content
stringlengths 20
64.1k
⌀ |
---|
रासस गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ।, गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ। गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिए।, ‘गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो,’ उनले भने।, मंगलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहनेछन्। गर्मी बढ्दै गए थप समयका लागि पठनपाठन बन्द गरिने नगरप्रमुख चिन्तन बताउँछन्। , ‘कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन,’ उनले भने, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौं।’, पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी पुगेको छ। पालुङटार नगरपालिका भित्र आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिए।, तनहुँमा पनि विद्यालय बन्द , तनहुँका शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ।, गर्मीका कारण विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने परिस्थिति देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिएको हो।, विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी वर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा गर्न सकिने भनि पालिकाहरूले यसअघि नै निर्णय गरिसकेका छन्। , त्यसैगरी आँबुखैरेनी गाउँपालिकाले पनि जेठ २८ गतेदेखि असार १ गतेसम्म गाउँपालिकाका सबै विद्यालयलाई बिदा दिइएको गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए। , त्यसैगरी यसअघि जिल्लाको देवघाट गाउँपालिकाले विद्यालय बिदा गर्दै आएको छ। व्यास नगरपालिका भित्रका केही विद्यालयहरूले मात्रै विद्यालय बिदा गरेका छन्। वर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म आवश्यकताको महसुस गरी बिदा लिन पाउने निर्णय भए अनुरुप आवश्यकता हेरी बिदा लिने गरेका छन्। , व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीका सत्यवती, निर्मल, जलदेवी लगायतका विद्यालयले बिदा गरेको जानकारी पाएको व्यास शिक्षा शाखाका प्रमुख नविन पराजुलीले जानकारी दिए। , शहरी क्षेत्रमा संचालित विद्यालयले गर्मीका कारण विद्यालय बिदा गरेपनि ग्रामिण क्षेत्रका विद्यालयहरूमा शीतलै वातावरण रहेको र वर्षायामको समयमा बिदा लिने गरी अहिले बिदा नगरेको जानकारी पाप्त भएको उनले बताए। , विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बिदा लिन पाउने गरी व्यास नगरपालिकाले यसअघि सामुदायिक र संस्थागत सबै विद्यालयहरूमा परिपत्र गरिसकेको छ।, बन्दीपुर गाउँपालिका क्षेत्रका अधिकांश विद्यालय ग्रामीण क्षेत्रमा रहेको गर्मीको महसुस नगरेका कारण बिदा नगरिएको गाउँपालिकाका प्रवक्ता एवं बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए। , पृथ्वीराजमार्ग र बजार क्षेत्रका केही अभिभावकले भने विद्यालय बिदाको विषयमा कुरा उठान गरकोले त्यसको लागि निर्णय भैनसकेको उाले बताए। , जिल्लाको ऋषिङ्ग,घिरिङ्ग,भीमाद,भानु र म्याग्दे गाउँपालिकाका विद्यालयमा पठनपाठन सुचारु हुदै आएको छ।,
गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द |
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभिरमा मृत फेला परेका पुरूषको परिचय खुलेको छ। , शनिबार बिहान तारेभिरको जंगल छेउको खोल्सामा पुरूष मृत भेटिएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको परिचय खुलेको हो। , घटनास्थलमा पुगेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेन्द्र बोगटीले मृत फेला पर्ने व्यक्ति ५० वर्षीय सुवास तामाङ रहेको सेतोपाटीलाई जानकारी दिए। , इन्सपेक्टर बोगटीका अनुसार सुवासको स्थायी ठेगाना सर्लाही रहेको खुलेको छ। उनी केही समयदेखि काठमाडौंको बुढानीलकण्ठमा टहरा बनाएर बस्दै आएका थिए। , ‘त्यहाँ उनी कान्छी श्रीमतीसँग बस्दै आएका रहेछन्। शुक्रबार मध्याह्नतिर श्रीमतीलाई ‘काम खोज्न जान्छु’ भनेर बुढानीलकण्ठस्थित घरबाट निस्किएका रहेछन्,’ इन्सपेक्टर बोगटीले भने।, उनका अनुसार सुवास मृत फेला परेको खोल्सामाथि गोरेटो बाटो छ। त्यहाँ लेऊ लागेका ढुंगाहरू पनि रहेका कारण ढुंगामा चिप्लिएर खोल्सामा पछारिएको हुनसक्ने प्रहरीको अनुमान छ। खोल्सामा पनि ढुंगैढुंगा रहेको र त्यही ढुंगामा बजारिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। , सुवासकी कान्छी श्रीमती र आफन्त पनि घटनास्थल पुगेका थिए। उनीहरूसँग सामान्य सोधपुछ र सनाखतपछि शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको इन्सपेक्टर बोगटीले जानकारी दिए। , अब पोष्टमर्टम रिपोर्ट आएपछि सुवासको मृत्युको कारण खुल्ने उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको इन्सपेक्टर बोगटीले जानकारी दिए। ,
‘काम खोज्न जान्छु’ भनेर घरबाट हिँडेका थिए तारेभिरमा मृत भेटिएका सुवास |
निशा भण्डारी यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौंमा ‘नेपाल प्राइड परेड’ गौरवयात्रा निकालेका छन्।, शनिबार शान्तिबाटिकाबाट सुरू भएको गौरव र्याली नारायणचौरमा समापन भएको थियो।, विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरवयात्रा मनाउँछन्।, विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो।, उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण भएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो।, यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिन्छ।, तस्बिरहरू:,
काठमाडौंमा प्राइड परेड (तस्बिरहरू) |
सेतोपाटी संवाददाता प्रारम्भिक बाल विकासका लागि कर्णाली प्रदेश सभाका सदस्यहरूको सहकार्य समन्वय समूह (इसिडी ककस) मा पदाधिकारी तोकिएको छ।, गत चैत १३ गते पुनर्गठन गरिएको १३ सदस्यीय समन्वय समूहमा पदाधिकारी तोक्न बाँकी थियो।, शुक्रबार बसेको पहिलो बैठकबाट पदाधिकारी तोक्ने र पहिलो चरणमा गर्ने कामहरूको निर्णय गरिएको हो।, इसिडी ककसको संयोजकमा सुरेश अधिकारी चयन भएका छन्। सहसंयोजकमा सांसदहरू मिलन खड्का र गमता विक चयन भएका छन् भने सदस्य सचिवमा सन्तोषी शाही चयन भएका छन्।, सांसदहरू देवेन्द्र शाही, राजीवविक्रम शाह, दक्षिणा शाही, कल्याणी खड्का, तुलसा मल्ल, बलिमाया बुढा, इन्द्रा शाही, जुम्कित लामा र वीरबहादुर शाही समूहको सदस्यमा चयन भएका छन्।, यसअघि पुनर्गठन गरिएको तदर्थ समितिमा रहेका सदस्यहरूबाटै पदाधिकारी चयन गरिएको हो।, प्रारम्भिक बालविकासका लागि सांसदहरूको सहकार्य समन्वय समूहमा कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता छ। जिल्लागत रूपमा जाजरकोट, रूकुम पश्चिम, हुम्ला, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र सल्यानबाट प्रतिनिधित्व गरिएको छ।, बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको समन्वयमा गठन गरिएको उक्त समूहमा विषयगत रूपमा समन्वय गर्न विज्ञहरूलाई पनि आमन्त्रित सदस्यका रूपमा राखिएको छ।, प्रदेश सभाको अघिल्लो कार्यकालमा सांसद सीता नेपालीको संयोजकत्वमा ११ सदस्यीय समूह थियो।, कर्णाली प्रदेशको प्रारम्भिक बालविकास रणनीति २०७९–०८३ का बारेमा समन्वय समूहलाई जानकारी पनि गराइएको सेभ द चिल्ड्रेन सुर्खेतका शिक्षा व्यवस्थापक आत्मराम भट्टराईले जानकारी दिए।, बैठकबाट प्रदेश स्तरमा प्रारम्भिक बालविकास समिति गठनका लागि सामाजिक मन्त्रालयमा अनुरोध गर्ने, बालविकास रणनीति कार्यान्वयनमा ल्याउनका लागि मन्त्रालयलाई पत्राचार गर्ने, प्रारम्भिक बालविकास केन्द्रको प्रदेशस्तरको न्यूनतम मापदण्डसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिन अर्को बैठकमा छलफल गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए।,
प्रारम्भिक बालविकासका लागि कर्णालीका सांसदहरूको समूहमा तोकियो पदाधिकारी |
डा.सुदिप केसी पिसाबमा रगत जस्तो देखियो भन्दैमा रगत नै हुन्छ भन्ने हुँदैन। सुरूमा हाम्रो ओपिडीमा कतिपय बिरामीहरू आत्तिएर समेत आउँछन्। त्यसैले हामीले सुरूमा रातो रंगको पिसाब गएको हो कि रगतै गएको हो भनेर हेर्नुपर्छ।, रंगहरू हालेको खानेकुरादेखि कतिपय औषधिहरूको सेवनले समेत यस्तो हुन्छ।, औषधिको कारणले गर्दा वा कुनै रोगकै कारणले या मुत्रनलीको कुनै समस्याको कारणले समेत पिसाबमा रगत देखिन्छ। रातो रंगको पिसाब आइसकेपछि कुनै रोगको कारण हो या अन्य कारणले आएको हो त्यो छुट्याउन जरूरी हुन्छ।, त्यसको लागि बिरामी हामीकहाँ आइसकेपछि विस्तृत रूपमा विवरण लिन्छौं। यो त्यति असामान्य समस्या होइन। बिरामीहरू यस्ता समस्या लिएर आइरहन्छन्। यसको कुनै विशेष उमेर समूह छैन। , ४० वर्ष कटेका बिरामीको पिसाबमा रगत देखियो भने अझै गम्भीर रूपले परीक्षण गर्नुपर्छ। कसैलाई रगत पातलो गर्ने औषधिको कारणले समेत पिसाबमा रगत देखिएको हुन्छ। पिसाबको थैली, मिर्गौलाको रोग लगायतका समस्याको कारणले पिसाबमा समस्या देखिन्छ। त्यसैले यसको उपचार गर्नुभन्दा पहिला कारण पत्ता लगाउन जरूरी छ।, समयमा रोग पत्ता लगाएर उपचार गरिएन भने धेरै समस्या आउन सक्छ। त्यसैले कुनै लक्षण देखियो भने समयमै अस्पताल जानुपर्छ।, (पिसाबमा रगत देखिने समस्याबारे भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कन्सल्टेन्ट युरोलोजिष्ट डा.सुदिप केसीसँग सेतोपाटीका लागि सन्जिब बगाले र राजेश घिमिरेले भिडिओ कुराकानी गरेका छन्।),
पिसाबमा रगत किन देखिन्छ (भिडिओ) |
सेतोपाटी संवाददाता सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला परेको छ। , शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका-७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। , उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए। गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो। , उक्त दुर्घटना हुँदा दुई जना कर्मचारीको शव फेला परिसकेको थियो। शनिबार भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।, प्र.३-०१-००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए। , दाङका चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए। तर त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो। , उनीहरूको शव र गाडी गत जेठ २३ गते फेला परेको हो। ,
सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला |
सेतोपाटी संवाददाता मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन्। , हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। , जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। , मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ,
हेटौँडामा वृद्ध दम्पती मृत फेला |
सेतोपाटी संवाददाता धनुषामा प्रहरीको हिरासत कक्षको वाल भत्काएर भागेका फरार व्यक्ति पक्राउ परेका छन्। , शनिबार बिहान साढे १० बजे भारतबाट सितामढी आउँदै गरेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। , क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको हो। , उनीसहित ६ जना गत माघ १६ गते बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काएर भागेका थिए। , उनीहरूमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। सार्वजनिक शान्तिविरूद्धको अपराध मुद्दाका आरोपित यादवलाई पनि प्रहरीले पक्राउ गरेको हो। , प्रहरीले उनीमाथि पनि थप अनुसन्धान अघि बढाएको छ।,
,
हिरासतको वाल भत्काएर भागेका व्यक्ति पक्राउ |
एजेन्सी कोलम्बियामा ४० दिनअघि भएको जहाज दुर्घटनामा परी बेपत्ता भएका चार जना बालबालिकाको उद्धार भएको छ। , मे १ मा भएको सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको कोलम्बियन सेनाले शुक्रबार उद्धार गरेको रोयटर्सले जनाएको छ। , उनीहरूले अमेजन जंगलबाट १, ४, ९ र १३ वर्षका बालबालिकालाई उद्धार गरेका हुन्। , सान होसे डेल ग्वाभियर सहरतर्फ गइरहेको सानो सेस्ना २०६ विमान अराराकुरा जंगलमा दुर्घटना हुँदा विमानका चालक र ती बालबालिकाका आमा र एक जना स्थानीय आदिवासी नेताको मृत्यु भएको थियो। घटनास्थलमा उनीहरूका शव भेटिएका थिए तर विमानमा सवार ती बालबालिका हराइरहेका थिए।, विमान जंगलका रुखमा वृक्षझै ठडिएको अवस्थामा भेटिएको थियो। अधिकारीका अनुसार सशस्त्र समूहको धम्कीका कारण भागेका उनीहरू विमान दुर्घटनामा परेका हुन्।, दुर्घटनापछि हराएका बालबालिकाको खोजी गर्न कोलम्बिया सरकारले एक सय ६० जना सिपाही र जंगल क्षेत्रको सम्पूर्ण जानकारी भएको ७० जना आदिवासी जनजाति सम्मिलित एक विशाल टोली परिचालन गरेर खोजी प्रारम्भ गरेको थियो।, हिंस्रक जंगली जनावर, विषालु सर्प र सशस्त्र लागूऔषध तस्कर समूहको आधार इलाकामा उनीहरूको खोजी गर्नु चानचुने काम थिएन। तर खोजी टोलीले खुट्टाको छाप, एक डाइपर, आधा खाएको फल भेटेपछि आफू सही बाटोमा रहेको विश्वासका साथ खोजीलाई निरन्तरता दिएको थियो। , उद्धार टोली केटाकेटीहरू भौतारिन सक्ने र भेट्टाउन अझ गाह्रो हुने चिन्ताले ग्रसित थियो। वायुसेनाले दश हजारभन्दा बढी पर्चा स्पेनिस र बालबालिकाको आफ्नै आदिवासी भाषामा छापेर जंगलमा फ्याँकेको थियो जसमा उनीहरूलाई कतै नजान अनुरोध गरिएको थियो। , ती पर्चामा भयावह त्यस जंगलमा कसरी बाँच्ने भन्नेबारेमा सुझाव पनि समेटिएका थिए भने खानाका थैला र पानीका बोतल पनि खसालिएका थिए। साथै उद्धारकर्ताले बालबालिकाकी हजुरआमाले रेकर्ड गरेको सन्देश पनि ‘लाउड स्पिकर’बाट बजाउँदै उनीहरूलाई कतै नजान आग्रह गरेका थिए। अन्ततः ती बालबालिका दुर्घटनास्थलबाट करिब पाँच किलोमिटर पश्चिममा फेला पारेका थिए। , बेपत्ता ती बालबालिकामध्ये केही शिकार गर्न र माछा मार्न अभ्यस्त रहेका तिनका हजुरबुबा फिडेन्सियो भ्यालेन्सियाले एएफपीलाई बताएका थिए। साथै उनीहरू जंगलसँग राम्ररी परिचित पनि थिए। , राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरूको जीवितै उद्धार गरिएको घोषणा गर्दै भने, ‘आज हामीले एउटा चमत्कारपूर्ण दिन बिताएका छौं।’, हेलिकप्टरबाट उनीहरूको उद्धार गरिएको हो। बालबालिकाको स्वास्थ्यस्थिति नाजुक भएकाले तत्काल अस्पताल पुर्याइएको छ। , राष्ट्रपतिले ट्वीटरमा सार्वजनिक गरेको तस्बिरमा सैन्य पोशाकमा रहेका केही मानिसका माझमा उद्धार गरिएका कमजोर बच्चा देखिन्छन् भने एक जना उद्धारकर्ताले सबैभन्दा सानो बच्चालाई काखमा राखेर उसको मुखमा दूधको बोतल राखेको देखिन्छ। ,
विमान दुर्घटनापछि बेपत्ता चार बालबालिकाको ४० दिनपछि अमेजन जंगलबाट उद्धार |
सेतोपाटी संवाददाता महोत्तरीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो पौने २ बजे बर्दिबास नगरपालिका-२ बुद्ध चोकस्थित औरहीमा ट्याक्टर पछाडिको टेलरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।, ज १ त १७४३ नं. को ट्याक्टरमा ज.४ प. २३५१ नं. मोटरसाइकल ठोक्किएको हो।, दुर्घटना हुँदा औरही नगरपालिका-२ बस्ने ६० वर्षीय ताहिर अन्सारीको मृत्यु भएको हो। , दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिबासस्थित अस्पतालमा लगिएको थियो। , त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। , ट्याक्टर चालक फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।,
महोत्तरीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु |
नारायण खड्का दाङमा प्रहरीले मोटरसाइकल जुधाएर तस्करहरू समाएको छ। , घटना शुक्रबार मध्यान्ह पौने १२ बजेको हो। बाघको छाला र हड्डी २५ लाख रूपैयाँमा बेच्ने तस्कर समूहको तयारी थियो। कतैबाट सुराक पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी पुष्पराज मल्ल नेतृत्वमा नौ जनाको टोली खटिएको थियो। , डिएसपी आफैं मोटरसाइकल चढेर लमही नगरपालिका-९ अमेलिया बजारमा पुगेका थिए। इलाका प्रहरी कार्यालय अमेलियाबाट प्रहरी निरीक्षक सुरेन्द्रविक्रम बर्तौला पनि मोटरसाइकलमै अपरेसनका लागि खटिएका थिए। उनी नेतृत्वको टोलीमा सात जना खटिए। अमेलिया बजार क्षेत्र पूर्व-पश्चिम राजमार्गमा पर्छ।, डिएसपी र इन्स्पेक्टरको टोलीले छुट्टाछुट्टै स्थानमा चेकिङ थालेको थियो। , पश्चिमबाट आउँदै गरेको बा २० प ९०७२ नम्बरको मोटरसाइकलले जाँच भइरहेको देखेपछि छलेर भागेको थियो। डिएसपी मल्लसहितको टोलीले पछ्यायो।, उनीहरूलाई रोक्न भने पनि नमानेपछि डिएसपी आफैंले चलाएको मोटरसाइकलले तस्करको मोटरसाइकललाई ठक्कर दिएर लडाएको हो। त्यसपछि प्रहरीले तस्करलाई समाउन सफल भएको डिएसपी मल्लले बताए। , ‘गोली चलाउन सक्ने अवस्था थियो तर प्रहरीले संयमता अपनायो र आफ्नो मोटरसाइकलले ठक्कर दिएर उनीहरूलाई लडाएर नियन्त्रणमा लिन सफल भयौं,’ उनले भने, ‘लड्ने र लडाउने दुबैको खुट्टामा सामान्य चोट छ। यस्तो अपरेसनका क्रममा सानोतिनो चोटपटक भन्नु सामान्य कुरा हो।’, प्रहरी स्रोतका अनुसार प्रहरी आफैं ग्राहक बनेर तस्करहरूसँग बाघको छाला २५ लाखमा किन्ने कुरा गरेको थियो। प्रहरीले तस्करहरूलाई बोलाएको ठाउँ अगावै चेकपोस्ट थापेको थियो।, त्यही देखेर बाघको छाला बोकेका तस्करहरू मोटरसाइकल हुँइक्याएर भाग्न खोजेका थिए।, मोटरसाइकल पछाडि सवार रोल्पाको माडी गाउँपालिका-३ का २८ वर्षीय अमलाल घर्ती मगरले समातेको प्लाष्टिकको थैलोभित्र बाघको छाला बरामद भएको थियो। मोटरसाइकल दाङको राजपुर गाउँपालिका-७ का ३९ वर्षीय वीरबहादुर पुनले चलाएका थिए। , उनीहरूसँगै आएको अर्को भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट थप दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला सूचना अधिकारी डिएसपी राजन गौतमले बताए। भारतीय नम्बर प्लेटको यू ७८ एल ७०६९ नम्बरको मोटरसाइकलमा बोरामा लुकाइ लैजान थालेको १४१ वटा बाघको जस्तो देखिने हड्डी बरामद भएको छ।, मोटरसाइकल चालक राजपुर–७ का ४० वर्षीय आशाराम बिक छन्। स्थानीय २५ वर्षीय देवबहादुर विकले हड्डी भएको बोरा बोकेका थिए।, बरामद बाघको छालाको टाउकोदेखि पुच्छरसम्मको लम्बाइ नौ फिट ६ इञ्च र चौडाइ पाँच फिट १० इञ्चको छ। बरामद हड्डीको तौल ८ किलो चार सय ३० ग्राम रहेको डिएसपी गौतमले जानकारी दिए। , नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद बाघको छाला र हड्डीहरू आइतबार मात्रै वन कार्यालयलाई बुझाइने भएको छ।,
मोटरसाइकल जुधाएर प्रहरीले समायो तस्कर |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।, अन्य भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ। , महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।, राती पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , ,
आज यी प्रदेशहरूमा छ पानी पर्ने सम्भावना |
रासस नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ।, यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ। यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ।, तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ। इलाम, नवलपुर, धरान, ओखलढुङ्गालगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन्।, यस्तो अवस्थाबाट कसरी जोगिने, केके गर्न सकिन्छ भन्ने विषयमा खास तयारी छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अब भने तयारी थालिएको बताए। यसको असर र यसबाट बच्ने उपायका बारेमा चिकत्सक डाक्टर पवनकुमार शाहले केही ‘टिप्स’ दिएका छन्।, उनका अनुसार तातो हावाको लहरले मानिसलाई मृत्यसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ। सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुनसक्छ । त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्ने उनले बताए। यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र बेहोस पनि हुन सकिन्छ । रक्तचाप घट्नेलगायतका लक्षण पनि देखिन सक्ने उनले बताए।, काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने बढी खतरा हुन्छ। यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ। वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ। हात खुट्टा बाउँडिने, अलिक बढी नै भयो भने वान्ता आउने र वान्ताका क्रममा फोक्सोमा पुग्यो भने मानिसको मृत्यु हुनसक्ने उनले बताए।, यसका लागि शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो । प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने गर्दा पनि यसबाट जोगिन सकिन्छ। लक्षणअनुसारको उपचार हुने भन्दै डा शाहले तातो स्थानबाट चिसो ठाउँमा राख्ने, मसाज गर्ने, जीवनजल खुवाउने, कतिपय खुट्टामा असर परेको बेला खुट्टा उठाएर चिसो ठाउँमा राख्दा पनि कम हुँदै जाने बताए। यति हुँदा पनि कम भएन भने चिकित्सकको निगरानीमा उपचार गराउनुपर्ने उहाँले सुझाव दिए।,
तातो हावाको लहरले कस्तो असर गर्छ, जोगिने कसरी? |
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा शनिबार राति सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका- ३ शान्तिकुञ्जमा भएको त्यस दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीले जानकारी दियो।, भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले बताएको छ।, दुर्घटनामा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका-८ घर घएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बतायो। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो।, दुर्घटनामा वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन्।, उनीहरू पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।,
रूपन्देहीको तिलोत्तमामा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु |
सेतोपाटी संवाददाता कैलालीको गेटामा सरकारले बनाउँने निर्णय गरेअनुसार मेडिकल विश्वविद्यालय संचालनमा ल्याउनुपर्ने मागसहित एक सातादेखि आन्दोलन भइरहेको छ।, आन्दोलनका क्रममा आइतबार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। , , , , , , , , , , हड्तालका कारण गरिएको बन्दले लामो तथा छोटो दुरीका यातायाता सेवा ठप्प छन्।, कैलाली र कञ्चनपुरका बजारमा पसल तथा होटलहरु पुर्णरुपमा बन्द छन्। यहाँका सरकारी तथा गैर सरकारी कार्यालयहरु पनि बन्द गरिएका छन्।, शैक्षिक संस्थाहरु पनि बन्द छन्। बन्दकर्ताहरु ठाउँठाउँ उत्रिएर बन्दको पालना गर्न अनुरोध गरिरहेका छन्। मन्त्री सवार गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरी प्रहरीले केहिवेर नियन्त्रणमा लिएर छाडेका छन्। आमहड्तालमा शान्तिसुरक्षा कायम सुरक्षाकर्मी ठाउँठाउँमा परिचालन गरिएको छ।, पहाडबाट आएर अतरिया पुगेकाहरु यात्रु सवारी साधन नचल्दा अलपत्र परेका छन्। बाजुराबाट कैलालीको पहलमानपुर जान अतरिया पुगेका चक्र थापाले सवारी साधन नचल्दा अलपत्र परेको बताए।, ‘हिजो बन्दबारे थाहा पाएनौँ, नत्र त घरबाट भोली हिँडिन्थ्यो, साह्रै गर्मी छ, गाडी नचलेर सडकमा बस्दा गर्मीले गाह्रो भयो,’ उनले सुनाए।, उनीजस्तै सयौँ यात्रुहरु आन्दोलनका कारण गाडी नचल्दा अलपत्र परेका छन्।, गेटा मेडीकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको अगुवाईमा भइरहेको आन्दोलन अन्तरगत गरिएको आमहड्तालसंग सुदूरपश्चिमेलीहरुको भविष्य जोडिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए।, ‘यो आन्दोलन सुदूरपश्चिममेलीहरुको एक आवाज हो, हाम्रो घरआँगनमा बनेका अरवौँ संरचनामा हामी मेडीकल विश्वविद्यालय संचालन भएको हेर्न आतुर छौँ, सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुनै पर्छ, नभए यो आवाज रोकिँदैनं,’ उनले भने।, उक्त आन्दोलनमा नेकपा एमालेका नेता भीम रावलले पनि सर्मथन गरेका छन्।यस्तै धनगढी उपमहानगरपलिकाका नगरप्रमुख गोपाल हमालले पनि समर्थन जनाएका छन्।, हमालले आफ्ना समर्थनहरुलाई आन्दोलनमा सहभागी हुन समेत भनेका छन्।, ‘गेटामा विश्वविद्यालय स्थापना गर्ने आन्दोलन जायज हो,राज्यसँग बार्गेनिङ गर्ने अधिकार नागरिकसँग सुरक्षित छ। त्यसैले पनि यो आन्दोलन जायज छ,’ उनले भने।, सुदूरपश्चिममा अहिलेसम्म एउटा पनि मेडिकल शिक्षाको पढाइ हुने संस्था छैन। त्यसैले पनि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटो स्थापना गरेर सञ्चालन गर्नुपर्छ भन्ने माग जायज रहेको उनले बताए।, कांग्रेसले र माओवादीले भने विज्ञप्ति नै निकालेर आन्दोलनको बिरोध गरेका छन्। यद्यपि, कतिपय नेताहरुले भने आन्दोलनलाई समर्थन गरिरहेका छन्।, एमालेले भने गेटा मेडिकल विश्वविद्यालय संचालन गर्नुपर्ने माग राखदै छुट्टै आन्दोलन गरिरहेको छ।, यसअघि सडक आन्दोलनका क्रममा चक्काजाम, बिरोध र्याली, सडक बहस लगायतका शान्तिपूर्ण दवावमुलक कार्यक्रम गरिएको थिाये।, यसैबीचमा कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो। यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि सहयोगको मागसहित ज्ञापनपत्र बुझाइएको थियो।, बिहीबार गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको साइनबोर्ड टाँसिएको थियो। यस्तै जेठ २६ गते अत्तरिया बजार बन्द गराइएको थियो।, गेटामा मेडिकल विश्व विद्यालय स्थापना गरिनुपर्ने र यसै बर्षको बजेटले ६ सय शैयाको अस्पताल सञ्चालनमा समेत ल्याउनुपर्ने मागसहित चलिररहेको आन्दोलनका विषयमा संघीय सदनमा समेत आवाज उठ्न थालेको छ।, सुदूरपश्चिमबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने अधिकांस सासंदहरुले सरकारलाई मेडीकल विश्वविद्यालय संचालन गर्न माग गरेका छन्। प्रदेश सभा सासंदहरु पनि पटक पटक संसदमा सोहि कुराको माग गर्ने गरेका छन्।, गेटामा ५ अर्ब ४५ करोड रुपैयाँ बढी लागतमा ४२ वटा भवन बनाइएका छन्। ती भवनका आँगनमा अहिले गाईगोरु चर्छन्।,
गेटामा मेडिकल कलेज बनाउनुपर्ने माग राखेर भइरहेको आन्दोलनको कस्तो छ प्रभाव |
सेतोपाटी संवाददाता अत्यधिक गर्मीका कारण तराईको जनजीवन अस्तव्यस्त छ।, गर्मीकै कारण कैयौं विद्यालयमा पठनपाठन बन्द गरिएका छन्। असार महिना आउन लाग्दासमेत पानी नपरेपछि देशभरीकै तापक्रम बढेको हो।, पानी नपरेकै कारण किसानको खेती खेतबारीमै सुक्न थालेका छन्।, नेपालमा मौसमको यस्तो अवस्थाको अझै कति समय सामना गर्नुपर्ने हो? यो प्रश्न हामीले मौसमविद् रोजन लामिछानेलाई सोधेका छौं।, उनका अनुसार तापक्रम घट्ने क्रम पूर्वी भूभागहरूबाट सुरू भइसकेको छ। आज बिहान कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भएको थियो।, पूर्वी भूभागका पानी नपरेका स्थानहरूमा मौसममा आंशिक बदली भएको थियो। तापक्रम हिजो अस्तिको तुलनामा आज पनि तापक्रम केही घट्ने मौसमविद लामिछानेले बताए। , ‘पूर्वी भागतिर तापक्रम विस्तारै घट्दै छ। अस्तिको तुलनामा हिजो तापक्रम घटेको र अब केहि दिन क्रमशः तापक्रम घट्दै जाने सम्भावना छ,’ उनले भने।, काठमाडौैमा पनि बिहानेदेखि मौसम बदली भएको अवस्था छ। , उनले अब मनसुन भित्रने समय भएकाले पनि तापक्रम क्रमश घट्ने बताए। जेठ ८ गते भारतको केरला पुगेको मनसुन अहिले आसाम मेघालय र बंगलादेशको भूभागहरूमा पुगेको छ।, नेपालमा पनि मनसुन भित्रन वातावरण अनुकूल बन्दै गइरहेको मौसमविद् लामिछानेको भनाइ छ। ‘विस्तारै मनसुन आउने अनुकूल वातावरण बन्दै गएको देखिन्छ,त्यसले पूर्वी भूभागहरूमा विस्तारै तापक्रम पनि घटाउँदै लगिरहेको छ,’ उनले भने।, पश्चिम तराईका भूभागहरूमा भने तत्काल तापक्रम घट्ने सम्भावना नरहेको लामिछानेले बताए। उनका अनुसार केही दिन तापक्रम यथावत् रहनेछ।, मनसुन भित्रिएपछि क्रमश तापक्रम घट्दै जाने उनले बताए।, मधेश प्रदेशको पश्चिमी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागहरूमा तातो हावा चल्ने सम्भावना कायमै रहेको पनि उनले बताए। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जेठ २४ गते तातो हावासम्बन्धी पाँच दिने बुलेटिन जारी गरेको थियो। , त्यसको अवधि पनि आज सकिएको र तातो हावा चल्ने र लु लाग्ने सम्भावना कायमै रहेको अवस्थामा महाशाखाले भोलिसम्म अर्को बुलेटिन निकाल्ने मौसमविद् लामिछानेले बताए। ,
