दैन भन्ने कुरा कलेजो प्रत्यारोपण सर्जनले परीक्षण गरेपछि मात्र थाहा हुन्छ। कतिपयलाई कलेजोमा समस्या आउनासाथ प्रत्यारोपण गर्नुपर्छ भन्ने लाग्छ, त्यस्तो होइन। हामीले गर्न नसक्ने प्रत्यारोपण छ भने हामी आफैंले विदेश जान सुझाव दिन्छौं। त्यसैले एक पटक त्रिवि शिक्षण अस्पतालमा सम्पर्क नगरी विदेश नजान मेरो सुझाव छ।, (कलेजो प्रत्यारोपण सर्जन तथा ग्यास्ट्रोइन्टेसटाइनल भण्डारी त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन्।), *सच्याइएको,
कलेजो प्रत्यारोपण गर्न नेपालमा के छ प्रक्रिया, कति लाग्छ खर्च? (भिडिओ) |
सेतोपाटी संवाददाता बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आइरहेको विमान बंगलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ।, शुक्रबार ढाकाबाट उडेको फ्लाइट नम्बर बिबिसी ३७१ नम्बरको जहाजका पाइलटले प्राविधिक समस्या भएको बताएपछि पटना डाइभर्ट गरिएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ।, जहाजमा ७७ यात्रु र चालक दलका सदस्य छन्। उनीहरू सबै सुरक्षित छन्।, अहिले पटनाको जय प्रकाशनारायण अन्तर्राष्ट्रिय विमानस्थलमा इन्जिनियरहरूले जहाजको निरीक्षण गरिरहेका छन्।, जहाजको सबै कुरा सही देखिएपछि मात्रै जहाज काठमाडौंका लागि उड्ने अधिकारीहरूले बताएका छन्।,
ढाकाबाट काठमाडौं आउन लागेको जहाज पटनामा आकस्मिक अवतरण |
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस अब विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको घोषणा गरेको छ।, डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार कोभिड-१९ महामारी विश्वव्यापी स्वास्थ्य आपतकाल नभएको बताएको बिबिसीले जनाएको छ।, यसअघि डब्लुएचओको आपतकालीन समितिको बैठक बसेर कोभिड-१९ लाई विश्व स्वास्थ्य आपतकालबाट हटाउन सिफारिस गरेको थियो।, जनवरी २०२१ मा हरेक साता औसतमा १ लाख कोरोना संक्रमितको मृत्यु हुने गरेको थियो। अहिले यो संख्या ३ हजार ५ सयमा झरेको डब्लुएचओको भनाइ छ।, सन् २०१९ को अन्ततिर चीनको वुहानबाट सुरू भएको कोभिड-१९ महामारीले संसारभरि ७० लाख मानिसको ज्यान लिएको औपचारिक तथ्यांक छ।, डब्लुएचओ प्रमुख गेब्रेयससले उक्त संख्या झन्डै २ करोडको हाराहारीमा भएको बताएका छन्।,
कोभिड-१९ अब विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको डब्लुएचओको घोषणा |
सेतोपाटी संवाददाता आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा छ।, दिउँसोसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ तीनै प्रदेशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन्।, अन्य स्थानको मौसम सामान्यतया सफा नै रहने उनले जानकारी दिए।, काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् श्रेष्ठले बताए।, हिजोअस्तिको तुलनामा आज बिहान उपत्यकाको तापक्रममा सुधार भएको छ। लगातार मौसम बदली भएका कारण उपत्यका लगायतका स्थानमा बिहान बिहान चिसो महशुस भएको उनले बताए।, मौसममा क्रमिक सुधार भइरहेका कारण तापक्रम पनि बढ्दै जाने उनको भनाइ छ।, 'अस्तिसम्म तापक्रम १८ डिग्री थियो, हिजो बढेर २७ पुगेको थियो । अब क्रमशः गर्मी महशुस हुँदै जान्छ,' मौसमविद् श्रेष्ठले भने।, , ,
यस्तो छ आज दिनभरको मौसम |
रासस नेपाल प्रहरीले पाँचसय र एक हजार रूपैयाँको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ।, प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले गोकर्णेश्वरको नयाँ वस्ती क्षेत्रको किराना पसलमा सम्झनाले नक्कली नोटबाट रिचार्ज कार्ड किनीरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।, पक्राउ परेकी सम्झनासँग सोधपुछका क्रममा बागबजारको युनिक होटलमा कोठा लिई बस्ने हलुवालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, प्रहरीले पक्राउ परेकासँग एक हजारको ४९ थान नोट बरामद गरेको छ।, पक्राउ परेकासँग प्रहरीले प्रिन्ट गरेको काट्न बाँकी एक हजारको नोट एक सय २६ थान, तयारी ५०० को नोट दुई थान, प्रिन्ट गरेको काट्न बाँकी ५०० को नोट ६० थान, पिन्ट मेसिन एक थान, प्रयोग गरिसकेको रिचार्ज कार्ड एक चार थान, कृषि विकास बैँकको चेकबुक एक थान, नागरिकता एक थान, फोटोकपी पेपर एक रिम र दुईथान मोबाइल बरामद गरेको छ।, पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२२ बमोजिम मुद्रासम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए। ,
पाँच सय र हजारको नक्कली नोटसहित दुई पक्राउ |
Subsets and Splits