content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता सार्वजनिक खरिद् अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रालिसहित दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।, तोकिएको अवधिमा निर्माण पूरा नगर्ने कम्पनीलाई कारबाहीका लागि विभिन्न निकायले लेखी पठाएअनुसार सार्वजनिक खरिदले कालो सूचीमा राखेको हो।, कम्पनीहरू ३ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन्। कालोसूचीमा परेको अवधिभर उनीहरूले नयाँ ठेक्का प्रक्रियामा सामेल हुन नपाउने कार्यालयले जानकारी दिएको छ।, कारबाहीमा परेका निर्माण कम्पनीमा भरतपुरको कलेज अफ इम्प्लोइमेन्ट प्रालि रहेको। यो कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।, कारबाहीमा पर्नेमा, पप्पु/कोशी एण्ड न्यौपाने जेभी, वाइपी कन्स्ट्रकसन, सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभी, श्री आकृति एडभर्टाइजिङ, थाक ठिनी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन, एशियन हाइटेक कन्स्ट्रक्सन प्रालि, चन्दन एण्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, फैसल एण्ड अफजल कन्स्ट्रक्सनलगायत रहेका छन्।, पप्पु कन्स्ट्रक्सनसहित २४ वटा निर्माण कम्पनी कालो सूचीमा
नारायण खड्का मंगलबार बिहान दाङको घोराही नगरपालिका-११ का ३१ वर्षीय यमबहादुर विक नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए।, जंगल गएको केहीबेरमै उनले आफ्ना दाजु सुशीललाई फोन गरी आफूलाई गोली लागेको जानकारी गराए। खबर पाएर सुशील हतारहतार जंगल गए र घाइते भाइलाई उद्धार गरी अस्पताल पुर्‍याए।, उनले आफ्नो भाइलाई गोली लागेकोबारे प्रहरीलाई जानकारी गराइसकेका थिए। सुशीलले भाइ यमबहादुरलाई दिउँसो १ बजे घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका रहेछन्।, घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमख एसपी वीरबहादुर वली अस्पताल पुगे। घाइतेको अगाडि नाइटो नजिकबाट बन्दुकको गोलीको छर्रा लागेर पछाडि ढाडबाट वारपार भएको खत स्पष्ट थियो।, उनले सुशीलसँग सामान्य कुराकानी गरेर घटनाको प्रारम्भिक जानकारी लिए।, सुशीलले जंगलमा बाख्रा चराउन गएको भाइले आफूलाई गोली लागेको कुरा फोनमार्फत् बताएको एसपी वलीलाई जानकारी गराए।, ‘बाख्रा चराउँदै गर्दा रोल्पा तर्फको जंगलबाट बन्दुक पड्केको आवाज आयो र पेटमा गोली लाग्यो भनेपछि म तत्काल घटनास्थल पुगेर भाइको उद्धार गरेको थिएँ,’ सुशीलको भनाइ उदृत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले भने, ‘त्यसपछि उनीहरूले दिउँसो १ बजेतिर घाइते विकलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याएका रहेछन्।’, अज्ञात स्थलबाट बन्दुक पड्केको आवाज सुनेको र आफूलाई पेटमा गोली लागेको भन्ने घाइते यमबहादुरको कुरामा आशंका गर्ने आधार प्रहरीले देख्यो। कारण घाइतेको ज्यानबाट बारुदको पनि गन्ध आइरहेको थियो।, अनुसन्धानबाट प्रहरीले यमबहादुर गत माघमा मात्रै विदेशबाट घर फर्किएको थाहा पायो। उनको कसैसँग रिसिइबी भएको कुरा पनि खुलेन।, उनलाई हत्या गर्ने उद्धेश्यले कसैले गोली नै चलाउनु पर्ने त्यस्तो कुनै भरपर्दो कारण पनि नदेखिएको अनुसन्धानमा खटिएका  प्रहरी अधिकारी बताउँछन्।, घाइते यमबहादुरले आफूलाई एकाएक गोली लागेको कुरा गरे पनि त्यसमा विश्वास गर्ने आधारहरू प्रहरीले फेला पारेन।, घटनास्थलमा पुगेको प्रहरी टोलीले सर्च अभियान चलाउँदा बेलुकी पाँच बजेतिर जंगलबाट एउटा भरूवा बन्दुक र त्यो पड्किएको खोका बरामद गरिसकेको थियो।, आशंका लागेर प्रहरीले यमबहादुरका दाजु सुशीललाई सोधपुछ गर्ने क्रममा उनले बरामद भएको बन्दुक आफ्नो घरकै भएको प्रहरीलाई बताएको एसपी वलीले जानकारी दिए ।, त्यसैले प्रहरी अधिकारीले यमबहादुर आफैं घरबाटै बन्दुर लगेर जंगलमा बाख्रा चराउन गएको हुन सक्ने अनुमान गरेको छ।, उनलाई कसरी गोली लाग्यो ? यो बारेमा एसपी वीरबहादुर वलीले दुइटा आधारमा अनुसन्धान अगाडि बढाइएको बताए।, ‘यमबहादुरले आफैंले आफैंलाई गोली हाने,’ एसपी वलीले भने, ‘हैन भने उनी भीरको बाटो हिँड्दै गर्दा लडेर गोलीको छर्रा लाग्न पुगेको हुनुपर्छ।’, घाइतेको उपचार जारी रहेको हुँदा त्यसबारे थप अनुसन्धान भइरहेको एसपी वलीले सेतोपाटीलाई बताए।,  , जंगलमा बाख्रा चराउन गएका यमबहादुरलाई कसरी लाग्यो गोली?
रासस जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ।, कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए। , कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ। चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार पाँच सय १६ थान नागरिकता वितरण भएको प्रजिअ पाण्डेले बताए। , यो अवधिमा तीन सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने दुई सय ४४ मुद्दा फछ्र्योट भएको उनले जानकारी दिए। , प्रशासनले जारी गरेको प्रगति विवरणानुसार जिल्ला प्रशासन कार्यालयमार्फत पछिल्लो नौ महिनाको अवधिमा ११ हजार तीन सय नौवटा राहदानी वितरण गरेको छ। त्यसैगरी राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ।, त्यसैगरी सोही अवधिमा प्रशासनमार्फत जम्मा रु २० लाख १३ हजार सात सय ५० बराबरको राहत वितरण गरेको छ भने असहाय एवं विपन्न परिवारका पाँच सय ३५ जनालाई कम्बल वितरण गरेको उनले बताए। , सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको प्रजिअ पाण्डेले बताए। , यता विकास आयोजनातर्फको अनुगमन शून्य छ भने सुरक्षा निकायको ३९ पटक अनुगमन गरिएको छ। यही अवधिमा जिल्लामा जम्मा एक सय १२ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २६ वटा संस्था नवीकरण भएको प्रजिअ पाण्डेले बताए। , सुनसरीमा ९ महिनामा १२ हजारले लिए नागरिकता
रासस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरू गरेको छ। , जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो।, श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए।, ‘देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन,’ उनले भने, ‘जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो । नगरभित्रका सबै ग्रामीण सडक वर्षा सुरु हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन्। ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान थालिएको हो । अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ।’, नगरपालिकाले सुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य सङ्घ, खोटाङ यातायात प्रालि खोटाङ, ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घ, टोल विकास समिति, स्थानीय बासिन्दालगायतको सहभागिता रहेको छ। ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घमा आबद्ध एकजना व्यवसायीले कम्तीमा  ४० हजार बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन्।, श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको हो । श्रमदान अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, वडाध्यक्ष ध्रुवविक्रम राई, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।, जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्नेलगायतका काम गरियो। पहिलो दिनको श्रमदानमा चारवटा ट्रयाक्टर र एउटा जेसिबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको वडा नं २ सोल्माका वडाध्यक्ष राईले बताए।, श्रमदान अभियानअन्तर्गत दिक्तेल–खार्मी–पाथेका सडकखण्डको सोल्मामा बगरेभञ्ज्याङबाट रोडा (ढुङ्गाको मसिनो टुक्रा) ल्याएर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ। नगरपालिकाको जेसिबी र व्यवसायीको ट्रयाक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैँती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने गरेका छन्।, नगरपालिकाले थालेको श्रमदान अभियानमा ट्रयाक्टर व्यवसायीहरू स्वःस्फूर्तरूपमा सहभागी भएको मेरुङ कन्ट्रक्सन प्रालिका सञ्चालक भलकाजी पुरीले बताए। ‘जिल्लामा एक सय ३० वटा ट्रयाक्टर सञ्चालनमा छन्।, नगरभित्रमात्रै ८०–८५ वटा ट्रयाक्टर नियमितरूपमा सञ्चालनमा छन् । नगरभित्रका व्यवसायीको सबै ट्रयाक्टरलाई कम्तीमा एक दिन श्रमदान गर्न अनुरोध गरिएको छ,’ उनले भने, ‘दिउँदमा हिलो र वर्षामा हिलोको कारण नगरपालिकाभित्रका सबै ग्रामीण सडकमा सहजरूपमा ट्रयाक्टरसमेत सञ्चालन हुने अवस्था छैन।, नगरपालिकाले थालेको श्रमदान अभियानले ट्रयाक्टर व्यवसायीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ।’, नगरपालिकाले थालेको श्रमदान अभियानमा दिक्तेल बहुमुखी क्याम्पसलगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीसमेत सहभागी हुने भएका छन्। जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ। , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान
सेतोपाटी संवाददाता बाबुले हँसिया प्रहार गर्दा लागेर छोराको नाकमा गम्भीर चोट लागेको छ।, गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले हँसिया प्रहार गर्दा ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाकमा चोट लागेको हो।, जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार राती करिब १ बजेतिर घरायसी बिबादका क्रममा दिलबहादुरले हँसिया प्रहार गर्दा छोरा बाबुरामको नाकमा चोट लागेको हो।, प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बाबुले प्रहार गरेको हँसियाले लागेर छोराको नाकमा गहिरो चोट लागेको बताए। प्रहरीले दिलबहादुरलाई पक्राउ गरेको छ।, उनको साथबाट हँसिया पनि बरामद भएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय तम्घासको हिरासतमा राखिएको छ।, घाइते बाबुरामको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।, प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।, बाबुले हँसिया प्रहार गर्दा छोराको नाकमा लाग्यो चोट
रासस महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ।       , जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका-९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।       , भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित रहेको अवस्थामा गएराति बीआर ३२ बी ८९२७ नम्बरको मोटरसाइकलमा मदिरा नेपालबाट भारततर्फ लैजाँदै गर्दा दशगजा क्षेत्रमा गस्तीका लागि गएको प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र मदिरा छाडेर भागेका थिए।, प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको मदिरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ।, भारत लैजान लागेको २२ कार्टुन मदिरासहित मोटरसाइकल बरामद
एजेन्सी चीनले बनाएको सी९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ।, आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।, सी९१९ चीनले बनाएको पहिलो ठूलो यात्रुवाहक जहाज हो। यो जहाज कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको हो।, यो जहाज बनाउने प्रक्रिया सन् २००९ मा थालनी भएको हो। यसबीचमा जहाज निर्माताले जहाज बनाउनेदेखि परीक्षण उडान गर्नेदेखिका काम पूरा गरेका थिए।, सन् २०१७ मा यो जहाजको पहिलो परीक्षण उडान गरिएको थियो।, चाइना इस्टर्न एयरलाइन्सले चीनमै बनेको उक्त जहाज व्यावसायिक उडानका लागि किनेको थियो। निर्माताले गत डिसेम्बरमा जहाज एयरलाइन्सलाई दिएका थिए।, कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाका उपाध्यक्ष झाङ युजिनका अनुसार अहिले यो मोडलका १२ सय जहाज किन्न अर्डर आइसकेको छ।, ३८.९ मिटर लामो उक्त जहाज ११.९५ मिटर अग्लो छ। जहाजको नाममा भएको सीको अर्थ चाइना हो भने ९ को अर्थ दीर्घकालसम्म टिक्ने र १९ को अर्थ १९० सिट क्षमता भन्ने हो।,  , यात्रु बोकेर सांघाईबाट बेइजिङ उड्यो चीनले बनाएको सी९१९ जहाज
सरिशा अछामी लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्। , लागुऔषध नियन्त्रण ब्युरोले ६ जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।, काठमाडौं उपत्यकामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ गरेका व्यक्तिहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। , ६ जनाबाट खैरो हेरोइन ३१२.५४० मिलिग्राम बरामद गरेको हो। , गत मंगलबार दिउँसो बौद्ध टुसालस्थित एक होटलको कोठा नम्बर १०३ बाट २० ग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु र ७ लाख ४० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको थियो। , झापाको बिर्तामोड नगरपालिका-६ बस्ने २७ वर्षीय किरण कन्दङवालाई पक्राउ गरेको थियो। , उनलाई पक्राउ गरेपछि अनुसन्धान गरी यस कारोबारको नेटवर्कमा संलग्‍न रहेका व्यक्तिहरूको खोजी गरी थप व्यक्तिलाई पक्राउ गरेको एसपी जोशीले बताए। , गत बिहीबार काठमाडौं महानगरपालिका-९ शम्भुमार्गबाट ८४ ग्राम खैरो हेरोइनसहित बिर्तामोड-४ कै २८ वर्षीय विजय लिम्बुलाई पक्राउ गरेको थियो। त्यही साँझ चन्द्रगढी नगरपालिका-८बाट २९ वर्षीय राम भन्ने माधव मेचे र वडा ४बाट बिनोद लिम्बुलाई पक्राउ गरेको थियो। , त्यसैगरी शुक्रबार भद्रपुर नगरपालिका-८ बाट १९४ ग्राम ५४० मिलिग्रामसहित भारतको दार्जलिङ सोनापिन्टीका २२ वर्षीय शिव घोष र २६ वर्षीया श्यामली सोरेनलाई पक्राउ गरेको हो। , एसपी जोशीका अनुसार यसरी खैरो हेरोइन उपलब्ध गराउने मुख्य व्यक्तिहरू नै भारतीय नागरिक हुन्। , उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ। , खैरो हेरोइनसहित ६ जना पक्राउ
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार तीन जनाको बयान जारी छ। , काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना अभियुक्तको बयान भइरहेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , इन्द्रजित राई, टंककुमार गुरूङ र सन्दीप रायमाझीको आज बयान भइरहेको छ। , इन्द्रजित पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ थिए भने सन्दीप नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीका छोरा हुन्।, उनीहरूको बयान सकिए अरूको पनि आजै बयान हुनसक्ने सूचना अधिकारी दाहालले बताए। , गत शुक्रबार अदालतले यस प्रकरणका मुख्य अभियुक्त केशव दुलाल र सागर राईको बयान लिएको थियो। उनीहरूको  बयान सकिसकेको छ। , प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। उनीहरू सबैजनाको बयान सक्न कम्तीमा पनि एक हप्ता लाग्न सक्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। , ‘१७ जनाकै बयान लिनुपर्ने भएकाले यो हप्ताभरि बयानमात्रै हुने सम्भावना छ। बयान सकेपछि मात्रै थुनछेक बहस सुरू हुन्छ,’ उनले भने। , अभियुक्तको बयान न्यायाधीशको रोहबरमा इजलास अधिकृतले लिने गर्छ। त्यहाँ कुनै पनि पक्षका वकिल समावेश नहुने पनि न्यौपानेले बताए। , प्रहरीले पक्राउ गरेपछि पनि सरकारी वकिल कार्यालयको रोहबरमा बयान लिने गर्छन्। तर अदालतले भने पुन: बयान लिन्छ।, यसरी बयान सकेपछि थुनछेक बहस अर्को हप्ता मात्रै हुने सम्भावना छ। त्यसको लागि कम्तीमा पनि ६ जना सरकारी वकिल कार्यालय बहस गर्ने तयारी छ। , सरकारी वकिल कार्यालयका प्रमुख न्यौपानेकै नेतृत्वमा बहस गर्ने तयारी गरेको छ। यता प्रतिवादीको तर्फबाट भने क-कसले बहस गर्नेछन् भन्ने खुलिसकेको छैन। , सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा संगठित अपराध, ठगी, राज्यविरूद्धको कसुर, लिखत किर्ते र एकीकृत कसुरमा गत बिहीबार मुद्दा दर्ता गरेको थियो। , राई, गुरूङ र रायमाझीको बयान सकेपछि १२ जनाको बयान लिन बाँकी हुन्छ। , टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी र लक्ष्मी महर्जनको बयान बाँकी छ। , प्रहरीले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। जसमध्ये १३ जना फरार छन्। , नक्कली भुटानी शरणार्थी प्रकरणमा आज ३ जनाको बयान, सबैको सकिन एक साता लाग्ने
सेतोपाटी संवाददाता नागरिकता सम्बन्धी मुद्दामा अदालतको फैसला कार्यान्वयन नहुँदा पिडित पक्षले निकै दयनीय अवस्था झेल्नु परेको सरोकारवालाहरूले औंल्याएका छन्। , आइतबार महिला तथा कानुन विकास मन्च (एफडब्ल्युएलडी) ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममार्फत् सरकोकारवालाहरूले नागरिकता सम्बन्धी मुद्धामा फैसाला कार्यान्वयन नहुँदा ठूलो संख्यामा नागरिकहरूले सास्ती झेल्नु परेको औंल्याएका हुन्।, एफडब्ल्युएलडीकी अधिवक्ता विनु लामाले अदालतको फैसला कार्यान्वयन नहुँदा सयौं संख्यामा नेपालीहरू नागरिकताबिहीन बन्नु परेको बताइन्। जसकारण उनीहरू आधारभूत सेवासुविधाबाट पनि बञ्चित बन्नु परेको बताइन्। , अर्का अधिवक्ता विश्वजित तिवारीले पनि राज्यले ध्यान नदिँदा ठूलो संख्यामा नागरिकहरू अपमानित बन्नु परेको बताए। , कार्यक्रममा नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नागरिकता दिनू भनि फैसला गरे पनि नागरिकता नपाएका व्यक्तिहरूको पनि उपस्थित थियो। आफूहरूले नागरिकता पाउने गरी अदालतले फैसला गरे पनि सिडिओ कार्यालयबाट नागरिकताको साटो गाली पाउने गरेको बताए। , नागरिकता पाउन नसक्दा आफूहरूले लेखपढ गर्न र काम गर्न समेत नपाएको गुनासो उनीहरूको छ। , ‘नागरिकता सम्बन्धी मुद्दामा अदालतको फैसला कार्यान्वयन नहुँदा नागरिकलाई सास्ती’
सेतोपाटी संवाददाता रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।, काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। , उक्त सूचनाको आधारमा खटिएको टोलीले आठ जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा चाबहिल बस्ने ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल ३९ वर्षीय गोकर्ण हरि दाहाल, चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र ४० वर्षीय खेमराज घिमिरे छन्।, उक्त रक्तचन्दनको तेल भारतबाट ल्याएको अनुसन्धानमा संलग्न प्रहरीले बताए। यसमा भारतबाट नेपालमै ल्याउने मुख्य व्यक्ति भने भुसाल हुन्। , रक्तचन्दनको तेल महंगा फर्निचरमा लगाउन र कस्मेटिक्स सामग्रीमा पनि प्रयोग हुने ती प्रहरीले बताए। , ‘यो तेल नेपालमा पाइन्न। उनीहरूले पनि दक्षिण भारतबाट ल्याएका हुन्। यसरी ल्याएको भन्ने सूचना पाएपछि टोली खटिएर पक्राउ गरेका हौं,’ उनले भने, ‘यो विशेषगरी महंगा फर्निचरलाई बास्ना आउने बनाउन र कस्मेटिक्समा प्रयोग गरेको देखिन्‍छ।’, उनीहरूमाथि थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको कार्यालयले जनाएको छ। ,  , करिब दुई करोड बराबरको रक्तचन्दनको तेलसहित ८ जना पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कल‌ंकी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। , सु.प.प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२-००४ प ४७०३ नम्बरको स्कुटर ठोक्किएका थिए। , दुर्घटना हुँदा स्कुटरमा सवार तनहुँ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।, प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।, कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
नवीनबाबु गुरूङ कोशी प्रदेशको नामकरणविरूद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। , आइतबार दिउँसो माइतीघर मण्डलमा पहिचानपक्षधरहरूले प्रदर्शन गरेका हुन्। प्रदेश सभाले कोशी नामकरण गरेयता विभिन्‍न ठाउँमा प्रदर्शन हुँदै आएका छन्। माइतीघरमा पनि पटकपटक प्रदर्शन हुँदै आएका छन्। , उनीहरूले प्रदेशको नाम पहिचान झल्किने गरी राख्नुपर्ने माग गरेका हुन्। किराँत सभ्यता झल्किने नाम राख्नुपर्ने उनीहरूको माग छ। , विराटनगरमा पनि दिनभर प्रदर्शन भएको थियो। जसक्रममा प्रहरी र पहिचान पक्षधरबीच झडप भएको थियो। त्यहीबीच जारी रहेको प्रदेश सभामा पनि सांसदहरूले आन्दोलनरत प्रदर्शनकारीहरूसँग वार्ता गर्नुपर्ने माग उठाएका थिए। त्यसका लागि समिति समेत गठन गर्न माग भएको थियो। , तस्बिरहरू:, कोशी नामकरणविरूद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता बर्दियामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय एक पुरूष पक्राउ परेका छन्। , मधुवन नगरपालिका-४ की ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय मंगाराम थारू पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुदीपराज शाहीले सेतोपाटीलाई बताए। , पक्राउ परेका थारू पहिले पनि बलात्कार मुद्दामा दोषी ठहर भई जेल जीवन बिताएर छुटेका व्यक्ति रहेको एसपी शाहीले जानकारी दिए। , २०७५ /०९/ ०४ गते बलात्कार सम्बन्धी कसूर खेपेका थारूलाई अदालतले सोही वर्ष चैत ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।  जिल्ला अदालतबाट सफाइ पाएपछि थारु २०७६/०८/०१ मा छुटेका थिए। , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयस सापकोटाका अनुसार शुक्रबार दिउँसो १ बजेतिर थारू ती वृद्धाको घरमा प्रवेश गरी बलात्कार गरेको भन्ने किटानी जाहेरी परेको थियो।, पीडितको तर्फबाट बुहारीले स्थानीय प्रहरीमा पुगेर थारूविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसका आधारमा शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सापकोटोले बताए।, थारूलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बर्दियाले आइतबार अनुमति दिएको छ। ,  , ७० वर्षीया वृद्धामाथि बलात्कार आरोपमा ६० वर्षीय पुरूष पक्राउ
सेतोपाटी संवाददाता फेवातालमाथि सयौं रोपनी सिमसार पुरिएपछि पोखराका सरकारी अधिकारीहरूले स्थलगत अनुगमन गरेका छन्।, सिमसार क्षेत्र पुगेर उनीहरूले संयुक्त अनुगमन गरेपनि कारबाहीबारे कुनै निर्णय लिएका छैनन्।, सिमसारको अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सिमसारको अवस्था दर्दनाक देखिएको बताए।, पोखरा महानगरले जग्गाको वर्गीकरण गर्दा सिमसारलाई आवास क्षेत्रमा राखेर गल्ती गरेको बताए। , ‘सिमसारको अवस्था दर्दनाक देखियो, सबै पुरेर प्लटिङ गरेछन्,’ उनले भने, ‘पोखरा महानगरले पनि जग्गा वर्गीकरण गर्दा सिमसारलाई आवास क्षेत्रमा राखेर गल्ती गरेछ।’, सिमसार क्षेत्र व्यक्तिको लालपूर्जा भएपनि कृषि प्रयोजनका लागि मात्र उपयोग गर्न पाउने उनले बताए। सिमसार क्षेत्र पुरेर भौतिक संरचना बनाउन नपाइने उनको भनाइ छ।, पोखरा महानगरका मेयर धनराज आचार्यले आवास भएको ठाउँबाट सय मिटरसम्मलाई मात्र गैरकृषि क्षेत्र भनेर वर्गीकरण गरेको बताए। सिमसार जोगाउन आफ्नो मात्र पहल पर्याप्त नभएको भन्दै उनले प्रशासन र अन्य सरकारी निकायको साथ चाहिने बताए। , ‘सिमसार पुरेर बिजोग भएछ, यसमा हामी सबै सहमत छौं,’ उनले भने, ‘सबै निकाय मिलेर सिमसार जोगाउनुपर्‍यो।’, सिमसार पुर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने अधिकार महानगरलाई नभएको भन्दै उनले सुरक्षा निकायले अग्रसरता लिनुपर्ने बताए। , सिमसार अनुगमनमा गएका कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सिमसार पुर्ने काम गलत भएको भन्दै नियन्त्रणमा लिएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए। पोखरा महानगरले अनुमति दिएको वा नदिएकोबारे प्रशासनलाई जानकारी दिनुपर्ने र कारबाही माग गर्नुपर्ने उनले बताए। , ‘सिमसार जोगाउने जिम्मा महानगरको क्षेत्राधिकारभित्र छ, हामीलाई सुरक्षाका लागि माग आएमा सहयोग गर्न तयार छौं,’ उनले भने, ‘कुन अनुमति दिएको हो, कुन होइन, हामीलाई जानकारी आएमा कारबाही गर्न तयार छौं।’, सिमसार अनुगमनपछि सरकारी टोलीले भन्यो- सिमसारको अवस्था दर्दनाक
सरिशा अछामी काठमाडौंमा पाँच महिनादेखि लागुऔषध खैरो हेरोइनको कारोबार गर्दै आएका एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरोले आइतबार पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो। एक साता अनुसन्धान गरी खैरो हेरोइन कारोबार गर्ने गिरोहलाई नै पक्राउ गर्न सफल भएको ब्युरोको दाबी छ।, काठमाडौंमा विक्रेताको भूमिकामा देखिएका दुई, झापाबाट काठमाडौंसम्म ल्याउने दुई र भारतबाट झापासम्म ल्याइदिने दुई भारतीय नागरिकलाई ब्युरोको टोलीले पक्राउ गरेको हो।, चार नेपाली र दुई भारतीयको गिरोहले विगत पाँच महिनादेखि काठमाडौंमा खैरो हेरोइनको कारोबार गर्दै आएको ब्युरो प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए। , ‘धेरै ठूलो नेटवर्क होइन तर सबै सदस्यलाई पक्राउ गर्न सफल भएका छौं,ʼ उनले भने।, भारतीय नागरिकसँग एक ग्रामको ५ हजार रुपैयाँमा खरिद गरी काठमाडौंका ग्राहकलाई प्रतिग्राम १० देखि १५ हजारसम्म बिक्री गर्ने गरेको प्रहरीलाई उनीहरूले बताएका छन्। प्रहरीले झापाबाट भारतको दार्जिलिङ सोनापिन्टी घर भएका २२ वर्षीय शिव घोष र २६ वर्षीय श्यामली सोरेनलाई पक्राउ गरेको हो। उनीहरूबाट १९४ ग्राम ५४० मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ। , काठमाडौं उपत्यकामा हेरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि ब्युरोको टोलीले अनुसन्धान अघि बढाएको थियो। सुरूमा प्रहरीले काठमाडौंमै रहेका किरण कन्दङ्वालाई निगरानीमा राखेको थियो।, उनी काठमाडौं-६ बौद्ध टुसालस्थित होटलमा बसिरहेका थिए। जेठ ९ गते किरणलाई होटलबाट प्रहरीले पक्राउ गर्‍यो। , उनीबाट २० ग्राम खैरो हेरोइन, डिजिटल तराजु १ थान र ७ लाख ४० हजार नगदसहित पक्राउ गरिएको प्रवक्ता एसपी जोशीले बताए। किरणले काठमाडौंमा ग्राहक खोज्ने गरेको एसपी जोशीले बताए। , 'ग्राहकसमक्ष पुर्‍याउन उनले चुच्चेपाटीमा एक कोठा भाडामा लिएका थिए,' उनले भने, 'त्यहाँबाट उनले स-साना प्याकेटमा प्याकिङ गरी ग्राहकलाई दिने गरेको रहेछन्। किरणले बिक्री गरेपछि भने आफ्ना साथीहरूसँग बाँड्थे। जसले यसमा सघाउने गर्थे।', उनीमाथि सोधपुछ गरेपछि उनका साथीहरूलाई पनि पक्राउ गरेको उनले बताए।, ‘किरण पक्राउ परेपछि उनको नेटवर्कलाई पछ्याउँदै गएका थियौं। उनका साथीहरूलाई पक्राउ गर्न गाह्रो भएन,ʼ एसपी जोशीले भने।, त्यसपछि जेठ ११ गते काठमाडौं-९ शम्भुमार्गबाट २८ वर्षीय विजय लिम्बुलाई प्रहरीले नियन्त्रणमा लियो। उनीबाट पनि ९४ ग्राम खैरो हेरोइन भेटिएको थियो। उनी काठमाडौंमा ग्राहकसमक्ष खैरो हेरोइन पुर्‍याउँथे।, किरण र विजयले ग्राहकलाई फरक-फरक ठाउँमा बोलाएर खैरो हेरोइन बेच्ने गरेको प्रहरीले जनाएको छ। , त्यसपछि भने प्रहरी काठमाडौं सम्म हेरोइन पुर्‍याउनेको खोजी गर्न थालेको थियो। थप मानिसलाई पक्राउ गर्न प्रहरीले जेठ ११ गते झापामा खैरो हेरोइन लिन जाने योजना बनायो। , त्यहीअनुसार प्रहरी परिचालन भयो। यता साथीहरू पक्राउ परिसकेको उनीहरूलाई थाहा थिएन। , झापाको चन्द्रगढी नगरपालिका-८मा ३७ वर्षीय विनोद लिम्बु र २९ वर्षीय राम भन्ने माधव मेचे खैरो हेरोइन लिएर आएका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई पनि समात्यो। , पक्राउ परेका उनीहरू विदेश जाने सोँचमा थिए। त्यसको लागि म्यानपावर कम्पनीमा पासपोर्ट समेत बुझाएका थिए। तर आर्थिक लाभ गर्ने सोँचमा उनीहरूले हेरोइनको कारोबार गर्न थालेको एसपी जोशीले बताए। , ‘उनीहरू चारै जनाले आफू खाँदैनन्। कारोबार मात्र गर्ने रहेछन्,ʼ उनले भने।, उनीहरूलाई पनि भारतीय नागरिक घोष र सोरेनले झापासम्म ल्याइदिन्थे। उनीहरू पनि हेरोइन बोकेर झापा आउँदै गरेको थाहा पाएपछि ब्युरोले जेठ १२ गते पक्राउ गरेको हो। , ‘भारतीय नागरिकलाई झापा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। बाँकी चार नेपालीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ,ʼ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।ʼ, उनीबाट खैरो हेरोइन ३ सय १२ ग्राम ५४० मिलिग्राम र ७ लाख ४० हजार रुपैयाँ नगद बरामद भएको छ।, ‘७ लाख ४० हजार रूपैयाँ खैरो हेरोइन बेचेर कमाएको बताएका छन्,ʼ जोशीले भने, ‘उनीहरूको अन्य कुनै पेसा भएको देखिँदैन।ʼ, लागुऔषध नियन्त्रण ऐन, २०२३ मा भएको सजाय सम्बन्धी प्रावधानले ५० देखि ५ सय ग्रामसम्म खरिद तथा बिक्री वितरण गरे १ महिनादेखि १ वर्षसम्म कैद र १ हजारदेखि ५ हजारसम्म जरिवानाको व्यवस्था छ।, चार साथी मिलेर गर्थे काठमाडौंमा खैरो हेरोइनको कारोबार
रासस कलंकीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ।, ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा सोमबार वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।     , आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते भइकी थिइन्।, ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, कलंकीमा ट्रकले ठक्कर दिएको सन्तुमायाको मृत्यु
सेतोपाटी संवाददाता सर्लाहीको बागमती किनारामा बनाइएको तालको एउटा छेउको पर्खाल  फुट्दा पानी बगेर गएको छ। निर्माणपछि मेयर भरत थापाको नाम कायम भएको 'भरत ताल' फुटेको हो।, पानी बगेपछि तालमा चल्दै आएका 'जेट बोट' तत्कालका बन्द गरिएका छन्।, ‘एउटा तालबाट अर्को तालमा पानी लैजाने ठाउँमा २ मिटर आरसिसी पर्खाल जोड्न बाँकी थियो,’ मेयर थापाले भने, ‘माथिल्लो तालबाट तल्लोमा पानी झार्ने क्रममा अर्कोतर्फ मोडियो।’, मेयर थापाले पर्खाल टुटेको ठाउँमा आजै काम थालिएको र आजै अबेरबाट तालमा फेरि पानी भर्न थालिने बताए।, ‘हिँड्दाखेरि ठेस लाग्छ,’ मेयर थापाले भने, ‘बालुवामा बनेको हो। त्यहाँ बन्दै गरेको संरचनामा सेप्टिक ट्याङ्कीबाट पाइप बाहिर निकाल्न काम गर्नुपर्ने भएकाले केही ठाउँको काम बाँकी थियो। त्यसै ठाउँमा क्षति भयो।’, भरत ताल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको थियो।, पूर्व-पश्चिम राजमार्गबाट ३ किलोमिटर भित्र रहेको ताल वरपर होटल लगायत संरचनासमेत बनिरहेका छन्।, मेयर थापाले तालको समस्याबारे प्राविधिकहरूसँग भने कुराकानी नभएको बताए।, ‘प्राविधिक टोलीले रिपोर्ट गर्नुपर्ने क्षति होइन,’ उनले भने, ‘अलिकति सिधा जानुपर्ने पानी दायाँ लागिदियो।’, भत्कियो भरत तालको पर्खाल, जेट बोट चलाउन बन्द
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम  विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।, दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी  भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार राती सुदूरपश्चिम प्रदेशका साथै कर्णाली, गण्डकी  र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, त्यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी  दिएको छ। , यस्तो छ आजको मौसम
रासस अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।, यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए।, जिल्लाका १० वटै पालिकामा लम्पीस्किन फैलिएको उनले बताए। लम्पीस्किनको सङ्क्रमणबाट आँबुखैरेनी गाउँपालिका बढी प्रभावित रहेको डा श्रेष्ठले बताए।, उनका अनुसार आँबुखैरेनीमा दुई सय ३५, भिमाद नगरपालिकामा एक सय ८५, देवघाट गाउँपालिकामा ३८, घिरिङ गाउँपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा २४, भानु नगरपालिकामा २१ र व्यास नगरपालिकामा १० पशु लम्पीस्किनको सङ्क्रमणबाट प्रभावित भएका छन्। म्याग्दे गाउँपालिकाको हालसम्म तथ्याङ्क नआएको उनले बताए।, ऋषिङ गाउँपालिकामा भने कम सङ्ख्यामा पशुमा सङ्क्रमण देखिएको उनले बताए। डा श्रेष्ठका अनुसार सङ्क्रमण भएका पशुमध्ये ४३ गाईगोरु मरेका छन्। आँबुखैरेनीमा १६, भिमादमा ११, घिरिङमा ११, बन्दीपुरमा दुई, देवघाटमा दुई र म्याग्देमा एक गाईगोरु लम्पीस्किनको सङ्क्रमणबाट मरेको उनले बताए। , ‘खासगरी यस रोगबाट मर्ने नै अवस्था होइन, तर समयमा पशुपालक किसान, स्थानीय सरकार र विज्ञ केन्द्र नै सचेत हुनुपर्ने हुन्छ,’ उनले भने। , व्यवसायिकरुपमा बढी पशु पालिएका क्षेत्रमा सङ्क्रमण फैलिए बढी नोक्सान हुनसक्ने उनको भनाइ छ। ‘यसको निर्मूल तथा नियन्त्रणका लागि पालिका मुख्यरुपमा सचेत हुनुपर्छ, यसका लागि सर्कुलेशन गरिसकेका छौँ,’ उनले भने, ‘विशेषगरी लम्पीस्किन लागिसकेका पशुको उपचार र नियन्त्रणका मुख्य उपाय नै खोप हो, यसका लागि पालिकाका सचेतता आवश्यक छ, पालिकाले खोप खरिद गर्नुपर्छ।’, खोप लगाएर पशुवस्तुको ‘इम्युनिटी पावर’ वृद्धि गर्नुपर्ने उनले बताए। , व्यास–५ चिन्टुटारका पशुपालक किसान नरे नेपालीले केही दिनअघि एउटा गाईमा लम्पीस्किन देखिएको बताए। लम्पीस्किन देखिएकाले विज्ञ केन्द्रमा पशुवस्तुको उपचार तथा रोग नियन्त्रणका लागि जानकारी गराउन आएको उनले बताए। , सोही ठाउँका बलबहादुर दरैले भने, ‘चार/पाँच दिनअघि मात्रै एउटा गाईमा लम्पीस्किन देखिएको थियो, अहिले फेरि अर्कोमा देखिएको छ, यसको उपचार तथा नियन्त्रणका बारेमा जानकारी लिन विज्ञ केन्द्रमा आएका हौँ।’ पशुपालकको मुख्य आय नै दूध बिक्री भएको र यसरी रोग लागेपछि दूध बिक्री गर्न पाइँदैन भने आम्दानी कसरी गर्ने भन्ने समस्या भएको कृषक दरैले बताए। , खोपको व्यवस्थापन गरी सङ्क्रमण भएका गाईवस्तुलाई छुट्टै स्थानमा राख्न डा श्रेष्ठले अनुरोध गरे। ‘लम्पीस्किन भएका गाईवस्तुलाई आइसोलेशन गरेर उपचार गर्ने र दूध बिक्री गर्नुहुदैन, दूध तथा सङ्क्रमण भएका गाईलाई स्याहारसुसार गरी अर्कोतर्फ जाँदा मान्छेको माध्यमबाट पनि यो रोग सर्न सक्छ, त्यसले गर्दा सचेत हुनुपर्छ,’ उनले भने। , लम्पीस्किन भाइरल रोग हो । झिँगा, लामखुट्टे, विभिन्न किराबाटको टोकाइबाट जोगाउनुपर्ने हुन्छ । यो रोगको सङ्क्रमणले पशुमा फोका निस्कने हुन्छ । यस रोगको सङ्क्रमणले पशुवस्तुलाई कमजोर बनाउने गर्दछ। , सङ्क्रमण भएका पशुवस्तुलाई अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, जैविक सुरक्षा गर्नुपर्ने अवस्था रहेको छ। सकेसम्म आइसोलेशन गर्ने, पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाएर बचाउन सकिने विज्ञ केन्द्रले जनाएको छ। , लम्पीस्किन रोग नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारसमक्ष ‘आकस्मिक उपचार’का लागि कोष स्थापना गर्न माग गरिएको डा श्रेष्ठले बताए। कोष स्थापना गरिएमा यस्ता आकस्मिकरुपमा लाग्ने रोग तथा बाढीपहिराबाट पशुपालक किसानलाई क्षति भएमा सहयोग गर्न सहज बनाउने गरी प्रदेश सरकारसमक्ष माग गरिएको उनले बताए। , पशुपालन गरिएका क्षेत्रमा ठूला फार्म सञ्चालन गरिएका छन् । त्यस क्षेत्रमा व्यावसायिक पशुपालन गरिएकाले यस रोगको सङ्क्रमण भएमा जिल्लामा अझ प्रकोपले महामारीको रुप लिने भएकाले सचेतना अपनाउनुपर्ने उहाँको सुझाव छ। विज्ञ केन्द्रले स्थानीय सरकारलाई सचेतना अपनाउन सुझाव तथा खोप खरिद गर्न अनुरोध गरिसकेको छ।  , तनहुँमा ६४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरू मरे
नवीनबाबु गुरूङ १६ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ।, विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।, सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७० औं वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइएको हो।, सो अवसरमा नेपाल पर्वतारोहण संघ र ठमेल पर्यटन विकास परिषद् लगायत विभिन्न संघसंस्थाहरूले प्रभातफेरी गरी नेपाल पर्यटन बोर्डमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो।, ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हालमा आएर सभामा परिणत भएको थियो।,  , मनाइयो १६ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस (तस्बिरहरू)
युवराज श्रेष्ठ राजा महेन्द्रले पोखरा आउँदा आराम गर्न रत्न मन्दिर बनाएका थिए। पश्चिमाञ्चल भ्रमणका बेला राजपरिवारको बास त्यही मन्दिरमा हुन्थ्यो। हिउँदयाममा काठमाडौं कठ्याङ्ग्रिदा राजपरिवार फेवाताल छेउको चउरमा पारिलो घाम ताप्थे। त्यतिबेलै रत्न मन्दिरलाई राजाको हिउँदे दरबार भनिन्थ्यो।, राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मीका नाममा २०१३ सालमा निर्माण थालेर २०१५ सालमा निर्माण सकेका थिए। त्यतिबेला पोखरा शहर बनेकै थिएन। अहिलेजस्तो सुविधा सम्पन्न होटल र रेष्टुरेन्ट पनि थिएनन्। सर्वसाधारणका केही स-साना झुप्राहरू थिए। रोग र भोकले ग्रस्त थिए मानिसहरू।, दरबार बनेपछि राजाका परिवार आराम गर्न पोखरा आउँथे। उनीहरूका भोजभतेर चल्थ्यो। राजाको सवारी हुँदा रत्न मन्दिरको गेटदेखि भित्रैसम्म सर्वसाधारण लाइन लागेर दर्शन गर्थे। रत्नमन्दिरमा ४१ वर्ष बिताएकी ८२ वर्षीय प्रतापकुमारी अधिकारीका अनुसार त्यतिबेलाको माहौल नै बेग्लै थियो।, ‘सर्खार (राजा) सवारी हुँदा दर्शन गर्न मान्छे लाइन लाग्थे, सबैले हात जोडेर दर्शन गर्थे, कोही सल्लाह गर्ने भए हुकुम हुन्थ्यो,’ उनले भनिन्।, २०१५ सालमा रत्न मन्दिर बनेपछि पहिलो पटक अधिकारीले जागिर पाएकी थिइन्। राजा आइराख्ने थाहा पाएपछि उनी निर्माणाधीन रत्न मन्दिर हेर्न गइराख्थिन्। राजाको दरबार बनाउन खटिएका कर्मचारीसँग कुरा गरेर उनले दर्शन गर्ने इच्छा जाहेर गरिन्। कर्मचारीसँग सल्लाह मिलेपछि आफूले राजा महेन्द्रको दर्शन पाएको उनले बताइन्।, दरबार बनेपछि तत्कालीन राजा महेन्द्र पोखरा आए। प्रतापकुमारीले उनलाई भेट्न पाइन्।, महेन्द्रले सोधे- तिमी जागिर खाने हो?, प्रतापकुमारीले जवाफ दिइन्- खान्छु हजुर।, ‘ल काम गरे’ भनेर राजा महेन्द्रले हुकुम प्रमाङ्गीबाट प्रतापकुमारीलाई रोजगार दिए। त्यसपछि अविछिन्न २०५६ सालसम्म उनले रत्न मन्दिरको सेवामा खटिइन्।, रत्न मन्दिरको सरसफाइदेखि झ्याल ढोका खोल्ने उनको काम थियो। राजाको भ्रमण हुँदा अतिरिक्त काम पनि गर्नुपर्थ्यो। राजा आउँदा रत्न मन्दिरमा उल्लास छाउँथ्यो।, प्रतापकुमारीका अनुसार राजा आएपछि उनीहरूलाई सञ्चो विसञ्चो सोध्थे। रत्न मन्दिर राजा र राजाका परिवारका लागि बनाइएको थियो। अन्य दाजुभाइका लागि पोखरा आउँदा रत्न मन्दिरभन्दा केही तल अर्को हिमागृह बनाइएको थियो। राजाको परिवारबाहेक अन्य दाजुभाइ हिमागृह बस्थे।, त्यतिबेला वीरेन्द्र राजा बनेकै थिएनन्। महेन्द्रसँग आउँदा वीरेन्द्र रत्न मन्दिरका कर्मचारीसँग खेल्ने, हास्ने बोल्ने गरेको प्रतापकुमारीले सम्झिइन्। रत्न मन्दिर भित्र धुनीमा वरिपरि सबैजना बसेर हाँस्ने गरेको उनले बताइन्।, धुनीमा बसेर गफगाफ गर्दागर्दै एकदिन वीरेन्द्रले आफूलाई गीत गाउन भनेको प्रतापकुमारीले बताइन्।, ‘धुनी वरिपरि बसेर गफ गर्थ्यौं, हाँस्थ्यौं,’ उनले भनिन्, ‘वीरेन्द्र सर्खारले गीत गाउन हुकुम भयो, मलाई त आउँदैन भनें।’, दरबारमा कहिलेकाहीँ नाचगान चल्थ्यो। राजा, उनका आफन्त र उनले बोलाएका पाहुना मदिरा पिउँथे। बाहिर खुल्ला ठाउँमा भोज भने नलागेको उनले बताइन्।, दरबारमा अहिले पनि राजाका परिवारले चलाएका मोटरबोट छन्। फेवातालमा महेन्द्रका कान्छा भाइले मोटरबोट चलाउने गरेको प्रतापकुमारीले बताइन्।, ‘महेन्द्रका कान्छो भाइ बोट खेल्नुहुन्थ्यो, महेन्द्र सर्खारले त्यस्तो चकचकी गर्नुभएन’, उनले भनिन्।, राजाका परिवारबाहेक उनका भाइसमेत बस्न नपाउने रत्न मन्दिरमा सर्वसाधारण नागरिकको पहुँचमा थिएन। राजाको दर्शन गर्न जाँदामात्र नागरिकले दरबार देख्न पाउँथे। घुम्न र दरबारभित्र के छ भनेर हेर्न पाउँदैनथे।, एकदिन राजा महेन्द्रसँग अर्को एक जना मान्छे आए। अग्लो मान्छे। ती मान्छे सरासर दरबारभित्र गएर बसे। महेन्द्र भने बाहिर निस्केर यताउता हेर्न थाले।, ‘एक पटक सर्खारसँग अर्को मान्छे आएका थिए, त्यो मान्छे सरासर दरबारको बरण्डामा आएर बसे, सर्खार ओर्लिएर यताउता हेर्न थाल्नुभयो,’ उनले भनिन्, ‘राजाभन्दा पनि ठूलो को मान्छे रैछ भन्ठान्थें, पछि बिपी रैछन् भन्ने कुरा थाहा भयो।’, नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले आफ्नो आत्मवृतान्तमा राजा महेन्द्रसँग पोखरा घुमेको उल्लेख गरेका छन्। राजा र उनका परिवारबाहेक बिपीमात्र यस रत्न मन्दिरमा बास बसेका छन्। बाँकी कोही पनि नेता उक्त दरबारमा बस्न पाएका छैनन्। सर्वसाधारणको त पहुँच पुग्ने कुरै भएन।, राजा महेन्द्रको निधनपछि वीरेन्द्रले गद्दी सम्हाले। राजा वीरेन्द्र गरीब दु:खीलाई दया गर्ने खालको भएको प्रतापकुमारीले बताइन्। रात परेपछि सर्वसाधारण जस्तै बनेर वीरेन्द्रले गाउँ डुल्ने गरेको पनि उनले सुनाइन्।, रत्न मन्दिरमा बास बस्दा एकदिन राजा वीरेन्द्र बाहिर घुम्न निस्केछन्। पोखरामै एक जना छली नेपालीको घरमा पुगेर बोलाए छन्।, बाहिर मान्छे आएछ भनेर छली निस्किन् तर राजा भनेर चिनिनन्।, वीरेन्द्रले सोधेछन्- के पकाएको दिदी?, ढिडो- छलीले जवाफ दिइन्।, ‘खाने हो यो?’ फेरि वीरेन्द्रले सोधे।, ‘हो।’, ‘खानुस् है त’ भनेर वीरेन्द्र फर्केछन्।, भोलिपल्ट गाउँमा राजा घरघरै बोलाउँदै हिँडेको गाइँगुइँ चल्यो। छलीले आफ्नो घरमा पनि आएको बताइन्।, ‘राजा भन्ने कुरा पछि पो थाहा पाइछन्, हामीसँग भन्नुभएको थियो,’ प्रतापकुमारीले भनिन्।, रत्न मन्दिरमा काम गर्दागर्दै प्रतापकुमारीले अवकाश पाउने बेला भयो। उनले राजा वीरेन्द्रकी श्रीमती ऐश्वर्य राज्यलक्ष्मी शाहलाई आफ्नो परिवारबाट अर्को व्यक्तिलाई जागिर लगाइदिन बिन्ती बिसाइन्। रानीले हुन्छ भनेर हुकुम दिएछिन्।, ‘२०५६ सालमा मसान्तिका दिनमा म निस्किएँ, मेरो ठाउँमा छोरी दुर्गा पराजुली संक्रान्तिका दिनमा हाजिर भइन्,’ उनले भनिन्।, अवकाश लिएपछि प्रतापकुमारी दरबार छिरेकी थिइनन्। राजा वीरेन्द्रको वंशनास हुने गरी २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएपछि गएकी थिइन्। त्यतिबेला शोक मनाउन गएको उनले बताइन्। त्यसपछि उनी रत्न मन्दिर फर्किनन्।, दरबार हत्याकाण्ड भएपछि मात्र ज्ञानेन्द्र शाह राजा बनेका थिए। त्यसअघि उनी पोखरा आउँदा हिमागृह बस्थे। राजा बस्ने दरबारमा बस्न पाउँदैनथे। दरबार हत्याकाण्ड हुँदा पनि ज्ञानेन्द्र त्यही हिमागृहमा थिए। उनीसँग आफूले भेट्न नपाएको प्रतापकुमारी बताउँछिन्।, ‘ज्ञानेन्द्रलाई मैले व्यहोरिन, उहाँ हिमागृह बस्नुहुन्थ्यो, म भेट्न गइनँ,’ उनले भनिन्।, रत्न मन्दिरमा राजाको सवारी हुँदा खाना पकाउने कुकदेखि सबै बन्दोबस्ती काठमाडौंबाट हुन्थ्यो। राजासँगै आउजाउ गर्ने कर्मचारी हुन्थे। पोखरामा रत्न मन्दिरको स्याहार गर्न १८ जना कर्मचारी रहेको प्रतापकुमारीले बताइन्।, दरबार हत्याकाण्डपछि उनी पहिलो पटक सोमबार रत्न मन्दिर गइन्। उनले काम गर्दा रत्न मन्दिरको छत राखिएको थिएन। बाहिरबाट भर्‍याङ पनि थिएन। उनले दरबारको भौतिक संरचनामा फरक पाएको त्यत्तिमात्र हो।, दरबारको बगैंचा अहिलेभन्दा त्यतिबेलै राम्रो भएको उनले बताइन्।, ‘राजा हुँदा बगैंचे थिए। उनीहरूले फूल गोडमेल गर्थे। घाँस मिलाएर काट्थे। अहिले त फूलै रहेनछ,’ उनले भनिन्।, गणतन्त्र स्थापना भएको १५ वर्षपछि पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएको छ। तत्कालीन दरबारको सम्पत्ति नेपाल ट्रष्टको नाममा आएको छ। पोखराको रत्न मन्दिर र हिमागृह दुबै ट्रष्टको नाममा छ। त्यतिबेला राजा आउँदा चहलपहल हुने यी दरबारमा अब सर्वसाधारण नागरिकले पहुँच पाएका छन्।, राजा भएकै बेला रत्न मन्दिरभित्र रहेका जग्गामा खेती गरेको गौरीघाटकी विष्णु पौडेल र गोमा पंगेनीलाई अझै याद छ। दरबार हाताभित्रको जग्गामा मकै, बदाम, धान लगायत रोप्ने र उब्जनी कर्मचारीसँग मिलेर बाँडचुँड गरेको उनले बताइन्।, अन्नपातबाहेक दरबार हातामा घाँस काट्ने र रूख बिरूवाका सुकेका हाँगा पनि आफूहरूले काट्ने गरेको पंगेनीले बताइन्।, ‘हामी त यहाँ ३५ सालदेखि नै घाँस दाउरा गर्न आउँथ्यौं। धान, बदाम, मकै रोप्थ्यौं,’ उनले भनिन्, ‘यहीँबाट स्याउला लगेर अदुवा, पिँडालु रोप्थ्यौं।’, नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका संस्कृति एवं प्रर्यटन मन्त्री सुदन किराँतीले सर्वसाधारणका लागि रत्न मन्दिर खुला गरेका छन्। पर्यटकीय शहर पोखरामा पर्यटक घुम्नका लागि नयाँ गन्तव्य बनेको छ, ६५ वर्षअघि बनेको रत्न मन्दिर।, रत्न मन्दिर पहिलो पटक छिरेकी शर्मिला घिमिरेले परिसरका हरियो चउर, छहारी दिने रूख बिरूवा र शान्ति फेवाताल एकदम आकर्षक देखिएको बताइन्।, ‘राजा रानी चौतारीमा बसेर फेवाताल हेर्थे होलान्, यहाँका चउरमा खेल्थे होलान्,’ उनले भनिन्, ‘यस्तो राम्रो ठाउँ रोजेर बसेका रहेछन्।’, होटल अर्किडकी सञ्चाचालकसमेत रहेकी घिमिरेले अब पोखरा आउने नेपाली र विदेशीले एक पटक घुम्नुपर्ने ठाउँका रूपमा रत्नमन्दिर खुला हुनु पर्यटनका लागि राम्रो भएको बताइन्।, होटल क्राउन हिमालयन प्लाजाकी सञ्चालक अम्बिका अर्यालले रत्न मन्दिर र हिमागृह खुलेपछि यहाँको शान्त वातावरणमा पर्यटक भुल्ने विश्वास गरिन्।, ‘पोखरा आउने पर्यटक एकदिन बढी बस्यो भने पनि हाम्रा लागि फाइदा छ,’ उनले भनिन्।, नेपाल ट्रष्टका बोर्ड सदस्य याङजोम शेर्पाका अनुसार रत्न मन्दिर घुम्न अब नेपालीले एक सय र विदेशीले एक हजार तिरेर प्रवेश पाउँछन्। विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकले पचास रुपैयाँमै प्रवेश गर्न पाउँछन्।, कार्यविधि संशोधन गरेर प्रवेश शुल्क घटाउने, बिदाका दिनमा पनि खुलाउने गरी तयारी भइरहेको उनले बताइन्।, पर्यटनमन्त्री किरातीले आजभन्दा ६०/७० वर्ष अघि राजाले बनाएको दरबार जोगाउने जिम्मा आम नागरिकको हातमा आएको बताए।, ‘रत्न मन्दिर खुल्नु ठुलो कुरा होइन, यसको रेखदेख र संरक्षण ठूलो कुरा हो,’ उनले भने, नेपालका राजाले ६०/७० वर्षअघि पोखरा घुम्दा बनाएको दरबार जोगाएर पर्यटक तान्न सक्नुपर्छ।’, ‘राजाभन्दा पनि ठूलो को मान्छे रैछन् भन्ठान्थेँ, बिपी रैछन्’
सेतोपाटी संवाददाता रोल्पामा सोमबार बेलुका जिपले च्यापिएर एक महिलाको मृत्यु भएको छ। , दुर्घटनामा घाइते भएकी जिल्लाको परिवर्तन गाउँपालिका – २ राङ्सीकी ५८ वर्षीया खुबु डाँगीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य चौकी होलेरीमा बेलुकी पाँच बजेतिर मृत्यु भएको हो।, जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार लु १ ज ३०२५ नम्बरको भाडाको जिप सहिद मार्ग अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका– २ भांगोबारीमा दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो।, प्रहरीका अनुसार जिपमा तेल सकिएपछि रोकिएको थियो।, तेल भरेर स्टार्ट गरी यात्रु चढाउने क्रममा टायरमा राखेको आड नाघेर जिप पछाडि गुडेको थियो। त्यस क्रममा यात्रुले हाम फालेपछि दुई जना च्यापिन पुगेका थिए।, जिपले च्यापेकामध्ये एक जना घाइतको मृत्यु भएको र अर्काको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।, उक्त जिप परिवर्तन गाउँपालिका – २ राङसीबाट दाङको घोराहीतर्फ आउँदै थियो।, दुर्घटनामा परी परिवर्तन – २ राङ्सीका १८ वर्षीय भूपेन्द्रबहादुर वली गम्भीर घाइते भएका छन्।, उनको उद्धारपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी प्रवक्ता भुसालले जानकारी दिए।, जिपमा कुल १४ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। , जिपले च्यापिएर एक महिलाको मृत्यु, एक गम्भीर घाइते
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशका तराईका थोरै भूभागहरू साथै देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। बाँकी भूभागहरूमा भने मौसम सामान्यतया सफा रहेको छ।, दिउँसोपख सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित सूचनामार्फत बताएको छ।, रातीपख पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखाइएको छ।, मौसम पूर्वानुमानः सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
सेतोपाटी संवाददाता काठमाडौंमा टिपर र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , कागेश्वरी मनोहरा नगरपालिका-९ खहरे गोठाटारमा टिपर र गाडी (कार) ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, सोमबार राति बा.५ ख ११६० नम्बरको गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर ठोक्किएको थियो।, उक्त दुर्घटना हुँदा कारका चालक रामेछाप मन्थली गाउँपालिका-७ घर भई काठमाडौंको तेजबिनायक बस्ने १९ वर्षीय डिलबहादुर माझीको मृत्यु भएको हो। , दुर्घटनापछि गम्भीर घाइते भएका माझीको उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो। , त्यहीँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका टिपर चालकको पनि सोही अस्‍पतालमा उपचार भइरेहको छ। , काठमाडौंमा टिपर र कार ठोक्किँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता धादिङमा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको छ। , बेनिघाट रोराङ गाउँपालिका-२ जौलाखाइस्थित कात्तिके चुली जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको हो।, सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।, त्यही बेला चिप्लिएर बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तु जैसवालले जानकारी दिए। , उनका अनुसार अप्सरा भने गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि मलेखुको टिचिङ अस्पताल ल्याइएको थियो। , उनको पनि राति ९ बजेतिर अपतालमा मृत्यु भएको डिएसपी जैसवालले बताए। , धादिङमा भीरबाट लडेर आमा-छोराको मृत्यु
एजेन्सी चीनको सांघाईमा यसपालि पछिल्ला सय वर्षकै सबैभन्दा गर्मी भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ।, यसअघि सांघाईमा मापन भएको सबैभन्दा धेरै तापक्रम ३५.७ डिग्री थियो। सन् १८७६, १९०३, १९१५ र २०१८ को मे महिनामा यसअघि सांघाईको तापक्रम ३५.७ डिग्री पुगेको थियो। सांघाईमा कहिलेदेखि तापक्रम मापन गर्न थालिएको हो भन्ने खुलेको छैन।, यसपालिका दक्षिण पूर्वी एसियाली मुलुकहरू थाइल्यान्ड, भियतनामसँगै चीनका केही दक्षिणी प्रान्तहरूमा हिटवेभ चलिरहेको छ।, सांघाईको मौसम ब्युरोका अनुसार गर्मी आगामी दिनमा अझै बढ्ने सम्भावना छ। समुद्री तटमा रहेको सांघाईमा जुन, जुलाई र अगस्टसम्म गर्मी हुन्छ।, केही दिनअघि चीनको दक्षिणी पश्चिमी प्रान्त सिचुवानका केही ठाउँमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको थियो।, १०० वर्षयताकै सबैभन्दा गर्मी भयो सांघाईमा
रासस साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्।, छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। , सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन्।, बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन्। उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन्।, वर्षौंदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उहाँका आँखा रसाए।, ‘खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँशु थाम्न सकिनँ’, उनी भन्छिन्, ‘छाउपडी प्रथा अन्त्य गरौं’, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन्।, रोकायाले विसं २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन्।, टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए। तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन्।, साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो।, शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन।, ‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन’, उनी भन्छिन्, ‘सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्‍यो।’ , मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो।, उनले भनिन्, ‘खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे।’, एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन्। सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख खर्च लागेको उनले बताइन्।,  , सगरमाथाको चुचुरोमा छाउपडी अन्त्यको सन्देश लैजाने आरोही
रासस सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ।, जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र  तीन हजार पाँच सय रुपैयाँ लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन्।, सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ।, बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताइन्।, उनले भनिन् ‘सुत्केरी खोज्दै हामी घर घर जाने गरेका छौं।  घरमै पुगेर सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएका छौं। यसका लागि स्थानीय स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन भइरहेको छ।’, नवराजपुर–३ फूलवरियाकी पुष्पा यादवले ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ बच्चालाई कुपोषण हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने जानकारी पनि प्राप्त हुनेहुँदा कार्यक्रम उपलब्धिमूलक भएको बताइन्।, नवराजपुर–१ देवीनगरकी गनिताकुमारी दासले कार्यक्रमबाट बच्चाका लागि कपडा र रकम पाएपछि निकै खुसी लागेको सुनाइन्।, पोषिलो खानेकुरा किन्नका लागि रकम र बच्चाका लागि कपडा लिएर उपाध्यक्ष यादव घरमै पुगेका थिए।, स्वास्थ्यचौकी देवीनगरका प्रमुख सञ्जीव यादवले शिशु अस्पताल वा स्वास्थ्य संस्थाबाट प्राप्त जन्म प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि अधारमा सेवा उपलब्ध गराइरहेको जानकारी दिइन् ग्रामीण भेगमा अझै पनि महिला घरमै सुत्केरी हुने गरेको पाइन्छ।, यसका कारण शिशु मृत्युदर तथा पोषणसमबन्धी जानकारी अभावमा कुपोषित बच्चा जन्म हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।, नवराजपुर गाउँपालिकाको  वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि आर्थिक वर्ष २०७९/८० का लगि १० लाख विनियोजन गरिएको छ।, सुत्केरी खोज्न सिरहाका जनप्रतिनिधि घर घरमा
सेतोपाटी संवाददाता धादिङको त्रिशुली नदीमा एक पुरूषको शव फेला परेको छ। , मंगलबार बिहान साढे ८ बजे गजुरी गाउँपालिका-२ छहरास्थित त्रिशुली नदीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए। , मृतक भक्तपुरको दुवाकोट बस्ने अन्दाजी २३/२४ वर्षीय रोमसिंह ठकुरी छन्। , उनी गत शनिबार बिहान साढे ११ बजे गजुरी गाउँपालिका-५ घाटबेसीस्थित नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए। बेपत्ता भएका उनको खोजी गर्नेक्रममा ४ किलोमिटर तल शव फेला परेको डिएसपी जैसवालले बताए। , उनका अनुसार ठकुरी साथीहरूसँग घुम्न त्रिशुली पुगेका थिए। त्यसक्रममा उनलाई नदीले बगाउँदा बेपत्ता भएका हुन्। उनका साथीहरू भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।, त्रिशुलीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका पुरूषको तीन दिनपछि शव फेला
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आज पनि बयान जारी छ।, म‌ंगलबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जनाको बयान जारी रहेको अदालतका सूचना अधिकारी दीपक दाहालले‍ जानकारी दिए। सोमबार सार्वजनिक बिदा भएकाले बयान भएको थिएन।, इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको सूचना अधिकारी दाहालले बताए। , राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए। केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए थिए।, यसअघि इजलासले पाँच जनाको बयान लिइसकेको छ। , गत आइतबार इजलासले टंककुमार गुरूङ, सन्दीप रायमाझी र लक्ष्मी महर्जनको बयान लिएको थियो। इन्द्रजितको पनि आइतबार नै बयान लिने तयारी गरे पनि अस्वस्थ रहेको भनेपछि लक्ष्मीको बयान गराइएको थियो। , प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। उनीहरूको यो साताभर बयान हुने सम्भावना छ। , बयान सकेपछि मात्रै थुनछेक बयान हुनेछ। , सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा संगठित अपराध, ठगी, राज्यविरूद्धको कसुर, लिखत किर्ते र एकीकृत कसुरमा गत बिहीबार मुद्दा दर्ता गरेको थियो। , टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सानु भण्डारी, पूर्वसभासद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीको बयान बाँकी हुनेछ।, प्रहरीले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। जसमध्ये १३ जना फरार छन्। , नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि बयान जारी
सेतोपाटी संवाददाता सरकारले अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेपछि जिल्लाहरूमा पीडितहरूले उजुरी दिने क्रम जारी छ।, विशेषगरी तराई–मधेशका जिल्लाबाट मिटरब्याज पीडितहरूले आन्दोलन सुरू गरेपछि त्यसको जाँचबुझको लागि सरकारले गत चैत २० गते आयोग गठन गरेको थियो।, सोही आयोगले सम्बन्धित जिल्ला प्रशासनमा गई मिटरव्याजीविरूद्ध उजुरी गर्न पीडितहरूलाई आह्वान गरेको थियो।, आयोगले आइतबारसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी दिन मिल्ने बताएको छ।, आयोगको आह्वान अनुसार लुम्बिनी प्रदेशका ११ जिल्लामा चार हजार उजुरी परेका छन्।, जिल्ला प्रशासन कार्यालयहरूमा प्रत्यक्ष र अनलाइनबाट गरी चार हजार उजुरी परेका हुन्।  , आयोगका अनुसार नवलपरासी पश्चिममा मात्रै जेठ ७ गतेसम्म दुई हजार दुई सय २७ वटा उजुरी परेका छन्।, नवलपरासी उजुरी पर्ने जिल्लाहरूमा देशकै तेस्रो जिल्ला बनेको छ। नवलपरासीभन्दा बढी धनुषा र बारामा उजुरी परेका छन्।, जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट पनि सात सय ३७ वटा उजुरी परेका छन्।, आयोगले सार्वजनिक गरेको विवरण अनुसार बर्दियामा ३३०, दाङमा ४४६, कपिलवस्तुमा एक सय ४५, बाँकेमा ९२,  रोल्पामा ११ तथा अर्घाखाँचीमा ३ वटा उजुरी परेका छन्।, त्यस्तै, रूकुम पूर्व, पाल्पा र गुल्मीमा एक एक वटा उजुरी परेका छन्। प्युठानमा भने जेठ ७ गतेसम्म कुनै उजुरी नपरेको आयोगले बताएको छ।, देशभर २१ हजार ३८० वटा उजुरी परेका छन्। यो समस्या देशका ५१ जिल्लामा रहेको आयोगले जनाएको छ।, विवाह, वैदेशिक रोजगार, कृषि, व्यापार र घरखर्च लगायतको प्रयोजनका लागि साहु महाजनबाट आफूले लिएको रकमभन्दा तेब्बर कागज गराएर ऋण लिने गरेकोलाई मिटरव्याजीको रूपमा राखिएको आयोगले जनाएको छ।, आयोगले उजुरी दिने क्रम रोकिएपछि प्राप्त उजुरीहरूलाई वर्गीकरण गरिसकेपछि समाधानका लागि पहल गरिने आयोगले जनाएको छ।, मिटरब्याजीको समस्या समाधानका लागि सरकारले आयोगलाई तीन महिनाको अवधि दिएको छ।, लुम्बिनीमा मिटरव्याजीविरूद्ध चार हजारले दिए उजुरी
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। , आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो। , आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो। , जनकपुरका वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले खुला मञ्चभित्र वरिपरि वृक्षरोपण गरेको छ।, काठमाडौंलाई हरियाली क्षेत्र बनाउने उद्देश्यले महानगरभित्रका विभिन्न ठाउँमा बोटबिरूवा रोप्न सुरू गरिएको महानगरका हरियाली प्रवद्धन शाखाका प्रमुख नवराज थापाले जानकारी दिए। , उनका अनुसार अहिले सोही कार्यक्रमअन्तर्गत काठमाडौंको खुलामञ्जमा बोटबिरूवा रोपिएको हो। , 'केही दिनअघि हामीले खुलामञ्चको चारै कुनाको छेउमा झन्डै सय वटा कपुरका बिरूवा रोपेका छौं,' उनले भने, 'विज्ञको सुझावअनुसार कपुरले अक्सिजन धेरै दिने हुँदा खुला मञ्चमा कपुर रोपेका हौं।', एक सातादेखि  विभिन्न ठाउँमा बोटबिरूवा रोप्ने काम भइरहेको उनले जानकारी दिए। , 'हामीले कोटेश्वर, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर, तीनकुने लगायत क्षेत्रमा अहिले बिरूवाहरू रोपेका छौं,' उनले भने,'ती ठाउँहरूमा समी, धुपी र कपुरका बिरूवा रोपेका छौं।', महानगरलाई हरियाली बनाउन वडा तहबाट पनि काम भइरहेको उनले बताए। यस कार्यक्रमका लागि वडाले आफ्नो मातहतका ठाउँहरूमा मरेका बिरूवालाई निकालेर नयाँ बिरूवा रोप्ने काम गरिरहेको उनले बताए।  , अहिले विभिन्न संघ सस्थासँग सहकार्यमा काम भइरहेको र अहिलेसम्‍म एक हजार बिरूवा रोपिसकेको उनले बताए।, तस्बिरहरूः, ,  , खुलामञ्चमा महानगरले रोप्यो सय वटा कपुरका बिरूवा
भगवती पाण्डे विद्यार्थीहरूले राखेका मागहरू सम्बोधन गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस सहमत भए पनि विद्यार्थीहरूको आन्दोलन स्थगित नभएपछि पठनपाठन प्रभावित बनेको छ।, विद्यार्थीहरूले राखेका माग र क्याम्पस प्रशासनबीच भएको सहमतिमा विद्यार्थीले राखेका २३ वटै माग पूरा गर्ने उल्लेख गरिएको छ। तर विद्यार्थीहरू भने सडक आन्दोलनमा उत्रिएका छन्।, विश्वविद्यालय सिटी क्याम्पसमा कानूनतर्फ तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले क्याम्पस प्रमुख फणिन्द्रकुमार न्यौपाने र सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारीलाई विभिन्न २३ वटा माग राख्दै क्याम्पसमा ताला लगाएको थियो।, विद्यार्थीहरूको तालाबन्दीपछि गत बुधबार नै क्याम्पस प्रशासनले विद्यार्थीहरूका २३ वटै माग क्रमशः पूरा गर्ने सहमति गरे पनि विद्यार्थीहरूले तालाबन्दी नखुलाएको सहायक क्याम्पस प्रमुख भण्डारीले बताए।, ‘विद्यार्थीहरूले राखेका अधिकांश मागहरू कार्यान्वयनमा आइसकेका छन्, कतिपय माग नीतिगत भएकोले क्रमश: सम्बोधन गर्दै जाने सहमति भएको छ,’ भण्डारीले भने।, तर विद्यार्थीहरूले भने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार नै सडकमा आएर वार्ता गर्नुपर्ने माग तेर्साएर सडक आन्दोलनमा उत्रिएका छन्।, बिहीबार दिनभर बुटवलको जेसिज चोकबाट आन्दोलन सुरू गरेका विद्यार्थीहरू साँझदेखि क्याम्पसमा गएर धर्ना बसेका छन्।, बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले क्याम्पस प्रशासन विद्यार्थीका सबै माग र समस्या समाधानका लागि सहमत भइसकेको र अझै पनि वार्ता गर्न तयार रहेकोले विद्यार्थीहरूलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरिएको बताए।, ‘क्याम्पस प्रशासनले यसअघि नै विद्यार्थीहरूका माग सम्बोधन गर्ने सहमति गरिसकेको छ, अझै पनि केही बाँकी छन् भने वार्तामा आउनुहोस् भनेका छौं तर विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिनुभएको छ,’ आचार्यले भने।, आचार्यले आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरूसँग क्याम्पस र विश्वविद्यालयभित्र छलफल र संवाद हुनुपर्नेमा वार्ताका लागि सडकमा बोलाउनुले आशंका उब्जाएको बताए।, आन्दोलनरत विद्यार्थीहरू अध्ययनरत बुटवल सिटी क्याम्पसका प्रमुख फणिन्द्र कुमार न्यौपाने छलफलका लागि बिहीबार जेसिस चोकमै पुगे पनि विद्यार्थीहरूले हुलहुज्जत गर्न थालेपछि त्यहाँबाट हिँडेका थिए।, आन्दोलनरत विद्यार्थीहरू क्याम्पस प्रमुख न्यौपानेले समस्याको समाधान गर्न सक्छन् भन्नेमा आश्वस्त हुन नसकेर वार्तामा नबसेको बताउँछन्।, सडकमै वार्ताको माग गर्ने विद्यार्थी र क्याम्पस कार्यालयमा बसेर छलफल तथा वार्ता गर्नुपर्ने अडानमा रहेको प्रशासन बीचको टकरावका कारण अन्य सेमेस्टरका विद्यार्थीहरूको पठनपाठन समेत प्रभावित बनेको छ।, विद्यार्थीहरूले डिन कार्यालयलाई सिटी क्याम्पस बुटवलमा सार्ने र डिनलाई नियमित पठनपाठनका निमित्त नियुक्त गर्नुपर्ने, कानून संकायमा एलएलएम उत्तिर्ण व्यक्ति क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने, कानून संकायको संयोजक पनि एलएलएम उत्तिर्ण गरेको हुनुपर्ने, पुस्तकालयबाट विद्यार्थीहरूले एकैपटक चार वटासम्म पुस्तक लैजान पाउनुपर्ने सोही अनुसार पुस्तकको व्यवस्था गरिनुपर्ने, प्रवेश परिक्षाको योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गर्नुपर्ने, सेमिनार हल र अभ्यास अदालतको तत्काल व्यवस्था गरिनुपर्ने माग राखेका छन्।, त्यस्तै, विद्यार्थी, अभिभावक, क्याम्पस प्रशासन, शिक्षक र विश्व विद्यालयका पदाधिकारी सहितको कमिटि निर्माण गरि हरेक महिनाको अन्त्यमा समीक्षा बैठक बस्नुपर्ने, बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म पुस्तकालय खुला हुनुपर्ने, क्याम्पसका हरेक कक्षाकोठामा महिलामैत्री वातावरणसँगै सिसिटिभी र इन्टरनेटको व्यवस्था गरिनुपर्ने लगायतका २३ वटा माग राखेका छन्।, विद्यार्थीका माग अनुसार मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयलाई बुटवलमा सार्ने प्रक्रिया अघि बढिसकेको र कानून विषयका शिक्षक पदपूर्तिका लागि छनोट चरण चलिरहेको विश्वविद्यालयले जनाएको छ।, क्याम्पसमा सञ्चालनरत कार्यक्रमहरूका लागि सम्बन्धित विषय विज्ञहरूमध्येबाट संयोजक नियुक्ति प्रक्रियालाई यथाशक्य चाँडो अघि बढाइने क्याम्पस प्रशासनले जनाएको छ।, विद्यार्थीहरूले उठाएका मागहरू सिसिटिभी जडान, इन्टरनेट क्षमता अभिवृद्धि, पुस्तकालय व्यवस्थापन, नियमित कक्षा, प्रयोगात्मक अभ्यास लगायतका विषय हाल पनि भइरहेको र त्यसलाई अझै बढाउँदै लगिने रजिष्ट्रार आचार्यले बताए।, बुटवलको सिटी क्याम्पसमा विद्यार्थीले लगाए ताला
रासस राजधानी काठमाडौं छिर्ने नाका नागढुंगा सुरूङ मार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो। , अहिले सुरूङ मार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुंगा सुरूङ मार्ग आयोजनाले जनाएको छ। , नेपालको यातायात पूर्वाधारमा सुरूङ मार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट कहिले गाडी कुदाउन पाइएला र सुरूङ मार्गको मजा लिन कहिले पाइएला भन्ने आमनागरिकको चाहना छ। , बहुप्रतिक्षित उक्त सुरूङ मार्गको दुई टनेलमध्ये मुख्य टनेल छ सय मिटर सुरूङ मार्गमा जोडिन बाँकी छ भने सहायक अर्थात् 'रेस्क्यु' (इभ्याकुएसन) टनेल दुई सय १० मिटर जोडिन बाँकी छ। , पहिलो चरणमा दुई सय मिटर 'ब्रेक थ्रु' गर्ने र मुख्य टनेल दसैं आसपासमा 'ब्रेक थ्रु' गर्ने गरी काम अगाडि बढाइएको नागढुंगा सुरूङ मार्ग आयोजनाका कन्सल्ट्यान्टका इञ्जिनियर रमेश कोइरालाले जानकारी दिए। उनका अनुसार सिस्ने खोलाबाट सुरु भएको उक्त सुरूङ मार्गको लम्बाइ दुई हजार छ सय ८० मिटर छ।, 'सिस्ने खोलाको प्रवेश विन्दुबाट ९१ मिटर माथि निस्किन्छ। टनेल सिधा नभएर थोरै कर्प (घुमाएर) बनाइएको छ। यहाँ दुई वटा टनेल निर्माण भइरहेका छन्। , एउटा गाडी सञ्चालनका लागि बनाइएको हो”, इञ्जिनियर कोइरालाले भने। उनका अनुसार टनेलभित्र कुनै घटना भयो भने रेस्क्यु गर्नका लागि ३० मिटरको दूरीमा रहने गरी साइडमा अर्को टनेल बनाइएको छ। , 'त्यो रेस्स्क्यु (इभ्याकुएसन) टनेल हो। हरेक तीन सय ७५ मिटरमा दुई टनेल जोडिन्छ। उक्त टनेल दुर्घटना वा अन्य आकस्मिक कामका लागि प्रयोग गरिन्छ,' उनले भने। , सात ठाउँँमा दुई टनेलको जडान गरिने इञ्जिनियर कोइरालाले जानकारी दिए। उनका अनुसार मुख्य टनेलको चौडाइ सामान्यतया साँढे नौ मिटर र कुनैकुनै ठाउँमा १३ मिटरसम्मको हुन्छ। रेस्क्यु ९इभयाकुएसन० टनेल साढे चार मिटरको रहने उनको भनाइ थियो।, इञ्जिनियर कोइरालाले टनेलबाहेक यस ठाउँमा आउने रोड सर्भ स्टेशन (मुख्य तल्लो प्रवेश विन्दु) मा चार लेनको सडक टनेलमा प्रवेश गर्ने बताए। , सिस्ने खोलाबाट प्रवेश गरेका यातायातका साधन माथि निस्किएपछि बलम्बुस्थित मुख्य मार्गमा नै मिसिने गरी सडक निर्माण भइरहेको उनले जानकारी दिए।, 'त्यसलाई 'एप्रोच रोड' भनिन्छ। यसको लम्बाइ साढे दुई  किलोमिटरको हुन्छ,' इञ्जिनियर कोइरालाले भने। , टनेल निर्माणका क्रममा निस्किएका निर्माण सामग्री प्रयोग गरेर रोड बनाइरहेकाले टनेलसँगै रोडको काम पनि सँगै सम्पन्न हुने उनको भनाइ थियो।, 'एप्रोच रोड' र टनेल निर्माणका क्रममा आउने मुख्य समस्या तल्लो प्रवेशविन्दु नजिकको पहिरो भएको भन्दै इञ्जिनियर कोइरालाले पहिरो नियन्त्रणका लागि काम भइरहेको उल्लेख गरे। उनले सावधानीपूर्वक समन्वयात्मकरुपमा समस्या समाधान गरी काम अघि बढाइएको बताए।, आजमात्रै अनुगमन गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी एक वर्षभित्रमा गाडी हिँड्ने गरी कामलाई तीव्रता दिनुपर्ने भन्दै निर्माणका क्रममा आउने सबै समस्या र अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताए। , उनले एक वर्षमा गाडी नै हिँड्ने गरी निर्माण भइरहेको बताए पनि सुरूङ मार्ग निर्माण सम्पन्न हुन अझै डेढदेखि दुई वर्ष लाग्ने आयोजनाका अधिकारीहरुले बताएका छन्। , यस्तो छ प्रगति , निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ। मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि धेरै काम सकिने बताइएको छ। टनेल खन्ने काम मात्रै चाहिँ ८३ प्रतिशत सकिएको नागढुंगा सडक आयोजनाले जनाएको छ। , 'टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ । भित्र २४ सै घण्टा लाइट र पावर चाहिन्छ । त्यसका लागि पनि काम गर्नुपर्छ। त्यसैले टनेल जोडिएपछि अन्य कामका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ,' आयोजनाका कन्सल्ट्यान्ट इञ्जिनियर रमेश कोइरालाले भने।, कोरोनाका कारण एक वर्ष समय थप भई आगामी अप्रिल २६ सम्मका लागि समय निर्धारण गरिएको छ। , कहिलेदेखि सुरु भयो सुरूङ मार्ग निर्माण, नागढुंगा सुरूङ मार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो। 'डिटेल' डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो। , आयोजना निर्माणका लागि २२ अर्ब रूपैयाँ लाग्ने बताइएको छ। जम्मा खर्चमध्ये १६ अर्ब रूपैयाँ जापान सरकारको ऋण अनुदानबाट गरिने छ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ। सन् २०१९ मा निर्माण सुरु भई ४२ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो। , कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको आयोजनाले जनाएको छ। , सुरूङ मार्गबाट कहिले गुड्छन् गाडी?
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। , उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको स्रोतले जानकारी दियो।, महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो। , उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन। , यो प्रकरणमा ललितपुरकी ३२ वर्षीया महर्जनको बैंक खाता प्रयोग भएको देखिएको छ। , काठमाडौं जिल्ला अदालतमा आजबाट यो प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयान सुरू भएको छ। , नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परिन् १७ औं अभियुक्त
रासस राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ। यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ। , कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको बताए। , ‘एक्जिम बैंक अफ इन्डियाको रु पाँच अर्ब ऋण सहयोगमा यस खण्ड निर्माणको काम सुरु भएको थियो,’ उनले भने, ‘योजनाको म्याद यही जेठ ३० गतेसम्म रहेको छ, जम्मा एक सय ३१ किलोमिटर खण्डमध्ये हालसम्म एक सय १५ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ।’ , पाल्पामा चार किलोमिटर तथा बाँकी नवलपुर खण्डमा कालोपत्र गर्न बाँकी रहेको योजनाप्रमुख पौडेलले बताए। , ‘बाँकी रहेको कालोपत्र तथा रोड मार्किङको काम अबको १५÷२० दिनभित्र सकिन्छ,’ उनले भने, ‘तर गैँडाकोट–राम्दी खण्डका विभिन्न छ स्थानमा गरी एक हजार आठ सय मिटर खण्डमा पहिराका कारण कालोपत्रको काम गर्न सम्भव छैन।’, यस खण्डमा ठूला–चार र साना दुई पहिरो रहेकाले यहाँ पहिरो रोकथामसँगै कालोपत्रका लागि पछि ठेक्का आह्वान गरिने योजनाप्रमुख पौडेलले बताए। , लामो समय भइसक्दासमेत गैँडाकोटको ढोडेनी क्षेत्रको सडक किनारमा रहेका रूख कटानका लागि  वन विभागबाट अनुमति नपाइएकाले रूख नकाटी सडक कालोपत्र गर्ने तयारी भइरहेको उनको भनाइ थियो। , ‘सात मिटर चौडाइ रहेको यस सडकमा नवलपुरको गैँडाकोटबाट पाल्पाको राम्दीसम्म नै सवारीसाधन सञ्चालन भइरहेको छ। यस सडकमा रुट परमिट छैन तर स्थानीयवासीको सहजताका लागि सवारीसाधन सञ्चालन भइरहेका छन्,’ योजनाप्रमुख पौडेलले भने, सडक निर्माणको काम इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डियाले गरेकाले   योजनाको म्याद सकिनासाथ पुनः अर्को ठेक्का आह्वान गरेर पहिरो भएको स्थानमा पहिरो रोकथामसँगै कालोपत्र सुरु गरिने छ।’, योजनाको समग्र प्रगति ५० प्रतिशत, , नवलपुरको गैँडाकोटबाट उत्तरमा चीनको कोरला जोड्ने नाकाका रुपमा रहेको यस सडकको दक्षिण खण्डको समग्र प्रगति ५० प्रतिशत सकिएको छ। कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका योजनाप्रमुख शङ्कर पौडेलका अनुसार चार सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईवटा कार्यालयबाट काम भइरहेको छ। , गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको उनले बताए। , ‘गैँडाकोट–राम्दी–मालढुङ्गा सडकअन्तर्गत राम्दी–रानीमहल खण्डमा ट्र्याक खोल्ने काम सकिए पनि यहाँ यातायात सञ्चालन गर्न सकिएको छैन,’ योजनाप्रमुख पौडेलले भने, ‘यो खण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौँ।’ रानीमहल–मालढुङ्गा खण्डमा विभिन्न स्थानमा फरक फरक ठेक्का लगाएर सडक निर्माणको काम भइरहेको र त्यहाँको जम्मा भौतिक प्रगति ५० प्रतिशत पुगेकोे उनको भनाइ छ।, ‘गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ,’ योजनाप्रमुख पौडेले भने, ‘पन्ध्र वटा पुल निर्माणको चरणमा छन् । यसका लागि  बोलपत्र आह्वान गर्नुपर्ने भएको छ।’ पर्वतको फलेवास खण्डमा १४ किलोमिटर सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का आह्वान गर्नुपर्ने रहेको उनको भनाइ थियो। , तराईलाई हिमाली जिल्लासँग जोड्ने कालीगण्डकी करिडोरको ८० किलोमिटर सडक नवलपुर खण्डमा पर्दछ। , कालीगण्डकी करिडोरः गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले माइतीघरस्थित नक्सा पास नगरी बनाइएका संरचना भत्काएको छ। , महानगरपालिका-११ स्थित माइतीघर मण्डल नजिकै रहेका संरचनाको नक्सा पास नभएको संरचना भत्काइएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार वडा-१९ ले उक्त संरचना हटाइदिनु पर्यो भनी सहयोग मागेको थियो।, 'त्यहाँ भएका संरचनाको नक्सा पास गरिएको रहेनछ,' उनले भने, 'घरबेटीले नै नक्सा पास नभएको हुँदा हटाउन खोजेको रहेछ। तर बहालमा बस्नेले नमानेपछि वडालाई पत्र काटेर हटाइदिन सहयोग मागेको रहेछ।', वडाको आग्रहमा सोही अनुरूप काममात्र गरेको उनले बताए।, महानगरले नक्सा पास नगरी बनाइएका संरचना छन् भनी कानुनी प्रक्रियामा आउन केही समय अघि सूचना प्रकाशन गरी जानकारी गराएको थियो।, यदि कानुनी प्रक्रियामा नआए संरचना हटाउने महानगरले चेतावनी दिएको थियो। , तस्बिरहरूः, महानगरले हटायो माइतीघर मण्डलको अनधिकृत संरचना (तस्बिरहरू)
रासस नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल  न्युजिल्याण्ड प्रस्थान गरेका छन्।, न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। , तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमबार न्युजिल्याण्ड आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्ने बताइएको छ। , उनले न्युजिल्याण्ड सरकारका प्रतिनिधिसँग दुई देशीय हितका पक्षमा छलफल गर्नेछन्। करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली सङ्घ तथा प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्।, दुवै मुलुकको भ्रमणका क्रममा उनले विभिन्न नेतागण, त्यहाँस्थित नेपाली समुदाय, पार्टी निकट प्रवासी नेपाली एकता मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नेछन्।, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका विभिन्न तहका नेताले बिदाइ गरेका थिए। , माधव नेपाल न्युजिल्याण्ड प्रस्थान
रासस प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन्।, अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले संगठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारे।, प्रधानसेनापति शर्माले भने, ‘युएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वाभाविक भएकाले बजारको अध्ययनका कुरा हुनसक्ने भए पनि हतियार भने खरिद गर्नुपर्ने आवश्यकता छैन।’, मित्रराष्ट्र चीनसँग विसं २०४५ यता कुनै हतियार खरिद नगरिएको स्पष्ट गर्दै उनले जुनसुकै देशबाट हतियार खरिद गर्नुपरेको खण्डमा सरकारको स्वीकृति लिएर ऐन, नीति, नियमको परिधिभित्र रहेरमात्र प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ।, केही सञ्चार माध्यमले सेनाले हतियार खरिद गर्दैछ भन्ने समाचार सम्प्रेषण गरिरहेका सन्दर्भमा उनले कुनै पनि देशबाट हतियार खरिदका लागि हालसम्म प्रतितपत्र (एलसी) नखोलिएको पनि स्पष्ट पारे। , कुन देशमा शान्ति मिसन खडा भएको हो त्यो मुलुकको माटो सुहाउँदो सवारी साधन खरिद गरिँदै आएको बताउँदै प्रधानसेनापति शर्माले सत्यतथ्यभन्दा बाहिर गएर कुनै देश वा कम्पनीले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यलाई बल पुग्ने ढंगले समाचार सम्प्रेषण नगर्न सुझाव दिए।, उनले हुँदै नभएको हतियार खरिदसम्बन्धी विषयमा मुलुकका सरकारका मन्त्री र पूर्वपदाधिकारीको नाम जोडेर अफवाह फैलाउने गरी समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै शान्ति मिसनमा प्रयोग भएका सवारी साधनका लागि आवश्यक पार्टपूर्जा भने विश्वका जुनसुकै देशबाट खरिद गर्न सकिने धारणा राखे।, सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन: प्रधानसेनापति
सरिशा अछामी पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले २०७७ फागुनमा पशुपतिमा सुनको जलहरी राख्दा जलहरीको बेल्ट राखेको तथ्यांक र बिल नभेटिएको बताएका छन्।, शुक्रबार दिउँसो सेतोपाटीसँग कुरा गर्दै उनले फागुन ११ गते १०६.८२ किलो सुनको जलप लगाइएको बताए।, ‘२ किलो जतिको बेल्ट बनाएर एक सातापछि राखिएको थियो। कहिले राखियो ठ्याक्कै मिति थाहा भएन,’ उनले भने,‘पछि बेल्ट बनाएर राखिएको तथ्यांक भएन। त्यसको बिल पनि भेटिएन।’, पशुपतिको सुनको जलहरीका विषय अहिले संसदमा प्रवेश गरेको छ।, जेठ १० गतेको संसद बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपति सुनको जलहरी राख्ने भनेर पित्तल राखेर भ्रष्टाचार भएको बताएका थिए।, उनको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै एमाले सांसदहरूले शुक्रबारको बैठक अवरूद्ध गरेका हुन्।, सरकारले पशुपतिको जलहरी सुनको हो कि पित्तल भन्ने छानबिन गर्नुपर्ने, सांसद दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने र उनले माफी माग्नु पर्ने एमालेको माग छ।, ओली नेतृत्वको सरकार हुँदा २०७७ फागुन १२ गते पशुपतिमा ९६ किलोको जलहरी राखिएको थियो। जलहरीमा १२ किलो सुन पछि थप्ने भनिएको थियो।, पशुपतिमा सुनको जलहरी राखिएकै दिन सर्वोच्च अदालतले पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानुन भएकाले चरण-चरणमा उक्त काम रोक्न अन्तरिम आदेश दिएको थियो।, विरोधका बाबजुद् तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरेकी थिइन्।, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई सोध्यौं। उनले त्यतिबेला एक-दुई दिनको फरकमा १०८ किलो सुनकै जलहरी पशुपतिमा राखिएको बताए।, जलहरीमा पित्तल नमिसाएको उनको दाबी छ। खतिवडाले १ सय ८ किलो सुन राष्ट्र बैंकबाट किनेर ल्याइएको बताए।, ‘बैंकले मिसाएको भए थाहा भएन। विश्वास नलागे निकालेर जाँचे हुन्छ,’ उनले भने।, जलहरीलाई बलियो बनाउन एक किलो चाँदी र आधा किलो तामा मिसाइएको उनले बताए।  , ‘त्योबाहेक अरू केही मिसाइएको छैन,’ उनले भने।, तर यो विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत प्रश्न उठाइएको थियो।, महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू. ८० करोड ११  हजारमा खरिद गरेको र विभिन्न  शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक  १२.७५ ग्रामसमेत प्रयोग गरी  १०७ किलो  ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ।, निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो  ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ।, ‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।, मन्दिरका चार जना मुख्य पूजारीले मात्र छोएर राख्न मिल्ने जलहरी सर्वसाधारणले सजिलै देख्दैनन्। जुन ठाउँमा उभिएर सर्वसाधारणले पशुपति दर्शन गर्छन्, त्यहाँबाट जलहरी देखिँदैन।, पशुपतिमा पश्चिमी ढोका मात्र भक्तजनका लागि खुला हुन्छ। तीर्थालुले ढोकामै गएर आफैंले फूलपाती चढाउन पाउँदैनन्। त्यहाँ खटिएका कर्मचारीले दुई मिटर वरैबाट फूलपाती मन्दिरको ढोकामा छुवाइदिन्छन्, जल चढाइदिन्छन्।, भक्तजनको भीडभाडबीच कतिले त शिवलिंगको राम्ररी दर्शन गर्न पनि पाएका हुँदैनन्, यस्तोमा जलहरी देख्नु टाढाको कुरा। कसैले घाँटी तन्काएर हेर्‍यो भने मात्र मुश्किलले जलहरी देखिन्छ।, पशुपतिको चारै ढोका चाँदीका छन्। चाँदीका पातामा विभिन्न देवदेवीका कलाकृति कुँदिएका छन्। जलहरी भनेको पनि यस्तै कुनै कलात्मक पातो वा छानो हो कि भन्ने धेरैलाई भ्रम छ। कतिले जलहरी मन्दिरको भित्री छानामा राखिन्छ पनि भन्छन्। कतिले शिवलिंगभन्दा माथि छाता जसरी ओढाइन्छ भन्ठानेका छन्।, यो न मन्दिरको भित्री छानामा राखिन्छ, न शिवलिंगमाथि छाताजसरी ओढाइन्छ। खासमा यो शिवलिंगको तल्लो भाग बेरेर झकिझकाउ पार्ने कलात्मक गहना हो।, जलधाराबाट खसेको पानी वा दूध शिवलिंगमा परेको त तपाईंहरूले देख्नुभएकै होला। शिवलिंगलाई नुहाएपछि त्यही जल वा दूध बगेर जुन तल्लो भागमा जम्मा हुन्छ, जसलाई शिवलिंगको गर्भगृह भनिन्छ। जलहरी भनेको त्यही गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने पाता हो।, जलहरीबाट बगेको तरल पदार्थ बह्मनाल हुँदै बाग्मतीमा गएर मिसिन्छ। भक्तजनलाई अभिषेक गरिने जल जलहरीबाटै लिइने पूजारीहरू बताउँछन्।, पशुपति शिवलिंगको तल्लो भागमा बासुकी नाग छ। नागमाथि करिब पाँच इन्च उचाइमा शिवलिंगको गर्भगृह छ। पाँच मिटर गोलाइ रहेको यो गर्भगृहलाई सुनको पातोले मोरिएको छ।, पूजारीहरूका अनुसार शिवलिंगमा निरन्तर चढाइने दूध, जल, मह पोखिँदै जाने ठाउँमा राखिने तामा, चाँदी वा सुनको पातो नै जलहरी हो।, यो पनि पढ्नुस्:, सांसद दाहाल भन्छन्- पशुपतिको जलहरीबारे जवाफ मैले होइन केपी ओलीले दिनुपर्छ, पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भन्छन्- २ किलो सुनले जलहरीको बेल्ट बनाएको तथ्यांक भएन, बिल पनि भेटिएन
एजेन्सी दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ।, कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका थिए।, एयरबस ३२१ जहाजमा चालक दलका सदस्यसहित २०० जना सवार थिए।, ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथि उडिरहेको थियो। दुई/तीन मिनेटमै जहाज ल्यान्ड हुने तयारी थियो। अचानक ढोका खुलेपछि जहाजभित्र खैलाबैला भएको थियो।  तीव्र गतिमा भित्र पसेको हावाले केही यात्रु सामान्य घाइते भएका छन्। तीमध्ये ९ जनालाई जहाज ल्यान्ड भएपछि अस्पताल लगिएको छ।, प्रहरीले ढोका खोल्ने यात्रुलाई पक्राउ गरेको छ। उनले आफूले ढोका खोलेको स्वीकारेका छन् तर त्यसको कारण खुलाएका छन्।,  , दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खुलेपछि...
रासस सन् २०२३ को 'हज यात्रा' को तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ। , हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह) को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ।, अध्यक्ष मकबुलका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन्। हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडानमार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ।, गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ।, सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरूको व्यवस्थापन गृह मन्त्रालय अन्तर्गत रहेको हज समितिले गरिरहेको छ। , साउदी सरकारले आफ्नो ठूलो बजेट हज तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरिरहेको छ। यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्का (पवित्र तीर्थस्थल) मा हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीको हज यात्राको समग्र व्यवस्थापन गर्नेछ।, समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार गर्नेछ।, साउदी अरेबियाको सरकारले हजको व्यवस्थापनमा सरसफाइ, सुरक्षा र खानपिन र पिउने पानीको सुविधा उपलब्ध गराउँछ। सन् २०२२ को हजमा नेपालीलाई विदेशमा खाना, खाजा, बास तथा तीर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरिएको थियो। , हज यात्रा–२०२३ का लागि एक हजार ९२ जना छनोट
युनिक श्रेष्ठ नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा दर्ता भइसकेपछि शुक्रबार थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, फरार सूचीमा समावेश गरी मुद्दा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंले ३२ वर्षीया लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो।, ललितपुरको बुंगमती बस्ने उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।, उनलाई आज पक्राउ गरी अदालतमा समेत पेश गरिसकेको उनले बताए।, सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा उनको १८ औं नम्बरमा नाम समावेश गरिएको छ। लक्ष्मी महर्जन हरिभक्त महर्जनकी* श्रीमती हुन्। अर्का एक जना केशव तुलाधरको पनि खाता प्रयोग भएको देखिन्छ। , यस प्रकरणमा उनीहरू तीनै जनाको भूमिका भने एकै खालको छ। यस प्रकरणमा पक्राउ परेका सन्देश शर्माले रकम जम्मा गराउनको लागि उनीहरूको खाता प्रयोग गरेको देखिन्छ।, 'उनीहरूको खाता प्रयोग भएको देखिन्छ। यस प्रकरणमा लक्ष्मी उनका श्रीमान केशवका कारण जोडिएको देखिन्छ। श्रीमानलाई पनि पक्राउ गरेपछि उनीहरू र गिरोहसँगको सम्बन्ध कसरी भएको हो भन्ने थाहा हुन्छ,' स्रोतले भन्यो।, २०७९ जेठ १८ पहिलो पटक जाहेरी दिएका गजेन्द्र बुढाथोकीलाई सन्देश शर्माले पैसा लक्ष्मी महर्जन र केशव तुलाधरको खातामा राख्न लगाएको अभियोगपत्रमा उल्लेख छ।, शर्माले बुढाथोकीलाई ह्वाट्सएप मार्फत महर्जन र तुलाधरको खाता नम्बर पठाइदिएका थिए। त्यसपछि बुढाथोकीले पनि १६ सेप्टम्बर सन् २०२१ मा २० लाख र २१ सेप्टेम्बरमा १५ लाख जम्मा गरेका थिए।, २२ सेप्टेम्बरमै उनीहरूले कनेक्ट आइपिएसमार्फत १० लाखको दरले तीन पटक र पाँच लाख एक पटक गरी हरिभक्त महर्जनको लुम्बिनी विकास बैंकको खातामा पठाएको अभियोगपत्रमा उल्लेख छ।, हरिभक्तले पनि आफ्नो खातामा आएको रकमको ८ लाख ५० हजार रुपैयाँको चेक विकेन महर्जनको नाममा पठाएका थिए। उक्त चेकबाट पनि विकेनले नगद भुक्तानी लिएको खुलेको हो।, बैंकले प्रहरीलाई गत वैशाख ४ गते पत्र लेखेर नगद भुक्तानी लिएको जानकारी दिएको हो। उनीहरूसहित अन्य थुप्रै व्यक्तिहरूको पनि खाता प्रयोग भएको प्रहरी स्रोतले जनाएको छ।, यस प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौं रकम उठाएर लक्ष्मी लगायतले ठगेको पुष्टि भएको प्रहरी र सरकारी वकिल कार्यालयको ठहर छ। गिरोहले कतिपयसँग पैसा नगदै उठाएका थिए भने कतिपयको खाता प्रयोग भएको थियो जसमध्ये यिनीहरूको पनि खाता प्रयोग भएको देखिएको हो।, उनीहरूविरूद्ध पनि लिखत किर्ते कसुर, राज्यविरूद्धको कसुर र संगठित अपराध समेत गरेको भन्दै त्यसअनुसार नै सजायको मागदाबी गरिएको छ।, लक्ष्मी महर्जन पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको हो। केशव, हरिभक्तसहित १३ जना अझै फरार छन्। प्रहरीले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको छ।, तर यस प्रकरणमा बयानका क्रममा खुलेका कतिपय नामलाई प्रतिवादी बनाएको छैन।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा लगायतको नाम बयानका क्रममा आएका छन्। तर प्रहरीले उनीहरूविरूद्ध प्रमाण फेला पारेको छैन।, सरकारी वकिल कार्यालयले भने बयानको क्रममा आएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो। यस्तै अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई पनि यसमाथि थप अनुसन्धान गर्न पत्र लेख्ने निर्णय गरेको थियो।, यस प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीलाई पक्राउ गरिसकेको छ।, सच्याइएको*, नक्कली भुटानी शरणार्थी प्रकरणमा के थियो लक्ष्मी महर्जनको भूमिका
सेतोपाटी संवाददाता पश्चिमी  न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। , मौसमविद् समीर श्रेष्ठका अनुसार न्यूनचापीय प्रणालीका कारण अहिले कोशी  र बागमती प्रदेशका केही भूभागमा हल्का पानी परिरहेको छ।, उनले भारतको उत्तराखण्डमा बनेको पश्चिमी वायु सुदूरपश्चिमका भूभागबाट नेपाल प्रवेश गर्न लागेको बताए। ' त्यही वायुका कारण सुदूरपश्चिमका भूभागमा एकाध घन्टापछि वर्षा हुने सम्भावना देखिएको छ, ' उनले भने।, काठमाडौंं उपत्यकासम्म भने उक्त वायु आइनपुग्ने उनले जानकारी दिए।, आज दिउँसो पनि पहाडी भू-भागहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा र तराईका केही  स्थानहरूमा  हावा-हुरीको समेत सम्भावना छ।  , राती पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। रातिपनि कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए। , यस्तो छ आजको मौसम
डा. उमा गिरी घिमिरे शरीरमा थरी-थरीका डाबर आउँछन्। विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डाबरहरू आउँछन्। २० मिनेटदेखि १ घन्टासम्म आउने डाबरलाई हामी अर्टिकारिया भन्छौं। योअन्तर्गत डाबरहरू नभई आँखा, ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुने हुन्छ।, एउटा एक्युट अर्टिकारिया हो जुन छोटो समयको लागि आउँछ। त्यो भनेको ६ हप्ताभन्दा कमको हो।, एक्युट अर्टिकारिया धेरैजसो खानाको कारणले हुन्छ। विशेष गरेर सी फुड र ब्रुफिनजस्तै दुखाइ कम गर्ने औषधी खाँदा हुन्छ।, अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकारिया हो। जुन ६ हप्ताभन्दा बढी समय रहन्छ।, कसैलाई घाममा १०/१५ मिनेट हिँड्नासाथ यस्तो डाब आउने हुन्छ भने कसैलाई चिसो हावामा बस्दा आउँछ। कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डाबर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्।, कसैलाई रंग हालेको खानेकुरा, रातो मासु अनि रक्सीले गर्दासमेत डाबर आउँछ।, डाबर विशेष गरेर २० देखि ४० वर्षको उमेर समूहलाई धेरै हुन्छ। बच्चाहरूलाई समेत यसको असर देखिन्छ। अधिकांश मान्छेलाई रातको समयमा डाबर आउँछ।, रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधी दिन्छन्।  अर्टिकारियाको कारण हेरेर औषधी ३ देखि ६ महिनासम्म चलाउनुपर्छ।, (छालारोग विशेषज्ञ सहप्राध्यापक डा. उमा गिरी घिमिरे वीर अस्पताल र सुमेरू अस्पतालमा कार्यरत छन्।)  , शरीरमा आउने डाबरको उपचार कसरी गर्ने? (भिडिओ)
रासस हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो। साँघुरा ठाउँमा अव्यवस्थित बस्ती। त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ। , तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ। बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ। सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ।, नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी  वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ६ लाखले उद्यान निर्माणको सुरुआत गरेको छ। , नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि हरेक वडामा बालउद्यानलगायतका संरचना आवश्यक हुनेहुँदा हरिचौरमा यस वर्ष उद्यान निर्माण गर्न थालिएको वडाध्यक्ष पवन हमालले बताए। उनले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बाल उद्यान निर्माण गर्न थालेको जानकारी दिए। , बालउद्यानसँगै ढल व्यवस्थापन लगायतका काम समेत गरिरहेको छ। बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ। उद्यानसँगै बगैँचासमेत व्यवस्थापन गरिनेछ। अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्री राखिएको उनले बताए। , अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउँछन्। आफूहरुले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रुपमा विकास गर्न थालिएको उनको भनाइ छ। , ‘यस वर्षदेखि हामीले बजार व्यवस्थापन गर्नुका साथै बालउद्यान निर्माण गर्न थालेका छौँ, बजार तीव्ररुपमा विस्तार हुँदैछ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकैछिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्नका लागि बालउद्यान निर्माण गरेका हौँ,’ अध्यक्ष हमालले भने, ‘खासगरी बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी यो निर्माण गरेका हौँ, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिनेछौँ, उद्यानमा फूलबारी हुनेछ, बालबालिका खेल्ने सामग्री अहिले नै राखेका छौँ थप सामग्री व्यवस्थापन गर्दै जानेछौँ।’, अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्डअनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रुपमा विकास गर्ने अध्यक्ष हमालले बताए। यहाँ रहेका साँघुरो र अप्ठ्यारो सडकमा बेलाबेला दुर्घटना हुने गरेको भन्दै अहिले ढलान गरेको उनी बताउँछन्। , गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यकरण गरी व्यवस्थित बजार बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताए। , बजारमा तीव्ररुपमा भवनहरु बनिरहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्डअनुसार बनाउनुपर्ने प्रवक्ता भण्डारी बताउँछन्। यहाँ ऐतिहासिक गलकोट दरबार छ। हरिचौर हुँदै पर्यटकीयस्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचना बनाउन थालिएको उनको भनाइ छ।, प्रवक्ता भण्डारी भन्छन्, ‘हरिचौर बजार पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, यहाँ दैनिक आन्तरिक पर्यटक घुम्न आउने गर्छन्, यहाँको गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न आउने पर्यटकले एकैछिन थकान मेटाउनका लागि र बालबालिकालाई ‘रिफ्रेसमेन्ट’ गराउनका लागि पार्क निर्माण भएको छ, अहिले सामान्यरुपमा निर्माण भए पनि यसलाई थप व्यवस्थित बनाउने योजना छ।’, व्यवस्थित बन्दै बागलुङको ‘हरिचौर बजार’
सेतोपाटी संवाददाता प्रहरी हुँ भनेर ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ बस्ने २३ वर्षीय जीवन श्रेष्ठ छन्। , उनले आफूलाई प्रहरीको परिचय दिएर वैदेशिक रोजगारको लागि विदेश जाने सिलसिलामा ठगीमा परेकालाई नै ठगेको आरोप छ।, उनले पीडितलाई ठग्ने व्यक्तिलाई पक्राउ गर्छु भनेर विश्वासमा लिएको प्रहरीले जनाएको छ। , एसपी रिजालका अनुसार उनले पक्राउ गर्नुपर्ने व्यक्ति सिराहमा रहेको र स्याटलाइटबाट खोज्नुपर्छ भनेर पीडितलाई फकाएका थिए।, स्याटलाइट खरिद गर्न साढे ११ हजार लाग्छ भनेर गौशालामा भेटेर रकम पनि लिएका थिए। , यस्तै गाडी पनि बिग्रिएको भन्दै थप पाँच हजार रुपैयाँ लिएको एसपी रिजालले बताए।, पैसा लिएर पनि काम नगरेपछि पीडितले उनीसँग रकम फिर्ता मागेका थिए। , तर उनी फरार भएपछि पीडित प्रहरी परिसरमा पुगेका थिए। ठगी गरेको खुलेपछि परिसरले श्रेष्ठलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। , थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। ,  , प्रहरी हुँ भनेर ठगेको आरोपमा एक पक्राउ
रासस पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ। , जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।, बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए। , उनका अनुसार बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृतरूपले दोहन भइरहेको भन्ने सूचना आएपछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियमविपरीत कानुन हातमा लिएर काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने पौडेलले बताए। , कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवाताल र सिमसारको अस्तित्वमा सङ्कट ल्याउने कार्य सह्य नहुने र जोसुकै हुन कारबाही गरी छाड्ने उनको भनाइ छ। , बैठकमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवा माथिको दोहन रोक्नका लागि र सो क्षेत्रको संरक्षणमा महानगर प्रतिबद्ध  रहेको बताए। , कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निर्धक्कका साथ काम गर्न समन्वय समितिलाई आग्रह गर्दै प्रशासन सोका लागि पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गरे। , यसअघि फेवातालको आसपासको सिमसार क्षेत्र पुर्ने गतिविधि बढिरहेकाले त्यसलाई रोकेर सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले रोक्न माग गरेको थियो। , फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
सेतोपाटी संवाददाता कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ।, कोशी नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ।, जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति-सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो।, मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।, गत फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्। , यसले शान्ति-सुरक्षामा असर पर्ने भएकाले निश्चित क्षेत्रमा सभा, जुलस, धर्ना, भेला लगायतको कार्यक्रम गर्न निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।, जिल्ला प्रशासन कार्यालयले भनेको छ, 'जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।', निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन्।, आदेश उल्लंघन गरिए कारबाही हुने पनि प्रशासनले सचेत गराएको छ।, आइतबारदेखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ।, पहिचानवादीको आन्दोलनले उक्त बैठक बिथोल्ने प्रयास गर्ने भएकोले प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।, विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा
रासस ‘हाम्रो ठमेल, सफा ठमेल’ नाराका साथ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान सुरू गरिएको छ।, ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सरसफाइ अभियान थालिएको हो।, परिषद्को अगुवाइमा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आज ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए। , ‘सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियान निरन्तर रुपमा अगाडि बढाउँछौं,’ उनले भने।, परिषद्का उपाध्यक्ष सहदेव धमलाले व्यवसायी र घरधनीबाट सुरू भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।, ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक भएको उनको भनाइ छ। अभियान निरन्तर अघि बढ्ने उपाध्यक्ष धमलाको भनाइ छ।  , ‘हाम्रो ठमेल, सफा ठमेल’ अभियान सुरू
सेतोपाटी संवाददाता काठमाडौंको कपनकी निरा पाण्डेको हत्या अभियोगमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि थुनामा पठाइएका छन्। , काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलाशले विश्वकर्मालाई पुर्पक्षमा पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। , उनले पाण्डेको हत्या गरेको आरोप थियो। , यता प्रहरीले अर्का एक जनालाई पनि प्रतिवादी बनाएर अदालतमा पेश गरेको थियो। काठमाडौंको तार्केश्वर नगरपालिका-१० हिलेटोलमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गरी बसेका २३ वर्षीय प्रदिप गदाइलीलाई पनि प्रहरीले अदालतमा पेश गरेको थियो। , विनोद विश्वकर्माले निरा पाण्डेको हत्यापछि लुटेको सिक्री उनले किनेको पाएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो। उनलाई भने इजलाशले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। , केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणको अनुसन्धान कर्त्व ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। वैशाख ७ गते दिउँसो आफ्नै पसलमा बसिरहेको बेलामा निरा पाण्डेको हत्या भएको थियो। उनको शरीरमा पटकपटक चक्कु प्रहार भएको थियो।, प्रहरीले हत्या आरोपित विनोदलाई वैशाख १६ गते झापाको बिर्तामोड नगरपालिका-५ स्थित इलाम स्टेशनमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो। , विनोदले प्रहरी र सरकारी वकिल कार्यालय समक्ष हत्या गरेको पनि स्विकारेका छन्। उनले आर्थिक अवस्था कमजोर बनेको र लुटपाट गर्ने उद्देश्यले कपनको सरस्वती नगरस्थित पसलमा पुगेको बताएका छन्। , लुटपाट गर्नेक्रममा निराले प्रतिकार गरेपछि आफू समातिने डरले नै हत्या गरेको बयानसमेत दिएका छन्। प्रहरीले उनले हत्या गरेको समयमा लगाएको कपडा बरामद गरेको थियो। उनलाई सिसिटिभी फुटेजको आधारमा विश्लेषण गरी पक्राउ गरेको थियो।  , विश्वकर्माले मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम क्रुर एवं निर्ममतापूर्वक ज्यान मारेकाले जन्मकैदको सजाय माग गरेको थियो। सरकारी वकिलको कार्यालयले विश्वकर्मा र गदाइलीविरूद्ध गत बुधबार अदालतमा अभियोगपत्र दायर गरेको थियो। , निरा पाण्डेको हत्या आरोपित विनोद पुर्पक्षका लागि थुनामा
रोहित महतो गत फागुन तेस्रो साता अनामिका (परिवर्तित नाम) सदाको विवाह टुंगो लागेको थियो।, धनुषाको  लक्ष्मीनिया गाउँपालिकाकी जीवनको बिहे धनुषाधाम नगरपालिका, तेजनगरका महेश सदासँग हुने पक्का भयो। , उनका आमाबुवा खुब खुसी भए। उनीहरू बिहेका सामान किन्ने तयारी गर्दै थिए। आफन्तलाई निम्तो पठाउने तयारी पनि सुरू भएको थियो।, मधेसी समुदायको परम्पराअनुसार बेहुलीका बाबु र आफन्तहरू छेका अर्थात फलदानका लागि फलफूल, मिठाइ, लत्ताकपडा इत्यादि सामान लिएर बेहुलाको घर पुगे।, छेका भनेको बिहेको अन्तिम टुंगो लगाउने विधि हो। छेकामा बेहुली पक्षले बेहुलालाई विधिपूर्वक फलफूल, लत्ताकपडा र सुन समेत दिने चलन छ।, छेका सुरू हुनुअघि बेहुलाका परिवारजनले दाइजोको कुरा निकाले। बेहुलीका बुवा शत्रुधनले साइकल, फर्निचर, भाँडावर्तन, लत्ताकपडा लगायतका केही सामान दिने बताए।, बेहुलाका परिवारजनको चित्त बुझेन। उनीहरूले शत्रुधनले दिन्छु भनेका सामानमा मोटरसाइकल, एक तोला सुन र ३६ तोला चाँदी थप्नु पर्ने माग गरे।, जीवनका बुवाले त्यति धेरै दाइजो दिन नसक्ने बताए। छलफल भयो। उनले मोटरसाइकल दिन्छौँ तर सुनचाँदी दिन सक्दैनौँ भने। कुरा मिलेन। बेहुला पक्षकाले बिहे नगर्ने निर्णय सुनाए। फलदान भएन। अर्थात बिहे हुने भएन।, महेशले १२ कक्षा पास गरेको र उनका बुवा विदेशमा पैसा कमाउने रोजगारी रहेकाले मागेजति दाइजो दिनुपर्ने अडान राखेको जीवनकी आमाले बताइन्।, अन्ततः आमाबुवा बिहे रद्द गरेको निर्णय सुनाएर घर फर्के। , ‘दुबैतर्फबाट मन परेपछि केटापक्षकै जोडबलले हतारमा बिहेको तयारीमा लागेका थियौँ। देखादेख हुँदा दाइजोको कुरा चलेको थिएन। आफूले सक्नेजति सामान दिने मन बनाएका थियौँ,’ जीवनकी आमाले भनिन्, ‘गाउँमा छोरीको बिहे गर्न सकेनन् भन्लान् भनेर छाक कटाएर भए पनि मोटरसाइकल दिने भन्यौँ। सुनचाँँदी पनि मागेपछि दिन नसक्ने भयौँ।’ , दाइजोका कारणले छोरीको बिहे रद्द भए पनि  उनीहरू धेरै बोल्न सकेका छैनन्। आफ्नो सामाजिक बेइज्जती होला र छोरीको बिहे नहोला भन्ने उनीहरूलाई पीर छ।, जीवनकी आमाले केहीसमय अघि सेतोपाटीसँग भनिन्, ‘हाम्रो इज्जतसँग खेलवाड होला र अप्ठ्यारो पर्ला भनेर चुपचाप बसेका छौं। तर कहिलेसम्म चुप बस्ने हो र?’, उनका अनुसार फलदानका लागि किनमेलमा पचास हजार रुपैयाँ खर्च भएको थियो। , जीवनका आमाबुवाले मजदुरी गरेर अलिअलि गर्दै छोरीको बिहेका केही रुपैयाँ जम्मा गरेका थिए।, सम्पत्तिका नाममा लालपुर्जा नभएको जग्गा छ। त्यही जग्गामा टाटी र माटोले बनेको दुई कोठे घर छ। टाटी थोत्रो भएको छ। भ्वाङ टाल्न बोरा र पुराना कपडा टाँगेका छन्। त्यही घरमा ८ जनाको गुजारा चलाएका छन्। परिवारमा आमाबाबु र ६ जना छोरी छन्।, ‘सबै छोरी जवान भइसके। सुत्ने कोठामै बाख्रा पनि बाँध्छौँ। मजदुरी गर्छौं। छोरीहरू पढ्न जान्छन्,’ आमा भन्छिन्, ‘धेरै दाइजो दिन सक्दैनौँ। एउटीको बिहे गर्न गाह्रो परेको छ, ६ वटीको कसरी गर्ने होला, मलाई त निद्रा पनि आउँदैन।’, जीवनकी छिमेकीको परिवारमा पनि बिहे रद्द भयो। , छिमेकीको बिहे गत वैशाख ३ गते हुने तय भएको थियो। क्षीरेश्वरनाथ नगरपालिका, मुसहरि टोलका एक युवकसँग तय भएको बिहे अन्तिम समयमा दाइजोकै कारण रद्द भयो।, केटाले दाइजोमा मोटरसाइकल दिनै पर्छ भनेपछि बिहे हुन सकेन।, ‘बिहेको निम्तो गरिसकेका थियौँ। केटा पक्षले केटी काली छ, मोटरसाइकल दिने हो भने मात्रै बिहे गर्छु भन्न थाले। हामी दिन सक्दैनथ्यौँ,’ केटीकी भाउजूले भनिन्, ‘बिहे तोड्नुहुन्न भनेर हामीले २० हजार रुपैयाँ, साइकल र पलङ दिन्छौँ भन्यौँ, तर उनीहरूले मानेनन्।’, धनुषाको एक मुसहर बस्तीका, ,सहदेवकी छोरीको पनि गत फागुनमा भारत मधुवनीका केटासँग बिहेको टुंगो लागेको थियो। अन्तिम समयमा केटाले मोटरसाइकल मागेपछि बिहे रद्द भयो।, त्यही बस्तीका अर्का बासिन्दा मिथिलेश २०७८ साल फागुनमा छोरीको बिहेमा दाइजो दिँदाको ऋणमा डुबेका छन्।, उनकी छोरीको बिहे भारतीय युवकसँग भयो। बिहेमा जम्मा १३ लाख रुपैयाँ खर्च भयो। मोटरसाइकल, पलङ, फर्निचर, सुनचाँदी र कपडासमेत गरी दाइजोमा मात्रै ६ लाख रुपैयाँ लाग्यो। कुल खर्चको आधाभन्दा बढी रकम चर्को व्याजमा ऋण लिएका छन्।, ‘त्यति धेरै खर्च गर्ने हैसियत थिएन। छोरीको बिहे नगरी हुँदैन। साहुमहाजनसँग ऋण लिएँ,’ मिथिलेशले भने, ‘अरूका छोरीको बिहे रद्द भएको देखेर दाइजो दिनैपर्ने बाध्यता भयो।’, जानकारहरूका अनुसार एक दशक अघिसम्म मुसहर समुदायमा दाइजो लिनेदिने चलन थिएन। अन्य समुदायबाट मुसहरमा पनि दाइजो प्रथाले प्रवेश पायो। , आफ्नो समुदायको उत्थानका लागि सक्रिय पच्चु माझीका अनुसार मुसहरहरूले अरू समुदायबाट दाइजो लेनदेन गर्न सिकेका हुन्। उनले करिब २५ वर्षअघिसम्म त मुसहर समुदायमा केटापक्षले केटीपक्षलाई बिहे खर्च दिने चलन थियो।, उनले भने, ‘मेरी दिदीको बिहेमा भिनाजुले बिहे खर्च दिनुभएको थियो। अहिले अवस्था ठ्याक्कै उल्टो भएको छ। पढालेखा र पैसा भएकै मान्छेले दाइजो लिने गरेका छन्। गरिबहरूले पनि सिके।’, भन्छन्, ‘तेल हाल्न नसक्नेले पनि मोटरसाइकल दाइजो माग्छन्। मोटरसाइकल नदिने भए तिम्री छोरी बिहे गर्दिनँ भन्छन्।’, छोरीको विहेमा दाइजो दिनुपर्ने चलनले गरिब परिवारमा ठूलो तनाव सिर्जना हुने गरेको छ। यस्तो चलन हटाउन आफू एक्लैले नसक्ने भएकाले  सरकार र नेताहरूको हस्तक्षेप जरूरी हुने यहाँका महिलाहरूले ठान्न थालेका छन्। स्थानीय र माथिल्लोस्तरका नेताहरूको प्रयास आफ्ना यस्ता समस्या समाधानतिर नहुनेमा भने उनीहरूले दुख व्यक्त गर्छन्। , जीवनकी आमालाई पनि त्यस्तै लाग्ने रहेछ। केहीदिन अघि सेतोपाटीसँग भनिन् - यो दाइजो माग्ने प्रथा त हटाइदिनु पर्यो। हाम्रा नेताहरूले चाहने हो भने हटाउन सक्थे। हामीलाई एक्लै त दाइजोको चलन हटाउन गाह्रो छ। तर सरकार र नेता हाम्रा समस्याको  केही मतलब गर्दैनन्।, नेताहरूले कसरी दाइजोको चलन हटाउन सक्छन् भन्ने कुरा उनलाई ठ्याक्कै थाहा छैन। तर उनलाई उनीहरूले चाहे हटाउन सक्छन् भन्ने लाग्दो रहेछ। , उनकी छिमेबीले पनि यस्तो समस्या त नेताहरूले समाधान गर्नुपर्ने मत राखिन्। , 'तपाईंहरूले नेतालाई भनेर दाइजो माग्ने कुरा हटाउन भनिदिनुस् न है,' उनले भनिन्, 'उनीहरूले कारबाही गर्न थाल्ने हो भने मान्छेले केटीको परिवारसँग दाइजो माग्न छोड्छन् होला।', दाइजो प्रथा नियन्त्रणका लागि समुदायका अगुवाहरूले भूमिका निर्वाह गर्नुपर्ने पच्चुको सुझाव छ।, भन्छन्, ‘जातीय अगुवाले जनचेतना फैलाउने काम गर्नुपर्छ। कानून कार्यान्वयनको पाटो पनि बलियो हुनुपर्छ।’, दाइजोका कारणले विकराल रूप लिँदै गएको भए पनि समुदायका अगुवा र जनप्रतिनिधिहरूले बेवास्ता गरेको स्थानीयवासीहरूको गुनासो छ। उनीहरू गुनासो सुनाउन पनि डराउँछन्।, दाइजोमा निकै ठूलो रकम खर्च हुने गरेको छ। पैसा नहुनेहरू महँगो व्याजमा स्थानीय महाजनबाट ऋण लिन्छन्।, स्थानीवासी सुनिता सदाले भनिन्, ‘पोहोर साल छोरीको बिहेमा दाइजो दिन साढे सात लाख रुपैयाँ खर्च भयो। सयकडा तीन रुपैयाँ (३६ प्रतिशत) मा ऋण लियौँ। हाम्रो समस्यामा नेताहरूलाई मतलब नै छैन।’, 'तेल हाल्न नसक्नेले पनि मोटरसाइकल दाइजो माग्छन्'
नवीनबाबु गुरूङ काठमाडौं उपत्यकामा नेवारी समुदायले आज सिथि नखः पर्व मनाएका छन्। , सिथी नखः को दिन काठमाडौं उपत्यकाभरि इनार, कुवा, धारा लगायत पानीका स्रोत सरसफाइ गर्ने चलन छ। , सिथि नखः काठमाडौं उपत्यकामा नेवारी समुदायले मनाउने  वार्षिक जात्रापर्वको अन्तिम दिन हो। , जेठ शुक्ल षष्ठीमा मनाइने भएकाले यो पर्वलाई षष्ठी वा सिथि नखः भनिएको हो। , सिथि नखःले मनसुन सुरू हुन लागेको  संकेत गर्छ। मनसुनअघि मुहान सफा गरेर पानीको आपूर्ति प्रणाली व्यवस्थित गर्नु यसको उद्धेश्य हो।, वर्षा सुरू भइसकेपछि  भूमिगत पानीको सतह बढ्ने भएकाले सरसफाइ गर्न गाह्रो हुने भएकाले मनसुन सुरू हुनु अगाडि सिथि नखः मनाइन्छ। , मनाइयो सिथि नखः पर्व (तस्बिरहरू)
सेतोपाटी संवाददाता पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका-८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दियो।, सानीभेरी-५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो।, ‘जिप सडकबाट निकै तल पुगेकाले सुरूमा त उद्धारमा पनि कठिन भयो। बिहान ८ः२० बजे दुर्घटना भएको हो, दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए,’ बाँफिकोट-८ का वडाध्यक्ष धनबहादुर खत्रीले भने।, प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको र"कुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।, मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको वडाध्यक्ष खत्रीले बताए।, शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।,  , पश्चिम रूकुम जिप दुर्घटना: २२ दिने शिशुसहित ५ जनाको मृत्यु
सेतोपाटी संवाददाता रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ।, सानीभेरी–५ मेल्चोरबाट खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। , उनका अनुसार जिप सडकबाट अन्दाजी चार सय मिटर तल खसको छ।  , दुर्घटनामा गम्भीर घाइते भएका एक शिशु, दुई महिला र दुई पुरूषसहित पाँच जनाको अवस्था चिन्ताजनक छ। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको उनले बताए।, थप ११ जना घाइतेहरूलाई उद्धार गरी सल्ले अस्पताल लैजान लागिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।, पानी परिरहेका कारण घाइतेको उद्धारमा समस्या रहेको उनले बताए। ‍प्रहरी घटनास्थलमै रहेको र थप विवरण आउन बाँकी रहेको इन्सपेक्टर श्रेष्ठले बताए। , रूकुम पश्चिममा जिप दुर्घटना, पाँच जनाको अवस्था चिन्ताजनक
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पदमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाइएको भन्दै नागरिक अगुवाले खबरदारी गरेका छन्।, पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्वन्यायाधीश बलराम केसी, निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी र संस्कृतिविद् त्रिरत्न मानन्धरले बिहीबार विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएका हुन्। , उनीहरूले विगतमा भएका अरू भ्रष्टाचार काण्डमाझैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको भन्दै ध्यानाकर्षण गराएको बताएका छन्।, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिननमा नेपाल प्रहरीले सुरू गरेको अनुसन्धानले भ्रष्ट जोसुकै भए पनि उम्कन पाउँदैन भन्ने आम आशा पलाएको थियो । कुनै किसिमको दबाब वा मोलाहिजामा नपरी यो प्रकरणका सबै दोषीलाई छानबिन र अभियोजनमा ल्याइनेछन् भन्ने आम माग रहेको हो,’ उनीहरूले विज्ञप्तिमार्फत भनेका छन्, ‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याइ विगतका अरू भ्रष्टाचार काण्डमाझैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ।’, उनीहरूले प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्तिलाई कठघरामा उभ्याउन सरकार नचुकोस् भनेर माग समेत गरेका छन्।, ‘अन्यथा, आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनेछ,’ भनेर चेतावनी पनि दिएका छन्।, नक्कली शरणार्थी प्रकरणमा बुधबार ३० जनाविरूद्ध ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते, राज्यविरूद्धको अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ।, प्रकरणमा १६ जना पक्राउ परेका छन् भने १४ फरार छन्।, नागरिक अगुवाले आरोपितहरूले बयानका क्रममा पोलेकाहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका हुन्।, नागरिक अगुवाको खबरदारी– शरणार्थी प्रकरणमा अनुसन्धानमा छुटेकामाथि यथाशीघ्र छानबिन होस्
सेतोपाटी संवाददाता नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ। , लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो। तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरूले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन्। , पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरूका सामान आयात गर्नै छोडेका छन्। , सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरूले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे। , सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरूले बर्सेनि सास्ती भोग्नुपरेको छ। , तातोपानी क्षेत्र भौगोलिक रूपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम सुरू भएसँगै सडकमार्ग जीर्ण छ।, नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारिक तातोपानी नाका भए पनि सडक मार्गको समस्याले सधैं ग्रसित छ।, चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैं भासिने गरेको छ।, व्यवसायीहरूले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन्।, सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालीन मर्मत गर्न नसक्दा सधैं जोखिम मोलेर सवारी साधन चलाउनुपर्ने बाध्यता छ।, दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ। व्यापारिक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रूपमा गुड्न सक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम भए पनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालीन समस्या समाधानको उपाय खोज्न सकेको छैन। चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवसायीहरू नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन्। , न्युज एजेन्सी नेपालसँगको कुराकानीमा व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउनको लागि सडक जीर्ण भएकाले असहज भइरहेको बताए। , उनले सरकारले चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको बताए। , उनले सडक पूर्वाधार मजबुत भए मात्रै नाका सञ्चालनमा सहज हुने बताए। , उनले सडक जीर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पुर्‍याउँदा बढ्ने गरेको बताए। , उनले भन्सारमा व्यवसायीका लागि आवश्यक सबै सुविधा सरकारबाट प्राप्त भए पनि सडक मार्ग भने राम्रो बनाउन नसक्दा सधैं समस्या भएको गुनासो गरे। , अर्को व्यवसायी विजय शेर्पाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको बताए।, उनले सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको बताए। , उनले स्थानीय पालिका र व्यवसायीहरूले सरोकारवाला निकायहरूलाई सडक मार्ग स्तरोन्नतिका लागि पहल गर्न आग्रह गर्दा पनि अहिलेसम्म हुन नसकेको भन्दै गुनासो गरे। , उनले सरकारले तातोपानी नाका जोड्ने सडक समयमानै स्तरोन्नति गरे स्थानीयदेखि व्यवसायीहरूलाई समेत सहज हुने बताए।, त्यस्तै, तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताए। , उनले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँ समेत नहुने अवस्था रहेको बताए। , उनले कन्टेनर बेला—बेलामा सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेको समेत बताए। , तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर सडकको अवस्था भने दयनीय छ। , तातोपानी नाका सहज रूपमा सञ्चालनमा आए पनि सडक मार्गको अवस्था नाजुक र जीर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ। , कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षायाममा बाढी र भेलले सडक वर्षौपिच्छे क्षतिग्रस्त हुने गरेको छ। तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाई सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ। , तातोपानी नाकामा व्यवसायीका दुःखः दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी
सरिशा अछामी राष्ट्रिय महिला आयोगमा केही वर्षअघिसम्म घरेलु तथा यौन हिंसाका उजुरी लिएर धेरै महिला पुग्ने गर्थे। आयोगले ती उजुरीमाथि आवश्यक छानबिन र छलफल गरेर किनारा लगाउँथ्यो।, पछिल्लो समय भने आयोगमा आउने उजुरीको प्रकृति फेरिएको छ। अहिले आयोगमा महिलाहरू मात्र होइन पुरूषहरू पनि पुग्ने गरेका छन्। आयोगमा पुग्नेहरूमध्ये धेरैका उजुरी विवाहोत्तर सम्बन्धबारे हुन्छन्।, एक वर्षअघि काठमाडौंकी सीता (नाम परिवर्तन) आफूमाथि कुटपिट गरेको भन्दै श्रीमान सुजल (नाम परिवर्तन) विरूद्ध उजुरी लिएर आयोग गएकी थिइन्।, एकसाता अघि २५ वर्षीया मीना (नाम परिवर्तन) पनि अभद्र व्यवहारको मुद्दा लिएर आयोग पुगिन्। मीनाले जसका विरूद्ध उजुरी दिएकी थिइन् ती पुरूष तिनै थिए जसविरूद्ध एक वर्षअघि सीताले पनि उजुरी हालेकी थिइन्।, सीताको उजुरी दर्तापछि अनुसन्धानको क्रममा सुजलको मीनासँग सम्बन्ध रहेको खुलेको थियो। त्यसपछि मीनालाई बोलाएर आयोगले उनीसँग टाढिन सुझाव दिएको थियो।, ‘विवाहित पुरूष भन्ने थाहा पाएपछि मीना उनीसँग टाढिन राजी भइन्,ʼ आयोगकी प्रवक्ता चमिला भट्टराईले भनिन्, ‘सुजलले भने उनलाई पछ्याइरहेका छन्।ʼ, लामो समयसम्म सुजलले मानसिक तनाव र सम्बन्धमा रहन दबाब दिदै आएपछि त्यही कारण उनी सुजलविरूद्ध उजुरी लिएर आयोग पुगेकी हुन्।, परिवार र श्रीमतीकै अगाडि सुजल खुलेर प्रेमिकाबारे बोल्छन्। श्रीमतीसँग सम्बन्धविच्छेद गरी प्रेमिकासँग विवाह गर्न चाहेको पटक-पटक सुनाएका छन्। तर परिवारले त्यस्तो गर्न चाहँदैनन्।, त्यही कारण सुजललाई पुन: त्यस्तो गल्ती नगर्न सल्लाह सुझाव दिइएको छ। मीनालाई सताउने काम गरे कानुनी कारबाही अगाडि बढाउने चेतावनी दिएर उनलाई छोडिदिएको प्रवक्ता भट्टराईले जानकारी दिइन्।, ‘गल्ती दोहोरिएमा प्रहरीलाई पक्राउ गरी थुनामा राख्न पत्राचार गर्छौं। पहिलोपल्ट भएकाले अहिले छलफल गरी सहमतिमै कागज गराएर छोडिदिएका हौं,ʼ उनले भनिन्।, सुजल, मीना र सीताजस्ता पात्रका उजुरी अहिले आयोगमा दिनहुँ आइरहने प्रवक्ता भट्टराईले बताइन्।, बुढानिलकण्ठ नगरपालिका-९ की ३७ वर्षीया सानीमाया (नाम परिवर्तन) र ४० वर्षीय वीर (नाम परिवर्तन) एक अर्कोलाई दोषारोपणको गुनासो लिएर आयोग आएका थिए।, दुबै शिक्षित र सक्षम व्यक्ति थिए। उनीहरूकै राजी खुसीमा एक वर्षअगाडि विवाह भएको रहेछ। तर अहिले दुबै जना एक-अर्कोकोसँग बोल्नसमेत रूची नभएको बताए।, आयोगका कर्मचारीसँग दुबै जनाले एक अर्कोलाई सामाजिक सञ्जालमा त्योसँग बोल्छे, योसँग बोल्छ भन्दै आरोप लगाए। उनीहरूसँग लामो समय छलफल भयो।, छलफलको क्रममा छुट्टा-छुट्टै कोठामा राखेर कुरा गर्दा दुबैको बाहिरी सम्बन्ध भएको खुल्यो। त्यही कारण उनीहरूबीच मनमुटाव र मानसिक तनाव भएको थियो। उनीहरू अब सम्बन्ध सुधार्ने होइन टुंग्याउनतिर लागेका छन्।, ‘आफ्ना गल्ती सुधार्नभन्दा सम्बन्ध टुंग्याउन चाहेको देखिन्छ,ʼ प्रवक्ता भट्टराईले भनिन्, ‘एक हप्तासम्म सोच्ने समय दिइएको छ। त्यतिबेलासम्म यही निर्णय कायम गरे कसरी छुट्टिने भन्नेबारे छलफल गर्छौं।ʼ, दुबै जना परिपक्व भए पनि विवाहोत्तर सम्बन्धले उनीहरूलाई समस्या भएको  र परिवारले समस्या समधान गरेर अगाडि बढ्न भने पनि उनीहरूले एकअर्कोप्रति चासो नदेखाएको प्रवक्ता भट्टराईले बताइन्।, ‘बाहिरी सम्बन्ध बनाएका श्रीमानले श्रीमतीको हेरचाह नगर्ने तथा झै-झगडा गरिरहने गरेको देखिन्छ,ʼ उनले भनिन्, ‘महिलाको हकमा पनि त्यस्तै देखिन्छ।ʼ, गत आइतबार पनि आयोगमा त्यस्तै अर्को उजुरी आयो।, दाङ घर भई सामाखुसी बस्दै आएकी ३२ वर्षीया मीरा (नाम परिर्वतन) श्रीमानसँग सधैं झै-झगडा र मनमुटाव हुने भएपछि उजुरी दिन आयोग आइपुगिन्।, उजुरी दर्ता गरेपछि दुबै पक्षबीच कुराकानी भयो।, कुराकानी गर्ने क्रममा आयोगका कर्मचारीको अगाडि  उनका श्रीमानले घरपरिवार, छोराछोरीलाई समय नदिएको आरोप लगाए। उनले घरमा सहयोग नगरेको, वेवास्ता गरेको, मानसिक तनाव दिइएको, दिनहुँ झगडा गर्ने गरेको आरोप लगाइन्।, दुबैले एक अर्काको गल्ती देखाउँदै आरोप-प्रत्यारोप गरे। तीन घन्टासम्म त्यही शिलशिला चल्‍यो। त्यसपछि एक्लै-एक्लै राखेर कुरा गर्दा दुबैले बाहिरी सम्बन्ध रहेको आयोगका मनोविमर्शकर्तासँग खुलाए।, श्रीमानले सधैं झगडा गरिराख्ने भएकाले अरूको साथ खोजेको मीराको भनाइ थियो। उनका श्रीमानको भनाइ पनि त्यस्तै थियो।, आयोगको सल्लाहमा दुबैलाई एक हप्ता सोच्ने समय दिइएको छ। उनीहरूले आफ्नो निर्णय परिवर्तन नगरी आए कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने आयोगकी प्रवक्ता भट्टाराईले बताइन्।, ‘अचेल धेरैजसो उजुरी विवाहोत्तर सम्बन्ध नै मुख्य कारण देखिन्छ,ʼ उनले भनिन्, ‘बाहिरी रूपमा जे-जे भने पनि भित्री कारण त्यही हुन्छ।ʼ, विवाहपछिको अन्य महिला-पुरूषसँगको सम्बन्ध गलत भएको बताउँदा पनि अहिलेका युवा-युवती ती कुरा बुझ्न नखोज्ने गरेको मनोविमर्शकर्ताको अनुभव छ।, दैनिक यस्तै-यस्तै उजुरीमा आयोगमा घन्टौं छलफल गर्छन्, आयोगका मनोविमर्शकर्ता।, तिनैमध्ये एक हुन्, मनोविमर्शकर्ता पार्वती सुवेदी।, उनी दैनिक दुई-तीन जना पीडितसँग छलफल गर्छिन्।, पछिल्लो समय विवाहोत्तर सम्बन्धका उजुरी धेरै आउने गरेको उनले अनुभव गरेकी छन्।, ‘प्रेमी-प्रेमिकासमेत यस्ता उजुरी लिएर आउँछन्,ʼ उनले भनिन्।, प्रेमी-प्रेमिका सँगै बस्दा पुरूषले बाहिर सम्बन्ध बनाएपछि उजुरी दिन आउँछन्। परिवारलाई थाहा भएको र आर्थिक सहयोग गरेका महिला-पुरूष यस्ता समस्या लिएर आयोग आउने गरेका छन्।  , उनका अनुसार कतिपय महिला विवाहपछि ठगीमा परेको भन्दै आउँछन्।, विदेशमा बस्ने तथा विदेशीसँग विवाह गरेपछि श्रीमान रकमसहित भागेको, आफूलाई विदेश नलगेका घटनासम्बन्धी उजुरी पनि आयोगमा बढिरहेका छन्।, पाँच-सात वर्षअघिसम्म श्रीमानले कुटपिट गरेका, घरेलु हिंसामा परेका उजुरी धेरै आउँथे। अहिले बाहिरी सम्बन्धका कारण मनमुटाव हुने, झै-झगडा हुने, मानसिक तनावका उजुरी बढी आउन थालेका उनले अनुभव गरेकी छन्।, ‘घर झगडाका उजुरी पनि आउँछन्, तर त्यो घर झगडाको कारण विवाहोत्तर सम्बन्ध नै हुन्छ,ʼ उनले भनिन्।, विवाहोत्तर सम्बन्ध राख्नु मुख्य कारण धेरै श्रीमान-श्रीमतीले आर्थिक सहयोग नपाएको, एकअर्कोलाई नबुझेको, गलत व्यवहार गर्ने गरेको, नियममा बाँधिनु परेको, आवश्यक सहयोग तथा माया नपाएको मनोविमर्शकर्ता सुवेदीलाई बताउँछन्।, कतिपय रोजगारीको खोजीमा विदेशिनु, घरेलु हिंसा, कष्टकर जीवन, श्रीमान-श्रीमतीबीच लैंगिक विभेद, यौनिक हिंसा, आर्थिक वा सांस्कृतिक हिंसा पनि यसमा जोडिएका छन्।, यीसँगै सामाजिक सञ्जाल र सञ्चार साधनमाथि बढेको पहुँचले पनि विवाहोत्तर सम्बन्धको अनुपात बढेको हुनसक्ने उनी बताउँछिन्।  , ‘एक अर्काका स-साना गल्ती सुधार्नेतिर भन्दा विकल्प खोज्नेतिर लागेको देखिन्छ,ʼ उनले भनिन्।, आयोगकी प्रवक्ता भट्टराईका अनुसार यस्ता सम्बन्ध बनाउनेमा महिला-पुरूष दुबैको संख्या उस्तै देखिन्छ। मागी विवाह वा प्रेम विवाह दुबैमा यस्तो समस्या देखिएको उनको भनाइ छ।, आयोगले उनीहरूलाई सोच्ने समय दिँदा दश जनामा एक/दुई जनाले मात्र मिल्ने कुरा गर्छन्, धेरैजसोले छुट्टिने निर्णय गर्छन्। छुट्टिन चाहनेलाई अदालतमा पत्राचार गरी नि:शुल्क मुद्दा लड्न आयोगले सहयोग गर्छ।  , प्रवक्ता भट्टराईले बाहिरी सम्बन्धका घटनाले झगडामात्र नभई घरेलु हिंसा निम्त्याउने गरेको बताइन्।  , विवाहोत्तर सम्बन्धकै कारणले उजुरी आएको भनेर आयोगले छुट्टै तथ्यांक राखेको छैन। तर अधिकांश हिंसाको जड त्यही हुने गरेको प्रवक्ता भट्टराईले बताइन्।, आयोगमा चालु आर्थिक वर्ष २०७९/०८० को चैतसम्म  ६ सय ५७ उजुरी परेका छन्। तीमध्ये ५ सय ९२ घरेलु हिंसाका र ६५ महिला हिंसाका छन्।, विगत पाँच वर्षको तथ्यांक हेर्दा २०७८/०७९ मा १ हजार ४ सय ६४ उजुरी परेका थिए। तीमध्ये १ हजार ३१८ घरेलु हिंसा, १ सय ४६ महिला हिंसाका उजुरी थिए।, २०७७/०७८ मा १ हजार ५ सय ७५ उजुरी आयोगमा परेका थिए। त्यसमध्ये घरेलु हिंसा १ हजार ३ सय ५५ र २२० महिला हिंसाका उजुरी थिए।, त्यस्तै, २०७६/०७७मा १ हजार १ सय ९ उजुरी आयोगमा परेका थिए।  तीमध्ये ९६९ घरेलु हिंसा र १४० महिला हिंसा थिए भने २०७५/०७६ मा १ हजार ४ सय ६१ उजुरी परेका थिए। त्यसमा १ हजार ३ सय ३ घरेलु हिंसा र १ सय ५८ महिला हिंसाका उजुरी थिए।, २०७४/०७५ मा भने ८ सय ८३ उजुरी परेका थिए। तीमध्ये ७ सय ४६ घरेलु हिंसा र १ सय ३७ महिला हिंसाका उजुरी आयोगमा आएका थिए।, महिला आयोगमा बढेका बढ्यै छन् विवाहोत्तर सम्बन्धका उजुरी
नारायण खड्का रूकुम पश्चिको बाँफिकोटमा चिप्लो बाटोमा ब्रेक नलागेपछि जिप दुर्घटना भएको प्रहरीले बताएको छ।, बाँफिकोट–८ मा बिहीबार बिहान जिप दुर्घटना हुँदा ५ जना यात्रुको मृत्यु भएको थियो। मृत्यु हुनेमा २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसमेत परेका छन्।, दुर्घटनामा ३५ वर्षका चालक दीपक बाँठा मगर घाइते भएका छन्।, खुट्टा फ्याक्चर भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए।, ‘पानी परेको हुँदा बाटो चिप्लो भएको, त्यसमाथि ब्रेक नलाग्दा जिप दुर्घटनाग्रस्त हुन पुग्यो भनेर चालकले बताएका छन्। थप अनुसन्धान पनि गरिरहेका छौं,’ डिएसपी भट्टराईले सेतोपाटीसँग भने ‘कच्ची र अप्ठेरो बाटोमा पानी परेको हुँदा जिप दुर्घटनामा परेको हुन सक्ने हाम्रो पनि प्रारम्भिक अनुमान छ।’, मृतक पाँचै जनाको सनाखत, जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।, दुर्घटनामा सानीभेरी गाउँपालिका ५ का ४८ वर्षीय देउचन खत्री, सोही वडाका ७० वर्षीय कर्णबहादुर बाँठा, सोही वडाकी २३ वर्षीया शीतल कुसारीको मृत्यु भएको प्रहरीले बताएको छ।, त्यस्तै बाँफिकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा खनाल केसी र उनका २२ दिनका छोरा रोशन केसीको पनि दुर्घटनामा मृत्यु भएको छ। , जिल्ला अस्पताल सल्ले पुर्‍याएलगतै चिकित्सकले पाँचै जनालाई मृत घोषणा गरेका थिए। , दुर्घटनामा १० जना घाइते भएको थिए। उनीहरूमध्ये ४ जनाको नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ।, दुर्घटना बिहान ८ः२० बजे भएको स्थानीयले बताएका थिए। प्रतिकूल मौसमका बाबजुद घाइतेलाई बिहान साढे दस बजे उद्धार गरिएको थियो। ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।, सानीभेरी– ५ का  २ वर्षीया प्रशिद्ध कुसारी, २० वर्षीया अनिता केसी, २२ वर्षीय ललित बाँठा र जिप धनी ४० वर्षीय प्रेम बाँठा मगरको बाँकेमा उपचार भइरहेको डिएसपी भट्टराईले जानकारी दिए। , घाइते २ वर्षकी प्रशिद्ध कुसारी मृतक २३ वर्षीया  शीतल कुसारीका छोरा हुन। , यी बाहेक थप ६ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।, ४६ वर्षीय कर्णवीर पुन, ४६ वर्षीय गम्भीर कुसारी, १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रिता खत्री, २१ बर्षीया कल्पना केसी र जीप चालक ३५ वर्षीय दीपक बाँठा मगर रहेका छन्। उनीहरू सबै सानीभेरी–५ का हुन्।, बाँफिकोट गाउँपालिका ८ मा लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो। सानीभेरी गाउँपालिका–५ मेलचौरबाट खलंगातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको थियो। , जिप सडकदेखि झन्डै चार सय मिटर तल खसेको थियो।,  , रूकुम दुर्घटनाका घाइते चालक भन्छन्- चिप्लो बाटोमा ब्रेक नलागेपछि जिप ४०० मिटर तल खस्यो
रासस पाँच महिनादेखि अवरूद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेक सडकखण्ड सञ्चालनमा आएको छ।, गत पुसको भारी हिमपातले अवरूद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो। , डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आएको हो।,  नाम्खा–५ को यारीमा पर्ने नारा लेकमा जमेको झन्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएर सडक सञ्चालन भएको हिल्सा–सिमकोट सडक आयोजनाका इञ्जिनियर नीरज राजवंशीले बताए।, नारापासमा यातायात सञ्चालन गर्न नौ दिन लगाएर हिउँ र पहिरो पन्छ्याइएको इञ्जिनियर राजवंशीले बताए। , सिमकोट–हिल्सा सडकखण्डको सिमकोटदेखि यारीसम्म यातायात सञ्चालन भए पनि नारामा हिउँ जमेको हुनाले पाँच महिनादेखि सडक अवरूद्ध थियो।, हिल्सा–यारी खण्डको २८ किलोमिटर सडकमध्ये १० किमी सडकबाट हिउँ र १८ किमी सडकबाट पहिरो पन्छाइएको हो। , पाँच महिनादेखि सडक यातायात अवरूद्ध हुँदा स्थानीय एवं व्यापारी पैदलै हिँड्न बाध्य थिए।, वैशाख १८ गतेदेखि जेठ पहिलो हप्तासम्म ताक्लाकोट जाने हुम्ली तथा हिल्सामा कार्यरत सुरक्षाकर्मीले यसअघि पैदल भएर आवतजावत गरिरहेका थिए।, अहिले पहिरो र हिउँ पन्छाएसँगै सडक यातायात सञ्चालन भएकाले यात्रुलाई सहज भएको सिमकोट गाउँपालिका–७ का बासिन्दा वीरबहादुर सिंहले बताए। , कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट सडकखण्ड हिल्सा–सिमकोट सडक आयोजनाको क्षेत्रमा पर्ने भएकाले कार्यालयले आफैंले मेसिन लगाएर हिउँ पन्छाएको इञ्जिनियर राजवंशीले बताए।, अघिल्लो वर्षसम्म हिल्सा नाका बन्द भएकाले सीमित रूपमा सञ्चालन हुने सवारी साधन नाका खुलेपछि भने चीनको ताक्लाकोटसम्मै सञ्चालन भएका छन्। यससँगै त्यहाँ जानेको सङ्ख्या बढेको छ। , नारा लेकमा हिउँ पन्छाइँदै
रासस ताप्लेजुङमा सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ। , आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिए। , सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते भएका छन्। , उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताए। , दुर्घटनामा घाइते  भएका अंशुमानलाई जिल्ला अस्पताल पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए। , गाडी अनियन्त्रित भई पल्टिएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।, ताप्लेजुङमा स्कारपिओ दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु
सेतोपाटी संवाददाता रौतहटमा एक वृद्धको हत्या भएको छ। , बिहीबार देवाही गोनाही नगरपालिका-१ करूनिया टोलमा एक वृद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले जानकारी दिए। , उनका अनुसार बिहान साढे ६ बजे शव फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। , मृतक सोही ठाउँका ७५ वर्षीय शेख तैयब छन्। , उनको टाउकोमा चोट लागेको छ। शवको पोष्टमर्टमको लागि गौर अस्पतालमा पठाइएको छ। , प्रतिनिधि सभा सदस्य प्रभु साहले तैयबको गोली हानेर हत्या भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन्। तर प्रहरीले भने उनको कसरी हत्या भएको हो भन्ने नखुलेको बताएको छ।, ‘कसरी हत्या भएको भन्ने पोष्टमर्टम रिपोर्टबाट खुल्छ। गोली हानेको भनिएपनि खोकाहरू फेला परेको छैन। गोली हानिएको हो/होइन भन्न सकिने अवस्था छैन,’ डिएसपी यादवले भने। , प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।, रौतहटमा एक वृद्धको हत्या
नारायण खड्का जीपको ठक्करबाट दाङको तुलसीपुरमा एक जना शिक्षिकको मृत्यु भएको छ। , जीपको ठक्करबाट घाइते भई उपचारका लागि बाँके लगिएकोमा दिउँसो २ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिक सीता लम्सालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले सेतोपाटीलाई बताए। , सीता शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षिक हुन्। , बिहीबार बिहान ९:५० बजेतिर हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरीत दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो। जतिखेर सीता विद्यालयमा पढाउन गइरहेकी थिइन्। , जीपको ठक्करबाट गम्भीर घाइते सीताको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज नरसिंह कलेजका लागि रिफर गरिएको थियो। उनको उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानाकरी दिए। , पानी परिरहेको समयमा दुबै सवारी तीव्र गतिमा रहेको हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको पूर्वानुमान छ। जीप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ। , ‘पानी परेको समयमा सीतालाई विद्यालय समयमै पुग्ने हतारो हुनु र जीप चालकले तीव्र गतिमा हाँकेको हुँदा दुर्घटना भएकोजस्तो देखिएको छ,’ दुर्घटनास्थल एक प्रहरी अधिकारीले भने, ‘हैन भने दुर्घटनास्थल त्यस्तो घुम्ती वा मोड भएको ठाउँ हैन।’, सीताका श्रीमान झग्गु केसी पनि शिक्षक नै हुन्।, उनी तुलसीपुर–४ स्थित गुरु जजुर नमूना उच्च मावि रक्षाचौरमा पढाउँदै आएका छन्। झग्गु एकीकृत अखिल नेपाल शिक्षक संगठनका दाङ जिल्ला अध्यक्ष पनि हुन्।, आज स्कुल पढाउन जान पाइनन् सीता
एजेन्सी भारतको झारखण्डमा एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएकी छन्। , बिबिसी हिन्दीका अनुसार झारखण्डको राँचीस्थित राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स)मा गत सोमबार २७ वर्षीया अंकिताले पाँच सन्तानलाई जन्म दिएकी हुन्।, उनी झारखण्डकै चतरा जिल्लास्थित मकलपुर गाउँकी हुन्।, स्थानीय अस्पतालले रेफर गरेपछि उनका श्रीमान् प्रकाशले ७ मेमा अंकितालाई रिम्समा भर्ना गरेका थिए। , जाँच गर्दा अंकिताको पेटमा एकभन्दा बढी बच्चा रहेको खुलेपछि चिकित्सकले विशेष निगरानीमा राखेका थिए। , अंकितालाई २२ मेमा प्रसव व्यथा लागेको थियो। लगत्तै उनले प्रत्येक आधा–आधा घन्टाको फरकमा पाँच छोरीलाई जन्म दिइन्। विवाहको सात वर्षमा एकै पटक पाँच सन्तान जन्मिएपछि प्रकाश र अंकिता दंग छन्। , पाँच बच्चालाई जन्म दिएकी अंकिताको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टर बुलिप्रियाले बिबिसीलाई बताएकी छन्।, नवजात शिशुलाई अहिले एनआइसियू वार्डमा राखिएको छ। , रिम्समा पहिलो पटक एकैसाथ पाँच बच्चाको जन्म भएको हो। यसअघि त्यहाँ एक महिलाले एकैपटक चार वटा बच्चा जन्माएकी थिइन्।  , एकभन्दा बढी बच्चा जन्मिनुलाई आश्चर्यचकित हुनुपर्ने विषय मान्नुनपर्ने डाक्टर बुलिप्रियाले बताइन्।, ‘यो सामान्य प्रक्रिया हो, महिलाको गर्भमा एकभन्दा बढी अण्डा उत्पादन हुँदा एकभन्दा बढी भ्रुण विकास हुन्छन्,’ उनले भनेकी छन्। , एकभन्दा बढी बच्चा गर्भमा रहेकाले अंकितालाई सात महिनामै सुत्केरी गराउनु परेको थियो। बच्चाहरूको तौल  सामान्यभन्दा कम छ। उनीहरूको फोक्सोसमेत कमजोर भएका कारण  एनआइसियूमा राखिएको छ। , डाक्टरले अझै केही साता उनीहरूलाई एनआइसियूमै राख्न सुझाव दिएका छन्। , विवाह गरेको सात वर्षसम्म पनि सन्तान नभएपछि अंकिताले आफ्ना श्रीमानसँग सल्लाह गरी स्थानीय अस्पतालबाट इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) विधिबाट गर्भाधान गरेकी थिइन्। , अस्पतालमा जाँचका क्रममा एकभन्दा बढी बच्चा रहेको पाइएपछि रिम्स रेफर गरेको थियो।, डाक्टर बुलिप्रियाका अनुसार अंकिता २८ औं हप्तामा अस्पताल पुगेकी थिइन्।, ‘प्रसव समय पूरा भएपछि मात्रै सुत्केरी होउन् भन्ने हाम्रो चाहना थियो तर, प्रिम्याचुअर  डेलिवरी गर्नुपर्‍यो,’ उनले  भनिन्।  , अंकिताको डेलिवरी रिम्सकी वरिष्ठ डाक्टर शशिवाला सिंह नेतृत्वको टिमले गरेको थियो। उनका तीन बच्चा सुल्टो र दुई बच्चा उल्टो बसेका थिए।, जन्मनेबित्तिकै पाँच बच्चालाई एनआइसियूमा राख्नुपर्ने भएको थियो।, अस्पतालमा एनआइसियू बेड खाली नहुँदा महंगो शुल्क तिरेर प्रकाशले दुई बच्चालाई निजी अस्पतालमा राखेका छन्। तीन बच्चा मात्रै रिम्समा छन्। , प्रकाशको आर्थिक अवस्था कमजोर छ। होटलमा काम गर्ने उनको केही समयअघि जागिर गएपछि अहिले उनी ठेलामा फुलफूल बेचेर गुजारा गरिरहेका छन्।  , उनलाई पाँच बच्चाको बाबु बन्नुको खुसीभन्दा उनीहरूलाई कसरी बचाउने भन्ने पीर छ। , १६ दिनअघि नै श्रीमतीलाई अस्पतालमा भर्ना गराइएको र गर्भमा पाँच बच्चा रहेको भन्ने थाहा हुँदाहुँदै अस्पताल प्रशासनले   एनआइसियूमा बेड नराखिदिएको प्रकाशको आरोप छ। , अस्पताल प्रशासनले भने एनआइसियू वार्ड पहिलेदेखि नै खाली नरहेका कारण प्रकाश र अंकिताका दुई बच्चालाई अन्य अस्पतालमा राख्न भनिएको जानकारी दिएको छ। , विवाहको सात वर्षपछि एकैपटक पाँच छोरीलाई जन्म दिइन् भारतकी अंकिताले
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान, विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले तनहुँ, गोरखा, धादिङ, नुवाकोट, चितवन, मकवानपुरका तटीय क्षेत्रमा बाढी आउन सक्ने पूर्वानुमान गरेको छ।, पछिल्लो तीन घण्टामा नवलपरासी, स्याङ्जा, कास्की, लमजुङ र आसपास केही स्थानमा मध्यम–भारी वर्षा भएकाले ती जिल्लाको तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको हो।, ‘पछिल्लो ३ घण्टामा नवलपरासी, स्याङ्जा, कास्की, लमजुङ र आसपास केही स्थानमा मध्यम–भारी वर्षा भएको छ। अर्को ३ घण्टा तनहुँ, गोरखा, धादिङ, नुवाकोट, चितवन, मकवानपुरका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। यी जिल्ला आसपासका खोलामा जलसतह केही बढ्न सक्ने, साना नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराखौं,’ बाढी सूचना केन्द्रले भनेको छ।, हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, देशभर  आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षा भैरहेको महाशाखाले जानकारी दिएको छ।, गण्डकी र बागमतीमा मध्यम वर्षा, ६ जिल्लाका तटीय क्षेत्रमा बाढी आउन सक्ने
एजेन्सी जापानमा बिहीबार एक जना आक्रमणकारीले दुई प्रहरीसहित तीन जनाको हत्या गरेका छन्।, जापानी सञ्चारमाध्यमहरूका अनुसार मध्य जापानको नागानोमा ती आक्रमणकारी विभिन्न व्यक्ति गोली हान्नेसँगै चक्कु घोप्ने गरेका थिए।, प्रहरीका अनुसार आक्रमणमा परी एक जना घाइते भएका छन्।, ती पुरूष आक्रमणकारीले सैनिकको जस्तो लुगा लगाएको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी सुरू गरिसकेको छ। घटना भएको नाकानो क्षेत्रमा मानिसहरूलाई अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन भनिएको छ।, जापानमा सर्वसाधारणले बन्दुक राख्न निकै कडा कानुनी व्यवस्था भएकाले गोलीकाण्ड बिरलै हुने गरेका छन्।, बिहीबारको घटनामा संलग्न व्यक्तिले किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन।  ,   , जापानमा दुई प्रहरीसहित तीन जनाको हत्या
रासस २०७८ सालको जनगणनाअनुसार जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा छ।, पहिलोमा भक्तपुर, दोस्रोमा रूपन्देही र तेस्रोमा चितवन रहेको तथ्यांक कार्यालय चितवनले जनाएको हो।, कार्यालयले बिहीबार आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार जिल्लामा २०६८ सालको जनगणनामा जनसंख्या वृद्धिदर २.०६ थियो। २०७८ सालमा २.०७ प्रतिशत छ।, त्यस्तै २०६८ सालको जनगणनामा जनघनत्व दुई सय ६१ प्रतिवर्गकिलोमिटर थियो। अहिले बढेर तीन सय २५ पुगेको छ। जिल्लाको जनसंख्या सात लाख १९ हजार आठ सय ५९ छ। तीमध्ये महिला तीन लाख ६८ हजार ७० र पुरूष तीन लाख ५१ हजार सात सय ८९ रहेको तथ्यांकले देखाएको छ।, २०६८ सालमा जिल्लाको जनसंख्या पाँच लाख ७९ हजार नौ सय ८४ थियो। पहिलेको तुलनामा एक लाख ३९ हजार आठ ७५ बढेका छन्।, परिवारको औसत आकार ४.१ रहेको भण्डारीले जानकारी दिए। जिल्लामा एक लाख ७९ हजार तीन सय ४५ परिवार बसोबास गर्दै आएका छन्। त्यस्तै स्थायी ठेगाना भएर धेरैजसो विदेश बसोबास गर्ने ४६ हजार आठ सय ६१ परिवारका ६५ हजार ६४ छन्। तीमध्ये पुरूष ५० हजार छ सय ५५ र महिला १४ हजार चार सय नौ छन्। सोह्र हजार चार सय ९६ अपांगता भएका व्यक्ति छन्। तीमध्ये आठ हजार सात सय ६७ पुरूष र सात हजार सात सय २९ महिला छन्। जिल्लाको साक्षरता दर ८३.६८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।, बाह्रौं राष्ट्रिय जनगणनाअनुसार जिल्लाको सबैभन्दा धेरै जनसंख्या भएको पालिका भरतपुर महानगरपालिका छ। भरतपुर महानगरमा मात्रै तीन लाख ६९ हजार दुई सय ६८ बसोबास गर्छन्। सबभन्दा कम इच्छाकामना गाउँपालिकामा २७ हजार छ सय ४३ बसोबास गर्दै आएको तथ्यांकमा उल्लेख छ।, यस्तै कालिका नगरपालिकामा ५२ हजार एक सय ६४, खैरहनी नगरपालिकामा ६७ हजार तीन सय ८५, माडी नगरपालिकामा ३८ हजार दुई सय ९५, राप्ती नगरपालिकामा ६६ हजार छ सय १७, रत्ननगर नगरपालिकामा ८९ हजार नौ सय पाँच रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय जनगणनाको तथ्यांकले नीति निर्माणमा सहयोग पुग्ने बताए। यो तथ्यांकका आधारमा नीति निर्माण तथा विकास निर्माणमा सहयोगी बन्ने भन्दै उनले यस्ता तथ्यांकको सही सदुपयोग हुन आवश्यक रहेको बताए।, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस्ता तथ्यांकलाई अझै विस्तृत रूपमा केलाउन सके समाजको विकासमा सहयोगी बन्ने बताए।, जनसंख्या वृद्धिका हिसाबले चितवन तेस्रो
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, बबी तामाङले त्यो दिन आफ्नो छोटो कपाल बाँधेकी थिइन्। केटाको जस्तो पाइन्ट, ज्याकेट र जुत्ता लगाएकी उनको काँधमा झोला थियो। झट्ट हेर्दा केटाजस्तै देखिन्थिन्।, अरू बेला त उनी केटीकै हुलियामा हिँड्छिन्। त्यो दिन अलग रूपमा भेटिइन्।, बबीले कारण खुलाउँदै भनिन्, 'म आफन्तको घर जान लागेको। उनीहरूको घर जाँदा केटाकै रूपमा जान्छु। उनीहरूलाई म ट्रान्सवुमन (पारलैंगिक महिला) हुँ भन्ने थाहा छैन। यसबारे भनिरहनुभन्दा केटाजस्तै बनेर भेट्न सहज लाग्छ।', बबी काभ्रेपलाञ्चोककी स्थायी बासिन्दा हुन्। परिवारको कान्छो सन्तानका रूपमा जन्मिएकी उनको लैंगिक पहिचान छोरो थियो। तर सानै उमेरमा उनलाई केटीको जस्तो लुगा लाउन मन लाग्थ्यो। आमाको फरिया बेर्थिन्। साथी पनि केटीहरू नै बनाउँथिन्।, उनको परिवार ज्यालादारी कामको भरमा पालिएको थियो। आमाबुबाले उनलाई स्कुल भर्ना गरिदिए पनि पढाइ चार वर्ष मात्रै चल्यो। कमजोर आर्थिक अवस्थाले घरमा सबैलाई सकेजति कमाउनुपर्ने चटारो थियो।, १३ वर्षकी हुँदा बबी काठमाडौं आइन्। गाउँकै एक चिनारूले गलैंचा बुन्ने काममा लगाइदिएका थिए। तीन वर्ष गलैंचा बुनेपछि उनी सुन्धाराको एउटा सानो होटलमा भाँडा माझ्न थालिन्। काठमाडौं आएपछि उनले आफ्नो हुलिया केटीकै जस्तो बनाइसकेकी थिइन्। होटलमा काम गर्दा त किशोरी नै भएर गइन्।, 'एक दिन अचानक होटल साहुको छोराले मेरो शरीरमा हात लगायो। यौन दुर्व्यवहार गर्‍यो,' बबीले सम्झिन्।, साहुका छोराको व्यवहारले बबी जिल्ल परिन्। त्यो बेला यौन दुर्व्यवहारबारे उनलाई थाहा थिएन तर साहुका छोरालाई झपारिन्।, 'अबदेखि मलाई छोयौ भने ठीक हुँदैन भनेँ। उसले फेरि त्यस्तो आँट गरेन,' बबीले भनिन्।, होटलमा काम गर्नु नपर्ने समयमा उनी रत्नपार्कतिर जान्थिन्। यही क्रममा उनले आफूजस्तै दुई जना पारलैंगिक महिला भेटिन्। उनीहरूसँग भेट बाक्लिँदै जाँदा बबीले यौनिक तथा लैंगिक समुदायबारे थाहा पाइन्। उनलाई आफ्नो यौनिक पहिचान थाहा भएको पनि त्यही बेला हो।, आफू पारलैंगिक महिला हुँ भन्ने पक्का भएपछि उनको वर्षौंको अलमल र दुविधा अन्त्य भयो।, रत्नपार्कमा भेटिएका तिनै दुई महिलामार्फत बबी बानेश्वरस्थित एक रेस्टुरेन्टमा नाच्ने काम गर्न थालिन्। चार वर्षदेखि गरिरहेको होटलको काम छाडिदिइन्।, २०५८ सालको कुरा हो। उनी साँझ पाँच बजेदेखि रातको १२ बजेसम्म रेस्टुरेन्टमा नाच्थिन्। कहिलेकाहीँ रातको एक पनि बज्थ्यो। नाच्ने काम थालेको एक महिनापछि दरबार हत्याकाण्ड भयो। सुरक्षा व्यवस्था कडा पारियो। चोकचोकमा सैनिक र प्रहरीले मान्छेलाई रोकेर केरकार गर्न थाले।, बबीका अनुसार एक दिन नाच्ने काम सकेर उनीसहित चार जना सुन्धारातर्फ फर्किरहेका थिए। बाटोमा प्रहरी टोली भेटियो। प्रहरीले उनीहरूलाई एकछिन केरकार गर्‍यो। अनि थुनामा हाल्यो। , 'हाम्रो केही गल्ती थिएन। कामबाट फर्किरहेका थियौं। केही नगरे पनि प्रहरीले लगेर थुन्यो,' बबीले भनिन्, 'त्यस बेला प्रहरीले धेरै दुःख दियो।', केही समयपछि उनीहरू थुनामुक्त भए। बबीले रेस्टुरेन्टमा नाच्ने काम छाडिन्। भइरहेको रोजगारी छुटेपछि मुश्किलका दिन सुरू भए। रेस्टुरेन्टमा काम गर्दा छाक टार्न गाह्रो थिएन। कामै नभएपछि के खाने? उनले धेरै ठाउँमा काम खोजिन्। कहीँ जुरेन। भोकै पर्ने अवस्था भयो। उनले काठमाडौं नै छाड्ने निर्णय गरिन्।, काठमाडौंबाट निस्केर भारत जाने सोच थियो। केही पैसा ऋणपान गरेर जुटाइन्। यो योजना पनि सोचेजस्तो भने भएन। बुटवल पुगेकी थिइन्, उनलाई भारतको बाटो पक्डिनै मन लागेन। बरू बुटवलमै काम खोज्न थालिन्। काम पाउनु काठमाडौंमा न बुटवलमा, सास्ती उस्तै थियो।, भोको पेटमा अनेक हन्डर खाएपछि बबी अन्ततः यौनकर्मी बनिन्।, 'कुनै काम नपाएपछि बाध्यताले सेक्सवर्कर (यौनकर्मी) बनेँ,' बबीले भनिन्, 'मलाई त्यति बेला कसरी पैसा कमाएर पेटभरि खाने भन्ने मात्र थियो। त्यसैले जे गर्न पनि तयार भएँ। शरीर बेच्ने रहर थिएन। बाध्यताले मान्छेलाई जे पनि गराउने रहेछ।', यौनकर्मका लाग्नेले शृंगार गरेर बस्नुपर्थ्यो। सुरूका दिनमा यी सामान जुटाउन पनि बबीसँग पैसा भएन। एचआइभी एड्स र अरू यौनजन्य सरूवा रोगको जोखिम हुन्छ भन्नेबारे थाहा पनि थिएन। सुरक्षाका उपायबारे झन् थाहा हुने कुरै भएन।, चुनौती र स्वास्थ्यका लागि ठूलो जोखिम मोल्दै बबी यौनकर्ममा होमिएकी थिइन्। , 'ती दिन सम्झिँदा शरीरमा काँडा उम्रेजस्तो हुन्छ। यौनइच्छा पूरा गर्न आउनेहरू मनपरी गर्थे। मान्छे नै ठान्दैन थिए। हाम्रो पीडा बुझ्ने कुरै भएन,' बबीले भनिन्, 'केही पुरूष बढी बल गर्थे। कोही आफ्नो इच्छा पूरा भएपछि पैसा नदिई जान्थे। पैसा माग्दा मार्ने धम्की दिन्थे।', त्यो समयमा बबीलाई प्रेम प्रस्ताव राख्नेहरू पनि आउँथे। उनले कहिल्यै कसैको विश्वास गरिनन्।, 'मलाई थाहा थियो, हामीजस्ता मान्छे कसैको प्रेमिका, श्रीमती हुन सक्दैनौं भन्ने। पुरूषहरू आफ्नो यौन प्यास मेटाउन मात्र त्यसो भन्थे,' उनले भनिन्।, केही समय यौनकर्ममा लागेपछि बबीलाई एउटा प्रश्नले सताउन थाल्यो– के अब जिन्दगीभर यसै गरी बाँच्ने?, उनीसँग आफ्नै प्रश्नको जवाफ थिएन। कामको अर्को उपाय पनि थिएन। उनलाई अर्को काम पाइँदैन होला, जीवन यसरी नै सकिन्छ होला जस्तो लाग्थ्यो। , सन् २००१ मा लैंगिक तथा यौनिक अल्पसंख्यकको हकहित पैरवी गर्ने संस्था नीलहीरा समाज (ब्लुडाइमन्ड सोसाइटी) स्थापना भएको थियो। बबी एक साथीमार्फत उक्त संस्थामा पुगिन्।, यसै दिन बबीको जीवनले नयाँ घुम्ती लियो। उनले संस्थाकै कार्यालयमा काम गर्ने अवसर पाइन्। यौनकर्म त्यागिन्। यौनकर्म छाडेका दिन उनलाई पिँजडाबाट मुक्त भएर खुला आकाशमा उडेजस्तो लाग्यो।, 'त्यो काम छाडेको दिन आफूलाई चराजस्तै महसुस गरेँ,' उनले भनिन्।, बबीले नीलहीरा समाजमा काम गर्दै पढ्ने अवसर पनि पाइन्। उनको खुसी फर्कियो। पहिलेका दुःख बिर्सिन सजिलो हुँदै गयो। नीलहीरा समाजमा काम सुरू गरेपछि आफूप्रति मानिसहरूको दृष्टिकोण पनि बदलिएको महसुस भयो।, उनीसँग पुरूष नामको नागरिकता प्रमाणपत्र छ। लैंगिक पहिचानमा पुरूष लेखिएको छ। उनी 'अन्य' लेखाएर नागरिकता बनाउन चाहन्छिन्। तर सरकारी कार्यालयमा धेरै झमेला भएकाले नागरिकता सच्याउन नसकेको उनले बताइन्।, बबीले नीलहीरा समाजबाट विदेशयात्राको अवसर पनि पाएकी छन्। उनी पहिलोपटक सन् २०१२ मा थाइल्यान्ड पुगिन्। त्यहाँ उनले यौनकमीहरू सम्मानजनक रूपमा बाँचेको देखिन्। त्यहीँ उनले कुनै समय आफू पनि यौनकर्मी थिएँ भन्ने कुरा निर्धक्क भएर पहिलोपटक सुनाइन्।, 'थाइल्यान्ड गएपछि मैले यौनकर्म पनि एउटा काम हो, कसैले यो पेसा अपनाउँछ भने त्यसमा केही गलत छैन भन्ने बुझेँ,' उनले भनिन्।, थाइल्यान्डपछि बबी संस्थागत प्रतिनिधित्व गर्दै अस्ट्रेलिया पुगिन्। त्यहाँ आयोजित एक सम्मेलनमा पनि आफ्नो जीवनका अनुभवहरू सुनाइन्। विदेश गएपछि कानुन के हो, आफ्नो अधिकार के हो, आफ्नो अधिकारका लागि आफैं बोल्नुपर्छ भन्ने कुरा उनले बुझेकी हुन्। हाल उनी नेपालमा यौनकर्म गरिरहेका व्यक्तिको हितका लागि काम गर्छिन्, आवाज उठाउँछिन्।, 'म जे हुँ र जुन समुदायमा छु, त्यसमा गर्व छ,' बबीले भनिन्।, 'म जे हुँ र जुन समुदायमा छु, त्यसमा गर्व छ'
सेतोपाटी संवाददाता बलात्कार अभियोगमा प्रहरी हिरासतमा परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम पदबाट निलम्बित भएका छन्। , क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई निलम्बित गरेको क्याम्पस प्रमुख शिव वलीले सेतोपाटीलाई जानकारी दिए। , क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुखसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख वलीले बताए।, लमही नगरपालिका वडा नं. ५ – रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते  दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए। , देउखुरीकै एक प्राविधिक शिक्षालयमा अध्ययनरत छात्रा पनि विगत दुई वर्षदेखि लमही–५ रातो डाँडामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।, पीडितले घटना भएकै दिन वडा प्रहरी कार्यालय पुगेर गौतमविरूद्ध किटानी जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको थियो। , जेठ ९ गते जिल्ला अदालतले गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको थियो।, आरोपितले पीडित भनिएकी युवतीकै सहमतिमा यौनसम्पर्क गरेको प्रहरीसमक्ष दाबी गर्दै आएको एक प्रहरी अधिकारीले बताए।, बलात्कार आरोपित शेषमणि गौतम उपप्राध्यापकबाट निलम्बित
निशा भण्डारी कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएका छन्।, उनलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको छ।, सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्किएका कामिरितालाई शुभेच्छुकहरूले भव्य स्वागत गरेका हुन्।, फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन्।, यसअघि २७ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो।, उनको त्यो रेकर्ड पासाङ दावा शेर्पाले सोमबार बिहान तोडिदिएका थिए। आफ्नो विश्व कीर्तिमान तोडिएपछि कामिरिता फेरि सगरमाथाको चुचुरोमा पुगेका थिए।, सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा अहिले ५३ वर्षका भए। उनी पहिलोपटक सगरमाथा चढ्दा कामिरिता २४ वर्ष थिए।, तस्बिरहरू:, फेरि सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका कामिरितालाई काठमाडौंमा भव्य स्वागत (तस्बिरहरू)
नवीनबाबु गुरूङ वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा भोटो देखाउने जात्रा आज अपराह्न ललितपुरमा सम्पन्न भएको छ।, रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन आज भोटो देखाइएको हो।, जावलाखेलमा आज विशेष समारोहकाबीच भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भयो।, भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई भोटो अवलोकन गरे।, भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आइजिपी बसन्त कुँवर, ललितपुरका मेयर चिरीबाबु महर्जन, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए।, भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ।, कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए।, त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद ग्रहण गरे। भोटो देखाएसँगै उपत्यकाको सबभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ।, तस्बिरहरू:, तस्बिरमा हेर्नुस् जावलाखेलमा भोटो जात्राको रौनक
सेतोपाटी संवाददाता विराटनगरमा चोरी गरेको सुन र चाँदी बेच्न भारतीय बजार जाँदै गर्दा तीन जना युवा प्रहरीको फन्दामा परेका छन्।, पटकपटक चोरी आरोपमा पक्राउ परेका विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास पेसेवर चोरीमा संलग्न गिरोह रहेको प्रहरीले जनाएको छ।, उनीहरूमाथि जेठ ३ गते राती ९ः४५ बजे विराटनगर-३ पिपलचौकस्थित जयकिशोर चौधरीको घरबाट बीस तोला सुन र ३६ किलो चाँदी चोरी गरेको आरोप छ। चोरी गरेको एक हप्तापछि चाँदी बेच्न भारत लैजाने क्रममा उनीहरूलाई विराटनगर १२ कोशी प्रोजेक्टबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।, प्रहरीले उनीहरूको साथबाट ३६ किलो चाँदी, आठ ग्राम सुन, २ हजार ५ सय भारू नगद, १ हजार ७३० नेपाली रूपैयाँ बरामद गरेको छ।, चोरी गरेको बीस तोला सुन भारतको जोगबनीमा बिक्री गरेको पक्राउ परेका उनीहरूले बयानको क्रममा प्रहरीलाई बताएका छन्। उनीहरूले जोगबनीमा उक्त सुन ७ लाख रूपैयाँमा बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताए।, 'घरको ढोका फोरेर भित्र प्रवेश गरेको १५ मिनेट भित्रमा चोरेर सुन र चाँदी झोलामा हालेर फरार भएको खुलेको छ,' उनले भने, 'त्यसपछि चोरी गरेको सामानसहित तीनै जना हाटखोलास्थित एक होटलमा तीन दिन बसेको खुलेको छ।’ , पक्राउ परेका तीन जना चोरी भएको घरका छिमेकी हुन्। उनीहरूले पहिलादेखि घर रेकी गरेर कोही नभएको मौका छोपेर चोरी गरेको प्रहरीले जनाएको छ।, 'चोरीमा पक्राउ परेका प्रतिवादीहरू अरू चोरीको घटनामा पनि संलग्न रहेको हुनसक्न भएकाले हामीले त्यस विषयमा पनि अनुसन्धान सुरू गरेका छौं,' एसपी पोखरेलले भने।, पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए। विवेक कामत चोरी मुद्दामा यसअघि २०७९ साउन २२ गतेदेखि नौ महिना कैद भुक्तान गरेपछि वैशाख २८ गते छुटेका थिए। श्रीकान्त दास डाँकाचोरी मुद्दामा २०७७ पुस २९ गते बीस महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका थिए। कारगारबाट कैद भुक्तान गरेपछि उनीहरू पुरानै धन्दामा लागेको पाइएको छ।, चोरेको गहना बेच्न भारत लैजाँदै गर्दा तीन जना पक्राउ
सेतोपाटी संवाददाता शुक्रबार मौसममा तुलनात्मक रूपमा सुधार आएको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ। , पश्चिमी र स्थानीय वायुकाे प्रभावले दिउँसो काेशी, बागमती  र गणडकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ। काठमाडाैं उपत्यकामा पनि दिउँसाे पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। , 'विहानको मौसम हिजोको तुलनामा सफा नै छ। तर, दिउँसाेसम्म बादल लागेर पानी पर्ने सम्भावना देखिएको छ,' उनले भनिन्। पश्चिमी न्यूनचापीय प्रणाली पूर्वतिर सर्दै गरेकाले बागमती, गण्डकी र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना देखिएको उनको भनाइ छ। , त्यस्तै कोशी र मधेश प्रदेशका तराईका भूभागहरूमा हावाहुरीको पनि सम्भावना छ।, राती पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको मौसमविद्  मानन्धरले जानकारी दिइन्। , यस्तो छ आजको मौसम
रासस दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ।, उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ।, उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ। , गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएका तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिए।, उपमहानगरले पक्की घरको एक हजार रुपैयाँ, कच्ची घरको पाँच सय रुपैयाँ, अव्यवस्थित बसोबासीका लागि एक सय रुपैयाँ, भूमिहीन दलितका लागि  ५० रुपैयाँ र भूमिहीन सुकुमबासीका लागि रु ५० वार्षिक कर निर्धारण गरेको छ। , ‘ऐलानी जग्गामा घर बनाएकाले अभिलेखीकरण गर्नुपर्छ’, घर्तीले भने।, असार मसान्तसम्म करको दायरामा आउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।, घरको नक्सापास गर्ने प्रक्रियाका लागि विभिन्न कन्सलटेन्सीले सेवाशुल्क फरक–फरक लिने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले छानबिन गर्ने भएको छ।, प्रवक्ता माधव वलीको संयोजकत्वमा समिति गठन गरिएको छ। यस्तै बैठकले तुलसीपुरका १३ विद्यालयलाई कक्षा थपको अनुमति दिएको छ।, नौ सामुदायिक र चार संस्थागत विद्यालयलाई कक्षा थपको अनुमति दिएको प्रवक्ता वलीले जानकारी दिए।, तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने
सेतोपाटी संवाददाता बागमती प्रदेश सरकारले सवारी भाडा घटाएको छ।, डिजेलको मूल्य घटेसँगै बागमती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो।, यसअघि ५ किलोमिटरसम्मको सवारी भाडा २० रूपैयाँ काय गरिएकामा १ रूपैयाँ घटाएर १९ रूपैयाँ कायम गरिएको छ।, त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ रूपैयाँ कायम गरिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।, २० किलोमिटरभन्दा माथिको भाडा दुई रूपैयाँ घटाइएको छ। यसअघि ४० रुपैयाँ कायम भएकोमा अब ३८ रूपैयाँ तोकिएको छ।, अन्तर प्रदेश पनि सवारी भाडा समायोजन गरिएको छ। काठमाडौं नारायणगढको भाडा ६३७ कायम गरिएको छ। यसअघि ६६४ कायम थियो।, बल्खु, दक्षिणकाली हेटौडाको भाडा पनि २७ रूपैयाँले घटाइएको छ। यसअघि ६५१ कायम भएकामा अहिले ६२४ तोकिएको छ।, काठमाडौं, गल्छी, त्रिशूली, धुन्चेको भाडा पनि १९ रूपैयाँले घटेको छ। यसअघि ४३६ रुपैयाँ लिँदै आएकामा ४१७ रूपैयाँ कायम गरिएको छ।, हेर्नुहोस् समायोजित भाडा, बागमती प्रदेशमा कति घट्यो भाडा? (सूची)
सेतोपाटी संवाददाता दाङको घोराहीमा ६० बर्षीया वृद्धमाथि धारिलो हतियार प्रहार भएको छ।  , जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारकी ६० बर्षीया राकीमाया रोकामाथि बिहीबार अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी उनको सुन र मोबाइल लुटेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए। , उनका अनुसार धारिलो हतियार प्रहारबाट राकीमायाको ढाड, टाउको, घाँटीमा चोट लागेको छ।, गम्भीर घाइते राकीमायालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्‍याइएको थियो। त्यहाँबाट रेफर गरी भैरहवामा उपचार भइरहेका प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।  , बुधबार घरमै बसिरहेको अवस्थामा अपराह्न साढे चार बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी सुनको सिक्री र मोवाइल लुटेर भागेको प्रहरी निरीक्षक न्यौपानेले बताए। , उनी छोरीसंग बस्थिन्। त्यसदिन घरमा कोही नभएको मौका छोपेर धारिलो हतियार प्रहार गर्नुका साथै लुटपाट भएको हो। , तीन दिन पुग्दासम्म प्रहरीले आक्रमण र लुटपाटमा संलग्न ब्यक्तिको पहिचान गरि पक्राउ गर्न सकिरहेको छैन। प्रहरीले शंका लागेका केही व्यक्तिहरूलाई सोधपुछ गरिरहेको प्रहरी निरीक्षक न्यौपानेले बताए। , मोबाइल र सुन लुट्न ६० वर्षीया वृद्धामाथि धारिलो हतियार प्रहार
रासस पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ।, बजारमा जनघनत्व बढ्दो छ। गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।, वर्षौ‌ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन। बजारको फोहर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन। , ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ। ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहर व्यवस्थापन गर्दै आएको छ।, त्यसअघि भूजीखोलामा फोहर व्यवस्थापन गर्ने गरिएको थियो। अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहर खोलामा बग्ने गरेको छ।, अव्यवस्थितरूपमा व्यवस्थापन गरेको फोहर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ। , फोहरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन्।, फोहरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ।, अहिले फोहर व्यवस्थापन गर्दैगरेको ठाउँ नगरपालिकाको वडा नं ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ।, सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ ।, बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन्।, पैदलयात्रुलाई फोहरको दुर्गन्धले समस्या भएको छ।, बुर्तिबाङबजारको फोहर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ।, कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फाल्ने गरिएको छ।, साँघुरो ठाउँ हुँदा फोहर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताए।, फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उनको भनाइ छ।, ‘बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौं, हालसम्म पाएका छैनौं’, उनले भने।, सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताए।, वरपरको क्षेत्र दुर्गन्धित बनिरहेको उनको भनाइ छ।, सिर्पाली भन्छन्, ‘फोहर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्यो भने सबै फोहर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ।’, बुर्तिबाङ बजारको फोहरले तमानखोला र भूजीखोला विषाक्त
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिका सीता लम्सालको  मृत्यु भएपछि उनका आफन्तले तुलसीपुरको पुल्चोक सडक बन्द गराएका छन्। , उनीहरूले उचित क्षतिपूर्तिको माग गर्दै बिहान पौने ९ बजेदेखि सडक बन्द गराएको तुलसीपुर बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्यले जानकारी दिए। , सीता शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षिक थिइन। , शनिबार स्कुटर चलाएर विद्यालय जाँदै गरेकी उनलाई  हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको जीपले दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपालगञ्ज नरसिंह  कलेजमा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको थियो।  , मृतकको शब तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको छ। उचित क्षतिपूर्ति नतोकिएसम्म सीताका आफन्तले पोष्टमर्टम गर्न सहमत नभएपछि प्रहरीले दुबै पक्षलाई राखेर वार्ता गरको छ। , वार्तामार्फत समस्या समाधान गराई मृतकको पोष्टमर्टमको प्रक्रिया अगाडि बढाउने र अवरूद्ध सडक खुलाइने प्रहरी निरीक्षक केसीले बताए। , सडक खण्ड बन्द भएपछि सवारी साधन र यात्रु सडकमै रोकिएका छन्। , सम्बन्धित समाचारः, आज स्कुल पढाउन जान पाइनन् सीता, क्षतिपूर्ति माग गर्दै सीताका आफन्तले अवरूद्ध गरे तुलसीपुरको पुल्चोक सडक
रासस सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ।, सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो।  , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्।, उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। गदालले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। , युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।, गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ।, गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ।, बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।, हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।, खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते
सेतोपाटी संवाददाता गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक डा. समिर केसीलाई स्पष्टीकरण सोधेको छ।, नेपाल एपिएफ अस्पतालमा कार्यरत केसी गत चैत १३ गतेदेखि अस्पतालमा अनुपस्थित छन्।, कसैलाई कुनै किसिमको जानकारी नगराई लामो समयदेखि गैर हाजिर रहेकोले केसीलाई स्पष्टीकरण सोधिएको हो।, केसीलाई सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको तयारीसमेत भएको छ।, गैरहाजिर रहेको मनासिब कारण ७ दिनभित्र पेश गर्नसमेत केसीलाई मन्त्रालयले आग्रह गरेको थियो। तर केसी सम्पर्कमा आएका थिएनन्।, केसीलाई विभागीय सजाय किन नदिने, दिनु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक ७ दिनभित्र मन्त्रालयमा स्पष्टीकरण पेश गर्नसमेत मन्‍त्रालयले सूचना प्रकाशित गरेर जानकारी गराएको छ।, गृहले सोध्यो इन्स्पेक्टर डा. समिर केसीलाई स्पष्टीकरण
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा भोलि (बुधबार) अदालतमा दर्ता गरिने भएको छ। , सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोजनको काम नसकिएको भन्दै भोलिमात्रै मुद्दा काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरेको हो। , सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले सोमबार अभियोजनको काम नसकिएकाले मंगलबार उक्त काम सकिने जानकारी दिए। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो अनुसन्धान प्रतिवेदन कार्यालयलाई बुझाएको थियो। , लामो अनुसन्धान भएकाले पनि समय लागेको न्यौपानेले बताए। , चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान सोमबार मात्रै टुंगिएको हो। प्रहरीले ठगी तथा संगठित अपराध कसूरमा अनुसन्धान अघि बढाएको यस प्रकरणमा ६० दिनमा मुद्दा दर्ता गर्नुपर्ने बाध्यता छ। , यस्तै हिरासतमा रहेका १६ जनालाई पनि एक दिनको म्याद थप गराउनुपर्ने भएको उनले बताए। उनीहरूलाई आजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्ने पनि तयारी छ। , प्रहरीले प्रतिवेदन बुझाउँदा विशेष गरी तीन वटा कसुरमा मुद्दा लग्नुपर्ने सुझाव दिएको छ। , ठगी, संगठित अपराध र राज्यविरूद्धको कसूरमा मुद्दा लग्न प्रस्ताव गरेको हो। यसमा प्रहरीले १२ जनाभन्दा बढीलाई फरार प्रतिवादीको रूपमा पेश गरेको छ। , नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अदालतमा भोलिमात्रै दर्ता गरिने
सेतोपाटी संवाददाता गणतन्त्रले नेपालमा महिलाहरूलाई राष्ट्र प्रमुखसम्म बन्न मद्दत पुर्‍याएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताएकी छन्।, केही समय अघिसम्म परिकल्पना समेत नगरिएको कुरा अहिलेको गणतान्त्रिक समाजमा सम्भव भएको उनको भनाइ हो। , 'कतिपय मानिसबाट गणतन्त्रले के दियो भन्ने प्रश्न उठ्न थालेको छ,' मन्त्री शर्माले भनेकी छन्, 'म थोरै पुराना कुरा सम्झन चाहन्छु। हामीले महिला आन्दोलन संगठीत गर्दा विभिन्न देशका महिला नेताको नाम लिएर नेपालमा त्यस्तै महिला नेता स्थापित गर्नुपर्छ भनेर प्रशिक्षित गर्थ्यौं। तर त्यो बेलामा नेपालमा महिला पनि राष्ट्र प्रमुख बन्न सक्छन् भनेर कल्पना गर्ने स्थिति थिएन। आज जन्मिने हरेक छोरीहरूले राष्ट्र प्रमुख, सभामुख, न्यायालय प्रमुख बन्ने सपना देख्न सक्छन्। यो गणतन्त्रको देन हो।', महिलासँगै दलित, जनजाति, मधेशी, मुश्लिमलगायत हेपिएका र दबाइएका समुदायको उपस्थिति अहिले राजनीतिक र प्रशासनिक नेतृत्वमा बढिरहेको छ। यो पनि गणतन्त्रकै देन रहेको उनको भनाइ छ। , प्रवक्ता शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवन रुपान्तरणमा लाग्नु राजनीतिक र सञ्चार क्षेत्रको साझा दायित्व भएको बताएकी छन्।, दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो 'रेडियो सगरमाथा'को २७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले राजनीतिक र सञ्चार क्षेत्र दुवैको सहकार्यमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसलाई संस्थागत गर्दै यसको माध्यमबाट जनताको जीवन रुपान्तरण गर्ने साझा दायित्व बाँकी रहेको बताएकी हुन्।, प्रविधिको विकाससँगै सूचना प्रवाह गर्ने माध्यमको संख्यामा वृद्धि हुँदै गए पनि रेडियोप्रतिको विश्वसनीयता कम नभएको उल्लेख गर्दै मन्त्री शर्माले प्रविधिको प्रयोग बढाउँदै रेडियो प्रसारणको दायरा पनि वृद्धि गर्ने अवसर प्राप्त गर्ने बताइन्। , 'हिजो रेडियो प्रसारणको पहुँच सानो क्षेत्रमा सीमिति थियो। तर आज देशको कुनै एउटा कुनाबाट प्रसारण हुने रेडियोहरु इन्टरनेट र मोबाइल एपको माध्यमबाट संसारभरि सुन्न सकिने स्थिति आएको छ,' उनले भनिन्, 'प्रविधिको विकासलाई अवसरको रूपमा प्रयोग गर्दै रेडियो डिजिटलाइजेसन गर्नुपर्ने ध्यान दिनुपर्ने बेला आएको छ। यसमा आवश्यक पर्ने नीति, नियम पुनरावलोकन गरेर सहजीकरण गर्न सरकार तयार छ।', गणतन्त्रले महिलालाई राष्ट्र प्रमुख बन्ने सपना देख्न सम्भव बनाएको छ-मन्त्री शर्मा
नारायण खड्का दाङको सिद्धपृथ्वी जनता माध्यमिक विद्यालयमा दुई जना निमित्त प्रध्यानाध्यापकबीच कुर्सी खोसाखोस भएको छ।, उक्त विद्यालयमा दुई जना निमित्त प्रअका कारण विवाद भएको थियो। विद्यार्थी र अरू शिक्षकले आन्दोलन गरेका थिए। विद्यार्थीको आन्दोलन सोमबारदेखि फिर्ता भए पनि विद्यालयका दुई निमित्त प्रअबीच लफडा भने रोकिएको छैन। , ‘विद्यार्थीले गेटमा लगाएको ताला दोस्रो दिन नै खोलेर सुझबुझ देखाए,’ एक अभिभावकले भने, ‘तर शिक्षक बीचको लफडा कायमै छ र उनीहरूले रमिता देखाइरहेका छन्।’ , विद्यार्थीले गेटमा ताला लगाएपछि सोमबारदेखि नै विद्यार्थी तथा शिक्षक विद्यालयमा प्रवेश गर्न पाएका थिए भने पढाइ पनि सुरू भएको थियो। , मंगलबारदेखि प्रशासनमा लगाएको ताला पनि खुलेको भए पनि दुई निमित्त प्रअबीच कुर्सीको छिनाझम्टी कायमै रहनु लज्जाको विषय बनेको ती अभिभावकले बताए। , दंगीशरण गाउँपालिकाले उक्त माविमा वैशाख ११ गते  बाबुराम अधिकारीलाई निमित्त प्रअमा नियुक्त गरेको थियो। विद्यालय व्यवस्थापन समितिले भने अर्का शिक्षक चन्द्रलाल जैसीलाई निमित्त प्रअ नियुक्त गरेको थियो।  व्यवस्थापन समितिको निर्णयलाई चुनौती दिँदै गाउँपालिकाले अधिकारीलाई निमित्त प्रअ बनाएपछि जैसीले व्यवस्थापन समितिका अध्यक्ष लीलाधर वलीलाई गुहारेका थिए। , अध्यक्ष ओलीले मंगलबार अधिकारी पढाउन कक्षा कोठामा गएका बेला जैसीलाई निमित्त प्रअको कुर्सीमा बसालेका थिए। , बाबुराम कक्षाकोठाबाट फर्किँदा उनको कुर्सीमा जैसी बसेको देखेपछि तनाव सिर्जना भएको हो। , ‘मलाई तपाईं नै सिनियर हो र तपाईं नै निमित्त प्रअको कुर्सीमा बस्न योग्य हुनुहुन्छ भनेर विद्यालयका शिक्षक साथीहरू र विद्यार्थी भाइ-बहिनीहरूले लगेर प्रअको कुर्सीमा बसाल्नुभएको हो,’ बाबुराम अधिकारीले सेतोपाटीसँग भने, ‘खुसीयालीमा उहाँले मलाई खादा माला र अबिर लगाएर स्वागत गर्नु भए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आएर फेरि म पढाउन गएको समयमा अर्कै शिक्षकलाई त्यहाँ बसाल्नुभएको रहेछ।’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आएर आफूलाई अपहेलना गरेको पनि उनले गुनासो गरे। , ‘तपाईं प्रअको कुर्सीमा नबस्नु होला र तपाईं‌ त्यहाँ बस्न पाउनु हुन्न बसे राम्रो पनि हुन्न भनेर अध्यक्षज्यूले भन्नुभयो,’ उनले भने, ‘तपाईंलाई हामी चिन्दैनौं भनेर थर्काउनुभयो।’, सिनियर शिक्षकका रूपमा आफूलाई गाउँपालिकाले निमित्त प्रअका रूपमा नियुक्त गरेको र विद्यालयका शिक्षक तथा विद्यार्थीले लगेर कुर्सीका बसालेको हुँदा आफूबाट कुनै गल्ती नभए पनि अपमानित गर्ने किसिमले बलजफ्ती गर्नु राम्रो नभएको अधिकारीले गुनासो गरे।, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले कसैको उक्साहटमा अधिकारी प्रअको कुर्सीमा बस्न खोज्नु राम्रो नभएको हुँदा आफूलाई बोलाएपछि गएर जैसीलाई त्यहाँ बसालेको बताए।  , ‘म काम विशेषले घोराही जाँदै थिएँ,’ अध्यक्ष वलीले भने, ‘मलाई चन्द्रलाल सरले मेरो कुर्सीमा अर्कै व्यक्ति बसेको भन्ने गुनासो गरेपछि विद्यालयमा गएर चन्द्रलाल सरलाई नै उक्त कुर्सीमा बसालेको हुँ।’, वली गत निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्ष उम्मेदवार बनेका थिए तर पराजित भए। जैसी एमालेनिकट शिक्षक संगठनका गाउँपालिका अध्यक्ष हुन्। त्यही भएर सिनियर शिक्षक हुँदाहुँदै व्यवस्थापन समितिले उनलाई गत माघमा निमित्त प्रअ नियुक्त गरेको थियो। , दंगिशरणका गाउँपालिका अध्यक्ष शम्भु गिरी कांग्रेसबाट निर्वाचित भएका हुन्। त्यही भएर गाउँपालिकाले व्यवस्थापन समितिको निर्णयभन्दा फरक निर्णय गरेर अधिकारीलाई निमित्त प्रअ नियुक्तिको पत्र दिएको हो। जैसी निमित्त प्रअ भएपछि सिनियर शिक्षक हुँदाहुँदै जुनियरलाई निमित्त प्रअ दिएको भनेर गाउँपालिकामा उजुरी दिएका थिए। , व्यवस्थापन समितिका अध्यक्ष वलीले भने निमित्त प्रअ नियुक्त गर्ने अधिकार आफूलाई भएको हुँदा सोही अधिकार प्रयोग गर्दै जैसीलाई निमित्त प्रअको जिम्मेवारी तोकेकाले पालिकाले निमित्त प्रअको जिम्मेवारी तोकेका व्यक्तिलाई आफूहरूले नचिन्ने प्रतिक्रिया दिए । , ‘हामीले बाबुरामजीलाई हप्ता दिन पहिले नै स्पष्टीकरण सोधेका थियौं र उहाँले अहिलेसम्म पनि त्यसको जवाफ दिनुभएको छैन,’ अध्यक्ष वलीले भने, ‘जबसम्म उहाँले स्पष्टीकरणको जवाफ दिनुहुन्न तबसम्म विव्यसले उहाँलाई चिन्दैन र उहाँलाई प्रअको कुर्सीमा बस्ने अधिकार रहँदैन।’, निमित्त प्रअ जैसीले माघमै आफूलाई विवसले निमित्त प्रअमा नियुक्त गरेको र उहिलेदेखि नै आफूले काम गर्दै आएको हुँदा एकाएक अर्कै व्यक्ति आफ्नो कुर्सीमा बस्न नमिल्ने बताए। , ‘म विद्यालय नपुग्दै बाबुरामजी विद्यालय गई मेरो नामको नेम प्लेट हटाई मेरो कुर्सीमा खादा माला लगाएर बसेको देखेपछि म त आश्चर्यमा परेको थिएँ,’ जैसीले भने ‘अनि मैले मेरो पद र कुर्सीको अपमान भएको ठानी विद्यालय व्यवस्थापन समितिलाई मेरो ठाउँ देखाइदिन भन्दै विद्यालयमा बोलाएको थिएँ।’, विद्यालयमा विवाद भएपछि र पटक-पटक पत्राचार गर्दा पनि बेवास्ता गरे शिक्षासम्बन्धी ऐन कानुनमा टेकेर सिनियर शिक्षकलाई प्रअ नियुक्त गरिएको गाउँपालिका अध्यक्ष गिरीले बताए। , ‘विवाद भएपछि हामीले प्रअ नियुक्त गर्नु स्वाभाविक प्रक्रिया हो,’  उनले भने, ‘यसमा हाम्रो आग्रह-पूर्वाग्रह छैन र हामीले विद्यालयमा राजनीति गर्न खोजेको हुँदै होइन।’, यो पनि पढ्नुस्:,  , एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक,  , सिद्ध जनता माविमा दुई निमित्त प्रअको कुर्सी खोसाखोस
नवीनबाबु गुरूङ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरलाई काठमाडौंमा स्वागत गरिएको छ।, त्रिभुवन विमानस्थलमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, थबाङी समाज, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, नेपाल मगर एसोसिएनलगायतले भव्य स्वागत गरेका हुन्। बुढामगर यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्।, पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्। कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्।, झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरे।, रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।, यसअघि पनि उनले बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्। उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडामाथि (दुवै अंगविच्छेदन) डबल एम्प्युटी गर्ने बने।, उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा भएको हो। यसअघि पनि उनी सगरमाथाको आधार शिविरसम्म पुगिसकेका छन्।, भिडिओ र तस्बिरहरू:, दुवै खुट्टा गुमाएका विश्व कीर्तिमानी हरि बुढामगरलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू र भिडिओ)
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सामान्पय प्रशासन महाशाखा कीर्तिपुरले काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुस्थित सुमोपार्क रहेको जग्गा खाली गर्न निर्देशन दिएको छ।, त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनलाई दिएको थियो। तर प्राध्यापक संघले प्रशंसा बस्नेतलाई सो जग्गा सम्झौता गरी भाडामा दिएको थियो।, त्रिविले प्राध्यापक संघबाट जग्गा फिर्ता लिने निर्णय गरिसकेको छ।, तर त्रिविको निर्णयविरूद्ध बस्नेतले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दासमेत दिएकी थिइन्। उनले दिएका दुवै मुद्दा दाबी नपुग्ने भन्दै अदालतबाट खारेज भएका थिए।, त्रिविले २०७९ फागुन १५ र पुस १७, २०७८ फागुन ३० र २०७७ चैत ६ मा पत्र काटेर जग्गा खाली गर्न भनेको थियो।, यो जग्गामा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले अस्पताल बनाउने तयारी गरेको छ।, जग्गामा कम्पाउण्डवाल लगाउन बोलपत्रसमेत आह्वान गरी सम्झौतासमेत भइसकेको छ। अबको ५ दिनभित्र बस्नेतलाई उक्त जग्गा खाली गर्न त्रिविले निर्देशन दिएको छ। जग्गा खाली नगरे त्रिविले नै जग्गा खाली गर्ने सूचनामा उल्लेख छ।, ५ दिनभित्र बल्खु सुमोपार्कमा रहेको जग्गा खाली गर्न त्रिविको निर्देशन
सेतोपाटी संवाददाता नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट बढुवा भएका २२ प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ। , सोमबार प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको पदस्थापन गरेको हो। उनीहरूको गत शुक्रबार बढुवा भएको थियो। , बढुवा भएका गौतमकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय युएन शाखामा पदस्थापन भएको छ। , मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेकी बसुन्धरा खड्काको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा, अपिलराज बोहराको प्रधान कार्यालय मानव अधिकार उल्लंघन अनुगमन इकाइ र नवराज कार्कीको जिल्ला प्रहरी परिसर ललितपुरमा पदस्थापन गरिएको छ। , प्रहरी वृत्त सिंहदरबारमा रहेका गोबिन्द पुरीको प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, रविन्द्रबहादुर सिंहको प्रहरी महानिरीक्षक सचिवालय र चित्रबहादुर गुरूङको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखामा पदस्थापन गरिएको हो। , सोमबार नै प्रधान कार्यालयले ५ एसपीको सरूवा समेत गरेको छ। , बसन्त रजौरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखाबाट नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १, नबिनराज राईको कोशी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाबाट काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजमा सरूवा गरेको छ। , चन्द्रदेव राईको काठमाडौं उपत्यका प्रहरी शिक्षालय, रामप्रकाश शाहको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर र अर्जुनप्रसाद तिमिल्सिनाको प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालमा सरूवा भएको हो।, पदस्थापन:, सरूवा:, बढुवा भएका २२ एसपीको पदस्थापन, ५ जनाको सरूवा (सूची)
रासस जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।, थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ। शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।, उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ। , पक्राउ पर्नेमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन् ।, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेको भन्दै ३३ जनाविरूद्ध ठगी, सङ्गठित अपराध र राज्यविरूद्धको अपराधमा मुद्दा चलाउनु पर्ने रायसहित सोमबार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ।, उक्त घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए। , नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति
प्रशन्न पोखरेल वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतको जीवनी कक्षा १० को नेपाली किताबबाट हटाएकोमा पाठ्यक्रम विकास केन्द्र र सरकारको आलोचना भएको छ।, प्रतिनिधि सभा बैठकदेखि विद्यार्थी संघसंगठनहरूले पनि यसबारे चासो राखेका छन्।, रूइतको ८ पृष्ठ लामो जीवनी खण्ड कक्षा १० को नेपाली किताबबाट हटाइएकोमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले शिक्षा मन्त्रीको जवाफ मागेका छन्।, मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले रूइतको कारणले देशकै इज्जत बढेको र त्यो जीवनी पढाउन आवश्यक भएकोले किताबमा राखिएको उल्लेख गरे।, ‘सन्दुक रूइतको बारेमा लेखेको जीवनी कक्षा १० मा पढाइन्थ्यो। त्यो नेपाली किताबबाट हटाइयो। त्यो जीवनीलाई भाँचेर कताकता कक्षा ७, ८ मा विज्ञान लगायतमा राखिएको छ। डा. रूइतको कारण हाम्रो देशको इज्जत बढेको छ। त्यो जीवनी पढाउन आवश्यक भएर नै राखिएको थियो। किन अहिले त्यो हटाइयो? शिक्षा मन्त्रीले स्पष्ट जवाफ दिनुहोस्,’ पन्तले संसदमा भने।, हेर्नुस् भिडिओ:, यसअघि सोमबार नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संस्था, नेविसंघले पनि रूइतको जीवनी कक्षा १० को नेपाली किताबबाट हटाएकोमा पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको थियो।, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात व्यक्तित्व डा. रूइतको जीवनी कक्षा १० को नेपाली किताबबाट किन हटाएको हो भनेर मैले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकसँग चासो राखेको थिएँ। कक्षा १० कै अन्य विषयका किताब र अरू कक्षाका किताबमा पनि रूइतका विषय समावेश गरिएको रहेछ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भने।, रूइतको जीवनीसम्बन्धी पाठ कक्षा १० को नेपालीबाट किन हटाएको भनेर हामीले पाठ्यक्रम विकास केन्द्रसँग बुझेका छौं।, केन्द्रका सूचना अधिकारी बाबुराम ढुंगानाले यस शैक्षिक सत्रबाट कक्षा ४ को नेपाली, कक्षा १० को सामाजिक, विज्ञान तथा प्रविधि, कक्षा ८ को नेपाली र कक्षा ७ को अंग्रेजी विषयको किताबमा रूइतबारे पाठ राखिएको बताए।  , कक्षा १० को नेपालीको पाठ ३ मा 'सन्दुक रूइत' शीर्षकको जीवनी भने हटाइएको छ।, ‘गत शैक्षिक सत्रसम्म कक्षा १० को नेपाली किताबमा मात्र रूइतबारे पाठ थियो। यसपालि नेपालीबाट हटाएर सामाजिक र विज्ञान तथा प्रविधिमा समावेश गरेका छौं,’ उनले भने, ‘पहिलेको भन्दा फरक ढाँचामा पाठ्यपुस्तक तयार पारिएकोले जीवनीको ढाँचामा नराखिएको हो।’, उनले विषयअनुसार प्रसंग मिल्ने ठाउँमा रूइतका जीवनीका विषयवस्तुलाई समावेश गरिएको बताए।, ‘पहिले एउटा कक्षाको एउटा विषयमा मात्रै रूइतबारे पढाइन्थ्यो। अहिले विभिन्न कक्षा ४ विषयमा रूइतबारे पढाइन्छ,’ उनले भने, ‘रूइत बहुआयामिक व्यक्तित्व भएकाले विभिन्न विषयका पुस्तकमा उहाँसम्बन्धी पाठ राखिएका हुन्।’, सत्यतथ्य नबुझिकन आलोचना भइरहेको उनको भनाइ छ।, ‘जसले अहिले बोल्नुभएको छ, उहाँहरूले नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक हेरेर बोल्नुभएको छैन। एउटा पाठमा अलिकति संशोधन भएका कुरालाई लिएर आलोचना गरिएको छ। सनसनी फैलाउन यस्ता कुरा लेख्ने र बोल्ने काम पनि भएको छ,’ उनले भने, ‘रूइतप्रति सरकार र केन्द्र तथा जनताको ठूलो सम्मान छ। कदर गरेरै यतिका धेरै विषयका किताबमा विषयवस्तु समावेश गरिएका हुन्।’, किताब नहेरीकन मानिसहरूले केन्द्रको आलोचना गरेको उनी बताउँछन्।, ‘विद्यार्थीका हातहातमा पुगेका किताब नहेरी यसबारे प्रश्न उठाइएका छन्, आलोचना गरिएको पाइएको छ,’ उनले भने, ‘कमसेकम किताब त हेरिदिनुस्। आलोचना गर्नुअघि रूइतबारे किताबमा के-के विषयवस्तु समावेश गरिएका छन् त हेर्नुपर्ला नि!’, कक्षा १० को नेपाली किताबबाट किन हटाइयो डा. सन्दुक रूइतको जीवनी
रासस कोशी प्रदेश सरकारले १६ औँ गणतन्त्र दिवस तीन दिन भव्य रूपमा मनाउने निर्णय गरेको छ। , मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । , जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए। , गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले विभिन्न स्थानमा वृक्षरोपण गरिनेछ। प्रदेश सरकारले दिवसका अवसरमा तीन दिन सर्वसाधारण नागरिकदेखि सरकारी कार्यालयमा दीपावली गर्न आग्रह गरेको छ। , मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसका अवसरमा एक सय ३७ वटै स्थानीय तहमा कार्यक्रम गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गर्न निर्देशन दिएका छन्। , गणतन्त्र दिवस तीन दिन मनाउने कोशी प्रदेश सरकारको निर्णय
रासस बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ। , डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो। , उनीहरू ६ जनाको समूहमा वनभोज खान गएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। , राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु
रासस सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ। , राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो।, यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो।, पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।, बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
राजेश घिमिरे अपराधीको निशानामा परेको हात्ती चञ्चलकलीले बुधबार विहान सुँडबाटै दाना पनि खान थालेको छ।, गत चैत २१ गते राति चितवन, सौराहास्थित हात्तीसारमा रहेको ४५ वर्षको पोथी हात्ती चञ्चलकलीको सुँड काटिएको थियो। दुखाइले छट्पटाएको घाइते हात्तीले पाँच दिनपछि बल्ल सुँडमा पानी भरेर मुखमा पुर्‍याउने प्रयास गरेकी थिई।, सुँड काटिएको पचासौं दिनमा उसले आफैंले दाना खान थालेकी हो।, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालका अनुसार चञ्चलकलीले बुधबार बिहान सुँडबाटै दाना खान थालेकी हो।, ‘केही दिनअघि पनि खाने प्रयास गरेकी थिई तर सकिन। सुँडले उठाउन खोज्दा च्याप्नै सक्थिन,’ रिजालले भने, ‘आज बिहानबाट खान सकी। अहिले मज्जाले खाइरहेकी छ।’, दाना खान नसक्दा माउतेहरुले हात्तीको मुखमा राखिदिने गरेका थिए। ‘मंगलबार साँझ मैले हात्तीसारका कर्मचारीलाई भोलि बिहानसम्म खानेकुरा केही पनि मुखमा नदेउ। दाना राखेर छाडिदेउ के गर्दोरहेछ हेरौं भनेको थिएँ। उहाँहरुले त्यही गर्नुभएछ,’ हात्तीसारमै रहेका रिजालले सेतोपाटीसँग भने, ‘विहान त ऊ कुची(धान, नुन, सख्खर राखेर घाँसले पोको पारिएको दाना) सुँडले च्यापेर मुखमा पुर्याउन सफल भइहाली। घाँस, पराल पनि च्यापेर खान थालेकी छ।’, हात्तीलाई आवस्यक पर्ने घाँसको व्यवस्था खोरसोरस्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्रले गरेको छ।, रिजालले लामो समयदेखिको नियमित प्रयासपछि चञ्चलकली पुरानै अवस्थामा फर्किएको बताए। अहिले उसको सुँडको घाउ लगभग निको भएको छ। अहिले पनि नियमितरुपमा सुँडमा पाउडर लगाउने गरिएको छ।, ‘ऊ अब माउतेले दिएको लठ्ठी पनि च्याप्न सक्छे। भूइँको सिक्का उठाउन चाहि केही समय लाग्नसक्छ,’ रिजालले भने, ‘यति गर्नसक्नु भनेको सामान्य अवस्थामा फर्किएसरह हो। हामी, हात्तीपालक, माउते सबैको प्रयासमा यो सम्भव भयो। ऊ अब काम गर्न पनि सक्ने भएकी छ।’, चञ्चलकलीका मालिक पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाले हात्तीको प्रगति देखेर खुसी भएको सुनाए। ‘अहिले म चञ्चलकलीले दाना खाएको हेरेर बसिरहेको छु। घटनापछि धेरैले ऊ अब पुरानो लयमा फर्कन सक्दिन भनेका थिए तर आजबाट चञ्चलकली पहिले जस्तै अवस्थामा पुगेकी छ,' उनले भने। , हात्तीलाई काममा नलगाएपनि बेला-बेलामा हिँडाउने, खुवाउन प्रयास गरिँदै आएको थियो। ‘अब केही दिन आराम गर्न दिएर काममा पठाउन सकिन्छ,’ वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालले भने।, सुँड काटिएपछि चञ्चलकलीको रेक्टल विधि (मलद्वारबाट पाइप छिराएर पानी शरीरमा पानी पुर्‍याउने) बाट शरीरमा पानी पुर्‍याइएको थियो। हात्तीले पानी खान नसकेको अवस्थामा शरीरलाई आवश्यक पर्ने पानीको मात्रा रेक्टल विधिबाट पुर्‍याइन्छ।, उसलाई यसअघि दैनिक तीन पटक रेक्टल विधिबाट पानी दिइएको थियो।, चञ्चलकलीको घाउ निको पार्न हरेक दिन आठदेखि दसपटकसम्म घाउ सफा गर्ने गरिएको थियो। एकपटक सिरिञ्जबाट पेनकिलर, एन्टिबायोटिक लगायतका औषधि दिइन्थ्यो।, चैत २१ गते राति करिब ११ बजेतिर हात्तीको सुँड काटिएपछि माउते दीपक मर्दनियाले हात्तीपालक पर्यटन व्यवसायी दीपेन्द्र खतिवडालाई फोन गरेका थिए। स्वास्थ्यकर्मीहरू करिब १२ बजेतिर हात्तीसार पुग्दा हात्ती छटपटाइरहेको थियो।, हात्तीको सुँड कसले किन काट्यो भन्ने अझै पनि थाहा हुन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्ज र चितवन प्रहरीले यसको अनुसन्धान गरेपनि त्यसको प्रगतिबारे कुनै जानकारी नपाएको हात्तीपालक खतिवडाले बताए।, ‘काटिएको सुँड ठीक भएर हात्ती पुरानै अवस्थामा फर्किसक्यो तर अनुसन्धानको प्रगति केही पनि छैन,’ सेतोपाटीसँग खतिवडाले भने, ‘हामी त कहिले दोषी पक्राउ पर्ला र कारबाही होला भनेर पर्खिरहेका छौं।’, सम्बन्धित समाचारः, काटिएको सुँडबाट पानी खाने प्रयास गर्दै बेचैन चञ्चलकली, चञ्चलकलीले काटिएको सुँडबाटै खाई डेढ सय लिटर पानी , पचासौं दिनमा काटिएको सुँडबाटै दाना खान सक्ने भई चञ्चलकली
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश  लगायत देशकाे पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। , बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्  गोविन्द झाले जानकारी दिए।, दिउँसो  कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए।, 'पश्चिमबाट न्यूनचापीय  प्रणाली पूर्वतिर  सर्ने क्रममा गण्डकीबाट बागमती प्रदेशमा आइपुगेको छ। यसले मेघगर्जन र चट्याङसहित वर्षा गराउँछ,' मौसमविद् झाले भने।  , काठमाडौं उपत्यकामा पनि दिउँसाे हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको छ। , कोशी र  मधेश प्रदेशको तराईका भूभागमा हावाहुरीको सम्भावना छ। मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  ,  , यस्तो छ आजको मौसम
रासस सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ।, रितुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो। यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाए। , कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ।, विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ। , ‘साइकल चलाउनुका फाइदैफाइदा छन्। स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो। यो वातावरणमैत्री पनि छ’, साइकल चलाउन सिक्दै गरेकी स्याङ्तानले भनिन्। , रितुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ। दुःख साइकल चलाउने बाटो कच्ची भएकामा छ। तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म (एक घण्टा) को बाटो साँघुरो र कच्ची भएकाले साइकल डोहोर्याएर हिँड्नुको विकल्प नभएको उनले बताए।, साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिनुपर्ने स्याङ्तानको भनाइ छ।, मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राखेका मरिण–२ सिर्थौलीका सुब्बा सिंह अब साइकलमा आउजाउ गराउने सोचमा छन्।, घरबाट विद्यालय पदैल आउजाउ गर्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियो।, पालिकाले दिइएको साइकलले छोरीमात्रै होइन, अभिभावक पनि खुसी छन्।, ‘छोरीसित साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो। पढेर छोरीले साइकल पाइन् भनेर हामीलाई पनि हर्ष भयो’, सिंहले भने।, मरिणले गरेको कार्यको उनले प्रशंसासमेत गर्न भ्याए। मरिणले जस्तै अरू पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उनको सुझाव छ। साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उनको धारणा छ। , मरिण गाउँपालिकाले सुरू गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई रु एक लाख दिने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पसका प्रमुख खेमहरि बराल बताउँछन्।, उच्च शिक्षामा महिलाको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए।, उनले भने, ‘गाउँपालिकाले शनिबार साइकल दिएको भए पनि छात्रा पदैल नै विद्यालयमा आइरहेका छन्, केही दिन सिक्न समय लाग्छ। आफैं चलाउन सक्ने भएपछि साइकलमै विद्यालय आउजाउ गर्दछन् भन्ने हाम्रो विश्वास छ।’, आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तानले बताए।, उनका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ। त्यसलाई क्रमशः स्तरोन्नति गर्दै लगिने छ।, छात्राले एसइई दिएपछि पढाइ छाड्ने र सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मोक्तानले बताए।, यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको सङ्ख्या बढ्ने उनको भनाइ छ। , विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन
रासस कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन्।, ‘बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने, ‘गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ।’, गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ। , ‘मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण सङ्कलन भइरहेको छ,’ प्रवक्ता डाँगीले भने, ‘कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ।’ , हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते
रासस सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ। , सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए।, ‘मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ’, उनले भने, ‘सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचार–प्रसार गरी कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न प्रतिमा स्थापना गरिएको हो।’, मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्तलाको पनि पकेट क्षेत्रका रूपमा रहेको जानकारी गराउन प्रतिमा निर्माण गरिएको हो।, प्रतिमा निर्माणले मनकामना क्षेत्रका किसानलाई सुन्तला खेती गर्न अझ बढी प्रोत्साहन मिल्ने वडाध्यक्ष थापामगरको भनाइ छ। , उद्योग वाणिज्य संघ मनकामना बजार एकाइले करिब छ लाख रुपैयाँ लागतमा ढाँटबारीमा सुन्तलाको प्रतिमा निर्माण गरेको हो।, स्थानीवासीले बसपार्कमा निःशुल्क उपलब्ध गराएको जग्गामा प्रतिमा निर्माण गरिएको वडाध्यक्ष थापामगरले बताए।, ‘सुन्तलाको अझै उत्पादन बढाउन सके यहाँका किसानको आर्थिकस्तरमा थप वृद्धि गर्न सकिन्छ, त्यसका लागि कृषकलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नु आवश्यक छ’, उनले भने।, गोरखाको मनकामनास्थित ढाँटबारी क्षेत्रका किसानले वार्षिक करिब रु एक करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री गर्दै आएका छन्।, मनकामनाको सुन्तला अन्य क्षेत्रको बढी स्वादिलो र रसिलो भएको विश्वास गरिएको छ। , ढाँटबारी गाउँलाई सुन्तलाको गाउँका रूपमा परिचित गराउने प्रतिमा निर्माण गरिएको गोरखा उद्योग वाणिज्य सङ्घ मनकामना बजार एकाइका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए।, नवनिर्मित प्रतिमाको गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र वडाध्यक्ष थापामगरले संयुक्तरूपमा उद्घाटन गरे।, मनकामनामा सुन्तलाको प्रतिमा
रासस हेटौंडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ। , आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। , बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याक्तानलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो।, प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल आइपुग्नासाथ उनलाई डाक्टरले मृत घोषण गरेका थिए।, बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।, बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
रासस सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। , भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडिओ च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनाका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको हो।, उक्त कार्यबाट पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नाका साथै चरित्रहत्या गरेको उजुरीका आधारमा भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ।, स्न्याप च्याट र भाइबरमार्फत नाबालिकालाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