content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता दाङ तुलसीपुरका एक जना सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय बसन्त केसीले आइतबार बेलुका ८ बजेर ३५ मिनेटको समयमा आफैंलाई गोली हान्दा घटनास्थलमै उनको मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४/५ दिन पहिले आएका केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेका हुन्। केसी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत रहेको मल्लले बताए।, केसीको शव केही बेरमा पोस्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिने डिएसपी मल्लले जानकारी दिए।, घटनाबारे थप अनुसान्धन बाँकी रहेको प्रहरीले बताएको छ।, सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई हाने गोली
सेतोपाटी संवाददाता रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन्। , जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले सेतोपाटीलाई बताए। , वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको हो।, 'मेड इन इटाली' लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको प्रहरीले जानकारी दिएको छ।, इलाका प्रहरी कार्यालय घर्ती गाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेतिर वडाध्यक्षको घर खानतलासी गरेको हो।, 'गाउँमा सधैं पेस्तोल लिएर हिँड्छन् भन्ने हामीलाई सूचना थियो,' एक प्रहरी अधिकारीले भने।, पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।, जिल्ला अदालत रोल्पाले वडाध्यक्ष वलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरिदिएको डिएसपी मगरले बताए।, वडाध्यक्ष वलीविरूद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको अभियोग पनि छ। उक्त अभियोगमा जिल्ला प्रशासन कार्यालयले उनीविरूद्ध थप १५ दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुर (अभद्र) व्यवहार सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको डिएसपी मगरले जानकारी दिएका छन्।, वडाध्यक्ष वली विप्लव नेतृत्वको नेकपा हुँदै गत चुनावमा नेपाली कांग्रेस प्रवेश गरेको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ।, वडाध्यक्ष कृष्ण वली पेस्तोलसहित पक्राउ
रासस भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन्।, सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन्। , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरे।, चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र सोमबार काठमाडौँ पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आइपुगेका हुन्। , भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
रासस वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ।, आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन।, यसैगरी गत शुक्रबारदेखि बेनी –२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ।, गजुरे वनको आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्त्रणमा जुटेका छन्। आगलागी हल्लेगौडा, पोलधारा, सल्देनालगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको जनाइएको छ।, प्रतिकूल मौसमका कारण आइतबार दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साँझपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए।, 'अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्,' उनले भने।, आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजारसहित टोली पुगेको वडाध्यक्ष पुनले बताए।, 'मानवीय क्षति हुनबाट जोगाउने प्रयासमा छौं, सामान्य अवस्थामा आगलागीलाई नियन्त्रण गर्न सकिने अवस्था छैन,' उनले भने।, घरेलु सामग्रीको भरमामात्र नियन्त्रणमा कठिन भएको वडाध्यक्ष पुनले जानकारी दिए।, डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइए पनि भिरालो जमिन भएकाले निभाउन जान कठिन भएको बताए।, 'सुक्खा र भिर भएकाले पनि सहजै निभाउन सकिएको छैन । भिरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौँ,' उनले भने।, आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ । गाउँलेले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्निरेखा बनाउन जुटेका छन्।, उक्त सामुदायिक वनमा बाँदर, खरायो, मृगलगायतका जनावर र चराचुरुङ्गीको वासस्थान थियो । सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ।, आइतबार दिउँसो सामान्य वर्ष भएको अवस्थामा आगो नियन्त्रणको अनुमान गरिएको थियो । यसैबीच यस वर्ष जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको सो कार्यालयले जनाएको छ।, कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम चलिरहेको जनाउँदै उनले बुधबारसम्ममा सबै यकिन हुने जानकारी दिए।, आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताए। आगलागीका कारण वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ।, तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ।, घरबाट बाहिर निस्किँदा धुवाँको गन्ध सहजै अनुभूति गर्न सकिने अवस्था छ भने कतिपयले आँखा पोल्ने समस्या आएको पनि बताएका छन्।, स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने बेनी अस्पतालका चिकित्सक खगराज निउरे बताउँछन्।, धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनुका साथै दम वा क्रोनिकब्रोन्काइटि जस्ता समस्या आएका उनको भनाइ छ।, म्याग्दीमा डढेलोले ७० हेक्टर जंगलमा क्षति
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।, दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ।, महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। , त्यस्तै लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी र उपत्यका लगायत केही स्थानमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ। , राती भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। , महाशाखाले चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ। , यस्तो छ आगामी तीन दिनको मौसम , २०८० वैशाख ४ गते (सोमबार), दिउँसोː ,  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।, रातीː ,  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ।, २०८० वैशाख ५ गते (मंगलबार), दिउँसोː, देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ।, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।, रातीː,   देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ। , २०८० वैशाख ६ गते (बुधबार), दिउँसोː ,देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको संभावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।, रातीː,  देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ।, आजको मौसमः तराईमा हावाहुरी र उपत्यकामा तुवाँलोको सम्भावना
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक गम्भीर घाइते भएका छन्।, सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थितमा लामिछानेको घरको छतबाट लडेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्। , उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। , प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामीछानेसहितको टोली आइतबार बेलुका चितवन आइपुगेका थिए।, लामिछाने साे घरको भुइँ तलामा सुतेका  थिए। दाेस्रो तलामा दीपक बाेहाेरा लगायत सुतेका थिए। , तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकाल*का सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए। दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएका हुन्। , गम्भीर घाइते भएका दिलबहादुरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताए।, लामिछानेसहितको टोली चुनावी प्रचारप्रसारका लागि आज बारा जाने कार्यक्रम थियो। , *यसअघि रास्वपा महामन्त्री ढकाल पनि आइतबार राति रवि लामिछानेको घरमा सुतेको भन्ने हुन गएकोमा सच्याइएको छ। -सम्पादक, रवि लामिछानेको घरको छतबाट खसेर निजी चालक गम्भीर घाइते
सविता बुढा कैलालीको चुरे गाउँपालिका–१ भासु की २९ वर्षीया सिम्रन मगर (नाम परिवर्तन) को विहे १८ वर्षको उमेरमा भएको थियो। बिहे भएको २ वर्ष नपुग्दै उनी गर्भवती भइन्। , पहिलो गर्भ चेकजाँचका लागि एकचोटी मात्रै धनगढी गएकी थिइन्। त्यसपछि एकैचोटी गाउँका सुडेनीबाट उनले घरमै बच्चा जन्माइन्। तीन वर्ष पनि नपुग्दै उनको दोस्रो बच्चा भयो। त्यो बेला पनि राम्ररी चेकजाँच गर्न नपाएको बताउँछिन्। ९ महिनासम्म के हुने हो, कसो हुने हो भन्ने कुराको चिन्ता लागिरहन्थ्यो।  , दुईवर्षअघि उनले तेस्रो बच्चा जन्माइन्।, 'तेस्रो पटकमा बल्ल मैले गर्भको चेकजाँच चार पटक गर्न पाएँ। नियमित चेकजाँच गर्दा कति ढुक्क हुने रहेछ,' उनले भनिन्। , दुई छोरी र एक छोरा गरी तीन सन्तानकी आमा बनेकी उनलाई  सन्तानकोे रहर पुरा भइसकेको थियो। यो भन्दा बढी सन्तान हुर्काउन सक्ने आर्थिक अवस्था पनि थिएन।, परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोगबारे उनलाई थाहा त छ तर उनको गाउँघरमा त्यसको पहुँच छैन। विकट ठाउँमा बस्ती छ।  बस्ती नजिकै स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीहरू छैनन्।, स्वास्थ्य चौकी र स्वास्थ्य स्वयंसेविका भएको ठाउँमा जान उनको बस्तीबाट तीन घण्टा भन्दा बढी समय लाग्छ।, ‘हेल्थपोष्ट र स्वास्थ्य स्वयंसेविकाकहाँ जान तीनचार घण्टा लाग्छ, निजी मेडिकल पुग्न भने एक घण्टा जति लाग्छ। हामी दिनभरी काममा खटिनेहरूलाई त्यति टाढा गएर कण्डम ल्याएर प्रयोग गर्ने समय हुँदैन,’ उनले भनिन्।, अस्थायीका साधन प्रयोग गर्न नसकेकै कारण दुई महिनाअघि उनले चौँथो पटक गर्भ बसेको थाहा पाइन्। यो बच्चा त कसै गरि हुर्काउन सक्दिनथिन्। त्यसैले गर्भपतन गर्ने सोच बनाइन्। , तर उनको गाउँमा नेपाल सरकारको कानूनी मान्यता प्राप्त नि:शुल्क सुरक्षित गर्भपतन गर्ने स्वास्थ्य संस्था पनि छैन। त्यसैले यो पटक पिल्स खाएर उनले गर्भपतन गराइन्। असुरक्षित गर्भपतनका कारण महिना दिनसम्म उनी थला परिन्।, नि: शुल्क सुरक्षित गर्भपतन गराउनुपर्छ भन्ने उनलाई थाहा थियो। तर सरकारबाट सूचिकृत गरिएको तालिम प्राप्त स्वास्थ्य संस्था चुरे गाउँपालिकाको सहजपुरमा थियो। , 'मेरो गाउँ विकटमा छ। स्वास्थ्यसेवा सहजपुरमा छ। त्यहाँ जान बस्तीबाट घण्टौं हिँड्नु पर्छ,' उनले भनिन्, 'सुरक्षित गर्भपतन गर्ने ठाउँ जानै समस्या छ, बाटो छैन, कहाँ बस्ने कहाँ खाने, पैसा छैन, धेरै झन्झट गर्नुभन्दा औषधी खान सजिलो भयो। तर यसले त गाह्रो पार्ने रहेछ।’ , उनीमात्र होइन यो ठाउँका धेरै महिलाको स्वास्थ्य गर्भावस्था, सुत्केरी अवस्था चेकजाँच, स्याहारसुसारको अभावका कारण समस्याग्रस्त देखिन्छ।, असुरक्षित तरिकाले गर्भपतन गराउँदा पाठेघर नै गुमाउने घटना यो गाउँमा धेरै भएका छन्।    , पछिल्लो समय यहाँका महिला तथा किशोरीहरू यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे धेरथोर जानकार भने रहेछन्। सचेत हुनेहरूले पनि स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेका कारण असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता छ।, कतिपयलाई भने सुरक्षित गर्भपतनबारे जानकारी पनि छैन ।, भासुकै ३० वर्षीया सुनैना घर्तीमगर (नाम परिवर्तन)पनि असुरक्षित गर्भपतन गर्दा झण्डै मृत्युको मुखमा पुगेकी थिइन्। उनका चार छोराछोरी छन्।, पाँचौंपटक गर्भवती भएपछि उनले पनि असुरक्षित गर्भपतन गराइन्। पिल्स खाएर गर्भ फाल्दा उनलाई धेरै  पिडा भयो। महिना दिनसम्म  रगत नरोकिएपछि उनलाई अस्पताल जानुपर्‍यो। अहिले केही विसेक भएको बताउँछिन्।  , केही समयअघि यहाँका महिलाहरू गर्भपतन गर्न घरको जडीबुटी र औषधी खान्थे। त्यही कारण भासुकी पार्वती रोकामगरको पाठेघर सडेको थियो। उनको कञ्चनपुरको महेन्द्रनगरमा लागेको स्वास्थ्य शिविरमा पाठेघर काटेर फ्याँक्नु पर्‍यो।, सुरक्षित गर्भपतनबारे समयै जानकारी नपाउँदा यहाँ किशोरीहरूले पनि समस्या भोग्नुपरेका घटना छन्।, चुरे गाउँपालिका १ की एक किशोरीले अस्थायी साधन प्रयोग गर्न पाइनन्। त्यसबारे उनलाई थाहै थिएन।  उनको गर्भ बस्यो। उनलाई बच्चा पाउने मन थिएन। गर्भ बसेपछि उनले कसैलाई यो कुरा सुनाउने आँट गर्न सकिनन्। सुरक्षित गर्भपतनबारे पनि थाहा भएन। उनको गर्भ ७ महिनाको भयो। पेट बढेपछि परिवारले थाहा पाए  र बिहे गरिदिए। , किशोरीलाई भने धेरै पढ्ने चाहना थियो। अहिले बिहे गर्न मन थिएन। बेलैमा प्रजजन स्वास्थ्यको जानकारी र सेवा नपाउँदा उनको जिन्दगीको बाटै मोडियो। , गर्भका कारण पढाई छोडेर बिहेको बन्धनमा बाँधिदा आफूलाई धेरै गाह्रो महसुस भएको उनले बताइन्।, 'साथिहरू क्याम्पसमा पढ्न गएको देख्छु अनि आफ्नो अवस्था सम्झेर नरमाइलो लाग्छ,' उनले भनिनन्, 'बेलैमा सबै कुरा थाहा पाएको भए पढ्न पाउँथेँ।', सरकारले असुरक्षित गर्नु गर्भपत गर्नु अपराध मानेको छ। पैसाको अभाव, विकटता, यातायात अभावका कारण अहिले पनि यहाँका महिलाहरूले असुरक्षित गर्भपतन गर्न बाध्य छन्।, यी समस्या देखिन थालेपछि गाउँका किशोरीहरू भने यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे सचेत भएका छन्। कतिपय किशोरीहरूले विभिन्न संघसस्थाको सहयोगमा गाउँमा सुरक्षित गर्भपतनबारे महिला तथा किशोरीहरूलाई सचेतना फैलाउने काम गरिरहेका छन्। भासुकी हिमा रोका मगर पनि सचेतना फैलाउने काम गर्छिन्।, उनी आफूले गाउँमा सुरक्षित गगर्भपतनको बारेमा महिला तथा किशोरीहरूलाई बुझाउने क्रममा धेरै दुखदायी घटनाहरू सुनेको बताउँछिन्।, ‘साथिहरू मिलेर सचेतनना जगाउने काम गर्छौं । तीन जना छौं, जलवायु परिवर्तन महिलाको प्रजजन् स्वास्थ्य सम्बन्धी पारेको असर,  सुरक्षित गर्भपतनबारे सिकाउँने गर्छाैं,’ उनले भनिन्, 'महिलाहरूले धेरै दु:ख पाएका छन् सरकारले यहाँ राम्रो स्वास्थ्य सेवा दिन जरूरी छ।', उनका अनुसार सचेत भएकाहरू पनि स्वास्थ्य संस्था नजिक नभएर असुरक्षितरूपले गर्भपतन गराउन बाध्य छन्।, ‘हाम्रो आमा, भाउजुहरूले दु:ख पाए अब हामीहरूले दु:ख पाउनु हुँदैन भन्ने आवाज उठाउने गरेका छौं,’ उनले भनिन्, 'आवाज त हामी उठाउँथ्यौँ मान्छेलाई सम्झाउँथ्यौं पनि। सरकारले हाम्रो गाउँसम्म स्वास्थ्य सेवा ल्याइदिए हुन्थ्यो।',  , भासुका महिला भन्छन्: नचाहेरै गर्भ बस्छ अनि हामीले दु:ख पाउँछौं
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जीप दुर्घटना भएको छ।, आइतबार साँझ दुलेगौंडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जिप पिउरी दोभानस्थित भित्री कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। , दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ  भने सात यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए। , मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन्। डिएसपी खाँणका अनुसार उनी जीपका चालक हुन्। , घाइते हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का २१ वर्षीया मोतिकला भुजेल, सोही स्थानका ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल छन्। , घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। , तनहुँको पिउरी दोभानमा जीप दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु, सात घाइते
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकलमा सवार दुई जनाको ट्रकको ठक्करबाट मृत्यु भएको छ। , दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए। , तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो। , दुर्घटनाका घाइतेमध्ये गोपालको घटनास्थलमै मृत्यु भएको र घाइते सन्देशलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताए। , स्थानीयका अनुसार मोटरसाइकल गाउँबाट खैराचोकमा आउँदै थियो भने ट्रक नारायणपुरबाट तुलसीपुरतर्फ जाँदै थियो।, ओभरटेकपछि ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको डिएसपी गौतमले बताए।, ‘भैरहवाबाट रासायनिक मल बाकेर तुलसीपुरतर्फ जाँदै गरेको ट्रकलाई मोटरसाइकलले ओभरटेक गरेपछि फेरि आफ्नै लेनमा गएको रहेछ,’ डिएसपी गौतमले भने ‘त्यही क्रममा ट्रकले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको रहेछ।’, घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय नारायणपुरका एक जना प्रहरी अधिकारीले पनि सोही जानकारी दिए।, ‘मोटरसाइकलले ट्रकलाई ओभरटेक गरी खैरा चोकबाट दक्षिण गाउँतर्फ जाँदै गर्दा ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्,’ ती प्रहरी अधिकारीले भने, ‘मोटरसाइकलमा सवार युवाहरू उत्तरतिरबाट आएर खैरा चोक क्रस गरी दक्षिणतर्फ जान लागेकोजस्तो देखिएको छ।’, घटनास्थलबाट शवको मुचुल्का बनाई उठाइसकिएको प्रहरीले जानकारी दिएको छ।, ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले कर्णाली सरकारलाई अपांगता भएकाहरूको लागि गर्नुपर्ने कामबारे सुझाव दिएको छ।, आइतबार वीरेन्द्रनगरमा आयोजित समावेशी पुनर्स्थापनाबारे अन्तर्क्रियामा महासंघले अपांगता भएका व्यक्तिको सहज जीवनका लागि प्रदेश सरकारले गर्नुपर्ने विभिन्न सुझाव दिएको हो।, महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बच्चा जन्मँदै उसको जाँच गरी अपांगता भए/नभएको पहिचान गर्न सरकारलाई सुझाव दिए।, ‘बच्चा जन्मनेबित्तिकै अपांगता पहिचान गर्ने व्यवस्था मिलाउन सक्यो भने सरकारले पछि अपांगता भएकाहरूका लागि धेरै खर्च गर्नुपर्दैन,’ उनले भने, ‘पछि विविध कारणले हुने अपांगता एउटा कुरा भयो, जन्मजातै हुने अपांगतालाई समयमै पहिचान गर्नु जरूरी हुन्छ। यो कुरा कर्णाली प्रदेश सरकारले मिलाओस्।’, महासंघले सबै प्रकारका अपांगता भएकाहरूलाई नि:शुल्क स्वास्थ्य बीमा गर्न पाउने व्यवस्था सरकारले मिलाइदिने र बीमा बोर्डले सहायक सामग्री बीमाबाटै दाबी गर्नेगरी नीति बनाउनुपर्ने वातावरण पनि मिलाउन सुझाव दिएको छ।, यस्तै, अपांगता भएकाहरूका लागि आवश्यक सामग्री प्रदेशस्तरमै उत्पादन तथा मर्मतको व्यवस्था मिलाउन सुझाव महासंघले दिएको छ।, प्रदेशस्तरमा अपांगता पुनर्स्थापना केन्द्र, अपांगता/पुनर्स्थापना सूचना केन्द्र स्थापना गर्नुपर्ने राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले सुझाव दिएको छ।, सही नापजाँचसहितको सहायक सामग्री वितरण गर्न प्रदेशका सबै पालिकाहरुलाई परिपत्र गर्न पनि महासंघले सुझाव दिएको छ।, ‘अहिलेको अवस्थामा औषधि नियमित सेवन गर्नुपर्ने अपांगता भएकाहरूलाई औषधि पाइने अवस्था छैन, हेमोफेलिया, अटिज्म, बौद्धिक र मनोसामाजिक अपांगता भएकालाई समयमै औषधिको व्यवस्था गर्न बजेट छुट्याउनुपर्छ,’ महासंघका प्रदेश अध्यक्ष शर्माले भने।, राष्ट्रिय अपांग महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले अपांगताका प्रकारलाई मध्यनजर गर्दै सरकारी तवरबाट समान बजेट र योजना बनाउनुपर्ने बताए।, उनले ऐनमा समेत अपांगता भएकालाई समेट्दा त्रुटी देखिएको बताए।, उनले अटिज्म भएकाहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।, आचार्यका अनुसार हरेक ४४ जना बालबालिकामध्ये १ जनालाई अटिज्म हुने तथ्यांकले देखाएको छ।, पछिल्लो समय विकासको क्रमसँगै भइपरी आउने घटनाबाट अपांगता थपिन थालेको उनले बताए।, ‘अपांगता भएकाहरूको आम्दानीको अवस्था अवलोकन गरी सरकारले सेवासुविधा गर्नुपर्छ, यसले पहुँचबाहिर भएका वास्तविक अपांगता भएकालाई समावेश गर्न सकिन्छ,’ आचार्यले भने।, स्थानीय सरकारसँग मिलेर पुनर्स्थापना सेवा दिनुपर्नेमा छलफल गर्नुपर्नेमा उनले जोड दिए।, कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृष शाहीले ‘ख’ वर्गका अपांगता भएकालाई ५० प्रतिशत छुटमा बीमा गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले पहल गरिरहेको बताए।, उनले कर्णाली प्रदेशमा सरकारले पुनर्स्थापना स्वास्थ्य रणनीति तयार गर्न लागिएको जानकारी दिए।, कर्णाली प्रदेशले बनाएको स्वास्थ्य नीतिले अपांगतालाई विशेष रूपमा समावेश गरेको उनले दाबी गरे।, सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले सरकारी तवरबाट ऐनमा भएका विषय कार्यान्वयन गर्न नसक्नुले केही समस्या यथावत् रहेको बताए।, अपांगता भएकाहरूको क्षेत्रमा काम गर्न सरकारी निकाय निरन्तर लागिपरेको उनले बताए।, अटिज्म केयर सोसाइटीका सञ्चालक तथा कर्णाली प्रदेश सभाका पूर्वसदस्य सुशिल थापाले सबै प्रकारका अपांगता भएकाहरूलाई समावेश गर्नेगरी अबको नीति तथा कार्यक्रम कर्णाली प्रदेश सरकारले ल्याउनुपर्ने बताए।, राष्ट्रिय अपांगत महासंघका अनुसार कर्णाली प्रदेशको कुल जनसंख्यामध्ये ३.१४ प्रतिशत अर्थात् ५३ हजार ५२ जना अपांगता भएको जनसंख्या छ।, अपांगता भएका हरेक ३ जनामा एक जनालाई पुनर्स्थापना सेवा आवश्यक पर्ने महासंघका परियोजना अधिकृत सन्दी विश्वकर्माले बताए।, यस्तै, ५ देखि १५ प्रतिशत अपांगता भएकाहरूलाई सहायक सामग्रीको आवश्यकता पर्छ।, राष्ट्रिय अपांग महासंघको सरकारलाई सुझावः जन्मजात हुने अपांगतालाई समयमै पहिचान गरौं
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वनिर्धारित चुनावी प्रचार रोकेका छन्।, चितवन-२ मा रास्वपाबाट उम्मेदवार बनेका लामिछाने निजी सवारी चालक दिलबहादुर थापा घरको छतबाट लडेर गम्भीर घाइते भएपछि आज बारामा गर्ने भनिएका चुनावी प्रचारका कार्यक्रम सहभागी नभएका हुन्।, उनी अहिले थापाको उपचार भइरहेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै छन्।, ‘आज बिहान चितवनमा केही घरदैलो गरेर बारा जाने कार्यक्रम थियो तर घटना भएपछि उहाँ बारा नगएर चितवनमै हुनुहुन्छ,’ लामिछानेनिकट स्रोतले भन्यो,‘अस्पतालमा गएर ड्राइभरलाई भेट्नुभएको छ।’, बारा-२ मा उम्मेदवार रहेका रमेश खरेल र लामिछानेले आज ७ ठाउँमा कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।, सोमबार विहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।, चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले अचेत छन्।, ‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अपरेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने।, सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ।, थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका ड्राइभर पनि सुतेका थिए।, ‘मुकुलका ड्राइभरले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। अरू मानिसले हल्ला गरेपछिमात्र आफू ब्युँझिएको भनेका छन्,’ एसपी कार्कीले भने।, ४ बजेतिर थापा खसेपछि आवाज आएको थियो। त्यो आवाज सुनेपछि रविका निजी सुरक्षा गार्ड र प्रहरीले के भयो भनेर हेरेका थिए।, प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।, ‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले भने।, प्रहरीले घटनाबारे अनुसन्धान गर्न कसैलाई नियन्त्रणमा नलिएको भए पनि वरपरका मानिसहरूसँग सोधपुछ गरेको कार्कीले बताए।, अहिलेसम्म थापा कसरी खसे भन्ने कारण खुल्न नसकेको उनले बताए।, रवि लामिछाने चितवनमै, रद्द गरे बाराको चुनावी प्रचार
राजेश घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।, सोमबार विहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।, चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ।, ‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अपरेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने।, सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ।, थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका ड्राइभर पनि सुतेका थिए।, ‘मुकुलका ड्राइभरले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। अरू मानिसले हल्ला गरेपछिमात्र आफू ब्युँझिएको भनेका छन्,’ एसपी कार्कीले भने।, ४ बजेतिर थापा खसेपछि आवाज आएको थियो। त्यो आवाज सुनेपछि रविका निजी सुरक्षा गार्ड र प्रहरीले के भयो भनेर हेरेका थिए।, प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।, ‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले भने।, प्रहरीले घटनाबारे अनुसन्धान गर्न कसैलाई नियन्त्रणमा नलिएको भए पनि वरपरका मानिसहरूसँग सोधपुछ गरेको कार्कीले बताए।, अहिलेसम्म थापा कसरी खसे भन्ने कारण खुल्न नसकेको उनले बताए।, रवि लामिछानेका ड्राइभर भेन्टिलेटरमा, अनुसन्धान गर्दै प्रहरी
