content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो। , आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन्।, सक्रिय संक्रमित तीन सय ६१ जना छन्।, यस्तै, संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसियू)मा आठ र भेन्टिलेटरमा एक जना उपचारत् छन्।,
कोरोना संक्रमणबाट एक जनाको मृत्यु |
रासस पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। , जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो। , चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मरेका अधिकांश माउ भेडा छन्। , चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन्। , जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ। , उक्त गोठमा एक सय ३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछि क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।,
पाँचथरमा चट्याङ लागेर एउटै गोठका ५४ भेडा मरे |
सेतोपाटी संवाददाता निरा आचार्यको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरी उच्च स्रोतका अनुसार निराको हत्या आरोपमा विनोद बिकलाई पक्राउ गरिएको हो।, घटना अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीले विनोदलाई केही दिनअघि नै पक्राउ गरी सोधपुछ गरिरहेको बताएका छन्।, काठमाडौंको कपन, सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।, यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।, सम्बन्धित समाचारः ,कपनमा दिनदहाडै निराको हत्या, प्रहरीले एक सातासम्म पाएन क्लू,
निरा आचार्यको हत्या आरोपमा एक जना पक्राउ |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ।, पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।, अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको उनले बताइन्।, दिउँसो आंशिकदेखि सामान्य बदली रहि पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको उनले बताइन्।, नगरकोटीका अनुसार तीन दिनसम्म पानी पर्ने र रोकिने क्रम चलिरहने सम्भावना छ। ‘प्रिमनसुन चलिरहेको छ। पानी रोकिने र पर्ने क्रम चलिरहेपनि बादल भने लागिरहन्छ,’ उनले भनिन्।, मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिनका लागि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। ,
अझै तीन दिन पानी पर्ने सम्भावना |
सेतोपाटी संवाददाता निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका विनोद बिकलाई आज काठमाडौं ल्याइँदै छ। , हिजाे दिउँसाे झापाबाट पक्राउ परेका विनोदलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ। , प्रहरीका एक उच्च अधिकारीका अनुसार पक्राउ परेका विनोद बाउन्सर हुन्। निराको हत्यामा उनको संलग्नताबारे भने खुलिसकेको छैन। , हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंमा पनि तीन जनासँग सोधपुछ गरिरहेको ती प्रहरी अधिकारीले जानकारी दिए। , सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।, यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।, सम्बन्धित समाचार: ,निरा आचार्यको हत्या आरोपमा एक जना पक्राउ, कपनमा दिनदहाडै निराको हत्या, प्रहरीले एक सातासम्म पाएन क्लू, ,
निरा आचार्य हत्या आरोपमा झापाबाट पक्राउ परेका विनोदलाई काठमाडौं ल्याइँदै |
सेतोपाटी संवाददाता सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , आइतबार बिहान काठमाडौंबाट सिन्धुलीमाढी जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाला कार सिन्धुलीको कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ नजिकै घुम्तीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। , कार चालक झापा चारपानेका ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौंको गौरीघाट बस्दै आएका ३८ वर्षीय सहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए। , गम्भीर घाइते भएका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी दाहालले बताए। , उनका अनुसार कार अनियन्त्रित भइ सडकबाट २० मिटर तल भिरमा खसेको थियो। ,
सिन्धुलीमा कार दुर्घटनाः दुईको मृत्यु, एकजना गम्भीर घाइते |
रासस शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ। , घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो। , बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। , ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ। जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ।,
चट्याङ लागेर ओखलढुङ्गामा महिलाको मृत्यु |
सेतोपाटी संवाददाता महावीर पुनको धर्नामा डा. गोविन्द केसीले ऐक्यवद्धता जनाएका छन्।, आइतबार बिहान डा. केसी धर्नास्थल माइतीघर पुगेका हुन्।, पुनले ४ बुँदे माग राखेर केही दिनदेखि धर्ना जारी राखेका छन्।, धर्नास्थल पुगेर विभिन्न राजनीतिक पार्टीका नेताहरू तथा अभियन्ताहरूले ऐक्यवद्धता जनाइरहेका छन्।, धर्नास्थलमा बोल्दै पुनले अर्थतन्त्र सुधार गर्नका लागि पनि नवप्रवर्तन आवश्यक रहेको बताए।, ‘अर्थतन्त्र सुधार्ने बीऊ हो- आविष्कार। यो बीऊ रोपेन भने अर्थतन्त्र सुध्रिदैन,’ पुनले भने, ‘जब पैसा आउने काम नै नगरेसम्म पैसा आउँदैन र अर्थतन्त्र सुध्रदैन। बीऊ भनेको अनुसन्धान हो, आविष्कार हो।’, अहिलेसम्मका प्रधानमन्त्रीले आविष्कारका क्षेत्रलाई प्राथमिकता नदिएको पुनको आरोप छ। उनले आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा एक प्रतिशत बजेट आविष्कारका क्षेत्रलाई बिनियोजन गरिनुपर्ने बताए।, यस्ता छन् पुनका माग:, १. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने।, २. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने।, ३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।, ४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।, यसअघि मंगलबार पुनले आफ्ना यी मागहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई बुझाएका थिए।,
महावीर पुनको धर्नामा पुगे डा. केसी |
नारायण खड्का जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्।, कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।, हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार बिहान करिब ११ बजेको हो।, ‘मलाई जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले कुटपिट गर्नु भयो,’ उनले भने, ‘मलाई बायाँ आँखा हेर्न गाह्रो भइरहेको छ, नाक पनि दुखिरहेको छ।’, हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन्। ‘आँखाको उपचारका लागि म नेपालगञ्ज जानुपर्ने भयो,’ उनले भने।, प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले पनि थप उपचारका लागि नेपालगञ्ज जान आग्रह गरेको उनले बताए।, शनिबार हवल्दार आरसी बिदामा थिए। उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेको पनि बताए।, ‘म साथीहरूसँग बसिरहेका बेला इन्स्पेक्टरसाबले बोलाउनुभएको छ भने असईले भन्नुभयो। म प्रहरी कार्यालय गएँ। एकाएक इन्स्पेक्टरसाबले कुट्नुभयो। मैले माफी मागे पनि उहाँले कुट्नुभयो,’ उनले भने।, बिदाको दिनमा मापसे गरेको र हो-हल्लासमेत नगरेको उनको भनाइ छ। ‘यदि मैले गल्ती नै गरेको थिएँ भने पनि मलाई सांगठानिक कारबाही गरिनुपर्थ्यो,’ उनले भने।, यो घटनाबारे बुझ्न खोज्दा प्रहरी निरीक्षक चापागाईंको मोबाइल स्वीच अफ छ।, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।, ‘कुटपिट र हातपात गर्न पाइँदैन। हामी घटनाबारे विस्तृतमा अनुसन्धान गरिरहेका छौं। दोषीलाई विभागीय कारबाही हुन्छ,’ उनले भने, ‘कानून हातमा लिने जो-कोहीलाई पनि कारबाही हुन्छ।’,
डोल्पामा इन्स्पेक्टरले कुटे हवल्दार, आँखामा गम्भीर चोट |
सेतोपाटी संवाददाता काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। , काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।, एसपी रिजालका अनुसार उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। , ‘हिजो शव फेला परेको थियो। शव उठिसकेको छैन,’ एसपी रिजालले भने। , मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन। उनीहरूबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ। , उनीहरू दुबै जना अविवाहित हुन्।, पीडितका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध थियो। सम्बन्ध बिग्रिएपछि पासो लगाएको उनले बताए। , अहिले आफूहरू प्रहरी वृत्त बालाजुमा जम्मा भएको पनि उनले बताए। ,
बोहराटारमा डाक्टरको घरमा मृत फेला परिन् वीर अस्पतालकी स्टाफ नर्स |
दिपकजंग शाही सुर्खेतको लेकवेशी नगरपालिकाले २०७९ चैत १ देखि लागु हुनेगरी आफूले सेवामा लगाएका शिक्षकहरूलाई हटाएको छ। नगरपालिकाको यो निर्णयपछि रोजगारी खोसिएका शिक्षकहरूले विरोध गरे। विरोधका बावजुद् पनि नगरपालिका आफ्नो निर्णय कार्यान्वयन गर्न बाध्य भयो।, नगरपालिकाले विद्यार्थी अनुपातमा भर्ना गरिएका स्वयंसेवक, पिसिएफ र करार सेवाका ७९ जना शिक्षकलाई सेवाबाट हटाएको हो। आन्तरिक स्रोतबाट तलब दिन नसकिने र वित्तीय समानीकरण अनुदानबाट तलब खुवाउँदा बेरूजु आउने भएपछि नगरपालिकाले आफूले भर्ना गरेका शिक्षक हटाएको हो।, दैलेखको दुल्लु नगरपालिकाले पनि यस्तै निर्णय गरेको छ। २०७९ चैत १४ गते नगर कार्यपालिकाले सामुदायिक विद्यालयहरूमा वडा तथा नगर स्तरबाट व्यवस्थापन गरिएका ६९ जना शिक्षकहरूलाई नगरपालिकाबाट तलब व्यहोर्नेगरी हाजिर नगराउने निर्णय गरेको हो। यो निर्णय २०८० वैशाख १ बाट लागू गर्ने भनिएको छ।, नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी भर्ना गरिएको त्यस्ता शिक्षकहरूलाई तलब खुवाउन नपुगेपछि कार्यपालिकाबाट यस्तो निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख विकाशजंग शाहीले बताए।, ‘नगरपालिकाले राखेका शिक्षकहरूलाई पालिकाले अनुदान उपलब्ध गराउँथ्यो, अब त्यो दिन नसकिने अवस्था आयो,’ शाखा प्रमुख शाहीले भने, ‘तर विद्यालयले आफ्नो स्रोतबाट सेवासुविधा दिएर शिक्षक व्यवस्थापन गर्न सक्छन् भने निरन्तरता दिन सक्ने कुरा छ।’, लेकवेशी र दुल्लु नगरपालिकाले गरेका यी निर्णय अहिले अत्यावश्यक ठानिएको संघीय शिक्षा ऐनसँग जोडिन्छन्। केन्द्रीकृत राज्य प्रणाली हुँदा बनेको संघीय शिक्षा ऐन, २०२८ ले संघीयतापछिको पछिल्लो परिस्थितिलाई सम्बोधन गर्दैन । संघीयतालाई सम्बोधन गर्नेगरी ऐन संशोधन न भएकै छैन।, स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ज) ले दिएको शिक्षासम्बन्धी अधिकार उपयोग गरी स्थानीय तहहरूले आफैं शिक्षक नियुक्त गरेका छन्। आन्तरिक आम्दानी न्यून भएका पालिकाले त्यस्ता शिक्षकलाई तलब खुवाउन सकेका छैनन्। वित्तीय समानीकरण अनुदानबाट तलब दिँदा महालेखा परीक्षकको कार्यालयले बेरूजु देखाईदिएको छ।, ऐन नहुँदा शिक्षा क्षेत्रमा शिक्षकको तलब बाहेकका अरू पनि थुप्रै बाधा परेको लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही बताउँछन्।, ‘कानुन नभएकै कारण अहिलेसम्म स्थानीय तहले संघबाट आएको अनुदानबाट शिक्षक, कर्मचारीलाई तलब खुवाएको रकम बेरूजु देखिएको छ,’ उनले भने, ‘यतिमात्र नभएर अहिलेसम्म पनि स्थानीय तहमा शिक्षक दरबन्दी सिर्जना गर्न सकिएको छैन, दिशानिर्देश गर्ने कानुन नै नभएपछि कसरी काम गर्ने, शिक्षाका गुरूयोजना बनाउनुपर्ने होला, तर कुन आधारमा बनाउने, यस्ता थुप्रै समस्या स्थानीय तहलाई छन्।’, दुल्लु नगरपालिकाका ५४ वटा विद्यालयका लागि १०१ वटा शिक्षक दरबन्दी अपुग छ। शिक्षा शाखा प्रमुख शाहीका अनुसार निम्न माध्यमिक तहमा ६४ वटा र माध्यमिक तहमा ३७ वटा दरबन्दी अपुग छ।, आर्थिक दायित्व स्थानीय तहले मात्र लिनेगरी शिक्षा ऐन आइहालेमा पनि नगरपालिकाले यो दरबन्दी सिर्जना गरेर धान्न सक्दैन। तर ऐन आउँदा एक खालको आधार भने बन्ने शाही बताउँछन्।, ‘हामीले यो दरबन्दी ऐनमात्र आएर पनि दरबन्दी सिर्जना गर्न सक्ने अवस्था छैन, तर ऐन बनाएर स्पष्ट रूपमा दरबन्दी सिर्जना गर्न सक्ने र स्थानीय तहबाट अपुग भएको आर्थिक दायित्व संघ वा प्रदेशले लिने कुरा उल्लेख गरियो भने सहज हुन्छ,’ उनले भने, ‘सुरूमा त ऐन आउनुपर्यो, त्यसमा स्थानीय तह अनुकुल हुनेगरी समावेश गर्नुपर्ने विषय रायसुझावका आधारमा भई नै हाल्छ।’, कर्णालीका ७९ वटा स्थानीय तहमध्ये अधिकांशले शिक्षा ऐन बनाएका छन्। तर उनीहरूले आफू अनुकुल हुनेगरी ऐन भने बनाउन पाएका छैनन्।, ‘हाम्रो पालिकामा संघीय शिक्षा ऐन नवौं संशोधनका आधारमा ऐन बनाइएको छ, छुट्टै बनाउन नपाए पनि त्यसलाई स्थानीयकरण भने गरेका छौं,’ छेडागाड नगरपालिकाका विद्यालय निरीक्षक दीपक शाहीले भने, ‘ऐनका लागि चाहिने नियमावली र केही कार्यविधि पनि बनाएर पारित गरिसकेका छौं।’, आफ्नो ऐन बनाएर कार्यान्वयनमा ल्याइसकेको छेडागाड नगरपालिकाले आवश्यकता महशुस गरिए पनि विद्यालय मर्ज गर्न सकेको छैन। विद्यालय मर्ज गर्न खोजिए पनि स्पष्ट व्यवस्था नभएकाले नसकिएको शाहीले बताए।, मुख्य ऐन नभएकाले सरकारले अगाडि सारेको अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी व्यवस्था पनि कार्यान्वयन गर्न अलमल भएको उनले बताए।,
‘आधारभूततर्फ अनिवार्य तथा नि:शुल्क र माध्यमिक तहमा नि:शुल्क शिक्षा गर्ने भनिएको छ, तर मुख्य ऐन नै नभएपछि यस्ता कुरा कार्यान्वयनमा समस्या छ,’ उनले भने, ‘विद्यालय मर्ज गर्ने, शिक्षक व्यवस्थापन गर्ने, परीक्षा प्रणाली व्यवस्थापन गर्ने जस्ता कुरामा पनि ऐन नभएपछि समस्या हुने भइहाल्यो।’, शिक्षकका लागि सञ्चालन गर्नुपर्ने पेशागत विकास तालिमलगायतका क्षमता अभिवृद्धिका तालिम स्थानीय तहबाट सञ्चालन गर्ने स्पष्ट व्यवस्थासहितको संघीय शिक्षा ऐन जारी गर्नुपर्ने विद्यालय निरीक्षक शाहीले औंल्याए।, गएको पाँच वर्षमा शिक्षा ऐन जारी गर्न नसकेको जाजरकोटको जुनीचाँदे गाउँपालिकाले यो आर्थिक वर्षभित्र पारित गर्ने योजना बनाएको छ। अघिल्लो स्थानीय सरकारले बनाएको शिक्षा ऐनको मस्यौदालाई केही परिमार्जन गरेर कार्यपालिकाबाट पारित गर्ने तयारी गरिएको जुनीचाँदेका शिक्षा शाखा प्रमुख दलबहादुर बुढाले बताए।, अहिले पुरानो संघीय शिक्षा ऐन, शिक्षा नियमावली, शिक्षक सेवा आयोग ऐनमा रहेर पालिकाभित्र शिक्षाका गतिविधि सञ्चालन गरिरहेको उनले बताए। राजनीति प्रत्यक्ष रुपमा शिक्षा क्षेत्रमा जोडिएकोले यसमा पर्ने नकारात्मक प्रभाव कम गर्न संघीयतालाई समावेश गर्ने वर्तमान शिक्षा ऐन आवश्यक रहेको उनले बताए।, ‘प्रत्यक्ष रूपमा राजनीति जोडिएको शिक्षा क्षेत्रमा ऐन नहुँदा काम गर्न निकै समस्या आइलाग्छन्,’ बुढाले भने, ‘सबैभन्दा जरूरी ठानिएको शिक्षा ऐन संघीयता कार्यान्वयनसँगै जारी भइसक्नुपर्ने हो, तर राजनीतिक अस्थिरताका कारण हुन सकेन।’, संघीय शिक्षा ऐन नआउँदा स्थानीय तहले बनाउने ऐनहरूमा एकरूपता आउन नसकेको नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष इलमबहादुर शाही बताउँछन्।, ‘स्थानीय तहले संघ र प्रदेशका ऐनसँग नबाझिनेगरी नियम बनाउनुपर्ने प्रावधान छ, तर संघमै शिक्षा ऐन नभएपछि स्थानीय तहलाई के गर्न हुने र के गर्न नहुने भन्नेमा अन्यौलता भयो,’ उनले भने, ‘स्थानीय तहले आ-आफ्नै तरिकाले ऐन बनाइरहेका छन्, ऐनमा एक रूपता नहुँदा स्थानीय तहमा शिक्षाको क्षेत्रलाई लिएर द्वन्द्व निम्तिने अवस्था पनि आएका छन्।’, कतिपय स्थानीय तहहरूमा राजनीतिक नेतृत्वका आधारमा आफूअनुकूल शिक्षक सरूवा गरेर दु:ख दिने काम भइरहेकोले यसलाई नियन्त्रण गर्न संघले तत्काल ऐन जारी गर्नुपर्ने उनले बताए।, अरू क्षेत्रमा जस्तै शिक्षा क्षेत्रको काममा सहजताका लागि संघीय ऐन अहिलेको समयमा अत्यावश्यक भएको जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देल बताउँछन्।, ‘गर्न हुने र नहुने कुरा स्पष्ट भएको सरकारी दस्तावेज नभए काम गर्न गाह्रो हुन्छ नै, कतिपयलाई गर्न खोजिरहेको कुरा सहजै गर्न नसकिने भएपछि मर्का पर्छ,’ उनी भन्छन्, ‘यस्ता कुराको सम्बोधन गर्न, शिक्षा क्षेत्रका शिक्षक, कर्मचारीका अधिकारका कुरा समेटिएको दस्तावेज त हुनुपर्यो नि।’, शिक्षाका पुराना ऐन तथा नियमावलीका अलावा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई शिक्षा क्षेत्रमा काम गर्न केही अधिकारको व्यवस्था गरिएको छ। ऐनको दफा ११ (ज) मा शिक्षाको गुणस्तर, व्यवस्थापन लगायतका विषयमा २३ वटा अधिकार प्रत्योजन गरिएको छ।, प्रदेशमा मस्यौदा बन्यो मान्यता पाउन बाँकी, धेरैजसो स्थानीय तहले शिक्षा ऐन बनाएर काम गरेको र कतिपयले भने स्थानीय सरकार सञ्चालन ऐनमा तोकिएका अधिकारभित्र रहेर शिक्षा क्षेत्रमा काम गरिरहेको सामाजिक किवास मन्त्रालयको शैक्षिक विकास महाशाखाका अधिकृत बलवीर सुनारले बताए।, अहिले स्थानीय तहले बनाएका शिक्षा ऐनहरू संघीय ऐनसँग स्वभाविकै रूपमा बाझिने उनले बताए। ‘संघीयता अनुसारको ऐन नभएकाले स्थानीय तहले बनाएका ऐनहरू अहिलेको संघीय शिक्षा ऐनसँग स्वभाविकै रूपमा बाझिन्छन्,’ उनले भने, ‘स्थानीय तहले आफूअनुकूल ऐन बनाउनुपर्यो, अहिले आफ्नो ऐनबाट गरिरहेका गतिविधिहरूमा मुद्दा पर्यो भने समस्या हुन सक्छ ।’, उनका अनुसार कर्णाली प्रदेश सरकारले शिक्षा ऐन बनाए पनि पारित गर्न सकिएको छैन।, ‘हामीले ऐन बनाएर तयारी अवस्थामा राखेका छौं, पारित गर्न अनुमति पाउन बाँकी छ,’ उनले भने।, कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमा ३ हजार २३८ वटा विद्यालय छन्। जसमध्ये २०४ वटा संस्थागत विद्यालय छन्।, ६ लाख १८ हजार ३८१ विद्यार्थी छन् भने ११ हजार ८६५ वटा शिक्षक दरबन्दी छन्। कर्णाली प्रदेशमा विद्यालय र विद्यार्थीको अनुपातमा अझै ५ हजार ५४९ शिक्षक दरबन्दी अपुग रहेको अधिकृत सुनारले बताए।, कर्णाली प्रदेशमा २ हजार ८३२ वटा बालविकास केन्द्र छन् । ती बालविकास केन्द्रमा ७२ हजार ६१२ जना बालafलिका अध्ययनरत छन्।,
संघीय सरकारले शिक्षा ऐन नल्याउँदा प्रदेश र स्थानीय तहलाई सास्ती |
सेतोपाटी संवाददाता काठमाडौंको कपन सरस्वतीनगरमा हत्या गरिएको निरा आचार्यको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्रकार सम्मेलन गर्ने भएको छ। , आइतबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गर्ने तयारी छ। , यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विनोद विकलाई झापाबाट पक्राउ गरेको छ। उनलाई आजै काठमाडौं ल्याइँदैछ। ,
उनले नै हत्या गरेको हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छ। , प्रहरीले यस घटनाको अनुसन्धान गर्न सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति बनेको थियो। त्यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको थियो। , एक हप्तासम्म पनि अनुसन्धानबाट क्लू फेला पार्न प्रहरीलाई कठिन भएको थियो। तर नजिकै रहेका सिसिटिभी फुटेजलाई विश्लेषण गरी प्रहरीले अभियुक्त पत्ता लगाएको हो। , पक्राउ परेका व्यक्ति नाइट क्लबमा काम गर्ने बाउन्सर थिए।, मृतक निरा आचार्य सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्। त्यहाँ वैशाख ७ गते दिउँसो पौने ३ बजे र सवा ३ बजे बीचमा हत्या भएको थियो। , साढे ३ बजेतिर शव फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। निरामाथि कम्तिमा पनि १८ पटक धारिलो हतियार प्रहार भएको थियो। , सम्बन्धित समाचार:, ,निरा आचार्य हत्या आरोपमा झापाबाट पक्राउ परेका विनोदलाई काठमाडौं ल्याइँदै , निरा आचार्यको हत्या आरोपमा एक जना पक्राउ, कपनमा दिनदहाडै निराको हत्या, प्रहरीले एक सातासम्म पाएन क्लू,
निरा हत्या प्रकरणमा पत्रकार सम्मेलन गर्दै सिआइबी |
सेतोपाटी संवाददाता वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।, आइतबार दिउँसो साढे २ बजेतिर वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको काठमाडौं प्रहरीका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।, पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।, पर्खाल पुरानो भएको र पानी परिरहेकाले भत्किएको हुन सक्ने रिजालले बताए। , पर्खाल भत्किएर घाइते भएकाहरूको अवस्था सामान्य छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ,
वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते |
नारायण खड्का वैशाख महिनामा विद्यालयहरूलाई भर्ना अभियानको प्रचारप्रसार गर्न भ्याइनभ्याइ हुन्छ। फेसबुक, पत्रिकामा विज्ञापन गर्नेदेखि घरघर पुगेर अभिभावकहरूलाई भेट्छन्।, दाङको ‘माध्यमिक विद्यालय तुलसीपुर सेन्टर’ अर्थात ‘मावि सेन्टर’ ले भने कुनै भर्ना अभियान चलाउँदैन। न त प्रचारप्रसार गर्छ।, औपचारिकता पूरा गर्न विद्यालयको सूचना पाटीमा ‘भर्ना खुलेको’ सूचना प्रकाशित गर्छ। यतिकैमा पनि छोराछोरी भर्ना गर्न आउने अभिभावकको चाप थेगिनसक्नु हुन्छ। , पहिलो पटक भर्ना हुने बालबालिका मात्र होइन निजी विद्यालय छाडेर यहाँ पढ्न आउनेको संख्या पनि बढेको बढ्यै छ। यस्ता विद्यार्थीको चाप थेग्न नसकेपछि मावि सेन्टरले प्रवेश परीक्षा लिने नीति अपनाएको छ। , शिक्षक केशवराज शर्माका अनुसार यसवर्ष निजी विद्यालय छोडेर आउन चाहने २५० जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८० जना योग्य ठहरिए। , चालु शैक्षिक वर्षका लागि भर्ना खोलेको पहिलो तीन दिनमै पाँच सय जना नयाँ विद्यार्थी भर्ना भए। , प्रवेश परीक्षामा पास नभएका अभिभावकहरूले सोर्सफोर्स लगाउन फोन यति गर्छन् कि प्रधानाध्यापक भागवत पौडेलले आफ्नो मोबाइल नै अफ गरेर बस्नुपर्छ। इच्छुक सबैलाई भर्ना लिन विद्यालयको क्षमताले नभ्याउने उनले बताए। , , , , वैशाख ७ गते हामी पुग्दा केही विद्यार्थीको प्रवेश परीक्षा लेख्दै थिए। एउटा कोठमा रहेका २५ जनामध्ये सात जना निजी विद्यालयका थिए। ,