मौसमविद्लाई प्रश्न- अब तापक्रम घट्ने क्रम सुरू भएको हो? |
सेतोपाटी संवाददाता कालीकोटमा जिप दुर्घटना भएको छ।, शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको लु १ च८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको छ।, दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका वडा नम्बर ८ का म ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेको इन्सपेक्टर बमले बताए।, दुर्घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक यज्ञराज बमको नेतृत्वमा प्रहरीको टोली त्यसतर्फ गएको इन्सपेक्टर बमले जानकारी दिए।,
कालीकोटमा जिप दुर्घटना, चालकसहित तीन जनाको मृत्यु |
सेतोपाटी संवाददाता भारतमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुर घर भएका एकै परिवारका ४ जनाको मृत्यु भएको छ। , शनिबार भारतको उत्तराखण्ड अन्तर्गत खटिमा टनकपुर सडकखण्डको चकरपुर र वनबासा जंगलबीचमा रहेको जुरियानालामा कारले ठक्कर दिँदा स्कुटरमा सवार एकै परिवारका ४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।, उनीहरू चारै जना वनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरूलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो।, उक्त दुर्घटनामा कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, ५६ वर्षीया उनकी श्रीमती सरस्वतीको मृत्यु भएको छ।, यस्तै, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाइकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ। , उनीहरू खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए।, खटिमाका प्रहरी अधिकृत वीर सिंहले अस्पताल पुगेर परिवारका सदस्यलाई भेटेर सान्त्वना दिए। अहिले भारतीय प्रहरीले शवको पोस्टमर्टम गर्ने तयारी गरिरहेको बताइएको छ।,
भारतमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुर घर भएका एकै परिवारका ४ जनाको मृत्यु |
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलमा लागुऔषध कारोबारीलाई पक्रन प्रहरीले गोली चलाएको छ।, काठमाडौं महानगरपालिका वडा-९ शम्भुमार्गमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने प्रहरीले गोली चलाएको हो। , लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार बिहान ११:४१ बजे गोली चलाएको ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता चक्रराज जोशीले जानकारी दिए। , ‘लागुऔषध कारोबारी (ड्रग्स ) गर्ने एक जनालाई घुँडाभन्दा तल गोली लागेको छ,ʼ प्रवक्ता जोशीले भने, ‘उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ।’, कारोबारीबाट १ सय ग्राम लागुऔषध बरामद गरिएको उनले बताए। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले जानकारी दिए। , ,
लागुऔषध कारोबारीलाई पक्रन सिनामंगलमा प्रहरीले चलायो गोली |
नवीनबाबु गुरूङ नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाल बजाएर प्रदर्शन गरेको छ। , आइतबार काठमाडौंको बानेश्वरमा उनीहरूले थाल बजाएर सरकारको विरोध गरेका हुन्।, उनीहरूले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरूलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएका हुन्।, विरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भदौ १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलबमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भई विरोध गर्नुपरेको बताए।, उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए।, उनले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्ने पनि बताए। , उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको, बजेटमै सम्बोधन नगरेको, २०७९ साल भदौ १ गतेदेखि गरिएको आन्दोलन, भदौ १९ गते गरेको पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रिस्तरीय निर्णय विद्यालय कर्मचारीको दुई तहको तलबमान २४ हजार ७ सय २ सहयोगी, ३२ हजार ९०२ लेखा सहायक, यसरी निजामती कर्मचारी सरहको खरदार र सुब्बा सरहको तलबमान दिने भनेर निर्णय गर्दा समेत अर्थ मन्त्रालय आनाकानी गरी रोकियो भनेर लामो समयदेखि भनिँदै आएको छ।’, उनले अघि भने, ‘आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन छ। १ गतेसम्म शान्तिपूर्ण गर्छौं र तर भोलिदेखि रिले अनसन भद्रकालीमा गर्नेछौं। आज थाल बजाएर विरोध गरेका हौं। थाल बजाउनुको अर्थ सरकारले थाल किन्ने पैसा दियो तर थालमा राखेर खानेकुरा दिएन, त्यसैले विरोध गरेका हौं। २ गतेदेखि विद्यालय बन्द गर्ने कार्यक्रम अनिश्चितकालीन गर्नेछौं। माग पूरा नहुन्जेलसम्म।’ , उनीहरूले संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर, हाम्रो माग पूरा गर लगायतका माग राखी विरोध प्रदर्शन गरेका हुन्। , तस्बिरहरू:,
सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाल ठटाएर प्रदर्शन (तस्बिरहरू) |
सविता बुढा गत जेठ १८ गते साँझबाट कैलालीकी २७ वर्षीया कौशी भनिने कविता बुढा हराएकी थिइन्। , भोलीपल्ट आफ्नी बुहारी घरबाट हराएको भन्दै उनकै ससुराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए। , गौरीगङ्गा नगरपालिका–१ गोप्काका डिल्लीसिंह बुढाले बुहारी हराएको र खोजतलास गरिपाऊँ भनी निवेदन दिएपछि प्रहरीले तदारूकता देखाएको थियो।, कविताको खोजतलासका लागि उनको हुलिया आफू मातहतका प्रहरी कार्यालयमा पठाएको थियो।, निवेदन दिएका सुसुरा डिल्लीसिंह त्यसदिनदेखि सम्पर्कमा आएनन्।, उनले बुहारी फेला परे, नपरेकोबारे चासो नराखेको मात्र होइन, आफैंसमेत सम्पर्कविहीन भए। , उनीसँगै ८ वर्षका नाती डण्डीराज पनि प्रहरीको सम्पर्कमा थिएनन्।, प्रहरीका अनुसार जेठ २२ गतेसम्म हराएकी महिला र निवेदन दिने ससुरा डिल्लीसिंह दुवैजना सम्पर्कमा थिएनन्।, त्यही दिन हराएकी भनिएकी कविताका माइती पक्षले पनि इलाका प्रहरी कार्यालय चौमालामा निवेदन दिएका थिए।, माइतीका तर्फबाट भाइ पर्ने पराने बुढाले निवेदन दिएको प्रहरीको भनाइ छ।, घटना शंकास्पद देखिएको भन्दै मसिनो अनुसन्धान गरेको प्रहरीले जानकारी दियो।, हराएकी कवितालाई खोज्दै जाँदा सामुदायिक वनभित्र गाडेको अवस्थामा महिलाको शव फेला पार्यो।, शव कविता बुढाकै भएको अनुसन्धानबाट पत्ता लाग्यो।, ८ फिट ४ इन्च गहिराइ भएको सुख्खा नालामा गाडेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदले सेतोपाटीलाई बताए।, घटनास्थलको मुचुल्का तयार पारी शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।,
बुहारी खोजीपाऊँ भनि बेपत्ता भएका ससुरामाथि प्रहरीको शंका छँदै थियो।, जेठ २३ गते कविताका दाजु रामबहादुर बुढाले किटानी जाहेरी दरखास्त पेश गरेपछि पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले जानकारी दिएको छ।, जेठ १८ गते साँझ ससुरा डिल्लीसिंहले घरको काम नगर्ने, आफूखुसी गर्ने भनी निहुँ खोजी विवाद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।, ससुराले निहुँ खोजिरहँदा कविता भान्सामा रोटी पकाउँदै रहिछन्। त्यहीबेला पछाडिबाट टाउकामा चिरपट दाउराले हिर्काइ हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।, हत्यापश्चात ससुरा डिल्लीसिंह र सासु लहरीले मिलेर शवलाई डोकोमा हाली घरभन्दा अन्दाजी ३ किलोमिटर टाढा पुर्याएका थिए। , उनीहरूले सामुदायिक वनमा लगेर खाल्डो खनी शव पुरेको प्रहरीले जानकारी दियो।, लाससँगै मृतकका रगत लत्पतिएका कपडा, खन्ने फरुवा, डोको पनि सोही खाल्डोमै व्यवस्थापन गरेको पाइएको प्रहरीले बताएको छ।, प्रारम्भिक अनुसन्धानमा क्रममा कविताका श्रीमान अर्जुन बुढाले कान्छी श्रीमती साथमा लिएर विगत १ वर्षदेखि भारतको ब्याङ्लोरमा बस्दै आएको खुलेको छ। घरमा रहेकी कवितासँग निजकी सासु लहरी र ससुरा डिल्लीसिंहले प्रायः झैझगडा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। , घटना हुनुअघि पनि घरायसी झगडाका विषयमा ईलाका प्रहरी कार्यालय चौमालामा गई मेलमिलाप गर्ने गरेको प्रहरीले जानकारी दियो।, डिल्लीसिंह बुढाले घटना ढाकछोप गर्न आफैँले हत्या गरेकी बुहारी कबिता हराएको भन्दै प्रहरी कार्यालयमा निवेदन दिएको स्वीकार गरेका छन्। निवेदन दिएर उनी चार दिन कञ्चनपुर जिल्लाको बिचफाँटास्थित आफन्तको घरमा बसेका थिए।, ‘जाहेरीका आधारमा सासु लहरी बुढालाई पक्राउ गरिएको छ। उनलाई कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई अनुसन्धान कार्य प्रारम्भ गरिएको छ,’ प्रहरीले भन्यो।, सम्पर्कविहीन भएका डिल्लीसिंहको खोजतलासका क्रममा उनको अन्तिम लोकेशन कञ्चनपुरको परासनमा देखिएको थियो। त्यहाँ पुगेर प्रहरीले डिल्लीसिंहलाई कञ्चनपुरको बिचफाँटामा लुकाइछिपाइ राख्न सहयोग गर्ने र पछि भगाएको आरोपमा जयवीर बुढालाई पनि जेठ २३ गते पक्राउ गरेको थियो । , घटनाका मुख्य अभियुक्त डिल्लीसिंहलाई कैलालीकै भजनी नगरपालिका–३ को नेपाल–भारत सिमावर्ती इलाकामा लुकिछिपी बसेका छन् भन्ने सूचना प्रहरीले पायो। त्यही सूचना पछ्याउँदै जाँदा प्रहरी टोलीले जेठ २७ गते पक्राउ गरेको थियो । , कविताको शव पोष्टमार्टम गरेर देवर नाता पर्ने आफन्तले बुझेका छन्।, घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ। , मुख्य अभियुक्तसँगै सम्पर्कविहीन बनेका कविताका ८ वर्षीय छोरा डण्डीराजको अवस्था अज्ञात छ। उनलाई भारतको ब्याङ्लोर लगिएको भन्ने पनि सुनिएको प्रहरीले जनाएको छ ।,
हराइ भन्दै प्रहरीकहाँ पुगेका ससुराले नै बुहारीको हत्या गरेको खुलासा |
सेतोपाटी संवाददाता प्रहरीले जेठ ३२ गते देशव्यापी रूपमा जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहारसम्बन्धी जागरूकता दिवस मनाउने भएको छ।, आम मानिसमा जनचेतना जगाउन प्रहरीले पहिलोपल्ट जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहारसम्बन्धी जागरूकता दिवस मनाउन लागेको केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।, ‘अडिओ क्लिप तथा ब्रुर्सरहरू बनाएर देशैभरिको प्रहरी कार्यालयबाट मनाउने तयारी भइरहेको छ,ʼ प्रवक्ता कडायतले भने, ‘शुक्रबार नै जिल्ला तथा इलाका प्रहरीलाई जानकारी दिइसकेका छौं।ʼ, जेष्ठ नागरिकमाथि हुने हिंसा तथा दुर्व्यवहार बढ्न थालेपछि आम मानिसमा जनचेतना जगाउन उक्त दिवस मनाउन लागेको उनले जानकारी दिए।, जेष्ठ नागरिक को हुन्, उनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, दुर्व्यवहार भएमा कहाँ कसरी उजुरी गर्ने भन्नेबारे जनचेतना जगाउने मुख्य उद्देश्य राखिएको छ।, यसलाई भित्तेपात्रोमा ‘विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ भनेर राखिएको छ।, अन्य देशले पहिलादेखि नै मनाउँदै आए पनि नेपालमा पहिलोपटक मनाउन लागेको हो।, त्यो दिन जिल्लाले तथा इलाका प्रहरी कार्यालयले पदैल तथा गाडीमा गस्ती गर्ने प्रहरीको योजना छ। प्रहरीले सोही स्थानीय तहका प्रतिनिधिहरूसँग सहकार्य गर्न सक्ने प्रवक्ता कडायतले जानकारी दिए।, ‘सात वटै प्रदेश र उपत्यकासँग सहकार्य गरेर यो दिवस मनाउने योजना बनाइएको हो,ʼ उनले भने।,
जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहारसम्बन्धी पहिलोपटक जागरूकता दिवस मनाउँदै प्रहरी |
नवीनबाबु गुरूङ १२ औं राष्ट्रिय जनगणनामा सार्वजनिक भएका जाति र भाषाको सन्दर्भमा सार्वजनिक गरिएको गलत तथ्यांक सच्याउन भन्दै राष्ट्रिय तथ्यांक कार्यालयअघि प्रदर्शन गरिएको छ।, किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति, किरात राई वान्तावा खिम, अथार मगरात कलाकार संघ, नेपाल आदिवासी जनजाति महासंघ लगायतले आइतबार दिउँसो प्रदर्शन गरेका हुन्।, राई जातिको विषयमा सार्वजनिक भएको तथ्यांक गलत भएको भन्दै उनीहरूले सच्याउन माग गरेका छन्। यसका साथै उनीहरूले पाँच बुँदामा सच्याउनु पर्ने पक्ष पनि समेटेका छन्।, उनीहरूले ‘दायाँ बायाँ जान्दैनौं, गलत तथ्यांक मान्दैनौं’, ‘गलत तथ्यांक तुरून्त सच्याऊ’, ‘राज्यलाई सही तथ्यांक देऊ’, ‘२०६८ सालको जनगणनामा किरात राई जातिभित्रको नयाँ जातिसम्बन्धी मिथ्यांक आएकोले खारेज गर’, ‘मगरको विरासत कायम गर’, ‘मगरमाथि राज्यको षड्यन्त्र बन्द गर’, ‘मगर जाति भित्रको पुन थर छुट्टै जाति होइन’ लगायत माग राखेर प्रदर्शन गरेका हुन्।, तस्बिरहरू:,
राष्ट्रिय तथ्यांक कार्यालय अगाडि नारा: दायाँ-बायाँ जान्दैनौं, गलत तथ्यांक मान्दैनौं (तस्बिरहरू) |
नारायण खड्का भिडिओ बनाउने क्रममा चितुवाको आक्रमणमा परी बर्दियामा पाँच जना घाइते भएका छन्। , शनिबार बेलुका ४ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बनतरिया जाने बाटोको छेउमा दलिराम चौधरीको मकै बारीमा चितुवासँग भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिँदा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ। , चितुवा देखेपछि स्थानीय २०/२५ जना युवाहरूको समूह जम्मा भई नजिकै गएर सेल्फी र भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले सेतोपाटीलाई बताए। , चितुवाको आक्रमणबाट ठाकुरबाबा–९ का ४९ वर्षीया सीता थरुनीको बायाँ हात र पिँठ्यूमा चिथोरेको, स्थानीय ३० वर्षीय सोमप्रसाद थारुको दाहिने हातको औंलामा घाउ खत भएको, ४० वर्षीय सोहराम थारुको बायाँ हातमा घाउ खत भएको, ४५ वर्षीय रामदास चौधरीको पिँठ्यू, बायाँ खुट्टामा घाउ खत रहेको र २८ वर्षीय चन्द्र बोगटीको बायाँ खुट्टामा चितुवाले चिथोरी घाउ खत बनाएको डिएसपी बोहराले जानकारी दिए। , चितुवाको आक्रमणबाट सामान्य घाइते भएका पाँच जनलाई स्थानीय चन्दुगगन मेडिकलमा उपचार गरिएको थियो।, चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिई बेलुका सवा ८ बजेतिर निकुञ्जमा छाडेको जिल्ला प्रहरी प्रवक्ता बोहोराले जानकारी दिए। ,
चितुवासँग सेल्फी र भिडिओ बनाउन खोज्दा! |
सेतोपाटी संवाददाता काभ्रेमा हाइकिङ जाँदा भीरबाट खसेका युवकलाई प्रहरीले ८ घन्टापछि उद्धार गरेको छ।, शनिबार जिल्लाको बेथानचोक गाउँपालिकास्थित नारायणथान क्षेत्रमा हाइकिङ गएका २४ वर्षीय सुमन खड्का राति भीरबाट खसेका थिए। उनको आज बिहान ६ बजेमात्रै उद्धार भएको हो। , उनीसँगै गएका साथीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालयबाट टोली पुगेको थियो।, डिएसपी रेशम बोहराका अनुसार महाभारत जंगलको भीरबाट युवक खसेको भन्ने सूचना गएराति १० बजे प्राप्त गरेको थियो।, आधा घन्टामै घटनास्थल पुगेको प्रहरीले बिहान ६ बजे मात्रै सुमनलाई उद्धार गरेको हो। ‘खसेको ठाउँ थाहा नहुँदा र रातीको समय भएकाले भेटाउन समय लाग्यो,ʼडिएसपी बोहराले भने।, घटनास्थल पुगेको प्रहरीले सूचना दिने धुलिखेल नगरपालिका-९ बस्ने २२ बर्षीय रञ्जित ठकुरीलाई सामान्य सोधपुछ गरी खोजी सुरू गरेको थियो।, सुमनको हेलमेट भीरबाट खसेको र त्यही टिप्न खोज्दा उनी पनि भीरबाट खसेर बेपत्ता भएको डिएसपी बोहराले बताए।, बेपत्ता भएका युवक भुम्लु गाउँपालिका- ४ का हुन्। उनको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, इलाका प्रहरी, स्थानीय जनप्रतिनिधिसँग स्थानीय नागरिक परिचालन भएका थिए।, बिहान ६ बजे उनलाई भीरबाट उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डिएसपी बोहराले जानकारी दिए। अस्पतालले उनको फोक्सो र पिसाब थैलीमा रगत जमेको जानकारी दिएको पनि उनले बताए।,
८ घन्टापछि उद्धार गरियो काभ्रेमा भीरबाट खसेका सुमनलाई |
रासस जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ।, देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ।, काठमाडाैं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। , हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ।, साथै पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन समेत अनुरोध गरिएको छ।, महाशाखाले तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिएको छ।, साथै नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ। , तातो हावा तथा लूबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएको छ।,
आगामी चार दिनसम्म लूको सम्भावना, घरभित्र बस्न महाशाखाको आग्रह |
सेतोपाटी संवाददाता गर्मी बढेपछि तुलसीपुरका विद्यालय बन्द हुने भएको छ।, जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए।, गर्मी बढेका कारण बालबालिका बेहोस हुने र बिरामी हुने क्रम बढ्दै गएको गुनासोको आधारमा विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको उनले बताए। , तुलसीपुरमा ८३ सामुदायिक र ६५ संस्थागत गरी कुल एक सय ४८ वटा विद्यालय रहेका छन्।, पछिल्लो समय जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेलसियस र त्यो भन्दा माथि मापन हुन थालेको छ। ,
जसका कारण दिउँसोमा तातो हावा चल्ने गरेको छ।,
तुलसीपुरका विद्यालयमा ५ दिन गर्मी बिदा |
सेतोपाटी संवाददाता यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ।, मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो। , 'केरलामा मनसुनी वायुको प्रभाव सुरू भइसकेको छ। त्यहाँ बादलहरू बढ्ने र मनसुनी एक्टिभिटीहरू भएको देखिन्छ,' मौसमविद् सञ्जीव अधिकारीले सेतोपाटीसँग भने।, केरला आइपुगेको मनसुनी वायु नेपाल भित्रिएपछि नेपालमा मनसुन सुरू हुने हो। सामान्यत: केरलामा जुन १ मा मनसुनी वायु भित्रन्छ भने नेपाल पुग्न १३ सम्म लाग्छ। , मौसमविद् अधिकारीले हरेक वर्ष सोही मिति र अवधि लागू नहुने बताए। 'लामो वर्षहरूको एभरेजमा हो। मिति र बीचको १२ दिन सधैभरि एउटै नहुन पनि सक्छ,' उनले भने।, केरलामा आइसकेकाले मनसुनी वायु नेपाल आउन अब धेरै ढिला नहुने उनले बताए। उनका अनुसार केरलाबाट मनसुनी वायु बंगालको खाडी पुग्छ। त्यहाँबाट उत्तरपश्चिमतिर लागेर नेपालमा पूर्वी झापाबाट नेपाल छिर्छ।, केरलाबाट नेपाल भित्रन कति समय लाग्छ भनेर यकिनका साथ भन्न नसकिने उनले बताए। 'केरला आइपुग्यो भनेपछि मनसुनी वायु नेपाल छिर्ने अलार्म बज्यो,' उनले भने।, यसपालि केरलामै ८ दिन ढिला गरी मनसुनी वायु भित्रिएको छ। केरलामा आइसकेको हुनाले नेपालमा पनि मनसुनी वायु प्रवेशमा धेरै ढिला नहुने उनले बताए।, ‘केरलामा आइपुगेपछि हामी लगातार वायु कहाँनेर आयो हेरिरहन्छौं। १० दिनमा आउने वायु एक हप्तामै आइपुग्नेदेखि १५ दिनसम्म नआउने पनि हुन्छ,' अधिकारी भन्छन्, 'त्यसको वेग कति तीव्र हुन्छ। त्यसमा कुनकुन प्रक्रिया हुन्छ, वायु यात्रा गर्ने वायुमण्डल कस्तो छ, ती सबै कुरामा निर्भर हुन्छ।', नेपालमा २०२० मा जुन १२ मा मनसुनी वायु आइपुगेको थियो। ०२१ मा ११ जुन र ०२२ मा ५ जुनमै मनसुनी वायु नेपाल भित्रिएको थियो।, नेपाल प्रवेश गरेपछि मात्रै मौसममा बदली हुने उनले बताएका छन्। झापाबाट प्रवेश हुने मनसुनी वायु नेपालभरि यात्रा गर्न न्युनतम पाँच दिन लाग्छ। , 'त्यो मुभमेन्ट पनि कहिलेकाहीँ छिटो र कहिले अलि ढिलो हुनसक्छ,' अधिकारीले भने।, ,
केरला पुग्यो मनसुन, कहिले आइपुग्ला नेपाल |
रासस केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ। , उनीहरूले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो। , टिकेटिङ प्रणाली ह्याक गरी अनधिकृत रूपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।, उनका अनुसार अहिले उक्त विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ।, उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्युरोमा उजुरी दिएको उल्लेख गर्दै ब्युरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ।, कस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौंको टिकट काटिएको सार्वजनिक भएको थियो। ,
हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशको घटनामा साइबर ब्युरोले गर्यो अनुसन्धान |
सेतोपाटी संवाददाता प्युठानको झिमरूक गाउँपालिकाका अध्यक्षका छोराले हातपात गरेपछि कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा माग गरेका छन्। , अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष मिलनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरूमाथि हातपात गरेको आरोप छ। घटना बुधबार भएको थियो। , उक्त घटनापछि आन्दोलनरत कर्मचारीहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी मदन कोइरालासँग छलफल गरेका हुन्। दिनभर भएको छलफल शुक्रबार पनि जारी रहने उनले बताए।, ‘आज दिनभर कर्मचारीसँग घटना के भएको हो भन्ने बारेमा मैले सोधपुछ तथा छलफल गरी जानकारी लिएको छु,’ उनले भने, ‘भोलि फेरि छलफल गरी सकभर भोलि नै समस्या समाधान गर्न प्रयास हुने छ।’, छलफलको क्रममा काम गर्ने वातावरण नबनेको हुँदा सुरक्षाको माग गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए।, ‘गाउँपालिकाकै अध्यक्षको छोराले हातपात र दुर्व्यवहार गर्दा काम गर्ने वातावरण भएन, हामीलाई सुरक्षा चाहियो भनेर प्रजिअलाई स्पष्ट भनेका छौं,’ उनले भने, ‘आजै हामीले मुद्दा प्रक्रियाका बारेमा कानुन व्यवसायीसँग भेटेर राय लिएका छौं।’, प्रमुख जिल्ला अधिकारी कोइरालाले शुक्रबार पनि छलफल हुने बताएपनि त्यसबारे भने आफू जानकार नभएको उनले बताए। , ‘भोलि फेरि हामी कर्मचारी मात्रै कसरी अगाडि बढ्ने भन्ने बारेमा छुट्टै छलफल गर्दै छौं,’ रिजालले भने, ‘प्रजिअज्यूसंग छलफल हुने कुरा भएको छैन।’, उनका अनुसार गाउँपालिकाका अध्यक्ष महतराले पनि उनलाई बिहीबार साँझ सम्पर्क गरी विवादको अन्त्य गर्न अनुरोध गरेका छन्। घटना हुँदा अध्यक्ष महरा कार्यालयमै रहेपनि प्रतिवाद नगरेको आरोप छ। , ‘मैले उहाँलाई पनि काम गर्ने वातावरण भएन र सुरक्षा चाहियो भनेको थिए,’ रिजालले भने, ‘अध्यक्षज्यूले जे भयो भइगयो अब छलफल गरी कुरा मिलाउँ भन्नु भएको थियो।’, रिजालले न्यायको अनुभूति नभएसम्म काममा नफर्किने अडान लिएका छन्। , अध्यक्षका छोरा मिलनले बुधबार दिउँसो पुरा नभएको योजनाको एक लाख २० हजार रुपैयाँ भुक्तानी लिने विषयलाई लिएर रिजाल, योजना शाखाका दीपक जिसीमाथि हातपात गरेका थिए। , यो पनि: ,प्यूठानमा गाउँपालिका अध्यक्षको छोराले कर्मचारीलाई हातपात गरेपछि…,
झिमरूक गाउँपालिका अध्यक्षका छोराले कुटपिट गरेपछि कर्मचारीले मागे सुरक्षा |
सेतोपाटी संवाददाता यस वर्ष नेपालका चार वटा ठाउँमा अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ। , बिहीबार चार वटा केन्द्र भएको ठाउँमा अहिलेसम्मकै सबभन्दा गर्मी भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , विभागका अनुसार ओखलढुंगा, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र नवलपरासीको दुम्कौलीमा उच्चतम तापक्रम मापन भएको हो। , ओखलढुंगामा सोमबार ३१.१ डिग्री, मंगलबार ३१.३ डिग्री र बुधबार ३१ डिग्री मापन भएको हो। यहाँ यसअघि उच्चतम तापक्रम १९९९ अप्रिल २८ तारिखमा भएको थियो। त्यसयताकै सबैभन्दा उच्च तापक्रमको मापन भएको हो। , त्यतिबेला ३०.९ डिग्री तामपक्रम मापन भएको थियो। , धरानमा पनि बुधबार ३९.३ डिग्री पुगेको थियो। त्यसअघि सन् २०१३ अप्रिल १२ मा ३८.८ डिग्री तापक्रम थियो। , कन्याम चिया बगानमा रहेको केन्द्रले मापन गरेअनुसार मंगलबार ३० डिग्री मापन भएको थियो। यहाँ यसअघि सबैभन्दा उच्चतम तापक्रम मापन सन् १९७३ जुलाइ १० मा भएको थियो। त्यतिबेला २९ डिग्रीसम्म पुगेको थियो।, यसैगरी दुम्कौलीमा भने सोमबार, मंगलबार बुधबार नै ४३.८ डिग्री पुगेको विभागले जनाएको छ। यसअघि त्यहाँ उच्चतम तापक्रम ४३.७ डिग्रीसम्म पुगेको थियो। यो तापक्रम सन् १९७९ जुन ५ मा भएको थियो।, देशभर विभागका ११३ वटा केन्द्रहरू छन्। जसमध्ये १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको छ। ,
ओखलढुंगा, धरानसहित ४ ठाउँमा अहिलेसम्मकै सबभन्दा गर्मी |
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी-३ नयाँ मंगलबारेमा यात्रुवाहक बसले स्कुटरमा सवार एक यात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।, बिहीबार दिउँसो सवा ३ बजे पश्चिमबाट पूर्व गइरहेको मे १ ख ३०७३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्र-१-०१-०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।, बसको ठक्करबाट झापाको कमल गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३४ का पवन सुवेदीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, उर्लाबारीले जनाएको छ।, मृतकको शव पोस्टमर्टमका लागि स्थानीय मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टर मंगलबारेमा राखिएको छ।, बसका चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय, उर्लाबारीका प्रहरी निरीक्षक बबीन्द्र नेम्वाङले जानकारी दिए।, बसले स्कुटरलाई ठक्कर दिएको स्थानबाट मृतकको शरीर एक सय ३५ फिट पर उछिट्टिएको थियो। मृतक सवार स्कुटरलाई बसले घिसारेर २ सय ९५ फिट पर पुर्याएको प्रहरीले जनाएको छ।, घटनाका बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। प्रहरी र घटनाका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिका कारण बसले स्कुटरलाई ठक्कर दिएको हो। , चालकले बसको गति नियन्त्रणमा लिन नसक्दा स्कुटरलाई उसकै ‘वे’ मा ठक्कर दिएको बताएका छन्।, दुर्घटनापछि स्थानीयवासीले सो बसमा आगजनी गरेका छन्। राजमार्गमा सञ्चालन हुने राता बसको तीव्र प्रतिस्पर्धाका कारण दुर्घटना भएको भन्दै स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका हुन्।, आगजनीबाट बसमा नराम्ररी क्षति पुगेको छ। बसमा लागेको आगो उर्लाबारी र पथरी-शनिश्चरे नगरपालिकाको दमकलले नियन्त्रणमा लिएका थिए।,
दुर्घटनामा स्कुटर चालकको मृत्यु, ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी |
सबिना श्रेष्ठ ललितपुरस्थित सप्तपाताल पोखरीका पहरेदार पूर्ण स्थापितलाई जीवनमा अब यत्ति चाहना छ — सप्तपाताल पोखरीको काम चाँडोभन्दा चाँडो सकियोस्। अनि एकचोटि आफ्नै आँखाले टन्न पानी भरिएको सप्तपातालमा पहिलेजस्तै माछा पौडिरहेको हेरेर जान पाइयोस्!, ७८ वर्षीय पूर्ण उनै व्यक्ति हुन् जसले अतिक्रमणमा परेर मासिएको सप्तपाताल पोखरी ब्युँताउन करिब १५ वर्ष कानुनी लडाइँ लडे। , सप्तपाताल त्यही पोखरी हो जुन लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै छ। कुनै बेला दुई सय रोपनीभन्दा ठूलो पोखरी समय क्रममा चारैतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बच्यो। बचेको अंशमा पनि पानी थोपै रहेन, घाँसघारी र फोहोरको डुंगुरले छपक्कै छोप्यो।, मान्छेको सम्झनाबाट समेत हराउँदै गएको त्यही पोखरीलाई पुरानै स्वरूपमा फर्काउने अभियानमा लागेका हुन् पूर्ण।, पोखरी मिच्ने र मास्ने अनेक समूहमध्ये नमूना मच्छिन्द्र स्कुलले १४ रोपनी अतिक्रमण गरेको थियो। पूर्णले सप्तपातालको त्यो जग्गा पोखरीलाई नै फर्काउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्चले २०७६ असार २३ गते अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दियो।, र, त्यही आदेशअनुसार अहिले सप्तपाताल पुरानै स्वरूपमा फर्काउन पुनर्निर्माण भइरहेको छ। , सबभन्दा महत्वपूर्ण कुरा त, पूर्णले कानुनी लडाइँ लडेर १४ रोपनी जग्गा फिर्ता ल्याएपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले सेनासँग समन्वय गरेर थप ३२ रोपनी फर्काएका छन्। लगनखेलस्थित सेनाको राजदल गणले पोखरीको ठूलो हिस्सा ओगटेको थियो।, सेनाले आफ्नो पर्खाल भत्काएर सप्तपातालको जग्गा फिर्ता गरेपछि ४५ रोपनीभन्दा बढी क्षेत्रफलमा पुनर्निर्माणको काम हुँदैछ।, पोखरी पुनर्निर्माण र त्यसका लागि पानी आपूर्ति गर्न टीकाभैरवदेखि लगनखेलसम्मको राजकुलो ब्युँताउने काममा ललितपुर महानगरले लगानी गर्दैछ।, मेयर महर्जनले भन्दै आएका पनि छन् — सप्तपाताल पोखरी पुनर्निर्माण गर्नु मेरो मुख्य प्राथमिकता हो।, केही दिनअघि पूर्णकै नाममा गोदावरीमा उनका छोराहरूले खोलेको 'पूर्ण म्युजियम रिसोर्ट' मा 'परम्परागत पोखरी संरक्षण' विषयगत कार्यक्रम भएको थियो। त्यसमा पोखरी संरक्षण र जीर्णोद्धारमा लामो समयदेखि अध्ययन–अनुसन्धान गरेका व्यक्तिहरूले ललितपुरका मेयरको सहभागितामा आफ्ना अनुसन्धात्मक प्रस्तुति दिए।, परम्परागत तरिकाले पोखरी निर्माण गर्न अहिलेको चुनौती के हो? के टीकाभैरव राजकुलो ब्युँताएर सप्तपातालसम्म ल्याउन सम्भव छ? के कस्ता कठिनाइ छन्?, यस्ता यावत प्रश्नको जवाफअघि आउनुहोस्, पहिले हामी टीकाभैरव राजकुलोबारे चर्चा गरौं।, किम्बदन्तीअनुसार चापागाउँकी देसार परिवारकी बाला मैँ (बालकुमारी) को टीकाभैरवसँग प्रेम विवाह भएको हुन्छ। एकदिन बाला मैँ उदास हुन्छिन्। त्यसको कारणबारे भैरवले सोधीखोजी गर्छन्। , बाला मैँ भन्छिन्, 'मेरो माइती चापागाउँमा पानीको साह्रै दुःख भएर बालीनाली सप्रिएको छैन।', उनको उदासीको कारण सुनेपछि भैरवले त्यहाँसम्म पानी पुर्याउने अठोट गरे। उनले बाला मैँलाई एउटा तःकु (लामो बिँड भएको कुटो) दिएर भने, 'ल, यो कुटो घिसार्दै तिमी आफ्नो माइती जाऊ।', जसै बाला मैँ कुटो घिसार्दै अघि लागिन्, एउटा कालो कुकुरले उसलाई पछ्याउन थाल्यो। अनि कुकुरको पछिपछि पानीको धारा बग्न थाल्यो। बाला मैँ जुनजुन बाटो हिँडिन्, त्यहाँ पानी बग्न थालेकाले वादे अर्थात् चापागाउँमा घरको छेउछाउबाटै पानी बग्न थाल्यो। यसरी नै टीकाभैरव राजकुलो निर्माण भएको किम्बदन्ती छ।, काठमाडौं सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्परामा गहिरो अध्ययन गरेका साथै 'हिति प्रणाली' किताबका लेखक पद्मसुन्दर जोशीका अनुसार टीकाभैरव प्रणालीको निर्माण कहिले भएको भन्ने यकिन प्रमाण छैन। तर यो लिच्छविकालमै बनिसकेको भन्न मिल्ने प्रशस्त आधार छन्।, लिच्छविकालमै बनेको ललितपुरको मीननाथ मन्दिरअगाडि भेटिएको जयदेव द्वितीयको ईश्वी सम्वत् ७२४ को शिलापत्रमा त्यस भेगमा वनदुर्ग (वनको किल्ला) बाट तिलमक (कुलो) मार्फत पानी ल्याई वितरण गरिएको तथ्य उल्लेख छ।, 'भौगोलिक रूपमा हेर्दा ललितपुरको पुरानो बस्तीको दक्षिणमा चापागाउँ ननाघी पानी पठाउन मिल्ने वनदुर्ग नभएकाले उक्त वनदुर्ग टीकाभैरव हुनुपर्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ,' उनले भने। , अंशुवर्माको 'लेले शिलापत्र' मा पनि प्रणाली गोष्ठीबारे गरिएको व्यवस्थाले सो समयमै यस्ता प्रणाली सामान्य भइसकेको अनुमान गर्न सकिन्छ। ईश्वी सम्वत् ६९७ को सुनागुथिको भृंगेश्वर महादेवको मन्दिर परिसरमा भेटिएको जयदेवको शिलापत्रमा पोखरी, हिति प्रणाली र तिलमक (राजकुलोको पुरानो नाम) को उल्लेख गरिनु र थेच्वमुनिको सुनागुथि बस्तीमा यी पूर्वाधारहरू रहनुले यहाँ राजकुलो पुगिसकेको थाहा हुने जोशी बताउँछन्।, टीकाभैरवबाट सुरू हुने राजकुलो चापागाउँ, थेच्व, सुनागुथि, ध्वोंलाहिति हुँदै लगनखेल आइपुग्छ। पछिल्लोपटक २०१९ सालमा यसको जीर्णोद्धार भएको थियो। भारत सरकारको सहयोगमा गरिएको जीर्णोद्धारमा लेले मुहानमा बाँध बाँधेर पक्की मुहान बनाइएको थियो।, पछि चक्रपथ निर्माण गर्दा उक्त राजकुलो थुनियो। त्यति बेला ह्युमपाइप प्रयोग गरेर पाटनसम्मै राजकुलो जीवित राख्न सकिन्थ्यो। तर निर्णयकर्ता र सहरी योजनाकारहरूले राजकुलोको महत्व बुझेनन्।, अहिले टीकाभैरवदेखि ध्वोंलाहितिसम्म राजकुलो बाँकी छ। २०७५–७६ सालमा सडक विभागले चापागाउँ जाने बाटो चौडा गर्दा यहाँको राजकुलोलाई ह्युमपाइपमा जोडेको थियो।, अब कुरा गरौं टीकाभैरवदेखि ध्वोंलाहितिसम्मको राजकुलोको अवस्थाबारे। , जोशीका अनुसार अहिलेसम्म टीकाभैरवदेखि चारघरे भन्ने ठाउँसम्म राजकुलोको अवस्था राम्रो छ। चारघरेबाट तल आउँदा चाहिँ आधुनिकीकरणले गर्दा समस्या सुरू हुन थालेको छ।, पहिलो समस्या हो, अव्यवस्थित रूपमा भएको जमिन प्लटिङ। राजकुलोको डिलैबाट पर्खाल लगाएर जग्गा प्लटिङ गरिएको छ। भविष्यमा त्यहाँ घर बनेपछि ढल पनि त्यही आउने सम्भावना भएको जोशी बताउँछन्।, 'पहिला त बाटोभन्दा बढी राजकुलोलाई प्राथमिकता दिइएको थियो। अहिले घरहरू टनाटन बने,' उदाहरण दिँदै उनले भने, 'ताहाखेलबाट प्यांग गाउँसम्म आउने हो भने त्यस्तो भइसकेको देख्न सक्छौं। प्यांग गाउँको बसस्टपनजिकै राजकुलो छ। त्यहाँ भएभरको फोहोर फालिन्छ।', राजकुलो दूषित बनाउने क्रमकै कुरा गर्दा चापागाउँसम्म आइपुग्दा राजकुलो देखिँदै देखिँदैन। त्यहाँ ह्युमपाइप राखेर ढलको निकास राखिएको छ। राजकुलो जोगाउन फोहोरमैला र ढल व्यवस्थापन सँगसँगै लानुपर्ने उनी बताउँछन्।, बज्रबाराही जाने ठाउँसम्म राजकुलोमाथि मजाले ढलान बनाउने काम भइसकेको छ। थेच्वमा विभिन्न परियोजनाले विभिन्न संरचना बनाएका छन्। ध्वोंलाहितिसम्म आइपुग्दा त राजकुलोको नामनिसान छैन। सप्तपाताल ब्युँताउन डेढ दशक मुद्दा लडेजसरी राजकुलोलाई पनि राष्ट्रिय सम्पदा घोषणा गर्ने हो भने यसको संरक्षण र सम्वर्द्धन गर्न सकिने उनी बताउँछन्।, पद्मसुन्दर जोशीकै नेतृत्वमा टीकाभैरव राजकुलोमा काम गरिरहेकी 'इको कन्सर्न' संस्थाकी चारूमति नकर्मीका अनुसार टीकाभैरवदेखि ललितपुरसम्म राजकुलो ल्याउन जति चुनौतीपूर्ण छ, पानीको गुणस्तर कायम राख्न उत्तिकै समस्या छ।, 'राजकुलोको मूल भएको ठाउँ वरिपरि खेतीपातीमा प्रयोग भएको रासायनिक मल मिसिएर आउने चुनौती छ,' उनले भनिन्, 'नजिकैका डेरी र अरू कारखानाले फोहोर तथा पानी सिधै राजकुलोमा फालेका छन्। नजिकैका बस्तीको फोहोर पनि त्यहीँ मिसाइन्छ।', राजकुलोको पानी कस्तो छ भनेर गुणस्तर मापन गर्न उनीहरूले टीकाभैरव मुहान र चिबाहाः गेट नजिकैको पानीको नमूना लिएका थिए। नतिजा हेर्दा टीकाभैरवको पानी राम्रै अवस्थामा थियो। चिबाहाः गेटसम्म आइपुग्दा भने गुणस्तर निकै खस्किसकेको थियो।, टीकाभैरव राजकुलोमा पानी ल्याउन काठमाडौं उपत्यका खानेपानी संस्था (केयुकेएल) को बाटो रोजिएको छ। पहिले पनि राजकुलोको बाटो त्यही थियो। पानी ल्याउन सकिने भनेर पहिचान गरिएका सम्भावित बाटामध्ये यो नै सबभन्दा छोटो हो। राजकुलो ल्याउन बाटोमा बिछ्याइएको अप्टिकल फाइबर, पाइप, केबल लगायत भने बाधा हुन्। त्यसलाई पनि मध्यनजर गर्ने उनीहरूको योजना छ।, चिबहाः गेटबाट आएको पानी खुमलटारमा बनाइएको वाटर ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिसकेपछि चक्रपथ हुँदै लगनखेल ल्याउने तयारी हुँदैछ। यसको दूरी ३.५५ किलोमिटर छ।, पहिले टीकाभैरव राजकुलो नढाकी खुला रूपमा पानी लगिएको थियो। अहिले त त्यस्तो सम्भव छैन। त्यसैले पाइपबाटै लैजाने तयारी हुँदैछ। यो पाइप डबल-लेन सडकको बीचबाट जानेछ। यसरी राजकुलोको बाटो बनाउँदै लगनखेलसम्म पानी ल्याउँदा २ करोड ७९ लाख रूपैयाँ हाराहारी खर्च अनुमान भएको नकर्मीले बताइन्।, यसरी राजकुलोको बाटो बनाउँदै सप्तपातालसम्म पानी ल्याउन सके पानी आपूर्तिका सम्बन्धमा नयाँ ढोका खुल्ने पद्मसुन्दर जोशी बताउँछन्।, यसले पाटनका अरू पोखरी र हितिमा पनि पानी पठाउन मद्दत गर्छ।, राजकुलो, पोखरी र हितिको सम्बन्ध कस्तो छ भने राजकुलोबाट पोखरी भरिएपछि यसले रिचार्जको काम गर्छ। पोखरीबाट पानी रिचार्ज भएर यसले हाम्रो जमिनमुनिको पानीको सतह कायम राख्छ। यसले हितिमा पानी प्रवाह बढाउँछ। टीकाभैरवबाट सप्तपातालसम्म पानी पुर्याउने हो भने पाटन क्षेत्रका अन्य पोखरी र हितिमा पनि पानी पुर्याउन सकिने देखिन्छ। , 'पाटनको प्रयाग पोखरी झन् यस्तो ठाउँमा बसेको छ जहाँबाट तीनतिर पानी पठाउन सकिने व्यवस्था छ,' जोशीले भने, 'त्यसका लागि पहिले त सप्तपातालमै पानी पुर्याउनु पर्यो। यो सम्भव छ। हामीले लगभग ७० प्रतिशत काम गरिसकेका छौं।', पानी ल्याए पनि परम्परागत शैलीमा पोखरी बनाउनु सजिलो काम होइन। हामीले परम्परागत पोखरी निर्माणको ज्ञानलाई लगभग बिर्सिनै लागेको समय छ। त्यसैले पोखरी निर्माणलाई वैज्ञानिक तवरबाट पनि हेर्न पर्ने जोशीले बताए।, जोशीकै नेतृत्वमा अनुसन्धाता ऋषभराज जोशीले नेवाः समुदायले पोखरी निर्माणमा प्रयोग गर्ने माटोबारे अध्ययन गरेका थिए। त्यस्तो माटोलाई विशेषगरी कँचा र गथिचा भनेर वर्गीकरण गरिएको छ।, विज्ञहरूका अनुसार, कँचाले उर्वरक (फर्टिलाइजर) रूपमा काम गर्छ र वनस्पतिका लागि राम्रो हुन्छ। यसको काम पानी थामेर बग्न नदिने पनि हो। गथिचाले पनि पानी थाम्छ, उर्वरकका रूपमा भने काम गर्दैन। गथिचा प्रयोग गर्यो भने लेउ नलाग्ने मानिन्छ। पोखरीमा लेउ लाग्यो भने पानी सोसिन्छ र चाँडै सुक्छ।, काठमाडौंको रानीपोखरी बनाउँदा कँचाको साटो गथिचा प्रयोग गरेको भए लेउ लाग्ने समस्या हुँदैन थियो भनेर धेरैले भन्दै आएका छन्।, यी कुराहरूलाई वैज्ञानिक हिसाबले पनि हेर्नुपर्ने ऋषभ बताउँछन्। यसबारे उनैले सानो परीक्षण पनि गरेका थिए। उनको परीक्षणले गथिचा पानी थाम्न र लेउ लाग्न नदिने कँचाभन्दा उपयुक्त देखाएको थियो। त्यसैले पोखरी बनाउने क्रममा माटो विषयमा थप ध्यानाकर्षण आवश्यक रहेको उनी बताउँछन्। दुवै किसिमको माटो मिलाएर प्रयोग गर्दा कस्तो हुन्छ भन्ने विषयमा पनि परीक्षण गरिनुपर्ने उनले बताए।, भक्तपुरका भाजुपोखरी, सिद्धपोखरी लगायत विभिन्न पोखरी निर्माणमा नेतृत्व लिएका कृष्णप्रसाद डुमरूकै नेतृत्वमा काठमाडौंको रानीपोखरी र ललितपुरको न्हु पोखरी बनेको थियो। उनले पनि पोखरी निर्माणमा माटोको विषयमा संवेदनशील हुनुपर्ने बताए।, 'परम्परागत हिसाबले पोखरी बनाउने भनेपछि हाम्रा पुर्खाले कसरी बनाएका थिए भन्ने बुझ्नुपर्छ। माटो कसरी छानेर पोखरीमा हालेका थिए भन्ने जान्न जरूरी छ,' उनले भने, 'यसरी परम्परागत शैलीमा बनाउने काम ढिला होला तर नतिजा राम्रो हुन्छ।', सप्तपाताल पोखरीमा हाल महानगरले तीनवटा परियोजना काम गर्दैछ। मेयर महर्जनका अनुसार एउटा परियोजनाअन्तर्गत करिब ४५ रोपनी जग्गामा पारदर्शी पर्खाल लगाउने काम भइसकेको छ। त्यसैगरी पोखरीसँगैको पक्की सडक भत्काएर खुला छाड्ने योजना छ। विकल्पमा अर्को बाटो बनाउने तयारी छ।, दोस्रो चरणमा पोखरीमा कमल फूल फुलाउने तयारी छ। त्यसका लागि पोखरीमा करिब ५० लाख लिटर पानी चाहिन्छ। त्यति धेरै पानी ल्याउन राजकुलोबाट मात्र सम्भव भएको मेयर महर्जन बताउँछन्। त्यसैले टीकाभैरव राजकुलोमा काम गरिरहेका पद्मसुन्दर जोशीको टोलीले अनुमान गरेको २ करोड ७९ लाख रूपैयाँको साटो बजेटमा ३ करोड रूपैयाँ सप्तपाताल निर्माणलाई छुट्ट्याउने उनले बताए।, टीकाभैरव राजकुलो र सप्तपाताल पोखरी ब्युताँउन गोदावरी नगरपालिकाका मेयर पनि सकारात्मक रहेको उनले बताए।, 'यो काम हाम्रो कार्यकालमा जसरी पनि सक्ने योजना छ। अब हामी फेरि मेयर बन्न पाउँदैनौं। त्यसैले हाम्रो कार्यकालमा पोखरी बनाउन सकिएन भने धेरै गाह्रो पर्न सक्छ,' मेयर महर्जनले भने।,
सप्तपातालमा पानी भर्न टीकाभैरवबाट यसरी ल्याइँदैछ राजकुलो |
सेतोपाटी संवाददाता ललितपुर, गोदावरीको गुरूङे डाँडामा डढेलो लागेको छ।, बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो।, स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार दमकल जान नसक्ने ठाउँमा डढेलो लागेको हो।, खबर पाएपछि भने प्रहरी प्रभाग बाडेगाउँबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ।, उनका अनुसार डढेलो मानवबस्तीभन्दा टाढा लागेको छ।,
गोदावरीको डाँडामा डढेलो, जान सकेन दमकल |
सेतोपाटी संवाददाता ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए। , महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट तीन वटा मोटरसाइकल समेत बरामद भएको छ।, प्रहरीका अनुसार घटना सोमबार राति १० बजेतिरको हो।, महाँकाल गाउँपालिका-३ जप्कामा बस्ने तीन जना कामदारहरूमाथि ९ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ। उनीहरू सडक निर्माणको काम भइरहेकाले गोटिखेलमा पाल टाँगेर बसिरहेका थिए।, बर्दिया मधुवन नगरपालिका-२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामा घाइते भएका थिए। घाइते भएपछि प्रहरीले त्यही बेला उनीहरूलाई लेलेस्थित आनन्दवन अस्पताल लगिएको थियो। त्यहाँबाट पाटन अस्पताल लगेर त्यहाँबाट पनि रिफर भएपछि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको थियो।, अहिले उनीहरू खतरामुक्त भएको प्रहरीले जनाएको छ।, त्यसयता प्रहरीले घटनामा संलग्न रहेकाहरूको खोजी गरी ९ जनालाई पक्राउ गरेको हो। , प्रहरी स्रोतका अनुसार युवतीको विषयलाई लिएर उनीहरूबीच झडप भएको हो। , खुकुरी प्रहार गर्ने समूहका एक युवककी गर्लफ्रेन्डको नम्बर एक घाइते पुरूषले पाएका थिए।, ‘कामदारले कतैबाट नम्बर पाएर फोन गरेका रहेछन्। तर फोन गर्दा केटाले उठायो,’ स्रोतले भन्यो, ‘केटीलाई फोन दिनू भनेपछि गर्लफ्रेन्डलाई फोन गरिस् भनेर विवाद भयो त्यसपछि केटाहरूले गएर हिर्काए। पाल टाँगेर बसिरहेका थिए त्यहीँ हिर्काए।’, प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर म्याद थप गरी अनुसन्धान गर्न अनुमति पाएको छ। ,
गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।, कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।, दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , राती पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , महाशाखले देशभरको तापक्रम तत्काल घट्ने सम्भावना पनि नरहेको बताएको छ। बिहीबार देशका ६ स्थानको तापक्रम ४० डिग्रीभन्दा बढी मापन भएको थियो।, सबैभन्दा बढी सिमरामा ४२.६ डिग्री सेल्सियस पुगेको थियो। जनकपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीको तापक्रम ४० नाघेको थियो। , बुधबार जारी गरेको विशेष बुलेटिनका अनुसार अझै तीन दिन तापक्रम नघट्ने महाशाखाको अनुमान छ। तापक्रम बढ्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले तापक्रम बढेका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले सुझाएको छ। , ,
मौसम पूर्वानुमानः अझै केही दिन तापक्रम नघट्ने, पहाडी भूभागमा हल्का वर्षाको सम्भावना |
रासस कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ। बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो।, व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका रुपमा चार लाख बजेट विनियोजन गरिएको छ।, ‘यस वर्ष परीक्षणका रूपमा बेसार खेती थालेका छौँ। बिक्री–वितरण सहजै भए खेती विस्तार गर्दै लैजाने योजना छ,’ तिवारीले भने।, कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बीउ खरिदका साथै कृषकले बेसार राखेर उमाल्ने ड्रम, कुटानीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिनलगायत सामग्रीसमेत खरिद गरिसकेका छन्।, समूहमा आबद्व सदस्यले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात धोइपखाली गरी उमाल्ने, कुटानीपिसानी गरेर लेबल टाँस गरी अग्र्यानिक बेसारका रूपमा बिक्री गर्नेछन्।, व्यास नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्ने शर्तमा कार्यालयले यस कार्यक्रमलाई अघि बढाएको हो।, उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा प्याक गरेर विदेश निर्यात गर्ने लक्ष्य छ।, कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार (हलेदो) खेती प्रवर्द्धन कार्यलाई प्राथामिकता दिएको हो। उत्पादन भएका वस्तु स्थानीय बजारमा बिक्री भएन भने तीनवटै तहका सरकारले सहजीकरण गरी बिक्री–वितरणमा सहयोग गरेको अवस्थामा कार्यक्रम अझ प्रभावकारी हुने देखिन्छ।, ,
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ |
रासस चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।, मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ।, विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए।, बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए।, कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनःनिर्माण ढिला गरी सम्पन्न भएको हो। मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो। ढुङ्गा र माटोले बनेको सो पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो।, गाउँपालिका अध्यक्ष गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताए।, ‘आवश्यक पूर्वाधार निर्माण गरिने र प्रचार–प्रसारमा जोड दिइने छ,’ उनले भने, ‘खानेपानीको व्यवस्थासमेत भइसकेको छ, बस्नका लागि होमस्टेको सुविधा छ, आवश्यक पूर्वाधार निर्माण गर्दै जान्छौँ, ऐतिहासिक महत्व बोकेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ।’, सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ। साथै मन्दिर परिसर वरपर फागुन–चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ।, इच्छाकामनाको फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारीसाधनमार्फत पुग्न सकिन्छ।, गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ।, मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेको धार्मिक विश्वास रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए।मन्दिरसम्म सडक पुगेसँगै भक्तजनको आवागमनमा वृद्धि भएको उनको भनाइ छ।, प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ। इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ।,
इच्छाकामना मन्दिरको पुनः निर्माण सम्पन्न, भक्तजनका लागि खुला |
रासस जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्।, कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ। कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिग रहेका छन्।, कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो।, ‘पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ,’ उनले भने। उनीहरु ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन्। महिला कैदीबन्दीलाई भने हाल समस्या छैन।, कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताए। तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ। यसका लागि २० लाख बजेट स्वीकृत भएको छ।, बागलुङ नगरपालिका–९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ। असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताए। खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो। ,
७५ जना क्षमताको बागलुङ कारागारमा छन् १६६ कैदीबन्दी |
सेतोपाटी संवाददाता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंमा प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई शुक्रबार पक्राउ गरेको हो।, उनले ५० हजार घुस लिइसकेकोऊ अवस्थामा रकमसहित पक्राउ गरेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए।, उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको आरोप छ। घुस माग गरेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई ५० हजार घुससहित काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट पक्राउ गरेको हो।, अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।,
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले सामाखुसीमा खोला छोपेर राखेको स्ल्याबहरू निकालेको छ। , महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो,' उनले भने, 'अहिले खोलाको 'राइट अफ वे' खोल्ने कार्य गरिएको हो।' , यस्तै खोलालाई प्राकृतिक रूपमा बग्न दिन अतिक्रमित गरी बनाइएका भैतिक संरचना हटाउन सुरू गरिएको हो।,
काठमाडौं महानगरले निकाल्यो सामाखुसीमा खोला छोपेका स्ल्याबहरू |
सेतोपाटी संवाददाता सिन्धुलीमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ। , दुधौली नगरपालिका-१० कुर्था बस्ने ६२ वर्षीया शिवकुमारी कार्कीको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। , उनका अनुसार शुक्रबार बिहान साढे ५ बजे घरको पेटीमा हिँड्नेक्रममा अचानक सर्पले डसेको हो। , उपचारको लागि उनलाई कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो। ,
सर्पदंशबाट सिन्धुलीमा एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।, लाखौं रकम ठगेको आरोपमा एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार साँझ थापाथलीबाट पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए।, उनका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का २७ वर्षीय रामचन्द्र चालिसे पक्राउ परेका हुन्।, ठगी गरेको पैसाले उनी काठमाडौंका महँगा होटलहरूमा बस्थे।, वास्तविक नाम रामचन्द्र भए पनि उनले आफूलाई अरू नै विभिन्न नामबाट चिनाउँथे। नकुल चालिसे, आकाश भट्टराई र आर.एन क्षेत्री भनेर पनि उनले ग्राहकलाई चिनाउने गरेको अनुसन्धानबाट खुलेको छ। , उनले 'घर जग्गा (लोन सेवा)' नामक फेसबुक पेज पनि चलाएका छन्। २०७९ फागुन ४ गते बनाएको उक्त पेजमा ऋण, घर, जग्गा चाहिएमा सहयोग गर्ने उल्लेख छ।, यसरी सेवा दिन उनले कार्यालय भने खोलेका थिएनन्। कर्मचारी पनि छैनन्। आफैंले चलाउने फेसबुक पेज देखेर कतिपय ग्राहकले त्यसैमा ऋण/घर/जग्गा चाहियो भन्दै मेसेज गर्थे। कसैसँग कुरा भाइहाले पनि उनी ती ग्राहकलाई कुनै क्याफे वा रेस्टुरेन्टमा बोलाएर कुराकानी गर्थे।, 'फेसबुकमा एउटा पेज बनाएर घर जग्गाको कारोबार गर्ने, ऋणको व्यवस्था गर्ने भन्ने रहेछ। त्यो देखेर मान्छेले ऋण चाहिएको भन्दै मेसेज गर्छन्,' एसपी रिजालले भने, 'ऋण चाहिएको छ भने एउटा कुनै क्याफेमा आउनुस्, कुराकानी गरौं भन्ने रहेछन्।', चालिसेले छलफल गर्ने क्रममा ऋणको प्रतिशत र मिलाइदिए बापतको 'सर्भिस चार्ज' लिने गरेको खुलेको हो। कतिपय व्यक्तिहरूका नाममा कम्पनी खोल्ने भनेर नागरिकता दुरूपयोग गरेको पनि पाइएको छ।, त्यसरी कतिपय ग्राहककै नागरिकता लिएर विभिन्न बैंकमा खाता खोलेको पाइएको एसपी रिजालले बताए। , 'नागरिकता लिएपछि बैंक खाता खोल्ने, जग्गाहरू धितो राखेर म ऋण मिलाइदिन्छु भनेर विश्वासमा लिएको पायौं,' उनले भने, 'सुरक्षाका लागि चेक लिनुस् भनेर एउटा थमाई पनि दिने रहेछन्।', चेक दिँदा पनि चालिसेले चलाखी गरेको प्रहरीले बताएको छ।, उनले चेक दिँदा कम्तिमा दुई वर्षपछिको मिति राखेर दिन्थे। यता सेवाशुल्कको नाममा भने तुरून्तै पैसा लिन्थे। , 'आफूले चेक दिँदा दुई वर्षपछिको मितिको दिने र ग्राहकबाट लिने बेलामा भने हालसालकै मितिको लिने गर्थे,' उनले भने, 'आममानिसलाई त उनले पनि चेक दिइरहेकै छ भनेर विश्वास हुने भयो।', उनले चेक, इ-बैंकिङ, मोबाइल बैंकिङमार्फत बीस हजार, तीस हजार, पचास हजार, असी हजार गरी ऋणअनुसारको भन्दै तत्कालै सेवाशुल्क लिने प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। तर उनले कसैलाई ऋण दिने मनसाय राखेको देखिँदैन।, उनले अहिलेसम्म तीन जनाको नागरिकता दुरूपयोग गरी पाँच वटा बैंक खाता खोलेको एसपी रिजालले बताए।, जिल्ला प्रहरी परिसरका अनुसार अहिलेसम्म उनले ५७ लाख २० हजार रूपैयाँ ठगेको आरोप छ। यसरी ठगिएको भन्दै पाँच जना पीडितहरूले संयुक्त जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेर चालिसेलाई पक्राउ गरेको हो।, चालिसे पक्राउ परेपछि अर्का एक जना पीडित पनि सम्पर्कमा आएको एसपी रिजालले जानकारी दिए।, जापानमा बस्ने ती पीडितले काठमाडौंमा घर किन्न खोजे भन्दै चालिसेलाई फेसबुक पेजमा मेसेज गरेका थिए।, 'घर किन्ने भनेर पेजमा सम्पर्क गरेर उनी काठमाडौं आइपुगेका थिए। घर किन्न भनेरै चालिसेलाई ५० लाख रूपैयाँको चेक दिएर फर्किएका रहेछन्,' रिजालले भने, 'अहिले उनका आफन्तहरू आएका छन्।', चालिसेविरूद्ध परिसरले दुइटा कसुरमा अनुसन्धान अघि बढाएको छ — ऋण सेवा दिन्छु भन्दै ठगी गरेको र अर्काको नागरिकता प्रयोग गरी बैंक खाता खोलेर बैंकिङ कसुर गरेको।, एसपी रिजालका अनुसार उनले अरू व्यक्तिलाई पनि ठगी गरेका छन्। उनीबाट ठगिएको भए सम्पर्कमा आउन पनि परिसरले अनुरोध गरेको छ।, चालिसेलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।,
घरजग्गा र ऋण मिलाइदिने भन्दै फेसबुक पेजबाटै लाखौं ठगे चालिसेले |
रासस यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन्।, जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ।, विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए।, पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ। पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ। बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ।, वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ।, बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ।, देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए। पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेको उनको भनाइ छ।, कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए।, जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।, विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको सङ्ख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ।, पालिकाको वडा नं ६ निवासी विकास रोकायाले विवाहका लागि वडाबाट सिफारिस लिएर विवाह गरेको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए। यहाँको पातारासी गाउँपालिकाले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताए। सिञ्जा गाउँपालिकाले पनि विवाह गर्दा अनिवार्य वडाको सिफारिस लागू गरेको जनाएको छ। ,
जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य |
सेतोपाटी संवाददाता बाँकेमा स्रोत नखुलेको १४ लाख नगदसहित एक जना पक्राउ परेका छन्। , नेपालगन्ज उपमहानगरपालका-१६ चौलिका चोकबाट एक जना पुरूषलाई बिहीबार पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ। , डुडुवा गाउँपालिका-४ साहपुरूवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्तालाई पक्राउ गरेको हो।, उनीबाट भे ६ प ३७४६ नम्बरको मोटरसाइकल र १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरेको छ। , सशस्त्र प्रहरी बलको नम्बर ३० गण बाँकेले उनलाई फेला परी चेक गर्दा उक्त रकमसहित पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। ,
स्रोत नखुलेको १४ लाख नगदसहित एक जना पक्राउ |