सेतोपाटी संवाददाता चालु आर्थिक बर्षको चैत मसान्तसम्म रोल्पा प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिएका ३४ फरार प्रतिवादी पक्राउ गरेको छ। , बिभिन्न अभियोगमा दोषी ठहर भइ अदालतले जेल र आर्थिक सजाय तोकिएका ३४ जना फरार प्रतिवादी पक्राउ गरी अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्न पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए। , पक्राउ परेका ३४ जनालाई तोकिएको कैद ७६ बर्ष ८ महिना ७ दिन कैद सजाय कार्यान्वयन गर्न कारागार चलान गरिएको छ। त्यस्तै उनीहरुबाट ४ लाख ४९ हजार ६१० रुपैंया जरिवाना अशुलउपर भएको डिएसपी मगरले बताए। , पछिल्लो समय चैत ३० गते जिल्लाको रुन्टीगढी गाउँपालिका – ७ का ३४ बर्षीय दीपक खड्का पक्राउ परेका छन्। उनी रुन्टीगढी – ९ होलेसीस्थित विद्युत कार्यालय नजिक बाट पक्राउ परेका थिए।, २०७२ साल चैत ३ गते जिल्ला अदालत दाङले खड्कालाई चोरी मुद्दामा १ बर्ष १५ दिन कैद र ६६ हजार ५ सय जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचिमा रहँदै आएका थिए। , खड्कालाई बैशाख ३ गते जिल्ला अदालत दाङमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको डिएसपी मगरले जानकारी दिए। , त्यस्तै लागु औषध मुद्दामा जिल्ला अदालत रोल्पाले १ बर्ष ६ महिना कैद र ५ हजार जनिवाना तोकिएका थवाङ गाउँपालिका– २ का  ५० बर्षीय धनकुमारी झाँक्री पक्राउ परेकी छन्। , रोल्पा अदालतले २०७६ फागुन २९ गते झाँकी बिरुद्ध उक्त सजाय हुने फैसला गरेको थियो। उनलाई गत चैत २७ गते पक्राउ गरि अदालत पेश गरिएको र अदालतको आदेश बमोजिम तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ। , चोरी मुद्दामा ०७८ चैत १५ गते ६ महिना २७ दिन कैद सजाय तोकिएका रोल्पा नगरपालिका – ७ का ४० बर्षीय गंगाराम पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ। चैत २७ गते पक्राउ पछि उनलाई जिल्ला अदालत पेश गरिएको र अदालतको आदेशलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ।, रोल्पामा विभिन्न मुद्दामा सजाय तोकिइ फरार रहेका ३४ जना पक्राउ
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर छतबाट खसेको घटनाबारे चितवन प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।, अनुसन्धानका लागि लामिछानेका ड्राइभर दिलबहादुर थापासँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर  कालुराम राजवंशीलाई प्रहरी कार्यालयमा ल्याइएको छ। , ‘सोधपुछका लागि हामीले उहाँलाई कार्यालयमा बोलाएका हौं,’ चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भने। , यसअघि राजवंशीले सँगै सुतेका थापा कसरी र कतिबेला खसे भन्नेबारे आफूले केही थाहा नपाएको र अरूले हल्ला गरेपछि ब्युँझिएको बताएका थिए।, सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।, एसपी कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले अचेत छन्।, ‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अपरेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने।, सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ।, प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।, ‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले भने।, प्रहरीले घटनाबारे अनुसन्धान गर्न कसैलाई नियन्त्रणमा नलिएको भए पनि वरपरका मानिसहरूसँग सोधपुछ गरेको कार्कीले बताए।, अहिलेसम्म थापा कसरी खसे भन्ने कारण खुल्न नसकेको उनले बताए।, रास्वपा महामन्त्री ढकालका ड्राइभरसँग प्रहरी कार्यालयमा सोधपुछ
सेतोपाटी संवाददाता जनक शिक्षा सामाग्री केन्द्रले  नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ।  , गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको हो। , सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको थियो। , अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले अहिलेसम्म ५९ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिए। नयाँ शैक्षिक सत्र सुरू हुने समयसम्म सबै जिल्लाका सबै विद्यालयहरूमा पुस्तक उपलब्ध हुने झाको दाबी छ। ,  , ५९ जिल्लामा पुस्तक पुगिसक्दा केन्द्रले कक्षा ६ देखि १० सम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरू छापिसकेको छ। झाका अनुसार चैत २४ देखि देशभर पाठ्यपुस्तक पुर्‍याउन सुरू गरिएको हो। बाँकी रहेका १८ जिल्लामा पनि केही दिनभित्र पुस्तक पुगिसक्ने उनले बताए। ,  , हिमाली तथा पहाडी भेगका दुर्गम क्षेत्रहरूमा ढुवानीमा केही दिन बढी लाग्ने उनले बताए। यसपालि हुम्ला, जुम्ला, कालीकोट, मनाङ जिल्लामा समेत पुगिसकेको झाले बताए।  ,  , ‘पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नैविद्यालयहरुमा पुस्तक पुर्‍याउन सफल भयौं,’ उनले भने। , यसवर्ष थप तीन वटा छपाई मेसिन खरिद गरि प्रतिदिन ८० हजार छपाई क्षमतालाई बढाएर प्रतिदिन २ लाख ४० हजार पुस्तक छाप्न सक्ने क्षमतामा केन्द्र पुगेको छ। यसकारण पनि समयमै पुस्तक पुर्‍याउन सकिएको उनले बताए। , कागज खरिदमा समस्या नहुनु, स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पुर्‍याउन सकिएको झाले बताए। , यस वर्षको पुस्तक छपाइका लागि केन्द्रले राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबाट गरी ८५ करोड ऋण लिएको थियो। झाका अनुसार पाठ्यपुस्तक विक्री गरेर केन्द्रले ४० करोड ऋण तिरिसकेको छ। प्रधानमन्त्री कार्यालयबाट पनि सहयोग पाएपछि पुस्तक छपाइमा थप सहज भएको झाले बताए। ,  केन्द्रले केन्द्रिय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२० पुस्तक बिक्री गरेको छ। , त्यस्तै प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ । , सोलुखुम्बु,धनकुटा,मोरङ,सुनसरी,झापा,सिरहा,सर्लाही,बारा,पर्सा,रुपन्देही,बाँके,बर्दिया,दैलेख,सुुर्खेत,डोटी,डडेलधुरा,कञ्चनपुर र कैलाली गरी १८  जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक बिक्री वितरण हुन बाँकी रहेको केन्द्रले जनाएको छ। ,  , नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्‍याउने गरी  काम भइरहेको प्रबन्धक झाले जानकारी दिए। , ५९ जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्यो, १८ जिल्लामा बाँकी
नवीनबाबु गुरूङ काठमाडौंको शान्तिबाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको छ। केही दिनदेखि  देशका विभिन्न ठाउँबाट आएर शान्तिबाटिकामा बसिरहेका मिटर ब्याज पीडितहरूले आज सिंहदरबार घेर्ने कार्यक्रम थियो।, मिटरब्याजी तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समिति रौतहटका अध्यक्ष शिवशंकर महतोका अनुसार सोमबार बिहान ११ बजेदेखि प्रमुख सरकारी निकायका कार्यालयमा शान्तिपूर्ण आन्दोलन गर्ने तयारी थियो।, त्यही भएर बिहानदेखि प्रहरीले शान्तिबाटिका घेरेर बसेको र बाहिरबाट ताला लगाइदिएको उनले बताए।, ‘१ बजेसम्म नखोलेपछि गेट खोल्न आग्रह गर्दा झडप भएको हो,ʼ उनले भने।, झडपमा परेका ५ जना मिटरब्याज पीडित बेहोस भएका छन् भने केही घाइते भएका छन्। उनीहरूलाई वीर अस्पताल लगिएको छ। केही मिटर ब्याज पीडितलाई प्रहरीले पक्राउ गरेर लगेको छ।, प्रहरीतर्फ पनि ४/५ जना घाइते भएका छन्।, हेर्नुस् तस्बिरहरू: ,  , शान्तिबाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप (भिडि‍ओ)
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पूर्वाधार निर्माण, मर्मत कार्य सञ्चालन गर्दा आम मानिसलाई कठिनाइ हुने गरी निमार्ण कार्य सञ्चालन गरे कारबाही गर्ने जनाएको छ। , सोमबार सूचना जारी गर्दै महानगरभित्र कुनै पनि सार्वजनिक निकायले सडकपेटी, खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा आम मानिसलाई कठिनाइ हुने गरी कार्य सञ्चालन गरेको भेटिएमा कारबाही र जरिवाना तिराउने महानगरपालिकाले बताएको हो।, यस्तै, महानगरले निर्माणाधीन स्थल संकेतसहित छेकबार लगाउन अनुरोध गरेको छ। त्यस्तै जुन निकायले सो कार्य गरेको हो सो निकायको पहिचान स्पष्ट देखिने सङ्केत राख्नुपर्ने सूचनामा उल्लेख छ। , महानगरवासीहरूको स्वास्थ्यलाई प्रतिकूल असर नपर्ने गरी आवतजावतलाई समेत सहज, सुरक्षित हुने गरी निर्माण कार्य गर्न महानगरले अनुरोध गरे‍को छ भने निर्माण कार्यबाट निस्कनले फोहोरलाई समेत उचित व्यवस्थापन गर्न महानगरले अनुरोध गरेको छ।, नियमको उल्लंघन गरे फोहोरमैला व्यवस्थापन ऐन, २०६८ वातावरण संरक्षण ऐन २०७६ अनुसार ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने महानगरले बताएको छ। , के कुरा उल्लेख छन् नियममाः, १. सडक किनारमा निर्माण गरिने कुनै पनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा आदि नखस्ने प्रबन्ध गर्नुपर्ने, निजी भवन निर्माण गर्दा समेत सडकपेटीमा कुनै पनि प्रकारले असर नपर्ने गरी गर्नुपर्नेछ।, २. सडक पेटी क्षेत्रमा निर्माण सामग्री खसाली सडक अवरोध वा सडक पेटीमा धूलो फोहोर राख्न वा छोड्न पाइने छैन।, ३. कुनै पनि सार्वजनिक निकायले सडक पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माणाधीन स्थल संकेत सहित छेकबार लगाउनुपर्नेछ। जुन निकायले सो कार्य गरेको हो सो निकायको पहिचान स्पष्ट देखिने संकेत राख्नुपर्नेछ।, ४. सडक वा पेटीको मर्मत वा नयाँ निर्माण गर्दा वा सडक पेटीमा केवल, ढल वा पाइप राख्दा त्यस्तो स्थलबाट धुलो माटो नउड्ने वा अन्यत्र नजाने व्यवस्था गर्नुपर्नेछ। त्यस्तो कार्य सम्पन्न हुनासाथ तत्काल सडक पिच वा ढलान वा ब्लक राख्ने कार्य गर्नुपर्नेछ र तत्काल गर्न सम्भव नभए त्यस्तो स्थलबाट निर्माण सामग्री हटाउने धूलो, फोहोर नहुने व्यवस्था मिलाउनुपर्नेछ।, ५. सार्वजनिक निकायले महानगर क्षेत्रभित्र संचालन गर्ने पूर्वाधार निर्माण मर्मत लगायतका कार्य सकभर राति आठ बजेपछि मात्र गर्ने गराउने प्रबन्ध मिलाउनुपर्नेछ।, ६. सडक, पेटीमा गरिने कुनै पनि निर्माण, मर्मत कार्यका लागि आवश्यक पर्ने जति सामग्री मात्र निर्माण स्थलमा खसाल्ने वा राख्ने गर्नुपर्नेछ। निर्माण स्थलको घेरावार नलगाई वा सङ्केत क्षेत्र निर्धारण नगरी यत्रतत्र राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै बखत उठाई लान सक्नेछ ।, ७. सार्वजनिक निकायले सञ्चालन गर्ने कुनै पनि निर्माण मर्मत कार्य सम्पन्न भए पश्चात् त्यस्तो क्षेत्रको पूर्ण सरसफाई गर्ने दायित्व सम्बन्धित निर्माण कर्ताको हुनेछ र सोको व्यवस्थापन सम्बन्धित निकायको हुनेछ।,  ,  , पूर्वाधार निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरे महानगरले कारबाही गर्ने
रासस नेपाल पञ्चांग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ।, वैशाख कृष्ण औंसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। , यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए। तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन।, कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ। यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ।, वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। , वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन: पञ्चांग निर्णायक विकास समिति
सरिशा अछामी सोमबार बिहानैदेखि रत्नपार्कको शान्तिवाटिका पार्क प्रहरीले घेरिएको थियो। केही दिनदेखि देशका विभिन्न स्थानबाट आएर काठमाडौंमा बसिरहेका मिटर ब्याज पीडितले आज मार्च पाससहित उच्च सरकारी निकायका कार्यालय घेराउ गर्ने योजना बनाएका थिए। त्यही योजना थाहा पाएर प्रहरी बिहानै शान्तिवाटिका पुगेका थिए।, ९ बजेसम्म सामान्य अवस्था थियो। पीडित १२ बजेपछि मार्चपासमा निस्कने जानकारी भएपछि प्रहरीले शान्तिवाटिकाको मुख्य गेटमा ताला लगाइदियो।, पीडित आन्दोलनमा जानै पाएनन्। पीडितले प्रहरीलाई पटक-पटक ताल्चा खेल्न आग्रह गरे। लामो समयसम्म अनुरोध गर्दा नमानेपछि पीडित आक्रोशित भए।  त्यही क्रममा प्रहरी र पीडितबीच झडप भएको मिटर ब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समिति रौतहटका अध्यक्ष शिवशंकर महत्तो बताउँछन्।, ‘शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी पहिले नै गराएका थियौं। प्रहरीले बाहिर निस्कन नदिएपछि आक्रोश पोखेका हौं,ʼउनले भने।, प्रहरीले सुरक्षा दिनुको सट्टा पीडितलाई उल्टै नियन्त्रणमा राख्यो। महिला,  वृद्ध-वृद्धासमेत नभनी प्रहरीले सबैलाई लाठी चार्ज गर्‍यौ।  प्रहरीको लाठी लागेर ४ जना गम्भीर घाइते भएका छन्। केही मिटर ब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ।, ‘प्रहरीले पक्राउ गरेका व्यक्ति कहाँ-कहाँ छन् भन्नेबारे थाहा छैन, खबर लिने प्रयास गरिरहेका छौं,ʼ अध्यक्ष महतोले भने।, गम्भीर घाइते हुनेमा ऐक्यवद्धता जनाउन पुगेका अधिवक्ता, अधिकारकर्मी, पीडित, स्वयंसेवक पनि छन्। अधिवक्ता यमकुमारी ददेल(यमुना), कुलबहादुर थापा, मदन प्रभात घाइते भएका छन्। त्यस्तै लोकनारायण सुवेदी, अकबर मिया, कृष्ण महतो, प्रदीप नेपाल,  संगीतादेवी चमार सामान्य घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको  छ।, सामान्य घाइते भएकाहरू कोही प्रहरीको नियन्त्रणमा छन् भने कोही वाटिकामै छन्। १७ दिनदेखि पीडित बस्दै आएको वाटिकाको अवस्था आज फेरिएको छ। त्यहाँ बस्नका लागि बनाइएका त्रिपाल प्रहरीले च्यातिदिएको पीडितको आरोप छ।, खाद्यान्न, भाँडा पनि प्रहरीले फ्यालिएपछि पीडित थप चिन्तित बनेका छन्।, मिटरब्याज पीडितले सोमबारसम्म ६ पटक सरकारसँग वार्ता गरिसकेका छन्। पटक-पटक वार्तामा ठोस निर्णय गर्न नसकेकाले सोमबार उच्च सरकारी निकायका कार्यालय घेराउ गर्ने तयारी गरेका थिए। तर, पीडित शान्तिवाटिका पार्कबाट बाहिर निस्कनै पाएनन्।, पीडित आफ्ना समस्या सुल्झाएर मात्र गाउँ फर्किने योजनामा थिए। प्रहरीको आजको झडपले उनीहरूको त्यो सपना मारिदिएको पीडितलाई साथ दिन पुगेकी स्वयंसेवक अस्मिता बादी बताउँछिन्।, मिटर ब्याज पीडितले ताला खोल्न जबरजस्ती गरी ढुंगा हानाहान गर्न थालेपछि प्रहरी लाठीचार्ज गर्न बाध्य भएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए।, ‘पीडित १५ र प्रहरीमा प्रहरी उपरीक्षकसहित १० जना घाइते भएका छन्,ʼ उनले भने, ‘सबैको अवस्था सामान्य छ।ʼ, उनका अनुसार ३५ पीडितलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी र दरबारमार्गमा राखेको छ। उनीहरूलाई तत्काल छाड्ने कि नछाड्नेबारे थप छलफल भइरहेको छ।, पीडितले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने सूचना पाएकाले रोक्ने कोशिशमात्र गरेको प्रहरीको दाबी छ।  , शान्तिवाटिकामा मिटर ब्याज पीडितलाई प्रहरीले पहिला थुन्यो, पछि लाठी बर्सायो
सेतोपाटी संवाददाता नेपालमा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ।, योसँगै मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ।, पछिल्लो २४ घण्टामा १६३२ जनामा नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० जना डिस्चार्ज भएका छन्। , अहिले देशभर ३७९ जना सक्रिय संक्रमित छन्। , थपिए १०४ जना कोरोना संक्रमित, एकको मृत्यु
सेतोपाटी संवाददाता मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट फोहोर महानगरले नउठाएको नौ दिन बितिसकेपछि तीन किसिमले सिंहदरबारको फोहोर व्यवस्थापन गर्न थालिएको छ।, महानगरपालिका र सरकारको छलफल कहिले हुने पत्तो नभएका कारण सिंहदरबारबाट उठ्ने फोहोर छुट्याएर तीन तरिकाले व्यवस्थापन गर्न थालेको परिवर्तन नेपालका व्यवस्थापक मित्र घिमिरेले जानकारी दिए। , ‘सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गर्छ। दिनहुँ निस्कने फोहोर निकास गर्न नपाउँदा सिंहदरबारभित्रै राख्न ठाउँ पनि पुग्दैन,’ उनी भन्छन्, ‘त्यही भएर अहिले हामीले कुहिने, नकुहिने, रिसाइकल हुने फोहोर छुट्याएर व्यवस्थापन गर्न थालेका छौं।’, रिसाइकल गर्न मिल्ने फोहोर कबाडीमा दैनिक रूपमा झन्डै डेढ टन बेच्ने गरेको उनले बताए। यस्तै केही मात्रामा जनावरका लागि चाराका रूपमा प्रयोग गर्न मिल्ने कुहिने फोहोर फार्महरूमा पठाउने गरेको र जैविक फोहोर नजिकै भएको खाल्डोमा पुर्ने गरेको उनी बताउँछन्।   , यसअघि भने सिंहदरबारबाट फोहोर नछुट्याइकन सिधै बञ्चरेडाँडा लग्ने गरेको उनको भनाइ छ।   , यस्तै प्रधानमन्त्री निवास, राष्ट्रपति कार्यालयको फोहोर छुट्याएर व्यवस्थापन नभएको उनले बताए।, ‘अहिले हामीले सिंहदरबारको मात्रै फोहोर मात्रै व्यवस्थापन गर्ने काम गरेका हौं,’ उनी भन्छन्, ‘पहिले हामीले फोहोर लगेर डम्प गर्ने भनेको बञ्चरे डाँडामा हो। डम्पिङ साइटको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने गर्छ। हामीलाई फोहोर डम्प गर्ने ठाउँ गृह मन्त्रालयले मिलाइदियो भने हामी फोहोर उठाउन तयार छौं।’, त्यस्तै सिंहदरबार क्षेत्रबाबाट उठ्ने फोहोरमध्ये धेरै फोहोर क्यान्टिनबाट हुने गरेको परिवर्तनका कर्मचारी कनैयाँ बताउँछन्।, ‘सबैभन्दा धेरै फोहोर उठ्ने भनेकै क्यान्टिनबाट हो,’ उनी भन्छन्, ‘दुर्गन्ध पनि त्यही फोहोरबाट आउने गर्छ। अहिले त जसोतसो व्यवस्थापन भइहरेको छ। तर लामो समयसम्म व्यवस्थापन गर्न सकिन्न।’, संविधानको अनुसूची-८ मा फोहोरमैला व्यवस्थापन स्थानीय तहले नै गर्नुपर्ने उल्लेख छ। यस्तै फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले पनि फोहोरमैला उठाउने र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएता पनि महानगरका मेयर बालेन शाह भने फोहोर नउठाउने अठोट लिएर बसेका छन्।, यस्तै संविधानमा फोहोरमैला व्यवस्थापन गर्नु स्थानीय तहकै भए पनि बालेन आफ्नो जिम्मेवारी बहन नगरी गैरजिम्मेवारी बनेको टिक्काटिप्पणी भइरहेको छ। , महानगरका प्रवक्ता नवीन मानन्धर सरकारसँग वार्ता भएपछि मात्रै फोहोर उठ्ने जिकिर गर्छन्। , ‘अहिलेसम्म वार्ता हुने कुनै योजना देखिएको छैन,’ उनी भन्छन्, ‘वार्ता भएर माग पूरा भएको दिनमात्र फोहोर उठ्छ।’, काठमाडौं महानगरपालिकाका अधिकारीका अनुसार मेयर बालेन यो विषयमा प्रधानमन्त्री तहमा वार्ता गर्न मात्र तयार छन्।, 'नौ महिनासम्म विभिन्न मन्त्रीसँग भेट र कुराकानी भइसक्यो अब मन्त्रीभन्दा पनि प्रधानमन्त्रीसँगै कुराकानी गर्ने अडानमा उहाँ हुनुहुन्छ,' ती अधिकारीले भने, 'मन्त्रीसँग कुरा गर्दा उनीहरू फेरिने र मन्त्रीलाई भनेर मात्र काम नहुने भएकाले प्रधानमन्त्री तहमै आफ्ना विषयमा निर्णय हुनुपर्ने उहाँको अडान छ।', यस्तै शहरी विकास मन्त्री सीता गुरूङले महानगरका प्रशासकीय अधिकृत काठमाडौं आइसकेका कारण छिट्टै वार्ता गरेर समस्या हल गर्ने बताइन्। , 'यो ठेक्का परिवर्तन नेपाललाई शहरी विकास मन्त्रालयले दिएको हो,' मन्त्री गुरूङले भनिन्, 'हामी उहाँहरूसँग कुराकानी गरी फोहोर उठाउन समेत पत्राचार गर्ने छौं।', शहरी विकास मन्त्रालयले परिवर्तन नेपालसँग भिआइपी एरियाको फोहोर उठाउन र सरसफाइ गर्न ६७ लाख रुपैयाँ रकममा सम्झौता गरेको मन्त्री गुरूङले बताइन्।  , परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।, फोहोर व्यवस्थापन समितिको संयोजक शहरी विकास मन्त्री हुने र त्यसको सदस्य सचिव महानगरका प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ। समिति बैठकको एजेण्डा सदस्य सचिवले तय गर्ने प्रावधान छ।, यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि मन्त्रालयसँग कुराकानी गरिरहेको र छिट्टै नै फोहोर मैला व्यवस्थापन गर्ने विषयमा बैठक बस्ने बताउँछन्। , पनिः, उपमेयर र वडाध्यक्षलाई नै थाहा नदिई सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको एकल निर्णय, सिंहदरबारको फोहोर नउठाउन बालेन शाहले उठाएका १४ विषयको शल्यक्रिया, बालेन शाहको अराजकता, काठमाडौंका मेयरको अभिव्यक्ति अराजक, सरकारले ध्यानाकर्षण गराउँछ- सरकार प्रवक्ता, मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ, सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी।, महानगरले नउठाइदिएपछि तीन किसिमले व्यवस्थापन गर्न थालियो सिंहदरबारको फोहोर
सेतोपाटी संवाददाता कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, सोमबार शुक्लाफाँटा नगरपालिका –५ स्थित गर्जमनीमा डिसहोमको फाइबर नेट विस्तार गर्ने क्रममा करेन्ट लागेर सिन्धुलीको तीनपाटन गाउँपालिका–४ का २४ वर्षीय सन्तोष कपाडीको मृत्यु भएको प्रहरीले जनाएको छ।, करेन्ट लागेर घाइते भएर बेहोस भएका उनलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पतालमा उपचारका लागि ल्याइएको थियो।, अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जनाकारी दिए।, कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
रासस सुकुम्बासी बस्ती खाली गर्ने भन्दै काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश गरेको छ।, न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले यस्तो आदेश दिएको उच्च अदालतको वेबसाइटमा उल्लेख छ।, जानुका पोखरेल लगायतले महानगरको सूचना कार्यान्वयन नगर्न आदेश माग्दै दिएको रिटमा यसअघि एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश गरेको थियो। सोही आदेशलाई निरन्तरता दिँदै आजको इजलासले अर्को पेसी तोकेको छ।, वैशाख १३ गते अर्को पेसी तोक्दै दुवै पक्षलाई बहसका लागि बोलाएको छ। दुवै पक्षको बहस सुनेपछि अदालतले यो महानगरको सूचना कार्यान्वयन गर्ने वा नगर्ने भनेर अर्को आदेश गर्नेछ।, चैत ११ गते काठमाडौं महानगरले खोला किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो। सूचनामा ‘नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनू’ भनी सूचना जारी गरेको थियो। सोमबारको आदेशसँगै बस्ती हटाउन महानगरले तत्काल डोजर चलाउन पाउने छैन।, खोला छेउका बस्ती हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न आदेश
सेतोपाटी संवाददाता बैतडीमा एक पुरूषको हत्यामा संलग्न रहेको आरोपमा युवक परेका छन्।, दोगडाकेदार गाउँपालिका–८  सैनीका ३८ वर्षीय वासुदेव जोशीको शनिबार राति धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो।, जोशीको हत्यामा गाउँकै मान्छे संलग्न रहेको भन्दै परिवारले एक महिला र एक युवकको नाममा किटानी जाहेरी दिएका थिए।, सोही किटानी जाहेरीको आधारमा सोमबार दोगेडाकेदार ८ नम्बर वडाको तल्लोतोलीबाट २५ वर्षीय महेन्द्र विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिए।, उनका अनुसार यसअघि हत्यामा संलग्न रहेको आरोपमा एक महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।, बैतडीमा हत्या आरोपमा एक युवक पक्राउ
डा.युजलमान सिंह इन्टरनेटलाई हामीले खराब रूपमा लिन हुँदैन। यसले हामीलाई धेरै सहयोग गरेको छ। तर यसको अत्यधिक प्रयोग गर्नाले कतिलाई इन्टरनेटको लत लागेको छ। यसमा पनि कतिपयमा सामाजिक सञ्जालको लत, गेम एडिक्सन, पोर्न एडिक्सन बढेको छ। सुरूमा लतमात्र लाग्ने पछि लत बढ्दै गएर मानसिक र पारिवारिक तनाव समेत हुने गरेको छ। सम्बन्धमा, काममा, स्कुलमा असर परेको छ जसले गर्दा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या धेरै आउँछन्।, इन्टरेनट धेरैले चलाउनुपर्छ तर लत केलाई भन्ने त? जब कसैले इन्टरनेट ढाँटेर चलाउँछन् भने त्यो लतको बाटो हो। जस्तो बच्चाहरूले पढ्दैछु भनेर गेम खेल्ने गरेका छन् भने त्यो लत हो। सुरूमा अलि अलि चलाउने पछि यति धेरै चलाउने कि रातभर समेत चलाउने गरेको देखिन्छ।, पहिला-पहिला बाहिर गएर खेल्न मन लाग्ने हुन्थ्यो, परिवार र  साथीभाइसँग घुम्न मन लाग्ने हुन्थ्यो तर अहिले इन्टरनेटमै भुल्न थाल्नु पनि लत हो। कहिलेकाहीँ आफूले रोक्न खोज्दा समेत रोक्न नसक्ने अवस्था आउन सक्छ।, आफन्त साथीभाइ र जागिरमा असर पर्‍यो भन्दा समेत इन्टरनेट चलाइरहन मन लाग्नु इन्टरनेट एडिक्सनका लक्षण हुनसक्छन्।, अल्कोहल, हिरोइन र कोकिनको एडिक्सन भएमा मस्तिष्कमा परिवर्तन आउँछ। त्यस्तै,  इन्टरनेट एडिक्सनमा समेत मस्तिष्कमा परिवर्तन आउने रहेछ भनेर बुझ्न सकिन्छ।, अहिले घरमा हेर्नुभयो भने जतिखेर पनि मोबाइल चलाइन्छ। कसैले फेसबुक, इन्स्टाग्रममा केही पोष्ट गर्‍यो अनि टिङ्ग आवाज आयो भने खुसी लाग्छ। त्यो भनेको मस्तिष्क भित्रको रसायनले खुसी बनाएको हो। त्यो बेलामा मलाई इन्टरनेट समस्या हुन लाग्यो कि भनेर आशंका गर्न सकिन्छ। यसले गर्दा एकातिर आफ्नो शरीरमा समस्या हुन्छ भने अर्कोतिर पारिवारिक समस्या, आर्थिक समस्या, बच्चाहरूको स्कुलमा पढाइको समस्या समेत बढेको छ।, काम गर्दा इन्टरनेट चलाउनु एउटा कुरा हो तर बाथरूम जाँदा र खाना खाँदा समेत मोबाइल चलाउनु इन्टरनेट लतको लक्षण हो। मैले हेरिनँ भने केही छुट्छ कि भन्ने आतुरपनले यस्तो भएको हो। जतिखेर पनि आतुरता भइरहने भयो भने त्यो पनि लक्षण हो।, कतिपय श्रीमान\श्रीमतीले जतिबेला पनि मोबाइल चलाइरहन्छ, मेरो कुरा सुन्दैन, अनि कसैलाई केही म्यासेज पठाएको छ कि भन्ने शंका गर्ने, टिकटकमा मेरो भिडिओ राख्यो अथवा फेसबुकमा किन फोटो राखेको जस्ता समस्या लिएर आइरहेका हुन्छन्। इन्टरनेटले गर्दा कलह भइरहेको छ।, अहिले इन्टरनेट एडिक्सनलाई रोगकै रूपमा लिइएको छ। एमआरआई गर्दा मस्तिष्कमा समेत परिवर्तन देखिएको छ।व्यक्तिलाई देखिएको समस्याको आधारमा उपचार र काउन्सिलिङ समेत गर्न थालिएको छ।, बच्चाहरूलाई मोबाइल देखाउँदै खाना खुवाउने बानी छ भने हटाउनुपर्छ। सुरूमा केही गाह्रो हुन सक्छ तर प्रयास गर्ने हो भने असम्भव भन्ने छैन।, (नेपाली सेनाका प्राविधिक सेनानी रहेका नशा तथा मानसिक रोग विशेषज्ञ डा.युजलमान सिंह वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत छन्।),  , इन्टरनेटको लतबाट कसरी बच्ने? (भिडिओ)
