content
stringlengths
20
64.1k
रासस विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् ।, चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन्। , चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन्। , आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ। , उनका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ।, यस्तै आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५/०७६ मा आठ बाघ मृत भेटिएको थियो। , आव २०७६/०७७ मा तीन, २०७७/०७८ मा दुई र २०७८/०७९ मा छ वटा बाघ मृत भेटिएका थिए। चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ। , चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ। , सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताए। , निकुञ्जको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन्। यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ।, सात वर्षमा ३० बाघ मरे
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका उपभोक्ता समितिका अध्यक्षसहित तीन जना घुस रकम सहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार वडा नम्बर ३ स्थित राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहनप्रसाद कुइकेल र बालुवा डिपो संचालक सुशान्त कुँइकेललाई पक्राउ गरेको हो। , उनीहरूले निर्माणको काम सकेपछि समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिनेक्रममा घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। , उक्त उजुरीको आधारमा खटिएको टोलीले उनीहरूलाई एक लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। यस्तै ३० हजारको चेक पनि बरामद गरेको छ। , गोकर्णेश्वरको उपभोक्ता समितिका अध्यक्षसहित तीन जना घुससहित पक्राउ
सेतोपाटी संवाददाता दाङको तुलसीपुरस्थित पातुखोलामा रहेको नयाँ बसपार्कमा पार्किङ गरी राखिएका बसहरूबाट डिजेल चोरी आरोपमा पक्राउ परेका कारधनीसहित तीन जनालाई बुधबार जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ।, कारधनीसहित तीनै जनालाई जनही २० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएपछि तोकेका धरौटी बुझाएर उनीहरू छुटेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।, गत चैत २२ गते बिहान २ बजे बसपार्कमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका १८ वर्षकै विशाल रावतलाई तेल चोरी गर्दागर्दै ड्युटीमा रहेको प्रहरीले नियन्त्रणमा लिएको थियो।, ना ४ च ५७८७ नम्बरको कारमा आएका उनीहरू तुलसीपुरको बसपार्कमा पार्किङ गरिराखेको ना ४ ख ६४९५ नम्बरको बसबाट डिजेल चोरी गरिरहेको समयमा पक्राउ परेका थिए।, उनीहरु आफैंले कारमा दुइटा जर्किन ल्याएका थिए। तीमध्ये एउटा २० लिटरको जर्किन भरी तेल निकालेर अर्को जर्किनमा भर्ने तयारी गर्दागर्दै प्रहरीले नवीन र विशाललाई पक्राउ गरेको थियो।, अनुसन्धानका क्रममा उक्त कार तुलसीपुर– ८ का दिलीप बिकको रहेको खुलेको थियो। दिलीप कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन्।, नवीन र विशालको बयानका आधारमा करिब दुई हप्ताअघि कारधनी दिलीपलाई पनि पक्राउ गरिएको थियो।, सम्बन्धित समाचार- ,कार चढेर आएकाले चोरे पार्किङमा राखेको गाडीबाट डिजेल, धरौटीमा छुटे डिजेल चोरी प्रकरणमा पक्राउ परेका ३ जना
सेतोपाटी संवाददाता प्रहरीले जुवा खेलिरहेका सात जनालाई झन्डै एक लाख रूपैयाँ नगदसहित पक्राउ गरेको छ। , दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित स्युजाली होटल एन्ड लजमा ९२ हजार रूपैयाँभन्दा बढी रकमसहित सात जना पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा होटल सञ्चालक घोराही– १७ का ४७ वर्षीय माधव गैरे, बंगलाचुली गाउँपालिका– ४ का २८ वर्षीय माधव खड्का, बंगलाचुली – २ का ३२ वर्षीय भरत घर्ती मगर, बंगलाचुली– ४ का २८ वर्षीय ताराप्रसाद न्यौपाने, बंगलाचुली– ६ का २४ वर्षीय पुषक अधिकारी, बंगलाचुली– ५ का ३४ वर्षीय दिवाकर वली र बंगलाचुली घर भई घोराही– १५ मा बस्दै आएका वर्ष ३० का नारायणप्रसाद वली रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।, उनीहरूलाई गोप्य सूचनाका आधारमा प्रहरीले गत राति पक्राउ गरेको थियो।, जुवा खेलिरहेका ७ जना पक्राउ
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।, मृत्यु हुनेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश बिक छन्। उनी तुलसीपुर बसेर जापानी भाषा पढाउँथे।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार महेश बुधबार साँझ ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नम्बर ६ स्थित विद्युत कार्यालय नजिकै रहेको जापानी भाषा सिकाउने आफ्नो कार्यालयको बोर्ड फेर्दै थिए। पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो।, करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका महेशको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए।, करेन्ट लागेर पुथा – १२ कक्शेरा फल्नेका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालिका– ४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन्। उनीहरू दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।, अर्जनु र मोनिका पनि तुलसीपुर– ६ मै डेरा गरी बस्दै आएका थिए।, करेन्ट लागेर एक जनाको मृत्यु, २ घाइते
सेतोपाटी संवाददाता मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ।, त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।, यो क्रम आज दिनभरि नै चल्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन्।, ‘पश्चिमी वायुको प्रभाव भोलिसम्म रहने छ। आज दिनभर लुम्बिनी, गण्डकी, वाग्मती, मधेस, कोशीलगायतका प्रदेशमा यसको प्रभाव देखिने छ। ठाउँठाउँमा हल्का तथा मध्यम वर्षा हुने छ,’ उनले भने।, पश्चिमी वायुले चिसो बोकेर ल्याएका कारण गर्मीयाममा पनि जाडोको अनुभव भइरहेको छ। त्यस्तै हिमाली भेगमा हिमपात भइरहेको छ।, ‘यसलाई हामीले सामान्य बदलीकै रूपमा लिनुपर्छ,’ उनले सेतोपाटीसँग भने, ‘पश्चिमी वायुको प्रभाव देखिएको बेला मौसममा यस्तो बदलाव आउँछ। तल्लो भेगमा पानी परेर चिसो भएकाबेला माथिल्लो भेगमा हिमपात हुन्छ।’, नेपालमा सामान्यतयाः जुन १० को वरिपरिबाट मनसुन सुरु हुन्छ। अहिले भइरहेको वर्षा प्रि–मनसुन भएको पनि उनले जानकारी दिए।, ‘केही दिनअघि एकदमै गर्मी बढेको थियो। पानी परेसँगै मौसम चिसो भएको छ, यो प्रिमनसुनको असर हो,’ उनले भने, ‘शुक्रबारबाट मौसममा सुधार आउँछ।’,  , यस्तो छ आज दिनभरको मौसम
सबिना श्रेष्ठ अमेरिका बस्ने कशिशदास श्रेष्ठलाई नेपाल सम्झिँदा सुर्ता लाग्छ।, 'काठमाडौंको हावा–पानी विषाक्त छ। फलफूल, खानेकुरा सबै अस्वस्थकर छ। यस्तो हुँदैछ भनेर हामीलाई धेरै अघिबाट थाहा थियो। हामीले धेरै कुरा गर्न सक्थ्यौं तर केही गरेनौं। हामीले काठमाडौंको अस्तित्व जोगाउनै सकेनौं।', यस्ता यावत कुरा सम्झिएर 'एन्जाइटी' हुन थालेपछि कशिश सामाजिक सञ्जाल विशेषगरी ट्विटरमा ट्विट लेखेर पोख्छन्। सहरी योजना, वातावरण र दिगो विकासमा काम गर्दै आएका उनी कहिले पत्रपत्रिकामा लामो लेख छपाउँछन्। त्यतिले नपुगेर केही समय नेपाल आएका उनले झम्सिखेलस्थित विन्ड हर्स ग्यालरीमा 'पोस्टकार्ड्स फ्रम काठमाण्डुज पास्ट' नामक प्रदर्शनी गरे।, गत शुक्रबारबाट सुरू भएको प्रदर्शनीमा उनले आफू र बुवा ज्ञानेन्द्र र हजुरबुवा द्वारिकादास श्रेष्ठले संकलन गरेका तस्बिर र पोस्टकार्डहरू राखेका छन्। उनको परिवारको तीन पुस्ताले सँगालेका काठमाडौंको तस्बिर अनुभव हामी प्रदर्शनीमा देख्न सक्छौं। तिनलाई हेर्दै काठमाडौंको विगत र वर्तमान तुलना गर्न सक्छौं।, अनि कशिशजस्तै सुर्ताउन सक्छौं, 'हामीले काठमाडौंको अस्तित्व जोगाउनै सकेनौं।', 'पोस्टकार्ड्स फ्रम काठमाण्डुज पास्ट' भन्ने प्रदर्शनीको नाम सुन्नेबित्तिकै हामी बिना खाम सन्देश पठाउन प्रयोग गरिने कार्ड सम्झिन सक्छौं। सामान्यतया यस्ता कार्डको एक पाटामा चित्र हुन्छ भने अर्कोमा सन्देश लेख्न छाडिएको खाली भाग।, कशिशको प्रदर्शनीमा छिर्दा भने हामीलाई पोस्टकार्ड नभई फोटो प्रदर्शनीमा आएजस्तो लाग्छ। एउटा कुनामा मात्र उनले मौलिक पोस्टकार्डको संकलन राखेका छन्।, त्यसो गर्नुको कारण बताउँदै उनी भन्छन्, 'मैले वास्तविक पोस्टकार्ड पनि राखेको छु तर मलाई फोटाहरू ठूलै मनपर्छ।', यस प्रदर्शनीमा हामी काठमाडौं उपत्यकामा रहेका धरहरा, दरबार स्क्वायर, स्वयम्भू, बौद्ध, टुँडिखेल लगायतका परिवर्तित रूप देख्न सक्छौं। यहाँ सबैभन्दा धेरै तस्बिर बौद्धको छ। बौद्धका पाँच तस्बिरमध्ये चार वटा उनका हजुरबुवा द्वारिकादासले खिचेका हुन्। एउटा भूकम्पको समयमा कशिशले नै खिचेका।, सन् १९६० तिर उनका हजुरबुवाले खिचेका तस्बिर हेर्ने हो भने बौद्धका खुला फाँटहरू देख्न सकिन्छ। त्यो ठाउँ अहिले घरैघरले भरिएको छ। मान्छेहरू डोको–नाम्लो, पुरानै पहिरन अनि खाली खुट्टामा देख्न सकिन्छ। , 'मलाई काठमाडौं मात्र केन्द्रित गर्न मन लागेको थियो। त्यसमा पनि बौद्धको धेरै राख्न मन लाग्यो। त्यसो गर्नुको कारण के हो भने मेरो हजुरबुवाको समयमा बौद्ध भनेको काठमाडौंबाट एकदम टाढाको ठाउँ थियो। आजको दिनमा त यो काठमाडौंको कोर क्षेत्रजस्तै भइसक्यो,' उनले भने, 'आज मान्छेहरू सजिलै त्यहाँ पुग्न सक्छन्। ६० वर्षको अन्तरालमा बौद्ध कस्तोबाट कस्तो भयो भन्ने मान्छेले सोचून् भनेर पनि त्यहाँको तस्बिर धेरै राखेको हुँ।', उनले एउटा तस्बिर 'एआई ब्लु स्काई' भनेर राखेका छन्। बसन्तपुरमा भएका मन्दिरहरू माथिको आकाशलाई उनले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिमार्फत नीलो र सफा बनाएका छन्। आकाश धुम्म परेको दिन खिचिएको उक्त तस्बिरको आकाश नक्कली हो भनेर हामीलाई झट्ट हेर्दा खुट्याउन हम्मे पर्छ।, अहिलेको समयमा फोटोग्राफी क्षेत्रलाई एआई चुनौती बन्दै गएको बुझेका कशिशलाई त्योभन्दा बढी चिन्ता काठमाडौंको नीलो र खुला आकाश देख्न पाउन मुश्किल हुन्छ भन्नेमा छ। , 'वसन्त ऋतुमा आकाश नीलो देखिनुपर्ने हो, किन धुम्म हुन्छ?,' प्रश्न गर्दै उनी भन्छन्, 'नीलो आकाश हेर्न पाउने दिन घटेको छ। वायु प्रदूषणको सूचीमा हामी हरेक हप्ताजसो शीर्ष १० मा पुगेका छौं।', यसको समाधान के हो त?, उनी एउटै मात्र समाधान देख्छन्– एयर प्युरिफायर (हावा शुद्ध गर्ने सामग्री)।, 'एउटा समय थियो जब वायु प्रदूषणको प्रमुख कारण सार्वजनिक यातायात मात्र थियो। अहिले धूलो अनि वन डढेलो पनि हो। डढेलोमा त हामीले दुई–तीन वर्षअघिको रेकर्ड नै ब्रेक गरिसकेका छौं,' उनले भने, 'नयाँ मेयरहरू आए तर उनीहरूले वायु प्रदूषणलाई आफ्नो मुख्य एजेन्डामा राखेनन्। काठमाडौं यस्तो प्रदूषित सहर हुन्छ भन्ने हामीलाई पहिल्यै थाहा थियो तर हामीले केही गर्नै सकेनौं। काठमाडौंका बासिन्दाहरू मास्क नलगाई बिन्दास हिँडिरहेका छन्। उनीहरूलाई पनि यसको खासै मतलब छैन जस्तो लागिरहेको छ।', यो प्रदर्शनीमा काठमाडौंको नकारात्मक परिवर्तन मात्र नभई सकारात्मक परिवर्तनहरू पनि छन्। जस्तो उनका हजुरबुवा द्वारिकादासले खिचेको 'पार्क्ड इन पाटन' शीर्षकको एउटा तस्बिरमा पाटन दरबार स्क्वायरमै गाडी पार्क गरिरहेको दृश्य देखिन्छ। त्यस्तै उनका बुवा ज्ञानेन्द्रले खिचेको तस्बिरमा दरबार स्क्वायरमै तरकारी, लत्ताकपडा बेचिरहेका छन्। ती तस्बिरको तुलनामा कशिशले अघिल्लो वर्ष मात्र खिचेको पाटन अलि व्यवस्थित छ। दरबार स्क्वायरमा अहिले न पार्किङ गर्न पाइन्छ न त्यसरी सामग्री नै बेच्न।, 'यो हिसाबमा अहिलेभन्दा पहिले नराम्रो थियो नि! मैले यी तस्बिरबाट पुरानो भन्नेबित्तिकै राम्रो मात्र नहुन सक्छ भन्ने कथा भन्न खोजेको हुँ। समग्र काठमाडौंलाई हेर्ने हो भने चाहिँ बिग्रिएकै धेरै छ,' उनले भने।, यो प्रदर्शनीमा २० वटा ठूला आकारका तस्बिर छन्। बाँकी साना पोस्टकार्ड हुन्। घरमै ती तस्बिर र विस्तारित फोटो कथा हेर्ने हो भने 'क्याटलग' लैजान सकिन्छ। क्युआर कोड स्क्यान गरेर अनलाइनमा हेर्न पाउने सुविधा छ।, कशिश काठमाडौंको कथा भन्नु भनेको सिंगो नेपालकै कथा भन्नु बराबर ठान्छन्। काठमाडौंले अहिले जस्तो स्थिति सामना गरेको छ, त्यही स्थिति अन्य भू–भागले पनि भोग्न थालेका छन्। त्यसैले काठमाडौंको सहरी विकासको कथा भन्नु लगभग सबै भू–भागको कथा भन्नु हो भन्ने उनलाई लाग्छ।, 'काठमाडौंमा जुन अनियोजित र अदुर्दशी विकास भइरहेको छ, त्यसैको सिको अरू ठाउँले गरिरहेका छन्। झन् जलवायु परिवर्तनले सबै कुरा हाम्रो हातबाट बाहिर जाँदै छ,' उनले भने, 'यो समयमा हरेक वर्ष नेपालमा वायु प्रदूषण हुन्छ नै। मनसुनपछि बाढीको समाचार आउँछ नै। त्यसपछि चाडपर्व, जाडो अनि फेरि प्रदूषणको चक्र चली नै रहनेछ। बाहिर बसेर पनि म नेपालबारे नै अध्ययन गर्ने भएकाले मलाई नेपालले गुमाएका अवसरहरूले पिरोलिरहन्छ।', सन् २०१९ मा 'नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड' पाएका कशिश लेखन र फोटोग्राफीलाई सञ्चारको माध्यम मान्छन्। उनले गर्ने सहरी योजना, वातावरण र दिगो विकासका अनुसन्धान र थेसिसहरूमा फोटोले प्रमाणको रूपमा काम गर्छ।, हजुरबुवाको समयसम्मको तस्बिरहरू प्रदर्शनीमा राखेको भए पनि आफ्नो हजुरबुवाका बुवा ठाकुरदासदेखि नै परिवारको फोटोयात्रा सुरू भएको उनी बताउँछन्। ठाकुरदासले सन् १९२७ मा दार्जिलिङमा फोटो स्टुडियो खोलेका थिए। 'फेसेस अफ नेपाल' भनेर पोस्टकार्डहरू निकाल्थे। नेपाल, तिब्बती संस्कृति र हिमालहरूका फोटा बढी खिचे। त्यसैले कशिशले यो प्रदर्शनीलाई तीन पुस्तामा सीमित गरेका छन्।, हजुरबुवा द्वारिकादासले भने सन् १९६० मा दार्जिलिङबाट काठमाडौं फर्किएर 'दास फोटो स्टुडियो' खोले। उनी र उनको स्टुडियो त्यस समयमा प्रसिद्ध थियो। द्वारिकादास नेपालमा व्यावसायिक पोस्टकार्डको काम गर्ने सुरूआती चरणका व्यक्तिमध्ये एक भएको कशिश बताउँछन्। उनले बिस्तारै डकुमेन्ट्री शैलीका तस्बिरहरू खिचे।, कशिशका बुवा ज्ञानेन्द्रले पनि पोस्टकार्डभन्दा बढी डकुमेन्ट्री शैलीमै तस्बिरहरू खिचे। पोस्टकार्ड शैलीमा कुनै कुरालाई प्राथमिकता दिएर तस्बिर खिचिन्छ। डकुमेन्ट्री शैलीमा वरिपरिका विषयवस्तुलाई पनि ध्यान दिइन्छ। यही शैली पछ्याएर ज्ञानेन्द्रले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पनि जितेका छन्। उनले कालापत्थरबाट सगरमाथा पूरा देखिनेगरी खिचेको 'टप अफ द वर्ल्ड' तस्बिर अझै लोकप्रिय छ। त्यस्तै फेवातालबाट अन्नपूर्ण देखिने तस्बिर, स्वयम्भू लगायतको तस्बिर अझै मान्छेले नक्कल गरेर निकालिरहेका हुन्छन्। उनले सन् १९८० तिर आफ्नै स्टुडियो 'दास कलर ल्याब' पनि खोलेका छन्। यो नै उनीहरूको पुस्ताको अन्तिम स्टुडियो हो।, 'मैले भने कुनै स्टुडियो खोलिनँ,' कशिशले हाँस्दै भने, 'पहिले जस्तो स्टुडियोको महत्व अहिले त्यति रहेन। त्यसैले बुवा, हजुरबुवाको काम अभिलेख गर्दैमा मेरो समय बितिरहेको छ।', आफ्नै घरमा फोटो स्टुडियो भएका कशिश फोटोग्राफीसँगै हुर्किए। त्यसैले प्रभावित पनि भए। बुवाले दिएको पुरानो क्यामराबाट फोटो खिच्न सिके। अमेरिकाको न्यूयोर्कमा एउटा सेमेस्टर फोटोग्राफी सम्बन्धी पढे पनि। एक सेमेस्टर मात्र फोटोग्राफी पढे पनि आफ्नो पुस्तामा सबभन्दा धेरै औपचारिक शिक्षा लिएको आफू नै भएको उनी बताउँछन्।, 'मेरो परिवारले कलकत्ताबाट ल्याएको फोटोको म्यागजिन र किताब पढेरै फोटोग्राफीबारे ज्ञान लिएका हौं। बाजेबराजु सबैले औपचारिक ज्ञानभन्दा अनुभवबाटै सिकेका हुन्,' उनले भने। , बुवा–बाजेदेखिकै फोटोग्राफीको विरासत सम्हाल्दै आएका कशिशले विन्ड हर्स ग्यालरीमा 'पोस्टकार्ड्स फ्रम काठमाण्डुज पास्ट' नामक प्रदर्शनी गर्नुअघि सन् २००७ मा 'मोमेन्ट इन टाइम' नामक प्रदर्शनी गरिसकेका छन्। त्यसमा पोस्टकार्ड र समसामायिक तस्बिर मात्र नभई राजनैतिक, शाही परिवार, माओवादी द्वन्द्वकालमा खिचिएका मिश्रित तस्बिरहरू थिए।, करिब डेढ दशकपछि दोस्रो प्रदर्शनी गरेका कशिशलाई फोटो र पोस्टकार्ड प्रदर्शनीप्रति विश्वास छ, भन्छन्, 'यो प्रदर्शनी हेरेपछि मान्छेले काठमाडौंमा भएका परिवर्तन देख्छन्। एकपटक त उनीहरूलाई ओहो भन्ने हुन्छ। त्यसरी आश्चर्यमा परेपछि मान्छेले केही गर्छन् कि गर्दैन भन्ने चाहिँ आफ्नो ठाउँमा छ।', सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी,  ,  ,  ,  ,  ,  ,  , तीन पुस्ताले देखेको काठमाडौं
रासस बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन ।, निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन्। , निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको अवधिमा ५१ गैँडा मरेका छन्। यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको उनले जानकारी दिए। , तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन्। , आर्थिक वर्ष २०७२/७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५/७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो आवमा ४३ गैँडा मरेका थिए। , सबैभन्दा कम  आव २०७२/७३ मा १४ गैँडा मरेको तिवारीले बताए। तिवारीका अनुसार आव २०७३/७४ मा २५, आव २०७४/७५ मा २६, आव २०७६/७७ मा २६, आव २०७७/७८ मा ३३ र आव २०७८/७९ मा ३७ गैँडा मरेका छन्। , चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको उनले जानकारी दिए। , निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि आव २०७९/८० सम्म ३२३ गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताए। , गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिए। , आठ वर्षमा दुई सय २० गैँडा मरे
रासस दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ।, नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। , मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । कमला र प्रविण आमा छोरा हुन्। , ‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन,’ उनले भने। भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताए। , ‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ,’ उनले भने। सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ । , हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन्।, ‘वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतिक्षामा छौँ,’ डिएसपी भट्टले भने– ‘झण्डै फाँच फिट जती हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ,’ सशस्त्र प्रहरी बलको टोलीले मङ्गलबारदेखि बेपत्ताको खोजी गर्दैआएको छ। खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ। , मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । दाउरा खोज्न गएका सङ्कलकको भने ज्यान जोगिएको थियो। उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो। हाल सो क्षेत्रमा यार्सागुम्बा सङ्कलकलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ। , सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनी यार्सागुम्बा सङ्कलन गरिन्छ। , दार्चुला हिमपहिरोः मृत भेटिएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी खलङ्गा ल्याइँदै
रासस सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ। , रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा करिब तीन हजार विद्यार्थी भर्ना भएका छन्। सो विद्यालयमा धान्ने मुस्किल हुने गरी विद्यार्थीको चाप बढेको छ।, यहाँ नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ। विद्यालयले नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी भाषामा तथा कक्षा ६ देखि १० सम्म अङ्ग्रेजी र नेपालीमा पठनपाठन गराउँदै आएको छ। , कक्षा ११–१२ मा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान विषयमा पठनपाठन हुँदै सो विद्यालयले सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी सिभिल इन्जिनियरिङ विषयमा तीन वर्षे डिप्लोमा र एनेक्स कार्यक्रमअन्तर्गत १८ महिने सव ओभसियर विषयमा समेत पठनपाठन गराउन थालेको छ।, चालु शैक्षिक सत्रमा शिसु कक्षादेखि कक्षा १० सम्म एक  हजार आठ सय १७ विद्यार्थी भर्ना भएका विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले बताए।, जिल्लाकै पुरानो माध्यमिक विद्यालयको रुपमा रहेको सो विद्यालय २०२३ सालमा स्थापना भएको हो। सो विद्यालयले २०५२ सालदेखि उच्च मावि तहमा पठन पाठन सुरु गरेको हो।, हाल सो विद्यालयको कक्षा ११ र १२ मा आठ सय २२ विद्यार्थी अध्ययन गरिरहेका छन्। सिभिल इन्जिनियरिङ डिप्लोमा र प्री डिप्लोमा तहमा थप एक सय ४० सहित विद्यालयमा दुई हजार सात सय ५६ विद्यार्थी अध्ययनरत छन्।, अभिभावकको सहयोगले विद्यालयको शैक्षिक अवस्थामा व्यापक सुधार सम्भव भएको पोख्रेलले बताए। बर्सेनि विद्यार्थी निजी विद्यालय छाडेर यहाँ पढ्न आउने गरेका छन्। , विद्यार्थीको चाप बढ्न थालेपछि  भैतिक संरचनाको व्यवस्थापनमा चुनौती थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर डागीले जानकारी दिए। , “विद्यार्थी थप हुँदै जाँदा शिक्षकको सङ्ख्या पनि थप्नुपर्ने आवश्यकता छ”, उनले भने। विद्यालयले दुईवटा हेल्थ डेक्ससमेत स्थापना गरेको छ । हेल्थ डेक्समा उनीहरुको स्वास्थ्य परीक्षण गरिन्छ । विद्यालयमा अहिले सरकारी दरबन्दीमा रहेका २४ सहित ६५ शिक्षक कर्मचारी कार्यरत छन् । , रोल्पाको सामुदायिक विद्यालयमा धान्नै नसक्ने चाप
रासस काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ। , महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो। , तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ। , त्यस्तै बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापन दाता वा घर जग्गाधनीबाट असुल उपर गरिने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ। , विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन
रासस आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन्। बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन्।, आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी दिए।, भारतबाट आयात भएर आएका साना र ठूला गरी एक हजार नौ सय नौ सवारी साधन भन्सारमै थन्किएका छन्।, आयात भएका कार/जीप छ सय २९, बस ३४, ट्रकका चेचिस आठ सय ४४, नयाँ चेचिस तीन सय ८६ र ट्र्याक्टर १० भन्सारमा थन्किएका छन्। , सवारी साधन थन्किनुको प्रमुख कारण राष्ट्रिय अर्थतन्त्रमा देखिएको मन्दी भएको प्रमुख पन्थीको भनाइ छ। ‘आयातकर्ताले आयात गरेर त ल्याउनुभयो, तर बजारमा सवारी साधनको खासै माग छैन, त्यसैले उहाँहरूले जाँचपास गराएर सवारी साधन लैजान चासो देखाउनुभएको छैन”, उनले भने। , आयातकर्तालाई गाडी छिटो लैजान र आइसीपीमा ठाउँ खाली गरिदिन आग्रह गर्दै आए पनि थोरै थोरै गरेर मात्र गाडी भन्सार जाँचपास गरेर लगिरहेको प्रमुख पन्थीले बताए।, सरकारले विलासिताको वस्तु आयातमा रोक लगाएपछि वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनसमेत प्रभावित भएको छ। , कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ। , चालु आवको हालसम्ममा रु दुई खर्ब चार अर्ब ९१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५९ दशमलव  ८२ प्रतिशत अर्थात् एक खर्ब २२ अर्ब ५७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए।, कार्यालयको चालु आव २०७९/८० मा रु दुई खर्ब ६० अर्ब ९७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ। हालसम्म वार्षिक लक्ष्यको ४७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ। , कार्यालयले गत आव २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो। चालु आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको ढकालको भनाइ छ।, समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ पनि गरिएकाले राजस्व सङ्कलन घटेको जनाएको छ। , सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले अझै केही महिना यस्तै अवस्था हुने उहाँको भनाइ छ।, यता व्यवसायीले सरकारको मौद्रिक नीतिका कारण सवारी साधान बिक्रीमा आएको ह्रास र व्यवसायीको लगानी गर्ने क्षमतामा आएको कमीले सवारी साधन भन्सारमै थन्किएको बताएका छन्। , ‘अर्थतन्त्रमा सुस्तता देखिएको छ, हरेक व्यक्तिमा आर्थिक समस्यामा छन्, कसैले निर्माणका काम गर्नै चाहेका छैनन्, यस्तो अवस्थामा नयाँ सवारी साधन बिक्री हुने स्थिति छैन’, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा सुबोध गुप्ताले भने, ‘देशको पुँजी र कर्जा नीति पनि ठीक छैन, हामीले त्यसमा सुधार गर्न धेरै पटक सरकारलाई भन्यौँ, तर सुधार भएन ।’, अहिले त्यसैको असरस्वरुप बैंक तथा वित्तीय संस्था पनि ऋण प्रवाह गर्न सकिरहेका छैनन, जसका कारण यस्तो समस्या देखिएको हो, उनले भने। , ‘अहिलेको अवस्थामा सवारी साधन मात्रै नभई अधिकांश समानको बिक्री घटेको छ”, गुप्ताले भने, ‘बैंकले पनि ऋण लगानी गरेको छैन, यस्तो अवस्थामा व्यवसायीले भन्सारबाट गाडी छुटाएर गोदाममा थन्काउनुबाहेको विकल्प छैन ।’, जति रकम तिरेर सवारी साधन आयात गरिएको छ, त्योभन्दा बढी राजस्व भन्सारमा तिर्नुपर्ने भएकाले पनि व्यवसायीले भन्सारमै सवारी साधन थन्क्याएको उनले बताए ।, वीरगञ्ज भन्सारमै थन्किए एक हजार बढी नयाँ सवारी साधन
रासस कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन्। , रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए। , खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिए। ,        , भारतको हिमाञ्चल प्रदेश कसैली घर भएका राउत रामपुर–५, बेझाडस्थित एक ट्याटु हाउसमा साथीसँग काम सिक्न आएका हुन्। , शनिबारको दिन साथीसँगै नदीमा पौडी खेल्न पुगेका थिए । शव परीक्षणका लागि अहिले रामपुर अस्पताल लगिँदै छ। , कालीगण्डकीमा बेपत्ता युवक पाँच दिनपछि मृत फेला
सेतोपाटी संवाददाता २२७ किलो गाँजासहित दुई जनालाई सशस्त्र प्रहरी बल (एपिएफ)ले पक्राउ गरेको छ। , सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारास्थित कोशी राजमार्गबाट बिहीबार दुई जनालाई पक्राउ गरेको एपिएफका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले धनकुटाबाट इटहरी जाँदै गरेको प्रदेश १-०२-००१ ख ९४८९ नम्बरको ट्रकलाई चेक गरेको थियो। , उक्त ट्रकमा ८ वटा पोका पारेको २२७ किलो ४०० ग्राम गाँजा बरामद भएको डिएसपी थापाले बताए।, पक्राउ पर्नेमा धनकुटाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमका २८ वर्षीय चुडामणि कटुवाल छन्। , उनीहरूबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ।, नियन्त्रणमा लिइएका उनीहरूलाई ट्रक, गाँजा र बरामद सामग्रीसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।, २२७ किलो गाँजासहित दुई जना पक्राउ
नवीनबाबु गुरूङ काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा केही दिनदेखि वर्षा भइरहेको छ।, लगातार पानी परिरहेकोले सर्वसाधारणलाई हिँडडुल गर्न समेत गाह्रो भइरहेको छ।, मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ।, त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भू-भागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।, यो क्रम आज दिनभरि नै चल्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।, पश्चिमी वायुले चिसो बोकेर ल्याएका कारण गर्मीयाममा पनि जाडोको अनुभव भइरहेको छ। त्यस्तै हिमाली भेगमा हिमपात भइरहेको छ।, नेपालमा सामान्यतयाः जुन १० को वरिपरिबाट मनसुन सुरू हुन्छ। अहिले भइरहेको वर्षा प्रि–मनसुन भएको पनि उनले जानकारी दिए।, शुक्रबारदेखि भने मौसममा सुधार आउने बताइएको छ।, तस्बिरहरू:, ए झरी, नझरीदेऊ यसरी! (तस्बिरहरू)
