content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता भोलि (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ।, गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ। ,
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा |
युवराज श्रेष्ठ पोखरामा डेरा लिएर बसेकी छोरी र तीन जना नातिनीलाई घरबेटीले निकालिदिएछन्।, कोठा भाडा तिर्न नसकेको भन्दै घरबेटीले कोठामा ताला लगाइदिएको खबर मादी गाउँपालिकाकी ५६ बर्षीय आमाले थाहा पाइन्। बुधबार पोखरा झरेर घरभाडा तिरिदिइन्।, ‘मलाई छोरी र नातिनीले भनेका होइनन्, छरछिमेकले भनेर थाहा पाएँ,’ उनले भनिन्, ‘आज घरबेटीको डेराभाडा तिरेर कोठाको चाबी खोलिदिए।’, दलित समुदायका आमा र छोरी दुबै आर्थिक अवस्था कमजोर छ। पोखरा बस्ने छोरी शारीरिक रूपमा काम गर्न नसक्ने अवस्थामा छिन्। पोखरामा कहिलेकाहीँ भेटिने काम गर्न छोरी पछाडि पर्दिनन्। शारीरिक कमजोरीले उनी अरूले जस्तै काम गर्न भने नसक्ने आमाले बताइन्। , छोरीले अन्तर्जातीय विवाह गरेर ३ जना नातिनी जन्माइन्। नातिनीहरू जन्मिएपछि ज्वाइँ भने सम्पर्कविहीन बनेको आमाले बताइन्। , ‘ज्वाइँ सम्पर्कमै छैनन्, छोरी र नातिनीको देखभाल मैले नै गर्नुपर्छ,’ उनले भनिन्। , उनका छोरी ३८ वर्षकी भइन्। उनको शारीरिक कमजोरी भएको भने २०७८ असोजपछि हो। जुनबेला उनी ओमानमा बेचिएकी थिइन्। , नारायणघाटका राजु श्रेष्ठ भन्ने व्यक्तिसँग चिनजानकै मान्छेले ती आमाका २५ वर्षे छोरासँग सम्पर्क गराइदिए। जसले दुबईमा रोजगारीमा लैजाने आश्वासन दिए। उनीहरू पनि वैदेशिक रोजगारीमा सजिलै जान पाउने भन्दै हौसिए। , दिदीभाइ मिलेर दुबई जाँदा कम्तीमा ३ लाख खर्च लागेको आमाले बताइन्। श्रेष्ठले उनीहरूलाई पर्यटक भिसामा दुबई लगेछन्। दुबै पुगेपछि छोराले कुनै काम पाएनन्। केही दिन बसेर स्वदेश फर्किनुपर्ने भयो। , दिदीभाइ सँगै दुबई पुगेपछि उनीहरूलाई दलालले छुट्याए। दलालले उनलाई ओमान पुर्याएछन्। , ‘छोराले दुबईबाट फोन गरेर नक्कली भिसा परेछ, काम गर्न नपाइने भयो भनेपछि बल्ल छोरी हराएको थाहा भयो,’ आमाले भनिन्। , छोराछोरी सँगसँगै दुबई पुगे पनि छोरीसँग कुनै सम्पर्क हुन सकेन। छोरी हराएकोबारे स्थानीय जनप्रतिनिधि हुँदै सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को सम्पर्कमा आमा पुगिन्।, सामीका मनोपरामर्शदाता सिर्जना गुरूङले परिवारलाई सान्त्वाना दिँदै हराएको छोरी खोजबिनमा सहयोग गरिन्।, ‘नेपालबाट दुबई पुगेकी छोरी पासपोर्ट नम्बरका आधारमा ओमान पुगेको थाहा लाग्यो,’ गुरूङले भनिन्, ‘हामीले खोज्दा खोज्दा मुश्किलले उद्धार गर्न सफल भयौं।’, आमाका अनुसार ओमानमा बेचिएकी छोरीलाई दलालले ५ लाख रुपैयाँमा बिक्री गरेका थिए। ओमानमा साहुले नेपाली ५ लाख फिर्ता दिए घर पठाइदिने बताएको छोरीको भनाइ उदृत गर्दै आमाले बताइन्। , ‘एउटा घरबाट अर्को घरमा सार्ने, दिनरात काम लगाउने, खान पनि नदिने गर्दा रहेछन्,’ उनले भनिन्, ‘बिक्री भएको थाहा पाएर खोजबिन हुँदैछ भनेर चाल पाएपछि त्यहाँका दलालले बेस्सरी पिटेछन्।’, ओमानमा खाएको कुटाइका कारण छोरी अहिले राम्रोसँग काम गर्न नसक्ने अवस्थामा पुगेको आमाले बताइन्।, मालिकको घरमा शोषणमा परेकी छोरी भागेर नेपाली दूतावासमा पुगेपछि उद्धार सफल भएको सामी कार्यक्रमका मनोपरामर्शदाता गुरूङले बताइन्।, छोरी हराएपछि खोजी गर्न पोखरा, काठमाडौं र नारायणघाट धाउँदा धाउँदा करिब ४ लाख ऋण लागेको आमाले बताइन्।, ‘छोरीको खोजबिन गर्न हनुमान ढोका पुगें, रवि लामिछानेको अफिसमा पनि गए, कसैले सहयोग गरेनन्,’ उनले भनिन्।, अहिले नातिनीमध्ये जेठी ११ कक्षा पढ्दैछन्। अरू २ जना सानै छन्। सहयोगका लागि अपिल गर्दा कहीँबाट पनि सहयोग नपाएको उनले बताइन्। , वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर नजाँदा दलालले पर्यटक भिसामा लगेर बिक्री गर्ने गरेको सामीका कार्यक्रम अधिकृत शिव रेग्मीले बताए। , ‘विदेश जाँदा सीप सिकेर जानुपर्छ, श्रम स्वीकृति लिनुपर्छ,’ उनले भने, ‘पैसा र पासपोर्ट बुझाउँदा भरपाई गर्नुपर्छ, नत्र बेचबिखनमा र ठगीमा पर्न सकिन्छ।’ , नेपालबाट दैनिक २ हजार ५ सय युवा वैदेशिक रोजगारीका लागि खाडी देश र मलेसिया जाने गर्छन्। वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये दैनिक ३ देखि ५ जनाको मृत्यु भएर शव फर्किने गरेको अध्यागमन विभागको तथ्यांक छ।, विभागका अनुसार यस आर्थिक वर्षको वैशाखसम्म मात्र रोजगारीमा विदेश गएका २३ देशबाट ९ सय ९५ जनाको मृत्यु भइसकेको छ।, वैदेशिक रोजगारीमा लैजाने भन्दै बेचबिखनमा पर्ने र ठगिनेमा सीमान्तकृत समुदाय पर्ने गरेको सामीका कास्की कार्यक्रम संयोजक कुमबहादुर गुरूङले बताए। , ‘वैदेशिक रोजगारीका दर्दनाक पाटा धेरै छन्,’ उनले भने, ‘बेचबिखन र ठगी रोक्न राज्यका सबै निकाय चनाखो हुनुपर्यो।’,
ओमानमा बेचिएकी छोरीलाई पोखरामा पनि 'उद्धार' गरिन् आमाले |
रासस बचतकर्ताको अर्बौ बढी निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध बचतकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन्।, शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरिया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात संकलन गरिरहेको छ।, उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन बचतकर्तालाई सार्वजनिक रूपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेकोे भीड लागेको छ।, सूचना नै जारी गरेपछि बचतकर्ता धनगढीको जिल्ला प्रहरी, लम्की र अत्तरियामा प्रहरी कार्यालय पुगेर सहकारीका आवश्यक कागजातसहित निवेदन दिइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।, ‘तीनवटै शाखामा सञ्चालक र कर्मचारीविहीन छन्’, उनले भने, ‘सबै बचतकर्ताको निवेदन आइसकेपछि कैलालीमा कति निक्षेप संकलन भएको रहेछ भनेर यकिन जानकारी आउँछ।’, प्रहरीका अनुसार मङ्गलबारसम्म धनगढीमा एक हजार भन्दा बढी उजुरी प्रहरीमा आएको थियो।, त्यसैगरी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा हालसम्म दुई हजार एक सय बचतकर्ताले निवेदन दिइसकेका छन्।, उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बचतकर्तालाई निवेदन दिन यही जेठ १५ गतेसम्मको समयावधि दिइएको जानकारी दिए।, ‘सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दैछ’, उनले भने, ‘कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजातसहित विवरण पेस गर्न भनेका छौं।’, प्रहरीका अनुसार उक्त सहकारीको महेन्द्रनगर शाखाले मात्रै रु २६ करोड निक्षेप संकलन गरेको बताइएको छ।, गत माघयता सहकारी सञ्चालक सम्पर्कबाहिर रहेको सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरी हिँडिसकेका छन्। , यहाँ उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनाका साथै सरोकारवाला निकायमा दबाब बढाउन थालेका छन्।, सुदूरपश्चिम प्रदेशबाट मात्र सो सहकारीले रु एक अर्ब ५० करोडभन्दा बढी निक्षेप संकलन गरेको बताइएको छ।, सङ्कलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ।, सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा खर्च गरेको छ भने कञ्चनपुरमा लगानी गरेको मार्ट बन्द भइसकेको छ।, डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले डडेल्धुरामा शिवशिखर सहकारीले करिब रु ४१ करोड निक्षेप संकलन गरेको बताए।, ‘हिजोसम्म ६८० बचतकर्ताले रु १२ करोड ५० लाख बिगोसहित आवश्यक कागजात पेस गरिसकेका छन्,’ उनले भने, ‘यहाँ रहेका सहकारीका दुई वटा मार्ट बन्द भइसके।’, प्रहरीका अनुसार डडेल्धुरामा उक्त सहकारीका दुई वटा भवनसमेत छन्।, सहकारी सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता धर्ना र विरोधमा उत्रिएका छन्। त्यस्तै डोटी जिल्ला प्रहरी कार्यालयले पनि बचतकर्ताको कागजात सङ्कलन गरिरहेको जनाएको छ।, उक्त सहकारीको डोटी शाखा सञ्चालनमा रहे पनि हाल बन्द अवस्थामा छ। डोटीमा मङ्गलबारसम्म चार सय ७९ बचतकर्ताले निवेदन पेस गरेको प्रहरीको भनाइ थियो।,
शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात संकलन गर्दै प्रहरी |
हरि बुढामगर सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु। झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ।, तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ।, विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन।, मेरो परिवार यतिबेला बेलायतमा छ। मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो साथ दिएको छ।, त्यति मात्रै होइन, नेपाल र विश्वका कुना–कुनाबाट मलाई फोन कल र सन्देशमार्फत हौसला प्रदान गर्ने धेरै हुनुहुन्छ। , म कुनै समय विक्षिप्त भइ आत्महत्या गर्ने सोचमा समेत पुगिसकेको थिए।, रक्सीको लतमा फसेर जीवन बर्बाद गर्ने अवस्थासम्म आएको थियो तर त्यसबाट बाहिर निस्किर आज यो अवस्थामा आइपुग्न साथ दिने सबै मेरो यो सफलतामा म जत्तिकै हकदार हुनुहुन्छ।, हामी नेपालीहरु सगरमाथा, बुद्ध र गोरखालीको देशका रुपमा विश्वभर परिचित छौं।, यी तीन वटै कुरामा म व्यक्तिगत रुपमा जोडिएको छु। स्कुल पढ्दा हामीले सगरमाथाबारे पढेका थियौं।, तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेका कथा सुन्दा म पनि चढ्न पाए हुन्थ्यो भन्ने हुन्थ्यो।, तर करिअर बनाउने सिलसिलामा ब्रिटिस आर्मीमा भर्ना हुन पुगे।, त्यहाँ केही समय सेवारत भए। सेवाकै क्रममा अफगानिस्तान तैनाथ हुँदा युद्धमा परी म घाइते हुन पुगे । फलस्वरुप मेरा घुँडासम्मका दुवै खुट्टा गुमे।, घाइते भएपछि मेरा पीडाका दिन सुरु भए।, शारीरिक र मानसिक पीडाले लामो समयसम्म दुःख दियो। मेरो भाग्य र कर्ममै खोट रहेछ, पुरानो जन्मको फल होला भन्दै आफैलाई कैयन पटक धिक्कारेको छु।, अब मेरो जिन्दगी नै सकियो भन्ने निचोडमा पुगिसकेको थिए। , त्यही बेला पीडा भुलाउन रक्सी बाहना बन्यो। करिब डेढ वर्षसम्म रक्सीको लतमा जीवन डुब्यो।, यतिसम्म कि रक्सी नपिउँदा शरीर काम्न थाल्यो। हरेक दिन रक्सी अनिवार्य जस्तै बन्यो।, कतिपटक आत्महत्या गर्ने सोच पलायो अहिले भन्न सक्दिन। तर आफू मरेर परिवार र सन्तानलाई किन पीडा दिनु? भन्ने सोचले आत्महत्या पनि गर्न सकिन।, लामो समयसम्म रक्सीको लतमा फसेपनि केही समयपछि भने मनमा बाँच्ने रहर पलाएर आयो। घर परिवार र सन्तानको मायाले मलाई आफू बाँच्नुपर्छ भन्ने लाग्यो।, म आफूलाई खेल तथा साहसिक गतिविधिमा केन्द्रित गराए। यो मेरो जीवन परिवर्तन गर्न सहयोगी बन्यो। यसैक्रममा स्की खेल्न युरोप र अमेरिकामा पनि पुगे। , एड्भेञ्चर खेल खेल्दा विद्यालयमा छँदा पढेको आफ्नै सगरमाथाको तस्बिरले पछ्याउन थाल्यो।, विश्वका अन्यत्र स्थानका हिमाल देख्दा सगरमाथाको झल्को अझ बढ्न थाल्यो। यसबीच मैले माउन्टेनरिङसम्बन्धी तालिम लिएँ। माउन्टेन प्रशिक्षक भएर काम पनि गरें।, अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी पनि बने। तालिमका क्रममा गोसाइँकुण्डसम्म पुगे। , हाइ अल्टिच्युडमा कस्तो हुन्छ? शारीरिक रुपमा सम्भव छ वा छैन भन्ने अनुभव भयो।, स्की खेल्दा सुरुमा दुवै खुट्टाले खेले पनि पछि बसेर खेल्न थाले।, जर्मनी र अष्ट्रियामा रहँदा भेटिएका म जस्तै १२/१५ जना साथीहरूका बीचमा आफूलाई अब्बल सावित गर्न सफल भएँ। यी सबै अनुभवले मलाई इच्छाशक्ति भयो भने असम्भव केही छैन भन्ने पाठ सिकायो। , मलाई सगरमाथा चढ्नका लागि भने लामो समय लाग्यो।, मैले सन् २०१८ मै सगरमाथा आरोहणको योजना बनाएको थिएँ। तर सरकारले दुई आँखा र दुई खुट्टा नहुनेलाई आरोहणमा प्रतिबन्ध लगायो।, यसका विरुद्ध हामी अदालत गयौँ र त्यहाँबाट बाटो खुल्यो। सन् २०१९ मा आरोहणका लागि आवश्यक रकम जुटाउन सकिन। त्यसपछि कोरोना महामारीका कारण योजना पाँच वर्ष पछाडि धकलियो।, तर यसपटक भने सफल भएँ। मलाई धेरैले प्रश्न गर्छन्, दुवै खुट्टा नभएकाले कसरी सगरमाथा चढिस? म भन्छु, मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ।, यसअघि मैले मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका हिमाल आरोहण गरिसकेको छु। साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि मेरो नाममा छ।, आधार शिविरमा १८ दिन, सगरमाथा आरोहणका क्रममा हामी अप्रिल ५ मा मेरापिक बस्यौं।, दुई पटक मेरापिक चढेपछि हामी सगरमाथाको आधार शिविर पुग्यो। मौसम बिग्रिएकाले आधार शिविरमा १८ दिन बस्यौं।, मौसम सफा हुँदै गएपछि दोस्रो आधार शिविरतर्फ लाग्यौं।, त्यहाँ मौसमले साथ नदिएपछि म पहिलो आधार शिविर फर्किए।, साथीहरुले त्यहीँ बसेर अन्य व्यवस्थापकीय काममा जुटे। जब मौसम अनुकुल भयो हामी सगरमाथा चढ्न सक्यौं।, सगरमाथा आरोहणमा निकै ठूलो पीडा भोग्यौं। समूहका सबै साथीहरु चुचुरोसम्म पुग्न सक्नुभएन।, सगरमाथा चुचुरोबाट धेरै फोटो खिच्ने र त्यहाँबाट हिमालहरु हेर्ने सपना भने मौसम बिग्रिएकाले पूरा हुन सकेन। , अब मैले बाँकी जीवन सामाजिक काममा सक्रियताक साथ बिताउने योजना बनाएको छु।, पुरानो उपलब्धिका आधारमा सामाजिक कार्यमा सक्रिय हुनेछु। मलाई जस्तै अवस्था अरूलाई नआओस् भन्ने चाहना छ।, अब फाउन्डेसनमार्फत सशक्तिकरणमा लाग्ने योजना बनाएको छु।, यसमार्फत एकजनाको मात्रै जीवनमा सुधार ल्याउन सकियो भने त्यसले सकारात्मक ऊर्जा दिन्छ।, अवसरबाट वञ्चित र साहसिक कार्यप्रति रुचि भएकालाई हौसला दिने योजना बनाएको छु। , ममा अझै पनि खुट्टा गुमाउँदाको पीडा ठूलो छ। युद्धका कारण मैले दुवै खुट्टा गुमाएको छु।, युद्धका कारण मेरो जीवनमा परेको असर म भुल्न सक्दिन। त्यसैले विश्वमा अशान्ति मच्चाउनेहरुलाई सगरमाथाको शीरबाट शान्तिको कामना गर्न चाहन्छु। , (सगरमाथा आरोहण गरी हिजो काठमाडौँ फर्केपछिको कुराकानीमा आधारित उनको अनुभव राष्ट्रिय समाचार समिति (रासस) समाचारदाता सिबी अधिकारीले प्रस्तुत गरेका हुन्।),
,
सगरमाथा खुट्टाले होइन आत्मबलले चढें |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध मुद्दा दर्ता भएको छ। , प्रहरीले पक्राउ गरेका १६ जना प्रतिवादी र फरार रहेका १४ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो। , सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरूविरूद्ध पाँच वटा कसुरमा मुद्दा दर्ता गरेको हो।, राज्यविरूद्धको कसुर, ठगी, संगठित अपराध, कीर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको हो।, काठमाडौंका ३० वर्षका केशव तुलाधर, ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जन, ३४ वर्षीय हरिभक्त महर्वज, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं फरार छन्। , यस्तै, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक पनि फरार रहेको उल्लेख छ। , प्रहरीले यस प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ। , जसमध्ये उच्च राजनीतिक एवं उच्च कर्मचारी तहका व्यक्तिहरूको संलग्नता देखिएको छ। , पूर्वउपप्रधान एवं नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, गृह मन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। , पूर्व कांग्रेस सभासद आङटावा शेर्पा, सुजाता कोइरालका पूर्वपिए केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, बिक्रम भन्ने गोविन्दकुमार चौधरी, रामशरण केसी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई पक्राउ परेका छन्। , सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परी बयानमा अभियुक्तहरूले नाम लिएका व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्न बाटो खुलाएको छ। , अख्तियार प्रमुख प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित लगायतको नाम बयानको क्रममा आएका छन्। , उनीहरूमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको हो। ,
नक्कली भुटानी शरणार्थी प्रकरण: को हुन् १४ फरार प्रतिवादी? |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन तयारी गरेपनि साढे ५ बजेतिर नभ्याउने बताएको थियो।, प्रतिवेदनको अन्तिम फाइल तयार नभएकाले आइतबार प्रहरीले प्रतिवेदन बुझाउन सकेको थिएन।, आज सकेसम्म चाँडै प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। , यस्तै आइतबार मात्रै थप पाँच जनाले आङटावा शेर्पाविरूद्ध जाहेरी दिएको थियो। योसँगै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीको संख्या १२५ पुगेको छ। , नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। , नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्।, यस्तै केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।, यस प्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन्।,
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशकाे पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ। , काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेका कारण भिजिबिलिटी केही कम भएको छ भने केही स्थानमा फाट्टफुट्ट पानी परेको छ। कोशी प्रदेशको उत्तरी पश्चिम भूभागमा पनि हल्का वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन्। , उनका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। , कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।, कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ।काठमाडौं उपत्यकामा मध्याह्न र अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद शाक्यले बताइन्। , ,
यस्तो छ आजको मौसम |
रासस मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा भेडाबाख्राको ठूलो बथान भेटिन्छन्। अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन्। , गत मंसिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातादेखि लेकतिर उक्लिन थालेका छन्। औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालिएको हो। ६ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी गरी राख्छन्।, बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा बढी भेडाबाख्रा पालन हुने हुँदा गोठाला हप्तौँको यात्रा गरेर बुकी पुग्ने गर्छन्। बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखिनै लेक चढ्न थाल्छन्।, असारको दोस्रो सातासम्म तमानखोलाको सोलेडाँडा, बागलुङ, पूर्वी रुकुम र रोल्पाका सिमाना पातीहाल्ने क्षेत्रमा बिताउने र त्यसपछि बुकी चढ्ने गर्छ। मध्य असारसम्म बुकीमा प्रसस्तघाँस नपलाउने हुँदा त्यस बेलासम्म बस्तीभन्दा माथिल्लो जङ्गलमा डेढ महिना भेडाबाख्रा चराउने गरिन्छ।, अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँमा मात्रै बेसी झर्छन्। बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउँछन्। यतिबेला उनीहरुले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन बोकेर जाने गर्छन्। , बर्खामा लेक र हिउँदमा बेसी गर्ने भेडागोठाले कात्तिक लागेपछि भेडा बेच्न बजारसम्म पुग्ने गर्छन्। अहिले सडकको पहुँचले गर्दा व्यापारी गोठमै पनि भेडा खरिद गर्न पुग्छन्। पहिले दुई साता हिँडेर भेडा बेच्न बजार झरेका भेडापालक कृष्णबहादुर घर्तीमगरले बताए।लेकमा घाँस पलाएर भेडाबाख्राले खाने हुन थालेपछि लेक लैजान थालेको उनको भनाइ छ।, ‘यसपालि त बर्खा नलाग्दै ठूलो पानी परेर लेकमा घाँस पलाए। बेसीमा घाँस सकियो, यहाँ पाल्न सकिँदैन,त्यसकारण लेकतिर झरेका छौं,’ घर्तिमगरले बताए। , तमानखोला गाउँपालिका–५ का भेडापालक देवबहादुर विकले अहिले आफूहरु तीन हजार दुई मिटरको उचाइमा रहेको बताउँदै अब केही दिनमै चार हजार दुई सय मिटरको उचाइसम्म भेडा लिएर जाने बताए। , गर्मी मौसममा भेडा औलमा बस्दा बिरामी पर्ने भएकाले गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उनको भनाइ छ। हिउँदमा माथिल्लो क्षेत्रमा अत्यधिक चिसो हुने र भेडाले चिसो सहन नसक्ने हुँद बेसी झारिने उनले बताए। , भेडीगोठ यतिबेला तिलाचन, पाती हाल्ने शैलुङ, तल्लो फागुनेतिर लैजान सुरु भएको छ। , ‘हामीहरु लेक बेँसी गर्न थालेको चालिसौँ वर्षभन्दा बढी भयो, भेडा नपाली खान लाउन पुग्दै, यही बेचेर परिवार चलाउँदै आएका छौँ, काम त गर्नै प¥यो जे गरे पनि,’ उनले भने। , उनले युवा पुस्ताले भेडापालनमा चासो नदिँदा पहिलेको जस्तो चहलपहल नभएको बताए।, यसले गर्दा परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन थालेको गुनासो गरे। पहिले बुकीमा बीसौँ हजार भेडाबाख्रा हुने गरेको भन्दै अहिले निकै कम भएको उनको भनाइ छ। , पश्चिम बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि भेडापालनमा स्थानीयको चासो उत्तिकै देखिन्छ।भेडापालक कृषकले रहेक वर्ष चार लाखदेखि १२ लाखसम्म आम्दानी गर्न सकिने उनले बताए ,
लेक चढ्न थाले भेडी गोठ |
सेतोपाटी संवाददाता धनगढीमा आज पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने भएको छ।, आइतबार नागरिक अभिनन्दनका लागि पूर्वराजा शाहको परिवार धनगढी पुगेको हो। , पूर्वयुवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्।, पूर्वराजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको आयोजकले जनाएको छ।, धनगढीको रंगशालामा आज ३ बजेदेखि नागरिक अभिनन्दन गरिने समितिका संयोजक जयन्त चन्दले जानकारी दिए।, यसअघि जेठ ६ गते हुने भनिएको पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम थियो। नेपाल बन्द हुने चर्चाका कारण सोमबारका लागि सारीएको आयोजकले जनाएको छ।,
पूर्वराजा ज्ञानेन्द्र शाह धनगढीमा |
रासस जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ भएको छ। जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सी धानको पर्यटकीय प्रवर्द्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ। , कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बीउ रोपी महोत्सवको शुभारम्भ गरे। कृषिमन्त्री खेतमा पुगेपछि मार्सी धानको महत्व अझै बढेको किसान बताउँछन्। , पछिल्लो समयमा मार्सी धानमा रोगको सङ्क्रमण बढेको जनाउँदै किसानले धान रोप्न छोडेका थिए। , मार्सी धानको उत्पादनमा लाग्न किसानलाई थप हौसला बढेको स्थानीयवासी मुनबहादुर ऐडीले बताए। जुम्लाबाट उत्पादन हुने हरेक अर्गानिक फलफुललाई बजारीकरण गर्नदेखि छुमचौरमा उत्पादन हुने काली मार्सी धानलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारको कृषि मन्त्रालयले आवश्यक सहयोग गर्न भएको छ। , मार्सी धानको चामल विश्व बजारसम्म सहजरुपमा पुर्याउनका लागि प्रदेश सकारले सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने कृषिमन्त्री शर्माले जानकारी दिए।, नेपाली बजारमा पछिल्लो समयमा मार्सी चामलको माग अत्यधिकरुपमा हुने गरेको छ।, आन्तरिक तथा बाह्य पर्यटनलाई सिधै छुमचौरमै ल्याउन सके अझै यहाँको मार्सी धान चामलको बजार मूल्य बढ्ने भएकाले प्रदेश सरकारले छुमचौरलाई विशेष प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ। , समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराले बताए।, पालिकाको आफ्नौ बजेटमा मार्सी रोपाइँ हुने जिउलोमा घेरबार गरेका छौं।, बजेटको अभावले अझै हुन सकेको छैन। मार्सी धान संरक्षण गर्नेका लागि गाउँपालिको आउने वर्षको नीति तथा कार्यक्रमबाट बजेटको थप व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।, धान खेती घट्दै , यहाँको पातारासी–३ स्थित छुमचौर जिउलोमा काली मार्सी धानको खेती घट्दै गएको छ। काली मार्सी धान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु सिमी, मकै, कोदो, चिनो, कागुनोको खेती गर्न थालेका छन् । बर्सेनि खेत बाँझो हँुदै जाँदा किसान मार्सी धानको खेती छोड्न थालेको पातारासी–३ का स्थानीयवासी ललिता बुढाले बताए। , काली मार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् ।, मार्सी धानको खेती गर्दा रोग किरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेको यहाँका किसान बताउँछन् ।, यहाँ धानको उत्पादन कम हुन थालेपछि धानको याममा अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन्। जिउलोमा धान पाक्न आठ महिना लाग्दछ।, एक महिना यार्सा सङ्कलन गर्दा तीन गुण बढी आम्दानी हुने भएपछि उनीहरु पाटन जाने गरेका स्थानीयको भनाइ छ।, यार्साबापत एक परिवारले एक महिनामा न्यूनतम रु ५० हजारदेखि एक लाखसम्म कमाउँ थालेपछि यहाँका स्थानीयवासीको रोजाइमा मार्सी धानभन्दा यार्सा सङ्कलनमा जाने गरेको पातारसी गाउँपालिकाको कृषि शाखाले जनाएको छ।, कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा दुई सय आठ सय हेक्टरमा धान खेती हुने गरेको कार्यालयले जनाएको छ ।,
जुम्लामा मार्सी धान रोपाइँको चटारो |
रासस नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ। , वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो। , कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो। , कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट ७४ लाख ९२ हजार आठ सय ८१ बक्यौता रकम उठाउन बाँकी छ। , ती ग्राहकाले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उनले जानकारी दिए। उनले भने, ‘बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो। सबैले प्रयोग गरौँ।’, यस वितरण केन्द्रअन्तर्गत एक लाखभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक छन्। बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको पौडेलले बताए।। , उनका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन्। ,
विद्युत महशुलको बक्यौता रकम नतिर्ने २७० ग्राहक कालोसूचीमा |
सेतोपाटी संवाददाता बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ।, आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। , घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको छ। , हात्तीको मृत्युको कारण थाहा हुन सकेको छैन। मृत हात्तीलाई स्थानीयवासीले पूजा गरेका छन्।, हात्तीको पोस्टमर्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट पशु चिकित्सकहरुको टोली झापा आउने भएका छन्।,
झापाको आदर्श सामुदायिक वनभित्र मृत भेटियो हात्ती |
सेतोपाटी संवाददाता सप्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।, हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित सोमबार बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिए।, मृतक अन्दाजी २०/२२ वर्षीय युवक हुन्।, अहिलेसम्म उनको परिचय खुल्न नसकेको डिएसपी सिंहले बताए।, ‘धारिलो हतियारले प्रहार गरी हत्या भएको देखिन्छ,ʼ उनले भने, ‘शरीरको अन्य भागमा चोटपटक लागेको देखिँदैन।ʼ, बिहान स्थानीयले खबर गरेपछि प्रहरी पुगेको थियो। अहिले उनको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पोस्टमर्टमका लागि लगिएको राखिएको छ।, थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
धारिलो हतियार प्रहार गरी युवकको हत्या |
नारायण खड्का छात्रालाई जागिर दिलाउने प्रलोभनमा पारी घरमै बोलाई बलात्कार गरेको आरोपमा एक उपप्राध्यापक पक्राउ परेका छन्। , दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसक उपप्राध्यापक अन्दाजी ५० वर्षीय शेषमणि गौतम एक जना २२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार बेलुका पक्राउ परेका हुन्। , पक्राउ परेका गौतम उक्त क्याम्पसका पूर्व-क्याम्पस प्रमुखसमेत हुन्। उनी अहिले क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष हुन्।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजकुमार गौतमका अनुसार उनले एक छात्रालाई जागिरको प्रलोभन पारी आइतबार दिउँसो घरमा बोलाएका थिए।, ‘मेरी श्रीमतीले विभिन्न ठाउँमा जागिर खान्छिन् र धेरै मानिसलाई चिनेकी छन्। घरमा आउनू अनि मेरी श्रीमतीलाई भनेर तिम्लाई जागिरको व्यवस्था मिलाइ दिऊँला भनेर छात्रालाई बोलाएका रहेछन्,’ पीडितको भनाइ उद्धृत गर्दै डिएसपी गौतमले भने, ‘तर, घरमा श्रीमतीलगायत कोही नभएको हुँदा बैठक कोठामा पुगेपछि ढोका थुनेर बलात्कार गरेको भन्ने खुलेको छ।’, एक टेक्निकल कलेजमा अध्ययनरत ती छात्रा आरोपित गौतमको घरनजिकै कोठा भाडामा बस्दै आएको हुँदा उनीहरूको बीचमा चिनजान भएको प्रहरी अधिकारी बताउँछन्। , आइतबार दिउँसो घटनापछि विक्षिप्त बनेर पीडित छात्रा वडा प्रहरी कार्यालय लमहीमा पुगेर गौतमविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसलगत्तै आरोपित गौतमलाई आइतबार बेलुका नै लमही नगरपालिका वडा नं. ५ रातोडाँडास्थित निवासबाट पक्राउ गरिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। , पीडितको आइतबार नै स्वास्थ्य चेकजाँच भइसकेको प्रहरीले बताएको छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतमले आरोपितलाई जिल्ला अदालतमा म्याद थपका लागि पठाइएको जानकारी दिए।, म्याद थप भइसकेपछि बलात्कारसम्बन्धी मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया सुरू गरिने उनले जानकारी दिए।,
जागिर दिलाउने प्रलोभनमा घरमै बोलाई छात्रालाई बलात्कार गरेको आरोपमा उपप्राध्यापक पक्राउ |
रासस खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ। , विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो । , विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिए। , विभागले गत वर्ष ४ सय पाँच खानी खोजतलासका लागि लाइसेन्स प्रदान गरेको थियो।, विभागले चालु आवमा एक सय ५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष एक सय ५८ खानीलाई उत्खननका लागि अनुमति दिएको थियो। , सूचना अधिकारी बाँस्कोटाले धौवादी फलाम उत्खननका लागि नवलपरासीमा विभागले खानी प्रदान गरेको बताए। , विसं २०३३ देखि आधिकारिकरुपमा स्थापना भई खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले हालसम्म ५० खानीको पहिचान गरी उत्खननका लागि विभिन्न कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ। , उदयपुर सिमेन्ट कारखाना, हेटौँडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुङ्गा खानी विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुङ्गा हो।, विभागका महानिर्देशक डा सुधीर रजौरेले खानी विभागले यस वर्षमात्रै दशभन्दा बढी स्थानमा खानीको अध्ययन गरिरहेको बताए। , उनका अनुसार सङ्खुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौलाबजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुवी, रुकुममा तामा, उदयपुरको रतुवामाइमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढुङ्गाको अध्ययन भइरहेको छ।,
,
विभागले खानीको सम्भाव्यता अध्ययन गरिरहे पनि ल्याबमा प्राविधिक कर्मचारी कमी हुँदा समयमा खानीको रिपोर्ट आउन भने समस्या हुने गरेको छ। विभागले प्रत्येक वर्ष देशका छुट्टाछुट्टै स्थानमा खानीको सम्भाव्यता अध्ययन गरे पनि त्यसको रिपोर्ट आउन भने वर्षौं लाग्ने गरेको छ।, खनिजजन्य पदार्थको चेकजाँचको लागि विभागको ल्याबमा ११ जनाको दरबन्दी रहे पनि हाल दुई जनामात्र कार्यरत छन्। थोरै जनशक्ति भएको कारण विसं २०७२ सालमा अध्ययन गरेको खानीको रिपोर्ट अहिलेसम्म आउन सकेको छैन।, विभागले चालु आवको फागुन महिनासम्म खानी उत्खननका लागि अनुमति प्रदान तथा लाइसेन्स प्रदान गरेर ३५ करोड ६६ लाख ३३ हजार ४४ राजस्व सङ्कलन गरेको छ। गत वर्ष फागुन मसान्तसम्म ९३ करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो। ,
४ सय २० खानीलाई ‘लाइसेन्स’ प्रदान |
सेतोपाटी संवाददाता आफूले चलाएको सहकारीबाट निक्षेपकर्तालाई रकम फिर्ता दिन नसकेपछि फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ।, विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार आइतबार मेयर नेपालीसहित चार जनालाई विदेश जानसक्ने भन्दै निगरानी सूचीमा राखिएको हो।, ‘उहाँहरूले सहकारीबाट करोडौं रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको र शुक्रबारदेखि सम्पर्कविहीन भएको खबर गृह मन्त्रालयबाट आएको थियो। देश छोडेर भाग्न सक्ने भएकाले त्रिभुवन विमानस्थलसहित हाम्रा मातहतका कार्यालयलाई उनीहरूको निगरानी गर्न निर्देशन दिइएको छ।’, इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्।, नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाग्लुङको हटिया र बुर्तिबाङ बजारमा छन्।, एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए। उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए।, बुर्तिवाङ बजारमा दरबार होटल पनि सञ्चालन गर्ने नेपालीले पैतृक सम्पत्ति बेचेर भए पनि निक्षेपकर्ताको रकम फिर्ता गर्ने बताएका थिए।, उनी एकाएक सम्पर्कविहीन भएपछि बाग्लुङ प्रहरीले उनको खोजी गरिरहेको छ।, यसैबीच मेयर नेपालीका आफन्तले आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा मेयरको एउटा पत्र दिएका छन्।, उक्त पत्रमा आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने उल्लेख गरिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बताए।, ‘उहाँका आफन्तले हिजो त्यो पत्र हाम्रो अफिसमा ल्याएर छोडेका रहेछन्। हामी उहाँलाई खोजिरहेका छौं,’ अधिकारीले भने। ,
‘फरार’ भएका ढोरपाटनका मेयर अध्यागमनको निगरानी सूचीमा |
सेतोपाटी संवाददाता प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।, सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। , ‘प्रहरीले प्रतिवेदन ल्याएको छ। बुझिलिने काम भइरहेको छ,’ उनले भने। , परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि प्रतिवेदन बुझाउन पठाएको बताए। , ‘प्रतिवेदन पठाएका छौं। हामीले सरकारी वकिललाई रायसहित प्रस्ताव गरेका छौं। अहिले प्रस्ताव मात्रै भएकाले पनि कुनकुनमा लगेका छौं भन्न मिल्दैन,’ उनले भने। प्रहरीले यसको अनुसन्धान ठगी एवं संगठित अपराधमा गरिरहेको थियो। तर उच्च राजनीतिक तहका नेताहरूले नै नेपालीलाई अनागरिक बनाउन चलखेल गरेको अनुसन्धानबाट देखिएपछि राज्यविरूद्धको कसुरमा समेत मुद्दा चलाउनुपर्ने रायसहित प्रस्ताव गर्ने तयारी गरेको थियो।, प्रहरीले यस प्रकरणमा झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ। यसअघि २६ करोडको बिगो देखिएपनि आइतबार मात्रै आङटावा शेर्पाविरूद्ध थप पीडितले जाहेरी दिएका थिए। त्यससँगै बिगो रकम बढेको हो।, प्रहरीले चैत १२ गतेदेखि सुरू गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिएको हो। सरकारी वकिलले पनि यस प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्ने बताएको छ। , यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। यस्तै १२ जना भन्दा बढी फरार समेत छन्। , यो पनि पढ्नुहोस्- , केशव दुलाल र सानु भण्डारीले बुनेको योजनामा कसरी राज्य परिचालित हुँदै गयो?, प्रहरीले यस घटनामा मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारीलाई बनाएको छ। दुलाल मोरङ पथरीका हुन्। यता भण्डारी भने सुनसरी इटहरी घर भएर पछिल्लो समय ललितपुरको इमाडोलमा बस्थे। उनीहरूबीच पुरानो चिनजान थियो।, दुलाल २०६६ सालमा उपप्रधान एवं परराष्ट्रमन्त्री बनेकी सुजाता कोइरालाका पिएसमेत नियुक्त भएका थिए।, उनीहरू दुई जनाले मिलेर यसैगरी पुनर्वासमा पठाउने बेलामा कम्तीमा पनि १३ हजार नेपालीलाई विदेश पठाएको हुनसक्ने प्रहरीको अनुमान छ। त्यसबेला पनि उनीहरूले यसैगरी थुप्रै मानिससँग पैसा उठाएको स्रोतले बतायो।, यसपालि पनि उनीहरूले नेपालीलाई शरणार्थी बनाएर विदेश पठाउने नाममा पैसा असुल्न सकिने योजना बनाए। त्यसका लागि राज्यशक्तिमा पहुँच बनाउन उनीहरूले सबैभन्दा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई उपयोग गरे।, रायमाझीसँग सानु भण्डारीको पुरानो सम्बन्ध थियो। उनी रायमाझीलाई मामा भन्थे। यो योजनामा सघाउन उनीहरूले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि जोडे। नेपाली मूलका भुटानीहरूको अधिकारका लागि लामो समय संघर्ष गरेका रिजाल भुटानमा १० वर्षसम्म बढी समय जेल परेका मानिस हुन्। , रिजाललाई नेपाल सरकारले लामो समयसम्म राज्यकोषबाट मासिक भत्ता र एउटा गाडी, ड्राइभर उपलब्ध गराएको थियो। तर पछिल्लो दुई वर्षदेखि उनले पाउँदै आएको सो सुविधा काटिएको थियो। , टोपबहादुर, सानु र केशवले राज्यले दिँदै आएको उक्त सुविधा पुन: सुरू गराइदिने वचन दिए र आफ्नो योजनामा सहयोग मागे।, प्रहरीका अनुसार टोपबहादुरले नै रिजाललाई भेटेर सरकारबाट रोकिएको सेवासुविधाको लागि आफूहरूले लबिङ गरिदिने वाचासमेत गरेको देखिन्छ। त्यसका लागि रिजालले आफूहरूलाई सहयोग गर्नुपर्ने उनले शर्त राखेका थिए। रिजालले त्यसलाई स्वीकार गरे।, ‘त्यसपछि राज्यकोषबाट उनलाई एउटा गाडी र मासिक एक लाख सेवा सुविधा दिइयो,’ स्रोतले भन्यो।, टोपबहादुर, टेकनाथ, सानु र केशवले त्यो बेला मन्त्रालयमै खिचाएको एउटा फोटो पनि प्रहरीले भेटेको छ।, सानु र केशवले भनेपछि टेकनाथ रिजालले एउटा भुटानी अधिकारवादी संस्थाबाट विभिन्न नेपालीहरू भुटानी शरणार्थी हुन् भनेर नक्कली परिचयपत्र बनाइदिएको खुलेको छ। पछि सो नक्कली परिचय पत्रसहित मानिसहरू पक्राउ पर्न सक्ने आशंकाले धेरै मानिसबाट ती परिचयपत्र पुन: संकलन गरेर जलाएको पनि स्रोतले बतायो। तर जलाउनुपूर्व मानिसहरूले खिचेका ती परिचयपत्रको फोटो प्रहरीले प्राप्त गरेको छ। राज्यकोषबाट सेवा सुविधा उपलब्ध गराउनुका अलावा गिरोहका सदस्यले रिजाललाई पैसा पनि दिएको प्रहरीले बताएको छ।, त्यसबाहेक प्रहरीले २०-४० वटा नक्कली परिचयपत्र नै बरामदसमेत गरेको स्रोतले जनाएको छ। यसबीचमा थुप्रै बिचौलियाहरू प्रयोग भएको देखिन्छ। बिचौलियामध्ये सन्देश शर्मा, सागर राई लगायतको भूमिका मुख्य देखिन्छ।, यो गिरोहलाई गृह मन्त्रालयमा पहुँच स्थापित गर्ने काममा पनि टोपबहादुर रायमाझीले सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।, त्यो बेला रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए। इन्द्रजित राई बादलको सुरक्षाविज्ञका रूपमा काम गर्थे। भूमिगत कालमा कुनै समय बादल राईकै भोजपुरस्थित घरमा बसेका थिए। उनले त्यसलाई सेल्टरका रूपमा प्रयोग गर्थे। त्यसैले राईको बादलसँग राम्रो सम्बन्ध थियो। , टोपबहादुर र गिरोहका सदस्यहरूको कुरा सुनेपछि इन्द्रजित राईले कार्यदल बनाउनुपर्ने बताएका थिए। त्यसैअनुसार नै कार्यदल बनेको प्रहरीको अनुसन्धानबाट देखिन्छ। गृहमन्त्री बादललाई पनि यो सबै कुराको जानकारी थियो, त्यसैले उनका छोरालाई पनि गिरोहले पैसा दिएको प्रहरीको दाबी छ।, राईको सिफारिसमा गृह मन्त्रालयले २०७६ जेठ ३० गते सहसहचिव बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल बनाएको हो। त्यसमा विज्ञ भनेर गणेशबहादुर केसीलाई राख्न प्रस्ताव गरिएको थियो। जबकी उनको शरणार्थीसम्बन्धी कुनै विज्ञता नै थिएन। उनी गिरोहले सिफारिस गरेका मानिस थिए।, कार्यदलका अर्का सदस्य दीपक न्यौपाने थिए। जसलाई केही समयमै कार्यदलबाट हटाइएको थियो। यसरी केसीलाई कार्यदलमा समावेश गराउनु र न्यौपाने हटाउनुमा इन्द्रजित राईको भूमिका देखिएको स्रोतले जनाएको छ।, कार्यदल बनाएपछि सानु भण्डारी, केशव दुलाल, टोपबहादुर र इन्द्रजित राईबिच थापाथलीस्थित आँगन रेस्टुरेन्टमा भेट भएको र त्यही राईलाई एक करोड ६० लाख रुपैयाँ बुझाएको अनुसन्धानमा देखिएको छ।, कार्यदल बनाउनुअघि नै गिरोहका सदस्यले राईलाई प्रयोग गरेर केही कर्मचारीको सरूवा गराएको पनि प्रहरीले बताएको छ। इन्द्रजित राईलाई शरणार्थी समन्वय इकाई (आरसियू) खटिएका कर्मचारीको सरूवा गरिदिन भनेर मेसेज पठाएको र त्यसको दुई दिनमा कर्मचारीको सरूवा भएको देखिएको अनुसन्धानमा देखिन्छ। सरूवा गरेपछि इन्द्रजितले सरूवा गरिदिएको पत्र पनि दुलाललाई पठाएको प्रमाण प्रहरीले संकलन गरेको छ।, यसरी गिरोहको काम गर्दै उनीहरूबाट राईले पटक-पटक रकम बुझेको प्रहरी स्रोत बताउँछ। प्रहरीले बरामद गरेको डायरीबाट पनि उनले रकम बुझेको खुलेको हो।, पन्थीको कार्यदलले २०७६ कात्तिक १ गते गृह मन्त्रालयमा प्रतिवेदन बुझायो। जसमा उनले बुझाएको प्रतिवेदनमा वास्तविक भुटानी शरणार्थीहरूकै सूची राखेर बुझाएको प्रहरीले बताएको छ।, सो प्रतिवेदनमा पनि युएनएचसिआर र शरणार्थी समन्वय इकाईले तयार गरेको लगतमा दर्ता हुन छुट भएका भुटानी शरणार्थीका रूपमा ४२९ जनाको सूची प्राप्त भएको उल्लेख गरियो। , त्यही प्रतिवेदनले उनीहरूलाई कूटनीतिक प्रयास गर्दा शरणार्थी तेस्रो देशमा पुनर्वास गराउन सम्भव हुने सिफारिस गरिएको थियो।, तर कार्यदलले वास्तविक व्यक्तिहरूकै नाम सिफारिस गरेपछि सानु भण्डारीले इन्द्रजितसँग सोधेका थिए।, ‘पैसा लिएर पनि किन काम नगरेको भनेर सानुले इन्द्रजितलाई सोधेका रहेछन्। उनी अलि कडा रूपमै प्रस्तुत हुने स्वभाव रहेछ,’ स्रोतले भन्यो।, त्यतिबेला उक्त प्रतिवेदन पारित गर्ने भन्दै प्रतिवेदन मन्त्रिपरिषदमा पठाइएको थियो। तर प्रेमकुमार राई गृहसचिव हुँदा उनले त्यहीँ रोकेको प्रहरी बताउँछ। त्यसैबीच इन्द्रजितले काम हुँदैछ भनेर उक्त प्रतिवेदन सामाजिक समितिमा पठाएका थिए।, गृहसचिव राईको माघ २० मा सेवानिवृत्त भएका थिए। त्यसपछि उनलाई केपी शर्मा ओली सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गर्यो।, त्यसपछि गृहसचिवमा महेश्वर न्यौपाने आएका थिए। प्रहरीले उनको भूमिकामाथि पनि आशंका गरेको छ। तर उनीविरूद्ध प्रमाण भने फेला पारिसकेको छैन।, त्यसपछि सरकार पनि परिवर्तन भएको थियो। २०७८ असार २९ मा शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै बालकृष्ण खाण गृहमन्त्री बने। त्यसपछि गिरोह फेरि सक्रिय बनेको प्रहरीको अनुसन्धानबाट देखिन्छ। यसमा अर्का एक जनाको सहभागिता देखिन्छ।, प्रहरी स्रोतका अनुसार बेचेन झा भन्ने व्यक्तिले मध्यस्थता गरेका थिए।, यसअघि बिचौलिया हुँदै गृह नेतृत्वसम्म पुगेको देखिन्थ्यो भने खाण आएपछि गृह नेतृत्वबाटै गिरोहसम्म सम्पर्क भएको थियो। प्रहरीले बेचेन झाको भूमिकाबारे भने थप खुलाएको छैन।, महेश्वर न्यौपाने सेवानिवृत्त भएपछि बालकृष्ण खाणले आफ्नो रोजाइअनुसार टेकनारायण पाण्डेलाई गृहसचिव बनाए। चितवनको भरतपुर महानगरपालिका-१९ शारदा माविका प्रधानाध्यापक रहेका नरेन्द्र केसीलाई पनि यता आफ्नो सहयोगी बनाए। केसी विद्यालयमा काज मिलाएर खाणको पिए बन्न आए।, खाणले शरणार्थीबारे चासो देखाएका थिए। चासो देखाएसँगै उनले यसको लागि भनेर छुट्टै एउटा समिति समेत बनाए।, झापाका सहायक सिडिओको अध्यक्षतामा उनले एउटा समिति बनाएका थिए। युएनएचसिआरका प्रतिनिधि समेतलाई बोलाएर छलफल गरे। मन्त्रिपरिषदमा रहेको उक्त प्रतिवेदन पनि पारित भएर आएको थियो।, तर त्यसैबीच खाण र गृहसचिव पाण्डेले मिलेर अर्को प्रतिवेदन बनाए। उनीहरूले त्यसमा कार्यसूची नै बनाएर प्रतिवेदनमा ८७५ जनाको नाम थपेको प्रहरी स्रोतले बतायो।, ‘नाम थपेर त्यही प्रतिवेदन देखाएर उनीहरूले पैसा उठाएको देखिन्छ,’ स्रोतले भन्यो।, यसबीच खाण, उनका सहयोगी केसी र गृहसचिव पाण्डेले पनि रकम बुझेका थिए। प्रहरीले केसी र पाण्डेको मोबाइल फोनबाट कुराकानी भएका च्याटको प्रमाणसमेत संकलन गरेको छ।, गृहमन्त्रीस्तरबाटै काम भइरहेको भन्ने जानकारी पीडितहरूले पाएका थिए। शरणार्थीको बायोमेट्रिक्स, अन्तर्वार्ता लगायतका लागि पनि गृह मन्त्रालयकै गाडी प्रयोग भएको थियो। जसले गर्दा पनि पीडितहरू अमेरिकालगायत तेस्रो मुलुकमा जान पाइनेमा विश्वस्त थिए।, गृह मन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँले चढ्ने गाडी नै चितवन पुगेको थियो। अहिले प्रहरीले उनको गाडीलाई पनि नियन्त्रणमा लिएको छ।, लामो समयसम्म काम नगरी अल्झाइरहेपछि पीडितहरू आजित भइसकेका थिए। त्यसैबीच दुई जना पीडितले गत वर्ष जेठ १८ गते जाहेरी दिएका थिए। गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ७७ जनाको तर्फबाट जाहेरी दिएको थिए। यसरी जाहेरी परेको र दुलाललगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको खबर खाणले पाएका थिए।, त्यो खबरपछि हच्किएका खाणले अर्का व्यक्तिको सहयोग लिए। खाणले पूर्वसभासद आङटावा शेर्पाको प्रयोग गरेको देखिन्छ। खाणले गिरोहबाट १ करोड २५ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको हो।, गिरोहका सदस्यहरू पक्राउ पर्न थालेपछि भने उनले आफ्ना सहयोगी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई एक करोड रुपैयाँ फिर्ता गरे। आङटावाले ७० लाख रुपैयाँ लिएर ३० लाख भने सानु भण्डारीको दाइलाई बुझाएका थिए। यही घटना नै खाणविरूद्ध बलियो प्रमाण बन्न पुगेको हो।, अहिलेसम्म प्रहरी हिरासतमा नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा छन्।, यस्तै केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।, उनीहरूविरूद्ध १२५ जनाले जाहेरी दिएका छन्। प्रहरीले २७ करोड रुपैयाँ बराबरको रकम ठगी भएको बताएको छ। ,
प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन |
सेतोपाटी संवाददाता सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ। , इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो। पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। , सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको उनले बताए।,
सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध |
विनोद सापकोटा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको बुधबारे हटियामा नगरपालिकाले डोजर चलाएको छ।, सार्वजनिक सम्पतिको अतिक्रमण गरेर व्यापार व्यवसाय सञ्चालन भएपछि नगरपालिकाले सोमबार डोजर चलाएको हो।, नगरपालिकाको स्वामित्वभित्र रहेको जग्गा खाली गराउन डोजर चलाइएको हो।, बजारको पूर्व भागबाट डोजर चलेपछि व्यापारीहरूले पसलमा रहेका सामान झिकेर लगेका छन्। यहाँ करिब ४० वटा टहरा थिए।, नगरपालिकाले यसअघि पटक–पटक लिखित, मौखिक र सूचना जारी गर्दा व्यवसायीले टहरा खाली गर्न अटेरी गरेका थिए। उनीहरूले विकल्प दिएर मात्र टहरा भत्काउनुपर्ने बताइरहेका थिए।, नगरपालिकाले ३ वटा डोजर बुधबारे हटियामा चलाएको हो।, बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिको आज बिहान बसेको बैठकले टहरा खाली गराउने निर्णय गरेको थियो।, यो स्थानमा बहुउद्देश्यीय व्यवसायिक भवन बनाउने तयारी छ, लगानी भने ९० प्रतिशत नगर विकास कोषले गर्नेछ।, प्रमुख प्रसाशकीय अधिकृत विनोद न्यौपानेले भवन बनाउन नगर विकाष कोषले प्रतिबद्धता जनाइसकेको बताए।, तस्बिरहरू:,
बिर्तामोडको बुधबारे हटियामा चल्यो डोजर (तस्बिरहरू) |
सेतोपाटी संवाददाता आचरणविपरीत काम गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको छ। , सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गरिएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।, सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसुरमा ऐ. नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) (ख) ले दिएको अधिकार प्रयोग गरी ऐ. नियमावलीको नियम ११० को खण्ड (क) (५) बमोजिम कारबाही गरिएको हो।, उनलाई २०८० जेठ ८ गतेदेखि लागू हुने गरी ३ (तीन) वर्ष बढुवा रोक्काको कारबाही गरिएको जनाइएको छ।,
,
आचरणविपरीत काम गर्ने सशस्त्र प्रहरी निरीक्षकको तीन वर्ष बढुवा रोक्का |
सेतोपाटी संवाददाता भारतमा अलपत्र परेका ७ महिलालाई प्रहरीले उद्धार गरेको छ।, भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जान हिडेका सात महिलालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई साताअघि उद्धार गरेको हो।, कुवेत,ओमन लैजाने भन्दै भारत पुर्याएर एजेन्ट सम्पर्कविहीन बनेपछि अलपत्र परेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद पंगेनीले बताए।, ‘अलपत्र परेपछि भारतीय हेल्पक्रस संस्थाको सहयोगमा उद्धार गरेका हौंʼउनले भने। हेल्पक्रस संस्थाले नेपाली दुतावासलाई पत्रचार गरेपछि ब्युरोले उद्धार गरेको उनले जानकारी दिए। , उनीहरू २५ देखि ३५ वर्षउमेरका छन्। उनीहरू सोलुखुम्बु, रूपन्देही, सुर्खेतका जिल्लाका स्थानीय हुन्।, उद्धार गरेर ती महिलालाई ललितपुरको शान्ति पुनस्थापना गृहमा राखिएको एसपी पंगेनीले बताए। यसबारे थप अनुसन्धान भइहरेको एसपी पंगेनीले बताए।,
भारतमा अलपत्र परेका ७ महिलाको उद्धार |
निशा भण्डारी वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल लगिँदै छ।, उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ।, पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको थियो। , मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ। मच्छिन्द्रनाथको यो यात्रा गुरू बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ।, यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ।, ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौं र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ।, तस्बिरहरू:,
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल लगिँदै (तस्बिरहरू) |
सेतोपाटी नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन्। पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा २७ करोड रुपैयाँभन्दा बढी ठगी भएको उल्लेख छ।, उक्त प्रकरणमा सुरूआतमा ८१ जनाको १३ करोड रुपैयाँ ठगी भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो।, कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ। त्यसपछि थप व्यक्तिले जाहेरी दिएका रिजालले बताए।, उक्त मुद्दामा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। केही व्यक्ति फरार छन्। केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उनको भनाइ छ। गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपितलाई पक्राउ गर्न थालेको हो। (राससको सहयोगमा), यो पनि पढ्नुहोस्- , केशव दुलाल र सानु भण्डारीले बुनेको योजनामा कसरी राज्य परिचालित हुँदै गयो?, प्रहरीले यस घटनामा मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारीलाई बनाएको छ। दुलाल मोरङ पथरीका हुन्। यता भण्डारी भने सुनसरी इटहरी घर भएर पछिल्लो समय ललितपुरको इमाडोलमा बस्थे। उनीहरूबीच पुरानो चिनजान थियो।, दुलाल २०६६ सालमा उपप्रधान एवं परराष्ट्रमन्त्री बनेकी सुजाता कोइरालाका पिएसमेत नियुक्त भएका थिए।, उनीहरू दुई जनाले मिलेर यसैगरी पुनर्वासमा पठाउने बेलामा कम्तीमा पनि १३ हजार नेपालीलाई विदेश पठाएको हुनसक्ने प्रहरीको अनुमान छ। त्यसबेला पनि उनीहरूले यसैगरी थुप्रै मानिससँग पैसा उठाएको स्रोतले बतायो।, यसपालि पनि उनीहरूले नेपालीलाई शरणार्थी बनाएर विदेश पठाउने नाममा पैसा असुल्न सकिने योजना बनाए। त्यसका लागि राज्यशक्तिमा पहुँच बनाउन उनीहरूले सबैभन्दा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई उपयोग गरे।, रायमाझीसँग सानु भण्डारीको पुरानो सम्बन्ध थियो। उनी रायमाझीलाई मामा भन्थे। यो योजनामा सघाउन उनीहरूले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि जोडे। नेपाली मूलका भुटानीहरूको अधिकारका लागि लामो समय संघर्ष गरेका रिजाल भुटानमा १० वर्षसम्म बढी समय जेल परेका मानिस हुन्। , रिजाललाई नेपाल सरकारले लामो समयसम्म राज्यकोषबाट मासिक भत्ता र एउटा गाडी, ड्राइभर उपलब्ध गराएको थियो। तर पछिल्लो दुई वर्षदेखि उनले पाउँदै आएको सो सुविधा काटिएको थियो। , टोपबहादुर, सानु र केशवले राज्यले दिँदै आएको उक्त सुविधा पुन: सुरू गराइदिने वचन दिए र आफ्नो योजनामा सहयोग मागे।, प्रहरीका अनुसार टोपबहादुरले नै रिजाललाई भेटेर सरकारबाट रोकिएको सेवासुविधाको लागि आफूहरूले लबिङ गरिदिने वाचासमेत गरेको देखिन्छ। त्यसका लागि रिजालले आफूहरूलाई सहयोग गर्नुपर्ने उनले शर्त राखेका थिए। रिजालले त्यसलाई स्वीकार गरे।, ‘त्यसपछि राज्यकोषबाट उनलाई एउटा गाडी र मासिक एक लाख सेवा सुविधा दिइयो,’ स्रोतले भन्यो।, टोपबहादुर, टेकनाथ, सानु र केशवले त्यो बेला मन्त्रालयमै खिचाएको एउटा फोटो पनि प्रहरीले भेटेको छ।, सानु र केशवले भनेपछि टेकनाथ रिजालले एउटा भुटानी अधिकारवादी संस्थाबाट विभिन्न नेपालीहरू भुटानी शरणार्थी हुन् भनेर नक्कली परिचयपत्र बनाइदिएको खुलेको छ। पछि सो नक्कली परिचय पत्रसहित मानिसहरू पक्राउ पर्न सक्ने आशंकाले धेरै मानिसबाट ती परिचयपत्र पुन: संकलन गरेर जलाएको पनि स्रोतले बतायो। तर जलाउनुपूर्व मानिसहरूले खिचेका ती परिचयपत्रको फोटो प्रहरीले प्राप्त गरेको छ। राज्यकोषबाट सेवा सुविधा उपलब्ध गराउनुका अलावा गिरोहका सदस्यले रिजाललाई पैसा पनि दिएको प्रहरीले बताएको छ।, त्यसबाहेक प्रहरीले २०-४० वटा नक्कली परिचयपत्र नै बरामदसमेत गरेको स्रोतले जनाएको छ। यसबीचमा थुप्रै बिचौलियाहरू प्रयोग भएको देखिन्छ। बिचौलियामध्ये सन्देश शर्मा, सागर राई लगायतको भूमिका मुख्य देखिन्छ।, यो गिरोहलाई गृह मन्त्रालयमा पहुँच स्थापित गर्ने काममा पनि टोपबहादुर रायमाझीले सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।, त्यो बेला रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए। इन्द्रजित राई बादलको सुरक्षाविज्ञका रूपमा काम गर्थे। भूमिगत कालमा कुनै समय बादल राईकै भोजपुरस्थित घरमा बसेका थिए। उनले त्यसलाई सेल्टरका रूपमा प्रयोग गर्थे। त्यसैले राईको बादलसँग राम्रो सम्बन्ध थियो। , टोपबहादुर र गिरोहका सदस्यहरूको कुरा सुनेपछि इन्द्रजित राईले कार्यदल बनाउनुपर्ने बताएका थिए। त्यसैअनुसार नै कार्यदल बनेको प्रहरीको अनुसन्धानबाट देखिन्छ। गृहमन्त्री बादललाई पनि यो सबै कुराको जानकारी थियो, त्यसैले उनका छोरालाई पनि गिरोहले पैसा दिएको प्रहरीको दाबी छ।, राईको सिफारिसमा गृह मन्त्रालयले २०७६ जेठ ३० गते सहसहचिव बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल बनाएको हो। त्यसमा विज्ञ भनेर गणेशबहादुर केसीलाई राख्न प्रस्ताव गरिएको थियो। जबकी उनको शरणार्थीसम्बन्धी कुनै विज्ञता नै थिएन। उनी गिरोहले सिफारिस गरेका मानिस थिए।, कार्यदलका अर्का सदस्य दीपक न्यौपाने थिए। जसलाई केही समयमै कार्यदलबाट हटाइएको थियो। यसरी केसीलाई कार्यदलमा समावेश गराउनु र न्यौपाने हटाउनुमा इन्द्रजित राईको भूमिका देखिएको स्रोतले जनाएको छ।, कार्यदल बनाएपछि सानु भण्डारी, केशव दुलाल, टोपबहादुर र इन्द्रजित राईबिच थापाथलीस्थित आँगन रेस्टुरेन्टमा भेट भएको र त्यही राईलाई एक करोड ६० लाख रुपैयाँ बुझाएको अनुसन्धानमा देखिएको छ।, कार्यदल बनाउनुअघि नै गिरोहका सदस्यले राईलाई प्रयोग गरेर केही कर्मचारीको सरूवा गराएको पनि प्रहरीले बताएको छ। इन्द्रजित राईलाई शरणार्थी समन्वय इकाई (आरसियू) खटिएका कर्मचारीको सरूवा गरिदिन भनेर मेसेज पठाएको र त्यसको दुई दिनमा कर्मचारीको सरूवा भएको देखिएको अनुसन्धानमा देखिन्छ। सरूवा गरेपछि इन्द्रजितले सरूवा गरिदिएको पत्र पनि दुलाललाई पठाएको प्रमाण प्रहरीले संकलन गरेको छ।, यसरी गिरोहको काम गर्दै उनीहरूबाट राईले पटक-पटक रकम बुझेको प्रहरी स्रोत बताउँछ। प्रहरीले बरामद गरेको डायरीबाट पनि उनले रकम बुझेको खुलेको हो।, पन्थीको कार्यदलले २०७६ कात्तिक १ गते गृह मन्त्रालयमा प्रतिवेदन बुझायो। जसमा उनले बुझाएको प्रतिवेदनमा वास्तविक भुटानी शरणार्थीहरूकै सूची राखेर बुझाएको प्रहरीले बताएको छ।, सो प्रतिवेदनमा पनि युएनएचसिआर र शरणार्थी समन्वय इकाईले तयार गरेको लगतमा दर्ता हुन छुट भएका भुटानी शरणार्थीका रूपमा ४२९ जनाको सूची प्राप्त भएको उल्लेख गरियो। , त्यही प्रतिवेदनले उनीहरूलाई कूटनीतिक प्रयास गर्दा शरणार्थी तेस्रो देशमा पुनर्वास गराउन सम्भव हुने सिफारिस गरिएको थियो।, तर कार्यदलले वास्तविक व्यक्तिहरूकै नाम सिफारिस गरेपछि सानु भण्डारीले इन्द्रजितसँग सोधेका थिए।, ‘पैसा लिएर पनि किन काम नगरेको भनेर सानुले इन्द्रजितलाई सोधेका रहेछन्। उनी अलि कडा रूपमै प्रस्तुत हुने स्वभाव रहेछ,’ स्रोतले भन्यो।, त्यतिबेला उक्त प्रतिवेदन पारित गर्ने भन्दै प्रतिवेदन मन्त्रिपरिषदमा पठाइएको थियो। तर प्रेमकुमार राई गृहसचिव हुँदा उनले त्यहीँ रोकेको प्रहरी बताउँछ। त्यसैबीच इन्द्रजितले काम हुँदैछ भनेर उक्त प्रतिवेदन सामाजिक समितिमा पठाएका थिए।, गृहसचिव राईको माघ २० मा सेवानिवृत्त भएका थिए। त्यसपछि उनलाई केपी शर्मा ओली सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गर्यो।, त्यसपछि गृहसचिवमा महेश्वर न्यौपाने आएका थिए। प्रहरीले उनको भूमिकामाथि पनि आशंका गरेको छ। तर उनीविरूद्ध प्रमाण भने फेला पारिसकेको छैन।, त्यसपछि सरकार पनि परिवर्तन भएको थियो। २०७८ असार २९ मा शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै बालकृष्ण खाण गृहमन्त्री बने। त्यसपछि गिरोह फेरि सक्रिय बनेको प्रहरीको अनुसन्धानबाट देखिन्छ। यसमा अर्का एक जनाको सहभागिता देखिन्छ।, प्रहरी स्रोतका अनुसार बेचेन झा भन्ने व्यक्तिले मध्यस्थता गरेका थिए।, यसअघि बिचौलिया हुँदै गृह नेतृत्वसम्म पुगेको देखिन्थ्यो भने खाण आएपछि गृह नेतृत्वबाटै गिरोहसम्म सम्पर्क भएको थियो। प्रहरीले बेचेन झाको भूमिकाबारे भने थप खुलाएको छैन।, महेश्वर न्यौपाने सेवानिवृत्त भएपछि बालकृष्ण खाणले आफ्नो रोजाइअनुसार टेकनारायण पाण्डेलाई गृहसचिव बनाए। चितवनको भरतपुर महानगरपालिका-१९ शारदा माविका प्रधानाध्यापक रहेका नरेन्द्र केसीलाई पनि यता आफ्नो सहयोगी बनाए। केसी विद्यालयमा काज मिलाएर खाणको पिए बन्न आए।, खाणले शरणार्थीबारे चासो देखाएका थिए। चासो देखाएसँगै उनले यसको लागि भनेर छुट्टै एउटा समिति समेत बनाए।, झापाका सहायक सिडिओको अध्यक्षतामा उनले एउटा समिति बनाएका थिए। युएनएचसिआरका प्रतिनिधि समेतलाई बोलाएर छलफल गरे। मन्त्रिपरिषदमा रहेको उक्त प्रतिवेदन पनि पारित भएर आएको थियो।, तर त्यसैबीच खाण र गृहसचिव पाण्डेले मिलेर अर्को प्रतिवेदन बनाए। उनीहरूले त्यसमा कार्यसूची नै बनाएर प्रतिवेदनमा ८७५ जनाको नाम थपेको प्रहरी स्रोतले बतायो।, ‘नाम थपेर त्यही प्रतिवेदन देखाएर उनीहरूले पैसा उठाएको देखिन्छ,’ स्रोतले भन्यो।, यसबीच खाण, उनका सहयोगी केसी र गृहसचिव पाण्डेले पनि रकम बुझेका थिए। प्रहरीले केसी र पाण्डेको मोबाइल फोनबाट कुराकानी भएका च्याटको प्रमाणसमेत संकलन गरेको छ।, गृहमन्त्रीस्तरबाटै काम भइरहेको भन्ने जानकारी पीडितहरूले पाएका थिए। शरणार्थीको बायोमेट्रिक्स, अन्तर्वार्ता लगायतका लागि पनि गृह मन्त्रालयकै गाडी प्रयोग भएको थियो। जसले गर्दा पनि पीडितहरू अमेरिकालगायत तेस्रो मुलुकमा जान पाइनेमा विश्वस्त थिए।, गृह मन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँले चढ्ने गाडी नै चितवन पुगेको थियो। अहिले प्रहरीले उनको गाडीलाई पनि नियन्त्रणमा लिएको छ।, लामो समयसम्म काम नगरी अल्झाइरहेपछि पीडितहरू आजित भइसकेका थिए। त्यसैबीच दुई जना पीडितले गत वर्ष जेठ १८ गते जाहेरी दिएका थिए। गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ७७ जनाको तर्फबाट जाहेरी दिएको थिए। यसरी जाहेरी परेको र दुलाललगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको खबर खाणले पाएका थिए।, त्यो खबरपछि हच्किएका खाणले अर्का व्यक्तिको सहयोग लिए। खाणले पूर्वसभासद आङटावा शेर्पाको प्रयोग गरेको देखिन्छ। खाणले गिरोहबाट १ करोड २५ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको हो।, गिरोहका सदस्यहरू पक्राउ पर्न थालेपछि भने उनले आफ्ना सहयोगी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई एक करोड रुपैयाँ फिर्ता गरे। आङटावाले ७० लाख रुपैयाँ लिएर ३० लाख भने सानु भण्डारीको दाइलाई बुझाएका थिए। यही घटना नै खाणविरूद्ध बलियो प्रमाण बन्न पुगेको हो।, अहिलेसम्म प्रहरी हिरासतमा नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा छन्।, यस्तै केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।, उनीहरूविरूद्ध १२५ जनाले जाहेरी दिएका छन्। प्रहरीले २७ करोड रुपैयाँ बराबरको रकम ठगी भएको बताएको छ। ,
नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता |
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पक्राउ परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। , ५५ वर्षीय पूर्व क्याम्पस प्रमुखसमेत रहेका गौतमले आइतबार दिउँसो जागिरको प्रलोभनमा पारी एक छात्रामाथि बलात्कार गरेको आरोप लागेको थियो। , लमही नगरपालिका वडा नं. ५ स्थित रातोडाँडामा विगत दुई वर्षदेखि कोठा भाडामा बसेर लमही–३ वनगाउँको एक टेक्निकल कलेजमा पढ्दै आएकी छात्रालाई घरमै बोलाएर क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका गौतमले बलात्कार गरेको पीडितले किटानी जाहेरी दिएकी थिइन्। , आइतबार नै पीडित छात्रा वडा प्रहरी कार्यालय लमहीमा पुगेर गौतमविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले लमही–५ रातोडाँडास्थित गौतमको घरबाटै उनलाई राति नियन्त्रणमा लिएको थियो। , प्रहरीले सोमबार गौतमलाई अदालत समक्ष म्याद थपका लागि पठाएकोमा पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्राप्त भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। , प्रहरीसमक्ष गौतमले घटना स्वीकार गरेको प्रहरी अधिकारीले बताएका छन्। , घटनाबारे थप सोधपुछ र अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।, आइतबार नै पीडितको स्वास्थ्य जाँच भइसकेको प्रहरीले जानकारी दिएको छ। ,
बलात्कार आरोपित उपप्राध्यापकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति |
निशा भण्डारी वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल ल्याइएको छ।, उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ।, पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको थियो। , मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ। मच्छिन्द्रनाथको यो यात्रा गुरू बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ।, यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ।, ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौं र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ।, तस्बिरहरू:,
जावलाखेल ल्याइयो रातो मच्छिन्द्रनाथको रथलाई (तस्बिरहरू) |
पूर्ण विके तनहुँको व्यास नगरपालिका–१० मा पर्ने मादी नदीमा केही व्यक्ति बगाउँदै गरेको भयावह दृश्य देखियो।, देख्नेहरू अत्तालिँदै हारगुहार माग्दै बचाउन आग्रह गर्दै थिए।, तत्कालै नेपाली सेना डुंगा लिएर गोताखोर टोलीसहित बग्दै गरेकालाई बचाउन उद्धारमा जुट्यो। तत्कालै सेनाले उद्धार गर्दा नदीमा बग्दै गरेका पाँच/छ जनाले पुनः जीवन पाए।, नजिकै डिलमा बसेर नेपाली सेनाले सोमबार गरेको विपद नमूना अभ्यास हेर्दै गरेका मानिसहरूमध्ये स्थानीय टेकबहादुर बोटेको आफूलाई सम्हाल्न सकेनन्।, 'यस्तो विपद शत्रुलाई पनि नपरोस्,' दायाँ हातले आँसु पुछ्दै ५० वर्षीय टेकबहादुरले भने, 'यही नदीले पाँच महिना पहिले मेरी बुहारी मंगलीलाई पनि खायो। अहिले बुहारीको सम्झना आयो। त्यसैले मन सम्हाल्न सकिनँ।', व्यास–५ पाटनमा धारापानी घाटको जंघार तर्ने क्रममा ४१ वर्षीया बुहारी मंगलीलाई बगाएर मृत्यु भएको उनले बताए। मंगलीको शव करिब तीन सय मिटर तल फेला परेको थियो।, त्यसअघि २०७३ सालमा स्थानीय ५८ वर्षीय वुद्धिबहादुर बोटेको पनि सोही स्थानमा बगेर मृत्यु भएको थियो। भैंसी तार्ने क्रममा बुद्धिबहादुरको मृत्यु भएको टेकबहादुरले बताए।, उक्त घटनापछि गाउँलेले पानीसँग जबरजस्ती गर्न हुँदैन रहेछ भन्ने सिकेको उनले बताए। विपदको समयमा सूचना पाएलगत्तै उद्धारमा खटिने गरी सुरक्षाकर्मी छिटो आउने गरी राज्यले व्यवस्था गर्नुपर्ने स्थानीय ४० वर्षीय टिकाराम थापामगरले बताए।, 'विपद नमूना अभ्यास हेरेर कसरी उद्धार गरिने रहेछ भन्ने जानकारी पायौं,' टिकारामले भने, 'तर साँच्चै विपदको समयमा तालिम प्राप्त सुरक्षाकर्मीहरू तुरून्तै आउने गरी राज्यले व्यवस्था गर्न सक्नुपर्छ। तब मात्र नागरिकको जीउधनको रक्षा गर्न सकिन्छ।', उक्त नमूना अभ्यास गरिएको मादी नदी किनारा नजिकै लोपोन्मुख बोटे समुदायको ३६ घर छ। उक्त गाउँमा करिब एक सय ८० जना लोपोन्मुख बोटेहरू बस्दै आएका छन्। नदीमा माछा मारेर जीविका चलाउँदै आएका बोटेहरू पछिल्लो समय कृषिमा संलग्न छन्। विपद नमूना अभ्यासले गर्दा आफूहरूले प्राकृतिक विपदमा कसरी जीवन रक्षा गर्ने भन्ने बारेमा जानकारी पाएको स्थानीय ४५ वर्षीया राममाया बोटेले बताइन्।, 'विपद नमूना अभ्यासबाट हामीले विपदको समयमा आत्तिन नहुने कुरा पनि सिक्यौं,' राममायाले भनिन्, 'आगलागी, बाढीपहिरो र भूकम्पको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा प्रत्यक्ष जानकारी पाइयो।', सुनेरभन्दा पनि देखेको धेरै समयसम्म सम्झिने भएकाले नमूना अभ्यासले विपदको समयमा कसरी उद्धार गर्ने भन्ने बारेमा आफूहरूले सिकेएको स्थानीय ४३ वर्षीय आइतबहादुर बोटेले बताए।, पूर्वतयारी पनि गर्नुपर्ने रहेछ भन्ने बारेमा जानकारी पायौं,' आइतबहादुरले भने, 'विपद नै परेको जस्तो दृश्य देख्दा आङ नै सिरिंग भयो।', मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश र नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरको संयुक्त आयोजना र दमौलीस्थित कालिभञ्जन गणको संयोजनमा सोमबार विपद नमूना अभ्यास भएको थियो।, आगलागी, भूकम्प, बाढीपहिरामा परेकालाई कसरी उद्धार गर्ने भन्ने बारेमा भएको अभ्यासको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपाकिाका प्रमुख श्रीप्रसाद श्रेष्ठ, श्री नम्बर ३ बाहिनी अड्डाका बाहिनीपति गौरवकुमार केसी, गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरूङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, गण्डकी प्रदेश राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक मधु केसी लगायतले विपद नमूना अभ्यास निरीक्षण गरेका थिए।, गण्डकी प्रदेशमा तीन वर्षमा बाढीपहिरो आगलागीबाट दुई सय १८ जनाको मृत्यु भएको छ भने चार सय एक घाइते भएका छन्। दुई हजार पशुचौपाया र दुई हजार पाँच सय भौतिक संरचनामा क्षति पुगेको तथ्यांक छ।, त्यसैले सबै पक्ष गम्भीर हुन आवश्यक रहेको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाले बताए। उनका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा वार्षिक ४३ करोड मूल्य बराबरको आर्थिक क्षति भएको छ।, 'विपदबाट सर्वसाधारणको उद्धार गर्न सकिन्छ भन्ने ठानेर नै हामीले नमूना अभ्यास गरेका हौं,' उनले भने, 'यस्ता कार्यलाई स्थानीय तहले पनि आफ्नो कार्यक्रम बनाएर व्यापक प्रचारप्रसार गर्न आवश्यक छ।', गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामा नेपाली सेनाको नेतृत्वमा १८ नमूना अभ्यास गरिएको थियो।, विपद अचानक आइपर्ने भएकाले पूर्वतयारी गरी विपदबाट हुने क्षति कम गर्न सकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बताए।, विपद जोखिम क्षेत्र पहिचान गरी मानवियलगायतका क्षति न्यूनीकरण गर्न पूर्वतयारी गरी तालिम प्राप्त जनशक्ति खटाउने गरी गण्डकी प्रदेशबाट व्यवस्था गर्न लागिएको उनले बताए।, 'गण्डकी प्रदेशमा विपद कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा हामी गम्भीर भएर लागेका छौं,' मुख्यमन्त्री पाण्डेले भने, 'विपद व्यवस्थापनको लागि सबै क्षेत्रबाट सकारात्मक पहल कदमीको अपेक्षा गरेका छौं।', विपद व्यवस्थापनको लागि आफूहरुले पाठ्यपुस्तकमा उल्लेख गर्ने गरी तयारी गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए।, रासस,
विपद नमूना अभ्यास हेरेर भक्कानिए स्थानीय |
सेतोपाटी संवाददाता बजारतिर घुम्न जाऔं भनी एक किशोरीलाई मोटरसाइकलमा राखेर जंगलमा पुर्याइ बलात्कार गर्ने दुई युवक पक्राउ परेका छन्। , बर्दियाको ठाकुर बाबा नगरपालिका–६ तुलसीपुरका २४ वर्षीय विनोद परियार र २० वर्षीय नवराज परियारले आइतबार बेलुकी सात बजेतिर बजारतिर घुम्न भनेर स्थानीय एक १८ वर्षीया किशोरीलाई जंगलमा पुर्याइ बलात्कार गरेका थिए। , पीडित किशोरी घरमै बसिरहेको समयमा छिमेकी गाउँ घर भई चिनजानका दुई व्यक्तिले किशोरीलाई बजारतिर घुम्न जाऔं भनेर मोटरसाइकलमा लगे पनि सवारी कतै नरोकी ठाकुर बाबा– ७ स्थित मध्यवर्ती सामुदायिक वनमा लगेर दुबै जनाले बलात्कार गरेको खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए। , पीडितले घटनालगत्तै प्रहरीलाई सूचना दिएकी थिइन्।, बलात्कारपछि फरार परियारद्वयलाई खोजी गर्ने क्रममा प्रहरीले सोमबार बिहान १ बजे गाउँमा हिँडिरहेको बेला नियन्त्रणमा लिएको थियो। , इलाका प्रहरी कार्यालय वगनाहा भूरिगाउँबाट प्रहरी निरीक्षक पवन पछाइँको कमाण्डमा खटिएको टोलीले परियारद्वयलाई नियन्त्रणमा लिएको थियो। , पीडितको स्वास्थ्य परीक्षण भइसकेको र आरोपितले घटना स्वीकार गरिसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए। , पक्राउ परेकाविरूद्ध बलात्कार मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।,
बजार घुम्न जाऔं भन्दै जंगलमा लगेर किशोरीमाथि बलात्कार |
निशा भण्डारी काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन भएको छ। , शनिबार दिउँसो तीनकुनेमा युवाहरूले प्रदर्शन गरेका हुन्।, उनीहरूले स्वतन्त्र रूपमा प्रदर्शन गरेका हुन्। , पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै भ्रष्टाचारविरूद्ध प्रदर्शन भइरहेका छन्। यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। , तस्बिरहरू:,
तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन (तस्बिरहरू) |
दिपकजंग शाही उमेरले ५२ वर्ष पुग्नै लागे नरेन्द्रराज राना। उनलाई प्रायः फुर्सद हुँदैन। बिहानदेखि बेलुकासम्म कार्यालयमा व्यस्त हुन्छन्। त्यसपछि बाँकी समय घरको काममा सक्दो सघाउँछन्।, उमेर जति ढल्किँदै छ, उति फूर्तिला र जोसिला देखिन्छन्। नरेन्द्र अपांगता भएका व्यक्ति हुन्।, उनलाई ओहोरदोहोर गर्न परिवारको अलावा ह्विलचेयरको सहारा चाहिन्छ। उनी आफ्नो सहारा ह्विलचेयरमै बसेर आफूजस्तै अपांगता भएकाहरूको ह्विलचेयर मर्मतको काम गर्छन्।, सुर्खेतको वीरेन्द्रनगरमा रहेको आइएनएफ परियोजनाको सहायक सामग्री (ह्विलचेयर) मर्मत केन्द्रमा उनको जागिर छ। नरेन्द्रले त्यहाँ जागिर गर्न थालेको १३ वर्ष भयो। आफूजस्तै समस्या भएका व्यक्तिहरूका लागि काम गर्न पाउँदा उनी खुसी महसुस गर्छन्।, 'हामी जस्ता समस्या भएकाहरूलाई ह्विलचेयर महत्वपूर्ण सहारा हो। सहजै नपाइने हाम्रोजस्तो ठाउँमा बिग्रियो भने बनाउने ठाउँ पनि भेटिँदैन,' उनी भन्छन्, 'यस्तो अवस्थामा मैले यो काम गर्न पाउँदा खुसी छु।', मर्मतसँगै उनी वितरण गर्नुअघि ल्याइएका ह्विलचेयरको पार्टपुर्जाहरू 'एसेम्बल' (जोडजाड) गर्छन्। अपांगता भएकाहरूका लागि चाहिने केही सहायक सामग्री उनी आफैं पनि बनाउँछन्।, नरेन्द्र परामर्शदाता पनि हुन्। अपांगता भएकाहरूलाई उपचार गर्ने ठाउँमा कार्यालयले परामर्श दिन पठाउँछ। उनी त्यस्ता व्यक्तिलाई आफ्नै उदाहरणसहित परामर्श दिन्छन्।, 'परामर्शपछि उहाँहरूले तपाईंजस्तै केही गर्ने जाँगर पलायो भन्नुहुन्छ। त्यो कुराले मलाई अझ खुसी बनाउँछ,' उनले भने।, नरेन्द्र आफ्नै जीवन कम संघर्षपूर्ण छैन। उनले आत्मनिर्भर हुने बाटो पहिल्याउन केही पेसा पनि रोजे। युवा अवस्थामै भएको एउटा घटनाले उनको जीवन असहज बनाइदियो। कति समय उनी अरूकै सहारामा बिताए, निकै कष्ट भोगे।, सुर्खेतको चिंगाड गाउँपालिकाका नरेन्द्रलाई २४ वर्षको हुँदा चोट लागेको थियो। २०५२ सालमा गाउँमा सिँचाइ कुलो बनिरहेको थियो। स्थानीयबाटै निर्माण गर्नुपर्ने कुलोको कामअन्तर्गत एक दिन उनीहरूले श्रमदान गर्नुपर्ने भयो।, त्यो दिन नरेन्द्रको पालो थियो। कार्यस्थलमा आगो बालेर तताइएको ढुंगा पड्कियो। टुक्रा उछिट्टिएर उनको कम्मरमा लाग्यो।, 'मैले तीन दिन काम गरिसकेको थिएँ। त्यो अन्तिम दिन थियो। कुलो बनाउने ठाउँमा समस्या बनेको ढुंगो फोड्न प्वाल पारेर आगो बालेर तताइएको थियो,' उनले भने, 'म नजिकै थिएँ। ढुंगा एक्कासि पड्कियो र एउटा टुक्रा आएर मेरो कम्मरमा लाग्यो।', त्यो बेलाको चोटले उनी ओछ्यानबाट उठ्न नसक्ने अवस्था भयो। परिवारले उनलाई उपचारका लागि खाटमा बोकेर जिल्ला अस्पताल पुर्यायो। त्यहाँ उपचार नहुने भएपछि नेपालगञ्जको साविक अञ्चल अस्पताल लगियो। त्यहाँ पनि नभएपछि भारत, लखनऊको भुलभुलैया मेडिकल कलेज पुर्याइयो।, 'लखनऊमा पनि चित्तबुझ्दो उपचार भएन। व्यवहार पनि नराम्रो महसुस भएकाले आफैं डिस्चार्ज मागेर घर फर्कियौं,' उनले भने।, चोटले थला परेको ६ महिना भएको थियो। तीन वर्षीया छोरी थिइन्। ती छोरी नरेन्द्रकै जिम्मामा छाडेर श्रीमतीले अर्को बिहे गरिन्।, 'एकातिर ज्यानको अवस्था, अर्कातिर श्रीमतीले छोडेको पीडा। अनि आमा खोजिरहने छोरी देख्दा सुरूका दिनमा मानसिक रूपमै विक्षिप्त भएँ,' उनले भने।, घटना भएदेखि सुरूका तीन वर्षसम्म उनी अर्काको सहारामै बसे। यो अवधिमा अरू विभिन्न ठाउँमा गएर उपचार गराए। तर बस्न सक्नेसम्म पनि भएनन्।, उनका बुबा शिक्षक थिए। बुबाले हौसला दिन्थे। उपचारका लागि खर्च पनि जसोतसो जुटाउँथे। उपचारका क्रममा त्यति बेलै १९ लाख रूपैयाँ जति खर्च भएको नरेन्द्रले बताए।, तीन वर्षपछि गाउँकै एक जना आयुर्वेदिक औषधि दिने मान्छेसँग उनको सम्पर्क भयो। नरेन्द्रलाई उनले दिएको औषधिले ओछ्यानबाट उठेर बस्नेसम्म बनायो।, '१४ दिनसम्म बिहान–बेलुका खाने औषधि दिनुभयो। त्यो औषधि नियमित खाएपछि म बस्न सक्ने अवस्थामा पुगेँ,' उनले भने।, त्यसपछि उनलाई चोट लागेकै ठाउँमा फेरि संक्रमण हुन थाल्यो। कम्मरमुनि घाउहरू बनेर बल्झिन थाले। २०५६ सालमा आइएनएफ संस्थाले उनको गाउँमा घुम्ती स्वास्थ्य शिविर चलाएको थियो। त्यहाँ नरेन्द्रको समस्याको उपचार हुँदैन थियो। तैपनि उनी जोडबलले शिविर भएको ठाउँसम्म पुगे।, त्यहाँ पुगेर एक जना डाक्टरलाई आफ्नो समस्या सुनाए। ती डाक्टरले नरेन्द्रलाई पोखराको हरियो खर्क अस्पताल लिएर गए। त्यो अस्पतालमा उनले उपचार मात्र पाएनन्, आशाको किरण पनि देखे।, उनले त्यहाँ पुगेर बल्ल अपांगता भएको व्यक्ति म मात्र होइन रहेछु भन्ने महसुस गरे।, 'पोखराको त्यो अस्पताल जानुअघिसम्म म सधैं निराश हुन्थेँ। यस्तो समस्या भएको मान्छे म मात्र छु भन्ने लाग्थ्यो। कहिलेकाहीँ त धेरै निरास सोच आउँथ्यो,' उनी भन्छन्, 'त्यहाँ गएपछि मजस्ता सयौं मान्छे देखेँ। कतिपय त ओछ्यानबाट माथि उठ्न नसक्ने पनि थिए। त्यसपछि मलाई आफू ह्विलचेयरमा भए पनि ओहोरदोहोर गर्न सक्ने त छु भन्ने लाग्न थाल्यो।', त्यसपछि उनलाई जीवनमा आशा लागेको र केही न केही काम गरेर पालिन सक्छु भन्ने आत्मबल आएको उनी बताउँछन्।, हरियो खर्क अस्पतालमा नरेन्द्रको १८ पटक शल्यक्रिया भयो।, उनका अनुसार गाउँमा उपचार गर्दा स्वास्थ्यकर्मीले लगाएको सुईको टुप्पो भाँचिएर शरीरभित्रै छुटेको थियो। त्यो सुईको भाग जोर्नीमा पसेकाले १७ पटक शल्यक्रिया गर्दा पनि निक्लिएन। १८ औं पटकमा बल्ल निस्कियो। अनि त संक्रमण भएर उनलाई सताएको घाउ १४ दिनमै निको भयो।, पोखरामै हुँदा उनलाई एक जना डाक्टरले विदेशमै लगेर उपचार गरिदिन्छु पनि भनेका थिए। नरेन्द्र मानेनन्।, 'विदेशमा उपचार गरेपछि म उभिएर हिँडडुल गर्न सक्ने हुन्छु भने मात्र जान्छु भनेँ। उहाँले त्यसको ग्यारेन्टी गर्न सक्नुभएन,' नरेन्द्र भन्छन्, 'त्यसो भए म जान्नँ, ह्विलचेयरमै बसेर गर्न सकिने केही काम गर्छु भनेर यतै बसेँ।', पोखरामा अपांगता भएका मानिसले सिपमूलक काम गरिरहेको देखेपछि उनलाई पनि तालिम लिने सोच आयो। तालिमको व्यवस्था गरिदिन अस्पतालमै भएका दाताहरूलाई आग्रह गरे। त्यसपछि सुर्खेतमा त्यति बेला चलिरहेको घडी–रेडियो मर्मत तालिम लिने अवसर पाए।, तालिम सकेर गाउँमै फर्किए र २०५९ सालमा आफैं घडी–रेडियो मर्मत तथा बिक्री पसल सुरू गरे। तर त्यति बेला माओवादी सशस्त्र द्वन्द्व चलिरहेकाले गाउँमा बस्न सहज महसुस गरेनन्।, 'बुबालाई सुर्खेतमा बस्ने व्यवस्था मिलाइदिनुस्, त्यतै बसेर केही गर्छु भनेँ। बुबाले व्यवस्थापन गरिदिनुभयो र म सुर्खेत आएर बस्न थालेँ,' उनले भने।, आत्मनिर्भर हुने प्रयासमा उनले सांगीतिक बाटो पनि रोजे। केही महिना गरेको घडी–रेडियो पसल छोडेर सुर्खेत झरेका उनी संगीत सिक्न थाले। २०५९ सालको अन्तिममा काठमाडौं गएर एउटा गीत रेकर्ड गरे।, 'गीत बजारमा आयो। त्यसबाट मैले १० हजार रूपैयाँ मात्र पाएँ, बाँकी रोयल्टी पाइएन,' नरेन्द्रले भने, 'पछि आफ्नो क्यासेट आफैं बेचेर केही लगानी उठाएँ। त्यो क्षेत्रमा मैले आफूलाई खासै सक्षम ठानिनँ र छाडेँ।', त्यसपछि उनी ह्विलचेयरमै बसेर आफूले सक्ने अरू काम गर्दै गए। २०६५ सालमा उनलाई फेरि कम्मरमा समस्या देखियो। त्यति बेला उनी सुर्खेतमा रहेको आइएनएफको अस्पतालमा भर्ना भए। यहाँबाट उनलाई फेरि पोखराको त्यही हरियो खर्क अस्पतालमा पठाइयो।, उपचारका लागि दोस्रोपटक पोखरा जाँदा उनले अर्को उपलब्धि हात पारे। त्यहाँ उनको भेट बेलायतका एक ह्विलचेयर मेकानिकल इञ्जिनियरसँग भयो।, 'उहाँले तिमी ह्विलचेयर बनाउन सक्छौ भनेर सोध्नुभयो। मैले रूचि देखाएपछि पोखरामै तीनमहिने तालिम पाएँ,' नरेन्द्रले भने।, ह्विलचेयर मर्मत र बनाउने तालिम लिएर सुर्खेत फर्किएको केही महिनापछि आइएनएफमा 'ह्विलचेयर एसेम्बलर' को पदमा जागिर खुलेको थियो। आइएनएफ युएसएआइडीअन्तर्गतको एउटा परियोजना हो।, नरेन्द्रले आवेदन दिए। ३५ जनाको दरखास्त परेको थियो। प्रतिस्पर्धामा उनी छनोट भए।, छानिएको केही समयपछि उनलाई परियोजनाले नै थप तालिमका लागि भारतको बैंगलोर पठायो। त्यहाँ उनी पूर्ण रूपमा ह्विलचेयर मर्मतको काम गर्न सक्ने भएर फर्किए।, 'त्यसपछि विभिन्न परियोजना थपिँदै गए। मेरो रोजगारी पनि टिकिरहेको छ,' उनी भन्छन्, 'अहिले ह्विलचेयर मर्मत गर्छु। एसेम्बल गरेर आफूजस्तै अपांगता भएकाहरूलाई वितरण गर्छु। काउन्सिलर (परामर्शदाता) को रूपमा पनि साथीहरूसँग हुन्छु।', उनी चारपांग्रे स्कुटर चलाउँछन्। सहज सडक भएका वीरेन्द्रनगर बाहिरका ठाउँमा पनि पुगेर ह्विलचेयर मर्मत गर्छन्। त्यस्तो ठाउँमा जाँदा उनी सहजताका हिसाबले अपांगता भएकाहरूकै घरमा बस्छन्।, जीवनमा पाएका चोट र संघर्ष पन्छाउँदै अघि बढेका नरेन्द्रलाई सबभन्दा खुसी भे परामर्श दिन जाँदा सुनेका कुराले दिन्छ।, 'मेरो कथा सुनेर अपांगता भएका साथीहरू खुसी हुनुहुन्छ। आफूलाई बाँच्ने प्रेरणा मिलेको छ भन्नुहुन्छ। उहाँहरूको त्यस्तो कुरा सुन्दा म एकदमै खुसी हुन्छु,' उनले भने, 'आफूले जति पीडा भोगे पनि आफूजस्तै अरूलाई सही मार्गमा हिँडाउन पाएको छु जस्तो महसुस हुन्छ।', अपांगता भएकाहरूलाई निराश हुन नदिने, घर–समाजबाट हौसला दिने र भेदभाव नगर्ने वातावरण भयो भने उनीहरू आत्मनिर्भर हुने नरेन्द्र बताउँछन्। , 'आफूसँगै आफ्नो परिवारका लागि पनि कमाइ गर्न सक्छन्,' उनले भने।, नरेन्द्रले जागिरबाट निस्किएपछि अपांगता भएकाहरूका लागि चाहिने सहायक सामग्री मर्मत केन्द्र आफैं खोल्ने सोच बनाएका छन्।,
जो आफ्नै जीवनकथा सुनाएर अरूलाई प्रेरणा दिन्छन् |
सेतोपाटी संवाददाता देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।, अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा वर्ष भइरहेको मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार बाँकी भूभागमा पनि बदलीको अवस्था छ।, ‘दिउँसोपख देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’ उनले भने, ‘कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’, उनले कोशी प्रदेशको तराई र मधेश केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको उनले बताए।, ‘अब तीन दिन यस्तै मौसम रहन्छ। प्रिमनसुन चलिरहेकाले यस्तो बेला सामान्यतया पनि बदलीकै अवस्था रहन्छ,’ उनले भने।,
यी प्रदेशमा छ आज वर्षाको सम्भावना |
रासस तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ।, सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ । , त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्।, त्यहाँ दङ्गीशरण राजाको सालिक र हरित उद्यान बनेको छ। तर त्यो पनि अलपत्र छ। नाम हरित उद्यान भए पनि त्यही कहीँकतै हरियो देख्न पाइँदैन।, निर्माण भएको उद्यानमा गरिएको तारबार पनि फालिएको छ। उद्यानमा कहिलेकाहीँ गाईभैँसी चरनक्षेत्र पनि बन्ने गर्छ।, त्यहाँ रोपिएको दुबो मरिसकेको छ। त्यही उद्यानमा दङ्गीशरण राजाको सालिक राखिएको छ। २५ लाख रुपैयाँ लागतमा त्यहाँ उद्यान र दङ्गीशरण राजाको प्रतिमा निर्माण भएको थियो।, त्यहाँ अहिले पर्यटकको सङ्ख्या पनि शून्य नै छ।, ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर त्यस्तो हुन नसकेको स्थानीय नरबहादुर चन्दले बताए। ‘पहिले–पहिले अलिअलि आउँथे’, उनले भने, ‘तर अहिले एक जना पनि आउँदैनन्।’ , दङ्गीशरण गाउँपालिका–३ चखौरमा थारू सङ्ग्रहालयमा निर्माण गरेपछि सुकौरा ओझेलमा परेको हो। चखौरामा थारू समुदायका ऐतिहासिक कुरा राखिएको छ।, त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको कांग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए।, त्यो सङ्ग्रहालय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेको उनले बताए। , सुकौरामा बनाउनुपर्ने सङ्ग्राहलय चखौरा बनाउँदा निकै समस्या परेको उनको ठम्याइँ छ। सबैगरी अहिलेसम्म करिब छ–सात करोड रुपैयाँ बजेट चखौरामा गएको छ।, तर सुकौरामा रु एक करोडभन्दा बढी बजेट अहिलेसम्म परेको छैन। अहिले चखौरामा अन्य संरचना निर्माणका काम भइरहेका छन्, तर सुकौरा शून्य छ। , सुकौराकोटको इतिहास, सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ।, राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दङ्गीशरण राजा गर्मी छल्न जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ।, सुकौराकोटबाट सिधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ। त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दङ्गीशरणले सिकार खेल्ने गर्थे।, दङ्गीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ।, दङ्गीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दङ्गीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए।, हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ।, सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन्।, बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो। बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो। मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे ।, राजकाज गर्ने क्रममा जनताको पीरमर्का बुझ्न दङ्गीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताए।, अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दङ्गीशरणले दङ्गीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ।, त्यस ठाउँमा अहिले पनि ढुङ्गाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ।, राजा दङ्गीशरणले आफूसँग भएका पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ।, पशुपालन गर्दै दङ्गीशरण गाउँपालिका–१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका १२ जना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ।, गाईभैँसी चराउँदै आएका १२ ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ। बाह्र ग्वालाले आफूमध्येका एक जनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ।, खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ।, पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ। चुरे पर्वतअन्तर्गत दङ्गीशरण गाउँपालिका–१ मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन्। बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन्।, विसं १९४२ मा दङ्गीशरण–४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ। उनी सती जाने बेला सतीप्रथा अन्त्य भइसकेको थियो।, सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल रहेको जनाइएको छ। रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन्। तर प्रहरी प्रशासनले रोक लगाए। तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किंवदन्ती रहेको छ।,
बौरिएन सुकौरा |
सेतोपाटी संवाददाता फेवातालको सिमसार क्षेत्र पुर्ने गिरोहलाई कारबाही गर्न नागरिक समाजले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग माग गरेका छन्।, पोखरा महानगरले जग्गा वर्गीकरणका क्रममा सिमसारलाई आवास क्षेत्रमा वर्गीकरण गरेर पुनः अनुमति दिन थालेपछि नागरिक समाजले प्रदेश सरकार गुहारेको हो।, फेवातालको माथिल्लो तटीय क्षेत्रमा रहेका डाँडा खारेर धमाधम सिमसार पुर्ने क्रम अहिले पनि जारी छ।, पोखरा महानगरको वडा नम्बर १८, २२, २३ र २४ मा पर्ने सिमसार क्षेत्र पुर्ने काम रोक्न पनि नागरिक समाजले ज्ञापन पत्रमार्फत माग गरेको छ।, ज्ञापनपत्रमा सिमसार पुर्ने क्रम तत्काल रोक्नुपर्ने र सिमसार पुर्ने गिरोहमाथि कारबाही गर्न माग गरिएको छ।, ज्ञापनपत्रमा नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचन र वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले हस्ताक्षर गरेका छन्।, 'एकातिर जथाभावी डाँडा खारेर प्राकृतिक सम्पदाको विनाश पारिँदैछ भने त्यहाँबाट निस्कने ढुंगा, माटो र ग्रेगरलाई फेवातालको सिमसार क्षेत्र पुरेर तालको धमनीका रूपमा रहेको सिमसार क्षेत्र पुर्नु फेवातालको आयु जबर्जस्ती घटाउनु मात्र नभई जघन्य अपराधसमेत हो भन्ने हाम्रो ठम्याइ छ,' ज्ञापनपत्रमा भनिएको छ।, डाँडामा डोजर लगाएर निस्केका ढुंगामाटो सिमसार प्रयोग गर्नु कानुन विपरीत भएको समेत ज्ञापनपत्रमा उल्लेख छ।, नागरिक समाजको ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री पाण्डेले तत्काल सिमसार पुर्न मुख्यसचिवमार्फत निर्देशन दिएका छन्।, सम्बन्धित समाचार- , सिमसारलाई आवास क्षेत्रमा राखेर पुर्न अनुमति दिँदै पोखरा महानगर,
फेवातालको सिमसार पुर्ने गिरोहलाई कारबाही गर्न माग |
सविता बुढा चिंगुवा डगौराका बाजेको २० बिघा जमिन थियो। बसोबास थियो कैलाली जिल्लामा पर्ने हालको जोशीपुर गाउँपालिकामा।, अहिले चिंगुवासित बिघा त के एक कठ्ठा जमिन पनि छैन। केही वर्षयता त उनी आफ्नै पहिचानको प्रमाणका लागि ठाउँ-ठाउँ धाइरहेका छन्।, अब उनीसँग बाल्यकालका केही सम्झनाहरू मात्र बाँकी छन्। जसले उनलाई नागरिक हुनुको प्रमाण दिलाउँदैनन्। , उनका आमाबुवा खेतीपाती नै गर्थे। चिंगुवाको बाल्यकाल गोरू चराउँदै बित्यो। उनका बुवाले चार हल गोरू र दुई हल राँगा पालेका थिए।, पढ्ने चलन थिएन। १३ वर्षका हुँदा नहुँदै चिंगुवाले बाहिरफेर मजदुरी गर्न थाले।, 'तीन वर्ष एउटा मिलमा काम गरेँ। त्यहाँ वर्षभरिमा दुई सय रुपैयाँ तलब मिल्थ्यो,’ केहीसमय अघि सेतोपाटीसँगको भेटमा उनले सम्झिए, 'त्यसपछिको पाँच वर्ष आफूखुसी काम गर्दै बित्यो।', चिंगुवा करिब २० वर्ष उमेरका थिए। गाउँका एक जना अगुवाले बसन्ता गाउँ जाऔं भने। उतै बिहे पनि गरिदिऊँला भने। के सुरले हो, चिंगुवा तयार भए।, उनी करिब ३० किलोमिटर टाढाका बसन्ता गाउँ पुगे। त्यहाँ रानी नामकी एक महिला थिइन्। सानै उमेरमा बिहे भएको थियो।, तीन छोराछोरी जन्मेपछि अचानक उनका श्रीमान बितेका थिए। गरिबीमा जीवन धानिरहेको अवस्थामा श्रीमान बितेपछि रानी ठूलो विपतमा परेकी थिइन्। त्यही बेला रानीका आफन्तले चिंगुवासँग भेट गराए। कुराकानी भयो।, उनी रानीसित बिहे गरेर उनकै घरमा बस्न राजी भए। रानीका आफन्तहरूले बिहे गराइदिए। चिंगुवा बसन्तामा रानीकै घरमा बस्न थाले। कहिल्यै आफ्नो घर फर्केनन्। घरतिर के हुँदैछ भन्ने केही पनि थाहा पाएनन्।, धेरै वर्ष बिते।, चिंगुवा र रानीले मजदुरी गरेर आफ्नी एकमात्र छोरी हुर्काउँदै थिए। जसोतसो जीवन चल्दै थियो। यतिकैमा २०६२ सालको एक दिन घर नजिकैको कटैनी नदीमा बाढी आयो।, उनीहरूको घर बाढीमा बग्यो। गाउँ नै बाढीमा परेपछि चिंगुवा–रानी केही पर छोट्की बसन्तामा सरे।, रानीसँग बिहे गरेर आफ्नै संसार बनाएका चिंगुवाको नागरिकता प्रमाणपत्र थिएन। उनी धेरै वर्षपछि एक दिन नागरिकता प्रमाणपत्र बनाउन आफ्नो गाउँ जोशीपुर गए।, २०५५ साल भदौ ३ गतेको दिन थियो। उनी तत्कालीन गाउँ विकास समितिको कार्यालय गए। नागरिकता बनाउन आएको भने। त्यस बेलाका गाविस अध्यक्ष टीकाराम महतोले चिंगुवाका बुवा भगरथ डगौराको नाम उल्लेख गरी जोशीपुर गाविस वडा नम्बर २ ठेगानामा वंशजका आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिदिए।, चिंगुवाले त्यो सिफारिस हिफाजत गरेर राखे। अहिले उनी ७५ वर्षका भए। सिफारिसमा उनको जन्म भएको वर्ष २००५ साल लेखिएको छ। उनको उमेरका सबैले वृद्धभत्ता पाएका छन्।, पाँच वर्षअघिको कुरा हो, चिंगुवाले भत्ता पाएका छैनन् भन्ने थाहा पाएर छिमेकीहरूले उनको बसोबास रहेको कैलारी गाउँपालिकाकाको वडा कार्यालय पुर्याए। वडा सचिवले नागरिकताको प्रमाणपत्र मागे। चिंगुवाले २०५५ सालमा बनाएको सिफारिस झोलाबाट झिकेर देखाए।, सचिवले यो त नागरिकता होइन भनेपछि चिंगुवा झस्के।, चिंगुवा सिफारिसको कागजलाई नै नागरिकता ठानेर बसेका रहेछन्।, उनले भने, 'मैले त नागरिकता यही होला भनेर राखेको हुँ, नागरिकता लिन कतै गएको छैन।', उनले नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय जानुपर्छ भनेर थाहै पाएनन्। कसैले त्यहाँ जानू पनि भनेको थिएन। उनलाई नागरिकताको प्रमाणपत्र आवश्यक परेको पनि थिएन।, उनले नागरिकता प्रमाणपत्र बनाउन चाहेको पाँच वर्ष भयो। उनलाई नाता प्रमाणित, जन्मदर्ता, साक्षीहरू, वडा कार्यालय र प्रहरीको मुचुल्का चाहिएको छ। चिंगुवा यी कागजात लिन जन्मथलो जोशीपुर पुगे। उनका दाजुभाइ र भाउजू, बुहारी बितिसकेछन्।, उनका अनुसार भतिजाहरूले नाता स्वीकार्न मानेनन्। ठूलोबापट्टिका भतिजहरू नाता स्वीकार गर्न तयार भए पनि आफ्नै बुबाआमातर्फकाले अस्वीकार गरेको उनले बताए।, नागरिकता प्रमाणपत्रका लागि आवश्यक कागजात जुटाउन उनी कहिले भलमन्सा जियाराम चौधरीलाई गुहार्छन् त कहिले छिमेकीहरूकामा पुग्छन्।, भलमन्सा जियाराम भन्छन्, 'मैले आफ्नो मोटरसाइकलमा राखेर उहाँ (चिंगुवा) लाई धेरै ठाउँमा पुर्याएको छु। उहाँका परिवारका मान्छेले ठूलोबा स्वीकार गरेका छैनन्।', भलमन्सा थारू समुदायमा टोलका परम्परागत नेता हुन्।, स्थानीय पवित्री चौधरीले चिंगुवा इमानदार व्यक्ति रहेको र नागरिकता नभएर समस्यामा परेको बताइन्। जिल्ला प्रशासन कार्यालयसम्म पनि पुर्याएको तर कागजपत्र पूरा नभएकाले नागरिकता बन्न नसकेको उनले बताइन्।, चिंगुवाले नागरिकता प्रमाणपत्र पाए भने पुर्ख्यौली अंश दाबी गर्न सक्ने भएकाले पनि नाता प्रमाणित हुन नसकेको उनका छिमेकीहरू बताउँछन्।, आफ्ना आमाबाबुका भागमा कति जमिन थियो, त्यो के भयो, ककसले भोगचलन गर्दै छन्, चिंगुवालाई केही पनि थाहा छैन। उनलाई जमिन होइन, नागरिकता प्रमाणपत्र चाहिएको छ।, चिंगुवाका लागि आवश्यक कागजपत्र जुटाउन स्थानीय तह, छिमेकी र आफन्तले सहयोग गर्नुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको भनाइ छ।, गाउँका भलमन्सासित सल्लाह गरेर चिंगुवाको वास्तविक स्थिति पत्ता लगाई उनको हक दिलाउन प्रशासनिक सहयोग गर्ने पनि उनले बताए।, कैलालीको कैलारी गाउँपालिका, छोट्की बसन्तामा चिंगुवा–रानीको सानो एक घर छ। छोरी उहिलै बितिन्। नातिनी दुख्नी चौधरी उनीहरूसँगै छिन्। चिंगुवा श्रम गर्न नसक्ने भएका छन्। रानी खेतीको सिजनमा मजदुरी गर्न जान्छिन्।, आम्दानीको मुख्य स्रोत रानीको मजदुरी नै हो। चिंगुवा घरमै बसेर माछा मार्ने हेल्का र तापी बनाएर बेच्छन्। यसरी आएको पैसाले पनि घरखर्चमा सघाउ पुग्छ।, उनीहरूले एक दर्जन जति हाँस पालेका छन्। कहिलेकाहीँ हाँस बचेर पनि पैसा हात लाग्छ। यसरी नै गुजारा चलेको छ। नागरिकता प्रमाणपत्र नहुँदा चिंगुवाले सरकारले दिने वृद्धभत्ता पाएका छैनन्। सरकारको भत्ता पाउन रानी ६० वर्ष भएकी छैनन्।,
२० वर्षसम्म नागरिकता ठानेको कागज मात्र रहेछ सिफारिस |
रासस बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो। , नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।,
बाजुरामा भूकम्प |
सेतोपाटी संवाददाता धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।, शुक्रबार मृतक शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए। सोही आधारमा प्रहरीले उनीहरूविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ। , धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर सन्दीप भट्टराई र धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।, धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।, परिवारले घटनाको सत्यतथ्य बुझिदिन प्रहरीसमक्ष माग गरेको छ।,
धनगढीकी डाक्टर प्रसन्ना शाहको मृत्यु-प्रकरण: दुई जना प्रहरीको नियन्त्रणमा |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघ नवलपरासीले स्वेच्छिक रूपमा महासंघको सदस्यता त्याग गर्ने सदस्यहरूलाई सम्मानसहित बिदाई गरेको छ।, पत्रकार महासंघमा पत्रकारभन्दा गैरपत्रकारहरूको संख्या बढ्दै गएको र नेतृत्वमा उनीहरू नै हावी हुने गरेको गुनासो बढिरहेका बेला नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान सुरू गरेको थियो।, महासंघको सोही अभियान अन्तर्गत नवलपरासी शाखाबाट सदस्यता लिएका तर हाल पत्रकारिता पेसामा नरहेका सदस्यहरूलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आग्रह गरिएको थियो। नवलपरासी शाखाबाट सदस्यता लिएका १७ जनाले स्वेच्छिक रूपमा सदस्यता त्यागेको घोषणा गरेका थिए।, सदस्यता त्याग गरेका तिनै सदस्यहरूलाई महासंघले सम्मानसहित विदाई गरेको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए।, अध्यक्ष शर्माले महासंघका सदस्यता शुद्धिकरण अभियान अन्तरगत हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएका र अन्य पेसालाई मूल पेसा बनाएका १५ जनाले लिखित निवेदन दिएर स्वघोषणा गरेको र अन्य २ जनाले मौखिक रूपमा स्वघोषणा गरेको जानकारी दिए।, लिखित निवेदन दिएर स्वघोषणा गर्ने सदस्यहरूलाई जिल्ला शाखाले शनिबार सम्मानसहित बिदाई गरेको उनले बताए।, सदस्यता त्याग गर्नेहरूलाई सम्मानसहित बिदाई गर्दै महासंघका महासचिव एवं सदस्यता शुद्धिकरण अभियानका संयोजक रोशन पुरीले महासंघलाई व्यवसायिक पत्रकारहरूको मात्र संगठन बनाउन अभियान सञ्चालन गरिएको बताए।, उनले मुल पेसा पत्रकारिता नभएकाहरू पनि सदस्य भइराख्दा संस्थाको गरिमामाथि नै प्रश्न उठिरहेका बेला सदस्यता त्यागको स्वघोषणा गर्नेहरूको अभियानले पत्रकारिता क्षेत्रलाई थप विश्वसनिय बनाउन सघाउ पुग्ने बताए।, जिल्ला शाखाहरू मार्फत सञ्चालन भइरहेको यो अभियानमा धेरै सदस्यहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेर सहयोग गरिरहेको उनको भनाइ छ।, महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले लुम्बिनी प्रदेशबाट ५० प्रतिशतभन्दा बढी सदस्यहरू शुद्धीकरणको मापदण्डमा नपर्ने र उनीहरूको सदस्यता नवीकरण नहुने बताए।, जिल्ला शाखा नवलपरासीका सचिव राजकुमार रेश्मीका अनुसार शाखामा ८६ जना सदस्यहरू आवद्ध रहेकोमा शुद्धिकरण मापदण्डभित्र ४० जनाको मात्र नविकरण हुने अवस्था रहेको बताए।, जिल्लामा शुद्धीकरणका लागि तीन सदस्यीय सदस्यता शुद्धीकरण एवं सदस्यता विवरण संकलन समिति गठन गरिएको र उक्त समितिले शाखामा आवद्ध सबै सदस्यको व्यक्तिगत विवरण संकलन गरिरहेकोले मापदण्डभित्र नपर्ने अन्य सदस्यहरूले पनि आफैंले सदस्यता त्याग गर्न उनले सुझाव दिए।, महासंघले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि, निजामती तथा अन्य जुनसुकै सरकारी निकायको स्थायी, अस्थायी, करार सेवामा कार्यरत (मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक) तथा गैरसरकारी संस्था (सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघ संस्था) मा पूर्णकालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ति नहुने उल्लेख छ।, त्यसैगरी मापदण्डमा महासंघको सदस्यता लिएका तर कहिलेकाहिँ मात्र पत्रकारिता गर्नेको समेत सदस्यता नवीकरण नहुने उल्लेख छ।,
पत्रकार महासंघ नवलपरासीले गर्यो स्वेच्छिक सदस्यता त्याग्नेलाई बिदाई |
भगवती पाण्डे बाँकेमा एक ट्राफिक प्रहरी ड्युटीमै कुटिएका छन्।, शुक्रबार नेपालगञ्ज नगरपालिका-१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीस्थलमै कुटिएका हुन्।, आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले बताए। , बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङका लागि शुक्रबार अपराह्न साढे तीन बजे परस्पुर पुगेका थिए।, उनका अनुसार, पाँच बजेसम्म चेकिङ गरिसकेपछि कार्यालय फर्कनै लाग्दा भे ११ प १२५५ नम्बरको बुलेट मोटरसाइकल हुइँकिँदै आयो।, मोटरसाइकलमा थिए स्थानीय मेराज शेख। हेलमेटबिना मोटरसाइकल कुदाइरहेका मेराजले अगाडि ट्राफिक चेकिङ भइरहेको देखेपछि हतारहतार मोटरसाइकल फर्काए र तीव्र गतिमा कुदाए।, कारबाहीमा पर्ने डरले भागेका शेख मोटरसाइकल नियन्त्रणमा लिन नसकेपछि केही पर पुगेपछि सडकमै पल्टिएर घाइते भए। दुर्घटना भएको देखेपछि बस्नेतसहितको टोली उद्धारका लागि मेराज लडेको स्थानमा पुगेका थिए।, मोटरसाइकलसहित लडेका मेराजलाई उठाउन लागेको बेला त्यहाँ उपस्थित केही व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको प्रहरी सहायक निरीक्षक बस्नेतले बताए।, प्रहरी सहायक निरीक्षक बस्नेतसँगै गएका प्रहरी जवान मानबहादुर ठगुन्नाले आक्रोशित स्थानीयलाई सम्झाउने प्रयत्न गरेको तर युवाहरूले हँसिया र बाँसका भाटाले आफूहरूमाथि प्रहार गर्न थालेको बताए।, स्थानीयले घरेलु हतियारले आक्रमण गर्दै लखेटेपछि उनीहरू सडकबाट तल रहेको खेततर्फ भागेका थिए। खेतमा खसेका दुवैलाई पुनः खेतैखेत लखेटेको भिडिओ समेत सार्वजनिक भएको छ।, आइएम युवराज नामका टिकटक प्रयोगकर्ताले राखेको उक्त भिडिओ अहिले टिकटकबाट हटाइएको छ। ज्यान बचाउन भाग्दै गरेका उनीहरूलाई प्रहरी पोष्ट अगाडि पुगेपछि मात्रै स्थानीयले कुटपिट गर्न छोडेका थिए।, स्थानीयको आक्रमणबाट प्रहरी सहायक निरीक्षक बस्नेतको हातमा र प्रहरी जवान मानबहादुर ठगुन्नाको हात र खुट्टामा चोट लागेको छ।, ठूलो संख्यामा रहेको स्थानीयले आफूहरूलाई मार्न लागेपछि आफूहरू भाग्ने प्रयत्न गरेको तर २५० मिटरसम्म भाग्दा पनि उनीहरूले लखेट्न नछोडेको प्रहरी सहायक निरीक्षक बस्नेतले बताए।, ‘हामीले सडकमा चेकिङ गर्दा नियम उल्लंघन गरेर सवारी चलाउनेहरूलाई बाधा भइरहेको थियो त्यसैले उनीहरूले हामीमाथि आक्रमण गरे’, बस्नेतले भने।, बस्नेतले आफूमाथि आक्रमण गर्नेविरूद्ध विभागले नै कारबाही गर्ने विश्वास व्यक्त गरे।, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीहरूमाथि आक्रमण भएको बताउँदै घाइतेहरूको अवस्था गम्भीर नभएकोले कारबाहीबारे नसोचिएको बताए।, ´ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि यसरी संगठित रूपमा आक्रमण भएको घटना कसरी सामान्य?’ भन्ने प्रश्नमा भने उनले जवाफ दिन चाहेनन्।, 'यो विषयमा अब अगाडि छलफल होला', प्रवक्ता घर्तीमगरले भने।, लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले घटनाबारे बुझ्न बाँकी रहेको बताए।, ‘मैले पनि घटना साँझमात्रै थाहा पाएँ, के गर्ने भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्नु पर्ला’, प्रसाईले भने।, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले घटना सामान्य भएको बताउँदै प्रहरीमाथि कुटपिट भएको भन्ने जानकारी नआएको बताए।, 'आज स्थानीय जनप्रतिनिधिहरूलाई पनि बोलाइएको छ सबै कुरा आउला,' राठौरले भने।,
मोटरसाइकल पल्टिएर घाइते भएकालाई उठाउन जाँदा उल्टै कुटिए ट्राफिक प्रहरी |
सेतोपाटी संवाददाता उदयपुरको वेलका नगरपालिका–४ स्थित लालबजारमा टिपरले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएपछि रामपुर बजार शनिबार बिहानबाटै तनावग्रस्त बनेको छ। , शुक्रबार दिउँसो तीन बजे लालबजारमा मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करबाट स्थानीय नवराज रानामगरकी चार वर्षीया छोरी एन्जिलाको घटनास्थलमै मृत्यु भएको थियो। , टिपरले किचेर बालिकाको मृत्यु भएपछि स्थानीयको प्रदर्शन गर्दा दिनभर बजार क्षेत्र तनावग्रस्त भएको थियो। उनीहरूले दुईवटा टिपर, एउटा ट्र्याक्टरमा आगजनी गर्नुका साथै दमकलमाथि पनि तोडफोड गरेका थिए। , शनिबार पनि स्थानीयहरूले बजार क्षेत्र बिहानैबाट बन्द गर्दा मदन भण्डारी राजमार्ग सूचारु हुन सकेको छैन। अहिले प्रदर्शनस्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका छन्। , घटनाबारे सवारीधनीसँग बिहान छलफल गर्ने भनिएपनि वार्ता हुन सकेको छैन। जसका कारण परिवारले बालिकाको शव पनि बुझेका छैनन्। , ठक्कर दिने टिपरका चालक इलाका प्रहरी कार्यालय रामपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ। ,
टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि वेलकाको रामपुर बजार तनाबग्रस्त |
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, कैलारी गाउँपालिका–३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको हो।, उनी घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।, उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए।,
,
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता शनिबार नक्सालस्थित मेरियट होटल अगाडि बिहानैदेखि युवाहरूको भिड थियो।, उनीहरू फेसबुक र टिकटकमा एउटा भिडिओ हेरेर पोल्याण्ड र युरोप जानेबारे बुझ्न मेरियट पुगेका थिए।, केहीदिन अघि टिकटकमा nasc198 नाम रहेको आइडीबाट एउटा भिडिओ सार्वनजनिक भएको थियो। भिडिओमा 'रिता' नामले चिनाएकी एक युवतीले आफू पोल्यान्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि रहेको र वेयरहाउस र फ्याक्ट्रीमा काम गर्न हजार जना नेपालीलाई पोल्यान्ड र अन्य युरोपियन देशमा लैजान चाहेको बताएकी थिइन्।, उनले निवेदककै समय र स्थानमा सेमिनार र अन्तर्वार्ता हुने बताउँदै सम्पर्क नम्बर उपलब्ध गराएकी थिइन्। त्यही आधारमा शनिबार बिहानैदेखि सयौंको संख्यामा युवाहरू मेरियट अगाडि उपस्थित भएका थिए। , भिड जम्मा भएपछि प्रहरीले सोधपुछ गरेको थियो।, पोल्यान्ड लाने भनेर टिकटकमा विज्ञापन गरेको र त्यही विज्ञापन हेरेर सयौं मानिसहरू उपस्थित भएको पाइएपछि वैदेशिक रोजगार विभागलाई खबर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, सूचना पाएपछि वैदेशिक रोजगार विभागको टोली मेरियट पुगेको थियो। विभागका महानिर्देशक मदन दाहालले दुई जनालाई पक्राउ गरिएको जानकारी दिए। , ‘पोल्यान्ड लगिदिने भनेर अन्तर्वार्ताको लागि मेरियट होटलमा बोलाएका रहेछन्। हामीसँग कुनै स्वीकृति पनि लिएका थिएनन्,’ उनले भने, ‘टिकटक, ह्वाट्स एपमार्फत् बोलाइएको रहेछ। मानिसहरू पनि थुप्रै जम्मा भएका थिए। त्यस्तो खबर पाएपछि हाम्रो टोली गएर दुई जना विदेशी नागरिकलाई पक्राउ गरेका छौं।’, पक्राउ पर्नेहरूमा पोल्यान्डका नागरिक एलेग फेडोसिक र दुबईका र्याट फियागोसिक रहेको विभागका शाखा अधिकृत धर्मराज लम्सालले जानकारी दिए।, उनीहरूको युएईको जुभेरास्थित नर्थ अमेरिकन भिसा सर्भिसमा आवद्धता देखिएको लम्सालले बताए।, उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइने लम्सालले बताए।, ,
पोल्यान्ड लैजाने भन्दै टिकटकमा विज्ञापन, होटल मेरियटबाट पक्राउ परे दुई विदेशी नागरिक |
भगवती पाण्डे रूपन्देहीका सन्तोष अधिकारीले अघिल्लो शनिबार मात्रै अस्ट्रेलियाको मेलबर्नबाट घरमा फोन गरेका थिए। सियारी गाउँपालिका वडा नम्बर ४, छपिया रहेको उनको घरमा ८४ वर्षीया हजुरआमा जयकला, आमा पुनम र बुवा गणेश छन्।, भिडिओ-कलमा भएको उक्त कुराकानीमा सन्तोषले तीनै जनासँग लामो गफगाफ गरे। अब अस्ट्रेलियाको बसाइ छोट्याउने र आउने दसैंमा घर फर्किने तयारीमा रहेको सुनाए।, सन्तोषकी एक मात्र बहिनी शिल्पाको बिहे भइसकेको छ। बहिनीसँग पनि उनको भिडिओ-कलमा कुराकानी भइरहन्थ्यो।, छोरा अध्ययनका लागि सात समुद्रपारिको देश गए पनि भिडिओमा कुराकानीले भइरहने भएकाले परिवारलाई धेरै न्यास्रो हुन दिन्थेन। स्थानीय लिटल फ्लावर्स इङ्लिस सेकेन्डरी स्कुल सौ फर्साटिकरबाट एसइइ पास गरेका सन्तोषले बुटवलको तिलोत्तमा क्याम्पसबाट प्लस-टु पढेका थिए।, त्यसपछि कालिकानगरस्थित क्षितिज इन्टरनेसनल कलेजबाट बिबिए उत्तीर्ण गरे। विदेशमा गएर स्नातकोत्तर पढ्ने भन्दै २०७४ सालमा उनी अस्ट्रेलिया गएका थिए। , सन्तोषले अस्ट्रेलिया जानुअगाडि, २०७४ सालमै पूर्वी नवलपरासीस्थित रजहरकी प्रतिमा थापासँग बिहे गरेका थिए। सन्तोष बिहेलगत्तै अस्ट्रेलिया गए भने प्रतिमा ६ महिनापछि गइन्।, ३३ वर्षीय सन्तोष र २४ वर्षीया प्रतिमा दुवै अस्ट्रेलियामा कमाउँदै पढ्दै थिए। नियमित रूपमा घरमा फोन गरिरहन्थे। बिहे गरेलगत्तै अस्ट्रेलिया गएका छोराबुहारी पाँच वर्षपछि दसैंमा पहिलोपटक घर आउने खबरले अधिकारी परिवारमा खुसी छाएको थियो।, हजुरआमाको हातबाट टीका लगाउने र आशीर्वाद थाप्न पाउने कुराले सन्तोष र प्रतिमा पनि उत्साहित थिए। परिवारसँगको कुराकानीमा उनीहरूले उक्त कुरा बताएका थिए।, तर अधिकारी परिवारको त्यो खुसी दुई दिन पनि रहन पाएन।, गत सोमबार मेलबर्नमा भएको सडक दुर्घटनामा सन्तोष र प्रतिमा दुवैले ज्यान गुमाए।, अहिले अधिकारी परिवार मात्र होइन, सिंगो छपिया गाउँ नै शोकमा डुबेको छ।, नेपाली समयअनुसार गत सोमबार साँझ साढे ६ बजेतिर सन्तोष र प्रतिमा कामबाट घर फर्किँदै थिए।, मृतक सन्तोषका काका सुनील अधिकारीका अनुसार अर्को दिशाबाट तीव्र गतिमा हुइँकिएर आएको कारले सन्तोष र प्रतिमा चढेको कारलाई ठक्कर दियो।, २० वर्षीय युवकले चलाएको उक्त कार १ सय ४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा भएको स्थानीय प्रहरीले बताएको सुनीलले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार सन्तोष र प्रतिमा दुवैको घटनास्थलमै मृत्यु भएको सुनीलले बताए।, सोमबार साँझ भएको उक्त दुर्घटनाको खबर छपियामा रहेका सन्तोषका परिवारले मंगलबार बिहान मात्रै पाएका थिए। मेलबर्नमा रहेका सन्तोषका आफन्त पुस्कर भुसालले घटनाबारे परिवारलाई जानकारी गराएका हुन्।, काका सुनीलका अनुसार छोराबुहारीको अप्रत्याशित मृत्युको खबरले उनीहरूको परिवार विक्षिप्त छ।, 'छोराबुहारी बितेको थाहा पाएपछि हजुरआमा र आमालाई सम्हाल्नै गाह्रो भएको छ। दसैंमा आउँछु हजुरआमा भनेर फोन गरेको नाति दुई दिनपछि बितेको खबर सुनाउँदा कस्तो भयो होला,' सुनीलले भने।, मेलबर्नमा अध्ययनसँगै सन्तोष र प्रतिमा एज्डकेयरमा सँगै काम गर्थे।, 'पढ्न गएका छोराबुहारीले काम गरेर कमाइ पनि राम्रै गर्दै थिए। दैवको लीला यस्तै रहेछ! दुवै जनालाई एकैपटक चुँडेर लग्यो,' सुनीलले भने।, मृतक दुवै जनाको शव पोस्टमर्टम गरेर नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको सुनीलले बताए।, 'दसैंमा छोराबुहारीलाई स्वागत गर्ने तयारी गरिरहेको घरमा दुवैको शव ल्याउनुपर्ने संकट आइलाग्यो। यस्तो अवस्था कसैलाई नपरोस्,' उनले भने।,
अस्ट्रेलिया बस्ने छोराबुहारीले दसैंमा आउँछौं भनेका थिए, ल्याउनुपर्ने भयो दुवैको शव |
रासस न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारलाई सिफारिस गरेको छ।, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रामिक बढाउन प्रस्ताव गरेको हो।, मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भए पनि श्रमजीवी पत्रकारले जीवन निर्वाह गर्नसक्ने गरी तलब पाउनुपर्ने र यदि सम्बद्ध मिडिया हाउसले तोकिए बमोजिम पारिश्रमिक उपलब्ध नगराए सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउने बताइन्।, ‘न्यूनतम पारिश्रामिक पनि नदिने मिडिया हाउसलाई सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउँछ,’ उनले भनिन्, ‘समितिले सिफारिस गरेको न्यूनतम पारिश्रामिक लागू गर्न र श्रमजीवी पत्रकारले जीवन निर्वाह गर्नसक्ने गरी पारिश्रामिक पाउनुपर्छ भन्ने विषयमा सरकार स्पष्ट छ।’, मन्त्री शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन बाध्यकारी बनाउनुपर्ने उल्लेख गरिन्। उनले सरकारको नीति तथा कार्यक्रममा समानुपातिक विज्ञापन प्रणालीको विषय राखिएकाले सरकारले लोककल्याणकारी विज्ञापन कटौती गर्न नखोजेको पनि दाबी गरिन्।, ‘सरकारले लोककल्याणकारी विज्ञापनलाई रोक्दैन,’ मन्त्री शर्माले भनिन्, ‘एक महिनाजतिका लागि बजेट अपुग भएको हो तर नदिने भनिएको होइन।’, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सिफारिस गरिएको न्यूनतम पारिश्रामिक पूर्ण रूपमा कार्यान्वयन गरउन सरकारको ध्यान जानुपर्ने माग गर्दै तोकिएबमोजिमको पारिश्रमिक उपलब्ध गराउन सकिने वातावरण सिर्जना गर्न पनि सरकारले पहल गर्नुपर्नेमा जोड दिए।, समिति अध्यक्ष खड्काले ४० प्रतिशत तलबमान वृद्धिसहित विभिन्न आठ बुँदा कार्यान्वयनका लागि सरकारमा सिफारिस गरिएको बताइन्।, श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५९ लागू भएको २७ वर्ष भइसकेको र उक्त ऐन पहिलो पटक संशोधन भएको पनि १४ वर्ष वितिसकेको हुँदा परिवर्तित परिस्थितिअनुरूप पुनः ऐन संशोधन आवश्यक भएकाले यसका लागि प्रक्रिया सुरु गर्नुपर्ने सिफरिसमा उल्लेख छ। , सञ्चार प्रतिष्ठानमा कार्यरत जनशक्तिले ऐनबमोजिमको सुविधा पाए नपाएको तथ्य पत्ता लगाउन प्रभावकारी अनुगमन गर्न आवश्यक बजेट र जनशक्तिको व्यवस्था हुनुपर्ने, ऐनले तोकेका सेवा तथा सुविधा सम्बद्ध सञ्चार प्रतिष्ठानले कार्यान्वयनमा ल्याए नल्याएको पत्ता लगाई तिनलाई पुरस्कार तथा सजायको भागेदार गराउन उक्त समितिलाई थपअधिकार अधिकार दिनुपर्ने कुरा पनि उल्लेख गरिएको छ।, ऐनको प्रभावकारी कार्यान्वयनका लागि नियमित रूपमा प्रतिष्ठानको अनुगमन गर्नाका साथै सरोकारवालाको समेत प्रतिनिधित्व रहने गरी एक स्थायी प्रकृतिको अनुगमन र न्यायिक संयन्त्र बनाउनुपर्ने, श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ (पहिलो संशोधन २०६४) ले तोकेका सेवा, सुविधा उपलब्ध नगराउने सञ्चार प्रतिष्ठानलाई सरकारबाट प्राप्त हुने सम्पूर्ण सेवा, सुविधा रोक्ने प्रावधान अनिवार्य राख्नुपर्ने पनि सिफारिसमा उल्लेख गरिएको छ।, ऐन कार्यान्वयन नगर्ने प्रतिष्ठानले कुनै पनि सरकारी सूचना प्रकाशन/प्रशारण गर्न नपाउने व्यवस्था गर्नुपर्ने, सञ्चार प्रतिष्ठान सञ्चालनका लागि टेवा पुर्याउन सूचना वा विज्ञापनको समानुपातिक वितरण एकद्वार प्रणालीमार्फत कार्यान्वयन गराउनुपर्ने साथै स्थानीयस्तरका विज्ञापन समानुपातिकरूपमा स्थानीय मिडियामा नै दिने व्यवस्था हुनुपर्ने कुरा पनि उल्लेख गरिएको छ।, सम्पूर्ण सञ्चार प्रतिष्ठानमा सामाजिक सुरक्षा कोष अनिवार्य लागु गराउनुपर्ने र चाडपर्व, स्वास्थ्य उपचारलगायत ऐन, नियमले तोकेका सुविधासहित ‘पेरोल’ बुझाउने व्यवस्था गरिनुपर्ने कुरा पनि उक्त सिफारिसमा गरिएको छ।,
पत्रकारको न्यूनतम तलब ३४ हजार रुपैयाँ बनाउन सिफारिस |
नारायण खड्का आँखामा हेरेर, छोएर र शरीरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै ठग्ने सिमान्त गुरू भनिने भरत केसी आइतबार दाङ पुगेका छन्।, दाङमा उनी आउने भएपछि आसपासका जिल्ला सल्यान र रोल्पाका मानिसहरूको घुइँचो लागेको छ।, 'अलौकिक मनोवैज्ञानिक क्षमता' का ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिएलगत्तै मानिसहरू बिहान ३ बजेदेखि नै मन्दिर परिसरमा लाइनमा बसेका छन्।, सल्यान, रोल्पा तथा आसपासका जिल्लाका केही मानिसहरू शनिबार नै तुलसीपुरका होटलमा आएर बसेका छन्।, केसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा सर्वसाधारणलाई भेट्ने कार्यक्रम राखेका थिए।, स्थानीय प्रशासनले उनलाई सार्वजनिक स्थानमा उक्त कार्यक्रम गर्न रोक लगाइदिएको छ।, दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले उपचार गराउने बहानामा सार्वजनिक स्थलमा गरिएको कार्यक्रम भीडभाडमा कारण बन्द गर्नुपरेको जानकारी दिए।, ‘सार्वजनिक स्थलहरूमा त्यस्ता कार्यक्रमहरु गर्न पाइँदैन,’ प्रजिअ वैद्यले भने, ‘उहाँले निजी होटल वा अन्य कुनै ठाउँमा कार्यक्रम गरे आपत्ति छैन।’, केसीले आफ्नोमा उपचार गराउन आउने मानिसहरूसँग पैसा पनि उठाउने गरेका छन्।, यसरी हाकाहाकी ठगी गरेको देखिने कार्यक्रम होटलका कोठामा चाहिँ गर्न पाइन्छ त भन्ने प्रश्नमा प्रजिअ वैद्यले स्थानीय प्रशासनलाई अहिलेसम्म केसीले पैसा उठाएको भन्ने जानकारी नआएको बताए।, ‘हामीले पैसा उठाउने अनुमति केही दिएका छैनौं र होटल वा कुनै निजी ठाउँमा आस्था विश्वासका हिसाबले थाहा नपाउने गरी गरे ठिक छ,’ वैद्यले भने।, त्यसको अर्थ त सार्वजनिक स्थानमा होइन तर निजी ठाउँमा अफवाह फैलाएर ठग्न पाइन्छ भन्ने खोले भएन र? भन्ने प्रश्नमा वैद्यले भने, ‘ठग्ने भन्दा पनि यो मानिसको आस्था कुरा हो र यसमा कुनै गुनासो नआउने गरी गर्छन् भने आँखा चिम्लने कुरा हुन्छ। तर, बकाइदा रसिद काटेर पैसा उठाउने काम भने गर्न पाइँदैन। आफू खुसी कसैले दिन्छ भने कसको के लाग्छ र!’, सामाजिक सञ्जालका माध्यमबाट अफवाह फैलाउने, भ्रम सिर्जना गर्ने व्यक्तिलाई पक्राउ गर्ने दायित्व प्रशासनको हैन र? भन्ने अर्को प्रश्नमा प्रजिअ वैद्यले थपे- यो काम ठाउँठाउँमा गर्दै आएको छ भन्छन्, काठमाडौंमा पनि गरेको भन्छन्। त्यसैले सार्वजनिक स्थानमा होइन अरू ठाउँमा गुनासो नआउने गरी गरेको भए ठिकै छ तर ठगेकै हो भने त नियन्त्रण पनि गर्नुपर्ने हुन्छ।’, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिमान्त गुरू भनिने भरत केसीले संस्था नै दर्ता गरेर यो काम गरिरहेको बताए।, ‘हामीले हेर्दा उनले बालाजुमा अलौकिक मनोवैज्ञानिक ज्योतिष प्रालि भन्ने एउटा संस्था नै दर्ता गराएका रहेछन्। कम्पनी रजिष्टारको कार्यालयमा पनि संस्था दर्ता गरेर काम गरिरहेको मान्छेलाई उजुरीबिना समाउने कुरा भएन,’ कडायतले भने, ‘कसैले ठगेको भनेर उजुरी दिए उनी अनुसन्धानको दायरामा आउँछन्।’,
आँखामा हेरेर रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ दाङ पुगे, सल्यान-रोल्पादेखि मान्छेको घुइँचो |
सेतोपाटी संवाददाता गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ।, आइतबार बिहान करिब ४:३० बजे बिजुली सर्ट भई आगलागी भएको हो।, वडाध्यक्ष शरण श्रेष्ठका अनुसार आगलागीबाट स्वास्थ्य चौकीको माथिल्लो तलामा रहेको स्टोर रूम, प्रशासन कक्ष र महत्वपूर्ण कागजात र साम्रगी जलेर नष्ट भएको छ।, वडा नम्बर ७ र ८ का स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रनिनिधि लगायतले आगो नियन्त्रणमा लिएका छन्।, स्वास्थ्य चौकी प्रमुख बिमला पुलामीका अनुसार बिहान ६:३० बजे आगो नियन्त्रणमा लिइएको हो।, जेठ ९ गतेसम्मका लागि आकस्मिकबाहेक सेवा बन्द रहने उनको भनाइ छ। औषधिलगायत सामग्री जुटाउने काम भइरहेको छ।,
गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी |
रासस पूर्वीरूकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो। , नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। ,
पूर्वीरूकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प |
सेतोपाटी संवाददाता बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ भनिने भरत केसी दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फर्किएका छन्।, स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएका कारण उनी सयौं मानिस जम्मा भइसकेपछि पनि कार्यक्रम नगरी फर्केका हुन।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले उपचारको बहानामा तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सयौंलाई भेला गराइएको भए पनि अन्तिममा केसी कार्यक्रम नै नगरी बाँकेको नेपालगञ्जतर्फ लागेको जानकारी दिए।, ‘हामीलाई त्यस्तो कार्यक्रममा सुरक्षा नदिनु र नजानु भन्ने प्रजिअको आदेश थियो,’ मल्लले भने, ‘त्यो कुरा हामीले शनिबार राति नै केसीलाई जिल्लामा बोलाउनेहरूलाई भनिसकेका थियौं।’, ज्योतिष केसीलाई तुलसीपुर बोलाउने मध्यका एक जना उद्योगी डिल्लीबहादुर बस्नेतले पनि प्रहरीले सुरक्षा नदिने बताएपछि कार्यक्रम नै नगरी फिर्ता भएको जानकारी दिए।, केसीले सामाजिक सञ्जाल टिकटकमा भिडिओ पोष्ट गर्दै आफूसँग अलौकिक क्षमता भएको दाबी गर्ने गरेका छन्। उनको त्यही दाबीलाई पत्याएर विभिन्न ठाउँमा मानिसहरू उनलाई आफ्नो बिराम देखाउन जाने गरेका छन्। , दाङमा पनि उनलाई भेट्न भन्दै आसपासका जिल्लाहरू सल्यान र रोल्पादेखि मानिसहरू आएका थिए। , नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिमान्त गुरू भनिने भरत केसीले संस्था नै दर्ता गरेर यो काम गरिरहेको बताए।, ‘हामीले हेर्दा उनले बालाजुमा अलौकिक मनोवैज्ञानिक ज्योतिष प्रालि भन्ने एउटा संस्था नै दर्ता गराएका रहेछन्। कम्पनी रजिष्टारको कार्यालयमा पनि संस्था दर्ता गरेर काम गरिरहेको मान्छेलाई उजुरीबिना समाउने कुरा भएन,’ कडायतले भने, ‘कसैले ठगेको भनेर उजुरी दिए उनी अनुसन्धानको दायरामा आउँछन्।’,
आँखामा हेरेर रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ कार्यक्रम नै नगरी हिँडे दाङबाट |
रामबहादुर थापा पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ। गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो।, नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए। राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो। शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए।, नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले पहिलोपटक यही जेठ १५ गतेदेखि सर्वसाधारण र पर्यटकका लागि दरबार खुला गर्न लागिएको जानकारी दिए।, ‘देशविदेशका पर्यटकलाई लक्ष्य गरी दरबार परिसर खुला गर्दैछौं,’ उनले भने, ‘रत्न मन्दिर खोल्ने वषौंदेखिको प्रयासले सार्थकता पाएको छ।’, दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला नहुने सञ्चालक सदस्य शेर्पाले बताए।, ‘अहिलेलाई दरबार परिसर खुला हुनु नै ठूलो कुरा हो, तत्काललाई दरबारका सबै कक्ष र कोठासम्म पर्यटक लैजान मिल्ने अवस्था छैन,’ उनले भने।, दरबारका कोठा, भर्याङदेखि भित्री संरचना साँघुरा छन्। एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ। , ‘दरबार परिसर नै पर्यटकलाई लोभ्याउने खालको छ, दरबारभित्रको भागलाई भिडिओ प्रविधिबाट बाहिर देखाउने विषयमा सोचिरहेका छौं,’ सञ्चालक सदस्य शेर्पाले भने, ‘दरबार अवलोकन गर्न आउने पर्यटकलाई रोमाञ्चक अनुभूति लिएर फर्कने वातावरण हामी बनाउँछौँ।’, रत्न मन्दिर खोल्ने निर्णय भएपछि सञ्चालक सदस्य शेर्पा पोखरामै बसेर व्यवस्थापकीय तयारीमा जुटेका छन्। नेपाल ट्रस्टले दरबार खोल्नका लागि आवश्यक पूर्वतयारीदेखि स्थानीय संयोजनको जिम्मा उनलाई नै दिएको छ। पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालयका अनुसार दरबार प्रवेशमा नेपालीका लागि एक सय रुपैयाँ शुल्क तोकिने छ भने विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ। विदेशी पर्यटकबाट रू हजार या पाँच सय लिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको सञ्चालक सदस्य शेर्पाले बताए। , दरबार खुल्ने समय केही दिनमा निर्धारण हुने जनाइएको छ। अहिले दरबार परिसरमा मर्मतसम्भार, रङ्गरोगन र साजसज्जाको काम चलिरहेको एकाइ कार्यालयका प्रमुख गीता मिजारले जानकारी दिइन्।, ‘अहिले दरबार बाहिरको परिसर मात्र सर्वसाधारणका लागि खुला गर्न लागेका छौं,’ उनले भनिन्, ‘अरू क्षेत्र क्रमशः खोल्दै जाने योजना छ।’, दरबारभित्र के छ, पोखरा महानगरपालिका–६ फेवाताल किनारमा रत्न मन्दिर अवस्थित छ। गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ। रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ निर्माण सम्पन्न भएको थियो।, पोखरा आउँदा ठाउँ मन परेपछि पूर्वराजा महेन्द्रले सो दरबार बनाएका थिए। राजा महेन्द्रले रानी रत्नलाई दिएको उपहारका रूपमा समेत रत्न मन्दिरलाई लिने गरिन्छ। प्राकृतिक सौन्दर्यका दृष्टिले पनि रत्न मन्दिर र वरपरको वातावरण मनमोहक छ। तीनतले दरबारमा ११ कोठा छन्। भूइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडिसी) बस्ने कोठा र आरामकक्ष छन्।, दोस्रो तलामा पाँच कोठा छन्। कोठाबाहिरको मुख्य हलमा बैठककक्ष छ। जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे। राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ। त्यो बेलाका खेल सामग्री सुरक्षित छन्। दोस्रो तलामा युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन्। राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो।, सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा छ। बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौशी छ। हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन्। मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन्। राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृङ्गारसम्मका सामग्री सुरक्षित राखिएका छन्।, भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन्। नेपाली कला झल्काउने हस्तकलाका सामग्री र आकर्षक ‘पेन्टिङ’हरु दरबारभित्र छन्। दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री सङ्ग्रहित छन्।, काठ र ढुङ्गाबाट दरबार बनेको छ। निर्माणमा रैथाने सीप र प्रविधि प्रयोग भएको देखिन्छ। दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स-साना कोठा छन्। सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ। अहिले रणचण्डी गणले रत्न मन्दिरमा सुरक्षा पहरा दिइरहेको छ।, २३ वर्षदेखि रत्न मन्दिरको रेखदेखमा खटिँदै आएकी कार्यालय सहयोगी दुर्गा पराजुलीले राजपरिवारले प्रयोग गर्ने गरेका सबै सामग्री सुरक्षित राखिएको बताइन्।, ‘विस्तारा, भाँडाकुँडादेखि सबै सरसामान जोगाएर राखेका छौं,’ उनले भनिन्,‘राजपरिवारले प्रयोग गर्ने सियोदेखि महँगा उपहारसम्म दरबारभित्र छन्।’, नेपालमा दुई सय ४० वर्षसम्म शासन गरेको शाहवंशसँग जोडिएको रत्न मन्दिर खुला गर्न यसअघि पनि प्रयास भएका थिए। गत चैत २६ मा रत्न मन्दिरको अवलोकनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छिट्टै रत्नमन्दिरलाई सर्वसाधारणका लागि खुला गरिने बताएका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरका प्रमुखलगायत राजनीतिक नेतृत्वले पनि रत्न मन्दिर खुला गर्न पहल गर्दै आएका थिए।, पोखरा महानगरका प्रमुख धनराज आचार्यले लामो प्रयासपछि रत्न मन्दिर खुला हुन लागेको बताइ। मन्दिर खुलेसँगै पोखराको पर्यटनमा थप टेवा पुग्ने उनले उल्लेख गरे। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रत्न मन्दिरले पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन मद्दत पुग्ने बताए।, ‘रत्न मन्दिर खोल्नुपर्छ भन्ने हामी पोखरेलीको पहिले देखिकै माग हो। रत्न मन्दिर खुला गर्न अहिलेको पर्यटनमन्त्रीसहित नेपाल ट्रस्टको नेतृत्वले लिएको पहलप्रति हामी कृतज्ञ छौं, यसले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउँछ,’ उनले भने।, इतिहासको बोकेको रत्न मन्दिरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्ने माग पोखराका पर्यटन व्यवसायीले गर्दै आएका थिए। पोखरा घुम्न आउने पर्यटकलाई रत्न मन्दिरले नयाँ आकर्षण थप्ने पर्यटन व्यवसायीको विश्वास छ। यसअघि नेपाल ट्रस्टले रत्न मन्दिर र हिमागृहलाई व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने तयारी गरे पनि पर्यटन व्यवसायीले विरोध जनाएका थिए। अहिले ट्रस्टको व्यवस्थापनमा रत्न मन्दिर खुला गर्न लागिएको हो। मन्दिरको पूर्वपट्टी रहेको हिमागृह भने तत्काल नखुल्ने ट्रस्टको पोखरास्थित एकाइ कार्यालयले जनाएको छ।, पूर्वराजा महेन्द्रका माहिला भाइ हिमालय वीरविक्रम शाहका नामबाट हिमागृह बनेको थियो। रत्न मन्दिर २१ रोपनी र हिमागृह १० रोपनी क्षेत्रफलमा फैलिएको छ। दुवै दरबारसहित रत्न मन्दिरका नाममा कुल एक सय ७४ रोपनी जग्गा छ। रत्न मन्दिर र हिमागृहको स्वामित्व अहिले नेपाल ट्रस्टका नाममा छ। ,रासस,
गणतन्त्र आएको १५ वर्षपछि सर्वसाधारणका लागि खुला गरिँदै पोखराको रत्न मन्दिर |
रासस वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। , बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।, साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। , बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए। , साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए। उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।, परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए। , शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै अधिकारीले सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग आग्रहसमेत गरेका छन्। , ,
पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवकको निधन |
सेतोपाटी संवाददाता आफू अध्यक्ष रहेको सहकारीबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन्।, इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका उपमेयर धनबहादुर कायतले जानकारी दिए।, ‘शुक्रबार म एउटा कार्यक्रममा गएको थिएँ। आज बिहान कार्यालय जाँदा त मेरो टेबलमा कार्यवाहक दिइएको पत्र थियो,’ कायतले भने,‘उहाँले कहाँ गएको भन्नुभएको छैन। म नआउन्जेल कार्यवाहक चलाउनू मात्र लेख्नुभएको छ।’, बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले मेयर नेपालीलाई खोज्न प्रहरी परिचालन गरिएको बताए।, ‘उहाँ सम्पर्कविहीन भएपछि बचतकर्ताहरू हाम्रो कार्यालयमा आएका छन्। बाग्लुङ बजारमा तनावको अवस्था छ,’ बरालले सेतोपाटीसँग भने,‘बचतकर्ताको पैसा फिर्ता दिन हामीले पहिला पनि भनेका हौं। उहाँले आफ्नो पैतृक सम्पत्ति बेचेर भए पनि तिर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। अहिले सम्पर्कविहीन भएपछि प्रहरीलाई खोज्न भनेका छौं।’, नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छन्।, एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए। उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए।, निक्षेपकर्ताको कति रकम सहकारीले भुक्तानी गर्न बाँकी छ भन्ने अनुसन्धानपछि थाहा हुने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए। , ‘सहकारी गण्डकी प्रदेशमा दर्ता भएकाले हामीले प्रदेश सरकारलाई पनि यो विषयमा जानकारी गराएका छौं, अनुसन्धान हुँदैछ,’ बरालले भने। ,
बाग्लुङको ढोरपाटनका मेयर तीनदेखि ‘फरार’, खोज्न प्रहरी परिचालन |
सेतोपाटी संवाददाता 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक वेनुकुमार कार्कीका अनुसार शुक्रबार जिल्ला अदालतले थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो।, वैशाख २९ गते पक्राउ परेका राईमाथि अनुसन्धान गर्न अदालतले सुरूमा ७ दिने म्याद दिएको थियो।, प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरि उनलाई अदालतमा पेश गरेर म्याथ थप्न माग गरेको थियो।, सोही अनुसार अदालतले थप ८ दिन राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको सेतोपाटीसँग किशोरीहरूले बताएका थिए।, यसबारे सेतोपाटीले वैशाख २८ गते समाचार प्रकाशन गरेको थियो। पढ्नुहोस् उक्त स्टोरी: , आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, त्यसपछि प्रहरीमा एक बालिकाले राई विरूद्ध जाहेरी दिएकी थिइन्। उक्त जाहेरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।,
मदन राईलाई थप ८ दिन थुनामा राख्न अनुमति |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। ।, सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। , प्रहरीको यो प्रकरणको अनुसन्धान प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ। ,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति |
सेतोपाटी संवाददाता जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल मागेको छ।, न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा गौशाला २६ को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताए।, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।, प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। , वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।, जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। , विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। , उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।, सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।, ,
सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता सक्कल फाइल मगाउन अदालतको आदेश |
सेतोपाटी संवाददाता मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।, शनिबार साँझ रौतहट गढीमाई नगरपालिका-७ धरमपुरकी १२ वर्षीया रञ्जिताकुमारी महतोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। , रौतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशंकर यादवले आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु भएको बताए।, 'बालिकाको घटनास्थलमै मृत्यु भएको हो, परिवारले अस्पताल पुर्याउनै पाएनन्,ʼ डिएसपी यादवले भने । , 'मोबाइलको चार्जरमा त्यति धेरे भोल्टेज नहुनपर्ने हो, कसरी भयो हामी अनुसन्धानमा छौं,' उनले भने। , ,
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु |
नवीनबाबु गुरूङ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई म्याद थप गर्न आज अदालत लगिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा अहिले आरोपीहरू र मिसिल लगिएको छ।, सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको छ।, प्रहरीको यो प्रकरणको अनुसन्धान प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ। , ,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई लगियो म्याद थप गर्न (तस्बिरहरू) |
सेतोपाटी संवाददाता कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान नियुक्त भएका छन्। , कान्तिपुर पब्लिकेशन्स प्रालिले आइतबार चौहानलाई प्रधान सम्पादक नियुक्त गरेको हो। प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले चौहानलाई स्वागत गरेका छन्। , आजै कान्तिपुरका निवर्तमान प्रधान सम्पादक सुधीर शर्मालाई बिदाइ गरिएको छ। कान्तिपुर समाचार कक्षमा शर्माले चौहानलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। शर्माले आफूले सम्पादकीय जिम्मेवारी सम्हालेको झण्डै २० वर्ष समय भएको भन्दै अब किताब लेखनको काममा लाग्ने बताएका थिए। प्रकाशक सिरोहियाले शर्माका लागि कान्तिपुर सधैँ घर जस्तै भएकाले सधैँ स्वागत रहने बताए। , चौहान यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए। कान्तिपुरमा सम्पादक हुनुअघि उनी नयाँ पत्रिका दैनिकमा सम्पादक थिए।, , म आजदेखि कान्तिपुरबाट अलग भएको छु। यहाँ काम गर्दा माया र आलोचना गर्ने सबै शुभचिन्तकलाई धेरैधेरै धन्यवाद; लेखक र पाठकहरूमा नमन। कैलाश सर र व्यवस्थापनप्रति आभार। कान्तिपुर न्यूजरूममा एकसेएक उम्दा साथीहरूसँग काम गर्न पाएकोमा मलाई गर्व छ। म लेख्ने-पढ्ने काममै हुन्छु,भेट भइहाल्नेछ🙏🏼++ ,pic.twitter.com/Del1Si1Knm,
— Sudheer Sharma (@sudheerktm) ,May 21, 2023, ,
कान्तिपुरको प्रधान सम्पादकमा उमेश चौहान |
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणका अभियुक्त पृथ्वी मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको छ।, आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई उक्त कसुरमा ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।, मादकपदार्थ सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएका कारण गोरखाकी लीला देवकोटाको ज्यान गएको भन्दै सरकारी वकिलले उनलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुनुपर्ने सरकारी वकिलको दाबी थियो।, जिल्ला अदालत काठमाडौंले सामान्य दुर्घटना मान्दै ६ महिना कैद र १ हजार जरिवाना हुने गरि भएको फैसला उल्ट्याएर उच्च अदालतले लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गरेको निष्कर्ष निकालेको थियो।, जिल्लाको फैसला फैसलाविरूद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन दिएको थियो। सोही पुनरावेदनमा आज कसुर कायम गरिएको हो।, सुरूमा मल्ललाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार राख्ने आदेश दिएको थियो। तर सात महिना थुनामा बसेका मल्ललाई सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान सहितको इजलासले धरौटीमा छोडेको थियो।, २०७६ मंसिर २७ गते बिहान १० बजेतिर मल्लले चलाएको कारले ठक्कर दिएर विपरीत दिशाको सडकपेटीमा हिँडिरहेकी गोरखाकी लीला देवकोटाको मृत्यु भएको थियो।, त्यसपछि प्रहरीले मल्ललाई पक्राउ गरी प्रहरीले सवारी ज्यान मुद्दामा अनुसन्धान थालेको थियो।, प्रारम्भिक अनुसन्धानमै मल्लले मादक पदार्थ सेवन गरेर कार चलाएको खुलेको थियो।, उनले आफ्नो बयानमा रातभरि रक्सी खाएको र बिहान गाडी चलाउँदा निद्रा लागेकाले दुर्घटना भएको बताएका थिए। चिरायु अस्पतालको स्वास्थ्य रिपोर्टमा समेत मल्लले मादक पदार्थ सेवन गरेको उल्लेख थियो।, प्रहरीले आफ्नो प्रतिवेदनमै मल्लले 'मादकपदार्थ सेवन गरी लापरबाही तरिकाले चलाएको कारले देवकोटालाई ठक्कर दिएको' उल्लेख गरेको थियो।, यी सबै प्रमाण मूल्यांकन गरेर सरकारी वकिल कार्यालयले मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएकाले देवकोटाको ज्यान गएको भन्दै ३ देखि १० वर्षसम्म कैद हुनुपर्ने माग गरेको थियो।, ,
पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवाना |
सेतोपाटी संवाददाता ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।, आइतबार बिहान चितवन भरतपुर महानगरपालिका-१२ टिकौली जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय पण्डितले जानकारी दिए।, ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३-००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय सागर तामाङको मृत्यु भएको हो। सागर भरतपुर महानगरपालिका-११का हुन्। , उनको स्कुटर पछाडि बस्ने २० वर्षीय विशान्त ढकालको उपचार भइरहेको डिएसपी पण्डितले बताए।, ‘विशान्तको अवस्था गम्भीर छ,ʼ उनले भने।, प्रहरीका अनुसार विशान्तको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।, ट्रक चालक तनहुँ घुमाउने नगरपालिका-४ बस्ने ५० वर्षीय ढकबहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, ,
चितवनमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्।, पारिवारिक स्रोतका अनुसार काठमाडौंमा गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन्। जयवीर र शिवाना दुबै छुट्टाछुट्टै व्यवसायमा संलग्न छन्।, देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।, ‘अहिले औंठी साटासाट गरिएको हो। सानो समारोहमा इन्गेजमेन्ट गरिएको हो। बिहे माघमा गर्ने कुरा छ’, स्रोतले भन्यो, ‘इन्गेजमेन्ट समारोहमा दुबै परिवारका सदस्यहरू उपस्थित थिए।’, जयवीरसिंह शेरबहादुर-आरजु दम्पतीका एक्ला सन्तान हुन्।,
देउवाका छोरा जयवीरसिंहले गरे इन्गेजमेन्ट, माघमा बिहे गर्ने तयारी |
रोहित महतो जवानीमा शम्भु रामले इटाको दुई कोठे घर बनाउने सपना देखेका थिए।, उनीभित्र अठोट थियो- मजदुरी गर्नुपरोस् वा महाजनको नोकरी, मैले दिनरात गरेर पैसा कमाउने छु र बनाउने छु इटाको घर। , उनी हाल ५४ वर्षका भए तर इटाको घर बनाउने सपना अझै पूरा भएको छैन। , पर्साको जगरनाथपुर नगरपालिका–४, मोर टोलमा उनको खरको झुपडी छ। जीर्ण भएको छ। वर्षामा चुहिन्छ।, १३ वर्षदेखि ५४ वर्षसम्मको अथक मेहनतले पनि पूरा गर्न नसकेको सपना सम्झेर अहिले पनि उनी भावुक हुन्छन्। कहिले कहिले उनी सम्झिबस्छन्- त्यति सपनाका लागि गर्न मैले के के गरिनँ?, उनले १३ वर्षकै उमेरमा भारतको पञ्जाब पुगेर सरदारकोमा नोकरी गरे। केही वर्षमा उताबाट फर्केपछि गाउँकै महाजनमा बनिहारी सुरू गरे।, पारिश्रमिकमा अन्न पाउने गरी मजदुरी गर्नु बनिहारी हो।, किशोर उमेरमै पञ्जाब पुगेर शम्भुले पैसा पठाउन थालेपछि परिवारको गर्जो टार्न सजिलो भएको थियो। बिहे भयो, छोराछोरी जन्मे। उनी पञ्जाबमा बसिरहन सकेनन्। गाउँ फर्के।, उनले महाजनको खेतबारीमा दैनिक १४ घण्टा बिताए।, कामको खोजीमा भौंतारिँदा भौंतारिँदै निकै दिन बित्यो। आखिर गाउँका जमिनदारका खेतबारीमा बनिहारी सुरू गरे। ती दिनमा उनी दिनभरि काम गरेको कतै दुई किलो त कतै साढे दुई किलो धान पाउँथे।, बिहान ६ बजे नै काममा पुग्नु पर्थ्यो र बेलुकी ६ बजेसम्म गर्नु पर्थ्यो। यसै गरेर शम्भुको परिवारको छाक टर्थ्यो।, दिन बित्दै गयो।, चौध वर्षअघिको कुरा, छोरीको बिहेको साइत निस्क्यो। उनले महाजनसँग ५० हजार रुपैयाँ ऋण लिए। जिराभवानी गाउँपालिका, सढी टोलका एक महाजनले सयकडा पाँच रुपैयाँ अर्थात् ६० प्रतिशत व्याजदर एउटा कापीमा सही गराएर ऋण दिएका थिए।, अहिलेसम्म कति रुपैयाँ तिरे, शम्भुलाई थाहा छैन। व्याजबापत धान पनि बुझाए, त्यो पनि कति हो पत्तो छैन। महाजनले साहुले सुनाएको हिसाब अनुसार मूल ऋण अर्थात् साँवा रकम तिर्न बाँकी छ। , पर्साको पश्चिमी ग्रामीण क्षेत्रतिर स्थानीय महाजन अर्थात् साहुहरूले यस्तै चर्को व्याजमा गरिब परिवारलाई ऋण दिन्छन्। गरिबले तिनै साहुसँग ऋण नलिई हुँदैन। जग्गाजमिन नहुनेले बैंकबाट ऋण पाउँदैन।, ‘महाजनले ऋण चुक्ता नहुन्जेल मेरैमा काम गर्नुपर्छ भन्नुभएको थियो। मैले उहाँको खेतमा १२ वर्ष काम गरेँ। बनिहारीबाट आएको धान गहुँ व्याजमा बुझाएँ,’ शम्भुले भने, ‘यतिका वर्ष काम गरेँ, साहुले दिएको हिसाब अनुसार पैसा बुझाएँ तर ऋण चुक्ता भएको छैन।’, यतातिर साहु महाजनले गरिबलाई ऋण दिएर जीवनभर काम लगाउँछन्। कामको पारिश्रमिक व्याजमा मिलाउँछन्, ऋण जस्ताको तस्तै रहन्छ। गरिब ऋणी धेरैको अवस्था यस्तै छ।, शम्भुले ऋण लिएका साहुकोमा काम सुरू गर्दा उनी दैनिक साढे दुई किलो धान ज्याला पाउँथे। बाह्र वर्ष काम गरेर छाड्ने बेलासम्ममा पाँच किलो भएको थियो। व्याज तिरेर बचेको अन्नले परिवारको छाक टार्थे।, छोराहरू पनि मजदुरी गर्न सक्ने भएपछि शम्भुलाई केही सजिलो भएको छ तर १४ वर्षअघिको ऋण १५ रुपैयाँ बाँकी नै छ।छोराछोरी सात जना भए। गरिबी र साहुको ऋणका कारणले उनीहरूलाई स्कुल पठाउन सकेनन्। छोराछोरी बाल्यकालमै काममा गए।, उनले भने, ‘पेट पाल्नै आपत परेपछि कसरी स्कुल पठाउनु र! छोराहरू इटाभट्टामा काम गर्छन्। त्यसले ऋण र व्याज तिर्न अलिक सजिलो भएको छ।’, छोराहरू काममा जान थालेपछि महाजनले शम्भुलाई अरूको खेतमा पनि काम गर्न अनुमति दिए। बाबुछोराको कमाइले साँवाव्याज चुक्ता हुने महाजनको अपेक्षा छ।, शम्भु अहिले बटैयामा खेत कमाउन थालेका छन्।, सढी गाउँकै ५८ वर्षीय दसैं माझी पनि ऋणकै कारण महाजनको खेतमा बन्धकजस्तै भएका छन्। महाजनले बस्नलाई ५ धुर जमिन दिएका छन्। दसैंले महाजनकै खेतमा बनिहारी गर्नुपर्छ, अन्त जान पाउँदैनन्।, उनले छोरीको बिहेका लागि १० वर्षअघि महाजनसँग ऋण लिएका थिए।, उनले भने, ‘उहाँ (महाजन) सँग ४० हजार रुपैयाँ र केही धान लिएको थिएँ। यहाँ मजदुरीको ज्यालामा पैसा दिने चलन छैन। ज्यालामा पाएको धान बेचेर जति तिरे पनि ऋण चुक्ता हुँदैन, व्याजमै ठिक्क हुन्छ।’, साहुले सुनाएको हिसाबअनुसार धानको मूल्य चुक्ता भयो अब साँवा रुपैयाँ पूरै बाँकी छ।, उनले भने, ‘म पढालेखा छैन। हरहिसाब साहुजीलाई नै थाहा छ। उहाँले भनेअनुसार तिर्ने हो।’, दसैंले ती महाजनकोमा बाल्यकालमै काम गर्न सुरू गरेका थिए। सुरूमा गाईवस्तु चराउँथे। हुर्कंदै गएपछि हलो जोत्न थाले। ऋणी भएपछि त तिनै महाजनकोमा काम गर्नै पर्ने बाध्यता भयो।, आजकल हलोले जोत्नु पर्दैन, ट्र्याक्टर आयो। उनी खेतबारीको अरू काम गर्छन्। दिनको ५ किलो धान बनिहारी पाउँछन्।, महाजनले बसोबासका लागि दिएको पाँच धुरबाहेक दसैंको जमिन छैन। छोरा बढे। बिहे भयो। घर साँघुरो छ। एउटा भैँसी पनि पालेका छन्।, भन्छन्, ‘छोराहरूको बिहेबारी भयो, परिवार बढ्यो। ऋण चुक्ता गर्न नसक्दा यहाँबाट छाडेर हिँड्न पाएको छैन। हामी त बन्धकजस्तै भएका छौं।’, ग्रामीण क्षेत्रमा चरम बेरोजगारी र गरिबी छ। बनिहारी प्रथाबाट गरिबहरू पीडित छन्। कृषि मजदुरले आफ्नो ज्याला तोक्न पाउँदैनन्, महाजनले तोकेको ज्यालामा काम गर्नुपर्छ। ज्याला पैसामा नभई अन्नमा चल्छ।, हाल चलनचल्तीमा एक दिनको ज्याला ५ किलो धान छ। हिजोआज धानको मूल्य प्रतिकिलो बढीमा ३० रुपैयाँ छ। यसरी दैनिक ज्याला नगद हिसाबमा १५० रुपैयाँ हुन्छ।, दसैंलाई ऋण दिने महाजन ऋणीले महाजनका काम गर्नु पुरानै चलन रहेको बताउँछन्। सढी गाउँका ६० घरपरिवार गरिबहरूमा धेरैजसोले महाजनसँग ऋण लिएका छन् र तिनकै खेतमा काम गर्छन्।, एकै महाजनले धेरैलाई ऋण दिएका छन्। तिनका खेतबारीमा काम गर्ने बनिहार पनि धेरै हुन्छन्।, खेतीको धमाधमको समयमा महाजनको काम नसकी ऋणीहरू अन्त जान पाउँदैनन्। महाजन रिसाए भने जमिन खाली गर, यति दिनभित्र ऋण चुक्ता गर भन्छन्।, स्थानीय बासिन्दा पतासीदेवी पासवान बिहे गरेर आएदेखि महाजनका खेतमा काम गर्दै छिन्।, ‘म दुलही हुँदैदेखि कर्जा चुकाउन महाजनको खेतमा काम गर्दैछु। काम गर्दागर्दै बुढेसकाल लाग्यो। हाम्रा सासूससुरा पनि महाजनकैमा काम गरेर मरे,’ उनले भनिन्, ‘बनिहारीले पेट पाल्नु पनि ठूलो कुरा हो, कर्जा त कहिल्यै चुक्ता हुँदैन। व्याज तिर्दैमा ठिक्क हुन्छ।’, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवका अनुसार बनिहारी प्रथा परापूर्वकालदेखिकै हो।, ‘उहिले पैसामा कारोबार हुँदैन्थ्यो। लेनदेन, कामको ज्याला सबै अन्नबाटै हुन्थ्यो। अहिले बनिहारी केही कम भएको छ तर हट्न सकेको छैन,’ उनी भन्छन्, ‘मजदुरले बनिहारी थोरै पाउने गरेको कुरा साँचो हो तर किसान पनि धेरै दिन सक्ने हैसियतमा छैनन्। गाउँमा गरिबी र बेरोजगारी यतिधेरै छ कि बनिहारी पाउनु पनि ठूलो कुरा हुन्छ।’, केही महाजनहरूले कहिल्यै चुक्ता नहुने गरी ऋणको हिसाब देखाएर गरिबलाई काम लगाउने गरेको कुरा आफूले सुनेको पनि अध्यक्ष यादवले बताए ।, ‘केहीले त ५० हजार वा एक लाख रुपैयाँ गरिबलाई ऋण दिने र आफ्नैमा बनिहारी गराउने गरेका छन्। यस्तो शर्त यहाँ सामान्य नै मानिन्छ,’ अध्यक्ष यादव भन्छन्, ‘केही महाजनले चर्को व्याज लिने र बनिहारीले कहिल्यै ऋण चुक्ता नगराउने गरेको सुनेको छु तर गुनासो लिएर कोही पनि आएको छैन।’, बनिहारी प्रथा पूर्णरूपमा हटाउन र उचित पारिश्रमिक पाउन कृषि आधुनिकीकरण हुनुपर्ने उनको धारणा छ। उनले आफूले यस्ता ऋणीहरू भेटेर गुनासो सुन्ने पनि बताए।,
५० हजार तिर्न १२ वर्षदेखि महाजनको खेतबारीमा घोटिनेहरू |
सुसन चौधरी आमाबुवाले आफ्नो सन्तानलाई राम्ररी हुर्काउने जिम्मेवारी हुन्छ। सन्तानले पनि वृद्धा आमाबुवाको रेखदेख गर्नुपर्छ भन्ने त छँदै छ। तर वृद्ध बुवाआमाको रेखदेख गर्नुपर्ने अनिवार्य अवस्था कानुनले नै सिर्जना गरेको छ भन्नेबारे धेरैलाई थाहा हुँदैन। , किनभने यो कानुन हाम्रा लागि नयाँ हो। , २०७४ सालमा संशोधन भएको ‘जेष्ठ नागरिकसम्बन्धी ऐन’ ले छोराछोरीले आमाबुवालाई हेरविचार र संरक्षण गर्नुपर्छ भनेर कानुनमा उल्लेख गरेको छ। कानुनअनुसार ज्येष्ठ नागरिक एवं आर्थिक अवस्था कमजोर भएका आमाबुवालाई छोराछोरीले अनिवार्य रूपमा हेर्नुपर्छ।, तर के अंशबण्डा गरेको परिवारमा पनि यो कानुन लागु हुन्छ? रेखदेख नगरेको भनेर अभिभावकले सन्तानविरूद्ध उजुरी हाल्ने कानुनी प्रक्रिया के हो? विदेशमा बस्ने छोराछोरीले खान/लाउन नदिए वा वृद्धाश्रममा छोडिदिए कहाँ उजुरी दिने? यी जिज्ञासा लिएर हामीले अधिवक्ता विष्णु बस्यालसँग कुराकानी गरेका छौं :, छोराछोरीले वृद्ध अभिभावकको स्याहार-सुसार अनिवार्य रूपमा गर्नुपर्छ कि पर्दैन? कुन अवस्थामा पर्छ, कुन अवस्थामा पर्दैन?, कुनै परिवारभित्र अंशियारबीच अंशवण्डा भएको छैन भने छोराछोरीले आफ्ना आमाबुवाको अनिवार्य स्याहार-सुसार गर्नुपर्छ। अंशवण्डा भइसकेको अवस्थामा सामान्यतया छोराछोरीले आमाबुवालाई स्याहार गर्नुपर्दैन। तर यदि ज्येष्ठ अभिभावक (आमाबुवा) आर्थिक रूपमा सशक्त छैनन भने अंशवण्डा गरेपछि पनि छोराछोरीले आफ्नो अभिभावकको स्याहार-सुसार र रेखदेख गर्नुपर्ने कानुन छ। , कति वर्षको उमेरमा र कस्तो अवस्थामा ज्येष्ठ नागरिक भनिन्छ र हेरचाह नगरेको भनेर उजुरी हाल्न मिल्छ?, नेपालको कानुनले ६० वर्ष पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरेको छ। ज्येष्ठ नागरिकभित्र पर्ने एकल महिलालाई ६० वर्ष पुगेपछि सरकारले भत्ता दिन्छ भने अरू नागरिकलाई राज्यले ७० वर्ष पुगेपछि भत्ता दिन्छ।, राज्यसँगै परिवारका सदस्यको पनि अभिभावकप्रति केही जिम्मेवारी हुन्छ।, परिवारका सदस्यले आफ्ना आमाबुवालाई खान लाउन दिएनन्, हेरविचार गरेनन्, आश्रममा लगेर छोडे, घरनिकाला गरे भने नजिकैको स्थानीय तहमा गएर उजुरी हाल्न मिल्छ।, आमाबुवाले सन्तानविरूद्ध कुन र कस्तो अवस्थामा उजुरी दिन सक्छन्?, छोराछोरीले आफ्नो आमाबुवाको रेखदेख नगरे, खानलाउन नदिए, पालनपोषण नगरे वा स्याहार सुसार नगरे आमाबुवाले सन्तानविरूद्ध उजुरी हाल्न मिल्छ। ज्येष्ठ नागरिक अभिभावकविरूद्ध घरपरिवारका कुनै व्यक्तिले कुनै प्रकारको घरेलु हिंसा गर्न नहुने कानुन पनि छ। उमेर ढल्किँदै गएका आमाबुवालाई वृद्धा आश्रममा लगेर छोडिदिएमा वा घर निकाला गरेमा सन्तानविरूद्ध उजुरी दिन मिल्छ।, ज्येष्ठ नागरिक अभिभावकलाई शारीरिक, आर्थिक वा मानसिक यातना दिनु पनि दण्डयोग्य काम हो।, आमाबुवालाई उनीहरूको इच्छाविपरीत कुनै काम वा निर्णय गर्म दबाब दिएमा पनि उजुरी हाल्न मिल्छ। यस्तोमा भने बाआमा वृद्ध हुनैपर्छ भन्ने छैन। जस्तै २५ वर्षका छोराछोरीलाई ४५ वर्षका बाबुआमाले पनि रेखदेख नगरेको, घरनिकाला गरेको वा यातना दिएको भन्दै उजुरी दिन सक्छन्। यसरी उजुरी हाल्नको लागि ज्येष्ठ नागरिक उमेर समूह (६० वर्ष उमेर) पुगेको हुन पर्दैन।, विदेशमा बसेका छोराछोरीविरूद्ध हेरचाह नगरेको वा सुरक्षा-स्वास्थ्य सुविधा नदिएको हकमा उजुरी हाल्न मिल्छ?, कतिपयको छोराछोरी विदेशमा बस्दै आएका हुन्छन्। तर नेपालमा बसेका तिनका आमाबुबाको आर्थिक अवस्था भने कमजोर हुन सक्छ। त्यस्तो अवस्थामा विदेश बसेका छोराछोरीले रेखदेख गरेन, खानलाउन पैसा पठाएन वा घर निकाला गरेमा पनि नजिकैको वडा कार्यालयमा उजुरी हाल्न मिल्छ। वडा कार्यालयले ती छोराछोरीलाई इमेल वा स्थायी ठेगानामा म्याद पत्र पठाइन्छ र थप कारबाही हुन्छ।, सन्तानबाहेक परिवारका अरू अंशियारलाई पनि उजुरी हाल्न मिल्छ?, आमाबुबाको रेखदेख गर्ने धेरै जिम्मेवारी उनको सन्तानलाई हुन्छ। तर ज्येष्ठ नागरिक अभिभावकलाई छोराछोरीले मात्र नभएर नातेदार, रेखदेख गरिरहेको व्यक्ति र सबै अंशियारले हेर्नुपर्ने ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा उल्लेख छ। कानुन अनुसार अभिभावकले सन्तानलाई मात्र नभएर परिवारका अरू अंशियारलाई पनि उजुरी हाल्न मिल्छ।, उजुरी कहाँ र कसरी दिने? मुद्दा कसरी चल्छ?, ज्येष्ठ नागरिक ऐन अनुसार कुनै अभिभावकले छोराछोरीविरूद्ध उजुरी हाल्नु पर्यो भने नजिकैको वडा कार्यलयमा रहेको न्यायिक समिति वा वडाध्यक्ष समक्ष उजुरी हाल्न मिल्छ। जेष्ठ नागरिकको उजुरी वडाध्यक्ष ले हेर्ने हुँदा उजुरीको प्रावधान हेरेर दर्ता गरिन्छ। उजुरी परेको छोराछोरीलाई सोही वडा कार्यालयमा बोलाइन्छ। त्यहाँ दुई पक्षबीच मेलमिलाप गराउने प्रयास गरिन्छ। तर यदि वडाबाट समस्या हल भएन भने थप कारबाहीको लागि उच्च अदालतमा पुनरावेदन गरिन्छ र काम अगाडि बढाइन्छ। , घरबाट निकाला गरेमा वा खान लाउन नदिएमा घरेलु हिंसासम्बन्धी ऐन अन्तर्गत मुद्दा हाल्न मिल्छ।, अब सन्तानले नस्याहारेको प्रमाणित भए के कारबाही हुन्छ?, आमाबुवाले सन्तानविरूद्ध उजुरी दर्ता गर्दा सन्तानले स्याहार नगरेको प्रमाणित भएमा स्थानीय तह वा अदालतले छोराछोरीको आर्थिक अवस्था हेरेर मासिक क्षतिपूर्ति अभिभावकलाई दिनुपर्ने आदेश जारी गर्न मिल्छ। घरेलु हिंसा अन्तर्गत अभिभावकले घर निकाला गरेमा वा खाना लाउन नदिएको कारण उजुरी हालेमा ६ महिना कैद वा ३ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै हुन सक्छ। तर ज्येष्ठ नागरिक ऐन अनुसार उजुरी हालेमा दायित्वबोध गराउने वा अनिवार्य रूपमा हेर्नुपर्ने आदेश अदालतले दिन सक्छ।, हेरचाह नगरेको छोराछोरीले बाबुआमाको मृत्युपछि सम्पत्ति पाउँछन्?, बाबुआमा जीवित हुँदा छोराछोरीले हेरविचार पालनपोषण गरेको छैन भने मृत्युपछि सो सम्पत्तिको हकअधिकार सन्तानले पाउँदैनन्। आमाबुवाले सो सम्पत्तिलाई रेखदेख गर्ने जोकोही वा कुनै संस्थालाई दिन सक्छन्। कोही सन्तान नभएको खण्डमा सो सम्पत्ति अन्तिममा राज्यले लिन सक्छ।, सन्तान र अभिभावकबीच यस्तो अवस्था आउन नदिन के गर्नुपर्छ?, न्यायसम्बन्धित जुनसुकै निकायमा सबैभन्दा बढी मुद्दा परिवारसित सम्बन्धित देखिन्छ। त्यसकारण परिवारभित्र पारिवारिक मिलन हुन एकदमै जरूरी छ। हरेक मान्छे स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार कानुनले दिएको हुनाले अभिभावक र छोराछोरी दुवैले यी हकअधिकारको साथ बाँच्न पाउनुपर्छ। अहिलेको कानुनले बाबुआमालाई सन्तानप्रतिको दायित्व र सन्तानलाई बाबुआमाप्रतिको दायित्व तोकिएको हुनाले कोही पनि यी दायित्वबाट चुक्नु हुँदैन। ,
वृद्ध आमाबुवालाई खान-लाउन नदिने छोराछोरीलाई कस्तो हुन्छ सजाय |
सेतोपाटी संवाददाता जापानमा सवारी दुर्घटनामा परी मृत्यु भएका दुई नेपाली विद्यार्थीको परिचय खुलेको छ।, ओखलढुंगा चिशंखुगढी गाउँपालिका -२ का २७ वर्षीय युवराज थापा र काभ्रे भुम्लु गाउँपालिका-९ का २२ वर्षीय नवराज तामाङको सवारी दुर्घटनामा परी मृत्यु भएको हो।, जापान टाइम्सका अनुसार मियाग प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिएको थियो। उक्त बसमा प्राविधिक समस्या आएपछि रोकेर राखिएको थियो। , बसमा धुँवा आएपछि रोकेर मर्मत गर्न लागेको बेला ट्रकले ठक्कर दिँदा मृत्यु भएको युवराजका काका तोरणबहादुर थापाले बताए।, ‘युवराजका साथीहरूले बस मर्मत गरिरहेकी चालकलाई लाइट देखाइरहेका थिए रे,ʼ उनले भने।, दुर्घटनामा परी बसकी चालकको पनि मृत्यु भएको छ।, युवराज जापान गएको जेठ २ गते एक वर्ष भयो। युवराज घरका एक्ला छोरा हुन्। उनी कक्षा १२ सम्म यही पढेर थप अध्ययनका लागि जापान गएको तोरणबहादुरले बताए।, चिशंखुगढी गाउँपालिका-२ वडाध्यक्ष नरेन्द्र बस्नेतका अनुसार गाउँकै युवाले युवराजको शव नेपाल ल्याउने प्रयास गरिरहेको बताए। , ‘राम्रो पढ्ने मान्छे भएकाले उसँग धेरैको चिनजान थियो,ʼ उनले भने।, वडाले पनि यहाँबाट सक्ने सहयोग गरिरहेको उनले जानकारी दिए।, काभ्रेका नवराज तामाङ गत कात्तिकमा मात्र जापान गएको उनका दाइ दुर्गा तामाङले बताए।, ‘नवराज चालकलाई सहयोग गर्न बसकै छेउमा उभिएको सुन्नमा आएको छ,ʼ उनले भने।, उनलाई नवराजका साथीहरूले फोन गरेर शव नेपाल ल्याउने प्रक्रिया चलिरहेको बताएका छन्। उनले भाइको शव नेपाल ल्याउन परराष्ट्र मन्त्रालयमा निवेदनसमेत दिइसकेका छन्।,
जापानको सडकमा बिग्रिएको बस बनाउन सघाउँदै थिए युवराज र नवराज, ट्रकले लियो ज्यान |
सेतोपाटी संवाददाता बर्दियामा हात-खुट्टाबिना एक जना पुरूषको शव फेला परेको छ। , गेरूवा गाउँपालिका वडा नं. ४ दंगपुरका ५१ वर्षीय शिवप्रसाद थारूको शव परेको प्रहरीले जनाएको छ। , थारू जेठ २ गते साँझपख गाउँका अन्य मानिसहरूसँगै स्थानीय खोलामा माछा मार्न भनेर गएका थिए। थारू घर फर्केर नआएपछि उनको खोजी भएको थियो। , शव फेला परेको नजिकै दुइटा गोही पनि देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए। , शवको प्रकृतिलगायत अन्य सबै कुरा नियाल्दा थारूको मृत्यु गोहीको आक्रमणबाट भएको र पछि गोहीले नै हातखुट्टा खाएको हुन सक्ने अनुमान गरिएको बोहोराले बताए। , थारूको शव पोष्टमर्टमपछि बुधबार नै आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ। , घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।,
बर्दियामा हात-खुट्टाबिनाको एक पुरूषको शव फेला |
सरिशा अछामी काठमाडौंको माइतीघरमा यौन हिंसामा परेको भनी न्याय माग गर्दै ९ दिनदेखि बिनु यादव अनशनमा बसेकी छन्।, वैशाख २७ गतेदेखि सुरू भएको उनको अनशन बिहीबार नवौं दिन पुगेको हो। उनले सर्वोच्च अदालत अगाडि बसेर अनशन सुरू गरेकी थिइन्। तर त्यसदिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर ९ घण्टापछि छाडेको थियो। , प्रहरीले छाडेपछि उनी बसन्तपुरमा गएर अनशनलाई निरन्तरता दिइन्। त्यस रात उनले त्यहीँ कटाएकी थिइन्।, उनले ६ बुँदे माग राखेकी छन्। , पहिलो बुँदामा उनले प्रहरी वृत्त कालिमाटीका तत्कालीन डिएसपी सुरज कार्की लगायतलाई कारबाही गर्न माग गरेकी छन्। २०७५ सालमा आफूले कालिमाटी प्रहरीमा दिएको जबरजस्ती करणीको उजुरी जबरजस्ती फिर्ता गर्न लगाएको भन्दै डिएसपी कार्की लगायतमाथि अनुसन्धान तथा कारबाही गर्न माग गरेकी हुन्। , साथै उजुरीपछि थापाथलीस्थित प्रसुति गृहमा गरिएको स्वास्थ्य परीक्षणका आधारमा अनुसन्धान गरी आफूमाथि बलात्कार गर्नेलाई कारबाही गर्न समेत माग गरेकी छन्। , दोस्रोमा आरोपित व्यक्तिले बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र समेत गरेको उनले उल्लेख गरेकी छन्।, ‘बलात्कारको हदम्याद कटाउन म उपर विवाहको षड्यन्त्र गरी सजायबाट बच्ने र मलाइ बेवारिसे बनाउने मेरो इच्छाविपरीत सम्बन्ध विच्छेद गराउने न्यायबाट वञ्चित गराउने न्यायाधीश बद्रीप्रसाद ओलीलगायतलाई कारबाही गरिपाउँ,’ दोस्रो बुँदामा उल्लेख छ। , त्यस्तै आफ्नो घटनाको सुरूदेखि अनुसन्धान गरी उचित न्याय दिलाउन तेस्रो बुँदामा माग गरेकी छन्। , काका ससुरा पवन कठायतले बलात्कारको प्रयास गरी बारम्बार यातना र हिंसा दिएकाले इजलाशमै विषसमेत पिउन बाध्य बनाएको उनको आरोप छ। कठायत र सफाइ दिने न्यायधीशलाई कारबाही गर्नुपर्ने उनको माग छ। , आपराधिक क्रियाकलापबाट बच्न विवाह गरेर बचिसकेपछि सजिलै उन्मुक्ति पाउन सम्बन्धबिच्छेद गर्ने प्रवृत्ति बन्द गराउन पनि उनको माग छ। , ‘अदालतमा हुने भनसुन अनि किनबेच प्रवृत्तिलाई रोक्न राज्यले कडा कदम चालोस्,’ छैटौं बुँदामा उनले लेखेकी छन्। , उनले आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने बताएकी छन्। , उनी न्याय माग्दै सडकमा आएको पहिलो पटक भने होइन। माग पुरा नगरेको भन्दै उनले सर्वोच्च अदालतमा रातो रंग छ्यापेर पनि विरोध गरेकी थिइन्।, ‘धेरै पटक आस देखाइयो। अब न्याय नपाएसम्म सडकबाट हट्दिनँ,ʼ बिनु यादवले भनिन्,‘ चार वर्ष अदालत धाइसकेँ।’, बिनु २०७५ साल रामेछाप मन्थलीका प्रदिप कठायतसँग प्रेममा परेकी थिइन्। विवाह नहुँदै गर्भ बसेपछि गर्भपतन गराएकी थिइन्। , ‘गर्भपतन गराउँदाको घाउ निको नहुदै जबरजस्ती यौनसम्बन्ध राखेँ,ʼ बिनुले भनिन्, ‘त्यसपछि यौनसम्बन्धको लागि मात्र मायाको आश देखाएको महसुस भयो।ʼ, त्यसपछि उनी २०७६ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा प्रदीपविरूद्ध बलात्कारको उजुरी लिएर पुगेकी थिइन्।, प्रदीप र उनको परिवारले उजुरी फिर्ता लिन बिनुलाई धम्की दिएको आरोप छ।, ‘विवाह गर्ने निर्णय गरेपछि उजुरी फिर्ता लिएँ,ʼ उनले भनिन्, ‘त्यसपछि प्रदिपसँगै बस्न थाले।ʼ, प्रदिपले आफूलाई भक्तपुरस्थित काकाको घरमा लगेर राखेको पनि उनले आरोप लगाएकी छन्। सँगै बसेको ६ महिनापछि मंसिर ०७६ मा विवाह भएको थियो। विवाहपछि प्रदिपले उनलाई रामेछाप लिएर गएका थिए। , बिनुलाई प्रदिपले काका ससुरा घरमा राखे। काका ससुरा पवन कठायतले उनीमाथि जबरजस्ती गरेको उनको आरोप छ।, तर उनका श्रीमान प्रदीपले उल्टै आफुले मानसिक र शारीरिक यातना सहनुपरेको भन्दै ७ असोज ०७७ मा जिल्ला अदालत रामेछापमा मुद्दा दर्ता गराएका थिए।, ७ वैशाख ०७९ मा न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले प्रदीपकै पक्षमा फैसला सुनाएको थियो। त्यसपछि प्रदिपले जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा चलाएका थिए। त्यो पनि प्रदिपकै पक्षमा फैसला भयो। आफ्नो इच्छाविपरित सम्बन्धविच्छेद गराउन खोजिएको बिनु बताउँछिन्।, ‘जिल्ला अदालत रामेछापले सम्बन्धबिच्छेद भयो भनेर निर्णय गरिसकेको छ, तर मैले सिग्नेचर गरेकी छैन्,ʼ उनले भनिन्।, उनी १६ असार ०७९ मा जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिइन्। उनको मुद्दामा विचराधीन छ। अदालतले मुद्दा पेशीसमेत नराखी बेवास्ता गरेको भन्दै अनशनमा बसेको उनी बताउँछिन्।, त्यस्तै, उनले ७ वैशाख ०७९ मा काका ससुरा पवन कठायतविरूद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर गरिन्। उक्त मुद्दामा पनि जिल्ला अदालतले कठायतलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दियो। तर न्यायाधीश इन्दिरा शर्माको इजलासले जबरजस्ती करणीको आरोप प्रमाणित नहुने ठहर गर्दै गत फागुनमा पवन कठायतलाई सफाइ दियो।, उक्त फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएकी छन्। उक्त मुद्दा पनि विचराधीन छ।, दुबै मुद्दामा अहिलेसम्म अगाडि नबढाइएकाले अनशन बस्न बाध्य भएको बिनुले बताइन्।,
न्याय माग्दै ९ दिनदेखि माइतीघरको सडकमा अनशन बसेकी बिनु |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ परेका दुई जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। , गृह मन्त्रालयअन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।, अदालतले उनीहरूलाई आज र भोलिको मिति दिएको छ। , आइतबार पुन: पक्राउ परेका १६ जनालाई नै म्याद थपका लागि अदालतमा उपस्थित गराउनुपर्नेछ।, चैत १२ गतेदेखि यस प्रकरणको अनुसन्धान सुरू भएको थियो।, संगठित अपराध कसुरमा ६० दिन प्राप्त हुने भएकाले प्रहरी र सरकारी वकिलसँग मुद्दा दर्ता गर्न केही दिनमात्रै समय बाँकी छ। , अन्य पक्राउ परेका सबैको बयान पनि भइसकेको छ। मियाँ र रिजालको बाँकी भएको पनि न्यौपानेले बताए। उनीहरूको बयान भोलि लिइने उनले बताए। , केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन्।,
,
नक्कली भुटानी शरणार्थी प्रकरण: शमशेर मियाँ र टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अनुमति |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्।, उनीहरूले गत जेठ १ गते काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन्।, जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन्।, शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।, केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए। इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन्।, शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्।, जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ। शिवाना सौन्दर्य सामग्री (ब्युटी-प्रडक्ट) को व्यापारमा छिन्। शिवाना कभर गायक पनि हुन्।, उनीहरूको चिनजान विद्यालयमै हुँदा भएको हुनसक्ने बताइएको छ। यद्यपि यसबारे आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन।, देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।, 'अहिले औंठी साटासाट गरिएको हो। सानो समारोहमा इन्गेजमेन्ट गरिएको हो। बिहे माघमा गर्ने कुरा छ,' स्रोतले भन्यो, 'इन्गेजमेन्ट समारोहमा दुवै परिवारका सदस्यहरू उपस्थित थिए।', जयवीर र शिवानाको इन्गेजमेन्टको जानकारी शिवानाकी आमा प्रतिभा र उनकी दिदीले इन्स्टाग्राम स्टोरीमार्फत दिएका हुन्। उनीहरूले केही तस्बिर पनि राखेका थिए।, शिवाना श्रेष्ठले गाएको कभर गीत,
को हुन् देउवाका छोरा जयवीरसँग इन्गेजमेन्ट गरेकी शिवाना? |
रासस हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक पुरूष बेपत्ता भएका छन्।, अदानचुली–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन्।, बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा बगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै श्रीनगर प्रहरी चौकीका इन्चार्ज कुमार गिरीले बताए।, अदानचुली गाउँपालिका गल्फगाडको रैसेडी खोला नदीमा जाल हाल्नका लागि पौडी खेलेर नदी पार गर्ने क्रममा कर्णाली नदीबीचबाट बेपत्ता भएको प्रहरी चौकी इन्चार्ज गिरीले बताए।, रैसेडी कर्णाली नदीमा बिहीबार बेपत्ता भएका बुढाको खोजीकार्यका लागि गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही, सुरक्षाकर्मी, स्थानीयवासी, कामदार सबैले खोजीकार्य गरिरहेको बताइएको छ।, बेपत्ता भएका बुढा अदानचुली गाउँपालिकाको एम्बुलेन्स चालक हुन्।, बुढाका श्रीमती, दुई छोरा र एक छोरी छन्।, बेपत्ता बुढा अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी हुम्लाले जनाएको छ ।,
नदी पार गर्ने क्रममा एक पुरूष बेपत्ता |
रासस पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन्। , जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ। , नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमान्को घर) मै मनाउनुपर्छ। बिहीबार नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि लुगादेखि चुरासम्मका सबै शुङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ।, आज बिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर ९बट०को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन्।, उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ। , पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन्। , अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रङ्ग्याउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्छन्। , आँप र कलश लिएर तीनपटक वरको रुख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला बर्तालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन्। अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास बसेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन्। , यस पर्वको दिनमा बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धुमधामका साथ यसलाई मनाउने गर्दछन्।, विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्दछन्। पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ। सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकमा उल्लेख छ। ,
मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै |
रासस नक्कली नागरिकता प्रकरणमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–११ का वडाध्यक्ष उदितनारायण यादव बिहीबार एक लाख रूपैयाँ धरौटी राखी रिहा भएका छन्। , सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले धरौटी मागेपछि वडाध्यक्ष यादव एक लाख धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएको अदालतले जनाएको छ।, सर्जमिन मुचुल्कामा बसेका सोही वडाका राधेश्याम यादव २५ हजार रूपैयाँ धरौटी राखी रिहा भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए।, भारत घर भई राजविराजमा बस्दै आएका भारतीय नागरिक सतिश यादवलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष, नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत, स्थलगत वस्तुस्थिति (सर्जमिन) गर्ने, गराउने प्रहरी, स्थानीयसहित २८ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।, नेपाली नागरिकता लिने भारत घर भएका सतिश यादव र उनलाई छोरा बनाएर नागरिकता दिलाउने राजविराज नगरपालिका–११ का सूर्यनारायण यादव बुधबार एक/एक लाख धरौटीमा रिहा भएका थिए।, बाँकी २६ जना आरोपितविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो।, अदालतले जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत सप्तरीको खडक नगरपालिका–१० का किशोरकुमार राम, नायब सुब्बा राजविराज नगरपालिका–८ का सुशील कर्ण, खरिदार सुरूंगा नगरपालिका–८ का सञ्जीवकुमार साह र मोरङको विराटनगर महानगरपालिका–४ का सुरज नेपालविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।, यसैगरी राजविराज नगरपालिका–११ का वडासचिव हरिनारायण यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक सर्लाही, हरिपुर नगरपालिका–७ का महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार सर्लाहीको गोडैटा नगरपालिका–१२ का नारायणकुमार महतो, प्रहरी जवानमहोत्तरीको बर्दीवास नगरपालिका–११ का रामईश्वर मण्डल र स्थानीयवासीसहित २६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।, जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट नक्कली नागरिकता प्रकरणमा वैशाख ३१ गते २८ जनाविरूद्ध अभियोग पत्र दायर भएको छ। तीमध्ये २४ जना अझै फरार छन्।,
नक्कली नागरिकता दिलाएको आरोपमा पक्राउ परेका वडाध्यक्ष १ लाख धरौटीमा रिहा |
रासस आफू अपहरणमा परेको भनेर भ्रम फैलाउने झापा, बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फूलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार वैशाख ३१ गते नेपाल विद्यार्थी संघका कार्यकर्ताले भ्रष्टाचारविरूद्ध बुधबारेमा आयोजना गरेको विरोध कार्यक्रमविरूद्ध फेसबुकबाट अभिव्यक्ति दिएर सुहाङ सुनियोजित रूपमा बेपत्ता भएका थिए।, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्स (एलभी) कमान्डरसमेत रहेका सुहाङ बेपत्ता भएपछि आफन्त र मञ्चले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजतलासका लागि अनुरोध गरेका थिए।, सुहाङ अपहरणमा परेको दाबी गर्दै उनलाई सकुशल अपहरण मुक्त गर्न र दोषीमाथि कारबाही गर्न आफन्त र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले माग गरेको थियो।, जिल्ला प्रहरी कार्यालय झापाले तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेर खोज तलास गर्दा सुहाङलाई इलामको रोङ गाउँपालिका–४ स्थित बिरिङ खोलाको पुलमुनि लुकेर बसिरहेको अवस्थामा बुधबार फेला पारेको सूचना अधिकारी रिजालले जानकारी दिए।, अपहरणमा परेको नाटक गर्ने क्रममा सुहाङले बुद्धशान्ति वडा नं ७ को पैनीबगर भन्ने स्थानमा आफूले लगाएको घडी र लुगासमेत फ्याँकेको प्रहरीले फेला पारेको छ। नेविसंघका कार्यकर्तासँग विवाद परेको कारण अपहरण गरिएको भन्ने भ्रम सिर्जना गर्न सुहाङले आफ्नै छिमेकी साथी ३९ वर्षीय फूलबहादुर गौतम दर्जीसँग मिलेमतो गरेको जनाउँदै प्रहरीले दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।,
अपहरणमा परेको भन्दै भ्रम फैलाउने दुई जना पक्राउ |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए।, ‘गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ,’ प्रधानांगले सेतोपाटीसँग भने, ‘राति कोशी प्रदेशका केही स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णालीका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना देखिन्छ।, अहिले प्रिमनसुन गतिविधि भइरहेको र यो क्रम अझै केही दिन जारी रहने पनि उनले बताए।,
यस्तो छ आजको मौसम |
सेतोपाटी संवाददाता दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। , शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।, दुई बस ठोक्किएपछि लोकल बसमा आगो लागेको डिएसपी गौतमले बताए। दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो। , पूर्व जाँदै गरेको बस लमही–भालुवाङ रूटमा चल्ने लोकल बस हो । उक्त बसमा चालक र सहचालक मात्र रहेको प्रहरीले जानकारी दिएको छ। , दुर्घनामा परी मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी –७ की ४३ वर्षीया शोभा परियार छिन्। उनका दुई छोरापनि घाइते छन् । परियार बाराबाट इट्टा भट्टामा काम गरेर घर फर्कदै थिइन्। , डिएसपी गौतमका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। तीमध्ये अधिकांश इँट्टा मजदुर रहेको बताइएको छ।, दुर्घटनाका घाइतेमध्ये लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामीजाल र अर्की एक महिलाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। , घाइतेमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई घोराही र २ जनालाई नेपालगञ्ज उपचारका लागि पठाइएको डिएसपी गौतमले जानकारी दिए। , स्थानीय रूटमा चल्ने बस तीव्र गतिमा रहेका कारण दुर्घटना हुन पुगेको प्रहरीको अनुमान छ। यसबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिए। ,
दाङमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु, २९ घाइते |
झलनाथ खनाल विक्रम विश्वकर्माको कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बसाइ थियो। त्यहीँ ठाउँमा खेतीपाती गरेर गुजारा गर्दै आएको उनको परिवार कर्णाली नदीको बाढीले विस्थापित भयो। त्यसपछि विश्वकर्मालगायत दर्जनौं परिवार तितरवितर भए। जग्गा बगरमा परिणत भयो। अहिले जग्गाको नामनिसान नै छैन। बाजे मोहनको नाममा रहेको जग्गाको भोगचलन नगरेरै जग्गा नदीमा विलय भयो। करिब दुई दशकपछि विश्वकर्माले जग्गाको खोजी सुरू गरेका छन्। , कर्णाली नदीमा तटबन्ध निर्माणपछि आफ्नो लालपुर्जा भएको जग्गा विक्रम लगायतका अन्य जग्गाधनीले खोज्न थालेका छन्। लालपुर्जा भएको जग्गा नापजाँचका लागि सम्बन्धित ठाउँमा पुग्दा भने उनीहरूलाई अवरोध भएको छ।, ‘नदीले आफ्नो अधिनमा लिएको जग्गा आज फर्किएको छ। एकातिर खुसी छ भने अर्कोतिर निकै तनाव छ’, विश्वकर्माले भने, ‘लालपुर्जा भएको जग्गा नापजाँच गर्न जाँदा अवरोध हुन्छ। धम्की आउँछन्। स्थानीय सरकारले सहयोग गर्दैन। यस्तो बेला निकै पीडा बोध हुन थालेको छ।’, विश्वकर्मा उदाहरण मात्रै हुन्। उनीजस्तै १९ किसानले आफ्नै जग्गा नापी गर्न नपाएको दुखेसो गर्दै आएका छन्। अन्य कयौं जग्गाधनीलाई नदीबाट जग्गा पुरानै अवस्थामा फर्केको समेत धेरै थाहा छैन। सो ठाउँबाट बाढीका कारण विस्थापित भएर गएकाको कता छन् त्यसको पनि यकिन तथ्यांक छैन। अरुणाफाँटामा जग्गा भएका १९ किसानले लालपुर्जा भए पनि जग्गा नापी गर्न नपाएको गुनासो गरेका छन्।, जग्गा धनी प्रमाणपत्र लालपुर्जा हातमा हुँदा पनि जग्गा नापी गर्दा अवरोध गरेपछि लालपुर्जा हातमा भएका जग्गा धनीले न्याय नपाएको गुनासो कर्णबहादुर बोगटीको छ। , जग्गा नापी गर्न गएका नापीका कर्मचारीले सुरक्षाका कारण जग्गा नापी गर्दागर्दै बीचमा छाडेर फर्किएको पाइएको छ।, जग्गा नापी गरी पाऊँ भनेर सरकारी दस्तुर तिर्दासमेत प्रशासनले सुरक्षाको प्रत्याभूति नगराउँदा नापीका कर्मचारीले जग्गा नापी गर्न नसक्ने जवाफ दिएको बोगटीले बताए।, यही जेठ १ गते इलाका प्रशासन कार्यालय टीकापुर प्रमुख, टीकापुरका उपप्रमुख र पीडितको छलफलमा प्रशासन प्रमुख र नगरप्रमुखले अदालत जान सुझाव दिएको बोगटी बताउँछन्।, ‘ऐलानी जग्गा नापी नभएसम्म नम्बरी जग्गा पनि नापी गर्न पाइँदैन भनेर स्थानीयले अवरोध गरेका छन्। सहजीकरणका लागि प्रशासन लगायतका निकायलाई हारगुहार गर्दा पनि सहयोग पाएनौं’, बोगटीले भने, ‘अहिले हामी सक्दैनौं अदालत जानुहोस् भनेर भन्नुहुन्छ। जबकी पहिला जग्गाको मालपोत कर तिर अनि जग्गा नापजाँच हुन्छ भनिएको थियो पहिला।’ , विसं २०२१ मा सरकारले उक्त जग्गा स्थानीयलाई वितरण गरेको थियो। त्यसपछि बर्सेनि बाढीले कटान गर्दै जाँदा २०४० को बाढीले बढी क्षति गर्यो। नदीले २०४५ सालमा त्योभन्दा बढी क्षति गर्यो। विसं २०६५ सालमा पुग्दा भएको सबै जग्गा कर्णाली नदीमा पुगेपछि त्यहाँबाट स्थानीय विस्थापित हुँदै सुरक्षित स्थानमा गएको स्थानीय सुरवीर चौधरी बताउँछन्। , ‘विसं २०४० पछि बर्सेनि जग्गा कर्णालीमा विलय हुँदै गयो। बस्ती विस्थापित भए। त्यसपछि भाग्नुपर्यो’, सुरवीर भन्छन्, ‘अहिले नदीको धार पुनः परिवर्तन भयो। हाम्रो नदीमा विलय भएका जग्गा फर्किएपछि त्यसको नापजाँच गरेर भोगचलन गर्न पाउने अधिकार छ नि।’ , राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाले टीकापुर क्षेत्रमा र कर्णाली सिँचाइ आयोजनाले बर्दिया क्षेत्रमा तटबन्ध गरेपछि बगर भएको जग्गा फिर्ता आएको हो।, ‘जग्गा फिर्ता आयो। त्यो जग्गा धनीका लागि नभई भू–माफियाको लागि रहेछ’, कृतबहादुर बुढा भन्छन्, ‘अहिले हाम्रो जग्गामा खेती भइरहेको छ। कुनै जग्गा ऐलानी भनेर बिक्री भएको सुनिन्छ भने कतै तिनै भू–माफियाले ठेक्कामा दिएका छन्।’,
,
कैयौं जग्गा त्यहाँ बिक्री वितरणसमेत भएको छ। लालपुर्जा भएको जग्गालाई ऐलानी भनेर त्यहाँका केही व्यक्तिले किनबेच गर्ने गरेको पाइएको छ। अधिकांश जग्गा भारतीय नागरिकले ठेक्कामा लिएका छन्। त्यसमा उखुलगायत खेती गरिँदै आएको छ। जग्गाधनी भने जग्गा अरूले नै ठेक्कामा दिएर त्यसको आम्दानी खान थालेपछि जग्गा अरूकै अधिनमा रहने हो कि भन्ने त्रासमा छन्।,
बाढीबाट विस्थापित भन्छन्— लालपुर्जा छ, जग्गा छैन |
भगवती पाण्डे पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको आरोप लाग्दै पटक-पटक जरिवाना र कारबाही भोग्दै आएका बुटवलका ट्यांकर व्यवसायी चोपनारायण श्रेष्ठ फेरि कारबाहीमा परेका छन्।, लकिङ प्रणाली जडान भएकै एक्सप्रेस परिवहन सेवा प्रालिको ट्यांकरबाट पेट्रोल तस्करी गरेको पाइएपछि श्रेष्ठले भैरहवा भन्सार कार्यालयलाई २९ लाख बढी रकम धरौटी बुझाएर हिरासत बस्नबाट जोगिएका छन्। , श्रेष्ठ एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक हुन्।, सोही प्रालिको लु २ ख ४८३९ नम्बरको ट्यांकरले गत वैशाख ८ गते भारतीय आयल कर्पोरेसन (आइओसी) को बेतालपुरस्थित डिपोबाट स्वीकृत पीडिओ २० किलोलिटरभन्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएको थियो।, भैरहवा नाकाबाट भन्सार पास गराउने क्रममा शंका लागेपछि नियन्त्रणमा लिएर जाँच गर्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएपछि प्रहरीमार्फत् भन्सार कार्यालय र नेपाल आयल निगमले ट्यांकर र चालकलाई नियन्त्रणमा लिएको थियो।, चोरी तस्करी गरी स्वीकृत परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि बेलहिया भन्सार कार्यालयले २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी लिएर ट्यांकर सञ्चालक श्रेष्ठलाई छोडिदिएको हो।, भन्सार कार्यालय बेलहियाका प्रमुख मनिराम पौडेलका अनुसार श्रेष्ठले २३ हजार ३८३ लिटर पेट्रोलको २८ लाख ६ हजार ८० रुपैयाँ धरौटी र आफ्नो १ लाख जरिवाना गरी कुल २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी बुझाएका छन्।, ट्यांकरका चालक अजय केसीले भने धरौटी बुझाउन नसकी प्रहरी हिरासतमा रहेका छन्।, भन्सार कार्यालयले चालक केसीको ५० हजार जरिवाना र पेट्रोलको २८ लाख ६ हजार ८० गरी कुल २८ लाख ५६ हजार ८० रुपैयाँ धरौटी माग गरेको थियो।, ‘ट्यांकर सञ्चालक श्रेष्ठले धरौटी बुझाएर हिरासत बस्नबाट मुक्ति पाए पनि चालकले भने धरौटी बुझाउन नसकेपछि हिरासतमा रहेका छन्,’ पौडेलले भने।, त्यस्तै, नेपाल आयल निगमले चालकलाई सधैंका लागि आयल निगमका ट्यांकर चलाउन बन्देज लगाएको छ भने सम्बन्धित ट्यांकरलाई तीन महिनासम्म तेल ढुवानी गर्न बन्देज लगाएको छ।, नेपाल आयल निगम भलवारी डिपोका प्रमुख जगदिश चन्द्र यादव २० किलोलिटर पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्षमता रहेको ट्यांकरमा झण्डै चार सय लिटर बढी पेट्रोल ढुवानी गर्नु सुरक्षाको हिसाबले समेत जोखिम हुने बताउँछन्।, ‘त्यो ट्यांकरको क्षमता नै २० किलोलिटरको हुन्छ, सुरक्षाका लागि ६/७ सय लिटरको स्पेस खाली छोडिएको हुन्छ, एक्सप्रेस परिवहन सेवा प्रालिको उक्त ट्यांकरले सुरक्षाका लागि स्पेस नछोडी जोखिम मोलेर पेट्रोल भरेर ल्याएको भेटियो,’ यादवले भने।, विगतमा पनि इन्धनमा चोरी तस्करी र चुहावट हुने गरेको पाइएपछि आयल निगमले चोरी तथा चुहावटलाई रोक्न भन्दै लकिङ प्रणाली जडान गरेको थियो।, भारतीय आयल कर्पोरेसनबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरूमा आयल निगम आफैंले डिपोबाट लकिङ गरेर पठाएको हुन्छ। नेपाल आयल निगमको टिपोले ट्यांकरमा लगाएको लकिङ भारतीय आयल कर्पोरेसनको डिपोमा पुगेपछि मात्र खोलिन्छ। आइओसीमा इन्धन भरेपछि पुनः लकिङ गरिएको ट्यांकर नेपाल आयल निगमको डिपोमा आएपछि खोलेर इन्धन अनलोड गरिन्छ।, तर लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट इन्धन तस्करी भएपछि अनुसन्धानको विषय बनेको छ। नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनका डिपोहरूमा मात्र ट्यांकरका लकिङ खोलिने गरेकोमा स्वीकृत परिमाणभन्दा बढी इन्धन कसरी लोड गरियो भन्ने अनुसन्धान भइरहेको भलवारी डिपो प्रमुख यादवले बताए।, ‘आइओसीमा कम्प्युटराइज्ड सिष्टमबाट मात्र इन्धन भर्ने गरिन्छ, उक्त ट्यांकरमा लकिङ बिगारेर बाटोमा पेट्रोल थपेर ल्याएको हुनसक्छ, त्यसबारे पनि निगमले अनुसन्धान गरिरहेको छ,’ यादवले भने।, उक्त ट्यांकरले स्वीकृत परिमाणभन्दा बढी इन्धन ढुवानी गरेको भेटिएपछि यसअघि पनि यसैगरी ल्याउने गरेको आशंकामा अनुसन्धान भइरहेको उनले बताए।, अहिले नियन्त्रणमा लिइएको ट्यांकरलाई बेलहिया भन्सार कार्यालयमा राखिएको छ।, ट्यांकरमा ल्याइएको पेट्रोल भने आयल निगम भलवारी डिपोले रकम जम्मा गरी सकारेको भन्सार प्रमुख पौडेलले बताए।,
ट्यांकर व्यवसायी संघ रूपन्देहीका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठको नाममा रहेको एक्सप्रेस परिवहन सेवा प्रालि मातहत २६ वटा ट्यांकर सञ्चालित छन्।, श्रेष्ठकै ट्यांकर विगतमा पनि तस्करीमा संलग्न भएको पाइएपछि कारबाहीमा परेका थिए।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले करिब ७ वर्ष पहिले श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा समेत मुद्दा दायर गरेको थियो।, उक्त मुद्दाको समेत अझै अन्तिम किनारा लागिसकेको छैन। सोही अवस्थामा फेरि श्रेष्ठकै ट्यांकर पेट्रोल तस्करीको आरोपमा कारबाहीमा परेको हो। ,
पेट्रोल तस्करीको आरोप लागेका ट्यांकर व्यवसायी श्रेष्ठले बुझाए २९ लाख बढी धरौटी |
सेतोपाटी संवाददाता कीर्तिपुरको प्यंगथाँमा स्थापना भएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बुंगमती लगिएको छ। यससँगै कीर्तिपुर र ललितपुरबीचको मूर्ति विवाद समाधान भएको छ।, कीर्तिपुर नगरपालिकाले बिहीबार मध्यरातमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ र ३२ पानेजु संघलाई हस्तान्तरण गरेपछि विवाद मिलेको हो।, मच्छिन्द्रनाथसँग बनाइएको याकःमिसाको मूर्ति भने निर्माणाधीन कीर्तिपुर संग्रहालयमा राखिने कीर्तिपुरका मेयर राजकुमार नकर्मीले बताए।, ‘हामीले हाम्रो संस्कृतिलाई संरक्षण गर्न पटकपटक उहाँहरूसँग छलफल गरेका थियौं। अन्तिम क्षणमा लामो समयदेखि चल्दै आएको संस्कृतिलाई निरन्तरता दिने र संरक्षण गर्ने कुरामा सहमति भयो,’ उनले भने, ‘मच्छिन्द्रनाथको मन्दिर पनि बुंगमतीमै छ र ३२ पानेजुहरू आएर त्यसलाई बुंगमतीमै लैजाने भनेर लग्नुभएको छ। याकःमिसाको मूर्ति भने कीर्तिपुरमा नै रहनेछ।’, रातो मच्छिन्द्रनाथ अर्थात् ‘बुंगद्यः’ सँग जोडिएको एउटा परम्परालाई लिएर पाटनको बुंगमती र कीर्तिपुरको प्यंगथाँबीच करिब पाँच महिनादेखि विवाद थियो। यो विवाद कसरी उत्पन्न भएको थियो भन्नेबारेमा रातो मच्छिन्द्रनाथसँग जोडिएको एउटा कथा छ।, कथामा कीर्तिपुर, प्यंगथाँकी एक कन्या केटीको प्रसंग छ। कीर्तिपुरवासी ती कन्या केटीलाई मच्छिन्द्रनाथकी ‘प्रेमिका’ मान्छन् र याकः मिसा (एक्ली केटी) का रूपमा पूजा गर्छन्।, याकः मिसा कसैगरी पनि मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वर निम्ति यो सम्भव हुँदैन। याकः मिसाले ‘मलाई छाडेर नजानू देव’ भन्दै लाख बिन्ती गर्दा पनि उनी हरेक वर्ष भेट्न आउने बाचा गर्दै बुंगमती फर्कन्छन्।, आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउने र याकः मिसालाई फूल–प्रसाद चढाउने परम्परा छ। प्यंगथाँकी ७२ वर्षीया लक्ष्मीकुमारी महर्जनलाई ‘जीवित देवी’ याकः मिसाका रूपमा पूजा गरिन्छ।, प्यंगथाँ बहालमा एउटा मन्दिर छ, जहाँ केही समयअघिसम्म एउटा ठूलो ढुंगा र ढुंगाको सामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन। फूल–प्रसाद चढाउँदा मूलपुजारी ढुंगामाथि बस्ने र याकः मिसा मण्डपमा बस्ने परम्परा छ।, विवाद तब सुरू भयो, जब प्यंगथाँवासीले गत मंसिर १५ गते त्यही मन्दिरमा मच्छिन्द्रनाथको पूर्ण कदको प्रतिमूर्ति र याकः मिसाको सानो मूर्ति स्थापना गरे।, अहिलेसम्म कथामा सीमित पात्रलाई जीवन्त रूप दिँदै रातो मच्छिन्द्रनाथ र कीर्तिपुरको सम्बन्धबारे सबैलाई सूचित गराउन यी मूर्ति स्थापना गरिएको प्यंगथाँका स्थानीय बताउँछन्।, उनीहरूले विगत पाँच महिनादेखि त्यो मूर्तिको पूजापाठसमेत गर्दै आएका थिए।, रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने ३२ जना पुजारीहरूको संगठन ‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघ’ ले भने कुनै हालतमा मूर्ति राख्न नदिने अडान लिएको थियो। मूर्ति स्थापनाले याकः मिसासँग जोडिएको संस्कृतिको औचित्य नै समाप्त हुने भन्दै पुजारीहरूले मूर्ति नहटाए अर्को वर्ष मच्छिन्द्रनाथको जात्रामा फूल–प्रसाद लिएर नआउने चेतावनी दिएका थिए।, रातो मच्छिन्द्रनाथसँगको यो विवाद समाप्त भएसँगै पानेजु संघले शुक्रबार बिहान ९ बजेतिर कीर्तिपुरको प्यंगथाँमा याकः मिसालाई प्रसाद लिएर गएका छन्।, सबै तस्बिरहरू: रूजन महर्जन,
कीर्तिपुरमै बस्ने भइन् याकःमिसा, बुंगमतीमा मच्छिन्द्रनाथ |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पाटन अस्पतालमा शव गृह विस्तार गर्नका लागि आर्थिक सहयोग गरेको छ। , शुक्रबार ललितपुर महानगरले शव गृह विस्तार गर्न पाटन अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।, उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर रवि शाक्यलाई चेक हस्तान्तरण गरेका हुन्।, पाटन अस्पतालको आवश्यकता पहिचान गरेर शव गृह विस्तारको लागि सहयोग गरेको चिरीबाबुले बताए। , पाटन अस्पतालका मेडिकल डाइरेक्टर शाक्यका अनुसार पाटन अस्पतालमा ४ वटा मात्रै शव राख्न मिल्ने शव गृहमा २० वटाभन्दा धेरै शव राख्नु परेको छ।, ‘अस्पतालकै, बाहिरबाट केही दिन राखिदिनुस् न भन्दै आउने अनुरोध र बेवारिसे शवले गर्दा अहिलेको शव गृह भरिभराउ भइरहेको छ,' उनले भने, 'शव खप्टेर राख्नुपर्ने बाध्यता छ। जुन वैज्ञानिक पनि होइन।’, ,
पाटन अस्पतालमा शव गृह विस्तार गर्न ललितपुर महानगरको सहयोग |
एजेन्सी भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ।, भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।, सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।, तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो।, रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ।, २ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ।,
भारतले २ हजारका नोट नचलाउने |
सेतोपाटी संवाददाता
सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै, पढ्दैमा पनि परिमार्जन गर्ने बताएको छ।, राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम अघि बढाउने बताएका हुन्। यसलाई प्रोत्साह गर्ने र अभियानकैरूपमा अघि बढाउने राष्ट्रपतिले बताएका छन्।, ‘विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरवलोकन गरिने छ। यस वर्षजस्तै शैक्षिक सत्रको सुरूमै पाठ्यपुस्तक उपलब्ध गराइने छ। आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गरिने छ। दलित, अल्पसंख्यक, लोपोन्मुख, पछाडि पारिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिकरूपले विपन्न तथा अपांगता भएका बालबालिकालाई विशेष कार्यक्रम सञ्चालन गरिने छ। शिक्षा क्षेत्रका सबै छात्रवृत्ति एकद्वार प्रणालीमार्फत् लागु गरिने छ। विपन्न लक्षितलाई विस्तार गरिने छ,’ राष्ट्रपति पौडेलले सदन समक्ष बताए।, ,
पढ्दै कमाउँदैलाई कमाउँदै पढ्दै कार्यक्रमका रूपमा अघि बढाइने |
डा. चन्द्रमणि पौडेल नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र गंगालाल हृदय केन्द्रमा मुटुको विशिष्ठिकृत अस्पताल हुन्। हरेक प्रादेशिक तथा जिल्ला स्तरका अस्पतालहरूमा समेत मुटुको उपचार हुन्छ। धेरै समस्या परेमा मात्रै यी अस्पतालमा आउनुपर्छ। मुटुरोगको सेवा भने अस्पतालबाट पाउन सकिन्छ। अपरेसन गरेको बिरामीको समेत स्वास्थ्य चौकीबाट समेत औषधी पाउन सकिन्छ। मुटुको स्वास्थ्यका लागि हेल्थ पोष्टदेखि विशिष्टिकृत सेवा भएका अस्पताल छन्।, बेस्सरी बायाँ छाती दुखेर आउने, श्वास फेर्न गाह्रो हुने, खुट्टा सुन्निने, चक्कर लाग्ने बेहोस हुने लगायतका समस्या लिएर बिरामी अस्पताल आउँछन्। शरीरका औंला, जिब्रोको टुप्पो निलो हुने, हिँड्न नसक्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या लिएर बिरामी आउँछन्।, अहिले जन्मजात मुटु रोग, मुटुको मांसपेशीको रोग, हृदयघात लगायतका समस्या धेरै छन्। सुगर, प्रेसर भाइरल इन्फेक्सनले मुटुलाई असर गर्नेसमेत हुन्छ।, केही सेवाबाहेक नेपालमा मुटु रोगको उपचार अन्तर्राष्ट्रिय स्तरको हुन्छ। नेपालमा अपरेशन गरेर र नगरीकन हुने धेरै खालका उपचार सम्भव छ। मुटु उपचारको लागि काठमाडौंबाहिर समेत सेवा विस्तार भइसकेको छ। नेपालमा मुटुको प्रत्यारोपण र कृत्रिम मुटु राख्नेबाहेक सबै खालका सेवाहरू उपलब्ध छन्। यसका लागि सरकारले पहल गरेमा असम्भव भने छैन।, मुटुका लागि सबैखालको सेवा उपलब्ध भए पनि यो रोग लाग्न नदिनु नै महत्वपूर्ण हो। मुटु स्वस्थ राख्ने मुख्य टिप्सहरू यसप्रकार छन्।, -दिनमा कम्तीमा आधा घन्टा छिटो-छिटो हिँड्नुपर्छ।, -त्यसरी हिँड्दा मुटुको धडकन थाहा पाउनुपर्छ भने पसिनासमेत आउनुपर्छ।, -सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।, -मध्यपानको सेवन नगर्ने।, - दैनिक ६ देखि ८ घन्टा राम्रोसँग निदाउनुपर्छ।, -व्यायाम,योग र ध्यान गरेर तनाव हटाउनुपर्छ।, -रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ।, -सुगरलाई नियन्त्रण गर्नुपर्छ।, -हृदयघात भएको र मुटुको समस्या भएकाले नियमित मुटुको परीक्षण गरिरहनु पर्छ।,
के-के गर्यो भने स्वस्थ रहन्छ तपाईंको मुटु (भिडिओ) |
सेतोपाटी संवाददाता सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ।, शुक्रबार सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममा आगामी राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ। , दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन पनि आगामी वर्ष काम सुरु गरिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ , हाल हिउँदमा मात्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइएको छ। वर्षायाममा पानी बन्द हुने गरेको छ।,
सरकारले मेलम्ची खानेपानी आयोजनालाई स्थायी बनाउने |
राजु अधिकारी बचतकर्ताले बैंकमा राखेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा एभरेष्ट बैंक इटहरीका शाखा प्रबन्धकसहित नौ जना पक्राउ परेका छन्। , सुनसरी प्रहरीका अनुसार प्रबन्धक विश्वराज शाक्यसहित नौ जनालाई बचतकर्ताको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो। , सर्वसाधारणको खाताबाटै रकम चोरी भएपछि प्रबन्धकको मिलेमतो हुनसक्ने देखिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए। , ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे ८ घर भएका ४२ वर्षीय शाक्यसहित ९ जनालाई पक्राउ गरेको हो। उनीहरूमध्ये सात जना बैंकका कर्मचारी हुन्। , पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो। यस अवधिमा ५९ पटक कनेक्ट आइपिएसमार्फत सो रकम निकालेको देखिएको प्रहरीले जनाएको छ। , बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आइपिएसको आइडी पासवर्ड चोरेर रकम पठाउने गरेका थिए। त्यस्तै कोर बैंकिङ सिस्टम (सीबीएस) बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकालेको पाइएको प्रहरीले जनाएको छ। , यो प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बैंकका उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो। , त्यस्तै धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन्। , ग्राहकको कनेक्ट आइपिएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान हुन्। , इटहरी शाखामा कार्यरत प्रधानको गत मार्चमा गाइघाट सरुवा भएको थियो। उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आइपिएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ। त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ। , कर्मचारीले ग्रहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ।, ‘३३ जनाको खाताबाट खातावालालाई जानकारी नदिइ रकम निकालेको देखिन्छ,’ डिएसपी राईले भने, ‘सात जना बैंकका कर्मचारी र अन्य दुई जना पक्राउ परेका छन्।’ , उनका अनुसार आफ्नो खाताबाट रकम हराएपछि ग्राहकले बैंकमा जानकारी गराएका थिए। बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो। , अनुसन्धानका क्रममा प्रहरीले २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो। प्रधानमाथि केरकार गर्दा बैंकभित्रको संगठित जालो पत्ता लागेको डिएसपी राईले बताए।, बैंकको शाखा कार्यालयका प्रबन्धकसहित कर्मचारीको संगठित जालो देखिएपछि इटहरी शाखाका ६ जना कर्मचारीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।, पक्राउ परेकाहरूमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।,
कर्मचारीकै मिलेमतोमा एभरेष्ट बैंकबाट डेढ करोड गायब |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशका पहाडी भूभागहरूको मौसम सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ। , दिउँसाे बागमती, गण्डकी र काेशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।, त्यस्तै काठमाडौं उपत्यकामा पनि सामान्य वर्षााको सम्भावना छ।, 'लगातार पानी परिरहने हुँदैन, राेकिने र फेरि पर्ने क्रम चलिरहने सम्भावना छ,' मौसमविद् अधिकारीले भने।, त्यस्तै कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना पनि रहेको छ। , आगामी तीनदिन सम्म बादल लाग्ने, पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् अधिकारीले बताए। , ,
यस्तो छ आजको मौसम |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजालको बयान जारी छ। , शनिबार दिउँसो उनीहरू दुबै जनाको छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।, ‘दुबै जनाको बयान जारी छ। करिब एक घण्टादेखि छुट्टाछुट्टै बयान भइरहेको हो,’ उनले भने। , समितिका अध्यक्ष मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। त्यही दिन उनीहरूलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो। , प्रहरीले उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरेको हो। , मियाँ हाल हिरासतमै रहेका एमाले सांसद टोपबहादुर रायमाझी निकट छन्। उनकै प्रस्तावमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले उनलाई अध्यक्ष बनाएका थिए। त्यसपछि पनि उनैको प्रस्तावमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले पनि कार्यकाल थपिदिएका थिए। , उनले चढ्ने सरकारी गाडी समेत यस प्रकरणमा प्रयोग भएको पाइएको हो। जसकारण उनको पनि संलग्नता खुलेको थियो। , यस्तै रिजालको पनि आर्थिक लेनदेन एवं संलग्नता भएको भन्दै पक्राउ गरिएको थियो। , शुक्रबार प्रहरीले उनीहरू दुबैमाथि सोधपुछ गरेको थियो। प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ। यसको अनुसन्धान चैत १२ गतेदेखि सुरू भएको थियो।, अहिलेसम्म १६ जना प्रहरी हिरासतमा छन्। जसमा रायमाझी, खाण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई लगायत उच्च राजनीतिक व्यक्तिहरूको समेत संलग्नता देखिएको हो।,
नक्कली भुटानी शरणार्थी प्रकरण: शमशेर र टेकनाथको बयान जारी |
रासस शुक्लाफाँटा नगरपालिका– ८ धारापानीका साईमले धामीलाई खानेपानीकै चिन्ता छ। जेठको बढ्दो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न हम्मेहम्मे नै पर्छ। , ‘गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ,’ उनले भने, ‘बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प नहुँदा ५६ वर्षदेखि खोलाकै पानी प्रयोगमा ल्याउँदै आएका छौं। , चुरेफेदीको धारापानी गाउँमा २२ परिवार बस्छन्। , ०२४ सालभन्दा अगाडिदेखि नै धारापानीमा बस्ती बस्न थालेको हो। त्यहाँका बासिन्दानले त्यतिबेलादेखि नै धारापानी खोलाको पानी पिउन बाध्य छन्। नुहाइधुवाई र गाइवस्तुलाई खुवाउन पनि खोलाकै पानी प्रयोग गर्दै आइरहेका छन्। , ‘खोलाको पानी सिधै पिउनु हाम्रो रहर होइन बाध्यता हो,’ स्थानीय बालाराम गौतमले भने, तर हिउँदमा त्यही खोलाको पानी पनि सुकेपछि प्रत्येक घरका एक जनाको काम पानी खोज्ने नै हुन्छ। वर्षायाममा धारापानी खोलामा धमिलो पानी आउँछ । त्यही धमिलो पानी पनि थिग्राएर पिउनुपर्ने वाध्यतामा छौं।’, उनका अनुसार दुषित पानी पिएर वर्षेनी दर्जनौं स्थानीय बिरामी पर्ने गरेका छन्। खानेपानी आयोजना निर्माणका लागि पटकपटक सम्बन्धित निकायमा पुगे पनि कार्य अगाडि बढ्न नसकेको उनको गुनासो छ। , ‘गत वर्ष वडा कार्यायले खानेपानी आयोजना निर्माणका लागि कार्य अगाडि बढाए पनि गाउँसम्म पानी पुग्न सकेन,’ उनले भने, ‘थोरै बजेटले खानेपानी आयोजना निर्माणको कार्य अधुरो अपुरो रहेको छ।’ , धारापानी गाउँमा विद्युत् पनि पुग्न सकेको छैन। स–साना बालबालिकालाई पढ्नका लागि बालविकास केन्द्र पनि छैन । , गाउँमा विद्यालय नहुँदा पाँच किलोमिटर टाढाको विद्यालयमा बालबालिकालाई पढ्नका लागि पैदल पठाउनुपर्ने वाध्यता रहेको बताए। चुरेको दुर्गममा रहेको बस्तीमा अभावै अभाव रहेको मोहनसिंह धामीले बताए। , ‘घुम्नका लागि टाढाटाढाबाट मानिसहरू आउँछन्, तर यहीँका मानिसहरूलाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतलगायतका आधारभूत सेवासमेत छैन,’ उनले भने। , वर्षौंदेखि चलनभोग गर्दै आएका धारापानी गाउँका बासिन्दाको जग्गाको स्वामित्व प्रदान गर्नका लागि जग्गा नापजाँच प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ रहेको छ। धारापानी गाउँलाई नगरपालिकासँग जोडनका लागि सडक पूर्वाधारका कार्य अगाडि बढाइएको उनले बताए। ,
धारापानीवासीलाई खानेपानीकै चिन्ता |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिका-७ स्थित एक ज्योतिष केन्द्र बन्द गराएको छ। , अत्यधिक भीड भएपछि प्रहरीले उक्त ठाउँ बन्द गरेको प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरले जानकारी दिए। , वडा ७ मा रहेको एक घर भाडामा लिएर अलौकिक मनोवैज्ञानिक ज्योतिष प्रालि नाममा कम्पनी दर्ता गरिएको थियो। जहाँ गुरू भनिएका सिमान्त केसीसँग उपचार गराउने भन्दै आउनेको भीड लागेको हो। , बिरामीहरूलाई छोएरै निको बनाउने भन्ने भिडिओहरू सामाजिक सञ्जालमा भाइरल छन्। जसले गर्दा उनको आलोचना समेत भएको छ। कतिपयले ठगी धन्दा चलाएको, ढोंग गरेको, भ्रम फैलाएको भन्ने आरोप समेत लगाएका छन्। तर त्यसबारे कुनै उजुरी नआएको डिएसपी कुँवरले बताए। , ‘भीडभाड बढी भएकाले व्यवस्थापन नगरीकन नखोल्नु भनेर बन्द गराएका हौं। भीडको व्यवस्थापन त उहाँहरूले नै गर्नुपर्यो। गर्छौं भन्नुभएको छ,’ उनले भने,‘वडाबाट स्वीकृति लिएर, प्यान दर्ता गर्नुभएको रहेछ।’, उनले थपे,‘भ्रम त के हो जानकारी भएन। ठगी भन्ने कुराहरू पनि आए। तत्काल हामीले हेर्दा देखेनौं। कतै निवेदन/उजुरी पनि आएको छैन।’, यस्तै टिकटको पनि शुल्क नलिएको उनले बताए। , ‘टिकटको पनि शुल्क लिएको देखेनौं। नम्बरिङ गर्नको लागि मात्रै दिइएको रहेछ। त्यहाँ आएर सेवा लिएबापत जसले जति दिए पनि हुने रहेछ। नदिए पनि हुने आफूखुसी दिए नि हुनेरहेछ।’, उनका अनुसार केही दिनयता मात्रै भीड बढेको हो। तर उनीहरूले पछिल्लो १५ दिनदेखि यसरी सञ्चालन गरिरहेको प्रहरीसँग भनेका छन्। ,
भीड अत्यधिक भएको भन्दै प्रहरीले बन्द गरायो ‘सीमान्त गुरूको ज्योतिष केन्द्र’ |
रोहित महतो गत वैशाख ११ गते जनकपुरधाम उपमहानगरपालिका–२३, बसपार्कमा एक महिला एउटा कालो ब्याग बोकेर डुल्दै थिइन्। गतिविधि शंकास्पद लागेर प्रहरीले उनलाई पछ्याएको थियो।, धनुषाको विदेह नगरपालिका–६ निवासी ती महिला थिइन् २५ वर्षीया अनुकुमारी साह। प्रहरीले बसपार्कमा उनको खानतलासी गर्यो। ब्यागमा एक हजार रुपैयाँ दरका ४९२ वटा र ५ सय रुपैयाँ दरका ५५९ वटा नोट फेला परे। हजार दरका सबै नोटमा ७ वटा नम्बर दोहोरिएका थिए। यसैगरी ५ सय दरका सबै नोटमा ६ वटा नम्बर दोहोरिएका थिए।, जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार अनुको ब्यागबाट बरामद ७ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ सबै नक्कली थियो।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार अनुले १ लाख रुपैयाँ सक्कली नोट दिएर तीन लाख रुपैयाँ नक्कली साटेको बताएकी छन्।, जनकपुरबाट उक्त नक्कली नोट बरामद भएको एक सातापछि पर्सामा पनि नक्कली नोट भित्रिन लागेको सूचना प्रदेश प्रहरी कार्यालय, जनकपुरले पायो।, सोही सूचनाका आधारमा गत वैशाख २० गते वीरगञ्ज महानगरपालिका–१६, चालिसफिटेस्थित सडकखण्डमा अपराह्न साढे चार बजे प्रहरीले सवारी चेकजाँच सुरू गर्यो।, त्यही क्रममा बिआर ०१ पिजी ६५७७ नम्बरको भारतीय स्कार्पियो गाडीबाट प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले १ हजार रुपैयाँ दरका ४५० थान र ५ सय रुपैयाँका ७२ थान गरी ४ लाख ८६ हजार नेपाली रुपैयाँ नक्कली नोट बरामद गर्यो।, सोही गाडीमा नेपाली रुपैयाँ १ हजारका २ सय वटा नोट अर्थात् २ लाख रुपैयाँ पनि फेला पार्यो।, स्कार्पियो चालक रहेका सर्लाहीको गोडौता नगरपालिका–१२, मधुवनी गाउँका ३४ वर्षीय आनन्द बर्दन सिंह र गाडीमा सवार बाराको परवानीपुर गाउँपालिका–३ का ३६ वर्षीय ओमप्रकाश साह पक्राउ परे। , पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार स्कार्पियो गाडी समातिएको दुई दिनअघि गत वैशाख १८ गते राति ९ बजे वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोक क्षेत्रमा भारतको मोतीहारीका ३९ वर्षीय अमीतकुमार सिंह पक्राउ परे।, उनी २ हजार रुपैयाँ दरका २१ थान, ५ सय रुपैयाँ दरका ६४४ थान, २ सय रुपैयाँ दरका ३३ थान, सय रुपैयाँ दरका ५ थान र ५० रुपैयाँ दरका १४ थान गरी कुल ३ लाख ७५ हजार ८ सय भारतीय नोटसहित समातिएका थिए।, वैशाख १७ गते पनि प्रहरीले रजतजयन्ती चोकमै पैदल हिँडेर आउँदै एक व्यक्तिलाई पर्सा प्रहरीले रोकेर चेकजाँच प्रतिबन्धित भारतीय नोट २ लाख रुपैयाँ बरामद गरेको थियो।, ती व्यक्ति भारतको उत्तर प्रदेश, गोरखपुरका ४२ वर्षीय विनोदकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ। नेपालमा भारतीय रुपैयाँ ५ सयका र त्यसमाथिका नोट प्रचलनमा प्रतिबन्ध छ।, वैशाखमा मात्रै नेपाली नक्कली नोट र प्रतिबन्धित भारतीय नोट बरामद भएका घटना चारवटा मात्रै होइनन्।, वैशाख ५ गते पनि प्रहरीले सर्लाहीको लालबन्दीमा ५ लाख ३० हजार रुपैयाँ नेपाली नक्कली नोट फेला पारेको थियो। प्रहरीले पछ्याएको थाहा पाएपछि एक व्यक्ति झोला फालेर भागेका थिए। ती व्यक्ति पक्राउ पर्नबाट उम्किए। सर्लाहीका डिएसपी कैलाश राईका अनुसार सोही ठाउँमा प्रहरीले एक हजार दरको नोट आकारका ६ सय थान सेतो कागज पनि फेला पारेको थियो।, वैशाख ३ गते महोत्तरीको रामगोपालपुर नगरपालिका–५, रामगोपालपुर बजारमा तरकारी किन्न आएका एक ग्राहकलाई प्रहरीले पक्राउ गरेको थियो।, तरकारी व्यापारीले आफूले नक्कली नोट पाएको भनेर खबर गरेपछि व्यापारीकै सूचनाका आधारमा धनुषाको मिथिलाविहारी नगरपालिका–२, पुरन्दाहा निवासी २७ वर्षीय सन्तु मण्डल पक्राउ परेका थिए। उल्लिखित घटना वैशाखका मात्रै हुन्।, प्रहरी अधिकारीहरुका अनुसार मधेश प्रदेशमा नेपाली रुपैयाँका नक्कली नोट बरामद हुने घटना बढेको छ। आर्थिक मन्दीको समयमा नक्कली नोटका कारोबारी गिरोह सक्रिय भएको प्रहरीको निष्कर्ष छ।, मधेश प्रदेशका विभिन्न नाकाबाट दिनहुँ नेपाली रुपैयाँका नक्कली नोट भित्रिने गरेको प्रहरीको आशंका छ।, नेपाल प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘नक्कली नोट कारोबारको केहीमात्र सूचना आइपुग्छ। यो कारोबारमा ठूल्ठूला गिरोह सक्रिय छन्। हामीले अनुसन्धानको क्रममा एउटै गिरोहले १० करोड रुपैयाँ छापेर राखेको पाएका छौं।’, स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको गत निर्वाचनदेखि नक्कली नोटको कारोबार फस्टाएको ती प्रहरी अधिकृतको अनुमान छ।, उनले भने, ‘नेताहरूले चुनावमा नक्कली नोट पनि प्रयोग गरेको भन्ने कुरा आएको छ। अहिलेसम्म पक्राउ परेकाहरुले एक लाख सक्कली नोटमा तीन लाख नक्कली नोट मिसाएर चलाउने गरेको बताएका छन्।’, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार गत साउनदेखिको ९ महिना (गत चैतसम्म) मा नक्कली नोट कारोबारसम्बन्धी ३१ वटा घटना भएका छन्। तीमध्ये रौतहटमा ११ वटा, सर्लाहीमा ६ वटा, सिरहामा ४ वटा, पर्सा र महोत्तरीमा ३–३ वटा बारामा २ वटा तथा धनुषा–सप्तरीमा १–१ घटना भएका छन्। ती घटनामा ३५ जनाभन्दा बढी पक्राउ परेका छन्।, यी ९ महिनामा २६ लाख ४८ हजार ४ सय रुपैयाँ नेपाली नक्कली नोट, मेसिनहरू र नोट छाप्न प्रयोग हुने ९९ बण्डल कागज बरामद भएको प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ।, आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले मधेश प्रदेशका ८ वटै जिल्लाबाट २९ लाख ३४ हजार ९२० रुपैयाँ नेपाली नक्कली नोट र ३ लाख ७८ हजार ९७० रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको थियो ।, आर्थिक वर्ष २०७७/७८ मा ३० लाख ११ हजार ६ सय रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको थियो। सोही आर्थिक वर्षमा प्रहरीले ९७ हजार भारतीय नक्कली नोट पनि बरामद गरेको थियो।, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले नक्कली नोट कारोबारले देशको अर्थतन्त्र ध्वस्त पार्ने भएकाले अपराधको सूचना प्राप्त हुनासाथ प्रहरी कारबाहीमा उत्रिने गरेको बताए।, उनका अनुसार नक्कली नोट कारोबारमा पक्राउ परेका अधिकांश व्यक्ति आपराधिक पृष्ठभूमिका छन्। गिरोहका व्यक्तिहरूले गरिब व्यक्तिलाई झुक्याएर नक्कली नोट कारोबारमा प्रयोग गर्ने गरेका छन्।, ‘भारतबाट पैसा ओसार्नेहरू प्रायः गरिब व्यक्ति हुन्छन्। ज्यालाको लोभमा अरू सामानमा मिसाएर वा पोको पारेर गिरोहले बोकाउने गरेको देखिएको छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘नोट छाप्ने र नेपाल पठाउनेहरू पेसेवर अपराधी हुन्।’, उनका अनुसार भारतमा नोटबन्दी हुनुअघि भारतीय नक्कली नोट छाप्नेहरू अहिले नेपाली नक्कली नोट छाप्न थालेका छन्। यस्ता कारोबारीलाई भारतबाट पक्राउ गर्न समस्या हुने गरेको छ। ,
एक लाख सक्कली नोटमा ३ लाख नक्कली नोट मिसाएर बढ्दै छ अवैध कारोबार |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले वैशाख ३१ गते देखि जेठ ५ गतेसम्मका तस्बिर समेटेका छौं।, , नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझी। तस्बिर: निशा भण्डारी/सेतोपाटी, ललितपुरको धापाखेलस्थित एक बाँसको रूखमा गुँड बनाउँदै तोप चरा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंको टुँडिखेलमा आयोजित किराँत समुदायको उँधौलीमा सहभागी एक वृद्धा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, शुक्रबार सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवनतर्फ जाँदै गर्दा बबरमहलमा देखिएको राष्ट्रपतिको सवारी। तस्बिर: सेतोपाटी, सरकारको तर्फबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेर फर्कने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै फेसबुक ग्रुप मेन्स रूम रिलोडेड (एमआरआर)ले माइतीघरमा गरेको प्रदर्शन। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको वीर अस्पताल अगाडि खानेपानीको पाइप फुटेपछि मर्मतको तयारी गर्दै कामदार। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, अनामनगर हनुमानस्थान नजिकै रहेको अवैधानिक भवन भत्काउँदै महानगर। तस्विर: नवीनबाबु गुरुङ/सेतोपाटी, शरणार्थी काण्डका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै नेविसंघले त्रिचन्द्र क्याम्पसमा गरेको विरोध कार्यक्रम। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको कुलेश्वरस्थित बागमती र विष्णुमती नदीको दोभान र यस वरपर देखिएका बस्ती। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी,
साताका तस्बिर |
सेतोपाटी संवाददाता सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ।, नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो।, डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो।, डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ। , त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।, इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ । , यस्तै अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर भने प्रदेश सरकारले तय गर्छ।, हेर्नुहोस् समायोजित भाडा, , ,
घट्यो लामो दुरीको सवारी भाडा |
रासस सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई मंगलबार तीन महिना कैद सजायको फैसला भएको छ।, जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मू-कश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई कैद सजायको फैसला भएको हो।, बाल विवाह गराउन सहयोग गर्ने भारत जम्मू-कश्मिर राज्य रैनवारीका ४० वर्षीय मोहम्मद रफिकखार र उनकी पत्नी २७ वर्षीया नुर जहानलाई साढे एक महिना कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ।, अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिलानीलाई दुई हजार रूपैयाँ तथा रफिकखार र जहानलाई जनही एक हजार रूपैयाँ जरिवाना भएको छ।, तीनै आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा जनही दुई सय रूपैयाँ भराउने फैसलासमेत भएको सूचना अधिकारी पोखरेलले बताए।, अभियुक्तले तिर्नुपर्ने जरिवाना वापतको रकम भने कैद बसेको अवधिबाट भुक्तान भएको अदालतले जनाएको छ।, बालिकाका बुवा र आमाले अभियोग दाबीबाट सफाइ पाएका छन्। बाल विवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वनैनियाको टोलीले बालिका र तीन जना आरोपित भारतीय नागरिकलाई पक्राउ गरेर गत माघ १४ गते नेपाल प्रहरीको जिम्मा लगाएको थियो।, राजीखुसीले विवाह गरेकाले बालिकाका अभिभावकले उजुरी दिन अस्वीकार गरेपछि सशस्त्र प्रहरीकै प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको हो।, सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको प्रतिवेदनअनुसार जिलानीसहित उनलाई नेपाल ल्याएर विवाह गराउने रफिकखार र उनकी पत्नी नुर जहान तथा बालिकाका आमाबुवाविरूद्ध उजुरी दर्ता भएको थियो।, पक्राउ परेका आरोपितहरू गत फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए।, अदालतमा फागुन १७ गते हाजिर भएका बालिकाका आमा साधारण तारेखमा र बुवा पाँच हजार रूपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए। बालिकाका बुवाआमाले भने अभियोग दाबीबाट सफाइ पाएका छन्। ,
बाल विवाहका अभियुक्त ४१ वर्षीय भारतीय नागरिकलाई कैद |
सेतोपाटी संवाददाता हाल देशभर स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रि–मनसुन पनि भएकाले देशैभर बदलीको अवस्था रहेको छ। आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद् वरूण पौडेलले जानकारी दिए।, ‘देशका पहाडी भूभागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ’ उनले भने।, राती कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको पनि उनले बताए।,
मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता अर्घाखाँचीको भूमिकास्थानमा चार जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, गत वैशाख २६ गते भूमिकास्थान नगरपालिका वडा नम्बर २ स्थित तिरतिरे जंगलमा लगाइएको डढेलो घरमा सल्किन पुग्दा जलेर चार जनाको ज्यान गएको थियो। आगलागीमा परी गम्भीर घाइते भएका भूमिकास्थान २ बेल्बासे टोलका ७२ वर्षीय पिताम्बर बेल्बासे, ३६ वर्षीय माधव बेल्बासे, ५२ वर्षीय घनश्याम बेल्बासे र ५५ वर्षीय पदमप्रसाद बेल्बासेको उपचारको क्रममा वैशाख २७ गते मृत्य भएको हो।, घटनामा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्बासे उपचारपछि घरमा आराम गरिरहेकी छन्।, वनमा आगो लगाएको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका वडा नम्बर २ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दिपक विक, ७० वर्षीय देवीराम बेल्बासे र ३६ वर्षीय धर्मराज बेल्बासेलाई पक्राउ गरेको छ।, उनीहरूलाई वैशाख ३१ गते पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो।, पक्राउ परेका चारै जनामाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।, मुलुकी अपराध संहिता २०७४ मा कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा ६ महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।, घटना विवरणअनुसार वैशाख २६ गते बिहान घाँस काट्न गएका उनीहरूले जंगल क्षेत्रमा आगो लगाएका थिए। सोही आगो फैलिदै बेल्बासे टोलका घर, गोठ तथा परालका टौवामा सल्किएको प्रहरीले जनाएको छ।, जंगली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ।,
चार जनाको ज्यान जाने गरी भएको आगलागी घटनामा संलग्न ४ जना पक्राउ |
रासस यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ।, कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ।, दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। , यसअघि बुस्टर डोज लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लगाइने छ।, गत वर्ष चैत २४ गतेदेखि वैशाख १९ गतेसम्म जिल्लाका छ हजार जनालाई बुस्टर डोज दिइएको थियो । राष्ट्रिय जनगणना, २०७८ अनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको खोटाङमा एक लाख सात हजार ४२ जनाले यसअघि नै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको सिग्देलले बताए। , कोरोना भाइरसको सङ्क्रमणका कारण खोटाङमा १५ जनाको मृत्यु भएको थियो। दश स्थानीय तह रहेको जिल्लामा एक थान भेन्टिलेटर, सात एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामै रहेको सिग्देलले जानकारी दिए। , महामारीको समयमा जिल्लामा स्थापना गरिएका अधिकांश कोभिड अस्पताल हाल बन्द छन्। हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी र साकेला गाउँपालिकामा यसअघि स्थापना गरिएका कोभिड अस्पताललाई सामान्य (अन्य अस्पताल सरह) परिवर्तन गरेर नियमित बिरामी उपचार गर्नेगरी सञ्चालन गरिएको छ। ,
खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी |
रासस पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन्। यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन्। , सेभेन समिट टेक्ससमार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट टेक्ससका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए। , उनीहरूले मङ्गलबार बिहान ७ः३० बजे धवलागिरि आरोहण गरेका हुन्। दुवैजनाले शेर्पाको सहयोगविना हिमाल आरोहण गरेको कम्पनीले जनाएको छ। , आरोहण गरेर फर्किएपछि बार्केटले चार हजार सात सय मिटरको उचाइमा स्किसमेत गरेका थिए।, दुवैजना एमएडी स्कि परियोजनाअन्तर्गत धवलागिरि हिमाल आरोहण गर्न गएका थिए। गत चैत अन्तिम साता आधार शिविर पुगेका अन्य आरोही पनि धवलागिरिको चुचुरो नजिकै पुगेका बताइएको छ।, धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरूले आरोहीका लागि बाटो बनाइसकेका छन्।, स्पेनका ८३ वर्षीय कालोर्स सोरियाको टोली क्याम्प–३ मा पुगेको छ। पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन्।, सेभेन समिट कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका छन्। सेभेन समिट, इलाइट र पाइनर एडभेन्चरले धवलागिरिमा आरोही लगेका हुन्। चैतको अन्तिम साता धवलागिरि गएका आरोही प्रतिकूल मौसमका कारण करिब एक महिनासम्म आधार शिविरमा रोकिएका थिए।, वैशाख अन्तिम हप्तादेखि मौसममा सुधार आएपछि आरोही चुचुरोतर्फ लागेका थिए। पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले वैशाखमा धेरै हिउँ परेकाले आरोहणमा ढिलाइ भएको बताए।, सन् १९६० मे १३ मा पहिलोपटक अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धवलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेका थिए। , पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोही काठमाडौँबाट सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन्। आधार शिविरसम्म पुग्नका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले पदमार्ग निर्माण गर्दै आएका छन्। , अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धवलागिरि पदमार्गको यात्रा चुनौतिपूर्ण मानिन्छ। यस याममा पनि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविर पुगेका छन्। धवलागिरि हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ। ,
पोल्याण्डका दुई आरोहीले गरे धवलागिरि हिमाल आरोहण |
रासस मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।, हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो।, प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ। ,
हेटौंडामा जिपको ठक्करबाट बालकको मृत्यु |
मनोज सत्याल नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा अमेरिका लगायत देश पठाउने भन्दै उनीहरूबाट करोडौं रूपैयाँ असुलेको घटनामा अहिले छानबिन जारी छ।, जुन गिरोहले विदेश पठाउने नाममा सैयौं मानिसहरूबाट लाखौं रूपैयाँ उठाइरहेको थियो, त्यसका सदस्यहरूलाई थाहा थियो- ती मानिस भुटानी शरणार्थीका रूपमा कहिल्यै विदेश जान पाउने छैनन्।, उनीहरूलाई विदेश लैजान न त कुनै देशले सहमति जनाएको छ, न त्यसको प्रयास वा प्रक्रिया नै नेपाल सरकारले अघि बढाएको छ। भविष्यमा कुनै मुलुकले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी लैजाने सहमति जनायो नै भने पनि त्यसरी जाने मानिसहरू शरणार्थी हुन् वा होइनन् भनेर नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (युएनएचसिआर) ले प्रमाणीकरण गर्छ। अर्को मुलुकमा पठाउन भुटानी शरणार्थी हो वा होइन भनेर गृह मन्त्रालयले प्रमाणीकरण गरेर हुँदैन।, यसपालि जति पनि मानिसलाई अमेरिका पठाइदिन्छु भन्दै ठगियो, तीमध्ये कसैलाई पनि युएनएचसिआरले प्रमाणीकरण गरेकै छैन। अहिले शरणार्थी प्रमाणीकरण गर्ने प्रक्रिया नै छैन। न त विदेश लैजाने कुनै योजना नै छ।, नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (युएनएचसिआर) ले भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम नै समाप्त भइसकेको सेतोपाटीलाई जानकारी दिएको छ।, सेतोपाटीसँगको इमेल कुराकानीमा नेपालस्थित कार्यालयले नेपाल सरकारले यो प्रकरणमा गरिरहेको अनुसन्धानको स्वागत गरेको छ।, 'समूहगत रूपमा भुटानी शरणार्थीहरूको तेस्रो देश पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा समाप्त भइसकेको छ,' युएनएचसिआरले इमेलमा भनेको छ, 'र यो पुनः सुरू हुने छैन।', युएनएचसिआरले तेस्रो देश पुनर्वास कार्यक्रम समाप्त भएको विषयमा सरकार लगायत सबै पक्षलाई जानकारी गराइसकिएको समेत जनाएको छ।, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि शरणार्थी हो कि होइन भन्ने विषय नै युएनएचसिआरले प्रमाणित गर्नुपर्ने बताइन्।, 'युएनएचसिआरले प्रमाणित नगरी कसैको पनि शरणार्थीको स्ट्याटस नै बन्दैन,' लम्सालले भनिन्, 'परराष्ट्र मन्त्रालयको काम भनेको शरणार्थी मामिलामा गृह मन्त्रालयको निर्णयपछि समन्वय गर्ने मात्र हो।', सेतोपाटीको इमेलमा जवाफ पठाउँदै काठमाडौंस्थित अमेरिकी दूतावासले पनि अहिले भुटानी शरणार्थीहरूलाई अमेरिका लैजाने सहमति वा प्रयासबारे आफूहरूसँग कुनै सूचना नरहेको जनाएको छ।, यसरी युनएचसिआरले प्रमाणीकरण नै नगरेको अवस्थामा गृह मन्त्रालयले सुरूमा तयार पारेको सक्कली र पछि थपिएको नक्कली शरणार्थीको सूची देखाउँदै गिरोहका सदस्यले नेपालीहरूलाई ठगे। उनीहरूबाट पैसा उठाए।, पैसा दिनेहरूलाई लागेको थियो- उनीहरूले आफूहरूलाई अमेरिका पुर्याइदिनेछन्। तर पैसा लिनेलाई त्यही बेला थाहा थियो, उनीहरूलाई अमेरिका पठाउनु आफ्नो वशको कुरा होइन। र, उनीहरू यसरी अमेरिका जान कहिल्यै पाउने छैनन्।, त्यसरी थाहा पाईपाई गिरोहका सदस्यले उनीहरूलाई ठगे।, कतिपय मानिसहरूलाई सूचीमा नाम चढाइदिने भनेर पैसा लिए भने कतिलाई सूचीमा चढिसकेको भन्दै नक्कली सूची देखाएर पैसा लिए। त्यस्ता सक्कली वा नक्कली सूचीमा रहेका कतिपय मानिसहरूलाई 'अब विदेश जाने समय आयो, तालिमका लागि आउनू' भनेर नक्कली तालिम चलाएर थप पैसा असुले। त्यसरी मानिसहरूलाई तालिमका लागि भन्दै ओसारपसार गर्न र उठाएको पैसा ओसार्न गृह मन्त्रालयकै केही गाडी प्रयोग भएको ठगिएकाहरूले बताएका छन्।, भुटानी शरणार्थीहरूको तेस्रो मुलुकमा पुनर्वासको कार्यक्रम नै तय नभइकन र प्रमाणीकरणमा युएनएचसिआर नै संलग्न नभइकन यति धेरै नेपालीलाई ठग्ने पृष्ठभूमि कसरी तयार भयो? र, पछिल्लो समय यो कसरी अघि बढ्यो?, तेस्रो मुलुकमा पुनर्वास गराएपछि पनि नेपालमा कति भुटानी शरणार्थी बाँकी छन्, उनीहरूको अवस्था के छ भन्नेबारे विवरण एकीकृत गर्न, शरणार्थीको स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधारको अध्ययन गर्न, बाँकी रहेका शरणार्थीबारे भावी योजना अध्ययन गरी स्पष्ट सुझाव दिन, नेपाल र भुटानले विगतमा गरेको सहमतिका कागजातको अध्ययन गरी राय सुझाव दिन, शरणार्थी व्यवस्थापनका सम्बन्धमा वैकल्पिक उपायबारे सुझाव दिने र शरणार्थीमा दर्ता भई पुनर्स्थापनामा बाँकी तथा दर्ता हुन छुट भएका शरणार्थीहरूको लगत तयार गरी भुटान फिर्ता गर्न सकिने वा नसकिने र तेस्रो देशमा पुनर्वासमा पठाउने सकिने/नसकिने सम्बन्धमा पत्ता लगाउने कार्यदेश दिएर केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ जेठ ३० गते गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा एउटा कार्यदल बनाएको थियो।, त्यो बेला गृहमन्त्री रामबहादुर थापा 'बादल' र उनका सुरक्षा विज्ञ इन्द्रजित राई थिए।, यो कार्यदल बनाउने पृष्ठभूमि नै भुटानी शरणार्थी बनाएर बाहिर लैजाने भन्दै नेपालीलाई ठगी गर्ने उद्देश्य राखेको गिरोहले नै तयार पारेको तथ्यहरू बाहिर आएका छन्। सो कार्यदलका एक जना सदस्य नै गिरोहले आफ्नो सिफारिसमा बनाएको खुलिसकेको छ। , पन्थी कार्यदलले २०७६ कात्तिक १ मा गृह मन्त्रालयमा प्रतिवेदन बुझायो।, सो प्रतिवेदनमा युएनएचसिआर र शरणार्थी समन्वय इकाई (आरसियू) ले तयार गरेको लगतमा दर्ता हुन छुट भएका भुटानी शरणार्थीका रूपमा ४२९ जनाको सूची प्राप्त भएको उल्लेख छ। साथै कूटनीतिक प्रयास गर्दा शरणार्थी तेस्रो देशमा पुनर्वास गराउन सम्भव हुने सिफारिस प्रतिवेदनमा गरियो।, 'विगतमा नेपाल सरकार र राष्ट्र संघीय निकायहरूको महत्वपूर्ण पहलबाट ८ वटा राष्ट्रमा करिब ९० प्रतिशतभन्दा बढी, एक लाख १३ हजार तीन सय सात जना भुटानी शरणार्थीहरू पुनर्स्थापना भइसकेको अवस्था छ। युएनएचसिआरको पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बरबाट समाप्त भएको र अस्ट्रेलियन सरकारको मानवीय सहायता कार्यक्रमअन्तर्गत पुनर्वास कार्यक्रम भने जारी रहेको अवस्था छ,' प्रतिवेदनमा भनिएको छ, 'इच्छुक शरणार्थीहरूलाई उनीहरूको चाहनाबमोजिम नेपाल सरकारको पहलमा तेस्रो देश पुनर्स्थापनाको प्रक्रिया अगाडि बढाई कार्यान्वयनमा लैजानु एउटा उत्तम विकल्प हो। यसका लागि नेपाल सरकारले संयुक्त राष्ट्र संघीय एजेन्सी र पहिला शरणार्थी लगेका अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्यान्ड्ससँग कूटनीतिक पहल गर्न उपयुक्त हुने देखिन्छ। तेस्रो देशमा पुनर्स्थापना हुन नसक्ने बाँकी शरणार्थीहरूको समस्या स्थायी रूपमा समाधान गर्ने विकल्पका साथ कूटनीतिक प्रयास गर्दा यी देशहरूले पुनर्वासमा जान इच्छुक र योग्य शरणार्थीलाई आफ्नो देशमा पुनर्स्थापना गराउन राजी हुनसक्ने अपेक्षा गर्न सकिन्छ।', गिरोहले पन्थी कार्यदलको यही प्रतिवेदनका आधारमा नक्कली शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाइदिने भन्दै पहिलो चरणमा नेपालीहरूबाट पैसा उठाउन सुरू गर्यो।, यो गिरोहको नेतृत्वमा मुख्य रूपमा चार जना थिए— केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ र सन्देश शर्मा।, अहिले चारै जना प्रहरी हिरासतमा छन्।, शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले २०७८ मंसिर १३ मा पन्थी नेतृत्वको कार्यदलले प्रस्ताव गरेका विकल्पहरूलाई स्वीकृत गर्ने निर्णय गर्यो। सो निर्णय गर्दा बालकृष्ण खाण गृहमन्त्री थिए भने अहिले पक्राउ परेका टेकनारायण पाण्डे गृहसचिव थिए।, खाण र पाण्डेको जोडी गृह मन्त्रालयमा आएपछि भुटानी शरणार्थीसम्बन्धी अर्को नक्कली प्रतिवेदन पनि तयार गरियो जसमा भुटानी शरणार्थी भनेर ८ सय ७५ जनाको नाम थपियो। यही नक्कली प्रतिवेदन देखाउँदै गिरोहका सदस्यले थप मानिसहरूबाट अमेरिका पठाइदिने भन्दै पैसा असुले। जबकि सरकारले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा लैजानेबारे कुनै पहल अघि बढाएको थिएन।, २०७६ माघ २१ देखि २०७८ साउन २७ गतेसम्म गृह मन्त्रालयको सचिव रहेका महेश्वर न्यौपानेले आफ्नो कार्यकालमा युएनएचसिआर र अन्य मुलुकसँग भुटानी शरणार्थी लैजाने विषयमा कुनै छलफल नभएको बताए। उनी गृह मन्त्रालयमा सचिव भएर आउनुअघि नै पन्थी कार्यदलले आफ्नो प्रतिवेदन तयार गरेको थियो।, 'युएनएचिसआरले तेस्रो देश पुनर्स्थापना बन्द गरिसकेको थियो,' न्यौपानेले सेतोपाटीसँग भने, 'मेरो कार्यकालमा युएनएचसिआरसँग केही बैठकहरू भए पनि कहिल्यै पनि तेस्रो देश पुनर्स्थापनाबारे छलफल भएको थिएन। उनीहरूको त्यो प्राथमिकता पनि थिएन र कुरा पनि भएन। अमेरिकी सरकारसँग शरणार्थी मामिलामा हामीले कुरा गर्ने कुरै भएन। मैले मन्त्रालयमा रहँदासम्म अमेरिका लैजाने भन्ने कुरा छलफलमा, कुराकानीमा कतै सुनेको थिइनँ।', पन्थी कार्यदलको प्रतिवेदनले तेस्रो देश पुनर्स्थापना गराउन सक्ने भने पनि त्यो रिपोर्टकै आधारमा सम्भव नभएको न्यौपाने बताउँछन्।, 'नेपालले चाहेर मात्र हुँदैन। त्यसका लागि युएनएचसिआरले पहल गर्नुपर्यो। लिने देशले पनि लिन्छु भन्नुपर्यो,' न्यौपानेले भने, 'सन् २०१६ सम्ममा गएका शरणार्थीको प्रक्रिया हेर्दा एउटै शरणार्थीका समेत विभिन्न सूचना लिएर पुष्टि गर्ने काम भएका छन्।', न्यौपानेले आफू कोरोनाकालमा गृह मन्त्रालयको सचिव भएकाले शरणार्थीको मामिला प्राथमिकतामा नपरेको बताए।, गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा अध्ययनका सबै कागजात प्रहरीले लिएर गएका कारण आफूसँग तेस्रो देश पुनर्वास गर्ने विषयमा अहिले आफूसँग यथेष्ट सूचना नभएको बताए।, 'सन् २०१६ पछि भएका निर्णयहरू सबै अनुसन्धानका लागि गएका छन्,' बस्नेतले भने, 'मन्त्रिपरिषदबाट भएका निर्णयहरूसमेत सबै अनुसन्धानका लागि पठाएका छौं।', नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका एक उच्च सरकारी अधिकारीले समेत सेतोपाटीसँगको कुराकानीमा यसरी शरणार्थीका रूपमा नाम समावेश गरिएकाहरूलाई विदेश पठाउन पहल भएको नदेखिएको बताएका छन्।, 'यो घटनामा विदेश पठाउने भनेर शरणार्थीका रूपमा प्रतिवेदनमा नाम राखेर ठगी गर्न खोजेको देखिन्छ,' ती अधिकारीले भने, 'विदेश पठाउने विषयमा विभिन्न मुलुकहरूसँग कुराकानी भएका कतै देखिँदैन।', यसरी भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा पठाउने कार्यक्रम र पहलसमेत नभएको बेला गिरोहका सदस्यले भने गृह मन्त्रालयलाई प्रभावमा पारेर सैयौं नेपालीलाई अमेरिका पठाइदिने भन्दै उनीहरूबाट करोडौं रूपैयाँ उठाए। यसरी संगठित अपराध गरेको आरोपमा प्रहरीले अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १४ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।, गृह मन्त्रालयले गठन गरेको 'भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदल' को प्रतिवेदनको अनुसूची हेरफेर गरिएको यो प्रकरणमा ,झण्डै ८ सय ७५ नेपालीलाई अमेरिका पठाउने भन्दै भुटानी शरणार्थीका रूपमा सामेल गरिएको आशंका छ।, प्रहरीले अहिले बालकृष्ण पन्थी नेतृत्वको यो कार्यदल गठनदेखि नै नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहको संलग्नताबारे अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार नक्कली भुटानी शरणार्थीका रूपमा समेटिएकामध्ये ८१ जनाबाट गिरोहले १३ करोड ६३ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पीडितहरूको किटानी जाहेरीबाट देखिन्छ।, गिरोहले प्रत्येक व्यक्तिबाट १५ देखि २० लाख रूपैयाँ असुल गरेको प्रहरीले जनाएको छ। यो घटना सार्वजनिक भएपछि उजुरी गर्नेको संख्या १०६ पुगेको छ। अझै धेरै नेपाली विभिन्न कारणले उजुरी दिन नआएको प्रहरीको अनुमान छ। प्रहरीले अदालतमा मुद्दा दायर गर्ने बेलासम्ममा यो रकम र संख्या थप बढ्न सक्ने देखिन्छ।,
उनीहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउन होइन, सिधै ठग्न उठाइएको थियो पैसा |
सरिशा अछामी पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै नि:शुल्क शव जलाउन नपाइने भएको छ।, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विद्युतीय शवदाह गृह नि:शुल्क हुने बताएका थिए।, वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकले मेसिन थप्ने मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन तत्काल नहुने भएको हो।, पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार शवदाह नि:शुल्क बनाउनुअघि मेसिन थप्नुपर्ने आवश्यकता छ।, ‘मेसिन थप गरिएपछि नि:शुल्क गर्ने मन्त्रीज्यूको कुरा हो। नि:शुल्क हुन्छ/हुँदैन अहिले नै भन्न सकिँदैन,ʼ उनले भने।, अहिले कोषले शवदाहका लागि ४ वटा मेसिन थप्ने तयारी गरिरहेको छ। कस्ता खालका मेसिन कहाँबाट ल्याउने टुंगो भइसकेको छैन। , शवदाह गृहमा अहिले भएका ३ मध्ये दुइटा मेसिनले मात्र काम गरिरहेका छन्। अहिलेको भवनमा थप एउटा मेसिन राख्न सकिने भए पनि बाँकी ३ मेसिन राख्न नयाँ भवन बनाउनु पर्नेछ। भवन कहाँ बनाउने भन्ने पनि टुंगो लाग्न बाँकी छ।, ‘भर्खर योजना बन्दैछ। नयाँ मेसिन ल्याउन नै एक वर्षजति लाग्छ होला,’ कोषका प्रवक्ता अधिकारीले भने,‘त्यसपछि मात्र शव दाह गर्दा शुल्क लिने/नलिने निर्णय कोषले गर्छ।’, अहिले पनि विद्युतीय शवदाहमा एकदमै न्यून शुल्क लिइएको उनले बताए।, आर्यघाटका चितामा दाउराले शव जलाउँदा झन्डै १५ हजार रुपैयाँ लाग्छ। विद्युतीय शवदाह गृहमा साढे ५ हजार भए पुग्छ।, ‘अहिले पनि न्यूनतम शुल्क राखिएको छ। अझै कम शुल्क राखेर सेवा दिन सक्छौं,ʼ अधिकारीले भने, ‘सरकारले लगानी गरिदिए नि:शुल्क पनि हुनसक्छ।ʼ, पशुपतिमा २०७१ माघमा विद्युतीय शवदाहका लागि दुइटा मेसिन राखिएको थियो। सुरूमा मानिसहरू आफन्तको शव विद्युतीय मेसिनमा जलाउन मान्दैनथे। हिन्दु धर्मालम्बीहरूको धार्मिक आस्था र शव जलाउनै पर्छ धार्मिक मान्यताका कारण त्यतिबेला विद्युतीय मेसिनमा बिरलै शव आउँथे।, अधिकारीका अनुसार केही समयपछि कोषले विद्युतीय शवदाह गृहमा नि:शुल्क शव जलाउन दियो। नि:शुल्क भएपछि आफन्तले फाट्टफुट्ट शवहरू ल्याउन थाले। शव दाउरामा जलाउनै पर्छ भन्ने मान्यतामा पनि मानिसहरू खुला हुँदै गए।, २०७२ देखि विद्युतीय मेसिनमा शव जलाएको १ हजार १ सय रुपैयाँमा लिन थालियोर, ‘सुरूमा दुई वटामात्र मेसिन थिए। ०७८ मा एउटा मेसिन थप गरिएको हो,ʼ अधिकारीले भने, ‘कोरोनाको समयमा मेसिनमा धेरै शव जले।ʼ, कोरोनाको सुरूआती चरणमा आफन्तहरू शव पनि छुन डराउँथे। संक्रमितको मृत्यु भएपछि नेपाली सेनाले प्लास्टिकमा बेरेर ल्याएका शवको अन्त्येष्टि गर्थे।, त्यही क्रममा प्लास्टिकसँगै शव मेसिनमा राख्दा धेरै प्लास्टिक जलेकाले दुई वटा मेसिन बिग्रिएका थिए।, कोषले केही समयअभि एउटा मेसिन मर्मत गर्यो। अर्को मेसिन बन्छ कि बन्दैन भन्ने टुंगो छैन। अहिले दुई वटा मेसिनले मात्र काम गरिरहेका छन्।, ‘अहिले विद्युतीय शवदाह गृहमा पनि लाइन बस्नुपर्ने अवस्था आइसकेको छ,ʼ अधिकारीले भने।, कम शुल्कसँगै शव छिटो जलेर सकिने भएकाले अचेल धेरै मानिस विद्युतीय शवदाह गृहमै आफन्तको शव जलाउन चाहन्छन्।, दाउरामा शव जलाउँदा ३ देखि ४ घन्टा लाग्छ भने विद्युतमा मेसिनमा ४५ मिनेटमा शव जलिसक्छ। विद्युतीय मेसिनमा अहिले दैनिक ५० वटा शव जलाइन्छ।, विभिन्न ठाउँबाट उपचारका लागि काठमाडौंमा आएका बिरामीको मृत्यु भए धेरैले विद्युतीय शवदाह गृहमै जलाउने गरेको प्रवक्ता अधिकारी बताउँछन्।, ‘उपचारमा पैसा सकिएको हुन्छ। सस्तो पर्ने भएपछि यतै जलाउँछन्,’ उनले भने, ‘नि:शुल्क गरे यहाँको भीड थेग्न सकिन्न।’, अहिले पनि आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई कोषले नि:शुल्क शव जलाइदिने गरेको छ। आगामी दिनमा पनि त्यस्तै हुनसक्छ।, ‘पैसा छैन भन्दै आउनेलाई पशुपति सेवा उपभोक्ता सहकारी संस्थामार्फत् सहयोग गरिन्छ,’ उनले भने।,
पशुपतिको विद्युतीय शवदाह गृह तत्काल नि:शुल्क नहुने |
सेतोपाटी संवाददाता प्राचीन तथा ऐतिहासिक महत्व बोकेको दोलखास्थित चरणावती त्रिवेणीधाममा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ।, सो धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरी मुलुकको समृद्धिमा समेत योगदान पुर्याउने उद्देश्यका साथ सो महायज्ञ गर्न लागिएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। , महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले यही जेठ ७ गतेदेखि १५ गतेसम्म आयोजना हुने महायज्ञको उद्घाटन संस्कृतिविद् प्राध्यापक डाक्टर जगमान गुरूङले गर्ने बताए। , महायज्ञको पुराण कथा बाचन भने प्राध्यापक डाक्टर कान्ता भट्टराईले गर्नेछन्। , संयोजक श्रेष्ठले भने, ‘प्राचीन एवम् पौराणिक महत्व बोकेको ऐतिहासिक जिल्ला दोलखाको शैलुङ–७ स्थित चरणावती त्रिवेणीधामलाई धार्मिक एवम् तीर्थाटनको क्षेत्रको रूपमा विकास र विस्तार गर्नुका साथै उक्त स्थानमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने महाअभियानका साथ श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ गर्न लागेको पत्रकारहरूलाई जानकारी गराउन चाहन्छु।’, महायज्ञका पाहुनाहरूलाई सो धाम नजिकै रहेको ज्येष्ठ नागरिक भवनमा बसोबासको व्यवस्था गरिने सो महायज्ञ मूल समारोह समितिका सदस्य सोभित उप्रेतीले बताए।,
चरणावती त्रिवेणीधाममा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ हुने |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले सर्लाहीमा १६६ किलो गाँजा बरामद गरेको छ। , मलंगवा नगरपालिका-९ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले १६६ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , नेपालबाट भारततर्फ लैजाँदै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बलले बरामद गरेको हो।, सशस्त्र प्रहरीलाई देख्ना साथै सोही ठाउँमा गाँजा छाडेर व्यक्ति भने फरार भएका थिए। , बरामद गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाएको छ।,
१६६ किलो गाँजा बरामद |
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो। बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। , बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसएसपी भट्टले बताए। , मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार बस काठमाडौंतर्फ आउँदै थियो। तीव्र गतिका कारण दुर्घटना हुँदा १० जना घाइते समेत भएको उनले बताए।,
तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, बस खस्यो खोलामा |
सेतोपाटी संवाददाता जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। , जापान टाइम्सका अनुसार मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ।, स्थानीय समयअनुसार दुर्घटना गएराति ८ः३० बजे भएको हो।, बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार थिए। उनीहरू पार्टटाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै थिए।, इन्जिन बिग्रेपछि ड्राइभरले सडकमै बस राेकेका थिए। बस रोकिएपछि त्यसमा सवारहरू विद्यार्थीहरू बाहिर निस्केकाे र त्यहीबेला तीव्र गतिमा आएको ट्रक बसकाे पछाडिबाट ठक्कर दिएको जापान टाइम्सले लेखेको छ। , बसलाई ठक्कर दिने ट्रकका चालक गम्भीर घाइते छन्। मृत्यु हुने नेपाली विद्यार्थीको परिचय खुलिसकेको छैन। ,
रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु |
नवीनबाबु गुरूङ नेपाल आर्ट काउन्सिल परिषद्मा अहिले सडक सुरक्षासम्बन्धी विभिन्न कार्टुनहरू प्रदर्शनीमा राखिएको छ।, कार्टुनिष्ट क्लब अफ नेपालले भौतिक पूर्वाधार तथा मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय गैरसरकारी मानवीय संस्था रोटरी क्लब इन्टरनेसनलसँगको सहकार्यमा सातौ संयुक्त राष्ट्र विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सडक सुरक्षा सचेतनामूलक कार्टुन प्रदर्शनी आयोजना गरेको हो।, जेठ २ देखि ५ गते सम्म चल्ने प्रदशनीमा सडक सुरक्षासम्बन्धी विभिन्न कार्टुनहरू राखिएको छ। प्रदर्शनीमा कार्टुनिष्ट क्लब अफ नेपालका २६ कार्टुनिष्टका कार्टुनहरू राखिएको छ।,
सडक सुरक्षासम्बन्धी कार्टुन प्रदर्शनी (तस्बिरहरू) |
Subsets and Splits