रमेश गिरी मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो।, हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो। , बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भए।, दिउँसो २ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतैतिर केन्द्रित भयो। बीचमा थिए, जिब्रो छेड्न तयार भएका २७ वर्षीय सुजन श्रेष्ठ। उनी सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै आइपुगे। , सुजनको आगमनसँगै बोडेका बासिन्दाले जयजयकार गरे। पाँचौं गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा सुजन उक्लिएपछि लगातर यसअघि १२ पटक जिब्रो छेडाइसकेका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाएका जुजुभाई वाग श्रेष्ठ पनि मञ्ममा उक्लिए।, सुजनका ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरी अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो फलामको सुइरोले हजारौँ मानिसकै अगाडि वागश्रेष्ठ(सुजन)को जिब्रो छेडिदिए।, त्यसपछि उनले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्वीप बोकेर निस्किए सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे। त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाइदेखि स्थानीय दीलकृष्ण प्रजापतिसमेतले पहिलो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरिरहे।, महाद्वीप बोकेर सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे। त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्‍याइयो। त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्वीपलाई मन्दिरस बाहिर राखेर सुजनभित्र प्रवेश गरेपछि जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो। त्यसपछि जात्रा पनि सम्पन्न भयो र हजारौँको भीड विस्तारै तितरवितर लाग्यो। , चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए। प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको जुजुभाइ बताउँछन्।    , परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवौँ पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा तयार भए र यसवर्ष पनि जात्राले निरन्तरता पायो।, बुद्धकृष्ण भन्छन्, ‘यो वर्ष सुजनले जिब्रो छेडायो, अर्को वर्ष पनि जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न यहाँका युवा पुस्ता तयार हुनुपर्छ, यहाँको जात्रा यहीँको युवाले अब जोगाउने हो।’, मध्यपुरथिमिका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जात्रालाई सहज बनाउन आफ्नो पालामा जग्गा खरिद गरेर नयाँ पाटी बनाएर ठाउँ फराकिलो बनाएको बताए।, जात्रालाई व्यवस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए। उनले मध्यपुरथिमिका जात्रा पर्वका लागि यसअघि गरिएको व्यवस्थालाई निरन्तरता दिएको बताए। , नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसवर्ष जात्रा हेर्नका लागि नेपाली कांग्रेसका सांसद दुर्लभ थापालगायतका विभिन्न नेताहरु तथा माओवादी केन्द्रका नेता आएको बताए।, जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुंघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए। कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ। , एकरात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए। जुन अहिलेसम्म पनि कायमै छ। तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण।, उनी भन्छन्, ‘यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिशाच कोही नभई नील बाराहीका देव गण हुन्।’ , जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने बताउँछन्। जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षस होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरूरी रहेको उनले बताए। ,रासस, पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २७ वर्षीय सुजन
सेतोपाटी संवाददाता रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर नजिक प्रेसर कुकर बम फेला परेको छ। , सियारी गाउँपालिका–६ स्थित अध्यक्ष घिमिरेको घरको पछाडिपट्टी शनिबार बिहान साढे १० बजेतिर बम फेला परेको हो।, शंकास्पद वस्तु फेला परेपछि घिमिरेले सुरक्षा निकायलाई खबर गरेका थिए।, लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले १२ बजे बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।, नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको घरमा कस्ले र किन बम राखेको भन्ने बारेमा खुलिनसकेको र अनुसन्धान भईरहेको डिएसपी अर्यालले बताए। , उनका अनुसार सिमेन्टको बोराभित्र राखिएको कुकर बमसँगै मधेश पिपुल्स पार्टी लेखिएका पर्चाहरु समेत भेटिएका थिए। , प्रहरीले सोही अनुसार अनुसन्धानलाई अगाडि बढाएको डिएसपी अर्यालले जानकारी दिए।, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरनजिक कुकर बम फेला
रासस सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।, गोलबजार नगरपालिका–१ लामाडाँडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।, नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।, घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ।, नाच हेरेर फर्किने क्रममा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
रासस नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन मगरमाथि गोली प्रहार हुनुको कारण दुर्घटना भएको नेपाल प्रहरीले बताएको छ।, उनीमाथि नियतले नभई दुर्घटनावश गोली लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो।, ७४ वर्षीया तीर्थमाली बस्दै आएकी बालुवाटारस्थित घरमा गए राति करिब १० बजे गोली चलेको थियो। प्रहरीका अनुसार भिआइपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुनले गोली चलाएका हुन्। , तीर्थमाली नातामा प्रकाशकी हजुरआमा हुन्।, प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए। , 'प्रारम्भिक अनुसन्धानबाट दुर्घटना भएको देखिएको छ। नियतवश गोली हानेको जस्तो देखिँदैन, दुर्घटना हो। यस विषयमा थप अनुसन्धान भइरहेको छ,' जिसीले भने। , गोली लागेर तीर्थमाली घाइते भएकी छन्। खुट्टामा गोली लागेको उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।, प्रहरीका अनुसार प्रधान न्यायाधीशका सुरक्षा टोलीमा कार्यरत प्रहरी सहायक हवल्दार प्रकाशसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो। सोही पेस्तोलबाट शनिबार राति एक राउन्ड फायर भएको भेटिएको प्रहरीले जनाएको छ।, शनिबार राति नयाँ वर्ष मनाउन प्रकाश ७४ वर्षीया हजुरआमा तीर्थमालीको निवास बालुवाटार गएका थिए। पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरू बताउँछन्।, घटनामा संलग्न प्रकाशलाई शनिबार बिहान प्रहरीले बागडोलरबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नम्बर १ गणमा आन्तरिक थुनामा राखेको छ।, वर्षमान पुनकी आमालाई गोली लाग्नु दुर्घटना- प्रहरीको प्रारम्भिक अनुसन्धान
रासस रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।, गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताए।, गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो। विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगन्ज पठाइएको र उनको बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए।, गोली कसले चलायो भन्ने खुल्न सकेको छैन। गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ।, गोली लागेर स्थानीयवासी रामप्रताप यादव, कपिलदेव राय यादव र नीरञ्जन यादव घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएको छ। , घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको एसपी बुढामगरले जानकारी दिए।, जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एकको मृत्यु
सेतोपाटी संवाददाता कास्की, पोखरा महानगरपालिकामा मैदान फाटेर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु भएको छ।, पोखरा महानगरपालिका- ८ नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली शनिबार खेल्ने क्रममा उक्त प्वालमा खसेको जानकारी आएको सशस्त्र प्रहरीले जनाएको छ।, पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै रहेको खेल मैदान भासिएर बनेको प्वालमा बालिका खसेर अड्किएकी थिइन्।, घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली खटिएको थियो। गोताखोरले अन्दाजी दुई सय मिटर गहिराईबाट बालिकालाई निकालेका थिए।, अचेत अवस्थामा रहेकी उनलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषित गरेका प्रहरीले जनाएको छ।, मैदान फाटेर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु
सेतोपाटी संवाददाता दार्चुलाको मार्मामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ।, मार्मा गाउँपालिका -१ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका साेही ठाउँका ५१ वर्षीय कुटुमा देवी ठगुन्ना र उनकी दुई वर्षीया नातिनी सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।, उनीहरू शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता भएका थिए।, उनीहरूकाे शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र सिंहले जानकारी दिए।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, भिरबाट लडेर दुई जनाको मृत्यु
रासस बाँकेको जंगल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।, दुर्गम पहाडी जिल्लाबाट थुप्रैको संख्यामा बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ।, प्रतिव्यक्ति पाँच सयदेखि एक हजार रूपैयाँसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो। , प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झन्डै एक हजार पाँच सय जनालाई सुकुम्बासीका नाममा जंगलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।, नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका–११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका–४ का ३८ वर्षीय मोहनजंग शाह र डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–७ कि ६० वर्षीया सुनरूपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ।, अदालतले शनिबार उनीहरूको सात दिनको म्याद थप गरेको छ।, जंगल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी तिवारीले बताए।, 'केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शंकास्पद मानिसको चहलपहल बढेको कुरालाई हामीले विचार गरिरहेका थियौं। सूचनाका आधारमा ती व्यक्तिलाई सुकुम्बासी बनाएर जंगल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएका हौं,' डिएसपी तिवारीले भने।, जाजरकोट, सल्यान, रूकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसलाई झन्डै एक महिनाअघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जंगल अतिक्रमण गर्न भनी ल्याइएकामध्ये धेरैजसो महिला, बालबालिका र ज्येष्ठ नागरिक रहेको डिएसपी तिवारीको भनाइ छ।, उनका अनुसार बस्ती बस्न भनेर आएकामध्ये तीन सयभन्दा बढीलाई इलाकाले नै गाडीको व्यवस्था गरेर फर्काएको छ। बाँकी आफन्तकहाँ लुकेर बसेको र उनीहरूको पनि खोजी जारी छ।, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले ऐलानी जग्गा पाइन्छ भनेर झुटा आश्वासन दिँदै जनतालाई दुःख दिने र उनीहरूबाट पैसा असुल्ने गिरोहलाई खोजेर काबारही गरिने बताए।, ऐलानी जग्गामा बस्न मिलाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदलीदेखी सामान्यतया सफा रहेको छ। , दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , राती कोशी प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,  , यस्तो रहनेछ आजको मौसम
सेतोपाटी संवाददाता रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। , गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताए। , गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ। विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको र उनको बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए। , गोली कसले चलायो भन्ने खुल्न सकेको छैन। गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ।, गोली लागेर स्थानीयवासी रामप्रताप यादव, कपिलदेव राय यादव र नीरञ्जन यादव घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिएको छ। , घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल तर्फ पठाइएको एसपी बुढामगरले बताए। , रौतहटमा गोली चल्यो: एकको मृत्यु, दुई घाइते
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालमा कोराना संक्रमित वृद्धाको मृत्यु भएको छ। , आइतबार बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। , उनी मुुटु सम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी थिइन्।, अस्पतालका सूचना अधिकारी  मेघराज उपाध्यायका अनुसार गत चैत २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। , उपचारकै क्रममा आज बिहान साढे ८ बजे कोरोना संक्रमित वृद्धाको मृत्यु भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए। ,  , सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु
रासस बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ। , अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। , शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। , उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। , बैतडीको दोगडाकेदारमा हत्या गरिएको अवस्थामा युवकको शव फेला
सेतोपाटी संवाददाता रूकुम पश्चिममा वैशाख १ गतेदेखि हराइरहेका पाँच बालक दुई दिनपछि फेला परेका छन्।, रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-२ स्यालाबाट नयाँ वर्षका दिन बेपत्ता भएका पाँच बालकहरू जाजरकोटतर्फ जाँदै गरेको अवस्थामा आज बिहान साढे ९ बजे भेटिएका हुन्।, इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले १३ वर्षीय कबिराम थापा र मनोज थापा, १४ वर्षीय अब्रराम बुढा, ७ वर्षीय इशाक थापा र १३ वर्षीय अर्जुनलाई जाजरकोट जाने बाटोमा भेटेका हुन्।, रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार परिवारका सबै सदस्यहरू नयाँ वर्ष मनाउन घरबाहिर गएको मौका छोपेर ती पाँच बालकहरू सल्लाह गरेरै घरबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, 'उनीहरू सबैले झोला बोकेका छन्, इन्डिया जान लागेको जस्तो देखिन्छ। पाँचमध्ये केही बालकले नेपालगञ्ज जान लागेको बताएका छन्,' डिएसपी भट्टराईले भने।, बालकहरूले सोधपुछका क्रममा वैशाख १ गतेको रात जंगलमै बिताएका थिए। शनिबार राती भने ढुंगाको ओडारमा बास बसेको खुलेको डिएसपी भट्टराईले सेतापाटीलाई जानकारी दिए।, घरबाट निस्केर ८ घन्टाभन्दा बढी जंगलको बाटो पैदल हिँडका थिए। उनीहरू बेपत्ता भएको विषयमा प्रहरीले आइतबार मात्रै सूचना पाएको थियो।, पाँच जना बालक एकैदिन बेपत्ता भएपछि प्रहरीले पनि घटनालाई संवेदनशील रूपमा लिँदै दुई टोली परिचालन गरिएको थियो।, अस्थायी प्रहरी पोस्ट स्यालाखदीका प्रहरी सहायक निरीक्षक शम्शेरबहादु बोहराको कमान्डमा सात जनाको टोली र इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमान्डमा नौजनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता इन्सपेक्टर विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।, इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीले बालकहरूलाई जाजरकोट जाँदै गरको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।, उनीहरू किन घर छाडेर गए भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी भट्टराईले जानकारी दिए।  , रूकुममा दुई दिनपछि प्रहरीले भेटायो घर छोडेर हिँडेका पाँच बालक
सेतोपाटी संवाददाता आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ।, संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो।, काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ।, वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदुषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदुषण छ।, विभागले यसअघि नै देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेकाले सचेतता अपनाउन भनेको थियो।, आइतबार बिहान तुवाँलो लागेर भिजिविलिटी कम हुँदा भरतपुर, सिमरा र पोखरा विमानस्थलबाट जहाज उड्न सकेका थिएनन्।,  ,  , आज काठमाडौं विश्वमै धेरै वायु प्रदुषण भएको शहर
रासस प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ।, बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।, विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ। सिमराको उडान भर्खरै खुलेको छ। पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन। तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरू भएको हो।, विमानस्थलका अनुसार आज आन्तरिकतर्फ एक सय १५ उडान तालिका छन्।, तीन दिनदेखि राजधानीसँगै देशका अन्य क्षेत्रमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो।, गत शुक्रबार र शनिबार पनि पोखराको उडान प्रभावित भएको थियो।, अन्तर्राष्ट्रियतर्फ बिहान केही समय उडान सामान्य प्रभावित भए पनि अहिले नियमित उडान भइरहेको प्रवक्ता सिटौलाले उल्लेख गरे।, कतार एयरवेजको जहाजले विमानस्थलमा गलत दिशा ‘मिस एप्रोच’ लिएकाले करिब दुई घण्टा ‘होल्ड’ (आकासमा फन्को लगाउने) भएको थियो।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।, राजधानी काठमाडौं उपत्यकाको आकाशमा गत शुक्रबारदेखि बाक्लो तुवाँलो लागिरहेको छ।, 'भिजिबिलिटी' कम भएपछि आन्तरिक हवाई उडान प्रभावित
एजेन्सी भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ।, टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो।, एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर प्रहरीसँगै हिँड्दै गरेको देखिन्छ। दुवैलाई प्रहरीले हतकडी पनि लगाएको छ। , अतिक र उनका भाइलाई प्रहरीले परीक्षणका लागि अस्पताल लैजान लागेको थियो। अहमद दाजुभाइ उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्यामा अभियुक्त थिए। हिरासतमा रहेका उनीहरूलाई प्रहरीले एउटै हतकडी लगाएर अस्पताल पुर्‍याएको थियो।, प्रहरीको घेरामै रहेर अस्पताल छिर्ने क्रममा पत्रकारहरूले अतिकसँग केही दिनअघि उनका छोरा प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे प्रश्न सोधेका थिए। जवाफ दिइरहेका अतिकमाथि पछाडिबाट कसैले सपधा टाउकोमा गोली हानिएको दृश्य क्यामरामा कैद भएको छ।, अतिक दाजुभाइमाथि दुई जनाले गोली हानेका थिए। उनीहरूसहित एक जना अर्का व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, अतिक ग्याङस्टार थिए। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए।, आपराधिक गतिविधिमा संलग्न भएका अतिकका अरू दुई छोरा अहिले जेलमा छन्। , #WATCH, | Uttar Pradesh: Moment when Mafia-turned-politician Atiq Ahmed and his brother Ashraf Ahmed were shot dead while interacting with media., (Warning: Disturbing Visuals) ,pic.twitter.com/xCmf0kOfcQ, — ANI (@ANI) ,April 15, 2023,  , हतकडीसहित प्रहरी घेरामा रहेका उत्तर प्रदेशका पूर्वसांसदको गोली हानी हत्या (भिडिओ)
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।  यस्तै सोही दुर्घटनामा एक जना घाइते भएका छन्।, शनिबार बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से ७ प ५९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।, उक्त दुर्घटनामा सोही नगरपालिका–१० शिवनगरका २२ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। , दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइतेको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।,  , कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता कञ्चनपुरमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।, दशरथचन्द नगरपालिका -१ बैतडीकी १४ वर्षीया बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, डुबेर गम्भीर घाइते भएकी बविताको उपचारका क्रममा  सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। , उनी बैतडीको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन्। ,  घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। , कञ्चनपुरमा पोखरीमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु
सेतोपाटी संवाददाता संसारमा गर्न नसकिने कुरा केही छैन तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ।, आत्मविश्वास र आत्मबलका पर्याय हुन् हरि बुढामगर।, पूर्व गोरखा सैनिक समेत रहेका उनका दुवै खुट्टा छैनन्। अहिले उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसकेका छन्।, बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए। शारीरिक अशक्तता भएर पनि बुढामगर सगरमाथा आरोहण गर्ने उत्कट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार छन्।, विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेका मगरले ,न्युज एजेन्सी नेपाल,सँग कुराकानी गर्दै नेपालको पहिचानलाई विश्वमाझ पुर्‍याउनका लागि सगरमाथाको आरोहण गर्न लागेको बताए।, उनले आफूले सगरमाथा आरोहणमार्फत् विश्व कीर्तिमान राख्न चाहेको बताए।, उनले भने, ‘हामी अपांग व्यक्ति पनि मेरो खुट्टा कमजोरी होला। कसैको हात कमजोरी होला। कसैको आँखा कमजोरी होला। त्यो भन्दैमा हामी केही गर्न सक्दैनौं भन्ने कुरा होइन क्या। सबैको कमजोरी छ। सपाङ्ग व्यक्तिको पनि कुनै न कुनै आफैं कमजोरी होला। विद्यार्थीहरू पनि कोही गणितमा कमजोर होलान्, कोही अंग्रेजीमा। म एसएलसीमा फेल भएर मौका परीक्षा दिएको मान्छे। कुनै न कुनै कुरामा हाम्रो कमजोरी छ। त्यो भन्दैमा हाम्रो स्ट्रेन्थलाई फोकस गर्नुपर्छ।’, उनले दुवै खुट्टा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसहरूलाई गौरवान्वित बनाउने बताए।, ‘हामी अपांग व्यक्तिहरू पनि एउटा सफल जिन्दगी, अर्थपूर्ण जिन्दगी बिताउन सक्छौं। त्यो एउटा सन्देश दिलाउनु हो। त्यसको साथसाथै सगरमाथा आरोहणको मुख्य सन्देश एउटा विश्व कीर्तिमान हुन्छ। जसले नेपाल र नेपालीलाई गौरवान्वित बनाउँछ जस्तो लाग्छ। नेपालीहरूको स्प्रिट देखाउँछजस्तो लाग्छ मलाई’, उनले भने, ‘आशा छ यसले कुनै न कुनै व्यक्तिहरूलाई कुर्सीबाट उठेर एक, दुई पाइलामात्र हिँड्न लाग्यो भने जिन्दगीमा पाइला मात्र अगाडि सार्न प्रेरणा दियो भने म एकदम खुसी हुनेछु।’, आफूले सानो प्रेरणा दिन पाए भने पनि ठूलो उपलब्धि हुने उनले बताए।, ‘मैले नेपाल र संसारलाई म आरोहणमार्फत् सर्भिस दिन चाहन्छु। मेरो मुख्य उद्देश्य नै त्यो हो। मेरा उद्देश्यमध्ये यो एउटा चिज हो। सगरमाथा मेरो अन्तिम चिज होइन। सगरमाथा हाम्रो देशमा छ। म सानैदेखि प्रेरित भएको हो यो सगरमाथासम्बन्धी,’ उनले भने।, हरेक मानिससँग केही न केही कमजोरी भए पनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने उनले बताए।, उनले हिनताबोध त्यागेर आफ्नो शक्तिलाई केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने बताए।, उनले आफ्नो सगरमाथा आरोहणले जीवनको कुनै न कुनै सगरमाथा चढिरहेका आम मानिसहरूलाई प्रेरणा दिने उनको भनाइ छ।, सगरमाथा नेपालको पहिचान र शिर भएको भन्दै यसको प्रचारलाई अझ व्यापक बनाउन आफ्नो योगदान रहने उनले उल्लेख गरे।, उनले आफ्नो सम्पूर्ण बाल्यकाल देशमै बितेको उल्लेख गर्दै देशलाई पनि केही दिनुपर्छ भन्ने मनसायका साथ सगरमाथा आरोहण गर्न लागिएको बताए। , उनले भने, ‘म १९ वर्षसम्म यहीँ जन्मिएको। यहीँ हुर्किएको। विदेशमा जाँदा, काम गरिराख्दा कुनै न कुनै मनको कुनामा चाहिँ के लाग्छ भने म १५ वर्षसम्म ब्रिटिस सरकारको लागि काम गरेँ। मेरो दुइटा खुट्टा पनि दिएँ। मेरो अरू समय दिएँ। मेरो आधा युवावस्था दिएँ। तर मैले मेरो देशलाई के दिएँ त? भन्ने कुरा जहिल्यै पनि मनमा परिराख्ने। मैले सर्भिस गर्दा पनि जहिल्यै पनि हामीलाई परिराख्थ्यो। देशलाई कसरी पब्लिक सेवा दिन सकिन्छ भन्ने मैले सोचिराखेको थिएँ। त्यो गर्दाखेरी म आफैं अपांग भएर, आफैं संघर्षशील भएको कारणले यसको सचेतना कत्तिको जरूरी छ, भनेर मैले बुझेको छु। सचेतना अपाङ्ग भएको व्यक्तिलाई मात्र जरूरी छैन। उसलाई साथ दिने परिवारलाई पनि कसरी सहयोग गर्नुपर्छ भन्ने एउटा सचेतना जरूरी छ। सरकारलाई पनि यिनीहरूलाई कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा जरूरी छ।’, तत्कालीन रोल्पा निरुल गाविस हालको थवाङ गाउँपालिकामा जन्मेका बुढामगरले आफ्नो जीवनको बाल्यकाल १९ वर्षसम्म रोल्पामै बिताए। , कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा पढेको उनले कक्षा ६ र ७ मा रोल्पाकै कोर्चवाङमा पढेका हुन्। त्यसपछि सदरमुकामबाट एसएलसी परीक्षा उत्तीर्ण गरेको उनी बुवाको सपनाबमोजिम १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भए।, उनले बुवाको सपना पूरा गर्न र अग्रजहरूलाई देखेर पनि बेलायती सेनामा भर्ती भएको बताए। तत्पश्चात् १५ वर्षसम्म विश्वका विभिन्न देशहरूमा शान्ति स्थापना र विभिन्न सैन्य मोर्चाहरूमा सामेल भएको उनको सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमेको थियो। त्यसपछिको दुई वर्ष रक्सीको कुलतमा परेको र आत्महत्या गर्ने सोच समेत पलाएको उनी बताउँछन्।, स्की, कायाकिङ, ह्विलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटी फुलबल, सिटिङ भलिबल लगायतका खेलमा विभिन्न मेडलसमेत जितेका उनी दृढ इच्छाशक्ति भएमा सबै खालका गतिविधि गर्न सकिने बताउँछन्।, उनी अपांगता भएका व्यक्तिहरूप्रति समाजले हेर्ने धारणामा परिवर्तन हुनुपर्नेमा जोड दिन्छन्।, परिवारले समेत अपाङ्गता भएका परिवारका सदस्यलाई बाहिर निस्किने वातावरण नबनाइदिने भन्दै त्यसो गर्नु नहुने उनको भनाइ छ।, अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परिरहेको भन्दै उनले सबै संरचनाहरू अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिए।, सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेर आत्मनिर्भर बनाउनुपर्ने उनले बताए।, केही दिनमै सगरमाथा आरोहणको लागि यात्रा तय गर्न लागेका बुढामगरले सरकार समक्ष सहयोग गर्न नसके पनि बाधा, अड्चन नबनाइदिन आग्रह गरेका छन्।, यसअघि पनि उनले बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्।, उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडामाथि (दुवै अंगविच्छेदन) डबल एम्प्युटी गर्ने बने। उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा भएको हो। यसअघि पनि उनी सगरमाथाको आधार शिविरसम्म पुगिसकेका छन्।, विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै दुवै खुट्टा गुमाएका हरि बुढामगर