निजी विद्यालय छाडेर आउन चाहनेमा धेरैजसो कक्षा ५ देखि ९ सम्मका विद्यार्थी हुन्छन्। अझ ठूलो संख्या ११ कक्षामा भर्ना हुन चाहनेहरूको हुन्छ। , कोही मावि सेन्टरमा राम्रो पढाइ हुन्छ भन्ने ठानेर आउँछन् त कोही सामुदायिक विद्यालयबाट विद्यालय शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्दा मिल्न सक्ने अतिरिक्त सुविधा ख्याल गरेर आउँछन्। , कक्षा ९ भन्दा माथि भर्ना हुन आउनेहरू प्राविधिकतर्फ इन्फर्मेसन टेक्नोलजी (आइटी), इन्जिनियरिङ, सूचनाप्रविधि इन्जिनियरिङ र जियोमेट्रिक्स इन्जिनियरिङ पढ्न चाहने हुन्छन्। , प्रवेश परीक्षामा सहभागी अधिकांश विद्यार्थीले राम्रो पढाइ हुन्छ भनेको सुनेर मावि सेन्टरमा भर्ना हुन चाहेको बताए। , , मावि सेन्टरमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा मात्र पढाइ हुन्छ। पाँच कक्षामाथि नेपाली र अंग्रेजी दुबै माध्यम हुन्छ। विद्यार्थीले माध्यम छनोट गर्न पाउँछन्। , विद्यार्थीको रुचिअनुसार नृत्य, गीतसंगीत र मार्सल आर्टका सिक्ने व्यवस्था पनि छ। , हाल विद्यालयमा ७२ जना शिक्षक र कर्मचारी छन्। यीमध्ये ३८ शिक्षक सरकारी दरबन्दीको तलब पाउँछन्। बाँकी सबै निजी स्रोतमा छन्। ,
विद्यालयमा कुल ४८ वटा वटा कक्षा कोठा छन्। , यीमध्ये १७ वटा कोठा वातानुकूलित छन्। प्रत्येक कोठामा इन्टरनेटका लागि वाइफाइको सुविधा छ। ‘स्मार्ट क्लास रुम’ अवधारणअनुसार प्रजोक्टरको सुविधा छ। कक्षा कोठाको गतिविधि नियाल्न ६५ वटा सिसिटिभी जडित छन्। अन्य १५ वटा कोठा ल्याब, कार्यालय स्टोर लगायतका लागि प्रयोग भएका छन्। प्राधानध्यापक पौडेलका अनुसार विद्यार्थी संख्याको तुलनामा कक्षा कोठा अभाव छ। , यहाँ पढ्न चाहने विद्यार्थीहरू दाङ जिल्लाबाहिरका पनि हुन्छन्। , मावि सेन्टरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गत तीन वर्षको प्राविधिक डिप्लोमा पढाइ पनि हुन्छ। ,
दाङबाहिरका धेरै जसो विद्यार्थी डिप्लोमा पढ्ने छन्। , सल्यानको दारमा गाउँपालिका–७ की उमा बुढाथोकीले विद्यालयको राम्रो चर्चा सुनेर आइटी पढ्न आएको बताइन्।, स्विस सरकारको ‘इन्सियोर परियोजना’ अन्तरगत प्रिडिप्लोमा तहमा आइटी र इलेक्ट्रिकल विषयमा २४ महिनाको निःशुल्क कोर्स पढाइ हुन्छ। यी विद्यार्थीको बीमा पनि हुन्छ। , रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ की निशा पुनमगर जियो मेट्रिक्स इन्जिनियरिङ पढ्दैछिन्। भन्छिन्, ‘विद्यालयको शैक्षिक वातावरण निकै राम्रो छ। यी विषय अर्को ठाउँमा पढेको भए धेरै महँगो पथ्र्यो। यहाँ सस्तो छ।’, प्राविधिक डिप्लोमातर्फ छानिएका केही विद्यार्थीले खाजा र पोसाकका लागि पैसा पाउँछन्। , प्रिआइटीका विद्यार्थी रोल्पाको सुनछहरी गाउँपालिकाका दिलबहादुर सार्की निःशुल्क पढ्छन्। दैनिक खाजा खर्च र पोसाकको पैसा पनि पाउँछन्। , ‘हामी जस्ता गरिबका छोराछोरीले चाहेको विषय निःशुल्क पढ्न पाउनु ठूलो अवसर हो,’ उनी भन्छन्, ‘यही विषय (आइटी) अन्त पढ्ने हो भने एक लाखभन्दा बढी खर्च हुन्थ्यो।’, रुकुम पश्चिमका हरिबहादुर ऐरी जियोमेट्रिक्स इन्जिनियरिङ पढ्दै छन्। , मावि सेन्टरले विद्यार्थीलाई मात्रै पढाउने होइन, तिनका इच्छुक अभिभावकलाई सिटिइभिटीको सहयोगमा कम्प्युटर र बिजुली वाइरिङको सीपमूलक तालिम पनि दने गरेको छ। , ‘कतिपय अभिभावक छोराछोरीसँगै तालिमका लागि आउनुहुन्छ। यहाँ तालिम लिएर केही अभिभावक स्वरोजगार हुनुभएको छ,’ प्रधानाध्यापक पौडेलले भने ‘तालिममा आउनेहरूले दैनिक खाजा खर्च पाउनुहुन्छ।’ , यतिबेला ४० जना अभिभावक कम्प्युटर तालिम लिँदै छन्। , मावि सेन्टरले इन्जिनियरिङको डिप्लोमातर्फ सिटिइभिटीले तोकेको भन्दा कम शुल्कमा पढाउने गरेको छ। सिटिइभिटीले तीन वर्षको कोर्समा एक लाख ९० हजार शुल्क तोकेकोमा मावि सेन्टरले एक लाख ५० हजारमात्रै लिने गरेको छ। , प्रधानाध्यापक पौडेलका अनुसार गत आर्थिक वर्षमा विद्यालयले कम्तीमा ७० लाख रुपैयाँ बचत गरेको थियो। विद्यालयको खाली जग्गा सब्जीमण्डीलाई भाडामा दिएर वार्षिक २० लाख रुपैयाँ आर्जन गर्ने गरेको छ। , यस्तो आम्दानीबाटै भौतिक संरचना थप्न र विद्यार्थीलाई शुल्कमा सहुलियत दिन सकेको हो। , मावि सेन्टरले २०७३ सालमा प्राविधिक शिक्षा पढाउन सुरु गरेको हो। विद्यालयले मुलुकभरमै उत्कृष्ट नतिजा ल्याउन सकेको प्रधानाध्यापक पौडेलले बताए। २०७२ सालपछि हरेक वर्ष एसइई परीक्षामा उपमहानगरभरमा मावि सेन्टर नै उत्कृष्ट रहँदै आएको छ। कक्षा ११ र १२ को नतिजा पनि उत्कृष्ट रहेको उनले बताए। , पौडेलल प्रधानाध्यापकका रूपमा १४ वर्षअघि जिम्मेवारी सम्हालेका हुन्।, त्यो समय जम्मा २५० जना जति विद्यार्थी र १६ जना शिक्षक थिए। माध्यमिक तह (कक्षा १०) सम्म पढाइ भए पनि शिक्षक दरबन्दी निम्न माध्यमिक तहसम्मको मात्रै थियो। , प्राविधिक धारतर्फको पढाइ थिएन। विद्यालयको पर्खाल, खेलमैदान, फर्निचर, कक्षा कोठा लगायतका भौतिक संरचनाको अवस्था नाजुक थियो। , हाल कुल विद्यार्थी संख्या करिब तीन हजार छ। , अहिले विद्यालयले एउटा बस पनि किनेको छ। सरकारले सामुदायिक विद्यालयलाई दिएको भन्सार छुट सुविधाअन्तर्गत २० लाख रुपैयाँमा बस किनेको प्रधानाध्यापक पौडेलले बताए। लगातारको प्रयत्न र मिहिनेतले व्यवस्थापकीय पक्ष राम्रो हुँदै गएको पनि उनले बताए। , ‘अब त यहाँ स्वचालित मेकानिजम बनिसकेको छ,’ उनले भने, ‘प्रत्येक फ्याकल्टीमा र तहगतरूपमा कोअर्डिनेटरको व्यवस्था गरिएको छ। जिम्मेवारी बाँडफाँड गरिएको छ।’ , पौडेल २०६६ सालमा प्रधानाध्यापकको जिम्मेवारीमा आउँदा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूका बीच द्वन्द्व थियो। शैक्षिक वातावरण अस्तव्यस्त थियो। विद्यालयमा तालाबन्दी भइरहेको थियो। उनले आएर पहिला अभिभावकहरूलाई बोलाए। आफूले विद्यालय सुधार्न आएको बताए। , ‘म आउँदा विद्यालयमा तालाबन्दी भइरहेको थियो,’ उनले भने, ‘मैले अभिभावकहरू बोलाएर शैक्षिक वातावरण सुधारका लागि आफू आएको र त्यसमा सहयोग चाहिने बताएँ।’ , उनले शिक्षक, अभिभावकलगायत सबैको सहयोग र समर्थन पाए। अभिभावक र शिक्षकलाई साथमै लिएर विद्यालयको लागि आवश्यक स्रोत साधन जुटाउन उनले संभावना भएका सबै ठाउँ पुगेर प्रपोजल पेश गरे। शिक्षा सम्बन्धी काम गर्ने एनजीओ, आइएनजीओले सहयोग गरे। त्यसपछि त शैक्षिक वातावरण सुधार हुँदै आयो। , संघीय सरकारले गत आर्थिक वर्ष मावि सेन्टरलाई ‘मेगा विद्यालय’ का रूपमा छनोट गरेको थियो। देशभरका २१ वटा उत्कृष्ट विद्यालयलाई १५ सूचकका आधारमा ‘मेगा विद्यालय’ छनोट गर्दा मावि सेन्टर पनि परेको हो। , ‘मेगा विद्यालय’ भएपछि बहुवर्षीय योजनाअन्तर्गत २४ करोड रुपैयाँ अनुदान सहयोग प्राप्त हुने भएको छ ।, यसअन्तर्गत सात सय जना अटाउने छात्रावास भवन बन्नेछ। प्राधानाध्यापक पनि विद्यालय परिसरमै बस्ने सुविधा हुनेछ। प्रयोगशालाहरू बन्ने छन्। , प्रधानाध्यापक पौडेलका अनुसार यी सबैको विस्तृत परियोजना प्रतिवेदन अर्थात डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) तयार भइसकेको छ। , हाल यसैअन्तर्गत एक करोड ५० लाख रुपैयाँ लागतमा आठ कोठाको भवन निर्माणाधीन छ। उक्त बजेटमा एक करोड रुपैयाँ सरकारबाट प्राप्त हो। बाँकी विद्यालय स्रोतको हो। , मावि सेन्टरले अभिभावहरूले आफ्ना छोराछोरी र शिक्षकका गतिविधि मोबाइल फोन सेटबाटै नियाल्न मिल्ने प्रविधि जडान गरेको छ। यो प्रविधि २०७३ सालदेखि नै प्रयोगमा छ। , यो प्रविधिले विद्यार्थी र शिक्षकलाई सजग गराएको प्रधानाध्यापक पौडेलले बताए। , प्रत्येक कक्षाका विद्यार्थीले शिक्षक कक्षा कोठामा आएको र गएको समय तथा पढाएको पाठको अभिलेख राख्ने व्यवस्था छ। , कुनै शिक्षकको अनुपस्थितिमा कक्षा खाली नहुने प्रबन्ध मिलाएको प्रधानाध्यापक पौडेलले बताए। यस्तो कक्षामा पढाए बापत शिक्षकले अतिरिक्त पारिश्रमिक पाउँछन्। , विद्यार्थी र अभिभावकको मन जितेर अघि बढेको मावि सेन्टर उपयोगी र गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको प्रधानाध्यापक पौडेलले बताए। विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागि शिक्षकको लगनशीलता र विद्यालय व्यवस्थापन समितिको सहयोग निकै महत्वपूर्ण रहेको पनि उनको भनाइ छ। , सामुदायिक विद्यालय राम्रा भएनन् वा छैनन् भन्ने आमधारणा चिर्दै तुलसीपुरको मावि सेन्टर प्रधानाध्यापक र शिक्षक लगनशील भए सामुदायिक विद्यालय कमजोर हुँदैनन् भन्ने बलियो दृष्टान्त भएको स्थानीयहरू बताउँछन्। , तुलसीपुरका कांग्रेस नगरसभापति सुरेश हमालले सेन्टर माविले बितेको १४ बर्षको अवधिमा प्राप्त गरेको सफलता लोभ लाग्दो भएको बताए। त्यो सबै प्रअ लगायत त्यहाँ कार्यरत शिक्षकहरुको इच्छा शक्तिको परिणाम मान्नु पर्ने उनको भनाइ छ। , ‘अब्बल शिक्षक र भौतिक पूर्वाधार उत्कृष्ट भएपनि व्यवस्थापन गर्न नजान्दा सरकारी स्कुलहरूको स्तर खस्किँदै गएको धेरै उदाहरणहरू देखिन्छ,’ हमालले भने ‘ तर, मावि सेन्टरले भने यो बीचमा हरेक क्षेत्रमा प्रगति गर्दै आँफूलाई अब्बल विद्यालयका रूपमा उभ्याउन सफल हुनु एक सुखद पक्ष हो।’, नेतृत्व गतिलो भए जहाँ पनि सुधार संभव छ भन्ने एउटा गतिलो उदाहरणका रुपमा मावि सेन्टरलाई लिन सकिने उनले बताए।, नगरपालिकादेखि प्रदेश सरकार र संघीय सरकार सबै संग सहयोगका लागि हारगुहार गर्नेदेखि परीक्षाफल उत्कृष्ट ल्याउन सफल हुनु जस्ता कुराहरु नेतृत्वको दुरदर्शी भिजनकै कारण संभव भएको मान्नु पर्ने उनले बताए।,
१४ वर्षमा कायापलट भएको तुलसीपुरको मावि सेन्टर |
युनिक श्रेष्ठ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ।, आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले विकलाई सार्वजनिक गरेको हो।, विकले निराको हत्या गरेको स्वीकारेका छन्।, पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन्। प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक-पटक हानेर निराको हत्या गरेका थिए। निरा सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्।, पक्राउ परेका विक झापामा क्यासिनोमा काम गर्थे। त्यही क्रममा उनमा जुवा खेल्ने लत बस्यो।, उनलाई तीन लाख रुपैयाँ ऋण लागेको थियो। त्यसपछि उनी झापा छोडेर काठमाडौं आएका थिए। काठमाडौंमा उनी नाइट क्लबमा बाउन्सरको काम गर्थे।, सोझो हिसाबले काममात्र गर्दा खर्च चलाउन र ऋण तिर्न नसकेपछि आफू लुटपाटमा लागेको उनले प्रहरीलाई बयान दिएका छन्।, त्यही क्रममा निराको पसलमा लुटपाट गर्न जाँदा प्रतिकार गरेपछि हत्या गरेको अभियुक्तले स्वीकारेका छन्।, ‘हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका रहेछन्,’ एसएसपी आचार्यले भने।, प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।,
निराको हत्यापछि ६ दिन काठमाडौंमै बसेर झापा गएका थिए विनोद |
सेतोपाटी संवाददाता बोहराटारमा मृत भेटिएकी वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठका आफन्तले डाक्टर सुजन ढकालविरूद्ध आत्महत्या दुरूत्सानमा जाहेरी दिएका छन्।, श्रेष्ठ शनिबार बोहराटारमा रहेको डाक्टर ढकालको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।, प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरका अनुसार उनले छोडेको सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएका हुन्।, सुसाइड नोटमा श्रेष्ठले आफूहरू ४ वर्षदि प्रेम सम्बन्धमा रहेको तर ढकालले विवाह गर्न नमानेकाले आत्महत्या गर्न बाध्य भएको आशय व्यक्त गरेको कुँवरले बताए।, ‘आफन्तले जाहेरी दिएपछि पक्राउ अनुमति पत्र लिएर ढकाललाई पक्राउ गर्ने तयारी छ,’ डिएसपी कुँवरले भने।, डाक्टर ढकाल विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत छन्। , घटनापछि उनी आफैं विराटनगरबाट काठमाडौं आउन लागेको सूचना प्रहरीले पाएको छ।, ,
बोहराटार घटना: मृतक नर्सका आफन्तले दिए डाक्टरविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी |
सेतोपाटी संवाददाता बुटवलका ३५ जना महिला अटोरिक्सा चालकलाई सम्मान गरिएको छ। महिलाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्न बुटवल उपमहानगरपालिकाले इरिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको हो।, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ। चालक महिलाहरूलाई सम्मान गर्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आगामी आर्थिक वर्षदेखि महिला चालकका इरिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए।, पाण्डेले इरिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको उल्लेख गर्दै बुटवलमा महिलाहरूलाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए। बुटवलमा इरिक्सा र टेम्पो चालक बन्दै स्वरोजगारतर्फ उन्मुख भइरहेको र यसले बुटवलको प्रतिष्ठा बढाएको बताए।, नगरप्रमुख पाण्डेले अटोरिक्सा सञ्चालन व्यवसाय नभई स्वरोजगारमूलक पेशा भएकोले कुनै पनि व्यापारीहरूले दर्ता गरेका अटोरिक्सालाई रूट इजाजत दिन नसकिने बताए।, सम्मान ग्रहण गर्दै अटोरिक्सा चालक सुशीला अर्यालले परिवारबाट अलग्गिएर विदेश जानुभन्दा स्वदेशमै स्वरोजगार बन्न सुझाव दिइन्। अर्की चालक मीना नेपालीले सुरूवाती समयमा अटोरिक्सा चलाउँदा घरपरिवार र यात्रुहरूले समेत विश्वास नगरेको स्मरण गर्दै अहिले भने त्यस्तो कुनै समस्या नभएको बताइन्।, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईंले ट्राफिक नियमको पालना गर्न सके धेरै दुर्घटनाबाट जोगिनसक्ने भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे। ,
अटोरिक्सा चलाउने बुटवलका ३५ जना महिला सम्मानित |
सेतोपाटी संवाददाता शिक्षक सरूवा गरेपपछि रूष्ट विद्यार्थीले तुलसीपुर नाराबाजी गर्दै उपमहानगरपालिका घेराउ गरेका छन्।, तुलसीपुर १४ स्थित बालमितेरी भोजपुरबाट आएका विद्यार्थीले आइतबार मनपरी शिक्षक सरूवा गरेर पठनपाठन प्रभावित गरेको भन्दै उपमहानगरपालिका घेराउ गरेका हुन्।, उपमहानगरपालिकाले विद्यालयका तीन शिक्षकहरू टंक केसी, जंग केसी र लेखराज रिजालको मनोमानी सरूवा गरेको उनीहरूले बताएका छन्। शिक्षक सरूवाका कारण पढ्न नपाएको र बाध्य भएर प्रदर्शनमा उत्रनु परेको विद्यार्थीको गुनासो छ।, झन्डै १३ किलोमिटर टाढाबाट आएका विद्यार्थीले ‘विद्यालयमा राजनीति बन्द गर, मनपरी शिक्षक सरुवा गर्ने कार्य बन्द गर, सरूवा भएका शिक्षकलाई फिर्ता गर’ लगायतका नारा लगाएका थिए।, उपमहानगरपालिका घेराउ गर्न विद्यार्थी सँगसँगै अभिभावक, शिक्षक र जनप्रतिनिधि पनि आएका थिए।, विद्यालयका प्रधानाध्यापक ओमप्रकाश वलीले भर्ना अभियान चलिरहँदा तीन जना शिक्षक सरूवा भएपछि पठनपाठन प्रभावित भएको बताए ।, ‘विद्यार्थी भर्नाको अभियान छ र सुरुवातमै कक्षाहरू खाली भएपछि हामीले गाली खानु परेको छ,’ उनले पीडा पोखे, ‘हामीसँग सल्लाह नै नगरी आफूखुसी उपमहानगरपालिकाले शिक्षक व्यवस्थापनका नाममा सरूवा गर्दा अप्ठेरो त हुने नै भयो।’, तुलसीपुर-१४ का वडाध्यक्ष शंकर खड्काले विद्यालय व्यवस्थापनसँग सरसल्लाह नै नगरी मनलाग्दी तवरले आफूनिकट शिक्षकहरू सरूवा गर्दा त्यसको मार विद्यार्थीले खेप्नु परेको बताए। उनले उपमहानगरका कारण भर्नाको समयमा सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने परिस्थिति बनेको बताए।, ‘भर्नाको समयमा शिक्षक मनपरी ढंगले चलाउने अनि विद्यार्थी बिच्काएर निजीतिर पठाउने षड्यन्त्रका रूपमा बुझेका छौं,’ उनी भन्छन्,‘विद्यालयजस्तो पवित्र संस्थामाथि राजनीतिक हस्तक्षेप तत्काल बन्द नगरे थप आन्दोलन गर्न बाध्य हुनेछौं।’, पछिल्लो समय शिक्षक व्यवस्थापनका नाममा तुलसीपुर र घोराही उपमहानगरपालिकाले मनपरी सरुवा गरेपछि त्यसको विरोध हुँदै आएको छ। घोराहीका शिक्षकले चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन्। तुलसीपुर क्षेत्रमा विद्यालय व्यवस्थापन समितिहरू त्यसविरूद्ध उत्रिएका छन्।,
शिक्षक सरूवा गरेपछि विद्यार्थीले घेरे तुलसीपुर उपमहानगर |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लाकै विद्यालयमा पढ्ने विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको दाबी गरेको छ।, यसपालि समयमै सबै विद्यालयका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको मन्त्रालयले जानकारी दिएको छ।, आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहसचिव दीपक शर्माले सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको बताए।, ‘वैशाख दोस्रो सातासम्म देशभरका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेका छन्,’ प्रवक्तासमेत रहेका शर्माले भने।, यस वर्ष जनक शिक्षा सामग्री केन्द्रबाट कक्षा ६ देखि १० का लागि एक करोड ५५ लाख थान पाठ्यपुस्तक छपाइएको थियो।, साथै निजी क्षेत्रका प्रेसबाट कक्षा १ देखि ५ सम्मको १ करोड १८ लाख पाठ्यपुस्तक छपाइ गरिएको थियो।, ७७ जिल्लाका सूचीकृत १ हजार २ सय ६७ स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक बिक्री वितरण गरिएको थियो।,
सबै जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाइसके: शिक्षा मन्त्रालय |
सेतोपाटी संवाददाता कञ्चनपुरमा रूखमा झुन्डिएको अवस्थामा मानव कंकाल भेटिएको छ।, शुक्लाफाँटा नगरपालिका-११ कालिका सामुदायिक वनमा आइतबार कंकाल भेटिएको प्रहरीले जनाएको छ।, कंकाल धेरै पुरानो भएकाले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।, प्रहरीका अनुसार घटनास्थल नजिक चप्पल र टोपी भेटिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।, ,
कञ्चनपुरमा भेटियो मानव कंकाल |
रासस सङ्खुवासभामा मकालु गाउँपालिका-३ र ५ मा निर्माणाधीन नौ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ।, आज बिहान करिब ८ बजे अरूण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरूण नदी थुनिएको थियो। पहिराले थुनिएको अरूण नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो। अरूण नदी थुनिएको आठ घन्टापछि ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। उपरीक्षक गोदारका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो। अरूण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो।, बाँधमा पानी जमेपछि करिब २ किलोमिटर परसम्म ताल बनेको छ। टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो। अरूण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत् अरूण नदी मोडिएको थियो। आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाभर्सन टनेलमार्फत् नदी बग्दै आएको थियो।, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरूण नदी छेउछाउका वस्तीका बासिन्दालाई सजग हुन आग्रह गरेको छ। अरूण थुनिएपछि अरूण तेस्रोमा ड्याम साइडको काम पनि ठप्प भएको छ। अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ।,
आठ घन्टापछि बग्न थाल्यो थुनिएको अरूण |
सेतोपाटी संवाददाता एक जना किशोरीलाई ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि योनशोषण गरेको अभियोगमा विराटनगरका एक जना व्यवसायी पक्राउ परेका छन्।, अहिले २० वर्ष पुगेकी ती किशोरी १५ वर्षको हुँदादेखि जबरजस्ती गर्दै आएको अभियोगमा विराटनगर-६ का ३० वर्षीय मोहम्मद रिजवान अन्सारी पक्राउ परेका हुन्। पक्राउ परेका अन्सारीको विराटनगरमा चस्मा पसल छ। , अन्सारीमाथि ती किशोरीलाई २०७४ देखि जबरजस्ती गरेको अभियोग छ। पहिलोपटक बलात्कार गरेको भिडिओ खिचेको र त्यही सार्वजनिक गर्ने धम्की दिँदै निरन्तर यौन शोषण गर्दै आएको खुलेको मोरङ प्रहरीले जनाएको छ।, यसरी ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जनकुमार दाहालले जानकारी दिए।, ‘जबरजस्ती करणी गरेपछि पीडितको भिडिओ बनाएको पाइएको छ। त्यही अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास देखाएर ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ,’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान सुरू गरिएको छ।’, बलात्कारको शिकार बनेकी किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ पनि रहेको थियो।, ‘उसले भनेको र गरेको मानेन भने भिडिओ सामाजिक सञ्जालमा हालेर भाइरल गराउने डर त्रास देखाउने गरेको थियो। करणी गरेपछि बसेको गर्भ दुई पटक पतन पनि गराएको छ,’ ती किशोरीले दिएको जाहेरीमा उल्लेख छ।, प्रहरीका अनुसार पहिलो पटक २०७४ सालमा जबरजस्ती करणाी गरेको पीडित किशोरीले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीन वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको छ। प्रहरीले उनीविरूद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरू गरेको उनले बताए। किशोरीसँग सम्बद्ध अश्लिल भिडिओ अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने गरेका थिए। त्यसपछि उनी पक्राउ परेका हुन्।,
ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि यौनशोषण गरेको अभियोगमा व्यापारी पक्राउ |
नारायण खड्का रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटनामा परी थप नौ जना घाइते भएका छन्।, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी श्याम सरू मगरले जानकारी दिए।, उनका अनुसार गंगादेव गाउँपालिका वडा नम्बर २ ओइलामका १५ वर्षीय तिलक वलीको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटनाका घाइतेमध्ये सोही ठाउँका ६० वर्षीय कलबहादुर वली र ५० वर्षीया महिमा वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। घाइतेहरूलाई उपचारका निम्ति दाङको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा पठाइएको छ।, आइतबार बेलुकी सवा ४ बजेतिर गंगादेव – २ हेलुमखोलामा लु १ ज ४७५५ नम्बरको यात्रुवाहक जिप दुर्घटनामा परेको थियो।, दाङको तुलसीपुरदेखि गंगादेव – ७ ताफ्नातर्फ जाँदै गरेको जिपको एकाएक ब्रेक फेल भएर २५० मिटरदेखि ३०० मिटर हाराहारी तल खसेको प्रहरीले जनाएको छ।,
गाडी दुर्घटनामा एक जनाको मृत्यु, ९ घाइते |