सेतोपाटी संवाददाता महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले एक जना महिलालाई पक्राउ गरेको छ।, स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापालाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए।, जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा प्रहरीले उनलाई गत बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो। प्रहरीका अनुसार उनीविरूद्ध एक महिला पीडितले जाहेरी दिएकी थिइन्। , पीडित महिलाका अनुसार सुरूमा उनलाई एक पुरूषको खाताबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो। उक्त रिक्वेस्ट आएपछि उनीहरूबीच कुराकानी हुँदै गयो र पछि प्रेम सम्बन्ध पनि गाँसियो।, 'फ्रेन्ड रिक्वेस्ट आएपछि मैले स्वीकार गरेँ र म्यासेन्जरमा कुराकानी गर्न थालेका थियौं। त्यस क्रममा हामीले एकअर्कालाई मनपराउन थाल्यौं। र प्रेम सम्बन्धमा भयौं,' पीडितले जाहेरीमा भनेकी छन्। , त्यसबीच उनीहरूले आफ्ना गोप्य तस्बिर तथा भिडिओहरू समेत साटासाट गरेका थिए।, प्रेम सम्बन्धमा बसेको केही समयमा पीडित महिलाले ती प्रेमी पुरूष विवाहित रहेको थाहा पाइन्।, उक्त कुरा थाहा पाएपछि उनले पुरूषसँग सम्बन्ध टुटाएकी थिइन्।, सम्बन्ध टुटाएको केही समयपछि एउटा नक्कली आइडीबाट पीडितकी भाउजूलाई मेसेज आएको थियो। जसमा ती पीडित महिलाका गोप्य तस्बिर तथा भिडिओहरू थिए।, यसरी आफ्नो चरित्र हत्या गरेको भन्दै पीडितले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। अनुसन्धान गर्ने क्रममा प्रहरीले यस घटनामा ज्ञानु थापाको संलग्नता रहेको पत्ता लागेको थियो। ज्ञानु पीडितका तिनै पूर्वप्रेमीकी श्रीमती हुन्।, 'ज्ञानुले आफ्ना श्रीमान र पीडित महिलाबीच कुराकानी भएको थाहा पाएकी रहेछन्। त्यसपछि पीडितको तस्बिर/भिडिओ आफूले लिएर, फेसबुकमा नक्कली आइडी बनाएर पीडितकी भाउजूको फेसबुकमा ती तस्बिर/भिडिओ पठाएकी रहिछन्,' प्रहरी स्रोतले भन्यो।, स्रोतले थप्यो, ‘हामी पनि यो घटनामा सुरूमा अलमलिएका थियौं। तर अहिलेसम्म यसमा श्रीमानको संलग्नता भने देखिँदैन।’, ज्ञानु थापाले श्रीमानको सामाजिक सञ्जालमा पहुँच पुर्याएर दुरूपयोग गरेको प्रहरीले जनाएको छ।, ज्ञानुलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।,
श्रीमानकी पूर्वप्रेमिकाको गोप्य तस्बिर लिएर चरित्रहत्या गर्ने महिला पक्राउ |
रासस यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।, उनका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ। सन् २०२३ को यो सबैभन्दा बढी मापन हो।, यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो। यो नेपालकै सबैभन्दा बढी मापन हो। यसपालि तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको पाइएको छ। , नेपालमा जेठ १६ गतेदेखि तापक्रम बढ्न थालेकामा पछिल्ला तीन दिनदेखि भने तापक्रम ह्वात्तै बढेको छ। यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ। अहिले ती क्षेत्रका अधिकांश स्थानमा ४० डिग्रीभन्दा माथि नै तापक्रम रहेको छ।, तातो हावाको लहर बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही १९ गते पहिलो पटक तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो । त्यसपछि २४ गते अर्को बुलेटिन जारी गरेर सचेत गराएको थियो।, मौसमविद् शान्ति कँडेलले सन् २०२३ को तापक्रम विश्लेणण गर्दा धेरै स्थानमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताइन्। नवलपुरको दुम्क्यौलीमा ४३ दशमलव आठ डिग्री ताफक्रम पुगेको र बुधबारसम्मको तथ्याङ्कमा यो रेकर्ड यस वर्षकै सबैभन्दा बढी मापन हो।, नवलपुरको दुम्क्यौलीमा भने पहिलो पटक ‘रेकर्ड ब्रेक’ भएको हो। यसअघि त्यहाँ सन् १९७९ मा ४३ दशमलव ७ डिग्री तापक्रम पुगेको थियो। उहाँका अनुसार तराईमा मात्रै होइन पहाडी क्षेत्रमा पनि तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ। , ओखलढुङ्गामा सन् १९९९ मा सबैभन्दा बढी ३० दशमलव ९ डिग्री तापक्रम रेकर्ड भएकामा यसपालि त्यहाँ पनि ‘रेकर्ड ब्रेक’ भएर ३१ दशमलव नौ डिग्री पुगेको छ।, धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८ दशमलव आठ डिग्री तापक्रम मापन गरिएकामा यसपालि सन् २०२३ को जुन ७ (हिजो बुधबार) ३९ दशमलव तीन डिग्री पुगेको थियो । , यस्तै इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकामा यसपालि यही ५ तारिखमा ३० डिग्री मापन भई ‘रेकर्ड ब्रेक’ भएको कँडेलले बताइन्। , यसपालि मुलुकका सबैजसो भूभागमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने अनुमान यसअघि नै सार्वजनिक गरिएको थियो। मनसुन १३ जुनमा प्रवेश गर्ने औषत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ।, मनसुन अहिले भारतको केरला आइपुगेको छ। यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको मौसमविद्को भनाइ थियो। अर्का मौसमविद् विनु महर्जनले नेपालको पूर्वी भेगमा आज केही मौसममा बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको बताइन्।, उनका अनुसार यो समाचार तयार पार्दा कपिलवस्तुको तौलिहवामा ४२ डिग्री तापक्रम छ।, यस्तै चितवनको रामपुरमा ४१ दशमलव सात, सिमरामा ४१ दशमलव एक, जनकपुरमा ४० दशमलव सात डिग्री तापक्रम छ।, काठमाडौँमा हिजोको तापक्रम ३२ दशमलव आठ पुगेकामा अहिले भने ३१ डिग्री रहेको जनाइएको छ। विगतमा काठमाडौँमा ३६ दशमलव छ डिग्रीसम्म तापक्रम रेकर्ड भएको अभिलेख छ। , मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको उल्लेख गरेको छ।, विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्ने देखिन्छ। , हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।, पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना देखिएको मौसमविद्ले बताए। , यस्तो हुनसक्छ असर, तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ। , तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने चिकित्सक डा पवनकुमार शाहले बताए।, तातो हावाको लहरका सम्बन्धमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पहिलोपटक छलफल गरेको छ।, उक्त छलफलका सहभागीहरूले अब शीतलहरका लागि पनि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राप्त सुझावलाई कार्यान्वयन गर्न आजदेखि आवश्यक तयारी थाल्ने र कार्ययोजना बनाएर लागू गर्ने प्रतिबद्धता जनाए। ,
यसपालि तापक्रमले कहाँ-कहाँ गर्दैछ ‘रेकर्ड ब्रेक’? |
मन्दिरा घिमिरे अमेरिकामा 'कम्युनिटी वर्क' मा स्नातक पढिरहेकी सृच्छा प्रधान नेपाल फर्किने बाटो खोज्दै थिइन्।, धेरै समयसम्म उनले विभिन्न कारण खोजिरहिन्। त्यही बेला मिस नेपाल हुँदै थियो। यो पनि एक राम्रो कारण हुन सक्ने उनलाई लाग्यो। यसलाई धेरै गम्भीरताका साथ भने लिइनन्।, उनी स्नातक अन्तिम वर्षमा पढ्दै थिइन्। हजुरबुबाले उनलाई 'मिस नेपालका लागि आवदेन खुलेको छ, भर' भने।, 'बाले पनि केही देखेरै त भन्नुभएको होला भन्ने सोचेँ,' उनले भनिन्, 'मैले प्रयासै गरिनँ भने त यो बाटोले कता पुर्याउँछ भन्ने मलाई थाहै हुँदैन। त्यसैले कुनै पनि उपाधि पाउनुभन्दा पनि आफ्नो कुराहरू राख्नकै लागि पनि मिस नेपालमा सहभागी हुने सोचेँ।', उनी यसकै लागि अमेरिकाबाट नेपाल आइन्, यस वर्ष मिस नेपाल वर्ल्डको उपाधि पनि जितिन्।, 'उपाधि जितेपछि लामो सास फेरेकी थिएँ,' उनले भनिन्, 'एकछिन त के भइरहेको छ भनेर थाहा पाउनै मुश्किल भयो। एक्कासि सानैदेखिका कुराहरू सम्झनामा आयो। अब यो त यात्राको सुरूआत हो भन्ने भावना आएको थियो।', सानोमा सृच्छालाई मिस नेपाल भनेको बाहिरी स्वरूप 'सुन्दर' हुनु मात्र हो भन्ने लाग्थ्यो। हुर्किँदै जाँदा पूर्वमिस नेपालहरू शृंखला खतिवडा, अनुष्का श्रेष्ठ लगायतलाई देखेपछि उनको धारण बदलियो। मिस नेपाल भनेको बाहिरी स्वरूपको सुन्दरता मात्र नभई धेरे कुरा भएको उनी बताउँछिन्।, 'मिस नेपाल भनेको एउटा मञ्च हो जहाँ युवापुस्ताको प्रेरणाको स्रोत बन्न सकिन्छ। सानो हुँदा जसरी बुझेकी थिएँ, त्यो होइन रहेछ,' उनले भनिन्, 'मिस नेपालसँग बौद्धिक क्षमता हुँदैन भन्नु भनेको हामीले उनीहरूलाई उचाइमा पुग्न नदिनु हो। मिस नेपालले आफूसँगै आफ्नो समाजलाई अगाडि बढाउँदै गइरहेका हुन्छन्।', मिस नेपालपछि आफूमा पनि धेरै परिवर्तन पाएको सृच्छा बताउँछिन्।, 'मिस नेपालअघिको सृच्छा सिक्दै थिई र अझै पनि सिक्दै छे,' उनले भनिन्, 'अहिलेको सृच्छा अझै आत्मविश्वासी भएकी छे। यो यात्रामा आउनुअघि पनि आफूलाई विश्वास गर्छु भनेरै आएकी थिएँ तर त्यसको वास्तविक अर्थ अहिले बुझेँ।', सृच्छा सानोमा ‘ट्युन टाइम’ भन्ने कार्टुन चलाउँथिन्। अन्तर्मुखी स्वाभाव भए पनि स्टेजमा गएर काम गर्न सानैदेखि रूचि भएको उनले बताइन्।, 'तपाईंले ग्ल्यामर के हो भन्ने भाष्य आफैंले स्थापना गर्न सक्नुहुन्छ,' उनले भनिन्, 'मिस नेपालको अवधिभरि दीर्घकालीन फेसन भनेको के हो र कस्तो हुन्छ, क्लिन मेकअप कस्तो हुन्छ भनेर जान्न मन थियो। जुन कुरा मैले त्यहाँ सिकेँ।', यसो त उनी कुनै पनि 'सिस्टम' लाई एकोहोरो पछ्याउनुको साटो आफैं नयाँ बाटो पत्ता लगाउनुपर्नेमा जोड दिन्छिन्। नयाँ कुरा सिक्दा केही समय लागे पनि त्यसैमा निरन्तर लाग्दा सम्भव हुने उनको ठम्याइ छ। , सृच्छा जलवायु परिवर्तनका लागि काम गर्न चाहन्छिन्। कला क्षेत्र पनि मन पराउने उनले कुनै न कुनै रूपमा यो क्षेत्रमा आबद्ध हुने बताइन्। , यसपटक मिस वर्ल्ड-२०२२ मा सृच्छा जान पाउँदिनन्। तर यसले उनलाई अर्कोपटकको मिस वर्ल्डका लागि तयारीका लागि समय मिलेको बताउँछिन्।, 'अहिले जान नपाएर पनि खुसी लागेको छ,' उनले भनिन्, 'किनभने मैले सन् २०२२ की मिस नेपाल प्रियंका रानीको मिस वर्ल्ड तयारी नजिकबाट हेर्न पाउने छु। उहाँले एकदमै मेहनत गरिरहनुभएको छ। यसले गर्दा मैले पनि उहाँको यात्राबाट केही सिक्ने मौका पाउने छु।' , मिस नेपालको प्लेटफर्मबाट जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्य रहेको उनी बताउँछिन्।, 'यो प्लेटफर्मलाई फोहोर व्यवस्थापन र महिला उद्यमीलाई अगाडि बढाउन प्रयोग गर्ने योजना छ,' उनले भनिन्, 'भावी दिनमा मेरो नामले मलाई नचिने पनि कामले चिनून् भन्ने लाग्छ।' , यस्तै भविष्यमा नीतिनिर्माणमा समेत काम गर्न मन भएको सृच्छाले बताइन्।, 'मलाई राजनीति एकदमै ठूलो जिम्मेवारीको काम हो भन्ने लाग्छ जसका लागि धेरै पढ्नुपर्छ,' उनले भनिन्, 'मलाई समुदाय स्तरमा बसेर कस्तो नीति निर्माण गर्दा राम्रो हुन्छ भनेर काम गर्न मन छ।' ,
मिस नेपाल सृच्छा भन्छिन्- नामले भन्दा कामले चिनिन मन छ (भिडिओ) |
रासस सुगम जिल्लाका रुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउन वाध्य छन्। उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालोओरालो हिँडेर खोला आउजाउ गर्दै आएका छन्।, बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फर्किन्छन्। यस क्षेत्रमा सधैँभरि खानेपानीको समस्या रहेको स्थानीय सरस्वती आचार्यले बताइन्।, 'ढोडेनीवासीलाई खानेपानीको असाध्यै समस्या छ, एक गाग्री पानी ल्याउन दुई घण्टा उकाली ओराली गर्नुपर्छ,' ४० वर्षीया आचार्यले भनिन्, 'यहाँका सबै घरमा खानेपानीको मिटर जडान गरिएको छ, तर धारोमा पानी आउँदैन।', पानी बोक्न एक जनाको पूरै दिन बित्ने गरेको उनको भनाइ छ। , खानेपानीको धारामा पानी नआएपछि उनीहरु कालीगण्डकी नजिकै रहेको लहरा खोलाको पानी पिउन बाध्य छन्। ढोडेनीबाट एक किलोमिटरभन्दा टाढा रहेको उक्त खोलामा पानी लिन जाँदा भिरालो भए पनि पानी बोकेर ल्याउँदा उकालो चढ्नुपर्छ।, स्थानीय जमुना गुरुङ भन्छिन्–'खोलाबाट पानी लिएर आउँदा उकालीओराली गर्नुपर्छ, पानी बोकेर आउँदा कतिपटक त लडिन्छ।' गाग्री बोक्न नसक्नेले झोलामा बोत्तल हालेर पानी ल्याउने गरेका छन्।, 'पानीकै पिरले गाईबस्तु पाल्न सकेकी छैन,' आचार्यले पीडा सुनाइन्। , खोलाबाट बोकेर ल्याएको पानीले नुहाइधुहाइ गर्न समस्या हुने भएकाले स्थानीयवासी लुगा बोकेरै खोलामै पुग्छन्।, पानीकै समस्याका कारण पशुचौपाया पनि केहीले मात्रै पाल्छन्।हुनेखाने र सक्नेले पानीको ट्याङ्कर नै घरमा लिएर आउने गरेका भए पनि नसक्नेले खोलाको पानी पिउन बाध्य छन् ।, ढोडेनी छतिटारमा कुखुरा पाल्दै आएका विष्णुहरि अधिकारी ट्याङ्करबाट ल्याएर पानी पिउने गरेको बताउँछन्। 'खानेपानीको समस्या आजको होइन, विगतदेखि नै यथावत् छ,' उनले भने, 'कुखुरालाई नियमित पानी चाहिने हुँदा ट्याङ्करबाट पानी झार्ने गरेको छु, तीन हजार लिटर पानीले चार दिन जति पुग्छ।', ढोडेनीका झण्डै एक सय ५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ । दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो । तर अहिले धारामा पानी आउनै छाडेको छ ।, 'चार किलोमिटर परबाट पानीको पाइप जोडर खानेपानी ल्याइयो, अघिल्लो वर्ष मिटर पनि जोड्यौँ, हप्तामा एक दुई पटक मात्रै अलिकति पानी आउँछ,' खानेपानीका लागि जोडिएको मिटर देखाउँदै अधिकारीले भने, 'पानी प्रयोग गर्न नपाए पनि हामीले मासिक ८० तिर्नुपरेको छ ।', बर्सेनी माघदेखि जेठ महिनासम्म खानेपानीको हाहाकार नै हुन्छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कालीगण्डकीमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी ल्याउने तयारी भइरहेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए।, 'लिफ्टिङको काम अघि बढेको पाँच वर्ष भइसक्यो, तर निर्माणमा ढिला हुँदा खानेपानीको समस्या भएको हो,' उनले भने, 'खानपानीको आयोजना चाँडो निर्माण सम्पन्न गराउन भन्दै पटक–पटक पोखरासम्म धायौँ।' ठेकेदारले रकम नपाएर काम रोकेको छ । प्रदेश सरकारले पैसा भुक्तानी नगर्दा यहाँका बासिन्दाले पानी पिउन नपाएका हुन् । , गण्डकी प्रदेश सरकारले सुरु गरेको लिफ्टिङ खानेपानी योजनाको बजेट ६ करोड ४७ लाख ४५ हजार रहेको छ । कूल बजेटमध्ये पाँच करोड १६ लाख ७५ हजार प्रदेश सरकारको तथा एक करोड ३० लाख ७० हजार बराबरको श्रमदान गर्ने सहमतिअनुसार आयोजना अगाडि बढेको हो। चालु आर्थिक वर्ष २०७९/८० मा यस आयोजनाका लागि १५ लाख मात्रै बजेट विनियोजन भएको थियो , विनियोजित बजेटभन्दा बढी काम निर्माण कम्पनीले गरिसकेकाले उसलाई थप २४ लाख भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए। न्यौपानेका अनुसार खानेपानी आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ।, काम सम्पन्न गर्न ७८ लाख बजेट आवश्यक पर्छ । यहाँ डेढ किलोमिटर तल कालीडण्डकी नदीबाट लिफ्ट गरेर खानेपानी ल्याइँदैछ। लिफ्ट गरेर ल्याएको पानी सङ्कलनका लागि गाउँको माथिल्लो भागमा डेढ लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिएको छ। यस आयोजनाबाट झण्डै चार सय परिवार लाभान्वित हुने बताइएको छ।,
एक गाग्रो पानी लिन दुई घन्टा हिँड्न बाध्य ढोडेपानीवासी |
रासस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ।, काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो। , ठक्करबाट गम्भीर घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।, गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ। ,
बनेपामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ महाशाखाले बताएको छ।, दिउँसोपख देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले नियमित बुलेटिनमार्फत भनेको छ। । , त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको देखाइएको ।, रातिपख भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।,
मौसम पूर्वानुमानः गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर ललितपुरले ठगी गरेको आरोपमा तीन जनालाई मंगलबार पक्राउ गरेको प्रवक्ता एवं एसपी नवराज कार्कीले जानकारी दिए। , पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका-४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौं-४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन्। , राघव सापकोटा उक्त अस्पतालको एजिक्युटिभ आइपी बिलिङको रूपमा कार्यरत थिए। अन्य दुई जना पनि बिलिङ सेक्सनमा कार्यरत थिए।, बिलिङको लागि मेडिसिटी अस्पतालमा सुक्र नामक एचएमआइएस सफ्टवेयरको प्रयोग गरिएको थियो। , त्यही सफ्टवेयरमार्फत बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्ज लिएर सिस्टममा इन्ट्री गरिन्थ्यो। आरोपीहरूले बिरामीहरूबाट वास्तविक शुल्क लिएका थिए। , तर सिस्टममा इन्ट्री गराउँदा भने उनीहरूले वास्तविक शुल्कभन्दा कम गराएको पाइएको एसपी कार्कीले बताए। , यसरी उनीहरूले दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। , ‘बिरामीलाई उनीहरूले बिल बुझाउँदा पनि वास्तविक बिल नै बुझाउँथे। तर रकम इन्ट्री गराउँदा भने कम हालेर त्यसबापत केही रकम आफूहरूले नै लिएर ठगी गरेको देखियो,’ एसपी कार्कीले भने।, अस्पताललाई यसरी घाटा पुर्याएको भन्ने उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। यता बिलिङ शाखामा कार्यरत उनीहरूले जागिर छाडिसकेका थिए। , अस्पताल प्रशासन घाटामा गइरहेको बेलामा जागिर समेत छाडेपछि प्रहरीले उनीहरूमाथि नै शंका गरेको थियो। अनुसन्धान गर्नेक्रममा उनीहरूले ठगी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। , उनीहरूमाथि आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ।, घटनामा अन्य पूर्वकर्मचारीहरू समेत संलग्न रहेको र उनीहरूको खोजी भइरहेको परिसरले जनाएको छ।,
मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारी पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ। , मंगलबार काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो।, उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ। , एसपी रिजालका अनुसार उनीहरू भगवती बहालको चार तले घरको दोस्रो तलामा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए।, मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो। रञ्जितकारले मापसे गरेका थिए। , मापसे गरेका उनले तामाङमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। साढे ३ बजे तामाङको उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्याइएको थियो। , उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले बताए। , प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई पक्राउ गरेको छ। उनीमाथि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान अघि बढाएको बताएको छ।,
,
ठमेलमा कुटपिट गरी युवकले गरे युवतीको हत्या |
सेतोपाटी संवाददाता नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ। , बुधबार मध्यान्हमा दाङस्थित राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उनको निधन भएको हो। , केही महिना अगाडि काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा अस्पतालमा उनको हर्नियाको अपरेशन गरिएको थियो। उपचारपछि दाङ फर्किएका उनको केहीदिन यता खुट्टा चल्न छाडेको थियो। , गएराति स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई आज मृत घोषणा गरेको उनका छोरा सुशील चौधरीले जानकारी दिए। , उनी स्थानीय विकास राज्यमन्त्री र संविधान सभा सदस्य समेत भएका थिए।, साथै उनी २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए। ६ वर्ष राष्ट्रिय सभा सदस्य भएपछि २०५४ सालमा उनी स्थानीय विकास राज्य मन्त्री भएका थिए। , उनकाका 'द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल', 'नेपालको तराई तथा यसका भूमिपुत्रहरू', 'थारू भाषाको पहिलो गीति नाटक "छारा"', थारू भाषामा लिरौसी व्याकरण लगायत थुप्रै पुस्तक प्रकाशित छन्।,
पूर्वराज्यमन्त्री महेश चौधरीको निधन |
एजेन्सी क्यानडाको जंगलमा लागेको डढेलो छिमेकी अमेरिकामा पनि वायु प्रदुषण बढेको छ।, आइक्यूएयरका अनुसार बुधबार अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर भएको छ।, मंगलबारदेखि नै न्युयोर्कको वायु खतराको तहमा पुगेको छ। , द न्युयोर्क टाइम्सका अनुसार मिनिसोटादेखि म्यासाच्युसेट्ससम्म अमेरिकी राज्यहरूले वायु प्रदुषण खतरापूर्ण रहेको सजगता अपनाउन नागरिकहरूलाई सूचना जारी गरेका छन्। उत्तरी अमेरिकाका विभिन्न सहरमा केहीदिन देखि तुँवालो लागेको छ। , क्यानडाका ओन्टोरियो, ओटावा र टोरोन्टो सहरलाई पनि प्रदुषणको वायुले ढपक्कै छोपेको छ। ओन्टोरियो क्षेत्रमा अहिले १६० भन्दा बढी ठाउँमा डढेलो लागेको बिबिसीले उल्लेख गरेको छ।,
क्यानडाको डढेलोले अमेरिकामा पनि वायु प्रदुषण |
रासस कालीकोट सदरमुकाम मान्ममा अनधिकृत रूपमा बनाइएका संरचना हटाइने भएका छन्।, खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो।, खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढंगले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ।, जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक रूपमा जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित जमिन खाली गराउने निर्णय गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले बताए।, ‘बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन निर्देशन दिइएको छ’, उनले भने, ‘अनधिकृत संरचना हटाउन असार ६ गतेसम्मलाई समय दिएको छ, उक्त समयमा नहटाइए नगरपालिका आफैंले हटाउने निर्णय भएको छ।’ , सार्वजनिक जग्गा कहाँ कति मिचिएको छ त्यसको जानकारी दिइने नगर प्रमुख कमलबहादुर शाहीले बताए।, ‘पहिलो चरणमा वडाले अतिक्रमित जग्गा हटाउन सूचना गरिसकेको त्यसपछि सार्वजनिक धारा, शौचालय र अन्य क्षेत्रको अतिक्रमित जग्गा खाली गराइने छ’, उनले भने, ‘नगरलाई सफा र सुन्दर बनाउन संरचना हटाउन लागिएको छ।’, सार्वजनिक जग्गा मिच्न नदिनु स्थानीय सरकारको दायित्व भएको र स्थानीय सरकारको अभियानलाई प्रशासनले पूर्ण रूपमा साथ दिने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए।, ‘नगरपालिकाले निर्णय गरोस्, त्यसलाई कार्यान्वयनमा ल्याउन प्रशासनले साथ दिन तयार छौं’, उनले भने, ‘अवैध संरचना बनाउनु गैरकानुनी काम हो।’,
मान्ममा बनाइएका अनधिकृत संरचना हटाइँदै |
नवीनबाबु गुरूङ विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ।, पछिल्लो केही दिनयता आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस भएको छ। अचाक्ली गर्मी बढेकोले मान्छेहरूको आवतजावत पनि पातलिएको छ। मान्छेहरू गर्मी छल्नका लागि विभिन्न उपाय अपनाइरहेका छन्। , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताइन्।, उनका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ। , केही दिनयता काठमाडौंको अधिकतम तापक्रम २३ देखि ३० डिग्रीसम्म पुगेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ ।, नेपालमा सामान्यतः जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो सातामात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले जानकारी दिइन्।, , ,
उफ् यो गर्मी! (तस्बिरहरू) |
सेतोपाटी संवाददाता भरतपुरमा काने भनिने अनिल परियारको हत्या लगत्तै फरार रहेका व्यक्ति एक वर्षपछि पक्राउ परेका छन्। , चितवनको साविक दिव्यनगर गाविस-७, हालको भरतपुर महनागरपालिका- २६ बस्ने ३८ वर्षीय अजय सिंह भन्ने अशोक भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, २०७९ सालको वैशाख २५ गते साँझ साढे ७ बजे भरतपुर महानगरपालिका-७ कृष्णपुरस्थित पञ्चेश्वर नगर प्लटिङको भित्री पक्की पिच सडकमा परियारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।, स्थानीय तहको चुनावभन्दा केही दिनदेखि यो घटना भएको थियो। , वारदातको समयमा धारिलो हतियार छुरी प्रहार गर्ने मुख्य प्रतिवादी भण्डारीलाई निरन्तर खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र रूपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।, भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा रूपन्देहीको बेलहियाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।, उनलाई बुधबार चितवन जिल्ला अदालतमा उपस्थित गराइएको पण्डितले बताए।,
काने हत्याको एक वर्षपछि पक्राउ परे फरार प्रतिवादी अशोक भण्डारी |
नारायण खड्का गत वैशाख २९ गते बिहान साढे ११ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठ्वाका १४ वर्षीय विनोद चौधरी रा १ त ४८९८ नम्बरको ट्र्याक्टर बसे।, विनोद सोही ट्र्याक्टरमा लेबर काम गर्थे।, प्रहरीका अनुसार स्थानीय खोलाबाट अनधिकृत रूपमा निकालिएको बालुवा बोकेर गोठ्वाबाट ग्वारखोलातर्फ उक्त ट्र्याक्टर जाँदै थियो।, चोरीको माल भएका कारण चालकले ट्र्याक्टर तीव्र गतिमा कुदाएका थिए। त्यो पनि कच्ची बाटोमा। त्यही बीचमा विनोदको सन्तुलन खल्बलियो र उनी ट्र्याक्टरबाट भुइँमा बजारिए। पछाडिको टायरले विनोदलाई किच्यो।, ट्र्याक्टरमा सात जना सवार थिए।, घटनापछि गोठ्वा गाउँकै १९ वर्षीय रामबहादुर चौधरीले विनोदलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याए। अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले विनोदलाई मृत घोषित गरे।, विनोदको मृत्युपछि अस्पतालको सुरक्षार्थ खटिएका प्रहरीले रामबहादुरलाई घटनाबारे सोधे।, रामबहादुरले स्थानीय १९ बर्षीय किरण चौधरीले तीव्र गतिमा चलाएको ट्र्याक्टरबाट खसेर विनोदलाई पछाडिको टायरले किचेको बयान दिएका थिए।, किरणको लाइसेन्स थिएन। ट्र्याक्टर धनी पनि सोही गाउँकै २८ वर्षीय दिनेश वली हुन्। घटना सुनेलगत्तै उनले नक्कली चालक खडा गर्ने योजना बुने।, उनीहरूको योजना तयार नहुँदासम्म विनोदको शव राप्ती प्रादेशिक अस्पतालमै रह्यो।, यो बीचमा ट्र्याक्टर धनी दिनेश र अन्य बिचौलियाले विनोदका बुवा बिन्तिरामलाई अनेक तरहले भुलाइरहे। न नै बिन्तिरामलाई छोराको शव हेर्न दिइयो। विनोदका घरका परिवार अरू कोही पनि अस्पताल पुगेनन्।, वैशाख ३१ गतेमात्रै विनोदका ६५ वर्षीय बुवा बिन्तिराम चौधरी जाहेरी लिएर प्रहरीमा पुगे।, बिन्तिरामले तुलसीपुर–१८ बिजौरीका २४ वर्षीय किरण भनिने रेशम चौधरीविरूद्ध ट्र्याक्टर चालक भन्दै किटानी जाहेरी दिए।, रेशमविरूद्ध किटानी जाहेरी परेपछि आवश्यक प्रक्रिया पूरा गरी बिन्तिरामले छोरा विनोदको शव दुई दिनपछि वैशाख ३१ गते बुझेर लगे। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले ट्र्याक्टर धनी दिनेशलाई पटक पटक सम्पर्कका लागि प्रयास गरे पनि सम्पर्कमा नआएको बताउँछन् ।, ‘मैले आफैं २८ पटक फोन सम्पर्क गर्दा र म्यासेज लेख्दासमेत ट्र्याक्टर धनी सम्पर्कमा आउन चाहनु भएको थिएन,’ डिएसपी मल्लले भने, ‘अन्य मेरा मातहतका प्रहरीले पनि त्यसैगरी उहाँलाई दर्जनौं पटक फोन सम्पर्क गर्न खोजेका थिए।’, डिएसपी मल्लले घटना र जाहेरीबारे बिन्तिरामसँग कुरा गरे। , झूटा जाहेरी हैन भन्दै बिन्तिरामले बचाउ गरे।, बिन्तिरामले त्यसरी झुटा जाहेरी आफ्नो राजी खुसीले पटक्कै ल्याएका थिएनन्। ट्र्याक्टर धनी दिनेश र अन्य बिचौलियाले देखाएको आर्थिक लालचका साथै डर त्रासले उनी त्यसो गर्न बाध्य भएको प्रहरी अधिकारी बताउँछन्। जाहेरीका आधारमा नक्कली चालक रेशम जेठ ३ गते पक्राउ परे।, पक्राउ परेका रेशम पनि प्रहरीलाई निकै झुक्याउन खोजे। आफू नै किरण भनिने रेशम भएको र उक्त दिन ट्र्याक्टर आफैंले चलाएको जिकिर गरिरहे।, यता प्रहरीले जेठ ७ गते रेशमका ४८ वर्षीय बुवा डसना चौधरीलाई सोधपुछका लागि इप्रका बोलायो। डसनाले छोरा रमेशको अरू कुनै नाम नभएको बताए। रमेशले भने आफूलाई गाउँ घरमा सबैले किरण भनेर पनि चिन्छन् भन्ने जिकिर गरिरहेका थिए। बाबु डसनासँगको बयानपछि रमेशले झूट बोलेको प्रहरीले थाहा पायो।, यस्तै प्रहरीले दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सबैलाई सोधपुछका लागि इप्रका झिकायो। कसैले पनि रमेशलाई चिन्न सकेनन्। त्यसपछि झन् प्रहरी अब भने रमेश नक्कली चालक हुन भन्ने कुरामा कुनै दुविधा रहेन।, अन्तिममा रमेशले पनि पैसाको लालचमा आफू झूट बोलेको साबिती बयान दिए।, स्रोतका अनुसार ३० हजार बुझ्ने सर्तमा उनी नक्कली चालक बनेर प्रहरी हिरासतमा बस्न गएका हुन्। घटना हुँदाका सक्कली चालक किरण भने अझै पनि फरार रहेको डिएसपी मल्लले बताए।, यही घटनामा जेठ २२ गते ट्र्याक्टर धनी दिनेश वली पक्राउ परेका छन्।, नक्कली चालकको भेद खुलेपछि विनोदका बुवा बिन्तिरामले फेरि जेठ २४ गते फरार चालक किरण चौधरी, ट्र्याक्टर धनी दिनेश वली, नक्कली चालक बनेर प्रहरी हिरासतमा रहेका रमेश चौधरीका विरूद्ध किटानी जाहेरी दिएका छन्।, ट्र्याक्टर चलाउने लाइसेन्स भएका रमेश चौधरीलाई नक्कली चालक बनेर हिरासतमा पठाउने अन्य व्यक्तिको पनि पहिचान भइसकेको र उनीहरूलाई छिट्टै पक्राउ गरिने डिएसपी मल्लले बताए।, ‘बुधबारमात्रै थप अर्का एक जना बिचौलियका विरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ,’ उनले भने ‘उनलाई सकभर आजै पक्राउ गर्ने प्रयास भइरहेको छ।’, यो घटनामा केही जनप्रतिनिधिको पनि नाम आएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताएका छन्।, पक्राउ परेकाहरूविरूद्ध सवारी ज्यान र मतियार शीर्षकमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। ,