सेतोपाटी संवाददाता कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोरोनाविरूद्धको खोप लगाउनेहरूको संख्या बढ्न थालेको छ। , पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ।, कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरूद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो।, केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमितहरू बढिरहेका छन्।, यस बीचमा केही नागरिकहरूको कोरोना भाइरसका कारण मृत्यु भएको छ। तर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेहरूमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरू मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए।, न्युज एजेन्सी नेपाल,सँगको कुराकानीमा उनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरू रहेको बताए।, उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरू फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातिको रहेको बताए।, डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे।, कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरू बढ्दै गएका छन्।, अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ। , उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमित बढिरहेको देखिन्छ। केही हप्ताको तुलनामा र औषतमा झन्डै १०० को हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ। केही व्यक्तिको मृत्यु भएको पनि छ। कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरू भन्ने गरिएको छ। जुन नेपालमा ९ वटा सबभेरियन्टहरू अहिले रहेको छ। आदिभन्दा बढी नयाँ नै देखिन्छ। एक्सबीबी.वान.१६ मुख्य मानिएको छ।’, उनले यो सबभेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताए। , ‘नेपालमा पनि ४२ प्रतिशत एउटा कारक मानिएको छ। भारतमा संक्रमण फैलिएको कारण पनि यही नै हो। यसको मतलब यो संक्रामक छ। तर संक्रामक हुँदाहुँदै पनि यो ओमिक्रोनकै सबभेरियन्ट भएकाले तुलनात्मक रूपमा डेल्टा त्योभन्दा अघिको लहरमा देखिएको भेरियन्टभन्दा कम घातक मान्ने गरिन्छ। आइसियुमा जानुभएका र मृत्यु भएकाहरू ज्येष्ठ नागरिक र दीर्घरागीहरू हुनुहुन्छ। त्यसैले खोप नलगाएको भए लगाउनुहोस्, बुस्टर डोज दिइरहेको छ। यो ठूलो घातक नमानिए पनि यसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई असर गर्नसक्छ, त्यसैले शतर्कता अपनाउन जरूरी छ। शतर्कता बेलैमा अपनाए मानवीय क्षति कम हुन्छ। मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ, हातको सरसफाइ राम्रोसँग बेलाबेलामा गर्नुपर्ने हुन्छ।’, डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरूले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे।, उनले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिए।, उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए।, कोरोना बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालमा खोप लगाउनेको भीड
नवीनबाबु गुरूङ देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकामा वायु प्रदुषण ह्वात्तै बढेको छ।, आइतबार बिहान काठमाडौं विश्वको सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा पहिलो नम्बरमा आएको थियो। संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार अहिले भने काठमाडौं दोस्रो नम्बरमा झरेको छ।, बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।, विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ। सिमराको उडान भर्खरै खुलेको छ। पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन।, वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदुषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदुषण छ।, विभागले यसअघि नै देशका १४० स्थानमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेकाले सचेतता अपनाउन भनेको थियो।, तुँवालोले ढाकेको काठमाडौं (तस्बिरहरू)
सेतोपाटी संवाददाता लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ।, बिहीबार लगानी बोर्डको कार्यालयमा बसेको बैठकले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो।, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री प्रकाशशरण महतले बैठकले जलविद्युत आयोजनाहरूको काम तत्काल अघि बढाउने निर्णय गरेको बताए।, उनले तल्लो अरूण, अप्पर मर्स्याङ्दी, दूधकोशी २ लगायतका जलविद्युत आयोजनाहरुलाई अघि बढाउने निर्णय गरेको जानकारी दिए। बैठकमा  सिमेन्टमा लगानी भएका आयोजना पनि उत्पादन गर्ने तहमा पुगेको बारेमा पनि छलफल भएको उनले बताए।, रसायनिक मलको विषयमा विस्तृत अध्ययन गर्न दुई वैदेशिक लगानीकर्ताहरूलाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको मन्त्री महतले जानकारी दिए।, अर्थमन्त्री महतले ठूला आयोजनालाई अघि बढाउने र आगामी दिनमा लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा बैठकमा विशेष छलफल भएको जानकारी दिए।, लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री महतले इन्भेष्टमेन्ट समिट गर्नेबारे पनि बैठकमा छलफल भएको बताए।, स्वदेशी र विदेशी लगानीकर्ताले कुनै समस्याबिना चाँडो भन्दा चाँडो नेपालमा लगानी गर्न सकून् र लगानीमार्फत् आर्थिक समृद्धि हुन सकोस् भन्ने कुरा बैठकमा छलफल भएको थियो।, बैठकमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्न आवश्यक रहेको औंल्याएको मन्त्री महतले बताए।,  , ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने लगानी बोर्डको निर्णय
सेतोपाटी संवाददाता प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ।, इलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक भदैसवारले जबरजस्ती करणी सम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो।, उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले भदैसवारलाई सेवाग्राहीबाट नौ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए।, प्रवक्ता दाहालका अनुसार भदैसवारलाई घुस लिएको रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।,  , प्रहरी सहायक निरीक्षक भदैसवार घुस रकमसहित नियन्त्रणमा
सेतोपाटी संवाददाता बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विरोध गर्दै द्वन्द्व पीडितहरूले आफ्नो आन्दोलन जारी राखेका छन्।, सरकारले पीडकलाई उन्मुक्ति दिनेगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा लगेको भन्दै तत्कालिन माओवादी पीडितहरूले विगत २५ दिनदेखि धर्ना लगायतका विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेका छन्। द्वन्द्व पीडितहरूले बिहीबार नयाँ बानेश्वरमा धर्ना दिएका छन्। उनीहरूले तत्कालीन नेकपा(माओवादी)ले हत्या, हिंसा, अपहरण, कुटपिट, सम्पत्ति लुटपाट र मानिसलाई विस्थापित गर्नेसम्म मानव अधिकार उल्लंघनका घटना गरेको भए पनि विधेयकमार्फत् पीडकलाई उन्मुक्ति दिन लागिएकाले आन्दोलन गर्नु परेको बताएका छन्। माओवादीद्वारा पीडित राष्ट्रिय समितिका अध्यक्ष भोजराज तिमल्सिनाले संक्रमणकालीन न्यायको विषयलाई आजसम्म नटुंग्याइएकाले आन्दोलित हुनु परेको बताए।, उनले मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएकाहरूलाई कानूनी कारबाही गर्नुपर्ने बताए। आफूहरू न्यायको पक्षमा रहेको भन्दै न्याय नपाएमा देशमा जनविद्रोह हुने उनको चेतावनी छ।, द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघ, बाँकेका अध्यक्ष हरि सुनारले आफूहरू पीडित सुरक्षाकर्मी र सुरक्षाकर्मीका परिवारलाई न्यायको माग गर्दै २०६३ सालदेखि आन्दोलित भइरहेको बताए।, तत्कालीन सुरक्षाकर्मीलाई राज्यले नेपाली जनधनको सुरक्षाको लागि परिचालन गरेको उल्लेख गर्दै उनले पीडित परिवारले न्याय पाउनुपर्ने बताए।, आन्दोलनकारीले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर, लुटिएको सम्पत्ति फिर्ता गर, बाल सैन्यलाई न्याय दे, पीडितलाई परिपूरणको ग्यारेन्टी गर लगायतका विभिन्न माग राखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकको विरोधमा पीडितको धर्ना
सेतोपाटी संवाददाता धनगढीमा एक जना पुरूषको पेटभित्रको रक्सीको बोतल शल्यक्रिया गरी निकालिएको छ।, पेट दुख्यो भन्दै सेती प्रादेशिक अस्पतालमा जाँचका लागि पुगेका धनगढी -१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटभित्रको रक्सीको बोतल अस्पतालले शल्यक्रिया मार्फत निकालेको हो।, उनको पेटभित्रको बोतल सकुशल निकालिएको अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले जानकारी दिए।, बिहीबार दिउँसो  मेडिकल वार्डमा बेस्सरी पेट दुख्यो भन्ने समस्या लिएर उनी आएका थिए। सूचना अधिकारी उपाध्यायका अनुसार उनलाई मेडिकल वार्डबाट तुरून्तै छातीको एक्सरे गर्न पठाइयो। एक्सरे रिपोर्ट हेर्दा उनको पेटभित्र रक्सीको बोतल देखियो।, मगरका अनुसार उनको पेटमा बोतल गएको दुई दिन भयो। मेडिकलमा सामान्य उपचार गरे पनि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए।, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार घटनाबारे सोधपुछ गर्दा मगरले आफ्नै कमजोरीले यस्तो घटना हुन पुगेको बयान दिएका छन्।, शल्यक्रिया गरेर निकालियो पेटभित्रको रक्सीको बोतल
रोहित महतो दुई साताअघि वीरगन्जका पत्रकार साथी आशु सर्राफले चिया गफमा भने– पर्सा जिल्लामा काठमाडौं, ललितपुर र वसन्तपुर छ।, उनले कविशिरोमणि लेखनाथ पौडेल यही काठमाडौंमा बसेको पनि बताए। उनको कुराले मनमा खुलदुली मच्चियो। ती ठाउँ हेर्न र केही बुझ्न हुटहुटी भयो।, पत्रकार सर्राफले काठमाडौं टोलनजिकै घर भएका स्थानीय पत्रकार कृष्णमोहन साहसँग कुरा गरेर हामीलाई त्यहाँ पुर्‍याउन समन्वय गरिदिए।हामी करिब मध्याह्नको चर्को घाम बेवास्ता गर्दै मोटरसाइकल चढेर काठमाडौं टोलतिर हुइँकियौं।, वीरगन्जस्थित पावरहाउस चोकबाट पश्चिम–उत्तरतर्फ जिराभवानी पुग्ने बाटो सोध्दै हामी झन्डै डेढ घन्टा यात्रा गरेर जिराभवानी गाउँपालिका पुग्यौं।, त्यहाँको एउटा घुमाउरो बाटोमा हामी अलमलमा पर्‍यौं। हाम्रो खबर पाएपछि पत्रकार कृष्णमोहन हामीलाई लिन जिराभवानी गाउँ नजिकैको हनुमान मन्दिरमा आइपुगे।, उनको पछिपछि पाँच मिनेट जति मोटरसाइकलमा अगाडि जाँदा जिराभवानी गाउँपालिका कार्यालय आयो।, त्यहाँबाट पिच बाटो हुँदै अझ उत्तरतर्फ गएपछि देब्रेतिर 'ललितपुर' फेला पर्‍यो। त्यहाँबाट दाहिनेतर्फ थोरै अघि बढ्दा 'काठमाडौं' फेला पर्‍यो।, काठमाडौंको बीचमै रहेछ 'वसन्तपुर' टोल।, काठमाडौं छ, ललितपुर छ, वसन्तपुर पनि छ तर काठमाडौं उपत्यकाका जस्ता अग्ला घर छैनन्, घना बस्ती पनि छैन। तीन वटै ठाउँ जिराभवानी गाउँपालिका–२ मा छन्। देहातको यो 'काठमाडौं' वरिपरि खेतैखेत छ। बस्ती पातलो छ।, कृष्णमोहनले हामीलाई काठमाडौंको 'दरबार' पुर्‍याए। उनले भनेको दरबार काठको दुईतले घर थियो, निकै जीर्ण अवस्थामा पुगेको।, यही घरलाई स्थानीयवासीहरू 'दरबार' भन्दा रहेछन्।, घरमा तल र माथि दुई–दुई वटा कोठा छन्। स्थानीयवासीहरूका अनुसार यो घर त्यति बेला गाउँको सबभन्दा अग्लो ठाउँमा बनाइएको थियो।, लेखनाथ पौडेल माथिल्लो तलाको पश्चिमपट्टिको कोठामा सुत्थे। भित्तामा जोडिएको एउटा खाट अहिले पनि छ जसको तीनतिर ठूल्ठूला झ्याल छन्।, घर बनाउँदा लगाइएको काठको भर्‍याङ भाँचियो। अहिले फलामको राखिएको छ। यो मूलघरको उत्तरतर्फ काठकै अर्को दुईतले घर छ। यो चाहिँ धान भण्डार हो। योसँगै टाँसिएको एउटा गोठ पनि छ।, कवि शिरोमणि लेखनाथ मधेसको यो ठाउँमा कसरी आइपुगे त?, हामीले यो प्रश्न उनीबारे अध्ययन–अनुसन्धान गरेका विद्वान प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई सोध्यौं।, उनका अनुसार २००० सालतिर तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले लेखनाथलाई डेढ सय बिघा जमिन बकस दिएका थिए। यही जमिन रेखदेख गर्ने सिलसिलामा उनी पर्सा पुगे।, लेखनाथ कुशल कवि त थिए नै रंगमञ्चमा जमेका नाट्यकलाकर पनि थिए।, त्रिपाठीले भने, 'उहाँ (लेखनाथ) दरबारमा नाटक देखाउने र काव्यगोष्ठी इत्यादि गर्ने काम गर्नुहुन्थ्यो। प्रधानमन्त्रीले आफू सेना प्रमुख हुँदा बिर्तामा पाएको डेढ सय बिघा जग्गा बकसमा लेखनाथजीलाई दिनुभयो।', लेखनाथले जमिन अन्यत्रै लिन चाहेका थिए। उनले चाहेका ठउँमा राणाहरूले नै आवादी गराएका थिए। अवादी नभएको पर्साको जमिन उनले पाए।, लेखनाथ यहाँ कहिले आए भन्ने तिथिमिति त्रिपाठीले पनि बताउन सकेनन्। स्थानीयवासीलाई पनि यकिन छैन। लेखनाथ सुरूमा नयका टोला (नयाँ टोल) मा बसे। यो टोल बिस्तारै बढ्दै गयो तर त्यहाँको पानी उनलाई मन परेन।, स्थानीयवासी कमल साहका अनुसार लेखनाथले वरिपरिका चार वटा गाउँको पानी मगाएर खाए। उनलाई कतैको पनि मन परेन। घुम्दै जाँदा उनलाई आफ्नै खेतको जरूवा पानी मन परेछ।, कमलले भने, 'खेतको पानी मन परेपछि उहाँ (लेखनाथ) ठाउँ सरेर यहाँ (काठमाडौं) आउनुभयो।', उनले २२ वर्ष लेखनाथको खेतीमा ट्याक्टर चलाए।, अहिले स्थानीयवासीले दरबार भनेको घर, धान भण्डार र गोठ लेखनाथका छोरीहरू पुण्यप्रभा, कुन्ती र छोरा अनन्तले २०१८ सालमा बनाएका हुन्।, यो घर बन्दा लेखनाथ वृद्ध थिए। यो ठाउँको नाम काठमाडौं किन रह्यो भन्ने कुरा कमललाई पनि थाहा छैन।, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले सुनेअनुसार लेखनाथले बकसको जग्गा काठमाडौंमै दिन प्रधानमन्त्री जुद्धशमशेरसँग आग्रह गरेका थिए।, प्रधानमन्त्रीले काठमाडौंमा त्यति धेरै (डेढ सय बिघा) जमिन दिन चाहेनन्। पर्सामै दिए।, 'प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा त्यति धेरै जग्गा दिएनन्। उहाँ (लेखनाथ) लाई मधेसमा पनि बाहिर गएजस्तो नहोस् भनेर प्रधानमन्त्रीले नै ठाउँको नाम काठमाडौं राखिदिएको भन्ने सुनेको छु,' अध्यक्ष चौधरीले भने, 'काठमाडौं भनेपछि वसन्तपुर र ललितपुर पनि उनै (प्रधानमन्त्री) ले भनिदिएको हुन सक्छ।', लेखनाथका ट्याक्टर चालक कमलका अनुसार  काठमाडौं भन्नुअघि यो ठाउँको नाम वसन्तपुर थियो। अहिले सानो टोललाई मात्र वसन्तपुर भनिन्छ तर वरिपरि सब काठमाडौं।, 'वसन्तपुर नाम कसले, कहिले, किन राखेको भन्ने मलाई थाहा छैन तर म सानो छँदा हाम्रो घर वसन्तपुरमा थियो,' उनले भने।, लेखनाथ पर्सा आएर बस्न थालेपछि उनले छिमेकी टोलका बासिन्दालाई आफ्नो जमिन कमाउन र बस्न दिने भए। वरिपरिका मानिसहरू खेत कमाउने गरी बस्न आए।, कमलले भने, 'वसन्तपुरमा हाम्रो परिवार बढ्दै थियो। ठाउँ कम हुँदै गयो। बस्न र कमाउन दिन्छन् भन्ने लोभमा हामी पनि यहाँ (काठमाडौं) बस्न आयौं।', उनका बुबालाई लेखनाथले डेढ बिघा जमिन कमाउन दिएका थिए।, बुबासँगै कमल पनि लेखनाथकै खेतमा काम गर्थे। केही पछि लेखनाथकी जेठी छोरी पुण्यप्रभाका परिवारले रसियन ट्याक्टर मगाए। कमल त्यही ट्याक्टर चलाउने चालक भए। तलब थियो महिनाको सय रूपैयाँ। सुरूमा तोकिएको यो तलब कहिल्यै बढेन।, 'अरू सुविधा बढ्यो तर महिनावारी तलब २२ वर्षसम्म सय रूपैयाँ नै रह्यो। अरू सुविधाहरू जोड्दा वर्षमा ६ हजारसम्म हुन्थ्यो,' उनले भने।, त्यही तलब पनि अरूको भन्दा बढी थियो। , कमलले भने, 'मैले जतिको सेवासुविधा कुनै ड्राइभरले पाएका थिएनन्।', उनका अनुसार लेखनाथ हिउँदमा पहाडको चिसो छल्न परिवारसहित यहाँ आउँथे। वर्षमा दुई–तीन पटक आउँथे र केही दिन बसेर राजधानी काठमाडौं फर्किन्थे। लेखनाथको वेशभूषा र चालचलन स्थानीयवासीको भन्दा धेरै भिन्न थियो। उनी सधैं सेतो कमिजसुरुवाल लगाउँथे। लामो कपाल र दाह्री थियो। स्थानीय मानिसहरू उनलाई देखेर हच्किन्थे।, 'उहाँ (लेखनाथ) को छुट्टै दुनियाँ हुन्थ्यो। गाउँका मानिससँग खासै बोलचाल हुँदैनथ्यो,' कमलले भने, 'गाउँमा लेखपढ गरेका मान्छे थिएनन्। गाउँका मानिसले उहाँको स्वभाव बुझ्न सकेनन्। धेरै मानिस त उहाँलाई देखेर भाग्थे।', लेखनाथले मधेसको वर्णन गरेर थुप्रै कविता लेखे।, प्राडा त्रिपाठीका अनुसार लेखनाथले 'म मधेसमा' शीर्षकमा पनि कविता लेखेका छन्। मधेसमा आफू बस्ने घरको वर्णन पनि कवितामै गरेका छन्। अन्तिम पटक उनी २०२० सालमा मधेस पुगेका थिए।, वि.स. १९४१ मा हालको कास्की जिल्लाको अर्घौं, अर्चलेमा जन्मेका लेखनाथलाई २००८ सालमा राजा त्रिभुवनले 'कविशिरोमणि' उपाधि दिएका थिए।, २०२० सालपछि उनको देब्रे आँखा मोतीबिन्दुले छोप्यो, एउटा आँखाले मात्र देख्ने भए। २०२२ सालमा उनी तीर्थ गर्न भनेर भारतको वनारसतिर हिँडे तर रक्सौल पुगेपछि बिरामी भए थला परे।, साथमा गएकाहरूले उनलाई रातारात नारायणगढस्थित नारायणी नदीमा ल्याए। त्यही वर्ष फागुन ७ गते ८२ वर्षको उमेरमा उनको निधन भयो। निधनअघि उनले दुई छोरी र एक छोरालाई पर्साको जमिन बराबर बाँडिदिए।, लेखनाथको निधनपछि पनि उनका छोराछोरीले यहाँको माया त्यागेनन्। परिवारसहित उनीहरू यहीँ बस्थे। तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र द्वन्द्व चर्किँदै जाँदा उनका परिवारजनहरू नराम्ररी सताइएको स्थानीयवासीहरूले बताए।, 'उहाँहरूलाई यहाँबाट जाने इच्छा थिएन। माओवादीकै कारण भाग्नुपर्‍यो,' स्थानीयवासी रामलाल साहले भने, 'उहाँहरू यहाँबाट जाँदा हामीलाई पनि धेरै दुःख लाग्यो। लेखनाथको परिवारसँग हाम्रा बाजे, बुबा सबैको साइनो जोडिएको छ।', २०६२ सालतिर लेखनाथका परिवारजन यहाँको सबै सम्पत्ति बेचेर राजधानी काठमाडौं गएको उनले बताए। लेखनाथको घर भएको जग्गा जगरनाथपुर गाउँपालिका घर भएका समसुलक मियाँले किनेका छन्।, स्थानीयवासीहरूले लेखनाथ बसेको घर संरक्षण गर्न माग गर्दै आएका छन्।, 'यो ऐतिहासिक ठाउँ हो। यो (लेखनाथको) घर र यस ठाउँले काठमाडौं र मधेसलाई जोडेको छ। नयाँ पुस्तालाई पनि यहाँको इतिहास थाहा पाउन यो घर संरक्षण गर्न जरुरी छ,' रामलाल भन्छन्।, जिराभवानी गाउँपालिका अध्यक्ष चौधरीले लेखनाथ बसेको घर संरक्षणका लागि अफूहरूले प्रयास गरेको भए पनि जग्गाधनी समसुलकसँग भाउमा कुरा नमिलेको बताए।, 'हामीले लेखनाथको घरवरिपरि एउटा पार्क बनाएर पर्यटकीय स्थल बनाउन खोजेका हौं। जग्गाधनीसँग दुई-तीन पटक कुरा पनि गरेँ तर चलनचल्तीको भन्दा तीन गुणा बढी भाउ भन्छन्,' उनले भने।, काठमाडौं नाम कसरी रहन गयो सबैलाई आउँदो छ। तर वसन्तपुर टोल त्योभन्दा पनि पुरानो भएकाले स्थानीयवासी अनभिज्ञ रहेछन्।, ललितपुर टोलको कहानीबारे दुई थरि कुरा छ।, हामीले सुरूमै जिराभवानीका अध्यक्षसँग कुरा गर्दा उनले भनेका थिए-  उहाँ (लेखनाथ) लाई मधेसमा पनि बाहिर गएजस्तो नहोस् भनेर प्रधानमन्त्रीले नै ठाउँको नाम काठमाडौं राखिदिएको भन्ने सुनेको छु। काठमाडौं भनेपछि वसन्तपुर र ललितपुर पनि उनै (प्रधानमन्त्री) ले भनिदिएको हुन सक्छ। , यो उनको अनुमान मात्र देखिन्छ। त्यतिले मात्र चित्त नबुझेपछि मैले टोलमै पान पसल थापेर बसेका ६४ वर्षे प्रेम रायलाई सोधेँ- यो टोलको नाम कसरी ललितपुर भएछ? , २१ सालमा हात्तीको रेखदेख गर्न महेन्द्रले पठाएका तापेसुब्बाका छोराले आफ्नो नाममा टोलको नाम राखेको कथा आफूले सुन्दै आएको बताए। , 'हात्तीको रेखदेख गर्ने मान्छेका छोराकै नामबाट टोलको नाउँ रहेको? कसरी?' मैले सोधेँ। , उनले थप कथा भन्न सकेनन्। बरू गाउँघरको इतिहासबारे हिसाब राख्ने कमलेश रायलाई सबै कुरा थाहा होला भनेर मलाई बाटो देखाइदिए। म कमलेश राय थारूका कुरा सुन्न गएँ।, ५८ वर्षे कमलेशले भन्न सुरू गरे- अहिलेको ललितपुर टोल २०२१ सालअघि 'विश्रामपुर जगतिया' नामले चिनिन्थ्यो।, त्यहाँ राजा महेन्द्रको हात्ती राखिन्थ्यो।, हात्तीको रेखदेख गर्न काठमाडौंबाट तापेसुब्बा केसी नामका व्यक्ति यहाँ आएका थिए। केही स्थानीयवासीलाई मोहीका रूपमा जग्गा कमाउन दिइएको थियो।, उब्जनीको चार भागको एक भाग करस्वरूप बुझाउनुपर्थ्यो। विभिन्न कारणले खेतीवालाले समयमा कर बुझाउन सकेनन्।, स्थानीयहरूका अनुसार, तापेसुब्बाका छोरा ललितबहादुरले नेपाली सेनाका निवृत्त सुवेदार हरिचन खवास (मुखियाजी) को आडमा कर नबुझाउने व्यक्तिहरूबाट जग्गा लिन थाले। , मुखियासँग १५ राउन्ड गोलीको राइफल थियो। उनीसँग सबै डराउँथे। उनकै डरत्रासको आडमा ललितबहादुरले ५३० बिघा जग्गा आफ्नो नाममा बनाए।, कमलेशले भने, 'मेरै बुबाको पौने तीन बिघा लिए।', त्यसपछि ललितबहादुरले आफैं यो ठाउँको नाम ललितपुर राखे। यो कथा आफूले बुढापाकाबाट सुनेको कमलेश बताउँछन्। , 'यहाँको काठमाडौं र वसन्तपुरसँग ललितपुर टोलको साइनो छैन,' उनले भने। , सबै तस्बिरहरू सौजन्य: बुधेश्वर रजक।, जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सामान सार्न  सुरू गरेको छ। , बिहीबार महानगरको प्रशासन विभागले जेडिए कम्प्लेक्समा पार्टेसन गरी बनाएका संरचना लिएर काठमाडौं प्लाजामा सार्न सुरू गरेको हो।, सामान सार्ने काम महानगरको प्रशासन विभागबाट सुरू भएको छ।, कम्प्लेक्सको छैटौं तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौं तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइका पार्टेसन खोल्ने काम हिजोदेखि सुरू भएको हो।, सेवा प्रभावित नहुने गरी कार्यालय सार्ने काम भइरहेको प्रशासन विभागका प्रमुख एवं महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए।, 'हामीले शनिबार पनि कर्मचारी बोलाएका छौं,' उनले भने, 'सार्ने काममा नगर प्रहरी परिचालन गरेका छौं। पहिले प्रयोग गरिएका सामानलाई टुटफुट हुनबाट बचाएर जेडिए कम्प्लेक्स कार्यालय सञ्चालनमा प्रयोग भएका सामानबाट काठमाडौं प्लाजा कक्ष निर्माण गर्ने, कम खर्चमा कार्यालय सार्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको छ।’, २०७२ सालको भूकम्पमा केन्द्रीय भवन जीर्ण भएपछि महानगरले विभागहरुलाई विभिन्न ठाउँमा राखेर सेवा प्रवाह गरिरहेको थियो। यसरी सेवा प्रवाह गर्दा तिर्नु परेको बहाल रकमले एउटै ठाउँमा सेवा ल्याउन सकिने भएपछि नेपाल ट्रष्टसँग सम्झौता गरी काठमाडौं प्लाजा भाडामा लिन चैत ८ गते महानगर र ट्रष्टबीच सम्झौता भएको थियो।   , सम्झौता १० वर्षका लागि रहेको महानगरले जनाएको छ।, यो पनिः, दोब्बर बढी बहाल तिरेर काठमाडौं प्लाजामा सर्दै महानगर, कार्यालयका सामान काठमाडौं प्लाजामा सार्न थाल्यो महानगर
सेतोपाटी संवाददाता कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, प्रहरीका अनुसार पक्राउ पर्नेमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका छन्।, उनी शनिबार ८० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा डिएसपी प्रकाश डाँगीले जानकारी दिए।, उनका अनुसार वृद्धालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
सेतोपाटी संवाददाता दार्चुलामा किशोर–किशोरीको शव फेला परेको छ। , जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडामा बिहीबार अन्दाजी १६/१७ वर्षका किशोर किशोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। , दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगत गाहा मगरका अनुसार नौगाड नगरपालिका–४ का सञ्जिला धामी सोही स्थानका लोकेन्द्र ठगुन्नाको शव भिरमा अड्किएको अवस्थामा फेला परेको हो। , ‘अहिले दुबै शव भिरबाट निकालेर घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ,’ इन्सपेक्टर मगरले भने।, उनका अनुसार मृत फेला परेका किशोर किशोरीहरू प्रेम सम्बन्धमा थिए। उनीहरू बुधबार बिस्का जात्रा हेर्न घरबाट निस्केका थिए। , घटनास्थलमा मृतकका परिवार र आफन्त पुगिसकेका छन्। अब पोस्टमार्टम गरेपछि घटनाबारे थप खुल्ने इन्सपेक्टर मगरले जानकारी दिए। , उनीहरूको हत्या भएको हो कि आत्महत्या गरेका हुन् भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए। ,  , दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर–किशोरीको शव फेला
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ। , दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। , महाशाखाले पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ। , आगामी तीन दिनको मौसम, २०८० वैशाख १ गते (शुक्रबार), दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम आंशिक बदली रहने छ। । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।, रातीː  देशभर आंशिक बदली रहने छ।,  २०८० वैशाख २ गते (शनिबार), दिउँसोː  , देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।, रातीː,   देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।,  २०८० वैशाख ३ गते (आइतबार), दिउँसोː ,  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम आंशिक बदली रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।,  रातीː   ,देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ।, यस्तो रहनेछ आगामी तीन दिनको मौसम