सेतोपाटी संवाददाता गुल्मीको रिडी–तम्घास सडकखण्ड अन्तर्गत पानीट्यांकी ठूलोढुंगामा वैशाख १५ गतेदेखि निश्चित समय तोकेर गाडी चलाइने भएको छ।, उक्त स्थानमा बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म, दिउँसो ३ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म र राती १०ः०० बजेदेखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवत–जावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय तम्घास, गुल्मीले जनाएको छ।, पहरो फोडेर सडक चौडा गर्नका लागि मुख्य सडक खण्डमा सवारीसाधन आवत–जावतले कठिनाइ भएकोले वैशाख ३१ गतेसम्म उक्त समयमा गाडी आवागमन बन्द गरिएको हो।,
रिडी–तम्घास सडकखण्डमा वैशाख १५ देखि यी समयमा गाडी चलाउन नपाइने! |
सेतोपाटी संवाददाता ललितपुरमा नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , गोदावरी नगरपालिका-१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। , पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भई झरूवासी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ का २१ वर्षीय भुपाल विक छन्। , गत आइतबार जीवनले किराना पसलमा गएका थिए। ५ किलो मैदा र दुई लिटर खाने तेल किनेर उनले एक हजार रुपैयाँको नोट पसले दिनेश तिमल्सिनालाई थमाए। तर तिमल्सिनाले उक्त नोट जाली हो भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। , त्यसपछि खटिएको डिएसपीसहितको टोलीले उनलाई पक्राउ गरेको थियो। , जीवनबाट प्रहरीले एक हजारको, पाँच सय, एक सयको एक-एक वटा जाली नोट बरामद गरेको थियो। , उनीमाथि प्रहरीले मुद्रासम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थपेको थियो। उनीमाथि बयान लिएर प्रहरीले अर्का व्यक्तिको पनि संलग्नता रहेको खुलेको हो। , त्यसपछि प्रहरीले बिहीबार गोदावरी-११ बज्रबाराहीबाट भुपाललाई पक्राउ गरेको हो। उनीबाट पनि ५ सयको एउटा, एक सयको एउटा नोट फेला पारेको हो। , उनको डेरामा प्रहरी पुग्दा प्रहरीले प्रिन्टर पनि बरामद गरेको थियो। डेराबाट पनि थप एक हजार, ५ सय र एक सयको फोटो कपि गरिएका कागजहरू पनि फेला पारेको हो।, उनीमाथि पनि प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी साहले बताए। उनीहरूले कहिलेदेखि यो काम गरिरहेका थिए भन्ने खुलिसकेको छैन। ,
ललितपुरमा नक्कली नोटले मैदा र तेल किन्दा पक्राउ परे दुई जना |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार १० मिनेटको अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। , शुक्रबार बिहान साढे १० बजे सरकारी तथा सार्वजनिक कार्यालयमा १० मिनेट सरसफाइको अभियान सञ्चालन गर्न अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।, मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गरी अनुरोध गरेको हो। डेंगी संक्रमण नियन्त्रण तथा रोकथामको लागि यो अभियान चलाइएको मन्त्रालयले जनाएको छ। , ‘शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाइ अभियान अनिवार्य सञ्चालन गरीदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयको सूचनामा भनिएको छ। , गत वर्ष नेपालमा डेंगी संक्रमण हालसम्मकै अत्याधिक भएको थियो। यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने भएकाले यो अभियान चलाएको मन्त्रालयले जनाएको छ। , ‘हामीले डेंगी संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाइबाट बच्न बचाउन आवश्यक हुन्छ। त्यसैले हामी बस्ने र काम गर्ने स्थानमा लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन हामी सबै संवेदनशिल बन्नु पर्ने हुन्छ। डेंगी गराउने लामखुट्टेले हाम्रो घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थीर संगालो पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउने हुन्छ,’ मन्त्रालयले भनेको छ। ,
हरेक शुक्रबार १० मिनेटको सफाइ अभियान चलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध |
सेतोपाटी संवाददाता छुट्टाछुट्टै दुर्घटनामा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ।, पाल्पाका फरक-फरक स्थानमा एक जना भिरबाट लडेर र अर्काे एक जनाको नदीमा डुबेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका वडा नंं ७ खहरे खोलाका ४० वर्षीय केशवबहादुर बुढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्यु भएको हो।, बिहीबार बिहान ३ बजे घरबाट उठेर हिँडेका बुढाथोकीको भिरबाट १ सय ५० मिटर तल खोल्सामा खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, यता तिनाउ गाउँपालिका वडा नंं ३ तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।, तिनाउ खोलामा रहेको बुटवल पावर हाउसको ड्याममा पौडी खेल्ने क्रममा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नंं ८, गल्लामण्डी भैरहवाका १७ वर्षीय शिशिर उपाध्यायको मृत्यु भएको हो।, पावर हाउसको ड्याममा डुबेर बुधबारदेखि बेपत्ता उपाध्यायको बिहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, प्रहरीले दुबै घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।,
छुट्टाछुट्टै दुर्घटनामा परी पाल्पामा दुई जनाको मृत्यु |
सेतोपाटी संवाददाता उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार मंगलबार शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा पक्राउ परेका हुन्।, शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए। घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।, प्रवक्ता दाहालका अनुसार शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।, घुस लिएको रकमबाहेक स्रोत नखुलेको ३७ हजार ५३५ रूपैयाँ पनि शाखा अधिकृतको कार्यकक्षबाट नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ आयोगले जनाएको छ।,
शाखा अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ |
सेतोपाटी संवाददाता बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। , राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो। , बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९ म्याग्निच्यूडको र १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।, बडिमालिका नगरपालिकाका उपमेयर नन्दा थापाका अनुसार भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए। , बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको क्षतिबारे जानकारी नआएको बताए। , क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। ,
,
बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत पहाडी भु-भागहरुमा आँशिक बदली रहि बाँकि भु-भागहरुको मौसम सामान्यतया सफा रहेको छ। , आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।, सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेको छ। ,
यस्ताे छ आजको मौसम |
रासस भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो छन्। , गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो। , मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। , मोटरसाइकलचालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ,
चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु |
नवीनबाबु गुरूङ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ४ बुँदे माग राखेर माइतीघरमा धर्ना थालेका छन्। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर सुरू गरिएको हो। , भेलामा सहभागीहरूले आविष्कारका क्षेत्रमा काम गर्न माग गरिएका विभिन्न प्लेकार्ड बोकेका थिए। माइतीघरबाट बानेश्वर जाने सर्भिस लेनलाई बन्द गरेर धर्ना कार्यक्रम भैरहेको छ।, बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै पुनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न आह्वान गरेका थिए।, माग पूरा नभएसम्म आन्दोलन जारी रहने पुनले बताएका छन्। , आन्दोलनका लागि पुनले ४ बुँदे माग अघि सारेका छन्।, १. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने।, २. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने।, ३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।, ४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।, यसअघि मंगलबार पुनले आफ्ना यी मागहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई बुझाएका थिए।, हेर्नुस् तस्बिरहरू: , ,
महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना सुरू (तस्बिरहरू) |
रासस गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ। , इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए। , उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ।, लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो। , उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ। आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो।, वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई रु ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ।, वन वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा राजनीतिक दलका स्थानीय प्रतिनिधिले वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पु¥याउन खोजेको अधिकृत पङ्गेनीको आरोप छ। ,
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ |
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन्। , ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन्। पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन्। यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै सवारीसाधन चल्दै आएका छन्। पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ।, ठेकेदारको चरम लापरवाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीयले विरोध गरेका छन्। चार पुल दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। निर्माणमा संलग्न ठेकेदारले बेला–बेलामा म्याद थप गर्दै रकम भुक्तानी भने लिने गरेका छन्। , ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएका छन्। नाम्खा–१ स्थित हेप्काखोलामा पक्की पुल १० करोडको लागतमा निर्माण हुन लागेको छ वर्ष पुगेको छ भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौँले पाएको थियो। विसं २०७४ साउनमा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्काखोला पुल छ वर्षसम्म अधेरै छ। ,
,
यस्तै ताग्रु खोला पुलको पनि काम हुन सकेको छैन । नाम्खा–४ मा पर्ने सल्लीखोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले रु नौ करोड ३३ लाखमा लिएको थियो। उत्तः पुल पनि अधुरै छ। सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले रु चार करोड १६ लाखमा लिएको जिम्मा लिएको भए पनि काम अधुरै छ। , यस्तै नाम्खा गाउँपालिका–६ लिमीमा पर्ने टाक्ची र लिङखोलाको मोटरेबल पुल निर्माणको जिम्मा अर्जुन महताराले रु एक करोड ३५ लाखमा लिएका थिए। महताराले पनि काम अधुरो बनाउँदै आएका छन्। , हिमताप, बाटो अवरुद्धलगायतका समस्या देखाएर काम ढिलाइ गरेका छन्। पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमन्टलगायतका सामग्री ल्याउन समस्या भएकाले निर्माणमा ढिलाइ भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयका इञ्जीनियर निरज राजवंशीले बताए। सबै पुल निर्माणका लागि यही असारसम्मको म्याद रहेको छ। , म्याद थप्दै पक्की पुलको ठाउँमा काठेपुल, ठेकेदार कम्पनीले समयमा काम नगर्दा गाउँपालिकाका खोलामा काठेपुल निर्माण गरिएको छ। हेप्काखोलामा पूर्वाधार विकास कार्यालयले रु २३ लाख खर्चेर चारपाङ्ग्रे सवारीसाधन गुड्ने काठेपुल निर्माण गरेको छ। सल्लीखोला र याङ्गारखोलामा पनि काठेपुलकै सहायतामा गाडी गुड्ने गरेका छन् । ताग्रुखोलामा भने काठेपुलसमेत नहुँदा खोलाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ।, वर्षौँदेखि पुल निर्माण अधुरै छाडेका ठेकेदारले विभिन्न बहाना बनाएर म्याद थप गर्दै आएका छन्। यसअघि कोरोना महामारी, हिमपात र ढुवानी समस्याजस्ता बहानामा म्याद थप्न माग गर्दैआएका थिए। , हिल्सा–सिमकोट सडक योजना कार्यालय हुम्लाले दुई वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएका हेप्का, सली र ताग्रुखोलामा पुल निर्माणका लागि चारपटक म्याद थप गरिसकेको छ। याङ्गारखोला पुल निर्माणमा दुई वर्ष म्याद थप गरिएको छ। ,
निर्माण सम्झौता भएको पाँच वर्षमा पनि बनेन हुम्लामा पक्की पुल |
नवीनबाबु गुरूङ ललितपुरको ग्वार्को चोकमा अहिले फ्लाइ ओभर बनाउने काम धमाधम भइरहेको छ। फ्लाइ ओभर बनाउन थालेपछि उक्त क्षेत्रमा सवारी जाम बढ्न थालेको छ। फ्लाइ ओभरको काम गत मंसिरदेखि सुरू भएको हो। , फ्लाइ ओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन।, चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइ ओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइ ओभर’ निर्माण गर्न लागिएको हो। , ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइ ओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइ ओभर निर्माण गरिने छ।, जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइ ओभर निर्माण हुन लागेको हो। ६ मिटर उचाइ हुने फ्लाइ ओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिनेछ। , हेर्नुस् तस्बिरहरू:,
यसरी बन्दैछ ग्वार्कोमा फ्लाइ ओभर (तस्बिरहरू) |
सेतोपाटी संवाददाता सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई टाइ अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ।, बिहीबार महानगरले सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै कुनै पनि विद्यार्थीलाई टाइ अनिवार्य नगर्न निर्देशन दिएको महानगर शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।, उनका अनुसार महानगरको शिक्षा समितिले चैत २८ गते टाइ अनिवार्य नगर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार विद्यालयहरूलाई बिहीबार परिपत्र गरिएको हो।, महानगर शिक्षा विभागका शिक्षा अधिकृत मोतिराज खनालका अनुसार टाइ लगाउँदा बालबालिकाहरूलाई असहज महसुस हुने, स्वतन्त्र रूपमा हिँड्डुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि यस्तो निर्णय गरिएको हो।,
,
सामुदायिक विद्यालयलाई महानगरको निर्देशन- टाइ अनिवार्य नगर्नू |
नवीनबाबु गुरूङ गत शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका 'भिक्टोरिया क्रस' विजेता क्याप्टेन रामबहादुर लिम्बूलाई ब्रिटिश गोर्खाले विशेष सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेको छ। , ललितपुरको मानभवनस्थित ब्रिटिश क्याम्पमा ब्रिटिश गोर्खा काठमाडौंले आयोजना गरेको कार्यक्रममा भिसी लिम्बूलाई श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेपाल आर्मी, इण्डियन आर्मी लगायतका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो। , दमक-८ का स्थायी बासिन्दा लिम्बू मिर्गौला र मुटुसम्बन्धी रोगबाट पीडित थिए। उनको झापाको बिएण्डसी अस्पतालमा उपचार गर्दा ठीक हुन नसकेपछि मेडिसिटी ल्याइएको थियो। , उनको अन्त्येष्टि र सम्मानको लागि ब्रिटिश गोर्खाले नेपालसँगै बेलायतबाट समेत गोर्खा सैनिक खटाएको छ। , प्रिन्सेस मेरी ओन्स गोर्खा राइफलस १० जीआरका उनले सन् १९६५ नोभेम्बर १२ को दिन त्यतिबेला इन्डोनेसिया र मलेसियाबीचमा रहेको सरवाकमा शत्रु पक्षका २४ जनालाई एक्लैले सिध्याएर बाँकीलाई युद्ध मैदानबाट भगाएबापत उनले भिक्टोरिया क्रस प्राप्त गरेका थिए।, ब्रिटिश क्याम्पमा श्रद्धाञ्जलीपश्चात् उनको पार्थिव शरीर गृहनगर झापा लागिएको छ। आइतबार झापाको दमकमा परिवारजनबीच अन्तिम श्रद्धाञ्जलीपश्चात् अन्त्येष्टि गरिने परिवारले जनाएको छ। , तस्बिरहरू:, ,
'भिक्टोरिया क्रस' विजेता क्याप्टेन रामबहादुर लिम्बूलाई ब्रिटिश गोर्खाको श्रद्धाञ्जली (तस्बिरहरू) |
रासस नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोेकेको छ।, नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, उनी प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।, यसअघि पनि कडायत प्रहरी वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा थिए। ,
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा कडायत |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेका चालक दिलबहादुर थापा अझै भेन्टिलेटरमा छन्।, गत वैशाख ४ गते चितवनको भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।, उपचारका संलग्न चिकित्सकका अनुसार थापाको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ।, ‘उहाँको मस्तिष्कमा गम्भीर चोट छ। अहिले पनि भेन्टिलेटरमै हुनुहुन्छ,’ स्रोतले भन्यो।, सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।, सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।, १० दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी छ।, घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।, अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, ‘अरू कुनै कारण देखिएन,’ उनले भने।, प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो। , ,
रवि लामिछानेका ड्राइभर अझै भेन्टिलेटरमा, मस्तिष्कमा गम्भीर चोट |
सेतोपाटी संवाददाता नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटना परी घाइते भएकी छन्।, शुक्रबार दुर्घटनामा घाइते भएकी सिंहको अहिले काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।, बिहान साढे १० बजे कोटेश्वरमा उनले चलाएको स्कुटर* र अर्को स्कुटरमा ठोक्किएको थियो।, ‘बिहान विमानस्थल जाने क्रममा कोटेश्वरमा दुर्घटना भएको हो। टाउकोमा चोट लागेको छ,’ सिंहका श्रीमान केशव शाहीले भने,‘अहिले स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ।’ , *यसअघि अन्यथा परेकाले सच्याइएको छ।,
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह दुर्घटनामा घाइते |
राजेश घिमिरे नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणका लागि पहरो फुटाउन विष्फोटक पदार्थ खरिद गर्नेसम्बन्धी फाइल भारतीय दूतावासमा पुगेको छ। , यो सडक खण्डको तुइन र चिसेन्जी खोलामा नयाँ पुल निर्माणका लागि कडा चट्टानसहितको पहरो फोर्न विष्फोटक पदार्थ खरिद गर्न लागिएको हो।, नारायणगढ–मुग्लिन सडक आयोजनाले कठिन भौगोलिक बनावट रहेका स्थानका चार वटा खोलामा पुल निर्माणका लागि पहाड काट्न गत पुस ५ गतेदेखि साढे दुई महिनासम्म दैनिक ४ घण्टा सवारी साधन नै रोकेर काम गरेको थियो। रक ब्रेकरले पहाड फोर्ने नसकेपछि बम विष्फोट गरेर फोर्नुपर्ने निष्कर्षमा आयोजना पुगेको थियो। , आयोजनाका प्रमुख इन्जिनियर किरण कार्कीले जिल्ला सुरक्षा समितिले विष्फोटक पदार्थ आवश्यक पर्ने निर्णय गरेर गृह मन्त्रालयमा पठाएको फाइल अहिले भारतीय दूतावासमा पुगेको जानकारी दिए।, गृह मन्त्रालयले उक्त फाइल रक्षा मन्त्रालयमा पठाएको थियो।, ‘नेपाली सेनासँग मात्रै विष्फोटक पदार्थ हुने भएकाले फाइल रक्षा मन्त्रालय पुग्यो तर नेपालमा विष्फोटक पदार्थ रहेनछ। रक्षाले त्यो फाइल परराष्ट्र मन्त्रालय पठाइदियो। परराष्ट्रले भारतीय दूतावासमा पठाइदिएको छ,’ कार्कीले भने। , सडक आयोजना दूतावासको ‘नो अब्जेक्सन सर्टिफिकेट’को पर्खाइमा छ। कार्कीका अनुसार उक्त पत्र प्राप्त भएपछि कन्ट्र्याक्टरले एलसी खोलेर भारतबाट विष्फोटक पदार्थ खरिद गर्नेछ। , ‘नेपाली सेनासँगै विष्फोटक पदार्थ भएको भए काम सुरू भइसक्थ्यो। यहाँ नभएका कारण दूतावास हुँदै भारत पुग्नुपर्ने भयो। रक्षा मन्त्रालयमा फाइल अल्ली धेरै समय रोकिएका कारण पनि खरिद प्रक्रियामा ढिलो भयो,’ कार्कीले भने।, परराष्ट्र मन्त्रालयले दूतावासमा फाइल पठाएको पनि दुई हप्ता भइसकेको कार्कीले बताए। , विष्फोटक पदार्थ ल्याएपछि नेपाली सेनाले पहरो फोर्न सुरू गर्ने उनले बताए।, ‘भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणको प्राविधिक टोलीले त्यो काम गर्नेछ,’ कार्कीले बताए। , दैनिक एक घण्टाजति सवारी साधन रोकेर विष्फोट गर्ने तयारी सडक आयोजनाले गरेको छ।, करिब एक महिनामा पुल र एप्रोच सडकका लागि आवश्यक स्थान बनाइसक्ने कार्कीले बताए।, ‘अब पहिलेजसरी दैनिक ४ घण्टा सडक बन्द गर्नुपर्दैन। दैनिक आधादेखि एक घण्टा बन्द गर्ने, विष्फोट गरेर क्लियर गरिहाल्नेगरी तयारी गरेका छौं,’ उनले भने, ‘एक महिनाभित्रमा त्यो काम सकेर पुल निर्माण सुरू गर्छौं।’, नारायणगढ–मुग्लिन सडक आयोजनाले कालीखोला र सिमलतालमा भने पहरो काटेर पुल निर्माणको काम अघि बढाइसकेको छ।, चिसेन्जीको नारायणगढतर्फको र तुइन खोलाको मुग्लिनतर्फको पहरोमा निकै कडा चट्टान भेटिएकाले बम विष्फोट गर्न लागिएको हो। , नारायणगढ–मुग्लिन सडकमा १९ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो। तीमध्ये ४ वटा निर्माण भएर सञ्चालनमा आइसकेका छन्। बाँकी १५ मध्ये ९ वटा पुल पनि निर्माण भएर सञ्चालनको तयारीमा छन्। अन्य पुलहरू निर्माणाधीन रहेको कार्कीले बताए।, स्थानीयलाई मुआब्जा दिन ढिलाइ भएका कारण रोकिएको मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो खोला खहरेको पुल निर्माणको काम केही दिनअघिबाट सुरू भएको छ। , यो सडकमा पुल बनाउन २०७६ चैत १० गते सम्झौता भएको थियो। समयमा काम नसकिएपछि थप गरिएको म्याद आगामी पुस ९ गतेसम्म छ।,
नारायणगढ–मुग्लिन सडकको पहरो फोर्न विष्फोटक पदार्थ किन्ने फाइल भारतीय दूतावासमा |