'बिचौलियाको चलखेल'का कारण बिन्तिरामले २ दिनपछि बल्ल देख्न पाए छोराको शव |
सेतोपाटी संवाददाता बारामा शिशुको हत्या गरी फरार रहेका आरोपित बुवा पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना पुरूषलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। , प्रहरीले बारा देवताल गाउँपालिका-४ तिप्रडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारीलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटबाट मंगलबार साँझ साढे ५ बजे पक्राउ गरेको हो।, उनले जेठ १४ गते बेलुका आफ्नै १४ दिनको छोराको हत्या गरेको आरोप छ।, उनलाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई बारा पठाएको छ। ,
बारामा १४ दिने शिशुको हत्या आरोपमा बुवा पक्राउ |
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। , ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको हो।, टिकाथलीमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा निगरानी गर्न थालेको थियो। , लामो समय निगरानी गरेपछि उनीहरूले अवैध रूपमा अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गर्नेगरेको खुलेको एसपी थापाले बताए। , ‘उनीहरूबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरू बरामद गरेका छौं,ʼ उनले भने।, यस्तै उनीहरूबाट विभिन्न विदेशी मुलुकका मुद्राहरू पनि बरामद भएका छन्। , उनीहरूबाट ४ लाख ८० हजार रुपैयाँ, एक हजार ९२५ अमेरिकी डलर, २५ लाख २५ हजार इन्डोनेसियन रुपिया, एक लाख १४ हजार ७७० श्रीलंकन रूपी, १० हजार ५०० आइसल्यान्डिक क्रोन, ५ सय चाइनिज येन, २ लाख ६० हजार म्यानमार क्याट बरामद भएको हो।, दूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताए।,
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना पक्राउ |
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलको पछाडिबाट खसेर एक महिलाको मृत्यु भएको छ।, मोटरसाइकलबाट खसेर भजनी नगरपालिका –८ की ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको प्रहरीले जनाएको हो।, उनी सोही ठाउँका ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्।, जानकीदेवी भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जाँदै गर्दा ठेकी भन्ने ठाउँमा खसेकी थिइन्। , टाउकोमा गम्भीर चोट लागेको उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। , घटनापछि मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ।,
मोटरसाइकल पछाडिबाट खसेर एकको मृत्यु |
रासस भक्तपुरका दुई ठाउँमा बुधबार सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ। मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो।, चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ करिब ११ लाख रूपैयाँ बराबरको सुनको विभिन्न गहना र नगद ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।, त्यस्तै मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने बबिता भट्टराईको डेराबाट सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद १६ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ।, चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।,
भक्तपुरमा १८ लाखभन्दा बढीका गरगहना र नगद चोरी |
विनोद सापकोटा झापाको कनकाई नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरू गरेको छ।, नगरपालिकाको सभाहलमा बुधबार एक कार्यक्रम आयोजना गर्दै नगरका २८ भूमिहीन घरपरिवारलाई धनीपुर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले बताए।, जग्गाधनी प्रमाण पुर्जा हातमा लिएपछि अधिकांशले भने, ‘धनीपुर्जाको आशैआशमा मरिन्छ कि भन्ने लागेको थियो, जे होस्, जग्गाको मालिक हुन पाइयो।’, मेयर पोख्रेलका अनुसार वडा नम्बर ५ का २२ र वडा नम्बर ८ का ६ भूमिहीन दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीले धनीपुर्जा पाएका छन्।, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी पनि जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रममा सहभागी थिइन्। भूमिहीन तथा सुकुम्बासीलाई जतिसक्दो चाँडो धनीपुर्जा वितरण गरेर उनीहरूको हक स्थापित गर्न सरकार लागिपरेको उनले बताइन्।, मन्त्री चौधरीले भूमिहीन सुकुम्बासी बलराम मण्डललाई धनीपुर्जा वितरण गरेर कनकाईमा जग्गाधनी प्रमाण पुर्जा वितरण अभियानको शुभारम्भ गरेकी थिइन्।, मेयर पोख्रेलले माथिल्लो तहको आवश्यक सहयोग नपाउँदा कनकाईका पाँच हजारभन्दा बढी भूमिहीन, अव्यवस्थित बसोवासी तथा सुकुम्बासीले धनीपुर्जा पाउन नसकेको बताए। , उनले भने, ‘जतिसक्दो चाँडो भूमिहीनलाई जग्गा प्रदान गर्न र सोको धनीपुर्जा उनीहरूको हातमा थमाउन पालिका चाहन्छ। तर माथिल्लो निकायको असहयोगका कारण चाहेको समयमा जग्गाको स्वामित्व प्रदान गर्न सकिएन।’, कनकाई नगरपालिकाले ६ वर्षदेखि भूमिका लागि कर्मचारीको व्यावस्थापन गरेर काम गरिरहे पनि यस अवधिमा न्यून संख्यामा धनीपुर्जा वितरण गर्न सकिएको जनाएको छ।, मन्त्री चौधरीले बुधबारै इलामको चुलाचुली गाउँपालिकामा पनि जग्गाधनी प्रमाण पुर्जा प्रदान गरेकी छन्।,
'आशैआशमा मरिन्छ कि भन्ने लागेको थियो, जग्गाको मालिक हुन पाइयो' |
मन्दिरा घिमिरे सात वर्षदेखि पर्वतारोहणमा काम गरिरहेका ङिमा टसी शेर्पाको मोबाइलमा गत सोमबार विदेशी नम्बरबाट कल आयो। विदेशबाट कसैले आफूलाई फोन गर्ला भन्ने नसोचेका बेला मोबाइल स्क्रिनमा देखिएको नम्बरले उनी सुरूमा अचम्ममा परे।फोन उठाए।, उताबाट फोन गर्ने मान्छे अंग्रेजीमा बोल्यो- नयाँ जीवन दिएकोमा धेरै धेरै धन्यवाद छ! हामी तीन जना एकदिन भेट्नुपर्छ है!, एकछिन त ङिमाले को मान्छे बोलिरहेको छ भन्ने ठम्याउन सकेनन्। अकमक्क परे। केहीबेरमा उनले थाहा पाए- फोन मलेसियाबाट आएको हो र फोनमा उनलाई धन्यवाद दिने मान्छेलाई उनले केही दिनअघि मृत्युको मुखबाट जोगाएका थिए। , यसपालि गृष्मकालीन सगरमाथा आरोहण खुलेसँगै ङिमा र उनका मिल्ने साथी गेल्जे शेर्पा आ-आफ्नो समूहलाई लिएर सगरमाथा चढ्न गएका थिए। उनीहरूको समूहमा सबै आरोही विदेशी थिए। , जेठ ४ गते ङिमा सगरमाथाको चुचुरोमा जान आफ्नो समूहसहित क्याम्प ४ मा पुगेका थिए। त्यही दिन गेल्जे भने शिखरबाट फर्किरहेका थिए।, बिहान ४ बजेतिर ङिमाको रेडियो सेटमा आवाज आयो। उताबाट गेल्जे बोलिरहेका थिए। , गेल्जेले आफूलाई परेको समस्या सुनाएनन् तर पानी ल्याएर क्याम्प-४ भन्दा तीन सय मिटर माथि आउन भने। केही समस्या पर्यो होला भनेर ङिमा पानी बोकेर उकालो लागे। , गेल्जेलाई भेटेपछि थाहा भयो उनलाई पानी होइन अरू नै सहयोग चाहिएको रहेछ। गेल्जेले एक जना मलेसियन आरोही अचेत अवस्थामा फेला पारेको बताए। , शिखर चढेर झर्ने क्रममा गेल्जेले रातिको साढे १२ बजे ती मलेसियन आरोहीलाई बाटोमा भेटेका थिए। उनका हातखुट्टा राम्ररी चलेका थिएनन्। उनी केही भनिरहेका थिए तर त्यो बुझिने खालको थिएन।, सगरमाथामा ८ हजार मिटर माथिको उचाइलाई ‘डेथ जोन’ भनिन्छ। यो ठाउँमा सबै आरोहीलाई कठिन भइरहेको हुन्छ। तर गेल्जे बेहोस भएर लडिरहेका ती मलेसियनलाई त्यहीँ छोडेर आउन सकेनन्। उनलाई बचाउन सकिन्छ होला भन्ठानेर ४ घन्टा जति बोकेर ल्याए। , केही मिटर तल ल्याएपछि उनले साथी ङिमासँग सहयोग मागेका रहेछन्। , मलेसियनको अवस्था देखेपछि ङिमालाई पनि उनलाई बचाउनु पर्छ भन्ने लाग्यो। , ‘क्याम्प-४ भन्दा झन्डै ३ सय मिटरमाथि पुगेपछि गेल्जेसँग भेट भयो,’ ङिमाले सेतोपाटीसँग भने, ‘गेल्जेले ती मलेसियनलाई साढे १२ बजे ८ हजार ४५० मिटरको उचाइबाट उद्धार गरेर ल्याएको रहेछ।’, गेल्जेसँग गएका आरोहीहरूलाई क्याम्प-४ बाट प्यारासुटमा बेस क्याम्प झार्ने योजना थियो। आफूले लिएर गएका आरोहीलाई बीचैमा छोडेर उद्धार गर्ने मिल्दैनथ्यो। गेल्जेले क्याम्प-४ बाट आरोहीहरूलाई प्यारासुटबाट उडाएर बेस क्याम्प पठाए।, त्यसपछि दुबै जना मलेसियन आरोहीलाई पनि तल झार्नका लागि लागे। , ‘क्याम्प-४ बाट कालो म्याटलगायत उद्धार गर्न आवश्यक पर्ने सामग्री भाइहरूसँग मगायौं,’ उनले भने, ‘ती मलेसियनलाई कठिनाइ नहोस् भनेर फोर्समा अक्सिजन र औषधी खुवाई राम्ररी प्याक गरी क्याम्प-३ मा बोकेर तल पुर्याएका थियौं।’, क्याम्प-४ बाट चट्टान भएका ठाउँमा बोक्दै र हिउँमा घिसार्दै क्याम्प-३ सम्म झारेको ङिमा बताउँछन्। मलेसियनलाई उद्धार गर्न झन्डै पन्ध्र घन्टा लागेको थियो। , ङिमाका अनुसार क्याम्प-३ मा पुर्याउँदा नै मलेसियनको जिउ तात्न थालेको थियो। अक्सिजनको मात्रा राम्ररी पुगेपछि र औषधीले काम गरेपछि उनी होसमा आए, बोल्न थाले। , त्यहाँबाट हेलिकप्टरमा उनलाई काठमाडौं पठाइयो। बाटोमै बेहोस भएर लडेका ती आरोही बाँच्ने भए भनेर गेल्जे र ङिमालाई खुसी लाग्यो। , उनले सोचेका थिए- काठमाडौं पुगेपछि उनीसँग भेट हुन्छ होला। , ङिमा र गेल्जे काठमाडौं आइपुग्दा मलेसियन आरोही आफ्नो देश गइसकेका रहेछन्।, मलेसिया पुगेपछि आफ्नो ज्यान जोगाइदिएकोमा धन्यवाद दिन गत सोमबार उनले ङिमालाई फोन गरे। ती आरोहीको फोनले ङिमालाई एक जना मानिसको ज्यान जोगाउन सकेकोमा खुसी लाग्यो। , पर्वतारोहीको रूपमा ङिमाले काम गरेको झन्डै सात वर्ष भयो। सोलुखुम्बुको थामे गाउँमा जन्मेका २९ वर्षीया ङिमा टसी शेर्पाले छ पटक सगरमाथा आरोहण गरिसकेका छन्। , यसअघि ७५०० मिटरमाथि समस्यामा परेको आरोहीलाई ङिमाले उद्धार गरेका थिए। तर ८ हजार मिटरमाथिबाट कसैलाई उद्धार गरेको भने यो पहिलो पटक हो। , ‘यसअघि ८ हजार मिटरमाथि लाशहरू मात्रै देख्थेँ,’ उनी भन्छन्, ‘तर मर्न लागेको मान्छे पहिलोपटक देखेको थिए। बचाउन सकिने मान्छेलाई बचाउनुपर्छ भनेर उद्धार गरेका थियौं। बाँच्ने मान्छेलाई यत्तिकै छोड्न सकिदैँन। मानवताको नाताले भए पनि बचाउनुपर्छ। त्यसैले हामीले कोशिश मात्र गरेका थियौं।’ , ८ हजार माथिको उचाइबाट मलेसियनलाई उद्धार गर्न निकै कठिन भएको उनको अनुभव छ।, ‘हिँड्न एउटामात्र डोरी हुन्छ। त्यहीँबाट तल जाने र माथि आउनेको भीडले गर्दा ट्राफिक हुन्छ। त्यसमाथि डोरीमा क्ल्याम्पर अल्झेर लड्ने डर पनि हुन्छ,’ उनले भने, ‘अर्कोतर्फ भिरालो चट्टानमाथि आइसमा चिप्लेर लडिएला कि भन्ने भय हुन्छ।’, आफ्नो ज्यानको जोखिम नमोली र आवश्यक पर्ने सुरक्षाको विधि अपनाएर समस्यामा परेका मान्छेलाई सहयोग गर्न ङिमा अरूलाई आग्रह गर्छन्। यसले सगरमाथा र नेपालीबारे सकारात्मक सन्देश जाने उनले बताए। , ‘हामी नेपाली हौं नि,’ उनले भने, ‘सगरमाथामा कसैलाई अप्ठेरो पर्दा हामीले सहयोग गर्नुपर्छ। त्यसमाथि मानवताको नाताले पनि समस्यामा परेकालाई सकेसम्म सहयोग गरे धर्मै हुन्छ।’, हेर्नुस भिडिओ:,
‘उनलाई काठमाडौंमा भेट्ने मन थियो, मलेसिया पुगेर धन्यवाद दिए’ (भिडिओ) |
रासस जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।, स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन्।, दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्। , गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले जानकारी दिए। ,
जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना, चालकको मृत्यु |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, बिहीबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी दिएको छ। , कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।, रातिपख भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।, कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।,
मौमस पूर्वानुमानः कोशी, गण्डकी तथा कर्णाली प्रदेशमा वर्षाको सम्भावना |
रासस भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवविहीन छन्।, सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलव पाएका छैनन्।, चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलव नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिए।, स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करिब ७० स्वास्थ्य शाखाका कर्मचारी एवं स्वास्थ्यकर्मीले तलव नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनले बताए। नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलव पाइरहेका छन्।, 'एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलव पाइरहने तर नेपाल सरकारको तर्फबाट तलव खाने स्वास्थ्यकर्मी भने पाँच महिनादेखि तलव नपाउँदा कर्मचारीको घर व्यवहारमै समस्या परेको छ,' चापागाइँले भने।, एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलव पाउने र सरकारका कर्मचारीले तलव नपाउँदा उनीहरुलाई समस्या भएको छ । यहाँका कर्मचारीका लागि मासिक करिब ४५ लाख तलवमा खर्च हुने गरेको लेखा शाखाले जनाएको छ ।, नगरपालिकाको लेखा शाखाले भने बजेट सकियो भनेर सरकारले थप रकम नपठाएका कारण तलव खुवाउन नसकेको जानकारी दिएको छ। नगरपालिका लेखापाल महेश भट्टराईले सरकारबाट रकम नआएका कारण तलव खुवाउन नसकेको बताए।, तलव खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै उनले तलवका लागि रकम निकासा भएर नआउँदा तलव खुवाउन नसकेको बताए। ,
सूर्यविनायक नगरपालिकाका एक सयभन्दा बढी स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवविहीन |
सेतोपाटी संवाददाता संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।, वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ।, ‘सडक पनि थप बिग्रदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ,’ सूचनामा भनिएको छ।, सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चलिरहेको गुनासो बढेको पाइन्छ। वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयको भनाइ छ।,
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने |
सेतोपाटी संवाददाता कालीकोटमा जिप दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।, बिहीबार रास्कोटबाट सदरमुकाम मान्मा जान लागेको ग ३ च ४६१० नम्बरको जीप दुर्घटना हुँदा ४३ वर्षीय मनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता डिएसपी जयश्वर रिमालका अनुसार जिप न्युट्रलमा राखेर चालक ओर्लिएका थिए। त्यसपछि जीप आफै पछाडि हटेर तीन सय मिटर तल खसेको थियो।, दुर्घटनामा परी ३० वर्षीया रिताकुमारी सिंह घाइते भएकी छन्। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ। उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पुर्याइएको डिएसपी रिमालले बताए।, दुर्घटनापछि जिपका चालक विनोद दलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रिमालले जानकारी दिए। ,
कालीकोटमा जिप दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु |
रासस सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ। ६५ शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा देखिएको हो। , वीरेन्द्रनगर र चिङ्गाडका दुई-दुईजना तथा गुर्भाकोटका एकजनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ।, दादुरा देखिएपछि जिल्लाका ९ वटै पालिकामा जेठ २८ गतेदेखि दादुराविरुद्धको खोप अभियान सुरू गरिने भएको छ। दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियन आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ।, पहिलो चरणमा बराहाताल, चिङ्गाड, भेरीगङ्गा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने गौतमले बताए।, यसैबीच, दादुरा रुबेल खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरिएको छ।, कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको उल्लेख गर्दै उनले गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक पर्ने बताए।, कर्णाली प्रदेश स्वास्थ सेवा कार्यक्रमका निर्देशक डा रविन खड्काले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताए। खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ।, खोप अभियानका लागि जिल्लाका ९९ वडामा कूल पाँच सय ४७ खोप केन्द्रको व्यवस्था गरिएको छ। खोप केन्द्र विद्यालयमा राखिने छ। दादुराविरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई दिइने छ।, यसअघि सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। सन् २०२३ सम्म दादुरामक्त नेपाल घोषणा गर्ने भनिएकामा सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म सो लक्ष्य राखिएको ,
पाँच जनामा दादुरा देखिएपछि सुर्खेतमा जेठ २८ देखि खोप अभियान |
सेतोपाटी संवाददाता जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।, बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।, कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो।, जहाजमा चुरोट तानेको सूचना प्रहरीले पाएको थियो। एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको डिआइजी ठकुरीले बताए।, ‘कोरियन एयरलाइन्समा चुरोट खायो भनेर फ्लाइटबाटै जानकारी आएको थियो। काउन्टरले खबर आएको छ भने अवतरण भएपछि हामी गयौं त्यसपछि पत्रसहित बुझाएकाले हामीले आरोपीलाई नियन्त्रणमा लियौं,’ उनले भने।, पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ। ,
जहाजमा चुरोट तान्ने युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ |
रासस मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहको निधन भएको छ।, करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। , उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। , उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो। , उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए। साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो। ,
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन |
सेतोपाटी संवाददाता भारतको मध्य प्रदेशमा खाल्डोमा सय फिट तल खसेकी एक बालिकाको उद्धार प्रयास भइरहेको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेहोर जिल्लाको मुंगावाली गाउँमा मंगलबार दिउँसो खेल्ने क्रममा साढे २ वर्षकी ती बालिका खाल्डोमा खसेकी थिइन्। सुरूमा उनी सतहबाट ४० फिट तल अड्किएकी थिइन्। उद्धार गर्न प्रयोग भएका मेसिनको भाइब्रेसनका कारण पछि उनी सय फिट तल पुगेको बताइएको छ।, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बालिकाको उद्धार प्रयास भइरहेको बताएका छन्।, उनको उद्धारका लागि भारतीय सेनाको टोली नै खटिएको छ। सुरू उद्धारकर्ताले रड र डोरीको प्रयोग गरेर उनलाई तान्न खोजेका थिए।, भित्र रहेकी बालिकालाई अक्सिजनको कमी नहोस् भनेर अहिले कुवाभित्र निरन्तर अक्सिजन आपूर्ति गरिएको छ। तर उनले भित्रबाट कुनै प्रतिक्रिया जनाएकी छैनन्।,
मध्यप्रदेशमा दुई दिनअघि खाल्डोभित्र खसेकी साढे २ वर्षीया बालिकाको उद्धार प्रयास जारी |
सेतोपाटी संवाददाता प्रेसको स्टिकर टाँसेर राजस्व छलेका सामान ओसारेको आरोपमा दुई जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। , आइतबार राति ९ बजे ललितपुर महानगरपालिका-२६ चिबहालबाट राजस्व छलेका २० लाख बराबरका सामानसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए। , पक्राउ पर्नेमा चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपकप्रसाद लामिछाने र भारतको विहार, मोतिहारी छतौनी ग्राम पञ्चायत-११ का २८ वर्षीय सचिनकुमार चौरासिया छन्। , गएराति प्रहरी वृत्त चापागाउँबाट चिबहालमा नियमित चेकिङ भइरहेको थियो। त्यसक्रममा प्रेसको स्टिकर टाँसेको बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीमाथि प्रहरीले चेक गरेको थियो। , उक्त गाडीभित्र २० लाख रुपैयाँ बराबरका राजस्व छलेका सामान भेटिएपछि गाडी, सामान र दुई जनालाई पक्राउ गरेको एसपी कार्कीले बताए। उनीहरूबाट म्याद सकिएको प्रेस परिचय-पत्र पनि प्रहरीले बराबद गरेको हो। , एसपी कार्कीका अनुसार बाराको पाल टिभी नेपाल नामको प्रेस परिचय पत्र भेटिएको हो। जसमा अर्कै व्यक्तिहरूको नाम उल्लेख छ।, रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्का, कत्था लगायत अन्दानी २० लाख ७३ हजार ५९० रुपैयाँ बराबरको सामान बरामद भएको हो। , उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले आन्तरिक राजश्व कार्यालय हरिहरभवन पुल्चोक पठाएको एसपी कार्कीले बताए। ,
,
प्रेसको स्टिकर टाँसेर राजस्व छलेका सामान ओसारेको आरोपमा दुई जना पक्राउ |
सेतोपाटी संवाददाता नवलपरासीको रामग्राम नगरपालिका १४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।, आफ्ना भारतीय साथीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान अब्दुल नसिम खाँको बिहीबार राति हत्या गरेको प्रहरीले जनाएको छ।, मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।, हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ।, उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए। आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डिएसपी पाण्डेले बताए।, हत्यापछि दुवै जना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेका थिए। माटोले आधा पुरेको अवस्थामा रहेको शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, हत्यापछि हशिवुनले आफ्ना श्रीमान बिहीबार रातिदेखि हराएको भन्द खोजीका लागि प्रहरी चौकी बैरागनाथमा निवेदन दिएकी थिइन्। दुई जना छोराहरू रहेका उनको परिवारमा घरायसी झगडा हुने गरेको थियो।, आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको आइतबार पक्राउ परेकी उनले प्रहरीसमक्ष साबिती बयान गरेकी छन्। हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन।, फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।, हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।,
,
सँगै पढेको साथीसँग मिलेर श्रीमानको हत्या |
सेतोपाटी संवाददाता बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपी मदन राई धरौटीमा छुटे पनि शुभद्रा मदन फाउन्डेसन (शुभम)मा जान नपाउने भएका छन्। , खोटाङ जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। उनी ४ लाख धरौटी बुझाएर छुटिसकेका छन्। , यस मुद्दाको फैसला नहुञ्जेलसम्म भने उनलाई आफ्नो फाउन्डेशनमा नजान इजलासले आदेश दिएको अदालतका श्रेष्तेदार रमाकान्त यादवले जानकारी दिए। , त्यहाँका बालबालिकाको संरक्षण गर्ने जिम्मा नगरपालिका र बाल कल्याण परिषदलाई दिएको छ। , खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)'का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो। , खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो।, ‘मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग,) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग गरेका छौं,’ उनले सेतोपाटीसँग भनेकी थिइन्। , ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, त्यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, र यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।, सरकारी वकिल न्यौपानेका अनुसार राईले यस्ता कसुर गरेकाले ७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको थियो।, राईलाई पक्राउ गरेर अनुसन्धान थालेको २५ दिनका दिन प्रहरीले सरकारी वकिल कार्यालय समक्ष अनुसन्धान प्रतिवेदन पेश गरेको थियो।, राईले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै दिक्तेल- ४ जाहेरी दिएकी थिइन्। , उनी सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको उनको आरोप छ।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले सेतोपाटीसँग बताएका थिए।, यसबारे सेतोपाटीले वैशाख २८ गते स्टोरी प्रकाशन गरेको थियो।, पढ्नुहोस् उक्त स्टोरी:, आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।, हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमाडौंमा भेटेर।, शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।, मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।, हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।, मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्।, यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।, हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।, दिक्तेल १, म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो।, शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।, म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।, हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।, तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं।, एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ।, बाजेले 'तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!' भन्नुभयो।, आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई 'तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ' भन्नुभयो।, त्यति मात्र होइन, उहाँले 'अब तिमीहरू म सँगै सुत्नुपर्छ' पनि भन्नुभयो।, त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे।, 'ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ' भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।, आएर ढोका थुनेर जबर्जस्ती गर्ने हो कि भन्ने डरले मलाई कहिलेकाहीँ त निद्रा लाग्दैन। खान मन पनि हुँदैन।, यहाँ बाजे जे पनि बोल्नुहुन्छ। यस्तो गर्नुहुन्छ भनेर मैले मेरा आमाबुबालाई भन्न सकेकी छैन। यस्तो कुरा बाआमालाई कसरी भन्ने हो!, दिक्तेल २, म शुभम फाउन्डेसनमा आएको ६/७ वर्ष भयो। यहाँ राम्रो पढाइ हुन्छ भनेर आमाले पठाउनुभएको हो।, आएको केही समयमै साथीहरूले मलाई 'बाजेले त नराम्रो कुरा बोल्नुहुन्छ, कहिले त नांगै पनि भइदिनुहुन्छ' भनेर सुनाएका थिए। बाजे कहिले काठमाडौं त कहिले शुभममा बस्नुहुन्थ्यो। शुभममा बिहान ६ बजे उठेर एसेम्ब्लीमा जानुपर्छ। शारीरिक व्यायाम भएपछि कहिलेकहिले मदन बाजेले अर्ती-उपदेश दिनुहुन्छ।, म यहाँ आएको दुई वर्षपछिको कुरा हो। एक बिहान एसेम्ब्लीमा मदन बाजेले लुगा फुकालेर आफ्ना अंग देखाउनुभयो। अंग देखाउँदै तिनका नाम भन्नुभयो।, बाजेले अश्लील बोल्ने कुरा त यहाँ सामान्य भएको छ। जति बेला पनि उहाँ सेक्सको मात्रै कुरा गर्नुहुन्छ। जे विषयबाट सुरू गरे पनि सेक्समा लगेर कुरा जोड्नुहुन्छ।