content
stringlengths 20
64.1k
⌀ |
---|
रासस यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन्।, चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन्। , नेपाल बिग माउण्टेन ट्राभलले आज यहाँ पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो।, नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए। उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ। , शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन्।, शुई चो युआनले आरोहणका क्रममा सुरूमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको अनुभव सुनाइन्।, उनले आरोहणका क्रममा सहयोगी शेर्पाहरूले सहयोग गरेकोमा धन्यवादसमेत व्यक्त गरिन्।, सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तो देखिएको बताउँदै उनले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरूले सँगै फिर्ता ल्याएको जानकारी समेत गराइन्। , नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन।, यसवर्ष सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ भने यसवर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन्। यस वर्षको आरोहण शनिबारदेखि सुरू भएको हो।,
सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण |
सेतोपाटी संवाददाता बेलायतका राजकुमार ह्यारी, उनकी श्रीमती तथा हलिउड अभिनेत्री मेगन मर्केल र मेगनकी आमा डोरिया रागल्यान्डलाई पापाराजीहरूले दुई घन्टासम्म पिछा गरेका छन्। , बिबिसीका अनुसार पापाराजीहरूले उनीहरूलाई कारमा लगातार पिछा गरेका थिए। यो क्रममा ह्यारीहरू चढेको कार झन्डै अरूसँग ठोक्किएको थियो। , त्यो बेला उनीहरू न्यूयोर्कमा भइरहेको एउटा अवार्ड कार्यक्रममा सहभागी हुन जाँदै गरेको ह्यारीका प्रवक्ताले जानकारी दिएका छन्। हाल ह्यारी र उनको परिवार अमेरिकामै बस्दै आएको छ।, प्रवक्ताले यो घटनाप्रति खेद प्रकट गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दुई घन्टासम्म उनीहरूले लापरवाह र जोखिमपूर्ण तरिकाले पिछा गरे।', उनका अनुसार त्यो क्रममा सडकमा भएका अरू गाडी, पैदलयात्रु र प्रहरी अधिकारीहरूसँग ह्यारीहरू चढेको कार झन्डै ठोक्किएको थिएन।, 'सार्वजनिक व्यक्तित्व भएपछि मानिसहरूलाई उनीहरूमा एक किसिमको चासो हुनु स्वाभाविक हो। तर कसैको सुरक्षामै जोखिम हुने गरी यस्तो काम गर्नु हुँदैन,' प्रवक्ताले भनेका छन्, 'यो खालको अभ्यासले यस्तो क्रियाकलापमा संलग्न सबैलाई खतरामा पार्छ।', न्यूयोर्क प्रहरी विभागले भने घटनाबारे हालसम्म कुनै पुष्टि नभइसकेको बताएको छ।, ह्यारीकी आमा राजकुमारी डायनाको २६ वर्षअघि पेरिसमा यस्तै घटनामा मृत्यु भएको थियो।, सन् १९९७ अगस्ट ३१ तारिखका दिन राति पापाराजीहरूले पछ्याउने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको थियो।, त्यो रात राजकुमारी डायना र उनका प्रेमी दोदी फायद रिज होटलमा खाना खाएर पश्चिमी पेरिसको निजी भिलातिर गइरहेका थिए। डायनालाई सार्वजनिक स्थलमा देख्नेबित्तिकै क्यामरा बोकेर दौडिने पापाराजीहरूले त्यति बेला पनि छाडेका थिएनन्।, डायना र दोदी चढेको कालो मर्सिडिज सेन नदीको दाहिने किनारस्थित अल्मा सुरुङमार्ग छिरेपछि कम्तीमा सात जना फोटोग्राफरले तेज गतिको मोटरसाइकलमा छायाजस्तै पछ्याएका थिए। उनीहरूलाई छल्न भनेरै डायनाले आफ्नो गाडीको गति बढाउन लगाएको मानिन्छ। अनुसन्धानअनुसार सय किलोमिटर प्रतिघन्टाभन्दा बढी कुदेको गाडीले एकाएक सन्तुलन गुमायो र सडक डिभाइडरमा ठोक्कियो। , हुत्तिँदै भित्तामा बजारिएको कारभित्रै डायना र उनका प्रेमी दोदीको मृत्यु भएको थियो।, त्यति बेला ३६ वर्षीया डायनाले वेल्सका राजकुमार चार्ल्ससँग सम्बन्ध बिच्छेद गरेको एक वर्ष पनि पुगेको थिएन। अर्बपति इजिप्सियन व्यापारी मोहम्मद अल–फायदका ४१ वर्षीय छोरा दोदीसँग उनको नाम जोडिएको पाँच साता मात्र भएको थियो। यसबीच दोदीसँग दुईचोटि छुट्टी बिताइसकेकी डायना तेस्रो छुट्टी मनाउन पेरिस आएकी थिइन्। आफ्ना दुई छोरा विलियम र ह्यारी भेट्न भोलिपल्टै लन्डन फर्कने उनको तयारी थियो।, पापाराजीहरूको लापरवाहीकै कारण आमाले ज्यान गुमाउनुपरेको भन्दै बेलाबेलामा ह्यारीले असन्तुष्टि पनि पोख्दै आएका छन्।,
ह्यारी र मेगनलाई पापाराजीले दुई घन्टासम्म कारमा पिछा गरेपछि |
शोभा शर्मा खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) का निर्देशक सूर्य राईमाथि पनि बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।, उक्त फाउन्डेसनका संस्थापक मदन राईले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि अहिले हिरासतमा छन्।, मदन पक्राउ परेपछि फाउन्डेसनमा बसेर दश कक्षासम्म पढेकी एक युवतीले निर्देशक सूर्य राईले पनि आफूलाई यौन दुर्व्यवहार गरेको हामीलाई बताएकी हुन्। सूर्यले आफूलाई एकपटक यौन दुर्व्यवहार गरेको उनले बताइन्।, त्यो एकपटकको घटनाले आफूलाई निकै वर्ष गाह्रो पारेको उनको भनाइ छ। उनको नाम हामीले यहाँ दिक्तेल-७ राखेका छौं। , सुरूमा उनको बयान पढौं-, 'मेरो घर खोटाङमै हो। हामी सानै छँदा बुबा बित्नुभयो। हामी चार-पाँच भाइबहिनीलाई एक्लै पढाउन आमाले निकै संघर्ष गर्नुपरेको थियो।, शुभम फाउन्डेसन स्थापना हुनुअघि सूर्य राईहरूको अर्कै संस्था थियो। त्यहाँ बसेर म दिक्तेलको स्याम्पल स्कुलमा पढ्थेँ। पछि मलाई शुभम फाउन्डेसनमा पढ्नका लागि एउटा संस्थाले स्पोन्सर गर्यो।, म त्यहाँ पढ्ने बेलामा दिनभरि स्कुल जाने र बिहानभरि कृषिको सिकाइ भनेर खेतबारी र गोठमा काम गर्नुपर्थ्यो। हामीले राम्रो सिकाइ गरिरहेका छौं भन्ने अनुभव सबै जसोलाई हुन्थ्यो। त्यहाँ जसले जे गरे पनि त्यसलाई सिकाइकै नाम दिइन्छ।, हामी सहरी सिकाइका लागि भनेर तीन-चार महिना ललितपुरको ढोलाहिटीमा रहेको मदन राईको घरमा आउनुपर्थ्यो। त्यहाँ मदन बाजेको घर सफा गर्नु, कुखुरा हेर्नु र उहाँका भित्री लुगा धुनुलाई समेत हामीले सिकाइ मान्दै बसेका थियौं। जे भए पनि म शुभममै बसेर दस वर्ष पढेँ। त्यहाँको पढाइ र सिकाइबारे अब मलाई केही भन्नु छैन।, म आजभन्दा पाँच वर्षअघि नै शुभम फाउन्डेसनबाट निस्किएकी हुँ। शुभम छोड्नुभन्दा दुई वर्ष अगाडि जतिको कुरा हो। २०७३ साल फागुनमा मेरो भाइ काठमाडौंबाट घर आएको थियो। भाइ काठमाडौं बोर्डिङमा पढ्थ्यो। त्यसपछि भने पढ्न भारत जाँदै थियो। मैले भाइलाई नदेखेको चार वर्ष भइसकेको थियो। भाइलाई भेट्न अझै कति वर्ष लाग्छ भनेर आमाले पनि बिदा लिएर आउन भन्नुभएको थियो।, शुभममा भने दसैंबाहेक अघिपछि घर जान दिइँदैन थियो। एकदम कडा नियम थियो। तैपनि मैले एकपटक सूर्य अंकल (राई) सँग सबै कुरा भन्छु भनेर बिदा माग्ने सोच बनाएँ।, मलाई दिन र बार त सम्झना छैन। तर त्यो दिन दिउँसैदेखि नै म सूर्य अंकललाई के भन्ने भनेर सोचिरहेकी थिएँ। दिनभरिमा उहाँलाई भन्ने मौका पाइँन। त्यो बेला म किचन विभागमा काम गर्थेँ। साँझको खाना पकाउनेदेखि खुवाउनेसम्मका काम सकाएँ। अनि सूर्य अंकलको अफिसमा गएँ।, अंकल बसेर ल्यापटप चलाइरहनुभएको थियो। म गएर उहाँको नजिकै बसेँ।, मैले 'अंकल, म घर जाम् भनेको, मेरो भाइ आएको छ रे, एकपटक भेट्न जान्छु। पाँच दिनको टाइम दिनु' भनेको थिएँ।, उहाँ चुपचाप नबोली बस्नुभयो। त्यसपछि मैले फेरि 'अंकल जाम् कि नजाम्? मलाई एकपटक जानु मन छ' भनेँ।, उहाँले 'किन जाने घर' भनेर सोध्नुभयो। मैले 'भाइ भेट्न' भनेर दोहोर्याएँ। तर उहाँले उत्तर दिनुभएन। ल्यापटपमा खै के टाइप गरिरहनुभएको थियो।, एकछिनपछि फेरि उहाँले सोध्नुभयो- केको लागि जाने रे?, मैले फेरि भाइ आएको कुरा भनेँ। उहाँले 'भाइ कतिमा पढ्छ' भनेर सोध्नुभयो। भाइको पढाइबारे भनेँ। अनि ऊ इन्डिया जान लागेकाले भेट्न जान मन लागेको कुरा पनि सुनाएँ।, उहाँले ए मात्र भन्नुभयो। जाऊ पनि छैन, नजाऊ पनि छैन। फेरि उहाँले टाइप गरिरहनुभयो। म चुपचाप बसेँ।, केही बेरमा उहाँले 'तिम्रो लाइभस्टकको काम सकियो होइन' भनेर सोध्नुभयो। मैले सबै सकिएको जानकारी दिएँ।, फेरि 'तिम्रो सबै रिपोर्ट राम्रो छ' भनेर सोध्नुभयो। मैले हप्ताभरिको रिपोर्ट लेख्नुपर्थ्यो। बुझाइसकेकी थिएँ।, त्यसपछि उहाँले 'ए, ल' भन्नुभयो अनि ल्यापटप चलाउन छोड्नुभयो।, अकस्मात उहाँले आफ्नो हात मेरो छातीतिर ल्याउनुभयो।, म शक भएँ, केही बोल्न सकिनँ। हात झट्कारेर फ्यालिदिन पनि सकिनँ। 'नगर्नू यस्तो' भन्न पनि सकिनँ। मलाई त्यो बेला राम्रो त पटक्कै लागेको थिएन।, उहाँले टिसर्ट बाहिरबाटै मेरो छातीमा दुई/तीन मिनेटसम्म चलाइरहनुभयो। अनि छातीबाट हात निकाल्नुभयो। त्यही पनि म एकछिन बसिरहेँ।, मलाई केही भन्नु थियो। बिदा नि माग्नु थियो। भर्खरै भएको घटनाबारे मलाई सोच्नै मन लागिरहेको थिएन।, फेरि मैले 'म घर जाऊँ' भनेर सोधेँ। त्यसपछि म उठेँ र आफ्नो कोठातिर दौडिएँ।, मलाई त्यो बेला आफ्नो शरीर कस्तो नराम्रो लाग्यो। मलाई के भएको होला भन्ने भइरह्यो। आफ्नो शरीरको माया पनि लागेन। यो मेरो छाती नभइदिए हुने, ब्रेस्ट पनि नभइदिए हुने भन्ने लागेको थियो।, कोठामा पुगेर फेरि त्यो कुरा सम्झिँदा मलाई रून आयो। डर, लाज र घिन मिसिएको भावना थियो मनमा। रातभरि मलाई त्यही भावनाले सतायो। निद्रै लागेन। पहिलो पटक कोही केटामान्छेको छुवाइ थियो त्यो। बुबाको माया पाएको थिइनँ। सूर्य अंकल र उहाँको उमेरको मान्छे देख्दा मलाई छोरी भन्दिए हुने भन्ने लाग्थ्यो। बाबाजस्तो लाग्थ्यो।, त्यो भन्दाअघि पनि म उहाँको नजिक गएकी थिएँ। तर त्यस्तो गर्नुभएको थिएन। मैले गल्ती गर्दा बरू गाली गर्नुहुन्थ्यो। रिपोर्ट लेख्न लगाउनुहुन्थ्यो। अर्को काम लगाउनुहुन्थ्यो। तर यस्तो कहिल्यै गर्नुभएको थिएन।, मलाई त्यो बेला सूर्य अंकलले मलाई दुर्व्यवहार गरेको भन्ने थाहा थिएन। उहाँले त्यसो गर्न पाउनुहुन्न भन्ने चेत पनि थिएन। तर त्यो छुवाइ धेरै नराम्रो थियो। यति नराम्रो थियो कि मैले आफ्नै शरीरसँग घिन मान्न थालेकी थिएँ। मलाई मेरो छाती काटेर फाल्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।, मलाई निकै दिनसम्म आफ्नो छातीकै दोष हो भन्ने लागिरह्यो। म आठ कक्षा पढ्दाको कुरा हो त्यो। सात वर्ष बितिसक्यो। तर त्यो छुवाइले मलाई आजसम्म डिस्टर्ब गरिरहेको छ।, त्यसपछि मलाई केटामान्छेहरूसँग डर लाग्न थाल्यो। म साथीहरूसँगै पनि टाढा हुन थालेँ। उनीहरू सबैले मेरो छाती छुन खोज्छन् भन्ने मलाई लाग्थ्यो।, यस्तै एक दिनको कुरा हो। किचनमा काम गर्ने भएकाले खाना मैले पकाएकी थिएँ। केही साथीहरू बाँस बोक्न गएका थिए। उनीहरू पनि थाकेर अनि भोकाएर आएका थिए। तर एक जना साथीले मैले पकाएको मिठो भएन भन्दै टेबुलमा थाल हुत्यायो। मैले पनि मतिर आएको थाल ऊतिरै हुत्याएँ। त्यसपछि हाम्रो झगडा भयो।, मैले कुटेँ। ऊ पनि कुट्न आएको थियो। तर मलाई लाग्यो, ऊ पनि सूर्य अंकलले झैं मेरो छातीमा हात हाल्न आइरहेको छ। त्यो बेला मलाई के भयो कुन्नी, मैले पछाडि रहेको कुकरले उसलाई हानिदिएँ। ऊ ढल्यो। केहीबेरपछि फेरि उसको र मेरो कुटाकुट भयो। सबैले छुट्याए।, त्यो दिन मलाई कोठामा गएपछि पनि अझ दुई झापड हान्न पाएको भए हुने भन्ने लागेको थियो। मेरो छातीमा हात हाल्न आएको भन्ने ठानेर हान्न खोजेकी थिएँ।, तर आज मलाई लाग्छ, त्यो दिन ऊ मैले कुटेको भएर फर्काउन मात्र आएको थियो। मेरो छातीमा हात हाल्न आएको थिएन। तर म हरेक कुरालाई त्यो दिन सूर्य अंकलले गरेको दुर्व्यवहारसँग लगेर जोड्न थालेकी थिएँ।, मैले यो कुरा कसैलाई भन्नै सकिनँ। मलाई यसबारे भन्न मन त हुन्थ्यो तर घाँटीसम्म कुरै आउँदैन थियो।, शुभममा मिसहरूले सधैं हामीलाई कसैले दुर्व्यवहार गर्छ भने तिमीहरू प्रतिकार गर्नू वा हामीलाई आएर भन्नू भनेर सिकाउनुहुन्थ्यो। उहाँहरूले मलाई त निकै माया गर्नुहुन्थ्यो। तर मैले यो घटनाबारे भन्नै सकिनँ।, दुई वर्षपछि मैले शुभम छोडेँ। तर त्यो घटनाको नमिठोपनले मलाई छोडेन। झन् धेरै गाँज्यो। शुभम छोडेपछि मलाई बिस्तारै आफ्नो शरीरको कुनै दोष होइन भन्ने चाहिँ महसुस हुन थाल्यो। तर बलात्कार र यौन दुर्व्यवहारका घटनाबारे खबर सुन्दा मलाई त्यही घटना याद हुन्थ्यो।, यो विषयमा बोल्नु पनि पर्छ भन्ने कुरा मनमा आउन भने पाँच वर्ष लाग्यो। तीन महिनाअघि मैले एक जना मिसलाई यसबारे भन्छु भनेर कोसिस गरेकी थिएँ। सकिनँ।, बोल्नुपर्छ भन्ने थाहा भएर पनि बोल्न नसक्दा झन् गाह्रो हुने रहेछ। यस्तो कुराले निकै डिस्टर्ब गर्न थालेपछि एक महिनाअघि मैले शुभममै बस्ने एक जना साथीलाई त्यो दिनको घटनाबारे सुनाएँ। ऊ पनि छक्क परी। 'यस्तै हो के गर्नु' भनी।, अस्ति मदन राईले त्यहाँका बहिनीहरूलाई दुर्व्यवहार गरेको खबर आएपछि मलाई मेरो दाजुले फोन गरेर सोध्नुभयो- तिमीलाई यस्तो भएको थियो कि थिएन?, 'त्यो मदनले तिमीलाई केही गरेको भए आजै भन है,' दाजुले भन्नुभयो।, अनि मैले सूर्य अंकलले मलाई गरेको व्यवहारबारे सुनाएँ। दाजुले पनि सूर्य अंकललाई खुब मान्नु हुन्थ्यो। छक्क पर्नुभयो।, मदन राईबारे आएको स्टोरी मैले पनि पढेँ। त्यो सबै सुनेर मलाई निकै गाह्रो भयो। स्टोरी पढिरहँदा मैले भोगेको घटना ताजा भएर आयो। त्यसपछि मैले पनि यसबारे बोल्नुपर्छ भन्ने लागेको हो।', सेतोपाटी,ले दिक्तेल-७ को कुरा सुनेपछि सूर्य राईसँग पनि कुरा गरेको छ। उनीसँग कुरा गर्दा हामीले दिक्तेल ७ को पूरा नाम र उनले बताएको घटनाबारे सुनाएका थियौँ।, 'यस्तो अप्रत्याशित भयो मेरो लागि त। मलाई यादै छैन। मेरो व्यवहार त्यस्तो पनि छैन। यहाँ आएर तपाईंले बुझ्नुभए हुन्छ। सोध्नुभए हुन्छ,' सूर्य राईले सेतोपाटीसँग फोन कुराकानीमा भने, 'म बरू मदन बाजे र अरूलाई पनि सम्झाउने गर्थेँ। म आफैं पनि श्रीमती भएको मान्छे, हामी सँगै यही बस्छौं।', आफूले शुभममा बस्ने बालिकहरूलाई कहिल्यै नराम्रो नजरले नहेरेको उनले बताए।, 'मलाई याद छैन। सँगै बस्दा छोरीहरू भनेर के छ कसो छ एउटा कुरा होला। यिनीहरूलाई त मैले कति धेरै माया गरेर कसरी हुर्काएँ। त्यसको पीडा सम्झेर त म के भनौं र! छोरी भनेर माया गरेरै हुर्काएको हो,' सूर्यले भने,' उनीहरू कोही काखमा आएर लुटपुटिए होलान्, कोही नजिक आए होलान्। तर उनीहरूलाई मैले कहिल्यै नराम्रो नजरले हेरेको छैन। मलाई त त्यस्तो कुरा मन पनि पर्दैन। मेरो आवश्यकता पनि होइन। मैले त्यस्तो गरेकै छैन। त्यो नानी (दिक्तेल ७) लाई कसरी त्यस्तो लागेछ, म पनि कुरा गर्छु। तर मलाई त्यस्तो केही याद छैन। नगरेको कुरा कसरी याद हुन्छ र? तपाईंले यहाँ सबैलाई सोध्दा हुन्छ मैले यस्तो व्यवहार कहिल्यै कसैलाई गर्छु कि गर्दिनँ!', सम्बन्धित स्टोरी:, ,आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, मदन राई संस्थापक रहेको शुभम फाउन्डेसनका बालिकाहरूलाई धम्की,
शुभम फाउन्डेसनका निर्देशक सूर्य राईमाथि पनि यौन दुर्व्यवहारको आरोप |
सेतोपाटी संवाददाता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरूद्ध अन्तर्राष्ट्रिय दिवस मनाएका छन्।, दिवसको अवसरमा मितिनी नेपालले 'सधै संगैः विविधतामा एकता' नामक पुस्तक विमोचन गरेको थियो। साथै उमेर विभेदले नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूमा पारेको प्रभावबारे अनुसन्धान गरेको तथ्यपत्र पनि सार्वजनिक गरिएको छ।, समुदायका सय जना ज्येष्ठ नागरिकमा गरिएको सर्वेक्षणको आधारमा तयार गरिएको उक्त तथ्य पत्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सुरेन्द्र राज आचार्यको प्रमुख आतिथ्यमा सार्वजनिक गरेको थियो। तथ्य पत्रमा समुदायको आठजना व्यक्तिबारे उल्लेख छ।, मन्त्री सुरेन्द्रराज आचार्यले समुदायको हक, अधिकारको लागि काम गर्ने बताए। आचार्यले समुदायको लागि थप कामसँगै बजेट विनियोजनमा पनि साथ-सहयोग गर्ने बताए। साथै मितिनी नेपालले समुदायको एक जोडी र एक परिवारलाई सम्मान गरेको थियो। मधेस समुदायका बुलन सदा र रेम्नीदेवी सदा अनि मकवानपुरकी सन्ध्या लोप्चनकी आमा बिनमाया लोप्चनलाई सम्मान गरेको हो।, फरक यौनिकता र लैंगिकताकै कारण यो समुदायले भोग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाई र कठिन परिस्थितिप्रति सरोकारवालाको ध्यानाकर्षण गर्न उक्त दिवस मनाउने मितिनी नेपालको अध्यक्ष लक्ष्मी घलानले बताइन्।, सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सुचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिय भन्दै घोषणा गरेको थियो। सोही दिनको स्मरण गर्दै समुदायले उक्त दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रूपमा मनाउँदै आएका छन्।,
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरूद्ध अन्तर्राष्ट्रिय दिवस |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरण लगायत विभिन्न भ्रष्टाचारका मुद्दाको छानविनको माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छऽ , बुधबार नागरिक समाजका अगुवाले निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका हुन्। , दलीय भागबण्डामा गुपचुप राखिएका भ्रष्टाचार काण्डहरू प्ले कार्डमा उल्लेख गर्दै उनीहरूले जनक चोकमा प्रदर्शन गरेका हुन्।, नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी भ्रष्टाचार काण्ड, हुलाकी परियोजना घोटाला काण्ड, मधेश प्रदेश सरकाको साइकल वितरणमा भ्रष्टाचार काण्ड, स्वच्छता अभियानमा भएको भ्रष्टाचार काण्ड लेखिएको प्लेकार्डसहित नागरिक समाजले प्रदर्शन गरेका थिए।, आफ्नै देशका नागरिकलाई पैसाको लागि शरणार्थी बनाउने जस्तो निच स्तरको काममा गृहमन्त्रीको ओहोदामा बसेका व्यक्तिबाट हुनु अकल्पनीय, अक्षम्य अपराध भएको अगुवा रामरिझन यादवले बताए।, नक्कली शरणार्थी लगायतको अन्य सबै काण्डको निष्पक्ष छानविन गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले माग गरे । , ठूलो भ्रष्टाचार काण्ड श्रृंखलाबद्ध रूपमा सार्वजनिक भइरहँदा मधेशको राजधानी जनकपुर लगायत मधेशका नागरिक समाज वुद्धिजिवी सडकमा नआउनु दुखद् रहेको यादवको भनाइ छ।,
,
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न माग गर्दै जनकपुरमा प्रर्दशन |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। , बुधबार १४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न थप तीन दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , यस प्रकरणमा पक्राउ परेकामध्ये आङटावा शेर्पाको बयान लिन बाँकी छ। अन्यको बयान लिइसकिएको छ। , समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान सकाउन निर्देशन दिएको थियो। तर प्रमाण संकलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएको हो। , केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन्।, यस प्रकरणको अनुसन्धान प्रहरीले चैत १२ गतेदेखि गरेको थियो। अनुसन्धान गरेको बुधबार ५३ दिन भएको छ। ,
,
नक्कली भुटानी शरणार्थी प्रकरण: १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति |
रमेश गिरी मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरूसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।, साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा बज्दै थियो। बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरूष, बालबालिकाको भीड बढ्दै थियो।, चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो। केही व्यक्तिहरू बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए। राति ९ बजेदेखि तीन वटा रूखबाट काटिएको दाउरा दनदनी बल्दै थियो। , दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोमा परिणत भयो। मध्यराति करिब ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’तर्फ हेर्दै अब के हुन्छ, आगोको सबै भुङ्ग्रोमाथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउँदैनन् भनेर हेर्दै थिए। , आगोको भुङ्ग्रो नजिकै गुरू रुदबहादुर खड्काले तान्त्रिक विधिअनुसार पूजा गरेपछि कुल देवताका नाममा बोकाको बलि दिइयो। त्यसपछि पहलमानको मूल घरमा भित्रिएका सेतो गन्जी र धोती लगाएका पुरूषहरूले पूजा गरेर बत्ती खाएसँगै शरीर कमाउँदै स्नान गरेर फर्किएसँगै काम्दै उफ्रँदै थुपारिएको आगोको भुङ्ग्रोमाथि तीनपटक घुमेपछि गुरूको आदेश पाउनेबित्तिकै आगोमाथि दौडिन थाले।, केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरूदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हुल मानिस काम्दै घरबाट निस्किए र आगोको भुङ्ग्रोतर्फ लम्किए। अगाडि बाजा घन्किरहेको थियो। वरिपरि बढेको भीड आगो माथिको नाच हेर्न लालायित थिए। त्यसपछि देवदेवी एवं वायु चढेका सेता गन्जी, धोती लगाएका, माला लगाएका व्यक्तिहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुङ्ग्रोे अगाडि पुगे। कोही देवदेवीको जयजयकार गर्दै थिए।, हातमा थाल बजाउँदै उफ्रिरहेका र अर्का मूल गुरु रुद्रबहादुर खड्का एकै छिनमा आगोको भर्भराउँदो भुङ्ग्रोमा लात्तीले हानेर उफ्रिन थाले। त्यसलगत्तै एकपछि अर्को आगोमा होमिए र त्यसैगरी लात्तीले हाने।, गुरूको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगोमा होमिन थाले। उनीहरू आगोको भुङ्ग्रोमा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले। मानौं त्यो एउटा खेलकुद मैदान हो, आगोका तीन भुङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन्।, नाङ्गो पैतालाले आगोमाथि मानिस नाचेको र उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए। भुङ्ग्रोमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो। काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे भुङ्ग्रोमा नाचिरहे। आगोमा नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्ना छोरा र श्रीमान् आगोमा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो। शरीरमा कुलको मूल देवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, कुलका मामा भान्जी शरीरमा धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत, दिनेश बस्नेत, सुमन बस्नेत आगोमा उफ्रिन थाले। , नजिकै डिलमा उभिएकी एक किशोरी भन्दै थिइन्, ‘ओहो, आगोको भुङ्ग्रोमा उफ्रिँदा हाम्रो ड्याडीलाई पोलेन होला त? जीउ पनि दुख्यो होला है।’ , हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला? तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरू चकित परे। , आगोमा नाचेपछि शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरूले आगामा नाच्दा सुरक्षित भए/नभएको एवं काँचो वायु तथा कुल देवदेवीले पूर्णता पाए/नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे। पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै सुरूमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए।, आफ्नो कुलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि शदिऔँदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई बस्नेत परिवारले चौथोपटक पूर्णता दिएका थिए।, मूल गुरू खड्काले भने, ‘खली प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न हुँदैन, यो श्रृष्टिको उत्पत्ति कालदेखि नै चल्दै आएको परम्परा मानिन्छ। गुरूहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत् प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको हो। मैले नै यहीँ कुलमा योसमेत तीनपटक वायु उतार्ने र खली खुवाउने कार्य गरिएको छ। बीस वर्षअघि पनि यो कुलमा खली खुवाइएको थियो।’, उनका अनुसार अकालमा मृत्यु भएकाको उद्धार नगरी पिशाचको रूपमा रहँदा त्यो कुल वंशभित्रका परिवारलाई दुःख कष्ट दिने, घरमा बिरामी नछुट्ने, अकल्पनीय दुर्घटनाहरू हुने, पशु चौपायाहरू बिरामी नै नभई अचानक मर्नेलगायतका घटना हुन्छन्, अकालमा मृत्यु भएकाको वायु उतारेर त्यही कुलवंशका व्यक्तिको शरीरमा धारण गरेपछि वायुदेवका रूपमा स्थान पाउने भड्किएको आत्माले मुक्ति पाउने विश्वास छ।, अकालमा मृत्यु भएकाहरू सबै वायुदेवका रूपमा कुलदेवतासँगै राखेर पूजा गर्ने भएपछि कुलवंशमा राम्रो भएर आउने पूर्ण विश्वास रहेको मूल गुरू खड्का बताउँछन्।, तान्त्रिक विधि र कूल देवताको शक्तिले आगोको भुङ्ग्रोमा उफ्रिँदा पनि डाङ्ग्रको खुट्टाको रौं समेत नजल्ने उनी बताउँछन्। , यहाँका बस्नेत कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन तीन साताको तान्त्रिक विधिअनुसार सबै प्रक्रिया पूरा गरेर खली खुवाउने कार्य सम्पन्न गरिएको हो।, तीन सातादेखि हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरूष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरूमार्फत् वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको नवीन बस्नेतले बताए। , शरीरमा कुलको मूलदेवता अर्थात् खप्पर मास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, भान्जाभान्जी चेतबराह र मण्डली धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत आगोको भुङ्ग्रोमा उप्रिएका थिए। पुरोना धामी दिनेश बस्नेतको आङ अर्थात् शरीरमा धारण गरेको खप्पर मास्टर राजकुमारको शरीरमा र पुरानो धामी सुमन बस्नेतको शरीरमा रहेको भान्जाभान्जी चेतबराह र मण्डली सौरभको आङ अर्थात् शरीरमा हस्तान्तरणसमेत गरिएको नवीन बस्नेतले बताए।, आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरू खड्काले बताउँछन्।, सुरूमा गुरूमार्फत् कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने गरिन्छ। रासस,
आगोको भुङ्ग्रोमाथिको अनौठो नाच |
रासस म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन्। , बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन्। , पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए। सेभेन समिट ट्रेक्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले आज बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन्। , पायनियर एडभेन्चरले आफ्नो कम्पनीमार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेका जनाएको छ। , धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७ः०० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताए। , आरोहणबाट फर्केपछि वार्टेकले चार हजार सात सय मिटर उचाइको वेस क्याम्पमा स्कीसमेत खेलेका थिए । धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षीय ज्येष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेनको सपना अधुरै रहने भएको छ। , बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाइते भएपछि उनको धौलागिरिको चुचुरोमा पाइला राख्ने १४ औँ प्रयास असफल बनेको हो।, दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको थियो। कार्लोसको फेसबुक पेज अनुसार बधुबार राति धौलागिरि चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धार गरी क्याम्प तीनमा झारेको तथा होलिकप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ। ,
आठ जना आरोहीले गरे धौलागिरि हिमालको सफल आरोहण |
सेतोपाटी संवाददाता जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अझै तीन दिन बदली रहने जनाएको छ। , पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। , उनका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया सफा रहेको छ। काठमाडौै उपत्यकामा विहानैदेखि बादल लागेका कारण भिजिविलिटी कम रहेको छ।, दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भाग भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। , कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।, राती कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।, मौसमको यो क्रम आगामी तीन दिनसम्मै जारी रहने मौसमविद् महर्जनले जानकारी दिइन्। , ,
यस्तो छ आगामी तीन दिनको मौसम |
सेतोपाटी संवाददाता भक्तपुरको फर्निचरमा लागेको आगलागीबाट दुई करोड बढीको क्षति भएको छ। , आइतबार राति सूर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीको न्यु दाजुभाई फर्निचर ट्रेडर्समा आगलागी भएको थियो। नजिकै रहेको अर्को पुष्प सिल्पकारको कृपालु फर्निचर कारखानामा पनि आगलागी भएको थियो।, उक्त आगलागी हुँदा दुई करोड २९ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। आगलागी हुँदा फर्निचर, कच्चा पदार्थ, मेशिन केमिकल, कार, घर, नगद लगायत जलेर नष्ट भएको उनले बताए।, करिब ७ बजेदेखि आगलागी भएको राति साढे १० बजे नियन्त्रणमा आएको थियो। आगलागी नियन्त्रण गर्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। पाँच वटा दमकलको समेत प्रयोग गरिएको थियो।, आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।, ,
भक्तपुरको फर्निचर उद्योगमा आगलागी हुँदा २ करोड बढीको क्षति |
नवीनबाबु गुरूङ काठमाडौंको वीर अस्पतालअगाडी खानेपानीको पाइप फुटेको छ। सोमबार दिउँसो पाइप फुटेको हो। पाइपबाट निस्किएको पानी अहिले सडकमा बगिरहेको छ। प्राविधिकहरूले फुटेको पाइप टाल्ने प्रयास गरिरहेका छन्। , खानेपानीको पाइप किन फुट्यो भन्ने कारण खुलेको छैन। , हेर्नुस् तस्बिरहरू: ,
वीर अस्पतालअगाडि खानेपानीको पाइप फुटेपछि... (तस्बिरहरू) |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको छैटौं दिनमा बयान सुरू भएको छ। , सोमबार उनलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। उनको अहिले बयान सुरू भइसकेको कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए। , सरकारी वकिलको कार्यालयको रोहबरमा प्रहरीका अनुसन्धान अधिकृतले खाणमाथि सोधपुछ गरी बयान लिइरहेको हो। खाणले बयानको क्रममा भनेका कुराहरू नै अनुसन्धान प्रतिवेदन (मिसिल) मा उल्लेख हुने व्यवस्था छ। , प्रहरीले सोधपुछ गरे पनि आवश्यक परेमा सरकारी वकिलले पनि सोध्न सकिने घिमिरेले बताए। , ‘बयान लिँदा प्रहरीका अनुसन्धान अधिकृतले सोधपुछ गर्ने हो। हाम्रो सरकारी वकिलको रोहबरमा बयान हुन्छ। यहाँ भनेका कुराहरू नै प्रतिवेदनमा उल्लेख हुन्छन्,’ उनले भने। , यसअघि प्रहरीले अनुसन्धानका लागि सोधपुछ गर्दा भनेका कुराहरू भने मान्य नहुने पनि उनले बताए। , मुलुकी फौजदारी कार्यविधिको दफा १६ मा बयान लिने र सोधपुछ गर्ने शीर्षक उल्लेख छ।, त्यसमा भनिएको छ- कसूरको सम्बन्धमा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष अभियुक्तको बयान लिनेछ।, (२) उपदफा १ बमोजिम बयान लिँदा कसूरको सम्बन्धमा खुलाउनुपर्ने आवश्यक कुरा सोध्ने अधिकार सरकारी वकिललाई हुनेछ।, (३) अनुसूची-१ वा अनुसूची-२ अन्तर्गतका कुनै कसूरको सम्बन्धमा कुनै महत्वपूर्ण कुरा थाहा छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएको व्यक्तिसँग अनुसन्धान अधिकारीले आवश्यक सोधपुछ गर्न सक्नेछ। , (४) उपदफा (३) बमोजिम सोधपुछ गरेकोमा अनुसन्धान अधिकारीले त्यसरी सोधपुछ गरेको कुरा लेखबद्ध गरी सम्बन्धित मिसिलमा राख्नुपर्नेछ। , प्रहरीले खाणलाई गत बुधबार बिहान मैजुबहालबाट पक्राउ गरेको थियो। तर आइतबारसम्म पनि उनको बयान हुनसकेको थिएन। , प्रहरीले संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। जसअनुसार ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गराइसक्नुपर्छ। सोमबारसम्म अनुसन्धान गरेको ५२ औं दिन भएको छ। , सरकारी वकिलको कार्यालयले पनि मिसिल अध्ययन गर्नुपर्ने भन्दै ४ दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउन प्रहरी परिसरलाई निर्देशन समेत दिएको छ। तर प्रहरीले बयान गराउनलाई नै ढिला उपस्थित गराइरहेको सरकारी वकिल कार्यालयको भनाइ छ। , ‘हामीले पनि मिसिल अध्ययन गर्नुपर्ने हुन्छ। तर पक्राउ परेको ४-५ दिनसम्म पनि प्रहरीले बयान गराउन ल्याउँदैन,’ वकिल कार्यालय स्रोतले भन्यो। , खाणसँगै पक्राउ परेका उनका पिए नरेन्द्र केसीको पनि आइतबार मात्रै बयान लिएको छ। तर एकै पटक बयान लिन सकिने भए पनि नलिएको स्रोतले बतायो। , ‘सरकारी वकिल थप गरेर भए पनि बयान लिन सकिन्थ्यो। तर प्रहरीले आज बल्ल ल्याएको छ,’ स्रोतले भन्यो। , बुधबार पक्राउ परेका खाणलाई अदालतमा म्याद थप गराउनमै दिन बितेको थियो। बिहीबार र शुक्रबार पनि प्रहरीले उनको बयान गराउन सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थिएन। , आइतबार भने पुन: म्याद थपका लागि उनलाई अदालत लगिएको हो। , प्रहरी स्रोतले कागजपत्र मिलाउनुपर्ने, प्रमाण संकलनका काम भएकाले पनि ढिलो भएको बताएको छ। प्रहरीले खाणको मोबाइल पनि बरामद गरेको थियो। जुन फर्म्याट गरिएको थियो। , फोनबाट फर्म्याट गर्दा हराएका डाटा रिट्रिभ गर्नको लागि प्रधान कार्यालयको फरेन्सिक ल्याबमा पठाएको छ। त्यहाँबाट रिपोर्ट आइसकेपछि मात्रै बयान लिइएको स्रोतले बतायो। बयान लिनका आधार चाहिने भएकाले पनि प्रमाण संकलन गरिएको हो। , प्रहरीले यस प्रकरणमा खाण र एमाले सांसद टोपबहादुर रायमाझीको मात्रै बयान लिन बाँकी थियो। रायमाझी आइतबार राति काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परे। सोमबार उनको पनि म्याद थप गर्ने तयारी छ।, यस प्रकरणमा अहिलेसम्म खाण, रायमाझीसहित १३ जना पक्राउ परेका छन्। उनीहरूसँगै खाणका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी पनि हिरासतमा छन्।,
पक्राउ परेको छैटौं दिनमा बालकृष्ण खाणको बयान |
नवीनबाबु गुरूङ अनधिकृत रूपमा भवन बनाएको भन्दै काठमाडौं महानगरपालिकाले अनामनगरस्थित हनुमानस्थनमा रहेको एक भवन भत्काएको छ। , सोमबार दिउँसो काठमाडौं-२९ स्थित भवनमा नगर प्रहरी र डोजर चलाएको महानगर प्रहरी इश्वर वाग्लेले जानकारी दिए। , 'पहिले त्यहाँ प्रहरी बस्नुहुन्थ्यो,' उनले भने, 'तर केही समय अगाडि नै उहाँहरू सरिसक्नुभयो। दोस्रो तलामा नेपाल क्वानमुक्वान कराँते डो एशोसिएसनको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको थियो। उनीहरूले भवन खाली गराएको थिएन।' , नगर प्रहरी गई करातेको सामान समेत हटाएर भवन खाली गरी डोजर चलाइएको उनले बताए। , तस्बिरहरू:, ,
अनामनगरको कराँते भवनमा महानगरले चलायो डोजर (तस्बिरहरू) |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरूआत गरेको छ। , सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरूआत गरिएको हो। , आजदेखि लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो। , कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैंले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था सुरू हुनु प्रशंसनीय भएको बताए।,