सरिशा अछामी गत आइतबार साँझ भुकटीमण्डपको राष्ट्रिय अपांग कोषको परिसरभित्र भेटिए, ५५ वर्षीय साइँला कैती। उनी प्लास्टरको खुट्टा मेसिनमा घोट्दै थिए। एकैछिनमा प्लास्टरको खुट्टाले चिटिक्कको आकार लियो। झट्ट हेर्दा त्यो मान्छेकै खुट्टाजस्तो देखिन्थ्यो। , साइँलाले यसरी कृत्रिम खुट्टा बनाउन थालेको साढे तीन दशक बितिसकेको छ। अनुभवकै आधारमा अचेल उनी फरक-फरक आकारका खुट्टा फटाफट बनाउन सक्छन्।, प्लास्टरका खुट्टा बनाउने काम साइँलाको पुर्ख्यौली पेसा होइन न त उनले यसबारे कहीँ पढेका र तालिम लिएका हुन्।भक्तपुरको मध्यपुर थिमीका साँइलाले ०४४ सालमा कोषमा कार्यालय सहयोगीको जागिर पाएका थिए। , कार्यालय सहयोगीको जागिर खान आएका साइँलाको बाटो भने अरूलाई हिँड्न सघाउने कृत्रिम खुट्टा बनाउनेतिर मोडियो।, उनले जागिर सुरू गर्दा कोषले खुट्टा गुमाएकाहरूलाई काठका खुट्टा बनाएर दिने गर्थ्यो। काठलाई खुट्टाको आकार दिने सिकर्मी थिए, रामभक्त खड्का। साइँला पनि खड्काले काठका खुट्टा बनाएको हेर्थे। हेर्दाहेर्दै उनले सिक्न थाले। , काठका खुट्टा बनाउने कुरा एउटा काम मात्रै थिएन, कसैको सपना पूरा गर्ने माध्यम थियो। त्यतिबेला अहिलेजस्तो बजारमा कृत्रिम खुट्टा किन्न पाइन्नथ्यो। खुट्टा गुमाएकाहरू हिँड्न सकून् भनेर काठका खुट्टा हालिन्थ्यो। काठका खुट्टा लगाएर दुई-चार पाइला हिँडेपछि ती मानिसका अनुहारमा खुसी छचल्किन्थ्यो। आफ्नो कामले कोही त्यति धेरै खुसी भएको देख्दा साइँलालाई आनन्द लाग्थ्यो। त्यही आनन्दले उनी काममा निरन्तर लागिरहे।, ‘काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट थोरै मान्छेमात्र काठका खुट्टा हाल्न आउँथे, दुर्गम क्षेत्रका मानिसलाई थाहै थिएन,’ साइँलाले भने, ‘अहिलेको जस्तो प्रचार-प्रसार गर्न मिल्दैन थियो, नत्र काठको खुट्टा लगाउन धेरै जना आउँथे होला।ʼ , उतिबेला काठको एउटा खुट्टा बनाउन दुई सातासम्म लाग्थ्यो। , ‘काठलाई मानिसको खुट्टाको आकार दिन धेरै मेहनत गर्नुपर्छ। एउटा खुट्टा बनाउन दुई हप्ता लाग्थ्यो,ʼ साइँला भन्छन्, ‘पैताला बनाउन उतिस र पिँडुला बनाउन सिमलको काठ राखिन्थ्यो।ʼ, उतिस र सिमलको काठ हलुको हुने भएकाले खुट्टा बनाउन प्रयोग गरिन्थ्यो। पानीबाट बचाउन पैतालाको भागलाई जनावरको छालाले मोर्ने गरिन्थ्यो। त्योबाहेक नट-बोल्ट, रबर, गम र केमिकल चाहिन्थ्यो।, यसरी बनाइएका खुट्टा ५/७ वर्षसम्म टिक्थे। पानीमा हिँड्यो भनेचाहिँ चाँडै पैतलाको भाग खिइन्थ्यो।, ‘खुट्टा नहुनेहरूको लागि त्यो राख्न रहर हुन्थ्यो,ʼ उनले भने, ‘खुट्टा नहुनेलाई सिधा उभिनु पनि ठूलो उपलब्धि हो।ʼ, अहिले पनि काठको खुट्टा लगाउने व्यक्ति छन्। उनीहरू कहिलेकाहीँ मर्मत गर्न कोषमा आउँछन्। काठका खुट्टा लगाएकाहरू त्यसैमा सहज महशुस गर्छन्। अरू कृत्रिम खुट्टा राख्न मन पराउँदैनन्। , ‘तर अचेल आक्कलझुक्कल मान्छे मात्र आउँछन्, माग नभएकाले लामो समयदेखि काठको खुट्टा बनाएको छैन,ʼ उनले भने। , अहिले अपांगता भएका व्यक्तिले प्लास्टिक तथा कार्बनका खुट्टा बढी प्रयोग गर्छन्। प्लास्टिक र कार्बनका खुट्टा काठको भन्दा हलुका र ९० प्रतिशतसम्म खुम्चाउन मिल्छ। त्यसैले अचेल कार्बन (प्लास्टर गर्ने सामान) को खुट्टा धेरैको रोजाइमा पर्ने गरेको छ।, काठको भन्दा प्लास्टिकको खुट्टा बनाउन सजिलो पनि छ। चाहिने सामान जर्मनी, चीन, बेलायतबाट आउँछ। पछिल्लो समय कार्बनको माग छ।, काठलाई कृत्रिम खुट्टाको आकार दिएर काम सिकेका साइँला अचेल प्लास्टिकका खुट्टा पनि बनाउँछन्। , कोषमा प्लास्टिकको खुट्टा बनाउने दक्ष व्यक्ति पनि छन्। ती हुन्, प्रोस्थेटिष्ट तथा अर्थोटिष्ट रामबहादुर थापा। , रामबहादुरले कार्बनका खुट्टा बनाउँछन्। एउटा खुट्टा नहुँदा दुई चार पाइला हिँड्न कति गाह्रो हुन्छ भन्ने उनी आफैंले भोगेका छन्। , सात वर्षको हुँदा रामबहादुरको एउटा खुट्टा भाँचियो। भाँच्चिएको खुट्टा छोटो भएपछि उनी लामो समय कुप्रिएर हिँडे। , शारीरिक अपांगता भएकाले कोषमा जोडिए। त्यहीबाट उनले काठमाडौंमा बसेर पढ्ने अवसर पाए। नेपालमा मात्र नभई सन् २०११ मा कम्बोडिया पुगे। त्यहाँ उनले कृत्रिम खुट्टाबारे बुझ्ने अवसर पाए। त्यहाँ तीन वर्ष पढेर सन् २०१४ मा स्वदेश फर्किए। , त्यहाँबाट फर्केपछि कोषमा काम गर्न थाले। अहिले उनी मागअनुसार खुट्टा बनाउन सहयोग गर्छन्। रामबहादुर आफैंले पनि कृत्रिम खुट्टा लगाएका छन्। , आफ्नो खुट्टा देखाउँदै उनले भने- म दौडिन सक्छु, यसको पैताला भाग लचिलो छ।, उनले विदेशीको सहयोगमा हालेका हुन्। आफूले प्रयोग गरेजस्तो खुट्टा नेपालमा बनाउन नसकिने रामबहादुर बताउँछन्।, ‘महँगो पर्ने भएकाले यहाँ बनाउन सकिदैन,ʼ उनले भने। , अहिले नेपालमा घुँडाभन्दा मूनिको खुट्टालाई १० देखि २० हजार र पुरैलाई ३० देखि ४० हजार रुपैयाँ पर्ने उनी बताउँछन्। ‘कोषमा हामी वार्षिक १ हजारभन्दा बढी खुट्टा बनाउँछौं,ʼ उनले भने, ‘ साढे २ लाख रुपैयाँ जतिको बिक्री हुन्छ।ʼ, नेपालमा कृत्रिम खुट्टा बनाउने एकमात्र सरकारी निकाय यही कोष हो। , नेपालमा सन् २००५ मा पहिलो पटक कृत्रिम खुट्टा भित्रिएको थियो। त्यसपछि काठबाट खुट्टा बनाउने क्रम विस्तारै कम भयो।अहिले जर्मनी, चीन, अमेरिकालगायत ठूला देशले ९५ प्रतिशत खुम्चाउन मिल्ने खुट्टा बनाएका छन्। महँगो पर्ने भएकाले त्यस्ता कृत्रिम खुट्टा नेपाल भित्रिन सकेका छैनन्। , कोषले भने कसैले कृत्रिम खुट्टा राख्न चाहे २५ देखि ७५ प्रतिशतसम्म छुट दिन्छ।, ‘आर्थिक अवस्था न्यून भएका केही व्यक्तिले त नि:शुल्क पाउँछन्,ʼ रामबहादुरले भने। , नि:शुल्क पाइन्छ भन्ने थाहा नभएकाले दुर्गम ठाउँका मानिस आउँदैनन्।, त्यस्तो ठाउँमा सूचना पुर्याउनु आवश्यक रहेको उनी बताउँछन्।, ‘कृत्रिम खुट्टा राख्दा अरूको हेलाहोचोबाट बचिन्छ,ʼ उनले भने, ‘बाँच्नका लागि जिन्दगीमा हिम्मत मिल्छ।ʼ, सबै तस्बिरहरू: सरिशा अछामी/सेतोपाटी।,
कृत्रिम खुट्टा बनाएर हिँड्न सघाउने साइँला र रामबहादुर |
राजु अधिकारी विराटनगर-१४ का २४ वर्षीय किसन अग्रवाल शुक्रबार मोरङ जिल्ला प्रशासन कार्यालय अघि भेटिए। उनी आफूजस्तै अरू धेरै साथीहरूसँगै यतिका समयसम्म अनागरिक बनाउने राज्यविरूद्ध धर्नामा उत्रिएका हुन्।, ‘नेपालमा जन्मिनु नै मेरो दुर्भाग्य भयो, यहाँ बेकार जन्मेछुजस्तो लाग्न थालेको छ’, उनले भने,‘एउटा नागरिकता पनि नदिने देशमा बसेर मैले कसरी भविष्य बनाउने? मेरो जीवन बर्बाद पार्न पाउँछ राज्यले?’ , उमेरले आफूलाई लक्का जवान ठान्ने उनी मानसिक रूपले यति हैरान देखिन्छन् कि बोल्दाबोल्दै उनका गह कहिले डम्म भरिन्छन्, एकैछिनमा आक्रोशित पनि सुनिन्छन्। , उनका बुबाआमा दुबै जनासँग राज्यले जन्मसिद्धका आधारमा दिएको नागरिकता छ। बुबाको मृत्यु भइसकेको छ। ७० वर्षकी आमा घरैमा सानो पसल चलाएर बसेकी छन्। कमाउन थाल्नुपर्ने उमेरका छोरा किसन भने नागरिकता नभएकै कारण भनेजसरी केही गर्न नपाउने अवस्थामा छन्।, यो उमेरसम्म अनागरिक रहन बाध्य बन्नुको पीडाले उनलाई घरि विरक्त लगाउँछ, घरी आक्रोशित तुल्याउँछ। त्यसैले आफ्नो समस्या सुनाइरहँदा भावुक देखिने उनी यो अवस्थामा पुर्याउने राज्य र राजनीतिक शक्तिहरू सम्झिँदा कठोर देखिन्छन्।, ७० वर्ष पुगिसकेकी आमालाई पाल्न सक्ने हैसियत बनाउन नसक्नुको थकथकीले उनलाई बारम्बार सताउँछ। त्यही विषयमा बोल्दा उनका आँखा रसाइहाल्छन्। , ‘मलाई यो हालतमा पुर्याउने हाम्रो राज्य हो, यहाँको राजनीति हो’, शुक्रबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्नामा भेटिएका किसनले सुनाए, ‘म २४ वर्षको भएँ, मेरी आमा ७० वर्षको हुनुहुन्छ। यो बेला भनेको मैले मेरी आमा पाल्नुपर्ने समय हो। तर, दुर्भाग्य मलाई अहिले पनि आमाले पालिरहनुपरेको छ।’, नेपालको संविधानले २०७२ सालअघि नेपालको नागरिकता लिएका बुबा र आमाका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। उनीहरूलाई कानुन नभएको भन्दै राज्यले अनागरिक बनाएको छ। उनीहरू जस्तै लाखौं नेपाली युवालाई नागरिकता लिने बाटो खोल्ने गरी संसद्ले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको छ।, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक गएको साउन २९ मा फिर्ता पठाइदिएकी थिइन्।, संसदका दुबै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार फिर्ता पठाएको विधेयक संसदले जस्ताको तस्तै दोस्रो पटक पनि पारित गरेको थियो।, उक्त नागरिकता विधेयकमा जन्मसिद्धका आधारमा नागरिकता पाएका आमाबुवाका सन्तानलाई नागरिकता दिने, गैरआवासीय नेपालीलाई पनि राजनीतिक अधिकारबिनाको नागरिकता दिनेलगायत विषय समेटिएका थिए।, प्रतिनिधि सभाले भदौ २ मा दोस्रो पटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको थियो। राष्ट्रिय सभाले पनि पारित गरेर दोस्रो पटक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको विधेयक भण्डारीले रोकेकी थिइन्। दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ। यद्यपि त्यो विधेयक राष्ट्रपतिले रोकेर राखेकी थिइन्।, अहिले नयाँ राष्ट्रपति र नयाँ संसद् आइसकेको बेलामा पनि यो विधेयकले किनारा पाएको छैन। चुनावका मुखमा गरिएका वाचा बिर्सेर दलहरूले पनि यसबारे अभूतपूर्व मौनता साँधेका छन्। जसका कारण विराटनगरका किसन जस्तै लाखौं तन्नेरी नेपाली नागरिक हुनुको पहिचान पाउने अधिकारबाटै वञ्चित छन्।, विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ जाने बाटोको एउटा कुनामा ५० जनाभन्दा बढी युवाहरू शुक्रबारदेखि आफूहरूले नागरिकता पाउनुपर्ने मागसहित धर्नामा बसेका छन्। उनीहरूको नेतृत्व गर्दै नागरिकता पीडित संघर्ष समितिका संयोजक इन्द्रजीत साफी पनि धर्नारत छन्। , ‘नागरिकता पीडित संघर्ष समिति’ को कालो टिसर्ट लगाएर विराटनगरको भतभती पोल्ने घाममा दर्जनौं तन्नेरी नेपाली हुनुको पहिचान राज्यसँग मागिरहेका छन्।, धर्नामै बसेकी अर्की युवा हुन् विराटनगर १२ की मेलिना मण्डल। २५ वर्ष पूरा भइसकेकी उनले स्टाफ नर्सको पढाइ सिध्याएको पाँच वर्ष पूरा भइसकेको छ। नर्सिङ काउन्सिलको परीक्षा पनि उत्तिर्ण गरिसकेकी उनी पढेको ज्ञान कार्यान्वयन गर्ने भरपर्दो अवसरबाट नै वञ्चित छन्।, उनीसँग नागरिकता छैन। त्यसैले परीक्षा उत्तिर्ण गरेर पनि नर्सिङ काउन्सिलको लाइसेन्स पाउन सकेकी छैनन्। उनीसँग नागरिकता छैन, त्यसैले बैंक खाता खोल्न पाएकी छैनन्। कहिले कुन र कहिले कुन अस्पतालमा चहारेर काम गरिरहेकी उनलाई कामको केही महिना बितेपछि अस्पताल प्रशासनले नागरिकता खोज्छ। दिन नसक्दा उनी त्यहाँ काम छाडेर अन्यत्र जान बाध्य हुन्छिन्।, ‘काम गरिरहेको अस्पतालबाट नागरिकता नभएकै कारण कामबाट निकालिएको छु,’ उनले भनिन्, ‘अरू सबैको स्यालरी बैंकमा जाँदा मैले हातैमा नगद लिनुपर्छ। नागरिकता, लाइसेन्स नहुँदा राज्यका धेरै अवसरबाट विमुख छु। यो हामीमाथि भइरहेको अन्याय हो कि होइन? हाम्रो समय यसरी राज्यले बर्बाद बनाउन पाउँछ?’, उनको जस्तै चोटिलो प्रश्न धर्नारत सबैको छ। तर, राज्यले भरपर्दो जवाफ दिन सकिरहेको छैन।, ‘हामी नागरिकता नपाएर आफ्नो आधारभूत अधिकारका लागि लडिरहेका छौं,’ वैशाखभर विराटनगरमा धर्ना दिने योजना सुनाउँदै इन्द्रजीत साफीले भने, ‘तर राज्य र त्यसका सञ्चालक दलहरूले यसलाई केवल राजनीतिक मुद्दा मात्रै बनाए। यसले लाखौं युवाहरू आफ्नो अधिकारबाटै वञ्चित भएका छन्।’,
‘आमालाई पाल्ने उमेरमा म आमाबाट पालिनु परेको छ’ |
सेतोपाटी संवाददाता बाजुरामा ट्र्याक्टरको टायरले च्यापिएर एक जनाको मृत्यु भएको छ। , बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा ३१ वर्षीय खम्म रावतको टायरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवेन्द्र बोहराले जानकारी दिए।, सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्र्याक्टरमा चढ्ने क्रममा ट्र्याक्टरको टायरमा च्यापिएर बिहीबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। , ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,
बाजुरामा ट्र्याक्टरको टायरले च्यापिएर एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ। , गृह मन्त्रालयको बढुवा समितिको बैठकले शुक्रबार १८ जना एसपीलाई बढुवा गर्न सिफारिस गरेको हो। , बढुवामा पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्रबहादुर खत्री, तेस्रोमा विष्णुकुमार केसी र चौथोमा सानुराम भट्टराईलाई बढुवा गर्न सिफारिस गरेको हो।, यस्तै, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोख्रेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोख्रेल, तारादेवी थापा र प्रज्वल महर्जनलाई एसएसपी बढुवामा सिफारिस गरेको छ।,
१८ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित) |
रासस गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ।, नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्। , ‘लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च हुने विद्युत्को महसुल पूर्णरुपमा निःशुल्क गर्ने निर्णय भएको छ,’ उनले भने। , यस्तै यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटोछरितो बनाउन प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ। , उक्त सेवालाई सहज बनाउन गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहित प्रतिवदेन पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। , उक्त समितिले १५ दिनभित्र प्रतिवदेन पेस गर्नेछ।,
गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क |
सेतोपाटी संवाददाता कपनकाे सरस्वतीनगरमा भएको हत्याकाण्डबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ। , वैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट भएको हत्याबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले जानकारी दिए। , उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एआइजीको नेतृत्वमा समिति गठन गरिएको हो। , 'सिआइबीको एआइजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ,' उनले भने।, समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र अन्य प्रहरी एसपी र डिएसपीसमेतको सहभागितामा उच्चस्तरको छानबिन समिति गठन गरिएको उनले बताए। , यो पनिः, कपनमा दिनदहाडै निराको हत्या, प्रहरीले एक सातासम्म पाएन क्लू,
कपनको हत्याकाण्डबारे अनुसन्धान गर्न एआइजीको नेतृत्वमा ११ सदस्यीय छानबिन समिति गठन |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।, दिउँसाे पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागकाे मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थाेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षााको सम्भावना रहेकाे महाशाखाले जनाएको छ। , महाशाखाले चट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षति बँच्न आवश्यक सतर्कता अपनाउन पनि अनुराेध गरेको छ। , आागामी तीन दिनको मौसमः, २०८० वैशाख १६ गते (शनिबार), दिउँसोː, देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।, रातीː , देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।, २०८० वैशाख १७ गते (आइतबार), दिउँसोː ,देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।, रातीː , देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।, २०८० वैशाख १८ गते (सोमबार), दिउँसोː ,देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।, रातीː , देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै तथा तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।,
यस्तो छ आगामी तीन दिनको मौसम |
रासस ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। , सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो। , इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ। शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए। , केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो।,
चट्याङ लागेर ताप्लेजुङमा वृद्धको मृत्यु |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।, दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।, पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज राती लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।, देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेकाले मेघगर्जन/चट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेको छ। ,
यस्तो रहनेछ आजको मौसम |
सेतोपाटी संवाददाता युवा उद्यमी हरि भट्टराई र उनको टिमले स्थापना गरेको इ-विद्या मोबाइल एप्लिकेसनले ७५ भन्दा बढी विषयमा विद्यार्थीलाई भिडिओ उपलब्ध गराउँदै आएको छ।, एप्लिकेसनमा आधारित विद्युतीय सिकाइको मञ्च इ–विद्यामा प्रयोगकर्ताले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका साथै उच्च माध्यमिक शिक्षा अन्तर्गतका विभिन्न तहको पाठ्यक्रमममा आधारित भई सम्पूर्ण विषयको पूर्णरूपमा भिडियो सामाग्रीको पहुँच पाउने गरेका छन्। , मोइबाइलमा एप्लिकेसन डाउनलोड गरेपछि सुरुमा डेमो भिडिओ हेर्न पाइन्छ। त्यसपछि आफूले चाहेको विषय पढ्नका लागि निश्चित शूल्क तिर्न पर्ने प्रावधान छ।, भट्टराइका अनुसार एप्लिकेसनमा ७५ भन्दा बढि विषयहरूको २ हजार भन्दा बढी भिडियोहरू उपलब्ध छन्। , ‘यस विद्युतीय सिकाइले उत्साही विद्यार्थी तथा पेशागत रुपमा व्यस्त व्यक्तिलाई सजिलो एवम् सुविधा अनुसार दक्ष तथा अनुभवी शिक्षाविदमार्फत् अध्ययन–अध्यापन गराउने आकाक्षां राखेको छौं,’ भट्टराईले भने। , उनका अनुसार दक्ष तथा अनुभवी शिक्षाविदमार्फत शिक्षालाई राजधानीबाट देशका कुनाकाप्चामा तथा विदेशमा रहेका सम्पूर्ण विद्यार्थीलाई भिडियो उपलब्ध गराउनु इ-विद्याको लक्ष्य हो। , कम्पनीले गुणस्तरीय डिजिटल सामाग्रीलाई कक्षाकोठा सरहको अनुभव प्रदान गराउँदै विद्यार्थी माझ पुर्याउने आकाक्षां राखेको छ। , इ–विद्यामा पाठ्यक्रममा आधारित विषयहरूको पूर्ण भिडियो लेक्चर, भिडियो लेक्चरहरूको अध्ययन गर्ने क्रममा विद्यार्थीले सामना गर्ने जिज्ञासा, प्रश्न तथा दुविधा समाधान, विषयको सम्पूर्ण भिडियो लेक्चरसँग सम्बन्धित पावर प्वाइन्ट, विश्वविद्यालयले विगतमा सोधेका प्रश्नपत्र पूर्वपरिक्षा तयारी र अन्तिम परीक्षा अगाडि आफुले खरिद गरेको विषयसँग सम्बन्धित प्राध्यापकसँग निःशुल्क प्रत्यक्ष अन्तक्रिया उपलब्ध हुने भट्टराइले बताए।, इ–विद्याले ३५ जना भन्दा बढि प्रसिद्ध एवम् पूर्णरूपमा स्थापित प्राध्यापकहरूलाई समावेश गरी सम्बन्धित विषयहरूको भिडियो सामाग्रीहरू निमार्ण गरेको छ । , यस्तै प्रत्येक कलेजको व्यवस्थापन संकाय अन्तर्गत प्लस टु र स्नातक तहमा सर्वोकृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरू मध्येबाट ३-३ जनालाई त्यसभन्दा माथिको तहको अध्ययनमा इ–विद्याको कोर्शहरूमा कुनैपनि शुल्क लाग्ने छैन भने प्रत्येक कलेजको व्यवस्थपन संकाय अन्तर्गतका स्नातकोत्तर तहमा सर्वोकृष्ट अंक हासिल गर्ने विद्यार्थीहरू मध्येबाट ३-३ जनालाई विना कुनै शुल्क करियर अभिवृद्धि एवम् विकास तालिम उपलब्ध गराउने उनले बताए। , पछिल्लो समय इ–विद्या राष्ट्रिय आविष्कार केन्द्रसँग अनुवन्धित भएको छ । त्यसअन्तर्गत इ–विद्या एपलाई प्रति एक पटकको डाउनलोडमा रु. १ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने आपसी समझदारी भएको छ।,
८ करोड लगानीमा स्थापना भएको इ-विद्या, जहाँ उपलब्ध छन् ७५ बढि विषयका २ हजार भिडियो |
रासस तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ। , स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।, स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए। , ‘अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ,’ उनले भने, ‘त्यसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन, यसलाई ध्यानमा राखि परिचयपत्र लागू गरेका हौँ।’, तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरेका छन्। , किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन्। , तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न दिइने छैन। कृषिजन्य वस्तुको बिक्री वितरणका लागि वडा नं १२ मा हाटबजारको व्यवस्था गर्न लागिएको छ। ,
तुलसीपुरमा तरकारी बेच्न परिचयपत्र अनिवार्य |