राजु अधिकारी सडकले सुविधा दिन्छ कि सास्ती? विकासको आधारभूत सर्त मानिने सडकले सुविधा दिने दिनुपर्ने हो तर हुलाकी राजमार्ग क्षेत्रमा पर्ने यस्ता धेरै ठाउँ छन्, जहाँ सडक सर्वसाधारणका लागि सुविधाभन्दा पनि बढी सास्ती बनेको छ।, मोरङ जिल्लाका ५ वटा स्थानीय तहका सर्वसाधारणका लागि वर्षौंदेखि हुलाकी सडक सास्ती बनेर उपस्थित छ। झापासित साँध जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौठेजोरी खेलेर दिन कटाउन बाध्य छन्।, ‘सडकछेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था छैन, अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ,’ धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारले बिहीबार बिहान भने, ‘अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन। गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ। अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती?’, स्थानीय सरकारका शक्तिशाली प्रमुखलाई यसरी निरीह  सुनिने अवस्थामा पुर्‍याउने काम निर्माण व्यवसायीहरूले गरेका हुन्, जसले एक महिनायता सडकको काम ठप्प पारेका छन्। बिनाजानकारी सडक ठप्प पारेर बेपत्ता उनीहरू हुलाकी सडक आयोजनाकोसमेत सम्पर्कमा छैनन्। बनाउँदा-बनाउँदैको सडक अलपत्र पारेर सम्पर्कविहीन बनेका ठेकेदारहरूको लापरबाही र उनीहरूका अघि निरूपाय जस्तै देखिएको राज्य संयन्त्रको कमजोरीले सर्वसाधारण वर्षौंदेखि समस्या भोग्न विवश बनेका छन्।, सर्वसाधारणले भोगिरहेको यही निरन्तरको सास्तीले मोरङका बहुसंख्यक जनप्रतिनिधिलाई पनि तनाव दिएको छ। बिहीबार बिहान विराटनगरमा पत्रकार सम्मेलनमा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरू, स्थानीय सरकारका प्रमुखहरू आक्रोशित सुनिए।, ‘सडककै कारण लाखौं नागरिकले दुःख पाएको धेरै भयो अब हामी सहन नसक्ने अवस्थामा पुग्यौं,’ ती सबै जनप्रतिनिधिहरूको एकै स्वर थियो, ‘अबको एक हप्ताभित्र काम सुरू नगरे हामी सबै जनतालाई साथमा लिएर संघर्षमा ओर्लने छौं।’, हुलाकी सडक आयोजनाको काम अलपत्र परेपछि प्रतिनिधि सभाका सांसदद्वय ऋषिकेश पोखरेल र योगेन्द्र मण्डल, कोशी प्रदेश सभाका ६ जना सांसदहरू गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीमप्रसाद पराजुली, गयानन्द मण्डल र अमृत अर्यालले आन्दोलनको चेतावनी दिएका हुन्। उनीहरूसँगै रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार र कटहरी गाउँपालिकाका अध्यक्ष  देवराज चौधरीले पनि आन्दोलनको चेतावनी दिएका हुन्। , यसरी निर्माणाधीन सडकले भए जति सबै जनप्रतिनिधिलाई किन संघर्षमा उत्रिन बाध्य पारेको छ? यसको थोरै पृष्ठभूमि हेरौं।, जतिबेला नेपालमा राणाहरूको शासन थियो, त्यसबेला तराईका उब्जाउ क्षेत्रमा उनीहरूका प्रतिनिधि विभिन्न जिम्मेवारी लिएर बस्थे। झापाको भद्रपुरदेखि  मोरङको रंगेली, विराटनगर हुँदै पश्चिम नेपालका विभिन्न ठाउँमा राणाले खटाएका कर्मचारीहरू परिचालित थिए। त्यहीबेला उनीहरूबीच चिठीपत्र आदानप्रदान गर्ने रूट थियो अहिलेको हुलाकी राजमार्ग। राणा प्रधानमन्त्री पद्मशमशेरले हुलाकी सडकको रेखा कोर्न लगाएको मानिन्छ।, त्यसबीचमा पटक-पटक हुलाकी राजमार्ग बन्ने हल्ला चल्यो। कयौंपटकको चुनावमा दलहरूले यसलाई चुनावी एजेन्डा बनाए। तर, हुलाकी सडक निर्माणको काम ठोस रूपमा सुरू हुन भने २०६२/०६३ को जनान्दोलनपछिको समय कुर्नपर्‍यो। त्यसबेला नेपाल-भारतबीच  १ हजार ४ सय ४० कि.मी. सडक निर्माणबारे सम्झौता भयो। तर, भारतीय पक्षले पटकपटक काम अलपत्र पारेपछि अहिले नेपाल आफैंले यो सडक बनाइरहेको छ।, तराई-मधेसको पूर्वमा झापाको भद्रपुरदेखि पश्चिममा कञ्चनपुरको दैजीसम्मको  सडक  हुलाकी राजमार्गको रूपमा चिनिन्छ। मुख्यतः पूर्व-पश्चिम सडकका रूपमा चिनिने यो सडकमा उत्तर-दक्षिण लिंक रोडसमेत छन्। जसअनुसार हुलाकी राजमार्गको कूल लम्बाई  १७९२.४२ किलोमिटर छ। त्यसमध्ये पूर्व-पश्चिम सडकको लम्बाई ९७५ किलोमिटर छ।   , सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन ल्याएको यो सडकले झापाको भद्रपुरबाट पश्चिममा कन्चनपुरको दैजीसम्मको  तराई-मधेशका जिल्ला सदरमुकाम र घना बस्तीलाई जोड्छ। हुलाकी सडक आयोजना कार्यालय इटहरीका अनुसार तराई मधेसका २१ जिल्लाका  ८० लाखभन्दा बढी जनसंख्या यो सडकबाट प्रत्यक्ष लाभान्वित हुने अनुमान छ।, ती जिल्लामा  यातायातको सहज पहुँच विस्तार गर्ने, सामाजिक तथा आर्थिक क्रियाकलाप बढाउने, राष्ट्रकै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र  वृद्धि गर्ने, यस क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनलाई सजिलै बजारसम्म पहुँच स्थापित गराई अन्य आर्थिक क्रियाकलाप बढाउने लगायतका लक्ष्य यो राजमार्गसँग सम्बन्धित छन्।, यति विराट लक्ष्य राखिएको गौरवको आयोजनामा भने सधैं लापरबाही हुने गरेको छ।  अहिले मोरङका जनप्रतिनिधिहरू सडकको सास्तीविरूद्ध संघर्षमा ओर्लने सामूहिक घोषणासमम आइपुगेका छन्। यसको समस्या अन्य पनि उत्तिकै छ। पूर्वी खण्डमा पर्ने मोरङमा मात्रै होइन, सप्तरी, सुनसरी ,मोरङ र झापामासमेत हुलाकी सडकमा समस्यै समस्या छन्। कतै पुल अलपत्र परेको, कतै बन्दाबन्दैको बाटो रोकिएको अनि कतै बन्न सुरू नै नभएको अवस्थासमेत छ।, यो सास्तीले सर्वसाधारणलाई पीडित बनाएपछि आन्दोलनमा उत्रिने घोषणा गरेका मोरङका जनप्रतिनिधिहरू सडकबाट ठेकेदार गायब भएको बताउँछन्। हुलाकी सडक आयोजना कार्यालय पनि त्यही भनिरहेको छ।, कार्यालयका सूचना अधिकारी प्रमोद खतिवडा जनप्रतिनिधिहरूको आक्रोश र पहल जायज भएको बताउँछन्।, ‘जनताले सडककै कारण ज्यादै सास्ती खेप्नुपरेको छ त्यसैले उहाँहरूको आक्रोश जायज छ,’ उनले भने ‘तर यसमा हुलाकी सडक आयोजनाको कमजोरी छैन। ठेकेदार पक्षको बदमासीले अहिलेको अवस्था आएको हो।’, मोरङमा हुलाकी सडकको कूल लम्बाइ ४४ किलोमिटर छ। त्यसमध्ये विराटनगर बजार क्षेत्रको अढाई किलोमिटर क्षेत्रबाहेक सबैतिर सडक निर्माणकै चरणमा छ।, जसमध्ये रतुवाखोलादेखि १६ दशमलव ५ किलोमिटर पश्चिमसम्मको क्षेत्रको सडकको काम लगभग पूरा भइसकेको छ। पिएस गजुरमुखी मोतीदान जेभीले लिएको यो खण्डको काममा समस्या नभएको कार्यालयले जनाएको छ। त्यस्तै रंगेलीदेखि बेतौनासम्मको ७ दशमलव ५ किलोमिटर सडक पनि कालोपत्रे भइसकेको छ। कालिका मैनाचुली वेदाङ्सी जेभीले गरेको यो काम पनि सकिएको प्रदेश सांसद गणेश उप्रेतीले बताए।, तर, बेतौनादेखि हाटखोलासम्मको क्षेत्रको सडकमा सबैभन्दा धेरै समस्या देखिएको छ। दुई वटा प्याकेजमा भइरहेको काममध्ये बेतौनादेखि नयाँ बजारसम्मको १२ किलोमिटर क्षेत्रको काम एक महिनायता ठप्प छ। ठेकेदार बेपत्ता बनेका छन्। पिएस गजुरमुखी मोतीदान जेभीले गर्दागर्दैको काम छाडेको हो।, ‘त्यो खण्डमा ग्राभेलदेखि कालोपत्रेसम्मको काम गरिनुपर्ने हो,’ हुलाकी सडक कार्यालयका सूचना अधिकारी खतिवडाले भने, ‘तर बिना जानकारी ठेकेदार बेपत्ता छन्।’, नयाँ बजारदेखि हाटखोलासम्मको सडकको पनि अवस्था त्यस्तै छ। यो खण्डको कूल लम्बाइ साढे ५ किलोमिटर हो। श्रेष्ठ कन्स्ट्रक्सनले जिम्मा लिएको यो सडक पनि महिना दिनभन्दा बढी समयदेखि अलपत्र छ। यसरी दुईटा घना आवादी भएको ठेक्का प्याकेज क्षेत्रमा काम रोकिएपछि सांसदहरूसहितका जनप्रतिनिधिले आन्दोलनको चेतावनी दिएका हुन्।, ‘एक साताभित्र काम सुरु नगरे हामी कडा संघर्षका कार्यक्रममा जानेछौं,’ सांसद ऋषिकेश पोखरेलले भने, ‘सुविधाका लागि हुनुपर्ने सडकलाई सधैं यसरी सास्ती बनाउन पाइँदैन।’, हुलाकी सडक आयोजनाले काम छाडेर हिँडेका ती दुई ठेकेदार पक्षलाई कारबाही थालेको जनाएको छ।, ‘गर्दागर्दैको काम रोकेपछि स्थानीयवासीलाई ठूलो सास्ती भएकोबारे हामी जानकार छौं,’ सूचना अधिकारी खतिवडाले भने ‘कार्यालय त्यसै बसेको छैन। कारबाही सुरू गरेका छौं।’, उनका अनुसार ती दुबै निर्माण कम्पनीले लगेको  पेश्की रकम फिर्ता गरिदिन बैंकलाई कार्यालयले पत्राचार गरिसकेको छ।, ‘सबै ठेक्काको म्याद आउँदो कात्तिक मसान्तसम्मको छ’, उनले भने ‘ एक सताअघि पेश्की फिर्ता माग्न पत्राचार गरिएको छ। अब ठेक्का तोड्नेसम्मको प्रक्रियामा हामी अघि बढ्नेछौं।’, रंगेली नगरका मेयर दिलिप बगडिया ज्यादै कम मूल्यमा ठेक्का लिने र काम अलपत्र पार्ने ठेकेदारलाई राज्यको कानुनले प्रोत्साहित गरेको बताउँछन्।, ‘खरिद ऐन संशोधन गरेर कानुन सच्याऔं न त भन्दा भए जति ठेकेदार निर्वाचित भएर संसदमा पुगेका छन्’, उनले भने, ‘तिनले आफ्नो स्वार्थअनुसार कानुन बनाउन भूमिका खेलिहाल्छन्। यसले हाम्रो विकास निर्माण चौपट भयो।’, उनले भने जस्तै मोरङको हुलाकी सडक खण्डमा अहिले काम नगर्ने ठेकेदारलाई कारबाहीका लागि  सरकारी पक्षले  कानुनी प्रक्रिया थाल्दा पनि सर्वसाधारणको सास्ती भने अझै केही समय उस्तै रहने निश्चित छ। कारबाहीको प्रक्रिया पूरा गर्नतिर सरकार लाग्दैगर्दा सडकमा हरदम उडिरहने धुलो र पानीपर्दा जम्न थाल्ने हिलोले सर्वसाधारणलाई भने अझै  पनि सास्ती दिइ नै रहनेछ।, मोरङमा हुलाकी सडकः सुविधाभन्दा सास्ती बढी
रासस प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।,    , ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।, विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ।,      , अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन्। , मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ। अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ । , ट्रङ्क रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले बताए। , ‘काठमाडौँ विमानस्थलमा आइएफआर उडान भइरहेको छ, अन्तर्राष्ट्रियका केही जहाज होल्डमा हुने सम्भावना छ, आन्तरिकतर्फ उडान डिले भइरहेको छ,’ उनले भने। ,     , कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्स र बैंककबाट आएको थाई स्माइलको जहाज केही समय आकाशमा होल्ड भएको थियो। आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ।,      , हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागमा केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। , काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।, प्रतिकूल मौसमले त्रिभुवन विमानस्थलको हवाई उडान प्रभावित
सेतोपाटी संवाददाता यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आज यहाँ एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय (जेठ १८ देखि असोज १३ गते) को हावापानी आकलन प्रक्षेपण गरेको हो।, विभागले सन् २०१३ देखि हरेक वर्ष मनसुनको समय सुरू हुनुपूर्व ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको हावापानी आकलन सरोकारवालालाई प्रवाह गर्दै आइरहेको छ।, यसै सिलसिलामा विभागले आज सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको वर्षा तथा तापक्रमको आकलनको जानकारी गराएको छ। , आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ।, कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।, यसैगरी, अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ रहेको विभागले जनाएको छ।, न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ।, धेरैजसो भू–भागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।, यस्तै, सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्यपश्चिमी भू–भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।, यस कार्यक्रमको प्रमुख उद्देश्य आगामी मनसुन समयको वर्षा तथा तापक्रमको ऋतुगत आकलनबारे जानकारी गराइनाका साथै छलफलमार्फत् सरोकारवालाको आवश्यकता पहिचान गरी सोहीअनुसार विभागको सेवा प्रवाहको सुदृढीकरण, सरोकारवालालाई मौसम तथा जलवायु सूचनाका बारेमा जानकारी गराई आ–आफ्नो क्षेत्रको आगामी योजना तर्जुमालगायत जलवायु सूचित निर्णय प्रक्रियामा सहयोग पुर्‍याउनु रहेको विभागको भनाइ छ।, यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने
रासस नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।, अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।, उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ। विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन्। , उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ।, हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। , गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ। यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो।, घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरूङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए। त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए। , उनीहरूकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।, घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो। , सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजित राईलाई पक्राउ गरेको थियो।, प्रहरीले हिजो तत्कालीन गृहसचिव भई हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको हो। ,     , प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट प्रहरीले सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ।, प्रहरीले अहिले पनि सचिव रायमाझी र डा राईका छोरा निरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ। निरजले काठमाडौंका विभिन्न होटलमा पुगेर करोडौं रकम बुझेको प्रहरी स्रोतको भनाइ छ।, ‘अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने। , गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ।, गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरूका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रूपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए।, उनीहरूले शरणार्थी फारम भर्नेबाट रु १५ देखि २० लाख असुलेका थिए। गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए।, विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए।, गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरूवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उतिबेलै बताएका थिए।, पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौंलगायत स्थानमा पटक/पटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ। , उनीहरूले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै रु आठ करोड बराबरको चेक समेत दिएका थिए। उनीहरूले यसरी उठाइएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ। , नक्कली भुटानी शरणार्थी प्रकरण: १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
रासस विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ। , पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते भएका छ बालबालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। , उनका अनुसार ती बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ। , दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ बस्ने छ वर्षीया आयुषा भुजेल, दस वर्षीया जस्मिन भुजेल, दस वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समीर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते भएका थिए।, उक्त दुर्घटनामा सोही ठाउँका १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको मृत्यु भएको थियो। , मृत्यु भएकामध्ये एक बालक र घाइते छ बालक आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत छन्। बालबालिका सधैँ झैँ उक्त दिन पनि  विद्यालय जान बिहान ९ः३० बजे सडक छेउमा उभिएका थिए। , डुम्रेबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दिएको थियो। उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो। ठक्करबाट विद्यालय जान तयारी गरिरहेका विद्यार्थी र अन्य दुई जना घाइते भएका थिए। , उक्त घटनाप्रति बन्दीपुर गाउँपालिकाले दुःख व्यक्त गरेको छ। दुर्घटनामा मृत्यु भएका तीन जनाप्रति समवेदना व्यक्त गर्दै गाउँपालिकाले घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ। , गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले आज जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ, ‘मृतात्माको चीरशान्तिको कामना गर्दै उक्त दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’, घाइतेको उद्धार तथा उपचारमा संलग्न व्यक्ति, सुरक्षाकर्मी, चिकित्सक, स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय जनसमुदायमा गाउँपालिकाले आभार व्यक्त गरेको छ। , तनहुँमा ट्रकको ठक्करबाट घाइते ६ बालबालिकाको अवस्था सुधार
सेतोपाटी संवाददाता बैतडीमा गिट्टीका थुप्रोमा भेटिएको शरीरबिनाको टाउको कसको भन्ने पहिचान हुन सकेको छैन।, पाटनमा गत आइतबार सडक निर्माणका लागि ल्याएको गिट्टीको थुप्रोमा फेला परेको मानिसको टाउको कसको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।, सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा टाउको फेला परेपछि प्रहरीले पहिचानका लागि अनुसन्धान गरिरहेको बताएको छ। , हाल टाउको परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।, उक्त रिपोर्टपछि डिएनए परीक्षणका लागि पनि पठाइने प्रहरी निरीक्षक जोशीले बताए।, हाल घटनाको अनुसन्धान जारी रहेको उनको भनाइ छ।, बैतडीमा गिट्टीको थुप्रोमा भेटिएको टाउको कसको खुलेन
सुसन चौधरी के तपाईं आफ्नै व्यवसाय गर्ने सोचमा हुनुहुन्छ? आफ्नो कम्पनी दर्ता कसरी गर्ने भन्ने अलमलमा पनि हुनुहुन्छ कि?, कम्पनी दर्ता गर्न कहाँ जानुपर्ने र के गर्नुपर्ने हो भन्ने धेरैलाई थाहा हुँदैन। , वकिलसँग कानुनका कुराको आठौं शृंखलामा हामीले प्राइभेट कम्पनी खोल्न चाहनेलाई आवश्यक जानकारी समेट्न खोजेका छौं।, कम्पनी दर्ता गर्न कति उमेर पुग्नुपर्छ, के-कस्ता कागजात बनाउनुपर्छ, कहाँ जानुपर्छ लगायतका प्रश्नको जवाफ अधिवक्ता लजुला महर्जन (बालामदन)सँग खोजेका छौं। , उनका अनुसार नेपालको कम्पनी ऐन अनुसार एक वा एक भन्दा बढी व्यक्ति मिलेर प्राइभेट, पब्लिक वा मुनाफा वितरण नगर्ने कम्पनी खोल्न पाइन्छ। कम्पनीको प्रकार अनुसार दर्ता प्रक्रिया र त्यसका लागि चाहिने कागजात फरक/फरक हुन्छन्। , अधिवक्ता महर्जनसँगको कुराकानी : , कम्पनी दर्ता गर्न के-कस्ता कागजपत्र चाहिन्छ?, कम्पनी दर्ता गर्न कम्पनी ऐन र कम्पनी रजिष्ट्रारको कार्यालयले तोकेको दस्तावेजबमोजिम कम्पनीको प्रबन्धपत्र, कम्पनीको नियमावली, अख्तियार नामा र कम्पनी दर्ता गर्न निवेदन गरी प्रमुख चार प्रकारका कागजात आवश्यक हुन्छ।, संस्थापक र सेयरधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि आवश्यक हुन्छ। संस्थापक सेयरधनीबीच कुनै सम्झौता भएको छ भने त्यो सम्झौता पनि माथि उल्लेखित कागजातमा समावेश गरी पेश गर्नुपर्छ।, कम्पनी दर्ता गर्ने प्रक्रिया के हो?, संस्थापक सेयरधनीले कम्पनी रजिष्ट्रार कार्यालय गएर आफ्नो नाममा कम्पनी दर्ता गर्न सक्छन्। संस्थापकले सर्वप्रथम कम्पनीको नाम के राख्ने सोचेर कम्पनीको नाम रिजर्भेसनको लागि निवेदन दिनुपर्छ। त्यस क्रममा उनीहरूले नयाँ प्रयोगकर्ता आइडी बनाउनुपर्छ। सबै विवरण भरेर कागजातहरू पूर्ण रूपमा तयार पारी हस्ताक्षर र ल्याप्चे गरेर कम्पनी दर्तालाई आवेदन दिनुपर्छ।, कम्पनी दर्ता भएपछि सो कम्पनीलाई कर कार्यालयमा दर्ता गर्नुपर्छ। कम्पनीको कामकाज हेरेर प्यान वा भ्याटमा कम्पनीलाई दर्ता गर्नुपर्छ।, भविष्यमा कम्पनीले आफ्नो उत्पादन, बिक्री, ट्रेडमार्क दर्ता र विदेशी लगानी गर्ने उद्देश्य छ भने सो कम्पनीको उद्योग दर्ता गर्नुपर्छ। कम्पनीको ठेगाना अनुसार कम्पनीलाई नजिकैको वडा कार्यालयमा पनि दर्ता गर्नुपर्छ। वडामा व्यवसाय दर्ता गरी प्रमाणपत्र लिनुपर्छ। वडामा दर्ता गरेपछि नियमित घर भाडा कर तिर्नुपर्ने हुन्छ।, यी निम्न लिखित प्रक्रिया हेर्दै संस्थापक स्वयंले कम्पनी दर्ता प्रक्रिया अघि सार्न सक्छन् वा व्यावसायिक अधिवक्तासित सरसल्लाह लिएर काम गर्न सक्छन्।, कति जना मिलेर कम्पनी खोल्न मिल्छ?, पब्लिक कम्पनी खोल्न कम्तीमा सात जना संस्थापक हुनुपर्छ। त्यस्तै प्राइभेट कम्पनी खोल्न एक जनाले पनि मिल्छ। कम्तीमा एकदेखि बढीमा एक सय एक जना संस्थापक भएको कम्पनी दर्ता गर्न पाइन्छ।  नेपाली नागरिकता भएको १६ वर्ष उमेर पुगेको व्यक्तिले मात्र कम्पनी खोल्न मिल्ने कानुनी प्रावधान छ।, कम्पनी दर्ता गर्नका लागि नियम कानुनले लगानीको सीमा तोकेको छ कि छैन? छ भने कति छ? , पब्लिक कम्पनी दर्ता गर्न सेयरधनीलाई न्यूनतम १ करोड चुक्तापुँजी आवश्यक हुन्छ। प्राइभेट कम्पनी दर्ता गर्न भने सेयरधनीलाई न्यूनतम चुक्तापुँजी कति राख्न भनेर तोकिएको छैन। संस्थापकले कम्पनीको उद्देश्य, क्षमता र कामको आधारमा कति लगानी गर्ने भनेर आफैं निर्धारण गर्नुपर्छ।, अधिकृत पुँजीको हिसाबले कम्पनी दर्ता शुल्क कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनुपर्ने हुन्छ। कम्पनीको पुँजी १ लाख रुपैयाँ छ भने राजस्व शुल्क एक हजार रुपैयाँ तिर्नुपर्छ र चुक्तापुँजी एक करोड छ भने राजस्व शुल्क सोह्र हजार तिर्नुपर्छ।, अधिकृति पुँजी जति बढ्दै जान्छ, राजस्व शुल्क त्यति बढ्दै जान्छ। यदि कानुन व्यवसायीको सहयोग लिइएको छ भने उनीहरूलाई छुट्टै शुल्क दिनुपर्छ। अधिवक्ता राखेको हकमा पनि उनीहरूलाई दिने खर्च जोडेर पन्ध्र/बीस हजारभित्रमा सामान्य कम्पनी दर्ता हुन्छ। , कम्पनी दर्ता गर्न कति समय लाग्छ?, कम्पनी रजिष्ट्रार कार्यालयमा नाम रिजर्भेसन गर्न सात दिनदेखि तीस दिन लाग्छ। नाम दर्ता भएपछि कम्पनी दर्ता गर्न तीन दिनदेखि दश दिन लाग्छ। एकल सेयरधनी बसेर कम्पनी दर्ता गर्दा भने तीन दिनमा सबै काम सकिन्छ। धेरै सेयरधनी वा विदेशी लगानी भएको हकमा दर्ता गर्ने प्रक्रिया लम्बिन जान्छ। त्यसपछि उद्योग दर्ता गर्न कम्तीमा एक हप्तादेखि महिनौं लाग्न सक्छ। कर कार्यालयमा कर दर्ता प्रमाणपत्र र व्यवसाय दर्ता गर्न एक-एक दिन लाग्छ।, विदेशमा भएका साथीसित मिलेर नेपालमा कम्पनी दर्ता गर्न मिल्छ?, नेपालमा कम्पनी खोल्न चाहनेमध्ये कुनै एक संस्थापक तत्कालीन अवस्थामा विदेशमा हुनुहुन्छ भने उनको तर्फबाट अख्तियार नामा लिएर प्रक्रिया अघि बढाउन मिल्छ। सम्बन्धित व्यक्ति भएको ठाउँमा सबै कागजात कुरिअर गरेर पठाइ हस्ताक्षर र ल्याप्चे गरी पुनः कुरिअरबाट मौलिक कागजात नेपाल ल्याउनुपर्छ। सबै जनाको हस्ताक्षर र ल्याप्चे अनिवार्य भएको हुनाले विदेशमा भएको व्यक्ति स्वयं हस्ताक्षर गरेसम्म कम्पनीको दर्ता कार्य रोकिन सक्छ। एन.आर.एनको हिसाबले लगानी गर्नको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।, नेपाली नागरिकको हैसियतले विदेशबाट लगानी गर्न खोज्दै हुनुहुन्छ भने आफ्नो नेपालमा भएको बैंक खाताबाट कम्पनीको खातामा लगानी रकम ट्रान्सफर गर्न मिल्छ।, कम्पनी दर्ता नगरी कम्पनी सञ्चालन गरे के हुन्छ?, कम्पनी दर्ता नगरी व्यवसाय सञ्चालन गर्दा सम्बन्धित निकायले थाहा पाएमा उक्त कम्पनीका संस्थापकलाई दुई वर्ष कैद वा पचास हजार जरिवाना वा दुवै लाग्ने कानुनी मान्यता छ।, कम्पनी कुन बेला भ्याटमा दर्ता गर्ने?, कम्पनी दर्ता गरेपछि कारोबार गर्नुअघि प्यानमा दर्ता गर्नुपर्छ। , कुनै वस्तु उत्पादन गर्ने व्यवसायले ५० लाखभन्दा बढीको कारोबार गरेमा र सेवा दिने गर्ने कम्पनीले २० लाखभन्दा बढीको वार्षिक कारोबार गरेमा अनिवार्य रूपमा भ्याटमा दर्ता गर्नुपर्छ। , कम्पनी दर्ता गर्नुअघि जान्नुपर्ने कुरा के-के हुन्?, सर्वप्रथम संस्थापक सेयरधनीले केको व्यवसाय कति पुँजी लगानीमा गर्न खोजेको स्पष्ट हुन जरूरी छ। व्यवसायको नाम, ठेगाना, कार्यविधि, भावी योजना पूर्ण रूपमा ठम्याएपछि मात्र कम्पनी दर्ताको गर्ने सोच्नुपर्छ।, कुन संस्थापकले कति पुँजी लगानी गरेर समिति गठन गर्ने, कसले के-काम गर्ने, नाफा कसरी बाँडफाँट गर्ने, कसले कम्पनी सञ्चालन गर्ने, जस्ता सामान्य कुराको अग्रिम लिखित निर्णय गरेरमात्र कम्पनी दर्ता गर्न गए राम्रो हुन्छ। सञ्चालकबीच मनमुटाव हुँदा वा कुरा नमिल्दै कम्पनी दर्ता गरेमा सञ्चालनको क्रममा दुःख खेप्नुपर्छ। , ‍कम्पनी दर्ता गर्न जान्नै पर्ने कानुनी प्रक्रिया (भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौं महानगररपालिकाले कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने भएको छ। , नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने महानगर स्रोतले जनाएको छ।, निलम्बनमा पर्न लागेका हवल्दार प्रयास घिमिरे उपमेयर सुनिता डंगोलका पूर्व पिएसओ हुन्।  , 'बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा पाइएको थियो,' उनले भने, 'प्रहरी पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरूलाई निलम्बन प्रक्रिया अगाडि बढाइएको हो।',  , जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्दै काठमाडौं महानगर
सेतोपाटी संवाददाता झापामा भन्सार छलेर ल्याएका झन्डै २३ लाख बराबरको सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , मेचिनगर नगरपालिका-६ स्थित काली खोला छेउमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकबाट प्रहरीले झन्डै २३ लाख बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। , ट्रकका चालक भारत जल्पाइगुडी बुलेट पञ्चायत थाना कर्तली बस्ने ३८ वर्षीय निरन्जन रायलाई प्रहरीले पक्राउ गरेको हो।, डब्ल्युबी ७३ ए ४२६६ नम्बरको भारतीय नम्बरको ट्रक भन्सार कार्यालय भित्र प्रवेश गरी एक दिनको भन्सार काटेर निस्किएको थियो। उक्त ट्रक खाली नै देखाइएको थियो। , तर शंका लागेर प्रहरीले ट्रकलाई पछ्याएको थियो। त्यसक्रममा रोकेर चेक गर्नेक्रममा भन्सार छलीका मोबाइल, लत्ताकपडाहरू लुकाएर ल्याएको पाइएको एसपी रेग्मीले बताए। , ट्रकको क्याबिनबाट ३५ वटा मोबाइल, २४ कार्टुन टाइल, २ कार्टुन औषधी र राधेराधे लेखिएको गम्छा कपडा गरी जम्मा १० लाख ९० हजार १७० बराबरको सामान बरामद भएको हो। , प्रहरीले अन्दाजी १२ लाख बराबरको पूरानो ट्रक पनि बरामद गरेको छ। , कार्यालयले जम्मा २२ लाख ९० हजार १७० रुपैयाँ बराबरको ट्रकसहित सामान बरामद गरेको हो। चालक, ट्रक र सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसएको एसपी रेग्मीले बताए।, झापामा भन्सार छलीका झन्डै २३ लाख बराबरको सामान बरामद
सेतोपाटी संवाददाता सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , चरित्र हत्या आरोपमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।, पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ बस्ने २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङ छन्। उनलाई चितवन प्रहरीको सहयोगमा बुधबार पक्राउ गरेको हो।  , उनले टिकटकमा पीडितको फोटो र भिडिओ बिगारेर अश्लिलतासहित प्रसारण गरेको आरोप छ। त्यसरी छवीमा आँच पुर्‍याउने, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्‍या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ। ,  , टिकटकमा चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
रासस धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे। अहिले उनले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन्। यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ।, ‘एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्‍यो। चालु आर्थिक वर्षको योजना कार्यान्वयन नहुँदै दुई जना फेरिए। लगातार २० दिन काठमाडौँमै बसेर सबैतिर धाएपछि मात्रै अहिलेको प्रमुख ल्याउन सफल भएको हुँ’, गाउँपालिका अध्यक्ष राजकुमार साहले भने, ‘खै!कर्मचारी धेरै बस्नै नमान्ने? अनि कसरी काम गर्नु?’, मङ्गलबार अध्यक्ष साहको कार्यकक्षमा पुग्दा उनी कसैसँग फोनमा कुरा गर्दै थिए, ‘अब काम हुन्छ, पाँच–सात दिनपछि हाकिम आउनुहुन्छ अनि भेटौँ न।’  फोन राखेपछि अध्यक्ष साहले भने, ‘कार्यालय प्रमुख बिदामा हुनुहन्छ। एउटा कर्मचारी बिदामा बस्यो भने काम गर्न अर्को हुँदैन । कहिले कर्मचारीको अभाव, कहिले उपभोक्ता समितिको विवाद, फेरि चैत कटेपछि मात्र काम गर्ने परिपाटी। के गर्नु समस्यामाथि समस्या छन्।’, अध्यक्ष साहका अनुसार धनौजी गाउँपालिकामा विकासका गतिविधि राम्ररी सुरु भएको करिब एक महिनामात्रै भएको छ। बाँकी समय अघिल्लो वर्षको भुक्तानी विवाद मिलाउनमै गएकाले नयाँ योजना कार्यान्वयनबारे ठोसरूपमा लाग्नै नपाएको साहको भनाइ थियो । , ‘म निर्वाचित भएर आउँदा पहिलेको करिब पाँच करोड रुपैयाँ बक्यौता रकम थियो। पहिलेका दुई जना कार्यालय प्रमुखको समय त्यसैमा गयो।, अहिलेको प्रमुख आएपछि विवाद र प्रक्रिया मिलाएर करिब चार करोड ५० लाख रुपैयाँ बक्यौता तिर्‍यौं, अझै करिब रु ५० लाख तिर्न बाँकी छ,’ अध्यक्ष साहले भने, ‘त्यही झमेलामा अल्झिएकाले समयमा अरू काम सुरू गर्न सकेनौं। त्यसैले अहिले निकै चाप छ।’, सो गाउँपालिकामा चालु आवमा करिब १२ करोड रुपैयाँ विकास बजेट छ। त्यसमध्ये अधिकांश योजना वडास्तरबाट सञ्चालन भइरहेका छन्।, गाउँपालिका स्तरबाट अहिले एउटा बर्थिङ सेन्टर स्थापना, पाँच वडा कार्यालयमा रहेका स्वास्थ्यचौकीको स्तरोन्नति, गाउँपालिकामा रहेका आठवटा सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालनका लागि व्यवस्थापनलगायतका काम भइरहेका अध्यक्ष साहले जानकारी दिए।, त्यसैगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर एम्बुलेन्स खरिद, स्वास्थ्य परीक्षण प्रयोगशाला स्थापना र नागरिकको मागअनुसार शौचालय सरसफाइका लागि सेफ्टीट्याङ्की पनि सञ्चालन भइरहेको अध्यक्ष साहको भनाइ छ । उनले कृषि क्षेत्रको सुधारका लागि चालु आवमा पाँच कृषि सडक, सिँचाइ सुविधाका लागि बोरिङ सञ्चालन गर्न विद्युतीकरणको कामसमेत यसै आवमा गर्ने गरी सुरू हुने बताए। , वडा नं २ का अध्यक्ष उदयकुमार साहले चालु आवमा पाँचवटै वडामा चार–चार गरी २० बोरिङ थप्ने योजना रहेको सुनाए।, ‘अहिलेसम्म अघिल्लो वर्षको बक्यौता रकम भुक्तानी विवाद मिलाउनमै समय बित्यो, उपभोक्ता समितिबाट नयाँ काम गर्नै सकिएन’, वडाध्यक्ष साहले भने, ‘अब सकेसम्म उपभोक्ता समिति बनाउने, नभएमा सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार कोटेसनमार्फत् योजना कार्यान्वयन गर्ने गरी अगाडि बढेका छौँ ।’, धनौजीमा मात्रै होइन यहाँका अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव, अघिल्लो वर्षको आर्थिक दायित्व, योजनामा नियतगत र प्रक्रियागत त्रुटि, राजनीतिकरूपमा बेमेललगायतका कारणले समयमै काम सुरू हुनसकेको छैन । , ‘अघिल्लो कार्यकालमा वडा नं २ को अध्यक्ष भएर काम गरिसकेकाले त्यही अनुभवका आधारमा सबैलाई मिलाएर काम त गर्न सक्छु तर कर्मचारीको अभाव पूर्ति, योजना कार्यान्वयनका क्रममा हुने समस्या मेरोमात्रै नियन्त्रणको विषय रहेन। निकै दुःख गरेर ल्याएको अहिलेको कार्यालय प्रमुखले केही वर्ष हामीसँगै काम गर्नुहुनेछ र सङ्घीय सरकारले चाँडै कर्मचारीको अभाव पूर्तिको दीर्घकालीन उपाय ल्याउने छ भन्ने आशा छ । यति भएमा आगामी आवमा राम्ररी जनताका काम हुनेछन्,’ अध्यक्ष साहले आशा व्यक्त गरे।, मधेसका जनप्रतिनिधिको गुनासो–कर्मचारी बस्नै मान्दैनन्, कसरी काम गर्नु!