उनले अबदेखि विद्यार्थीहरूले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको बताए। , उनले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहे पनि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको बताए।, उनले भने, ‘नो अब्जेक्सन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने, आफैंले कोठामा बसीबसी आफ्नै कम्प्युटरबाट फर्म भर्न सक्ने, आफैंले प्रिन्ट आउट गर्नसक्ने सर्टिफिकेट, त्यहीँबाट पैसा तिर्नसक्ने व्यवस्थामा प्रवेश गर्नु भनेको प्रशंसनीय काम हो, यो शतप्रतिशतमा गएको छैन, ४० प्रतिशत अझै बाँकी नै छ, तर एउटा प्रक्रियाको सुरूआत भइसकेपछि विस्तारै सबै काम हुँदै जान्छ, शिक्षा मन्त्रालय यसमा लाग्नेछ।’ , यो सेवालाई निरन्तरता दिनुपर्ने, नियमित गर्नुपर्ने आवश्यकता छ। शिक्षा मन्त्रालयको रेकर्डमा ल्याउनुपर्ने आवश्यकता थियो, निर्देशिका जारी भएर त्यो परिस्थिति आएको पनि छ, कति विद्यार्थी गए भन्ने अध्ययन अभिलेख रहनेछ, गएका विद्यार्थीहरू कुन विश्वविद्यालयमा छन्, के छन् भन्ने अवस्थालाई ट्र्याक गरेर काम गर्ने विश्वास लिएको छु।’, त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आजदेखि फेसलेस, पेपरलेस र क्यासलेसको सुरूआत हुनु नेपालीहरूका लागि खुसीको कुरा भएको बताए।, उनले आफू नेपाललाई अब फेसलेस, पेपरलेस र क्यासलेस बनाउनुपर्छ भन्ने अभियानका रूपमा लागेको बताए।, उनले अब अन्य निकायहरूले पनि आफ्ना सेवा अनलाइन प्रणालीबाट सुरू गर्नुपर्ने बताए।, उनले भने, ‘शिक्षा मन्त्रालयले सेवा प्रवाह गर्ने यो शाखा एनओसी शाखाबाट आजबाट हामीले फेसलेस, पेपरलेस र क्यासलेसको सुरूआत गरेका छौं। आज सुरूआती दिन हो, फेसलेस, पेपरलेस र क्यासलेस बनाउनुपर्छ भनेर नै लागेको हुँ म, आज हामीले पूरा गरेका छौं। हाम्रो सोच भनेकै पूर्ण रूपमा पेपरलेस, क्यासलेस र फेसलेस बनाउनु नै हो। यो हाम्रो निकायबाट सुरू भएको छ, अन्य तहमा पनि यो हुनुपर्छ, केही समय लाग्छ त्यही अनुसार सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ।’, वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ।,
अब घरबाटै 'नो अब्जेक्सन सर्टिफिकेट' लिन सकिने |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले वडा तहबाट महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरू गरेको छ। , महानगरले हाल ८ वटा वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र चलाएर निःशुल्क उपचार गरिरहेको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। , ‘पहिले ३२ वटै वडामा भएका स्वास्थ्य क्लिनिकमध्ये ६ वटाको स्तरोन्नति गरी प्रवर्द्धन केन्द्रमा रूपान्तरण गरेका छौं,’ उनले भने, ‘दुई साताअघि मात्रै वडा नम्बर ७, ८, १४ र २६ मा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याएका छौं। अन्य सबै वडामा बिस्तारै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सुरू गर्दैछौं।’ , पौडेलका अनुसार महानगरका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट आधारभूत स्वास्थ्य सुविधा पाइन्छ।, केन्द्रमा चोट पटक लागेको ठाउँमा ड्रेसिङ, नवजात तथा बालरोगको एकीकृत व्यवस्थापन र खोप सेवा, पोषण कार्यक्रम, सुरक्षित मातृत्व सेवा र सरकारले नि:शुल्क दिने औषधि दिइन्छ। , केन्द्रले आफ्ना वडावासीको डिजिटल स्वास्थ्य प्रोफाइल बनाउने, जेष्ठ, अपाङ्ग, दीर्घ रोगी लगायतलाई घरमै पुगेर स्वास्थ्य सेवा पनि दिने गरेको उनले बताए। , केन्द्रमा परिवार नियोजनका विभिन्न साधनसँगै प्रजनन स्वास्थ्य परामर्श सेवा, दिसा पिसाब र रगत परीक्षण, भिडिओ एक्स-रे र इसिजी सेवा प्रदान गर्ने गरेको प्रमुख पौडेलले बताए। , ‘बी स्तरको ल्याब टेस्टबाट हुने सम्पूर्ण जाँच हुन्छ। जसमा मुटु, कलेजो किड्नीका आधारभूत परीक्षण हुन्छ,’ उनले भने, ‘केन्द्रमा उपचार गर्न सम्भव नहुने बिराम भए ठूला अस्पतालमा रिफर गरिन्छ।’, महानगरले पहिलेदेखि नै वडा १९ र ३० मा केन्द्रबाट सेवा सुविधा दिँदै आएको थियो। वडा नम्बर १९ को नमूना गुम्बामा रहेको केन्द्र महानगरकै पहिलो शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र हो। , ‘यो केन्द्र सञ्चालन भएको झन्डै डेढ वर्ष भयो,’ केन्द्रकी डाक्टर अस्मिता बरालले भनिन्, ‘ वडावासी केही बिराम लागे सुरूमा यहीँ आउनुहुन्छ।’, घर नजिकै लाइनमा नबसी सेवा पाइने हुँदा पनि धेरै मानिसहरूले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सुविधा लिइरहेको उनले बताइन्।, ‘एक पटक निको भएर जानुभएको बिरामीहरू केही भयो कि भनेर पुनःपरीक्षण गर्न आउनुहुन्छ,’ उनले भने, ‘त्यसबेला उहाँहरूको मुटुको चाल, सुगर, प्रेसरलगायत जाँच गर्छौं। जसले गर्दा रोग लाग्न थालेको सुरूवाती चरणमा नै थाहा हुन्छ।’, सुगर, प्रेसर लगायतका बिरामीहरू औषधि मात्रा बढाउने कि घटाउने हो भनेर सल्लाह लिन पनि आउने गर्छन्। अहिले हेरक महिना पाँच सय हाराहारीमा स्थानीयहरू आएर सेवा लिइरहेको उनले बताइन्। , उनका अनुसार ल्याब टेस्टका लागि भने न्यूनतम शुल्क तिर्नुपर्छ।, ‘बिरामीहरू होल-बडी चेक गर्न आउनुहोला र चाप धान्न नसकिएला भनेर न्यूनतम शुल्क तोकेका हौं,’ उनले भनिन्, ‘सबैको पहुँचमा होस् भनेरै टेकुको भन्दा पनि कम रकम निर्धारण गरेका छौं।’, बिरामीबाट लिइएको शुल्क ल्याबका रिएजेन्ट किन्न प्रयोग गरिने बरालले बताइन्। , महानगर १४ का वडाध्यक्ष सुमन श्रेष्ठका अनुसार वडाका मतदाताले मात्र नभई महानगरमा बस्ने जोकोहीले केन्द्रबाट सेवा लिन सक्छन्। , ‘यो सुविधा जोकोहीले पनि लिन सक्छन्,’ उनले भने, ‘प्रवर्द्धन केन्द्रमा निःशुल्क पाइने सेवा निजी क्षेत्रमा शुल्क तिरेर नलिनुहोस्। यो नगरवासीलाई सहज र सुलभ होस् भनेरै हामीले सुरूवात गरेका हौं। ’, पहिले नेपाल सरकारबाट निःशुल्क पाउने ९८ किसिमका सबै औषधि नपाउने समस्या भए पनि अब त्यो समस्या नहुने महानगरका स्वास्थ्य विभाग प्रमुख पौडेल बताउँछन्। , ‘पहिले ९८ किसिमका औषधि कतिपय ठाउँमा पाइने गरेको थियो भने कतिपयमा पाइँदैन थियो,’ उनले भने, ‘अब भने समयमा नै नागरिकले मागेको समयमा सबै ठाउँमा औषधि पाइने व्यवस्था गरेका छौं।’ , महानगरका बाँकी सबै क्लिनिकलाई स्वास्थ प्रवर्द्धन केन्द्रमा रूपान्तरण गरिने प्रमुख पौडेलले बताए। जसका लागि अन्य ९ वटा वडामा केन्द्रका लागि पूर्वाधारको काम भइरहेको छ। , ‘जेठ महिनाभित्र १५ वटा वडामा प्रवर्द्धन केन्द्र विस्तार गर्ने योजना अनुरूप काम गरिरहेका छौं,’ उनले भने।, हरेक केन्द्रमा एक मेडिकल अफिसर (डाक्टर), नर्स, फिजियोथेरापिष्ट, ल्याब टेक्नोलोजिष्ट, रेडियोग्राफर, हेल्थ असिसस्टेन्स (एचए), फार्मासिस्ट लगायत जनशक्ति हुन्छ।, महानगरले चालु आर्थिक वर्ष नै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि भने १४ करोड बजेट छुट्याएको थियो। सोही अनुसार अहिले काम भइरहेको पौडेलले बताए।, यस्तै, महानगरको स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गर्न काम भइरहेको छ। पाँच जनाको परिवारको लागि ३५०० रुपैयाँ पर्ने र त्यसको ५० प्रतिशत महानगरले नै व्यहोरिदिने गरी बिमा कार्यक्रम ल्याउन लागिएको छ। , प्रमुख पौडेलका अनुसार एक शहरी प्रवर्द्धन केन्द्र चलाउन महिनाको लगभग ९ लाख रुपैयाँ खर्च हुन्छ। , 'महानगरमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि झन् सजिलो हुन्छ,' उनले भने, 'स्वास्थ्य र शिक्षा भनेको आधारभूत कुरा हुन्। जसलाई महानगरले आवश्यकतामा राखेर काम गरिरहेको छ।', गत शनिबारदेखि महानगरले २४ सै घन्टा निःशुल्क एम्बुलेन्स सेवा समेत सुरू गरेको छ। ,
वडावासीलाई नि:शुल्क स्वास्थ्य सेवा दिन काठमाडौं महानगरले चलाइरहेका प्रवर्द्धन केन्द्र (भिडिओ) |
विष्णु विश्वकर्मा नुवाकोटको तादी गाउँपालिका-३ खरानीटार र वडा नम्बर १ उर्लेनी जोड्ने दोर्खुखोलाको पक्की पुल सम्झौता सकिनु १४ महिनाअघि नै बनेको छ।, बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उक्त पुलको उद्घाटन गरिसकेका छन्।, ४१ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पुल निर्माण कम्पनी जयविष्णु निर्माण सेवाले बनाएको हो।, देशभरि ठेकेदारको लापरवाहीका कारण कैयौं योजना अलपत्र परिरहेका बेला सम्झौताको आधाभन्दा कम समयमा पुल बनाएपछि राष्ट्रियस्तरमै यो पुल बनाउने ठेकेदारको चर्चा भइरहेको छ। , यो पुल जयविष्णु निर्माण सेवाले बनाएको हो।, जयविष्णु निर्माण सेवाका सञ्चालक अनिल सिलवाल म्यादअघि नै निर्माण सम्पन्न हुनुमा आफ्नो भूमिकालाई मात्रै प्रमुख मान्दैनन्।, 'पूर्वाधार विकास कार्यालय नुवाकोट, स्थानीय सरकार र सरोकारवालाहरूको निरन्तर सहयोगका कारण म्यादअघि नै पुल निर्माण गर्न सफल भएँ,' सिलवालले सेतोपाटीसँग भने।, पूर्वाधार विकास कार्यालय नुवाकोट र जयविष्णु निर्माण सेवाबीच गत असार ३० गते पुल निर्माणको सम्झौता भएको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ६ करोड ९९ लाख रुपैयाँमा जयविष्णुले पुलको ठेक्का पाएको थियो।, असारमा ठेक्का सम्झौता भए पनि वर्षाका कारण दोर्खु खोलामा पानीको बहाब बढेपछि कात्तिकबाट मात्रै काम सुरू भएको थियो। , सिलवालले सम्झौता गर्दा नै पूर्वाधार विकास कार्यालयलाई ६/७ महिनामै पुल बनाइसक्ने बताएका थिए।, 'मैले त्यतिबेलै उहाँहरूलाई ६/७ महिनामै काम भ्याउँछु भनेको थिएँ। त्यही अनुसारको वर्क डिटेल पनि दिएको थिएँ,' सिलवालले भने।, सिलवालले दसैं-तिहारलगत्तै दुई वटा स्काभेटर, ब्रेकर र दुई जना अपरेटर दोर्खु खोला लगे। अन्य स्थानमा पुल बनाउँदा सुरूमा एउटा मेसिनमात्रै प्रयोग गर्दै आइरहेका सिलवालले दोर्खुमा दुई वटा मेसिन र दुई जना अपरेटरबाट दुई सिफ्टमा काम सुरू गरे। , 'एउटा मेसिनबाट दिनमा काम गर्थ्यौं, अर्कोबाट रातमा,' सिलवाल भन्छन्, 'एउटैबाट दिनरात काम गर्न सम्भव हुँदैन थियो, त्यसकारण दुई वटा मेसिन प्रयोग गरी दुई सिफ्टमा काम गर्यौं।', जनशक्तिको अभाव हुन नदिन सिलवालले कैलाली, कञ्चनपुर, सिन्धुलीलगायत जिल्लाबाट कामदार ल्याएका थिए। केही भारतीय कामदारसहित दिनमा ४० देखि ५० जनाको जनशक्ति परिचालन गरिएको उनले बताए। , सिलवालका अनुसार पुलको पिलर बनाउने काम सबैभन्दा जटिल र संवेदनशील हुन्छ। त्यसमाथि पानी पर्यो भने अझै गाह्रो हुन्छ। तर दोर्खुमा पुलको पिलर बनाउँदा उनले त्यस्तो समस्या झेल्नुपरेन।, हिउँदे वर्षा नभएको र खोलामा पानीको बहाब पनि खासै नभएका कारण पिलर बनाउन सहज भयो।, कात्तिकमा पिलरको जग खन्न सुरू भयो।, 'मापदण्डअनुसार जगको खाल्डो पुगेपछि सोलिङ गर्नुपर्छ। त्यसपछि १० सेन्टिमिटर पिसिसी गर्छौं। पिसीसी पछि डण्डी बाँध्ने काम हुन्छ। चारैतिर हात्तीपाइलेको फर्मा ठोक्छौं। फर्मा ठोकेर ढलान हाल्न तीन-चार दिन लाग्छ,' उनले भने।, उनकाअनुसार बिनाअवरोध काम गरिएको खण्डमा यी काम १२ देखि १५ दिनमा सकिन्छ।, एउटा पिलरको काम आधा सकिँदा अर्को पिलरको जगका लागि खाल्डो तयार भइसकेको हुन्थ्यो। जनशक्ति पर्याप्त हुँदा एउटा पिलरमा काम भइरहँदा अर्को पिलर बनाउने काम पनि सँगसँगै सुरू हुन्थ्यो।, दोर्खुको पुल बनाउन दिनरात काम भइरहँदा पूर्वाधार विकास कार्यालय नुवाकोटले खटाएका दुई जना प्राविधिक पनि साइटमै हुन्थे। उनीहरूले निर्माण सामाग्रीको गुणस्तर जाँचदेखि मापदण्डअनुसार प्रयोग भए नभएको सबै हेर्थे।, यसरी काम गर्दा तीन महिनामा पिलर तयार भएको सिलवाल बताउँछन्। 'त्यसपछि पिलरलाई केही दिन चारैतिरबाट टेको दिएर राख्यौं र स्ल्याब बनाउन सुरू गर्यौं,' उनले भने।, उनकाअनुसार, पुलमा प्रयोग हुने सिमेन्ट र कंक्रिटको मात्रा प्रयोग गरी सुरूमा नमूना स्ल्याब बनाइन्छ र त्यसलाई सात दिनसम्म पानीमा डुबाएर राखिन्छ।, त्यसरी राखिएको नमूना स्ल्याबलाई परीक्षण गर्दा ठिक पाइएपछि त्यही रेसियोको म्याटेरियल पुलको ढलानमा प्रयोग गरिन्छ। ढलानको काम पनि करिब चार महिनामै सकिएपछि वैशाख २० गते पुल तयार भएको उनले बताए। , सिलवाललाई जुनसुकै हालतमा जेठसम्म काम सक्काइसक्नुपर्ने बाध्यता पनि थियो। बर्खामा त्यस क्षेत्रको सडकमा गाडी चल्दैन। बन्द हुने बाटो कात्तिक मंसिर लागेपछि मात्रै खुल्ने कारण असारअघि नै काम सक्काइहाल्नुपर्ने चुनौती थियो।, 'असारसम्म नसकिएको खण्डमा अर्को ६ महिना काम रोक्नै पर्ने हुन्थ्यो। तिनै कामदारबाट काम गराउन उनीहरूलाई ६/७ महिना त्यसै तलब दिएर राख्नुपर्थ्यो। अर्कोतर्फ मेसिन बिग्रने सम्भावना पनि उत्तिकै रहन्थ्यो, यी कुराहरूलाई मध्यनजर गरी दुई सिफ्टमा कामदार खटाएर बर्खाअघि नै काम सकाएँ,' सिलवालले भने।, पुल निर्माणको ७ महिनाको अवधिमा सिलवालले केही अप्ठ्यारो पनि भोगे। पहिलो, बजेट अभाव नहोस् भनेर उनले विभिन्न बैंकबाट १७ देखि १८ प्रतिशत ब्याजमा पाँच करोड ऋण लिएका थिए। त्यसको ब्याज तिरिरहेका छन्।, दोस्रो, उनलाई पुस-माघको ठण्डीमा दुई सिफ्टमा कामदार खटाउन पनि गाह्रै पर्यो। चिसोमा काम गर्न नसकेर कति कामदारले कामै छाडे। विभिन्न चुनौतीका बाबजुद् बर्खाअघि नै काम सम्पन्न हुँदा व्यवसायिक सामाजिक रूपमा पनि नाफामा छन्।, पुल चाँडो बन्दा कमसल पो बनेको हो कि भन्ने शंका पनि सुनिने उनी बताउँछन्। तर स्टान्डर्ड स्पेसिफिकेशन र क्वालिटी कन्ट्रोलमा कम्प्रमाइज नगरी काम गरेको उनको दाबी छ।, 'गिटी, बालुवादेखि सिमेन्ट र डन्डी सबै परीक्षण गरेर मात्रै प्रयोग गर्छौं। पूर्वाधार विकास कार्यालयका प्राविधिकहरू निरन्तर फिल्डमै बसेर मापदण्ड पुगेनपुगको हेर्नुहुन्छ। उहाँहरूले भेरिफाइ गरेपछि मात्रै काम अघि बढ्ने हो, त्यसैले कमसल हुने चान्स नै हुँदैन,' उनले भने।, पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यले पनि दोर्खु खोलाको नवनिर्मित पुल कमसल हुने सम्भावना नरहेको बताए।, 'हाम्रो प्राविधिक लगातार फिल्डमै हुनुहुन्थ्यो। हप्तैपिच्छे एक इन्जिनियर र कन्सल्ट्यान्टले निरीक्षण गर्नुहुन्थ्यो,' उनले भने, 'उहाँहरूको रिपोर्टअनुसार पुल निर्माणमा सबै मापदण्ड पुगेको छ।', उनकाअनुसार पुलमा अब लोड टेस्ट गर्न मात्रै बाँकी छ। टेस्ट रिपोर्ट सकारात्मक आएपछि पुल औपचारिक रूपमा सञ्चालन हुने छ। त्यसपछि पनि एक वर्षसम्म पुल निर्माण कम्पनीकै जिम्मामा हुन्छ। त्यो अवधिमा पुलमा केही समस्या आए निर्माण कम्पनीले नै बनाउनुपर्ने बज्राचार्यले बताए।, वहुवर्षीय योजना भएका कारण तत्काल भुक्तानी दिन कार्यालयसँग रकम छैन। बाँकी भुक्तानीका लागि कार्यालयले प्रदेश सरकारलाई पत्राचार गर्ने तयारी गरेको छ। 'एक साताभित्र म त्यो प्रक्रियामा जान्छु, त्यसपछिको जिम्मा प्रदेश सरकारको हो। भुक्तानीका काम प्रक्रियाअनुसार अगाडि बढ्छ,' बज्राचार्यले भने, रकमान्तर गरेर भए पनि बजेट उपलब्ध गराउने विषयमा मुख्यमन्त्री जम्मकट्टेल सकारात्मक रहेका कारण प्रदेश सरकारबाट सहयोग हुनेमा निर्माण पक्ष र पूर्वाधार विकास कार्यालय विश्वस्त छन्।, दोर्खुमा पुल बनेपछि तादी-१ का जनताको दैनिकी सहज हुने वडा अध्यक्ष नाकुर दोङ तामाङले बताए। अब तादी-१ का जनता आधा घन्टामै गाउँपालिका कार्यालय रहेको खरानीटार पुग्न सक्नेछन्। यसअघि वर्षायाममा असारदेखि असोज महिनासम्म तादी-१ का जनता खरानीटार पुग्न सक्दैनथे।, त्यहाँका स्थानीयलाई मात्रै होइन, रसुवाको गोसाइकुण्ड पुग्न पनि तादी-१ हुँदै छिटो पुगिने हुँदा पर्यटन विकासका लागि पनि पुलले ठूलो योगदान पुर्याउने तामाङ बताउँछन्।,
दोर्खुखोलामा ७ महिनामै पुल बनाइसक्ने ठेकेदार |
सेतोपाटी संवाददाता महिलालाई अश्लिल तस्बिर पठाएर हैरानी दिएको तथा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , साइबर ब्युरोले स्याङ्जा पुतलीबजार नगरपालिका-३ घर भई ठमेल बस्ने ४८ वर्षीय नन्दलाल शर्मालाई पक्राउ गरेको हो।, उनलाई सोमबार पोखराबाट पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए।, उनले एक महिलालाई सामाजिक सञ्जालबाट चिनजान गरेका थिए। कुराकानी गरी बैंकमा ऋण मिलाइदिन्छु भनेर भेटघाट गरी प्रलोभन समेत दिएको अनुसन्धानमा देखिएको छ। , कुराकानी गर्दै पीडितलाई माया गर्ने भनेर विश्वासमा पारेर सँगै बसेका तस्बिरहरू गोप्य रूपमा खिचेर भिडिओ समेत खिचेका थिए।पछि आफूले बोलाउँदा नमानेपछि उनले तस्बिर, भिडिओ देखाएर हैरानी दिएको आरोप छ।, त्यस्तै, उनले ती तस्बिर र भिडिओहरू पीडित महिला, आफन्त एवं साथी भाइलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। , यससम्बन्धी उजुरी परेपछि प्रहरीले शर्मालाई पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ। ,
,
महिलालाई अश्लिल तस्बिर पठाएर हैरानी दिएको आरोपमा एक पक्राउ |
सेतोपाटी संवाददाता नहरमा खसेर सोमबार झापा शिवसताक्षीकी ३२ वर्षीया कमला राईको मृत्यु भएको छ।, राँगा चराउने क्रममा चिप्लिएर उनी दिउँसो नहरमा खसेकी थिइन्।, उनको घटनास्थलमै डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।, उनको स्थायी घर इलाम माई नगरपालिका हो भने शिवसताक्षी-१० सरदारेमा अस्थायी रुपमा बस्दै आएकी थिइन्। मृतक अभिवाहित महिला हुन्।, नहरमा खसेको केही समयपछि निकाल्दा उनको मृत्यु भइसकेको थियो। शव पोष्टमर्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएका प्रहरी निरीक्षक युवराज कटुवालले जानकारी दिए।,
,
नहरमा खसेर एक महिलाको मृत्यु |
सेतोपाटी संवाददाता मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , नाबालिकालाई भारतको आसाममा पुर्याएर बेचबिखन गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। , पक्राउ पर्नेमा म्याग्दी रघुगंगा गाउँपालिका-३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्री छन्। उनलाई प्रहरीले आइतबार झापाबाट पक्राउ गरेको हो। , गत कात्तिक २४ गते पीडित नाबालिका काठमाडौंमा बस्ने आफन्तकोमा जाने भन्दै नुवाकोटबाट हिँडेकी थिइन्।, नुवाकोटबाट काठमाडौं आउने बसमा एक पुरूष ती नाबालिकासँगै बसेका थिए। उनीहरूबीच चिनजान समेत भइसकेको थियो। , एसपी पंगेनीका अनुसार ती पुरूषले नाबालिकालाई खानेकुरा र पानी दिएका थिए। जसमा बेहोस हुने औषधी मिसाइएको थियो।,
लठ्ठिएकी नाबालिकालाई ती पुरूषले काँकडभित्तासम्म पुर्याएका थिए। त्यहाँबाट भने अप्सराको भूमिका सुरू भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिन्छ। , उनले काँकडभित्तामा ती नाबालिकालाई लिएर भारतको आसामसम्म पुर्याउने भूमिका खेलेको देखिएको हो। , नाबालिका नेपाल-भारतको सीमामा पुग्दा पनि नशामै थिइन्। तर अप्सराले नाबालिका आफ्नी बहिनी भएको बताएकी थिइन्।, ‘नाकामा पुगेपछि भारतीय प्रहरीले पनि उनलाई सोधेको छ। तर लामो यात्रा गरेकाले पनि उनलाई गाह्रो भएको हो भनेर बताएका रहेछन्। नाबालिका आफ्नै बहिनी हो भनेर भारत छिराएको पनि पायौं,’ एसपी पंगेनीले भने। , यताबाट काँकडभित्तासम्म पुर्याउने पुरूष भने अझै फरार छन्। उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। , अनुसन्धानको क्रममा यसरी मानव बेचबिखन गर्ने घटनामा नेपाली र भारतीय गरी ६ जनाको संलग्नता देखिएको छ। प्रहरीका अनुसार यिनीहरूले भारतको आसामको कछर जिल्लाको सिल्चरमा कोठी नै चलाएको पाइएको हो। , भारतमा कोठी चलाउन उनीहरूले थुप्रै युवतीहरूलाई लगेको हुनुपर्ने ब्युरोको आशंका छ। , एसपी पंगेनीले पनि यो समूहले पटक/पटक मानव बेचबिखन गरेको र पक्राउ परेर छुटेर पनि त्यही धन्दामा लागेको बताए। , अप्सरा पनि पहिलो पटक पक्राउ परेकी भने होइनन्। उनी यसअघि मंसिर १४ गते पक्राउ परेकी थिइन्। झापा जिल्ला अदालतले पुस १४ गते उनलाई एक लाख ५० हजार धरौटी माग गरी तारेखमा छुटेकी थिइन्। त्यतिबेला उनका श्रीमान भारतीय नागरिक अजित साह पनि पक्राउ परेका थिए। अहिले साह पुर्पक्षका लागि कारागार भद्रपुरमा छन्। , ‘त्यतिबेला पनि उनीहरूले एक जनालाई लगेर बेचेका थिए। त्यसपछि फेरि अर्कैलाई लग्न लाग्दा भेटाएर पक्राउ गरिएको थियो,’ एसपी पंगेनीले भने।, उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ। यस कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको ब्युरोले जनाएको छ।,
भारतीय प्रहरीसमक्ष बहिनी भनेर झुक्याएर आसाम पुर्याएपछि... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले राजस्व बढाउन पसल-पसल गएर व्यवसाय दर्ता गर्ने तयारी गरेको छ। , सोमबार बसेको १५ औं कार्यपालिका बैठकमा महानगरका प्रमुख बालेन शाहले वडामा गएर दर्ता गर्न व्यवसायीले झन्झटिलो मान्ने हुँदा पसल-पसल गएर व्यवसाय दर्ता गरिदिने बताएका हुन्। , ‘होम डेलिभरी सरकार महानगरको नीतिमै भएको र कतिपयलाई वडामा आएर लाइनमा बसेर व्यवसाय दर्ता गर्न झन्झटिलो हुने हुँदा यो कार्यक्रम ल्याइएको हो,’ उनले भने।, यस्तै नागरिकको व्यवसाय दर्ता गरिदिएर अनलाइन प्रणालीबाट वार्षिक शुल्क तिर्न पनि सिकाइने उनले बताए।, बैठकमा राजस्व समितिका अध्यक्ष नवराज पराजुलीले धेरै मानिस करको दायरामा आउन बाँकी हुँदा उनीहरूलाई अभिप्रेरित गर्ने उद्देश्यले टास्क फोर्स बनाएर वडा समितिमार्फत वडामा काम गर्ने कार्यक्रम पेश गरेका थिए। , उक्त टाक्स फोर्सका लागि सदस्यहरू सम्बन्धित वडाध्यक्ष आफैंले तोक्ने छन्। , उक्त कार्यक्रम संचालन गर्न ठूला वडालाई २ लाख मझ्यौलालाई साढे एक १ लाख र सानोलाई १ लाख बजेट दिन कार्यपालिकामा पेश गरिएको थियो। उक्त रकम फिल्डमा खट्ने कर्मचारीलाई प्रदान गरिने छ। ,
,
राजस्व बढाउन पसल-पसल गएर व्यवसाय दर्ता गर्ने काठमाडौं महानगरको तयारी (भिडिओ) |
सेतोपाटी संवाददाता पाँच नेपाली सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।, नेपाली सेनाको अगुवाइमा भइरहेको सफा हिमाल अभियान २०१३ अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ टोलीमा संलग्न दस जनाले सगरमाथाको आरोहण गरेका छन्।, प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा सह सेनानी विष्णुबल राई, सह सेनानी दीपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगुसहितको सैनिक टोली सोमबार १० बजेर ५ मिनेट सगरमाथाको चुचुरोमा पुगेका हुन्।, उनीहरूसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाहरूले पनि सगरमाथा आरोहण गरेका छन्। यसअघि २०८० वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्।, चैत १४ गते सफाइ अभियानमा गएको टोलीले ३२ हजार ३ सय ११ किलो फोहोर संकलन गरेको छ।, अभियानअन्तर्गत करिब ३५ हजार फोहोर संकलन गर्ने सेनाको लक्ष्य छ। सेनाका अनुसार विश्व वातावरण दिवसको दिनसम्म अर्थात् जेठ २३ गतेसम्म यो अभियान रहनेछ।,
पाँच सैनिकसहित १० जनाले गरे सगरमाथाको आरोहण |
सेतोपाटी संवाददाता पूर्व-सभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका छन्।, नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको थाहा पाएको भन्दै उनी सोमबार परिसरमा उपस्थित भएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। , कार्कीका अनुसार उनीविरूद्ध कुनै पक्राउ पुर्जी जारी भएको थिएन। तर समाचारहरूमा उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको भन्ने खबर पाएर त्यसबारे बुझ्न परिसर आएको उनले बताए। , ‘उहाँविरूद्ध पक्राउ पुर्जी केही थिएन। विभिन्न मिडियामा हल्ला भएको थियो। थाहा पाएर उहाँ आफैं परिसरमा अनुसन्धानलाई सघाउँछु भनेर आउनुभएको हो,’ कार्कीले भने। , यस प्रकरणबारे शेर्पालाई थाहा भएका कुराहरू प्रहरीलाई बताउने भनेर नै उपस्थित भएको पनि उनले बताए। ,
पक्राउ पुर्जी जारी नै नभई किन प्रहरीकहाँ पुगे पूर्वसभासद आङटावा शेर्पा? |
दिपकजंग शाही जाजरकोटकी ज्योतिको दिनचर्या अहिले निकै असहज भएको छ। क्यान्सर रोगपीडित श्रीमानलाई महँगो औषधि खुवाउनुपर्छ। दुवै जना बेरोजगार छन्। मजदुरी गरेर भएको आम्दानीबाट मुस्किलले छाक टर्छ।, दुई छोरी सरकारी विद्यालयमा पढ्दैछन्। छोरीका साथीहरू निजी विद्यालयमा पढ्छन्। साथीहरूलाई देखेर निजीमै पढ्न चाहन्छन् तर ज्योतिको आम्दानीले धान्दैन। ज्योति सपरिवार जिल्ला सदरमुकाम खलंगामा बस्छिन्।, अनेक कष्ट झेल्दै आएकी उनको संसार यही परिवार हो। जन्मघरले उनको बह सुन्दैन। सुन्नु त परको कुरा, उनी माइत जान पनि पाउँदिनन्। माइतीसँग कुरा नभएकै आठ वर्ष भयो।, आमाबुबा र भाइबहिनीले उनलाई बहिष्कार गरेका छन्। माइतीतिरको समाजले पनि उपेक्षा गरेको छ।, 'मलाई त बुबाआमाले मरिसकी भन्ने मान्नुभएको छ। केही सहयोग नगरे पनि आमाबुबा र भाइबहिनीले सञ्चोबिसञ्चो मात्रै सोधिदिए पनि हुन्थ्यो,' २८ वर्षीय ज्योतिले भनिन्।, जाजरकोटको जुनीचाँदे गाउँपालिका–५, गर्खाकोटका ठकुरीकी छोरी ज्योतिले आठ वर्षअघि, २०७२ सालमा समाजले 'तल्लो जात' मान्ने दलित युवकसँग बिहे गरिन्। गणेश चदारासँग भागेर अन्तर्जातीय बिहे गरेकै कारण उनलाई अचेल माइतीले 'मरिसकेकी छोरी' भन्छन्।, 'अहिलेको जमानामा जातभात भन्ने कुरा के हो र! मैलेमात्र यस्तो बिहे गरेको भए पनि एउटा कुरा हुन्थ्यो, धेरैले गरेका छन्,' उनी भन्छिन्।, ज्योति र गणेशको घर आधा घन्टाको दूरीमा थियो। उनीहरू गाउँकै शिवपुरि माध्यमिक विद्यालयमा पढ्थे। बाल्यकालदेखिकै चिनजान विद्यालयमा पढ्दा प्रेम सम्बन्ध बन्यो। किशोरवयमै, २०६७ सालमा उनीहरू भागेर सदरमुकाम पुगे। माइतीले तत्काल ज्योतिलाई फर्काएर ल्यायो। त्यसपछिका पाँच वर्ष त्यत्तिकै बिते।, २०७२ सालमा दुवै जना त्यही विद्यालयमा कक्षा ११ मा पढ्दै थिए। त्यो वर्ष कात्तिकमा उनीहरू फेरि भागे। यसपटक भने उनीहरूले बिहे नै गरे। उनीहरू सदरमुकाम खलंगामा बसे। उनीहरूका दुई छोरी जन्मे। एक छोरी ६ वर्षकी भइन्, अर्की चार वर्षकी।, 'दोस्रो पटक भागेपछि गाउँमा बस्ने वातावरण भएन। सदरमुकामै बस्यौं। तर दलित युवकसँग बिहे गरेपछि माइतीले मलाई बहिष्कार नै गर्यो,' ज्योतिले भनिन्।, ज्योतिका ६ जना भाइबहिनी छन्, चार बहिनी र तीन भाइ। उनी जेठी सन्तान हुन्। भाइबहिनी कहाँ के गर्दैछन् भन्ने पनि उनलाई थाहा छैन। कहिलेकाहीँ छिमेकीलाई माइतीको खबर सोध्छिन्। सबै भाइबहिनी काठमाडौंतिर पढ्दैछन् भन्ने सुनेकी छन्। गएको दसैंमा माइली बहिनीको बिहे भएको खबर पनि सुनिन्।, बिहेपछि पनि माइली बहिनी केही समय उनीसँग सम्पर्कमा थिइन्। कुराकानी हुन्थ्यो। तर पछि बिस्तारै कुरा हुन छाडेको ज्योतिले बताइन्।, उनका साथीहरू बेलामौकामा माइत जान्छन्। उनीहरूका माइती पनि आउँछन्। साथीहरूले माइतीको कुरा गर्छन्। ज्योतिको मन भरंग हुन्छ। माइत गइहालौं जस्तो हुन्छ तर पाइला टेक्न दिए पो जानु!, 'साथीहरूलाई उनीहरूका माइतीले सञ्चोबिसञ्चो सोध्छन्। आउजाउ गर्छन्,' उनले भनिन्, 'आफू जान पाउँदिनँ। मन दुखाएर बस्नुपरेको छ।', उनका छोरीहरू पनि आफ्ना साथीहरू मामाघर गएको कुरा गर्छन्। हामी पनि जाऔं भन्छन्। ज्योति उनीहरूलाई पछि जाऔंला भनेर फकाउँछिन्। यो सबै कुराले मनमा झन् पीडा हुन्छ उनलाई।, बिहेपछिका दिनमा दम्पतीलाई मात्रै होइन, गणेशका आमाबुबा, दाजु र बहिनीसहित परिवारका अन्य सदस्यलाई पनि गाउँमा असहज भयो। त्यसैले उनीहरू खलंगा गएका हुन्। परिवारका अरू सदस्य पनि गए, गणेशकी आमाले भने घर छाडिनन्। तीन महिनासम्म प्रहरीले सुरक्षा निगरानी गरेको गणेश बताउँछन्।, गणेश र ज्योतिले जिल्ला प्रहरीमा जातीय विभेदको उजुरी दिए। प्रहरीसँगै दलका प्रतिनिधि, दलित अधिकारकर्मी, जातीय विभेदका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि सबै भएर सहमति भयो। यसपछि परिस्थिति केही सहज भएकाले गणेशका बुबा र अन्य सदस्य घर फर्के। गणेश र ज्योति भने फर्केनन्।, 'हामी त अहिलेसम्म घर जान सकेका छैनौं। गाउँमा मलाईभन्दा पनि ज्योतिलाई अप्ठ्यारो हुन्छ। दलितसँग गएकी ठकुरीको छोरी भनेर होच्याउँछन्,' गणेशले भने, 'दसैंमा जाँदा पनि अनेक कुरा सुन्नुपर्छ। लुकेर दसैं मनाउनुपर्छ।', सदरमुकाम आएको दुई वर्षपछि २०७४ मा गणेशले सामाजिक विकास कार्यालयमा सहयोगीको जागिर पाएका थिए। तलबले परिवारको खर्च चलाउन सहज थियो। तर दरबन्दी कटौती हुँदा उनको जागिर छुट्यो।, यो पीडामा उनीहरूलाई अर्को चोट थपिएको छ। २०७६ सालमा गणेश बिरामी परे। मुखमा क्यान्सर रोग देखियो। अहिले बोल्न नसक्ने भएका छन्।, जसका लागि सबै छाडेर आइन्, जोसँग बोल्न सबै छाडेर आइन्, उसकै जीवनमा आँधी आउँदा, बोल्नै नसक्ने हुँदा ज्योतिलाई खपिनसक्नुभयो। पीडाले थिच्यो। कसलाई पोख्नू यो बह?, एक दिन हिम्मत जुटाएर ज्योतिले बुबालाई फोन गरिन्। फोन उठ्यो। 'म ज्योति बोलेकी' भनेपछि बुबाले फोन काटिदिए।, 'श्रीमान बिरामी भएपछि बिलौना पोख्न बुबालाई फोन गरेकी थिएँ। मैले दर्शन भनेपछि बुबाले माइली छोरी हो भन्नुभयो,' उनले भनिन्, 'होइन, जेठी छोरी ज्योति बोलेकी भनेपछि फोन काटिदिनुभयो।', त्यसपछि उनले माइजू नाताकी एक आफन्तलाई फोन गर्न लगाएर श्रीमान बिरामी परेको खबर आमासम्म पुर्याइन्। माइतीसँग सम्पर्क गर्ने यो प्रयास पनि सफल भएन।, ज्योतिले भनिन्, 'आमाले मरे पनि मरोस् भनेर फोन राखिदिनुभयो।', श्रीमानको कडा रोग र कमजोर आर्थिक अवस्थाका कारण ज्योति तनावमा छिन्। गणेशले सुरूमा जाजरकोटमै उपचार गराए। त्यहाँ उनलाई क्यान्सर भएको थाहा भएन। गत वर्ष मंसिरमा कर्णाली प्रदेश अस्पताल गए। डाक्टरहरूले क्यान्सरले तेस्रो चरण पूरा गरेको जानकारी गराए।, यसपछि गणेश भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा गए।, 'उपचारमा नौ लाख रूपैयाँ लाग्यो,' गणेशले भने, 'खर्चमा मेरो घरपरिवारबाट सहयोग भयो। केही रूपैयाँ श्रीमतीले बजारमा चन्दा उठाएर जुटाइन्।', अस्पतालले उनलाई ६ पटक किमो दिनुपर्छ भनेको थियो। यसका लागि खर्च जुट्न सकेन। हाल उनी आयुर्वेदिक औषधि प्रयोग गर्दैछन्। औषधि काठमाडौंबाट आउँछ।, 'आयुर्वेद डाक्टरले १५ महिना नियमित औषधि खानुपर्छ भनेका छन्। यसमा साढे सात लाख रूपैयाँ लाग्छ रे,' गणेशले भने।, यसरी गणेश मासिक ५० हजार रूपैयाँको आयुर्वेदिक औषधि खाँदै छन्।, 'श्रीमानलाई महिनामा ५० हजारको औषधि खुवाउने आम्दानीको स्रोत छैन। दैनिक दहीदूध खुवाउन पनि पैसा हुँदैन,' ज्योतिले भनिन्, 'स्वास्थ्यमा केही सुधार भने हुँदैछ।', जति नै दुःख आइपरे पनि, माइतीले बहिष्कार गरे पनि उनले हार मानेकी छैनन्।, भन्छिन्, 'मलाई आफ्नो बिहेको कुरामा कुनै पछुतो छैन, जीवनप्रति गुनासो छैन। श्रीमान कुरा बुझ्नुहुन्छ। हामी गलत बाटोमा छैनौं। श्रीमानलाई रोग लागेर मात्र तनाव बढेको हो।', प्रेम गरेको मान्छेसँग जीवन बिताउन पाएकोमा आफू खुसी रहेको गणेश बताउँछन्।, 'माइतीले बहिष्कार गरे पनि मेरी श्रीमती दबाबमा परेकी छैनन्। जस्तो अवस्थामा पनि मलाई साथ दिएकी छन्।',
'माइतीले बहिष्कार गरे पनि बिहे गरेकोमा पछुतो छैन' |
रासस चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा संकलकको उद्धार हुन सकेको छैन। उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन्।, तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन। खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन नसकेको हो। घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलंगामै थन्किएको छ।, उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलंगा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।, 'मौसम अनुकूल नभएका कारण आज घाइतेको उद्धार हुन सकेन,' उनले भने, 'मौसममा सुधार आए मंगलबार बिहानै घाइतेको उद्धारमा लाग्छौं।', घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपुर्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।, शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा तीन जना यार्सागुम्बा संकलक घाइते भएका थिए। चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन्। , उनीहरू गाउँलेसँगै यार्सागुम्बा संकलनका लागि हिमाली भेग उक्लेका थिए। दार्चुलाको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा संकलन गरिन्छ। ,
चट्याङबाट घाइतेहरू तीन दिनदेखि हिमाली भेगमै अलपत्र |
नवीनबाबु गुरूङ पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरमा सर्वसाधरणका लागि पार्किङ खुला गरिएको छ।, भ्युटावर निमार्णाधिन अवस्थामै हुँदा वैशाख २२ गतेदेखि पार्किङ खुलाइएको काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेशकुमार काफ्लेले जानकारी दिए।, उनका अनुसार सडकमा अव्यवस्थित पार्किङ हटाइरहेका हुँदा भ्युटावरको पार्किङ खुला गरिएको हो।, 'टावरमा अहिले एक हजार हाराहारी मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिने र ३०० वटासम्म साना तथा ठूला गाडी पार्किङ गर्न मिल्छ,' उनले भने।, काफ्लेका अनुसार अहिले दुई तला पार्किङ मात्र खुला गरिएको छ। यसले न्युरोड तथा रत्नपार्क आसपास गुड्ने सवारीसाधनको पार्किङ धान्ने उनले बताए।, 'यसअघि बसपार्क हुँदा यहाँको जमिनभरि सवारी हुन्थे। अब तीन तलामा छुट्टाछुट्टै किसिमका सवारी पार्किङ गर्न सकिने भएकाले धेरै अटाउँछन्,' उनले भने।, सार्वजनिक सवारीले यात्रु ओराल्ने तथा चढाउने र हिँडिहाल्ने हुँदा पनि ठूलो संख्यामा सवारी अटाउने उनले बताए।, भूमिगत पार्किङ रहने यो टावरमा काउन्टर, सूचना डेस्कसँगै अत्याधुनिक सिनेमा हल रहनेछ। रेस्टुरेन्ट, बैंक तथा वित्तीय संस्था लगायत व्यापारिक प्रयोजनलाई पनि लक्षित गरिएको छ। टावर भूकम्प प्रतिरोधात्मक हुने काफ्लेले जानकारी दिए।, महानगरपालिकाले २०७१ फागुनमा सार्वजनिक निजी साझेदारी मोडलमा २९ तले टावर निर्माण गर्ने सम्झौता गरेको थियो। यो भ्युटावर बनाउने जिम्मा जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले पाएको छ।, भुइँचालोपछि सहरी विकास मन्त्रालयले १२ तलाभन्दा अग्लो बनाउन नसकिने बताएपछि महानगरले १२ तले टावरकै नक्सा पास गरेर निर्माण थालेको थियो। टावरको शिलान्यास २०७२ कात्तिक २५ गते भएको थियो।, 'अझै तला थप्नुपर्दा अहिलेको भारवहन क्षमताले पुग्छ कि पुग्दैन भन्ने अध्ययन गर्न पुल्चोक इञ्जिनियरिङ कलेजलाई जिम्मा दिएका छौं,' उनले भने, 'समग्र प्राविधिक अध्ययनपछि कति तला थप्न सकिन्छ भन्ने यकिन हुनेछ।', तस्बिरहरू:, काठमाडौं महानगरपालिकाले अनामनगरस्थित एक भवनमा डोजर चलाएको छ। , सोमबार अनामनगरस्थित सार्वजनिक सथानमा बनेको दुई तले भवनमा डोजर चलाइएको महानगर प्रहरी इश्वर वाग्लेले जानकारी दिए। , उनका अनुसार पहिले उक्त भवनमा प्रहरी समेत बसोबास गर्दै आएका थिए। , 'पहिले त्यहाँ प्रहरी बस्नुहुन्थ्यो,' उनले भने, 'तर केही समय अगाडि नै उहाँहरू सरिसक्नुभयो। दोस्रो तलामा सैचालित करातेले भवन खाली गराएको थिएन।', नगर प्रहरी गएर करातेको सामान समेत हटाएर भवन खाली गरी डोजर चलाइएको उनले बताए। ,