गोपालप्रसाद बराल घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरू भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको संकट बढेको छ।, गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ। , ‘इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो”, बर्दिबास–९ पशुपतिनगर, झ्याकुलेटोलका राजकिशोर महतोले इनार देखाउँदै भने, ‘बयलगाडा जोतेर पानी लिन दुई/तीन किलोमिटर परका बस्तीमा जानुपर्ने दिन आउँदैछन्।’, खानेपानीको संकट व्यहोर्दै आएका पशुपतिनगरका बासिन्दाले यसअघि कयौं साल बयलगाडा जोतेर पानी ल्याएको सम्झिरहेका छन्। , करिब चार हजार जनसंख्या रहेको पशुपतिनगरका सात–आठ टोल बस्तीमा गरी एक सयभन्दा बढी इनार छन्। सबैजसो इनारमा अहिले पानी जमौट (इनारको सबभन्दा तलको बन्धन, जहाँबाट इनार ठड्याउँदै लगिन्छ)को घेरामा पुगेको सो बस्तीकै ब्रह्मदेव महतो बताउँछन्।, सामान्यतया प्रत्येक वर्ष वैशाख–जेठमा यहाँका इनारमा पानीको सतह गहिरिँदै जाने भए पनि यसपालि भने चैतदेखि नै यो समस्या बढेको हो।, यसपालि हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह चैतमै गहिरिएको पशुपतिनगर गोमस्ताटोलका उत्तमबहादुर राना बताउँछन्।हिउँदे वर्षा कम भएकाले खानेपानीको सङ्कट भएको पशुपतिनगरका बासिन्दाको अनुभव छ।, झ्याकुले टोलका इनार पूरै सुकिसकेका स्थानीय सुरेन्द्र महतोको भनाइ छ।, ‘हामी यो टोलका आठ–दश घर त पानी लिन साइकलमा गाग्री झुण्ड्याएर करिब दुई किलोमिटर परको खेतको इनारमा जान थालेका छौं’, उनले भने। बस्तीका धेरैजसो इनारमा पानीको सतह जमौटमै पुगिसकेको छ। मोटरबाट पानी तान्न ओछ्याइएका पाइपको काम सकिएको छ। , इनार धमाधम सुक्दै गएपछि बालीनाली सुक्न थालेका छन्। तरकारी खेती मुख्य बाली लगाइने यहाँ लहरे तरकारीका बोट पानी नपाएर सुक्दै गएका छन्। अहिले लटरम्म फल्नुपर्ने वैशाखी सिजनका लौका, फर्सी, करेला, घिरौला र झिमनीका लहरा चर्को घामको रापले सुकेपछि किसानलाई खानेपानीसँगै अबको गुजाराको चिन्ताले पनि पिरोल्न थालेको छ।, पशुपतिनगरमा खानेपानीको संकट टार्न बोरिङबाट मोटरले पानी तानेर टयांकीमा भण्डारण गरी घरघरै धाराबाट पानी दिने व्यवस्थाका लागि काम भइरहेको छ। , ‘खानेपानीका धारा सञ्चालनमा ल्याउने योजना छ’, बर्दिबास–९ का वडाध्यक्ष घुरन महतोले भने। , बर्दिबासमा पशुपतिनगरमात्र नभएर बिजलपुरा, विजयबस्ती, प्रेमनगर, फुलबारीटोल, किसाननगर, मनहरिपुर र कृष्णपुरसहितका बस्तीमा पनि खानेपानीका मुख्य स्रोत इनार नै हुन्। यी बस्तीका इनार पनि धमाधम सुक्दै जाँदा खानेपानी र सिँचाइको समस्या बढ्दो छ।, बर्दिबासबाहेक उत्तरी क्षेत्रकै गौशाला नगरपालिकाका भरतपुर, लक्ष्मीनियाँ (पहिलेका गाविस क्षेत्र) र भङ्गाहा नगरपालिकाका रामनगर, भूचक्रपुर, प्रेमनगर र टोकासहितका बस्तीका इनार पनि सुक्दै गएका छन्।, ‘पहिले खन्दा १५–१६ हातमै पानीको मूल फुट्थ्यो’, ३० वर्ष पहिले खनिएको इनार देखाउँदै भङ्गाहा–४ रामनगरका ७५ वर्षीय दीपबहादुर फुँयालले भने, ‘त्यसयता इनार सुक्दै गएपछि भित्र सानाकोठी थप्दै लगेर अहिले इनार ४० हात गहिरो भइसकेको छ।’, पानी सुक्दै गएपछि इनार गहिर्याउँदै लगिएसँगै पानीको सतह झन्–झन् गहिरिँदै गएको फुँयालको भनाइ छ। , पछिल्ला वर्षहरूमा प्राकृतिक सम्पदा (पहाडी थुम्का, नदी किनार, नदीउकास र वनक्षेत्र) को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेको हुँदा पानीका स्रोतका मुहान गहिरिँदै गएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउँछन्।, प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ। यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दैछन्। चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेगर्यान नदीमा थुपरिने गर्दा कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र सिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका यादव बताउँछन्। यसैगरी यसको प्रतिकूल प्रभाव जलाधार क्षेत्रमा पर्दा यस्ता क्षेत्र सुक्खा बगरमा परिणत हुँदैछन्।, ‘यसको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षरोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेगर्यान नदीमा नझर्ने व्यवस्था र ठाउँ–ठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ’, यादवले भने।, पूर्वपश्चिम राजमार्ग माथि (उत्तर)को चुरे पहाडी क्षेत्रमा खनिने पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउँदै गएपछि इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने यादवको भनाइ छ।, यस कार्यमा पूर्वपश्चिम राजमार्ग वरपरका स्थानीय तहले संयुक्त रूपमै पहलकदमी बढाए यो बढी प्रभावकारी हुने यादवले बताए।, धनुषाको मिथिला र महोत्तरीको बर्दिबास र गौशाला नगर क्षेत्रमा पानी पुनःभरणका एक सय ८८ पोखरी खनिएका छन्।, खोल्सी व्यवस्थापन र पानी पुनःभरणका पोखरी बनाउन महोत्तरीका मात्र नभएर कमला पश्चिम र बागमती पूर्वका धनुषा र सर्लाहीका स्थानीय तहले पनि तत्काल पहलकदमी बढाउनुपर्ने देखिन्छ।,
महोत्तरीमा खानेपानीको संकट |
सेतोपाटी संवाददाता नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा ७७ जिल्लामा पुस्तक पुगिसकेको छ।, मंगलबारसम्म देशभरका सबै जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्धक अनिलकुमार झाले बताए।, ‘अलिअलि अपुग भएका जिल्लामा आगामी शुक्रबारसम्म पुस्तक पुगिसक्छ,ʼ उनले भने।, अब ५ लाख थान पुस्तक जाने अनुमान गरेको उनले जानकारी दिए।, उनका अनुसार १ करोड ३५ लाख थान पुस्तक जिल्लामा पुगिसकेको छ। चालु शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको थियो।, शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै जिल्लामा पुस्तक पुगेको यो पहिलो पटक हो।, वैशाख १५ गतेसम्म भर्ना अभियान चलिरहेको प्रबन्धक झाले बताए।, ‘जनक शिक्षा सामग्री केन्द्रसँग जोडिएको १२ सय ६७ बिक्री केन्द्रले पुस्तक लगिसकेका छन्,ʼ उनले भने।, यसपटक पुस्तक छाप्ने मेसिन खरिद र जनशक्ति बढाइएका कारण समयमा पुस्तक जिल्लामा पुग्नसकेको उनको भनाइ छ।, यो वर्ष समयमै विद्यार्थीले किताब पाउने वातावरण कसरी बन्यो?, हामीले यो प्रश्न सरकारी विद्यालयका किताब छाप्दै आएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्धक अनिलकुमार झालाई सोध्यौं।, झाका अनुसार सरकारी इच्छाशक्ति, पूर्वयोजना, स्रोत साधन, जनशक्ति र व्यवस्थापनको प्रभावकारी तालमेलले सकारात्मक परिणाम आएको हो।, ‘पोहोरसम्म एकातिर केन्द्रसँग पर्याप्त स्रोत साधन र जनशक्ति थिएन, अर्कातिर राजनीतिक नेतृत्वमा जसरी पनि समयमै विद्यार्थीलाई किताब दिनुपर्छ भन्ने इच्छाशक्ति हुन्थेन,’ झाले भने,‘हुनुपर्ने ठाउँमा समन्वय नहुँदा र योजनावद्ध रूपले काम नहुँदा भद्रगोल हुने गरेको थियो।’, यसपालि प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयबाट आफूहरूले राम्रो सहयोग पाएको उनले बताए। अरूबेला गुनासो लिएर कार्यालय धाउनुपर्थ्यो, यसपालि त्यो समस्या भाग्नु परेन।, ‘उहाँहरूले नै केही समस्या भए भन्नुहोस्, समस्या समाधान गरेर समयमै पुस्तक पुर्याउनु पर्छ भन्नुहुन्थ्यो,ʼ झाले भने।, सरकारले भरोसा मात्र दिएन केन्द्रलाई चाहिने स्रोत साधन र जनशक्तिका लागि पनि बाटो सजिलो बनाइदियो।, केन्द्रसँग पहिला दुई वटा मात्र मेसिन थिए जसले रंगिन पुस्तक छाप्न सक्थे। २०७७ फागुनबाट केन्द्रले तीन वटा नयाँ प्रिन्टिङ मेसिन किन्ने प्रक्रिया अघि बढाएको थियो।, ०७९ मंसिरमा तीन वटा मेसिन आए। केन्द्रले भारतबाट ९ करोड लागतमा रंगिन पुस्तक छाप्ने मेसिन ल्याइएको हो।, मेसिन ल्याउनासाथ १५ दिनमा जडान भयो। जडान हुनासाथ पुसदेखि २४ सै घन्टा प्रयोगमा ल्याइएको हो। पाँच मेसिनले दैनिक दुई लाख थान किताब छाप्न थाले।, छापिएका किताब हातैले बाइन्डिङ गर्नुपर्ने थियो। तर केन्द्रसँग पर्याप्त जनशक्ति थिएन। कर्मचारी थप्न सरकारसँग अनुमति माग्यो।, सरकारले सजिलै अनुमति दिएपछि २ सय जना कर्मचारी थपिएको प्रबन्धक झाले बताए। , पहिला केन्द्रमा तीन सय जना स्थायी कर्मचारी थिए अहिले १२५ जना करार र ७५ जना दैनिक ज्यालादारीमा काम गर्छन्। आवश्यकताअनुसार ज्यालामा काम गर्नेको संख्या थपघट भइरहन्छन्।, ‘पुसदेखि दैनिक पाँच सय जनाले दुई सिफ्टमा काम गरिरहेका छौं,ʼ प्रबन्धक झाले भने,‘त्यसै कारणले यसपालि विद्यार्थीले समयमा पुस्तक पाए।ʼ, मेसिन, कर्मचारीसँगै यसपटक कागज खरिदमा पनि कुनै समस्या भोग्नुपरेन। शुल्क बढेर आए पनि कागजको अभाव भएन। गत वर्षमा १ केजी कागज एक सय रुपैयाँ पर्थ्यो। अहिले एक केजी कागजको मूल्य एक सय ७५ रुपैयाँ पुगेको छ। , गत वर्ष कोरोनाभाइरस, रूस-युक्रेन युद्धले लामो समयसम्म कागज आएन। चार-पाँच महिना मेसिन बन्द गरेर राख्नुपर्ने बाध्यता आइलाग्यो।, ‘दुई वटै मेसिन बन्द गरेर बसेकाले गत वर्ष पुस्तक छपाइमा ढिलाइ भयो,ʼ प्रबन्धक झाले भने।, दुई महिनाअघि सरकारले भारत सरकारसँग कागज किन्न सक्ने निर्णय गरेको छ। त्यो निर्णयअनुसार प्रक्रिया अगाडि बढिसकेको छ। यसले अर्को वर्ष पनि कागजको अभाव नहुने सुनिश्चितता दिएको छ।, केन्द्रले यसपालि पुस्तक छपाइलाई मात्र प्राथमिकता दिएन, वितरणलाई पनि प्रभावकारी बनायो।, पछिल्ला वर्षमा समयमा पुस्तक नपुगेका जिल्लाहरूलाई यसपटक प्राथमिकतामा राखेर वितरण थालियो।, विगत वर्षहरूमा शैक्षिक सत्र सुरू भएको चार-पाँच दिनपछि पुस्तक बिक्री सुरू भएको हुन्थ्यो। अघिल्लो वर्ष जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू थियो भने जेठ पाँच गतेदेखि पुस्तक बिक्री खुला भयो। त्यसले गत वर्षको शैक्षिक सत्रमा असर पुर्यायो। यसपटक चैत २४ गतेदेखि नै पुस्तक बिक्री भइरहेको छ।, देशभरका १२ सय ६७ बिक्री केन्द्र जनक शिक्षा सामग्रीसँग जोडिएका छन्। प्रत्येक जिल्लामा न्यूनतम पाँच-छ जना बिक्रेता जोडिएका छन्। उनीहरूलाई एक लाख रुपैयाँको पुस्तक खरिद गर्दा ९ प्रतिशत छुट दिइन्छ। ढुवानी खर्चसमेत दिने गरिएको छ।, ‘व्यवसायीले पुस्तक लगेर गृह जिल्लाका विद्यालयलाई बिक्री गर्छन्। विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीलाई नि:शुल्क वितरण गर्छ,ʼ उनले भने।, सरकारले कक्षा १ देखि १० सम्म विद्यार्थीलाई नि:शुल्क पुस्तक वितरण गर्दै आइरहेको छ।, यसपालि कक्षा ६ देखि १०सम्मका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको छ। ७० जिल्लामा ८२ लाख थान पुस्तक पठाइएको छ। यसवर्ष १ करोड ४० लाख थान पुस्तक खपत हुने अनुमान गरिएको छ।, कक्षा १ देखि १० सम्म ३ करोडको हाराहारीमा पुस्तक खपत हुने गरेको छ। यसपटक जनक शिक्षा सामग्रीले कक्षा ६ देखि १० सम्मलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक छापेको हो। प्राथमिक तहको पुस्तक छापेको छैन। कक्षा ११ र १२ का लागि भने जेठबाट पुस्तक छाप्न सुरू गर्ने योजना छ।, ‘कक्षा ११ र १२ को लागि १८ लाख थान पुस्तक भए पुग्छ, गत वर्षकै चार लाख थान पुस्तक छन्। त्यसैले हतार छैन,ʼ प्रबन्धक झाले भने,‘अबका दिनमा पुस्तकको अभाव हुँदैन। अहिलेकै नीति नियम र काम गर्ने प्रणाली कायम रहनेछ।ʼ, आउने वर्षको शैक्षिक सत्रका लागि असार-साउनबाटै पुस्तक छाप्न सुरू गरेर फागुन-चैतमै विद्यालयमा किताब पुर्याउने योजना रहेको झाले बताए। , ‘विगतका तीन वर्षमा कक्षा १ देखि १० सम्मका पुस्तक परिवर्तन भइसकेका छन्। अब केही वर्ष तत्काल पुस्तक परिवर्तन नहुने भएकाले अझ छिटो विद्यार्थीको हात-हातमा पुस्तक पुर्याउने गरी हामीले काम गरिरहेका छौं,’ प्रबन्धक झाले भने।,
७७ जिल्लामै पुगे नयाँ किताब |
सेतोपाटी संवाददाता इजरायल पठाउने लोभ देखाएर मोटो रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। , झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल मंगलबार पक्राउ परेकी हुन्। , उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट पक्राउ गरेको हो।, उनीमाथि वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट पटकपटक गरी ४८ लाख रूपैयाँ ठगी गरेको आरोप छ। , वैदेशिक रोजगार विभागबाट पत्र प्राप्त भएपछि दाहाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए। , उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको उनले बताए। ,
इजरायल पठाइदिने लोभ देखाएर ४८ लाख ठगी गर्ने महिला पक्राउ |
युनिक श्रेष्ठ कपनको सरस्वतीनगर काठमाडौंको व्यस्त क्षेत्रमध्ये पर्छ। , दैनिक हजारौं सवारीसाधन र मानिसहरू ओहोरदोहोर, हरेकजसो घरमा पसल भएको सरस्वतीनगरमा ‘निरू किचन’ पनि छ। , निरू किचनमा गत बिहीबार दिउँसो साढे ३ बजे एक महिलाको शव फेला पर्यो। शव पसलकी सञ्चालक निरा आचार्यको थियो।, बागलुङ बडीगाड गाउँपालिका घर भई सरस्वतीनगरमा बस्दै आएकी ३५ वर्षीया आचार्यलाई धारिलो हतियारले प्रहार गरी हत्या गरिएको थियो। , त्यसदिन निरालाई पैसा बुझाउन भनेर एक महिला पसलमा पुगेकी थिइन्। , उनले निरालाई पसलमा देखिनन्। पसलमा नभेटिएपछि उनले फोन गरिन्। फोन बजेको आवाज पसल भित्रैबाट आयो। फोन त्यहीँ चार्जमा छाडिएको थियो।, त्यसपछि उनले निराका श्रीमान् योगेन्द्रलाई फोन गरिन्। फोन गर्दा योगेन्द्रले निरा पसलमै हुनुपर्ने बताए। शौचालय गएको वा भित्रको काउन्टरमा हुनसक्ने भनेपछि उनी काउन्टरमा हेर्न गइन्।, काउन्टरमुनि ती महिलाले निरा लडिरहेकी देखिन्। निरालाई मृत देखेपछि उनले योगेन्द्रलाई बोलाइन्। त्यसपछि योगेन्द्रले प्रहरीलाई खबर गरे। , ‘निरू किचेन’ पसलबाट ३ सय मिटर जति पर उनीहरूकै अर्को होम अप्लायन्सको पसल पनि छ। त्यो पसल उनका श्रीमान् चलाउँथे।, त्यही भवनको फ्ल्याटमा निरा र योगेन्द्रको परिवार बस्थ्यो। , त्यो दिन २ बजेतिर भतिज र छोरीले योगेन्द्र र निरालाई चिया लगिदिएका थिए। , साढे २ बजेसम्म सामान्य अवस्थामा रहेकी निराको साढे तीन बजे हत्या भयो। उनको हत्या कसले गर्यो भन्ने एक साता बित्दा पनि रहस्य बनिरहेको छ। प्रहरीले अहिलेसम्म कुनै क्लू फेला पार्न सकेको छैन।, त्यो दिन खबर पाएपछि प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोली खटियो। अहिले पनि परिसर र कार्यालयले अनुसन्धान गरिरहेको छ।, शवको पोष्टमर्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। पोष्टमर्टम सके पनि रिपोर्ट आइसकेको छैन। यद्यपि मृतकका परिवारले शव पनि बुझ्न मानेका छैनन्। , घटनास्थलमा कुनै हतियार फेला परेको छैन। भाडाकुँडाको पसल भएकाले बेच्न राखिएका चक्कुहरू भए पनि तीमध्ये कुनै पनि प्रयोग भएको नदेखिएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार घटना अन्दाजी पौने २ बजेदेखि सवा ३ बजेबीच भएको हुनुपर्छ। तर कसले र किन हत्या गरेको हो भन्ने पत्ता लाग्न नसकेको उनी बताउँछन्। , ‘विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं। समय लाग्न सक्छ तर हामी अनुसन्धानको सकारात्मक दिशामा छौं,’ उनले भने। , निरामाथि पटकपटक धारिलो हतियार प्रहार भएको देखिन्छ। घाँटी, छाती र पेटमा १७-१८ पटक सम्म धारिलो हतियार घोपिएको प्रहरीले जनाएको छ। , गहिरो चोटका कारण आन्तरिक रक्तस्राव हुँदा पनि घटनास्थल धेरै रगताम्य नभएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्। , ‘घटनास्थल त्यहीँ हो। अन्त हत्या गरेर दिउँसै त्यहाँ ल्याउन सक्ने अवस्था पनि रहन्न,’ एसपी रिजालले भने, ‘भाडाकुँडाहरू पनि धेरै भएकाले ठाउँ पनि साँघुरो थियो। घिसारेर ल्याउन सक्ने ठाउँ पनि हुन्न। धेरै रगत नहुनुको कारणचाहिँ भित्री चोट गहिरो भएकाले हुनसक्छ।’, प्रहरीले उनको हत्या कोही एक्लै वा समूहले नै गरेको हो भन्नेबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ। तर भाडाकुँडाहरू जहीँको त्यहीँ भएकाले पनि धेरैको संलग्नता नरहेको हुनसक्ने प्रहरीको अनुमान छ। , उक्त पसलमा र पसल नजिकै सिसिटिभी नभएकाले पनि अनुसन्धान जटिल भएको प्रहरी अधिकारीहरूले बताएका छन्। , प्रहरीले नजिकैका केही सिसिटिभी फुटेजहरू केलाइरहेको छ। तर त्यसबाट पनि त्यति सहयोग नपुगेको एक प्रहरी अधिकृतले बताए। , ‘नजिकैका सिसिटिभी फुटेजहरू हेर्दैछौं। तर केही खुल्न सकेको छैन,’ ती प्रहरीले भने, ‘ती फुटेजले पनि पसलसम्म देखिन्न। तर पनि हामी हेर्दैछौं।’, निराको हत्या हुनुका पछाडि लुटपाट, रिसिइबी र आर्थिकलगायत विभिन्न कारण हुनसक्ने कोणबाट अनुसन्धानलाई अघि बढाएको प्रहरीले बताएको छ। , अनुसन्धानकै लागि प्रहरीले निराको फोनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय फोरेन्सिक ल्याबमा पठाएको छ। त्यसको पनि रिपोर्ट भने आइसकेको छैन। , अनुसन्धानकै क्रममा प्रहरीले धेरै जनासँग सोधपुछ गरिसकेको छ। तर त्यसबाट पनि केही फेला पर्न नसकेको कार्यालयका एक प्रहरी अधिकृतले बताए।, ‘सोधपुछ त कति गर्यौं, गर्यौं। तर त्यसबाट पनि खास सहयोग पुगेको छैन,’ उनले भने, ‘व्यस्त सडकमा चिच्याएको, घटना भएको कसैले पनि थाहा पाएनन्।’ , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोजकुमार केसीले पनि घटनाको विस्तृत अनुसन्धान गरिरहेको बताए। , ‘सबै लागिरहेका छौं। हामीले प्राविधिक रूपमा अनुसन्धान गरिरहेका छौं। घटनाबारे खुले हामी जानकारी दिन्छौं,’ उनले भने। ,
कपनमा दिनदहाडै निराको हत्या, प्रहरीले एक सातासम्म पाएन क्लू |
सेतोपाटी संवाददाता अस्पतालहरूले पार्किङ शुल्क उठाउने गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापदन तथा नियमन महाशाखाले चासो देखाएको छ।, सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई आज परिपत्र गर्दै महाशाखाले अस्पतालहरूले पार्किङ शुल्क लिइरहेकोबारे गुनासा प्राप्त भएको उल्लेख गरेको छ।, स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० को (घ) अनुसार विपन्न, असहाय, बेवारिसे विरामीका लागि कुल शैयाको १० प्रतिशत शैया अस्पतालहरूले छुट्याउनुपर्छ भने नि:शुल्क रूपमा उपचारको व्यवस्थासमेत गर्नुपर्छ।, महाशाखाले अस्पतालको अग्रभागमा वडा पत्र राख्नसमेत आग्रह गरेको छ।, ‘अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको भन्ने गुनासा प्राप्त भएकोले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न सबैमा अनुरोध छ,’ महाशाखाका उपसचिव एकदेव खनालले गरेको परिपत्रमा उल्लेख छ।,
अस्पतालहरूले पार्किङ शुल्क उठाउने गरेकोमा स्वास्थ्य मन्त्रालयको चासो |
सेतोपाटी संवाददाता एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरूद्ध चिकित्सकहरूले प्रदर्शन गरेका छन्।, बुधबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरूद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।, प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कञ्चन दुवाडीले आफूहरूले चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यताक्रम मिचिएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताए।, त्यस्तै, डा. विपुल लामिछानेले मेरिटोक्रेसी कायम गर्न अदालतले आदेश दिए पनि चिकित्सा आयोगले पालना नगरेको आरोप लगाए।, उनले दक्षताको मात्रै समस्या नभई छात्रवृत्ति र पैसा तिर्ने कुरामा पनि समस्या रहेको बताए।, त्यस्तै, प्रदर्शनकारी डा. छवि पन्थीले चिकित्सा शिक्षा आयोगले गत सालको पुस २ गते परीक्षा लिएको र त्यसको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकोप्रति आन्दोलन गरेको बताए।, उनले चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरूले धम्कीपूर्ण रूपमा विद्यार्थीहरूलाई दबाब दिइरहेको बताए।, उनले आफ्नो माग पूरा नभएसम्म निरन्तर विरोधका कार्यक्रम अघि बढाइरहने चेतावनी दिए।, त्यस्तै, प्रदर्शनकारी डा.श्वेता कर्णले चिकित्सा शिक्षा आयोगले आफूहरूमाथि अन्याय गरेको भन्दै दक्षताअनुसार पढ्न पाउनुपर्ने बताए।, उनले मुद्दा विद्यार्थीहरूको पक्षमा आए पनि चिकित्सा शिक्षा आयोगले पालना नगरेको बताए। , प्रदर्शनका क्रममा उनीहरूले आज तपाईंलाई बचाउने हातहरूले न्याय पाएनन्, भोलि कसको पालो ?, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो, चिकित्सा भर्नामा जात्रा भयो, श्रीकृष्ण हो कि सकूनी हो, अदालतको कुरा नसुन्ने हो? हेर बुझ साथी हो, के चिकित्सा आयोग न्यायभन्दा माथि हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।, उनीहरूले विगत ४ महिनायता आन्दोलन गर्दै आएका छन्। , , , , , ,
,
चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरूद्ध प्रदर्शन (तस्बिरहरू) |
सेतोपाटी संवाददाता अजरबैजानमा अलपत्र पारेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , अजरबैजान पुर्याएर अलपत्र पारेर ठगेको आरोपमा एक जनालाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रवक्ता एसपी कृष्ण पंगेनीले जानकारी दिए।, ब्युरोले दाङ लमही नगरपालिका-५ बस्ने २५ वर्षीय भिमकुमार सुनारलाई पक्राउ गरेको हो।, उनले पीडितलाई अजरबैजानमा होटलमा मासिक ७ सय डलर तलब हुने भन्ने प्रलोभनमा पारेका थिए। , त्यसरी पठाइदिने भन्दै साढे ८ लाख लिएर ५ महिना अलपत्र पारेको भन्ने उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो।, विभागबाट पक्राउ गरिदिन पत्राचार गरेपछि ब्युरोले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।, थप अनुसन्धानको लागि उनलाई विभागमा पठाएको छ।,
अजरबैजानमा अलपत्र पारेर ठगेको आरोपमा एक पक्राउ |