, म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो।, 'तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन' भनिरहनुहुन्थ्यो। म भाग्थेँ।, तर तीन महिनाअगाडि उहाँले हामीलाई 'सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु' भन्नुभएपछि भने झन् डर लागेको छ।, उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो।, 'उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु' भन्नुभयो।, हामी त उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।, दिक्तेल ३, म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।, केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।, एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र 'तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्' भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।, दिक्तेल ४, घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई 'काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ' भन्नुभयो।, अंकलले मलाई पनि 'ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ' भनेर सम्झाउनुभएको थियो।, पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।, दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।, चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।, हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।, एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।, एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।, अनि बाजेले भन्नुभयो, 'तेरो...बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?', त्यसपछि हामी दुवै दौडेर तल झर्यौं।, हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।, पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले 'ऐय्या कस्ती रहिछे' भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।, ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।, त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।, मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।, गएको बेला बाजे त्यहीँ हुँदा 'म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ' भन्नुहुन्थ्यो।, उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।, ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले 'गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध' भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो स्कुलमै काम गर्नु हुन्छ।, बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले 'ओइ, यता हेर् त' भन्दै बोलाउनुभयो।, म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले 'तँलाई देखेर मेरो…भयो' भन्नुभयो।, धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।, अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।, सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।, पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले 'तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर' भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।, शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।, चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।, एक दिन दिउँसो पेशल मेन्टरले 'आज स्टोरमा आइज' भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।, पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।, म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।, बाजे बेलाबेला 'जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ' भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।, दिक्तेल-५, आमाबुबाले छोडेर गएपछि ममी (संरक्षक) ले मलाई शुभममा पठाउनुभएको थियो। आठ वर्षअघि म त्यहाँ पुगेकी थिएँ। त्यतिखेर २ कक्षामा पढ्थेँ। शुभममा बिहान ५ बजे उठेर एसेम्ब्लीमा जानुपर्थ्यो। त्यसपछि खाजा समय हुन्थ्यो। खाजा खाइसकेर ८ बजेतिर फिल्डको काममा जानुपर्थ्यो।, कृषि फिल्ड हुनेहरूले तल बारीमा जाने, खन्ने, मल मिसाउने काम गर्नुपर्थ्यो। पशुपंक्षी विभागमा गाईभैंसीलाई दिइने कुँडो पकाउनुपर्ने, गोठ सफा गर्ने, घाँस काट्ने काम हुन्थ्यो। त्यसै अनुसार किचन विभागकाले खाना बनाउने, बाजेको कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उद्योग विभागमा फलामका सामानहरू बनाउने, मिलमा धान कुट्ने काम थिए। निर्माण विभागमा भवनहरू बनाउने काम हुन्थ्यो।, पहिलेपहिले बिहान साढे ९ बजेसम्म काम गरे पनि १० बजेदेखि कक्षा सुरू हुन्थ्यो। १२ बजे खाने समयपछि फेरि ३ बजेसम्म पढाइ हुन्थ्यो। ३ बजेपछि फिल्डमा गएर बिहानको झैं काम गर्ने अनि फर्केर आएर खाना खाएपछि फेरि ८/९ बजेसम्म पढाइ हुन्थ्यो।, कोरोनापछि भने दिउँसो १२ बजेसम्म पनि फिल्डको काम हुन्छ। त्यसपछि खाना खाएर १ बजेदेखि ३ बजेसम्म कक्षामा बस्ने हो। त्यसपछि फेरि काममा जाने। अहिले धेरै काम गर्नुपर्छ।, मलाई त्यहाँको मन नपर्ने कुरा पहिलो त किताब/कोर्स नै नपढाउने, अर्को मदन बाजेले गर्ने सेक्सको कुरा हो। सेक्सको कुरा मात्र गरेर विद्यार्थीलाई हैरान पार्नुहुन्छ। पहिले त उहाँ कहिलेकाहीँ मात्र खोटाङ आउनुहुन्थ्यो। कोरोना महामारीभन्दा अगाडि वर्षमा दुई-चार पटक मात्र आएर दस/पन्ध्र दिन बस्नुहुन्थ्यो। त्यो बेला उहाँले कृषिका कुरा सिकाउनुहुन्थ्यो।, जब कोरोना सुरू भयो, उहाँ फाउन्डेसनमै बस्न थाल्नुभयो। उहाँ सेक्सका कुरा मात्र गर्नुहुन्छ। केटाकेटीलाई जम्मा पारेर अश्लील बोल्नुहुन्छ। हातले अश्लील संकेत गर्नुहुन्छ। बाजेले पटकपटक बिहान एसेम्ब्लीमा लुगै फुकालेर देखाउनुभयो। कहिलेकाहीँ शुक्रबारको कक्षामा अश्लील कुराहरू पढाउनुहुन्थ्यो। हामी लाजले टाउको निहुरो बनाएर बस्यौं। लजाउन पनि नपाइने। 'क्या यस्तो कुरामा पनि लजाउँछौ' भन्दै गाली गर्नुहुन्थ्यो।, मेरो साथीहरूलाई उहाँले ज्यानमा हात हाल्ने गर्नुहुँदो रहेछ। साथीहरूले मलाई भन्थे। उनीहरू डराउँथे। मलाई भने ज्यानैमा हात हालेको थिएन तर पनि डर लाग्न थालेको थियो।, हामी सहरी सिकाइका लागि बाजेको ललितपुरको घरमा आउनुपर्थ्यो। केही वर्षअघिको जाडो महिनामा हामी तीन केटी साथी तीन महिनाका लागि आएका थियौं। त्यति बेला म एक महिना त्यहाँ बसेर यता ममीको घरमा आएकी थिएँ। त्यो बेला मेरा साथीहरूलाई बाजेले मनपरी गर्नुभएछ। उनीहरूको ज्यानमा हात हाल्नुभयो रे। पर्दा लगाउन जाँदा पछाडिबाट च्याप्प समात्नुभयो, कहिले लुगा फुकालेर देखाउनुभयो, आफ्ना अंग छुन लगाउनुभयो भनेर मलाई साथीहरूले भनेका थिए। त्यो बेला मेरा साथीहरू खुब डराएका थिए।, यी सबै कुराले गर्दा मलाई शुभममा बसेर बाँकी पढाइ पूरा गर्न मन लागेन। अनि म छाडेर आएँ। यहाँ आएको केही दिनपछि दुई साथीहरूले मलाई फोन गरेर अझै डर लाग्दो कुरा सुनाए। उनीहरू मदन बाजेको कोठा सफा गर्न गएका रहेछन्। उनीहरूलाई राखेर बाजेले आफूसँग सुत्नुपर्छ भनेछन्।, 'यसअघि तिमीहरूको फलानो दिदी मसँग सुत्थ्यो, उसलाई सेक्स गर्न मैले सिकाएको थिएँ, अब तिमीहरूले त्यो काम गर्नुपर्छ, म सिकाउँछु, केही हुन्न, जानिराख्नुपर्ने कुरा हो' भनेर बाजेले भन्नुभयो भनेर मेरा साथी डराइरहेका छन्।, सेतोपाटीले झन्डै महिना दिनअगाडि दिक्तेल-५ सँग कुरा गर्दा उनकी दिदी (दिक्तेल-६) सँगै थिइन्। दिक्तेल-५ सँग कुराकानी सकिएपछि उनकी दिदीले मदन राईले आफूलाई पनि यौन दुर्व्यवहार गरेको बताइन्। उनी आफ्नो एसइई दिएपछिको बिदा मनाउन शुभममा गएकी थिइन्। त्यो बेला आफूलाई मदन राईले यौन दुर्व्यवहार गरेको उनले बताइन्।, दिक्तेल-६, म शुभममा पढ्न गएकी त थिइनँ। छ वर्षअघि एसइई दिएपछि केही समय बस्न गएकी थिएँ। मेरो बहिनी (दिक्तेल-५) त्यहीँ भएकाले मलाई जान सजिलो थियो। आमाले मदन राईलाई चिन्नुभएको थियो। मैले आमासँग शुभममा जाने कुरा गरेँ। उहाँले मदन राईसँग कुरा गर्नुभयो।, शुभम जानुअघि म केही दिनका लागि ललितपुरस्थित उहाँको घरमा बसेकी थिएँ। एक दिन दिउँसोको समय थियो। मदनले मलाई काम छ भन्दै माथि बोलाउनुभयो। म हतारहतार उहाँछेउ पुगेँ।, मदनले त मेरो ब्रेस्टमा हात हाल्नुभयो। सोच्दै नसोचेको त्यस्तो घटना हुँदा म आत्तिएँ।, धन्न 'के गरेको यो?' भन्न भ्याएँ। मैले उहाँको हात झट्कारेर पछि हटेँ। अनि भागेँ। उहाँ पछिपछि त आउनुभएन तर म बहुत डराएँ। कैयौं दिनसम्म डरले सताइरह्यो। मैले आमालाई यस्तो भयो म फर्किन्छु भन्न पनि सकिनँ।, ललितपुरको बसाइपछि म खोटाङ गएँ। एक बिहानको कुरा हो। म त्यहीँ स्कुलको चौरमा थिएँ। उहाँले मेरो टिसर्ट उचालिदिनुभयो। फेरि मैले के गरेको भनेर आँखा तरेँ।, यो घटना भएपछि मलाई त्यहाँ बस्न डर लागेको थियो। अहिले पनि ती दुइटा घटना सम्झेर कस्तो नराम्रो लाग्छ। यसबारे मैले आजसम्म पनि आमालाई भन्न सकेकी छैन। न अरू कसैलाई भनेकी थिएँ। यो बहिनी त्यहीँ पढ्थी। मलाई यसको चिन्ता लागिरहन्थ्यो। अब त यो आई। तर मदन राईले त्यो स्कुलमा भएका नानीहरूलाई पनि यौन दुर्व्यवहार गरेको होला भन्ने सम्झेर पनि कस्तो नरमाइलो लाग्छ।, यसरी बालिका र किशोरीहरूको बयान सुनेपछि हामीले शुभम फाउन्डेसनमा केही समयअघिसम्म स्नातक पढ्न बसेकी र मेन्टरका रूपमा काम गरेकी युवतीलाई यसबारे सोधेका थियौं।, मदन राईले आफूहरूलाई दुर्व्यवहार गरेको कुरा तीन-चार जना बालिकाहरूले आफूलाई सुनाएको उनले बताइन्।, 'केही समयअघि दिक्तेल-१ र २ लाई मदन राईले सेक्स गर्न सिकाउँछु, अबदेखि तिमीहरू मसँग सुत्नुपर्छ भनेको कुरा मलाई थाहा छ। उनीहरूले डराउँदै डराउँदै मलाई सुनाएका थिए,' उनले भनिन्, 'उनीहरूले पहिल्यैदेखि आफूहरूलाई मदन बाजेले ज्यानमा छुने गरेको बताउँथे। हामीले मदन सरविरूद्ध केही बोल्ने वातावरण नै थिएन।', उनी स्नातक पढ्न र जीवनउपयोगी सिकाइ सिक्न भन्दै चार वर्षअघि शुभम फाउन्डेसन पुगेकी थिइन्। मदन राईले अश्लील बोलेर त सामूहिक रूपमा सबैलाई सधैं अप्ठ्यारोमा पार्ने गरेको उनी बताउँछिन्। उनका अनुसार जवाफ फर्काउन सक्ने र पारिवारिक हैसियत अलि राम्रो भएकालाई मदनले दुर्व्यवहार गर्दैन थिए।, 'जसले प्रतिकार गर्न सक्छन्, बोल्छन्, त्यस्तालाई मदन सरले खासै केही गर्नुहुन्न,' उनले भनिन्, 'जसको पारिवारिक पृष्ठभूमि कमजोर छ, जसले यहाँ बच्चाबच्चीलाई निःशुल्क पढ्न पठाएका छन् र बोल्न सक्दैनन् त्यस्ता कमजोरहरूलाई छानीछानी दुर्व्यवहार गर्नुहुँदो रहेछ।', तीन वर्षअघि शिक्षकका रूपमा शुभम फाउन्डेसन गएका टेकबहादुर कार्कीले पनि मदन राईले बच्चाहरूको अगाडि अश्लील हर्कत गर्ने गरेको हामीलाई बताए।, 'उहाँले विद्यार्थीलाई यौन शिक्षा दिने नाममा अश्लील बोल्नुहुन्छ र अश्लील संकेतहरू गर्नुहुन्छ। कहिलेकाहीँ त बोल्दाबोल्दै हामी सबैको अगाडि लुगा फुकालेर देखाउनुभएको थियो। कतिपय बालिकाहरूको ज्यानमा छोइदिनुभयो भन्ने गुनासो मैले सुनेको छु,' उनले भने, 'कतिपटक त उहाँले बालिकाको ज्यानमा हात हाल्न खोज्दा उनीहरू भागेको मैले देखेको छु।', मदनले यौन सम्पर्क र यौनांगका कुरा बालबालिकासँग गरेपछि आफूलाई हलुका हुन्छ भनेर एकपटक सुनाएको उनले बताए।, 'उहाँ बोलिराख्दा सुन्नै पर्थ्यो। नभए झन् उफ्रिनुहुन्थ्यो। अश्लील कुरा सुन्नु त सामान्य भइसकेको थियो। यस्तो तपाईं किन गर्नुहुन्छ भनेर एकपटक मैले सम्झाउन खोजेको थिएँ। उहाँले मलाई त्यस्तो बोलेपछि आफ्नो उकुसमुकुस शान्त हुन्छ भन्नुभएको थियो,' टेकबहादुरले भने।, मदनले बेलाबेला 'मलाई यहीँका विद्यार्थीले जेलसम्म पुर्याउँछन्' भन्ने गरेको पनि टेकबहादुरले बताए।, शुभममै चार वर्ष अगाडिदेखि केही समयअघिसम्म मेन्टर रहेकी अर्की युवतीले त्यहाँका कतिपय बच्चाहरूले समेत मदनको सिको गर्न थालेको बताइन्।, 'मदन सरले अश्लील बोल्ने, हातले यौन सम्पर्क गरेको संकेत गर्ने त हरेक कुराकानीमै गर्नुहुन्छ। अप्ठ्यारो लागे पनि सबैले सुनेरै बस्ने हो। तर मलाई सबभन्दा चिन्ताको कुरा भने बच्चाहरूले त्यही सिको गर्न थालेकोमा छ,' उनले भनिन्, 'एउटा बच्चाले सुतिरहेका आफ्ना केटा साथीहरूलाई नै दुर्व्यवहार गरेछ। कतिपयले अश्लील बोल्ने, केटीहरूको शरीर छोइदिने गर्छन् भनेर बालिकाहरूले हामीलाई भनेका थिए। शुभममा बालिकाहरू सुरक्षित छैनन् भन्ने कुराको पिर भइरहन्छ।', जनजागृति उच्च माविकी प्रधानाध्यापक सविता ढकाल भने विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार हुने गरेको कुरा आफूले सुन्दै नसुनेको बताउँछिन्।, 'हाम्रो स्कुलमा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्ने त मैले सुनेकै छैन। मदन दाइ कसरी के बोल्नुहुन्छ भन्ने त सबैलाई थाहा छ। उहाँले अश्लील बोल्दा हामीलाई अप्ठ्यारो लागे पनि नबोली बस्ने हो। तर उहाँले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कुरा भने मैले सुनेकी छैन,' उनले भनिन्।, स्कुलमा अध्ययनरत विद्यार्थीलाई के कसरी पढाउने भन्ने जिम्मा शुभम फाउन्डेसनले नै लिएकाले आफ्नो धेरै भूमिका नहुने बताइन्।, 'मैले संयोजन र औपचारिक कामहरू गर्छु। पढाउने र सिकाउने जिम्मा स्कुल व्यवस्थापन समिति र फाउन्डेसनले नै लिएको छ,' उनले भनिन्, 'विद्यार्थी, शिक्षकले कुनै गुनासो नगरेकाले मलाई थाहा भएन। अब भने के रहेछ म बुझ्छु।', स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा शुभम फाउन्डेसनका निर्देशक सूर्य राईले पनि मदनले यौन दुर्व्यवहार गरेको भनेर कुनै विद्यार्थीले अहिलेसम्म गुनासो नगरेको बताए।, अश्लील बोलेर, लुगा खोलेर सामूहिक रूपमा मदनले गर्ने दुर्व्यवहारका त उनी वर्षौंदेखि साक्षी हुन्। तर मदनलाई यसो नगर्न चेतावनी दिनतिर सूर्य लागेको देखिँदैन। मदनले अश्लील बोलेर मान्छेहरूलाई हैरान पारेको भने उनी स्वीकार गर्छन्।, 'उहाँले यौन दुर्व्यवहार गरेको आरोप अहिलेसम्म मकहाँ आइपुगेको छैन,' उनले भने, 'तर उहाँले बोल्ने तरिका भने समाजमा पच्ने खालको छैन। बोल्दै जान थालेपछि उहाँले विचार पुर्याउनु हुन्न। वरिपरिका मान्छेलाई समेत गाह्रो हुन्छ।', मदनले शिक्षाका लागि गर्ने अरू कुरा राम्रो भएकाले जथाभावी बोल्ने कुरालाई आफूले छोडिदिएको पनि सूर्यले बताए।, 'उहाँ र हाम्रो एउटा अभियान छ। शिक्षा र सिकाइ राम्रो हुनुपर्छ भन्ने उहाँकै अवधारणामा यत्रो स्कुल चलाएका छौं। ठाउँठाउँबाट विद्यार्थी ल्याएर निःशुल्कै पनि सिकाएका छौं,' उनले भने, 'त्यही हेरेर हामीले यौनका मामिलामा समाजमा अलि नपच्ने गरी बोल्ने तरिकालाई छोडिदिएका छौं। तपाईंको प्रश्नपछि भने यसलाई सुधार गर्नतिर म लाग्छु।', यसबारे हामीले मदन राईलाई पनि सोध्यौं। यौन दुर्व्यवहार र किशोरीहरूलाई आफूसँग सुत्न बोलाउने गरेकोबारे सोध्यौं।, उनले आफूले यौन खुला हुनुपर्छ भन्ने विश्वास गर्ने भएकाले केटाकेटीहरूका संवेदनशील अंगमा छोइदिने गरेको स्वीकार गरे। यो कुराका लागि आफू जेल जान तयार भएको पनि उनले बताए। हामीसँग फोनमा कुरा गर्दा पनि उनले अश्लील शब्दहरू बोले।, 'म त यहाँका केटीहरूको… चलाइदिन्छु त। केटाहरूको पनि छोइदिन्छु। मैले कसैलाई बलात्कार गरेको छैन, यौन हिंसा पनि गरेको छैन। बलात्कार नहोस् भनेरै यौन खुला हुनुपर्छ भन्दै हिँडेको छु,' मदनले हामीसँगको कुराकानीमा भने, 'यौन खुला हुनुपर्छ भन्ने कुरा गर्दा म नेपाली भाषामा बोल्छु। … यी शब्द त नेपाली भाषाका शब्द हुन्।', बालबालिकाका संवेनशील अंग छुने, चलाउने र उनीहरूलाई अप्ठ्यारोमा पार्न नपाइने कानुन छ, तपाईंलाई लाग्दैमा छुन पाइन्छ त भन्ने प्रश्नमा उनले भने, 'समस्या भनेकै त्यहीँ छ…। त्यसलाई नचलाएकाले समस्या भएको हो। कानुनमा नभएको धेरै कुरा म यहाँ गर्छु। तिमीले यसबारे लेख। मलाई प्रहरीले लगेर २४ दिन थुन्ला। म अदालत गएर बहस गर्न चाहन्छु।', फोनमा कुरा गरिसकेपछि मदनले हामीलाई मोबाइलमा लामो म्यासेज पठाएका छन्।, त्यसमा उनले भनेका छन् , '…तिमीले मेरा गलत आपराधिक क्रियाकलापबारे खोजी गरेकोमा म खुसी नै छु। मेरा गलत कामको सजाय भोग्न म तयार छु। तर म नियम-कानुनले लगाएका बन्देज मान्न धेरै बुढो भइसकेँ।',
यौन दुर्व्यवहार आरोपी मदन राई फैसला नहुन्जेल फाउन्डेशनमा जान नपाउने |
सेतोपाटी संवाददाता प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफूलाई टर्चर दिएको भन्दै एक जना महिला पत्रकारले उजुरी दिएकी छन्।, काठमाडौंबाट सञ्चालित एक अनलाइनमा कार्यरत ती पत्रकारले फेसबुक म्यासेन्जरबाट मध्यरातमा कल र म्यासेज गरी साइबर अपराध गरेको भन्दै बस्नेतविरूद्ध प्रहरीको साइबर ब्युरोमा गत बिहीबार उजुरी दिएकी हुन्। , उक्त उजुरीपछि बस्नेतले आफ्ना परिवार र कार्यरत संस्थाका प्रमुखलाई फोन गरी उजुरी फिर्ता लिन दबाब दिएको भन्दै आइतबार उनले फेरि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा निवेदन दिएकी हुन्। , मन्त्रालयमा दिएको निवेदनमा बस्नेतका क्रियाकलापबाट आफू असुरक्षित भएको उल्लेख गर्दै सुरक्षा माग गरेकी छन्।, साइबर ब्युरोमा दिएको उजुरीमा भनिएको छ, ‘बालकृष्ण बस्नेत नामक फेसबुक आइडीले जेठ १५ गते मध्यराति मेसेन्जरमार्फत भेट गर्ने प्रस्ताव राख्ने, अडिओ कल गर्ने, साथै पटकपटक एसएमएस गरी रातको समयमा टर्चरसमेत गर्ने गरेकाले सो व्यक्तिलाई कारबाही गरी पाउँ।’, बस्नेतलाई साइबर अपराधअन्तर्गत कारबाही गर्नुपर्ने उनले माग गरेकी छन्।, साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायका अनुसार उजुरीमाथि अनुसन्धान भइरहेको छ। , ‘अस्ति एक जनाले बस्नेतविरूद्ध निवेदन दिनुभएको छ। हामी त्यसबारे हेर्दैछौं,’ उनले भने। , उजुरीबारे हामीले काउन्सिलका अध्यक्ष बस्नेतसँग पनि सोध्यौं। उनले आफ्नो फेसबुक ह्याक भएको दाबी गरे।, ‘करिब-करिब सेलाइसकेको विषय, अनुसन्धानबाट पनि केही देखिएको थिएन। वेटलेस कुरा हो भन्ने भइसकेको कुरा अहिले फेरि आएर म साइबर आक्रमणको सिकार भइसकेँ। राज्यको सम्बन्धित ठाउँमा भन्नुपर्ने भनिसकेको छु। कसैसँग पैसा नमागेको कसैलाई बल गरेको छैन भनेको छु त। अनावश्यक टर्चर दिने राम्रो होइन नी,’ उनले सेतोपाटीसँग भने। , यस्तै उनले ह्याक भएको आफ्नो खाताबाट कतिपयसँग पैसा समेत मागिएको ्दाबी गरे।, ‘मेरो आफ्नै फेसबुकमा समस्या भएर त्यस्तो भएको हो। भोलिपल्ट मैले थाहा पाएर यस्तो भएको हो भनेर जानकारी गराइसकेको छु,’ उनले भने, ‘पैसा मागिएको रहेछ। पछि मलाई स्क्रिनसटहरू आए। ५-७ हजार पैसा माग गरिएको रहेछ। उहाँलाई पनि कहिले ५ कहिले, ७ हजार मागिएको रहेछ। तर बाहिर आएको छैन।’, आफ्नो फेसबुक खाता कहिले ह्याक भएको हो र कहिले फिर्ता पाएको हो भन्नेबारे प्रष्टसँग बताएनन्। , ‘यो विषयमा भेटेरै कुरा गरौं न भोलि,’ उनले भने।, पीडितले सामाजिक सञ्जालमार्फत सुरूमा कल आउँदा फेसबुक आइडी ह्याक भयो कि भन्ने सोचेको तर कुराकानी गर्दा बस्नेत नै हो भन्नेमा विश्वस्त भएको बताएकी थिइन्।, ‘हिजो एक्कासी तपाईंको फेसबुक आइडीबाट म्यासेज अनि कल आउँदा सुरूमा आइडी ह्याक भयो कि? भन्ने सोचेकी थिएँ। तर अडिओमा तीन मिनेट कुरा भएपछि प्रष्ट भयो तपाईंको फेसबुक आइडी अरू कसैले चलाएको छैन। किनकी कलमा तपाईं आफैं बोल्दै हुनुहुन्थ्यो। त्यसैले अब आइडी ह्याक भएको नाटक मञ्चन चाहि नगर्नुहोला,’ पीडितले भनेकी छन्।,
मध्यरातमा कल/म्यासेज गरी टर्चर दिएको भन्दै प्रेस काउन्सिल अध्यक्ष बस्नेतविरूद्ध पत्रकारले दिइन् प्रहरी र मन्त्रालयमा उजुरी |
सेतोपाटी संवाददाता अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , आइतबार साइबर ब्युरोले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं एसपी पशुपतिकुमार रायले जानकारी दिए। , पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका-९ रासा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोड बस्ने २३ वर्षीय दिनेशकुमार राउत छन्। , उनले सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनाएका थिए। फेसबुक, म्यासेन्जर, ह्वाट्सएपमा समेत साथी बनेर संवाद गरेको प्रहरीले जनाएको छ।, कुराकानी गर्दा यौन दुर्व्यवहार गरेको र स्क्रिन रेकर्ड समेत गरी फेक आइडीमार्फत सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप उनीमाथि छ।, यसरी दु:ख हैरानी तथा चरित्र हत्या गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको एसपी रायले बताए। ,
,
अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ |
सरिशा अछामी काठमाडौंको सोह्रखुट्टेस्थित विद्यालयको छात्रवासमा १२ वर्षीय बालक मृत फेला परेपछि मृतकका आफन्तले विद्यालय बन्द गरेका छन्। , इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रवासमा बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ का अभिषेक तामाङ गत बिहीबार मृत फेला परेका थिए। कक्षा ५मा अध्ययनरत तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। , तर मृतकका आफन्तले यो घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै विद्यालय बन्द गराएका हुन्। त्यसदिन यता विद्यालय खुलेको छैन। आफन्तले विद्यालयसँगै प्रहरी वृत्त सोह्रखुट्टे समेत घेराउ गरेका छन्। , आफन्त पूर्णिमा तामाङले बालकको शरीरमा निलडाम कसरी देखियो भन्दै प्रश्न समेत गरेकी छन्। , ‘आत्महत्या भएको भए हातगोडामा निलो डाम कसरी भयो?,ʼ उनले भनिन्, ‘एउटा कानमा माटोको धुलोसँगै रगत बगिरहेको थियो।ʼ, पूर्णिमा विद्यालय नजिकै बस्छिन्। बिहीबार घटनाबारे खबर पाउन बित्तिकै उनी छात्रवास पुगेकी थिइन्। त्यतिञ्जेल प्रहरी र शिक्षकहरू जम्मा भइसकेका थिए।, अन्य आफन्तहरूले पनि अभिषेकको हत्या नै भएको दाबी गर्छन्। अभिषेककी सानी आमा निष्मा प्रत्येक हप्ताजसो उनलाई भेट्न जान्थिन्। विद्यालयले छोटो समयमा भेट्न नआउनु भनेपछि उनले कम गरेकी थिइन्।, मासिक शुल्क तिर्न पनि पूर्णिमा र निष्मा पालैपालो जान्थे। मासिक शुल्क बुझाउने शिलशिलामै घटना हुनु तीन दिनअघि मात्रै निष्माले अभिषेकसँग भेटेकी थिइन्। , ‘भेट्दा करातेमा राम्रो गरेको खुसीको खबर सुनाएको थियो। तीन दिनपछि त्यस्तो खबर आयो,ʼ उनले भनिन्, ‘हामीले न्याय पाउनुपर्छ।ʼ, अभिषेक इलिप्स स्कुलको छात्रवास बस्न थालेको डेढ वर्ष भयो। उनकी आमा सन्दिरा तामाङ साइप्रसमा बस्ने भएकाले अभिषेकलाई छात्रवासमा राखिएको थियो। , आफू यहाँ नभएपनि नजिकै आफन्तहरू बस्ने हुँदा हेरचाह हुने हिसाबले छात्रवासमा राखिएको उनी बताउँछिन्। आफ्नो छोरा बितेको खबर पाएपछि भने उनी नेपाल फर्किएकी छन्। उनलाई छोरा बिरामी छ भनेर बोलाइएको थियो। तर यहाँ शव हेर्दा शरीरमा निलडाम देखेपछि न्यायको माग गरिरहेकी हुन्।, ‘छोरालाई के भयो होला भनेर आँत्तिदै आएकी थिएँ, तर यहाँ आइपुग्दा छोरा नै जीवित रहेनछ,ʼ उनले भनिन्, ‘शव हेर्दा शरीरभरी निलडाम छ। आत्महत्या होइन। त्यो दिन विद्यालयमा केही त पक्कै भएको थियो।ʼ, उनले आइतबार विद्यालयको सिसिटिभी फुटेज पनि हेरेकी थिइन्। जसमा छोरा टाउको निहुराएर हिँडिरहेको देखिन्। , आफूले न्याय नपाएसम्म विद्यालय नै खोल्न नदिने उनले अडान लिएकी छन्। त्यसपछि उनीहरूले धर्ना दिइरहेका हुन्। उनीहरूले विद्यालयकै गेटमा अभिषेकको तस्बिर टाँसेर ‘जस्टिस फर अभिषेक’ लेखेर न्याय माग गरेका छन्।, घटनाको दिन पहिलो दिन आफन्तहरूले विद्यालयमा तोडफोड गरेका थिए। विद्यालयमा थप क्षति नपुगेस् भनेर जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी खटाएको प्रवक्ता एवं एसपी सिताराम रिजालले बताए। , प्रहरीले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र छात्रवास वार्डेनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। आफन्तले उनीहरूविरूद्ध आइतबार प्रहरी वृत्त सोह्रखुट्टेमा आत्महत्या दुरूत्सान कसुरमा जाहेरी दिएका थिए। , अभिषेकसँगै कोठामा बस्ने विद्यार्थीहरूसँग र शिक्षकहरूसँग सोधपुछ गरिरहेको पनि एसपी रिजालले बताए। , प्रहरीले शवको पोष्टमर्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो। त्यहाँबाट पनि अभिषेकको मृत्यु आत्महत्याबाटै भएको भन्ने जानकारी मृतक आफन्तले पाइसकेका छन्। तर पनि उनीहरू आफ्नो अडानबाट पछि हटेका छैनन्। , उक्त विद्यालयमा करिब ७ सय विद्यार्थीहरू छन्।, ,
विद्यार्थी मृत फेला परेपछि ६ दिनदेखि सोह्रखुट्टेको इलिप्स स्कुल बन्द |