काठमाडौं भ्युटावरमा पार्किङ खुला |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सोमबार नसकिएपछि मंगलबार (आज) पनि लिइँदैछ।, उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो। पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो। गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो।, सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमबार बयान नसकिएको भन्दै मंगलबार पुनः उनको बयान लिन लागिएको हो। , प्रहरीले खाणविरूद्ध प्रमाण जुटाउनुपर्ने भएकाले बयान लिइसकेको थिएन। प्रहरीले खाणलाई पक्राउ गर्दा मोबाइल बरामद गरेको थियो। , मोबाइल बरामद गर्नुअघि खाणले त्यसमा भएका सबै फर्म्याट गरिसकेका थिए। , त्यसपछि प्रहरीले उनीविरूद्ध प्रमाण जुटाउनको लागि मोबाइल फरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो। , आइतबार पनि उनलाई कार्यालयमा पुर्याइएको थियो। , बयान लिन अगावै खाणले सरकारी वकिल प्रमुख न्यौपानेलाई आफ्नो स्वास्थ्य अवस्था ठीक नभएको जानकारी गराएका थिए। , ‘आउँदा नै म स्वस्थ छैन भन्नुभएको थियो। पेटको समस्या छ भन्दै हुनुहुन्थ्यो,’ न्यौपानेले भने। , तैपनि आइसकेको हुँदा भने बयान दिने बताएका थिए। आइसकेको हुनाले गरौं भनेर सरकारी वकिलले अनुरोध पनि गरेको उनले बताए। , ‘आएपछि सुरू चाहिँ गरौं भनेर गरिएको थियो। आज नगरौं पनि भन्नुभएको थियो। सुरू गरेपछि लामो समय बस्न सक्दिनँ भन्नुभयो त्यसपछि छाडेका थियौं,’ उनले भने। प्रहरीका अनुसार उनको जम्मा डेढ घण्टामात्रै बयान भएको हो। , आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारै बयान लिइएको थियो।, उनीहरूसहित १३ जनालाई अदालतले दिएको म्याद बुधबार सकिँदैछ। बुधबार उनीहरूलाई पुनः अदालतमा उपस्थित गराएर म्याद थप गराउनुपर्ने हुन्छ। , उनीहरूमाथि प्रहरीले संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको हो। जसअनुसार ६० दिनभित्रमा मुद्दा बुझाइसक्नुपर्छ। मिसिल अध्ययन गर्नुपर्ने भएकाले सरकारी वकिलले पनि प्रहरीलाई चाँडो अनुसन्धान सकाउन भनेको छ। चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान आज ५३ दिन पुगेको छ।,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणको बयान आज पनि |
सेतोपाटी भारतको उत्तर प्रदेशमा आइतबार ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन्। , हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदरहरू फेला परेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, ती बाँदरलाई विष खुवाइएको हुन सक्ने आशंका वन विभागका अधिकारीहरूले गरेका छन्।, गढमुक्तेश्वर क्षेत्रको झाडीमा बाँदर मृत फेला परेपछि वन विभागलाई खबर गरिएको थियो। सुरूमा गाउँलेहरूले दुर्गन्ध आएपछि के हो भनेर प्रहरीलाई खबर गरेका थिए।, वन विभागको टोलीले घटनास्थलमा तरबुजाका थुप्रै टुक्रा पनि फेला पारेको थियो। बाँदरहरूलाई नियतवश विष खुवाएर मारिएको आशंका अधिकारीहरूले गरेका छन्। पुष्टि हुन भने बाँकी छ।, घटनास्थलमा भेटिएको खानेकुरामा विष मिसाइएको छ कि छैन भनेर पत्ता लगाउन नमूना पनि संकलन गरिएको छ। वन विभागका अधिकारीहरूले केही मृत बाँदरको परीक्षणका लागि बरेलीस्थित भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा पठाएका छन्।, प्रहरीले बाँदरको मृत्युको अनुसन्धानका लागि मुद्दा दर्ता गरेको छ। ,
उत्तर प्रदेशमा मृत फेला परे ४० वटा बाँदर |
सेतोपाटी संवाददाता हेल्पिङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नामक संस्थाले चितवनका विभिन्न स्थानमा रहेका तीन स्वास्थ्य संस्थाहरूलाई ९० लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।, ग्रामीण महिला विकास केन्द्रको समन्वयमा इच्छाकामना गाउँपालिकाको विकट गाउँ काउलेको स्वास्थ्य चौकी, कुरिनटारस्थित इच्छाकामना अस्पताल र भरतपुर–६ स्थित गणेश स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको हेल्पिङ हेन्डका नेपाल निर्देशक जीव पोखरेलले जानकारी दिए।, काउलेको स्वास्थ्य चौकी र इच्छाकामना अस्पताललाई २८/२८ लाख र गणेश स्वास्थ्य चौकीलाई ३४ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको पोखरेलले बताए।, काउलेमा निर्देशक पोखरेल र ग्रामीण महिला विकास केन्द्रका कोषाध्यक्ष आशा कँडेलले गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख वासुदेव सापकोटा र वडाध्यक्ष सन्तबहादुर राना मगरलाई सामग्री हस्तान्तरण गरेका थिए।, त्यहाँ औषधि, बिरामीलाई आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री र उपचारमा प्रयोग हुने विभिन्न उपकरणहरू प्रदान गरिएको केन्द्रका कार्यक्रम संयोजक टेकनारायण चापागाईंले जानकारी दिए।, इच्छाकामना अस्पतालमा बागमती प्रदेश सभाका सदस्य कृष्णप्रसाद सिलवाल र गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको उनले बताए।, गणेश स्वास्थ्य चौकीमा पूर्व महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, केन्द्रकी अध्यक्ष छलीकुमारी शर्मालगायतको उपस्थितिमा १४९ किसिमका स्वास्थ्य सामग्री/उपकरण हस्तान्तरण गरिएको थियो।, हेल्पिङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्टका नेपाल निर्देशक पोखरेलले स्वास्थ्य सामग्री र उपकरणको अभावमा ग्रामीण क्षेत्रका नागरिकले स्तरीय उपचार सेवा नपाएकाले सहयोग गरेको बताए।,
चितवनका तीन स्वास्थ्य संस्थालाई ९० लाखको सामग्री सहयोग |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदलीको अवस्था रहेको मौसमविद् समीर श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।, दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने उनले बताए।, त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको पनि उनले बताए।, बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरेकाले नेपालमा त्यसको प्रभाव नरहेको श्रेष्ठको भनाइ छ।, ,
मौसम पूर्वानुमानः यी प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना |
रासस आइतवार साँझ भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । , सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखाना आगलागी भएको थियो । , प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण सङ्कलन गर्दै क्षतिको मूल्याङ्कन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको हो । , न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा सुरूमा आइतवार साँझ सवा ७ बजे अचानक आगलागी सुरु भएर त्यहीँ आगो फैलिँदै घर र सँगैको कृपालु फर्निचरमा समेत आगलागी हुँदा मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट हुँदा दुई करोड २९ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । , आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा राति १० बजेर ३० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको उनले बताए।,
भक्तपुरको आगलागीमा दुई करोड २९ लाखको क्षति |
रासस सफा र चौडा सडक! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू। छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ।, रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ। तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो। , बुटवल भैरहवा व्यापारिक मार्गको सबैभन्दा लामो भाग तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पर्छ।, आफ्नो क्षेत्रभित्र पर्ने छ लेन सडकको सरसफाइ र सुन्दरतारामा तिलोत्तमा नगरपालिकाले अग्रसरता लिएपछि यो सडक नेपालकै नमूना सडक बनेको छ। , उद्योगपति विनोद चौधरीले दुई वर्षअघि यस सडकको यात्रा गर्ने क्रममा ‘आफू बुटवल भैरहवा सडकमा यात्रा गरिरहेको तर युरोप पुगेको अनुभूति भएको’ भन्दै सामाजिक सञ्जालमार्फत भिडियो पोष्ट गरेपछि यो सडकको चर्चा चुलिएको हो। उनले गरेको यो प्रशंसापछि तिलोत्तमा नगरपाालिकाका तत्कालीन नगरप्रमुख वासुदेव घिमिरेले सडकको सरसफाइ र हरियाली प्रवर्द्धनका लागि छुट्टै कार्यक्रम बनाएर लागु गरका थिए।, सोही कार्यक्रमलाई हालका नगरप्रमुख रामकृष्ण खाणले पनि थप परिस्कृत गर्दै निरन्तरता दिएका छन्। , नगरभित्रका सडकमा सोलार बत्ती विस्थापित गरेर बिजुली बत्ती राखिएको छ।, लहरै राखिएका झलमल्ल बत्तीले रातिमा उज्यालो देखिन्छ।, चोक–चोकमा सार्वजनिक शौचालय राखिएको छ। शौचालय सफा छन्।, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी नगर त्यत्तिकै चिटिक्क देखिएको होइन, यसका लागि २०७४ सालबाट हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान निरन्तर सञ्चालनमा रहेको बताउँछिन्। ‘कोरोना महामारीको समयमा एक–दुई महिना यो अभियान सञ्चालनमा समस्या भयो होइन भने निरन्तर सञ्चालनमा छ’, उनले भनिन्।, अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगरप्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिको सहभागितामा नगरस्तरीय सरसफाइ अभियान सञ्चालन हुँदै आएको उपप्रमुख चौधरीले बताए।, वडा कार्यालय र टोल विकास संस्थासमेतले नियमित सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएका छन्। तिलोत्तमाका १७ वडामा एक सय ९९ टोल विकास संस्था छन्।, नगरपालिकाले अघि सारेको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानलाई स्थानीयले पनि साथ दिएका छन्। जसले गर्दा नगरका भित्री सडक पनि सफा छन्।, ड्राइभरटोलकी लक्ष्मी खनालले भनिन्, ‘मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि सबैलाई निस्कन कर लाग्दोरहेछ । अहिले अरु नगरपालिकाभन्दा हाम्रो ठाउँ धेरै सफा भए भएको छ ।’ , निरन्तर सरसफाइ अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउन सफल भएको छ।, नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरवासीमा आह्वानसमेत गरेको छ।, सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घरआँगन, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाइ गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ ।, नगरपालिकाका हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालका अनुसार हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइका लागि हरेक वर्ष दुई करोड रुपैयाँ बजेट विनियोजन हुने गरेको छ।, नगरको नियमित सरसफाइका लागि ४४ जना सफाइकर्मी परिचालन गरिएको छ। प्रत्येक वडामा दुई–दुई जनाका दरले कर्मचारी खटाइएको खनाल बताउँछन्।,
,
नगर सफाइमा ख्याति कमाएको तिलोत्तमाले त्यसलाई दिगो राख्न र नगरवासीको सोच परिवर्तन गराउन विभिन्न अभियान चलाउँदै आएको छ।, २०७६ सालमा अभियानकै रूपमा शून्य खुला पोलिथिन अभियान चलाइएको थियो । यसले पनि नगरलाई चिटिक्क राख्न बल मिलेको स्थानीय अगुवा लोकनाथ ज्ञवाली बताउँछन्।, नगर सफा र स्वच्छ राख्न नगरपालिकाले गत वर्षको चैतदेखि गुट्खाजन्य पदार्थको बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ।, यसको सेवनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै नगरवासीको स्वास्थ्य, सहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बिक्री वितरणमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ।, नगरलाई अझै सफा र चिटिक्क बनाउन नगरपालिकाले ‘ग्रिन तिलोत्तमाः क्लिन तिलोत्तमा’को अभियान पनि चलाएको छ। विद्यालयस्तरमा समेत यो कार्यक्रम कार्यान्वयन गरिएको छ। , फोहर जथाभावी फाल्नु हुँदैन भन्ने कुरा विद्यालयमै सिकाइएको हो।, तिलोत्तमा नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’ अर्थात् ‘माई पकेटः माई फस्ट डस्टबिन’ समावेश गरिएको छ।, जसले गर्दा विद्यार्थीले पनि यत्रतत्र फोहर फाल्दैनन्।, फाल्नै परे आफ्नै खल्तीमा राख्ने र डस्बिन भएको ठाउँमा फाल्ने बानीले विद्यालय तथा सार्वजनिक स्थान पनि सफा र चिटिक्क छन्।, सात सय ५३ स्थानीय तहमध्ये तिलोत्तमा मुलककै पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका हो। विसं २०७६ चैत ३० गते तिलोत्तमालाई मुलुकको पहिलो पूर्ण सरसफाइउन्मुख र शून्य खुला पोलिथिन नगरपालिका घोषणा गरिएसँगै यसलाई दिगो बनाउन स्थानीय पाठ्यक्रममा ‘माई पकेटः माई फस्ट डस्टबिन’ समावेश गरिएको हो।, ,
जहाँ पाठ्यक्रममै छ ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’ |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सार्वजनिक जग्गाको यकिन विवरण तयार पार्ने भएको छ। , मंगलबार छयासीकोटमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त कुरा बताएका हुन्। , ‘वडा नम्बर १-२९ सम्मका सबै सार्वजनिक जग्गाको क्षेत्रफल र अवस्थाको फेरहिस्त तयार पार्छौं,' उनले भने,'त्यसको लागि महानगरले समिति नै बनाएर काम गर्छ।’, सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले सार्वजनिक जग्गा संरक्षणको सन्दर्भमा प्रश्न उठाएका थिए।, विशेषगरी महानगरको चक्रपथ बाहिरका वडाहरूमा सार्वजनिक, पर्ती र ऐलानी जग्गा धेरै भएको र ती जग्गामा धैरैले चासो राखेको प्रमुख महर्जनले बताए।, ,
ललितपुर महानगरभित्रका सार्वजनिक जग्गाको विवरण तयार पार्छौंः मेयर चिरीबाबु |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका पूर्वसांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ। , नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै सोमबार आफैं परिसर पुगेका शेर्पालाई चोट लागेको परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। , रिजालका अनुसार उनी राति बाथरूम जाँदा लडेर टाउकोमा चोट लागेको हो। चोट लागेपछि उपचारको लागि वीर अस्पताल लगिएको थियो। , राति नै उपचार गरेर उनलाई परिसर फिर्ता ल्याइसकेको उनले बताए। , ‘बाथरूममा लडेर सामान्य चोट लागेको छ। सोधपुछको लागि हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘उहाँसँग सोधपुछ गर्ने काम सकिएको छैन।’, यसअघि सोमबार परिसर प्रमुख दानबहादुर कार्कीले उनीविरूद्ध कुनै पक्राउ पुर्जी जारी नगरिएको बताएका थिए। आफूविरूद्ध पनि पुर्जी जारी भएको भन्ने समाचारहरूमा सुनेपछि आफैं उपस्थित भएको उनले प्रहरीलाई बताएका थिए। , प्रहरीले शेर्पालाई रातभर कार्यालयमै राखेर सोधपुछ गरेको हो। आज पनि उनीसँग थप सोधपुछ हुने एसपी रिजालले बताए।, शेर्पा २०७० को संविधान सभामा नेपाली कांग्रेसबाट सभासद थिए। ,
,
आफैं प्रहरी कार्यालय पुगेका पूर्वसांसद शेर्पा बाथरूममा लडे, टाउकोमा चोट |
रासस पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ। सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ। तर सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा सो व्यवस्था प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।, जलजलाले सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्नु तथा नगराउन अनुरोध गरेको छ।, यदि कहीँकतै सो क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले अन्य वैकल्पिक स्थानमा सञ्चालन गर्नसमेत आग्रह गरेको छ।, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ सेवन गर्ने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताए।, पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिएको जनाउँदै सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब एक सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको उनको भनाइ छ ।,
,
गाउँपालिका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागिपरेको छ। विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले उक्त अभियानको सुरुआत गरेको हो।, विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भए/नभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उनको भनाइ छ।,
पर्वतको जलजलामा सार्वजनिक स्थानमा सुर्ती र मदिरा बिक्री-वितरण गर्न रोक |
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न ठाउँमा अवैध रूपमा चन्दा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न कलेज, विद्यालय, व्यापारी र कम्पनीहरूसँग चन्दा उठाउने सोमबार प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बैतडीका ४२ वर्षीय अमृत कार्की र सल्यानका ३२ वर्षीय डिबी चन्द छन्।, कार्कीले आफूलाई अखिल नेपाल ट्रेड युनियन मजदुर संघको केन्द्रीय सदस्य बताउने गरेका थिए भने चन्दले आफू अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य भएको भन्ने गरेका थिए।, उनीहरूमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। ,
काठमाडौंमा अवैध चन्दा उठाउने दुई जना पक्राउ |
नारायण खड्का भारतीय निर्माण कम्पनीले काम नगरेपछि दाङको तुलसीपुर-घोराही चार लेन सडक खण्डको सम्झौता नेपाल सरकारले रद्द गरेको छ।, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सेतोपाटीलाई दाङको अलपत्र चार लेन सडकको सम्झौता तोडिएको जानकारी दिइन्।, तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तारका लागि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो।, तथ्यले २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने गरी सम्झौता गरेको थियो। सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्ने उल्लेख थियो।, सहर र बजार क्षेत्रमा दुई लेनको मात्रै सडक निर्माण गर्ने र अन्य भागमा चार लेनको सडक निर्माण गर्ने सम्झौतामा उल्लेख छ।, यो बीचमा सडक निर्माणको भौतिक प्रगति १० प्रतिशत पनि पुगेको छैन।, भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी तथ्यले पाँच वर्षसम्म काम नगरी सडक अलपत्र छोडेपछि सरकारले सम्झौता रद्द गर्नु परेको सरकारकी प्रवक्ता शर्माले जानकारी दिइन्।, ‘भारतीय निर्माण कम्पनीले सडक निर्माणको जिम्मा लिए पनि काम गर्न ध्यान दिएन,’ मन्त्री शर्माले भनिन्, ‘सडकको काम चार वर्षदेखि अलपत्र छोडिएको हुँदा नेपाल सरकारले भारतीय निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरेको हो।’, अब नयाँ प्रक्रिया थालनी गरी काम हुने उनले बताइन्।, अब तत्काल भत्काएर जीर्ण अवस्थामा पुगेको सडकलाई मर्मत गरी पहिलेको जस्तै दुई लेनमा भए पनि मर्मत गर्ने तयारीमा सरकार लाग्ने उनले बताइन्।, ‘अहिले अलपत्र अवस्थाको दुई लेनको मर्मतको ठेक्का खुल्छ,’ उनले भनिन् ‘ चार लेनकै ठेक्का भने अलि समय लाग्न सक्छ।’, सोही कुरालाई मध्यनजर गर्दै छिट्टै मर्मतका लागि ठेक्का खोलिने मन्त्री शर्माले जानकारी दिइन।, ‘पाँच वर्षदेखि काम नै नगर्ने ठेकेदार कम्पनी सँगको ठेक्का सम्झौता रद्द गर्नुको विकल्प थिएन,’ उनले भनिन्, ‘हामीले अहिले एक्जिम बैंकको पैसा लिन्नौं भनेर भनेका भने छैनौं।’, त्यो पैसा लिएपछि फेरि सडक विस्तारका लागि नयाँ प्रक्रिया सुरू हुने उनले बताइन्। त्यो प्रक्रिया थालनी गर्दा समय लाग्ने हुँदा तत्काल सडक मर्मतको लागि ठेक्का खोलिने उनले बताइन।, ‘एकातिर निर्माण कम्पनीले काम नै गरेन भने अर्कोतर्फ नेपाल सरकारलाई आफैं मर्मत गर्ने कानुनी बाटो पनि खुलेको थिएन,’ उनले भनिन्, ‘ठेक्का नतोड्दासम्म रोड फ्री भएन र अब त नेपाल सरकारले आफैं पैसा हालेर भए पनि मर्मतको काम गर्न सक्छ।’, दुर्घटना बढेको, यात्रुले सास्ती भोग्नु परेको कुराले पनि छिटो ठेक्का तोड्न सरकार लागेको उनले बताइन्।, ‘अब पनि सकभर एक्जिम बैंककै पैसामा नयाँ ठेक्का गर्ने हो,’ उनले भनिन्, ‘त्यो भएन भने नेपाल सरकारले केही उपाय खोज्छ र त्योभन्दा पहिले पहिलेकै दुई लेन मर्मत गरिन्छ।’, सडक निर्माणको नयाँ निर्माणको काम नहुँदासम्म अलपत्र परेको फोर लेन सडकको बिग्रे भत्किएको ठाउँमा नेपाल सरकार आफैंले मर्मत गर्ने उनले बताइन्।, नयाँ आर्थिक वर्षको बजेटमार्फत् अलपत्र फोर लेन सडकको मर्मत सम्भारका लागि बजेट व्यवस्थापन गर्ने र दाङवासीको आवागमनमा सहजता तुल्याइने मन्त्री शर्माले बताइन्।, यो सडक खण्ड विस्तारको काममा तथ्यका मुख्य ठेकेदार कहिल्यै काम गर्न आएनन्। उनले यो बीचमा नेपाल प्रतिनिधिका रूपमा ८ जना विभिन्न नेपाली ठेकेदारलाई काममा पठाएको भए पनि कसैले काम गर्न सकेनन्। निर्माणमा आवश्यक आधा बढी सामान भारतबाट खरिद गर्नु पर्नेजस्ता अप्ठ्यारा प्रावधान सम्झौतामा उल्लेख भएका कारण पनि काम हुन नसकेको एक ठकेदारले बताए।, अलपत्र चार लेन सडकबारे जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो। शर्मा सञ्चार मन्त्री भएपछि आफ्नै निर्वाचन क्षेत्रमा आउँदासमेत सडक नबनाएको भन्दै स्थानीयले सार्वजनिक रूपमै घेराउ गरेका थिए। जिल्लाका अन्य प्रतिनिधि र नेताहरूको पनि विरोध हुँदै आएको थियो। निर्वाचन पहिले र जितेलगत्तै पनि मन्त्री शर्माले आफैं तत्काल सडकको काम हुने र त्यसो हुन नसके सम्झौता रद्द गरिने बताउँदै आएकी थिइन्।,
सरकारले रद्द गर्यो तुलसीपुर-घोराही चार लेन सडकको सम्झौता |
नवीनबाबु गुरूङ भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै फेसबुक ग्रुप मेन्स रूम रिलोडेडले (एमआरआर) प्रदर्शन गरेको छ।, ग्रुपका सदस्यहरूले मंगलबार साँझ माइतीघर मण्डलमा विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्।, तस्बिरहरू:, ,
भ्रष्टाचारीलाई कारबाही माग्दै 'एमआरआर'को प्रदर्शन (तस्बिरहरू) |
युनिक श्रेष्ठ भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट लिएको रकममध्ये एक करोड रूपैयाँ फिर्ता गरिदिएको तथ्य प्रहरीले फेला पारेको छ।, उक्त रकम पूर्वगृहमन्त्री खाणले आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत् फर्काएको गृहको उच्च स्रोतले सेतोपाटीलाई बताएको छ।, नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहका प्रमुख सदस्य केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ चैत १२ गते पक्राउ परेपछि उनीहरूले भटाभट यसमा जोडिएका राजनीतिक र प्रशासनिक मानिसहरूको नाम लिन थालेका थिए।, भण्डारी, दुलाल र गुरूङ पक्राउ परेपछि उनीहरूको बयान भएको थियो। बयानका क्रममा सानु भण्डारीले गृहमन्त्री खाण लगायत उच्च राजनीतिक एवं कर्मचारीहरूको नाम लिएका थिए। उनीहरूले नाम लिएका ८ जनालाई प्रहरीले समात्यो। खाणको नाम भने गिरोहका सदस्यको बयानबाट हटाइयो।, त्यसलगत्तै खाणले गिरोहका सदस्यबाट आफूले लिएको रकम फिर्ता गर्ने र भविष्यमा उनीहरूले आफ्नो नाम नलिने चाँजोपाँजो मिलाउन थाले। त्यसको केही दिनमा उनले पिए केसी मार्फत एक करोड रूपैयाँ फिर्ता गरेका थिए।, गृहको उच्च स्रोतका अनुसार केसीले एक करोड लगेर दिएका व्यक्तिले नै प्रहरी समक्ष आफूले उनीबाट पैसा फिर्ता लिएको बयान दिएका छन्।, खाणले भने अहिलेसम्म बयानका क्रममा यो विषय स्वीकार गरेको वा नगरेको यकिन छैन। मंगलबार मात्रै प्रहरीले खाणसँग दिनभरि नै बयान लिएको छ। यो समाचार लेख्दा साँझसम्म पनि बयान जारी छ।, पूर्वगृहमन्त्री खाणलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो। उनलाई मैजुबहालस्थित निवासबाट जरूरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको थियो। त्यसपछि पक्राउ परेका गृहसचिव टेकनारायण पाण्डेले पनि उनीमार्फत काम गरेको स्वीकार गरेपछि र पाण्डेकै फोनबाट भेटिएका प्रमाण पाएपछि प्रहरी खाणसमक्ष पुगेको थियो।, खाण भाग्न सक्ने संकेत पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीसहितको टोली नै पुगेर उनलाई घरैबाट पक्राउ गरेको हो।, प्रहरीले यस प्रकरणमा अहिलेसम्म १४ जनालाई पक्राउ गरिसकेको छ।, पक्राउ पर्नेहरूमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी छन्।, यस प्रकरणमा इन्द्रजितका छोरा निरज र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरूलाई प्रहरीले फरार सूचीमा राखेको छ।, यो प्रकरणमा सबैजसोको बैंक खातामा पीडितले बुझाएका रकमको कारोबारको विवरण भेटिएको छ जुन उनीहरूविरूद्ध बलियो प्रमाण बनेको प्रहरीको दाबी छ।, प्रहरीले यसमा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ।, भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै २०७६ साल जेठमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो। उक्त कार्यदलका अनुसार शरणार्थीहरू कसैलाई अमेरिका लगायत तेस्रो मुलुकमा पुनर्वास गरिने थिएन।, कार्यदलको उक्त प्रतिवेदन मन्त्रिपरिषदमा पठाइएको थियो। तर त्यसमा नक्कली शरणार्थीहरूको नाम थपेर अर्को प्रतिवेदन तयार गरेको पाइएको थियो। गिरोहले राजनीतिक अधिकारीहरूसँग मिलेर नक्कली नाम थपिएको प्रतिवेदन देखाएर उनीहरूलाई विदेश लैजाने भन्दै रकम उठाएको पाइएको हो। उनीहरूले एक व्यक्तिबाट ५ देखि ५० लाख रूपैयाँसम्म उठाएको अनुसन्धान अधिकारीहरूले बताएका छन्।, यसरी पैसा बुझाएको भन्दै एक सय जनाभन्दा बढी प्रहरीको सम्पर्कमा आएका हुन्।,
शरणार्थी प्रकरण चर्किएपछि पूर्वगृहमन्त्री खाणले बिचौलियालाई फिर्ता गरेका थिए १ करोड |
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ।, मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरिक्षक भुवनेश्वरप्रसाद शाहले जानकारी दिए। , उनका अनुसार ललितपुर स्टिलटावर चोक नजिक गैंडाको खाग खरिदबिक्री हुँदैछ भनेर प्रहरीले सूचना पाएको थियो। सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए। , पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ।,
ललितपुरबाट गैंडाको खागसहित तीन पक्राउ |
सेतोपाटी संवाददाता बिहान साढे ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा चढेका युवक तल झरेका छन्। , मोरङ बुढीगंगाका गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी ५ बजेतिर पोलबाट ओर्लिएका हुन्।, गाउँपालिका अध्यक्ष जितनारायण थापालगायतले फकाएर उनलाई तल झारेका हुन्। , माझीले सडकको रिटेनिङ वालको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका थिए। उनले गाउँपालिका अध्यक्ष थापाबाट प्रतिबद्धताको माग गरेका थिए। , थापा धनकुटामा थिए। उक्त खबर पाएर फर्किएपछि फकाएर माझीलाई तल झारिएको हो। , बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ। त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवकको माग छ। उनले सडकमा भएको काम गुणस्तरीय बनाउने प्रतिबद्धता खोजेका हुन्।,
११ घण्टापछि झरे हाइटेन्सन पोलमा चढेका युवक |
नवीनबाबु गुरूङ किराँत समुदायले काठमाडौंको टुँडिखेलमा उभौली तथा उधौली पर्व मनाएका छन्। , शनिबार टुँडिखेलमा भेला भएर किराँत समुदायले साकेला नाचेर पर्व मनाएका हुन्। किराँत समुदायमा यो महान् पर्वको रूपमा मनाउने गरिन्छ।, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्छन्।, यो वर्ष गत वैशाख २२ गते उभौली परेको थियो।, किराँत समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ।, यो पर्वको अवसरमा साकेला शिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ।, हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ।, तस्बिरहरू:,
टुँडिखेलमा साकेला नाच (तस्बिरहरू) |
रासस ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरू बागमती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरूपमै जरिवाना गरिएको छ।,
,
बागमती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामंगल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई १०-१० हजार गरी २० हजार रुपैयाँ जरिवाना गरिएको अभियानकर्मी चक्रबहादुर चन्दले राससलाई जानकारी दिए।, काठमाडौं महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ। ,
,
महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए। सफाइ महाअभियानले काठमाडौं उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।,
,
विसं २०७० जेठ ५ देखि सुरू भएको बागमती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ। आज सफाइ महाअभियानका ५२२औं हप्तामा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो। सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। अर्को शनिबार बिहान पनि यसै स्थानमा सफाइ गरिने जनाइएको छ।,
बागमती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना |
सेतोपाटी संवाददाता सुर्खेतको भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। , शनिबार बिहान भरीगंगा नगरपालिका-९ जहरेस्थित भेरी नदीमा डुबेर एक जना बालकको मृत्यु भएको हो। , सोही ठाउँमा आफन्तको घरमा बस्दै आएका दार्चुला मालिकार्जुनका ११ वर्षीय सन्देश पार्कीको मृत्यु भएको हो। , नुहाउन जानेक्रममा बालक नदीमा डुबेका थिए। बालकलाई निकालेर उपचारको लागि मेहेलकुना अस्पताल लगिएको थियो। , त्यहीँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। , ,
भेरी नदीमा डुबेर एक बालकको मृत्यु |
रासस कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ। , कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।,
,
जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गरी कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ।, जेठ १ गतेदेखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए। , ‘खुुलालु क्षेत्रको सडक स्तरोन्नति कार्य सुरु हुने भएकाले एक हप्ताका लागि सो क्षेत्रमा सडक बन्द गरिएको हो,’ उनले भने, ‘करिडोर जोड्ने एउटामा मात्रै खुलालुु पुल हो । त्यही काम गर्नु परेकाले एक हप्ता बन्द गरिएको हो।’, सडक बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्नी त्रिणेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवातजावत प्रभावित हुने भएको छ। ,
कर्णाली करिडोर एक साता बन्द हुने |
सेतोपाटी संवाददाता देशमा स्थानीय वायुको सामान्य प्रभाव देखिँदै आएकामा बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको असर पनि देखिन थालेको छ। , जल तथा मौसम विज्ञान विभागकाअनुसार बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात शक्तिशाली चक्रवातमा परिणत भएको छ। , चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ। , नेपालमा त्यसको उल्लेखनीय प्रभाव नदेखिए पनि देशैभर मौसम बदलीको अवस्था रहने छ। काठमाडौं उपत्यकालगायत देशका अधिकांश भूभागमा मंगलबारसम्मै बदलीको अवस्था रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।, ‘नेपालमा चक्रवातको खासै प्रभाव देखिँदैन। सामान्य बादल लाग्ने, एकदुई स्थानमा क्षणिक वर्षा हुने र मौसम चिसो हुने अवस्था देखा पर्न सक्छ,’ उनले सेतोपाटीसँग भनिन्।, अहिले गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको पनि उनले बताइन्।, दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।, ,
‘मोखा’ चक्रवातको असर नेपालसम्मै, मंगलबारसम्म मौसममा बदली रहने |
रासस बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्। , राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताउँछन्।, उनका अनुसार बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पुर्याएको छ। , तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गर्दै आए पनि निर्माण हुनसकेको छैन। , भत्किएको तटबन्धन तत्काल मर्मत नगरिए त्यस आसपासका छ गाउँ डुबानमा पर्ने लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए। , उनले भने, ‘भत्किएको तटबन्धन तत्काल मर्मत गर्नुपर्छ।’ , बस्ती जोगाउन निर्माण भएको तटबन्धन भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ र ७ मा रहेका बस्तीमा क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारूले बताए। , उनका अनुसार विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको राप्तीनदीको पुरानो तटबन्ध भत्किएका कारण राप्तीनदी बस्तीमा पस्ने खतरा रहेको छ। , नदी बस्तीमा पस्नासाथ नरैनापुरमा बनेको बाँध भत्किने र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ अतिप्रभावित हुने भएकाले स्थानीय त्रसित रहेका छन्।, यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्वार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको उहाँले गुनासो छ । , राप्ती सोनारी–७ फत्तेपुर र नरैनापुर–६ मा भत्केको राप्तीको तटबन्ध तत्काल मर्मत नभए वर्षात्मा ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको यहाँका स्थानीय जनप्रतिनिधि बताउँछन्। , वर्षा अगाडि तटबन्ध मर्मत नभएमा ठूलो जनधनको क्षति हुनुका साथै संघीय सरकारले लगानी गरेको अर्बौंको लगानी पनि डुब्ने नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए। , नरैनापुर–६ मा करिब डेढ सय मिटर क्षेत्रमात्रै तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ। तटबन्धन मर्मत नभए सोनवर्षा गाउँ डुब्ने डर रहेको उनको भनाइ छ। , राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धनमा २०७९ असोज महिनामा आएको बाढीले क्षति पुर्याएको थियो। , भत्किएको तटबन्धन निर्माणका लागि गाउँपालिका अध्यक्ष, प्रदेश र सङ्घीय सांसदहरूले पटक–पटक निरीक्षण तथा अवलोकन गरे पनि काम सुरु हुनसकेको छैन। , सांसद सूर्य ढकालले राप्ती नदीको तटबन्धनको विषयमा आफूले सदनमा समेत कुरा उठाएको बताए। तत्कालका लागि भत्किएको तटबन्धन निर्माण गर्ने र अन्य स्थानमा पनि नियमितरूपमा तटबन्धनको काम सुरु गर्न आफूले सङ्घीय सरकारमा पहल गरिरहेको उनको भनाइ छ ।,
भत्किएको तटबन्धन नबन्दा ८ गाउँ डुब्ने डर |
सेतोपाटी संवाददाता खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाहरूलाई आज खोप लगाइँदै छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बृहत् खोप अभियान अन्तर्गत आज देशैभरी पाँच वर्षभन्दा मुनिका बालबालिकाहरूलाई खोप लगाउन लागिएको हो। , अभियानअन्तर्गत जन्मेदेखि १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेका बालबालिकालाई खोप लगाइने छ। , जन्मेदेखि १५ महिनाभित्र बिसीजी, टाटा पोलियो, पिभिसी,डिपिटी, हेपटाइटिस बी, पोलियो, एफआईपिभी, दादुरा,रूबेला, जापानिज इन्सेफ्लाइटिस् लगायतका खोप लगाउनुपर्छ। , यी खोप लगाउन छुटेका बालबालिकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा लगेर निःशुल्क खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। , ‘पूर्ण खोप लिएर सबै सुरक्षित नहुँदासम्म कोहीपनि सुरक्षित हुँदैनन् त्यसैले सबै बालबालिकालार्य पूर्णखोप लगाइदिऔं,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ। ,
नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइँदै |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले मकवानपुरबाट भन्सार छलीका तीन ट्रक जुत्ता नियन्त्रणमा लिएको छ। , हेटौंडा उपमहानगरपलिका-१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट गत शुक्रबार विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्ता रहेको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, अमेरिकी डलर ४ लाख ८८ हजार १७३ (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ) मूल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। , ती ट्रकमा लोड गरिएका जुत्ताका बिल बिजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो। , नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ।,
६ करोड रुपैयाँ बढीका जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा |
रासस पाकिस्तानी महिला आरोही नैला कैनीले सगरमाथाको सफल आरोहण गरेकी छन्। आइतबार बिहान ८ः०२ बजे कैनीले सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्। , उनीसँगै नैपाली आरोही पासाङतेम्बा पनि आजै सगरमाथाको चुचुरोमा पुगेका छन्। दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए। , कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट सुरूआत भएको बताए। , उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपासमा छन्। आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए। , वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो। , रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ।, यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ संख्यामा आरोही प्रतिक्षारत छन्। पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन्। ,
नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा |
सेतोपाटी संवाददाता दाङको घोराहीस्थित राप्ति विज्ञान प्रतिष्ठानमा बिहीबार उपचारका क्रममा मृत्यु भएकी सुत्केरी महिलाको शव चारदिनसम्म परिवारले बुझेका छैनन्।, केसीकी आफन्त र परिवारले उचित क्षतिपूर्तिसहित विभिन्न माग राख्दै शव बुझ्न अस्वीकार गरेका हुन्। अहिले सहमतिका लागि दुबै पक्षबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय दाङमा डिएसपी राजन गौतमले जानकारी दिए। , पीडित पक्षले उचित क्षतिपूर्तिसहित नाबालिकाको पालनपोषण तथा शिक्षाको ज्ञारेन्टी प्रतिष्ठानले गर्नुपर्ने , मृतकका श्रीमानलाई अस्पतालमा करार सेवामा जागिर लगाउनु पर्ने लगायतका माग राखेका छन्। , घोराही उपमहानगरपालिका–८ सौरीकी २८ वर्षीया मधु केसीलाई बिहीबार बिहान अस्पताल पु¥याइएकोमा राति ११ बजे मृत्यु भएको थियो।, मधुले बिहीबार दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन्। जन्म दिएपनि साल नझरेपछि सोही दिन दिउँसो उनको शल्यक्रिया गरिएको थियो। अत्यधिक रक्तश्रावका कारण राति ११ बजे मृत्यु भएको थियो।, अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै केसीका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। , सम्बन्धित समाचारः ,सुत्केरीको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घेरे आफन्तले,
चार दिनसम्म परिवारले बुझेनन् मधुको शव, क्षतिपूर्तिबारे छलफल जारी |
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। , शनिबार राति टोखा नगरपालिका-८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , उनको हत्या आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको हो। , एसपी रिजालका अनुसार उनीहरूबीच झगडा भएको थियो।, शेर्पाले रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोप छ। कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो।, उक्त खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। ,
,
टोखामा रक्सी खाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ |
रासस सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन्। , दुर्घटना भएको बखत आफैंले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामु उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरी प्रमाण दबाउन नहुने सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको हो।, यही बैशाख २५ गते राति २ बजे हेलम्बु गाउँपालिका वडा नं–२स्थित ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनीट्रकले ठक्कर दिँदा ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएपछि चालक फरार भएका थिए।, आफूसँग लाइसेन्स नभएका कारण फरार भएका हेलम्बु–२ का ४२ वर्षीय चालक छेनाम तामाङलाई बचाउन लाइसन्स प्राप्त निज बस्नेतले दुर्घटना भएको बेला चालक आफू रहेको भनी मेलम्ची इलाका प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए।, उनको बयानमा शङ्का लागेकाले अनुसन्धन गर्दा बस्नेतले घटना भएको बेलामा गाडी नचलाएको तर तामाङले नै चलाएको खुलेपछि उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, घटना भएको बेलाका चालक तामाङसँग सवारी साधन अनुमतिपत्र नभएकाले उनलाई बचाउन लाइसन्स प्राप्त चालक बस्नेतले आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक बाल नरसिं राणाले जानकारी दिए। , उनका अनुसार सक्कली र नक्कली दुबै चालकलाई पक्राउ गरी प्रमाण दबाउन नहुने सम्वन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।,
लाइसेन्स नभएकालाई बचाउन खोज्दा... |
रासस आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।, आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन्।, तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ।, वैद्यखानाका कर्मचारीले फागुनदेखि नै तलब पाएका छैनन्।, निमित्त कार्यकारी निर्देशक रामदेव यादव एक महिनादेखि कार्यकक्षमा नबस्दा कार्यालयमा अन्य समस्या पनि आएको कर्मचारी बताउँछन्।, कार्यकारी निर्देशक यादव यही वैशाख ३ गतेदेखि नै बिहान एकपटक विद्युतीय हाजिर गरेर हिँड्ने गरेको गुनासो अधिकांश कर्मचारीको छ।, समितिका प्रशासन शाखा प्रमुख रुन्धाता कोइरालाका अनुसार विद्युतीय हाजिर ‘फेस रिडर’ को लिङ्कसमेत निमित्त कार्यकारी निर्देशक यादवले आफ्नै कार्यकक्षमा राखेका छन्।, ‘कर्मचारीको बिदालगायत अभिलेख पनि निमित्त कार्यकारी निर्देशककै कार्यकक्षमा छ, शनिबारदेखि कार्यालयमा कार्यरत माली सानीमाया लामाको अनिवार्य अवकाश भयो, टिप्पणी तयार छ, निमित्त कार्यकारी निर्देशक हाजिरमा अनुहार देखाएर हिँड्ने गरेकाले कसैलाई स्वीकृत गराउन पाएको छैन, यस्ता नियमित काम र समस्या कार्यालयमा धेरै छन्, समस्या समाधानतिर निमित्त कार्यकारी निर्देशकको ध्यान गएको छैन’, उनको भनाइ छ।, तीन महिनादेखि तलब नपाउँदा समितिका कविराज वैद्यका रुपमा कार्यरत आदित्य ठाकुरलाई घरखर्च चलाउन मुस्किल भएको छ। समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको हो। समितिमा लामो समयदेखि कार्यालय प्रमुखको विवाद हुँदै आएको छ।, सर्वोच्च अदालतले वैशाख ३ गते समितिका वरिष्ठ कर्मचारी ऋषिराज रेग्मीले दायर गरेको मुद्दामा निमित्त दिने भए कार्यालयकै वरिष्ठलाई दिनुपर्छ भनी फैसला गरेको थियो। फैसलाको पूर्णपाठ भने आएको छैन। यही फैसलापछि निमित्त कार्यकारी निर्देशक यादव बिहान हाजिर गरेर हिँड्न थालेका हुन्।, सर्वोच्चले फैसला गरेपछि रेग्मीले निवेदन लेखी त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि गराएका थिए।, मन्त्रालयका सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाइँले वैद्यखानाका विषयमा बेवास्ता गर्दा संस्थामा धेरै समस्या आउन थालेको बताइएको छ।, लामो समयदेखि समितिका कर्मचारीले पनि गठन आदेश बमोजिम ११औँ तहको कार्यकारी निर्देशक नियुक्ति गर्न माग गर्दै आएका छन्। निमित्त दिनेभए समितिकै वरिष्ठ कर्मचारीलाई दिनुपर्ने अधिकांश कर्मचारीको माग छ। समिति गठन आदेशमा आयुर्वेद समूहको ११औँ तहका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले १०औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि वैद्यखानामा विवाद हुँदै आएको छ।, समितिका निमित्त कार्यकारी निर्देशक डा यादव कारखानामा कर्मचारीले काम नगरेका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको बताउँछन्। ‘शिलाजीत र च्यवनप्राश बनाएर रु १० लाख पैसा जम्मा भएकाले केही दिनमा तलब खुवाउने तयारीमा छ, मन्त्रालयले पनि कारखानाले आफैँ कमाएर खानुपर्छ भनेको छ, समितिका कर्मचारीले भने काम गर्न मन नै लगाएका छैनन्’, उनले भने।, विसं २०७९ असोज १४ गते निमित्त कार्यालय प्रमुख भएर आएदेखि नै उनी विवादमा छन्। असोजअघि पनि समितिका कर्मचारीले तीन महिनाको तलब एकैपटक पाएका थिए। त्यसबेला डा श्यामबाबु यादव निमित्त कार्यालय प्रमुख भएर आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कर्मचारीले त्यसबेला तलब पाएका थिए।, श्यामबाबुपछि मन्त्रालयले आयुर्वेद विभागका महानिर्देशकलाई नै समितिका कार्यकारी निर्देशकको जिम्मेवारीसमेत दिएको थियो। दुई हप्तामै मन्त्रालयले फेरि डा रामबाबुलाई नियुक्त गरेको हो।, निर्वाचन आचारसंहिता लागिरहेका बेला नियुक्त भई निमित्त कार्यालय प्रमुख भएर आएको भन्दै समितिका अधिकांश कर्मचारीले उनलाई स्वीकारेका छैनन्। निर्वाचन आयोगले मन्त्रालयलाई आचारसंहिता जारी भएका बेला भएको नियुक्ति खारेज गर्न आदेश दिए पनि कार्यान्वयन भएको छैन। निर्वाचन आचारसंहिता विपरीत यादवलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै निर्वाचन आयोगले तत्कालीन मन्त्री भवानीप्रसाद खापुङलाई रु पाँच हजार जरिवाना गरेको थियो।,
तीन महिनादेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले |
सेतोपाटी संवाददाता सर्लाहीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ नगद बरामद भएको छ। , मलंगवा नगरपालिका-८ भन्सार इलाकाबाट शनिबार सशस्त्र प्रहरीले ८ लाख रुपैयाँ र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपाल ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँ बरामद गरेको हो। , नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।, यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका-५ स्थित सखुअवाबाट २० किलो गाँजासहित एउटा भारतीय मोटरसाइकल आइतबार बरामद गरेको छ। , बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो।, सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडेर चालक फरार भएका थिए।,
स्रोत नखुलेको ८ लाख नगद बरामद |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। , आइतबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा शनिबारदेखि लागु हुने गरी चार दिनको मात्रै म्याद मागेको हो। सरकारी वकिलको कार्यालयले पनि प्रहरीलाई चार दिनभित्रै अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन भनेको प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए। , ‘चार दिनभित्रै अनुसन्धान सकेर प्रतिवेदन बुझाउनको लागि हामीले नै चार दिनको मात्रै म्याद मागेका हौं,’ उनले भने,‘प्रहरीलाई पनि निर्देशन दिइसकेका छौं। उहाँहरूले पनि सकाउँछौं भन्नुभएको छ।’, अनुसन्धान प्रतिवेदन अध्ययनका लागि केही समयअघि नै प्रतिवेदन माग गरिएको सहन्यायाधिवक्ता न्यौपानेले बताए।, जिल्ला प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान समयमै सकिने गरी काम भइरहेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए। , ‘अनुसन्धानको लागि म्याद नपुगेमा हामी समय माग्छौं। ६० दिनअघि नै बुझाउनु पर्ने भएकाले हामी त्यही समयभित्र सकाउने गरी लागेका छौं,’ उनले भने।, अदालतले १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनीहरूलाई फेरि बुधबार अदालतमा उपस्थित गराउनु पर्नेछ। , भुटानी शरणार्थी प्रकरणमा ठगी एवं संगठित अपराधमा अनुसन्धान गरिरहेको हो। यस कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। यस प्रकरणमा केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङ चैत १२ गते पक्राउ परेका थिए। , त्यस दिनदेखि आइतबार ५१ दिन भएको छ। अदालतमा मुद्दा दर्ता गर्नु केही समयअघि नै सरकारी वकिलको कार्यालयमा बुझाउनुपर्ने हुन्छ। , आइतबार मात्रै सरकारी वकिल कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए नरेन्द्र केसीको बयान लिएको छ। खाणको बयान सोमबार लिने तयारी छ।, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरीको बयान लगभग सकिसकेको छ। , टोपबहादुर रायमाझी, इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीक थापा फरार छन्।,
सरकारी वकिलको निर्देशन- नक्कली भुटानी प्रकरणको अनुसन्धान प्रतिवेदन चार दिनमा बुझाउनू |
सरिशा अछामी पशुपति आर्यघाटमा शव ल्याउनासाथ सुन्दर महत आफन्तलाई सोध्न पुगिहाल्छन् -आँखा दान गर्नुहुन्छ?, यो प्रश्न सुन्दा धेरै जना आक्रोशित हुन्छन्, केही आफन्तले दान नगर्न भन्छन्।, आँखा दान गर्दा हुने फाइदाबारे जानकारी दिँदा डाक्टर महतको टोलीले मुस्किलले हप्तामा दुई-तीन जना भेट्छन्।, शोकमा परेका आफन्त र परिवारलाई आँखा दानका लागि आग्रह गर्नु आफैंमा चुनौतीपूर्ण काम हो। कतिलाई त आँखा दानबारे राम्रोसँग थाहा पनि हुँदैन। , तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक आँखा दानका परामर्शदाता ३६ वर्षीय महत भन्छन्- दान गर्नेभन्दा पूर्ण आँखा सम्झिन्छन्। तर नानीको बाहिरी भाग झिल्लीमात्र निकाल्छौं। बुझाइको कमीले धेरैले दान गर्न मान्दैनन्।, उनका अनुसार आँखाको झिल्ली निकाल्दा स्वरूपमा कुनै परिर्वतन हुँदैन। धेरै जनाले पुरै आँखा निकाल्दा बितिसकेको भए पनि आफ्ना मान्छेको स्वरूप बिग्रन्छ भन्ने सोच्छन्।, आर्यघाटमा शव लिएर आउने मान्छे शोकमा हुन्छन्। महतको टोलीले उनीहरूसँग आँखा दान माग्दा कैयौं पटक गाली, आक्रोश र तीता शब्द व्यहोर्नु परेको छ। ती कुराबाट विचलित नभएर उनीहरू आफ्नो काम गरिरहेका छन्। , ‘एउटा व्यक्तिले आँखा दान गर्दा चार जनासम्म दृष्टिविहीनले उज्यालो देख्न पाउँछन्,ʼ महत भन्छन्, ‘जब हामीले निकालेका आँखाले कुनै मानिसले संसार देख्छ, आर्यघाटको त्यो आक्रोश र गाली बिर्सिइन्छ। राम्रा आँखा जलेर नष्ट हुँदा नराम्रो लाग्छ।ʼ, महत १२ वर्षदेखि आँखाको नानी झिक्ने काम गरिरहेका छन्। उनको साथमा ईश्वर पराजुली र राजु राजवाहक हुन्छन्। उनीहरू महतसँग जोडिएको ८ महिना पुग्यो। उनीहरू आँखाको नानी कसरी झिक्ने भन्नेबारे अभ्यास गरिरहेका छन्। , गत शुक्रबार बिहान पनि उनीहरूले आफन्तको शव ल्याएर आएका धेरै जनासँग आँखा दान गर्नुहुन्छ कि भनेर सोधे। धेरै जनाले हुन्न भने।, एक जना डाक्टरकै परिवारले ६७ वर्षीय पुरूषको शव जलाउन ल्याएका थिए। उनी काठमाडौं महानगरपालिका-६का स्थानीय रहेछन्। केहीबेर काउन्सिलिङ गरेपछि उनका परिवारले आँखाको नानी दिन माने।, त्यसपछि महतको टोलीले मृतकको आँखा हेरे। आँखाको भिजन राम्रै भएकाले २० मिनेटमा नानीको भाग झिके।, पशुपति आर्यघाटमा मात्रै प्रतिष्ठानले महिनामा १५ देखि २० शवको आँखाको नानी निकाल्छ। पशुपति आर्यघाटमा नानी निकाल्न थालेको ८ वर्ष भयो।, पशुपतिसँगै चार ठाउँ (टिचिङ, पाटन, गंगालाल, वीर अस्पताल) बाट नानी संकलन गरिन्छ। सबैभन्दा धेरै संकलन हुने ठाउँ पशुपति आर्यघाट रहेको महतले बताए।, ‘दान दिन चाहने सबै व्यक्तिको नानी निकाल्न मिल्दैन। विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ,ʼ उनले भने।, २ देखि ७० वर्षसम्मका व्यक्तिको आँखाको नानी निकाल्न मिल्छ। कुनै दीर्घरोग नलागेको र आँखाको भिजन क्लियर भएको हुनुपर्छ।, ‘पशुपतिमा फरक-फरक समुदायका व्यक्तिलाई जलाउन ल्याइन्छ। कसैले शव छुनै दिँदैनन्,ʼ उनले भने, ‘पशुपतिको वनमा गाड्न ल्याइएका शव जुत्ता चप्पल लगाएर छुन दिइँदैन।ʼ, सरदरमा यहाँ वार्षिक ६ सय जनाले आँखाको नानी दान दिन्छन्। यी आँखाबाट १२ देखि १५ सय जना दृष्टिविहीन लाभान्वित हुन्छन्। नेपालमा वार्षिक ७ हजार आँखाको नानी माग छ।, अहिले आँखाका बिरामी बढेका छन्। ७० प्रतिशत मान्छे कृषि पेशामा निर्भर छन्। उनीहरू धुलो-धुवाँ, वन जंगल तथा माटोको काम गर्छन्। त्यसकारण आँखामा चोटपटक लाग्न सक्ने जोखिम हुन्छ।, ‘सामान्य चोटपटक लाग्दा अस्पताल आउँदैनन्, आँखा देख्न छोडेपछि मात्र आउने गर्छन्,ʼ महतले भने।, आँखा पाक्ने, दादुरा, टाइफाइड, बिफर तथा कुपोषणले आँखाको नानीमा समस्या ल्याउन सक्छ। त्यस्ता समस्याले दृष्टिविहीन बनाउने गरेको उनले बताए। अधिकांश आँखाका बिरामी मोतिविन्दुका हुन्छन्।, तिलगंगा आँखा प्रतिष्ठानका आँखा बैंक म्यानेजर शंखनारायण त्वायना आँखा दान गर्नुपर्छ भन्नेबारे चेतना फैलाउन नसकिएको बताउँछन्।, आँखा दान किन गरिन्छ, त्यसले के फाइदा पुग्छ, आँखा दान के हो र कसरी गरिन्छ भन्ने कुरा थाहा नभएकाले आफन्तहरू आँखा दिन इच्छुक नहुने उनको बुझाइ छ।, देशभर आँखाको नानी संकलन केन्द्र पनि छैनन्। , ‘यसबारे जनचेतना फैलाउन जरूरी छ,ʼ उनले भने, ‘पशुपतिमा जलाउन ल्याइने ५० प्रतिशतले नानी निकाल्न दिए आधा दृष्टिविहीनले अँध्यारोबाट मुक्ति पाउँथे।ʼ, पशुपतिजस्तै धेरै संख्यामा शव जलाइने ठाउँमा संकलन केन्द्र सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।, पशुपतिमा संकलन गरिएका नानी देशभरका आँखा अस्पतालमा पठाउने गरिन्छ।, आँखाका बिरामीलाई मेची नेत्रालय, विराटनगर आँखा अस्पताल, लहान आँखा अस्पताल, सिद्धार्थ आँखा अस्पताल, दिव्य दृष्टि, भरतपुर आँखा अस्पताल, पोखरा आँखा अस्पताल, गेटा आँखा अस्पतालमा उपचार गरिन्छ। यी अस्पतालमा नानी प्रत्यारोपण पनि हुन्छ।, नानी निकालेको १४ दिनसम्म राख्न मिल्छ। तर प्रत्यारोपण हुने अस्पतालमा बिरामी यति धेरै छन् कि चार-पाँच दिन पनि रहँदैन।, ‘मृतक शरीरबाट निकालेको आँखाको नानी जुनसुकै उमेर समूहलाई दिन मिल्छ,ʼ त्वायनाले भने, ‘आँखामा रक्तसञ्चार नहुने भएकाले सजिलै निकाल्न सकिन्छ। आँखाको नानी प्रत्यारोपण गर्न टिस्यू म्याच हुनु पर्दैन।’, आँखा प्रत्यारोपण गरेको व्यक्तिलाई कसको आँखा हालेको भनेर खुलाइँदैन। खुलाएमा जातीय विभेद हुने, आँखा निकाल्नेको आफन्तले पैसा माग्ने लगायतका समस्या हुनसक्ने भएकाले नखुलाइने गरिएको त्वायनाले बताए।, आँखा प्रत्यारोपण गरेबापत् नेपालमा कुनै शुल्क लाग्दैन तर, औषधी र अस्पतालमा बसेको खर्च बिरामीले तिर्नुपर्छ। आर्थिक अवस्था न्यून भएका व्यक्तिले नि:शुल्क सेवा पाउँछन्।, आँखादान परामर्शदाता सुन्दर महत। , नि:शुल्क पाइन्छ भन्ने कुरा थाहा नभएकै कारण ग्रामीण क्षेत्रका आँखाका बिरामी उपचार गर्न नआउने गरेको उनको भनाइ छ।, आँखा बैंकले २९ वर्षदेखि यो सेवा दिँदै आइरहेको छ।, सन् १९९४ मा आँखा बैंक स्थापना भएको थियो। स्थापनाकालमा एक व्यक्तिबाट दुई वटा नानी प्राप्त भएको थियो। स्थापना भएको पाँच वर्षसम्म आँखा दान गर्ने भेटिन्थिएनन्। मानिसहरूलाई बुझाउनै सकिएको थिएन। , अहिले वार्षिक ६/७सय जनाले आँखाको नानी दान गर्छन्। २९ वर्षमा ठूलो फड्को मार्न नसके पनि बिस्तारै दान गर्नुपर्छ भन्ने कुरा बुझाउन सकिएको त्वायना बताउँछन्।, चिकित्सा विज्ञानले अहिलेसम्म कृत्रिम नानी बनाउन सकेको छैन। त्यसैले दृष्टिविहीनको जिन्दगीमा उज्यालो ल्याउने एउटा मात्र विकल्प मृत्युपछिको नानी दान नै हो। , जलेर खेर जाने आँखा दान दिनुपर्छ भन्ने सोच बिस्तारै फैलिदै छ। अहिले मृतकको नानी झिक्न नदिए पनि आफ्नो मृत्युपश्चात् दान गर्न चाहनेको संख्या उकालो लागेको छ। अहिले झन्डै एक लाख मानिसले मृत्युपछि आँखादान गर्ने इच्छा व्यक्त गरेका छन्।, इच्छाएका व्यक्ति सबैको मृत्युपछि नानी निकाल्न पाइन्छ भन्ने हुँदैन। किनकी उनीहरू अहिले निरोगी भए पनि पछि कुनै रोग लाग्न सक्छ अथवा मृत्यु हुँदा खबर नहुने उनले बताए।, ‘मृत्यु पछि आफन्त शोकमा हुन्छन्, आँखा दान गर्ने भनिएको कुरा बिर्सिन सक्छन्,ʼ त्वायनाले भने।,
जो शवबाट आँखा निकाल्न आर्यघाटमा कुरेर बस्छन् |
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएकी मधु केसीको शव बुझ्न परिवार तयार भएका छन्।, आइतबार अस्पताल र पीडित पक्षलगायतको उपस्थितीमा भएको छलफलपछि मधुको शव बुझ्न परिवार तयार भएको दाङका डिएसपी राजन गौतमले जानकारी दिए। , उनका अनुसार मृतकका दुई सञ्तानलाई घोराही उपमहानगरपालिकाले पढाइ दिने, प्रतिष्ठानमा दुई सन्तानको निशुल्क उपचार गरिदिने र घटना अनुसन्धानका लागि उपमेयर हुमा डिसीको संयोजकत्वमा छानविन समिति गठन गर्ने सहमती पछि आफन्त शव बुझ्न राजी भएका हुन्। , झन्डै ४ घन्टा बढी चलेको छलफलबाट छानविन समितिको प्रतिबेदन अनुसार कारवाही वा क्षतिपुर्तीको व्यवस्था गर्ने सहमती भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. ८ सौरीकी २८ बर्षीया मधु केसीको २८ गते राति अस्पतालमा मृत्यु भएको थियो। उनी सोही दिन बिहान ८ बजेतिर सुत्केरी हुन अस्पताल भर्ना भएकी थिइन। , बच्चा जन्मिएपनि उनको साल नझरेपछि दिउँसो शल्यक्रिया गरिएको थियो। अत्यधिक रक्तश्राव भएपछि उनको गएराति ११ बजे मृत्यु भएको थियो।, सुत्केरीको मृत्यु पछि अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले क्षतिपूर्ति माग गर्दै २९ गते दिनभर जसो प्रदर्शन गरेका थिए। , त्यसयता शव अस्पतालमै राखिएको थियो। अस्पतालका उपकुलपपति र शिक्षाध्यक्ष आएपछि भएको वार्तामा पीडित पक्ष शव बुझ्न राजी भएका हुन्।,
छानविन समिति गठन गर्ने सहमतिपछि मधु केसीको शव बुझ्न परिवार राजी |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। , सरकारी वकिलको कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न माग गरेको हो। त्यसअनुसार नै शनिबारदेखि लागु हुनेगरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनलाई बुधबार अदालतमा पेश गर्ने गरी म्याद थप गरिएको हो।, यस्तै सरकारी वकिलको कार्यालयले पनि यही चार दिनभित्र अनुसन्धान सकिने गरी म्याद मागेको प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। , आइतबार कार्यालयले पूर्वगृहमन्त्री खाणका पिए नरेन्द्र केसीको बयान लिएको छ। अन्य पक्राउ परेका व्यक्तिहरूको बयान लगभग सकिसकेको छ। खाणको सम्भवत: भोलि बयान लिइने उनले बताए। , यस प्रकरणमा पूर्वगृहमन्त्री खाण, उनका पिए केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्। , टोपबहादुर रायमाझी, इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीक थापा फरार छन्। , प्रहरीले यस घटनाको अनुसन्धान ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। यस सम्बन्धमा मुद्दा बुझाउन प्रहरीसँग समय कम छ। , संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले ६० दिन सम्म हिरासतमा राख्न पाउँछ। तर त्यो समयअगवै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउनुपर्छ। , त्यसपछि सरकारी वकिलले प्रतिवेदन अध्ययन गरी अदालतमा मुद्दा दर्ता गर्नुपर्ने व्यवस्था छ। यस प्रकरणको अनुसन्धान चैत १२ गते देखि हुँदै आएको छ।,
खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति |
सेतोपाटी संवाददाता 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। , जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङका अनुसार जिल्ला अदालत खोटाङले राईलाई सात दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको हो।, राईलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो। , फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।, यसबारे सेतोपाटीले बिहीबार समाचार प्रकाशन गरेको थियो। पढ्नुहोस् उक्त स्टोरी:, आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, — शोभा शर्मा, कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।, हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमाडौंमा भेटेर।, शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।, मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।, हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।, मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्।, यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।, हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।, दिक्तेल १, म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो।, शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।, म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।, हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।, तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं।, एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ।, बाजेले 'तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!' भन्नुभयो।, आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई 'तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ' भन्नुभयो।, त्यति मात्र होइन, उहाँले 'अब तिमीहरू म सँगै सुत्नुपर्छ' पनि भन्नुभयो।, त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे।, 'ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ' भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।, आएर ढोका थुनेर जबर्जस्ती गर्ने हो कि भन्ने डरले मलाई कहिलेकाहीँ त निद्रा लाग्दैन। खान मन पनि हुँदैन।, यहाँ बाजे जे पनि बोल्नुहुन्छ। यस्तो गर्नुहुन्छ भनेर मैले मेरा आमाबुबालाई भन्न सकेकी छैन। यस्तो कुरा बाआमालाई कसरी भन्ने हो!, दिक्तेल २, म शुभम फाउन्डेसनमा आएको ६/७ वर्ष भयो। यहाँ राम्रो पढाइ हुन्छ भनेर आमाले पठाउनुभएको हो।, आएको केही समयमै साथीहरूले मलाई 'बाजेले त नराम्रो कुरा बोल्नुहुन्छ, कहिले त नांगै पनि भइदिनुहुन्छ' भनेर सुनाएका थिए। बाजे कहिले काठमाडौं त कहिले शुभममा बस्नुहुन्थ्यो। शुभममा बिहान ६ बजे उठेर एसेम्ब्लीमा जानुपर्छ। शारीरिक व्यायाम भएपछि कहिलेकहिले मदन बाजेले अर्ती-उपदेश दिनुहुन्छ।, म यहाँ आएको दुई वर्षपछिको कुरा हो। एक बिहान एसेम्ब्लीमा मदन बाजेले लुगा फुकालेर आफ्ना अंग देखाउनुभयो। अंग देखाउँदै तिनका नाम भन्नुभयो।, बाजेले अश्लील बोल्ने कुरा त यहाँ सामान्य भएको छ। जति बेला पनि उहाँ सेक्सको मात्रै कुरा गर्नुहुन्छ। जे विषयबाट सुरू गरे पनि सेक्समा लगेर कुरा जोड्नुहुन्छ।, म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो।, 'तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन' भनिरहनुहुन्थ्यो। म भाग्थेँ।, तर तीन महिनाअगाडि उहाँले हामीलाई 'सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु' भन्नुभएपछि भने झन् डर लागेको छ।, उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो।, 'उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु' भन्नुभयो।, हामी त उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।, दिक्तेल ३, म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।, केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।, एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र 'तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्' भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।, दिक्तेल ४, घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई 'काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ' भन्नुभयो।, अंकलले मलाई पनि 'ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ' भनेर सम्झाउनुभएको थियो।, पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।, दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।, चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।, हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।, एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।, एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।, अनि बाजेले भन्नुभयो, 'तेरो...बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?', त्यसपछि हामी दुवै दौडेर तल झर्यौं।, हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।, पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले 'ऐय्या कस्ती रहिछे' भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।, ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।, त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।, मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।, गएको बेला बाजे त्यहीँ हुँदा 'म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ' भन्नुहुन्थ्यो।, उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।, ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले 'गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध' भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो स्कुलमै काम गर्नु हुन्छ।, बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले 'ओइ, यता हेर् त' भन्दै बोलाउनुभयो।, म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले 'तँलाई देखेर मेरो…भयो' भन्नुभयो।, धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।, अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।, सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।, पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले 'तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर' भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।, शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।, चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।, एक दिन दिउँसो पेशल मेन्टरले 'आज स्टोरमा आइज' भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।, पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।, म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।, बाजे बेलाबेला 'जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ' भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।, दिक्तेल-५, आमाबुबाले छोडेर गएपछि ममी (संरक्षक) ले मलाई शुभममा पठाउनुभएको थियो। आठ वर्षअघि म त्यहाँ पुगेकी थिएँ। त्यतिखेर २ कक्षामा पढ्थेँ। शुभममा बिहान ५ बजे उठेर एसेम्ब्लीमा जानुपर्थ्यो। त्यसपछि खाजा समय हुन्थ्यो। खाजा खाइसकेर ८ बजेतिर फिल्डको काममा जानुपर्थ्यो।, कृषि फिल्ड हुनेहरूले तल बारीमा जाने, खन्ने, मल मिसाउने काम गर्नुपर्थ्यो। पशुपंक्षी विभागमा गाईभैंसीलाई दिइने कुँडो पकाउनुपर्ने, गोठ सफा गर्ने, घाँस काट्ने काम हुन्थ्यो। त्यसै अनुसार किचन विभागकाले खाना बनाउने, बाजेको कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उद्योग विभागमा फलामका सामानहरू बनाउने, मिलमा धान कुट्ने काम थिए। निर्माण विभागमा भवनहरू बनाउने काम हुन्थ्यो।, पहिलेपहिले बिहान साढे ९ बजेसम्म काम गरे पनि १० बजेदेखि कक्षा सुरू हुन्थ्यो। १२ बजे खाने समयपछि फेरि ३ बजेसम्म पढाइ हुन्थ्यो। ३ बजेपछि फिल्डमा गएर बिहानको झैं काम गर्ने अनि फर्केर आएर खाना खाएपछि फेरि ८/९ बजेसम्म पढाइ हुन्थ्यो।, कोरोनापछि भने दिउँसो १२ बजेसम्म पनि फिल्डको काम हुन्छ। त्यसपछि खाना खाएर १ बजेदेखि ३ बजेसम्म कक्षामा बस्ने हो। त्यसपछि फेरि काममा जाने। अहिले धेरै काम गर्नुपर्छ।, मलाई त्यहाँको मन नपर्ने कुरा पहिलो त किताब/कोर्स नै नपढाउने, अर्को मदन बाजेले गर्ने सेक्सको कुरा हो। सेक्सको कुरा मात्र गरेर विद्यार्थीलाई हैरान पार्नुहुन्छ। पहिले त उहाँ कहिलेकाहीँ मात्र खोटाङ आउनुहुन्थ्यो। कोरोना महामारीभन्दा अगाडि वर्षमा दुई-चार पटक मात्र आएर दस/पन्ध्र दिन बस्नुहुन्थ्यो। त्यो बेला उहाँले कृषिका कुरा सिकाउनुहुन्थ्यो।, जब कोरोना सुरू भयो, उहाँ फाउन्डेसनमै बस्न थाल्नुभयो। उहाँ सेक्सका कुरा मात्र गर्नुहुन्छ। केटाकेटीलाई जम्मा पारेर अश्लील बोल्नुहुन्छ। हातले अश्लील संकेत गर्नुहुन्छ। बाजेले पटकपटक बिहान एसेम्ब्लीमा लुगै फुकालेर देखाउनुभयो। कहिलेकाहीँ शुक्रबारको कक्षामा अश्लील कुराहरू पढाउनुहुन्थ्यो। हामी लाजले टाउको निहुरो बनाएर बस्यौं। लजाउन पनि नपाइने। 'क्या यस्तो कुरामा पनि लजाउँछौ' भन्दै गाली गर्नुहुन्थ्यो।, मेरो साथीहरूलाई उहाँले ज्यानमा हात हाल्ने गर्नुहुँदो रहेछ। साथीहरूले मलाई भन्थे। उनीहरू डराउँथे। मलाई भने ज्यानैमा हात हालेको थिएन तर पनि डर लाग्न थालेको थियो।, हामी सहरी सिकाइका लागि बाजेको ललितपुरको घरमा आउनुपर्थ्यो। केही वर्षअघिको जाडो महिनामा हामी तीन केटी साथी तीन महिनाका लागि आएका थियौं। त्यति बेला म एक महिना त्यहाँ बसेर यता ममीको घरमा आएकी थिएँ। त्यो बेला मेरा साथीहरूलाई बाजेले मनपरी गर्नुभएछ। उनीहरूको ज्यानमा हात हाल्नुभयो रे। पर्दा लगाउन जाँदा पछाडिबाट च्याप्प समात्नुभयो, कहिले लुगा फुकालेर देखाउनुभयो, आफ्ना अंग छुन लगाउनुभयो भनेर मलाई साथीहरूले भनेका थिए। त्यो बेला मेरा साथीहरू खुब डराएका थिए।, यी सबै कुराले गर्दा मलाई शुभममा बसेर बाँकी पढाइ पूरा गर्न मन लागेन। अनि म छाडेर आएँ। यहाँ आएको केही दिनपछि दुई साथीहरूले मलाई फोन गरेर अझै डर लाग्दो कुरा सुनाए। उनीहरू मदन बाजेको कोठा सफा गर्न गएका रहेछन्। उनीहरूलाई राखेर बाजेले आफूसँग सुत्नुपर्छ भनेछन्।, 'यसअघि तिमीहरूको फलानो दिदी मसँग सुत्थ्यो, उसलाई सेक्स गर्न मैले सिकाएको थिएँ, अब तिमीहरूले त्यो काम गर्नुपर्छ, म सिकाउँछु, केही हुन्न, जानिराख्नुपर्ने कुरा हो' भनेर बाजेले भन्नुभयो भनेर मेरा साथी डराइरहेका छन्।, सेतोपाटी,ले झन्डै महिना दिनअगाडि दिक्तेल-५ सँग कुरा गर्दा उनकी दिदी (दिक्तेल-६) सँगै थिइन्। दिक्तेल-५ सँग कुराकानी सकिएपछि उनकी दिदीले मदन राईले आफूलाई पनि यौन दुर्व्यवहार गरेको बताइन्। उनी आफ्नो एसइई दिएपछिको बिदा मनाउन शुभममा गएकी थिइन्। त्यो बेला आफूलाई मदन राईले यौन दुर्व्यवहार गरेको उनले बताइन्।, दिक्तेल-६, म शुभममा पढ्न गएकी त थिइनँ। छ वर्षअघि एसइई दिएपछि केही समय बस्न गएकी थिएँ। मेरो बहिनी (दिक्तेल-५) त्यहीँ भएकाले मलाई जान सजिलो थियो। आमाले मदन राईलाई चिन्नुभएको थियो। मैले आमासँग शुभममा जाने कुरा गरेँ। उहाँले मदन राईसँग कुरा गर्नुभयो।, शुभम जानुअघि म केही दिनका लागि ललितपुरस्थित उहाँको घरमा बसेकी थिएँ। एक दिन दिउँसोको समय थियो। मदनले मलाई काम छ भन्दै माथि बोलाउनुभयो। म हतारहतार उहाँछेउ पुगेँ।, मदनले त मेरो ब्रेस्टमा हात हाल्नुभयो। सोच्दै नसोचेको त्यस्तो घटना हुँदा म आत्तिएँ।, धन्न 'के गरेको यो?' भन्न भ्याएँ। मैले उहाँको हात झट्कारेर पछि हटेँ। अनि भागेँ। उहाँ पछिपछि त आउनुभएन तर म बहुत डराएँ। कैयौं दिनसम्म डरले सताइरह्यो। मैले आमालाई यस्तो भयो म फर्किन्छु भन्न पनि सकिनँ।, ललितपुरको बसाइपछि म खोटाङ गएँ। एक बिहानको कुरा हो। म त्यहीँ स्कुलको चौरमा थिएँ। उहाँले मेरो टिसर्ट उचालिदिनुभयो। फेरि मैले के गरेको भनेर आँखा तरेँ।, यो घटना भएपछि मलाई त्यहाँ बस्न डर लागेको थियो। अहिले पनि ती दुइटा घटना सम्झेर कस्तो नराम्रो लाग्छ। यसबारे मैले आजसम्म पनि आमालाई भन्न सकेकी छैन। न अरू कसैलाई भनेकी थिएँ। यो बहिनी त्यहीँ पढ्थी। मलाई यसको चिन्ता लागिरहन्थ्यो। अब त यो आई। तर मदन राईले त्यो स्कुलमा भएका नानीहरूलाई पनि यौन दुर्व्यवहार गरेको होला भन्ने सम्झेर पनि कस्तो नरमाइलो लाग्छ।, यसरी बालिका र किशोरीहरूको बयान सुनेपछि हामीले शुभम फाउन्डेसनमा केही समयअघिसम्म स्नातक पढ्न बसेकी र मेन्टरका रूपमा काम गरेकी युवतीलाई यसबारे सोधेका थियौं।, मदन राईले आफूहरूलाई दुर्व्यवहार गरेको कुरा तीन-चार जना बालिकाहरूले आफूलाई सुनाएको उनले बताइन्।, 'केही समयअघि दिक्तेल-१ र २ लाई मदन राईले सेक्स गर्न सिकाउँछु, अबदेखि तिमीहरू मसँग सुत्नुपर्छ भनेको कुरा मलाई थाहा छ। उनीहरूले डराउँदै डराउँदै मलाई सुनाएका थिए,' उनले भनिन्, 'उनीहरूले पहिल्यैदेखि आफूहरूलाई मदन बाजेले ज्यानमा छुने गरेको बताउँथे। हामीले मदन सरविरूद्ध केही बोल्ने वातावरण नै थिएन।', उनी स्नातक पढ्न र जीवनउपयोगी सिकाइ सिक्न भन्दै चार वर्षअघि शुभम फाउन्डेसन पुगेकी थिइन्। मदन राईले अश्लील बोलेर त सामूहिक रूपमा सबैलाई सधैं अप्ठ्यारोमा पार्ने गरेको उनी बताउँछिन्। उनका अनुसार जवाफ फर्काउन सक्ने र पारिवारिक हैसियत अलि राम्रो भएकालाई मदनले दुर्व्यवहार गर्दैन थिए।, 'जसले प्रतिकार गर्न सक्छन्, बोल्छन्, त्यस्तालाई मदन सरले खासै केही गर्नुहुन्न,' उनले भनिन्, 'जसको पारिवारिक पृष्ठभूमि कमजोर छ, जसले यहाँ बच्चाबच्चीलाई निःशुल्क पढ्न पठाएका छन् र बोल्न सक्दैनन् त्यस्ता कमजोरहरूलाई छानीछानी दुर्व्यवहार गर्नुहुँदो रहेछ।', तीन वर्षअघि शिक्षकका रूपमा शुभम फाउन्डेसन गएका टेकबहादुर कार्कीले पनि मदन राईले बच्चाहरूको अगाडि अश्लील हर्कत गर्ने गरेको हामीलाई बताए।, 'उहाँले विद्यार्थीलाई यौन शिक्षा दिने नाममा अश्लील बोल्नुहुन्छ र अश्लील संकेतहरू गर्नुहुन्छ। कहिलेकाहीँ त बोल्दाबोल्दै हामी सबैको अगाडि लुगा फुकालेर देखाउनुभएको थियो। कतिपय बालिकाहरूको ज्यानमा छोइदिनुभयो भन्ने गुनासो मैले सुनेको छु,' उनले भने, 'कतिपटक त उहाँले बालिकाको ज्यानमा हात हाल्न खोज्दा उनीहरू भागेको मैले देखेको छु।', मदनले यौन सम्पर्क र यौनांगका कुरा बालबालिकासँग गरेपछि आफूलाई हलुका हुन्छ भनेर एकपटक सुनाएको उनले बताए।, 'उहाँ बोलिराख्दा सुन्नै पर्थ्यो। नभए झन् उफ्रिनुहुन्थ्यो। अश्लील कुरा सुन्नु त सामान्य भइसकेको थियो। यस्तो तपाईं किन गर्नुहुन्छ भनेर एकपटक मैले सम्झाउन खोजेको थिएँ। उहाँले मलाई त्यस्तो बोलेपछि आफ्नो उकुसमुकुस शान्त हुन्छ भन्नुभएको थियो,' टेकबहादुरले भने।, मदनले बेलाबेला 'मलाई यहीँका विद्यार्थीले जेलसम्म पुर्याउँछन्' भन्ने गरेको पनि टेकबहादुरले बताए।, शुभममै चार वर्ष अगाडिदेखि केही समयअघिसम्म मेन्टर रहेकी अर्की युवतीले त्यहाँका कतिपय बच्चाहरूले समेत मदनको सिको गर्न थालेको बताइन्।, 'मदन सरले अश्लील बोल्ने, हातले यौन सम्पर्क गरेको संकेत गर्ने त हरेक कुराकानीमै गर्नुहुन्छ। अप्ठ्यारो लागे पनि सबैले सुनेरै बस्ने हो। तर मलाई सबभन्दा चिन्ताको कुरा भने बच्चाहरूले त्यही सिको गर्न थालेकोमा छ,' उनले भनिन्, 'एउटा बच्चाले सुतिरहेका आफ्ना केटा साथीहरूलाई नै दुर्व्यवहार गरेछ। कतिपयले अश्लील बोल्ने, केटीहरूको शरीर छोइदिने गर्छन् भनेर बालिकाहरूले हामीलाई भनेका थिए। शुभममा बालिकाहरू सुरक्षित छैनन् भन्ने कुराको पिर भइरहन्छ।', जनजागृति उच्च माविकी प्रधानाध्यापक सविता ढकाल भने विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार हुने गरेको कुरा आफूले सुन्दै नसुनेको बताउँछिन्।, 'हाम्रो स्कुलमा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्ने त मैले सुनेकै छैन। मदन दाइ कसरी के बोल्नुहुन्छ भन्ने त सबैलाई थाहा छ। उहाँले अश्लील बोल्दा हामीलाई अप्ठ्यारो लागे पनि नबोली बस्ने हो। तर उहाँले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कुरा भने मैले सुनेकी छैन,' उनले भनिन्।, स्कुलमा अध्ययनरत विद्यार्थीलाई के कसरी पढाउने भन्ने जिम्मा शुभम फाउन्डेसनले नै लिएकाले आफ्नो धेरै भूमिका नहुने बताइन्।, 'मैले संयोजन र औपचारिक कामहरू गर्छु। पढाउने र सिकाउने जिम्मा स्कुल व्यवस्थापन समिति र फाउन्डेसनले नै लिएको छ,' उनले भनिन्, 'विद्यार्थी, शिक्षकले कुनै गुनासो नगरेकाले मलाई थाहा भएन। अब भने के रहेछ म बुझ्छु।', स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा शुभम फाउन्डेसनका निर्देशक सूर्य राईले पनि मदनले यौन दुर्व्यवहार गरेको भनेर कुनै विद्यार्थीले अहिलेसम्म गुनासो नगरेको बताए।, अश्लील बोलेर, लुगा खोलेर सामूहिक रूपमा मदनले गर्ने दुर्व्यवहारका त उनी वर्षौंदेखि साक्षी हुन्। तर मदनलाई यसो नगर्न चेतावनी दिनतिर सूर्य लागेको देखिँदैन। मदनले अश्लील बोलेर मान्छेहरूलाई हैरान पारेको भने उनी स्वीकार गर्छन्।, 'उहाँले यौन दुर्व्यवहार गरेको आरोप अहिलेसम्म मकहाँ आइपुगेको छैन,' उनले भने, 'तर उहाँले बोल्ने तरिका भने समाजमा पच्ने खालको छैन। बोल्दै जान थालेपछि उहाँले विचार पुर्याउनु हुन्न। वरिपरिका मान्छेलाई समेत गाह्रो हुन्छ।', मदनले शिक्षाका लागि गर्ने अरू कुरा राम्रो भएकाले जथाभावी बोल्ने कुरालाई आफूले छोडिदिएको पनि सूर्यले बताए।, 'उहाँ र हाम्रो एउटा अभियान छ। शिक्षा र सिकाइ राम्रो हुनुपर्छ भन्ने उहाँकै अवधारणामा यत्रो स्कुल चलाएका छौं। ठाउँठाउँबाट विद्यार्थी ल्याएर निःशुल्कै पनि सिकाएका छौं,' उनले भने, 'त्यही हेरेर हामीले यौनका मामिलामा समाजमा अलि नपच्ने गरी बोल्ने तरिकालाई छोडिदिएका छौं। तपाईंको प्रश्नपछि भने यसलाई सुधार गर्नतिर म लाग्छु।', यसबारे हामीले मदन राईलाई पनि सोध्यौं। यौन दुर्व्यवहार र किशोरीहरूलाई आफूसँग सुत्न बोलाउने गरेकोबारे सोध्यौं।, उनले आफूले यौन खुला हुनुपर्छ भन्ने विश्वास गर्ने भएकाले केटाकेटीहरूका संवेदनशील अंगमा छोइदिने गरेको स्वीकार गरे। यो कुराका लागि आफू जेल जान तयार भएको पनि उनले बताए। हामीसँग फोनमा कुरा गर्दा पनि उनले अश्लील शब्दहरू बोले।, 'म त यहाँका केटीहरूको… चलाइदिन्छु त। केटाहरूको पनि छोइदिन्छु। मैले कसैलाई बलात्कार गरेको छैन, यौन हिंसा पनि गरेको छैन। बलात्कार नहोस् भनेरै यौन खुला हुनुपर्छ भन्दै हिँडेको छु,' मदनले हामीसँगको कुराकानीमा भने, 'यौन खुला हुनुपर्छ भन्ने कुरा गर्दा म नेपाली भाषामा बोल्छु। … यी शब्द त नेपाली भाषाका शब्द हुन्।', बालबालिकाका संवेनशील अंग छुने, चलाउने र उनीहरूलाई अप्ठ्यारोमा पार्न नपाइने कानुन छ, तपाईंलाई लाग्दैमा छुन पाइन्छ त भन्ने प्रश्नमा उनले भने, 'समस्या भनेकै त्यहीँ छ…। त्यसलाई नचलाएकाले समस्या भएको हो। कानुनमा नभएको धेरै कुरा म यहाँ गर्छु। तिमीले यसबारे लेख। मलाई प्रहरीले लगेर २४ दिन थुन्ला। म अदालत गएर बहस गर्न चाहन्छु।', फोनमा कुरा गरिसकेपछि मदनले हामीलाई मोबाइलमा लामो म्यासेज पठाएका छन्।, त्यसमा उनले भनेका छन् , '…तिमीले मेरा गलत आपराधिक क्रियाकलापबारे खोजी गरेकोमा म खुसी नै छु। मेरा गलत कामको सजाय भोग्न म तयार छु। तर म नियम-कानुनले लगाएका बन्देज मान्न धेरै बुढो भइसकेँ।', मदनले शुभम फाउन्डेसनका बालबालिकासँग गर्ने गरेको व्यवहार बालबालिका ऐन २०७५ विपरीतको कार्य देखिन्छ। २०७५ को दफा ६६ को उपदफा ३ ले बाल यौन दुर्व्यवहार भनेर मानेका कार्य मदन राईले गर्दै आएका छन्। उक्त उपदफा ३ ले बाल यौन दुर्व्यवहार गरेको मानिने ११ वटा बुँदा उल्लेख गरेको छ।, तीमध्ये मदनले गर्दै आएका कार्यका लागि तीनवटा बुँदा आकर्षित हुन्छन्।, पहिलो, उपदफा ३ अनुसार, बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, दोस्रो, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, त्यस्तै यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।, यी कार्य गर्नेलाई कानुनले ७५ हजार रूपैयाँ जरिवानादेखि ३ वर्षसम्म कैद सजाय तोकेको छ।,
बाल यौन दुरूपयोगको आरोपमा पक्राउ परेका मदन राईलाई सात दिन थुनामा राख्न अनुमति |
शोभा शर्मा बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीको छानविनमा तानिएका मदन राईको शुभम फाउन्डेसनका बालिकालाई त्यहाँका सञ्चालकले धम्की दिएको पाइएको छ।, खोटाङको 'शुभद्रा मदन फाउन्डेसन (शुभम)' का संस्थापक मदन राई पक्राउ परेपछि शुक्रबार विद्यार्थी भेला गरेर धम्की दिएको फाउन्डेसनस्थित स्रोतले बताएको छ।, राई पक्राउ परेपछि फाउन्डेसनका बालिकासँग सोधपुछका लागि प्रहरी पुगेको थियो। प्रहरीले बालिकाहरूलाई छुट्टाछुट्टै भेटेर बयान लिएको थियो।, प्रहरीहरू बयान लिएर फर्केपछि फाउन्डेसनका निर्देशक सूर्य राईले विद्यार्थीको भेला बोलाएका थिए।, 'सबै विद्यार्थीलाई एकै ठाउँमा आउन भन्नुभयो। त्यहाँ सबै अंकल, आन्टी र मेन्टरहरू पनि हुनुहुन्थ्यो। उहाँहरूले मदन बाजे छिटै छुट्नु हुन्छ, त्यसपछि उहाँका विरूद्ध बोल्ने पाँच जनालाई जेल पठाउने हो भन्नुभयो,' स्रोतले भन्यो, 'उनीहरूले शंका गरेको छ। केटीहरूको कोठामा आएर शिक्षक र मेन्टरहरूले चियो गर्छन्।', फाउन्डेसनका निर्देशक सूर्यले भने आफूहरूले बालिकालाई कुनै धम्की नदिएको बताए।, 'मैले अनुसन्धानलाई पूर्ण रूपमा सहयोग गरेको छु। यो कुरा छिटो छिनोफानो होस् भन्ने त मलाई जति कसलाई लाग्यो होला र? शुक्रबार महिला सेलका प्रहरी आएर बालिकाहरूसँग सोधेर जानुभयो। त्यसपछि विद्यार्थी भेला पारेर मैले अझै पनि कसैले केही भन्नु छ भने मलाई आएर भन्नु भनेको छु। मसँग निर्धक्क भएर कुरा भन्नु, म सुन्छु भनेको छु,' उनले भने, 'मलाई त यो कुरा जति सक्दो छिटो सल्टियोस् भन्ने छ नि। बच्चाहरू सुरक्षित छन्। हामीले भोलिदेखि नै पढाइलाई निरन्तरता दिने भएका छौं।', प्रहरीले समेत सूर्यलाई बोलाएर बच्चाहरूलाई धम्की दिएको/नदिएको बारे सोधपुछ गरेको थियो।, 'हामीले सूर्य राई र प्रधानाध्यापक सविता म्याम (ढकाल) सँग बच्चाहरूको सुरक्षालाई लिएर सोधपुछ गरेका छौं। बालिकाहरूको सुरक्षा हुन्छ र अनुसन्धानमा सहयोग गर्छौं भन्नुभएको छ,' एक प्रहरी अधिकारीले भने, 'हामीले त्यहाँ निरन्तर निगरानी गरिरहेकै छौं।', शुभम फाउन्डेसनका बालिकाहरूको सुरक्षाबारे सेतोपाटीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईसँग पनि सोधेका थियौं। उनले मदन फाउन्डेसनबारे छलफल र निर्णय गर्न शिक्षा समितिको बैठक डाकेको त्यसपछि कुराकानी गर्ने बताएका थिए। साँझ भने उनको मोबाइल स्विचअफ छ।, फाउन्डेसनका बालबालिकाको सुरक्षा गर्नु नगरपालिका, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय सबैको जिम्मेवारी हो। फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदन राईले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लिल हर्कत गर्ने किशोरीहरूले सेतोपाटीसँग बताएका थिए।, शुक्रबार प्रहरीले सोधपुछ गर्दा थप केही बालिकाले पनि आफूमाथि मदन राईले यौन दुर्व्यवहार गर्ने गरेको बताएको प्रहरी स्रोतको भनाइ छ।, 'हामीसँग अरू बालिकाहरूले पनि आफूमाथि मदन राईले यौन दुर्व्यवहार गर्ने गरेको बताएका छन्,' स्रोतले भन्यो, 'अझै थप अनुसन्धान हुँदैछ।', शुक्रबार पक्राउ परेका मदन राईलाई सात दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।, उनीविरूद्ध दुर्व्यवहारमा परेकीमध्ये एक किशोरीले जाहेरी दिएकी छन्। हामीले उनलाई दिक्तेल- ४ नाम दिएका छौं। उनले आफूमाथि धेरैपटक यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौंको तीनकुने प्रहरीमा जाहेरी दिएकी हुन्।, दिक्तेल- ४ सात वर्षदेखि खोटाङ स्थित शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्।, फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायतका कार्य गरेको उनको आरोप छ।, यसबारे सेतोपाटीले बिहीबार समाचार प्रकाशन गरेको थियो।, सम्बन्धित स्टोरी:, ,आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, यौन दुर्व्यवहारमा परेकी किशोरीले मदन राईविरूद्ध दिइन् जाहेरी,
मदन राई संस्थापक रहेको शुभम फाउन्डेसनका बालिकाहरूलाई धम्की |
सेतोपाटी संवाददाता भक्तपुरको चुनदेवीस्थित एक उद्योगमा भीषण आगलागी भएको छ।, आइतबार राति अन्दाजी ७ बजेतिर चुनदेवीमा रहेको एक उद्योगमा आगलागी भएको हो। , सोफा उद्योगमा आगलागी हुँदा नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।, ‘पानी पनि परिरहेकाले आगलागी अलि कम भएको छ। नियन्त्रणमा लिने प्रयास भइरहेको छ,’ डिएसपी पाठकले भने।, अहिले काठमाडौं र भक्तपुरका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ। , आगलागी कसरी भएको भन्ने खुलिनसकेको डिएसपी पाठकले बताए। थप विवरण आउन बाँकी छ।,
भक्तपुरको सोफा उद्योगमा आगलागी |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, पश्चिमी वायु र स्थानीय वायुकै प्रभावको कारणले आइतबार काठमाडौं लगायत देशको केही भूभागमा हावाहुरी चल्नुका साथै वर्षा भएको थियो।, सोमबार पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।, उनले बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक अति शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको पनि बताए। नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने उनको दाबी छ।, ‘कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ,’ उनले भने।, दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने लामिछानेको भनाइ छ।, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि उनले बताए।, ,
कमजोर बन्दै ‘मोखा’ चक्रवात, नेपालमा यसको प्रभाव नरहने |
रासस काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ। , उनलाई बागमती प्रदेशसभा सदस्य रुकु चौलागाई, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक भोला अर्याललगायतको एक टोलीले भेट गरी उक्त समस्याको समाधानार्थ ध्यानाकर्षण गराएको हो।, जिल्ला मालपोत कार्यालयले गत चैत १ गतेदेखि सुरु गरेको भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ को जग्गाको ‘लिखत उतार्ने’ काम दुई हप्तापछि रोकिए र निरन्तरता नभएको विषयसमेत प्रम दाहाललाई उक्त टोलीले ध्यानाकर्षण गराएको हो।, प्रधानमन्त्री दाहालले गाउँपालिकाको लालपुर्जाविहीन समस्याबारे विशेष चासो राखेको अध्यक्ष भुजेलले बताए। ‘जेठ सुरु भएलगत्तै रोकिएको काम सुरु गर्न निर्देशन दिनुभएको छ, आज वा भोलिदेखि काम सुरु हुन्छ’, उनले भने।, यस्तै प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयलाई थप अध्ययन तथा स्थलगत अनुगमन, निरीक्षण गरी समाधानका उपायको खोजी गराउन प्रक्रिया बढाएका छन्।, ‘हामीले लालपुर्जाको समस्याबारे विस्तृतरुपमा जानकारी गराएका छौं, उहाँले हाम्रो ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिई सम्बन्धित मन्त्रालयलाई स्थलगत नै अनुगमन, निरीक्षण गरी समस्याको समाधानतर्फ लाग्न निर्देशन दिन भन्नुभएको छ’, अध्यक्ष भुजेलले भने। , जिल्ला नापी कार्यालयले भुम्लु गाउँपालिकाको दुवै वडाको जग्गाको लिखत माग गरेपछि मालपोतले थालेको उक्त काम प्रमुख मालपोत अधिकृतको सरुवा हुने हल्लाले रोकिएको बताइन्छ।, गत फागुन अन्तिमसाता चैत १ गतेदेखि दुई वडामा जग्गाधनीबारे लिखत छानबिन अघि बढाउन गाउँपालिका, जिल्लास्थित नापी कार्यालय र मालपोत कार्यालयबीच सहमति भएको थियो।, यसका लागि तीनै पक्षबीचको सहमतिअनुसार कार्यालयबाहेक र बिदाको दिनमासमेत कर्मचारी खटाई लिखत उतार्ने काम भइरहेको थियो। , मालपोत कार्यालयका दुई हप्ताको समयमा विसं २०३६ देखि ०६९ सम्मको लिखत खोज्दा करिब आठ सय लिखत फेला परेको छ।, विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा तत्कालीन नापी टोली फर्किएको थियो। , तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदनसमेत दर्ता गरेका थिए।, यसअघि लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यलयको फिल्डबुक र हालको रसिदबाहेक जग्गाधनीबीच मेल नहुँदा छानबिनमा सकस भएको जनाइँदै आइएको थियो।, स्थलगत छानबिन गर्न गएको जिल्लास्थित मालपोत तथा नापी कार्यालयका दुई टोली पनि गतसाल असारमा फिर्ता भएका थिए ।, त्यसयता उक्त समस्यामा कुनै पनि प्रक्रियामा चासो दिइएको थिएन। टोलीले स्थलगत रुपमा गरेको छानबिन र मालपोतको रेकर्डमा कतिपय जग्गाधनीको नाम फरकफरक भएका कारण थप समस्या उत्पन्न हुँदा लिखत उतार्ने काम सुरु गरिएको भुजेलले बताए।, ‘यसअघिको अनुगमनमा मालपोतको फिल्डबुकमा लगत मिल्दैन, लालपुर्जा नहुँदा रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरकफरक आइरहेको थियो, त्यसैले हाल थप समस्या उत्पन्न भएकाले लिखत उतार्ने काम सुरु गरेका थियौँ’, उनले भने। , रसिदका आधारमा किनबेच हुँदा पछिल्ला केही वर्षदेखि जग्गाधनीको सङ्ख्यासमेत बढ्दै गएको छ।, दुवै वडामा विसं २०७६ पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो। ती कार्यालय हाल कर्मचारीविहीन अवस्थामा रहेका छन्।, जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले पटकपटक मालपोत र नापी कार्यालयको टोली फिल्ड कार्यालयमा पठाइएका थिए। , यसैबीच, मालपोत कार्यालयले करिब तीन सय धग्गाधनीको लालपुर्जा तयार भएको जनाएको छ तर, छानबिन गरी जग्गाधनीका नाममा पुर्जा दिन केही व्यक्तिको मृत्यु भइसकेकाले कुन आधारमा नामसारी गर्ने भन्नेबारे थप समस्या सिर्जना भएकाले त्यसबारे गम्भीर रुपमा छलफल र कानुनी आधारमा सहमति गर्नुपर्ने देखिएको बताएको छ। , नापी कार्यालयले भने मालपोत कार्यालयबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा श्रेष्ता, लिखत आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्ता गरी लालपुर्जा दिन सकिने जनाउँदै आएको छ।, हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गामात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निर्क्योल गरी प्रक्रिया थाल्नुपर्ने जनाइएको छ।,
किन बने भुम्लुका एक हजार दुई सय जना ४८ वर्षदेखि लालपुर्जाविहीन? |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनले दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ।, बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि पानी पथान्तरण रोकिएको परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले सेतोपाटीलाई जानकारी दिए।, २०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना (हेडवर्क्स) तहसनहस बनाएको थियो। सरकारले दुई वर्षदेखि अस्थायी तवरले काठमाडौंमा पानी पथान्तरण गररिहेको छ।, बाढी लगत्तै परियोजनाले चैत मसान्तमा काठमाडौंमा पानी पठाएको थियो भनेर यस वर्ष मंसिरदेखि नै पानी आइरहेको छ।, ‘अहिले पानी ल्याइरहेको प्रणालीभित्र ठुल्ठूला ढुंगा नपसोस् भनेर हामीले केही उपकरण राख्न लागेका हौं,’ पन्तले भने, ‘उपकरण राख्न करिब दुई साता लाग्छ। यो उपकरण राखेपछि हामी वर्षायाममा पनि पानी पथान्तरण गर्न सक्छौं।’, मेलम्ची खानेपानीको दातृ निकाय एशियाली विकास बैंकले हेडवर्क्स सार्न सुझाव दिइरहेको छ।, बाँध क्षेत्रको ठीक माथि पर्ने दोरिङको पहाडै पहिरोको जोखिममा रहेकाले उसले बाँध क्षेत्र त्यहाँ नबनाउन प्रारम्भिक रूपमा सुझाव दिएको परियोजनाले बताएको छ। , हेडवर्क्सबारे एशियाली विकास र परियोजनाले पनि अध्ययन गरिरहेकाले चालु अवस्थामा रहेको प्रणालीलाई नै व्यवस्थित गर्न लागिएको परियोजनाले बताएको छ। ,
,
मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द हुने |
रासस पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। , कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो।, खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। , दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ। ,
पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते |
राजु अधिकारी केही समय अघिसम्म जमुना निरौला अधिकारी नेकपा एमालेको भ्रातृ संस्था 'युवा संघ नेपाल' को केन्द्रीय सदस्य थिइन्। झापा, दमक–२ बस्ने उनी उतैबाट एमाले राजनीतिमा सक्रिय थिइन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीदेखि दमकका सबैजसो एमाले नेताले व्यक्तिगत रूपमै चिन्छन्।, अहिले भने उनी दिक्क लागेर पार्टीमा सक्रिय हुन छाडेको बताउँछिन्।, जमुनाले आइतबार साँझ सेतोपाटीसँग फोनमा कुरा गर्दै भनिन्, 'युवा संघको केन्द्रमा थिएँ, यसपालि राष्ट्रिय भेलामा पनि गइनँ। यही घटनाले मलाई दिक्क लगाएको हो।', जमुनाले भनेको 'यही घटना' राजनीतिक भन्दा पनि आर्थिक विषय हो। यो घटनामा उनी र उनका श्रीमान आफ्नै पार्टीका उपल्लो तहका नेताको छोराबाट ठगिएका छन्। , एमाले केन्द्रीय सदस्यसमेत रहेका दमकका पूर्वमेयर रोमनाथ ओलीका छोरा अनिलले जमुनाका श्रीमान कृष्ण अधिकारीलाई अस्ट्रेलिया पठाइदिन्छु भन्दै १५ लाख रूपैयाँ लिएका थिए। अस्ट्रेलिया पठाउन त परको कुरा, अनिल लामो समयदेखि सम्पर्कविहीन भए।, यसबीचमा कृष्ण र जमुनाले अनिलका बुबा रोमनाथदेखि पार्टी अध्यक्ष केपी ओलीसम्मलाई गुहारे। पार्टीका स्थानीय कमिटीका नेताहरूलाई पनि भने। कतैबाट पनि पैसा उठ्ने संकेत नदेखिएपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिए। विभागले अनिलविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। अहिले उनी फरार छन्।, जमुनाले ब्याजमा खोजेको पैसा डुबेको डुब्यै छ।, 'यही घटनाले विरक्त पारेको हो,' जमुनाले भनिन्, 'अनिलका बुबा (रोमनाथ) लाई यसबारे जानकारी गराउँदा उल्टै हप्काउनुभयो। केपी ओलीसम्म कुरा पुर्याइयो, यसबारे उहाँलाई थाहा छ। उहाँले अब कानुनी प्रक्रियामा जानु भन्नुभयो।', अहिले जमुना-कृष्ण र उनीहरूजस्तै अरू धेरै पीडितहरू दमक प्रहरीमा गएर अनिलको खोजी गरिदिन आग्रह गरिरहेका छन्।, अनिलका बुवा रोमनाथ दमक नगरपालिकामा २०५४ र २०७४ मा गरी दुईपटक मेयर भइसकेका व्यक्ति हुन्। केपी ओलीसँग उनको टाढाको नाता छ। केपी ओलीलाई उनी काका भन्छन्। राजनीतिक र व्यवहारिक रूपमा उनीहरूबीच घनिष्ठ सम्बन्ध छ। दमक केपी ओलीको निर्वाचन क्षेत्रमा पर्ने सबभन्दा ठूलो पालिका हो। त्यस हिसाबले केपी ओलीको निर्वाचन क्षेत्रको राजनीति सम्हाल्न रोमनाथको ठूलो हात छ।, रोमनाथ लामो समयदेखि दमकस्थित केपी ओलीकै घरमा बस्दै आएका छन्। उनका छोरा अनिल पनि त्यही घरमा बस्थे। अनिलले केपी ओलीलाई हजुरबुवा भन्छन्। अनिलले 'शर्मा ओली' नाममा फेसबुक चलाउँछन्। फेसबुक कभरमा केपी ओलीकै तस्बिर राखेका छन्।, उनका बुवा रोमनाथ झापामा तुलनात्मक रूपले सरल र सादगी राजनीतिज्ञ भनेर चिनिन्छन्। दुई कार्यकाल मेयर हुँदा पनि आर्थिक अनियमितताको दाग नलागेका उनी यति बेला अनिलका कारण तनावमा छन्। तर उनी दाबीका साथ छोराको बचाउ गरिरहेका छन्।, 'यो घटनामा मेरो छोरालाई जानाजान फसाउन खोजिएको छ,' रोमनाथले भने, 'जिन्दगीमा आफैं त विदेश जान नसकेको मान्छेले अरूलाई विदेश पठाइदिन्छु भन्दा पत्याएर पैसा दिनेहरूले सुरूमा मलाई किन भनेनन्? सबैजसो मेरा चिनजानका र केही आफन्त नै थिए। पैसा अर्कैले लगेपछि अहिले मेरो छोरालाई देखाएर गनगन गरिरहेका छन्।', रोमनाथले यो मामिलामा अरू धेरै कुरा सार्वजनिक रूपमै बोलेका छन्। उनको कुराभन्दा अघि घटनाको सुरूआती विन्दुतिर लागौं।, उनका छोरा अनिल दमककै केही कलेजमा लामो समयदेखि होटल म्यानेजमेन्ट विषय पढाउँदै आएका थिए। अनिल दुई सन्तानका बाबु हुन्।, उनले झापा र मोरङ क्षेत्रका कम्तीमा १६ जनासँग विदेश पठाइदिने भन्दै लाखौं रूपैयाँ उठाएको आरोप छ।, यो गत दसैंभन्दा केही समयअघिको कुरा हो। दमक-२ का युवा प्रेम गुरागाईं आफ्ना मिल्ने साथी कृष्ण अधिकारीसँग विदेश जाने सल्लाहमा थिए। सात वर्ष दुबई बसेर २०७८ फागुन अन्तिमतिर घर फर्केका उनले २०७९ को सुरूदेखि नै घर बनाउन थाले।, घर बन्दै जाँदा पैसा अभाव भयो, पूरा नहुने अवस्था भयो। नौ जनाको परिवारको मुख्य भरोसा आफैं भएकाले उनी फेरि विदेशिने सोचमा थिए।, दमक बजारमा चल्दाचल्दैको मोबाइल पसल कोरोना कहरपछि बन्द गरेका उनका साथी कृष्ण अधिकारी पनि विदेशिने धुनमै थिए। यसरी दुवै जनाको लक्ष्य एकै भएपछि परिवारमा कुरा चल्यो। अनिलसँग उनीहरूको भेट त्यही बेला भएको थियो।, कृष्णकी पत्नी जमुनाले पनि श्रीमान र उनका साथीको इच्छा थाहा पाइन्। जमुनाले अनिलले 'राम्रो ठाउँमा' पठाउने सुनेकी थिइन्।, 'मेरो साथी कृष्णकी पत्नी जमुनालाई म सानीमा भन्छु। उहाँले अनिलजीले विदेश पठाउने काम गर्नुहुन्छ भनेपछि उहाँसँग कुरा गर्ने भयौं,' प्रेमले भने, 'कुरा गर्दा अनिलले हो म पठाउँछु, तपाईंहरू नजिकको मान्छे, म अस्ट्रेलिया पठाइदिन्छु भन्नुभयो।', दमक नगरमा राम्रो राजनीतिक प्रभाव भएको परिवारकै सन्तानले यसो भनेपछि उनीहरूमा अस्ट्रेलिया जाने रहर जाग्यो।, 'तपाईंहरूलाई सबै कानुनी प्रक्रिया पूरा गरेर वैधानिक रूपमै लैजाने हो भन्नुभयो,' कृष्णले सुनाए, 'उहाँको कुरामा विश्वास गर्यौं। सुरूमा दुई लाख रूपैयाँ दिनु अनि टिकटका लागि अलग्गै तीन लाख दिनु भन्नुभयो। बाँकी पैसा उतै पुगेर दिए हुन्छ, मेरो मान्छे तपाईंहरूसँगै अस्ट्रेलिया जान्छ भन्ने उहाँको कुरा थियो।', आफ्नै पार्टीका जिम्मेवार नेताका छोराले यसो भनेपछि जमुनाले पनि पति कृष्णलाई हौस्याइन्। कृष्ण र प्रेमले दुई–दुई लाख रूपैयाँ बुझाए। यो २०७९ भदौ अन्तिमको कुरा हो।, त्यसको केही दिनमा अनिलले फेरि दुवै जनासँग एक–लाख रूपैयाँ मागे।, 'हामीले त्यो पनि बुझायौं र दसैंभन्दा पछि अनि तिहारभन्दा अघि दुई लाख फेरि बुझाएर हामी अस्ट्रेलिया जान भनेर भारतको बागडोग्रा हुँदै प्लेन चढेर लखनउतिर लाग्यौं,' प्रेमले भने।, लखनऊ जाने बेलामा उनीहरूका साथमा अरू तीन जना पनि थपिए। दमककै दमननाथ ढुंगाना, विराटनगरका आकाश निरौला र मोरङ इटहराका छत्रपति कार्की पनि टोलीमा थपिएका थिए। उनीहरू सबैलाई अस्ट्रेलिया पठाउने भनिएको थियो।, प्रेमका अनुसार पैसा लिने बेलामा अनिलले 'अस्ट्रेलियासम्मै मेरो मान्छे साथैमा हुन्छ' भने पनि लखनऊ पुग्दानपुग्दै उनीहरू वेवारिसे जस्तो भएका थिए।, 'लखनऊमा हामीलाई रिसिभ गर्ने मान्छे आउँछ भनिएको थियो, आएन,' प्रेमले भने, 'केही दिनपछि मात्रै श्रीबहादुर गुरूङ भन्ने आइपुगे। उनैले हामीलाई व्यवस्थापन गर्ने कुरा थियो।', जानेबित्तिकै उडान प्रक्रिया सुरू हुन्छ भनिए पनि ढिलाइ भएपछि अस्ट्रेलिया जान हिँडेको टोलीले अनिललाई ह्वाट्सएपमा खबर छाडे। उनले कुनै प्रतिक्रिया दिएनन्। त्यस बेला नेपालमा चुनावी चटारो थियो।, 'चुनावी व्यस्तताले होला भनेर हामीले चित्त बुझायौं,' प्रेमले भने, 'एक दिन राति दुई बजे हाम्रो उडान हुने भयो भन्ने खबर अनिलले गरे। श्रीबहादुर पनि त्यस्तै खबर लिएर आए। डलर साट्न अनि सामान प्याक गर्न भनिएको थियो।', त्यही रात केहीबेर अघिसम्म आफूहरूसँगै रहेका श्रीबहादुर एक्कासि हराए। अनि बल्ल आफूहरू ठगीमा परेको पो हो कि भन्ने शंका पहिलोपटक उब्जेको उनको भनाइ छ।, 'दुई बजे राति उडान छ भन्ने खबर आएको थियो। हातमा कागजपत्र भने केही थिएन,' प्रेमले भने, 'साथीहरू यस्तो पाराले कसरी गइन्छ भन्न थाले। हामीलाई पहिलोपटक शंका भएको थियो। भोलिपल्ट अनिलले केही कागज नपुगेका कारण उडान नभएको भनेर आश्वस्त पारे। हामीले पनि होला भन्ने ठान्यौं।', यस्तो ठान्ने दमककै उनी र कृष्ण मात्रै थिए। अरू तीन जना नेपाल फर्किए।, कृष्णले लखनऊमा भइरहेका गतिविधिबारे दमकमा रहेकी पत्नी जमुनालाई खबर गरिरहेका थिए। उनले अनिललाई सोधिरहेकी थिइन्।, अनिलले पनि 'उडान पक्का हुन्छ' भनिरहे।, 'अरू फर्के पनि तपाईंहरू नफर्किनू, उडान भइहाल्छ भन्दै हामीलाई ढुक्क पारिरहे,' प्रेमले थपे, 'नभन्दै तिहारपछि हाम्रो कागजपत्र पनि आयो। अस्ट्रेलियाको लागि टिकट पनि आयो।', उनीहरूको हातमा टिकट र कागजात परेपछि त्यो खबर उनीहरूले नेपाल फर्केका साथीहरूलाई पनि सुनाए। साथीहरूले भने थकथकी मान्दै उनीहरूलाई बधाइ दिए। गाउँघरका साथीभाइले पनि उनीहरू दुवैलाई बधाइ सन्देश सामाजिक सञ्जालमा लेखे।, त्यही बेला अनिलले दमक घरमा रहेका कृष्ण र प्रेम दुवैका श्रीमतीहरूलाई अब टिकट पनि आइसकेका कारण थप पैसा दिनुपर्ने भनेछन्।, त्यो खबर थाहा पाएपछि उनीहरूले अनिललाई सोधे, 'पाँच लाख अहिले अनि बाँकी दस लाख उतै पुगेर दिए हुन्छ भनेको होइन?', जवाफमा अनिलले भने, 'भनेको त हो। तर टिकट पनि भइसकेका कारण बुझाउनुपर्ने ठाउँमा दिनैपर्ने भयो। त्यसैले बाँकी पैसा दिन भन्दिनुस्।', प्रेमका अनुसार विदेश जाने र राम्रो कमाइ हुन्छ भन्ने भएपछि ऋण खोजेर १५ लाख रूपैयाँ तयार थियो। पैसाको कारोबार के हो के हो भन्ने भएपछि प्रेम र कृष्ण दुवैले घरमा आफ्नो परिवारलाई सरकारी वकिललाई साक्षी राखेर, कागज गरेर थप पैसा दिनू भने।, 'यसरी २०७९ कात्तिक १५ मा कागज गरेर थप दस–दस लाख बुझायौं,' प्रेमले भने, 'अब उड्ने दिनको प्रतीक्षामा हामी टिकटको मिति हेर्दै बस्न थाल्यौं।', उक्त कागजमा उडाउन नसके कात्तिकभित्रै रकम फिर्ता गर्ने शर्तनामा अनिलले गरेका थिए। तीन दिनपछि उड्ने मिति थियो। अरू दिन जस्तै वेबसाइटमा उनीहरू चेक गर्थे। अरू बेला यति दिन बाँकी भन्ने सिस्टमले त्यस दिन 'समथिङ वेन्ट रङ' भन्ने सूचना दियो। उनीहरू झसंग भए। त्यही दिन थाहा भयो, उनीहरूको टिकट रद्द भएछ।, उनीहरू लखनऊको होटलमा थिए। त्यस बेला थाहा पाए, अनिल मार्फत नै दक्षिण कोरिया जान हिँडेको अर्को टोली नजिकैको अर्को होटलमा त्यसैगरी अलपत्र रहेछ। उनीहरूको साथमा श्रीबहादुर गुरूङ पनि रहेछन्।, 'उनीहरूलाई कोलकाता पठाउन रेलमा तयार पारिएको रहेछ,' प्रेमले भने, 'श्रीबहादुर गुरूङ त फेला परे। तर हामीले पैसा उनलाई बुझाएको होइन। उनलाई जबरजस्ती रोक्ने हामीसँग कुनै आधार थिएन।', पछि थाहा भयो, कोलकाता पुगेको केही दिनमा कोरिया हिँडेको टोली पनि नेपाल फिरेछ।, बस्दै जाँदा साथमा रहेको पैसा पनि सकिन थाल्यो। घरबाट पनि तारन्तार फोन आउन थाल्यो।, 'यसरी घर छाडेको २८ औं दिनमा हामी नेपाल फर्कन गाडी चढ्यौं,' प्रेमले भने, 'मंसिर १ मा सुनौली नाका आइपुगेका हामी भोलिपल्ट घर पुग्यौं। ४ गते चुनाव थियो। भोट हाल्यौं। अनि बल्ल अनिललाई भेट्यौं।', त्यस बेलाको भेटमा पनि अनिलले केही कागजात नमिलेका कारण यस्तो भएको भन्दै सकेसम्म चाँडो उडाउने भन्न थाले। त्यसपछि मात्रै उनीहरूले अनिलको परिवारलाई गएर भेटेका हुन्।, 'हामीले उताबाट फर्केपछि मात्रै परिवारलाई गएर भेट्यौं,' कृष्णकी पत्नी जमुनाले भनिन्, 'त्यस बेला उल्टै हामीलाई हप्काउने काम भयो। चुनावलगत्तै अनिल घर छाडेर हिँडेका रहेछन्। उनकी आमाले मेरो छोरा कहाँ लग्यौ भनेर उल्टै र्याखर्याख्ती पार्नुभयो।', त्यस दिन परिवारलाई जानकारी दिएर फर्केका उनीहरूले दुई दिनपछि प्रहरीमा जाने भन्दै ओली परिवारलाई सूचना दिए। अनिल त्यसको दुई दिनपछि घर आए।, त्यही बेला उनले 'उठाएको पैसा सबै श्रीबहादुर गुरूङले लगेर बिजोग पारेको' कुरा सुनाए।, अनिलले प्रहरी, परिवार र पीडितहरूसामु भने, 'अब श्रीबहादुर गुरूङलाई पक्राउ परेपछि मात्रै हाम्रो पैसा उठ्ने भयो। त्यतिन्जेल पर्खिन पर्यो।', पीडितहरूले अनिलका बुबा रोमनाथलाई अब के गर्ने भनेर सोधे।, 'उहाँले त्यस बेला यस्तो फटाहालाई विश्वास गरेर किन त्यतिधेरै रकम दिएको भनेर फेरि हप्काउनुभयो,' जमुनाले भनिन्, 'त्यसपछि श्रीबहादुर गुरूङविरूद्ध मुद्दा हाल्ने कुरा भयो। अनिलले हालेको उजुरीका आधारमा श्रीबहादुर पक्राउ परे।', दुई महिनाअघि पक्राउ परेका श्रीबहादुर अहिले झापा कारागारमा पुर्पक्षमा छन्।, अनिलका बुबा रोमनाथले 'सबै पैसा श्रीबहादुरले चलाएको' दाबी गर्दै आफ्नो छोरा जानाजान फसाइएको बताए। उनले अहिलेका पीडितहरूले विदेश जाने लोभमा श्रीबहादुरसँग पहिले कुरा गरेको र उनको भर नभएपछि विश्वासिलो पात्र खोज्दा आफ्नो छोरा प्रयोग भएको दाबी गरे।, 'ऊ आफैं त कहिल्यै विदेश जान नसकेको मान्छे कसरी विदेश पठाउँछ होला भन्ने उनीहरूलाई थाहा थिएन र?,' पूर्वमेयर रोमनाथले थपे, 'त्यसबारे मलाई सुरूमै किन कसैले भनेन? सबै चिनेकै मान्छे थिए। श्रीबहादुरलाई दिँदा पैसा फस्छ भन्ने भएपछि मेरो छोरालाई बीचमा पारिएको हो।', कमिसनको लोभ देखाएर अनिललाई लोभ्याइएको हुन सक्ने उनले दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पनि गलत गर्नेहरू दण्डित हुने भन्दै यो घटनामा आफू र पार्टीलाई नजोड्न भनेका छन्।, यसको निदान कसरी होला त भन्ने प्रश्नमा रोमनाथले थपे, 'अब कानुन अनुसार जे हुन्छ, त्यही हुनुपर्छ।', उनले पैसा तिर्ने आफ्नो हैसियत नभएको बताउँदै अवैध रूपमा विदेश जान हिम्मत गर्नेहरूले आफूलाई पहिल्यै किन नभनेको भन्दै उल्टै प्रश्न गर्दै आइरहेका छन्।, पीडितहरूले भने आफूलाई अस्ट्रेलिया लगिदिन्छु भनेर अनिलले नै भनेको, पैसा पनि उनैले लिएको र यो बीचमा समस्या हुँदा उनैले पटकपटक 'केही दिनपछि पठाइहाल्छु' भन्ने आश्वासन दिएकाले अनिल नै यसमा जिम्मेवार हुनुपर्ने बताएका छन्। आफूहरू लखनऊमा अड्केपछि 'श्रीबहादुर गुरूङलाई धेरै तनाव नदिनू, मैले नै पैसा लिएकाले मै जिम्मेवार हुँ' भनेर अनिलले भनेको पीडितहरूको भनाइ छ। राजनीतिक शक्तिका कारण प्रहरीले अनिललाई अहिले पक्राउ गर्न चासो नदिएको उनीहरूले गुनासो गरेका छन्।, जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र रिजालले अनिल ओलीविरूद्ध चैतमै पक्राउ पुर्जी जारी भएको बताए। जिल्ला अदालत झापाबाट उनीविरूद्ध चैत २६ गते पक्राउ पुर्जी जारी भएको थियो। पुर्जी जारी भएयता उनी फरार छन्।, वैदेशिक रोजगार विभागमा यस सम्बन्धी उजुरी परेको थियो। उजुरी परी अनुसन्धान गर्न विभागले केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो। यस प्रकरणमा अनुसन्धान गरी ब्युरोले श्रीबहादुर गुरूङलाई पक्राउ गरेको थियो।, विभागमा उजुरी प्रेमकुमार गुरागाईं र कृष्ण अधिकारीले दिएका हुन्। अरूले चेकमार्फत पैसा दिएका कारण उनीहरूले प्रहरीमा मात्रै उजुरी दिएका छन्। श्रीबहादुरबारे थप अनुसन्धान गर्न ब्युरोले जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको थियो।, डिएसपी रिजालका अनुसार अनिलविरूद्ध ७७ लाखको बिगो रकम छ। उनले अरू थप पैसा पनि उठाएको आरोप छ। उनले पीडितहरूबाट रकम उठाएर श्रीबहादुरसँगको समन्वयमा विदेश पठाइदिने भनेका थिए। तर विदेश पठाउन नसकेपछि अनिल आफैंले श्रीबहादुरविरूद्ध जाहेरी दिएका थिए। जाहेरी दिएपछि श्रीबहादुरलाई प्रहरीले चैतको पहिलो साता काठमाडौंबाट पक्राउ गरी अनुसन्धान गर्दा अनिलमाथि नै प्रश्न उठेको थियो।, 'सुरूमा अनिलले श्रीबहादुरविरूद्ध नै उजुरी गरेका थिए। तर अनुसन्धान हुँदा कारोबार अनिलले गरेको पाएपछि पक्राउ अनुमति लिएका थियौं,' डिएसपी रिजालले भने, 'अहिले अनिल फरार छन्।', अनिल आफैंले पैसा उठाएको हुँदा उनीविरूद्ध पक्राउ अनुमति लिएको पनि डिएसपी रिजालले बताए।,
एमाले कार्यकर्ताहरूलाई अस्ट्रेलिया पठाइदिन्छु भन्दै एमाले नेताकै छोराले लाखौं उठाएपछि |
रासस नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ। , जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। , नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो। , आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए। ,
नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु |
रासस महोत्तरी प्रहरीले आइतबार एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।, भारतको सुरसण्ड सहरबाट आउँदै गरेका युवक पप्पुलाई हलखोरी चोकमा खटिएका प्रहरीलाई शंका लागेर जाँच गर्दा उनको साथबाट 'होममेड इन्डियन' लेखिएको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको हो।, हतियारसहित पक्राउ परेका युवक पप्पुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएर आवश्यक कारबाही अगाडि बढाइएको छ।,
पेस्तोल र गोलीसहित भारतीय युवक पक्राउ |
रासस उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ।, जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो। , आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताए। ,
उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी |
रासस चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैँडा मृतावस्थामा भेटिएका छन्।, वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन्।, निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैंडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैंडा मृतावस्थामा भेटिएको हो।, भाले गैंडा दुई वर्ष छ महिनाको रहेको उनले जानकारी दिए।, उनका अनुसार दुवै गैंडा प्राकृतिक कारणले मरेका हुन्।, मृत भेटिएका गैंडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उनले बताए। , उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मृत भेटिएको गैँडाको सङ्ख्या १८ पुगेको छ।,
दुई दिनमा मृत भेटिए दुई गैंडा |
सेतोपाटी संवाददाता चितवनका कवि, कलाकार तथा सामाजिक अभियन्ताहरू भ्रष्टाचारका विरूद्ध सडकमा ओर्लिएका छन्।, बिहीबार भरतपुरको चौबिसकोठीमा कविहरूले भ्रष्टाचारविरूद्धका कविता वाचन गरे।, 'भ्रष्टाचारविरूद्ध सडक कविता' कार्यक्रममा उपस्थित कविहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई आग्रह गरेका थिए।, नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले उच्च पदस्थहरूलाई पनि पक्राउ गरेकोप्रति धन्यवाद दिँदै उनीहरूले यसलाई कायम राख्न कवितामार्फत दबाब दिएका थिए।, उनीहरूले दोषीलाई कडा कारबाही गर्न माग गरे।, कार्यक्रममा चित्रकार प्रकाश थापाले 'ट्रेलर' र 'फिलिम' शीर्षकका कार्टुन प्रदर्शन गरेका थिए। तीन दर्जन स्रष्टाले आफ्ना रचनाहरू सुनाएको कार्यक्रमका संयोजक कवि भूपिन खड्काले जानकारी दिए।, बिहीबार नै भ्रष्टाचारविरूद्ध एकता अभियान नामको संस्थाले पनि चौबिसकोठीमै दबाबमूलक कार्यक्रम गरेको थियो।, 'अँहँ हुँदै हुन्न, भ्रष्टाचार सहनै हुन्न' लेखिएको ब्यानर र प्लाकार्ड बोकेका सामाजिक अभियन्ताहरूले सरकारले सुरू गरेको कामलाई निरन्तरता दिन आग्रह गरे।, कार्यक्रममा वाम बुद्धिजीवी प्रेम रिमालले परिवर्तनका लागि सबै क्षेत्रका नागरिकले एकजुट भएर दबाब दिनुपर्ने बताए।, 'कुनै पनि भ्रष्टाचारीको पार्टी, धर्म, लिंग हुँदैन। जसरी गिद्धहरू फरकफरक भए पनि सबैभन्दा मनपर्ने सिनो हुन्छ, भ्रष्टाचारीहरूलाई पनि हामीले गिद्धकै रूपमा बुझेर व्यवहार गर्नुपर्छ। गिद्धलाई बचाउन हामीले काम गरिरहेका छौं तर भ्रष्टाचारीलाई सदाका निम्ति समाजबाट बिदा गर्न हामीले व्यवहारबाटै काम गर्नुपर्छ,' उनले भने, 'भ्रष्टाचारविरूद्धको आन्दोलनलाई अझै शक्तिशाली बनाउनुपर्यो।', भ्रष्टाचारविरूद्ध जागरण अभियानले शुक्रबार बिहान नारायणगढमा कार्यक्रम गर्ने भएको छ।,
चितवनका कविहरू भ्रष्टाचारविरूद्ध ओर्लिए सडकमा |
रासस ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्।, एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन्। , क्षमताभन्दा बढी भएता पनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिइन्। , उनका अनुसार आगामी दिनमा हालको सङ्ख्याभन्दा बढी कैदीबन्दी थपिएमा व्यवस्थापनमा समस्या हुन सक्नेछ।, हाल नख्खु कारागारमा छ सय ९५ पुर्पक्षका लागि थुनामा राखिएकामा ४५ विदेशी नागरिक छन्। , त्यसैगरी, आठ सय १२ कैदीबन्दीमध्येमा ५७ विदेशी नागरिक छन्। कैदीबन्दी रिहाइ हुने र अदालतको फैसलाअनुसार चलान हुने भएकाले यो सङ्ख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका अधिकृत मुरारी कार्कीले जानकारी दिए। , हाल कारागारमा तीन ब्लक छन्। पुर्पक्षका लागि थुनामा राखिएका र अदालतको फैसलापछि जेल चलान भएकालाई छुट्टाछुट्टै ब्लकमा राखिएको छ। , कारागार प्रशासक कल्पना घिमिरेका अनुसार, सिआर र डिआर ब्लक राणाकालीन संरचना भएकाले ती दुई ब्लकलाई केही मर्मत गरेर यथावत राखिएको छ भने नयाँ ब्लक पूर्ण रूपमा नयाँ तरिकाले निर्माण गरिएको छ।, कारागारमा ३२ प्रकारका घटनामा आधारित कैदीबन्दीमध्येमा सबैभन्दा बढी जबर्जस्ती करणी र लागुऔषधसँग सम्बन्धित कैदीबन्दी रहेको कार्यालय प्रशासक घिमिरेले जानकारी दिए। , उनले भने, ‘कैदीबन्दीका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था छ। कारागारमा पढ्नका लागि करिब सात हजारभन्दा बढी पुस्तकसहितको पुस्तकालय छ। पढ्न चाहनेले कारागारबाट नै स्नातकोत्तर गर्नेसमेत व्यवस्था रहेको छ।’, कारागारभित्र खेलकूद लगायत अन्य विभिन्न सेवासुविधा सरकारले उपलब्ध गराउँदै आएको र कैदीबन्दी बिरामी परेमा उपचारको व्यवस्था रहेको प्रशासक घिमिरेले बताए।,
नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी |
शोभा शर्मा कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।, हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमाडौंमा भेटेर।, शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।, मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।, हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।, मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्।, यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।, हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।, खोटाङको शुभद्रा मदन फाउन्डेसनले खोलेको जन-जागृति माध्यमिक विद्यालयको फाइल तस्बिर। तस्बिर सौजन्यः मदन राई, दिक्तेल १, म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो।, शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।, म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।, हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।, तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं।, एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ।, बाजेले 'तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!' भन्नुभयो।, आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई 'तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ' भन्नुभयो।, त्यति मात्र होइन, उहाँले 'अब तिमीहरू म सँगै सुत्नुपर्छ' पनि भन्नुभयो।, त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे।, 'ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ' भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।, आएर ढोका थुनेर जबर्जस्ती गर्ने हो कि भन्ने डरले मलाई कहिलेकाहीँ त निद्रा लाग्दैन। खान मन पनि हुँदैन।, यहाँ बाजे जे पनि बोल्नुहुन्छ। यस्तो गर्नुहुन्छ भनेर मैले मेरा आमाबुबालाई भन्न सकेकी छैन। यस्तो कुरा बाआमालाई कसरी भन्ने हो!, दिक्तेल २, म शुभम फाउन्डेसनमा आएको ६/७ वर्ष भयो। यहाँ राम्रो पढाइ हुन्छ भनेर आमाले पठाउनुभएको हो।, आएको केही समयमै साथीहरूले मलाई 'बाजेले त नराम्रो कुरा बोल्नुहुन्छ, कहिले त नांगै पनि भइदिनुहुन्छ' भनेर सुनाएका थिए। बाजे कहिले काठमाडौं त कहिले शुभममा बस्नुहुन्थ्यो। शुभममा बिहान ६ बजे उठेर एसेम्ब्लीमा जानुपर्छ। शारीरिक व्यायाम भएपछि कहिलेकहिले मदन बाजेले अर्ती-उपदेश दिनुहुन्छ।, म यहाँ आएको दुई वर्षपछिको कुरा हो। एक बिहान एसेम्ब्लीमा मदन बाजेले लुगा फुकालेर आफ्ना अंग देखाउनुभयो। अंग देखाउँदै तिनका नाम भन्नुभयो।, बाजेले अश्लील बोल्ने कुरा त यहाँ सामान्य भएको छ। जति बेला पनि उहाँ सेक्सको मात्रै कुरा गर्नुहुन्छ। जे विषयबाट सुरू गरे पनि सेक्समा लगेर कुरा जोड्नुहुन्छ।, म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो।, 'तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन' भनिरहनुहुन्थ्यो। म भाग्थेँ।, तर तीन महिनाअगाडि उहाँले हामीलाई 'सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु' भन्नुभएपछि भने झन् डर लागेको छ।, उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो।, 'उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु' भन्नुभयो।, हामी त उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।, दिक्तेल ३, म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।, केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।, एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र 'तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्' भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।, दिक्तेल ४, घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई 'काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ' भन्नुभयो।, अंकलले मलाई पनि 'ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ' भनेर सम्झाउनुभएको थियो।, पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।, दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।, चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।, हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।, एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।, एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।, अनि बाजेले भन्नुभयो, 'तेरो...बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?', त्यसपछि हामी दुवै दौडेर तल झर्यौं।, हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।, पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले 'ऐय्या कस्ती रहिछे' भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।, ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।, त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।, मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।, गएको बेला बाजे त्यहीँ हुँदा 'म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ' भन्नुहुन्थ्यो।, उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।, ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले 'गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध' भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो स्कुलमै काम गर्नु हुन्छ।, बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले 'ओइ, यता हेर् त' भन्दै बोलाउनुभयो।, म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले 'तँलाई देखेर मेरो…भयो' भन्नुभयो।, धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।, अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।, सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।, पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले 'तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर' भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।, शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।, चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।, एक दिन दिउँसो पेशल मेन्टरले 'आज स्टोरमा आइज' भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।, पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।, म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।, बाजे बेलाबेला 'जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ' भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।, दिक्तेल-५, आमाबुबाले छोडेर गएपछि ममी (संरक्षक) ले मलाई शुभममा पठाउनुभएको थियो। आठ वर्षअघि म त्यहाँ पुगेकी थिएँ। त्यतिखेर २ कक्षामा पढ्थेँ। शुभममा बिहान ५ बजे उठेर एसेम्ब्लीमा जानुपर्थ्यो। त्यसपछि खाजा समय हुन्थ्यो। खाजा खाइसकेर ८ बजेतिर फिल्डको काममा जानुपर्थ्यो।, कृषि फिल्ड हुनेहरूले तल बारीमा जाने, खन्ने, मल मिसाउने काम गर्नुपर्थ्यो। पशुपंक्षी विभागमा गाईभैंसीलाई दिइने कुँडो पकाउनुपर्ने, गोठ सफा गर्ने, घाँस काट्ने काम हुन्थ्यो। त्यसै अनुसार किचन विभागकाले खाना बनाउने, बाजेको कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उद्योग विभागमा फलामका सामानहरू बनाउने, मिलमा धान कुट्ने काम थिए। निर्माण विभागमा भवनहरू बनाउने काम हुन्थ्यो।, पहिलेपहिले बिहान साढे ९ बजेसम्म काम गरे पनि १० बजेदेखि कक्षा सुरू हुन्थ्यो। १२ बजे खाने समयपछि फेरि ३ बजेसम्म पढाइ हुन्थ्यो। ३ बजेपछि फिल्डमा गएर बिहानको झैं काम गर्ने अनि फर्केर आएर खाना खाएपछि फेरि ८/९ बजेसम्म पढाइ हुन्थ्यो।, कोरोनापछि भने दिउँसो १२ बजेसम्म पनि फिल्डको काम हुन्छ। त्यसपछि खाना खाएर १ बजेदेखि ३ बजेसम्म कक्षामा बस्ने हो। त्यसपछि फेरि काममा जाने। अहिले धेरै काम गर्नुपर्छ।, मलाई त्यहाँको मन नपर्ने कुरा पहिलो त किताब/कोर्स नै नपढाउने, अर्को मदन बाजेले गर्ने सेक्सको कुरा हो। सेक्सको कुरा मात्र गरेर विद्यार्थीलाई हैरान पार्नुहुन्छ। पहिले त उहाँ कहिलेकाहीँ मात्र खोटाङ आउनुहुन्थ्यो। कोरोना महामारीभन्दा अगाडि वर्षमा दुई-चार पटक मात्र आएर दस/पन्ध्र दिन बस्नुहुन्थ्यो। त्यो बेला उहाँले कृषिका कुरा सिकाउनुहुन्थ्यो।, जब कोरोना सुरू भयो, उहाँ फाउन्डेसनमै बस्न थाल्नुभयो। उहाँ सेक्सका कुरा मात्र गर्नुहुन्छ। केटाकेटीलाई जम्मा पारेर अश्लील बोल्नुहुन्छ। हातले अश्लील संकेत गर्नुहुन्छ। बाजेले पटकपटक बिहान एसेम्ब्लीमा लुगै फुकालेर देखाउनुभयो। कहिलेकाहीँ शुक्रबारको कक्षामा अश्लील कुराहरू पढाउनुहुन्थ्यो। हामी लाजले टाउको निहुरो बनाएर बस्यौं। लजाउन पनि नपाइने। 'क्या यस्तो कुरामा पनि लजाउँछौ' भन्दै गाली गर्नुहुन्थ्यो।, मेरो साथीहरूलाई उहाँले ज्यानमा हात हाल्ने गर्नुहुँदो रहेछ। साथीहरूले मलाई भन्थे। उनीहरू डराउँथे। मलाई भने ज्यानैमा हात हालेको थिएन तर पनि डर लाग्न थालेको थियो।, हामी सहरी सिकाइका लागि बाजेको ललितपुरको घरमा आउनुपर्थ्यो। केही वर्षअघिको जाडो महिनामा हामी तीन केटी साथी तीन महिनाका लागि आएका थियौं। त्यति बेला म एक महिना त्यहाँ बसेर यता ममीको घरमा आएकी थिएँ। त्यो बेला मेरा साथीहरूलाई बाजेले मनपरी गर्नुभएछ। उनीहरूको ज्यानमा हात हाल्नुभयो रे। पर्दा लगाउन जाँदा पछाडिबाट च्याप्प समात्नुभयो, कहिले लुगा फुकालेर देखाउनुभयो, आफ्ना अंग छुन लगाउनुभयो भनेर मलाई साथीहरूले भनेका थिए। त्यो बेला मेरा साथीहरू खुब डराएका थिए।, यी सबै कुराले गर्दा मलाई शुभममा बसेर बाँकी पढाइ पूरा गर्न मन लागेन। अनि म छाडेर आएँ। यहाँ आएको केही दिनपछि दुई साथीहरूले मलाई फोन गरेर अझै डर लाग्दो कुरा सुनाए। उनीहरू मदन बाजेको कोठा सफा गर्न गएका रहेछन्। उनीहरूलाई राखेर बाजेले आफूसँग सुत्नुपर्छ भनेछन्।, 'यसअघि तिमीहरूको फलानो दिदी मसँग सुत्थ्यो, उसलाई सेक्स गर्न मैले सिकाएको थिएँ, अब तिमीहरूले त्यो काम गर्नुपर्छ, म सिकाउँछु, केही हुन्न, जानिराख्नुपर्ने कुरा हो' भनेर बाजेले भन्नुभयो भनेर मेरा साथी डराइरहेका छन्।, सेतोपाटी,ले झन्डै महिना दिनअगाडि दिक्तेल-५ सँग कुरा गर्दा उनकी दिदी (दिक्तेल-६) सँगै थिइन्। दिक्तेल-५ सँग कुराकानी सकिएपछि उनकी दिदीले मदन राईले आफूलाई पनि यौन दुर्व्यवहार गरेको बताइन्। उनी आफ्नो एसइई दिएपछिको बिदा मनाउन शुभममा गएकी थिइन्। त्यो बेला आफूलाई मदन राईले यौन दुर्व्यवहार गरेको उनले बताइन्।, दिक्तेल-६, म शुभममा पढ्न गएकी त थिइनँ। छ वर्षअघि एसइई दिएपछि केही समय बस्न गएकी थिएँ। मेरो बहिनी (दिक्तेल-५) त्यहीँ भएकाले मलाई जान सजिलो थियो। आमाले मदन राईलाई चिन्नुभएको थियो। मैले आमासँग शुभममा जाने कुरा गरेँ। उहाँले मदन राईसँग कुरा गर्नुभयो।, शुभम जानुअघि म केही दिनका लागि ललितपुरस्थित उहाँको घरमा बसेकी थिएँ। एक दिन दिउँसोको समय थियो। मदनले मलाई काम छ भन्दै माथि बोलाउनुभयो। म हतारहतार उहाँछेउ पुगेँ।, मदनले त मेरो ब्रेस्टमा हात हाल्नुभयो। सोच्दै नसोचेको त्यस्तो घटना हुँदा म आत्तिएँ।, धन्न 'के गरेको यो?' भन्न भ्याएँ। मैले उहाँको हात झट्कारेर पछि हटेँ। अनि भागेँ। उहाँ पछिपछि त आउनुभएन तर म बहुत डराएँ। कैयौं दिनसम्म डरले सताइरह्यो। मैले आमालाई यस्तो भयो म फर्किन्छु भन्न पनि सकिनँ।, ललितपुरको बसाइपछि म खोटाङ गएँ। एक बिहानको कुरा हो। म त्यहीँ स्कुलको चौरमा थिएँ। उहाँले मेरो टिसर्ट उचालिदिनुभयो। फेरि मैले के गरेको भनेर आँखा तरेँ।, यो घटना भएपछि मलाई त्यहाँ बस्न डर लागेको थियो। अहिले पनि ती दुइटा घटना सम्झेर कस्तो नराम्रो लाग्छ। यसबारे मैले आजसम्म पनि आमालाई भन्न सकेकी छैन। न अरू कसैलाई भनेकी थिएँ। यो बहिनी त्यहीँ पढ्थी। मलाई यसको चिन्ता लागिरहन्थ्यो। अब त यो आई। तर मदन राईले त्यो स्कुलमा भएका नानीहरूलाई पनि यौन दुर्व्यवहार गरेको होला भन्ने सम्झेर पनि कस्तो नरमाइलो लाग्छ।, यसरी बालिका र किशोरीहरूको बयान सुनेपछि हामीले शुभम फाउन्डेसनमा केही समयअघिसम्म स्नातक पढ्न बसेकी र मेन्टरका रूपमा काम गरेकी युवतीलाई यसबारे सोधेका थियौं।, मदन राईले आफूहरूलाई दुर्व्यवहार गरेको कुरा तीन-चार जना बालिकाहरूले आफूलाई सुनाएको उनले बताइन्।, 'केही समयअघि दिक्तेल-१ र २ लाई मदन राईले सेक्स गर्न सिकाउँछु, अबदेखि तिमीहरू मसँग सुत्नुपर्छ भनेको कुरा मलाई थाहा छ। उनीहरूले डराउँदै डराउँदै मलाई सुनाएका थिए,' उनले भनिन्, 'उनीहरूले पहिल्यैदेखि आफूहरूलाई मदन बाजेले ज्यानमा छुने गरेको बताउँथे। हामीले मदन सरविरूद्ध केही बोल्ने वातावरण नै थिएन।', उनी स्नातक पढ्न र जीवनउपयोगी सिकाइ सिक्न भन्दै चार वर्षअघि शुभम फाउन्डेसन पुगेकी थिइन्। मदन राईले अश्लील बोलेर त सामूहिक रूपमा सबैलाई सधैं अप्ठ्यारोमा पार्ने गरेको उनी बताउँछिन्। उनका अनुसार जवाफ फर्काउन सक्ने र पारिवारिक हैसियत अलि राम्रो भएकालाई मदनले दुर्व्यवहार गर्दैन थिए।, 'जसले प्रतिकार गर्न सक्छन्, बोल्छन्, त्यस्तालाई मदन सरले खासै केही गर्नुहुन्न,' उनले भनिन्, 'जसको पारिवारिक पृष्ठभूमि कमजोर छ, जसले यहाँ बच्चाबच्चीलाई निःशुल्क पढ्न पठाएका छन् र बोल्न सक्दैनन् त्यस्ता कमजोरहरूलाई छानीछानी दुर्व्यवहार गर्नुहुँदो रहेछ।', तीन वर्षअघि शिक्षकका रूपमा शुभम फाउन्डेसन गएका टेकबहादुर कार्कीले पनि मदन राईले बच्चाहरूको अगाडि अश्लील हर्कत गर्ने गरेको हामीलाई बताए।, 'उहाँले विद्यार्थीलाई यौन शिक्षा दिने नाममा अश्लील बोल्नुहुन्छ र अश्लील संकेतहरू गर्नुहुन्छ। कहिलेकाहीँ त बोल्दाबोल्दै हामी सबैको अगाडि लुगा फुकालेर देखाउनुभएको थियो। कतिपय बालिकाहरूको ज्यानमा छोइदिनुभयो भन्ने गुनासो मैले सुनेको छु,' उनले भने, 'कतिपटक त उहाँले बालिकाको ज्यानमा हात हाल्न खोज्दा उनीहरू भागेको मैले देखेको छु।', मदनले यौन सम्पर्क र यौनांगका कुरा बालबालिकासँग गरेपछि आफूलाई हलुका हुन्छ भनेर एकपटक सुनाएको उनले बताए।, 'उहाँ बोलिराख्दा सुन्नै पर्थ्यो। नभए झन् उफ्रिनुहुन्थ्यो। अश्लील कुरा सुन्नु त सामान्य भइसकेको थियो। यस्तो तपाईं किन गर्नुहुन्छ भनेर एकपटक मैले सम्झाउन खोजेको थिएँ। उहाँले मलाई त्यस्तो बोलेपछि आफ्नो उकुसमुकुस शान्त हुन्छ भन्नुभएको थियो,' टेकबहादुरले भने।, मदनले बेलाबेला 'मलाई यहीँका विद्यार्थीले जेलसम्म पुर्याउँछन्' भन्ने गरेको पनि टेकबहादुरले बताए।, शुभममै चार वर्ष अगाडिदेखि केही समयअघिसम्म मेन्टर रहेकी अर्की युवतीले त्यहाँका कतिपय बच्चाहरूले समेत मदनको सिको गर्न थालेको बताइन्।, 'मदन सरले अश्लील बोल्ने, हातले यौन सम्पर्क गरेको संकेत गर्ने त हरेक कुराकानीमै गर्नुहुन्छ। अप्ठ्यारो लागे पनि सबैले सुनेरै बस्ने हो। तर मलाई सबभन्दा चिन्ताको कुरा भने बच्चाहरूले त्यही सिको गर्न थालेकोमा छ,' उनले भनिन्, 'एउटा बच्चाले सुतिरहेका आफ्ना केटा साथीहरूलाई नै दुर्व्यवहार गरेछ। कतिपयले अश्लील बोल्ने, केटीहरूको शरीर छोइदिने गर्छन् भनेर बालिकाहरूले हामीलाई भनेका थिए। शुभममा बालिकाहरू सुरक्षित छैनन् भन्ने कुराको पिर भइरहन्छ।', जनजागृति उच्च माविकी प्रधानाध्यापक सविता ढकाल भने विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार हुने गरेको कुरा आफूले सुन्दै नसुनेको बताउँछिन्।, 'हाम्रो स्कुलमा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्ने त मैले सुनेकै छैन। मदन दाइ कसरी के बोल्नुहुन्छ भन्ने त सबैलाई थाहा छ। उहाँले अश्लील बोल्दा हामीलाई अप्ठ्यारो लागे पनि नबोली बस्ने हो। तर उहाँले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कुरा भने मैले सुनेकी छैन,' उनले भनिन्।, स्कुलमा अध्ययनरत विद्यार्थीलाई के कसरी पढाउने भन्ने जिम्मा शुभम फाउन्डेसनले नै लिएकाले आफ्नो धेरै भूमिका नहुने बताइन्।, 'मैले संयोजन र औपचारिक कामहरू गर्छु। पढाउने र सिकाउने जिम्मा स्कुल व्यवस्थापन समिति र फाउन्डेसनले नै लिएको छ,' उनले भनिन्, 'विद्यार्थी, शिक्षकले कुनै गुनासो नगरेकाले मलाई थाहा भएन। अब भने के रहेछ म बुझ्छु।', स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा शुभम फाउन्डेसनका निर्देशक सूर्य राईले पनि मदनले यौन दुर्व्यवहार गरेको भनेर कुनै विद्यार्थीले अहिलेसम्म गुनासो नगरेको बताए।, अश्लील बोलेर, लुगा खोलेर सामूहिक रूपमा मदनले गर्ने दुर्व्यवहारका त उनी वर्षौंदेखि साक्षी हुन्। तर मदनलाई यसो नगर्न चेतावनी दिनतिर सूर्य लागेको देखिँदैन। मदनले अश्लील बोलेर मान्छेहरूलाई हैरान पारेको भने उनी स्वीकार गर्छन्।, 'उहाँले यौन दुर्व्यवहार गरेको आरोप अहिलेसम्म मकहाँ आइपुगेको छैन,' उनले भने, 'तर उहाँले बोल्ने तरिका भने समाजमा पच्ने खालको छैन। बोल्दै जान थालेपछि उहाँले विचार पुर्याउनु हुन्न। वरिपरिका मान्छेलाई समेत गाह्रो हुन्छ।', मदनले शिक्षाका लागि गर्ने अरू कुरा राम्रो भएकाले जथाभावी बोल्ने कुरालाई आफूले छोडिदिएको पनि सूर्यले बताए।, 'उहाँ र हाम्रो एउटा अभियान छ। शिक्षा र सिकाइ राम्रो हुनुपर्छ भन्ने उहाँकै अवधारणामा यत्रो स्कुल चलाएका छौं। ठाउँठाउँबाट विद्यार्थी ल्याएर निःशुल्कै पनि सिकाएका छौं,' उनले भने, 'त्यही हेरेर हामीले यौनका मामिलामा समाजमा अलि नपच्ने गरी बोल्ने तरिकालाई छोडिदिएका छौं। तपाईंको प्रश्नपछि भने यसलाई सुधार गर्नतिर म लाग्छु।', यसबारे हामीले मदन राईलाई पनि सोध्यौं। यौन दुर्व्यवहार र किशोरीहरूलाई आफूसँग सुत्न बोलाउने गरेकोबारे सोध्यौं।, उनले आफूले यौन खुला हुनुपर्छ भन्ने विश्वास गर्ने भएकाले केटाकेटीहरूका संवेदनशील अंगमा छोइदिने गरेको स्वीकार गरे। यो कुराका लागि आफू जेल जान तयार भएको पनि उनले बताए। हामीसँग फोनमा कुरा गर्दा पनि उनले अश्लील शब्दहरू बोले।, 'म त यहाँका केटीहरूको… चलाइदिन्छु त। केटाहरूको पनि छोइदिन्छु। मैले कसैलाई बलात्कार गरेको छैन, यौन हिंसा पनि गरेको छैन। बलात्कार नहोस् भनेरै यौन खुला हुनुपर्छ भन्दै हिँडेको छु,' मदनले हामीसँगको कुराकानीमा भने, 'यौन खुला हुनुपर्छ भन्ने कुरा गर्दा म नेपाली भाषामा बोल्छु। … यी शब्द त नेपाली भाषाका शब्द हुन्।', बालबालिकाका संवेनशील अंग छुने, चलाउने र उनीहरूलाई अप्ठ्यारोमा पार्न नपाइने कानुन छ, तपाईंलाई लाग्दैमा छुन पाइन्छ त भन्ने प्रश्नमा उनले भने, 'समस्या भनेकै त्यहीँ छ…। त्यसलाई नचलाएकाले समस्या भएको हो। कानुनमा नभएको धेरै कुरा म यहाँ गर्छु। तिमीले यसबारे लेख। मलाई प्रहरीले लगेर २४ दिन थुन्ला। म अदालत गएर बहस गर्न चाहन्छु।', फोनमा कुरा गरिसकेपछि मदनले हामीलाई मोबाइलमा लामो म्यासेज पठाएका छन्।, त्यसमा उनले भनेका छन् , '…तिमीले मेरा गलत आपराधिक क्रियाकलापबारे खोजी गरेकोमा म खुसी नै छु। मेरा गलत कामको सजाय भोग्न म तयार छु। तर म नियम-कानुनले लगाएका बन्देज मान्न धेरै बुढो भइसकेँ।', मदनले शुभम फाउन्डेसनका बालबालिकासँग गर्ने गरेको व्यवहार बालबालिका ऐन २०७५ विपरीतको कार्य देखिन्छ। २०७५ को दफा ६६ को उपदफा ३ ले बाल यौन दुर्व्यवहार भनेर मानेका कार्य मदन राईले गर्दै आएका छन्। उक्त उपदफा ३ ले बाल यौन दुर्व्यवहार गरेको मानिने ११ वटा बुँदा उल्लेख गरेको छ।, तीमध्ये मदनले गर्दै आएका कार्यका लागि तीनवटा बुँदा आकर्षित हुन्छन्।, पहिलो, उपदफा ३ अनुसार, बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, दोस्रो, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, त्यस्तै यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।, यी कार्य गर्नेलाई कानुनले ७५ हजार रूपैयाँ जरिवानादेखि ३ वर्षसम्म कैद सजाय तोकेको छ।,
आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार |
रासस विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ।, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो। , जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए।, घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो। केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो। , त्यही अस्पतालमै उनको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिए। , जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए।, लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उनी बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए।, त्यस दिनदखि उनीको अचेत थिए।, कायस्थको बायाँ हात सोत राम्रोसँग चल्दैनथ्यो। गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो। , सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्यो।, उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्।, परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए। उनी २०७५ असारदेखि थप बिरामी परेका हुन्।, स्वाथ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ।, सरकारले उनको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि छ हजार दुई सय रुपैयाँ भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।, कायस्थलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्वको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो।, कायस्थ पाँच वर्षयता दुब्लाउँदै गएको, पहिलेजस्तो हाँस्न र बोल्न छाड्दा उनको परिवारलाई ‘पीरमाथि पीर’ थपिँदै गएको थियो। कायस्थ परिवारको एक्लो छोरा थिए।, उनका बुबा कृष्णमानले केही महिनाअघि भनेका थिए, ‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, यतिका वर्षसम्म ओछ्यानमै छ, आफैँ मनन गर्नुस्।’, कायस्थ एक वर्षदेखि बोल्न सकेका थिएनन्।, चपाएर खाना खान नसक्ने उनलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएको थियो। बिरामी परेपछि भने पाइपद्वारा खानेकुरा खुवाइँदै आएको थियो । , ‘बिरामी परेयता मुकेशको दायाँ हात र दुवै गोडा थोरै मात्र चल्थे’, बुबा कृष्णमानले भने। उनको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा बसेको थियो कायस्थ परिवार।, जनआन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ। सरकारले कायस्थ परिवारको बैंकको सात लाखरुपैयाँ ऋणसमेत मिनाहा गरिदिएको थियो। , पछिल्लो समय मेडिसिटी अस्पतालका चिकित्सक डा गोपाल रमणले कायस्थको स्वास्थ्य निगरानी गरिरहेका थिए।, रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो।, विसं २०६२/६३ को अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए।, सो आन्दोलनमा नालाका भीमसेन दाहालले कास्कीको पोखरामा, पनौतीका सगुन ताम्राकारले काठमाडौँको कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा तथा नाग्रे गगर्चेका सुनिलकुमार लामाले काठमाडौँको जोरपाटीमा ज्यान गुमाएका थिए।, उक्त आन्दोलनमा काभ्रेपलाञ्चोकका ४० जना घाइते भएका थिए। ,
कक्षा ८ मै पढ्दा गोली लाग्यो, १७ वर्षपछि निधन |
रासस सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा तीस जना घाइते भएका छन्।, जलवीरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगाचोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो। , घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरेको छ। घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।,
जन्ती बस दुर्घटना हुँदा ३० जना घाइते |
रासस नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल सम्झौताको १४ महिनाअगावै सम्पन्न भएको छ। , खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको सो पक्की पुलको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे।, जिल्लाकै विकट बस्तीका रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोधका रुपमा रहेको दोर्खुखोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताए। , ‘विकासका लागि सडक पूवार्धार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिएको छ,’ उनले भने, ‘जीर्ण सडकलाई व्यवस्थित गर्न क्रमशः ९बहुवर्षीय० बजेट उपलब्ध गराउने छौँ।’, तादी गाउँपालिकाको केन्द्र खरानीटारबाट उक्त पुलसम्मको सात किलोमिटर कच्ची सडक व्यवस्थित गर्न तीन तहको सरकारले सम्बोधन गर्नुपर्ने सांसद हितबहादुर तामाङले बताए। उर्लेनीको कृषि उपजलाई बजार पु¥याउन, स्थानीयलाई दैनिक उपभोग्यवस्तु खरिद गर्न तथा सागरकुण्ड हुँदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग सुचारू गराउन पक्की पुलबाट मघद्द पुग्ने विश्वास गरिएको छ।, तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खुखोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण गरिएको हो। निर्माण थालेको छ महिनामै काम सम्पन्न भएको छ । विसं २०७९ असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच २०८१ असार ३० गते भित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भएको थियो।, ठाडो खोला र पानीको बहाबले काम सुरु गर्न असोजपछि मात्र सम्भव भएको थियो। जयविष्णु निर्माण सेवाका प्रोपराइटर अनिल सिलवालका अनुसार २४ महिनामा पूरा गर्नुपर्ने काम जिम्मेवारी पाएको १० महिनामै सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यका अनुसार रु छ करोड ९९ लाखमा ठेक्कामा दिएको पुलको निर्माण व्यवसायीलाई रु पाँच करोड ६२ लाख भुक्तानी दिन बाँकी छ। ,
तोकिएको समयभन्दा १४ महिनाअघि नै बन्यो दोर्खुखोलाको पुल |
सेतोपाटी संवाददाता आज देशभर मौसम सामान्यता सफा रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिउँसो मधेश, कोशी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जानकारी दिएको छ। , मौसमविद् गोविन्दकुमार झाका अनुसार बाग्मतीका पहाडी भूभागका एकदुई स्थानमा पनि आंशिक बदलीको सम्भावना छ।, अहिले पश्चिमी वायु निष्क्रिय रहेका कारण तत्काल पानी पर्ने सम्भावना भने नरहेको उनले बताए। , पानी नपर्दा तापक्रम क्रमशः बढ्दै गइरहेको छ। , विशेषगरी भैरहवा, नेपालगञ्ज, सिमरा लगायतका क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। मौसमविद् झाका अनुसार ती क्षेत्रमा केही दिन सोही हाराहारीको तापक्रम कायम रहनेछ। , काठमाडौं उपत्यकाको औसत तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहेको छ। ,
यस्तो छ देशभरको मौसम |