सुसन चौधरी वकिलसँग कानुनका कुरा, , अचेल काठमाडौंमात्र होइन सबै साना ठूला सहरमा सिंगो घर, कोठा वा फ्ल्याट भाडामा लिएर बसोबास गर्नेहरू बढेको बढ्यै छन्। , ती व्यक्ति घरबेटीले तोकेको निश्चित भाडा तिरेर बसेका हुन्छन्। व्यक्तिगत वा व्यावसायिक प्रयोजनको लागि बहालमा बस्ने व्यक्ति र घरबेटीबीच मौखिक सम्झौता हुने चलन धेरै छ। तर केही कारणबस बहालमा बस्ने व्यक्ति भाडा नतिरी घर छोडेर गएमा घरबेटीलाई समस्या पर्छ। कतै फेरि डेरावालले भाडा तिरेर पनि घरबेटीले मनपरी निकाल्न खोजेको हुन्छ।, यस्तो समस्या आइपरेकाले कसरी कानुनी उपचारमा जान सक्छन्? लिखित घरबहाल सम्झौता पत्र बनाउनुपर्छ कि पर्दैन? जस्ता प्रश्नका उत्तर खोज्न हामीले अधिवक्ता सुलभ खरेलसँग कुराकानी गरेका छौं।, कसैको घरमा बस्ने मान्छे घरभाडा नतिरी सुटुक्क निस्किएमा के गर्ने?, घरधनी र घर बहालमा बस्ने व्यक्तिबीच हुने सामान्य विवाद फौजदारी मुद्दामा दर्ता हुँदैन। तर कोही मान्छे घरभाडामा बसेको छ र पैसा नतिरी हिँड्यो भने सम्बन्धित वडा कार्यलयमा गएर उजुरी दिन सकिन्छ। त्यसको लागि घरबेटी र बहालमा बस्ने व्यक्तिबीच लिखित सम्झौताको प्रमाण हुनुपर्छ। स्थानीय तहमा न्यायिक समिति हुन्छ, जसले यस्तो उजुरीको उपचार गर्छ। समितिले दुई पक्षबीच विवादको निरूपण गरेर वा मेलमिलापमार्फत् निरूपण गर्न मद्दत गर्छ।, २५ लाखसम्मको घर बहाल नतिरेको भएमा न्यायिक समितिले यसको निरूपण गर्छ भने २५ लाखभन्दा माथिको अवस्थामा जिल्ला अदालतमा गएर उजुरी दिनुपर्छ।, घरबेटी र बहालमा बस्नेबीच लिखित घर बहाल सम्झौता गरिएन भने के हुन्छ?, सामान्यतया: घरबेटी र बहालमा बस्ने व्यक्तिबीच लिखित सम्झौता गर्ने चलन एकदमै कम छ। त्यसैले कोही व्यक्ति घरभाडा नतिरी गयो भने पनि घरबेटीले उजुरी गर्ने केही आधार हुँदैन। बिना लिखित प्रमाणको उजुरीले कानुनी मान्यता नपाउने हुँदा घरबेटीले पैसा फिर्ता पाउने मौका धेरै थोरै हुन्छ।, त्यसकारण घरबेटी र बहालमा बस्ने दुवैले घर बहाल सम्झौता पत्र अनिवार्य रूपमा बनाउनुपर्छ।, घरभाडा नतिरी गयो भने के सजाय वा जरिवाना हुन्छ? कसरी उजुरी गर्ने?, कसैले घरभाडा चेकमा दिएको छ तर त्यो चेक बाउन्स भयो भने बैंकिङ कसुरको मुद्दा हालेर प्रहरीमा जाहेरी दिन सकिन्छ। यस्तो अवस्थामा निजलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुन्छ।, घरबेटीले पाउनुपर्ने घरभाडा नपाएर उजुरी हालेमा बहालवालाले दिन बाँकी रकमसहित १० प्रतिशत ब्याज पनि क्षतिपूर्तिस्वरूप दिनुपर्ने कानुनी व्यवस्था छ। यो फौजदारी मुद्दामा नपर्ने हुनाले क्षतिपूर्तिबाहेक अन्य सजाय हुँदैन। , कोही व्यक्ति भाडा नतिरी भाग्यो भने घरबहालको कागजलाई आधार बनाएर घरबेटीले वडामा उजुरी गर्न मिल्छ। घरबहालमा बस्ने व्यक्तिलाई विपक्षी बनाएर न्यायिक समितिमा उजुरी गरे न्याय प्राप्त हुन्छ।, करारीय दायित्व बमोजिम घरबहालको सम्झौता बमोजिम तिर्न बाँकी रकम भराई पाऊँ भनेर उजुरी दिनुपर्छ।, भाडा तिरेर बसेको बहालवालालाई घरबेटीले मनमर्जी कोठाबाट निकाल्न मिल्छ?, हाम्रो कानुनले घरबेटी र बहालमा बस्ने दुवैका केही दायित्व र कर्तव्यको परिकल्पना गरेको छ। बहालमा बस्ने व्यक्तिले आफ्नो कर्तव्यस्वरूप कुनै फौजदारी प्रकृतिको अपराध गर्न पाउँदैन, बिगारेका सरसामानको मर्मतसम्भार गर्नुपर्छ, छरछिमेकलाई असर नपर्ने गरी बस्नुपर्छ र समयमै बहालको भाडा तिर्नपर्ने हुन्छ। यदि बहालमा बस्ने व्यक्तिले यी दायित्व र कर्तव्य पालना गर्न सकेनन् भने घरबेटीले बहालमा बस्ने व्यक्तिलाई कोठाबाट निकालेर अर्को व्यक्तिलाई राख्न मिल्छ।, तर कुनै घरबेटीलाई आफ्नो प्रयोजनको लागि कोठा चाहियो भनेर बहालवालालाई निकालेर अर्को व्यक्तिलाई राख्न मिल्दैन। यदि आफ्नो प्रयोजनको लागि भनेर बहालवालालाई निकालेको छ भने तीन महिनासम्म अन्य कसैलाई कोठा भाडामा दिन मिल्दैन। यदि राख्नुपरेको अवस्था सृजना भए पहिला निकालेको व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने कानुनले व्यवस्था गरेको छ।, त्यसकारण घरबेटीले बिनाकारण सिधै कुनै बहालमा बस्ने व्यक्तिलाई निकाल्न मिल्दैन। भाडा तिरेर पनि बिना कारण घरबेटीले निकालेको अवस्थामा अर्को पक्षले घरबेटीविरूद्ध वडामा उजुरी दिनसक्छ।, घरबेटीले कुनै व्यक्तिलाई जात-धर्मको-लिंगको आधारमा कोठा दिन्न भन्न पाइन्छ?, कुनै व्यक्तिलाई जात-धर्म वा लिंगको आधारमा कोठा भाडामा दिन्न भन्न पाइँदैन। यस्तो गरेको पाइएमा घरबेटीलाई फौजदारी मुद्दा लाग्छ। घरबेटीले यस्तो गरेमा जातीय छुवाछूत तथा भेदभाव ऐन अन्तर्गत उजुरी लाग्छ र कारबाही हुन्छ।, कुनै व्यक्ति घरबेटीलाई नसोधी-नभनी ताला लगाएर गयो तर फर्केर आएन भने के हुन्छ?, कसैले घरबेटीलाई सूचना नदिई ताला लगाएर तीन महिनासम्म सम्पर्कविहीन भएर गयो भने वडा कार्यालयमा गएर निवेदन दिई कोठा खाली गराउन सकिन्छ। वडा कार्यालयले गर्ने निर्णय बमोजिम सामानलाई मुचुल्का गरी निश्चित ठाँउमा व्यवस्थित पार्न सकिन्छ। वडा कार्यलयको निवेदन उपर कारबाही भएन भने प्रहरीलाई उजुरी गरेर पनि कोठा खाली गराउन सकिन्छ।, घरबेटी र बहालमा बस्नेबीच यस्ता समस्या आउन नदिन के गर्नुपर्छ?, यस्तो समस्या आउन नदिन घरबेटी र बहालमा बस्ने व्यक्तिबीच सम्झौता पत्र बनाउनुपर्छ। लिखित सम्झौता पत्र भएमा कुनै विवाद पर्दा सो पत्र प्रमाणको रूपमा पेश गर्न मिल्छ। घरबहालको सम्झौता पत्र वडामा दर्ता गरेपछि घरबेटीले अनिवार्य घरबहाल कर पनि तिर्नुपर्छ। जसले गर्दा सरकारलाई फाइदा हुन्छ।, यदि कसैले सम्झौता पत्रभन्दा बाहिर गएर विवाद गर्छ भने मेलमिलापबाट यसको समाधान खोज्नुपर्छ। कोही कोठा भाडा नतिरी भाग्यो र मेलमिलापको लागि सम्पर्कमा आएन भने तब उजुरी गरेर बहालवालाबाट पैसा फिर्ता लिन सकिन्छ।,
घरबेटीले भाडामा बसेका व्यक्तिलाई जतिखेर चाह्यो त्यतिबेलै निकाल्न पाउँछन्? (भिडिओ) |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १३ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन भएको छ। , प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएका १३ जना प्रहरीको बुधबार पदस्थापन गरेको हो। , डिआइजी कुवेर कडायतलाई प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ। , केदार ढकालको आर्थिक प्रशासन विभाग तथा प्रबन्ध निर्देशनालय, विष्णुकुमार केसीको अन्वेषण तथा योजना निर्देशनालय, भरत बोहराको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र रविन्द्र केसीको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको हो।, राजेशनाथ बाँस्तोलाले कोशी प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्।, चन्द्रकुवेर खापुङको अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जनक भट्टराईको मधेश प्रदेश, लालमणि आचार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय र सुरेन्द्र मैनालीको अपराध अनुसन्धान निर्देशनालयमा पदस्थापन गरिएको छ। , यस्तै साइबर ब्युरोमा सरूवा भएर अर्जुन चन्दलाई काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पदस्थापन गरिएको हो। , केन्द्रीय अनुसन्धान ब्युरोमा यज्ञविनोद पोखरेल र कार्य विभागमा विकासराज खनाललाई जिम्मेवारी दिएको छ। ,
,
१३ डिआइजीको पदस्थापन |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो। , यसैगरी आज एक हजार छ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ।, सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ। उपचारपछि आज ६५ जना घर फर्किएका छन्। , यस्तै, काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष (आइसियु) र एक जना भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ। , नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी. १.१६ देखा परेको छ। शून्यमा झरेको संक्रमण नेपाल भारत खुला सीमानाका कारण फैलिएको हो।,
कोरोना संक्रमणबाट एकको मृत्यु |
सेतोपाटी संवाददाता काठमाडौंमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, धादिङका २८ वर्षीय राजेश शाहीलाई काठमाडौंको दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो। उनले धादिङकै प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल दिँदै गर्दा पक्राउ परेका हुन्। , उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बौद्धमा पठाइएको छ।,
दक्षिण ढोका ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ |
युवराज श्रेष्ठ तपाईंहरूले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जीवनी पढ्नुभएको छ भने उनीसँग जोडिएका एक घाँसीबारे सुन्नुभएकै होला।, उनको नाउँ हामीलाई थाहा छैन, तर भानुभक्तलाई आदिकवि भानुभक्त बनाउनमा ती घाँसीको ठूलो प्रेरणा थियो भनेर भनिन्छ।, कथाअनुसार एकदिन भानुभक्त ससुराली जाँदै गर्दा बाटोमा घाँसीसँग भेट भएछ। उनले दिनभरि काटेको घाँस बेचेर कुवा खनाएको र सानै भए पनि कीर्ति राखेको सगर्व सुनाए। त्यति बेलासम्म भानुभक्तले आफ्नो जीवनको उद्देश्य भेटिसकेका थिएनन्। घाँसीको कुरा सुनेपछि उनको आँखा खुल्यो। घाँस काटेर जीविकोपार्जन गर्ने गरिब व्यक्तिले त सर्वसाधारणको हितमा काम गरेर कीर्ति राखे भने आफू शिक्षित र सम्पन्न भएर पनि कीर्ति राख्ने काम नगरेकामा भानुभक्तलाई थकथकी भयो।, घाँसीसँगको भेट र उनीबाट पाएको प्रेरणालाई भानुभक्तले आफ्नो 'घाँसी' शीर्षकको कवितामा यसरी व्याख्या गरेका छन्-, भर् जन्म घाँसतिर मन् दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन यस्तो।, मेरा इनार न त सत्तल पाटिकै छन्,
जे धन चिजहरु छन् घर भित्र नै छन्।, त्यस घाँसीले कसरी आज दिए छ अर्ति,
धिक्कार हो म कन बस्नु न राखि कीर्ति।, यसरी भानुभक्तलाई कीर्ति राख्ने काममा लाग्नू भनी अर्ती दिएका घाँसी स्वयंले आफ्नो कीर्ति राख्न बनाएको भनिने कुवाको आज के हाल छ त?, घाँसीकुवा। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, पृथ्वी राजमार्ग हुँदै पोखरा जाँदा तनहुँको सदरमुकाम दमौली पुग्नुभन्दा झन्डै दुई किलोमिटरअगाडि घाँसीकुवा भन्ने ठाउँ आउँछ। त्यही ठाउँमा पहिले राजमार्गकै छेउ एउटा कुवा थियो। यात्रुहरू त्यहाँ रोकिएर घाँसीले खनेको भनिने कुवाबाट मूलको चिसो पानी पिउँथे। घाँसीकुवा हुँदै तनहुँका ग्रामीण भेगसम्म हिँडेर यात्रा गर्नेहरूका लागि त यो कुवाको पानी पिउनु अनिवार्यजस्तै थियो।, सुरूमा यो ठाउँमा कुवाबाहेक बस्ती केही थिएन। बिस्तारै घाँसीकुवाकै लोकप्रियताका कारण राजमार्ग आसपास स-साना टहरा बने। चिया पसलहरू खुले। भानु र घाँसीको सम्झनामा पार्क पनि बनाइयो।, अहिले स्थिति फरक छ।, अब तपाईं काठमाडौं–पोखरा यात्रा गर्दै हुनुहुन्छ भने घाँसीकुवा भन्ने ठाउँ त भेट्नुहुन्छ, तर कुवा 'मिस' हुनेछ।, जुन कुवामा यात्रुले भानु र घाँसीलाई सम्झँदै पानी पिउँथे, चियानास्ता खान्थे, अहिले त्यो ठाउँमा डोजर चल्दैछ। डोजरले राजमार्ग छेउका टहरा मात्र होइन, पार्क र कुवासमेत भत्काउँदैछ।, पार्कको आधाभन्दा बढी क्षेत्र सडक विस्तारले खाइदिएको छ भने भत्काउन बाँकी खण्डमा उत्तर फर्किएका भानुभक्त र पूर्व फर्किएका घाँसीको सालिक छ। ती सालिक पनि डोजर लगायत निर्माण सामग्री र सवारीले उडाएको धुलोले छोपिएका छन्। घाँसीकुवामा डोजर चलाउन ठिक्क पारिएको छ। डोजरले जरैदेखि उखेलेर फालिन तयार कुवा सडकबाट झरेका धुलोमैलोले भरिएको देखिन्छ।, पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक चार लेनको बनाउने क्रममा ऐतिहासिक घाँसीकुवाको अस्तित्व मेटिने अवस्था आउँदा पनि स्थानीय राजनीतिक दल र साहित्यिक संघ-संस्थाहरूले संरक्षणको कुरा उठाएका छैनन्।, मंसिर ४ को आमनिर्वाचनमा यही क्षेत्रबाट जितेर राष्ट्रपति बनेका रामचन्द्र पौडेलले पटकपटक घाँसीकुवा गएर सडक अन्यत्र मोड्नुपर्ने बताएका थिए। तर उनको आवाज सडक आयोजनाले सुनेन।, भानु-घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई कुवा जोगाउनेबारे जिल्ला प्रशासन कार्यालय तनहुँ, पार्क व्यवस्थापन समिति र सडक निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीबीच सहमति भएको बताउँछन्।, सहमतिअनुसार कुवाको मूल रहेको सडकको भित्तापट्टि डोजर खनिने छैन। सडक तल बुल्दी खोला किनारमा एउटा सानो कुलो छ। कुलोको किनारमा नयाँ कुवा खन्ने र त्यसैमा घाँसीले खनेको कुवामा आउने मूलको पानी पाइप लगाएर जोडिने भट्टराईले जानकारी दिए।, तर अहिले सडक विस्तार क्रममा ठुल्ठूला डोजर लगायत सामग्रीको प्रयोगले कुवाको मूल सुक्ला कि भन्ने उनलाई चिन्ता छ।, 'भूगर्भविदहरूले मूल सुक्न सक्छ भनेका छन्, त्यही भएर हामीले पाँच-छ मिटर तल नयाँ घाँसीकुवा बनाउन भनेका छौं,' उनले भने, 'राजमार्गबाट घाँसीकुवा जोगाउनै मुश्किल पर्यो।', सडक विस्तार क्रममा डोजर लगाउन बाँकी घाँसीकुवा र भानु-घाँसी स्मारक पार्कको खण्ड। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, सडक विस्तारपछि बुल्दी खोला किनारमा नयाँ घाँसीकुवा बनाउने भनिएको ठाउँ। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, घाँसीकुवामाथि डोजर चलेको यो पहिलोपटक होइन।, २०२१/२२ सालतिर पृथ्वी राजमार्गको ट्रयाक खोल्दा पनि कुवा भत्काइन लागेको थियो। त्यति बेला चीन सरकारको अनुदानमा चिनियाँ ठेकेदारले नै पृथ्वी राजमार्ग बनाउँदै थिए। राजाको प्रत्यक्ष शासन रहेको त्यो समय सडक आयोजनाको विरोध गर्न धेरै मान्छे डराए पनि घाँसीकुवामा डोजर चलाएको सहन सकेनन्।, त्यो बेला स्कुल पढ्दै गरेका भट्टराई आफूहरू घाँसीकुवा संरक्षण निम्ति चिनियाँ ठेकेदार कम्पनीको क्याम्प घेर्न गएको सम्झिन्छन्।, 'घाँसीकुवा डोजरले उडायो भनेर गाउँभरि हल्ला फैलियो, हामी स्कुलबाट चिनियाँ ठेकेदारको क्याम्प घेर्न पुग्यौं,' उनले भने, 'हामीले विरोध गरेपछि चिनियाँले अर्को घाँसीकुवा बनाइदिने सहमति जनाए।', त्यति बेला सडक आयोजनाले घाँसीकुवामा डोजर चलाएर सडकमाथि भित्तापट्टि अर्को कुवा खनिदिएको थियो। त्यो कुवा हिउँद याममा सुकेपछि सडक तल सारेको अध्यक्ष भट्टराई बताउँछन्।, 'घाँसीले खनेको खास कुवा त २०२१/२२ सालतिरै भत्काइयो, अहिले सडकको भित्तापट्टि भएको त्यसको मूल मात्र हो। यसपालि सडक विस्तारले मूल पनि भत्काइदिएपछि अन्यत्र कुवा खनेर के काम?' भट्टराईले भने, 'अहिले पनि सडक मोडेर घाँसीकुवा जोगाए हुन्थ्यो जस्तो लाग्छ, तर हामीलाई लागेर के गर्नू!', पोखराका राजन भण्डारी पनि पृथ्वी राजमार्गमा पर्ने ऐतिहासिक घाँसीकुवा जसरी भए पनि संरक्षण गर्नुपर्ने बताउँछन्। यो बाटो यात्रा गर्दा मात्र होइन, पोखराबाट चिया पिउनकै लागि बारम्बार घाँसीकुवा गएको उनी स्मरण गर्छन्।, 'हामी कहिलेकाहीँ चिया खानकै लागि मात्र पनि घाँसीकुवा पुग्थ्यौं,' उनले भने, 'घाँसीकुवाको चिसो पानी खाएको सम्झना धेरै छन्।', पृथ्वी राजमार्ग विस्तार गर्दा अतिक्रमित भानुभक्त–घाँसी स्मारक पार्क। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी, तनहुँको चुँदीरम्घामा १८७१ असार २९ मा जन्मिएका भानुभक्त लिखित रामायणका श्लोक अहिले पनि बुढापाका गुनगुनाउँछन्। उनका प्रश्नोत्तर, भक्तमाला, रामगीता, वधूशिक्षाजस्ता कविता संग्रह प्रकाशित छन् भने फुटकर कविताहरू पनि उत्तिकै चर्चित छन्। , भानुभक्तलाई रामायण अनुवाद गर्नेदेखि कविता लेख्ने प्रेरणा घाँसीले दिएको उनकै कविताले पुष्टि गर्छ।, भानुभक्तले नेपालीमा रूपान्तरण गरेका रामायण र उनका कविताहरू संकलन र प्रकाशनको काम मोतीराम भट्टले गरेका थिए। उनले भानुभक्तका रचना मात्र प्रकाशमा ल्याएनन्, भानुभक्तको जीवन चरित्र पनि बाहिर ल्याए, जसले भानुभक्तलाई चिनाउन सहयोग पुर्यायो। उनका कृतिलाई अमर बनायो।, मोतीरामपछि कवि नरनाथ आचार्यले भानुभक्तबारे व्याख्या गरेका छन्। उनले २०१८ सालमा लेखेको 'भानुभक्त र घाँसी' शीर्षकको कवितामा विक्रम सम्बत् १९२० सालमा ससुराली जाँदा घाँसीसँग भेट भएको उल्लेख गरेका छन्।, जेठको घाममा कुवामा पानी पिएर आराम गर्दै गर्दा कुवा खनाउने घाँसीसँग भानुभक्तको भेट भएको नरनाथले आफ्नो कवितामा वर्णन गरेका छन्। त्यो ठाउँ पानीको समस्या भएकाले तिर्खाएका बटुवालाई सुविस्ता होस् भनी घाँसीले पहाराबाट निस्केको पानी कोदालोले खनेर कुवा बनाएको नरनाथको भनाइ छ।, 'नेपाली भाषाका आदिकवि भानुभक्तलाई प्रेरणा दिने घाँसीको कीर्ति हामीले मासिन दिनु हुँदैन,' भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले भने।,
भानुभक्तका घाँसीको कुवामाथि चलाइँदैछ डोजर! |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरुमा सामान्य देखि आँशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम आन्शिक बदली देखि समान्यतया सफा रहेको छ।, आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।, सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।, महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।, सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले मेघगर्जन, चट्याङ्ग र हावा-हुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,
पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता मोरङको विराटनगर महानगरपालिका १ स्थित नोबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले करिब १ सय २० किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको छ।,
,
मंगलबार इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले गाँजासहित नियन्त्रणमा लिएको हो। , सशस्त्र प्रहरीले गाडी रोकेपछि चालक भने फरार भएका छन्।, सशस्त्र प्रहरीले नियन्त्रणमा लिईएको गाँजा र गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी,
कार्यालय मोरङमा बुझाएको छ ।,
१२० किलो गाँजासहित भारतीय गाडी नियन्त्रणमा, चालक फरार |
सेतोपाटी संवाददाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ।, बिहीबारको गोरखापत्रका सूचना प्रकाशित गर्दै मन्त्रालयले सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि इजाजतपत्र लिएर नविकरण नगर्ने ३३ निर्माण व्यवसायी कम्पनीले इजाजतपत्र स्वतः खारेज गरिएको जानकारी दिएको छ। , निर्माण व्यवसाय ऐन, २०५५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/२०८० का लागि चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेका कारण सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम निर्माण व्यवयसाय इजाजतपत्र स्वत खारेज गरिएको मन्त्रालयले जनाएको छ।, इजाजत पत्र खारेज भएको निर्माण व्यवसायी कम्पनीको सूचीः,
भौतिक पूर्वाधार मन्त्रालयले गर्यो ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज |
सेतोपाटी संवाददाता गुल्मीको मालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। , गुल्मीको दर्लिङबाट बाग्लुङ भिमगिठे जाँदै गरेको लु १ च ९९११ न को डबल क्याप जिप गएराति करिब पौने १० बजे मालिका गाउँपालिका–२ खल्टिङ खोलामा दुर्घटना हुँदा जिपका सहचालकको मृत्यु भएको हो। , प्रहरीका अनुसार जिपको ब्रेक फेल भई सडकबाट १५० मिटर तल खसेको थियो।, सहचालक बाग्लुङ बडिगार्ड गाउँपालिका–९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए। , जिपका चालक २१ वर्षीय प्रेम बहादुर केसी घाइते भएका छन्। लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उनको उपचार भइरहेको डिएसपी पाण्डेले जानकारी दिए। ,
गुल्मीको मालिकामा जिप दुर्घटनाः सहचालकको मृत्यु, चालक घाइते |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।, वैशाख ५ गतेदेखि किसानसँग सम्बन्धित विभिन्न माग राखेर आमरण अनशन बसेका घिमिरेको जीवनरक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएको आयोगमा प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए। , उनका अनुसार नुवाकोट ककनीका घिमिरेले किसानसम्बन्धी विभिन्न माग राखेर काठमाडौंको भूगोल पार्कमा आमरण अनशन बसिरहेका छन्। , 'कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरू पूर्णरूपमा अनुदान उपलब्ध गराउनलगायत किसानसँग सम्बन्धित विभिन्न मागहरू राखेका छन्', उनले भने।, बिहीबार अनसनस्थल पुगेर अनशनरत घिमिरेको स्वास्थ्य परीक्षण गर्दा उनको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको आयोगले जनाएको छ।,
अनशरत घिमिरेको जीवनरक्षा गर्न आयोगको सरकारलाई ध्यानाकर्षण |
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने भएका छन्।, भोलि (शुक्रबार) बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने उनले बताएका छन्।, बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै पुनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न आह्वान गरेका छन्।, - अनुसन्धान, नबप्रबर्तन र आविष्कार संग तपाइंको, तपाइंको सन्तानको र मातृभूमीको भविष्य जोडिएको छ।,
- बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदै सम्म माइतीघर मण्डला क्षेत्र बाट सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न आह्वान गर्दछु ।,
- सबैले सोसल मिडियामा शेयर गरि दिनु होला🙏🙏🙏 ,pic.twitter.com/WMkr5ZLkvT,
— Mahabir Pun (@MahabirPun) ,April 27, 2023, ‘माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ, म धर्ना बस्छु। अरूलाई पनि आउन आह्वान गरेको छु,’ पुनले बिहीबार सेतोपाटीसँग भने।, आन्दोलनका लागि पुनले ४ बुँदे माग अघि सारेका छन्।, १. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने।, २. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने।, ३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।, ४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।, यसअघि मंगलबार पुनले आफ्ना यी मागहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई बुझाएका थिए।,
चार बुँदे माग राखेर माइतीघरमा धर्ना बस्दै महावीर पुन |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ।, बिहीबार महानगरले बालाजुमा रहेको कोत:धुकु आयल स्टोर सिल गरेको नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।, उनका अनुसार पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको हो।, केही समयअघि महानगरले सडक किनार साँघुरो क्षेत्रमा पेट्रोल पम्प चलाउनु मापदण्डविपरीत भन्दै कारबाही गर्ने बताएको थियो।, ‘महानगरले त्यस्ता पम्प सुरक्षा दृष्टिले जोखिमयुक्त भएकाले कारबाही गरेको हो’, उनले भने।, महानगरले झन्डै ६ वर्षअघि पेट्रोल पम्पको सर्वेक्षण गर्दा काठमाडौंमा १ सय २३ वटा पम्प थिए। जसमध्ये ६७ वटा महानगरभित्र थिए।, त्यसमध्ये पनि झन्डै १० वटा पम्प जोखिमपूर्ण अवस्थामा भएका कारणले आज कोत:धुकु आयल स्टोरबाट काम सुरू गरिएको उनले बताए।, यो पनिः, काठमाडौंमा मापदण्ड विपरीतका पेट्रोल पम्पलाई कारबाही गर्न खोज्दै महानगर, आयल निगम के भन्छ?, तस्बिरहरू:,
बालाजुको कोत:धुकु आयल स्टोर महानगरले गर्यो सिल (तस्बिरहरू) |
रासस बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन्। , पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए। , गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो। पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ। , उनीमाथि जबरर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइ १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , पीडित बालिकाको स्वास्थ्यपरीक्षण गरिएको र रिपोर्ट आउँन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ। ,
बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ |
रासस काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ। , प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र भातृ सङ्गठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी कामपा शिक्षा विभागमा आएकाले अब उप्रान्त त्यस्ता कार्यक्रम नगर्न निर्देशन पनि दिइएको छ। , कामपा शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार उजुरीको आधारमा सम्बद्ध विद्यालयमा अनुगन गर्ने र त्यस्ता कार्यक्रम गरेको पाइए सम्बन्धित विद्यालयका प्राधानाध्यापकलाई विभागीय कारबाहीसमेत गर्ने तयारी कामपाको छ। , यसैगरी यसै शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सुरु गर्न लागिएको छ। सो बमोजिम अब विद्यार्थीले प्रत्येक शुक्रबार किताब नबोकी नियामित समयममै विद्यालय जान्छन् र अन्य अतिरिक्त क्रियाकलाप गरेर वा व्यवहारिक ज्ञान लिएर घर फर्कन्छन्। प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम अनिवार्य लागू गर्नुपर्ने । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पठनपाठनसमेत सुरु भइसकेको छ। , उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गर्नाका साथै प्राधानाध्यापकसँग छलफल पनि भइसकेको छ। सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको र यो विद्यार्थीको लागि जीवनोपयोगी शिक्षा हुने अधिकारी कोइरालाको भनाइ थियो। उक्त कार्यका लागि कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई रु एक लाखका दरले बजेट वितरण गरिसकेको र आगामी वर्ष बढाएर कम्तीमा दुई लाख बजाउने तयारी छ। , उक्त कार्यक्रम यसवर्ष सामुदायिक विद्यालयमा र आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने छ। हाल कामपामा ८९ सामुदायिक विद्यालय रहेकामा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन्। ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्। त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्।, यसरी गरिने अतिरिक्त क्रियाकलाप (हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूगत छलफल) मध्याह्नपछि खेल्दै रमाउँदै कार्यक्रम सञ्चालन गरिने छ। उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीका लागि हो। ,
विद्यालयमा राजनीतिक दल तथा भ्रातृ सङ्गठनको कार्यक्रम नगर्न कामपाको निर्देशन |
नवीनबाबु गुरूङ काठमाडौंको कपन सरस्वतीनगरकी निरा आचार्यको हत्यामा अभियुक्तलाई पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्। , गत बिहीबार ‘निरू किचेन’ की सञ्चालक ३५ वर्षीया आचार्यको पसलभित्रै अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो। निराको हत्या भएपछि कपनका व्यवसायी र स्थानीयले प्रदर्शन गरिरहेका छन्। , अभियुक्तलाई सार्वजनिक गर्नुपर्ने, अहिलेसम्मको अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने, व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने लगायत माग राखेर उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन्। , निराको हत्यामा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरिसकेको छैन। घटनाको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध खटिएको छ। , गत बिहीबार दिउँसो साढे ३ बजेतिर पसलमा निराको शव फेला परेको थियो। उनको शरीरमा घाँटी, छाती र पेटमा पटक-पटक धारिलो हतियार प्रहार गरिएको थियो। , यो पन: ,कपनमा दिनदहाडै निराको हत्या, प्रहरीले एक सातासम्म पाएन क्लू, तस्बिरहरू:, ,
कपनमा मारिएकी निराका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन (तस्बिरहरू) |
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।, मध्यविन्दु नगरपालिकाको बा २ झ २३१२ नम्बरको गाडीको ठक्करबाट बालक आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए।, दुर्घटनापछि सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, घटनाको विषयमा अनुसन्धान भइरहेको लामिछानेले बताए।, मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ।,
नगरपालिकाको गाडीको ठक्करबाट एकको मृत्यु |
रासस महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आइतबार दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आइतबार दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारूल मोमिन, इलझारूल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा आगलागी भएको हो।, आगलागीमा परी गफार शेषको घरमा पाँच लाख, सतार शेषको घरमा चार लाख, सदरे शेषको घरमा चार लाख, अन्सारूल मोमिनको घरमा दुई लाख ५० हजार, इलझारुल मोमिनको घरमा तीन लाख, अतिम नदाफको घरमा पाँच लाख, तालिम मोमिनको घरमा दुई लाख र राजकिशोर मुखियाको घरमा दुई लाख ५० हजार बराबरको क्षति भएको छ।, समयमा वारूणयन्त्र पुग्न नसक्दा आगलागी नियन्त्रणमा लिन नसकिएको पीडितहरूको गुनासो छ। , यता मटिहानी नगरपालिकामा वारूणयन्त्र नहुँदा समयमा आगलागी नियन्त्रणमा लिन नसकी ८ परिवारको सबैथोक जलेर खरानी भएको भन्दै स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित भएका छन्। , आगलागी स्थानीयवासी राजकिशोर मुखियाको घरबाट सल्किएर विस्तारै आठजनाकै घरमा पुगेको र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगदसहितका सबै सरसामान गरी २८ लाखको क्षति भएको बताइएको छ।, दिउँसो १२ देखि २ बजेसम्म भएको आगलागी जलेश्वर नगरपालिकाको वारूणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो।,
आगलागीबाट ८ घर खरानी |
नारायण खड्का दाङमा पाँच वर्षीया बालिकालाई ठक्कर दिएर फरार भएका एक जना अटो चालक झन्डै एक महिनापछि पक्राउ परेका छन्।, ती बालिकाको भैरहवामा उपचारका क्रममा गत चैत २० गते मृत्यु भएको थियो।, बालिकालाई ठक्कर दिने अटोका चालक घोराही–१२ गुर्जेका २६ वर्षीय सुवास सुनारलाई भारतबाट पक्राउ गरी दाङ ल्याइएको प्रहरीले जनाएको छ।, अटोको ठक्करबाट तुलसीपुर उपहानगरपालिका– १७ की ५ वर्षीया युविका बुढाथोकीको मृत्यु भएको हो।, चैत १६ गते दिउँसो घोराही-१२ कै भाइरल रोडको पक्की पुलमाथि युविकालाई अटोले ठक्कर दिएको थियो।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार त्यो दिन युविका आफ्नी आमासँग थिइन्। उनकी आमा छोरी र भदैकी छोरी (नातिनी) सँग माइतीतिर जाँदै थिए।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार त्यही बाटो काट्ने क्रममा युविकालाई तीव्र गतिमा आएको अटोले ठक्कर दिएको थियो। ठक्करपछि युविकालाई गम्भीर चोट लाग्यो। सबैको ध्यान बालिकाको उद्धार र अस्पताल पुर्याउनमा केन्द्रित भयो। अटो चालक सुवास फरार भए।, प्रहरीले एक घन्टापछि मात्रै घटनाबारे जानकारी पायो। प्रत्यक्षदर्शीले अटो हरियो रङको थियो भन्नेबाहेक अरू कुनै विवरण बताउन सकेनन्।, दुर्घटना गराउने अटो चालकले त्यसपछि अटो चलाएनन्। लुकाएर राखे। प्रहरी भने हरियो रङका अटो खोज्न थाल्यो। सयौं अटो अनुसन्धान गर्दा पनि पत्ता लगाउन सकेन। कुनै उपाय नचलेपछि दुर्घटनाका बेला अटोमा कोही यात्रु सवार थिए कि भनेर प्रहरीले अनुसन्धान अगाडि बढायो।, अटोमा सवार एक जना रहेछन्। उनी सुवासकै मामाका छोरा थिए। उनले पनि घटना छिपाउन सहयोग गरेको अनुसन्धानमा खटिएका प्रहरीले बताए।, यसपछि प्रहरीले चिनजानका र विश्वासिला एक अटो चालकसँग सम्बन्ध बढाउँदै अनुसन्धान अगाडि बढायो। तिनै अटो चालकको सहयोगमा हरियो रङको कुन अटो चलेको छैन भन्ने पत्ता लाग्यो। तर न अटो फेला पर्यो न चालक सुवास। , बिस्तारै प्रहरीले सुवासका आफन्तहरूको पहिचान गर्यो। सुवासले उक्त अटो ससुरालीमा लुकाएको सुराक पायो। सुवास भने त्यतिन्जेलसम्म भागेर भारतको लुधियाना पुगिसकेका थिए। उतैबाट कसैलाई भनेर उनले चार दिनपछि अटो अर्कै ठाउँमा सार्न लगाए।, तर प्रहरीले अनुसन्धान छाडेन र ठक्कर दिने रा १ ह ७००३ नम्बरको अटो पहिचान गर्यो।, घटनाको २४ दिनपछि, वैशाख ८ गते प्रहरीले अटो नियन्त्रणमा लियो। प्रहरीका अनुसार सुवासले दुर्घटनाबारे परिवारमा कुरा गरेका र युविकाको मृत्युपछि भारत भागेका थिए।, अनुसन्धानबाट उनी लुधियानामा रहेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा जिल्लाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर आएको हो।, वैशाख १० गते पत्रकार सम्मेलन गरी सुवासलाई प्रहरीले सार्वजनिक गरेको हो।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।,
झन्डै एक महिनापछि यसरी पक्राउ परे फरार अटो चालक |
रासस काठमाडौंमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भएको छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ।, रातिको समयमा पनि बदली र वर्षाको सम्भावना छ। त्यस्तै देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव छ। , प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताए। , उनले भने, 'प्री–मनसुन सक्रिय भएको छ। पश्चिमी वायुको प्रभाव पनि छ। समोबार दिउँसो पनि देशभर बदली रही पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।', महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ।, देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।, आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस छ।,
काठमाडौंमा मेघगर्जन र चट्याङसहित वर्षा |
रासस १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। , विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। , जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।, विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो। , त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे। , विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भएको थियो।, विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो। , विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो।, नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए। , आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो। , विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो। , यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो।, संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।, विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। , संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ। , जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ। ,
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै |
निशा भण्डारी सुदूरपश्चिममा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एउटा नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ।, आइतबार साँझ साढे ५ बजे उक्त बाघलाई जावलाखेलस्थित चिडियाखाना ल्याइएको हो। उद्धार गरिएको पोथी बाघ अन्दाजी ५ वर्षको छ। , कञ्चनपुर बेलौरी नगरपालिका-८ पथुइ गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा गत शुक्रबार बिहान १० बजेतिर बाघले स्थानीय महिलाहरूमाथि आक्रमण गरेको थियो। , बाघको आक्रमणबाट ४२ वर्षीया गंगादेवि चन्दमाथि आक्रमण गर्दा उनको मृत्यु भएको थियो। उनीसँगै घाँस काटिरहेका महिलाहरू भाग्न सफल भएका थिए। , बाघले मानिसमाथि आक्रमण गरेको खबर पाएपछि कुण्डा सब डिभिजन वन कार्यालयले चन्द र बाघको खोजी गरेको थियो। , जसको लागि डिभिजन वन कार्यालयः कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय हात्तीसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा सरक्षण कार्यालय लगायतका निकायहरू क्रियाशिल भएका थिए। , सो दिनको राति साढे ११ बजेसम्म खोजी गरिएको थियो। तर फेला नपरेपछि भोलिपल्ट बिहानै खोजी गरिएको थियो। त्यसदिन भने पौने ८ बजे बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको थियो।, घटना घटेको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनामा दुई जनाको ज्यान गुमेको हो। जसमध्ये १ जना नेपाली महिला हुन्। , तस्बिरहरू:,
शुक्लाफाँटाबाट जावलाखेल ल्याइयो नरभक्षी बाघ (तस्बिरहरू) |
एजेन्सी आइतबार भारतीय राज्य पञ्जाबमा पक्राउ परेका अमृतपाल सिंहलाई असमको जेलमा राखिएको छ। आइतबार बिहान पक्राउ परेका सिंहलाई सुरक्षाकर्मीले दिउँसो २८ सय किलोमिटर टाढाको असमस्थित डिब्रुगढ जेलमा पुर्याएको बिबिसी हिन्दीले जनाएको छ।, उनलाई जहाजबाट असम पुर्याइएको थियो भने विमानस्थलबाट जेलसम्म लैजाँदा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो।, यसअघि पक्राउ परेका अमृतपालका ९ जना साथीहरूलाई पनि असमको त्यही जेलमा राखिएको छ। शिख समुदायको संख्या र खालिस्तानी समर्थक नभएका कारण अमृतपाल र उनका साथीलाई असमको जेलमा राखिएको बताइएको छ। , को हुन् अमृतपाल सिंह?, सन् २०२० भन्दाअघि सिंह कुनै चर्चामा थिएनन्। त्यतिबेला भएको किसान आन्दोलनका क्रममा अभियन्ता बनेका सन्दीप सिंहको सामाजिक सञ्जालमा समर्थन गरेपछि उनलाई केही मानिसले चिन्न थालेका थिए।, सन् २०२२ को मार्चमा उनी अचानक वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनको चर्चा चुलिएको हो।, दीप सिधुले सन् २०२१ मा बनाएको उक्त समूहलाई पञ्जाबको अधिकारका लागि केन्द्रविरूद्ध लड्ने र पञ्जाबको संस्कृति, भाषा र सामाजिक सद्भावविरूद्ध भइरहेको आक्रमणको प्रतिरोध गर्ने भनिएको थियो।, सन् २०२२ को विधान सभा चुनावका बेला वारिस पञ्जाब दे खलिस्तानतर्फ ढल्किएको थियो।, २९ वर्षीय अमृतपाल सिंह वारिस पञ्जाब देको नेता चुनिएपछि २०२२ सेप्टेम्बरमा दुबईबाट पञ्जाब फर्किएका थिए। दुबईमा उनको परिवारको ट्रान्सपोर्टको व्यापार छ।, पञ्जाब फर्किएपछि सार्वजनिक र गोप्य रूपमा गरेका विभिन्न कार्यक्रमबाट उनको चर्चा चुलिँदै गयो।, उनले सार्वजनिक रूपमै पनि हिंसाका पक्षमा वकालत गरेका थिए।, पछिल्लो समय उनले शिखहरूको छुट्टै राज्य खलिस्तानको भावना दबाउन नसकिने बताउँदै आएका थिए। सुरूमा भारतको पञ्जाबभित्र खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट पनि खलिस्तान भूमि गाभ्ने योजना उनले एक अन्तर्वार्ताका क्रममा सुनाएका थिए।, एउटा युट्युब भिडिओमा उनले भारतले पञ्जाबमा उपनिवेश लादेको बताएका थिए। चर्चा चुलिँदै गएपछि अमृतपाल हतियारधारी समर्थकहरूको स्कर्टिङमा हिँड्न थालेका थिए।, अमृतपालका एक जना निकट पक्राउ परेपछि उनका समर्थकले गत फेब्रुअरी २३ एउटा स्थानीय प्रहरी चौकी घेरेका थिए। उनीहरूसँग भएको झडपका क्रममा केही प्रहरीहरू घाइते भएका थिए।, त्यसपछि प्रहरीले उनी र उनका समर्थकमाथि कारबाही तीव्र पारेको हो। ,
पञ्जाबमा पक्राउ परेका अमृतपाल सिंहलाई पठाइयो असमको जेलमा |
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ।, काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सनुवाई हुने भएको छ। पेशी चाैथाै नम्बरमा छ।, यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।, गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो। , राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।, प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। , वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।, जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। , विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। , उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए।, क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो। , सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।, ,
सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा |
सेतोपाटी संवाददाता स्थानीय वायु र पश्चिमी वायुका कारण आज देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहको छ। , मौसमविद् गोविन्द कुमार झाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइहेको छ। , काठमाडौं उपत्यकामा आइतबारदेखि नै पानी परिरहेको छ। माैसमविद् झाले आज दिनभरि नै बादल लाग्ने र सामान्य वर्षा हुने क्रम चलिरहने बताए। , विशेषगरी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित सामान्य देखि हल्का वर्षाको सम्भावना रहेको उनले बताए।, उपत्यका बाहिर पनि अधिकांश भूभागकाे मौसममा बदली भई हल्का देखि सामान्य वर्षाको सम्भावना रहेको उनले बताए। तराईका केही भागहरुमा हावाहुरीको सम्भावना रहेको छ। , उनका अनुसार मंगलबारदेखि मौसममा क्रमिक सुधार हुनेछ,
आज देशभर पानी पर्ने, भोलिदेखि मौसममा क्रमिक सुधार हुने |
रासस सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन्।, जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो।, काभ्रेको बेथानचोक गाउँपालिकाले १६ हजार कित्ता जग्गालाई भू–वर्गीकरण गरी आइतबार मालपोत तथा नापी कार्यालयलाई बुझाएको छ।, 'सबै कित्तालाई छुट्टाछुट्टै वर्गीकरण गर्दै नक्सासमेत तयार गरी बुझाएका हौँ,' गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने।, यसअघि नमोबुद्ध नगरपालिका, पनौती, पाँचखाल, धुलिखेल र बनेपा नगर तथा चौँरीदेउराली गाउँपालिका र भुल्लु गाउँपालिकाले भू–वर्गीकरण गरिसकेका छन्।, पाँच तहले अझै वर्गीकरण नगरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ। मन्त्रिपरिषद् बैठकले हप्ताअघि मात्रै भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ स्वीकृत गर्दै कित्ताकाट खुला गरेको छ।, नियमावलीले हालसम्मको अंशबन्डा, कारोबार र कित्ताकाटसम्बन्धी समस्याको सहजीकरण गर्ने जनाइएको छ।, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७९ साउन ३१ गते परिपत्र गर्दै मङ्सिर २३ गतेसम्ममा कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्याउनुपर्ने जनाउँदै ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको थियो।, निर्देशनअनुसार हालसम्म एक सय ५७ स्थानीय तहले मात्रै जग्गाको वर्गीकरण गरेको जनाइएको छ।, भू–उपयोग नियमावलीअनुसार कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रमा जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो।, काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । जग्गा वर्गीकरण नहुँदा मालपोत कार्यालयले प्राप्त गर्ने करोडौँ राजस्व घटेको छ। चालु आर्थिक वर्षको दश महिनासम्म जग्गा कारोबार नहुँदा स्थानीय सरकारको बजेटमासमेत प्रत्यक्ष असर परेको बताइन्छ।, यसअघि नामसारी, दृष्टिबन्धक (व्यक्तिगत), पूरा कित्ता (अंश बण्डा), पूरा कित्ता (पास), छोडपत्र (पूरा) सगोलनामा मात्रै कारोबार हुने गरेको थियो।, मन्त्रालयले गाउँपालिका वा नगरपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण वा नियमावलीको नियम ५ को उपनियम (७) बमोजिम चारकिल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कित्ताकाट गरी जग्गाको लिखत पास नहुने भएकाले तोकेको समयमा वर्गीकरण गर्न अनुरोध गर्दै आएको छ।, सरकारले कृषि क्षेत्रबाहेक अन्य नौ क्षेत्रमा जुनसुकै बेला पनि वर्गीकरण गर्नसक्नेसमेत जनाएको छ।,
काभ्रेका आठ स्थानीय तहद्वारा भू–वर्गीकरण |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ।, जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गल डढेलोले सखाप पारेको हो।, त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिए।, उनका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेकटर जङ्गल पनि डढेलोले सखाप भएको छ।, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन।, यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन्। बर्सेनि जङ्गलमा डढेलो कसले लगाउँछ भन्ने तथ्य भने नखुलेको उनले बताए।,
सिन्धुपाल्चोकमा १९९ हेक्टर जंगल डढेलोले सखाप |
भगवती पाण्डे रूपन्देही तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया बुटवल ६ लेन सडक क्षेत्रमा फ्री वाईफाई जडान गरेको छ।, फ्री वाईफाई सेवाको सोमबार बिहान नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरीदेवी चौधरीले संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहकार्यमा बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकोटीदेखि कोटीहवासम्मको १३ किलोमिटर सडक क्षेत्रमा फ्री वाईफाई सुरू गरिएको हो। , प्रदेश सरकार र नगरपालिकाको सूचना राजमार्गमार्फत् डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्री वाईफाई जडान गरिएको नगरप्रमुख खाँणले बताए।, खाँणले मुख्य सडक क्षेत्रमा फ्री वाईफाई सेवा सञ्चालन भएपछि तिलोत्तमा नगरपालिका प्रविधिमैत्री बनेको र यसले जनताले पाउने सेवामा समेत सहजता दिने बताए।, ‘फ्री वाईफाई सेवाले जनतालाई प्रविधिप्रतिको विश्वास बढाउने र प्रविधिमैत्री बनाउँदै लैजाने छ,’ उनले भने।, विश्वको जुनसुकै क्षेत्रमा बसेर पनि प्रविधिको विकासले सहज ढंगले सूचना लिन थालिएको भन्दै नगरप्रमुख खाँणले यसले आन्तरिक एवं बाह्य पर्यटकलाई सहजता थप्ने बताए।, फ्री वाईफाई सेवाबाट नगरपालिकाले विज्ञापन बढाएर आम्दानी गर्न सक्ने बताए।, तिलोत्तमा नगरपालिका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र भारतीय सीमानाका बेलहियाको समिपमा रहेको र तीव्र विकासको क्रममा रहेकोले नमूना बन्दै गएको उल्लेख गर्दै फ्री वाईफाई सेवाले बाहिरबाट आएका पर्यटकहरूलाई सहज इन्टरनेटको प्रयोगका लागि सहज बन्ने नगरप्रमुख खाँणको भनाइ छ।, ‘हाइवे क्षेत्र भएर ओहोरदोहोर गर्ने पर्यटक तथा विभिन्न कार्यालयमा महत्वपूर्ण कामका लागि पुग्ने सेवाग्राहीलाई समेत इन्टरनेट नहुँदा समस्या हुने गरेको छ, अब यो सेवाले सहजता थप्ने छ,’ उनले भने।, फ्री वाईफाई जडानले नगरपालिका प्रवेश गर्नासाथ इन्टरनेट प्रयोग गर्न सक्ने र नगरपालिकाका सूचना, समाचार र सेवाहरू समेत हेर्न पाउने छन्।, उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरपालिकाले जडान गरेको फ्री वाईफाई सेवालाई सकारात्मक कार्यमा प्रयोग गर्न सबैलाई आग्रह गरिन्।, ‘प्रविधिलाई सकारात्मक र नकारात्मक दुबै काम हुने गरेका छन् तर तिलोत्तमामा जडान गरिएको फ्री वाईफाईलाई सकारात्मक काममा मात्र प्रयोग गरेर लाभ लिनुहुने छ भन्ने हाम्रो विश्वास छ,’ उनले भनिन्।, नगरपालिकाका सूचना प्रविधी उपशाखा प्रमुख सुदीप ढकालका अनुसार एउटा डिभाइस वाईफाईमा कनेक्ट गरेपछि अन्य कुनै पनि राउटरबाट कनेक्ट गर्नुपर्ने छैन।, हाइ स्पिडमा नो कनेक्सन फेल सहितको फ्री वाईफाईका लागि सडकका पोल-पोलमा राउटर राखिएको उनले जानकारी दिए।, ‘हाइवे क्षेत्रमा कुल ३८ वटा पोलमा राउटर जडान गरिएका छन्, एउटा राउटरबाट हाल १ सय वटा डिभाइस कनेक्ट हुने छन् तर, यसबाट टिकटक र पोर्न साइट भने चल्ने छैनन्,’ ढकालले भने।, नगरपालिकाले सकारात्मक काम र सूचनाका लागि फ्री वाईफाई जडान गरिएकोले यसबाट टिकटक र पोर्न साईट नचल्ने बताए।, ढकालका अनुसार २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा फाइबर विस्तार गर्दा ८५ लाख रुपैयाँ र फ्री वाईफाई डिभाइस जडान गर्दा २५ लाख रुपैयाँ खर्च लागेको छ।, यो आयोजना अन्तरगत नगरपालिकाले सबै वडा कार्यालय र स्वास्थ्य चौकीमा आफ्नै फाइबर प्रणाली व्यवस्थापन गरी इन्टरनेट पुर्याएको छ।, ढकालले नेपाल टेलिकम, सुबिसु, वर्ल्ड लिंकबाट आएको आइएसपीको माध्यमबाट आएको इन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको बताए।,