सेतोपाटी संवाददाता यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्। , सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। , उनीसँग चार लाख धरौटी मागिएको थियो। , अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए।, खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)'का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो। , खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो।, ‘मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग,) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग गरेका छौं,’ उनले सेतोपाटीसँग भनेकी थिइन्। , ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, त्यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, र यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।, सरकारी वकिल न्यौपानेका अनुसार राईले यस्ता कसुर गरेकाले ७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको थियो।, राईलाई पक्राउ गरेर अनुसन्धान थालेको २५ दिनका दिन प्रहरीले सरकारी वकिल कार्यालय समक्ष अनुसन्धान प्रतिवेदन पेश गरेको थियो।, राईले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै दिक्तेल- ४ जाहेरी दिएकी थिइन्। , उनी सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको उनको आरोप छ।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले सेतोपाटीसँग बताएका थिए।, यसबारे सेतोपाटीले वैशाख २८ गते स्टोरी प्रकाशन गरेको थियो।, पढ्नुहोस् उक्त स्टोरी:, आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।, हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमाडौंमा भेटेर।, शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।, मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।, हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।, मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्।, यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।, हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।, दिक्तेल १, म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो।, शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।, म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।, हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।, तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं।, एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ।, बाजेले 'तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!' भन्नुभयो।, आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई 'तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ' भन्नुभयो।, त्यति मात्र होइन, उहाँले 'अब तिमीहरू म सँगै सुत्नुपर्छ' पनि भन्नुभयो।, त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे।, 'ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ' भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।, आएर ढोका थुनेर जबर्जस्ती गर्ने हो कि भन्ने डरले मलाई कहिलेकाहीँ त निद्रा लाग्दैन। खान मन पनि हुँदैन।, यहाँ बाजे जे पनि बोल्नुहुन्छ। यस्तो गर्नुहुन्छ भनेर मैले मेरा आमाबुबालाई भन्न सकेकी छैन। यस्तो कुरा बाआमालाई कसरी भन्ने हो!, दिक्तेल २, म शुभम फाउन्डेसनमा आएको ६/७ वर्ष भयो। यहाँ राम्रो पढाइ हुन्छ भनेर आमाले पठाउनुभएको हो।, आएको केही समयमै साथीहरूले मलाई 'बाजेले त नराम्रो कुरा बोल्नुहुन्छ, कहिले त नांगै पनि भइदिनुहुन्छ' भनेर सुनाएका थिए। बाजे कहिले काठमाडौं त कहिले शुभममा बस्नुहुन्थ्यो। शुभममा बिहान ६ बजे उठेर एसेम्ब्लीमा जानुपर्छ। शारीरिक व्यायाम भएपछि कहिलेकहिले मदन बाजेले अर्ती-उपदेश दिनुहुन्छ।, म यहाँ आएको दुई वर्षपछिको कुरा हो। एक बिहान एसेम्ब्लीमा मदन बाजेले लुगा फुकालेर आफ्ना अंग देखाउनुभयो। अंग देखाउँदै तिनका नाम भन्नुभयो।, बाजेले अश्लील बोल्ने कुरा त यहाँ सामान्य भएको छ। जति बेला पनि उहाँ सेक्सको मात्रै कुरा गर्नुहुन्छ। जे विषयबाट सुरू गरे पनि सेक्समा लगेर कुरा जोड्नुहुन्छ।, म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो।, 'तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन' भनिरहनुहुन्थ्यो। म भाग्थेँ।, तर तीन महिनाअगाडि उहाँले हामीलाई 'सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु' भन्नुभएपछि भने झन् डर लागेको छ।, उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो।, 'उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु' भन्नुभयो।, हामी त उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।, दिक्तेल ३, म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।, केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।, एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र 'तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्' भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।, दिक्तेल ४, घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई 'काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ' भन्नुभयो।, अंकलले मलाई पनि 'ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ' भनेर सम्झाउनुभएको थियो।, पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।, दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।, चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।, हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।, एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।, एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।, अनि बाजेले भन्नुभयो, 'तेरो...बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?', त्यसपछि हामी दुवै दौडेर तल झर्यौं।, हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।, पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले 'ऐय्या कस्ती रहिछे' भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।, ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।, त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।, मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।, गएको बेला बाजे त्यहीँ हुँदा 'म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ' भन्नुहुन्थ्यो।, उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।, ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले 'गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध' भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो स्कुलमै काम गर्नु हुन्छ।, बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले 'ओइ, यता हेर् त' भन्दै बोलाउनुभयो।, म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले 'तँलाई देखेर मेरो…भयो' भन्नुभयो।, धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।, अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।, सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।, पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले 'तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर' भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।, शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।, चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।, एक दिन दिउँसो पेशल मेन्टरले 'आज स्टोरमा आइज' भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।, पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।, म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।, बाजे बेलाबेला 'जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ' भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।, दिक्तेल-५, आमाबुबाले छोडेर गएपछि ममी (संरक्षक) ले मलाई शुभममा पठाउनुभएको थियो। आठ वर्षअघि म त्यहाँ पुगेकी थिएँ। त्यतिखेर २ कक्षामा पढ्थेँ। शुभममा बिहान ५ बजे उठेर एसेम्ब्लीमा जानुपर्थ्यो। त्यसपछि खाजा समय हुन्थ्यो। खाजा खाइसकेर ८ बजेतिर फिल्डको काममा जानुपर्थ्यो।, कृषि फिल्ड हुनेहरूले तल बारीमा जाने, खन्ने, मल मिसाउने काम गर्नुपर्थ्यो। पशुपंक्षी विभागमा गाईभैंसीलाई दिइने कुँडो पकाउनुपर्ने, गोठ सफा गर्ने, घाँस काट्ने काम हुन्थ्यो। त्यसै अनुसार किचन विभागकाले खाना बनाउने, बाजेको कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उद्योग विभागमा फलामका सामानहरू बनाउने, मिलमा धान कुट्ने काम थिए। निर्माण विभागमा भवनहरू बनाउने काम हुन्थ्यो।, पहिलेपहिले बिहान साढे ९ बजेसम्म काम गरे पनि १० बजेदेखि कक्षा सुरू हुन्थ्यो। १२ बजे खाने समयपछि फेरि ३ बजेसम्म पढाइ हुन्थ्यो। ३ बजेपछि फिल्डमा गएर बिहानको झैं काम गर्ने अनि फर्केर आएर खाना खाएपछि फेरि ८/९ बजेसम्म पढाइ हुन्थ्यो।, कोरोनापछि भने दिउँसो १२ बजेसम्म पनि फिल्डको काम हुन्छ। त्यसपछि खाना खाएर १ बजेदेखि ३ बजेसम्म कक्षामा बस्ने हो। त्यसपछि फेरि काममा जाने। अहिले धेरै काम गर्नुपर्छ।, मलाई त्यहाँको मन नपर्ने कुरा पहिलो त किताब/कोर्स नै नपढाउने, अर्को मदन बाजेले गर्ने सेक्सको कुरा हो। सेक्सको कुरा मात्र गरेर विद्यार्थीलाई हैरान पार्नुहुन्छ। पहिले त उहाँ कहिलेकाहीँ मात्र खोटाङ आउनुहुन्थ्यो। कोरोना महामारीभन्दा अगाडि वर्षमा दुई-चार पटक मात्र आएर दस/पन्ध्र दिन बस्नुहुन्थ्यो। त्यो बेला उहाँले कृषिका कुरा सिकाउनुहुन्थ्यो।, जब कोरोना सुरू भयो, उहाँ फाउन्डेसनमै बस्न थाल्नुभयो। उहाँ सेक्सका कुरा मात्र गर्नुहुन्छ। केटाकेटीलाई जम्मा पारेर अश्लील बोल्नुहुन्छ। हातले अश्लील संकेत गर्नुहुन्छ। बाजेले पटकपटक बिहान एसेम्ब्लीमा लुगै फुकालेर देखाउनुभयो। कहिलेकाहीँ शुक्रबारको कक्षामा अश्लील कुराहरू पढाउनुहुन्थ्यो। हामी लाजले टाउको निहुरो बनाएर बस्यौं। लजाउन पनि नपाइने। 'क्या यस्तो कुरामा पनि लजाउँछौ' भन्दै गाली गर्नुहुन्थ्यो।, मेरो साथीहरूलाई उहाँले ज्यानमा हात हाल्ने गर्नुहुँदो रहेछ। साथीहरूले मलाई भन्थे। उनीहरू डराउँथे। मलाई भने ज्यानैमा हात हालेको थिएन तर पनि डर लाग्न थालेको थियो।, हामी सहरी सिकाइका लागि बाजेको ललितपुरको घरमा आउनुपर्थ्यो। केही वर्षअघिको जाडो महिनामा हामी तीन केटी साथी तीन महिनाका लागि आएका थियौं। त्यति बेला म एक महिना त्यहाँ बसेर यता ममीको घरमा आएकी थिएँ। त्यो बेला मेरा साथीहरूलाई बाजेले मनपरी गर्नुभएछ। उनीहरूको ज्यानमा हात हाल्नुभयो रे। पर्दा लगाउन जाँदा पछाडिबाट च्याप्प समात्नुभयो, कहिले लुगा फुकालेर देखाउनुभयो, आफ्ना अंग छुन लगाउनुभयो भनेर मलाई साथीहरूले भनेका थिए। त्यो बेला मेरा साथीहरू खुब डराएका थिए।, यी सबै कुराले गर्दा मलाई शुभममा बसेर बाँकी पढाइ पूरा गर्न मन लागेन। अनि म छाडेर आएँ। यहाँ आएको केही दिनपछि दुई साथीहरूले मलाई फोन गरेर अझै डर लाग्दो कुरा सुनाए। उनीहरू मदन बाजेको कोठा सफा गर्न गएका रहेछन्। उनीहरूलाई राखेर बाजेले आफूसँग सुत्नुपर्छ भनेछन्।, 'यसअघि तिमीहरूको फलानो दिदी मसँग सुत्थ्यो, उसलाई सेक्स गर्न मैले सिकाएको थिएँ, अब तिमीहरूले त्यो काम गर्नुपर्छ, म सिकाउँछु, केही हुन्न, जानिराख्नुपर्ने कुरा हो' भनेर बाजेले भन्नुभयो भनेर मेरा साथी डराइरहेका छन्।, सेतोपाटीले झन्डै महिना दिनअगाडि दिक्तेल-५ सँग कुरा गर्दा उनकी दिदी (दिक्तेल-६) सँगै थिइन्। दिक्तेल-५ सँग कुराकानी सकिएपछि उनकी दिदीले मदन राईले आफूलाई पनि यौन दुर्व्यवहार गरेको बताइन्। उनी आफ्नो एसइई दिएपछिको बिदा मनाउन शुभममा गएकी थिइन्। त्यो बेला आफूलाई मदन राईले यौन दुर्व्यवहार गरेको उनले बताइन्।, दिक्तेल-६, म शुभममा पढ्न गएकी त थिइनँ। छ वर्षअघि एसइई दिएपछि केही समय बस्न गएकी थिएँ। मेरो बहिनी (दिक्तेल-५) त्यहीँ भएकाले मलाई जान सजिलो थियो। आमाले मदन राईलाई चिन्नुभएको थियो। मैले आमासँग शुभममा जाने कुरा गरेँ। उहाँले मदन राईसँग कुरा गर्नुभयो।, शुभम जानुअघि म केही दिनका लागि ललितपुरस्थित उहाँको घरमा बसेकी थिएँ। एक दिन दिउँसोको समय थियो। मदनले मलाई काम छ भन्दै माथि बोलाउनुभयो। म हतारहतार उहाँछेउ पुगेँ।, मदनले त मेरो ब्रेस्टमा हात हाल्नुभयो। सोच्दै नसोचेको त्यस्तो घटना हुँदा म आत्तिएँ।, धन्न 'के गरेको यो?' भन्न भ्याएँ। मैले उहाँको हात झट्कारेर पछि हटेँ। अनि भागेँ। उहाँ पछिपछि त आउनुभएन तर म बहुत डराएँ। कैयौं दिनसम्म डरले सताइरह्यो। मैले आमालाई यस्तो भयो म फर्किन्छु भन्न पनि सकिनँ।, ललितपुरको बसाइपछि म खोटाङ गएँ। एक बिहानको कुरा हो। म त्यहीँ स्कुलको चौरमा थिएँ। उहाँले मेरो टिसर्ट उचालिदिनुभयो। फेरि मैले के गरेको भनेर आँखा तरेँ।, यो घटना भएपछि मलाई त्यहाँ बस्न डर लागेको थियो। अहिले पनि ती दुइटा घटना सम्झेर कस्तो नराम्रो लाग्छ। यसबारे मैले आजसम्म पनि आमालाई भन्न सकेकी छैन। न अरू कसैलाई भनेकी थिएँ। यो बहिनी त्यहीँ पढ्थी। मलाई यसको चिन्ता लागिरहन्थ्यो। अब त यो आई। तर मदन राईले त्यो स्कुलमा भएका नानीहरूलाई पनि यौन दुर्व्यवहार गरेको होला भन्ने सम्झेर पनि कस्तो नरमाइलो लाग्छ।, यसरी बालिका र किशोरीहरूको बयान सुनेपछि हामीले शुभम फाउन्डेसनमा केही समयअघिसम्म स्नातक पढ्न बसेकी र मेन्टरका रूपमा काम गरेकी युवतीलाई यसबारे सोधेका थियौं।, मदन राईले आफूहरूलाई दुर्व्यवहार गरेको कुरा तीन-चार जना बालिकाहरूले आफूलाई सुनाएको उनले बताइन्।, 'केही समयअघि दिक्तेल-१ र २ लाई मदन राईले सेक्स गर्न सिकाउँछु, अबदेखि तिमीहरू मसँग सुत्नुपर्छ भनेको कुरा मलाई थाहा छ। उनीहरूले डराउँदै डराउँदै मलाई सुनाएका थिए,' उनले भनिन्, 'उनीहरूले पहिल्यैदेखि आफूहरूलाई मदन बाजेले ज्यानमा छुने गरेको बताउँथे। हामीले मदन सरविरूद्ध केही बोल्ने वातावरण नै थिएन।', उनी स्नातक पढ्न र जीवनउपयोगी सिकाइ सिक्न भन्दै चार वर्षअघि शुभम फाउन्डेसन पुगेकी थिइन्। मदन राईले अश्लील बोलेर त सामूहिक रूपमा सबैलाई सधैं अप्ठ्यारोमा पार्ने गरेको उनी बताउँछिन्। उनका अनुसार जवाफ फर्काउन सक्ने र पारिवारिक हैसियत अलि राम्रो भएकालाई मदनले दुर्व्यवहार गर्दैन थिए।, 'जसले प्रतिकार गर्न सक्छन्, बोल्छन्, त्यस्तालाई मदन सरले खासै केही गर्नुहुन्न,' उनले भनिन्, 'जसको पारिवारिक पृष्ठभूमि कमजोर छ, जसले यहाँ बच्चाबच्चीलाई निःशुल्क पढ्न पठाएका छन् र बोल्न सक्दैनन् त्यस्ता कमजोरहरूलाई छानीछानी दुर्व्यवहार गर्नुहुँदो रहेछ।', तीन वर्षअघि शिक्षकका रूपमा शुभम फाउन्डेसन गएका टेकबहादुर कार्कीले पनि मदन राईले बच्चाहरूको अगाडि अश्लील हर्कत गर्ने गरेको हामीलाई बताए।, 'उहाँले विद्यार्थीलाई यौन शिक्षा दिने नाममा अश्लील बोल्नुहुन्छ र अश्लील संकेतहरू गर्नुहुन्छ। कहिलेकाहीँ त बोल्दाबोल्दै हामी सबैको अगाडि लुगा फुकालेर देखाउनुभएको थियो। कतिपय बालिकाहरूको ज्यानमा छोइदिनुभयो भन्ने गुनासो मैले सुनेको छु,' उनले भने, 'कतिपटक त उहाँले बालिकाको ज्यानमा हात हाल्न खोज्दा उनीहरू भागेको मैले देखेको छु।', मदनले यौन सम्पर्क र यौनांगका कुरा बालबालिकासँग गरेपछि आफूलाई हलुका हुन्छ भनेर एकपटक सुनाएको उनले बताए।, 'उहाँ बोलिराख्दा सुन्नै पर्थ्यो। नभए झन् उफ्रिनुहुन्थ्यो। अश्लील कुरा सुन्नु त सामान्य भइसकेको थियो। यस्तो तपाईं किन गर्नुहुन्छ भनेर एकपटक मैले सम्झाउन खोजेको थिएँ। उहाँले मलाई त्यस्तो बोलेपछि आफ्नो उकुसमुकुस शान्त हुन्छ भन्नुभएको थियो,' टेकबहादुरले भने।, मदनले बेलाबेला 'मलाई यहीँका विद्यार्थीले जेलसम्म पुर्याउँछन्' भन्ने गरेको पनि टेकबहादुरले बताए।, शुभममै चार वर्ष अगाडिदेखि केही समयअघिसम्म मेन्टर रहेकी अर्की युवतीले त्यहाँका कतिपय बच्चाहरूले समेत मदनको सिको गर्न थालेको बताइन्।, 'मदन सरले अश्लील बोल्ने, हातले यौन सम्पर्क गरेको संकेत गर्ने त हरेक कुराकानीमै गर्नुहुन्छ। अप्ठ्यारो लागे पनि सबैले सुनेरै बस्ने हो। तर मलाई सबभन्दा चिन्ताको कुरा भने बच्चाहरूले त्यही सिको गर्न थालेकोमा छ,' उनले भनिन्, 'एउटा बच्चाले सुतिरहेका आफ्ना केटा साथीहरूलाई नै दुर्व्यवहार गरेछ। कतिपयले अश्लील बोल्ने, केटीहरूको शरीर छोइदिने गर्छन् भनेर बालिकाहरूले हामीलाई भनेका थिए। शुभममा बालिकाहरू सुरक्षित छैनन् भन्ने कुराको पिर भइरहन्छ।', जनजागृति उच्च माविकी प्रधानाध्यापक सविता ढकाल भने विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार हुने गरेको कुरा आफूले सुन्दै नसुनेको बताउँछिन्।, 'हाम्रो स्कुलमा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्ने त मैले सुनेकै छैन। मदन दाइ कसरी के बोल्नुहुन्छ भन्ने त सबैलाई थाहा छ। उहाँले अश्लील बोल्दा हामीलाई अप्ठ्यारो लागे पनि नबोली बस्ने हो। तर उहाँले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कुरा भने मैले सुनेकी छैन,' उनले भनिन्।, स्कुलमा अध्ययनरत विद्यार्थीलाई के कसरी पढाउने भन्ने जिम्मा शुभम फाउन्डेसनले नै लिएकाले आफ्नो धेरै भूमिका नहुने बताइन्।, 'मैले संयोजन र औपचारिक कामहरू गर्छु। पढाउने र सिकाउने जिम्मा स्कुल व्यवस्थापन समिति र फाउन्डेसनले नै लिएको छ,' उनले भनिन्, 'विद्यार्थी, शिक्षकले कुनै गुनासो नगरेकाले मलाई थाहा भएन। अब भने के रहेछ म बुझ्छु।', स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा शुभम फाउन्डेसनका निर्देशक सूर्य राईले पनि मदनले यौन दुर्व्यवहार गरेको भनेर कुनै विद्यार्थीले अहिलेसम्म गुनासो नगरेको बताए।, अश्लील बोलेर, लुगा खोलेर सामूहिक रूपमा मदनले गर्ने दुर्व्यवहारका त उनी वर्षौंदेखि साक्षी हुन्। तर मदनलाई यसो नगर्न चेतावनी दिनतिर सूर्य लागेको देखिँदैन। मदनले अश्लील बोलेर मान्छेहरूलाई हैरान पारेको भने उनी स्वीकार गर्छन्।, 'उहाँले यौन दुर्व्यवहार गरेको आरोप अहिलेसम्म मकहाँ आइपुगेको छैन,' उनले भने, 'तर उहाँले बोल्ने तरिका भने समाजमा पच्ने खालको छैन। बोल्दै जान थालेपछि उहाँले विचार पुर्याउनु हुन्न। वरिपरिका मान्छेलाई समेत गाह्रो हुन्छ।', मदनले शिक्षाका लागि गर्ने अरू कुरा राम्रो भएकाले जथाभावी बोल्ने कुरालाई आफूले छोडिदिएको पनि सूर्यले बताए।, 'उहाँ र हाम्रो एउटा अभियान छ। शिक्षा र सिकाइ राम्रो हुनुपर्छ भन्ने उहाँकै अवधारणामा यत्रो स्कुल चलाएका छौं। ठाउँठाउँबाट विद्यार्थी ल्याएर निःशुल्कै पनि सिकाएका छौं,' उनले भने, 'त्यही हेरेर हामीले यौनका मामिलामा समाजमा अलि नपच्ने गरी बोल्ने तरिकालाई छोडिदिएका छौं। तपाईंको प्रश्नपछि भने यसलाई सुधार गर्नतिर म लाग्छु।', यसबारे हामीले मदन राईलाई पनि सोध्यौं। यौन दुर्व्यवहार र किशोरीहरूलाई आफूसँग सुत्न बोलाउने गरेकोबारे सोध्यौं।, उनले आफूले यौन खुला हुनुपर्छ भन्ने विश्वास गर्ने भएकाले केटाकेटीहरूका संवेदनशील अंगमा छोइदिने गरेको स्वीकार गरे। यो कुराका लागि आफू जेल जान तयार भएको पनि उनले बताए। हामीसँग फोनमा कुरा गर्दा पनि उनले अश्लील शब्दहरू बोले।, 'म त यहाँका केटीहरूको… चलाइदिन्छु त। केटाहरूको पनि छोइदिन्छु। मैले कसैलाई बलात्कार गरेको छैन, यौन हिंसा पनि गरेको छैन। बलात्कार नहोस् भनेरै यौन खुला हुनुपर्छ भन्दै हिँडेको छु,' मदनले हामीसँगको कुराकानीमा भने, 'यौन खुला हुनुपर्छ भन्ने कुरा गर्दा म नेपाली भाषामा बोल्छु। … यी शब्द त नेपाली भाषाका शब्द हुन्।', बालबालिकाका संवेनशील अंग छुने, चलाउने र उनीहरूलाई अप्ठ्यारोमा पार्न नपाइने कानुन छ, तपाईंलाई लाग्दैमा छुन पाइन्छ त भन्ने प्रश्नमा उनले भने, 'समस्या भनेकै त्यहीँ छ…। त्यसलाई नचलाएकाले समस्या भएको हो। कानुनमा नभएको धेरै कुरा म यहाँ गर्छु। तिमीले यसबारे लेख। मलाई प्रहरीले लगेर २४ दिन थुन्ला। म अदालत गएर बहस गर्न चाहन्छु।', फोनमा कुरा गरिसकेपछि मदनले हामीलाई मोबाइलमा लामो म्यासेज पठाएका छन्।, त्यसमा उनले भनेका छन् , '…तिमीले मेरा गलत आपराधिक क्रियाकलापबारे खोजी गरेकोमा म खुसी नै छु। मेरा गलत कामको सजाय भोग्न म तयार छु। तर म नियम-कानुनले लगाएका बन्देज मान्न धेरै बुढो भइसकेँ।', मदनले शुभम फाउन्डेसनका बालबालिकासँग गर्ने गरेको व्यवहार बालबालिका ऐन २०७५ विपरीतको कार्य देखिन्छ। २०७५ को दफा ६६ को उपदफा ३ ले बाल यौन दुर्व्यवहार भनेर मानेका कार्य मदन राईले गर्दै आएका छन्। उक्त उपदफा ३ ले बाल यौन दुर्व्यवहार गरेको मानिने ११ वटा बुँदा उल्लेख गरेको छ।, तीमध्ये मदनले गर्दै आएका कार्यका लागि तीनवटा बुँदा आकर्षित हुन्छन्।, पहिलो, उपदफा ३ अनुसार, बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, दोस्रो, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, त्यस्तै यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।, यी कार्य गर्नेलाई कानुनले ७५ हजार रूपैयाँ जरिवानादेखि ३ वर्षसम्म कैद सजाय तोकेको छ।,
धरौटीमा रिहा भए यौन दुर्व्यवहारको आरोप लागेका मदन राई |
रासस तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरूङको हत्या अभियोगका अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ।, तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले अभियुक्त भानु नगरपालिका–६ का राजुलाई जन्मकैदको फैसला सुनाएको हो।, साथै अभियुक्तबाट पीडितका परिवारलाई ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।, अभियुक्त राजु २०७७ जेठ ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।, अर्का अभियुक्त भानु नगरपालिका–६ का गोविन्दबहादुर मगरलाई तीन वर्ष कैद र ३० हजार क्षतिपूर्तिको फैसला भएको छ। सोही प्रकरणका तेस्रा अभियुक्त भानु नगरपालिका–५ का टाइसन भन्ने प्रकाश मल्ललाई डेढ महिना कैद र सात हजार पाँच सय रूपैयाँ जरिवानाको फैसला भएको स्रेस्तेदार कुँवरले बताए।, बन्दीपुर गाउँपालिका–३ का धनबहादुर घर्ती, भानु नगरपालिका–१ का दीपक भण्डारी र भानु नगरपालिका–१ का अंकित अधिकारीलाई भने अदालतले सफाइ दिएको छ।, २०७७ जेठ ८ गतेको आदेशअनुसार टाइसन भन्ने प्रकाश मल्ल ५० हजार र भानु नगरपालिका–६ का गोविन्दबहादुर मगर एक लाख धरौटी तिरेर तारेखमा रिहा भएका थिए।, प्रवीण गुरूङ २०७७ वैशाख ९ गते रातिदेखि हराएका थिए। उनको शव वैशाख १० गते साँझ भानु नगरपालिका–५ नावरूङस्थित खोल्सामा फेला परेको थियो। हत्या अभियोगमा मृतकका बुबा बुद्धिराज गुरूङले अभियुक्तहरूविरूद्ध किटानी जाहेरी दिएका थिए।, तत्कालीन वडाध्यक्ष प्रकाश मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि घर्तीले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिन बोलाएका थिए। सामान लिन पवनसँगै उनका साथीहरू दीपक भण्डारी, अंकित अधिकारी र प्रवीण गुरुङ पनि नावरूङ पुगेका थिए।, नावरूङमा स्थानीयवासी गोविन्द थापा मगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीय युवा र प्रवीण गुरूङसहितको टोलीबीच झगडा परेको थियो। सोही रातदेखि प्रवीण बेपत्ता भएको पीडित परिवारको भनाइ छ।,
प्रवीण हत्या प्रकरणमा राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद |
शोभा शर्मा काठमाडौं जिल्ला अदालतको इजलासमा सोमबार सरकारी वकिल प्रेमराज घिमिरेले हरिभक्त महर्जनको बयानको एउटा अंश सुनाए — सन्देश शर्मा र केशव दुलाललाई सहकारीमा डिपोजिट गर्ने पैसा पठाउने भनेकाले आफ्नो बैंकको खाता दिएको थिएँ। त्यसपछि त पैसा ह्वारह्वार्ती आउन थाल्यो।, काठमाडौंका जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने मुसुमुसु हाँस्दै बहस सुनिरहे।, त्यही बेला इजलासको सबभन्दा पछिल्लो बेन्चको बीचतिर बसेका हरिभक्त महर्जन र सोही बेन्चको पल्लो छेउमा बसेका सन्देश शर्माले एकअर्कालाई हेरे। , सन्देशले हरिभक्तलाई त्यस्तो भनिस् भन्दै टाढैबाट हात उज्याए। , हरिभक्त आत्तिएजस्ता देखिए। एकछिनपछि उनी एक्लै बोले — वकिलले के के भनेको यस्तो? , नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित अपराधका अभियुक्तलाई थुनेरै मुद्दा अघि बढाउने कि छाडेर भन्नेबारे सोमबारको अन्तिम बहस सरकारी वकिल घिमिरेले गरेका थिए। न्यायाधीश न्यौपाने ध्यानपूर्वक सुनिरहेका थिए।, तर इजलासमा यो प्रकरणका अभियुक्तहरूको हल्लाखल्ला हुन थालिसकेको थियो।, हल्लाकै बीचमा सरकारी वकिल घिमिरेले हरिभक्तको बयान सुनाए — त्यो पैसा कसले पठाएको थियो होला त? त्यो पैसा प्रेमराज पन्थी लगायतका जाहेरवालाले नक्कली शरणार्थी बनेर अमेरिका जान भनेर दुलाल र शर्मालाई पठाएका थिए।, सरकारी वकिल घिमिरेले महर्जनबाहेक सन्दीप रायमाझी, लक्ष्मी महर्जन, सन्देश शर्मालाई थुनामा राख्नुपर्ने कारण प्रस्तुत गर्ने जिम्मेवारी पाएका थिए। उनले यो अपराधलाई 'ह्वाइट कलर क्राइम' भनिने भन्दै आफ्नो बहस सुरू गरेका थिए।, 'यो ह्वाइट कलर क्राइम हो श्रीमान जुन उच्च वर्गका मान्छेले गर्छन्। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै संगठित रूपमा ठगी गरिएको यो अपराधमा राज्यका निकायलाई प्रभावित पार्ने नीति निर्माण समेत गरिएको देखिन्छ,' उनले भने, 'यसमा भ्रष्टाचार पनि जोडिएकाले त्यसमा थप अनुसन्धान गर्न भनिएको छ।', उच्चपदस्त व्यक्तिहरू संलग्न यस्तो खाले अपराधमा प्रमाणहरू मेट्ने सम्भावना हुने पनि उनले बताए।, 'उच्च वर्गका मान्छेहरू संलग्न भएको अपराधमा अरू अपराधमा जस्तो प्रमाण भेटिँदैन। अपराध गरेपछि प्रमाण नष्ट गर्दै जान्छन्,' उनले भने, 'कसैले प्रमाण भएका सामान खोलामा बगाउँछन्, कसैले मोबाइल फर्म्याट गर्छन्।', यसका बाबजुद यो प्रकरणमा कसैका डायरी त कसैका मोबाइल-मेसेजले अपराध गरेको पुष्टि गर्ने दाबी सरकारी वकिल घिमिरेले गरे।, उनले त्यसपछि सन्दीप रायमाझीको संलग्नताबारे कुरा सुरू गरे। यो प्रकरणका अर्का अभियुक्त टोपबहादुर रायमाझीका छोरा हुन् सन्दीप।, नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा बाबुछोराले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको घिमिरेको जिकिर थियो। , मुख्य योजनाकार सानु भण्डारीले बयानमा नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पूर्व उपप्रधानमन्त्री टोपबहादुर र उनका छोरा सन्दीपलाई पटकपटक गरी दुई करोड रूपैयाँ दिएको भनेको घिमिरेले उल्लेख गरे।, सानु र केशवले सन्दीपको नाममा काटेको २५ लाख रूपैयाँको चेक र उनको कम्पनीको खातामा गएको ४० लाख रूपैयाँले नै यो प्रकरणमा सन्दीपको संलग्नता पुष्टि हुने भएकाले थुनामै राखेर मुद्दा अघि बढाउन उनले माग गरे।, बहसका क्रममा उनले सरकारी गाडी प्रयोग भएको र सर्वसाधारणबाट ठगी गरेको पैसा बोरामा हालेर एक ठाउँदेखि अर्को ठाउँसम्म पुर्याएको तथ्य प्रस्तुत गरेका थिए।, 'दुई बोरामा कति पैसा अट्ने रहेछ भनेर जिज्ञासा भयो श्रीमान, र मैले मिसिलबाट हिसाब निकालेको तीन करोड अट्ने रहेछ,' उनले भने, 'यसरी बोराका बोरा ठगीको पैसा सरकारी गाडीमा हालेर चितवनदेखि हिँडेको देखिन्छ।', उनले यसो भन्दा इजलासमा बहस सुनेर बसेका यो प्रकरणका एक अभियुक्त शमशेर मियाले भने — सर हामीले केही बोल्न पाइँदैन? उहाँहरू मात्र एकोहोरो बोलिरहनुभएको छ। , उनले यसो भनेपछि इजलासभरि कल्याङमल्याङ सुरू भयो।, त्यसपछि वकिल घिमिरेले यो अपराधमा उच्च पदस्थले नीतिगत तहमा निर्णय गर्ने र सामान्य मान्छेले आफ्नो खातामा पैसा उठाउने काम भएको बताए। , 'कसैको खाता, कसैको च्याम्बर, कसैको रेस्टुरेन्ट त कसैको गाडी प्रयोग भएको छ। कसैले क्याबिनेटलाई नै प्रयोग गरेका छन् त कसैले आफ्नै खाता। सामान्यदेखि उच्च पदस्थ मान्छेहरू तहतह जोडिएर यो अपराध गरेका तथ्यको आधारमा रायमाझी (सन्दीप), श्रीमान-श्रीमती महर्जन (हरिभक्त र लक्ष्मी) लगायत सबै अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउनुपर्छ,' उनले भने, 'समाजमा यो मुद्दालाई सुशासनसँग जोडेर पनि हेरिएको छ।', आफूलाई थुनामा राख्नुपर्ने बहस गरिरहेका बेला इजलासमै उपस्थित सन्दीप भने आफू बसेको ठाउँबाट उठेर आएर सन्देश शर्मासँग गफिँदै थिए। दिनभरि बसेर बहस सुनेका उनका बुवा टोपबहादुर उठेर इजलासमा यताउता टहलिरहेका थिए।, सोमबार भएको बहसमा अर्का सरकारी वकिल दिनेश भट्टराईले पूर्वगृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल र इन्द्रजित राईलाई थुनामा राख्नुपर्ने कारण प्रस्तुत गरे।, नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गृह मन्त्रालयबाट निर्णय गराएबापत साढे ५ करोड रूपैयाँ पैसा बुझाएको भनेर सानु भण्डारी र केशव दुलालले गरेको बयान, उनीहरूको डायरीमा भेटिएको हिसाबकिताबका आधारमा गृहमन्त्री रामबहादुर थापा 'बादल' का सल्लाहकार इन्द्रजित राईको संलग्नता पुष्टि हुने उनको तर्क थियो। , सानु, केशव, इन्द्रजित राई र टोपबहादुर रायमाझीहरूले २०७६ सालबाट पैसा उठाउन थालेको उनले बताए।, त्यस्तै, पूर्वगृहसचिव टेकनारायणले शरणार्थी सम्बन्धी बालकृष्ण पन्थीको प्रतिवेदनको नक्कली प्रति तयार गरेको, सानु र केशवसँग मन्त्रालयमै पैसा बुझेको, गृहमन्त्री बालकृष्ण खाणसँग भेटाएको लगायतका तथ्य भेटिएको वकिल भट्टराईले इजलास समक्ष बताए। , यस्ता तथ्य पुष्टि गर्ने गरी सानु र केशवको बयान गरेको, टेकनारायणकै मोबाइल, भाइबर र ह्वाट्सएपमा मेसेज र फोन कल भेटिएको भन्दै उनल बहस गरे। , केशवले पन्थी समितिको नक्कली प्रतिवेदन सर्वसाधारणलाई देखाउँदै पैसा उठाएको, विभिन्न सहरमा बायोमेट्रिक गराएर पैसा लिएको, मन्त्रालय, मन्त्री, सचिव र उनीहरूका सल्लाहकारलाई समेत यसमा संलग्न गराउन पैसा बाँडेको पुष्टि हुने तथ्य इजलाससमक्ष भट्टराईले प्रस्तुत गरे।, 'यसरी केशव दुलाल लगायतका अभियुक्तले सर्वसाधारणसँग पैसा उठाएको, त्यो पैसा ओसारपसार गर्न सरकारी गाडी मात्र होइन, गृह मन्त्रालयलाई नै दुरूपयोग गरेको देखिन्छ,' भट्टराईले भने, 'उनीहरूले सचिव, सचिवले मन्त्रीको सचिवालय र मन्त्रीलाई संलग्न गराएका छन्। विभिन्न तहमा मान्छेहरूलाई प्रयोग गर्ने र आपराधिक कामको बाँडफाँट गरेको देखिन्छ। नीतिगत तहमा प्रभाव पार्नेदेखि मान्छेहरूसँग पैसा उठाउनेसम्मका कार्य भएका प्रमाणहरू छन्।', यो प्रकरणमा संगठित अपराधका सबै तत्वहरू देखिएको पनि उनले जिकिर गरेका थिए।, न्यायाधीश न्यौपानेले यो प्रकरणमा संगठित अपराधमा संलग्नता पुष्टि हुने आधार के हो भनेर वकिल भट्टराईलाई सोधेका थिए।, 'तहतह संलग्नता छ भन्नुभयो, ल छ भन्ने मानेँ। तर त्यो संलग्नता पुष्टि गर्ने स्रोत के हो त? सांगठन छ है भन्ने अनि त्यसमा तहतहको संलग्नता जोड्ने स्रोत के हो?,' न्यायाधीश न्यौपानेले सोधे, 'यत्रो अनुसन्धान गर्नुभएको छ, कनेक्सन देखाउने स्रोत स्थापित गर्नुपर्दैन?' , सरकारी वकिल भट्टराईले एउटाबाट अर्कोको खातामा पैसा गएको र सहप्रतिवादीले एकअर्काको नाम पोलेको देखिने बताए।, 'एकअर्कालाई चिन्दिनँ भन्छन् तर उनीहरूको कल-डिटेल, मेसेज, एकअर्कालाई गरेका पोलहरूमा कनेक्टिभिटी देखिन्छ,' उनले भने। , उनले आफ्नो बहस बिट मार्ने क्रममा पछाडि फर्केर टेकनारायणतर्फ हातले देखाउँदै भने, 'टेकनारायण पाण्डे गृहसचिव जस्तो मान्छे, उनले यस्तो काम गरे भनेर त्यसै कसैले कल्पना गर्छ बसेर? मान्छेले त्यसै जाहेरी हाल्छन्? हामीले मजाकमा अभियोग लगाएको हो र?', उनको प्रश्न सुनेर पछाडि बसेका टेकनारायणको अनुहार बिग्रियो।, उनीसँगै कुर्सीमा बसेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्ना खुट्टा खप्ट्याए। उनले आफू बसेको कुर्सीको डन्डी दिनभर जसो नै बेस्सरी समातेका थिए।, सरकारी वकिल भट्टराईले अझै भने— सानु भण्डारी र केशव दुलालको चंगुलमा फसेर आफूले त अपराध गरे गरे, बहालवाला मन्त्री र सांसदलाई समेत लाज हुने गरी शिर निहुराउने काम गरे। त्यसैले उनीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्छ। छोड्ने कुराको कुनै गुन्जायस छैन।, जिल्ला न्यायाधिवक्ता सिताराम कार्कीले मन्त्रीहरूको संलग्नताबिना सचिव र सल्लाहकारहरूले यति ठूलो अपराध गर्न नसक्ने बताए। सन् २०१६ मै बन्द भएको शरणार्थीलाई तेस्रो देशमा पुनर्वासका लागि पठाउने काम फेरि ब्युँताउने भन्दै ठगी धन्दा मन्त्रीकै संलग्नतामा भएको उनले बताए।, पन्थी प्रतिवेदनको किर्ते प्रति बनाएको भन्ने कुरामा विवाद नभएको भन्दै उनले भने— त्यो त तथ्य नै आफैं बोल्छ। , 'मन्त्रीले आफ्ना नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउन कुन विधिले दिन्छ? उहाँहरूको यही हो राष्ट्रप्रतिको इमान? यही हो उहाँहरूको जिम्मेवारी?,' जिल्ला न्यायाधिवक्ता कार्कीले पछाडि फर्केर एकपटक हेरे अनि इजलासतिर फर्केर प्रश्न गरे।, सिधै सचिवालयमार्फत मन्त्री संलग्न भएको देखिएको पनि उनले बताए।, 'यो अपराधमा सचिवालयमार्फत सिधै मन्त्री बालकृष्ण खाण संलग्न भएको देखिन्छ,' उनले भने, 'पन्थी प्रतिवेदन पनि उहाँकै पालामा बदलिएको छ। खाणकै कार्यकालमा पैसा बुझाएको प्राप्त प्रमाण बयानबाट पुष्टि हुन्छ। सहअभियुक्तले एकअर्कालाई पोल गरेका छन्।', न्यायाधीश न्यौपानेले सहअभियुक्तहरूको पोललाई प्रमाण मान्न मिल्छ भन्दै उनलाई सोधे।, जिल्ला न्यायाधिवक्ता कार्कीले जवाफमा भने — पोल मात्र भएको भए एउटा कुरा हो, तर जाहेरी, अभियुक्तले मौकामा गरेको बयान, कल विवरण, पक्राउ गरेपछि गृहसचिव टेकनारायण पाण्डेले मुद्दा मिलाउन भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पठाएको चिट, सबैका आधारमा पोल पुष्टि हुन्छ।, उनले थपे, 'हिरासतबाटै चिट पठाएर मुद्दा मिलाउन भनेको कुरा त पाण्डेले अदालतकै बयानमा भन्नुभएको छ। हिरासतमा हुँदा त यस्ता हर्कत गर्न सक्नेले पदमा रहँदा गरेनन् होलान् भन्न सकिने आधार छैनन्। प्रमाण नष्ट हुने सम्भावना देखिए थुनामा राख्नु भन्ने कानुन छ। त्यसैले पनि उनीहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउनुपर्छ। ब्लडप्रेसर, सुगर छ भनेर स्वास्थ्य अवस्था देखाउँदै थुनामुक्त गर्ने उनीहरूको जिकिर हुन सक्छ। तर अदालतले ठूलावडालाई कानुन लाग्दैन भन्ने सन्देश समाजमा नजाओस् भन्ने सोचेर उनीहरूलाई थुनामा पठाउनुपर्छ।',