रासस वरपर जङ्गल र बस्ती। बीचमा छ बराह ताल। शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरूङ्गीको आवाजले धेरैको मन फुरूङ्ग हुन्छ। बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।, एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो।, ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ। दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ।, गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्।, ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ।, बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ। तालका बीचमा रहेका रूखले पर्यटकलाई थप आकर्षित गरेको छ। गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ।, पहिले अव्यवस्थित रहेको ताल अहिले व्यवस्थित बनेको छ।, ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ। पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय सोमबहादुर थापामगरले बताए।, उनका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने गरेको छ। बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको थापामगर बताउँछन्।, उनी भन्छन्, ‘बराह ताल पहिले अलि फरक थियो, अहिलेको जस्तो व्यवस्थित थिएन, यसको व्यवस्थापन गरेपछि अहिले धेरै राम्रो बनेको छ, पहिले अहिलेको जस्तो गोलाकार थिएन, अहिले घेराबार लगाएर गोलाकार आकारको बनाइएको छ, पहिलेको तुलनामा अहिले घुमफिर गर्ने मान्छे बढेर होला यहाँ आउनेको सङ्ख्या पनि बढेको पाइएको छ, प्रचार पनि हुँदै गएको छ।’, बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापामगरको भनाइ छ।, पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचार–प्रसारमा व्यापक बनेको थापामगरले बताए बराह तालमा हरेक जेठको पूर्णिमा र कार्तिक पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ।, मेला अवलोकनका लागि बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी, कास्कीलगायतका ठाउँबाट पर्यटक घुम्न आउने गर्छन्। , बराह ताल नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। तालको प्रचार–प्रसारमा तीव्रता दिएसँगै पर्यटक बढ्दै गएको बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापामगरले बताए।, उनले बराह ताल नजिकै ‘पिकनिक स्पट’ रहेको हुँदा बिदाका दिन विभिन्न सङ्घसंस्था, विद्यार्थी, व्यापारी रमाइलोका लागि आउने गरेको बताए। ताललाई थप व्यवस्थापन गर्नका लागि नगरपालिकाबाट पहल भइरहेको अध्यक्ष थापामगर बताउँछन्।, ‘जिल्लामै सबैभन्दा राम्रो तालका रूपमा रहेको छ यो बराह ताल, अरू ठाउँका ताल पनि देखियो तर योजस्तो व्यवस्थित छैनन्, बागलुङ बजार नजिकै रहेको भएर पनि होला बेला–बेला विदेशी पर्यटक पनि आउने गर्छन्,’ अध्यक्ष थापामगरले भने, ‘तालसम्म आउने सडकको अवस्था अलि कमजोर छ, यसलाई थप व्यवस्थित बनाउनुपर्ने छ, यो सडक व्यवस्थित भयो भने यहाँ आउने पर्यटको सङ्ख्या दोब्बरले बढ्ने देखिन्छ, हामीहरू ताल व्यवस्थापनका लागि योजना बनाइरहेका छौं।’, ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन्। ताल वरपर नै घरबास (होमस्टे) सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन। बराह ताल क्षेत्रबाट उच्च पहाडी क्षेत्रसँगै एकैपटक धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत २२ वटा हिमशृङ्खालाको अवलोकन गर्न सकिन्छ।, भकुण्डे पुग्ने पर्यटकलाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने गरेको अतिथि सत्कार सामुदायिक होमस्टेकी उपाध्यक्ष इन्द्रा थापामगरले बताए।, उनले पाहुनालाई लक्षित गरी गाउँमा घरबास पनि व्यवस्थित बनाइएको बताउनुभयो। घरबास लामो समयदेखि सञ्चालनमा रहेको भन्दै घुम्न आउने पर्यटकलाई खाना र बस्नको समस्या नहुने उनको भनाइ छ।, पाहुनालाई सिन्कीको अचार, कोदोको रोटी ढिडो, लोकल कुखुरालगायतका परिकार खान दिने गरेको थापामगरले बताए। रहेक वर्ष विदेशी पर्यटक पनि आइराखेको उनी बताउँछन्।,
,
थापामगर भन्छन्, ‘कोरोना आउनुभन्दा पहिले पर्यटक धेरै आउँथे, बीचमा केही कम भएको थियो, अहिले फेरि बढ्न थालेको छ, बराह तालमा दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका छन्, त्यहाँ आउने पर्यटक हाम्रो होमस्टेमा पनि आउने गरेका छन्, पाहुनाका सुविधाका लागि नेटलगायतका सेवा थप गरेका छौँ, पहिलेभन्दा व्यवस्थित हुँदै गएका छौं।’,
आहा ! बराह ताल |
सेतोपाटी संवाददाता मोरङको राठी म्यानुफ्याक्चरिङमा आगलागी भएको छ। , जिल्लाको बुडीगङ्गा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गर्दै आएको राठी उद्योगमा गएराती २ बजेदेखि आगलागी भएको मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। , आगलागी अहिलेसम्म पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। , डिएसपी दाहालका अनुसार बाहिरी संरचनाको आगो नियन्त्रणमा लिइएपनि भित्र रहेका सामानमा लागेको आगो नियन्त्रणमा आइसकेको छैन। , आगलागी नियन्त्रणमा लिन १२ वटा वारूणयन्त्रसहित सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको डिएसपी दाहालले जानकारी दिए।, ,
मोरङको राठी उद्योगमा आगलागी (तस्बिरहरू) |
रासस लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उनको जिम्मा लगाएको छ। , राप्ती उपत्यकामा लुम्बिनीको स्थायी राजधानी तोकिएपछि त्यहाँ जग्गा किनबेच रोकिएको थियो। जग्गा फुकुवा नगर्दा जीवन निर्वाहमा समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए । यस विषयमा मन्त्री मास्कीले आन्दोलनरत पक्षसँग छलफल गरेका थिए।, छलफलमा एक महिनाभित्र जग्गा फुकुवा गर्ने गरी प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेपछि आन्दोलन रोकिएको थियो। , ‘एक महिनाभित्र जग्गा फुकुवाका लागि मैले प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजान्छु’, मन्त्री मास्कीले भने ‘त्यसपछि जग्गा फुकुवाको काम अघि बढ्छ।’ , लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा ३२ महिनादेखि जग्गा किनबेच रोक्का थियो।, लामो समयदेखि जग्गा रोक्का हुँदा दैनिक जीवनयापनसहित उद्योग, व्यापार सञ्चालनमा समस्या भएको थियो। त्यस्तै अंशवन्डा तथा बैंक एवं वित्तीय संस्थाबाट कुनै पनि प्रकारको ऋण लिन समस्या भएको छ। लुम्बिनी प्रदेशको क्षेत्र रहेको राप्ती गाउँपालिकाको पूरै नौवटा वडा, गढवा–१, २ र ३ वडा तथा सितगङ्गा नगरपालिका–८ र ९ मा जग्गा रोक्का गरिएको छ।,
प्रदेश राजधानी तोकिएपछि रोकिएको जग्गा किनबेच फुकुवा गर्न मन्त्रीलाई जिम्मा |
नारायण खड्का दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल घेरेका छन्।, घोराही-८ सौरी निवास २८ वर्षकी मधु केसी बिहीबार बिहान सुत्केरी हुन अस्पताल भर्ना भएकी थिइन्।, सुत्केरी भएकी उनको साल नझरेपछि शल्यक्रिया गरिएको थियो।, अत्यधिक रक्तश्राव भएपछि उनको गएराति ११ बजे मृत्यु भएको प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। उनले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन्।, अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरिरहेका छन्। अहिले अस्पताल परिसरमा आफन्तले नाराबाजी गरिरहेका छन्।,
सुत्केरीको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घेरे आफन्तले |
दिपकजंग शाही प्रधानमन्त्री तथा मन्त्रिपपरिषदको कार्यालयले मध्यपश्चिम विश्वविद्यालयले अघि बढाएका सम्बन्धन र पदपूर्तिका काम रोक्न निर्देशन दिएको छ।, बिहिबार प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई पत्र पठाएको छ।, विश्वविद्यालयबाट भएका सम्बन्धन, पदपुर्ति सम्बन्धि विज्ञापन लगायत सांगठनिक सुशासन तथा अनियमितताको विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि रोक्न निर्देशन दिएको हो।, प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई विभिन्न विषयमा प्रतिवेदन तयार गरी १५ दिनभित्र पेश गर्न पनि भनेको छ।, विश्वविद्यालयले सम्बन्धन दिएका आंगिक क्याम्पसहरुको वर्तमान अवस्था, विश्वविद्यालयसँग आबद्ध संकायहरु र कुल दरबन्दी संख्याको विवरण, विश्वविद्यालयको कुल आम्दानी र खर्चको विवरण, आन्तरिक स्रोतबाट हुने आय र नेपाल सरकारबाट प्राप्त हुने अनुदान,विश्वविद्यालयको भौतिक सम्पत्ति र संरचनाको अवस्था, १२ औं विश्वविद्यालय सभाका लागि प्रस्तावित विषय र सभाबाट पारित भएको निर्णयहरू लगायतका विषयमा प्रतिवेदन पठाउन प्रधानमन्त्री कार्यालयले भनेको छ।, प्रतिवेदन नबुझाएसम्म र प्रधानमन्त्री कार्यालयले अर्को आदेश नगरेसम्म हाललाई विश्वविद्यालयले प्रकाशित गरेको सम्बन्धन र पदपूर्तिका प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ।, मध्यपश्चिम विश्वविद्यालयले २०७९ चैत २९ गतेदेखि सम्बन्धन लिन चाहने सामुदायिक तथा निजी कलेजहरुका लागि दरखास्त माग गरेको थियो।, विश्वविद्यालयको उक्त निर्णय अमान्य भएको भन्दै संयुक्त विद्यार्थी संगठनहरुले आन्दोलन गरेका थिए। संगठनहरुले हाललाई सम्बन्धन दिन नहुने, विश्वविद्यालयको अहिलेको अवस्था सुधार गर्नुपर्ने माग राखेका थिए।, विश्वविद्यालयले विभिन्न समयमा वार्ता समिति गठन गरेर विद्यार्थीहरुसँग वार्ता गरेपनि निष्कर्ष निक्लिएको थिएन। यस्तै विश्वविद्यालयले २५ जना पिएचडी र पोष्ट पिएचडी गरेका व्यक्तिहरुलाई करारमा नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो।, उच्च शिक्षा सुधार परियोजना (एचईआरपी) अन्तर्गत निश्चित कोषबाट सेवासुविधा दिनेगरी विश्वविद्यालयले उक्त दरबन्दीहरू सिर्जना गरेको थियो। यो विषयमा यसअघि पनि कुलपतिको कार्यालयमा उजुरी गएको थियो।, त्यसबेला प्रधानमन्त्री कार्यालयले अध्ययन गरी पदपूर्ति प्रक्रिया अघि बढाउन पत्र पठाएको थियो।, सम्बन्धित समाचारः, निजी कलेजलाई सम्बन्धन खुला गरेपछि विश्वविद्यालयमा तनाव,
प्रधानमन्त्री कार्यालयले मध्यपश्चिम विश्वविद्यालयलाई भन्यो– तत्काल सम्बन्धन र पदपूर्ति स्थगन गर्नू |
सेतोपाटी संवाददाता सिङ्गापुर पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला छन्। , निरौलासहितले १२ जनालाई वैदेशिक रोजगारका लागि सिङ्गापुरमा प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै पटकपटक गरी ९५ लाख ठगेको आरोप छ। , वैदेशिक रोजगार विभागको पत्रपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले निरौलालाई बुधबार राती काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो। , उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जानकारी दिएको छ। ,
सिङ्गापुर पठाइदिन्छु भन्दै ९५ लाख ठगीको आराेपमा पक्राउ परे २० वर्षीय युवक |
डा. कामक्षा शाह हाम्रो शरीरमा सात वटा ग्रन्थि हुन्छन्। ती ग्रन्थिहरूले हर्मोन भन्ने रस निकाल्छन्। जुन रसले हाम्रो शरीरको हरेक अंगमा गएर काम गर्छन्। हर्मोनको कम या बढी भयो भने कपाल, नङदेखि मुटुदेखि मिर्गौलालगायत सबै अंगमा असर गर्न सक्छ।, हर्मोन हाम्रो शरीर चल्नको लागि जरूरी तत्व हो। हर्मोनले हाम्रो शरीरलाई शक्ति दिन्छ। हर्मोन भएन भने शरीर कि त ढिलो चल्छ भने कि त चाँडो चल्छ। त्यसैले शरीरको सन्तुलनको लागि हर्मोन पनि सन्तुलित हुन जरूरी छ।, कुन हर्मोनको गडबडी छ, त्योअनुसार समस्या फेला पर्छ। हर्मोनले थाइराइडको समस्या निम्त्याउँछ भने महिलाहरूको महिनावारीमा गडबडी हुन सक्छ। त्यस्तै गर्भ रहन पनि समस्या हुन्छ। हरेक अंगहरूमा हर्मोनले समस्या पार्छ।, हर्मोनलाई सन्तुलनमा ल्याउनको लागि जीवन शैलीमा ध्यान दिन जरूरी छ। मोटोपना सबैभन्दा ठूलो कारण हो। यसले महिनावारीमा गडबडी, डाइबेटिज, प्रेसरलगायत समस्या निम्त्याउँछ। त्यसैले आफ्नो तौल सन्तुलनमा राख्नुपर्छ।, कोही मान्छे चाँडो रिसाउने, चाँडो भावुक हुनेलगायत कुरा पनि हर्मोनकै कारणले हुनसक्छ। हर्मोनको गडबडीले चिट्चिटाहट हुने, मानसिक सन्तुलन ठिक नहुनेसमेत हुन्छ। महिनावारी रोकिने बेलामा अथवा रोकिएपछि महिलामा धेरै समस्या आउँछ। यो पनि हर्मोनकै गडबडीले हो।, हर्मोनको समस्याबाट जोगिन अपानाउनु पर्ने सावधानी र उपायबारे हामीले नर्भिक अस्पतालमा कार्यरत थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. कामक्षा शाहसँग भिडिओ कुराकानी गरेका छौं।,
हर्मोनको गडबडीले कस्ता समस्या निम्त्याउँछ? (भिडिओ) |
विनोद सापकोटा शवको पहिचान गर्न नसक्दा झापामा जिउँदो मानिसको काजकिरिया गरिएको घटना बाहिरिएको छ।, काजकिरिया सकेकै दिन मृतक भनिएका युवक टुप्लुक्क घर आइपुग्दा परिवार मात्र होइन सारा गाउँले र आफन्त चकित परे।, घटना यस्तो थियो:, , दुई साताअघि सुरूङास्थित कोटिहोममा बेवारिसे शव फेला परेको थियो। सुरूङा प्रहरीले शवको पहिचान नहुञ्जेलका लागि मेची प्रादेशिक अस्पतालको शव गृहमा शव पठाएको थियो।, कन्काईमा मलामी आएका छिमेकीले गाउँमा सो खबर पुर्याए। कोटीहोममा फेला परेको शव मुडुला कार्कीको भन्नेसम्म सूचना गाउँ पुगेपछि हराइरहेको सदस्य पहिचान गर्न हल्दिवारी १ गोल्धापबाट एउटा परिवार भद्रपुर पुगेको थियो। मृतककी बहिनी बिना कार्कीले शव हेर्दा आफ्नै दाइजस्तै लागेपछि कन्काईमा लगेर आफन्त, छरछिमेकको सहयोगमा अन्त्येष्टि समेत गरिन्। गोलधापमा मृतकका कान्छा काका काजकिरियामा बसे।, ‘२७ वर्षका दाइ सुरज कार्की घर परिवारबाट सम्पर्कविहीन भएको ३ वर्ष भएको थियो,’ बहिनी विनाले भनिन्, ‘देख्ने, सुन्ने/जान्नेले मुडुला कार्की रहेछ भने, जिउ पनि पातलो देखेपछि दाइ नै हो भन्ने लागेर धार्मिक रीतिरिवाज अनुसार अन्त्येष्टि गरियो, काजकिरिया पनि गरियो। काम सकेकै दिन दाइ टुप्लुक्क घर आइपुग्दा हामी परिवार चकित पर्यौं।’ , आफ्नो काजकिरिया काकाले गरिरहेको सुरजले सामाजिक सञ्जालमा थाहा पाएपछि उनी घर गएका थिए। , उनले सेतोपाटीसँग भने, 'काकाले मेरो किरिया गरिरहेको १२ औं दिनका दिन फेसबुकबाट देखें। कुनै अप्ठ्यारो होला भनेर कसैलाई भनिनँ। सिधै घर गएँ।’, जिउँदो मान्छेको काजकिरिया गरेपछि परिवार समेत यतिबेला कर्मकाण्डीय संकटमा परेको छ। , दाइ बितेको थाहा पाएपछि कुवेतमा रहेका भाइ घर फर्किएका थिए।, कार्की परिवारको आमा-बुवा पनि सम्पर्कविहीन छन्। बिनाका अनुसार आमाबुवा भारतको अरूणाचलमा बस्दै आएका छन्। काजकिरिया सकिएपछि परिवारले अहिले जन्मकर्मका लागि धार्मिक गुरूहरूसँग सल्लाह लिइरहेको छ।, पुरोहितले जिउँदाको दाहसंस्कार गरेपछि पुन न्वारन, व्रतबन्ध लगायतका जन्मेदेखि मृत्युसम्मका कर्मकाण्डीय संस्कार गर्नुपर्ने बताएका छन्।, दाजु घर आउँदा परिवारमा खुसीको सीमा नरहेको बिनाले बताइन्। , ‘अब, सारा कर्म गरेर भए पनि दाइलाई घर भित्र्याउनु छ,’ उनले भनिन्। ,
,
काजकिरिया गरेकै दिन मृतक भनिएका युवक टुप्लुक्क घर आइपुग्दा |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ।, शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो। , पटक/पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए। , उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए। , उनले शुक्रबार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्ता गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताए। , उनले भने, ‘काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटक/पटक अनुरोध र सूचना निकालेका थियौं। यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरूलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौं। पहिलो पटक भएकाले हामीले संस्थाहरूलाई ५ हजारको दरले जरिवाना गरेका छौं। हामीले ६१ जनालाई लिएर आएका छौं, उनीहरूलाई संस्थावाइज ५ हजारका दरले जरिवाना गर्नेछौं। अटेर गरिरहने हो भने जरिवानाको दायरा बढ्छ।’, प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको बताए।,
महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही |
शोभा शर्मा खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)' का संस्थापक मदन राईले आफूमाथि धेरैपटक यौन दुर्व्यवहार गरेको भन्दै एक किशोरीले काठमाडौंको तीनकुने प्रहरीमा जाहेरी दिएकी छन्।, किशोरीको नाम हामीले 'दिक्तेल- ४' राखेका छौं।, दिक्तेल- ४ सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको उनको आरोप छ।, १६ वर्षीया दिक्तेल-४ ले काठमाडौंस्थित आफ्ना संरक्षकको रोहवरमा दिएको जाहेरी बानेश्वर प्रहरी वृत्तले खोटाङ जिल्ला प्रहरी कार्यालय पठाइसकेको छ।, खोटाङ प्रहरी कार्यालयका इन्सपेक्टर वेनुकुमार कार्कीले मदन राईविरूद्ध बालिकाको जाहेरी आइपुगेको पुष्टि गरे।, उनका अनुसार मौखिक र लिखित उजुरीका आधारमा मदनलाई शुक्रबार दिउँसो पक्राउ गरिसकिएको छ। उनीमाथि अनुसन्धान गर्न आइतबार अदालतबाट अनुमति लिइने छ।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले सेतोपाटीसँग बताएका थिए।, यसबारे सेतोपाटीले बिहीबार समाचार प्रकाशन गरेको थियो। पढ्नुहोस् उक्त स्टोरी:, आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, — शोभा शर्मा, कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।, हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमाडौंमा भेटेर।, शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।, मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।, हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।, मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्।, यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।, हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।, दिक्तेल १, म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो।, शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।, म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।, हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।, तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं।, एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ।, बाजेले 'तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!' भन्नुभयो।, आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई 'तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ' भन्नुभयो।, त्यति मात्र होइन, उहाँले 'अब तिमीहरू म सँगै सुत्नुपर्छ' पनि भन्नुभयो।, त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे।, 'ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ' भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।, आएर ढोका थुनेर जबर्जस्ती गर्ने हो कि भन्ने डरले मलाई कहिलेकाहीँ त निद्रा लाग्दैन। खान मन पनि हुँदैन।, यहाँ बाजे जे पनि बोल्नुहुन्छ। यस्तो गर्नुहुन्छ भनेर मैले मेरा आमाबुबालाई भन्न सकेकी छैन। यस्तो कुरा बाआमालाई कसरी भन्ने हो!, दिक्तेल २, म शुभम फाउन्डेसनमा आएको ६/७ वर्ष भयो। यहाँ राम्रो पढाइ हुन्छ भनेर आमाले पठाउनुभएको हो।, आएको केही समयमै साथीहरूले मलाई 'बाजेले त नराम्रो कुरा बोल्नुहुन्छ, कहिले त नांगै पनि भइदिनुहुन्छ' भनेर सुनाएका थिए। बाजे कहिले काठमाडौं त कहिले शुभममा बस्नुहुन्थ्यो। शुभममा बिहान ६ बजे उठेर एसेम्ब्लीमा जानुपर्छ। शारीरिक व्यायाम भएपछि कहिलेकहिले मदन बाजेले अर्ती-उपदेश दिनुहुन्छ।, म यहाँ आएको दुई वर्षपछिको कुरा हो। एक बिहान एसेम्ब्लीमा मदन बाजेले लुगा फुकालेर आफ्ना अंग देखाउनुभयो। अंग देखाउँदै तिनका नाम भन्नुभयो।, बाजेले अश्लील बोल्ने कुरा त यहाँ सामान्य भएको छ। जति बेला पनि उहाँ सेक्सको मात्रै कुरा गर्नुहुन्छ। जे विषयबाट सुरू गरे पनि सेक्समा लगेर कुरा जोड्नुहुन्छ।, म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो।, 'तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन' भनिरहनुहुन्थ्यो। म भाग्थेँ।, तर तीन महिनाअगाडि उहाँले हामीलाई 'सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु' भन्नुभएपछि भने झन् डर लागेको छ।, उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो।, 'उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु' भन्नुभयो।, हामी त उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।, दिक्तेल ३, म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।, केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।, एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र 'तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्' भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।, दिक्तेल ४, घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई 'काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ' भन्नुभयो।, अंकलले मलाई पनि 'ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ' भनेर सम्झाउनुभएको थियो।, पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।, दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।, चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।, हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।, एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।, एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।, अनि बाजेले भन्नुभयो, 'तेरो...बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?', त्यसपछि हामी दुवै दौडेर तल झर्यौं।, हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।, पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले 'ऐय्या कस्ती रहिछे' भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।, ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।, त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।, मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।, गएको बेला बाजे त्यहीँ हुँदा 'म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ' भन्नुहुन्थ्यो।, उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।, ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले 'गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध' भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो स्कुलमै काम गर्नु हुन्छ।, बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले 'ओइ, यता हेर् त' भन्दै बोलाउनुभयो।, म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले 'तँलाई देखेर मेरो…भयो' भन्नुभयो।, धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।, अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।, सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।, पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले 'तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर' भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।, शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।, चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।, एक दिन दिउँसो पेशल मेन्टरले 'आज स्टोरमा आइज' भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।, पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।, म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।, बाजे बेलाबेला 'जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ' भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।, दिक्तेल-५, आमाबुबाले छोडेर गएपछि ममी (संरक्षक) ले मलाई शुभममा पठाउनुभएको थियो। आठ वर्षअघि म त्यहाँ पुगेकी थिएँ। त्यतिखेर २ कक्षामा पढ्थेँ। शुभममा बिहान ५ बजे उठेर एसेम्ब्लीमा जानुपर्थ्यो। त्यसपछि खाजा समय हुन्थ्यो। खाजा खाइसकेर ८ बजेतिर फिल्डको काममा जानुपर्थ्यो।, कृषि फिल्ड हुनेहरूले तल बारीमा जाने, खन्ने, मल मिसाउने काम गर्नुपर्थ्यो। पशुपंक्षी विभागमा गाईभैंसीलाई दिइने कुँडो पकाउनुपर्ने, गोठ सफा गर्ने, घाँस काट्ने काम हुन्थ्यो। त्यसै अनुसार किचन विभागकाले खाना बनाउने, बाजेको कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उद्योग विभागमा फलामका सामानहरू बनाउने, मिलमा धान कुट्ने काम थिए। निर्माण विभागमा भवनहरू बनाउने काम हुन्थ्यो।, पहिलेपहिले बिहान साढे ९ बजेसम्म काम गरे पनि १० बजेदेखि कक्षा सुरू हुन्थ्यो। १२ बजे खाने समयपछि फेरि ३ बजेसम्म पढाइ हुन्थ्यो। ३ बजेपछि फिल्डमा गएर बिहानको झैं काम गर्ने अनि फर्केर आएर खाना खाएपछि फेरि ८/९ बजेसम्म पढाइ हुन्थ्यो।, कोरोनापछि भने दिउँसो १२ बजेसम्म पनि फिल्डको काम हुन्छ। त्यसपछि खाना खाएर १ बजेदेखि ३ बजेसम्म कक्षामा बस्ने हो। त्यसपछि फेरि काममा जाने। अहिले धेरै काम गर्नुपर्छ।, मलाई त्यहाँको मन नपर्ने कुरा पहिलो त किताब/कोर्स नै नपढाउने, अर्को मदन बाजेले गर्ने सेक्सको कुरा हो। सेक्सको कुरा मात्र गरेर विद्यार्थीलाई हैरान पार्नुहुन्छ। पहिले त उहाँ कहिलेकाहीँ मात्र खोटाङ आउनुहुन्थ्यो। कोरोना महामारीभन्दा अगाडि वर्षमा दुई-चार पटक मात्र आएर दस/पन्ध्र दिन बस्नुहुन्थ्यो। त्यो बेला उहाँले कृषिका कुरा सिकाउनुहुन्थ्यो।, जब कोरोना सुरू भयो, उहाँ फाउन्डेसनमै बस्न थाल्नुभयो। उहाँ सेक्सका कुरा मात्र गर्नुहुन्छ। केटाकेटीलाई जम्मा पारेर अश्लील बोल्नुहुन्छ। हातले अश्लील संकेत गर्नुहुन्छ। बाजेले पटकपटक बिहान एसेम्ब्लीमा लुगै फुकालेर देखाउनुभयो। कहिलेकाहीँ शुक्रबारको कक्षामा अश्लील कुराहरू पढाउनुहुन्थ्यो। हामी लाजले टाउको निहुरो बनाएर बस्यौं। लजाउन पनि नपाइने। 'क्या यस्तो कुरामा पनि लजाउँछौ' भन्दै गाली गर्नुहुन्थ्यो।, मेरो साथीहरूलाई उहाँले ज्यानमा हात हाल्ने गर्नुहुँदो रहेछ। साथीहरूले मलाई भन्थे। उनीहरू डराउँथे। मलाई भने ज्यानैमा हात हालेको थिएन तर पनि डर लाग्न थालेको थियो।, हामी सहरी सिकाइका लागि बाजेको ललितपुरको घरमा आउनुपर्थ्यो। केही वर्षअघिको जाडो महिनामा हामी तीन केटी साथी तीन महिनाका लागि आएका थियौं। त्यति बेला म एक महिना त्यहाँ बसेर यता ममीको घरमा आएकी थिएँ। त्यो बेला मेरा साथीहरूलाई बाजेले मनपरी गर्नुभएछ। उनीहरूको ज्यानमा हात हाल्नुभयो रे। पर्दा लगाउन जाँदा पछाडिबाट च्याप्प समात्नुभयो, कहिले लुगा फुकालेर देखाउनुभयो, आफ्ना अंग छुन लगाउनुभयो भनेर मलाई साथीहरूले भनेका थिए। त्यो बेला मेरा साथीहरू खुब डराएका थिए।, यी सबै कुराले गर्दा मलाई शुभममा बसेर बाँकी पढाइ पूरा गर्न मन लागेन। अनि म छाडेर आएँ। यहाँ आएको केही दिनपछि दुई साथीहरूले मलाई फोन गरेर अझै डर लाग्दो कुरा सुनाए। उनीहरू मदन बाजेको कोठा सफा गर्न गएका रहेछन्। उनीहरूलाई राखेर बाजेले आफूसँग सुत्नुपर्छ भनेछन्।, 'यसअघि तिमीहरूको फलानो दिदी मसँग सुत्थ्यो, उसलाई सेक्स गर्न मैले सिकाएको थिएँ, अब तिमीहरूले त्यो काम गर्नुपर्छ, म सिकाउँछु, केही हुन्न, जानिराख्नुपर्ने कुरा हो' भनेर बाजेले भन्नुभयो भनेर मेरा साथी डराइरहेका छन्।, सेतोपाटी,ले झन्डै महिना दिनअगाडि दिक्तेल-५ सँग कुरा गर्दा उनकी दिदी (दिक्तेल-६) सँगै थिइन्। दिक्तेल-५ सँग कुराकानी सकिएपछि उनकी दिदीले मदन राईले आफूलाई पनि यौन दुर्व्यवहार गरेको बताइन्। उनी आफ्नो एसइई दिएपछिको बिदा मनाउन शुभममा गएकी थिइन्। त्यो बेला आफूलाई मदन राईले यौन दुर्व्यवहार गरेको उनले बताइन्।, दिक्तेल-६, म शुभममा पढ्न गएकी त थिइनँ। छ वर्षअघि एसइई दिएपछि केही समय बस्न गएकी थिएँ। मेरो बहिनी (दिक्तेल-५) त्यहीँ भएकाले मलाई जान सजिलो थियो। आमाले मदन राईलाई चिन्नुभएको थियो। मैले आमासँग शुभममा जाने कुरा गरेँ। उहाँले मदन राईसँग कुरा गर्नुभयो।, शुभम जानुअघि म केही दिनका लागि ललितपुरस्थित उहाँको घरमा बसेकी थिएँ। एक दिन दिउँसोको समय थियो। मदनले मलाई काम छ भन्दै माथि बोलाउनुभयो। म हतारहतार उहाँछेउ पुगेँ।, मदनले त मेरो ब्रेस्टमा हात हाल्नुभयो। सोच्दै नसोचेको त्यस्तो घटना हुँदा म आत्तिएँ।, धन्न 'के गरेको यो?' भन्न भ्याएँ। मैले उहाँको हात झट्कारेर पछि हटेँ। अनि भागेँ। उहाँ पछिपछि त आउनुभएन तर म बहुत डराएँ। कैयौं दिनसम्म डरले सताइरह्यो। मैले आमालाई यस्तो भयो म फर्किन्छु भन्न पनि सकिनँ।, ललितपुरको बसाइपछि म खोटाङ गएँ। एक बिहानको कुरा हो। म त्यहीँ स्कुलको चौरमा थिएँ। उहाँले मेरो टिसर्ट उचालिदिनुभयो। फेरि मैले के गरेको भनेर आँखा तरेँ।, यो घटना भएपछि मलाई त्यहाँ बस्न डर लागेको थियो। अहिले पनि ती दुइटा घटना सम्झेर कस्तो नराम्रो लाग्छ। यसबारे मैले आजसम्म पनि आमालाई भन्न सकेकी छैन। न अरू कसैलाई भनेकी थिएँ। यो बहिनी त्यहीँ पढ्थी। मलाई यसको चिन्ता लागिरहन्थ्यो। अब त यो आई। तर मदन राईले त्यो स्कुलमा भएका नानीहरूलाई पनि यौन दुर्व्यवहार गरेको होला भन्ने सम्झेर पनि कस्तो नरमाइलो लाग्छ।, यसरी बालिका र किशोरीहरूको बयान सुनेपछि हामीले शुभम फाउन्डेसनमा केही समयअघिसम्म स्नातक पढ्न बसेकी र मेन्टरका रूपमा काम गरेकी युवतीलाई यसबारे सोधेका थियौं।, मदन राईले आफूहरूलाई दुर्व्यवहार गरेको कुरा तीन-चार जना बालिकाहरूले आफूलाई सुनाएको उनले बताइन्।, 'केही समयअघि दिक्तेल-१ र २ लाई मदन राईले सेक्स गर्न सिकाउँछु, अबदेखि तिमीहरू मसँग सुत्नुपर्छ भनेको कुरा मलाई थाहा छ। उनीहरूले डराउँदै डराउँदै मलाई सुनाएका थिए,' उनले भनिन्, 'उनीहरूले पहिल्यैदेखि आफूहरूलाई मदन बाजेले ज्यानमा छुने गरेको बताउँथे। हामीले मदन सरविरूद्ध केही बोल्ने वातावरण नै थिएन।', उनी स्नातक पढ्न र जीवनउपयोगी सिकाइ सिक्न भन्दै चार वर्षअघि शुभम फाउन्डेसन पुगेकी थिइन्। मदन राईले अश्लील बोलेर त सामूहिक रूपमा सबैलाई सधैं अप्ठ्यारोमा पार्ने गरेको उनी बताउँछिन्। उनका अनुसार जवाफ फर्काउन सक्ने र पारिवारिक हैसियत अलि राम्रो भएकालाई मदनले दुर्व्यवहार गर्दैन थिए।, 'जसले प्रतिकार गर्न सक्छन्, बोल्छन्, त्यस्तालाई मदन सरले खासै केही गर्नुहुन्न,' उनले भनिन्, 'जसको पारिवारिक पृष्ठभूमि कमजोर छ, जसले यहाँ बच्चाबच्चीलाई निःशुल्क पढ्न पठाएका छन् र बोल्न सक्दैनन् त्यस्ता कमजोरहरूलाई छानीछानी दुर्व्यवहार गर्नुहुँदो रहेछ।', तीन वर्षअघि शिक्षकका रूपमा शुभम फाउन्डेसन गएका टेकबहादुर कार्कीले पनि मदन राईले बच्चाहरूको अगाडि अश्लील हर्कत गर्ने गरेको हामीलाई बताए।, 'उहाँले विद्यार्थीलाई यौन शिक्षा दिने नाममा अश्लील बोल्नुहुन्छ र अश्लील संकेतहरू गर्नुहुन्छ। कहिलेकाहीँ त बोल्दाबोल्दै हामी सबैको अगाडि लुगा फुकालेर देखाउनुभएको थियो। कतिपय बालिकाहरूको ज्यानमा छोइदिनुभयो भन्ने गुनासो मैले सुनेको छु,' उनले भने, 'कतिपटक त उहाँले बालिकाको ज्यानमा हात हाल्न खोज्दा उनीहरू भागेको मैले देखेको छु।', मदनले यौन सम्पर्क र यौनांगका कुरा बालबालिकासँग गरेपछि आफूलाई हलुका हुन्छ भनेर एकपटक सुनाएको उनले बताए।, 'उहाँ बोलिराख्दा सुन्नै पर्थ्यो। नभए झन् उफ्रिनुहुन्थ्यो। अश्लील कुरा सुन्नु त सामान्य भइसकेको थियो। यस्तो तपाईं किन गर्नुहुन्छ भनेर एकपटक मैले सम्झाउन खोजेको थिएँ। उहाँले मलाई त्यस्तो बोलेपछि आफ्नो उकुसमुकुस शान्त हुन्छ भन्नुभएको थियो,' टेकबहादुरले भने।, मदनले बेलाबेला 'मलाई यहीँका विद्यार्थीले जेलसम्म पुर्याउँछन्' भन्ने गरेको पनि टेकबहादुरले बताए।, शुभममै चार वर्ष अगाडिदेखि केही समयअघिसम्म मेन्टर रहेकी अर्की युवतीले त्यहाँका कतिपय बच्चाहरूले समेत मदनको सिको गर्न थालेको बताइन्।, 'मदन सरले अश्लील बोल्ने, हातले यौन सम्पर्क गरेको संकेत गर्ने त हरेक कुराकानीमै गर्नुहुन्छ। अप्ठ्यारो लागे पनि सबैले सुनेरै बस्ने हो। तर मलाई सबभन्दा चिन्ताको कुरा भने बच्चाहरूले त्यही सिको गर्न थालेकोमा छ,' उनले भनिन्, 'एउटा बच्चाले सुतिरहेका आफ्ना केटा साथीहरूलाई नै दुर्व्यवहार गरेछ। कतिपयले अश्लील बोल्ने, केटीहरूको शरीर छोइदिने गर्छन् भनेर बालिकाहरूले हामीलाई भनेका थिए। शुभममा बालिकाहरू सुरक्षित छैनन् भन्ने कुराको पिर भइरहन्छ।', जनजागृति उच्च माविकी प्रधानाध्यापक सविता ढकाल भने विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार हुने गरेको कुरा आफूले सुन्दै नसुनेको बताउँछिन्।, 'हाम्रो स्कुलमा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्ने त मैले सुनेकै छैन। मदन दाइ कसरी के बोल्नुहुन्छ भन्ने त सबैलाई थाहा छ। उहाँले अश्लील बोल्दा हामीलाई अप्ठ्यारो लागे पनि नबोली बस्ने हो। तर उहाँले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कुरा भने मैले सुनेकी छैन,' उनले भनिन्।, स्कुलमा अध्ययनरत विद्यार्थीलाई के कसरी पढाउने भन्ने जिम्मा शुभम फाउन्डेसनले नै लिएकाले आफ्नो धेरै भूमिका नहुने बताइन्।, 'मैले संयोजन र औपचारिक कामहरू गर्छु। पढाउने र सिकाउने जिम्मा स्कुल व्यवस्थापन समिति र फाउन्डेसनले नै लिएको छ,' उनले भनिन्, 'विद्यार्थी, शिक्षकले कुनै गुनासो नगरेकाले मलाई थाहा भएन। अब भने के रहेछ म बुझ्छु।', स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा शुभम फाउन्डेसनका निर्देशक सूर्य राईले पनि मदनले यौन दुर्व्यवहार गरेको भनेर कुनै विद्यार्थीले अहिलेसम्म गुनासो नगरेको बताए।, अश्लील बोलेर, लुगा खोलेर सामूहिक रूपमा मदनले गर्ने दुर्व्यवहारका त उनी वर्षौंदेखि साक्षी हुन्। तर मदनलाई यसो नगर्न चेतावनी दिनतिर सूर्य लागेको देखिँदैन। मदनले अश्लील बोलेर मान्छेहरूलाई हैरान पारेको भने उनी स्वीकार गर्छन्।, 'उहाँले यौन दुर्व्यवहार गरेको आरोप अहिलेसम्म मकहाँ आइपुगेको छैन,' उनले भने, 'तर उहाँले बोल्ने तरिका भने समाजमा पच्ने खालको छैन। बोल्दै जान थालेपछि उहाँले विचार पुर्याउनु हुन्न। वरिपरिका मान्छेलाई समेत गाह्रो हुन्छ।', मदनले शिक्षाका लागि गर्ने अरू कुरा राम्रो भएकाले जथाभावी बोल्ने कुरालाई आफूले छोडिदिएको पनि सूर्यले बताए।, 'उहाँ र हाम्रो एउटा अभियान छ। शिक्षा र सिकाइ राम्रो हुनुपर्छ भन्ने उहाँकै अवधारणामा यत्रो स्कुल चलाएका छौं। ठाउँठाउँबाट विद्यार्थी ल्याएर निःशुल्कै पनि सिकाएका छौं,' उनले भने, 'त्यही हेरेर हामीले यौनका मामिलामा समाजमा अलि नपच्ने गरी बोल्ने तरिकालाई छोडिदिएका छौं। तपाईंको प्रश्नपछि भने यसलाई सुधार गर्नतिर म लाग्छु।', यसबारे हामीले मदन राईलाई पनि सोध्यौं। यौन दुर्व्यवहार र किशोरीहरूलाई आफूसँग सुत्न बोलाउने गरेकोबारे सोध्यौं।, उनले आफूले यौन खुला हुनुपर्छ भन्ने विश्वास गर्ने भएकाले केटाकेटीहरूका संवेदनशील अंगमा छोइदिने गरेको स्वीकार गरे। यो कुराका लागि आफू जेल जान तयार भएको पनि उनले बताए। हामीसँग फोनमा कुरा गर्दा पनि उनले अश्लील शब्दहरू बोले।, 'म त यहाँका केटीहरूको… चलाइदिन्छु त। केटाहरूको पनि छोइदिन्छु। मैले कसैलाई बलात्कार गरेको छैन, यौन हिंसा पनि गरेको छैन। बलात्कार नहोस् भनेरै यौन खुला हुनुपर्छ भन्दै हिँडेको छु,' मदनले हामीसँगको कुराकानीमा भने, 'यौन खुला हुनुपर्छ भन्ने कुरा गर्दा म नेपाली भाषामा बोल्छु। … यी शब्द त नेपाली भाषाका शब्द हुन्।', बालबालिकाका संवेनशील अंग छुने, चलाउने र उनीहरूलाई अप्ठ्यारोमा पार्न नपाइने कानुन छ, तपाईंलाई लाग्दैमा छुन पाइन्छ त भन्ने प्रश्नमा उनले भने, 'समस्या भनेकै त्यहीँ छ…। त्यसलाई नचलाएकाले समस्या भएको हो। कानुनमा नभएको धेरै कुरा म यहाँ गर्छु। तिमीले यसबारे लेख। मलाई प्रहरीले लगेर २४ दिन थुन्ला। म अदालत गएर बहस गर्न चाहन्छु।', फोनमा कुरा गरिसकेपछि मदनले हामीलाई मोबाइलमा लामो म्यासेज पठाएका छन्।, त्यसमा उनले भनेका छन् , '…तिमीले मेरा गलत आपराधिक क्रियाकलापबारे खोजी गरेकोमा म खुसी नै छु। मेरा गलत कामको सजाय भोग्न म तयार छु। तर म नियम-कानुनले लगाएका बन्देज मान्न धेरै बुढो भइसकेँ।', मदनले शुभम फाउन्डेसनका बालबालिकासँग गर्ने गरेको व्यवहार बालबालिका ऐन २०७५ विपरीतको कार्य देखिन्छ। २०७५ को दफा ६६ को उपदफा ३ ले बाल यौन दुर्व्यवहार भनेर मानेका कार्य मदन राईले गर्दै आएका छन्। उक्त उपदफा ३ ले बाल यौन दुर्व्यवहार गरेको मानिने ११ वटा बुँदा उल्लेख गरेको छ।, तीमध्ये मदनले गर्दै आएका कार्यका लागि तीनवटा बुँदा आकर्षित हुन्छन्।, पहिलो, उपदफा ३ अनुसार, बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, दोस्रो, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, त्यस्तै यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।, यी कार्य गर्नेलाई कानुनले ७५ हजार रूपैयाँ जरिवानादेखि ३ वर्षसम्म कैद सजाय तोकेको छ।,