एजेन्सी अमेरिकाको टेक्सासमा एउटा पारिवारिक डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा १८ हजारभन्दा बढी गाई मारिएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको पश्चिमी क्षेत्र डिम्मितमा रहेको उक्त डेरी फार्ममा गत सोमबार बिस्फोट र आगलागी भएको हो। अग्नि नियन्त्रकहरूले फार्मबाट एक जना घाइते कामदारको उद्धार गरेका छन्।, बिस्फोट र आगलागीको कारण खुल्न सकेको छैन।, अमेरिकाको कुनै डेरी फार्ममा एकै पटक यति धेरै गाईहरू मरेको यो सन् २०१३ पछिको पहिलो घटना हो। त्यो वर्ष एनिमल वेलफेयर इन्स्टिच्युटले फार्महरूमा हुने आगलागीको तथ्यांक राख्न थालेको थियो।, अमेरिकामा डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा मारिए १८ हजारभन्दा बढी गाई
रासस सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ।, यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउने परम्परा छ।, बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ। सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताए।पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन कम हुँदै गएको छ । ‘पहिला जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ,’ उनले भने , सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोेले लिपपोत गर्ने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा अघि नै घर लिपपोत गरेमा वर्षभरि  सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास रहिआएको छ। , वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ।, बिसु मनाउन रोजगारीका लागि अन्यत्र गएकाहरु घर फर्किने गरेका छन्। सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन्। , साहित्यकार रमेश पन्त मीतबन्धु यसलाई विष फाल्ने पर्वका रूपमा लिने गरिएको बताउँछन्। आज बिहानैदेखि पवित्र नदीमा स्नान गर्ने गरिन्छ। आजको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ। , आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रूपमा लिने गरिन्छ। यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा आज विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ। , आजको दिन इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्कालगायत परिकार खाँदै बिसु मनाउने गर्दछन्।  , सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै
रासस नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ।, विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, भक्तजनलाई सहज होस् भनेर आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मूल मन्दिरका चार ढोका खुला गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए। , मन्दिरमा अहिले पनि लाखौं भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन्।, साउनको सोमबार, तीज र महाशिवरात्रिकै झल्को दिने गरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका छन्। भक्तजनलाई प्रहरी पहरा गण, सशस्त्र प्रहरी बल र प्रहरी कार्यालय गौशालाको टोलीले सुरक्षा दिएको छ। , प्रहरी पहरा गणका प्रहरी निरीक्षक कृष्णदेव आउने भक्तजनलाई सहज रूपमा दर्शन गराएर पठाएको बताउँछन्।, प्रहरीले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई दर्शनमा प्राथमिकता दिएको जनाएको छ।, नयाँ वर्षका अवसरमा पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, गोठाटारस्थित नवतनधाम, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ।, वि.सं २०८० को पहिलो दिन सार्वजनिक बिदा पनि भएकाले धेरै मानिस मठ मन्दिरमा भेला भएर दर्शन एवं पूजा, आराधना गरी नयाँ उमङ्गका साथ भेला भएको देखिन्छ।, सडकमा विगतका दिनभन्दा कम सवारी साधन गुडेको देखिन्छ। सरकारी कार्यालयमा बिदा दिइएकाले पनि कम सवारी गुडेका हुन्।, पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीड
रासस संखुवासभाको भोटखोला गाउँपालिका–१  किमाथांका नाकाबाट पक्राउ परका चिनियाँ नागरिकलाई काठमाडौं पठाइएको छ।, सोमबार निषेधित क्षेत्र भोटखोला–१ को किमाथांका नाकाबाट चिनियाँ नागरिक ३४ वर्षीय याङ यी पक्राउ परेका थिए।, पक्राउ परेका चिनियाँ नागरिकलाई बिहीबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।, चिनियाँ नागरिक याङलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरेर थप अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको प्रनाउ गोदारले बताए।, निषेधित क्षेत्र पुगेका चिनियाँ नागरिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो।, उनी किमाथांका नाका किन आएका भन्ने खुल्न सकेको छैन।, किमाथांकाबाट यसअघि पनि एक चिनियाँ नागरिक पक्राउ परेका थिए।, उनी रसुवागडी नाका हुँदै किमाथांका पुगेको प्रहरीले जनाएको छ।, निषेधित क्षेत्रमा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौं पठाइयो
सरिशा अछामी एक साताअघि काठमाडौं अनामनगर अस्थायी रूपमा बस्दै आएका १७ वर्षीय बालक पक्राउ परे। उनी लागु‌औषध खाएको अवस्थामा भेटिएका थिए। उनको साथमा लागुऔषध पनि भेटिएपछि प्रहरीले नियन्त्रणमा लियो।  , १० दिनअघि भक्तपुर बाल सुधार गृहमा तीन जना बालक थपिए। काभ्रेका दुई बालकविरूद्ध जबरजस्ती करणीको उजुरी  थियो । रामेछापका एक बालकलाई ज्यान मार्ने अभियोग र चोरीको उजुरीमा पक्राउ गरेर भक्तपुर ल्याइएको हो।   , अचेल नेपालभरि दैनिक दुई-चार जना बालबालिका आपराधिक कार्यमा संलग्न भएको अभियोगमा समातिएकै हुन्छन्। एक-दुई पटक सामान्य गल्तीमा बालबालिकालाई सुध्रिन मौका दिइन्छ। प्रमाण भेटिएका बालबालिका प्रहरीले नियन्त्रणमा लिन्छ। थप अनुसन्धान गर्नुपर्ने भएपछि सुधार गृहमा ल्याइदिने गरेको केन्द्रीय बाल न्याय समिति सचिवालयकी उपसचिव अनुपमा पन्त बताउँछिन्।, ‘धेरैजसो बालबालिकाहरू जबरजस्ती करणी, कर्तव्य ज्यान र लागुऔषध सेवन तथा ओसारपसारमा पक्राउ परेका छन्,ʼ उनले भनिन्।, सचिवालयको तंथ्याकअनुसार अहिले देशभरका ८ वटा बाल सुधार गृहमा १ हजार १३८ बालबालिका छन्। जसमा १ हजार १०६ बालक र ३२ बालिका छन्।, सुधार गृहमा रहेका बालकमध्ये धरैजसो जबरजस्ती करणी, कर्तव्य ज्यान र लागुऔषधका अपराधमा समातिएका छन्। जबरजस्ती करणीमा ५४६, कर्तव्य ज्यानमा ९१ र लागुऔषधमा १०३ जना बालक छन्।  , यीबाहेक ३६६ बालक अन्य विभिन्न आपराधिक कार्यमा समातिएका देखिन्छ। ३२ बालिका भने जबरजस्ती करणी, चोरी, मानव बेचविखन तथा ओसारपसारमा सहयोग गरेर पक्राउ परेका छन्।, पछिल्लो समय आपराधिक क्रियाकलापमा बालबालिकाको संलग्नता बढ्दै गएको छ।, ‘के कारणले बढिरहेको छ भन्न सक्ने अवस्था छैन। धेरै कुराले प्रभाव पारेको हुनसक्छ,ʼ उपसचिव पन्तले भनिन्।, देशभरका ८ सुधार गृहमा राखिएका बालबालिकाको आपराधिक क्रियाकलाप हेर्दा अभिभावक थप सचेत हुनुपर्ने देखिने उनको भनाइ छ।, बाल सुधार गृह मोरङमा दुई सय २ बालक छन्। तीमध्ये १०१ जना जबरजस्ती करणी, ३० जना कर्तव्य ज्यान र २१ जना लागुऔषधको आपराधिक कार्यमा संलग्न भएकाले पक्राउ परेका हुन्। यीबाहेक ५० बालक डाँका, ज्यान मार्ने, कर्तव्य ज्यान अपरहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान/चोरी, अपहरण, डाँका चोरी, बहुविवाहका उजुरीमा थुनिएका छन्।, बाल सुधार गृह कास्कीमा ९१ बालक छन्। सबैभन्दा धेरै बालक  ५० जना जबरजस्ती करणी, कर्तव्य ज्यानमा ८ र लागुऔषध  आपराधिक कार्यमा संलग्न ७ जना छन्। यीबाहेक २६ जना  नकबजनी चोरी (घरको भित्ता फोरेर चोरी गर्ने), जबरजस्ती करणी हाडनाता सामूहिक जबरजस्ती करणीमा, जातीय भेदभाव र आत्महत्या दुरूत्साहनलगायत क्रियाकलापमा थुनिएका छन्।  , बाल सुधार गृह पर्सामा १ सय ३४ बालक छन्। ४३ जना जबरजस्ती करणी, ७ जना कर्तव्य ज्यान र २२ जना लागुऔषध सेवन र ओसारपसारमा मुद्दामा पक्राउ परेका हुन्। बाँकी ७२ जना सवारी ज्यान, नकबजनी चोरी, अपहरण तथा शरीर बन्धकलगायत आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको छ।  , बाल सुधार गृह रूपन्देहीमा ७२ बालक छन्। तीमध्ये ३९ जबरजस्ती करणी, ६ कर्तव्य ज्यान र ५ लागुऔषधजस्ता अवैध कारोबारमा संलग्न भएको पाइएको छ। २२ बालक सवारी ज्यान, डाँका चोरीलगायतका मुद्दामा पक्राउ परेका हुन्।, बाल सुधार गृह डोटीमा ५२ बालक छन्। तीमध्ये १९ जना जबरजस्ती करणी र १३ जना कर्तव्य ज्यानमा संलग्न भएका बालक छन्। यीबाहेक २० बालक चोरी, ज्यानसम्बधी कसुर, बालविवाहका क्रियाकलापमा संलग्न भएका छन्।, बाल सुधार गृह भक्तपुरमा २८८ जना बालबालिका छन्। २ सय ५६ बालक र ३२ बालिका हुन्। बालकहरूमा १३६ जबरजस्ती करणी,  ४० कर्तव्य ज्यान, २५ लागुऔषधमा संलग्न भएर प्रहरीले नियन्त्रणमा लिइएको बालक छन्। यीबाहेक ५५ बालक डाँकाचोरीमा, नकबजनी चोरीलगायत क्रियाकलापमा संलग्न भएका बालक छन्।, ‘बालिका राख्ने एउटामात्र सुधार गृह भक्तपुर हो,ʼ उपसचिव पन्त भन्छिन्, ‘भक्तपुरमा बालक र बालिका दुबैका लागि छुट्टाछुट्टै भवन छन्।ʼ, बाल सुधार गृह मकवानपुरमा ६८ बालक छन्। जसमा सबैभन्दा धेरै ३५ जना जबरजस्ती करणी, ३ कर्तव्य ज्यान र ५ लागुऔषध ओसारपसार क्रियाकलापमा संलग्न भएका बालक छन्। २५ बालक जबरजस्ती करणी र हाडनाता, डाँका, नकबजनी चोरी, सवारी ज्यान, अपहरण तथा शरीर बन्धकजस्ता क्रियाकलापमा समातिएका  छन्।, बालसुधार गृह बाँकेमा २३१ बालक छन्। १२३ बालक जबरजस्ती करणी, २६ कर्तव्य ज्यान र ११ लागुऔषधका क्रियाकलापमा सुधार गृहमा छन्।, १८ वर्षभन्दा मुनिका बालबालिकालाई कारागारमा राख्न नमिल्ने कानुनी व्यवस्था छ। सोहीअनुसार आपराधिक क्रियाकलापमा  मुछिएका बालबालिकालाई बालसुधार गृहमा राख्ने गरिएको उपसचिव पन्त बताउँछिन्।, ‘प्रहरीले पक्राउ गर्दा १८ वर्षभन्दा कम उमेर भए सुधार गृहमै राखेर अनुसन्धान गरिन्छ। उमेर बढ्दै जाँदा कारागार पठाउने कानुनी व्यवस्था छैन,ʼ उनले भनिन्।, उनका अनुसार उमेर बढ्दै जाँदा कारागार पठाउने व्यवस्था नभएकाले सुधार गृहमा बेला-बेलामा समस्या भइरहन्छ। पुरानाले नयाँ बालबालिकालाई हेप्ने तथा अवैध क्रियाकलपामा लाग्न प्रोत्साहन दिने, कुटपिट गर्ने गर्छन्।  साथै सजाय तोकिसकेका र मुद्दा चलिरहेकाबालबालिकालाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता भएकाले गृहले समस्या झेलिरहनुपरेको छ।, अहिले अदालतबाट मुद्दा फैसला भइसकेका ५३५ बालबालिका (बालक ५१४, बालिका २१) छन्।  मुद्दा फैसला हुन बाँकी ६ सय बालबालिका (बालक ५८९, बालिका ११)  रहेका छन्। क्षमताभन्दा बढी बालबालिका हुँदा गृहहरूलाई व्यवस्थापन गर्न कठिन भइरहेको छ।, ‘पाँच सय ५० जना राख्न मिल्ने बाल सुधार गृहमा १ हजार १३८ बालबालिका छन्,ʼ उपसचिव पन्त भन्छिन्, ‘भवन बढाउन पटक-पटक माग गरे पनि पूरा हुन सकेको छैन।ʼ, आपराधिक क्रियाकलापमा बालबालिकाको संख्या बढ्दै जाँदा गृह अभाव हुन थालेको हो। आपराधिक क्रियाकलाप घटाउनुतर्फ लाग्नुपर्छ। त्यसैले गृहका भवन बढाउन चासो नदिइएको कारागार व्यवस्थापन विभागका निर्देशक सागर शाह बताउँछन्।, ‘अन्य देशमा भएका जेल तथा सुधार गृह खाली छन्। हामी नपुगेर बनाउनतर्फ लागेर हुन्न,ʼ उनले भने।, उनी बालबालिकालाई आपराधिक क्रियाकलापबाट टाढा राख्न योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताउँछन्।, पछिल्लो समय लागुऔषध तथा जबरजस्ती करणीमा बालबालिका फसिरहेको विभागका प्रवक्ता रोमबहादुर महत बताउँछन्। ‘एक दशकअघि चोरी, झगडा लगायतका मुद्दामा हुन्थे। अहिले ज्यान मार्ने, जबरजस्ती करणीलगायत जघन्य अपराधमा बालबालिका मुछिएका छन्,ʼ महतले भने।, यसले समाजको चित्रण गर्छ। अहिले बालबालिकाको लागि काम गर्ने धेरै निकाय छन्। तर, उनीहरूले काम गर्दैनन्। अहिले बालबालिकाको मनोबिज्ञान बुझेर काम गर्नुपर्ने समय आएको उनको भनाइ छ।, १२ देखि १८ वर्षमा बालबालिका साथीभाइका संगत र भीडमा रमाउने मनोविज्ञानका हुन्छन्। त्यो उमेरमा कुनै पनि जिम्मेवारी हुँदैन। भविष्यमा यही पेशा गर्छु भन्ने योजना बनाएका हुँदैनन्। त्यसैले आपराधिक क्रियाकलापमा फस्ने गरेको बाल मनोविज्ञान विशेषज्ञ नारायणप्रसाद शर्मा बताउँछन्।, ‘कुनै पनि बालक कुलत तथा आपराधिक क्रियाकलापमा संलग्न हुन आर्थिक, सामाजिक र पारिवारिक अवस्थामा भर पर्छ,ʼ उनले भने, ‘घर र विद्यालयले नैतिक शिक्षा दिन नसक्दा बालबालिका अपराधिक क्रियाकलापमा फसे।ʼ, बाल मनोविद् शर्माका अनुसार कोभिडपछि अझै आपराधिक क्रियाकलापमा बालबालिका सक्रियता बढ्दै गइरहेको देखिन्छ। अनलाइनमार्फत् अध्ययन गर्न धेरै डिजिटल माध्यम प्रयोग गरियो। त्यसले गर्दा बालबालिकाले धेरै नकारात्क कुरा सिके। त्यही गर्न थाले।  नयाँ पुस्ताले नेपालमा भविष्य देख्न छोडे। त्यसले गर्दा १० कक्षा पढ्नसाथ बैदेशिक रोजगारी जान थाले।, आवश्यक कागजात र रकम संकलन गर्न नसक्दा रिसाउने, अरुमा आक्रोश व्यक्त गर्ने, कुलतमा फस्ने गरेको शर्मा बताउँछन्।, ‘बालबालिकालाई अपराध अनुसार छुट्टै राखेर कानुनी उपचार गर्नुपर्ने हो। त्यस्तो व्यवस्था छैन,ʼ उनले भने, ‘एकै ठाउँमा राख्दा अपराधिक क्रियाकलापमा अझै चासो  बढ्न सक्छ।ʼ, कलिलैमा अपराध: देशभरका सुधार गृह भरिएका छन् जबरजस्ती करणी र लागुऔषध मुद्दाका बालकले
सेतोपाटी संवाददाता छ दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। , महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण शुक्रबार पनि सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।  , ‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने।, घिमिरेका अनुसार सिंहदरबार भित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्डभित्रै राखिएका छन्।, बालेनले गत शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए। , महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट  फोहोर नउठ्ने बताएका छन्। , ‘जबसम्म सरकारले वार्ता गर्न बोलाउँदैन हामीले फोहोर उठाउने काम रोक्छौं,’उनले भने।, बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो। , बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो। , परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।, काठमाडौंको भिआइपी एरियाबाट दैनिक नौ टन फोहोर उठ्ने गरेको छ।, संविधानको अनुसूची-८ मा फोहोरमैला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ।, फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले पनि फोहोरमैला उठाउने र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ। , यो पनिः, उपमेयर र वडाध्यक्षलाई नै थाहा नदिई सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको एकल निर्णय, सिंहदरबारको फोहोर नउठाउन बालेन शाहले उठाएका १४ विषयको शल्यक्रिया, बालेन शाहको अराजकता, काठमाडौंका मेयरको अभिव्यक्ति अराजक, सरकारले ध्यानाकर्षण गराउँछ- सरकार प्रवक्ता, मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ, छैटौं दिनमा पनि उठेन राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर
सबिना श्रेष्ठ भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का: जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ। ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले अहिलेसम्म नौपटक जिब्रो छेडेका छन्। यसपालि उनका २७ वर्षीय छोरा सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडाएर यो परम्परालाई निरन्तरता दिँदै छन्।, बुद्धकृष्ण पेसाले एम्बुलेन्स चालक हुन्। त्यसअघि दाइ कृष्णचन्द्र बाग श्रेष्ठले बाह्रपटक जिब्रो छेडाएपछि बुद्धकृष्णले जिम्मेवारी सम्हालेका थिए। यसबीच जुजुभाइ बासँ श्रेष्ठले पनि आठपटक आफ्नो जिब्रो छेडाएका छन्।, यो वर्ष आफ्नो छोराले पहिलोपटक जिब्रो छेडेर पुस्तादेखिको जिम्मेवारीलाई निरन्तरता दिन आँटेकामा बुद्धकृष्णले खुसी व्यक्त गरे र भने, 'पोहोर–परार नै मैले यो वर्षबाट जिब्रो नछेड्ने घोषणा गरिसकेको थिएँ। छोराले 'बा अब म छेड्छु' भनेपछि निकै खुसी भएँ। उसले पहिल्यैदेखि जिब्रो छेडेको हेर्दै आएको छ। त्यसैले उसलाई धेरै कुरा थाहा छ।', काठमाडौं उपत्यकाबाहिरका रूटमा गाडी चलाउने सुजन सानैदेखि बुवाको पछि लागेर जिब्रो छेडेको हेर्न जान्थे। एकपटक त उनी मञ्चमै पुगेछन्। उनलाई अकस्मात देखेपछि बुद्धकृष्णले सोधेछन्, 'तिमी यत्रो भीडमा कसरी यहाँसम्म आएको?', उत्तरमा सुजनले भने, 'मलाई त हिँड्नै परेन। अरूले च्याप्दै च्याप्दै आइपुगेँ। म पनि तपाईंजस्तै जिब्रो छेड्ने।', यसरी सानैदेखिको रहर २७ वर्ष उमेरमा बल्ल पूरा हुँदैछ। पहिलोचोटि जिब्रो छेड्न लागेका भए पनि सुजनको अनुहारमा पीडाको डरभन्दा उत्साह बढी छ।, 'म त सानैदेखि आँटिलो मान्छे,' सुजनले भने, 'जे गर्नुपरे पनि अगाडि सर्थें। त्यसैले होला, डर त थोप्पो लागेको छैन। बरू वर्षौंदेखि परिवारले सम्हाल्दै आएको परम्परा धान्न पाउँदा खुसी छु।', बुद्धकृष्ण भने पहिलोपटक जिब्रो छेड्दा उत्साहभन्दा बढी डर लागेको बताउँछन्।, आफ्नो अनुभव साट्दै उनले भने, 'छेड्छु भनिसकेको थिएँ तर मञ्चमा गएपछि बेहोस हुने हुँ कि भन्ने डर थियो। तर गर्छु भनेर बाचा गरेपछि गर्नैपर्‍यो। यसरी डराउँदै डराउँदै नौपटकसम्म जिब्रो छेडिसकेँ।', जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर ब्रत बस्नुपर्छ। त्यसो गर्दा जिब्रोको स्वाद हराउने र जिब्रो नरम हुन्छ भन्ने मान्यता छ। जिब्रो छेड्न भनेर बोडेको लाकुछेँका नकर्मीहरूले वर्षौंदेखि फलामे नटुचा (मुल सुइरो) बनाउँदै आएका छन्। यो वर्षका लागि ११ इन्चको नटुचा तयार भइसकेको छ।, नकर्मीको घरमा तेलमा डुबाएर राखिएको यो नटुचा शनिबार सुजनको जिब्रोमा छेडेर परम्परा पुस्तान्तरण हुनेछ।, यसअघि जिब्रो छेडेका मान्छेको अनुभवमा कसैले सुइरोमा छोइदियो वा कुनै लुगा सुइरोमा अल्झियो भने त्यसको पीडा असह्य हुन्छ। त्यही भएर जिब्रो छेडेपछि नगर परिक्रमा गरिरहँदा भीडलाई पर राख्न मान्छेहरू खटिएका हुन्छन्।, 'हामीले जिब्रो छेडेको नै संस्कृति, परम्परा जोगाउन र धर्म कमाउन हो। धर्म कमाउन गाह्रै त हुन्छ नि!' बुद्धकृष्णले उदाहरण दिँदै भने, 'मान्छेहरू धर्म कमाउन मुक्तिनाथसम्म जान्छन्। त्यहाँ पनि महादेव नै हो, यहाँ पनि महादेव नै हो। तर दु:ख गरेर त्यहाँसम्म जानु भनेको धर्म कमाउन हो। आफूले गरेको धर्मले आफैंलाई राम्रो हुन्छ।', रथ पूजा आयोजक समितिका अध्यक्ष गणेशमान चक्रधरका अनुसार जिब्रो छेड्न जति गाह्रो भए पनि आफूले पनि छेड्न पाए हुन्थ्यो भन्ने संख्या बोडेमा धेरै भेटिन्छ।, 'जिब्रो छेड्दा पीडा हुन्छ भनेर मान्छेहरू डराउनुपर्ने हो, तर बोडेका मान्छेहरू जिब्रो छेड्न लालायित छन्,' उनले भने, 'एउटै व्यक्तिले ३२ पटकसम्म पनि जिब्रो छेडेका छन्।', उनका अनुसार ३२ पटक जिब्रो छेड्ने व्यक्ति बेखानारायण हायश्रेष्ठ हुन्। उनले १९९१ सालदेखि २०२२ सालसम्म जिब्रो छेडेका थिए।, उनी जिब्रो छेड्दा रगत आएको आफूले कहिल्यै नदेखेको बताउँछन्। यसलाई उनी भगवानको शक्तिसँग तुलना गर्दै भन्छन्, 'सानो घाउ हुँदा त हामीलाई कत्ति दुख्छ र रगत आउँछ, तर त्यसरी जिब्रो छेडेको मान्छेको रगत आएको मैले अहिलेसम्म देखेको छैन।', परम्पराअनुसार जिब्रो छेडिसकेपछि अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्नुपर्छ। सहर परिक्रमा गरूञ्जेल जिब्रोबाट सुइरो झिक्नुहुन्न। बोडेकै महालक्ष्मी मन्दिर घुमेपछि बल्ल सुइरो झिकेर महालक्ष्मी मन्दिरमै ठोक्ने परम्परा छ।, सुइरो निकालेपछि घाउ छिटो निको होस् भनेर महालक्ष्मी मन्दिरको माटो जिब्रोमा दलिन्छ। यो माटोले जिब्रोको घाउ निको पार्न औषधिको काम गर्छ भन्ने जनविश्वास छ।, बोडेको जिब्रो छेड्ने परम्पराका पछाडि दुईवटा किम्बदन्ती प्रचलित छन्।, पहिलो किम्बदन्ती, बोडे नजिकै नीलबाराहीमा एउटा ख्याक (भूत) सधैं मान्छेको रूप धारण गरेर आउँथ्यो। ऊ प्रायः खेतीपातीमा सघाउँथ्यो र भोजभतेरमा सहभागी हुन्थ्यो। वनदेवी रिसाएका बेला भने ऊ आफ्नो असली रूप देखाउँदै मान्छेलाई साह्रै दुःख दिन्थ्यो। त्यही भएर त्यहाँका मान्छे बसाइसराइ गरेर बोडे आए।, तर बस्ती सर्दा पनि ख्याकले दुःख दिन छाडेन।, दु:खबाट मुक्ति पाउने उपाय खोज्दै जाँदा एकदिन एक तान्त्रिकले ख्याकलाई आफ्नो पासोमा पारे। पासोमा परेपछि गाउँलेहरूले आफूलाई सताएको बदला दिन ख्याकको खुट्टा तान्ने, लुगा फुकाल्ने, कपाल तानिदिने, जिब्रो छेड्नेजस्ता गतिविधि गर्न थाले।, ख्याकले दु:ख सहन नसकेर गाउँलेहरूसँग माफी मागे र अबदेखि गाउँलेलाई कहिल्यै नसताउने बाचा गरे।, त्यसपछि गाउँलेहरूले हरेक वर्ष जिब्रो छेड्न राजी भए मात्र उसलाई मुक्त गर्ने सर्त राखे।, तान्त्रिकको पासोमा परेको ख्याकले गाउँलेहरूको सर्त मञ्जुर गर्‍यो।, ऊ हरेक वर्ष जिब्रो छेडाउन बोडे आउन थाल्यो। मान्छेले उसलाई अरू दुःख दिएनन्। जिब्रो छेडेर नगर परिक्रमा गराई छाड्न थाले।, तर यहाँ एउटा आपत् के पर्‍यो भने, ख्याकलाई जिब्रो छेडेर दु:ख दिएको निलबाराहीलाई चित्त बुझेन। बोडे नगरमाथि अनेक दु:ख आइपर्न थाल्यो।, एकदिन निलबाराहीले तान्त्रिकको सपनामा आएर भनिन्, 'ख्याक पनि देवीदेवताकै एउटा स्वरूप हो। त्यसैले उसलाई दुःख नदिनू। बरू उसको बदलामा आठौं वर्षबाट अरू मान्छेको जिब्रो छेडाउनू।', त्यही समयदेखि नगरलाई दु:खबाट मुक्त गर्न मान्छेको जिब्रो छेडेर जात्रा चलाउन थालियो।, दोस्रो किम्बदन्ती, परापूर्व कालमा निलबाराहीका मान्छे बोडेतिर आवतजावत गर्दैनथे। उनीहरू खेतीपातीमै रमाइरहेका थिए। उनीहरूलाई आफ्नो ठाउँ छाडेर बाहिर जान डर पनि थियो।, एकदिन उनीहरूले बोडेबाट कोही आगो बोकेर, सुइरोले जिब्रो छेडेर आइरहेको देखे। उनीहरू त्यो मान्छेको पछि लागे। त्यो मान्छे महालक्ष्मी मन्दिरमा पुगेपछि गायब भयो।, यो क्रम केही दिनसम्मै चल्यो। हरेक दिन लगातार पछ्याएपछि उनीहरूले त्यसरी आउने मान्छे भगवान भैरव हुन् भन्ने थाहा पाए।, यो घटनापछि उनीहरूले वर्षको एकपटक भए पनि महालक्ष्मी मन्दिर परिक्रमा गर्नुपर्छ भन्ने बुझे र कुनै एक जनाले जिब्रो छेडेर मन्दिर परिक्रमा गर्न थाले। यसो गर्दा खेतीपाती सप्रियो।, त्यसपछि नै जिब्रो छेड्ने व्यक्तिले आगो भएको अर्धचन्द्राकार महादीप बोक्ने र जिब्रो छेडेको सुइरो महालक्ष्मी मन्दिरमा ठोकेर मन्दिरको माटो घाउमा दल्ने परम्परा चलेको जनविश्वास छ।, बुद्धकृष्णलाई भने जिब्रो छेड्ने मान्छेलाई ख्याक मान्ने किम्बदन्ती चित्त बुझेको छैन। यस्तो कथाले नकारात्मक सन्देश दिन्छ भन्ने उनको भनाइ छ।, 'वर्षौंदेखि आफ्नो परम्परा जोगाउँदै आएको मान्छेलाई ख्याकसँग तुलना गर्दा कति नरमाइलो लाग्छ होला!' उनले भने।, किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। वास्तविक घटनाभन्दा कल्पना नै यसमा हाबी हुन्छ। सबभन्दा ठूलो कुरा त यो परम्पराले निरन्तरता पाइरहनु हो। र, त्योभन्दा ठूलो कुरा नयाँ पुस्तामा पनि यो परम्परा पछ्याउने रूचि जाग्नु हो।, भोलि वैशाख २ गते तपाईंहरू पनि बोडेको यो जात्रामा सामेल हुन आउनुहोस् है!, नयाँ पुस्तामा सर्दै बोडेको जिब्रो छेड्ने जात्रा, २७ वर्षीय सुजन पहिलोपटक जिब्रो छेड्दै
रासस समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरू हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ। जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो।, शैक्षिक सत्र सुरू भएको महिनौं दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरू भएको दिन नै पुस्तक पाउने भएका छन्।, पुस्तक नपाएको दुःख सुनाउने हुम्लाका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ। , जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ। योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ। ,    , ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने जिम्मा लिएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिए।, उनका अनुसार नयाँ शैक्षिक सत्र सुरू नभएकाले सम्बन्धित गाउँपालिका र विद्यालयलाई हस्तान्तरण भने गरिएको छैन। , सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताए।, नेपालगञ्जबाट गाडीमार्फत् ढुवानी गरेर जिल्लामा पुर्‍याइएकाले  ढुवानीबापत पाउनुपर्ने रकम नपाएको उनको गुनासो थियो। , ‘पहिला जिल्ला शिक्षा कार्यालयमार्फत् मंसिरको दोस्रो चौमासिकमा पाठ्यपुस्तक खरिदका लागि सम्बन्धित विद्यालयमा रकम उपलब्ध गराई पुस्तक खरिदको प्रक्रिया अगाडि बढाइन्थ्यो’, शाहीले भने।, अहिले पुस्तक खरिदका लागि स्थानीय पालिकाले प्रक्रिया अगाडि बढाए पनि  पुस्तक खरिदको रकम समयमा दिन नसकेको उनले बताए।, पालिकाले पाठ्यपुस्तक खरिद तथा ढुवानीका लागि रकम भुक्तानी नगरे पनि बैंकबाट ऋण  निकालेर शैक्षिक सत्र सुरू हुनु अगावै पुस्तक सम्बन्धित विद्यालयमा पुर्‍याएको शाहीको भनाइ थियो।, पालिकाले सम्बन्धित विद्यालयलाई रकम नदिँदा जिल्लामा पुगेका पुस्तक डिलरबाट विद्यालयले खरिद गर्न नसकेको शाहीले उल्लेख गरे। , पुस्तक पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले पुस्तक खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन्। पालिकाले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गरेको दिन डिलरबाट पुस्तक लैजान सकिने शाहीको भनाइ थियो।, यी चार पालिकामा पैदल मार्गमार्फत् केही दिनअघि पुस्तक पुगिसकेका छन्। कक्षा १ देखि १० सम्मका सबै विषयका पुस्तक पुगेको ढुवानीकर्ता शाहीले जानकारी दिए। , तीन गाउँपालिकाको पुस्तक भोलिदेखि ढुवानी हुने , जिल्लाको माथिल्लो भेगका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुग्न सकेको छैन।, हवाई मार्गमार्फत् ढुवानी गर्दा जहाजले समयमा ढुवानी नगर्ने भएकाले पैदल मार्गमार्फत् ढुवानी गरिने ढुवानीको जिम्मा लिएको ज्ञानबहादुर रोकायाले बताए।, उनका अनुसार तीन पालिकाका लागि भोलि शनिबारदेखि नेपालगञ्जबाट पैदल मार्ग भएर ढुवानी गरिने छ।, शनिबारदेखि पुस्तक ढुवानी सुरु गरी एक हप्ताभित्र पैदल मार्गबाटै सदरमुकाम पुग्ने रोकायाले बताए। उनले तीन पालिकाका ५८ सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुर्‍याउने जिम्मा लिए। , यो वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने, हिमाली जिल्ला हुम्ला दुर्गम भएकाले सधैं पाठ्यपुस्तकको समस्या झेलिरहेका विद्यार्थीले यो शैक्षिक सत्रमा भने समयमै किताब पाउने भएका छन्। कहिले सडक समस्या त कहिले हवाई सेवा नियमित नहुँदा समस्या भोगिरहेका हुम्लासहित कर्णालीका हिमाली जिल्लाका विद्यार्थीले यस शैक्षिक सत्र सुरू भएसँगै पुस्तक पाउने भएका हुन्। हुम्लाका चार गाउँपालिकामा पुस्तक पुगिसकेका छन् भने तीन पालिकाका लागि शनिबारदेखि ढुवानी सुरू हुँदैछ। , यहाँ तीन वर्षयतादेखि नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरू हुने गरेको छ। कोरोना महामारीका समयमा पठनपाठनमा समस्या भएपछि यहाँका स्थानीय तहले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका हुन्। , तीन वर्षअघि फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू हुने र मंसिरको  अन्तिमसम्म वार्षिक परीक्षा सकेर यहाँका शिक्षक हिउँदे बिदा बस्दै आएका थिए। कोरोना संक्रमणपछि हिउँदे बिदा भए पनि चैतमा वार्षिक परीक्षा सम्पन्न गरेर वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरू गर्न थालिएको मानसरोवर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए।, हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक
सेतोपाटी संवाददाता काठमाडौंमा एक पुरूष मृत फेला परेका छन्। , नुवाकोट घर भई बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बस्दै आएका ४० वर्षीय वीरे राई मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।, 'उनी आफ्नै कोठामा मृत फेला परेका थिए,' उनले भने, 'घटना शंकास्पद छैन।', मृतकको शरीर पोष्टमर्टमका लागि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। , बूढानीलकण्ठमा एक पुरूष मृत फेला
सेतोपाटी संवाददाता निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्बिनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ।, लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवलस्थित निवासमा प्रयोग हुँदै आएको लु १ झ ४४७ नं को टाटा स्टोम जिप दुर्घटनामा परेको हो।, शुक्रबार बिहान करिब ११ बजे सभामुखको सचिवालयका एक कर्मचारीलाई सिकाउने क्रममा दुर्घटनामा परेको बुझिएको छ।, प्रदेशसभा सचिवालयका चालक सिद्धराम चौधरीले सभामुखको सचिवालयका कर्मचारी पदम सोमैलाई सिकाउने क्रममा बुटवल १० र तिलोत्तमा नगरपालिकाको सीमा सडक योगिकुटीमा रहेको विद्युत पोलमा ठोक्किएको थियो।, अत्यन्त तीव्र गतिमा रहेको उक्त सरकारी गाडी योगिकुटीको हाटबजार अगाडिको चोकमा पुगेपछि चालकले नियन्त्रण गर्न नसक्दा बुटवल-पाल्पा ११ केभी प्रसारण लाइनको विद्युत पोलमा ठोक्किएको थियो।  , जिपले विद्युतको पोलमा ठोक्किँदा ढलेको पोलले स्थानीय डिल्लीराज अर्यालको घरमा समेत क्षति पुर्‍याएको छ।, अर्यालका अनुसार विद्युत पोलसँगै घरमा ठोक्किन पुगेको बिजुलीको तारको झड्काले घरको माथिल्लो तलामा रहेको कोठा चर्किएको छ। , प्रत्यक्षदर्शीहरूका अनुसार विद्युत पोलमा जिप ठोक्किएपछि छेवैको सिटमा बसेर सिकाइरहेका जिप चालक सिद्धराम चौधरी भागेका थिए भने चलाउन सिकिरहेका चालक पदम सोमैलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। , सभामुखको निवासका एक सुरक्षाकर्मीका अनुसार उक्त जिपका चालक सिद्धराम चौधरी भएको र उनले पदम सोमैको हात सफा गर्ने भन्दै सिकाउन लगेका थिए। , दुर्घटना स्थलबाट भागेका चालक चौधरीलाई घटना घटेको करिब १ घण्टापछि प्रहरीले खोजेर ल्याएको थियो। , सोमै सभामुख तुलाराम घर्तीले केही दिन अघिमात्रै सचिवालयको कर्मचारीको रूपमा नियुक्त गरेका थिए।, सोमैले आफूसँग चालक अनुमति पत्र भए पनि साथमा नभएको र आफू चालक पदमा नियुक्त भने नभएको बताए।, 'म सभामुखको निवासमा काम गर्ने गरी नियुक्त भएको हुँ तर चालक होइन',उनले भने।, लुम्बिनी प्रदेशसभा सचिवालयको जिप सिकाउने क्रममा ठोक्कियो विद्युत पोलमा
सेतोपाटी संवाददाता नयाँ वर्ष मनाउन गएका रूपन्देहीका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ।, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो।, प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए।, साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए।, पोखरीमा खस्नेबित्तिकै उनको उद्धार गरिएको थियो।, उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ राजमार्गको छेवैमा रहेको भुतखोलामा नुहाउने क्रममा हरेक वर्षजस्तो मानिसको मृत्यु हुने गर्छ।, नयाँ वर्ष मनाउन गएका युवाको खोलामा डुबेर मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ।, शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए। , 'हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं,' उनले भने, 'पहिले पनि विद्युतीय प्रणाली थियो तर नक्साकिताबमा राख्नुपर्थ्यो। जसको लागि सेवाग्राही महानगर र वडा गुम्नुपर्ने अवस्था थियो। सोही काम गर्न दुई-तीन महिना लाग्ने गर्थ्यो भने अहिले बढीमा २५ दिनमा हुनेछ।', यस्तै, विद्युतीय प्रणाली भए पनि ट्र्याकिङमात्र हुने सिस्टम पहिले रहेको उनले बताए। जसका कारण हरेक कार्यालयमा गएर काम गर्नुपर्ने झन्झट भएको उनी बताउँछन्। , 'यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने छ,' उनले भने, 'त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिनेछ।', पाँच हजार वर्ग फिटसम्मको नक्सा पास वडाबाटै हुने उनले बताए।,  , काठमाडौं महानगरमा आजदेखि अनलाइनबाटै नक्सापास हुने
राजु अधिकारी नर्सरीदेखि कक्षा ७ सम्म निजी स्कुल पढेका विराटनगरका पवन घिमिरेले यसपटकको शैक्षिक सत्र सुरू हुनै लाग्दा आमाबुवासँग भनेछन्, ‘यसपालिदेखि म पोखरिया स्कुल पढ्छु।’, निजी स्कुलमा अभ्यस्त भइसकेको छोरोले एक्कासी सामुदायिक स्कुल पढ्ने रहर सुनाएपछि दुवैजना केहीबेर अचम्मित भए। पोखरियाको ख्याति र विश्वसनियता बढ्दै गएको त उनीहरूलाई थाहा थियो तर छोराले त्यहीँ पढ्छु भन्ला भन्ने सोचेका थिएनन्। , ‘छोराले पढ्दापढ्दैको राम्रो र कहलिएको निजी स्कुलको साटो पोखरिया मावि रोज्ने कुरा गरेपछि उसको रहर अनुसार नै त्यहाँ पढ्न दिने भयौं,'  उनका बुबा विनोद घिमिरेले भने ‘तर, पोखरियामा भर्ना पाउन सजिलो छैन। इन्ट्रान्स पास गर्नुपर्छ भनेर सम्झायौं।’,  , विराटनगर–३ स्थित पोखरिया माविले नयाँ भर्ना हुन चाहने विद्यार्थीहरूका लागि गएको शुक्रबार, शनिबार र आइतबार ‘इन्ट्रान्स’ परीक्षा लियो। अहिले ३२६० जना पढिरहेको विद्यालयले यसपटकका लागि ७१० जना नयाँ विद्यार्थीको भर्ना लिने सूचना जारी गरेको थियो।, तर, पोखरियामा भर्ना हुन चाहने विद्यार्थीको संख्या २६ सय ७६ जना पुग्यो।, पोखरिया माध्यमिक विद्यालयमा भर्ना पाउनका लागि प्रवेश परीक्षा दिइरहेका छोराछोरी कुरिरहेका अभिभावक। तस्बिर : राजु अधिकारी / सेतोपाटी, आवश्यकभन्दा तीन गुणाभन्दा बढीले आवेदन दिएपछि विद्यालयले इन्ट्रान्स परीक्षा लिएको थियो। कक्षा ८ मा भर्ना हुनका लागि परीक्षा दिएका पवनले नाम निकाले।, ‘अब छोरोले पोखरिया पढ्न पाउने निश्चित भयो,' विराटनगर ४ प्रगति टोलका बासिन्दा घिमिरेले भने ‘हामी पनि ढुक्क भएका छौं।’, निजी विद्यालयहरुको भीड रहेको विराटनगरमा पोखरिया यस्तो सामुदायिक विद्यालय बनेको छ, जहाँ भर्ना पाउन निजी विद्यालयका विद्यार्थी पनि लालायित हुन्छन्। सन्तानले पोखरियामा भर्ना पाउने निश्चित हुँदा अभिभावक पनि ढुक्क महसुस गर्छन्।,  , 'यसपटक भर्ना पाउन आवेदन दिने शतप्रतिशत विद्यार्थी निजीबाट नै आएका थिए,' विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले भने ‘तर, हाम्रो क्षमता, भौतिक पूर्वाधार, जनशक्ति जस्ता सीमाका कारण ती सबै विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्था भएन। त्यसैले ७१० जना मात्रै लिन सक्यौं। बाँकी १९६६ जना विद्यार्थीलाई चाहेर पनि लिन सकेनौं।’, उनका अनुसार कुनै पनि सामुदायिक विद्यालयले यो विद्यार्थी लिन्छु, त्यो विद्यार्थी लिन्नँ भन्न पाइँदैन।, ‘तर, आए जति सबै विद्यार्थी भर्ना गरेर पढाउने अवस्था पनि हुँदैन,' उनले भने ‘एकातिर पूर्वाधारको अभाव हुन्छ। अर्कातिर ती विद्यार्थी पढाउने जनशक्तिको पनि सीमा हुन्छ। त्यसैले रहर हुँदाहुँदै बहुसंख्यक विद्यार्थीलाई भर्ना लिन सकिन्नँ।’, पोखरियाले यसपटक कक्षा १ का लागि ३५ जना नयाँ विद्यार्थीको भर्ना खुलाउँदा २ मा ४०, ३ मा ५०, ४ मा ५०, ५ मा ७०, ६ मा १२३, ७ मा १०० , ८ मा १४५ र कक्षा ९ मा ५० जनाका लागि भर्ना खुलाएको थियो। कक्षा ९ कै प्राविधिक धारमा ४८ जनाको लागि भर्ना खुलाएको थियो। तर, विद्यालयले मागेभन्दा तीन गुणाभन्दा धेरैले आवेदन दिएका थिए।, सामुदायिक विद्यालयप्रतिको यस्तो आकर्षण किन र कसरी सम्भव भयो ?,  , निजीकै स्तरको पढाई, राम्रो नतिजा र विद्यार्थीको राम्रो हेरविचार हुने वातावरण भएकै कारण आफूहरू आकर्षित भएको अभिभावकहरूको भनाइ छ।, 'निजीमा पढाउनुको मुख्य कारण अंग्रेजीमा राम्रो होस्, अन्य सिकाइहरू प्रभावकारी होस र रेखदेख राम्रो होस् भन्ने हो,' छोरा विप्लवलाई कक्षा ८ मा भर्नाका लागि तयारी अवस्थामा रहेका अभिभावक अमित कर्णले भने ‘यी सबै सुविधा पोखरियामै उपलब्ध छ। यस्तोमा चर्को शुल्क तिरेर निजीमा किन पढाउनु भनेर यहाँ ल्याएको हुँ।',  , पोखरियामा भर्ना पाउने विद्यार्थीका अभिभावकहरू त्यसलाई ठूलै उपलब्धी सरह व्याख्या गरिरहेका भेटिन्छन्। सामाजिक सन्जालमा आफ्ना सन्तानको फोटो राखेर ‘नाम निकाल्न सफल भएकोमा बधाइ’ भनिरहेका हुन्छन्। यसले विद्यालयलाई पनि खुसी बनाउने शिक्षकहरु बताउँछन्।,  , प्रधानाध्यापक भट्टराईले भने ‘विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास नै हाम्रो सफलताको मुख्य कारण हो। त्यो विश्वास आर्जन गर्न विद्यालयले गरेको मिहेनत, शिक्षण विधिमा ल्याइएको  परिवर्तन र नतिजामा त्यसले पारेको सकारात्मक प्रभाव नै मुख्य कारण हो।’,  , विराटनगरलाई पूर्व–पश्चिम राजमार्ग (विराटचोक) जोड्ने भित्री सडकलाई यहाँ मेनरोड भनिन्छ।  त्यही मेनरोड नजिकै पर्ने पोखरियामा छ यो स्कुल। करिब–करिब विराटनगरको मध्यभाग भन्न मिल्ने, मुश्किलले साढे ६ कट्ठा क्षेत्रफलमा फैलिएको विद्यालयसँग विद्यार्थीका लागि खेल्ने मैदानसमेत उपलब्ध छैन।, साँघुरो ठाउँमा तलामाथि तला थपेर बनाइएको तीन वटा ब्लकको विद्यालय भवनमा केही वर्षयता विद्यार्थी आँटी नआँटी हुने गरेका छन्।,  , विद्यालयले यसरी विद्यार्थी आकर्षित गर्न थालेको र ख्याति आर्जन गर्न थालेको धेरै भएको छैन। करिब एक दशकको समयमा यो विद्यालयले जे–जति गरेको छ त्यसैको प्रमाण हो अहिले लाग्ने विद्यार्थीको भीड।,  , २०६८ सालसम्म  यो विद्यालयमा चानचुन ५ सय विद्यार्थी मात्रै थिए।  २०६९ मा त  यो संख्या घटेर ४५० मा झर्यो।, ‘हरेक वर्ष विद्यार्थी घट्न थालेपछि विद्यालयभित्र चिन्ता जाहेर भयो,' प्रधानाध्यापक भट्टराईले सम्झिए ‘अब विद्यालयको शैक्षिक गुणस्तर नउकासेसम्म विद्यार्थी संख्या नबढ्ने पक्का छ भन्ने भयो। त्यसपछि हामीले उपाय खोज्न थाल्यौं।’,  , त्यसबेला विद्यालय परिवारले निकालेको पहिलो निष्कर्ष थियो ‘अहिले निजीमा विद्यार्थी आकर्षण हुनुको मुख्य कारण अंग्रेजी माध्यमको पढाई हो। दोस्रो, शिक्षकहरुको सक्रियता र विद्यालयमा विद्यार्थीको बलियो सुरक्षा प्रबन्ध हो।’,  , यस्तो ठहरमा पुगेपछि विद्यालयले २०७० मा पहिलोपटक बालकक्षा र कक्षा १ अनि कक्षा ८ र ९ गरी चार वटा कक्षालाई पूर्णतः अंग्रेजी माध्यम बनायो। विद्यार्थी संख्या थोरै बढ्यो। २०७१ मा कक्षा ६ देखि १० सम्मै अंग्रेजी माध्यम बनाइयो। नेपाली माध्यम पनि कायमै राख्दा अंग्रेजीतिरै विद्यार्थी आकर्षण बढ्यो। त्यसपछि क्रमश हरेक वर्ष एकएक वटा गर्दै अहिले १२ सम्मका सबै कक्षा अंग्रेजी माध्यममा रूपान्तरण भएका छन्।,  , २०७१ को एसएलसी परीक्षामा अंग्रेजी माध्यमका ४१ जना विद्यार्थी सहभागी भए। तीमध्ये १२ जनाले विशिष्ट श्रेणीमा उत्तिर्ण गरे। यस्तो नतिजा आएपछि त २०७२ देखि विद्यालयले थामिनसक्नु विद्यार्थीको भीड पाउन थाल्यो। , नयाँ भर्ना पाउनका लागि प्रवेश परीक्षामा सामेल हुँदै विद्यार्थी। राजु अधिकारी/ सेतोपाटी,  , शिक्षक महेश गौतमका अनुसार कक्षा समयको पूर्ण उपयोग, विद्यार्थीहरूको राम्रो निगरानी र मायालु शैक्षिक वातावरणले राम्रो नतिजा सम्भव भयो।,  , प्रधानाध्यापक भट्टराईका अनुसार सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार्न सुरूमै अत्याधुनिक कक्षाकोठा, सुविधासम्पन्न पूर्वाधार जरूरी पर्दैन।, ‘सबैभन्दा पहिले हेडमास्टरको सोच प्रष्ट र बलियो हुनुपर्नेरहेछ,' उनले भने ‘त्यसपछि व्यवस्थापन टिम, शिक्षकहरूको टिमलाई एकाकार बनाएर लैजान सक्ने हुनुपर्नेरहेछ। हामीले सामूहिक प्रयत्नकै बलमा विद्यालयको अवस्था सुधार्न सफल भयौं।’,  , यो विद्यालय झट्ट प्रवेश गर्दा त्यस्तो चमकधमक केही देखिन्न। तर, विभिन्न सम्पदाहरूका नाममा रहेका यहाँका कक्षाकोठा प्रविधिमैत्री छन्। आधारभूत तहका कक्षामा स्मार्ट टिभी, ठूला कक्षाहरूमा प्रोजेक्टरसहितका स्मार्ट बोर्डमार्फत पढाइ हुने विद्यालयले आधारभूत तहका विद्यार्थीका लागि अलग्गै भवन भाडामा लिएर कक्षा चलाएको छ।, जहाँ बालबालिकाका लागि खेल्ने सामग्रीहरूको प्रबन्ध छ। खुला ठाउँ पनि उपलब्ध छ। माथिल्लो कक्षाका विद्यार्थीहरूका लागि भने विराटनगरमै एउटा मैदान लिएर विद्यालयले पालो बाँधेर खेलकुदका गतिविधि गरिरहेको छ।,  , 'यहाँसम्मको अवस्थामा ल्याइपुर्‍याउन सबैभन्दा ठूलो सहयोग अभिभावकबाट भएको छ,' प्रधानाध्यापक भट्टराईले भने 'राम्रो शैक्षिक वातावरण दिन थालेपछि हामीले के सहयोग गर्नुपर्छ भन्दै अभिभावकहरू आउन थाल्नुभयो। अहिले सिंगो समुदाय विद्यालयप्रति सकारात्मक छ।’, दुई जना कर्मचारीसहित कूल ३९ जना दरबन्दीका शिक्षक रहेको यो विद्यालयमा अहिले ११० जना शिक्षक–कर्मचारी छन्। दरबन्दीबाहेकका सबैको खर्च अभिभावकले गर्ने सहयोग र तीन वटै तहका सरकारले गर्ने सहयोगबाट चलेको विद्यालयले जनाएको छ। , ‘स्कुलले इमान्दार भएर काम गरे बजेटको अभाव नहुने रहेछ,’ प्रधानाध्यापकको अनुभवले भन्छ ‘राम्रो गरे विद्यार्थी संख्या बढ्छ, विद्यार्थी धेरै भएपछि सरकारले बजेट नदिने भन्ने चिन्ता नै नहुने रहेछ।’, कानुन अनुसार विद्यार्थी पढाएको शुल्क सामुदायिक विद्यालयले लिन पाउँदैन। तर, कानुनले सामुदायिक विद्यालयलाई सहयोग गर्न सक्ने ढोका पनि खुलै राखेको छ। , त्यही कानुन अनुसार इच्छुक अभिभावकले विद्यालयलाई सहयोग गरेको विद्यालयको भनाइ छ।, 'सहयोग जति पनि लिन पाइन्नँ,' प्रधानाध्यापक भट्टराईले भने ‘त्यसैले मापदण्ड बनाएका छौं। सोही अनुसार इच्छुक अभिभावकले दिनुहुन्छ। नसक्नेहरूलाई अनिवार्य छैन।', उनका अनुसार कक्षा १ देखि ५ सम्मका अभिभावकका लागि स्वेच्छिक राखिएको सहयोग राशी ६ देखि कक्षा ८ सम्मका लागि वार्षिक  १४ हजार र ९/ १० का लागि वार्षिक १६ हजार राखिएको छ।, ‘यसले निजी स्रोतका शिक्षकहरुलाई पारिश्रमिक दिने प्रबन्ध गरेका छौं। आधारभूत कक्षाहरुलाई मन्टेश्वरी विधिमा ढालेका छौं।’, उनका अनुसार विद्यालयले जनक शिक्षाका पाठ्यपुस्तक सबै विद्यार्थीलाई उपलब्ध गराउँछ। तर, अंग्रेजी, नेपाली र सामाजिकबाहेक अरू सबै विषय निजीहरूकै जस्तो अन्य प्रकाशनका पढाउने गरिन्छ।, ‘सरकारले पढाउन अनुमति दिएका प्रकाशनमा पाठ्यपुस्तक हामी पढाउँछौं,' शिक्षक गौतमले भने। , उनका अनुसार अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालयले जोड दिँदा विद्यार्थी झनै रमाउने वातावरण बनेको छ।, यी सबै कारणले नै हो पोखरिया विराटनगरका लागि मात्रै होइन, सुनसरी, सप्तरी, सिराहा, संखुवासभा, भोजपुर, धनकुटा, झापासम्मका अभिभावकका लागि रोजाइमा पर्न थालेको छ।, नयाँ भर्ना पाउनका लागि प्रवेश परीक्षामा सामेल हुँदै विद्यार्थी। राजु अधिकारी/ सेतोपाटी,  , ‘यहाँ यीबाहेक जनकपुरसम्मका विद्यार्थी पनि आएका छन्,' प्रधानाध्यापक भट्टराईले भने ‘विद्यार्थीका लागि हामीले तीन वटा स्कुल बसको व्यवस्था गरेका छौं। त्यसबाहेक बिहान ८ देखि साँझ ६ बजेसम्मै विद्यालयलाई नानीहरू जिम्मा लगाउने अभिभावक पनि हुनुहुन्छ। हामीले राम्रो रेखदेख गर्ने वातावरण बनाएका छौं। नानीहरू भोकै नहुने ग्यारेन्टी गरेका छौं। अभिभावकले विद्यालयबाट खोज्ने मुख्य कुरा आफ्नो सन्तानको भौतिक र शैक्षिक सुरक्षा हो। त्यो यहाँ पाइने अवस्था छ। त्यसैले विद्यालयले विश्वास आर्जन गरेको हो।’,  , उनले भने जस्तै नयाँ शैक्षिक –सत्रका लागि भर्ना अभियान चलिरहँदा धेरै सामुदायिक विद्यालयलाई विद्यार्थी पाउन मुश्किल  परिरहेको छ। तर, पोखरियाले  भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षाको सहारा लिनुपरेको छ।,  , ‘सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मिहेनती शिक्षकहरूका कारण यो विद्यालयमा छोराछोरी पढाउन अभिभावक इच्छुक देखिएका हुन्,' सामुदायिक विद्यालय सुधार अभियानमा संलग्न अभियन्ता श्रीमन्त भट्टराईले भने ‘प्रवेश परीक्षा दिने सबैलाई विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिका आधारमा भर्ना लिन सम्भव नहुने हुँदा प्रवेश परीक्षा उत्तीर्ण नभएका विद्यार्थीको भर्नाका लागि मन्त्री, दलका नेता र जनप्रतिनिधिको दबाब थेगी नसक्नु हुन्छ। त्यसैले रिजल्ट टाँसेर एक सातासम्म शिक्षकहरू मोबाइल स्विच अफ गरेर बस्न बाध्य हुन्छन्। बलियो प्रतिबद्धताका शिक्षकहरु र समुदायको साथले सुध्रिएको यो एउटा उदाहरणीय स्कुल बनेको छ।’,  , निजी स्कुल छोडेर पोखरिया मावि जान विद्यार्थीको लर्को
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। , दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। , राती पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।, पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन सुरक्षा अपनाउन महाशाखाले अनुरोध गरेको छ। , यस्तो रहनेछ आजको मौसम
रासस पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।, रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्। , घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन्।, उनको घरमा हाल मौरीगोलासहित चालिस घार छन्। आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन्। आजभन्दा साढे दुई दशकअघि देखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहेका छन्।, ‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’, उनले भने।, गोलासहितको मौरीघार नौ हजार, खालीघार पाँच हजारमा बिक्री भइरहेको छ। यहाँ उत्पादन भएको मह प्रतिकिलो एक हजार एक सयमा बिक्री हुने गरेको छ। एक वर्षमा करिब एक सय मौरीघार बिक्री भइरहेको छ। एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ।, वार्षिक करिब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउँछन्। एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ। आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ। मौरीघार (खालीघार), गोलासहित र मह बिक्री गरेर उनले एक वर्षमा ६ लाखसम्म आम्दानी गर्दै आएका छन्।, उनी भन्छन्, ‘लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झै आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ।’, उनले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन्। घरमा परम्परागत (मुढेघार) १५÷२० घारमा बाउबाजेले मौरीपालन गरेको देखेपछि उनी भने व्यावसायिक रुपमै मौरी पालनमा लागेका हुन्।, उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा सुरु गरे।, स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रुपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउँछन्। , ‘महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रुपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ’, उनले भने।, उनका अनुसार मङ्सिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ। स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अष्ट्रेलिया, जापानमा कोसेलीको रुपमा पुगेको छ।, रामपुर ६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका  छन्। मौरी उनका लागि बुढेसकालको साहारा जस्तै बनेको छ। उनका घरमा हाल १६ आधुनिक मौरीका घार छन्। उनले २०६६ देखि नियमित रुपमा मौरीपालन व्यावसाय गरिरहेका छन्। पाठकले घार बढाउँदै गएका छन्।, ‘मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ’,उनले भने।, कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउँछिन्।, मौरी प्रवद्र्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यसवर्ष कृषकको क्षमता वृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताइन्।, उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ।, ‘स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ’, उनले भनिन्, ‘व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ। ‘, मौरीपालनमा मोह
नवीनबाबु गुरूङ नयाँ वर्षको पहिलो दिन ओशो तपोवनले काठमाडौंको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरेको छ।, शुक्रबार बिहान ९ बजेदेखि सुरू भएको महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्यूजिक, हाँस्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत प्रस्तुति रहेको थियो। विभिन्न प्रस्तुति रातको ९ बजे सम्म चल्नेछ। , उप-राष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्य महोत्सवमा उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उप-प्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का लगायत विभिन्न दलका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मनोज गजुरेल, जितु नेपाल लगाएतको समेत प्रस्तुति रहेको थियो।, यस्तै, विभिन्न गायक गायिकाहरूले आफ्नो प्रस्तुति राखेका थिए।  ,  , टुँडिखेलमा ओशो महोत्सव (तस्बिरहरू)
रासस बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ। , शुक्रबार बिहान विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ।  , प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामबहादुर घर्ती मगरले श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला पारेको जानकारी दिए। , पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको डिएसपी मगरले जानकारी दिए। , नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित युवक पक्राउ
रासस तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ। , आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।, आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए। , आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ। , घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए। , ताप्लेजुङमा भीरबाट झरेको ढुङ्गाले लागेर एकको निधन
रासस सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। , शुक्रबार तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।, सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।, यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। केही महिना सङ्क्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।गत महिना मात्रै यहाँ दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।   , भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा पनि देखिएको छ।  , यहाँका  भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।, सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार चार सय ७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ८७ जनामा सङ्क्रमण देखिएको छ।  , सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ। , सुदूरपश्चिममा थप १९ जनामा कोरोना सङ्क्रमण
सेतोपाटी संवाददाता माओवादी नेता वर्षमान पुनकी आमा बस्ने घरमा गोली चलेको छ। , पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुन मगर बस्दै आएकी बालुवाटारस्थित घरमा गएराती करिब १० बजे गोली चलेको हो। , प्रहरीका अनुसार भीआइपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुनले गोली चलाएका हुन्। , पुन कायमुकाय प्रधानन्यायाधीशको सुरक्षामा खटिँदै आएका प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए।, गोली लागेर वर्षमानकी आमा तीर्थमाली घाइते भएकी छन्। खुट्टामा गोली लागेको उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।, तीर्थमाली नातामा प्रकाशकी हजुरआमा हुन्। एसएसपी जिसीका अनुसार बालुवाटारस्थित उक्त घरमा प्रकाशको आउजाउ भइरहन्थ्यो। हिजो बेलुका पनि उनी त्यहाँ गएका थिए। , उनले बोकेको हतियार मिस्ह्यान्डलिङ भएर पड्केको एसएसपी जिसीले बताए। ‘कसरी मिसह्यान्डल भयो, अनुसन्धान गर्दैछौं,’ एसएसपी जिसीले भने। , घटनापछि प्रकाश पुनलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा राखिएको छ। ,  , वर्षमान पुनकी आमा बस्ने घरमा कसले चलायो गोली?