नक्कली शरणार्थी प्रकरणमा सोमबारको थुनछेक बहसमा कसले के भने? |
सेतोपाटी संवाददाता नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ। , प्रतापपुर वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।, सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको सिलवालले बताए।, प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए। , सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ।, हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो। , खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
नवलपरासीमा दम्पतीको बीभत्स हत्या |
रासस नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो।, उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ। , उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो। , उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ।, उपमहानगरपालिकाको सूचनाविपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरपालिकाले ती विद्यालयमा नगर प्रहरी पठाएको थियो।, नगर प्रहरी प्रमुखको नेतृत्वमा नगर प्रहरी बन्द गराउन विभिन्न विद्यालयमा आइतबार पुगेका थिए। , आदर्शले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिकरुपमा दुई सय रुपैयाँ विद्युत्को अलग शुल्क लिने गरेको छ।, विद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई विद्यालय प्रशासनले गर्मीमा पठनपाठनमा सहज गराउनका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको र गर्मीले विद्यार्थीलाई खासै असर नगर्ने जवाफ दिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए। , नगर प्रहरी पुगेपछि ती विद्यालयले सोमबारदेखि लागू हुने गरी गर्मी बिदा गरेका छन्।, आदर्श माध्यमिक विद्यालयले अभिभावकलाई पठाएको नोटिसमा अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले विद्यालयको आगामी समयमा हुने बर्खे बिदा कट्टी हुने गरी यही जेठ २२ गते सोमबारदेखि २३ गते मङ्गलबारसम्म विद्यालय बन्द रहने उल्लेख छ। ,
नेपालगञ्जमा विद्यालयले गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन |
एजेन्सी अमेरिकाको खुफिया संस्था फेडरल ब्युरो अफ इन्भेष्टिगेसन (एफबिआई) मा जागिर खाएर तत्कालीन सोभियत संघ र पछि रूसका लागि जासुसी गर्ने रोबर्ट हान्सेन जेलमा मृत भेटिएका छन्।, द न्युयोर्क टाइम्सका अनुसार ७९ वर्षीय हान्सेन सोमबार कोलोराडोस्थित जेलमा मृत भेटिएका हुन्।, उनी आफ्नो कोठामा अचेत भएपछि जेलका कर्मचारीले उनलाई बचाउन खोजेका थिए तर केहीबेरमै उनको मृत्यु भएको हो।, उनको मृत्युको कारणबारे जानकारी दिइएको छैन्।, सन् १९७६ मा एफबिआईमा जागिर खाएका हान्सनले दुई दशकसम्म मस्कोका लागि जासुसी गरेको खुलेको थियो। उनले अमेरिकाका अति गोप्य सूचनाहरू मस्कोलाई दिएका थिए।, त्यसको बदलामा उनलाई रूसले १४ लाख अमेरिकी डलर, बैंक फन्ड र हिरा दिएको पाइएको थियो।, सन् २००१ मा पक्राउ परेका हान्सनलाई २००२ मा आजीवन कैदको सजाय सुनाइएको थियो।, एफबिआईले उनी संस्थाको इतिहासमै सबैभन्दा धेरै क्षति पुर्याउने व्यक्तिमध्ये एक रहेको उल्लेख गरेको छ।, ,
जेलमा मृत भेटिए एफबिआईमा जागिर खाएर रूसका लागि जासुसी गर्ने हान्सेन |
मनिका विश्वकर्मा पारलैंगिक महिला छुटकनु चौधरीले ७५ वर्षको उमेरमा नागरिकता पाएकी छन्।, जन्मको लैंगिकता पुरूष भए पनि उनी आफूलाई महिला भनेर चिनाउँछिन्। पारलैंगिक महिलाकै रूपमा नागरिकता लिने मन उनलाई थियो, मिलेन।, आफूलाई छुटकनु चौधरी भनेर चिनाउने उनको नागरिकता राम डगौरा नाममा बनेको छ। तैपनि उनी खुसी छन्।, 'महिलाकै लुगा लगाएको फोटो राख्ने मन थियो तर भएन। तैपनि म खुसी छु। पुरूष होस् वा महिला, नागरिकता त पाएँ। अब सरकारको भत्ता पनि खान पाउने भएँ,' उनले भनिन्।, कैलालीको भजनी नगरपालिका वडा नम्बर १ मा बसोबास गर्दै आएकी छुटकनुले नागरिकता पाएसँगै अब वृद्धभत्ता पाउने भएकी छन्।, उनलाई नागरिकता बनाउने प्रक्रिया र पहलमा विर्खराज चौधरीले सहयोग गरेका हुन्। आगामी भदौदेखि छुटकनुले सरकारबाट उपलब्ध गराउने वृद्धभत्ता पाउने भएकी उनले बताए।, 'छुटकनुको वृद्धभत्ताका लागि कार्ड बनिसकेको छ। अब तीन महिनापछि भत्ता पाउनुहुन्छ,' विर्खराजले भने।, छुटकनु चौधरी। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, मितिनी नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जेष्ठ नागरिकहरूको परियोजनामा विर्खराज 'फोकल पर्सन' का रूपमा कार्यरत छन्। छुटकनुको नागरिकता पहलका लागि आफू पटकपटक वडा कार्यालय धाएको उनले बताए।, 'धेरै दौडधूप गर्यौं, आखिरमा उहाँले नागरिकता पाउनुभयो। हामी धेरै खुसी छौं,' उनले भने।, विर्खराजका अनुसार छुटकनुलाई आफ्नो वास्तविक पहिचानसहितकै नागरिकता बनाउने चाहना थियो। तर पुरूषको नाममै नागरिकता पाउन संघर्ष गर्नुपरेको उनको भनाइ छ।, 'पहिचानसहितको नागरिकता बनाइदिन मन भएर मात्र भएन, पुरूषकै नाममा बनाउन त कठिनाइ भइरहेको थियो। धेरै वर्षको प्रयासले पाइयो,' उनले भने।, पहिचानसहितको नागरिकता माग्दा चिकित्सकीय प्रमाण माग्ने चिन्ताले पनि स्थानीय सरकारलाई भन्न नसकेको विर्खराज बताउँछन्। पछि मिल्यो भने पहिचानसहितकै नागरिकताका लागि अपिल गर्ने उनले बताए।, भजनीमा जन्मिएकी छुटकनुले जीवनका सुरूआती दुई दशकभन्दा धेरै समय कमैया भएर बिताएकी थिइन्। त्यो बेलासम्म उनलाई नागरिकताबारे जानकारी नै थिएन। कमैयाबाट मुक्त भएपछिका धेरै वर्ष पनि यसै बिते।, पछि नारायण चौधरीको संगतमा उनले नागरिकताबारे थाहा पाइन्। पारलैंगिक महिला नारायण उनका मिल्ने साथी हुन्। नारायणकै सहयोगमा छुटकनु नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) मा पुगिन्। नीलहीरा समाज यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको हकहितका लागि कार्यरत संस्था हो। समाजमा पुगेपछि छुटकनुले आफ्नो समुदायबारे बुझ्ने मौका पाइन्।, नारायण र छुटकनु चौधरी, उनीहरूले वडाध्यक्षलाई भेटेर छुटकनुको नागरिकताबारे कुरा गरे। उनको उमेर धेरै बितेकाले मुचुल्का बनाउनुपर्छ भनियो। छुटकनुका आमाबाबु उनी दस वर्ष उमेरको छँदै रोगका कारण बितिसकेका थिए। केही वर्षअगाडि नागरिकताका लागि पहल गर्दा वडाले मुचुल्का बनाएर पठाइदियो र सनाखत गर्ने मान्छे लिएर आउन भन्यो।, छुटकनु आफ्ना दाजुभाउजूको आडैमा बस्थे। सनाखत गरिदिने दाजु नै थिए। तर त्यसको केही समयमै दाजुभाउजूको पनि मृत्यु भयो। उनीहरूका सन्तानले सनाखत गरिदिन मिल्थ्यो। तर विभिन्न कारण र प्रशासनिक झमेलाले छुटकनुको नागरिकता बनाउने काम रोकिइरह्यो।, अहिले भने विर्खराज लगायतको सहयोगमा छुटकनुको सपना पूरा भएको हो। छुटकनुकी भतिजीमार्फत नाता प्रमाणित गरी नागरिकताका लागि सिफारिस गरिदिएको वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए।, छुट्कनुलाई यसअघि उनको उमेरमै अलमल थियो। हामीसँग एक वर्षअगाडि कुरा गर्दा उनले आफू २०१४ सालमा जन्मिएको बताएकी थिइन्। तर अहिले उनको नागरिकतामा जन्म साल २००५ छ। आफन्तसँग सोधपुछ गरी कुरा बुझ्दा छुटकनु ७५ वर्षकै भएको विर्खराजले बताए।, छुटकनुलाई भने उमेरको कुनै चिन्ता छैन, नागरिकता पाएकोमा सन्तोक छ। राम डगौराको नाममा बनेको नागरिकताले उनको मुहार उजेलिएको छ।, गाउँमा उनलाई कसैले बज्यै भन्छन् त कसैले आमा। कोही दिदी भन्छन् त कोही फुपू। आफ्नो उमेरअनुसार साइनो लगाएर सम्मानपूर्वक बोलाउँछन्।, सम्झना भएसम्म उनलाई १४–१५ वर्षकी हुँदा आफ्नो मन किन केटीको जस्तो छ भन्ने प्रश्न उठेको थियो। जवाफ थिएन। आफू अरू केटाभन्दा फरक छु भन्ने पक्का भए पनि गाउँमा कसैलाई सुनाउने आँट आएन।, 'मेरो मनमा किन म केटीजस्तो हुन थालेको छु, किन केटाको लुगा मन पर्दैन भन्ने कुरा आउँथ्यो। तर आफैंलाई थाहा थिएन,' छुटकनुले भनिन्, 'साहुका घरमा धेरै काम गर्नुपर्थ्यो। आफ्नो बारेमा सोच्ने फुर्सद पनि हुँदैन थियो। तर मलाई केटा मान्छेहरूसँग बोल्न मन लाग्थ्यो। आफ्नो मनको कुरा पोख्न मन लाग्थ्यो। भन्न डर लाग्थ्यो।', २०५७ सालमा कमैयामुक्तिको घोषणा भयो। छुटकनुले साहुको घरबाट छुटकारा पाइन्। छुटकारा त भयो तर जीवन चलाउने कसरी? आफ्नो सम्पत्ति केही थिएन। साहुको काम गरेर बस्न, खान र लाउन चलेको थियो। तर एकातिर मुक्तिको खुसी, अर्कातिर जीवनको अनिश्चित बाटो भइदियो।, छुटकनु काम खोज्दै धनगढी पुगिन्। घर निर्माणमा श्रमिकको काम पाइन्। यही सिलसिलामा भेटिइन् नारायण चौधरी। छुटकनु र नारायण नजिकिए अनि आपसमा मनका कुरा पोख्ने साथी भए। नारायण पुरूष शरीरमा पारलैंगिक महिला थिइन् र उनको पहिचान सार्वजनिक थियो। नारायणले छुटकनुलाई भेट्नासाथ उनको लैंगिक अवस्थाको भेउ पाइन्।, नारायण त्यो दिन सम्झिन्छिन्, 'पहिलो पटक भेट्दा उनी (छुटकनु) केटीजस्तै थिइन्। बोली केटीजस्तै, अरू हाउभाउ र शैली केटीकै थियो। सुरूमा मैले आफ्नो बारेमा सुनाएँ। त्यसपछि उनले पनि आफूलाई केटीजस्तै बन्न मन लाग्छ भनिन्।', नारायणसँग कुरा भएपछि छुटकनु आफ्नो अवस्थाबारे प्रष्ट भइन्। महिला नै हुँ र महिलाजस्तै भएर बाँच्न सहज हुन्छ भन्ने कुरामा उनलाई कुनै शंका रहेन।, छुटकनु भन्छिन्, 'नारायणसँग भेट भएपछि मैले सबै कुरा बुझेँ। मेरो जीवन नै फेरियो।', यसपछि उनलाई महिलाको पहिरन लगाउन र शृंगार गर्न कुनै संकोच भएन। श्रम गरेर बचाएको पैसाले महिलाका लुगा किनिन्। लुंगी र टिसर्ट लगाउन थालिन्। टाउकोमा पछ्यौरी बाँध्न थालिन्। टीका, माला, झुम्का लगाइन्।, छुटकनु अविवाहित नै छन्। उनले बिहेको इच्छा गर्नै पाइनन्। शरीर र मनको बेमेलको अलमलमा उमेरको लामो हिस्सा बित्यो।, मुक्त कमैयालाई बसोबासका लागि भनेर छुटकनु र उनका दाजुलाई संयुक्त रूपमा सरकारले तीन कट्ठा जमिन दिएको थियो। त्यसमै छुटकनुको झुपडी छ।, श्रम गरेर गुजारा चलाउँदै आएकी छुटकनु भन्छिन्, 'नागरिकतामा म छुटकनु नै भएको भए, महिलाकै लुगामा फोटो खिच्न पाएको भए अझै दंग पर्थेँ होला। तर मेरो चाहना पूरा भएकामा धेरै खुसी लागेको छ।', छुटकनु चौधरी। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी,
७५ वर्षमा छुटकनुले पाइन् नागरिकता, नाम रह्यो राम डगौरा |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ महाशाखाले बताएको छ।, दिउँसोपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले नियमित बुलेटिनमार्फत बताएको छ।, रातिपख पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने नै बताइएको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखाइएको छ।,
मौसम पूर्वानुमानः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ।, काठमाडौं महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो।, त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको छ।, ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।, जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी पनि दिएको छ।, विद्यालयको सूची, ,
काठमाडौं महानगरपालिकाले निकाल्यो छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची |
सेतोपाटी संवाददाता सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका तीन जना कर्मचारी पाँच दिनसम्म पनि फेला परेका छैनन्।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जिवी दाहालले बेपत्ताहरू र गाडीको निरन्तर खोजी कार्य भइरहेको रहेको जानकारी दिए।, जेठ १९ गते शुक्रबार बिहान सुनकोशीमा सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडीमा सवार ३ जना बेपत्ता छन्। गाडीका चालकलाई भने त्यही दिन उद्धार गरिएको थियो।, गाडीसहित सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको खोजी जारी रहेको डिएसपी दाहालले जानकारी दिए।, ‘शव नभेटिञ्जेल खोजी कार्य हुन्छ। यत्तिकै छोड्न मिल्दैन,ʼ उनले भने।, उनका अनुसार गाडी नदीको गहिरो भागमा खसेकाले नदीको धार परिवर्तन गरेर खोज्ने काम भइरहेको छ। , ‘नदीको दुई किलोमिटर आसपासमा खोजी कार्य भइसकेको छ,ʼ उनले भने, ‘नदीको धार परिवर्तन गरी पानी सुकाउँदा भेटिन्छ कि भन्ने आश छ।ʼ, खोजी कार्यको लागि ७ जनाको गोताखोरको टोलीसहित ३ वटा स्काभेटर परिचालन गरिएको डिएसपी दाहालले जानकारी दिए।, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४० जनाको टोली परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइएको डिएसपीले दाहालले बताए।,
पाँच दिनसम्म भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका तीन कर्मचारी |
रासस पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।,
,
कोषका कर्मचारीले मंगलबार कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए।, कर्मचारीले घटनाबारे प्रहरी वृत्त गौशालालाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। , राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ।, कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको डिएसपी सञ्जीवबाबु खड्काले बताए।, घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए। , सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुण्डिएको अवस्थामा भेटिएका हुन्।,
पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका भोटाहिटीस्थित एक मिठाइ पसलमा ताल्चा लगाएको छ। , मंगलबार महानगर प्रहरीले भोटाहिटीमा रहेको आर के मिठाइ पसलमा ताल्चा लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। , नक्सामा गोदाम भनेर उल्लेख गरेको ठाउँमा मिठाइ पसल सञ्चालन गरिएको हुँदा पसलमा ताल्चा लगाएको महानगर प्रहरीले जनाएको छ। , महानगरका अनुसार केही दिनअघि उक्त स्थानमा नक्साबमोजिम काम गर्न महानगर प्रहरीले आग्रह गरेको थियो। तर पसल धनीले अटेर गरी पुनः सञ्चालन गरेको हुँदा ताल्चा लगाइएको हो।,
महानगरले लगायो आर के मिठाइ पसलमा ताल्चा |
सेतोपाटी संवाददाता धनुषामा दुई वटा भैंसी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, प्रहरीले सोमबार चोरिएको दुई वटा भैंसीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। , मिथिला विहारी नगरपालिका-७ तारापट्टी टोलबाट ३७ वर्षीय बलि मुखियालाई प्रहरीले पक्राउ गरेको हो। , उनले सोमबार राति १० बजे भैंसीलाई पैदल हिँडाएर जनकपुर तर्फ लगिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उक्त भैंसी मिथिला विहारी नगरपालिका-६ पथरा टोलमा बस्ने सुबल यादवको गोठबाट आइतबार राति चोरी भएको थियो। , चोरी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय तारापट्टीबाट प्रहरी नायब निरीक्षकको कमान्डमा संयुक्त टोली खटिएको थियो।, यस घटनामा संलग्न रहेको आरोपमा मुखियामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।,
दुई भैंसीसहित एक जना पक्राउ |
सेतोपाटी संवाददाता कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ।, गौरीगंगा नगरपालिका–१ की २७ वर्षीया कविता बुढाको गाडिएको अवस्थामा शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार उनको सोमबार साँझ घरदेखि करिब २ किलोमिटर टाढा केदारेश्वर सामुदायिक वनमा शव गाडिएको अवस्था फेला परेको हो।, सोमबार बिहानमात्रै कविताका दाजुले उनी, उनका छोरा ८ वर्षीय डण्डी राज बुढा र ससुरा ५२ वर्षीय दिलिप सिह बुढा हराएको भन्ने खबर इलाका प्रहरी कार्यालय चौमालालाई गराएका थिए। प्रहरीका अनुसार उनीहरू १८ गतेदेखि सम्पर्कविहीन भएका हुन्। , सोही आधारमा उनीहरू तीन जनाको खोजी कार्य गर्दा प्रहरीले कविताको शव फेला पारेको हो।, उनको हत्या संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।, बेपत्ता रहेका मृतक कविताका छोरा र ससुराको पनि खोजी कार्य भइरहेको छ।, घटनाबारे प्रहरी सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको बताएको छ।,
,
५ दिनदेखि ससुरा, छोरासहित बेपत्ता कविताको शव जंगलमा गाडिएको अवस्थामा फेला |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ। , सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरू गर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।, उनले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ।’, जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए।, सरकारी वकिलहरू सुरबहादुर परियार, निर्मला मरासिनी र हरिलाल भोरणले खाजा समय अघि बहस गरेका थिए। , यस्तै आजै जाहेरवालाको तर्फबाट पनि केही अधिवक्ताहरूले बहस गरेका छन्। , अधिवक्ताहरू सुशिल शर्मा सापकोटा, दीपकराज रेग्मी, स्वागत नेपाल, हरिप्रसाद खरेल, राधिका चौलागाईं र वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि बहस गरेका थिए।, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ।, सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ। , जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरूद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो।,
नक्कली भुटानी शरणार्थी प्रकरण: सरकारी वकिलको थुनछेक बहस सकियो |
सेतोपाटी संवाददाता काठमाडौंमा भएको शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्किन लागेका एक दम्पतीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।, चन्द्रागिरि नगरपालिका-४ थानकोटमा गत शनिबार दिउँसो अन्दाजी ३ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो।, ना ५ ख ५३२२ नम्बरको ट्रकले प्र ३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङ गल्छी गाउँपालिका-४ बैरेनीका ४० वर्षीय गोविन्दप्रसाद अधिकारी र उनकी ३७ वर्षीया श्रीमती जानुका अर्याल घाइते भएका थिए। , अधिकारीको सोही दिन ट्रमा सेन्टरमा मृत्यु भएको थियो। , उनकी श्रीमती अर्यालको भने सोमबार बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। , ठक्कर दिने ट्रक चालकलाई पक्राउ गरिसकेको प्रहरी वृत्त थानकोटले जनाएको छ। , दुर्घटनामा ज्यान गुमाएका दुबै जना शिक्षक हुन्। उनीहरू गल्छी-५ मा रहेको जलकन्या आधारभूत विद्यालयमा कार्यरत थिए। ,
गोविन्दप्रसाद उक्त विद्यालयका प्रधानाध्यापक थिए। जानुका बाल विकास सहजकर्ताको रूपमा कार्यरत थिइन्।, गल्छी गाउँपालिकाका शिक्षा अधिकृत पेमादोर्जे थोकरका अनुसार उनीहरू दुबै जनाले शिक्षा सेवा आयोगको परीक्षा दिन काठमाडौं आएका थिए। , ‘काठमाडौंमा शिक्षक सेवा आयोगले पदपूर्तिको लागि प्राथमिक तहको परीक्षा लिएको थियो। स्थायी हुनको लागि उहाँहरू काठमाडौं पुग्नुभएको थियो,’ उनले भने, ‘दुबै जनाले नै परीक्षा दिनुभएको थियो।’ , उनका अनुसार गोविन्दप्रसाद राहत दरबन्दीमा शिक्षक भएका थिए। स्थायी हुन उनले पनि परीक्षा दिएका थिए। , परीक्षा सकेर दम्पती मोटरसाइकलमा फर्किँदै गर्दा थानकोटमा पुग्दा ट्रकले ठक्कर दिएको थियो। , प्रहरी वृत्त थानकोटका अनुसार उनीहरूको शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। ,
मंगलबार पोष्टमार्टम सकेर परिवारलाई बुझाउने तयारी भइरहेको छ। , मृतक आफन्तहरूले पनि गल्छीमा अन्त्येष्टिको तयारी गरिरहेको सोही विद्यालयका शिक्षक सरोज अधिकारीले जानकारी दिए। , उनका अनुसार मृतक दम्पतीका ९ वर्षीया छोरी र ५ वर्षीय छोरा छन्। , ‘हजुरआमा-बुवा हुनुहुन्छ घरमा, उहाँहरू छोराछोरीसँग यही हुनुहुन्छ। काकाहरू काठमाडौंमा पुग्नुभएको छ,’ अधिकारीले भने। , गोविन्दप्रसाद र जानुकाको कमाइले उनीहरूको घर चल्थ्यो। , दुबै जनाको मृत्यु भएपछि छोराछोरीको लालनपालनमा समस्या हुने भएको अधिकारीले बताए। ,
थानकोटको दुर्घटनामा बिते आयोगको परीक्षा दिएर फर्किइरहेका शिक्षक दम्पती |
सेतोपाटी संवाददाता सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। , मंगलबार सवा ६ बजे सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , सशस्त्र प्रहरीको बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले दुई जनाको शव र गाडी निकालेको हो।, जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी दाहालका अनुसार दुई जनाको शव घटनास्थल नजिकै फेला परेको हो। दुबै शवको सनाखत गर्न बाँकी रहेको उनले बताए।, गत शुक्रबार बिहान साढे ११ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो। उक्त गाडीमा चालकसहित चार जना सवार थिए।, चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते थिए। उनले नदीमा पौडेर आफ्नो ज्यान जोगाएका थिए।, सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए। , उनीहरूमध्ये एक जना अझै बेपत्ता छन्।,
सुनकोशी नदीमा भेटियो बेपत्ता भएका सिटिइभिटीका दुई कर्मचारीको शव |
सेतोपाटी संवाददाता सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको सिटिइभिटीका कर्मचारी चढेको गाडी अन्दाजी ३० फिट गहिराइबाट निकालिएको छ।, मंगलबार सवा ६ बजे नदीबाट गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारी निकालेको हो।, उक्त गाडी भित्रै दुई जना कर्मचारीको पनि शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , गत शुक्रबार बिहान अन्दाजी साढे ११ बजे गोलन्जोर गाउँपालिका–७ लौकुनबाट बा १ झ ७४६७ नम्बरको गाडी नदीमा खसेको थियो। डिएसपी थापाका अनुसार खसेको स्थानबाट करिब २ सय मिटर तल गाडी फेला परेको हो। , फेला परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले एक्साभेटरको प्रयोग गरी गाडी निकालेको हो। गाडीमा सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल सवार थिए। तर उनीहरूमध्ये कसको शव फेला परेको हो खुलिसकेको छैन। , उनीहरूमध्ये एक जना अझै बेपत्ता छन्।, गाडीका चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते थिए।, दुर्घटना भएपछि बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरको टोली खटिएको थियो।,
सुनकोशीको ३० फिट गहिराइबाट निकालियो सिटिइभिटीका कर्मचारी चढेको गाडी |
सेतोपाटी संवाददाता धनगढीमा २८ वर्षअघि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको थियो।*, अहिले गर्मी बढिरहेका बेला धनगढीमा सबभन्दा बढी गर्मी कहिले भएको थियो भन्ने चासो बढेको छ।, जल तथा मौसम विभागका अनुसार धनगढीमा अहिलेसम्मकै सबभन्दा धेरै तापक्रम ४६.४ डिग्री सेल्सियस मापन भएको थियो।, यो २८ वर्षअघि मापन भएको थियो। सन् १९९५ जुन १६ तारिखमा उक्त तापक्रम मापन भएको थियो।, *यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ- सम्पादक,
२८ वर्षअघि धनगढीमा पुगेको थियो ४६.४ डिग्री तापक्रम* |
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण दर घटदै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ।, मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै संक्रमण दर घट्दै गएपछि कोभिड–१९ को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए। यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो। , संक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरूद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए।, उनले अब कोभिड-१९ को कडाइको रूपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए। , मन्त्रालयले कोभिड-१९ को संक्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड-१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को संक्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ परीक्षण र कोभिड-१९ विरूद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो। , मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ।, मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ।,
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक |
Subsets and Splits