सेतोपाटी संवाददाता बलात्कार आरोपमा दाङको तुलसीपुरबाट एक किशोर पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल बबई गाउँपालिका–६ स्थित मामा घरमा बस्दै आएका १६ वर्षीय किशोर पक्राउ परेका हुन्। , तुलसीपुर– ६ की एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको उजुरीका आधारमा मंगलबार ती किशोर पक्राउ परेका हुन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरमा ती किशोरविरूद्ध मंगलबार पीडितले उजुरी दिएकी थिइन्।, सोही उजुरीका आधारमा प्रहरीले ती किशोरलाई तुलसीपुर–३ स्थित घरबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए। , पीडित युवतीले जाहेरीमा ती किशोरले आफूलाई ललाइफकाइ वैशाख १६ गते बाँकेको नेपालगञ्ज र सोही दिन राति ९ बजेतिर तुलसीपुर–३ स्थित आफ्नो खाली घरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन्। , पीडितको अवस्था सामान्य रहेको तथा उनको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। , प्रहरीका अनुसार किशोरले आफ्नो मोबाइल बेचेर ती युवतीलाई नेपालगञ्ज घुमाउन लगेका थिए। , किशोरले घरमा लगेर राखेपछि युवतीले विवाह गर्न दबाब दिएकी थिइन्। उमेर पुगेपछि बिहे गरौंला भन्ने किशोरको दाबीपछि युवती घर फर्किएर घटनाबारे आफन्तलाई बताएकी थिइन्। त्यसपछि उनले बलात्कारको मुद्दा दिएको स्रोतले बताएको छ।, बलात्कार आरोपमा एक किशोर पक्राउ
सेतोपाटी संवाददाता रुपन्देहीमा २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका छन्।, जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्।, रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश जानेहरूले उतैको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग गरेका हुन्।, २०६८ सालमा तिलोत्तमाकी रिना सार्कीले बेलायतको नागरिकता लिन पहिलोपटक नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासनको रेकर्डमा छ।, त्यस्तै गएको चैत दोस्रो साता सियारी गाउँपालिकाकी स्वस्तिमा कामीले पनि बेलायतको नागरिकता लिन भन्दै नेपाली नागरिकता त्याग गरेकी छन्।, यसअघि २०७५ साल भदौ ६ गते बुटवलका एकै परिवारका ५ जनाले एकैदिन नेपाली नागरिकता त्यागेका थिए।, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कानूनतः दुई देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहरू बढिरहेको बताए।, उनका अनुसार पछिल्लो एक वर्षमा मात्रै रुपन्देहीका २८ जनाले नेपाली नागरिकता त्यागेका छन्। भारतलगायत तेस्रो मुलुकको नागरिकता लिने भन्दै स्वदेशी नागरिकता त्याग्ने गरेको उनले बताए।, कुनैपनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूचि ९ अनुसार दुतावास, गृहमन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ।, नेपाली नागरिकता त्यागेर सबैभन्दा बढी बेलायत र हङकङको नागरिकता लिने बढी छन्।, यस्तै सिंगापुर, अष्ट्रिया, कोरिया, क्यानडा, अमेरिका, भारत लगायतका मुलुकको नागरिकता लिनेक्रम पनि बढेको छ।, स्वदेशमा अवसर नहुनु, राजनीतिक अस्थिरता, विदेशमा श्रमअनुसारको पारिश्रमिक पाउनु र भविष्यको सुरक्षाको खोजी लगायतका कारण पनि नेपालीहरूले स्वदेशी नागरिकता त्यागेर विदेशी नागरिकता लिइरहेका छन्।, रुपन्देहीमा २ सय २८ जनाले त्यागे नेपाली नागरिकता
सेतोपाटी संवाददाता तनहुँमा ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। , बुधबार बिहान बन्दिपुर गाउँपालिका-५ पृथ्वीराजमार्गको आबुखैरेनी-डुम्रे सडकखण्डमा दुर्घटना भएको हो।, दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अबदेश विष्टले जानकारी दिए। घाइतेको अस्पतालमा उपचार जारी छ।, ना ४ ख १९७३ नम्बरको गाडी एउटा घरमा ठोक्किएको हो। अहिले राजमार्ग अवरूद्ध छ। राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ,  , तनहुँमा ट्रक दुर्घटना हुँदा ८ घाइते, राजमार्ग अवरूद्ध
नारायण खड्का बसपार्कमा पार्किङ गरी राखिएका बसहरूबाट डिजेल चोरी आरोपमा पक्राउ परेका कारधनीसहित तीन जनालाई बुधबार अदालत पेश गरिँदै छ।  , प्रहरीले डिजेल चोरीमा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका १८ वर्षकै  विशाल रावतलाई चैत २२ गते बिहान २ बजे तेल चोरी गर्दागर्दै नियन्त्रणमा लिएको थियो। , ना ४ च ५७८७ नम्बरको कारमा आएका उनीहरूले तुलसीपुरको बसपार्कमा पार्किङ गरिराखेको ना ४ ख ६४९५ नम्बरको बसबाट डिजेल निकाल्दै गर्दा पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका थिए। , आफैंले कारमा ल्याएका दुइटा जर्किनमध्ये एउटा २० लिटरको जर्किन भरी तेल निकालेर अर्को जर्किनमा भर्ने तयारी गर्दागर्दै प्रहरीले केसी र रावतलाई पक्राउ गरेको थियो। , अनुसन्धानका क्रममा उक्त कार तुलसीपुर- ८ का दिलीप विकको रहेको खुलेको थियो। विक कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन्। , यो पनि:, कार चढेर आएकाले चोरे पार्किङमा राखेको गाडीबाट डिजेल, पक्राउ परेका दुई युवाको बयानका आधारमा करिब दुई हप्ता पहिले कारधनी विकलाई पनि पक्राउ गरिएको डिएसपी मल्लले बताए।, कारधनीले नै दुई युवालाई  डिजेल चोर्न पठाएका हुन् कि भन्ने आशंका पहिलेदेखि नै प्रहरीले गर्दै आएको थियो। तर, कारधनी विकले भने आफू निर्दोष रहेको कुरा बताउँदै आएका थिए। , उनले सेतोपाटीसँग आफूले कार अघिल्लो दिन नै एक जना साथीले मागेको हुँदा दिएको भन्दै आफूलाई घटनाबारे कुनै जानकारी नभएको तथा आफूलाई फसाउन खोजिएको भन्दै बचाउ गरेका थिए।, कारधनीको घटनामा संलग्नता भए/नभएकोबारे प्रहरीले स्पष्ट केही बताएको छैन। तर प्रहरी अधिकारीहरू भने प्रहरीले सबै घटना विवरण बारेको बयान अदालतलाई पठाएको जानकारी दिएका छन्। , ‘हामीले डिजेल चोरीको घटनाबारे पक्राउ परेका सबैसँग बयान सकेर त्यो लिखित रूपमा सरकारी वकिलसमक्ष पठाइसकेका छौं,’ एक प्रहरी अधिकारीले भने, ‘अब त्यसबारे अदालतले आज के निर्णय गर्छ भन्ने कुरा हामीलाई थाहा भएन।’, मंगलबार पनि डिजेल चोरीमा संलग्न सबैलाई प्रहरीले अदालत पठाएको थियो। तर, अदालतले आज पनि पेशी तोकेका कारण उनीहरूलाई अदालत पठाउन थालिएको प्रहरीले जानकारी दिएको छ। , बसपार्कमा पार्किङ गरी राखिएका बसहरूबाट पटक/पटक डिजेललगायत विभिन्न सामग्री चोरी भइरहेको गुनासोको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारमा आएर डिजेल चोरी गर्ने क्रममा दुई युवालाई पक्राउ गरेको थियो।, डिजेल चोरी प्रकरण– कारधनीसहित पक्राउ परेका तीनै जनालाई अदालत पेश गरिँदै
सेतोपाटी संवाददाता धादिङको गणेशखोलामा फेरि सडक भासिएको छ।, बुधबार सडकमा भ्वाङ परेपछि दुबैतर्फ सडक अवरूद्ध भएको छ।, बुधबार मध्याह्न १२ बजेतिर फेरि भासिएको धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले जानकारी दिए। , ‘अहिले बाटो पूर्ण रूपमा अवरूद्ध छ,’ उनले भने।, सोमबार पनि गणेशखोला पुलको मुखमा सडक भासिएको थियो। सडक भासिएपछि १६ घण्टा लगाएर ग्याबिन वाल लगाइएको थियो।, मंगलबार सडकमर्मत गरेपछि सवारीसाधन आवतजावत भइरहेका थिए। , तर आज फेरि अर्को ठाउँमा सडक भासिएसँगै सडक अवरूद्ध भएको छ। , नागढुंगा-मुग्लिङ सडकखण्डका इन्जिनियर जयराम अधिकारीले भ्वाङ सानो भएको र आधा घण्टाभित्रै पुरिसक्ने बताए। , ‘हिजो-अस्ति जस्तो ठूलो समस्या होइन। सानो भ्वाङ परेको हो। आधा घण्‍टामा पुर्न सकिन्छ,’ उनले भने, ‘काम भइरहेको होला। म पनि पुग्दैछु।’, गणेशखोलामा फेरि पर्‍यो खाल्डो, पृथ्वी राजमार्ग अवरूद्ध
सेतोपाटी संवाददाता राप्ती राजमार्गअन्तर्गत सल्यानको बाङ्गेलाखुरीदेखि पेदीखोला सडक खण्ड दैनिक दस घन्टा बन्द हुने भएको छ।, जिल्ला प्रशासन कार्यालय सल्यानले आजदेखि देखि वैशाख २७ गतेसम्म उक्त सडक खण्ड दैनिक दस घन्टा बन्द गरिएको जानकारी दिएको छ। , सल्यानका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले हरेकदिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरि मर्मतको काम गर्नु पर्ने भएको हुँदा सडक खण्ड बन्द गर्नुपरेको बताएका छन्।, वैशाख १२ गते सडक डिभिजन कार्यालय दाङले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरि राप्ती राजमार्ग अन्तर्गत सल्यानको शीतलपाटी–चौखावाङ सडक खण्ड अन्तरगत बाङ्गेलाखुरी– पेदीखोला सडकखण्ड स्तरोन्नती गर्न आवश्यक रहेकाले सडक बन्द गर्नुपर्ने जानकारी गराएको थियो। , त्यसकै आधारमा सडक खण्ड स्तरोन्नती गर्नका लागि दैनिक दस घन्टा सडक बन्द गर्नुपरेको प्रजिअ खरेलले  जानकारी दिए।, प्रजिअ खरेलले अत्यावश्यक र हलुका सवारी साधनलाई बैकल्पिक मार्ग पेदीखोलादेखि खरिबोट प्रयोग गर्नपनि आग्रह गरेका छन्।, सल्यान–रुकुम सडक खण्ड दैनिक दस घन्टा बन्द हुने
सेतोपाटी संवाददाता दार्चुलामा हिमपहिरोमा पुरिएका तीन जनाको शव फेला परेको छ। , व्यास गाउँपालिका-१मा मंगलबार दिउँसो गएको हिमपहिरोमा पुरिएका मध्ये तीन जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , बुधबार दिउँसो एक पुरूष र दुई महिलाको शव फेला परेको हो। , शव निकाल्ने प्रयास भइरहेको छ। , मृतक पुरूष दुहु गाउँपालिका पोक्सेका १८ वर्षीय प्रविण कुँवर छन्। अन्य दुई महिलाको सनाखत नसकेको डिएसपी थापाले बताए। , त्यहाँ अझै दुई जना महिला बेपत्ता छन्। उनीहरूको पनि खोजी भइरहेको छ। , सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरू दार्चुलाबाट डिएसपी इश्वरीदत्त भट्टको कमान्डमा २१ जनाको टोली खटिएको हो। , मंगलबार नै प्रहरीले सात जना बेपत्ताको उद्धार गरेको थियो। हिमपात र पानीका कारण उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरी फर्किएको थियो। आज बिहान देखि पुन: खोजी गर्न थालेको हो। , उनीहरू यार्सागुम्बा खोज्न हिँडेका थिए। हिमपात भएपछि त्रिपालमा बसिरहँदा हिमपहिरो आएर पुरिएको थियो।  , दार्चुला हिमपहिरो: तीन जनाको शव फेला, दुई जना अझै बेपत्ता
रासस मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ। , मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उत्तमको घरबाट छ बोरामा प्याक गरिएको एक सय ८४ किलो एक सय ग्राम र राधाकृष्णको घरबाट १२ बोरामा प्याक गरिएको तीन सय २७ किलो आठ सय ग्राम गरी कूल पाँच सय ११ किलो नौ सय ग्राम गाँजा बरामद गरी घरधनीलाई गिरफ्तार गरिएको हो। , उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। , प्रहरीले उत्तमको घरबाट नगद ५५ हजार तीन सय ६५ पनि बरामद गरेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। , मकवानपुरमा ५ सय १२ किलो गाँजासहित दुईजना पक्राउ
सेतोपाटी संवाददाता नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनाबारे बुझ्न प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई बोलाएको छ। , प्रहरीले बोलाएपछि बुधबार उनी जिल्‍ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , ‘उहाँ उपस्थित हुनुभएको छ,’ उनले भने। , उनी २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। अहिले उनी उपराष्ट्रपति कार्यालयमा सचिवको रूपमा कार्यरत छन्। , मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन्।, यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्।  , प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।, यता दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। , २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो। , कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो। , अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो। , नक्कली भुटानी शरणार्थी बनाएको घटनाबारे बुझ्न प्रहरीले बोलायो सचिव पाण्डेलाई
सेतोपाटी संवाददाता धादिङको गणेशखोलामा परेको खाल्डो पुरिएको छ। , बुधबार मध्याह्न १२ बजेतिर परेको खाल्डो पुरेर पौने २ बजेदेखि एकतर्फी सवारी सञ्चालन गरिएको धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले जानकारी दिए। , ‘अहिले बाटो  एकतर्फी रूपमा खुलेको छ,’ उनले भने।, सोमबार  गणेशखोला पुलको मुखमा सडक भासिएको थियो। सडक भासिएपछि १६ घण्टा लगाएर ग्याबिन वाल लगाइएको थियो।, मंगलबार सडकमर्मत गरेपछि सवारीसाधन आवतजावत भइरहेका थिए। , तर आज फेरि अर्को ठाउँमा सडक भासिएसँगै सडक अवरूद्ध भएको थियो। , गणेशखोला पुलनजिक परेको खाल्डो पुरियो, पृथ्वी राजमार्गमा एकतर्फी सवारी सञ्चालन
सेतोपाटी संवाददाता तनहुँमा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ।, बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पास्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका थिए।, तीमध्ये गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। घाइतेहरूको चितवनमा उपचार गरिएको थियो।, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, एसपी अबदेश विष्टले ३ जनाको मृत्यु भएको सेतोपाटीलाई बताए।, चेतबहादुर घर्ती, सनबहादुर भुजेल र आयुष भुजेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू बन्दिपुर गाउँपालिका वडा नम्बर १ का हुन्।, ना ४ ख १९७३ नम्बरको ट्रक एउटा घरमा ठक्कर खाएको थियो। , तनहुँमा ट्रकको ठक्करबाट घाइते ३ जनाको उपचारका क्रममा मृत्यु
सेतोपाटी संवाददाता सुदूरपश्चिममा यार्सागुम्वा संकलनका लागि गएका पाँच जनाको मृत्यु भएको छ।, हिमपहिरोमा परेर र चिसोले कठ्यांङ्ग्रिएर हिमाली क्षेत्रमा यार्सागुम्वा संकलनका लागी गएका दार्चुला ३ र बझाङका २ गरी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, यस्तै बझाङमा एक र दार्चुलामा २ गरी तीन जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताहरुको खोजी कार्या जारी रहेको प्रहरीले जनाएको छ।, मंगलवार दिउँसो दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परेर दार्चुलाको दुहु गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर बेपत्ता भएका थिए।, यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा हिमपहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ।, बेपत्ता भएका पाँच जना मध्ये बुधवार दिउँसो हिमपहिरोमा पुरिएर तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो एक पुरूष र दुई महिलाको शव फेला परेको हो।, मृतक पुरूष दुहु गाउँपालिका पोक्सेका १८ वर्षीय प्रविण कुँवर हुन्। अन्य दुई महिलाको सनाखत हुनसकेको प्रहरीले जनाएको छे त्यहाँ अझै दुई जना महिला बेपत्ता छन्।, प्रहरीका अनुसार उनीहरुको खोजी कार्य जारी छ। यस्तै बझाङमा पनि यार्सागुम्बा संकलनको क्रममा २ जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता छन्।, मंगलवार सुर्मा गाउँपालिका – ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको प्रहरीले जनाएको छ। उनको यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्यांग्रीएर बाटोमै मृत्यु भएको हो।, यसअघि सोमबार पनि सुर्मा गाउँपालिकाकै –५ सैन गाउँका ३३ वर्षिय कलक बोहराको पनि चिसोले कठ्याग्रीएर मुत्यु भएको थियो।, मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा हिमअपहिरोमा परेर वेपत्ता भएकी छन्।, उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हिमपातले यार्सागुम्बा समस्या भएपछि यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका छन्।, यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ।, हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किएको बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका प्रकाश धामीले बताए।, सुदूरपश्चिममा यार्सागुम्बा खोज्न गएका पाँच जनाको मृत्यु, तीन जना बेपत्ता
रासस पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ ।, कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए ।, परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राति समाजिक सञ्जाल ह्वाटस् एपमार्फत् उजुरी आएको बताए। कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य  थिए।, कांग्रेस चितवनका सभापति राजेश्वर खनालले परिवारका तर्फबाट किटानी जाहेरी प्रहरी प्रमुख कार्कीको ह्वाटस एपमा पठाएका हुन्।, कँडेलले आत्महत्या अघि लेखेको नोट अध्ययन गरेर  अर्को उजुरी दिएको सभापति खनालले जानकारी दिए ।, केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए। , शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ।, उजुरीपछि दुबै जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।, घटनाको थप अनुसन्धान साँझबाटनै सुरू गरिएको उनको भनाइ छ।, कँडेल जिल्लाका लोकप्रिय थिए।, भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारमा दाबी गर्दै आएका उनी गठबन्धन बनेसँगैपछि तत्कालीन समयमा पछि हटेका थिए। उनी भरतपुर महानगरपालिका–८ निवासी रहेका थिए ।, शंकर कँडेल मृत्यु प्रकरणमा प्रदीप रुङ्टा र जीवन रावलविरुद्ध किटानी जाहेरी
सेतोपाटी संवाददाता प्रहरीले अवैध लागुऔषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेकाे छ।, इलाका प्रहरी कार्यालय लम्कीले कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ९ सोनपुरबाट अवैध लागुऔषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेकाे हाे।, इप्रका लम्कीका प्रहरी निरीक्षक शंकर खड्का अनुसार पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षका राजु चौधरी, कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ४ बस्ने २२ वर्षका समिर अधिकारी र साेही स्थान बस्ने २४ वर्षका प्रकाश ओली छन्।, प्रहरीले राजु चाैधरीकाे साथबाट ६ ग्राम ४८० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) र समिर अधिकारी र  प्रकाश ओलीकाे साथबाट २ ग्राम लागुऔषध (खैरो हेरोइन) सहित नियन्त्रणमा लिइएकाे इप्रका लम्कीले जनाएको छ।, पक्राउ परेका तीन जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखेकाे बताएको छ।, लम्कीचुहाबाट अवैध लागुऔषधसहित तीन पक्राउ
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।, पौडेलले शिक्षक सरूवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनलाई एक लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज शेषकान्त पौडेललाई बिगो एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।, ललितपुर महानगरका शिक्षा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा
रासस गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरूआत गरेको छ ।, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरू गरिएको हो । , गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिए।, उनका अनुसार अनिवार्य अवकाश हुने स्वयम्सेविकाहरूले मासिक एक हजार रूपैयाँ पेन्सन पाउनेछन्। , गाउँपालिकाका विभिन्न वडामा कार्यरत रहेका चारजना स्वास्थ्य स्वयम्सेविका सेवानिवृत्त भएका छन्। स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहेका छन्।, उनीहरूले हालसम्म सेवारत रहेबापत गाउँपालिकाबाट सेवा अवधिअनुसार क्रमशः रु २५ हजार, २५ हजार, १० हजार र २५ हजार  प्राप्त गरेका छन्। साथै ६० वर्ष उमेर पुगेका कारण अनिवार्य अवकाश हुनभएकी भागीरथा कँडेलले सङ्घीय सरकारबाट २० हजार र गाउँपालिकाबाट ३० हजार गरी कुल रु ५० हजार प्राप्त गरेकी छन्।, उनले अब मासिक एक हजारका दरले प्रोत्साहनस्वरुप पेन्सन पाउनेछिन्।, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सञ्चारमा प्रचारका लागि मात्र नभई दीर्घकालीन कामका लागि मात्र नयाँ कार्यक्रम ल्याउन सुझाव दिए। उनले स्वास्थ्य स्वयम्सेविकालाई निवृत्तिभरण दिने कार्यक्रमको कार्यान्वयन गर्नु छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि भएको बताए ।, छत्रकोट गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले स्वास्थ्य स्वयम्सेविकाले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेकोप्रति प्रशंसा गरे। उनले जीवनभर गरेको सेवाबापत केही न केही राहत महसुस हुने गरी स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गरिएको बताए। , सो गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले श्रमको मूल्यलाई मूल्याङ्कन गर्नका लागि श्रमिक दिवसको दिन ऐतिहासिक कार्यको शुभारम्भ गरिएको बताए।, ‘सामान्य खोपदेखि जटिल रोगमा पनि महत्त्वपूर्ण भूमिका स्वास्थ्य स्वयम्सेविकाको रहने गर्दछ’, उनले भने “स्वयम्सेविकाका समस्या सम्बोधन गर्न पेन्सनको सुरूआत गरिएको हो।’, उनले स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिने कार्यक्रम कार्यान्वयनमा गएकाले अब दीर्घकालीनसम्म रहने बताए। स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरू गर्ने गुल्मीको छत्रकोट गाउँपालिका नेपालमै पहिलो रहेको गाउँपालिका अध्यक्ष पाण्डेले दाबी गरे । , गाउँपालिकाका ६ वडामा हाल कूल ८६ जना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन्। गाउँपालिकाले १० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा १० हजार, २० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा २० हजार र ३० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएका २५ हजारसम्म पेन्सन दिनेछ।, साठी वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउने स्वयम्सेविकाले सङ्घीय सरकारको २० हजार र गाउँपालिकाले ३० हजार गरी एकमुष्ट ५० हजार रूपैयाँ यसपछि मासिक एक हजार पेन्सन पाउनेछन्।, महिला स्वयम्सेविकालाई ५० हजारसम्म पेन्सन
रासस सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । , भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनाका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको हो।, उक्त कार्यबाट पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नाका साथै चरित्रहत्या गरेको उजुरीका आधारमा भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ।, अनलाइनबाट नाबालिकालाई दुर्व्यवहार गर्ने पक्राउ
सेतोपाटी संवाददाता प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै  व्यक्तिगत अभिलेख राखिने भएको छ। , राष्ट्रिय कितावखाना र बागमती प्रदेश सरकारबीच बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारी अनुसार यस्तो व्यवस्था गर्न लागिएको हो।, संघीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्वपूर्ण विषयका रूपमा थांती रहेको प्रदेश कितावखानाको अवधारणाले अब मूर्त रूप पाएको छ। यससँगै व्यक्तिगत विवरण राख्न नसकिएका हजारौं कर्मचारीहरूको विवरण अपडेट हुने भएको हो।, उक्त समझदारीपत्र आदान प्रदान कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटिएका कर्मचारीको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले संघीयता कार्यान्वयनको एक चरण पूरा भएको बताए।, मन्त्री मोदीले कर्मचारी व्यवस्थापनका बाँकी काम क्रमशः पुरा गर्दै जाने समेत बताए। बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश पिआइएस प्रभावकारी ढंगले राखिने र अन्य प्रदेशलाई समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे।, समझदारीपत्रमा कितावखानाका महानिर्देशक डा. टोकराज पाण्डे र प्रदेश सचिव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका छन्। , हाल निजामती सेवामा झन्डै ९० हजार कर्मचारी कार्यरत छन्। जसमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ती भएका झन्डै २५ हजार कर्मचारी छन्।, कितावखानाका अनुसार अब क्रमशः सबै प्रदेशलाई प्रदेश पिआइएस पोर्टल हस्तान्तरण गरिनेछ।, प्रदेश र स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरू
सेतोपाटी संवाददाता काठमाडौंको ताम्सिपाखास्थित ताम्सिपाखा हिति र सँगैको मन्दिर जीर्णोद्धारमा कंक्रिट लगायतका आधुनिक निर्माण सामग्री प्रयोग गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।, वडा कार्यालयले सम्पदा जोगाउने नाममा आधुनिक निर्माण सामग्री प्रयोग गरेर विनाश गरिरहेको स्थानीय राजेन्द्र रजकले बताए।, ‘पुरातात्विक सम्पदा निर्माण गर्दा चुना, सुर्खी लगायत प्राचीन सामग्री प्रयोग गरिनुपर्छ। यहाँ भने सिमेन्ट र डन्डीको भरपुर प्रयोग भइरहेको छ,’ उनले भने, ‘यसले मन्दिरको पुरानो शिलालेखमा पनि क्षति पुगेको छ।’, उनका अनुसार ताम्सिपाखा हिति र मन्दिर धोबी समुदायका प्रमुख सम्पदा हुन्। हितिको दायाँतर्फ गणेश र कुमारका मूर्ति छन्, जसलाई धोबी समुदायले पूजा गर्छन्। अहिले यो हिति सुकिसकेको छ, तर कुनै बेला यसैको पानी स्थानीय धोबी समुदायले लुगा धुन प्रयोग गर्थे। पास्नी, ब्रतबन्ध, विवाह लगायत जीवन कर्महरू पनि धोबी समुदायले यही हिति वरपर गर्छन्।, राजेन्द्र रजकका अनुसार गणेशको मूर्तिमुनि रहेको शिलापत्र झनै महत्वपूर्ण छ। यसमा पाटनका तत्कालीन राजा हरिहरसिंह मल्लका छोरा लक्ष्मीनरसिंहको नाम कुँदिएको छ। राजा हरिहरसिंहले आफ्ना जेठा छोरा लक्ष्मीनरसिंहको साटो अर्का छोरा सिद्धिनरसिंहलाई पाटनको राजा बनाएका थिए।, आफू जिउँदो हुँदाहुँदै भाइ राजा भएको रनाहामा लक्ष्मीनरसिंह देवपाटन (पशुपति) गएर धोबीको घरमा बसे।, धोबीको घरमा बस्दा उनले लुगा धुने काम पनि गरे। त्यहाँ सिकुन्चा र फेकुन्चा नाम गरेका दुई छोरी थिए, जसलाई लक्ष्मीनरसिंहले राजकाज र पारिवारिक ज्ञान दिए। पछि जब लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका राजा भए, उनले नयाँ राजाको श्रीपेच धोबीको हातको पानीले चोख्याउने परम्परा चलाए।, उनले धोबी समुदायका नाममा धेरै जग्गा–जमिन, हिति (ढुंगेधारा) र सम्पदा निर्माण गर्न सहयोग पुर्‍याएको राजेन्द्र बताउँछन्।, ‘यसको एउटा प्रमाण मेरो घरनजिकै ताम्सिपाखा हितिमा भेट्न सकिन्छ। हितिनजिकै रहेको गणेशको मूर्तिमुनि राजा लक्ष्मीनरसिंह मल्लको नाम कुँदिएको छ,’ उनले भने, ‘यस्ता सम्पदा तहसनहस पार्नु भनेको हामी धोबी समुदायको इतिहासलाई असर पुर्‍याउनु हो।’, ताम्सीपाखा हितिमा रहेको गणेश र कुमारको मूर्ति। तस्बिर: राजेन्द्र रजक, उनका अनुसार उक्त शिलापत्रमा पहिले नै एक स्थानीयले ढुंगा र सिमेन्ट हालेर क्षति पुर्‍याएका थिए। त्यसले शिलापत्र पूरै पढ्न मिल्ने अवस्थामा छैन। वडाले विज्ञमार्फत् त्यो ढुंगा हटाउनुपर्नेमा ठेकेदार प्रयोग गरेर निकाल्दा अक्षरसमेत मेटिएको राजेन्द्रले बताए।, ‘यहाँ पहिले नै गल्ती भइसकेको थियो। त्यसमाथि थप गल्ती भयो,’ उनले भने, ‘यस्तो सम्पदा स्थल निर्माण गर्दा त पुरातत्व विभागसँग समन्वय गर्नुपर्ने हो, तर उनीहरूले ठेकेदारलाई निर्माण गर्न दिएका छन्।’, ताम्सिपाखा वडा नम्बर १८ अन्तर्गत पर्छ। वडाध्यक्ष न्हुछेकाजी महर्जनले मन्दिर र हितिमा नभई तिनका पछाडिको भित्तामा मात्र सिमेन्ट प्रयोग गरेको र बाहिरी भागमा सुर्खी, चुना र दाची आपा (प्राचीन शैलीको इँटा) नै प्रयोग गरेको बताए।, सम्पदा निर्माणमा बाहिर वा भित्री भाग भन्ने हुन्न। सय वर्ष नाघेका सम्पदामा आधुनिक सामग्री प्रयोग गर्न नपाइने कानुन नै छ।, कंक्रिट सामग्री प्रयोग गर्नुको कारण बताउँदै उनले भने, ‘हामीले स्थानीयको सहमतिमै बनाएका हौं। त्यहाँको हिति र देउता नजिक अग्लो बाटो छ। त्यो भासिएर तल झर्ला भनेर भित्तामा सिमेन्ट प्रयोग गरेका हौं।’, वडाध्यक्ष महर्जनका अनुसार यहाँको हिति र मन्दिर जीर्णोद्धारका लागि करिब ९ लाख रूपैयाँ छुट्याइएको छ।, ताम्सिपाखा हितिमा कंक्रिट प्रयोग गरिएको भन्दै विरोध
सेतोपाटी संवाददाता नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ।, वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) हुने भएकाले निर्वाचन हुने समय भन्दा ४८ घण्टाअघि वैशाख १९ गते बेलुका ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म सीमा बन्द भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए । , उनले त्यसक्रममा हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शवबाहन बाहेक अन्यको हकमा आवतजावत बन्द रहने बताए।, निर्वाचनका बेला हुनसक्ने आपाराधिक घटनालाई लक्षित गरेर दुवै देशले सीमा बन्द गर्दै आएका छन्।, यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चाय, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहित सुरक्षाकर्मीको टोली दुई पक्षीय बैठकका लागि भारत गएको थियो । , दुई दिन जमुनाहा नाका बन्द
युनिक श्रेष्ठ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा अहिलेसम्म ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। , झापा, दाङलगायत विभिन्न ठाउँमा रहेका नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले करोडौं रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो। , प्रहरीले यो प्रकरणको अनुसन्धान गर्दै जाँदा उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू मुछिएका छन्। नेताहरूसँगै उनीहरूका परिवारका सदस्य पनि यो प्रकरणमा मुछिएका छन्।, बुधबार  जिल्ला प्रहरी परिसर काठमाडौंले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ। गृह सचिव भएका बेला ठगी गिरोहसँग साँठगाँठ गरेको आरोपमा प्रहरीले उनलाई  पक्राउ गरेको हो। , पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए।, यस्तै मंगलबार राजनीतिक पृष्ठभूमिकै अर्का व्यक्ति पनि पक्राउ परे। तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। , प्रहरी स्रोतका अनुसार यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। इन्द्रजित राईले भने ५ करोड बढी रकम लिएको अरू अभियुक्तको बयानमा खुलेको छ। , उनले गृह मन्त्रालयभित्र सहजीकरण गरिदिने भन्दै रकम लिएको अनुसन्धानमा देखिएको हो। यो प्रकरणमा प्रहरीले यसअघि नै केशव दुलाललाई पनि पक्राउ गरेको थियो। उनी पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाका पूर्वस्वकीय सचिव हुन्। उनीसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले चैत १२ गते पक्राउ गरेको थियो। , पक्राउ पर्ने अन्यमा सानु भण्डारी र टंककुमार गुरूङ छन्। , नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। रायमाझी  पूर्वउपप्रधानमन्त्री हुन् भने अहिले उनी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। यही प्रकरणमा उनका छोरा सन्दीप रायमाझी पनि मुछिएका छन्। सन्दीपविरूद्ध पनि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। , पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी छ। , पक्राउ परेका इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। , २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो। त्यसअघि शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्च आयुक्तको कार्यालयले केही भुटानी शरणार्थीलाई विदेश पठाएको थियो। , तर त्यसबाट छुटेकाहरूको पहिचान गर्नको लागि उक्त कार्यदल गठन गरेको थियो। उक्त प्रतिवेदन अहिलेसम्म गोप्य नै राखिएको छ।, तर गिरोहका सदस्यहरूसँग भने यो प्रतिवेदन पुगिसकेको थियो। उनीहरूले त्यो प्रतिवेदन पीडितहरूलाई पनि दिएका थिए।, प्रहरीले अहिले पीडितबाट प्राप्त गरेको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी बनाउनेको सूचीमा ८ सय बढीको नाम  समावेश गरिएको छ। , अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले गृह मन्त्रालयसँग उक्त प्रतिवेदन मागेको थियो। मन्त्रालयले परिसरलाई गत चैत २८ गते बुझाएको थियो। , पीडित पक्षबाट प्राप्त गरिएको प्रतिवेदन र मन्त्रालयबाट प्राप्त प्रतिवेदनलाई भिडाउँदा गिरोहले अनुसूची नै थप गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ।, प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि ठगी एवं संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।, उनीहरूले मानिस परिचालन गरी गृह मन्त्रालयमा आफ्ना मान्छे भएको भन्दै रकम असुली गर्ने गरेको अनुसन्धानमा देखिएको छ।  , पीडितले आफूहरूलाई ठगी गरेको भन्दै अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि लामो अनुसन्धानपछि प्रहरीले दुलाल लगायतलाई पक्राउ गरेको थियो।, सुरूमा प्रहरीले उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो। कार्यालयले पक्राउ गरेर थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। , परिसरले पछिल्लो समय उनीहरूमाथि संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको थियो।, चैत २९ गते यही घटनामा संलग्न रहेको आशंकामा सन्देश शर्मा र सागर राईलाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै प्रत्येक व्यक्तिबाट ५ देखि ४५ लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। , अनुसन्धानका संलग्न एक प्रहरी अधिकारीका अनुसार गिरोहका मानिसहरूले नेपालीहरूलाई नक्कली शरणार्थी बनाउन फारम नै भराएर पैसा उठाएका थिए। उनीहरूले तीन तहमा रहेर यो काम गरेका थिए। , ‘मान्छेहरूसँग कुरा गर्ने, निवेदन दर्ता गराउने, रकम असुल्नेलगायत काम एक तहमा बसेकाले गर्थे भने दोस्रो तहमा केशव दुलाल, सानु भण्डारी लगायतको भूमिका देखिन्छ। उनीहरूले बीचमा बसेर मिलाउने गर्थे,’ ती अधिकारीले भने,‘तेस्रो तहमा भने त्यतिबेला गृह मन्त्रालयमै रहेका व्यक्तिहरूको भूमिका रहेको देखिएको छ।’, सम्बन्धित समाचार:, पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर भन्छन्- दलालहरू के/के गर्छन्, मलाई केही थाहा छैन, पूर्वगृहमन्त्री बादलका छोराविरूद्ध पनि पक्राउ पुर्जी, एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पनि पक्राउ पुर्जी, नक्कली भुटानी शरणार्थी बनाएको घटनाबारे बुझ्न प्रहरीले बोलायो सचिव पाण्डेलाई, नक्कली भुटानी शरणार्थी प्रकरणमा इन्द्रजितका छोराविरूद्ध पनि पुर्जी, नक्कली भुटानी शरणार्थी प्रकरण: ५ करोड रुपैयाँ लिएको आशंकामा राईका बैंक खाता हेर्दै प्रहरी, पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ,  , नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा को-को नेता र तिनका परिवार मुछिए?
सेतोपाटी संवाददाता काठमाडौंमा चट्याङ लागेर एक जना पुरूषको मृत्यु भएको छ। , बुधबार दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , मृतक मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ हुन्। , उनी मिस्त्रीको काम गर्थे। निर्माणाधीन घरमा काम गरिरहेको बेलामा कौसीमा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। , चट्याङ लागेपछि उनलाई वीर अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। , शवको पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल महाराजगञ्ज लग्ने तयारी छ। ,  , चट्याङ लागेर मातातीर्थमा एक पुरूषको मृत्यु
नारायण खड्का गुल्मीको मुसिकोट नगरपालिका–७ न्वारामा ५८ वर्षीया होटल व्यवसायी गंगादेवी शेरचनको हत्यामा संलग्न रहेका आरोपित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको  छ। , बाग्लुङको बडीगाड गाउँपालिका–३ सीमाखानी घर भए पनि उनले गुल्मीको दमखोला पुल नजिकै भाडामा एक्लै लामो समयदेखि होटल सञ्चालन गर्दै आएकी थिइन्। उनको हत्या गरिएको अवस्थामा आफ्नै होटलभित्रै गत  माघ १५ गते विहान शव फेला परेको थियो। , जिल्ला अदालत गुल्मीले बुधबार तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनीहरूलाई प्रहरीले आज पहिलो पटक सार्वजनिक गरेको हो। , अदालतको आदेशपछि बाग्लुङ बडीगाड गाउँपालिका वडा नं. ७ भिमगिठे घर भई गलकोट नगरपालिका वडा नं. १ दुधिलाभाटीमा एक वर्षदेखि कोठा भाडामा बस्दै आएका ३५ वर्षीय थम्मनबहादुर घर्ती, मकवानपुरको साविक बतिनी गाविस – ७ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० ढुंगेअड्डा बस्ने ४९ वर्षीय लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई हाल काभ्रेपलान्चोकको नगरपालिका– ७ हुर्खा बेइजिङमा कोठा भाडामा बस्दै आएका ३७ वर्षीय शिवबहादुर तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएका छन्। , जिल्ला प्रहरी प्रमुख एसपी नवीन किशोर प्रधानले सेतोपाटीलाई दिएको जानकारी अनुसार उनीहरूमध्ये थम्मन र लोकबहादुर ज्याला मजदुरी गर्थे।, यी  तीनमध्ये  लोकबहादुर र शिवबहादुर विगतमा पनि सिन्धुपाल्चोकमा डाँका चोरी तथा शरीर बन्धक मुद्दामा सँगै जेल बसेकाहरू रहेको एसपी प्रधानले बताए।, यो पनि:, गुल्मीकी गंगा हत्या प्रकरण: काठमाडौंबाट थप एक जना पक्राउ, थम्मनविरूद्ध जिल्ला प्रहरी परिसर ललितपुरले २०६५ अपहरण तथा शरीर बन्धक कसुरमा र सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय मेलम्चीले २०७५ सालमा चोरी तथा डाँका कसुरमा मुद्दा चलाएको थियो। , त्यस्तै, शिवबहादुरविरूद्ध २०६२ सालमा जिल्ला प्रहरी परिसर ललितपुरले डाँका चोरी कसुरमा र २०७८ सालमा सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय बाह्रबिसेले अभद्र व्यवहार कसुरमा विगतमा मुद्दा चलाई कारबाही गरेको एसपी प्रधानले सेतोपाटीलाई बताए। , एसपी प्रधानका अनुसार लोकबहादुर र शिवबहादुर ३ बर्ष पहिले बाग्लुङ आएका थिए। त्यतिखेर उनीहरूको थम्मनसँग चिनजान भएको थियो। त्यसपछि उनीहरू थम्मनकहाँ आएर बस्ने खाने र कहाँ के छ भनेर सूचना संकलन गर्दै आएका थिए।, शिवबहादुरको विगत यस्तै कसुरमा पटक पटक जेल परेको तथा उद्धेश्य डाँका चोरी रहेको प्रहरी बताउँछ। हत्यामा संलग्न भनिएका शिव बहादुरका सहोदर दाइ भने फरार छन्। उनलाई प्रहरीले मुख्य योजनाकार मानेको छ। उनको नाम अझै प्रहरीले सार्वजनिक गरेको छैन। , एसपी प्रधानका अनुसार थम्मनले सूचना बाहकको रूपमा काम गरेको तथा लोकबहादुर र शिवबहादुरले गंगाको डाँका चोरीको योजना बनाएको अनुसन्धानबाट खुलेको जानकारी दिए। , सिन्धुपाल्चोकमा सँगै जेल जीवन बिताउँदा लोकबहादुर र शिवबहादुरको बीचमा चिनजान भएको तथा त्यसपछि पनि उनीहरू ललितपुरमा बसेर बिभिन्न अपराधका योजनाहरू बुन्ने गरेको प्रहरी बताउँछ।, लोकबहादुरले विगतमा गुल्मीको तम्घासमा पनि एक फर्निचर उद्योगमा काम गर्ने गरेका थिए। त्यसक्रममा पनि उनीहरू साथीहरूसँग मिलेर डाँका गर्ने गरेको एसपी प्रधानले जानकारी दिए।, डाँका गर्ने उद्धेश्यका साथ गत माघ १४ गते उनीहरू बेलुका गंगादेवीको घरमा पुगेको प्रहरी अधिकारी बताउँछन्। जहाँ अविवाहित गंगादेवीले घर भाडामा लिएर ‘गंगा होटल’ चलाउँदै आएकी थिइन्।, उनको होटलमा खाना खाने र दुई–चार जना बास बस्न मिल्ने खाले थियो। त्यही उद्धेश्यले पुगेकाहरूले गंगालाई देख्नासाथ प्लाष्टिकको कार्टुन टेपले हात खुट्टा र मुख बाँधेर लडाइँ लुटपाट सुरू गरेका थिए।  , उनीहरूले १२ तोला सुन र नगद साढे ६ हजार लुटेर लगेको एसपी प्रधानले सेतोपाटीलाई बताए।, ‘शेरचनले सुनका गरगहना लगाएको र एक्लै होटल सञ्चालन गर्दै आएकी हुँदा धेरै पैसा जम्मा गरिराखेको ठानेर उनीहरू लुट्ने उद्धेश्यले पुगेको देखिन्छ,’ एसपी प्रधानले भने, ‘तर हातमुख टेपले बेरेर लगाइएकी उहाँको त्यही कारण मृत्यु भएको देखियो।’, उनीहरूको उद्धेश्य हत्या गर्ने नभई लुटपाट गर्ने मात्रै रहेको कुरा अनुसन्धानबाट खुले पनि शेरचनको मुख र हातखुट्टा बाँधेर लडाइएको हुँदा त्यही कारण मृत्यु भएको प्रहरी अधिकारी बताउँछन्। , ‘उहाँको होटल खोला किनारमा अलि एकान्तस्थलमा भएको हुँदा घटनाबारे कसैले थाहा पाउन सकेनन्,’ एक प्रहरी अधिकारीले भने, ‘उहाँमाथि आक्रमण भएको देखिएन तर समयमै उहाँको उद्धार नभएका कारण मृत्यु भएको देखिन्छ।’, शिवबहादुर र फरार रहेका उनका सहोदर दाजुको योजनामा शेरचनको होटलमा डाँका तथा चोरी गर्ने योजना बनेको तथ्य खुलेको घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू बताउँछन्। , केही समय पहिले  फरार रहेका व्यक्तिलाई पक्राउ गर्न भारत पुगेको प्रहरी अधिकारीले उनलाई फेला पारेका थिए।, भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिने अन्तिम तयारी भइरहँदा उनी प्रहरीलाई झुक्याएर उम्कन सफल भएको एक प्रहरी अधिकारीले बताए। , ‘सहोदर दाजु भाइ नै डाँका चोरीमा संलग्न रहँदै आएको तथ्य खुलेको छ,’ उनले भने, ‘फरार रहेका व्यक्तिको पनि विगत राम्रो छैन।’, गंगादेवीको हत्या र उनको होटलमा डाँका पर्न गएकामध्ये अधिकांशको विगत पेशवर अपराधसँग जोडिएको प्रहरी बताउँछ।, गुल्मीकी गंगादेवी हत्या प्रकरण: तीन आरोपित पुर्पक्षका लागि थुनामा, एक अझै फरार
सेतोपाटी संवाददाता सञ्चार क्षेत्रमा चुनौती बढिरहेको सरोकारवालाहरूले बताएका छन्।, सामुदायिक रेडियो प्रसारक संघ अकोराबले ललितपुरमा गरेको कार्यक्रममा बोलेका सरोकारवालाहरूले चुनौती छिचोलेर अघि बढ्न सञ्चार क्षेत्र सक्नुपर्नेमा जोड दिए।, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले पुराना कानून र सामाजिक सञ्जालको बढ्दो प्रयोगलगायतले चुनौती थपेको बताए। ‘नयाँ चुनौतीलाई पन्छाउँदै अघि बढ्नुपर्छ,’ उनले भने।, राष्ट्रिय मानव अधिकार आयोगका कार्यबहाक सचिव मुरारी खरेलले पछिल्लो समय सञ्चार माध्यम र पत्रकारले भोग्नुपरेका समस्या समाधानका लागि सबैको सहयोग आवश्यक रहेको बताए।, अधिकारकर्मी चरण प्रसाईले सञ्चार माध्यमले पनि मानव अधिकारका विषयमा कम ध्यान दिएको बताए। दीगो रूपान्तरण र लोकतन्त्र कार्यान्वयनका लागि मानव अधिकारका विषय पनि सञ्चार माध्यमको मुख्य मुद्दा बन्नुपर्ने उनको भनाइ छ।, यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सञ्चार माध्यमले पर्दा पछाडिका घटनालाई पनि उजागर गर्ने मुल दायित्व भुल्न नहुने बताए।, अकोराबका अध्यक्ष अर्जुन गिरीले तीनै तहका सरकारले सामुदायिक रेडियोलाई वेवास्ता गरेको बताए। समुदायकाे सञ्चार र देशका ठूला परिवर्तनमा सामुदायिक रेडियोले पुर्‍याएको भूमिका नभुल्न उनले आग्रह गरेका छन्।, 'सञ्चार क्षेत्रमा बढ्यो चुनौती'
सेतोपाटी संवाददाता कञ्चनपुरमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।, मंगलबार बिहान पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खड्का बुवाको हत्या आरोपमा पक्राउ परेका हुन्।, प्रहरीका अनुसार घरायसी विवादका कारण सोमबार राति गणेशले ७१ वर्षका बुवा धनबहादुर खड्कामाथि चिर्पट प्रहार गरेका थिए।, बुवाको हत्या गरेर भाग्न खोजेका गणेशलाई प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, चिर्पटले हानेर कञ्चनपुरमा छोराले गरे बुवाको हत्या
सेतोपाटी संवाददाता तनहुँको दमौलीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।, सो शिविरबाट ७ हजार ६ सय ४२ जनाले लाभ लिएको आयोजक संस्था सेभ द हार्टका महासचिव शेरबहादुर रानाले जानकारी दिए।, मुटु जोगाऊँ, काठमाडौं र व्यास नगरपालिकाको संयुक्त आयोजनामा दमौलीस्थित् बालमन्दिर माध्यमिक विद्यालयमा सम्पन्न शिविरबाट निःशुल्क मुटु परीक्षणका साथै आवश्यकताअनुसार औषधीसमेत वितरण गरिएको हो।, विशेषत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट व्यास नगरपालिका क्षेत्रका विद्यार्थीसँगै अभिभावक पनि लाभान्वित भएका छन्।, स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिएको शिविरमा ८ सय ९६ जनाको निःशुल्क इसिजी गरिएको थियो।, यस्तै, ६ सय ६१ जनाले निःशुल्क रूपमा इको कार्डियोग्राफी सेवा लिएका छन्।, शिविरमा ७ सय ९८ जनाको सुगर पनि परीक्षण गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिए।, परीक्षणको क्रममा उक्त क्षेत्रमा धेरै त बाथ मुटु रोग भेटिएको डा. भट्टराईले जानकारी दिए।, जन्मजात मुटु रोगीको संख्या र मुटुको नली ब्लक भएर हृदयघात हुने खतरा पनि अधिक मात्रामा देखिएकाले सचेत रहनुपर्ने डा. भट्टराईको भनाइ छ।, शिविरबाट ३६ जना शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका छन्।, उनीहरूको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएकाले स्थानीय सरकारसँग समन्वय गरी सेभ द हार्टले काठमाडौंमा निःशुल्क शल्यक्रियाको सेवा प्रदान गर्ने व्यवस्था मिलाइने सेभ द हार्टका महासचिव रानाले जानकारी दिए।, उक्त शिविरबाट नागरिकले करिब ६८ लाख बराबरको सुविधा निःशुल्क पाएको पनि आयोजक संस्थाको दाबी छ।, सो अवसरमा ११ लाख बराबरको औषधी वितरण समेत गरिएको छ।, समापन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई लक्षित गरी शिविरहरू सञ्चालन गर्दै आएको बताए।, सोही अवसरमा उनले सेभ द हार्टसँगको सहकार्य वार्षिक रूपमै गरी नगरक्षेत्रका विभिन्न ठाउँका नागरिकलाई निःशुल्क मुटु परीक्षणको अवसर प्रदान गर्ने योजना बनाएको बताए।, व्यासमा सामान्य स्वास्थ्य केन्द्रबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भइरहेकाले यस्ता विशेषज्ञसहितका सेवा निरन्तर सञ्चालन गर्ने उनको प्रतिबद्धता छ।, वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा काठमाडौं, पोखरा लगायतका ठाउँबाट र इटलीबाट आएका चिकित्सक तथा स्वास्थ्यकर्मीले शिविरमा सेवा प्रदान गरेका थिए।, सेभ द हार्टले मिसन बाम्बिनी इटलीसँग सहकार्य गरी देशभर शिविर सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष समेत रहेका भट्टराईले बताए।, उनका अनुसार हालसम्म एक सय १४ स्थानमा मुटु परीक्षणसम्बन्धी निःशुल्क शिविर सम्पन्न भइसकेको छ।, जसबाट एक लाख २० हजार भन्दा बढी नागरिक लाभान्वित भएका छन्।, हालसम्म एक हजार भन्दा बढी जटिल समस्या भएका मुटुरोगीको संस्थामार्फत् ओपनहार्ट सर्जरी सम्पन्न भइसकेको छ भने बाँकी बिरामी निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराइरहेका छन्।, शिविरलाई मगर समाज सुधार समिति, दमौली, रोटरी क्लब अफ दमौली, रोट्र्याक्ट क्लब अफ दमौलीको सहकार्य तथा नेपाल कार्डियो डायबिटिज एण्ड थाइराइड सेन्टरको प्रविधिक सहयोग रहेको थियो।, दमौलीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा दुई विषयसम्म फेला हुने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन्। , ग्रेड वृद्धि परीक्षा वैशाख २९ र ३० गते हुने धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ।, परीक्षामा एक र दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले वैशाख २९ र ३० गते ग्रेड वृद्धि परीक्षा दिन पाउने धनगढी उपमहानगरपालिकाका शिक्षा अधिकृत अकबर चन्दले जानकारी दिए।, उनका अनुसार परीक्षा नतिजा सार्वजनिकपछि कतिपय विद्यार्थी तथा शिक्षकहरूले उत्तरपुस्तिकाको पुनर्योग वा आफूले हेर्न पाउनुपर्ने माग राखेका थिए।, सोही अनुसार उपमहानगरपालिकाले सोमबारसम्म पुनर्याेगका लागि निवेदन दिनुपर्ने समय थियो। सोमबार सार्वजनिक बिदा परेकोले मंगलबारसम्म पुनर्याेगका लागि निवेदन दिने समय तोकेको चन्दले बताए।, ‘निवेदन प्राप्त भएपछि परीक्षा समितिको बैठकले पुनर्याेग गर्ने विषयमा निर्णय गर्छ,’ उनले भने।, गत वैशाख ३ गते धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को वार्षिक परीक्षाको नतिजामा धनगढीका १७ वटा सामुदायिक र एक निजी विद्यालयका एक जना विद्यार्थी पनि उत्तीर्ण भएनन्।, विद्यालयको नतिजा यस्तो आएपछि शिक्षकहरूले फेल भएका विद्यार्थीले सबै विषयको ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनुपर्ने भन्दै माग गरे।, शिक्षकहरूको मागका विषयमा भने उपमहानगरपालिकामा छलफल हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ।, धनगढी उपमहानगरपालिकाका केही विद्यालयबाट कक्षा ८ मा शून्य विद्यार्थी पास भएको कुरा संघीय ससंदसम्म पुगेको छ। , धनगढीमा १७ सामुदायिक विद्यालयको नतिजा शून्य आउनु निराशाजनक रहेको संघीय सासंदहरूको भनाइ थियो। , शिक्षा क्षेत्रलाई सुधार गर्न तथा सुशासन अभिवृद्धिका लागि नेपाल सरकार ध्यानाकर्षण गर्नुपर्ने उनीहरूको माग छ।, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शिक्षा क्षेत्रको वास्तविक अवस्था यो नतिजाले देखाएको बताउँछन्। जबरजस्ती विद्यार्थी पास गराउने प्रवृत्तिले शिक्षाको गुणस्तर राम्रो हुन नसक्ने उनको भनाइ छ। , उनले अहिले कलिलैमा ज्ञान हासिल नगरेर माथिल्ला कक्षा गएका विद्यार्थीहरू भविष्यमा १०, ११, १२ कक्षामा फेल भए पढाइ छोड्ने अवस्थामा पुग्ने जोखिम भएर सुधार गर्न खोजिएको बताए।, कक्षा ८ को परीक्षामा धनगढी उपमहानगरपालिकाका १ सय ६ विद्यालय सहभागी थिए। ७ विद्यालय भने विद्यार्थी नभएको भन्दै परीक्षामा सहभागी थिएनन्।, धनगढीमा कक्षा ८ को नतिजामा दुई विषय फेला हुने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने
युनिक श्रेष्ठ पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ। , नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। , उनलाई जिल्ला प्रहरी परिसर ललितपुरसँग समन्वय गरी पक्राउ गरेको हो। , २०७४ सालमा बादल गृहमन्त्री हुँदा राई उनी सल्लाहकार थिए। , गृहमन्त्रीको सल्लाहकार रहेका बेला उनले केशव दुलाल लगायतसँग मिलेर भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको अनुसन्धानबाट खुलेको छ। यसमा केशवको भूमिका मुख्य रूपमा देखिएको छ। , काठमाडौं परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानको क्रममा उनलाई पक्राउ गर्नुपर्ने अवस्था भएको बताए। , ‘उनको भूमिकाहरू हामी मिसिलमै समावेश गर्छौं। अहिले भन्नेबेला भइसकेको छैन,’ उनले भने, ‘अहिले पक्राउ गर्नुपर्ने अवस्था भएकाले पक्राउ गरी अनुसन्धान अघि बढाएका छौं।’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार राईले नक्कली भुटानी शरणार्थी बनाउने कुराका लागि गृह मन्त्रालयमा सहजीकरण गरिदिएका थिए। , उनीविरूद्ध बयान तथा प्रमाणहरू पाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।, केशव दुलालले सागर राई लगायतलाई खटाएर पीडितको विवरण तथा रकम असुल्ने काम गर्थे। यता दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।    , उनीहरूले दिएका बयानमा इन्द्रजित राईको संलग्नता पनि खुलेपछि पक्राउ गरेको ती प्रहरी अधिकारीले बताए। , ‘राईले पनि पैसा खाएको भन्ने कुरा आएको हो। हामी उनको बैंक खाताहरू पनि हेर्छौं,’ उनले भने। , अनुसन्धानको क्रममा उनले मात्रै ५ करोडभन्दा बढी रकम लिएको खुलेको छ।, ‘मन्त्रालयभित्र जे-जे मिलाउनुपर्ने हो त्यो सबै उनले गर्ने देखियो। भित्र मिलाउनेमा उनको भूमिका मुख्य देखिन्छ,’ उच्च स्रोतले भन्यो, ‘सल्लाहकार भएको बेलामा उनले भूमिका खेले, त्यसपछि फेरि अरूको पनि भूमिका देखिन्छ।’, २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो। , कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो। , अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो। , त्यस प्रतिवेदनमा पनि ८ सय भन्दा बढी नक्कली भुटानी शरणार्थीको नाम समावेश गरिएको उच्च स्रोतले बतायो। , त्यसमा भएका चार वटा अनुसूचिमा मात्रै वास्तविक शरणार्थीको नाम उल्लेख भएको उनले बताए। बाँकीका नाम भने पछि थपिएको पाइएको उनले बताए। , इन्द्रजितपछि भूमिका खेल्ने व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। सुरूमा भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्ने जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो।  , उक्त जाहेरीको आधारमा प्रहरीले केशव दुलाल लगायतलाई पक्राउ गरेको थियो। थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला परिसर काठमाडौंमा पठाएको हो। , परिसरले उनीहरूमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।, नक्कली भुटानी शरणार्थी प्रकरण: ५ करोड रुपैयाँ लिएको आशंकामा राईका बैंक खाता हेर्दै प्रहरी
सेतोपाटी संवाददाता प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ।, नर्स अनुमा श्रेष्ठले ढकालको घर बोहराटारमा आत्महत्या गरेकी थिइन्। श्रेष्ठका परिवारका सदस्यले डा. ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा निवेदन दिएका थिए।, डा. ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।, गत शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहराटारस्थित ढकालको घरमा २९ वर्षीया श्रेष्ठ मृत फेला परेको थिइन्।, उनी डाक्टर सुजनसँग प्रेम सम्बन्धमा रहेको र विवाह गर्न नमानेकाले उनकै घरमा गएर आत्महत्या परिवारको आरोप थियो। , अनुमाको परिवारले डाक्टर सुजनविरूद्ध आत्महत्या दुरूत्सानका जाहेरी दिएका थिए।, नर्स अनुमा मृत्यु प्रकरण: डा. ढकाल पक्राउ
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। , घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। , अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।, आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। , सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान  पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।, सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।, सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।, घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।, अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, ‘अरू कुनै कारण देखिएन,’ उनले भने।, प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो। ,  , उपचारका क्रममा बिते रवि लामिछानेका चालक
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु)को मंगलबार नै अन्त्येष्टि गरिने भएको छ।, रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई केहीबेरपछि पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने उनले बताए।, ‘परिवारका सबै सदस्य आइसक्नुभएको छ। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ,’उनले भने।, घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।, अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।, सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान  पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।, सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।, सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।, घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।, अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, ‘अरू कुनै कारण देखिएन,’ उनले भने।, प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो।,  , रवि लामिछानेका चालकको आजै अन्त्येष्टि गरिने
नारायण खड्का बर्दियाको राजापुर नगरपालिका–२ की रविना चौधरीको बिहे भएको भर्खर एक वर्ष पुगेको थियो। २०५८ साल फागुन २३ मा उनका २१ वर्षीय श्रीमान क्रिमकुमार चौधरीलाई सरकारी सुरक्षा फौजले लग्यो।, रविनाका अनुसार नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कक्षा १२ पढ्थे क्रिम। उनलाई डेराबाटै सरकारी सुरक्षा फौजले लगेको थियो।, माओवादी सशस्त्र द्वन्द्वमा हजारौं व्यक्ति तथा परिवार पीडित भए। कोही मारिए, कोही बेपत्ता पारिए, कोही थातथलोबाट विस्थापित भए त कसैले निर्मम यातना पाए।, क्रिम तिनैमध्ये एक हुन पुगे।, उनलाई सुरक्षाकर्मीले लगेको २२ वर्ष भयो। उनी तत्कालीन विद्रोही नेकपा माओवादी वा अर्को कुनै पार्टीमा आबद्ध थिए कि थिएनन् भन्ने पनि रविनालाई थाहा छैन।, क्रिमको नाम बेपत्ता पारिएका व्यक्तिहरूको सूचीमा छ। श्रीमान बेपत्ता पारिएबापत रविनाले राज्यबाट दस लाख रूपैयाँ पाइन्। उनले शव देख्न पाएकी छैनन्। राज्यले पनि हत्या भएको हो भनेर स्पष्ट गरेको छैन।, अझै पनि कुनै दिन क्रिम आऊलान् कि भन्ने आशाको त्यान्द्रो भने रविनामा बाँकी छ।, क्रिमलाई सुरक्षाकर्मीले बेपत्ता बनाएपछि रविनाप्रति परिवारको दृष्टि बदलियो। उनीसँग बिहे भएकै कारणले क्रिम बेपत्ता पारिएका हुन् भन्ने धारणा बन्यो।, 'अलच्छिनासँग बिहे गरेपछि छोरो बेपत्ता भयो भन्ने आरोप लाग्यो,' उनले भनिन्, 'समाजबाट भन्दा पनि घरपरिवार भित्रबाटै मेरो चरित्रमाथि नानाथरी कुरा भए।', रविनाले राज्यबाट दस लाख रूपैयाँ बुझेपछि परिवारमा उनीप्रतिको नकारात्मक दृष्टि झन् गाढा भयो।, त्यव रकमले उनले गाउँमै दस कट्ठा जग्गा किनिन्। उनी परिवारबाट साथ र समर्थन चाहन्थिन् तर त्यसो भएन। जेजस्तो भए पनि उनले घर छाडिनन्। करिब ११ वर्ष अन्यौल, अपमान र पीडामा बित्यो। , अन्ततः उनी यस्तै अवस्थामा घरमा बस्न नसक्ने र यसरी बसेर नहुने निष्कर्षमा पुगिन्। परिवारबाट अलग भएर आत्मनिर्भर हुने र एक्लै बाँच्ने अठोट गरिन्।, त्यही समय 'कोहलपुर इन्स्टिच्युट अफ टेक्निकल एजुकेसन (काइट)' नामको एक संस्थाले 'सिलाइ–कटाइ' तालिम आयोजना गर्‍यो। २०६९ साल जेठमा तालिम सुरू भयो।, रविनाले ६ महिनाको तालिम लिन सुरू गरिन्। तालिममा गएको पनि परिवारजनलाई मन परेन। हामी घरको काम गर्ने, ऊ तालिम लिन जाने भनेर रिसाउन थाले। घरबाट हिँड्दा चरित्रमाथि प्रश्न उठाउँथे।, 'तालिम लिन र काममा जाँदा पनि मेरो चरित्रमाथि धेरै शंका भयो,' रविनाले भनिन्, 'जे जे भने पनि सहेर बसेकी थिएँ।', उनी बिहान–बेलुका घरको काम गर्थिन्। दिउँसो केही घन्टा तालिममा जान्थिन्। तालिम सकेपछि उनले काम सुरू गरिन्। २०७० सालमा आफैं महिलाहरूलाई सिलाइ–कटाइ तालिम दिन थालिन्।, चार वर्षअघि उनले एक्लै बस्ने निधो गरिन्। आफूले किनेको जग्गामा शुभेच्छुक र माइतीको सहयोगमा एउटा सानो घर बनाइन्। कामले काम सिकाउँदै गयो। आत्मविश्वास बढ्दै गयो। सिलाइ–कटाइको आफ्नै पसल चलाउने आँट गरिन्।, २०७१ सालमा आफ्नै घरमा 'रविना सिलाइ–कटाइ तथा प्रशिक्षण केन्द्र' स्थापना गरिन्। एउटा सिलाइ मेसिन काइटले दियो। माइतीसँग दस हजार रूपैयाँ मागेर अर्को मेसिन किनिन्।, बिस्तारै लुगा सिलाउने ग्राहक आउन थाले। काम बढ्दै गयो। हुँदाहुँदा भ्याईनभ्याई हुन थाल्यो। तालिम लिन आउनेको संख्या पनि बढ्दै गयो। रविना महिला र पुरूष दुबैका लुगा सिउन सक्ने भइन्। कमाइ बढ्दै गयो। मेसिन थपिन्, लुगा सिउने कालिगढ पनि राखिन्।, हाल उनको टेलरिङमा दैनिक दस जना महिला काम गर्छन्। यीमध्ये कोही मासिक तलबमा छन् त कोही कामअनुसार पैसा पाउँछन्। हालसम्म रविनासँग तालिम लिएकामध्ये १५ जना आफ्नै टेलरिङ सुरू गरेर स्वरोजगार भएका छन्।, 'मैले तालिम दिएका दिदीबहिनीहरूले आफ्नै पसल खोलेर आत्मनिर्भर भएको देख्दा साह्रै खुसी लाग्छ,' रविना भन्छिन्, 'हातमा सिप भएको मानिस आफ्नै मेहनतले स्वतन्त्रतापूर्वक बाँच्न सक्दो रहेछ भन्ने ज्ञान मैले आफ्नै जीवनबाट पाएकी छु।', सुरक्षा फौजले क्रिमलाई लगेपछि रविना कति छट्पटाइन्, कति रात अनिदै बिते, कति लाञ्छना र पीडा सहिन्, त्यसको लेखाजोखा गरेर साध्य छैन। तैपनि उनले आफूलाई सम्झाइरहिन् र आत्मनिर्भरतातिर अघि बढिन्।, 'जस्तै पीडा भए पनि जीवन त चलाउनै पर्दो रहेछ। हिम्मत गर्नुपर्दो रहेछ,' ३९ वर्षीया रविनाले भनिन्, 'रोएर मात्रै बसेकी भए त चिन्तै चिन्ताले मरिसक्थेँ होला। म हिम्मतले परिस्थितिसँग पौंठेजोरी खेल्दै अघि बढेँ।', हिम्मत र निरन्तरको मेहनतकै परिणाम होला, उनले आफ्नो ठाउँमा राम्रो प्रतिष्ठा बनाएकी छन्।, व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छिन्। हाल उनी 'बेपत्ता परिवार समाज' मा नगर उपाध्यक्ष छिन्। द्वन्द्वको समयमा राजापुरमा ४० जना बेपत्ता पारिएको भन्ने अभिलेख छ। तीमध्ये १० जना तत्कालीन विद्रोही पक्षबाट र ३० जना सरकारी सुरक्षाकर्मीले बेपत्ता पारेको निष्कर्ष छ। रविनाका अनुसार विद्रोहीले बेपत्ता पारेका भनिएका पाँच व्यक्तिका परिवार बसाइँ सरेर अन्यत्र गए।, बेपत्ता परिवार समाजले बेपत्ता व्यक्तिका तथा अन्य कारणले द्वन्द्वपीडित बनेका परिवारसँग नियमित छलफल गर्ने, उनीहरूलाई आवश्यक सल्लाह दिने र पीडित महिलाहरूलाई आत्मनिर्भरताका लागि सिपमूलक तालिम चलाउने गरेको छ।, 'मलाई पहिले मारको बदला मार नै हुनुपर्छ लागेको थियो,' रविनाले भनिन्, 'तर म यो सोचबाट मुक्त भएकी छु। न्यायको प्रक्रिया अघि बढ्नुपर्छ। द्वन्द्वपीडित परिवारलाई रोजगारीका अवसर दिनुपर्छ। शिक्षा, स्वास्थ्य र गाँसबाँसको हुनुपर्छ।', राजापुर नगरपालिकाले बेपत्ता व्यक्तिका परिवारजनलाई मासिक दुई हजार रूपैयाँ दिने गरेको छ।, मेयर दीपेश थारू आफैं पनि शरीरमा बन्दुकको छर्रा बोकेर बाँचेका छन्। प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयर पदमा निर्वाचित थारू आफूले द्वन्द्वपीडितका पक्षमा उल्लेखनीय काम गरेको दाबी गर्छन्।, नगरमा द्वन्द्वपीडित समिति गठन गरेर त्यसको सिफारिसका आधारमा बेपत्ता व्यक्तिका परिवारका १७ जना सदस्यलाई मासिक भत्ता दिने गरको उनले बताए। थारूले नगर प्रमुखका रूपमा जिम्मेवारी सम्हालेपछि गत साउनदेखि उक्त रकम दिन थालिएको हो।, द्वन्द्वको समयमा राज्य तथा विद्रोही दुवै पक्षबाट मारिएका तथा बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा डिजिटल बोर्ड स्थापनाको प्रक्रिया अघि बढाएको र सार्वजनिक स्थलमा उनीहरूका फोटा राखिएको उनले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा द्वन्द्वपीडित प्रत्येक परिवारलाई एक लाख रूपैयाँका दरले आर्थिक सहयोग गर्न ४० लाख रूपैयाँ छुट्याइएको छ।, उक्त रकम गाईभैंसी, बाख्रा तथा बंगुरपालन जस्ता आयआर्जनका काममा उपयोग गर्ने गरी दिइने छ। नगरपालिकाले पशुपालनसम्बन्धी तालिम पनि दिनेछ। संक्रमणकालीन न्यायको प्रक्रिया चाँडै टुंगोमा पुर्‍याउन संघीय सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने उनको भनाइ छ।, परिस्थितिसँग नहारेकी रविना
सेतोपाटी संवाददाता पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। , नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको हो। , मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट प्रहरीले इन्द्रजितलाई पक्राउ गरेको थियो। , उनलाई जिल्ला प्रहरी परिसर ललितपुरसँग समन्वय गरी पक्राउ गरेको हो। निरजलाई भने प्रहरीले फेला पारेको छैन। , अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार राईले नक्कली भुटानी शरणार्थी बनाउने कुराका लागि गृह मन्त्रालयमा सहजीकरण गरिदिएका थिए। , उनीविरूद्ध बयान तथा प्रमाणहरू पाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।, केशव दुलालले सागर राई लगायतलाई खटाएर पीडितको विवरण तथा रकम असुल्ने काम गर्थे। यता दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।    , उनीहरूले दिएका बयानमा इन्द्रजित राईको संलग्नता पनि खुलेपछि पक्राउ गरेको ती प्रहरी अधिकारीले बताए। , ‘राईले पनि पैसा खाएको भन्ने कुरा आएको हो। हामी उनको बैंक खाताहरू पनि हेर्छौं,’ उनले भने। , अनुसन्धानको क्रममा उनले मात्रै ५ करोडभन्दा बढी रकम लिएको खुलेको छ।, ‘मन्त्रालयभित्र जे-जे मिलाउनुपर्ने हो त्यो सबै उनले गर्ने देखियो। भित्र मिलाउनेमा उनको भूमिका मुख्य देखिन्छ,’ उच्च स्रोतले भन्यो, ‘सल्लाहकार भएको बेलामा उनले भूमिका खेले, त्यसपछि फेरि अरूको पनि भूमिका देखिन्छ।’, २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो। , कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो। , अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो। , त्यस प्रतिवेदनमा पनि ८ सय भन्दा बढी नक्कली भुटानी शरणार्थीको नाम समावेश गरिएको उच्च स्रोतले बतायो। , त्यसमा भएका चार वटा अनुसूचिमा मात्रै वास्तविक शरणार्थीको नाम उल्लेख भएको उनले बताए। बाँकीका नाम भने पछि थपिएको पाइएको उनले बताए। , इन्द्रजितपछि भूमिका खेल्ने व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। सुरूमा भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्ने जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो।  , उक्त जाहेरीको आधारमा प्रहरीले केशव दुलाल लगायतलाई पक्राउ गरेको थियो। थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला परिसर काठमाडौंमा पठाएको हो। , परिसरले उनीहरूमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।, नक्कली भुटानी शरणार्थी प्रकरणमा इन्द्रजितका छोराविरूद्ध पनि पुर्जी
सेतोपाटी संवाददाता सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ।, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरू गरिएको बताएकी हुन्।, मंगलबारदेखि काठमाडौंमा सुरू भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन्।, महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरूसँग मिलेर अघि बढाएको बताइन्।, उनले भनिन्, ‘केही सस्तो र मीठो खाजाको रूपमा चाहिँ स्ट्रिट फुडहरू एउटा राम्रो अल्टरनेटिभ हो। सबै जनाले फाइन डाइनिङ मात्रै गर्न सक्दैन। त्यसकारणले त्यो स्ट्रिट फुड चाहिँ फुड प्वाइजनिङ हुनुभएन। यसलाई सुधार गर्नु अत्यन्तै जरूरी छ। हामीले केही अगाडि देखिनै विभागबाट पनि यसको एउटा कार्यविधि बनाऊँ  र, कार्यविधिमा अहिले हामीले तुरून्तै गर्न सक्ने एउटा कुरा चाहिँ टडकारो रूपमा देखिएको र खड्केको कुरा चाहिँ जुन न्युज पेपरमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ। त्यसलाई तुरून्तै हटाउनुपर्ने देखिन्छ।’, उनले अगाडि भनिन्, ‘मालपुवा, सेलरोटीहरू पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ र, हामी त्यसरी समोसाहरू पनि खाइराखेका हुन्छौं। फुड प्वाइजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरून्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ। यसमा सचेत पनि गराउने र क्रमशः यसलाई हामीले प्रतिबन्ध लगाएर खाद्य ऐनबमोजिम यस्तो हानिकारक चिजलाई हामी प्रतिबन्ध लगाउन सक्छौं। र, त्यो बाटोमा पनि हामी लाग्नुपर्ने देखिन्छ।’, खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।  , ‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने सरकारको तयारी
सेतोपाटी संवाददाता दार्चुलामा मंगलबार हिमपहिरो गएको छ।  , मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ।, सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो। , हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ।, सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए।, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नजिकैको चौकीबाट असईको कमान्डमा टोली खटिएको छ। यद्यपि हिँडेर नै उक्त स्थानमा पुग्न अन्दाजी ३ घण्‍‍टा लाग्ने उनले बताए। , बेपत्ता भएकोहरू पनि पहिचान भइसकेको छैन। ,  , दार्चुलामा हिमपहिरो: यार्सा टिप्न गएका कम्तीमा ८ जना पुरिएको आशंका
रासस  , काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन्। , विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् ।  , पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको सो भवनको छानो मर्मतका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ। मर्मत चाँडै सम्पन्न नभए आगामी असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ ।, पुस्तकालयका पुस्तकालय व्यवस्थापक जुजुभाइ डङ्गोलले हरेक वर्षाका समयमा यस्तै विजोग हुने गरेको र पछिल्लो वर्षाले के कति पुस्तकमा क्षति भयो भन्ने विवरण तयार भइनसकेको उनले बताए। अहिले पानीले भिजेका पुस्तकबाट पानी तैर्याएर (सुकाएर) पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने उनको भनाइ छ । , उनले बजेट कार्यान्वयनका लागि परिषद्बाट सहमति प्राप्त भएकाले छिट्टै छानो फेर्ने काम अघि बढ्ने जानकारी दिए। वर्षाका कारण पुस्तकालयमा जाने आउने बाटोसमेत हिलाम्मे भएको छ । , पुस्तकालयमा विभिन्न विधाका गरी करिब ८० हजार पुस्तक र दुई हजार चार सयभन्दा बढी सदस्य छन्। पुस्तकालयमा दैनिक एक सय ५० जना अध्ययनकर्ता आउने गरेका छन् । , विसं २०६० मा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्काको नेतृत्वमा २१औँ शताब्दीको आवाश्यकतानुकूलको पुस्तकालय स्थापना भएको थियो । पुस्तकालयले हाल राष्ट्रिय सभागृहको एउटा कोठाबाट स्थापित समाजले विद्युतीय पुस्तकालय सेवाका साथै पुस्तकालय विज्ञान र व्यवस्थापनबारे तीन महिने व्यावसायिक कोर्समा आधारित तालिम पनि सञ्चालन गर्दै आएको छ । , पुस्तकालय व्यवस्थापन र तालिमका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबाट चालु आवमा रु ५० लाख बजेट विनियोजन भएको थियो। पुस्तकालयमा प्राज्ञिक व्यक्ति, कूटनीतिज्ञ, राजनीतिककर्मी, कानुन व्यावसायी, उद्यमी, सामाजिक कार्यकर्ता र पत्रकारसमेत आवद्ध छन्। , समाजलाई शिक्षित, सभ्य, लोकतान्त्रिक र शान्तिपूर्ण बनाउने लक्ष्य प्राप्तिका लागि स्थापित यो पुस्तकालयमा वार्षिक सदस्यता शुल्क तीन सय रूपैयाँ मात्रै रहेको छ ।, पुस्तकालयले वार्षिक डेढलाख रूपैया तिर्दै आएको भने परिषद्ले एकतर्फी भाडा बढाएर वार्षिक छ लाख रूपैयाको हिसाब गरी अपुग रकम बक्यौतमा राख्दै आएको छ। समाजले प्रति स्क्वायर फुट रु १८ मा ७५ प्रतिशत छुट पाएकामा हाल परिषद्ले छुट नदिने जनाएको छ ।  पुस्तकालयले हाल जम्मा दुई हजार छ सय स्क्वायर फुट उपयोग गर्दै आएको छ।, पुस्तकालयलाई आफ्नो स्वामित्वमा लिई व्यवस्थितरूपमा सञ्चालन गर्न पुस्तकालय स्थापनाले काठमाडौँ महानरपालिकालाई प्रस्तावपत्र पठाइ आग्रह गर्दै आएको छ। , महानगर प्रमुख बालेन्द्र शाहका शिक्षा सल्लाहकार रेशु अर्यालले हालै पुस्तकालयको भ्रमण गरेकी थिइन्। तर यसबारे महानगरले कुनै निर्णय गरिसकेको छैन। पुस्तकालयका अनुसार कर्मचारी तलब, पुस्तकालय व्यवस्थापन, पुस्तक खरिद र तालिमका लागि गरी वार्षिक रु ७०÷८० लाख खर्च लाग्ने अनुमान गरिएको छ। , उक्त बजेट महानगरले विनियोजन गरेमा पुस्तकालयको स्वामित्व हस्तान्तरणसमेत गर्न सञ्चालक समिति तत्पर देखिएको छ। हाल पुस्तकालयमा ११ कर्मचारी कार्यरत छन् । , सामुदायिक पुस्तकालयलाई प्रभावकारीरूपमा सञ्चालन र व्यवस्थापन गर्न सकिए पठन संस्कृतिको विकासका साथै विदेशीलाई देखाउने एक आकर्षक स्थलसमेत बन्न सक्ने पुस्तकालयमा व्यवस्थापक डङ्गोलले बताए। , वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख र विशिष्ट व्यक्तिले विभिन्न समयमा यो पुस्तकालयको भ्रमण गरिसकेका छन्। , पुस्तकालयमा गत महिना संयुक्त अरब इमिरेट्स (युएइ)का नेपालस्थित राजदूतले भ्रमण गरी आफ्नो मुलुकसँग सम्बन्धित सूचना केन्द्र राख्ने गरी सहयोग गर्न चासो दिएका थिए।, छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालयका काठमाडौं सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरूद्ध एक करोड १५ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अख्तियारले अनुसन्धान गरेको थियो। , उनले २०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्म सार्वजनिक सेवामा काम गरेका थिए। , त्यस अवधिमा उनी र उनको परिवारको सम्पत्तिमाथि अख्तियारले छानबिन गरेको थियो। , त्यसबाट उनले १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको हो। उनको अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर गरेको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो। , बिगो रकम कायम तथा जफत गरी कैद सजाय समेत मागदाबी गरिएको छ।, उनले आफ्ना सम्पत्तिहरू पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पनि अख्तियारले जनाएको छ। ती सम्पत्ति जफत गरी उनीहरूलाई पनि प्रतिवादी बनाउनुपर्ने अख्तियारले उल्लेख गरेको छ। , यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिवविरूद्ध एक करोडको भ्रष्टाचार मुद्दा
रासस यो काफल फल्ने सिजन हो। मध्य र पहाडी क्षेत्रका वन जंगलमा अहिले काफल पाकिरहेको छ। पहाडी जंगलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ।, नेपालगन्ज, कोहलपुर लगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ। , काफल बिक्रीमा दैनिक रु दुई हजार आम्दानी हुने गरेको किसानहरू बताउँछन्।, रोल्पाबाट दाङ हुँदै नेपालगञ्जमा काफल बिक्री गर्न आएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट (डाला) काफल बिक्री गर्ने बताए।, काफलले नेपालगञ्जमा राम्रो बजार पाएको उनले सुनाए। काफल बिक्रीका लागि घोराहीबाट नेपालगन्जमा आएका अर्का व्यापारी हरि नारायण चौधरी यसबाट राम्रो आम्दानी भएको बताए। , काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ। काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बुढाथोकी बताउँछन्।, पहाडमा पलेको काफलभित्रको पोषक तत्वलाई जोगाई ब्राण्डिङ गरेर बिक्री गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पूर्ववडाध्यक्ष सुनिल सिंह हमालको भनाइ छ। काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाइ निको हुने वरिष्ठ आयुर्वेद डा रामबहादुर बोहराको भनाइ छ।, काफल बेचेर दैनिक दुई हजार आम्दानी
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को बुधबार अन्त्येष्टि गरिने भएको छ।, रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई भोलि पाटन अस्पतालमा लगेर पोष्टमर्टम गरी बिहान १० बजे अन्त्येष्टि गरिने उनले जानकारी दिए।, पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनले बताए।, घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।, अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।, सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।, सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।, सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।, घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।, अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, ‘अरू कुनै कारण देखिएन,’ उनले भने।, प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो।,  , रवि लामिछानेका चालकको भोलिमात्र अन्त्येष्टि गरिने
सेतोपाटी संवाददाता बझाङमा एक जना यार्सागुम्बा संकलक हिमपहिरोमा बेपत्ता भएकी छन्।, सुर्मा गाउँपालिका-१ कि ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन्।, केही दिनअगाडि छोरासहित पार्थी हिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएकी बोहरा हिमपहिरोमा बेपत्ता भएकी छन्।, साेमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको स्थानीय दिपेन्द्र बोहराले जानकारी दिए। यता प्रहरीले भने घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताए।, अहिले नै घटनाको पुष्टि गर्न नसकिने उनले बताए।, घटनास्थलमा प्रहरीले सुर्मा गाउँपालिकामा रहेको चौकीबाट प्रहरी परिचालित गरिएको छ।, बझाङमा हिमपहिरोमा परी एक महिला बेपत्ता
मनिका विश्वकर्मा तीन महिनाअघि सोलुले दुई वटा बच्चा जन्माई। बच्चा हातले समातेर छातीमा टाँसी, माया गरी। स्याहारसुसार गरी।, सोलु जावलाखेलस्थित चिडियाखानामा रहेकी पोथी भालु हो। चिडियाखानाको फलामे खोरमा उसले दुईपटक बच्चा जन्माइसकी। पहिलोपटक तीन वर्षअघि जन्माएकी थिई।, उसले कुनै बच्चा हुर्काउन भने सकिन। पहिलेका बच्चा चार दिन पनि बाँचेनन्। तीन महिनाअघिका दुई बच्चालाई १७ दिन मात्र छातीमा टाँस्न पाई।, सोलुले आफ्ना बच्चा किन गुमाउनु पर्‍यो त?, यसअघि सोलु कसरी चिडियाखाना आइपुगी भन्ने कथा सुनौं।, चिडियाखानाले सोलुखुम्बुबाट २०७६ साल फागुन ५ गते एउटा पोथी भालु ल्यायो। सोलुखुम्बुबाट ल्याएको हुनाले कर्मचारीले उसको नाम सोलु राखे। त्यस बेला ऊ आठ वर्षकी थिई। , जिल्ला वन कार्यालय, सोलुखुम्बुले उद्धार गरेर उसलाई राखेको थियो। सोलुले स्थानीय बासिन्दाका भेडाब्राखा आक्रमण गरेकी थिई। , सोलु।, 'उसलाई मार्न स्थानीय बासिन्दाले मोटो तार प्रयोग गरेर पासो थापे। ऊ त्यसैमा परेर घाइते भई,' चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले भने, 'जिल्ला वन कार्यालयले उसको उद्धार गरेर चिडियाखानालाई खबर गर्‍यो।', यसरी अनकन्टार पहाडबाट सहरको चिडियाखाना आइपुगी सोलु। सुरूका ६ महिनासम्म उसको उपचार भयो।, अब उसको घर नै यही चिडियाखाना हो। उसले जंगलमा संघर्ष गरेर बाँच्ने क्षमता गुमाइसकेकी छे।, चिडियाखानामा सोलु एक्ली छैन। यहाँ ठूला दुइटा खोर छन्, त्यसभित्र विभाजन गरेर दुइटा खोर बनाइएको छ। यिनै खोरमा बस्छन् सोलुसहित आठ वटा भालु। यसमध्ये तीन वटा पोथी छन् पाँच वटा भाले।, आठ वटा भालु दुई प्रजातिका छन्।, सोलु 'हिमाली कालो' भालु हो। एउटा खोरमा सोलुजस्ता पाँच वटा भालुलाई राखिएको छ। अर्को खोरमा तीन वटा 'काठे भालु' छन्।, सोलुसँगै खोरमा एउटी पोथी र तीन वटा भाले भालु छन्। यसमध्ये सबभन्दा जेठो 'दाङे' हो। २०६७ सालमा यसलाई दाङबाट ल्याइएको थियो। त्यो बेला दुई वर्ष उमेरको दाङे अहिले १३ वर्षको भयो।, खोरमा अरूसँगै बस्ने भए पनि दाङे एक्लै देखिन्छ। ऊ एक्लै बस्छ, एक्लै खान्छ।, खोरका अरू चार वटा भालु भने जोडी बाँधिएर बस्छन्।, सोलुकी साथी हो 'जुम्ली'। जुम्ली २०७३ सालमा जुम्लाबाट साढे दुई वर्ष उमेरमा ल्याइएकी पोथी भालु हो। अरू दुइटा २०७६ सालमै डोटीबाट उद्धार गरी ल्याइएका दुइटा भाले भालु छन्। तिनीहरूलाई उहाँ ल्याउँदा जम्मा दुई महिना उमेरका थिए।, डोटीबाट ल्याइएका यी दुई भाले सोलु र जुम्लीका प्रेमी हुन्। अलि सानो भाले जुम्लीको प्रेमी हो, ठूलो चाहिँ सोलुको। उनीहरू एकअर्कालाई माया गर्छन्।, जुम्लीको प्रेमी भने सोलुलाई मन पराउँदैन। खानेकुरा खोसेर खाइदिन्छ।, सोलु।, जुम्ली र जुम्लीको प्रेमीलाई किम्बुको पात खुवाइरहेका मधुसुदन।, उनीहरूको स्याहारसुसार गर्ने मधुसुदन थापाका अनुसार एउटा भालुले सकेसम्म एउटासँग मात्र प्रेम गर्छ। आआफ्ना प्रेमी–प्रेमिका छाडेर अर्कोसँग प्रेममा पर्दैनन्। , 'दाङे कुनै पोथीको नजिक आउँदा डोटीका भालेहरू झगडा गर्न अघि सर्छन्,' मधुसुदन भन्छन्, 'पोथीहरूको नजिक आयो कि दाङेलाई घाइते बनाइदिन्छन्।' , अर्को खोरमा चितवनबाट ल्याइएका दुइटा भाले र मोरङबाट ल्याएको एउटा पोथी भालु छन्। एक मात्र पोथी भएकाले यी काठे भाले भालु पनि आपसमा झगडा गर्छन्। , चितवने दुई भाले धेरै बदमास छन्। धेरै रिसाउँछन्। खोर नजिकबाट हिँड्ने मान्छेलाई थुकिदिन्छन्। भोक लाग्यो भने बेस्सरी कराउँछन्।, 'यी भालु सानो छँदा आपसमा खुब मिल्थे, अहिले छिनछिनमै झगडा गर्छन्,' मधुसुदनले भने, 'पोथीलाई एउटाले जिस्क्याउँदा अर्कोले आक्रमण गर्छ अनि आपसमा जुध्न थाल्छन्।', काठे भालु गर्मी र चिसो दुबैमा बस्न सक्छ। हिमाली कालो भालु चिसो वातावरण मन पराउँछ। हिमाली कालो भालुभन्दा काठे भालु बढी रिसाहा हुन्छन्। , 'खोर सफा गर्न जाँदा हिमाली (कालो) भालु बाहिर जाऊ भन्दा गइहाल्छ, चुप लागेर बस्छ तर काठे भालु सकेसम्म जान मान्दैन। गाली गर्दा झम्टिन खोज्छ, कराउँछ,' सबै भालुलाई खाना खुवाउने मधुसुदन भन्छन्।, हिमाली र काठे भालुको बानीबेहोरा मात्र होइन, अरू पनि फरक देखिन्छन्। शारीरिक बनावट उस्तै देखिए पनि काठेको रौं पातलो हुन्छ, हिमालीको बाक्लो र छोटो हुन्छ। , यिनीहरूको मुख पनि केही फरक देखिन्छ। झट्ट हेर्दा काठे भालुको मुख सुँगुरको जस्तो र हिमालीको कुकुरको जस्तो हुन्छ। मुखले खाने खाने तरिका पनि सुँगुर र कुकुरसँग मिल्छ। भालुहरू कमिला, धमिरादेखि कन्दमूल, रूखको बोक्रासम्म खान्छन्। मह खुब मनपराउँछन्। खानेकुरा पर्याप्त नपाउँदा प्राणीमाथि आक्रमण गर्न खोज्ने हुन्छन्।, सोलुको प्रेमी।, दाङे।, सोलु पनि बेलाबेला आक्रमक हुन्छे। साथीहरूसँगै झगडा गरेर घाउ बल्झाउँछे। बेलाबेला औषधि-उपचार गरिरहनुपर्छ। , दोस्रो पटक सुत्केरी हुनअघि पनि ऊ केही बिरामी देखिन्थी। गत माघ १८ गते उसले दुइटा बच्चा जन्माएकी थिई। दस दिनअघिदेखि नै खान मन गरिन। थोरै खान्थी। सुरक्षित ठाउँ खोज्ने र एक्लै बस्न रूचाउने भएकी थिई।, सोलु गर्भवती भएको कुरा सम्बन्धित निकायहरूमा जानकारी गराइवरि मधुसुदनले उसको हेरविचार बढाएका थिए।, 'म यसलाई नियालिरहको थिएँ। भालेको आक्रमणबाट बचाउन पनि ध्यान दिन्थेँ,' उनले भने।, एक दिन मधुसुदन सधैंझैं खोर सफा गर्न पुगेका थिए। सोलु ठूलो स्वरले कराउन थाली, छट्पटाई।, मधुसुदनले उसलाई सुत्केरी बेथा लागेको थाहा पाए। उसले भित्री खोरमा बच्चा जन्माई। दस मिनेटपछि अर्को पनि जन्मियो।, 'मैले सोलुको थकित अनुहारमा खुसीको भाव देखेँ,' मधुसुदन भन्छन्, 'राता देखिने र आँखा नखुलेका ती दुबै बच्चालाई सोलुले आफ्नो छातीमा टाँसी। आफू भित्तामा अडेस लागी। मैले पराल राखिदिएँ अनि सुरक्षाको लागि भित्री खोर बन्द गरिदिएँ।', सोलुले बच्चा कसैले नदेख्ने गरी छातीमा टाँसिरही। ऊ सतर्क देखिएकी थिई। सुत्केरी भएपछि पनि उसले खाना राम्ररी खाइन। जति बेला पनि बच्चा छातीमै टाँसिरहेकी हुन्थी। , 'बच्चालाई छातीमा टाँसिरहन्थी, खानेकुरा पनि घोप्टो परेर खान्थी,' मधुसुदनले भने।, दिन बित्दै थियो। ऊ आफ्ना बच्चा हुर्काउने धुनमा थिई। खोरमा ठाउँ थोरै थियो। सोलुले बच्चा हुर्काउने अनुकूल वातावरण पाइन।, 'सोलु दंग थिई। बच्चालाई धेरै माया गर्थी तर उसलाई अनुकूल हुने ठाँउ नभएकाले बच्चा बचाउन सकिन,' उनले भने।, सुत्केरी सोलु भित्री खोरमा थिई। बाहिरपट्टि थियो उसको प्रेमी। प्रेमीले भित्री खोरको प्वालबाट हात छिराएर बच्चा छोपेको पराल तानिदिन्थ्यो। उसले सोलुलाई धेरै हैरान पार्‍यो। दिक्दार भएर सोलुले बच्चा स्याहार गर्न छोडिदिई।, 'जंगलमा भएको भए सोलुले बच्चा झाडीमा लुकाएर बचाउँथी। चिडियाखानामा उसलाई चाहिने वातावरण भएन। भालेले धेरै दिक्क लगाएपछि बच्चा बचाउन सकिन,' मधुसुदन भन्छन्।, भालुको बच्चालाई आँखा नखोलेसम्म आमाको पूर्ण स्याहार चाहिन्छ। यस्तो स्याहार मान्छेले गरिदिन सक्दैन। सोलुले स्याहार्न छाडेपछि दुवै बच्चा सत्रौं दिनमा मरे। अघिल्ला बच्चा पनि अनुकूल वातावरण नपाएरै मरेका थिए।, बच्चा मरेको केही दिन सोलु निराश भई। खाना राम्री खाइन। एकोहोरो बसिराखी। मधुसुदनका अनुसार उसले बोलाउँदा पनि नसुनेझैं गर्थी।, हामी पुग्दा ऊ बच्चा जन्माएको भित्री खोरभित्रै थिई। मधुसुदनले किम्बुको पात देखाएर बोलाए। डराएजसरी किम्बुको पात खाई।, सन्तान वियोगको पीडा सोलुको मात्रै होइन।, चितवने।, जुम्लीको प्रेमी।, जुम्लीले पनि दुई महिनाअघि पहिलोपटक एउटा बच्चा जन्माएकी थिई। बच्चा सुम्सुम्याउँदै दंग परी। सोलुले बच्चा जन्माएको देखेर सायद केही सिकेकी पनि थिई। तर उसले पनि बच्चा बचाउन सकिन। खोरभित्र भएको पाइपको छेउमा जन्मेका थिए उसका बच्चा। ती मरेपछि त्यही पाइपमा जुम्ली निराश बस्थी। राम्ररी खाइन पनि। बिस्तारै सामान्य हुँदै गएकी मधुसुदनले बताए।, उनका अनुसार आमा भएपछि भालुलाई शान्त वातावरण चाहिन्छ। प्राकृतिक वातावरण पनि अनुकूल हुनुपर्छ। सोलु र जुम्ली दुवैले यो सुविधा पाएनन्।, राष्ट्रिय प्राणी उद्यानका सहायक व्यवस्थापक भूपेन्द्र यादवका अनुसार पोथी भालुले आफ्नो बच्चालाई धेरै माया गर्छ। जंगलमा बच्चा गुफामा राख्छ। धेरै गर्मी भए झाडीमा लुकाउँछ। भालेले बच्चालाई आक्रमण गर्न खोज्ने भएकाले आमा भालुले सुरक्षित ठाउँ खोज्दै बच्चा सारिहन्छ।, भालुको बच्चा तीन वर्षसम्म आमामा निर्भर हुन्छ। खाना खोजेर खुवाउने, सुरक्षा दिने दुई वर्षको भएपछि जंगल डुलाउन सिकाउने काम आमाले नै गर्छे।, राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडरिया पनि चिडियाखानामा भालुले बच्चा हुर्काउने वातावरण नभएको बताउँछन्। , भालुकै विषयमा विद्यावारिधि (पिएचडी) गरेका कडरिया भन्छन्, 'भाले भालुले पोथीसँग बच्चा भएको मन पराउँदैन। बच्चालाई आक्रमण गर्न खोज्छ। यहाँ भाले र पोथी सँगै छन्। गर्भवती भालुले सुरक्षित महसुस गर्न नपाउँदा, ठाउँ साँघुरो हुँदा यहाँ बच्चा बच्न सकेनन्।', भालुलाई मान्छेको भिडभाड पनि मन पर्दैन। मान्छेको हल्ला उनीहरूका लागि समस्या हो।, 'गर्भवतीलाई त मनपर्ने कुरै भएन,' भालुको स्याहारकर्ता मधुसुदन भन्छन्, 'चिडियाखानामा मान्छेहरू हल्ला गर्छन्। जनावर देखेपछि झन् साह्रो कराउँछन्। कसैकसैले नचाहिने चिजहरू खोरमा फ्याँकिदिन्छन्। शान्त वातावरण हुने हो भने जनावरलाई सहज हुने थियो।', सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी , मोरङबाट ल्याएको एउटा पोथी भालु।, सोलु।, आफ्ना सबै बच्चा गुमाएर एक्लिएकी सोलु
सेतोपाटी संवाददाता दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। , मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, हिमपहिरोले १२ जना पुरिएका थिए। जसमध्ये ६ जना पुरूष र एक जनाको सकुशल उद्धार भएको डिएसपी थापाले बताए। , अझै चार महिला र एक पुरूष बेपत्ता छन्। लगातार परेको पानी र हिउँका कारण उद्धारको काम गर्न कठिन भइरहेको उनले बताए। , ‘लगातार पानी र हिउँ परिरहेको छ। मौसम खराब भएका कारणले बेपत्ताको खोजी हुन सकेन,’ उनले भने, ‘सम्भव भएसम्म भोलि बिहानैदेखि खोजी तथा उद्धारको काम सुरू हुन्छ।’ , उनीहरू यार्सागुम्बा खोज्न हिँडेका थिए। त्रिपालमा बसिरहेको बेलामा हिमपहिरोले उनीहरूलाई पुरेको हो।, बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलमा खटिएको थियो। , हिमपहिरो गएको स्थानमा भेटिएका अन्य १३ जना पनि सशस्त्र प्रहरी बलको टोलीसँग फर्किएको डिएसपी थापाले बताए। उनीहरू भने हिमपहिरोमा पुरेका थिएनन्। ,  , दार्चुला हिमपहिरो: ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता
रासस आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारीको थप उपचार मंगलबारदेखि काठमाडौंमा सुरू गरिएको छ।, काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई मंगलबार भर्ना गरी उपचार सुरू गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिए।, गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर बर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शंकरमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो।, अस्पतालले उनका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने बताएको उनका स्वकीय सचिव बोधराज कँडेलले जानकारी दिए। उनको उपचारमा वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डे र उनका टिम संलग्न छ। अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायत उपचार गराइने डा पाण्डेले जानकारी दिए।, भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा उपचार गराइएको थियो। भारतबाट आइतबार स्वदेश फर्किएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ छ।, शरीरमा संक्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन्।, गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारीसँगै उनकी आमा हरिकला भण्डारी पनि घाइते भएकी थिइन्। आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो।, कांग्रेस नेता भण्डारीको उपचार सुरू
सेतोपाटी संवाददाता पछिल्लो साता साता सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बुधबार पनि दिनभरजसो नै रहनेछ।, मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कर्णाली प्रदेशका विभिन्न भूभागमा हल्का वर्षा भइरहेको छ भने पानी परेका उच्च भू–भागमा हिमपात पनि भइरहेको छ।, ‘हाल देशभर आंशिकदेखि सामान्य बदलीकै अवस्था छ,’ मौसमविद् प्रतिभा मानन्धरले सेतोपाटीसँग भनिन्, ‘गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। , दिउँसोपख भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने उनले बताइन्। , काठमाडौं उपत्यकामा दिउँसोसम्मै मौसम बदली नै रहने छ। मध्याह्नपख हल्का वर्षाको सम्भावना रहेको पनि उनले बताइन्।,  , यस्तो छ देशभरको मौसम
रासस नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ।, युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो।, त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन्।, आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ।, वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उभ्याएको थियो।, यो वर्षका लागि युनेस्कोले 'भविष्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता' नारा तय गरेको छ।, नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ।, अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्नसक्छ।, त्यसकारण अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको छ। , आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
सेतोपाटी संवाददाता हराएको डाटा रिकभर हुने, नहुने यकिन नभए पछि लोक सेवा आयोगले जेठ महिनादेखि सञ्चालन हुने गरी तोकिएको परीक्षा लागि पुनः दरखास्त माग गरेको छ।, लोक सेवा आयोगले न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखापरीक्षण, संघीय संसद् आदि सेवामा मंसिर, पुस र माघ महिनामा खुलाइएको विज्ञापनमा पुनः दरखास्त हाल्न भनेको हो।, आयोगले यसअघि आवेदन दिएकालाई मात्रै पुनः दरखास्त हाल्न भनेको छ।, ‘लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिएस)मा अवस्थित पूर्वाधारमा २०७९ फागुन २३ गते समस्या सिर्जना भएपश्चात् जिआइडिएसबाट डाटा रिकभरीको कार्य भइरहेको तर प्रक्रिया कहिलेसम्म पूरा हुने, के कति डाटा रिकभरी हुने सम्बन्धमा यकिन गर्न नसकिने व्यहोरा जानकारी प्राप्त भएको छ,’ आयोगले सूचना प्रकाशित गर्दै भनेको छ,‘अनिश्चित कालसम्म आयोगका पूर्वप्रकाशित विज्ञापन सम्बन्धी कार्यहरूलाई यथास्थितिमा राख्दा कार्यतालिका नै प्रभावित हुने देखियो।’, परीक्षाको तयारी गरिरहेका उम्मेदवारहरूलाई मर्क नपरोस् भनेर वैशाख १४ गते निर्णय गरेर पुनःदरखास्त माग गरिएको आयोगको भनाइ छ। , उम्मेदवारहरूले जेठ १८ भित्र पुनः आवेदन दिन सक्ने छन्। , यस्तो छ सूचना ,  , डाटा हराएपछि लोक सेवा आयोगले पुनः माग्यो आवेदन
रासस ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ। सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।, ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ। हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन्। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन्।, घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गए राति पनि हिमपात भएको छ। यस्तै ओलाङ्चुङगोला क्षेत्रका हिमाली क्षेत्रमा हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए। ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ। चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो।, यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन्। ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष फागुन १५ गते पनि हिमपात भएको थियो। यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ ।, हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन्। मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत  महसुस गरेका छन्। त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ।, वर्षासँगै हिमाली क्षेत्रमा हिमपात
सेतोपाटी संवाददाता दार्चुला हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको अवस्था अझै अज्ञात छ।, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक टर्कराज पाण्डेले मंगलबार राती अबेरसम्म खोजी भएपनि नभेटिएको जानकारी दिए।, मंगलबार दिउँसो पौने तीन बजे दार्चुलाको ब्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा १२ जना बेपत्ता भएका थिए। , बेपत्तामध्ये सात जना सम्पर्कमा आएको र पाँच जना अझै सम्पर्कविहीन भएको डिएसपी पाण्डेले जानकारी दिए। , बेपत्ता हुनेहरूमा चार महिला र एक पुरूष छन्। , उनीहरुको खोजीका लागि बुधबार बिहानैबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको डिएसपी पाण्डेले जानकारी दिए। , सशस्त्र प्रहरी बलको नं. ५० गुल्म छाङ्रु दार्चुलाबाट डिएसपी इश्वरी दत्त भट्टको नेतृत्वमा २१ जनाको टोली परिचालन भएको छ। , अहिले पनि वर्षा र हिमपात भइरहेका कारण खोजी तथा उद्दारमा समस्या हुनसक्ने डिएसपी पाण्डेले बताए।  , ‘लगातार पानी परिरहेको छ, बाटोको चारपाँच फिटसम्म हिउँ जमेको छ, घाम लागेर हिउँ पग्लियो भने खोजीमा सहज हुन्छ,’ उनले भने।,  , दार्चुला हिमपहिरोः वर्षा र हिमपातका कारण बेपत्ताको खोजीमा कठिनाइ
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को बुधबार (आज) अन्त्येष्टि गरिने भएको छ।, रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापालाई बिहान १० बजे अन्त्येष्टि गरिने छ।, पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको उनले बताए।, घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।, अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।, सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।, सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।, सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।, घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।, अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, ‘अरू कुनै कारण देखिएन,’ उनले भने।, प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो।, रवि लामिछानेका चालकको अन्त्येष्टि आज गरिँदै
सेतोपाटी संवाददाता लोक सेवा आयोगको अनलाइन प्रणाली अवरूद्ध भएको छ।, गत फागुन २३ गतेदेखि नै 'जिआइडिटी स्टोरेज' प्रणालीमा देखिएको समस्याले आयोगको अनलाइन प्रणाली अवरूद्ध भएको हो।, करिब दुई महिनादेखि अनलाइन प्रणालीमा समस्या आए पनि आयोगले आइतबार मात्रै यसबारे सार्वजनिक गरेको छ।, आयोगले प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरू २०७१ देखि पिएसआरएमएस अनलाइन प्रणालीबाट सरकारी एकीकृत डाटा सेन्टर जिआइडिसीको पूर्वाधारमा होष्ट गरी सञ्चालन गर्दै आएको थियो।, यस प्रणालीबाट आयोगका कार्यसम्पादन प्रभावकारी बन्नुका साथै उम्मेदवारहरूको दरखास्त पेश गर्ने, परीक्षा दस्तुर तिर्ने र प्रवेश पत्र प्रिन्ट गर्नेलगायतका सेवा सहज रूपमा हुँदै आएका थिए। तर फागुनदेखि यो अनलाइन प्रणालीमा समस्या आएको थियो।, आयोगले २०७९ मंसिरमा प्रकाशित रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदमा विज्ञापन गरेको थियो।, पुस महिनामा रा.प. अनं. प्रथम श्रेणी अप्राविधिक नायव सुब्बा वा सो सरह पदको विज्ञापन र माघमा प्रकाशित रा.प. अनं. प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सो सरह र स्वास्थ्य सेवातर्फ पाँचौं तहको पदको विज्ञापनमा पेश भएका दरखास्तसम्बन्धी विवरणमा आयोगले पहुँच पाउन सकेको छैन।, आयोगका सहसचिवसमेत रहेका प्रवक्ता तोयनारायण सुवेदीले जिआइडिसी सञ्चालन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले डाटा रिकभरीको प्रयास जारी राखेको छ। जिआइडिसीकै अर्को पूर्वाधारमा होष्ट गरी आयोगले अनलाइन दरखास्त प्रणाली सञ्चालन गरिरहेको छ।, ‘डाटा रिकभरीको प्रयास जारी रहेको भएता पनि राष्ट्रिय सूचना केन्द्रबाट कहिलेसम्ममा के कति डाटा रिकभर हुन्छ भन्ने यकिन नभएको जानकारी आयोगलाई प्राप्त हुन आएकोले यस विषयलाई गम्भीरतापूर्वक लिई पूर्व प्रकाशित विज्ञापनका परीक्षा सञ्चालन गर्न आयोग वैकल्पिक योजनामा काम गरिरहेको छ,’ प्रवक्ता सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।, पूर्वप्रकाशित विज्ञापनमा आवेदकहरूले दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित छ।, यसअघि नै दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारहरूलाई मात्र उचित समय दिएर थप दस्तुर तिर्न नपर्ने गरी आयोगले पुन: दरखास्त दिन आह्वान गर्ने तयारी गरिरहेको छ।, साथै परीक्षा कार्यक्रम परिमार्जन गरी नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने प्रक्रियामा आयोग छ। ‘आगामी दिनमा यस किसिमको समस्या आउन नदिन ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ,’ प्रवक्ता सुवेदीले भने।,  , लोक सेवाको अनलाइन प्रणाली अवरूद्ध, दोहोर्‍याएर आवेदन माग गरिँदै
शोभा शर्मा झन्डै एक महिना अघिको कुरा हो। सर्वोच्च अदालतको मुद्दा महाशाखा प्रमुख विमल पौडेललाई एउटा खबर आयो—तपाईंको कार्यकक्षमा भक्तविक्रम भन्ने मान्छे मिलापत्रको निवेदन लिएर आउँदैछ। उसले त मान्छेलाई मुद्दा मिलाइदिन्छु भन्दै ठग्ने रहेछ!, नभन्दै केही बेरमै एक जना वकिल हातमा फाइल बोकेर आए। उनले बैंकिङ कसुरमा मुद्दा खेपिरहेका नारायण शमशेर जबरा थरका व्यक्तिको मिलापत्र सम्बन्धी निवेदन लिएर आएका थिए।, पौडेलले उनलाई सोधे, 'तपाईंको के नाम हो?' , 'भक्तविक्रम सिंह,' ती मानिसले जवाफ दिए।, 'अधिवक्ता हो? कति हो लाइसेन्स नम्बर?' पौडेलले सोधे, 'खै मलाई अधिवक्ताको लाइसेन्स देखाउनुहोस् त।', ती मान्छेको अनुहारको रङ नै बदलियो।, हतास भए र भने, 'मैले ब्याग बाहिर राखेको छु। लिएर आउँछु श्रीमान।', बाहिर निस्किएका भक्त फर्केर आएनन्।, बेलुकापख बरू पौडेलले अर्को खबर पाए— त्यो मान्छे त ठग रहेछ, पक्राउ पर्‍यो!, बाहिर गएका आफ्ना वकिललाई नारायण शमशेर भने कुरेर बसेका थिए। केही बेरमा उनी आफैं बाहिर निस्किए। तर भक्तलाई देखेनन्। अनि घर आए। घर आएपछि प्रहरीले उनलाई फोन गर्‍यो र तारिख पर्चाबारे सोध्यो। , उनी प्रहरी कार्यालय पुगेपछि बल्ल थाहा पाए, भक्तविक्रम त ठग रहेछन्। , प्रहरीले भने भक्तविक्रम सिंह भन्ने मान्छेले ठग्ने गरेको सूचना जाहेरीहरू पर्नुभन्दा पहिल्यै पाएको थियो। सूचना पाएपछि भक्तविक्रमबारे निगरानी बढाएको काठमाडौं प्रहरी परिसरका डिएसपी भरतबहादुर शाहले बताए। , भक्तबाट ठगिएको भन्दै सबभन्दा पहिले कपनकी सुजाता नेपालले जाहेरी दिइन्।, उनका बुवा एकराज दाहाललाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले दोषी ठहर गरी बिगोबमोजिम जरिवाना भर्नुपर्ने फैसला गरेको थियो। यो फैसलाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दिन परिवारले वकिल खोजे। विष्णु भन्ने नरबहादुर चिनजानमै थिए। उनले भक्तविक्रम भन्ने राम्रा वकिल छन् भनेर चिनाए। , गत असोज ८ मा भेटेर भक्तले आफैंले पुनरावेदन दर्ता गरिदिने बताए। पुनरावेदन गर्दा धरौटी राख्नुपर्थ्यो। त्यो धरौटी राखेर पुनरावेदन गरिदिने भन्दै दस लाख रूपैयाँ त्यही दिन लिएको सुजाताको जाहेरीमा उल्लेख छ।, मंसिर ८ मा भक्तले फेरि १८ लाख रूपैयाँ मागे। बिगोबमोजिमको जरिवाना तोकिएको फैसला पुनरावेदन गर्दा सर्वोच्चमा जमानत बुझाउनुपर्ने भन्दै उनले उक्त पैसा लगेका थिए। योबीचमा एकराजको परिवारलाई उनले सर्वोच्चमा मुद्दा चलिरहेको र आफूले तारिख धाइरहेको पनि बताएका थिए।, गत माघ ४ मा एक्कासि प्रहरीले एकराजलाई पक्राउ गर्‍यो। परिवार झसंग भयो।, बुझ्दै जाँदा त भक्तले पुनरावेदन दर्ता गरिदिएकै रहेनछन्। एकराज पक्राउ परेपछि आफूहरूले भक्तलाई फोन गरेर के भएको भन्दै सोधेको सुजाताको जाहेरीमा उल्लेख छ।, त्यसपछि पनि भक्तले उनीहरूलाई छोडेनन्। केही दिनमा छुटाउँछु भनेर तीन लाख रूपैयाँ मागे। बुवा पक्राउ परेर आत्तिएको दाहाल परिवारले फेरि रकम दियो।, त्यसपछि भने भक्त उनीहरूको सम्पर्कमा आएनन्। बेपत्ता भए।, वकिल बनेर भक्तले लक्ष्मीकुमारी कार्कीलाई पनि झुक्याएका छन्। लक्ष्मी र देवबहादुर तामाङबीच आठ लाख रूपैयाँको कारोबार भएको थियो। त्यो रकम फिर्ता मागेपछि देवले दुइटा चेक दिएका थिए। बैंकमा जाँदा खाता रित्तै रहेछ। चेक बाउन्स भयो। त्यसपछि लक्ष्मीले पैसा असुल्न मुद्दा हाल्ने विचार गरिन्।, चिनजानका विष्णु भन्ने नरबहादुरसँग कुरा गरिन्। उनले भक्तविक्रम नाम गरेका राम्रा वकिल छन् भनेपछि भेट भयो। भेटेर ती दुवै चेक भक्तले लगे। त्यसपछि उनी कहिल्यै भेट भएनन्। यता लक्ष्मी आफ्नो मुद्दा चलिरहेकोमा ढुक्क भएर बसिन्। धेरैपछि उनलाई थाहा भयो, भक्तले उनलाई झुक्याए।, भक्तले विनोदकुमार रोकालाई 'डबलक्रस' नै गरेका छन्। जाहेरीमा उल्लेख भएअनुसार विनोदले निरोज श्रेष्ठ नाम गरेका व्यक्तिलाई २०७६ वैशाख ११ मा ४४ लाख रूपैयाँ दिएका थिए। निरोजले केही दिनमै बाघभैरव बचत तथा ऋण सहकारीको चेक काटिदिए। भुक्तानी गर्न जाँदा खातामा पैसा नभएकाले चेक बाउन्स भयो।, त्यसपछि निरोज सम्पर्कबिहीन भए। अनि विनोदले अदालतमा मुद्दा हाल्न वकिल खोजे। भक्तसँग उनको भेट भयो। आफ्नो समस्या बताएपछि भक्तले चेक अनादारमा मुद्दा हालिदिने भन्दै बाउन्स भएको सक्कल चेक र थप एक लाख रूपैयाँ लिए। केही समयसम्म उनी सम्पर्कमै थिए। पछि हराए।, धेरै समयपछि मात्र विनोदले थाहा पाए, भक्तले त बाउन्स भएको चेक लगेर निरोजलाई बुझाएका रहेछन्।, आफूलाई भक्तले ठगेको कुरा उनले बल्ल थाहा पाए।, त्यस्तै जयराम कार्कीलाई काठमाडौं जिल्ला अदालतले कुनै मुद्दामा ६ महिना कैद र ५ हजार जरिवाना तिराएको थियो। उनी पुनरावेदन गर्न वकिलको खोजीमा थिए। त्यही बेला भक्त भेट भए। उनले पुनरावेदन गरिदिन्छु भन्ने आश्वासन दिए, दुई लाख रूपैयाँ चाहिन्छ भने। जयरामले अनामनगरको रेस्टुरेन्टमा भेटेर २०७६ माघ १६ मा पैसा दिए। जब पुनरावेदन गर्ने म्याद पनि सकियो तब बल्ल उनले ठगिएको थाहा पाए। त्यसपछि अदालत पुगेर कैद र जरिवाना बमोजिमको रकम तिरे।, भक्तले बैंकिङ कसूर र लेनदेनमा मात्र होइन, बलात्कार मुद्दा पनि मिलाइदिने भन्दै ठगी गरेका छन्।, काठमाडौंको बानियाटार बस्ने राजाराम सिरमलका भाइ कृष्ण सिरमललाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले १४ वर्ष जेल सजाय र ५० हजार जरिवाना तिराएको थियो। राजारामले २०७५ माघमा भक्तलाई थापाथलीमा भेटेका रहेछन्।, त्यो बेला आफूलाई वरिष्ठ कानुन व्यवसायी हुँ भनेर चिनाएका भक्तलाई राजारामले भाइको फैसलाबारे बताए। उच्च अदालतमा पुनरावेदन दिएर सफाइ दिलाउँछु भन्ने आश्वासन भक्तले दिइहाले। त्यसका लागि पाँच लाख रूपैयाँ चाहिन्छ भने। २०७६ असोजमा उक्त रकम दिएको राजारामको जाहेरीमा उल्लेख छ।, यी सबै व्यक्तिले भक्तलाई वकिल भनेर विश्वास गरेका थिए। वकिलको ब्याज भएको कालो कोट लगाउने भक्तमाथि शंकाको आधार पनि देखेनन्। नारायण शमशेर त अझ भक्तलाई पाटन उच्च अदालतमा अर्को कुनै मुद्दामा बहस गरेको समेत देखेको बताउँछन्।, प्रहरीले भक्तलाई पक्राउ गरिसकेपछि छानबिन गर्दा उनको साथबाट ६३५२ नम्बरको अधिवक्ता प्रमाणपत्र फेला परेको छ। त्यो प्रमाणपत्र बाँकेका अधिवक्ता गणेशप्रसाद शर्माको हो। उनले पनि प्रहरीमा भक्तविरूद्ध जाहेरी दिएका छन्।, काठमाडौं प्रहरी परिसरका डिएसपी भरतबहादुर शाहका अनुसार ९/१० वर्ष पहिले बाँकेमा भक्तविरूद्ध ठगी मुद्दा परेको थियो। त्यतिबेला गणेश काम गर्ने ल-फर्मले भक्तको पक्षमा वकालत गरेको थियो।, 'त्यही बेलाका कागजपत्रमा उल्लेखित अधिवक्ता शर्माको लाइसेन्स नम्बर भक्तले लिएर काठमाडौंमा ठग्दै हिँडेको देखिन्छ,' डिएसपी शाहले सेतोपाटीसँग भने।, पक्राउ परिसके पछि भक्तले झुट बोलेर आफूहरूलाई हैरान पारेको उनले बताए। , भक्तले आफू रामबहादुर सिंह भएको बताएका थिए। प्रहरीले उनको ठेगाना पत्ता लगायो। जाजरकोटको छेडगाउँ नगरपालिका १२ मा उनको घर हो भन्ने थाहा पाएपछि प्रहरीले त्यहाँका जनप्रतिनिधिलाई सम्पर्क गर्‍यो।, 'रामबहादुर सिंह भन्ने त केही समयअघि मरिसके पो भन्छन्,' डिएसपी शाहले भने, 'त्यसपछि हामीले थप खोजी गर्‍यौं।', पछि थाहा भयो, रामबहादुर सिंह भक्तका सहोदर दाइ रहेछन्। उनको मृत्यु भइसकेको छ।, 'मरेको दाइको नाम लिएर हामीलाई समेत झुक्याउन खोज्यो,' शाहले भने, 'उसले आफ्नो नाम समेत सही बताएको रहेनछ।', भक्तविक्रम सिंह भनेर चिनाउँदै आएका उनको वास्तविक नाम रहेछ- भक्तबहादुर सिंह।, त्यसपछि भक्तको ट्र्याक रेकर्ड खुल्दै गयो।, उनी २०५७ सालमा सशस्त्र प्रहरीमा भर्ना भएका थिए। २०६३ सालमा उनलाई गैरहाजिरी कसूरमा सेवाबाट हटाइएको थियो। त्यसपछि उनी ठगी धन्दामा लागेको देखिन्छ।, २०६९ सालमा उनलाई काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा दुई लाख जरिवाना र एक वर्ष कैद सुनाएको थियो। २०७२ सालमा पनि अर्को ठगी मुद्दामा बाँके जिल्ला अदालतले चार वर्ष कैद र ९० हजार जरिवाना सुनाएको थियो। , केही वर्ष जेल बसेर निस्किएपछि उनी फेरि यो धन्दामा लागेको देखिन्छ। , अहिले जाहेरी दिएका अधिकांशले भक्त पक्राउ परेपछि मात्रै उनले वकिल भनेर आफूहरूलाई ठगेको थाहा पाएका हुन्। , भक्तलाई प्रहरीले २३ दिन हिरासतमा राखेर छानबिन गरेको थियो। त्यही क्रममा बलात्कार प्रयास गरेको भन्दै उनीविरूद्ध एक महिलाले जाहेरी दिएकी छन्। त्यसमा पनि अनुसन्धान भइरहेको छ।, सरकारी वकिलले अदालतमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार भक्तले ६ जना जाहेरवालाबाट ९१ लाख २० हजार रूपैयाँ ठगी गरेका छन्। उनलाई कानुनअनुसार सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना र ठगी गरेको रकम फिर्ता गराउन माग गरिएको छ। , भक्तसँग मिलेर विभिन्न ठगी गरेको आरोपमा विष्णु नेपाल भन्ने नरबहादुर नेपाल र रमेशकुमार पाण्डेमाथि पनि मुद्दा चलेको छ। उनीहरूलाई ठगी मुद्दामा भक्तलाई हुने सजायको आधा सजाय गर्न माग गरिएको छ। नरबहादुरलाई भने यसअघि पनि बैंकिङ कसूरमा सजाय र जरिवाना भएको थियो। त्यसैले उनलाई कानुनअनुसार थप सजाय हुनुपर्ने सरकारी वकिलको माग छ।, यो मुद्दामा जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चलिरहेको छ। न्यायाधीश दयाराम ढकालको इजलासले आइतबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ।, ढाँट्दै, ठग्दै सबैलाई हैरान पारेका नक्कली वकिल!
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अन्धाधुन्ध तार नकाट्न आग्रह गरेको छ।, दूरसञ्चार सेवा प्रदायकले जडान गरेको केवल नेटवर्कका तार अन्धाधुन्ध नकाट्न मन्त्रालयले स्थानीय तहहरूलाई पत्राचार गर्दै आग्रह गरेको हो।, मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई आइतबार पत्राचार गर्दै तार नकाट्न भनेको छ।, मन्त्रालयका स्थानीय समन्वय शाखाका प्रमुख चिरञ्जीवि नेपालका अनुसार स्थानीय तहले शहरी सौन्दर्यको नाममा इन्टरनेट तथा टेलिफोनको तार अन्धाधुन्ध काटेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले वैशाख १२ गते यस्तो कार्य बन्द गर्न सहयोग मागेको थियो।, 'नेपाल टेलिकमले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलमार्फत पत्राचार गरी सहयोग मागेको थियो,' उनले भने, 'सोहीअनुसार अहिले पत्राचार गरिएको हो।', नेपाल टेलिकमले वैशाख ८ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयललाई पत्र लेखेको थियो।, काठमाडौं महानगरलगायत विभिन्न स्थानीय तहले शहरी सौन्दर्यता कायम गराउने भन्दै दूरससञ्चार सेवा सञ्चालनको लागि कम्पनीले विस्तार गरेको केवल नेटवर्क अन्धाधुन्ध रूपमा काटिदिने क्रम बढिरहेको टेलिकमका प्रबन्धन निर्देशक सुनिल पौडेलले बताएका छन्।, यस्तै टेलिकमले उपलब्ध गराएका टेलिफोन इन्टरनेट एवं टेलिभिजन सेवाहरू समेत अवरूद्ध भई सेवाग्राहीहरू सेवाबाट बञ्चित हुनु परेको उनको भनाइ छ।, 'स्थानीय तहले काटेको केवल नेटवर्क पुनर्स्थापना गर्न ठूलो परिमाणमा केवलहरू विदेशबाट आयात गर्नुपर्ने भएकोले सेवा नियमित गर्न बढी समय र खर्च लाग्छ,' उनले भने।, सार्वजनिक काम र शहरी सौन्दर्यीकरण गर्दा कम्पनीका स्थानीय कार्यलयसँग समन्वयन गर्न पनि आग्रह गरेको छ।, काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै वैशाख १२ गते अनावश्यक टाँगिएका तारहरूले दुर्घटना निम्त्याएको भन्दै हटाउन १५ दिने सूचना जारी गरेको थियो।, १५ दिनपछि पनि काम नभए महानगर आफैंले हटाउने र त्यसबाट सेवाग्राहीमा पर्ने असरको जिम्मेवार सम्बन्धित निकाय नै हुने महानगरले बताएको छ।, महानगरका अनुसार पटक-पटक सम्बन्धित निकायहरूसँग छलफल गरी व्यवस्थापन गर्न आग्रह र ताकेता गर्दा पनि काम नभएको हो।, संघीय मामिलाले स्थानीय तहहरूलाई भन्यो- अन्धाधुन्ध तार नकाट्नू
सेतोपाटी संवाददाता बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ। , सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतवार साँझ चिसोले कठ्यांग्रिएर बिरामी परेपछि घर ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।, सुदूरपश्चिमका हिमाली जिल्ला दार्चुला र बझाङका अधिकांश मानिसहरु अहिले यार्सागुम्बा टिप्न लेकतिर गएका छन्। , पछिल्लो समय यार्सागुम्वा यहाँका मानिसहरुका लागि आयआर्जनको स्रोत बनेको छ।, बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु
रासस आफ्नै गाउँ ठाउँमा दिगो र भरपर्दो पिउने पानीको स्रोत नहुँदा रामपुर नगरपालिका ८ का स्थानीयले धेरै सास्ती खेप्नुपरेको छ। उनीहरू वर्षौंदेखि खोला किनारका पानी उपभोग गर्न बाध्य  छन्।  , सो स्थानमा खानेपानीको पहुँच पुर्‍याउन अहिले लिफ्टिङ पद्धतिमार्फत् काम भइरहेको छ।, स्याङ्जा चापाकोट–९ बाट पाल्पा रामपुर–८ का विभिन्न टोल बस्तीमा खानेपानी पुर्‍याउन काम लिफ्टिङ जडानको काम धमाधम जारी छ। , कालीगण्डकी नदी पारी चापाकोट नगरपालिका–९ स्थित नदीको किनार फतरामुलको पानी व्यवस्थापन गरी पाल्पा रामपुर ल्याउन लागिएको हो।, सिद्धबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत् निसर्दी खानेपानी तथा उपभोक्ता समितिले कालीगण्डकी पारी रहेको मूलमा बाँध बाँधेर रामपुरतर्फ पानी ल्याउने कार्य भइरहेको जनाएको छ। , रामपुर–८ स्थित निसर्दी, भुजात र बटम्मा गरी ‘एक घर एक धारा’ अन्तर्गत तीन टोलमा २७६ घरधुरीका स्थानीयलाई शुद्ध, सफा र स्वच्छ पिउने पानी वितरण गर्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा २०७६ मा आयोजनाको काम सुरूआत भएको थियो।  , सो आयोजना सम्पन्न गर्नका लागि अनुमानित रु तीन करोड ३६ लाख रकम लाग्ने जनाइएको छ। यहाँ २०७८ मा आयोजनाका काम सम्पन्न गरी घर–घरमा पानी वितरण गर्ने भनिएता पनि पाल्पामा प्रदेशका योजना धेरै सञ्चालनमा रहेकाले समयमा नै बजेट नआउँदा लम्बिन पुगेको हो। , सो आयोजनाका लागि चापाकोट–९ का स्थानीय खिमाकुमारी भण्डारीसँग तीन आना जग्गा रु दुई लाखमा उपभोक्ता समितिले किनेर काम थालनी गरिएको छ।, मूलमा बाँध बाँध्ने काम सकिएको छ भने कालीगण्डकी नदी माथिबाट पोलिपाइप तानेर ल्याउने काम बाँकी छ। यसको तयारी भइरहेको छ। कालीगण्डकी नदी पारी रहेको मुहान करिब तीन सय मिटर दूरीबाट पोलिपाइपमार्फत् झोलुंगे पुलजस्तो गरी बाँधेर पानी रामपुरतर्फ ल्याइँदैछ।, हालसम्म आयोजनाअन्तर्गत निसर्दीटोलको लागि तारबारसहितको ५० घनमिटरको रिजर्भ ट्यांकी (मुख्य ट्यांकीबाट त्यहाँसम्म पुग्ने पाइपलाइन विस्तार), भुजातटोलको लागि एक सय घनमिटरको ट्यांकी निर्माण (मुख्य ट्यांकीबाट त्यहाँसम्म पुग्ने पाइपलाइन विस्तार), बटम्माटोलको पैतीस घनमिटरको ट्यांकी, पानी वितरण गर्ने एक वटा डिसी, मेनलाइनको काम सम्पन्न, भुजात पिपलपाटा सामुदायिक वन क्षेत्र कालीगण्डकी नदीको किनारमा एक सय ५० घनमिटरको मूल ट्यांकी निर्माण गर्ने काम सकिएको छ। ,        , आयोजनाअन्तर्गत विद्युत विस्तार, बटम्माटोलको मेनलाइन, ट्यांकीबाट घर–घरमा पाइप बिच्छ्याउने काम बाँकी छ।, अबको एक वर्ष भित्रमा घर–घरमा पानी वितरण गरेर सफा र शुद्ध खानेपानी उपभोक्तामाझ पुर्‍याउने योजनाअनुसार तीव्र गतिमा काम अगाडि बढेको निसर्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष त्रिलोचन अधिकारीले जानकारी दिए।, ‘अहिले यहाँका स्थानीयले पुरानै खोला मूलका पानीबाट दैनिक जीविकोपार्जन चलाउन बाध्य छन्, सफा र स्वच्छ पानी उपभोग गर्न पाइएको छैन’, उनले भने, ‘दीगो र भरपर्दो पानीको स्रोत नहुँदा वर्षौंदेखिका यहाँका स्थानीयले खानेपानी उपभोगमा समस्या भोगिरहेका छन्।’, टिकाउ र वैकल्पिक पानीको लागि लिफ्टिङ प्रणालीमार्फत् सुरू भएको योजना सम्पन्न भई घर–घरमा पानी वितरण भएपछि स्थानीयलाई पानी खोजेर खाने समस्या समाधान हुनेछ।, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले ‘एक घर, एक धारा’ खानेपानी वितरण गर्ने लक्ष्यका साथ लिफ्टिङ प्रणालीमार्फत् पाल्पाका विभिन्न गाउँ–गाउँमा योजनाका काम अगाडि बढिरहेको बताए। , उनले भने, ‘प्रदेश सरकारमार्फत् सञ्चालन भइरहेका खानेपानीका योजना अनुगमन गर्दै उपभोक्ता समितिलाई काम छिटो र पारदर्शीरूपमा अगाडि बढाउन निर्देशन दिइरहेको छु, घर–घरमा सफा र शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यअनुसार उपभोक्ता समितिबाट काम भइरहेको छ।’ , निसर्दी, भुजात र बटम्मा टोलका स्थानीयलाई आफ्नै क्षेत्रमो पानीको स्रोत नहुँदा अप्ठ्यारोमा परिरहेका थिए। लिफ्टिङ गरेर खानेपानी उपभोग गर्ने स्थानीयको सपना अब पूरा हुँदैछ।, चापाकोट क्षेत्रमा कालीगण्डकी नदी किनारसँग जोडिएका पहाडका बीच भागमा प्रशस्त बाह्रै महिना उपभोग गर्न मिल्ने पानी रहेको छ। चापाकोट क्षेत्रका स्थानीय सरकार तथा स्थानीयवासीको समन्वयपश्चात् रामपुरतर्फ पानी ल्याउने योजना अगाडि बढेको हो। यसले स्थानीयलाई राहत पुग्नेछ। पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट क्षेत्रलाई कालीगण्डकी नदीले छुट्याएको छ। नदी वारिपारि रहेका यी क्षेत्र जिल्ला र स्थानीय तह मात्र नभई फरक–फरक प्रदेशमा विभाजित छन्। , 'लिफ्टिङ' गरेर रामपुरतर्फ पानी ल्याइँदै
सरिशा अछामी न्युरोड, ठमेल र बसन्तपुर क्षेत्रमा माग्नका लागि बालबालिका तथा वृद्धवृद्धालाई ल्याएर छोड्ने समूहको खोजी थालिएको छ।, पर्यटक आउने सिजनमा ती क्षेत्रका सडकमा माग्नेहरूको संख्या ह्वात्तै बढेपछि सरोकारवालाहरू बालबालिका तथा वृद्धवृद्धालाई सडकमा ल्याएर माग्न लगाउन समूहको खोजीमा लागेका हुन्।  , दुई/तीन महिनायता ठमेल क्षेत्रमा माग्न बस्नेको संख्या ह्वात्तै बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए। , ‘अहिले धेरै पर्यटक आउने सिजन हो। पर्यटक बढेसँगै माग्ने बालबालिका बढे,’ शर्माले भने, ‘उनीहरू आफैं यहाँ आएका होइनन्, कसैले ल्याएर छोडिदिने गरेका छन्।ʼ, अहिले ठमेल क्षेत्रमा दैनिक ४०/५० जना बालबालिका मागिरहेको अवस्थामा भेटिन्छन्। तीमध्ये १०/१५ जना शारीरिक अपांगता भएका छन्। उनीहरूलाई ठमेलका विभिन्न ठाउँमा ल्याएर छोडिदने र साँझ लिएर जाने गरेको अध्यक्ष शर्मा बताउँछन्।, ‘ल्याउने र छोड्ने गरेको व्यवसायीले नै देखेपछि परिषद्ले खोजी कार्य सुरू गरेको थियो। तर, ती मान्छे भेट्न सकेका छैनौं,ʼ उनले भने। , ठमेल आसपासमा माग्ने धेरै भारतीय नागरिक छन्। नेपाली एक/दुई जनामात्र छन्। , शर्माका अनुसार कतिपय भारतीय नागरिकले आफ्ना छोराछोरीलाई माग्न लगाउने गरेको छन्। बा-आमा छोराछोरीको वरिपरि बस्ने र पर्यटक देख्नसाथ पछि लाग्न पठाउने गरेको देखिएको छ। अपांगता भएका व्यक्तिलाई भने कुनै समूहले बिहान ठमेल ल्याएर छोडिदिने र साँझ लैजाने गरेको छ।, ‘दैनिक फरक-फरक ठाउँमा ल्याएर छोडिदने गरेको सूचना छ,ʼ शर्माले भने, ‘यहाँ ल्याएर छोडिदिने व्यक्तिलाई  पहिचान गर्न सकिएको छैन।ʼ, सडकमा भेटिने बालबालिकालाई सोधपुछ गर्दा उनीहरू आफ्नाबारे खुलाउन चाहँदैनन्। सडकमा मागेकै कारण प्रहरीले नियन्त्रणमा लिन मिल्दैन।, त्यसैले ती बालबालिकालाई व्यवस्थापन गर्न काठमाडौं नगर प्रहरी र ठमेल पर्यटक प्रहरीलाई पत्राचार गरिएको छ।, माग्नकै लागि पर्यटकीय नगरमा बालबालिका प्रयोग गर्न नहुने शर्माको भनाइ छ।, बालबालिका पर्यटकको खुट्टामा झुन्डिएर पैसा माग्छन्। पछ्याइरहेपछि पर्यटक झन्झट मान्छन्। उनीहरूले पछ्याउँदा पर्यटक पसलमा बस्नै नमान्ने व्यवसायीहरूको गुनासो छ।, व्यवसायीले फरक-फरक किसिमका व्यक्ति माग्न आउने गरेको अनुभव सुनाए। , कतिपय मगन्ते बिहान-बेलुका पशुपतिमा बस्ने र दिनभर ठमेलमा आउने व्यवसायी सुदर्शनप्रसाद थपलिया बताउँछन्। ‘कार चढेर आउने दिनभर माग्ने र साँझ फर्किने गर्छन्,ʼ थपलिया भन्छन्, ‘कतिपयले माग्ने पेसा बनाएका छन्।ʼ, कार चढेर माग्न आउने महिला-पुरूष हुन्। बालबालिका भने कोही आफैं आउँछन् भने कतिलाई कसैले ल्याएर छोडिदिएको हुन्छन्। उनीहरूले आफ्नो बारेमा केही भन्दैनन्। सिकाएरै पठाएको जस्तो व्यवहार गर्छन्।  , उनले ठमेलमा व्यवसाय सुरू गरेको तीन दशक भयो। दुई /तीन महिना यता धेरै मगन्ते बढेको महशुस गरेका छन्। आर्थिक अवस्था कमजोर भएर माग्न आएको जस्तो देखिदैन। , कोरोना अवधिमा सुनसान थियो। सडकमा माग्ने बालबालिका भेटिदैन थिए। अहिले पर्यटकको चहलपहल बढेसँगै उनीहरूको संख्या बढेको छ।, ठमेलमा माग्ने बालबालिकामध्ये अधिकांश पुरानै व्यक्ति फेरि देखिन थालेको नेपाली टि सपका सञ्चालक श्याम श्रेष्ठ बताउँछन्।, ‘अहिले पुरानै अवस्थामा फर्किएको छ। कोभिडपछि हराएका बालबालिका फेरि देखिन थालेका हुन्,ʼ उनले भने, ‘विगतका एक/दुई वर्ष खासै देखा परेका थिएनन्।ʼ, पर्यटक प्रहरीले परिषद्को गुनासोपछि बालबालिकालाई माग्न लगाउने समूहको खोजी गरे पनि पक्राउ गर्न सकेको छैन।, पर्यटक प्रहरीका अनुसार एक साताअघिमात्र एक वृद्ध ह्विलचियर गुडाउँदै ठमेलमा घुमिरहेका थिए। ती व्यक्तिले पर्यटकसँग दिनभर पैसा मागे। पर्यटक प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। , उनी वीर अस्पतालमा उपचार गरिरहेका बिरामी रहेछन्। उनलाई आफन्तले दैनिक ठमेलमा ल्याएर छोडिदने र साँझ लगिदिने गरेको पाइयो। यस्ता व्यक्तिलाई पर्यटक प्रहरीले पक्राउ गर्न मिल्दैन। परिचालन गर्ने व्यक्तिलाई नभेटिएको पर्यटक प्रहरीको भनाइ छ। , यता नगर प्रहरीले भने ठमेलमा माग्नेहरूलाई पक्राउ गर्नभन्दा पनि ती बालबालिकालाई दीर्घकालिन व्यवस्थापन गर्न जोड दिएको छ। , माग्नेहरू बढेको खबर पाएसँगै विभिन्न आश्रमसँग छलफल अगाडि बढाइएको छ। ‘काठमाडौंलाई माग्नेरहित बनाउने अभियान चलिरहेको छ। त्यसैले ठमेलमा माग्ने बालबालिकालाई व्यवस्थापन गर्न पहल भइरहेको हो,ʼ काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डे भन्छन्, ‘परिषद्ले माग्ने बालबालिकालाई व्यवस्थापन गर्न पटक-पटक आग्रह गरिरहेको छ। त्यसलाई ध्यानमा राखेर काम भइरहेको छ।ʼ, पाण्डेका अनुसार अहिले उपत्यकाको मानव आश्रममा क्षमताभन्दा बढी बालबालिका छन्। त्यहीकारण तत्काल उनीहरूलाई व्यवस्थापन गर्न नसकिएको बताउँछन्।, ‘काठमाडौं उपत्यकालाई माग्नेरहित बनाउने भने पनि स्रोत र साधन अभाव भएकाले पुरा हुन सकेको छैन,ʼ उनले भने। , ठमेलका सडकमा माग्नेलाई ल्याएर छोड्ने समूहको खोजी गरिँदै
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट नेपाली कांग्रेसका नेता महेश्वर भट्टको मृत्यु भएको छ। , भिमदत्त नगरपालिका–१८ का विरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार ६८ वर्षीय भट्टको मृत्यु भएको  प्रहरीले जनाएको हो। , गोबरैया बस्ने कांग्रेस क्षेत्रीय प्रतिनिधि भट्टको उपचारका क्रममा धनगढीको एक अस्पतालमा मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार हार्डवेयरको पसल व्यवसाय गर्ने भट्ट घर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।, कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट कांग्रेस नेता महेश्वर भट्टको मृत्यु
सेतोपाटी संवाददाता धादिङको गणेशखोला पुलको मुखमा* भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।, सोमबार अपरान्ह ४ बजे पुलको मुख भासिएर खाडल परेको जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले सेतोपाटीलाई जानकारी दिए।, धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलको मुखमा भ्वाङ परेको हो।, पुलको मुखमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध भएको छ। वर्षापछि पुलको मुखमा भ्वाङ परेको हो। , ‘दुई पाङ्ग्रे सवारी आवतजावत गर्न सक्छ तर अहिले रोकेका छौं,’ उनले भने, ‘वर्षा रोकिएपछि दुई पाङ्ग्रे सवारी जान सम्भव हुन्छ।’ , प्रहरीले वैकल्पिक बाटो खुलाउन स्थानीय तह र सडक विभागसँग पनि समन्वय गरिरहेको छ।, *यसअघि अन्यथा परेकाले सच्याइएको, गणेशखोला पुलको मुखमा भ्वाङ पर्‍यो, पृथ्वी राजमार्ग अवरूद्ध
सेतोपाटी संवाददाता कञ्चनपुरमा अचेत अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ।, आइतबार भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा अन्दाजी ५५ वर्षीय पुरूष अचेत अवस्थामा फेला परेका थिए।, प्रहरीका अनुसार उक्त पुरूष गहुँ गोरो, उचाइ ५ दशमलव २ फिटका छन्। उनले कालो पाइन्ट, खैरो सर्ट, कालो कलरको हाइनेक, नीलो कलरको आस्कोट, टाउकोमा ढाका टोपी लगाएका छन्।, पातलो शरीर कपाल र दाह्रीजुंगा फुलेको पुरूष अचेत अवस्थामा फेला परेकोमा महाकाली प्रादेशिक अस्पताल उपचारका लागि पठाइएकोमा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।  , मृत्यु  भएका पुरूषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।, कञ्चनपुरमा अचेत फेला परेका पुरूषको मृत्यु
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले सीमा स्तम्भको मर्मत सम्भार गर्ने तयारी थालेको छ। , सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा २०७९ सालमा भएका कार्यप्रगति तथा भावी योजनाबारे सार्वजनिक गरेको हो।, सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भको मर्मत सम्भार गर्ने जिम्मा सशस्त्र प्रहरीले पाएको बताए। जसको लागि सशस्त्र प्रहरीले कार्यविधि बनाइरहेको छ। , ‘सीमा स्तम्भको मर्मत सम्भार र पुनर्स्थापना सम्बन्धी कार्यविधि, २०७९’ तयार भइरहेको हो।, यसरी मर्मत सम्भार गर्नको लागि सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरिने एसएसपी खड्काले बताए। , एसएसबीले मात्रै ६२७ वटा पिलर मर्मत, रंगरोगन गरेको पनि उनले जानकारी दिए।, यता कार्यविधि बनेलगत्तै स्तम्भहरूको पहिचान गरी मर्मत तथा रंगरोगन गरिने उनले बताए। , सशस्त्र प्रहरी बलले सीमा सुरक्षा सहजीकरण समितिको कार्यविधि, २०७९ पनि बनिरहेको छ। , यसैगरी सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका १९ स्थानमा रहेका संरचनाहरू पनि भत्काएको एसएसपी खड्काले बताए। , ‘१९ स्थानमा भएका १६६ वटा टहराहरू हटाएका छौं। निर्माण गर्न लागेका अन्य १९ वटा भौतिक संरचनामा रोक लगायौं,’ उनले भने, ‘१० स्थानमा ५९.८५ किलोमिटर खेतीपाती पनि हटाइएको थियो।’, करिब २४ किलोमिटर दशगजा क्षेत्र पनि सरसफाइ गरिएको छ। , सशस्त्र प्रहरी बलले सीमा सुरक्षा विभागको पनि स्थापना गरेको जानकारी दिएको छ। , यस्तै सीमा क्षेत्र विकास कार्यक्रमहरू पनि आयोजना गर्ने भावी योजना रहेको एसएसपी खड्काले बताए।, ‘सीमा क्षेत्रमा बसोबास गर्ने समुदायलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू गर्ने तयारी छ। जसले त्यहाँका बासिन्दालाई उकास्न मद्दत गर्नेछ,’ उनले भने। , सशस्त्र प्रहरीको भावी योजनामा रेल्वे सुरक्षाको लागि गुल्म स्थापना गर्ने, डिजिटल बोर्डर कन्सेप्टको कार्यान्वयन गर्ने, विपद् व्यवस्थापनको लागि इन्टरनेशनल सर्च एन्ड रेस्क्यु एड्भाइजरी ग्रुपबाट मान्यता प्राप्त खोजतसाल एवं उद्धार टोली तयार गर्ने, आवास कर्जा, चारपाङ्ग्रे सवारी कर्जा दिने लगायतका योजना छन्। , यसैगरी सबै प्रदेशमा एपिएफ स्कुल विस्तार गर्ने, अस्पतालको स्तरोन्नति गरी बेड क्षमता बृद्धि गर्ने, अस्पतालका आर्थिक कारोबारहरूलाई सफ्टवेयरमार्फत निगरानी गर्ने, नेपाल एपिएफ अस्पताल मार्फत प्रसुति सेवा तथा डायल्यासिस सेवा सुरूवात गर्ने, अस्पतालमा एचए, नर्सिङ र ल्याब टेक्निसियनका कार्यक्रमहरू संचालन गर्ने पनि सशस्त्र प्रहरीको तयारी छ। , उत्कृष्ट काम गर्ने कर्मचारीलाई १० हजार भत्तासहितको पारिवारिक भ्रमण व्यवस्था गर्ने पनि आफ्नो योजनामा समावेश गरेको छ। , यस्तै सशस्त्र प्रहरी कर्मचारीहरूले कूटनीतिक नियोग तथा विभिन्न नेतृत्वसँग भेटघाट गर्न स्वीकृति लिनुपर्ने पनि आदेश जारी गरेको छ। , सशस्त्र प्रहरी सादा पोशाकमा नखटाइने, सशस्त्र प्रहरीले सादा पोशाकमा कर्मचारीहरू नखटाउने भएको छ। , सादा पोशाकमा सशस्त्र प्रहरीलाई खटाउँदा धेरै गुनासोहरू आएपछि यसमा रोक लगाउनुपरेको एसएसपी खड्का बताउँछन्। , ‘यसरी खटाउँदा केही सूचनाहरू त आउँछन्। तर धेरै गुनासोहरू आए। सादा पोशाकमा हिँड्दा कर्मचारीहरू के गरिरहेका छन् भन्ने पनि थाहै नहुने,’ उनले भने, ‘त्यसैले हामीले सबै युनिटहरूमा परिपत्र गरेका छौं।’, यद्यपि अत्यावश्यक भएमा भने युनिटका कमान्डरको अनुमतिमा खटाइने उनले बताए। , सीमा स्तम्भ मर्मत-सम्भार गर्न सशस्त्र प्रहरीले कार्यविधि बनाउँदै
सेतोपाटी संवाददाता धादिङको गणेशखोलामा रहेको पुलको मुख भासिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।, सोमबार अपरान्ह ४ बजे पुलको मुखमै जमिन भासिएपछि अहिले सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले सेतोपाटीलाई जानकारी दिए।, पुलको मुखमा जमिन भासिएपछि अहिले उक्त ठाउँमा भर्ने काम भइरहेको छ।, नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियर जयराम अधिकारीका अनुसार पुलको संरचनामा कुनै क्षति भएको छैन।, ‘पुलको संरचनामा क्षति भएको छैन। मुखमा जमिन भासिएको हो। हामी अहिले त्यो ठाउँलाई ग्याबिन लगाएर पुर्न लागिरहेका छौं,’ अधिकारीले भने,‘तीन/चार घन्टामा एकतर्फी सडक सञ्चालन गर्ने गरी काम भइरहेको छ।’, भासिएको ठाउँ पुरेपछि एकतर्फी सवारी चलाउन सकिने उनले बताए।, ‘त्यसपछि दुईतर्फी सवारी चलाउन के गर्नुपर्छ हामी हेर्दैछौं,’ उनले भने।, पुलको मुखमा जमिन भासिएपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग कहिले खुल्छ?
सेतोपाटी संवाददाता काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासले आफ्ना नागरिकले पहिलो पटक सगरमाथा चुमेको ६० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइरहेको छ।, सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन सोमबार सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुगेका छन्।, खुम्बुमा उनले हिमाल आरोहणसम्बन्धी विभिन्न क्षेत्रका मानिसहरूसँग कुराकानी गरेका छन्।, स्थानीय शेर्पा समुदाय, पर्यटन व्यवसायी र ट्रेकिङ गाइडसँग राजदूत थम्प्सनले जलवायु परिवर्तनको असर, पर्यटन र व्यापारलगायत विषयमा छलफल गरेका छन्।, सन् १९६३ मे १ मा अमेरिकाका जिम ह्वाइटेकरले सगरमाथा आरोहण गरेका थिए। उनी सगरमाथा चढ्ने पहिलो अमेरिकी आरोही हुन्।, उनले सगरमाथा चढेको ६० औं वर्ष पूरा भएको उपलक्ष्य दूतावासले ह्वाइटेकरको भिडिओ सार्वजनिक गरेको छ।, उक्त भिडिओमा उनले आज राजदूतसँगै आफू पनि खुम्बु क्षेत्रमा पुग्ने चाहना भए पनि नसकिएको बताएका छन्।  , अमेरिकीले पहिलो पटक सगरमाथा चढेको ६० औं वार्षिकोत्सव मनाउन खुम्बु पुगे राजदूत
सेतोपाटी संवाददाता बैतडीमा एक किशोर मृत फेला परेका छन्।, सुर्नया गाउँपालिका–६ मोतीनगरमा १९ वर्षीय लक्ष्मण कुँवर मृत फेला परेको प्रहरीले जनाएको छ।, सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका कुँवर मोतीनगरमा पसल सञ्चालन गर्दै आएका थिए। उनी सोही पसलभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, बैतडीमा एक किशोर मृत फेला
सेतोपाटी संवाददाता मिटरब्याज पीडितले आफ्नो ६ बुँदे माग सम्बोधन नभएसम्म गाउँ नफर्किने बताएका छन्। उनीहरू चैत १९ गतेदेखि रत्नपार्क शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका छन्।, उनीहरूले सोमबार पनि शान्तिवाटिका वरिपरि शान्तिपूर्ण आन्दोलन गरेका छन्। , आफ्नो माग पूरा नभएसम्म पीडित काठमाडौंमा आन्दोलन गरिरहने मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवदेश कुसुवाहाले बताए।, उनीहरूले मिटरब्याजी पीडितका उजुरी खारेज हुनुपर्ने, ऋणभन्दा धेरै तिरेको पैसा फिर्ता पाउनुपर्ने, दृष्टिबन्धक राखेको कागजात फिर्ता पाउनुपर्ने र मिटरब्याजी साहुका कारण आत्महत्या गरेका व्यक्तिहरूको छानबिन गर्नुपर्ने माग राखेका छन्। यी कुरामा सरकारले ध्यान नदिइ तथ्यांक संकलन गर्नमात्र लागेको अध्यक्ष कुसुवाहाले जानकारी दिए।  , सरकारसँग पटक-पटक वार्ता भए पनि माग अनुसार कार्यविधि नबनेको अध्यक्ष कुसुवाहाले बताए।, ‘मिटरब्याजी पीडितका तथ्यांक संकलन गर्न आयोग गठन गरिएको हो। समस्यासहितको तथ्यांक पहिला नै सार्वजनिक भइसकेको छ,ʼ उनले भने।   , पीडितको तथ्यांक संकलन गर्ने काम मात्र भएको भन्दै पीडितका समस्यालाई न्यूनीकरण गर्ने कार्यविधि बन्न नसकेको उनले बताए। , ‘अहिलेसम्म दुई/तीन पटक प्रतिवेदन बुझाइएको छ। पीडितलाई झुक्काउने काम मात्र भयो,ʼ उनले भने, ‘अब सरकारले पीडितका समस्या समाधान गर्ने कार्यविधि नबनाएसम्म पीडित पछि हट्दैनन्।ʼ, (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले जनकपुरधाममा आइतबारदेखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।, कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूको निवेदन आह्वान गरिएको छ।, निवेदन आजदेखि वैशाख ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको छ।, मिटरब्याज पीडितहरूले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन्। प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ। सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ। निवेदन फारम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने प्रबन्ध गरिएको छ।, ६ बुँदे माग सम्बोधन नभएसम्म मिटरब्याज पीडित गाउँ नफर्किने
सेतोपाटी संवाददाता काठमाडौंको कपनस्थित सरस्वती नगरमा हत्या गरिएको निरा आचार्यको अन्त्येष्टि भएको छ। , सोमबार मृतक परिवारले शव बुझेर अन्त्येष्टि गरेको हो।, उनको वैशाख ७ गते दिउँसो आफ्नै पसल निरू किचेनभित्र हत्या भएको थियो। यस घटनामा प्रहरीले अनुसन्धान गरी आरोपितलाई आइतबार सार्वजनिक गरेको थियो। , आरोपित व्यक्ति सार्वजनिक गरेसँगै मृतक परिवारले शव बुझेका हुन्। , प्रहरीले झापाबाट विनोद विश्वकर्मालाई पक्राउ गरेको हो। शनिबार राति १० बजे बिर्तामोडबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो।, उनले आफैंले हत्या गरेको स्वीकारिसकेका छन्। लुटपाटको योजनासहित गएका उनले लुट्नेक्रममा निराले प्रतिवाद गर्दा हत्या गरेको बताएका छन्। , सम्बन्धित समाचारहरू: ,सुनको सिक्रीमा विनोद लोभिएपछि भएको निराको हत्या, निराको हत्यापछि ६ दिन काठमाडौंमै बसेर झापा गएका थिए विनोद, निरा आचार्य हत्या आरोपमा झापाबाट पक्राउ परेका विनोदलाई काठमाडौं ल्याइँदै , निरा आचार्यको हत्या आरोपमा एक जना पक्राउ, कपनमा मारिएकी निराका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन (तस्बिरहरू), कपनमा दिनदहाडै निराको हत्या, प्रहरीले एक सातासम्म पाएन क्लू, कपनको हत्याकाण्डबारे अनुसन्धान गर्न एआइजीको नेतृत्वमा ११ सदस्यीय छानबिन समिति गठन, कपनमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु, निरा आचार्यको गरियो अन्त्येष्टि
सेतोपाटी संवाददाता पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा बदली रहने छ।, जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगायत थोरै स्थान र अन्य पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।, महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलकाअनुसार यो क्रम दुई-तीन दिन अझै लम्बिनेछ।, ‘तीन–चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै केही दिन रहनेछ,’ उनले सेतोपाटीसँग भने,‘ठूलो पानी परेर भेलबाढी आउने खतरा त छैन तर देशका विभिन्न भागमा हल्का वर्षा भने भइरहने छ।’, मंगलबार दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।, त्यस्तै ती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ ।  ,  , यस्तो छ आज दिनभर मौसमको अवस्था
रासस काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ।, प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरूविरुद्ध जाहेरी दर्ता गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। जाहेरी दर्तापछि सोमबार बिदा परेकाले पक्राउको अनुमति लिन नपाइएको र मङ्गलबार अदालतबाट पक्राउ अनुमति लिइने प्रहरीले तयारी गरेको छ।, स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। कोशी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ। उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ।, बोहराटारमा नर्स मृत्यु प्रकरण: डाक्टर ढकालका बुबाविरूद्ध पनि आत्महत्या दुरुत्साहनमा जाहेरी
सेतोपाटी संवाददाता धादिङको गणेशखोलामा रहेको पुलको मुखनिर जमिन भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा समय लाग्ने भएको छ।, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको बताए।, १६ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। काठमाडौं आउने सवारी साधनले गल्छी-नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन राजपथबाट हेटौंडातिर गएका छन्।, ‘ठूला बस र ट्रकहरू रोकिएका छन्,’ जैसवालले भने।, बाटो मर्मतको काम नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डले गरिरहेको छ।, योजनाका इन्जिनियर जयराम अधिकारीका अनुसार भत्किएको ठाउँमा पाँच तह जाली बिछ्याएर सकिएको छ।, ‘पहिला हामीले फिलिङमात्रै गरेर गाडी चलाउन सकिन्छ कि भन्ने ठानेका थियौं, त्यसरी सम्भव नहुने देखिएपछि ग्याबिन गर्न थालेका छौ,’ उनले भने, ‘अब काम अन्तिम चरणमा पुगिसक्यो। केही समयमै एकतर्फी बाटो खुल्छ।’,  , हिजोदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा लाग्ने
रासस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको छ।, बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।, बुढाथोकीको मृत्युपछि अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवतजावत ठप्प रहेको छ।, सो क्षेत्र भई आवातजावत गर्ने सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ।, काभ्रेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, आफन्तले गरे अरनिको राजमार्ग बन्द
रासस दाङका सबै पालिकाले बनाएका  स्वास्थ्य नीति कार्यान्वयनमा आउन सकेका छैनन्। जिल्लाका १० वटै स्थानीय तहले संघीयता लागू भएसँगै पहिलोपटक जनप्रतितिनिधि निर्वाचित भएकोे बेला नै सो नीति बनाएका थिए। , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार काम गर्नुपर्ने भएकाले स्थानीय तहले ल्याएका स्वास्थ्य नीति प्रभावकारी कार्यान्वयनमा आउन नसकेका जनाइएको छ। , ‘सङ्घीय मन्त्रालयले बनाएको कानुनमा टेकेर प्रदेश र स्थानीय तहले कानुन बनाउनुपर्छ। पहिले स्थानीय तहले बनाएको र पछि सङ्घले मापदण्ड संशोधन गरेकाले हामीले बनाएका कानुन अहिले काम लाग्ने अवस्थामा छैनन्’, तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले भने।, सङ्घले बनाएको मापदण्डअनुसार स्थानीय तहले १५ श्ययासम्मको अस्पताललाई अनुमति दिने र अनुगमन गर्ने जिम्मा छ। तर लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति नियमावली, २०७७ को दफा ८ को उपदफा २ अनुसार स्वास्थ्य क्लिनिक, निदान केन्द्र, प्रयोगशाला वा रेडियो इमेजिङ सेवा तथा पोलिक्लिनिक स्थापना तथा सञ्चालन अनुमति प्रदेश सरकारले दिने कुरा उल्लेख छ ।, यो कुरा सङ्घसँग बाझिएकाले पनि स्थानीय सरकारको स्वास्थ्य नीतिअनुरुप काम गर्न समस्या भएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए। , ‘सङ्घले बनाएको कानुनमा प्रदेश सरकारको कानुन बाझिएको छ’, उनले भने, ‘त्यसले गर्दा पनि हामीले बनाएका नीतिअनुरुप हामीले काम गर्न सकेका छैनौँ।’, सङ्घले बनाएको ऐनमा नबाझिने गरी प्रदेशले कानुन बनाएमा सोहीअनुसार स्थानीय तहले कानुन संशोधन गरेर कार्यान्वयन गर्न सकिने दङ्गीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले बताए।, स्थानीय स्वास्थ्य नीति नहुँदा स्वास्थ्य संस्था तथा अनुगमन गर्न समस्या हुने गरेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताए । “माथिबाट कागजात पुर्‍याएर आएमा हामीले दर्ता त गर्ने गरेका छौँ’, उनले भने ‘तर हामी आफैँलाई कागजात हेर्ने अधिकार पनि छैन, अनुगमनको अधिकार पनि छैन ।’, स्वास्थ्य संस्था अनुगमनको अधिकार नहुँदा स्वास्थ्य संस्थाहरू मनोमानी ढङ्गले चलिरहेका छन्। कोही दर्ता नभएर चलिरहेका छन् भने कोही नवीकरण छैनन्। केही स्वास्थ्य संस्थामा फार्माशिष्टबिना नै औषधि वितरण गरिरहेका छन्। स्वास्थ्य संस्थाका भवन पनि मापदण्डअनुसार छैनन्।, अस्पतालका धेरै भवन भूकम्प प्रतिरोधी छैनन्। पोलिक्लिनिकहरूले बेड सञ्चालन गर्न पाउँदैनन्, तर पोलिक्लिनिकहरूले बेड सञ्चालान गरेर उपचार गरिरहेका छन्। यसको अनुगमन गर्न औषधि व्यवस्था विभागले वर्षमा एकपटक वा दुईपटक मात्रै अनुगमन गर्ने गरेको छ ।, त्यतिले मात्रै नपुग्ने भएकाले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनका लागि स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए। , अनुगमनका लागि सरकारले कर्मचारी खटाउनुपर्छ। अहिले स्थानीय तहको स्वास्थ्य शाखामा अहेब, अनमी र एक जनन कार्यालय सहयोगीको व्यवस्था गरेको छ।, यसमा पनि सैद्धान्तिक बेरुजु देखाउने गरेको छ। ‘नीतिमा अहेब, अनमी र एक जना कार्यालय सहयोगी भनेको छ, त्यो पनि दरबन्दी सिर्जना भएको छैन’, गढवाका स्वास्थ्य शाखा प्रमुख चौधरीले भने, ‘त्यसले गर्दा पनि सैद्धान्तिक बेरुजु देखाउने गरेको छ ।’ , स्वास्थ्यमा तीन तहको सरकारको समन्वयकारी भूमिका नहुँदा यसलाई मापदण्डमा ल्याउन पनि समस्या हुने गरेको छ।, पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्
रासस चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन्।, सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो।, केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको छ।, यस वर्ष जन्मिएका घडियाल गोहीहरू वयस्क भएपछि प्राकृतिक बासस्थानमा छाडिने निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए। तिवारीका अनुसार हाल प्रजनन केन्द्रमा साना–ठूला सबै गरी छ सय ४०  घडियाल छन्।, ‘निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका वयस्क घडियाललाई सन् १९८१ बाट देशका विभिन्न नदीमा लगेर छाड्ने गरिएको छ’, उनले भने, ‘अहिले प्रजनन केन्द्रमा तीन सय सात नयाँ जन्मिएका, ७२ एक वर्ष उमेर समूहका, एक सय ८७ किशोरावस्थाका, ४१ उपवयस्क र ३३ वयस्क घडियाल रहेका छन्।’, यस केन्द्रमा हुर्किएका घडियाललाई निकुञ्जले बर्सेनि राप्ती, नारायणी नदीमा छाड्ने गरेको छ। प्रजनन केन्द्रमा हुर्किएका घडियालहरू निकुञ्जले हालसम्म देशका अन्य नदीहरू सप्तकोशी, बबई, कर्णाली र कालीगण्डकीमा लगेर प्राकृतिक बासस्थानमा छाडिसकेको अधिकृत तिवारीले बताए।,  , उनकाअनुसार १९८१ बाट हालसम्म एक हजार आठ सय ५२ घडियाललाई प्रजनन केन्द्रमा हुर्काइएर प्राकृतिक बासस्थानमा छाडिएको छ। , ‘प्रजनन केन्द्र स्थापनापछि हालसम्म राप्तीमा एक हजार एक सय ३२, नारायणीमा चार सय १९, सप्तकोशीमा एक सय १५, बबईमा एक सय १०, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा घडियाल छाडिएको छ,’ उनले भने, ‘अहिले कालीगण्डकी नदीमा घडियाल भेटिएको छैन । सप्तकोशीमा गत वर्ष केही घडियाल देखिएको थियो भने अन्य नदीमा घडियाल सहजै देख्न सकिन्छ ।’ , प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिएको गोहीमध्ये थोरैमात्रै जीवित रहने गरेको पाइएको छ।, ‘राप्तीमा छाडिएका गोहीहरूको बाँच्ने प्रतिशत अलि बढी छ,’ उनले भने, ‘अन्य नदीमा छाडिएका गोही हराउने गरेका छन्, केही नदीहरू बग्दै भारततर्फ जाने गरेका छन् भने केही गोही विभिन्न कारणले मर्ने गरेका छन्।’ नारायणीबाट बग्दै भारततर्फ गएको गोहीहरू नवलपुरको त्रिवेणीस्थित भैसालोटन पुलबाट नेपालतर्फ फर्किन नसक्ने अधिकृत तिवारीले बताए । , ‘नदी प्रणालीमा रहेका गोही पनि बोटेहरूले माछा मार्न प्रयोग गर्ने तियारी जालमा अल्झिएर मर्ने गरेका छन्,’ उनले भने, ‘हामीले तियारी जाल प्रयोग गरेर नदीमा माछा मार्न प्रतिबन्ध लगाएका छौँ । तर लुकीछिपी तियारी जाल प्रयोग हुँदा सङ्कटापन्न अवस्थामा रहेका गोही त्यो जालमा जेलिएर मर्ने गरेका छन् ।’, निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियाललाई उद्धार गर्ने गरेका छन्। प्राकृतिक बासस्थानमा जोखिमयुक्त अवस्थामा रहेका घडियालका अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लगेर बच्चा जन्माउने गरिएको छ।, प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही
रासस नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ। अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो। समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको मोहरेडाँडामा पानीको स्रोत छैन। हिउँदमा हिउँ, बर्खामा बलेसीबाट प्लाष्टिकको ड्रममा सङ्कलन गरेर पानीको जोहो गरिएको मोहरेडाँडा सामुदायिक लजका व्यवस्थापक नवीन पुन बताउँछन्।, ‘लजबाट करिब छ सय मिटर तल जङ्गलको खोल्सामा रहेको सानो मूलमा दुईवटा एक–एक हजार लिटर क्षमताका ड्रममा पानी जम्मा गरी मोटरले पानी तान्ने गरिएकामा सोलार पावर नपुग्दा मोटरले पानी पम्प गर्न छाडेको छ’, उनी भन्छन्, ‘पम्पिङ सिस्टम बिग्रिएको, आकाशे वर्षा नभएको र हिउँ नपरेको अवस्थामा खच्चरबाट पानी बोकाएर ल्याउने गरिएको छ।’, एउटा मुहानबाट एक दिनमा करिब पाँच सय लिटर पानी सङ्कलन हुन्छ। सङ्कलन नभएको पानी सोलार पम्पिङ प्रविधिबाट प्रयोग गरिँदै आएको थियो । अर्को मुहान केही तल भिर जराको खोल्सामा छ। यो मुहान अलि ठूलो छ । खानेपानीको अभाव पूरा गर्न पुस–माघमा एक हजार लिटरका २० वटा ड्रममा हिउँ जम्मा गरी पगाल्दै खुवाउने गरेकामा यसपालि हिउँ परेन।, असोज–कात्तिकको सिजनमा पानी अभाव पूरा गर्न बर्खायामको बलेसी पानी ड्रममा जम्मा गर्ने गरिएको छ। सङ्कलन गरिएको पानीलाई क्लोरिनबाट निर्मलीकरण गरेर खाने/खुवाउने गरिएको छ। , सामाजिक अभियन्ता महावीर पुनको अगुवाइमा १३ वर्षअघि गलेश्वर–बाँसखर्क–नागी–महरे–डाँडाखर्क–स्वाता–खोप्रासम्मको १४ दिन लामो अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्या पदमार्ग सञ्चालनमा ल्याइएको थियो । सडकका कारण अन्नपूर्ण चक्रीय पदमार्ग छोटिएपछि मोहरेडाँडामा पर्यटकको चाप बढेको छ।, याममा दैनिक ४०–५० देखि ८० जनाको हाराहारीमा पर्यटक आउने गरेका लजका कर्मचारी पुर्ख पुर्जाले बताए। मोहरेडाँडाबाट  सिस्ने, गुर्जा, धवलागिरि अन्नपूर्ण, माछापुच्छे्र, मनास्लु हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको मनोरम दृश्यावलोकन, जङ्गल सफारी गर्न सकिन्छ।,  , फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो। , नजिकै बस्ती नभएकाले पाहुनाको खाने–बस्ने सुविधाका लागि मोहरेडाँडामा समुदायले ८० जना क्षमताको सामुदायिक लज सञ्चालन गरेका छन्। नेपालको एक सयवटा पर्यटकीय गन्तव्यमा सूचीकृत भएको मोहरेडाँडामा लजको क्षमता बढाएसँगै दैनिक एक सय जनाभन्दा बढी बास बास्न सक्ने भएको अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए। , चारैतिर घना गुराँसको जङ्गल बीचको पहाडको टाकुरामा अवस्थित मोहरेडाँडमा राम्चेबाट केन्द्रीय लाइनको विद्युत् विस्तार गरेर लिफ्ट प्रविधिबाट खानेपानी व्यवस्थापन गर्न पहल गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।, मोहरेडाँडामा खानेपानीको हाहाकार
सेतोपाटी संवाददाता सोमबार वर्षाका कारण हुन नसकेको एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईविरूद्धको फाइनल खेल आज पनि वर्षाले प्रभावित हुने देखिएको छ।, आजको खेल बिहान ९ बजेदेखि  त्रिवि  क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ।  सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। , आज ९ बजे यहि स्थितिबाट खेल सुरू हुन लागेको छ।, मौसमविद्हरूले मध्यान्ह १२ बजेतिर पानी पर्न सक्ने बताएका छन्। , मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलले काठमाडौं उपत्यकामा १२ बजेपछि छिटपुट पानी पर्ने बताए।   , ‘काठमाडौं उपत्यकामा आज दिनभरि नै मौसम बदली रहने छ। मध्यान्हपछि छिटपुट वर्षाको सम्भावना छ। दिउँसो दुई/तीन बजेतिर हल्का वर्षाको सम्भावना छ,’ पौडेलले भने। , उनका अनुसार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगात थोरै स्थान र अन्य पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ। यो क्रम दुई–तीन दिन अझै चल्नेछ।, ‘तीन–चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै केही दिन रहनेछ,’ उनले सेतोपाटीसँग भने,‘ठूलो पानी परेर भेलबाढी आउने खतरा त छैन तर देशका विभिन्न भागमा हल्का वर्षा भने भइरहने छ।, मंगलबार दिउँसो कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। त्यस्तै ती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ।  ,  , मध्यान्हपछि काठमाडौंमा पानी पर्ने सम्भावना, आज पनि नेपाल र युएईको फाइनल प्रभावित हुन सक्ने
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन्।, शुक्रबारदेखि अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरू गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्। , उनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो? भन्ने प्रश्न गर्दै सांसदहरूले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए।, उनले अरू हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्तन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।, उनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे। उनले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताए। , उनले भने, ‘अनुसन्धान आविष्कार नवप्रवर्तन गर्ने विभाग खोइ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौं। यो अनुरोध सबै पार्टीलाई हो। अरू पार्टी पनि आएर मेरो भाषण सुनुन्। कि मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिऊन्। यो नेपालीको दर्द हो, संसदमा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेर मात्रै केही हुँदैन, बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्यूहरू चाहियो। यो सांसदको जिम्मा हो। सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन, कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन। सांसदलाई काम गरेनन् भने ढ्याँग्रो ठोक्दै लखेट्नुपर्छ।’, पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरू पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको बताए।, उनले आफूले यो आन्दोलन मनलाग्दी रूपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिवद्धता जनाएको बताए। उनले संसारमा नवप्रवर्तन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने बताए। , सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौं: महावीर पुन
रासस काठमाडौं  महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ।, उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो। गत आवको चैतसम्ममा ५ अर्ब आठ करोड ९७ लाख ८८ हजार रुपैयाँ असुल गरेको महानगर राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।  , उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो। महानगरले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको थियो। गत आवमा भने ९ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो।  , चालू आवका लागि हालसम्मको अवधिमा महानगरले सबैभन्दा बढी सम्पत्ति करबाट ७९ करोड ४३ लाख ६४ हजार रुपैयाँ प्राप्त गरेको छ। विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेको भए पनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने महानगरको राजस्व विभागको भनाइ छ। , सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा महानगरले राजस्व असुल गर्दै आएको छ। , विगतका वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने प्रमुख काफ्लेले बताए।   , यस वर्ष महानगरका लागि बाह्य अनुदान रकम कम छ। आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ। पछिल्लो समय राजस्व संकलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ। , महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरिसकेको छ। निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएको बारेको सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्छ। लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ। सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ।, काठमाडौं महानगरले उठायो ६ अर्ब बढी राजस्व