निशा भण्डारी भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले सिन्दुर जात्रा मनाएका छन्।, मध्यपुर ठिमीका बासिन्दाले शनिबार बिहान खटसहितको सिन्दुरजात्रा मनाएका हुन्। नयाँ वर्षको भोलिपल्ट मध्यपुर ठिमीमा सिन्दुरजात्रा मनाउने गरिन्छ।, चलन अनुसार मध्यपुर ठिमीबासीहरूले एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाए।, जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए। एक आपसमा छ्यापिएको सिन्दुरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो।, सिन्दुर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो।, हेर्नुहोस् तस्बिरमा यस्तो देखियो सिन्दुर जात्रा:, यस्तो देखियो सिन्दुर जात्रा (तस्बिरहरू)
सेतोपाटी संवाददाता रौतहटमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका छन्। , बुधबार दिउँसो गरूडा नगरपालिकामा आन्दोलन गर्न आएका स्थानीय र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकर अर्यालले जानकारी दिए। यस्तै एक जना प्रदर्शनकारी पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा गजेन्द्र प्रसाद यादव छन्। उनलाई गोली लागेको हो कि होइन भन्ने यकिन हुन बाँकी छ।, प्रहरीले यस घटनामा चार जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयर उम्मेदवार बनेका गरूडा-७ का दिपक यादव, अभिनाश यादव, दिलिप यादव र अनिल जैसवाल छन्।, सार्वजनिक सुनुवाइको विरोध गर्दै  मेयर उम्मेदवार बनेका यादव नगरपालिका परिसरमा पुगेका थिए। चैत ३० गते सार्वजनिक सुनुवाइ गर्ने भनिएको थियो।, ‘उहाँहरूले प्रदर्शन शान्तिपूर्ण नै हुन्छ भन्नुभएको थियो। तर ढुंगामुढा गर्न थाल्नुभयो,’ उनले भने,‘चार प्रहरी र एक प्रदर्शनकारी घाइते छन्।’, प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउन्ड टियर ग्यास र १२ राउन्ड हवाई फायर समेत गरेको छ।, रौतहटमा झडप हुँदा ४ प्रहरी र एक प्रदर्शनकारी घाइते, १२ राउन्ड हवाई फायर
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आफ्ना १४ माग पूरा नगरेसम्म फोहोर नउठाउने भएको छ।, सरकारले वार्तामा बोलाएर माग पूरा नगरेसम्म भिआइपी एरियाको फोहोर नउठाउने भएको हो। , महानगरका मेयर बालेन शाहलाई उदृत गर्दै महानगर-१ का वडाध्यक्ष हिरालाल तण्डुकारले भने, ‘वार्ता गर्न बोलाएर जबसम्म १४ वटै माग पूरा हुँदैन तबसम्म फोहोर सिंहदरबारबाट फोहोर उठ्ने छैन।’, सोमबार बालेनले फेसबुकमा स्ट्याटस राख्दै ९ महिना कोसिस गर्दा पनि संघीय सरकार र स्थानीय सरकार (काठमाडौं महानगर) बीच समन्वय हुन नसकेको लेखेका थिए।, संघीय सरकारले समन्वय नगर्दा अघि नबढेका १४ माग मेयर शाहले सार्वजनिक समेत गरेका थिए। , १. गृह मन्त्रालय:, अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी- ३ मन्त्रीसँग पटक-पटक पहल, सहमति भएर माइन्यूटसमेत भइसकेको तर कार्यान्वयन नभएको।, २. परराष्ट्र मन्त्रालय:, विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार, ३. शिक्षा मन्त्रालय:, सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा- दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको।, ४. स्वास्थ्य मन्त्रालय:, सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन- दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।, ५. पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय:, एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल- दुई मन्त्रीलाई पटक-पटक पहल गरिएको।, ६. अर्थ मन्त्रालय:, ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम- २ मन्त्रीसँग पटक-पटक पहल।, ७. सहरी विकास मन्त्रालय:, खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौंमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा- ४ मन्त्रीसँग पटक-पटक पहल।, ८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय:, रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन- दुई मन्त्रीहरूसँग पटक पटक पहल।, ९. सूचना तथा सञ्चार मन्त्रालय:, आइएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस्- २ मन्त्रीसँग पहल।, १०. ऊर्जा मन्त्रालय:, सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग- २ मन्त्रीसँग पहल, ११. खानेपानी मन्त्रालय:, मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयुकेएलको उचित व्यवस्थापन पहल- २ मन्त्रीसँग पटक पटक पहल।, १२. भूमि सुधार मन्त्रालय:, सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण - मन्त्रीसँग पटक पटक पहल, १३. सङ्घीय मामिला:, तीनकुने विवाद पहल, कर्मचारी सरुवा- दुई मन्त्रीसँग पटक पटक पहल, १४. कृषि मन्त्रालय:, मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण- मन्त्रीसँग पटक पटक पहल।, यी पनि:, सिंहदरबारको फोहोर नउठाउन बालेन शाहले उठाएका १४ विषयको शल्यक्रिया, १४ वटा उदाहरण दिएर मेयर बालेनले भने- ९ महिना कोसिस गरेँ, संघीय सरकारले समन्वय गर्न चाहेन,  , आफ्ना १४ माग सम्बोधन नभएसम्म काठमाडौं महानगरले फोहोर नउठाउने
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका मातहतमा रहेका सबै शाखा र वडाहरूमा तिर्नुपर्ने सम्पूर्ण कर अबदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ।, बुधबारदेखि महानगर मातहतका सबै शाखा र वडाहरूमा तिर्नुपर्ने सम्पूर्ण कर अनलाइनबाटै तिर्न मिल्ने भएको महानगरपालिकाले जानएको छ। , अनलाइनबाटै सम्पूर्ण कर अनलाइनबाटै तिर्दा महानगरमा भिडभाड र झन्झट कम हुने महानगरको दाबी छ। , महानगरपालिकाले ,kathmandu.gov.np, वा ,eservice.kathmandu.gov.np, मार्फत् कर तर्न सक्ने जनाएको छ।, उक्त वेबसाइट खोलेपछि अनलाइन कर भुक्तानीमा क्लिक गरी प्रयोगकर्ता बक्समा ट्याक्स पेयर आइडी खोलेर भुक्तानी गर्न सक्ने बताएको छ। , अहिलेसम्म पनि ट्याक्स पेयर आइडी प्राप्त नगरेका र आइडी बिर्सिएका करदाताहरूले आवश्यक कागजात तथा विवरणसहित सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि महानगरले अनुरोध गरेको छ। , काठमाडौं महानगरमा अबदेखि अनलाइनबाटै कर तिर्न सकिने
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। , पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , योसँगै मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।, यस्तै, १२१ जना संक्रमित पनि थपिएका छन्। योसँगै अहिले देशभर ४४५ जना सक्रिय संक्रमित छन्। २३७७ नमूना परीक्षण गर्दा १२१ मा संक्रमण देखिएको हो।,  , थपिए १२१ कोरोना संक्रमित, एकको मृत्यु
सेतोपाटी संवाददाता सिराहा प्रादेशिक अस्पतालमा रहेको जेनेरेटरमा आगलागी भएको छ। , बुधबार दिउँसो सवा २ बजे अस्पतालमा रहेको जेनेरेटरमा आगलागी भएको हो। आगलागी नियन्त्रणमा आइसकेको छ।, आगलागी भएपछि डायलासिस गराउन ल्याएका बिरामीलाई अस्‍पताल बाहिर निकालिएको थियो। बाहिर निकालेको केहीबेरमै एक जना बिरामीको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए। , ‘उपचारको लागि ल्याइएको थियो। धुँवा-धुँवा भएपछि बिरामी बाहिर निकालिएको थियो। केहीबेरमा एक जनाको मृत्यु भएको छ,’ उनले भने।, मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका-२का ६० वर्षीय प्रदिपकुमार दास छन्।, उनको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ। , सिराहा प्रादेशिक अस्पतालमा आगलागी, बिरामीलाई बाहिर निकाल्दा एकको मृत्यु
सेतोपाटी संवाददाता नेपाल प्रहरीले १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। , प्रहरी प्रधान कार्यालयले बुधबार १३ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो। , बढुवामा पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल, तेस्रोमा विष्णुकुमार केसी र चौथोमा भरतबहादुर बोहरालाई बढुवा गर्न सिफारिस गरेको हो।, यस्तै, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुँबेर खापुङ, जनक भट्टराई लगायतको पनि बढुवा सिफारिस भएको हो। , १३ एसएसपी डिआइजीमा बढुवा सिफारिस (सूचीसहित)
सेतोपाटी संवाददाता काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज केहीबेरमै फर्किएको छ। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक तर्फको काठमाडौंबाट सिमराका लागि उडेको बुद्ध एयरको जहाज फर्किएको यात्रु सुरजकुमार दाहालले जानकारी दिए।  , एटिआर यु ४५५७को जहाज सवा ५ बजे काठमाडौंबाट उडेको थियो। तर समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको दाहालले बताए।, त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी लालमणि आचार्यका अनुसार बत्तीमा समस्या आएपछि फर्किएको थियो। तर अहिले समस्याको समाधान भइसकेको उनले बताए। , ‘बत्तीको समस्या भएपछि फर्किएको थियो। अहिले समाधान भएर उड्न तयार छ,’ उनले भने।, काठमाडौं फर्कियो सिमरा उडेको बुद्ध एयरको जहाज
नारायण खड्का रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ का १० वर्षीया रिना बुढा र ८ वर्षीया कालीमाया बुढाको हत्यापछि आरोपित दुई किशोरी त्रासले आफैं घर छोडेर हिँडेको तथ्य खुलेको छ। , प्रहरीका अनुसार हत्यामा संलग्न किशोरीहरू १५ वर्षभन्दा कम उमेरका छन्।, बुढा दिदीबहिनीको हत्या उनीहरूले कान र नाकमा लगाएका झन्डै एक तोलाभन्दा धेरै सुन खोस्ने लालचमा भएको तथ्य हालसम्मको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।, चैत २२ गते झन्डै साढे २ बजेदेखि ३ बजेको बीचमा सिस्नो र निगुरोका साग अनि खरायोका लागि घाँस काटिरहेका रिना र कालीमायाको हत्या भएको प्रहरी अधिकारीले बताएका छन्। , हत्यापछि आरोपित दुई किशोरीले शव खेतबारीकै खोल्सामा लुकाएका थिए। बेलुकी झिसमिसे अँध्यारो भएपछि डोकोमा शव लगेर एक किलोमिटर टाढोको भिरबाट फालिदिएको पनि खुलेको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।, प्रहरीका अनुसार चैत २३ गते बिहान मात्रै बुढा दिदीबहिनीको शव भिरमा फेला परेको थियो। उनीहरूको निधार र टाउकोमा दाउराले आक्रमण गरेको घाउ हुनुका साथै घाँटीमा पनि निलडाम देखिएको छ। पहिले उनीहरूमाथि आक्रमण गरी बेहोस बनाई घाँटी थिचेर हत्या गरिएको थियो।, शवको नाक र कानमा सुनका गहना थिएनन्। त्यसबाट उनीहरूको हत्या गहना लुट्न भएको निष्कर्षमा प्रहरी पुगेको हो।, बुढा दिदीबहिनीको शव भिरबाट फालेदेखि नै आरोपित दुई किशोरी आ–आफ्नो घर छाडेर गाउँघरमा भौंतारिएका थिए।, 'अभियुक्तहरू आफ्नो घरमा नबसेर गाउँमै कहिले कसको घरमा, कहिले कसको घरमा जाने आउने गरिरहेको तथ्य खुल्यो,' घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, 'शंका लागेर उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो। उनीहरूले केही बेरमै हत्यामा आफूहरूको संलग्नता रहेको स्वीकार गरे।', दुवै किशोरी भएकाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।, 'दुई बालिकाको हत्या कसले किन गरेको होला भन्नेमा अन्यौल नै थियो,' ती प्रहरी अधिकारीले भने, 'गाउँकै तथा चिनजानकै दुई बालिकाले उनीहरूको हत्या गरे होलान् भन्ने कसैले कल्पना गर्ने कुरै थिएन।', घटनापछि अभियुक्तहरू आफैं त्रास वा आत्तिएर घरमा नबस्नुले उनीहरूले केही देखे कि भनेर सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याइएको थियो। सोधपुछ क्रममा कल्पनै नगरेको कुरा उनीहरूबाट सुन्न पाइएको ती प्रहरीले बताए। , 'उनीहरूलाई पक्राउ गर्दा धेरैले अचम्म मानेका थिए। अरू नै कसैले हत्या गरेको र उनीहरूले देखेको हुन सक्नेसम्मको आशंका थियो,' उनले भने, 'तर आजसम्मको अनुसन्धान घटनामा पक्राउ परेका दुई किशोरीबाहेक अरू कसैको संलग्नता खुल्न सकेको छैन।' , रिना र कालीमायाको हत्यापछि उनीहरूले गहना लगे पनि घरमा नलगी बाहिरै लुकाएको तथ्य खुलेको प्रहरीले बताएको छ।, 'उनीहरू पक्राउ परेपछि सुन लुकाएको ठाउँको कुरा भनेका थिए। उनीहरूले नै लुकाएको सुन देखाएपछि फेला परेको हो,' उनले भने।, प्रहरीले रिना र कालीमायाको हत्या भएको २४ घन्टाभित्रै आरोपित दुई किशोरीलाई नियन्त्रणमा लिएको थियो। त्यसको अर्को दिन जिल्ला अदालतले घटना अनुसन्धानका लागि पाँच दिनको म्याद थपेको थियो।, यो पनि पढ्नुहोस्- ,‘छोरीहरू बुवा भन्दै दौडिएर आउँछन् कि जस्तो लागिरहन्छ’, यसरी पक्राउ परेका थिए रिना र कालीमायाको हत्याका आरोपित दुई किशोरी
रासस अवैध रूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २७ हजार एक सय २९ अमेरिकी डलरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा दुई जना बंगालादेशी नागरिक ३७ वर्षीय एमडी मोफिजुल इस्लाम र ४७ वर्षीय देवा सहिसकुमार साह र अर्का भारतीय नागरिक ४३ वर्षीय सन्दीपकुमार रहेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बंगलादेशको उडानद्वारा ढाकातर्फ जान लागेका बंगलादेशी नागरिकको ह्यान्ड-ब्यागेज जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ।, यसैगरी फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै अमेरिका जान लागेका भारतीय नागरिक सन्दीप कुमारलाई सात हजार एक सय २९ अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो।, उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।, २७ हजार अमेरिकी डलरसहित तीन जना पक्राउ
सेतोपाटी संवाददाता नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ गोरखा–जितगढी पदयात्रा सुरू गरेको छ।, मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।, पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले बुधबार गोरखामा पदयात्रा शुभारम्भ गरेका थिए। पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा गण तथा गुल्मका झण्डा समेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।, सेनाका सबैभन्दा पहिलो खडा भएका गण तथा गुल्ममा श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गण हुन्। पदयात्रामा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी छन्।, पदयात्रामा गोरखाबाट सहभागी फौजले तनहुँमा तैनाथ फौजलाई सतीघाटमा, तनहुँमा तैनाथ फौजले पाल्पामा तैनाथ फौजलाई केलादीघाटमा र पाल्पामा तैनाथ फौजले रुपन्देहीमा तैनाथ फौजलाई नुवाकोटगढीमा झण्डा हस्तान्तरण गर्नेछ।, पदयात्रा गोरखा दरबारदेखि रुपन्देहीको जितगढीसम्म करिब २०७ किमिको दुरीमा आयोजना हुने सेनाले जनाएको छ।, गोरखा नगरपालिका-६ स्थित गोरखा दरबारबाट सुरु भएको पदयात्रा बुटवलस्थित जितगढी पुगेर वैशाख ७ गते समापन हुनेछ।, सोही दिन सेनाद्वारा मर्मत भइरहेको जितगढीको प्रतिमा बुटवल उप-महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ।, तस्बिरहरू:, गोरखा-जितगढी पदयात्रामा सेना (तस्बिरहरू)
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा एकै दिनमा दुई मृत केटाकेटी (गैंडाका बच्चा) भेटिएका छन्। , निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार अमलटारी सेक्टर र बगई माडी सेक्टरमा गैंडाका बच्चाहरू मृत भेटिएका हुन्।, सोमबार दिउँसो अमलटारी सेक्टरको मर्दी घोलस्थित कोर क्षेत्रमा अन्दाजी ७ महिनाको गैंडाको पोथी बच्चा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।, खाग नपलाएको बच्चाको भाले गैंडाको आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको छ। , सोही दिन बगई माडी सेक्टरमा पर्ने रिउ खोलाको दक्षिण किनारस्थित मध्यवर्ती क्षेत्रको काँसघारीमा गैंडाको भाले बच्चा(केटो) मृत भेटिएको थियो।, स्थानीयको सूचना प्राप्त भएपश्चात् सेक्टरको टोली घटनास्थलमा पुग्दा बच्चा मृत अवस्थामा भेटिएको तिवारीले बताए।, अन्दाजी ६ महिनाको केटोको बाघको आक्रमणबाट मृत्यु भएको हो।, योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७९/०८० मा मृत्यु हुने गैंडाको संख्या १६ पुगेको छ।, चितवन निकुञ्जमा एकैदिन भेटिए दुई मृत गैंडाका 'केटाकेटी'
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , महाकाली नदीमा नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई आर्थिक लाभ हुने गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले ९ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , आर्थिक वर्ष २०७८/०७९ मा ढुंगा, गिट्टी, बालुवा, ग्राभेलको लागि बोलपत्र आह्वान गर्दा भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गरेको थियो। उक्त सम्झौता गर्दा ५ करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ बराबरको राजस्व रकम हानी/नोक्सानी गरेको अख्तियारको ठहर छ।, अख्तियारले प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट र लेखापाल (सहायक पाँचौं) दीपेन्द्र चौधरीविरूद्ध भ्रष्‍टाचार मुद्दा दायर गरेको हो। , अख्तियारले उनीहरूलाई दोब्बर जरिवाना, बिगो र कैद सजाय माग गरेको छ। , यस्तै, भवानी कन्स्ट्रक्सन प्रा.लि.को सञ्चालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्टविरूद्ध मुद्दा दायर गरेको हो। , ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेको हुँदा उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो रकम भराउन मागदाबी गरेको छ।,  , ढुंगा-गिट्टी उत्खननमा ५ करोड बढीको भ्रष्टाचार, भीमदत्तका प्रशासकीय अधिकृतसहित ९ जनाविरूद्ध मुद्दा
सेतोपाटी संवाददाता गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी काठमाडौं ल्याइएको छ।, पहाडबाट खसेको ढुंगा शरीरमा लागेपछि गुरूङ घाइते भएका छन्।, मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुंगा लागेको थियो।, उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।, गोरखा १ का सांसद राजेन्द्र बजगाईले ढुंगा लागेर घाइते गुरूङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी उद्धार गरिएको बताए।, उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गुरूङ पर्यटक पथपर्दशकसमेत हुन्।, ढुंगा लागेर घाइते गणेशलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं
रासस युरोपेली सङ्घले कोरोना भाइरसविरूद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ। , बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गरे।, संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप हस्तान्तरण भएको हो।, अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा, ग्रिसबाट तीन लाख ४८ हजार चार सय ८० मात्रा र इटालीबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा खोप राजदूत डेप्रेजले स्वास्थ्य सचिव डा पोखरेललाई हिस्तान्तरण गरेका हुन्। , स्वास्थ्य सचिव डा पोखरेलले सङ्क्रमण बढिरहेकाले बेला उपलब्ध भएको खोपले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने बताए।, राजदूत डिप्रेजले खोपले नेपालको कोरोना भाइरस महामारी रोक्न सहयोग पुग्ने  बताए।, उक्त कार्यक्रममा खोप उपलब्ध गराउने देशका महावाणिज्य दूतावासका प्रतिनिधिलगायत युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। , युरोपेली संघले नेपाललाई दियो १५ लाख मात्रा कोरोनाविरूद्धको खोप
रासस अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं‌ महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई प्रहरीले पक्राउ गरेको हो।, राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी करोडौँ रकम लिएर सम्पर्कविहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि प्रहरीले उनलाई बूढानीलकण्ठ कपनबाट पक्राउ गरेको जनाएको छ।, पक्राउ परेका राणालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।, अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
रासस उदयपुरको सदरमुकाम गाईघाट आसपासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन्।, त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ।, मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन्।, त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको भुसुनेको कर्णबहादुर रायले बताउनुभयो । गाउँलेले मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्।, डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाएको बताउनुभयो ।, डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छन्। एक महिनाअघि पनि यसरी नै विभिन्न सामुदायिक वनमा डढेलो लागेको थियो । वर्षा भएपछि डढेलो नियन्त्रणमा आएको थियो।, डढेलो फैलिन थालेपछि  गाइघाट  आसपासका बस्ती जोखिममा