यौन दुर्व्यवहारमा परेकी किशोरीले मदन राईविरूद्ध दिइन् जाहेरी |
शोभा शर्मा 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ।, उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राईलाई पक्राउ गरिएको सेतोपाटीलाई बताए।, 'उहाँलाई फाउन्डेसनबाटै पक्राउ गरिएको हो। थप अनुसन्धान हुँदैछ,' उनले भने, 'लिखित र मौखिक उजुरी आएका छन्।', फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।, यसबारे सेतोपाटीले बिहीबार समाचार प्रकाशन गरेको थियो। पढ्नुहोस् उक्त स्टोरी:, आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, — शोभा शर्मा, कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।, हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमाडौंमा भेटेर।, शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।, मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।, हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।, मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्।, यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।, हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।, दिक्तेल १, म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो।, शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।, म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।, हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।, तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं।, एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ।, बाजेले 'तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!' भन्नुभयो।, आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई 'तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ' भन्नुभयो।, त्यति मात्र होइन, उहाँले 'अब तिमीहरू म सँगै सुत्नुपर्छ' पनि भन्नुभयो।, त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे।, 'ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ' भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।, आएर ढोका थुनेर जबर्जस्ती गर्ने हो कि भन्ने डरले मलाई कहिलेकाहीँ त निद्रा लाग्दैन। खान मन पनि हुँदैन।, यहाँ बाजे जे पनि बोल्नुहुन्छ। यस्तो गर्नुहुन्छ भनेर मैले मेरा आमाबुबालाई भन्न सकेकी छैन। यस्तो कुरा बाआमालाई कसरी भन्ने हो!, दिक्तेल २, म शुभम फाउन्डेसनमा आएको ६/७ वर्ष भयो। यहाँ राम्रो पढाइ हुन्छ भनेर आमाले पठाउनुभएको हो।, आएको केही समयमै साथीहरूले मलाई 'बाजेले त नराम्रो कुरा बोल्नुहुन्छ, कहिले त नांगै पनि भइदिनुहुन्छ' भनेर सुनाएका थिए। बाजे कहिले काठमाडौं त कहिले शुभममा बस्नुहुन्थ्यो। शुभममा बिहान ६ बजे उठेर एसेम्ब्लीमा जानुपर्छ। शारीरिक व्यायाम भएपछि कहिलेकहिले मदन बाजेले अर्ती-उपदेश दिनुहुन्छ।, म यहाँ आएको दुई वर्षपछिको कुरा हो। एक बिहान एसेम्ब्लीमा मदन बाजेले लुगा फुकालेर आफ्ना अंग देखाउनुभयो। अंग देखाउँदै तिनका नाम भन्नुभयो।, बाजेले अश्लील बोल्ने कुरा त यहाँ सामान्य भएको छ। जति बेला पनि उहाँ सेक्सको मात्रै कुरा गर्नुहुन्छ। जे विषयबाट सुरू गरे पनि सेक्समा लगेर कुरा जोड्नुहुन्छ।, म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो।, 'तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन' भनिरहनुहुन्थ्यो। म भाग्थेँ।, तर तीन महिनाअगाडि उहाँले हामीलाई 'सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु' भन्नुभएपछि भने झन् डर लागेको छ।, उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो।, 'उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु' भन्नुभयो।, हामी त उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।, दिक्तेल ३, म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।, केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।, एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र 'तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्' भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।, दिक्तेल ४, घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई 'काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ' भन्नुभयो।, अंकलले मलाई पनि 'ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ' भनेर सम्झाउनुभएको थियो।, पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।, दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।, चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।, हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।, एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।, एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।, अनि बाजेले भन्नुभयो, 'तेरो...बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?', त्यसपछि हामी दुवै दौडेर तल झर्यौं।, हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।, पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले 'ऐय्या कस्ती रहिछे' भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।, ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।, त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।, मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।, गएको बेला बाजे त्यहीँ हुँदा 'म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ' भन्नुहुन्थ्यो।, उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।, ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले 'गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध' भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो स्कुलमै काम गर्नु हुन्छ।, बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले 'ओइ, यता हेर् त' भन्दै बोलाउनुभयो।, म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले 'तँलाई देखेर मेरो…भयो' भन्नुभयो।, धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।, अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।, सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।, पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले 'तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर' भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।, शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।, चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।, एक दिन दिउँसो पेशल मेन्टरले 'आज स्टोरमा आइज' भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।, पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।, म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।, बाजे बेलाबेला 'जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ' भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।, दिक्तेल-५, आमाबुबाले छोडेर गएपछि ममी (संरक्षक) ले मलाई शुभममा पठाउनुभएको थियो। आठ वर्षअघि म त्यहाँ पुगेकी थिएँ। त्यतिखेर २ कक्षामा पढ्थेँ। शुभममा बिहान ५ बजे उठेर एसेम्ब्लीमा जानुपर्थ्यो। त्यसपछि खाजा समय हुन्थ्यो। खाजा खाइसकेर ८ बजेतिर फिल्डको काममा जानुपर्थ्यो।, कृषि फिल्ड हुनेहरूले तल बारीमा जाने, खन्ने, मल मिसाउने काम गर्नुपर्थ्यो। पशुपंक्षी विभागमा गाईभैंसीलाई दिइने कुँडो पकाउनुपर्ने, गोठ सफा गर्ने, घाँस काट्ने काम हुन्थ्यो। त्यसै अनुसार किचन विभागकाले खाना बनाउने, बाजेको कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उद्योग विभागमा फलामका सामानहरू बनाउने, मिलमा धान कुट्ने काम थिए। निर्माण विभागमा भवनहरू बनाउने काम हुन्थ्यो।, पहिलेपहिले बिहान साढे ९ बजेसम्म काम गरे पनि १० बजेदेखि कक्षा सुरू हुन्थ्यो। १२ बजे खाने समयपछि फेरि ३ बजेसम्म पढाइ हुन्थ्यो। ३ बजेपछि फिल्डमा गएर बिहानको झैं काम गर्ने अनि फर्केर आएर खाना खाएपछि फेरि ८/९ बजेसम्म पढाइ हुन्थ्यो।, कोरोनापछि भने दिउँसो १२ बजेसम्म पनि फिल्डको काम हुन्छ। त्यसपछि खाना खाएर १ बजेदेखि ३ बजेसम्म कक्षामा बस्ने हो। त्यसपछि फेरि काममा जाने। अहिले धेरै काम गर्नुपर्छ।, मलाई त्यहाँको मन नपर्ने कुरा पहिलो त किताब/कोर्स नै नपढाउने, अर्को मदन बाजेले गर्ने सेक्सको कुरा हो। सेक्सको कुरा मात्र गरेर विद्यार्थीलाई हैरान पार्नुहुन्छ। पहिले त उहाँ कहिलेकाहीँ मात्र खोटाङ आउनुहुन्थ्यो। कोरोना महामारीभन्दा अगाडि वर्षमा दुई-चार पटक मात्र आएर दस/पन्ध्र दिन बस्नुहुन्थ्यो। त्यो बेला उहाँले कृषिका कुरा सिकाउनुहुन्थ्यो।, जब कोरोना सुरू भयो, उहाँ फाउन्डेसनमै बस्न थाल्नुभयो। उहाँ सेक्सका कुरा मात्र गर्नुहुन्छ। केटाकेटीलाई जम्मा पारेर अश्लील बोल्नुहुन्छ। हातले अश्लील संकेत गर्नुहुन्छ। बाजेले पटकपटक बिहान एसेम्ब्लीमा लुगै फुकालेर देखाउनुभयो। कहिलेकाहीँ शुक्रबारको कक्षामा अश्लील कुराहरू पढाउनुहुन्थ्यो। हामी लाजले टाउको निहुरो बनाएर बस्यौं। लजाउन पनि नपाइने। 'क्या यस्तो कुरामा पनि लजाउँछौ' भन्दै गाली गर्नुहुन्थ्यो।, मेरो साथीहरूलाई उहाँले ज्यानमा हात हाल्ने गर्नुहुँदो रहेछ। साथीहरूले मलाई भन्थे। उनीहरू डराउँथे। मलाई भने ज्यानैमा हात हालेको थिएन तर पनि डर लाग्न थालेको थियो।, हामी सहरी सिकाइका लागि बाजेको ललितपुरको घरमा आउनुपर्थ्यो। केही वर्षअघिको जाडो महिनामा हामी तीन केटी साथी तीन महिनाका लागि आएका थियौं। त्यति बेला म एक महिना त्यहाँ बसेर यता ममीको घरमा आएकी थिएँ। त्यो बेला मेरा साथीहरूलाई बाजेले मनपरी गर्नुभएछ। उनीहरूको ज्यानमा हात हाल्नुभयो रे। पर्दा लगाउन जाँदा पछाडिबाट च्याप्प समात्नुभयो, कहिले लुगा फुकालेर देखाउनुभयो, आफ्ना अंग छुन लगाउनुभयो भनेर मलाई साथीहरूले भनेका थिए। त्यो बेला मेरा साथीहरू खुब डराएका थिए।, यी सबै कुराले गर्दा मलाई शुभममा बसेर बाँकी पढाइ पूरा गर्न मन लागेन। अनि म छाडेर आएँ। यहाँ आएको केही दिनपछि दुई साथीहरूले मलाई फोन गरेर अझै डर लाग्दो कुरा सुनाए। उनीहरू मदन बाजेको कोठा सफा गर्न गएका रहेछन्। उनीहरूलाई राखेर बाजेले आफूसँग सुत्नुपर्छ भनेछन्।, 'यसअघि तिमीहरूको फलानो दिदी मसँग सुत्थ्यो, उसलाई सेक्स गर्न मैले सिकाएको थिएँ, अब तिमीहरूले त्यो काम गर्नुपर्छ, म सिकाउँछु, केही हुन्न, जानिराख्नुपर्ने कुरा हो' भनेर बाजेले भन्नुभयो भनेर मेरा साथी डराइरहेका छन्।, सेतोपाटी,ले झन्डै महिना दिनअगाडि दिक्तेल-५ सँग कुरा गर्दा उनकी दिदी (दिक्तेल-६) सँगै थिइन्। दिक्तेल-५ सँग कुराकानी सकिएपछि उनकी दिदीले मदन राईले आफूलाई पनि यौन दुर्व्यवहार गरेको बताइन्। उनी आफ्नो एसइई दिएपछिको बिदा मनाउन शुभममा गएकी थिइन्। त्यो बेला आफूलाई मदन राईले यौन दुर्व्यवहार गरेको उनले बताइन्।, दिक्तेल-६, म शुभममा पढ्न गएकी त थिइनँ। छ वर्षअघि एसइई दिएपछि केही समय बस्न गएकी थिएँ। मेरो बहिनी (दिक्तेल-५) त्यहीँ भएकाले मलाई जान सजिलो थियो। आमाले मदन राईलाई चिन्नुभएको थियो। मैले आमासँग शुभममा जाने कुरा गरेँ। उहाँले मदन राईसँग कुरा गर्नुभयो।, शुभम जानुअघि म केही दिनका लागि ललितपुरस्थित उहाँको घरमा बसेकी थिएँ। एक दिन दिउँसोको समय थियो। मदनले मलाई काम छ भन्दै माथि बोलाउनुभयो। म हतारहतार उहाँछेउ पुगेँ।, मदनले त मेरो ब्रेस्टमा हात हाल्नुभयो। सोच्दै नसोचेको त्यस्तो घटना हुँदा म आत्तिएँ।, धन्न 'के गरेको यो?' भन्न भ्याएँ। मैले उहाँको हात झट्कारेर पछि हटेँ। अनि भागेँ। उहाँ पछिपछि त आउनुभएन तर म बहुत डराएँ। कैयौं दिनसम्म डरले सताइरह्यो। मैले आमालाई यस्तो भयो म फर्किन्छु भन्न पनि सकिनँ।, ललितपुरको बसाइपछि म खोटाङ गएँ। एक बिहानको कुरा हो। म त्यहीँ स्कुलको चौरमा थिएँ। उहाँले मेरो टिसर्ट उचालिदिनुभयो। फेरि मैले के गरेको भनेर आँखा तरेँ।, यो घटना भएपछि मलाई त्यहाँ बस्न डर लागेको थियो। अहिले पनि ती दुइटा घटना सम्झेर कस्तो नराम्रो लाग्छ। यसबारे मैले आजसम्म पनि आमालाई भन्न सकेकी छैन। न अरू कसैलाई भनेकी थिएँ। यो बहिनी त्यहीँ पढ्थी। मलाई यसको चिन्ता लागिरहन्थ्यो। अब त यो आई। तर मदन राईले त्यो स्कुलमा भएका नानीहरूलाई पनि यौन दुर्व्यवहार गरेको होला भन्ने सम्झेर पनि कस्तो नरमाइलो लाग्छ।, यसरी बालिका र किशोरीहरूको बयान सुनेपछि हामीले शुभम फाउन्डेसनमा केही समयअघिसम्म स्नातक पढ्न बसेकी र मेन्टरका रूपमा काम गरेकी युवतीलाई यसबारे सोधेका थियौं।, मदन राईले आफूहरूलाई दुर्व्यवहार गरेको कुरा तीन-चार जना बालिकाहरूले आफूलाई सुनाएको उनले बताइन्।, 'केही समयअघि दिक्तेल-१ र २ लाई मदन राईले सेक्स गर्न सिकाउँछु, अबदेखि तिमीहरू मसँग सुत्नुपर्छ भनेको कुरा मलाई थाहा छ। उनीहरूले डराउँदै डराउँदै मलाई सुनाएका थिए,' उनले भनिन्, 'उनीहरूले पहिल्यैदेखि आफूहरूलाई मदन बाजेले ज्यानमा छुने गरेको बताउँथे। हामीले मदन सरविरूद्ध केही बोल्ने वातावरण नै थिएन।', उनी स्नातक पढ्न र जीवनउपयोगी सिकाइ सिक्न भन्दै चार वर्षअघि शुभम फाउन्डेसन पुगेकी थिइन्। मदन राईले अश्लील बोलेर त सामूहिक रूपमा सबैलाई सधैं अप्ठ्यारोमा पार्ने गरेको उनी बताउँछिन्। उनका अनुसार जवाफ फर्काउन सक्ने र पारिवारिक हैसियत अलि राम्रो भएकालाई मदनले दुर्व्यवहार गर्दैन थिए।, 'जसले प्रतिकार गर्न सक्छन्, बोल्छन्, त्यस्तालाई मदन सरले खासै केही गर्नुहुन्न,' उनले भनिन्, 'जसको पारिवारिक पृष्ठभूमि कमजोर छ, जसले यहाँ बच्चाबच्चीलाई निःशुल्क पढ्न पठाएका छन् र बोल्न सक्दैनन् त्यस्ता कमजोरहरूलाई छानीछानी दुर्व्यवहार गर्नुहुँदो रहेछ।', तीन वर्षअघि शिक्षकका रूपमा शुभम फाउन्डेसन गएका टेकबहादुर कार्कीले पनि मदन राईले बच्चाहरूको अगाडि अश्लील हर्कत गर्ने गरेको हामीलाई बताए।, 'उहाँले विद्यार्थीलाई यौन शिक्षा दिने नाममा अश्लील बोल्नुहुन्छ र अश्लील संकेतहरू गर्नुहुन्छ। कहिलेकाहीँ त बोल्दाबोल्दै हामी सबैको अगाडि लुगा फुकालेर देखाउनुभएको थियो। कतिपय बालिकाहरूको ज्यानमा छोइदिनुभयो भन्ने गुनासो मैले सुनेको छु,' उनले भने, 'कतिपटक त उहाँले बालिकाको ज्यानमा हात हाल्न खोज्दा उनीहरू भागेको मैले देखेको छु।', मदनले यौन सम्पर्क र यौनांगका कुरा बालबालिकासँग गरेपछि आफूलाई हलुका हुन्छ भनेर एकपटक सुनाएको उनले बताए।, 'उहाँ बोलिराख्दा सुन्नै पर्थ्यो। नभए झन् उफ्रिनुहुन्थ्यो। अश्लील कुरा सुन्नु त सामान्य भइसकेको थियो। यस्तो तपाईं किन गर्नुहुन्छ भनेर एकपटक मैले सम्झाउन खोजेको थिएँ। उहाँले मलाई त्यस्तो बोलेपछि आफ्नो उकुसमुकुस शान्त हुन्छ भन्नुभएको थियो,' टेकबहादुरले भने।, मदनले बेलाबेला 'मलाई यहीँका विद्यार्थीले जेलसम्म पुर्याउँछन्' भन्ने गरेको पनि टेकबहादुरले बताए।, शुभममै चार वर्ष अगाडिदेखि केही समयअघिसम्म मेन्टर रहेकी अर्की युवतीले त्यहाँका कतिपय बच्चाहरूले समेत मदनको सिको गर्न थालेको बताइन्।, 'मदन सरले अश्लील बोल्ने, हातले यौन सम्पर्क गरेको संकेत गर्ने त हरेक कुराकानीमै गर्नुहुन्छ। अप्ठ्यारो लागे पनि सबैले सुनेरै बस्ने हो। तर मलाई सबभन्दा चिन्ताको कुरा भने बच्चाहरूले त्यही सिको गर्न थालेकोमा छ,' उनले भनिन्, 'एउटा बच्चाले सुतिरहेका आफ्ना केटा साथीहरूलाई नै दुर्व्यवहार गरेछ। कतिपयले अश्लील बोल्ने, केटीहरूको शरीर छोइदिने गर्छन् भनेर बालिकाहरूले हामीलाई भनेका थिए। शुभममा बालिकाहरू सुरक्षित छैनन् भन्ने कुराको पिर भइरहन्छ।', जनजागृति उच्च माविकी प्रधानाध्यापक सविता ढकाल भने विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार हुने गरेको कुरा आफूले सुन्दै नसुनेको बताउँछिन्।, 'हाम्रो स्कुलमा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्ने त मैले सुनेकै छैन। मदन दाइ कसरी के बोल्नुहुन्छ भन्ने त सबैलाई थाहा छ। उहाँले अश्लील बोल्दा हामीलाई अप्ठ्यारो लागे पनि नबोली बस्ने हो। तर उहाँले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कुरा भने मैले सुनेकी छैन,' उनले भनिन्।, स्कुलमा अध्ययनरत विद्यार्थीलाई के कसरी पढाउने भन्ने जिम्मा शुभम फाउन्डेसनले नै लिएकाले आफ्नो धेरै भूमिका नहुने बताइन्।, 'मैले संयोजन र औपचारिक कामहरू गर्छु। पढाउने र सिकाउने जिम्मा स्कुल व्यवस्थापन समिति र फाउन्डेसनले नै लिएको छ,' उनले भनिन्, 'विद्यार्थी, शिक्षकले कुनै गुनासो नगरेकाले मलाई थाहा भएन। अब भने के रहेछ म बुझ्छु।', स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा शुभम फाउन्डेसनका निर्देशक सूर्य राईले पनि मदनले यौन दुर्व्यवहार गरेको भनेर कुनै विद्यार्थीले अहिलेसम्म गुनासो नगरेको बताए।, अश्लील बोलेर, लुगा खोलेर सामूहिक रूपमा मदनले गर्ने दुर्व्यवहारका त उनी वर्षौंदेखि साक्षी हुन्। तर मदनलाई यसो नगर्न चेतावनी दिनतिर सूर्य लागेको देखिँदैन। मदनले अश्लील बोलेर मान्छेहरूलाई हैरान पारेको भने उनी स्वीकार गर्छन्।, 'उहाँले यौन दुर्व्यवहार गरेको आरोप अहिलेसम्म मकहाँ आइपुगेको छैन,' उनले भने, 'तर उहाँले बोल्ने तरिका भने समाजमा पच्ने खालको छैन। बोल्दै जान थालेपछि उहाँले विचार पुर्याउनु हुन्न। वरिपरिका मान्छेलाई समेत गाह्रो हुन्छ।', मदनले शिक्षाका लागि गर्ने अरू कुरा राम्रो भएकाले जथाभावी बोल्ने कुरालाई आफूले छोडिदिएको पनि सूर्यले बताए।, 'उहाँ र हाम्रो एउटा अभियान छ। शिक्षा र सिकाइ राम्रो हुनुपर्छ भन्ने उहाँकै अवधारणामा यत्रो स्कुल चलाएका छौं। ठाउँठाउँबाट विद्यार्थी ल्याएर निःशुल्कै पनि सिकाएका छौं,' उनले भने, 'त्यही हेरेर हामीले यौनका मामिलामा समाजमा अलि नपच्ने गरी बोल्ने तरिकालाई छोडिदिएका छौं। तपाईंको प्रश्नपछि भने यसलाई सुधार गर्नतिर म लाग्छु।', यसबारे हामीले मदन राईलाई पनि सोध्यौं। यौन दुर्व्यवहार र किशोरीहरूलाई आफूसँग सुत्न बोलाउने गरेकोबारे सोध्यौं।, उनले आफूले यौन खुला हुनुपर्छ भन्ने विश्वास गर्ने भएकाले केटाकेटीहरूका संवेदनशील अंगमा छोइदिने गरेको स्वीकार गरे। यो कुराका लागि आफू जेल जान तयार भएको पनि उनले बताए। हामीसँग फोनमा कुरा गर्दा पनि उनले अश्लील शब्दहरू बोले।, 'म त यहाँका केटीहरूको… चलाइदिन्छु त। केटाहरूको पनि छोइदिन्छु। मैले कसैलाई बलात्कार गरेको छैन, यौन हिंसा पनि गरेको छैन। बलात्कार नहोस् भनेरै यौन खुला हुनुपर्छ भन्दै हिँडेको छु,' मदनले हामीसँगको कुराकानीमा भने, 'यौन खुला हुनुपर्छ भन्ने कुरा गर्दा म नेपाली भाषामा बोल्छु। … यी शब्द त नेपाली भाषाका शब्द हुन्।', बालबालिकाका संवेनशील अंग छुने, चलाउने र उनीहरूलाई अप्ठ्यारोमा पार्न नपाइने कानुन छ, तपाईंलाई लाग्दैमा छुन पाइन्छ त भन्ने प्रश्नमा उनले भने, 'समस्या भनेकै त्यहीँ छ…। त्यसलाई नचलाएकाले समस्या भएको हो। कानुनमा नभएको धेरै कुरा म यहाँ गर्छु। तिमीले यसबारे लेख। मलाई प्रहरीले लगेर २४ दिन थुन्ला। म अदालत गएर बहस गर्न चाहन्छु।', फोनमा कुरा गरिसकेपछि मदनले हामीलाई मोबाइलमा लामो म्यासेज पठाएका छन्।, त्यसमा उनले भनेका छन् , '…तिमीले मेरा गलत आपराधिक क्रियाकलापबारे खोजी गरेकोमा म खुसी नै छु। मेरा गलत कामको सजाय भोग्न म तयार छु। तर म नियम-कानुनले लगाएका बन्देज मान्न धेरै बुढो भइसकेँ।', मदनले शुभम फाउन्डेसनका बालबालिकासँग गर्ने गरेको व्यवहार बालबालिका ऐन २०७५ विपरीतको कार्य देखिन्छ। २०७५ को दफा ६६ को उपदफा ३ ले बाल यौन दुर्व्यवहार भनेर मानेका कार्य मदन राईले गर्दै आएका छन्। उक्त उपदफा ३ ले बाल यौन दुर्व्यवहार गरेको मानिने ११ वटा बुँदा उल्लेख गरेको छ।, तीमध्ये मदनले गर्दै आएका कार्यका लागि तीनवटा बुँदा आकर्षित हुन्छन्।, पहिलो, उपदफा ३ अनुसार, बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, दोस्रो, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, त्यस्तै यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।, यी कार्य गर्नेलाई कानुनले ७५ हजार रूपैयाँ जरिवानादेखि ३ वर्षसम्म कैद सजाय तोकेको छ।,
बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई पक्राउ |
रासस मोरङको बूढीगङ्गा गाउँपालिका-५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो दिउँसो नियन्त्रणमा आएको छ ।, विद्युतीय सामग्री उत्पादन उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्राविधिकले अनुमान गरेका छन्। , मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए। , आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ एवं उत्पादित सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। , आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।,
मोरङका राठी उद्योगमा लागेको आगो नियन्त्रणमा |
रासस तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ।, गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत फेला परेका हुन्।, गुरुङको स्थानीय सुदेखोला सातविसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। , गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन्। , बाह्र दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँडेका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन। , घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ,
तनहुँमा भीरबाट लडेर बेपत्ता भएका पुरूष १२ दिनपछि मृत भेटिए |
रासस मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ।, हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।, सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी बताए। ,
जेठ १ गतेदेखि दुई साता मेलम्चीको पानी वितरण रोकिने |
विनोद सापकोटा झापाको दमकमा मंगलबार प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा कम्तिमा दुई दर्जन मानिस घाइते भएका छन्।, आन्दोलनरत पक्षबाट कम्तिमा १५ जना घाइते भएका र उनीहरूको विवरण संकलन भइरहेको किरात लिम्बूवान प्रदेश नामांकन अभियानले जनाएको छ। , त्यस्तै प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, दमकका डिएसपीसहित दस जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, प्रदेशको नाम 'कोशी' खारेजीको माग गर्दै मंगलबार साँझ निकालिएको राँके जुलुस शान्त पार्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।, पहिचान पक्षधरले राँको, ढुंगा, इँटाले प्रहरीलाई आक्रमण गर्न थालेपछि स्थिति असामान्य बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले कम्तिमा डेढ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो।, सोही क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन्।, किरात लिम्बूवान प्रदेश नामांकन अभियानका केन्द्रीय संयोजक प्रेमदीप लिम्बूका अनुसार इलाम चुलाचुली घर भएका गजेन्द्र फागो र बिर्तामोड घर भएकी निर्मला लिङ्देनलाई गोली लागेको हो। फागोको घुँडामा र लिङ्देनको हातमा गोलीको छर्रा लागेको छ।, उनीहरूलाई दमकबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको छ। अरू घाइतेको स्थानीय आम्दा, लाइफलाइन र दमक अस्पतालमा उपचार भइरहेको बताइएको छ।, पहिचानवादीको शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले दमन गरेको आन्दोलनरत पक्षको भनाइ छ।, संयोजक लिम्बूले भने, 'सरकारले पहिचान पक्षधरको शान्तिपूर्ण आन्दोलनलाई नियमित दमन गरिरहे सशक्त प्रतिवाद गर्नेछौं।', पहिचानवादीले कोशी प्रदेश नाम हटाएर बहुपहिचानका आधारमा नामांकन गर्न माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।, पहिचान पक्षधरले मंगलबार राँके जुलुससँगै राजमार्गमा चलेका निजी तथा सार्वजनिक यातायातका साधनमाथि तोडफोड पनि गरेका थिए। झडपका कारण दमक बजार करिब २ घन्टा अशान्त बनेको थियो।,
दमक झडपमा प्रहरीसहित कम्तिमा दुई दर्जन घाइते |
सेतोपाटी संवाददाता बझाङमा एम्बुलेन्सकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, मंगलबार दिउँसो ३ बजे बित्थडचिर गाउँपालिका- ६ चिसापानी मोडमा एम्बुलेन्सले ठक्कर दिँदा साेही ठाउँका २३ वर्षीय मोटरसाइकल चालक गोवीन्द्र महरको मृत्यु भएको प्रहरीले जनाएको छ।, देउलेखबाट सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०१००झ ३६१ नम्बरको एम्बुलेन्सले सोही दिशातर्फ गइरहेको से ५ च २०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हाे।, दुर्घटनामा गम्भीर घाइते भएका महरलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको छ।, ठक्कर दिने एम्बुलेन्स देउलेख प्राथामिक स्वास्थ्य केन्द्रको रहेको प्रहरीले जनाएको छ।, एम्बुलेन्स चालक ४५ वर्षीय हर्क ढाँटलाई प्रहरीले नियन्त्रणमा लिएको छ।,
एम्बुलेन्सकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु |
विनोद सापकोटा पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले शान्त बनाउन खोज्दा झापाको दमकमा झडप भएको छ। दुवै पक्षबीच भएको झडपका कारण दमक बजार करिब २ घन्टा अशान्त बनेको थियो।, प्रदेशको नाम 'कोशी' खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको हो। पहिचान पक्षधरले राँकोले प्रहरीलाई आक्रमण गर्न थालेपछि स्थिति असामान्य बनेको हो।, प्रहरीले स्थिति नियन्त्रणमा लिन कम्तिमा डेढ दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो। यसअघि पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटा-ढुंगा प्रहार गरेका थिए। यस क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन्। घाइतेको संख्या यकिन नभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, घाइतेको स्थानीय आम्दा, लाइफलाइन र दमक अस्पतालमा उपचार भइरहेको बताइएको छ।, प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै लामो समयदेखि अन्दोलनरत पहिचान पक्षधरले मंगलबार दमकमा राँकेजुलुस गरेका थिए। आन्दोलनकारीले राजमार्गमा चलेका निजी तथा सार्वजनिक यातायातका साधनमाथि तोडफोड पनि गरेका छन्।, भ्याली फिड प्रालिका सञ्चालक घनश्याम निरौलाका अनुसार पहिचानवादीले राँको, ढुंगा प्रहार गरे भने प्रहरीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेको थियो। दमकको बेलडाँगी रोडमा आफ्नो निजी कारमा रहेका निरौला झडपका कारण गाडी छाडेर भागेका थिए। उनको बा २१ च १६९१ नम्बरको कारको सिसा फुटेको छ।,
दमकमा प्रदर्शनकारी र प्रहरीबीच झडप |
रासस यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज-उद्धार हुन सकेको छैन।, उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए।, कर्णाली प्रदेश सरकारले सोमबारै खोज-उद्धार टोली मुगु कार्मारोङ गाउँपालिकामा पुर्याए पनि उनीहरूको पत्ता लगाउन सकिएको छैन।, सशस्त्र प्रहरीका १०, नेपाल प्रहरीका ११ र दुई जना घटनाका प्रत्यक्षदर्शी गरेर २३ जनाको टोली घटनास्थलमा पुगेका छन्। तर उनीहरू नै जोखिम अवस्थामा रहेको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विपद शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए।, 'सुर्खेतबाट मुगु गमगढी हुँदै सुरक्षाको खोज तथा उद्धार टोलीलाई मुगुमा कार्मारोङ गाउँपालिका पुर्याइएको छ,' उनले भने, 'उनीहरू भएको ठाउँबाट घटनास्थलमा पैदल जान अझै पाँच घन्टा लाग्दो रहेछ।', हिमपात बढी र भौगोलिक कठिनाइका कारण उद्धार कार्य जटिल बनेको शाखा प्रमुख रोकायले बताए।, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार हराएको भनिएको ठाउँमा दस फिट जति हिमपात भएकाले बेपत्ताहरूलाई फेला पार्न नसकिएको हो।, उनले भने, 'उनीहरू दिउँसो करिब छ घन्टा लगाएर घटनास्थल पुग्छन् तर साँझ बस्ने ठाउँ फर्किनुपर्छ। यसले गर्दा समस्या भइरहेको छ। आवश्यक परे थप बल पनि पठाउँछौं।', जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले खोज-उद्धार भइरहे पनि घटनास्थल सोली आकारको भएकाले घाम लाग्दा पग्लेर हिउँपहिरो थपिरहँदा समस्या भएको बताए।, बेपत्ताको खोजीमा जाँदा खोज उद्धार टोली नै जोखिममा रहेकाले अवस्था सोचनीय र संवेदनशील रहेको उनले बताए।,
हिमपहिरोमा पुरिएकाहरूको अझै हुन सकेन खोज-उद्धार |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट अढाइ करोड बराबरको सामान बरामद गरेको छ।, २४ घण्टामा अढाइ करोड बराबरका भन्सार छलेर चोरी पैठरीका सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजे सम्म देशभरिको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीका विभिन्न युनिटले २ करोड ५६ लाख ८४ हजार ४०२ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।, जसमा कोशी प्रदेशका ईलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित युनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।, यसैगरी मधेस प्रदेश अन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित युनिटले २ करोड ३६ लाख २८ हजार ८१२ रुपैयाँ बराबरको बरामद गर्यो।, त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलबस्तु र बर्दिया जिल्लास्थित युनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।, सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधिमा ४ लाख ९२ हजार ९३५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।, बरामद सामानमा भन्सार छलि र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत छन्। बरामद सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ।,
,
सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गर्यो अढाई करोड बराबरको सामान |
सेतोपाटी संवाददाता भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए। , पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन्। केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप छ। , योसँगै यस प्रकरणमा पक्रउ पर्नेको संख्या १० पुगेको छ। , यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। , टोपबहादुर रायमाझी भने फरार छन्। मंगलबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली सातदोबाटोस्थित उनको घरमा पुगेको थियो। , तर उनी फेला परेका छैनन्। उनलाई प्रहरीले खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पनि उनको खोजी गर्न टोली परिचालन गरेको छ। , उनी भारत पुगेको हुनसक्ने प्रहरीको आशंका छ। , प्रहरीले यस प्रकरण संगठित अपराध कसूरमा गरिरहेको छ। , सम्बन्धित समाचार:, नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा प्रहरीले अब १५ दिनमा बुझाउनु पर्ने, , नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्मका घटनाक्रम, भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै, नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त इन्द्रजितको बादल कनेक्सन,
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ |
रासस पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ। मङ्गगलबार दिउँसो करिब ३ बजे गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको हो।, आगलागीबाट मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। सात बाख्रा, एक बङ्गुर मरेको स्थानीयवासीले बताएका छन् ।, घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए।, आगलागी नियन्त्रण गर्न स्थानीय, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रण गर्न जुटेका थिए।, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थलगतरूपमा घटनाको अनुगमन गर्दै पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गर्ने बताए।, जङ्गलमा आगो कसले लगायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिररहेको छ।, आगलागीबाट ७६ वर्षीय दलबहादुर साठीघरे र उहाँकी बुहारी लक्ष्मी साठीघरे घाइते भएका छन्। घाइतेलाई रामपुर नगरपालिकाले रामपुर अस्पतालसम्म ल्याएर उपचार गराइरहेको छ। ,
पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, दुई घाइते |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित नौकिलामा सुक्खा पहिरो गएको छ। , आज बिहान ८ बजेबाट पहिरो खस्न थालेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक डबल बमले जानकारी दिए।, पहिरो खसेपछि केहीबेर एकतर्फी सडक सञ्चालन भएको थियो। पहिरो नरोकिएपछि प्रहरीले दुबैतर्फको सवारी रोकेको थियो।, ‘अहिले दुवैतर्फ सवारी रोकेर पहिरो पन्छाउने काम भइरहेको छ,’ प्रहरी निरीक्षक बमले भने। , पहिरो पन्छाउन २० देखि २५ मिनेट लाग्ने उनले बताए। , माथिबाट थप पहिरो खस्ने सम्भावना रहेनरहेको अवलोकनपछि सवारी आवागमन दुईतर्फी खोलिने उनले जानकारी दिए। ,
, ,
नौबिसे–महादेववेशी सडकखण्डमा सुक्खा पहिरो,पृथ्वी राजमार्ग अवरूद्ध |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणबारे तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।, प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले आज एक विज्ञप्ति निकाल्दै तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन्।, केही अनलाइन र छापा माध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धान क्रममा रहेको भुटानी शरणार्थी प्रकरणबारे गलत, मनोगत र अनुमानमा आधारित कुराहरू आइरहकेमा प्रहरीले यस्तो नगर्न भनेको हो।,
तथ्यमा आधारित रहेर मात्रै सूचना सम्प्रेषण गर्न प्रहरीको आग्रह |
Subsets and Splits