तिलोत्तमाले जडान गर्यो ६ लेन सडकमा फ्री वाईफाई |
रासस गोेरखा जिल्ला अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। , जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। , पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उनले बताए। , दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो। , पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्लाअदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको उनले बताए। ,
गोरखा जिल्ला अदालतभित्र हो–हल्ला गर्ने तीनजना पक्राउ |
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ। , मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो। , मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताए।, उनका अनुुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा सङ्क्रमण भएपछि मृत्यु हुने सम्भवाना १० गुणा बढी हुने गरेको छ। , सहप्रवक्ता डा अधिकारीले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रह गरेका हुन्। , आइतबार ८१ सङ्क्रमित र सक्रिय सङ्क्रमित तीन सय ७० पुगेका छन्। नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ । , शून्यमा झरेको सङ्क्रमण नेपाल र भारतको खुला सिमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो। अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन्। , काठमाडौँमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पतालमा नियमित पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज खोप लगाइरहेका छन्। ,
कोरोनाविरूद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले १५ दिनपछि सिंहदरबारको फोहोर उठाएको छ।, शुक्रबार सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहाेर व्यवस्थापनको जिम्मा लिएको परिवर्तन नेपालका व्यवस्थापक मित्र घिमिरेलाई आज फाेहोर उठाउन निर्देशन दिएका थिए। , मेयर बालेनको निर्देशनपछि सिंहरदरबारको फोहाेर उठाउन थालिएको घिमिरेले जानकारी दिए। , 'सिंहदरबारको फोहोर दिउँसोदेखि उठाउन थालेका हौं,' उनले भने, 'आज सिंहदरबारको मात्रै फोहोर उठाउने छौं। अन्य ठाउँको भोलिमात्रै उठाउँछौं।', प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको फोहोर भोलि मात्रै उठ्ने उनले बताए। १५ दिनदेखि नउठाइएका कारण सिंहदरबारमा फोहोर धेरै जम्मा भएको उनले बताए। , 'धेरै दिनदेखि नउठेको कारण फोहोर धेरै छ,' उनले भने, 'झन्डै २५ टन फोहोर बञ्चरेडाँडा लग्नुपर्ने छ। आज राति आठ बजेसम्म सिंहदरबारको फोहोर उठ्ने छ।' , तस्बिरहरू:,
१५ दिनपछि उठ्यो सिंहदरबारको फोहोर (तस्बिरहरू) |
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले अन्तिम बहस सुरू गरेको छ।, न्यायाधीश दीपक ढकालको इजलासमा बहस सुरू भएको लामिछानेका वकिल मुरारी सापकोटाले जानकारी दिए।, अन्तिम बहसको सुरूवात सरकारी वकिलले गरिरहेका छन्। त्यसपछि पिडितका निजी वकिलहरूको बहस हुनेछ। त्यसपछि बल्ल सन्दिप लामिछानेका वकिलहरूको बहस हुने छ। , यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।, गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक नाबालिग किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।, प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।, वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।, जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।, विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।, उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए।, क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।, सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।,
नाबालिग बलात्कारका अभियुक्त लामिछानेको मुद्दामा अन्तिम बहस सुरू |
शोभा शर्मा नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम सुनुवाई थालेका जिल्ला न्यायाधीश दिपक ढकालले पाँच जना वकिलको बहस सुनेपछि यो मुद्दा आफूले हेर्न नभ्याउने जनाउ दिएका छन्।, बहस सुरू भएकै दिन सकिएन र अरू वकिलको सुन्न बाँकी रह्यो भने हेर्दा हेर्दैलाई अर्को दिन पेशी राख्ने अभ्यास छ। तर त्यही दिन बहस नसकिए हेर्दा हेर्दैमा राख्नै पर्ने अनिवार्य नियम भने छैन। सामान्यत: न्यायाधीशहरूले आफूले सुनुवाई सुरू गरेको मुद्दामा सबै प्रकृया पुरा भएको छ भने आफैले फैसला गर्छन्।, आज जिल्ला सरकारी वकिल सुर बहादुर परियार र पीडितपक्षका वकिल गरि पाँच जनाको बहस सकिएको थियो। पीडितपक्षका अन्य २ वकिल र सन्दिप लामिछानेका वकिलहरूको बहस सुन्न भने बाँकी नै थियो। आज न्यायाधीश ढकालको इजलासले सुनुवाई थालेपछि बहस नसकिएपनि भोलीलाई हेर्दा हेर्दैमा जाने आकलन गरिएको थियो। , लामिछानेका वकिल अधिवक्ता मुरारी सापकोटाले हेर्दा हेर्दैमा जाने अफूहरूको अनुमान भएपनि न्यायाधीशले हेर्न नभ्याइनेमा राखेको बताए। , ‘हाम्रो अनुमान विपरित उहाँले 'म कहाँ हेर्दाहेर्दैमा राख्छु? आज बहस नसकिएपछि 'हेर्न नभ्याइने'मा राख्छु भन्नु भयो,’ अधिवक्ता सापकोटाले भने,'त्यसपछि हामी निस्कियौं।', सुनुवाई गरिरहेको मुद्दा हेर्दा हेर्दैमा राख्नु भनेको बहस सुन्न बाँकी छ आज भ्याइएन भोली वा अर्कोदिन सुन्छु भन्नु हो। हेर्न नभ्याइने भनेको आज सुनुवाई गर्न (बहस सुन्न र फैसला गर्न ) भ्याइएन भनेको हो। , एक सरकारी वकिलले पनि पाँचजना वकिलको बहस सुनेका न्यायाधीशले मुद्दा निरन्तर सुनुवाईमा राखेर आफैले निरूपण गर्लान् भन्नेमा विश्वस्त रहेपनि अर्कै आदेश आएको बताए।, ‘हाम्रोबाट त एकजनामात्र जानुभएको थियो। हाम्रो तर्फबाट त लगभग बहस सकिएको हो। पाँच वकिलको बहस सुनेपछि प्रतिवादीका वकिलको बहस भोलीलाई हेर्दा हेर्दैमा राख्नुहोला भन्ने सोचेका थियौं। तर हेर्न नभ्याइनेमा राख्नु भएछ,’ उनले भने, ‘सामान्यत: सुनुवाई सुरू गरेपछि त्यही न्यायाधिशले फैसला गर्ने चलन छ। कानुन व्यवसायीको अपेक्षा पनि त्यही हुन्छ। सुनुवाई सुरू गरेपछि त्यही इजलासले फैसला गर्नै पर्छ भन्ने नियम कानुन भने छैन।’, सुनुवाई थालिसकेको मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को दिन आफैले सुनाउन सक्ने सुविधा हुँदाहुँदै हेर्न भ्याइएन भनेर न्यायाधीश ढकालले पन्छाउन खोजेको देखिन्छ। , यो मुद्दा अब अर्को दिन पेशीमा चढ्नेछ। त्यतिखेर गोलाप्रथाबाट जसको इजलासमा पर्छ उनैले सुनुवाई गर्नेछन्।, यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।, गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक नाबालिग किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।, प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।, वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।, जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।, विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।, उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए।, क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।, सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।,
लामिछानेविरूद्धको बलात्कार मुद्दामा पाँच वकिलको बहस सुनेपछि न्यायाधीशले भने- हेर्न भ्याइएन |
सेतोपाटी संवाददाता दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन्।, सोमबार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्यमन्त्री लिला गिरीले मागेको विश्वासको मतमाथि प्रदेशसभा भित्र मतदान भइरहँदा प्रदेशसभा भवन बाहिर भने निर्माण व्यवसायीहरूले भुक्तानी माग गर्दै प्रदर्शन गरेका थिए।, प्रदेशसभा भवन निर्माण भई प्रयोगमा आएको ६ महिना बितिसक्दा पनि भवन निर्माण गरेका निर्माण व्यवसायीले भने भुक्तानी पाएका छैनन्। निर्माण व्यवसायीहरूले प्रदेशसभा भवन निर्माण, मन्त्रालय व्यवस्थापन एवं कर्मचारीहरूको निवास लगायत व्यवस्थापन गरे वापतको १२ करोड बढी रकम भुक्तानी पाउन बाँकी रहेको जनाएका छन्।, सोमबार निर्माण व्यवसायीहरू सुरेश घिमिरे, शरद गिरी, मुक्त जिसी, राजेन्द्र श्रेष्ठ, अभिनास भट्टराई, हिमाल अधिकारी लगायतले भुक्तानी पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले पहिलो दिन सांकेतिक रूपमा प्लेकार्ड सहित प्रदर्शन गरेको र भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।, निर्माण व्यवसायीहरूले भुक्तानी खोई, मजदुरलाई काम कजाई छ नेताहरूलाई रजाई छ, भुक्तानीमा टार्न पाइँदैन निर्माण व्यवसायीलाई मार्न पाइँदैन, नेताहरू आफूलाई मासुभात मजदुरको पेटमा लात जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।,
लुम्बिनी प्रदेशसभा भवन बनाएको भुक्तानी नपाएपछि निर्माण व्यवसायीको प्रदर्शन |
नवीनबाबु गुरूङ वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ।, चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजाने साइत अनुसार आज अपराह्न रथ तानिएको हो।, उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ।, आज रथलाई तानेर गाबहाल पुर्याइएको छ र भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गल बजार आसपास पुर्याइनेछ।, मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ। मच्छिन्द्रनाथको यो यात्रा गुरू बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ।, यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ।, ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौं र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ।, तस्बिरहरू र भिडोओ:,
रातो मच्छिन्द्रनाथको रथ तान्न सुरू (तस्बिरहरू) |
सेतोपाटी संवाददाता फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्। , सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० बजे उडेपछि फ्लाई दुबईको एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो। , त्यसपछि उक्त जहाज नेपालमै अवतरण गर्ने कि दुबई फर्किने भन्ने टुंगो लागेको थिएन। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार एउटा इन्जिनबाटै दुबई पुग्न सकिने भनेपछि जहाज नेपालबाट उडेको हो।, त्यसक्रममा नेपाली आकाशमा रहेका सात वटा जहाज होल्ड भएका हुन्। , एयर अरेबिया, मलेसियन एयर, सिंगापुर एयर र बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन्। अहिले यी सबै जहाज ल्यान्ड गर्ने क्रममा छन्। , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि सामाजिक सञ्जालमार्फत फ्लाई दुबई सुरक्षित साथ गन्तव्यमा प्रस्थान भएको जानकारी दिएका छन्।, ‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले भनेका छन्। , , ,
फ्लाई दुबईका कारण सात वटा जहाज नेपाली आकाशमा होल्ड |
सेतोपाटी संवाददाता फ्लाई दुबईको जहाजमा समस्या आएपछि नेपालको आकाशमै होल्ड भएको जहाज पुन: दुबई तर्फ प्रस्थान गरेको छ। , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्थान भएको जानकारी दिएका हुन्।, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले भनेका छन्। , काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० मा उडेको जहाजमा आगोको झिल्का देखिएको थियो। काठमाडौं र ललितपुरबाट उक्त जहाजमा आगोको झिल्को निस्किएको देखिएको थियो। , त्यसपछि जहाज नेपालकै आकाशमा होल्ड गरिएको थियो। एउटा इन्जिनमै सुरक्षितसँग दुबई पुग्न सकिने भएपछि उक्त जहाजलाई जान दिइएको हो। , यता एयर अरेबिया, मलेसियन एयर, सिंगापुर एयर, बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन्। , ,
फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ जाँदैछ: मन्त्री किराँती |
सेतोपाटी संवाददाता काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास गरिँदैछ।, त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्यले जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको जानकारी दिए।, फ्लाई दुबईको एफजेड ५७६ नम्बरको जहाज ९ बजेर २० मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ। काठमाडौंबाट उडेपछि जहाजमा आगोको झिल्को देखिएको एक जना कर्मचारीले बताए। , , ,
फ्लाई दुबईको जहाजमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गर्न प्रयास गरिँदै |
दीपक श्रेष्ठ गोरखाको बारपाक केन्द्र भएर गएको भूकम्पको आज आठ वर्ष पूरा भएको छ।, विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए।, भूकम्पमा परी गोरखाका मात्र चार सय ७१ जनाको निधन भएको थियो।, भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन।, विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इञ्जिनियर पुरुषोत्तम पङ्गेनीले जानकारी दिए।, सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी रहेको छ। ‘स्मृति स्तम्भ मण्डला निर्माणको काम पूरा भइसकेको छ। त्यसबाहेक मण्डलामा चिप्स राख्ने, रङरोगन गर्ने लगायतका काम पनि सम्पन्न भएको छ,’ उनले भने।, उनले पार्कस्थलमा पुग्ने चार सय मिटर सडक कालोपत्र गरिएको, पर्खाल, क्यानटिन पार्क, टिकट काउन्टर निर्माणको काम पनि सकिएको जानकारी दिए।, उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ।, त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङ स्थलसमेत निर्माण गरिएको छ।, सरकारी स्वामित्वको झन्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचा लगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए।, उद्यानमा रहने स्मृति स्तम्भ भने भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने पङ्गेनीको भनाइ छ।, ‘अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाहरूको नाम लेख्न बाँकी रहेको छ। गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो,’ उनले भने।, उद्यान निर्माणको जिम्मा स्वच्छन्द-होम निर्माण जेभीले ठेक्का सम्झौता गरेको थियो। निर्धारित समयमा उद्यान निर्माणको काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीसँग आयोजनाले अहिलेसम्म पाँचपटक म्याद थप गरिसकेको उनले बताए।, पछिल्लो पटक थपिएको म्यादअनुसार अब ठेकेदार कम्पनीले यही असारसम्म उद्यान निर्माणको काम सम्पन्न गरिसक्नु पर्नेछ। उनले मन्त्रालयले भूकम्पका कारण मृत्यु भएकाहरूको नाम उपलब्ध गराएमा पछिल्लोपटक थपिएको समयभित्र भने ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सक्ने अवस्था रहेकोसमेत जानकारी दिए।, ठेकेदार कम्पनीले कोरोना जोखिम, भौगोलिक लगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको दाबी गरेको उनले बताए।, उक्त उद्यान निर्माण सम्पन्न भएपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए।, निर्माणमा ढिलाइ हुँदा सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत रु १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको उनले बताए।, बारपाक सुलिकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ। गाउँपलिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भट्टले बताए। (,रासस,),
गोरखा भूकम्पको ८ वर्ष: अझै बनेन स्मृति उद्यान |
डा. सञ्जीता शर्मा आँखा हाम्रो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो। आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्त्व छ। आँखामा विभिन्न खाले समस्याहरू देखापर्छन्। त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ। गर्मीमा आँखा पाक्ने, चिलाउने र आखा पोल्ने समस्याले बढी सताउँछ।, आँखा पाक्ने समस्या, हाम्रो आँखाको सेतो भागमा देखिने झिल्ली हुन्छ। आँखाको ढकनीमा लाग्ने झिल्लीमा संक्रमण भयो भने आँखामा संक्रमण हुन्छ। यसले गर्दा आँखा पाक्ने समस्या आउँछ। मुख्यतया भाइरस र व्याक्टेरियाको समस्याले नै आँखा पाक्छ। योबाहेक अन्य किटाणुको कारणले पनि आँखा पाक्छ।, शरीरको ‘इम्युन सिस्टमले’ व्याक्टेरियासँग र संक्रमण हुन सक्ने किटाणुसँग लड्न सक्ने क्षमता कम भयो भने संक्रमण देखिन्छ। आँखा पाक्ने रोग सरूवा रोगको रूपमा देखिन्छ। आँखा पाकेको व्यक्तिलाई हेरेर यो रोग सर्ने होइन। आँखामा संक्रमण भएको बिरामीको आँखाको आँसुबाट सुरू भएर अरूलाई सर्ने हुन्छ। बिरामीले छोएको सामानबाट र रूमालबाट बढी सर्छ।, , यसका लक्षणहरू :, बिरामीलाई सुरूमा आँखामा अप्ठ्यारोपनको महसुस हुन्छ।, आँखामा रातोपन हुन्छ।, रातोपनसँगै आँखाबाट चिप्रा आउने समस्या हुन्छ।, आँखाको वरिपरिको ढकनी सुन्निन्छ।, उज्यालोमा हेर्न गाह्रो हुन्छ ।, यसको उपचार, आँखामा समस्या आएपछि सुरूमा उपचारको लागि चिकित्सककहाँ नै जानुपर्छ। आँखामा जथाभावी औषधि हाल्नु हुँदैन। आँखालाई असर नहुने औषधिहरू हुन्छन्, त्यसको प्रयोग गर्नुपर्छ। उपचारका लागि नेत्र विशेषज्ञकहाँ नै जानुपर्छ। बिरामीले पनि आफ्नो उपचारका लागि पहल गर्नुपर्छ। आँखाको सरसफाइमा ध्यान दिनुपर्छ।, आँखामा लागेको कचेराहरू सफा गर्नुपर्छ। आँखालाई हातले छुनुहुँदैन। यदि छोइयो भने साबुन पानीले हात धुनुपर्छ। जो व्यक्तिले आँखामा औषधि हाल्छ उसले पनि हात धुनुपर्छ। बिरामीले प्रयोग गर्ने रूमाल, सुत्ने सिरानी अलग्गै हुनुपर्छ। सानो बच्चा नानी छ भने उसलाई आँखा छोएको हातले चलाउनु हुँदैन।, रूमालको भन्दा पनि टिस्यू पेपर र नेपकिन लगायतको प्रयोग गरेर त्यसलाई फाल्नु राम्रो हुन्छ। जसले गर्दा किटाणु आँखामा सर्ने खतरा कम हुन्छ।, लापरबाही गरे के हुन्छ?, आँखाको संक्रमणमा धेरै देखिने समस्या भनेको कडा खालको औषधिले गर्दा हुन्छ। चिकित्सकलाई नजचाइकन औषधि राख्दा आँखामा फुलो पर्ने खतरा हुन्छ। कडा खालको किटाणुको संक्रमण भएमा त्यो अवस्थामा पनि फुलो पर्ने र कालान्तरमा दृष्टि नै गुम्ने खतरा हुन्छ। आँखाको नानीमा असर गर्छ र आँखामा दाग देखिने हुन्छ। जसले गर्दा दूरदृष्टिमा असर गर्छ।,
त्यसैले आँखा धुने, आँखालाई सफा गर्ने काम गर्नुपर्छ। गर्मीमा यो समस्या अझै बढी हुन्छ। फागुन, चैतदेखि साउन, भदौसम्म आँखा पाक्ने समस्या हुन्छ।, आँखा चिलाउने , आँखा चिलाउने एउटा एलर्जी नै हो। यो के कारणले भएको हो भन्ने पत्ता लगाउन विशेष किसिमले परीक्षण नै गर्नुपर्छ। तर हामीले हेर्दा धुँवा–धुलो अनि घामको कारणले पनि आँखा चिलाउँछ। गर्मी र धेरै हावा चल्ने मौसममा नै आँखा चिलाउने समस्या हुन्छ।, आँखा चिलाउँदा आँखा रातो हुने, आँखामा आँसु आउने लगायतका समस्या देखा पर्छन्। कोही बिरामीको आँखाको सेतो भागलाई पहेंलोसमेत भएको हुन्छ। यसको उपचारको लागि आँखामा एलर्जी नै हो भन्ने भयो भने एलर्जी विरूद्धको औषधि खुवाउनुपर्छ। यसको औषधि अलि लामो समय पनि खानुपर्ने हुन्छ। चिसो महिना र पानी पर्न थालेपछि भने अलि कम हुन्छ। त्यो बेलामा औषधिलाई कम गर्दै लैजानुपर्छ।,
एलर्जीबाट जोगिन बाहिर धुलोमा हिँड्दा चश्मा लगाउनुपर्छ। आँखाको सुरक्षा गर्नुपर्छ। आइसले आँखा सेक्नुपर्छ। यसले आँखालाई फाइदा गर्छ। त्योबाहेक आँखामा आँसुको काम गर्ने औषधि पनि हाल्नुपर्छ।, आँखा पोल्ने , आँखामा आँसुको मात्रा कमी भएर आँखालाई गाह्रो हुन्छ जसले गर्दा आँखा पोल्ने समस्या उत्पन्न हुन्छ। आँखामा आँसुको कमी भयो भने औषधिमार्फत् आँसु थप्नुपर्छ। धेरै नै आँसुको मात्रा कम छ भने दिने औषधि र आँसुको मात्रा कम भएको बेलामा दिने औषधिमा फरक हुन्छ। आँखा पोल्ने अन्य समस्याले पनि हुन्छ। अनिन्द्राको कारणले पनि आँखा पोल्छ। यस्तो भएको पनि आँखामा आँसुको मात्रा कम भएर हो। आँखा पोल्ने समस्या भएको व्यक्ति पनि धुलो र घामबाट जोगिनुपर्छ।,
यसको लागि आइसले सेक्यो भने फाइदा हुन्छ। यसको साथै चश्मा पनि लगाउनुपर्छ। ओपिडीमा आउने बिरामीको समस्या हेर्दा ८० प्रतिशत आँखा पोल्ने चिलाउने निन्द्रा नलाग्ने थकान जस्तो भयो भन्ने गरेका हुन्छन्। यो सबै आँखा सुक्खा भएर नै हो। काठमाडौंको धुँवाधुलोको कारणले यस्तो समस्या उत्पन्न हुन्छ।,
गर्मीमा आँखालाई कसरी स्वस्थ राख्ने? (भिडिओ) |
रासस बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।, राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए।, स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो। उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो।, बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ।,
बाँकेमा कोभिडका कारण एकको मृत्यु |
सेतोपाटी संवाददाता शनिबार दिउँसो विराटनगरमा भएको प्रहरी र पहिचानवादी आन्दोलनकारीको झडप क्रममा प्रहरी लक्षित गरी पेट्रोल बम प्रहार भएको छ। , मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलका अनुसार कोशी नाम खारेजीविरूद्ध आन्दोलनमा उत्रेका आन्दोलदनकारीले प्रहरी लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन्।, ‘आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेका छन्,’ उनले भने, ‘यसबाट तीन जना प्रहरी घाइते भएका छन्।’, प्रहरीले आज ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको उनले बताए। , आन्दोलनकारीहरूले भने एक जनालाई गोली लागेको दाबी गरेका छन्। तर प्रहरीले भने गोली नचलाइएको बताएको छ। , कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप भएको हो। , प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने भन्दै चैत ५ गते मा विराटनगरमा प्रदर्शन भएको थियो। सोही दिन घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो। , सरकारले उनलाई शहीद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टि हुँदैछ। , अन्त्येष्टि अघि उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। , लिम्बूको शव केहीबेर प्रदेशसभा अघि राखेपछि अहिले बेलबारी लगिएको छ। उनको आजै अन्त्येष्टि हुने परिवारजनले बताएका छन्।,
विराटनगरमा प्रहरी लक्षित पेट्रोल बम प्रहार, तीन प्रहरी घाइते |
Subsets and Splits