सबिना श्रेष्ठ सबभन्दा पहिला नामबाटै सुरू गरौं।, आठ रात, नौ दिन चल्ने भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सवलाई बिस्का: जात्रा भन्ने कि बिस्केट जात्रा? यसलाई बिस्केट भन्नु र बिस्काः भन्नुमा के अन्तर छ?, बिस्काः नेवारी शब्द हो। 'बि सि खात' बाट 'बिस्यात' र 'बिसिख्याट' हुँदै बिस्काः भएको हो। भक्तपुरका बासिन्दा अहिले पनि यो जात्रालाई 'बि सिकाया' वा 'बिसिका' नै भन्छन्।, नेवारी भाषामा 'बि' को अर्थ सर्प र 'सिका' भनेको मरेपछि हो। त्यसैले यो जात्रालाई सर्प मारेको अवसरमा मनाइने उत्सवका रूपमा लिइन्छ।, त्यस्तै, 'बिस्यात' भनेको लामो काठको यःसिं र 'बिसिख्याट' भनेको सर्प भएको यःसिं भन्ने बुझिन्छ। बिस्काः जात्राको मुख्य आकर्षण रथ तान्ने उत्सव भए पनि नयाँ वर्षको अन्तिम दिन राति योसिंख्यमा यःसिं उठाउनु र नयाँ वर्षको दिन यःसिं ढाल्नु यो जात्राको मुख्य परम्परा हो। यःसिं उठाउनुअघि टुप्पोमा दुइटा सर्पको प्रतीकस्वरूप दुइटा ध्वजा बाँधिन्छ र अष्टमातृकाका प्रतीक आठवटा डोरीले य:सिं तानिन्छ।, यो जात्रामा सर्प कसरी जोडिन पुग्यो भन्नेबारे दुईवटा कथा म तपाईंहरूलाई भन्छु है!, पहिलो कथा, लिच्छवि राजा शिवदेव द्वितीयको समयमा पूर्वतिरका किराँतहरूबाट नेपाल मण्डलमाथि हमला भयो।, राजा शिवदेव बज्रयोगिनी (खड्योगिनी) को शरणमा गए। बज्रयोगिनीले राज्यका शेखर अचाजु (कर्माचार्य) सँग सल्लाह लिनू भनेर राजालाई भनिन्।, बज्रयोगिनीको आज्ञाअनुसार राजा शिवदेव शेखर अचाजुकहाँ सल्लाह लिन गए।, राजाको कुरा सुनेपछि अचाजुले समस्या समाधान गर्ने बाचा गरे।, यसैअनुसार अचाजुले बाघको रूप धारण गरे र हजारवटा बाघ तयार पारेर राति नै किराँतहरूमाथि धावा बोले। बाघको आक्रमणले किराँत फौजमा हल्लीखल्ली मच्चियो। काठमाडौं उपत्यका हान्न आएका किराँतहरू फेरि पूर्वतिरै फर्किए।, युद्ध जितेपछि शिवदेवले बाघ बनेका अचाजुलाई अक्षता छर्कंदै मन्त्र फुकेर पूर्वस्वरूपमा फर्काए र सिन्दुरेजात्रा गर्दै बिदावारी गरे।, अचाजुको यस्तो चमत्कारी खुबीबारे उनकी श्रीमती नररूपा बेखबर थिइन्।, आफ्ना श्रीमान जुनसुकै जनावरको रूप धारण गर्न सक्छन् भन्ने थाहा पाएपछि उनले भनिन्, 'तपाई अजिंगर पनि बन्न सक्नुहुन्छ? मलाई अजिंगर हेर्ने खुब इच्छा छ।', सुरूमा त अचाजु अनकनाए। नररूपाले निकै कर गरेपछि उनी अजिंगर बन्न तयार भए।, उनले एक मुठी चामल हातमा लिए र त्यसमा मन्त्र फुकेर नररूपालाई दिँदै भने, 'म तिम्रो खुसीको लागि अजिंगर त के, जे पनि बन्न तयार छु।', उनले अगाडि भने, 'मलाई अजिंगरबाट अहिलेकै स्वरूपमा फर्काउन तिमी यो चामलको अक्षता छर्किएर मन्त्र फुक्न चाहिँ नबिर्सनू है!', यति भनेर उनले अक्षता नररूपाको हातमा राखिदिए र उनलाई मन्त्र पनि सिकाइदिए, अनि आफू श्रीमतीको मन राख्न अजिंगरको रूप धारण गरे।, जसै उनी अजिंगर बने, नररूपा डरले थुरथुर भइन्। जिउबाट पसिना छुटे, हातगोडा लगलग कामे। दाँत किटकिट बज्न थाले।, त्यसपछि उनलाई आफ्ना श्रीमानले भनेको कुरा होसै भएन।, अचाजुलाई वास्तविक स्वरूपमा फर्काउन उनले चामलको अक्षता छर्केर मन्त्र फुक्नुपर्ने थियो। तर उनी अक्षता भएको मुठ्ठी कसेर त्यहाँबाट कुलेलाम ठोकिन्।, नररूपा भागेको देखेपछि अजिंगर बनेका अचाजु सम्झाइबुझाइ गर्न उनको पछि पछि लागे।, उनी जति पछ्याउँथे, नररूपा उति डराउँथिन्। उनलाई अजिंगर आफूमाथि नै हमला गर्न आएको हो कि भन्ने लाग्थ्यो।, डराएर भाग्दै गर्दा एकठाउँ नररूपाको पटुकी फुस्कियो। उनले पटुकी कस्न हातमा रहेको अक्षता क्वाप्प मुखमा हालिन्।, नररूपाले जसै अक्षता मुखमा हालिन्, उनी आफू पनि अजिंगर बनिन्।, यसरी श्रीमान-श्रीमती दुवै अजिंगर भएपछि अब उनीहरूलाई वास्तविक स्वरूपमा फर्काउने कसले?, अजिंगर बनेका अचाजु चिन्तित भए।, उनले झल्याँस्स सम्झिए- यसअघि बाघको रूप धारण गरेर किराँत फौजमाथि हमला गर्दा उनले आफूलाई वास्तविक स्वरूपमा फर्काउने मन्त्र राजा शिवदेवलाई सिकाइदिएका थिए। राजा शिवदेवले त्यही मन्त्र फुकेर अक्षता छर्केपछि उनी बाघबाट मान्छे बनेका थिए।, यो कुरा दिमागमा आएपछि अजिंगररूपी अचाजु दम्पती राजदरबार गए।, तर राजा शिवदेवले उनीहरूलाई चिनेनन्। आफ्नो राजसभा बैठकमा आएका दुइटा अजिंगरलाई उनले 'कसैलाई हानि-नोक्सानी नगर्नू' भनेर फिर्ता पठाइदिए।, त्यसपछि त अचाजुसँग मानव स्वरूपमा फर्किने कुनै उपाय बाँकी रहेन।, निराश हुँदै उनी आफ्नी पत्नीसहित भक्तपुरको योसिंख्यमा गए र भद्रकाली पिठनेरको प्वालमा धसिएर आत्महत्या गरे।, अचाजु दम्पतीको आत्महत्यापछि भक्तपुर राज्यमा अनिकाल परेर हाहाकार मच्चियो। राजा शिवदेवले अनिकालको कारण के हो भनेर राज्यका गुरूपुरोहितसँग सरसल्लाह गरे। अजिंगर दम्पतीको आत्महत्याकै कारण राज्य संकटमा परेको भन्नेमा सबैको एकमत रह्यो।, त्यसपछि राजा शिवदेव योसिंख्य गए, जहाँ अचाजुले आत्महत्या गरेका थिए।, त्यहाँ उनले दुइटा अजिंगर घिस्रिएको चिह्न देखे। त्यो चिह्न पछ्याउँदै जाँदा उनले योसिंख्यको भद्रकाली पिठनेर अजिंगर दम्पतीको लास देखे। उनले दुइटै लासलाई घोरिएर हेरे।, अघिल्लो राजसभा बैठकमा अजिंगररूपी अचाजुलाई नचिनेका राजा शिवदेवले त्यतिखेर भने उनलाई फ्याट्टै चिनिहाले। त्यसपछि उनलाई आफूबाट भएको गल्तीमा निकै पछुतो भयो।, तर पछुताएर के गर्नू! तीर धनुषबाट छुटिसकेको थियो!, राजा शिवदेव निराश हुँदै दरबार फर्के र आफ्नो राज्यलाई किराँतहरूको आक्रमणबाट बचाउने शेखर अचाजुको पराक्रम अनन्तकालसम्म सम्झनामा रहिरहोस् भनेर वर्षको अन्तिम दिन अजिंगरका दुवै लास लामो काठको यःसिंमा झुन्ड्याएर 'बिस्यात' भन्ने जात्रा चलाए।, किम्बदन्ती त्यसै बन्दैन। त्यसभित्र इतिहासको कुनै घटनाक्रम लुकेको हुन्छ। बिस्का: जात्रासँग जोडिएको यो किम्बदन्तीमा लुकेको ऐतिहासिक घटना खोज्ने हो भने लिच्छवि र किराँतहरूबीच भएको युद्धको झलक पाइन्छ।, इतिहासअनुसार भारतको वैशालीबाट आएका लिच्छवि राजाहरूले किराँतहरूलाई हराएर नेपाल मण्डलमा शासन गरेका थिए। किराँतहरूमाथिको विजय उत्सव मनाउने क्रममा भक्तपुरमा बिस्का: जात्रा मनाउन थालिएको हुनसक्छ।, त्यसो हो भने बिस्का: जात्रालाई एउटा राजवंशमाथि अर्को राजवंशले विजय हासिल गरेको राजनीतिक उत्सव मान्न सकिन्छ।, दोस्रो कथा, परापूर्वकालमा एक प्रतापी राजा थिए। उनलाई आफ्नी छोरीको विवाह हुन नसकेकोमा खुब चिन्ता थियो।, राजाले छोरीको विवाह गराउने प्रयत्न नगरेका होइनन्। छिमेकका एक-से-एक समृद्ध राज्यबाट एक-से-एक पराक्रमी राजकुमार विवाह गर्न आएका थिए। तर जसले पनि राजकुमारीसँग विवाह गरेर एक रात बिताए, अर्को दिन ऊ जीवित रहेन। भोलिपल्ट बिहान कोठामा उनको लास फेला पर्‍यो।, त्यही भएर राजाले आफ्नी छोरीसँग एक रात बिताएर जिउँदै बाहिर आउने व्यक्तिलाई ज्वाइँ बनाउने र अथाह धनसम्पत्ति र राज्यसमेत दिने घोषणा गरे।, एकदिन एक प्रतापी राजकुमार जंगलको बाटो हिँड्दै थिए। खोला किनार पुगेपछि एक बूढी आमैसँग उनको जम्काभेट भयो।, कुरैकुरामा बूढी आमैले राजकुमारीको विवाहमा उत्पन्न समस्या सुनाइन् र भनिन्, 'दुलाहा सुतिसकेपछि राजकुमारीका नाकका दुई प्वालबाट एक जोडी सर्प निस्कन्छ। त्यही सर्प ठूलो हुँदै अजिंगर बन्छ र दुलाहालाई डसेर मार्छ।', उनले अगाडि भनिन्, 'त्यो अजिंगरबाट बच्ने उपाय मसँग छ।', राजकुमार उपाय सुन्न उत्सुक भए।, बूढी आमैले भनिन्, 'यहाँबाट पूर्वी दिशामा त्रिवेणी भन्ने खोला छ। त्यो खोलाको किनारमा एउटा खड्ग छ। जसले त्यो खड्ग लिएर राजकुमारीको नाकका प्वालबाट निस्कने जोडी सर्पलाई एकै प्रहारमा दुई टुक्रा पार्न सक्छ, उसको भाग्य खुल्नेछ। उसले राजाकी छोरीसँग विवाह गरेर राजा हुन पाउनेछ।', बूढी आमैको कुरा सुनेपछि राजकुमार त्यहाँबाट पूर्वतिर लागे।, नभन्दै त्रिवेणी खोलाको किनारमा बूढी आमाले भनेझैं खड्ग फेला पर्‍यो। उनी त्यो खड्ग लिएर राजकुमारीसँग विवाह गर्न दुलहाको उम्मेदवार भएर दरबार गए।, त्यो रातभर उनी जाग्राम बसे र हातमा खड्ग लिएर राजकुमारीको नाकका प्वालहरूमा एकटक हेरिरहे।, मध्यरात राजकुमारी मस्त निद्रामा रहेका बेला उनको नाकका प्वालबाट दुइटा सर्प निस्के। ती सर्प बिस्तारै ठूलो हुँदै अजिंगर बने।, जसै ती अजिंगर डस्न तयार भए, राजकुमारले आफ्नो हातमा लिएको खड्गले एकै प्रहारमा दुवै अजिंगरलाई दुई टुक्रा पारे।, भोलिपल्ट बिहान राजकुमारीको शयनकक्षबाहिर भारदारहरूको भीड जम्मा भयो। उनीहरू पहिलेजस्तै दुलाहाको शव लिएर अन्त्येष्टि गर्न लैजाने तयारीमा आएका थिए। तर यसपटक दुलाहा कोठामा सकुशल थिए भने भुइँमा दुइटा अजिंगरको लास थियो।, यो घटनापछि राजाले बडो धुमधामका साथ राजकुमारसँग राजकुमारीको विवाह गराइदिए र राज्य पनि उनैलाई सुम्पिए।, दुई अजिंगरका लासलाई तत्कालीन दरबार भएको ठाउँ तौमढी टोलबाट खटमा राखेर जात्रा गर्दै योसिंख्य लगेर विसर्जन गरियो।, अघिल्लो किम्बदन्तीमा जस्तो यसमा लिच्छवि र किराँतहरूबीचको युद्धको झलक पाइँदैन। तै पनि अजिंगरमाथि विजय प्राप्त गरेर राज्य हासिल गरेको र युद्धमा मारिएका अजिंगरको जात्रा निकालेको कथाले किराँतहरूलाई जितेर विजय उत्सव मनाइएको हो कि भन्ने संकेत गर्छ।, संस्कृतिविद् ओम धौभडेल बिस्काःलाई लिच्छविकालीन जात्रा मान्छन्। किराँतहरूलाई पराजित गरेपछि लिच्छविहरूले विजय उत्सवका रूपमा यो जात्रा मनाएको उनको भनाइ छ।, उनका अनुसार पछि मल्ल राजाहरू विश्व, जगज्योर्ति, रणजित लगायतले यो जात्रा विकसित गर्दै अहिलेको स्वरूपमा ल्याएका हुन्।, 'बिस्काः जात्रा राजनीतिक उत्सव हो। एउटा वंशको पतन र अर्कोको उदयका रूपमा यो जात्रा मनाउने गरिन्छ,' उनले भने, 'भक्तपुर पहिले नेपाल मण्डलकै राजधानी थियो। यक्ष मल्लका माइला छोरा रत्न मल्लले पछि स्वतन्त्र राज्य बनाए। त्यसपछि इलाका सानो हुँदै गयो।', धौभडेलले अगाडि भने, 'भुवन मल्लले राज्य आफ्नो अधिनमा राख्न बिस्काः जात्रा अरू ठाउँमा पनि देखाउने क्रम जारी राखे। त्यसैले हामी साँखु, तौमढी, बोडे लगायत ठाउँमा पनि बिस्का: मनाएको देख्छौं।', राजा भुपतिन्द्र मल्लले बिस्का:सँगै नवदुर्गा नाच पनि ठाउँ–ठाउँमा देखाएको उनी बताउँछन्। भुपतिन्द्रकै पालामा बिस्का:को रथलाई एकतलेबाट तीनतले बनाउने चलन सुरू भएको हो।, बिस्काःमा भैरवसँगै भद्रकालीको रथ पनि तानिन्छ। भद्रकाली र भैरवलाई श्रीमान–श्रीमतीका रूपमा लिइन्छ।, कथाअनुसार एकपटक भैरव र भद्रकालीको झगडा परेछ। पछि भैरवले भद्रकालीलाई फकाएर गःहितिमा समागम गरेको भनाइ छ। त्यसैले बिस्काः जात्रा बेला भैरव र भद्रकालीको समागमका रूपमा दुई रथ जुधाउने चलन छ।, बिस्काःलाई 'विश्व जात्रा' पनि भनिन्छ। यसको प्रमाण भक्तपुरको तौमढीस्थित नेपाल सम्बत् ६३१ को यक्ष मल्लको शिलापत्र हो, जसमा 'विश्व जात्रा' भनेर लेखिएको छ।, बिस्काःमा भैरवको वाहन मानिने बेताललाई भैरवको अगाडि राखिन्छ। संस्कृतिविद् धौभडेलका अनुसार बेताल भनेको मानन्धर समुदायका साना बालक हुन्। सानो बालककै स्वरूपमा उनको मूर्ति निर्माण गरिएको हुन्छ। बेताललाई बोक्ने पनि मानन्धर समुदायकै हुन्छन्।, किम्बदन्तीअनुसार भक्तपुरको पाँचतले मन्दिरनजिकै पुःबहा (पुजारी बहाल) मा एउटा छुकछुके बच्चा आइरहन्थ्यो। आफ्नो उपद्रो स्वभावका कारण टोलभरि त्यो बच्चाको चर्चा थियो। ऊ ढोकाबाट नभएर झ्यालबाट पस्थ्यो। अर्काको भान्सामा छिरेर पकाउँदा पकाउँदैको भात पल्टाइदिन्थ्यो। कहिले सुतिरहेको मान्छेको गालामा प्याट्ट हान्थ्यो। जे गर्नु हुँदैन भन्यो, त्यही गर्थ्यो।, यस्ता सारा उपद्रोका बाबजुद ऊ भैरव भगवानको निम्ति भने राम्रो काम गर्थ्यो। त्यही भएर भैरवले उसलाई आफ्नो वाहन मानेको थियो।, भैरवनाथको रथ पूरै चुकुलले बनेको हुन्छ। एकपटक एउटा चुकुल हराएर सिकर्मीलाई आपत परेछ। पछि त्यो चुकुल एउटा केटाले खोजेर ल्यायो। बुझ्दै जाँदा त्यो केटा बेताल रहेछ।, त्यस्तै, एकपटक काठमाडौंका राजा प्रताप मल्ल र ललितपुरका राजा श्रीनिवास मल्लले भक्तपुरमा जात्रा गर्न नदिने भनेर आक्रमण गरेछन्। जात्रा नहुने छाँट देखेपछि स्थानीय दुःखी भए। त्यो बेला बेतालले एउटै औंलाले रथ तानेर जात्रा सम्पन्न गरेको मानिन्छ। पाँचतले मन्दिरको गजुर पनि उनैले राखेको स्थानीय विश्वास गर्छन्।, 'त्यही भएर बिस्काः जात्राभरि बाटामा उट्पट्याङ गर्ने बच्चा देख्यो भने मानिसहरू गाली गर्दैनन्। त्यो भैरवकै वाहन बेताल हुनसक्छ भनेर जे गरे पनि छुट दिइन्छ,' धौभडेलले भने।, किराँतमाथि लिच्छविहरूको विजय उत्सवका रूपमा मनाइने बिस्का:
रासस दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन्। अस्पतालमा सातवटा भेन्टिलेटर छन्।, भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन। कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर जनशक्ति अभावका कारण हालसम्म प्रयोगमा आउन नसकेका हुन्। , गण्डकी प्रदेश सरकारले दिएको एक करोड ६९ लाखको लगानीमा अस्पतालमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो। यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत भेन्टिलेटर उपलब्ध भएका थिए।, तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो। तीन चिकित्सक र तीन नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट तालिम लिएका थिए।, तर हालसम्म उनीहरूले सीप प्रयोगमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुक्मिणा अधिकारीले बताइन्।, पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको पर्वत अस्पताल पुरानोबाट नयाँ संरचनामा सारिएको छ। सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो।, त्यो क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा थन्क्याइएका छन्। आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको डाक्टर अधिकारीले बताइन्। , सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एक जना पनि नहुँदा समस्या भएको उनले बताइन्। अहिले २४ नर्सका भरमा अस्पताल चलाउनुपरेको उनले जानकारी दिइन्। , 'यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ,' उनले भनिन्। कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले सहयोग गरेका थिए।, झन्डै पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखिएका भए पनि बेला–बेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको डाक्टर अधिकारीले बताइन्। , स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका चिकित्सक पठाए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएको अवस्थामा भेन्टिलेटर सञ्चालन गर्न सकिने डाक्टर अधिकारी बताउँछिन्। , अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटक–पटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए।, राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पनि पाउन नसकेको उनको भनाइ छ।, अस्पतालमा रहेका स्रोतसाधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने गिरी बताउँछन्। , पर्वत हुँदै पोखरा जानुपर्ने भएकाले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका नागरिकलाई सेवा दिने गरी यसलाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सक्ने हो भने यो क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य पाउने उनकाे दाबी छ।, पर्वत अस्पतालमा जनशक्ति नहुँदा सात भेन्टिलेटर प्रयोगविहीन
रासस जनकपुरधामको न्युरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका-९ की मन्तोरियादेवी राय ३९ दिनपछि घर फर्केकी छिन्। अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो।, नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार घर फर्काइएको बताए। नगरप्रमुख यादवले एक लाख रुपैयाँ सहयोग गरेका छन्। बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको उनले बताए।, सोमबार नगरप्रमुख यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिएका थिए। कार्यपालिकाको बैठकबाट उनलाई उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो।, गत माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधामस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। अस्पतालले गत फागुन २० गते उनलाई डिस्चार्ज गरे पनि  उपचार खर्न तिर्न सक्दा घर फर्किन सकेकी थिइनन्। अस्पतालमा उपचारबापत् आठ लाख ७४ हजार तिर्न बाँकी थियो। तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बनेकी थिइन्।, ३९ दिनपछि अस्पतालबाट घर फर्किइन् मन्तोरिया
रासस बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ। , मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो। ,  , दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।, दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो। जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका थिए।,  , दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्तले बुधबार आन्दोलन गरेका थिए । उनीहरूले चालक, साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गरेका थिए। , केदारस्युँ गाउँपालिका क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको प्रहरीले जनाएको छ। भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका थिए।, बैतडी जिप दुर्घटनाः फरार चालक पक्राउ
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित काठमाडौँबाट एकजनालाई नियन्त्रणमा लिएको छ।, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले नुवाकोटको लिखु गाउँपालिका २ घर भई हाल काठमाडौँको लोलाङ बस्दै आएका ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार तारकेश्वर-४ लोलाङ हाइटबाटै नियन्त्रणमा लिएको एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।, एसएसपी भट्टका अनुसार, बुधबार नै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ३ हैबुङ घर भई हाल काठमाडौँको थली बस्ने कृष्ण बहादुर तामाङले बागमती प्रदेश ०२-०१५ प १७ ७४ नम्बरको मोटरसाइकल महाराजगंजबाट   हराएको भनि निवेदन दिएका थिए।, निवेदनका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा फेला पारी मोटरसाइकल सहित राईलाई लोलाङ हाईटबाट नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा आएका राईलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी प्रहरी वृत्त पठाइको एसएसपी भट्टले जानकारी दिए।,  , चोरीको मोटरसाइकलसहित काठमाडाैंकाे तारकेश्वरबाट एकजना पक्राउ
रासस बैतडीमा मङ्गलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका ६ जनाको अझै शव परीक्षण हुनसकेको छैन। क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन। , शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पु¥याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन्। , गाडी धनीबाट  क्षतिपूर्तिको लिखित सहमति हुनुपर्ने माग गर्दै पीडित पक्षले शव परीक्षण गर्न नमानेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। , गाडी साहू बझाङको केदारस्युँका मिलन बोहरा सम्पर्कमा आए पनि सहमति भने गरेका  छैनन्। मिलनले आफ्ना दाई पदमलाई सहमतिका लागि पठाएका थिए। पदमले मौखिक सहमति मात्रै गरेकाले मृतकका आफन्तले लिखित सहमतिको माग गरेका हुन्।   , यसअघि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै घटनास्थल झौलेकस्थित राजमार्गमै  शव राखेर आन्दोलन गरेका थिए। शव बुझ्नै नमानेका मृतकका आफन्तलाई पदम र केदारस्युँ गाउँपालिकाले क्षतिपूर्ति  दिने भने मौखिक सहमति गराएर शव बुझाए पनि परीक्षण गर्न लिखित सहमतिको माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन्। मृतकका आफन्तले आज बिहान पनि जयपृथ्वी राजमार्ग केहीबेरका लागि बन्द गरेका थिए। , मङ्गलबार राति खोडपे–बझाङ जोड्ने उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा मङ्गलबार राति  ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो।, दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिइ सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको  छ। , दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बीरे धामी रहेका छन्। जीपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान बचाएका थिए। , भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरु दुर्घटनामा परेका हुन्। जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो। उकालो सडकमा एक्कासि जीप ब्याक भएर भीरमा खसेको थियो। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। , बैतडी जीप दुर्घटनाः क्षतिपूर्तिमा सहमति नजुट्दा शव परीक्षण हुन सकेन
रासस गर्मीयाम सुरू भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन्। हिमाली गाउँपालिका-३ बौडीका छ वर्षीय बालकमा कालाजार देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।, लगातार तीन महिनादेखि बिरामी भई थला परेका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका  सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। उनका अनुसार बालकमा कालाजारका साथै कुपोषण छ भने शरिरमा दुई प्वाइन्ट मात्र रगत छ।, रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए। गर्मीयाममा घर आँगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताए। उनका अनुसार गर्मीमा कालाजार, डेङ्गीलगायत रोगको जोखिम बढी हुने गरेको छ। योसँगै जिल्लामा कालाजारका बिरामीको सङ्ख्या पाँच पुगेको छ। यसअघि कोल्टीमा चार जनामा कालाजार भेटिएको थियो।  , बाजुराका एक बालकमा कालाजार भेटियो
सेतोपाटी संवाददाता कैलालीको धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ।, पेट दुख्यो भनेर अस्पतालका आएका धनगढी-१४ की ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए।, ‘भिडिओ एक्स रे गर्दा उहाँको पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिएको छ,’ शाहले भने।, जवानसिंहको पेटभित्र उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको छैन।, यसअघि गत महिना चितवनमा एक जना युवकको पेटभित्र पनि रक्सीको बोतल भेटिएको थियो।, धनगढीमा एक वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल